GEN 1:1 आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो ।
GEN 1:2 पृथ्वी निराकार र शून्य थियो । समुद्रको सतहमाथि अन्धकार थियो । परमेश्‍वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो ।
GEN 1:3 परमेश्‍वरले भन्‍नुभयो, “उज्यालो होस्,” र त्यहाँ उज्यालो भयो ।
GEN 1:4 परमेश्‍वरले उज्यालोलाई हेर्नुभयो, र त्यो असल थियो । उहाँले उज्यालोलाई अन्धकारबाट छुट्‍ट्याउनुभयो ।
GEN 1:5 परमेश्‍वरले उज्यालोलाई “दिन”, र अन्धकारलाई “रात” भन्‍नुभयो । साँझ पर्‍यो र बिहान भयो - पहिलो दिन ।
GEN 1:6 परमेश्‍वरले भन्‍नुभयो, “पानीको बिचमा एउटा क्षेत्र होस्, र त्यसले पानीलाई दुई भागमा विभाजन गरोस् ।”
GEN 1:7 परमेश्‍वरले त्यो क्षेत्र बनाएर त्यसमुनि र माथिको पानीलाई विभाजन गर्नुभयो । तब त्यस्तै भयो ।
GEN 1:8 परमेश्‍वरले त्यस क्षेत्रलाई “आकाश” भन्‍नुभयो । साँझ पर्‍यो र बिहान भयो - दोस्रो दिन ।
GEN 1:9 परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनिको जम्मै पानी एक ठाउँमा जम्मा होस्, र ओभानो जमिन देखा परोस् ।” तब त्यस्तै भयो ।
GEN 1:10 परमेश्‍वरले ओभानो जमिनलाई “पृथ्वी” भन्‍नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो ।
GEN 1:11 परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहरू र फलभित्रै बिउ हुने फल-फलाउने रुखहरू उमारोस् ।” तब त्यस्तै भयो ।
GEN 1:12 पृथ्वीले वनस्पति, आ-आफ्नो प्रजातिअनुसारका बिउ हुने बोट-बिरुवाहरू र आफ्नै फलभित्र बिउ हुने फल-फलाउने रुखहरू उमार्‍यो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।
GEN 1:13 साँझ पर्‍यो र बिहान भयो - तेस्रो दिन ।
GEN 1:14 परमेश्‍वरले भन्‍नुभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू होऊन् ।
GEN 1:15 पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहरू होऊन् ।” तब त्यस्तै भयो ।
GEN 1:16 परमेश्‍वरले दुईवटा विशाल ज्योति बनाउनुभयो, ठुलो ज्योतिचाहिँ दिनमाथि प्रभुत्व गर्न, र सानोचाहिँ रातमाथि प्रभुत्व गर्न । उहाँले ताराहरू पनि बनाउनुभयो ।
GEN 1:17 पृथ्वीमाथि उज्यालो दिन, दिन र रातमाथि प्रभुत्व गर्न, र उज्यालोलाई अन्धकारबाट अलग गर्न
GEN 1:18 परमेश्‍वरले ती आकाशमा राख्‍नुभयो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।
GEN 1:19 साँझ पर्‍यो र बिहान भयो - चौथो दिन ।
GEN 1:20 परमेश्‍वरले भन्‍नुभयो, “पानी ठुलो सङ्ख्‍यामा जीवित प्राणीहरूले भरिऊन्, र पृथ्वीमाथि आकाशमा पक्षीहरू उडून् ।”
GEN 1:21 परमेश्‍वरले विशाल जलचरहरू, र आ-आफ्नो प्रजातिअनुसारको सबै जीवित प्राणी, चलहल गर्ने र पुरै पानीलाई भर्ने प्राणीहरू, र आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षीहरूलाई सृष्‍टि गर्नुभयो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।
GEN 1:22 परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रमा भरिँदै जाओ । पृथ्वीमा पक्षीहरू वृद्धि होऊन् ।”
GEN 1:23 साँझ पर्‍यो र बिहान भयो - पाँचौँ दिन ।
GEN 1:24 परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको जीवित प्राणीहरू, पाल्तु पशुहरू, घस्रने जन्तुहरू, र पृथ्वीका जङ्गली जनावरहरू उत्पन्‍न गरोस् ।” तब त्यस्तै भयो ।
GEN 1:25 परमेश्‍वरले पृथ्वीका जङ्गली जनावरहरू, पाल्तु पशुहरू, जमिनमा घस्रने सबै जन्तुहरूलाई तिनीहरूकै आ-आफ्नै प्रजातिअनुसार बनाउनुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो ।
GEN 1:26 परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून् ।”
GEN 1:27 परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो । उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्‍टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो ।
GEN 1:28 परमेश्‍वरले तिनीहरूलाई आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ । पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख । समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।”
GEN 1:29 परमेश्‍वरले भन्‍नुभयो, “हेर, मैले पृथ्वीका बिउ हुने हरेक बोट-बिरुवाहरू, र फलभित्रै बिउ हुने हरेक फल-फलाउने रुखहरू तिमीहरूलाई दिएको छु । ती तिमीहरूका निम्ति आहारा हुनेछन् ।
GEN 1:30 पृथ्वीका हरेक जङ्गली जनवारहरू, आकाशका हरेक पक्षीहरू, र सबै घस्रने जन्तुहरू, र जीवन भएका हरेक प्राणीलाई मैले आहाराको निम्ति सबै हरिया बोट-बिरुवाहरू दिएको छु ।” तब त्यस्तै भयो ।
GEN 1:31 परमेश्‍वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो । त्यो ज्यादै असल थियो । साँझ पर्‍यो र बिहान भयो - छैटौँ दिन ।
GEN 2:1 सारा आकाशमण्डल र पृथ्वी, र तिनमा भएका सबै जीवित प्राणीहरूको सृष्‍टि पुरा भयो ।
GEN 2:2 सातौँ दिनसम्ममा परमेश्‍वरले आफूले गर्नुभएको कामलाई पुरा गर्नुभयो ।यसैकारण उहाँले सातौँ दिनमा सबै कामबाट विश्राम लिनुभयो ।
GEN 2:3 परमेश्‍वरले सातौँ दिनलाई आशिष्‍्‍ दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफ्नो सृष्‍टिमा गर्नुभएका सबै कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो ।
GEN 2:4 परमप्रभु परमेश्‍वरले आकाश र पृथ्वीलाई सृष्‍टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्त यही थियो ।
GEN 2:5 पृथ्वीको भूमिमा अझै कुनै वनस्पति थिएन, र कुनै बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्वीमा पानी वर्साउनुभएको थिएन, र भूमिमा खेती गर्नको निम्ति त्यहाँ कुनै मानिस थिएन ।
GEN 2:6 तर पृथ्वीबाट माथि आएको कुइरोले जम्मै भूमिको सतहलाई भिजाउने गर्थ्यो ।
GEN 2:7 परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र त्यसको नाखबाट जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो ।
GEN 2:8 परमप्रभु परमेश्‍वरले अदनको पूर्वतिर एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्‍नुभयो ।
GEN 2:9 हेर्नमा राम्रो र खानको निम्ति असल फल भएको सबै रुखलाई परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो । बगैँचाको बिचमा भएको जीवनको रुख, अनि असल र खराबको ज्ञान दिने रुख पनि उहाँले उमार्नुभयो ।
GEN 2:10 बगैँचालाई भिजाउन अदनबाट एउटा नदी निस्केको थियो । त्यहाँबाट त्यो छुट्टिएर चारवटा नदी बनेका थिए ।
GEN 2:11 पहिलो नदीको नाम पीशोन हो । यो त्यही नदी हो जुन हवीलाको सारा भूमिमा बग्दछ, जहाँ सुन पाइन्छ ।
GEN 2:12 त्यस भूमिको सुन असल छ । त्यहाँ खोटो र आनिक्स पत्थर पनि छन् ।
GEN 2:13 दोस्रो नदीको नाम गीहोन हो । योचाहिँ कूशको सारा भूमिमा बग्दछ ।
GEN 2:14 तेस्रो नदीको नाम टाइग्रिस हो, जुन अश्शूरको पूर्वबाट बग्दछ । चौथो नदी यूफ्रेटिस हो ।
GEN 2:15 परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा लगी त्यहाँ खेतीपाती गर्न र त्यसको हेरचाह गर्न राख्‍नुभयो ।
GEN 2:16 परमप्रभु परमेश्‍वरले यसो भनी आज्ञा गर्नुभयो, “बगैँचाको सबै रुखबाट खान तँलाई स्वतन्‍त्रता छ ।
GEN 2:17 तर असल र खराबको ज्ञान दिने रुखबाट तैँले नखानू, किनभने जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्‍चय नै मर्नेछस् ।”
GEN 2:18 त्यसपछि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन । म त्यसको लागि एउटा सुहाउने सहयोगी बनाउनेछु ।”
GEN 2:19 परमप्रभु परमेश्‍वरले भूमिबाट सबै पशुहरू र आकाशका सबै पक्षीहरू बनाउनुभयो । त्यसपछि मानिसले ती सबैलाई के नामले बोलाउँदो रहेछ भनेर उहाँले ती त्यसको अगि ल्याउनुभयो । हरेक जीवित प्राणीलाई मानिसले जे-जे नामले बोलायो, त्यही-त्यही नै हरेकको नाम भयो ।
GEN 2:20 मानिसले सबै पाल्तु पशु, आकाशका सबै पक्षीहरू, र सबै जङ्गली जनावरहरूलाई नाम दियो । तर मानिसको निम्ति त्यहाँ कुनै सुहाउँदो सहयोगी पाइएन ।
GEN 2:21 परमप्रभु परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो, यसैकारण मानिस निदायो । परमप्रभु परमेश्‍वरले त्यसका करङहरूमध्ये एउटा झिक्‍नुभयो र करङ झिकेको ठाउँमा मासु भरिदिनुभयो ।
GEN 2:22 परमप्रभु परमेश्‍वरले मानिसबाट झिक्‍नुभएको करङबाट एउटी स्‍त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो ।
GEN 2:23 मानिसले भन्यो, “यिनी त मेरा हाडहरूको हाड र मासुको मासु हुन् । यिनलाई ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन् ।”
GEN 2:24 त्यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, त्यो आफ्नी पत्‍नीसँग एक हुनेछ, र तिनीहरू एउटै शरीर हुनेछन् ।
GEN 2:25 मानिस र त्यसकी पत्‍नी दुवै नाङ्‍गै थिए, तर तिनीहरू लजाउँदैन थिए ।
GEN 3:1 परमप्रभु परमेश्‍वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो । त्यसले स्‍त्रीलाई भन्यो, “के परमेश्‍वरले साँच्‍चै नै तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानू भनी भन्‍नुभएको छ?”
GEN 3:2 स्‍त्रीले सर्पलाई भनिन्, “हामीले बगैँचाका रुखहरूका सबै फल खान सक्छौँ,
GEN 3:3 तर बगैँचाको बिचमा भएको रुखको फलको विषयमा भने, परमेश्‍वरले भन्‍नुभएको छ, ‘तिमीहरूले त्यो नखानू, न त तिमीहरूले त्यो छुनू, नत्रता तिमीहरू मर्नेछौ ।’”
GEN 3:4 सर्पले स्‍त्रीलाई भन्यो, “निश्‍चय नै तिमीहरू मर्नेछैनौ ।
GEN 3:5 किनभने परमेश्‍वर जान्‍नुहुन्छ, कि जुन दिन तिमीहरू त्यो खान्छौ तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ ।”
GEN 3:6 जब स्‍त्रीले त्यो रुखको फल खानमा असल, र हेर्नमा रहरलाग्दो, अनि बुद्धि प्राप्‍त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहरू टिपिन् र खाइन् । त्यसपछि तिनले केही आफूसँगै भएका आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि त्यो खाए ।
GEN 3:7 तब तिनीहरू दुवैका आँखा खुले, र तिनीहरू नाङ्‍गै रहेछन् भनेर थाहा पाए । तिनीहरूले अञ्‍जीरका पातहरू गाँसेर आफ्ना निम्ति वस्‍त्र बनाए ।
GEN 3:8 अनि साँझपख जब तिनीहरूले परमप्रभु परमेश्‍वर बगैँचामा हिँडिरहनुभएको आवाज सुने, तब मानिस र उनकी पत्‍नी बगैँचाका रुखहरूबिच परमप्रभु परमेश्‍वरको नजरबाट लुके।
GEN 3:9 परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?”
GEN 3:10 मानिसले भन्यो, “मैले बगैँचामा तपाईंको आवाज सुनेँ, र म डराएँ किनकि म नाङ्‍गै थिएँ । यसैकारण म लुकेँ ।”
GEN 3:11 परमेश्‍वरले भन्‍नुभयो, “तँ नाङ्‍गै थिइस् भनेर तँलाई कसले भन्यो ? के मैले तँलाई नखानू भनेर आज्ञा गरेको रुखको फल तैँले खाइस् ?”
GEN 3:12 मानिसले भन्यो, “तपाईंले मसँगै रहनलाई दिनुभएको स्‍त्रीले मलाई त्यस रुखको फल दिई, र मैले त्यो खाएँ ।”
GEN 3:13 परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैँले यो के गरिस्?” स्‍त्रीले भनिन्, “सर्पले मलाई छल गर्‍यो, र मैले खाएँ ।”
GEN 3:14 परमप्रभु परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तैँले यसो गरेको हुनाले सबै पाल्तु पशुहरू र जङ्गली जनावरहरूमा केवल तँ श्रापित हुनेछस् । तँ तेरो पेटद्वारा हिँड्नेछस्, र तेरो जीवनभरि नै तैँले माटो खानेछस् ।
GEN 3:15 तेरो र स्‍त्रीबिच, अनि तेरो सन्तान र स्‍त्रीको सन्तानबिच म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुल्चनेछ, र तैँले त्यसको कुर्कुच्‍चा डस्‍नेछस् ।”
GEN 3:16 उहाँले स्‍त्रीलाई भन्‍नुभयो, “म तेरो प्रसव-वेदना ज्यादै बढाइदिनेछु; तैँले पीडामा नै बालक जन्माउनेछस् । तेरो इच्छा तेरो पतिको लागि हुनेछ, तर त्यसले तँलाई आफ्नो अधीनमा राख्‍नेछ ।”
GEN 3:17 आदमलाई उहाँले भन्‍नुभयो, “तैँले तेरी पत्‍नीको कुरा सुनेको, र मैले तँलाई नखानू भनेको रुखको फल तैँले खाएको हुनाले, तेरो कारण यो भूमि श्रापित भएको छ । तेरो जीवनभरि नै तैँले यस भूमिमाथि कडा परिश्रम गरेर खानेछस् ।
GEN 3:18 त्यसले तेरो निम्ति काँढा र सिउँडीहरू उमार्नेछ, र तैँले खेतका बिरुवाहरू खानेछस् ।
GEN 3:19 तँ माटोमा नफर्कुन्जेल, तैँले आफ्नो परिश्रमको पसिना बगाएर भोजन खानेछस्, किनकि तँ माटैबाट निकालिएको थिइस् । तँ माटै होस्, र माटोमा नै फर्किजानेछस् ।”
GEN 3:20 मानिसले आफ्नी पत्‍नीको नाम हव्‍वा राख्‍यो किनकि तिनी सबै जीवित प्राणीकी आमा हुन् ।
GEN 3:21 परमप्रभु परमेश्‍वरले आदम र उनकी पत्‍नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई पहिराइदिनुभयो ।
GEN 3:22 परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “असल र खराबको ज्ञान पाएर मानिस हामीजस्तै भएको छ । यसैकारण अब त्यसलाई आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुँदैन नत्रता त्यो सधैँभरि जीवित रहला ।”
GEN 3:23 त्यसैकारण जुन भूमिबाट त्यो निकालिएको थियो त्यही भूमिमा खेतीपाती गर्न परमप्रभु परमेश्‍वरले त्यसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो ।
GEN 3:24 परमेश्‍वरले मानिसलाई बगैँचाबाट निकालिदिनुभएपछि जीवनको रुखतर्फको मार्गमा पहरा दिन उहाँले अदनको बगैँचाको पूर्वमा करूबहरू र चारैदिशातर्फ घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो ।
GEN 4:1 मानिसलेआफ्नी पत्‍नीसित सहवास गरे । अनि तिनी गर्भवती भइन् र कयिनलाई जन्माइन् । तिनले भनिन्, “मैले परमप्रभुको सहायताले एक पुरुष जन्माएँ ।”
GEN 4:2 अनि तिनले तिनको भाइ हाबिललाई जन्माइन् । हाबिल गोठालो भए, तर कयिन खेती गर्ने भए ।
GEN 4:3 समय बित्दै जाँदा कयिनले तिनको जमिनको उब्जनीबाट केही परमप्रभुकहाँ भेटीको रूपमा ल्याए ।
GEN 4:4 हाबिलको हकमा तिनले बगालका पहिले जन्मेकाहरू र केही बोसे भागहरू ल्याए । परमप्रभुले हाबिल र तिनका भेटीलाई ग्रहण गर्नुभयो,
GEN 4:5 तर कयिन र तिनका भेटीहरूलाई उहाँले ग्रहण गर्नुभएन । यसैले कयिन साह्रै रिसाए र तिनले रिस देखाए ।
GEN 4:6 परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस् र तैँले किन रिस देखाउँछस् ?
GEN 4:7 यदि तैँले जे ठीक छ सो गरिस् भने, के तँलाई ग्रहण गरिनेछैन र? तर यदि तैले जे ठीक छ सो गर्दैनस भने त पाप तेरो ढोकैमा ढुक्छ र तँलाई अधिन गर्न इच्छा गर्छ, तर तैँले अधिन गर्नैपर्छ ।”
GEN 4:8 कयिनले आफ्ना भाइ हाबिललाई भने । अनि तिनीहरू खेतमा हुँदा कयिननले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे ।
GEN 4:9 अनि परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन । के म मेरो भाइको गोठालो हुँ र?”
GEN 4:10 परमप्रभुले भन्‍नुभयो, “तैँले यो के गरिस्? तेरो भाइको रगतले जमिनबाट मलाई पुकारिरहेको छ ।
GEN 4:11 अब तँ जमिबाट श्रापित हुन्छस् जसले तेरो हातबाट बगेको तेरो भाइको रगत ग्रहण गर्न मुख उघारेको छ ।
GEN 4:12 आज उप्रान्त तैँले खेती गर्दा यसले यसको सामर्थ्य (फल) दिनेछैन । तँ भगुवा र आवारा हुनेछस् ।”
GEN 4:13 कयिनले परमप्रभुलाई भने, “मेरो दण्ड मैले सहन सक्‍नेभन्दा धेरै भयो ।
GEN 4:14 वास्तवमा, आज तपाईंले मलाई यस जग्‍गाबाट धपाउनुभएको छ र म तपाईंको नजरबाट लुक्‍नेछु । म पृथ्वीमा भगुवा र आवारा हुनेछु र जसले भेट्टाउँछ त्यसले मलाई मार्नेछ ।”
GEN 4:15 परमप्रभुले तिनलाई भन्‍नुभयो, “यदि कसैले कयिनलाई मार्छ भने, त्यसमाथि सात गुणा बदला लिइनेछ ।” अनि परमप्रभुले कयिनमाथि चिन्ह लगाउनुभयो, ताकि तिनलाई जसले भेट्टाए पनि आक्रमण नगरोस् ।
GEN 4:16 यसैले कयिन परमप्रभुको उपस्थितिबाट गए र अदनको पूर्वतिर नोदको मुलुकमा बसोवास गरे ।
GEN 4:17 कयिनले आफ्नी पत्‍नीसँग सहवास गरे, र तिनी गर्भवती भइन् । तिनले हनोकलाई जन्माइन् । तिनले एउटा सहर बनाए, र यसको नाउँ आफ्नो छोराकै नाउँमा राखे ।
GEN 4:18 हनोकबाट ईराद जन्मिए । ईराद महूयाएलका पिता बने । महूयाएल मतुशाएलका पिता बने । मतुशाएल लेमेखका पिता बने ।
GEN 4:19 लेमेखले दुइ जना पत्‍नीहरू ल्याए । एउटीको नाउँ आदा र अर्कीको नाउँ सिल्ला थियो ।
GEN 4:20 आदाले याबाललाई जन्माइन् । तिनी पालमा बस्‍नेहरू र पशु पालन गर्नेहरूका पिता बने ।
GEN 4:21 तिनको भाइको नाउँ यूबाल थियो । तिनी वीणा र बाँसुरी बजाउनेहरूका पिता बने ।
GEN 4:22 सिल्लाको हकमा, तिनले तुबल-कयिन अर्थात् काँसो र फलामका काम गर्नेहरूलाई जन्माइन् । तुबल-कयिनकी बहिनी नामा थिइन् । लेमेखले तिनकी पत्‍नीहरूलाई भने, “
GEN 4:23 लेमेखका पत्‍नीहरू आदा र सिल्ला मेरो कुरा सुन; मैले जे भन्छु सो सुन । मलाई चोट पुर्‍याउने मनिसलाई अर्थात् मलाई घायल बनाउने जवानलाई मैले मारेको छु ।
GEN 4:24 यदि कयिनको बदला सात गुणा लिइन्छ भने लेमेखको बदला सतहत्तर गुणा लिइनेछ ।”
GEN 4:25 आदमले तिनको पत्‍नीसँग फेरि सहवास गरे र तिनले अर्को छोरा जन्माइन् । तिनले त्यसको नाउँ शेत राखिन् र भनिन्, “कयिनले मारेका हाबिलको सट्टामा परमेश्‍वरले मलाई अर्को छोरा दिनुभएको छ ।”
GEN 4:26 शेतको एउटा छोरा भयो तिनले तिनको नाउँ एनोश राखे । त्यस बेलादेखि मानसिहरूले परमेश्‍वरको नाउँ पुकार्न सुरु गरे ।
GEN 5:1 आदमका सन्तानहरूका विवरण यही हो । परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो ।
GEN 5:2 उहाँले तिनीहरूलाई नर र नारी सृष्‍टि गर्नुभयो । उहाँले तिनीहरूलाई सृष्‍टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो ।
GEN 5:3 आदम १३० वर्षको हुँदा तिनी आफ्‍नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।
GEN 5:4 आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
GEN 5:5 आदम ९३० वर्ष बाँचे अनि तिनी मरे ।
GEN 5:6 शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए ।
GEN 5:7 तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
GEN 5:8 शेत ९१२ वर्ष बाँचे र तिनी मरे ।
GEN 5:9 एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए ।
GEN 5:10 तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
GEN 5:11 एनोश ९०५ वर्ष बाँचे र तिनी मरे ।
GEN 5:12 केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए ।
GEN 5:13 तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
GEN 5:14 केनान ९१० वर्ष बाँचे र तिनी मरे ।
GEN 5:15 महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए ।
GEN 5:16 तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
GEN 5:17 महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे ।
GEN 5:18 येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए ।
GEN 5:19 तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
GEN 5:20 येरेद ९६२ बाँचे र तिनी मरे ।
GEN 5:21 हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए ।
GEN 5:22 हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्‍वरसँगै हिँडे ।
GEN 5:23 तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
GEN 5:24 हनोक परमेश्‍वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्‍वरले तिनलाई लानुभयो ।
GEN 5:25 मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए ।
GEN 5:26 तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
GEN 5:27 मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।
GEN 5:28 लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए ।
GEN 5:29 तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।”
GEN 5:30 लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
GEN 5:31 लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे ।
GEN 5:32 नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।
GEN 6:1 मानिसहरूको संख्या पृथ्वीमा वृद्धि हुँदैजाँदा र तिनीहरूका छोरीहरू जन्‍मे,
GEN 6:2 परमेश्‍वरका छोराहरूले मानव-जातिका छोरीहरूलाई आकर्षक (राम्री) देखे । तिनीहरूले तिनीहरूमध्ये कसैलाई आफैले चुनेको पत्‍नी ल्याए ।
GEN 6:3 परमप्रभुले भन्‍नुभयो, “मेरो आत्मा मानव-जातिमा सदासर्वदा रहनेछैन, किनभने तिनीहरू शरीर हुन् । तिनीहरू १२० वर्ष बाँच्‍नेछन् ।”
GEN 6:4 ती दिनहरूमा र पछि पनि पृथ्वीमा ठुला कदका मानिसहरू (राक्षस) थिए । जब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूसँग विवाह गरे, तिनीहरूका छोराछोरीहरू जन्मे । यिनीहरू उहिलेका शक्तिशाली अर्थात् प्रख्यात मानिसहरू थिए ।
GEN 6:5 पृथ्वीका मानिसहरूको दुष्‍टता बढी भएको र तिनीहरूका हृदयका विचारको हरेक भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो ।
GEN 6:6 पृथ्वीमा मानव-जातिलाई बनाउनुभएकोमा परमप्रभुले पछुतो मान्‍नुभयो, र यसले उहाँलाई दुःखित तुल्यायो ।
GEN 6:7 यसैले परमप्रभुले भन्‍नुभयो, “मैले सृष्‍टि गरेका मानव-जातिलाई पृथ्वीको सतहबाट नामेट पार्नेछु; मानव-जाति र ठुला-ठुला जनावरहरू, घस्रने जन्तुहरू र आकाशमा उड्ने पक्षीहरू सबैलाई नमाेट पार्नेछु, किनकि तिनीहरूलाई बनाएकोमा म दुःखित छु ।”
GEN 6:8 तर नोआले परमप्रभुको निगाह पाए ।
GEN 6:9 यिनीहरू नोआ बारेका घटनाहरू थिए । नोआ तिनका समयमा मानिसहरूमा धर्मी र दोषरहित मानिस थिए । नोआ परमेश्‍वरसँग हिँडे ।
GEN 6:10 नोआ शेम, हाम र येपेत तिन छोराहरूका बुबा भए ।
GEN 6:11 परमेश्‍वरको दृष्‍टिमा पृथ्वी भ्रष्‍ट भएको र हिंसाले भरिएको थियो ।
GEN 6:12 परमेश्‍वरले पृथ्वीलाई देख्‍नुभयो; हेर, यो त भ्रष्‍ट थियो, किनकि पृथ्वीका सबै मानिसहरूका मार्ग भ्रष्‍ट भएका थिए ।
GEN 6:13 परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “यो सबै प्राणीको अन्त गर्ने समय आएको म देख्‍न सक्छु, किनभने पृथ्वी तिनीहरूको हिंसाले भरिएको छ । वास्तवमा, मैले तिनीहरूलाई पृथ्वीसँगै नष्‍ट पार्नेछु ।
GEN 6:14 तैँले आफ्नो निम्ति गोपेर काठको एउटा जहाज बनाउनू । जहाजभित्र कोठाहरू बनाउनू र त्यसलाई भित्र-बाहिर अलकत्र लगाउनू ।
GEN 6:15 तैँले यसलाई यसरी बनाउनुः यसको लम्बाइ एक सय चालिस मिटर, चौडाइ तेईस मिटर र यसको उच्‍चाइ चौध मिटरको होस् ।
GEN 6:16 जहाजको छानो बनाउनू र यसलाई टुप्पोमा एक पट्टी एक हात छोडेर सिद्ध्याउनू । जहाजको एकपट्टी ढोका राख्‍नू र पहिलो, दोस्रो र तेस्रो तला बनाउनू ।
GEN 6:17 सुन, जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई सर्वनाश पार्न मैले पृथ्वीमा जलप्रलय ल्याउन लागेको छु । पृथ्वीमा भएको सबै प्राणी मर्नेछन् ।
GEN 6:18 तर तँसँग म मेरो करार स्थापित गर्नेछु । तँ, तेरा छोराहरू, तेरी पत्‍नी र तेरा छोराहरूका पत्‍नीहरू जहाजभित्र आउनेछौ ।
GEN 6:19 हरेक जीवित प्रणीमध्ये ठुला जनावरहरू र
GEN 6:20 पृथ्वीमाथि घस्रने जन्‍तुहरूलाई जीवित राख्‍न भाले र पोथी गरी दुइ-दुइ वटा जहाजभित्र ल्याउनू ।
GEN 6:21 खानलाई र भण्डरण गर्नलाई सबै किसिमका खानेकुराहरू जम्‍मा गर्नू, जुन तेरो र तिनीहरूका निम्‍ति आहारा हुनेछ ।”
GEN 6:22 यसैले नोआले यो गरे । तिनले परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम गरे ।
GEN 7:1 परमप्रभुले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र आओ । किनकि मेरो सामु यो पुस्तामा मैले तँलाई धर्मी देखेको छु ।
GEN 7:2 हरेक जातका शुद्ध पशुबाट तैँले आफूसित सात भाले र सात पोथी ल्याउनू । अशुद्ध पशुहरूबाट चाहिँ तैँले दुईवटा अर्थात् भाले र पोथी ल्याउनू ।
GEN 7:3 अनि आकाशका पक्षीहरूबाट तिनीहरूको जातिलाई पृथ्वीको सतहमा जीवित राख्‍न सात जोडी भाले र पोथी ल्याउनू ।
GEN 7:4 किनकि अबको सात दिनमा म चालिस दिन र चालिस रात पृथ्‍वीमा पानी बर्साउनेछु । मैले बनाएको हरेक जीवित प्राणीलाई म पृथ्वीको सतहबाट नष्‍ट गर्नेछु ।”
GEN 7:5 परमप्रभुले आज्ञा गर्नुभएझैँ नोआले सबै गरे ।
GEN 7:6 पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए ।
GEN 7:7 जलप्रलयको पानीको कारणले नोआ, तिनका छोराहरू, तिनकी पत्‍नी र तिनका बुहारीहरू सँगसँगै जहाजभित्र प्रवेश गरे ।
GEN 7:8 शुद्ध र अशुद्ध पशुहरू, पक्षीहरू र भुइँमा घस्रने हरेक प्राणी, परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएझैँ
GEN 7:9 भाले र पोथी गरी जोडी-जोडी नोआकहाँ आए र जहाजभित्र प्रवेश गरे ।
GEN 7:10 सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो ।
GEN 7:11 नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा विशाल अगाधका मूलहरू फुटे र आकाशका झ्यालहरू खुले ।
GEN 7:12 चालिस दिन र चालिस रातसम्म पृथ्वीमा पानी परिरह्‍यो ।
GEN 7:13 त्यही दिनमा नोआ, तिनका छोराहरू शेम, हाम र येपेत अनि तिनकी पत्‍नी र तिनका तिन जना बुहारी जहाजभित्र प्रवेश गरे ।
GEN 7:14 हरेक जङ्गली जनावरको जात-जातअनुसार, हरेक पाल्तु पशुको जात-जातअनुसार, भुइँमा घस्रने हरेक घस्रने जन्तुको जात-जातअनुसार र पखेटा भएको हरेक पक्षीको जात-जातअनुसार सँगसँगै तिनीहरू जहाजभित्र प्रवेश गरे ।
GEN 7:15 जीवनको सास हुने सबै प्राणीका जोडी-जोडी नोआकहाँ आएर जहाजभित्र प्रवेश गरे ।
GEN 7:16 भित्र प्रवेश गरेका प्राणीहरू सबैका भाले र पोथी थिए । परमेश्‍वरले आज्ञा दिनुभएझैँ तिनीहरू भित्र प्रवेश गरे ।
GEN 7:17 त्यसपछि परमप्रभुले ढोका बन्द गरिदिनुभयो । अनि पृथ्वीमा चालिस दिनसम्म जलप्रलय भयो र पानीले जहाजलाई जमिनबाट माथि उचाल्यो ।
GEN 7:18 पानीले सारा पृथ्वीलाई पूर्ण रूपमा ढाक्यो अनि जहाज पानीको सतहमाथि तैरियो ।
GEN 7:19 आकाशमुनिका सबै अग्‍ला-अग्‍ला पर्वतहरूलाई ढाक्‍ने गरी पृथ्वीमा पानी चौपट्टै भरियो ।
GEN 7:20 पानी पर्वतहरूको टुप्पोमा सात मिटर माथिसम्म आयो ।
GEN 7:21 पक्षीहरू, पालिने पशुहरू, जङ्गली जनावरहरू, जमिनमा ठुलो सङ्ख्यामा बसोबास गर्ने सबै प्राणी र सबै मानव-जाति जो पृथ्वीमा चलहल गर्थे, ती सबै मरे ।
GEN 7:22 जमिनमा बस्‍ने सबै जीवित प्राणी जसले आ-आफ्ना नाकबाट जीवनको सास फेर्थे, ती सबै मरे ।
GEN 7:23 यसरी, मानव-जातिदेखि ठुला जनावरहरू र घस्रने जन्तुसम्म पृथ्वीको सतहमा भएको हरेक प्राणीसाथै आकाशका चराचुरुङ्गीहरू मासिए । तिनीहरू सबै नै पृथ्वीबाट नष्‍ट गरिए । नोआ र तिनीसित जहाजमा हुनेहरू मात्र बाँचे ।
GEN 7:24 एक सय पचास दिनसम्म पृथ्वीमा पानी घटेन ।
GEN 8:1 परमेश्‍वरले नोआ, तिनीसित जहाजमा भएका सबै जङ्गली पशुहरू र सबै पालिने पशुहरूलाई सम्झनुभयो । परमेश्‍वरले पृथ्वीमा बतास चलाइदिनुभयो, र पानी घट्न थाल्यो ।
GEN 8:2 अगाधका मूलहरू र स्वर्गका झ्यालहरू बन्द गरिए, अनि पानी पर्न रोकियो ।
GEN 8:3 जलप्रलयको पानी पृथ्वीमा बिस्तारै घट्यो, र एक सय पचास दिनपछि पानी निकै घट्यो ।
GEN 8:4 सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पर्वतहरूमा अडियो ।
GEN 8:5 दसौँ महिनासम्म पानी निरन्तर घटिरह्‍यो । त्यही महिनाको पहिलो दिनमा पर्वतहरूका टाकुराहरू देखा परे ।
GEN 8:6 चालिस दिनपछि नोआले आफूले बनाएको जहाजको झ्याल खोले ।
GEN 8:7 तिनले एउटा कागलाई उडाइदिए र जमिनको पानी नसुकुञ्‍जेलसम्म त्यो यताउता उडिरह्‍यो ।
GEN 8:8 त्यसपछि जमिनको सतहबाट पानी घटेको छ कि छैन भनेर हेर्न तिनले एउटा ढुकुरलाई पठाए ।
GEN 8:9 तर ढुकुरले आफ्नो खुट्टा राख्‍ने ठाउँ कतै पाएन, र त्यो जहाजमा नै तिनीकहाँ फर्क्यो किनकि पानीले अझै पनि पुरै जमिनलाई ढाकिरहेको थियो । तिनले आफ्नो हात पसारेर त्यसलाई समाती जहाजभित्र ल्याए ।
GEN 8:10 अरू सात दिन पर्खेर तिनले फेरि जहाजबाट त्यस ढुकुरलाई पठाइदिए ।
GEN 8:11 साँझमा त्यो ढुकुर तिनीकहाँ फर्क्यो । हेर! त्यसको चुच्‍चोमा भर्खरै टिपिएको ताजा भद्राक्षको पात थियो । त्यसैले, पानी जमिनबाट घटेछ भनी नोआले थाहा पाए ।
GEN 8:12 अरू सात दिन पर्खेर तिनले फेरि त्यस ढुकुरलाई पठाइदिए । त्यो फेरि फर्केर तिनीकहाँ आएन ।
GEN 8:13 नोआको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिनमा जमिनबाट पानी सुक्यो । नोआले जहाजको छत खोलेर बाहिर हेरे र तिनको सुक्खा भूमि देखे ।
GEN 8:14 दोस्रो महिनाको सत्ताइसौँ दिनमा जमिन सुक्खा भयो ।
GEN 8:15 परमेश्‍वरले नोआलाई भन्‍नुभयो,
GEN 8:16 “तँ, तेरी पत्‍नी, तेरा छोराहरू र तेरा बुहारीहरू जहाजबाट निस्केर आओ ।
GEN 8:17 तँसित भएका सबै जीवित प्राणीहरू अर्थात् पक्षीहरू, पशुहरू, पृथ्वीको सतहमा हरेक घस्रने प्राणीलाई तँसँगै बाहिर लिएर आइज ताकि तिनीहरू पृथ्वीमा पशस्त मात्रामा फल्दै-फुल्दै, वृद्धि हुँदै र भरिँदै जाऊन् ।”
GEN 8:18 त्यसैले नोआ आफ्ना छोराहरू, आफ्नी पत्‍नी र आफ्ना बुहारीहरूसँगै बाहिर निस्के ।
GEN 8:19 हरेक जीवित प्राणी, हरेक घस्रने जन्तु, हरेक पक्षी र पृथ्वीमा चलहल गर्ने हरेक प्राणी तिनीहरूका आ-आफ्ना जात-जातअनुसार जहाजबाट बाहिर निस्के ।
GEN 8:20 नोआले परमप्रभुको निम्ति एउटा वेदी बनाए । तिनले शुद्ध पशुहरू र शुद्ध पक्षीहरूमध्ये केहीलाई लिई वेदीमा होमबलि चढाए ।
GEN 8:21 परमप्रभुले यसको सुगन्ध लिनुभएपछि आफ्नो मनमा भन्‍नुभयो, “मानव-जातिको ह्रदयको मनसाय बाल्यावस्थादेखि नै दुष्‍ट हुने भए तापनि म उसको कारणले गर्दा फेरि भूमिलाई श्राप दिनेछैनँ, न त मैले अहिले गरेजस्तै फेरि हरेक जीवित प्राणीलाई सर्वनाश गर्नेछु ।
GEN 8:22 पृथ्वी रहुञ्‍जेलसम्म बिउ छर्ने र कटनी गर्ने समय, जाडो र गर्मी, ग्रीष्‍म र हिउँद अनि दिन र रातको अन्त्य हुनेछैन ।
GEN 9:1 त्यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो र भन्‍नुभयो, “फल्‍दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ ।
GEN 9:2 जमिनमा चलहल गर्ने हरेक जीवित प्राणी, आकाशका हरेक पक्षी, जमिनमा घस्रने हरेक जन्तु र समुद्रका सबै माछामाथि तिमीहरूको डर र त्रास रहनेछ । ती तिमीहरूका हातमा सुम्पिएका छन् ।
GEN 9:3 हरेक चलहल गर्ने प्राणी तिमीहरूका निम्ति भोजन हुनेछन् । मैले तिमीहरूलाई हरिया वनस्पतिहरू दिएजस्तै अब म तिमीहरूलाई सबै थोक दिन्छु ।
GEN 9:4 तर तिमीहरूले मासु त्यसको प्राण दिने रगतसमेत नखाओ ।
GEN 9:5 तर तिमीहरूको प्राण दिने रगतको साटो म लेखा लिनेछु । हरेक पशुबाट म प्राणको साटो लिनेछु । आफ्नो भाइको हत्या गर्ने हरेक मानिसको हातबाट म त्यस मानिसको प्राणको साटो लिनेछु ।
GEN 9:6 जसले मानिसको रगत बगाउँछ मानिसद्वारा नै त्यसको रगत बगाइनेछ, किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो ।
GEN 9:7 तिमीहरूचाहिँ पृथ्वीमा फल्दै-फुल्दै, वृद्धि हुँदै, फैलँदै जाओ ।”
GEN 9:8 त्यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई यसो भन्‍नुभयो,
GEN 9:9 “मेरो कुरा सुन! तिमीहरू र तिमीहरूपछि आउने तिमीहरूका सन्तानहरू, तिमीहरूसँगै भएका हरेक जीवित प्राणी अर्थात्
GEN 9:10 पक्षीहरू, पालिने पशुहरू र जहाजबाट बाहिर आउनेदेखि पृथ्वीमा भएका हरेक जीवित प्राणीसित म मेरो करार स्थापित गर्दै छु ।
GEN 9:11 जलप्रलयको पानीद्वारा फेरि सबै प्राणी नष्‍ट गरिनेछैनन् भनी म मेरो करार तिमीहरूसित स्थापित गर्दछु । पृथ्वीलाई सर्वनाश गर्ने जलप्रलय फेरि कहिल्यै आउनेछैन ।
GEN 9:12 परमेश्‍वरले भन्‍नुभयो, “पुस्तौँको निम्ति मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीसित मैले जुन करार बाँध्दै छु, त्यसको चिन्ह यही हुन्छ
GEN 9:13 कि मैले बादलमा इन्द्रेणी राखेको छु, र यो मेरो र पृथ्वीको बिचमा करारको चिन्ह हुनेछ ।
GEN 9:14 मैले पृथ्वीमाथि बादल फिँजाउँदा जब इन्द्रेणी देखा पर्छ
GEN 9:15 तब म मेरो करारलाई सम्झनेछु जुन करार मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीको बिचमा बाँधिएको छ । जलप्रलयले फेरि कहिल्यै सबै प्राणीलाई सर्वनाश गर्नेछैन ।
GEN 9:16 परमेश्‍वर र पृथ्वीमा रहेका सबै जीवित प्राणीबिच बाँधिएको नित्य रहिरहने कराको सम्झना गर्नलाई म बादलमा देखा पर्ने इन्द्रेणीलाई हेर्नेछु ।”
GEN 9:17 तब परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मेरो र पृथ्वीमा भएका सबै जीवित प्राणीको बिचमा मैले स्थापित गरेको करारको चिन्ह यही हो ।”
GEN 9:18 जहाजबाट बाहिर निस्केर आएका नोआका छोराहरू शेम, हाम र येपेत थिए । हाम कनानका पिता थिए ।
GEN 9:19 यी तिन जना नोआका छोराहरू थिए, र यिनीहरूबाट नै समस्त पृथ्वी भरियो ।
GEN 9:20 नोआ किसान हुन लागे, र तिनले दाखबारी लगाए ।
GEN 9:21 दाखमद्य पिएर तिनी मात्तिए । तिनी आफ्नो पालमा नाङ्गै पल्टिरहेका थिए ।
GEN 9:22 तब कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखे र बाहिर आएर दुवै दाजुलाई बताइदिए ।
GEN 9:23 त्यसैले, शेम र येपेतले एउटा लबेदा लिएर त्यसलाई काँधमा हाले अनि पछिल्तिर सर्दै गएर तिनीहरूका पिताको नाङ्गोपन ढाकिदिए । तिनीहरूको अनुहार अर्कोपट्टि फर्केकाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन् ।
GEN 9:24 नोआ आफ्नो मद्यको लतबाट उठेपछि तिनका कान्छा छोराले तिनलाई के गरेका थिए भनी तिनलाई थाहा भयो ।
GEN 9:25 त्यसैले तिनले भने, “श्रापित होस् कनान । त्यो आफ्ना दाजुहरूका कमाराहरूका पनि कमारा होस् ।”
GEN 9:26 तिनले यसो पनि भने, “शेमका परमेश्‍वर यहोवे धन्यका होऊन्, र कनान त्यसको कमारो होस् ।
GEN 9:27 परमेश्‍वरले येपेतको क्षेत्र वृद्धि गर्नुभएको होस् र त्यसले शेमका पालहरूमा बास गरून् । कनान त्यसका कमारा होस् ।”
GEN 9:28 जलप्रलयपछि नोआ तिन सय पचास वर्ष बाँचे ।
GEN 9:29 नोआको जम्मा उमेर नौ सय पचास वर्ष भयो, अनि तिनी मरे
GEN 10:1 यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे ।
GEN 10:2 गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास येपेतका छोराहरू थिए ।
GEN 10:3 अशकनज, रीपत र तोगर्मा गोमेरका छोराहरू थिए ।
GEN 10:4 एलीशाह, तर्शीश, कित्तीम र रोदानीम यावानका छोराहरू थिए ।
GEN 10:5 यिनीहरूबाट नै समुद्रतटवासी छुट्टिए र तिनीहरू आफ्‍नो जातिअनुरूप आ-आफ्‍नो भाषाअनुसार तिनीहरूको भूमितिर गए ।
GEN 10:6 कूश, मिश्रइम, पूत र कनान हामका छोराहरू थिए ।
GEN 10:7 सेबा, हवीला, सब्ता, रामाह र सब्तका कूशका छोराहरू थिए । शेबा र ददान रामाहका छोराहरू थिए ।
GEN 10:8 कूश निम्रोदका पिता बने, जो पृथ्वीमाथिका पहिलो विजेता थिए ।
GEN 10:9 तिनी परमप्रभुको सामु शक्तिशाली शिकारी बने । त्यसैले यसो भनियो, “परमप्रभुको सामु निम्रोदजस्तै शक्‍तिशाली सिकारी ।”
GEN 10:10 तिनका राज्यहरूका सुरुका केन्द्रहरू शिनारको मुलुकका बाबेल, अक्‍कद र कल्नेह थिए ।
GEN 10:11 तिनी त्यो भूमिबाट बाहिर अश्शूरतित गए, र निनवे, रहोबोत-इर, कालह,
GEN 10:12 र निनवे र कालह बिचमा पर्ने रेसेन निर्माण गरे । यो एउटा ठुलो सहर थियो ।
GEN 10:13 मिश्रइम लूदी, अनामी, लहाबी, नप्‍तूही
GEN 10:14 पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने ।
GEN 10:15 कनान सीदोन अर्थात् तिनका जेठो छोरो, हित्ती,
GEN 10:16 यबूसी, एमोरी,
GEN 10:17 गिर्गाशी, हिव्वी, अरकी, सिनी,
GEN 10:18 अर्वादी, समारी र हमातीहरूका पुर्खा भए । त्यसपछि कनानीहरूका वंशहरू फैलिए ।
GEN 10:19 कनानीहरूको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म नै थियो ।
GEN 10:20 तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूको भूमि र देशमा हामका छोराहरू यिनीहरू नै थिए ।
GEN 10:21 येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए ।
GEN 10:22 एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए ।
GEN 10:23 ऊज, हुल, गेतेर र मेशेक अरामका छोराहरू थिए ।
GEN 10:24 अर्पक्षेद शेलहका पिता बने र शेलह एबेरका पिता बने ।
GEN 10:25 एबेरका दुई जना छोरा भए । एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो । तिनको भाइको नाउँ योक्तान थियो ।
GEN 10:26 योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह,
GEN 10:27 हदोरम, ऊजाल, दिक्ला,
GEN 10:28 ओबाल, अबमाएल, शेबा,
GEN 10:29 ओपीर, हवीला योबाबका पिता बने ।
GEN 10:30 तिनीहरूका क्षेत्र मेशादेखि सपरा जाने बाटो, पूर्वका पहाडसम्म थियो ।
GEN 10:31 तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूका मुलुकहरू, जातिहरूअनुसार शेमका छोराहरू यिनीहरू नै थिए ।
GEN 10:32 तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए । यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए ।
GEN 11:1 अहिले सारा पृत्वीमा एउटै भाषा थियो र शब्दहरू पनि उही थिए ।
GEN 11:2 तिनीहरू पूर्वतिर जाँदा, तिनीहरूले शिनारको भूमिमा एउटा मैदान भेट्टाए र तिनीहरू त्यही बसे ।
GEN 11:3 तिनीहरूले आपसमा भने, “आओ, ईंटहरू बनाऔँ र तिनीहरूलाई राम्ररी पलौँ ।” तिनीहरूसँग ढुङ्गाको सट्टामा ईंट थियो र हिलोको सट्टामा अलकत्रा थियो ।
GEN 11:4 तिनीहरूले भने, “आओ, हाम्रो निम्ति एउटा सहर बनाऔँ र आकाश नै छुने एउटा धरहरा निर्माण गर्‍यौँ अनि नाउँ कमाऔँ । यदि हामीले यसो गरनौँ भने हामी सारा पृथ्वीभरि छरपष्‍ट हुनेछौँ ।”
GEN 11:5 यसैले परमप्रभु परमेश्‍वर आदमका सन्तानहरूले निर्माण गरेका त्यो सहर र धरहरा हेर्न तल आउनुभयो ।
GEN 11:6 परमेप्रभुले भन्‍नुभयो, “हेर, तिनीहरू एउटै भाषामा एउटै मानिसझैँ छन् अनि तिनीहरूले यसो गर्न सुरु गरिरहेका छन् । तिनीहरूले गर्न चाहेको कुनै पनि कुरा तिनीहरूको निम्ति असम्भव हुनेछैन ।
GEN 11:7 आओ, हामी तल जाऔँ र तिनीहरूका भाषा खलबलाइ दिऔँ, ताकि तिनीहरू एउटाले भनेको अर्काले बुझ्‍न सकून् ।”
GEN 11:8 यसैले परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि छरपष्‍ट पार्नुभयो र तिनीहरूले त्यो सहर निर्माण गर्न छोडे ।
GEN 11:9 यसकारण, यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यहाँ सारा पृथ्वीको भाषा खलबलाउनुभयो अनि त्यहाँबाट नै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि छरपष्‍ट पा्र्नुभयो ।
GEN 11:10 यिनीहरू शेमका सन्तानहरू थिए । जलप्रलयको दुई वर्षपछि शेम सय वर्षको हुँदा तिनी अर्पक्षेदका पिता बने ।
GEN 11:11 शेम अर्पक्षेदका पिता भएपछि तिनी पाँच सय वर्षसम्म बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए ।
GEN 11:12 अर्पक्षद पैँतीस वर्षको हुँदा तिनी शेलहका पिता बने ।
GEN 11:13 अर्पक्षद शेलहका पिता भएपछो तिनी ४०३ वर्ष बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए ।
GEN 11:14 शेलह तीस वर्षका हुँदा तिनी एबेरला पिता बने ।
GEN 11:15 शेलह एबेरका पिता भएपछि तिनी ४०३ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
GEN 11:16 एबेर तीस वर्षको हुँदा तिनी पेलेगका पिता बने ।
GEN 11:17 पेलेगका पिता भएपछि एबेर ४३० वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
GEN 11:18 पेलेग तीस वर्षको हुँदा तिनी रऊका पिता बने ।
GEN 11:19 रऊका पिता भएपछि पेलेग २०९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
GEN 11:20 रऊ बत्तीस वर्षको हुँदा तिनी सरूगका पिता भए ।
GEN 11:21 सरूगका पिता भएपछि रऊ २०७ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
GEN 11:22 सरूग तीस वर्षको हुँदा तिनी नाहोरका पिता बने ।
GEN 11:23 नाहोरका पिता भएपछि सरूग दुई सय वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
GEN 11:24 नाहोर उनन्तीस वर्षको हुँदा तिनी तेरहका पिता बने ।
GEN 11:25 तेरहको पिता बनेपछि नाहोर ११९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
GEN 11:26 तेरह सत्तरी वर्षको हुँदा तिनी अब्राम, नाहोर र हारानका पिता बने ।
GEN 11:27 तेरहका सन्तानहरू यिनीहरू थिए । तेरहस अब्राम, नाहोर र हारानका पिता भए अनि हारान लोतका पिता बने ।
GEN 11:28 हारान तिनको पिता तेरहसको सामु नै तिनको जन्म थलो अर्थात् कल्दीहरूको ऊरमा मरे ।
GEN 11:29 अब्राम र नाहोरले विवाह गरे र पत्‍नि ल्याए । अब्रामकी पत्‍निको नाउँ साराई थियो र नाहोरकी पत्‍निको नाउँ मिल्का थियो, तिनी हारानको छोरी थिइन् अनि हारान मिल्का र यिस्काका पिता थिए ।
GEN 11:30 सारा बाँझी थिइन्; तिनको कुनै बालबच्‍चाहरू थिएनन् ।
GEN 11:31 तेरहले तिनका छोरो अब्राम, हारानाका छोरो लोत र तिनकी बुहारी साराई अर्थात् तिनका छोरो अब्रामको पत्‍निलाई लिए र कनानतिर जान तिनीहरू कल्दीहरूको ऊरतिर गए । तर तिनीहरू हारानमा आए र त्यहाँ नै बसे ।
GEN 11:32 तेरह २०५ वर्ष बाँचे र तिनी हारानमा नै मरे ।
GEN 12:1 परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “तेरो देश, तेरा नातेदारहरू र तेरो पिताको घरानाबाट मैले तँलाई देखाउने मुलुकतिर जा ।
GEN 12:2 म तँलाई ठुलो जाति बनाउनेछु, म तँलाई आशिष् दिनेछु, तेरो नाउँ महान् हुनेछ र तँ आशिष् हुनेछस् ।
GEN 12:3 तँलाई आशिष् दिनेलाई म आशिष् दिनेछु, तर तँलाई अनादर गर्नेलाई म सराप दिनेछु । तँद्वारा नै पृथ्वीका सबै परिवारहरूले आशिष् पाउनेछन् ।
GEN 12:4 यसैले परमप्रभुले भन्‍नुभएबमोजिम अब्राम गए र लोत पनि तिनीसँगै गए । हारान छोडेर जाँदा अब्राम पचहत्तर वर्षका थिए ।
GEN 12:5 अब्रामले तिनकी पत्‍नी साराई, तिनका भतिजा लोत, तिनीहरूले हारानमा जम्‍मा गरेका सम्पत्ति र प्राप्‍त गरेका मानिसहरू सबै लगे । तिनीहरू कनानको भूमिमा जानलाई हिँडे र कनानको भूमिमा आइपुगे ।
GEN 12:6 अब्राम त्यो भूमि हुँदै शकेममा भएको मोरेको फलाँटको रुखसम्म गए । त्यस बेला त्यो भूमिमा कनानीहरू बस्थे ।
GEN 12:7 परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो र भन्‍नुभयो, “यो भूमि म तेरा सन्तानहरूलाई दिनेछु ।” यसैले अब्रामले तिनीकहाँ देखा पर्नुहुने परमप्रभुको निम्ति एउटा वेदी बनाए ।
GEN 12:8 त्यहाँबाट तिनी बेथेलको पूर्वतिरको देशतिर गए, जहाँ तिनले बेथेललाई पश्‍चिमतिर र ऐलाई पूर्वतिर पारेर तिनको पाल टाँगे । त्यहाँ तिनले एउटा वेदी बनाए र परमप्रभुको नाउँको पुकारा गरे ।
GEN 12:9 अनि अब्राम यात्रा गर्दै नेगेवतिर गए ।
GEN 12:10 त्यो भूमिमा अनिकाल लागेको थियो, यसैले अब्राम बस्‍नलाई मिश्रतिर झरे (गए), किनकि त्यो भूमिमा निकै अनिकाल लागेको थियो ।
GEN 12:11 तिनी मिश्र प्रवेश गर्न लाग्दा, तिनले आफ्‍नी पत्‍नी साराईलाई भने, “हेर, तिमी कति सुन्दरी स्‍त्री छौ भनी म जान्दछु ।
GEN 12:12 मिश्रीहरूले तिमीलाई देख्‍दा 'यो यसकी पत्‍नी हो' भन्‍ने छन् र तिनीहरूले मलाई मार्ने छन्, तर तिनीहरूले तिमीलाईचाहिँ जीवितै राख्‍नेछन् ।
GEN 12:13 यसैले तिमी मेरी बहिनी हौ भनी तिमीले भन, ताकि तिम्रो खातिर मेरो भलो होस् र तिम्रो खातिर मेरो जीवन बाँचोस् ।
GEN 12:14 मिश्र प्रवेश गर्न लग्दा साराई अति सुन्दरी थिइन् भनी मिश्रीहरूले देखे ।
GEN 12:15 फारोका अधिकारीहरूले तिनलाई देखे र फारोको सामु तिनको प्रशंसा गरे र ती स्‍त्रीलाई फारोको घरानामा लगियो ।
GEN 12:16 फारोले तिनको खातिर अब्रामलाई राम्रो व्यवहार गरे र तिनलाई गोरु, गधाहरू, नोकरीहरू, गधैनीहरू र ऊँटहरू दिए ।
GEN 12:17 अनि परमप्रभुले अब्रामकी पत्‍नी साराईको कारण फारो र तिनको परिवारमाथि ठुलो विपत्ति ल्याउनुभयो ।
GEN 12:18 फारोले अब्रामलाई बोलाए र भने, “तिमीले मलाई यो के गरेको? तिनी तिम्रो पत्‍नी थिइन् भनी मलाई किन बताएनौ?
GEN 12:19 'तिनी मेरी बहिनी हुन्' भनी तिमीले किन मलाई भन्यौ? त्यसैले मैले तिनलाई मेरी पत्‍नी बनाउन मैले लगेँ । यसकारण, तिम्रो पत्‍नी यहीँ छिन् । तिनलाई लेऊ र आफ्‍नो बाटो लाग ।
GEN 12:20 अनि फारोले तिनको बारेमा आफ्‍ना मानिसहरूलाई आदेश दिए र तिनीहरूले तिनलाई तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोकसहित पठाए ।
GEN 13:1 अब्राम, तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोक लिएर मिश्रबाट माथि नेगेवतिर गए । लोत पनि तिनीसँगै गए ।
GEN 13:2 अब्राम पशुहरू, चाँदी र सुनमा धेरै धनाढ्य थिए ।
GEN 13:3 तिनी नेगेवबाट बेथेतिर गइरहे, जहाँ पहिले तिनको पाल थियो, त्यो बेथेल र ऐको बिचमा थियो ।
GEN 13:4 तिनी आफूले पहिले नै बनाएका वेदी भएको ठाउँमा गए । यहाँ तिनले परमप्रभुको नाउँको पुकारा गरे ।
GEN 13:5 अब्रामसँगै यात्रा गरिरहेका लोतका पनि भेडाबाख्रा र गाईवस्तुहरूका बथान र पालहरू थिए ।
GEN 13:6 तिनीहरू दुवै नजिकै रहनलाई जमिनले धान्‍न सकेन, किनभने तिनीहरूका सम्पत्ति अत्यधिक थियो, यसैले तिनीहरू सँगै बस्‍न सकेनन् ।
GEN 13:7 अब्राम र लोतका गाईवस्‍तुहरू र भेडाबाख्राका गोठालाहरूबिच झगडा भयो । त्यस बेला त्यहाँ कनानीहरू र परिज्‍जीहरू बस्दथे ।
GEN 13:8 यसैले अब्रामले लोतलाई भने, “तिम्रो र मेरा गोठालाहरूबिच झगडा नहोस्, आखिर हामी त परिवार नै हौँ ।
GEN 13:9 के सारा भूमि तिम्रो सामु नै छैन र? तिमी जाऊ र मबाट अलग होऊ । यदि तिमी बायाँतरि गयौ भने म दायाँतिर जानेछु । वा यदि तिमी दाहिनेतिर गयौ भनौ म देब्रेतिर जानेछु ।”
GEN 13:10 यसैले, लोतले वरिपरि हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्तै, मिश्रदेशजस्तै सोअरसम्म नै सबैतिर पानीले राम्ररी भिजेको थियो । यो परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरा थियो ।)
GEN 13:11 यसैले लोतले आफ्‍नो निम्ति यर्दनको बेँसी चुने र पूर्वतिर लागे अनि नातेदारहरू आपसमा छुटे ।
GEN 13:12 अब्राम कनानको भूमिमा नै बसे, र लोत मैदानका सहरहरूमा बसे । तिनले आफ्‍ना पालहरू सदोमसम्‍म नै टाँगेर बसे ।
GEN 13:13 सदोमका मानिसहरू परमप्रभु विरुद्धमा दुष्‍ट पापीहरू थिए ।
GEN 13:14 लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “तँ उभिएको ठाउँदेखि उत्तर, दक्षिण, पूर्व र पश्‍चिमतिर हेर् ।
GEN 13:15 तैँले देखेका यी सबै भूमि, म तँलाई र तेरा सन्तानहरूलाई सदाको निम्ति दिनेछु ।
GEN 13:16 म तेरा सन्तानहरूलाई पृथ्वीका धुलो जत्तिकै प्रशस्‍त बनाउनेछु, यसैले कसैले पृथ्वीको धूलोलाई गन्‍न सक्छ भने मात्र तेरा सन्तानहरूलाई गन्‍न सक्‍नेछ ।
GEN 13:17 उठ्, भूमिको चारैतिर हिँड्, किनकि यो म तँलाई दिनेछु ।”
GEN 13:18 यसैले अब्रामले आफ्नो पाल उठाए र मम्रेका फलाँटका रूखहरू नजिकै बसोबास गरे, जुन हेब्रोन थियो र त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी निर्माण गरे ।
GEN 14:1 यो अम्रापेल, एल्लासारका राजा अर्योक र एलाममा राजा कदोर्लाओमेर र गोयीमका राजा तिदालको समयमा भएको थियो ।
GEN 14:2 तिनीहरूले सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अद्‍माका राजा शिनाब, सबोयिमका राजा शेमेबेर र बेला (अर्थात् सोअरका) विरुद्ध युद्ध गरे ।
GEN 14:3 यी पछिल्ला पाँच जना राजाहरू सिद्दीम अर्थात् मृत सागरको बेँसीमा भेला भए ।
GEN 14:4 तिनीहरूले बाह्र वर्षसम्म कदर्लाओमेरको सेवा गरे तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे ।
GEN 14:5 अनि चौधौँ वर्षमा, कदोर्लाओमेर र तिनीसित भएका राजाहरू आए र अस्तेरोत-केर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावेकिर्यातैममा एमीहरूलाई,
GEN 14:6 र होरीहरूलाई सेइरको पहाडी देशमा मरुभूमि नजिक रहेको ‍एल-पारानसम्म आक्रमण गरे ।
GEN 14:7 त्यपछि तिनीहरू फर्के | र एन-मिशपातमा (अर्थात् कादेशमा) आए अनि अमालेकीहरूका सबै देशहरू र हासेसोन-तामारमा बस्‍ने एमोरीहरूलाई पराजीत गरे ।
GEN 14:8 त्यसपछि सदोमका राजा, गमोराका राजा, अदमाका राजा, सबोयिमका राजा र बेला (अर्थात् सोअरका) राजा निस्के अनि सिद्दीमको बेँसीमा युद्धको निम्ति तयार भए ।
GEN 14:9 एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक; पाँच राजाका विरिद्ध चार राजा ।
GEN 14:10 सिद्दीमको बेँसी अलकत्राको धापले भरिएको थियो, र सदोम र गमोराका राजाहरू भागे, तिनीहरू त्यसमा खसे । बाँकी रहेकाहरू पहाडतिर भागे ।
GEN 14:11 यसैले राजाहरू सदोम र गमोराका सबै मालसामानहरू, तिनीहरूका रासनहरू लगे र आफ्नो बाटो लागे ।
GEN 14:12 |जब तिनीहरू गए, | तिनीहरूले अब्रामका भाइका छोरा लोतलाई पनि तिनका सबै मालसामानसँगै लगे, जो सदोममा बसोबास गरिरहेका थिए ।
GEN 14:13 उम्केर आएका एक जानले हिब्रू अब्रामलाई भने । तिनी एश्कोल र अनेरका भाइ मम्रेका फलाँटका रूखहरू नजिक बसिरहेका थिए, तिनीहरू सबै अब्रामका मित्रहरू थिए ।
GEN 14:14 जब अब्रामले तिनका नातेदारलाई शत्रुहरूले कब्जा गरेको कुरा सुने, तिनले आफ्‍ना घरमा नै जन्मेका तालिम प्राप्‍त ३१८ जना मानिसहरू लिएर तिनले तिनीहरूलाई दानसम्म नै खेदे ।
GEN 14:15 तिनले आफ्‍ना मानिसहरूलाई राती तिनीहरू विरुद्ध समूह-समूहमा विभाजन गरे र तिनीहरूलाई आक्रमण गरे अनि तिनीहरूलाई होबासम्म खेदे, जुन दमस्कसको उत्तर पर्छ ।
GEN 14:16 | तिनले आफ्‍ना सबै सम्पत्तिहरू पनि फिर्ता ल्याए र तिनका नातेदार र तिनका मालसामानहरू साथै महिलाहरू र अन्य मानिसहरू पनि ल्याए ।
GEN 14:17 अब्रामले कदोर्लाओमेर र तिनीसँग भएका राजाहरूलाई पराजित गरेर फर्केपछि, सदोमका राजा तिनलाई भेट्न शावेको (अर्थात् राजाको उपत्यका) उपत्यकामा गए ।
GEN 14:18 शालेमका राजा मल्कीसेदेकले रोटी र दाखमद्य लिएर आए । तिनी सर्वोच्‍चका पूजाहारी थिए ।
GEN 14:19 तिनले उनलाई यसो भन्दै आशोष्‌ दिए, “स्वर्ग र पृथ्वी सृष्‍टि गर्नु हुने परमेश्‍वरले अब्रामलाई आशिष् दिनुभएको होस् ।
GEN 14:20 सर्वोच्‍च परमेश्‍वर धन्यको हौऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पनुभएको छ ।” तब अब्रामले तिनका सबै थोकको दशांश उनलाई दिए ।
GEN 14:21 सदोमका राजाले अब्रामलाई भने, “मानिसहरू मलाई देऊ र सबै मालसामानहरू आफैले लैजाऊ ।
GEN 14:22 अब्रामले सदोमका राजालाई भने, “मैले सर्वोच्‍च परमेश्‍वर, स्वर्ग र पृथ्वीका सृष्‍टिकर्ता परमप्रभुमा शपथ खाएको छु,
GEN 14:23 मैले तपाईंबाट एउटा धागोम जुत्ताको फित्ता वा कुनै पनि कुरा लिनेछैन, ताकि 'मैले अब्रामलाई धनी बनाएको छु' भनी तपाईंले कहिल्यै भन्‍न सक्‍नुहुनेछैन ।
GEN 14:24 मैले जवान मानिसहरूले खाएका र मसँग गएका मानिसहरूका भाग बाहेक कुनै कुरा लिनेछैन । आनेर, एश्‍कोल र मम्रेले आफ्‍ना भाग लेऊन् ।
GEN 15:1 यी सबै कुराहरू भएपछि दर्शनमा अब्रामकहाँ यसो भन्‍ने परमप्रभुको वचन आयो, “अब्राम, नडराऊ । म नै तेरो ढाल तेरो धेरै महान् इनाम हुँ ।”
GEN 15:2 अब्रामले भने, “हे परमप्रभु, तपाईंले मलाई के दिनुहुन्छ र?, किनभने म सनतानविहीन रहिरहेको छु र मेरो गरको उत्तराधिकार दमस्कसको एलीएजर हुनेछ ।”
GEN 15:3 अब्रामले भने, “हे्र्नुहोस्, तपाईंले मलाई कुनै पनि सन्तान नदिनुभएको हुनाले मेरो घरको भण्डारे नै मेरो उत्तराधिकार हुन्छ ।”
GEN 15:4 हेर्नुहोस्, त्यसपछि यसो भन्‍ने परमप्रभुको वचन तिनीकहाँ आयो, “यो मानिस तेरो उत्तराधिकार हुनेछैन; तर तेरै शरीरबाट जन्मिने नै तेरो उत्तराधिकारी हुनेछ ।”
GEN 15:5 अनि उहाँले तिनलाई बाहिर ल्याउनुभयो र भन्‍नुभयो, “आकाशतिर हेर् र ताराहरूलाई गन्, यदि तैले तिनीहरूलाई गन्‍न सक्‍छस् भने ।” अनि उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्तानहरू पनि यस्तै हुनेछन् ।”
GEN 15:6 तिनले परमप्रभुमा विश्‍वास गरे र उहाँले यसलाई तिनको धार्मिकताको रूपमा गन्‍नुभयो ।”
GEN 15:7 उहाँले तिनलाई भन्‍नुभयो, “म परमप्रभु हुँ, जसले यो भूमि तँलाई दिन कल्दीहरूका ऊरबाट निकालेर ल्यायो ।”
GEN 15:8 तिनले उहाँलाई भने, “हे परमप्रभु परमेश्‍वर, मैले यो प्राप्‍त गर्नेछु भनी मैले कसरी थाहा पाउने नि?”
GEN 15:9 तब उहाँले तिनलाई भन्‍नुभयो, “मलाई तिन वर्षको एउटा कोरली, तिन वर्षको बाख्राको एउटा पाठी, तिन वर्षको एउटा थुमा, एउटा ढुकुर र एउटा परेवा लेऊ ।”
GEN 15:10 तिनले ती सबै उहाँकहाँ ल्याए र तिनीहरूलाई दुई-दुई फ्याक गरेर काटे अनि हरेक फ्याकलाई आमनेसामने गरी राखे, तर पक्षीहरूलाईचाहिँ तिनले दुई फ्याक पारेनन् ।
GEN 15:11 शिकारी चराहरू सिनोहरूमाथि झम्टिँदा अब्रामले तिनीहरूलाई धपाए ।
GEN 15:12 घाम डुब्‍न लाग्दा अब्राम अब्राम मस्‍न निद्रामा परे र हेर, तिनलाई गाढा र डरलाग्दो अन्धकारले छोप्यो ।
GEN 15:13 त्यपछि परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरा सन्तानहरू तिनीहरूको आफ्नो नभएको (अर्काको) मुलुकमा प्रवासी हुनेछन् र तिनीहरूलाई चार सय वर्षसम्‍म दास बनाइ‍नेछन् र अत्याचार गरिनेछन् ।
GEN 15:14 तिनीहरूले सेवा गरेको देशको मैले न्यान गर्नेछु र त्यसपछि तिनीहरू प्रशस्‍त धन-सम्पत्तिहरूसहित निस्केर आउनेछन् ।
GEN 15:15 तर तँचाहिँ तेरा पिता-पूर्खाहरूकहाँ शान्तिमा जानेछस् र तँलाई वृद्धवस्थामा दफन गरिनेछ ।
GEN 15:16 तिनीहरू चौथो पुस्तामा फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्मको सिमा अझै पुगेको छैन ।”
GEN 15:17 सूर्य अस्ताउँदा र साँझ पर्दा, हेर, धूवाँ आइरहेको मकल र बलिरहेको आगोको ज्वाला ती फ्याकहरूका बिच भएर गयो ।
GEN 15:18 त्यसै दिन परमप्रभुले यसो भनेर अब्रामसँग करार बाँध्‍नुभयो, “म तेरा सन्तानहरूलाई यसैद्वारा यो भूमि दिन्छु, जुन मिश्रादेखि महानदी अर्थात् युफ्रेटिससम्म छ-
GEN 15:19 केनीहरू, कनज्‍जीहरू, कदोनीहरू,
GEN 15:20 हित्तीहरू, परिज्‍जीहरू, रपाईहरू,
GEN 15:21 एमोरीहरू, कनानीहरू, गिर्गाशीहरू र यबूसीहरूलाई दिन्छु ।
GEN 16:1 अब अब्रामकी पत्‍नी साराईले तिनको निम्ति कुनै सन्तान जन्माएकी थिइनन्, तर तिनकी हागार नाम गरेकी एउटी मिश्री कमारी थिई ।
GEN 16:2 त्यसैले साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मलाई कुनै सन्तान दिनुभएको छैन । जानुहोस् मेरी कमारीसँग सुत्‍नुहोस् । सायद त्यसद्वारा मैले सन्तान प्राप्‍त गर्नेछु।” अब्रामले साराईको कुरा माने ।
GEN 16:3 अब्राम कनानमा बसेको दश वर्षपछि साराईले आफ्नी मिश्री कमारी हागारलाई अब्राहमकी पत्‍नी हुनलाई दिइन् ।
GEN 16:4 त्यसैले अब्रामले हागारसँग सम्बन्ध राखे र त्यो गर्भवती भई । जब त्यसले आफू गर्भवती भएको थाहा पाई, त्यसले आफ्नी मालिक्‍नीलाई अपमानको दृष्‍टिले हेर्न थाली ।
GEN 16:5 त्यसपछि साराइले अब्रामलाई भनिन्, “ममाथि भएको यो खराबी तपाईंको कारणले हो । मैले मेरी कमारी तपाईंको अँगालोमा दिएँ, अनि जब त्यसले आफू गर्भवती भएको चाल पाई, त्यसको दृष्‍टिमा म तुच्छ भएँ । परमेश्‍वरले तपाईं र मेरो बिचमा इन्साफ गरून् ।”
GEN 16:6 तर अब्राहमले साराइलाई भने, “हेर, तिम्री कमारी तिम्रै शक्तिमा छे, तिमीलाई जे उत्तम लाग्छ त्यही गर ।” त्यसैले साराईले त्यससँग कठोर व्यवहार गरिन्, अनि त्यो तिनीदेखि भागी ।
GEN 16:7 परमप्रभुका दूतले त्यसलाई मरुभूमिमा भएको पानीको मूल नजिकै भेट्टाए । त्यो मूल शूरतिर जाने बाटोमा पर्छ ।
GEN 16:8 तिनले सोधे, “साराईकी कमारी हागार, तँ कहाँबाट आइस् र कहाँ जाँदै छेस्?” त्यसले जवाफ दिई, “म मेरी मालिक्‍नी साराईदेखि भाग्दै छु।”
GEN 16:9 परमप्रभुका दूतले त्यसलाई भने, “फर्केर तेरी मालिक्‍नीकहाँ जा र तिनको अधिकारमा समर्पित भएर बस्।”
GEN 16:10 त्यसपछि परमप्रभुका दूतले त्यसलाई भने, “म तेरा सन्तानहरूलाई औधी बढाउनेछु, कि तिनीहरू गन्‍न नै नसकिने गरी धेरै हुनेछन् ।”
GEN 16:11 परमेश्‍वरका दूतले यो पनि भने, “हेर्, तँ गर्भवती भएकी छेस् र एउटा छोरो जन्माउनेछेस्, र तैँले त्यसको नाम इश्‍माएल राख्‍नेछेस् किनकि परमप्रभुले तेरो दुःख सुन्‍नुभएको छ । मानिसहरूमा त्यो एउटा जङ्‍गली गधाझैँ हुनेछ ।
GEN 16:12 त्यो हरेक मानिसको विरुद्धमा खडा हुनेछ, र हरेक मानिस त्यसको विरूद्धमा लाग्‍नेछ, र आफ्ना सबै दाजुभाइहरूबाट अलग बस्‍नेछ ।”
GEN 16:13 त्यसपछि त्यसले आफूसँग बात गर्नुहुने परमेश्‍वरका दूतलाई यो नाउँ दिई, “तपाईं मलाई देख्‍नुहुने परमप्रभु हुनुहुन्छ,” किनकि त्यसले भनी, “के उहाँले मलाई देखिसकेपछि पनि म उहाँलाई साँच्‍चै देखिरहन्छु?”
GEN 16:14 त्यसैले त्यस इनारको नाउँ बेअर-लहै-रोइ राखियो, जुन कादेश र बेरेदको बिचमा पर्छ ।
GEN 16:15 हागारले अब्रामको छोरो जन्माई, अनि हागारले जन्माएको छोरोको नाम अब्रामले इश्माएल राखे ।
GEN 16:16 हागारले अब्रामको निम्ति छोरो जन्माउँदा अब्राम छयासी वर्षका थिए ।
GEN 17:1 अब्राम उनान्सय वर्षको हुँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो र तिनलाई भन्‍नुभयो, “म सर्वशक्‍तिमान् परमेश्‍वर हुँ । मेरो सामु आज्ञाकारी भएर हिँड्, र निर्दोष हो ।
GEN 17:2 त्यसपछि मेरो र तेरो बिचको आफ्नो करार म पक्‍का गर्नेछु, र तँलाई अत्यन्तै वृद्धि गराउनेछु ।”
GEN 17:3 अब्राम घोप्‍टो परे अनि परमेश्‍वरले तिनलाई भन्‍नुभयो,
GEN 17:4 “निश्‍चय नै मेरो करार तँसँगै छ । तँ धेरै जातिहरूका पिता बन्‍नेछस् ।”
GEN 17:5 तेरो नाम अब्राम हुनेछैन, तर अब्राहाम हुनेछ । किनकि म तँलाई धेरै जातिका पिता हुनलाई नियुक्‍त गर्छु ।
GEN 17:6 म तँलाई अत्यन्तै फल्दो-फुल्दो तुल्याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु । तँबाट राजाहरू उत्‍पन्‍न हुनेछन् ।
GEN 17:7 तँ र तँपछिका तेरा सन्तानका परमेश्‍वर हुनलाई तेरो र मेरो र तँपछिका तेरा सन्‍तानको बिचमा नित्य रहिरहने करार म स्थापित गर्नेछु ।
GEN 17:8 तँ बसेको देश अर्थात् सारा कनान तँ र तँपछि आउने तेरा सन्तानलाई सधैँको निम्ति अधिकारको रूपमा दिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु ।”
GEN 17:9 त्यसपछि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तैँलेचाहिँ मेरो करार पालन गर्नुपर्छ, तँ र तँपछिका तेरा सन्तानहरूले तिनीहरूका पुस्तौँसम्म ।
GEN 17:10 यो मेरो र तेरो र तँपछि आउने तेरा सन्‍तानहरूका बिचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार होः तिमीहरूका बिचमा भएका हरेक पुरुषको खतना हुनुपर्छ ।
GEN 17:11 तिमीहरूको खलडीको खतना हुनुपर्छ । मेरो र तिमीहरूको बिचको करारको चिन्ह यही हुनेछ ।
GEN 17:12 तिमीहरूका पुस्तौँसम्म तिमीहरूमा आठ दिन पुगेका हरेक पुरुषको खतना गरिनुपर्छ । यसमा तेरो घरमा जन्मेका र तेरो सन्‍तान नभए पनि विदेशीबाट दाम हालेर किनेका व्यक्‍ति पनि पर्दछन् ।
GEN 17:13 तेरो घरमा जन्मेका र तेरो पैसाले किनेका सबैको खतना हुनैपर्छ । यसरी मेरो करार तिमीहरूको शरीरमा नित्य रहिरहने करार हुनेछ ।
GEN 17:14 खलडीको खतना नगरिएको पुरुष उसका मानिसहरूबाट बहिष्कार गरिनेछ । त्यसले मेरो करार भङ्‍ग गरेको छ ।”
GEN 17:15 पमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरी पत्‍नी साराईलाई चाहिँ अबदेखि साराई भनेर नबोलाउनू । तर त्यसको नाउँ सारा हुनेछ ।
GEN 17:16 म त्यसलाई आशिष् दिनेछु, र त्यसद्वारा म तँलाई एउटा छोरो दिनेछु । म त्यसलाई आशिष् दिनेछु, र त्यो जाति-जातिहरूकी आमा हुनेछे । जाति-जातिहरूका राजाहरू त्यसबाट उत्पन्‍न हुनेछन् ।”
GEN 17:17 त्यसपछि अब्राहाम घोप्‍टो परेर हाँसे, अनि मनमनै यसो भने, “के सय वर्षको मानिसबाट सन्तान जन्मन सक्छ र? नब्बे वर्ष पुगेकी साराले कसरी सन्तान जन्माउन सक्छिन् र?”
GEN 17:18 अब्राहामले परमेश्‍वरलाई भने, “इश्माएल नै तपाईंको आशिष्‍्‌मा बाँचिरहे त हुन्छ!”
GEN 17:19 परमेश्‍वरले भन्‍नुभयो, “होइन, तर तेरी पत्‍नी साराले तेरो निम्ति एउटा छोरो जन्माउनेछे, र तैँले त्यसको नाउँ इसहाक राख्‍नू । नित्य रहिरहने करारको रूपमा म त्यससित र त्यसपछि आउने त्यसका सन्तानसित मेरो करार स्थापित गर्नेछु ।
GEN 17:20 इश्माएको विषयमा मैले तेरो बिन्ति सुनेँ । हेर्, म त्यसलाई आशिष् दिनेछु, र त्यसलाई फल्दो‍-फुल्दो बनाएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु । त्यो बाह्र जातिका अगुवाहरूका पिता हुनेछ, र त्यसलाई म ठुलो जाति बनाउनेछु ।
GEN 17:21 तर मेरो करार त म इसहाकसँग स्थापित गर्नेछु, जसलाई साराले अर्को वर्ष यही समयमा तँबाट जन्माउनेछे ।”
GEN 17:22 तिनीसँग कुरा गरिसक्‍नुभएपछि परमेश्‍वर अब्राहामदेखि छुट्टिनुभयो ।
GEN 17:23 त्यसपछि अब्राहामले आफ्नो छोरो इश्माएल, र आफ्‍नो घरमा जन्मेका, र दाम हालेर किनेका सबै, परमेश्‍वरले भन्‍‍नुभएबमोजिम त्यसै दिन आफ्नो घरका सबै पुरुषहरूका खलडीको खतना गरे ।
GEN 17:24 तिनको खलडीको खतना गर्दा अब्राहाम उनान्सय वर्षका थिए ।
GEN 17:25 तिनको छोरो इश्माएलचाहिँ आफ्नो खलडीको खतना गर्दा तेह्र वर्षका थिए ।
GEN 17:26 अब्राहाम र इश्माएलको खतना एकै दिनमा भयो ।
GEN 17:27 तिनको घरमा जन्मेका र विदेशीबाट किनिएका सबै पुरुषहरूको खतना तिनको खतनासँगसँगै भयो ।
GEN 18:1 दिउँसोको गर्मीमा मम्रेका फलाँटका रुखहरूछेउमा भएको आफ्‍नो पालको ढोकामा अब्राहाम बसेको बेला परमप्रभु तिनीकहाँ देखा पर्नुभयो ।
GEN 18:2 तिनले आफ्‍ना आँखा उठाएर हेरे, र तिनले आफ्‍नो सामु तिन जना मानिस उभिरहेका देखे । उनीहरूलाई देखेपछि तिनी पालको ढोकाबाट भेट गर्नलाई दौडेर गए, र भुइँसम्‍म निहुरेर दण्‍डवत्‌ गरे ।
GEN 18:3 तिनले भने, “प्रभु, यदि तपाईंको नजरमा मैले निगाह पाएको छु भने, आफ्‍नो दासलाई छोडेर नजानुहोस्‌ ।
GEN 18:4 केही पानी ल्‍याउन दिनुहोस्, र तपाईंहरू आफ्‍ना गोडा धुनुहोस्, र यही रुखमुनि आराम गर्नुहोस्‌ ।
GEN 18:5 मलाई केही रोटी ल्‍याउन दिनुहोस्, ताकि तपाईंहरूको थकाइ मरोस् । त्यसपछि तपाईंहरू आफ्नो बाटो जान सक्‍नुहुन्छ, किनभने तपाईंहरू आफ्‍नो दासकहाँ आउनुभएको छ ।” उनीहरूले भने, “तिमीले भनेअनुसार गर ।”
GEN 18:6 तब अब्राहाम तुरुन्तै पालमा साराकहाँ गएर भने, “चाँडो पाँच पाथी मसिनो पिठो ल्याई मुछेर रोटी बनाऊ ।”
GEN 18:7 अब्राहाम बथानतिर दौडेर गए, र एउटा कलिलो र असल बाछो लिएर नोकरलाई दिए, र त्‍यसलाई हतारमा तयार गर्न लागे ।
GEN 18:8 तिनले दही, दूध र त्‍यो तयार गरिएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए । उनीहरूले खाँदा तिनी उनीहरूकै नजिक रूखमुनि उभिए ।
GEN 18:9 उनीहरूले तिनलाई सोधे, “तेरी पत्‍नी सारा कहाँ छे?” तिनले जवाफ दिए, “त्यहीँ पालमा छिन्‌ ।”
GEN 18:10 परमप्रभुले भन्‍नुभयो, “आउँदो साल यही समयमा म निश्‍चय नै तँकहाँ फर्किआउनेछु, र हेर्, तेरी पत्‍नी साराले एक जना छोरो जन्‍माउनेछे ।” साराले चाहिँ उहाँको पछिल्तिर भएको ढोकाबाट यो कुरो सुनिरहेकी थिइन्‌ ।
GEN 18:11 अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर ढल्किसकेको थियो । साराको बच्‍चा जन्माउने उमेर बितिसकेको थियो ।
GEN 18:12 यसकारण सारा मनमनै यसो भन्‍दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा स्वामी पनि वृद्ध भइसक्‍नुभएको छ, के मैले सुख पाउँछु र?”
GEN 18:13 तब परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “‘बुढेसकालमा मैले छोराछोरी पाउँछु र भनेर सारा किन हाँसी’?
GEN 18:14 परमप्रभुको निम्‍ति कुनै कुरो कठिन छ र? अर्को साल मैले तोकेको समयमा म तँकहाँ फर्किआउनेछु । अर्को वर्ष यही समयमा साराको एक जना छोरा हुनेछ ।”
GEN 18:15 त्यसपछि साराले इन्कार गर्दै यसो भनिन्, “म हाँसिनँ ।” किनभने तिनी डराइन्‌ । तर उहाँले जवाफ दिनुभयो, “होइन, तँ हाँसेकै होस् ।”
GEN 18:16 तब ती पुरुषहरू उठे र सदोमतिर तल हेरे । अब्राहाम अलि परसम्‍म उनीहरूलाई बिदा गर्न गए ।
GEN 18:17 तर परमप्रभुले भन्‍नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ?
GEN 18:18 अब्राहामबाट एउटा ठुलो र शक्तिशाली जाति बन्‍नेछ, र त्‍यसद्वारा नै पृथ्‍वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌ ।
GEN 18:19 किनभने मैले त्‍यसलाई आफ्‍ना छोराछोरीहरू र घरानालाई धर्म र न्‍याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस्‌ भनेर छानेको छु, ताकि परमप्रभुले अब्राहामलाई भन्‍नुभएको कुरा पुरा गर्नुभएको होस् ।”
GEN 18:20 तब परमप्रभुले भन्‍नुभयो, “सदोम र गमोराको विरुद्धमा उठेको आवाज धेरै ठुलो, र तिनीहरूका पाप साह्रै गम्भीर भएको कारण
GEN 18:21 मकहाँ आएको त्यसको विरुद्धको आवाजअनुसार तिनीहरूले गरेका छन् कि छैनन् भन्‍ने कुरा हेर्नलाई म तल जानेछु । होइन रहेछ भने मलाई थाहा हुनेछ।”
GEN 18:22 यसकारण ती पुरुषहरू त्‍यहाँबाट सदोमतिर गए, तर अब्राहामचाहिँ परमप्रभुको सामु उभिरहे ।
GEN 18:23 तब अब्राहामले नजिक गएर भने, ‘के तपाईंले धर्मीहरूलाई पनि दुष्‍टहरूसँगै नष्‍ट गर्नुहुनेछ?
GEN 18:24 सायद त्‍यस सहरमा पचास धर्मी जन छन् होला । के त्‍यसमा भएका पचास धर्मी जनका निम्‍ति त्‍यस सहरलाई नजोगाएर नष्‍ट पार्नुहुनेछ र?
GEN 18:25 धर्मीलाई पनि दुष्‍टलाई जस्तै व्यवहार गरेर दुष्‍टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्‍वीका न्‍यायकर्ताले न्यायोचित काम गर्नुहुन्‍न र?
GEN 18:26 परमप्रभुले भन्‍नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर सारा सहरलाई छोड़िदिनेछु ।”
GEN 18:27 अब्राहामले जवाफ दिएर भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु ।
GEN 18:28 यदि त्यहाँ पाँच कम पचास जना धर्मी जन रहेछन्‌ भने? केवल पाँच मात्र घटी भएको कारण तपाईं सारा सहरलाई नै नाश गर्नुहुनेछ?” त्यसपछि उहाँले भन्‍नुभयो, “यदि मैले त्‍यहाँ पैँतालीस पाएँ भने म त्‍यो नाश गर्नेछैनँ ।”
GEN 18:29 तिनले फेरि उहाँसँग बोल्दै भने, “यदि त्‍यहाँ चालीस रहेछन्‌ भने?” उहाँले भन्‍नुभयो, “चालीस जनाका खातिर पनि म त्‍यसो गर्नेछैनँ।”
GEN 18:30 तिनले भने, “परमप्रभु रिसानी नहोस् ताकि म अझै बोल्न सकूँ । यदि त्‍यहाँ तिस जना पाइए भने?” उहाँले भन्‍नुभयो, “त्‍यहाँ तिस जना नै पाएँ भने पनि म त्‍यसो गर्नेछैनँ ।”
GEN 18:31 तिनले भने, “हेर्नुहोस्, मैले परमप्रभुसँग कुरा गर्ने आँट गरेको छु । बिस जना पाइए भने?” उहाँले भन्‍नुभयो, “बिस जनाका खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ ।”
GEN 18:32 तिनले भने, “परमप्रभु रिसानी नहोस्‌। अब अन्तिम एक पल्ट बोल्‍नेछु । सायद त्‍यहाँ दस जना पाइन्छन् होला?” उहाँले भन्‍नुभयो, “दश जनाका खातिर पनि म त्‍यो नाश गर्नेछैनँ ।”
GEN 18:33 अब्राहामसित कुरा गरिसक्‍ने बित्तिकै परमप्रभु गइहाल्‍नुभयो, र अब्राहामचाहिँ आफ्‍नो घर फर्के ।
GEN 19:1 साँझमा लोत सदोमको मूल ढोकामा बसिरहेका बेला दुई स्वर्गदूतहरू सदोममा आए । उनीहरूलाई देखेपछि लोत भेट गर्न उठे, र आफ्नो मुहारलाई भुइँसम्मै निहुराएर दण्डवत् गरे ।
GEN 19:2 तिनले भने “मेरा मालिक, म बिन्ती गर्दछु, कि आफ्नो दासको घरभित्र आउनुहोस्, आजको रात यहीँ बिताउनुहोस्, र आफ्ना पाउ धुनुहोस् । त्यसपछि बिहान सबेरै उठेर तपाईंहरू आफ्नो बाटो लाग्‍न सक्‍नुहुन्छ ।” उनीहरूले जवाफ दिए, “होइन, हामी सहरको चोकमा नै रात बिताउनेछौँ ।
GEN 19:3 तर तिनले उनीहरूलाई ज्यादै आग्रह गरे, त्यसैकारण उनीहरू तिनीसँगै घरभित्र प्रवेश गरे । तिनले भोजनमा खमिर नराखेको रोटी तयार गरे, र उनीहरूले खाए ।
GEN 19:4 तर उनीहरू सुत्‍नअगि सदोम सहरका सबै युवा र जवान, र सहरका सबै भागबाट सबै मानिसहरू आएर त्यस घरलाई घेरे ।
GEN 19:5 तिनीहरूले लोतलाई बोलाएर भने, “साँझ तिमीकहाँ आएका मानिसहरू कहाँ छन्? उनीहरूलाई बाहिर हामीकहाँ ल्याऊ, ताकि हामी तिनीहरूसँग सुत्‍न सकौँ ।”
GEN 19:6 यसैकारण लोत ढोकाबाट बाहिर मानिसहरूकहाँ निस्‍के र आफू निस्‍केपछि ढोका थुनिदिए ।
GEN 19:7 तिनले भने, “मेरा भाइहरू, म बिन्ती गर्दछु, यस्तो दुष्‍ट काम नगर्नुहोस् ।
GEN 19:8 हेर्नुहोस्, मेरा दुई छोरी छन् जो कुनै मानिससँग सुतेका छैनन् । म बिन्ती गर्दछु, मेरा छोरीहरूलाई तपाईंहरूकहाँ ल्याउन दिनुहोस्, र तपाईंहरूको नजरमा जे असल लाग्छ तिनीहरूसँग त्यही गर्नुहोस् । केवल यी मानिसहरूलाई केही नगर्नुहोस्, किनभने उनीहरू मेरो छतको छायामुनि आएका पाहुना हुन् ।”
GEN 19:9 तिनीहरूले भने, “पछि हट्!” तिनीहरूले यसो पनि भने, “यो यहाँ परदेशी भएर बस्‍न आएको थियो, र अहिले हाम्रो न्यायकर्ता भएको छ! अब हामी तिनीहरूलाई भन्दा तँलाई नराम्रो व्यवहार गर्नेछौँ ।” तिनीहरूले ती मानिसहरू र लोतको विरुद्धमा दबाब दिए, र ढोका भत्‍काउनको निम्ति नजिक आए ।
GEN 19:10 तर ती मानिसहरूले आफ्ना हात निकालेर लोतलाई तिनीहरूसँगै घरभित्र ताने र ढोका बन्द गरिदिए ।
GEN 19:11 त्यसपछि लोतका पाहुनाहरूले घरको ढोकाबाहिर भएका मानिसहरू, जवान र वृद्ध दुवैलाई प्रहार गरी अन्धा बनाइदिए, र तिनीहरू ढोका खोज्‍ने प्रयास गर्दा-गर्दै थाके ।
GEN 19:12 त्यसपछि ती मानिसहरूले लोतलाई भने, “के तिमीकहाँ अरू कोही छन्? जुवाइँ, छोराहरू, छोरीहरू, र यस सहरमा तिम्रा जो कोही छन्, सबैलाई यस सहरबाट बाहिर लैजाऊ ।
GEN 19:13 किनभने हामीले यो ठाउँलाई नष्‍ट गर्न लागेका छौँ, किनभने परमप्रभुको अगि यस सहरको विरुद्धमा दोषहरू यति ठुला भएका छन्, कि उहाँले हामीलाई यस सहरलाई नष्‍ट पार्न पठाउनुभएको छ ।”
GEN 19:14 लोत बाहिर गए, र तिनले आफ्ना छोरीहरूलाई विवाह गर्न प्रतिज्ञा गरेका जुवाइँहरूसँग यसो भने, “छिट्टै, यस ठाउँबाट निस्किहाल, किनभने परमप्रभुले यस सहरलाई नष्‍ट पार्न लाग्‍नुभएको छ ।” तर तिनका जुवाइँहरूलाई तिनले ठट्टा गरेझैँ लाग्यो ।
GEN 19:15 जब झिसमिसे बिहान भयो, ती स्वर्गदूतहरूले लोतलाई यसो भने, “जाऊ, यहाँ भएका तिम्री पत्‍नी र तिम्रा छोरीहरूलाई लैजाऊ, र यस सहरको दण्डमा तिमी नष्‍ट हुनेछैनौ ।”
GEN 19:16 तर तिनले अलमल गर्न थाले । त्यसैकारण ती मानिसहरूले लोत, तिनकी पत्‍नी, र तिनका दुई छोरीका हातहरू समाते, किनभने परमप्रभु तिनीप्रति दयालु हुनुहुन्थ्यो । उनीहरूले तिनीहरू सबैलाई बाहिर निकाले, र सहरबाहिर पठाए ।
GEN 19:17 जब उनीहरूले तिनीहरूलाई बाहिर निकाले, ती मानिसहरूमध्ये एकजनाले भने, “आफ्नो प्राण बचाउनको निम्ति भाग! पछाडि फर्की नहेर, वा कतै समतल ठाउँमा नबस । पहाडहरूतिर भाग र तिमीहरू नष्‍ट हुनेछैनौ ।”
GEN 19:18 लोतले तिनीहरूलाई भने, “होइन, मेरा मालिकहरू!
GEN 19:19 तपाईंका दृष्‍टिमा तपाईंको दासले कृपा पाएको छ, र मेरो प्राण बचाउनको निम्ति ममाथि तपाईंहरूले ठुलो दया देखाउनुभएको छ, तर म पहाडहरूतिर भाग्‍न सक्दिनँ, किनभने ममाथि विपत्ति आइलाग्‍नेछ र म मर्नेछु ।
GEN 19:20 हेर्नुहोस्, त्यहाँको सहर भाग्‍नको निम्ति नजिक छ, र त्यो सानो पनि छ । कृपया, मलाई त्यहाँ भाग्‍न दिनुहोस् (के त्यो सानोचाहिँ होइन र?), र मेरो जीवन बच्‍नेछ ।”
GEN 19:21 उनले तिनलाई भने, “ठिक छ, म तिम्रो यो अनुरोध पनि पुरा गर्नेछु र तिमीले उल्लेख गरेको त्यस सहर म नष्‍ट गर्दिनँ ।
GEN 19:22 छिटो गर! त्यहाँ भाग, किनभने तिमी त्यहाँ नपुगेसम्म म केही गर्न सक्दिनँ ।” यसैकारण त्यस सहरलाई सोअर भनियो ।
GEN 19:23 लोत सोहर पुग्‍दा घाम उदाइसकेको थियो ।
GEN 19:24 त्यसपछि परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट गन्धक र आगो बर्साउनुभयो ।
GEN 19:25 उहाँले ती सहरहरू, सबै समतल भूमि, र ती सहरहरूका बासिन्दाहरू, र भूमिमा उब्जेका सबै बिरुवाहरूलाई नष्‍ट पार्नुभयो ।
GEN 19:26 तर लोतकी पत्‍नीले पछाडि फर्केर हेरिन्, जो तिनको पछि-पछि थिइन्, र तिनी नुनको ढिक्‍का बनिन् ।
GEN 19:27 अब्राहाम बिहान सबेरै उठे र तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए ।
GEN 19:28 उनले सदोम र गमोरातर्फ र सबै समतल भूमिमा हेरे । उनले त्यस भूमिबाट भट्टीको धुवाँझैँ माथितिर धुवाँ आइरहेको देखे ।
GEN 19:29 परमेश्‍वरले समतल भूमिका सहरहरूलाई नष्‍ट गर्नुभएपछि, उहाँले अब्राहामलाई सम्झनुभयो । उहाँले लोतले बसोबास गरेका सहरहरूलाई नष्‍ट गर्नुहुँदा, लोतलाई त्यस विनाशको माझबाट बाहिर निकाल्‍नुभयो ।
GEN 19:30 तर लोत आफ्ना दुई छोरीसँग सोअरबाट पहाडहरूमा बसोबास गर्न गए, किनभने तिनी सोअरमा बस्‍न डराए । यसैकारण, तिनी र तिनका दुई छोरीहरू एउटा गुफामा बसे ।
GEN 19:31 जेठीले कान्छीलाई भनिन्, “हाम्रा बुबा वृद्ध भएका छन्, र सारा संसारको रीतिअनुसार हामीसँग सुत्‍ने कहीँ पनि कोही मानिस छैन ।
GEN 19:32 आऊ, हाम्रो बुबालाई मद्य पिउन लगाऔँ, अनि हाम्रो बुबाको वंशलाई बिस्तार गर्न हामी उहाँसँग सुतौँ ।”
GEN 19:33 यसैकारण त्यस रात तिनीहरूले आफ्ना बुबालाई मद्य पिउन लगाए । त्यसपछि जेठीचाहिँ भित्र गइन् र आफ्ना बुबासँग सुतिन्; तिनी कहिले सुतिन् र कहिले उठिन् भन्‍ने उनलाई पत्तो नै भएन ।
GEN 19:34 अर्को दिन जेठीले कान्छीलाई भनिन्, “सुन, गएको रात म मेरो बुबासँग सुतेँ । आजको रातमा पनि उहाँलाई मद्य पिउन लगाऔँ, र हाम्रो बुबाको वंश विस्तार गर्नको निम्ति तिमी गएर उहाँसँग सुत ।”
GEN 19:35 यसैकारण, तिनीहरूले आफ्ना बुबालाई त्यस रात पनि मद्य पिउन लगाए, र कान्छीचाहिँ गएर उनीसँग सुतिन् । तिनी कहिले सुतिन् र कहिले उठिन् भन्‍ने उनलाई पत्तो नै भएन ।
GEN 19:36 यसरी लोतका दुवै छोरीहरू आफ्ना बुबाबाट गर्भवती भइन् ।
GEN 19:37 जेठीले एउटा छोरो जन्माइन्, र त्यसको नाउँ मोआब राखिन् । वर्तमान समयका मोआबीहरूका पुर्खा उनी नै हुन् ।
GEN 19:38 कान्छी छोरीले पनि एउटा छोरा जन्माइन्, र त्यसको नाउँ बेन-अमी राखिन् । वर्तमान समयका अम्मोनीहरूका पुर्खा उनी नै हुन् ।
GEN 20:1 अब्राहाम त्यहाँबाट नेगेवको भूमितर्फ गए, र कादेश र शूरको बिचमा बसे । उनी गरारमा बसोबास गर्ने एक परदेशी थिए ।
GEN 20:2 अब्राहामले आफ्नी पत्‍नी साराको बारेमा यस्तो भनेका थिए, “यिनी मेरी बहिनी हुन् ।” यसैकारण गरारका राजा अबीमेलेकले सारालाई मानिसहरू पठाई आफूकहाँ ल्याए ।
GEN 20:3 तर परमप्रभु राती अबीमेलेकको सपनामा आउनुभयो, र तिनलाई भन्‍नुभयो, “सुन्, तैँले आफ्नो साथमा ल्याएको स्‍त्रीको कारण तँ श्रापित भएको छस्, किनभने त्यो अरू कसैकी पत्‍नी हो ।”
GEN 20:4 अबीमेलेक तिनको नजिक गएका थिएनन् र उनले भने, “परमप्रभु के तपाईंले धार्मिक जातिलाई पनि मार्नुहुन्छ र?
GEN 20:5 के त्यो आफैँले मलाई ‘यिनी मेरी बहिनी हुन्’ भनेर भनेको थिएन र? त्यस स्‍त्रीले पनि, ‘तिनी मेरा दाजु हुन्’ भनेर भनेकी थिई । मेरो हृदयको इमान्दारी र मेरा निर्दोष हातद्वारा मैले यो गेरको हुँ ।”
GEN 20:6 त्यसपछि परमप्रभुले तिनलाई सपनामा भन्‍नुभयो, “हो, यो मलाई पनि थाहा छ, कि तैँले आफ्नो हृदयको इमान्दारीमा यो गरिस्, र मैले नै तँलाई मेरो विरूद्ध पाप गर्नबाट बचाएँ । यसैकारण मैले तँलाई त्यस स्‍त्रीलाई छुन दिइनँ ।
GEN 20:7 यसैकारण, त्यस मानिसकी पत्‍नीलाई फर्काइदे, किनभने त्यो एउटा अगमवक्ता हो । त्यसले तेरो निम्ति प्रार्थना गर्नेछ, र तँ बाँच्‍नेछस् । तर यदि तैँले त्यसलाई फर्काइनस् भने, यो थाहा गर्, कि तँ र तेरा सबै निश्‍चय नै मर्नेछन् ।”
GEN 20:8 अबीमेलेक बिहानै उठे र आफ्ना सबै नोकरहरूलाई बोलाए । तिनले यी सबै कुरा ती मानिसहरूलाई बताए, र तिनीहरू धेरै डराए ।
GEN 20:9 त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले यो हामीलाई के गर्‍यौ? मैले तिम्रो विरुद्धमा के पाप गरेको थिएँ जसको कारण तिमीले ममाथि र मेरो राज्यमाथि यति ठुलो पाप ल्यायौ? तिमीले मसित गर्न नहुने काम गर्‍यौ ।”
GEN 20:10 अबीमेलेकले अब्राहामलाई भने, “के कुराले तिमीलाई यस्तो काम गर्न लगायो?”
GEN 20:11 अब्राहामले भने, “किनभने यस ठाउँमा निश्‍चय नै परमप्रभुको कुनै भय छैन र तिनीहरूले मलाई मेरी पत्‍नीको कारणले मार्नेछन् भनी मैले विचार गरेँ ।
GEN 20:12 हुन त यिनी मेरो बुबाकी छोरी मेरी बहिनी हुन्, तर यिनी मेरी आमाकी छोरी होइनन्, र यिनी मेरी पत्‍नी भइन् ।
GEN 20:13 जब परमप्रभुले मलाई मेरो बुबाको घर त्यागेर एक ठाउँदेखि अर्को ठाउँ यात्रा गर्न लगाउनुभयो, मैले तिनलाई भनेँ, ‘तिमी मेरी पत्‍नी भएकी कारणले हामी जाने हरेक ठाउँमा, मेरो विषयमा “उनी मेरा दाजु हुन्” भन्‍ने बताएर तिमीले मेरो निम्ति विश्‍वसनीयता देखाउनू ।’”
GEN 20:14 त्यसपछि अबीमेलेकले अब्राहामलाई भेडाहरू, गोरुहरू, र कमारा-कमारीहरू दिए । तिनले अब्राहामकी पत्‍नी सारालाई पनि उनीकहाँ फर्काइदिए ।
GEN 20:15 अबीमेलेकले भने, “हेर, मेरो भूमि तिम्रै अगि छ । जहाँ तिमीलाई मनपर्छ त्यहीँ बस ।”
GEN 20:16 सारालाई तिनले भने, “हेर, मैले तिम्रो दाजुलाई चाँदीका हजार सिक्‍काहरू दिएको छु । तिमीसँग भएका सबैका आँखामा तिम्रो विरुद्धमा भएका सबै दोष ढाक्‍न मैले यो गरेको हुँ, र सबैको अगि तिमीलाई पूर्ण रूपमा सही ठहराएको छु ।”
GEN 20:17 त्यसपछि अब्राहामले परमप्रभुसँग प्रार्थना गरे, र उहाँले अबीमेलेक, तिनकी पत्‍नी, र तिनका कमारीहरूलाई निको पार्नुभयो र तिनीहरूले छोरीछोरी जन्माउन सके ।
GEN 20:18 किनभने अब्राहामकी पत्‍नी साराको कारण अबीमेलेकको घरानाका सबै स्‍त्रीलाई परमप्रभुले बाँझी बनाउनुभएको थियो ।
GEN 21:1 आफूले भन्‍नुभएअनुसार परमप्रभुले सारालाई ध्यान दिनुभयो, र आफूले प्रतिज्ञा गर्नुभएझैँ उहाँले साराको निम्ति गर्नुभयो ।
GEN 21:2 सारा गर्भवती भइन् र अब्राहामको वृद्ध अवस्थामा परमप्रभुले उनलाई भन्‍नुभएकै समयमा उनको निम्ति एउटा छोरो जन्माइन् ।
GEN 21:3 आफू र साराबाट जन्मेको आफ्नो छोरोको नाउँ अब्राहामले इसहाक राखे ।
GEN 21:4 परमप्रभुले आज्ञा गर्नुभएझैँ आफ्नो छोरो आठ दिनको हुँदा अब्राहामले तिनको खतना गरिदिए ।
GEN 21:5 आफ्नो छोरो जन्मिँदा अब्राहाम सय वर्षका थिए ।
GEN 21:6 साराले भनिन्, “परमप्रभुले मलाई हाँसो दिनुभएको छ; सुन्‍नेहरू हरेक मसँगै हाँस्‍नेछन् ।”
GEN 21:7 तिनले फेरि भनिन्, “साराले छोराछोरी हेरचाह गर्नेछे भनेर अब्राहामलाई कसले भन्‍नेथियो र, तर उनको वृद्ध अवस्थामा मैले उनको निम्ति एउटा छोरो जन्माएकी छु!”
GEN 21:8 त्यो बालक बढ्दै गयो र त्यसले दूध खान छोड्यो, र इसहाकले दूध खान छोडेको दिन अब्राहामले एउटा ठुलो भोजको आयोजना गरे ।
GEN 21:9 मिश्री हागारले अब्राहामबाट जन्माएकी छोरोले ठट्टा गरिरहेको साराले देखिन् ।
GEN 21:10 त्यसैकारण तिनले अब्राहामलाई भनिन्, “त्यस कमारी स्‍त्री र त्यसको छोरोलाई बाहिर निकालिदिनुहोस्, किनकि त्यस कमारी स्‍त्रीको छोरो मेरो छोरो इसहाकसँगै उत्तराधिकारी बन्‍नेछैन ।”
GEN 21:11 आफ्नो छोरोको कारण यो कुरा अब्राहामको निम्ति धेरै दुःखदायी थियो ।
GEN 21:12 तर परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “त्यो केटो र तेरी कमारी स्‍त्रीको निम्ति दुःख नमान् । यस विषयमा साराले तँलाई भनेकी सबै कुराहरू तैँले सुन्, किनकि इसहाकद्वारा नै तेरा वंशहरूको नाम रहनेछ ।
GEN 21:13 त्यस कमारी स्‍त्रीको छोरोबाट पनि म एउटा जाति तयार गर्नेछु किनकि त्यो तेरै वंश हो ।”
GEN 21:14 अब्राहाम सबेरै उठे, अनि रोटी र पानीको एउटा मशक लिएर हागारको काँधमा राखिदिए । उनले बालकलाई तिनकै साथमा दिएर पठाए । तिनी त्यहाँबाट गइन् र बेर्शेबाको उजाड-स्थानमा भौँतारिन् ।
GEN 21:15 जब मशकको पानी सक्‍कियो, तिनले बालकलाई एउटा पोथ्रोमुनि छोडिन् ।
GEN 21:16 त्यसपछि तिनी त्यस बालकबाट केही दुरी (करिब एउटा काँडले पार गर्ने दुरी) मा गएर बसिन् र भनिन्, “मैले यस बालकको मृत्यु हेर्न नपरोस् ।” त्यस बालकबाट केही दुरीमा बसेर तिनले आफ्नो सोर उचालिन् र रोइन् ।
GEN 21:17 परमप्रभुले त्यस बालकको सोर सुन्‍नुभयो, र स्वर्गबाट परमप्रभुको एउटा दूतले हागारलाई बोलाएर भने, “हागार, तिमीलाई के कुराले सताइरहेको छ? नडराऊ, किनकि त्यस बालक भएको ठाउँबाट त्यसको सोर परमप्रभुले सुन्‍नुभएको छ ।
GEN 21:18 उठ, त्यस बालकलाई उठाऊ, र त्यसलाई उत्साहित गराऊ, किनभने म त्यसबाट एउटा महान् जाति खडा गर्नेछु । ”
GEN 21:19 त्यसपछि परमप्रभुले तिनका आँखा खोलिदिनुभयो, र तिनले पानीको एउटा कुवा देखिन् । तिनी गएर त्यस मशकमा पानी भरिन्, अनि बालकलाई पानी दिइन् ।
GEN 21:20 परमप्रभु त्यस बालकसँग हुनुहुन्थ्यो, र ऊ बढ्दै गयो । ऊ उजाड-स्थानमै बस्थ्यो र एउटा धनुर्धारी बन्यो ।
GEN 21:21 ऊ पारानको उजाड-स्थानमा बस्दा, उसकी आमाले उसको निम्ति मिश्रबाट एउटा पत्‍नी ल्याइदिइन् ।
GEN 21:22 त्यस समय अबीमेलेक र तिनका सेनापति पीकोलले अब्राहामलाई यसो भने, “तिमीले गर्ने सबै कुरामा परमप्रभु तिमीसँगै हुनुहुन्छ ।
GEN 21:23 यसैकारण अब मसँग यहाँ परमप्रभुको सामु प्रतिज्ञा गर, कि तिमीले म, मेरा सन्तति र मेरा उत्तराधिकारीहरूसँग कुनै छल गर्नेछैनौ । मैले तिमीलाई प्रतिज्ञामा जस्तो विश्‍वसनीयता देखाएँ तिमीले पनि त्यस्तै विश्‍वसनीयता म, र तिमी बसोबास गर्दै आएको यस भूमिप्रति देखाउनू ।”
GEN 21:24 अब्राहामले भने, “म प्रतिज्ञा गर्दछु ।”
GEN 21:25 अब्राहामले अबीमेलेकसँग तिनका नोकरहरूले उनीबाट खोसेका पानीको कुवाको विषयमा पनि गुनासो गरे ।
GEN 21:26 अबीमेलेकले भने, “यो काम कसले गर्‍यो मलाई थाहा भएन । तिमीले यस विषयमा मलाई पहिले नै भनेनौ, र मैले यसबारे आजसम्म केही सुनेको छैनँ ।”
GEN 21:27 यसैकारण अब्राहामले भेडाहरू र गाई-गोरुहरू अबीमेलेकलाई दिए, र तिनीहरूले प्रतिज्ञा गरे ।
GEN 21:28 त्यसपछि आफ्नो बगालबाट अब्राहामले सातवटा पाठी छुट्‍ट्याए ।
GEN 21:29 अबीमेलेकले अब्राहामलाई भने, “तिमीले छुट्ट्याएर राखेको यी सात पाठीको अर्थ के हो?”
GEN 21:30 तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भनी साक्षी होस् भनेर यी सात पाठी तपाईंले मेरा हातबाट प्राप्‍त गर्नुहुनेछ ।”
GEN 21:31 यसैकारण उनले त्यस ठाउँलाई बेर्शेबा भने किनभने तिनीहरू दुवैले प्रतिज्ञा गरेका थिए ।
GEN 21:32 तिनीहरूले बेर्शेबामा प्रतिज्ञा गरे, र त्यसपछि अबीमेलेक र सेनापति पीकोल पलिश्तीहरूको भूमिमा फर्के ।
GEN 21:33 अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे । त्यसपछि उनले अनन्तका परमेश्‍वरको आराधना गरे ।
GEN 21:34 अब्राहाम धेरै दिन पलिश्तीहरूको भूमिमा परदेशी भएर नै रहे ।
GEN 22:1 यी कुराहरूपछि परमेश्‍वरले अब्राहामको जाँच गर्नुभयो । उहाँले तिनलाई भन्‍नुभयो, “ए अब्राहाम!” अब्राहमले भने, “म यहीँ छु ।”
GEN 22:2 त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “तैँले माया गर्ने तेरो छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा जा । त्यहाँको कुनै एक डाँडामा त्यसलाई होमबलि गर्‌, जुन म तँलाई बताउनेछु ।”
GEN 22:3 त्यसैले अब्राहाम बिहानै उठेर गधामा काठी कसे, अनि आफ्‍ना दुई जवान मानिसहरू र आफ्‍नो छोरो इसहाकलाई साथमा लिए । उनले होमबलिको निम्‍ति दाउरा चिरे, त्यसपछि परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँतर्फ यात्रा सुरु गरे ।
GEN 22:4 तेस्रो दिन अब्राहामले माथि हेरे र टाढा त्‍यो ठाउँ देखे ।
GEN 22:5 अब्राहामले आफ्‍ना जवान मानिसहरूलाई भने, “तिमीहरू गधासँग यहीँ बस, अनि म र यो केटो त्यहाँ जानेछौँ । हामी पूजा गर्नेछौँ र तिमीहरूकहाँ फेरि फर्केर आउनेछौँ ।”
GEN 22:6 त्यसपछि अब्राहामले होमबलिको निम्ति दाउरा लिए र आफ्‍नो छोरो इसहाकलाई बोकाए । उनले आगो र छुरी आफ्‍नो हातमा लिए अनि ती दुवै जना सँगसँगै गए ।
GEN 22:7 इसहाकले आफ्‍ना पिता अब्राहामलाई भने, “बुबा,” अनि तिनले भने, “म यहीँ छु, मेरो छोरा ।” त्‍यसले भन्‍यो, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिको लागि थुमाचाहिँ खोइ?”
GEN 22:8 अब्राहामले भने, “मेरो छोरा, परमेश्‍वरले नै होमबलिको निम्‍ति थुमा जुटाइदिनुहुनेछ ।” अनि ती दुवै सँगसँगै गए ।
GEN 22:9 परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्‍यहाँ एउटा वेदी बनाएर दाउरा राखे । त्‍यसपछि तिनले आफ्‍नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे ।
GEN 22:10 अब्राहामले आफ्‍नो छोरालाई मार्न छुरी उठाए ।
GEN 22:11 त्यसपछि परमप्रभुका एक जना दूतले स्‍वर्गबाट तिनलाई भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु ।”
GEN 22:12 उनले भने, “तेरो हात त्‍यस केटामाथि नउठा, न त त्‍यसलाई केही गर, आफ्‍नो एक मात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌ भन्‍ने देखेर तैँले परमेश्‍वरको भय मान्दोरहेछस् भनी मैले अब थाहा पाएँ
GEN 22:13 ।” अब्राहामले माथितिर हेरे र एउटा भेडा झाडीमा सीङ अल्‍झेर फसेको देखे । अब्राहामले गएर त्‍यस भेडालाई ल्‍याए, र तिनका छोराको सट्टामा त्‍यसैलाई होमबलि चढाए ।
GEN 22:14 यसकारण अब्राहामले त्‍यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्‍छ” राखे, र “परमप्रभुको डाँडामा जुटाइनेछ” भनी आजसम्म पनि भनिन्‍छ ।
GEN 22:15 परमप्रभुका दूतले दोस्रो पल्‍ट स्‍वर्गबाट अब्राहामलाई बोलाएर भने,
GEN 22:16 यो परमप्रभुको घोषणा हो, “मैले आफ्‍नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात्‌ तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले
GEN 22:17 म निश्‍चय नै तँलाई आशिष्‌ दिनेछु र म तेरा सन्‍तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्‍याउनेछु । तेरा सन्‍तानले आफ्‍ना शत्रुहरूका ढोकाहरू पार गर्नेछन्‌ ।
GEN 22:18 तेरा सन्‍तानद्वारा पृथ्‍वीका सबै जातिहरू आशिषित्् हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्‌ ।”
GEN 22:19 त्‍यसैले अब्राहाम आफ्‍ना जवान मानिसहरूकहाँ फर्केर आए, र तिनीहरू बेर्शेबासम्‍म सँगसँगै गए, अनि उनी बेर्शेबामा बसोबास गरे ।
GEN 22:20 यी कुराहरू भएको केही समयपछि “मिल्‍काले पनि तपाईंका भाइ नाहोरबाट छोराहरू जन्‍माइन्‌” भन्‍ने कुरा अब्राहामले सुने ।
GEN 22:21 तिनीहरू जेठो ऊज, त्‍यसको भाइ बूज, र आरामका पिता कमूएल,
GEN 22:22 र केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल थिए ।
GEN 22:23 बतूएल रिबेकाका पिता भए । अब्राहामका भाइ नाहोरबाट मिल्‍काले जन्माएका आठ छोराहररू यी नै थिए ।
GEN 22:24 यीबाहेक रूमा नाउँ भएकी तिनकी भित्रिनीले पनि तेबह, गहम, तहस र माकालाई जन्‍माई ।
GEN 23:1 सारा एक सय सत्ताइस वर्ष बाँचिन्‌ । साराका जीवनमा वर्षहरू यी नै थिए ।
GEN 23:2 सारा कनान देशको किर्यत-अर्बा अर्थात्‌ हेब्रोनमा मरिन्‌ । अब्राहामले साराको निम्‍ति शोक र विलाप गरे ।
GEN 23:3 त्यसपछि अब्राहाम आफ्नी पत्‍नीको लाश भएको ठाउँबाट उठे, र हेतका छोराहरूलाई यसो भने,
GEN 23:4 “म तपाईंहरूका बिचमा एक प्रवासी हुँ । मसँग भएको लाशलाई गाड्‌न चिहानको लागि तपाईंहरूसँग भएको कुनै जमिन मलाई दिनुहोस् ।”
GEN 23:5 हेतका छोराहरूले अब्राहामलाई भने,
GEN 23:6 “मालिक, हाम्रा कुरा सुन्‍नुहोस् । तपाईं हाम्रो बिचमा परमेश्‍वरका राजकुमार हुनुहुन्छ । हाम्रा चिहानमध्‍ये सबैभन्‍दा असलचाहिँ छानेर लाश गाड्‌नुहोस्‌ । तपाईंले लाशलाई गाड्नुहोस्, हामीमध्‍ये कसैले पनि आफ्‍नो चिहान तपाईंलाई दिन इन्‍कार गर्नेछैन ।”
GEN 23:7 तब अब्राहामले उठेर त्यस देशका मानिसहरू अर्थात् हेतका छोराहरूका अगि निहुरेर दण्‍डवत्‌ गरे ।
GEN 23:8 तिनले तिनीहरूलाई यसो भने, “यदि मैले यो लाश गाड्न तपाईंहरूलाई मन्‍जुर छ भने मेरो कुरो सुन्‍नुहोस् र सोहोरका छोरा एप्रोनसित मेरो निम्‍ति बिन्‍ती गरिदिनुहोस् ।
GEN 23:9 उनका खेतको छेउमा भएको आफ्‍नो मक्‍पेलाको ओडार मलाई बेच्‍न भनिदिनुहोस् । उनले त्यो जमिन पुरा दाममा गाड्ने ठाउँको निम्ति सार्वजनिक रूपमा मलाई बेचून् ।”
GEN 23:10 त्‍यस बेला एप्रोन हेतका छोराहरूका माझमा बसिरहेका थिए, र जति जना उनका सहरको प्रवेशद्वारको अगाडि आएका थिए, ती सबैले सुन्‍ने गरी हित्ती एप्रोनले अब्राहामलाई भने,
GEN 23:11 “होइन, मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्‌ । म तपाईंलाई त्‍यो खेत र त्‍यसमा भएको ओडार पनि दिन्‍छु । मेरा मानिसहरूका छोराहरूकै सामुन्‍ने म त्‍यो तपाईंलाई दिन्‍छु। म तपाईंलाई लाश गाड्नको निम्ति त्यो दिन्छु ।”
GEN 23:12 अब्राहामले फेरि त्‍यस देशका मानिसहरूलाई दण्‍डवत्‌ गरे ।
GEN 23:13 अनि तिनले त्‍यस ठाउँका मानिसहरूले सुन्‍ने गरी एप्रोनलाई भने, “तर यदि तपाईंको मन्‍जुरी भए मेरो कुरा सुन्‍नुहोस् । म त्‍यस जग्‍गाको मोल तिर्नेछु । मबाट पैसा लिनुहोस्, र म त्यहाँ लाश गाड्नेछु
GEN 23:14 ।” एप्रोनले अब्राहामलाई भने,
GEN 23:15 “हे मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्‌ । जग्‍गाको मोल चाँदीका चार सय सिक्‍का हो, तर मेरो र तपाईंको बीचमा त्‍यो के हो र? लाशलाई गाड्‌नुहोस्‌ ।”
GEN 23:16 अब्राहामले एप्रोनको कुरा माने र तिनले एप्रोनलाई हेतका छोराहरूका सामुन्‍ने उनले भने जस्तै व्‍यापारीहरूमा प्रचलित तौलबमोजिम चाँदीका चार सय सिक्‍का जोखेर उनलाई दिए ।
GEN 23:17 यसरी मक्‍पेलामा मम्रेनेरको एप्रोनको खेत र त्‍यसभित्र भएका ओडार र रूखहरूसमेत एप्रोनले
GEN 23:18 त्‍यस सहरका ढोकाको अगाडि आएकाहरू हेतका छोराहरू सबैका सामु अब्राहामको अधिकारमा दिए ।
GEN 23:19 त्‍यसपछि अब्राहामले आफ्‍नी पत्‍नी सारालाई कनान देशमा मम्रेनेरको, अर्थात्‌ हेब्रोनमा भएको मक्‍पेलाक खेतको ओडारमा गाडे ।
GEN 23:20 यसरी त्‍यो खेत र त्‍यसमा भएको ओडारसमेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहामको अधिकारमा भयो ।
GEN 24:1 अब्राहाम दिन धेरै खाएर बुढा भइसकेका थिए र परमप्रभुले तिनलाई सबै कुरामा आशिष्‌ दिनुभएको थियो ।
GEN 24:2 अब्राहामले आफ्‍नो घरको सबै भन्दा पुरानो र तिनीसँग भएका सबै कुराहरूका अख्‍तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्‌
GEN 24:3 अनि तैँले अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्‍ये कसैलाई पनि मेरो छोरोकी पत्‍नीको रूपमा ल्याइदिने छैनस् भनी म तँलाई स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरको यो शपथ खान लाउँछु ।
GEN 24:4 तर तैँले मेरो देशमा मेरै कुटुम्‍बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्‍नी ल्‍याउनेछस् ।”
GEN 24:5 त्यस नोकरले तिनलाई भन्यो, “यदि त्‍यो स्‍त्री मेरो पछि लागेर यस देशमा आउने इच्‍छा गरिन भने मैले के गर्ने? के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्‍यहीँ नै लैजाने?”
GEN 24:6 अब्राहामले त्‍यसलाई भने, “तैँले मेरो छोरालाई त्‍यहाँ फर्काएर नलानू !
GEN 24:7 मलाई मेरा पिताको घर र मेरो जन्‍मभूमिबाट यहाँ ल्‍याउनुहुने स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, ‘तेरा सन्‍तानलाई म यो देश दिनेछु,’ उहाँले नै आफ्‍ना दूत तेरो अगिअगि पठाउनुहुनेछ, र तैँले मेरो छोराको लागि त्‍यहाँबाट एउटी पत्‍नी ल्‍याउनेछस् ।
GEN 24:8 त्‍यो केटी तेरो पछि आउन इच्‍छा गरिन भने तँ मेरो यो शपथबाट मुक्‍त हुनेछस् । केवल तैँले मेरो छोरालाई चाहिँ त्‍यहाँ फर्काएर नलैजानू ।”
GEN 24:9 त्यसैले त्‍यस नोकरले आफ्‍ना मालिक अब्राहामको तिघ्रामुनि हात राखेर यस विषयमा तिनीसित शपथ खायो ।
GEN 24:10 आफ्‍ना मालिकका दशवटा ऊँट लिएर त्यो नोकर बिदा भयो । त्यसले आफ्ना मालिकबाट सबै किसिमका सौगात पनि लिएर गयो । ऊ बिदा भएर अराम-नाहारैमतिर नाहोरको सहरमा गयो ।
GEN 24:11 त्यसले ऊँटहरूलाई सहरको बाहिर इनारको नजिकै घुँडा टेक्‍न लगायो । त्यो साँझपख स्‍त्रीहरू पानी भर्न आउने बेला थियो ।
GEN 24:12 अनि त्यसले प्रार्थना गर्‍यो, “हे परमप्रभु मेरा मालिकका परमेश्‍वर, आज मलाई मेरो काममा सफल गराएर मेरा मालिक अब्राहामलाई आफ्‍नो दया देखाउनुहोस्‌ ।
GEN 24:13 हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु, र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदै छन्‌ ।
GEN 24:14 यसैले यसो होस्‌: जुन कन्‍यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्‍काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्‍छु’ भन्‍छिन्, तिनलाई नै तपाईंले आफ्‍ना दास इसहाकको निम्‍ति रोज्‍नुभएको होस्‌ । तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्‍ने म त्‍यसैबाट थाहा पाउनेछु ।”
GEN 24:15 त्‍यसले यो भनिसकेको पनि थिएन, रिबेका काँधमा गाग्रो राखेर आइन्‌ । तिनी अब्राहामका भाइ नाहोरकी पत्‍नी मिल्‍काको छोरो बतूएलकी छोरी थिइन् ।
GEN 24:16 ती जवान स्‍त्री अत्‍यन्‍त सुन्‍दरी र कुमारी थिइन् । तिनको कुनै मानिससित पनि सहवास भएको थिएन । इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन्‌ र उक्‍लेर आइन्‌ ।
GEN 24:17 तब त्‍यो नोकर तिनलाई भेट गर्न दगुर्‍यो र भन्‍यो, “कृपया तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ ।”
GEN 24:18 तिनले “हजूर, पिउनुहोस्‌” भनेर तुरुन्‍तै गाग्रो झारिन्, र आफ्‍नो हातमा गाग्रो राखेर त्‍यसलाई पानी पियाइन् ।
GEN 24:19 त्‍यसलाई पिउन दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्‍ति पनि तिनीहरूले पिई नसकुञ्‍जेल म पानी उघाएर दिनेछु ।”
GEN 24:20 तब तिनले झट्टै आफ्‍नो गाग्रोको पानी डुँडमा खन्‍याएर फेरि पानी उघाउन इनारतिर दौडेर गइन्, र तिनले सबै ऊँटहरूका निम्‍ति पनि पानी उघाइदिइन्‌ ।
GEN 24:21 त्‍यो मानिसचाहिँ परमप्रभुले आफ्‍नो यात्रा सफल गरिदिनुभएको हो कि होइन भनी थाहा पाउनलाई चुप लागेर तिनलाई हेरिरह्यो ।
GEN 24:22 ऊँटहरूले पानी खाइसकेपछि त्‍यस मानिसले छ ग्राम तौलका सुनको एउटा नत्‍थ र एक सय ग्राम जति तौलका सुनका बालाहरू झिकेर
GEN 24:23 भन्‍यो, “तिमी कसकी छोरी हौ? कृपया मलाई भन, के तिम्रा बुबाको घरमा रात गुजार्नको निम्ति हाम्रो निम्ति ठाउँ छ?”
GEN 24:24 तिनले त्‍यसलाई भनिन्, “म नाहोरबाट मिल्‍काले जन्‍माएका बतूएलकी छोरी हुँ ।”
GEN 24:25 तिनले त्‍यसलाई अझै भनिन्, “हामीसँग दाना र पराल प्रशस्‍त छन्, र रात गुजार्नलााई कोठा पनि छन्‌ ।”
GEN 24:26 तब त्‍यस मानिसले आफ्‍नो शिर निहुराएर परमप्रभुको आराधना गर्‍यो ।
GEN 24:27 त्यसले भन्यो, “परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्‍वर धन्‍यका हुनुहुन्‍छ, जसले मेरा मालिकप्रतिको करारको दया र विश्‍वस्‍तता त्‍याग्‍नुभएको छैन । परमप्रभुले नै मलाई डोर्‍याएर मेरा मालिकका कुटुम्‍बको घरमा ल्‍याइदिनुभएको छ ।”
GEN 24:28 तब ती कन्‍या गइन् र आफ्‍नी आमाका परिवारलाई सबै कुरा बताइन्‌ ।
GEN 24:29 रिबेकाका लाबान नाउँ भएका एक जना दाजु थिए । लाबान दौडेर बाहिर बाटोमा इनारनेर भएका त्‍यस मानिसतिर गए ।
GEN 24:30 जब उनले आफ्‍नी बहिनीको नाकमा नत्‍थ र हातमा बाला देखे र “त्‍यस मानिसले मलाई यसो भन्‍यो” भन्‍ने कुरा आफ्‍नी बहिनीबाट सुने, तब उनी त्‍यस मानिसकहाँ गए, त्यो मानिस इनारको छेउमा ऊँटहरूका नजिकै उभिइरहेको थियो ।
GEN 24:31 त्यसपछि लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, आउनुहोस्‌ । किन बाहिरै उभिरहनुहुन्‍छ? मैले तपाईंको निम्‍ति घर र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु ।”
GEN 24:32 तब त्‍यो मानिस घरमा गयो र ऊँटहरूका भारीहरू झार्‍यो । उँटहरूलाई पराल र दाना दिइयो, अनि त्यस मानिस र त्‍यससित हुने मानिसहरूका निम्‍ति खुट्टा धुने पानी पनि दिइयो ।
GEN 24:33 तिनीहरूले त्‍यसको सामु खानेकुरा पनि राखिदिए, तर त्‍यसले भन्‍यो, “जबसम्‍म मेरो समाचार म भन्‍दिनँ तबसम्‍म म केही खान्‍नँ ।” तब लाबानले भने, “ल, भन्‍नुहोस्‌ ।”
GEN 24:34 त्‍यसले भन्‍यो, “म अब्राहामको एक नोकर हुँ ।
GEN 24:35 परमप्रभुले मेरा मालिकलाई धेरै आशिष्‌ दिनुभएको छ र तिनी एक ठुला मानिस भएका छन्‌ । उहाँले तिनलाई बगालहरू र बथानहरू, सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ ।
GEN 24:36 मेरा मालिककी पत्‍नी साराले बुढेसकालमा तिनको निम्‍ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्‍ना सबै कुरा दिएका छन्‌ ।
GEN 24:37 मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैँले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्‍ये कुनै पनि विवाह गर्नलाई नल्‍याउनू ।
GEN 24:38 बरु, तैँले मेरा पिताका परिवार र मेरा कुटुम्बहरूकहाँ गएर मेरो छोराको निम्ति पत्‍नी ल्याउनू ।'
GEN 24:39 मैले मेरो मालिकलाई भनेँ, 'सायद त्‍यो स्‍त्री मेरो साथमा आउन मान्दिन होला?'
GEN 24:40 तिनले मलाई भने, ‘जुन परमप्रभुको सामुन्‍ने म हिँड्‌छु, उहाँले नै आफ्‍ना दूत तँसित पठाउनुहुनेछ, र तेरो कार्य सफल हुनेछ, ताकि तैैँले मेरो कुटुम्‍ब र मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्‍नी ल्‍याउनेछस्‌ ।
GEN 24:41 तर तँ मेरो कुटुम्‍बकहाँ पुगिस् र तिनीहरूले तिनलाई दिएनन् भने तँ मेरो यस शपथबाट छुट्‌नेछस्‌ ।'
GEN 24:42 यसैले आज इनारमा आइपुगेर मैले यसो भनेँ, 'हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्‍वर, मेरो यात्रा सफल गराइदिने तपाईंको इच्छा भए,
GEN 24:43 म इनारको छेउमा उभिरहेछु, पानी भर्नलाई आउने स्‍त्रीलाई मैले 'तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,' भन्‍दा
GEN 24:44 तिनले मलाई “खानुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पानी उघाइदिनेछु,” भनिन् भने, मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनुभएको स्‍त्री त्यही होस् ।
GEN 24:45 “मैले यी कुरा मनमनै भनिसक्‍न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्‍नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन्‌ । मैले तिनलाई भनेँ, ‘कृपया मलाई पानी पिउन देऊ ।’
GEN 24:46 “तिनले तुरुन्‍तै आफ्‍नो काँधबाट गाग्रो झारेर भनिन्, ‘पिउनुहोस् र म तपाईंका ऊँटहरूका निम्‍ति पनि पानी पिउन दिनेछु ।’ तब मैले पानी पिएँ, र तिनले मेरा ऊँटहरूलाई पनि पानी पिउन दिइन्‌ ।
GEN 24:47 “मैले तिनलाई ‘तिमी कसकी छोरी हौ?’ भनी सोधेँ । “तिनले भनिन्, ‘नाहोर र मिल्‍काका छोरा बतूएलकी छोरी हुँ ।’ तब मैले तिनको नाकमा नत्‍थ र हातमा बालाहरू लगाइदिएँ ।
GEN 24:48 अनि मैले आफ्‍नो शिर निहुराएर परमप्रभुको आराधना गरेँ, र मेरा मालिक अब्राहामका परमप्रभु परमेश्‍वरलाई धन्‍यको भनेँ, जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्‍ति पत्ता लगाउन मलाई ठिक बाटोमा डोर्‍याउनुभएको थियो ।
GEN 24:49 अब तपाईंहरू मेरा मालिकसँग करारको विश्‍वासयोग्‍यता र भरोसायोग्य व्‍यवहार गर्नुहुन्‍छ भने मलाई भन्‍नुहोस्‌ । होइन भने पनि मलाई भन्‍नुहोस्, र म दाहिने-देब्रे जता हुन्‍छ लागुँला ।”
GEN 24:50 तब लाबान र बतूएलले जवाफ दिए, “यो कुरा परमप्रभुबाट नै हुन आएको हो । हामी तपाईंलाई खराब अथवा असल केही भन्‍न सक्‍दैनौँ ।
GEN 24:51 हेर्नुस्, रिबेका तपाईँको सामुन्‍ने छे । त्‍यसलाई लिएर जानुस्, र परमप्रभुले भन्‍नुभएजस्‍तै गरी त्यो तपाईंका मालिकका छोराकी पत्‍नी होस्‌ ।”
GEN 24:52 तिनीहरूका कुरा सुनेपछि अब्राहामको नोकरले भूइँमा निहुरेर परमप्रभुलाई दण्‍डवत्‌ गर्‍यो ।
GEN 24:53 तब त्‍यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्‍याएर रिबेकालाई दियो । त्‍यसले तिनका दाजु र आमालाई पनि मूल्‍यवान्‌ उपहारहरू दियो ।
GEN 24:54 तब त्‍यो र त्‍यसका साथमा भएका मानिसहरूले खाए र पिए । तिनीहरूले त्‍यो रात त्‍यहीँ बिताए अनि बिहान उठेपछि त्‍यसले भन्‍यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस्‌ ।”
GEN 24:55 रिबेकाका दाजु र आमाले भने, “कन्‍यालाई कम्तीमा पनि दस दिन यहीँ हामीसँग रहन दिनुहोस्‌ । त्‍यसपछि तिनी गए हुन्‍छ ।”
GEN 24:56 तर त्‍यसले तिनीहरूलाई भन्‍यो, “परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको हुनाले मलाई नअलमल्‍याउनुहोस्‌ । मलाई जान दिनुहोस्, र म मेरा मालिककहाँ जानेछु ।”
GEN 24:57 तिनीहरूले भने, “हामी कन्‍यालाई बोलाउँछौँ र तिनलाई सोध्छौँ ।”
GEN 24:58 अनि तिनीहरूले रिबेकालाई डाकेर सोधे, “के तिमी यस मानिसको साथमा जान्‍छ्यौ?” तिनले भनिन्, “म जान्‍छु ।”
GEN 24:59 यसैकारण तिनीहरूले आफ्‍नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्‍यसका मानिसहरूका साथमा पठाइदिए ।
GEN 24:60 तिनीहरूले रिबेकालाई आशिष्‌ दिएर भने, “हे हाम्री बहिनी, तिमी हजारौँ हजारका आमा होऊ, र तिम्रा सन्‍तानले तिनीहरूसँग दुश्‍मनी गर्नेहरूका सहरका प्रवेशद्वारहरू कब्‍जा गरून्‌ ।”
GEN 24:61 तब रिबेका उठिन् र तिनका सहेलीहरूसँग ऊँटहरूमा चढेर त्‍यस मानिसको पछि लागिन् । यसरी रिबेकालाई लिएर त्‍यो नोकर आफ्‍नो बाटो लाग्‍यो ।
GEN 24:62 अब इसहाक नेगेवमा बसोबास गरिरहेका थिए, उनी बेअर-लहै-रोइबाट भर्खरै आएका थिए ।
GEN 24:63 इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्‍केका थिए । उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे ।
GEN 24:64 रिबेकाले पनि आँखा उठाएर हेर्दा इसहाकलाई देखिन्, र ऊँटबाट ओर्लिन् ।
GEN 24:65 तिनले नोकरलाई भनिन्, “हामीलाई भेट्‌न बाहिर हिँड्‌दै आउने मानिस को हुन्‌?” त्‍यस नोकरले भन्‍यो, “उनी त मेरा मालिक हुन्‌ ।” तब रिबेकाले घुम्‍टो हालेर आफ्‍नो अनुहार छोपिन्‌ ।
GEN 24:66 त्‍यसपछि आफूले गरेका सबै काम त्‍यस नोकरले इसहाकलाई बतायो ।
GEN 24:67 इसहाकले रिबेकालाई आफ्‍नी आमा साराको पालमा लगे, र विवाह गरे । अनि तिनी उनकी पत्‍नी भइन्, र उनले तिनलाई प्रेम गरे । यसरी आफ्‍नी आमाको मृत्‍युपछि इसहाकले सान्‍त्‍वना पाए ।'
GEN 25:1 अब्राहामले अर्की एउटी पत्‍नी विवाह गरे ।
GEN 25:2 तिनको नाउँ कतूरा थियो । तिनले अब्राहामबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्‍माइन्‌ ।
GEN 25:3 योक्षान शेबा र ददानका पिता भए । अश्‍शूरी, लतूशी र लऊम्‍मीहरू ददानका सन्‍तान थिए ।
GEN 25:4 मिद्यानका छोराहरूचाहिँ एपा, एपेर, हानोक, अबीदा र एल्‍दा थिए । यी सबै कतूराका सन्‍तान थिए ।
GEN 25:5 अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई दिए ।
GEN 25:6 तर आफू जीवित छँदै तिनका उपपत्‍नीपट्टिका छोराहरूलाई उनले उपहारहरू दिए, र आफ्‍ना छोरा इसहाकबाट छुट्‍याएर तिनीहरूलाई पूर्व देशतिर पठाए ।
GEN 25:7 अब्राहाम जम्‍मा एक सय पचहत्तर वर्षसम्‍म बाँचे ।
GEN 25:8 अब्राहाम पुरा जीवन जिएर बुढ़ेसकालमा मरे, र आफ्‍ना मरेका पिता-पुर्खाहरूसँग मिल्‍न गए ।
GEN 25:9 तिनका छोराहरू इसहाक र इश्‍माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको मम्रेनजिकको मक्‍पेलाको ओडारमा गाडे ।
GEN 25:10 त्‍यो खेत अब्राहामले हेतका छोराहरूबाट किनेका थिए । अब्राहाम आफ्‍नी पत्‍नी सारासित त्‍यहीँ नै गाडिए ।
GEN 25:11 अब्राहामको मृत्‍युपछि परमेश्‍वरले तिनका छोरा इसहाकलाई आशिष्‌ दिनुभयो, र इसहाक बेअर-लहै-रोइ नजिकै बसोबास गरे ।
GEN 25:12 साराकी कमारी मिश्री हागारपट्टिबाट जन्‍मेको अब्राहामको छोरो इश्‍माएलका सन्तान यिनै थिए ।
GEN 25:13 जन्‍म क्रमको सूचीअनुसार इश्‍माएलका छोराहरूका नाउँ यी नै थिएः इश्‍माएलको जेठो छोरो नबायोत, केदार, अदबेल,
GEN 25:14 मिब्‍साम, मिश्‍मा, दुमा, मस्‍सा,
GEN 25:15 हदद, तेमा, यतूर, नापीश र केदमा ।
GEN 25:16 इश्‍माएलका छोराहरू यी नै थिए । तिनीहरूका बस्‍ती र छाउनीहरूअनुसार ती बाह्र कुलनायकका नाउँ यी नै थिए ।
GEN 25:17 इश्‍माएलको जम्‍मा उमेर एक सय सैँतिस वर्ष हुँदा तिनको मृत्‍यु भयो र तिनी आफ्‍ना पिता-पुर्खाहरूसँगै मिल्‍न गए ।
GEN 25:18 तिनीहरूको बसोबास मिश्रको सिमानानजिक भएको अश्‍शूर देशतिर पर्ने हवीलादेखि शूरसम्‍म थियो । तिनीहरू एक-अर्काको शत्रुतामा बसे ।
GEN 25:19 अब्राहामका छोरा इसहाकको वृत्तान्‍त यही हो । अब्राहाम इसहाकका पिता भए ।
GEN 25:20 पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गर्दा इसहाक जम्मा चालिस वर्षका थिए ।
GEN 25:21 तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्‍नी पत्‍नीको निम्‍ति परमप्रभुसँग प्रार्थना गरे । परमप्रभुले तिनको प्रार्थना सुन्‍नुभयो, र तिनकी पत्‍नी रिबेका गर्भवती भइन्‌ ।
GEN 25:22 तिनको गर्भमा भएका बालकहरू एक-अर्कासँग लड्न लागे, र तिनले भनिन् “मलाई किन यस्‍तो भयो?” तिनले यसको बारेमा परमप्रभुसँग सोधिन् ।
GEN 25:23 परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो कोखमा दुई जाति छन्, तेरो गर्भदेखि नै दुई जाति छुट्टिनेछन् । एक जाति अर्कोभन्‍दा बलवान्‌ हुनेछ, र जेठाले कान्‍छाको सेवा गर्नेछ ।”
GEN 25:24 तिनको सुत्‍केरी हुने बेला आउँदा तिनको कोखमा जुम्‍ल्‍याहा थिए ।
GEN 25:25 जेठोचाहिँ शरीरभरि रौँको लुगा लगाएजस्‍तै रातो वर्णको जन्‍म्‍यो । तिनीहरूले त्‍यसको नाउँ एसाव राखे ।
GEN 25:26 त्‍यसपछि त्‍यसको भाइ बाहिर निस्क्यो । त्यसको हातले एसावको कुर्कुच्‍चा समातिरहेको थियो । त्‍यसको नाउँ याकूब राखियो । इसाहककी पत्‍नीले तिनीहरूलाई जन्‍माउँदा तिनी साठी वर्ष पुगेका थिए ।
GEN 25:27 बालकहरू बढे, र एसावचाहिँ सिपालु सिकारी र मैदानमा डुलिहिँड्‌ने मानिस भए, र याकूबचाहिँ पालमा बसिरहने शान्‍त स्‍वभावका मानिस भए ।
GEN 25:28 इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्‍याएको मासु तिनले खान पाउँथे । तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्‌ ।
GEN 25:29 याकूबले सुरुवा पकाए । एसाव मैदानबाट आए, र उनी भोकले कमजोर भएका थिए ।
GEN 25:30 एसावले याकूबलाई भने, “कृपया, मलाई त्‍यो रातो सुरुवा खान देऊ, म थकित छु ।” यसैकारण उनलाई एदोम भनियो ।
GEN 25:31 याकूबले भने, “पहिले तपाईंको ज्‍येष्‍ठ-अधिकार मलाई बेच्‍नुहोस्‌ ।”
GEN 25:32 एसावले भने, “हेर, म त मर्नै आँटेको छु । मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम?”
GEN 25:33 याकूबले भने, “पहिले मसँग शपथ खानुहोस् ।” तब एसावले शपथ खाए, र यसरी उनले आफ्‍नो ज्‍येष्‍ठ-अधिकार याकूबलाई बेचे ।
GEN 25:34 याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए । एसावले खानपान गरे अनि उठेर आफ्‍नो बाटो लागे । यसरी एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्त्याए ।
GEN 26:1 अब्राहामको समयमा परेको पहिलो अनिकालबाहेक त्‍यस देशमा अर्को अनिकाल पनि पर्‍यो । इसहाक पलिश्‍तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए ।
GEN 26:2 तिनीकहाँ देखा परेर परमप्रभुले भन्‍नुभयो, “तल मिश्रमा नजा, मैले तँलाई बसोबास गर् भनेकै ठाउँमा बस्‌ ।
GEN 26:3 यही ठाउँमा बसोबास गर्, र म तँसँग रहनेछु, र तँलाई आशिष्‌ दिनेछु, किनकि म यी देशहरू तँ र तेरा सन्तानलाई दिनेछु, अनि तेरो बुबा अब्राहामसँग मैले शपथ खाएर दिएको प्रतिज्ञा म पुरा गर्नेछु ।
GEN 26:4 तेरा सन्‍तानलाई आकाशका ताराहरूझैँ बढाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु । संसारका सबै जातिहरूले तेरै सन्‍तानहरूद्वारा आशिष्‌ पाउनेछन् ।
GEN 26:5 अब्राहामले मेरो वचन पालन गरेको र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको पालन गरेको हुनाले म यो गर्नेछु ।”
GEN 26:6 यसैकारण इसहाक गरारमा नै बसे ।
GEN 26:7 त्‍यस ठाउँका मानिसहरूले तिनकी पत्‍नीको विषयमा सोधपुछ गर्दा तिनले “तिनी मेरी बहिनी हुन्‌” भने । किनकि तिनले यस्तो सोचे, “रिबेकालाई प्राप्‍त गर्नको लागि यस ठाउँका मानिसहरूले मलाई मार्नेछन्, किनकी तिनी धेरै सुन्दरी छिन् ।”
GEN 26:8 इसहाक त्‍यहाँ बसेको धेरै दिनपछि पलिश्‍तीहरूका राजा अबीमेलेकले झ्‍यालबाट हेर्न पुगे । इसहाक आफ्‍नी पत्‍नी रिबेकासँग प्रेम-क्रीडा गरिरहेका थिए ।
GEN 26:9 अबीमेलेकले इसहाकलाई आफूकहाँ बोलाएर भने, “हेर, तिनी पक्‍कै पनि तिम्री पत्‍नी हुन् । किन तिमीले ‘तिनी मेरी बहिनी हुन्‌’ भन्‍यौ?” इसहाकले उनलाई भने, “किनभने तिनलाई प्राप्‍त गर्नको निम्ति कसैले मार्लान्‌ भन्‍ने मैले सोचें ।”
GEN 26:10 अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गरेको? कुनै मानिसले तिम्री पत्‍नीसित सजिलै नराम्रो कर्म गर्ने थियो, र तिमीले हामीमाथि दोष ल्‍याउने थियौ ।”
GEN 26:11 यसकारण अबीमेलेकले सबै मानिसहरूलाई चेताउनी दिएर भने, “यी मानिस अथवा यिनकी पत्‍नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्‍चय नै मृत्‍युदण्‍ड हुनेछ ।”
GEN 26:12 इसहाकले त्यस देशमा बालीनाली लगाए, र त्‍यही साल सय गुणा कटनी गरे । किनभने परमेश्‍वरले तिनलाई आशिष्‌ दिनुभयो ।
GEN 26:13 तिनी धनी भए, र अत्‍यन्‍तै धनाढ्य नहुञ्‍जेलसम्म झनझन बढेर गए ।
GEN 26:14 तिनका धेरै भेडाबाख्रा, गाईवस्तु र ठुलो परिवार भयो । यसैकारण पलिश्‍तीहरूले तिनको डाह गरे ।
GEN 26:15 तिनका पिता अब्राहामको पालोमा उनका नोकरहरूले खनेका सबै इनारहरू पलिश्‍तीहरूले ढुङ्गा-माटोले पुरेर रोकिदिए ।
GEN 26:16 त्‍यसपछि अबीमेलेकले इसहाकलाई भने, “हामीहरूबाट अब तिमी गइहाल, किनभने तिमी हामीभन्दा ज्‍यादै शक्तिशाली छौ ।”
GEN 26:17 त्यसैले इसहाक त्‍यहाँबाट निस्‍केर गए अनि गरारको बेँसीमा आफ्‍नो पाल टाँगेर बसोबास गरे ।
GEN 26:18 तिनले आफ्‍ना पिताका पालोमा तिनीहरूले खनेका इनारहरू फेरि खने । अब्राहामको मृत्‍युपछि पलिश्‍तीहरूले ती रोकिदिएका थिए । अनि तिनले ती इनारहरूलाई आफ्‍ना पिताले राखेकै नाउँ राखिदिए ।
GEN 26:19 इसहाकका नोकरहरूले बेँसीमा खन्‍दा बगिरहेको पानीको मूल भेट्टाए ।
GEN 26:20 तर गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसँग झगडा गरेर भने “यो पानी हाम्रो हो ।” यसकारण इसहाकले त्‍यस इनारको नाउँ एसेक राखे, किनभने तिनीहरूले उनीसँग झगडा गरे ।
GEN 26:21 तब तिनीहरूले अर्को इनार खने, र त्‍यसमा पनि तिनीहरूले झगडा गरे । यसकारण तिनले त्‍यसको नाउँ सित्‍ना राखे ।
GEN 26:22 तिनी त्यो ठाउँ छोडेर गए अनि तिनले अर्को इनार खने, तर तिनीहरूले त्‍यसमा चाहिँ झगडा गरेनन् । यसकारण तिनले त्‍यसको नाउँ रहोबोत राखेर यसो भने, “अब परमप्रभुले हामी निम्ति बस्‍ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्‍दो-फुल्‍दो हुनेछौँ ।”
GEN 26:23 त्‍यसपछि इसहाक बेर्शेबामा गए ।
GEN 26:24 परमप्रभु त्‍यही रात तिनीकहाँ देखा पर्नुभयो अनि भन्‍नुभयो, “म तेरो पिता अब्राहामका परमेश्‍वर हुँ । नडरा, किनभने म तँसँग छु र म तँलाई आशिष्‌ दिनेछु । अनि मेरो दास अब्राहामको खातिर म तेरा सन्‍तानको वृद्धि गराउनेछु ।”
GEN 26:25 इसहाकले त्‍यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे । तिनले आफ्‍नो पाल त्‍यहीँ नै टाँगे, र तिनका नोकरहरूले त्यहाँ एउटा इनार खने ।
GEN 26:26 एक दिन अबीमेलेक आफ्‍ना मित्र अहुज्‍जत र आफ्‍नो फौजका सेनापति पीकोललाई साथमा लिएर गरारबाट तिनीकहाँ आए ।
GEN 26:27 इसहाकले तिनीहरूलाई भने, “घृणा गरेर तपाईंहरूले आफ्नो बिचबाट मलाई निकाल्‍नुभयो, अनि तपाईंहरू अहिले किन मकहाँ आउँदै
GEN 26:28 हुनुहुन्छ?” त्यसपछि तिनीहरूले भने, “हामीले प्रस्टै देख्‍यौँ कि परमप्रभु तपाईंसँग हुनुहुन्‍छ । यसैले हाम्रा बिचमा, अर्थात्‌ तपाईं र हाम्रा बिचमा एउटा सम्‍झौता होस्‌ भन्‍ने हामीले निर्णय गर्‍यौँ,
GEN 26:29 ताकि जसरी हामीले तपाईंको कुनै हानी गरेनौँ र तपाईंसँग राम्रो व्यवहार गर्‍यौँ अनि तपाईंलाई शान्तिमा पठायौँ । त्यसरी नै तपाईंले पनि हाम्रो कुनै हानि गर्नुहुनेछैन । तपाईं साँच्‍चै नै परमप्रभुबाट आशिषित् हुनुहुन्छ ।”
GEN 26:30 त्यसैले इसहाकले तिनीहरूका निम्‍ति भोज तयार गरे, र तिनीहरूले खाए र पिए ।
GEN 26:31 तिनीहरू बिहान सबेरै उठे र आपसमा शपथ खाए । अनि इसहाकले तिनीहरूलाई बिदा दिए, र तिनीहरूले उनलाई शान्‍तिमा छाडेर गए ।
GEN 26:32 त्‍यही दिन इसहाकका नोकरहरू आएर तिनीहरूले खनेका इनारको विषयमा तिनलाई बताए । तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौँ ।”
GEN 26:33 तिनले त्‍यस इनारको नाउँ शिबा राखे, यसकारण त्‍यस सहरको नाउँ आजसम्‍म पनि बेर्शेबा नै छ ।
GEN 26:34 चालिस वर्षको हुँदा एसावले हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्‍याए ।
GEN 26:35 तिनीहरूले इसहाक र रिबेकाको जीवनमा दुःख ल्याए ।
GEN 27:1 जब इसहाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्‍न नसक्‍ने भए, तब तिनले आफ्‍ना जेठा छोरा एसावलाई बोलाएर भने, “ए मेरो छोरो ।” उनले तिनलाई जवाफ दिए, “हजुर, म यहीँ छु ।”
GEN 27:2 तिनले भने, “हेर्, म वृद्ध भएँ । मेरो मर्ने दिनको बारेमा मलाई थाहा छैन ।
GEN 27:3 अब तेरा हतियारहरू, अर्थात्‌ तेरो ठोक्रो र धनु लिएर मैदानमा जा, र मेरो निम्‍ति सिकार गर् ।
GEN 27:4 मलाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बनाई मकहाँ ले ताकि यो खाएर मेरो मृत्‍युअगि म तँलाई आशिष्‌ दिऊँ ।”
GEN 27:5 इसहाकले आफ्नो छोरो एसावसँग कुरा गरेको रिबेकाले सुनिन् । एसाव शिकार मारेर ल्‍याउन मैदानमा गए ।
GEN 27:6 रिबेकाले आफ्‍ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरेको मैले सुनेँ ।
GEN 27:7 ‘सिकार मारेर मकहाँ ले र मलाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बना ताकि यो खाएर मेरो मृत्‍युअगि परमप्रभुको सामुन्‍ने तँलाई आशिष्‌ दिन सकूँ ।’
GEN 27:8 यसकारण यसकारण ए मेरो छोरो, मैले तँलाई दिएका आज्ञा मान् ।
GEN 27:9 बथानमा गएर दुईवटा असल पाठा लिएर आइज, र म तेरा बुबालाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बनाउनेछु ।
GEN 27:10 अनि तैंले त्‍यो तेरा बुबाकहाँ लैजा, ताकि तिनले यो खाएर आफ्‍नो मृत्‍युअगि तँलाई आशिष्‌ देऊन् ।”
GEN 27:11 याकूबले आफ्‍नी आमा रिबेकालाई भने, “हेर्नुहोस्, मेरा दाजु एसाव रौँ नै रौँ भएका मानिस हुन्‌, र मचाहिँ रौँ नभएको छु ।
GEN 27:12 सायद मेरा पिताले मलाई छाम्‍नुहुनेछ, र उहाँको सामु म छली देखिनेछु । मैले ममाथि आशिष्‌ होइन, सराप ल्याउनेछु ।”
GEN 27:13 तिनकी आमाले तिनलाई भनिन्, “हे मेरो छोरो, जुनसुकै सराप भए पनि त्यो ममाथि नै परोस्‌ । केवल मेरो कुरा मान्, र गएर ती मकहाँ ले ।”
GEN 27:14 तब तिनी गएर ती पाठा ल्‍याए र आमालाई दिए, र तिनकी आमाले याकूबका बुबालाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी तयार गरिन्‌ ।
GEN 27:15 रिबेकाले घरमा भएका आफ्‍ना जेठो छोरो एसावका असल लुगाहरू झिकेर आफ्नो कान्‍छा छोरो याकूबलाई लगाइदिइन्‌ ।
GEN 27:16 बाख्राका पाठाका छालाहरू तिनले याकूबका हात र घाँटीका रौँ नभएका भागमा लगाइदिइन्,
GEN 27:17 अनि आफूले तयार पारेका स्‍वादिष्‍ठ तरकारी र रोटी आफ्‍ना छोरा याकूबका हातमा दिइन्‌ ।
GEN 27:18 याकूबले आफ्‍ना पिताकहाँ गएर भने, “बुबा ।” इसहाकले भने, “हँ, तँ को होस्‌?”
GEN 27:19 याकूबले आफ्‍ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ । तपाईंले मलाई भनेबमोजिम मैले गरेको छु । अब उठेर बस्‍नुहोस्, र मैले ल्‍याएको सिकारको मासु खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌ ।”
GEN 27:20 इसहाकले आफ्‍ना छोरालाई भने, “मेरो छोरो, कसरी तैँले यति चाँडै त्‍यो भेट्टाउन सकिस्‌?” तिनले भने, “परमप्रभु तपाईंका परमेश्‍वरले यसलाई मकहाँ ल्याउनुभयो ।”
GEN 27:21 इसहाकले याकूबलाई भने, “मेरो छोरो, नजिकै आइज, तँ मेरो छोरो एसाव होस्‌ कि होइनस्‌ म छामेर थाहा पाउन सकूँ ।”
GEN 27:22 याकूब आफ्‍ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्‌ ।”
GEN 27:23 तिनका हातहरू तिनका दाजु एसावकै हातजस्‍ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्‌, त्यसैले इसहाकले तिनलाई आशिष्‌ दिए ।
GEN 27:24 इसहाकले सोधे, “के तँ साँच्‍चै मेरो छोरो एसाव नै होस्‌?” याकूबले जवाफ दिए, “म एसाव नै हुँ ।”
GEN 27:25 तब इसहाकले भने, “तैँले शिकार गरेको मासु यहाँ ले, र म खानेछु, र तँलाई आशिष्‌ दिऊँ ।” याकूबले त्‍यो मासु आफ्‍ना पिताकहाँ ल्‍याए । उनले खाए र याकूबले दाखमद्य पनि लगिदिए, र उनले पिए ।
GEN 27:26 तब तिनका पिता इसहाकले तिनलाई भने, “ मेरो छोरो, मेरो नजिकै आएर मलाई मलाई चुम्बन गर् ।”
GEN 27:27 याकूब नजिक गएर आफ्‍ना पितालाई चुम्बन गरे । अनि इसहाकले तिनका लुगाहरूको गन्‍ध सुँघेर यसो भनी आशिष्‌ दिए, “हेर, मेरो छोराको बास्‍ना, परमप्रभुले आशिष्‌ दिनुभएको खेतको बास्‍नाजस्‍तै छ ।
GEN 27:28 परमेश्‍वरले तँलाई आकाशको शीत र पृथ्‍वीको प्रचुरता अनि धेरै दाखमद्य र अन्‍न देऊन् ।
GEN 27:29 मानिसहरूले तेरो सेवा गरून्‌ र जाति-जातिहरूले तँलाई दण्‍डवत्‌ गरून्‌ । तेरा दाजुभाइहरूको मालिक बन्, र तेरी आमाका छोराहरूले तँलाई दण्‍डवत्‌ गरून्‌ । तँलाई सराप्‍नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष्‌ दिनेहरू सबैले आशिष्‌ पाऊन्‌ ।”
GEN 27:30 इसहाकले आशिष्‌ दिइसक्‍ने बित्तिकै याकूब आफ्‍ना पिता इसहाकको उपस्थितिबाट निस्‍केर गएका मात्र थिए, उनका उनका दाजु एसाव शिकार खेलेर आइपुगे ।
GEN 27:31 उनले पनि स्‍वादिष्‍ठ तरकारी तयार गरेर आफ्‍ना पिताकहाँ ल्‍याए । उनले आफ्‍नो पितालाई भने, “बुबा, उठेर आफ्‍नो छोराले ल्‍याएको सिकार खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌ ।”
GEN 27:32 उनका पिता इसहाकले उनलाई सोधे, “तँ को होस्‌?” उनले उत्तर दिए, “म तपाईंको जेठो छोरो एसाव हुँ ।”
GEN 27:33 इसहाक बेसरी कामे र भने, “त्यसो भए सिकार मारेर यहाँ मकहाँ ल्‍याउने त्यो को थियो? तँ आउन अगि नै मैले त्‍यो सबै खाएर त्‍यसलाई आशिष्‌ दिइसकेँ । वास्तवमा, त्‍योचाहिँ आशीर्वादी हुनेछ।”
GEN 27:34 जब एसावले आफ्‍ना पिता इसहाकका कुरा सुने तब उनी अत्‍यन्‍तै विह्वल भई चर्को सोरले रोए र आफ्‍ना पितालाई भने, “हे मेरा बुबा, मलाई पनि आशिष्‌ दिनुहोस्‌ ।”
GEN 27:35 इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष्‌ लग्यो ।”
GEN 27:36 एसावले भने, “त्‍यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्‍यसले मलाई दुई पल्‍ट ठग्यो । त्‍यसले मेरो ज्‍येष्‍ठ-अधिकार हर्‍यो, र अहिले मैले पाउने आशिष्‌ पनि लग्‍यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्‍ति एउटै आशिष्‌ पनि जगेडा राख्‍नुभएको छैन?”
GEN 27:37 इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्‍यसलाई तेरो मालिक तुल्‍याइसकेँ । र त्‍यसका सबै दाजुभाइहरूलाई मैले त्‍यसका दास तुल्‍याएँ । अन्‍न र दाखमद्यले मैले त्‍यसलाई तृप्‍त पारेको छु । अब तेरो निम्‍ति म के गर्न सक्‍छु र, छोरो?”
GEN 27:38 एसावले आफ्‍ना पितालाई भने, “तपाईंसित मेरो निम्ति एउटै मात्र आशिष्‌ छैन र मेरा बुबा? मलाई पनि त आशिष्‌ दिनुहोस्‌ ।” एसाव डाँको छोडेर रोए ।
GEN 27:39 उनका पिता इसहाकले जवाफ दिएर भने, “हेर्, तँ बस्‍ने जमिन पृथ्‍वीको प्रशस्‍तताबाट बाहिरै हुनेछ, आकाशको शीतबाट बाहिर ।
GEN 27:40 तैंले आफ्‍नो तरवारको बलले जीविका चलाउनेछस् र तैंले तेरो भाइको सेवा गर्नेछस्‌ । तर जब तैंले विद्रोह गर्नेछस्, तब त्‍यसको जुवा तेरो काँधबाट हल्‍लाएर फ्‍याँक्‍नेछस्‌ ।”
GEN 27:41 आफ्‍ना पिताले याकूबलाई दिएको त्‍यस आशिष्‌ले गर्दा एसावले तिनलाई घृणा गर्न लागे । एसावले हृदयमा भने, “मेरा पिताको शोकको बेला नजिकै छ । त्‍यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु ।”
GEN 27:42 तिनका जेठा छोरा एसावको यो कुरा रिबेकालाई सुनाइयो । यसकारण रिबेकाले आफ्‍ना कान्‍छा छोरा याकूबलाई बोलाएर भनिन्, “हेर्, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्‍नो चित्त बुझाएको छ ।
GEN 27:43 यसकारण मेरो छोरो, मैले भनेको कुरा मान्‌ र हारानमा मेरा दाजु लाबानकहाँ भागेर जा ।
GEN 27:44 तँप्रति तेरो दाजुको रिस नमरुञ्‍जेल केही दिन त्‍यहाँ उनीसँग बस्‌ र
GEN 27:45 तैंले त्यसमाथि गरेको काम बिर्सन्छ । त्यसपछि म तँलाई त्‍यहाँबाट लिन पठाउनेछु । मैले एकै दिनमा तिमीहरू दुवै जनालाई किन गुमाउने?”
GEN 27:46 रिबेकाले इसहाकलाई भनिन्, “यहाँका हित्ती स्‍त्रीहरूको कारण मेरो जीवनै हैरान भइसक्‍यो । यदि याकूबले यस देशका स्‍त्रीहरूजस्तै हित्तीका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‍यो भने मेरो लागि मेरो जीवनको के फाइदा हुन्‍छ र?”
GEN 28:1 इसहाकले याकूबलाई बोलाएर आशीर्वाद दिए, र यसो भनेर आज्ञा गरे, “तैँले कनानी स्‍त्रीहरूबाट आफ्नो निम्ति पत्‍नी नलिनू ।
GEN 28:2 पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्‍यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‌ ।
GEN 28:3 सर्वशक्तिमान्‌ परमेश्‍वरले तँलाई आशिष्‌ देऊन्; तँलाई फल्‍दो-फुल्‍दो गराएर तेरो वृद्धि गराऊन्, ताकि तँ मानिसहरूको एक समूह बन्‍न सक्‍नेछस् ।
GEN 28:4 उहाँले तँलाई र तँ पछिका तेरा सन्‍तानहरूलाई अब्राहामले पाएको आशिष्‌ देऊन्, ताकि परमेश्‍वरले अब्राहामलाई दिनुभएको तँ बसेको देशमा तेरै अधिकार होस्‌ ।”
GEN 28:5 यसरी इसहाकले याकूबलाई पठाए । तिनी पद्दन-आराममा एसाव र याकूबकी आमा रिबेकाका दाजु अरामी बतूएलका छोरा लाबानकहाँ गए ।
GEN 28:6 अब इसहाकले याकूबलाई आशीर्वाद दिएर पत्‍नी ल्‍याउन त्‍यहाँबाट पद्दन-आराममा पठाएको देखे । याकूबले तिनलाई आशीर्वाद दिएर यस्तो आज्ञा दिएको पनि उनले देखे “तैँले कनानी स्‍त्रीहरूबाट आफ्नो निम्ति पत्‍नी नलिनू ।”
GEN 28:7 याकूबले आफ्ना बाबुआमाको आज्ञा मानेर पद्दन-आरामतर्फ गएको पनि एसावले देखे ।
GEN 28:8 कनानी स्‍त्रीहरू आफ्ना बुबालाई मनपर्दैन रहेछ भन्‍ने एसावले थाहा पाए ।
GEN 28:9 तब एसाव इश्‍माएलकहाँ गए, र उनका आफ्‍ना पत्‍नीहरूबाहेक अब्राहामका छोरा इश्‍माएलकी छोरी र नबायोतकी बहिनी महलतलाई आफ्‍नी पत्‍नीको रूपमा ल्याए ।
GEN 28:10 याकूब बेर्शेबा छोडेर हारानतिर लागे ।
GEN 28:11 कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्‍ताएको हुनाले तिनी त्‍यस रात त्‍यहीँ बास बसे । त्‍यस ठाउँमा भएका ढुङ्गाहरूमध्येबाट एउटा लिएर आफ्‍नो सिरान बनाई त्‍यही ठाउँमा सुत्‍नलाई पल्‍टे ।
GEN 28:12 तिनले पृथ्वीमा खडा गरिएको एउटा भर्‍याङको सपना देखे । त्‍यसको टुप्‍पाचाहिँ आकाशसम्‍मै पुगेको रहेछ र परमेश्‍वरका दूतहरू त्‍यसमा उक्‍लने र ओर्लने गर्दा रहेछन्‌ ।
GEN 28:13 परमप्रभुले त्‍यसमाथि उभिएर याकूबलाई भन्‍नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्‍वर र इसहाकका परमेश्‍वर हुँ । जुन भूमिमा तँ ढल्‍किरहेको छस्‌ त्‍यो म तँलाई र तेरा सन्‍तानहरूलाई दिनेछु ।
GEN 28:14 तेरा सन्‍तान पृथ्‍वीको धुलोसरह हुनेछन्‌ । तँ पश्‍चिम, पूर्व, उत्तर र दक्षिणतिर फैलिएर जानेछस्‌ । तँ र तेरा सन्‍तानहरूद्वारा नै पृथ्‍वीका सबै मानिसहरू आशिषित्् हुनेछन्‌ ।
GEN 28:15 हेर्, म तँसँग छु र तँ जहाँसुकै गए तापनि म तेरो रक्षा गर्नेछु । म फेरि तँलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु । किनकि मैले तँलाई प्रतिज्ञा गरेका कुरा पुरा नगरुञ्‍जेल म तँलाई छोड्‌नेछैनँ ।”
GEN 28:16 तब याकूबले निद्राबाट ब्‍युँझेर भने, “निश्‍चय नै परमप्रभु यस ठाउँमा हुनुहुँदोरहेछ, र मलाई यो थाहा थिएन ।”
GEN 28:17 तिनले डराएर भने, “यो ठाउँ कस्‍तो भययोग्‍य रहेछ । यो त परमेश्‍वरको घरबाहेक अरू केही होइन । यो त स्‍वर्गको ढोका हो ।”
GEN 28:18 याकूब बिहान सबेरै उठे, र आफूले सिरान बनाएको ढुङ्गा लिए । त्यसलाई खामोजस्‍तै गरी खडा गरेर त्‍यसको टुप्‍पामा तेल खन्‍याए ।
GEN 28:19 तिनले त्‍यस ठाउँको नाउँ बेथेल राखे । पहिले त्‍यस ठाउँको नाउँ लूज थियो ।
GEN 28:20 तब याकूबले यसो भनेर भाकल गरे, “यदि परमेश्‍वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्‍त्र दिनुभयो
GEN 28:21 भने म कुशलपूर्वक फेरि मेरा बुबाको घरमा फर्कन्छु, अनि परमप्रभु नै मेरा परमेश्‍वर हुनुहुनेछ ।
GEN 28:22 त्यसपछि मैले खामो बनाएको यो ढुङ्गाचाहिँ पवित्र ढुङ्गा हुनेछ । तपाईंले मलाई दिनुभए जति सबै थोकको दशांश म तपाईंलाई अवश्‍य चढाउनेछु ।”
GEN 29:1 तब याकूब आफ्‍नो बाटो लागे र पूर्वका मानिसहरूको देशमा पुगे ।
GEN 29:2 तिनले हेर्दा मैदानमा एउटा इनार देखे, र त्‍यसको नजिक भेडाका तिनवटा बगाल बसिरहेका थिए । किनकि त्‍यही इनारबाट तिनीहरूले बगाललाई पानी खुवाउँथे, र इनारको मुख ढाक्‍ने ढुङ्गा ठुलो थियो ।
GEN 29:3 सबै बगालहरू त्‍यहाँ जम्‍मा भएपछि गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुडाएर भेडाहरूलाई पानी खान दिन्‍थे । त्‍यसपछि तिनीहरूले त्यो ढुङ्गालाई इनारको मुखमा फेरि पहिलेकै ठाउँमा राखिदिन्‍थे ।
GEN 29:4 याकूबले तिनीहरूलाई भने, “हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ?” तिनीहरूले भने, “हामी हारानका हौँ ।”
GEN 29:5 उनले तिनीहरूलाई भने, “तिमीहरू नाहोरका छोरो लाबानलाई चिन्‍छौ?” तिनीहरूले भने, “हामी तिनलाई चिन्‍छौँ ।”
GEN 29:6 उनले तिनीहरूलाई सोधे, “के उहाँ सन्‍चै हुनुहुन्‍छ?” तिनीहरूले भने, “उहाँ सन्‍चै हुनुहुन्‍छ, र हेर्नुहोस्, उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदै छिन्‌ ।”
GEN 29:7 याकूबले भने,“ हेर, मध्य दिन भएको छ । भेडा-बाख्राहरूलाई जम्‍मा गर्ने बेला भएको छैन । भेडाहरूलाई पानी खुवाएर जाओ र तिनीहरूलाई चर्न देओ ।
GEN 29:8 तिनीहरूले भने, “सबै बगालहरू जम्‍मा नभई हामी तिनीहरूलाई पानी खुवाउन सक्दैनौँ । त्यसपछि यी मानिसहरूले इनारको मुखको ढुङ्गो हटाउनेछन्, अनि हामी भेडाहरूलाई पानी खुवाउनेछौँ ।”
GEN 29:9 याकूब तिनीहरूसँग कुरा गरिरहेकै बेला , राहेल आफ्‍ना बुबाका भेडाहरू लिएर त्‍यहाँ आइपुगिन्, किनकि तिनले भेडाहरू चराउँदै थिइन् ।
GEN 29:10 जब याकूबले आफ्‍ना मामा लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, याकूबले नजिक आएर इनारको मुखको ढुङ्गा गुडाए, अनि आफ्‍ना मामा लाबानका भेडाहरूलाई पानी खुवाए ।
GEN 29:11 तब याकूबले राहेललाई चुम्बन गरे र डाको छोडेर रोए ।
GEN 29:12 याकूबले राहेललाई आफू तिनका बाबुको नातेदार र रिबेकाको छोरा भएको कुरा बताए । तब राहेल दौडेर गइन्‌ र आफ्‍ना बाबुलाई यो कुरा बताइन्‌ ।
GEN 29:13 आफ्‍ना भानिज याकूब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्‌नलाई दौडेर गएर तिनलाई अँगालो हालेर चुम्‍बन गरे, अनि तिनलाई आफ्‍नो घरमा ल्‍याए । याकूबले लाबानलाई सबै कुरा बताइदिए ।
GEN 29:14 लाबानले तिनलाई भने, “वास्‍तवमा तिमी मेरो हाड र मासु हौ ।” त्यसपछि याकूब तिनीसँग करिब एक महिना बसे ।
GEN 29:15 त्यसपछि लाबानले याकूबलाई भने, “मेरा नातेदार हुँदैमा तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र? तिम्रो ज्‍याला कति हो मलाई भन ।”
GEN 29:16 लाबानका दुई जना छोरी थिए । जेठीको नाउँ लेआ र कान्‍छीको नाउँ राहेल थियो ।
GEN 29:17 लेआका आँखा धमिला थिए, तर राहेलचाहिँ शारीरिक रूपमा सुडौल र हेर्नमा सुन्‍दरी थिइन्‌ ।
GEN 29:18 याकूबले राहेललाई प्रेम गरे, त्यसैले तिनले भने, “तपाईंकी कान्‍छी छोरी राहेलको निम्‍ति म सात वर्षसम्‍म तपाईंको सेवा गर्नेछु ।”
GEN 29:19 लाबानले भने, “त्‍यसलाई अर्को मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो । मसँगै बस ।”
GEN 29:20 यसकारण याकूबले राहेलको निम्‍ति सात वर्षसम्‍म सेवा गरे । राहेलप्रति तिनको प्रेमको कारण तिनलाई त्‍यो समय तिनलाई थोरै दिनजस्‍तो लाग्‍यो ।
GEN 29:21 त्‍यसपछि याकूबले लाबानलाई भने, “मैले सेवा गर्ने दिनहरू पुरा भएको हुनाले मलाई मेरी पत्‍नी दिनुहोस् ताकि म तिनीसँग विवाह गर्न सकूँ ।”
GEN 29:22 तब लाबानले त्‍यस ठाउँका सबै मानिसहरू जम्‍मा गरेर भोज दिए ।
GEN 29:23 साँझमा उनले आफ्‍नी छोरी लेआलाई याकूबकहाँ ल्‍याइदिए, र याकूबले तिनीसँग सहवास गरे ।
GEN 29:24 लाबानले आफ्‍नी कमारी जिल्‍पालाई आफ्‍नी छोरी लेआकी कमारी हुनलाई दिए ।
GEN 29:25 याकूबले बिहान हेर्दा त लेआ पो रहिछन्‌ । तिनले लाबानलाई भने, “तपाईंले मप्रति यो के गर्नुभएको? मैले राहेलको निम्‍ति सेवा गरेको होइन र? त्यसो भए तपाईंले किन मसित छल गर्नुभयो?”
GEN 29:26 लाबानले भने, “जेठीको भन्‍दा कान्‍छीको विवाह अगि गर्ने रीति हामीकहाँ छैन ।
GEN 29:27 यो छोरीसँग एक साता पुरा गर, र अर्को सात वर्ष मेरो सेवाको सट्टामा म तिमीलाई अर्की पनि दिनेछु ।”
GEN 29:28 याकूबले त्‍यसै गरे, र लेआसँग एक साता पुरा गरे । तब लाबानले आफ्‍नी छोरी राहेललाई पनि याकूबकी पत्‍नीको रूपमा दिए ।
GEN 29:29 लाबानले आफ्‍नी कमारी बिल्‍हालाई आफ्‍नी छोरी राहेलकी कमारी हुनलाई दिए ।
GEN 29:30 त्यसैले याकूबले राहेलसँग पनि सहवास गरे, तर तिनले लेआलाई भन्‍दा राहेललाई बढी प्रेम गर्थे । यसकारण याकूबले थप सात साल लाबानको सेवा गरे ।
GEN 29:31 लेआलाई प्रेम नगरिएको परमप्रभुले देख्‍नुभयो, त्यसैले उहाँले तिनको कोख खोलिदिनुभयो । तर राहेलका सन्तान भएका थिएनन् ।
GEN 29:32 लेआले गर्भवती भएर एक छोरो जन्माइन्, र तिनले यसो भनेर त्‍यसको नाम रूबेन राखिन् । “साँच्‍ची नै परमप्रभुले मेरो दु:ख देख्‍नुभएको छ, अब त मेरा पतिले निश्‍चय नै मलाई प्रेम गर्नुहुनेछ ।”
GEN 29:33 तिनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्‍माइन्‌ । तिनले भनिन्, “म प्रेमविहीन छु भनी परमेश्‍वरले सुन्‍नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो,” र तिनले त्‍यसको नाउँ शिमियोन राखिन्‌ ।
GEN 29:34 तिनी फेरि गर्भवती भइन्‌ र एक जना छोरो जन्‍माइन् । तिनले भनिन्, “अब त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्‍ति तिन जना छोरा पाइसकेँ ।” यसकारण त्‍यसको नाउँ लेवी राखियो ।
GEN 29:35 तिनी फेरि गर्भवती भएर छोरो पाइन्‌ र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु ।” यसैले त्‍यसको नाउँ यहूदा राखियो । त्‍यसपछि तिनले जन्‍माउन छोडिन्‌ ।
GEN 30:1 आफूले याकूबबाट कुनै सन्तान नजन्माएको देखेर राहेलले आफ्नी दिदीको डाह गरिन् । उनले याकूबलाई भनिन्, “मलाई सन्तान दिनुहोस्, नत्रभने म मर्नेछु ।”
GEN 30:2 राहेलमाथि याकूबको क्रोध दन्कियो । तिनले भने, “के तिमीलाई सन्तान दिनबाट रोक्‍नु हुने म परमेश्‍वरको स्थानमा छु र?
GEN 30:3 उनले भनिन्, “हेर्नुहोस्, मेरी कमारी बिल्हा यहीँ छे । त्योसित सहवास गर्नुहोस् ताकि त्यसले मेरो निम्ति सन्तान जन्माउन सकोस्, र त्यसद्वारा मसित सन्तान हुनेछ ।”
GEN 30:4 त्यसैले उनले आफ्नी कमारी बिल्हा याकूबकी पत्‍नी हुनलाई दिइन्, र याकूब त्यससित सुते ।
GEN 30:5 बिल्हा गर्भवती भई र त्यसले याकूबको निम्ति एउटा छोरो जन्माई ।
GEN 30:6 त्यसपछि राहेलले भनिन्, “परमेश्‍वरले मेरो पक्षमा न्याय गर्नुभएको छ । उहाँले मेरो प्रार्थना सुन्‍नुभई मलाई एउटा छोरो दिनुभएको छ ।” त्यसैले उनले त्यसको नाउँ दान राखिन् ।
GEN 30:7 राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई र त्यसले याकूबको निम्ति दोस्रो छोरो जन्माई ।
GEN 30:8 राहेलले भनिन्, “निकै सङ्घर्ष गरेर मैले मेरी दिदीमाथि जित हासिल गरेको छु ।” उनले त्यसको नाउँ नप्‍ताली राखिन् ।
GEN 30:9 आफूले बच्‍ची जन्माउन छोडेकी देखेर उनले आफ्नी कमारी जिल्पा याकूबकी पत्‍नी हुनलाई दिइन् ।
GEN 30:10 लेआकी कमारी जिल्पाले याकूबको निम्ति एउटा छोरो जन्माई ।
GEN 30:11 लेआले भनिन्, “भाग्यमानी!” त्यसैले उनले त्यसको नाउँ गाद राखिन् ।
GEN 30:12 त्यसपछि लेआकी कमारी जिल्पाले दोस्रो छोरो जन्माई ।
GEN 30:13 लेआले भनिन्, “म सुखी छु । किनकि स्‍त्रीहरूले मलाई सुखी भन्‍ने छन् ।” त्यसैले उनले त्यसको नाउँ आशेर राखिन् ।
GEN 30:14 गहुँ कटनी गर्ने समयमा रूबेन खेतमा गए, र तिनले विशाखमूलहरू भेट्टाएर ती आफ्नी आमा लेआकहाँ लिएर आए । त्यसपछि राहेलले लेआलाई भनिन्, “तिम्रो छोराका केही विशाखमूलहरू मलाई देऊ ।”
GEN 30:15 लेआले उनलाई भनिन्, “के तिमीले मेरा पति मबाट लैजानु सामान्य विषय हो र? अब तिमी मेरो छोराका विशाखमूलहरू पनि लिन चाहन्छ्यौ? राहेलले भनिन्, “त्यसो भए, तिम्रो छोराका विशाखमूलहरूको सट्टामा आज राति तिनी तिमीसितै सुत्‍नेछन् ।”
GEN 30:16 साँझमा याकूब खेतबाट आए । लेआ तिनलाई भेट्न गइन् र भनिन्, “आज राती तपाईं मसित सुत्‍नुपर्छ किनकि मैले तपाईंलाई मेरो छोराका विशाखमूलहरू दिएर भाडामा लिएको छु ।” त्यसैले त्यस रात याकूब उनीसित सुते ।
GEN 30:17 परमेश्‍वरले लेआको पुकारा सुन्‍नुभयो, र उनी गर्भवती भएर याकूबको निम्ति पाँचौँ छोरो जन्माइन् ।
GEN 30:18 लेआले भनिन्, “परमेश्‍वरले मेरो ज्याला दिनुभएको छ किनभने मैले मेरी कमारी मेरा पतिलाई दिएँ ।” उनले त्यसको नाउँ इस्साखार राखिन् ।
GEN 30:19 लेआ फेरि गर्भवती भइन् र उनले याकूबको निम्ति छैटौँ छोरो जन्माइन् ।
GEN 30:20 लेआले भनिन्, “परमेश्‍वरले मलाई अनमोल उपहार दिनुभएको छ । अब मेरा पतिले मलाई इज्‍जत गर्नुहुनेछ किनभने मैले उहाँका निम्ति छवटा छोरा जन्माएँ ।” उनले त्यसको नाउँ जबूलून राखिन् ।
GEN 30:21 त्यसपछि उनले एउटी छोरी जन्माइन् र त्यसको नाउँ दीना राखिन् ।
GEN 30:22 परमेश्‍वरले राहेललाई याद गर्नुभयो र उनको पुकारा सुन्‍नुभयो । उहाँले उनको गर्भ खोलिदिनुभयो ।
GEN 30:23 उनी गर्भवती भइन् र एउटा छोरो जन्माइन् । उनले भनिन्, “परमेश्‍वरले मेरो लाज हटाइदिनुभएको छ ।”
GEN 30:24 उनले यसो भन्दै त्यसको नाउँ योसेफ राखिन्, “परमप्रभुले मलाई अर्को छोरो दिनुभएको छ ।”
GEN 30:25 राहेलले योसेफलाई जन्माएपछि याकूबले लाबानलाई भने, “मलाई बिदा दिनुहोस्, ताकि म मेरो आफ्नै घर र मेरो देशमा जान सकूँ ।
GEN 30:26 मलाई मेरा पत्‍नीहरू र मेरा छोराछोरीहरू दिनुहोस् जसको निम्ति मैले तपाईंको सेवा गरेको छु । मलाई जान दिनुहोस् किनकि मैले तपाईंको सेवा गरेको त तपाईंलाई थाहै छ ।”
GEN 30:27 लाबानले तिनलाई भने, “मैले तिम्रो दृष्‍टिमा निगाह पाएको छु भने पर्ख, किनभने पूर्वलक्षणको प्रयोगद्वारा मैले थाहा पाएको छु, कि तिम्रो कारणले गर्दा परमप्रभुले मलाई आशिष् दिनुभएको छ ।
GEN 30:28 त्यसपछि तिनले भने, “तिम्रो ज्याला कति भयो, मलाई भन । म तिरिदिनेछु ।”
GEN 30:29 याकूबले लाबानलाई भने, “मैले तपाईंको कस्तो सेवा गरेको छु र तपाईंका गाईबस्तु कसरी सप्रेका छन् भनी तपाईं जान्‍नुहुन्छ ।
GEN 30:30 म आउनुअगि तपाईंसित थोरै मात्र थियो तर अहिले प्रचुर मात्रामा वृद्धि भएका छन् । मैले जहाँसुकै काम गरे तापनि परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको छ । अब मेरो आफ्नै घरानाको निम्तिचाहिँ मैले कहिले बन्दोवस्त गर्ने?”
GEN 30:31 त्यसैले लाबानले भने, “म तिमीलाई के दिऊँ?” याकूबले भने, “तपाईंले मलाई केही पनि दिनुपर्दैन । तपाईंले मलाई केही दिनुभयो भने मैले फेरि तपाईंको बगाललाई खुवाउनुपर्ने हुन्छ र यसको हेरचाह गर्नुपर्ने हुन्छ ।
GEN 30:32 आज मलाई तपाईंको बगालबाट थुमाहरूका बिचमा हरेक थोप्ले, हरेक पेटारे र हरेक कालो अनि बाख्राहरूका बिचमा पनि हरेक थोप्ले र पेटारे छुट्‌ट्याउन दिनुहोस् । यी मेरा ज्याला हुनेछन् ।
GEN 30:33 तपाईं मेरा ज्यालाको हिसाब गर्न आउनुहुँदा पछि मेरो सत्यनिष्‍ठा‌ले नै मेरो गवाही दिनेछ । बाख्राहरूका बिचमा थोप्ले र पेटारे नभएको अनि थुमाहरूका बिचमा कालो नभएको मध्ये कुनै फेला पारियो भने ती मैले चोरेको ठहरिनेछ ।”
GEN 30:34 लाबानले भने, “हुन्छ । तिम्रो वचनअनुसार नै होस् ।”
GEN 30:35 त्यस दिन लाबानले थोप्ले र पेटारे बाख्राहरू अनि सेतो दाग भएका सबै थोप्ले र पेटारे बाख्रीहरू अनि थुमाहरूका बिचमा भएका सबै काला थुमाहरू छुट्‌ट्याए र ती आफ्ना छोराहरूलाई दिए ।
GEN 30:36 लाबानले तिनी र याकूबको बिचमा तिन दिनको यात्राको अन्तर पनि राखे । त्यसैले याकूबले लाबानका बाँकी बगालहरू चराइरहे ।
GEN 30:37 याकूबले ताजा लहरे-पीपल, हाडे बदाम र चिनारका रुखका भर्खरै काटिएका हाँगाहरू लिए, र तिनमा सेतो धर्का बनाउनलाई बोक्राहरू ताछे ।
GEN 30:38 त्यसपछि तिनले बगालहरूको सामु रहेका ती ताछिएका हाँगाहरू पानी पिउन आउने डूँडको सामु राखे । पानी पिउन आउँदा तिनीहरू गर्भवती भए ।
GEN 30:39 ती बगालहरू हाँगाहरूका सामुन्‍ने मिसिने भएकाले तिनीहरूले पाठापाठी पनि त्यस्तै छिर्केमिर्के, पेटारे र थोप्ले ब्याए ।
GEN 30:40 याकूबले यी थुमाहरूलाई छुट्‌ट्याए, तर बाँकी बगाललाई चाहिँ छिर्केमिर्के जनावरहरूतिर फर्काएर राखे अनि सबै काला थुमालाई चाहिँ लाबानको बगालमा राखिदिए । त्यसपछि तिनले आफ्नो बगाललाई चाहिँ अलग गरे र लाबानको बगालसित मिसाएनन् ।
GEN 30:41 बलिया भेडाहरू मिसिँदा याकूबले बगालहरूका सामुन्‍ने डूँडमा ती हाँगाहरू राखिदिन्थे ताकि तिनीहरू हाँगाहरूकै बिचमा गर्भवती होऊन् ।
GEN 30:42 तर बगालमा भएका कमजोर जनावरहरू आउँदा तिनले तिनीहरूको सामु हाँगाहरू राख्दैनथ्ये । यसरी कमजोर जनावरहरू लाबानका भए र बलियाहरू याकूबका भए ।
GEN 30:43 याकूबले ज्यादै उन्‍नति गरे । तिनका ठुला-ठुला बगालहरू, नोकर-चाकरहरू ऊँटहरू र गधाहरू थिए ।
GEN 31:1 याकूबले लाबानका छोराहरूले यसो भनेका सुने, “हाम्रा पिताका सबै थोक याकूबले लिएका छन्, र हाम्रा पिताका सम्पत्तिबाट नै तिनले यी सबै सम्पत्ति पाएका हुन् ।”
GEN 31:2 याकूबले लाबानको व्यवहार देखे । याकूबप्रति लाबानको मनसाय परिवर्तन भइसकेको याकूबले देखे ।
GEN 31:3 तब परमप्रभुले याकूबलाई भन्‍नुभयो, “तेरा पुर्खाहरू र तेरा आफन्तहरूको देशमा फर्केर जा, र म तँसित हुनेछु ।”
GEN 31:4 याकूबले राहेल र लेआलाई आफ्नो बगालको खेतमा बोलाउन पठाए,
GEN 31:5 र तिनीहरूलाई भने, “मप्रतिको तिमीहरूका पिताको मनसाय परिवर्तन भएको म देख्छु, तर मेरा पिताका परमेश्‍वर मसित हुनुभएको छ ।
GEN 31:6 मेरो सारा शक्ति लगाएर मैले तिमीहरूका पिताको सेवा गरेको कुरा त तिमीहरूलाई थाहै छ ।
GEN 31:7 तिमीहरूका पिताले मलाई ठगेका छन्, र मेरो ज्याला दस पटक बद्लेका छन्, तर परमेश्‍वरले तिनलाई मेरो हानि गर्न दिनुभएको छैन ।
GEN 31:8 'थोप्ले जनावरहरू तिम्रो ज्याला हुनेछ' भनी तिनले भन्दा सबै बगालले थोप्ले पाठा-पाठी नै जन्माए । 'पेटारेहरू तिम्रो ज्याला हुनेछ' भनी तिनले भन्दा सारा बगालले पेटारे पाठा-पाठीहरू नै जन्माए ।
GEN 31:9 यसरी परमेश्‍वरले तिमीहरूका पिताका गाईबस्तु मलाई दिनुभएको छ ।
GEN 31:10 एक पटक बगाल मिसिने समयमा मैले सपनामा बोकाहरू बगालमा सँगसँगै भएको देखेँ । बोकाहरू छिर्केमिर्के, पेटारे र थोप्ले थिए ।
GEN 31:11 सपनामा परमेश्‍वरका दूतले मलाई भने, 'हे याकूब!' मैले जवाफ दिएँ, “हजुर, म यहाँ छु ।'
GEN 31:12 उहाँले भन्‍नुभयो, 'तेरा आँखा उठाएर सबै बोका बगालमाथि चढिरहेको हेर् । तिनीहरू छिर्केमिर्के, पेटारे र थोप्ले छन् किनकि लाबानले तँलाई गरेको हरेक कुरा मैले देखेको छु ।
GEN 31:13 म बेथेलको परमेश्‍वर हुँ जहाँ तैँले खामोलाई अभिषेक गरिस् र मसित भाकल गरिस् । अब उठ् र यस देश छाडेर तेरो जन्मभूमिमा फर्कि' ।”
GEN 31:14 राहेल र लेआले तिनलाई जवाफ दिएर भने, “के हाम्रा पिताको घरमा हाम्रा निम्ति हकको कुनै भाग छ र? के उहाँले हामीलाई विदेशीहरूलाई जस्तै व्यवहार गर्नुभएको छैन र?
GEN 31:15 किनकि उहाँले हामीलाई बेच्नुभएको छ, र हाम्रो रुपियाँ-पैसा पूर्ण रूपमा सखाप पार्नुभएको छ ।
GEN 31:16 हाम्रा पिताबाट परमेश्‍वरले लैजानुभएका सबै सम्पत्ति अब हाम्रा र हाम्रा छोराछोरीहरूका भएका छन् । त्यसो भए, अब परमेश्‍वरले तपाईंलाई जे भन्‍नुभएको छ, सो गर्नुहोस् ।”
GEN 31:17 त्यसपछि याकूब उठे, र तिनले आफ्ना छोराहरू र पत्‍नीहरूलाई ऊँटहरूमाथि राखे ।
GEN 31:18 तिनले पद्दन-आराममा आफूले प्राप्‍त गरेका आफ्ना सबै गाईबस्तु र सबै सम्पत्तिलाई आफ्नो अगिअगि पठाए । त्यसपछि तिनी कनान देशमा आफ्ना पिता इसहाककहाँ जान निस्के ।
GEN 31:19 लाबान आफ्ना भेडाहरूको ऊन कत्रन जाँदा राहेलले आफ्ना पिताका घर-देवताहरू चोरिन् ।
GEN 31:20 अरामी लाबानलाई थाहा नदिई घर छाडेकाले याकूबले तिनलाई पनि छल गरे ।
GEN 31:21 आफूसित भएका सबै थोक लिएर तिनी भागे, र छिट्टै महानदी पार गरेर गिलादको पहाडी देशतर्फ अगाडि बढे ।
GEN 31:22 याकूब भागेको कुरा लाबानलाई तेस्रो दिनमा बताइयो ।
GEN 31:23 त्यसैले तिनले आफूसित आफ्ना आफन्तहरू लिई सात दिनसम्म तिनको पिछा गरे । लाबानले गिलादको पहाडी देशमा तिनलाई भेट्टाए ।
GEN 31:24 राती सपनामा परमेश्‍वर अरामी लाबानकहाँ देखा पर्नुभई तिनलाई भन्‍नुभयो, “तैँले याकूबसित असल वा खराब कुनै कुरो नभन्‍न होसियार हो ।”
GEN 31:25 लाबानले याकूबलाई भेट्टाउँदा याकूब त्यस पहाडी देशमा पाल टाँगेर बसेका थिए । गिलादको पहाडी देशमा लाबान पनि आफ्ना आफन्तहरूसँगै पाल टाँगेर बसे ।
GEN 31:26 लाबानले याकूबलाई भने, “तिमीले मेरा छोरीहरूलाई युद्धका कैदीहरूलाई जस्तै गरी लगेर मलाई छल गरी यो के गरेको?
GEN 31:27 किन तिमीले मलाई नबताईकन सुटुक्‍क भागेर धोका दियौ? गीत गाउँदै वीणा र खैँजडी बजाउँदै उत्सवको साथमा मैले तिमीलाई बिदा गर्ने थिएँ ।
GEN 31:28 तिमीले मेरा नातिहरू र छोरीहरूलाई बिदाइको चुम्बन गर्ने अनुमति पनि दिएनौ । तिमीले मूर्खतापूर्वक काम गर्‍यौ ।
GEN 31:29 तिमीलाई हानि गर्ने शक्ति मसित छ, तर तिम्रा परमेश्‍वर गत रात मसित यसो भन्दै बोल्नुभयो, 'तैँले याकूबसित असल वा खराब कुनै कुरो नभन्‍न होसियार हो ।'
GEN 31:30 अब तिमीले आफ्ना पिताको घरमा फर्कने चाहना गरेकाले तिमी आइसकेका छौ । तर तिमीले मेरा घर-देवताहरू किन चोरी गर्‍यौ?
GEN 31:31 याकूबले लाबानलाई जवाफ दिई भने, “तपाईंले आफ्ना छोरीहरू मबाट जबरजस्ती खोसेर लैजानुहुने थियो भनी मैले ठानेकाले म डराएको थिएँ । त्यसैले म सुटुक्‍क भागेँ ।
GEN 31:32 तपाईंका घर-देवताहरू जोसुकैले चोरेको भए तापनि अबदेखि त्यो बाँच्नेछैन । हाम्रा आफन्तहरूको उपस्थितिमा तपाईंसित भएको कुनै थोक मसित छ भने चिनेर लैजानुहोस् ।” राहेलले ती चोरेकी थिइन् भनी याकूबलाई थाहा थिएन ।
GEN 31:33 लाबान याकूब र लेआको पालसाथै दुई जना कमारीका पालभित्र गए, तर तिनले ती घर-देवताहरू पाएनन् । तिनी लेआको पालबाट बाहिर आई राहेलको पालभित्र पसे ।
GEN 31:34 राहेलले ती घर-देवताहरू ल्याएकी थिइन् र तिनलाई ऊँटको काठीमा लुकाएकी थिइन् । उनी तीमाथि बसेकी थिइन् । लाबानले पुरै पालमा खोजी गरे तापनि ती पाएनन् ।
GEN 31:35 उनले आफ्ना पितालाई भनिन्, “हजुर मसित नरिसाउनुहोला । म महिनावरी भएकीले म तपाईंको सामु उठ्न सक्दिनँ ।” त्यसैले तिनले खोजी गरे तापनि ती घर-देवताहरू भेट्टाएनन् ।
GEN 31:36 याकूब रिसाए र तिनले लाबानलाई हप्काए, “मेरो दोष के हो? मेरो पाप के हो जसको लागि तपाईंले मेरो यसरी पिछा गर्नुभयो?
GEN 31:37 तपाईंले मेरा सबै मालसामानको खोजी गरिसक्‍नुभयो । के तपाईंले कुनै आफ्ना घरेलु सामानहरू फेला पार्नुभयो? पाउनुभएको छ भने ती हाम्रा आफन्तहरूको सामु राखिदिनुहोस् ताकि तिनीहरूले हामी दुईको बिचमा न्याय गरून् ।
GEN 31:38 बिस वर्षसम्म म तपाईंसँगै थिएँ । तपाईंका भेडीहरू र बाख्रीहरूका गर्भ कहिल्यै तुहिएन, न त मैले तपाईंका बगालबाट भेडाहरू खाएँ ।
GEN 31:39 जङ्गली जनावरहरूले फहराएकाहरूलाई मैले तपाईंकहाँ ल्याउन्‍नथेँ । बरु, मैले त्यसको क्षतिपूर्ति तिर्थें । दिनमा चोरी भएर होस् वा रातमा चोरी भएर होस्, तपाईंले मलाई सधैँ हराएको हरेक पशुको मोल तिराउनुभयो ।
GEN 31:40 मेरो हालत यस्तो थियो, कि दिउँसो गर्मीले मलाई पोल्थ्यो भने राती चिसोले ठिर्‍याउँथ्यो । मलाई निद्रा लाग्दैनथ्यो ।
GEN 31:41 यी बिस वर्ष म तपाईंको घरमा रहेँ । तपाईंका दुई छोरीका लागि मैले चौध वर्ष तपाईंको सेवा गरेँ, र बगालको लागि छ वर्ष सेवा गरेँ । तपाईंले दस पटक मेरो ज्याला बद्लनुभएको छ ।
GEN 31:42 मेरा पिताका परमेश्‍वर जो अब्राहामका परमेश्‍वर र इसहाकका भय हुनुहुन्छ, उहाँ मसित नहुनुभएको भए निश्‍चय नै तपाईंले मलाई रित्तै हात पठाउनुहुने थियो । परमेश्‍वरले ममाथिको थिचोमिचो र मैले गरेको कडा परिश्रम देख्‍नुभएको छ । त्यसैले उहाँले गत रात तपाईंलाई हप्काउनुभयो ।”
GEN 31:43 लाबानले याकूबलाई जवाफ दिई भने, “यी छोरीहरू मेरै छोरीहरू हुन्; यी नातिनातिनाहरू मेरै नातिनातिनाहरू हुन् र यी बगालहरू मेरै बगालहरू हुन् । तिमीले देखेका यी सबै मेरै हुन् । तर आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका छोराछोरीहरूलाई म के नै गर्न सक्छु र?
GEN 31:44 त्यसैले अब तिमी र मेरो बिचमा एउटा करार बाँधौँ अनि यही करार तिमी र मेरो बिचको गवाही होस् ।”
GEN 31:45 त्यसकारण याकूबले एउटा ढुङ्गो लिएर त्यसलाई खामोको रूपमा खडा गरे ।
GEN 31:46 याकूबले आफ्ना आफन्तहरूलाई भने, “ढुङ्गाहरू जम्मा गर ।” तिनीहरूले ढुङ्गाहरूको थुप्रो लगाए । त्यसपछि तिनीहरूले त्यही थुप्रोनेर खानपान गरे ।
GEN 31:47 लाबानले त्यसको नाउँ यगर-सहदूता राखे, तर याकूबले त्यसलाई गलेद भने ।
GEN 31:48 लाबानले भने, “आज यो थुप्रो तिमी र मेरो बिचमा गवाहीको रूपमा खडा छ । त्यसकारण यसको नाउँ गलेद राखियो ।
GEN 31:49 यसलाई मिस्पा पनि भनिन्छ किनभने लाबानले यसो भनेका थिए, “हामी एक-अर्काको दृष्‍टिबाट अलग हुँदा परमप्रभुले तिमी र मेरो हेरचाह गरून् ।
GEN 31:50 तिमीले मेरा छोरीहरूलाई दुर्व्यवहार गर्‍यौ वा तिमीले मेरा छोरीहरूबाहेक अन्य पत्‍नीहरू ल्यायौ भने हामीसित कोही नभए तापनि परमेश्‍वर तिम्रो र मेरो बिचमा गवाही हुनुहुन्छ ।”
GEN 31:51 लाबानले याकूबलाई भने, “तिम्रो र मेरो बिचमा मैले खडा गरेको यो थुप्रो र यो खामोलाई हेर ।
GEN 31:52 तिम्रो हानि गर्नलाई म यो पार गरेर तिमीकहाँ आउनेछैनँ र मेरो हानि गर्नलाई तिमी यो पार गरेर मकहाँ आउनेछैनौ भन्‍नाका लागि यो थुप्रो र यो खामो गवाहीको रूपमा खडा छन् ।
GEN 31:53 अब्राहामका परमेश्‍वर, नाहोरका परमेश्‍वर र तिनीहरूका पिताका परमेश्‍वरले हाम्रो बिचमा न्याय गरून् । याकूबले आफ्ना पिता इसहाकको भयलाई साक्षी मानी शपथ खाए ।
GEN 31:54 याकूबले त्यस पहाडमा बलिदान चढाए र आफ्ना आफन्तहरूलाई खानपानको लागि बोलाए । तिनीहरूले खानपान गरे, अनि पुरै रात त्यही पहाडमा बिताए ।
GEN 31:55 लाबान बिहान सबेरै उठे । तिनले आफ्ना नातिहरू, आफ्ना छोरीहरूलाई चुम्बन गरी आशिष् दिए । त्यसपछि लाबान बिदा भई घर फर्के ।
GEN 32:1 याकूब पनि आफ्नो बाटो लागे, र परमेश्‍वरका दूतहरूले तिनीसित भेट गरे ।
GEN 32:2 याकूबले तिनीहरूलाई देखेपछि तिनले भने, “यो त परमेश्‍वरको शिविर हो ।” त्यसैले तिनले त्यस ठाउँको नाउँ महनोम राखे ।
GEN 32:3 याकूबले एदोमको क्षेत्रमा पर्ने सेइर देशमा आफ्ना दाजु एसावकहाँ आफूभन्दा अगिअगि सन्देशवाहकहरू पठाए ।
GEN 32:4 तिनले तिनीहरूलाई यसो भनी आज्ञा दिए, “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नेछौः तपाईंका दास याकूब यसो भन्छन्, 'म लाबानसित बस्दै आएकोले अहिलेसम्म आउन ढिलो भएको हो ।
GEN 32:5 मेरा गोरुहरू, गधाहरू, बगालहरू, कमारा-कमारीहरू छन् । तपाईंको दृष्‍टिमा मैले निगाह पाउन सकूँ भनी मैले मेरा मालिकलाई यो खबर पठाएको छु' ।”
GEN 32:6 याकूबकहाँ फर्की सन्देशवाहकहरूले यसो भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौँ । उहाँ चार सय जना मानिससहित तपाईंलाई भेट्न आउँदै हुनुहुन्छ ।”
GEN 32:7 तब याकूब ज्यादै भयभीत भए र आत्तिए । त्यसैले तिनले आफूसित भएका मानिसहरू, बगालहरू, बथानहरू र ऊँटहरूलाई दल-दल गरी दुई भागमा विभाजन गरे ।
GEN 32:8 तिनले भने, “एसावले आएर एउटा दललाई अाक्रमण गरे भने बाँकी रहेको दल भाग्‍नेछ ।
GEN 32:9 याकूबले भने, “मेरा पिता अब्राहामका परमेश्‍वर, मेरा पिता इसहाकका परमेश्‍वर यहोवेले मलाई भन्‍नुभयो, 'तेरो देश र तेरो कुटुम्बकहाँ फर्केर जा, म तेरो उन्‍नति गराउनेछु ।'
GEN 32:10 तपाईंका दासको निम्ति तपाईंले गर्नुभएका करारको विश्‍वासयोग्यता र भरोसाका सबै कार्यको निम्ति म योग्यको छैनँ । किनकि यही लौरो लिएर मात्र मैले यर्दन तरेँ, र अहिले मेरा दुईवटा दल छन् ।
GEN 32:11 कृपया, मलाई मेरा दाजु एसावको हातबाट छुटकारा दिनुहोस् किनकि तिनी आएर मलगायत मेरी पत्‍नीहरू र छोराछोरीहरूलाई आक्रमण गर्छन् कि भनेर म तिनीदेखि डराएको छु ।
GEN 32:12 तर तपाईंले भन्‍नुभयो, 'निश्‍चय नै, म तेरो उन्‍नति गराउनेछु । म तेरा सन्तानहरूलाई गन्‍नै नसकिने गरी समुद्रको बालुवासरह तुल्याउनेछु' ।”
GEN 32:13 त्यस रात याकूब त्यहीँ बसे । आफ्ना दाजु एसावलाई उपहारस्वरूप दिनलाई तिनले आफूसित भएका केही थोकहरू अलग गरे जुन यिनै थिएः
GEN 32:14 दुई सयवटा बाख्री, बिसवटा बोका,
GEN 32:15 तिसवटा दुध दिने ऊँट र तिनीहरूका बच्‍चा, चालिसवटा गाई र दसवटा साँढे, बिसवटा गधैनी र दसवटा गधा ।
GEN 32:16 तिनले बथान-बथान गरी यी सबै आफ्ना कमाराहरूको जिम्मा लगाइदिए । तिनले तिनीहरूलाई भने, “मेरो अगिअगि जाओ र हरेक बथानको बिचमा खाली ठाउँ राख ।”
GEN 32:17 तिनले पहिलो कमारोलाई यसो भन्दै निर्देशन दिए, “मेरा दाजु एसावले तँलाई भेटेर 'तँ कसको होस्? तँ कहाँ जाँदै छस्? तेरो अगिअगि आएका यी पशुहरू कसका हुन्? भनेर सोधे भने
GEN 32:18 तैँले यसो भन्, 'यी तपाईंका दास याकूबका हुन् । यी मेरा मालिक याकूबलाई उपहारस्वरूप पठाइएका हुन् । हेर्नुहोस्, उहाँ पनि हाम्रो पछिपछि आउँदै हुनुहुन्छ' ।”
GEN 32:19 दोस्रो दल, तेस्रो दल अनि बगालहरूको पछिपछि लाग्‍ने सबै मानिसलाई पनि याकूबले निर्देशन दिए । तिनले भने, “तिमीहरूले एसावलाई भेट्दा उही कुरो भन्‍नू ।
GEN 32:20 तिमीहरूले यसो पनि भन्‍नू, 'तपाईंका दास याकूब हाम्रो पछिपछि आउँदै हुनुहुन्छ' ।” किनकि तिनले यस्तो सोचे, “मैले मेरो अगिअगि पठाएका उपहारहरूले म तिनलाई खुसी पार्नेछु । त्यसपछि मैले तिनलाई भेट्दा सायद तिनले मलाई स्वीकार गर्नेछन् ।”
GEN 32:21 त्यसैले उपहारहरू तिनको अगिअगि पठाइए । तिनी आफैचाहिँ त्यस रात शिविरमा नै बसे ।
GEN 32:22 रातमा याकूब निद्राबाट ब्युँझे । आफ्ना दुई पत्‍नी, तिनीहरूका कमारीहरू र एघार जना छोरा लिएर तिनी प्रस्थान गरे । तिनले तिनीहरूलाई यब्बोक खोला पारि पठाए ।
GEN 32:23 यसरी तिनले आफ्ना सबै सम्पत्ति खोला पारि पठाए ।
GEN 32:24 याकूब एक्लै रहे, र एक जना मानिसले तिनीसित सूर्योदय नभएसम्म कुस्ती खेले ।
GEN 32:25 ती मानिसले याकूबलाई जित्‍न नसक्‍ने देखेपछि तिनले याकूबको कम्मरको खोक्रो भागमा प्रहार गरे । याकूब तिनीसित कुस्ती खेल्दा तिनको कम्मरको गेडी फुस्क्यो ।
GEN 32:26 ती मानिसले भने, “मलाई जान देऊ किनकि उज्यालो हुँदै छ ।” याकूबले भने, “तपाईंले मलाई आशिष् नदिउञ्‍जेलसम्म म तपाईंलाई जान दिन्‍नँ ।”
GEN 32:27 ती मानिसले तिनलाई भने, “तिम्रो नाउँ के हो?” याकूबले जवाफ दिए, “याकूब ।”
GEN 32:28 ती मानिसले भने, “अबदेखि उसो तिम्रो नाउँ याकूब नभई इस्राएल हुनेछ । किनकि तिमीले परमेश्‍वर र मानिसहरूसित कुस्ती खेली जित हासिल गरेका छौ ।”
GEN 32:29 याकूबले तिनलाई सोधे, “कृपया, मलाई तपाईंको नाउँ बताइदिनुहोस् ।” तिनले भने, “किन तिमी मेरो नाउँ सोध्छौ?” त्यसपछि त्यहाँ तिनले याकूबलाई आशिष् दिए ।
GEN 32:30 याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे किनकि तिनले भने, “मैले परमेश्‍वरलाई आमने-सामने देखेर पनि मेरो ज्यान जोगिएको छ ।”
GEN 32:31 याकूबले पनीएल पार गर्दा सूर्योदय भइसकेको थियो । तिनको कम्मरको कारणले गर्दा तिनी खोच्याएर हिँड्दै थिए ।
GEN 32:32 यसैकारण आजको दिनसम्म इस्राएलका मानिसहरूले कम्मरको नसा खाँदैनन् किनकि ती मानिसले याकूबको कम्मरको गेडी फुस्काउँदा ती नसाहरूमा चोट पुर्‍याएका थिए ।
GEN 33:1 याकूबले माथि हेर्दा एसाव आउँदै थिए, र तिनीसित चार सय मानिस थिए । तिनले आफ्ना छोराछोरीहरूलाई लेआ, राहेल र दुई जना कमारीको बिचमा विभाजन गरे ।
GEN 33:2 तब तिनले कमारीहरू र तिनीहरूका छोराछोरीहरूलाई अग्रपङ्क्तिमा राखे; त्यसपछि लेआ र उनका छोराछोरीहरू अनि अन्त्यमा राहेल र योसेफलाई राखे ।
GEN 33:3 तिनी आफैचाहिँ तिनीहरूभन्दा अगिअगि गए । तिनी आफ्ना दाजुको नजिक नआउञ्‍जेलसम्म तिनले सात पटक भुइँमा शिर निहुर्‍याउँदै गए ।
GEN 33:4 एसाव याकूबलाई भेट्न दौडिए; अङ्गालो हाले; अङ्कमाल गरे र चुम्बन गरे । त्यसपछि तिनीहरू रोए ।
GEN 33:5 एसावले हेर्दा तिनले स्‍त्रीहरू र केटाकेटीहरूलाई देखे । तिनले भने, “तिमीसँगै आएका यी मानिसहरू को हुन्?” याकूबले भने, “तपाईंका दासलाई परमेश्‍वरले अनुग्रहसाथ दिनुभएका छोराछोरीहरू हुन् ।”
GEN 33:6 त्यसपछि आ-आफ्ना छोराछोरीहरू लिएर कमारीहरू आएर एसावलाई ढोग गरे ।
GEN 33:7 अनि लेआ र उनका छोराछोरीहरू आएर ढोग गरे । अन्त्यमा योसेफ र राहेल आएर ढोग गरे ।
GEN 33:8 एसावले भने, “मैले भेटेका यी सबै दलको अर्थ के हो?” याकूबले जवाफ दिए, “मेरा मालिकको दृष्‍टिमा निगाह प्राप्‍त गर्नलाई हो ।”
GEN 33:9 एसावले भने, “मेरा भाइ, मसित प्रशस्त छ । तिम्रो जे हो, ती आफैसित राख ।”
GEN 33:10 याकूबले भने, “त्यसो होइन । मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मेरो हातबाट उपहार ग्रहण गर्नुहोस् । किनभने मैले तपाईंको मुहार देखेको छु, र यो परमेश्‍वरको मुहार देखेजस्तै भएको छ र तपाईंले मलाई ग्रहण गर्नुभएको छ ।
GEN 33:11 कृपया, तपाईंको लागि ल्याइएको यो उपहारलाई ग्रहण गर्नुहोस् किनभने परमेश्‍वरले मसित अनुग्रहसाथ व्यवहार गर्नुभएको छ, र मसित प्रशस्तै छ ।” यसरी याकूबले बिन्ती गरेपछि एसावले त्यसलाई स्वीकार गरे ।
GEN 33:12 तब एसावले भने, “हामी आफ्नो बाटो लागौँ । म तिम्रो अगिअगि जानेछु ।”
GEN 33:13 याकूबले तिनलाई भने, “मेरा मालिकलाई थाहै छ, कि यी केटाकेटीहरू सानै छन् र यी गाईबस्तुहरूले दुध चुसाउँदै छन् । तिनीहरूलाई एकै दिन मात्र बेसरी धपाइयो भने ती सबै मर्नेछन् ।
GEN 33:14 यसैले मेरा मालिक आफ्ना दासभन्दा अगिअगि जानुहोस् भनी म बिन्ती गर्दछु । सेइरमा मेरा मालिककहाँ नआइपुगुञ्‍जेलसम्म म गाईबस्तुको चाल र केटाकेटीहरूको चालमा निकै बिस्तारै हिँड्नेछु ।
GEN 33:15 एसावले भने, “म तिमीसित भएका केही मानिसहरूसित मेरा केही मानिसहरू छाडिदिन्छु ।” तर याकूबले भने, “किन त्यसो गर्ने?” मेरा मालिकको दृष्‍टिमा मैले निगाह पाए त भइहाल्यो नि ।”
GEN 33:16 त्यसैले त्यही दिन एसाव सेइरतर्फ फर्कन आफ्नो बाटो लागे ।
GEN 33:17 याकूब सुक्‍कोततर्फ लागे । त्यहाँ तिनले डेरा हाले र आफ्ना गाईबस्तुहरूका निम्ति छाप्रा हाले । त्यसकारण त्यस ठाउँको नाउँ सुक्‍कोत राखियो ।
GEN 33:18 याकूब पद्दन-आरामबाट आउँदा तिनी शकेमको सहरमा सुरक्षितसाथ आइपुगे जुन ठाउँ कनान देशमा पर्छ । तिनले सहरनजिकै पाल टाँगे ।
GEN 33:19 त्यसपछि तिनले एक सय चाँदीका सिक्‍कामा शकेमका पिता हमोरका छोराहरूबाट एउटा जग्गा किने र त्यहीँ नै आफ्नो पाल टाँगे ।
GEN 33:20 त्यहाँ तिनले एउटा वेदी बनाए र त्यसको नाउँ एल-एलोह-एस्राएल राखे ।
GEN 34:1 अब लेआले याकूबको निम्ति जन्माएकी छोरी दीना त्यस देशका युवतीहरूसित भेट गर्न गइन् ।
GEN 34:2 त्यस देशका रजौटा हिव्वी हमोरको छोरा शकेमले उनलाई देखी उनलाई प्रकेर लगे र उनीसित सहवास गरे ।
GEN 34:3 तिनी याकूबकी छोरी दीनासित मोहित भएका थिए । तिनले यी युवतीलाई प्रेम गरी स्‍नेहपूर्वक बोले ।
GEN 34:4 शकेमले आफ्ना पिता हमोरलाई यसो भने, “मेरी पत्‍नी हुनलाई ती युवती मलाई ल्याइदिनुहोस् ।”
GEN 34:5 अब याकूबले आफ्नी छोरी दीनालाई शकेमले अशुद्ध पारेको कुरा सुने । तिनका छोराहरू खेतमा गाईबस्तु चराउन गएका थिए । त्यसैले तिनीहरू नफर्कुञ्‍जेल याकूब चुप लागेर बसे ।
GEN 34:6 शकेमका पिता हमोर याकूबसित कुराकानी गर्न गए ।
GEN 34:7 याकूबका छोराहरू खेतबाट फर्कंदा तिनीहरूले यस विषयबारे सुने । तिनीहरूलाई चोट पुगेको थियो । याकूबकी छोरीमाथि जबरजस्ती सहवास गरेर तिनले इस्राएलको बेइज्‍जत गरेकाले तिनीहरू ज्यादै रिसाए । किनकि यस्तो कुरो गरिनुहुँदैनथ्यो ।
GEN 34:8 हमोरले तिनीहरूलाई भने, “मेरो छोरो शकेमले तपाईंकी छोरी दीनालाई माया गर्छन् । कृपया, उनलाई तिनकी पत्‍नी हुन दिनुहोस् ।
GEN 34:9 हामीसित अन्तरजातीय विवाह गर्नुहोस् । तपाईंका छोरीहरू हामीलाई दिनुहोस् र हाम्री छोरीहरू तपाईंहरूले लैजानुहोस् ।
GEN 34:10 तपाईंहरू हामीसितै बस्‍नुहोस् । तपाईंहरूलाई बसोबास गरी व्यापार गर्न र सम्पत्ति आर्जन गर्न यो देश खुला हुनेछ ।”
GEN 34:11 शकेमले उनका पिता र उनका दाजुहरूलाई भने, “मलाई तपाईंहरूले निगाह गर्नुहोस्, र तपाईंहरूले मलाई जे भन्‍नुहुन्छ, म त्यही दिनेछु ।
GEN 34:12 तपाईंहरूलाई इच्छा लागेमुताबिक जतिसुकै दाइजो र उपहार माग्‍नुुहोस् म ती दिनेछु, तर मलाई यी युवती पत्‍नी तुल्याउनलाई दिनुहोस् ।”
GEN 34:13 शकेमले दीनालाई अशुद्ध तुल्याएकाले याकूबका छोराहरूले शकेम र तिनका पिता हमोरलाई छलपूर्वक जवाफ दिए ।
GEN 34:14 तिनीहरूले उनीहरूलाई भने, “हामी यस्तो कुरा गर्न सक्दैनौँ । खतना नगरेको कुनै पनि व्यक्तिलाई हामी हाम्री बहिनी दिन सक्दैनौँ । किनकि त्यसो गर्दा हाम्रो बेइज्‍जत हुन्छ ।
GEN 34:15 यो सर्तमा मात्रै हामी तपाईंहरूसित सहमत हुनेछौः हामीजस्तै तपाईंहरूको हरेक पुरुषको खतना हुनुपर्छ ।
GEN 34:16 तब हामी हाम्रा छोरीहरू तपाईंहरूलाई दिनेछौँ र तपाईंहरूका छोरीहरू हामी लिनेछौँ अनि हामी तपाईंहरूसित बसी एउटै जाति हुनेछौँ ।
GEN 34:17 तर तपाईंहरूले हाम्रो कुरा सुनेर खतना गर्नुभएन भने हामी हाम्री बहिनी लिएर जानेछौँ ।”
GEN 34:18 तिनीहरूको कुराले हमोर र तिनका छोरा शकेमलाई खुसी तुल्यायो ।
GEN 34:19 यिनीहरूले भनेका कुरा गर्न ती युवकले ढिला गरेनन् किनकि तिनी याकूबकी छोरीसित मोहित भएका थिए, र तिनी आफ्ना पिताको घरानामा सबैभन्दा इज्‍जतदार व्यक्ति थिए ।
GEN 34:20 हमोर र तिनका छोरा शकेम तिनीहरूको सहरको द्वारमा गएर सहरका मानिसहरूलाई भने,
GEN 34:21 “यी मानिसहरू शान्तिप्रिय छन् । त्यसैले यिनीहरू हामीसितै बसोबास गरी व्यापार गरून् किनकि वास्तवमा हाम्रो देश तिनीहरूका लागि पनि ज्यादै ठुलो छ । तिनीहरूका छोरीहरूलाई पत्‍नी बनाउनलाई लिऔँ र तिनीहरूलाई हाम्रा छोरीहरू दिऔँ ।
GEN 34:22 यो सर्तमा मात्रै ती मानिसहरू हामीसित बसी एउटै जाति हुन सहमत छन्: तिनीहरूजस्तै हाम्रो हरेक पुरुषको खतना हुनुपर्छ ।
GEN 34:23 के तिनीहरूका सबै गाईबस्तु र सम्पत्ति अर्थात् जनावरहरू हाम्रा हुनेछैनन् र? त्यसैले तिनीहरूसित सहमत होऔँ र तिनीहरू हामीसित बसून् ।”
GEN 34:24 सहरका सबै मानिसले हमोर र तिनका छोरा शकेमको कुरा माने, अनि हरेक पुरुषको खतना गरियो ।
GEN 34:25 तेस्रो दिनमा तिनीहरू अझै दर्दमा हुँदा याकूबका दुई जना छोरा शिमियोन र लेवी (दीनाका दाजुहरू) ले आ-आफ्नो तरवार लिई आफ्नो सुरक्षामा ढुक्‍क रहेको सहरमाथि आक्रमण गरी सबै पुरुषलाई मारे ।
GEN 34:26 तिनीहरूले तरवारले हमोर र तिनका छोरा शकेमलाई मारे । तिनीहरूले दीनालाई शकेमको घरबाट लिएर गए ।
GEN 34:27 याकूबका अन्य छोराहरू मरेकाहरूकहाँ आई सहरलाई लुटे किनकि ती मानिसहरूले तिनीहरूकी बहिनीलाई अशुद्ध बनाएका थिए ।
GEN 34:28 तिनीहरूले उनीहरूका बगालहरू, बथानहरू, गधाहरू, सबै सम्पत्ति र सहरमा भएको हरेक थोक लिएर गए ।
GEN 34:29 तिनीहरूका सबै केटाकेटी र पत्‍नीहरूलाई तिनीहरूले कैद गरे । घरहरूभित्र भएको हरेक थोक पनि तिनीहरूले कब्जा गरे ।
GEN 34:30 याकूबले शिमियोन र लेवीलाई भने, “यस देशका बासिन्दाहरू अर्थात् कनानीहरू र परिज्‍जीहरूका सामु मलाई अप्रिय तुल्याएर तिमीहरूले ममाथि सङ्कष्‍ट ल्याएका छौ । मेरा मानिसहरू थोरै छन् तिनीहरू एकै ठाउँमा जम्मा भई ममाथि आक्रमण गरे भने म र मेरो घराना नष्‍ट हुनेछौँ ।
GEN 34:31 तर शिमियोन र लेवीले भने, “के शकेमले हाम्री बहिनीलाई वेश्यालाई जस्तै व्यवहार गर्नहुन्छ?”
GEN 35:1 परमेश्‍वरले याकूबलाई भन्‍नुभयो, “उठेर बेथेलमा जा, र त्यहीँ बस् । तँ तेरा दाजु एसावबाट भाग्दा तँकहाँ देखा पर्नुहुने परमेश्‍वरको निम्ति एउटा वेदी बना ।”
GEN 35:2 त्यसपछि याकूबले तिनको घराना र तिनीसित भएका सबैलाई भने, “तिमीहरूका बिचमा भएका विदेशी देवताहरू हटाइदेओ, र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर ।
GEN 35:3 अनि हामी यहाँबाट प्रस्थान गरी माथि बेथेलमा जाऔँ । त्यहाँ म परमेश्‍वरको लागि एउटा वेदी बनाउनेछु जसले मेरो दुःखमा मलाई जवाफ दिनुभयो र म जहाँ गए पनि उहाँ मसित हुनुभएको छ ।”
GEN 35:4 त्यसैले तिनीहरूले आ-आफ्ना हातमा भएका सबै विदेशी देवता र तिनीहरूका कानमा लगाएका कुण्डलहरू याकूबलाई दिए । याकूबले
GEN 35:5 तिनलाई शकेमको नजिकै रहेको फलाँटको रुखमुनि गाडे । तिनीहरू यात्रा गर्दै अगाडि बढ्दा परमेश्‍वरले तिनीहरूका वरिपरिका सहरहरूमा त्रास फैलाइदिनुभयो । त्यसैले ती मानिसहरूले याकूबका छोराहरूलाई लखेटेनन् ।
GEN 35:6 याकूब तिनीसित भएका सबै मानिससित लूज अर्थात् बेथेलमा आइपुगे जुन कनान देशमा पर्छ ।
GEN 35:7 त्यहाँ तिनले एउटा वेदी बनाए, र त्यसको नाउँ एल-बेथेल राखे किनकि तिनी आफ्ना दाजुबाट भाग्दा त्यहाँ परमेश्‍वरले आफैलाई तिनीकहाँ प्रकट गराउनुभएको थियो ।
GEN 35:8 त्यहाँ रिबेकाकी धाई दबोरा मरी । त्यसलाई बेथेलनेरको फलाँटको रुखमुनि गाडियो । त्यसैले यसको नाउँ अल्लोन-बकुत राखियो ।
GEN 35:9 याकूब पद्दन-आरामबाट आउँदा परमेश्‍वर फेरि तिनीकहाँ प्रकट हुनुभई तिनलाई आशिष् दिनुभयो ।
GEN 35:10 परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तेरो नाउँ याकूब हो, तर अबदेखि तेरो नाउँ याकूब भनिनेछैन । तेरो नाउँ इस्राएल हुनेछ ।” त्यसैले परमेश्‍वरले तिनको नाउँ इस्राएल राखिदिनुभयो ।
GEN 35:11 परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान् परमेश्‍वर हुँ । फल्दै-फुल्दै वृद्धि हुँदै जा । तँबाट एउटा जाति र जाति-जातिहरूको समूह उदय हुनेछ, अनि तेरा सन्तानहरूका बिचमा राजाहरू हुनेछन् ।
GEN 35:12 मैले अब्राहाम र इसहाकलाई दिएको देश म तँलाई दिनेछु । तँपछि उदय हुने तेरा सन्तानहरूलाई पनि म यो देश दिनेछु ।”
GEN 35:13 तिनीसित कुराकानी गर्नुभएको ठाउँबाट परमेश्‍वर जानुभयो ।
GEN 35:14 परमेश्‍वर तिनीसित कुराकानी गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा वेदी खडा गरे । तिनले त्यसमाथि अर्घ-बलि चढाएर तेल खन्याए ।
GEN 35:15 परमेश्‍वर तिनीसित बोल्नुभएको त्यस ठाउँलाई याकूबले बेथेल नाउँ दिए ।
GEN 35:16 तिनीहरू बेथेलबाट प्रस्थान गरे । तिनीहरू एप्रात आइपुग्‍न अलिकति दुरी बाँकी छँदा नै राहेललाई सुत्केरी व्यथा लाग्यो । उनलाई ज्यादै पीडा भएको थियो ।
GEN 35:17 उनी अत्यधिक पीडामा हुँदा सुँडेनीले उनलाई भनी, “भयभीत नहुनुहोस् किनकि अब तपाईंले अर्को छोरो जन्माउनुहुनेछ ।”
GEN 35:18 उनको प्राण जाने बेलामा उनी चिच्‍च्याउँदै गर्दा उनले त्यसको नाउँ बेन-ओनी राखिन्, तर त्यसका पिताले त्यसलाई बेन्यामीन नाउँ दिए ।
GEN 35:19 राहेल मरिन् र एप्राता (अर्थात् बेथलेहेम) जाने बाटोमा उनलाई गाडियो ।
GEN 35:20 याकूबले उनको चिहानमा एउटा खामो खडा गरे । आजको दिनसम्म यो राहेलको चिहानको चिन्हको रूपमा खडा छ ।
GEN 35:21 इस्राएल अगि बढे र तिनले बगालको धरहराभन्दा पर आफ्नो पाल टाँगे ।
GEN 35:22 इस्राएल त्यस देशमा बसिरहँदा रूबेन आफ्ना पिताकी भित्रिनी बिल्हासित सुते, र इस्राएलले यस विषयमा सुने । याकूबका बार्‍ह जना छोरा थिए ।
GEN 35:23 याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून ।
GEN 35:24 राहेलतर्फका छोराहरू यिनै थिएः योसेफ र बेन्यामीन ।
GEN 35:25 राहेलकी कमारी बिल्हातर्फका छोराहरू यिनै थिएः दान र नप्‍ताली ।
GEN 35:26 लेआकी कमारी जिल्पातर्फका छोराहरू यिनै थिएः गाद र आशेर । यी सबै याकूबले पद्दन-आराममा जन्माएका छोराहरू थिए ।
GEN 35:27 याकूब किर्यत-अर्बा (जुन हेब्रोन हो) मा आफ्ना पिता इसहाककहाँ आए जहाँ अब्राहाम र इसहाक बसोबास गरेका थिए ।
GEN 35:28 इसहाक एक सय असी वर्षसम्म बाँचे ।
GEN 35:29 इसहाकले आफ्नो अन्तिम सास फेरे र तिनको मृत्यु भयो अनि तिनी आफ्ना पुर्खाहरूसित मिल्न गए । तिनी पुरा बुढेसकालसम्म बाँचेका थिए । तिनका छोराहरू एसाव र याकूबले तिनलाई गाडे ।
GEN 36:1 एसाव (जसलाई एदोम पनि भनिन्थ्यो) का वंशहरू यसप्रकार थिए ।
GEN 36:2 एसावले कनानीहरूबाट आफ्ना पत्‍नीहरू ल्याए । उनका पत्‍नीहरू यसप्रकार थिएः हित्ती एलोनकी छोरी आदा; हिव्‍वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा;
GEN 36:3 र इश्‍माएलकी छोरी नबायोतकी बहिनी बासमत ।
GEN 36:4 आदाले एसावबाट एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन् ।
GEN 36:5 ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्माइन् । कनान देशमा जन्मेका एसावका छोराहरू यी नै थिए ।
GEN 36:6 एसावले आफ्ना पत्‍नीहरू, छोराछोरीहरू, र आफ्ना घरानाका सबै सदस्यहरू, आफ्ना पाल्तु पशुहरू, अनि कनान देशमा उनले प्राप्‍त गरेका सबै सम्पत्तिहरू लिएर आफ्नो भाइ याकूबबाट अलग्‍गै अर्को देशमा गए ।
GEN 36:7 तिनीहरू सँगै बस्‍नको निम्ति तिनीहरूका सम्पत्ति ज्यादै धेरै भएकाले उनले यसो गरे । तिनीहरूका पाल्तु पशुहरूका कारण तिनीहरू बसिरहेका ठाउँले तिनीहरूलाई धान्‍न सकेन ।
GEN 36:8 यसैकारण एसाव (जसलाई एदोम पनि भनिन्छ) सेइरको पहाडी देशमा बसोबास गरे ।
GEN 36:9 सेइरको पहाडी देशमा एदोमीहरूका पूर्वज अर्थात् एसावका वंशहरू यसप्रकार थिए ।
GEN 36:10 एसावका छोराहरूका नाम यिनै थिएः एसावकी पत्‍नी आदाका छोरा एलीपज; एसावकी पत्‍नी बासमतका छोरा रूएल ।
GEN 36:11 एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, र कनज थिए ।
GEN 36:12 एसावका छोरा एलीपजकी उपपत्‍नी तीम्‍नले अमालेकलाई जन्माइन् । एसावकी पत्‍नी आदाका नातिहरू यी नै थिए ।
GEN 36:13 रूएलका छोराहरू यस प्रकार थिए: नहत, जेरह, शम्मा र मिज्‍जा । एसावकी पत्‍नी बासमतका नातिहरू यी नै थिए ।
GEN 36:14 एसावकी पत्‍नी, अनाकी छोरी र सिबोनकी नातिनी ओहोलीबामाका छोराहरू यी नै थिए । तिनले एसावबाट येऊश, यालाम र कोरह जन्माइन् ।
GEN 36:15 एसावका वंशहरूमा नजिकका घरानाहरू यिनै थिए: एसावका जेठा छोरा एलीपजका छोराहरूः तेमान, ओमार, सपो, कनज,
GEN 36:16 कोरह, गाताम र अमालेक । एदोम देशमा एलीपजबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए ।
GEN 36:17 एसावका छोरा रूएलका नजिकका घरानाहरू यिनै थिएः नहत, जेरह, शम्मा र मिज्‍जा । एदोम देशमा रूएलबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए । ती एसावकी पत्‍नी बासमतका नातिहरू थिए ।
GEN 36:18 एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै थिएः येऊश, यालाम र कोरह । अनाकी छोरी एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै हुन् ।
GEN 36:19 एसावका छोराहरू यी नै थिए, र तिनीहरूका नजिकका घरानाहरू यी नै हुन् ।
GEN 36:20 होरी सेइरका छोराहरू यी नै थिएः लोतान, शोबाल, सिबोन, अना,
GEN 36:21 दीशोन, एसेर र दीशान जो त्यस देशका बासिन्दाहरू थिए । एदोमको देशमा सेइरबाट जन्मेका बासिन्दा होरीहरूका नजिकका घरानाहरू यी नै थिए ।
GEN 36:22 लोतानका छोराहरू होरी र हेमान थिए, र तीम्‍न लोतानकी बहिनी थिइन् ।
GEN 36:23 शोबालका छोराहरू यिनै थिएः अल्बान, मानहत, एबाल, शपो र ओनाम ।
GEN 36:24 सिबोनका छोराहरू यिनै थिएः अय्‍या र अना । आफ्ना बुबा सिबोनका गधाहरू चराउँदै गर्दा मरुभूमिमा तातो पानीको मूल भेट्टाउने अना यिनी नै हुन् ।
GEN 36:25 अनाका छोराछोरीहरू यी थिएः दीशोन र अनाकी छोरी ओहोलीबामा ।
GEN 36:26 दीशोनका छोराहरू यी थिएः हेमदान, एश्‍बान, यित्रान र करान ।
GEN 36:27 एसेरका छोराहरू यी थिएः बिल्हान, जावान र अकान ।
GEN 36:28 दीशानका छोराहरू यी थिएः ऊज र आरान ।
GEN 36:29 होरीहरूका नजिकका घरानाहरू यी थिए: लोतान, शोबाल, सिबोन, अना,
GEN 36:30 दीशोन, एसेर र दीशान । सेइर देशमा तिनीहरूका नजिकका घरानाहरूको सूचीअनुसारका होरीहरूका नजिकका घरानाहरू यी नै थिए ।
GEN 36:31 इस्राएलीहरूमाथि कुनै राजाले शासन गर्नुअगि एदोम देशमा राज्य गर्ने राजाहरू यी नै थिए ।
GEN 36:32 बओरका छोरा बेलाले एदोममा राज्य गरे, र उनको सहरको नाम दिन्हावा थियो ।
GEN 36:33 बेलाको मृत्युपछि बोज्रामा बसोबास गर्ने जेरहका छोरा योबाबले उनको स्थानमा राज्य गरे ।
GEN 36:34 योबाबको मृत्युपछि तेमानीहरूको देशमा बसोबास गर्ने हुशामले उनको स्थानमा राज्य गरे ।
GEN 36:35 हुशामको मृत्युपछि बददका छोरा हददले उनको स्थानमा राज्य गरे जसले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरेका थिए । उनको सहरको नाम अवीत थियो ।
GEN 36:36 हददको मृत्युपछि मस्रेकामा बसोबास गर्ने सम्लाले उनको स्थानमा राज्य गरे ।
GEN 36:37 सम्लाको मृत्युपछि यूफ्रेटिस नदीको किनारमा रहेको रहोबोतमा बसोबास गर्ने शौलले उनको स्थानमा राज्य गरे ।
GEN 36:38 शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानानले उनको स्थानमा राज्य गरे ।
GEN 36:39 अक्बोरका छोरा बाल-हानानको मृत्युपछि हदरले उनको स्थानमा राज्य गरे । उनको सहरको नाम पाऊ थियो । उनकी पत्‍नीको नाम महेतबेल थियो । तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन् ।
GEN 36:40 एसावका वंशहरूबाट तिनीहरूका नजिकका घराना र क्षेत्रहरू, र तिनीहरूका नामहरूअनुसार नजिकका घरानाहरूका मुखियाहरूका नाम यी थिएः तीम्‍न, अल्वा, यतेत,
GEN 36:41 ओहोलीबामा, एलाह, पीनोन,
GEN 36:42 कनज, तेमान, मिब्सार,
GEN 36:43 मग्दीएल र ईराम । तिनीहरूका देशमा तिनीहरूका बसोबासअनुसारका एदोमका नजिकका घरानाका मुखियाहरू यी नै थिए । एदोमीहरूका पिता एसाव यिनी नै थिए ।
GEN 37:1 याकूब आफ्ना बुबा बसोबास गर्दै आएका कनान देशमा बस्दथे ।
GEN 37:2 याकूबका विषयमा भएका घटनाहरूका वृत्तान्त यिनै थिए । सत्र वर्षका जवान योसेफ आफ्ना दाजुहरूसँग भेडाबाख्राहरूका बगाल हेर्दै थिए । उनी आफ्ना बुबाका उपपत्‍नीहरू बिल्हा र जिल्पाका छोराहरूसँग थिए । योसेफले आफ्ना बुबाकहाँ तिनीहरूका विषयमा खराब खबर ल्याए ।
GEN 37:3 इस्राएलले आफ्ना सबै छोराहरूमध्ये योसेफलाई धेरै माया गर्दथे किनभने उनी तिनका बुढेसकालका छोरा थिए । तिनले उनको निम्ति एउटा सुन्दर वस्‍त्र बनाइदिए ।
GEN 37:4 उनका दाजुहरूले तिनीहरूका बुबाले उनलाई सबै दाजुभाइहरूभन्दा धेरै माया गरेका देखे । तिनीहरूले योसेफलाई घृणा गर्थे र उनीसँग राम्ररी बोल्दैनथे ।
GEN 37:5 योसेफले एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । त्यसपछि तिनीहरूले उनलाई झनै धेरै घृणा गरे ।
GEN 37:6 उनले तिनीहरूलाई भने, “कृपया मैले देखेको सपनालाई सुन्‍नुहोस् ।
GEN 37:7 हामी खेतमा अन्‍नका बिटाहरू बाँधिरहेका थियौँ अनि मेरो बिटाचाहिँ ठाडो भई उठ्यो, र तपाईंहरूका बिटाहरू मेरो बिटाको वरिपरि आई त्यसलाई दण्डवत् गरे । ”
GEN 37:8 उनका दाजुहरूले उनलाई भने, “के तैँले साँच्‍चै हामीमाथि शासन गर्नेछस्? के साँच्‍चै हामीमाथि तैँले अधिकार गर्नेछस्?” उनका सपना र उनले भनेका कुराहरूका कारण तिनीहरूले उनलाई झनै धेरै घृणा गरे ।
GEN 37:9 उनले अर्को एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । उनले भने, “हेर्नुहोस्, मैले अर्को सपना देखेँः सूर्य, चन्द्र र एघारवटा ताराले मलाई दण्डवत् गरे ।”
GEN 37:10 आफ्ना दाजुहरूलाई झैँ उनले यो कुरा आफ्ना बुबालाई पनि बताए, तर उनका बुबाले उनलाई हप्‍काए । तिनले उनलाई भने, “तिमीले देखेको यो सपना के हो? के तिम्री आमा र म अनि तिम्रा सबै दाजुहरूले साँच्‍चै तिम्रोअगि भुइँसम्मै झुकेर दण्डवत् गर्नेछन्?”
GEN 37:11 उनका दाजुहरूले उनको ईर्ष्‍या गर्न लागे, तर उनका बुबाले यो विषयलाई आफ्नो मनमा नै राखे ।
GEN 37:12 उनका दाजुहरू आफ्ना बुबाका भेडाबाख्राहरूका बगाललाई चराउन शकेममा गएका थिए ।
GEN 37:13 इस्राएलले योसेफलाई भने, “के तिम्रा दाजुहरू शकेममा भेडाबाख्राहरूका बगाल चराइरहेका छैनन् र? आऊ, र म तिमीलाई तिनीहरूकहाँ पठाउनेछु ।” योसेफले तिनलाई भने, “म तयार छु ।”
GEN 37:14 तिनले उनलाई भने, “अहिले नै जाऊ र तिम्रा दाजुहरू र बगाल ठिकै छन् कि छैनन् हेर, र मकहाँ खबर ल्याऊ ।” यसैकारण याकूबले उनलाई हेब्रोनको बेँसीबाट बाहिर शकेममा पठाए, अनि उनी त्यहाँ गए ।
GEN 37:15 एक जना मानिसले योसेफलाई भेट्टाए । योसेफ खेतमा डुलिरहेका थिए । त्यस मानिसले उनलाई सोधे, “तिमी के खोजिरहेका छौ?”
GEN 37:16 योसेफले भने, “म मेरा दाजुहरूलाई खोजिरहेको छु । उहाँहरूले बगाल कहाँ चराउँदै हुनुहुन्छ कृपया मलाई बताउनुहोस् ।”
GEN 37:17 त्यस मानिसले भने, “तिनीहरू यस ठाउँबाट गइसके, तर मैले तिनीहरूले यसो भनेका सुनेको थिएँ, ‘हामी दोतानतिर जाऔँ ।’” योसेफ आफ्ना दाजुहरूका पछिपछि गए र तिनीहरूलाई दोतानमा भेट्टाए ।
GEN 37:18 तिनीहरूले उनलाई टाढैबाट आइरहेको देखे, र उनी तिनीहरूका नजिक आइपुग्‍नअगि नै तिनीहरूले उनलाई मार्ने मतो गरे ।
GEN 37:19 उनका दाजुहरूले एक-अर्कासँग भने, “हेर, त्यो स्वप्‍न-दर्शी आउँदै छ ।
GEN 37:20 अब, हामी त्यसलाई मारौँ र त्यसलाई यी खाडलहरूमध्ये एउटामा फालिदिऔँ । हामी यस्तो भनिदिउँला, ‘कुनै जङ्गली जनावरले त्यसलाई खाएछ ।’ अनि त्यसका सपनाहरू के हुनेछन् भनेर हामी हेर्नेछौँ ।”
GEN 37:21 रूबेनले यो सुने र उनलाई तिनीहरूका हातबाट बचाए । उनले भने, “हामी त्यसको प्राण नलिऔँ ।”
GEN 37:22 तिनीहरूका हातबाट बचाई आफ्ना बुबाकहाँ ल्याउने योजना राखी रूबेनले तिनीहरूलाई भने, “रगत नबगाऔँ । मरुभूमिको खाडलमा त्यसलाई फ्याँकिदेओ, तर त्यसमाथि हात नउठाओ ।”
GEN 37:23 जब योसेफ दाजुहरूकहाँ आइपुगे, तिनीहरूले उनको त्यो सुन्दर वस्‍त्र च्यातिदिए ।
GEN 37:24 तिनीहरूले उनलाई पक्रेर खाडलमा फ्याँकिदिए । त्यो खाडलमा पानी थिएन र त्यो सुक्‍खा थियो ।
GEN 37:25 तिनीहरू भोजन गर्न बसे । तिनीहरूले आफ्ना आँखा उठाएर हेरे, र गिलादबाट ऊँटहरूमा मसलाहरू, लेप र मुर्र लिएर आइरहेको इश्माएलीहरूको एउटा यात्री दललाई देखे । तिनीहरू ती सरसामान लिएर मिश्रतर्फ यात्रा गर्दै थिए ।
GEN 37:26 यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा?
GEN 37:27 आओ, त्यसलाई यी इश्माएलीहरूलाई बेचिदिऔँ र त्यसमाथि हात नउठाऔँ । किनकि त्यो हाम्रै रगत, हाम्रै भाइ हो ।” उनका दाजुभाइहरूले उनको कुरा सुने ।
GEN 37:28 मिद्यानी व्यापारीहरू त्यहाँबाट भएर गए । योसेफका दाजुहरूले उनलाई माथि उठाए र त्यस खाडलबाट बाहिर निकाले । तिनीहरूले योसेफलाई इश्माएलीहरूका हातमा चाँदीका बिस सिक्‍कामा बेचिदिए । ती इश्माएलीहरूले योसेफलाई मिश्रमा लगे ।
GEN 37:29 पछि रूबेन त्यस खाडलमा फर्केर गए, तर योसेफ भने खाडलमा थिएनन् । उनले आफ्ना लुगाहरू च्याते ।
GEN 37:30 उनी आफ्ना दाजुभाइहरूकहाँ फर्के र भने, “त्यो केटो त त्यहाँ छैन! अब म कहाँ जाऊँ?”
GEN 37:31 तिनीहरूले एउटा बोका मारे अनि त्यसपछि योसेफको वस्‍त्र लिएर त्यसलाई रगतमा चोपे।
GEN 37:32 त्यस वस्‍त्रलाई तिनीहरूले आफ्ना बुबाकहाँ ल्याएर भने, “हामीले यो भेट्टायौँ । कृपया यो तपाईंको छोराको लुगा हो कि होइन हेर्नुहोस् ।”
GEN 37:33 याकूबले आफ्ना छोराको लुगा चिने र भने, “यो त मेरो छोराको लुगा हो । उसलाई जङ्गली जनावरले खाएछ । योसेफलाई पक्‍कै पनि त्यसले टुक्रा-टुक्रा पार्‍यो होला ।”
GEN 37:34 याकूबले आफ्ना वस्‍त्र च्याते र आफ्नो कम्मरमा भाङ्‍ग्रा लगाए । तिनले आफ्ना छोराको निम्ति धेरै दिनसम्म शोक गरे ।
GEN 37:35 तिनका सबै छोराछोरीहरू तिनलाई सान्त्वना दिन तिनको नजिक आए, तर तिनले त्यो इन्कार गरे । तिनले भने, “म मेरो छोराको निम्ति शोक गर्दै चिहानमा पुग्‍नेछु ।” उनका बुबा उनको निम्ति रोए ।
GEN 37:36 मिद्यानीहरूले उनलाई मिश्रमा फारोका एक अधिकृत अर्थात् अङ्गरक्षकहरूका कप्‍तान पोतीफरका हातमा बेचिदिए ।
GEN 38:1 त्यस समयमा यहूदा आफ्ना दाजुभाइहरूलाई छोडेर हीरा नाउँ भएको कुनै एउटा अदुल्लामवासीकहाँ बस्दथे ।
GEN 38:2 त्यहाँ उनले एउटा कनानी मानिसकी छोरीलाई भेटे जसको नाम शूआ थियो । उनले तिनीसँग विवाह गरे र सहवास गरे ।
GEN 38:3 तिनी गर्भवती भइन् र एउटा छोरो जन्माइन् । त्यसको नाउँ एर् राखियो ।
GEN 38:4 तिनी फेरि गर्भवती भइन् र अर्को छोरो जन्माइन् । तिनले त्यसको नाउँ ओनान राखिन् ।
GEN 38:5 तिनले फेरि अर्को छोरो जन्माइन् र त्यसको नाउँ शेलह राखिन् ।
GEN 38:6 यहूदाले आफ्नो जेठो छोरा एर‍्को निम्ति एउटी पत्‍नी ल्याइदिए । तिनको नाउँ तामार थियो ।
GEN 38:7 तर यहूदाको जेठो छोरो एर् परमप्रभुको दृष्‍टिमा दुष्‍ट थियो । यसैकारण परमप्रभुले त्यसको प्राण लिनुभयो ।
GEN 38:8 यहूदाले ओनानलाई भने, “तँ आफ्नो दाजुकी पत्‍नीसँग सहवास गर्। आफ्नी भाउजूप्रति देवरको कर्तव्य पूरा गर्, र आफ्नो दाजुको निम्ति एउटा बालक हुर्का ।”
GEN 38:9 त्यो बालक आफ्नो हुनेछैन भनेर ओनानलाई थाहा थियो । आफ्नो दाजुकी पत्‍नीसँग सहवास गर्दा दाजुको कुनै सन्तान नहोस् भनेर उसले आफ्नो वीर्य भुइँमा पतन गर्थ्यो ।
GEN 38:10 उसले जे गर्‍यो त्यो परमप्रभुको दृष्‍टिमा खराब थियो । परमप्रभुले त्यसको पनि प्राण लिनुभयो ।
GEN 38:11 त्यसपछि यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरो शेलह ठुलो नभएसम्म तिम्रा बुबाकै घरमा विधवा नै भएर बस ।” किनभने अरू दाजुहरूझैँ शेलह पनि मर्छ कि भनेर उनी डराए । त्यसैकारण तामार तिनका बुबाकै घरमा बसिन् ।
GEN 38:12 त्यसको धेरै समयपछि शूआकी छोरी यहूदाकी पत्‍नीको मृत्यु भयो । यहूदाले शोक गरिसकेपछि उनी र उनका मित्र अदुल्लामवासी हीराका साथ आफ्ना भेडा कत्रनेहरूकहाँ तिम्‍नामा गए ।
GEN 38:13 तामारलाई यसो भनियो, “हेर, तिम्रा ससुरा आफ्ना भेडा कत्रन तिम्‍ना जाँदै हुनुहुन्छ ।”
GEN 38:14 तिनले विधवाको वस्‍त्र फुकालिन्, घुम्टोले आफ्नो टाउको र अनुहार ढाकिन् र अरूहरूले तिनलाई नचिनून् भनेर आफैँलाई कपडाले ढाकिन् । तिनी तिम्‍नाको बाटोमा रहेको एनैमको द्वारमा बसिन् । किनकि शेलह ठुलो भइसकेका तर तिनलाई उनकी पत्‍नी हुनलाई नदिइएको तिनले देखिन् ।
GEN 38:15 जब यहूदाले तिनलाई देखे तिनले आफ्नो अनुहार ढाकेकी हुनाले तिनलाई एउटा वेश्या ठाने ।
GEN 38:16 तिनी आफ्नी बुहारी हुन् भन्‍ने थाहा नभएर उनी तिनीकहाँ सडकको किनारमा गए र भने, “आऊ, मलाई तिमीसँग सुत्‍न देऊ” अनि तिनले भनिन्, “तपाईं मसँग सुत्‍नका लागि मलाई के दिनुहुन्छ?”
GEN 38:17 उनले भने, “म तिम्रो निम्ति बगालबाट एउटा पाठो दिनेछु ।” तिनले भनिन्, “के तपाईंले त्यो मकहाँ नपठाउन्जेल केही बन्धक राख्‍नुहुनेछ?”
GEN 38:18 उनले भने, “म तिमीलाई बन्धकको रूपमा के दिऊँ?” तिनले जवाफ दिइन्, “तपाईंको छाप, त्यसको डोरी, र तपाईंको हातमा भएको त्यो लौरो ।” उनले ती सबै तिनलाई दिए र तिनीसँग सुते, अनि तिनी उनीद्वारा गर्भवती भइन् ।
GEN 38:19 त्यसपछि तिनी उठेर गइहालिन् । तिनले आफ्नो घुम्टो हटाएर विधवाको वस्‍त्र लगाइन् ।
GEN 38:20 यहूदाले ती स्‍त्रीका हातबाट बन्धकमा रहेका सामान प्राप्‍त गर्न आफ्ना मित्र अदुल्लामवासीसँग एउटा पाठो पठाए, तर उनले तिनलाई भेट्टाएनन् ।
GEN 38:21 त्यसपछि त्यस अदुल्लामवासीले त्यहाँका मानिसहरूलाई सोधे, “मन्दिरमा सेवा गर्ने त्यो वेश्या कहाँ गई जो सडक नजिक एनैममा थिई?” तिनीहरूले भने, “मन्दिरमा सेवा गर्ने कोही वेश्या यहाँ छैन ।”
GEN 38:22 उनी यहूदाकहाँ फर्के र भने, “मैले त्यसलाई भेट्टाइनँ । र त्यस ठाउँका मानिसहरूले पनि भने, ‘मन्दिरमा सेवा गर्ने कोही वेश्या यहाँ छैन’ ।”
GEN 38:23 यहूदाले भने, “त्यसले नै ती सामानहरू राखोस्, र हामी शर्ममा पर्नेछैनौँ । मैले त यो पाठो पठाएकै हो, तर तिमीले त्यसलाई भेट्टाएनौ ।”
GEN 38:24 त्यसको करिब तिन महिनापछि यहूदालाई भनियो, “तपाईंकी बुहारी तामारले वेश्याकर्म गरेकी छे, र त्यो गर्भवती भएकी छे । ” यहूदाले भने, “त्यसलाई मकहाँ ल्याओ र त्यसलाई जलाइयोस् ।”
GEN 38:25 जब तिनलाई ल्याइँदै थियो, तिनले आफ्नो ससुरालाई एउटा सन्देश पठाए, “यी सामानहरू जसका हुन् म त्यही मानिसद्वारा गर्भवती भएकी हुँ ।” तिनले भनिन्, “यो छाप, त्यसको डोरी र यो लौरो कसका हुन् कृपया पत्ता लगाइदिनुहोस् ।”
GEN 38:26 यहूदाले ती सामानहरू चिने र भने, “मैले यिनलाई मेरो छोरो शेलहकी पत्‍नी हुन नदिएको हुनाले यिनी मभन्दा पनि धेरै धर्मी छिन्, ।” त्यसपछि उनी कहिल्यै तिनीसँग सुतेनन् ।
GEN 38:27 तिनको बच्‍चा जन्माउने समय भयो । तिनको गर्भमा जुम्ल्याहा थियो ।
GEN 38:28 तिनले बच्‍चा जन्माइरहँदा एउटाले आफ्नो हात बाहिर निकाल्यो, र सुँडेनीले एउटा गाढा रातो धागो लिएर त्यसको हातमा बाँधिदिएर भनी, “योचाहिँ पहिले बाहिर आयो ।”
GEN 38:29 तर त्यसपछि त्यसले आफ्नो हात भित्र लग्यो, र त्यसको भाइ पहिला बाहिर निस्कियो । सुँडेनीले अचम्म मानेर भनी, “यो कसरी पहिला बाहिर आयो!” यसैकारण त्यसको नाउँ फारेस राखियो ।
GEN 38:30 त्यसपछि हातमा गाढा रातो धागो भएको त्यसको दाजु बाहिर आयो, र त्यसको नाउँ जेरह राखियो ।
GEN 39:1 योसेफलाई मिश्रमा लगियो । अङ्गरक्षकहरूका एक मिश्री कप्‍तान फारोका अधिकारी पोतीफरले उनलाई इश्माएलीहरूबाट किने ।
GEN 39:2 परमप्रभु योसेफसँग हुनुहुन्थ्यो र उनी एक समृद्ध मानिस भए । उनी आफ्ना मिश्री मालिकका घरमा बस्थे ।
GEN 39:3 परमप्रभु उनीसँग हुनुहुन्छ र उनले गर्ने सबै काममा उनलाई समृद्धि मिल्छ भन्‍ने कुरा उनको मालिकले देखे ।
GEN 39:4 योसेफले तिनको कृपादृष्‍टि पाए । उनले पोतीफरको सेवा गरे । पोतीफरले योसेफलाई आफ्नो घर र तिनको स्वामित्वमा रहेका सबै कुरामाथि अधिकार दिए, र ती उनको जिम्मामा लगाए ।
GEN 39:5 तिनको घर र तिनको स्वामित्वमा रहेका सबै कुरामाथि योसेफलाई अधिकार दिएपछि योसेफको कारण परमप्रभुले त्यस मिश्रीको घरलाई आशिषित् गर्नुभयो । पोतीफरको घर र खेतमा भएका सबै कुरामाथि परमप्रभुको आशिष् रह्यो ।
GEN 39:6 पोतीफरले आफ्ना सबै कुरा योसेफको जिम्मामा दिए । तिनले आफूले खाने भोजनबाहेक अरू कुनै कुराको विषयमा पनि चिन्ता लिनु पर्दैनथ्यो । योसेफ सुन्दर र आकर्षक थिए ।
GEN 39:7 योसेफका मालिककी पत्‍नीले उनीप्रति चाहना राखिन् । तिनले भनिन्, “मसँग सुत ।”
GEN 39:8 उनले इन्कार गरेर आफ्ना मालिककी पत्‍नीलाई यसो भने, “हेर्नुहोस्, मेरा मालिकले यस घरमा म के गर्छु भन्‍ने कुराप्रति कुनै चिन्ता गर्नुहुन्‍न, र उहाँका सबै कुरा उहाँले मेरै जिम्मामा दिनुभएको छ ।
GEN 39:9 मभन्दा ठुलो यस घरमा कोही छैन । उहाँले तपाईंबाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईं उहाँकी पत्‍नी हुनुहुन्छ । यसैकारण मैले कसरी यस्तो दुष्‍ट काम गरी परमेश्‍वरको विरुद्ध पाप गर्न सक्छु?”
GEN 39:10 तिनले योसेफसँग दिनहुँ कुरा गरिन्, तर उनी तिनीसँग सुत्‍न वा तिनको नजिक जान इन्कार गरे ।
GEN 39:11 एक दिन उनी आफ्ना काम गर्न घरभित्र प्रवेश गरे । घरभित्र कोही पनि मानिस थिएन ।
GEN 39:12 तिनले उनको लुगा समातिन् र भनिन्, “मसँग सुत ।” उनले आफ्ना लुगा तिनकै हातमा छोडेर बाहिर भागे ।
GEN 39:13 जब योसेफ आफ्ना लुगा छोडेर बाहिर भागेका तिनले देखिन्,
GEN 39:14 तिनले आफ्ना घरका मानिसहरूलाई बोलाएर भनिन्, “हेर, पोतीफरले हाम्रो बेइज्‍जत गर्न एउटा हिब्रूलाई ल्याउनुभएको छ । त्यो मकहाँ सुत्‍न भनेर आयो, अनि म चिच्याएँ ।
GEN 39:15 जब त्यसले म चिच्‍याएकी सुन्यो, त्यसले आफ्ना लुगा मकहाँ छोडेर बाहिर भाग्यो ।”
GEN 39:16 तिनको मालिक घर नआउन्जेलसम्म तिनले त्यो लुगा आफ्नै साथमा राखिन् ।
GEN 39:17 तिनले उनलाई यसरी वर्णन गरिन्, “तपाईंले हाम्रो निम्ति ल्याउनुभएको त्यो हिब्रू नोकर मेरो बेइज्‍जत गर्न मकहाँ आयो ।
GEN 39:18 जब म चिच्‍याएँ, त्यसले आफ्ना लुगा मकहाँ छोडेर बाहिर भाग्यो ।”
GEN 39:19 आफ्नो नोकरले आफ्नी पत्‍नीलाई गरेको व्यवहार आफ्नी पत्‍नीबाट सुनेपछि तिनी रिसले चुर भए ।
GEN 39:20 योसेफका मालिकले उनलाई झ्यालखानामा राखे जहाँ राजाका कैदीहरू राखिन्थे । उनी त्यही झ्यालखानामा थिए ।
GEN 39:21 तर परमप्रभु योसेफसँग हुनुहुन्थ्यो र आफ्ना करारप्रति उहाँ भरोसायोग्य रहनुभयो । झ्यालखानाका हाकिमको नजरमा उहाँले उनलाई कृपादृष्‍टि दिनुभयो ।
GEN 39:22 झ्यालखानाका हाकिमले झ्यालखानाका सबै कैदीहरू योसेफको जिम्मामा दिए । तिनीहरूले गर्ने काममाथि योसेफकै निगरानी हुन्थ्यो ।
GEN 39:23 उनको जिम्मामा भएका कुनै कुरामा त्यस झ्यालखानाका हाकिम चिन्तित हुँदैन थिए, किनभने परमप्रभु उनीसँग हुनुहुन्थ्यो । उनले जे गर्थे, परमप्रभुले समृद्धि प्रदान गर्नुहुन्थ्यो ।
GEN 40:1 मिश्रका राजाका पियाउने र पकाउनेले आफ्ना मालिकको विरुद्ध काम गरे ।
GEN 40:2 आफ्ना यी दुई अधिकार प्राप्‍त मुख्‍य पियाउने र पकाउनेसँग फारो क्रोधित भए ।
GEN 40:3 उनले तिनीहरूलाई अङ्गरक्षकहरूका कप्‍तानको घरमा कैदमा राखे, जहाँ योसेफलाई पनि राखिएको थियो ।
GEN 40:4 अङ्गरक्षकहरूका कप्‍तानले योसेफलाई तिनीहरूको सेवा गर्ने जिम्मा दिए । तिनीहरू त्यस झ्यालखानामा केही समयसम्म रहे ।
GEN 40:5 ती झ्यालखानामा भएका मिश्रका राजाका पकाउने र पियाउने दुवैले एकै रात आ-आफ्नै सपना देखे, र ती दुवै सपनाका आ-आफ्नै अर्थ थिए ।
GEN 40:6 योसेफ बिहान तिनीहरूकहाँ आए र तिनीहरूलाई उदास देखे ।
GEN 40:7 उनले आफ्ना मालिकका घरमा भएको झ्यालखानामा उनीसँगै भएका फारोका अधिकारीहरूलाई भने, “तपाईंहरू आज किन यति धेरै उदास देखिनुहुन्छ?”
GEN 40:8 तिनीहरूले उनलाई भने, “हामी दुवैले एउटा सपना देखेका छौँ र कसैले पनि त्यसको अर्थ खोल्न सकेको छैन ।” योसेफले तिनीहरूलाई भने, “के सबै अर्थहरू परमेश्‍वरका नै होइनन् र? कृपया, मलाई ती बताउनुहोस् ।”
GEN 40:9 मुख्य पियाउनेले योसेफलाई आफ्नो सपना भने । तिनले उनलाई भने, “मेरो सपनामा मेरोअगि एउटा दाखको बोट थियो ।
GEN 40:10 त्यस दाखको बोटमा तिनवटा हाँगा थिए । जब त्यसमा टुसा पलायो , त्यसमा फूलहरू निस्किए र दाखका झुप्‍पाहरू पाके ।
GEN 40:11 फारोको कचौरा मेरो हातमा थियो । मैले ती दाख लिएँ र फारोको कचौरामा निचरेँ, र त्यस कचौरालाई फारोका हातमा टक्र्याएँ ।”
GEN 40:12 योसेफले तिनलाई भने, “यसको अर्थ यस्तो छ । तिनवटा हाँगा भनेको तिन दिन हो ।
GEN 40:13 तिन दिनभित्र फारोले तपाईंको शिर उच्‍च पार्नुहुनेछ र तपाईंलाई तपाईंको काममा पुनर्स्थापित गर्नुहुनेछ । तपाईं फारोका पियाउने हुनुहुँदाजस्तै तपाईंले फारोको कचौरालाई उहाँका हातमा टक्र्याउनुहुनेछ ।
GEN 40:14 तर तपाईंको भलो हुँदा मलाई सम्झनुहोस्, र कृपया ममाथि दया देखाउनुहोस् । मेरो विषयमा फारोलाई बताएर मलाई यस झ्यालखानाबाट बाहिर निकालिदिनुहोस् ।
GEN 40:15 किनकि मलाई वास्तवमा हिब्रूहरूका देशबाट अपहरण गरी ल्याइएको थियो । यहाँ पनि यस झ्यालखानामा राखिनुपर्ने कुनै काम मैले गरेको छैन ।”
GEN 40:16 जब मुख्य पकाउनेले सपनाको अर्थ असल भएको देखे, उनले योसेफलाई भने, “मैले पनि एउटा सपना देखेको थिएँ । रोटीका तिनवटा टोकरी मेरो टाउकोमाथि थिए ।
GEN 40:17 सबैभन्दा माथिको टोकरीमा फारोका निम्ति सबै किसिमका पकाइएका खाने कुरा थिए, तर चराहरूले मेरो टाउकोमाथिको टोकरीबाट ती खाइदिए ।”
GEN 40:18 योसेफले जवाफ दिए, “यसको अर्थ यस्तो छ । तिनवटा टोकरी भनेको तिन दिन हो ।
GEN 40:19 तिन दिनभित्र फारोले तपाईंको शिर उठाएर तपाईंलाई रुखमा झुण्ड्याइदिनुहुनेछ । चराहरूले तपाईंको मासु खानेछन् ।”
GEN 40:20 त्यसपछिको तेस्रो दिन फारोको जन्म दिन थियो । तिनले आफ्ना सबै नोकरहरूका निम्ति भोजको आयोजना गरे । आफ्ना नोकरहरूका माझमा तिनले मुख्य पियाउने र मुख्य पकाउनेलाई उभ्याए ।
GEN 40:21 तिनले मुख्य पियाउनेलाई उनको जिम्मेवारीमा पुनर्स्थापित गरिदिए, र उनले फेरि फारोका हातमा कचौरा टक्र्याए ।
GEN 40:22 तर योसेफले तिनीहरूलाई अर्थ बताएझैँ फारोले मुख्य पकाउनेलाई झुण्ड्याइदिए ।
GEN 40:23 मुख्य पियाउनेले भने योसेफलाई सम्झेनन्, तर उनलाई बिर्सिहाले ।
GEN 41:1 दुई वर्षको अन्त्यमा फारोले एउटा सपना देखे । तिनी नील नदीको किनारमा उभिए ।
GEN 41:2 नील नदीबाट सातवटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे ।
GEN 41:3 नील नदीबाट अरू सातवटा नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए । तिनीहरू नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए ।
GEN 41:4 त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सातवटा सप्रेका र मोटा-मोटा गाईलाई खाइदिए । अनि फारो ब्युँझे ।
GEN 41:5 तिनी फेरि सुते र अर्को सपना देखे । सातवटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रे ।
GEN 41:6 त्यसपछि सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्‍नका बाला तिनीहरू पछि पलाए ।
GEN 41:7 सेप्रा बालाहरूले ती सातवटा भरिला र असल बालालाई खाइदिए । फारो ब्युँझे, र यो त सपना पो रहेछ भनी तिनलाई थाहा भयो ।
GEN 41:8 बिहान तिनको आत्मा बेचैन भयो । तिनले मिश्रका सबै जादुगर र बुद्धिमान् मानिसहरूलाई बोलाउन पठाए । फारोले तिनीहरूलाई आफ्ना सपनाहरू बताए, तर फारोलाई सपनाहरूको अर्थ खोल्न सक्‍ने त्यहाँ कोही भएन ।
GEN 41:9 त्यसपछि मुख्य पियाउनेले फारोलाई भने, “आज म मेरो दोषको बारेमा सोच्दै छु ।
GEN 41:10 फारो आफ्ना नोकरहरूसित रिसाउनु भई मलाई र मुख्य पकाउनेलाई अङ्गरक्षकका कप्‍तानको कैदखानामा राख्‍नुभयो ।
GEN 41:11 तिनी र मैले एउटै रात सपना देख्यौँ । हामीले आ-आफ्नो अर्थ भएका सपना देख्यौँ ।
GEN 41:12 त्यहाँ हामीसित एक जना जवान हिब्रू मानिस थियो जो अङ्गरक्षकका कप्‍तानको नोकर थियो । हामीले त्यसलाई हाम्रा सपनाहरू बताएपछि त्यसले अर्थ खोलिदियो । त्यसले हामीलाई आ-आफ्ना सपनाअनुसार अर्थ खोलिदियो ।
GEN 41:13 त्यसले हामीलाई अर्थ खोलिदिएअनुसार नै हुन आयो । फारोले मलाई मेरो पदमा पुनर्स्थापना गरिदिनुभयो, तर अर्को मानिसलाई झुण्ड्याइयो ।”
GEN 41:14 त्यसपछि फारोले योसेफलाई डाक्‍न पठाए । तिनीहरूले तिनलाई चाँडै नै झ्यालखानाबाट निकालेर ल्याए । तिनले दारी खौरेपछि लुगाहरू बद्लेर फारोकहाँ आए ।
GEN 41:15 फारोले योसेफलाई भने, “मैले एउटा सपना देखेँ, तर यसको अर्थ खोल्ने कोही भएन । तर तिमीले सपना सुन्यौ भने यसको अर्थ खोल्न सक्छौ भनी मैले तिम्रो बारेमा सुनेको छु ।”
GEN 41:16 योसेफले फारोलाई जवाफ दिए, “ममा यस्तो खुबी त छैन, तर परमेश्‍वरले फारोलाई निगाहसाथ जवाफ दिनुहुनेछ ।”
GEN 41:17 फारोले योसेफलाई बताए, “मेरो सपनामा म नील नदीको किनारमा उभिएँ ।
GEN 41:18 नील नदीबाट सातवटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे ।
GEN 41:19 नील नदीबाट अरू सातवटा कमजोर, नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए । मैले पुरै मिश्रभरि तीजस्ता नसप्रेका गाईहरू कहिल्यै देखेको छैनँ ।
GEN 41:20 त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सातवटा मोटा-मोटा गाईलाई खाइदिए ।
GEN 41:21 तिनीहरूले ती गाईहरूलाई खाइसकेपछि तिनीहरू खाएका जस्ता देखिँदैनथे किनकि तिनीहरू पहिलेजस्तै अझै पनि नसप्रेका देखिन्थे । त्यसपछि मेरो निद्रा खुल्यो ।
GEN 41:22 मेरो अर्को सपनामा मैले सातवटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका देखेँ ।
GEN 41:23 त्यसपछि सुकेका, सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्‍नका बाला तिनीहरू पछि पलाउन थाले ।
GEN 41:24 सेप्रा बालाहरूले ती सातवटा भरिला र असल बालालाई खाइदिए । मैले जादुगरहरूलाई यी सपनाहरू बताएँ, तर मलाई तिनको अर्थ खोलिदिने कोही भएन ।”
GEN 41:25 योसेफले फारोलाई भने, “फारोका सपनाहरू एउटै हुन् । परमेश्‍वरले गर्न लाग्‍नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ ।
GEN 41:26 सातवटा असल गाई र सातवटा असल बाला सात वर्ष हुन् । सपनाहरू एउटै हुन् ।
GEN 41:27 तीपछि आएका सातवटा दुब्ला-दुब्ला र नसप्रेका गाई सात वर्ष हुन्, र पूर्वीय बतासद्वारा ओइल्याइएका सातवटा बाला अनिकालका सात वर्ष हुन् ।
GEN 41:28 मैले फारोलाई बताएको कुरा यही नै हो । परमेश्‍वरले गर्न लाग्‍नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ ।
GEN 41:29 हेर्नुहोस्, मिश्रदेशभरि ठुलो सहकालको सात वर्ष हुनेछ ।
GEN 41:30 त्यसपछि सात वर्षको अनिकाल पर्नेछ, र मिश्रभरि त्यस सात वर्षको सहकालको सम्झना हुनेछैन, अनि अनिकाले देशलाई सखाप पार्नेछ ।
GEN 41:31 देशमा पछि आउने अनिकालको कारणले गर्दा सहकाललाई सम्झनेछैन किनकि यो अति नै भयानक हुनेछ ।
GEN 41:32 फारोलाई सपना दोहोर्‍याइनुको कारणचाहिँ यही हो, कि परमेश्‍वरले यो विषयलाई पक्‍का गर्नुभएको छ, र उहाँले चाँडै यसो गर्नुहुनेछ ।
GEN 41:33 अब फारोले कुशल र बुद्धिमान् मानिसको खोजी गरी तिनलाई मिश्र देशको जिम्मेवारी दिनुहोस् ।
GEN 41:34 फारोले देशमाथि अधिकारीहरू नियुक्त गर्नुभएको होस् र तिनीहरूले सहकालका सात वर्षमा मिश्रका अनाजहरूको पाँचौँ हिस्सा उठाऊन् ।
GEN 41:35 सहरहरूमा खानाका लागि तिनीहरूले आउँदै गरेका यी असल वर्षहरूका सबै अनाज जम्मा गरून् । तिनीहरूले यसको सञ्चय गर्नुपर्छ ।
GEN 41:36 मिश्रमा आउने सात वर्षको अनिकालको अवधिमा यी अनाज वितरण गरिनुपर्छ । यसरी अनिकालद्वारा देश सखाप हुनेछैन ।”
GEN 41:37 फारो र तिनका सबै कामदारको दृष्‍टिमा यो सल्लाह राम्रो थियो ।
GEN 41:38 फारोले आफ्ना कामदारहरूलाई भने, “यिनीजस्तै परमेश्‍वरको आत्मा भएको अर्को कुनचाहिँ मानिस हामी पाउन सक्छौँ र?”
GEN 41:39 त्यसैले फारोले योसेफलाई भने, “परमेश्‍वरले तिमीलाई यी सबै देखाउनुभएकोले तिमीजस्तै कुशल र बुद्धिमान् अरू कोही छैन ।
GEN 41:40 तिमी नै मेरो घरको अधिकारी हुनेछौ र तिम्रो वचनअनुसार नै मेरा सबै मानिस चल्नेछन् । सिंहासनमा मात्रै म तिमीभन्दा ठुलो हुनेछु ।”
GEN 41:41 फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई मिश्र देशभरिको अधिकारी तुल्याएको छु ।”
GEN 41:42 फारोले आफ्नो औँलाबाट छाप-औँठी फुकाली योसेफको औँलामा लगाइदिए । तिनले योसेफलाई सुन्दर मलमलको लुगा पहिराइदिए र तिनको गलामा सुनको सिक्री लगाइदिए ।
GEN 41:43 फारोले तिनलाई आफूसित भएको दोस्रो दर्जाको रथमा सवार गराए । मानिसहरू यसो भन्दै तिनको सामु चिच्‍च्याए, “घुँडा टेकेर झुक ।” फारोले तिनलाई सारा मिश्रको अधिकारी तुल्याए ।
GEN 41:44 फारोले योसेफलाई भने, “म फारो हुँ, र तिमीबाहेक अरू कसैले मिश्र देशमा आफ्नो इच्छाअनुसार कुनै काम गर्न पाउनेछैन ।”
GEN 41:45 फारोले योसेफको नाउँ “सापनत-पानेह” राखिदिए । तिनले योसेफलाई पुजारी पोतीपेराकी छोरी आसनतसित विवाह गराइदिए । योसेफ मिश्र देशभरि जान्थे ।
GEN 41:46 मिश्रका राष्‍ट्रप्रमुख फारोको सामु उभिँदा योसेफ तिस वर्षका थिए । योसेफ फारोको उपस्थितिबाट गई सारा मिश्र देशभरि चाहार्थे ।
GEN 41:47 सहकालका सात वर्षमा जमिनले प्रचुर मात्रामा उब्जनी गर्‍यो ।
GEN 41:48 तिनले सात वर्षमा मिश्र देशका सबै अनाज सङ्कलन गरी त्यसलाई सहरहरूमा राखे । तिनले हरेक सहरमा वरिपरिका खेतहरूबाट अनाज थन्क्याएर राखे ।
GEN 41:49 योसेफले अन्‍नको भण्डारण समुद्रको बालुवासरह गरे । अन्‍न यति धेरै थियो कि तिनले हिसाब राख्‍नै छाडिदिए ।
GEN 41:50 अनिकालका वर्षहरू सुरु हुनुभन्दा अगि योसेफले ओनका पुजारी पोतीपेराकी छोरी आसनतबाट दुई जना छोरा जन्माइसकेका थिए ।
GEN 41:51 योसेफले आफ्नो जेठो छोरोलाई मनश्शे नाउँ दिएका थिए किनकि तिनले भने, “परमेश्‍वरले मेरा र मेरा पिताका घरानाका सबै कष्‍ट बिर्सन लगाउनुभएको छ ।”
GEN 41:52 तिनले दोस्रो छोरोको नाउँ एफ्राइम राखे किनकि तिनले भने, “परमेश्‍वरले मेरो कष्‍टलको देशमा मेरो फलिफाप गराउनुभएको छ ।”
GEN 41:53 मिश्र देशको सात वर्षको सहकालको अन्त्य भयो ।
GEN 41:54 योसेफले भनेजस्तै गरी सात वर्षको अनिकालको थालनी भयो । सबै देशहरूमा अनिकाल परेको थियो तर मिश्र देशमा भने अनाज थियो ।
GEN 41:55 सारा मिश्र अनिकालले तडपिँदा जनताहरूले अनाजको लागि फारोलाई पुकारे । फारोले सबै मिश्रीहरूलाई भने, “योसेफकहाँ जाओ र तिनले भनेझैँ गर ।”
GEN 41:56 अनिकालले पुरै देशलाई ढाकेको थियो । योसेफले सबै भण्डारणहरू खुला गरी मिश्रीहरूलाई अनाज बेचे । मिश्र देशमा अनिकाल अति भयानक थियो ।
GEN 41:57 सारा संसारमा भयानक अनिकाल परेकोले सबै देशका मानिसहरू योसेफबाट अनाज किन्‍न मिश्रमा आउँदै थिए ।
GEN 42:1 अब मिश्रमा अनाज पाइँदोरहेछ भनी याकूबलाई थाहा भयो । तिनले आफ्ना छोराहरूलाई भने, “तिमीहरू किन एक-अर्कालाई हेर्छौ?”
GEN 42:2 तिनले भने, “मिश्रमा अनाज छ भनी मैले सुनेको छु । हामी जीवित रहनको लागि तल गएर हाम्रो लागि अनाज किन ।”
GEN 42:3 योसेफका दस जना दाजु मिश्रमा अनाज किन्‍नका लागि गए ।
GEN 42:4 तर याकूबले योसेफका भाइ बेन्यामीनलाई तिनका दाजुहरूसँगै पठाएनन् किनकि तिनीमाथि कुनै हानि आइपर्ला कि भनी तिनी डराए ।
GEN 42:5 किन्‍न आउनेहरूमध्ये इस्राएलका छोराहरू पनि थिए किनकि कनान देशमा पनि अनिकाल परेको थियो ।
GEN 42:6 योसेफ मिश्रका अधिपति थिए । तिनले देशका सबै मानिसलाई अनाज बेच्थे । योसेफका दाजुहरू आए, र तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।
GEN 42:7 योसेफले आफ्ना दाजुहरूलाई देखेर चिने, तर तिनले नचिनेका जस्तै गरी तिनीहरूसित कडासँग बोले । तिनले तिनीहरूलाई भने, “तिमीहरू कहाँबाट आएका हौ?” तिनीहरूले भने, “अनाज किन्‍नका लागि कनान देशबाट आएका हौँ ।”
GEN 42:8 योसेफले आफ्ना दाजुहरूलाई चिने, तर तिनीहरूले भने तिनलाई चिनेनन् ।
GEN 42:9 त्यसपछि योसेफले तिनीहरूको बारेमा आफूले देखेका सपनाहरू सम्झे र तिनीहरूलाई भने, “तिमीहरू जासुस हौ । तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ ।”
GEN 42:10 तिनीहरूले तिनलाई भने, “त्यसो होइन, हजुर । तपाईंका दासहरू अनाज किन्‍न आएका हुन् । हामी सबै एउटै मानिसका छोराहरू हौँ ।
GEN 42:11 हामी इमानदार मानिसहरू हौँ । हामी तपाईंका दासहरू जासुस होइनौँ ।”
GEN 42:12 तिनले तिनीहरूलाई भने, “तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ ।”
GEN 42:13 तिनीहरूले भने, “हामी तपाईंका दासहरू बार्‍ह जना दाजुभाइ छौँ र हामी कनान देशका एउटै मानिसका छोराहरू हौँ । हेर्नुहोस्, कान्छोचाहिँ अहिले हाम्रा पितासित छन् र एक जना भाइचाहिँ अब जिउँदो छैनन् ।”
GEN 42:14 योसेफले तिनीहरूलाई भने, “त्यसैले मैले तिमीहरूलाई भनेँ कि तिमीहरू जासुस हौ ।
GEN 42:15 यसैद्वारा तिमीहरूको जाँच हुनेछ । फारोको शपथ खाएर म भन्दछु कि तिमीहरूका कान्छा भाइ यहाँ नआउञ्‍जेलसम्म तिमीहरू यहाँबाट जान पाउनेछैनौ ।
GEN 42:16 तिमीहरूमध्ये कोही एक जना गएर तिनलाई लिएर आऊ । तिमीहरूको वचन सत्य छ कि छैन भनेर जाँच गर्नको लागि तिमीहरू झ्यालखानामा हालिन्छौ ।”
GEN 42:17 तिनले तिनीहरू सबैलाई तिन दिनसम्म कैदखानामा राखे ।
GEN 42:18 तेस्रो दिनमा याकूबले तिनीहरूलाई भने, “यसो गर, र तिमीहरू बाँच्नेछौ किनकि म परमेश्‍वरदेखि डराउँछु ।
GEN 42:19 तिमीहरू इमानदार मानिस हौ भने एक जनालाई यही झ्यालखानामा छोड, र तिमीहरूचाहिँ जाओ । तिमीहरूका परिवारहरूका लागि आफूसित अनाज पनि लिएर जाओ ।
GEN 42:20 तिमीहरूका कान्छा भाइ मकहाँ लिएर आओ र तिमीहरूको कुरा साँचो ठहरिनेछ अनि तिमीहरू मर्नेछैनौ ।” त्यसैले तिनीहरूले त्यसै गरे ।
GEN 42:21 तिनीहरूले एक-अर्कालाई भने, “हाम्रा भाइको सम्बन्धमा हामी साँच्‍चै दोषी छौँ किनकि तिनले हामीसित बिन्ती गर्दा तिनको व्याकुलता हामीले देख्यौँ तापनि हामीले तिनको कुरा सुनेनौँ । त्यसैले यो व्याकुलता हामीमाथि आइपरेको हो ।”
GEN 42:22 रूबेनले तिनीहरूलाई जवाफ दिए, “'त्यस केटोको विरुद्धमा पाप नगर' भनेर के मैले तिमीहरूलाई भनेको थिइनँ र? तर तिमीहरूले मेरो कुरा सुनेनौँ । अब हामीले त्यसको रगतको बदला भोग्‍नुपर्छ ।
GEN 42:23 योसेफले तिनीहरूका कुरा बुझे भनी तिनीहरूले थाहा पाएनन् किनकि तिनीहरूका बिचमा अर्थ खोल्ने व्यक्ति थियो ।
GEN 42:24 तिनी तिनीहरूबाट एकातिर गई रोए । तिनीहरूकहाँ फर्केर आई तिनले तिनीहरूसित कुराकानी गरे । तिनले तिनीहरूका बिचबाट शिमियोनलाई लिएर तिनीहरूकै आँखाका सामु तिनलाई बाँधे ।
GEN 42:25 त्यसपछि योसेफले आफ्ना दाजुहरूका झोलाहरू अनाजले भरी हरेकको रुपियाँ-पैसा उसकै बोराभित्र हाल्न र यात्राको लागि सरसामानको बन्दोवस्त गरिदिन आफ्ना नोकरहरूलाई आज्ञा गरे ।
GEN 42:26 आफ्ना गधाहरूमा अनाज लादेर तिनका दाजुहरू त्यहाँबाट प्रस्थान गरे ।
GEN 42:27 विश्राम स्थलमा आफ्नो गधालाई दाना दिनलाई बोरा खोल्दा एक जनाले आफ्नो रुपियाँ-पैसा देखे । यो तिनको बोराको मुखैमा थियो ।
GEN 42:28 तिनले आफ्ना दाजुभाइहरुलाई भने, “मेरो रुपियाँ-पैसा त फिर्ता गरिएको रहेछ । हेर त, यो त मेरै बोराभित्र छ ।” तिनीहरूको हंसले ठाउँ छाड्यो । तिनीहरू डरले काम्दै यसो भने, “परमेश्‍वरले यो हामीलाई के गर्नुभएको?”
GEN 42:29 तिनीहरू कनानमा आफ्ना पिता याकूबकहाँ फर्केर तिनीहरूमाथि आइपरेका सबै कुरा बताइदिए । तिनीहरूले भने,
GEN 42:30 “त्यस देशका मालिकले हामीसित कठोरतापूर्वक बोले र हामी त्यहाँ जासुस भएर गएका थियौँ भनी ठाने ।
GEN 42:31 हामीले तिनलाई भन्यौँ, 'हामी इमानदार मानिसहरू हौँ । हामी जासुस होइनौँ ।
GEN 42:32 हामी बार्‍ह जना दाजुभाइ छौँ, र एउटै पिताका छोराहरू हौँ । एक जना अब जीवित छैन र कान्छोचाहिँ अहिले कनानमा हाम्रा पितासितै छन् ।'
GEN 42:33 त्यस देशका मालिकले हामीलाई भने, 'यसैद्वारा तिमीहरू इमानदार मानिस हौ कि होइनौ भनेर म थाहा पाउनेछु । तिमीहरूमध्ये एक जना यहीँ बस, अनिकालको कारणले गर्दा तिमीहरूका परिवारहरूका लागि अनाज लिएर आफ्नो बाटो लाग ।
GEN 42:34 तिमीहरूका कान्छो भाइ मकहाँ लिएर आओ । तब तिमीहरू जासुस नभई इमानदार मानिस रहेछौ भनी मैले थाहा पाउनेछु । त्यसपछि म तिमीहरूका दाजुलाई छाडिदिनेछु र तिमीहरू यस देशमा व्यापार गरेर बस' ।”
GEN 42:35 तिनीहरूले आफ्ना बोराहरू खोल्दा हरेकको बोराभित्र चाँदीको पोको रहेछ । तिनीहरू र तिनीहरूका पिताले चाँदीको पोको देखेपछि तिनीहरू डराए । तिनीहरूका पिता
GEN 42:36 याकूबले तिनीहरूलाई भने, “तिमीहरूले मबाट मेरा सन्तानहरू खोसेर मलाई शोकित तुल्याएका छौ । योसेफ अब जीवित छैन, शिमियोन पनि छैन र तिमीहरूले बेन्यामीन पनि मबाट लैजानेछौ । यी सबै कुरा मेरो विरुद्धमा छन् ।”
GEN 42:37 रूबनले आफ्ना पितालाई यसो भने, “मैले बेन्यामीन तपाईंकहाँ फर्काएर ल्याइनँ भने तपाईंले मेरा दुई छोरालाई मार्न सक्‍नुहुन्छ । तिनलाई मेरो जिम्मामा सुम्पिदिनुस्, र म तिनलाई फेरि तपाईंकहाँ ल्याउनेछु ।”
GEN 42:38 याकूबले भने, “मेरो छोरो तिमीहरूसितै तल जानेछैन । किनकि तिनका दाजु मरिसके र तिनी एक्लै छन् । तिमीहरू जाने बाटोमा तिनीमाथि कुनै खतरा आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकसँगै पातालमा पुर्‍याउनेछौ ।”
GEN 43:1 देशमा अति भयानक अनिकाल परेको थियो ।
GEN 43:2 तिनीहरूले मिश्रबाट ल्याएका अनाज खाइसकेपछि तिनीहरूका पिताले तिनीहरूलाई भने, “फेरि हाम्रो लागि अन्‍न किन्‍नलाई जाओ ।”
GEN 43:3 यहूदाले भने, “ती मानिसले हामीलाई गम्भीरतापूर्वक चेताउनी दिएका छन्, 'तिमीहरूले आफ्ना भाइलाई सँगै ल्याएनौ भने तिमीहरूले मेरो मुहार हेर्नेछैनौ ।'
GEN 43:4 तपाईंले हाम्रा भाइलाई हामिसितै पठाउनुभयो भने हामी तल झरेर तपाईंका लागि अन्‍न किन्‍नेछौँ ।
GEN 43:5 तर तपाईंले तिनलाई पठाउनुभएन भने हामी तल जाँदैनौँ । किनभने ती मानिसले हामीलाई भनेका छन् 'तिमीहरूले आफ्ना भाइलाई सँगै ल्याएनौ भने तिमीहरूले मेरो मुहार हेर्नेछैनौ' ।”
GEN 43:6 इस्राएलले भने, “तिमीहरूको अर्को भाइ थियो भनी ती मानिसलाई बताएर तिमीहरूले किन ममाथि सङ्कष्‍ट ल्यायौ?”
GEN 43:7 तिनीहरूले भने, “ती मानिसले हामी र हाम्रो परिवारको बारेमा सबै कुरा सोधपुछ गरे । तिनले भने, 'के तपाईंका पिता अझै जीवितै हुनुहुन्छ? के तिमीहरूको अर्को भाइ छ?' हामीले तिनका प्रश्‍नहरूको जवाफ मात्र दिएका हौँ । तिनले 'तिमीहरूका भाइलाई पनि सँगै लिएर आओ' भन्छन् भनी हामीले कसरी जान्‍न सक्थ्यौँ र?
GEN 43:8 यहूदाले आफ्ना पिता इस्राएललाई भने, “केटोलाई मसितै पठाउनुहोस् । तपाईं, हामी र हाम्रा छोराछोरीहरू बाँच्न सकून् भनी हामी उठेर गइहाल्नेछौँ ।
GEN 43:9 म तिनको जमानी हुनेछु । तपाईंले मसित लेखा लिनुहुनेछ । मैले तिनलाई तपाईंकहाँ फर्काएर तपाईंको सामु ल्याइनँ भने म सदाको लागि त्यसको दोषी हुनेछु ।
GEN 43:10 किनकि हामीले ढिला नगरेका भए निश्‍चय नै अहिलेसम्म त हामी दोस्रो पटक यहाँ फर्किसकेका हुने थियौँ ।”
GEN 43:11 तिनीहरूका पिता इस्राएलले तिनीहरूलाई भने, “त्यसो हो भने, अब यसो गर । तिमीहरूका झोलाहरूमा यस देशमा सबैभन्दा उत्तम उब्जनीहरू हाल । ती मानिसलाई यी उपहारहरू लिएर जाओः सुगन्धित लेप, मह, मसला र मूर्र, पेस्ता र हाडे-बदाम ।
GEN 43:12 तिमीहरूले दुई गुणा रुपियाँ-पैसा पनि लिएर जाओ । तिमीहरूका बोरा खोल्दा मुखमा फेला परेका रुपियाँ-पैसा पनि सँगै लिएर जाओ । सायद त्यो भुल थियो ।
GEN 43:13 तिमीहरूका भाइलाई पनि सँगै लैजाओ । उठेर फेरि ती मानिसकहाँ जाओ ।
GEN 43:14 सर्वशक्तिमान् परमेश्‍वरले ती मानिसको सामु तिमीहरूलाई कृपा देखाऊन् ताकि तिनले तिमीहरूका अर्का दाजु र बेन्यामीनलाई छुटकारा दिऊन् । मेरा सन्तानहरूको कारणले म शोकित हुनैपर्छ भने म हुँला ।”
GEN 43:15 ती मानिसहरूले उपहार, दुई गुणा रुपियाँ-पैसा र बेन्यामीनलाई लिए, र तिनीहरू उठेर मिश्रतर्फ झरे, अनि योसेफको सामु हाजिर भए ।
GEN 43:16 योसेफले तिनीहरूसँगै बेन्यामीनलाई देखेपछि तिनले आफ्नो घरको भण्डारेलाई भने, “ती मानिसहरूलाई घरभित्र ल्याओ, र एउटा पशु काटेर भोज तयार पार किनकि दिउँसो यी मानिसहरूले मसँगै खानेछन् ।”
GEN 43:17 त्यस भण्डारले योसेफले भनेजस्तो गर्‍यो । त्यसले ती मानिसहरूलाई योसेफको घरभित्र ल्यायो ।
GEN 43:18 ती मानिसहरू योसेफको घरमा लगिएकाले तिनीहरू डराए । तिनीहरूले भने, “पहिलो पटक हाम्रा बोराहरूमा फर्काइएको रुपियाँ-पैसाको कारण हामीलाई यहाँ ल्याइएको हो । तिनले हाम्रो विरुद्धमा मौका खोजेका हुन सक्छन् । तिनले हामीलाई गिरफ्तार गरी दास बनाउन सक्छन्, हाम्रा गधाहरू लैजान सक्छन् ।”
GEN 43:19 तिनीहरू योसेफको घरको भण्डारेकहाँ गए, र घरको ढोकामा तिनीहरूले उसलाई भने,
GEN 43:20 “हजुर, हामी पहिलो पटक अन्‍न किन्‍न आयौँ ।
GEN 43:21 हामी विश्राम स्थलमा पुग्यौँ, अनि बोराहरू खोल्दा हरेकको रुपियाँ-पैसा हरेकको बोराको मुखैमा थियो । त्यहाँ हाम्रा सबै रुपियाँ-पैसा थिए । हामीले ती हामीसँगै ल्याएका छौँ । अन्‍न किन्‍नलाई हामीले थप रुपियाँ-पैसा पनि ल्याएका छौँ ।
GEN 43:22 हाम्रा रुपियाँ-पैसा हाम्रा बोराहरूमा कसले राखिदियो भनी हामीलाई थाहा छैन ।”
GEN 43:23 भण्डारेले भन्यो, “तपाईंहरूलाई शान्ति होस् । नडराउनुहोस् । तपाईंका परमेश्‍वर र तपाईंका पिताका परमेश्‍वरले नै तपाईंका बोराहरूमा तपाईंहरूको रुपियाँ-पैसा हालिदिएको हुनुपर्छ । मैले तपाईंहरूको रुपियाँ-पैसा त पाएकै थिएँ ।” त्यसपछि भण्डारेले शिमियोनलाई तिनीहरूकहाँ ल्यायो ।
GEN 43:24 भण्डारेले ती मानिसहरूलाई योसेफको घरभित्र लग्यो । त्यसले पानी दियो, र तिनीहरूले आ-आफ्ना गोडा धोए । त्यसले तिनीहरूका गधाहरूलाई पनि दानापानी दियो ।
GEN 43:25 तिनीहरूले दिउँसो योसेफको आगमनको लागि उपहारहरू तयार पारिराखे, किनकि तिनीहरूले त्यहाँ सँगसँगै खाने थिए भनी तिनीहरूले सुनेका थिए ।
GEN 43:26 योसेफ घरमा आउँदा तिनीहरूले आफ्ना हातमा भएका उपहारहरू घरभित्र ल्याए, र भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।
GEN 43:27 तिनले तिनीहरूको भलाकुसारीको बारेमा सोधपुछ गरे, “तपाईंहरूले बताउनुभएका तपाईंहरूका वृद्ध पिता सञ्चै हुनुहुन्छ? के तिनी अझै जीवितै छन्?”
GEN 43:28 तिनीहरूले भने, “तपाईंका दास हाम्रा पिता सञ्चै हुनुहुन्छ । उहाँ अझै जीवितै हुनुहुन्छ ।” तिनीहरू भुइँमा लमतन्‍न परेर तिनलाई ढोग गरे ।
GEN 43:29 तिनले आफ्ना आँखा उठाउँदा तिनले आफ्नी आमाका छोरा आफ्ना भाइ बेन्यामीनलाई देखेपछि तिनले भने, “तिमीहरूले मलाई बताएको तिमीहरूका कान्छा भाइ यिनै हुन्?” त्यसपछि तिनले भने, “मेरा छोरा, तिमीमाथि परमेश्‍वर अनुग्रही हुनुभएको होस्!”
GEN 43:30 योसेफ कोठाबाट बाहिर जान हतारिए किनकि तिनी आफ्ना भाइको बारेमा स्‍नेहले भरिएका थिए । तिनले रुने ठाउँ खोजे । तिनी आफ्नो कोठाभित्र पसी रोए ।
GEN 43:31 आफ्नो मुख धोई तिनी बाहिर आए । आफूलाई नियन्त्रण गर्दै तिनले भने, “खाना ल्याओ ।”
GEN 43:32 नोकरहरूले योसेफको लागि छुट्टै र तिनका दाजुहरूका लागि छुट्टै खाना पस्के । मिश्रीहरूले छुट्टै खाना खाए किनकि तिनीहरूले हिब्रूहरूसित खान सक्दैनथे। त्यसो गर्नु मिश्रीहरूका लागि अत्यन्तै घृणित कुरो थियो ।
GEN 43:33 दाजुहरू योसेफका सामु बसे । तिनीहरू जेठादेखि कान्छासम्म मिलेर बसेका थिए । तिनीहरू सबै सँगसँगै छक्‍क परेका थिए ।
GEN 43:34 आफ्नो सामु पस्किएको खानाको केही भाग योसेफले तिनीहरूकहाँ पठाए । तर बेन्यामीनको भागचाहिँ अरू कुनै दाजुहरूको भन्दा पाँच गुणा बेसी थियो । तिनीहरूले पिए र तिनीहरू तिनीसँगै खुसी भए ।
GEN 44:1 योसेफले तिनको घरको भण्डारेलाई आज्ञा दिए, “ती मानिसहरूले लैजान सक्‍नेजति अनाज तिनीहरूका बोराहरूमा भरिदेऊ, र हरेकको बोराको मुखमा हरेकको रुपियाँ-पैसा पनि हालिदेऊ ।
GEN 44:2 कान्छोको बोराको मुखमा मेरो चाँदीको कचौरा र तिनले अनाजको लागि ल्याएको रुपियाँ-पैसा पनि हालिदेऊ ।” भण्डारेले योसेफले भनेझैँ गर्‍यो ।
GEN 44:3 बिहान भएपछि ती मानिसहरू आ-आफ्ना गधाहरूसँगै पठाइए ।
GEN 44:4 तिनीहरू सहरबाट केही पर पुग्दा योसेफले आफ्नो भण्डारेलाई भने, “उठ, र ती मानिसहरूको पिछा गर । तिनीहरूलाई भेट्टाएपछि यसो भन्‍नू, 'किन तिमीहरूले भलाइको सट्टा खराबी गर्‍यौ?
GEN 44:5 के यो त्यही कचौरा होइन जसबाट मेरा मालिकले पिउनुहुन्छ र शकून-अपशकूनको लागि प्रयोग गर्नुहुन्छ? तपाईंहरूले जे गर्नुभएको छ त्यो खराब छ' ।”
GEN 44:6 भण्डारेले तिनीहरूलाई भेट्टायो, र तिनहरूलाई ती वचनहरू भन्यो ।
GEN 44:7 तिनीहरूले त्यसलाई भने, “किन मेरा मालिकले यस्ता कुराहरू गर्नुहुन्छ? तपाईंका दासहरूले कहिल्यै यस्तो कुरा गर्न सक्दैनन् ।
GEN 44:8 हामीले हाम्रा बोराहरूका मुखमा फेला पारेका रुपियाँ-पैसा त हामीले कनान देशबाट फेरि तपाईंकहाँ फर्काएर ल्यायौँ । तब कसरी हामीले हाम्रा मालिकको घरबाट चाँदी वा सुन चोर्न सक्छौँ?
GEN 44:9 तपाईंको कुनै पनि दाससित त्यो कचौरा फेला पारियो भने त्यो मारियोस्, र हामी आफै पनि तपाईंका दास हुनेछौँ ।”
GEN 44:10 भण्डारेले भन्यो, “अब तपाईंहरूकै वचनअनुसार नै होस् । जससित त्यो कचौरा पाइन्छ, त्यो मेरो दास बनोस्, र अरूहरू निर्दोष हुनेछन् ।”
GEN 44:11 त्यसपछि हरेक मानिसले हतार-हतारमा आ-आफ्नो बोरा भुइँमा झारी तिनीहरूले आ-आफ्ना बोरा खोल्यो ।
GEN 44:12 भण्डारेले खोजी गर्‍यो । त्यसले जेठोबाट सुरु गरेर कान्छोमा टुङ्ग्यायो, अनि त्यो कचौरा बेन्यामीनको बोरामा फेला पारियो ।
GEN 44:13 त्यसपछि तिनीहरूले आफ्ना लुगा च्याते । हरेकले आ-आफ्नो गधा लादेर तिनीहरू सहर फर्के ।
GEN 44:14 यहूदा र तिनका दाजुभाइहरू योसेफको घरमा फर्के । तिनी अझै पनि त्यहीँ नै थिए र तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।
GEN 44:15 योसेफले तिनीहरूलाई भने, “तिमीहरूले यो के गरेको? मजस्तो मानिसले शकून-अपशकून गर्छ भनी के तिमीहरूलाई थाहा छैन?”
GEN 44:16 यहूदाले भने, “मेरा मालिकलाई हामी के भनौँ? हामी के बोलौँ? वा हामीले आफूलाई कसरी सफाइ दिऔँ? परमेश्‍वरले तपाईंका दासहरूको अपराध पत्ता लगाउनुभएको छ । हेर्नुहोस्, हामी मेरा मालिकहरूका दास हुन्छौँ– हामी र त्यो व्यक्ति जसको हातमा त्यो कचौरा फेला पर्‍यो ।
GEN 44:17 योसेफले भने, “मबाट यस्तो कहिल्यै हुनेछैन । त्यो मानिस जसको हातमा कचौरा फेरा पारियो, त्यो मात्रै मेरो दास हुनेछ । तर तिमीहरूचाहिँ शान्तिसित आफ्ना पिताकहाँ जाओ ।”
GEN 44:18 त्यसपछि यहूदा योसेफको नजिक आएर भने, “मेरा मालिक, बिन्ती छ, कि हजुरको दासलाई एउटा वचन बोल्न दिनुहोस् किनकि तपाईं फारोसमान हुनुहुन्छ ।
GEN 44:19 मेरा मालिकले आफ्ना दासहरूलाई यसो भनी सोध्‍नुभयो, 'के तिमीहरूका पिता वा भाइ छ?'
GEN 44:20 हामीले हजुरलाई भन्यौँ, 'हाम्रा वृद्ध पिता हुनुहुन्छ, र उहाँले बुढेसकालमा जन्माउनुभएको उहाँको एउटा छोरो पनि छ । तर तिनका दाजु मरिसके, र तिनकी आमापट्टिबाट तिनी मात्रै बाँकी छन्, र तिनका पिताले तिनलाई माया गर्नुहुन्छ ।'
GEN 44:21 त्यसपछि तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो, 'तिनलाई लिएर आओ ताकि मैले तिनलाई देख्‍न सकूँ ।'
GEN 44:22 त्यसपछि हामीले हजुरलाई भन्यौँ, 'ठिटोले आफ्ना पितालाई छाड्न सक्दैनन् । किनकि तिनले आफ्ना पितालाई छाड्नुपर्‍यो भने तिनका पिता मर्नेछन् ।'
GEN 44:23 तब तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो, तिमीहरूको कान्छो छोरो तिमीहरूसँगै नआएसम्म तिमीहरूले मेरो अनुहार हेर्नेछैनौ ।'
GEN 44:24 त्यसपछि हामी तपाईंका दास मेरा पिताकहाँ जाँदा हामीले उहाँलाई तपाईंका वचनहरू सुनायौँ ।
GEN 44:25 हाम्रा पिताले भन्‍नुभयो, 'फेरि गएर हाम्रा लागि अनाज किन ।'
GEN 44:26 त्यसपछि हामीले भन्यौँ, 'हामी तल जान सक्दैनौँ । हाम्रो कान्छो भाइ हामीसित गयो भने मात्र हामी तल जान सक्छौँ किनकि कान्छो भाइ हामीसित नगएसम्म हामीले ती मानिसको अनुहार हेर्न सक्दैनौँ ।'
GEN 44:27 तपाईंका दास मेरा पिताले हामीलाई भन्‍नुभयो, 'मेरी पत्‍नीले मेरा लागि दुई जना छोरा जन्माएकी कुरा त तिमीहरूलाई थाहै छ ।
GEN 44:28 एउटाले मलाई छाडेर गइसकेपछि मैले भनेँ, 'निश्‍चय नै, त्यसलाई धुजाधुजा पारिएको छ, र त्यस बेलादेखि मैले त्यसलाई देखेको छैनँ ।
GEN 44:29 अब तिमीहरूले यसलाई पनि मबाट लिएर गयौ र यसमाथि कुनै हानि आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकमै पातालमा पुर्‍याउने‍छौ ।'
GEN 44:30 त्यसकारण म हजुरका दास मेरा पिताकहाँ पुग्दा ती ठिटा मसित छैनन् भने उहाँको जीवन ती ठिटाको जीवनमा जोडिएकाले
GEN 44:31 उहाँले मेरो साथमा ती ठिटालाई नदेख्‍नुहुँदा उहाँ मर्नुहुनेछ । तपाईंका दासहरूले हाम्रा पिताको फुलेको कपाललाई शोकमै पातलामा पुर्‍याउनेछन् ।
GEN 44:32 किनकि तपाईंका दास मेरा पिताको अगि म ती ठिटाको जमानी बसेको छु, र भनेको छु, 'मैले तिनलाई तपाईंकहाँ ल्याइनँ भने म मेरा पिताको सामु सदाको लागि दोषी ठहरिनेछु ।'
GEN 44:33 त्यसकारण ती ठिटाको साटोमा तपाईंका दासलाई नै हजुरको दासको रूपमा बस्‍न दिनुहोस्, र ती ठिटालाई तिनका दाजुहरूसँगै जान दिनुहोस् ।
GEN 44:34 किनकि ठिटालाई नलिईकन म कसरी मेरा पिताकहाँ जान सक्छु र? मेरा पितामाथि आइपर्ने खराबी हेर्नदेखि म डराएको छु ।”
GEN 45:1 त्यसपछि आफूनेर उभिएका सबै दासहरूका सामुन्‍ने योसेफले आफूलाई नियन्त्रण गर्न सकेनन् । तिनले उच्‍च सोरमा भने, “हरेक व्यक्ति यहाँबाट जाऊ ।” त्यसैले योसेफले आफैलाई आफ्ना दाजुहरूकहाँ चिनाउँदा योसेफको नजिकै कोही उभिएको थिएन ।
GEN 45:2 तिनी यति ठुलो सोर निकालेर रोए कि मिश्रीहरूले मात्र नभई फारोको परिवारले पनि सुने ।
GEN 45:3 योसेफले आफ्ना दाजुहरूलाई भने, “म योसेफ हुँ । के मेरा पिता अझै जीवितै हुनुहुन्छ?” तिनका दाजुहरूले तिनलाई जवाफ दिन सकेनन् किनकि तिनीहरू तिनको उपस्थितिमा स्तब्ध भएका थिए ।
GEN 45:4 त्यसपछि योसेफले आफ्ना दाजुहरूलाई भने, “बिन्ती छ, मेरो नजिक आओ ।” तिनीहरू नजिक आए । तिनले भने, “म तिमीहरूका भाइ योसेफ हुँ जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ ।
GEN 45:5 तिमीहरूले मलाई बेचेकोमा अपसोस नमान वा आफैमाथि रिस नगर किनकि जीवन बचाउन परमेश्‍वरले मलाई तिमीहरूभन्दा पहिले यहाँ पठाउनुभयो ।
GEN 45:6 यी दुई वर्ष यो देशमा अनिकाल परिसकेको छ, र अझै पाँच वर्ष न हलो जोतिनेछ न कटनी गरिनेछ ।
GEN 45:7 पृथ्वीमा एउटा बाँकी भागको रूपमा राखी ठुलो छुटकाराद्वारा तिमीहरूको जीवन बचाउन परमेश्‍वरले मलाई तिमीहरूभन्दा पहिले यहाँ पठाउनुभयो ।
GEN 45:8 त्यसैले तिमीहरूले नभई परमेश्‍वरले नै मलाई यहाँ पठाउनुभएको हो, र उहाँले मलाई फारोका पिता, तिनका सबै घरानाका मालिक र सारा मिश्र देशका शासक तुल्याउनुभएको छ ।
GEN 45:9 हतार-हतार मेरा पिताकहाँ गएर उहाँलाई यसो भन, “तपाईंका छोरा योसेफ यसो भन्छन्, 'परमेश्‍वरले मलाई सारा मिश्रको मालिक बनाउनुभएको छ । मकहाँ आउन विलम्ब नगर्नुहोस् ।
GEN 45:10 तपाईं गोशेन प्रदेशमा बस्‍नुहुनेछ, र तपाईं, तपाईंका छोराछोरीहरू, तपाईंका नातिनातिनाहरू, तपाईंका बगालहरू, तपाईंका बथानहरू र तपाईंसित भएका सबै मेरो नजिकै हुनुहुनेछ ।
GEN 45:11 म त्यहाँ तपाईंको बन्दोवस्त गर्नेछु किनकि अनिकालका पाँच वर्ष अझै बाँकी छन्, नत्रता तपाईं, तपाईंको घराना र तपाईंसित भएका सबै दरिद्रतामा जानेछन्' ।”
GEN 45:12 तिमीहरूसित बोल्ने म योसेफ नै हुँ भनी तिमीहरूका आँखाले देखेका छौ र मेरा भाइ बेन्यामीनले पनि देखेका छन् ।
GEN 45:13 मैले मिश्रमा हासिल गरेको इज्‍जत र मैले प्राप्‍त गरेका सबै थोकको विषयमा तिमीहरूले मेरा पितालाई बताउनू । हतारसँग गएर मेरा पितालाई ल्याओ ।”
GEN 45:14 तिनी आफ्ना भाइ बेन्यामीनसित अँगालो हालेर रोए, अनि बेन्यामीन पनि अँगालो हालेर रोए ।
GEN 45:15 तिनले आफ्ना सबै दाजुहरूलाई चुम्बन गरे र तिनीहरूसँगै रोए । त्यसपछि तिनका दाजुहरूले तिनीसित कुराकानी गरे ।
GEN 45:16 “योसेफका दाजुहरू आएका छन्” भन्‍ने खबर फारोको घरमा पुग्यो । यसले फारो र तिनका कामदारहरूलाई निकै खुसी पार्‍यो ।
GEN 45:17 फारोले योसेफलाई भने, “तिम्रा दाजुहरूलाई यसो गर्न भन, 'आ-आफ्ना पशुहरू लदाएर कनान देशमा जाओ ।
GEN 45:18 तिमीहरूका पिता र घरानाहरूलाई लिएर मकहाँ आओ । म तिमीहरूलाई मिश्रको असल ठाउँ दिनेछु, र तिमीहरूले यस देशका स्वादिष्‍ट मासु खानेछौ ।
GEN 45:19 अब तिमीहरूलाई आज्ञा दिइएको छ । तिमीहरूलाई यसो भन्‍ने आज्ञा पनि दिइएको छ, 'तिमीहरूका छोराछोरी र तिमीहरूका पत्‍नीहरूका लागि मिश्र देशका गाडाहरू लिएर जाओ । तिमीहरूका पितालाई लिएर आओ ।
GEN 45:20 तिमीहरूका धन-सम्पत्तिको बारेमा चिन्ता नमान किनकि मिश्र देशका सबै असल-असल थोकहरू तिमीहरूकै हुन्' ।”
GEN 45:21 इस्राएलका छोराहरूले त्यसै गरे । फारोको आज्ञामुताबिक योसेफले तिनीहरूलाई गाडाहरूसाथै यात्राका लागि मालसामानहरू दिए ।
GEN 45:22 तिनले तिनीहरू सबैलाई नयाँ लुगाहरू पनि दिए, तर बेन्यामीनलाई भने तिनले तिन सय चाँदीका टुक्रा र पाँच जोर लुगा दिए ।
GEN 45:23 आफ्ना पिताका लागि तिनले यी थोकहरू पठाएः मिश्रका असल-अलस थोकहरू लादिएका दसवटा गधा; अनाज, रोटी र आफ्ना पिताको यात्राका लागि आवश्यक खाद्यपदार्थहरूले लादिएका दसवटा गधैनी ।
GEN 45:24 तिनले आफ्ना दाजुहरूलाई पठाए र तिनीहरू त्यहाँबाट प्रस्थान गरे । तिनले तिनीहरूलाई भने, “तिमीहरू बाटोमा झगडा नगर ।”
GEN 45:25 तिनीहरू मिश्रबाट यात्रा गरी कनान देशमा आफ्ना पिताकहाँ आए ।
GEN 45:26 तिनीहरूले तिनलाई भने, “योसेफ अझै जीवितै छन्, र तिनी सारा मिश्र देशभरिको शासक भएका छन् ।” योसेफको बारेमा तिनीहरूले भनेका कुरा विश्‍वास गर्न नसकेर तिनी बेहोस भए ।
GEN 45:27 योसेफले तिनीहरूलाई भनेका सबै कुरा तिनले याकूबलाई बताइदिए । याकूबले आफूलाई लैजान योसेफले पठाएका गाडाहरू देखेपछि तिनीहरूका पिता याकूबको होस फर्क्यो ।
GEN 45:28 इस्राएलले भने, “अब पुग्यो । मेरो छोरो योसेफ अझै जीवित छ । म मर्नुअगि गएर त्यसलाई हेर्नेछु ।”
GEN 46:1 इस्राएल आफूसँग भएका सबै थोक लिएर हिँडे र बेर्शेबा गए । त्यहाँ तिनले आफ्‍ना बुबा इसहाकका परमेश्‍वरको निम्‍ति बलिदान चढाए ।
GEN 46:2 राती दर्शनमा परमेश्‍वर इस्राएलसँग यसो भन्दै बोल्‍नुभयो “याकूब, याकूब ।” तिनले भने, “म यहीँ छु ।”
GEN 46:3 उहाँले भन्‍नुभयो, “म परमेश्‍वर हुँ, तेरा बुबाका परमेश्‍वर । मिश्रमा जान नडरा, किनकि त्‍यहाँ म तँबाट एउटा ठुलो जाति बनाउनेछु ।
GEN 46:4 म तँसँग मिश्रमा जानेछु, र म तँलाई निश्‍चय नै फेरि फर्काइ ल्‍याउनेछु, अनि योसेफकै हातले तेरा आँखा छोपिदिनेछ ।”
GEN 46:5 त्‍यसपछि याकूब बेर्शेबाबाट हिँडे । इस्राएलका छोराहरूले आफ्‍ना बुबा याकूब, आफ्‍ना बालबच्‍चा र आफ्‍ना परिवारहरूलाई फारोले तिनलाई ल्‍याउन पठाएका गाडाहरूमा चढाएर लगे ।
GEN 46:6 तिनीहरूले आफ्‍ना गाईबस्‍तु र कनान देशमा जम्‍मा गरेका मालसामानहरूसँगै लगे । याकूब र तिनका जम्‍मै सन्तान मिश्रमा गए ।
GEN 46:7 याकूबले आफ्‍ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्‍तानलाई आफूसँगै मिश्रमा लगे ।
GEN 46:8 मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात्‌ याकूब र तिनका सन्‍तानहरूका नाउँ यी नै थिएः याकूबका जेठा छोरा रूबेन ।
GEN 46:9 रूबेनका छोराहरू: हानोक, पल्‍लु, हेस्रोन र कर्मी;
GEN 46:10 शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी पत्‍नीतर्फका छोरा शौल;
GEN 46:11 लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी ।
GEN 46:12 यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह (तर एर्‌ र ओनानचाहिँ कनान देशमै मरे) । फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।
GEN 46:13 इस्‍साखारका छोराहरू तोला, पुवा, याशूब र शिम्रोन थिए ।
GEN 46:14 जबूलूनका छोराहरू सेरेद, एलोन र यहलेल थिए ।
GEN 46:15 यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन-आराममा जन्‍माएका छोराहरू, तिनकी छोरी दीनासमेत हुन्‌ । लेआबाट याकूबका छोराछोरी जम्‍मा तेत्तिस जना थिए ।
GEN 46:16 गादका छोराहरू सेफोन, हाग्‍यी, शूनी, यसबोन, एरी, अरोदी र अरेली थिए ।
GEN 46:17 आशेरका छोराहरू यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन्‌ । बरीआका छोराहरू हेबेर र मल्‍कीएल थिए ।
GEN 46:18 लाबानले आफ्‍नी छोरी लेआलाई दिएकी कमारी जिल्‍पापट्टिका याकूबका छोराछोरी यी नै थिए । तिनले याकूबको निम्ति जम्‍मा सोह्र जना छोरा जन्माइन् ।
GEN 46:19 याकूबकी पत्‍नी राहेलका छोराहरू योसेफ र बेन्‍यामीन थिए ।
GEN 46:20 ओनका पुजारी पोतीपेराकी छोरी आसनततर्फबाट मिश्रमा जन्‍मेका योसेफका छोराहरू मनश्‍शे र एफ्राइम थिए ।
GEN 46:21 बेन्‍यामीनका छोराहरू बेला, बेकेर, अश्‍बेल, गेरा, नामान, एही, रोश, मुप्‍पीम, हुप्‍पीम र आर्द थिए ।
GEN 46:22 राहेलबाट जन्‍मेका याकूबका छोराहरू यी नै थिए । यिनीहरू जम्‍मा चौध जना थिए ।
GEN 46:23 दानका छोरा हुशीम थिए ।
GEN 46:24 नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर, र शिल्‍लेम थिए ।
GEN 46:25 लाबानले आफ्‍नी छोरी राहेललाई दिएको कमारी बिल्‍हाले याकूबबाट जन्‍माएका सात जना छोरा यी नै थिए ।
GEN 46:26 याकूबका साथमा मिश्रमा गएका तिनका बुहारीहरूबाहेक आफ्‍ना सन्‍तान जम्‍मा छयसट्ठी जना थिए ।
GEN 46:27 मिश्रमा जन्‍मेका योसेफका दुई जना छोरासमेत गरेर मिश्रमा जाने याकूबका परिवारका सदस्यहरू जम्‍मा सत्तरी जना थिए ।
GEN 46:28 गोशेनमा तिनलाई भेट्‌न आइदेऊन् भनी याकूबले यहूदालाई योसेफकहाँ खबर दिन आफ्‍नो अगि पठाए ।
GEN 46:29 योसेफले आफ्‍नो रथ तयार गर्न लगाए र गोशेनसम्‍म आफ्‍ना बुबा इस्राएललाई भेट गर्न आए । योसेफले आफ्ना बुबालाई देखे, र बुबालाई अँगालो हालेर धेरै बेरसम्‍म रोए ।
GEN 46:30 इस्राएलले योसेफलाई भने, “अब मलाई मर्न देओ, किनकि मैले तेरो मुख देखेँ र तँ जीवितै रहेछस् ।”
GEN 46:31 योसेफले आफ्‍ना दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारहरूलाई भने, “अब म गएर फारोलाई यसो भनेर खबर दिनेछु, ‘कनान देशका मेरा दाजुभाइहरू र मेरा बुबाका घरानाहरू मकहाँ आएका छन्‌ ।
GEN 46:32 उनीहरू सबै गाईबस्‍तु पाल्‍ने भएकाले गोठाला हुन्‌ । उनीहरूले आफ्‍ना सबै बगाल, बथान, र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्‌ ।’
GEN 46:33 जब फारोले तपाईंहरूलाई बोलाएर ‘तिमीहरूका कामधन्‍दा के हो?’ भनी सोध्‍छन्,
GEN 46:34 तब तपाईंहरूले यसो भन्‍नुपर्छ, ‘हजुरका दासहरू हामी बाबु-छोराहरू हाम्रा युवावस्थादेखि अहिलेसम्‍म गाईबस्‍तु पाल्‍दै आएका छौँ ।’ तपाईंहरूले यसो गर्नुभयो भने तपाईंहरूले गोशेनमा बसोबास गर्न पाउनुहुनेछ, किनभने हरेक गोठालोचाहिँ मिश्रीहरूको लागि घृणाको पात्र हो ।”
GEN 47:1 तब भित्र गएर योसेफले फारोलाई भने, “मेरा बुबा र दाजुभाइहरू, उनका बगाल र बथानहरू र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन्‌ । हेर्नुहोस्, अहिले उनीहरू गोशेन प्रदेशमा छन्‌ ।”
GEN 47:2 तिनले आफ्‍ना दाजुहरूमध्‍येबाट पाँच जनालाई लिएर फारोलाई चिनाइदिए ।
GEN 47:3 फारोले तिनका दाजुभाइहरूलाई सोधे, “तिमीहरूको कामधन्‍धा के हो?” उनीहरूले फारोलाई भने, “हामी हजुरका दासहरू हाम्रा पिता-पुर्खादेखि नै गोठाला हौँ ।”
GEN 47:4 त्यसपछि उनीहरूले फारोलाई भने, “हामी यस देशमा अस्थायी बसोबास गर्न आएका छौँ । कनान देशमा घोर अनिकाल परेको हुनाले हजुरका दासहरूका बगालहरूको निम्ति चरन छैन । त्यसैले अब बिन्‍ती छ, हामी हजूरका दासहरूलाई गोशेन प्रदेशमा बसोबास गर्ने अनुमति दिनुहोस् ।”
GEN 47:5 त्यसपछि फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन्‌ ।
GEN 47:6 मिश्रदेश तिम्रै अगि छ । देशको सबैभन्‍दा असल ठाउँ गोशेन प्रदेशमा नै तिम्रा बुबा र तिम्रा दाजुभाइहरूलाई बस्‍ने बन्दोबस्त गर । उनीहरूमध्‍ये सक्षम मानिसहरूलाई गाईबस्‍तुहरूको जिम्मा देऊ ।”
GEN 47:7 तब योसेफले आफ्‍ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए । याकूबले फारोलाई आशीर्वाद दिए ।
GEN 47:8 फारोले याकूबलाई सोधे, “तपाईंको उमेर कति भयो?”
GEN 47:9 याकूबले फारोलाई भने, “मेरो प्रवासी जीवनको उमेर एक सय तिस वर्ष भयो । मेरो यस जीवनका वर्षहरू थोरै र दु:खमय भएका छन् । मेरो उमेर मेरा पिता-पुर्खाहरूको जति पुगेकै छैन ।”
GEN 47:10 त्यसपछि याकूबले फारोलाई आशीर्वाद दिए, र तिनको उपस्‍थितिबाट निस्‍केर गए ।
GEN 47:11 तब योसेफले आफ्‍ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए । फारोको हुकुमअनुसार तिनले मिश्रमा भएको सबैभन्‍दा असल ठाउँ, अर्थात्‌ रामसेस भन्‍ने इलाकाको एउटा क्षेत्र उनीहरूलाई दिए ।
GEN 47:12 योसेफले आफ्‍ना बुबा, दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारका सबैलाई उनीहरूका आस्रित परिवारको सङ्ख्याअनुसार खानेकुरा उपलब्ध गराए ।
GEN 47:13 घोर अनिकालको कारण पुरै देशमा कुनै खानेकुरा थिएन । अनिकालद्वारा मिश्र र कनान दुवै देश कमजोर भए ।
GEN 47:14 मिश्र र कनान देशका बासिन्दाहरूलाई बेचेका अन्‍नबाट प्राप्‍त सबै रुपियाँ योसेफले जम्‍मा गरे । त्यसपछि योसेफले त्यो रुपियाँ फारोको महलमा ल्याए ।
GEN 47:15 जब मिश्र र कनानमा भएका सबै आफ्‍ना रुपियाँ-पैसा खर्च भयो, सबै मिश्रीहरू यसो भन्दै योसेफकहाँ आए, “हामीलाई अन्‍न दिनुहोस्‌ । हाम्रो रुपियाँ-पैसा सकिएको कारण तपाईंका आँखाको सामुन्‍ने हामी किन मरौँ?”
GEN 47:16 योसेफले तिनीहरूलाई भने, “यदि तिमीहरूका रुपियाँ-पैसा सिद्धिए भने गाईबस्‍तु ल्‍याओ र तिमीहरूका गाईबस्‍तुका सट्टामा म तिमीहरूलाई अन्‍न दिनेछु ।”
GEN 47:17 यसकारण तिनीहरूले आफ्‍ना गाईबस्‍तुहरू योसेफकहाँ ल्‍याए । योसेफले तिनीहरूका घोडा, भेडाबाख्रा, गाईबस्‍तु, गधाका सट्टामा तिनीहरूलाई खानेकुरा दिए । त्‍यस साल गाईबस्‍तुका सट्टामा तिनीहरूलाई तिनले अन्‍न खुवाए ।
GEN 47:18 त्‍यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, “हामी हाम्रा मालिकदेखि केही कुरा पनि लुकाउँदैनौँ कि हाम्रा रुपियाँ-पैसा सबै सकिए र गाईबस्‍तुका बथान पनि सबै मालिककै भएका छन् । अब हजुरको आँखाको सामुन्‍ने हामीसँग हाम्रै जिउ र जग्‍गाजमिनबाहेक अरू केही छैन ।
GEN 47:19 हामी र हाम्रा जमिन हजूरका आँखाको सामुन्‍ने किन नष्‍ट हुने? अन्‍नको साटोमा हामी र हाम्रो जमिनलाई किन्‍नुहोस्, र हामी आफ्‍ना जग्‍गाजमिनसमेत फारोका कमारा-कमारी हुनेछौँ । हामीलाई बिउ दिनुहोस्, ताकि हामी जीवित हुन सकौँ र हाम्रा जग्‍गाजमिन पनि उजाड नहोऊन् ।”
GEN 47:20 यसरी योसेफले मिश्रका सबै जग्‍गाजमिन फारोको निम्‍ति किने । अनिकाल धेरै भएको हुनाले हरेक मिश्रीले आफ्‍ना जग्‍गाजमिन बेच्यो । यसरी जग्‍गाजमिन फारोको भयो ।
GEN 47:21 मिश्रको एक छेउदेखि अर्को छेउसम्‍मका सबै मानिसहरूलाई तिनले कमारा बनाए ।
GEN 47:22 पुजारीहरूका जग्‍गाजमिन मात्र तिनले किनेनन्, किनभने पुजारीहरूलाई फारोबाट भत्ता दिइएको थियो । फारोले दिएकै हिस्‍साबाट तिनीहरूले खान्‍थे । त्‍यसकारण तिनीहरूले चाहिँ आफ्‍ना जग्‍गाजमिन बेचेनन् ।
GEN 47:23 योसेफले जनताहरूलाई भने, “हेर, आज मैले फारोको निम्‍ति तिमीहरूका जग्‍गाजमिन र तिमीहरूलाई पनि किनेको छु । अब तिमीहरूका निम्‍ति बिउ यहाँ छ, र तिमीहरूले जमिनमा बिउ छर ।
GEN 47:24 तर फसलको बेलामा उब्‍जनीको पाँचौँ हिस्‍सा तिमीहरूले फारोलाई दिनुपर्छ । चार हिस्‍साचाहिँ खेतीलाई बिउको निम्‍ति र तिमीहरू, तिमीहरूका परिवार र तिमीहरूका बालबच्‍चाको खानाको निम्‍ति तिमीहरूको आफ्‍नै हुनेछ ।”
GEN 47:25 तिनीहरूले भने, “हजूरले हाम्रो प्राण बचाइदिनुभएको छ । हजुरको निगाह हामीमाथि रहोस्‌ । हामी फारोका कमारा हुनेछौँ ।”
GEN 47:26 यसैले मिश्र देशमा योसेफले उब्‍जनीको पाँचौँ हिस्‍सा फारोको हुन्‍छ भन्‍ने कुरा समेटिएको जग्‍गाजमिनको विषयमा एउटा ऐन बनाए, जुन आजसम्‍म प्रचलित छ । पुजारीहरूका जग्‍गाजमिन मात्र फारोको भएन ।
GEN 47:27 त्यसैले इस्राएल मिश्रको गोशेनमा बसोबास गरे । तिनका मानिसहरूले त्‍यहाँका जग्‍गाजमिन आफ्‍नो अधिकारमा लिए । तिनीहरूको फलिफाप भएर सङ्ख्या अत्यन्तै वृद्धि भयो ।
GEN 47:28 याकूब मिश्रमा सत्र वर्ष बसे । यसरी याकूबको जम्‍मा उमेर एक सय सतचालिस वर्ष भयो ।
GEN 47:29 जब इस्राएलको मर्ने बेला आयो, तिनले आफ्‍ना छोरा योसेफलाई बोलाएर भने, “यदि मैले तेरो निगाह पाएको छु भने तेरो हात मेरो तिघ्रामुनि राखेर मप्रति तेरो विश्‍वासयोग्यता र भरोसा देखा । कृपा गरेर मलाई मिश्रदेशमा नगाड्‌ ।
GEN 47:30 म मेरा पिता-पुर्खाहरूसँग सुत्दा मलाई मिश्रबाट बोकेर लगी उनीहरूकै चिहानमा गाडिदे ।” योसेफले भने, “तपाईंले भन्‍नुभएबमोजिम म गर्नेछु ।”
GEN 47:31 इस्राएलले भने, “मसँग शपथ खा ।” अनि योसेफले शपथ खाए । तब इस्राएल आफ्‍नो पलङ्गको सिरानमा घोप्‍टो परे ।
GEN 48:1 यी कुराहरू भएको केही समयपछि “हेर्नुहोस्, हजुरका पिता बिरामी हुनुहुन्‍छ” भनेर कसैले योसेफलाई खबर दियो । यसकारण तिनले आफ्‍ना दुई छोरा मनश्‍शे र एफ्राइमलाई आफ्‍नो साथमा ल्याए ।
GEN 48:2 जब “हेर्नुहोस्, तपाईंका छोरा योसेफ तपाईंलाई भेट गर्न आएका छन्‌” भन्‍ने खबर कसैले याकूबलाई सुनायो, इस्राएल आफै बल गरेर पलङ्गमा बसे ।
GEN 48:3 याकूबले योसेफलाई भने, “सर्वशक्तिमान्‌ परमेश्‍वर कनान देशको लूजमा मकहाँ देखा पर्नुभयो । उहाँले मलाई आशीर्वाद दिनुभयो
GEN 48:4 र भन्‍नुभयो, 'हेर, म तँलाई फल्‍दो-फुल्‍दो बनाउनेछु, र तेरो वृद्धि गराउनेछु । तँबाट म जातिहरूको समूह उत्‍पन्‍न गर्नेछु । म यो देश अनन्‍त अधिकारको रूपमा तेरा सन्‍तानलाई दिनेछु ।’
GEN 48:5 अब म मिश्रमा आउनअगि मिश्रमा जन्‍मेका तेरा यी दुई जना छोराहरू मेरै हुन्‌ । रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्‍शे मेरै हुनेछन्‌ ।
GEN 48:6 तिनीहरूभन्‍दा पछि जन्‍मेका सन्‍तानहरूचाहिँ तेरा हुनेछन्‌ । यिनीहरूका नाम पनि यिनका दाजुभाइहरूले पाउने हकमा सूचीबद्ध गरिनेछ ।
GEN 48:7 म पद्दन-आरामबाट आउँदा एप्रातमा पुग्‍न अझ केही टाढा छँदै कनान देशमा राहेल मरिन् । मैले तिनलाई एप्रात अर्थात्‌ बेथलेहेम जाने बाटोमा गाडेँ ।”
GEN 48:8 योसेफका छोराहरूलाई देखेर इस्राएलले भने, “यिनीहरू को हुन्‌?”
GEN 48:9 योसेफले आफ्‍ना बुबालाई भने, “यिनीहरू परमेश्‍वरले मलाई यहाँ दिनुभएका मेरा छोराहरू हुन्‌ ।” इस्राएलले भने, “तिनीहरूलाई मकहाँ ले, ताकि म तिनीहरूलाई आशीर्वाद दिऊँ ।”
GEN 48:10 त्‍यस बेला तिनको उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए, त्यसैले तिनले देख्‍न सकेनन् । यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए, अनि तिनले तिनीहरूलाई म्‍वाइँ खाएर अँगालो हाले ।
GEN 48:11 इस्राएलले योसेफलाई भने, “मैले त तेरो मुख फेरि देख्‍न पाउँला भनी ठानेकै थिइनँ, तर मलाई परमेश्‍वरले तेरा सन्‍तान पनि देख्‍न दिनुभयो ।”
GEN 48:12 तब योसेफले तिनीहरूलाई इस्राएलका घुँडाको बिचबाट हटाए, र तिनले भुइँमा घोप्‍टेर दण्डवत् गरे ।
GEN 48:13 योसेफले ती दुवैलाई लिएर एफ्राइमलाई आफ्‍नो दाहिनेपट्टि र इस्राएलको देब्रेपट्टि, र मनश्‍शेलाई आफ्‍नो देब्रेपट्टि र इस्राएलको दाहिनेपट्टि पर्ने गरी इस्राएलको नजिक ल्‍याए ।
GEN 48:14 इस्राएलले आफ्‍नो दाहिने हात पसारेर कान्‍छा एफ्राइमको टाउकोमा र आफ्‍नो देब्रे हात मनश्‍शेको टाउकोमा राखे । मनश्शे जेठा भएकाले तिनले आफ्नो एउटा हात अर्को हातमाथि खप्ट्याए ।
GEN 48:15 इस्राएलले योसेफलाई आशीर्वाद दिएर भने, “जुन परमेश्‍वरको सामुन्‍ने मेरा पिता अब्राहाम र इसहाक हिँडे, जुन परमेश्‍वरले मेरो जीवनभरि आजसम्‍म मेरो वास्ता गर्नुभएको छ,
GEN 48:16 ती स्‍वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन् । मेरो र मेरा पिता अब्राहाम र इसहाकका नाउँ यिनीहरूमा बोलाइयोस् । पृथ्‍वीमा यिनीहरू अधिक सङ्ख्यामा बढून् ।”
GEN 48:17 जब योसेफले तिनका बुबाले आफ्‍ना दाहिने हात एफ्राइमको टाउकोमा राखेको देखे, यो उनलाई मन परेन । तिनले एफ्राइमको टाउकोबाट मनश्‍शेको टाउकोमा राख्‍न भनी तिनका बुबाको हात उठाए ।
GEN 48:18 योसेफले आफ्ना बुबालाई भने, “हे मेरा बुबा, यसो होइन, किनकि जेठोचाहिँ यो हो । तपाईंको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस्‌ ।”
GEN 48:19 तर तिनका बुबाले अस्‍वीकार गरी भने, “मलाई थाहा छ, मेरो छोरो, मलाई थाहा छ । यसको पनि एउटा वंश हुनेछ, र यो पनि महान् हुनेछ । तापनि यसको भाइचाहिँ योभन्‍दा महान्‌ हुनेछ, र त्‍यसका सन्‍तान जाति-जातिहरूको एक समूह हुनेछ ।”
GEN 48:20 इस्राएलले तिनीहरूलाई त्‍यस दिन यसो भनेर आशीर्वाद दिए, “इस्राएलका मानिसहरूले तिमीहरूका नाउँ लिएर यस्‍तो आशीर्वाद दिनेछन्, ‘परमेश्‍वरले तँलाई एफ्राइम र मनश्‍शेजस्‍तै बनाऊन्‌’।” यसरी तिनले मनश्‍शेभन्‍दा एफ्राइमलाई नै अगाडि राखे ।
GEN 48:21 इस्राएलले योसेफलाई भने, “हेर्, म मर्न लागेको छु, तर परमेश्‍वर तिमीहरूका साथमा हुनुहुनेछ, र तिमीहरूलाई फेरि तिमीहरूका पिता-पुर्खाहरूको देशमा फर्काएर लैजानुहुनेछ ।
GEN 48:22 त्‍यसबाहेक तेरा दाजुभाइहरूभन्‍दा तँमाथि भएकोले मैले आफ्‍नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको पहाडको पाखा म तँलाई दिन्छु ।”
GEN 49:1 तब याकूबले आफ्‍ना छोराहरूलाई बोलाएर भनेः “तिमीहरू यहाँ जम्‍मा होओ, ताकि भविष्यमा तिमीहरूमाथि के आइपर्नेछ सो म तिमीहरूलाई भनूँ ।
GEN 49:2 हे याकूबका छोरा हो, जम्‍मा भएर सुन, तिमीहरूका बुबा इस्राएलका कुरा सुन ।
GEN 49:3 रूबेन, तँ मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको सुरु, गौरव र शक्तिमा उत्कृष्‍ट ।
GEN 49:4 बग्‍ने पानीजस्‍तो चञ्‍चल, तेरो प्रतिष्‍ठा रहनेछैन, किनभने तँ तेरा बुबाको ओछ्यानमा चढिस् । अनि त्यसलाई अशुद्ध पारिस्‌; तँ मेरो पलङ्गमा चढ़िस्‌ ।
GEN 49:5 शिमियोन र लेवी दाजुभाइ हुन् । हिंसाका हतियार नै तिनीहरूका तरवार हुन् ।
GEN 49:6 ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको बैठकमा नबस् किनकि मेरो हृदयमा त्यसको निम्ति अत्यन्तै श्रद्धा छ । किनकि तिनीहरूलेआफ्‍नो रिसमा मानिसहरूलाई मारे । तिनीहरूले आफ्नो आनन्दको निम्ति गोरुहरूका ढोडनसा काटेका छन्‌ ।
GEN 49:7 तिनीहरूको रिस श्रापित् होस्, किनभने त्‍यो भयानक छ, र तिनीहरूको क्रोध पनि श्रापित् होस् किनकि त्‍यो निष्‍ठुर छ । तिनीहरूलाई म याकूबमा विभाजन गर्नेछु, इस्राएलमा तितरबितर पार्नेछु ।
GEN 49:8 ए यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन् । तेरा हात तेरा शत्रुहरूका गर्दनमा हुनेछन् । तेरा बुबाका छोराहरू तेरो सामुन्‍ने निहुरिनेछन्‌ ।
GEN 49:9 यहूदा सिंहको डमरु हो । ए मेरो छोरो, तँ तेरो शिकारभन्दा उच्‍च भएको छस् । त्यो निहुरियो, सिंह र सिंहनीझैँ झुक्यो । कसले त्‍यसलाई उठाउने आँट गर्छ?
GEN 49:10 यहूदाको हातबाट राजदण्‍ड हट्‌नेछैन, न त राज्‍य चलाउनेको लाठी त्‍यसका खुट्टाका बिचबाट हट्‌नेछ, जबसम्‍म त्‍यसका मालिक आउँदैनन्‌ । जातिहरूले उहाँको आज्ञा मान्‍नेछन् ।
GEN 49:11 त्‍यसको गधालाई दाखको बोटमा, र गधाको बछेड़ोलाई चाहिँ उत्तम जातको हाँगामा बाँधेर त्‍यसले आफ्‍ना लुगाहरू दाखमद्यमा, आफ्‍ना पोशाक अङ्‌गुरको रसमा धुनेछ ।
GEN 49:12 त्‍यसका आँखा दाखमद्यजस्तै गाढा, र त्‍यसका दाँत दुधजस्ता सेता हुनेछन्‌ ।
GEN 49:13 जबूलून समुद्रको किनारमा बस्‍नेछ । जहाजहरूका निम्‍ति त्‍यो बन्‍दरगाह हुनेछ, र त्‍यसको सिमाना सीदोनसम्‍म हुनेछ ।
GEN 49:14 इस्‍साखार दुई भारीहरूका बिचमा लेटिरहने बलियो गधा हो ।
GEN 49:15 जसले असल विश्रामको ठाउँ असल र रमाइलो देश देख्छ । त्‍यसले भारी बोक्‍नलाई आफ्‍नो काँध झुकाउनेछ, र काम गर्ने नोकर बन्‍नेछ ।
GEN 49:16 इस्राएलका कुलमध्‍ये एउटा कुल भएर दानले आफ्‍ना मानिसहरूको न्‍याय गर्नेछ ।
GEN 49:17 दान बाटोको छेउमा भएको एउटा सर्प, अर्थात् घोडाको कुर्कुच्‍चा डस्‍ने विषालु सर्प हुनेछ र त्‍यसको घोडचढी पछिल्‍तिर लोट्‌छ ।
GEN 49:18 हे परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षा गर्छु ।
GEN 49:19 गादमाथि आक्रमण गर्नेले त्यसलाई आक्रमण गर्नेछ, तर त्‍यसले तिनीहरूको कुर्कुच्‍चामा आक्रमण गर्नेछ ।
GEN 49:20 आशेरको अनाज प्रशस्त हुनेछ, र त्‍यसले राजकीय खाना उपलब्ध गराउनेछ ।
GEN 49:21 नप्‍ताली सुन्दर पाठापाठी पाउने फुकाइएकी मुडुली-मृग हो ।
GEN 49:22 योसेफ एउटा फलवन्त लहरा हो, पानीको मूलनेर भएको फल दिने लहरा, जसका हाँगाहरू पर्खालमाथि फैलिन्‍छन्‌ ।
GEN 49:23 धनुर्धारीहरूले त्‍यसलाई आक्रमण गर्नेछन् र त्‍यसमाथि काँड चलाउनेछन्, र त्यसलाई सताउनेछन् ।
GEN 49:24 तापनि त्‍यसको धनु स्थिर रहनेछ, र याकूबका शक्तिशाली परमेश्‍वरका हातको कारण र ती गोठाला अर्थात् इस्राएलको चट्टानद्वारा त्‍यसका हातहरू सिपालु हुनेछन्, ती गोठाला, इस्राएलको चट्टानद्वारा ।
GEN 49:25 तेरा बुबाका परमेश्‍वरले तँलाई सहायता गर्नुहुन्‍छ, र सर्वशक्तिमान् परमेश्‍वरले माथि स्‍वर्गका आशिष्‌हरू, तल अगाधका आशिष्‌हरू, अनि स्‍तन र गर्भका आशिष्‌हरूले आशिषित्् तुल्याउनुहुनेछ ।
GEN 49:26 तेरा बुबाका आशीर्वादहरू प्राचीन पहाडहरूका आशीर्वादभन्‍दा महान् छन् वा प्राचीन डाँडाहरूका वाञ्छनीय कुरा हुन्छन् । ती सबै योसेफको शिरमा होऊन्, त्‍यसका दाजुभाइहरूमध्‍येका प्रधानको शिरमा पनि ।
GEN 49:27 बेन्‍यामीन एउटा भोको ब्‍वाँसो हो । बिहान त्यसले शिकार खान्‍छ, र बेलुकीचाहिँ त्‍यसले लुट बाँड्छ ।
GEN 49:28 यी इस्राएलका बाह्र कुल हुन्‌ । आफ्‍ना बुबाले तिनीहरूलाई आशीर्वाद दिँदा भनेका कुरा यही हो । प्रत्‍येकलाई तिनले सुहाउँदो आशीर्वाद दिए ।
GEN 49:29 तब तिनले तिनीहरूलाई यो आज्ञा दिएर यसो भने “म त मेरा मानिसहरूकहाँ मिल्‍न जान लागेको छु । हित्ती एप्रोनको खेतमा भएको ओडारमा मेरा पिता-पुर्खाहरूका साथमा मलाई गाड,
GEN 49:30 अर्थात्‌ कनान देशमा मम्रेनेरको मक्‍पेलाको खेतमा भएको ओडार, जुन अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए ।
GEN 49:31 उनीहरूले अब्राहाम र तिनकी पत्‍नी सारालाई त्यहीँ गाडे । त्‍यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्‍नी रिबेकालाई पनि गाडे । त्‍यहीँ नै मैले लेआलाई गाडेँ ।
GEN 49:32 त्‍यो खेत र त्‍यहाँ भएको ओडार हित्तीहरूको हातबाट किनिएको थियो ।”
GEN 49:33 छोराहरूलाई यो आज्ञा दिइसकेपछि याकूबले आफ्‍ना खुट्टा ओछ्यानमा पसारेर आफ्‍नो प्राण त्‍यागे, र आफ्‍ना पिता-पुर्खाहरूसँग मिल्‍न गए ।
GEN 50:1 तब योसेफ यति व्याकुल भए कि तिनी आफ्‍ना बुबाको अनुहारमाथि घोप्‍टो परेर रोए, र तिनलाई चुम्बन गरे ।
GEN 50:2 तब योसेफले आफ्‍नो सेवामा हुने वैद्यहरूलाई आफ्‍ना पिताको लाशमा सुगन्‍धित लेप दल्न लगाए । यसकारण ती वैद्यहरूले इस्राएलको लाशमा सुगन्‍धित लेप दले ।
GEN 50:3 यसको निम्‍ति चालिस दिन लागेको थियो, किनकि सुगन्‍धित लेप लगाउँदा लाग्‍ने पुरा समय यति नै थियो । तिनको निम्‍ति मिश्रीहरूले सत्तरी दिन शोक मनाए ।
GEN 50:4 शोक मनाउने दिन बितेपछि योसेफले फारोका भारदारहरूसँग यसरी कुरा गरे, “यदि ममाथि तपाईंहरूको निगाह छ भने कृपा गरी यो मेरो कुरा फारोकहाँ लगिदिनुहोस् ।
GEN 50:5 मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: ‘म मर्न लागेको छु । कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्‌नू । तैँले मलाई त्यहीँ गाड्नेछस् ।’ यसकारण गएर मेरा बुबालाई त्‍यहीँ गाड्न दिनुहोस्, र त्यसपछि म फर्केर आउनेछु।”
GEN 50:6 फारोले जवाफ दिए, “तिमीलाई उनले शपथ खान लाएबमोजिम गएर तिम्रा बुबालाई गाड ।”
GEN 50:7 योसेफ आफ्‍ना बुबालाई गाड्‌न गए । तिनका साथमा फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिश्रका सबै मुख्‍य मानिसहरू, साथै
GEN 50:8 योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए । तर तिनीहरूका बालबच्‍चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोडिए ।
GEN 50:9 तिनका साथमा रथहरू र घोडचढीहरू पनि गए । त्‍यो एउटा ठुलो मानिसहरूको समूह थियो ।
GEN 50:10 जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे । अनि त्‍यहाँ योसेफले सात दिनसम्‍म आफ्‍ना बुबाको निम्‍ति शोक गरे ।
GEN 50:11 त्‍यस देशका बासिन्‍दा कनानीहरूले आतादको खलामा गरेको शोक देखेर भने, “यो त मिश्रीहरूको निम्ति ठुलो शोकको बेला रहेछ ।” यसकारण यर्दननेरको त्‍यस ठाउँको नाउँ हाबिल-मिश्रइम राखियो । त्‍यो यर्दन पारिपट्टि छ ।
GEN 50:12 यसरी याकूबले तिनीहरूलाई आज्ञा गरेबमोजिम छोराहरूले गरे ।
GEN 50:13 तिनका छोराहरूले तिनलाई कनानसम्‍मै पुर्‍याए, र हित्ती एप्रोनसँग खेतसहित अब्राहामले चिहान बनाउनलाई किनेको ओडार, अर्थात्‌ मम्रेनेरको मक्‍पेलाको खेतमा भएको ओडारमा तिनलाई गाडे ।
GEN 50:14 आफ्‍ना बुबालाई गाडिसकेपछि आफ्‍ना दाजुभाइहरू र आफ्‍ना बुबालाई गाड्‌न तिनीसँग गएका सबैका साथमा योसेफ मिश्रमा फर्के ।
GEN 50:15 बुबाको मृत्‍यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, “शायद अब योसेफले हामीसँग दुश्‍मनी गरेर हामीले तिनलाई गरेका सबै खराबीको बदला लिए भने?”
GEN 50:16 यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्‍दा अगि तपाईंका बुबाले यस्‍तो आज्ञा दिनुभएको थियो
GEN 50:17 ‘तिमीहरूले योसेफलाई यसो भन, कृपा गरी तिम्रा दाजुहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर’ ।” “अब बिन्‍ती छ, कृपा गरी तपाईंका बुबाका परमेश्‍वरका दासहरूलाई क्षमा गर्नुहोस्‌ ।” उनीहरूले यति भनेपछि योसेफ रोए ।
GEN 50:18 तिनका दाजुहरू पनि आएर तिनका सामुन्‍ने घोप्‍टो परे । तिनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौँ ।”
GEN 50:19 तर योसेफले उनीहरूलाई भने, “नडराउनुहोस् । के म परमेश्‍वरको स्‍थानमा छु र?
GEN 50:20 तपाईंहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गर्नुभयो, तर परमेश्‍वरले त्यसैद्वारा भलाइ गर्ने विचार गर्नुभयो, धेरै मानिसहरूलाई बचाउनको निम्ति, जुन तपाईंहरूले आज देख्‍नुहुन्छ ।
GEN 50:21 यसकारण नडराउनुहोस्, तपाईंहरू र तपाईंहरूका बालबच्‍चालाई चाहिने कुराको बन्दोबस्त म गर्नेछु ।” यसरी तिनले उनीहरूलाई ढाडस दिए र तिनीहरूसँग विनम्रतासँग बोले ।
GEN 50:22 योसेफ तिनका बुबाका परिवारहरूसँगै मिश्रमा बसे । तिनी एक सय दस वर्ष बाँचे ।
GEN 50:23 योसेफले एफ्राइमको पनातिसम्‍म पनि देखे । तिनले मनश्‍शेका छोरा माकीरका भर्खर जन्‍मेका बालबच्‍चा पनि देखे, र तिनीहरू योसेफकै घुँडामा राखिए ।
GEN 50:24 तब योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो, तर परमेश्‍वर अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई निकालेर लैजानुहुनेछ ।”
GEN 50:25 अनि योसेफले इस्राएलका मानिसहरूलाई शपथ खान लगाए । उनले भने, “परमेश्‍वर अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ। त्‍यो बेला तिमीहरूले मेरा अस्‍थिहरू यहाँबाट लैजानू ।”
GEN 50:26 यसरी योसेफ एक सय दस वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्‍धित लेप दलेर बाकसमा हालेर मिश्रमा नै राखे ।
EXO 1:1 याकूबसँगै मिश्रमा आउने इस्राएलका छोराहरूका नाउँ यी नै हुन्:
EXO 1:2 रूबेन, शिमियोन, लेवी र यहूदा,
EXO 1:3 इस्साखार, जबूलून, र बेन्यामीन,
EXO 1:4 दान, नप्‍ताली, गाद र आशेर ।
EXO 1:5 याकूबका जम्मा सन्तानको सङ्ख्या सत्तरी जना थियो । योसेफ पहिले नै मिश्रमा थिए ।
EXO 1:6 त्यसपछि योसेफ, तिनका सबै दाजुहरू र त्यो सबै पुस्ता मरे ।
EXO 1:7 इस्राएलीहरू फल्दै-फुल्दै र सङ्ख्यामा अत्यधिक बढ्दै गए, अनि तिनीहरू शक्तिशाली भए र तिनीहरूद्वारा देश भरियो ।
EXO 1:8 त्यसपछि योसेफको बारेमा थाहा नपाउने नयाँ राजाले शासन गर्न थाले ।
EXO 1:9 तिनले आफ्ना मानिसहरूलाई भने, “हेर, इस्राएलीहरू सङ्ख्यामा हामीभन्दा बढी भएका छन् र तिनीहरू हामीभन्दा शक्तिशाली भएका छन् ।
EXO 1:10 आओ, तिनीहरूसित बुद्धिमानीपूर्वक काम गरौँ नत्रभने तिनीहरूको सङ्ख्या वृद्धि भइरहनेछ । युद्ध भयो भने तिनीहरू हाम्रा शत्रुहरूसित मिल्न गई हाम्रै विरुद्धमा लड्नेछन् र देश छाडेर जानेछन् ।”
EXO 1:11 त्यसैले तिनीहरूलाई कठोर काम लगाएर तिनीहरूमाथि थिचोमिचो गर्न तिनीहरूले नाइकेहरू खटाए । इस्राएलीहरूले पिताम र रामसेस नामक भण्डारका सहरहरू बनाए ।
EXO 1:12 तर जति मिश्रीहरूले इस्राएलीहरूमाथि थिचोमिचो गरे त्यति नै तिनीहरूको सङ्ख्या बढ्दै गएर तिनीहरू फैलन थाले । त्यसैले मिश्रीहरू इस्राएलीहरूसित डराउन थाले ।
EXO 1:13 मिश्रीहरूले इस्राएलीहरूलाई निर्दयतापूर्वक काममा लगाए ।
EXO 1:14 मिश्रीहरूले मसला र इँटको कामसाथै खेतका कठिन कामहरू गर्न लगाएर तिनीहरूका जीवनै खल्लो बनाइदिए । तिनीहरूले लगाएका कामहरू कठिन थिए ।
EXO 1:15 तब मिश्रका राजाले शिप्रा र पूआ नाम गरेका हिब्रू सुँडिनीहरूलाई भने,
EXO 1:16 “हिब्रू स्‍त्रीहरूले बच्‍चा जन्माउने बेलामा तिमीहरूले तिनीहरूको हेरचाह गर्दा अवलोकन गर । छोरो रहेछ भने तिमीहरूले त्यसलाई मार ।
EXO 1:17 तर छोरी रहेछ भने त्यसलाई जीवितै राख ।” तर सुँडिनीहरू परेमश्‍वरदेखि डराउँथे । त्यसैले तिनीहरूले मिश्रका राजाले आज्ञा दिएबमोजिम गरेनन्, बरु तिनीहरूले छोराहरूलाई पनि जीवितै राखे ।
EXO 1:18 मिश्रका राजाले तिनीहरूलाई बोलाएर भने, “तिमीहरूले किन यसो गरेर छोराहरूलाई पनि जीवितै राखेका छ्यौ?”
EXO 1:19 ती सुँडिनीहरूले फारोलाई जवाफ दिए, “हिब्रू स्‍त्रीहरू मिश्री स्‍त्रीहरूजस्ता छैनन् । तिनीहरू हट्टाकट्टा छन् र सुँडिनी पुग्‍नुभन्दा पहिले नै तिनीहरूले बच्‍चा जन्माइसकेका हुन्छन् ।
EXO 1:20 परमेश्‍वरले यी सुँडिनीहरूलाई जोगाउनुभयो । इस्राएलीहरू सङ्ख्यामा बढ्दै गए र तिनीहरू शक्तिशाली भए ।
EXO 1:21 सुँडिनीहरू परमेश्‍वरदेखि डराएकाले उहाँले तिनीहरूलाई परिवार दिनुभयो ।
EXO 1:22 फारोले आफ्ना सबै मानिसलाई आज्ञा दिए, “जन्मेको हरेक छोरोलाई तिमीहरूले नदीमा फ्याँक्‍नू, तर छोरीलाई भने जीवितै राख्‍नू ।”
EXO 2:1 अब लेवीको कुलका एक जना पुरुषले लेवीकै कुलकी एक जना स्‍त्रीसित विवाह गरे ।
EXO 2:2 ती स्‍त्री गर्भवती भइन् र एउटा छोरो जन्माइन् । तिनी स्वस्थ बालक भएको देखेर उनले तिनलाई तिन महिनासम्म लुकाइन् ।
EXO 2:3 तर उनले लुकाउन नसकेपछि उनले कुशको एउटा टोकरी बनाएर त्यसलाई तारपीन र अलकत्राले लिपिन् । त्यसपछि उनले बच्‍चालाई त्यसभित्र राखिन् र नदीको किनारनेर नर्कटको झाडीमा भएको पानीमा राखिदिइन् ।
EXO 2:4 बालकलाई के हुनेथियो भनी हेर्न तिनकी दिदीचाहिँ अलि टाढामा उभिन् । फारोकी छोरी नदीमा नुहाउन ओर्लिन् ।
EXO 2:5 उनका सहेलीहरूचाहिँ नदीतटमा टहल्न लागे । उनले नर्कटहरूका बिचमा एउटा टोकरी देखिन् र आफ्नी एक जना सहेलीलाई त्यो लिन पठाइन् ।
EXO 2:6 उनले त्यसलाई खोलेर हेर्दा बच्‍चा देखिन् । बच्‍चा रुँदै थियो । उनमा बच्‍चाप्रति दया जाग्यो र उनले भनिन्, “यो पक्‍कै पनि हिब्रूहरूको बच्‍चा हुनुपर्छ ।”
EXO 2:7 तब बालककी दिदीले फारोकी छोरीलाई भनिन्, “बच्‍चालाई दूध खुवाउन तपाईंको लागि म गएर एक हिब्रू स्‍त्रीलाई फेला पारेर ल्याऊँ?”
EXO 2:8 फारोकी छोरीले उनलाई भनिन्, “जाऊ ।” त्यसैले ती युवती गएर आमालाई बोलाएर ल्याइन् ।
EXO 2:9 फारोकी छोरीले बच्‍चाकी आमालाई भनिन्, “यो बच्‍चालाई लिएर जाऊ र मेरो खातिर दूध खुवाऊ र म तिम्रो ज्याला दिनेछु ।” त्यसैले आमाले बच्‍चालाई लिएर दूध खुवाउने गरिन् ।
EXO 2:10 बालक हुर्कंदै गएपछि उनले तिनलाई फारोकी छोरीकहाँ ल्याइन् र तिनी उनको छोरा भए । उनले तिनलाई मोशा नाउँ राखे र भने, “किनकि मैले यिनलाई पानीबाट निकालेँ ।”
EXO 2:11 जब मोशा हुर्के तिनी आफ्नो जातिकहाँ गए र तिनीहरूको कठिन कामलाई अवलोकन गरे । मोशाको आफ्नै जातिको कुनै एउटा मानिसलाई एउटा मिश्रीले हिर्काइरहेको तिनले देखे ।
EXO 2:12 तिनले दायाँबायाँ हेरे र कोही नदेखेपछि त्यस मिश्रीलाई मारेर त्यसको लाशलाई बालुवामुनि पुरिदिए ।
EXO 2:13 अर्को दिन पनि तिनी बाहिर निस्के र दुई जना हिब्रू एक-अर्कामा झगडा गरिरहेका देखे । तिनले गल्ती गर्नेचाहिँलाई भने, “तिमी आफ्नै साथीलाई किन हिर्काउँदै छौ?”
EXO 2:14 तर त्यस मानिसले भन्यो, “कसले तिमीलाई हाम्रो अगुवा र न्यायकर्ता बनायो? त्यस मिश्रीलाई मारेजस्तै के तिमी मलाई पनि मार्न खोज्दै छौ?” तब मोशा डराएर भने, “निश्‍चय नै, मैले गरेको कुरा अरूहरूले थाहा पाउन लागेछन् ।”
EXO 2:15 फारोले यस विषयमा सुनेपछि तिनले मोशालाई मार्न खोजे । तर मोशा फारोदेखि भागेर मिद्यान देशमा गए र त्यहाँ तिनी कुवानेर बसे ।
EXO 2:16 अब मिद्यानका पूजाहारीका सात छोरी थिए । तिनीहरू आएर पानी भरे र तिनीहरूका पिताका भेडा-बाख्रालाई पानी खुवाउन डुँड भरे ।
EXO 2:17 गोठालाहरू आएर तिनीहरूलाई धपाउन खोज्दा मोशाले ती युवतीहरूको मदत गरे । त्यसपछि तिनले तिनीहरूका भेडा-बाख्राहरूलाई पनि पानी खुवाइदिए ।
EXO 2:18 जब ती केटीहरू आफ्ना पिता रूएलकहाँ गए तब तिनले सोधे, “आज तिमीहरू किन यति चाँडै घर आएका छौ?”
EXO 2:19 तिनीहरूले भने, “एक जना मिश्रीले हामीलाई गोठालाहरूबाट छुटकारा दिए । तिनले हाम्रो निम्ति पानी तान्‍नुका साथै भेडा-बाख्राहरूलाई पनि पानी खुवाइदिए ।”
EXO 2:20 तिनले आफ्ना छोरीहरूलाई भने, “त्यसो भए, तिनी कहाँ छन् त? किन तिमीहरूले ती मानिसलाई छाड्यौ?” तिनलाई डाक ताकि तिनले हामीसितै खाना खान सकून् ।”
EXO 2:21 मोशा ती मानिससित बस्‍न राजी भए जसले तिनलाई आफ्नी छोरी सिप्पोरा विवाहको लागि दिए ।
EXO 2:22 उनले एउटा छोरो जन्माइन् र मोशाले त्यसको नाउँ गेर्शोम राखे । तिनले भने, “म विदेशी भूमिमा प्रवासी भएको छु ।”
EXO 2:23 धेरै समय बितेपछि मिश्रका राजा मरे । इस्राएलीहरूले दासत्वको कठिनाइको कारणले चित्कार गरे । तिनीहरूले मदतको लागि पुकारा गरे र तिनीहरूको दासत्वको कारण तिनीहरूको पुकारा परमेश्‍वरकहाँ पुग्यो ।
EXO 2:24 परमेश्‍वरले तिनीहरूको क्रन्दन सुन्‍नुभएपछि उहाँले अब्राहाम, इसहाक र याकूबसित बाँध्‍नुभएको करार सम्झनुभयो ।
EXO 2:25 परमेश्‍वरले इस्राएलीहरूलाई देख्‍नुभयो, र तिनीहरूको अवस्था बुझ्नुभयो ।
EXO 3:1 अब मोशा अझै पनि आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडा-बाख्रा चराउँदै थिए । तिनले भेडा-बाख्रालाई उजाड-स्थानको परसम्म लगी परमेश्‍वरको पर्वत होरेबसम्म लगे ।
EXO 3:2 त्यहाँ परमप्रभुका दूत जलिरहेको पोथ्रामा तिनीकहाँ देखा परे । मोशाले हेर्दा त्यो पोथ्रा जलिरहेको थियो तर भस्म भएको थिएन ।
EXO 3:3 मोशाले भने, “म एकातिर गएर यो गजबको दृश्य किन भस्म भएको रहेनछ भनी हेर्नेछु ।”
EXO 3:4 जब तिनी हेर्नलाई एकातिर गएको परमप्रभुले देख्‍नुभयो तब उहाँले पोथ्राबाट तिनलाई भन्‍नुभयो, “मोशा, ए मोशा ।” तिनले भने, “म यहीँ छु ।”
EXO 3:5 परमेश्‍वरले भन्‍नुभयो, “अझ नजिक नआइज । तेरो खुट्टाबाट तेरो जुत्ता फुकाल् किनकि तँ उभिएको भूमि मेरो लागि अलग गरिएको छ ।”
EXO 3:6 उहाँले थप्‍नुभयो, “म तेरा पिता अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुँ ।” त्यसपछि मोशाले आफ्नो अनुहार ढाके किनकि तिनी परमेश्‍वरलाई हेर्न डराएका थिए ।
EXO 3:7 परमप्रभुले भन्‍नुभयो, “निश्‍चय नै मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्‍ट मैले देखेको छु । तिनीहरूका नाइकेहरूको कारणले तिनीहरूको रुवाइ मैले सुनेको छु किनकि मलाई तिनीहरूको दुःखकष्‍ट थाहा छ ।
EXO 3:8 तिनीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल, विशाल अनि दूध र मह बग्‍ने देशमा लैजान म ओर्लिआएको छु । त्यो कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देश हो ।
EXO 3:9 अब इस्राएलका मानिसहरूको रुवाइ मकहाँ आइपुगेको छ । यसको अतिरिक्त, मिश्रीहरूद्वारा तिनीहरूमाथि गरिएको थिचोमिचोलाई पनि मैले देखेको छु ।
EXO 3:10 अब म तँलाई फारोकहाँ पठाउनेछु ताकि तैँले मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट निकालेर लैजान सक् ।”
EXO 3:11 तर मोशाले परमेश्‍वरलाई भने, “फारोकहाँ गई मिश्रबाट इस्राएलीहरूलाई निकालेर ल्याउने म को हुँ र?”
EXO 3:12 परमेश्‍वरले जवाफ दिनुभयो, “निश्‍चय नै म तँसित हुनेछु । मैले तँलाई पठाएको हुँ भन्‍नाका लागि चिन्हचाहिँ यो हुनेछ । तैँले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याएपछि तैँले यही पर्वतमा मेरो आराधना गर्नेछस् ।”
EXO 3:13 मोशाले परमेश्‍वरलाई भने, “म इस्राएलीहरूकहाँ गई 'तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ' भन्दा तिनीहरूले 'उहाँको नाउँ के हो' भनी सोधे भने मैले तिनीहरूलाई के जवाफ दिने?”
EXO 3:14 परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म हुँ जो म हुँ ।” उहाँले भन्‍नुभयो, “ तैँले इस्राएलीहरूलाई यसो भन्‍नू, 'म हुँ भन्‍नेले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ' ।”
EXO 3:15 परमेश्‍वरले मोशालाई यसो पनि भन्‍नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्‍नैपर्छ, 'तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर अर्थात् अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो । मेरो नाउँ सदासर्वादको लागि यही हो र यही नाउँद्वारा पुस्तौँसम्म मेरो सम्झना गरिनेछ ।'
EXO 3:16 गएर इस्राएलका धर्म-गुरुहरूलाई भेला गर् । तिनीहरूलाई यसो भन्‍नू, 'तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर अर्थात् अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर मकहाँ देखा परी भन्‍नुभयो, “मैले वास्तवमै तिमीहरूलाई अवलोकन गरेको छु र तिमीहरूलाई मिश्रमा के गरिएको छ भनी देखेको छु ।
EXO 3:17 तिमीहरूले मिश्रमा भोगेको थिचोमिचोबाट मुक्त गरी दूध र मह बग्‍ने देश अर्थात् कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देशमा लैजाने मैले प्रतिज्ञा गरेको छु” ।'
EXO 3:18 तिनीहरूले तेरो कुरा सुन्‍नेछन् । तँ र इस्राएलका धर्म-गुरुहरू मिश्रका राजाकहाँ गई त्यसलाई यसो भन्‍नू, 'हिब्रूहरूका परमप्रभुले हामीलाई भेट्नुभएको छ । अब हामी तिन दिनको यात्रा गरी उजाड-स्थानमा जाऔँ ताकि हाम्रा परमप्रभु परमेश्‍वरलाई हामीले बलिदान चढाउन सकौँ ।'
EXO 3:19 तर राजा बाध्य नपारिएसम्म त्यसले तिमीहरूलाई जान दिनेछैन भनी मलाई थाहा छ ।
EXO 3:20 म मेरो हात फैलाई मैले मिश्रीहरूका बिचमा गर्ने सबै आश्‍चर्यकर्मले तिनीहरूलाई आक्रमण गर्नेछु । त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ ।
EXO 3:21 म यस जातिमाथि मिश्रहरूलाई निगाह गर्न लगाउनेछु ताकि तिमीहरू जाँदा रित्तो हात जान नपरोस् ।
EXO 3:22 हरेक स्‍त्रीले आ-आफ्ना मिश्री छिमेकीहरू र तिनीहरूका घरहरूमा बस्‍ने कुनै पनि स्‍त्रीहरूबाट सुन र चाँदीका गरगहनाहरूसाथै लत्ता कपडाहरू माग्‍नेछ । तिमीहरूले ती आ-आफ्ना छोराछोरीहरूलाई लगाइदिनेछौ । यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्नेछौ ।”
EXO 4:1 मोशाले जवाफ दिए, “तर तिनीहरूले विश्‍वास गरेनन् वा मेरो कुरा नसुनी 'परमप्रभु तिमीकहाँ देखा पर्नुभएको होइन' भनेमा के गर्ने नि?”
EXO 4:2 परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो हातमा के छ?” मोशाले भने, “लट्ठी ।”
EXO 4:3 परमप्रभुले भन्‍नुभयो, “त्यसलाई भुइँमा फाल् ।” मोशाले त्यसलाई भुइँमा फाले र त्यो सर्प भयो । मोशा दौडेर भागे ।
EXO 4:4 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात पसारेर त्यसको पुच्छर समात् ।” त्यसैले तिनले आफ्नो हात पसारेर त्यस सर्पलाई समाते । त्यो फेरि तिनको हातमा लट्ठी भयो ।
EXO 4:5 “तिनीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वर अर्थात् अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर तँकहाँ देखा पर्नुभएको थियो भनी तिनीहरूले विश्‍वास गरून् भन्‍नाका लागि यो चिन्ह हुनेछ ।”
EXO 4:6 परमप्रभुले तिनलाई यसो पनि भन्‍नुभयो, “अब तेरो हात आफ्नो खास्टोभित्र राख् ।” त्यसैले मोशाले आफ्नो हात खास्टोभित्र राखे । तिनले बाहिर निकाल्दा तिनको हातमा हिउँजस्तै सेतो कुष्‍ठरोग लागेको थियो ।
EXO 4:7 परमप्रभुले भन्‍नुभयो, “फेरि तेरो हात खास्टोभित्र राख् ।” त्यसैले मोशाले आफ्नो हात खास्टोभित्र राखे र तिनले हात बाहिर निकाल्दा त्यो तिनको शरीरको अरू मासुजस्तै स्वस्थ भएको थियो ।
EXO 4:8 परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले मेरो शक्तिको पहिलो चिन्हलाई ध्यान दिएनन् वा विश्‍वास गरेनन् भने तिनीहरूले दोस्रो चिन्हलाई विश्‍वास गर्नेछन् ।
EXO 4:9 तिनीहरूले मेरो शक्तिका यी दुईवटै चिन्हलाई पनि विश्‍वास गरेनन् वा तेरो कुरा सुनेनन् भने नदीबाट थोरै पानी लिएर जा र त्यसलाई सुक्खा भूमिमा खन्या । तैँले लिएर जाने पानी सुक्खा भूमिमा रगत बन्‍नेछ ।”
EXO 4:10 तब मोशाले परमप्रभुलाई भने, “हे प्रभु, म बोल्नमा सिपालु छैनँ, न पहिले थिएँ न त तपाईं आफ्ना दाससित बोल्नुभएपछि नै । म बोल्न र जिब्रो चलाउनमा सुस्त छु ।”
EXO 4:11 परमप्रभुले तिनलाई भन्‍नुभयो, “मानिसको मुख बनाउने को हो? मानिसलाई गुँगो वा बैरो वा दृष्‍टिविहीन बनाउने को हो? के म परमप्रभुले नै होइनँ र?
EXO 4:12 त्यसैले अब जा र म तेरो मुखमा भएर के भन्‍ने भनी तँलाई सिकाउनेछु ।”
EXO 4:13 तर मोशाले भने, “हे प्रभु, तपाईंले इच्छा गर्नुभएको अरू कसैलाई पठाउनुहोस् ।”
EXO 4:14 तब परमप्रभु मोशासित रिसाउनुभयो र भन्‍नुभयो, “तेरो दाजु लेवी हारून छैन र? त्यसले राम्ररी बोल्न सक्छ भनी मलाई थाहा छ । यसको अतिरिक्त, त्यो तँलाई भेट्न आउँदै छ र त्यसले तँलाई देख्दा त्यो ह्रदयमा खुसी हुनेछ ।
EXO 4:15 तँ त्योसित कुरा गर् र त्यसले भन्‍नुपर्ने कुरा त्यसलाई बताइदे । म तिमीहरू दुवैसित हुनेछु र के गर्ने भनी म तिमीहरू दुवैलाई देखाउनेछु ।
EXO 4:16 त्यसले तेरो लागि मानिसहरूसित बोल्नेछ । त्यो तेरो प्रवक्ता हुनेछ र तँ त्यसको लागि मजस्तै परमेश्‍वर हुनेछस् ।
EXO 4:17 तैँले तेरो हातमा यो लट्ठी लैजा । यसले तैँले चिन्हहरू गर्नेछस् ।”
EXO 4:18 त्यसैले मोशा आफ्ना ससुरा यित्रोकहाँ गई तिनलाई भने, “मलाई मिश्रमा भएका मेरा आफन्तहरू जीवितै छन् कि छैनन् भनी हेर्न फर्केर जान दिनुहोस् ।” यित्रोले मोशालाई भने, “शान्तिसित जाऊ ।”
EXO 4:19 परमप्रभुले मिद्यानमा मोशालाई भन्‍नुभयो, “फर्केर मिश्रमा जा किनकि तेरो जीवन लिन खोज्नेहरू सबै मरिसकेका छन् ।”
EXO 4:20 आफ्नी पत्‍नी र आफ्ना छोराहरू गधामा चढाएर मोशा बाटो लागे । तिनी मिश्र देशमा फर्के र तिनले परमेश्‍वरको लट्ठी आफूसँगै लगेका थिए ।
EXO 4:21 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ मिश्रमा फर्केर जाँदा मैले तेरो शक्तिमा राखिदिएका सबै अचम्मका कामहरू तैँले फारोको सामु गरेर देखा । तर म त्यसको ह्रदय कठोर पार्नेछु र त्यसले मानिसहरूलाई जान दिनेछैन ।
EXO 4:22 तैँले फारोलाई यसो भन्‍नू, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'इस्राएल मेरो जेठो छोरो हो,
EXO 4:23 र म तँलाई भन्दछु, 'मेरो छोरोलाई जान दे ताकि त्यसले मेरो आराधना गरोस् ।' तर तैँले त्यसलाई जान दिन इन्कार गरेकोले निश्‍चय नै म तेरो जेठो छोरोलाई मार्नेछु' ।”
EXO 4:24 अब बाटोमा बास बस्‍ने ठाउँमा तिनीहरू रोकिँदा परमप्रभुले मोशालाई भेटी तिनलाई मार्न खोज्नुभयो ।
EXO 4:25 त्यसपछि सिप्पोराले चकमके कर्द लिई आफ्नो छोरोको खलडी काटेर त्यसलाई मोशाको खुट्टामा छुवाइन् ।
EXO 4:26 तब उनले भनिन्, “निश्‍चय नै तपाईं रगतद्वारा मेरो दुलहा हुनुहुन्छ ।” त्यसैले परमप्रभुले तिनलाई एक्लै छाडिदिनुभयो । यो खतनाको कारणले “तपाईं मेरो दुलहा हुनुहुन्छ” भनी उनले भनिन् ।
EXO 4:27 परमप्रभुले हारूनलाई भन्‍नुभयो, “उजाड-स्थानमा मोशालाई भेट्न जा ।” हारून गए र तिनले मोशालाई परमेश्‍वरको पर्वतमा भेटी चुम्बन गरे ।
EXO 4:28 परमप्रभुले मोशालाई भनेर पठाउनुभएका सबै कुरा र देखाउनू भनी आज्ञा गर्नुभएका सबै चिन्हको बारेमा मोशाले हारूनलाई बताए ।
EXO 4:29 तब मोशा र हारून गएर इस्राएलीहरूका सबै धर्म-गुरुलाई भेला गराए ।
EXO 4:30 परमप्रभुले मोशालाई भन्‍नुभएका सबै कुरा हारूनले बताए । तिनले परमप्रभुको शक्तिका चिन्हहरू पनि मानिसहरूका सामु गरेर देखाइदिए ।
EXO 4:31 मानिसहरूले विश्‍वास गरे । परमप्रभुले इस्राएलीहरूको वास्ता गर्नुहुन्छ र उहाँले तिनीहरूमाथि गरिएको थिचोमिचो देख्‍नुभएको छ भनी जब तिनीहरूले सुने, तिनीहरूले आ-आफ्ना शिर झुकाई उहाँको आराधना गरे ।
EXO 5:1 यी कुराहरूपछि मोशा र हारून फारोकहाँ गएर भने, “इस्राएलका परमप्रभु यसो भन्‍नुहुन्छ, 'उजाड-स्थानमा चाड मनाउनलाई मेरा मानिसहरूलाई जान दे' ।”
EXO 5:2 फारोले भने, “परमप्रभु को हुनुहुन्छ? उहाँको कुरा सुनेर मैले इस्राएललाई किन जान दिने? म परमप्रभुलाई चिन्दिनँ, र म इस्राएललाई जान दिन्‍नँ ।”
EXO 5:3 तिनीहरूले भने, “हिब्रूहरूका परमेश्‍वरले हामीलाई भेट्नुभएको छ । तिन दिनको यात्रा गरी उजाड-स्थानमा गई परमप्रभु हाम्रा परमेश्‍वरको निम्ति बलिदान चढाउन दिनुहोस् ताकि उहाँले हामीलाई विपत्ति वा तरवारले नाश नगर्नुभएको होस् ।”
EXO 5:4 तर मिश्रका राजाले तिनीहरूलाई भने, “ए मोशा र हारून हो, तिमीहरू मानिसहरूका काममा किन अवरोध गर्छौ? तिमीहरूका काममा जाओ ।”
EXO 5:5 तिनले यसो पनि भने, “अहिले हाम्रो देशमा धेरै मानिस छन्, र तिमीहरू तिनीहरूलाई काम गर्नबाट रोक्दै छौ ।”
EXO 5:6 त्यही दिन फारोले मानिसका नाइकेहरू र मजदुरहरूलाई यस्तो हुकुम दिए,
EXO 5:7 “पहिलेझैँ तिमीहरूले मानिसहरूलाई इँट बनाउन पराल नदेओ । तिनीहरू आफै गएर तिनीहरूका निम्ति पराल जम्मा गरून् ।
EXO 5:8 तरै पनि तिमीहरूले तिनीहरूबाट पहिले जत्तिकै इँटको सङ्ख्या माग्‍नू । त्योभन्दा कम स्वीकार नगर किनकि तिनीहरू अल्छे भएका छन् । त्यसैले तिनीहरू यसो भन्दै कराउँछन्, 'हाम्रा परमेश्‍वरकहाँ गएर बलिदान चढाउन हामीलाई अनुमति दिनुहोस् ।'
EXO 5:9 यी मानिसहरूलाई कामको बोझ बढाइदेओ ताकि तिनीहरू यसमा लागिराखेर छली वचनहरूतर्फ ध्यान नदिऊन् ।”
EXO 5:10 त्यसैले मानिसका नाइकेहरू र मजदुरहरू बाहिर गई तिनीहरूले मानिसहरूलाई भने, “फारो यसो भन्‍नुहुन्छ, 'अबदेखि उसो म तिमीहरूलाई पराल दिन्‍नँ ।
EXO 5:11 जहाँ-जहाँ पराल पाइन्छ तिमीहरू आफै गएर ल्याओ, तर तिमीहरूको कामको बोझ भने घटाइनेछैन' ।”
EXO 5:12 त्यसैले मानिसहरू परालका टुक्राटाक्री बटुल्न मिश्रभरि छरिए ।
EXO 5:13 नाइकेहरूले तिनीहरूलाई यसो भनिरहे, “तिमीहरूलाई पराल दिँदा जस्तै गरी तिमीहरूको काम सक ।”
EXO 5:14 फारोका नाइकेहरूले इस्राएली नाइकेहरूलाई पिटे । यी तिनै मानिसहरू थिए जसलाई कामदारहरूको रेखदेख गर्न राखिएको थियो । नाइकेहरूले यसो भनेर सोधिरहे, “तिमीहरूले विगतमा गरेझैँ हिजोआज किन चाहेजति इँटहरू बनाइरहेका छैनौ?”
EXO 5:15 त्यसैले इस्राएली नाइकेहरू फारोकहाँ आएर बिन्ती गरे, “तपाईंले हजुरका दासहरूलाई किन यस्‍तो व्यवहार गर्दै हुनुहुन्छ?
EXO 5:16 हजुरका दासहरूलाई पराल नदिएको भए तापनि तिनीहरू हामीलाई यसो भन्दै छन्, 'इँटहरू बनाओ ।' अब हामी हजुरका दासहरूलाई पिटिन पनि थालिएको छ । तर यो त हजुरका आफ्नै मानिसहरूको दोष हो ।”
EXO 5:17 तर फारोले भने, “तिमीहरू अल्छे छौ । तिमीहरू अल्छे छौ । तिमीहरू भन्छौ, 'परमप्रभुलाई बलिदान चढाउन हामीलाई जान अनुमति दिनुहोस् ।'
EXO 5:18 त्यसैले काममा फर्केर जाओ । तिमीहरूलाई अब उसो पराल दिइनेछैन, तरै पनि तिमीहरूले उही सङ्ख्यामा इँटहरू बनाउनुपर्छ ।”
EXO 5:19 “तिमीहरूले दैनिक उत्पादन गर्ने इँटहरूको सङ्ख्या कम हुनुहुँदैन” भनी इस्राएली नाइकेहरूलाई बताइँदा तिनीहरू कष्‍टमा भएको तिनीहरूले देखे ।
EXO 5:20 तिनीहरूले फारोकहाँबाट फर्केपछि मोशा र हारूनलाई भेटे जो दरबारबाहिर उभिरहेका थिए ।
EXO 5:21 तिनीहरूले मोशा र हारूनलाई भने, “परमप्रभुले तपाईंहरूलाई हेरी दण्ड दिनुभएको होस् किनकि तपाईंहरूले हामीलाई फारो र उहाँका दासहरूको दृष्‍टिमा तिरस्कृत तुल्याउनुभएको छ । हामीलाई मार्न तपाईंहरूले तिनीहरूका हातमा तरवार थमाइदिनुभएको छ ।”
EXO 5:22 मोशा परमप्रभुकहाँ गई भने, “हे प्रभु, तपाईंले किन यो जातिमा कष्‍ट ल्याउनुभएको? तपाईंले पहिले मलाई किन दरबारमा पठाउनुभयो?
EXO 5:23 तपाईंको नाउँमा म फारोसित बोल्न आएदेखि तिनले यस जातिलाई कष्‍ट ल्याएका छन्, र तपाईंले अझै पनि आफ्नो जातिलाई मुक्त गर्नुभएको छैन ।”
EXO 6:1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अब म फारोलाई जे गर्नेछु, त्यो तैँले देख्‍नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई जान दिएको तैँले देख्‍नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई आफ्नो देशबाट बाहिर निकाल्नेछ ।”
EXO 6:2 परमेश्‍वर मोशासित बोल्नुभयो र भन्‍नुभयो, “म परमप्रभु हुँ ।
EXO 6:3 म सर्वशक्तिमान् परमेश्‍वरको रूपमा अब्राहाम, इसहाक र याकूबकहाँ देखा परेँ । तर मेरो नाउँ परमप्रभुको रूपमा म तिनीहरूकहाँ चिनाएको थिइनँ ।
EXO 6:4 तिनीहरूलाई कनान देश दिनलाई मैले तिनीहरूसित मेरो करार पनि बाँधेँ । यो त्यही देश हो जहाँ तिनीहरू प्रवासी भएर यताउता चाहारे ।
EXO 6:5 अनि मिश्रीहरूले दासत्वमा राखेका इस्राएलीहरूको क्रन्दनलाई मैले सुनेको छु, र मैले मेरो करारको सम्झना गरेको छु ।
EXO 6:6 त्यसकारण, इस्राएलीहरूलाई यसो भन्, 'म परमप्रभु हुँ । म तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकाली तिनीहरूको शक्तिबाट मुक्त गराउनेछु । मेरो शक्ति देखाएर र इन्साफका शक्तिशाली कामहरू गरेर म तिमीहरूलाई छुटकारा दिनेछु ।
EXO 6:7 म तिमीहरूलाई मेरै जाति हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु । तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकालेर ल्याउने म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
EXO 6:8 मैले अब्राहाम, इसहाक र याकूबलाई दिने प्रतिज्ञा गरेको देशमा म तिमीहरूलाई ल्याउनेछु । म यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु । म परमप्रभु हुँ' ।”
EXO 6:9 मोशाले इस्राएलीहरूलाई यो कुरा बताउँदा तिनीहरूको कठोर दासत्वको कारणले उब्जेको तिनीहरूको निरुत्साहले गर्दा तिनीहरूले तिनको कुरा सुनेनन् ।
EXO 6:10 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
EXO 6:11 “इस्राएलका मानिसहरूलाई त्यसको देशबाट जान दे भनी मिश्रका राजा फारोलाई बताइदे ।”
EXO 6:12 मोशाले परमप्रभुलाई भने, “इस्राएलीहरूले त मेरो कुरा सुनेका छैनन् भने फारोले किन सुन्‍ने किनकि म बोल्नमा सिपालु छैनँ?”
EXO 6:13 परमप्रभु मोशा र हारूनसित बोल्नुभयो । इस्राएलीहरूलाई मिश्र देशबाट बाहिर ल्याउन उहाँले मिश्रका राजा फारोलाई बताउनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो ।
EXO 6:14 तिनीहरूका पिताका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनै थिएः इस्राएलका जेठो छोरो रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए । रूबेनका वंशहरू यिनै थिए ।
EXO 6:15 शिमियोनका छोराहरू यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्‍त्रीका छोरा शौल थिए ।
EXO 6:16 लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार निम्‍न लिखित छः तिनीहरू गेर्शोन, कहात र मरारी थिए । लेवी १३७ वर्षसम्म बाँचे ।
EXO 6:17 गेर्शोनका छोराहरू लिब्‍नी र शिमी थिए ।
EXO 6:18 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए । कहात १३३ वर्षसम्म बाँचे ।
EXO 6:19 मरारीका छोराहरू महली र मूशी थिए । लेवीका वंशहरू तिनीहरूका पुस्ताअनुसार यिनै थिए ।
EXO 6:20 अम्रामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे । उनले मोशा र हारूनलाई जन्माइन् । अम्राम १३७ वर्षसम्म बाँचे र त्यसपछि तिनी मरे ।
EXO 6:21 यिसहारका छोराहरू कोरह, नेपेग र जिक्री थिए ।
EXO 6:22 उज्‍जीएलका छोराहरू मीशाएल, एलसाफान र सिथ्री थिए ।
EXO 6:23 हारूनले अम्मीनादाबकी छोरी नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे । तिनीबाट उनले नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन् ।
EXO 6:24 कोरहका छोराहरू अस्सीर, एल्काना र अबिआसाप थिए । कोरहका वंशहरू यी नै थिए ।
EXO 6:25 हारूनका छोरा एलाजारले पतुएलकी छोरीहरूमध्ये एक जनासित विवाह गरे । तिनीबाट उनले पीनहासलाई जन्माइन् । लेवीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू तिनीहरूका वंशहरूअनुसार यी नै थिए ।
EXO 6:26 यी दुई तिनै हारून र मोशा थिए जसलाई परमप्रभुले भन्‍नुभयो, “इस्राएलीहरूका योद्धाहरूको दल-दलद्वारा तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउनू ।”
EXO 6:27 इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन अनुमति दिइयोस् भनी हारून र मोशाले मिश्रका राजा फारोलाई भने । यी तिनै मोशा र हारून थिए ।
EXO 6:28 परमप्रभु मिश्र देशमा मोशासित बोल्नुहुँदा
EXO 6:29 उहाँले भन्‍नुभयो, “म परमप्रभु हुँ । मैले तँलाई भन्‍ने हरेक कुरो मिश्रका राजा फारोलाई भन्‍नू ।”
EXO 6:30 तर मोशाले भने, “म बोल्नमा सिपालु नभएकोले फारोले किन मेरो कुरा सुन्लान् र?”
EXO 7:1 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, मैले तँलाई फारोको निम्ति ईश्‍वरजस्तै बनाएको छु । तेरो दाजु हारून तेरो अगमवक्ता हुनेछ ।
EXO 7:2 मैले तँलाई आज्ञा गरेको हरेक कुरो तैँले भन्‍नू । फारोको देशबाट इस्राएलका मानिसहरूलाई जान दिइयोस् भन्‍नाका लागि तेरो दाजु हारूनले फारोसित बोल्नेछ ।
EXO 7:3 तर म फारोको ह्रदय कठोर पार्नेछु, र मिश्र देशमा मेरो शक्तिमा धेरै चिन्हहरू, अचम्मका कामहरू देखाउनेछु ।
EXO 7:4 तर फारोले तेरो कुरा सुन्‍नेछैन । त्यसैले म मेरो हात मिश्रमाथि पसारी ठुला-ठुला दण्डका क्रियाकलापहरूद्वारा मेरा योद्धाहरू, मेरो जाति र इस्राएलका सन्तानहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनेछु ।
EXO 7:5 मैले मिश्रमाथि मेरो हात पसारेर इस्राएलीहरूलाई तिनीहरूका बिचबाट ल्याएपछि म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।”
EXO 7:6 परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले गरे ।
EXO 7:7 फारोसित कुरा गर्दा मोशा असी वर्षका थिए भने हारून त्रियासी वर्षका थिए ।
EXO 7:8 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,
EXO 7:9 “फारोले तिमीहरूलाई 'आश्‍चर्यकर्म गर्' भन्दा तैँले हारूनलाई भन्‍नू, 'तपाईंको लट्ठी लिएर त्यसलाई फारोको सामुन्‍ने फ्याँक्‍नुहोस् अनि त्यो सर्प बन्‍नेछ' ।”
EXO 7:10 तब मोशा र हारून फारोकहाँ गए, र परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे । हारूनले फारो र तिनका अधिकारीहरूका सामु आफ्नो लट्ठी फ्याँके र त्यो सर्प भयो ।
EXO 7:11 तब फारोले आफ्ना बुद्धिमानी मानिस र टुनामुना गर्नेहरूलाई डाके । तिनीहरूका जादुद्वारा तिनीहरूले पनि उही कुरो गरे ।
EXO 7:12 हरेक मानिसले आ-आफ्नो लट्ठी फ्याँके र ती लट्ठीहरू सर्प बने । तर हारूनको लट्ठीले तिनीहरूका सर्पहरूलाई निलिदियो ।
EXO 7:13 फारोको ह्रदय कठोर पारियो, र परमप्रभुले पहिले भन्‍नुभएझैँ तिनले उनीहरूका कुरा सुनेनन् ।
EXO 7:14 परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोको ह्रदय कठोर छ, त्यसले मानिसहरूलाई जान दिन इन्कार गर्छ ।
EXO 7:15 फारो नदीतिर जाने बेलामा बिहानै त्यसकहाँ जा । त्यसलाई भेट्न नदीको तटमा उभेर बस् र सर्प बनेको लट्ठी तेरो हातमा लिएर जा ।
EXO 7:16 त्यसलाई भन्, 'हिब्रूहरूका परमेश्‍वर परमप्रभुले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको छ, 'मेरो जातिलाई जान दे ताकि तिनीहरू उजाड-स्थानमा गएर मेरो आराधना गर्न सकून् । तैँले अहिलेसम्म मानेको छैनस् ।'
EXO 7:17 परमप्रभु यसो भन्‍नुहुन्छ, 'यसद्वारा म परमप्रभु हुँ भनी तैँले थाहा पाउनेछस् । मेरो हातमा भएको यस लट्ठीले म नील नदीको पानीलाई प्रहार गर्नेछु र नदी रगतमा परिणत हुनेछ ।
EXO 7:18 नदीमा भएका माछाहरू मर्नेछन्, र नदी गन्हाउनेछ । मिश्रीहरूले नदीबाट पानी पिउन सक्‍नेछैनन् ।'
EXO 7:19 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, 'तेरो लट्ठी लिई मिश्रका पानी, नदीहरू, खोलाहरू, तालहरू र पोखरीहरूमा तेरो हात पसार् र ती पानी रगत बन्‍नेछन् । यसो गर् ताकि मिश्र देशभरि जताततै रगत होस्, यहाँसम्म कि काठ र ढुङ्गाहरूका भाँडाकुँडाहरूमा पनि रगत होस्' ।”
EXO 7:20 परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले गरे । हारूनले लट्ठी उठाएर फारो र तिनका अधिकारीहरूका सामुन्‍ने त्यसलाई नदीमा पसारे । सबै पानी रगतमा परिणत भए ।
EXO 7:21 नदीका माछाहरू मरे र पानी गन्हाउन थाल्यो । मिश्रीहरूले नदीको पानी पिउन सकेनन्, र मिश्र देशैभरि जताततै रगतै-रगत थियो ।
EXO 7:22 तर मिश्रका जादुगरहरूले पनि आफ्नो जादुद्वारा त्यसै गरे । त्यसकारण परमप्रभुले भन्‍नुभएझैँ फारोको ह्रदय कठोर भयो र तिनले मोशा र हारूनको कुरा सुनेनन् ।
EXO 7:23 तब फारो फर्केर आफ्नो घर गए । तिनले यसमा ध्यान पनि दिएनन् ।
EXO 7:24 सबै मिश्रीले पिउने पानीको लागि नदीको वरिपरि खने, तर तिनीहरूले नदीकै पानी भने पिउन सकेनन् ।
EXO 7:25 परमप्रभुले नदीमा आक्रण गर्नुभएको सात दिन भएको थियो ।
EXO 8:1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः मेरो आराधना गर्नलाई मेरा मानिसहरूलाई जान दे ।
EXO 8:2 तैँले तिनीहरूलाई जान दिन इन्कार गरिस् भने म तेरो सारा देशलाई भ्यागुताले सताउनेछु ।
EXO 8:3 नदी भ्यागुताहरूले भरिनेछ । तिनीहरू तेरो घर, सुत्‍ने कोठा र तेरो ओछ्यानमा आउनेछन् । तिनीहरू तेरा मानिसहरू, तेरा चुलाहरू र पिठो मुछ्ने आह्रीहरूमा आउनेछन् ।
EXO 8:4 भ्यागुताहरूले तँलाई, तेरा मानिसहरू र तेरा सबै अधिकारीलाई आक्रमण गर्नेछन्' ।”
EXO 8:5 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, 'तपाईंको लट्ठी लिएर नदीहरू, खोलाहरू र तालहरूमा तपाईंको हात पसारी मिश्र देशमा भ्यागुताहरू ल्याउनुहोस्' ।”
EXO 8:6 हारूनले मिश्रका पानीमा आफ्नो हात पसारे र भ्यागुताहरू आएर मिश्र देशलाई ढाके ।
EXO 8:7 तर जादुगरहरूले पनि त्यसै गरे । तिनीहरूले पनि मिश्र देशभरि भ्यागुताहरू ल्याए ।
EXO 8:8 तब फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “म र मेरा मानिसहरूबाट भ्यागुताहरू लैजाऊन् भनी परमप्रभुलाई बिन्ती चढाओ । तब म उहाँलाई बलिदान चढाउन तेरा मानिसहरूलाई जान दिनेछु ।”
EXO 8:9 मोशाले फारोलाई भने, “तपाईं, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूका लागि मैले कहिले बिन्ती गर्ने भनी तपाईंले मलाई आज्ञा दिन सक्‍नुहुन्छ ताकि तपाईं र तपाईंका घरहरूबाट भ्यागुताहरूलाई हटाई ती नदीमा मात्र हुन सकून् ।”
EXO 8:10 फारोले भने, “भोलि ।” मोशाले भने, “तपाईंले भन्‍नुभएझैँ होस् अनि परमप्रभु हाम्रा परमेश्‍वरजस्तै कोही रहेनछ भनी तपाईंले थाहा पाउनुभएको होस् ।
EXO 8:11 भ्यागुताहरू तपाईं, तपाईंका घरहरू, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूबाट जानेछन् । ती नदीमा मात्र बस्‍नेछन् ।”
EXO 8:12 मोशा र हारून फारोकहाँबाट गए । तब परमप्रभुले फारोकहाँ ल्याउनुभएका भ्यागुताहरूको बारेमा मोशाले उहाँलाई पुकारा गरे ।
EXO 8:13 मोशाले बिन्ती गरेजस्तै परमप्रभुले गर्नुभयो अर्थात् भ्यागुताहरू घरहरू, चोकहरू र खेतहरूमा मरे ।
EXO 8:14 मानिसहरूले तिनलाई जम्मा गरी थुप्रो लगाए र ती गन्हाउन लागे ।
EXO 8:15 तर शान्त भएको देखेपछि परमप्रभुले भन्‍नुभएझैँ फारोले आफ्नो ह्रदय कठोर पारे अनि मोशा र हारूनको कुरा सुनेनन् ।
EXO 8:16 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, 'तपाईंको लट्ठी पसारेर जमिनको धुलोमा प्रहार गर्नुहोस् ताकि यो मिश्र देशभरि भुसुना बनोस्' ।”
EXO 8:17 तिनीहरूले त्यसै गरे । हारूनले लट्ठी लिएर आफ्नो हात पसारे । तिनले जमिनको धुलोमा प्रहार गरे । भुसुनाहरू मानिस र पशुहरूमा आए । सारा मिश्र देशभरि जमिनको धुलो भुसुनै-भुसुना भए ।
EXO 8:18 जादुगरहरूले पनि तिनीहरूका जादुद्वारा भुसुनाहरू ल्याउन खोजे तर तिनीहरूले सकेनन् । मानिस र पशुहरूमा भुसुनाहरू थिए ।
EXO 8:19 तब जादुगरहरूले फारोलाई भने, “यसमा परमेश्‍वरको हात छ ।” तर फारोको ह्रदय कठोर भयो र तिनले तिनीहरूका कुरा सुनेनन् । परमप्रभुले भन्‍नुभएझैँ भयो ।
EXO 8:20 परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जान लाग्दा त्यसको अगि खडा भएर भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः मलाई आराधना चढाउनलाई मेरा मानिसहरूलाई जान दे ।
EXO 8:21 तैँले मेरा मानिसहरूलाई जान दिइनस् भने म तँ, तेरा अधिकारीहरू, तेरा मानिसहरू र तेरा घरहरूमा हुलका हुल झिँगाहरू पठाउनेछु । मिश्रीहरूका घरहरू मात्र नभएर तिनीहरू खडा हुने जमिन पनि झिँगाहरूले भरिनेछन् ।
EXO 8:22 तर त्यस दिन म मेरा मानिसहरू बसिरहेका गोशेन प्रदेशलाई चाहिँ फरक तरिकाले व्यवहार गर्नेछु ताकि त्यहाँ झिँगाहरू नहोऊन् । यो देशमा म परमप्रभु हुँ भनी तैँले जानोस् भनी यसो हुनेछ ।
EXO 8:23 मेरा मानिसहरू र तेरा मानिसहरूका बिचमा म भिन्‍नता ल्याउनेछु । भोलि मेरो शक्तिको यो चिन्ह हुनेछ' ।”
EXO 8:24 परमप्रभुले त्यसै गर्नुभयो । फारोका घरहरू र तिनका अधिकारीहरूका घरहरूमा हुलका हुल झिँगाहरू आए । मिश्र देशभरि झिँगाहारूले देशलाई सखाप पारे ।
EXO 8:25 फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “हाम्रो आफ्नै देशमा गएर तिमीहरूका परमेश्‍वरलाई बलिदान चढाउन जाओ ।”
EXO 8:26 मोशाले भने, “हामीलाई त्यसो गर्न ठिक हुँदैन किनकि हामीले परमप्रभु हाम्रा परमेश्‍वरलाई चढाउने बलिदान मिश्रीहरूको भन्दा बेग्लै हुनेछ । हामीले मिश्रीहरूलाई घिनलाग्‍ने बलि तिनीहरूकै आँखाको सामुन्‍ने चढायौँ भने के तिनीहरूले हामीमाथि ढुङ्गा बर्साउँदैनन् र?
EXO 8:27 परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा दिनुभएझैँ उहाँलाई बलिदान गर्न हामी तिन दिनको यात्रा गरी उजाड-स्थानमा जानैपर्छ ।”
EXO 8:28 फारोले भने, “परमप्रभु तिमीहरूका परमेश्‍वरलाई उजाड-स्थानमा बलिदान चढाउन जान दिन म अनुमति दिनेछु । तिमीहरू धेरै टाढा भने जानुहुँदैन । मेरो लागि प्रार्थना चढाऊ ।”
EXO 8:29 मोशाले भने, “म यहाँबाट जानेबित्तिकै हजुर फारो र हजुरका अधिकारीहरूसाथै मानिसहरूबाट झिँगाका हुलहरू भोलि नै हटून् भनी बिन्ती गर्नेछु । तर परमप्रभुलाई बलिदान चढाउन जान नदिई हाम्रा मानिसहरूलाई तपाईंले छल गर्नुहुँदैन ।
EXO 8:30 मोशा फारोकहाँबाट गए र परमप्रभुलाई बिन्ती चढाए ।
EXO 8:31 मोशाले अनुरोध गरेअनुसार परमप्रभुले गर्नुभयो, र उहाँले फारो, तिनका अधिकारीहरू र तिनका मानिसहरूबाट झिँगाका हुलहरूलाई हटाइदिनुभयो । एउटै पनि बाँकी रहेन ।
EXO 8:32 तर फारोले यस पटक पनि आफ्नो ह्रदय कठोर पारे र तिनले मानिसहरूलाई जान दिएनन् ।
EXO 9:1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ गएर भन्, 'हिब्रूहरूका परमप्रभु यसो भन्‍नुहुन्छः मेरो आराधना गर्नलाई मेरो मानिसहरूलाई जान दे ।
EXO 9:2 तैँले तिनीहरूलाई जान दिन इन्कार गरिस् र तिनीहरूलाई अझै पनि रोकिस् भने
EXO 9:3 परमप्रभुको हात खेतहरू, घोडाहरू, गधाहरू, ऊँटहरू, गाईवस्तुहरू र भेडा-बाख्राहरूमाथि पर्नेछ र यसले डरलाग्दो रोग उत्पन्‍न गराउनेछ ।
EXO 9:4 परमप्रभुले इस्राएलका गाईवस्तु र मिश्रका गाईवस्तु छुट्‌ट्याउनेहुनेछ र इस्राएलीहरूको कुनै पनि गाईवस्तु मर्नेछैन ।
EXO 9:5 परमप्रभुले समय निधो गरिसक्‍नुभएको छ । उहाँले भन्‍नुभएको छ, “भोलि यस देशमा म यो काम गर्नेछु ।”
EXO 9:6 परमप्रभुले अर्को दिन त्यही गर्नुभयो । मिश्रका सबै गाईवस्तु मरे, तर इस्राएलीहरूका पशुहरू भने जीवितै रहे, एउटै पनि मरेन ।
EXO 9:7 फारोले अनुसन्धान गर्दा इस्राएलीहरूका एउटै पनि पशु नमेरोको पाए । तर तिनको ह्रदय हठी भयो, त्यसैले तिनले मानिसहरूलाई जान दिएनन् ।
EXO 9:8 तब परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “भट्टीबाट मुट्ठीभर खरानी लेओ । तँ मोशाले फारोले हेरिरहँदा त्यस खरानीलाई आकाशमा फ्याँक्‍नू ।
EXO 9:9 ती मिश्र देशभरि मसिनो धुलो बन्‍नेछन् । तिनले मिश्र देशका सबै मानिस र पशुहरूमा फोका र खटिरा ल्याउनेछन् ।”
EXO 9:10 त्यसैले मोशा र हारूनले भट्टीबाट खरानी लिएर फारोको सामुन्‍ने खडा भए । त्यसपछि मोशाले खरानीलाई हावामा फ्याँके । खरानीले मानिस र पशुहरूमा फोका र खटिरा ल्याए ।
EXO 9:11 फोकाको कारणले जादुगरहरूले मोशाको विरोध गर्न सकेनन् । किनकि फोका सबै मिश्रीमाथि आइपरेको थियो ।
EXO 9:12 परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो । त्यसैले फारोले मोशा र हारूनको कुरा सुनेनन् । फारोले मोशाको कुरा सुन्‍नेथिएन भनी परमप्रभुले भन्‍नुभएझैँ भयो ।
EXO 9:13 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारोको सामुन्‍ने खडा हो र त्यसलाई भन्, 'हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।
EXO 9:14 किनकि यो पटक तँ, तेरा अधिकारीहरू र तेरा मानिसहरूमाथि म मेरा सबै विपत्ति ल्याउनेछु । सारा पृथ्वीमा मजस्तो कोही रहेनछ भनी तैँले जान् भनी म यसो गर्नेछु ।
EXO 9:15 यति बेलासम्म त मैले मेरो हात पसारेर तँ र तेरा मानिसहरूलाई रोगले आक्रमण गरेको भए तँ यस धरतीबाट मटिनेथिइस् ।
EXO 9:16 मेरो नाउँ सारा पृथ्वीभरि घोषणा हुन सकोस् भनेर मेरो शक्ति देखाउनलाई मैले तँलाई जीवित रहने अनुमति दिएँ ।
EXO 9:17 मेरा मानिसहरूलाई जान नदिएर तैँले अझै पनि आफूलाई उचालिरहेको छस् ।
EXO 9:18 सुन्! भोलि यसै बेलातिर म निकै शक्तिशाली असिना बर्साउनेछु जुन मिश्र सुरु भएदेखि आजको दिनसम्म बर्सिएको छैन ।
EXO 9:19 अब मानिसहरू पठाएर तेरा खेतहरूमा भएका तेरा गाईवस्तु र हरेक जे-जति छन् तिनलाई सुरक्षित स्थानमा जम्मा गर् । खेतमा भएका र घरमा नल्याइएका हरेक मानिस र पशुमाथि असिना बर्सनेछ र तिनीहरू मर्नेछन् ।”
EXO 9:20 परमप्रभुको सन्देशमा विश्‍वास गर्ने फारोका अधिकारीहरूले दासदासीहरू र गाईवस्तुहरूलाई घरहरूमा हुल्न हतार गरे ।
EXO 9:21 तर परमप्रभुको सन्देशलाई गम्भीरतापूर्वक नलिनेहरूले तिनीहरूका दासदासीहरू र गाईवस्तुहरूलाई खेतहरूमा छाडिदिए ।
EXO 9:22 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात आकाशमाथि पसार् ताकि मिश्र देशमा असिना बर्सोस् । ती मिश्र देशभरिका मानिसहरू, पशुहरू खेतमा भएका सबै बोट-बिरुवामा बर्सून् ।”
EXO 9:23 मोशाले आफ्नो लट्ठी आकाशतिर पसारे र परमप्रभुले जमिनमा गर्जन, असिना र बिजुली पठाइदिनुभयो । उहाँले मिश्र देशमा असिना बर्साइदिनुभयो । बिजुलीसँगै असिना मिसिएर आएको थियो ।
EXO 9:24 यो यति डरलाग्दो थियो कि मिश्र राज्य भएदेखि त्यस देशमा यस्तो कहिल्यै भएको थिएन ।
EXO 9:25 मिश्र देशभरि असिनाले खेतमा भएका हरेक कुरासाथै मानिस र पशुहरू दुवैलाई प्रहार गर्‍यो । यसले खेतहरूमा भएको हरेक बोट-बिरुवालाई प्रहार गर्नुका साथै हरेक रुख भाँचिदियो ।
EXO 9:26 इस्राएलीहरू बसेको गोशेन प्रदेशमा मात्र असिना परेको थिएन ।
EXO 9:27 त्यसपछि फारोले मोशा र हारूनलाई बोलाउन मानिसहरू पठाए । तिनले तिनीहरूलाई भने, “यस पटक मैले पाप गरेको छु । परमप्रभु धर्मी हुनुहुन्छ अनि म र मेरा मानिसहरू दुष्‍ट छौँ ।
EXO 9:28 परमप्रभुलाई बिन्ती चढाऊ किनकि शक्‍तिशाली गर्जन र असिना अति भएका छन् । म तिमीहरूलाई जान दिनेछु र अब उसो तिमीहरू यहाँ बस्‍नुपर्नेछैन ।”
EXO 9:29 मोशाले तिनलाई भने, “मैले सहर छाड्ने बित्तिकै म मेरो हात परमप्रभुतिर फैलाउनेछु । गर्जन रोकिनेछ र अब उसो असिना पर्नेछैन । यसरी पृथ्वी परमप्रभुको हो रहेछ भनी तपाईंले थाहा पाउनुहुनेछ ।
EXO 9:30 तर तपाईं र तपाईंका अधिकारीहरूको सवालमा तपाईंहरूले वास्तवमा परमप्रभुलाई आदर गर्नुहुन्‍न भनी म जान्दछु ।”
EXO 9:31 अब सनपाट र जौ नष्‍ट भए किनकि जौमा बाला लागेको थियो र सनपाटचाहिँ फुलिसकेको थियो ।
EXO 9:32 तर गहुँ र कठियागहुँलाई हानि भएन किनकि ती पछि पाक्छन् ।
EXO 9:33 जब मोशाले फारो र सहरलाई छाडे तिनले आफ्ना हात परमप्रभुतिर फैलाए । गर्जन र असिना रोकिए अनि पानी पर्न छाड्यो ।
EXO 9:34 वर्षा, असिना र गर्जन रोकिएको देखेपछि फारोले फेरि पाप गरे र तिनले आफ्नो ह्रदय कठोर पारे र तिनका अधिकारीहरूले पनि त्यसै गरे ।
EXO 9:35 फारोको ह्रदय कठोर भयो । त्यसैले तिनले इस्राएलका मानिसहरूलाई जान दिएनन् । फारोले यसै गर्नेथिए भनी परमप्रभुले मोशालाई भन्‍नुभएको थियो ।
EXO 10:1 परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ जा किनकि मैले त्यसको र त्यसका अधिकारीहरूका ह्रदय कठोर बनाइदिएको छु । तिनीहरूका बिचमा मेरो शक्तिका यी चिन्हहरू देखाउनलाई मैले यसो गरेको हुँ ।
EXO 10:2 मैले गरेका कुराहरू, मैले मिश्रलाई कसरी कठोरतापूर्वक व्यवहार गरेँ र तिनीहरूका बिचमा मेरो शक्तिका विभिन्‍न चिन्हहरू कसरी देखाएँ भनी तैँले तेरा छोराछोरीहरू र नातिनातिनाहरूलाई बताउनेछस् भनेर पनि मैले यसो गरेको हुँ । यसरी म परमप्रभु हुँ भनी तैँले जान्‍नेछस् ।”
EXO 10:3 त्यसैले मोशा र हारून फारोकहाँ गए र भने, “हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मेरो सामु आफैलाई विनम्र पार्न कहिलेसम्म अस्वीकार गर्छस्? मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।
EXO 10:4 तैँले मेरा मानिसहरूलाई जान दिन इन्कार गरिस् भने सुन्, भोलि म तेरो देशमा सलहहरू ल्याउनेछु ।
EXO 10:5 कसैले जमिनलाई देख्‍न नसक्‍ने गरी तिनीहरूले भुइँलाई ढाक्‍नेछन् । असिनाबाट बचेर रहेका कुनै पनि चिज तिनीहरूले खाइदिनेछन् । खेतमा उम्रने हरेक रुखलाई पनि तिनीहरूले खाइदिनेछन् ।
EXO 10:6 तिनीहरू तेरा, तेरा सबै अधिकारीसाथै सबै मिश्रीका घरहरूमा भरिनेछन् । यस्तो तिमीहरूका बुबा र हजुर बुबाहरूले पृथ्वीको स्थापना भएदेखि आजको दिनसम्म कहिल्यै देखेका छैनन्' ।” त्यसपछि मोशा फारोकहाँबाट निस्केर गए ।
EXO 10:7 फारोका अधिकारीहरूले तिनलाई भने, “कहिलेसम्म यो मानिसले हामीलाई धम्की दिने? तिनीहरूका परमप्रभु परमेश्‍वरलाई आराधना गर्न इस्राएलीहरूलाई जान दिनुहोस् । मिश्र नष्‍ट भएको के हजुरले देख्‍नुभएको छैन र?”
EXO 10:8 मोशा र हारून फेरि पनि फारोकहाँ ल्याइए । फारोले तिनीहरूलाई भने, “तिमीहरूका परमप्रभु परमेश्‍वरको आराधना गर्न जाओ । तर जानेहरूचाहिँ को-को हुनेछन्?”
EXO 10:9 मोशाले भने, “हामी हाम्रा छोराछोरीहरू, बुढाबुढीहरू लिएर जानेछौँ । हामीले हाम्रा गाईवस्तु र भेडा-बाख्राहरू लिएर जानेछौँ किनकि हामीले परमप्रभुको निम्ति चाड मनाउनुपर्छ ।”
EXO 10:10 फारोले तिनीहरूलाई भने, “मैले तिमीहरू र तिमीहरूका सन्तानहरूलाई जान दिएँ भने वास्तवमा परमप्रभु तिमीहरूसँगै होऊन् । हेर, तिमीहरूको मनमा कुनै दुष्‍टता छ ।
EXO 10:11 तिमीहरूमा बिचमा भएका पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गरून् किनकि तिमीहरूले चाहेको यही नै हो ।” त्यसपछि मोशा र हारूनलाई फारोको उपस्थितिबाट हटाइयो ।
EXO 10:12 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “सलहहरू मिश्र देशमा आऊन् भनी तेरो हात पसार् । असिनाको आक्रमणबाट बाँकी रहेका मिश्र देशका हरेक थोकमाथि तिनीहरूले आक्रमण गरून् ।”
EXO 10:13 मोशाले आफ्नो लट्ठी मिश्र देशमाथि पसारे अनि परमप्रभुले दिनरात समस्त देशमा पूर्वीय बतास चलाइदिनुभयो । बिहान हुँदा पूर्वीय बतासले सलहहरू ल्याएको थियो ।
EXO 10:14 सलहहरू मिश्र देशभरि गए र यसका सबै भू-भागमा हुल-हुल भएर बसे । त्यस देशमा सलहहरूको यस्तो हुल कहिल्यै देखा परेको थिएन र यसपछि पनि यस्तो कहिल्यै हुनेछैन ।
EXO 10:15 पुरै अन्धकार हुने गरी तिनीहरूले पुरै देशको सतहलाई ढाके । असिनाले नष्‍ट गरेर छाडेका रुखहरूका सबै फल र खेतका सबै बोट-बिरुवा तिनीहरूले खाइदिए । मिश्र देशभरि कुनै जीवित हरियो बिरुवा बाँकी रहेन न त खेतमा नै कुनै रुख-बिरुवा बाँकी रह्‍यो ।
EXO 10:16 त्यसपछि फारोले झट्टै मोशा र हारूनलाई डाक्‍न पठाए र भने, “मैले तिमीहरूका परमेश्‍वर र तिमीहरूको विरुद्धमा पाप गरेको छु ।
EXO 10:17 अब यस पल्ट मेरो पाप क्षमा गरिदेऊ र मबाट यस मृत्युलाई लगियोस् भनी तिमीहरूका परमप्रभु परमेश्‍वरसित बिन्ती चढाइदेओ ।”
EXO 10:18 त्यसैले मोशा फारोकहाँबाट गए र परमप्रभुलाई बिन्ती चढाए ।
EXO 10:19 परमप्रभुले निकै शक्तिशाली पश्‍चिमी बतास चलाइदिनुभयो जसले सलहहरूलाई उडाई लाल समुद्रमा लग्यो । मिश्रका इलाकाभित्र एउटै पनि सलह रहेन ।
EXO 10:20 तर परमप्रभुले फारोको ह्रदय कठोर बनाइदिनुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन् ।
EXO 10:21 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “आकाशतिर तेरो हात पसार् अनि मिश्र देशभरि महसुस गर्न सकिने अन्धकार होस् ।”
EXO 10:22 मोशाले आफ्नो हात आकाशतिर पसारे र मिश्र देशभरि तिन दिनसम्म निस्पट्ट अन्धकार छायो ।
EXO 10:23 कसैले कसैलाई देख्‍न सक्दैनथ्यो । तिन दिनसम्म कोही पनि आफ्नो घरबाहिर निस्केन । तर सबै इस्राएली बसेको ठाउँमा भने उज्यालै थियो ।
EXO 10:24 फारोले मोशालाई बोलाउन पठाए र भने, “गएर परमप्रभुको आराधना गर । तिमीहरूका परिवारहरू पनि तिमीहरूसँगै जान सक्‍नेछन्, तर तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरूलाई भने यहीँ छाड ।”
EXO 10:25 तर मोशाले भने, “हाम्रा परमप्रभु परमेश्‍वरलाई बलिदान चढाउन तपाईंले हामीलाई बलिदान र होमबलिको निम्ति पशुहरू पनि दिनुपर्छ ।
EXO 10:26 हाम्रा गाईवस्तु पनि हामीसितै जानुपर्छ । तिनीहरूका खुर पनि छोडिनुहुँदैन किनकि हाम्रा परमप्रभु परमेश्‍वरको आराधना गर्न हामीले तिनलाई लैजानैपर्छ । किनकि हामी त्यहाँ नपुगेसम्म हामीले परमप्रभुलाई के-के चढाएर आराधना गर्ने भनी हामीलाई थाहा हुँदैन ।”
EXO 10:27 तर परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो र तिनले तिनीहरूलाई जान दिएनन् ।
EXO 10:28 फारोले मोशालाई भने, “मबाट जाऊ! एउटा कुराको बारेमा होसियार होऊ । अबदेखि मेरो सामु देख नपर किनकि मेरो अनुहार देखेको दिनमा तिमी मर्नेछौ ।”
EXO 10:29 मोशाले भने, “तपाईंले भन्‍नुभएझैँ होस् । म फेरि तपाईंको अनुहार हेर्नेछैनँ ।”
EXO 11:1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारो र मिश्रमा मैले ल्याउने एउटा विपत्ति अझै पनि बाँकी छ । त्यसपछि त्यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ । अन्त्यमा त्यसले तिमीहरूलाई जान दिँदा त्यसले तिमीहरूलाई पूर्ण रूपमा निकालिदिनेछ ।
EXO 11:2 हरेक पुरुष र स्‍त्रीले तिनीहरूका छिमेकीहरूबाट चाँदी र सरसामानहरू माग्‍न तिनीहरूलाई निर्देशन दे ।”
EXO 11:3 अब परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूलाई खुसी तुल्याउन उत्सुक बनाइदिनुभयो । यसको अतिरिक्त, यी मानिस मोशा फारोका अधिकारीहरू र मिश्रका मानिसहरूका दृष्‍टिमा प्रभावशाली बने ।
EXO 11:4 मोशाले भने, “परमप्रभु यसो भन्‍नुहुन्छः मध्यराततिर म मिश्र भएर जानेछु ।
EXO 11:5 मिश्र देशमा सिंहासनमा बस्‍ने फारोको जेठो छोरोदेखि लिएर जाँतो पिँध्‍ने दासीको जेठो छोरोसम्म र गाईवस्तुका सबै पहिले जन्मेकाहरू मर्नेछन् ।
EXO 11:6 त्यसपछि मिश्र देशमा पहिले कहिल्यै नसुनिएको र फेरि पछि कहिल्यै नसुनिने ठुलो रुवाबासी हुनेछ ।
EXO 11:7 तर इस्राएलका मानिस र पशुको विरुद्धमा भने एउटा कुकुर पनि भुक्‍नेछैन । यसरी मैले मिश्रीहरू र इस्राएलीहरूलाई फरक तरिकाले व्यवहार गर्दै छु भनी तैँले जान्‍नेछस् ।
EXO 11:8 फारोका सबै अधिकारी मकहाँ आई मेरो सामु निहुरिनेछन् । तिनीहरूले भन्‍नेछन्, 'तपाईंको पछि लाग्‍ने सबै मानिस जाऊन् ।' त्यसपछि म जानेछु ।” तब तिनी फारोकहाँबाट अति क्रोधित भएर गए ।
EXO 11:9 परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोले तेरो कुरा सुन्‍नेछैन । मैले मिश्र देशमा धेरै अचम्मका कामहरू गर्न सकूँ भनेर यसो भएको हो ।”
EXO 11:10 मोशा र हारूनले फारोको सामु यी सबै अचम्मका काम गरे । तर परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो र तिनले आफ्नो देशबाट इस्राएलका मानिसहरूलाई जान दिएनन् ।
EXO 12:1 परमप्रभु मिश्र देशमा मोशा र हारूनसित बोल्नुभयो । उहाँले भन्‍नुभयो,
EXO 12:2 “तिमीहरूका लागि यो महिनाहरूको सुरु हुनेछ । यो महिना तिमीहरूका लागि वर्षको पहिलो महिन हुनेछ ।
EXO 12:3 इस्राएलको समुदायलाई भन्, 'यो महिनाको दसौँ दिनमा हरेक परिवारले हरेक घरानाको लागि एउटा-एउटा पाठो ल्याउनुपर्छ ।
EXO 12:4 एउटा पाठोको लागि घराना ज्यादै सानो भएमा त्यो घराना र नजिकैको छिमेकी मिलेर एउटा थुमा वा पाठो ल्याउनुपर्छ जुन ती मानिसहरूको सङ्ख्याको लागि पर्याप्‍त हुनेछ । हरेकलाई खानको लागि यो पर्याप्‍त हुनेछ ।
EXO 12:5 त्यसैले सबैलाई खुवाउन तिनीहरूले पर्याप्‍त मासु तयार गर्नुपर्छ । तिमीहरूको थुमा वा पाठो खोटरहित हुनुपर्छ र यो एक वर्षको हुनुपर्छ । तिमीहरूले भेडा वा बाख्राहरूबाट त्यो लिनू ।
EXO 12:6 तिमीहरूले यसलाई त्यो महिनाको चौधौँ दिनसम्म राख्‍नुपर्छ । त्यसपछि इस्राएलको सारा समुदायले यी पशुहरूलाई साँझमा मार्नू ।
EXO 12:7 जुन-जुन घरमा त्यो मासु खाइन्छ, त्यहाँ तिमीहरूले केही रगत लिई घरको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लगाऊन् ।
EXO 12:8 त्यस रात तिमीहरूले आगोमा पोलेर त्यो मासु खानू । तितो सागसित खमिर नहालेको रोटीसितै तिमीहरूले त्यो खानू ।
EXO 12:9 काँचो वा पानीमा उमालेर नखाओ । बरु, यसको टाउको, यसका खुट्टा र भित्री भागहरूसमेत आगोमा पोलेर खाओ ।
EXO 12:10 बिहानसम्ममा कुनै पनि भाग नउबार्नू । बिहानसम्म केही उब्रियो भने त्यसलाई जलाइदिनू ।
EXO 12:11 पटुका कसेर, खुट्टामा जुत्ता लगाएर र हातमा लट्ठी बोकेर तिमीहरूले खानू । तिमीहरूले हतारसँग खानुपर्छ । यो परमप्रभुको निस्तार-चाड हो ।
EXO 12:12 परमप्रभु भन्‍नुहुन्छः म त्यस रात मिश्र देश भएर जानेछु र मिश्र देशका मानिस र गाईवस्तुका सबै पहिले जन्मेकाहरूलाई आक्रमण गर्नेछु । म मिश्रका सबै देवी-देवतालाई दण्ड दिनेछु । म परमप्रभु हुँ ।
EXO 12:13 म तिमीहरूकहाँ आउँदा रगत तिमीहरूको घरमा चिन्ह हुनेछ । मैले रगत देखेपछि मैले मिश्र देशमा आक्रमण गर्दा तिमीहरूलाई छाडिदिनेछु । यो विपत्तिले तिमीहरूलाई नाश गर्नेछैन ।
EXO 12:14 यो दिन तिमीहरूका लागि सम्झनाको दिन हुनेछ र यसलाई तिमीहरूले परमप्रभुको निम्ति चाडको रूपमा मान्‍नू । तिमीहरूको पुस्तौँसम्म रहिरहने विधिको रूपमा यसलाई तिमीहरूले सधैँ मान्‍नू ।
EXO 12:15 सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू । पहिलो दिनमा तिमीहरूले आ-आफ्ना घरहरूबाट खमिर हटाउनू । पहिलो दिनदेखि सातौँ दिनसम्म खमिर हालेको रोटी खाने मान्छे जोसुकैलाई पनि तिमीहरूले इस्राएलबाट बहिष्कार गर्नू ।
EXO 12:16 पहिलो दिनमा मेरो लागि अलग गरिएको समुदाय भेला होस् र सातौँ दिनमा पनि यस्तै भेला होस् । यी दिनमा कुनै पनि काम गरिनेछैन । तिमीहरूले केवल खानको लागि पकाउने काम गर्नू । तिमीहरूले गर्न सक्‍ने काम यही मात्र हुनेछ ।
EXO 12:17 तिमीहरूले यो अखमिरी रोटीको चाड मान्‍नैपर्छ किनकि यही दिनमा नै मैले तिमीहरूका सशत्र मानिसहरूलाई दल-दल गरी मिश्र देशबाट ल्याएको हुनेछु ।
EXO 12:18 तिमीहरूले यसलाई पुस्तौँसम्म मान्‍नू । यो तिमीहरूका निम्ति सधैँ एउटा विधि हुनेछ । वर्षको पहिलो महिनाको चौधौँ दिनको साँझदेखि त्यस महिनाको एक्‍काइसौँ दिनको साँझसम्म तिमीहरूले अखमिरी रोटी खानू ।
EXO 12:19 यी सात दिनमा तिमीहरूका घरहरूमा कुनै खमिर पाइनुहुँदैन । खमिर हालेको रोटी खाने जोसुकै इस्राएलको समुदायबाट बहिष्कृत हुनेछ, चाहे त्यो व्यक्ति विदेशी होस् या तिमीहरूकै देशमा जन्मेको होस् ।
EXO 12:20 खमिरबाट बनेको कुनै पनि थोक तिमीहरूले नखानू । तिमीहरू जहाँ बसे तापनि तिमीहरूले खमिर नहालेको रोटी मात्र खानू ।”
EXO 12:21 तब मोशाले इस्राएलका सबै धर्म-गुरुलाई बोलाउन पठाएर भने, “गएर आ-आफ्नो परिवारको लागि पर्याप्‍त हुने गरी थुमा वा पाठो छनौट गरेर त्यसलाई निस्तार-चाडको लागि मार ।
EXO 12:22 त्यसपछि हिसपको झुप्पा लिई भाँडोभित्र भएको रगतमा चोप । ढोकाको माथिल्लो भाग र दुईवटै चौकोसमा त्यसलाई छ्याप्‍नू । बिहान नभएसम्म कोही पनि आफ्नो घरको ढोकाबाहिर नजानू ।
EXO 12:23 किनकि मिश्रीहरूलाई प्रहार गर्न परमप्रभु यो देश भएर जानुहुनेछ । जब उहाँले ढोकाको माथिल्लो भाग र दुईवटै चौकोसमा रगत देख्‍नुहुनेछ तब उहाँले तिमीहरूको ढोकालाई छाडिदिनुहुनेछ र विनाश गर्नेलाई तिमीहरूलाई प्रहार गर्न तिमीहरूका घरहरूमा आउन अनुमति दिनुहुनेछैन ।
EXO 12:24 तिमीहरूले यस घटनालाई मान्‍नुपर्छ । यो तिमीहरू र तिमीहरूका सन्तानको लागि सदाको निम्ति एउटा विधि हुनेछ ।
EXO 12:25 परमप्रभुले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू प्रवेश गर्दा तिमीहरूले यो आराधनाको कामलाई मान्‍नू ।
EXO 12:26 तिमीहरूका छोराछोरीहरूले 'यो आराधनाको कामको अर्थ के हो?' भनी सोध्दा
EXO 12:27 तिमीहरूले जवाफ दिनू, “यो परमप्रभुको निस्तार-चाडको बलिदान हो किनकि परमप्रभुले मिश्रमा मिश्रीहरूलाई प्रहार गर्नुहुँदा इस्राएलीहरूका घरलाई छाडिदिनुभएको थियो । उहाँले हाम्रा घरानाहरूलाई मुक्त गरिदिनुभयो' ।” त्यसपछि मानिसहरूले शिर निहुराई परमप्रभुको आराधना गरे ।
EXO 12:28 इस्राएलीहरू गए र परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे ।
EXO 12:29 मध्यरातमा परमप्रभुले मिश्र देशमा सिंहासनमा बस्‍ने फारोको जेठो छोरोदेखि लिएर झ्यालखानामा बस्‍ने व्यक्तिको जेठो छोरोसम्म र गाईवस्तुका सबै पहिले जन्मेकाहरूलाई प्रहार गर्नुभयो ।
EXO 12:30 फारो, तिनका सबै अधिकारी र सबै मिश्रीहरू रातमा उठे । मिश्रमा ठुलो रुवाबासी भएको थियो किनकि मान्छे नमेरको कुनै घर थिएन ।
EXO 12:31 रातमा फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “उठ, तिमी र इस्राएलीहरू मेरा मानिसहरूका बिचबाट निस्केर जाओ । तिमीहरूले चाहेजस्तै गएर परमप्रभुको आराधना चढाओ ।
EXO 12:32 तिमीहरूले भनेजस्तै तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरू लिएर जाओ र मलाई पनि आशिष् देओ ।”
EXO 12:33 तिनीहरूलाई बाहिर पठाउन मिश्रीहरू निकै हतारमा थिए किनकि तिनीहरूले भने, “हामी सबै मर्नेछौँ ।”
EXO 12:34 त्यसैले मानिसहरूले खमिर नमिसाइएको मुछेको पिठोको डल्लो लिए । तिनीहरूका मुछ्ने आह्रीहरू पहिले तिनीहरूका लुगा र तिनीहरूका कुममा बाँधिएका थिए ।
EXO 12:35 अब इस्राएलका मानिसहरूले मोशाले भनेझैँ गरे । तिनीहरूले मिश्रीहरूबाट चाँदी, सुनका वस्तुहरूसाथै लुगाहरू मागे ।
EXO 12:36 परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूलाई खुसी तुल्याउन उत्सुक तुल्याइदिनुभएको थियो । त्यसैले इस्राएलीहरूले जे मागे तापनि मिश्रीहरूले दिए । यसरी इस्राएलीहरूले मिश्रीहरूलाई लुटे ।
EXO 12:37 इस्राएलीहरूले रामसेसबाट सुक्‍कोतमा यात्रा गरे । स्‍त्री र केटाकेटीहरूबाहेक पैदल हिँड्ने तिनीहरूको सङ्ख्या करिब ६,००,००० थियो ।
EXO 12:38 तिनीहरूका साथमा अन्य धेरै मानिस अनि गाईवस्तु र भेडा-बाख्रा पनि थिए ।
EXO 12:39 तिनीहरूले मिश्रबाट ल्याएका पिठोको डल्लोबाट अखमिरी रोटी बनाए । यो खमिरविनाको थियो किनकि तिनीहरू मिश्रबाट धपाइएका थिए र खाना तयार गर्न तिनीहरूको लागि समय थिएन ।
EXO 12:40 इस्राएलीहरू मिश्रमा ४३० वर्षसम्म बसेका थिए ।
EXO 12:41 ४३० वर्षको अन्तिम दिनमा परमप्रभुका सबै सशस्‍त्र दलहरू मिश्र देशबाट बाहिरिए ।
EXO 12:42 यो जागा रहनुपर्ने रात थियो किनकि परमप्रभुले तिनीहरूलाई मिश्र देशबाट रातमा बाहिर निकालेर ल्याउनुभएको थियो । यो इस्राएलीहरूको पुस्तौँसम्म तिनीहरूले पालन गर्नुपर्ने परमप्रभुको रात थियो ।
EXO 12:43 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “निस्तार-चाडको नियम यस्तो छः यसमा कुनै पनि परदेशीले भाग नलिओस् ।
EXO 12:44 तर दाम तिरेर किनिएको हरेक इस्राएली दासको खतना गरिएपछि त्यसले यो खान सक्छ ।
EXO 12:45 विदेशीहरू र भाडामा लिइएका नोकरहरूले यो खानाको कुनै पनि भाग नखानू ।
EXO 12:46 एउटै घरमा यसलाई खाइनुपर्छ । तिमीहरूले घरबाट कुनै पनि खाना बाहिर नलैजानू र यसको कुनै पनि हड्‍डी नभाँच्नू ।
EXO 12:47 इस्राएलका सारा समुदायले यसको पालन गर्नू ।
EXO 12:48 कुनै परदेशी तिमीहरूका बिचमा बसेको छ र त्यसले परमप्रभुको निम्ति निस्तार-चाड मान्‍न चाहन्छ भने त्यसका सबै पुरुष नातेदारहरूको खतना गरिनुपर्छ । त्यसपछि मात्र त्यसले यो चाड मान्‍न पाउँछ । त्यो देशमै जन्मेका मानिसहरूजस्तै एक हुनेछ । तर बेखतने व्यक्तिले यसबाट खान पाउनेछैन ।
EXO 12:49 स्वदेशी र तिमीहरूका बिचमा बसोबास गर्ने परदेशी दुवैलाई उही नियम लागु हुनेछ ।”
EXO 12:50 त्यसैले परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएझैँ सबै इस्राएलीले त्यसै गरे ।
EXO 12:51 ठिक त्यही दिन परमप्रभुले तिनीहरूका सशस्‍त्र दलहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याउनुभएको थियो ।
EXO 13:1 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
EXO 13:2 “इस्राएलीहरूमध्येका मानिस र पशुहरू दुवैबाट पहिले जन्मेका सबै नरलाई मेरो निम्ति अलग गर् । पहिले जन्मेकाहरू मेरा हुन् ।”
EXO 13:3 मोशाले मानिसहरूलाई भने, “आजको दिन सम्झना राख । आजकै दिन परमप्रभुको शक्तिशाली हातद्वारा तिमीहरू मिश्रको दासत्वबाट यस ठाउँमा ल्याइएका छौ । खमिर हालेको कुनै पनि रोटी खाइनेछैन ।
EXO 13:4 तिमीहरू आबीब महिनाको आजकै दिनमा मिश्रबाट बाहिर जाँदै छौ ।
EXO 13:5 परमप्रभुले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी र यबूसीहरूको दूध र मह बग्‍ने देशमा लैजानुहुँदा तिमीहरूले यही महिनामा आराधनाको यो चाड मान्‍नू ।
EXO 13:6 सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू । सातौँ दिनमा परमप्रभुको निम्ति चाड हुनेछ ।
EXO 13:7 सात दिनसम्म खमिर नहालेको रोटी खानू । खमिर हालेको रोटी तिमीहरूका बिचमा नदेखियोस् ।
EXO 13:8 त्यस दिन तिमीहरूले आ-आफ्ना छोराछोरीहरूलाई भन्‍नू, 'म मिश्रबाट बाहिर आउँदा परमप्रभुले मेरो निम्ति जे गर्नुभएको थियो, त्यसैको खातिर मैले यसो गरेको हुँ ।'
EXO 13:9 यो तिमीहरूका निम्ति हातमा र तिमीहरूको निधारमा सम्झना गराउने कुरो हुनेछ । परमप्रभुको शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट बाहिर ल्याएकोले तिमीहरूको मुखमा यो उहाँको विधि हुनेछ ।
EXO 13:10 त्यसकारण वर्षैपिच्छे तिमीहरूले तोकिएको समयमा यो विधिको पालन गर्नू ।
EXO 13:11 परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूसित शपथ खानुभएझैँ उहाँले तिमीहरूलाई कनानीहरूको देशमा पुर्‍याई त्यो देश तिमीहरूलाई दिनुहुँदा
EXO 13:12 तिमीहरूले हरेकको गर्भको पहिले फल परमप्रभुको निम्ति अलग गर्नू ।
EXO 13:13 गधाको हरेक पहिलो फललाई एउटा पाठोद्वारा छुटाउनू । त्यो छुटाएनौ भने त्यसको घाँटी निमोठिदिनू । तर तिमीहरूका सबै छोराका बिचमा पहिलो फललाई तिमीहरूले छुटाउनैपर्छ ।
EXO 13:14 'यसको मतलब के हो?' भनी पछि तिमीहरूको छोरोले सोध्दा तिमीहरूले यसो भन्‍नू, 'परमप्रभुले शक्तिशाली हातद्वारा हामीलाई मिश्रको दासत्वबाट निकालेर ल्याउनुभयो ।
EXO 13:15 हठी भएर फारोले हामीलाई जान दिन इन्कार गर्दा परमप्रभुले मिश्र देशमा मानिस र पशु दुवैका सबै पहिले जन्मेकाहरूलाई मार्नुभयो । त्यसकारण म हरेक पशुको पहिले जन्मेको नरलाई परमप्रभुको निम्ति बलिदान चढाउँछु, र मेरा छोराहरूमध्ये जेठोलाई छुटाउँछु ।'
EXO 13:16 यो तिमीहरूको हात र तिमीहरूको निधारमा सम्झना दिलाउने कुरो हुनेछ किनकि परमप्रभुको शक्तिशाली हातद्वारा उहाँले हामीलाई मिश्रबाट बाहिर ल्याउनुभएको थियो ।”
EXO 13:17 फारोले मानिसहरूलाई जान दिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन । किनकि उहाँले भन्‍नुभयो, “तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् ।”
EXO 13:18 त्यसैले परमेश्‍वरले ती मानिसहरूलाई उजाड-स्थानको बाटो भएर लाल समुद्रतिर लैजानुभयो । इस्राएलीहरू युद्धको लागि सशस्‍त्र भई मिश्र देशबाट अगि बढे ।
EXO 13:19 मोशाले योसेफको अस्थि आफूसितै लगे किनकि योसेफले इस्राएलीहरूलाई यसरी गम्भीरतापूर्वक शपथ खान लगाएका थिए, “निश्‍चय नै परमेश्‍वरले तिमीहरूलाई छुटकारा दिनुहुनेछ र तिमीहरूले मेरो अस्थि आफूसितै लैजानू ।”
EXO 13:20 इस्राएलीहरू सुक्‍कोतबाट यात्रा गरी उजाड-स्थानको नजिकै एथाममा आइपुगे र त्यहाँ तिनीहरूले पाल टाँगे ।
EXO 13:21 परमप्रभु दिनमा बादलको खाँबो बनी तिनीहरूको अगिअगि जानुहुन्थ्यो । रातमा आगोको खाँबो बनी उहाँले तिनीहरूलाई ज्योति दिनुहुन्थ्यो । यसरी तिनीहरू दिन र रातमा यात्रा गर्न सक्थे ।
EXO 13:22 परमप्रभुले दिनमा बादलको खाँबो र रातमा आगोको खाँबो मानिसहरूबाट हटाउनुभएन ।
EXO 14:1 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
EXO 14:2 “इस्राएलीहरू फर्केर मिग्दोल र समुद्रको बिचमा बाल-सेफोनको अगाडि पी-हहीरोतका सामु पाल टाँगेर बसून् । तिमीहरूले पी-हहीरोतको सामुन्‍ने समुद्रनेर पाल टाँग्‍नुपर्छ ।
EXO 14:3 फारोले इस्राएलीहरूको बारेमा भन्‍नेछन्, “तिनीहरू देशमा भौतारिहरहेका छन् । उजाड-स्थानले तिनीहरूलाई थुनिदिएको छ ।'
EXO 14:4 म फारोको ह्रदय कठोर बनाउनेछु र त्यसले तिमीहरूको पिछा गर्नेछ । फारो र त्यसका सबै सेनाको कारणले गर्दा मैले आदर पाउनेछु । म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।” इस्राएलीहरूलाई आज्ञा गरिएझैँ तिनीहरूले पाल टाँगे ।
EXO 14:5 इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्‍यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।”
EXO 14:6 तब फारोले आफ्ना रथहरू तयार पारे र आफ्नो सेना लिएर अगाडि बढे ।
EXO 14:7 तिनले छ सयवटा रोजाइका रथसाथै मिश्रका अन्य सबै रथहरू र तीमाथि अधिकृतहरूलाई लिएर गए ।
EXO 14:8 परमप्रभुले मिश्रका राजा फारोको ह्रदय कठोर पारिदिनुभएको थियो । त्यसैले राजाले इस्राएलीहरूको पिछा गरे । इस्राएलीहरू विजयका साथ गइसकेका थिए ।
EXO 14:9 तर मिश्रीहरूले आफ्ना सबै घोडा, रथ, घोडचढी र सेना लिएर तिनीहरूको पिछा गरे । तिनीहरूले इस्राएलीहरूलाई बाल-सेफोनको अगाडि पी-हहीरोतनेर पाल टाँगेर बसिरहेको भेट्टाए ।
EXO 14:10 जब फारो नजिक आइपुगे इस्राएलीहरूले माथि हेरे र तिनीहरू छक्‍क परे । मिश्रीहरू तिनीहरूको पिछा गर्दै अगाडि बढ्दै थिए । इस्राएलीहरू अत्यन्तै डराए । तिनीहरूले परमप्रभुलाई पुकारे ।
EXO 14:11 तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान नभएकोले तपाईंले हामीलाई यस उजाड-स्थानमा मर्न ल्याएउनुभएको हो? मिश्रबाट बाहिर निकाली किन तपाईंले हामीसित यसरी व्यवहार गर्नुभएको?
EXO 14:12 के मिश्रमा छँदा नै हामीले यसको भनेका थिएनौँ र? हामीले तपाईंलाई भन्यौँ, 'मिश्रीहरूका निम्ति काम गर्न हामीलाई एक्लै छाडिदिनुहोस् ।' उजाड-स्थानमा मर्नुभन्दा त तिनीहरूकै निम्ति काम गर्नु असल हुनेथियो ।”
EXO 14:13 मोशाले मानिसहरूलाई भने, “नडराओ । स्थिर रहो, र आज परमप्रभुले तिमीहरूलाई दिनुहुने छुटकारालाई हेर । किनकि आज तिमीहरूले देखेका यी मिश्रीहरूलाई तिमीहरूले फेरि कहिल्यै देख्‍नेछैनौ ।
EXO 14:14 परमप्रभु तिमीहरूका पक्षमा लड्नुहुनेछ । तिमीहरू केवल स्थिर भएर बस ।”
EXO 14:15 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “ए मोशा, किन तँ मेरो पुकार गर्दै छस्? इस्राएलीहरूलाई अगाडि बढ्न आज्ञा दे ।
EXO 14:16 तेरो लट्ठी उठाएर तेरो हात समुद्रतिर पसार् र यसलाई दुई भागमा विभाजन गर् ताकि इस्राएलका मानिसहरू सुक्खा भूमिबाट हिँडेर जान सकून् ।
EXO 14:17 मिश्रीहरू तिमीहरूका पिछा गरून् भनेर म तिनीहरूका ह्रदय कठोर पारिदिनेछु भन्‍ने कुरामा सचेत हो । फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउनेछु ।
EXO 14:18 तब फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउँदा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।”
EXO 14:19 इस्राएलीहरूको अगिअगि गएका परमेश्‍वरका दूत त्यहाँबाट तिनीहरूका पछिल्तिर सरे । मिश्रको छाउनी र इस्राएलको छाउनीको बिचमा बादल आएर बस्यो ।
EXO 14:20 यो मिश्रीहरूको लागि अन्धकार बादल थियो जब कि यसले इस्राएलीहरूलाई रातमा प्रकाश दिन्थ्यो । तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन् ।
EXO 14:21 मोशाले समुद्रतिर आफ्नो हात पसारे । परमप्रभुले रातभरि सबैभन्दा शक्तिशाली पूर्वीय बतास चलाइदिनुभयो र समुद्रलाई सुक्खा भूमिमा परिणत गराइदिनुभयो ।
EXO 14:22 इस्राएलीहरू समुद्रको बिचबाट ओबानो भूमिबाट गए । पानीले तिनीहरूको दायाँ र बायाँ खम्बाको रूपमा काम गर्‍यो ।
EXO 14:23 मिश्रीहरूले तिनीहरूको पिछा गरिरहे । फारोका सबै घोडा, रथ र घोडचढीहरू समुद्रको बिचमा तिनीहरूको पछिपछि लागे ।
EXO 14:24 तर बिहानी पखतिर परमप्रभुले आगो र बादलको खाँबोबाट मिश्री सेनालाई हेर्नुभयो । उहाँले मिश्रीहरूका बिचमा अलमल गराइदिनुभयो ।
EXO 14:25 तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र घोडचढीहरूलाई अगाडि बढ्न मुश्किल भयो । त्यसैले मिश्रीहरूले भने, “हामी इस्राएलबाट भागौँ किनकि परमप्रभु नै तिनीहरूको पक्षमा रही हाम्रो विरुद्धमा लड्दै हुनुहुन्छ ।”
EXO 14:26 परमप्रभुले मोशालाई भन्‍नुभयो, “पानी मिश्रीहरू, तिनीहरूका रथहरू र तिनीहरूका घोडचढीहरूमाथि आओस् भनेर तेरो हात समुद्रमाथि पसार् ।”
EXO 14:27 त्यसैले मोशाले आफ्नो हात समुद्रमाथि पसारे र बिहान हुँदा यो आफ्नो सामान्य मार्गमा आयो । मिश्रीहरू समुद्रमा भागे, र परमप्रभुले मिश्रीहरूलाई समुद्रको बिचमा फ्याँकिदिनुभयो ।
EXO 14:28 पानी फर्केर आयो र इस्राएलीहरूको पिछा गर्ने फारोका रथ, घोडचढी र तिनका पुरै सेनालाई पानीले ढाकिदियो । कोही पनि बाँचेन ।
EXO 14:29 तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए । पानी तिनीहरूको दायाँ र बायाँ पर्खालको रूपमा खडा रह्यो ।
EXO 14:30 यसरी त्यस दिन परमप्रभुले इस्राएललाई मिश्रीहरूको हातबाट बचाउनुभयो, र इस्राएलले समुद्री तटमा मिश्रीहरूका लाशहरू देखे ।
EXO 14:31 परमप्रभुले मिश्रीहरूको विरुद्धमा प्रयोग गर्नुभएको महान् शक्तिलाई जब इस्राएलले देख्यो मानिसहरूले परमप्रभुको आदर गरे, र तिनीहरूले परमप्रभु र उहाँका दास मोशामाथि भरोसा गरे ।
EXO 15:1 तब मोशा र इस्राएलका मानिसहरूले परमप्रभुको निम्ति यो गीत गाए । तिनीहरूले भने, “म परमप्रभुको निम्ति गाउनेछु किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ । घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ ।
EXO 15:2 परमप्रभु मेरो शक्ति र गीत हुनुहुन्छ, र उहाँ मेरा उद्धार हुनुभएको छ । उहाँ मेरा परमेश्‍वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु । उहाँ मेरा पिता-पुर्खाका परमेश्‍वर हुनुहुन्छ र म उहाँलाई उचाल्छु ।
EXO 15:3 परमप्रभु मेरा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो ।
EXO 15:4 उहाँले फारोका रथहरू र सेनालाई समुद्रमा फालिदिनुभएको छ । फारोका छानिएका अधिकृतहरू लाल समुद्रमा डुबे ।
EXO 15:5 गहिराइले तिनीहरूलाई छोप्यो । तिनीहरू पत्थरजस्तै गहिराइमा डुबे ।
EXO 15:6 हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा महिमित छ । हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुलाई चकनाचुर पारिदिएको छ ।
EXO 15:7 महान् गौरवमा तपाईंले तपाईंको विरुद्धमा उठ्नेहरूलाई तल झारिदिनुभयो । तपाईंले आफ्नो क्रोध पठाउनुभयो । यसले तिनीहरूलाई ठोसालाई झैँ भस्म पार्‍यो ।
EXO 15:8 तपाईंको नाकको सासले पानीको थुप्रो लाग्यो । बगिरहेको पानी स्थिर भई उभियो । गहिरो पानी समुद्रको मुटुमा जम्यो ।
EXO 15:9 शत्रुले भन्यो, 'म पिछा गर्नेछु; म जित्‍नेछु; म लुटका मालहरू बाँड्नेछु । मेरो इच्छा तिनमा तृप्‍त हुनेछ । म मेरो तरवार थुत्‍नेछु । मेरा हातले तिनीहरूलाई नष्‍ट पार्नेछन् ।'
EXO 15:10 तर तपाईंले आफ्नो बतास चलाइदिनुभयो, र समुद्रले तिनलाई ढाक्यो । तिनीहरू उर्लंदो भेलमा सिसाजस्तै डुबे ।
EXO 15:11 हे परमप्रभु, देवहरूका बिचमा तपाईंजस्तो को छ र? पवित्रतामा तपाईं वैभवशाली, प्रशंसामा आदरणीय, आश्‍चर्यकर्म गर्नुहुने तपाईंजस्तै को छ र?
EXO 15:12 तपाईंले आफ्नो दाहिले बाहुली पसार्नुभयो, र पृथ्वीले तिनीहरूलाई निल्यो ।
EXO 15:13 तपाईंको करारको बफादारीमा तपाईंले आफूले छुटकारा दिनुभएका मानिसहरूलाई डोर्‍याउनुभएको छ । तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई तपाईंको पवित्र वासस्थानमा डोर्‍याउनुभएको छ ।
EXO 15:14 जाति-जातिहरूले सुन्‍नेछन्, र तिनीहरू थरथर काँप्‍नेछन् । त्रासले पलिश्तीहरूका बासिन्दाहरूलाई पक्रनेछ ।
EXO 15:15 तब एदोमका मुखियाहरू डराउनेछन् । मोआबका सिपाहीहरू हल्लिनेछन् । कनानका सबै बासिन्दा पग्लनेछन् ।
EXO 15:16 आतङ्क र त्रास उनीहरूमाथि पर्नेछन् । हे परमप्रभु, तपाईंका मानिसहरू पार नहोउञ्‍जेल र तपाईंले छुटकारा दिनुभएका मानिसहरू पार नहोउञ्‍जेल तपाईंको पाखुराको शक्तिको कारणले तिनीहरू पत्थरझैँ अचल रहनेछन् ।
EXO 15:17 तपाईंले तिनीहरूलाई ल्याउनुहुनेछ, र तिनीहरूलाई तपाईंको उत्तराधिकारको पर्वतमा रोप्‍नुहुनेछ । हे परमप्रभु, यो त्यो ठाउँ हो जहाँ तपाईंले आफ्नो बासस्थान बनाउनुभयो, हे हाम्रा प्रभु जुन पवित्रस्थानलाई तपाईंका हातले बनाएका छन् ।
EXO 15:18 परमप्रभुले सदासर्वदा शासन गर्नुहुनेछ ।”
EXO 15:19 किनकि फारोका घोडाहरू तिनीहरूका रथहरू र घोडचढीहरूसँगै समुद्रमा पुगे । परमप्रभुले तिनीहरूमाथि फेरि समुद्रको पानी फर्काएर ल्याउनुभयो । तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए ।
EXO 15:20 हारूनकी दिदी अगमवादिनी मिरियमले खैँजडी लिइन्, र सबै स्‍त्रीले पनि खैँजडी लिँदै उनीसँगै नाचे ।
EXO 15:21 मिरियमले तिनीहरूका निम्ति गाइन्, “परमप्रभुको निम्ति गाओ किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ । घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ ।”
EXO 15:22 तब मोशाले इस्राएललाई लाल समुद्रबाट अगाडि लगे । तिनीहरू शूरको उजाड-स्थानमा लागे । तिन दिनसम्म तिनीहरूले उजाड-स्थानमा यात्रा गरे र पानी पाएनन्
EXO 15:23 । त्यसपछि तिनीहरू मारा भन्‍ने ठाउँमा आइपुगे, तर त्यहाँको पानी तितो भएकोले तिनीहरूले पिउन सकेनन् । त्यसैले तिनीहरूले त्यस ठाउँको नाउँ मारा राखे ।
EXO 15:24 त्यसकारण मानिसहरूले “हामीले के पिउने?” भनी मोशालाई गनगन गरे ।
EXO 15:25 मोशाले परमप्रभुलाई पुकारा गरे, र उहाँले तिनलाई एउटा बिरुवा देखाइदिनुभयो । मोशाले त्यसलाई पानीमा हाल्दा पानी पिउनलाई मिठो भयो । त्यहीँ नै परमप्रभुले तिनीहरूलाई कडा विधि दिनुभयो, त्यहाँ नै उहाँले तिनीहरूको जाँच गर्नुभयो ।
EXO 15:26 उहाँले भन्‍नुभयो, “तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्‍वरको आवाजलाई होसियारीपूर्वक सुन्यौ, र उहाँको दृष्‍टिमा जे ठिक छ त्यही गर्‍यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ र उहाँका विधिहरू पालन गर्‍यौ भने मैले मिश्रीहरूमाथि ल्याएको कुनै पनि विपत्ति तिमीहरूमाथि ल्याउनेछैनँ किनकि म चङ्गाइ गर्ने परमेश्‍वर हुँ ।”
EXO 15:27 तब मानिसहरू एलीममा आइपुगे जहाँ पानीका बार्‍हवटा मुल र सत्तरीवटा खजुरका रुख थिए । तिनीहरूले पानी नजिकै पाल टाँगे ।
EXO 16:1 मानिसहरूले एलीमबाट यात्रा थाले र मिश्र देशबाट प्रस्थान गरेको दोस्रो महिनाको पन्ध्रौँ दिनमा इस्राएलीहरूका सारा समुदाय एलीम र सीनै पर्वतको बिचमा पर्ने सीनको उजाड-स्थानमा आइपुगे ।
EXO 16:2 उजाड-स्थानमा इस्राएलीहरूका सारा समुदायले मोशा र हारूनको विरुद्धमा गनगन गरे ।
EXO 16:3 इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मासुको भाँडानेर बसेर अघाउञ्‍जेल रोटी खाइरहँदा मिश्र देशमा नै परमप्रभुको हातद्वारा मरेको भए हुनेथियो । किनकि तपाईंहरूले हाम्रो पुरै समुदायलाई भोकले मार्न हामीलाई उजाड-स्थानमा ल्याउनुभएको छ ।”
EXO 16:4 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “म तिमीहरूका निम्ति स्वर्गबाट रोटी बर्साउनेछु । तिनीहरू मेरो विधि मान्छन् वा मान्दैनन् भनी जाँच गर्न हरेक दिन एक दिनको भाग जम्मा गर्न मानिसहरू बाहिर जानेछन् ।
EXO 16:5 छैटौँ दिनमा तिनीहरूले पहिले हरेक दिनमा बटुल्ने भन्दा दुई गुणा बटुल्नेछन्, र तिनीहरूले त्यसलाई भित्र ल्याएर पकाउनेछन् ।”
EXO 16:6 तब मोशा र हारूनले इस्राएलका सबै मानिसलाई भने, “मिश्र देशबाट तिमीहरूलाई निकालेर ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ भनी साँझमा तिमीहरूले थाहा पाउनेछौ ।
EXO 16:7 बिहान तिमीहरूले परमप्रभुको महिमा देख्‍नेछौ किनकि तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएको छ । हाम्रो विरुद्धमा गनगन गर्ने तिमीहरूका लागि हामी को हौँ र?
EXO 16:8 मोशाले यसो पनि भने, “तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएकोले उहाँले तिमीहरूलाई साँझमा मासु र बिहान रोटी अघाउञ्‍जेल दिनुहुँदा तिमीहरूले यो जान्‍नेछौ । हारून र म को हौँ र? तिमीहरूको गनगन हाम्रा विरुद्धमा नभई परमप्रभुको विरुद्धमा हो ।”
EXO 16:9 मोशाले हारूनलाई भने, “इस्राएलका सारा समुदायलाई भन्‍नुहोस्, 'परमप्रभुको नजिक आओ किनकि उहाँले तिमीहरूको गनगन सुन्‍नुभएको छ' ।”
EXO 16:10 हारून इस्राएलको सारा समुदायसित बोल्दा तिनीहरूले उजाड-स्थानतिर हेरे र परमप्रभुको महिमा बादलमा देखियो ।
EXO 16:11 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
EXO 16:12 “मैले इस्राएलका मानिसहरूको गनगन सुनेको छु । तिनीहरूलाई भन्, 'साँझमा तिमीहरूले मासु खानेछौ, र बिहानचाहिँ तिमीहरूले अघाउञ्‍जेल रोटी खानेछौ । तब म नै तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ' ।”
EXO 16:13 साँझमा बट्टाई चराहरू आएर तिनीहरूको छाउनी नै ढाकिदिए । बिहान छाउनीको वरिपरि शीत परेको थियो ।
EXO 16:14 शीत सुकेपछि जमिनमा देखा परेको तुसारोझैँ स-साना डल्लाहरू उजाड-स्थानको सतहमा थिए ।
EXO 16:15 इस्राएलका मानिसहरूले यसलाई देखेपछि तिनीहरूले एक-अर्कालाई भने, “यो के हो?” यो के थियो भनी तिनीहरूलाई थाहा थिएन । मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई खानलाई दिनुभएको रोटी हो ।
EXO 16:16 परमप्रभुले दिनुभएको आज्ञा यस्तो छः तिमीहरू हरेकले आफूलाई चाहिने बटुल अर्थात् तिमीहरूका मानिसहरूको सङ्ख्याअनुसार हरेकलाई एक-एक ओमेर बटुल । तिमीहरूको पालमा बस्‍ने हरेक व्यक्तिलाई पर्याप्‍त हुने गरी बटुल' ।”
EXO 16:17 इस्राएलका मानिसहरूले त्यसै गरे । कसैले धेरै बटुले भने कसैले थोरै ।
EXO 16:18 तिनीहरूले ओमेरले नाप्दा धेरै बटुल्नेहरूको बढ्ता भएन र कम बटुल्नेहरूलाई पनि अपुग भएन । हरेक व्यक्तिले आफ्नो आवश्यकताअनुसार बटुल्यो ।
EXO 16:19 तब मोशाले तिनीहरूलाई भने, “बिहानसम्म तिमीहरू कसैले पनि यसबाट नउबार ।”
EXO 16:20 तर तिनीहरूले मोशाको कुरा मानेनन् । कसैले बिहानसम्म अलिकति उबारे, तर त्यसमा किरा लागेर त्यो गन्हायो । त्यसपछि मोशा तिनीहरूसित रिसाए ।
EXO 16:21 तिनीहरूले बिहानैपिच्छे बटुल्थे । हरेकले त्यस दिनलाई पुग्‍ने बटुल्थ्यो । घाम चर्केपछि त्यो पग्लन्थ्यो ।
EXO 16:22 छैटौँ दिनमा तिनीहरूले दुई गुणा रोटी बटुले अर्थात् हरेकको लागि दुई ओमेर बटुले । समुदायका सारा धर्म-गुरुहरू आएर मोशालाई यो कुरा बताए ।
EXO 16:23 तिनले तिनीहरूलाई भने, “परमप्रभुले यसो भन्‍नुभएको छः भोलि विश्रामको दिन हो अर्थात् परमप्रभुको दृष्‍टिमा पवित्र शबाथ हो । तिमीहरू जे पकाउन चाहन्छौ, सो पकाओ र जे उमाल्न चाहन्छौ, सो उमाल । उब्रेको जति सबै बिहानसम्म आफ्नो लागि राख्‍नू' ।”
EXO 16:24 त्यसैले तिनीहरूले मोशाले निर्देशन दिएजस्तै यसलाई बिहानसम्म राखे ।
EXO 16:25 मोशाले भने, “त्यो खाना आज खाओ किनकि आजको दिन परमप्रभुको निम्ति अलग गरिएको शबाथ हो । आज तिमीहरूले यो खाना जमिनमा पाउनेछैनौ ।
EXO 16:26 छ दिनसम्म तिमीहरूले यो बटुल्नेछौ, तर सातौँ दिनचाहिँ शबाथ हो ।
EXO 16:27 सातौँ दिनमा त्यहाँ मन्‍न हुनेछैन ।” सातौँ दिनमा पनि केही मानिसहरू मन्‍न बटुल्न गए, तर तिनीहरूले केही पाएनन् ।
EXO 16:28 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “कहिलेसम्म तिमीहरू मेरा आज्ञा र विधिहरू मान्‍नलाई इन्कार गर्छौ?
EXO 16:29 परमप्रभुले तिमीहरूलाई शबाथ दिनुभएको छ । त्यसैले छैटौँ दिनमा उहाँले तिमीहरूलाई दुई दिनको लागि रोटी दिँदै हुनुहुन्छ । हरेक आ-आफ्नै ठाउँमा बस्‍नू । सातौँ दिनमा कोही पनि आफ्नो ठाउँबाट बाहिर नजानू ।”
EXO 16:30 त्यसैले मानिसहरूले सातौँ दिनमा विश्राम गरे ।
EXO 16:31 इस्राएलका मानिसहरूले त्यस खानालाई “मन्‍न” भने । यो धनियाँको गेडाजस्तो सेतो थियो र यसको स्वाद महमा बनाइएको बाबरजस्तो थियो ।
EXO 16:32 मोशाले भने, “परमप्रभुले दिनुभएको आज्ञा यही होः एक ओमेर मन्‍न तिमीहरूको पुस्तौँसम्मको लागि राख ताकि तिमीहरूका सन्तानहरूले मैले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याएपछि उजाड-स्थानमा खुवाएको यो रोटी देख्‍न सकून्' ।”
EXO 16:33 मोशाले हारूनलाई भने, “एउटा भाँडोभित्र एक ओमेर मन्‍न हाल्नुहोस् । पुस्तौँसम्म यसलाई परमप्रभुको सामु सुरक्षित राख्‍नुहोस् ।”
EXO 16:34 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ हारूनले यसलाई करारको सन्दुकको छेउमा राखे ।
EXO 16:35 इस्राएलीहरू मानिसहरू बसोबास गरेको भूमिमा नआउञ्‍जेलसम्म तिनीहरूले चालिस वर्षसम्म मन्‍न खाइरहे । तिनीहरू कनान देशका सिमानाहरूमा नआउञ्‍जेलम्म यो खाइरहे ।
EXO 16:36 एक ओमेर आधा पाथी हुन्छ ।
EXO 17:1 परमप्रभुको निर्देशन मानी इस्राएलीहरूको सारा समुदाय सीनको उजाड-स्थानबाट यात्रा गरे । तिनीहरूले रपीदीममा छाउनी हाले, तर त्यहाँ मानिसहरूलाई पिउन पानी थिएन ।
EXO 17:2 त्यसैले मानिसहरूले तिनीहरूको अवस्थाको निम्ति मोशालाई दोष लगाए र भने, “हामीलाई पिउन पानी दिनुहोस् ।” मोशाले भने, “तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन परमप्रभुको जाँच गर्छौ?”
EXO 17:3 मानिसहरू तिर्खाएका थिए । त्यसैले तिनीहरूले मोशाको विरुद्धमा गनगन गरे । तिनीहरूले भने, “तपाईंले हामीलाई मिश्रबाट किन निकालेर ल्याउनुभएको? हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तुलाई तिर्खाले मार्नलाई?”
EXO 17:4 तब मोशाले परमप्रभुलाई पुकारा गरे, “यी मानिसहरूलाई मैले के गर्ने? तिनीहरू मलाई ढुङ्गा हान्‍न झण्डै तयार छन् ।”
EXO 17:5 परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूभन्दा अगाडि जा, र इस्राएलका केही धर्म-गुरुहरूलाई पनि आफूसँगै लैजा । तैँले नदीमा प्रहार गरेको लट्ठी पनि सँगै लिएर जा ।
EXO 17:6 म होरेब पर्वतमा चट्टानमा तेरो सामु खडा हुनेछु, र तैँले चट्टानलाई हिर्का । मानिसहरूलाई पिउन चट्टानबाट पानी निस्केर आउनेछ ।” तब मोशाले इस्राएलका धर्म-गुरुहरूको दृष्‍टिमा त्यसै गरे ।
EXO 17:7 इस्राएलीहरूको गनगन र “परमप्रभु हाम्रा बिचमा हुनुहुन्छ कि हुनुहुन्‍न?” भनी तिनीहरूले प्रभुको जाँच गरेकाले तिनले त्यस ठाउँको नाउँ मस्साह र मेरीबा राखे ।
EXO 17:8 तब रपीदीममा अमालेक जातिका सेना आएर इस्राएललाई आक्रमण गरे ।
EXO 17:9 त्यसैले मोशाले यहोशूलाई भने, “केही मानिसहरू छानेर जाऊ र अमालेकीहरूसित युद्ध गर । भोलि म परमेश्‍वरको लट्ठी मेरो हातमा लिएर पर्वतको टुप्पोमा उभिनेछु ।”
EXO 17:10 त्यसैले मोशाको आज्ञामुताबिक यहोशू अमालेकीहरूको विरुद्धमा लडे जब कि मोशा, हारून र हूरचाहिँ पर्वतको टुप्पोमा उक्ले ।
EXO 17:11 मोशाले आफ्ना हात माथि उठाउँदा इस्राएलले जित्थो भने तिनले आफ्ना हात तल झार्दा अमालेकीहरूले जित्‍न थाल्थे ।
EXO 17:12 मोशाका हात थाक्दा हारून र हूरले एउटा ढुङ्गा ल्याएर तीमुनि राखिदिन्थे । त्यसै बेला हारून एकापट्टि र हूर अर्कोपट्टि बसेर तिनका हात माथि उठाउँथे । सूर्यास्त नहोउञ्‍जेलसम्म मोशाका हात थामिए ।
EXO 17:13 अनि यहोशूले अमालेकीहरूलाई तरवारले पराजित गरे ।
EXO 17:14 परमप्रभुले मोशालाई भन्‍नुभयो, “यो कुरा एउटा पुस्तकमा लेख् र त्यो यहोशूलाई बताइदे किनकि म अमालेकीहरूको स्मृति आकाशमुनिबाट पूर्ण रूपमा नामेट पारिदिनेछु ।”
EXO 17:15 तब मोशाले त्यहाँ एउटा वेदी बनाए र त्यसको नाउँ “परमप्रभु मेरो झण्डा हुनुहुन्छ” राखे ।
EXO 17:16 तिनले भने, “पुस्तादेखि पुस्तासम्म परमप्रभु नै अमालेकीहरूसित लड्नुभएको होस् भनेर उहाँको सिंहासनतिर हात उचालिएको थियो ।”
EXO 18:1 मिद्यानका पुजारी मोशाका ससुरा यित्रोले मोशा र तिनको जाति इस्राएललाई परमेश्‍वरले गर्नुभएका सबै कुरा सुने । परमप्रभुले इस्राएललाई मिश्रबाट ल्याउनुभएको थियो भनी तिनले सुने ।
EXO 18:2 मोशाले आफ्नी पत्‍नीलाई माइत पठाएपछि तिनका ससुरा यित्रोले सिप्पोरा
EXO 18:3 र उनका दुई जना छोरालाई लिए । पहिलो छोरोको नाउँ गेर्शोम थियो किनकि मोशाले भने, “म परदेशी भूमिमा परदेशी भएर बसेको थिएँ ।”
EXO 18:4 अर्को छोरोको नाउँ एलीएजर थियो किनकि मोशाले भनेका थिए, “मेरा पिता-पुर्खाहरूका परमेश्‍वर मेरो सहयोग हुनुहुन्थ्यो । उहाँले मलाई फारोको तरवारबाट छुटकारा दिनुभयो ।”
EXO 18:5 मोशाका ससुरा यित्रो मोशाका छोराहरू र मोशाकी पत्‍नी लिएर उजाड-स्थानमा मोशाकहाँ आए जहाँ तिनले परमेश्‍वरको पर्वतमा छाउनी हालेका थिए ।
EXO 18:6 तिनले मोशालाई भने, “तिम्री पत्‍नी र तिम्रा दुई छोरा लिएर म तिम्रो ससुरा यित्रो आउँदै छु ।”
EXO 18:7 मोशा आफ्ना ससुरालाई भेट्न गए अनि ढोगेर तिनलाई चुम्बन गरे । तिनीहरूले एक-अर्काका हालखबर सोधपुछ गरे अनि पालभित्र प्रवेश गरे ।
EXO 18:8 परमप्रभुले इस्राएलको खातिर फारो र मिश्रीहरूलाई गर्नुभएको सबै कुरा अनि बाटोमा तिनीहरूले झेलेका सबै कठिनाइको बाबजुत पनि परमप्रभुले कसरी तिनीहरूलाई छुटकारा दिनुभयो भन्‍ने विषयमा आफ्ना ससुरा यित्रोलाई बताए ।
EXO 18:9 परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका सबै असल कुरा सुनेर यित्रो रमाए किनकि उहाँले तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटकारा दिनुभएको थियो ।
EXO 18:10 यित्रोले भने, “परमप्रभुको स्तुति होस् किनकि उहाँले तिमीहरूलाई फारो र मिश्रीहरूको हातबाट छुटकारा दिनुभएको छ, र मिश्रीहरूको हातबाट उद्धार गर्नुभएको छ ।
EXO 18:11 अब मलाई थाहा भयो कि परमप्रभु अरू सबै देवभन्दा महान् हुनुहुँदोरहेछ किनकि मिश्रीहरूले इस्राएलीहरूलाई अभिमानपूर्वक व्यवहार गर्दा परमेश्‍वरले आफ्नो जातिलाई छुटकारा दिनुभयो ।”
EXO 18:12 मोशाका ससुरा यित्रोले परमेश्‍वरको लागि होमबलि र बलिदानहरू ल्याए । हारून र इस्राएलका सबै धर्म-गुरु मोशाका ससुरासितै भोजन खान परमेश्‍वरको अगि उपस्थित भए ।
EXO 18:13 अर्को दिन मोशा मानिसहरूको इन्साफ गर्न बसे । मानिसहरू बिहानदेखि बेलुकासम्म तिनको वरिपरि खडा भए ।
EXO 18:14 मोशाले आफ्ना मानिसहरूका निम्ति गरेका सबै कुरा तिनका ससुराले देखेपछि तिनले भने, “तिमीले मानिसहरूसित गरिरहेको यो के हो? किन तिमी एक्लै बस्छौ? किन मानिसहरू बिहानदेखि बेलुकासम्म तिम्रो वरिपरि झुम्मिन्छन्?”
EXO 18:15 मोशाले आफ्ना ससुरालाई भने, “परमेश्‍वरको निर्देशन खोज्न मानिसहरू मकहाँ आउँछन् ।
EXO 18:16 तिनीहरूका बिचमा विवाद हुँदा तिनीहरू मकहाँ आउँछन् । म एक-अर्काको बिचमा न्याय गरिदिन्छु अनि तिनीहरूलाई परमेश्‍वरका नियम र विधिहरू सिकाइदिन्छु ।”
EXO 18:17 मोशाका ससुराले तिनलाई भने, “तिमीले गरिरहेको काम त्यति राम्रो होइन ।
EXO 18:18 निश्‍चय नै तिमी र तिमीसित भएका तिम्रा मानिसहरू थाक्‍नेछन् । यो तिमीले बोक्‍नै नसक्‍ने बोझ हो । तिमी आफैले मात्र यो गर्न सक्दैनौ ।
EXO 18:19 मेरो कुरा सुन । म तिमीलाई सल्लाह दिनेछु, र परमेश्‍वर तिमीसित हुनुभएको होस् किनकि तिमी परमेश्‍वरको निम्ति मानिसहरूका प्रतिनिधि हौ र तिमीले नै तिनीहरूका झगडाहरूलाई उहाँकहाँ लैजान्छौ ।
EXO 18:20 तिमीले तिनीहरूलाई उहाँका विधि-विधानहरू सिकाउनू । कसरी हिँड्ने र के गर्ने भनी तिमीले तिनीहरूलाई देखाउनू ।
EXO 18:21 त्यस बाहेक, मानिसहरूका बिचबाट तिमीले योग्य मानिसहरूलाई छान जो परमेश्‍वरलाई आदर गर्ने, अन्यायलाई घृणा गर्ने सत्य मानिसहरू होऊन् । तिमीले तिनीहरूलाई हजार, सय, पचास र दसको समूहको रेखदेख गर्ने मानिसहरूको रूपमा जिम्मा दिनू ।
EXO 18:22 तिनीहरूले हर समय मानिसहरूका मुद्दाहरूका न्याय गर्नेछन्, तर कठिन मुद्दाहरूचाहिँ तिनीहरूले तिमीकहाँ ल्याउनेछन् । स-साना मुद्दाहरू तिनीहरू आफैले न्याय गर्न सक्छन् । यसरी तिमीलाई सजिलो हुनेछ र तिनीहरूले तिम्रो बोझ बोक्‍नेछन् ।
EXO 18:23 तिमीले यसो गर्‍यौ र परमेश्‍वरले तिमीलाई यसै गर्न आज्ञा दिनुभयो भने तिमीले सहन सक्‍नेछौ र पुरै समुदाय सन्तुष्‍ट भएर आ-आफ्ना घर जान सक्‍नेछन् ।”
EXO 18:24 त्यसैले मोशाले आफ्ना ससुराका कुरा माने र तिनले भनेअनुसार गरे ।
EXO 18:25 मोशाले सबै इस्राएलबाट योग्य मानिसहरू छाने र तिनीहरूलाई हजार, सय, पचास र दसको समूहमा नाइकेहरू बनाए ।
EXO 18:26 सामान्य परिस्थितिहरूलाई तिनीहरूले न्याय गर्थे । कठिन मुद्दाहरूचाहिँ तिनीहरूले मोशाकहाँ ल्याउँथे, तर स-साना मुद्दाहरूलाई भने तिनीहरू आफैले न्याय गर्थे ।
EXO 18:27 तब मोशाले आफ्ना ससुरालाई बिदाइ गरे र यित्रो आफ्नै देशमा फर्के ।
EXO 19:1 इस्राएलका मानिसहरू मिश्र देशबाट निस्केको तिन महिना बितेपछि ठिक त्यही दिनमा तिनीहरू सीनैको उजाड-स्थानमा आइपुगे ।
EXO 19:2 तिनीहरू रपीदीमबाट सीनैको उजाड-स्थानमा आइपुगेपछि तिनीहरूले पर्वतको सामुन्‍ने उजाड-स्थानमा छाउनी हाले ।
EXO 19:3 मोशा परमेश्‍वरकहाँ माथि उक्लेर गए । परमप्रभुले पर्वतबाट तिनलाई भन्‍नुभयो, “तैँले याकूबको घराना अर्थात् इस्राएलका मानिसहरूलाई यसो भन्‍नूः
EXO 19:4 मैले मिश्रीहरूलाई के गरेँ, र मैले कसरी तिमीहरूलाई गरुडको पखेटामा बोकेर मकहाँ ल्याएँ भनी तिमीहरूले देखेका छौ ।
EXO 19:5 अब तिमीहरूले आज्ञाकारितापूर्वक मेरो कुरा सुन्यौ र मेरो करार पालन गर्‍यौ भने सबै जातिमध्ये तिमीहरूचाहिँ मेरो विशेष सम्पत्ति हुनेछौ किनकि सबै पृथ्वी मेरै हुन् ।
EXO 19:6 तिमीहरू मेरा लागि पुजारीहरूका राज्य र पवित्र जाति हुनेछौ । तैँले यी वचनहरू इस्राएलका मानिसहरूलाई बताउनू ।”
EXO 19:7 मोशा ओर्लेर आई मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए । परमप्रभुले तिनलाई भन्‍नुभएका सबै वचन तिनले तिनीहरूका सामु राखे ।
EXO 19:8 सबै मानिसले सँगसँगै जवाफ दिए, “परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी गर्नेछौँ ।” तब मानिसहरूका वचन परमप्रभुलाई भन्‍न मोशा आए ।
EXO 19:9 परमप्रभुले मोशालाई भन्‍नुभयो, “म तँसित बोल्दा तँलाई मानिसहरूले सदाको लागि विश्‍वास गरून् भन्‍ने हेतुले म बाक्लो बादलमा तँकहाँ आउनेछु” । तब मोशाले मानिसहरूका वचन परमप्रभुलाई बताए ।
EXO 19:10 परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूकहाँ जा । आज र भोलि तैँले तिनीहरूलाई मेरो लागि अलग गर् र तिनीहरूका आ-आफ्ना लुगाहरू धुन लगा ।
EXO 19:11 तेस्रो दिनमा तयार भएर बस् किनकि तेस्रो दिनमा परमप्रभु सीनै पर्वतमा ओर्लिआउनुहुनेछ ।
EXO 19:12 तैँले मानिसहरूका लागि पर्वतको वरिपरि सिमाना लगाउनू । तिनीहरूलाई भन्‍नू, 'तिमीहरू पर्वतमा उक्लेर नजाओ वा यसको सिमानालाई नछोओ । जसले पर्वतलाई छुन्छ त्यो निश्‍चय नै मारिनेछ ।'
EXO 19:13 यस्तो व्यक्तिलाई कसैको हातले छुनुहुँदैन । बरु, उसलाई निश्‍चय नै ढुङ्गाले वा काँडले हानेर मारिनुपर्छ । चाहे त्यो मानिस होस् वा पशु त्यसलाई मारिनैपर्छ । जब तुरही लामो समयसम्म बज्छ तिनीहरू पर्वतको फेदीमा आउनुपर्छ ।”
EXO 19:14 तब मोशा पर्वतबाट झरेर मानिसहरूकहाँ गए । तिनले मानिसहरूलाई परमप्रभुको निम्ति अलग गरे र तिनीहरूले आ-आफ्ना लुगाहरू धोए ।
EXO 19:15 तिनले मानिसहरूलाई भने, “तेस्रो दिनमा तयार होओ । सहवास नगर ।”
EXO 19:16 तेस्रो दिनमा जब बिहान भयो गर्जन सुनियो र बिजुली चम्क्यो अनि पर्वतमा एउटा बाक्लो बादल देखा पर्‍यो र तुरहीको ठुलो आवाज आयो । छाउनीमा भएका सबै मानिस थरथर काँपे ।
EXO 19:17 परमेश्‍वरलाई भेट्न मोशाले मानिसहरूलाई छाउनी बाहिर ल्याए, र तिनीहरू पर्वतको फेदीमा खडा भए ।
EXO 19:18 सीनै पर्वत पुरै धुवाँले भरिएको थियो किनकि परमप्रभु आगो र धुवाँमा यसमा ओर्लनुभएको थियो । भट्टीको धुवाँजस्तै गरी धुवाँ माथि गयो, र पुरै पर्वत बेस्सरी हल्लियो ।
EXO 19:19 जब तुरहीको आवाज झनझन चर्को हुँदै गयो मोशा बोल्न लागे र परमप्रभुले तिनलाई सुन्‍ने गरी जवाफ दिनुभयो ।
EXO 19:20 परमप्रभु सीनै पर्वतको टुप्पोमा ओर्लनुभयो, र उहाँले मोशालाई टुप्पोमा बोलाउनुभयो । त्यसैले मोशा माथि उक्ले ।
EXO 19:21 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तल ओर्लेर गएर मानिसहरूलाई होसियार गरा नत्रता तिनीहरूले सिमाना नाघेमा धेरै जना नष्‍ट हुनेछन् ।
EXO 19:22 मेरो नजिक आउने पुजारीहरूले पनि आ-आफूलाई शुद्ध तुल्याऊन्, मेरो आगमनको लागि तिनीहरू तयार रहून् ताकि मैले तिनीहरूलाई प्रहार गर्न नपरोस् ।”
EXO 19:23 मोशाले परमप्रभुलाई भने, “मानिसहरू सीनै पर्वतमा आउन सक्दैनन् किनकि तपाईंले हामीलाई यसरी आज्ञा दिनुभएको छः पर्वतको वरिपरि सिमाना लगाउनू र त्यो परमप्रभुको लागि अलग गर्नू' ।”
EXO 19:24 परमप्रभुले तिनलाई भन्‍नुभयो, “जा, तँ आफै पर्वतबाट तल ओर्लेर जा, तँसँगै हारूलाई मकहाँ लिएर आइज । तर मकहाँ आउन पुजारीहरू र मानिसहरूले सिमाना ननाघून् नत्रता मैले तिनीहरूलाई प्रहार गर्नेछु ।”
EXO 19:25 त्यसैले मोशा मानिसहरूकहाँ तल ओर्लेर गई तिनीहरूलाई यी कुरा बताइदिए ।
EXO 20:1 परमेश्‍वरले यी सबै वचन बोल्नुभयोः
EXO 20:2 “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ ।
EXO 20:3 मेरो अगि अरू कुनै देवी-देवता नमान्‍नू ।
EXO 20:4 आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू ।
EXO 20:5 तिनीहरूको अगि ननिहरनू वा तिनीहरूको पूजा नगर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिनेछु ।
EXO 20:6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्‍वसनीयता देखाउनेछु ।
EXO 20:7 परमप्रभु तिमीहरूका परमेश्‍वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्नेछैनँ ।
EXO 20:8 मेरो लागि शबाथ अलग गर्नुपर्छ भनी याद राख्‍नू ।
EXO 20:9 तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र काम गर्नुपर्छ ।
EXO 20:10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गाईवस्तु वा तिमीहरूको द्वारभित्र भएका परदेशीले कुनै काम नगरोस् ।
EXO 20:11 किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले विश्राम लिनुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो ।
EXO 20:12 आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् ।
EXO 20:13 कसैको हत्या नगर्नू ।
EXO 20:14 कसैसित व्यभिचार नगर्नू ।
EXO 20:15 कसैबाट केही नचोर्नू ।
EXO 20:16 आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।
EXO 20:17 आफ्नो छिमेकीको घरको लालच नगर्नू; आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू; आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।”
EXO 20:18 सबै मानिसले गर्जनको आवाज सुने र बिजुली चम्केको देखे अनि तुरहीको आवाज सुने र पर्वतबाट धुवा उठिरहेको देखे । मानिसहरूले यो देख्दा तिनीहरू थरथर काँपे र टाढै बसे ।
EXO 20:19 तिनीहरूले मोशालाई भने, “हामीसित कुरा गर्नुहोस् र हामी तपाईंको कुरा सुन्‍नेछौँ । तर परमेश्‍वर हामीसित नबोल्नुभएको होस् नत्रता हामी मर्नेछौँ ।”
EXO 20:20 मोशाले मानिसहरूलाई भने, “नडराओ किनकि तिमीहरूमा उहाँको डर होस् र तिमीहरूले पाप नगरून् भनी तिमीहरूलाई जाँच गर्न परमेश्‍वर ओर्लनुभएको छ ।”
EXO 20:21 त्यसैले मानिसहरू टाढै खडा रहे, अनि मोशा परमेश्‍वर हुनुभएको बाक्लो बादलको नजिक गए ।
EXO 20:22 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्‍नूः मैले स्वर्गबाट तिमीहरूसित कुराकानी गरेको तिमीहरू आफैले देखेका छौ ।
EXO 20:23 तिमीहरूले मबाहेक सुन वा चाँदीको कुनै पनि देवी-देवता नबनाउनू ।
EXO 20:24 मेरो निम्ति माटोको वेदी बनाउनू, र त्यहाँ तिमीहरूले होमबलि, मेलबलि, भेडा र गोरुहरू बलिदान गर्नू । मेरो नाउँको आदर गरिने हरेक ठाउँमा म तिमीहरूकहाँ आएर तिमीहरूलाई आशिष् दिनेछु ।
EXO 20:25 तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनायौ भने तिमीहरूले कुँदेको ढुङ्गाबाट नबनाउनू किनकि तिमीहरूले त्यसमा सामग्रीहरूको प्रयोग गर्दा तिमीहरूले यसलाई अशुद्ध तुल्याउनेछौ ।
EXO 20:26 तिमीहरूको नग्‍नता नदेखियोस् भनेर खुट्‌किलाहरू बनाएर मेरो वेदीमा नउक्लनू ।
EXO 21:1 “अब तैँले तिनीहरूका सामु राख्‍ने आदेशहरू यी नै हुन्:
EXO 21:2 तिमीहरूले हिब्रू कमारा किन्यौ भने त्यसले छ वर्षसम्म सेवा गर्नुपर्छ, र सातौँ वर्षमा केही नतिरी त्यो मुक्त हुनेछ ।
EXO 21:3 त्यो एक्लै आएको हो भने त्यो एक्लै जाओस् । त्यो विवाहित हो भने त्यो आफ्नी पत्‍नीसँगै जाओस् ।
EXO 21:4 त्यसका मालिकले त्यसलाई पत्‍नी दिएका भए र त्यसले पतिको निम्ति छोराछोरीहरू जन्माएकी भए पत्‍नी र त्यसका छोराछोरीहरू मालिकको हुनेछन्, तर पतिचाहिँ मुक्त हुनेछ ।
EXO 21:5 तर कमाराले सफासँग “म मेरा मालिक, मेरी पत्‍नी र मेरा छोराछोरीलाई प्रेम गर्छु; म मुक्त भएर जान्‍नँ”
EXO 21:6 भन्यो भने त्यसका मालिकले त्यसलाई परमेश्‍वरको सामु ल्याउनुपर्छ । मालिकले त्यसलाई ढोका वा ढोकाको सङ्घारमा ल्याई त्यसको कान सुतारोले छेडिदिनुपर्छ । तब त्यस कमाराले जीवनभर मालिकको सेवा गर्नेछ ।
EXO 21:7 कुनै मानिसले आफ्नी छोरीलाई कमारीको रूपमा बेच्यो भने कमाराहरूजस्तै त्यो मुक्त भएर जानुहुँदैन ।
EXO 21:8 त्यसले आफ्ना मालिकलाई खुसी पारिन भने त्यसलाई मोल तिरेर छुटाइयोस् । त्यसलाई परदेशीकहाँ बेच्ने अधिकार मालिकलाई हुँदैन । मालिकले त्यसलाई छलपूर्वक व्यवहार गरेकोले त्योसित त्यस्तो अधिकार हुँदैन ।
EXO 21:9 मालिकले त्यसलाई आफ्नो छोरोकी पत्‍नी हुन दियो भने त्यसलाई आफ्नी छोरीलाई जस्तै व्यवहार गरोस् ।
EXO 21:10 त्यसले आफ्नो लागि अर्की पत्‍नी ल्यायो भने त्यसले खानेकुरा, लुगाफाटा वा त्यसका वैवाहिक अधिकारहरू पुरा गर्नबाट नचुकोस् ।
EXO 21:11 तर त्यसले पत्‍नीलाई यी तिनवटा कुरा उपलब्ध गराएन भने दाम नतिरीकनै त्यो मुक्त भएर जान सक्छे ।
EXO 21:12 कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्यसलाई निश्‍चय नै मारिनैपर्छ ।
EXO 21:13 त्यसले जानाजानी यसो नगरी भवितव्य पर्न गएको रहेछ भने म त्यो भागेर जान सक्‍ने ठाउँ तोकिदिनेछु ।
EXO 21:14 कुनै मानिसले जानाजानी आफ्नो छिमेकीलाई आक्रमण गरी धूर्त योजनामुताबिक मार्‍यो भने त्यो परमेश्‍वरको वेदीमा भए तापनि त्यसलाई मार्नलाई लगियोस् ।
EXO 21:15 आफ्नो बुबा वा आमालाई हिर्काउने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ ।
EXO 21:16 जसले कुनै व्यक्तिलाई अपहरण गरी त्यसले उसलाई बेच्यो वा पक्रिँदा त्यसकै हातमा फेला पर्‍यो भने अपहरणकारीलाई मारिनैपर्छ ।
EXO 21:17 आफ्नो बुबा वा आमालाई सराप्‍ने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ ।
EXO 21:18 मानिसहरू एक-अर्कासित झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्गाले वा मुक्‍काले हिर्कायो र त्यो व्यक्ति नमरी ओछ्यान पर्‍यो
EXO 21:19 र त्यो फेरि उठेर आफ्नो लट्ठीको सहायताले यताउता हिँड्न सक्यो भने हिर्काउनेले त्यसको समयको हर्जाना तिर्नुपर्छ । त्यसले ऊ पूर्ण निको नभएसम्म सबै खर्च पनि दिनुपर्छ । तर त्यो मानिस हत्याको दोषी भने हुँदैन ।
EXO 21:20 कुनै मानिसले आफ्नो कमारा वा कमारीलाई लट्ठीले हिर्काउँदा मुक्‍का लागेर मर्‍यो भने त्यस मानिसलाई निश्‍चय नै दण्ड दिइनुपर्छ ।
EXO 21:21 तर त्यो एक-दुई दिनसम्म बाँच्यो भने मालिकलाई दण्ड दिइनुहुँदैन किनकि उसले नोकरको क्षति भोग्‍नेछ ।
EXO 21:22 मानिसहरू सँगसँगै झगडा गर्दा गर्भवती महिलालाई हानि पुगी त्यसको बच्‍चा तुहियो तर त्यो आफैलाई कुनै चोट लागेन भने त्यस स्‍त्रीको पतिले मागेबमोजिम दोषी मानिसलाई हर्जाना तिराइनुपर्छ, र न्यायकर्ताहरूले तोकेबमोजिम त्यसले तिर्नुपर्छ ।
EXO 21:23 तर गम्भीर चोट लागेको रहेछ भने त्यस मानिसलाई प्राणको सट्टा प्राण
EXO 21:24 आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा
EXO 21:25 डामको सट्टा डाम, चोटको सट्टा चोट र कुटाइको सट्टा कुटाइ मिलोस् ।
EXO 21:26 कुनै मानिसले आफ्नो कमारा वा कमारीको आँखामा हिर्काएर त्यसलाई नष्‍ट गरिदियो भने उसले आँखाको साटो त्यसलाई स्वतन्त्र भएर जान दिओस् ।
EXO 21:27 उसले आफ्नो कमारा वा कमारीको दाँत निकालिदियो भने उसले दाँतको साटो त्यसलाई स्वतन्त्र भएर जान दिओस् ।
EXO 21:28 कुनै गोरुले पुरुष वा स्‍त्रीलाई सिङले हानेर मार्‍यो भने त्यसलाई ढुङ्गाले हानेर मारिनुपर्छ, र त्यसको मासु खाइनुहुँदैन ।
EXO 21:29 तर गोरुको मालिकचाहिँ निर्दोष होस् । तर गोरुको विगतमा हान्‍ने बानी थियो र त्यसको मालिकलाई यसबारे चेताउनी दिँदा पनि उसले बाँधेर राखेको रहेनछ र गोरुले पुरुष वा महिलालाई मार्‍यो भने त्यसलाई ढुङ्गाले हानेर मारिनैपर्छ र त्यसको मालिकलाई पनि मारिनैपर्छ ।
EXO 21:30 त्यसको जीवनको लागि कुनै मूल्य माग गरिएको छ भने मागेजति मालिकले दिनुपर्छ ।
EXO 21:31 गोरुले कुनै मानिसको छोरो वा छोरीलाई हानेको छ भने त्यसको मालिकले नियमअनुसार तिर्नुपर्ने हुन्छ ।
EXO 21:32 गोरुले कमारा वा कमारीलाई हान्यो भने त्यसको मालिकले चाँदीको तिस सिक्‍का देओस् र गोरुलाई चाहिँ ढुङ्गाले हानेर मारियोस् ।
EXO 21:33 कुनै मानिसले खाडललाई उदाङ्गै राख्यो वा त्यसले खाडल खनेर त्यसलाई ढाकेन र त्यसभित्र गोरु वा गधा खस्यो भने
EXO 21:34 खाडल खन्‍नेले हर्जाना तिर्नुपर्छ । त्यसले मृत पशुको मालिकलाई रुपियाँ तिर्नपर्छ र त्यो मरेको पशु त्यसको हुनेछ ।
EXO 21:35 एउटा मान्छेको गोरुले अर्को मान्छेको गोरुलाई चोट पुर्‍याएर त्यो मर्‍यो भने त्यसले जिउँदो गोरुलाई बेची तिनीहरूले त्यसको मूल्य बाँडफाँड गर्नुपर्छ र तिनीहरूले मरेको गोरुलाई पनि बाँडफाँड गर्नुपर्छ ।
EXO 21:36 तर त्यस गोरुको विगतमा पनि हान्‍ने बानी रहेछ र त्यसको मालिकले त्यसलाई बाँधेर राखेको रहेनछ भनी थाहा हुन आयो उसले गोरुको सट्टा गोरु तिर्नुपर्छ अनि मरेको पशु त्यसको मालिकको हुनेछ ।
EXO 22:1 कुनै मानिसले गोरु वा भेडा चोरेर त्यसलाई मार्‍यो वा बेच्यो भने त्यसले एउटा गोरुको सट्टा पाँचवटा गोरु र एउटा भेडाको सट्टा चारवटा भेडा देओस् ।
EXO 22:2 घर फोर्दै गर्दा चोरलाई भेट्टाइयो र त्यसलाई प्रहार गर्दा त्‍यो मर्‍यो भने त्यसलाई हिर्काउने हत्याको दोषी हुनेछैन ।
EXO 22:3 तर त्यसले घर फोर्नुअगि घाम झुल्किसकेको रहेछ भने त्यसलाई मार्ने व्यक्‍तिलाई हत्याको दोष लाग्‍नेछ । चोरले नोक्सानी भरिदिनुपर्छ । त्योसँग केही छैन भने त्यसको चोरीको लागि त्यसलाई बेचिनुपर्छ ।
EXO 22:4 चोरिएको पशु अर्थात् चाहे त्यो गोरु होस् वा गधा होस् वा भेडा होस्, त्योसँगै जिउँदै पाइयो भने त्यसले दुई गुणा फिर्ता दिनुपर्छ ।
EXO 22:5 कुनै मानिसले खेत वा दाखबारीमा आफ्ना गाईवस्तु चराउँदा त्यसले बाँधेन र पशु अर्को मानिसको खेतमा चर्न पुग्यो भने त्यसले आफ्नो सबैभन्दा असल खेत वा दाखबारीबाट नोक्सानी तिर्नुपर्छ ।
EXO 22:6 आगलागी भई काँडामा फैलन पुगी त्यसले अन्‍नको बिटा वा मकैको बिटा वा खेतलाई भस्म पार्‍यो भने आगो लगाउनेले क्षतिपूर्ति तिरिदिनुपर्छ ।
EXO 22:7 कुनै मानिसले आफ्नो छिमेकीलाई सुरक्षाको खातिर रुपियाँ-पैसा वा सामान राख्‍न दिँदा त्यस मानिसको घरबाट त्यो चोरी भयो र चोर फेला पारियो भने चोरले दुई गुणा तिर्नुपर्छ ।
EXO 22:8 तर चोरलाई फेला पारिएन भने घरको मालिकको छिमेकीको सम्पत्तिमाथि उसकै हात छ या छैन भनी जाँच गर्न त्यो न्यायकर्ताहरूको सामु आउनुपर्छ ।
EXO 22:9 कुनै पनि विवादको बारेमा अथवा गोरु, गधा, भेडा, लुगाफाटा वा कुनै पनि हराएको वस्तुको विषयमा कसैले “यो मेरो हो” भन्यो भने दुवै पक्षका दाबीलाई न्यायकर्ताहरूको सामु ल्याइनुपर्छ । न्याकर्ताहरूले जसलाई दोषी पाउँछन् त्यसले आफ्नो छिमेकीलाई दुई गुणा तिरोस् ।
EXO 22:10 कुनै मानिसले आफ्नो छिमेकीलाई गधा, गोरु, भेडा वा कुनै पशु राख्‍नलाई दिँदा त्यो मर्‍यो वा त्यसलाई चोट लाग्यो वा कसैले नदेखीकन त्यसलाई भगाइयो भने
EXO 22:11 आफ्नो छिमेकीको सम्पत्तिमा आफ्नो हात छैन भनी दुवै जनाले परमप्रभुको सामु शपथ खानुपर्छ । सम्पत्तिको मालिकले यसलाई स्वीकार गर्नैपर्छ र अर्कोले क्षतिपूर्ति तिर्नुपर्दैन ।
EXO 22:12 तर त्यसबाट यो चोरी भएको हो भने त्यसले यसको लागि मालिकलाई क्षतिपूर्ति तिर्नुपर्छ ।
EXO 22:13 पशुलाई टुक्राटुक्रा पारिएको छ भने अर्को मानिसले साक्षीको रूपमा त्यो पशु ल्याओस् । टुक्राटुक्रा पारिएको कारण त्यसले क्षतिपूर्ति दिनुपर्दैन ।
EXO 22:14 कुनै मानिसले आफ्नो छिमेकीबाट पशु पैँचो लिँदा मालिकको उपस्थितिविना त्यसलाई चोट लाग्यो वा त्यो मर्‍यो भने अर्को मानिसले क्षतिपूर्ति दिनैपर्छ ।
EXO 22:15 तर मालिक पनि उपस्थित थियो भने अर्को मानिसले तिर्नुपर्दैन । पशुलाई भाडामा लिइएको थियो भने ज्यालाको लागि लाग्‍ने रकमले क्षतिपूर्ति तिरिनेछ ।
EXO 22:16 कुनै पुरुषले मगनी नभएकी कन्या केटीलाई फकाएर त्यससित सुत्यो भने त्यसले दुलहीको रकम दिएर त्यसलाई आफ्नी पत्‍नी बनाउनुपर्छ ।
EXO 22:17 केटीको बुबाले केटी त्यसलाई दिन पूर्ण रूपमा अस्वीकार गर्‍यो भने त्यसले कन्या केटीहरूको दुलहीको सम्पत्ति बराबरको रकम तिर्नुपर्छ ।
EXO 22:18 तिमीहरूले टुनामुना गर्नेलाई जीवित नराख्‍नू ।
EXO 22:19 पशुसित सुत्‍ने जोसुकै पनि मारिनैपर्छ ।
EXO 22:20 परमप्रभुबाहेक अन्य कुनै देवी-देवतालाई बलिदान चढाउनेलाई पूर्ण रूपमा नष्‍ट गरिनुपर्छ ।
EXO 22:21 तिमीहरूले परदेशीको बिगार गर्नुहुँदैन वा त्यसलाई थिचोमिचो गर्नुहुँदैन किनकि तिमीहरू पनि मिश्र देशमा परदेशीहरू थियौ ।
EXO 22:22 विधवा वा अनाथलाई दुर्व्यवहार नगर्नू ।
EXO 22:23 तिनीहरूलाई सतायौ र तिनीहरूले मेरो पुकारा गरे भने म निश्‍चय नै तिनीहरूको पुकारा सुन्‍नेछु ।
EXO 22:24 मेरो क्रोध दन्कनेछ र म तिमीहरूलाई तरवारले मार्नेछु । तिमीहरूका पत्‍नीहरू विधवा बन्‍नेछन्, र तिमीहरूका छोराछोरीहरू अनाथ बन्‍नेछन् ।
EXO 22:25 मेरा मानिसहरूका बिचमा भएका गरिबहरूलाई तिमीहरूले ऋण दियौ भने तिमीहरू उसको लागि साहुकारजस्ता नहोओ वा त्यसबाट ब्याज असुल नगर ।
EXO 22:26 तिमीहरूले छिमेकीको खास्टो बन्धकी राख्यौ भने सूर्यास्तअगि नै तिमीहरूले त्यो फिर्ता गरिदिनुपर्छ ।
EXO 22:27 किनकि त्यसको ओढ्ने त्यही मात्र हो । यो त्यसको शरीरको लागि त्यसको खास्टो हो । योबाहेक त्यो केमा सुत्‍न सक्छ र? त्यसले मेरो पुकारा गर्दा म सुन्‍नेछु किनकि म दयालु छु ।
EXO 22:28 परमेश्‍वरको विरुद्धमा ईश्‍वर-निन्दा नगर न त तिमीहरूका मानिसहरूको शासकलाई सराप ।
EXO 22:29 तिमीहरूको कटनी वा दाखबारीबाट भेटी चढाउन विलम्ब नगर । तिमीहरूका छोराहरूका जेठोचाहिँ मलाई दिनुपर्छ ।
EXO 22:30 त्यस्तै गरी तिमीहरूका गोरु र भेडाहरूलाई पनि यसै गर । सात दिनसिम्म तिनीहरू आ-आफ्ना माउसित बस्‍न सक्छन् तर आठौँ दिनमा चाहिँ तिमीहरूले ती मलाई देओ ।
EXO 22:31 तिमीहरू मेरा लागि अलग गरिएका जाति हौ । त्यसैले खेतमा पशुद्वारा फहराएको मासु तिमीहरूले नखानू । बरु, त्यो कुकुरहरूलाई फालिदिनू ।
EXO 23:1 कसैको बारेमा झुटा गवाही नदेओ । बेइमानी गवाही दिने दुष्‍ट मानिससित नमिल ।
EXO 23:2 खराबी गर्न भिडको पछि नलाग, न त न्यायलाई बङ्ग्याउन भिडको पक्ष लेओ ।
EXO 23:3 गरिब मानिसको मुद्दामा उसको पक्षपात नगर ।
EXO 23:4 आफ्नो शत्रुको गोरु वा गधा बिच्केर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदेओ ।
EXO 23:5 तिमीहरूलाई घृणा गर्ने कुनै व्यक्तिको गधा भारीले थिचिएर भुइँमा लडेको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड । गधासँगै मदत गर ।
EXO 23:6 मुद्दा मामिलामा गरिबहरूको न्याय हरण नगर ।
EXO 23:7 झुटा गवाही दिन अरूहरूसित नमिल, र निर्दोष वा धर्मीहरूलाई नमार किनकि म दुष्‍टहरूलाई कहिल्यै निर्दोष ठहराउनेछैनँ ।
EXO 23:8 कहिल्यै घुस नलेओ किनकि घुसले देख्‍नेहरूलाई अन्धो तुल्याइदिन्छ र इमानदार मानिसहरूका वचनलाई बङ्ग्याइदिन्छ ।
EXO 23:9 परदेशीलाई थिचोमिचो नगर किनकि तिमीहरू मिश्र देशमा परदेशी भएर बाँचेकाले परदेशीको जीवन कस्तो हुन्छ भनी तिमीहरू जान्दछौ ।
EXO 23:10 छ वर्षसम्म तिमीहरूले आ-आफ्ना जमिनमा बिउ रोपी फसल जम्मा गर ।
EXO 23:11 तर सातौँ वर्षमा चाहिँ हलो नजोती त्यसलाई बाँझै छाडिदेओ ताकि तिमीहरूका बिचमा भएका गरिब मानिसहरूले खान सकून् । तिनीहरूले छाडेका जङ्गली जनावरहरूले खानेछन् । तिमीहरूका दाखबारी र भद्राक्षबारीलाई पनि त्यसै गर ।
EXO 23:12 छ दिनसम्म आफ्नो काम गर, तर सातौँ दिनमा चाहिँ विश्राम गर । तिमीहरूका गोरु र गधाले पनि विश्राम पाउन सकून् भनेर यसो गर अनि तिमीहरूका कमारीको छोरो र परदेशीले पनि ताजा महसुस गर्न सकून् भनेर यस गर ।
EXO 23:13 मैले तिमीहरूलाई भनेका हरेक कुरामा ध्यान देओ । अरू देवी-देवताहरूको चर्चा नगर, न त तिमीहरूका मुखबाट तिनीहरूको नाउँ नै सुनियोस् ।
EXO 23:14 मेरो निम्ति चाड मान्‍न हरेक वर्ष तिन पटक यात्रा गर ।
EXO 23:15 तिमीहरूले अखमिरी रोटीको चाड मान्‍नू । मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानू । त्यस बेला तिमीहरू आबीब महिनामा मेरो सामु देखा पर्नू जुन यही उद्देश्यको लागि तयार पारिएको हो । तिमीहरू यही महिनामा मिश्रबाट बाहिर निस्केर आयौ । तर तिमीहरू खाली हात मेरो सामु देखा नपर्नू ।
EXO 23:16 तिमीहरूले आफ्ना खेतहरूमा बिउ छर्दा तिमीहरूको परिश्रमको अगौटे फलको सम्झनामा कटनीको चाड मान्‍नू । खेतहरूबाट तिमीहरूले अन्‍न बटुल्दा वर्षको अन्त्यमा तिमीहरूले अन्‍न भित्र्याउने चाड मनाओ ।
EXO 23:17 तिमीहरूका सबै पुरुष हरेक वर्ष तिन पटक परमप्रभुको सामु देखा पर्नू ।
EXO 23:18 मलाई चढाउने बलिको रगत खमिर हालेको रोटीसितै नचढाओ । मेरा चाडहरूमा चढाइने बलिदानहरूको बोसो रातभरि रहेर बिहानसम्म रहनुहुँदैन ।
EXO 23:19 तिमीहरूले मेरो घर अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरको घरमा अगौटे फलहरूमध्ये सबैभन्दा असलचाहिँ ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।
EXO 23:20 बाटोमा तिमीहरूको सुरक्षा दिन र मैले तिमीहरूका निम्ति तयार पारिराखेको ठाउँमा तिमीहरूलाई ल्याउन म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु ।
EXO 23:21 तिनको कुरा सुनी तिनको आज्ञा पालन गर । तिनलाई नचिढ्याओ किनकि तिनले तिमीहरूका अपराधहरू क्षमा दिनेछैनन् । तिनैमा मेरो नाउँ छ ।
EXO 23:22 तिमीहरूले वास्तवमै तिनका आज्ञा मान्यौ र मैले भनेका हरेक कुरा गर्‍यौ भने म तिमीहरूका शत्रुहरूका शत्रु हुनेछु र तिमीहरूका वैरीहरूका वैरी हुनेछु ।
EXO 23:23 मेरा दूत तिमीहरूका अगिअगि जानेछन् र तिनले तिमीहरूलाई एमोरी, हित्ती, परिज्‍जी, कनानी, हिव्वी र यबूसीहरूकहाँ ल्याउनेछन् । म तिनीहरूलाई नष्‍ट गर्नेछु ।
EXO 23:24 तिमीहरू तिनीहरूका देवी-देवताहरूको सामु ननिहरनू, तिनीहरूको पूजा नगर्नू न त तिनीहरूले गरेजस्तै गर्नू । बरु तिमीहरूले तिनीहरूलाई बिलकुलै नाश गरिदिनू र तिनीहरूका ढुङ्गाका मूर्तिहरूलाई टुक्राटुक्रा पारिदिनू ।
EXO 23:25 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर्नू, अनि उहाँले तिमीहरूका अन्‍न र पानीमा आशिष् दिनुहुनेछ । म तिमीहरूका बिचबाट रोग हटाइदिनेछु ।
EXO 23:26 तिमीहरूको देशमा कुनै पनि स्‍त्री बाँझी हुनेछैन न त कसैको गर्भ तुहिनेछ ।
EXO 23:27 म तिमीहरूलाई दीर्घायु दिनेछु । तिमीहरू अगाडि बढ्ने देशमा म मेरो डर अगिअगि पठाउनेछु । म तिमीहरूले भेट्ने सबै मानिसलाई मार्नेछु । म तिमीहरूका सबै शत्रुलाई तिमीहरूको डरको कारणले भगाउनेछु ।
EXO 23:28 म तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाउनेछु जसले हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूभन्दा अगाडि नै धपाउनेछन् ।
EXO 23:29 म तिनीहरूलाई एकै वर्षमा तिमीहरूको सामुन्‍नेबाट धपाउनेछैनँ, नत्रता देश उजाड हुनेछ र जङ्गली जनावरहरू तिमीहरूका निम्ति अत्यधिक हुनेछन् ।
EXO 23:30 बरु, तिमीहरूको वृद्धि भई तिमीहरू देशमा नभरिएसम्म म तिनीहरूलाई तिमीहरूकै सामु अलिअलि गरेर धपाउनेछु ।
EXO 23:31 नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ ।
EXO 23:32 तिनीहरूसित वा तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्‍नू ।
EXO 23:33 तिनीहरू तिमीहरूको देशमा बस्‍नुहुँदैन नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लगाउनेछन् । तिमीहरूले तिनीहरूका देवी-देवताहरूलाई पुजा गर्‍यौ भने निश्‍चय नै यो तिमीहरूका लागि पासो हुनेछ ।”
EXO 24:1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ, हारून, नादाब, अबीहू र इस्राएलका सत्तरी जना धर्म-गुरु मकहाँ उक्लेर आओ र केही दूरी राखेर मेरो आराधना गर ।
EXO 24:2 मोशा मात्र मेरो नजिक आउन सक्छ । अरूहरू मेरो नजिक नआउनू न त मानिसहरू नै तिनीहरूसित आउनू ।”
EXO 24:3 मोशा गएर परमप्रभुका वचनहरू र विधिविधानहरू मानिसहरूलाई सुनाइदिए । सबै मानिसले एकै सोरमा भने, “परमप्रभुले भन्‍नुभएका सबै वचन हामी पालन गर्नेछौँ ।”
EXO 24:4 तब मोशाले परमप्रभुका सबै वचन लेखे । बिहान सबेरै उठेर मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए र इस्राएलका बाह्र कुलको प्रतिनिधित्व हुने गरी बाह्रवटा ढुङ्गाका वेदी बनाए ।
EXO 24:5 तिनले परमप्रभुका निम्ति केही इस्राएली जवानहरूलाई गोरुको होमबलि र मेलबलि चढाउन पठाए ।
EXO 24:6 मोशाले आधा रगत लिएर त्यसलाई कचौरामा हाले । तिनले बाँकी आधा रगत भने वेदीमा छर्के ।
EXO 24:7 तिनले करारको पुस्तक लिएर मानिसहरूले सुन्‍ने गरी चर्को सोरमा पढे । तिनीहरूले भने, “परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी पालन गर्नेछौँ । हामी आज्ञाकारी बन्‍नेछौँ ।”
EXO 24:8 तब मोशाले रगत लिएर त्यसलाई मानिसहरूमाथि छर्के । तिनले भने, “यी सबै वचनसहित तिमीहरूलाई यो प्रतिज्ञा दिएर यो परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएको करारको रगत हो ।”
EXO 24:9 तब मोशा, हारून, नादाब, अबीहू र इस्राएलका सत्तरी जना धर्म-गुरु पर्वतमाथि उक्लेर गए ।
EXO 24:10 तिनीहरूले इस्राएलका परमेश्‍वरलाई देखे । उहाँको पाउमुनि आकाशजस्तै सफा नीरबाट निर्मित बाटो थियो ।
EXO 24:11 परमेश्‍वरले इस्राएली अगुवाहरूमाथि आफ्नो हात उठाउनुभएन । तिनीहरूले परमेश्‍वरलाई देखे अनि तिनीहरूले खाए र पिए ।
EXO 24:12 परमप्रभुले मोशालाई भन्‍नुभयो, “माथि पर्तवमा मकहाँ उक्लेर आइज र यहाँ बस् । म तँलाई व्यवस्था र आज्ञाहरू लेखिएका शिला-पाटीहरू दिनेछु अनि तैँले तिनीहरूलाई सिका ।”
EXO 24:13 त्यसैले मोशा आफ्ना सहयोगी यहोशूसँगै परमेश्‍वरको पर्वतमा उक्लेर गए ।
EXO 24:14 मोशाले धर्म-गुरुहरूलाई भनेका थिए, “यहीँ बस्‍नुहोस् र हामी तपाईंहरूकहाँ नआउञ्‍जेलसम्म पर्खेर बस्‍नुहोस् । हारून र हूर तपाईंहरूसितै छन् । कसैको केही वादविवाद भएमा तिनीहरूकहाँ जानू ।”
EXO 24:15 त्यसैले मोशा पर्वतमा उक्लेर गए, अनि बादलले पर्वतलाई ढाक्यो ।
EXO 24:16 परमप्रभुको महिमा सीनै पर्वतमा आएर बस्यो, र बादलले छ दिनसम्म यसलाई ढाक्यो । सातौँ दिनमा उहाँले बादलभित्रबाट मोशालाई डाक्‍नुभयो ।
EXO 24:17 इस्राएलीहरूको दृष्‍टिमा पर्वतको टुप्पोमा परमप्रभुको महिमाको प्रकटीकरण भस्म गर्ने आगोझैँ देखा पर्‍यो ।
EXO 24:18 मोशा बादलभित्र प्रवेश गरी पर्वतमा उक्ले । तिनी चालिस दिन चालिस रातसम्म पर्वतमा रहे ।
EXO 25:1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
EXO 25:2 “राजीखुसीबाट प्रेरित भई हरेक व्यक्तिले मेरो लागि भेटी ल्याओस् भनी इस्राएलीहरूलाई भन् । तैँले यी भेटीहरू मेरो लागि ग्रहण गर्नुपर्छ ।
EXO 25:3 तैँले तिनीहरूबाट प्राप्‍त गर्नुपर्ने भेटीहरू यिनै हुन्: सुन, चाँदी, र काँसा
EXO 25:4 निलो, बैजनी र रातो ऊन, मलमलको कपडा, बाख्राको भुत्ला
EXO 25:5 रातो रङले रङ्गाएका भेडाका छाला र सीलका छालाहरू, बबुल काठ,
EXO 25:6 पवित्रस्थानका बत्तीहरूका निम्ति तेल, अभिषेक गर्नका लागि मसला र सुगन्धित धूप, एपोद र छाती-पातामा जड्नका लागि
EXO 25:7 आनिक्स र अन्य बहुमूल्य रत्‍नहरू ।
EXO 25:8 म तिनीहरूका बिचमा बस्‍न सकूँ भनेर तिनीहरूले मेरो निम्ति एउटा पवित्रस्थान बनाऊन् ।
EXO 25:9 मैले तँलाई देखाउने नमुनामुताबिक तैँले पवित्र वासस्थान र यसका सबै सामानहरू बनाउनू ।
EXO 25:10 तिनीहरूले बबुल काठको सन्दुक बनाऊन् । यसको लमाइ साँढे दुई हात, चौडाइ साँढे एक हात र उचाइ साँढे एक हातको होस् ।
EXO 25:11 यसको निम्ति सुनका चारवटा मुन्द्रा झुण्ड्याउनू ।
EXO 25:12 एकापट्टि दुईवटा र अर्कोपट्टि दुईवटा गरी तिनलाई सन्दुकको चारवटा खुट्टामा लगाउनू ।
EXO 25:13 तैँले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोर्नू ।
EXO 25:14 सन्दुकलाई बोक्‍नलाई त्यसको दुवैपट्टिका किनारामा भएका मुन्द्राहरूमा ती डन्डाहरू घुसाउनू ।
EXO 25:15 डन्डाहरू सन्दुकका मुन्द्राहरूमा रहनुपर्छ । तिनलाई त्यसबाट झिकिनुहुँदैन ।
EXO 25:16 तैँले सन्दुकभित्र मैले तँलाई दिने करारका विधिविधानहरू राख्‍नू ।
EXO 25:17 तैँले निखुर सुनको एउटा प्रायश्‍चित्तको ढकनी बनाउनू । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको होस् ।
EXO 25:18 तैँले प्रायश्‍चित्तको ढकनीको दुई किनारामा राख्‍न पिटिएको सुनका दुईवटा करूब बनाउनू ।
EXO 25:19 प्रायश्‍चित्तको ढकनीको एउटा किनारामा एउटा करूब र अर्को किनारामा अर्को करूब राख्‍नू । ती दुईवटा करूब र प्रायश्‍चित्तको ढकनी एउटै सुनको टुक्राबाट बनाइयोस् ।
EXO 25:20 करूबहरूले आ-आफ्ना पखेटा मास्तिर फैलाऊन् र प्रायश्‍चित्तको ढकनीलाई छाया पारून् । करूबहरू एक-अर्काको आमनेसामने होऊन् र तिनीहरूले प्रायश्‍चित्तको ढकनीतर्फ हेरून् ।
EXO 25:21 तैँले प्रायश्‍चित्तको ढकनीलाई सन्दुकको माथिपट्टि राख्‍नू, र मैले तँलाई दिने करारका विधिविधानहरू सन्दुकभित्र राख्‍नू ।
EXO 25:22 यही सन्दुकमा म तँसित भेट्नेछु । प्रायश्‍चित्तको ढकनीमाथिबाट म तँसित बोल्नेछु । गवाहीको सन्दुकको माथि भएका दुईवटा करूबको बिचबाट मैले इस्राएलीहरूलाई दिने सबै आज्ञा तँलाई दिनेछु ।
EXO 25:23 तैँले बबुल काठको एउटा टेबुल बनाउनू । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हातको होस् ।
EXO 25:24 तैँले यसलाई निखुर सुनले मोहर्नू र यसको चारैतिर सुनको बिट लगाउनू ।
EXO 25:25 त्यसको चारैतिर चार अङ्गुल चौडा भएको घेरो बनाउनू र घेरोको वरिपरि सुनको बिट लगाउनू ।
EXO 25:26 टेबुलको लागि सुनका चारवटा मुन्द्रा बनाउनू र ती मुन्द्राहरूलाई चार खुट्टा भएका चारवटै कुनामा लगाउनू ।
EXO 25:27 टेबुललाई बोक्‍नलाई डन्डाहरूका लागि ठाउँ हुन ती मुन्द्राहरू घेरोको छेउमा होऊन् ।
EXO 25:28 टेबुललाई तीसँगै बोक्‍न सकियोस् भनी बबुल काठबाट डन्डाहरू बनाउनू र
EXO 25:29 तिनलाई सुनले मोहर्नू अर्घबलिहरू चढाउन प्रयोग हुने थाल, चम्चा, करुवा र कचौराहरू बनाउनू । तैँले ती सबै निखुर सुनको बनाउनू ।
EXO 25:30 तैँले टेबुलमा मेरो सामु नियमित रूपमा उपस्थितिको रोटी राख्‍नू ।
EXO 25:31 पिटेको निखुर सुनबाट एउटा सामदान बनाउनू । आधार र बिँडसहित यसलाई बनाउनू । यसका कचौराहरू, कोपिला र फुलहरू सबै नै एउटै टुक्राबाट बनाइनुपर्छ ।
EXO 25:32 यसको एकापट्टिबाट तिनवटा हाँगा र अर्कोपट्टिबाट तिनवटा हाँगा गरी जम्मा छवटा हाँगा बाहिरतिर निस्केका होऊन् ।
EXO 25:33 पहिलो हाँगामा हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन् । त्यस्तै अर्को हाँगामा पनि हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन् । सामदानबाट बाहिर निस्कने सबै छवटा हाँगामा उस्तै होऊन् ।
EXO 25:34 सामदान र बिचको बिँडमा हाडेबदामका फुलजस्ता चारवटा कचौरा आ-आफ्नै कोपिला र फूलसमेत होऊन् ।
EXO 25:35 एउटै टुक्राको रूपमा पहिलो जोडी हाँगामुनि एउटा कोपिला र एउटै टुक्राको रूपमा दोस्रो जोडी हाँगामुनि एउटा कोपिला होस् । त्यसै गरी, एउटै टुक्राको रूपमा तेस्रो जोडी हाँगामुनि एउटा कोपिला होस् । सामदानबाट बाहिर निस्केका सबै छवटै हाँगा उस्तै होस् ।
EXO 25:36 तिनीहरूका कोपिला र हाँगाहरू सबै पिटेको निखुर सुनको एउटा टुक्राबाट बनेका होऊन् ।
EXO 25:37 तैँले सामदान र यसका सातवटा बत्ती बनाउनू, र यसबाट उज्यालो दिन ती बत्तीहरू बालिराख्‍नू ।
EXO 25:38 चिम्टा र तिनीहरूका मोसोदानीहरू निखुर सुनबाट बनाइनुपर्छ ।
EXO 25:39 सामदान र यसका सबै पात्र बनाउन करिब चौँतिस किलोग्राम निखुर सुनको प्रयोग गर्नू ।
EXO 25:40 तँलाई पर्वतमा देखाएको नमुनाबमोजिम ती बनाउन नभुल्नू ।
EXO 26:1 तैँले मसिनो सुती कपडा, निलो, बैजनी र रातो ऊन करूबहरूको रचनासहित दसवटा पर्दा भएको पवित्र वासस्थान बनाउनू । यो ज्यादै सिपालु शिल्पकारको काम हुनेछ ।
EXO 26:2 हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको होस् । सबै पर्दा उही आकारको हुनुपर्छ ।
EXO 26:3 पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्‍नू, र अन्य पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्‍नू ।
EXO 26:4 पहिलो गाँसिएको भागको बाहिरी छेउमा निलो सुर्काउनी बनाउनू । त्यसै गरी, दोस्रो गाँसिएको भागको बाहिरी छेउमा पनि निलो सुर्काउनी बनाउनू ।
EXO 26:5 पहिलो पर्दामा पचासवटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको पर्दामा पनि पचासवटा सुर्काउनी बनाउनू । ती सुर्काउनीहरू आमनेसामने हुने गरी बनाउनू ।
EXO 26:6 सुनका पचासवटा अङ्कुसे बनाई पवित्र वासस्थान एउटै हुने गरी ती पर्दाहरूलाई अङ्कुसेहरूसित जोड्नू ।
EXO 26:7 पवित्र वासस्थानमाथि राखिने पालको निम्ति बाख्राका भुत्लाका पर्दाहरू बनाउनू । एघारवटा यस्ता पर्दा बनाउनू ।
EXO 26:8 हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको होस् । एघारवटै पर्दाको नाप उही होस् ।
EXO 26:9 पाँचवटा पर्दालाई एक-अर्कामा जोड्नू र बाँकी छवटालाई एक-अर्कामा जोड्नू । छैटौँ पर्दालाई चाहिँ पालको अगाडिपट्टि दोब्बर गर्नू ।
EXO 26:10 पहिलो गाँसिएको भागको एकापट्टिको छेउमा पचासवटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको एकापट्टिको छेउमा पचासवटा सुर्काउनी बनाउनू ।
EXO 26:11 पचासवटा काँसाका अङ्कुसे बनाई तिनलाई सुर्काउनीहरूमा लगाउनू । त्यसपछि एउटै बनाउन पाललाई सँगसँगै जोड्नू ।
EXO 26:12 पालको बाँकी रहेको आधा भाग अर्थात् पालका पर्दाहरूबाट झुण्डिरहको आधा भागलाई पवित्र वासस्थानको पछिल्तिर झुण्ड्याउनू ।
EXO 26:13 एकापट्टि एक हात लामो र अर्कोपट्टि एक हात लामो पर्दा हुनुपर्छ । पवित्र वासस्थानलाई ढाक्‍न त्यसको दुवैपट्टि पालका पर्दाहरूको बाँकी भाग झुण्डिरहून् ।
EXO 26:14 रातो रङले रङ्ग्याएका भेडाका छालाबाट पवित्र वासस्थानलाई ढाक्‍ने बनाउनू, र त्यसको माथि मसिनो छालाको ढकनी होस् ।
EXO 26:15 पवित्र वासस्थानको लागि बबुल काठबाट ठाडा फल्याकहरू बनाउनू ।
EXO 26:16 हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको होस् ।
EXO 26:17 फल्याकहरूलाई एक-अर्कासित जोड्न हरेक फल्याकमा दुईवटा काठका चोसा होऊन् । पवित्र वासस्थानका सबै फल्याक यसरी नै बनाउनू ।
EXO 26:18 पवित्र वासस्थानको लागि फल्याकहरू बनाउँदा दक्षिणपट्टिको लागि बिसवटा फल्याक बनाउनू ।
EXO 26:19 ती बिसवटा फल्याकको मुन्तिर राख्‍न चाँदीका चालिसवटा आधार बनाउनू । पहिलो फल्याकको मुन्तिर दुईवटा आधार र अन्य फल्याकहरूको मुन्तिर पनि दुई-दुईवटा आधार बनाउनू ।
EXO 26:20 पवित्र वासस्थानको दोस्रो भाग अर्थात् उत्तरपट्टिको लागि बिसवटा फल्याक
EXO 26:21 र तिनका चालिसवटा आधार बनाउनू । पहिलो फल्याकको मुन्तिर दुईवटा आधार अनि दोस्रोको मुन्तिर दुईवटा आधार र बाँकीको निम्ति पनि यसरी नै बनाउनू ।
EXO 26:22 पवित्र वासस्थानको पछाडिपट्टि अर्थात् पश्‍चिमपट्टि छवटा फल्याक बनाउनू ।
EXO 26:23 पवित्र वासस्थानको पछाडिका कुनाहरूमा दुईवटा फल्याक बनाउनू ।
EXO 26:24 यी फल्याकहरू तल छुट्टिएका होऊन् तर माथि भने जोडिएका होऊन् । दुवै कुनाका लागि यही किसिमले बनाउनू ।
EXO 26:25 चाँदीका आधारहरू भएका आठवटा फल्याक बनाउनू । पहिलो फल्याकमुनि दुईवटा आधार, अर्को फल्याकमुनि दुईवटा आधार एवम् रितले जम्माजम्मी सोह्रवटा आधार होऊन् ।
EXO 26:26 तैँले बबुल काठका बारहरू बनाउनू । पवित्र वासस्थानका एकापट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार,
EXO 26:27 पवित्र वासस्थानका अर्कोपट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार र पवित्र वासस्थानको पश्‍चिमपट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार बनाउनू ।
EXO 26:28 फल्याकहरूका बिचमा भएको बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुगोस् ।
EXO 26:29 तैँले फल्याकहरूलाई सुनले मोहोर्नू । बारहरूलाई अल्झाउन सुनका मुन्द्राहरू बनाउनू, र बारहरूलाई पनि सुनले मोहोर्नू ।
EXO 26:30 तँलाई पर्वतमा देखाइएको नमुनाबमोजिम पवित्र वासस्थान खडा गर्नू ।
EXO 26:31 निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट करूबहरूको रचनासमेत भएको एउटा पर्दा बनाउनू । यो सिपालु शिल्कारको काम होस् ।
EXO 26:32 सुनले मोहोरिएको बबुल काठको चारवटा खम्बामा यस पर्दालाई झुण्ड्याउनू । यी खम्बाहरूमा सुनका अङ्कुसेहरू हुनुपर्छ जसमा चारवटा चाँदीका आधार राखिएका होऊन् ।
EXO 26:33 पर्दालाई अङ्कुसेमुनि झुण्ड्याउनू, र गवाहीको सन्दुकलाई यसभित्र ल्याउनू । यो पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नुपर्छ ।
EXO 26:34 प्रायश्‍चित्तको ढकनीलाई गवाहीको सन्दुकमाथि राख्‍नू जसलाई महा-पवित्रस्थानमा राखिन्छ ।
EXO 26:35 पर्दाबाहिर टेबुललाई उत्तरपट्टि राख्‍नू । पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामुन्‍ने सामदान राख्‍नू ।
EXO 26:36 पालको प्रवेशद्वारमा एउटा पर्दा बनाउनू । यो निलो, बैजनी, रातो सामग्री, मसिनो गरी बाटेको सुती कपडा र बुट्टा भर्नेको काम भएको होस् ।
EXO 26:37 यस पर्दाको लागि बबुल काठको पाँचवटा खम्बा बनाई तिनलाई सुनले मोहोर्नू । तिनका अङ्कुसे सुनका होऊन् र तिनका लागि काँसाका पाँचवटा आधार होऊन् ।
EXO 27:1 तैँले पाँच हात लामो र पाँच हात चौडा भएको बबुल काठको एउटा वेदी बनाउनू । वेदी वर्गाकार हुनुपर्छ र यसको उचाइ तिन हातको हुनुपर्छ ।
EXO 27:2 त्यसका चारवटै कुनामा गोरुको सिङजस्तो आकार बनाउनू । वेदी र त्यसका सिङहरू एउटै टुक्राबाट बनाउनू, र तिनलाई काँसाले मोहोर्नू ।
EXO 27:3 वेदीको लागि तैँले यी सामग्रीहरू बनाउनूः खरानी उठाउने भाँडाहरू, बेल्चाहरू, बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्‍ने पात्रहरू । यी सबै भाँडाकुँडा काँसाको बनाउनू ।
EXO 27:4 वेदीको लागि काँसाको जालीको एउटा झिँजा बनाउनू । जालीमाथि
EXO 27:5 चारै कुनामा काँसाका चारवटा मुन्द्रा लगाउनू । जाली वेदीको बिचसम्मै पुग्‍ने गरी यसलाई वेदीको मुनिपट्टिको बिटमुनि राख्‍नू ।
EXO 27:6 वेदीको लागि बबुल काठका डन्डाहरू बनाउनू, र तिनलाई काँसाले मोहोर्नू ।
EXO 27:7 डन्डाहरूलाई मुन्द्रामा हाल्नू र त्यसलाई उठाउँदा ती डन्डा वेदीका दुवैतिर होऊन् ।
EXO 27:8 फल्याकबाट निर्मित वेदी खोक्रो बनाउनू । तँलाई पर्वतमा देखाइएबमोजिम तैँले यसलाई बनाउनू ।
EXO 27:9 पवित्र वासस्थानको लागि चोक बनाउनू । चोकको दक्षिणपट्टि मसिनो गरी बाटेको सुती कपडाका पर्दाहरू राख्‍नू जसका लमाइ एक सय हात होऊन् ।
EXO 27:10 तिनका खम्बाहरू बिसवटा र आधार पनि बिसवटै काँसाका होऊन् । खम्बामा अङ्कुसेहरू र चाँदीका फित्ताहरू होऊन् ।
EXO 27:11 त्यसै गरी, उत्तरपट्टि एक सय हात लामो पर्दाहरू होऊन्, अनि तिनका खम्बाहरू बिसवटा र आधारहरू पनि बिसवटा काँसाका होऊन् अनि अङ्कुसेहरू चाँदीका फित्ताहरू पनि गाँसिऊन् ।
EXO 27:12 चोकको पश्‍चिमपट्टि पचास हात लामो पर्दा राख्‍नू । दसवटा खम्बा र दसवटा आधार राख्‍नू ।
EXO 27:13 चोकको पूर्वपट्टि पचास हात होस् ।
EXO 27:14 प्रवेशद्वारको एकापट्टिको निम्ति पन्ध्र हातका पर्दाहरू होऊन् । तिनका तिनवटा खम्बा र तिनवटै आधार होऊन् ।
EXO 27:15 अर्कोपट्टि पनि पन्ध्र हातका पर्दाहरू होऊन् । तिनका पनि तिनवटा खम्बा र तिनवटै आधार होऊन् ।
EXO 27:16 चोकको द्वारमा राखिने पर्दा बिस हातको होस् । यो पर्दा निलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको होस् र यो बुट्टा हाल्नेको काम होस् । यसका चारवटा खम्बा र चारवटा आधार होऊन् ।
EXO 27:17 चोकका सबै खम्बाका लागि चाँदीका फित्ता, चाँदीकै अङ्कुसे र काँसाका आधारहरू होऊन् ।
EXO 27:18 चोकको लमाइ एक सय हात र चौडाइ पचास हातको होस् । यसका पर्दाहरूको उचाइ पाँच हातको होस् । ती पर्दाहरू मसिनो गरी बाटेको सुती कपडाका होऊन् र तिनका आधारहरूचाहिँ काँसाका होऊन् ।
EXO 27:19 पवित्र वासस्थानमा प्रयोग गरिने सबै सामग्रीसाथै पाल र चोकका सबै किलाहरू काँसाबाट बनेका होऊन् ।
EXO 27:20 तैँले इस्राएलका मानिसहरूलाई दियाको निम्ति पेलिएको भद्राक्षको शुद्ध तेल ल्याउन आज्ञा दे ताकि दियाहरू निरन्तर बलिरहून् ।
EXO 27:21 भेट हुने पालमा गवाहीको सन्दुक राखिने पवित्र वासस्थानको पर्दाको अगाडिपट्टि हारून र तिनका छोराहरूले परमप्रभुको सामु साँझदेखि बिहानसम्म दियाहरू बालिरहून् । इस्राएलका मानिसहरूका पुस्तौँसम्म यो रहिरहिने विधि होस् ।
EXO 28:1 इस्राएलीहरूमध्ये तेरा दाजु हरून र तिनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामारले पुजारी भएर मेरो सेवा गर्नलाई तिनीहरूलाई तँकहाँ बोलाएर ले ।
EXO 28:2 तैँले तेरा दाजु हारूनको निम्ति मेरो लागि अलग गरिएका पोशाकहरू लगाउनू । यी पोशाकहरू तिनको गौरव र शोभाको निम्ति हुनेछन् ।
EXO 28:3 मैले बुद्धिको आत्माले भरिपूर्ण पारेका सबै बुद्धिमान् मानिसहरूलाई तैँले भन्‍नू कि तिनीहरूले हारूनका निम्ति पोशाकहरू बनाऊन् जसले तिनलाई मेरो पुजारी भएर सेवा गर्न अलग गरून् ।
EXO 28:4 तिनीहरूले बनाउनुपर्ने पोशाकहरू छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, फेटा र पटुका हुन् । तिनीहरूले यी पोशाकहरू बनाऊन् जसले तेरा दाजु हारून र त्यसका छोराहरूलाई मेरो निम्ति अलग गरून् ताकि तिनीहरूले पुजारी भएर मेरो सेवा गर्न सकून् ।
EXO 28:5 शिल्पकारहरूले सुती कपडा, सुन, निलो, बैजनी र रातो धागो प्रयोग गरून् ।
EXO 28:6 तिनीहरूले सुन, निलो, बैजनी र रातो ऊन अनि मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाऊन् । यो सिपालु शिल्पकारको काम होस् ।
EXO 28:7 यो गाँस्‍नलाई त्यसको दुवै छेउमा गाँसेका दुईवटा काँधे-बन्धन होऊन् ।
EXO 28:8 यसको निकै राम्रोसँग बुनिएको कमरपेटी एपोदजस्तै हुनुपर्छ । मसिनो गरी बाटेको सुती कपडा, सुन, निलो, बैजनी र रातो धागोबाट एपोदकै टुक्राबाट यसलाई बनाइनुपर्छ ।
EXO 28:9 दुईवटा आनिक्स पत्थरलाई लिएर तिनमा इस्राएलका बाह्र जना छोराका नाउँ खोप्‍नू ।
EXO 28:10 छोराहरूको जन्मअनुसार एउटा पत्थरमा छ जनाका नाउँ र अर्को पत्थरमा छ जनाका नाउँ खोप्‍नू ।
EXO 28:11 छापमा खोप्‍ने शिल्पकारले झैँ तैँले यो दुईवटा पत्थरमा इस्राएलका बाह्र जना छोराका नाउँ खोप्‍नू । ती पत्थर सुनका रत्‍न जडिने मणिघरमा जड्न लगाउनू ।
EXO 28:12 परमप्रभुलाई इस्राएलका छोराहरूको सम्झना दिलाउन ती दुईवटा पत्थरलाई एपोदका काँधे-बन्धनमा लगाउनू । उहाँलाई सम्झना दिलाउन हारूनले परमप्रभुको सामु तिनीहरूका नाउँलाई बोकेर लैजानेछन् ।
EXO 28:13 तैँले सुनका मणिघरहरू
EXO 28:14 र डोरीजस्ता बाटेका निखुर सुनका दुईवटा सिक्री बनाउनू, र ती सिक्रीहरूलाई मणिघरहरूमा लगाउनू ।
EXO 28:15 निर्णय गर्नलाई एउटा छाती-पाता बनाउनू । एपोदको बनावटजस्तै यो पनि सिपालु शिल्पकारको काम होस् । सुन, निलो, बैजनी र रातो ऊन र सुतीको कपडाबाट यसलाई बनाउनू ।
EXO 28:16 यो वर्गाकार र दोब्बर पट्ट्याइएको हुनुपर्छ । यसको लमाइ र चौडाइ एक-एक बित्ताको होस् ।
EXO 28:17 तैँले यसमा बहुमूल्य पत्थरका चारवटा लहर गरी मणीहरू राख्‍नू । पहिलो लहरमा मानिक, पुष्पराज र बेरूज राख्‍नू ।
EXO 28:18 दोस्रो लहरमा फिरोजा, नीर र पन्‍ना राख्‍नू ।
EXO 28:19 तेस्रो लहरमा नीलमणि, हाकिक र कटेला राख्‍नू ।
EXO 28:20 चौथो लहरमा पीतमणि, आनिक्स र बिल्लौर राख्‍नू । ती सुनका मणिघरहरूमा जडिऊन् ।
EXO 28:21 ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग होऊन् । छाप-औँठीमा खोपेजस्तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गरोस् ।
EXO 28:22 छाती-पातामा डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाउनू ।
EXO 28:23 छाती-पाताको लागि सुनका दुईवटा मुन्द्री बनाउनू र तिनलाई छाती-पाताका दुईवटै किनारामा लगाउनू ।
EXO 28:24 सुनका दुईवटा सिक्रीलाई छाती-पाताका किनाराहरूमा लगाउनू ।
EXO 28:25 बाटेका दुईवटा सिक्रीका अर्का दुईवटा छेउलाई दुवै मणिघरमा जोड्नू । त्यसपछि ती दुईवटालाई एपोदको काँधे-बन्धनको अगाडिपट्टि लगाउनू ।
EXO 28:26 सुनका दुईवटा मुन्द्री बनाउनू, र भित्रपट्टिको बिटको छेउमा तिनलाई छाती-पाताका अर्का दुईवटा कुनामा लगाउनू ।
EXO 28:27 तैँले थप दुईवटा सुनका मुन्द्री बनाउनू, र तिनलाई एपोदको अगाटिपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको निकै राम्ररी बुनेको कमरपेटीमाथिको सिउनीनेर लगाउनू ।
EXO 28:28 छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा निलो फित्ताले कमरपेटीमा बाँध्‍नू ताकि त्यो बुनिएको एपोददेखि सर्न नपाओस् ।
EXO 28:29 हारून पवित्रस्थानमा जाँदा त्यसले परमप्रभुको सामु निरन्तर सम्झनाको निम्ति आफ्नो छातीमा निर्णय गर्न राखिने छाती-पातामा इस्राएलका मानिसहरूका नाउँ बोकोस् ।
EXO 28:30 निर्णय गर्नलाई छाती-पातामा ऊरीम र तुम्मीम राख्‍नू ताकि हारून परमप्रभुको सामु जाँदा ती त्यसको छातीमा होस् । यसरी हारूनले इस्राएलका मानिसहरूका लागि निर्णय गर्ने माध्यमलाई परमप्रभुको सामु सधैँ आफूसितै बोकोस् ।
EXO 28:31 तैँले एपोदको अलखा पूर्ण रूपमा निलो कपडाको बनाउनू ।
EXO 28:32 यसको बिचमा टाउको छिराउने प्वाल बनाउनू । नच्यातियोस् भन्‍नाका लागि कठालोको प्वालजस्तै बुनेको बिट होस् । यो जुलाहाको काम होस् ।
EXO 28:33 तलको फेरोको चारैतिर निलो, बैजनी र रातो धागोका दारिमहरू बनाउनू ।
EXO 28:34 तिनको वरिपरि बिच-बिचमा सुनका घण्टीहरू बनाउनू । अलखाको फेरोको चारैतिर सुनका घण्टीहरू र दारिमहरू होऊन् ।
EXO 28:35 हारूनले सेवा गर्दा त्यसले अलखा लगाओस् ताकि त्यो पवित्रस्थानमा परमप्रभुको सामु जाँदा र त्यहाँबाट आउँदा यसको आवाज सुनियोस् । त्यो नमरोस् भन्‍नाका लागि यसो गरिएको हो ।
EXO 28:36 तैँले निखुर सुनको एउटा पाता बनाउनू, र यसमा छापमा खोपेजस्तै गरी “परमप्रभुको निम्ति पवित्र” भनी खोप्‍नू ।
EXO 28:37 यस पातालाई निलो फित्ताले फेटाको अगाडिपट्टि बाँध्‍नू ।
EXO 28:38 यसलाई हारूनको निधारमा राख्‍नू । इस्राएलीहरूले परमप्रभुको निम्ति अलग गर्ने पवित्र उपहारका भेटीहरूको दोष हारूनले सधैँ बोकोस् । परमप्रभुले तिनीहरूका उपहारहरू ग्रहण गरून् भन्‍नाका लागि फेटा सधैँ त्यसको निधारमा होस् ।
EXO 28:39 तैँले मसिनो सुती कपडाबाट लबेदा बनाउनू, र फेटा पनि सुती कपडाबाट नै बनाउनू । पटुकाचाहिँ बुट्टा हाल्नेद्वारा बनाइयोस् ।
EXO 28:40 हारूनका छोराहरूका गौरव र शोभाका लागि लबेदा, पटुका र फेटाहरू बनाउनू ।
EXO 28:41 तैँले तेरा दाजु हारून र त्यसका छोराहरूलाई यी पोशाकहरू पहिराइदिनू । पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई अभिषेक गर्नू, नियुक्त गर्नू र मेरो निम्ति अलग गर्नू ।
EXO 28:42 तिनीहरूका नग्‍नता ढाक्‍नलाई सुतीका भित्री पोशाकहरू बनाउनू जसले तिनीहरूको कम्मरदेखि जाँघसम्म ढाकून् ।
EXO 28:43 हारून र त्यसका छोराहरू पवित्रस्थानमा सेवा गर्नका लागि वेदीमा जाँदा वा भेट हुने पालमा प्रवेश गर्दा तिनीहरूले यी पोशाकहरू लगाऊन् । तिनीहरू दोषी ठहरिएर नमरून् भन्‍नाका लागि तिनीहरूले यी लगाउनैपर्छ । हारून र त्यसपछि त्यसका सन्तानहरूका लागि यो स्थायी विधि हो ।
EXO 29:1 तिनीहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरूलाई मेरो लागि अलग गर्न तैँले गर्नुपर्ने काम यही हो । एउटा बाछा र दुईवटा निष्खोट भेडा लिएर आइज ।
EXO 29:2 अखमिरी रोटी र खमिर नहाली तेलमा मुछेको फुरौला अनि तेल दलेको खमिरविनाको बाबर पनि लिएर आइज ।
EXO 29:3 बाबरहरू मसिनो गहुँको पिठोको प्रयोग गरी बनाउनू । तिनीहरूलाई एउटा टोकरीमा हालेर साँढे र दुईवटा भेडासँगै ती ल्याउनू ।
EXO 29:4 तैँले भेट हुने पालको प्रवेशद्वारमा हारून र त्यसका छोराहरूलाई उपस्थित गरा । हारून र त्यसका छोराहरूलाई पानीले नुहाइदिनू ।
EXO 29:5 आफूसित पोशाकहरू लैजा र हारूनलाई लबेदा, एपोदको अलखा, एपोद, छाती-पाता अनि राम्ररी बुनेको एपोदको कमरपेटी लगाइदिनू ।
EXO 29:6 त्यसको शिरमा फेटा लगाइदिनू, र फेटामाथि पवित्र मुकुट पहिराइदिनू ।
EXO 29:7 त्यसपछि अभिषेक गर्ने तेल लिएर जा अनि त्यसको शिरमा खन्याइदिएर त्यसलाई अभिषेक गर् ।
EXO 29:8 त्यसका छोराहरूलाई ल्याएर तिनीहरूलाई लबेदाहरू लगाइदिनू ।
EXO 29:9 हारून र त्यसका छोराहरूलाई पटुका र फेटाहरू लगाइदिनू । पुजारी पद तिनीहरूका लागि सदाको विधि हो । यसरी तैँले हारून र त्यसका छोराहरूलाई मेरो सेवा गर्न अभिषेक गर्नू ।
EXO 29:10 तिमीहरू सबैले भेट हुने पालको सामु बाछो ल्याउनू, अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि हात राख्‍नेछन् ।
EXO 29:11 तैँले भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको सामु त्यस बाछोलाई मार्नू ।
EXO 29:12 बाछोको थोरै रगत लिएर तेरो औँलाले वेदीका सिङहरूमा छर्की, अनि बाँकी रगत वेदीको आधारमा खन्याइदिनू ।
EXO 29:13 आन्द्रा-भुँडी ढाक्‍ने सबै बोसो र कलेजो ढाक्‍ने मासु अनि दुईवटा मिर्गोलासाथै तिनमा भएका बोसोसमेत लिएर ती सबैलाई वेदीमा जलाइदिनू ।
EXO 29:14 तर बाछोको मासु, यसको छाला र गोबरचाहिँ छाउनीबाहिर लगेर जलाइदिनू । यो पापबलि हो ।
EXO 29:15 तैँले एउटा भेडा पनि लिनू अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि आ-आफ्ना हात राखून् ।
EXO 29:16 भेडालाई मारेर त्यसको रगत वेदीका चारैतिर छर्कनू ।
EXO 29:17 त्यस भेडालाई टुक्रा-टुक्रा पारेर त्यसका आन्द्राभुँडी र खुट्टाहरूलाई धुनू अनि ती आन्द्राभुँडी, त्यसका टुक्राहरू र टाउकोसमेत
EXO 29:18 वेदीमा राखिदिनू । त्यसपछि सिङ्गै भेडालाई जलाउनू । यो परमप्रभुलाई आगोद्वारा चढाइने मिठो बास्‍ना भएको होमबलि हो ।
EXO 29:19 त्यसपछि तैँले अर्को भेडा लिनू, अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि आ-आफ्ना हात राखून् ।
EXO 29:20 अनि तैँले भेडालाई मारेर त्यसको थोरै रगत लिई हारूनको दाहिने कान, त्यसका छोराहरूका दाहिने कानहरू, तिनीहरूका दाहिने हातका बुढी औँला र तिनीहरूका खुट्टाका बुढी औँलामा लगाइदिनू । त्यसपछि रगत वेदीको हरेक किनाराको वरिपरि छर्किदिनू ।
EXO 29:21 तैँले वेदीमा भएको थोरै रगत र थोरै अभिषेक गर्ने तेल लिएर त्यसलाई हारून र त्यसका पोशाकहरू अनि त्यसका छोराहरू र तिनीहरूका पोशाकहरूमा छर्किदे । तब हारून र त्यसका पोशाकहरू, त्यसका छोराहरूसाथै त्यसका छोराहरूका पोशाकहरू मेरो लागि अलग गरिनेछन् ।
EXO 29:22 तैँले भेडाको बोसो, बोसे पुच्छर, आन्द्रभुँडी ढाक्‍ने बोसो, कलेजोको मासु, दुईवटा मिर्गौला र तिनमा भएका बोसो अनि दाहिने साँप्रो लिनू किनकि यो भेडा मेरो लागि पुजारीको अर्पणको लागि हो ।
EXO 29:23 परमप्रभुको सामु भएको खमिर नहालेको रोटीको टोकरीबाट एउटा रोटी, तेलमा पोलेको एउटा फुरौला र एउटा बाबर लिनू ।
EXO 29:24 तैँले यी सबै हारूनका हात र त्यसका छोराहरूका हातमा राखिदिनू अनि परमप्रभुको सामु डोलाइने बलिको लागि मेरो सामु डोलाउनू ।
EXO 29:25 त्यसपछि तिनीहरूका हातबाट खाना लिएर होमबलिसँगै वेदीमा तिनलाई जलाइदिनू । यसले मलाई मिठो बास्‍ना दिनेछ । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो ।
EXO 29:26 हारूनको अर्पणको भेडाको ह्याकुलो लिएर यसलाई परमप्रभुको सामु डोलाइने बलिको रूपमा डोलाउनू, र योचाहिँ तेरो भाग हुनेछ ।
EXO 29:27 तैँले हारून र त्यसका छोराहरूका निम्ति दिइएको डोलाइने बलिको ह्याकुलो र साँप्रो मेरो लागि अलग गर् ।
EXO 29:28 यो हारून र त्यसका छोराहरूका लागि अनन्तको विधि हुनेछ । इस्राएलका मानिसहरूले तिनीहरूका मेलबलिबाट परमप्रभुलाई दिनुपर्ने भाग यही हो ।
EXO 29:29 हारूनपछि त्यसका पवित्र पोशाकहरू त्यसका छोराहरूका लागि सुरक्षित राख्‍नू । तिनीहरू तिनमा अभिषेक गरिएर तिनीहरूलाई मेरो निम्ति नियुक्त गर्नू ।
EXO 29:30 हारूनपछि त्यसका छोराहरूमध्ये पुजारी हुनेचाहिँ पवित्रस्थानमा मेरो सेवा गर्न भेट हुने पालमा आउँदा त्यसले सात दिनसम्म ती पोशाकहरू लगाओस् ।
EXO 29:31 मेरो निम्ति पुजारीहरूको नियुक्ति गर्दा तैँले भेडा लिई त्यसको मासुलाई पवित्रस्थानमा उमाल्नू ।
EXO 29:32 हारून र त्यसका छोराहरूले भेट हुने पालको प्रवेशद्वारमा भेडाको मासु र टोकरीमा भएको रोटी खाऊन् ।
EXO 29:33 मेरो निम्ति अलग गर्नका निम्ति तिनीहरूलाई प्रायश्‍चित्त गर्न र नियुक्त गर्न तिनीहरूलाई दिइएका मासु, रोटी तिनीहरूले खाऊन् । त्यो खाना कसैले नखाओस् किनकि त्यो मेरो निम्ति अर्पण गरिएको र मलाई छुट्ट्याइएको खाना हो ।
EXO 29:34 अर्पण बलिको कुनै पनि खाना वा रोटी भोलिपल्ट बिहानसम्म रह्‍यो भने त्यसलाई जलाइदिनू । यो मेरो लागि अलग गरिएकोले यसलाई खानुहुँदैन ।
EXO 29:35 यसरी मैले तँलाई आज्ञा गरेका सबै कुराबमोजिम हारून र त्यसका छोराहरूलाई गर्नू । तैँले सात दिन लगाएर तिनीहरूलाई तयार पार्नू ।
EXO 29:36 हरेक दिन प्रायश्‍चित्तको लागि तैँले एउटा बाछो पापबलिको रूपमा चढाउनू । वेदीको लागि प्रायश्‍चित्त गरेर तैँले यसलाई शुद्ध पार्नू, र यसलाई मेरो लागि अलग गर्न यसलाई अभिषेक गर्नू ।
EXO 29:37 सात दिन लगाएर वेदीको लागि प्रायश्‍चित्त गर्नू अनि त्यसलाई परमप्रभुको निम्ति अलग गर्नू । तब वेदी मेरो लागि पूर्ण रूपमा पवित्र हुनेछ । वेदीलाई छुने जुनसुकै कुरो परमप्रभुको लागि पवित्र हुनेछ ।
EXO 29:38 तैँले हरेक दिन वेदीमा नियमित रूपमा एक-वर्षे दुईवटा थुमा चढाउनू ।
EXO 29:39 एउटा थुमा बिहान चढाइनुपर्छ भने अर्को बेलुका ।
EXO 29:40 पहिलो थुमासँगै एक लिटर पेलेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पिठो र अर्घबलिको रूपमा एक लिटर दाखमद्य चढाउनू ।
EXO 29:41 तैँले दोस्रो थुमा बेलुकी चढाउनू । बिहानजस्तै अन्‍नबलि र अर्घबलि पनि चढाउनू । यी कुराहरूले मेरो लागि मिठो बास्‍ना ल्याउनेछन् । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो ।
EXO 29:42 मैले तिमीहरूसित बातचित गर्ने परमप्रभुको सामु भेट हुने पालको प्रवेशद्वारमा तिमीहरूका पुस्ता-पुस्तासम्म यी नियमित होमबलिहरू होऊन् ।
EXO 29:43 म इस्राएलीहरूसित त्यहीँ नै भेट गर्नेछु । मेरो महिमाद्वारा पाल मेरो लागि अलग गरिनेछ ।
EXO 29:44 म भेट हुने पाल र मेरो लागि मात्र प्रयोग हुने वेदीलाई पवित्र पार्नेछु । पुजारी भएर मेरो सेवा गर्नका निम्ति हारून र त्यसका छोराहरूलाई पनि म पवित्र पार्नेछु ।
EXO 29:45 म इस्राएलीहरूका बिचमा बस्‍नेछु र तिनीहरूका परमेश्‍वर हुनेछु ।
EXO 29:46 म तिनीहरूका बिचमा बस्‍न सकूँ भनेर तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन् । म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ ।
EXO 30:1 तैँले धूप बाल्नलाई बबुल काठबाट एउटा वेदी बनाउनू ।
EXO 30:2 यसको लमाइ एक हात र चौडाइ एक हातको होस् । यो वर्गाकार हुनुपर्छ र यसको उचाइ दुई हातको हुनुपर्छ । यसका सिङहरू त्यही एउटै टुक्रा काठबाट बनाइएका होऊन् ।
EXO 30:3 धूप वेदीको माथिल्लो भाग, यसका किनाराहरू र सिङहरू सबै नै निखुर सुनले मोहोरिऊन् । यसको चारैतिर सुनको बिट लगाउनू ।
EXO 30:4 यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुवैतिर लगाउनू, र बोक्‍ने डन्डाहरूका लागि ती मुन्द्राचाहिँ घर होऊन् ।
EXO 30:5 डन्डाहरू बबुल काठबाट बनाएर तिनलाई सुनले मोहोर्नू ।
EXO 30:6 तैँले धुपको वेदीलाई गवाहीको सन्दुकनेर भएको पर्दाको सामुन्‍ने राख्‍नू । यो मैले तँलाई भेट्ने गवाहीको सन्दुकमाथि राखिएको प्रायश्‍चित्तको ढकनीको सामु हुनेछ ।
EXO 30:7 हारूनले हरेक बिहान सुगन्धित धूप बाल्नू । त्यसले दियाहरूको रेखदेख गर्दा यसलाई बाल्नू,
EXO 30:8 र पुस्ता-पुस्तासम्म परमप्रभुको सामु नियमित रूपमा धूप बलिरहोस् भनेर हारूनले हरेक साँझमा दियाहरू बाल्नू ।
EXO 30:9 तर त्यस धूपको वेदीमा तैँले अरू किसिमका धूप नबाल्नू, न त कुनै होमबलि वा अन्‍नबलि चढाउनू । यसमाथि कुनै अर्घबलि नचढाउनू ।
EXO 30:10 वर्षको एक चोटि हारूनले यसका सिङहरूमा प्रायश्‍चित्त गरोस् । पापबलिको रगतले पुस्ता-पुस्तासम्म त्यसले वर्षको एक चोटि प्रायश्‍चित्त गर्नेछ । यो परमप्रभुको निम्ति अति पवित्र छ ।”
EXO 30:11 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
EXO 30:12 “तैँले इस्राएलीहरूको जनगणना लिँदा हरेक व्यक्तिले परमप्रभुको निम्ति आफ्नो जीवनको मोल तिरोस् । तैँले तिनीहरूको गणना गरिसकेपछि यसो गर्नू ताकि जनगणना गर्दा तिनीहरूका बिचमा कुनै विपत्ति नआओस् ।
EXO 30:13 जनगणनामा गन्ती भएको हरेकले पवित्रस्थानको शेकेलको नापअनुसार चाँदीको आधा शेकेल तिरोस् (एक शेकेल बराबर बिस गेरा हुन्छ) । यो आधा शेकेल परमप्रभुको निम्ति भेटी हुनेछ ।
EXO 30:14 बिस वर्षभन्दा माथिको गन्ती हुने हरेकले मलाई यो भेटी दिनुपर्छ ।
EXO 30:15 मानिसहरूले आ-आफ्ना जीवनको प्रायश्‍चित्तको लागि मलाई यो भेटी दिँदा धनीहरूले आधा शेकेलभन्दा बढी नदेऊन् न त गरिबहरूले कम देऊन् ।
EXO 30:16 तैँले इस्राएलीहरूबाट यो प्रायश्‍चित्तको पैसा लिएर यसलाई भेट हुने पालको कामको लागि छुट्ट्याउनुपर्छ । यो इस्राएलीहरूका जीवनको निम्ति प्रायश्‍चित्त गर्न मेरो सामु तिनीहरूको सम्झना होस् ।”
EXO 30:17 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
EXO 30:18 “तैँले धुनलाई काँसाको एउटा ठुलो बाटा बना । यो भेट हुने पाल र वेदीको बिचमा होस् र यसमा पानी राख्‍नू ।
EXO 30:19 हारून र त्यसका छोराहरूले यो पानीले तिनीहरूका हात र खुट्टा धोऊन् ।
EXO 30:20 तिनीहरू आगोद्वारा चढाइने बलि लिएर मेरो सेवा गर्न भेट हुने पालमा जाँदा वा वेदीको नजिक जाँदा तिनीहरू नमरून् भनेर तिनीहरूले पानीले धुनुपर्छ ।
EXO 30:21 तिनीहरू नमरून् भनेर तिनीहरूले आ-आफ्ना हातगोडा धोऊन् । हारून र त्यसका मानिसहरूका पुस्ता-पुस्ताका लागि यो एउटा स्थायी विधि हो ।”
EXO 30:22 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
EXO 30:23 “तैँले यी असल-असल मसलाहरू अर्थात् ५०० शेकेल तरल मूर्र, २५० शेकेल बास्‍ना आउने दालचिनी, २५० शेकेल बास्‍ना आउने बोझो,
EXO 30:24 ५०० शेकेल तेजपात– सबैको नाप पवित्रस्थानको हिसाबले– र एक हीन भद्राक्षको तेल लिनू ।
EXO 30:25 तैँले यी सामग्रीहरूबाट अभिषेक गर्ने पवित्र तेल अर्थात् सुगन्धित मसला बनाउनू । यो मेरो लागि सुरक्षित अभिषेक गर्ने पवित्र तेल हुनेछ ।
EXO 30:26 तैँले यस तेलले भेट हुने पालसाथै गवाहीको सन्दुक,
EXO 30:27 टेबुल र यसका सबै भाँडाकुँडा, सामदान र यसका सामान, धूपको वेदी,
EXO 30:28 होमबलि चढाउने वेदीलगायत यसका सबै सामान र धुनलाई प्रयोग गरिने बाटालाई अभिषेक गर्नू ।
EXO 30:29 ती मेरो लागि पवित्र होऊन् भनेर तिनलाई मेरो लागि अलग गर्नू । तिनलाई छुने कुनै पनि कुरो पनि पवित्र हुनेछ ।
EXO 30:30 हारून र त्यसका छोराहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई मेरो निम्त अलग गर् ।
EXO 30:31 तैँले इस्राएलीहरूलाई भन्‍नू, “तिमीहरूका मानिसहरूका पुस्ता-पुस्तासम्म यो परमप्रभुको निम्ति अलग गरिएको अभिषेक गर्ने तेल होस् ।
EXO 30:32 यसलाई मानिसको छालामा दल्नुहुँदैन, न त उही सुत्र प्रयोग गरेर यस्तो तेल बनाउनुहुन्छ किनकि यो परमप्रभुको निम्ति अलग गरिएको हो । तैँले यसलाई यसरी नै हेर्नुपर्छ ।
EXO 30:33 जसले यस्तो अत्तर बनाउँछ वा जसले अरू कसैको शरीरमा यसलाई लगाइदिन्छ त्यो व्यक्ति तिमीहरूको जातिबाट बहिष्कृत हुनेछ ।”
EXO 30:34 परमप्रभुले मोशालाई भन्‍नुभयो, “बराबरी परिमाणमा शुद्ध सेतो-धूपसहित खोटो, सेखलेट र हिङजस्तै चोपजस्ता सुगन्धित मसलाहरू लिनू ।
EXO 30:35 नुन मिसिएको शुद्ध र पवित्र हुने गरी धूपको रूपमा अत्तर बनाउनेले जस्तै गरी त्यसलाई बनाउनू ।
EXO 30:36 तैँले यसलाई मसिनो गरी पिस्‍नू । यसको थोरै भागलाई मैले तँसित भेट गर्ने भेट हुने पालमा राखिने गवाहीको सन्दुकको सामुन्‍ने राख्‍नू । तैँले यसलाई मेरो लागि अति पवित्र ठान्‍नू ।
EXO 30:37 तैँले बनाउने यो धूपजस्तै उही सुत्र प्रयोग गरेर आफ्नो लागि अर्को कुनै धूप नबनाउनू । यो मेरो लागि अति पवित्र होस् ।
EXO 30:38 अत्तरको रूपमा प्रयोग गर्न जसले योजस्तै कुनै धूप बनाउँछ, त्यो आफ्नो जातिबाट बहिष्कृत हुनेछ ।”
EXO 31:1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो,
EXO 31:2 “हेर्, मैले यहूदाको कुलबाट हूरको नाति, ऊरीको छोरो बजलेललाई डाकेको छु ।
EXO 31:3 सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन मेरा आत्माले भरिपूर्ण पारेको छु ।
EXO 31:4 त्यसले सुन, चाँदी, काँसाका कलापूर्ण रचनाहरू बनाउनेछ ।
EXO 31:5 सबै किसिमका कारीगरीका काम गर्न त्यसले पत्थर काट्ने, जड्ने र काठ खोप्‍ने गर्छ ।
EXO 31:6 त्योबाहेक मैले दानको कुलबाट अहीसामाकको छोरो ओहोलीआबलाई नियुक्त गरेको छु । मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिनीहरूले बनाउन सकून् भनेर सबै बुद्धिमानीहरूका ह्रदयमा मैले सिप हालिदिएको छु । तिनीहरूले बनाउने सामग्रीहरू यिनै हुन्:
EXO 31:7 भेट हुने पाल, गवाहीको सन्दुक, सन्दुकमाथि राखिने प्रायश्‍चित्तको ढकनी, पालका सबै सरसामान अर्थात्
EXO 31:8 टेबुल र यसका भाँडाकुँडाहरू, शुद्ध सामदानसहित यसका सबै सामान, धूपको वेदी,
EXO 31:9 होमबलिको लागि वेदीसहित यसका सबै सामान र आधार भएको ठुलो बाटा ।
EXO 31:10 यसमा राम्ररी बुनेको पोशाकहरू अर्थात् हारून पुजारी र त्यसका छोराहरूका निम्ति पवित्र पोशाकहरू पनि पर्छन् । पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरू मेरो लागि अलग गरिएका हुन् ।
EXO 31:11 पवित्रस्थानको लागि अभिषेक गर्ने तेल र सुगन्धित धूप पनि यसमा पर्छन् । मैले तँलाई आज्ञा गरेबमोजिम यी कारीगारहरूले यी सबै थोक बनाऊन् ।”
EXO 31:12 तब परमप्रभुले मोशालाई भन्‍नुभयो,
EXO 31:13 “इस्राएलीहरूलाई भन्, 'तिमीहरूले निश्‍चय नै परमप्रभुको शबाथ-दिन मान्‍नू किनकि तिमीहरूका मानिसहरूका पुस्ता-पुस्तासम्म यो तिमीहरू र मेरो बिचमा एउटा चिन्ह हुनेछ ताकि तिमीहरूलाई मेरो निम्ति अलग गर्ने परमप्रभु म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
EXO 31:14 त्यसैले तिमीहरूले शबाथ मान्‍नू किनभने यो मेरो लागि अलग गरिएको तिमीहरूद्वारा मान्‍नुपर्ने पवित्र दिन हो । यसलाई अशुद्ध गर्ने कुनै पनि व्यक्ति निश्‍चय नै मारिनेछ । जसले शबाथमा काम गर्छ, त्यो व्यक्ति निश्‍चय नै आफ्नो जातिबाट बहिष्कृत हुनेछ ।
EXO 31:15 छ दिनसम्म काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभुको सामु पूर्ण विश्रामको पवित्र शबाथ हुनेछ । शबाथ-दिनमा काम गर्ने जोसुकै पनि निश्‍चय मारिनेछ ।
EXO 31:16 त्यसकारण, इस्राएलीहरूले शबाथलाई मान्‍नैपर्छ । एउटा स्थायी विधिको रूपमा तिनीहरूका पुस्तौँ-पुस्तासम्म तिनीहरूले यसको पालना गर्नुपर्छ ।
EXO 31:17 शबाथ सधैँ म परमप्रभु र इस्राएलीहरूका बिचमा एउटा चिन्ह हुनेछ किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले कामबाट विश्राम लिनुभयो ।”
EXO 31:18 सिनै पर्वतमा परमप्रभु मोशासित बोलिसक्‍नुभएपछि उहाँले तिनलाई आफ्नै हातले लेखेका करारका दुईवटा शिला-पाटी दिनुभयो ।
EXO 32:1 जब मानिसहरूले मोशा पर्वतबाट आउन ढिलाइ गरेको देखे तिनीहरू हारूनको वरिपरि भेला भई तिनलाई भने, “हाम्रो अगिअगि जाने एउटा मूर्ति बनाऔँ । हामीलाई मिश्र देशबाट बाहिर ल्याउने मोशालाई के भयो हामी जान्दैनौँ ।”
EXO 32:2 त्यसैले हारूनले तिनीहरूलाई भने, “तिमीहरूका पत्‍नीहरू र छोराछोरीहरूका कानमा भएका सुनका कुण्डलहरू फुकाली मकहाँ लेओ ।”
EXO 32:3 सबै मानिसले तिनीहरूका कानमा लगाएका कुण्डलहरू फुकाली हारूनकहाँ ल्याए ।
EXO 32:4 तिनले तिनीहरूबाट पाएको सुनलाई हतियारले खोपेर बाछाको एउटा मूर्ति बनाए । तब मानिसहरूले भने, “हे इस्राएल हो, मिश्रबाट तिमीहरूलाई बाहिर निकालेर ल्याउने देव यिनै हुन् ।”
EXO 32:5 हारूनले यो देखेपछि तिनले बाछाको सामु एउटा वेदी बनाए र यस्तो घोषणा गरे, “भोलि परमप्रभुको आदरको लागि एउटा चाड हुनेछ ।”
EXO 32:6 भोलिपल्ट मानिसहरू सबेरै उठे र तिनीहरूले होमबलि र मेलबलि चढाए । तब तिनीहरू खान र पिउनलाई बसे अनि मोजमा डुब्‍न लागे ।
EXO 32:7 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “चाँडै तल ओर्ली, किनकि तैँले मिश्र देशबाट बाहिर ल्याएका मानिसहरूले आफैलाई भ्रष्‍ट पारिसकेका छन् ।
EXO 32:8 मैले आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै विचलित भएका छन् । तिनीहरूले आफ्ना लागि गाईको मूर्ति बनाएर यसको पूजा गरेका छन् र बलिदान चढाएका छन् । तिनीहरूले भनेका छन् 'हे इस्राएल हो, मिश्र देशबाट तिमीहरूलाई बाहिर ल्याउने देव यिनै हुन्' ।”
EXO 32:9 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “मैले यो जातिलाई देखेको छु । हेर्, तिनीहरू हठी मानिसहरू हुन् ।
EXO 32:10 अब मलाई रोक्‍ने कोसिस नगर् । मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कनेछ । त्यसैले म तिनीहरूलाई नष्‍ट गर्नेछु । तब म तँबाट नै एउटा ठुलो जाति बनाउनेछु ।”
EXO 32:11 तर मोशाले परमप्रभु तिनका परमेश्‍वरलाई शान्त पार्न खोजे । तिनले भने, “हे परमप्रभु, आफ्नो ठुलो सामर्थ्य र शक्तिशाली हातले मिश्र देशबाट तपाईंले बाहिर ल्याउनुभएका यी मानिसहरूको विरुद्ध तपाईंको क्रोध किन दन्किने?
EXO 32:12 मिश्रीहरूले किन यसो भन्‍ने, 'तिनीहरूलाई पर्वतमा लगेर मार्न र पृथ्वीको सतहबाट नष्‍ट गर्न उहाँले तिनीहरूलाई दुष्‍ट मनसाय लिएर बाहिर निकाल्नुभयो?' आफ्नो क्रोधलाई शान्त पार्नुहोस् र यो जातिलाई दण्ड दिनबाट मन बद्लनुहोस् ।
EXO 32:13 तपाईंका दासहरू अब्राहाम, इसहाक र इस्राएललाई सम्झनुहोस् जसलाई तपाईंले आफ्नै खातिर यसो भनेर शपथ खानुभएको थियो, 'म तिमीहरूका सन्तानहरूलाई आकाशको ताराजत्तिकै बढाउनेछु र मैले तिमीहरूका सन्तानहरूलाई दिने भनेका यी सबै देश दिनेछु । तिनीहरूले सदाको लागि यसको अधिकार गर्नेछन्' ।”
EXO 32:14 तब आफ्नो जातिलाई हानि गर्नदेखि परमप्रभुले आफ्नो मन बद्लनुभयो ।
EXO 32:15 तब मोशा फर्केर आफ्ना हातमा करारका दुईवटा शिला-पाटी लिएर पर्वतबाट तल ओर्ले । शिला-पाटीहरूका अगाडि र पछाडि दुवैपट्टि लेखिएका थिए ।
EXO 32:16 ती शिला-पाटीहरू परमेश्‍वरका आफ्नै काम थिए, र त्यो उहाँले नै खोपेर लेख्‍नुभएको थियो ।
EXO 32:17 यहोशूले मानिसहरू चिच्‍च्याइरहेको आवाज सुनेपछि तिनले मोशालाई भने, “छाउनीमा त लडाइँको आवाज पो सुनिँदै छ त ।”
EXO 32:18 तर मोशाले भने, “यो विजेताको आवाज होइन, न त पराजितहरूको आवाज हो, तर म त गीत गाइरहेको आवाज सुन्दै छु ।”
EXO 32:19 जब मोशा छाउनी नजिक आइपुगे तिनले बाछो र मानिसहरू नाचिरहेका देखे । तिनी बेसरी रिसाए । तिनले आफ्ना हातबाट ती शिला-पाटीहरू फालिदिए, पर्वतको फेदीमा नै फुटाइदिए ।
EXO 32:20 तिनले मानिसहरूले बनाएका त्यस बाछोलाई लिएर जलाइदिए अनि धुलोपिठो बनाएर पानीमा छरिदिए, अनि तिनले इस्राएलका मानिसहरूलाई त्यो पिउन लगाए ।
EXO 32:21 तब मोशाले हारूनलाई भने, “यी मानिसहरूले तपाईंलाई के गरे जसले गर्दा तपाईंले तिनीहरूमाथि यति ठुलो पाप ल्याउनुभयो?”
EXO 32:22 हारूनले भने, “मेरा मालिक, ममाथि हजुरको क्रोध नदन्कियोस् । तपाईं त यी मानिसहरूलाई जान्‍नुहुन्छ कि तिनीहरू खराबी गर्न उद्यत छन् ।
EXO 32:23 तिनीहरूले मलाई भने, 'हाम्रो अगिअगि जाने एउटा देव बनाऊ । हामीलाई मिश्र देशबाट बाहिर निकालेर ल्याउने मोशालाई के भयो हामी जान्दैनौँ ।'
EXO 32:24 तब मैले तिनीहरूलाई भनेँ, 'जो-जोसँग सुन छ, तिनीहरूले फुकालून् ।' तिनीहरूले मलाई सुन दिए र मैले त्यसलाई आगोमा फाल्दा यही बाछो बनेर आयो ।”
EXO 32:25 मानिसहरू छाडा भइसकेका थिए भनी मोशाले देखे (किनकि हारूनले तिनीहरूका शत्रुहरूका सामु हाँसोको पात्र हुन दिएर तिनीहरूलाई अनियन्त्रित हुन छाडिदिएका थिए) ।
EXO 32:26 तब मोशा छाउनीको प्रवेशद्वारमा खडा भएर भने, “जो-जो परमप्रभुपट्टि छन्, तिनीहरू मकहाँ आओ ।” सबै लेवी तिनको वरिपरि भेला भए ।
EXO 32:27 तिनले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हरेकले आ-आफ्नो तरवार भिरेर छाउनीको एक छेउदेखि अर्को छेउसम्म ढोका-ढोकासम्म गएर हरेकले आफ्ना भाइ, आफ्ना मित्र र छिमेकीलाई मार' ।”
EXO 32:28 मोशाले आज्ञा गरेमुताबिक लेवीहरूले गरे । त्यस दिन करिब तिन हजार मानिस मरे ।
EXO 32:29 मोशाले लेवीहरूलाई भने, “आज तिमीहरू परमप्रभुको सेवामा राखिएका छौ किनकि आज परमप्रभुले तिमीहरूलाई आशिष् देऊन् भनेर तिमीहरू हरेकले आ-आफ्ना छोरा र भाइको विरुद्धमा कारबाही गरेका छौ ।”
EXO 32:30 भोलिपल्ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले भयङ्कर ठुलो पाप गरेका छौ । अब म परमप्रभुकहाँ उक्लेर जानेछु । सायद मैले तिमीहरूको पापको लागि प्रायश्‍चित्त गर्न सक्छु कि ।”
EXO 32:31 मोशा परमप्रभुकहाँ फर्केर आए र भने, “हाय! यी मानिसहरूले ठुलो पाप गरेका छन् र तिनीहरूले सुनको मूर्ति बनाएका छन् ।
EXO 32:32 तर अब तिनीहरूका पाप क्षमा गरिदिनुहोस् । क्षमा गर्नुहुन्‍न भनेता तपाईंले लेख्‍नुभएको पुस्तकबाट मेरो नाउँ मेटिदिनुहोस् ।”
EXO 32:33 परमप्रभुले मोशालाई भन्‍नुभयो, “जसले मेरो विरुद्धमा पाप गरेको छ, म मेरो पुस्तकबाट त्यसकै नाउँ मेटिदिनेछु ।
EXO 32:34 अब, गएर मैले तँलाई भनेको स्थानमा यी मानिसहरूलाई अगुवाइ गरेर लैजा । हेर्, मेरा दूत तेरो अगिअगि जानेछन् । तर त्यस दिन तिनीहरूका पापका लागि म तिनीहरूलाई दण्ड दिनेछु ।”
EXO 32:35 हारूनले बनाएको बाछोको कारण परमप्रभुले मानिसहरूमाथि विपत्ति ल्याउनुभयो ।
EXO 33:1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “मिश्र देशबाट तैँले ल्याएका मानिसहरूसँगै यहाँबाट जा । त्यो देशमा जा जसको विषयमा 'म तेरा सन्तानहरूलाई यो दिनेछु' भनी अब्राहाम, इसहाक, र याकूबसित मैले शपथ खाएको थिएँ ।
EXO 33:2 म तेरो अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई म त्यहाँबाट धपाउनेछु ।
EXO 33:3 दूध र मह बग्‍ने त्यस देशमा जा तर मचाहिँ तिमीहरूसँग जानेछैनँ किनकि तिमीहरू हठी मानिसहरू हौ । मैले तिमीहरूलाई बाटैमा नाश गर्न पनि सक्छु ।”
EXO 33:4 जब मानिसहरूले यी भयभीत तुल्याउने वचनहरू सुने तिनीहरूले विलाप गरे र कसैले पनि गरगहना लगाएन ।
EXO 33:5 परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्, 'तिमीहरू हठी मानिसहरू हौ । म तिमीहरूका बिचमा एकै क्षण मात्र गएँ भने पनि मैले तिमीहरूलाई नष्‍ट गर्न सक्छु । त्यसैले, तिमीहरूले आ-आफ्ना गरगहना फुकाल ताकि तिमीहरूलाई के गर्ने भनी मैले निधो गर्न सकूँ' ।”
EXO 33:6 त्यसैले होरेब पर्वतदेखि इस्राएलीहरूले गरगहना लगाएनन् ।
EXO 33:7 मोशाले पाल लिएर छाउनीभन्दा अलि पर त्यसलाई टाँगे । तिनले यसलाई भेट हुने पाल भने । परमप्रभुलाई कुनै पनि थोकको लागि बिन्ती चढाउन चाहने हरेक व्यक्ति छाउनीबाहिर यही भेट हुने पालमा जान्थ्यो ।
EXO 33:8 मोशा पालमा जाँदा सबै मानिस तिनीहरूको पालको प्रवेशद्वारमा खडा हुन्थे र मोशा भित्र प्रवेश नगरुञ्‍जेलसम्म तिनलाई हेर्ने गर्थे ।
EXO 33:9 मोशा पालभित्र प्रवेश गर्दा बादलको खाँबो तल झरी पालको प्रवेशद्वारमा अडिन्थ्यो, अनि परमप्रभु मोशासित बोल्नुहुन्थ्यो ।
EXO 33:10 कुनै पनि बेला पालको प्रवेशद्वारमा सबै मानिसले बादलको खाँबो देख्दा हरेक व्यक्ति आ-आफ्नो पालको प्रवेशद्वारमा खडा भई त्यसले उहाँको आराधना गर्थ्यो ।
EXO 33:11 एउटा मानिस आफ्नो साथीसित बोलेजस्तै परमप्रभु आमनेसामने मोशासित बोल्नुहुन्थ्यो । तब मोशा छाउनीमा फर्कन्थे तर तिनका जवान दास अर्थात् नूनका छोरा यहोशूचाहिँ पालमै बस्थे ।
EXO 33:12 मोशाले परमप्रभुलाई भने, “हेर्नुहोस्, तपाईं मलाई भन्दै हुनुहुन्छ, 'यी मानिसहरूलाई यात्रामा लिएर जा,' तर तपाईंले मसँगै कसलाई पठाउनुहुनेछ भनी बताउनुभएको छैन । तपाईंले भन्‍नुभएको छ, 'म तँलाई नामद्वारै चिन्छु, र तैँले मेरो दृष्‍टिमा निगाह पाएको छस् ।'
EXO 33:13 अब मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई तपाईंका मार्गहरू देखाउनुहोस् ताकि तपाईंलाई जान्‍न सकूँ र तपाईंको दृष्‍टिमा निगाह पाइरहन सकूँ । यो जाति तपाईंका मानिसहरू हुन् भनी याद गर्नुहोस् ।”
EXO 33:14 परमप्रभुले जवाफ दिनुभयो, “मेरो आफ्नै उपस्थिति तँसँगै जानेछ, र म तँलाई विश्राम दिनेछु ।”
EXO 33:15 मोशाले उहाँलाई भने, “तपाईंको उपस्थिति मसँगै जाँदैन भने हामीलाई यहाँबाट नलैजानुहोस् ।
EXO 33:16 किनकि नत्रता म र मेरा मानिसहरूले तपाईंको दृष्‍टिमा निगाह पाएका छौँ भनी हामीले कसरी थाहा पाउने? पृथ्वीको सतहमा भएका सबै जातिभन्दा तपाईंको जाति र म अलग छु भनेर थाहा पाउने कुरो भनेको तपाईं हामीसँग गएर मात्र हुने होइन र?”
EXO 33:17 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैँले अनुरोध गरेको यस कुरालाई पनि म मान्‍नेछु किनकि तैँले मेरो दृष्‍टिमा निगाह पाएको छस्, र म तँलाई नामले नै चिन्छु ।”
EXO 33:18 मोशाले भने, “कृपया, मलाई तपाईंको महिमा देखाइदिनुहोस् ।”
EXO 33:19 परमप्रभुले भन्‍नुभयो, “म तेरै सामु मेरा सबै भलाइ देखाउनेछु, र तेरै सामु मेरो नाउँ 'परमप्रभु' हो भनी घोषणा गर्नेछु । जससित म अनुग्रही हुन चाहन्छु, त्यससित म अनुग्रही हुनेछु, र जसलाई म कृपा देखाउन चाहन्छु, म त्यसलाई कृपा देखाउनेछु ।”
EXO 33:20 तर परप्रभुले भन्‍नुभयो, “तैँले मेरो अनुहार देख्‍न सक्दैनस् किनकि मेरो अनुहार देखेर कोही पनि जीवित रहन सक्दैन ।”
EXO 33:21 परमप्रभुले भन्‍नुभयो, “हेर्, मेरो छेउमा एउटा ठाउँ छ । तँ यो चट्टानमा खडा हो ।
EXO 33:22 मेरो महिमा त्यहाँबाट भएर जाँदा म तँलाई चट्टानको धाँदोमा राख्‍नेछु र म त्यहाँबाट नगएसम्म तँलाई मेरा हातले ढाकिराख्‍नेछ ।
EXO 33:23 त्यसपछि म मेरो हात निकाल्नेछु, र तैँले मेरो पिठिउँ देख्‍नेछस्, तर मेरो अनुहारचाहिँ देख्‍नेछैनस् ।”
EXO 34:1 परमप्रभुले मोशालाई भन्‍नुभयो, “पहिलेका जस्तै ढुङ्गाका दुईवटा पाटी काटेर ले । तैँले फुटाएका पहिलेका पाटीहरूमा मैले लेखेका वचनहरू म यी शिला-पाटीहरूमा लेख्‍नेछु ।
EXO 34:2 बिहानसम्म तयार हो, र सीनै पर्वतमा उक्लेर आइज र पर्वतको टाकुरमा मेरो सामु देखा पर् ।
EXO 34:3 तँसँग अरू कोही नआओस् । पर्वतको कुनै पनि भागमा कोही पनि नदेखियोस् । पर्वतको सामु कुनै भेडा-बाख्रा वा गाईवस्तु नचरोस् ।”
EXO 34:4 त्यसैले मोशाले पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटे, र तिनी बिहानै उठेर सीनै पर्वतमा उक्ले जस्तो परमप्रभुले तिनलाई आज्ञा
EXO 34:5 गर्नुभएको थियो । मोशाले शिला-पाटीहरू आफ्ना हातमा लिएर गए । परमप्रभु बादलमा ओर्लनुभयो, र त्यहाँ मोशासित खडा हुनुभयो अनि उहाँले “परमप्रभु” नाउँको घोषणा गर्नुभयो ।
EXO 34:6 परमप्रभु तिनको सामु भएर जानुभयो र घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु, परमेश्‍वर करुणामय र अनुग्रही, रिस गर्नमा ढिलो अनि करारको विश्‍वसनीयतामा प्रचुर र भरोसायोग्य हुनुहुन्छ ।
EXO 34:7 उहाँले हजारौँ पुस्तासम्म आफ्नो करार राख्‍नुहुन्छ, अधर्म, अपराध र पापको क्षमा दिनुहुन्छ । तर उहाँले दोषीलाई कुनै किसिमले छाड्नुहुनेछैन । उहाँले पिता-पुर्खाहरूका दण्ड तिनीहरूका छोराछोरीहरू र नातिनातिनाहरू अनि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ ।”
EXO 34:8 मोशाले झट्टै भुइँतिर आफ्नो शिर झुकाएर आराधना गरे ।
EXO 34:9 तब तिनले भने, “हे प्रभु, अब मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने हाम्रा बिचमा भएर जानुहोस् किनकि यो जाति हठी छ । हाम्रा पाप र अधर्म क्षमा गरिदिनुहोस् र हामीलाई तपाईंको उत्तराधिकारको रूपमा स्वीकार गर्नुहोस् ।”
EXO 34:10 परमप्रभुले भन्‍नुभयो, “हेर्, मैले करार बाँध्‍न लागेको छु । तेरा सबै मानिसका सामु म यस्ता आश्‍चर्यका कामहरू गर्नेछु जुन सारा पृथ्वीमा कुनै पनि जातिमा गरिएको छैन । तिमीहरूका बिचमा भएका सबै मानिसले मेरा कार्यहरू देख्‍नेछन् किनकि तँसित मैले गर्न खोजिरहेको कुरो डरलाग्दो छ ।
EXO 34:11 आज मैले आज्ञा गरेको कुरा पालन गर् । तेरो सामु मैले एमोरी, कनानी, हित्ती, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई धपाउन लाग्दै छु ।
EXO 34:12 तँ गइरहेको देशका बासिन्दाहरूसित कुनै किसिमको करार नबाँध्‍न सावधन बस् नत्रता तिनीहरू तिमीहरूका बिचमा पासो बन्‍नेछन् ।
EXO 34:13 बरु, तैँले तिनीहरूका वेदीहरू भत्काइदिनू, तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्रा-टुक्रा पारिदिनू र तिनीहरूका अशेरा देवीका मूर्तिहरूलाई काटेर ढालिदिनू ।
EXO 34:14 किनकि तिमीहरूले म परमप्रभुबाहेक कुनै देवी-देवतालाई नपुज्नू । म डाह गर्ने परमेश्‍वर हुँ ।
EXO 34:15 त्यसैले त्यस देशका बासिन्दाहरूसित करार नबाँध्‍न होसियार हो किनकि तिनीहरूका देवी-देवताहरूका लागि तिनीहरूले वेश्या-वृत्ति गर्छन् र तिनीहरूले बलि गर्छन् । तब तिनीहरूमध्ये एउटाले तिमीहरूलाई निमन्त्रणा गर्नेछ अनि तिमीहरूले त्यसको बलिदान खानेछौ, अनि तिनीहरूका केही छोरीहरू आफ्ना छोराहरूका लागि ल्याउनेछौ
EXO 34:16 अनि तिनीहरूका छोरीहरूले तिनीहरूका देवी-देवताहरूका निम्ति आफैलाई वेश्या-वृत्तिमा लगाउनेछन् अनि तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि तिनीहरूका देवी-देवताहरूका निम्ति वेश्या-वृत्तिमा लैजानेछन् ।
EXO 34:17 तिमीहरूले आफ्ना ढलौटे मूर्तिहरू नबनाउनू ।
EXO 34:18 तिमीहरूले अखमिरी रोटीको चाड मान्‍नू । मैले तिमीहरूलाई आज्ञा दिएबमोजिम आबीब महिनाको तोकिएको समयमा सात दिनसम्म खमिर नहालेको रोटी खानू किनकि आबीब महिनामै तिमीहरू मिश्रबाट बाहिर आयौ ।
EXO 34:19 सबै पहिला जन्मेकाहरू मेरा हुन् । तिमीहरूका गाईवस्तु, गोरु, भेडाका हरेक नर मेरा हुन् ।
EXO 34:20 गधाको पहिलो जन्मेको बछेडोलाई थुमा दिएर छुटाउनू, तर त्यसलाई छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू । तिमीहरूका सबै जेठा छोराहरूलाई केही दिएर छुटाउनू । कोही पनि मेरो सामु रित्तो हात नआओस् ।
EXO 34:21 तिमीहरूले छ दिनसम्म काम गर्न सक्छौ, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नू । हलो जोत्‍ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू ।
EXO 34:22 गहुँको फसलको पहिलो उब्जनीसँगै साताहरूको चाड मान्‍नू, र वर्षको अन्त्यमा अन्‍न भित्र्याउने चाड मान्‍नू ।
EXO 34:23 वर्षको तिन पटक तिमीहरूका सबै पुरुष परमप्रभु इस्राएलका परमेश्‍वरको सामु देखा पर्नू ।
EXO 34:24 किनकि म तिमीहरूका सामु जाति-जातिहरूलाई धपाउनेछु र तिमीहरूका सिमाना बढाइदिनेछु । तिमीहरू वर्षमा तिन पटक परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु देखा पर्न जाँदा कसैले पनि आफ्नो अधिकारको रूपमा तिमीहरूको देश कब्जा गर्ने इच्छा गर्नेछैन ।
EXO 34:25 खमिरसहित मेरो बलिदानको रगत नचढाउनू, न त निस्तार-चाडमा चढाइने बलिको कुनै भाग बिहानसम्म उब्रोस् ।
EXO 34:26 तिमीहरूले आ-आफ्ना खेतहरूबाट सबैभन्दा असल अगौटे फलहरू मेरो घरमा ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।”
EXO 34:27 परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी कुराहरू लेख् किनकि यी वचनअनुसार नै मैले तँ र इस्राएलसित करार बाँधेको छु ।”
EXO 34:28 मोशा परमप्रभुसित त्यहाँ चालिस दिन र चालिस रातसम्म बसे । तिनले न कुनै खाना खाए न पानी पिए । तिनले करारका वचनहरू अर्थात् दस आज्ञा शिला-पाटीहरूमा लेखे ।
EXO 34:29 मोशा आफ्ना हातमा करारका आज्ञाहरू लिखित दुईवटा शिला-पाटी लिएर पर्वतबाट तल ओर्लंदा र तिनी परमेश्‍वरसित बोल्दा तिनको अनुहारको छाला चम्कँदै थियो भनी तिनलाई थाहै भएन ।
EXO 34:30 जब हारून र इस्राएलीहरूले मोशालाई देखे तिनको अनुहार चम्कँदै थियो, र तिनीहरू तिनको नजिक आउन डराए ।
EXO 34:31 तर मोशाले तिनीहरूलाई डाके, अनि हारूनसाथै समुदायका सबै अगुवा तिनीकहाँ आए । तब मोशा तिनीहरूसित बोले ।
EXO 34:32 यसपछि इस्राएलका सबै मानिस मोशाकहाँ आए, अनि परमप्रभुले सीनै पर्वतमा तिनलाई बताउनुभएका सबै आज्ञा तिनले मानिसहरूलाई बताए ।
EXO 34:33 तिनीहरूसित बोलिसकेपछि मोशाले आफ्नो अनुहारमा घुम्टो हाले ।
EXO 34:34 मोशा परमप्रभुको सामु उहाँसित बोल्न जाँदा तिनी बाहिर नआउञ्‍जेलसम्म तिनले घुम्टो उघार्थे । तिनी बाहिर आउँदा तिनलाई बताउन आज्ञा गरिएको कुरा तिनले इस्राएलीहरूलाई बताउँथे ।
EXO 34:35 इस्राएलीहरूले मोशाको अनुहार चम्किरहेको देख्दा तिनी परमप्रभुसित बोल्नलाई भित्र नगएसम्म तिनले फेरि आफ्नो अनुहारमा घुम्टो हाल्थे ।
EXO 35:1 मोशाले इस्राएलका सारा समुदायलाई भेला गरी तिनीहरूलाई भने, “परमप्रभुले तिमीहरूलाई गर्नू भनी आज्ञा दिनुभएका कुराहरू यी नै हुन् ।
EXO 35:2 छ दिनसम्म काम गर्न सकिन्छ, तर सातौँचाहिँ दिन तिमीहरूका लागि पवित्र दिन हो । यो परमप्रभुको निम्ति पूर्ण विश्राम गर्ने शबाथ-दिन हो । त्यस दिन जसले काम गर्छ, त्यो मारियोस् ।
EXO 35:3 शबाथ-दिनमा तिमीहरूका घरमा आगो नबलोस् ।”
EXO 35:4 मोशाले इस्राएलीहरूका सारा समुदायलाई यसो भने, “परमप्रभुले आज्ञा दिनुभएको कुरा यही नै हो ।
EXO 35:5 इच्छुक ह्रदय भएका सबैले परमप्रभुका निम्ति यी भेटीहरू ल्याऊन्: सुन, चाँदी, काँसा,
EXO 35:6 निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडा, बाख्राको भुत्ला,
EXO 35:7 रातो रङ्गाइएको भेडाको छाला र सीलको छाला, बबुल काठ,
EXO 35:8 पवित्रस्थानका दियाहरूका लागि तेल, अभिषेक गर्ने तेलका लागि मसला र सुगन्धित धूप, एपोद र छाती-पाताको लागि
EXO 35:9 आनिक्ससाथै अन्य बहुमूल्य रत्‍नहरू ।
EXO 35:10 तिमीहरूका बिचमा भएका हरेक सिपालु व्यक्ति आएर परमप्रभुले आज्ञा दिनुभएका हरेक कुरा बनाओस्:
EXO 35:11 पवित्रस्थान र यसको पाल, यसको छत, यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू
EXO 35:12 र आधारहरू, सन्दुक र यसका डन्डाहरू, प्रायश्‍चित्तको ढकनी र यसलाई ढाक्‍ने पर्दा ।
EXO 35:13 तिनीहरूले टेबुल र यसका डन्डाहरू, यसका सबै भाँडाकुँडाहरू र उपस्थितिको रोटी,
EXO 35:14 बत्तीका निम्ति सामदान, यसका सामग्रीहरू, दियाहरू र दियाका लागि तेल,
EXO 35:15 धूपको वेदी र यसका डन्डाहरू, अभिषेक गर्ने तेल र सुगन्धित धूप, पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा,
EXO 35:16 होमबलिको वेदी र यसका काँसाका जालीसाथै डन्डाहरू अनि भाँडाकुँडाहरू, आधार भएको ठुलो बाटा बनाऊन् ।
EXO 35:17 तिनीहरूले चोकको लागि पर्दा र यसका डन्डासाथै आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा,
EXO 35:18 र पवित्र वासस्थान र चोकको लागि पालका किलाहरूसाथै तिनीहरूका डोरीहरू ल्याए ।
EXO 35:19 तिनीहरूले पवित्रस्थानमा सेवा गर्ने राम्ररी बुनेका पोशाकहरू, हारून पुजारी र तिनका छोराहरूले पुजारी भएर सेवा गर्दा लगाउने पवित्र पोशाकहरू ल्याए ।
EXO 35:20 तब इस्राएलका सबै कुल मोशाको उपस्थितिबाट बिदा भएर गए ।
EXO 35:21 जस-जसका ह्रदय प्रेरणाले भरिए र आत्माद्वारा इच्छुक भए तिनीहरू आएर पवित्र वासस्थानको रचना, यसमा प्रयोग हुने सेवाका सबै सामग्री र पवित्र पोशाकहरूको लागि परमप्रभुको निम्ति भेटी ल्याए ।
EXO 35:22 इच्छुक ह्रदय भएका पुरुष र स्‍त्रीहरू सबै जना आए । तिनीहरूले पीन, कुण्डल, औँठी र सिङ्गारका सरसामानहरूसाथै सबै किसिमका सुनका गरगहनाहरू ल्याए ।
EXO 35:23 तिनीहरू सबैले परमप्रभुको लागि डोलाइने बलिको रूपमा सुनका भेटीहरू टक्र्याए । जो-जोसँग निलो, बैजनी वा रातो ऊन, मसिनो सुती कपडा, बाख्राको भुत्ला, रातो रङ्ग्याइएको भेडाको छाला वा सीलका छालाहरू थिए, तिनीहरूले ती ल्याए ।
EXO 35:24 चाँदी वा काँसाको भेटी ल्याउने हरेकले परमप्रभुको लागि भेटी ल्यायो र काममा प्रयोग हुन सक्‍ने कुनै किसिमको बबुल काठ भएकोले त्यसलाई ल्यायो ।
EXO 35:25 हरेक सिपालु स्‍त्रीले आफ्ना हातले ऊन कातेर आफूले कातेको निलो, बैजनी वा रातो ऊन वा मसिनो सुती कपडा ल्याई ।
EXO 35:26 जो-जो स्‍त्रीका ह्रदय प्रेरणाले भरिए र जससित सिप थियो, तिनीहरूले बाख्राका भुत्ला काते ।
EXO 35:27 एपोद र छाती-पातामा जड्नका लागि अगुवाहरूले आनिक्ससाथै अन्य बहुमूल्य रत्‍नहरू ल्याए ।
EXO 35:28 तिनीहरूले मसला र बत्तीहरूका लागि तेल, अभिषेक गर्ने तेल अनि सुगन्धित धूप ल्याए ।
EXO 35:29 इस्राएलीहरूले परमप्रभुको निम्ति स्वैच्छिक भेटी ल्याए । हरेक स्‍त्री र पुरुष जस-जसको ह्रदय इच्छुक थियो, तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै सरसामान ल्याए ।
EXO 35:30 मोशाले इस्राएलीहरूलाई भने, “हेर, परमप्रभुले यहूदाको कुलबाट हूरका नाति, ऊरीका छोरा बजलेललाई डाक्‍नुभएको छ ।
EXO 35:31 उहाँले सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन उहाँका आत्माले भरिपूर्ण पार्नुभएको छ ।
EXO 35:32 तिनले सुन, चाँदी, काँसाका कलापूर्ण रचनाहरू बनाउनेछन् ।
EXO 35:33 सबै किसिमका कारीगरीका काम गर्न तिनले पत्थर काट्ने, जड्ने र काठ खोप्‍ने गर्छन् ।
EXO 35:34 तिनले र दानको कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन् भनेर उहाँले यो तिनको ह्रदयमा राखिदिनुभएको छ ।
EXO 35:35 तिनीहरूले सबै किसिमका शिल्पकारी, खोप्‍ने, चित्र बनाउने काम, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडा र जुलहाको काम गरून् भनेर उहाँले तिनीहरूलाई सिपले भरिपूर्ण पार्नुभएको छ । सबै किसिमका काममा तिनीहरू शिल्पकारी र कलापूर्ण रचनाकारहरू हुन् ।
EXO 36:1 यसैले बजलेल, ओहोलीआब र परमप्रभुले पवित्रस्थान बनाउने काम गर्न ज्ञान र दक्षता दिनुभएको हरेक सिपालु व्यक्‍तिले उहाँको आज्ञामुताबिक काम गरून् ।”
EXO 36:2 मोशाले बजलेल, ओहोलीआब र हरेक सिपालु व्यक्ति जसको मनमा उहाँको काम गर्न परमप्रभुले सिप दिनुभएको थियो र जसको ह्रदयमा उहाँले प्रेरणा दिनुभएको थियो, ती सबैलाई बोलाए ।
EXO 36:3 पवित्रस्थान निर्माणको लागि इस्राएलीहरूले ल्याएका सबै भेटी तिनीहरूले मोशाबाट प्राप्‍त गरे । मानिसहरूले अझै पनि राजीखुसीले हरेक बिहान भेटीहरू ल्याउँदै थिए ।
EXO 36:4 त्यसैले पवित्रस्थानमा काम गरिरहेका सबै निपुण मानिस काम छाडेर आए ।
EXO 36:5 शिल्पकारहरूले मोशालाई भने, “परमप्रभुले हामीलाई गर्न भनी आज्ञा गर्नुभएको कामको लागि मानिसहरूले चाहिएभन्दा पनि बढ्ता ल्याउँदै छन् ।”
EXO 36:6 त्यसैले पवित्रस्थानको निर्माणको लागि कसैले पनि अरू भेटीहरू नल्याउनू भनी मोशाले छाउनीमा आज्ञा दिए । तब मानिहरूले यी भेटीहरू ल्याउन छाडे ।
EXO 36:7 सबै कामको लागि तिनीहरूसित चाहिनेभन्दा बढी सामग्रीहरू थिए ।
EXO 36:8 त्यसैले तिनीहरूका बिचमा भएका सबै शिल्पकारले मसिनो सुती कपडा अनि निलो, बैजनी, रातो ऊनबाट दसवटा पर्दा भएको करूबहरूको रचनासहित पवित्र वासस्थानको निर्माण गरे । यो ज्यादै निपुण शिल्पकार बजलेलको काम थियो ।
EXO 36:9 हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको थियो । सबै पर्दा उही आकारका थिए ।
EXO 36:10 बजलेलले पाँचवटा पर्दा एक-अर्कामा गाँसे र बाँकी पाँचवटालाई पनि एक-अर्कामा गाँसे ।
EXO 36:11 पहिले गाँसिएको पर्दाको पल्लो पर्दाको छेउमा तिनले निलो सुर्काउनी बनाए, र दोस्रो गाँसिएको पर्दाको छेउमा पनि तिनले त्यसै गरे ।
EXO 36:12 तिनले पहिलो पर्दामा पचासवटा सुर्काउनी बनाए, र अर्को गाँसिएको भागको पल्लो पर्दामा पनि पचासवटा सुर्काउनी बनाए । ती सुर्काउनीहरू एक-अर्काका आमनेसामने थिए ।
EXO 36:13 तिनले पवित्र वासस्थान एउटै होस् भनेर सुनका पचासवटा अङ्कुसे बनाए, र तिनलाई पर्दाका दुई भाग एक-अर्कासित जोडे ।
EXO 36:14 पवित्र वासस्थान ढाक्‍ने पालको निम्ति बजलेलले बाख्राका भुत्लाका पर्दाहरू बनाए । तिनले यस्ता खालका पर्दाहरू एघारवटा बनाए ।
EXO 36:15 हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको थियो । सबै एघारवटै पर्दाको आकार उही थियो ।
EXO 36:16 तिनले पाँचवटा पर्दा एक-अर्कासित जोडे र बाँकी छवटा पर्दा एक-अर्कासित जोडे ।
EXO 36:17 तिनले पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पचासवटा सुर्काउनी बनाए, र दोस्रो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि पचासवटा सुर्काउनी बनाए ।
EXO 36:18 पाललाई जोडेर एउटै बनाउन बजलेलले काँसाका पचासवटा अङ्कुसे बनाए ।
EXO 36:19 तिनले पवित्र वासस्थानलाई ढाक्‍न रातो रङले रङ्ग्याएका भेडाका छालाहरूको एउटा छत बनाए, र त्यसमाथि राख्‍न मसिनो छालाको अर्को छत बनाए ।
EXO 36:20 बजलेलले पवित्र वासस्थानको निम्ति बबुल काठबाट ठाडा-ठाडा फल्याकहरू बनाए ।
EXO 36:21 हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको थियो ।
EXO 36:22 फल्याकहरूलाई एक-अर्कासित जोड्न हरेकमा दुई-दुईवटा काठका चोसा थिए । तिनले पवित्र वासस्थानका सबै फल्याकमा यसै गरे ।
EXO 36:23 तिनले पवित्र वासस्थानको लागि यसरी नै सबै फल्याक बनाए । तिनले दक्षिणपट्टिको लागि बिसवटा फल्याक बनाए ।
EXO 36:24 बजलेलले ती बिसवटा फल्याकको मुनिपट्टि राख्‍न चाँदीका चालिसवटा आधार बनाए । फल्याकहरूलाई सँगै जोड्न हरेक फल्याकको मुन्तिर दुईवटा आधार थिए, अरू सबै फल्याकको मुन्तिर पनि दुई-दुईवटा आधार थिए ।
EXO 36:25 पवित्र वासस्थानको दोस्रोपट्टि अर्थात् उत्तरपट्टि तिनले बिसवटा फल्याक र तिनको लागि
EXO 36:26 चाँदीका चालिसवटा आधार बनाए । पहिलो फल्याकको मुनिपट्टि दुईवटा आधार थिए, अनि अर्को फल्याकको मुनिपट्टि दुईवटा आधार थिए एवम् रितले सबै फल्याकमुनि दुई-दुईवटा आधार थिए ।
EXO 36:27 पवित्र वासस्थानको पछाडि अर्थात् पश्‍चिमपट्टि बजलेलले छवटा फल्याक बनाए ।
EXO 36:28 पवित्र वासस्थानको पछाडिका कुनाहरूमा तिनले दुईवटा फल्याक बनाए ।
EXO 36:29 ती दुई कुनाका फल्याकहरू तल छुट्टिएका थिए भने माथि दोब्बर खप्टिएका थिए । तिनले दुईवटा कुनाका लागि दुईवटा फल्याक यसरी नै बनाए ।
EXO 36:30 चाँदीका आधारसहित जम्माजम्मी आठवटा फल्याक थिए । जम्माजम्मी सोह्रवटा आधार थिए । एउटा फल्याकको मुनिपट्टि दुईवटा आधार, अर्को फल्याकको मुनिपट्टि दुईवटा आधार, एवम् रितले हरेक फल्याक मुनिपट्टि दुई-दुईवटा आधार थिए ।
EXO 36:31 बजलेलले बबुल काठका बारहरू बनाए । तिनले पवित्र वासस्थानको एकापट्टिका फल्याकहरूका लागि पाँचवटा,
EXO 36:32 र अर्कोपट्टिका फल्याकहरूका लागि पाँचवटा अनि पवित्र वासस्थानको पछाडिपट्टि अर्थात् पश्‍चिमपट्टिको लागि पाँचवटा बार बनाए ।
EXO 36:33 तिनले फल्याकहरूका बिचमा हुने बारचाहिँ एक छेउबाट अर्को छेउसम्म पुग्‍ने गरी बनाए ।
EXO 36:34 तिनले फल्याकहरूलाई सुनले मोहोरे । तिनले बारहरू पक्रनका निम्ति सुनका मुन्द्राहरू बनाए, र बारहरूलाई सुनले मोहोरे ।
EXO 36:35 बजलेलले निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडाबाट करूबहरूको रचनामा पर्दाहरू बनाए । यो निपुण शिल्पकारको काम थियो ।
EXO 36:36 तिनले पर्दाहरूका लागि बबुल काठका चारवटा खम्बा बनाए, र तिनलाई सुनले मोहोरे । तिनले खम्बाहरूका लागि अङ्कुसेहरू पनि बनाए, र तिनका निम्ति चाँदीका चारवटा आधार बनाए ।
EXO 36:37 तिनले पालको प्रवेशद्वारको लागि एउटा पर्दा बनाए । यो निलो, बैजनी, रातो ऊन, मसिनो सुती कपडाबाट बनाइएको थियो । यो बुट्टा भर्नेको काम थियो ।
EXO 36:38 तिनले पर्दाका पाँचवटा खम्बा तिनका अङ्कुसेहरूसमेत बनाए । तिनले तिनीहरूका टुप्पा र फित्ता सुनले मोहोर । तिनीहरूका पाँचवटा आधारचाहिँ काँसाका थिए ।
EXO 37:1 बजलेलले बबुल काठबाट सन्दुक बनाए । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको थियो ।
EXO 37:2 तिनले यसलाई भित्र र बाहिर निखुर सुनले मोहोरे अनि यसको चारैतिर सुनको बिट लगाए ।
EXO 37:3 तिनले दुईवटा मुन्द्रा एकातिर र दुईवटा मुन्द्रा अर्कोतिर गरी त्यसको चारवटा खुट्टामा चारवटा मुन्द्रा हाले ।
EXO 37:4 तिनले बबुलका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोरे ।
EXO 37:5 तिनले सन्दुकलाई बोक्‍न ती डन्डाहरू त्यसका दुवैतिर भएका मुन्द्राहरूमा हाले ।
EXO 37:6 तिनले निखुर सुनबाट प्रायश्‍चित्तको ढकनी बनाए । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको थियो ।
EXO 37:7 बजलेलले प्रायश्‍चित्तको ढकनीको दुवै छेउका लागि पिटेको सुनका दुईवटा करूब बनाए ।
EXO 37:8 एउटा करूब प्रायश्‍चित्तको ढकनीको एउटा छेउमा अर्को करूब अर्को छेउको लागि थिए । ती करूबहरू प्रायश्‍चित्तको ढकनीकै टुक्राबाट बनाइएका थिए ।
EXO 37:9 करूबहरूले आ-आफ्ना पखेटाहरू माथितिर फैलाएका थिए, र प्रायश्‍चित्तको ढकनीलाई छाया पारेका थिए । करूबहरू आमनेसामने थिए, र तिनीहरूले प्रायश्‍चित्तको ढकनीतर्फ हेरेका थिए ।
EXO 37:10 बजलेलले बबुल काठबाट टेबुल बनाए । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हात थियो ।
EXO 37:11 तिनले यसलाई निखुर सुनले मोहोरे र यसको चारैतिर सुनको बिट लगाए ।
EXO 37:12 तिनले यसको चारैतिर चार अङ्गुल चौडा भएको एउटा घेरो बनाए, र यसको चारैतिर सुनको बिट लगाए ।
EXO 37:13 तिनले टेबुलको निम्ति ढालेर चारवटा मुन्द्रा बनाए, र ती मुन्द्राहरूलाई चारवटा खुट्टाका चारवटा कुनामा लगाए ।
EXO 37:14 टेबुललाई बोक्‍न ती मुन्द्राहरू डन्डाहरूका लागि ठाउँ हुनलाई घेरोको छेउमा थिए ।
EXO 37:15 तिनले टेबुल बोक्‍नलाई बबुल काठबाट डन्डाहरू बनाए, र तिनलाई सुनले मोहोरे ।
EXO 37:16 तिनले भेटीहरू चढाउन प्रयोग हुने टेबुलमा राखिने थाल, चम्चा, कचौरा र करुबहरूजस्ता सामग्रीहरू बनाए ।
EXO 37:17 तिनले यी सबै निखुर सुनले बनाए । तिनले पिटेको निखुर सुनबाट सामदान बनाए । तिनले यसको आधार र डन्डा हुने गरी सामदानलाई बनाए । यसका कचौरा, कोपिला र फुलहरू सबै एउटै टुक्राबाट बनाइएका थिए ।
EXO 37:18 यसको एकापट्टिबाट तिनवटा हाँगा र अर्कोपट्टिबाट तिनवटा हाँगा गरी छवटा हाँगा बाहिरतिर निस्केका थिए ।
EXO 37:19 पहिलो हाँगामा हाडे-बदामका फुलजस्ता तिनवटा कचौरा, कोपिला र फुलहरू थिए, अनि अर्को हाँगामा पनि हाडे-बदामका फुलजस्ता तिनवटा कचौरा, कोपिला र फुलहरू थिए । सामदानबाट बाहिरतिर निस्केका छवटै हाँगा उस्तै थिए ।
EXO 37:20 सामदानको बिचको डन्डामा हाडे-बदाममा चारवटा कचौरा, आ-आफ्ना कोपिला र फुलहरू थिए ।
EXO 37:21 सामदानबाट निस्केका छवटा हाँगामध्ये पहिलो जोडी हाँगामुनि एउटा कोपिला, दोस्रो जोडी हाँगामुनि दोस्रो कोपिला र तेस्रो जोडी हाँगामुनि तेस्रो कोपिला थियो । सामदानबाट बाहिरतिर निस्केका सबै छवटै हाँगामा उस्तै थिए ।
EXO 37:22 तिनीहरूका कोपिला र हाँगाहरू सबै एउटै निखुर सुनको टुक्रा पिटेर बनाइएका थिए ।
EXO 37:23 बजलेलले सामदान, यसका सातवटा दिया, यसको चिम्टा र मोसोदानी निखुर सुनबाट बनाए ।
EXO 37:24 तिनले सामदान र यसका सबै सामान करिब चौँतिस किलोग्राम सुनबाट बनाए ।
EXO 37:25 बजलेलले बबुल काठबाट धूपको वेदी बनाए । यसको लमाइ एक हात र चौडाइ एक हातको थियो । यो वर्गाकार थियो र यसको चौडाइ दुई हातको थियो । यसका सिङहरू एउटै टुक्राबाट बनाइएका थिए ।
EXO 37:26 तिनले धूपको वेदी, यसको माथिल्लो भाग, यसका किनाराहरू र सिङहरूलाई निखुर सुनले मोहोरे । तिनले यसको चारैतिर निखुर सुनको बिट पनि लगाए ।
EXO 37:27 बोक्‍ने डन्डाहरूका लागि घर हुनलाई तिनले त्यसको बिटमुनि वेदीका दुवैपट्टि सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुईतिर लगाए ।
EXO 37:28 तिनले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोरे ।
EXO 37:29 तिनले अभिषेक गर्ने पवित्र तेल अत्तर बनाउनेले जस्तै सुगन्धित शुद्ध धूप बनाए ।
EXO 38:1 बजलेलले होमबलिको लागि बबुल काठबाट वेदी बनाए । यसको लमाइ पाँच हात र चौडाइ पाँच हातको थियो । यो वर्गाकार थियो र यसको उचाइ तिन हातको थियो ।
EXO 38:2 तिनले यसका चारवटा कुनाबाट गोरुका जस्तै सिङहरू बाहिर निकाले । ती सिङहरू र वेदी एउटै टुक्राबाट बनाइएका थिए र तिनले यसलाई काँसाले मोहोरे ।
EXO 38:3 तिनले वेदीका लागि चाहिने सबै सामग्री अर्थात् खरानी उठाउने भाँडाकुँडाहरू, बेल्चाहरू, बाटाहरू, मासु तान्‍ने काँटाहरू आगो राख्‍ने पात्रहरू बनाए । तिनले यी सबै सामग्री काँसाबाट बनाए ।
EXO 38:4 तिनले वेदीको निम्ति त्यसको मुन्तिर चारैपट्टि बिटमुनि त्यसको बिचसम्मै पुग्‍ने काँसाका जालीको एउटा झिँजा बनाए ।
EXO 38:5 तिनले काँसाको झिँजाको चारवटा कुनामा डन्डाहरूको घर हुनलाई चारवटा मुन्द्रा ढाले ।
EXO 38:6 बजलेलले बबुल काठका डन्डाहरू बनाए र तिनलाई काँसाले मोहोरे ।
EXO 38:7 यसलाई बोक्‍नलाई तिनले ती डन्डाहरू वेदीका किनाराका मुन्द्राहरूमा हाले । तिनले ती फल्याकहरूबाट खोक्रो बनाए ।
EXO 38:8 बजलेलले काँसाको ठुलो बाटा र काँसाकै खुट्टा बनाए । भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्‍त्रीहरूका ऐनाबाट तिनले बाटा बनाएका थिए ।
EXO 38:9 तिनले चोक पनि बनाए । चोकको दक्षिणपट्टिका पर्दाहरू मसिनो सुती कपडाका थिए जुन एक सय हातका थिए ।
EXO 38:10 तिनका खम्बाहरू बिसवटा र आधारहरू पनि काँसाका बिसवटै थिए । खम्बाका अङ्कुसेहरू र तिनका फित्ताहरूचाहिँ चाँदीका थिए ।
EXO 38:11 त्यसै गरी, उत्तरपट्टि सय हात लामा पर्दाहरू थिए । तिनका खम्बाहरू बिसवटा र तिनका आधारहरू पनि बिसवटै थिए र ती काँसाका थिए । तर खम्बाहरूका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए ।
EXO 38:12 पश्‍चिमपट्टिका पर्दाहरू पचास हात लामा थिए । तिनका दसवटा खम्बा र आधार थिए ।
EXO 38:13 तिनका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए । चोकको पूर्वपट्टिको लमाइ पचास हात थियो ।
EXO 38:14 प्रवेशद्वारको एकापट्टिका लागि पन्ध्र हात लामा पर्दाहरू थिए । तिनका तिनवटा खम्बा र तिनवटा आधार थिए ।
EXO 38:15 चोकको प्रवेशद्वारको अर्कोपट्टि पनि पन्ध्र हात लामा पर्दाहरू थिए र तिनका तिनवटा खम्बा र तिनवटा आधार थिए ।
EXO 38:16 चोकको वरिपरिका सबै पर्दा मसिनो सुती कपडाका थिए ।
EXO 38:17 खम्बाहरूका आधारहरू काँसाका थिए । अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए अनि तिनका टुप्पाहरूचाहिँ चाँदीका थिए । चोकका सबै फित्ता चाँदीले मोहोरिएका थिए ।
EXO 38:18 चोकको मुल ढोकाको पर्दा बिस हात लामो थियो । पर्दा निलो, बैजनी र रातो सुती कपडा, मसिनो गरी बाटेको सुती कपडाबाट बनाइएको थियो र यसको लमाइ बिस हात थियो । चोकका पर्दाहरूजस्तै यसको लमाइ बिस हात र चौडाइ पाँच हातको थियो ।
EXO 38:19 यसका चारवटा काँसाका आधार र चाँदीका अङ्कुसेहरू थिए । तिनका टुप्पाका ढकनी र फित्ताहरू चाँदीका थिए ।
EXO 38:20 पवित्र वासस्थान र चोकका लागि पालका सबै किला काँसाका थिए ।
EXO 38:21 यो पवित्र वासस्थानको मण्डप अर्थात् करारका आदेशहरूको पवित्र वासस्थान थियो जसलाई मोशाको आज्ञामुताबिक बनाइएको थियो । यो हारून पुजारीका छोरा ईतामारको निर्देशनअनुसार लेवीहरूको काम थियो ।
EXO 38:22 यहूदाको कुलबाट हुरका नाति, ऊरीका छोरा बजलेलले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार हरेक थोक बनाए ।
EXO 38:23 दानको कुलबाट अहीसामाकका छोरा ओहोलीआबले खोप्‍ने र सिपालु शिल्पकारले जस्तै अनि बुट्टा भर्नेले जस्तै निलो, बैजनी, रातो ऊनसाथै मसिनो सुती कपडामा बजलेलसँगै काम गरे ।
EXO 38:24 पवित्रस्थानसित सम्बन्धित सबै काममा यस परियोजनाको लागि प्रयोग भएका सबै सुन डोलाइने बलिबाट जम्मा भएका पवित्र वासस्थानको शेकेलको नापबमोजिम २९ तोडा र ७३० शेकेल थियो ।
EXO 38:25 समुदायले दिएको चाँदी पवित्र वासस्थानको शेकेलअनुसार १०० तोडा र १,७७४ शेकेल थियो ।
EXO 38:26 यो भनेको पवित्र वासस्थानको शेकेलअनुसार एक जना मान्छे बराबर एक बेका अर्थात् आधा शेकेल थियो । जनगणनामा गनिएका बिस वर्षभन्दा माथिका मानिसहरूको जम्मा सङ्ख्या ६,०३, ५५० थियो र यसैको आधारमा हरेक व्यक्तिको तथ्याङ्क निकालिएको थियो ।
EXO 38:27 हरेक आधारको निम्ति एक तोडा ढालेर पवित्र वासस्थानका आधारहरू र पर्दाका आधारहरूका लागि एक सय चाँदी तोडा ढालिएको थियो ।
EXO 38:28 बाँकी रहेको १,७७५ शेकेल चाँदीले बजलेले भाँडाकुँडाहरूका लागि अङ्कुसे बनाई तिनका टुप्पाहरूलाई मोहोरेर तिनका निम्ति फित्ताहरू बनाए ।
EXO 38:29 डोलाइने बलिबाट आएको काँसा सत्तरी तोडा र २,४०० शेकेल थियो ।
EXO 38:30 तिनले यसबाट भेट हुने पालको प्रवेशद्वारका आधारहरू, काँसाको वेदी, यसको लागि काँसाको झिँजा र वेदीका लागि आवश्यक सबै सामग्री,
EXO 38:31 चोकका लागि आधारहरू, चोक प्रवेशको निम्ति आधारहरू, पवित्र वासस्थान र चोकका लागि सबै पालका किलाहरू बनाए ।
EXO 39:1 तिनीहरूले निलो, बैजनी र रातो ऊनबाट पवित्रस्थानमा सेवा गर्नका लागि राम्ररी बुनेका पोशाकहरू बनाए । परप्रभुले मोशालाई आज्ञा दिनुभएअनुसार तिनीहरूले पवित्रस्थानको लागि हारूनका पोशाकहरू बनाए ।
EXO 39:2 बजलेलले सुन, निलो, बैजनी, रातो ऊन र मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाए ।
EXO 39:3 तिनीहरूले सुन पिटेर पातला पाताहरू काटेर तारहरू बनाए । ती निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडामा लगाउनलाई थिए र यो निपुण शिल्पकारको काम थियो ।
EXO 39:4 तिनीहरूले एपोदको लागि दुई छेउमा गाँसेका काँधे-बन्धनहरू बनाए ।
EXO 39:5 यसको राम्ररी बुनेको कमरपेटी एपोदजस्तै थियो । यसलाई एपोदकै टुक्राबाट बनाइएको थियो र यो मसिनो गरी बाटेको सुती कपडा, सुन, निलो, बैजनी र रातो ऊनबाट बनाइएको थियो, जस्तो परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो ।
EXO 39:6 तिनीहरूले सुनका मणिघरहरूमा आनिक्स रत्‍नहरू जडे, र छापमा खोपिएजस्तै तिनीहरूले इस्राएलका बाह्र छोराका नाउँ खोपे ।
EXO 39:7 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ बजलेलले तिनलाई एपोदको काँधे-बन्धनहरूमा इस्राएलका बाह्र छोराका निम्ति सम्झनाको रत्‍न हुनलाई ती लगाए ।
EXO 39:8 तिनले एपोदजस्तै छाती-पाता बनाए जुन सिपालु शिल्पकारको काम थियो । तिनले यसलाई सुन, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट बनाए ।
EXO 39:9 यो वर्गाकार थियो । तिनीहरूले यसलाई दोब्बर पट्ट्याए । यो एक बित्ता लामो र एक बित्ता चौडा थियो ।
EXO 39:10 तिनीहरूले यसलाई चार लहर गरी मणिहरू जडे । पहिलो लहर मानिक, पुष्पराज र बेरूजको थियो ।
EXO 39:11 दोस्रो लहर फिरोजा, नीर र पन्‍नाको थियो ।
EXO 39:12 तेस्रो लहर नीलमणि, हाकिक र कटेलाको थियो ।
EXO 39:13 चौथो लहर पीतमणि, आनिक्स र बिल्लौरको थियो । ती सुनका मणिघरहरूमा जडिएका थिए ।
EXO 39:14 ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग राखिएका थिए । छाप-औँठीमा खोपेजस्तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गर्थ्यो ।
EXO 39:15 तिनीहरूले छाती-पातामा डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए ।
EXO 39:16 तिनीहरूले छाती-पाताको लागि सुनका दुईवटा मुन्द्री बनाए र तिनलाई छाती-पाताका दुईवटै किनारामा लगाए ।
EXO 39:17 तिनीहरूले सुनका दुईवटा सिक्रीलाई छाती-पाताका किनाराहरूमा लगाए ।
EXO 39:18 तिनीहरूले बाटेका दुईवटा सिक्रीका अर्का दुईवटा छेउलाई दुवै मणिघरमा जोडे । त्यसपछि तिनीहरूले ती दुईवटालाई एपोदको काँधे-बन्धनको अगाडिपट्टि लगाए ।
EXO 39:19 तिनीहरूले सुनका दुईवटा मुन्द्री बनाए, र भित्रपट्टिको बिँडको छेउमा तिनलाई छाती-पाताका अर्का दुईवटा कुनामा लगाए ।
EXO 39:20 तिनीहरूले थप दुईवटा सुनका मुन्द्री बनाए, र तिनलाई एपोदको अगाडिपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको निकै राम्ररी बुनेको कमरपेटीमाथिको सिउनीनेर लगाए ।
EXO 39:21 तिनीहरूले छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा निलो फित्ताले कमरपेटीमा बाँधे ताकि त्यो बुनिएको एपोददेखि सर्न नपाओस् । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले बनाए ।
EXO 39:22 बजलेलले एपोदको अलखा पूर्ण रूपमा निलो रङको बुनेको कपडाबाट बनाए । यो जुलाहाको काम थियो ।
EXO 39:23 यसको बिचमा टाउको छिराउने प्वाल थियो । नच्यातियोस् भन्‍नाका लागि यसमा कठालोको प्वालजस्तै बुनेको बिट थियो ।
EXO 39:24 तिनीहरूले तलको फेरोको चारैतिर निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडाका दारिमहरू बनाए ।
EXO 39:25 तिनीहरूले निखुर सुनका घण्टीहरू बनाए, र तलको फेरोमा वरिपरि दारिमका बिच-बिचमा तिनीहरूले ती लगाए ।
EXO 39:26 तिनीहरूले हारूनले भित्र सेवा गर्दा लगाउने अलखाको छेउ-छेउमा एउटा घण्टी र एउटा दारिम अनि एउटा घण्टी र एउटा दारिम लगाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।
EXO 39:27 तिनीहरूले हारून र तिनका छोराहरूका लागि मसिनो सुती कपडाका लबेदाहरू बनाए ।
EXO 39:28 तिनीहरूले मसिनो सुती कपडाको फेटा, सुती कपडाका अन्य फेटाहरू, सुती कपडाका भित्री वस्‍त्रहरू,
EXO 39:29 सुती कपडा र निलो, बैजनी, रातो धागोको पटुका बनाए । यो बुट्टा भर्नेको काम थियो । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।
EXO 39:30 तिनीहरूले निखुर सुनको पवित्र मुकुटको पाता बनाए ।
EXO 39:31 तिनीहरूले यसलाई छाप-औँठीमा झैँ “परमप्रभुको निम्ति पवित्र” भनेर खोपे । तिनीहरूले फेटाको माथिपट्टि निलो फित्ता बाँधे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।
EXO 39:32 यसरी पवित्र वासस्थान अर्थात् भेट हुने पालको काम सकियो । इस्राएलका मानिसहरूले सबै कुरा गरे । परमप्रभुले मोशालाई भन्‍नुभएका सबै आज्ञालाई तिनीहरूले पछ्याए ।
EXO 39:33 तिनीहरूले पवित्र वासस्थान, पाल र यसका सबै सरसामान अर्थात् यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू र आधारहरू, रातो
EXO 39:34 रङले रङ्ग्याइएका भेडाका छालाहरूको छत, सीलको छालाको छत र ढाक्‍ने पर्दा,
EXO 39:35 गवाहीको सन्दुकसाथै डन्डाहरू र प्रायश्‍चित्तको ढकनी ल्याए ।
EXO 39:36 तिनीहरूले टेबुल, यसका सबै भाँडाकुँडा र उपस्थितिको रोटी,
EXO 39:37 निखुर सुनको सामदान र लहरै राखिने यसका दियाहरू, यसका सबै सामान र दियाहरूका लागि तेल,
EXO 39:38 सुनको वेदी, अभिषेक गर्ने तेल र सुगन्धित धूप, पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा,
EXO 39:39 काँसाको वेदी र काँसाको झिँजा र यसका डन्डाहरू र भाँडाकुँडा र ठुलो बाटा र यसको खुट्टा ल्याए ।
EXO 39:40 तिनीहरूले चोकका लागि यसका खम्बाहरू र आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा, यसका डोरीहरू र पालका किलाहरू अनि पवित्र वासस्थान अर्थात् भेट हुने पालको सेवाको लागि सबै सरसामान ल्याए ।
EXO 39:41 तिनीहरूले पवित्रस्थानमा सेवा गर्नको लागि बुनेका मसिनो सुती कपडाका पोशाकहरू, पुजारी भएर सेवा गर्न हारून र तिनका छोराहरूका लागि पवित्र पोशाकहरू ल्याए ।
EXO 39:42 यसरी इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनुभएमुताबिक सबै काम गरे ।
EXO 39:43 मोशाले सबै कामको जाँच गर्दा तिनीहरूले गरेका पाए । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे । तब मोशाले तिनीहरूलाई आशिष् दिए ।
EXO 40:1 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
EXO 40:2 “नयाँ वर्षको पहिलो महिनाको पहिलो दिनमा तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पाल खडा गर्नू ।
EXO 40:3 तैँले यसभित्र गवाहीको सन्दुक राख्‍नू, र यसलाई पर्दाले छेक्‍नू ।
EXO 40:4 तैँले टेबुललाई भित्र ल्याएर यसमाथि राखिने थोकहरू मिलाएर राख्‍नू । त्यसपछि तैँले सामदान भित्र ल्याएर दियाहरू मिलाउनू ।
EXO 40:5 तैँले गवाहीको सन्दुकको सामुन्‍ने सुनको धूपको वेदी राख्‍नू, र पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा राख्‍नू ।
EXO 40:6 तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पालको प्रवेशद्वारको सामुन्‍ने होमबलिको लागि वेदी राख्‍नू ।
EXO 40:7 तैँले भेट हुने पाल र वेदीका बिचमा ठुलो बाटा राख्‍नू र त्यसभित्र पानी हाल्नू ।
EXO 40:8 चोकको वरिपरि घेरा हाली यसको प्रवेशद्वारमा पर्दा झुण्ड्याउनू । तैँले अभिषेक गर्ने तेल लिई पवित्र वासस्थान र यसभित्र भएको हरेक थोकलाई अभिषेक गर्नू ।
EXO 40:9 तैँले यसलाई र यसका सबै सरसामान मेरो लागि अलग गर्नू । तब यो पवित्र हुनेछ ।
EXO 40:10 तैँले होमबलिको निम्ति वेदी र यसका सबै भाँडाकुँडालाई अभिषेक गर्नू । तैँले वेदी मेरो निम्ति अलग गर्नू र त्यो मेरो लागि अति पवित्र हुनेछ ।
EXO 40:11 तैँले काँसाको बाटा र यसको खुट्टा अभिषेक गरेर यसलाई मेरो लागि अलग गर्नू ।
EXO 40:12 तैँले हारून र त्यसका छोराहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याई तिनीहरूलाई पानीले नुहाइदिनुपर्छ ।
EXO 40:13 मेरो लागि अलग गरिएका पोशाकहरू तैँले हारूनलाई लगाइदिनू र त्यसले पुजारी बनेर मेरो सेवा गरोस् भनेर त्यसलाई अभिषेक गरी मेरो निम्ति अलग गर्नू ।
EXO 40:14 त्यसका छोराहरूलाई ल्याई तिनीहरूलाई लबेदा पहिराइदिनू ।
EXO 40:15 पुजारी बनेर तिनीहरूले मेरो सेवा गरून् भनेर तैँले तिनीहरूका पितालाई जस्तै तिनीहरूलाई अभिषेक गर्नू । तिनीहरूको अभिषेकले पुस्ता-पुस्तासम्म तिनीहरूलाई स्थायी पुजारीको पद प्रदान गर्छ ।”
EXO 40:16 मोशाले त्यसै गरे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गरे । तिनले यी सबै गरे ।
EXO 40:17 यसरी दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिनमा पवित्र वासस्थान खडा भयो ।
EXO 40:18 मोशाले पवित्र वासस्थान खडा गरे, यसका आधारहरू ठाउँमा राखे, यसका फल्याकहरू खडा गरे, यसका बारहरू जोडे र यसका डन्डाहरू र खम्बाहरू खडा गरे ।
EXO 40:19 परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले पवित्र वासस्थानमाथि पाल फिँजाएर त्यसमाथि छत राखे ।
EXO 40:20 तिनले करारका आज्ञाहरूलाई लिई तिनले सन्दुकभित्र हाले । तिनले
EXO 40:21 सन्दुकमा डन्डाहरू हालेर त्यसमाथि प्रायश्‍चित्तको ढकनी राखे । तिनले सन्दुकलाई पवित्र वासस्थानमा ल्याए । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गवाहीको सन्दुकलाई छेक्‍ने पर्दा टाँगे ।
EXO 40:22 तिनले पर्दाको बाहिरपट्टि भेट हुने पाल अर्थात् पवित्र वासस्थानको उत्तरपट्टि टेबुल राखे ।
EXO 40:23 परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु टेबुलमा रोटी मिलाएर राखे ।
EXO 40:24 तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामु सामदान राखे ।
EXO 40:25 परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु दियाहरू बाले ।
EXO 40:26 तिनले भेट हुने पालभित्र पर्दाको सामुन्‍ने सुनको धूपको वेदी राखे ।
EXO 40:27 परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले यसमाथि सुगन्धित धूप बाले ।
EXO 40:28 तिनले पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा झुण्ड्याए ।
EXO 40:29 तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको प्रवेशद्वारमा होमबलिको वेदी राखे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले यहीँ नै होमबलि र अन्‍नबलि चढाए ।
EXO 40:30 तिनले भेट हुने पाल र यस वेदीको बिचमा बाटा राखी त्यसमा धुनलाई पानी राखे ।
EXO 40:31 मोशा, हारून र तिनका छोराहरूले बाटाको पानीबाट तिनीहरूका हात-खुट्टा धुने गर्थे ।
EXO 40:32 तिनीहरू भेट हुने पालभित्र प्रवेश गर्दा र वेदीमा जाँदा तिनीहरूले धुने गर्थे । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले आ-आफूलाई धुने गर्थे ।
EXO 40:33 मोशाले पवित्र वासस्थान र वेदीको वरिपरि चोक खडा गरे । तिनले चोकको प्रवेशद्वारमा पर्दा राखे । यसरी मोशाले काम पुरा गरे ।
EXO 40:34 तब बादलले भेट हुने पाललाई ढाक्यो, अनि परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो ।
EXO 40:35 भेट हुने पालमाथि बादल आएर बसेकोले र परमप्रभुको महिमाले पवित्र वासस्थान भरिएकोले मोशा यसभित्र प्रवेश गर्न सकेनन् ।
EXO 40:36 पवित्र वासस्थानबाट बादल उठाइँदा इस्राएलका मानिसहरू आफ्नो बाटो लाग्थे ।
EXO 40:37 तर पवित्र वासस्थानबाट बादल नउठ्दा मानिसहरूले यात्रा गर्दैनथे । बादल नउठेसम्म तिनीहरू बसिरहन्थे ।
EXO 40:38 किनकि इस्राएलका मानिसहरूका सबै यात्राभरि तिनीहरूले देख्‍ने गरी दिनमा परमप्रभुको बादल र रातमा उहाँको आगो पवित्र वासस्थानमाथि हुन्थ्यो ।
LEV 1:1 परमप्रभुले मोशालाई भेट हुने पालबाट बोलाएर यसो भन्‍नुभयो,
LEV 1:2 “इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘तिमीहरूका बिचबाट कसैले परमप्रभुको निम्ति बलि ल्याउँदा गाई-गोरुको बथान वा भेडा-बाख्राका बगालबाट पशु ल्याउनू ।
LEV 1:3 यदि त्यसको बलि गाई-गोरुको होमबलि हो भने, त्यसले निष्‍खोट गोरु ल्याओस् । परमप्रभुको अगि ग्रहणयोग्‍य होस् भनेर त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा चढाओस् ।
LEV 1:4 त्यसले आफ्नो हात त्यस होमबलिको टाउकोमाथि राखोस्, र त्यसपछि त्यसको खातिर त्यो प्रायश्‍चित्तको रूपमा ग्रहण हुने छ ।
LEV 1:5 त्यसपछि त्यसले त्यो गोरुलाई परमप्रभुको अगि मारोस् । हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत भेट हुने पालको प्रवेशद्वारमा रहेको वेदीमा चढाई छर्कून् ।
LEV 1:6 तब त्यसले त्यो होमबलिको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा गरी काटोस् ।
LEV 1:7 अनि पुजारी हारूनका छोराहरूले वेदीमाथि आगो लगाऊन् र त्यस आगोमा दाउराहरू राखून् ।
LEV 1:8 हारूनका छोराहरू, अर्थात् पुजारीहरूले वेदीको दाउरामाथिको आगोमा ती टुक्राहरू, टाउको र बोसो मिलाएर राखून् ।
LEV 1:9 तर त्यसका भित्री भागहरू र खुट्‍टाहरूलाई त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले वेदीमा भएका सबै कुराहरूलाई होमबलिको रूपमा जलाऊन् । त्यसले मेरो निम्ति मिठो सुगन्ध निकाल्‍ने छ; त्यो मेरो निम्ति चढाइएको होमबलि हुने छ ।
LEV 1:10 यदि त्यसको होमबलि भेडाहरू वा बाख्राहरूमध्येबाट हो भने, त्यसले एउटा निष्‍खोट भाले चढाओस् ।
LEV 1:11 त्यसले त्यो परमप्रभुको अगि वेदीको उत्तर पट्‍टिको भागमा मारोस् । हारूनका छोराहरू, अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
LEV 1:12 त्यसपछि त्यसले त्यो टुक्रा-टुक्रा गरी काटोस्, र पुजारीले त्यसको टाउको र बोसोलाई वेदीको दाउरामाथिको आगोमा मिलाएर राखोस्,
LEV 1:13 तर त्यसका आन्द्राभुँडी र खुट्‍टाहरूलाई भने त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले ती सबै चढाओस्, र वेदीमा जलाओस् । यो होमबलि हो, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँलाई चढाइएको होमबलि हो ।
LEV 1:14 यदि परमप्रभुको निम्ति त्यसको बलि पक्षीहरूको होमबलि हो भने, त्यसले एउटा ढुकुर वा परेवाको बचेरा ल्याओस् ।
LEV 1:15 पुजारीले त्यो वेदीमा ल्याओस्, त्यसको टाउको निमोठेर चुँडाओस्, र त्यसलाई वेदीमा जलाओस् । त्यसपछि त्यसको रगत वेदीको छेउमा बहाइयोस् ।
LEV 1:16 त्यसले त्यसका आन्द्राभुँडीलाई त्यसका मलसहित बाहिर निकाली वेदीको पूर्वपट्‍टि खरानी राखिने ठाउँमा फ्याँकोस् ।
LEV 1:17 त्यसले पखेटाबाट त्यसलाई च्यातोस्, तर त्यसले त्यसलाई दुई टुक्रा नगरोस् । त्यसपछि पुजारीले त्यो वेदीको दाउरामाथिको आगोमा जलाओस् । यो एउटा होमबलि हुने छ, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो नै आगोबाट चढाइएको बलि हुने छ ।
LEV 2:1 कसैले परमप्रभुको निम्ति अन्‍नबलि ल्याउँदा, त्यसको बलि मसिनो पिठोको होस्, र त्यसले त्यसमा तेल खन्याओस् र त्यसमा धूप हालोस् ।
LEV 2:2 त्यसले त्यो भेटी हारूनका छोराहरू, अर्थात् पुजारीहरूकहाँ लगोस्, र त्यहाँ तेल र धूपसहित त्यस मसिनो पिठोबाट पुजारीले एक मुट्ठी निकालोस् । त्यसपछि बलिको रूपमा पुजारीले त्यसलाई जलाओस् । त्यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँको निम्ति आगोद्वारा गरिएको बलि हुने छ ।
LEV 2:3 अन्‍नबलिबाट जे बाँकी रहन्छ त्यो हारून र तिनका छोराहरूको हुने छ । परमप्रभुको निम्ति आगोबाट गरिएका बलिहरूमध्ये यो अति पवित्र हुने छ ।
LEV 2:4 चुलोमा पकाइएको अखमिरी अन्‍नबलि चढाउँदा, त्यो तेल मिसाइएको मसिनो पिठोको नरम रोटी होस्, वा त्यो तेल लगाइएको अखमिरी कडा रोटी होस् ।
LEV 2:5 यदि तिमीहरूको अन्‍नबलि च्याप्टो फलामको तावामा पकाइएको हो भने, त्यो तेल मिसाइएको अखमिरी मसिनो पिठोको होस् ।
LEV 2:6 त्यसलाई टुक्रा-टुक्रा पार्नू र त्यसमा तेल खन्याउनू । यो अन्‍नबलि हो ।
LEV 2:7 यदि तिमीहरूको अन्‍नबलि तावामा पकाइएको हो भने, त्यो मसिनो पिठो र तेलबाट बनाउनू ।
LEV 2:8 यी कुराहरूले बनाइएको अन्‍नबलि तिमीहरूले परमप्रभुकहाँ ल्याउनू, र त्यो पुजारीकहाँ लगियोस्, अनि त्यसले त्यो वेदीमा लैजाओस् ।
LEV 2:9 त्यसपछि पुजारीले त्यस अन्‍नबलिबाट केही झिकेर वेदीमा जलाओस् । यो आगोद्वारा गरिएको बलि हुने छ, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ ।
LEV 2:10 अन्‍नबलिबाट बाँकी रहेका सबै हारून र त्यसका छोराहरूको हुने छ । आगोद्वारा परमप्रभुलाई चढाइएका बलिहरूमध्ये यो परमप्रभुको निम्ति अति पवित्र हुने छ ।
LEV 2:11 तिमीहरूले परमप्रभुलाई चढाउने कुनै पनि अन्‍नबलि खमिरद्वारा बनाइनुहुँदैन, किनभने परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलिमा खमिर वा मह नजलाउनू ।
LEV 2:12 तिमीहरूले ती परमप्रभुलाई पहिलो फलहरूको भेटीको रूपमा चढाउनू, तर वेदीमा मिठो सुगन्ध दिनलाई ती प्रयोग नहोऊन् ।
LEV 2:13 तिमीहरूले आफ्ना सबै अन्‍नबलिहरूमा नून मिसाउनू । आफ्नो अन्‍नबलिमा आफ्ना परमेश्‍वरको प्रतिज्ञाको नून कहिल्यै नछुटाउनू । आफ्ना सबै भेटीहरूमा तिमीहरूले नून चढाउनू ।
LEV 2:14 परमप्रभुलाई पहिलो फलहरूको अन्‍नबलि चढाउँदा, आगोमा सेकाइएको र पिसिएको ताजा अन्‍न चढाउनू ।
LEV 2:15 त्यसपछि त्यसमा तेल र धूप राख्‍नू । यो अन्‍नबलि हो ।
LEV 2:16 त्यसपछि पुजारीले पिसिएको अन्‍न, तेल र धूपबाट केही जलाओस् । यो परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलि हो ।
LEV 3:1 यदि कसैले गाई-गोरुको बथानबाट कुनै पशुको मेलबलिको भेटी चढाउँछ भने, त्यसले परमप्रभुको अगि निष्‍खोट साँढे वा गाई चढाओस् ।
LEV 3:2 त्यसले बलिको टाउकोमा आफ्नो हात राखोस् र त्यसलाई भेट हुने पालको प्रवेशद्वारमा नै मारोस् । त्यसपछि हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
LEV 3:3 त्यस मानिसले परमप्रभुको अगि आगोद्वारा मेलबलि चढाओस् । भित्री भागहरू र दुईवटा मृगौलालाई ढाक्‍ने वा तीसँगै जोडिएको,
LEV 3:4 र कम्मरसँगै भएको बोसो, र कलेजोको भागलाई मृगौलासमेत त्यसले निकालोस् ।
LEV 3:5 हारूनका छोराहरूले त्यो वेदीको दाउरामाथिको आगोमा होलबलिसँगै जलाओस् । यसले परमप्रभुको निम्ति मिठो सुगन्ध निकाल्‍ने छ; यो उहाँको निम्ति आगोद्वारा गरिएको बलि हुने छ ।
LEV 3:6 यदि परमप्रभुको निम्ति कुनै मानिसको मेलबलि भेडा-बाख्राको बगालबाट हो भने, त्यसले निष्‍खोट भाले वा पोथी चढाओस् ।
LEV 3:7 यदि त्यसले बलिको निम्ति थुमा चढाउँछ भने, त्यसले त्यो परमप्रभुको अगि चढाओस् ।
LEV 3:8 त्यसले बलिको टाउकोमाथि आफ्नो हात राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
LEV 3:9 त्यस मानिसले मेलबलिलाई परमप्रभुको निम्ति होमबलिझैँ चढाओस् । मेरुदण्डको तल्लो भागको सम्पूर्ण बोसो र आन्द्राभुँडीलाई ढाक्‍ने र तीसँगै भएको जम्मै बोसो,
LEV 3:10 र दुईवटा मृगौला र कम्मरसँगै भएको बोसो, र कलेजोको भागलाई मृगौलाहरूसँगै त्यसले निकालोस् ।
LEV 3:11 त्यसपछि पुजारीले परमप्रभुको निम्ति भोजनको होमबलिझैँ वेदीमा ती सबै जलाओस् ।
LEV 3:12 यदि कुनै मानिसको बलि बाख्रा हो भने, त्यसले त्यो परमप्रभुकहाँ चढाओस् ।
LEV 3:13 त्यसले आफ्नो हात त्यस बाख्राको टाउकोमाथि राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
LEV 3:14 त्यस मानिसले आगोद्वारा चढाइएको आफ्नो बलिलाई परमप्रभुकहाँ ल्याओस् । त्यसले भित्री भागहरूलाई ढाक्‍ने र तीसँगै भएको बोसोलाई निकालोस् ।
LEV 3:15 त्यसले दुईवटा मृगौला, तीसँगै भएको बोसो र कम्मरसँगै भएको बोसोलाई कलेजोको भागसँगै निकालोस् ।
LEV 3:16 पुजारीले भोजनको होमबलिझैँ ती सबै वेदीमा मिठो सुगन्ध निकाल्‍नको निम्ति जलाओस् । सबै बोसोचाहिँ परमप्रभुको हो ।
LEV 3:17 तैँले आफ्नो घर बनाउने हरेक ठाउँमा र तेरा मानिसहरूको पुस्तौँ-पुस्तामा यो सदाको निम्ति एउटा विधि होस्, र तैँले बोसो र रगत नखानू ।’”
LEV 4:1 परमप्रभु मोशासँग यसो भनेर बोल्नुभयो,
LEV 4:2 “इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘यदि परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका कार्यहरू गरेर कसैले अजानमा पाप गर्छ, र यदि त्यसले निषेध गरिएको कुनै काम गर्छ भने, तल भनिएझैँ गर्नू ।
LEV 4:3 यदि मानिसहरूमा दोष ल्याउने गरी मुख्‍य पुजारीले पाप गर्दछ भने, आफूले गरेको पापको निम्ति त्यसले परमप्रभुको अगि पापबलिको रूपमा एउटा निष्‍खोट साँढे ल्याओस् ।
LEV 4:4 त्यसले त्यो साँढेलाई परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस्, त्यसको टाउकोमाथि आफ्नो हात राखोस्, र त्यस साँढेलाई परमप्रभुको अगि मारोस् ।
LEV 4:5 अभिषिक्‍त पुजारीले त्यस साँढेको रगत लिएर भेट हुने पालमा लगोस् ।
LEV 4:6 त्यस पुजारीले आफ्नो औँलालाई रगतमा चोपेर परमप्रभुको अगि सबैभन्दा पवित्र स्थानको पर्दाअगाडि सात पटक छर्कोस् ।
LEV 4:7 त्यसपछि पुजारीले परमप्रभुको अगि सुगन्धित धूपको वेदीमा भएका सिङहरूमा केही रगत लगाओस्, र त्यसले साँढेको बाँकी रगत भेट हुने पालको प्रवेशद्वारमा भएको वेदीको मुनि होमबलिको निम्ति खन्याओस् ।
LEV 4:8 पापबलिको साँढेको जम्मै बोसो, र भित्री भागहरूलाई ढाक्‍ने र तीसँगै जोडिएको बोसो त्यसले झिकोस्,
LEV 4:9 दुईवटा मृगौला र त्यसमा भएको बोसो, कम्मरमा भएको बोसो, र कलेजोको भागलाई त्यसले झिकोस् ।
LEV 4:10 मेलबलिको बलिदानको साँढेबाट झैँ त्यसले त्यो सबै झिकोस् । त्यसपछि पुजारीले होमबलिको निम्ति यी सबै भागलाई वेदीमा जलाओस् ।
LEV 4:11 साँढेको छाला र बाँकी मासु, त्यसको टाउको, खुट्‍टाहरू, भित्री भागहरू र त्यसको गोबर,
LEV 4:12 र साँढेका अरू बाँकी सबै भागहरूलाई त्यसले छाउनीभन्दा बाहिरको ठाउँमा लगोस् जुन ठाउँ तिनीहरूले मेरो निम्ति शुद्ध बनाएका छन् र जहाँ तिनीहरूले खरानी खन्याउँछन्; ती भागहरूलाई तिनीहरूले त्यहाँ दाउरामा जलाऊन् । तिनीहरूले जहाँ खरानी खन्याउँछन्, त्यहीँ नै ती भागहरू जलाऊन् ।
LEV 4:13 यदि इस्राएलको जम्मै समुदायले पाप गर्न नचाहँदा-नचाहँदै पाप गर्दछ भने, र तिनीहरूले पाप गरेका छन् र परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका कुनै कार्यहरू तिनीहरूले गरेका छन् भन्‍ने विषयमा त्यो समुदाय अजान छ, र तिनीहरू दोषी छन् भने,
LEV 4:14 तिनीहरूले गरेका पाप प्रकट भएपछि त्यस समुदायले पापबलिको निम्ति एउटा साँढे चढाओस् र त्यसलाई भेट हुने पालको अगाडि ल्याओस् ।
LEV 4:15 त्यस समुदायका एल्डरहरूले परमप्रभुको अगि त्यस साँढेको टाउकोमाथि आफ्ना हातहरू राखून्, र त्यसलाई परमप्रभुको अगि मारून् ।
LEV 4:16 अभिषिक्‍त पुजारीले साँढेको केही रगत भेट हुने पालमा ल्याओस्,
LEV 4:17 र पुजारीले आफ्नो औँला त्यस रगतमा चोपेर परमप्रभुको अगि पर्दाको सामु सात पटक छर्कोस् ।
LEV 4:18 परमप्रभुको सामु रहेको भेट हुने पालको वेदीमा त्यसले केही रगत खन्याओस्, र सबै रगत त्यसले भेट हुने पालको प्रवेशद्वारमा रहेको वेदीमुनि होमबलिको निम्ति खन्याओस् ।
LEV 4:19 त्यसले त्यसबाट सबै बोसो झिकोस् र त्यसलाई वेदीमा जलाओस् ।
LEV 4:20 त्यसले त्यस साँढेलाई गर्नुपर्ने यस्तै नै हो । पापबलिको साँढेलाई त्यसले जे गरेको थियो, यस साँढेलाई पनि त्यस्तै गरोस्, र पुजारीले मानिसहरूका निम्ति प्रायश्‍चित्त गर्ने छ, र तिनीहरूलाई क्षमा हुने छ ।
LEV 4:21 त्यसले साँढेलाई छाउनीको बाहिर लगोस् र पहिलो साँढेलाई झैँ त्यसले त्यो जलाओस् । यो नै समुदायको निम्ति पापबलि हो ।
LEV 4:22 शासन गर्ने कोहीले उसका परमप्रभु परमेश्‍वरले नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ, र त्यो दोषी ठहरियो भने,
LEV 4:23 त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा, त्यसले बलिको निम्ति निष्‍खोट बोको ल्याओस् ।
LEV 4:24 त्यसले त्यस बोकोको टाउकोमाथि आफ्नो हात राखोस् र परमप्रभुको अगि होमबलिलाई मार्ने स्थानमा त्यसलाई मारोस् । यो पापबलि हो ।
LEV 4:25 पुजारीले आफ्नो औँलाले पापबलिको रगत लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्, र होमबलिको वेदीको फेदमा त्यसले त्यसको रगत खन्याओस् ।
LEV 4:26 मेलबलिको बोसोझैँ त्यसले जम्मै बोसो वेदीमा जलाओस् । त्यस शासकको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यस शासकलाई क्षमा हुने छ ।
LEV 4:27 यदि आम मानिसमध्ये कसैले परमप्रभुले उसलाई नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ,
LEV 4:28 र त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा त्यसले आफ्नो दोष स्वीकार्छ भने, त्यसले आफूले गरेको पापको निम्ति एउटा निष्‍खोट बाख्री बलिको लागि ल्याओस् ।
LEV 4:29 त्यसले त्यस पापबलिको टाउकोमाथि आफ्नो हात राखोस् र होमबलिकै स्थानमा त्यस पापबलिलाई मारोस् ।
LEV 4:30 पुजारीले केही रगत आफ्नो औँलामा लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस् । बाँकी रगतचाहिँ त्यसले वेदीको फेदमा खन्याओस् ।
LEV 4:31 मेलबलिबाट झैँ त्यसले जम्मै बोसोलाई काटी झिकोस् । परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति पुजारीले त्यो वेदीमा जलाओस् । पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र उसलाई क्षमा हुने छ ।
LEV 4:32 यदि त्यस मानिसले पापबलिको निम्ति भेडाको बच्‍चा ल्याउँछ भने, त्यसले एउटा निष्‍खोट पाठी ल्याओस् ।
LEV 4:33 त्यसले आफ्नो हात त्यस पापबलिको टाउकोमाथि राखोस् र होमबलिलाई मार्ने स्थानमा त्यसलाई पापबलिको निम्ति मारोस् ।
LEV 4:34 पुजारीले पापबलिको केही रगत आफ्नो औँलामा लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्, र त्यसको जम्मै रगत त्यसले वेदीको फेदमा खन्याओस् ।
LEV 4:35 मेलबलिको निम्ति चढाइएको भेडाको बच्‍चाको बोसोझैँ त्यसले जम्मै बोसो काटी झिकोस्, र पुजारीले परमप्रभुको वेदीमाथिको होमबलिमा त्यो जलाओस् । पुजारीले त्यस मानिसले गरेको पापको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ ।
LEV 5:1 यदि कसैले आफूले देखेको वा सुनेको कुनै कुराको साक्षी भएर पनि त्यस कुराको गवाही दिनुपर्ने अवस्थामा गवाही नदिएको कारणले पाप गर्दछ भने, त्यो दोषी हुने छ ।
LEV 5:2 वा परमेश्‍वरले अशुद्ध ठहराउनुभएको कुनै कुरा कसैले छोयो भने, चाहे त्यो कुनै अशुद्ध वन-पशु, पाल्तु पशु वा घस्रने पशुको मृत शरीर होस्, त्यसले त्यो अजानमा छोएको भए तापनि त्यो अशुद्ध र दोषी हुने छ ।
LEV 5:3 वा त्यसले कसैको अशुद्धता छोयो भने, चाहे त्यो अशुद्धता जेसुकै होस्, र त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो दोषी हुने छ ।
LEV 5:4 वा कसैले खराब वा असल गर्न आफ्नो मुखबाट विचारै नगरेर किरिया हाल्छ भने, त्यसले जेसुकैको किरिया हालेको भए तापनि, यदि त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो यी सबै कुराहरूमा दोषी हुने छ ।
LEV 5:5 यी कुराहरूमा कोही दोषी ठहरिएपछि त्यसले जेसुकै पाप गरेको भए तापनि त्यसले त्यो स्वीकार गर्नुपर्छ ।
LEV 5:6 त्यसपछि त्यसले आफूले गरेको पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा बगालबाट पोथी पशु, पाठी वा बाख्री पापबलिको निम्ति ल्याओस्, र त्यसको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ ।
LEV 5:7 यदि त्यससँग पाठी किन्‍ने औकात छैन भने, त्यसले आफ्नो पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा दुईवटा ढुकुर वा दुईवटा परेवाका बच्‍चा ल्याओस्, एउटाचाहिँ पापबलिको निम्ति र अर्को होमबलिको निम्ति ।
LEV 5:8 त्यसले त्यो पुजारीकहाँ ल्याओस्, जसले पहिला एउटालाई पापबलिको निम्ति अर्पण गर्ने छ । त्यसले त्यसको घाँटीबाट त्यसको टाउको निमोठोस्, तर त्यसको शरीरबाट त्यसलाई पूर्ण रूपमा नछुटाओस् ।
LEV 5:9 त्यसपछि त्यसले पापबलिको केही रगत वेदीको वरिपरि छर्कोस्, र बाँकी रगतचाहिँ वेदीको फेदमा खन्याओस् । योचाहिँ पापबलि हो ।
LEV 5:10 त्यसपछि निर्देशनहरूमा वर्णन गरिएअनुसार त्यसले दोस्रो चरोलाई होमबलिको रूपमा अर्पण गरोस्, र त्यसले गरेको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ ।
LEV 5:11 तर यदि त्यससँग दुई ढुकुर वा दुई परेवाका बच्‍चा किन्‍ने औकात छैन भने, त्यसले आफ्नो पापको निम्ति बलिको रूपमा आधा पाथी मसिनो पिठोको पापबलि ल्याओस् । त्यो पापबलि भएको कारण त्यसले त्यसमा तेल वा धूप नराखोस् ।
LEV 5:12 त्यसले त्यो पुजारीकहाँ ल्याओस्, र पुजारीले त्यसबाट एक मुट्ठी चिन्हको रूपमा लिएर परमप्रभुको निम्ति वेदीमा आगोको बलिमाथि जलाओस् । यो पापबलि हो ।
LEV 5:13 त्यस मानिसले गरेका सबै पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ । अन्‍नबलिमा झैँ भेटीबाट बाँकी रहेको जति सबै पुजारीको हुने छ’ ।”
LEV 5:14 अनि परमप्रभु मोशासँग यसो भनेर बोल्‍नुभयो,
LEV 5:15 “यदि कसैले अजानमा परमप्रभुका कुराहरूको सम्बन्धमा पाप गर्दछ र अविश्‍वासपूर्वक काम गर्दछ भने, त्यसले परमप्रभुकहाँ आफ्नो दोषबलि ल्याओस् । यो बलिचाहिँ दोषबलिको रूपमा बगालको निष्‍खोट भेडा होस्; जसको मूल्य पवित्रस्थानको चाँदीको शेकेल बराबरको हुनुपर्छ ।
LEV 5:16 जे पवित्र छ त्यसको विरुद्ध गरेको पापको कारण त्यसले परमप्रभुलाई प्रसन्‍न तुल्याउनुपर्छ, र त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई दिनुपर्छ । त्यसपछि दोषबलिको त्यो भेडा लिएर पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यसलाई क्षमा हुने छ ।
LEV 5:17 परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएको कुनै कुरा कसैले गर्दछ भने, त्यसबारे त्यो अजान भए तापनि, त्यो दोषी हुने छ र आफ्नो दोषको भार त्यसले आफैँ बोक्‍नुपर्छ ।
LEV 5:18 त्यसले बगालबाट प्रचलित मूल्य बराबरको एउटा निष्‍खोट भेडा पुजारीकहाँ दोषबलिको रूपमा ल्याओस् । त्यसले अजानमा गरेको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यसलाई क्षमा हुने छ ।
LEV 5:19 यो दोषबलि हो, र त्यो निश्‍चय नै परमप्रभुको अगि दोषी छ ।”
LEV 6:1 परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो,
LEV 6:2 “यदि कसैले विश्‍वासमा कायम भएको कुनै कुरा, वा वास्ता गर्नका निम्ति भनेर उसलाई राख्‍न दिइएको वा चोरी भएको कुनै कुराको विषयमा परमप्रभुको विरुद्ध पाप गर्दछ र विश्‍वासहीन कार्य गर्दछ, वा आफ्नो छिमेकीमाथि त्यसले अत्याचार गर्दछ भने,
LEV 6:3 वा आफ्नो छिमेकीको कुनै हराएको कुरा त्यसले पाएर त्यसबारे झुटो बोल्छ, वा झुटो किरिया हाल्छ, वा मानिसहरूले पाप गर्ने यी कार्यहरूजस्तो कुनै गर्दछ भने,
LEV 6:4 र यदि त्यसले पाप गरेको छ र त्यो दोषी ठहरियो भने, त्यसले चोरी गरेर वा अत्याचार गरेर लिएको, वा त्यसको जिम्मामा भएको, वा हराएर त्यसले पाएको सबै फिर्ता गरोस् ।
LEV 6:5 साथै, त्यसले कुनै विषयमा झुटो किरिया हालेको भए, त्यो दोषी ठहरिएको दिनमा त्यसले त्यो पूर्ण रूपमा फिर्ता गरोस्, र त्यसको मूल्यको पाँचौँ भाग थपेर त्यसको मालिकलाई दिओस् ।
LEV 6:6 त्यसपछि त्यसले परमप्रभुको अगि बगालबाट प्रचलित मूल्य बराबरको एउटा निष्‍खोट भेडा दोषबलि ल्याओस् र पुजारीलाई दिओस् ।
LEV 6:7 पुजारीले परमप्रभुको अगि त्यसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यसले जेसुकै गरेर दोषी भएको भए तापनि त्यसलाई क्षमा हुने छ ।”
LEV 6:8 अनि परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो,
LEV 6:9 “हारून र त्यसका छोराहरूलाई यसो भनेर आज्ञा गर्नू, ‘होमबलिको विधि यस्तो रहेको छः होमबलि रातभर र बिहानसम्मै वेदीको चुल्होमाथि रहोस्, र वेदीको आगो बलिरहोस् ।
LEV 6:10 पुजारीले आफ्ना सूतीका पोशाकहरू र भित्री वस्‍त्रहरू पहिरिने छ । होमबलि पूर्ण रूपमा आगोमा जलिसकेपछि त्यसबाट निस्केको खरानी त्यसले लिने छ, र त्यस खरानीलाई वेदीको छेउमा राख्‍ने छ ।
LEV 6:11 त्यसले आफ्ना वस्‍त्रहरू फुकाल्‍ने छ र छाउनीभन्दा बाहिर शुद्ध स्थानमा खरानी लैजानको निम्ति अर्को वस्‍त्र पहिरिने छ ।
LEV 6:12 वेदीको आगोलाई भने बालिराख्‍नू । त्यो ननिभोस्, र पुजारीले हरेक बिहान त्यसमा दाउरा बालोस् । त्यसले आवश्‍यक भएअनुसार त्यसमा होमबलिलाई मिलाएर राख्‍ने छ, र मेलबलिको बोसोलाई त्यसमा जलाउने छ ।
LEV 6:13 वेदीमा आगो निरन्तर बालिराख्‍नू । त्यो ननिभोस् ।
LEV 6:14 अन्‍नबलिको विधि यस्तो रहेको छ । परमप्रभुको अगि वेदीको सामु हारूनका छोराहरूले त्यो अर्पण गरून् ।
LEV 6:15 अन्‍नबलिको पिठो, तेल र धूपबाट पुजारीले एक मुट्ठी चिन्हको रूपमा लिएर मिठो सुगन्ध दिनको निम्ति वेदीमा जलाउने छ ।
LEV 6:16 हारून र उसका छोराहरूले त्यस भेटीबाट बाँकी रहेका सबै खाऊन् । त्यो सबै खमिर नराखीकन कुनै एउटा पवित्र स्थानमा खाइनुपर्छ । तिनीहरूले त्यो भेट हुने पालको चोकमा खाऊन् ।
LEV 6:17 त्यो खमिर राखेर पकाउनुहुँदैन । आगोद्वारा गरिने मेरा बलिहरूबाट तिनीहरूको भाग हुनलाई मैले त्यो दिएको छु । पापबलि र दोषबलिझैँ यो अति पवित्र छ ।
LEV 6:18 तेरा मानिसहरूको पुस्तामा सधैँ, हारूनको वंशबाटको कुनै पुरुषले आगोबाट परमप्रभुको निम्ति चढाइएको बलिबाट आफ्नो हिस्साको रूपमा त्यो खान सक्‍ने छ । जसले ती छुन्छ त्यो पवित्र हुने छ ।’”
LEV 6:19 यसैकारण परमप्रभु मोशासँग यसो भनेर फेरि बोल्‍नुभयो,
LEV 6:20 “हारून र त्यसका छोराहरूले हरेक छोराको अभिषेक गर्ने दिनमा परमप्रभुलाई अर्पण गर्ने बलि यस प्रकार रहेको छः नियमित अन्‍नबलिझैँ आधा पाथी मसिनो पिठो, आधाचाहिँ बिहान र आधा साँझ ।
LEV 6:21 त्यसलाई पकाउने भाँडामा तेलसँग मिसाएर बनाइयोस् । त्यो भिजेपछि भित्र ल्याउनू । त्यो पाकेपछि अन्‍नबलिलाई टुक्रा गरी परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति अर्पण गरियोस् ।
LEV 6:22 प्रधान पुजारीका छोराहरूमध्ये हुनेवाला प्रधान पुजारीले त्यो अर्पण गरोस् । सधैँ आज्ञा गरिएझैँ ती सबै परमप्रभुको निम्ति जलाइयोस् ।
LEV 6:23 पुजारीका सबै अन्‍नबलि पूर्ण रूपमा जलाइयोस् । त्यो खानुहुँदैन ।”
LEV 6:24 परमप्रभु मोशासँग यसो भनेर फेरि बोल्‍नुभयो,
LEV 6:25 “हारून र त्यसका छोराहरूलाई यसो भन्, ‘पापबलिको विधि यस्तो रहेको छः परमप्रभुको अगि होमबलिलाई जुन ठाउँमा मरिन्छ पापबलिलाई पनि त्यहीँ मार्नू । यो अति पवित्र हो ।
LEV 6:26 पापको निम्ति अर्पण गर्ने पुजारीले नै त्यो खाओस् । भेट हुने पालको चोकको कुनै एउटा पवित्र स्थानमा त्यो खाइनुपर्छ ।
LEV 6:27 त्यसको मासु छुने सबै कुरा पवित्र हुने छ, र यदि कुनै वस्‍त्रमा रगतको छिट्का लागेको भए त्यस छिट्का लागेको ठाउँलाई पवित्र स्थानमा धुनू ।
LEV 6:28 तर त्यो उमाल्‍न प्रयोग गरिएको माटोको भाँडालाई भने फुटाउनू । यदि त्यो काँसाको भाँडामा उमालिएको भए, त्यसलाई माँझेर सफा पानीले धुनू ।
LEV 6:29 पुजारीहरूमध्ये जुनसुकै पुरुषले त्यसबाट खान सक्छ किनभने त्यो अति पवित्र हो ।
LEV 6:30 तर पवित्र स्थानमा प्रायश्‍चित्त गर्नको निम्ति भेट हुने पालभित्र ल्याइएको कुनै पनि पापबलिको रगत भने नखानू । त्यो जलाइनुपर्छ ।
LEV 7:1 दोषबलिको विधि यस्तो रहेको छ । यो अति पवित्र हो ।
LEV 7:2 दोषबलिलाई मार्ने स्थानमा नै तिनीहरूले त्यो मारून्, र वेदी वरिपरिको सबै ठाउँमा त्यसको रगत छर्कून् ।
LEV 7:3 त्यसभित्र भएका सबै बोसो अर्पण गरिने छः अर्थात् बोसे पुच्छर, भित्री अङ्गहरू ढाक्‍ने बोसो,
LEV 7:4 दुवै मृगौला र तिनलाई ढाक्‍ने बोसो, कम्मरनेरको बोसो, र मृगौलासँगै कलेजोलाई ढाक्‍ने बोसो सबै झिक्‍नू ।
LEV 7:5 पुजारीले आगोद्वारा चढाइने बलिको रूपमा यी सबै भागहरूलाई वेदीमा जलाओस् । यो दोषबलि हो ।
LEV 7:6 पुजारीहरूमध्ये सबै पुरुषले यस बलिबाट केही भाग खान सक्छन् । यो कुनै पवित्र ठाउँमा खानू किनभने यो अति पवित्र हो ।
LEV 7:7 पापबलि पनि दोषबलिजस्तै हो । यी दुवैका एउटै विधि छन् । तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्ने पुजारीकै ती हुने छन् ।
LEV 7:8 अरूको होमबलिलाई अर्पण गर्ने पुजारीले त्यस होमबलिको छाला आफ्नो निम्ति राख्‍न सक्छ ।
LEV 7:9 चुलोमा बनाइएका सबै अन्‍नबलि र ताइताप्‍के वा ताउमा पकाइएका सबै बलि अर्पण गर्ने पुजारीकै हुने छ ।
LEV 7:10 सुक्‍खा वा तेलसँग मिसाइएका सबै अन्‍नबलि समान रूपमा हारूनका वंशको हुने छ ।
LEV 7:11 परमप्रभुलाई मानिसहरूले अर्पण गर्ने मेलबलिको भेटीको विधि यस्तो रहेको छ ।
LEV 7:12 यदि कसैले त्यो धन्यवाद दिनको निम्ति अर्पण गर्दछ भने, त्यसले त्यो खमिर नराखी तेलमा मिसाएर बनाइएको रोटी, खमिर नराखी माथिबाट तेल लगाइएको रोटी, र मसिनो पिठोलाई तेलमा मिसाएर बनाइएको रोटीको भेटीद्वारा अर्पण गरोस् ।
LEV 7:13 साथै, धन्यवाद दिनको निम्ति, आफ्नो मेलबलिसित त्यसले खमिर राखेर बनाइएको रोटी पनि अर्पण गरोस् ।
LEV 7:14 परमप्रभुको निम्ति अर्पण गरिएको भेटीस्वरूप यी बलिहरूका हरेक प्रकारबाट एउटा-एउटा त्यसले अर्पण गरोस् । यो भेटी मेलबलिको रगतलाई वेदीमा छर्कने पुजारीकै हुने छ ।
LEV 7:15 धन्यवाद दिनको निम्ति मेलबलि अर्पण गर्ने मानिसले आफ्नो बलिदानको मासु बलिकै दिनमा खानू । त्यसबाट कत्ति पनि अर्को बिहानीको निम्ति त्यसले नछोडोस् ।
LEV 7:16 तर यदि त्यसको भेटी प्रतिज्ञाको निम्ति बलिदान भएमा, त्यसले बलिदानलाई अर्पण गर्ने दिनमा नै त्यो खाइयोस्, तर त्यसबाट बाँकी रहेको जति अर्को दिन खान सकिने छ ।
LEV 7:17 तर तेस्रो दिनसम्म बलिदानको जे जति मासु बाँकी रहन्छ, त्योचाहिँ जलाइयोस् ।
LEV 7:18 यदि कसैको मेलबलिको मासु तेस्रो दिनमा खाइयो भने, त्यो स्वीकारिने छैन, न त त्यो अर्पण गर्नेको निम्ति अर्पण गरिएको गनिने छ । यो अति घृणित कुरो हो, र यो खाने मानिसले आफ्नो पापको दोष बोकिरहने छ ।
LEV 7:19 कुनै पनि अशुद्ध कुरा छोएको मासु नखानू । त्यो जलाइयोस् । अरू मासुचाहिँ जुन शुद्ध छ, त्यसले खाओस् ।
LEV 7:20 तर यदि परमप्रभुको मेलबलिको भेटीबाट कुनै अशुद्ध मानिसले खान्छ भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।
LEV 7:21 यदि कसैले कुनै अशुद्ध कुरा जस्तै कुनै मानिस वा अशुद्ध पशु, वा कुनै अशुद्ध र तुच्छ वस्तुको अशुद्धतालाई छोएर परमप्रभुको मेलबलिको भेटीको मासु खायो भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।’”
LEV 7:22 अनि परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो,
LEV 7:23 “इस्राएलका मानिसहरूलाई यस्तो भन्, ‘तिमीहरूले कुनै गोरु, वा भेडा वा बोकोको बोसो नखानू ।
LEV 7:24 बलिको रूपमा अर्पण नगरी मरेको पशुको बोसो, वा वन-पशुहरूले मारेको पशुको बोसो अरू कामको निम्ति प्रयोग गर्न मिल्छ, तर निश्‍चय नै त्यो नखानू ।
LEV 7:25 परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिको निम्ति मानिसहरूद्वारा अर्पण गर्न बाँकी पशुको बोसो जसले खान्छ, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।
LEV 7:26 तिमीहरूका घरहरूमा कुनै पक्षी वा पशुको रगत नखानू ।
LEV 7:27 जसले रगत खान्छ, त्यो आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ’ ।”
LEV 7:28 परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो,
LEV 7:29 “इस्राएलका मानिसहरूलाई यस्तो भन्, ‘परमप्रभुलाई मेलबलिको भेटी अर्पण गर्ने मानिसले आफ्नो बलिदानको भाग परमप्रभुकहाँ ल्याओस् ।
LEV 7:30 आगोद्वारा परमप्रभुलाई अर्पण गरिने बलिदानचाहिँ त्यस मानिसको आफ्नै हातबाट ल्याइयोस् । त्यसले बलिको छातीसित त्यसको बोसो पनि ल्याओस्, र छातीचाहिँ परमप्रभुको अगि डोलाइने बलिको रूपमा डोलाइयोस् ।
LEV 7:31 पुजारीले बोसोलाई वेदीमा जलाओस्, तर छातीचाहिँ हारून र त्यसका वंशको हुने छ ।
LEV 7:32 तैँले पुजारीलाई तेरा मेलबलिहरूबाट बलिदानको रूपमा दाहिने फिला भेटी दिनू ।
LEV 7:33 हारूनका सन्तानहरूमध्ये मेलबलिहरूको रगत र बोसोलाई अर्पण गर्ने पुजारीले बलिदानबाट दाहिने फिला हिस्साको रूपमा लिओस् ।
LEV 7:34 किनभने मैले इस्राएलका मानिसहरूबाट डोलाइने बलिको छाती र योगदानको रूपमा फिला लिएको छु, र ती पुजारी हारून र त्यसका छोराहरूलाई सदाको निम्ति हिस्सास्वरूप दिइएको छ ।
LEV 7:35 पुजारीको कार्यमा परमप्रभुको निम्ति सेवा पुर्‍याउनलाई हारून र त्यसका सन्तानलाई मोशाले अर्पण गरेको दिनमा परमप्रभुको निम्ति आगोद्वारा चढाइएको बलिदानबाट तिनीहरूका निम्ति हिस्सा यही नै हो ।
LEV 7:36 परमप्रभुले पुजारीहरूलाई अभिषेक गर्नुभएको दिनमा इस्राएलका मानिसहरूबाट तिनीहरूलाई दिनको निम्ति उहाँले आज्ञा गर्नुभएको हिस्सा यही नै हो । सबै पुस्ताहरूमा यो तिनीहरूकै हिस्सा हुने छ ।
LEV 7:37 होमबलि, अन्‍नबलि, पापबलि, दोषबलि, अभिषेकको बलि र मेलबलिका विधि यी नै हुन्,
LEV 7:38 जुन परमप्रभुले सीनैको मरुभूमिमा इस्राएलका मानिसहरूलाई आफ्ना बलिदानहरू परमप्रभुलाई अर्पण गर्नू भनी आज्ञा दिनुभएको दिनमा सीनै पर्वतमा मोशालाई आज्ञा गर्नुभयो’ ।”
LEV 8:1 परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
LEV 8:2 “हारून र त्यसका छोराहरूलाई वस्‍त्रहरू र अभिषेक गर्ने तेल, पापबलिको साँढे, दुईवटा भेडा र अखमिरी रोटीको डालोसहित ल्याउनू ।
LEV 8:3 भेट हुने पालको प्रवेशद्वारमा सबै समुदायलाई भेला गर्नू ।”
LEV 8:4 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ उनले गरे, र सबै समुदाय भेट हुने पालको प्रवेशद्वारमा भेला भए ।
LEV 8:5 अनि मोशाले समुदायलाई भने, “परमप्रभुले गर्नू भनेर आज्ञा गर्नुभएको यही नै हो ।”
LEV 8:6 मोशाले हारून र तिनका छोराहरूलाई ल्याएर पानीले धोए ।
LEV 8:7 उनले हारूनलाई दौरा लगाइदिए र तिनको कम्मरमा फिता लगाइदिए, अनि तिनलाई लबेदा पहिराइदिएर एपोद लगाइदिए, र असल प्रकारले बुनिएको पटुकाले एपोद कसे अनि बाँधिदिए ।
LEV 8:8 उनले तिनलाई छाती-पाता लगाइदिए, र छाती-पातामा ऊरीम र तुम्मीम राखिदिए ।
LEV 8:9 उनले तिनको शिरमा फेटा लगाइदिए, र परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ त्यस फेटाको अगाडिपट्टि सुनको पाता, अर्थात् पवित्र मुकुट लगाइदिए ।
LEV 8:10 मोशाले अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्यसमा भएका सबै कुरालाई अभिषेक गरे र परमप्रभुको निम्ति ती अलग गरे ।
LEV 8:11 उनले सात पटक वेदीमा तेल छर्के, अनि वेदी र त्यसका सबै भाँडाकुँडाहरू, धुने बाटा र त्यसको फेदसमेत परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे ।
LEV 8:12 उनले केही अभिषेक गर्ने तेल हारूनको शिरमा खन्याए र तिनलाई पनि परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे ।
LEV 8:13 मोशाले हारूनका छोराहरूलाई ल्याएर दौरा पहिराइदिए । परमप्रभुले उनलाई आज्ञा गर्नुभएअनुसार उनले तिनीहरूका कम्मरमा फिता लगाइदिए र तिनीहरूका शिरमा सुतीको कपडाको फेटा बेरिदिए ।
LEV 8:14 मोशाले पापबलिको साँढे ल्याए, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस पापबलिको साँढेको टाउकोमाथि राखे ।
LEV 8:15 उनले त्यो मारे, र रगत लिएर आफ्नो औँलाले वेदीका सिङहरूमा लगाए, अनि वेदीलाई पवित्र गराएर वेदीको फेदमा रगत खन्याए, र त्यसको निम्ति प्रायश्‍चित्त गर्नलाई वेदीलाई परमप्रभुको निम्ति अलग गरे ।
LEV 8:16 मोशाले भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र तिनका बोसो लिए र ती सबै वेदीमा जलाए ।
LEV 8:17 तर परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ उनले त्यो साँढे, त्यसको छाला, त्यसको मासु, र गोबरलाई छाउनीबाहिर जलाए ।
LEV 8:18 मोशाले होमबलिको निम्ति भेडालाई अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे ।
LEV 8:19 उनले त्यो मारे र त्यसको रगतलाई वेदीको सबैतिर छर्के ।
LEV 8:20 उनले त्यस भेडालाई टुक्रा-टुक्रा गरी काटे र त्यसको टाउको, ती टुक्राहरू र बोसोलाई जलाए ।
LEV 8:21 उनले त्यसका भित्री भागहरू र खुट्टाहरूलाई पानीले पखाले, र पुरै भेडालाई वेदीमा जलाए । त्यो होमबलि थियो र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्यसले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदानस्वरूप मिठो सुगन्ध दियो ।
LEV 8:22 अनि मोशाले अर्को भेडा, अर्थात् पवित्रीकरणको भेडा पनि अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे ।
LEV 8:23 हारूनले त्यो मारे, र मोशाले त्यसको केही रगत लिएर हारूनको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्टाको बुढी औँलामा लगाइदिए ।
LEV 8:24 उनले हारूनका छोराहरूलाई ल्याए, र तिनीहरूका दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला र दाहिने खुट्टाको बुढी औँलामा केही रगत लगाइदिए । त्यसपछि मोशाले त्यसको रगत वेदीको सबैतिर छर्के ।
LEV 8:25 उनले बोसो, बोसे-पुच्छर, भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र त्यसको बोसो, र दाहिने फिला लिए ।
LEV 8:26 परमप्रभुको सामु भएको अखमिरी रोटीको डालोबाट उनले एउटा अखमिरी रोटी, एउटा तेल मिसाइएको रोटी र एउटा पापड लिएर बोसो र दाहिने फिलामा राखे ।
LEV 8:27 उनले ती सबै हारून र तिनका छोराहरूका हातमा राखे र डोलाइने बलिस्वरूप परमप्रभुको अगि डोलाए ।
LEV 8:28 त्यसपछि मोशाले ती सबै तिनीहरूका हातबाट लिए र होमबलिको निम्ति वेदीमा जलाए । मिठो सुगन्ध दिने अभिषेकको बलि यही थियो ।
LEV 8:29 मोशाले रोटी लिए र परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा डोलाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ पुजारी-अर्पणको भेडा मोशाकै भाग थियो ।
LEV 8:30 मोशाले वेदीमा भएको केही अभिषेक गर्ने तेल र रगत लिए, अनि हारून, तिनका वस्‍त्र, तिनका छोराहरू र तिनीसँगै तिनका छोराहरूका वस्‍त्रमा छर्किदिए । यसरी उनले हारून र तिनका वस्‍त्र, र तिनका छोराहरू र तिनीहरूका वस्‍त्र सबै परमप्रभुको निम्ति अलग गरे ।
LEV 8:31 यसैकारण मोशाले हारून र तिनका छोराहरूलाई भने, “भेट हुने पालको प्रवेशद्वारमा मासुलाई उमाल्नू, र मैले ‘हारून र तिनका छोराहरूले खाऊन्’ भनेर आज्ञा गरेझैँ अभिषेकको डालोमा भएको रोटीसहित त्यसलाई त्यहीँ खाओ ।
LEV 8:32 मासु र रोटीबाट जे बाँकी हुन्छ त्यसलाई जलाउनू ।
LEV 8:33 तिमीहरूको अर्पणको काम पुरा नभएसम्म अर्थात् सात दिनसम्म भेट हुने पालको प्रवेशद्वारभन्दा बाहिर नजानू । किनभने परमप्रभुले तिमीहरूलाई सात दिनसम्म अभिषेक गर्नुहुने छ ।
LEV 8:34 आजको दिनमा जे गरियो, त्यो तिमीहरूको प्रायश्‍चित्तको निम्ति परमप्रभुले आज्ञा गर्नुभएको हो ।
LEV 8:35 तिमीहरू भेट हुने पालको प्रवेशद्वारमा सात दिनसम्म दिन र रात बस्‍नू, र परमप्रभुको आज्ञा मान्‍नू, अनि तिमीहरू मर्ने छैनौ, किनभने मलाई यस्तै आज्ञा भएको छ ।”
LEV 8:36 यसैकारण हारून र तिनका छोराहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कुरा गरे ।
LEV 9:1 आठौँ दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका धर्म-गुरुहरूलाई बोलाए ।
LEV 9:2 उनले हारूनलाई भने, “पापबलिको निम्ति बगालबाट एउटा बाछो, र होमबलिको निम्ति एउटा निष्‍खोट भेडा लिएर परमप्रभुको अगि अर्पण गर्नू ।
LEV 9:3 इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘पापबलिको निम्ति एउटा बोको र होमबलिको निम्ति एक-एक वर्षको निष्‍खोट बाछो र भेडाको बच्‍चा लिनू,
LEV 9:4 र परमप्रभुको अगि बलिदानको निम्ति मेलबलिस्वरूप एउटा साँढे र एउटा भेडा, र तेल मिसाइएको अन्‍नबलि लिनू, किनभने आज परमप्रभु तिमीहरूकहाँ देखा पर्नुहुने छ ।’”
LEV 9:5 यसैकारण मोशाले भनेअनुसार तिनीहरूले सबै कुरा भेट हुने पालमा ल्याए, र इस्राएलका सबै समुदाय परमप्रभुको सामु आई खडा भए ।
LEV 9:6 अनि मोशाले भने, “परमप्रभुको महिमा तिमीहरूको सामु प्रकट होस् भनेर उहाँले तिमीहरूलाई आज्ञा गर्नुभएका कुरा यी नै हुन् ।”
LEV 9:7 मोशाले हारूनलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएझैँ वेदीको नजिक आऊ र आफ्नो पापबलि र होमबलि अर्पण गर, र आफ्नै निम्ति र मानिसहरूका निम्ति प्रायश्‍चित्त गर, र मानिसहरूका निम्ति प्रायश्‍चित्तस्वरूप बलिदानलाई अर्पण गर ।”
LEV 9:8 यसैकारण हारून वेदीको नजिक गए अनि आफ्नै निम्ति पापबलिको बाछो मारे ।
LEV 9:9 हारूनका छोराहरूले तिनको सामु रगत टक्र्याए, अनि तिनले आफ्नो औँलालाई रगतमा चोपेर वेदीका सिङहरूमा लगाए, र त्यसपछि तिनले रगतलाई वेदीको फेदमा खन्याए ।
LEV 9:10 तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले बोसो, मृगौलाहरू, र कलेजोलाई ढाक्‍ने भागलाई पापबलिस्वरूप वेदीमा जलाए ।
LEV 9:11 मासु र छाला भने छाउनीभन्दा बाहिर जलाइयोस् ।
LEV 9:12 हारूनले होमबलिलाई जलाए, र तिनका छोराहरूले तिनलाई रगत दिए र तिनले त्यो रगतलाई वेदीको सबैतिर छर्के ।
LEV 9:13 तिनीहरूले होमबलिलाई टुक्रा-टुक्रा गरी टाउकोसमेत तिनलाई दिए र तिनले ती सबै वेदीमा जलाए ।
LEV 9:14 तिनले भित्री भागहरू र खुट्टाहरूलाई धोए र ती सबैलाई वेदीको होमबलिमाथि जलाए ।
LEV 9:15 हारूनले मानिसहरूका बलिदानको भेटीस्वरूप एउटा बोको अर्पण गरे, र तिनीहरूका पापको निम्ति बलिदानको रूपमा त्यसलाई लिएर मारे; तिनले पहिलो बोकोलाई गरेझैँ यसलाई पनि पापको निम्ति बलिदान गरे ।
LEV 9:16 परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनले होमबलिलाई अर्पण गरे ।
LEV 9:17 तिनले अन्‍नबलि अर्पण गरेपछि त्यसबाट एक मुट्ठी लिए अनि त्यही बिहानीको होमबलिसँगै त्यसलाई वेदीमा जलाए ।
LEV 9:18 तिनले त्यो साँढे र मानिसहरूको निम्ति चढाइने मेलबलिको भेडालाई पनि मारे । हारूनका छोराहरूले तिनलाई रगत दिए, र तिनले त्यो वेदीको सबैतिर छर्के ।
LEV 9:19 तर तिनीहरूले त्यस साँढे र भेडाको बोसो, बोसे-पुच्छर, भित्री भागहरूलाई ढाक्‍ने बोसो, मृगौलाहरू, र कलेजोलाई ढाक्‍ने भागलाई काटी निकाले ।
LEV 9:20 आफूले काटेर निकालेका भागलाई लिएर तिनीहरूले छातीमा राखे, अनि हारूनले बोसोलाई वेदीमा जलाए ।
LEV 9:21 मोशाले आज्ञा गरेझैँ हारूनले छाती र दाहिने फिलालाई परमप्रभुको अगि डोलाइने बलिझैँ डोलाए ।
LEV 9:22 त्यसपछि हारूनले आफ्ना हात मानिसहरूतर्फ उठाएर तिनीहरूलाई आशिष् दिए, अनि पापबलि, होमबलि र मेलबलि अर्पण गर्ने स्थानबाट तिनी तल झरे ।
LEV 9:23 मोशा र हारून भेट हुने पालभित्र पसेर बाहिर आए अनि मानिसहरूलाई आशिष् दिए, अनि परमप्रभुको महिमा सबै मानिसहरूको सामु प्रकट भयो ।
LEV 9:24 परमप्रभुबाट आगो बाहिर निस्‍कियो र वेदीको होमबलि र बोसोलाई भस्‍म पारिदियो । जब सारा मानिसहरूले यो देखे, तिनीहरू उच्‍च सोरमा कराए र आफ्नो शिर निहुराए ।
LEV 10:1 हारूनका छोराहरू नादाब र अबीहू दुवैले हारूनको धुपौरो लिए र त्यसमा आगो र धूप राखे । अनि तिनीहरूले परमप्रभुले आज्ञा नगर्नुभएको आगो उहाँको सामु अर्पण गरे ।
LEV 10:2 यसैकारण परमप्रभुको सामुबाट आगो निस्‍कियो र तिनीहरूलाई भष्‍म गरिदियो, र तिनीहरू परमप्रभुको सामु मरे ।
LEV 10:3 अनि मोशाले हारूनलाई भने, “परमप्रभुले भन्‍नुभएको कुरा यही हो, ‘मेरो नजिक आउनेहरू सबैलाई म मेरो पवित्रता प्रकट गर्ने छु । म सबै मानिसहरूका सामु महिमित हुने छु ।’” हारूनले केही बोलेनन् ।
LEV 10:4 मोशाले हारूनका काका उज्‍जीएलका छोराहरू मीशाएल र एलसाफानलाई बोलाएर भने, “यहाँ आओ र पवित्र वासस्थानबाट आफ्ना भाइहरूलाई निकालेर छाउनीभन्दा बाहिर लैजाओ ।”
LEV 10:5 यसैकारण मोशाले आज्ञा गरेझैँ तिनीहरू पुजारीकै दौरा लगाएर नजिक आए र तिनीहरूलाई छाउनीबाट बाहिर लगे ।
LEV 10:6 त्यसपछि मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई यसो भने, “तिमीहरूको शिरको केश नफुकाल, र आफ्ना वस्‍त्रहरू नच्यात, अनि तिमीहरू मर्ने छैनौ, र परमप्रभु सबै समुदायसँग क्रोधित हुनुहुने छैन । तर आफ्ना नातेदारहरू अर्थात् समस्त इस्राएलको घरानालाई परमप्रभुको आगोले भष्‍म गरेकाहरूका निम्ति विलाप गर्न देओ ।
LEV 10:7 तिमीहरूमाथि परमप्रभुका अभिषेकको तेल भएको हुनाले तिमीहरू भेट हुने पालको प्रवेशद्वारभन्दा बाहिर नजानू, नत्रता तिमीहरू मर्ने छौ ।” यसैकारण मोशाले आज्ञा गरेझैँ तिनीहरूले गरे ।
LEV 10:8 परमप्रभु यसो भनेर हारूनसँग बोल्‍नुभयो,
LEV 10:9 “तँ र तँसँगै भएका तेरा छोराहरू भेट हुने पालभित्र जाँदा मदिरा वा कुनै कडा मद्य नपिउनू, नत्रता तिमीहरू मर्ने छौ । पवित्र र साधारण, अनि अशुद्ध र शुद्धबिच भेद गराउनको निम्ति,
LEV 10:10 तिमीहरूका सारा वंशमा यो सदाको निम्ति एउटा विधि होस्,
LEV 10:11 ताकि मोशाद्वारा परमप्रभुले आज्ञा गर्नुभएका सबै विधिविधानहरू तिमीहरूले इस्राएलका मानिसहरूलाई सिकाउन सक ।”
LEV 10:12 मोशाले हारून र तिनका बाँकी छोराहरू एलाजार र ईतामारलाई भने, “परमप्रभुको सामु आगोद्वारा गरिएको बलिदानबाट बाँकी अन्‍नबलि लिएर वेदीको छेउमा खमिर नराखी खाओ, किनभने यो अति पवित्र छ ।
LEV 10:13 तिमीहरूले त्यो पवित्र स्थानमा खाओ, किनभने परमप्रभुलाई आगोद्वारा चढाइएका बलिदानहरूबाट यो तेरो र तेरा छोराहरूको भाग हो, किनकि तिमीहरूलाई यो कुरा बताउन मलाई आज्ञा भएको छ ।
LEV 10:14 डोलाइएको छाती र परमप्रभुलाई अर्पण गरिएको फिला परमप्रभुलाई ग्रहणयोग्‍य हुने शुद्ध ठाउँमा तिमीहरूले खानू । ती भागहरू तँ र तेरा छोराछोरीहरूले खानू, किनकि इस्राएलका मानिसहरूका मेलबलिका भेटीहरूबाट ती तँ र तेरा छोराहरूको भागमा दिइएका छन् ।
LEV 10:15 तिमीहरूले अर्पण गरिएको फिला र डोलाइएको छाती, आगोद्वारा चढाइने बोसोको बलिसँगै परमप्रभुको सामु डोलाइनको निम्ति ल्याउनू । परमप्रभुले आज्ञा गर्नुभएझैँ ती सदाको निम्ति तेरो र तेरा छोराहरूको भाग हुने छन् ।”
LEV 10:16 त्यसपछि मोशाले पापबलिको बोकोको बारेमा सोधे, र त्यो जलाइएको रहेछ भनेर उनले थाहा पाए । यसैकारण हारूनका बाँकी रहेका छोराहरू एलाजार र ईतामारसँग उनी रिसाएर यसो भने,
LEV 10:17 “तिमीहरूले त्यो पापबलिलाई पवित्र वासस्थानको क्षेत्रमा किन खाएनौ, किनकि त्यो अति पवित्र हो, र समुदायको पाप हटाउन र उहाँको सामु तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्नका लागि परमप्रभुले त्यो तिमीहरूलाई दिनुभएको होइन र?
LEV 10:18 हेर, त्यसको रगत यस पवित्र वासस्थानमा ल्याइएको थिएन, यसैकारण मैले आज्ञा गरेझैँ तिमीहरूले निश्‍चय नै त्यो पवित्र वासस्थानको क्षेत्रमा खानुपर्ने थियो ।”
LEV 10:19 त्यसपछि हारूनले मोशालाई जवाफ दिए, “हेर्नुहोस्, तिनीहरूले आज परमप्रभुको अगि पापबलि र होमबलि अर्पण गरे, अनि आज मलाई यस्तो हुन आयो । यदि मैले त्यो पापबलि खाएको भए, के त्यो परमप्रभुलाई मनपर्दो हुने थियो?”
LEV 10:20 जब मोशाले यो सुने, उनी सन्तुष्‍ट भए ।
LEV 11:1 परमप्रभु मोशा र हारूनसँग यसरी बोल्‍नुभयो,
LEV 11:2 “इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘पृथ्‍वीमा भएका सबै पशुहरूमध्ये तिमीहरूले खान मिल्‍ने जीवित प्राणीहरू यी नै हुन् ।
LEV 11:3 चिरिएको खुर भएको र उग्राएर चबाउने सबै पशु तिमीहरूले खान मिल्‍छ ।
LEV 11:4 तर, उग्राएर चबाउने वा चिरिएको खुर मात्र भएको पशुचाहिँ तिमीहरूले नखानू, जस्तै ऊँट, किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन । यसकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।
LEV 11:5 अनि शापन किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।
LEV 11:6 अनि खरायो तिमीहरूका निम्ति अशुद्ध हो किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन ।
LEV 11:7 अनि सुँगुरको खुर चिरिएको भए तापनि त्यसले उग्राएर चबाउँदैन । यसैकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।
LEV 11:8 तिमीहरूले यी कुनै पशुको मासु नखानू, न त तिनीहरूको सिनु छुनू । यी तिमीहरूका निम्ति अशुद्ध हुन् ।
LEV 11:9 पानीमा पाइने प्राणीहरूमा सागर वा नदीहरूमा पाइने पखेटा र कत्‍ला भएका सबै तिमीहरूले खान मिल्‍छ ।
LEV 11:10 तर सागर वा नदीहरूका सबै जीवित प्राणीहरू र पानीमा हिँड्ने र पानीमा पाइने सबै जीवित प्राणीहरू जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूले घृणा गर्नू ।
LEV 11:11 ती घृणित भएका हुनाले, तिमीहरूले तिनका मासु नखानू, र तिनका सिनुलाई पनि घृणा गर्नू ।
LEV 11:12 पानीमा पाइने प्राणी जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूद्वारा घृणित होस् ।
LEV 11:13 तिमीहरूले घृणा गर्नुपर्ने र खान नहुने पक्षीहरू यी हुन्ः गरुड, गिद्ध,
LEV 11:14 चील, सबै प्रकारका बेसारो,
LEV 11:15 सबै प्रकारका काग,
LEV 11:16 सुतुरमुर्ग र हुचील, समुद्रीचरो, र सबै प्रकारका बाज ।
LEV 11:17 तिमीहरूले यी पक्षीहरूलाई पनि घृणा गर्नू, सानो र ठुलो लाटोकोसेरो, जलकाग,
LEV 11:18 राजहंस र धनेस, माछा खाने चील,
LEV 11:19 सारस, सबै प्रकारका बकुल्‍ला, फाप्रेचरो र चमेरो ।
LEV 11:20 चार खुट्‍टाले हिँड्ने पखेटा भएका सबै किराहरू तिमीहरूका निम्ति घृणित हुन् ।
LEV 11:21 तर उड्ने किराहरूमा चार खुट्‍टाले हिँड्ने र जमिनमा उफ्रनको निम्ति खुट्‍टामा जोर्नीहरू भएकाहरूचाहिँ तिमीहरूले खान मिल्छ ।
LEV 11:22 तिमीहरूले कुनै पनि प्रकारका सलह, खुइले-सलह, किथ्रो, वा फटेङ्ग्रो पनि खान मिल्छ ।
LEV 11:23 तर चार खुट्‍टा भएका सबै उड्ने किराहरूचाहिँ तिमीहरूद्वारा घृणित होस् ।
LEV 11:24 यदि तिमीहरूले यीमध्ये कुनैको सिनुलाई छोयौ भने तिमीहरू साँझसम्म अशुद्ध हुने छौ ।
LEV 11:25 जसले तीमध्ये कसैको सिनु बोक्‍छ, उसले आफ्ना लुगा धोओस् र साँझसम्मै त्यो अशुद्ध रहने छ ।
LEV 11:26 हरेक पशु जसको खुर पुरै चिरिएको छैन वा जसले उग्राएर चबाउँदैन, त्यो तिमीहरूका निम्ति अशुद्ध हुन्छ । ती छुने सबै अशुद्ध हुने छन् ।
LEV 11:27 चार खुट्‍टाले हिँड्ने पशुहरूमध्ये आफ्ना पन्‍जाले हिँड्नेचाहिँ तिमीहरूका निम्ति अशुद्ध हुन्छन् । त्यस्तो सिनु छुने जो कोही साँझसम्म अशुद्ध हुने छ ।
LEV 11:28 त्यस्तो सिनु बोक्‍ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र साँझसम्म त्यो अशुद्ध रहोस् । यी पशुहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन् ।
LEV 11:29 जमिनमा घस्रने पशुहरूमा यी प्राणीहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन्ः न्याउरीमूसो, मूसो, सबै थरीका ठुलो छेपारो,
LEV 11:30 गोहोरो, सालक, भालेमुङ्‍रो, बालुवाको छेपारो, र रङ्ग बदल्‍ने छेपारो ।
LEV 11:31 घस्रने पशुहरूमा यी सबै तिमीहरूका निम्ति अशुद्ध हुने छन् । ती मरेपछि ती छुने सबै साँझसम्म अशुद्ध हुने छन् ।
LEV 11:32 तिनीहरूमध्ये कोही मरेर केही कुरामाथि पर्‍यो भने, त्यो वस्तु काठ, कपडा, छाला, वा भाङ्‍रो, जे सुकैबाट बनेको भए तापनि त्यो अशुद्ध हुने छ । त्यो जे भए तापनि र त्यो जे सुकैको निम्ति प्रयोग हुने भए तापनि, त्यो पानीमा डुबाइनुपर्छ, र त्यो साँझसम्म अशुद्ध रहने छ । त्यसपछि त्यो शुद्ध हुने छ ।
LEV 11:33 यदि कुनै माटोको भाँडोमा कुनै अशुद्ध प्राणी पर्‍यो भने, त्यस भाँडोमा भएको जेसुकै अशुद्ध हुने छ, र तिमीहरूले त्यो भाँडोलाई नष्‍ट गर्नू ।
LEV 11:34 कुनै खान मिल्‍ने कुरामा त्यस्तो भाँडोको पानी पर्‍यो भने त्यो अशुद्ध हुन्छ । त्यस भाँडोको कुनै पनि पिउने तरल पदार्थ अशुद्ध हुन्छ ।
LEV 11:35 जुन कुरामाथि तिनीहरूको सिनु खस्‍छ, त्यो वस्तु भट्‍टी वा सानो चुलो जे भए तापनि त्यसलाई टुक्रा-टुक्रा गरिनुपर्छ । ती अशुद्ध हुन् र तिमीहरूका निम्ति ती अशुद्ध रहून् ।
LEV 11:36 जरुवा वा दहको पानी शुद्ध रहने छ; तर तिनीहरूको सिनु छुने सबै अशुद्ध हुन्छन् ।
LEV 11:37 यदि तिनीहरूको सिनुको कुनै भाग छरिने बिउमा पर्‍यो भने, ती बिउहरू भने शुद्ध नै रहन्छन् ।
LEV 11:38 तर यदि बिउमा पानी राखिएको भए, र तिनीहरूको सिनुको कुनै भाग तीमाथि पर्‍यो भने, ती तिमीहरूका निम्ति अशुद्ध हुने छन् ।
LEV 11:39 तिमीहरूले खाने गरेका कुनै पशु मर्‍यो भने, त्यसको सिनु छुने कोही पनि साँझसम्म अशुद्ध हुने छ ।
LEV 11:40 त्यस्तो सिनु खाने जो कोहीले आफ्ना लुगाहरू धुनुपर्छ र त्यो साँझसम्म अशुद्ध रहने छ । त्यस्तो सिनुबाट केही लिने जो कोहीले आफ्ना लुगाहरू धोओस् र त्यो साँझसम्म अशुद्ध रहने छ ।
LEV 11:41 जमिनमा घस्रने सबै प्राणी घृणित हुनुपर्छ । ती नखानू ।
LEV 11:42 आफ्नो पेटले हिँड्ने, वा सबै चार खुट्‍टा प्रयोग गरी हिँड्ने, वा धेरै खुट्‍टा भएका जुनसुकै जमिनमा घस्रेर हिँड्ने प्राणी तिमीहरूले नखानू, किनकि ती घृणित हुनुपर्छ ।
LEV 11:43 कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू; आफूलाई अपवित्र बनाउने गरी तीबाट तिमीहरू अशुद्ध नहुनू ।
LEV 11:44 किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । म पवित्र भएको कारण तिमीहरूले आफैलाई पवित्र राख्‍नुपर्छ, र यसैकारण तिमीहरू पवित्र होओ । जमिनमा घस्रने कुनै पनि प्राणीबाट तिमीहरूले आफैलाई अपवित्र नबनाओ ।
LEV 11:45 किनभने तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु म नै हुँ । यसैकारण म पवित्र भएको हुनाले तिमीहरू पवित्र होओ ।
LEV 11:46 सबै पशु, पक्षी, पानीमा चलहल गर्ने सबै जीवित प्राणी, र जमिनमा घस्रने सबै प्राणीसम्बन्धी विधि यी नै हुन्,
LEV 11:47 जसका बिचमा अशुद्ध र शुद्ध, र खान मिल्‍ने र नमिल्‍ने प्राणीहरू भनेर छुट्ट्‍याउन जरुरी छ’ ।”
LEV 12:1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
LEV 12:2 “इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘यदि कुनै स्‍त्री गर्भवती भएर त्यसले छोरो जन्माई भने, त्यसको रजस्‍वलाका दिनहरूझैँ त्यो सात दिनसम्म अशुद्ध रहने छे ।
LEV 12:3 आठौँ दिनमा चाहिँ त्यस बालकको खलडीको खतना गरिनुपर्छ ।
LEV 12:4 त्यसपछि त्यस स्‍त्रीको रक्‍तस्रावको शुद्धिकरण तेत्तिस दिनसम्म जारी रहने छ । त्यसको शुद्धिकरणको समय पुरा नभएसम्म त्यसले कुनै पवित्र कुरा छुनुहुँदैन वा पवित्र स्थानमा आउनुहुँदैन ।
LEV 12:5 तर यदि त्यसले छोरी जन्माई भने, त्यसको रजस्‍वलाको समयमा झैँ त्यो दुई हप्‍तासम्म अशुद्ध रहने छे । त्यसपछि त्यसको शुद्धिकरण छैसट्ठी दिनसम्मै जारी रहने छ ।
LEV 12:6 त्यसको शुद्धिकरणको समय पुरा भएपछि छोराको निम्ति होस् वा छोरीको निम्ति होस्, त्यसले पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा होमबलिको निम्ति एउटा एक वर्षे भेडाको बच्‍चा, र पाप बलिको निम्ति एउटा परेवाको बचेरो वा ढुकुर ल्याओस् ।
LEV 12:7 त्यसपछि पुजारीले त्यो परमप्रभुको अगि चढाएर त्यस स्‍त्रीको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यो आफ्नो रक्‍तस्रावबाट शुद्ध हुने छे । छोरा वा छोरी जन्माउने स्‍त्रीको निम्ति विधि यही नै हो ।
LEV 12:8 यदि त्यस स्‍त्रीको भेडाको बच्‍चा ल्याउने क्षमता छैन भने, त्यसले होमबलिको निम्ति एउटा र पापबलिको निम्ति एउटा गरेर दुईवटा ढुकुर वा परेवाका दुईवटा वचेरा ल्याओस्, र पुजारीले त्यसको निम्ति प्रायश्‍चित्त गर्ने छ अनि त्यो शुद्ध हुने छे’ ।”
LEV 13:1 परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो,
LEV 13:2 “यदि कसैको शरीरको छाला सुनिएर फुल्‍यो वा त्यसमा खटिरा वा उज्‍ज्‍वल दाग आयो, र त्यो सङ्क्रमित भएर त्यसको शरीरमा छालाको रोग आयो भने, त्यसलाई प्रधान पुजारी अर्थात् हारून वा त्यसका पुजारी छोराहरूकहाँ ल्याइनुपर्छ ।
LEV 13:3 त्यसपछि पुजारीले त्यसको शरीरमा आएको छालाको रोगको जाँच गर्ने छ । यदि रोग लागेको ठाउँको रौँ सेतो भएको छ, र त्यो रोग छालामा गहिरो भएको छ भने, त्यो सरुवा रोग हो । पुजारीले त्यसलाई हेरेपछि उसले त्यसलाई अशुद्ध भनेर घोषणा गर्ने छ ।
LEV 13:4 यदि त्यसको छालामा भएको उज्‍ज्‍वल दाग सेतो छ, र त्यो छालामा गहिरो देखिँदैन, र त्यो रोग लागेको ठाउँको रौँ सेतो भएको छैन भने, रोग लागेको मानिसलाई पुजारीले सात दिनसम्‍म अलग्‍गै राखोस् ।
LEV 13:5 सातौँ दिनमा पुजारीले त्यो रोग खराब भएको छ वा छैन र छालामा फैलिएको छ वा छैन भनेर जाँच्‍ने छ । यदि फैलिएको छैन भने पुजारीले त्यसलाई अझै सात दिनसम्‍म अलग्‍गै राखोस् ।
LEV 13:6 पुजारीले फेरि सातौँ दिनमा त्यो रोगमा केही सुधार भएको छ वा छैन र छालामा पर-परसम्‍म फैलिएको छ वा छैन भनेर त्यसको जाँच गर्ने छ । यदि फैलिएको छैन भने पुजारीले त्यसलाई शुद्ध घोषणा गर्ने छ । त्यो एउटा डाबर मात्र हो । त्यसले आफ्ना लुगाहरू धोओस्, अनि त्यो शुद्ध हुने छ ।
LEV 13:7 तर त्यसले आफैलाई पुजारीकहाँ देखाइसकेपछि यदि त्यो डाबर छालामा फैलियो भने, त्यसले फेरि आफूलाई पुजारीकहाँ देखाओस् ।
LEV 13:8 त्यो डाबर छालामा अझै परसम्‍म फैलिएको छ वा छैन भनेर पुजारीले जाँच गर्ने छ । यदि त्यो फैलिएको छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गर्ने छ । त्यो सरुवा रोग हो ।
LEV 13:9 यदि कसैलाई सरुवा रोग लागेको छ भने, त्यसलाई पुजारीकहाँ लगिनुपर्छ ।
LEV 13:10 पुजारीले छालामा कुनै भाग सेतो भएर फुलेको छ वा छैन, रौँ सेतो भएको छ वा छैन, वा फुलेको ठाउँमा कुनै आलो मासु पलाएको छ वा छैन भनेर त्यसको जाँच गर्ने छ ।
LEV 13:11 यदि छ भने, त्यो धेरै पुरानो छालाको रोग हो, र पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो पहिले नै अशुद्ध भएको कारणले पुजारीले त्यसलाई अलग्‍गै राख्‍ने छैन ।
LEV 13:12 यदि पुजारीले हेर्दा त्यसको रोग छालाभरि फैलिएर त्यसको शिरदेखि पाउसम्‍मै पुगेको रहेछ भने,
LEV 13:13 त्यो रोगले त्यसका सबै शरीर ढाकेको छ वा छैन भनेर उसले त्यसलाई जाँचोस् । यदि छ भने, त्यो रोग भएको मानिसलाई पुजारीले शुद्ध घोषणा गरोस् । यदि त्यो पुरै सेतो भएको छ भने, त्यो शुद्ध हुने छ ।
LEV 13:14 तर यदि त्यसमा आलो मासु देखा पर्‍यो भने, त्यो अशुद्ध हुने छ ।
LEV 13:15 पुजारीले त्यो आलो मासुलाई हेरेर त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् किनभने आलो मासु अशुद्ध हो । त्यो एउटा सरुवा रोग हो ।
LEV 13:16 तर आलो मासु फेरि सेतो भयो भने, त्यो मानिस पुजारीकहाँ जाओस् ।
LEV 13:17 छाला सेतो भएको छ वा छैन भनेर पुजारीले त्यसको जाँच गर्ने छ । यदि छ भने पुजारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गर्ने छ ।
LEV 13:18 यदि कसैको छालामा कुनै फोका आयो र त्यो निको भयो,
LEV 13:19 र त्यस फोकाको ठाउँमा सुनिएर त्यो सेतो भयो वा त्यहाँ रातो-सेतो उज्‍ज्‍वल दाग आयो भने, त्यो पुजारीलाई देखाइनुपर्छ ।
LEV 13:20 त्यो छालामा गहिरो छ वा छैन र त्यसको रौँ सेतो भएको छ वा छैन भनेर पुजारीले त्यसको जाँच गर्ने छ । यदि त्यस्तो भएको छ भने पुजारीले त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् । फोका भएको ठाउँमा नै त्यो आएको हो भने त्यो एउटा सरुवा रोग हो ।
LEV 13:21 तर पुजारीले जाँच गर्दा त्यसमा कुनै सेतो रौँ छैन भने, र त्यो छालामा गहिरो छैन तर बिलाउँदै गएको छ भने, पुजारीले त्यस मानिसलाई सात दिनसम्‍म अलग्‍गै राखोस् ।
LEV 13:22 यदि त्यो छालामा पर-पर फैलियो भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।
LEV 13:23 तर यदि त्यो सेतो दाग आफ्‍नै ठाउँमा रह्‍यो र त्यो फैलिएन भने, त्यो त्यस फोकाको दाग मात्र हो, र पुजारीले त्यस मानिसलाई शुद्ध घोषणा गरोस् ।
LEV 13:24 यदि छालामा पोलेर घाउ भयो र त्यसको आलो मासुमा रातो-सेतो वा सेतो दाग भयो भने,
LEV 13:25 पुजारीले त्यस दागमा पलाएको रौँ सेतो भएको छ वा छैन, र त्यो छालामा गहिरो भएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो पोलेको घाउ फुटेको छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।
LEV 13:26 तर पुजारीले त्यो जाँच गर्दा त्यस दाग भएको ठाउँमा कुनै सेतो रौँ नभएको, र त्यो छालामा नफैलिएको तर बिलाउँदै गएको पायो भने, पुजारीले त्यसलाई सात दिनसम्‍म अलग्‍गै राखोस् ।
LEV 13:27 सातौँ दिनमा पुजारीले त्यसको जाँच गरोस् । यदि त्यो छालामा पर-परसम्‍म फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।
LEV 13:28 तर यदि त्यो दाग आफ्‍नै ठाउँमा रह्‍यो र छालामा त्यो फैलिएको छैन र बिलाउँदै गएको छ भने, त्यो पोलेको घाउ फुलेको मात्र हो, र पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस्, किनभने त्यो पोलेको घाउको दाग मात्र हो ।
LEV 13:29 यदि कुनै पुरुष वा स्‍त्रीको टाउको वा चिउँडोमा सरुवा रोग लागेको छ भने,
LEV 13:30 पुजारीले त्यो रोग छालामा गहिरो भएको छ वा छैन, र त्यसमा कुनै पहेँलो, मसिनो रौँ छ वा छैन भनेर त्यस रोगको जाँच गर्ने छ । यदि त्यहाँ छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो टाउको वा चिउँडोको चिलाउने सरुवा रोग हो ।
LEV 13:31 पुजारीले त्यो चिलाउने रोगको जाँच गर्दा त्यो छालामा गहिरो नभएको, र त्यसमा कालो रौँ नपलाएको देख्‍यो भने, पुजारीले त्यो चिलाउने रोग लागेको मानिसलाई सात दिनसम्‍म अलग्‍गै राख्‍ने छ ।
LEV 13:32 सातौँ दिनमा पुजारीले त्यो रोग फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यहाँ पहेँलो रौँ छैन, र त्यो रोग छालाभन्‍दा गहिरो छैन भने,
LEV 13:33 त्यो रोग लागेको ठाउँलाई छोडेर त्यसको रौँ खौरियोस्, र त्यो चिलाउने रोग लागेको मानिसलाई पुजारीले अर्को सात दिनसम्‍म अलग्‍गै राखोस् ।
LEV 13:34 सातौँ दिनमा पुजारीले त्यो रोग छालामा फैलिन रोकिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो छालाभन्दा गहिरो भएको छैन भने पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस् । त्यो मानिसले आफ्ना लुगाहरू धुने छ, अनि त्यो शुद्ध हुने छ ।
LEV 13:35 तर पुजारीले त्यसलाई शुद्ध घोषणा गरिसकेपछि त्यो चिलाउने रोग छालामा पर-परसम्‍म फैलियो भने,
LEV 13:36 पुजारीले फेरि त्यसको जाँच गर्नुपर्छ । यदि त्यो रोग छालामा फैलिएको छ भने, पुजारीले पहेँलो रौँ छ वा छैन भनेर हेर्नुपर्दैन । त्यो मानिस अशुद्ध हुन्छ ।
LEV 13:37 तर यदि त्यो चिलाउने रोग फैलिन रोकिएको र त्यस ठाउँमा कालो रौँ पलाएको पुजारीले देख्‍यो भने, त्यो रोग निको भएको हो । त्यो मानिस शुद्ध हुन्छ, र पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस् ।
LEV 13:38 यदि कुनै पुरुष वा स्‍त्रीको शरीरमा सेता दागहरू छन् भने,
LEV 13:39 पुजारीले ती दागहरू फिक्‍का सेता छन् वा छैनन् भनेर त्यस मानिसको जाँच गरोस्, जुन छालामा निस्‍केका डाबर मात्र हुन् । त्यो मानिस शुद्ध छ ।
LEV 13:40 यदि कुनै मानिसको केश झरेको छ, र त्यो तालु खुइले भएको छ भने पनि त्यो शुद्ध रहने छ ।
LEV 13:41 यदि त्यसको शिरको अगिल्‍लो भागको केश झरेको छ, र यदि त्यसको निधार खुइलेको छ भने, त्यो शुद्ध रहने छ ।
LEV 13:42 तर यदि त्यसको खुइलेको शिर वा निधारमा रातो-सेतो खटिरा आएको छ भने, त्यो फुटेर निस्‍केको सरुवा रोग हो ।
LEV 13:43 त्यसपछि पुजारीले त्यस मानिसको खुइलेको शिर वा निधारको सुनिएर फुलेको ठाउँलाई छालाको सरुवा रोगझैँ छ कि छैन भनेर जाँच गर्ने छ ।
LEV 13:44 यदि त्यो त्यस्तै छ भने, त्यसलाई सरुवा रोग लागेको छ, र त्यो अशुद्ध हुने छ । त्यसको शिरमा रोग भएको कारण पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् ।
LEV 13:45 सरुवा रोग लागेको मानिसले झुत्रो लुगा लगाओस्, त्यसले आफ्ना कपाल खुला छोडोस्, र आफ्नो अनुहारलाई नाकसम्‍म ढाकेर त्यसले सोर निकालेर ‘अशुद्ध, अशुद्ध’ भनोस् ।
LEV 13:46 त्यसमा त्यो सरुवा रोग भइन्जेलसम्‍म त्यो अशुद्ध रहने छ । फैलिन सक्‍ने रोगद्वारा त्यो अशुद्ध भएको कारण, त्यो एक्‍लै बस्‍नुपर्छ । त्यो छाउनीभन्दा बाहिर बस्‍नुपर्छ ।
LEV 13:47 यदि कुनै लुगामा ढुसी परेको छ भने, चाहे त्यो ऊनी होस् वा सुती,
LEV 13:48 वा बुनिएको वा ऊनी वा सुती, वा छाला र छालाबाट बनेको कुनै कुराद्वारा बुनिएको होस्,
LEV 13:49 यदि त्यो लुगा, छाला, बुनिएको वा सिलाइएको वस्‍तु, छालाद्वारा बनेको कुनै वस्‍तुमा हरियो वा रातो दाग छ भने त्यो फैलिने ढुसी हो, र त्यो पुजारीलाई देखाइनुपर्छ ।
LEV 13:50 पुजारीले त्यो ढुसी भएको वस्‍तुलाई जाँचोस्, र ढुसी भएको जुनसुकै वस्‍तुलाई सात दिनसम्‍म अलग्‍गै राखोस् ।
LEV 13:51 पुजारीले सातौँ दिनमा त्यो ढुसीलाई फेरि जाँचोस् । यदि त्यो त्यस लुगामा, वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको कुनै वस्‍तुमा, वा छाला वा छाला प्रयोग गरिएको कुनै वस्तुमा फैलिएको छ भने, त्यो हानि गर्ने ढुसी हो, र त्यो वस्तु अशुद्ध हो ।
LEV 13:52 त्यसले त्यो लुगा, ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको, वा छाला वा छालाबाट बनाइएको कुनै वस्तु, वा हानि गर्ने ढुसी भेटिएको जुनसुकै वस्‍तुलाई जलाओस्, किनभने त्यसले रोग लाग्‍न सक्छ । त्यो वस्‍तु पूर्ण रूपमा जलाइनुपर्छ ।
LEV 13:53 पुजारीले त्यो वस्‍तुलाई जाँच्‍दा त्यो लुगा वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको वस्‍तु, वा छालाका वस्‍तुहरूमा ढुसी फैलिएको छैन भने,
LEV 13:54 त्यो ढुसी फेला परेको वस्‍तुलाई पुजारीले धुनू भनी आज्ञा गर्ने छ, र उसले त्यो अझै सात दिनसम्‍म अलग्‍गै राख्‍ने छ ।
LEV 13:55 ढुसी लागेको वस्‍तुलाई धोइसकेपछि पुजारीले त्यसको जाँच गर्ने छ । त्यो ढुसी नफैलिएको भए तापनि त्यसले आफ्‍नो रङ्ग परिवर्तन गरेन भने, त्यो अशुद्ध हुने छ । ढुसी वस्‍तुको जुन ठाउँमा लागेको भए तापनि तैँले त्यसलाई जलाउनू ।
LEV 13:56 पुजारीले त्यो वस्‍तुको जाँच गर्दा त्यसलाई धोइएपछि यदि ढुसी फिका भयो भने, तैँले ढुसी लागेको भागलाई लुगा वा छाला, वा बुनिएको वा सिलाइएको वस्‍तुबाट च्‍यात्‍नू ।
LEV 13:57 यदि त्यो लुगामा, चाहे त्यो बुनिएको वा सिलाइएको वा छालाबाट बनेको वस्‍तु होस्, अझै पनि ढुसी देखियो र त्यो फैलिँदै छ भने, ढुसी भएको जुनसुकै वस्‍तुलाई तैँले जलाउनू ।
LEV 13:58 त्यो लुगा वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको जुनसुकै वस्‍तु, वा छाला वा छालाबाट बनेको कुनै वस्‍तुलाई धोएपछि यदि ढुसी हरायो भने, त्यो वस्‍तुलाई अर्को एक पटक धुनू, र त्यो शुद्ध हुने छ ।
LEV 13:59 कुनै ऊनी वा सुतीको लुगा, ऊनी वा सुतीबाट बुनिएको कुनै वस्‍तु, वा छाला वा छालाबाट बनेको कुनै वस्‍तुको ढुसीसम्बन्धी विधि यी नै हुन्, जसअनुसार तिमीहरूले त्यसलाई शुद्ध वा अशुद्ध भनी घोषणा गर्न सक्छौ ।”
LEV 14:1 परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो,
LEV 14:2 “रोग लागेको मानिसको शुद्धिकरणको दिनको निम्ति विधि यी नै हुन् । त्यसलाई पुजारीकहाँ लगिनुपर्छ ।
LEV 14:3 छालाको सरुवा रोग निको भएको छ वा छैन भनेर हेरेर त्यस मानिसलाई जाँच्‍नको निम्ति पुजारी छाउनीभन्दा बाहिर जाने छ ।
LEV 14:4 त्यसपछि कोही शुद्ध हुनको निम्ति दुई जीवित, शुद्ध चराहरू, देवदारुको काठ, सिन्दुरे रङ्गको धागो, र हिसप ल्याउनू भनी पुजारीले आज्ञा गर्ने छ ।
LEV 14:5 पुजारीले माटोको भाँडामा भएको ताजा पानीमाथि दुई चराहरूमध्ये एउटालाई मार्नू भनी आज्ञा गर्ने छ ।
LEV 14:6 पुजारीले त्यसपछि जीवित चरा र देवदारुको काठ, र सिन्दुरे रङ्गको धागो र हिसप लिने छ, र यी सबैलाई ताजा पानीमाथि मारिएको चराको रगतमा चोप्‍ने छ ।
LEV 14:7 त्यसपछि पुजारीले यस पानीलाई रोगबाट शुद्धिकरण गरिनुपर्ने मानिसमाथि सात पटक छर्कने छ, र त्यसलाई शुद्ध घोषणा गर्ने छ । त्यसपछि पुजारीले जीवित चरालाई भने खुला ठाउँमा छोडिदिने छ ।
LEV 14:8 शुद्धिकरण भइरहेको मानिसले आफ्‍ना लुगाहरू धुने छ, आफ्‍नो सबै कपाल खौरने छ, र पानीले नुहाउने छ, र त्यो शुद्ध हुने छ । त्यसपछि त्यो छाउनीभित्र आओस्, तर त्यो सात दिनसम्‍म आफ्नो पालभन्दा बाहिरै बसोस् ।
LEV 14:9 सातौँ दिनमा त्यसले आफ्नो शिरको कपाल, र आफ्‍नो दाह्री र आँखीभुइँ खौरोस् । त्यसले आफ्‍नो सबै कपाल खौरोस्, र आफ्‍ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो शुद्ध हुने छ ।
LEV 14:10 आठौँ दिनमा त्यसले दुईवटा निष्‍खोट भेडाका पाठा, एउटा निष्‍खोट एक वर्षे भेडाको पाठी, र अन्‍नबलिको निम्ति तेलसँग मुछिएको डेढ पाथी मसिनो पिठो, र आधा माना तेल ल्याओस् ।
LEV 14:11 शुद्ध गर्ने पुजारीले शुद्ध गरिनुपर्ने मानिसलाई ती सर-सामानहरूसँगै परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा खडा गराओस् ।
LEV 14:12 पुजारीले दुईवटा भेडाका पाठामध्ये एउटा लिने छ र आधा माना तेलसँगै दोषबलि अर्पण गर्ने छ, र परमप्रभुको अगि डोलाइने बलिको रूपमा उसले त्यो डोलाउने छ ।
LEV 14:13 उसले त्यो भेडाको पाठोलाई पवित्रस्थानमा पापबलिहरू र होमबलिहरू मारिने ठाउँमा मारोस्, किनभने पापबलि र दोषबलि पुजारीको भागको हो, कारण त्यो अति पवित्र हो ।
LEV 14:14 पुजारीले दोषबलिको केही रगत लिने छ र शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पोमा, दाहिने हातको बुढी औँलामा, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ ।
LEV 14:15 पुजारीले मानाबाट तेल लिएर आफ्नै देब्रे हातको हत्‍केलामा खन्‍याउने छ र
LEV 14:16 र आफ्नो देब्रे हातमा भएको तेलमा आफ्नो दाहिने औँला चोपेर परमप्रभुको अगि केही तेल सात पल्‍ट छर्कने छ ।
LEV 14:17 पुजारीले आफ्नो हातमा बाँकी रहेको तेललाई शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ ।
LEV 14:18 अनि पुजारीले आफ्नो हातमा बाँकी रहेको तेलचाहिँ शुद्ध गरिनुपर्ने मानिसको शिरमा खन्याउने छ, र पुजारीले परमप्रभुको अगि त्यो मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ ।
LEV 14:19 अनि पुजारीले पापबलिलाई अर्पण गर्ने छ र आफ्नो अशुद्धताको कारण शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र पछि उसले होमबलिलाई मार्ने छ ।
LEV 14:20 त्यसपछि पुजारीले होमबलि र अन्‍नबलिलाई वेदीमा अर्पण गर्ने छ । पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, अनि त्यो शुद्ध हुने छ ।
LEV 14:21 तर यदि त्यो मानिस गरिब छ, र यी बलिदानहरू ल्याउने त्यसको औकात छैन भने, त्यसले एउटा भेडाको पाठोलाई डोलाइनको निम्ति दोषबलिको रूपमा आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई ल्याओस्, र अन्‍नबलिको निम्ति तेलमा मुछिएको आधा पाथी मसिनो पिठो, र आधा माना तेल,
LEV 14:22 र आफूले ल्याउन सक्‍ने जति दुईवटा ढुकुर वा परेवाका दुई बचेरा ल्याओस् । एउटा चराचाहिँ पापबलि हुने छ र अर्कोचाहिँ होमबलि हुने छ ।
LEV 14:23 आठौँ दिनमा त्यसले यी सबै आफ्नो शुद्धिकरणको निम्ति पुजारीकहाँ परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस् ।
LEV 14:24 पुजारीले बलिदानको निम्ति भेडाको बच्‍चा लिने छ, र त्यससँगै उसले आधा माना जैतूनको तेल लिने छ, र उसले ती माथि उठाएर परमप्रभुको अगि अर्पण गर्ने छ ।
LEV 14:25 उसले दोषबलिको निम्ति भेडाको बच्‍चालाई मार्ने छ, र दोषबलिको केही रगत लिएर शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ ।
LEV 14:26 त्यसपछि पुजारीले केही तेल आफ्नो देब्रे हातको हत्‍केलामा खन्‍याउने छ,
LEV 14:27 र उसले आफ्नो दाहिने हातको औँलाले आफ्नो देब्रे हातमा भएको तेलबाट केही परमप्रभुको अगि सात पटकसम्‍म छर्कने छ ।
LEV 14:28 त्यसपछि पुजारीले आफ्नो हातमा भएको तेलबाट केही लिएर दोषबलिको रगत जहाँ-जहाँ लगाएको थियो अर्थात् शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ ।
LEV 14:29 परमप्रभुको अगि शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्नलाई उसले आफ्नो हातमा भएको बाँकी तेल त्यस मानिसको शिरमा लगाइदिने छ ।
LEV 14:30 उसले ढुकुरहरूमध्ये वा परेवाका बचेराहरूमध्ये एउटालाई आफ्नो क्षमताअनुसार अर्पण गरोस्-
LEV 14:31 अन्‍नबलिसँगै उसले एउटाचाहिँ पापबलि र अर्को होमबलिको निम्ति अर्पण गरोस् ।
LEV 14:32 छालामा सरुवा रोग भएको मानिस जसले आफ्नो शुद्धिकरणको निम्ति आवश्‍यक बलि ल्याउन सक्‍दैन, त्यसको निम्ति विधि यी नै हुन् ।”
LEV 14:33 परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो,
LEV 14:34 “मैले तिमीहरूलाई अधिकार गर्न दिएको कनान देशमा पुगेपछि तिमीहरूको अधिकार हुने त्यस देशमा यदि मैले तिमीहरूका घरमा फैलिने ढुसी पठाएँ भने,
LEV 14:35 घरको मालिकले आएर पुजारीलाई त्यसबारे बताओस् । त्यसले भनोस् ‘मैले मेरो घरमा ढुसीजस्तै केही देखेको छु ।’
LEV 14:36 त्यसपछि पुजारीले त्यहाँ गएर ढुसी छ वा छैन भनेर हेर्नुभन्दा अगि तिनीहरूले त्यो घर खाली गर्नू भनेर उसले आज्ञा गर्ने छ, ता कि घरमा भएको कुनै पनि कुरा अशुद्ध नहोस् ।
LEV 14:37 घरका पर्खालहरूमा ढुसी आएको छ वा छैन र त्यसले पर्खालका सतहहरूमा हरियो वा रातो रेखाहरू बनाएको छ वा छैन भनेर उसले जाँच गर्ने छ ।
LEV 14:38 यदि घरमा ढुसी आएको छ भने, पुजारी घरबाट बाहिर जाने छ र घरको ढोका सात दिनसम्‍म बन्‍द गरिदिने छ ।
LEV 14:39 सातौँ दिनमा पुजारी फर्कने छ र घरका पर्खालहरूमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ ।
LEV 14:40 यदि फैलिएको छ भने, पुजारीले ढुसी देखा परेका ढुङ्गाहरूलाई झिकेर सहरभन्दा बाहिर कुनै एउटा अशुद्ध स्थानमा फ्याँक्‍न आज्ञा गर्ने छ ।
LEV 14:41 घरका सबै भित्री पर्खालहरू खुर्कनुपर्ने छ, र खुर्किएर निकालिएको फोहोर वस्‍तुलाई सहरबाट बाहिर लगेर कुनै अशुद्ध स्थानमा फ्याँक्‍नुपर्छ ।
LEV 14:42 तिनीहरूले अरू ढुङ्गाहरू लिएर ती झिकिएका ढुङ्गाहरूका स्थानमा राखून् र घरका पर्खालहरू पोत्‍नको निम्ति नयाँ माटो प्रयोग गरून् ।
LEV 14:43 ढुङ्गाहरू निकालिएको र पर्खाल खुर्किएर पोतिएको घरमा फेरि ढुसी देखा पर्‍यो र त्यो फैलियो भने,
LEV 14:44 पुजारी आएर घरमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो फैलिएको छ भने, त्यो हानि गर्ने ढुसी हो र त्यो घर अशुद्ध हुन्छ ।
LEV 14:45 त्यो घर भत्‍काइयोस् । त्यस घरका ढुङ्गाहरू, काठहरू र पोतिएको माटो सबै सहरभन्दा बाहिर कुनै अशुद्ध स्थानमा लगियोस् ।
LEV 14:46 साथै, त्यो घर बन्‍द गरिएको बेला त्यहाँ प्रवेश गर्ने मानिस साँझसम्म अशुद्ध हुने छ ।
LEV 14:47 त्यस घरमा सुतेका वा खाएका जोसुकैले आफ्ना लुगाहरू धोऊन् ।
LEV 14:48 घरलाई पोतिसकेपछि त्यहाँ ढुसी फैलिएको छ वा छैन भनेर पुजारी त्यस घरभित्र जाँच्‍नको निम्ति जाँदा यदि ढुसी बिलाइसकेको रहेछ भने, उसले त्यो घरलाई शुद्ध घोषणा गर्ने छ ।
LEV 14:49 त्यसपछि पुजारीले घरलाई शुद्ध गर्नको निम्ति दुईवटा चरा, देवदारुको काठ, सिन्दुरे रङ्गको धागो र हिसप लिओस् ।
LEV 14:50 उसले माटोको भाँडाको ताजा पानीमाथि एउटा चरालाई मार्ने छ ।
LEV 14:51 उसले देवदारुको काठ, हिसप, सिन्दुरे रङ्गको धागो, र जीवित चरा लिएर ती सबैलाई मारिएको चराको रगत र ताजा पानीमा चोप्‍ने छ र घरमा सात पटक छर्कने छ ।
LEV 14:52 उसले त्यो घरलाई चराको रगत र ताजा पनि, जीवित चरा, देवदारुको काठ, हिसप र सिन्दुरे रङ्गको धागोले शुद्ध गर्ने छ ।
LEV 14:53 तर उसले जीवित चरालाई भने सहरबाट बाहिर खुला मैदानहरूमा जान दिने छ । यसरी उसले त्यो घरको निम्ति प्रायश्‍चित्त गरोस्, र त्यो शुद्ध हुने छ ।
LEV 14:54 सबै प्रकारका सरुवा रोगहरू र त्यस्ता रोग ल्याउने वस्‍तुहरू र चिलाउने रोग,
LEV 14:55 लुगा र घरभित्रको ढुसी,
LEV 14:56 सुनिएर फुलेको ठाउँ, डाबर, र उज्‍ज्‍वल दागलाई,
LEV 14:57 ती कुन बेला अशुद्ध छन् र कुन बेला शुद्ध छन् भनेर निर्धारण गर्नका निम्ति विधि यी नै हुन् । छालाका सरुवा रोगहरू र ढुसीको निम्ति विधि यी नै हुन् ।”
LEV 15:1 परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो,
LEV 15:2 “इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘कुनै मानिसको शरीरबाट सङ्क्रमित तरल पदार्थ बग्‍दछ भने, त्यो अशुद्ध हुन्छ ।
LEV 15:3 त्यसको अशुद्धता त्यो सङ्क्रमित तरलको कारणले हो । त्यसको शरीरबाट तरल बग्‍ने भए तापनि वा त्यो बग्‍न बन्द भए तापनि, त्यो अशुद्ध हो ।
LEV 15:4 त्यो पल्‍टिने सबै ओछ्‍यान अशुद्ध हुने छ, र त्यो बस्‍ने हरेक कुरा अशुद्ध हुने छ ।
LEV 15:5 त्यसको ओछ्‍यानलाई छुने जो कोहीले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।
LEV 15:6 सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिस बसेको कुनै कुरामा कोही बस्‍दछ भने, त्यो मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।
LEV 15:7 सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिसको शरीर छुने मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।
LEV 15:8 यस्तो सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिसले कुनै शुद्ध मानिसलाई थुक्‍यो भने, त्यो मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।
LEV 15:9 त्यस्तो रोग लागेको मानिस बस्‍ने काठी अशुद्ध हुने छ ।
LEV 15:10 त्यस मानिसको मुनि भएको कुनै कुरा छुने जो कोही साँझसम्‍म अशुद्ध हुने छ, र ती कुराहरू बोक्‍ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।
LEV 15:11 त्यस्तो रोग लागेको मानिसले आफ्ना हात पानीले नपखालिकन कसैलाई छुन्‍छ भने, त्यसरी छोइएको मानिसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।
LEV 15:12 त्यो रोग लागेको मानिसले छोएका सबै माटाका भाँडा फुटाइयोस्, र काठका भाँडा पानीले पखालियोस् ।
LEV 15:13 त्यस्तो रोग लागेको मानिस रोगबाट शुद्ध भएपछि आफ्नो शुद्धताको निम्ति त्यसले सात दिन गनोस्; त्यसपछि त्यसले आफ्ना लुगा धोओस् र आफ्नो शरीर बगिरहेको पानीले नुहाओस् । त्यसपछि त्यो शुद्ध हुने छ ।
LEV 15:14 आठौँ दिनमा त्यसले दुईवटा ढुकुर वा परेवाका दुई बचेराहरू लिओस् र परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा आओस् । त्यहाँ त्यसले ती चराहरू पुजारीलाई दिओस् ।
LEV 15:15 पुजारीले तीमध्ये एउटा पापबलि र अर्को होमबलिको रूपमा अर्पण गर्ने छ, र त्यसको रोगको निम्ति परमप्रभुको अगि प्रायश्‍चित्त गर्ने छ ।
LEV 15:16 यदि कुनै मानिसको वीर्यपात भयो भने, त्यसले आफ्नो पुरै शरीर पानीले नुहाओस्, र त्यो साँझसम्‍म अशुद्ध रहने छ ।
LEV 15:17 वीर्य भएको सबै लुगा वा छाला पानीले धोइयोस्, र त्यो साँझसम्‍म अशुद्ध रहने छ ।
LEV 15:18 यदि कुनै पुरुष र स्‍त्री सँगै सुते र त्यस स्‍त्रीभित्र वीर्य स्‍खलन भयो भने, तिनीहरू दुवै पानीले नुहाऊन् र तिनीहरू साँझसम्‍म अशुद्ध रहने छन् ।
LEV 15:19 कुनै स्‍त्रीको महिनावारी भयो भने, त्यसको अशुद्धता सात दिनसम्‍म रहने छ, र त्यस स्‍त्रीलाई छुने मानिस साँझसम्‍म अशुद्ध हुने छ ।
LEV 15:20 त्यसको महिनावारीको समयमा त्यो पल्‍टिने सबै कुरा अशुद्ध हुने छ, र त्यो बस्‍ने सबै कुरा अशुद्ध हुने छ ।
LEV 15:21 त्यसको ओछ्‍यान छुने मानिसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस् र त्यो मानिस साँझसम्‍म अशुद्ध रहने छ ।
LEV 15:22 त्यो बस्‍ने जुनसुकै कुरा छुने मानिसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस् र त्यो मानिस साँझसम्‍म अशुद्ध रहने छ ।
LEV 15:23 चाहे त्यो त्यस स्‍त्रीको ओछ्‍यान होस् वा त्यो बस्‍ने कुनै कुरा, यदि कुनै मानिसले त्यो छुन्छ भने, त्यो साँझसम्म अशुद्ध हुने छ ।
LEV 15:24 यदि कुनै मानिस त्यस स्‍त्रीसँग सुत्‍यो, र त्यसबाट बहने अशुद्ध कुरोले त्यसलाई छोयो भने, त्यो सात दिनसम्म अशुद्ध हुने छ । त्यो पल्‍टिने हरेक ओछ्‍यान अशुद्ध हुने छ ।
LEV 15:25 यदि कुनै स्‍त्रीको आफ्नो रजस्‍वलाको समयभन्दा फरक समयमा धेरै दिनसम्म रगत बग्‍यो भने, वा त्यसको रजस्‍वलाको समयभन्दा लामो समयसम्म रगत बग्‍यो भने, त्यसको अशुद्धता बगिरहने यी सबै दिनमा त्यो आफ्नो महिनावारीको समयसरह नै हुने छे । त्यो अशुद्ध हुने छे ।
LEV 15:26 रगत बग्‍ने समयमा त्यो पल्‍टिने सबै ओछ्‍यान त्यसको निम्ति रजस्‍वलाको बेलाझैँ हुने छ, र त्यो बस्‍ने सबै कुरा रजस्‍वलाको अशुद्धताझैँ अशुद्ध हुने छ ।
LEV 15:27 यी कुराहरूमध्ये कुनैलाई छुने जो कोही अशुद्ध हुने छ । त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो साँझसम्म अशुद्ध हुने छ ।
LEV 15:28 तर यदि त्यो स्‍त्री आफ्नो रगत बगाइबाट शुद्ध भई भने, त्यसले सात दिन गनोस् र त्यसपछि त्यो शुद्ध हुने छे ।
LEV 15:29 आठौँ दिनमा त्यसले आफूसँग दुईवटा ढुकुर र परेवाका दुईवटा बचेरा लिएर भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ ल्याओस् ।
LEV 15:30 पुजारीले एउटा चरोलाई पापबलिझैँ र अर्कोलाई होमबलिझैँ अर्पण गर्ने छ, र त्यसको अशुद्ध रगत बगाइको निम्ति परमप्रभुको अगि प्रायश्‍चित्त गर्ने छ ।
LEV 15:31 यसरी तिमीहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूका अशुद्धताबाट अलग गर्नू, ताकि म तिनीहरूका माझमा बस्‍ने पवित्र स्थानलाई तिनीहरूले अपवित्र गरेर तिनीहरू नमरून् ।
LEV 15:32 तरल बग्‍ने समस्या भएको जो कोही, वीर्यपातको समस्या भएर अशुद्ध भएको पुरुष,
LEV 15:33 रजस्‍वलाको महिनावारी भएकी स्‍त्री, तरल बग्‍ने समस्या भएको पुरुष वा स्‍त्री, र अशुद्ध स्‍त्रीसँग सुत्‍ने पुरुष सबैका निम्ति विधिविधान यी नै हुन् ।’”
LEV 16:1 हारूनका दुई छोरा परमप्रभुको अगि गएका कारण तिनीहरूको मृत्‍यु भएपछि परमप्रभु मोशासँग बोल्‍नुभयो ।
LEV 16:2 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरा दाजु हारूनलाई मनपरी समयमा सन्दूकमाथिको प्रायश्‍चित्त-आसनको अगि पर्दाभित्रको महा-पवित्र स्थानमा नआओस् भन् । त्यसले त्यस्तो गरे त्यो मर्ने छ, किनभने प्रायश्‍चित्त-आसनमाथि बादलमा म प्रकट हुने छु ।
LEV 16:3 यसैकारण हारून महा-पवित्र स्थानभित्र यसरी प्रवेश गरोस् । त्यसले पापबलिको रूपमा एउटा साँढे र होमबलिको निम्ति एउटा भेडा लिएर आओस् ।
LEV 16:4 त्यसले सूतीको पवित्र दौरा, र सूतीको भित्री वस्‍त्र पहिरोस्, र सूतीको पटुका र सूतीको फेटा लगाओस् । यी पवित्र पोशाक हुन् । त्यसले आफ्‍नो शरीर पानीले नुहाएर यी पोशाक लगाओस् ।
LEV 16:5 त्यसले इस्राएलका मानिसहरूको समुदायबाट पापबलिको रूपमा दुईवटा बोका र होमबलिको रूपमा एउटा भेडा लेओस् ।
LEV 16:6 अनि हारूनले साँढेलाई पापबलिको रूपमा अर्पण गरोस्, जुन त्यो आफै र आफ्‍नो परिवारको लागि प्रायश्‍चित्त गर्नका निम्ति हुने छ ।
LEV 16:7 त्यसपछि त्यसले दुईवटा बोका लिएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको अगि तयार गरोस् ।
LEV 16:8 अनि हारूनले ती दुई बोकाका निम्ति चिट्ठा हालोस्, एउटा चिट्ठाचाहिँ परमप्रभुको निम्ति अर्पण गर्नलाई, र अर्कोचाहिँ छोडिने बोकाको निम्ति ।
LEV 16:9 चिट्ठामा परमप्रभुको भागमा परेको बोकालाई हारूनले पापबलिको निम्ति अर्पण गरोस् ।
LEV 16:10 तर छोडिनको निम्ति चिट्ठा परेको बोकालाईचाहिँ उजाड-स्थानमा छोडेर प्रायश्‍चित्त गर्नको निम्ति परमप्रभुको अगि जीवितै ल्याइयोस् ।
LEV 16:11 त्यसपछि हारूनले आफ्‍नै निम्ति साँढेलाई पापबलिको रूपमा अर्पण गरोस् । त्यसले आफ्नो र आफ्नो परिवारको निम्ति प्रायश्‍चित्त गरोस्, र यसैकारण आफ्नै निम्ति पापबलिको रूपमा त्यसले साँढेलाई मारोस् ।
LEV 16:12 हारूनले वेदीबाट आगोका फिलिङ्गाहरूले भरिएको एउटा धुपौरो र आफ्ना हातमा मसिनो गरी पिसिएको सुगन्धित धुप लिएर पर्दाभित्र परमप्रभुको सामु ल्याओस् ।
LEV 16:13 त्यहाँ त्यसले परमप्रभुको सामु भएको आगोमा धुप राखोस् ताकि करारको सन्दुकमाथिको प्रायश्‍चित्त-आसनलाई त्यस धुपबाट निस्‍केको बादलले ढाकोस् । त्यो नमरोस् भनेर त्यसले यो गरोस् ।
LEV 16:14 अनि त्यसले साँढेको केही रगत लिएर प्रायश्‍चित्त-आसनको सामु आफ्नो औँलाले छर्कोस् । त्यसले प्रायश्‍चित्त-आसनको सामु औँलाले सात पटक रगत छर्कोस् ।
LEV 16:15 त्यसपछि त्यसले मानिसहरूका निम्ति पापबलिको बोकालाई मारोस् र त्यसको रगत पर्दाभित्र ल्याओस् । त्यसले त्यहाँ साँढेको रगतलाई जे गरेको थियो, बोकाको रगतलाई पनि त्यस्‍तै गरोस्, अर्थात् त्यसले त्यो रगत प्रायश्‍चित्त-आसनमाथि र त्यसपछि प्रायश्‍चित्त-आसनको सामु छर्कोस् ।
LEV 16:16 इस्राएलका मानिसहरूका अशुद्ध कामहरू, तिनीहरूको विद्रोह र तिनीहरूका सारा पापको कारण पवित्रस्थानको निम्ति त्यसले प्रायश्‍चित्त गरोस् । त्यसले यो भेट हुने पालको निम्ति पनि गरोस्, जहाँ तिनीहरूका अशुद्ध कामहरूका बिचमा परमप्रभु तिनीहरू माझमा बास गर्नुहुन्छ ।
LEV 16:17 हारून महा-पवित्र स्थानमा प्रायश्‍चित्त गर्नको निम्ति प्रवेश गरेपछि त्यसले आफ्नो, आफ्नो परिवार र इस्राएलका सबै समुदायको निम्ति प्रायश्‍चित्त गर्न सकेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र नपसोस् ।
LEV 16:18 परमप्रभुको सामु भएको वेदीको नजिक त्यो जाओस् र त्यसको निम्ति प्रायश्‍चित्त गरोस्, र साँढे र बोकाको केही रगत लिएर त्यसले वेदीका सिङहरूका चारैतिर लगाओस् ।
LEV 16:19 त्यसले त्यसलाई शुद्ध गर्न र इस्राएलका मानिसहरूका अशुद्ध कामहरूबाट टाढा गरी परमप्रभुको निम्ति अलग्‍ग गर्नलाई त्यसमाथि आफ्नो औँलाले केही रगत सात पटक छर्कोस् ।
LEV 16:20 त्यसले महा-पवित्र स्थान, भेट हुने पाल र वेदीको निम्ति प्रायश्‍चित्त गरेर सक्‍काएपछि त्यसको जिउँदो बोका अर्पण गरोस् ।
LEV 16:21 हारूनले आफ्ना दुवै हात त्यस जिउँदो बोकाको शिरमा राखोस् र त्यसमाथि इस्राएलका मानिसहरूका सबै दुष्‍टता, तिनीहरूका सबै विद्रोह, र सबै पापलाई मानिलिओस् । त्यसपछि त्यसले त्यस बोकाको शिरमाथि त्यो पाप राखोस् र त्यस बोकालाई उजाड-स्थानतर्फ डोर्‍याउन तयार भएको मानिसको जिम्मामा दिओस् ।
LEV 16:22 त्यस बोकाले मानिसहरूका सबै दुष्‍टतालाई आफूमाथि बोकी एउटा एकान्‍त ठाउँमा जाओस् । उता उजाड-स्थानमा त्यस मानिसले त्यो बोकालाई छोडिदिओस् ।
LEV 16:23 त्यसपछि हारून फर्केर भेट हुने पालमा जाओस् र महा-पवित्र स्थानमा जानुअगि त्यसले लगाएका सूतीका लुगाहरू फुकालोस्, र ती लुगाहरूलाई त्यहीँ नै छोडोस् ।
LEV 16:24 त्यसले कुनै पवित्र स्थानमा आफ्नो शरीर पानीले नुहाओस्, र आफ्ना साधारण लुगा लगाओस्, र त्यसपछि त्यो गएर आफ्ना मानिसहरूका निम्ति होमबलि अर्पण गरोस् अनि यसरी आफ्नो र मानिसहरूका निम्ति प्रायश्‍चित्त गरोस् ।
LEV 16:25 त्यसले वेदीमा पापबलिको बोसोलाई जलाओस् ।
LEV 16:26 छोडिने बोकालाई जान दिने मानिसले आफ्ना लुगाहरू र आफ्नो शरीर पानीले धोओस्, र त्यसपछि त्यो छाउनीभित्र फर्कन सक्‍छ ।
LEV 16:27 पापबलिको निम्ति साँढे र बोका, जसको रगत पवित्र स्थानमा प्रायश्‍चित्त गर्नका निम्ति ल्याइएको थियो, ती दुवैलाई छाउनीभन्दा बाहिर लगिओस् । त्यहाँ तिनीहरूले त्यसका छाला, मासु र गोबर जलाउने छन् ।
LEV 16:28 ती भागहरू जलाउने मानिसले आफ्ना लुगाहरू धोओस् र आफ्नो शरीर पानीले नुहाओस्, र त्यसपछि त्यो छाउनीभित्र आउन मिल्छ ।
LEV 16:29 यो तिमीहरूका निम्ति सधैँ एउटा विधि बनोस्, कि सातौँ महिनाको दसौँ दिनमा, तिमीहरूका बिचमा जन्मेको वा तिमीहरूका बिचमा बास गर्ने परदेशी सबैले आफैलाई नम्र बनाओस् र कुनै काम नगरोस् ।
LEV 16:30 किनभने तिमीहरूका सबै पापबाट तिमीहरूलाई शुद्ध गर्नका निम्ति यस दिनमा तिमीहरूका खातिर प्रायश्‍चित्त गरिने छ, यसैकारण तिमीहरू परमप्रभुको अगि शुद्ध हुने छौ ।
LEV 16:31 यो तिमीहरूका निम्ति विश्रामको विधिपूर्ण शबाथ हो, र तिमीहरूले आफैलाई नम्र बनाउनुपर्छ र कुनै काम गर्नुहुँदैन । यो तिमीहरूका बिचमा सधैँ एउटा विधि हुने छ ।
LEV 16:32 आफ्नो पिताको स्थानमा प्रधान पुजारी हुनको निम्ति अभिषेक भएको र नियुक्‍त भएको प्रधान पुजारीले यसरी प्रायश्‍चित्त गरोस् र पवित्र लुगाहरू, अर्थात् सूतीका लुगाहरू लगाओस् ।
LEV 16:33 त्यसले महा-पवित्र स्थान, भेट हुने पाल, वेदी, पुजारीहरू र समुदायका सबै मानिसहरूका निम्ति प्रायश्‍चित्त गरोस् ।
LEV 16:34 इस्राएलका मानिसहरूका सबै पापका कारण यो सधैँका लागि तिमीहरूले तिनीहरूका निम्ति वर्षमा एक पटक प्रायश्‍चित्त गर्ने विधि होस् ।” परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार नै यो भयो ।
LEV 17:1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
LEV 17:2 “हारून, त्यसका छोराहरू र इस्राएलका सारा मानिसहरूलाई परमप्रभुले आज्ञा गर्नुभएका कुराहरू भन्ः
LEV 17:3 ‘यदि इस्राएलको कुनै मानिसले बलिदानको निम्ति भनेर छाउनीभित्र वा बाहिर साँढे, भेडाको बच्‍चा वा बोका मार्दछ,
LEV 17:4 तर यदि त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको पवित्र स्थानअगि बलिदानको रूपमा अर्पण गर्न ल्याउँदैन भने, त्यस रक्‍तपातको कारण त्यो दोषी हुने छ । त्यसले रगत बगाएको छ र त्यो मानिस आफ्ना मानिसहरूका बिचबाट बहिष्‍कृत होस् ।
LEV 17:5 इस्राएलका मानिसहरूले आफ्ना बलिदानहरूलाई बाहिर खुला ठाउँमा नभएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुकहाँ ल्याऊन्, र परमप्रभुको निम्ति मेलबलिको रूपमा अर्पण गरिनको निम्ति तिनीहरूले त्यो पुजारीकहाँ ल्याऊन् भनेर यो आज्ञा दिइएको हो ।
LEV 17:6 भेट हुने पालको प्रवेशद्वारमा पुजारीले परमप्रभुको वेदीमा रगत छर्कने छ, र परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति उसले बोसो जलाउने छ ।
LEV 17:7 अबदेखि तिनीहरूले बाख्राका मूर्तिहरूलाई आफ्ना बलिदानहरू अर्पण नगरून्, जसका निम्ति तिनीहरू वेश्याहरूझैँ व्यवहार गर्दछन् । तिनीहरूका मानिसहरूको समस्‍त पुस्‍तामा यो सधैँको निम्ति विधि हुने छ ।’
LEV 17:8 तैँले तिनीहरूलाई भन्‍नू, ‘इस्राएलको कुनै मानिस वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशी, जसले होमबलि वा कुनै बलिदान अर्पण गर्दछ,
LEV 17:9 र त्यसलाई परमप्रभुकहाँ अर्पण गरिनलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउँदैन भने, त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।
LEV 17:10 यदि इस्राएलका घरानाको कुनै मानिस, वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले रगत खायो भने, म त्यो रगत खाने मानिसको विरुद्ध हुने छु र म त्यसलाई त्यसका मानिसहरूबाट बहिष्‍कृत गर्ने छु ।
LEV 17:11 किनभने हरेक जीवधारीको प्राण त्यसको रगतमा हुन्छ । तिमीहरूले आफ्ना प्राणको निम्ति प्रायश्‍चित्त गर्नलाई मैले त्यसको रगत तिमीहरूलाई दिएको छु, किनभने रगतले नै जीवनको प्रायश्‍चित्त गर्दछ ।
LEV 17:12 त्यसैकारण इस्राएलका मानिसहरू वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले पनि रगत नखाऊन् भनेर मैले तिनीहरूलाई आज्ञा गरेको हुँ ।
LEV 17:13 इस्राएलको कुनै मानिस, वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले कुनै खान मिल्‍ने पशु वा पक्षीको शिकार गरी त्यसलाई मार्दछ भने, त्यो मानिसले त्यसको रगत निथारेर माटोले ढाकिदिओस् ।
LEV 17:14 किनभने हरेक जीवधारीको प्राण त्यसको रगतमा हुन्छ । त्यसैकारण मैले इस्राएलका मानिसहरूलाई भनेँ, “कुनै पनि प्राणीको रगत तिमीहरूले नखानू, किनभने हरेक प्राणीको जीवन त्यसको रगतमा हुन्छ । जसले त्यो खान्छ, त्यो बहिष्‍कृत होस् ।”
LEV 17:15 कुनै मानिस जसले मरिसकेको वा जङ्गली जनावरले फहराएको पशु खान्छ, त्यो मानिस स्थानीय वा तिमीहरूका माझमा बसोबास गर्ने परदेशी जो भए तापनि, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध हुने छ । त्यसपछि त्यो शुद्ध हुने छ ।
LEV 17:16 तर यदि त्यसले आफ्ना लुगाहरू धुँदैन वा आफ्नो शरीर नुहाउँदैन भने, त्यसले आफ्नो दोष बोकिरहोस् ।’”
LEV 18:1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
LEV 18:2 “इस्राएलका मानिसहरूलाई यसो भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
LEV 18:3 तिमीहरू पहिले बसोबास गर्ने मिश्रका मानिसहरूले त्यहाँ जे गर्थे ती तिमीहरूले नगर्नू । मैले तिमीहरूलाई लैजान लागेको देश अर्थात् कनानका मानिसहरूले त्यहाँ जे गर्थे ती तिमीहरूले नगर्नू । तिमीहरूले तिनीहरूका रीतिरिवाजहरू नपछ्‍याउनू ।
LEV 18:4 मेरो व्यवस्था तिमीहरूले पालन गर्नू, र मेरा आज्ञाहरू मान्‍नू, र तीअनुसार तिमीहरू हिँड्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
LEV 18:5 यसैकारण तिमीहरूले मेरा आज्ञाहरू मान्‍नू र मेरा व्यवस्था पालन गर्नू । ती पालन गर्ने मानिस तीद्वारा नै बाँच्‍दछ । म परमप्रभु हुँ ।
LEV 18:6 आफ्नो नजिकको नातेदारसँग सुतेर कसैले पनि आफ्नो नग्‍नता नदेखाओस् । म परमप्रभु हुँ ।
LEV 18:7 आफ्नी आमासँग सुतेर आफ्ना बुबाको अनादार नगर्नू । त्यो तेरी आमा हो! तैँले त्यसलाई अनादर नगर् ।
LEV 18:8 आफ्ना बुबाकी कुनै पत्‍नीसँग पनि नसुत् । त्यस्तो काम गरेर आफ्ना बुबाको अनादर नगर् ।
LEV 18:9 आफ्नी कुनै दिदी-बहिनीसँग नसुत्, चाहे त्यो तेरो बुबाकी छोरी वा आमाकी छोरी होस्, चाहे त्यो तेरो घरमा वा घरबाट टाढा हुर्काइएकी होस् । आफ्नी दिदी-बहिनीसँग नसुत् ।
LEV 18:10 आफ्नो छोरा वा छोरीको छोरीसँग नसुत् । त्यो तेरो निम्ति शर्मको कुरा हो ।
LEV 18:11 आफ्ना बुबाकी पत्‍नीकी छोरीसँग नसुत्, जो तेरो बुबाबाट जन्मेकी थिई । त्यो तेरो बहिनी हो, र तँ त्योसँग नसुत् ।
LEV 18:12 आफ्ना बुबाकी दिदी-बहिनीसँग नसुत् । त्यो तेरो बुबाको नजिकको नातेदार हो ।
LEV 18:13 आफ्नी आमाकी दिदी-बहिनीसँग नसुत् । त्यो तेरी आमाको नजिकको नातेदार हो ।
LEV 18:14 आफ्ना बुबाको दाजु वा भाइकी पत्‍नीसँग सुतेर त्यसको अनादर नगर् । त्यस्तो कामको निम्ति त्यसको नजिक नजा, त्यो तेरी काकी हो ।
LEV 18:15 आफ्नी बुहारीसँग नसुत् । त्यो तेरो छोरोकी पत्‍नी हो, त्योसँग नसुत् ।
LEV 18:16 आफ्नो दाजु वा भाइकी पत्‍नीसँग नसुत् । यस्तो काम गरेर त्यसको अनादर नगर् ।
LEV 18:17 कुनै स्‍त्री र त्यसकी छोरी दुवैसँग नसुत्, वा त्यसको छोराकी छोरीसँग वा त्यसकी छोरीकी छोरीसँग नसुत् । तिनीहरू त्यस स्‍त्रीका नजिकका नातेदार हुन् र तिनीहरूसँग सुत्‍नु दुष्‍टता हो ।
LEV 18:18 आफ्नी पत्‍नीकी दिदी वा बहिनीलाई विवाह नगर् र आफ्नो पहिलेकी पत्‍नी जीवितै हुँदासम्‍म त्यसकी दिदी वा बहिनीसँग नसुत् ।
LEV 18:19 कुनै स्‍त्रीको रजस्‍वलाको समयमा त्योसँग सहवास नगर् । त्यो समयमा त्यो अशुद्ध हुन्छे ।
LEV 18:20 आफ्नो छिमेकीकी पत्‍नीसँग नसुत् र यसरी आफैलाई अशुद्ध नबना ।
LEV 18:21 आफ्ना छोराछोरीहरूलाई मोलोखको निम्ति बलि गर्नलाई तिनीहरूलाई आगोमा नहाल्नू, किनभने तिमीहरूले यसो गरेर आफ्ना परमेश्‍वरको नाउँलाई अपवित्र नबनाउनू । म परमप्रभु हुँ ।
LEV 18:22 स्‍त्रीसँगझैँ गरी अरू पुरुषहरूसँग नसुत्‍नू । यो दुष्‍टता हो ।
LEV 18:23 कुनै पशुसँग सहवास गरेर आफैलाई अशुद्ध नबनाउनू । कुनै पनि स्‍त्री कुनै पशुसँग नसुत्‍नू । यो अस्वाभाविक दुराचरण हो ।
LEV 18:24 यस्ता कामहरू गरेर आफैलाई अपवित्र नबनाउनू, किनभने जुन जातिहरूलाई मैले तिमीहरूका सामुबाट निकाल्दै छु ती यी सबै कारणले अपवित्र भएका छन् ।
LEV 18:25 तिनीहरूको भूमि अपवित्र भयो, र यसैकारण मैले तिनीहरूका पापको दण्ड दिएँ, र त्यस भूमिले त्यसका बासिन्दाहरूलाई उकेलेर निकालिदियो ।
LEV 18:26 यसैकारण, तिमीहरूले मेरा आज्ञाहरू र विधिहरू पालन गर्नू, र इस्राएलका स्वदेशी वा तिमीहरूका बिचमा बसोबास गर्ने परदेशी जोकोहीले कुनै पनि यस्ता घृणास्‍पद काम नगर्नू ।
LEV 18:27 तिमीहरूभन्दा अगि यस भूमिमा बसोबास गर्ने मानिसहरूले यस्तै दुष्‍ट काम गरे, र यसैकारण सारा देश नै अपवित्र भयो ।
LEV 18:28 तिमीहरूका अपवित्रताका कारण तिमीहरूभन्दा अगिका मानिसहरूलाई झैँ त्यस भूमिले तिमीहरूलाई पनि उकेलेर बाहिर ननिकालोस् ।
LEV 18:29 तिमीहरूमध्ये जो कोहीले यस्ता घृणास्पद कामहरू गर्दछन् भने, तिनीहरू आफ्ना मानिसहरूबाट बहिष्‍कृत हुने छन् ।
LEV 18:30 तिमीहरूभन्दा अगि यहाँ अभ्यास हुने गरेका कुनै यस्ता घृणास्‍पद रीतिरिवाजहरूलाई तिमीहरूले अभ्यास नगरेर मेरो आज्ञा पालन गर्नू अनि यसरी तिमीहरूले यस्ता कामले आफैलाई अपवित्र बनाउने छैनौ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”
LEV 19:1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
LEV 19:2 “ इस्राएलका मानिसहरूको सबै समुदायलाई भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र भएको कारण तिमीहरू पवित्र होओ ।
LEV 19:3 हरेकले आफ्ना आमा र बुबालाई आदर गर्नू, र मेरो शबाथ पालन गर्नू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
LEV 19:4 मूल्यहीन मूर्तिहरूलाई नपछ्‍याओ, न त आफ्नै निम्ति धातुका ईश्‍वरहरू बनाओ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
LEV 19:5 तिमीहरूले परमप्रभुलाई मेलबलि अर्पण गर्दा तिमीहरू स्वीकारिनको निम्ति त्यो अर्पण गर ।
LEV 19:6 तिमीहरूले अर्पण गर्ने दिनमा वा अर्को दिनमा नै त्यो खाइयोस् । तेस्रो दिनसम्म केही बाँकी रह्‍यो भने, त्यो आगोद्वारा जलाइयोस् ।
LEV 19:7 यदि त्यो तेस्रो दिनमा खाइयो भने, त्यो मासु अशुद्ध हो; त्यसलाई ग्रहण गरिनुहुँदैन,
LEV 19:8 र त्यो जसले खान्छ त्यसले आफ्नो दोष बोकिरहने छ किनभने परमप्रभुको निम्ति जे पवित्र छ त्यो त्यसले अशुद्ध गरेको छ, र त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।
LEV 19:9 तिमीहरूले आफ्ना जमिनको कटनी गर्दा पूर्ण रूपमा आफ्ना जमिनको कुना-कुनाहरूमा कटनी नगर्नू, न त आफ्ना फसल सबै बटुल्‍नू ।
LEV 19:10 आफ्नो दाखबारीबाट सबै दाख तिमीहरूले नबटुल्‍नू, न त आफ्ना दाखबारीमा खसेका दाख बटुल्‍नू । तिमीहरूले ती गरिब र परदेशीहरूका निम्ति छोडिदिनू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
LEV 19:11 चोरी नगर्नू । झुटो नबोल्नू । एक-अर्कालाई धोका नदिनू ।
LEV 19:12 मेरो नामको झुटो शपथ खाएर तिमीहरूका परमेश्‍वरको नाउँलाई अशुद्ध नतुल्याउनू । म परमप्रभु हुँ ।
LEV 19:13 आफ्नो छिमेकीमाथि दमन नगर्नू वा उसलाई नलुट्‍नू । ज्यालामा काम गर्ने नोकरको पारिश्रमिक रातभर र बिहानसम्म तिमीहरूसँग नरहोस् ।
LEV 19:14 बहिरोलाई सराप नदिनू वा अन्धाको अगाडि ठेस लाग्‍ने कुरो नराख्‍नू । बरु, तिमीहरूले आफ्ना परमेश्‍वरको भय मान्‍नू । म परमप्रभु हुँ ।
LEV 19:15 झुटो न्याय नगर्नू । कोही गरिब भएको कारण र कोही महत्त्वपूर्ण भएको कारण तिमीहरूले कसैप्रति पक्षपात नगर्नू । बरु, आफ्नो छिमेकीको सही न्याय गर्नू ।
LEV 19:16 आफ्ना मानिसहरूका बिचमा निन्‍दा फैलाउँदै नहिँड्नू, तर आफ्नो छिमेकीको प्राण बचाउने कोसिस गर्नू । म परमप्रभु हुँ ।
LEV 19:17 आफ्नो हृदयमा आफ्नो भाइको निम्ति घृणा नराख्‍नू । आफ्नो छिमेकीसँगै पाप नगर्नको निम्ति उसलाई इमानदार भएर हप्‍काउनू ।
LEV 19:18 बदला नलिनू वा आफ्ना मानिसहरूका विरुद्धमा कुनै इख नराख्‍नू, बरु आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू । म परमप्रभु हुँ ।
LEV 19:19 तिमीहरूले मेरा आज्ञाहरू मान्‍नू । आफ्‍ना पशुहरूलाई अर्कै प्रजातिका पशुसँग मिलन नगराओ । आफ्नो खेतमा दुई प्रकारका बिउहरू नछर । दुई प्रकारको सामग्री मिसिएको कपडा नलगाओ ।
LEV 19:20 मगनी भएको तर मोल नतिरिएको वा स्वतन्त्र नगराइएको कमारी स्‍त्रीसँग सुत्‍नेलाई दण्ड दिइयोस् । तिनीहरूलाई मृत्युदण्ड नदिनू किनभने त्यो मुक्‍त थिई ।
LEV 19:21 त्यस मानिसले भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुकहाँ एउटा भेडा दोषबलिको रूपमा ल्याओस् ।
LEV 19:22 त्यसपछि पुजारीले त्यस मानिसको लागि त्यसले गरेको पापको खातिर परमप्रभुको अगि दोषबलिको निम्ति त्यस भेडाद्वारा प्रायश्‍चित्त गर्ने छ । अनि त्यसले गरेको पाप क्षमा हुने छ ।
LEV 19:23 तिमीहरूले जमिनमा हर प्रकारका रुखहरूलाई फलको निम्ति लगाएपछि तिनीहरूले उत्पादन गरेका फललाई खानको निम्ति मनाही गरिएको मान्‍नू । ती फल तेरो निम्ति खानलाई तिन वर्षसम्म मनाही हुने छ । त्यो नखानू ।
LEV 19:24 तर चौथो वर्षमा सबै फल परमप्रभुको निम्ति प्रशंसाको बलिदानझैँ पवित्र हुने छ ।
LEV 19:25 पाँचौँ वर्षमा रुखहरूले अझै बढी उत्पादन गरून् भनेर पर्खिसकेपछि तिमीहरू फल खान सक्‍छौ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
LEV 19:26 कुनै मासुमा रगत बाँकी छ भने त्यो नखानू । भविष्‍यबारे जान्‍न आत्माहरूसँग सल्लाह नलिनू, र अरूहरूलाई अलौकिक शक्‍तिहरूद्वारा नियन्त्रण गर्ने प्रयास नगर्नू ।
LEV 19:27 तिमीहरूका कन्‍चेटको कपाल नखुर्कनू वा दाह्रीका कुना-कुना नकाट्नू ।
LEV 19:28 मरेको मानिसको निम्ति आफ्नो शरीर नकाट्‍नू वा आफ्नो शरीरमा खोपेर कुनै छाप नबनाउनू । म परमप्रभु हुँ ।
LEV 19:29 आफ्नी छोरीलाई वेश्‍या बनाएर त्यसको अपमान नगर्नू, नत्रता सारा देश वेश्‍यागमनतिर लाग्‍ला र देश दुष्‍टताले भरिने छ ।
LEV 19:30 तिमीहरूले मेरो शबाथ मान्‍नू र मेरो पवित्र स्थानको आदर गर्नू । म परमप्रभु हुँ ।
LEV 19:31 मरेकाहरू वा आत्माहरूसँग बोल्‍नेहरूलाई नपछ्‍याओ । तिनीहरूको खोजी नगर, नत्रता तिनीहरूले तिमीहरूलाई अशुद्ध पार्ने छन् । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
LEV 19:32 फुलेका केश भएकाहरूका उपस्थितिमा खडा होओ र वृद्ध मानिसको उपस्थितिलाई आदर गर । तिमीहरूका परमेश्‍वरको भय मान । म परमप्रभु हुँ ।
LEV 19:33 तिमीहरूका देशमा कुनै परदेशी बस्‍दछ भने, त्यसलाई कुनै हानि नगर्नू ।
LEV 19:34 तिमीहरूसँग बसोबास गर्ने परदेशी तिमीहरूका निम्ति तिमीहरूसँगै बसोबास गर्ने इस्राएलमै जन्‍मेको मानिसझैँ होस्, र त्यसलाई आफैलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
LEV 19:35 लम्बाइ, तौल र सङ्ख्या नाप्‍दा छल नगर्नू ।
LEV 19:36 तिमीहरूले ठिक-ठिक तराजु र ढक, र ठिक-ठिक नाप र तौलहरू प्रयोग गर्नू । तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
LEV 19:37 तिमीहरूले मेरा सबै आज्ञाहरू र मेरा सबै विधिविधानहरू मान्‍नू र तीअनुसार चल्‍नू । म परमप्रभु हुँ’ ।”
LEV 20:1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
LEV 20:2 “इस्राएलका मानिसहरूलाई भन्, ‘इस्राएलका मानिसहरू, वा इस्राएलमा बसोबास गर्ने परदेशीहरूमध्ये कसैले आफ्ना छोराछोरी मोलोखलाई चढाउँछ भने, त्यो मारिनुपर्छ । त्यहाँका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून् ।
LEV 20:3 त्यसले आफ्नो बालक मोलोखलाई दिएर मेरो पवित्र ठाउँ र पवित्र नाउँ अशुद्ध बनाएको हुनाले म त्यसको विरुद्ध खडा हुने छु र त्यसका मानिसहरूका बिचबाट त्यसलाई बहिष्कार गर्ने छु ।
LEV 20:4 यदि त्यो मानिसले आफ्ना छोराछोरीमध्ये कोही मोलोखलाई चढाउँदा त्यस भूमिका मानिसहरूले आफ्ना आँखा बन्द गरे, र त्यसलाई मृत्युदण्ड दिएनन् भने,
LEV 20:5 त्यस मानिस र त्यसको वंशको विरुद्ध म आफै खडा हुने छु, र त्यसलाई र मोलोखसँग वेश्‍यागमन गर्ने सबैलाई बहिष्‍कृत गर्ने छु ।
LEV 20:6 मरेकाहरू वा आत्माहरूसँग बोलेर आफैलाई वेश्‍यासरह तुल्‍याउनेहरूलाई पछ्‍याउने मानिसको विरुद्ध म खडा हुने छु र त्यसका मानिसहरूका बिचबाट त्यसलाई बहिष्‍कार गर्ने छु ।
LEV 20:7 त्यसैले आफैलाई अर्पण गर र पवित्र होओ, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । [१]
LEV 20:8 तिमीहरूले मेरा आज्ञाहरू मानेर ती पालन गर्नू । तिमीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ ।
LEV 20:9 आफ्नी आमा वा आफ्नो बुबालाई सराप दिने सबै मारिनुपर्छ । त्यसले आफ्नो बुबा वा आफ्नी आमालाई सरापेको हुनाले त्यो दोषी हुन्छ र त्यो मर्न योग्‍यको हुन्छ ।
LEV 20:10 अर्कै पुरुषको पत्‍नीसँग व्यभिचार गर्ने मानिस अर्थात् आफ्नो छिमेकीकी पत्‍नीसँग व्यभिचार गर्ने त्यो व्यभिचारी मानिस, र व्याभिचारिणी दुवैलाई मारिनुपर्छ ।
LEV 20:11 आफ्नो बुबाकी पत्‍नीसँग सुत्‍ने मानिसले आफ्नो बुबाको नग्‍नतालाई प्रकट गर्दछ । त्यो छोरा र त्यसको बुबाकी पत्‍नी दुवै मारिनुपर्छ । तिनीहरूको रगत तिनीहरू आफैमाथि पर्ने छ ।
LEV 20:12 यदि कोही मानिस आफ्नी बुहारीसँग सुत्‍यो भने, तिनीहरू दुवै मारिनुपर्छ । तिनीहरूले दुराचरण गरेका हुनाले तिनीहरू दोषी हुन्छन् र तिनीहरू मर्न योग्‍यका हुन्छन् ।
LEV 20:13 कोही पुरुष स्‍त्रीसँग झैँ गरी अर्को पुरुषसँग सुत्‍यो भने, तिनीहरू दुवैले घृणास्पद काम गरेका छन् । तिनीहरू मारिनैपर्छ । तिनीहरू दोषी हुन्छन् र तिनीहरू मर्न योग्‍यका हुन्छन् ।
LEV 20:14 कोही पुरुषले कुनै स्‍त्री र त्यसकी आमा दुवैलाई विवाह गर्‍यो भने, यो दुष्‍टता हो । त्यो पुरुष र ती दुवै स्‍त्री जलाइनुपर्छ ताकि तिमीहरूका बिचमा कुनै दुष्‍टता नहोस् ।
LEV 20:15 कोही पुरुषले पशुसँग सहवास गरेमा त्यो मारिनैपर्छ, र तिमीहरूले त्यो पशुलाई पनि मार्नू ।
LEV 20:16 कोही स्‍त्री पशुसँग सहवास गर्नलाई त्यसको नजिक गई भने, तिमीहरूले त्यस स्‍त्री र पशु दुवैलाई मार्नू । तिनीहरू निश्‍चय नै मारिनैपर्छ । तिनीहरू दोषी हुन्छन् र मर्न योग्‍यका हुन्छन् ।
LEV 20:17 कोही पुरुषले आफ्नी दिदी-बहिनी, वा आफ्नो बुबा वा आमाकी छोरीसँग सुतेर त्यसको नग्‍नता प्रकट गर्दछ, र त्यसले त्यस पुरुषको नग्‍नता देख्‍दछे भने, यो शर्मको कुरा हो । त्यो आफ्नी दिदी-बहिनीसँग सुतेको कारण तिनीहरू आफ्ना मानिसहरूको उपस्थितिबाट बहिष्‍कृत गरिनुपर्छ । त्यसले आफ्नो दोष बोकिरहने छ ।
LEV 20:18 कोही पुरुष स्‍त्रीको रजस्‍वलाको समयमा त्योसँग सुत्‍यो भने, त्यसले त्यसको रगतको मूल देखाउँदछ । ती पुरुष र स्‍त्री दुवै आफ्ना मानिसहरूबाट बहिष्‍कृत गरिनुपर्छ ।
LEV 20:19 आफ्नो बुबा वा आमाकी दिदी-बहिनीसँग नसुत्, किनभने तैँले त्यसो गरेर आफ्नो नजिकको नाताको अपमान गर्ने छस् । तैँले आफ्नो दोष आफै बोक्‍ने छस् ।
LEV 20:20 कोही पुरुष आफ्नी काकीसँग सुत्यो भने, त्यसले आफ्नो काकाको अपमान गर्दछ । तिनीहरूले आ-आफ्नो पापको भार उठाउने छन्, र तिनीहरू निसन्तान नै मर्ने छन् ।
LEV 20:21 कोही मानिसले आफ्नो दाजु वा भाइ जीवितै हुँदा त्यसकी पत्‍नीलाई बिहे गर्‍यो भने, त्यो अपमानजनक हो । त्यसले आफ्नो दाजु वा भाइलाई अनादर गर्दछ, र तिनीहरूले आफ्ना आमाबुबाबाट उत्तराधिकारको रूपमा प्राप्‍त गरेका सबै सम्पत्ति तिनीहरूका छोराछोरीबाट म खोसिदिने छु ।
LEV 20:22 त्यसैकारण तिमीहरूले मेरा सबै विधिविधानहरू र आज्ञाहरू पालन गर्नू । यी तिमीहरूले पालन गर्नू ताकि तिमीहरूलाई बसोबास गर्नको निम्ति मैले लैजान लागेको भूमिले तिमीहरूलाई नउकेलोस् ।
LEV 20:23 तिमीहरूका सामुबाट मैले निष्‍कासन गरेका जातिहरूका रीतिरिवाजहरूमा तिमीहरू नहिँड्नू, किनभने तिनीहरूले यी सबै कुरा गरे, र मैले तिनीहरूलाई घृणा गरेँ ।
LEV 20:24 मैले तिमीहरूलाई भनेँ, “तिमीहरूले तिनीहरूका भूमि उत्तराधिकारमा पाउने छौ । दूध र मह बगिरहने देश म तिमीहरूको अधिकारमा दिने छु । अरू मानिसहरूबाट तिमीहरूलाई अलग गर्ने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ ।
LEV 20:25 यसैकारण तिमीहरूले शुद्ध र अशुद्ध पशु, अनि शुद्ध र अशुद्ध पक्षीबिच भेद राख्‍नू । मैले तिमीहरूका निम्ति अशुद्ध भनेर छुट्‍ट्याएको अशुद्ध पशु वा पक्षी वा जमिनमा घस्रने प्राणीद्वारा आफैलाई अशुद्ध नबनाउनू ।
LEV 20:26 तिमीहरू पवित्र होओ, किनभने म परमप्रभु पवित्र छु, र मैले तिमीहरूलाई अरू मानिसहरूबाट अलग गरेको छु, किनभने तिमीहरू मेरा हौ ।
LEV 20:27 मरेकाहरू वा आत्माहरूसँग बोल्‍ने पुरुष वा स्‍त्री मारिनुपर्छ । मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानून् । तिनीहरू दोषी छन् र मर्न योग्‍यका छन् ।’” 20:7 [१] धेरै वर्तमान संस्करणमा यस्तो छः ... किनभने म, परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र छु ।
LEV 21:1 परमप्रभुले मोशालाई भन्‍नुभयो, “पुजारीहरू अर्थात् हारूनका छोराहरूलाई यसो भन्, ‘आफ्ना मानिसहरूका बिचमा मर्नेहरूका निम्ति तिमीहरूमध्ये कोहीले पनि आफूलाई अशुद्ध नबनाउनू,
LEV 21:2 तर त्यसका नजिकका नातेदारहरू अर्थात् त्यसकी आमा, त्यसको बुबा, छोरा, त्यसकी छोरी, त्यसको दाजु वा भाइ,
LEV 21:3 वा त्यसमा आश्रित त्यसकी कन्या दिदी वा बहिनी जसको पति छैन, यी सबैका निम्ति त्यसले आफैलाई अशुद्ध बनाउन सक्‍छ ।
LEV 21:4 तर त्यसले आफ्ना अरू नातेदारहरूका निम्ति आफैलाई अशुद्ध नबनाओस् र आफैलाई अपवित्र नबनाओस् ।
LEV 21:5 पुजारीहरूले आफ्नो शिर नखौरून् वा तिनीहरूका दाह्रीका कुना-कुना नकाटून्, न त तिनीहरूले आफ्ना शरीरहरू काटून् ।
LEV 21:6 तिनीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र रहून्, र तिनीहरूका परमेश्‍वरका नाउँको अपमान नगरून्, किनभने पुजारीहरूले परमप्रभुका भोजनको बलिदान अर्थात् तिनीहरूका परमेश्‍वरको भोजन अर्पण गर्दछन् । यसैकारण पुजारीहरू पवित्र रहून् ।
LEV 21:7 तिनीहरू आफ्ना परमेश्‍वरका निम्ति अलग गरिएका हुनाले तिनीहरूले त्यस्ती स्‍त्रीलाई विवाह नगरून् जो एउटी वेश्‍या हो र जो अपवित्र छे, र तिनीहरूले आफ्नो पतिबाट विच्‍छेद भएकी स्‍त्रीलाई विवाह नगरून् ।
LEV 21:8 तैँले त्यसलाई अलग राख्‍नू, किनभने परमप्रभुलाई रोटी चढाउने त्यो नै हो । त्यो तेरो निम्ति पवित्र हुनुपर्छ, किनभने, तँलाई पवित्र तुल्‍याउने म परमप्रभु पवित्र छु ।
LEV 21:9 पुजारीकी छोरी जो वेश्‍या भएर आफैलाई अपवित्र बनाउछे, त्यसले आफ्नो बुबाको अपमान गर्छे । त्यो जलाइयोस् ।
LEV 21:10 आफ्ना दाजुभाइहरूका बिचमा प्रधान पुजारी भएको मानिस जसको शिरमा अभिषेकको तेल खन्‍याइएको छ, र प्रधान पुजारीको विशेष पोशाक लगाउनको निम्ति अर्पण गरी पवित्र गरिएको छ, त्यसले आफ्नो केश खुला नछोडोस् वा आफ्ना लुगाहरू नच्यातोस् ।
LEV 21:11 आफ्नो बुबा वा आफ्नी आमा जो भए तापनि लाश भएको ठाउँमा त्यो नजाओस् र आफैलाई अपवित्र नबनाओस् ।
LEV 21:12 त्यो प्रधान पुजारी पवित्र स्थानबाट बाहिर ननिस्कोस् र त्यसले आफ्नो परमेश्‍वरको पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने त्यो आफ्नो परमेश्‍वरको अभिषेक गर्ने तेलद्वारा प्रधान पुजारीको रूपमा अर्पण गरिएको छ । म परमप्रभु हुँ ।
LEV 21:13 प्रधान पुजारीले आफ्नी पत्‍नीको रूपमा कन्या केटी बिहे गरोस् ।
LEV 21:14 त्यसले विधवा, विच्‍छेद भएकी स्‍त्री, वा वेश्‍या बिहे नगरोस् । यस्ता स्‍त्रीहरूलाई त्यसले बिहे नगरोस् । त्यसले आफ्नै मानिसहरूबाट एउटा कन्या केटी नै बिहे गरोस्,
LEV 21:15 ताकि त्यसले आफ्ना मानिसहरूका बिचमा आफ्ना छोराछोरीहरूलाई अशुद्ध नबनाओस्, किनभने त्यसलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’ ।”
LEV 21:16 परमप्रभुले मोशालाई भन्‍नुभयो,
LEV 21:17 “हारूनलाई यसो भन्, ‘तेरा सारा वंशहरूभित्र तेरा उत्तराधिकारीहरूमा कुनै शारीरिक खोट छ भने, त्यसले आफ्नो परमेश्‍वरलाई भोजन अर्पण गर्न नजिक नआओस् ।
LEV 21:18 शारीरिक खोट भएको मानिस परमप्रभुको नजिक नआओस्, जस्तै दृष्‍टिविहीन वा हिँड्न नसक्‍ने मानिस, विरूपित वा आकार विकृत भएको मानिस,
LEV 21:19 हात वा खुट्टा बाँङ्गिएको मानिस,
LEV 21:20 पछाडि ढाडमा मासुको डल्‍ला पलाएको मानिस, वा धेरै पातलो वा होचो मानिस, वा आँखामा खोट भएको मानिस, वा रोग लागेको, घाउ भएको, चर्मरोग लागेको, वा अन्डाकोष पिसिएको मानिस ।
LEV 21:21 पुजारी हारूनका उत्तराधिकारीहरूका बिचबाट शारीरिक खोट भएको कोही मानिस पनि परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई नजिक नआओस् । शारीरिक खोट भएको मानिस आफ्नो परमप्रभुको रोटी अर्पण गर्न नजिक नआओस् ।
LEV 21:22 परमेश्‍वरको अति पवित्र वा पवित्र भोजनबाट त्यसले खान मिल्छ ।
LEV 21:23 तर, त्यो पर्दाभित्र प्रवेश नगरोस्, न त वेदीको नजिक आओस्, किनभने त्यसमा शारीरिक खोट छ, र त्यसले मेरो पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु मै हुँ’ ।”
LEV 21:24 यसैले मोशाले यी वचनहरू हारून, तिनका छोराहरू र इस्राएलका सारा मानिसहरूलाई सुनाए ।
LEV 22:1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
LEV 22:2 “हारून र त्यसका छोराहरूलाई भन् कि इस्राएलका मानिसहरूले मेरो निम्ति अलग गरेका पवित्र कुराहरूबाट तिनीहरू टाढा रहून् । तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र नबनाऊन् । म परमप्रभु हुँ ।
LEV 22:3 तिनीहरूलाई भन्, ‘तिमीहरूका सारा वंशहरूभित्र तिमीहरूका कुनै उत्तराधिकारीहरूमध्ये कोही अशुद्ध भएको बेला परमप्रभुका निम्ति इस्राएलका मानिसहरूले अलग गरेका पवित्र कुराहरूको नजिक गयो भने, त्यो मेरो नजिकबाट बहिष्‍कृत होस् । म परमप्रभु हुँ ।
LEV 22:4 हारूनका उत्तराधिकारीहरूमध्ये जसलाई छालाको सरुवा रोग लागेको छ, वा जसको शरीरबाट कुनै सङ्क्रामक कुरा बगिरहेको छ भने, त्यो शुद्ध नभएसम्म त्यसले परमप्रभुकहाँ अर्पण गरिएको बलिदानबाट केही पनि खानुहुँदैन । मरेको मानिस, वा वीर्यपात भइरहेको मानिसजस्तो अशुद्ध कुरालाई छुने,
LEV 22:5 वा अशुद्ध बनाउने घस्रने पशु, वा अशुद्ध बनाउने कुनै मानिसलाई छुने, त्यो जस्तो किसिमको अशुद्धता भए तापनि,
LEV 22:6 र कुनै अशुद्ध कुरालाई छुने पुजारी साँझसम्म अशुद्ध हुन्छ । त्यसले आफ्नो शरीर पानीले ननुहाएसम्म कुनै पवित्र कुरा नखाओस् ।
LEV 22:7 घाम अस्ताएपछि त्यो शुद्ध हुने छ । घाम अस्ताएपछि त्यसले पवित्र कुराहरूबाट खान मिल्छ, किनभने त्यो त्यसकै भोजन हो ।
LEV 22:8 मरेको वा वन पशुद्वारा मारिएको कुनै कुरा त्यसले नखाओस् । त्यसबाट त्यो अशुद्ध हुन्छ । म परमप्रभु हुँ ।
LEV 22:9 पुजारीहरूले मेरा निर्देशनहरू पालन गरून्, नत्रता तिनीहरू पापको दोषी हुने छन् र मलाई अपवित्र तुल्याएको कारण तिनीहरू मर्न सक्छन् । तिनीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ ।
LEV 22:10 पुजारीको परिवारमा कुनै बाहिरको मान्छे, पुजारीका पाहुनाहरू वा त्यसका ज्यालामा काम गर्ने नोकरहरू कसैले पनि पवित्र कुरा नखाऊन् ।
LEV 22:11 तर पुजारीले आफ्नै पैसाले किनेको दासले परमप्रभुका निम्ति अलग गरिएका कुराहरूबाट खान सक्छ । पुजारीका परिवारका सदस्यहरू र त्यसको घरमा जन्मेका दासहरूले पनि त्योसँगै ती कुराहरूबाट खान सक्‍ने छन् ।
LEV 22:12 यदि पुजारीकी छोरीले पुजारीसँग बिहे नगरेर कोही अरूसँग बिहे गर्‍यो भने त्यसले अर्पण गरिएका पवित्र बलिदानहरूबाट नखाओस् ।
LEV 22:13 तर पुजारीकी छोरी विधवा, वा विच्‍छेद भएकी स्‍त्री हो, र त्यसको बालबच्‍चा छैन, र त्यो आफ्नो जवानीमा झैँ आफ्नै बुबाको घरमा बसोबास गर्न फर्की भने, त्यसले आफ्नो बुबाको भोजनबाट खान सक्छे । तर पुजारीको परिवारको सदस्य नभएको कसैले पनि पुजारीको भोजनबाट नखाओस् ।
LEV 22:14 यदि कुनै मानिसले थाहा नपाई पवित्र भोजनबाट खायो भने, त्यसले त्यसको निम्ति पुजारीलाई दाम तिरोस्; त्यसले त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई फिर्ता गरोस् ।
LEV 22:15 डोलाएर परमप्रभुलाई अर्पण गरिएका पवित्र कुराहरूलाई इस्राएलका मानिसहरूले अपवित्र नगरून्,
LEV 22:16 नत्रता तिनीहरूले पाप बोक्‍ने छन् र पवित्र भोजन खाएको कारण तिनीहरू दोषी हुने छन्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’ ।”
LEV 22:17 परमप्रभुले मोशालाई भन्‍नुभयो,
LEV 22:18 “हारून र त्यसका छोराहरू, र इस्राएलका सारा मानिसहरूलाई यसो भन्, ‘कुनै इस्राएली, वा इस्राएलमा बसोबास गर्ने परदेशीले बलिदान अर्पण गर्दा चाहे त्यो कुनै भाकल पुरा गर्न होस्, वा त्यो स्वेच्‍छा भेटी होस्, वा तिनीहरूले परमप्रभुलाई होमबलि अर्पण गर्दा,
LEV 22:19 तिनीहरूले गाई-गोरू, भेडा, वा बाख्राहरूमध्ये निष्‍खोट भाले अर्पण गरोस्, अनि त्यो स्वीकारिने छ ।
LEV 22:20 तर खोट भएको कुनै कुरा पनि अर्पण नगर्नू । म त्यो तिमीहरूबाट स्वीकार्ने छैनँ ।
LEV 22:21 कसैले आफ्नो भाकल पुरा गर्न, वा स्वेच्‍छा भेटीस्वरूप बथान वा बगालबाट परमप्रभुको निम्ति मेलबलि चढाउँछ भने, त्यो निष्‍खोट होस्, अनि त्यो स्वीकारिने छ । त्यो पशुमा कुनै पनि खोट हुनुहुँदैन ।
LEV 22:22 अन्धा, चोट भएका, अङ्गभङ्ग भएका, मूसा वा पाकेको घाउ भएका, वा चिलाउने रोग भएका पशु तिमीहरूले अर्पण नगर्नू । तिमीहरूले परमप्रभुको निम्ति वेदीमा होमबलिद्वारा यी अर्पण नगर्नू ।
LEV 22:23 अङ्गभङ्ग भएको वा सानो साँढे वा भेडाचाहिँ तिमीहरूले स्वेच्‍छा भेटीस्वरूप अर्पण गर्न सक्छौ, तर भाकलको निम्ति त्यसको भेटी ग्रहण हुने छैन ।
LEV 22:24 चोट लागेका, कुच्‍च्याइएका, चिरिएका, वा काटिएका अण्डकोष भएका पशु परमप्रभुलाई अर्पण नगर्नू । तिमीहरूको देशैभरि त्यस्तो नगर्नू ।
LEV 22:25 परदेशीको हातबाट तिमीहरूका परमेश्‍वरको भोजन अर्पण नगर्नू । अङ्गभङ्ग भएका वा खोट भएका पशुहरू, तिमीहरूका निम्ति ग्रहण हुने छैनन्’ ।”
LEV 22:26 परमप्रभुले मोशालाई भन्‍नुभयो,
LEV 22:27 “बाछा वा भेडा वा बाख्रा जन्मिँदा त्यो त्यसको माउसँग सात दिन रहोस् । आठौँ दिनबाट परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई त्यो स्वीकारिने छ ।
LEV 22:28 गाई वा भेडीलाई एकै दिनमा त्यसको बच्‍चासमेत नमार्नू ।
LEV 22:29 तिमीहरूले परमप्रभुलाई धन्यवादको बलि अर्पण गर्दा तिमीहरूले त्यो स्वीकारयोग्‍य तरिकामा बलि गर्नू ।
LEV 22:30 त्यसलाई त्यो बलि गरिएकै दिनमा खानू । अर्को बिहानीसम्म त्यसको केही भाग पनि नछोड्‍नू । म परमप्रभु हुँ ।
LEV 22:31 यसैकारण तिमीहरूले मेरा आज्ञा मान्‍नू र तीअनुसार हिँड्नू । म परमप्रभु हुँ ।
LEV 22:32 तिमीहरूले मेरो पवित्र नाउँलाई अपवित्र नतुल्याउनू । इस्राएलका मानिसहरूले म पवित्र छु भन्‍ने कुरा स्वीकारून् । तिमीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ,
LEV 22:33 र मैले नै तिमीहरूका परमेश्‍वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।
LEV 23:1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
LEV 23:2 “इस्राएलका मानिसहरूलाई भन्, ‘परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन्, जसलाई तिमीहरूले पवित्र सभाको रूपमा घोषणा गर्नू । यी मेरा नियमित चाडहरू हुन् ।
LEV 23:3 तिमीहरू छ दिनसम्म काम गर्न सक्छौ, तर सातौँ दिनचाहिँ पूर्ण विश्रामको शबाथ अर्थात् पवित्र सभा हो । तिमीहरू बसोबास गर्ने कुनै पनि ठाउँमा काम नगर्नू किनभने त्यो परमप्रभुको निम्ति शबाथ हो ।
LEV 23:4 परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन्, पवित्र सभाहरू जसलाई तिमीहरूले तिनीहरूका तोकिएका समयमा घोषणा गर्नू ।
LEV 23:5 पहिलो महिनाको चौधौँ दिनको साँझ परमप्रभुको निस्तार-चाड हो ।
LEV 23:6 सोही महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति अखमिरी रोटीको चाड हो । सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू ।
LEV 23:7 पहिलो दिनलाई तिमीहरूले भेला हुनको निम्ति छुट्‍ट्याउनू, र त्यस दिन तिमीहरूका कुनै पनि दैनिक काम नगर्नू ।
LEV 23:8 तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति भोजनको भेटी अर्पण गर्ने छौ । सातौँ दिनचाहिँ परमप्रभुको निम्ति अलग गरिएको सभाको दिन हो, र त्यस दिन तिमीहरूले आफ्ना कुनै पनि दैनिक काम नगर्नू’ ।”
LEV 23:9 परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो,
LEV 23:10 “इस्राएलका मानिसहरूलाई यसो भन्, ‘मैले तिमीहरूलाई दिन लागेको देशमा तिमीहरू पुगेर त्यहाँ फसलको कटनी गरेपछि तिमीहरूले बालीको पहिलो फलको एक बिटा पुजारीकहाँ ल्याउनू ।
LEV 23:11 त्यसले त्यो बालीको बिटालाई परमप्रभुको अगि डोलाउने छ र तिमीहरूका निम्ति त्यो स्वीकारियोस् भनेर त्यसले त्यो उहाँलाई अर्पण गर्ने छ । शबाथपछिको दिनमा पुजारीले त्यो डोलाएर मलाई अर्पण गर्ने छ ।
LEV 23:12 बालीको बिटालाई डोलाएर मलाई अर्पण गर्ने दिनमा एक वर्षको निष्‍खोट थुमा होमबलिको रूपमा परमप्रभुलाई चढाउनू ।
LEV 23:13 अन्‍नबलिचाहिँ परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति होमबलिको रूपमा तेलसँग मुछिएको एक पाथी मसिनो पिठो होस्, र अर्घबलिचाहिँ एक लिटर दाखमद्य होस् ।
LEV 23:14 यो बलि तिमीहरूले आफ्नो परमेश्‍वरकहाँ नल्याउने दिनसम्म तिमीहरूले रोटी, भुटेको अन्‍न वा हरियो अनाज केही नखानू । तिमीहरू बसोबास गर्ने हरेक ठाउँमा तिमीहरूका मानिसहरूको सबै वंशमा यो सदाको निम्ति विधि होस् ।
LEV 23:15 शबाथ दिन अर्थात् डोलाउने बलिको रूपमा तिमीहरूले बालीको बिटा ल्याएको दिनपछि पुरै सात हप्‍ता गन्‍नू ।
LEV 23:16 सातौँ शबाथको पचास दिन तिमीहरूले गन्‍नू । त्यसपछि तिमीहरूले परमप्रभुलाई नयाँ अन्‍नको बलि चढाउनू ।
LEV 23:17 तिमीहरूका घरहरूबाट एक पाथी पिठोबाट बनेका दुईवटा रोटी ल्याउनू । त्यो मसिनो पिठो खमिर राखेर बनाइयोस् । ती परमप्रभुको निम्ति पहिलो फलको डोलाइने बलि हुने छन् ।
LEV 23:18 रोटीसँगै तिमीहरूले एक वर्षे निष्‍खोट सातवटा थुमा, एउटा साँढेको बच्‍चा, र दुईवटा भेडा अर्पण गर्नू । तिनीहरूको अन्‍नबलि र अर्घबलिसँगै ती परमप्रभुको निम्ति मिठो सुगन्ध दिने होमबलि होऊन् ।
LEV 23:19 तिमीहरूले पापबलिको निम्ति एउटा बोका, र मेलबलिको निम्ति एक वर्षे दुईवटा थुमा बलिदानको निम्ति अर्पण गर्नू ।
LEV 23:20 पहिलो फलको रोटीसँगै परमप्रभुको निम्ति पुजारीले ती डोलाओस्, र दुईवटा थुमासँगै ती बलिदानस्वरूप अर्पण गरोस् । ती पुजारीको निम्ति परमप्रभुलाई अर्पण गरिएको पवित्र बलिदान हुने छन् ।
LEV 23:21 त्यही दिन तिमीहरूले घोषणा गर्नू । त्यहाँ पवित्र सभा हुने छ, र तिमीहरूले गर्ने दैनिक काम नगर्नू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूको वंशमा यो सदाको निम्ति विधि हुने छ ।
LEV 23:22 तिमीहरूले आफ्नो भूमिको फसल कटनी गर्दा आफ्ना भूमिको कुना-कुनामा कटनी नगर्नू, र आफ्नो फसलको शिला-बाला नबटुल्‍नू । ती तिमीहरूले गरिब र परदेशीका निम्ति छोडिदिनू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”
LEV 23:23 परमप्रभुले मोशालाई भन्‍नुभयो,
LEV 23:24 “इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको दिन हुने छ, र त्यो दिन तुरही फुकेर सम्झना गरिने छ र पवित्र सभा हुने छ ।
LEV 23:25 तिमीहरूले आफ्ना दैनिक काम नगर्नू, र तिमीहरूले परमप्रभुका निम्ति आगोद्वारा बलि अर्पण गर्नू’ ।”
LEV 23:26 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,
LEV 23:27 “सातौँ महिनाको दसौँ दिन प्रायश्‍चित्तको दिन हो । त्यस बेला एउटा पवित्र सभा होस्, र तिमीहरूले आफैलाई नम्र बनाएर परमप्रभुको निम्ति आगोद्वारा बलि अर्पण गर्नू ।
LEV 23:28 त्यस दिन तिमीहरूले काम नगर्नू, किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरको अगि आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई त्यो दिन प्रायश्‍चित्तको दिन हो ।
LEV 23:29 त्यस दिन आफैलाई नम्र नबनाउने मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।
LEV 23:30 त्यस दिन कुनै पनि काम गर्ने मानिसलाई म परमप्रभुले नै त्यसका मानिसहरूका बिचमा नष्‍ट गर्ने छु ।
LEV 23:31 तिमीहरूले त्यस दिन कुनै पनि प्रकारको काम नगर्नू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका सबै वंशमा सदाको निम्ति यो विधि बनोस् ।
LEV 23:32 यो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको शबाथ होस्, र त्यस महिनाको नवौँ दिनको साँझ तिमीहरूले आफैलाई नम्र बनाउनू । अर्को दिनको साँझसम्म तिमीहरूले शबाथ मान्‍नू ।”
LEV 23:33 परमप्रभुले मोशालाई भन्‍नुभयो,
LEV 23:34 “इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति छाप्रो-बासको चाड हुने छ । त्यो सात दिनसम्म रहने छ ।
LEV 23:35 पहिलो दिनमा पवित्र सभा होस् । तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।
LEV 23:36 सात दिनसम्म परमप्रभुलाई आगोद्वारा बलिदान अर्पण गर्नू । आठौँ दिनमा पवित्र सभा होस्, र तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिदान अर्पण गर्नू । यो एउटा पवित्र सभा हो, र तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।
LEV 23:37 यी परमप्रभुका निम्ति तोकिएका चाडहरू हुन्, जसलाई तिमीहरूले आगोद्वारा गरिने बलिदान, होमबलि र अन्‍नबलि, बलिदानहरू र अर्घबलिहरू आ-आफ्नै दिनमा अर्पण गर्नको निम्ति पवित्र सभाहरू भनेर घोषणा गर्नुपर्छ ।
LEV 23:38 परमप्रभुका निम्ति शबाथ, र तिमीहरूले परमप्रभुलाई दिने तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलहरू, र तिमीहरूका सबै स्वेच्छा भेटीहरू बाहेक यी चाडहरू हुने छन् ।
LEV 23:39 छाप्रो-बासको चाडको सम्बन्धमा, सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले भूमिबाट फसल बटुलिसकेपछि तिमीहरूले परमप्रभुको यो चाडलाई सात दिनसम्म मान्‍नू । पहिलो दिन पवित्र विश्राम हुने छ, र आठौँ दिन पनि पवित्र विश्राम हुने छ ।
LEV 23:40 पहिलो दिनमा तिमीहरूले रुखहरूबाट उत्तम फल, खजुरका हाँगाहरू, र धेरै पात भएका हाँगाहरू, र लहरे-पीपलका हाँगाहरू लिनू, र सात दिनसम्म परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाउनू ।
LEV 23:41 हरेक वर्ष सात दिनसम्म तिमीहरूले परमप्रभुको निम्ति यो चाड मनाउनू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका सबै वंशमा सदाको निम्ति यो एउटा विधि होस् ।
LEV 23:42 तिमीहरू सात दिनसम्म स-साना छाप्रोमा बस्‍नू । इस्राएलमा जन्मेका सबै जना सात दिनसम्म स-साना छाप्रोमा बसून्,
LEV 23:43 ताकि तिमीहरूका वंशले पुस्तौँ-पुस्तासम्म यो जानून्, कि मैले इस्राएलका मानिसहरूलाई मिश्र देशबाट बाहिर ल्याउँदा तिनीहरूलाई कसरी यी स-साना छाप्राहरूमा बस्‍न लगाएँ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”
LEV 23:44 यसरी मोशाले परमप्रभुका निम्ति तोकिएका चाडहरूबारे इस्राएलका मानिसहरूलाई घोषणा गरे ।
LEV 24:1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
LEV 24:2 “इस्राएलका मानिसहरूलाई बत्तीमा प्रयोग गरिनको निम्ति जैतूनलाई पिसेर शुद्ध तेल ल्याउनू भनेर भन्, ताकि बत्ती निरन्तर बलिरहोस् ।
LEV 24:3 भेट हुने पालमा गवाही पर्दादेखि बाहिर परमप्रभुको सामु हारूनले साँझदेखि बिहानसम्म त्यो बत्ती बालिराखोस् । तिमीहरूका मानिसहरूको सारा वंशमा सदाको निम्ति यो एउटा विधि बनोस् ।
LEV 24:4 प्रधान पुजारीले शुद्ध सुनको पानसमा भएका बत्तीहरू बालिराखोस् ।
LEV 24:5 तैँले मसिनो पिठो लिएर बाह्रवटा रोटी बनाउनू । हरेक रोटीमा एक पाथी पिठो होस् ।
LEV 24:6 त्यसपछि परमप्रभुको अगि शुद्ध सुनको टेबुलमाथि छ-छवटा गरी ती दुई ताँतीमा राख्‍नू ।
LEV 24:7 रोटीहरूका दुवै ताँतीमा सम्झनाको भेटीस्वरूप शुद्ध धूप राख्‍नू । यही धूप परमप्रभुको निम्ति होमबलि हुने छ ।
LEV 24:8 हरेक शबाथ दिनमा अनन्तको करारको चिन्हस्वरूप इस्राएलका मानिसहरूको खातिर प्रधान पुजारीले परमप्रभुको अगि त्यो रोटी राखोस् ।
LEV 24:9 यो भेटी हारून र त्यसका छोराहरूका निम्ति हुने छ, र तिनीहरूले त्यो कुनै पवित्र ठाउँमा खाऊन्, किनभने त्यो परमप्रभुका निम्ति होमबलिको भेटीको भाग हो ।”
LEV 24:10 एउटी इस्राएली स्‍त्रीको छोरा जसको बुबा एक मिश्री थियो, त्यो इस्राएलका मनिसहरूका बिचमा गयो । छाउनीमा त्यस इस्राएली स्‍त्रीको छोरा एउटा इस्राएली पुरुषसँग झगडा गर्‍यो ।
LEV 24:11 इस्राएली स्‍त्रीको छोराले परमप्रभुको नाउँको निन्दा गर्‍यो र परमेश्‍वरलाई सराप्‍यो । यसैकारण मानिसहरूले त्यसलाई मोशाकहाँ ल्याए । त्यसकी आमाको नाम शलोमीत थियो जो दानका कुलको दिब्रीकी छोरी थिई ।
LEV 24:12 परमप्रभु आफैले तिनीहरूलाई आफ्नो इच्‍छा नबताउनुभएसम्म तिनीहरूले त्यसलाई बन्दी बनाएर राखे ।
LEV 24:13 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,
LEV 24:14 “परमेश्‍वरलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाल् । त्यसको कुरा सुनेका सबैले आफ्ना हात त्यसको टाउकोमाथि राखून्, र त्यसपछि जम्‍मै समुदायले त्यसलाई ढुङ्गाले हानून् ।
LEV 24:15 इस्राएलका मानिसहरूलाई तैँले यसरी सम्झाउनू, ‘आफ्ना परमेश्‍वरलाई सराप्‍नेले आफ्नो दोष आफै बोकोस् ।
LEV 24:16 परमप्रभुको नाउँको निन्दा गर्ने मानिस मारियोस् । त्यो इस्राएलमा जन्मेको स्वदेशी वा परदेशी जो भए तापनि जम्मै समुदायले त्यसलाई ढुङ्गाले हानून् । परमप्रभुको नाउँको निन्दा गर्ने मानिस निश्‍चय नै मारियोस् ।
LEV 24:17 यदि कसैले कोही अर्को मानिसलाई हिर्काएर मार्‍यो भने, त्यो निश्‍चय नै मारियोस् ।
LEV 24:18 यदि कसैले अर्काको पशुलाई हानेर मार्‍यो भने, त्यसले प्राणको साटो प्राण नै भर्ना दिओस् ।
LEV 24:19 यदि कसैले आफ्नो छिमेकीलाई घाइते बनायो भने, त्यसले आफ्नो छिमेकीलाई जे गरेको थियो त्यसलाई पनि त्यही गरियोस्,
LEV 24:20 चोटको साटो चोट, आँखाको साटो आँखा, दाँतको साटो दाँत । त्यसले अर्को मानिसलाई घाइते बनाएको कारण त्यसलाई पनि त्यस्तै गरियोस् ।
LEV 24:21 जसले कुनै पशुलाई मार्छ त्यसले त्यसको भर्ना तिरोस्, र जसले अर्को मानिसलाई मार्छ त्यो मारियोस् ।
LEV 24:22 परदेशी र स्वदेशमै जन्मिएको इस्राएली दुवैका निम्ति नियम एउटै होस्, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”
LEV 24:23 यसैकारण मोशाले इस्राएलका मानिसहरूलाई यी कुरा बताए, र ती मानिसहरूले परमप्रभुलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाले । तिनीहरूले त्यसलाई ढुङ्गाले हाने । इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाको पालन गरे ।
LEV 25:1 परमप्रभुले मोशालाई सीनै पर्वतमा भन्‍नुभयो,
LEV 25:2 “इस्राएलका मानिसहरूलाई भन्, ‘मैले तिमीहरूलाई दिने देशमा पुगेपछि परमप्रभुको निम्ति भूमिले पनि शबाथ मानोस् ।
LEV 25:3 तिमीहरूले छ वर्षसम्म आफ्नो भूमिमा बाली लगाउनू, र छ वर्षसम्म आफ्नो दाखबारी छिँवल्‍नू र फसल बटुल्‍नू ।
LEV 25:4 तर सातौँ वर्षमा परमप्रभुको निम्ति भूमिले पनि पवित्र शबाथ मानोस् । आफ्नो भूमिमा बाली नलगाउनू वा आफ्नो दाखबारी नछिँवल्‍नू ।
LEV 25:5 आफै उम्रेको फसल वा नछिँवलेको बोटबाट दाखको कटनी नगर्नू । योचाहिँ भूमिको निम्ति एक वर्षका लागि पवित्र विश्राम होस् ।
LEV 25:6 शबाथको वर्षमा खन-जोत नगरिएको भूमिले जे उब्जाउँछ त्यो नै तिमीहरूका निम्ति भोजन हुने छ । तिमीहरू, तिमीहरूका कमारा-कमारीहरू, तिमीहरूले ज्यालामा काममा लगाएका नोकरहरू र तिमीहरूसँग बसोबास गर्ने परदेशीहरूले ती भोजन बटुल्‍न सक्छन्,
LEV 25:7 र तिमीहरूका गाईवस्तु, र जङ्गली पशुहरूले पनि भूमिले जे उब्जाउँछ त्यही खाने छन् ।
LEV 25:8 तिमीहरूले आफ्नो लागि सात शबाथका वर्षहरू अर्थात् सात गुणा सात वर्ष गरी उनन्‍चास वर्ष गन्‍नू ।
LEV 25:9 त्यसपछि सातौँ महिनाको दसौँ दिनमा तिमीहरूले सबै ठाउँमा ठुलो आवाजमा तुरही बजाउनू । प्रायश्‍चित्तको दिनमा तिमीहरूले आफ्ना सारा भूमिभरि तुरही बजाउनू ।
LEV 25:10 तिमीहरूले पचासौँ वर्ष परमप्रभुका निम्ति अलग गर्नू र सारा भूमिमा सबै बासिन्दाहरूबिच स्वतन्त्रताको घोषणा गर्नू । यो तिमीहरूका निम्ति पुनर्स्थापनाको वर्ष होस्, जुन वर्ष सम्पत्ति र दास तिनीहरूका परिवारहरूमा फिर्ता गरिने छन् ।
LEV 25:11 पचासौँ वर्ष तिमीहरूका निम्ति पुनर्स्थापनाको वर्ष हुने छ । तिमीहरूले बाली नलगाउनू र कटनी पनि नगर्नू । आफै उम्रेका, र नछिँवलेका बोटहरूका दाखहरू तिमीहरूले खानू ।
LEV 25:12 यो पुनर्स्थापनाको वर्ष भएको हुनाले यो तिमीहरूका निम्ति पवित्र हुने छ । भूमिमा आफै उम्रेका कुराहरू तिमीहरूले खानू ।
LEV 25:13 पुनर्स्थापनाको वर्षमा सबैलाई आफ्नै जग्‍गाजमिनमा फर्काउनू ।
LEV 25:14 तिमीहरूले आफ्नो छिमेकीलाई आफ्नो जग्‍गा बेच्‍दा वा आफ्नो छिमेकीबाट जग्‍गा किन्दा तिमीहरूले एक-अर्कालाई धोका नदिनू ।
LEV 25:15 आफ्नो छिमेकीबाट जग्‍गा किन्दा अर्को पुनर्स्थापनाको वर्षसम्ममा कटनी गर्न सकिने वर्षहरू र बालीहरूलाई ध्यानमा राख्‍नू । जग्‍गा बेच्‍न लागेका तिमीहरूका छिमेकीले पनि यो कुरा ध्यानमा राखोस् ।
LEV 25:16 अर्को पुनर्स्थापनाको वर्षसम्म जति धेरै वर्ष बाँकी रहन्छ त्यति नै जग्‍गाको मूल्य बढी हुने छ, र अर्को पुनर्स्थापनाको वर्षसम्म जति थोरै वर्ष बाँकी रहन्छ त्यति नै जग्‍गाको मूल्य कम हुने छ, किनभने नयाँ मालिकको निम्ति कटनीको सङ्ख्या अर्को पुनर्स्थापनाको वर्ष आउन बाँकी वर्षहरूमा आधारित हुन्छ ।
LEV 25:17 तिमीहरूले एक-अर्कालाई धोका नदिनू, बरु तिमीहरूले आफ्ना परमेश्‍वरको मान गर्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
LEV 25:18 यसैले तिमीहरूले मेरा आज्ञाहरू मान्‍नू, मेरा नियमहरू पालन गर्नू र तीअनुसार चल्‍नू । अनि तिमीहरू आफ्नो देशमा सुरक्षित भई जिउने छौ ।
LEV 25:19 भूमिले आफ्नो उब्जनी दिने छ, र तिमीहरूले प्रशस्‍त मात्रामा खाने छौ र त्यहाँ सुरक्षित भएर जिउने छौ ।
LEV 25:20 तिमीहरूले भनौला, “सातौँ वर्षमा हामीले के खाने छौँ? हेर्नुहोस्, हामीले न त बाली लगाउन सक्छौँ, न फसल कटनी गर्न सक्छौँ ।”
LEV 25:21 छैटौँ वर्षमा तिमीहरूमाथि म मेरो आशिष् बर्साउने छु, र भूमिले तिन वर्षसम्म पुग्‍ने फसल उब्जाउने छ ।
LEV 25:22 आठौँ वर्षमा तिमीहरूले बाली लगाउने छौ र तिमीहरूले अगिल्लो वर्षको उब्जनी र भण्डार गरिएको उब्जनीबाट नै खानू । नवौँ वर्षको कटनी गरिएको फसल नआउँदासम्म अगिल्ला वर्षहरूमा भण्डार गरिएका उब्जनीहरूबाट तिमीहरूले खान सक्‍ने छौ ।
LEV 25:23 कोही नयाँ स्थायी मालिकलाई भूमि नबेच्‍नू, किनभने त्यो भूमि मेरो हो । तिमीहरू सबै परदेशीहरू हौ र मेरो भूमिका अस्थायी बासिन्दाहरू हौ ।
LEV 25:24 तिमीहरूले हासिल गरेका सबै जग्‍गाको निम्ति छुटकाराको अधिकार दिनू; तिमीहरूले जुन परिवारबाट जग्‍गा किन्यौ त्यही परिवारलाई त्यो जग्‍गा किन्‍ने मौका दिनू ।
LEV 25:25 यदि तिमीहरूको कोही सङ्गी-इस्राएली गरिब भयो र त्यसले गरिबीको कारण आफ्नो केही सम्पत्ति बेच्‍यो भने, त्यसको सबैभन्दा नजिकको नातेदार आएर त्यसले तिमीहरूलाई बेचेको सम्पत्ति पुनः किन्‍न सक्‍ने छ ।
LEV 25:26 यदि त्यो सम्पत्तिलाई फुकाउनको निम्ति त्यसको कुनै नातेदार छैन, तर त्यो फेरि धनाढ्य भयो र त्यो फुकाउने क्षमता त्योसँग भयो भने,
LEV 25:27 त्यसले त्यो जग्‍गा बेचेपछि बितेका वर्षहरू गनोस् र त्यसले जुन मानिसलाई त्यो जग्‍गा बेचेको थियो त्यसलाई बाँकी रकम तिरोस् । त्यसपछि त्यो आफ्नै जग्‍गाजमिनमा फर्कन सक्छ ।
LEV 25:28 तर यदि त्यसले आफ्नो लागि त्यो जग्‍गा फिर्ता लिन सकेन भने, त्यसले बेचेको जग्‍गा पुनर्स्थापनाको वर्षसम्म जग्‍गा किन्‍ने मानिसको स्वामित्वमा हुने छ । पुनर्स्थापनाको वर्षको अन्त्यमा जग्‍गा बेच्‍ने मानिसकहाँ नै त्यो जग्‍गा फर्काइन्छ, र त्यसको जग्‍गाधनी आफ्नै जग्‍गाजमिनमा फर्कने छ ।
LEV 25:29 यदि कुनै मानिसले पर्खाल लगाएको सहरभित्र घर बेच्‍छ भने, त्यसले त्यो बेचेको एक वर्षभित्र त्यो फेरि किन्‍न सक्‍ने छ । एक वर्षसम्म त्योसँग छुटकाराको अधिकार हुने छ ।
LEV 25:30 यदि एक वर्षसम्म त्यसले त्यो घर फुकाउन सकेन भने, पर्खाल लगाएको सहरभित्रको घर, खरिद गर्ने मानिस र त्यसका वंशको स्थायी सम्पत्ति हुने छ । त्यो पुनर्स्थापनाको वर्षमा फिर्ता गर्नुपर्दैन ।
LEV 25:31 तर गाउँका घरहरू जसका वरिपरि कुनै पर्खाल छैन, त्यसलाई जग्‍गासरह मानिने छ । ती फुकाउन सकिने छ, र पुनर्स्थापनाको वर्षमा ती फिर्ता गर्नुपर्ने छ ।
LEV 25:32 तथापि, लेवीहरूले आफ्ना सहरहरूमा आफ्नो अधिकार गरेका घरहरू भने जुनसुकै समयमा पनि फुकाउन सकिने छ ।
LEV 25:33 यदि लेवीहरूमध्ये कसैले आफूले बेचेको घर फुकाएन भने, सहरमा बेचिएको घर पुनर्स्थापनाको वर्षमा फिर्ता गरिनुपर्ने छ, किनभने इस्राएलका मानिसहरूमध्ये लेवीहरूका सहरहरूभित्र भएका घरहरू तिनीहरूको सम्पत्ति हो ।
LEV 25:34 तर तिनीहरूका सहरहरू वरिपरि भएका भूमिहरू नबेच्‍नू किनभने ती लेवीहरूका स्थायी सम्पत्ति हुन् ।
LEV 25:35 यदि तिमीहरूका सङ्गी-नागरिक गरिब भएर आफ्नो हेरचाह गर्न सकेन भने, तिमीहरूले जसरी कुनै परदेशीलाई वा तिमीहरूका बिचमा कतै बाहिरबाट आएर बसोबास गरेका मानिसहरूलाई सहयोग गर्छौ, त्यसरी नै त्यसलाई सहयोग गर्नू ।
LEV 25:36 त्यसलाई ब्याज नलगाउनू वा त्यसबाट कुनै किसिमको फाइदा नलिनू, आफ्ना परमेश्‍वरको आदर गर्नू ताकि तेरो भाइ तँसँगै बसोबास गर्न सकोस् ।
LEV 25:37 तिमीहरूले त्यसलाई ब्याजमा ऋण नदिनू, न त नाफा कमाउनको निम्ति आफ्नो भोजन त्यसलाई बेच्‍नू ।
LEV 25:38 तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्‍वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ ।
LEV 25:39 यदि तिमीहरूको सङ्गी-नागरिक गरिब भयो र त्यसले आफैलाई तिमीहरूकहाँ बेच्‍यो भने, त्यसलाई दासलाई झैँ काममा नलगाउनू ।
LEV 25:40 त्यसलाई ज्यालामा राखिएको नोकरझैँ व्यवहार गर्नू । तिमीहरूका बिचमा अस्थायी रूपमा बसोबास गर्ने मानिसझैँ त्यो हुने छ । पुनर्स्थापनाको वर्षसम्म त्यसले तिमीहरूको सेवा गर्ने छ ।
LEV 25:41 त्यसपछि त्यो र त्यसका छोराछोरीहरू तिमीहरूबाट पर आफ्नै परिवार र आफ्नै पिताको सम्पत्तिमा फर्किजाने छन् ।
LEV 25:42 किनभने तिनीहरू मेरा नोकरहरू हुन् जसलाई मैले मिश्रदेशबाट बाहिर ल्याएँ । तिनीहरू दासहरूझैँ बेचिने छैनन् ।
LEV 25:43 तिमीहरूले त्यसमाथि कठोर रूपमा शासन नगर्नू, तर तिमीहरूले आफ्नो परमेश्‍वरको मान गर्नू ।
LEV 25:44 तिमीहरूका वरिपरि बसोबास गर्ने जातिहरूबाट दास-दासीहरू तिमीहरूले प्राप्‍त गर्न सक्‍यौ भने, तिमीहरूले तिनीहरूबाट दासहरू किन्‍न सक्‍ने छौ ।
LEV 25:45 तिमीहरूका बिचमा बसोबास गर्ने परदेशीहरूबाट, तिमीहरूसँग भएका तिनीहरूका परिवारहरूबाट, र तिमीहरूको भूमिमा जन्मेका तिनीहरूका छोराछोरीहरूबाट पनि तिमीहरूले दासहरू किन्‍न सक्छौ । तिनीहरू तिमीहरूको सम्पत्ति बन्‍न सक्छन् ।
LEV 25:46 तिमीहरूले त्यस्ता दासहरूलाई आफ्ना छोराछोरीहरूका निम्ति तिमीहरूपछि सम्पत्तिको रूपमा प्राप्‍त गर्न र सारा जीवनभर तिनीहरूलाई दास बनाउन उत्तराधिकारको रूपमा दिन सक्छौ, तर इस्राएलका मानिसहरूका बिचमा आफ्ना भाइहरूलाई तिमीहरूले कठोर रूपमा शासन नगर्नू ।
LEV 25:47 यदि कुनै परदेशी वा तिमीहरूका बिचमा अस्थायी रूपमा बसोबास गर्ने मानिस धनी भयो, र तिमीहरूमध्येको कुनै एउटा सङ्गी-इस्राएली गरिब भएर त्यसले आफैलाई त्यो परदेशी वा त्यस परदेशीको परिवारमा कसैकहाँ आफैलाई बेच्‍यो भने,
LEV 25:48 तिमीहरूको सङ्गी-इस्राएली किनिसकेपछि त्यसलाई पुनः किनेर फुकाउन सकिने छ । परिवारमा कसैले त्यसलाई छुटकारा दिन सक्छ ।
LEV 25:49 त्यस मानिसको काका, वा काकाको छोरा, वा त्यसको परिवारको कोही नजिकको नातेदारले त्यसलाई छुटाउन सक्‍ने छ । वा त्यो धनाढ्य भएको छ भने, त्यसले आफैलाई छुटाउन सक्‍ने छ ।
LEV 25:50 त्यसलाई किनेको मानिससँग त्यसले मोल-तोल गरोस्, र त्यसले आफैलाई त्यो खरिद गर्ने मानिसकहाँ बेचेको वर्षदेखि पुनर्स्थापनाको वर्षसम्म कति वर्ष हुने रहेछ भनेर तिनीहरूले गनून् । त्यसलाई किन्‍ने मानिसकहाँ त्यसले जति वर्ष काम गरिरहने छ, ती वर्षहरूका निम्ति कुनै ज्यालामा राखिने नोकरलाई तिरिने दरलाई ध्यानमा राखी त्यसको छुटकाराको मोल तय गरियोस् ।
LEV 25:51 पुनर्स्थापनाको वर्ष आउन अझै धेरै वर्ष बाँकी छ भने, ती वर्षहरूका आधारमा आफ्नो छुटकाराको रकम तिरोस् ।
LEV 25:52 यदि पुनर्स्थापनाको वर्ष आउन थोरै मात्र समय रहेको छ भने, पुनर्स्थापनाको वर्ष आउनअगि बाँकी रहेका वर्षहरू त्यसलाई खरिद गर्नेसँग त्यसले मोल-तोल गरोस्, र ती वर्षहरूअनुसार त्यसले आफ्नो छुटकाराको निम्ति तिरोस् ।
LEV 25:53 वर्ष-वर्षको निम्ति ज्यालामा लगाइएको मानिसझैँ त्यससँग व्यवहार गर्नू । त्यसलाई कठोरतासाथ व्यवहार नगर्नू ।
LEV 25:54 यी तरिकाहरूबाट त्यसको छुटकारा हुन सकेन भने, त्यो र त्यसका छोराछोरीहरूले पुनर्स्थापनाको वर्षसम्म सेवा गरून् ।
LEV 25:55 मेरो निम्ति इस्राएलका मनिसहरू नोकरहरू हुन् । यिनीहरू मेरा नोकरहरू हुन् जसलाई मैले मिश्र देशबाट बाहिर निकालेर ल्याएँ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”
LEV 26:1 “तिमीहरूले मूर्तिहरू नबनाउनू, र आफ्नो निम्ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खडा नगर्नू, र आफ्नो भूमिमा खोपिएको ढुङ्गाको प्रतिमूर्ति बनाएर त्यसलाई दण्डवत् नगर्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
LEV 26:2 तिमीहरूले मेरो शबाथ मान्‍नू र मेरो पवित्रस्थानको आदर गर्नू । म परमप्रभु हुँ ।
LEV 26:3 यदि तिमीहरू मेरा नियमहरूअनुसार हिँड्यौ र मेरा आज्ञाहरू पालन गरेर तीअनुसार चल्यौ भने,
LEV 26:4 म तिमीहरूलाई ठिक मौसममा झरी दिने छु, र भूमिले आफ्नो उब्जनी दिने छ, र भूमिका रुखहरूले आफ्ना फल दिने छन् ।
LEV 26:5 दाख बटुल्‍ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ, र रोपाइँको समयसम्मै दाख बटुल्‍ने छौ । तिमीहरूले भरपेट रोटी खाने छौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ ।
LEV 26:6 म देशमा शान्ति ल्याउने छु, र तिमीहरू कुनै डरविना नै निदाउने छौ । म तिमीहरूका देशबाट हिंसक पशुहरूलाई हटाइदिने छु, र तिमीहरूका देशमा तरवार प्रहार हुने छैन ।
LEV 26:7 तिमीहरूले आफ्ना दुश्मनहरूलाई लखेट्‍ने छौ, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूकै अगि तिनीहरू लड्‍ने छन् ।
LEV 26:8 तिमीहरूका पाँच जनाले सयलाई, र सयले हजार जनालाई लखेट्‍ने छन्, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूका दुश्मनहरू तिमीहरूकै अगि लड्‍ने छन् ।
LEV 26:9 म तिमीहरूमाथि कृपादृष्‍टि लगाउने छु र तिमीहरूलाई फलवन्‍त बनाएर तिमीहरूको सङ्ख्या वृद्धि गर्ने छु । म मेरो करार तिमीहरूसँग स्थापना गर्ने छु ।
LEV 26:10 तिमीहरूले लामो समयसम्म भण्डार गरेको खाने कुरा खाने छौ । तिमीहरूले भण्डार गरेको खाने कुरा बाहिर निकालेर नयाँ फसलको निम्ति ठाउँ तयार गर्ने छौ ।
LEV 26:11 म मेरो वेदी तिमीहरूकै बिचमा राख्‍ने छु, र म तिमीहरूलाई घृणा गर्ने छैनँ ।
LEV 26:12 म तिमीहरूका बिचमा हिँड्‍डुल गर्ने छु, र म तिमीहरूका परमेश्‍वर हुने छु, र तिमीहरू मेरा मानिसहरू हुने छौ ।
LEV 26:13 तिमीहरू मिश्रमा दास भइनरहोस् भनेर त्यस देशबाट तिमीहरूलाई निकालेर बाहिर ल्याउने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ । मैले तिमीहरूका जुवाका काठहरू भत्‍काइदिएको छु र तिमीहरूलाई ठाडो भएर हिँड्ने तुल्याएको छु ।
LEV 26:14 तर तिमीहरूले मेरा कुरा सुनेनौ, र मेरा यी सबै आज्ञाहरू मानेनौ,
LEV 26:15 र मेरा विधि र नियमहरूलाई घृणा गरेर इन्‍कार गर्‍यौ, र मेरा सबै आज्ञाहरू पालन नगरेर मेरो करारलाई तोड्‍यौ भने,
LEV 26:16 म तिमीहरूका बिचमा आतङ्क फैलाउने छु, आँखालाई नष्‍ट गर्ने र प्राणलाई शिथिल गराउने रोगहरू र ज्वरोहरू पठाउने छु । तिमीहरूले छरेका बिउ व्यर्थ हुने छन्, किनभने तिमीहरूका शत्रुहरूले त्यसको उब्जनी खाने छन् ।
LEV 26:17 म मेरो मुहार तिमीहरूबाट फर्काउने छु, र तिमीहरूका शत्रुले तिमीहरूलाई पराजय गर्ने छन् । तिमीहरूलाई घृणा गर्ने मानिसहरूले तिमीहरूमाथि शासन गर्ने छन्, र कसैले तिमीहरूलाई नखेदे तापनि तिमीहरू भाग्‍ने छौ ।
LEV 26:18 यी सबैपछि पनि तिमीहरूले मेरो कुरा सुनेनौ भने, म तिमीहरूका पापभन्दा सात गुणा बढी सजाय तिमीहरूलाई दिने छु ।
LEV 26:19 आफ्नो शक्‍तिमाथिको तिमीहरूको घमण्डलाई म तोडिदिने छु । तिमीहरूमाथिको आकाशलाई फलामझैँ र तिमीहरूको भूमिलाई काँसोझैँ बनाउने छु ।
LEV 26:20 तिमीहरूको मेहनत व्यर्थ हुने छ, किनभने तिमीहरूको भूमिले आफ्नो फसल दिने छैन, र तिमीहरूका भूमिका रुखहरूले आफ्ना उब्जनी दिने छैनन् ।
LEV 26:21 यदि तिमीहरू मेरो विरुद्ध भयौ र मेरो कुरा सुनेनौ भने, तिमीहरूका पापहरूको बदलामा म सात गुणा विपत्ति ल्याउने छु ।
LEV 26:22 म तिमीहरूकहाँ डर लाग्‍दा पशुहरू पठाउने छु, र तिनीहरूले तिमीहरूका छोराछोरीहरू चोरी लैजाने छन्, र तिमीहरूका गाईवस्तुलाई नष्‍ट गर्ने छन्, र तिमीहरूको सङ्ख्यामा कमि ल्याउने छन् । यसरी तिमीहरूका मार्गहरू विराना हुने छन् ।
LEV 26:23 यी कुराहरू हुँदाहुँदै पनि तिमीहरूले मेरा सुधारहरूलाई स्वीकारेनौ र मेरो विरुद्धमा हिँड्न छोडेनौ भने,
LEV 26:24 म तिमीहरूका विरुद्ध हुने छु, र तिमीहरूका पापका कारण म तिमीहरूलाई सात गुणा दण्ड दिने छु ।
LEV 26:25 म तिमीहरूमाथि तरवार प्रहार गर्ने छु र तिमीहरूले करार भङ्ग गरेको कारण त्यस तरवारले बदला लिने छ । तिमीहरू आफ्ना सहरहरूमा भेला गराइने छौ, र तिमीहरूका बिचमा मैले एउटा रोग पठाउने छु, र तिमीहरूका दुश्‍मनका हातमा तिमीहरूलाई सुम्‍पने छु ।
LEV 26:26 जब म तिमीहरूका भोजनको आपूर्ति रोकिदिने छु, दस जना स्‍त्रीले एउटै भाँडोमा तिमीहरूका निम्ति रोटी बनाउने छन्, र वजनअनुसार तिनीहरूले तिमीहरूका रोटी वितरण गर्ने छन् । तिमीहरूले खाने त छौ, तर तृप्‍त हुने छैनौ ।
LEV 26:27 यी कुराहरू हुँदाहुँदै पनि तिमीहरूले मेरो कुरा सुनेनौ र मेरो विरुद्ध हिँडिरह्‍यौ भने,
LEV 26:28 म क्रोधित हुने छु र तिमीहरूको विरुद्ध हुने छु, र तिमीहरूका पापभन्दा सात गुणा बढी दण्ड म दिने छु ।
LEV 26:29 तिमीहरूले आफ्ना छोराछोरीहरूका मासु खाने छौ ।
LEV 26:30 म तिमीहरूका डाँडाका थानहरू नाश गर्ने छु, तिमीहरूका धूपका वेदीहरू भत्‍काइदिने छु, र तिमीहरूका लाशहरू तिमीहरूका मृत मूर्तिहरूमाथि फालिदिने छु, र म तिमीहरूलाई तिरस्कार गर्ने छु ।
LEV 26:31 म तिमीहरूका सहरहरूलाई भग्‍नावशेषमा परिणत गरिदिने छु र तिमीहरूका पवित्र स्थलहरू नष्‍ट गरिदिने छु । म तिमीहरूका बलिदानहरूका सुगन्धबाट प्रसन्‍न हुने छैनँ ।
LEV 26:32 म तिमीहरूका देशलाई ध्वस्त पारिदिने छु । त्यहाँ बस्‍ने तिमीहरूका दुश्‍मनहरूले त्यस्तो विनाश देखेर आश्‍चर्यचकित हुने छन् ।
LEV 26:33 म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितरबितर पारिदिने छु, र मेरो तरवार निकालेर तिमीहरूको पछि लाग्‍ने छु । तिमीहरूको देश त्यागिने छ र तिमीहरूका सहरहरू विनाश हुने छन् ।
LEV 26:34 त्यो देश जबसम्म त्यागिएको हुन्छ र जबसम्म तिमीहरू दुश्‍मनको भूमिमा हुन्छौ, तबसम्म त्यो देशले शबाथ मनाउने छ । त्यस समयसम्म देशले विश्राम गर्ने छ र आफ्नो शबाथ मनाउने छ ।
LEV 26:35 त्यो जबसम्म त्यागिएको हुन्छ, त्यो विश्राममा हुन्छ । तिमीहरू त्यहाँ बसोबास गर्दा तिमीहरूका शबाथसँगै त्यसले यस्तो विश्राम पाएको थिएन ।
LEV 26:36 तिमीहरूका दुश्‍मनका देशमा छोडिएकाहरूका हृदयहरूमा यस्तो डर हालिदिने छु, कि हावाले पात हल्‍लाउँदा आउने आवाजले तिमीहरूलाई झस्‍काउने छ, र तिमीहरू तरवारबाट टाढा भागेझैँ दौडने छौ । कसैले तिमीहरूलाई नखेदेको भए पनि तिमीहरू लड्‍ने छौ ।
LEV 26:37 कसैले नखेदेको भए तापनि तिमीहरू तरवारबाट टाढा भागेझैँ भाग्‍ने छौ र एक-अर्कासँग ठोकिने छौ । तिमीहरूसँग आफ्ना दुश्‍मनहरूको अगाडि उभिने तागत हुने छैन ।
LEV 26:38 तिमीहरू जाति-जातिहरूका बिचमा नष्‍ट हुने छौ, र तिमीहरूका दुश्‍मनको भूमिले तिमीहरूलाई निल्‍ने छ ।
LEV 26:39 तिमीहरूमध्ये बाँकी रहेकाहरू तिमीहरूका दुश्‍मनको देशमा आफ्ना पाप र आफ्ना पुर्खाहरूको पापका कारण खतम हुने छन् ।
LEV 26:40 तर यदि तिनीहरूले आफ्ना र आफ्ना पुर्खाहरूका पाप, मप्रति विश्‍वासहीन भएर गरेका विद्रोह, र मेरो विरुद्धको हिँडाइलाई स्वीकारे भने-
LEV 26:41 जसले गर्दा म तिनीहरूको विरुद्ध भएँ र तिनीहरूलाई मैले तिनीहरूका दुश्‍मनको देशमा ल्याएँ- र यदि तिनीहरूका कठोर कठोर हृदय नम्र भए, अनि तिनीहरूले आफ्ना पापका कारण दण्डहरू स्वीकारे भने,
LEV 26:42 मैले याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको सम्झना गर्ने छु, र त्यो देशलाई पनि सम्झने छु ।
LEV 26:43 त्यो देश तिनीहरूद्वारा त्यागिने छ, र यसैकारण त्यो त्यागिएको समयमा त्यसले शबाथ मनाउने छ । तिनीहरू आफैले मेरा आज्ञाहरू इन्‍कार गरेका र मेरा नियमहरूलाई घृणा गरेका हुनाले तिनीहरूले आफ्ना पापको दण्ड पाउने छन् ।
LEV 26:44 यी सबै कुरा हुँदाहुँदै पनि तिनीहरू आफ्ना दुश्‍मनको भूमिमा हुँदा म तिनीहरूलाई इन्‍कार गर्ने छैनँ, न त तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गर्न र तिनीहरूसँगको मेरो करारबाट टाढा हुनको निम्ति तिनीहरूलाई घृणा गर्ने छु, किनभने म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ ।
LEV 26:45 तर तिनीहरूका खातिर मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेको करारको सम्झना म गर्ने छु, जुन पुर्खाहरूलाई म तिनीहरूका परमेश्‍वर हुन सकूँ भनेर मैले मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।”
LEV 26:46 परमप्रभुले सीनै पर्वतमा मोशाद्वारा उहाँ र इस्राएलका मानिसहरूका बिचमा दिनुभएका आज्ञाहरू, विधिहरू र नियमहरू यी नै हुन् ।
LEV 27:1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
LEV 27:2 “इस्राएलका मानिसहरूलाई भन्, ‘यदि कसैले परमप्रभुलाई विशेष प्रतिज्ञा गर्दछ भने, त्यसको मूल्य यसरी निर्धारण गर्नू ।
LEV 27:3 बिसदेखि साठी वर्षसम्मको पुरुषको लागि पवित्रस्थानका शेकेलबमोजिम चाँदीका पचास शेकेल मूल्य तोकिदिनू ।
LEV 27:4 सोही उमेरको स्‍त्रीको निम्ति भने मूल्य तिस शेकेल होस् ।
LEV 27:5 पाँच वर्षदेखि बिस वर्षसम्मको पुरुषको लागि मूल्य बिस शेकेल र स्‍त्रीको लागि दस शेकेल निर्धारण गर्नू ।
LEV 27:6 एक महिनादेखि पाँच वर्षसम्मको पुरुषको लागि मूल्य पाँच शेकेल र स्‍त्रीको लागि तिन शेकेल निर्धारण गर्नू ।
LEV 27:7 साठी वर्षमाथिको पुरुषको लागि मूल्य पन्ध्र शेकेल र स्‍त्रीको लागि दस शेकेल निर्धारण गर्नू ।
LEV 27:8 तर प्रतिज्ञा गर्ने मानिसले तोकिएको मूल्य तिर्न सकेन भने, त्यो मानिस पुजारीकहाँ प्रकट गरियोस्, र पुजारीले भाकल गर्ने मानिसको क्षमताअनुसार मूल्य निर्धारण गरिदिने छ ।
LEV 27:9 यदि कसैले परमप्रभुको निम्ति कुनै पशु बलिदान गर्न चाहन्छ, र यदि उहाँले त्यो स्वीकार्नुभयो भने, त्यो पशु त्यसको निम्ति छुटाइने छ ।
LEV 27:10 त्यो मानिसले त्यस पशुलाई नसाटोस्, असललाई खराबको निम्ति र खराबलाई असलको निम्ति । यदि त्यसले एउटालाई अर्कोको निम्ति साटेमा त्यो र जसको निम्ति त्यो साटिएको थियो, दुवै नै पवित्र हुने छन् ।
LEV 27:11 तथापि, यदि त्यस मानिसले परमप्रभुलाई दिन्छु भनी प्रतिज्ञा गरेको पशु अशुद्ध छ र परमप्रभुले त्यो स्वीकार्नुभएन भने, त्यस मानिसले पशुलाई पुजारीकहाँ ल्याओस् ।
LEV 27:12 पुजारीले बजार-मूल्यअनुसार त्यसको मूल्य निर्धारण गरोस् । पुजारीले त्यस पशुको मूल्य जति निर्धारण गर्दछ, त्यो नै त्यसको मूल्य हुने छ ।
LEV 27:13 यदि त्यसको मालिकले त्यसलाई छुटाउन चाह्‍यो भने, त्यसले त्यसको छुटकाराको मूल्यमा पाँचौँ भाग थपोस् ।
LEV 27:14 जब कुनै मानिसले आफ्नो घर परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा अलग गर्दछ भने, पुजारीले त्यो असल छ वा छैन भनेर हेरी त्यसको मूल्य निर्धारण गरोस् । पुजारीले त्यसको मूल्य जति निर्धारण गर्दछ, त्यति नै त्यसको मूल्य हुने छ ।
LEV 27:15 तर आफ्नो घरलाई परमप्रभुको निम्ति अलग गर्ने मालिकले त्यो छुटाउन चाहेमा त्यसले त्यसको छुटकाराको मूल्यमा पाँचौँ भाग थपोस् र त्यो त्यसकै हुने छ ।
LEV 27:16 यदि कुनै मानिसले आफ्नो केही जमिन परमप्रभुको निम्ति अलग गर्दछ भने, त्यो जमिनमा छर्न सकिने बिउको परिमाणअनुसार त्यसको मूल्य निर्धारण हुन्छ । एक मुरी जौको मूल्य चाँदीका बिस शेकेल बराबर हुने छ ।
LEV 27:17 यदि त्यसले त्यो जमिन पुनर्स्थापनाको वर्षमा अलग गर्दछ भने, त्यसको मूल्य तोकिएबमोजिम हुने छ ।
LEV 27:18 तर त्यसले आफ्नो जमिन पुनर्स्थापनाको वर्षपछि अलग गर्दछ भने, पुजारीले अर्को पुनर्स्थापनाको वर्ष आउनलाई बाँकी भएका वर्षहरूका आधारमा त्यो जमिनको मूल्य तय गरोस्, र मूल्य निर्धारण गर्दा त्यसको मूल्य घटाइयोस् ।
LEV 27:19 यदि त्यो जमिन अलग गर्ने मानिसले त्यो छुटाउन चाहेमा त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस्, र त्यो त्यसको हुने छ ।
LEV 27:20 तर यदि त्यसले त्यो जमिनलाई छुटाएन, वा त्यसले त्यो जमिन कुनै अर्को मानिसलाई बेचेको भए, त्यो अब फेरि छुटाउन मिल्दैन ।
LEV 27:21 त्यो भूमि पुनर्स्थापनाको वर्षमा स्वतन्त्र हुँदा परमप्रभुको निम्ति पूर्ण रूपमा दिइएको जमिनझैँ त्यो परमप्रभुको निम्ति पवित्र उपहार हुने छ । त्यो पुजारीको हुने छ ।
LEV 27:22 यदि कुनै मानिसले आफूले किनेको जमिन परमप्रभुको निम्ति अलग गर्दछ, तर त्यो जमिन त्यसको परिवारको जमिनको भाग होइन भने,
LEV 27:23 पुजारीले पुनर्स्थापनाको वर्षसम्म त्यसको मूल्य कति हुन्छ त्यो निर्धारण गरोस्, र त्यो मानिसले त्यस दिन परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा त्यसको मूल्य तिरोस् ।
LEV 27:24 पुनर्स्थापनाको वर्षमा त्यो जमिन जसबाट किनिएको थियो अर्थात् त्यस जमिनको मालिककहाँ नै फिर्ता जाने छ ।
LEV 27:25 सबै मूल्याङ्कन पवित्रस्थानको शेकेलको वजनको आधारमा गरियोस् । बिस गेरा एक शेकेल बराबर हुने छ ।
LEV 27:26 पशुहरूमा पहिलो जन्मनेलाई कसैले पनि अलग नगर्नू, किनभने पहिलो जन्मने पहिलैबाट परमप्रभुकै हो । चाहे त्यो साँढे होस् वा भेडा, त्यो परमप्रभुको हो ।
LEV 27:27 यदि त्यो अशुद्ध पशु हो भने, त्यसको मूल्यमा पाँचौँ भाग थपेर त्यसको मालिकले त्यो किन्‍न सक्‍ने छ । यदि त्यो पशुको छुटकारा भएन भने, तोकिएको मूल्यमा त्यो बेचियोस् ।
LEV 27:28 तर कुनै मानिसले आफूसँग भएका सबै सम्पत्तिबाट परमप्रभुलाई अर्पण गरेको कुरा, चाहे त्यो मानिस वा पशु, वा आफ्नो पारिवारिक जमिन जेसुकै भए पनि त्यो बेचिनु वा छुटाउनुहुँदैन । अर्पण गरिएको सबै कुरा परमप्रभुको निम्ति पवित्र हुन्छ ।
LEV 27:29 नाशको निम्ति अर्पण गरिएको मानिसको निम्ति कुनै मोल नतिर्नू । त्यो मानिस मारिनुपर्छ ।
LEV 27:30 भूमिको सबै दशांश, चाहे भूमिमा उब्जेका अन्‍न वा रुखहरूका फल जे भए पनि त्यो परमप्रभुकै हो । त्यो परमप्रभुको निम्ति पवित्र हुन्छ ।
LEV 27:31 यदि कसैले आफ्नो दशांश छुटाउँछ भने, त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस् ।
LEV 27:32 बथान वा बागल, वा गोठालोको लौरोमुनिबाट जाने हरेक पशुको दस भागमा एक भाग परमप्रभुको निम्ति अलग गरिनुपर्छ ।
LEV 27:33 गोठालोले असल वा खराब पशु नछुटाओस्, र त्यसले एउटाको निम्ति अर्को नबद्‍लोस् । यदि त्यसले त्यो परिवर्तन गरेमा त्यो र जसको निम्ति त्यो बद्‌लिएको थियो, दुवै नै पवित्र हुने छन् । त्यो छुटाउन सकिने छैन’ ।”
LEV 27:34 परमप्रभुले सीनै पर्वतमा इस्राएलका मानिसहरूका निम्ति दिनुभएका आज्ञाहरू यी नै हुन् ।
NUM 1:1 सीनैको मरुभूमिमा भेट हुने पालमा परमप्रभु मोशासँग बोल्नुभयो । यो इस्राएलका मानिसहरू मिश्र देशबाट निस्की आएका दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा भएको थियो । परमप्रभुले भन्‍नुभयो,
NUM 1:2 “इस्राएलको हरेक कुलको सबै पुरुषहरूको तिनीहरूका पुर्खाहरूका परिवार-परिवारअनुसार जनगणना गर् । तिनीहरूका नाउँअनुसार गन् । हरेक पुरुषको गणना गर्,
NUM 1:3 जो बिस वर्ष वा त्यसभन्दा माथिका छन् । इस्राएलको निम्ति सिपाहीको रूपमा लड्न सक्‍ने सबैलाई गन् । तैँले र हारूनले तिनीहरूका सशस्‍त्र समूह-समूहअनुसार पुरुषहरूको सङ्ख्याको अभिलेख राख्‍नुपर्छ ।
NUM 1:4 हरेक कुलको एक जना पुरुषले अर्थात् वंशको मुखियाले आफ्नो वंशको अगुवाको रूपमा तिमीहरूसँग सेवा गर्नुपर्छ ।
NUM 1:5 हरेक अगुवाले तिनको वंशको निम्ति लड्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ । तिमीहरूसँगै रहेर लड्ने अगुवाहरूका नाउँहरू यिनै हुन्ः रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर; शिमियोनको
NUM 1:6 कुलबाट सुरीशद्दैको छोरो शलूमीएल ।
NUM 1:7 यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन;
NUM 1:8 इस्साखारको कुलबाट सूआरको छोरो नतनेल;
NUM 1:9 जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब;
NUM 1:10 योसेफको छोरो एफ्राइमको कुलबाट अम्मीहूदको छोरो एलीशामा; मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल;
NUM 1:11 बेन्यामीनको कुलबाट गिदेओनीको छोरो अबीदान;
NUM 1:12 दानको कुलबाट अम्मीसद्दैको छोरो अहिएजेर;
NUM 1:13 आशेरको कुलबाट ओक्रानको छोरो पगीएल;
NUM 1:14 गातको कुलबाट दूएलको छोरो एल्यासाप;
NUM 1:15 नप्‍तालीको कुलबाट एनानको छोरो अहीरा ।”
NUM 1:16 मानिसहरूबाट चुनिएका पुरुषहरूका नाउँहरू यिनै थिए । तिनीहरूले आ-आफ्ना पुर्खाहरूका कुलको नेतृत्व गरे । तिनीहरू इस्राएलका कुलहरूका अगुवाहरू थिए ।
NUM 1:17 नाउँअनुसार अभिलेख राखिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए, र
NUM 1:18 यी मानिसहरूसँगै एस्राएलका सबै मानिस दोस्रो महिनाको पहिलो दिनमा भेला भए ।
NUM 1:19 त्यसपछि बिस वर्ष र त्यसभन्दा माथिका सबै पुरुषले आ-आफ्ना पुर्ख्यौली पहिचान गरे । तिनीहरूले आफू जन्मिएको कुल र परिवारहरूको नाउँ उल्लेख गर्नुपर्थ्यो । त्यसपछि मोशाले सीनैको मरुभूमिमा परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूका सङ्ख्याहरूको अभिलेख राखे ।
NUM 1:20 इस्राएलका जेठा छोरो रूबेनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
NUM 1:21 रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए ।
NUM 1:22 शिमियोनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
NUM 1:23 शिमियोनका कुलबाट तिनीहरू ५९,३०० पुरुष थिए ।
NUM 1:24 गादका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
NUM 1:25 गादको कुलबाट तिनीहरू ४५,६५० पुरुष थिए ।
NUM 1:26 यहूदाका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
NUM 1:27 यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए ।
NUM 1:28 इस्साखारका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
NUM 1:29 इस्साखारको कुलबाट ५४,४०० पुरुष थिए ।
NUM 1:30 जबूलूनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
NUM 1:31 जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए ।
NUM 1:32 योसेफका छोरा एफ्राइमका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
NUM 1:33 एफ्राइमको कुलबाट तिनीहरू ४०,५०० पुरुष थिए ।
NUM 1:34 मनश्‍शेका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
NUM 1:35 मनश्शेको कुलबाट तिनीहरू ३२,२०० पुरुष थिए ।
NUM 1:36 बेन्यामीनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
NUM 1:37 बेन्यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए ।
NUM 1:38 दानका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
NUM 1:39 दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए ।
NUM 1:40 आशेरका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
NUM 1:41 आशेरको कुलबाट तिनीहरू ४१,५०० पुरुष थिए ।
NUM 1:42 नप्‍तालीका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
NUM 1:43 नप्‍तालीको कुलबाट तिनीहरू ५३,४०० पुरुष थिए ।
NUM 1:44 मोशा र हारूनले यी पुरुषहरूलाई इस्राएलका बाह्र कुललाई नेतृत्व गर्ने बाह्र पुरुषसँगै गन्ती गरे ।
NUM 1:45 यसैले लडाइँमा जान सक्‍ने बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका सबै पुरुषहरूको हरेकको आ-आफ्ना परिवार-परिवारअनुसार गन्ती गरियो ।
NUM 1:46 तिनीहरू ६,०३,५५० पुरुष थिए ।
NUM 1:47 तर लेवीका सन्तानहरूको गन्ती
NUM 1:48 गरिएन, किनभने परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 1:49 “तैँले लेवीको कुललाई नगन्‍नू वा इस्राएलका कुल मानिसहरूमा नगाभ्नू ।
NUM 1:50 बरु, लेवीहरूलाई पवित्र वासस्थानको करारका विधिहरूको हेरचाह गर्न र पवित्र वासस्थानका सबै सरसामान र यसमा भएका सबै कुराको हेरचाह गर्न नियुक्‍त गर्नू ।
NUM 1:51 पवित्र वासस्थान अर्को ठाउँमा सार्नुपर्दा यसलाई लेवीहरूले उठाउनुपर्छ । पवित्र वासस्थान खडा गर्नुपर्दा लेवीहरूले नै खडा गर्नुपर्छ । पवित्र वासस्थानको नजिक आउने कुनै पनि अपरिचित व्यक्‍तिलाई मार्नू ।
NUM 1:52 इस्राएलका मानिसहरूले आ-आफ्ना पालहरू टाँग्दा हरेकले तिनीहरूका सशस्‍त्र समुहको झण्डाको नजिकै टाँग्‍नू ।
NUM 1:53 तथापि, लेवीहरूले तिनीहरूका पाल करारका विधिका पवित्र वासस्थान वरिपरि टाँग्‍नुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो रिस नपरोस् । लेवीहरूले करारका विधिहरूको पवित्र वासस्थानको हेरचाह गर्नुपर्छ ।
NUM 1:54 इस्राएलका मानिसहरूले यी सबै कुरा गरे । परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको सबै थोक तिनीहरूले गरे ।
NUM 2:1 परमप्रभु फेरि पनि मोशा र हारूनलाई भन्‍नुभयो,
NUM 2:2 “हरेक इस्राएलीले आ-आफ्ना पुर्खाहरूको घरानाअनुसार आ-आफ्नो झन्डाको वरिपरि छाउनी लगाउनू ।
NUM 2:3 तिनीहरूले भेट हुने पालको वरिपरि छाउनी लगाऊन् । भेट हुने पालको पूर्वतिर अर्थात् घाम झुल्कनेतिर छाउनी लगाउनेहरू यहूदाको दल होस् र तिनीहरूले आफ्नो झन्डामुनि छाउनी लगाऊन् । अम्मीनादाबको छोरो नहशोन यहूदाका मानिसको अगुवा होस् ।
NUM 2:4 यहूदाका मानिसहरूको सङ्ख्या ७४,६०० छ ।
NUM 2:5 इस्साखारको कुलले यहूदापछि छाउनी लगाउनू । सूआरका छोरो नतनेलले इस्साखारको फौजको नेतृत्व गर्नुपर्छ ।
NUM 2:6 तिनको दलमा भएकाहरूको सङ्ख्या ५४,४०० पुरुष छन् ।
NUM 2:7 जबूलूनको कुलले इस्साखारपछि छाउनी लगाउनू । हेलोनका छोरा एलीआबले जबूलूनको फौजको नेतृत्व गर्नुपर्छ ।
NUM 2:8 तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ ।
NUM 2:9 यहूदाको छाउनीको कुल सङ्ख्या १,८६,४०० छ ।
NUM 2:10 तिनीहरू अग्रस्थानमा हिँड्नेछन् । दक्षिणपट्टि रूबेनको छाउनी तिनीहरूको झन्डामुनि हुनेछ । रूबेनको छाउनीको अगुवा शदेऊरका छोरा एलीसूर होस् ।
NUM 2:11 तिनको दलमा हुनेको सङ्ख्या ४६,५०० छ ।
NUM 2:12 शिमियोनले रूबेनपछि छाउनी लगाओस् । शिमियोनका मानिसहरूको अगुवा सूरीशद्दैका छोरा शलूमीएल होस् ।
NUM 2:13 तिनको दलमा हुनेहरूको सङ्ख्या ५९,३०० छ ।
NUM 2:14 त्यसपछि गादको कुल हुन्छ । गादका मानिसहरूको अगुवा दूएलका छोरा एल्यासाप होस् ।
NUM 2:15 तिनको दलमा हुनेहरूको सङ्ख्या ४५,६५० छ ।
NUM 2:16 आ-आफ्नो दलअनुसार खटाइएका रूबेनको छाउनीका सबै मानिसहरू १,५१,४५० छन् । तिनीहरू दोस्रो लश्करमा हिँड्नेछन् ।
NUM 2:17 त्यसपछि सबै छाउनीका बिचमा लेवीहरूसँगै छाउनीबाट भेट हुने पाल जानुपर्छ । तिनीहरू छाउनीबाट गएबमोजिम नै छाउनीमा आउनुपर्छ । हरेक मानिस आफ्नो झन्डामुनि आफ्‍नै स्थानमा हुनुपर्छ ।
NUM 2:18 एफ्राइमको छाउनीका दलहरू आफ्‍नै झन्डामुनि हुन्छन् । एफ्राइमको मानिसहरूको अगुवा अम्मीहूदका छोरा एलीशामा होस् ।
NUM 2:19 तिनको दलमा हुनेहरूको सङ्ख्या ४०,५०० छ ।
NUM 2:20 तिनीहरूपछि मनश्‍शेको कुल हुन्छ । मनश्‍शेको अगुवा पदासूरका छोरा गमलिएल होस् ।
NUM 2:21 तिनको दलमा हुनेहरूको सङ्ख्या ३२,२०० छ ।
NUM 2:22 त्यपछि बेन्यामीनको कुल हुनेछ । बेन्यामीनको अगुवा गिदेओनीका छोरा अबीदान होस् ।
NUM 2:23 तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४०० छ ।
NUM 2:24 एफ्राइमको छाउनीका गन्ती गरिएका सबैको सङ्ख्या १,०८,१०० छ । तिनीहरू तेस्रो लश्करमा हिँड्नेछन् ।
NUM 2:25 उत्तरमा दानको छाउनीको दल हुनेछ । दानका मानिसहरूका अगुवा अम्मीशद्दैका छोरा अहीएजेर होस् ।
NUM 2:26 तिनको दलमा भएकाहरूको सङ्ख्या ६२,७०० छ ।
NUM 2:27 दानको छाउनीपछि आशेरको कुलका मानिसहरू हुनेछन् । आशेरको अगुवा ओक्रानको छोरा पगीएल होस् ।
NUM 2:28 तिनको दलमा भएकाहरूको सङ्ख्या ४१,५०० छ । त्यपछि नप्‍तालीको कुल हुनेछ । नप्‍तालीको अगुवा एनानका छोरा अहीरा होस् ।
NUM 2:29 तिनको दलमा भएकाहरूको सङ्ख्या ५३,४०० छन् ।
NUM 2:30 दानको छाउनीमा हुनेहरूका सबै सङ्ख्या १,५७,६०० छ ।
NUM 2:31 तिनीहरू छाउनीबाट तिनीहरूको झन्डामुनि अन्तिममा जानेछन् ।”
NUM 2:32 आ-आफ्नो परिवार-परिवारअनुसार गन्ती गरिएका इस्राएलीहरू यिनै हुन् । आ-आफ्नो दलअनुसार तिनीहरूको छाउनीमा गणना गरिएकाहरू ६,०३,५५० छन् । ,
NUM 2:33 तर मोशा र हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूमा गन्ती गरेनन् ।
NUM 2:34 यो परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरिएको थियो । इस्राएलीका मानिसहरूले परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा गरे । तिनीहरूले आ-आफ्नो झन्डाअनुसार छाउनी लगाए । तिनीहरू आ-आफ्ना पुर्खाहरूको परिवार-परिवारअनुसार आ-आफ्नो छाउनीबाट निस्कन्थे ।
NUM 3:1 यो परमप्रभु सीनै पर्वतमाथि मोशासँग बोल्नुहुँदा हारून र मोशाका सन्तानहरूको इतिहास हो ।
NUM 3:2 हारूनका छोराका नाउँहरू यिनै हुन्: जेठा नादाब, अबीहू, एलाजार र ईतामार थिए ।
NUM 3:3 हारून पुजारीका छोराहरूका नाउँहरू यिनै हुन् जसलाई पुजारीको रूपमा अभिषेक गरिएको थियो र पुजारीको रूपमा सेवा गर्न नियुक्‍त गरिएका थिए ।
NUM 3:4 तर नादाब र अबीहूले सीनै पर्वतमा अस्वीकार्य आगो परमप्रभुलाई चढाउँदा तिनीहरू उहाँको सामु मरे । नादाब र अबीहूका कुनै छोराछोरी थिएन । यसैले एलाजार र ईतामारले तिनीहरूका बुबा हारूनसँग पुजारीको रूपमा सेवा गरे ।
NUM 3:5 परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 3:6 “लेवीको कुललाई ले र तिनीहरूले पुजारी हारूनलाई सहायता गर्नको निम्ति तिनीहरूलाई तिनीकहाँ प्रस्तुत गर् ।
NUM 3:7 तिनीहरूले भेट हुने पालको सामु हारून र सारा समुदायको तर्फबाट दायित्वहरू पुरा गर्नुपर्छ । तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्नुपर्छ ।
NUM 3:8 तिनीहरूले भेट हुने पालका सबै सरसामानको हेरचाह गर्नुपर्छ र तिनीहरूले पवित्र वासस्थानको सेवा वहन गर्न इस्राएलका कुलहरूलाई सहायता गर्नुपर्छ ।
NUM 3:9 तैँले लेवीहरू हारून र तिनका छोराहरूलाई दिनुपर्छ । इस्राएलका मानिसहरूलाई सेवा गर्न तिनलाई सहायता गर्न तिनीहरूलाई पूर्ण रूपमा सुम्पिएका छन् ।
NUM 3:10 तैँले हारून र तिनका छोराहरूलाई पुजारीको रूपमा नियुक्‍त गर्नुपर्छ र नजिक आउने कुनै पनि मानिसलाई मार्नुपर्छ ।”
NUM 3:11 परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 3:12 “हेर्, मैले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट लिएको छु । मैले यो इस्राएलका मानिसहरूका जेठा छोराहरूको सट्टा लिएको छु । लेवीहरू मेरा हुन् ।
NUM 3:13 पहिले जन्मेका सबै मेरा हुन् । मैले मिश्र देशमा पहिले जन्मेकाहरूलाई आक्रमण गरेको दिन नै इस्राएलका मानिस र पशुहरू दुवैको पहिले जन्मेका सबैलाई मेरो निम्ति अलग गरेँ । तिनीहरू मेरा हुन् । म परमप्रभु हुँ ।”
NUM 3:14 परमप्रभुले सीनैको मरुभूमिमा मोशालाई भन्‍नुभयो,
NUM 3:15 “लेवीका हरेक कुल र परिवार-परिवारअनुसार गन्ती गर् । एक महिना र त्यसभन्दा माथिका सबै पुरुषको गन्ती गर् ।
NUM 3:16 मोशाले परमप्रभुको वचनअनुसार उहाँले आज्ञा गर्नुभएबमोजिम तिनीहरूको गन्ती गरे ।
NUM 3:17 लेवीका छोराहरूका नाउँहरू गेर्शोन, कहात र मरारी थिए ।
NUM 3:18 गेर्शोनका छोराहरूबाटका वंशहरू लिब्‍नी र शिमी थिए ।
NUM 3:19 कहातका छोराहरूबाटका वंशहरू अम्राम, यिसहार, हिब्रोन र उज्‍जीएल थिए ।
NUM 3:20 मरारीका छोराहरूबाटका वंशहरू महली र मूशी थिए । कुल-कुलअनुसारका लेवीका कुलहरू यिनै हुन् ।
NUM 3:21 लिब्‍नी र शिमीका कुलहरू गेर्शोनबाट आउँछ । गेर्शोनीहरूका कुलहरू यिनै हुन् ।
NUM 3:22 एक महिना र त्यसभन्दा माथिका गनिएका सबै पुरुष जम्मा ७,५०० थिए ।
NUM 3:23 गेर्शोनीहरूका कुलहरूले पवित्र वासस्थानको पश्‍चिमपट्टि छाउनी लगाउनू ।
NUM 3:24 लाएलका छोरा एल्यासापले गेर्शोनीहरूका कुलहरूको नेतृत्व गर्नुपर्छ ।
NUM 3:25 गेर्शोनको परिवारले पवित्र वासस्थानलगायत भेट हुने पालको हेरचाह गर्नुपर्छ । तिनीहरूले पाल, यसको छत र भेट हुने पालको प्रवेश-द्वारको रूपमा प्रयोग गरिएको पर्दाको देखरेख गर्नुपर्छ ।
NUM 3:26 तिनीहरूले चोकका पर्दाहरू अनि पवित्र वासस्थान र वेदी वरिपरिका पर्दाहरूको देखरेख गर्नुपर्छ । तिनीहरूले भेट हुने पाल र यसमा भएका सबै थोकको देखरेख गर्नुपर्छ ।
NUM 3:27 यिनीहरू कहातका कुलहरू हुन्ः अम्रामीहरूका कुल, इसहारीहरूका कुल, हेब्रोनीहरूका कुल र उज्‍जीएलीहरूका कुल । यिनीहरू कहाती कुलका हुन् ।
NUM 3:28 परमप्रभुका सरसामानहरूको देखरेख गर्न एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरू ८,६०० थिए ।
NUM 3:29 कहातका कुलहरूले पवित्र वासस्थानको दक्षिणतिर छाउनी लगाउनू ।
NUM 3:30 उज्‍जीएलका छोरा एलीजापानले कहातीहरूका कुलहरूको नेतृत्व गर्नुपर्छ ।
NUM 3:31 तिनीहरूले सन्दूक, टेबुल, सामदान, वेदीहरू, तिनीहरूका सेवामा प्रयोग गरिने पवित्र थोकहरू, पर्दा र यससम्बन्धी सबै कामको देखरेख गर्नुपर्छ ।
NUM 3:32 पुजारी हारूनका छोरा एलाजारले लेवीहरूको नेतृत्व गर्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ । तिनले पवित्र स्थानको देखरेख गर्ने पुरुषहरूको पर्यवेक्षण गर्नुपर्छ ।
NUM 3:33 मरारीबाट दुईवटा कुल आएका छन्ः महलीहरूका कुल र मूशीहरूका कुल । यी कुलहरू मरारीबाट आएका हुन् ।
NUM 3:34 एक महिना र त्यसभन्दा माथिका गनिएका पुरुषहरू ६,२०० थिए ।
NUM 3:35 अबीहेलका छोरा सूरीएलले मरारी कुलको नेतृत्व गर्नुपर्छ । तिनीहरूले पवित्र वासस्थानको उत्तरतिर छाउनी लाउनुपर्छ ।
NUM 3:36 मरारीका सन्तानहरूले पवित्र वासस्थानका फल्याकहरू, बारहरू, खामाहरू, आधारहरू, सबै सरसमान र तिनीहरूसँग सम्बन्धित सबै थोक, साथै
NUM 3:37 चोकका वरिपरिका खामाहरू, आधारहरू, किलाहरू र सोरीहरूको देखरेख गर्नुपर्छ ।
NUM 3:38 मोशा, हारून र तिनका छोराहरूले पवित्र वासस्थानको पूर्वतिर अर्थात् घाम झुल्कनेतिर छाउनी लगाउनुर्छ । तिनीहरू पवित्र स्थानको कर्तव्यहरू र इस्राएलका मानिसहरूका कर्तव्यहरू पुरा गर्न उत्तरदायी छन् । यसको नजिक आउने अन्य कुनै पनि व्यक्‍ति मारियोस् ।
NUM 3:39 परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले लेवीका कुल एक महिना र त्यसभन्दा माथिका सबै पुरुषको गन्ती गरे । तिनीहरूले बाइस हजार पुरुषहरू गन्ती गरे ।
NUM 3:40 परमप्रभुले मोशालाई भन्‍नुभयो, “एक महिना र त्यसभन्दा माथिका इस्राएलका मानिसहरूका सबै पहिले जन्मेका पुरुषहरूको गन्ती गर् । तिनीहरूका नाउँको सूची बना ।
NUM 3:41 म परमप्रभु हुँ, तैँले मेरो निम्ति लेवीहरूलाई इस्राएलका मानिसहरूको पहिले जन्मेकाहरूको सट्टामा र इस्राएलका सन्तानहरूका गाईवस्तुहरूका पहिले जन्मेकाहरूको सट्टामा लेवीहरूका गाईवस्तुहरूलाई लिनुपर्छ ।”
NUM 3:42 परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले इस्राएलका सबै जेठा-जेठाको गन्ती गरे ।
NUM 3:43 तिनले एक महिना र त्यसभन्दा माथिका सबै जेठा छोराहरूको गन्ती गरे ।
NUM 3:44 तिनले गन्ती गरेका पुरुषको सङ्ख्या २२,२७३ थियो । फेरि, परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 3:45 “इस्राएलका मानिसहरूका पहिले जन्मेकाहरूको सट्टामा लेवीहरूलाई ले र मानिसहरूका गाईवस्तुहरूका सट्टामा लेवीहरूका गाईवस्तुहरूलाई ले ।
NUM 3:46 म परमप्रभु हुँ, लेवीहरू मेरा हुन् । लेवीहरूको सङ्ख्याभन्दा बढी भएका २७३ जना पहिले जन्मेकाहरूका हरेकको निम्ति तैँले पाँच-पाँच शेकेल लिनुपर्छ ।
NUM 3:47 तैँले तेरो मापदण्डको रूपमा पवित्र स्थानको शेकेल नै प्रयोग गर्नुपर्छ । एक शकेलको बिस गेरा हुन्छ ।
NUM 3:48 त्यो छुटकाराको मूल्य तैँले हारून र तिनका छोराहरूलाई दिनुपर्छ ।”
NUM 3:49 यसैले लेवीहरूद्वारा छुटकारा पाएका सङ्ख्याभन्दा धेरै भएकाहरूबाट मोशाले छुटकाराको मूल्य जम्मा गरे ।
NUM 3:50 मोशाले इस्राएलको पहिले जन्मेकाहरूबाट पैसा उठाए । तिनले पवित्र स्थनाको शेकेलअनुसार १,३६५ शेकेल उठाए ।
NUM 3:51 मोशाले त्यो छुटकाराको मूल्य हारून र तिनका छोराहरूलाई दिए । परमप्रभुले उहाँको वचनद्वारा आज्ञा गर्नुभएबमोजिम मोशाले सबै थोक गरे ।
NUM 4:1 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,
NUM 4:2 “लेवीहरूबाट कहातका पुरुष सन्तानहरूको आ-आफ्ना वंशहरू र परिवार-परिवारअनुसार गन्ती गर् ।
NUM 4:3 तिसदेखि पचास वर्षसम्मका पुरुषहरूको गन्ती गर् । यी मानिसहरू भेट हुने पालमा सेवा गर्ने दलमा सहभागी हुनुपर्छ ।
NUM 4:4 कहातका सन्तानहरूले भेट हुने पालको निम्ति मेरो निम्ति राखिएका अति पवित्र थोकहरूको देखरेख गर्नुपर्छ ।
NUM 4:5 छाउनी सार्न तयारी हुँदा हारून र तिनका छोराहरू भित्र जानुपर्छ, अति पवित्र स्थानलाई पवित्र स्थानबाट छुट्‌ट्याउने पर्दा झिक्‍नुपर्छ र गवाहीको सन्दूकलाई त्यसैले ढाक्‍नुपर्छ ।
NUM 4:6 तिनीहरूले सन्दूकलाई सीलको छालाले ढाक्‍नुपर्छ । तिनीहरूले यसमाथि निलो कपडाले ढाक्‍नुपर्छ । तिनीहरूले यसलाई बोक्‍न डन्डीहरू हाल्नुपर्छ ।
NUM 4:7 तिनीहरूले उपस्थितिको रोटीको टेबुललाई एउटा निलो कपडाले ढाक्‍नुपर्छ । यसमाथि तिनीहरूले थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राख्‍नुपर्छ । टेबुलमाथि रोटी सदैव हुनुपर्छ ।
NUM 4:8 तिनीहरूले यिनीहरूलाई रातो रङको कपडाले र फेरि सीलको छालाले ढाक्‍नुपर्छ । टेबुललाई बोक्‍न डन्डीहरू हाल्नुपर्छ ।
NUM 4:9 तिनीहरूले सामदानसाथै यसका बत्तीहरू, चिम्टाहरू, मोसोदानीहरू र बत्तीका निम्ति तेलका सबै भाँडालाई निलो कपडाले ढाक्‍नुपर्छ ।
NUM 4:10 तिनीहरूले सामदान र यसका सबै सरसामानलाई सीलको छालाले ढाक्‍नुपर्छ र तिनीहरूले यसलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ ।
NUM 4:11 तिनहरूले सुनको वेदीलाई निलो कपडाले ढाक्‍नुपर्छ ।
NUM 4:12 तिनीहरूले यसलाई सीलको छालाले ढाक्‍नुपर्छ र बोक्‍नलाई डन्डीहरू हाल्नुपर्छ । तिनीहरूले पवित्र स्थानका सबै कामका सामानहरूलाई लिएर निलो कपडाले बेर्नुपर्छ । तिनीहरूले यसलाई सीलको छालाले ढाक्‍नुपर्छ र सामानहरूलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ ।
NUM 4:13 तिनीहरूले वेदीबाट खरानी हटाउनुपर्छ र वेदीलाई बैजनी रङको कपडाले ढाक्‍नुपर्छ ।
NUM 4:14 तिनीहरूले वेदीको सेवामा प्रयोग गर्ने सबै सामानलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ । यिनीहरू आगो राख्‍ने पात्रहरू, काँटाहरू, बेल्चाहरू, बाटाहरू र वेदीका अन्य सबै सामान हुन् । तिनीहरूले वेदीलाई सीलको छालाले ढाक्‍नुपर्छ अनि बोक्‍नलाई डन्डीहरू हाल्नुपर्छ ।
NUM 4:15 जब हारून र तिनका छोराहरूले पवित्र स्थान र यसका सबै सामानलाई ढाकी सक्छन् अनि छाउनी अगाडि बढ्छ त्यसपछि कहातका सन्तानहरू पवित्र स्थान बोक्‍न आउनुपर्छ । यदि तिनीहरूले पवित्र सामानहरू छोए भने तिनीहरू मारिऊन् । भेट हुने पालका सामानहरू बोक्‍ने काम कहातका सन्तानहरूको हो ।
NUM 4:16 पुजारी हारूनका छोरा एलाजारले बत्तीको लागि तेल, सुगन्धित धूप, नियमित अन्‍नबलि, अभिषेक गर्ने तेलको देखरेख गरून् । तिनले सारा पवित्र वासस्थान र यसमा भएका सबै थोक अर्थात् पवित्र स्थान र यसका सामानाहरूको देखरेख गरून् ।”
NUM 4:17 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,
NUM 4:18 “कहाती वंशलाई लेवीहरूबाट बहिस्कृत हुन नदेओ ।
NUM 4:19 तिनीहरूको सुरक्षा गर ताकि तिनीहरूले यसो गर्दा तिनीहरू नमरून् । तिनीहरू अति पवित्र स्थानको नजिक जाँदा
NUM 4:20 तिनीहरू पवित्र स्थान हेर्न एक क्षणको निम्ति पनि जानुहुँदैन नत्रता तिनीहरू मारिनेछन् । हारून र तिनका छोराहरूले हरेक कहातीलाई त्यसको काम अर्थात् त्यसको विशेष कामहरू तोक्‍नुपर्छ ।”
NUM 4:21 परमप्रभु फेरि मोशासँग बोल्नुभयो,
NUM 4:22 “गेर्शोनका सन्तानहरूको आ-आफ्ना कुल र पुर्खाका परिवार-परिवारअनुसार गन्ती गर् ।
NUM 4:23 तिसदेखि पचास वर्ष भएकाहरूको गन्ती गर् । भेट हुने पालको सेवा गर्न सहभागी हुन सक्‍ने दलको गन्ती गर् ।
NUM 4:24 गेर्शोनीहरूले सेवा गर्दा र तिनीहरूले बोक्दा यो काम गेर्शोनी कुलको काम हो । तिनीहरूले पवित्र वासस्थानका पर्दाहरू, भेट हुने पाल, त्यसको छत, यसमाथिको सीलको छालाको छत र भेट हुने पालको प्रवेश-द्वारका पर्दाहरू बोक्‍नुपर्छ ।
NUM 4:25 तिनीहरूले चोकका पर्दाहरू, पवित्र वासस्थान र वेदी नजिक भएका चोकको प्रवेश-द्वारका पर्दाहरू,
NUM 4:26 तिनीहरूका डोरीहरू र तिनीहरूका सेवाको निम्ति सबै सामान बोक्‍नुपर्छ । यिनीहरूसँग सम्बन्धित सबै थोक तिनीहरूले गर्नुपर्छ । हारून
NUM 4:27 र तिनका छोराहरूले गेर्शोनका सन्तानहरूले ओसारपसार गर्दा र तिनीहरूका सबै सेवामा निर्देशन दिनुपर्छ । तैँले तिनीहरूका सबै दायित्व निर्धारण गर् ।
NUM 4:28 यो भेट हुने पालको निम्ति गेर्शोनका सन्तानहरूका कुलहरूको काम हो । पुजारी हारूनका छोरा ईतामारले तिनीहरूको कामको नेतृत्व गर्नुपर्छ ।
NUM 4:29 तैँले आ-आफ्ना कुलअनुसार मरारीका सन्तानहरूको गन्ती गर्, र तिनीहरूलाई आ-आफ्ना परिवार-परिवारअनुसार,
NUM 4:30 तिस वर्षदेखि पचास वर्षसम्मकालाई मिला । भेट हुने पालको सेवा गर्ने र त्यस दलमा सहभागी हुने सबैको गन्ती गर् ।
NUM 4:31 यो भेट हुने पालको निम्ति तिनीहरूका सबै दायित्व र तिनीहरूका सेवाका काम हो । तिनीहरूले पवित्र वासस्थानका फल्याकहरू,
NUM 4:32 यसका बारहरू, खामाहरू र आधारहरू, साथै पवित्र वासस्थान वरिपरिका चोकका खामाहरू, तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू तिनका सबै सरसामानको देखरेख गर्नुपर्छ ।
NUM 4:33 तिनीहरूले बोक्‍नुपर्ने सामानहरूको नाउँसहित सूची बना । मरारीका सन्तानहरूले पुजारी हारूनका छोरा ईतामारको निर्देशनमा भेट हुने पालको निम्ति तिनीहरूले गर्नुपर्ने काम यही हो ।”
NUM 4:34 मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूका सन्तानहरूको पुर्खाका आ-आफ्ना परिवारअनुसार गन्ती गरे ।
NUM 4:35 तिनीहरूले तिस वर्षदेखि पचास वर्षसम्म पुगेकाहरूको गन्ती गरे । तिनीहरूले भेट हुने पालमा सेवा गर्ने दलमा सहभागी हुने सबैको गन्ती गरे ।
NUM 4:36 तिनीहरूले तिनीहरूका कुलअनुसार २,७५० जना पुरुषको गन्ती गरे ।
NUM 4:37 मोशा र हारूनले भेट हुने पालमा सेवा गर्ने कहातीहरूका कुल-कुल र परिवार-परिवारअनुसार सबै पुरुषको गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।
NUM 4:38 गेर्शोनका सन्तानहरूलाई आ-आफ्ना कुल र पुर्खाका परिवारअनुसार, भेट हुने पालको सेवा गर्न दलमा सहभागी हुन सक्‍ने
NUM 4:39 तिसदेखि पचास वर्षसम्मका सबैको गन्ती गरे ।
NUM 4:40 आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो ।
NUM 4:41 मोशा र हारूनले गेर्शोनका सन्तानहरूको गन्ती गरे, जसले भेट हुने पालमा सेवा गर्थे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।
NUM 4:42 मरारीका सन्तानहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार,
NUM 4:43 तिसदेखि पचास वर्षसम्मका सबैको गन्ती गरियो जो भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुन्थे ।
NUM 4:44 आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२०० थियो ।
NUM 4:45 मोशा र हारूनले मरारीका सन्तानहरूका सबै पुरुषको गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।
NUM 4:46 यसैले मोशा, हारून र इस्राएलका अगुवाले सबै लेवीहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका
NUM 4:47 परिवारअनुसार तिस वर्षदेखि पचास वर्ष पुगेकाहरूको गन्ती गरे । तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्ने र भेट हुने पालका सामानहरूको देखरेख गर्ने र बोक्‍न सक्‍ने सबैको गन्ती गरे ।
NUM 4:48 तिनीहरूले ८,५८० पुरुषको गन्ती गरे ।
NUM 4:49 परमप्रभुको आज्ञामा मोशाले सबै पुरुषलाई त्यसलाई खटाइएको कामको किसिमअनुसार गन्ती गरे । तिनले हरेक पुरुषलाई तिनले वहन गर्ने दायित्वको किसिमअनुसार गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।
NUM 5:1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 5:2 “छालाको सरुवा रोग भएका सबै, धातुको रोग भएका सबै, लास छोएर अशुद्ध भएका सबैलाई छाउनी बाहिर पठाउन इस्राएलका मानिसहरूलाई आज्ञा दे ।
NUM 5:3 पुरुष होस् वा महिला, तैँले तिनीहरूलाई छाउनी बाहिर पठाउनुपर्छ । तिनीहरूले छाउनीलाई अशुद्ध तुल्याउनुहुँदैन, किनभने म यसमा बास गर्छु ।”
NUM 5:4 इस्राएलका मानिसहरूले यसै गरे । परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएअनुसार तिनीहरूले तिनीहरूलाई छाउनी बाहिर पठाए । फेरि
NUM 5:5 परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 5:6 “इस्राएलका मानिसहरूलाई भन् । जब पुरुष वा महिलाले मानिसहरूले आपसमा गर्ने यस्ता कुनै पाप गर्छन् र मप्रति बेइमान हुन्छ, त्यो व्यक्‍ति दोषी हुन्छ ।
NUM 5:7 त्यसपछि त्यसले आफूले गरेको पाप स्वीकार गर्नुपर्छ । त्यसले आफू चुकेको मूल्य चुक्‍ता गर्नुपर्छ र पाँचौँ हिस्सा थप्‍नुपर्छ । यो त्यसले आघात पुर्‍याएको व्यक्‍तिकहाँ ल्याउनुपर्छ ।
NUM 5:8 तर यदि अपमानमा परेको व्यक्‍तिको कुनै नजिकको नातेदार छैन भने, त्यसले आफ्नो प्रायश्‍चित्तको निम्ति एउटा थुमासँगै त्यसको दोषको निम्ति पुजारीद्वारा मूल्य मलाई तिर्नुपर्छ ।
NUM 5:9 इस्राएलका मानिहरूका सबै भेटी र इस्राएलका मानिसहरूले पुजारीलाई ल्याएका र अलग गरेका थोकहरू त्यसको हुनेछ ।
NUM 5:10 हरेक व्यक्तिका भेटीहरू पुजारीको निम्ति हुनेछ; यदि कसैले पुजारीलाई कुनै थोक दिन्छ भने, यो त्यसको हुनेछ ।”
NUM 5:11 फेरि, परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 5:12 “इस्राएलका मानिसहरूलाई भन् । 'कुनै मानिसकी पत्‍नी बहकिन्छे र आफ्नो पतिको विरुद्ध पाप गर्छे ।
NUM 5:13 त्यसपछि अर्को पुरुष त्यससँग सुत्छे । त्यस अवस्थामा त्यो अशुद्ध हुन्छे ।
NUM 5:14 त्यसका पतिले यो नदेखे तापनि वा थाहा नै नपाए तापनि र त्यो कार्य गर्दा कसैले नपक्रे तापनि र त्यसको विरुद्ध कोही नभए तापनि, त्यसकी पत्‍नी अशुद्ध भएकी छे भन्‍ने डाहको आत्माले थाहा देला । तथापि पत्‍नी अशुद्ध नभएको हुँदा पनि डाहको गलत विचार आउन सक्ला ।
NUM 5:15 यस अवस्थामा त्यो मानिसले आफ्नी पत्‍नीलाई पुजारीकहाँ ल्याउनुपर्छ । पतिले त्यसको तर्फबाट आवश्यक पर्ने बलिदान अर्थात् आधा पाथी जौको पिठो ल्याउनुपर्छ । उसले यसमा तेल हाल्नुहुँदैन र कुनै सुगन्धित मसला हाल्नुहुँदैन, किनभने यो डाहको अन्‍नबलि अर्थात् अपराध याद दिलाउनेको चढाइएको अन्‍नबलि हो ।
NUM 5:16 पुजारीले त्यस स्‍त्रीलाई नजिक ल्याउनुपर्छ र त्यसलाई परमप्रभुको सामु राख्‍नुपर्छ ।
NUM 5:17 पुजारीले पवित्र पानीको भाँडो लिनुपर्छ र पवित्र वासस्थानको भुइँबाट धूलो लिनुपर्छ । त्यसले त्यो धूलोलाई त्यो पानीमा हाल्नुपर्छ ।
NUM 5:18 पुजारीले त्यो महिलालाई परमप्रभुको सामु खडा गर्नेछ र त्यसले त्यो महिलाका कपाल फुलाइदिनेछ । त्यसले त्यो सम्झनाको अन्‍नबलिलाई त्यसको हातमा राख्‍नेछ, जुन सन्देहको अन्‍नबलि हो ।
NUM 5:19 पुजारीले श्राप ल्याउन सक्‍ने तितो पानीलाई त्यसको हातमा राख्‍नेछ । पुजारीले त्यस महिलालाई शपथ खान लगाओस् र त्यसलाई यसो भनोस्, 'यदि अरू कुनै पुरुषले तँसँग यौन सम्बन्ध राखेको छैन भने र यदि तँ बरालिएर गएको छैनस् र अपराध गरेको छैन भने, तँ श्राप ल्याउने यो तितो पानीबाट मुक्‍त हुनेछस् ।
NUM 5:20 तर यदि पतिको अधीनमा भएकी तँ बरालिएकी छस्, यदि तँ अशुद्ध भएकी छस् र यदि अरू कुनै पुरुष तँसँग सुतेको छ भने,
NUM 5:21 (पुजारीले त्यो महिलामाथि श्राप ल्याउन सक्‍ने शपथ खान लगाउनुपर्छ र त्यसले महिलालाई भनिरहोस्) 'परमप्रभुले तँलाई श्रापित तुल्याउनुभएको होस् जुन तेरा मानिसहरूलाई देखाइनेछ । यदि परप्रभुले तेरो जाँघ सुक्‍ने तुल्याउनुभयो र तेरो पेट सुनिने तुल्याउनुभयो भने, यसै होस् ।
NUM 5:22 श्राप ल्याउने यो पानी तेरो पेटभित्र जानेछ र तेरो पेट सुनिनेछ र तेरो जाँघ सुक्‍ने छ । त्यो महिलाले 'हो, म दोषी छु भने यस्तै होस्' भनी जवाफ दिनुपर्छ ।
NUM 5:23 पुजारीले यी श्रापहरूलाई मुट्ठोमा लेख्‍नुपर्छ, र ती लेखिएका श्रापहरूलाई त्यो तितो पानीमा धुनुपर्छ ।
NUM 5:24 पुजारीले श्राप ल्याउने त्यो तितो पानी त्यो महिलालाई पिउन लगाउनुपर्छ । त्यो पानी त्यसभित्र जाने छ र तितो तुल्याउनेछ ।
NUM 5:25 पुजारीले महिलाको हातबाट डाहको अन्‍नबलि लिनुपर्छ । उसले परप्रभुको सामु अन्‍नबलिलाई डोलाउनुपर्छ र यसलाई वेदीमा ल्याउनुपर्छ ।
NUM 5:26 पुजारीले अन्‍नबलिबाट एक मुट्ठी लिएर यसलाई वेदीमा जलाउनुपर्छ । त्यसपछि त्यसले महिलालाई त्यो तितो पानी पिउन दिनुपर्छ ।
NUM 5:27 त्यसले त्यसलाई पानी पिउन दिँदा त्यसले आफ्नो पति विरुद्ध पाप गरेकोले यदि त्यो अशुद्ध भएकी छे भने, त्यो श्राप ल्याउने पानी त्यसभित्र जानेछ र तितो तुल्याउनेछ । त्यसको पेट फुलिनेछ र त्यसको जाँघ सुक्‍नेछ । त्यो महिला आफ्ना मानिसहरूबिच श्रापित हुनेछ ।
NUM 5:28 तर यदि महिला अशुद्ध भएकी छैन भने र त्यो शुद्ध छे भने, त्यो स्वतन्त्र हुने छे । त्यसले बालक जन्माउन सक्‍ने छे ।
NUM 5:29 डाहको नियम यही हो । आफ्नो पतिबाट बरालिने र अशुद्ध हुने महिलाको नियम यही हो ।
NUM 5:30 आफ्नी पत्‍नीप्रति डाही हुँदा डाहको आत्मा भएको पुरुषको निम्ति नियम यही हो । उसले महिलालाई परमप्रभुको सामु ल्याउनुपर्छ र पुजारी डाहको व्यवस्थाले वर्णन गरेका सबै थोक गर्नुपर्छ ।
NUM 5:31 पुरुष आफ्‍नी पत्‍नीलाई पुजारीकहाँ ल्याएको दोषबाट मुक्‍त हुनेछ । महिलाले त्यसको कुनै पनि दोष भोग्‍नुपर्छ ।”
NUM 6:1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 6:2 “इस्राएलका मानिसहरूलाई भन् । 'जब कुनै पुरुष वा महिलाले आफूलाई परमप्रभुको निम्ति नाजिरीको विशेष भाकलले अलग गर्छ,
NUM 6:3 त्यसले आफूलाई दाखमद्य र कडा मद्यबाट अलग राख्‍नुपर्छ । त्यसले दाखमद्य वा कडा मद्यबाट बनाइएको सिर्का पिउनुहुँदैन । त्यसले कुनै किसिमको दाखरस पिउनुहुँदैन अथवा ताजा वा सुकाएको दाख खानुहुँदैन ।
NUM 6:4 त्यसले आफूलाई मेरो निम्ति अलग गरेका सबै दिनमा त्यसले दाखको बोक्राबाट बनाइएका सबै थोकलगायत दाखबाट बनाइएका कुनै पनि कुरा खानुहुँदैन ।
NUM 6:5 अलग हुने त्यसको समय अवधिभर परमप्रभुप्रति अलग रहने त्यसको भाकल पुरा नभएसम्म त्यसको शिरमा कुनै किसिमको छुरा प्रयोग गर्नुहुँदैन । त्यो परमप्रभुको निम्ति अलग हुनुपर्छ । त्यसले कपाललाई आफ्नो शिरमा लामो हुन दिनुपर्छ ।
NUM 6:6 त्यसले आफूलाई परमप्रभुको निम्ति अलग राखेको पुरै समयभरि त्यो मुर्दाको नजिक आउनुहुँदैन ।
NUM 6:7 आफ्नै बुबा, आमा, दाजुभाइ, दिदीबहिनी मरे भने पनि त्यसले तिनीहरूका निम्ति पनि आफूलाई अशुद्ध पार्नुहुँदैन । सबैले त्यसको कपाल देख्‍न सक्‍नेजस्तै यो त्यसले आफूलाई परमेश्‍वरप्रति अलग गरेको कारणले हो ।
NUM 6:8 त्यो अलग रहेको पुरै समयभरि त्यो पवित्र अर्थात् परमप्रभुको निम्ति आरक्षित हुन्छ ।
NUM 6:9 यदि कोही त्यसको सामु अचानक मर्छ र त्यसले अर्पण गरेको शिरलाई अशुद्ध बनायो भने, त्यसपछि त्यसले शुद्धिकरणको दिनमा आफ्नो कपाल खौरनुपर्छ, त्यसले यसलाई सातौँ दिनमा खौरनुपर्छ ।
NUM 6:10 त्यसले आठौँ दिनमा दुईवटा परेवा वा दुईवटा परेवाका बचेरा भेट हुने पालको प्रवेश-द्वारमा पुजारीकहाँ ल्याउनुपर्छ ।
NUM 6:11 पुजारीले एउटा चरालाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । यिनीहरूले त्यसको पापको प्रायश्‍चित्त गर्ने छन्, किनभने मुर्दाको नजिक परेर त्यसले पाप गर्‍यो । त्यसले त्यस दिन आफ्नो शिर शुद्ध पार्नुपर्छ ।
NUM 6:12 त्यसले आफ्नो शुद्धिकरणको दिनको निम्ति परमप्रभुको निम्ति आफूलाई अलग गर्नुपर्छ । त्यसले एक वर्षे थुमालाई दोषबलिको रूपमा ल्याउनुपर्छ । त्यसले आफूलाई अशुद्ध पारेका दिनहरू गन्‍नुहुँदैन, किनभने त्यसले अशुद्ध पार्‍यो ।
NUM 6:13 नाजिरीको अलग हुने समय पुरा हुनेको निम्ति नाजिरीको नियम यही हो । त्यसलाई भेट हुने पालको प्रवेश-द्वारमा ल्याउनुपर्छ ।
NUM 6:14 त्यसले आफ्नो बलि परमप्रभुलाई चढाउनुपर्छ । त्यसले एक वर्षको खोटरहित एउटा थुमालाई होमबलिको रूपमा चढाउनुपर्छ । त्यसले एक वर्षको खोटरहित पाठीलाई पापबलिको रूपमा चढाउनुपर्छ । त्यसले एउटा खोटरहित थुमालाई मेलबलिको रूपमा ल्याउनुपर्छ ।
NUM 6:15 त्यसले तिनीहरूका अन्‍नबलि र अर्घबलिसँगै एक डालो अखमिरी रोटी, तेलले मिसाएको फुरौलाहरू, तेल दलेको अखमिरी बाबरहरू ल्याउनुपर्छ ।
NUM 6:16 पुजारीले तिनीहरूलाई परप्रभुको सामु चढाउनुपर्छ । त्यसले आफ्ना पापबलि र होमबलि चढाउनुपर्छ ।
NUM 6:17 अखमिरी रोटीको डालोसँगै त्यसले थुमालाई बलि अर्थात् मेलबलिको रूपमा चढाउनुपर्छ । पुजारीले अन्‍नबलि र अर्घबलि पनि चढाउनुपर्छ ।
NUM 6:18 नाजिरीले आफू अलग रहेको सङ्केत गर्न भेट हुने पालको प्रवेश-द्वारमा आफ्नो शिर खौरनुपर्छ । त्यसले आफ्नो शिरको कपाल लिएर मेल बलिको आगोमा जलाउनुपर्छ ।
NUM 6:19 पुजारीले थुमाको उमालेको कुम, अखमिरी रोटीको डालोबाट एउटा रोटी र अखमिरी बाबर लिनुपर्छ । त्यसले तिनीहरूलाई आफू अलग रेहेको सङ्केत गर्ने कपाल खौरेको नाजिरीका हातमा राख्‍नुपर्छ ।
NUM 6:20 पुजारीले तिनीहरूलाई डोलाइएको ह्याकुलो र पुजारीलाई दिइएको साप्रोसँगै पुजारीको निम्ति पवित्र हिस्सा परमप्रभुको सामु बलिको रूपमा डोलाउनुपर्छ । त्यसपछि नाजिरीले दाखमद्य पिउन सक्छ ।
NUM 6:21 नाजिरीको निम्ति नियम यही हो जसले आफू अलग हुनको निम्ति परमप्रभुको निम्ति आफ्नो बलिदानको भाकल गर्छ । त्यसले अरू जे दिन पनि, त्यसले भाकल गरेका कर्तव्यहरू अर्थात् नाजिरीको निम्ति नियमद्वारा दर्शाइएको प्रतिज्ञा पालन गर्नुपर्छ ।”
NUM 6:22 फेरि परमप्रभुले मोशालाई बोल्नुभयो,
NUM 6:23 “हारून र त्यसका छोराहरूलाई भन् । 'तिमीहरूले इस्राएलका मानिसहरूलाई यसरी आशिष् दिनुपर्छ । तिमीहरूले तिनीहरूलाई यसो भन्‍नुपर्छ,
NUM 6:24 'परप्रभुले तिमीहरूलाई आशिष् दिनुभएको होस् र रक्षा गर्नुभएको होस् ।
NUM 6:25 परमप्रभुले उहाँको मुहार तिमीहरूमाथि चम्काउनुभएको होस् र तिमीहरूप्रति कृपालु हुनुभएको होस् ।
NUM 6:26 परमप्रभुले तिमीहरूमाथि कृपादृष्‍टिले हेर्नुभएको होस् र तिमीहरूलाई शान्ति दिनुभएको होस् ।'
NUM 6:27 तिनीहरूले इस्राएलका मानिसहरूलाई मेरो नाउँ यसरी दिनुपर्छ । अनि म तिनीहरूलाई आशिष् दिनेछु ।
NUM 7:1 मोशाले पवित्र वासस्थान पुरा गरेका दिन तिनले यसलाई यसका सबै सरसामानसँगै परमप्रभुको निम्ति अलग गरे । तिनले यसका भाँडाकुँडाहरूलाई पनि त्यसै गरे । तिनले तिनीहरूलाई पनि अभिषेक गरे र परप्रभुको निम्ति अर्पण गरे ।
NUM 7:2 त्यस दिन इस्राएलका अगुवाहरू, तिनीहरूका आ-आफ्ना पुर्खाहरूका परिवारका मुखियाहरूले बलिदानहरू चढाए । यी मानिसहरू कुलका प्रमुखहरू थिए । तिनीहरूले पुरुषहरूको जनगणनाको देखरेख गरेका थिए ।
NUM 7:3 तिनीहरूले आफ्‍ना बलिदानहरू परमप्रभुको सामु ल्याए । तिनीहरूले छोपिएका छवटा गाडा र बाह्रवटा गोरु ल्याए । तिनीहरूले दुई-दुई जना अगुवाको निम्ति एउटा गाडा र हरेक अगुवाले एउटा-एउटा गोरु ल्याए । तिनीहरूले यी थोकहरूलाई पवित्र वासस्थानको सामु चढाए ।
NUM 7:4 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 7:5 “तिनीहरूले चढाएका बलिहरू स्वीकार गर् र तिनीहरूलाई भेट हुने पालको कामको निम्ति प्रयोग गर् ।”
NUM 7:6 मोशाले गाडाहरू र गोरुहरू लिएर तिनले ती लेवीहरूलाई दिए ।
NUM 7:7 तिनले दुईवटा गाडा र चारवटा गोरु तिनीहरूका कामलाई आवश्यक पर्ने हुनाले गेर्शोनका सन्तानहरूलाई दिए ।
NUM 7:8 तिनले चारवटा गाडा र आठवटा गोरु पुजारी हारूनका छोरा ईतामारको देखरेखमा भएका मरारीहरूका सन्तानहरूलाई दिए । यो तिनीहरूका कामलाई आवश्‍यक पर्ने भएकोले तिनले यसो गरे ।
NUM 7:9 तर तिनले कहातका सन्तानहरूलाई ती कुनै पनि कुरा दिएनन्, किनभने तिनीहरूका कामहरू परमप्रभुसँग सम्बन्धित थियो जसलाई तिनीहरूले आ-आफ्ना काँधहरूमाथि बोक्‍नुपर्थ्यो ।
NUM 7:10 मोशाले वेदीलाई अभिषेक गरेका दिन अगुवाहरूले वेदीको अर्पणको निम्ति आ-आफ्ना सामानहरू चढाए । अगुवाहरूले वेदीको सामु भेटीहरू चढाए ।
NUM 7:11 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हरेक अगुवाले वेदीको समर्पणको निम्ति आ-आफ्नो दिनमा आ-आफ्नो भेटीहरू चढाउनुपर्छ ।”
NUM 7:12 पहिलो दिनमा, यहूदाको कुलका अम्मीनादाबका छोरा नहशोनले आफ्नो भेटी चढाए ।
NUM 7:13 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
NUM 7:14 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
NUM 7:15 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
NUM 7:16 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
NUM 7:17 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीनादाबका छोरा नहशोनको भेटी थियो ।
NUM 7:18 दोस्रो दिनमा इस्साखारका अगुवा सूआरका छोरा नतनेलले आफ्नो भेटी चढाए ।
NUM 7:19 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
NUM 7:20 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
NUM 7:21 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
NUM 7:22 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
NUM 7:23 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो सूआरका छोरा नतनेलको भेटी थियो ।
NUM 7:24 तेस्रो दिनमा जबूलूनका सन्तानहरूका अगुवा हेलोनका छोरा एलीआबले आफ्नो भेटी चढाए ।
NUM 7:25 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
NUM 7:26 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
NUM 7:27 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
NUM 7:28 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
NUM 7:29 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो हेलोनका छोरा एलीआबको भेटी थियो ।
NUM 7:30 चौथो दिनमा, रूबेनका सन्तानहरूका अगुवा शदेऊरका छोरा एलीसूरले आफ्नो भेटी चढाए ।
NUM 7:31 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
NUM 7:32 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
NUM 7:33 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
NUM 7:34 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
NUM 7:35 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो शदेऊरका छोरा एलीसूरको भेटी थियो ।
NUM 7:36 पाँचौ दिनमा, शिमियोनका सन्तानहरूका अगुवा सूरीशद्दैका छोरा शलूमीएलले आफ्नो भेटी चढाए ।
NUM 7:37 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
NUM 7:38 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
NUM 7:39 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
NUM 7:40 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
NUM 7:41 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो सूरीशद्दैका छोरा शलूमीएलको भेटी थियो ।
NUM 7:42 छैठौँ दिनमा गादका सन्तानहरूका अगुवा दूएलका छोरा एल्यासापले आफ्नो भेटी चढाए ।
NUM 7:43 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
NUM 7:44 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
NUM 7:45 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
NUM 7:46 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
NUM 7:47 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो दूएलका छोरा एल्यासापको भेटी थियो ।
NUM 7:48 सातौँ दिनमा एफ्राइमका सन्तानहरूका अगुवा अम्मीहूदका छोरा एलीशामाले आफ्नो भेटी चढाए ।
NUM 7:49 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
NUM 7:50 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
NUM 7:51 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
NUM 7:52 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
NUM 7:53 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीहूदका छोरा एलीशामाको भेटी थियो ।
NUM 7:54 आठौँ दिनमा मनेश्‍शेका सन्तानहरूका अगुवा पदासूरका छोरा गमलिएलले आफ्नो भेटी चढाए ।
NUM 7:55 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
NUM 7:56 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
NUM 7:57 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
NUM 7:58 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
NUM 7:59 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो पदासूरका छोरा गमलिएलको भेटी थियो ।
NUM 7:60 नवौँ दिनमा बेन्यामीनका सन्तानहरूका अगुवा गिदेओनीका छोरा अबीदानले आफ्नो भेटी चढाए । चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
NUM 7:61 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
NUM 7:62 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
NUM 7:63 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
NUM 7:64 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए ।
NUM 7:65 यो गिदेओनीका छोरा अबीदानको भेटी थियो ।
NUM 7:66 दसौँ दिनमा दानका सन्तानहरूको अगुवा अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी चढाए ।
NUM 7:67 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
NUM 7:68 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
NUM 7:69 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
NUM 7:70 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
NUM 7:71 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीशद्दैका छोरा अहीएजेरको भेटी थियो ।
NUM 7:72 एघारौँ दिनमा आशेरका सन्तानहरूका अुगवा ओक्रानका छोरा पगीएलले आफ्नो भेटी चढाए ।
NUM 7:73 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए
NUM 7:74 । तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
NUM 7:75 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
NUM 7:76 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
NUM 7:77 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीनादाबका छोरा नहशोनको भेटी थियो ।
NUM 7:78 बाह्रौँ दिनमा नप्‍तालीका सन्तानहरूका अगुवा एनानका छोरा अहीराले आफ्नो भेटी चढाए ।
NUM 7:79 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
NUM 7:80 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
NUM 7:81 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
NUM 7:82 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
NUM 7:83 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो इनानका छोरा अहीराको भेटी थियो ।
NUM 7:84 मोशाले वेदी अभिषेक गरेका दिन इस्राएलका अगुवाहरूले यी सबै थोक चढाए । तिनीहरूले बाह्रवटा चाँदीका थाल, बाह्रवटा बाटार बाह्रवटा सुनका धुपौरा चढाए ।
NUM 7:85 हरेक चाँदीको थाल एक सय तिस शेकेल तौलको र हरेक बाटा सत्तरी शेकेल तौलको थियो । चाँदीका सबै भाँडाकुँडाको तौल पवित्र स्थानको शेकेलको तौलको मापदण्डअनुसार २,४०० शेकेल थियो ।
NUM 7:86 धूपले भरिएका हरेक सुनका धुपौराहरूको तौल पवित्र स्थानको मापदण्डअनुसार दस शेकेलको थियो । सबै सुनका धुपौराहरूको तौल एक सय बिस शेकेल थियो । ती सबै जनावरहरू अर्थात् बाह्रवटा गोरु, बाह्रवटा भेडा, बाह्रवटा एक वर्षे थुमालाई होमबलिको निम्ति अलग गरियो ।
NUM 7:87 तिनीहरूले आ-आफ्ना अन्‍नबलि चढाए । तिनीहरूले पापबलिको रूपमा बाह्रवटा बाख्रा दिए ।
NUM 7:88 तिनीहरूका सबै गाईवस्तुबाट तिनीहरूले चौबिसवटा साँढे, साठीवटा भेडा, साठीवटा बाख्रा, साठीवटा एक वर्षे थुमालाई मेलबलिको निम्ति बलिदानको रूपमा दिए । यो वेदीलाई अभिषेक गरेपछि वेदीको समर्पणको निम्ति थियो ।
NUM 7:89 जब मोशा परमप्रभुसँग कुरा गर्न भेट हुने पालभित्र गए, तिनले उहाँको बलिरहेको आवाज सुने । परमप्रभु दुईवटा करूबको बिचबाट गवाहीको सन्दूकमाथि रहेको कृपा-आसनमाथिबाट तिनीसित बोल्नुभयो ।
NUM 8:1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 8:2 “हारूनलाई भन् । 'तैँले सातवटा बत्ती बाल्दा तिनीहरूले सामदानको अघिल्तिर प्रकाश दिनुपर्छ ।'
NUM 8:3 हारूनले यसै गरे । परमप्रभुले आज्ञा गर्नुभएझैँ हारूनले सामदान अघिल्तिर प्रकाश दिनलाई बत्तीहरू बाले ।
NUM 8:4 सामदान यस किसिमले बनाइएको थियो र परमप्रभुले मोशालाई यसको निम्ति नमुना देखाउनुभयो । यो आधारदेखि टुप्‍पोसम्म फूलजस्ता कचौरालाई पिटेको सुनको हुनुपर्थ्यो ।
NUM 8:5 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 8:6 “लेवीहरूलाई इस्राएलका मानिसहरूबाट ले र तिनीहरूलाई शुद्ध पार् ।
NUM 8:7 तिनीहरूलाई शुद्ध पार्न यसो गर्ः तिनीहरूमाथि प्रायश्‍चित्तको पानी छर्किदे । तिनीहरूको पुरै शरीर, तिनीहरूको लुगा धुन लगा र यसरी तिनीहरूलाई शुद्ध पार् ।
NUM 8:8 त्यसपछि तिनीहरूलाई एउटा बाछो र तेलले मुछेको मसिनो पिठोको अन्‍नबलि ल्याउन लगा । तिनीहरूले पापबलिको रूपमा अर्को एउटा बाछो पनि ल्याऊन् ।
NUM 8:9 तैँले लेवीहरूलाई भेट हुने पालको अघि ल्यानेछस् र इस्राएलका मानिसहरूको सारा समुदाय भेला हुनेछन् ।
NUM 8:10 तैँले लेवीहरूलाई परमप्रभुको सामु ल्याउँदा इस्राएलका मानिसहरूले आफ्नो हात लेवीहरूमाथि राख्‍नुपर्छ ।
NUM 8:11 हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूको तर्फबाट डोलाइने बलिको रूपमा चढाउनुपर्छ, ताकि तिनीहरूले परमप्रभुको सेवाको काम गरून् ।
NUM 8:12 लेवीहरूले साँढेहरूमाथि तिनीहरूका हात राख्‍नुपर्छ ।
NUM 8:13 तैँले लेवीहरूका प्रायश्‍चित्तको निम्ति एउटा साँढेलाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । तैँले लेवीहरूलाई हारून र त्यसका छोराहरूको सामु ले र तिनीहरूलाई डोलाइने बलिको रूपमा चढा ।
NUM 8:14 १तैँले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट यसरी अलग गर् । लेवीहरू मेरा हुन् ।
NUM 8:15 त्यसपछि लेवीहरू भेट हुने पालमा सेवा गर्न जानुपर्छ । तैँले तिनीहरूलाई शुद्ध पार्नुपर्छ । तैँले तिनीहरूलाई डोलाइने बलिको रूपमा चढाउनुपर्छ ।
NUM 8:16 यसो गर्, किनभने तिनीहरू इस्राएलका मानिसहरूबाट पूर्ण रूपमा मेरा हुन् । तिनीहरूले गर्भ खोल्ने इस्राएलका सबै सन्तानका पहिले जन्मेका हरेक पुरुष बालकको स्थान लिनेछन् । मैले लेवीहरूलाई आफ्नै निम्ति लिएको छु ।
NUM 8:17 इस्राएलका मानिसहरूको पशु र मानिस दुवैबाट पहिले जन्मेकाहरू सबै मेरा हुन् । मैले मिश्र देशमा तिनीहरूका सबै पहिले जन्मेकाहरूलाई लिएको दिन नै मैले तिनीहरूलाई आफ्नै निम्ति अलग गरेँ ।
NUM 8:18 मैले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट सबै पहिले जन्मेकाहरूको सट्टामा लिएको छु ।
NUM 8:19 मैले लेवीहरूलाई हारून र त्यसका छोराहरूलाई उपहारको रूपमा दिएको छु । मैले तिनीहरूलाई इस्राएलका मानिसहरूबाट भेट हुने पालमा इस्राएलका मानिसहरूको काम गर्नलाई लिएको छु । मैले तिनीहरूलाई इस्राएलका मानिसहरूका निम्ति प्रायश्‍चित्त गर्नलाई दिएको छु, ताकि तिनीहरू पवित्र स्थानको नजिक आउँदा मानिसहरूमाथि कुनै विपत्ति नआओस् ।
NUM 8:20 मोशा, हारून र इस्राएलका मानिसहरूका सारा समुदायले लेवीसँगै यो गरे । परमप्रभुले लेवीबारे मोशालाई आज्ञा दिनुभएबमोजिम तिनीहरूले सबै थोक गरे । इस्राएलका मानिसहरूले तिनीहरूसँग यसै गरे ।
NUM 8:21 लेवीहरूले आफैलाई शुद्ध पारे र आ-आफ्ना लुगाहरू धोए, अनि हारूनले तिनीहरूलाई परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा चढाए र तिनले तिनीहरूलाई शुद्ध पार्न तिनीहरूको निम्ति प्रायश्‍चित्त गरे ।
NUM 8:22 त्यसपछि लेवीहरू हारून र तिनका छोराहरूको अधीनमा रहेर तिनीहरूको काम गर्न भेट हुने पालभित्र गए । यो परमप्रभुले लेवीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएअनुसार थियो । तिनीहरूले सबै लेवीलाई यसो गरे ।
NUM 8:23 परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 8:24 “यो सबै पच्‍चिस वर्ष र त्यसभन्दा माथिका लेवीहरूका निम्ति हो । तिनीहरू भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुनुपर्छ ।
NUM 8:25 तिनीहरू पचास वर्षको भएपछि यसरी सेवा गर्न छोड्नुपर्छ । त्यस उमेरमा तिनीहरूले सेवा गर्नुहुँदैन ।
NUM 8:26 तिनीहरूले भेट हुने पालमा सेवा गरिरहने तिनीहरूका भाइहरूलाई सहायता गर्न सक्छन्, तर तिनीहरूले सेवा गर्नुहुँदैन । तैँले लेवीहरूलाई यी कुराहरूमा निर्देशन दिनुपर्छ ।”
NUM 9:1 तिनीहरू मिश्र देशबाट आएका दोस्रो वर्षको पहिलो महिनामा सीनै मरुभूमिमा परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 9:2 “इस्राएलका मानिसहरूले निस्तार-चाड यसको निर्धारित समयमा नै मानून् ।
NUM 9:3 यो महिनाको चौधौँ दिनको साँझ, तिमीहरूले निस्तार-चाडलाई यसको निर्धारित समयमा नै मान्‍नू । तिमीहरूले यसलाई पालन गर्नुपर्छ, यससँग सम्बन्धित सबै आदेशहरू पालन गर्नुपर्छ र सबै नियमहरू अनुसरण गर्नुपर्छ ।”
NUM 9:4 यसैले मोशाले इस्राएलका मानिसहरूले निस्तार-चाडलाई मान्‍नुपर्छ भनी तिनीहरूलाई बताए ।
NUM 9:5 तिनीहरूले सीनैको मरुभूमिमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्तार-चाड मनाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका सबै कुरा इस्राएलका मानिसहरूले पालन गरे ।
NUM 9:6 मुर्दा छोएको कारण केही मानिसहरू अशुद्ध भएका थिए । तिनीहरूले त्यस दिन निस्तार-चाड मान्‍न सकेनन् । तिनीहरू त्यसै दिन मोशा र हारूनकहाँ गए ।
NUM 9:7 ती मानिसहरूले मोशालाई भने, “हामी मुर्दा छोएको कारण अशुद्ध भएका छौँ । इस्राएलका मानिसहरूमाझ निर्धारित समयमा नै परमप्रभुलाई बलिदान चढाउनबाट हामीलाई किन वञ्‍चित गर्नुहुन्छ ?”
NUM 9:8 मोशाले तिनीहरूलाई भने, “पर्ख, परमप्रभुले तिमीहरूबारे के भन्‍नुहुन्छ, म सुन्छु ।”
NUM 9:9 परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 9:10 “इस्राएलका मानिसहरूलाई भन् । 'यदि तिमीहरूमध्ये कोही मुर्दा छोएको कारण अशुद्ध छ वा लामो यात्रामा छ भने, त्यसले परमप्रभुको निस्तार-चाड अझै मान्‍न सक्छ ।'
NUM 9:11 तिनीहरूले दोस्रो महिनाको चौधौँ दिनको साँझ निस्तार-चाड मान्‍नेछन् । तिनीहरूले निस्तार-चाडको थुमालाई अखमिरी रोटी र तितो सागसँग खानुपर्छ ।
NUM 9:12 तिनीहरूले यसलाई बिहानसम्म राख्‍नुहुँदैन वा यसका हाडहरू भाँच्‍नुहुँदैन । तिनीहरूले निस्तार-चाडका सबै नियम पालन गर्नुपर्छ ।
NUM 9:13 तर कुनै व्यक्‍ति शुद्ध छ र यात्रामा छैन, अनि निस्तार-चाड मान्दैन भने परमप्रभुले आज्ञा गर्नुभएको निर्धारित समयमा त्यसले बलिदान नचढाएकोले त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नुपर्छ । त्यस मानिसले आफ्नो पाप भोग्‍नुपर्छ ।
NUM 9:14 यदि कुनै विदेशी तिमीहरूसँग बसोबास गर्छ र परमप्रभुको आदरमा निस्तार-चाड मान्‍छ भने, त्यसले यसलाई पालन गर्नुपर्छ र निस्तार-चाडका सबै नियम पालन गरेर उहाँले आज्ञा गर्नुभएका सबै थोक गर्नुपर्छ र यसको निम्ति सबै नियम पालन गर्नुपर्छ । विदेशी र स्वदेशी सबैको निम्ति उही नियम हुनुपर्छ ।”
NUM 9:15 पवित्र वासस्थान खडा गरेको दिन पवित्र वासस्थान अर्थात् करारको आदेशको पाललाई बादलले ढाक्यो । साँझमा बादल पवित्र वासस्थानमाथि थियो । यो बिहानसम्म आगोजस्तो देखियो ।
NUM 9:16 यो यसरी नै रहिरह्यो । बादलले पवित्र वासस्थान ढाक्यो र राती आगोजस्तो देखा पर्थ्यो ।
NUM 9:17 जब-जब बादल पालबाट हट्थ्यो, इस्राएलका मानिसहरू आफ्नो यात्राको निम्ति अघि बढ्थे । जहाँ-जहाँ बादल रोकिन्थ्यो, त्यहाँ मानिसहरूले छाउनी लगाउँथे ।
NUM 9:18 इस्राएलका मानिसहरू परमप्रभुको आज्ञामा नै यात्रा गर्थे र उहाँकै आज्ञामा छाउनी लगाउँथे ।
NUM 9:19 बादल पवित्र वासस्थानमाथि रहँदा तिनीहरू रोकिन्थे, तिनीहरू छाउनीमा बस्थे । बादल पवित्र वासस्थानमाथि धेरै दिनसम्म रहँदा इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञा पालन गर्थे र यात्रा गर्दैनथे ।
NUM 9:20 कहिले काहीँ बादल पवित्र वासस्थानमाथि केही दिन मात्र रहन्थ्यो । त्यस अवस्थामा तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्थे । तिनीहरूले छाउनी लगाउँथे र उहाँको आज्ञामा फेरि यात्रा गर्थे ।
NUM 9:21 कहिले काहीँ बादल छाउनीमा साँझदेखि बिहानसम्म मात्र रहन्थ्यो । बिहान बादल हट्दा तिनीहरूले यात्रा गर्थे । यदि बादल एक दिन वा एक रातको निम्ति मात्र रहेमा, बादल हट्दा मात्र तिनीहरूले यात्रा गर्थे ।
NUM 9:22 बादल पवित्र वासस्थानमाथि दुई दिनको, एक महिना वा एक वर्षको निम्ति वा जति समयसम्म रहे पनि इस्राएलका मानिसहरू छाउनीमा रहन्थे र यात्रा गर्दैनथे । तर जब-जब बदल हट्थ्यो, तिनीहरूले यात्रा गर्थे ।
NUM 9:23 तिनीहरूले परमप्रभुको आज्ञामा नै छाउनी लगाउँथे र तिनीहरूले उहाँको आज्ञामा नै यात्रा गर्थे । मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा तिनीहरूले पालन गरे ।
NUM 10:1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 10:2 “चाँदीका दुईवटा तुरही बना । चाँदीलाई पिटेर तिनीहरूलाई बना । तैँले तुरहीलाई समुदायलाई भेला हुन बोलाउन र तिनीहरूका छाउनी सार्न समुदायलाई बोलाउन प्रयोग गर्नुपर्छ ।
NUM 10:3 भेट हुने पालको प्रवेश-द्वारमा तेरो अघि भेला हुन समुदायलाई बोलाउन पुजारीले तुरहीहरू फुक्‍नुपर्छ ।
NUM 10:4 यदि पुजारीले एउटा मात्र तुरही फुक्यो भने, अगुवाहरू अर्थात् इस्राएलका कुलका प्रमुखहरू तँकहाँ आउनुपर्छ ।
NUM 10:5 तैँले ठुलो आवाजमा सङ्केत दिँदा पूर्वतिरका छाउनीहरूले आफ्नो यात्रा सुरु गर्नुपर्छ ।
NUM 10:6 दोस्रो पटक ठुलो आवाजमा सङ्केत गर्दा दक्षिणतिरका छाउनीहरूले तिनीहरूको यात्रा सुरु गर्नुपर्छ । तिनीहरूका यात्राको निम्ति तिनीहरूले ठुलो आवाजमा सङ्केत दिनुपर्छ ।
NUM 10:7 समुदाय सँगै भेला हुँदा तुरही फुक, तर ठुलो आवाजमा होइन ।
NUM 10:8 हारूनका छोराहरू अर्थात् पुजारीहरूले तुरही फुक्‍नुपर्छ । यो तिमीहरूलाई मानिसहरूका पुस्तौँ-पुस्तासम्म सदैवको निम्ति नियम हुनेछ ।
NUM 10:9 तिमीहरूलाई अत्याचार गर्ने शत्रुको विरुद्ध आफ्नो मुलुकमा तिमीहरू युद्ध गर्न जाँदा, तिमीहरूले तुरहीसँगै जनाउँ-ध्वनि दिनुपर्छ । म परमप्रभु तिमीहरूका परमेश्‍वरले सम्झने छु र तिनीहरूलाई तिमीहरूका शत्रुहरूबाट बचाउने छु ।
NUM 10:10 साथै नियमित चाड र महिनाको सुरुवात दुवै किसिमको उत्सवको समयमा, तिमीहरूले आफ्नो होमबलि र मेलबलि चढाउँदा तुरही बजाउनुपर्छ । यिनीहरूले म परमप्रभु तिमीहरूका परमेश्‍वरलाई याद दिलाउने छन् । म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ ।” दोस्रो वर्षको
NUM 10:11 दोस्रो महिनाको बिसौँ दिनमा करारका आदेशहरूका पवित्र वासस्थानबाट हट्यो ।
NUM 10:12 त्यसपछि इस्राएलका मानिसहरू सीनैको मरुभूमिबाट आफ्नो यात्रामा लागे ।
NUM 10:13 बादल पारानको मरुभूमिमा रोकियो । मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा पालन गरेर तिनीहरूले पहिलो यात्रा गरे । यहूदाका सन्तानहरूका झन्डामुनिका छाउनीले आ-आफ्ना फौज लिएर पहिलो लश्करमा हिँडे ।
NUM 10:14 यहूदाको फौजको नेतृत्व अम्मीनादाबका छोरा नहशोनले गरे ।
NUM 10:15 इस्साखारका सन्तानहरूका फौजको नेतृत्व सूआरका छोरा नतनेलले गरे ।
NUM 10:16 जबूलूनका सन्तानहरूका फौजको नेतृत्व हेलोनका छोरा एलीआबले गरे ।
NUM 10:17 पवित्र वासस्थानको देखरेख गर्ने गेर्शोन र मरारीका सन्तानहरूले पवित्र वासस्थान उठाए र आफ्नो यात्रामा हिँडे ।
NUM 10:18 फेरि, रूबेनको छाउनीको झन्डामुनिका फौजले यात्रा सुरु गरे । रूबेनको फौजको नेतृत्व शदेऊरका छोरा एलीसूरले गरे ।
NUM 10:19 शिमोयोनका सन्तानहरूका फौजको नेतृत्व सूरीशद्दैका छोरा शलूमीएलले गरे ।
NUM 10:20 गादका सन्तानहरूका फौजको नेतृत्व दूएलका छोरा एल्यासापले गरे ।
NUM 10:21 कहातीहरू हिँडे । तिनीहरूले पवित्र स्थानका पवित्र सामानहरू बोके । अरूहरूले कहातीहरू अर्को छाउनीमा नआइपुग्दै पवित्र वासस्थान खडा गर्थे । त्यसपछि एफ्राइमका सन्तानहरूका झन्डामुनिका फौज हिँडे ।
NUM 10:22 एफ्राइमको फौजको नेतृत्व अम्मीहूदका छोरा एलीशामा गरे ।
NUM 10:23 मनश्‍शेका सन्तानहरूका फौजको नेतृत्व पदासूरका छोरा गमलिएलले गरे ।
NUM 10:24 बेन्यामीनका सन्तानहरूका कुलको फौजको नेतृत्व गिदेओनीका छोरा अबीदानले गरे ।
NUM 10:25 दानको सन्तानहरूका झन्डामुनि छाउनी लगाएका फौज अन्तिममा हिँडे । दानको फौजको नेतृत्व अम्मीशद्दैका छोरा अहीएजेरले गरे ।
NUM 10:26 आशेरका सन्तानहरूका कुलको फौजको नेतृत्व ओक्रानका छोरा पगीएलले गरे ।
NUM 10:27 नप्‍तालीका सन्तानहरूका कुलको फौजको नेतृत्व एनानका छोरा अहीराले गरे ।
NUM 10:28 इस्राएलका मानिसहरूका फौजले यसरी आफ्नो यात्रा सुरु गर्‍यो । मोशाले मिद्यानी रूएलका छोरा होबाबसँग कुरा गरे ।
NUM 10:29 रूएल मोशाका ससुरा थिए । मोशाले होबाबसँग कुरा गरे र भने, “हामी परमप्रभुले भन्‍नुभएको ठाउँतिर यात्रा गरिरहेका छौँ । परमप्रभुले भन्‍नुभयो, 'म यो तिमीहरूलाई दिने छु ।' हामीसँगै आउनुहोस् र हामीले तपाईंलाई असल गर्ने छौँ । परमप्रभुले इस्राएलको निम्ति असल गर्ने प्रतिज्ञा गर्नुभएको छ ।”
NUM 10:30 तर होबाबले मोशालाई भने, “म तिमीहरूसँग जाँदिनँ । म मेरो आफ्नै मुलुकतिर र मेरा आफ्नै मानिसहरूकहाँ जाने छु ।”
NUM 10:31 त्यसपछि मोशाले जवाफ दिए, “कृपया, हामीलाई नछोड्नुहोस् । मरुभूमिमा कसरी छाउनी लगाउने भनी तपाईंलाई थाहा छ । तपाईंले हाम्रो हेरचाह गर्नुपर्छ ।
NUM 10:32 यदि तपाईं हामीसँग जानुभयो भने परमप्रभुले हामीलाई असल गर्नुभएझैँ हामी तपाईंको निम्ति असल नै गर्नेछौँ ।” तिनीहरूले परमप्रभुको पर्वतबाट तिन दिनसम्म यात्रा गरे ।
NUM 10:33 तिनीहरूको निम्ति विश्राम गर्ने ठाउँ पत्ता लगाउन परमप्रभुको करारको सन्दूक तिन दिनसम्म तिनीहरूको अघि-अघि लगियो ।
NUM 10:34 तिनीहरूले यात्रा गर्दा परमप्रभुको बादल दिनमा तिनीहरूसँग थियो ।
NUM 10:35 जब-जब सन्दूक उठाइन्थ्यो मोशाले यसो भन्थे, “हे परमप्रभु, उठ्नुहोस् । तपाईंका शत्रुहरूलाई तितरबितर पार्नुहोस् । तपाईंलाई घृणा गर्नेहरूलाई तपाईंदेखि भाग्‍न लगाउनुहोस् ।”
NUM 10:36 जब-जब सन्दूक रोकिन्थ्यो, मोशाले यसो भन्थे, “हे परमप्रभु, हजारौँ हजार इस्राएलतिर फर्कनुहोस् ।”
NUM 11:1 यस बेला परमप्रभुले सुन्‍ने गरी मानिसहरूले तिनीहरूका कष्‍टबारे गनगन गरे । परमप्रभुले मानिसहरूको गनगन सुन्‍नुभयो र रिसाउनुभयो । परमप्रभुबाट आगो दन्कियो र यसका किनाराका केही छाउनीहरू जले ।
NUM 11:2 अनि मानिसहरूले मोशासँग बिन्ती गरे । यसैले मोशाले परमप्रभुसँग प्रार्थना गरे, र आगो रोकियो ।
NUM 11:3 त्यस ठाउँको नाउँ तबेरा राखियो, किनभने परमप्रभुको आगो मानिसहरूमाझ दन्कियो ।
NUM 11:4 केही विदेशीहरू इस्राएलका सन्तानहरूसँग छाउनीमा बस्‍न थाले । तिनीहरूले मिठो खानेकुरा खाने इच्छा गरे । अनि इस्राएलका मानिसहरू रुन थाले र भने, “हामीलाई कसले मासु खान दिन्छ ?”
NUM 11:5 हामीले मिश्रमा खुलमखुला खाएका माछा, काँक्रा, खरबूजा, कन्दहरू, प्याज र लसुन सम्झन्छौँ ।
NUM 11:6 अहिले हाम्रो भोक नै हराइसकेको छ, किनभने हामी देख्‍ने जत्ति सबै थोक मन्‍न मात्र हो ।”
NUM 11:7 मन्‍न धनियाँको बिउजस्तो थियो । यो हेर्दा खोटोजस्तो देखिन्थ्यो ।
NUM 11:8 मानिसहरू वरिपरि जान्थे र यसलाई बटुल्थे । तिनीहरूले यसलाई पिँध्थे, ओखलीमा कुट्थे, भाँडामा उमाल्थे र यसलाई फुरौला बनाउँथे । यो ताजा जैतूनको तेलको स्वादको थियो ।
NUM 11:9 छाउनीमा राती शीत पर्दा मन्‍न पनि झर्थ्यो ।
NUM 11:10 मानिसहरू आ-आफ्ना परिवारमा रोएको मोशाले सुने र सबै मानिस आ-आफ्ना पालको ढोका थिए । परमप्रभु साह्रै क्रोधित हुनुभयो र तिनीहरूको गनगन मोशाको दृष्‍टिमा गलत थियो ।
NUM 11:11 मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन यति नराम्रो व्यावहार गर्नुभएको ? तपाईं किन मसँग खुसी हुनुहुन्‍न ? तपाईंले मलाई यी सबै मानिसको बोझ बोकाउनुहुन्छ ।
NUM 11:12 के यी मानिसहरूलाई मैले गर्भधारण गरेको थिएँ ? के तिनीहरूलाई मैले जन्माएको थिएँ अनि 'तिनीहरूलाई बुबाले बालकलाई आफ्नो छातीमा टाँसेर बोकेझैँ बोक्' भन्‍नुहुन्छ ? के मैले तिनीहरूलाई तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुक दिन त्यहाँसम्म नै बोक्‍नुपर्ने?
NUM 11:13 यी सबै मानिसलाई खुवाउन मैले मासु कहाँ पाउन सक्छु ? तिनीहरू 'हामीलाई मासु खान दिनुहोस्' भन्‍दै मेरो सामु रोइरहेका छन् ।
NUM 11:14 यी सबै मानिसलाई म एक्लै बोक्‍न सक्दिनँ । तिनीहरू मेरो निम्ति अति धेरै भएका छन् ।
NUM 11:15 तपाईंले मसँग यस्तो व्यवहार गरिरहनुभएको हुनाले यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई अहिले नै मार्नुहोस्, मैले मेरो बिजोग देख्‍नु नपरोस् ।”
NUM 11:16 परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलका सत्तरी जना धर्म-गुरु मकहाँ ले । तिनीहरू सबै धर्म-गुरु र मानिसहरूका अधिकृतहरू होऊन् । तिनीहरूलाई भेट हुने पालमा तँसँगै खडा हुनलाई ले ।
NUM 11:17 म ओर्ली आउनेछु र तँसँग कुरा गर्नेछु । तँसँग भ‍एको केही आत्मा लिएर यसलाई म तिनीहरूमाथि राख्‍नेछु । तिनीहरूले मानिसहरूका बोझ तँसँगै बहन गर्नेछन् । यसलाई तँ एक्लैले बोक्‍नुपर्नेछैन ।
NUM 11:18 मानिसहरूलाई भन्, 'भोलिको निम्ति आफैलाई शुद्ध पार र तिमीहरूले साँच्‍चै मासु खानेछौ, किनकि तिमीहरू रोएका छौ र परमप्रभुले सुन्‍नुभएको छ । तिमीहरूले भन्यौ, “हामीलाई कसले मासु खान दिन्छ ? हामीलाई मिश्र देश नै असल थियो ।” यसकारण, परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र तिमीहरूले यसलाई खानेछौ ।
NUM 11:19 तिमीहरूले मासु एक दिन, दुई दिन, पाँच दिन, दस दिन वा बिस दिन मात्र खानेछेनौ,
NUM 11:20 तर तिमीहरूले तिमीहरूको नाक लागूञ्‍जेलसम्म पुरै महिनाभरि नै मासु खानेछौ । यो तिमीहरूलाई दिगमिग हुनेछ, किनभने तिमीहरूले परमप्रभुलाई इन्कार गरेका छौ, जो तिमीहरू माझ हुनुहुन्छ । तिमीहरू उहाँको सामु रोएका छौ । तिमीहरूले भन्यौ, “हामीले मिश्र देश किन छाड्यौँ ?”
NUM 11:21 त्यसपछि मोशाले भने, “म छ लाख मानिससँग छु, र तपाईंले भन्‍नुभएको छ, 'मैले तिनीहरूलाई पुरै एक महिना मासु खान दिनेछु ।'
NUM 11:22 के तिनीहरूलाई तृप्‍त पार्न हामीले भेडा-बाख्राहरू र गाईवस्तुहरू काट्नु त ? के तिनीहरूलाई तृप्‍त पार्न हामीले समुद्रका सबै माछाहरू पक्रने ?”
NUM 11:23 परमप्रभुले मोशालाई भन्‍नुभयो, “के मेरो बहुली छोटो भएको छ ? मेरो वचन सत्य हो वा होइन भनी अब तैँले देख्‍नेछस् ।”
NUM 11:24 मोशा बाहिर गए र परमप्रभुको वचन बोले । तिनले मानिसका सत्तरी जना धर्म-गुरुलाई भेला गरे र तिनीहरूलाई पालको वरिपरि राखे ।
NUM 11:25 परमप्रभु बादलमा तल आउनुभयो र मोशासँग बोल्नुभयो । परमप्रभुले मोशासँग भएको केही आत्मा लिनुभयो र यसलाई सत्तरी जना धर्म-गुरुमाथि राखिदिनुभयो । तिनीहरूमाथि आत्मा आउनुभएपछि तिनीहरूले अगमवाणी गरे, तर त्यस बेला मात्र र फेरि अगमवाणी गरेनन् ।
NUM 11:26 एल्दाद र मेदाद नाउँ गरेका दुई जना छाउनीमा नै बसे । आत्मा तिनीहरूमाथि पनि आउनुभयो । सूचीमा तिनीहरूका नाउँ पनि उल्लेख गरिएको थियो, तर तिनीहरू पालमा गएका थिएनन् । तथापि तिनीहरूले छाउनीमा नै अगमवाणी गरे ।
NUM 11:27 छाउनीमा भएका एक जना जवान दौडेर गएर मोशालाई भने, “एल्दाद र मेदादले छाउनीमा नै अगमवाणी गरिरहेका छन् ।”
NUM 11:28 मोशाका सहायक, तिनका चुनिएका एक जना अर्थात् नूनका छोरा यहोशूले मोशालाई भने, “मालिक, तिनीहरूलाई रोक्‍नुहोस् ।”
NUM 11:29 मोशाले तिनलाई भने, “के तिमी मेरो खातिर डाही हुन्छौ ? परमप्रभुले उहाँका सबै मानिसमाथि उहाँको आत्मा राखेर तिनीहरू अगमवक्‍ताहरू भए कति राम्रो हुन्थ्यो !”
NUM 11:30 मोशा र इस्राएलका धर्म-गुरुहरू छाउनीमा फर्केर गए ।
NUM 11:31 त्यसपछि परमप्रभुबाट बतास आयो र समुद्रबाट बट्टाई चराहरू ल्यायो । तिनीहरू छाउनी नजिक वरिपरि एक दिनको बाटोभरि झरे । बट्टाई चराहरूले लगभग एक मिटर जत्ति बाक्लो हुने गरी जमिनलाई नै ढाके ।
NUM 11:32 मानिसहरू त्यस दिनभरि, रातभरि र अर्को दिनभरि बट्टाई चराहरू बटुल्नमा व्यस्त भए । कसैले पनि पच्‍चिस मुरीभन्दा कम बटुलेन । तिनीहरूले छाउनीभरि बट्टाई चराहरू फिँजाए ।
NUM 11:33 मासु तिनीहरूको मुखमा हुँदा नै, तिनीहरूले यसलाई चपाइरहँदा नै, परमप्रभु तिनीहरूसँग क्रोधित हुनुभयो । उहाँले मानिसहरूलाई भयङ्कर रोगले प्रहार गर्नुभयो ।
NUM 11:34 त्यस ठाउँको नाउँ किब्रोथ-हत्तावा राखियो, किनभने मासुको लालसा गर्ने मानिसहरूलाई तिनीहरूले त्यहाँ गाडे ।
NUM 11:35 किब्रोथ-हत्तावाबाट मानिसहरू हसेरोततिर गए, जहाँ तिनीहरू बसे ।
NUM 12:1 मोशाले विवाह गरेका कूशी महिलाको कारण हारून र मिरियम मोशाको विरुद्धमा बोले ।
NUM 12:2 तिनीहरूले भने, “के परमप्रभु मोशासँग मात्र बोल्नुभएको छ र ? के उहाँ हामीसँगचाहिँ बोल्नुभएको छैन र ?” तिनीहरूले भनेका कुरा परमप्रभुले सुन्‍नुभयो ।
NUM 12:3 मोशा साह्रै नम्र मानिस थिए, तिनी संसारका सबैभन्दा नम्र थिए ।
NUM 12:4 त्यसै बेला परमप्रभु मोशा, हारून र मिरियमसित बोल्नुभयो, “तिमीहरू तिनै जना भेट हुने पालमा आओ ।” त्यसैले तिनै जना बाहिर आए ।
NUM 12:5 अनि परमप्रभु बादलको खामोमा ओर्लेर आउनुभयो । उहाँ पालको प्रवेश-द्वारमा खडा हुनुभयो अनि हारून र मिरियमलाई बोलाउनुभयो । तिनीहरू दुवै अगि आए ।
NUM 12:6 परमप्रभुले भन्‍नुभयो, “मेरो वचन सुन । मेरो अगमवक्‍ता तिमीहरूसँग हुँदा म आफैलाई त्यससँग दर्शनमा प्रकट गर्नेछु र त्यससँग सपनामा कुरा गर्छु ।
NUM 12:7 मेरो दास मोशा त्यस्‍तो होइन । त्यो मेरा सबै घरानामा विश्‍वासयोग्य छ ।
NUM 12:8 म मोशासँग दर्शन वा अड्कोमा होइन प्रत्यक्ष रूपमा बोल्छु । त्यसले मेरो रूप देख्छ । यसैले तिमीहरूलाई मेरो दास मोशा विरुद्ध बोल्न किन डर लागेन ?”
NUM 12:9 परमप्रभुको क्रोध तिनीहरू विरुद्ध दन्कियो, र उहाँ तिनीहरूबाट जानुभयो ।
NUM 12:10 बादल पालमाथिबाट हट्यो र मिरियम अचानक कुष्‍ठरोगी भइन् । तिनी हिउँजस्तै सेतो भइन् । हारून मिरियमतिर फर्कंदा तिनले तिनलाई कुष्‍ठ रोग लागेको देखे ।
NUM 12:11 हारूनले मोशालाई भने, “हे मेरा मालिक, बिन्ती छ यो पाप हाम्रो विरुद्ध नलिनुहोस् । हामीले मूर्खतापूर्वक बोलेका छौँ र हामीले पाप गरेका छौँ ।
NUM 12:12 बिन्ती छ, तिनी आफ्नो आमाको गर्भबाट निस्कँदा नै आधा मासु कुहेको मृत जन्मेकोजस्तो नहोऊन् ।”
NUM 12:13 यसैले मोशाले परमप्रभुलाई पुकारे, “हे परमेश्‍वर, बिन्ती छ, उनलाई निको पारिदिनुहोस् ।”
NUM 12:14 परमप्रभुले मोशालाई भन्‍नुभयो, “यदि त्यसको बुबाले त्यसलाई अनुहारमा थुकेको भए, त्यो सात दिनसम्म अपमानित हुन्थ्यो । त्यसलाई छाउनी बाहिर लगेर थुन् । त्यसपछि त्यसलाई फेरि ले ।”
NUM 12:15 यसैले मिरियमलाई छाउनीबाहिर सात दिनसम्म थुनियो । तिनी छाउनीमा नफर्केसम्म मानिसहरूले यात्रा गरेनन् ।
NUM 12:16 त्यसपछि, मानिसहरू हसेरोतबाट यात्रा गरेर पारानको मरुभूमिमा छाउनी लगाए ।
NUM 13:1 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 13:2 “केही मानिसहरूलाई कनानको भूमिको जाँच गर्न पठा, जुन मैले इस्राएलका मानिसहरूलाई दिएको छु । तिनीहरूका पुर्खाका हरेक कुलबाट एक-एक जना पठा । ती हरेक तिनीहरूका अगुवा हुनुपर्छ ।”
NUM 13:3 मोशाले तिनीहरूलाई पारानको मरुभूमिबाट पठाए, ताकि तिनीहरूले परमप्रभुको आज्ञा पालन गरून् । तिनीहरू सबै इस्राएलका मानिसहरूका अगुवाहरू थिए ।
NUM 13:4 तिनीहरूका नाउँ यिनै हुन्ः रूबेनको कुलबाट जक्‍कूरका छोरा शम्मूअ;
NUM 13:5 शिमियोनका कुलबाट होरीका छोरा शाफात;
NUM 13:6 यहूदाको कुलबाट यपुन्‍नेका छोरा कालेब;
NUM 13:7 इस्साखारको कुलबाट योसेफका छोरा यिगाल;
NUM 13:8 एफ्राइमको कुलबाट, नूनका छोरा होशिया;
NUM 13:9 बेन्यामीनको कुलबाट, रफूका छोरा पलती;
NUM 13:10 जबूलूनको कुलबाट सोदीका छोरा गद्दीएल;
NUM 13:11 योसेफको कुलबाट (अर्थात् मनेश्‍शेको कुलबाट) सूसीका छोरा गेद्दी;
NUM 13:12 दानको कुलबाट गमल्लीका छोरा अम्मीएल;
NUM 13:13 आशेरको कुलबाट मिखाएलका छोरा सतूर;
NUM 13:14 नप्‍तालीको कुलबाट वोफ्सीका छोरा नहबी
NUM 13:15 गादको कुलबाट माकीका छोरा गूएल ।
NUM 13:16 मोशाले भूमिको जाँच गर्न पठाएका मानिसहरूका नाउँ यिनै थिए । मोशाले नूनका छोरा होशियालाई यहोशू नाउँ राखे ।
NUM 13:17 मोशाले तिनीहरूलाई कनानको भूमि जाँचबुझ गर्न पठाए । तिनले तिनीहरूलाई भने, “नेगेवबाट प्रवेश गर र पहाडी मुलुकतिर जाओ ।
NUM 13:18 यो कस्तो छ भनी भूमिको जाँचबुझ गर ।
NUM 13:19 त्यहाँ बस्‍ने मानिसहरूलाई हेर, तिनीहरू बलिया वा कमजोर छन् वा तिनीहरू धेरै छन् वा थोरै छन् ।
NUM 13:20 तिनीहरू बसोबास गरेका भूमि कस्तो छ, हेर । यो असल वा खराब छ ? सहरहरू कस्ता छन् ? तिनीहरू छाउनी वा किल्ला भएको सहरहरूमा छन् ? भूमि कस्तो छ । अन्‍न उमार्न असल छ वा छैन, रुखहरू छन् वा छैनन् । साहसी होओ र त्यो भूमिको उत्पादनको नमुना लिएर आओ ।” त्यस बेला पहिलो दाख पाक्‍ने समय थियो ।
NUM 13:21 यसैले ती मानिसहरू गए र जीनको मरुभूमिदेखि लेबो-हमात नजिकको रेहोबसम्मको भूमिको जाँचबुझ गरे ।
NUM 13:22 तिनीहरू नेगेवबाट उक्लेर हेब्रोनमा आइपुगे । त्यहाँ अनाकका सन्तानहरू अहीमान, शेशै र तल्मै थिए । होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरिएको थियो ।
NUM 13:23 जब तिनीहरू एश्कोलको बेँसीमा पुगे, तिनीहरूले दाखको झुप्पासहितको हाँगा काटे । तिनीहरूले यसलाई घोचामा राखेर दुई जनाले बोके । तिनीहरूले अनार र नेभारा पनि ल्याए ।
NUM 13:24 इस्राएलका मानिसहरूले त्यहाँ दाखको झुप्पा काटेकाले त्यस ठाउँलाई एश्कोलको बेँसी नाउँ राखियो ।
NUM 13:25 चालिस दिनपछि तिनीहरू भूमिको जाँचबुझ गरेर फर्के ।
NUM 13:26 तिनीहरू मोशा, हारून र इस्राएलका सारा समुदायकहाँ पारानको मरुभूमिमा भएको कादेशमा फर्केर आए । तिनीहरूले तिनीहरूलाई र सारा समुदायलाई खबर ल्याए र भूमिको उत्पादन तिनीहरूलाई देखाए ।
NUM 13:27 तिनीहरूले मोशालाई भने, “तपाईंले पठाउनुभएको मुलुकमा हामी पुग्यौँ । यसमा साँच्‍चै दुध र मह बग्दोरहेछ । यसका केही उत्पादनहरू यहाँ छन् ।
NUM 13:28 तथापि, त्यहाँ बसोबास गर्ने मानिसहरू बलिया छन् । सहरमा किल्ला हालिएका छन् र ती धेरै ठुला छन् । हामीले अनाकका सन्तानहरूलाई पनि देख्यौँ ।
NUM 13:29 नेगेवमा अमालेकीहरू बसोसबास गर्छन् । हित्ती, यबूसी, र एमोरी पहाडी मुलुकमा बस्छन् । कनानीहरू समुद्र किनारा र यर्दन नदीको तीरमा बस्छन् ।”
NUM 13:30 अनि यहोशूले मोशाको सामु मानिसहरूलाई चुपचाप बनाए र भने, “जाऔँ र भूमिलाई कब्जा गरौँ, किनभने हामीले यसलाई निश्‍चय पनि जित्‍नेछौँ ।
NUM 13:31 तर तिनीसँग गएका अरू मानिसहरूले भने, “हामीले तिनीहरूलाई आक्रमण गर्न सक्दैनौँ, किनभने तिनीहरू हामीभन्दा बलिया छन् ।”
NUM 13:32 यसैले तिनीहरूले जाँचबुझ गरेका मुलुकबारे इस्राएलका मानिसहरू माझ निरुत्साहित पार्ने खबर फिँजाए । तिनीहरूले भने, “हामीले हेरेका मुलकले त आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ ।
NUM 13:33 हामीले त्यहाँ देखेका सबै मानिस अग्ला कदका छन् । हामीले त्यहाँ दैत्यहरू अर्थात् अनाकका सन्तानहरू देख्यौँ जो दैत्यहरूबाट आएका थिए । तिनीहरूसँग तुलना गर्दा हामी हाम्रो नजरमा फट्याङ्ग्राजस्ता थियौँ ।”
NUM 14:1 त्यस रात सारा समुदाय ठुलो आवाज निकालेर रोए ।
NUM 14:2 इस्राएलका सबै मानिसले मोशा र हारूनको आलोचना गरे । सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्र देशमा नै मरेको भए पनि हुन्थ्यो अथवा यही मरुभूमिमा नै मरेको भए नि हुन्थ्यो !
NUM 14:3 तरवारद्वारा मर्नलाई परमप्रभुले हामीलाई किन यो भूमिमा ल्याउनुभयो ? हाम्रा पत्‍नीहरू र साना छोराछोरीहरू हताहत हुनेछन् । के हामी मिश्रमा मर्नु नै असल हुँदैनथ्यो र ?
NUM 14:4 तिनीहरूले आपसमा भने, “अर्को अगुवा चुनौँ र मिश्रतिर फर्कौं ।”
NUM 14:5 अनि मोशा र हारून इस्राएलका मानिसहरूका समुदायका सबै भेलाको सामु घोप्टो परे ।
NUM 14:6 त्यो भूमिको जाँचबुझ गर्न पठाइएकामध्ये केहीमा नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेबले आफ्नो लुगा च्याते ।
NUM 14:7 तिनीहरूले इस्राएलका मानिसहरूका सबै समुदायलाई भने, “हामीले घुमेका र जाँचबुझ गरेका मुलुक धेरै राम्रो छ ।
NUM 14:8 यदि परपप्रभु हामीसँग प्रसन्‍न हुनुहुन्छ भने, उहाँले हामीलाई यो भूमिमा लानुहुनेछ र यो हामीलाई दिनुहुनेछ । भूमिमा दूध र मह बग्छ ।
NUM 14:9 तर परमप्रभुको विरुद्धमा विद्रोह नगर्नुहोस्, र त्यो भूमिका मानिसहरूसँग नडराउनुहोस्, किनभने तिनीहरू हाम्रा रोटी हुन् । तिनीहरूका सुरक्षा तिनीहरूबाट हटाइनेछ, किनभने परमप्रभु हामीसँग हुनुहुन्छ । तिनीहरूसँग नडराओ ।”
NUM 14:10 अनि सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्‍ने मतो गरे । तर भेट हुने पालमा इस्राएलका सबै मानिसकहाँ परमप्रभुको महिमा देखा पर्‍यो ।
NUM 14:11 परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूले मलाई कहिलेसम्म तिरस्कार गर्ने ? मैले तिनीहरूका माझ गरेका मेरो शक्‍तिका चिन्हहरूका बाबजुद पनि तिनीहरू कहिलेसम्म ममा भरोसा गर्न चुक्छन् ?
NUM 14:12 म तिनीहरूलाई विपत्तिले प्रहार गर्नेछु र विनाश गर्नेछु अनि तेरो आफ्नै कुलबाट एउटा जाति बनाउनेछु जुन तिनीहरूभन्दा महान् र शक्‍तिशाली हुनेछ ।”
NUM 14:13 मोशाले परपप्रभुलाई भने, “यदि तपाईंले यसो गर्नुभयो भने, मिश्रीहरूले यसबारे सुन्‍नेछन्, किनभने तपाईंले यिनीहरूलाई तिनीहरूको शक्‍तिबाट छुटकारा दिनुभयो ।
NUM 14:14 तिनीहरूले यो भूमिका मानिसहरूलाई भन्‍नेछन् । तपाईं परमप्रभु तिनीहरूसँग हुनुहुन्छ भन्‍ने तिनीहरूले सुनेका छन्, किनभने तपाईंलाई आमनेसामने देखिएको छ । तपाईंको बादल हाम्रा मानिसहरूमाथि खडा छ । तपाईं दिनमा बादलको खामो भएर र रातमा आगोको खामो भएर तिनीहरूको अघिअघि जानुहुन्छ ।
NUM 14:15 यदि तपाईंले यी मानिसहरूलाई एक जना मानिसलाई झैँ मार्नुभयो भने, तपाईंको प्रसिद्धि सुन्‍ने जातिहरू बोल्नेछन् र भन्‍नेछन्,
NUM 14:16 'परमप्रभुले तिनीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुकमा यी मानिसहरूलाई लान नसक्‍नुभएको हुनाले उहाँले तिनीहरूलाई मरुभूमिमा नै मार्नुभयो ।'
NUM 14:17 म बिन्ती गर्छु, कि तपाईंको महाशक्‍ति प्रयोग गर्नुहोस् । किनभने तपाईंले भन्‍नुभएको छ,
NUM 14:18 'परमप्रभु रिसाउनमा धिमा र विश्‍वनीयताको करारमा प्रशस्‍त हुनुहुन्छ । उहाँले अपराध र अधर्महरू क्षमा गर्नुहुन्छ । उहाँले तिनीहरूका सन्तानहरूमाथि तेस्रो र चौथो पुस्तासम्म पुर्खाहरूका दण्ड ल्याउनुहुँदा उहाँले दोषीहरूलाई कुनै पनि हालतमा साफ पार्नुहुन्छ ।'
NUM 14:19 म तपाईंसँग बिन्ती गर्छु, कि तपाईंले यी मानिसहरूलाई तिनीहरू मिश्रमा हुँदादेखि अहिलेसम्म सदैव क्षमा गर्नुभएझैँ तपाईंको करारको विश्‍वसनीयताको महान्‌ताको कारण यी मानिसहरूका पाप क्षमा गर्नुहोस् ।”
NUM 14:20 परपप्रभुले भन्‍नुभयो, “मैले तिनीहरूलाई तेरो बिन्तीअनुसार क्षमा गरेको छु,
NUM 14:21 तर जस्तो म जीवित छु र पृथ्वी मेरो महिमाले ढाकिनेछ, मेरो महिमा र
NUM 14:22 शक्‍तिका चिन्हहरू देख्‍ने ती सबै मानिस जसलाई मैले मिश्र देश र मरुभूमिमा गरेँ, तिनीहरूले मलाई दस पटकसम्म परीक्षा गरेका छन् र मेरो आवाज सुनेका छैनन् ।
NUM 14:23 यसैले तिनीहरूले निश्‍चय नै त्यो भूमि देख्‍नेछैनन् जसबाट मैले तिनीहरूका पुर्खाहरूसित शपथ खाएँ । तिनीहरूमध्ये मलाई घृणा गर्ने कसैले पनि यो देख्‍नेछैन,
NUM 14:24 मेरो दास कालेबबाहेक, किनभने ऊसँग अर्कै आत्मा थियो । त्यसले मलाई पूर्ण रूपमा अनुसरण गरेको छ; म त्यसलाई त्यो जाँचबुझ गर्न गएको भूमिमा ल्याउनेछु । त्यसका सन्तानहरूले अधिकार गर्नेछन् ।
NUM 14:25 (त्यस बेला बेँसीमा अमालेकीहरू र कनानीहरू बस्थे ।) भोलि फर्की र नर्कटको समुद्र (लाल समुद्र) को बाटो हुँदै मरुभूमितिर जा ।”
NUM 14:26 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,
NUM 14:27 “मेरो आलोचना गर्ने यो दुष्‍ट समुदायलाई मैले कहिलेसम्म सहने ? इस्राएलका मानिसहरूले मेरो विरुद्ध गरेका गनगन मैले सुनेको छु ।
NUM 14:28 तिनीहरूलाई भन्, 'जस्तो म जीवित छु,' परमप्रभु भन्‍नुहुन्छ, 'जस्तो तिमीहरूले मैले सुन्‍ने गरी भनेका छौ, मैले तिमीहरूलाई त्यस्तै गर्नेछुः
NUM 14:29 मेरो विरुद्ध गनगन गर्ने तिमीहरू सबै, जनगणनामा गन्ती गरिएका तिमीहरू, बिस वर्ष र त्यसभन्दा माथिका मानिसहरू पूरै तिमीहरूका मृत शरीरहरू मरुभूमिमा पड्नेछन् ।
NUM 14:30 यपुन्‍नेका छोरा लालेब र नूनका छोरा यहोशूबाहेक तिमीहरू कोही पनि निश्‍चय नै तिमीहरूको वासस्थान बनाउने प्रतिज्ञा गरेको मुलुकमा जानेछैनौ ।
NUM 14:31 हताहत हुन्छन् भनेका तिमीहरूका स-साना बालबच्‍चाहरूलाई मैले त्यो भूमिमा लानेछु । तिमीहरूले तिरस्कार गरेका भूमि तिनीहरूले उपभोग गर्नेछन् ।
NUM 14:32 तिमीहरूको सवालमा तिमीहरूका मृत शरीरहरू यही मरुभूमिमा पडिरहनेछन् ।
NUM 14:33 तिमीहरूका सन्तानहरू मरुभूमिमा चालिस वर्षसम्म गोठालाहरू हुनेछन् । मरुभूमिमा तिमीहरूका लाशहरू अन्त नभएसम्म तिनीहरूले तिमीहरूका विद्रोहका कार्यहरूका नतिजाहरू भोग्‍नुपर्छ ।
NUM 14:34 तिमीहरूले त्यो भूमिको जाँचबुझ गर्न लगाएका दिनहरूको सङ्ख्या अर्थात् चालिस दिनजस्तै, तिमीहरूले आफ्नो पापको नतिजाहरू चालिस वर्षसम्म अर्थात् एक दिनको एक वर्ष भोग्‍नुपर्छ र मेरो विरोध गर्नु कस्तो हुन्छ भनी तिमीहरूले थाहा पाउनुपर्छ ।
NUM 14:35 म परमप्रभुले बोलेको हुँ । मेरो विरुद्ध खडा हुने यो सबै दुष्‍ट समुदायमाथि म निश्‍चय नै यो गर्नेछु । तिनीहरू पूर्ण रूपमा नष्‍ट हुनेछन् र तिनीहरू यहीँ मर्नेछन् ।”
NUM 14:36 यसैले मोशाले भूमिको जासूस गर्न पठाएकाहरू जो फर्के र जसले भूमिबारे खराब खबर फैलाएर मोशा विरुद्ध सारा समुदायलाई गनगन गर्न लगाउने मानिसहरू थिए अर्थात्
NUM 14:37 भूमिबारे खराब खबर ल्याउने यी मानिसहरूलाई प्रहार गरियो र तिनीहरू परमप्रभुको सामु महामारीले मरे ।
NUM 14:38 भूमिको जासूस गर्न गएकाहरूमध्ये नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेब मात्र जीवित रहे ।
NUM 14:39 जब मोशाले इस्राएलका मानिसलाई यी कुराहरू बताए, तिनीहरूले गम्भीर रूपमा विलाप गरे ।
NUM 14:40 तिनीहरू बिहान सबेरै उठे र पहाडको चुचुरोमा गए, र भने, “हेर, हामी यहाँ छौँ, र हामी परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँतिर जानेछौँ, किनभने हामीले पाप गरेका छौँ ।”
NUM 14:41 तर मोशाले भने, “तिमीहरू परमप्रभुको आज्ञा किन तोड्छौ ? तिमीहरू सफल हुनेछेनौ ।
NUM 14:42 नजाओ, किनभने तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट पराजित हुनलाई बचाउन परमप्रभु तिमीहरूसँग हुनुहुन्‍न ।
NUM 14:43 त्यहाँ अमालेकीहरू र कनानीहरू छन्, र तिमीहरू तरवारद्वारा मर्नेछौ, किनभने तिमीहरू परमप्रभुलाई अनुसरण गर्नबाट तर्किएका छौ । यसैले उहाँ तिमीहरूसँग हुनुहुनेछैन ।”
NUM 14:44 तर तिनीहरूले पहाडी देशतिर जाने दम्भ गरे; तथापि, न त मोशा न त परमप्रभुको सन्दूकले छाउनी छोडे ।
NUM 14:45 त्यसपछि अमालेकीहरू ओर्लेर आए, र कनानीहरू पनि जो ती पहाडहरूमा बस्थे । तिनीहरूले इस्राएलीहरूलाई आक्रमण गरे र तिनीहरूलाई होर्मासम्म नै खेदेर पराजित गरे ।
NUM 15:1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 15:2 “इस्राएलका मानिसहरूलाई भन्, 'जब तिमीहरू परमप्रभुले तिमीहरूलाई दिनुहुने भूमिमा बस्‍न जानेछौ, कि होमबलि कि भाकल पुरा गर्ने स्वैच्छा बलि कि
NUM 15:3 तिमीहरूको चाडमा बलिदान गाईवस्तु वा भेडा-बाख्राबाट परमप्रभुको निम्ति प्रसन्‍न पार्ने सुगन्धित बास्‍नाको निम्ति तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदान तयार पर्नुपर्छ ।
NUM 15:4 तिमीहरूले परमप्रभुको निम्ति एक लिटर तेलमा मुछेको आधा पाथी पिठोको अन्‍नबलिसाथै होमबलि चढाउनुपर्छ ।
NUM 15:5 तिमीहरूले होमबलि वा बलिदानको निम्ति हरेक थुमाको निम्ति एक लिटर दाखमद्य पनि चढाउनुपर्छ ।
NUM 15:6 यदि तिमीहरूले थुमा चढाइरहेका छौ भने, तिमीहरूले डेढ लिटर तेलमा मुछेको आधा पाथी पिठोलाई अन्‍नबलिको रूपमा तयार पार्नुपर्छ ।
NUM 15:7 अर्घबलिको निम्ति तिमीहरूले डेढ लिटर दाखमद्य तयार पार्नुपर्छ । यसले परमप्रभुको निम्ति सुगन्धित बास्‍ना दिनेछ ।
NUM 15:8 जब तिमीहरूले होमबलि वा भाकल पुरा गर्न बलिदानको रूपमा वा परमप्रभुको निम्ति मेलबलिको रूपमा साँढे तयार पार्छौ,
NUM 15:9 तिमीहरूले साँढेसँगै दुई लिटर तेलमा मुछेको डेढ पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा चढाउनुपर्छ ।
NUM 15:10 तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिको रूपमा दुई लिटर दाखमद्यको अर्घबलि चढाउनुपर्छ ।
NUM 15:11 हरेक साँढे, थुमा र भेडा वा बाख्राको निम्ति यसो गर्नुपर्छ ।
NUM 15:12 तिमीहरूले तयार पार्ने र चढाउने बलिदान यहाँ उल्लेख गरेजस्तै गर्नुपर्छ ।
NUM 15:13 कसैले परमप्रभुलाई प्रसन्‍न तुल्याउने सुगन्धको निम्ति आगोद्वारा चढाइने बलिदान ल्याउँदा स्वदेशी इस्राएलीहरू सबैले यी कुराहरू यसबमोजिम गर्नुपर्छ ।
NUM 15:14 यदि विदेशी तिमीहरूसँग बसोबास गरेको छ भने वा तिमीहरूका मानिसहरूको पुस्तौँसम्म तिमीहरूसँग बसोबास गर्न सक्छ, त्यसले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिदान चढाउनुपर्छ । त्यसले पनि तिमीहरूले गरेझैँ नै गर्नुपर्छ ।
NUM 15:15 समुदायको निम्ति र तिमीहरूसँग बस्‍ने परदेशीको निम्ति एउटै नियम हुनुपर्छ, तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको स्थायी नियम हुनुपर्छ । तिमीहरूमाझ बस्‍ने परदेशी पनि तिमीहरूजस्तै हुनुपर्छ । परमप्रभुको सामु त्यसले तिमीहरूले जस्तै गर्नुपर्छ ।
NUM 15:16 तिमीहरू र तिमीहरू माझ बस्‍ने परदेशीलाई एउटै नियम र आदेश लागु हुनुपर्छ ।”
NUM 15:17 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 15:18 “इस्राएलका मानिसहरूलाई भन्, 'जब तिमीहरू मैले लैजाने भूमिमा आउँछौ,
NUM 15:19 जब तिमीहरूले त्यस भूमिमा उत्पादन भएको खानेकुरा खान्छौ, तिमीहरूले बलिदान चढाउनुपर्छ र मेरो निम्ति यसलाई चढाउनुपर्छ ।
NUM 15:20 आफ्नो मुछेको पहिलो पिठोबाट खलाबाट नै उठाइएको बलिदानको रूपमा यसलाई उठाउन एउटा रोटी चढाउनुपर्छ । तिमीहरूले यसलाई यसरी उठाउनुपर्छ ।
NUM 15:21 तिमीहरूले तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म पहिले आफ्नो मुछेको पिठोबाट उठाइएको बलिदानको रूपमा मलाई चढाउनुपर्छ ।
NUM 15:22 मैले मोशासँग बोलेका यी सबै आज्ञा तिमीहरूले पालन नगर्दा तिमीहरूले कहिले काहीँ नचाहेर पनि पाप गर्नेछौ ।
NUM 15:23 मैले तिमीहरूलाई आज्ञाहरू दिन सुरु गरेको दिनदेखि नै र तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म मोशाद्वारा मैले आज्ञा गरेका सबै आज्ञाहरू पालन गर्नू ।
NUM 15:24 समुदायले थाहा नपाई अजानमा गरेको पापको सवालमा परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति समुदायले एउटा साँढे होमबलिको रूपमा चढाउनुपर्छ । यहीसँगै आज्ञा गरेजस्तै अन्‍नबलि र अर्घबलिसाथै पापबलिको रूपमा बाख्रालाई पनि चढाउनुपर्छ ।
NUM 15:25 पुजारीले सारा समुदायको निम्ति प्रायश्‍चित्त गर्नुपर्छ । तिनीहरूलाई क्षमा दिइनेछ, किनभने पाप गल्ति थियो । तिनीहरूले तिनीहरूको बलिदान अर्थात् आगोद्वारा चढाइने बलिदान ल्याएका छन् । तिनीहरूले आफ्नो गल्तिको निम्ति पापबलि ल्याएका छन् ।
NUM 15:26 अनि इस्राएलका मानिसहरूका सबै समुदायलाई क्षमा दिइनेछ र तिनीहरूसँग बस्‍ने परदेशीलाई पनि क्षमा दिइनेछ, किनभने सबै मानिसहरूले अजानमा नै पाप गरे ।
NUM 15:27 यदि कुनै मानिसले अजानमा पाप गर्छ भने, त्यसले एक वर्षे बाख्रीलाई पापबलिको रूपमा चढाउनुपर्छ ।
NUM 15:28 अजानमा पाप गर्ने व्यक्‍तिको निम्ति पुजारीले प्रायश्‍चित्त गर्नुपर्छ । प्रायश्‍चित्त गरेपछि त्यस मानिसलाई क्षमा गरिनेछ ।
NUM 15:29 अजानमा पाप गर्ने स्वदेशी इस्राएली मानिस र तिमीहरू माझ बसोबास गरेको परदेशीको निम्ति एउटै नियम हुनुपर्छ ।
NUM 15:30 तर अवज्ञामा कुनै पनि कुरा गर्ने व्यक्‍ति स्वदेशी भए पनि परदेशी भए पनि त्यसले मेरो ईश्‍वर-निन्दा गर्छ । त्यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्कार गर्नुपर्छ ।
NUM 15:31 किनभने त्यसले मेरो वचनलाई घृणा गरेको छ, त्यो व्यक्‍तिलाई पूर्ण रूपमा बिलकुलै बहिष्कार गर्नुपर्छ ।
NUM 15:32 त्यसको पाप त्यसैमाथि पर्नेछ ।” इस्राएलका मानिसहरू मरुभूमिमा हुँदा तिनीहरूले शबाथ दिनमा दाउरा बटुलिरहेको मानिस भेट्टाए ।
NUM 15:33 त्यसलाई भेट्टाउनेहरूले त्यसलाई मोशा, हारून र सारा समुदायकहाँ ल्याए ।
NUM 15:34 तिनीहरूले त्यसलाई थुनामा राखे, किनभने त्यसलाई के गर्नुपर्छ भनी निधो गरिएको थिएन ।
NUM 15:35 परमप्रभु मोशासँग बोल्नुभयो, “त्यो मानिस निश्‍चय नै मर्नुपर्छ । सबै समुदायले त्यसलाई छाउनी बाहिर लगेर ढुङ्गाले हान्‍नुपर्छ ।”
NUM 15:36 यसैले सबै समुदायले त्यसलाई छाउनी बाहिर ल्याए र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार ढुङ्गाले हानेर मारे ।
NUM 15:37 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 15:38 “इस्राएलका सन्तानहरूलाई भन् र आफ्नो लुगाको किनाराहरूमा झुन्डाउन र तिनीहरू सबैलाई निलो धागोले किनारामा झुन्डाउन झुम्का बनाउन तिनीहरूलाई आज्ञा गर् ।
NUM 15:39 तिनीहरूले यो तिनीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म गर्नुपर्छ । यो तिमीहरूले यसलाई हेर्दा बहन गर्नुपर्ने मेरा सबै आज्ञा याद दिलाउने विशेष कुरा हुने छ, ताकि तिमीहरूले आफ्नै हृदय र आफ्नै आँखामा हेरेर आफैलाई भ्रष्‍ट नतुल्याओ ।
NUM 15:40 यसो गर् ताकि तिमीहरूले मेरा आज्ञाहरू याद गर्नेछौ र पालन गर्नेछौ अनि तिमीहरू पवित्र अर्थात् तिमीहरूका परमेश्‍वर मेरो निम्ति आरक्षित हुनेछौ ।
NUM 15:41 म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूका परमेश्‍वर हुनलाई मिश्र देशबाट ल्याएँ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।”
NUM 16:1 लेवीका पनाति, कहातका नाति, यिसहारका छोरा कोरहसाथै रूबेनका कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेथका छोराले केही मानिसहरू भेला गरे ।
NUM 16:2 तिनीहरू, इस्राएलका मानिसहरूका अन्य मानिसहरूसँगै दुई सय पचास समुदायका अगुवाहरू जो नाम चलेका सदस्यहरू थिए, मोशाको विरुद्धा खडा भए ।
NUM 16:3 तिनीहरू मोशा र हारूनको सामना गर्न आफै भेला भए । तिनीहरूले उनीहरूलाई भने, “तपाईंहरूले अति गर्नुभयो! सबै समुदाय, तिनीहरूमध्ये हरेकलाई नै अलग गरिएको छ र परमप्रभु तिनीहरूसँग छन् । किन आफैलाई परमप्रभुको समुदायभन्दा माथि उठाउनुहुन्छ ?”
NUM 16:4 जब मोशाले त्यो सुने, तिनी घोप्टो परे ।
NUM 16:5 तिनले कोरह र उनका साथमा भएकाहरूलाई भने, “को उहाँका हुन् र कसलाई उहाँको निम्ति अलग गरिएको छ भनी परमप्रभुले बिहान देखाउनुहुने छ । त्यस व्‍यक्‍तिलाई उहाँले उहाँको नजिक ल्याउनुहुने छ । उहाँले चुन्‍नुभएकोलाई आफैले आफ्नो नजिक ल्याउनुहुने छ ।
NUM 16:6 कोरह र तिम्रा सबै समूहले यो गर । धुपौराहरू लेओ ।
NUM 16:7 भोलि त्यसमा परमप्रभुको सामु धूप र आगो राख । परमप्रभुले चुन्‍नुहुने मानिसलाई उहाँको निम्ति अलग गरिनेछ । तिमी लेवीका सन्तानहरू अति धेरै भएका छौ ।”
NUM 16:8 फेरि मोशाले कोरहलाई भने, “सुन, तिमी लेवीका सन्तानहरूः
NUM 16:9 के परमप्रभुको पवित्र वासस्थानमा काम गर्न र समुदायको सेवा गर्न तिनीहरूको सामु खडा हुन इस्राएलको समुदायबाट तिमीहरूलाई छुट्ट्याएको तिमीहरूको निम्ति सानो कुरा हो ?
NUM 16:10 उहाँले तिमीहरू र तिमीहरूका सबै दाजुभाइ, लेवीका सन्तानहरूलाई तिमीहरूसँगै नजिक ल्याउनुभएको छ, अझै तिमीहरूले पुजारी पद पनि खोजिरहेका छौ !
NUM 16:11 यसैले तिमी र तिमीहरूका सबै समूह सँगसँगै भेला भएका छौ । त्यसैले तिमीहरूले किन हारूनको बारेमा गनगन गरिरहेका छौ, जसले परमप्रभुको आज्ञा पालन गर्छन् ?
NUM 16:12 त्यसपछि मोशाले दातान र अबीराम, एलीआबका छोराहरूलाई बोलाए । तर तिनीहरूले भने, “हामी आउँदैनौँ ।
NUM 16:13 के हामीलाई दूध र मह बग्‍ने मुलुकबाट यो मरुभूमिमा मार्नलाई ल्याउनु मामुलि कुरा हो ? अब तपाईं आफै हाम्रो शासक हुन चाहन्छ !
NUM 16:14 यसको अतिरिक्‍त, तपाईंले हामीलाई दूध र मह बग्‍ने मुलुकमा ल्याउनुभएको छैन अथवा हामीलाई खेत र दाखबारीहरू उत्तराधिकारको रूपमा दिनुभएको छैन । के अब हामीलाई खोक्रो प्रतिज्ञाले अन्धा बनाउन चाहनुहुन्छ ? हामी तपाईंकहाँ आउँदैनौँ ।”
NUM 16:15 मोशा साह्रै रिसाए र परमप्रभुलाई भने, “तिनीहरूको भेटीको कदर नगर्नुहोस् । मैले तिनीहरूबाट एउटा गधा पनि लिएको छैनँ, र मैले तिनीहरू कसैलाई पनि हानि पुर्‍याएको छैनँ ।
NUM 16:16 मोशाले कोरहलाई भने, “भोलि तिमी र तिम्रा सबै दल अर्थात् तिमी, तिनीहरू र हारून परमप्रभुको सामु जानुपर्छ । तिमीहरू हरेकले आ-आफ्ना धुपौरा लिनुपर्छ र यसमा धूप राख्‍नुपर्छ ।
NUM 16:17 अनि हरेकले आ-आफ्ना दुई सय पचासवटा धुपौरा परमप्रभुको सामु ल्याउनुपर्छ । तिमी र हारूनले पनि आ-आफ्ना धुपौरा ल्याउनुपर्छ ।”
NUM 16:18 यसैले हरेकले आ-आफ्ना धुपौरा लिए, यसमा आगो राखे, यसमा धूप राखे र मोशा र हारूनसँगै भेट हुने पालको प्रवेश-द्वारमा खडा भए ।
NUM 16:19 कोरहले सारा समुदायलाई मोशा र हारूनको विरुद्धमा भेट हुने पालको प्रवेश-द्वारमा भेला पारे र परमप्रभुको महिमा सारा समुदायकहाँ देखा पर्‍यो ।
NUM 16:20 परमप्रभु मोशा र हारूनसँग बोल्नुभयो,
NUM 16:21 “यस समुदायबाट अलग होओ , ताकि म तिनीहरूलाई तत्कालै विनाश गर्न सकौँ ।”
NUM 16:22 मोशा र हारून घोप्‍टो परे र भने, “हे परमेश्‍वर, सारा मानव-जातिको आत्माका परमेश्‍वर, एक जनाले पाप गर्दा, के तपाईं सबै समुदायसँग रिसाउनुहुन्छ ?”
NUM 16:23 परमप्रभुले मोशालाई जवाफ दिनुभयो,
NUM 16:24 “समुदायलाई भन् । 'कोरह, दातान र अबीरामका पालहरूबाट पर जाओ' भन् ।”
NUM 16:25 अनि मोशा खडा भए र दातान र अबीरामको पालमा गए; इस्राएलका धर्म-गुरुहरू तिनको पछि-पछि गए ।
NUM 16:26 तिनले समुदायलाई यसो भने, “यी दुष्‍टहरूका पालहरूबाट हट र तिनीहरूको कुनै पनि कुरा नछोओ नत्रता तिनीहरूका सबै पापद्वारा नष्‍ट हुनेछौ ।”
NUM 16:27 यसैले कोरह, दातान र अबीरामका पाल वरिपरिका समुदायले तिनीहरूलाई छोडे । दातान र अबीराम तिनीहरूका पत्‍नीहरू, छोराहरू र स-साना बालबालिकाहरूसहित तिनीहरूका पालको प्रवेश-द्वारमा खडा भए ।
NUM 16:28 मोशाले भने, “यसैद्वारा यी सबै थोक गर्न मलाई परमप्रभुले पठाउनुभएको छ भन्‍ने तिमीहरूले जान्‍नेछौ, किनभने मैले तिनीहरू मेरो आफ्नै इच्छामा गरेको छैन ।
NUM 16:29 यदि यी मानिसहरू सामान्य रूपमा हुने स्वाभाविक मृत्युद्वारा मर्छन् भने, मलाई परमप्रभुले पठाउनुभएको होइन ।
NUM 16:30 तर यदि परमप्रभुले कुनै नयाँ कुरा सृजना गर्नुहुन्छ, धर्तीले आफ्नो मुख उघार्छ र तिनीहरूसाथै तिनीहरूका सबै थोकलाई निल्छ, र तिनीहरू जिउँदै चिहानभित्र जान्छन् भने, यी मानिसहरूले परमप्रभुलाई तिरस्कार गरेका छन् भनी तिमीहरूले बुझ्नुपर्छ ।”
NUM 16:31 मोशाले यी कुराहरू भनी सिद्ध्याउने बित्तिकै ती मानिसहरूमुनिको जमिन फाट्यो ।
NUM 16:32 धर्तीले यसको मुख उघार्‍यो अनि तिनीहरूका परिवारहरू र कोरहसँग भएका सबै मानिसहरूसाथै तिनीहरूका सबै थोकलाई निल्यो ।
NUM 16:33 यसैले तिनीहरू र तिनीहरूसँग भएका सबै थोक जिउँदै चिहानभित्र लगिए । धर्ती तिनीहरूमाथि बन्द भयो, र तिनीहरू समुदायबाट नष्‍ट भए ।
NUM 16:34 तिनीहरूका वरिपरि भएका इस्राएलीहरू चिच्‍च्याउँदै भागे । तिनीहरू, “धर्तीले हामीलाई पनि निल्ने भो!” भन्‍दै चिच्‍च्याए ।
NUM 16:35 अनि परमप्रभुबाट आगोको ज्वाला निस्क्यो र धूप बालेका २५० जना मानिसलाई नष्‍ट गर्‍यो ।
NUM 16:36 फेरि परमप्रभु मोशासँग बोल्नुभयो,
NUM 16:37 “पुजारी हारूनका छोरा एलाजारलाई भन् र त्यसले धुपौराहरूलाई आगोबाट निकालोस्, किनभने धुपौराहरू मेरा निम्ति अलग गरिएका छन् । त्यसले बलिरहेका आगोका फिलुङ्गाहरूलाई छरोस् ।
NUM 16:38 आफ्नो पापको कारण जीवन गुमाउनेहरूको धुपौराहरू ले । तिनीहरूलाई पिटेर वेदीलाई मोहर्ने पाताहरू बनाइयोस् । ती मानिसहरूले तिनीहरूलाई मेरो निम्ति अर्पण गरे । यसैले तिनीहरूलाई मेरो निम्ति अलग गर । तिनीहरू इस्राएलका मानिसहरूका निम्ति मेरो उपस्थितिको चिन्ह हुने छन् ।
NUM 16:39 पुजारी एलाजारले आगोले नष्‍ट भएका मानिसहरूले प्रयोग गरेका काँसाका धुपौराहरू लिए र
NUM 16:40 इस्राएलका मानिसहरूलाई याद दिलाउने कुरा हुनलाई तिनीहरूलाई पिटेर वेदी मोहर्ने बनाइयो, परमप्रभुको सामु धूप बाल्न ताकि हारूनका सन्तान बाहिर कोही पनि नआओस् र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरू कोरह र तिनका समूहजस्ता नहोऊन् ।
NUM 16:41 तर अर्को बिहान इस्राएलका सबै मानिसको समुदायले मोशा र हारून विरुद्ध गनगन गरे । तिनीहरूले भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मारेका छौ ।”
NUM 16:42 समुदाय मोशा र हारूनको विरुद्ध भेला हुँदा तिनीहरूले भेट हुने पालतिर हेरे अनि हेर! यसलाई बादलले ढाकिरहेको थियो । परमप्रभुका महिमा देखा पर्‍यो,
NUM 16:43 र मोशा र हारून भेट हुने पालको अघि आए ।
NUM 16:44 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 16:45 “यो समुदायबाट गइहाल् ताकि मैले तिनीहरूलाई अहिलै नष्‍ट पार्न सकौँ ।” अनि मोशा र हारून जमिनमा घोप्टो परे ।
NUM 16:46 मोशाले हारूनलाई भने, “धुपौरा लिनुहोस्, वेदीबाट यसमा आगो हाल्नुहोस्, यसमा धूप हाल्नुहोस्, यसलाई समुदायकहाँ छिटो लानुहोस् र तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्नुहोस्, किनभने परमप्रभुको क्रोध आइरहेको छ । विपत्ति सुरु भएको छ ।
NUM 16:47 यसैले हारूले मोशाले अह्राएबमोजिम गरे । तिनी समुदायको बिचमा दौडेर गए । विपत्ति मानिसहरूबिच फैलिन थालेको थियो, यसैले तिनले धूप राखे र मानिसहरूका निम्ति प्रायश्‍चित्त गरे ।
NUM 16:48 हारून जीवित र मृतकहरूका बिचमा खडा भए । यसरी विपत्ति रोकियो ।
NUM 16:49 कोरहको विषयमा पनि मरेका अतिरिक्‍त विपत्तिमा मर्नेहरूको सङ्ख्या १४,७०० थियो ।
NUM 16:50 हारून भेट हुने पालको प्रवेश-द्वारमा मोशाकहाँ फर्केर आए र विपत्ति रोकियो ।
NUM 17:1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 17:2 “इस्राएलका मानिसहरूलाई भन् र तिनीहरूबाट हरेक कुलको निम्ति एउटा-एउटा गरी बाह्रवटा लहुरो ले । हरेक मानिसको लहुरोमा आ-आफ्नो नाउँ लेख् ।
NUM 17:3 लेवीको लहुरोमा तैँले हारूनको नाउँ लेख्‍नुपर्छ । आ-आफ्नो कुलबाट हरेक अगुवाको निम्ति एउटा लहुरो हुनुपर्छ ।
NUM 17:4 तैँले ती लहुरोहरूलाई करारको गवाही-पाटीको सामु भेट हुने पालमा राख्‍नुपर्छ, जहाँ मैले तँलाई भेट्छु ।
NUM 17:5 मैले चुनेको मानिसको लहुरो टुसाउनेछ । म इस्राएलका मानिसको गनगन बन्द गराउनेछु, जुन तेरो विरुद्ध भइरहेको छ ।”
NUM 17:6 यसैले मोशाले मानिसहरूलाई भने । सबै कुलनायकले हरेक अगुवाको निम्ति एउटा लहुरो दिए । कुलहरूबाट छानेर बाह्रवटा लहुरो तिनलाई दिइयो । तिनीहरूका माझमा हारूनको लहुरो पनि थियो ।
NUM 17:7 त्यसपछि मोशाले लहुरोहरूलाई गवाही-पाटीको पालमा परमप्रभुको सामु राखे ।
NUM 17:8 अर्को दिन मोशा गवाही-पाटी भएको पालमा गए, हेर! लेवी कुलका हारूनको लहुरोमा कोपिला लागेको रहेछ । यसमा कोपिला लगेको थियो, फूल फुलेको थियो र हाडे-बदाम पाकेको थियो !
NUM 17:9 मोशाले ती सबै लहुरालाई इस्राएलका मानिसको सामु ल्याए र सबैले आ-आफ्नो लहुरो लिए ।
NUM 17:10 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनको लहुरो गवाही-पाटीको सामु राख् । यसलाई विद्रोह गर्ने मानिसहरूको विरुद्ध दोषको चिन्हको रूपमा राख् । यसरी तैँले मेरो विरुद्ध तिनीहरूको गनगन अन्त गर्नेछस् नत्रता तिनीहरू मर्नेछन् ।”
NUM 17:11 मोशाले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे ।
NUM 17:12 इस्राएलका मानिसहरूले मोशालाई भने, “यहाँ हामी मर्नेभयौँ ! हामी सबै नष्‍ट हुनेभयौ !
NUM 17:13 परमप्रभुको पवित्र वासस्थान नजिक आउने हरेक मर्ने छ । के हामी पनि मर्नुपर्छ ?”
NUM 18:1 परमप्रभुले हारूनलाई भन्‍नुभयो, “तँ, तेरा छोराहरू र तेरा वंशकाहरू पवित्र स्थान विरुद्ध गरिने सबै पापका निम्ति जिम्मेवार हुनेछौ । तर पुजारीको पदमा कसैले गरेको सबै पापको निम्ति तँ र तेरा छोराहरू मात्र जिम्मेवार हुनेछौ ।
NUM 18:2 लेवी कुलका अर्थात् तेरा पुर्खाका वंशका तेरा सङ्गी सदस्यहरूको सवालमा, तिनीहरूलाई तँसँगै ले अनि तँ र तेरा छोराहरूले गवाही-पाटीको पालको सम्मुख सेवा गर्दा तिनीहरू सहभागी होऊन् र तिमीहरूलाई सहायता गरून् ।
NUM 18:3 तिनीहरूले तेरो र सारा पालको सेवा गर्नुपर्छ ।
NUM 18:4 तथापि, तिनीहरू पवित्र स्थान वा वेदीसँग सम्बन्धित कुनै थोकको नजिक आउनुहुँदैन नत्रता तिनीहरू र तँ मर्नेछौ । तिनीहरू पालसँग सम्बन्धित सबै किसिमका कामकाजको निम्ति तिमीहरूसँग सहभागी हुनुपर्छ र भेट हुने पालको देखरेख गर्नुपर्छ । कुनै पनि परदेशी तिमीहरूको नजिक आउनुहुँदैन ।
NUM 18:5 पवित्र स्थान र वेदीको निम्ति तैँले जिम्मा लिनुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो क्रोध फेरि नआओस् ।
NUM 18:6 हेर्, लेवीहरूका तेरा सङ्गी सदस्यहरूलाई इस्राएलका सन्तानहरूबाट म आफैले चुनेको छु । तिनीहरू भेट हुने पालसँग सम्बन्धित काम गर्न मलाई दिइएका तेरो निम्ति उपहार हुन् ।
NUM 18:7 तर वेदी र पर्दाभित्र भएका सबै थोकसित सम्बन्धि पुजारीको काम तँ र तेरा छोराहरूले मात्र गर्न सक्छस् । ती दायित्वहरू तँ आफैले पुरा गर्नुपर्छ । पुजारीको पद मैले तँलाई उपहारको रूपमा दिइरहेको छु । नजिक आउने कुनै पनि परदेशीलाई मार्नुपर्छ ।”
NUM 18:8 परप्रभुले हारूनलाई भन्‍नुभयो, “हेर्, मलाई चढाइने बलिदानहरू र इस्राएलका मानिसहरूले मलाई दिने पवित्र भेटीहरू सम्भाल्ने जिम्मा मैले तँलाई दिएको छु ।
NUM 18:9 मैले यी बलिहरू तँलाई र तेरा छोराहरूलाई अनवरत हिस्साको रूपमा दिएको छु । आगोमा जलाउनबाट बचेका यी थोकहरू तेरा हुने छन् । हरेक अन्‍नबलि, पापबलि र दोषबलिजस्ता तिनीहरूका हरेक बलिबाट तिनीहरू तँलाई र तेरा छोराहरूलाई अलग गरिएका हुन् ।
NUM 18:10 यी बलिहरू अति पवित्र छन् । हरेक पुरुषले यो खानुपर्छ, किनभने तिनीहरू तिमीहरूका निम्ति पवित्र छन् ।
NUM 18:11 इस्राएलका मानिसहरूका डोलाइने बलिको रूपमा तिनीहरूका सबै उपहारबाट अलग गरिएका यी सबै बलि तेरा हुने छन् । मैले ती तँलाई, तेरा छोराहरू र तेरा छोरीहरूका निम्ति तिमीहरूको सदाको निम्ति अंशको रूपमा दिएको छु । तेरा परिवारका विधिवत् रूपमा शुद्ध हुने सबैले यी बलिहरूबाट खान सक्छन् ।
NUM 18:12 मानिसहरूले मलाई दिने तेल, नयाँ दाखमद्य र अन्‍नको उत्तम भाग, पहिलो फल यी सबै मैले तँलाई दिएको छु ।
NUM 18:13 तिनीहरूले मकहाँ ल्याउने तिनीहरूका भूमिको पहिलो पाकेको फल तेरो हुने छ । तेरा परिवारका शुद्ध हुने सबैले यी थोकहरूबाट खान सक्छन् ।
NUM 18:14 इस्राएलमा अर्पण गरिएका सबै थोक तेरा हुने छन् ।
NUM 18:15 मानिसहरूले परमप्रभुलाई अर्पण गर्ने मानिस र पशु दुवैका गर्भ खोल्ने पहिलो जन्मेकाहरू सबै तेरै हुने छन् । तथापि, मानिसहरूले जेठा छोरालाई किनेर फिर्ता लिनुपर्छ र तिनीहरूले अशुद्ध पशुहरूका पहिलो जन्मेकाहरूलाई किनेर फिर्ता गर्नुपर्छ ।
NUM 18:16 मानिसहरूले किनेर फिर्ता लिनुपर्नेहरूलाई एक महिनाको भएपछि किनेर फिर्ता गर्नुपर्छ । त्यसपछि मानिसहरूले पवित्र स्थानको शेकेलको तौलको मापदण्डअनुसार पाँच शेकेल तिरेर फिर्ता लिन सक्छन् । बिस गेराको एक शेकेल हुन्छ ।
NUM 18:17 तर गाईको पहिले जन्‍मेको बाछो वा भेडा वा बाख्राको पहिले जन्मेको पाठोलाई तिमीहरूले किनेर फिर्ता लिनुहुँदैन; ती मेरो निम्ति अलग गरिएका छन् । तिनीहरूका रगत वेदीमाथि छर्कनुपर्छ र तिनीहरूका बोसो आगोद्वारा चढाइएको परमप्रभुलाई मनपर्ने सुगन्धित बलिको जलाउनुपर्छ ।
NUM 18:18 तिनीहरूका मासु तेरो हुने छ । डोलाइएको ह्याकुलो र दाहिने साँप्रोझैँ तिनीहरूका मासु तेरो हुने छ ।
NUM 18:19 इस्राएलका मानिसहरूले परमप्रभुलाई चढाएका सबै पवित्र बलि निरन्तरको अंशको रूपमा मैले तँलाई, तेरा छोराहरू र छोरीहरूलाई दिएको छु । यो तेरो र तेरा सन्तानहरू दुवैको निम्ति परमप्रभुको सामु अनन्तको बाध्यकारी करार अर्थात् नूनको अनन्त करार हो ।”
NUM 18:20 परमप्रभुले हारूनलाई भन्‍नुभयो, “मानिसहरूको जग्गा-जमिनमा तेरो कुनै उत्तराधिकार हुनेछैन, न त मानिसहरूको सम्पत्तिमा कुनै हिस्सा हुने छ । इस्राएलका मानिसहरूमा म नै तेरो हिस्सा र उत्तराधिकार हुँ ।
NUM 18:21 हेर्, लेवीका सन्तानहरूले भेट हुने पालमा काम गरे बापत मैले तिनीहरूलाई इस्राएलका दशांश सेवाको सट्टामा दिएको छु ।
NUM 18:22 आज उप्रान्त इस्राएलका मानिसहरू भेट हुने पालको नजिक आउनुहुँदैन, नत्रता तिनीहरू यो पापको निम्ति जिम्मेवार हुने छन् र मर्नेछन् ।
NUM 18:23 लेवीहरूले भेट हुने पालसँग सम्बन्धित कामहरू गर्नुपर्छ । यससँग सम्बन्धित कुनै पापको जिम्मेवार तिनीहरू हुने छन् । यो तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको स्थायी नियम हुने छ । इस्राएलका मानिसहरूका माझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।
NUM 18:24 मेरो निम्ति योगदानको रूपमा तिनीहरूले चढाएका इस्राएलका मानिसहरूको दशांश मैले लेवीहरूलाई तिनीहरूको उत्तराधिकारको रूपमा दिएको छु । यसैले मैले तिनीहरूलाई यसो भनेँ, 'इस्राएलका मानिसहरूमाझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।”
NUM 18:25 परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 18:26 “तिमीहरूले इस्राएलका मानिसहरूबाट दशांश प्राप्‍त गर्दा जुन मैले तिमीहरूको उत्तराधिकार हुनको निम्ति दिएको छु, तिमीहरूले यसबाट दशांशको दशांश परमप्रभुलाई दिनेछौ' भनी तैँले लेवीहरूलाई भन्‍नुपर्छ' ।”
NUM 18:27 तिमीहरूका हिस्सालाई खलाबाट ल्याइएको अन्‍न वा कोलबाट ल्याइएको दाखमद्यको रूपमा लिनुपर्छ ।
NUM 18:28 यसैले तिमीहरूले पनि इस्राएलका मानिसहरूबाट प्राप्‍त गरेका दशांशहरूबाट परमप्रभुको निम्ति योग दिनुपर्छ । तिमीहरूले त्यसबाट पुजारी हारूनलाई त्यसको हिस्सा दिनुपर्छ ।
NUM 18:29 तिमीहरूले प्राप्‍त गरेका सबै उपहारबाट तिमीहरूले परमप्रभुलाई हरेक हिस्सा दिनुपर्छ । यो तिमीहरूलाई दिइएको उत्तम र अति पवित्र थोकहरूबाट दिनुपर्छ ।'
NUM 18:30 यसकारण, 'जब तिमीहरूले यसको उत्तम हिस्सा दिन्छौ, लेवीहरूको निम्ति यो खलाबाट ल्याइएको अन्‍न र कोलबाट ल्याइएको दाखमद्यको रूपमा गनिन्छ' भनी तैँले तिनीहरूलाई भन् ।
NUM 18:31 बाँकी तेरा उपहारहरू तिमीहरू र तिमीहरूका परिवारले कुनै पनि ठाउँमा खान सक्छौ, किनभने यो भेट हुने पालमा तिमीहरूको कामको सट्टामा दिइएको ज्याला हो ।
NUM 18:32 यदि तिमीहरूले प्राप्‍‍त गरेका थोकहरूबाट यसको उत्तम हिस्सा परमप्रभुलाई चढाएका छौ भने, यो खाएर र पिएर तिमीहरूमाथि कुनै दोष आइपर्नेछैन । तर तिमीहरूले इस्राएलका मानिसहरूका पवित्र बलिहरूलाई अपवित्र तुल्याउनुहुँदैन नत्रता तिमीहरू मर्नेछौ' ।”
NUM 19:1 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,
NUM 19:2 “मैले तिमीहरूलाई आज्ञा गरिरहेको नियम, विधि यही होः इस्राएलका मानिसहरूले निष्खोट वा दाखरहित रातो कोरली ल्याउनुपर्छ भनी तिनीहरूलाई भन् जसको काँधमा कहिल्यै जुवा परेको हुनुहुन्‍न ।
NUM 19:3 त्यो कोरली पुजारी एलाजारलाई दिनू । त्यसले यसलाई छाउनीबाहिर ल्याउनुपर्छ र कसैले यसलाई त्यसको सामु मार्नुपर्छ ।
NUM 19:4 पुजारी एलाजारले यसको केही रगत त्यसको औँलाले लिएर भेट हुने पालको अघिल्तिर सात पटक छर्कनू ।
NUM 19:5 अर्को पुजारीले उसैको सामु त्यो कोरलीलाई जनाउनुपर्छ । त्यसले यसको छाला, मासु, रगत र गोबरलाई जलाउनुपर्छ ।
NUM 19:6 पुजारीले देवदारुको काठ, हिसप र गाढा रातो रङको ऊन लिनुपर्छ र यी सबैलाई जलिरेहेको कोरलीमाथि फाल्नुपर्छ ।
NUM 19:7 त्यसपछि त्यसले आफ्‍नो लुगा धुनुपर्छ र नुहाउनुपर्छ । अनि त्यो छाउनीभित्र आउन सक्छ, जहाँ त्यो साँझसम्म अशुद्ध रहनेछ ।
NUM 19:8 कोरली जलाउने व्यक्‍तिले आफ्नो लुगा पानीले धुनुपर्छ र नुहाउनुपर्छ । त्यो साँझसम्म अशुद्ध रहनेछ ।
NUM 19:9 कोही शुद्ध मानिसले त्यो कोरलीको खरानीलाई उठाउनुपर्छ र त्यसलाई छाउनीबाहिर शुद्ध ठाउँमा राख्‍नुपर्छ । यो खरानी इस्राएलका मानिसको सामुदायको निम्ति राख्‍नुपर्छ । तिनीहरूले त्यो खरानीलाई तिनीहरूको पापबाट शुद्धिकरणको निम्ति पानीमा मिसाउनेछन्, किनभने त्यो खरानी पापबलिबाट लिइएको थियो ।
NUM 19:10 त्यो कोरलीको खरानी बटुल्ने व्यक्‍तिले आफ्नो लुगा धुनुपर्छ । त्यो साँझसम्म अशुद्ध रहनेछ । यो इस्राएलका मानिस र तिनीहरूसँग बसोबास गर्ने परदेशीको निम्ति स्थायी नियम हुने छ ।
NUM 19:11 कुनै पनि मृत शरीर छुने व्यक्‍ति सात दिनसम्म अशुद्ध हुने छ ।
NUM 19:12 यस्तो व्यक्‍तिले तेस्रो र सातौँ दिनमा आफूलाई शुद्धिकरण गर्नुपर्छ । अनि त्यो शुद्ध हुने छ । तर यदि त्यसले आफैलाई तेस्रो दिनमा शुद्ध पार्दैन भने, त्यो सातौँ दिनमा शुद्ध हुनेछैन ।
NUM 19:13 जसले मरेको व्यक्‍ति छुन्‍छ अर्थात् मरेको मानिसको शरीर छुन्‍छ, र आफूलाई शुद्ध पार्दैन, त्यो व्यक्‍तिले परमप्रभुको पवित्र वासस्थान अवित्र तुल्याउँछ । त्यो व्यक्‍तिलाई इस्राएलबाट बहिष्कार गर्नुपर्छ, किनभने अशुद्धताको पानी त्यसमाथि छर्किएको थिएन । त्यो अशुद्ध रहेनछ; त्यसको अशुद्धता त्यसमाथि रहनेछ ।
NUM 19:14 यो मानिस पालमा मर्दाको निम्ति नियम हो । पालभित्र पस्‍ने सबै र पहिले नै पालभित्र रहेका सबै सात दिनसम्म अशुद्ध हुने छन् ।
NUM 19:15 नछोपिएका सबै भाँडा अशुद्ध हुने छन् ।
NUM 19:16 त्यसै गरी, पालबाहिर तरवारले मारिएको, कुनै अरू मृत शरीर, मानिसको हड्‍डी वा चिहान छुने मानिस सात दिनसम्म अशुद्ध हुने छ ।
NUM 19:17 अशुद्ध व्‍यक्‍तिको निम्ति यसो गर्नूः जलाइएको पापबलिबाट केही खरानी लिनू र ताजा पानीसँग भाँडामा मिसाउनू ।
NUM 19:18 कोही शुद्ध मानिसले हिसप लिनुपर्छ, यसलाई पानीमा डुबाउनुपर्छ र हड्‍डी, मारिएको व्यक्‍ति, मृत व्यक्‍ति वा चिहान छुने व्यक्‍तिहरू, पालभित्र भएका भाँडाहरूमाथि छर्कनुपर्छ ।
NUM 19:19 तेस्रो र सातौँ दिनमा शुद्ध व्यक्‍तिले अशुद्ध व्यक्‍तिमाथि छर्कनुपर्छ । अशुद्ध व्यक्‍तिले सातौँ दिनमा आफैलाई शुद्ध पार्नुपर्छ । त्यसले आफ्नो लुगा धुनुपर्छ र नुहाउनुपर्छ । त्यो साँझमा शुद्ध हुने छ ।
NUM 19:20 तर आफूलाई शुद्धिकरण गर्न इन्कार गर्ने, अशुद्ध रहने व्यक्‍तिलाई समुदायबाट बहिस्कार गर्नुपर्छ, किनभने त्यसले परमप्रभुको पवित्र स्थानलाई अशुद्ध तुल्यायो । अशुद्धताको निम्ति पानी त्यसमाथि छर्किएको छैन; त्यो अशुद्ध रहनेछ ।
NUM 19:21 यो यी परिस्थितिसम्बन्धी निरन्तरको नियम हुने छ । अशुद्धताको निम्ति पानी छर्कने व्यक्‍तिले आफ्‍नो लुगा धुनुपर्छ । अशुद्धताको निम्ति पानी छुने व्यक्‍ति साँझसम्म अशुद्ध हुने छ ।
NUM 19:22 अशुद्ध व्यक्‍तिले छोएको सबै कुरा अशुद्ध हुने छन् । यसलाई छुने व्यक्‍ति पनि साँझसम्म अशुद्ध हुने छ ।
NUM 20:1 यसैले इस्राएलका सारा समुदाय पहिलो महिनामा जीनको मरुभूमिमा गए; तिनीहरू कादेशमा बसे ।
NUM 20:2 त्यहाँ मिरियम मरिन् र तिनलाई त्यहीँ गाडियो । समुदायको निम्ति त्यहाँ पानी थिएन, त्यसैले तिनीहरू मोशा र हारूनको विरुद्ध भेला भए ।
NUM 20:3 मानिसहरूले मोशा विरुद्ध गनगन गरे । तिनीहरूले भने, “हाम्रा सङ्गी इस्राएलीहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेका भए राम्रो हुन्थ्यो ।
NUM 20:4 परमप्रभुको समुदाय, हामी र हाम्रा पशुहरू मर्नलाई किन यहाँ ल्याउनुभएको ?
NUM 20:5 यो डरलाग्‍दो ठाउँमा ल्याउन हामीलाई किन मिश्रबाट आउन लगाउनुभयो ? यहाँ बिउ, नेभारा, दाख वा अनार केही पनि छैन र पिउने पानी पनि छैन ।”
NUM 20:6 यसैले मोशा र हारून समुदायको सामु गए । तिनीहरू भेट हुने पालको प्रवेश-द्वारमा गए र घोप्टो परे । त्यहाँ परमप्रभुको उज्‍ज्वल महिमा देखा पर्‍यो ।
NUM 20:7 परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 20:8 “लहुरो ले र समुदाय, तँ र तेरा दाजु हारूनलाई भेला गर् । तिनीहरूको नजरकै सामुन्‍ने चट्टानलाई भन् र पानी निकाल्न यसलाई आज्ञा दे । तैँले त्यो चट्टानबाट तिनीहरूका निम्ति पानी निकाल्ने छस् र तैँले यो तिनीहरूलाई र तिनीहरूका गाईवस्तुहरूलाई दिनू ।”
NUM 20:9 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएजस्तै मोशाले परमप्रभुको सामुबाट लहुरो लिए ।
NUM 20:10 अनि मोशा र हारूनले चट्टानको सामु मानिसहरू भेला पारे । मोशाले तिनीहरूलाई भने, “अब हे बागीहरू हो, सुन । के हामीले तिमीहरूलाई यो चट्टानबाट पानी निकाल्नपर्छ ?
NUM 20:11 अनि मोशाले आफ्नो हात उठाएर चट्टानलाई दुई पटक हिर्काए, र पानी निस्क्यो । समुदाय र तिनीहरूका गाईवस्तुहरूले पानी पिए ।
NUM 20:12 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “तिमीहरूले इस्राएलका मानिसहरूको नजरमा मलाई पवित्र जनको रूपमा आदर नगरेकाले वा मलाई भरोसा नगरेकाले तिमीहरूले यो समुदायलाई मैले तिनीहरूलाई दिन्छु भनेको भूमिमा ल्याउनेछैनौ ।”
NUM 20:13 यो ठाउँलाई मेरीबाको पानी भनियो, किनभने इस्राएलका मानिसहरूले त्यहाँ परमप्रभुसँग झगडा गरेका थिए, र उहाँले आफैलाई पवित्र जनको रूपमा प्रकट गर्नुभएको थियो ।
NUM 20:14 मोशाले कादेशबाट एदोमको राजाकहाँ समाचारवाहकहरू पठाएः तपाईंको भाइ इस्राएलले भन्छ, “हामीमाथि आइपरेका सबै कठिनाइ तपाईं जान्‍नुहुन्छ ।
NUM 20:15 हाम्रा पुर्खाहरू मिश्रमा गए र मिश्रमा नै लामो समयसम्म बसेको तपाईंलाई थाहा छ । मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई रुखो व्यवहार गरे ।
NUM 20:16 जब हामीले परमप्रभुलाई पुकार्‍यौँ, उहाँले हाम्रो आवाज सुन्‍नुभयो, र एउटा स्वर्गदूत पठाउनुभयो अनि हामीलाई मिश्रबाट ल्याउनुभयो । हे्र्नुहोस्, हामी तपाईंको देशको सिमानामा पर्ने सहर कादेशमा छौँ ।
NUM 20:17 हामीलाई तपाईंको भूमिको बाटो भएर जान दिनुहोस् भनी म बिन्ती गर्दछु । हामी खेत वा दाखबारीतिर पस्दैनौँ, न त हामी तपाईंका ईनारहरूको पानी पिउँछौँ । हामीले तपाईंको देशको सिमाना नकाटेसम्म दायाँ वा बायाँ लाग्‍ने छैनौँ ।”
NUM 20:18 तर एदोमको राजाले तिनलाई जवाफ दिए, “तिमीहरू यो मुलुक भएर जान सक्दैनौ । तिमीहरू आयौ भने, म तरवार लिएर आक्रमण गर्न आउने छु ।”
NUM 20:19 अनि इस्राएलका मानिसहरूले तिनलाई भने, “हामी राजमर्ग भएर मात्र जाने छौँ । यदि हामी र हाम्रा गाईवस्तुहरूले पानी पिए भने हामी यसको मूल्य तिर्ने छौँ । कुनै कुरा नगरी हामीलाई पैदल जान मात्र दिनुहोस् ।”
NUM 20:20 तर एदोमका राजाले जवाफ दिए, “तिमीहरू जान सक्दैनौँ ।” यसैले एदोमको राजा ठुलो फौजसहित इस्राएलको विरुद्ध लड्न आए ।
NUM 20:21 एदोमका राजाले इस्राएललाई आफ्नो सिमाना भएर जान दिन इन्कार गरे । यसैले इस्राएल एदोमको भूमिबाट तर्किएर गए ।
NUM 20:22 मानिसहरू कादेशबाट हिँडे । इस्राएलका मानिसहरू अर्थात् सारा समुदाय होर पर्वतमा आए ।
NUM 20:23 एदोमको सिमानामा पर्ने होर पर्वतमा परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,
NUM 20:24 “हारून आफ्‍ना मानिसहरूकहाँ जानुपर्छ, किनभने मैले इस्राएललाई दिएको भूमिमा त्यो प्रवेश गर्ने छैन । यो तिमीहरू दुवैले मेरीबाको पानीमा मेरो विरुद्ध विद्रोह गरेकाले गर्दा हो ।
NUM 20:25 हारून र त्यसका छोरा एलाजारलाई होर पर्वतमाथि ले ।
NUM 20:26 हारूनको पुजारीको पोशाक फुकाल् र त्यो एलाजारलाई लगाइदे । हारून मर्नुपर्छ र आफ्ना मानिसहरूसँग मिल्नुपर्छ ।”
NUM 20:27 मोशाले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे । तिनीहरू सारा समुदायको सामुबाट होर पर्वतमाथि गए ।
NUM 20:28 मोशाले हारूनको पुजारीको पोशाक फुकाले र त्यो तिनका छोरा एलाजारलाई लगाइदिए । पर्वतको चुचुरोमाथि हारून मरे । अनि मोशा र एलाजार तल ओर्ले ।
NUM 20:29 जब हारून मरेका सारा समुदायले देखे, तब सारा जाति हारूनको निम्ति तिस दिनसम्म रोए ।
NUM 21:1 जब नेगेवमा बस्‍ने आरादका कनानी राजाले इस्राएल अटारीमको बाटो भएर यात्रा गरिरहेको थियो भन्‍ने सुने, तिनले इस्राएलसँग लडाइँ लडे र केहीलाई बन्दी बनाए ।
NUM 21:2 इस्राएलले परमप्रभुसँग भाकल गरेर भने, “यदि तपाईंले हामीलाई यी मानिसहरूमाथि वजय दिनुभयो भने, हामी तिनीहरूका सहरहरूलाई पूर्ण रूपमा नष्‍ट पार्ने छौँ ।”
NUM 21:3 परमप्रभुले इस्राएलको आवाज सुन्‍नुभयो र उहाँले कनानीहरूमाथि विजय दिनुभयो ।
NUM 21:4 तिनीहरूले तिनीहरूलाई र तिनीहरूका सहरलाई पूर्ण रूपमा नष्‍ट गरे । त्यस ठाउँको नाउँ होर्मा राखियो । तिनीहरूले एदोमको भूमिलाई फेरो मारेर नर्कटको समुद्रको बाटो हुँदै होर पर्वतबाट गए । बाटोमा मानिसहरू अति निरुत्साहित भए ।
NUM 21:5 मानिसहरू परमेश्‍वर र मोशा विरुद्ध बोले, “मरुभूमिमा मर्न तपाईंले हामीलाई मिश्रबाट किन ल्याउनुभयो ? यहाँ रोटी छैन, पानी पनि छैन अनि यो घृणास्पद खाना हामी घृणा गर्छौं ।”
NUM 21:6 परमप्रभुले मानिसहरू माझ विषालु सर्पहरू पठाइदिनुभयो । सर्पहरूले मानिसहरूलाई डसे, र धेरै मानिसहरू मरे ।
NUM 21:7 मानिसहरू मोशाकहाँ आएर भने, “हामीले पाप गरेका छौँ, किनभने हामीले परमप्रभु र तपाईंको विरुद्ध बोलेका छौँ । सर्पहरूलाई हामीबाट हटाउनलाई उहाँसँग बिन्ती गर्नुहोस् ।” यसैले मोशाले मानिसहरूका निम्ति प्रार्थना गरे ।
NUM 21:8 परमप्रभुले मोशालाई भन्‍नुभयो, “एउटा सर्प बना र यसलाई खामामा झुण्ड्या । सर्पले डसेकाहरू ज-जसले यसलाई हेर्छन् तिनीहरू सबै बाँच्ने छन् ।”
NUM 21:9 यसैले मोशाले काँसाको एउटा सर्प बनाए र त्यसलाई खामामा झुण्ड्याए । जब सर्पले कसैलाई डस्थ्यो, त्यसले काँसाको सर्पमा हरेमा त्यो बाँच्थ्यो ।
NUM 21:10 त्यसपछि मानिसहरूले यात्रा गरे र ओबोतमा छाउनी लगाए ।
NUM 21:11 तिनीहरू ओबोतबाट गए र मोआबको पूर्वतिर पर्ने इये-अबारीमको मरुभूमिमा छाउनी लगाए ।
NUM 21:12 तिनीहरू त्यहाँबाट यात्रा गरे र जेरेदको बेँसीमा छाउनी लगाए ।
NUM 21:13 तिनीहरूले त्यहाँबाट यात्रा गरे र अर्नोन खोलाको पारिपट्टि छाउनी लगाए, जुन मरुभूमिमा छ र एमोरीहरूको सिमानसम्म नै फैलिएको छ । अर्नोन खोलाले मोआब र एमोरीहरूबिच सिमानाको काम गर्छ ।
NUM 21:14 त्यसैले परमप्रभुको युद्धको पुस्तकमा यस्तो लेखिएको छ, “सूपाको वाहेब र अर्ननोनका बेँसीहरू,
NUM 21:15 बेँसीका ओह्रालाहरू, जो आरको सहरतिर लाग्छन् र मोआबको सिमानसम्म पुग्छन् ।”
NUM 21:16 तिनीहरूले त्यहाँबाट बेओरसम्म यात्रा गरे । त्यो इनारमा परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूलाई भेला गर् र म तिनीहरूलाई पानी दिन्छु ।”
NUM 21:17 त्यसपछि इस्राएलले यो गीत गायो, “इनारको मूल फुटेर निस्क्यो ! यसको गीत गाओ,
NUM 21:18 हाम्रा अगुवाहरूले खनेका इनारबारे मानिसहरूका भारदारहरूले खनेका इनार, राजदण्ड र लहुराले खनेका इनार ।”
NUM 21:19 अनि तिनीहरू मरुभूमिबाट मत्तानातिर यात्रा गरे । मत्तानाबाट तिनीहरूले नहलीएलतिर यात्रा गरे र नहलीएलबाट बमोततिर,
NUM 21:20 र बमोतबाट मोआबको मैदानको बेसीँतिर यात्रा गरे । त्यहाँबाट नै पिसगा पर्वतको चुचुरोको फेदीमा मरुभूमी देखिन्छ ।
NUM 21:21 त्यसपछि इस्राएलले एमोरी राजा सीहोनकहाँ यसो भन्‍दै समाचावाहक पठाए,
NUM 21:22 “हामीलाई तपाईंको मुलुक भएर जान दिनुहोस् । हामी खेत वा दाखबारी कतै पस्‍ने छैनौँ । हामी तपाईंका इनाहरूबाट पानी पिउने छैनौँ । हामी तपाईंको सिमाना पार नगरेसम्म राजमार्ग भएर मात्र यात्रा गर्छौं ।”
NUM 21:23 तर राजा सीहोनले तिनीहरूको सिमाना भएर जान इस्राएललाई अनुमति दिएनन् । बरु, सीहोनले तिनका सबै फौज जम्मा गरे र इस्राएललाई मरुभूमिमा आक्रमण गरे । तिनी यहाँसम्म आए, जहाँ तिनले इस्राएलसँग युद्ध गरे ।
NUM 21:24 इस्राएलले सीहोनको फौजलाई तरवारले आक्रमण गरे र अर्नोनदेखि यब्बोक नदीसम्म साथै अम्मोनका मानिसहरूको भूमिसम्म कब्जा गरे । अम्‍मोनका मानिसहरूको सिमाना किल्लाबन्दी गरिएको थियो ।
NUM 21:25 इस्राएलले हेश्बोन र यसका सबै गाउँसहित एमोरी सहरहरू कब्जा गरे र तिनीहरू सबैमा बसोबास गरे ।
NUM 21:26 हेश्बोन एमोरी राजा सीहोनको सहर थियो, जसले मोआबका पहिलेको राजासँग युद्ध गरेका थिए । सीहोनले अर्नोन नदीसम्म उनको देश कब्जा गरेका थिए ।
NUM 21:27 यसकारण यसो भनिन्छ, “हेश्बोनमा आओ । सीहोनको सहरको पुनर्निर्माण गरियोस् र फेरि स्थापित होस् ।
NUM 21:28 हेश्बोनबाट आगोको ज्वाला दन्क्यो, सीहोनको सहरबाट एउटा आगोको ज्वाला जसले मोआबको आरलाई र अर्नोनको उच्‍च स्थलहरूलाई भस्म पार्‍यो ।
NUM 21:29 हे मोआब, तँलाई धिक्‍कार छ! हे कमोशको प्रजा, तँ नष्‍ट भएको छस् । त्यसले आफ्ना छोराहरूलाई भगुवाहरू बनायो र त्यसका छोरीहरूलाई एमोरीहरूका राजा सीहोनको कैदी बनायो ।
NUM 21:30 तर हामीले सीहोनलाई जितेका छौँ । हेश्बोन दीबोनसम्म नै नष्‍ट भएको छ । हामीले तिनीहरूलाई मेदबासम्म पुग्‍ने नोपासम्म नै पारजित गरेका छौँ ।
NUM 21:31 त्यसैले इस्राएल एमोरीहरूका मुलुकमा बस्‍न थाल्यो ।
NUM 21:32 अनि मोशाले याजेरको भेद लिन मानिसहरू पठाए । तिनीहरूले यसका गाउँहरू कब्जा गरे र त्यहाँ भएका एमोरीहरूलाई धपाए ।
NUM 21:33 त्यसपछि तिनीहरू फर्के र बाशानको बाटोतिर उक्ले । बाशानका राजा ओग तिनीहरू विरुद्ध निस्के, तिनी र तिनका फौजले एद्रईमा तिनीहरूसँग लडे ।
NUM 21:34 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्यसँग नडरा, किनभने मैले त्यसलाई, त्यसका सबै फौज र त्यसको भूमि तँलाई दिएको छु । त्यसलाई पनि हेश्बोनमा बस्‍ने एमोरी राजा सीहोनलाई गरेझैँ गर् ।”
NUM 21:35 त्यसैले तिनीहरूले कुनै पनि मानिस जीवित नरहुञ्‍जेल उनी, उनका छोराहरू र उनका सबै फौजलाई मारे । अनि तिनीहरूले उनको भूमि कब्‍जा गरे ।
NUM 22:1 इस्राएलका मानिसहरूले यर्दन नदीको पारिपट्टि यरीहो नजिक मोआबको मैदानमा छाउनी नलगाएसम्म यात्रा गरे ।
NUM 22:2 सिप्‍पोरका छोरा बालाकले इस्राएलले एमोरीहरूलाई के गरेका थिए सो देखेका थिए ।
NUM 22:3 मोआब ती मानिसहरूसँग साह्रै डराएका थिए, किनभने तिनीहरू धेरै थिए र मोआब इस्राएलका मानिसहरूका त्रासमा थियो ।
NUM 22:4 मोआबका राजाले मिद्यानका धर्म-गुरुहरूलाई भने, “यो भिडले गोरुले मैदानको घाँस खाएजस्तै हाम्रो वरिपरि भएका सबै थोक खाइदिने छन् ।” यस बेला सिप्‍पोरका छोरा बालाक मोआबका राजा थिए ।
NUM 22:5 तिनले यूफ्रेटिस नदी नजिकै पतोरमा आफ्नै जाति र मानिसहरूसँग बसेका बओरका छोरा बालामकहाँ समाचारवाहकहरूलाई पठाए । तिनले उनलाई निमन्त्रणा दिए र भने, “हेर्नुहोस्, मिश्रबाट एउटा जाति आएको छ । तिनीहरूले धर्ती नै ढाकेका छन् र अहिले तिनीहरू मेरो छेवैमा छन् ।
NUM 22:6 त्यसैले तपाईं आउनुहोस् र मेरो निम्ति यस जातिलाई सराप दिनुहोस्, किनभने तिनीहरू मेरो निम्ति ज्यादै बलिया भएका छन् । सायद त्यसपछि मैलै तिनीहरूलाई आक्रमण गर्न र मेरो भूमिबाट लखेट्न सक्छु । तपाईंले जसलाई आशिष् दिनुहुन्छ, त्यो आशिषित्् हुने छ र तपाईंले जसलाई सराप दिनुहुन्छ, त्यो श्रापित हुने छ ।”
NUM 22:7 त्यसैले मोआब र मिद्यानका धर्म-गुरुहरू जोखनाको निम्ति दक्षिणा लिएर गए । तिनीहरू बालामकहाँ आए र बालाकको खबर उनलाई भने ।
NUM 22:8 बालामले तिनीहरूलाई भने, “आज राती यहाँ बस्‍नुहोस् । परमप्रभुले जे भन्‍नुहुन्छ सो तपाईंलाई बताउने छु ।” त्यसैले मोआबका अगुवाहरू त्यस रात बालामसँगै बसे ।
NUM 22:9 परमेश्‍वर बालामकहाँ आउनुभयो र भन्‍नुभयो, “तँकहाँ आउने यी मानिसहरू को हुन् ?”
NUM 22:10 बालामले परमेश्‍वरलाई जवाफ दिए, “सिप्‍पोरका छोरा मोआबका राजा बालाकले तिनीहरूलाई मकहाँ पठाएका छन् । तिनले भने,
NUM 22:11 “हेर्नुहोस्, मिश्रबाट आएका मानिसहरूले मेरो भूमि ढाकेका छन् । अब आउनुहोस् र तिनीहरूलाई सराप दिनुहोस् । सायद म तिनीहरूसँग लड्न सक्छु र तिनीहरूलाई लखेट्न सक्छु ।”
NUM 22:12 परमेश्‍वरले बालामलाई जवाफ दिनुभयो, “तँ तिनीहरूसँग जानुहुँदैन । तैँले इस्राएलका मानिसहरूलाई सराप दिनुहुँदैन, किनभने तिनीहरू आशिषित्् भएका छन् ।”
NUM 22:13 बालाम बिहानै उठेर बालाकका अगुवाहरूलाई भने, “तपाईंको देशमा नै फर्केर जानुहोस्, किनभने परमप्रभुले मलाई तपाईंहरूसँग जान दिन इन्कार गर्नुभएको छ ।”
NUM 22:14 त्यसैले मोआबका अगुवाहरू त्यहाँबाट हिँडे र बालाककहाँ फर्केर गए । तिनीहरूले भने, “बालामले हामीसँग आउन इन्कार गरे ।”
NUM 22:15 बालाकले पहिलेका समूहका भन्दा धेरै प्रतिष्‍ठित अगुवाहरूलाई फेरि पठाए ।
NUM 22:16 तिनीहरू बालामकहाँ आए र तिनलाई भने, “सिप्‍पोरका छोरा बालाक भन्‍नुहुन्छ, 'बिन्ती छ, तपाईंलाई मकहाँ आउन कुनै कुराले नरोकोस्,
NUM 22:17 किनभने मैले तपाईंलाई अत्यधिक राम्रो दक्षिणा दिनेछु र ठुलो इज्‍जत गर्नेछु र तपाईंले जे गर्न भन्‍नुहुन्छ सो म गर्नेछु । त्यसैले आउनुहोस् र यी मानिसहरूलाई सराप दिनुहोस्' ।”
NUM 22:18 बालामले जवाफ दिए र बालाकका मानिसहरूलाई भने, “बालाकले मलाई सुन र चाँदीले भरिएको तिनको दरबार नै दिए पनि म परमप्रभु मेरा परमेश्‍वरको वचनभन्दा बाहिर जान सक्दिनँ अनि उहाँले भन्‍नुभएको भन्दा कम वा बढी गर्न सक्दिनँ ।
NUM 22:19 कृपया आज राती पनि यहीँ पर्खनुहोस्, ताकि परमप्रभुले मलाई के भन्‍नुहुन्छ सो म जान्‍न सकूँ ।”
NUM 22:20 परमेश्‍वर राती बालामकहाँ आउनुभयो र तिनलाई भन्‍नुभयो, “यी मानिसहरू तँलाई डाक्‍न आएका हुनाले उठ् र तँ तिनीहरूसँग जा । तर मैले भनेको कुरा मात्र गर् ।”
NUM 22:21 बालम बिहान उठे र तिनका गधामा काठी कसे र मोआबका अगुवाहरूसँगै गए ।
NUM 22:22 तर तिनी गएकाले परमेश्‍वरको क्रोध दन्क्यो । परमप्रभुका स्वर्गदूतले गधामा सवार बालामप्रति कोही वैरीको रूपमा बाटोमा प्रस्तुत भए । बालामका दुई जना नोकर तिनीसँगै थिए ।
NUM 22:23 गधाले तरवार थुतेर हातमा लिई बाटोमा उभिरहेका स्वर्गदूत देख्यो । गधा बाटोबाट तर्किएर खेततिर लाग्यो । बालामले गधालाई बाटोमा ल्याउन त्यसलाई कुटे ।
NUM 22:24 त्यसपछि परमप्रभुको दूत दाहिने र देब्रेपट्टि पर्खाल भएको दाखबारी बिचको बटोको साँघुरो ठाउँमा गएर उभिए ।
NUM 22:25 गधाले फेरि पनि परमप्रभुको दूतलाई देख्यो । त्यो पर्खालमा सेपिँदै गयो र बालामको खुट्टालाई पर्खालामा चेपिदियो । बालामले त्यसलाई फेरि पनि पिटे ।
NUM 22:26 त्यसपछि परमप्रभुका दूत अझै अगाडि साँघुरो ठाउँमा गएर उभिए, जहाँ यता-उता कतै फर्कने ठाउँ थिएन ।
NUM 22:27 गधाले परमप्रभुको दूतलाई देख्यो र त्यो बालामको मुनि थचक्‍क बस्यो । बालाम रिसले आगो भए र तिनले गधालाई आफ्नो लहुरोले पिटे ।
NUM 22:28 त्यसपछि परमप्रभुले गधाको मुख खोलिदिनुभयो, त्यसैले त्यो बोल्न सक्यो । त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरेको छु र तपाईंले मलाई तिन पटक पिट्नुभएको ?”
NUM 22:29 बालामले गधालाई भने, “तैँले मसँग यति मूर्खतापूर्ण व्यवहार गरिस् । मेरो हातमा तरवार भएको भए हुन्थ्यो । यदि मेरो हातमा तरवार भएको भए, मैले तँलाई मारिसक्‍ने थिएँ ।”
NUM 22:30 गधाले बालामलाई भन्यो, “के म तपाईंले आजको दिनसम्म र आफ्नो जीवनकालभरि चढ्नुभएको गधा होइन र ? के यसअघि कहिल्यै तपाईंसँग यसो गर्ने मेरो बानी थियो र ?” बालामले जवाफ दिए, “थिएन ।”
NUM 22:31 तब परमप्रभुले बालामको आँखा खोलिदिनुभयो र तिनले परमप्रभुको दूत तरवार थुतेर हातमा लिएर उभिएरहेका देखे । बालामले आफ्नो शिर निहुराए र मुख अँध्यारो बनाए ।
NUM 22:32 परमप्रभुका दूतले तिनलाई भने, “तैँले तेरो गधालाई किन तिन-तिन पटकसम्म कुटिस् ? हेर्, म तेरो शत्रुको रूपमा आएको छु, किनभने तेरा कार्यहरू मेरो नजरमा दुष्‍ट भएका छन् ।
NUM 22:33 गधाले मलाई देखेर तिन-तिन पटकसम्म मबाट तर्क्यो । यदि त्यो मबाट नतर्केको भए, निश्‍चय नै मैले तँलाई मार्नेथिएँ र त्यसलाई छोड्नेथिएँ ।”
NUM 22:34 बालामले परमप्रभुका दूतलाई भने, “मैले पाप गरेको छु । तपाईं बाटोमा मेरो विरुद्ध खडा हुनुभएको छ भन्‍ने मैले थाहा पाइनँ । त्यसैले यदि तपाईंलाई मन पर्दैन भने, म फर्कने छु ।”
NUM 22:35 तर परमप्रभुका दूतले बालामलाई भने, “यी मानिसहरूसँग जा । तर तैँले म जे भन्‍छु सो मात्र भन्‍नुपर्छ ।” त्यसैले बालाम बालाकका अगुवाहरूसँग गए ।
NUM 22:36 जब बालाम आएका थिए भन्‍ने बालाकले सुने, उनी तिनलाई भेट्न मोआबको सहर अर्नोनमा भेट्न गए, जुन सिमाना पर्छ ।
NUM 22:37 बालाकले बालामलाई भने, “के मैले तपाईंलाई डाक्‍न मानिसहरू तपाईंकहाँ पठाइनँ र ? तपाईं मकहाँ किन आउनुभएन ? के म तपाईंलाई आदर गर्न सक्षम छैन र ?”
NUM 22:38 त्यसपछि बालामले बालाकलाई जवाफ दिए, “हेर्नुहोस्, म तपाईंकहाँ आएको छु । के मसँग कुनै कुरा भन्‍ने शक्ति छ र? मैले त परमेश्‍वरले मेरो मुखमा जे हालिदिनुहुन्छ त्यही मात्र भन्‍न सक्छु ।”
NUM 22:39 बालाम बालाकसँग गए र तिनीहरू किर्यत-हुसोतमा आइपुगे ।
NUM 22:40 त्यसपछि बालाकले गोरुहरू र भेडाहरू बलि चढाए अनि तिनले केही मासु बालाम र तिनीसँग भएका अगुवाहरूलाई दिए ।
NUM 22:41 बिहान बालाकले बालामलाई बालको उच्‍च स्थानमा लगे । त्यहाँबाट बालामले इस्राएलीहरूलाई तिनीहरूको छाउनीमा थोरै मात्र देख्‍न सक्थे ।
NUM 23:1 बालामले बालाकलाई भने, “यहाँ मेरो निम्ति सातवटा वेदी निर्माण गर्नुहोस्, र सातवटा साँढे र सातवटा भेडा तयार पार्नुहोस् ।
NUM 23:2 बालाकले बालामले भनेजस्तै गरे । अनि बालाक र बालामले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाए ।
NUM 23:3 अनि बालामले बालाकलाई भने, “तपाईं आफ्‍नो बलिदानको छेउमा खडा हुनुहोस् र म जाने छु । सायद परमप्रभु मलाई भेट्न आउनुहुने छ । उहाँले मलाई जे देखाउनुहुन्छ, सो म गर्ने छु ।” त्यसैले तिनी कुनै रुख नभएको पहडाको चुचुरोतिर गए ।
NUM 23:4 तिनी पहाडको टुप्पोमा हुँदा परमेश्‍वरले तिनलाई भेट्नुभयो र बालामले उहाँलाई भने, “मैले सातवटा वेदी बनाएको छु र मैले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाएको छु ।”
NUM 23:5 परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो र भन्‍नुभयो, “बालाककहाँ फर्केर जा र त्यसलाई भन् ।”
NUM 23:6 त्यसैले बालाम बालाककहाँ फर्के, जो आफ्‍नो बलिदानको छेउमा उभिरहेका थिए र मोआबका सबै अगुवा तिनीसँग थिए ।
NUM 23:7 बालामले अगमवाणी कहन थाले र भने, “मोआबका राजा बालाकले मलाई पूर्वका पहाडहरूबाट अर्थात् अरामबाट ल्याएका छन् । तिनले भने, 'आउनुहोस् मेरो निम्ति याकूबलाई सराप दिनुहोस् ।' 'आउनुहोस्, इस्राएललाई धम्की दिनुहोस् ।'
NUM 23:8 परमेश्‍वरले नै सराप नदिनुभएकालाई मैले कसरी सराप दिन सक्छु ? परमप्रभुले नै विरोध नगर्नुभएकाहरूलाई मैले कसरी विरोध गर्न सक्छु ?
NUM 23:9 म तिनलाई पहाडको चुचुरोबाट देख्छु; म तिनलाई पहाडबाट हेर्छु । हेर्नुहोस्, एक्लै बस्‍ने मानिसहरू र आफूलाई साधारण जातिको रूपमा ठान्दैनन् ।
NUM 23:10 याकूबको धूलोलाई वा इस्राएलको एक चौथाइलाई मात्र पनि कसले गन्‍न सक्छ ? मेरो मरण धार्मिक व्यक्‍तिको जस्तो होस् र मेरो जीवन त्यसको जस्तै होस् !”
NUM 23:11 बालाकले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभएको ? मेरा शत्रुहरूलाई सराप दिनुहोस् भनी मैले तपाईंलाई ल्याएँ, तर हे्र्नुहोस्, तपाईंले त तिनीहरूलाई आशिष् दिनुभयो ।”
NUM 23:12 बालामले जवाफ दिए र भने, “के परमप्रभुले मेरो मुखमा जे हाल्नुहुन्छ सो मात्र भन्‍न म सावधान हुनुपर्दैन र ?”
NUM 23:13 बालाकले तिनलाई भने, “कृपया मसँग अर्को ठाउँमा आउनुहोस् जहाँबाट तपाईंले तिनीहरूलाई देख्‍न सक्‍नुहुन्छ । तपाईंले तिनीहरूलाई नजिकको मात्र देख्‍नुहुने छ, तर तिनीहरू सबैलाई देख्‍नुहुने छैन । तपाईंले तिनीहरूलाई त्यहाँबाट सराप दिनुहुने छ ।”
NUM 23:14 त्यसैले तिनले बालामलाई सोफीमको मैदानमा भएको पिसगाको टाकुरामा लगे, र अरू सातवटा वेदी बनाए । तिनले हरेकमा एउटा-एउटा साँढे र भेडा बलि चढाए ।
NUM 23:15 त्यसपछि बालामले बालाकलाई भने, “यहीँ नै तपाईंको बलिदानको छेउमा उभिनुहोस्, म परमप्रभुलाई भेट्न जान्छु ।”
NUM 23:16 त्यसैले परमप्रभुले बालामलाई भेट्नुभयो र तिनको मुखमा सन्देश हालिदिनुभयो । तिनले भने, “बालाककहाँ जा र तिनलाई मेरो सन्देश दे ।”
NUM 23:17 बालाम तिनीकहाँ फर्केर आए र तिनी आफ्नो होमबलिको छेउमा उभिरहेका थिए र मोआबका अगुवाहरू तिनीसँग थिए । अनि बालाकले तिनलाई भने, “परमप्रभुले के भन्‍नुभयो ?”
NUM 23:18 बालामले अगमवाणी गर्न थाले, “उठ् बालाक र सुन् । हे सिप्पोरका छोरा मेरो कुरा सुन् ।
NUM 23:19 परमेश्‍वर मानिस वा मानव हुनुहुन्‍न कि उहाँले ढाँट्नुपरोस्, उहाँले आफ्नो मन बदल्नुपरोस् । के उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छ ? के उहाँले कुनै गर्छु भनेर पुरा गर्नुभएको छैन र ?
NUM 23:20 हेर्नुहोस्, आशिष् दिने आज्ञा मलाई दिइएको छ । परमेश्‍वरले आशिष् दिनुभएको छ र म यसलाई उल्टाउन सक्दिनँ ।
NUM 23:21 उहाँले याकूबसँग कुनै कठिनाइ वा इस्राएलमा कुनै कष्‍ट देख्‍नुभएको छैन । परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग हुनुहुन्छ र तिनीहरूका राजाको जय-ध्वनि तिनीहरूमाझ छ ।
NUM 23:22 परमेश्‍वरले तिनीहरूलाई जङ्गली गोरुको जस्तै शक्‍तिले मिश्रबाट ल्याउनुभयो ।
NUM 23:23 याकूब विरुद्ध कुनै टुनामुनाले काम गर्दैन र इस्राएललाई कुनै जोखनाले हानि पुर्‍याउँदैन । बरु, याकूब र इस्राएलबारे यसो भन्‍नुपर्छ, 'हेर, परमेश्‍वरले के गर्नुभएको छ !'
NUM 23:24 हेर, मानिसहरू सिंहनीजस्तै उठ्छन्, सिंहजस्तै उठ्छन् र आक्रमण गर्छन् । त्यो आफ्नो सिकारलाई नखाएसम्म र त्यसले मारेको सिकारको रगत नपिएसम्म आराम गर्दैन ।”
NUM 23:25 त्यसपछि बालाकले बालामलाई भने, “तिनीहरूलाई सराप नदिनुहोस् वा आशिष् पनि नदिनुहोस् ।”
NUM 23:26 तर बालामले जवाफ दिए र भने, “के परमप्रभुले भन्‍नलाई बताउनुभएको कुरा मात्र मैले भन्‍नुपर्छ भनी मैले भनेको थिइनँ र ?”
NUM 23:27 त्यसैले बालाकले बालामलाई जावाफ दिए, “अब आउनुहोस्, म तपाईंलाई अर्को ठाउँमा लैजान्छु । सायद त्यहाँबाट मेरो निम्ति तिनीहरूलाई सराप दिन परमेश्‍वरले इच्छा गर्नुहुने छ ।”
NUM 23:28 त्यसैले बालाकले बालामलाई पोरको टाकुरामा लगे, जहाँबाट तल मरुभूमि देखिन्छ ।
NUM 23:29 बालामले बालाकलाई भने, “यहाँ सातवटा वेदी बनाउनुहोस् अनि सातवटा साँढे र भेडा तयार पार्नुहोस् ।”
NUM 23:30 बालाकले बालामले भनेबमोजिम गरे; तिनले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाए ।
NUM 24:1 परमप्रभुले इस्राएललाई आशिष् दिन नै रुचाउनुहुन्छ भन्‍ने जब बालामले देखे, तिनी अरू बेलाझैँ टुनामुना गर्नलाई गएनन् । बरु, तिनले मरुभूमितिर हेरे ।
NUM 24:2 तिनले आँखा खोलेर इस्राएल कुल-कुल गरी आ-आफ्नो छाउनीमा देखे र परमेश्‍वरका आत्मा तिनीमाथि आयो ।
NUM 24:3 तिनले यो अगमवाणी पाए र भने, “बओरका छोरा बालाम बोल्न लाग्दै छ, जुन मानिसका आँखा खुला छन्, त्यसका वाणी ।
NUM 24:4 तिनले परमप्रभुको वचन सुन्छ र बोल्छ । त्यसले सर्वशक्‍तिमान्‌बाट दर्शन प्राप्‍त गर्छ, जसको सामु त्यसले आँखा खुला राखेर दण्डवत् गर्छ ।
NUM 24:5 हे याकूब, तिम्रा पालहरू र तिमी बस्‍ने ठाउँ कति सुन्दर छन् !
NUM 24:6 तिनीहरू उपत्यकाझैँ, नदी किनारको बगैँचाझैँ, परमप्रभुले रोप्‍नुभएको एलवाहरूजस्तै र पानी छेउका देवदारुजस्तै फैलिएका छन् ।
NUM 24:7 तिनीहरूका गाग्राहरूबाट पानी बग्छ र तिनीहरूका बिउहरू सुसिंचित छन् । तिनीहरूका राजा अगागभन्दा उच्‍च छन् र तिनीहरूका राज्यलाई आदर गरिने छ ।
NUM 24:8 परमेश्‍वरले तिनलाई मिश्रबाट जङ्गली साँढेको जस्तै सामर्थ्यमा ल्याउनुहुन्छ । तिनले त्यसको विरुद्ध लड्ने जातिहरूलाई निल्छन् । तिनले तिनीहरूका हड्‍डीहरूलाई टुक्रा-टुक्रा पार्ने छन् । तिनले तिनीहरूलाई आफ्ना वाणहरूले हान्छन् ।
NUM 24:9 तिनले सिंह, सिंहनीझै ढुक्छन् । तिनलाई उठाउने कसको आँट छ र ? तिनलाई आशिष् दिने सबै आशिषित्् होऊन्; तिनलाई सराप दिने सबै श्रापित होऊन् ।”
NUM 24:10 बालाकको क्रोध बालामप्रति उर्लियो र तिनले आफ्ना हात ठटाए । बालाकले बालामलाई भने, “मैले मेरा शत्रुहरूलाई सराप दिन तपाईंलाई बोलाएँ, तर तपाईंले तिनीहरूलाई तिन पटकसम्म आशिष् दिनुभयो ।
NUM 24:11 त्यसैले अहिले नै गइहाल्नुहोस् । मैले तपाईंलाई भव्य इनाम दिन्छु भनेको थिएँ, तर परमप्रभुले तपाईंलाई इनाम पाउनबाट वञ्‍चित गर्नुभएको छ ।”
NUM 24:12 त्यसपछि बालामले बालाकलाई जवाफ दिए, “तपाईंले मकहाँ पठाउनुभएका सन्देशवाहकहरूलाई भने,
NUM 24:13 'बालाकलाई चाँदी र सुनले भरिएको तिनको दरबार नै दिए पनि, म परमप्रभुको बाहिर मैले चाहेको असल वा खराब कुनै पनि कुरा गर्न सक्दिनँ । म परमप्रभुले मलाई भन्‍नुहुने कुरा मात्र बताउन सक्छु ।' के मैले तिनीहरूलाई यो कुरा भनेको थिइनँ र ?
NUM 24:14 त्यसैले अब म मेरा मानिसहरूकहाँ फर्केर जाने छु । तर यी मानिसहरूले तपाईंका मानिसहरूलाई आगामी दिनहरूमा के गर्ने छन् पहिले तपाईंलाई चेताउनी दिन दिनुहोस् ।”
NUM 24:15 बालामले अगमवाणी गर्न थाले, “बओरका छोरा बालाम भन्छ, त्यो मानिस जसको आँखा खुला छन्, त्यसको वाणी ।
NUM 24:16 यो परमेश्‍वरको वचन सुन्‍नेको व्यक्‍तिको अगमवाणी हो, जससँग सर्वोच्‍चको ज्ञान छ, जससँग सर्वशक्‍तिमान्‌बाट आएको दर्शन छ, जसले उहाँको सामु खुला आँखाले दण्डवत् गर्छ ।
NUM 24:17 म उहाँलाई देख्‍छु, तर उहाँ अहिले यहाँ हुनुहुन्‍न । म उहाँलाई हेर्छु, तर उहाँ नजिक हुनुहुन्‍न । याकूबबाट एउटा तारा निस्की आउने छ र इस्राएलबाट राजदण्डको उदय हुने छ । तिनले मोआबका अगुवाहरूलाई चकनाचुर पार्ने छन् र शेथका सबै सन्तानलाई नष्‍ट पार्नेछन् ।
NUM 24:18 त्यसपछि एदोम इस्राएलको सम्पत्ति बन्‍ने छ र सेइर इस्राएलको अधीनमा हुने छ इस्राएलका शत्रुहरू जसलाई इस्राएलले बलले जित्‍नेछ ।
NUM 24:19 याकूबबाट एउटा राजा आउने छ जसले शासन गर्ने छ र तिनले तिनीहरूका सहरहरूका बाँचेकाहरूलाई नष्‍ट पार्ने छन् ।”
NUM 24:20 त्यसपछि बालामले अमालेकतिर हेरे र अगमवाणी गर्न थाले, “अमालेक एक पटक जातिहरूमध्ये सबैभन्दा ठुलो थियो, तर त्यसको अन्त विनाश हुने छ ।”
NUM 24:21 अनि बालामले केनीहरूतिर हेरे र अगमवाणी गर्न थाले, “तिमीहरू बस्‍ने ठाउँ बलियो छ र तिमीहरूका गुँड चट्टान हुने छ ।
NUM 24:22 तथापि अश्शूरले तिमीहरूलाई कैद गरेर लाँदा तिमीहरू आगोले नष्‍ट हुने छौ ।
NUM 24:23 बालामले तिनको अन्तिम अगमवाणी भने, “धिक्‍कार! परमेश्‍वरले यसो गर्नुहुँदा कोचाँहि बाँच्‍छ ?
NUM 24:24 कित्तीमको समुद्री तटबाट जहाजहरू आउने छन्; तिनीहरूले अश्शूरलाई आक्रमण गर्नेछन् र एबेरमाथि विजय हासिल गर्ने छन्, तर तिनीहरू अन्त पनि विनाशमा नै हुने छन् ।
NUM 24:25 त्यसपछि बालाम उठे र हिँडे । तिनी आफ्नै घरतिर फर्के र बालाक पनि गए ।
NUM 25:1 इस्राएल सित्तीमम बसे र पुरुषहरूले मोआबका स्‍त्रीहरूसँग व्यभिचार गर्न थाले,
NUM 25:2 किनभने मोआबीहरूले उनीहरूका देवताहरूलाई बलिदान चढाउन मानिसहरूलाई बोलाएका थिए ।
NUM 25:3 इस्राएलका मानिसहरूले पोरको बाललाई पुज्‍न थाले, र परमप्रभुको क्रोध इस्राएल विरुद्ध दन्कियो ।
NUM 25:4 परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूका अगुवा सबैलाई मार् तिनीहरूलाई चर्को घाममा मेरो सामु झुन्डा, ताकि मेरो भयङ्कर क्रोध इस्राएलबाट हटेर जाओस् ।
NUM 25:5 त्यसैले मोशाले इस्राएलका अगुवाहरूलाई भने, “पोरको बालको पूजामा सहभागी हुने सबैलाई मार्नुपर्छ ।”
NUM 25:6 अनि इस्राएलका मानिसहरूमध्ये एक जना आयो र मिद्यानी महिलालाई त्यसको परिवारका सदस्यहरू माझ ल्यायो । यो घटना मोशा र इस्राएलका सबै समुदाय भेट हुने पालको सामु रोइरहँदा भएको थियो ।
NUM 25:7 जब पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले त्यो देखे, तिनी समुदायको बिचबाट उठेर गए अनि हातमा भाला लिए ।
NUM 25:8 तिनी त्यो इस्राएली पुरुषको पछि-पछि पालभित्र गए र तिनीहरूले इस्राएली पुरुष र महिला दुवैलाई भालाले रोपे । त्यसैले परमेश्‍वरले इस्राएलका मानिसहरूमाथि पठाउनुभएको विपत्ति रोकियो ।
NUM 25:9 त्यो विपत्तिद्वारा मर्नेहरूको सङ्ख्या चौबिस हजार थियो ।
NUM 25:10 परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 25:11 “पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले इस्राएलका मानिसहरूबाट मेरो क्रोधलाई टारेको छ, किनभने तिनी तिनीहरू माझ मेरो जोसले जोसिला भएका थिए । त्यसैले मैले इस्राएलका मानिसहरूलाई मेरो क्रोधमा विनाश गरिनँ ।
NUM 25:12 यसकारण परमप्रभु भन्‍नुहुन्छ, “म मेरो शान्तिको करार पीनहासलाई दिँदै छु ।
NUM 25:13 त्यो र त्यसपछिका त्यसका सन्तानहरूका निम्ति पुजारीको पद अनन्‍तको करार हुने छ, किनभने त्यो मेरो अर्थात् त्यसको परमेश्‍वरको निम्ति जोसिलो भयो । मिद्यानी महिलासँगै मारिएको
NUM 25:14 इस्राएली पुरुषको नाउँ शिमियोनको कुलका अगुवा सालूका छोरा जिम्री थियो ।
NUM 25:15 त्यो मारिएको मिद्यानी महिलाको नाउँ सूरकी छोरी कोजबी थियो ।
NUM 25:16 त्यसैले परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 25:17 “मिद्यानीहरूलाई शत्रुहरूलाई झैँ व्यवहार गर् र तिनीहरूलाई आक्रमण गर्,
NUM 25:18 किनभने तिनीहरूले तिनीहरूका छलद्वारा शत्रुहरूलाई झैँ व्यवहार गरे । तिनीहरूले पोरको र पोरको विषयमा आएको विपत्तिको दिनमा मारिएकी तिनीहरूकी बहिनी कोजबीको सन्दर्भमा तिमीहरूलाई दुष्‍टतातिर लगे ।
NUM 26:1 विपत्तिपछि परमप्रभुले मोशा र पुजारी हारूनका छोरा एलाजारलाई भन्‍नुभयो,
NUM 26:2 “इस्राएलका सारा समुदायलाई तिनीहरूका पुर्खाहरूका कुल-कुलअनुसार बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका निम्ति युद्धमा जान सक्‍ने सबैको गन्ती गर ।”
NUM 26:3 त्यसैले मोशा र पुजारी एलाजारले यर्दन नजिकैको मोआबको मैदान यरीहोमा तिनीहरूलाई भने,
NUM 26:4 “परमप्रभुले मोशा र इस्राएलका मानिसहरूलाई आज्ञा गर्नुभएअनुसार बिस वर्ष र त्यसभन्दा माथिका मिश्रबाट आएका मानिसहरूको गन्ती गर ।”
NUM 26:5 रूबेन इस्राएलका जेठा छोरा थिए । तिनको छोरा हानोकबाट हानोकीहरूको वंश आयो । पल्लुबाट पल्लुईहरूको वंश आयो ।
NUM 26:6 हेस्रोनबाट हेस्रोनीहरूको वंश आयो । कर्मीबाट कर्मीहरूको वंश आयो ।
NUM 26:7 यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो ।
NUM 26:8 एलीआब पल्लुका छोरा थिए ।
NUM 26:9 एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए । मोशा र हारूनलाई चुनौती दिँदा अनि परमप्रभुको विरुद्धमा विद्रोह गर्दा कोरहको पछि लाग्‍ने दातान र अबीराम यिनै थिए ।
NUM 26:10 कोरहलाई पछ्याउने सबै मर्दा पृथ्वीले मुख बायो र तिनीहरूलाई निल्यो । त्यस बेला २५० जना आगोले भस्म भए, जो चेताउनीका सङ्केत भए ।
NUM 26:11 तर कोरहका वंश मरेनन् ।
NUM 26:12 शिमियोनका सन्तानहरू यिनै थिएः नमूएलबाट नमूएलीहरूको वंश, यामीनबाट यामिनीहरूको वंश, याकीनबाट याकीनीहरूको वंश,
NUM 26:13 जेरहबाट जेरहातीहरूको वंश, शौलबाट शौलीहरूको वंश भए ।
NUM 26:14 यिनीहरू शिमियोनका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या २२,२०० थियो । यिनीहरू
NUM 26:15 दानका सन्तानहरूका कुलहरू थिएः सेफोनबाट सेफोनीहरूका वंश, हाग्यीबाट हाग्यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश भए ।
NUM 26:16 ओजनीबाट ओजनीहरूको वंश, एरीबाट एरीहरूको वंश,
NUM 26:17 अरोदबाट अरोदीहरूको वंश, अरेलीबाट अरेलीहरूको वंश भए ।
NUM 26:18 यिनीहरू दानका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ४०,५०० थियो ।
NUM 26:19 एर् र ओनान यहूदाका छोराहरू थिए, तर यिनीहरू कनानको भूमिमा नै मरे ।
NUM 26:20 यहूदाका अन्य सन्तानहरूका कुलहरू यिनै थिएः शेलहबाट शेलानीहरूको वंश, फारेसबाट फारेसीहरूको वंश, जेरहबाट जेहातीहरूको वंश भए ।
NUM 26:21 फारेसका सन्तानहरू यिनै थिएः हेस्रोनबाट हेस्रोनीहरूको वंश, हामूलबाट हामूलीहरूको वंश भए ।
NUM 26:22 यिनीहरू यहूदाका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ७६,५०० थियो ।
NUM 26:23 यिनीहरू इस्साखारका सन्तानहरूका कुलहरू थिएः तोलाबाट तोलाहीहरूको वंश, पुवाबाट पुवातीहरूको वंश,
NUM 26:24 याशूबबाट याशूबीहरूको वंश, शिम्रोनबाट शिम्रनीहरूको वंश भए ।
NUM 26:25 यिनीहरू इस्साखारका कुलहरू थिए, जसको सङ्ख्या ६४,३०० थियो ।
NUM 26:26 यिनीहरू जबूलूनका सन्तानहरूका कुलहरू थिएः सेरेदबाट सेरेदीहरूको वंश, एलोनबाट एलोनीहरूको वंश, यहलेलबाट यहेलेलीको वंश भए ।
NUM 26:27 यिनीहरू जबूलूनका कुलहरू थिए, जसको सङ्ख्या ६०,५०० थियो ।
NUM 26:28 योसेफका सन्तानहरूका कुलहरू मनश्‍शे र एफ्राइम थिए ।
NUM 26:29 यिनीहरू मनश्‍शेका सन्तानहरू थिएः माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका बुबा थिए),
NUM 26:30 गिलादबाट गिलादीहरूका वंश भए । यिनीहरू गिलादका सन्तानहरू थिएः ईएजेरबाट ऐएजेरीहरूका वंश, हेलेकबाट हेलेकीहरूका वंश,
NUM 26:31 अस्रीएलबाट अस्रीएलीहरूका वंश, शकेमबाट शकेमीहरूका वंश,
NUM 26:32 शमीदाबाट शमीदीहरूका वंश, हेपेरबाट हेपेरहरूका वंश भए ।
NUM 26:33 हेपेरका छोरा सलोफादका छोराहरू थिएनन्, तर छोरीहरू मात्र थिए । तिनका छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा थिए ।
NUM 26:34 यिनीहरू मनश्‍शेका कुलहरू थिए, जसको सङ्ख्या ५२,७०० थियो ।
NUM 26:35 यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिएः शूतेलहबाट शूतेलहीहरूका वंश, बेकेरबाट बेकेरीहरूका वंश, तहनबाट तहनीहरूका वंश भए ।
NUM 26:36 शूतेलहका सन्तानहरू, एरानबाट एरानीहरू थिए ।
NUM 26:37 यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ३२,५०० थियो । यिनीहरू आ-आफ्ना कुलअनुसार गन्ती गरिएका योसेफका सन्तानहरू थिए ।
NUM 26:38 यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिएः बेलाबाट बेलाहीहरूका वंश, अश्बेलबाट अश्बेलीहरूका वंश, अहीरामबाट अहीरामीहरूका वंश,
NUM 26:39 शूपामबाट शूपामीहरूको वंश, हूपामबाट हूपामीहरूका वंश भए । आर्द र नामान
NUM 26:40 बेलाका छोराहरू थिए । आर्दबाट आर्दीहरूका वंश, नामानबाट नामानीहरूका वंश भए ।
NUM 26:41 यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिए । तिनीहरूको सङ्ख्या ४५,६०० थियो ।
NUM 26:42 शूहामबाट आएका शूहामीहरूका वंश नै दानका सन्तानहरूका कुलहरू थिए । यिनीहरू दानका सन्तानका कुलहरू थिए ।
NUM 26:43 शूहामीहरूका सबै कुलको सङ्ख्या ६४,४०० थियो ।
NUM 26:44 आशेरका सन्तानहरूका कुलहरू यिनै थिएः यिम्‍नाबाट यिम्‍नीहरूका वंश, यिश्‍वीबाट यिश्‍वीहरूका वंश, बरीआबाट बरीआतीहरूका वंश भए ।
NUM 26:45 बरीआका सन्तानहरू यिनै थिएः हेबेरबाट हेबेरीहरूका वंश, मल्कीएलबाट मल्कीएलीहरूका वंश भए ।
NUM 26:46 आशेरकी छोरीको नाउँ सेरह थियो ।
NUM 26:47 यिनीहरू आशेरका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ५३,४०० थियो ।
NUM 26:48 यिनीहरू नप्‍तालीका सन्तानहरूका वंशहरू थिएः यहसीलबाट यहसीलीहरूका वंश, गुनीबाट गुनीहरूका वंश,
NUM 26:49 येसेरबाट येसेरीहरूका वंश, शिल्लेमबाट शिल्लेमीहरूको वंश भए ।
NUM 26:50 यिनीहरू नप्‍तालीका सन्तानहरूका वंशहरू थिए, जसको सङ्ख्या ४५,४०० थियो ।
NUM 26:51 इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पुरा सङ्ख्या ६,०१,७३० थियो ।
NUM 26:52 परमप्रभु मोशासँग बोल्नुभयो,
NUM 26:53 “यो भूमि तिनीहरूका आ-आफ्ना नाउँको सङ्ख्याअनुसार यी मानिसहरू माझ उत्तराधिकारको रूपमा बाँड्नुपर्छ ।
NUM 26:54 ठुलो कुललाई ठुलो अंश दिनुपर्छ र सानो कुललाई सानो अंश दिनुपर्छ । हरेक कुललाई गनिएका पुरुषहरूको सङ्ख्याअनुसार एक‍-एक अंश दिनुपर्छ ।
NUM 26:55 तथापि, भूमिलाई चिट्ठा हालेर बाँड्नुपर्छ ।
NUM 26:56 आ-आफ्ना कुललाई बाँडिदिएअनुसार तिनीहरूले भूमि पाउनुपर्छ । तिनीहरूलाई चिट्ठाद्वारा बाँडिदिएअनुसार ठुला र साना कुलहरूलाई आ-आफ्ना अंश भाग लगाउनुपर्छ ।”
NUM 26:57 वंश-वंशअनुसार गन्ती गरिएका लेवीका वंश यिनै थिएः गेर्शोनबाट गेर्शोनीहरूका वंश, कहातबाट कहातीहरूका वंश, मरारीबाट मरारीहरूका वंश भए ।
NUM 26:58 यिनीहरू लेवीका वंशहरू थिएः लिब्‍नीहरूका वंश, हेब्रोनीहरूका वंश, महलीहरूका वंश, मूशीहरूका वंश, कोरहीहरूका वंश । कहात अम्रामका पूर्खा थिए ।
NUM 26:59 लेवी कुलका सन्तान अम्रामकी पत्‍नीको नाउँ योकेबेद थियो, जो मिश्रमा लेवी कुलमा जन्मेकी थिइन् । तिनीबाट अम्रामका छोराछोरीहरू हारून, मोशा र तिनीहरूका दिदी मिरियम जन्मे ।
NUM 26:60 हारूनबाट नादाब र अबीहू, एलाजार र ईतामार जन्मे ।
NUM 26:61 नदाब र अबीहूले परमप्रभुको सामु अस्वीकार्य आगो चढाउँदा तिनीहरू मरे ।
NUM 26:62 तिनीहरू माझ एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरूको सङ्ख्या तेइस हजार थियो । तर तिनीहरूलाई इस्राएलका सन्तानहरूमाझ गन्ती गरिएन, किनभने तिनीहरूलाई इस्राएलका मानिसहरूमाझ कुनै अंश दिइएको थिएन ।
NUM 26:63 मोशा र पुजारी एलाजारले गन्ती गरेकाहरू यिनीहरू नै थिए । तिनीहरूले इस्राएलका मानिसहरूलाई यरीहोपारि यर्दन नजिकै मोआबको मैदानमा गन्ती गरे ।
NUM 26:64 तर यिनीहरूमा मोशा र पुजारी हारूनले सीनैको मरुभूमिमा गन्ती गरेका इस्राएलका सन्तानहरू कुनै पनि थिएनन् ।
NUM 26:65 किनभने ती मानिसहरू सबै मरूभूमीमा नै मर्नेथिए भनी परमप्रभुले भन्‍नुभएको थियो । तिनीहरूमा यपुन्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक कोही पनि बाँकी रहेनन् ।
NUM 27:1 योसेफका छोरा मनश्शेका कुलका, मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलेद, गिलेदका छोरा हेपेर, हेपेरका छोरा सलोफादका छोरीहरू मोशाकहाँ आए । तिनका छोरीहरूका नाउँ यिनै थिएः महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा ।
NUM 27:2 तिनीहरू भेट हुने पालको प्रवेश-द्वारमा मोशा, पुजारी एलाजार, अगुवाहरू र सारा समुदायको सामु खडा भए ।
NUM 27:3 तिनीहरूले भने, “हाम्रा बुबा मरुभूमिमा मरे । तिनी परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कोरहको दलमा थिएनन् । तिनी आफ्नै पापको कारण मरे र तिनका कुनै छोराहरू छैनन् ।
NUM 27:4 तिनका छोराहरू नभएकै कारण हाम्रा बुबाको नाउँ तिनका कुलका सदस्यहरूको बिचबाट किन निर्मूल गर्ने ? हामीहरूलाई हाम्रा बुबाका नातेदारहरूमाझ जग्‍गा दिनुहोस् ।”
NUM 27:5 त्यसैले मोशाले तिनीहरूको विषयलाई परमप्रभुकहाँ ल्याए ।
NUM 27:6 परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 27:7 “सलोफादका छोरीहरूले ठिकै भनिरहेका छन् । तैँले तिनीहरूलाई तिनीहरूका बुबाका नातेदारहरूमाझ उत्तराधिकारको रूपमा अंश दिनुपर्छ र तिनीहरूका बुबाको उत्तराधिकार तिनीहरूकै स्वामित्वमा रहोस् भनी तैँले निश्‍चय गर्नुपर्छ ।
NUM 27:8 तैँले इस्राएलका मानिसहरूलाई भन्, 'यदि कुनै मानिस मर्छ र त्यसको छोरा छैन भने, तिमीहरूले त्यसको सम्पत्ति त्यसकी छोरीलाई दिनुपर्छ ।
NUM 27:9 यदि त्यसकी छोरी छैन भने, तिमीहरूले त्यसको अंश त्यसको आफ्नो भाइलाई दिनुपर्छ ।
NUM 27:10 यदि त्यसको भाइ छैन भने, तिमीहरूले त्यसको अंश त्यसका बुबाका भाइहरूलाई दिनुपर्छ ।
NUM 27:11 यदि त्यसका बुबाका भाइहरू छैनन् भने, तिमीहरूले त्यसको अंश त्यसको कुलको सबैभन्दा नजिकको नातेदारलाई दिनुपर्छ । त्यसले त्यो आफ्नो निम्ति ग्रहण गर्नुपर्छ । यो परमप्रभुले मलाई आज्ञा गर्नुभएअनुसार इस्राएलका मानिसहरूका निम्ति आदेशद्वारा स्थापित गरिएको नियम हुने छ' ।”
NUM 27:12 परमप्रभुले मोशालाई भन्‍नुभयो, “अबारीम पर्वतमाथि जा र मैले इस्राएलका मानिसहरूलाई दिएको भूमिलाई हेर् ।
NUM 27:13 तैँले यसलाई हेरेपछि तँ पनि तेरा दाजु हारूनजस्तै तेरा मानिसहरूकहाँ जानुपर्छ ।
NUM 27:14 तिमीहरू दुवै जनाले सीनको मरुभूमिमा मेरो आज्ञा विरुद्ध विद्रोह गरेको हुनाले यस्तो हुने छ । त्यहाँ चट्टानबाट पानी बगेर निस्कँदा तिमीहरूका रिसमा तिमीहरूले सारा समुदायको नजरमा पवित्र जनको रूपमा मलाई आदर गर्न चुक्यौ ।” यो घटना सीनको मरूभूमिको कादेशको मेरीबाको पानीमा भएको थियो ।
NUM 27:15 त्यसपछि मोशाले परमप्रभुलाई भने,
NUM 27:16 “हे सबै मानव-जातिका आत्माका परमप्रभु परमेश्‍वर, समुदायमाथि एक जना मानिस नियुक्‍त गर्नुहोस्,
NUM 27:17 एउटा यस्तो मानिस जो तिनीहरूको अघिअघि बाहिर जाओस् र भित्र आओस् अनि तिनीहरूलाई बाहिर जाँदा र भित्र आउँदा नेतृत्व गरोस्, ताकि तपाईंका समुदाय गोठालोविनाका भेडाहरूजस्ता नहोऊन् ।”
NUM 27:18 परमप्रभुले मोशालाई भन्‍नुभयो, “नूनका छोरा यहोशूलाई ले, एउटा मानिस जसमा मेरो आत्मा छ र त्यसमाथि तेरो हात राख् ।
NUM 27:19 त्यसलाई पुजारी एलाजार र सबै समुदाय सामु राख् र तिनीहरूको सामुन्‍ने नै तिनीहरूलाई नेतृत्व गर्न त्यसलाई आज्ञा दे ।
NUM 27:20 तैँले तेरो केही अधिकार त्यसलाई दिनुपर्छ, ताकि इस्राएलका मानिसहरूका सबै समुदायले तिनको आज्ञा पालन गरून् ।
NUM 27:21 त्यो ऊरीमको निर्णयद्वारा आफ्नो निम्ति मेरो इच्छा खोज्न पुजारी एलाजारको सामु जाने छ । त्यो र इस्राएलका सबै मानिस अर्थात् सारा समुदाय त्यसको आज्ञामा नै बाहिर जाने छन् र भित्र आउने छन् ।”
NUM 27:22 त्यसैले मोशाले परमप्रभुले तिनलाई आज्ञा गर्नुभएबमोजिम गरे । तिनले यहोशूलाई लिए र पुजारी एलाजार र सारा समुदायको सामु राखे ।
NUM 27:23 तिनले उनीमाथि आफ्ना हात राखे र परमप्रभुले तिनलाई आज्ञा गर्नुभएझैँ नेतृत्व गर्न उनलाई आज्ञा दिए ।
NUM 28:1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 28:2 “इस्राएलका मानिसहरूलाई आज्ञा गर् र तिनीहरूलाई भन्, 'तिमीहरूले मेरो निम्ति सुगन्धित बास्‍ना दिने आगोद्वारा चढाइने बलिहरू तोकिएको समयमा मलाई चढाउनुपर्छ ।'
NUM 28:3 तैँले तिनीहरूलाई भन्‍नुपर्छ, 'तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाउने बलिदान यही होः नियमित होमबलिको रूपमा एक वर्षे निष्खोट थुमाहरू हरेक दिन दुई-दुईवटा ।
NUM 28:4 तिमीहरूले एउटा थुमालाई बिहान चढाउनुपर्छ र अर्को थुमालाई साँझमा चढाउनुपर्छ ।
NUM 28:5 तिमीहरूले एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पिठोलाई होमबलिको रूपमा चढाउनुपर्छ ।
NUM 28:6 यो परमप्रभुलाई सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने नियमित होमबलि थियो, जुन सीनै पर्वतमा आज्ञा गरिएको थियो । यसैसँगको अर्घबलि एउटा थुमाको निम्ति एक लिटर मद्य होस् ।
NUM 28:7 तिमीहरूले परमप्रभुलाई कडा मद्यको अर्घबलि पवित्र स्थानमा खन्याउनुपर्छ ।
NUM 28:8 तिमीहरूले अर्को थुमालाई बिहान चढाइएको एउटा थुमालाई झैँ साँझमा अन्‍नबलिसँगै चढाउनुपर्छ ।
NUM 28:9 शबाथको दिन तिमीहरूले निष्खोट एक वर्षे दुईवटा थुमा, तेलमा मुछेको एक पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा चढाउनुपर्छ र यससँग अर्घबलि चढाउनुपर्छ ।
NUM 28:10 यो नियमित होमबलि र यससँगको अन्‍नबलिको अतिरिक्‍त हरेक शबाथको निम्ति होमबलि हुनुपर्छ ।
NUM 28:11 हरेक महिनाको सुरुमा तिमीहरूले परमप्रभुलाई अन्‍नबलि चढाउनुपर्छ । तिमीहरूले दुईवटा साँढे, एउटा भेडा र एक वर्षे निष्खोट सातवटा थुमा चढाउनुपर्छ ।
NUM 28:12 तिमीहरूले हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा र एउटा भेडाको निम्ति तेलमा मुछेको एक पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा चढाउनुपर्छ ।
NUM 28:13 तिमीहरूले हरेक भेडाको निम्ति तेलमा मुछेको आधा पाथी मसिनो पिठो चढाउनुपर्छ । यो परमप्रभुलाई सुगन्धित बास्‍न दिने आगोद्वारा चढाइने बलि अर्थात् होमबलि हुनुपर्छ ।
NUM 28:14 मानिसहरूका अर्घबलि साँढेको निम्ति दुई लिटर दाखमद्य, भेडाको निम्ति डेढ लिटर दाखमद्य, थुमाको निम्ति एक लिटर दाखमद्य हुनुपर्छ । यो वर्षभरि हरेक महिनाको निम्ति होमबलि हुनुपर्छ ।
NUM 28:15 एउटा बोका परमप्रभुको निम्ति पापबलिको रूपमा अर्पण गर्नुपर्छ । यो नियमित होमबलि र अर्घबलिको अतिरिक्‍त हुने छ ।
NUM 28:16 पहिलो महिनाको चौधौँ दिनमा परमप्रभुको निस्तार-चाड आउँछ ।
NUM 28:17 यो महिनाको पन्ध्रौँ दिनमा एउटा उत्सव मनाउनुपर्छ । सात दिनसम्म अखमिरी रोटी खानुपर्छ ।
NUM 28:18 पहिलो दिन परमप्रभुको सम्मानमा एउटा पवित्र सभा हुनुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन ।
NUM 28:19 तथापि, तिमीहरूले आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट दुईवटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ ।
NUM 28:20 साँढेसँगै तिमीहरूले अन्‍नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मुछेको मसिनो पिठो र भेडासँग एक पाथी चढाउनुपर्छ ।
NUM 28:21 सातवटा हरेक थुमासँग तेलमा मुछेको आधा पाथी मसिनो पिठो चढाउनुपर्छ,
NUM 28:22 र आफ्नो प्रायश्‍चित्तको निम्ति पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
NUM 28:23 तिमीहरूले यिनीहरूलाई हरेक बिहान आवश्यक पर्ने होमबलिको अतिरिक्‍त चढाउनुपर्छ ।
NUM 28:24 यहाँ उल्लेख गरिएझैँ तिमीहरूले यी दैनिक बलिदानहरू निस्‍तार-चाडको सात दिनसम्म परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिको भोजन चढाउनुपर्छ । यो नियमित होमबलि र योसँग चढाइने अर्घबलि अतिरिक्‍त चढाउनुपर्छ ।
NUM 28:25 तिमीहरूले सातौँ दिनमा परमप्रभुको सम्मानमा पवित्र सभा राख्‍नुपर्छ र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन ।
NUM 28:26 अगौटे फलको दिनमा तिमीहरूले साताहरूका चाडमा नयाँ अन्‍नबलि चढाउनुपर्छ, तिमीहरूले परमप्रभुको सम्मानमा पवित्र सभा राख्‍नुपर्छ, र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन ।
NUM 28:27 परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुहुँदैन । तिमीहरूले दुईवटा साँढे, एउटा भेडा र सातवटा एक वर्षे थुमा चढाउनुपर्छ ।
NUM 28:28 तिनीहरूसँगै अन्‍नबलि पनि चढाउनूः हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र एउटा भेडाको निम्ति एक पाथी मसिनो पिठो चढाउनू ।
NUM 28:29 हरेक सातवटा थुमाका निम्ति तेलमा मुछेको आधा पाथी मसिनो पिठो,
NUM 28:30 र आफ्नो निम्‍ति प्रायश्‍चित्तको निम्ति एउटा बोका चढाउनू ।
NUM 28:31 जब तिमीहरूले तिनीहरूका अर्घबलिसँगै ती निष्खोट पशुहरू बलि चढाउँछौ, यो नियमित होमबलि र अन्‍नबलिको अतिरिक्‍त हुनुपर्छ ।
NUM 29:1 “सातौँ महिनाको पहिलो दिनमा परमप्रभुको सम्मानमा तिमीहरूले एउटा पवित्र सभा राख्‍नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन । यो तिमीहरूले तुरही फुक्‍ने दिन हुने छ ।
NUM 29:2 तिमीहरूले परमप्रभुको लागि सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा बलि चढाउनुपर्छ ।
NUM 29:3 तिमीहरूले तिनीहरूलाई तिनीहरूका अन्‍नबलिसँग साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, भेडाको निम्ति एक पाथी,
NUM 29:4 र हरेक सातवटा थुमाको निम्ति आधा पाथी चढाउनुपर्छ ।
NUM 29:5 तिमीहरूले आफ्नो प्रायश्‍चित्तको निम्ति पापबलिको रूपमा एउटा बोका बलि चढाउनुपर्छ ।
NUM 29:6 यी बलिहरू तिमीहरूले हरेक महिनाको पहिलो दिनमा चढाउने बलिदानहरूका अतिरिक्‍त सातौँ महिनामा चढाउनूः विशेष होमबलि र यससँगै अन्‍नबलि चढाउनू । यिनीहरू नियमित होमबलि, यसको अन्‍नबलि र यसको अर्घबलिको अतिरिक्‍त हुनुपर्छ । तिमीहरूले यी बलिहरू चढाउँदा तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाइने सुगन्धित बास्‍नाको निम्ति आज्ञा गरेको कुरा पालन गर्ने छौ ।
NUM 29:7 सातौँ महिनाको दसौँ दिनमा तिमीहरूले परमप्रभुको सम्‍मानमा एउटा पवित्र सभा राख्‍नुपर्छ ।
NUM 29:8 तिमीहरूले कुनै काम नगरी आफैलाई नम्र तुल्याउनुपर्छ । तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ । तिनीहरू हरेक निष्खोट हुनुपर्छ ।
NUM 29:9 तिमीहरूले साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, एउटा भेडाको निम्ति एक पाथी,
NUM 29:10 र सातवटा थुमा हरेकको निम्ति आधा पाथी चढाउनुपर्छ ।
NUM 29:11 तिमीहरूले एउटा बोकालाई पापबलिको रूपमा बलि चढाउनुपर्छ । यो नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त हुने छ ।
NUM 29:12 सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले परमप्रभुको सम्‍मानमा एउटा पवित्र सभा राख्‍नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन, र तिमीहरूले उहाँको निम्ति सात दिनसम्म चाड मनाउनुपर्छ ।
NUM 29:13 तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइएको बलिदान अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले तेह्रवटा साँढे, दुईवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । तिमीहरूले
NUM 29:14 तिनीहरूसँगै हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, दुईवटा भेडाको निम्ति एक पाथी,
NUM 29:15 र चौधवटा हरेक थुमाको निम्ति आधा पाथी अन्‍नबलिको रूपमा चढाउनुपर्छ ।
NUM 29:16 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
NUM 29:17 सभाको दोस्रो दिनमा तिमीहरूले बाह्रवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
NUM 29:18 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।
NUM 29:19 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
NUM 29:20 सभाको तेस्रो दिनमा तिमीहरूले एघारवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
NUM 29:21 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।
NUM 29:22 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
NUM 29:23 सभाको चौथो दिनमा तिमीहरूले दसवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
NUM 29:24 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।
NUM 29:25 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
NUM 29:26 सभाको पाँचौ दिनमा तिमीहरूले नौवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
NUM 29:27 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।
NUM 29:28 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
NUM 29:29 सभाको छैठौँ दिनमा तिमीहरूले आठवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
NUM 29:30 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।
NUM 29:31 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
NUM 29:32 सभाको सातौँ दिनमा तिमीहरूले सातवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
NUM 29:33 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।
NUM 29:34 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
NUM 29:35 आठौँ दिनमा तिमीहरूले अर्को गम्भीर सभा राख्‍नुपर्छ । तिमीहरूले कुनै नियमित काम गर्नुहुँदैन ।
NUM 29:36 तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र सातवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
NUM 29:37 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।
NUM 29:38 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । तिमीहरूका तोकिएको चाडहरूमा तिमीहरूले यी परमप्रभुलाई चढाउनुपर्छ ।
NUM 29:39 यी तिमीहरूका भाकल र स्वेच्छा बलिहरूको अतिरिक्‍त हुनुपर्छ । तिमीहरूले यिनीहरूलाई तिमीहरूका होमबलि, अन्‍नबलि, अर्घबलि र मेलबलिको रूपमा चढाउनुपर्छ ।”
NUM 29:40 परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा मोशाले इस्राएलका मानिसहरूलाई भने ।
NUM 30:1 मोशाले इस्राएलका मानिसहरूका कुलका अगुवाहरूलाई भने, “परमप्रभुले यो आज्ञा गर्नुभएको छ ।
NUM 30:2 जब कसैले परमप्रभुसँग भाकल गर्छ वा प्रतिज्ञासँगै आफैलाई शपथले बाँध्‍ने काम गर्छ, त्यसले आफ्नो वचन तोड्नुहुँदैन । त्यसले त्यसको मुखबाट निस्केका सबै कुरा पुरा गर्न त्यसको प्रतिज्ञा पालन गर्नुपर्छ ।
NUM 30:3 आफ्नो बुबाको घरमा बस्‍ने जवान नारीले परमप्रभुको निम्ति भाकल गर्दा र आफैलाई प्रतिज्ञाद्वारा बाँध्दा,
NUM 30:4 यदि त्यसको बुबाले त्यसले आफूलाई बाँधेको भाकल र प्रतिज्ञा सुन्छ, यदि त्यसले त्यसको प्रतिज्ञालाई उल्टाउन कुनै कुरा भन्‍दैन भने, त्यसका सबै भाकल रहने छन् । त्यसले आफैलाई बाँधेकी हरेक प्रतिज्ञा सबल रहने छ ।
NUM 30:5 तर यदि त्यसका बुबाले त्यसको भाकल र प्रतिज्ञा सुन्छ र यदि त्यसले त्यसलाई केही भन्‍दैन भने, त्यसले गरेका सबै भाकल र प्रतिज्ञाहरू हराउने छन् ।
NUM 30:6 तथापि, यदि त्यसका बुबाको त्यसले आफैलाई बाँधेकी र गरेकी सबै भाकल र प्रतिज्ञा सुन्छ र त्यसले त्यसै दिन रद्द गर्छ भने, ती रहने छैनन् । परमप्रभुले त्यसलाई क्षमा गर्नुहुने छ, किनभने त्यसका पिताले त्यसको विरोध गरेका थिए ।
NUM 30:7 यदि त्यो भाकल गरेकै बेला त्यसले कुनै पुरुषसँग विवाह गर्छे वा त्यसले आफैलाई बाध्य पार्ने सोच-विचार नै नगरी प्रतिज्ञा गर्छे भने, ती भाकलहरू रहने छन् ।
NUM 30:8 तर यदि त्यसका पतिले सुनेको दिन नै त्यसलाई रोक्छ भने, त्यसले गरेकी भाकलहरू अर्थात् त्यसले आफैलाई बाँधेकी सोचविचार नगरी गरेकी त्यसको मुखको बोलीलाई त्यस रद्द गर्छे । परमप्रभुले त्यसलाई मुक्‍त गर्नुहुने छ ।
NUM 30:9 तर विधवा र पतिसँग छुटिएकाको निम्ति, त्यसले आफैलाई बाँधेकी सबै कुरा त्यो विरुद्ध रहिरहने छ ।
NUM 30:10 यदि महिलाले आफ्नो पतिको घरमा भाकल गर्छे वा शपथ खाएर आफैलाई बाध्य बनाउँछे भने,
NUM 30:11 र त्यसको पतिले यो सुन्यो, तर त्यसले त्यसलाई केही भन्दैन र त्यसको विरोध गर्दैन भने, त्यसका सबै भाकल रहनुपर्छ र त्यसका वाचाबन्धनहरू रहनुपर्छ ।
NUM 30:12 तर यदि त्यसका पतिले तिनीहरूको बारेमा सुनेको दिनमा नै तिनीहरूलाई रद्द गर्‍यो भने, त्यसको मुखबाट निस्केका भाकलहरू वा प्रतिज्ञाहरू जे भए पनि रहने छैनन् । त्यसका पतिले तिनीहरूलाई रद्द गरेको छ । परमप्रभुले त्यसलाई मुक्‍त गर्नुहुने छ ।
NUM 30:13 कुनै महिलाले कुनै कुरा इन्कार गर्न आफैलाई बाँधेकी शपथ वा भाकललाई त्यसको पतिले पक्‍का गर्न वा रद्द गर्न सक्छ ।
NUM 30:14 तर यदि त्यसले त्यसलाई दिन-दिनै केही भन्दैन भने, त्यसले गरेकी सबै भाकल र बाध्यात्मक प्रतिज्ञाहरूलाई त्यसले पक्‍का गर्छ । त्यसले तिनीहरूलाई पक्‍का गरेको छ, किनभने त्यसले तिनीहरूको बारेमा सुनेको समयमा त्यसले त्यसलाई केही पनि भनेन ।
NUM 30:15 यदि त्यसको पतिले सुनेको लामो समयपछि त्यसकी पत्‍नीको भाकललाई रद्द गर्ने कोसिस गर्‍यो भने त्यसको पापको निम्ति त्यो जिम्मेवार हुने छ ।”
NUM 30:16 पुरुष र त्यसकी पत्‍नी, जवान हुँदा आफ्नो बुबाको परिवारमा रहँदा, बुबा र त्यसकी छोरी बिचको नियमहरू परमप्रभुले घोषणा गर्न मोशालाई आज्ञा गर्नुभएका सबै नियम यिनै नै हुन् ।
NUM 31:1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 31:2 “मिद्यानीहरूले इस्राएलीहरूलाई जे गरेका थिए, त्यसको निम्ति बद्ला ले । त्यो काम गरेपछि तँ मर्ने छस् र तेरा मानिसहरूसँग मिल्न जाने छस् ।”
NUM 31:3 त्यसैले मोशाले मानिसहरूलाई भने, “तिमीहरूका केही मानिसहरूलाई सुसज्‍जित पार ।
NUM 31:4 तिनीहरू मिद्यानीहरूको विरुद्ध युद्ध लड्न जाऊन् र यसमाथि परमप्रभुको बद्ला लिऊन् । इस्राएलका हरेक कुलले युद्धको निम्ति एक हजार सिपाही पठाउनुपर्छ ।”
NUM 31:5 त्यसैले इस्राएलका हजारौँ पुरुषमा हरेक कुलबाट एक हजार जना अर्थात् युद्धको निम्ति बाह्र हजार सशस्‍त्र मानिस दिइयो ।
NUM 31:6 त्यसपछि मोशाले तिनीहरूलाई पुजारी एलाजारका छोरा पीनहासको साथमा पवित्र स्थानका केही सरसामानहरू र सङ्केत दिनलाई तिनको स्वामित्वमा तुरहीहरूसहित हरेक कुलबाट एक-एक हजार जना मानिसलाई युद्ध गर्न पठाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ
NUM 31:7 तिनीहरूले मिद्यनीहरूसँग लडे ।
NUM 31:8 तिनीहरूले सबै मानिसलाई मारे । तिनीहरूले बाँकी मृतकहरूसहित मिद्यानका पाँच जना राजा एवी, रेकेम, सूर, हूर र रेबालाई मारे ।
NUM 31:9 इस्राएलका फौजले मिद्यानका महिलाहरू, तिनीहरूका बालबच्‍चाहरू, तिनीहरूका सबै गाईवस्तु, तिनीहरूका सबै भेडाबाख्रा र तिनीहरूका सबै मालसामान लगे । तिनीहरूले यिनीहरूलाई लुटको रूपमा लिए ।
NUM 31:10 तिनीहरूले उनीहरूका सबै सहर जलाइदिए, जहाँ उनीहरू बसेका थिए र उनीहरूका छाउनीहरू थिए ।
NUM 31:11 तिनीहरूले मानिसहरू र पशुहरू दुवैलाई लुटको माल र कैदीको रूपमा लिए ।
NUM 31:12 तिनीहरूले कैदीहरूलाई, लुटका मालहरू र कब्जा गरेका सामानहरू मोशा, पुजारी एलाजार र इस्राएलका मानिसहरूका समुदायकहाँ ल्याए । तिनीहरूले यिनीहरूलाई मोआबको मैदानमा यरीहो नजिक यर्दनको किनारमा ल्याए ।
NUM 31:13 मोशा, पुजारी एलाजार र समुदायका सबै अगुवा तिनीहरूलाई भेट्न छाउनी बाहिर गए ।
NUM 31:14 तर मोशा लडाइँबाट आएका फौजका अधिकृतहरू, हजार जनाको सेनापति र सय जनाको कप्‍तानहरूसँग रिसाए ।
NUM 31:15 मोशाले तिनीहरूलाई भने, “के तिमीहरूले यी सबै महिलालाई जीवितै राखेको ?
NUM 31:16 हेर, यिनै महिलाहरूले परमप्रभुका समुदायमाझ विपत्ति फैलिँदा बालामको सल्लाहमा पोरको विषयमा परमप्रभु विरुद्ध पाप गर्न लगाएका थिए ।
NUM 31:17 अब सबै स-साना पुरुषहरूलाई मार् र पुरुषसँग सहवास गरेका सबै महिलालाई पनि मार ।
NUM 31:18 तर पुरुषसँग सहवास नगरेका सबै जवान महिलालाई आफ्नो निम्ति लेओ ।
NUM 31:19 तिमीहरू सात दिनसम्म इस्राएलको छाउनीबाहिर छाउनीमा बस्‍नुपर्छ । कसैलाई मारेका र मुर्दालाई छोएका तिमीहरू सबैले तिमीहरू र तिमीहरूका कैदीहरूसहित तेस्रो र सातौँ दिनमा आफैलाई शुद्ध पार्नुपर्छ ।
NUM 31:20 तिमीहरूले हरेक पोशाक र पशुका छाला, बाख्राको रौँ र काठले बनेका सबै मालसामानलाई शुद्ध पार्नुपर्छ ।”
NUM 31:21 पुजारी एलाजारले युद्धमा गएका सिपाहीहरूलाई भने, “परमप्रभुले मोशालाई दिनुभएको धर्म-विधि यही होः
NUM 31:22 सुन, चाँदी, काँसा, फलाम, टिन र सिसा,
NUM 31:23 र आगोले नजल्ने सबै थोकलाई तिमीहरूले आगोमा पोल्नुपर्छ र यो शुद्ध हुने छ । त्यसपछि तिमीहरूले यिनीहरूलाई शुद्ध पार्ने पानीले शुद्ध पार्नुपर्छ । जुन कुरालाई आगोमा जलाउन मिल्दैन, त्यसलाई तिमीहरूले पानीले शुद्ध पार्नुपर्छ ।
NUM 31:24 तिमीहरूले सातौँ दिनमा तिमीहरूका लुगा धुनुपर्छ र तिमीहरू शुद्ध हुने छौ । त्यसपछि तिमीहरू इस्राएलको छाउनीभित्र आउन सक्छौ ।
NUM 31:25 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,
NUM 31:26 “मानिस र पशुहरू दुवै लुटका मालहरूको रूपमा गन्ती गर् । तँ, पुजारी एलाजार र समुदायका कुल-कुलका अगुवाहरूले लुटका मालहरूलाई
NUM 31:27 दुई भाग गर्नुपर्छ । यसलाई लडाइँमा जाने सिपाहीहरू र सबै बाँकी समुदायबिच बाँड् ।
NUM 31:28 त्यसपछि लडाइँमा गएका सिपाहीहरूबाट मेरो निम्ति कर लिनू । यो कर मानिस, गाईवस्तु, गधा, भेडा वा बाख्राहरू जे भए पनि हरेक पाँच सयमा एउटा हुनुपर्छ ।
NUM 31:29 यो कर तिनीहरूका आधा अंशबाट लिनू र यसलाई मेरो निम्ति चढाउन पुजारी एलाजारलाई दिनू ।
NUM 31:30 साथै, इस्राएलका मानिसहरूका आधा भागबाट, मानिस, गाईवस्तु, गधा, भेडा र बाख्राबाट तैँले हरेक पचास वटामा एउटा लिनू । यिनीहरूलाई मेरो पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिनू ।”
NUM 31:31 त्यसैले मोशा र पुजारी एलाजारले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम गरे ।
NUM 31:32 सिपाहीहरूले लिएका लुटबाट बाँकी रहेका ६,७५,००० भेडा,
NUM 31:33 सत्तरी हजार गोरु,
NUM 31:34 एकसट्ठी हजार गधा,
NUM 31:35 र पुरुषसँग कहिल्यै सहवास नगरेका तिस हजार महिला थिए ।
NUM 31:36 सिपाहीहरूका निम्ति राखिएका भेडाहरू ३,३७, ००० थियो । भेडाहरूबाट
NUM 31:37 परमप्रभुको भाग ६७५ थियो ।
NUM 31:38 गोरुहरू छत्तिस हजार थिए, जसबाट परमप्रभुको भागमा बहत्तरवटा थिए ।
NUM 31:39 गधाहरू ३०,५०० थिए, जसबाट परमप्रभुको भाग एकसट्ठीवटा थिए ।
NUM 31:40 सोह्र हजार महिला थिए, जसबाट परमप्रभुको भाग बत्तिस जना थिए ।
NUM 31:41 परमप्रभुलाई चढाउने बलि हुनुपर्ने कर मोशाले लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले यसलाई पुजारी एलाजारलाई दिए ।
NUM 31:42 युद्धमा गएका सिपाहीहरूबाट मोशाले इस्राएलका मानिसहरूका आधा भागको सन्दर्भमा
NUM 31:43 समुदायको आधा भाग ३,३७,५०० भेडा,
NUM 31:44 तिस हजार गोरु,
NUM 31:45 ३०,५०० गधा,
NUM 31:46 र सोह्र हजार महिला थिए ।
NUM 31:47 इस्राएलका मानिसहरूका आधा भागबाट मोशाले पशु र मानिस दुवैबाट हरेक पचास वटाबाट एउटा लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले तिनीहरूलाई परमप्रभुको पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिए ।
NUM 31:48 फौजका अधिकृतहरू, हजारका सेनापतिहरू र पचास जनाका कप्‍तानहरू मोशाकहाँ आए ।
NUM 31:49 तिनीहरूले तिनलाई भने, “तपाईंका दासहरूले हाम्रो स्वामित्वमा भएका सिपाहीहरूको गन्ती गरेका छन् र एक जना पनि हराएको छैन ।
NUM 31:50 हामी हरेकले पाएका सुनका गहनाहरू, बाजू, बाला, छाप औँठी, कुण्डल र सिक्रीहरू परमप्रभुको सामु हाम्रो प्रायश्‍चित्त गर्नको निम्ति परमप्रभुको भेटी ल्याएका छौँ ।”
NUM 31:51 मोशा र पुजारी एलाजारले सुन र सबै कलात्मक सरसामान तिनीहरूबाट ग्रहण गरे ।
NUM 31:52 तिनीहरूले परमप्रभुलाई दिएका, हजारका सेनापतिहरू र सय जनाका कप्‍तानहरूबाट आएका सुनका भेटीहरूको तौल एक सय नब्बे किलोग्राम थियो ।
NUM 31:53 हरेक सिपाहीले आ-आफ्नो निम्ति लुटका माल लिएका थिए ।
NUM 31:54 मोशा र पुजारी एलाजारले हजारका सेनापतिहरू र सयका कप्‍तानहरूबाट सुन लिए । तिनीहरूले यसलाई परमप्रभुको निम्ति इस्राएलका मानिसहरूको याद दिलाउने चिनोको रूपमा भेट हुने पालभित्र लगे ।
NUM 32:1 रूबेन र गादका सन्तानहरूका गाईवस्‍तुहरू धेरै थिए । जब तिनीहरूले याजेर र गिलादको भूमी देखे, त्यो भूमी गाईवस्‍तुहरूको निम्ति असाध्यै राम्रो थियो ।
NUM 32:2 त्यसैले गाद र रूबेनका सन्तानहरू आए अनि मोशा, पुजारी एलाजार र समुदायका अगुवाहरूसँग कुरा गरे । तिनीहरूले भने,
NUM 32:3 “हामीले सर्वेक्षण गरेका ठाउँहरूका सूची यही होः आतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, सबाम, नेबो र बओन ।
NUM 32:4 यी ठाउँहरूलाई परमप्रभुले इस्राएलका समुदायको सामु आक्रमण गर्नुभयो र तिनीहरू गाईवस्‍तुहरूका निम्ति राम्रा ठाउँहरू छन् । हामी तपाईंका दासहरूका गाईवस्‍तुहरू धेरै छन् ।”
NUM 32:5 तिनीहरूले भने, “यदि हामीले तपाईंको नजरमा कृपा पाएका छौँ भने, यो भूमि तपाईंका दासहरू हामीलाई हाम्रो स्वामित्वमा दिइयोस् । हामीलाई यर्दन पारि नलैजानुहोस् ।”
NUM 32:6 मोशाले गाद र रूबेनका सन्तानहरूलाई जवाफ दिए, “के तिमीहरू बसोवास गर्दा तिमीहरूका दाजुभाइहरूचाहिँ लडाइँमा जाने ?
NUM 32:7 परमप्रभुले इस्राएलका मानिसहरूलाई दिनुभएको भूमिमा जानबाट तिनीहरूलाई किन निरुत्साहित पार्ने ? मैले कादेश-बर्नेबाट तिमीहरूका बुबाहरूलाई भूमिको जाँचबुझ गर्न पठाउँदा तिनीहरूले त्यही गरे ।
NUM 32:8 तिनीहरू एश्कोलको बेँसीमा गए ।
NUM 32:9 तिनीहरूले भूमिलाई देखे र इस्राएलका मानिसहरूका मनलाई निरुत्साहित बनाए, ताकि परमप्रभुले तिनीहरूलाई दिनुभएको भूमिमा प्रवेश गर्न तिनीहरूले इन्कार गरून् ।
NUM 32:10 परमप्रभुको क्रोध दन्कियो । उहाँले शपथ खानुभयो र भन्‍नुभयो,
NUM 32:11 'मैले अब्राहाम, इसहाक र याकूबलाई प्रतिज्ञा गरेका भूमिलाई मिश्रबाट आएका बिस वर्षभन्दा माथिका कसैले देख्‍ने छैनन्, किनभने
NUM 32:12 यपुन्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूले बाहेक तिनीहरूले मलाई पूर्ण रूपमा अनुसरण गरेका छैनन् । कालेब र यहोशूले मात्र मलाई पूर्ण रूपमा अनुसरण गरेका छन् ।'
NUM 32:13 त्यसैले परमप्रभुको क्रोध इस्राएल विरुद्ध दन्कियो । उहाँको नजरमा दुष्‍टता गर्ने सबै पुस्ता विनाश नभएसम्म उहाँले तिनीहरूलाई मरुभूमिमा यताउता भौतारिन लगाउनुभयो ।
NUM 32:14 हेर, तिमीहरू आफ्ना बुबाहरूको स्थानमा अझ धेरै पापी मानिसहरूझैँ इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध उराल्न खडा भएका छौ ।
NUM 32:15 यदि तिमीहरू उहाँलाई पछ्याउनबाट तर्कियौ भने, उहाँले इस्राएललाई फेरि पनि मरुभूमिमा नै छोड्नुहुने छ र तिमीहरूले यी सबै मानिसलाई नष्‍ट पार्ने छौ ।
NUM 32:16 त्यसैले तिनीहरू मोशाको नजिक आए र भने, “यहाँ हाम्रा गाईवस्‍तुहरूका निम्ति खोर र हाम्रा परिवारहरूका निम्ति सहर बनाउन अनुमति दिनुहोस् ।
NUM 32:17 तथापि, हामी आफैचाहिँ तिनीहरूलाई आ-आफ्नो ठाउँमा नलगेसम्म हामी हतियारसहित इस्राएलको फौजसँग जान्छौँ । तर अझै यस भूमिमा रहेका अन्य मानिसहरूका कारण हाम्रा परिवारहरूचाहिँ किल्लाबन्दी गरिएका सहरहरूमा बस्‍ने छन् ।
NUM 32:18 इस्राएलका हरेक मानिसले आ-आफ्नो उत्तराधिकर नपाएसम्म हामी हाम्रो घरतिर फर्कने छैनौँ ।
NUM 32:19 हामीले तिनीहरूसँग यर्दन पारिपट्टि अंश पाउनेछै नौँ, किनभने हाम्रो अंश यहीँ यर्दनको पूर्वीपट्टि नै छ ।
NUM 32:20 त्यसैले मोशाले तिनीहरूलाई जवाफ दिए, “यदि तिमीहरूले आफूले भनेबमोजिम गर्छौ, तिमीहरू हातहतियारसहित परमप्रभुको सामु युद्ध गर्न जान्छौ भने,
NUM 32:21 परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको सामुबाट नधपाउनुभएसम्म र
NUM 32:22 उहाँको सामु भूमिलाई कब्जा नगरेसम्म तिमीहरू सबै हातहतियारसहित परमप्रभुको सामु यर्दन पारि तर्नुपर्छ । त्यसपछि तिमीहरू फर्कन सक्छौ । तिमीहरू परमप्रभु र इस्राएलका सामु दोषरहित हुने छौ । यो भूमि परमप्रभुको सामु तिमीहरूको सम्पत्ति हुने छ ।
NUM 32:23 तर यदि तिमीहरूले यसो गरेनौ भने, हेर, तिमीहरूले परमप्रभु विरुद्ध पाप गरेका हुने छौ । तिमीहरूका पापले अवश्य नै फेला पार्ने छ ।
NUM 32:24 तिमीहरूका परिवारहरूका निम्ति सहरहरू र भेडाबाख्राहरूका निम्ति खोर बनाओ; तिमीहरूले जे भनेका छौ सो गर ।”
NUM 32:25 गाद र रूबेनका सन्तानहरूले मोशालाई भने, “तपाईंका दासहरूले हाम्रा मालिकले आज्ञा गरेअनुसार गर्ने छन् ।
NUM 32:26 हाम्रा बालबच्‍चाहरू, हाम्रा पत्‍नीहरू, हाम्रा गाईवस्‍तुहरू र हाम्रा सबै भेडाबाख्रा गिलादका सहरहरूमा रहने छन् ।
NUM 32:27 तथापि, हामी तपाईंका दासहरू हाम्रा मालिकले भन्‍नुभएबमोजिम नै लडाइँको निम्त हातहतियारसहित परमप्रभुको सामु पारि जाने छन् ।”
NUM 32:28 त्यसैले मोशाले तिनीहरूको बारेमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूका कुल-कुलका अगुवाहरूलाई निर्देशन दिए ।
NUM 32:29 मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका सन्तानहरू परमप्रभुको सामु लड्न हातहतियारसहित तिमीहरूसँगै यर्दन पारि जाने छन्, र यदि भूमिलाई तिमीहरूको सामु कब्जा गरियो भने, तिमीहरूले तिनीहरूलाई गिलादको भूमि अंशको रूपमा दिनू ।
NUM 32:30 तर यदि तिनीहरू तिमीहरूसँगै हातहतियारसहित पारि गएनन् भने, तिनीहरूले पनि कनानको मुलुकमा नै तिमीहरूमाझ अंश प्राप्‍त गर्ने छन् ।”
NUM 32:31 त्यसैले गाद र रूबेनका सन्तानहरूले जवाफ दिए, “परमप्रभुले हामी तपाईंका दासहरूलाई भन्‍नुभएबमोजिम हामीले यसै गर्ने छौँ ।
NUM 32:32 हामी परमप्रभुको सामु हातहतियारसहित कनानको भूमिमा पारि जानेछौँ, तर हाम्रो स्वामित्वमा रहेको अंश यर्दन वारि हामीसँग रहने छ ।”
NUM 32:33 त्यसैले मोशाले एमोरी राजा सीहोन र बाशानका राजा ओगको राज्य गाद र रूबेनका सन्तानहरूसाथै योसेफका छोरा मनश्शेका आधा कुललाई दिए । तिनले त्यो भूमि तिनीहरूलाई दिए र यसका सिमानासहित सबै सहरहरू, त्यस वरिपरिका भूमिमा भएका सहरहरू भाग लगाए ।
NUM 32:34 गादका सन्तानहरूले दीबोन, अतारोत, अरोएर,
NUM 32:35 अत्रोत-शोपान, याजेर, योगबहा,
NUM 32:36 बेथ-निम्रा, बेथ-हारान सहरहरूलाई पर्खालले घेरेर भेडाबाख्राहरूका निम्ति खोरहरू बनाए ।
NUM 32:37 रूबेनका सन्तानहरूले हेश्बोन, एलाले, किर्यातैयम,
NUM 32:38 नेबो, बालमोन, यिनीहरूका नाउँ पछि फेरियो र शिब्मा बनाए । तिनीहरूले पुनर्निर्माण गरेका सहरहरू नाउँ अरू नै राखे ।
NUM 32:39 मनश्शेका छोरा माकीरका सन्तानहरू गिलादमा गए र त्यहाँ बसोबास गर्ने एमोरीहरूबाट यसलाई कब्जा गरे ।
NUM 32:40 त्यसपछि मोशाले मनश्शेका छोरा माकीरलाई गिलाद दिए, र तिनका मानिसहरू त्यहाँ बसोबास गरे ।
NUM 32:41 मनश्शेका छोरा याईर गए र यसका नगरहरू कब्जा गरे र तिनीहरूको नाउँ हब्बात-याईर राखे ।
NUM 32:42 नोबाह गए र केनात र यसका गाउँहरू कब्जा गरे अनि तिनले यसको नाउँ आफ्नै नाउँमा नोबह राखे ।
NUM 33:1 मोशा र हारूनको नेतृत्वमा इस्राएलका मानिसहरूले तिनीहरूका हातहतियारसहितका समूहले मिश्रको भूमि छोडेपछि तिनीहरूको यात्रा विवरण यही हो ।
NUM 33:2 परमप्रभुले आज्ञा गर्नुभएबमोजिम तिनीहरू कहाँबाट कहाँ गए भनी मोशाले लेखे । तिनीहरूका यात्राहरूको नालीबेली यिनै थिए ।
NUM 33:3 तिनीहरूले पहिलो महिनाको पन्ध्रौँ दिनमा रामसेसबाट यात्रा गरे । निस्तार-चाडपछिको बिहान इस्राएलका मानिसहरूले मिश्रीहरूको सामु नै खुलमखुला मिश्र छोडे ।
NUM 33:4 मिश्रीहरूले तिनीहरूका जेठा छोराहरूको दफन गरिरहँदा यो भएको थियो, जसलाई परमप्रभुले मार्नुभएको थियो, किनभने उहाँले तिनीहरूका देवतालाई पनि दण्ड दिनुभएको थियो ।
NUM 33:5 इस्राएलका मानिसहरू रामसेसबाट निस्के र सुक्‍कोतमा छाउनी लगाए ।
NUM 33:6 तिनीहरू सुक्‍कोतबाट हिँडे र मरुभूमिको छेउमा भएको एथाममा छाउनी हाले ।
NUM 33:7 तिनीहरू एथामबाट हिँडे र पी-हहीरोततिर फर्के, जुन बाल-सेफोनको पारिपट्टि पर्छ, जहाँ तिनीहरूले मोग्दोलको पारिपट्टि छाउनी हाले ।
NUM 33:8 त्यसपछि तिनीहरू पी-हहीरोतबाट हिँडे र समुद्रको बिचबाट हुँदै मरुभूमितिर लागे । तिनीहरूले एथामको मरुभूमिमा तिन दिनसम्म यात्रा गरे र मारामा छाउनी हाले ।
NUM 33:9 तिनीहरू माराबाट हिँडे र एलीममा आइपुगे । एलीममा बाह्रवटा पानीका मूल र सत्तरीवटा खजूरका रुख थिए । तिनीहरूले त्यहीँ नै छाउनी हाले ।
NUM 33:10 तिनीहरू एलीमबाट हिँडे र लाल समुद्रको किनारमा छाउनी हाले ।
NUM 33:11 तिनीहरू लाल समुद्रबाट हिँडे र सीनको मरुभूमिमा छाउनी हाले ।
NUM 33:12 तिनीहरू सीनको मरुभूमिबाट हिँडे र दोफकामा छाउनी हाले ।
NUM 33:13 तिनीहरू दोफकाबाट हिँडे र आलूशमा छाउनी हाले ।
NUM 33:14 तिनीहरू आलूशबाट हिँडे र रपीदीममा छाउनी हाले, जहाँ मानिसहरूलाई पिउनलाई पानी थिएन ।
NUM 33:15 तिनीहरू रपीदीमबाट हिँडे र सीनैको मरुभूमिमा छाउनी हाले ।
NUM 33:16 तिनीहरू सीनैको मरुभूमिबाट हिँडे र किब्रोथ-हत्तावामा छाउनी हाले ।
NUM 33:17 तिनीहरू किब्रोथ-हत्तावाबाट हिँडे र हसेरोतमा छाउनी हाले ।
NUM 33:18 तिनीहरू हसेरोतबाट हिँडे र रित्मामा छाउनी हाले ।
NUM 33:19 तिनीहरू रित्माबाट हिँडे र रिम्मोन-फारेसमा छाउनी हाले ।
NUM 33:20 तिनीहरू रिम्मोन-फारेसबाट हिँडे र लिब्‍नामा छाउनी हाले ।
NUM 33:21 तिनीहरू लिब्‍नाबाट हिँडे र रिस्सामा छाउनी हाले ।
NUM 33:22 तिनीहरू रिस्साबाट हिँडे र केहेलातामा छाउनी हाले ।
NUM 33:23 तिनीहरू केहेलाताबाट हिँडे र शेपेर पर्वतमा छाउनी हाले ।
NUM 33:24 तिनीहरू शेपेर पर्वतबाट हिँडे र हरादामा छाउनी हाले ।
NUM 33:25 तिनीहरू हरादाबाट हिँडे र मखेलोतमा छाउनी हाले ।
NUM 33:26 तिनीहरू मखेलोपबाट हिँडे र तहतमा छाउनी हाले ।
NUM 33:27 तिनीहरू तहतबाट हिँडे र तेरहमा छाउनी हाले ।
NUM 33:28 तिनीहरू तेरहबाट हिँडे र मित्कामा छाउनी हाले ।
NUM 33:29 तिनीहरू मित्काबाट हिँडे र हशमोनामा छाउनी हाले ।
NUM 33:30 तिनीहरू हशमोनाबाट हिँडे र मोसेरोतमा छाउनी हाले ।
NUM 33:31 तिनीहरू मोसेरोतबाट हिँडे र बने-याकानमा छाउनी हाले ।
NUM 33:32 तिनीहरू बने-याकानबाट हिँडे र होर-हगिदगादमा छाउनी हाले ।
NUM 33:33 तिनीहरू होर-हगिदगादबाट हिँडे र योतबातामा छाउनी हाले ।
NUM 33:34 तिनीहरू योतबाताबाट हिँडे र अब्रोनामा छाउनी हाले ।
NUM 33:35 तिनीहरू अब्रोनाबाट हिँडे र एस्योन‍-गेबेरमा छाउनी हाले ।
NUM 33:36 तिनीहरू एस्योन‍-गेबेरबाट हिँडे र कादेशमा भएको सीनको मरुभूमिमा छाउनी हाले ।
NUM 33:37 तिनीहरू कादेशबाट हिँडे र एदोमको सिमानामा पर्ने होर पर्वतमा छाउनी हाले ।
NUM 33:38 हारून परमप्रभुको आज्ञामा होर पर्वतमाथि गए र इस्राएलका मानिसहरू मिश्रबाट आएका चालिसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा त्यहाँ तिनको मृत्यु भयो ।
NUM 33:39 हारूनको मृत्यु हुँदा तिनी १२३ वर्षका थिए ।
NUM 33:40 कनानको भूमिको दक्षिणी मरुभूमिमा बस्‍ने अरादका कनानी राजाले इस्राएलका मानिसहरू आइरहेका छन् भन्‍ने सुने ।
NUM 33:41 तिनीहरू होर पर्वतबाट हिँडे र सलमोनामा छाउनी हाले ।
NUM 33:42 तिनीहरू सलमोनाबाट हिँडे र पूनोनमा छाउनी हाले ।
NUM 33:43 तिनीहरू पूनोनबाट हिँडे र ओबोतमा छाउनी हाले ।
NUM 33:44 तिनीहरू ओबोतबाट हिँडे र मोआबको सिमानामा पर्ने इयेअबारीममा छाउनी हाले ।
NUM 33:45 तिनीहरू इयेअबारीमबाट हिँडे र दीबोनगादमा छाउनी हाले ।
NUM 33:46 तिनीहरू दीबोनगादबाट हिँडे र अल्मोन-दिब्लातैममा छाउनी हाले ।
NUM 33:47 तिनीहरू अल्मोन-दिब्लातैमबाट हिँडे र नेबोको अगिल्तिर अबारीम पर्वतमा छाउनी हाले ।
NUM 33:48 तिनीहरू अबारीमबाट हिँडे र यरीहोमा यर्दन नजिकैको मोआबको मैदानमा छाउनी हाले ।
NUM 33:49 तिनीहरूले यर्दनको किनारमा मोआबको मैदानमा बेथ-यशीमोतदेखि हाबिल-शित्तिमसम्मै छाउनी हाले ।
NUM 33:50 परमप्रभु यरीहोमा यर्दन नदीको किनारमा मोआबको मैदानमा मोशासँग बोल्नुभयो,
NUM 33:51 “इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको मुलुकमा जान्छौ, तिमीहरूले तिमीहरूभन्दा अघि बस्‍ने सबै बासिन्दालाई धपाउनुपर्छ ।
NUM 33:52 तिमीहरूले तिनीहरूका सबै कुँदिएका प्रतिमाहरू नष्‍ट गर्नुपर्छ । तिमीहरूले तिनीहरूका ढलौटे मूर्तिहरू र तिनीहरूका उच्‍च स्थानहरू नष्‍ट पार्नुपर्छ ।
NUM 33:53 तिमीहरूले भूमिलाई कब्जा गर्नुपर्छ र यसमा बसोबास गर्नुपर्छ, किनभने मैले तिमीहरूलाई त्यो भूमि तिमीहरूको स्वामित्वमा दिएको छु ।
NUM 33:54 तिमीहरूले भूमिलाई चिट्ठा हालेर कुल-कुलअनुसार अंश बाँड्नुपर्छ । ठुलो कुललाई भूमिको ठुलो अंश दिनुपर्छ र सानो कुललाई भूमिको सानै अंश दिनुपर्छ । कुल-कुलअनुसारको चिट्ठा जहाँ पर्छ, त्यो त्यही कुलको हुने छ । तिमीहरूले भूमिलाई आ-आफ्नो कुलअनुसार बाँड्ने छौ
NUM 33:55 तर यदि तिमीहरूले तिमीहरूभन्दा अघिका बासिन्दाहरूलाई धपाएनौ भने, तिमीहरूले बस्‍न दिएका मानिसहरू तिमीहरूका आँखाका कसिङ्गरहरू र जीउमा बिझेको काँढाहरूजस्ता हुने छन् । तिनीहरूले तिमीहरू बसोबास गर्ने भूमिलाई कठिन बनाउने छन् ।
NUM 33:56 त्यसपछि मैले ती मानिसहरूलाई जे गर्ने अभिप्राय राखेको छु सो म तिमीहरूलाई पनि गर्ने छु ।
NUM 34:1 परमप्रभु मोशासँग बोल्नुभयो,
NUM 34:2 “इस्राएलका मानिसहरूलाई आज्ञा दे र तिनीहरूलाई भन्, 'जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, त्यो देश अर्थात् कनानको भूमि र यसका सिमानाहरू तिमीहरूको स्वामित्वमा हुने छ,
NUM 34:3 तिमीहरूका दक्षिणी सिमाना सीनको मरुभूमिदेखि एदोमको सिमानासम्म हुने छ । पूर्वतिर दक्षिणी सिमानाको अन्त मृत सागरको दक्षिणी किनारासम्म हुने छ ।
NUM 34:4 तिमीहरूको सिमाना दक्षिणबाट अक्रबीमको डाँडा र सीनक मरुभूमि हुँदै जाने छ । त्यहाँबाट यो कादेश-बर्नेतिर रहसर-अद्दर र अज्मोनतिर अघि बढ्नेछ ।
NUM 34:5 त्यहाँबाट सिमाना अज्मोनबाट मिश्रको खोलातर्फ लाग्‍ने छ र समुद्रमा अन्त हुने छ ।
NUM 34:6 पश्‍चिमी सिमाना भूमध्य सागरको तट हुने छ । यो तिमीहरूको पश्‍चिमी सिमाना हुने छ ।
NUM 34:7 तिमीहरूका उत्तरी सिमाना भूमध्य सागरदेखि होर पर्वततिर जाने छ,
NUM 34:8 त्यसपछि होर पर्वतबाट लेबो-हमातसम्म अनि सदादसम्म हुने छ ।
NUM 34:9 अनि सिमाना सिप्रोनतिर अघि बढ्ने छ र हसर‍-एनानमा टुङ्गिनेछ । यो तिमीहरूको उत्तरी सिमाना हुने छ ।
NUM 34:10 तिमीहरूले तिमीहरूको पूर्वी सिमाना हसर-एनानदेखि दक्षिणमा सपामसम्म चिनो लगाउनुपर्छ ।
NUM 34:11 पूर्वतिरको सिमाना सपामदेखि तल झरेर ऐनको पूर्वतिर पर्ने रिब्लासम्म जाने छ ।
NUM 34:12 यो सिमाना किन्‍नरेत समुद्रको पूर्व किनारसम्म अघि बढ्ने छ । त्यो सिमाना यर्दन नदी हुँदै मृत सागरसम्म र मृत सागरको पूर्वी किनाराबट तल झर्ने छ । चारैतिरका सिमानासहितको यो तिमीहरूको देश हुने छ ।
NUM 34:13 मोशाले इस्राएलका मानिसहरूलाई आज्ञा गरे र भने, “तिमीहरूले चिट्ठाद्वारा पाउने मुलुक यही हो, जसलाई साँढे नौ कुललाई दिन परमप्रभुले आज्ञा दिनुभएको छ ।
NUM 34:14 रूबेनका सन्तानहरूका कुलले तिनीहरूको कुलअनुसारको सम्पत्तिको अंश, गादका सन्तानहरूका कुलले तिनीहरूका कुलअनुसारको सम्पत्तिको अंश र मनश्शेका आधा कुलले तिनीहरूको भूमि पाएका छन् ।
NUM 34:15 अढाइ कुलले तिनीहरूको हिस्सा यरीहोमा यर्दनपारि पूर्वतिर अर्थात् सूर्योदय हुने दिशामा पाएका छन् ।
NUM 34:16 परमप्रभु मोशासँग बोल्नुभयो,
NUM 34:17 “तिनीहरूको अंशको निम्ति भूमिको भाग लगाउनेहरूका नाउँ यिनै हुन्ः पुजारी एलाजार र नूनका छोरा यहोशू ।
NUM 34:18 तिनीहरूको वंशको निम्ति भूमि भाग लगाउन तिमीहरूले हरेक कुलबाट एक-एक जना अगुवा छान्‍नुपर्छ
NUM 34:19 ती मानिसहरूका नाउँ यिनै हुन्ः
NUM 34:20 यहूदाको कुलबाट यपून्‍नेका छोरो कालेब ।
NUM 34:21 शिमियोनको सन्तानहरूको कुलबाट अम्मीहुदका छोरो शेमुएल,
NUM 34:22 बेन्यामीनको कुलबाट किसलोनका छोरो एलीदाद, दानको सन्तानहरूको कुलबाट एक जना अगुवा योगलीका छोरो बुक्‍की,
NUM 34:23 योसेफका सन्तानहरू मनश्शेका सन्तानरूका कुलको एक जना अगुवा एपोदका छोरो हन्‍नीएल,
NUM 34:24 एफ्राइमका सन्तानहरूका कुलबाट एक जना अगुवा शिप्‍तानको छोरो कमूएल,
NUM 34:25 जबूलूनका सन्तानक‍हरूका कुलबाट एक जना अगुवा पर्नाकको छोरो एलीजापान,
NUM 34:26 इस्साकारका सन्तानहरूका कुलबाट एक जना अगुवा अजानको छोरो पल्तिएल,
NUM 34:27 आशेरको सन्ताहरूका कुलबाट एक जना अगुवा शलोमीको छोरो अहीहूद,
NUM 34:28 नप्‍तालीको सन्तानहरूको कुलबाट एक जना अगुवा अम्मीहूदका छोरो पदहेल ।”
NUM 34:29 परमप्रभुले यी मानिसहरूलाई कनानको भूमि भाग लगाउन र इस्राएलका कुल-कुललाई तिनीहरूको अंश दिन आज्ञा दिनुभयो ।
NUM 35:1 परमप्रभु यरीहोमा यर्दन नजिकको मोआबको मैदानमा मोशासँग बोल्नुभयो,
NUM 35:2 “इस्राएलका मानिसहरूलाई तिनीहरूका आ-आफ्नो भूमिको हिस्साबाट लेवीहरूलाई केही दिन आज्ञा दे । तिनीहरूले उनीहरूलाई बस्‍नको निम्ति सहरहरू र त्यसको वरिपरि खर्क दिनुपर्छ ।
NUM 35:3 लेवीहरूले बस्‍नलाई यी सहरहरू पाउने छन् । तिनीहरूका गाईवस्तुहरू, भेडा-बाख्राहरू र तिनीहरूका सबै जनावरका निम्ति खर्क हुने छ ।
NUM 35:4 तिमीहरूले लेवीहरूलाई दिने सहर वरिपरिका खर्कहरू सहरका पर्खालहरूदेखि बाहिर वरिपरि सबैतिर एक-एक हजार हातसम्म फैलिएको हुने छ ।
NUM 35:5 तिमीहरूले सहरको बाहिरबाट पूर्वपट्टि दुई हजार हात, दक्षिणपट्टि दुई हजार हात, पश्‍चिमपट्टि दुई हजार हात र उत्तरपट्टि दुई हजार हात नाप्‍नुपर्छ । यो तिनीहरूका निम्ति खर्कहरू हुने छ । सहरचाहिँ बिचमा हुने छ ।
NUM 35:6 तिमीहरूले लेवीहरूलाई दिने सहरहरूमध्ये छ वटाले शरण-नगरहरूको काम गर्नुपर्छ । तिमीहरूले दिएका यी ठाउँहरूले कुनै मानिसलाई मार्ने व्यक्‍ति भाग्‍न सक्‍ने ठाउँ हुनुपर्छ । बयालिसवटा सहर पनि दिनू ।
NUM 35:7 तिमीहरूले लेवीहरूलाई दिने सहरहरू जम्‍मा अठचालिसवटा हुने छ । तिमीहरूले तिनीहरूलाई तिनीहरूका खर्कहरूसहित दिनुपर्छ ।
NUM 35:8 इस्राएलका मानिसहरूको ठुलो कुलसँग धैरै भूमि हुने भएकोले धेरै सहरहरू दिनुपर्छ । साना कुलहरूले कम सहरहरू दिनुपर्छ । हरेक कुलले आफूले प्राप्‍त गरेको हिस्साअनुसार लेवीहरूको निम्ति दिनुपर्छ ।
NUM 35:9 त्यसपछि परमप्रभु मोशासँग बोल्नुभयो,
NUM 35:10 “इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको भूमिमा प्रवेश गर्छौ,
NUM 35:11 तिमीहरूले तिमीहरूको निम्ति शरण-नगरको काम गर्ने सहरहरू चुन्‍नुपर्छ, जसमा कसैलाई अजानमा मारेको व्यक्‍ति त्यो ठाउँमा भागेर जान सक्छ ।
NUM 35:12 यी सहरहरू बदला लिने व्यक्‍तिबाट बाँच्‍ने तिमीहरूको शरण-नगर हुनुपर्छ, ताकि दोष लगाइएको व्यक्‍ति समुदायको सामु न्यायको लागि खडा हुनअगि नमारियोस् ।
NUM 35:13 तिमीहरूले छवटा सहरलाई शरण-नगरको रूपमा छान्‍नुपर्छ ।
NUM 35:14 तिमीहरूले यर्दनपारि तिनवटा सहर र कनानको भूमिमा तिनवटा सहर दिनुपर्छ । ती शरण-नगर हुने छन् ।
NUM 35:15 यी छवटा सहरले इस्राएलका मानिसहरूका निम्ति, परदेशीहरूका निम्ति र तिमीहरूमाझ बसोबास गर्ने जो कोहीको निम्ति एउटा शरणको काम गर्नेछ, जसमा कसैलाई अजानमा मार्ने व्यक्‍ति भागेर जान सक्छ ।
NUM 35:16 तर यदि दोष लगाइएको मानिसले पीडितलाई फलामको हतियारले प्रहार गरेको छ भने, र यदि त्यसले आक्रमण गरेको व्यक्‍ति मर्‍यो भने, दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
NUM 35:17 यदि दोष लगाइएको मानिसले कसैलाई आफ्नो हातमा भएको ढुङ्गाले कसैलाई मर्ने गरी प्रहार गरेको छ भने, र यदि त्यो व्यक्‍ति मर्‍यो भने, त्यो दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
NUM 35:18 यदि दोष लगाइएको व्यक्‍तिले कसैलाई काठको हतियारले प्रहार गरेको छ भने, र यदि त्यो व्यक्‍ति मर्‍यो भने, दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
NUM 35:19 रगतको बदला लिने व्यक्‍तिले हत्यारालाई मार्न सक्छ । त्यसले त्यसलाई भेट्दा, रगतको बदला लिने व्यक्‍तिले त्यसलाई मार्नुपर्छ ।
NUM 35:20 यदि त्यसले ढुकेर बसी कसैलाई प्रहार गर्छ वा घृणा गरेर केही कुराले आक्रमण गर्छ भने र आक्रमण गरिएको व्यक्‍ति मर्छ भने,
NUM 35:21 वा यदि त्यसले घृणा गरेको व्यक्‍तिलाई आफ्नै हातले प्रहार गर्छ अनि त्यो आक्रमणमा परेको व्यक्‍ति मर्छ भने, त्यसलाई प्रहार गरेको दोष लगाइएको व्यक्‍तिलाई मार्नुपर्छ । त्यो हत्यारा हो । रगतको बदला लिने व्यक्‍तिले त्यसलाई भेट्दा मार्न सक्छ ।
NUM 35:22 तर यदि दोष लगाइएको व्यक्‍तिले पूर्वघृणाविना अचानक कुनै कुरा फ्याँक्दा ढुकेर नबसी नै आक्रमणमा परेको व्यक्‍तिलाई लाग्यो भने,
NUM 35:23 वा यदि त्यसले आक्रमणमा परेका व्यक्‍तिलाई नदेखी ढुङ्गा फ्याँक्दा लाग्छ र मर्छ, अनि आक्रमणमा परेको व्यक्‍ति दोष लगाइएको व्यक्‍तिको शत्रु होइन भने; त्यसले त्यसलाई चोट पुर्‍याउन खोजिरहेको थिएन । तर आक्रमणमा परेको व्यक्‍ति मर्छ भने यसो गर्नुपर्छ ।
NUM 35:24 त्यस अवस्थामा समुदायले दोष लगाइएको व्यक्‍ति र रगतको बदला लिनेबिच यी नियमहरूको आधारमा न्याय गर्नुपर्छ ।
NUM 35:25 समुदायले दोष लगाइएको व्यक्‍तिलाई रगतको बदला लिने व्यक्‍तिको शक्‍तिबाट छुटकारा दिनुपर्छ । समुदायले त्यो दोष लगाइएको व्यक्‍ति पहिले भागेर गएको शरण-नगरमा नै त्यसलाई फर्काउनुपर्छ । त्यो त्यस बेलाको प्रधान पुजारीको मृत्यु नभएसम्म त्यहीँ नै बस्‍नुपर्छ, जसलाई पवित्र तेलले अभिषेक गरिएको थियो ।
NUM 35:26 तर यदि दोष लगाइएको व्यक्‍ति कुनै बखत त्यो भागेर गएको सहरको सिमानाबाहिर जान्छ,
NUM 35:27 र यदि रगतको बदला लिनेले त्यसलाई शरण-नगरको सिमानाबाहिर फेला पार्छ, र यदि त्यसले त्यो दोष लगाइएको व्यक्‍तिलाई मार्छ भने, रगतको बदला लिने व्यक्‍ति हत्याको दोषी हुने छैन ।
NUM 35:28 किनभने त्यो दोष लागेको व्यक्‍ति प्रधान पुजारीको मृत्यु नभएसम्म त्यसको शरण-नगरभित्र नै बस्‍नु पर्थ्यो । प्रधान पुजारीको मृत्युपछि त्यो दोष लागेको व्यक्‍ति आफ्नो सम्पत्ति भएको ठाउँमा फर्केर जान सक्छ ।
NUM 35:29 यी नियमहरू तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको विधिविधान हुनुपर्छ ।
NUM 35:30 कुनै मानिसलाई मार्ने हत्यारालाई साक्षीहरूले दिएको प्रमाणअनुसार मार्नुपर्छ । तर एक जना मात्र साक्षीको प्रमाणमा कुनै पनि व्यक्‍तिलाई मार्नु हुदैन ।
NUM 35:31 साथै हत्याराको दोषीको निम्ति तिमीहरूले कुनै किसिको छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । त्यसलाई अवश्य नै मार्नुपर्छ ।
NUM 35:32 शरण-नगरमा भागेर गएको व्यक्‍तिको निम्ति तिमीहरूले छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । यसरी प्रधान पुजारीको मृत्यु नभएसम्म तिमीहरूले त्यसलाई आफ्नो जायदाद भएको ठाउँमा बसोबास गर्न दिनुहुँदैन ।
NUM 35:33 तिमीहरू बसोबास गरेको भूमिलाई यसरी दूषित नपार, किनभने हत्याराबाटको रगतले भूमिलाई दूषित पार्छ । भूमिमा रगत बगाएपछि यसको निम्ति रगत बगाउने व्यक्‍तिको रगतले बाहेक कुनै किसिमको प्रायश्‍चित्त गर्न सकिँदैन ।
NUM 35:34 त्यसैले तिमीहरू बसोबास गर्ने भूमिलाई तिमीहरूले अशुद्ध पार्नुहुँदैन, किनभने म यसमा बास गर्छु । म परमप्रभु इस्राएलका मानिसहरूमाझ बास गर्छु ।
NUM 36:1 त्यसपछि योसेफका सन्तानहरूका कुलका माकीरका (जो मनश्शेको छोरा थिए) छोरा गिलादको कुलका पुर्खाहरूका अगुवाहरू आए अनि
NUM 36:2 मोशा र इस्राएलका मानिसहरूका पुर्खाहरूका परिवारहरूको प्रमुखहरूको सामु भने, “परमप्रभुले हाम्रा मालिक तपाईंलाई इस्राएलका मानिसहरूलाई चिट्ठाद्वारा भूमिको हिस्सा दिने आज्ञा दिनुभयो । हाम्रो भाइ सलोफादको हिस्सा तिनका छोरीहरूलाई दिन परमप्रभुले तपाईंलाई आज्ञा गर्नुभएको थियो ।
NUM 36:3 तर यदि तिनका छोरीहरूले इस्राएलका मानिसहरूको अन्य कुलका पुरुषसँग विवाह गरे भने, भूमिको तिनीहरूको हिस्सा हाम्रा पुर्खाहरूको हिस्साबाट हट्ने छ । यो तिनीहरू सहभागी हुने कुलको हिस्सामा थपिने छ ।
NUM 36:4 यस अवस्थामा यो हाम्रो अंशको तोकिएको हिस्साबाट हट्ने छ । त्यस अवस्थामा इस्राएलका मानिसहरूको पुनर्स्थापनाको वर्ष आउँदा तिनीहरूको हिस्सा तिनीहरू जोडिने कुलमा नै गाभिने छ । यसरी तिनीहरूको हिस्सा हाम्रो पुर्खाको कुलको हिस्साबाट लगिने छ ।”
NUM 36:5 त्यसैले मोशाले परमप्रभुको वचनमा इस्राएलका मानिसहरूलाई आज्ञा दिए, “योसेफका सन्तानहरूका कुलले भनेको कुरा सही हो ।
NUM 36:6 सलोफादका छोरीको बारेमा परमप्रभुले यो आज्ञा दिनुहुन्छ, 'तिनीहरू आफूलाई उत्तम लाग्‍ने मानिससँग विवाह गरून्, तर तिनीहरूले आफ्ना पिताको परिवारभित्र मात्र विवाह गर्नुपर्छ ।'
NUM 36:7 इस्राएलका मानिसहरूको कुनै पनि अंश एउटा कुलबाट अर्कोमा बद्‍ली गर्नुहुँदैन । इस्राएलका मानिसहरूको हरेक कुलले आ-आफ्नो पुर्खाको कुलको अंशलाई निरन्तरता दिनुपर्छ ।
NUM 36:8 आफ्नो कुलमा अंश पाउने हेरक महिलाले आफ्नै पिताको कुलको परिवारभित्र मात्र विवाह गर्नुपर्छ, ताकि इस्राएलका मानिस हरेकले आ-आफ्नो पुर्खाहरूबाटको अंश पाओस् ।
NUM 36:9 कुनै पनि हिस्सा एउटा कुलबाट अर्कोमा बद्ली गर्नुहुँदैन । इस्राएलका मानिसको कुलको हरेकले आ-आफ्नो अंश सुरक्षित राख्‍नुपर्छ ।”
NUM 36:10 त्यसैले सलोफादका छोरीहरूले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे ।
NUM 36:11 सलोफादका छोरी महला, तिर्सा, होग्ला, मिल्का र नोआहले मनश्शेका सन्तानहरूसँग विवाह गरे ।
NUM 36:12 तिनीहरूले योसेफका छोरा मनश्शेका सन्तानहरूका कुलहरूमा विवाह गरे । यसरी तिनीहरूको हिस्सा तिनीहरूको पिताको कुलभित्र नै रह्यो ।
NUM 36:13 परमप्रभुले मोशाद्वारा यरीहोमा यर्दन नजिक मोआबको मैदानमा इस्राएलका मानिसहरूलाई दिनुभएका आज्ञाहरू र नियमहरू यिनै हुन् ।
DEU 1:1 यर्दन नदीको बेँसीको मैदानमा सुपको सामुन्‍ने अराबामा पारान, तोफेल, लाबान, हसेरोत र दीसाहाबका बिचमा यर्दनपारिको उजाड-स्थानमा मोशाले सबै इस्राएलीलाई दिएका वचन यिनै हुन् ।
DEU 1:2 होरेबदेखि सेइर पर्वतको बाटो भएर कादेश-बर्नेसम्म पुग्‍न एघार दिन लाग्छ ।
DEU 1:3 चालिसौँ वर्षको एघारौँ महिनाको पहिलो दिनमा मोशाले इस्राएलका सबै मानिसलाई परमप्रभुले तिनीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएका सबै कुरा तिनले तिनीहरूलाई बताइदिए ।
DEU 1:4 हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोन र एद्रईको अस्तारोतमा बस्‍ने बाशानका राजा ओगलाई परमप्रभुले आक्रमण गर्नुभएपछि यो भएको थियो ।
DEU 1:5 यर्दनपारि मोआब देशमा मोशाले यी निर्देशनहरू दिन थाले,
DEU 1:6 “परमप्रभु हाम्रा परमेश्‍वर यसो भन्दै होरेबमा हामीसित बोल्नुभयो, 'तिमीहरू यस डाँडामा बसेको धेरै भइसकेको छ ।
DEU 1:7 आफ्नो यात्रा सुरु गरी एमोरीहरूको पहाडी देश र त्यसका छेउछाउका सबै ठाउँ अर्थात् यर्दन नदीको बेँसीको मैदान, पहाडी देश, तराई, नेगेव र समुद्रीतटमा कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ ।
DEU 1:8 हेर, मैले यो देश तिमीहरूको सामु राखिदिएको छु । परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिनीहरू र तिनीहरूका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा गएर यसलाई कब्जा गर ।'
DEU 1:9 त्यस बेला मैले तिमीहरूलाई यसो भनेँ, 'म एक्लै तिमीहरूलाई अगुवाइ गर्न सक्दिनँ ।
DEU 1:10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको वृद्धि गराउनुभएको छ, अब हेर आज तिमीहरू आकाशका तारापुञ्‍जजस्तै धेरै भएका छौ ।
DEU 1:11 परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले आफूले प्रतिज्ञा गरेअनुसार तिमीहरूलाई हजारौँ गुणा वृद्धि गरी तिमीहरूलाई आशिष् दिनुभएको होस् ।
DEU 1:12 तर म आफैले मात्र कसरी तिमीहरूका भार, तिमीहरूका बोझ र तिमीहरूका झगडाहरू बोक्‍न सक्छु ?
DEU 1:13 हरेक कुलबाट बुद्धिमान् मानिसहरू, समझशक्ति भएकाहरू र असल नाम चलेकाहरूलाई छान र म तिनीहरूलाई तिमीहरूका नायक नियुक्त गर्ने छु ।'
DEU 1:14 तिमीहरूले जवाफ दिई मलाई भन्यौ, 'तपाईंले भन्‍नुभएको कुरो हाम्रो निम्ति असल छ ।'
DEU 1:15 त्यसैले मैले तिमीहरूका कुलहरूबाट मुख्य मानिसहरू, बुद्धिमान् मानिसहरू, असल नाउँ चलेकाहरूलाई छानी तिनीहरूलाई तिमीहरूका नायक बनाएँ ताकि तिनीहरूले कुल-कुलअनुसार हजार, सय, पचास र दसको रेखदेख गरून् ।
DEU 1:16 त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनी आज्ञा दिएँ, 'तिमीहरूका दाजुभाइहरूका बिचमा भएको झगडालाई सुनी कुनै मानिस, भाइ र तिमीहरूका परदेशीको बिचमा धार्मिकतापूर्वक न्याय गर ।
DEU 1:17 झगदा हुँदा कसैको पक्षपात नगर । साना-ठुला दुवैको कुरामा समान रूपमा ध्यान देओ । मानिसको अनुहारदेखि नडराओ किनकि न्याय परमेश्‍वरको हो । तिमीहरूले मिलाउन नसक्‍ने झगडा मकहाँ ल्याओ र म त्यो सुन्‍ने छु ।'
DEU 1:18 तिमीहरूले गर्नुपर्ने सबै कुरा मैले त्यस बेला नै तिमीहरूलाई आज्ञा गरेको थिएँ ।
DEU 1:19 हामी होरेबबाट यात्रा गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा गर्नुभएअनुसार तिमीहरूले देखेका विशाल र डरलाग्दो उजाड-स्थानबाट भएर एमोरीहरूको पहाडी देशतर्फ जाने बाटो लाग्यौँ अनि हामी कादेश-बर्ने आइपुग्यौँ ।
DEU 1:20 मैले तिमीहरूलाई भनेँ, 'तिमीहरू एमोरीहरूको पहाडी देशमा आइपुगेका छौ जुन देश परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिँदै हुनुहुन्छ ।
DEU 1:21 हेर, परमप्रभु तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूका सामु राखिदिनुभएको छ । तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएअनुसार माथि उक्लेर यसको अधिकार गर । नडराओ, न त निरुत्साहित होओ ।'
DEU 1:22 तिमीहरू हरेक मकहाँ आएर भन्यौ, 'हामीभन्दा अगिअगि मानिसहरू पठाऔँ ताकि तिनीहरूले हाम्रो निम्ति त्यस देशको भेद लिई हामीले त्यस देशलाई कसरी आक्रमण गर्नुपर्छ र हामी कुन-कुन सहरमा आइपुग्‍नुपर्ने हो भन्‍ने बारेमा तिनीहरूले बताऊन् ।'
DEU 1:23 त्यो सल्लाहले मलाई ज्यादै खुसी पार्‍यो । मैले तिमीहरूमध्ये हरेक कुलबाट एक-एक गरी बाह्र जना मानिस छानेँ ।
DEU 1:24 तिनीहरू पहाडी देशमा गए । तिनीहरू एश्कोलको बेँसीमा पुगी यसको जासुसी गरे ।
DEU 1:25 तिनीहरूले आ-आफ्ना हातमा त्यस देशका केही उत्पादनहरू हामीकहाँ ल्याए । तिनीहरूले हामीकहाँ यस्तो समाचार पनि ल्याए, 'परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिन लाग्‍नुभएको यो देश असल छ ।'
DEU 1:26 तर तिमीहरूले आक्रमण गर्न इन्कार गरी परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरुद्धमा गयौ ।
DEU 1:27 तिमीहरूका पालहरूमा गनगन गर्दै तिमीहरूले भन्यौ, “परमप्रभुले हामीलाई घृणा गर्नुभएको छ । त्यसैले, एमोरीहरूको हातमा सुम्पी हामीलाई नष्‍ट गर्न उहाँले हामीलाई मिश्र देशबाट बाहिर ल्याउनुभएको छ ।
DEU 1:28 अब हामी कहाँ जाने? हाम्रा दाजुभाइहरूले यसो भनी हामीलाई निराश बनाएका छन्, 'ती मानिसहरू हामीभन्दा ठुला र अग्ला छन् । तिनीहरूका सहरहरू विशाल छन् र आकाशसम्मै पर्खाल लगाइएका छन् । त्यस बाहेक, त्यहाँ हामीले अनाकीहरूका सन्तानहरूलाई पनि देखेका छौँ' ।”
DEU 1:29 तब मैले तिमीहरूलाई भनेँ, 'भयभीत नहोओ, न त तिनीहरूदेखि डराओ ।
DEU 1:30 तिमीहरूका अगिअगि जानुहुने तिमीहरूका परमप्रभु परमेश्‍वर नै तिमीहरूका पक्षमा लड्नुहुने छ जस्तो तिमीहरूकै आँखाका सामुन्‍ने मिश्रमा तिमीहरूका निम्ति उहाँले गर्नुभएको थियो ।
DEU 1:31 तिमीहरू यस ठाउँमा नआइपुगुञ्‍जेलसम्म बुबाले आफ्नो छोरोलाई बोकेजस्तै उजाड-स्थानसाथै हरेक ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बोक्‍नुभएको तिमीहरूले देखेकै छौ ।'
DEU 1:32 यस वचनका बाबजुत पनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरमा विश्‍वास गरेनौ
DEU 1:33 जो रातमा आगो र दिनमा बादल बनेर तिमीहरूलाई छाउनी बनाउने ठाउँ पत्ता लगाउन तिमीहरूका अगिअगि जानुभयो ।
DEU 1:34 परमप्रभुले तिमीहरूको आवाज सुन्‍नुभयो र उहाँ रिसाउनुभयो । उहाँले शपथ खाएर भन्‍नुभयो,
DEU 1:35 'निश्‍चय नै यो दुष्‍ट पुस्ताको एउटै मान्छेले पनि मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनेको असल देश देख्‍ने छैन ।
DEU 1:36 तर यपुन्‍नेका छोरा कालेबले यो देश देख्‍नेछ । त्यसले पूर्ण रूपमा परमप्रभुलाई पछ्याएकोले म त्यसलाई र त्यसका सन्तानहरूलाई त्यसले पाइला टेकेको यो देश दिने छु ।'
DEU 1:37 तिमीहरूका कारणले परमप्रभु मसित पनि रिसाउनुभयो, 'तँ पनि त्यहाँ जाने छैनस् ।
DEU 1:38 मेरो सामु खडा हुने नूनका छोरा यहोशू त्यहाँ जाने छ । त्यसलाई उत्साह दे किनकि त्यसले यस देशको कब्जा गर्न इस्राएललाई अगुवाइ गर्नेछ ।
DEU 1:39 यस बाहेक, तेरा स-साना बालबालिकाहरू जसको विषयमा तैँले तिनीहरू सिकार हुने छन् भनी बताएको थिइस्, जससित आज असल र खराबको ज्ञान छैन, तिनीहरू नै त्यहाँ जाने छन् । तिनीहरूलाई म यो देश दिने छु र तिनीहरूले यसको अधिकार गर्ने छन् ।
DEU 1:40 तर तिमीहरू भने फर्केर उजाड-स्थानको बाटो हुँदै नर्कटहरूको समुद्रको दिशातर्फ जाओ ।'
DEU 1:41 तब तिमीहरूले मलाई जवाफ दियौ, 'हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौँ । हामी माथि उक्लेर लडाइँ गर्ने छौँ, र परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई गर्नू भनी आज्ञा दिनुभएका सबै कुरा हामी गर्नेछौँ । तिमीहरूका बिचमा भएका हरेक पुरुषले आ-आफ्नो हतियार उठाएर त्यस पहाडी देशलाई आक्रमण गर्न तयार भयौ ।
DEU 1:42 परमप्रभुले मलाई भन्‍नुभयो, 'तिनीहरूलाई भन्, “आक्रमण नगर्; लडाइँ नगर् किनकि म तिमीहरूसँग हुने छैनँ, र तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुने छौ ।'
DEU 1:43 मैले तिमीहरूलाई यसरी नै भनेँ, तर तिमीहरूले मेरो कुरा सुनेनौ । तिमीहरू परमप्रभुको आज्ञाको विरुद्धमा गयौ । तिमीहरू हठी भयौ र त्यस पहाडी देशलाई आक्रमण गर्न गयौ ।
DEU 1:44 तर त्यस पहाडी देशमा बस्‍ने एमोरीहरू तिमीहरूको विरुद्धमा आएर तिमीहरूलाई मौरीलाई झैँ लखेटे अनि सेइरदेखि होर्मासम्मै तिमीहरूलाई प्रहार गरे ।
DEU 1:45 तिमीहरू फर्केर पमरप्रभुको सामु रोयौ । तर पमरप्रभुले तिमीहरूको रुवाइ सुन्‍नुभएन, न त उहाँले तिमीहरूलाई ध्यानै दिनुभयो ।
DEU 1:46 त्यसैले तिमीहरू कादेशमा धेरै दिनसम्म बस्यौ । तिमीहरूले त्यहाँ पुरै दिनहरू बितायौ ।
DEU 2:1 तब हामी परमप्रभुले मलाई भन्‍नुभएझैँ नर्कटहरूको समुद्रको दिशातर्फ उजाड-स्थानमा यात्रा गर्‍यौँ । हामीले धेरै दिनसम्म सेइर पर्वतको फन्को मार्‍यौँ ।
DEU 2:2 परमप्रभुले मलाई यसो भन्‍नुभयो, '
DEU 2:3 तिमीहरू धेरै दिनसम्म यस पर्वतको वरिपरि घुम्दै छौ । अब उत्तरतिर फर्क ।
DEU 2:4 मानिसहरूलाई यसो भनी आज्ञा दे, 'तिमीहरू सेइरमा बस्‍ने एसावका सन्तानहरू अर्थात् तिमीहरूका दाजुभाइहरूको सिमाना पार गरेर जानुपर्छ । तिनीहरू तिमीहरूदेखि डराउने छन् । त्यसकारण सावधान होओ ।
DEU 2:5 तिनीहरूसँग लडाइँ नगर्नू किनकि म तिनीहरूको कुनै पनि देश तिमीहरूलाई दिने छैनँ । पैतलाले टेक्‍ने जत्रो ठाउँ पनि म तिमीहरूलाई दिने छैनँ । किनकि मैले सेइर पर्वत एसावको अधिकारमा दिएको छु ।
DEU 2:6 तिमीहरूले खानका लागि पैसा तिरेर तिनीहरूबाट खाना किन्‍नू । तिमीहरूले पिउनका लागि पैसा तिरेर तिनीहरूबाट पानी पनि किन्‍नू ।
DEU 2:7 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष् दिनुभएको छ । यो ठुलो उजाड-स्थानको यात्राभरि उहाँले तिमीहरूको हेरचाह गर्नुभएको छ । यी चालिस वर्ष परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसित हुनुभएको छ, र तिमीहरूलाई कुनै कुरोको कमी भएको छैन' ।”
DEU 2:8 त्यसैले हामी सेइरमा बस्‍ने एसावका सन्तानहरू अर्थात् हाम्रा दाजुभाइहरूका सिमानाहरू भएर गयौँ । यो ठाउँ एलात र एस्योन-गेबेर अनि अराबाट पर पर्छ । तब हामी फर्केर मोआबको उजाड-स्थानको बाटो लाग्यौँ ।
DEU 2:9 परमप्रभुले मलाई भन्‍नुभयो, 'मोआबलाई दुःख नदे, र तिनीहरूसित लडाइँ नगर् । म त्यसको देश तिमीहरूको आफ्नो अधिकार हुनलाई दिन्‍नँ किनभने मैले आर सहरलाई लोतका सन्तानहरूको अधिकार हुनलाई दिएको छु ।'
DEU 2:10 (पहिले त्यहाँ एमीहरू बस्थे जुन जाति पराक्रमी, असङ्ख्य र अनाकीहरूजस्तै अग्ला-अग्ला थिए ।
DEU 2:11 अनाकीहरूझैँ यी मानिसहरू पनि रपाईहरू हुन् भनी ठानिन्छ, तर मोआबीहरूले तिनीहरूलाई एमी भन्थे ।
DEU 2:12 सेइरमा पहिले होरीहरू पनि बस्थे, तर एसावका सन्तानहरूले तिनीहरूलाई धपाए । तिनीहरूले होरीहरूलाई त्यहाँबाट निकाली तिनीहरूको ठाउँमा बसोबास गरे जस्तो परमप्रभुले इस्राएललाई तिनीहरूको अधिकारको रूपमा यो देश दिनुभएको थियो ।)
DEU 2:13 'अब उठेर जेरेद खोला पारि जाओ ।' त्यसैले हामी जेरेद खोला पारि गयौँ ।
DEU 2:14 कादेश-बर्नेबाट जेरेद खोला पारिसम्म आउन हामीलाई अठतिस दिन लाग्यो । त्यस बेलासम्म परमप्रभुले शपथ खानुभएझैँ लडाइँको लागि योग्य सबै मानिसको त्यो पुस्ता नष्‍ट भइसकेको थियो ।
DEU 2:15 त्यस बाहेक, तिनीहरूलाई नष्‍ट नपारूञ्‍जेल परमप्रभुको हात त्यो पुस्ताको विरुद्धमा थियो ।
DEU 2:16 जब मानिसहरूका बिचबाट लडाइँको लागि योग्य सबै मानिस मरेर गए,
DEU 2:17 परमप्रभुले मलाई यसो भन्‍नुभयो,
DEU 2:18 'आज तिमीहरूले मोआबको सिमाना आर सहरलाई पार गर्नुपर्छ ।
DEU 2:19 तिमीहरू अम्मोनका मानिसहरूको सिमानामा आइपुग्दा तिनीहरूलाई दुःख नदेओ वा तिनीहरूसित लडाइँ नगर । अम्मोनीहरूको कुनै पनि भूमि म तिमीहरूको अधिकारको रूपमा दिन्‍नँ । किनकि मैले यो देश लोतका सन्तानहरूलाई अधिकारको रूपमा दिएको छु ।'
DEU 2:20 (त्यसलाई पनि रपाईहरूको देश ठानिन्थ्यो । त्यहाँ पहिले रपाईहरू बस्थे, तर अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्दथे ।
DEU 2:21 तिनीहरू पराक्रमी, असङ्ख्य र अनाकीहरूझैँ अग्ला-अग्ला थिए । तर परमप्रभुले अम्मोनीहरूकै सामुन्‍ने तिनीहरूलाई नष्‍ट गरिदिनुभयो र तिनीहरूले यिनीहरूलाई धपाएर तिनीहरू यिनीहरूको ठाउँमा बसे ।
DEU 2:22 परमप्रभुले सेइरमा बस्‍ने एसावका सन्तानहरूकै सामुन्‍ने होरीहरूलाई नष्‍ट गरी तिनीहरूको ठाउँमा यिनीहरूलाई राख्‍नुहुँदा यिनीहरूका लागि पनि यसै गर्नुभयो । यिनीहरू आजसम्म यहाँ बसोबास गर्दै छन् ।
DEU 2:23 गाजासम्म टाढा गाउँहरूमा बस्‍ने अव्वीहरूलाई कप्‍तोरबाट आएका कप्‍तोरीहरूले नष्‍ट पारी तिनीहरूको ठाउँमा बसोबास गरे ।)
DEU 2:24 'अब उठेर आफ्ना यात्रा थाल अनि अर्नोनको बेँसी पार गर । हेर, मैले हेश्बोनका राजा एमोरी सीहोन र त्यसको देश तिमीहरूलाई दिएको छु । यसलाई कब्जा गर्न थाल र त्योसित लडाइँ गर ।
DEU 2:25 पुरै आकाशमुनि भएका जाति-जातिहरूमा म तिमीहरूको डर र त्रास हाल्न सुरु गर्ने छु । तिनीहरूले तिमीहरूको बारेमा भएको खबर सुनेर थरथर काम्‍ने छन् अनि तिमीहरूको कारणले विचलित हुने छन् ।'
DEU 2:26 मैले कदेमोतको उजाड-स्थानबाट हेश्बोनका राजा सीहोनलाई शान्तिका वचनहरूसहित सन्देशवाकहरू पठाएँ,
DEU 2:27 'मलाई तपाईंको देश भएर जान दिनुहोस् । म लोकमार्ग भएर जानेछु । म दाहिने र देब्रे लाग्‍ने छैनँ ।
DEU 2:28 खानको लागि तपाईंले मलाई पैसामा खाना बेच्नुहुने छ र पिउनको लागि पैसामा पानी दिनुहुने छ । केवल मलाई तपाईंको देश भएर जान दिनुहोस्
DEU 2:29 । जसरी सेइरमा बस्‍ने एसावका सन्तानहरू र आर सहरमा बस्‍ने मोआबीहरूले मेरो निम्ति गरेथे त्यसै गरी मैले यर्दन पार गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने देशमा नपुगेसम्म त्यसै गर्नुहोस् ।'
DEU 2:30 तर हेश्बोनका राजा सीहोनले हाम्रो कुरा सुनेनन् र हामीलाई तिनको बाटो भएर जान दिएनन् । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनको मन कठोर बनाइदिनुभएको थियो र तिनको हृदय हठी बनाइदिनुभएको थियो ताकि तिमीहरूको शक्तिद्वारा उहाँले तिनलाई पराजित गर्नुभएको होस् जस्तो उहाँले आजको दिनसम्म गर्नुभएको छ ।
DEU 2:31 परमप्रभुले मलाई भन्‍नुभयो, 'हेर्, मैले तेरै सामुन्‍ने सीहोन र त्यसको देश तँलाई दिन थालेको छु । यस देशमाथि तेरो अधिकार होस् भनेर यसलाई कब्जा गर्न थाल् ।'
DEU 2:32 तब सीहोन आफ्ना सबै मानिस लिएर यहसा भन्‍ने ठाउँमा हाम्रो विरुद्धमा लड्न आए ।
DEU 2:33 परमप्रभु हाम्रा परमेश्‍वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो र हामीले तिनी, तिनका छोराहरू र तिनका सबै मानिसलाई पराजित गर्‍यौँ ।
DEU 2:34 त्यस बेला हामीले तिनका सबै सहर कब्जा गरी हरेक सहर, पुरुष र स्‍त्रीहरू अनि बालबच्‍चाहरूलाई पूर्ण रूपले नष्‍ट पार्‍यौँ । एउटै पनि बाँचेन ।
DEU 2:35 आफ्ना निम्ति लुटको मालको रूपमा लगेका गाईवस्तु र सहरबाट लुटिएका मालहरू मात्र हामीले लियौँ ।
DEU 2:36 अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलादसम्म हामीले कब्जा गर्न नसक्‍ने कुनै सहर थिएन । परमप्रभु हाम्रा परमेश्‍वरले ती हाम्रा हातमा दिनुभयो ।
DEU 2:37 केवल अम्मोनका सन्तानहरूको देशसाथै यब्बोक नदीका सबै किनाराका जग्गा अनि पहाडी देशका सहरहरू जहाँ परमप्रभु हाम्रा परमेश्‍वरले जान हामीलाई निषेध गर्नुभयो थियो, त्यहाँ तिमीहरू गएनौ ।
DEU 3:1 तब हामी फर्केर बाशानको बाटोतर्फ लाग्यौँ । बाशानका राजा ओग र तिनका मानिसहरू एद्रईमा हामीलाई आक्रमण गर्न आए ।
DEU 3:2 परमप्रभुले मलाई भन्‍नुभयो, 'त्यसदेखि नडरा । किनकि मैले तँलाई त्यसमाथि विजय दिएको छु, र तेरा सबै मानिस र त्यसको भूमि तेरो नियन्त्रणमा राखिदिएको छु । तैँले हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै त्यसलाई गर्ने छस् ।'
DEU 3:3 त्यसैले परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई बाशानका राजा ओग र तिनका सबै मानिसमाथि विजय दिनुभई हाम्रो नियन्त्रणमा दिनुभयो । हामीले एउटै पनि नछाडि तिनका मानिसहरूलाई मार्‍यौँ ।
DEU 3:4 त्यस बेला हामीले तिनका सबै सहर कब्जा गर्‍यौँ । हामीले बाशानमा अर्गोबको राज्यसाथै ओगको राज्य गरी एउटै पनि नछाडि सबै साठीवटा सहरलाई कब्जा गर्‍यौँ ।
DEU 3:5 यी सबै सहर अग्ला-अग्ला पर्खालले घेरिएका, प्रवेशद्वार र बारहरू भएका सहरहरू थिए । यीबाहेक पर्खाल नलगाइएका धेरै सहरहरू पनि थिए ।
DEU 3:6 हामीले हेश्बोनका राजालई गरेजस्तै तिनीहरूका पुरुष र स्‍त्रीहरूसाथै स-साना बालबच्‍चालाई पूर्ण रूपमा नष्‍ट पार्‍यौँ ।
DEU 3:7 तर सबै गाईवस्तु र सहरका धनमाल भने लुटको मालको रूपमा हामीले लियौँ ।
DEU 3:8 त्यस बेला हामीले एमोरीहरूका दुई राजाका हातबाट यर्दन पारिको अर्नोनको बेँसीदेखि हेर्मोन डाँडासम्मको देश कब्जा गर्‍यौँ ।
DEU 3:9 (हेर्मोनलाई सीदोनीहरूले सिरिओन र एमोरीहरूले सेनीर भन्दछन्) ।
DEU 3:10 हामीले तराईका सबै सहर, सबै गिलाद, सबै बाशान, सलका र एद्रईसम्मका इलाकाहरू अनि बाशानमा भएका ओग राज्यका सबै सहर कब्जा गर्‍यौँ ।
DEU 3:11 (रपाईहरूमा केवल बाशानका राजा जीवित रहे । तिनको पलङ्ग फलामको थियो । मानिसहरूको नापअनुसार यो नौ हात लामो र चार हात चौडा थियो । के अम्मोनका सन्तानहरू रब्बामा नै बस्थेनन् र?)
DEU 3:12 त्यस बेला हामीले अधिकारको रूपमा लिएको देश अर्थात् अर्नोनको बेँसीनेर अरोएरदेखि गिलादको पहाडी देशको आधा भाग र यसका सहरहरू मैले रूबेनीहरू र गादीहरूलाई दिएँ ।
DEU 3:13 गिलादको बाँकी भाग र सम्पूर्ण बाशान अर्थात् ओगको राज्य (अर्गोबको सम्पूर्ण राज्य र सम्पूर्ण बाशान) मैले मनश्शेको आधा कुललाई दिएँ । (उही क्षेत्रलाई रपाईहरूको देश भनिन्छ ।
DEU 3:14 मनश्शेका सन्तान याईरले गशूरी र माकातीहरूको सिमानासम्म अर्गोबको सारा राज्य कब्जा गरे । तिनले त्यस क्षेत्र र बाशानलाई आफ्नै नाउँद्वारा हब्बात-याईर नाउँ दिए जसलाई आजसम्म उही नामले चिनिन्छ ।)
DEU 3:15 मैले गिलादचाहिँ माकीरलाई दिएँ ।
DEU 3:16 रूबेनीहरू र गादीहरूलाई मैले गिलाददेखि अर्नोन बेँसीसम्म (बेँसीको मध्य भाग त्यस इलाकाको सिमाना थियो) र यब्बोक नदी (जुन अम्मोनीहरूको सिमाना थियो) दिएँ ।
DEU 3:17 यसको अर्को सिमाना किन्‍नरेतदेखि पिसगा टापुको पूर्वपट्टि रहेको भीरमुनि अराबा समुद्र (अर्थात् खारा समुद्र) सम्म अर्थात् यर्दन नदीको बेँसीको मैदान थियो ।
DEU 3:18 त्यस बेला मैले तिमीहरूलाई यसो भनेर आज्ञा दिएँ, 'परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यो देश अधिकार गर्न दिनुभएको छ । सबै योद्धाहरू इस्राएलका मानिसहरू अर्थात् तिमीहरूका दाजुभाइहरूका सामु हतियार भिरेर जानुपर्छ ।
DEU 3:19 तर तिमीहरूका पत्‍नीहरू, तिमीहरूका बालबच्‍चाहरू र तिमीहरूका गाईवस्तु (तिमीहरूसित थुप्रै गाईवस्तु छन् भनी मलाई थाहा छ) मैले तिमीहरूलाई दिएका सहरहरूमा बस्‍ने छन् ।
DEU 3:20 परमप्रभुले तिमीहरूलाई झैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिनुभएसम्म र परमप्रभुले तिमीहरूलाई दिनुहुने यर्दनपारिको भूमि तिमीहरूलाई अधिकार गर्न नदिनुभएसम्म तिमीहरूले यसो गर्नू । तब मैले तिमीहरूलाई अधिकारमा दिएको देशमा तिमीहरू हरेक फर्केर आउने छौ ।'
DEU 3:21 त्यस बेला मैले यहोशूलाई यसो भनेर आज्ञा दिएँ, 'परमप्रभु तिमीहरूका परमेश्‍वरले यी दुई राजालाई गर्नुभएका सबै कुरा तिम्रो आफ्नै आँखाले देखेका छन् । अब तिमीहरू पारि जाँदा सबै राज्यलाई पनि परमप्रभुले उही गर्नुहुने छ ।
DEU 3:22 तिनीहरूदेखि नडराओ किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूको पक्षमा लड्नुहुने छ ।'
DEU 3:23 त्यस बेला मैले परमप्रभुलाई यसो भनेर बिन्ती चढाएँ,
DEU 3:24 'हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्ना दासलाई तपाईंको महान्‌ता र तपाईंको शक्तिशाली हात देखाउन थाल्नुभएको छ किनकि स्वर्ग र पृथ्वीमा त्यस्तो कुनचाहिँ देव छ जसले तपाईंले गर्नुभएका शक्तिशाली कार्यहरू गर्न सक्छ?
DEU 3:25 म बिन्ती गर्दछु, कि मलाई पारि गएर यर्दनपारिको त्यो देश, असल पहाडी देश र लेबनान पनि देख्‍न दिनुहोस् ।'
DEU 3:26 तर तिमीहरूका कारणले परमप्रभु मसित रिसाउनुभयो । उहाँले मेरो कुरा सुन्‍नुभएन । परमप्रभुले मलाई भन्‍नुभयो, 'तेरो लागि यति नै पर्याप्‍त होस् । अबदेखि उसो यस विषयमा मसित नबोल् ।
DEU 3:27 पिसगाको टाकुरामा उक्लेर तेरा आँखा पश्‍चिमतिर, उत्तरतिर, दक्षिणतिर र पूर्वतिर लगा । तेरा आँखाले हेर् किनकि तँ यर्दनपारि जान पाउने छैनस् ।
DEU 3:28 बरु, यहोशूलाई निर्देशन दिनू र त्यसलाई उत्साह दिएर बलियो पार्नू किनकि त्यो यो जातिको अगिअगि पारि जाने छ, र त्यसले नै तैँले देखेको यो देश तिनीहरूलाई अधिकार गर्न लाउने छ ।'
DEU 3:29 त्यसैले हामी बेथ-पोरको सामुन्‍नेको बेँसीमा बस्यौँ ।
DEU 4:1 अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउनै लागेका विधिविधानहरूलाई सुन । तिनको पालन गरी तिमीहरू जीवित होऊ र परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा गएर त्यसलाई अधिकार गर ।
DEU 4:2 मैले तिमीहरूलाई आज्ञा गरेका वचनहरूमा नथप्‍नू न त तीबाट घटाउनू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएका आज्ञाहरू तिमीहरूले पालन गर्न सक ।
DEU 4:3 बाल-पोरको कारणले परमप्रभुले के गर्नुभयो, त्यो तिमीहरूका आँखाले देखेका छन् । पोरको बाल देवतालाई पछ्याउने सबै मानिसलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूकै बिचबाट नष्‍ट पारिदिनुभयो ।
DEU 4:4 तर परमप्रभु तिमीहरूका परमेश्‍वरसित टाँसिनेहरूमध्ये हरेक आज जीवित छ ।
DEU 4:5 हेर, परमप्रभु मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएझैँ मैले तिमीहरूलाई विधिविधानहरू सिकाएको छु, कि तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा तिमीहरू प्रवेश गर्दा तिमीहरूले ती पालन गर्नुपर्छ ।
DEU 4:6 त्यसकारण ती मान र पालन गर । किनकि जाति-जातिहरूको दृष्‍टिमा यो तिमीहरूको बुद्धि र समझशक्ति हुने छ जसले यी सबै विधिविधानको बारेमा सुनेर यसो भन्‍ने छन्, 'निश्यच नै, यो महान् जाति बुद्धिमानी र समझशक्ति भएको जाति रहेछ ।'
DEU 4:7 किनकि हामीले जहिलेसुकै पुकारा गर्दा हाम्रा परमप्रभु परमेश्‍वर जत्ति नजिक हुनुहुन्छ, त्यति अर्को कुन जातिको ईश्‍वर नजिक छ ?
DEU 4:8 आज मैले तिमीहरूका सामु राखिरहेको यो व्यवस्थाजस्तै धार्मिक विधिविधान भएको कुनचाहिँ अर्को महान् जाति छ ?
DEU 4:9 केवल ध्यान देओ र आ-आफूलाई होसियारीपूर्वक पहरा देओ ताकि तिमीहरूका आँखाले देखेका कुराहरू तिमीहरूले नबिर्स र तिमीहरूका जीवनभरि ती तिमीहरूका ह्रदयबाट नजाऊन् । बरु, ती तिमीहरूका छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ ।
DEU 4:10 होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु उभिएको दिनमा परमप्रभुले मलाई यसो भन्‍नुभयो, 'मानिसहरूलाई जम्मा गर् र म तिनीहरूलाई मेरा वचन सुन्‍ने बनाउने छु ताकि यस पृथ्वीमा तिनीहरू बाचुञ्‍जेलसम्म तिनीहरूले मेरो भय मान्‍न सिकून् र तिनीहरूका छोराछोरीहरूलाई सिकाउन सकून् ।'
DEU 4:11 तिमीहरू पर्वतको फेदको नजिक आएर उभियौ । पर्वतमा आगो दन्केर आकाशको बिचसम्मै पुग्यो, अनि बाक्लो अन्धकार र बादल छायो ।
DEU 4:12 आगोको बिचबाट परमप्रभु तिमीहरूसित बोल्नुभयो । तिमीहरूले बोलिएको वचनको आवाज सुन्यौ तर त्यहाँ तिमीहरूले कुनै स्वरूप देखेनौ । तिमीहरूले आवाज मात्रै सुन्यौ ।
DEU 4:13 उहाँले तिमीहरूलाई तिमीहरूले पालन गर्नुपर्ने उहाँको करार अर्थात् दस आज्ञाको घोषणा गर्नुभयो । उहाँले तिनलाई दुईवटा शिला-पाटीमा लेख्‍नुभयो ।
DEU 4:14 तिमीहरूलाई विधिविधानहरू सिकाउन त्यस बेला परमप्रभुले मलाई आज्ञा दिनुभयो ताकि पारि गएर तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा ती पालन गर्न सक ।
DEU 4:15 त्यसैले तिमीहरूले आ-आफूलाई ध्यान देओ किनकि त्यस दिन होरेबमा परमप्रभु आगोको बिचबाट तिमीहरूसित बोल्नुहुँदा तिमीहरूले कुनै स्वरूप देखेनौ ।
DEU 4:16 कुनै पुरुष वा स्‍त्रीको स्वरूपमा वा खोपेर कुनै पनि प्रतिमा बनाएर वा
DEU 4:17 पृथ्वीमा कुनै पशुको स्वरूप वा आकाशमा उड्ने कुनै चराचुरुङ्गी वा
DEU 4:18 भुइँमा घस्रने कुनै पनि प्राणी वा पृथ्वीमुनि पानीमा भएको कुनै पनि माछाको प्रतिमा बनाएर तिमीहरूले आफूलाई भ्रष्‍ट नपार ।
DEU 4:19 पुरै आकाशमुनि सबै जातिलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुभएका सूर्य, चन्द्रमा वा ताराहरूसाथै सबै आकाशीय पिण्डहरू देखेर तिनको पुजा आराधना गर्न आफ्ना आँखा माथि नउठाओ ।
DEU 4:20 तर परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै निज सम्पत्ति (जस्तो आज तिमीहरू छौ) बनाउन आगोको भट्टी अर्थात् मिश्रबाट निकालेर ल्याउनुभएको छ ।
DEU 4:21 तिमीहरूका कारणले परमप्रभु मसित रिसाउनुभयो । म यर्दनपारि जान नपाउने र परमप्रभु तिमीहरूका परमेश्‍वरले सम्पत्तिको रूपमा तिमीहरूलाई दिनुहुने देशमा जान नपाउने गरी उहाँले शपथ खानुभयो ।
DEU 4:22 बरु, म यस देशमै मर्नुपर्छ । म यर्दनपारि जान पाउने छैनँ । तर तिमीहरू त्यस असल देशमा गएर त्यसको अधिकार गर्ने छौ ।
DEU 4:23 सावधान बस ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित बाँध्‍नुभएको करार तिमीहरूले नभुल र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई निषेध गर्नुभएको कुनै पनि कुराको प्रतिमूर्ति नबनाओ ।
DEU 4:24 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर भस्म पार्ने आगो र डाही परमेश्‍वर हुनुहुन्छ ।
DEU 4:25 तिमीहरूले छोराछोरीहरू र नातिनातिनाहरू जन्माइसकेपछि तिमीहरू लामो समयसम्म त्यस देशमा बस्दा तिमीहरूले आफूलाई भ्रष्‍ट पारी खोपेर कुनै पनि कुराको प्रतिमूर्ति बनाएर परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा दुष्‍ट काम गरी उहाँलाई चिढ्यायौ भने म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्दछु,
DEU 4:26 कि जुन देश अधिकार गर्न तिमीहरू यर्दनपारि जाँदै छौ त्यस देशबाट तिमीहरू चाँडै नै पूर्ण रूपमा नष्‍ट हुने छौ । त्यहाँ तिमीहरू लामो समयसम्म बाँच्ने छैनौ, तर तिमीहरू पूर्ण रूपमा नष्‍ट हुने छौ ।
DEU 4:27 परमप्रभुले तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पारिदिनुहुने छ, र उहाँले तिमीहरूलाई धपाउनुभएका जातिहरूका बिचमा तिमीहरूको सङ्ख्या थोरै हुने छ ।
DEU 4:28 त्यहाँ तिमीहरूले मानिसहरूका हातले बनाइएका काठ र ढुङ्गाका अन्य देवताहरूको सेवा गर्ने छौ जसले न देख्छन् न सुन्छन् न खान्छन् न त सुँघ्छन् ।
DEU 4:29 तर त्यहीँबाट नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको खोजी गर्ने छौ र तिमीहरूका सारा ह्रदय र सारा प्राणले उहाँको खोजी गर्दा तिमीहरूले उहाँलाई भेट्टाउने छौ ।
DEU 4:30 ती पछिल्ला दिनमा तिमीहरू सङ्कष्‍टमा हुँदा र यी सबै कुरा तिमीहरूमा आइपर्दा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की उहाँको आवाज सुन्‍ने छौ ।
DEU 4:31 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर कृपालु हुनुहुन्छ । उहाँले तिमीहरूलाई त्याग्‍नुहुने छैन न त नष्‍ट गर्नुहुने छ न तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करारलाई भुल्नुहुने छ ।
DEU 4:32 अब के पहिले कहिल्यै यस्तो महान् घटना भएको थियो वा यस्तो कहिल्यै सुनिएको थियो ? तिमीहरूभन्दा अगि बितेका दिनहरू अर्थात् परमेश्‍वरले पृथ्वीमा मानिस सृजनुभएको दिनको बारेमा सोधपुछ गर । आकाशको एक छेउदेखि अर्को छेउसम्म सोधपुछ गर ।
DEU 4:33 तिमीहरूले सुनेजस्तै आगोको बिचबाट परमेश्‍वर बोल्नुभएको सुनेर के कुनै जाति कहिल्यै जीवित भएको छ ?
DEU 4:34 वा मिश्रमा तिमीहरूका आँखाकै सामुन्‍ने परमप्रभु तिमीहरूका परमेश्‍वरले गर्नुभएझैँ परीक्षा, चिन्ह, आश्‍चार्य, लडाइँ, शक्तिशाली हात, पसारिएको पाखुरा र महान् त्रासहरूद्वारा अर्को जातिको बिचबाट आफ्नो लागि एउटा जातिलाई लिएर आउन के परमेश्‍वरले कहिल्यै कोसिस गर्नुभएको छ ?
DEU 4:35 तिमीहरूलाई नै यी कुराहरू देखाइए ताकि तिमीहरूले परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ र उहाँबाहेक अरू कोही ईश्‍वर छैन भनी तिमीहरूले जान्‍न सक ।
DEU 4:36 तिमीहरूलाई निर्देशन दिन उहाँले स्वर्गबाट आफ्नो आवाज तिमीहरूलाई दिनुभयो । पृथ्वीमा उहाँले आफ्नो दन्कने आगो तिमीहरूलाई देखाउनुभयो । तिमीहरूले आगोको बिचबाट उहाँका वचन सुन्यौ ।
DEU 4:37 उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नुभएकाले उहाँले तिनीहरूका सन्तानहरूलाई चुन्‍नुभयो अनि उहाँको उपस्थिति र महाशक्तिसहित तिमीहरूलाई मिश्रबाट ल्याउनुभयो ।
DEU 4:38 उहाँले तिमीहरूकै सामु तिमीहरूभन्दा शक्तिशाली र महान् जातिलाई धपाइदिनुभयो ताकि तिमीहरूलाई भित्र ल्याई सम्पत्तिको रूपमा तिनीहरूको देश दिन सकून् जस्तो आज उहाँले गर्नुभएको छ ।
DEU 4:39 त्यसकारण आज यो जान र ह्रदयमा राख कि परमप्रभु नै माथि स्वर्ग र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ र अरू कोही छैन ।
DEU 4:40 आज मैले तिमीहरूलाई दिएका विधिविधानहरू तिमीहरूले पालन गर ताकि तिमीहरू र तिमीहरू पछि आउने तिमीहरूका छोराछोरीहरूको भलो होस् अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले सदाको निम्ति तिमीहरूलाई दिनुभएको देशमा तिमीहरूको आयु लामो होस् ।”
DEU 4:41 तब मोशाले यर्दनको पूर्वपट्टि तिनवटा सहर छाने
DEU 4:42 ताकि कुनै पनि व्यक्तिले पहिले दुश्मनी नभएका अर्को व्यक्तिलाई अजान अवस्थामा मारेको खण्डमा त्यहाँ भागेर जान सकोस् । यी सहरमध्ये कुनै एउटामा भागेर त्यसले आफ्नो ज्यान बचाउन सक्थ्यो ।
DEU 4:43 यी सहरहरू यिनै थिएः रूबेनीहरूका लागि उजाड-स्थानमा मैदानको बेसेर, गादीहरूका लागि गिलादको रामोत र मनश्शेका सन्तानहरूका लागि बाशानको गोलान ।
DEU 4:44 मोशाले इस्राएलका मानिसहरूका सामु राखिदिएको व्यवस्था यही हो ।
DEU 4:45 इस्राएलीहरू मिश्रबाट आउँदा तिनले तिनीहरूलाई दिएका करारका आज्ञाहरू, व्यवस्थाहरू र अन्य आज्ञाहरू यी नै हुन् ।
DEU 4:46 तिनीहरू हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोनको देश बेथ-पोरको सामुन्‍ने यर्दनको पूर्वपट्टि छँदा मोशाले यी आज्ञाहरू दिएका थिए । मोशा र इस्राएलीहरू मिश्रबाट आउँदा तिनले यी राजालाई हराएका थिए ।
DEU 4:47 तिनीहरूले तिनको देश र बाशानका राजा ओगको देशमाथि अधिकार गरे । यी एमोरीहरूका दुई राजा थिए जो यर्दनपारि पूर्वपट्टि बस्थे ।
DEU 4:48 यो क्षेत्र अर्नोनको बेँसीको छेउमा रहेको अर्नोनदेखि सियोन पर्वत (अर्थात् हेर्मोन पर्वत) सम्म
DEU 4:49 र यर्दनपारि पूर्वपट्टि यर्दन नदीको बेँसीको मैदानका सबै भूभागदेखि अराबाको समुद्रसम्म र पिसगा टापुको भिरसम्म पर्थ्यो ।
DEU 5:1 मोशाले सारा इस्राएलीलाई बोलाएर भने, “हे इस्राएल हो, आज मैले तिमीहरूलाई दिने विधिविधानहरू सुन ताकि तिनलाई जानेर तिमीहरू आज्ञाकारी बन्‍न सक ।
DEU 5:2 परमप्रभु हाम्रा परमेश्‍वरले होरेबमा हामीसित करार बाँध्‍नुभयो ।
DEU 5:3 परमप्रभुले यो करार हाम्रा पिता-पुर्खाहरूसित बाँध्‍नुभएन, आज हामी बाँचेकाहरू सबैसित बाँध्‍नुभयो ।
DEU 5:4 पर्वतमा परमप्रभु आगोको बिचबाट तिमीहरूसित आमनेसामने बोल्नुभयो ।
DEU 5:5 त्यस बेला उहाँको वचन प्रकट गर्न म परमप्रभु र तिमीहरूका बिचमा उभिएँ किनकि आगोको कारणले गर्दा तिमीहरू डराएका थियौ, र तिमीहरू पर्वतमा उक्लेर गएनौ) । परमप्रभुले भन्‍नुभयो,
DEU 5:6 'तिमीहरूलाई मिश्रदेश अर्थात् दासत्वको देशबाट ल्याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
DEU 5:7 तिमीहरूले मेरो सामु अन्य कुनै देवी-देवता नमान्‍नू ।
DEU 5:8 आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू ।
DEU 5:9 तिनीहरूका सामु ननिहुरनू न त तिनीहरूको सेवा गर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिने छु ।
DEU 5:10 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्‍वसनीयता देखाउने छु ।
DEU 5:11 परमप्रभु तिमीहरूका परमेश्‍वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्ने छैनँ ।
DEU 5:12 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएमुताबिक शबाथ-दिन पवित्र राख्‍न याद राख्‍नू ।
DEU 5:13 तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र तिमीहरूका सबै काम गर्नुपर्छ ।
DEU 5:14 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गोरु, वा तिमीहरूका गधा वा तिमीहरूका कुनै पनि गाईवस्तु वा तिमीहरूको सहरभित्र भएका परदेशीले कुनै काम नगरोस् । तिमीहरूका कमारा-कमारीले पनि तिमीहरूसँगै विश्राम गरून् ।
DEU 5:15 तिमीहरू मिश्र देशमा कमारा थियौ, र परमप्रभु तिमीहरूका परमेश्‍वरले शक्तिशाली हात र फैलिएको पाखुराद्वारा तिमीहरूलाई त्यहाँबाट ल्याउनुभयो भनी याद राख्‍नू । त्यसकारण, शबाथ-दिन मान्‍न परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएको छ ।
DEU 5:16 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् र तिमीहरूको भलो होस् ।
DEU 5:17 हत्या नगर्नू ।
DEU 5:18 व्यभिचार नगर्नू ।
DEU 5:19 चोरी नगर्नू ।
DEU 5:20 आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।
DEU 5:21 आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू; आफ्नो छिमेकीको घरको लालच नगर्नू; त्यसको खेत, कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।'
DEU 5:22 परमप्रभुले यी वचनहरू पर्वतमा आगोको बिचबाट घोर अन्धकारमा बादलबाट तिमीहरूका सारा समुदायलाई ठुलो सोरमा भन्‍नुभयो । उहाँले अरु कुनै पनि वचन थप्‍नुभएन । उहाँले दुईवटा शिला-पाटीमा ती लेख्‍नुभयो र मलाई दिनुभयो ।
DEU 5:23 पर्वत जलिरहँदा अन्धकारको बिचबाट तिमीहरूले आवाज सुन्दा तिमीहरूका सबै धर्म-गुरु र तिमीहरूका कुलहरूका नायकहरू मकहाँ आयौ ।
DEU 5:24 तिमीहरूले भन्यौ, 'हेर, परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई उहाँको महिमा र उहाँको महान्‌ता देखाउनुभएको छ, र आगोको बिचबाट हामीले उहाँको आवाज सुनेका छौँ । परमेश्‍वर मानिसहरूसित बोल्नुहुँदा पनि तिनीहरू जीवितै रहन सक्छन् भनी आज हामीले देखेका छौँ ।
DEU 5:25 तर हामी किन मर्ने ? किनकि यो महाअग्‍निले हामीलाई भस्म पार्ने छ । हामीले परमप्रभु हाम्रा परमेश्‍वरको आवाज अझै सुन्यौँ भने हामी मर्ने छौँ ।
DEU 5:26 किनकि आगोको बिचबाट जीवित परमेश्‍वरको वचन सुनेर पनि हामीजस्तै बाँच्ने कुनचाहिँ प्राणी होला ?
DEU 5:27 जानुहोस् र परमप्रभु हाम्रा परमेश्‍वरले भन्‍नुहुने हरेक कुरो सुन्‍नुहोस् । परमप्रभु हाम्रा परमेश्‍वरले तपाईंलाई भन्‍नुहुने हरेक कुरो हामीलाई दोहोर्‍याउनुहोस् । हामी यसलाई सुन्‍ने छौँ र पालन गर्ने छौँ ।'
DEU 5:28 तिमीहरू मसित बोल्दा परमप्रभुले तिमीहरूका वचन सुन्‍नुभयो । उहाँले मलाई भन्‍नुभयो, 'यी मानिसहरूले तँलाई भनेका वचनहरू मैले सुनेको छु । तिनीहरूले भनेका कुरा असल थिए ।
DEU 5:29 मेरो आदर गर्ने र सधैँ मेरा सबै आज्ञा मान्‍ने हृदय तिनीहरूमा भइदिए त तिनीहरू र तिनीहरूका छोराछोरीहरूको सदासर्वदा भलो हुनेथियो ।
DEU 5:30 गएर तिनीहरूलाई भन्, 'तिमीहरूका पालहरूमा फर्क ।'
DEU 5:31 तर तँचाहिँ मेरो नजिक खडा हो, र म तँलाई सबै आज्ञा र विधिविधान दिने छु जुन तैँले तिनीहरूलाई सिकाउने छस् ताकि मैले तिनीहरूलाई अधिकारको लागि दिने देशमा तिनीहरूले यी पालन गरून् ।'
DEU 5:32 त्यसकारण, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका आज्ञाहरू पालन गर ।
DEU 5:33 तिमीहरू दायाँ र बायाँ नलाग । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएका सबै मार्गमा हिँड ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू बाँच्न सक, र तिमीहरूको भलो होस् अनि तिमीहरूको आयु लामो होस् ।
DEU 6:1 अब यर्दन पारि गई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले पालन गरून् भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउन भनी मलाई दिनुभएका आदेश र विधिविधानहरू यिनै हुन् ।
DEU 6:2 तिमीहरूको आयु लामो होस् भनेर तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका नातिनातिनाहरूले जीवनभरि परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नू र उहाँका सबै विधान र आज्ञा मान्‍नू ।
DEU 6:3 त्यसकारण, हे इस्राएल हो, तिनलाई सुन र पालन गर ताकि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बग्‍ने देशमा तिमीहरूको भलो होस् र तिमीहरू गुणात्मक रूपमा वृद्धि हुन सक ।
DEU 6:4 हे इस्राएल हो, सुनः पमरप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ ।
DEU 6:5 तिमीहरूले पमरप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय, सारा प्राण र सारा शक्तिले प्रेम गर्नू ।
DEU 6:6 आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू तिमीहरूका हृदयमा राख ।
DEU 6:7 अनि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई ती मेहनतसाथ सिकाउनू । तिमीहरू आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिमीहरूले तिनकै चर्चा गर्नू ।
DEU 6:8 तिमीहरूले चिन्हको रूपमा तिनलाई हातमा बाँध्‍नू र तिमीहरूका आँखाका बिचमा तिनले पट्टको काम गरून् ।
DEU 6:9 तिमीहरूले तिमीहरूका घरका चौकोस र ढोकाहरूमा ती लेख्‍नू ।
DEU 6:10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिमीहरूलाई दिन्छु भनी शपथ खानुभएको तिमीहरूले नबनाएका अनि ठुला
DEU 6:11 र ज्यादै राम्रा-राम्रा सहरहरू भएको देशमा ल्याउनुहुँदा जहाँ तिमीहरूले नबनाएका सबै किसिमका असल थोकहरूले घरहरू भरिपूर्ण हुने छन्, तिमीहरूले नखनेका इनारहरू हुने छन् र तिमीहरूले नरोपेका दाखबारी र जैतूनका रुखहरू हुने छन्, ती तिमीहरूले खाने छौ र तृप्‍त हुने छौ,
DEU 6:12 तब तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट ल्याउनुहुने परमप्रभुलाई नबिर्सन होसियार होओ ।
DEU 6:13 परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नू; उहाँको मात्र आराधना गर्नू र उहाँको नाउँमा शपथ खानू ।
DEU 6:14 तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका देवी-देवताहरूको पछि नलाग्‍नू,
DEU 6:15 किनकि तिमीहरूका बिचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुनुहुन्छ । तिमीहरूले त्यसो गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरको क्रोध तिमीहरूका विरुद्धमा दन्कने छ र उहाँले तिमीहरूलाई पृथ्वीको धूलोबाट नष्‍ट पार्नुहुने छ ।
DEU 6:16 मस्साहमा परीक्षा गरेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरको परीक्षा नगर्नू ।
DEU 6:17 तिमीहरूलाई आज्ञा गर्नुभएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, उहाँका गम्भीर आदेशहरू र उहाँका विधिहरू दत्तचित्तसाथ पालन गर्नू ।
DEU 6:18 तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक र असल छ, त्यही गर्नू ताकि तिमीहरूको भलो होस् र परमप्रभुले तिमीहरूका पुर्खाहरूसित शपथ खानुभएको देशमा गएर यसको अधिकार गर्न सक,
DEU 6:19 अनि परमप्रभुले भन्‍नुभएझैँ तिमीहरूले तिमीहरूका सबै शत्रुहरूलाई धपाउन सक ।
DEU 6:20 भावी दिनमा तिम्रो छोराले, 'परमप्रभु हाम्रा परमेश्‍वरले तपाईंलाई दिनुभएका करारका आदेशहरू, विधिविधानहरू के-के हुन् ?' भनी सोध्दा
DEU 6:21 तिमीले आफ्नो छोरोलाई भन्‍नू, 'हामी मिश्रमा फारोका कमाराहरू थियौँ । परमप्रभुले हामीलाई शक्तिशाली हातद्वारा मिश्रबाट ल्याउनुभयो,
DEU 6:22 र उहाँले हाम्रा आँखाकै सामु मिश्रमा फारो र तिनका सबै घरानामाथि महान् र डरलाग्दा चिन्हसाथै आश्‍चर्यहरू देखाउनुभयो ।
DEU 6:23 उहाँले हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो ताकि हाम्रा पुर्खाहरूसित शपथ खानुभएको देशभित्र उहाँले हामीलाई ल्याउन सक्‍नुभएको होस् ।
DEU 6:24 परमप्रभुले सधैँ यी सबै विधिविधान मान्‍न, हाम्रो भलाइको लागि परमप्रभु हाम्रा परमेश्‍वरको भय मान्‍न हामीलाई आज्ञा दिनुभएको छ ताकि आजजस्तै उहाँले हामीलाई जीवित राख्‍नुभएको होस् ।
DEU 6:25 हामीले उहाँले हामीलाई आज्ञा गर्नुभएझैँ परमप्रभु हाम्रा परमेश्‍वरको सामु यी सबै आज्ञा मान्यौँ भने यो हाम्रो धार्मिकता हुने छ ।'
DEU 7:1 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुँदा उहाँले तिमीहरूकै सामु तिमीहरूभन्दा महान् र शक्तिशाली सात जाति हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई धपाउनुहुने छ ।
DEU 7:2 तिमीहरूले तिनीहरूलाई पराजित गर्दा परमप्रभु तिमीहरूका परमेश्‍वरले नै तिनीहरूलाई तिमीहरूकहाँ सुम्पिदिनुहुने छ र तिमीहरूले तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गर्नू । तिनीहरूसित कुनै करार नबाँध्‍नू, र तिनीहरूलाई कृपा नदेखाउनू ।
DEU 7:3 तिनीहरूसित विवाहको कुनै बन्दोवस्त नमिलाउनू । तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू, र आफ्ना छोराहरूका निम्ति तिनीहरूका छोरीहरू नलिनू ।
DEU 7:4 किनकि तिनीहरूले तिमीहरूका छोराहरूले अरू देवी-देवताहरूलाई पुजून् भनेर मलाई पछ्याउनबाट तिनीहरूलाई तर्काउने छन् । त्यसैले परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने छ, र उहाँले तत्काल तिमीहरूलाई नष्‍ट गर्नुहुने छ ।
DEU 7:5 तिनीहरूसित यसरी व्यवहार गर्नूः तिनीहरूका वेदीहरू भत्काइदिनू; तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्राटुक्रा पारिदिनू; तिनीहरूका अशेरा देवीका खम्बाहरू काटेर ढालिदिनू र तिनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू ।
DEU 7:6 किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका निम्ति अलग गरिएका जाति हौ । उहाँले तिमीहरूलाई पृथ्वीको धरातलमा भएका अन्य कुनै पनि जातिहरूभन्दा उहाँको जातिको रूपमा अधिकार हुन चुन्‍नुभएको छ ।
DEU 7:7 अरू जातिहरूभन्दा तिमीहरू सङ्ख्यामा धेरै भएकाले परमप्रभुले तिमीहरूलाई प्रेम देखाउनुभएको होइन वा चुन्‍नुभएको होइन किनकि तिमीहरू सबै जातिभन्दा सङ्ख्यामा थोरै छौ ।
DEU 7:8 तर उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने भएकोले र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित खानुभएको शपथ पुरा गर्ने इच्छा गर्नुभएकोले तिमीहरूलाई चुन्‍नुभएको हो ।
DEU 7:9 त्यसकारण, परमप्रभुले तिमीहरूलाई शक्तिशाली हातले बाहिर ल्याउनुभएको छ, र दासत्वको घर अर्थात् मिश्रका राजा फारोको हातबाट छुटकारा दिलाउनुभएको छ । तसर्थ, परमप्रभु तिमीहरूका परमेश्‍वर नै विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू मान्‍ने हजारौँ पुस्तासम्म आफ्ना करार पुरा गर्नुहुन्छ र विश्‍वासयोग्य हुनुहुन्छ भनी जान ।
DEU 7:10 तर उहाँको अवहेलना गर्नेहरूलाई उहाँले बदला लिनुहुने छ वा तिनीहरूलाई नष्‍ट गर्नुहुने छ । उहाँको अवहेलना गर्नेहरू जोकसैप्रति पनि उहाँ सहनशील हुनुहुन्‍न । उहाँले त्यसको बदला लिनुहुने छ ।
DEU 7:11 त्यसकारण मैले तिमीहरूलाई दिएका आज्ञा र विधिविधानहरू पालन गर र मान ।
DEU 7:12 तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करार र विश्‍वसनियता उहाँले पुरा गर्नुहुने छ ।
DEU 7:13 उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने छ; आशिष् दिनुहुने छ र गुणात्मक रूपमा वृद्धि गराउनुहुने छ । तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिमीहरूको शरीरको फल, भूमिको फल, तिमीहरूको अन्‍न, तिमीहरूको नयाँ दाखमद्य, तिमीहरूको तेल, तिमीहरूको गाईवस्तु र तिमीहरूको बगाललाई वृद्धि गरी आशिष् दिनुहुने छ ।
DEU 7:14 अरू सबै जातिभन्दा तिमीहरू सुखि हुने छौ । तिमीहरूका बिचमा कोही पनि निसन्तान हुने छैन, र तिमीहरूका गाईवस्तुमध्ये एउटै पनि बैला हुने छैन ।
DEU 7:15 परमप्रभुले तिमीहरूबाट सबै रोग लैजानुहुने छ । तिमीहरूले जानेका मिश्रका कुनै पनि खराब रोगहरू तिमीहरूमाथि आउने छैनन्, तर तिमीहरूलाई घृणा गर्नेहरूमाथि उहाँले ती ल्याउनुहुने छ ।
DEU 7:16 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने सबै जातिलाई नष्‍ट गर्नू, र तिनीहरूलाई दया नदेखाउनू । तिनीहरूका देवी-देवताको पुजा नगर्नू किनकि त्यो तिमीहरूका निम्ति पासो हुने छ ।
DEU 7:17 'यी जातिहरू सङ्ख्यामा हामीभन्दा धेरै भएकाले हामीले कसरी धपाउन सकौँला' भनी तिमीहरूले आफ्ना ह्रदयमा सोच्यौ भने पनि
DEU 7:18 तिनीहरूदेखि नडराओ । परमप्रभु तिमीहरूका परमेश्‍वरले फारो र सबै मिश्रीलाई के गर्नुभयो भनी तिमीहरूले याद राख्‍नू ।
DEU 7:19 भयानक दुःखकष्‍ट, चिन्ह, आश्‍चर्य, शक्तिशाली हात र फैलिएको पाखुरा जसद्वारा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ल्याउनुभयो, सो तिमीहरूका आँखाले देख्यौ । तिमीहरू डराएका ती सबै जातिलाई पनि परमप्रभु तिमीहरूका परमेश्‍वरले त्यसै गर्नुहुने छ ।
DEU 7:20 यसबाहेक, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरू बाँकी रहुञ्‍जेलसम्म र तिमीहरूको उपस्थितिबाट नष्‍ट नहोस् भनी तिनीहरू लुकेसम्म तिनीहरूका बिचमा अरिङ्गाल पठाउनुहुने छ ।
DEU 7:21 तिनीहरूदेखि नडराओ किनकि परमप्रभु परमेश्‍वर तिमीहरूका बिचमा हुनुहुन्छ जो महान् र भययोग्य हुनुहुन्छ ।
DEU 7:22 परमप्रभु परमेश्‍वरले तिमीहरूकै सामुन्‍ने तिनीहरूलाई अलिअलि गरेर धपाउनुहुने छ । तिमीहरूले तिनीहरूलाई एकै चोटि पराजित गर्ने छैनौ नत्रता जङ्गली जनावरहरू तिमीहरूका बिचमा धेरै हुने छन् ।
DEU 7:23 तर तिमीहरू तिनीहरूसित युद्ध गर्न जाँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूमाथि तिमीहरूलाई विजयी तुल्याउनुहुने छ ।
DEU 7:24 उहाँले तिनीहरूका राजाहरूलाई तिमीहरूको शक्तिमुनि ल्याउनुहुने छ र तिमीहरूले आकाशमुनि तिनीहरूका नाउँ मेटिदिने छौ । तिनीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म कोही पनि तिमीहरूका सामु खडा हुन सक्दैन ।
DEU 7:25 खोपेर बनाइएका तिनीहरूका देवी-देवताहरूका प्रतिमूर्तिहरू जलाइदिनू । तिनलाई ढाक्‍ने सुनचाँदीको लोभ गरेर ती आफ्नो निम्ति नराख्‍नू । तिमीहरूले त्यसो गर्‍यौ भने तिमीहरू त्यसद्वारा पासोमा पर्ने छौ किनकि यो परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्ति घृणित कुरो हो ।
DEU 7:26 तिमीहरूका घरमा कुनै पनि घृणित वस्तु ल्याएर त्यसको पुजा गर्न नथाल्नू । त्यसलाई पूर्ण रूपमा घृणा गर्नू र तिरस्कार गर्नू किनकि यो विनाशको निम्ति अलग गरिएको हो ।
DEU 8:1 आज मैले तिमीहरूलाई दिने सबै आज्ञा मान्‍नू ताकि तिमीहरू बाँच्न सक र वृद्धि हुन सक अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा गएर त्यसलाई अधिकार गर्न सक ।
DEU 8:2 तिमीहरूलाई विनम्र पार्न र तिमीहरूले उहाँका आज्ञाहरू मान्छौ कि मान्दैनौ भनेर तिमीहरूका ह्रदयमा भएको कुरा जाँच गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरले यी चालिस वर्षसम्म तिनीहरूलाई उजाड-स्थानमा डोर्‍याउनुभएका उहाँका सबै मार्गलाई सम्झनू ।
DEU 8:3 उहाँले तिमीहरूलाई विनम्र तुल्याउनुभयो; भोकले पीडित तुल्याउनुभयो र मन्‍न खुवाउनुभयो जसलाई तिमीहरूले चिनेका थिएनौ न त तिमीहरूका पिता-पुर्खाहरले चिनेका थिए । मानिस रोटीले मात्र नभई परमप्रभुको मुखबाट निस्केको हरेक कुराले बाँच्दछ भनी तिमीहरूलाई बुझाउन उहाँले यसो गर्नुभयो ।
DEU 8:4 ती चालिस वर्षसम्म तिमीहरूका लुगा च्यातिएर झरेन न त तिमीहरूको गोडा सुन्‍नियो ।
DEU 8:5 बुबाले आफ्नो छोरोलाई अनुशासनमा राखेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अनुशासनमा राख्‍नुहुन्छ भनी तिमीहरूले आफ्नो ह्रदयमा ख्याल राख्‍नू ।
DEU 8:6 उहाँका मार्गहरूमा हिँडी उहाँलाई आदर गर्न सकून् भनेर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान्‍नू ।
DEU 8:7 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बेसीँ र पर्वतहरू हुँदै खोलानाला र मुल भएको असल देशमा ल्याउँदै हुनुहुन्छ ।
DEU 8:8 यो गहुँ र जौ अनि दाख र जैतून अनि अनार र जैतून रुखहरूसाथै मह पाउने देश हो ।
DEU 8:9 यो त्यही देश हो जहाँ तिमीहरूलाई अन्‍नको अभाव हुने छैन र त्यहाँ कुनै थोकको कमी हुने छैन । यस देशका ढुङ्गाहरू फलामका छन् र त्यहाँका पहाडहरूबाट तिमीहरूले तामा निकाल्ने छौ ।
DEU 8:10 तिमीहरू खाएर अघाउने छौ, अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको असल देशको लागि तिमीहरूले उहाँलाई धन्यको भन्‍ने छौ ।
DEU 8:11 आज मैले तिमीहरूलाई दिएका उहाँका आज्ञाहरू, उहाँका विधिविधानहरूलाई बेवास्ता नगर्न र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई नभुल्न होसियार होओ ।
DEU 8:12 नत्रता तिमीहरूले अघाउञ्‍जेल खाँदा र तिमीहरूले घरहरू बनाई तिनमा बस्दा तिमीहरूको हृदय घमण्डले फुल्ने छ ।
DEU 8:13 तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरू गुणात्मक रूपमा वृद्धि हुँदा र तिमीहरूका सुन र चाँदीको वृद्धि हुँदा र तिमीहरूसित भएका सबै थोकको वृद्धि हुँदा
DEU 8:14 तिमीहरूको ह्रदय घमण्डले फुली मिश्र देश अर्थात् दासत्वको देशबाट तिमीहरूलाई ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले नभुल्नलाई होसियार बस ।
DEU 8:15 उहाँलाई नबिर्स जसले तिमीहरूलाई विषालु सर्प र बिच्छीहरू भएको पानी नपाइने विशाल र डरलाग्दो उजाड-स्थानबाट ल्याउनुभयो, जसले तिमीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो ।
DEU 8:16 तिमीहरूलाई नम्र बनाउन र तिमीहरूको जाँच गरी अन्त्यमा तिमीहरूको भलाइ गर्न उहाँले तिमीहरूलाई उजाड-स्थानमा तिमीहरूका पिता-पुर्खाहरूले कहिल्यै नजानेका मन्‍न खुवाउनुभयो ।
DEU 8:17 तर तिमीले ह्रदयमा सोचौला, 'मेरो शक्ति र मेरो शक्तिशाली हातले मैले यी सबै सम्पत्ति थुपारेको हुँ ।'
DEU 8:18 तर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई याद गर्नू किनकि उहाँले नै तिमीहरूलाई सम्पत्ति थुपार्ने शक्ति दिनुहुन्छ । उहाँले नै तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करार स्थापित गर्नुहुन्छ जुन आजको दिनसम्म छ ।
DEU 8:19 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई बिर्सी अन्य देवी-देवताहरूको पछि लागेर तिनीहरूको पुजा गर्‍यौ र तिनीहरूको आराधना गर्‍यौ भने तिमीहरू निश्‍चय नै मर्ने छौ भनी म आज तिमीहरूको विरुद्धमा गवाही दिन्छु ।
DEU 8:20 परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाजलाई ध्यान दिएनौ भने तिमीहरूकै सामु परमप्रभुले नष्‍ट गर्नुभएका जातिहरूजस्तै तिमीहरू नष्‍ट हुने छौ ।
DEU 9:1 हे इस्राएल हो, सुन । तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरू अनि आकाशै छुने पर्खाल लगाएका ठुला-ठुला सहरहरूमाथि अधिकार गर्न आज तिमीहरूले यर्दन पार गर्नै लागेका छौ ।
DEU 9:2 तिनीहरू महान् र अग्ला छन् जो अनाकका छोराहरू हुन् जसको बारेमा तिमीहरूलाई थाहै छ र 'अनाकका छोराहरूको सामु को खडा हुन सक्छ ?' भनी तिमीहरूले सुनेकै छौ ।
DEU 9:3 त्यसकारण, आज यो जानिराख कि परमप्रभु तिमीहरूका परमेश्‍वर नै भस्म गर्ने आगोजस्तै तिमीहरूभन्दा अगिअगि जानुहुन्छ । उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुने छ, र तिमीहरूको अधीनमा ल्याउनुहुने छ । त्यसैले परमप्रभुले तिमीहरूलाई भन्‍नुभएझैँ तिमीहरूले तिनीहरूलाई धपाउने छौ, र तिनीहरूलाई चाँडै नै नष्‍ट पार्ने छौ ।
DEU 9:4 तिमीहरूकै सामु परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई निकाल्नुभएपछि आफ्नो ह्रदयमा यसो नभन, 'मेरो धार्मिकताको कारणले गर्दा परमप्रभुले मलाई यो देश अधिकार गर्न ल्याउनुभएको छ ।' बरु यी जातिहरूको दुष्‍टताको कारणले परमप्रभुले तिनीहरूलाई तिमीहरूकै सामु धपाउँदै हुनुहुन्छ ।
DEU 9:5 तिमीहरूको धार्मिकता वा तिमीहरूको ह्रदयको सोझोपनको कारणले गर्दा तिमीहरूले तिनीहरूको देश अधिकार गर्न लागेका होइनौ, तर यी जातिहरूको दुष्‍टताको कारणले गर्दा तिमीहरूका परमेश्‍वरले तिमीहरूकै सामुन्‍ने तिनीहरूलाई धपाउँदै हुनुहुन्छ ताकि उहाँले तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित शपथ खानुभएको वचनलाई सत्य साबित गर्न सकून् ।
DEU 9:6 त्यसकारण यो जानिराख, कि तिमीहरूको धार्मिकताको कारणले परमप्रभु तिमीहरूका परमेश्‍वरले यो असल देश तिमीहरूलाई अधिकारको लागि दिन लाग्‍नुभएको होइन किनकि तिमीहरू त हठी मानिसहरू हौ ।
DEU 9:7 उजाड-स्थानमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई कसरी क्रोधित तुल्यायौ भनी याद राख । तिमीहरूले मिश्र देश छाडेदेखि तिमीहरू यस ठाउँमा नआउञ्‍जेलसम्म तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही बनेका छौ ।
DEU 9:8 साथै, हेब्रोनमा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ, र तिमीहरूलाई नाशै पार्ने गरी उहाँ क्रुद्ध हुनुभयो ।
DEU 9:9 परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएका करारका शिला-पाटीहरू लिन म पर्वतमा उक्लँदा म चालिस दिन चालिस रातसम्म पर्वतमा बसेँ । मैले न रोटी खाएँ, न पानी पिएँ ।
DEU 9:10 परमप्रभुले मलाई आफ्नै औँलाले लेख्‍नुभएका दुईवटा शिला-पाटी दिनुभयो । सभाको दिनमा आगोको बिचबाट परमप्रभुले पर्वतमा बोल्नुभएका सबै वचन तिनमा लेखिएका थिए ।
DEU 9:11 ती चालिस दिन र चालिस रातको अन्त्यमा परमप्रभुले मलाई करारका दुईवटा शिला-पाटी दिनुभयो ।
DEU 9:12 परमप्रभुले मलाई भन्‍नुभयो, 'उठेर छिटो गरी यहाँबाट तल जा किनकि तैँले मिश्रबाट ल्याएका तेरा मानिसहरूले आफैलाई भ्रष्‍ट पारेका छन् । मैले तिनीहरूलाई आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै तर्केर गएका छन् । तिनीहरूले आफ्नो निम्ति ढलौटे मूर्ति बनाएका छन् ।'
DEU 9:13 यसबाहेक, परमप्रभुले मलाई भन्‍नुभयो, 'मैले यी मानिसहरूलाई देखेको छु र तिनीहरू हठी छन् ।
DEU 9:14 मलाई एक्लै छोडिदे ताकि मैले तिनीहरूलाई नष्‍ट गर्नू सकूँ र स्वर्गमूनिबाट तिनीहरूको नाउँ मेटाइदिन सकूँ र तँबाट नै तिनीहरूभन्दा महान् र शक्तिशाली जाति बनाउन सकूँ ।'
DEU 9:15 त्यसैले म फर्केर पर्वतबाट ओर्ली आएँ, अनि पर्वत जलिरहेको थियो । करारका दुईवटा शिला-पाटी मेरा हातमा थिए ।
DEU 9:16 मैले हेरेँ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेका थियौ । तिमीहरूले आफ्नो निम्ति बाछाको ढलौटे मूर्ति बनाएका थियौ । परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू चाँडै नै तर्केर गएका थियौ ।
DEU 9:17 मैले ती दुईवटा शिला-पाटीलाई लिएर मेरा हातबाट फालिदिएँ । मैले तिमीहरूकै सामु तिनलाई टुक्रा-टुक्रा पारिदिएँ ।
DEU 9:18 फेरि, मैले न रोटी खाएँ न पानी पिएँ । परमप्रभुको दृष्‍टिमा दुष्‍ट काम गरेर उहाँलाई चिढ्याई तिमीहरूका सबै पापको कारणले गर्दा चालिस दिन र चालिस रातसम्म म परमप्रभुको सामु लम्पसार परेँ ।
DEU 9:19 किनकि तिमीहरूलाई नाशै पार्ने गरी तिमीहरूको विरुद्धमा भएको परमप्रभुको रिस र कडा बेखुसीको कारणले म भयभीत भएँ । तर त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्‍नुभयो ।
DEU 9:20 हारूनलाई नष्‍ट गर्ने गरी उहाँ तिनीसित ज्यादै रिसाउनुभयो । त्यस बेला मैले हारूनको लागि पनि प्रार्थना गरेँ ।
DEU 9:21 मैले तिमीहरूको पाप अर्थात् तिमीहरूले बनाएको बाछो लिएर त्यसलाई जलाइदिएँ अनि त्यसलाई चकनाचुर पारेर धूलोपिठो पारिदिएँ । मैले त्यस धूलोलाई पर्वतबाट आउने खोलामा फालिदिएँ ।
DEU 9:22 तबेरा, मस्साह र किब्रोथ-हत्तावामा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ ।
DEU 9:23 परमप्रभुले तिमीहरूलाई कादेश-बर्नेमा यसो भनी पठाउनुहुँदा, 'मैले तिमीहरूलाई दिएको देशमा गएर त्यसलाई अधिकार गर' तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्‍वरको आज्ञाको विरुद्धमा विद्रोह गर्‍यौ, अनि उहाँको कुरा मानेनौ वा सुनेनौ ।
DEU 9:24 मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरू परमप्रभुको विरुद्धमा बागी भएका छौ ।
DEU 9:25 परमप्रभुले तिमीहरूलाई नष्‍ट गर्नुहुनेथियो भनी उहाँले भन्‍नुभएकोले म चालिस दिन चालिस रातसम्म उहाँको सामु लम्पसार परेँ ।
DEU 9:26 मैले परमप्रभुलाई यसो भनी प्रार्थना चढाएँ, 'हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्ना मानिसहरू अर्थात् तपाईंको सम्पत्तिलाई नष्‍ट नगर्नुहोस् जसलाई तपाईंले आफ्नो महान्‌ताद्वारा छुटकारा दिनुभएको छ र आफ्नो शक्तिशाली हातले मिश्रबाट ल्याउनुभएको छ ।
DEU 9:27 तपाईंका दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्झनुहोस् । यो जातिको हठलाई नहेर्नुहोस् न त तिनीहरूका दुष्‍टता र पापलाई नै हेर्नुहोस् ।
DEU 9:28 नत्रता तपाईंले हामीलाई जुन देशबाट ल्याउनुभयो त्यसले भन्ला, 'परमप्रभुले प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिनीहरूलाई लैजान नसक्‍नुभएकोले र उहाँले तिनीहरूलाई घृणा गर्नुभएकोले तिनीहरूलाई उजाड-स्थानमा मार्न उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभएको छ ।'
DEU 9:29 तथापि तिनीहरू तपाईंका मानिसहरू र तपाईंको सम्पत्ति हुन् जसलाई तपाईंले आफ्नो महाशक्ति र तपाईंको शक्तिको प्रदर्शनीद्वारा बाहिर ल्याउनुभयो ।'
DEU 10:1 त्यस बेला परमप्रभुले मलाई भन्‍नुभयो, 'पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काट्, र पर्वतमा मकहाँ उक्लेर आइज अनि काठको एउटा सन्दूक बना ।
DEU 10:2 तैँले फुटाएका पहिलेका पाटीहरूमा भएका वचनहरू म यी पाटीहरूहरूमा लेख्‍ने छु, र तैँले तिनलाई सन्दुकमा राख्‍नू ।'
DEU 10:3 त्यसैले मैले बबुल काठको एउटा सन्दुक बनाएँ, र पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटेँ अनि मेरो हातमा ती दुईवटा पाटी लिएर पर्वतमा उक्लेँ ।
DEU 10:4 पर्वतमा सभाको दिनमा आगोको बिचबाट परमप्रभुले तिमीहरूलाई बोल्नुभएका दस आज्ञा उहाँले पहिलेजस्तै ती पाटीहरूमा लेख्‍नुभयो र मलाई दिनुभयो ।
DEU 10:5 म फर्केर पर्वतबाट तल ओर्लें, र मैले बनाएका सन्दुकमा ती पाटीहरू राखेँ । परमप्रभुले आज्ञा गर्नुभएझैँ ती त्यहाँ थिए ।”
DEU 10:6 (इस्राएलीहरू बिरोथ-बने-याकानबाट हिँडेर मोसेरामा आए । त्यहाँ हारून मरे, र त्यहीँ गाडिए । तिनको ठाउँमा तिनका छोरा एलाजारले पुजारीको पद सम्हाले ।
DEU 10:7 त्यहाँबाट तिनीहरू गुदगुदासम्म हिँडे र गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए ।
DEU 10:8 त्यस बेला परमप्रभुको नाउँमा मानिसहरूलाई आशिष् दिन र उहाँको सेवाको लागि उहाँको सामु खडा हुनका लागि परमप्रभुको करार बोक्‍न उहाँले लेवी कुललाई छान्‍नुभयो जस्तो आजसम्म चलिआएको छ ।
DEU 10:9 त्यसकारण, आफ्ना दाजुभाइहरूसँगै लेवीसित जमिनको कुनै हिस्सा वा सम्पत्ति हुँदैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनलाई भन्‍नुभएझैँ परमप्रभु नै तिनको सम्पत्ति हुनुहुन्छ)
DEU 10:10 पहिलेजस्तै म चालिस दिन र चालिस रातसम्म पर्वतमा बसेँ । त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्‍नुभयो ।
DEU 10:11 परमप्रभुले मलाई मार्ने इच्छा गर्नुभएन । परमप्रभुले मलाई भन्‍नुभयो, 'उठ् र मानिसहरूलाई यात्रामा अगुवाइ गर्न तिनीहरूको अगि जा । मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिने छु भनी प्रतिज्ञा गरेको देशमा तिनीहरू जाने छन् र त्यसको अधिकार गर्ने छन् ।'
DEU 10:12 अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुराहरू यिनै हुन्: परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान; उहाँका सबै मार्गमा हिँड; उहाँलाई प्रेम गर; परमप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय र सारा प्राणले आराधना गर;
DEU 10:13 परमप्रभुका आज्ञा र विधिविधानहरू पालन गर जुन तिमीहरूका भलाइको निम्ति आज मैले तिमीहरूलाई दिँदै छु ।
DEU 10:14 हेर, आकाश, आकाशमण्डलहरू, पृथ्वी र तिनमा भएका सबै परमप्रभु तिमीहरूका परमेश्‍वरकै हुन् ।
DEU 10:15 परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नमा उहाँ खुसी हुनुभयो र उहाँले तिमीहरू, तिमीहरूका सन्तानहरू र त्यसपछि आउनेहरूलाई चुन्‍नुभयो जस्तो तिमीहरू देख्छौ ।
DEU 10:16 त्यसकारण, तिमीहरूका ह्रदयको खतना गर, र अबदेखि उसो हठी नहोओ ।
DEU 10:17 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै देवहरूका परमेश्‍वर र प्रभुहरूका प्रभु, महान् परमेश्‍वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ जसले कसैको पक्षपात गर्नुहुन्‍न र घुस लिनुहुन्‍न ।
DEU 10:18 उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ, र परदेशीलाई भोजन र वस्‍त्र दिएर प्रेम देखाउनुहुन्छ ।
DEU 10:19 त्यसकारण परदेशीलाई प्रेम गर । किनकि तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ ।
DEU 10:20 परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान । उहाँको आराधना गर । उहाँमै टाँसिरहो, र उहाँको नाउँमा मात्र शपथ खाओ ।
DEU 10:21 उहाँ तिमीहरूको प्रशंसा हुनुहुन्छ, उहाँ तिमीहरूका परमेश्‍वर हुनुहुन्छ जसले तिमीहरूका आँखाले देख्‍ने गरी यी महान् र भययोग्य कुराहरू गर्नुभएको छ ।
DEU 10:22 तिमीहरूका सत्तरी जना पिता-पुर्खा मिश्रमा गएका थिए । अहिले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराहरूजत्तिकै असङ्ख्य बनाउनुभएको छ ।
DEU 11:1 त्यसकारण परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, र उहाँका निर्देशन, उहाँका विधिविधानहरू र उहाँका आज्ञाहरू सधैँ पालन गर्नू ।
DEU 11:2 ख्याल गर, कि म तिमीहरूका छोराछोरीहरूसित बोलिरहेको छैनँ जसले परमप्रभु परमेश्‍वरलाई चिनेका छैनन्, न त उहाँको दण्ड, उहाँको महान्‌ता, उहाँको शक्तिशाली हात वा फैलिएको पाखुरा,
DEU 11:3 चिन्हहरू र कार्यहरू देखेका छैनन् जुन उहाँले मिश्रमा त्यहाँका राजा फारो र तिनका सबै देशमा गर्नुभयो ।
DEU 11:4 उहाँले मिश्रका सेना, तिनीहरूका घोडाहरू वा तिनीहरूका रथहरू र तिनीहरूले तिमीहरूलाई खेद्दा कसरी नर्कटको समुद्रको पानीले तिनीहरूलाई डुबायो र आजको दिनसम्म कसरी परमप्रभुले तिनीहरूलाई नष्‍ट गर्नुभयो
DEU 11:5 वा तिमीहरू यस ठाउँसम्म नआइपुगुञ्‍जेलसम्म उहाँले तिमीहरूलाई उजाड-स्थानमा के गर्नुभयो भनी तिनीहरूले देखेनन् ।
DEU 11:6 रूबेनवंशी एलिआबका छोराहरू दातान र अबीरामलाई सारा इस्राएलको बिचमा परमप्रभुले के गर्नुभयो र कसरी धरतीले आफ्नो मुख बाएर तिनीहरू, तिनीहरूका घरानाहरू, तिनीहरूका पालहरू र तिनीहरूको पछि लाग्‍ने हरेक जीवित वस्तुलाई निल्यो भनी तिनीहरूले देखेनन् ।
DEU 11:7 तर परमप्रभुले गर्नुभएका सबै महान् कामहरू तिमीहरूका आँखाले देखेका छन् ।
DEU 11:8 त्यसकारण आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा पालन गर ताकि तिमीहरू बलिया भई तिमीहरूले पारि गई अधिकार गर्ने देशलाई अधिकार गर्न सक,
DEU 11:9 र परमप्रभुले तिमीहरू तिमीहरूका पिता-पुर्खाहरूका सन्तानहरूलाई दिन्छु भनी तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बहने देशमा तिमीहरूको आयु लामो हुन सकोस् ।
DEU 11:10 किनकि तिमीहरू अधिकार गर्न जान लागेको देश मिश्र देशजस्तो होइन जहाँबाट तिमीहरू आयौ, जहाँ तिमीहरूले बिउ रोप्यौ र बारीमा झैँ खुट्टाले पानी हाल्यौ ।
DEU 11:11 तर तिमीहरू अधिकार गर्न जाने देश पहाड र बेँसीहरू भएको देश हो जहाँ आकाशका पानीले जमिन भिजाउँछ ।
DEU 11:12 यो परमप्रभु तिमीहरूका परमेश्‍वरले देखरेख गर्नुहुने देश हो । परमप्रभु तिमीहरूका परमेश्‍वरका आँखा वर्षको सुरुदेखि अन्त्यसम्म सदैव यसमाथि हुन्छ ।
DEU 11:13 तिमीहरूका सारा ह्रदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न र उहाँको सेवा गर्न आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्‍यौ भने
DEU 11:14 म तोकिएको ऋतुमा तिमीहरूको देशमा अगिल्लो वृष्‍टि र पछिल्लो वृष्‍टि पठाउने छु, ताकि तिमीहरूले तिमीहरूको अन्‍न, नयाँ मद्य र तेल जम्मा गर्न सक ।
DEU 11:15 म तिमीहरूका गाईवस्तुहरूका लागि खर्कमा घाँस दिने छु, र तिमीहरू खाएर तृप्‍त हुने छौ ।
DEU 11:16 ध्यान देओ, नत्रता तिमीहरू ठगिने छौ र अन्तैतिर लागेर अन्य देवताहरूको पुजा गर्ने छौ र तिनीहरूको सामु निहुरने छौ ।
DEU 11:17 अनि परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने छ, र उहाँले आकाशलाई बन्द गरिदिनुहुने छ अनि वृष्‍टि रोकिने छ र जमिनले फसल उत्पादन गर्ने छैन र परमप्रभुले तिमीहरूलाई दिनुहुने असल देशबाट तिमीहरू चाँडै नै नष्‍ट हुने छौ ।
DEU 11:18 त्यसकारण, मेरा यी वचनहरू तिमीहरूका हृदय र मनमा भण्डारण गर; तिमीहरूका हातमा चिन्हको रूपमा बाँध र ती तिमीहरूका आँखाका बिचमा फेटा होऊन् ।
DEU 11:19 ती आफ्ना छोराछोरीहरूलाई सिकाओ र तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा र सुत्दा अनि उठ्दा तिनको चर्चा गर ।
DEU 11:20 तिमीहरूको घरको ढोकाको चौकोसमा र सहरका द्वारहरूमा तिनलाई लेख,
DEU 11:21 ताकि स्वर्ग माथि भएसम्म र पृथ्वी तल रहेसम्म परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका आयु र तिमीहरूका छोराछोरीहरूका आयु लम्बिन सकोस् ।
DEU 11:22 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न र उहाँमा टाँसिन मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्‍यौ भने,
DEU 11:23 परमप्रभुले तिमीहरूकै सामु यी सबै जातिलाई धपाइदिनुहुने छ, र तिमीहरूले तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरूलाई पराजित गर्ने छौ ।
DEU 11:24 तिमीहरूका खुट्टाका पैतलाले टेकेको हरेक भूमि तिमीहरूको हुने छ- उजाड-स्थानदेखि लेबनानसम्म, यूफ्रेटिस नदीदेखि पश्‍चिम समुद्रसम्म तिमीहरूको सिमान हुने छ ।
DEU 11:25 कुनै मानिस तिमीहरूको सामु खडा हुन सक्दैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ तिमीहरूले कुल्चने सारा भूमिमा उहाँले तिमीहरूको डर र त्रास हालिदिनुहुने छ ।
DEU 11:26 हेर, आज म तिमीहरूका सामु आशिष् र श्राप राख्छु ।
DEU 11:27 परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरूले आशिष् पाउने छौ,
DEU 11:28 र परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन नगरी आज मैले दिएको आज्ञाबाट तिमीहरू तर्केर तिमीहरूले नचिनेका अन्य देवताहरूको पछि लाग्यौ भने तिमीहरूले सराप पाउने छौ ।
DEU 11:29 जब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुन्छ तब तिमीहरूले आशिष्‌चाहिँ गीरीज्‍जीम डाँडामा र श्रापचाहिँ एबाल डाँडामा घोषणा गर्नू ।
DEU 11:30 के यी डाँडाहरू पर्दनपारि, पश्‍चिमी सडकको पश्‍चिमपट्टि, अराबामा बस्‍ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेका फँलाटका रुखहरूको छेउमा छैनन् र ?
DEU 11:31 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशलाई अधिकार गर्न तिमीहरू यर्दन पारि जानुपर्छ र यसलाई अधिकार गरी तिमीहरू त्यहाँ बस्‍ने छौ ।
DEU 11:32 आज मैले तिमीहरूका सामु राखिदिएका सबै विधिविधान पालन गर्नू ।
DEU 12:1 परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिनुभएको देशमा तिमीहरू बाँचुञ्‍जेलसम्म तिमीहरूले मान्‍नुपर्ने विधिविधानहरू यिनै हुन् ।
DEU 12:2 जुन जातिहरूलाई तिमीहरूले पराजित गर्छौ तिनीहरूले अग्ला पर्वतहरू, डाँडाहरू र हरेक हरियो रुखमुनि पुजा गर्ने तिनीहरूका देवताहरूलाई निश्‍चय नै नष्‍ट पारिदिनू ।
DEU 12:3 तिनीहरूका वेदीहरू भत्काइदिनू र तिनीहरूका ढुङ्गाका मूर्तिहरूलाई टुक्राटुक्रा पारिदिनू र तिनीहरूका अशेरा देवीका खम्बाहरू जलाइदिनू । खोपेर बनाइएका तिनीहरूका देवताका मूर्तिहरू काटिदिनू र त्यस ठाउँबाट तिनीहरूका नाउँ मेटिदिनू ।
DEU 12:4 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यसरी आराधना नगर्नू ।
DEU 12:5 तर जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न तिमीहरूका सबै कुलबाट चुन्‍नुहुन्छ त्यही नै त्यो ठाउँ हुने छ जहाँ तिमीहरू बस्छौ र त्यहीँ नै तिमीहरू जाने छौ ।
DEU 12:6 त्यहीँ नै तिमीहरूले आफ्ना होमबलि, भेटी, दशांश, तिमीहरूका हातका भेटी, भाकलका भेटी, स्वैच्छिक भेटी र तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका पहिले जन्मेकाहरूलाई ल्याउने छौ ।
DEU 12:7 त्यहीँ नै तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खाने छौ र तिमीहरू र तिमीहरूका घरानाहरूले हात लगाएका हरेक कुराको बारेमा आनन्द मनाउने छौ जहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएको छ ।
DEU 12:8 आज यहाँ हामीले गरिरहेका कुनै पनि कुरा नगर्नू । अहिले हरेकलाई आफ्नो दृष्‍टिमा जे ठिक लाग्छ, त्यसले त्यही गरिरहेको छ ।
DEU 12:9 किनकि तिमीहरू अझै पनि विश्राम अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने उत्तराधिकारमा आएका छैनौ ।
DEU 12:10 तर जब तिमीहरू यर्दन पारी जान्छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशमा बस्छौ तब उहाँले तिमीहरूलाई तिमीहरूका चारैतिर भएका सबै शत्रुबाट विश्राम दिनुहुने छ ताकि तिमीहरू सुरक्षितसाथ बस्‍न सक ।
DEU 12:11 अनि जुन ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न छान्‍नुहुन्छ त्यहीँ नै मैले तिमीहरूलाई आज्ञा दिने हरेक थोक ल्याओ अर्थात् तिमीहरूका होमबलि, भेटी, दशांश र तिमीहरूका हातका भेटी, परमप्रभुको निम्ति तिमीहरूले चढाउने भाकलका सबै स्वैच्छिक भेटी ल्याओ ।
DEU 12:12 तिमीहरू, तिमीहरूका छोराहरू, तिमीहरूका छोरीहरू, तिमीहरूका कमारा-कमारीहरू र तिमीहरूका सहरभित्र हुने लेवीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु रमाउने छौ । तिमीहरूका बिचमा बस्‍ने लेवीहरूसित कुनै हिस्सा वा सम्पत्ति हुँदैन ।
DEU 12:13 तिमीहरूका होमबलिहरू तिमीहरूले देख्‍ने हरेक ठाउँमा नचढाउन होसियार बस ।
DEU 12:14 तर परमप्रभुले तिमीहरूका कुलबाट छान्‍नुहुने एउटा ठाउँमा तिमीहरूले आफ्ना होमबलिहरू चढाउनू र त्यहीँ नै मैले तिमीहरूलाई आज्ञा गरेका हरेक कुरा गर्नू ।
DEU 12:15 तथापि, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌लाई स्वीकार गरी तिमीहरूलाई इच्छा लागेअनुसार तिमीहरूका सहरहरूभित्र तिमीहरूले पशु मारेर खान सक्छौ । हरिण र मृगजस्ता प्राणीका मासुहरू शुद्ध र अशुद्ध दुवै थरीका मानिसहरूले खान सक्छन् ।
DEU 12:16 तर तिमीहरूले रगतचाहिँ नखाओ । यसलाई पानीझैँ भुइँमा पोखाइदेओ ।
DEU 12:17 तिमीहरूको अन्‍न, नयाँ मद्य, तेल, गाईवस्तु वा भेडा-बाख्राका पहिले जन्मेकाहरूको दशांश तिमीहरूले सहरहरूभित्र खानुहुँदैन । तिमीहरूले गर्ने भाकलसँगै चढाउने कुनै पनि बलिदानको मासु नखाओ न त स्वैच्छिक भेटी वा तिमीहरूका हातले चढाउने भेटीबाट खाओ ।
DEU 12:18 बरु, तिमी, तिम्रा छोराछोरी, तिम्रा कमारा-कमारी र तिम्रा सहरहरूभित्र बस्‍ने लेवीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले छन्‍नुहुने ठाउँमा तिनलाई खानू । तिमीहरूले हात लगाउने हरेक कुराको बारेमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु रमाउने छौ ।
DEU 12:19 तिमीहरू आफ्नो देशमा बसुञ्‍जेलसम्म लेवीहरूलाई नभुल्नमा ध्यान देओ ।
DEU 12:20 परमप्रभु तिमीहरूका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएबमोजिम उहाँले तिमीहरूका सिमानाहरू बढाउनुहुँदा मासु खाने तिमीहरूको इच्छाको कारणले तिमीहरूले 'म मासु खाने छु' भन्दा तिमीहरूले इच्छा लागेअनुसार खान सक्छौ ।
DEU 12:21 परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न छान्‍नुहुने ठाउँ तिमीहरूबाट ज्यादै टाढा भयो भने मैले तिमीहरूलाई आज्ञा दिएअनुसार परमप्रभुले तिमीहरूलाई दिनुभएका गाईवस्तु र भेडा-बाख्राबाट केहीलाई मार्नू, र तिमीहरूको मनले इच्छा गरेअनुसार तिमीहरूले आफ्ना सहरहरूभित्र तिनलाई खान सक्छौ ।
DEU 12:22 तिमीहरूले हरिण र मृगलाई खाएझैँ तिनीहरूलाई खान सक्छौ । अशुद्ध र शुद्ध मानिसहरूले समान रूपमा खान सक्छन् ।
DEU 12:23 केवल रगत नखाने कुरामा निश्‍चित होओ किनकि रगत जीवन हो । मासुसँगै जीवन नखाओ ।
DEU 12:24 तिमीहरूले रगत नखाओ । यसलाई पानीलाई झैँ भुइँमा खन्याइदिनू ।
DEU 12:25 तिमीहरूले रगत नखाओ । तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यो गर्‍यौ भने तिमीहरू र तिमीहरूका छोराछोरीहरूको भलो हुने छ ।
DEU 12:26 तर तिमीहरूसित भएका थोकहरू र भाकलका भेटीहरू जुन परमप्रभुका हुन्, ती लिएर परमप्रभुले छान्‍नुहुने ठाउँमा जाओ ।
DEU 12:27 त्यहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीमा तिमीहरूले होमबलिसाथै मासु र रगत चढाओ । तिमीहरूका बलिदानको रगत परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीमा खन्याऊ र मासुचाहिँ तिमीहरूले खाओ ।
DEU 12:28 मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै वचनलाई ध्यान दिएर पालन गर ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूले जे ठिक र असल छ त्यही गर्दा तिमीहरू र तिमीहरूका छोराछोरीहरूको सदैव भलो होस् ।
DEU 12:29 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सामु ती जातिहरूलाई निष्कासन गर्नुहँदा तिमीहरू त्यहाँ गई तिनीहरूलाई पराजित गर्ने छौ र तिनीहरूको देशमा बस्‍ने छौ ।
DEU 12:30 होसियार बस, कि तिमीहरूका सामु तिनीहरू नष्‍ट गरिएपछि तिनीहरूलाई पछ्याउने पासोमा नपर्नू । 'यी जातिहरूले कसरी तिनीहरूका देवताहरूको पुजा गर्छन् म पनि त्यस्तै गर्ने छु' भन्दै तिनीहरूका देवताहरूको चासो लिने पासोमा नपर्नू ।
DEU 12:31 तिमीहरूले त्यसरी परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना नगर्नू किनकि तिनीहरूले आफ्ना देवताहरूलाई परमप्रभुको दृष्‍टिमा घृणित हरेक कुरो र उहाँले घृणा गर्ने कुराहरू गरेका छन् । तिनीहरूले आफ्ना छोराछोरीहरू आफ्ना देवताहरूका निम्ति आगोमा होम दिन्छन् ।
DEU 12:32 मैले जे-जे आज्ञा दिन्छु, त्यसको पालन गर । यसमा नथप न त यसबाट हटाउने काम गर ।
DEU 13:1 तिमीहरूका बिचमा कुनै अगमवक्ता वा स्वप्‍न-दर्शी देखा परी त्यसले तिमीहरूलाई कुनै चिन्ह वा चमत्कार देखाउन खोज्यो भने
DEU 13:2 र त्यसले तिमीहरूलाई भनेको चिन्ह वा चमत्कार घटेपछि 'तिमीहरूले नजानेका अरू देवताहरूलाई पछ्याएर तिनीहरूको पुजा गरौँ' भन्यो भने
DEU 13:3 त्यस अगमवक्ता वा स्वप्‍न-दर्शीको कुरा नसुन्‍नू । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सारा हृदय र सारा प्राणले उहाँलाई प्रेम गर्छौ कि गर्दैनौ भनी तिमीहरूको जाँच गर्दै हुनुहुन्छ ।
DEU 13:4 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको पछि लाग्‍नू; उहाँको आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र उहाँको कुरा सुन्‍नू र उहाँको आराधना गर्नू अनि उहाँमा टाँसिनू ।
DEU 13:5 त्यस अगमवक्ता वा स्वप्‍न-दर्शीलाई मृत्युदण्ड दिनू किनकि त्यसले तिमीहरूलाई मिश्र देशबाट ल्याउनुहुने र दासत्वको घरबाट छुटकारा दिनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा बोलेको छ । त्यस अगमवक्ताले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई हिँड्न लगाउनुभएको मार्गबाट तिमीहरूलाई तर्काउन चाहन्छ । त्यसैले तिमीहरूका बिचबाट दुष्‍टतालाई मिल्काइदेओ ।
DEU 13:6 मानौँ, तिम्रो आफ्नै दाजुभाइ, वा तिम्रो छोरा वा छोरी वा तिम्री प्यारी पत्‍नी वा तिम्रो घनिष्‍ठ साथीले तिमीहरूलाई गोप्य रूपमा फकाएर यसो भन्यो, 'जाऔँ र तिमीहरू वा तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका अन्य देवताहरूको पुजा गरौँ
DEU 13:7 अर्थात् तिमीहरूका वरिपरि, तिमीहरूको नजिक वा टाढा वा पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म भएका जातिहरूको कुनै देवताको पुजा गरौँ ।'
DEU 13:8 त्यस बेला तिमीहरूले त्यसको कुरा नसुन्‍नू, त्यसलाई दया देखाउन आफ्ना आँखालाई अनुमति नदिनू, र त्यसलाई नजोगाउनू वा नलुकाउनू ।
DEU 13:9 बरु, त्यसलाई निश्‍चय नै मारिदिनू । त्यसलाई मार्नेमा तेरो हात पहिलो होस् र त्यसपछि अरूहरू तम्सून् ।
DEU 13:10 तिमीहरूले त्यसलाई ढुङ्गाले हानेर मार्नू किनकि त्यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्‍वरबाट तर्काउन खोजेको छ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याउनुभयो ।
DEU 13:11 सारा इस्राएली यो सुनेर डराउने छन्, र तिमीहरूका बिचमा कसैले पनि यस्तो दुष्‍टता गर्ने छैन ।
DEU 13:12 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बस्‍न दिनुहुने कुनै पनि सहरमा
DEU 13:13 केही दुष्‍ट मित्रहरू तिमीहरूबाट तर्केर गई तिमीहरूको सहरका बासिन्दाहरूलाई 'तिमीहरूले नचिनेका अन्य देवताहरूको पुजा गरौँ' भनेको तिमीहरूले सुन्यौ भने
DEU 13:14 तिमीहरूले गम्भीर रूपमा साक्षीको जाँच गर्नू; अनुसन्धान गर्नू अनि केरकार गर्नू । तिमीहरूका बिचमा यस्तो घृणित कुरो भएको रहेछ भनी तिमीहरूले पक्‍का गर्‍यौ भने तिमीहरूले कारवाही अगाडि बढाउनू ।
DEU 13:15 तिमीहरूले तरवारले त्यस सहरका बासिन्दाहरूलाई आक्रमण गरी त्यसलाई पूर्ण रूपमा नष्‍ट गरिदिनू अनि त्यहाँ भएका सबै मानिसलगायत तिनीहरूका गाईवस्तु सबैलाई तरवारले नष्‍ट पार्नू ।
DEU 13:16 तिमीहरूले लुटका सबै माल सडकको बिचमा जम्मा गरी परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु ती मालसमेत सहरलाई जलाइदिनू । त्यो सहर सदाको लागि भग्‍नावशेषको थुप्रो हुने छ । यसलाई फेरि कहिल्यै पुनर्निर्माण नगरियोस् ।
DEU 13:17 विनाशको लागि अलग गरिएको कुनै पनि थोक तिमीहरूको हातमा नहोस् ताकि परमप्रभुको क्रोध शान्त होस् जसले तिमीहरूलाई दया देखाउनुहुन्छ, तिमीहरूलाई टिठ्याउनुहुन्छ र तिमीहरूलाई पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएमुताबिक सङ्ख्यामा वृद्धि गराउनुहुन्छ ।
DEU 13:18 आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्न र परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यही गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज सुनेकाले उहाँले यसो गर्नुहुने छ ।
DEU 14:1 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका मानिसहरू हौ । मृतकहरूका लागि तिमीहरूले आफ्नो शरीरमा चोट नपुर्‍याउनु न त आफ्नो शिरको अगाडिको भाग खौरनू ।
DEU 14:2 किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ, र परमप्रभुले पृथ्वीको सतहमा बसोबास गर्ने सबै जातिभन्दा उहाँको आफ्नै निज सम्पत्ति हुन तिमीहरूलाई छान्‍नुभएको छ ।
DEU 14:3 तिमीहरूले कुनै घृणित खानेकुरो नखाओ ।
DEU 14:4 तिमीहरूले खान हुने प्राणीहरू यिनै हुन्: गोरु, भेडा र बोका,
DEU 14:5 मृग, हरिण, बराँठ, जङ्गली बोका, चित्तल र पहाडी भेडा ।
DEU 14:6 दुई भागमा खुर चिरिएका र उग्रने कुनै पनि पशु तिमीहरूले खान सक्छौ ।
DEU 14:7 तथापि, दुई भागमा खुर चिरिएका र उग्राने यी प्राणीहरूचाहिँ नखानूः ऊँट, खरायो, शापान, किनभने तिनीहरूले उग्रन्छन् तर तिनीहरूको खुर चिरिएको हुँदैन । त्यसैले ती तिमीहरूका निम्ति अशुद्ध हुन् ।
DEU 14:8 सुँगुर पनि तिमीहरूका लागि अशुद्ध हो किनकि त्यसको खुर चिरिएको हुन्छ तर त्यसले उग्रँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो । सुँगुरको मासु नखानू, र तिनीहरूका सिनु नछुनू ।
DEU 14:9 पानीमा बस्‍ने यी जलजन्तुहरूमध्ये पखेटा र कत्ला भएका तिमीहरूले खान सक्छौ ।
DEU 14:10 तर पखेटा र कत्ला नभएकाहरूचाहिँ तिमीहरूले नखानू । ती तिमीहरूका लागि अशुद्ध हुन् ।
DEU 14:11 तिमीहरूले सबै शुद्ध पक्षी खान सक्छौ ।
DEU 14:12 तर तिमीहरूले यी पक्षीहरूचाहिँ नखानूः गरुड, गिद्ध, कालो गिद्ध,
DEU 14:13 सबै थरीका रातो चील, कालो चील ।
DEU 14:14 तिमीहरूले कुनै पनि किसिमको काग,
DEU 14:15 र अस्ट्रिच, ठुलो लाटोकोसेरो, समुद्री चरो, सबै थरीका बाज,
DEU 14:16 सानो लाटोकोसेरो, ठुलो लाटोकोसेरो, सेतो लाटोकोसेरो, मरुभूमिको लाटोकोसेरो,
DEU 14:17 माछा मार्ने चील र जल कौवा खानुहुँदैन ।
DEU 14:18 तिमीहरूले सारस, कुनै पनि किसिमको बकुल्ला, फाप्रे चरो र चमेरो खानुहुँदैन ।
DEU 14:19 बथान-बथानमा उड्ने सबै किरा तिमीहरूका लागि अशुद्ध हुन् । तिमीहरूले ती खानुहुँदैन ।
DEU 14:20 तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खान सक्छौ ।
DEU 14:21 आफै मरेको कुनै पनि थोक नखानू । तिमीहरूका सहरहरूभित्र बस्‍ने परदेशीलाई त्यो दिन सक्छौ र त्यसले खान सक्छ वा यो परदेशीलाई बेच्न सक्छौ । किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ । बाख्राको पाठो माउको दूधमा नपकाउनू ।
DEU 14:22 वर्षैपिच्छे तिमीहरूको खेतबाट आउने सबै उब्जनीबाट निश्‍चय नै दशांश छुट्ट्याउनू ।
DEU 14:23 परमप्रभु तिमीहरूका परमेश्‍वरले जुन ठाउँलाई आफ्नो पवित्र वासस्थानको रूपमा चुन्‍नुहुन्छ, त्यही ठाउँमा उहाँको सामु तिमीहरूको अन्‍न, नयाँ मद्य, तेल र तिमीहरूका गाईवस्तुसाथै भेडा-बाख्राको पहिले जन्मेकाहरूको दशांश खानू । परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सधैँ आदर गर्न सिक्‍नू ।
DEU 14:24 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएपछि उहाँको पवित्र स्थानको रूपमा छान्‍नुहुने ठाउँमा दशांश लिएर जान तिमीहरूलाई निकै टाढा भयो र तिमीहरूले त्यहाँसम्म दशांश लैजान सकेनौ भने,
DEU 14:25 तिमीहरूले त्यसलाई बेचेर पैसा आफ्नो हातमा लिन सक्छौ अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा जान सक्छौ ।
DEU 14:26 त्यहाँ तिमीहरूले इच्छा लागेअनुसार खर्च गर्न सक्छौः गोरुको लागि वा भेडाको लागि वा दाखमद्यको लागि वा कडा दाखमद्यको लागि वा तिमीहरूको इच्छाअनुसार अन्य जुनसुकै थोकको लागि । त्यहाँ तिमीहरूले परमप्रभु तिमीहरूका सामु खाने छौ अनि तिमीहरू र तिमीहरूको घराना रमाउने छौ ।
DEU 14:27 तिमीहरूका सहरहरूभित्र भएको लेवीलाई नत्याग किनकि त्योसित तिमीहरूसँग झैँ कुनै हिस्सा वा सम्पत्ति छैन ।
DEU 14:28 तिमीहरूले हरेक तिन वर्षको अन्त्यमा वर्ष-वर्षको उब्जनीको सबै दशांश ल्याउनू, र त्यसलाई तिमीहरूका सहरभित्र भण्डारण गर्नू ।
DEU 14:29 लेवीसित तिमीहरूसँगै कुनै हिस्सा वा सम्पत्ति नभएकोले लेवीसाथै तिमीहरूका सहरहरूभित्र भएका परदेशी, अनाथसाथै विधवा आएर ती खाऊन् अनि तृप्‍त होऊन् । यसो गर ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूले गर्ने सबै कुरामा तिमीहरूलाई आशिष् देऊन् ।
DEU 15:1 हरेक सात वर्षको अन्त्यमा कर्जाहरू रद्द गरिदिनू ।
DEU 15:2 त्यो काम यसरी गरिने छः हरेक ऋणदाताले आफ्नो छिमेकीलाई दिएको ऋण रद्द गरिदिने छ । त्यसले आफ्नो छिमेकी वा भाइबाट ऋणको माग गर्दैन किनकि परमप्रभुको कर्जामाफीको घोषणा गरिएको छ ।
DEU 15:3 तिमीहरूले परदेशीबाट चाहिँ यसको माग गर्न सक्छौ, तर तिम्रो भाइको ऋणचाहिँ फुक्‍का गरिदेओ ।
DEU 15:4 तथापि, तिमीहरूका बिचमा कोही गरिब हुनुहुँदैन (किनकि परमप्रभुले तिमीहरूलाई सम्पत्तिको रूपमा अधिकार गर्न दिनुहुने देशमा तिमीहरूलाई निश्‍चय नै आशिष् दिनुहुने छ) ।
DEU 15:5 तर यसको लागि तिमीहरूले आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञा पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज होसियारीसाथ सुन्‍नुपर्छ ।
DEU 15:6 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूलाई आशिष् दिनुहुने छ । तिमीहरूले धेरै जातिहरूलाई ऋण दिने छौ, तर तिमीहरूले ऋण लिने छैनौ । तिमीहरूले धेरै जातिहरूमाथि शासन गर्ने छौ, तर तिनीहरूले तिमीहरूमाथि शासन गर्ने छैनन् ।
DEU 15:7 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशको कुनै पनि सहरभित्र तिमीहरूका बिचमा कुनै पनि भाइ गरिब भयो भने तिमीहरूको गरिब भाइप्रति तिमीहरूले आफ्नो हृदय कठोर पार्नुहुँदैन न त मुट्ठी बाँध्‍नुहुन्छ ।
DEU 15:8 तर तिमीहरूले उसलाई निश्‍चय नै आफ्नो हात खुला गर्नू, र उसको खाँचोको लागि पर्याप्‍त मात्रामा ऋण दिनू ।
DEU 15:9 'सातौँ वर्ष अर्थात् छुटकाराको वर्ष नजिकै छ' भनी आफ्नो मनमा दुष्‍ट विचार ननिम्त्याउन होसियार होओ ताकि तिमीहरूका बिचमा भएको गरिब भाइप्रति लोभी नभएर तिमीहरूले उसलाई दिन सक । तिमीहरू लोभी भयौ भने त्यो पाप हुन्छ ।
DEU 15:10 निश्‍चय नै तिमीहरूले उसलाई दिनू, र तिमीहरूले उसलाई दिँदा हृदयमा दुःख नमान्‍नू किनकि यसको साटो परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काम र तिमीहरूले हात हाल्ने सबै थोकमा आशिष् दिनुहुने छ ।
DEU 15:11 किनकि देशमा गरिबहरूको कहिल्यै अन्त्य हुने छैन । त्यसकारण म तिमीहरूलाई आज्ञा दिन्छु, 'तिमीहरूको देशमा खाँचोमा परेको तिमीहरूका भाइ र गरिबको लागि तिमीहरूले आफ्नो हात खुला राख्‍नू ।'
DEU 15:12 तिमीहरूका हिब्रू भाइ या बहिनी तिमीकहाँ बेचिएको छ र त्यसले छ वर्षसम्म सेवा गरेको छ भने सातौँ वर्षमा तिमीहरूले त्यसलाई स्वतन्त्र भएर जान दिनू ।
DEU 15:13 तिमीहरूले त्यसलाई स्वतन्त्र भएर जान दिँदा त्यसलाई रित्तो हात नपठाओ ।
DEU 15:14 तिमीहरूका भेडा-बाख्रा, खला र दाखको कोलबाट त्यसलाई प्रशस्त मात्रामा लिएर जान देओ । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएमुताबिक त्यसलाई दिनू ।
DEU 15:15 तिमीहरू मिश्र देशमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई छुटकारा दिनुभएको थियो भनी तिमीहरूले याद गर्नू । त्यसकारण आज मैले तिमीहरूलाई यो आज्ञा दिँदै छु ।
DEU 15:16 त्यसले तिमीहरू र तिमीहरूको घरलाई माया गरेकोले र तिमीहरूसित राम्ररी बसेकोले 'म तपाईंहरूकहाँबाट जान्‍नँ' भन्यो भने
DEU 15:17 एउटा सुतारो लिएर त्यसको कानको लोती ढोकामा लगाएर छेड्नू, र त्यो जीवनभरि तिमीहरूको कमारो हुने छ । तिमीहरूका कमारीलाई पनि यसै गर्नू ।
DEU 15:18 त्यसलाई फुक्‍का भएर जान दिन अप्ठ्यारो नमान्‍नू किनकि त्यसले छ वर्षसम्म तिमीहरूको सेवा गरेको छ र ज्यालादारी व्यक्तिले गर्ने दोब्बर काम गरेको छ । तिमीहरूले गर्ने सबै काममा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुहुने छ ।
DEU 15:19 तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका सबै पहिले जन्मेकाहरूलाई परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गर्नू । गाईवस्तुबाट पहिले जन्मेकाहरूलाई कुनै काम नगराउनू न त भेडा-बाख्राबाट पहिले जन्मेकाहरूबाट ऊन कत्रनू ।
DEU 15:20 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा वर्षैपिच्छे उहाँको सामु तिमीहरू र तिमीहरूको घरानाले पहिले जन्मेकोलाई खानू ।
DEU 15:21 त्यो लङ्गडा वा अन्धा वा त्यसमा कुनै किसिमको खोट छ भने तिमीहरूले त्यो परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु नचढाउनू ।
DEU 15:22 त्यसलाई तिमीहरूकै सहरभित्र खानू । हरिण वा मृगको मासु खाएझैँ शुद्ध र अशुद्ध व्यक्तिहरूले समान रूपमा खानू ।
DEU 15:23 केवल तिमीहरूले यसको रगतचाहिँ नखानू। पानीझैँ गरी यसलाई भुइँमा पोखाइदिनू ।
DEU 16:1 आबीब महिनाको सम्झना राखेर परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु निस्तार-चाड मान्‍नू किनकि आबीब महिनामा नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई रातमा मिश्रबाट ल्याउनुभयो ।
DEU 16:2 परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा गाईवस्तु र भेडा-बाख्राबाट उहाँको सामु निस्तार-चाडको बलि चढाउनू ।
DEU 16:3 योसँगै खमिर हालेको रोटी नखानू । सात दिनसम्म अखमिरी रोटी अर्थात् कष्‍टको रोटी खानू । किनकि तिमीहरू हतारमा मिश्र देशबाट निस्केर आयौ । तिमीहरू मिश्र देशबाट निस्केर आएको दिनलाई याद राख्‍न तिमीहरूका जीवनभरि यसको पालन गर्नू ।
DEU 16:4 सात दिनसम्म तिमीहरूका सबै सिमानाभित्र कुनै पनि खमिर देखिनुहुँदैन । पहिलो दिनको साँझमा तिमीहरूले चढाउने बलिको कुनै पनि मासु भोलि बिहानसम्म रहनुहुँदैन ।
DEU 16:5 परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने जुनसुकै सहरमा तिमीहरूले निस्तार-चाडको बलि नचढाउनू ।
DEU 16:6 बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो पवित्र स्थानको रूपमा छान्‍नुहुने ठाउँमा त्यो चढाउनू । तिमीहरू मिश्रबाट निस्केर आएको वर्षको समय पारेर सूर्योदयको बेला साँझमा निस्तार-चाडको बलि चढाउनू ।
DEU 16:7 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा त्यसलाई पोलेर खानू । तिमीहरू बिहान फर्केर आ-आफ्ना पालमा जानू ।
DEU 16:8 छ दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू । सातौँ दिनमा परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु पवित्र सभा हुने छ । त्यस दिन तिमीहरूले कुनै काम नगर्नू ।
DEU 16:9 तिमीहरूले आफ्ना लागि सात दिन गन्‍नू । पाकेको बाली काट्न सुरु गर्ने समयदेखि तिमीहरूले सात दिन गन्‍नू ।
DEU 16:10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌मुताबिक तिमीहरूले दिने स्वैच्छिक बलिको योगदानसहित परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि साताहरूको चाड मान्‍नू ।
DEU 16:11 परमप्रभु तिमीहरूका परमेश्‍वरले पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, सहरभित्र भएको लेवी र परदेशीसाथै तिमीहरूका बिचमा भएका अनाथ र विधवाले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाओ ।
DEU 16:12 तिमीहरू मिश्रमा कमारा थियो भनी तिमीहरूले याद गर्नू । तिमीहरूले यी विधिहरू मान्‍नू र पालन गर्नू ।
DEU 16:13 तिमीहरूका खला र दाखको कोलबाट सबै फसल जम्मा गरिसकेपछि तिमीहरूले सात दिनसम्म छाप्रो-वासको चाड मान्‍नू ।
DEU 16:14 तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, लेवी र परदेशीसाथै तिमीहरूका सहरभित्र भएका अनाथ र विधवाले चाड अवधिमा आनन्द मनाओ ।
DEU 16:15 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा उहाँको लागि सात दिनसम्म यो चाड मान्‍नू किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै फसल र तिमीहरूका हातका सबै काममा आशिष् दिनुहुने छ र तिमीहरू पूर्ण रूपमा आनन्दित हुने छौ ।
DEU 16:16 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा वर्षको तिन पटक तिमीहरूका सबै पुरुष उहाँको सामु खडा होओः अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-वासको चाडमा । परमप्रभुको सामु कोही पनि रित्तो हात नजानू ।
DEU 16:17 बरु, आफूले सकेजति हरेकले दिनू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌लाई तिमीहरूले जान्‍न सक ।
DEU 16:18 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने तिमीहरूका सबै सहरमा न्यायकर्ता र अधिकारीहरू नियुक्त गर्नू । तिमीहरूका हरेक कुलबाट तिनीहरूलाई छान्‍नू, र तिनीहरूले मानिसहरूको निष्पक्ष न्याय गरून् ।
DEU 16:19 तिमीहरूले जबरजस्ती न्याय हरण नगर । पक्षपात नगर न त घुस लेओ किनकि घुसले बुद्धिमानीहरूको आँखालाई अन्धो तुल्याई धर्मीहरूका वचनलाई बङ्ग्याइदिन्छ ।
DEU 16:20 न्यायको मात्र पछि लाग ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूले दिनुहुने देशलाई अधिकार गरी त्यहाँ तिमीहरू बस्‍न सक्‍ने छौ ।
DEU 16:21 तिमीहरूले आफ्ना लागि परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीको छेउमा अशेरा देवीको निम्ति कुनै पनि खम्बा खडा नगर्नू ।
DEU 16:22 तिमीहरूले आफ्ना लागि कुनै चोखा ढुङ्गा खडा नगर्नू जसलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्छ ।
DEU 17:1 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि कुनै पनि खोट लागेको वा खराब भएको बलि नचढाउनू किनकि त्यो परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि घृणित कुरो हुने छ ।
DEU 17:2 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूका बिचमा कुनै पुरुष वा स्‍त्रीले दुष्‍ट काम गर्‍यो भने वा उहाँको करार भङ्ग गर्‍यो भने वा
DEU 17:3 मैले आज्ञा नगरेको अन्य देवताहरूको पछि लागेर तिनीहरूको पुजा गर्‍यो भने वा सूर्य, चन्द्रमा वा कुनै पनि आकाशीय पिण्डलाई ढोग्यो भने,
DEU 17:4 र यस बारेमा तिमीहरूलाई बताइयो भने वा तिमीहरूले यस बारेमा सुन्यौ भने तिमीहरूले होसियारीसाथ अनुसन्धान गर्नू । इस्राएलमा त्यस्तो घृणित कुरो गरिएको साँचो र निश्‍चित ठहरियो भने तिमीहरूले गर्नुपर्ने कुरो यही हो ।
DEU 17:5 यस्तो दुष्‍ट काम गर्ने त्यो पुरुष वा स्‍त्रीलाई तिमीहरूले सहरको प्रवेशद्वारमा ल्याएर हरेक पुरुष, स्‍त्री र तिमीहरूले ढुङ्गाले हानेर मार्नू ।
DEU 17:6 दुई वा तिन जना साक्षीको आधारमा त्यसलाई मारिने छ । तर एक जना मात्र साक्षीको आधारमा त्यसलाई मारिनुहुँदैन । तिनीहरूलाई मार्न
DEU 17:7 ती साक्षीहरूले पहिले आ-आफ्ना हात उठाऊन् त्यसपछि अरू सबै मानिसले आ-आफ्ना हात उठाऊन् । यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्‍टतालाई हटाउने छौ ।
DEU 17:8 हत्या वा दुर्घटनाबाट भएको मृत्यु वा एउटा वा अर्को व्यक्तिको अधिकार वा एउटा किसिमको हानि वा अर्को किसिमको विषय वा तिमीहरूका बिचमा भएका कुनै पनि वादविवाद मिलाउन तिमीहरूलाई गार्‍हो भयो भने परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा जानू ।
DEU 17:9 तिमीहरू लेवीका सन्तानहरू अर्थात् त्यस बेला न्यायको लागि सेवा गर्ने पुजारीहरूकहाँ जानू । तिनीहरूका सल्लाह लिनू र तिनीहरूले निर्णय सुनाउने छन् ।
DEU 17:10 परमप्रभुले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा तिमीहरूलाई दिइएको व्यवस्थालाई तिमीहरूले मान्‍नू ।
DEU 17:11 तिनीहरूले गर्न भनी तिमीहरूलाई निर्देशन दिने हरेक कुरो मान्‍न तिमीहरू होसियार होओ । तिनीहरूले सिकाउने नियमलाई पछ्याउनू, र तिनीहरूले दिएको निर्णयअनुसार गर्नू । तिनीहरूले बताउने कुराबाट दायाँ वा बायाँतिर नतर्कनू ।
DEU 17:12 परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु सेवा गर्न खडा हुने पुजारी वा न्यायकर्ताको कुरा अहङ्कारी भएर नसुन्‍ने व्यक्ति मारिने छ । तिमीहरूले इस्राएलबाट दुष्‍टता हटाओ ।
DEU 17:13 सबै मानिस यो सुनेर डराउने छन् अनि अब उसो अहङ्कारी हुने छैनन् ।
DEU 17:14 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा आइपुगेर यसको अधिकार गरेपछि र यसमा बसोबास गर्न थालेपछि तिमीहरूले 'हाम्रा वरिपरि भएका सबै जातिले जस्तै हाम्रो शासन गर्न राजा चुन्‍ने छौँ' भन्यौ भने
DEU 17:15 परमप्रभु तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने व्यक्तिलाई तिमीहरूले निश्‍चय नै राजाको रूपमा चुन्‍नू । तिमीहरूका दाजुभाइका बिचबाट नै तिमीहरूले आफ्ना लागि राजा चुन्‍नू । कुनै पनि परदेशीलाई आफ्नो राजा नबनाओ ।
DEU 17:16 तर ती राजाले आफ्नो लागि घोडाहरूको वृद्धि नगरून् न त घोडाहरूको वृद्धिको लागि मानिसहरूलाई मिश्रमा फर्कन लगाऊन् किनकि 'तिमीहरू त्यसरी फेरि कहिल्यै नजाओ' भनी परमप्रभुले तिमीहरूलाई भन्‍नुभएको छ ।
DEU 17:17 तिनले आफ्ना लागि धेरै पत्‍नीहरू नल्याऊन् नत्रता तिनको हृदय बरालिने छ । तिनले सुन र चाँदीको थुप्रो नलगाऊन् ।
DEU 17:18 तिनी आफ्नो राज्यको सिंहासनमा बस्दा तिनले पुजारीहरू अर्थात् लेवीहरूको सामु राखिएको व्यवस्थाको प्रतिबाट आफ्नो लागि एक प्रति मुट्ठामा उतारून् ।
DEU 17:19 त्यो मुट्ठा तिनीसितै हुनुपर्छ, र तिनले आफ्नो जीवनभरि यसलाई पढ्नुपर्छ । यसरी तिनले परमप्रभु आफ्ना परमेश्‍वरको आदर गर्न सकून् अनि यस व्यवस्थाको सबै वचन र विधिविधान पालन गर्न सकून् ।
DEU 17:20 तिनले आफैलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्‍ठ नठानून् र यी आज्ञाहरूबाट तर्केर दायाँ वा बायाँ नलागून् भनेर तिनले यसो गर्नुपर्छ किनकि आफ्नो राज्यमा तिनी र तिनका सन्तानहरूले इस्राएलमा लामो समयसम्म शासन गर्नुपर्ने हुन्छ ।
DEU 18:1 पुजारीहरू अर्थात् लेवीहरू र सबै लेवी कुलको इस्राएलीहरूसित कुनै हिस्सा वा अंश हुने छैन । तिनीहरूले आफ्नो अंशको रूपमा आगोद्वारा चढाइएका परमप्रभुका बलिहरू खाऊन् ।
DEU 18:2 आफ्ना दाजुभाइहरूका बिचमा तिनीहरूको कुनै अंश नहोस् । तिनीहरूलाई प्रतिज्ञा गरिएअनुसार परमप्रभु नै तिनीहरूका अंश हुनुहुन्छ ।
DEU 18:3 गोरु वा भेडा बलिदान गर्ने मानिसहरूबाट पुजारीहरूले पाउने भाग यही होः कुम, दुईवटा गाला र आन्द्रा-भुँडी ।
DEU 18:4 तिमीहरूको अन्‍न, नयाँ मद्य, तेलको पहिलो फलसाथै तिमीहरूको भेडाको पहिलो ऊन तिमीहरूले पुजारीलाई दिनू ।
DEU 18:5 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले परमप्रभुको नाउँमा सेवा गर्न त्यो र त्यसका छोराहरूलाई सदाको लागि चुन्‍नुभएको छ ।
DEU 18:6 इस्राएलको कुनै पनि सहरमा बसेको कुनै एउटा लेवीले आफ्नो सारा हृदयले इच्छा गरेर परमप्रभुले छान्‍नुहुने ठाउँमा आयो भने
DEU 18:7 परमप्रभुको सामु खडा हुने त्यसका सबै लेवी दाजुभाइले जस्तै गरी त्यसले परमप्रभु त्यसका परमेश्‍वरको नाउँमा सेवा गरोस् ।
DEU 18:8 त्यसको आफ्नो परिवारको सम्पतिको बिक्रीबाट आएको अतिरिक्त त्यसले पनि खानको लागि समान हिस्सा पाउनुपर्छ ।
DEU 18:9 जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा आउँछौ तब तिमीहरूले ती जातिहरूका घृणित कुराहरूको देखासिकी गर्न नसिक्‍नू ।
DEU 18:10 तिमीहरूका बिचमा आफ्नो छोरा या छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, वा गिलासमा भएको चिन्हहरू पढ्ने वा टुनामुना गर्ने,
DEU 18:11 मोहनी लगाउने, आत्मासित सल्लाह लिने वा भाग्य बताउने वा मरेकाहरूका आत्मासित कुरा गर्ने कोही पनि नपाइयोस् ।
DEU 18:12 किनकि जसले यी कुराहरू गर्छ, त्यो परमप्रभुको दृष्‍टिमा घृणित हुन्छ । यी घृणित कामहरूको कारणले गर्दा नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूकै सामु तिनीहरूलाई धपाउँदै हुनुहुन्छ ।
DEU 18:13 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु निष्खोट हुनुपर्छ ।
DEU 18:14 किनकि तिमीहरूले हराउने जातिहरूले जादुगरी, शकून-अपशकूनको अभ्यास गर्नेहरूको कुरा सुन्छन् । तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यसो गर्न अनुमति दिनुभएको छैन ।
DEU 18:15 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका बिचबाट तिमीहरूका दाजुभाइबाट मजस्तै एक जना अगमवक्ता खड गर्नुहुने छ । तिनको कुरा सुन्‍नू ।
DEU 18:16 होरेबमा सभाको दिनमा तिमीहरूले यसो भन्दै परमप्रभु तिमीहरूका परमेश्‍वरलाई बिन्ती चढायौ, 'हामीले फेरि परमप्रभु हाम्रा परमेश्‍वरको आवाज सुन्‍न नपरोस् न त उहाँको यो डरलाग्दो आगो देख्‍न परोस् नत्रता हामी मर्ने छौँ ।'
DEU 18:17 परमप्रभुले मलाई भन्‍नुभयो, 'तिनीहरूले भनेका कुरा ठिक छ ।
DEU 18:18 म तिनीहरूकै दाजुभाइहरूका बिचबाट तँजस्तै एक जना अगमवक्ता खडा गर्ने छु । म त्यसको मुखमा मेरा वचन हालिदिने छु र त्यसले मैले तँलाई आज्ञा गरेका सबै वचन बोल्ने छ ।
DEU 18:19 त्यसले मेरो नाउँमा बोल्ने मेरा वचन नसुन्‍ने कोही पनि मारिने छ ।
DEU 18:20 तर मेरो नाउँमा अहङ्कारी भएर मैले आज्ञा नगरेको वचन बोल्ने वा अन्य देवताहरूको नाउँमा बोल्ने अगमवक्ता मारिनैपर्छ ।'
DEU 18:21 तिमीहरूले आ-आफ्ना हृदयमा सोधौला, 'परमप्रभुले बोल्नुभएको वचन होइन भनेर हामीले कसरी थाहा पाउने ?'
DEU 18:22 परमप्रभुको नाउँमा बोल्ने अगमवक्ताले बोल्दा तिमीहरूले परमप्रभुको सन्देश थाहा पाउने छौ ।
DEU 19:1 परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई नष्‍ट गरी तिनीहरूको देश तिमीहरूलाई अधिकार गर्न दिनुहुँदा तिनीहरूपछि तिमीहरू तिनीहरूका सहर र घरहरूमा आएर बस्‍ने छौ ।
DEU 19:2 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशको बिचमा आफ्नो लागि तिनवटा सहर रोज्नू ।
DEU 19:3 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशलाई तिन भागमा विभाजन गरी ती सहरहरूमा जाने सिमाना निर्धारण गर्नू ताकि ज्यानमारा त्यहाँ भागेर जान सकोस् ।
DEU 19:4 जसले आफ्नो छिमेकीलाई पहिले घृणा गर्दैनथ्यो र त्यसले अजानमा उसलाई मार्‍यो भने मारेर त्यहाँ बस्‍न जाने व्यक्तिको विषयमा भएको व्यवस्था यही हो ।
DEU 19:5 उदाहरणको लागि, कुनै मानिस आफ्नो छिमेकीसँगै दाउरा काट्न जङ्गलमा जान्छ र रुख ढाल्नलाई बञ्चरो चलाउँदा बञ्चरो बीँडबाट फुस्केर छिमेकीलाई लागेर त्यो मर्‍यो भने त्यो मान्छे यीमध्ये कुनै एउटा सहरमा भागेर आफ्नो ज्यान बचाउन सक्छ ।
DEU 19:6 नत्रता बाटो लामो छ भने बदला लिने व्यक्ति त्यो ज्यान मार्नेको पछि गई त्यसको तातो रिसमा त्यसलाई उछिनी त्यसलाई प्रहार गरेर मार्न सक्छ यद्यपि त्यो मानिस मारिने योग्यको भने थिएन किनकि विगतमा त्यसले आफ्नो छिमेकीलाई घृणा गरेको थिएन ।
DEU 19:7 त्यसकारण, तिमीहरूले आफ्ना लागि तिनवटा सहर अलग गर्नू भनी म आज्ञा दिन्छु ।
DEU 19:8 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूका सिमाना बढाइदिनुभयो र तिमीहरूलाई पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो भने
DEU 19:9 र आज मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै आज्ञा अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्ने र सधैँ उहाँका मार्गहरूमा हिँड्ने आज्ञाहरू तिमीहरूले पालन गर्‍यौ भने तिमीहरूले यी तिनवटा सहरका अतिरिक्त अन्य तिनवटा पनि थप्‍नुपर्छ ।
DEU 19:10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा निर्दोष रगत नबगाइयोस् र त्यसको दोष तिमीहरूमाथि नलागोस् भन्‍नाका लागि यसो गर ।
DEU 19:11 तर कसलै आफ्नो छिमेकीलाई घृणा गर्छ र ढुकेर बसी त्यसको विरुद्धमा उठेर त्यसलाई मर्ने गरी हिर्काउँछ र त्यो यी तिनवटा सहरमध्ये एउटामा भाग्छ भने
DEU 19:12 त्यसको सहरका धर्म-गुरुहरूले मान्छे पठाई त्यसलाई त्यहाँबाट ल्याउनुपर्छ र जिम्मेवार नातेदारको हातमा सुम्पनुपर्छ अनि त्यसको रगतको बदला लिइयोस् ।
DEU 19:13 तिमीहरूका आँखाले त्यसलाई दया देखाउनुहुँदैन । बरु, तिमीहरूले इस्राएलबाट निर्दोषको हत्याको दोषलाई निर्मूलन गर्नुपर्छ ताकि तिमीहरूको भलो हुन सकोस् ।
DEU 19:14 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई निज सम्पत्तिको रूपमा अधिकार गर्न दिन लाग्‍नुभएको देशमा लामो समयदेखि राखिएको आफ्नो छिमेकीको सिमानाको ढुङ्गो नहटाओ ।
DEU 19:15 कुनै पनि विषयमा कुनै पनि अपराध वा पापको लागि एउटै मात्र साक्षी खडा नहोस् । दुई वा तिन जनाको साक्षीको आधारमा त्यस विषयको पुष्‍टि होस् ।
DEU 19:16 कसैले गलत काम गरेको छ भनी कुनै अधर्मी मानिस खडा हुन सक्छ ।
DEU 19:17 कुरा नमिलेको दुवै जना व्यक्ति परमप्रभु, पुजारीहरू र ती दिनमा सेवा गर्ने न्यायकर्ताहरूको सामु खडा होऊन् ।
DEU 19:18 न्यायकर्ताहरूले दत्तचित्तसाथ जाँचबुझ गरून् । हेर, साक्षी झुटो रहेछ र त्यसले आफ्नो भाइको विरुद्धमा झुटो गवाही दिएको रहेछ भने
DEU 19:19 त्यसले आफ्नो भाइलाई जे गर्ने सोच बनाएको थियो, त्यसलाई त्यसै गर्नू । यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्‍टता हटाउनू ।
DEU 19:20 तब बाँकी हुनेहरू यो सुनेर डराने छन्, अनि त्यसपछि कसैले पनि तिमीहरूका बिचमा यस्तो दुष्‍टता गर्ने छैन ।
DEU 19:21 तिमीहरूले दया नदेखाउनू । ज्यानको सट्टा ज्यान, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात र गोडाको सट्टा गोडा हुने छ ।
DEU 20:1 तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले तिनीहरूको भन्दा धेरै घोडा, रथ र मानिसहरू देख्यौ भने तिनीहरूदेखि नडराओ । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसितै हुनुहुन्छ जसले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनुभयो ।
DEU 20:2 तिमीहरू युद्धमा जानै लाग्दा पुजारी नजिक आएर मानिसहरूलाई उसले यसो भन्‍नुपर्छ,
DEU 20:3 'हे इस्राएली हो, सुन । तिमीहरू आफ्ना शत्रुको विरुद्धमा युद्धमा जान लागेका छौ । तिमीहरूका ह्रदय विचलत नहोऊन् । नडराओ, नकाम । तिनीहरूदेखि भयभीत नहोओ ।
DEU 20:4 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका शत्रुहरूको विरुद्धमा लडी तिमीहरूलाई बचाउन तिमीहरूको अगिअगि जाँदै हुनुहुन्छ ।'
DEU 20:5 अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के घर निर्माण गरेर त्यसलाई अर्पण गर्न नपाएको यहाँ कोही छ ? त्यो आफ्नो घरमा फर्केर जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र अर्कोले त्यसको घर अर्पण नगरोस् ।
DEU 20:6 के दाखबारी लगाएर यसको फल खान नपाउने यहाँ कोही छ ? त्यो घरमा जाओस् र युद्धमा मर्नु नपरोस् अनि अर्कोले त्यसलाई उपभोग गर्न नपाओस् ।
DEU 20:7 के मगनी भएर बिहे नभएको यहाँ कोही मानिस छ ? त्यो घरमा जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र त्यसलाई अर्कोले बिहे गर्न नपाओस् ।'
DEU 20:8 यसबाहेक अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के यहाँ कोही डरपोक र कातर छ ? त्यो फर्केर आफ्नो घरमा जाओस् ताकि त्यसको भाइको हृदय त्यसको झैँ शिथिल नहोस् ।'
DEU 20:9 अधिकारीहरूले मानिसहरूसित बोलिसकेपछि तिनीहरूले उनीहरूमाथि सेनानायकहरू नियुक्त गरून् ।
DEU 20:10 कुनै सहरलाई आक्रमण गर्न तिमीहरू नजिक पुग्दा ती मानिसहरूसित शान्तिको प्रस्ताव राख्‍नू ।
DEU 20:11 तिनीहरूले तिमीहरूको प्रस्तावलाई स्वीकार गरी तिमीहरूलाई सहरमा स्वागत गरे भने त्यस सहरमा भएका सबै मानिसलाई बेगार काममा लगाउनू र तिनीहरूले तिमीहरूको सेवा गरून् ।
DEU 20:12 तर तिनीहरूले तिमीहरूसित कुनै शान्ति सम्झौता गर्नुको साटो तिमीहरूको विरुद्धमा युद्ध गर्न आए भने तब तिमीहरूले सहरलाई घेरा हाल्नू,
DEU 20:13 र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिई तिमीहरूको नियन्त्रणमा ल्याउनुहुँदा तिमीहरूले त्यस सहरको हरेक व्यक्तिलाई मार्नू ।
DEU 20:14 तर स्‍त्री, बालबच्‍चा, गाईवस्तु र सहरमा भएका हरेक थोक लुटको मालको रूपमा आफ्नो लागि लैजानू । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट दिनुभएको लुटको माल तिमीहरूले उपभोग गर्नू ।
DEU 20:15 तिमीहरूबाट टाढा भएका सबै सहरलाई मात्र तिमीहरूले यसो गर्नू, तिमीहरूले यी जातिहरूका सहरहरूलाई भने त्यसो नगर्नू ।
DEU 20:16 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने यी जातिहरूको सहरहरूमा भने तिमीहरूले सास फेर्ने कसैलाई जीवित नराख्‍नू ।
DEU 20:17 बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिमीहरूले हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई पूर्ण रूपमा नष्‍ट गरिदिनू ।
DEU 20:18 तिनीहरूले आफ्ना देवताहरूसित गरेका तिनीहरूका घृणित मार्गहरू तिनीहरूले तिमीहरूलाई नसिकाऊन् भन्‍नाका लागि यसो गर्नू । तिनीहरूको मार्ग पछ्यायौ भने तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका विरुद्धमा पाप गर्ने छौ ।
DEU 20:19 कुनै सहरलाई कब्जा गर्न तिमीहरूले त्यसलाई लामो समयसम्म घेर्दा तिमीहरूले बञ्चरोले यसका रुखहरू नकाट्नू । किनकि तिमीहरूले तीबाट खान सक्छौ । त्यसैले, तिनलाई नकाट । किनकि के जङ्गलका रुखहरू जाति हुन् जसलाई तिमीहरू घेरा हाल्छौ ?
DEU 20:20 फल दिने रुखहरू होइनन् भनी तिमीहरूले चिनेका रुखहरूलाई मात्र तिमीहरूले काटेर नष्‍ट गर्नू । तिमीहरूसित युद्ध गर्ने सहर पराजित नभएसम्म घेरा हाल्ने काममा ती प्रयोग गर्न सक्छौ ।
DEU 21:1 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशको कुनै मैदानमा कोही मारिएको पाइयो र यसको हत्याराको निधो भएन भने,
DEU 21:2 तिमीहरूका धर्म-गुरुहरू र न्यायकर्ताहरू गएर लाशदेखि नजिक भएका सहरहरू पत्ता लगाऊन् ।
DEU 21:3 त्यसपछि लाशको निकटतम सहरका धर्म-गुरुहरूले गाईवस्तुबाट काममा नलगाएको र जुवा नहालेको एउटा कोरली लिऊन् ।
DEU 21:4 अनि तिनीहरूले त्यस कोरलीलाई नजोतिएको र बिउ नछरिएको खोला भएको उपत्यकामा लैजाऊन्, र त्यहाँ तिनीहरूले त्यसको घाँटी भाँचिदिऊन् ।
DEU 21:5 पुजारीहरू अर्थात् लेवीका सन्तानहरू अगाडि आऊन् किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उहाँको सेवा गर्न र परमप्रभुको नाउँमा आशिष् दिन अनि हरेक वादविवाद मिलाइदिन छान्‍नुभएको छ ।
DEU 21:6 मारिएको मानिसको निकटतम सहरका सबै धर्म-गुरुले उपत्यकामा घाँटी निमोठिएको कोरलीमाथि आ-आफ्ना हात धोऊन् ।
DEU 21:7 अनि तिनीहरूले त्यस मामललाई जवाफ दिई यसो भनून्, 'हाम्रा हातले यो रगत बगाएका होइनन्, न त हाम्रा आँखाले यसलाई देखेका छन् ।'
DEU 21:8 हे परमप्रभु इस्राएललाई क्षमा दिनुहोस् जसलाई तपाईंले छुटकारा दिनुभएको छ, र तपाईंको जाति इस्राएलको बिचमा यो निर्दोषको हत्याको दोष नलगाउनुहोस् ।' तब हत्याको दोषलाई क्षमा हुने छ ।
DEU 21:9 यसरी तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यही गरेकाले तिमीहरूले तिमीहरूका बिचबाट निर्दोषको हत्याको दोषलाई हटाउने छौ ।
DEU 21:10 जब तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध गर्न जान्छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिई तिनीहरूलाई तिमीहरूको वशमा ल्याउनुहुन्छ अनि जब तिमीहरूले तिनीहरूलाई बन्दी बनाई ल्याउँछौ,
DEU 21:11 तब तिमीहरूले बन्दीहरूका बिचमा सुन्दरी स्‍त्री देख्यौ र त्यसलाई आफ्नी पत्‍नी बनाउने इच्छा गर्‍यौ भने
DEU 21:12 त्यसलाई आफ्नो घरमा लैजानू । त्यसले आफ्नो कपाल खौरन्छे र नङ् काट्छे ।
DEU 21:13 त्यसपछि त्यसले निर्वासनमा छँदा आफूले लगाएको लुगा फुकाल्छे र त्यो तिम्रो घरमा बसी आफ्ना बुबाआमाको लागि एक वर्षसम्म शोक गर्छे । त्यसपछि तिमी त्योसित सुत्‍न सक्छौ र त्यसको पति हुन सक्छौ र त्यो तिम्री पत्‍नी हुन्छे ।
DEU 21:14 तर तिमीले त्यसमा रुचि देखाएनौ भने त्यसलाई इच्छा लागेको ठाउँमा जान दिनू । तथापि तिमीले त्यसलाई पैसामा नबेच्नू, त्यसलाई कमारीलाई जस्तै व्यवहार नगर्नू किनकि तिमीले त्यसको सतीत्व नष्‍ट गरेका छौ ।
DEU 21:15 कुनै मानिसका दुई पत्‍नी छन् र त्यसले एउटालाई माया गर्छ र अर्कीलाई घृणा गर्छ अनि दुवै जनाले सन्तान जन्माएका छन् भने अनि घृणा गरिनेले चाहिँ जेठो छोरो जन्माएको छ भने
DEU 21:16 अंशबन्डा गर्दा माया गर्नेको छोरा भनेर माया नगर्नेको खास जेठो छोरोलाई उछिनेर पिताले कान्छोलाई अधिकार दिन मिल्दैन ।
DEU 21:17 बरु, त्यसले घृणा गरिएकी पत्‍नीको छोरोलाई नै आफ्ना सबै सम्पत्तिको दोब्बर भाग दिएर जेठो हो भनी मान्यता देओस् । किनकि त्यो छोरो नै त्यसको शक्तिको सुरु हो । जेठोको हक त्यसको नै हो ।
DEU 21:18 कुनै मानिसको हठी र विर्दोही छोरो छ जसले आफ्ना बुबा वा आमाको कुरा मान्दैन वा र तिनीहरूले त्यसलाई सुधार्दा पनि त्यो सुध्रदैन भने
DEU 21:19 त्यसका बुबाआमाले त्यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरका ढोकाहरूमा ल्याऊन् ।
DEU 21:20 तिनीहरूले धर्म-गुरुहरूलाई यसो भनून्, 'यो हाम्रो छोरो हठी र विर्दोही छ । यसले हाम्रो कुरा मान्दैन । यो लफङ्गो र मतवाला हो ।'
DEU 21:21 तब सहरका सबै मानिसले त्यसलाई ढुङ्गाले हानेर मारून् । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टतालाई हटाउने छौ । सारा इस्राएली यो सुनेर डराउने छन् ।
DEU 21:22 कुनै मानिसले मृत्यु योग्यको पाप गरेको छ र त्यसलाई मृत्युदण्ड दिँदा त्यसलाई रुखमा झुण्ड्यायौ भने
DEU 21:23 त्यसको लाश रातभरि रुखमा नरहोस् । बरु, त्यसलाई त्यही दिनमा नै गाडिदिनू । किनकि जो झुण्ड्याइन्छ त्यो परमप्रभुबाट श्रापित हुन्छ । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशलाई तिमीहरूले बिटुलो नपार भनेर यो आज्ञा पालन गर ।
DEU 22:1 आफ्नो इस्राएली छिमेकीको गोरु वा भेडा तर्केर गएको देख्दा त्यसलाई नदेखेको जस्तो नगर्नू । तिमीले त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदिनू ।
DEU 22:2 तिम्रो इस्राएली छिमेकी तिम्रो नजिक छैन भने वा तिमीले त्यसलाई चिन्दैनौ भने तिमीले त्यो पशु आफ्नो घरमा ल्याउनू र छिमेकीले नखोजेसम्म त्यो तिम्रो घरमा हुने छ । तब यो तिमीले त्यसलाई दिनू ।
DEU 22:3 त्यसको गधाको मामलामा पनि यसै गर्नू; त्यसको लुगाको सवालमा पनि यसै गर्नू । तिम्रो इस्राएली छिमेकीको हराएको कुनै पनि कुरो पाइएको खण्डमा यसै गर्नू । तिमीले आफ्नै लागि नलुकाउनू ।
DEU 22:4 तिम्रो इस्राएली छिमेकीको गधा वा गोरु बाटोमा लोटेको देख्यौ भने नदेखेको जस्तो नगर्नू । त्यसलाई उठाउन मदत गर्नू ।
DEU 22:5 पुरुषले लगाउने वस्‍त्र स्‍त्रीले लगाउनुहुँदैन न त स्‍त्रीले लगाउने वस्‍त्र पुरुषले लगाउनुहुन्छ । किनकि यी कुरा गर्ने जोसुकै परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि घृणित हुने छ ।
DEU 22:6 कुनै बाटो वा रुख वा भुइँमा बचेरो वा फुलमा माउ बसिरहेको देख्यौ भने माउलाई बचेरोसँगै नलैजानू ।
DEU 22:7 माउलाई जान दिएर बचेरोलाई लैजान सक्छौ । यो आज्ञालाई पालन गर ताकि तिमीहरूको भलो हुन सकोस्, र तिमीहरूको आयु लामो होस् ।
DEU 22:8 तिमीहरूले नयाँ घर बनाउँदा छतको चारैतिर बार लगाउनू ताकि त्यहाँबाट कोही लड्यो भने त्यसको दोष तिमीहरूको घरलाई नलागोस् ।
DEU 22:9 तिमीहरूले दाखबारीमा दुई किसिमका बिउ नलागाउनू । नत्रता तिमीहरूले त्यसो गर्‍यौ भने तिमीहरूले लगाएको बिउ मात्र नभई दाखबारीसमेत अपवित्र हुने छ ।
DEU 22:10 गोरु र गधा सँगसँगै नारेर नजोत्‍नू ।
DEU 22:11 ऊन र सुती मिसाएर बनाइएको लुगा नलगाउनू ।
DEU 22:12 तिमीहरूले लगाउने लुगाको चारै कुनामा झुम्का लगाउनू ।
DEU 22:13 मानौँ, कसैले विवाह गरेर पत्‍नीसित सुतिसकेपछि त्यसलाई घृणा गर्छ र
DEU 22:14 र बदनाम गराउने नियतले पत्‍नीलाई यसो भन्छ, 'मैले यो स्‍त्रीलाई ल्याएँ, तर म त्योसित सुत्‍न जाँदा त्यो कन्या केटी भएको पाइनँ ।'
DEU 22:15 तब त्यस केटीका बुबाआमाले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ त्यसको कुमारीत्वको प्रमाण ल्याउनुपर्छ ।
DEU 22:16 केटीका बुबाले धर्म-गुरुहरूलाई यसो भन्‍नुपर्छ, 'मैले यो मानिसलाई मेरी छोरी त्यसकी पत्‍नी हुनलाई दिएँ र त्यसले यसलाई घृणा गर्छ ।
DEU 22:17 हेर, त्यसले यसलाई घृणा गरी लाजमर्दो अभियोग लगाएको छ, “मैले तिम्री छोरीमा कुमारीत्वको प्रमाण पाइनँ ।” तर मेरी छोरीको कुमारीत्वको प्रमाण यहाँ छ ।' तब तिनीहरूले सहरका धर्म-गुरुहरूको सामु त्यो लुगा फिँजाओस् ।
DEU 22:18 त्यस सहरका धर्म-गुरुहरूले त्यस पुरुषलाई समातेर दण्ड दिऊन् ।
DEU 22:19 अनि तिनीहरूले त्यसलाई चाँदीको एक सय सिक्‍काको जरिवाना तिराई त्यो केटी र केटीका पितालाई दिऊन् किनकि त्यस मानिसले इस्राएलको कुमारीत्वको बारेमा कलङ्क लगाएको छ । त्यो केटी त्यसकै पत्‍नी हुनुपर्छ । त्यसले जीवनभर त्यस केटीलाई त्याग्‍न पाउँदैन ।
DEU 22:20 तर केटीमा कुमारीत्वको प्रमाण नपाइएको कुरो साँचो रहेछ भने
DEU 22:21 तिनीहरूले केटीलाई त्यसका बुबाको घरको ढोकामा ल्याऊन्, र सहरका मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून् किनकि त्यसले इस्राएलमा आफ्नो पिताको घरमा वेश्यावृत्तिको कार्य गरी लाजमर्दो काम गरेकी छे । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू ।
DEU 22:22 कुनै पुरुषले अर्काकी पत्‍नीसित सहवास गरिरहेको फेला पर्‍यो भने सहवास गर्ने पुरुष र स्‍त्री दुवै जना मारिऊन् । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू ।
DEU 22:23 कुनै कन्या केटीको कुनै पुरुषसित मगनी भएको छ र अर्को पुरुषले सहरमा त्योसित सहवास गर्‍यो भने
DEU 22:24 दुवै जनालाई सहरको मूल ढोकामा ल्याई ढुङ्गाले हानेर मार्नू । सहरभित्र भएर पनि केटी नचिच्‍च्याएकीले त्यसलाई ढुङ्गाले हानेर मार्नू । आफ्नो छिमेकीकी पत्‍नीको सतीत्व नष्‍ट गरेकोले पुरुषलाई ढुङ्गाले हानेर मार्नू । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू ।
DEU 22:25 तर कुनै पुरुषले मगनी भएकी केटीलाई खेतमा फेला पारी त्योसित जबरजस्ती सहवास गरेको रहेछ भने पुरुष मात्र मारियोस् ।
DEU 22:26 तर केटीलाई चाहिँ केही नगर्नू । केटीले मृत्युदण्ड पाउने कुनै काम गरेकी छैन । यो कुनै मानिसले आफ्नो छिमेकीलाई आक्रमण गरी मारेको जस्तै सवाल हो ।
DEU 22:27 किनकि पुरुषले स्‍त्रीलाई खेतमा फेला पारेको थियो र मगनी भएकी केटी चिच्‍च्याइकी थिई, तर त्यसलाई बचाउन त्यहाँ कोही थिएन ।
DEU 22:28 कुनै पुरुषले मगनी नभएकी केटीलाई फेला पारी त्यससित जबरजस्ती सहवास गर्‍यो र त्यो कुरो प्रकाशमा आयो भने
DEU 22:29 त्यस पुरुषले केटीका बुबालाई चाँदीका पचास सिक्‍का देओस्, र त्यो केटी त्यसकी पत्‍नी होस् किनकि त्यसले केटीलाई अपमान गरेको छ । त्यसको जीवनभर त्यसले केटीलाई त्याग्‍न पाउँदैन ।
DEU 22:30 कुनै मानिसले आफ्नो बुबाकी पत्‍नीलाई आफ्नी पत्‍नी नतुल्याओस् । त्यसले आफ्ना बुबाको वैवाहिक अधिकारलाई हरण गर्नुहुँदैन ।
DEU 23:1 लिङ्ग किचिएको वा काटिएको मानिसलाई परमप्रभुको सभामा प्रवेश गर्न निदनू ।
DEU 23:2 कुनै अवैध बच्‍चा परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन । त्यसको दस पुस्तासम्म त्यसको कोही सन्तान पनि परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन ।
DEU 23:3 अम्मोनी वा मोआबी परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन । त्यसको दस पुस्तासम्म त्यसको कोही सन्तान पनि परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन ।
DEU 23:4 किनकि तिमीहरू मिश्रबाट आउँदा बाटोमा तिनीहरूले रोटी र पानी लिएर तिमीहरूलाई भेट्न आएका थिएनन्, र तिमीहरूको विरुद्धमा श्राप दिन तिनीहरूले पतोरमा बस्‍ने बओरका छोरा बालामलाई भाडामा लिएका थिए ।
DEU 23:5 तर परमप्रभु तिमीहरूका परमेश्‍वरले बालामको कुरा सुन्‍नुभएन । बरु, तिमीहरूका परमेश्‍वरले श्रापलाई आशिष्‌मा परिणत गरिदिनुभयो किनकि तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो ।
DEU 23:6 तिमीहरूका जीवनभर तिमीहरूले तिनीहरूका शान्ति वा उन्‍नतिको खोजी नगर्नू ।
DEU 23:7 तिमीहरूले कुनै एदोमीलाई तिरस्कार नगर्नू । कुनै मिश्रीलाई घृणा नगर्नू किनकि तिमीहरू त्यसको देशमा परदेशी थियौ ।
DEU 23:8 तिनीहरूबाट जन्मेका तेस्रो पुस्ताका सन्तानहरू परमप्रभुको सभामा पस्‍न सक्छन् ।
DEU 23:9 तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले आ-आफूलाई दुष्‍ट कुराहरूबाट अलग राख ।
DEU 23:10 तिमीहरूका बिचमा रातम कुनै पुरुष स्वप्‍न-दोषको कारणले गर्दा अशुद्ध भएको छ भने त्यो सेनाको छाउनीबाट बाहिर जाओस् र छाउनीमा फर्केर नआओस् ।
DEU 23:11 साँझ परेपछि त्यसले पानीले नुहाओस् । सूर्य अस्ताएपछि त्यो छाउनीमा आओस् ।
DEU 23:12 छाउनीबाहिर तिमीहरूका लागि एउटा ठाउँ हुनुपर्छ ।
DEU 23:13 खन्‍नका लागि तिमीहरूसित सामग्रीहरू हुनुपर्छ । दिसा बसिसकेपछि खाल्डो खनेर दिसा पुरिदिनू ।
DEU 23:14 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिन र तिमीहरूका शत्रुहरूलाई तिमीहरूका हातमा दिन उहाँ तिमीहरूको छाउनीको बिचमा हिँडडुल गर्नुहुन्छ । त्यसकारण, तिमीहरूको छाउनी पवित्र हुनुपर्छ ताकि तिमीहरूका बिचमा कुनै अशुद्ध कुरा देखेर उहाँ तिमीहरूका बिचबाट तर्केर नजानुभएको होस् ।
DEU 23:15 आफ्नो मालिकबाट भागेर आएको कमारालाई त्यसको मालिककहाँ नफर्काउनू ।
DEU 23:16 त्यसले जुनसुकै सहर छाने तापनि त्यसलाई तिमीहरूसँगै बस्‍न दिनू । त्यसलाई थिचोमिचो नगर्नू ।
DEU 23:17 इस्राएलीका छोरीहरू र छोराहरूका बिचमा कसैले पनि मन्दिरको वेश्यावृत्तिमा काम नगरोस् ।
DEU 23:18 तिमीहरूले कुनै भाकलको निम्ति वेश्यावृत्तिको ज्याला वा कुकुरको ज्याला परमप्रभु तिमीहरूका परमेश्‍वरको भवनमा नल्याउनू । किनकि यी दुवै परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि घृणित कुराहरू हुन् ।
DEU 23:19 ब्याज प्राप्‍त गर्न सकिने रुपियाँ-पैसा, भोजन वा अन्य कुनै पनि कुरो आफ्नो इस्राएली भाइलाई ऋणस्वरूप दिँदा त्यसबाट ब्याज नलिनू ।
DEU 23:20 परदेशीबाट भने तिमीहरूले ब्याज लिन सक्छौ । तर आफ्नो इस्राएली भाइबाट भने तिमीहरूले ब्याज लिनुहुँदैन । यसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूको हात परेको हरेक थोकमा आशिष् दिनुभएको होस् ।
DEU 23:21 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई भाकल गर्दा यसलाई पुरा गर्न विलम्ब नगर किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट यो चाहनुहुन्छ । भाकल पुरा नगर्नु पाप हो ।
DEU 23:22 तर भाकलै गरेका छैनौ भने यो तिमीहरूका लागि पाप हुँदैन ।
DEU 23:23 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले भाकल गरेअनुसार वा तिमीहरूका मुखले स्वैच्छापूर्वक प्रतिज्ञा गरेअनुसार तिमीहरूका मुखबाट निस्केको कुरा पुरा गर्नुपर्छ ।
DEU 23:24 तिमीहरू आफ्नो छिमेकीको दाखबारीमा जाँदा इच्छा लागेअनुसार चाहेजति दाख खान सक्छौ, तर आफ्नो टोकरीमा भने नहाल ।
DEU 23:25 तिमीहरू आफ्नो छिमेकीको अन्‍न पाकेको खेतमा जाँदा तिमीहरूले आफ्ना हातले अन्‍नका बाला टिप्‍न सक्छौ, तर पाकेको बालीमा हँसिया नलगाओ ।
DEU 24:1 आफूले बिहे गरेर ल्याएकी पत्‍नीमा कुनै खोट पाएकोले पुरुषले त्यसलाई त्याग्‍न चाह्यो भने त्यसले त्यागपत्र लेखेर उसको हातमा थमाइदिएर उसलाई आफ्नो घरबाट पठाओस् ।
DEU 24:2 त्यो आफ्नो घरबाट गइसकेपछि त्यो कसैकी पत्‍नी हुन सक्छे ।
DEU 24:3 दोस्रो पतिले पनि त्यसलाई घृणा गरी त्यागपत्र लेखी त्यसको हातमा थमाइदिएर उसलाई घरबाट पठाइदियो वा दोस्रो पतिको पनि मृत्यु भयो भने
DEU 24:4 त्यसको पहिलेको पति अर्थात् उसलाई घरबाट पठाउने पतिले त्यस स्‍त्री अशुद्ध भएपछि त्यसलाई आफ्नी पत्‍नी हुनलाई नलिन पनि सक्छ । किनकि त्यसो गर्नु परमप्रभुको लागि घृणित कुरो हो । तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिन लाग्‍नुभएको देशलाई दोषी नबनाओ ।
DEU 24:5 भर्खरै बिहे गरेको पुरुष सेनासँगै युद्धमा नजाओस् न त जबरजस्ती उसलाई कुनै जिम्मेवारी दिइयोस् । त्यो एक वर्षसम्म घरमा रही त्यसले भर्खरै ल्याएकी पत्‍नीसित रमाओस् ।
DEU 24:6 कसैले धितोको रूपमा जाँतो वा जाँतोको माथिल्लो ढुङ्गा नलिओस् किनकि त्यसो गर्नु भनेको त्यस व्यक्तिको जीवन लिनु बराबर हो ।
DEU 24:7 इस्राएलीहरूका बिचबाट कसैले आफ्ना दाजुभाइमध्ये एउटालाई अपहरण गरी त्यसलाई नोकरसरह व्यवहार गरी बेचिदिएको छ भने त्यो अपहरणकारी मारिनैपर्छ । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टतालाई हटाउने छौ ।
DEU 24:8 कुष्‍ठरोगको विपत्तिको बारेमा तिमीहरूले ध्यान देओ ताकि पुजारीहरू अर्थात् लेवीहरूले तिमीहरूलाई सिकाएका हरेक निर्देशनलाई तिमीहरूले होसियारीसाथ पछ्याई पालन गर्न सक । मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिमीहरूले गर्नू ।
DEU 24:9 तिमीहरू मिश्रबाट आइरहँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले मिरियमलाई के गर्नुभयो, सो सम्झ ।
DEU 24:10 तिमीले आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिँदा धरौटी लिन उसको घरभित्र प्रवेश नगर ।
DEU 24:11 तिमी बाहिरै पर्ख, र तिमीले ऋण दिएको व्यक्ति धरौटी लिएर बाहिरै आओस् ।
DEU 24:12 त्यो गरिब रहेछ भने त्यसको आफ्नो सम्पत्ति ठानी धरौटीसितै नसुत्‍नू ।
DEU 24:13 सूर्य अस्ताउनुअगि तिमीले त्यसको धरौटी फिर्ता गरिदिनू ताकि त्यो आफ्नो ओढ्नेमा सुत्‍न सकोस् र तिमीलाई आशिष् दिन सकोस् । परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु यो तिम्रो निम्ति धार्मिकता हुने छ ।
DEU 24:14 तिमीहरूले गरिब र दरिद्र ज्यालादारी नोकरलाई थिचोमिचो नगर, चाहे त्यो तिमीहरूकै सहरभित्र तिमीहरूको देशमा भएको इस्राएली भाइ होस् वा परदेशी होस् ।
DEU 24:15 तिमीहरूले हरेक दिन त्यसलाई त्यसको ज्याला दिनू । सूर्य अस्ताउनुअगि यो विषय सुल्झोस् किनकि त्यो गरिब हो र यसमा नै भर पर्छ । यसो गर्नू ताकि त्यसले परमप्रभुको सामु पुकार नगरोस्, र यो तिमीहरूले गरेका पाप नबनोस् ।
DEU 24:16 छोराछोरीका कारणले बुबाआमालाई नमार्नू, न त बुबाआमाको कारणले छोराछोरीलाई मार्नू । बरु, हरेक मानिस आफ्नै पापको निम्तो मरोस् ।
DEU 24:17 परदेशी वा अनाथले पाउने न्याय हरण गर्न दमन नगर । विधवाको ओढ्ने धरौटीको रूपमा नराख ।
DEU 24:18 बरु, तिमीहरू मिश्रमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यहाँबाट छुटकारा दिनुभयो भनी याद गर्नू । त्यसकारण, यो आज्ञा पालन गर्न मैले तिमीहरूलाई निर्देशन दिएको छु ।
DEU 24:19 तिमीहरूले आफ्नो खेतमा फसलको कटनी गर्दा अन्‍नको एक बिटा बिर्सेका छौ भने त्यसलाई लिन फर्केर नजाओ । यो परदेशी, अनाथ वा विधवाको लागि होस् ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा आशिष् दिनुभएको होस् ।
DEU 24:20 तिमीहरूले भद्राक्षको रुखलाई हल्लाउँदा तिमीहरू फेरि हाँगाहरूमा नजाओ । यो परदेशी, अनाथ वा विधवाको लागि होस् ।
DEU 24:21 तिमीहरूले आफ्नो दाखबारीबाट दाख बटुल्दा तिमीहरूले फेरि सोहोरसाहर नगर्नू । छाडिएको चाहिँ परदेशी, अनाथ र विधावाको लागि हुने छ ।
DEU 24:22 तिमीहरू मिश्रमा कमारा थियौ भनी याद राख्‍नू । त्यसकारण, मैले तिमीहरूलाई आज्ञा गरेको यो निर्देशन मान्‍नू ।
DEU 25:1 मानिसहरूका बिचमा झैझगडा भयो र तिनीहरू अदालतमा गए भने न्यायकर्ताहरूले तिनीहरूको न्याय गरून् अनि धर्मीलाई छाडिदिएर दुष्‍टलाई दोषी ठहराऊन् ।
DEU 25:2 दोषी मानिसले पिटाइ खानुपर्छ भने न्याकर्ताले त्यसलाई लम्पसार पर्न लगाएर न्यायकर्ताको उपस्थितिमा त्यसको अपराधअनुसार त्यसलाई कोर्रा हानोस् ।
DEU 25:3 न्यायकर्ताले त्यसलाई चालिस कोर्रा लगाउन सक्छ, तर त्यसभन्दा बढीचाहिँ होइन । किनकि त्यसभन्दा बढी कोर्रा लगाए तिमीहरूको इस्राएली भाइ तिमीहरूको दृष्‍टिमा अपमानित हुने छ ।
DEU 25:4 दाइँ गर्दा गोरुलाई महला नलागाओ ।
DEU 25:5 सँगसँगै बसेका दाजुभाइमध्ये कुनै छोरो नजन्माई एउटाको मृत्यु भयो भने मरेको मानिसकी पत्‍नीलाई परिवारभन्दा बाहिर विवाहको लागि नदिइयोस् । बरु, मर्नेको दाजु वा भाइले त्यसलाई आफ्नी पत्‍नी तुल्याओस्, र मृत लोग्‍नेको दाजु वा भाइले आफ्नो कर्तव्य पुरा गरोस् ।
DEU 25:6 स्‍त्रीले जन्माउने पहिलो छोरोलाई मरेको व्यक्तिको नाउँ दिइयोस् ताकि त्यसको नाउँ इस्राएलबाट नमेटियोस् ।
DEU 25:7 तर देवरले आफ्नी भाउजुलाई राख्‍ने इच्छा गरेन भने मुल ढोकामा गई भाउजुले धर्म-गुरुहरूलाई यसो भनोस्, 'मेरो देवरले इस्राएलमा त्यसको दाजुको नाउँ राख्‍न इन्कार गर्छ । त्यसले मसित देवरले गर्नुपर्ने कर्तव्य गर्दैन ।'
DEU 25:8 तब त्यसको सहरका धर्म-गुरुहरूले त्यसलाई बोलाएर त्यससित कुराकानी गरून् । तर त्यसले 'म भाउजुलाई राख्‍न चाहन्‍नँ' भनी जिद्दी गर्‍यो भने
DEU 25:9 भाउजु धर्म-गुरुहरूको उपस्थितिमा देवरकहाँ आई उसले त्यसको खुट्टाबाट जुत्ता फुकालेर त्यसको मुखमा थुकिदेओस् । भाउजुले यसो भनोस्, 'आफ्नो दाजुको घर निर्माण नगर्ने मानिसलाई यसै गरिन्छ ।'
DEU 25:10 इस्राएलमा त्यसको नाउँलाई 'जुत्ता फुकालिएको घर' भनिने छ ।
DEU 25:11 मानिसहरू एक-अर्कासित झगदा गर्दा एक जनाकी पत्‍नी आएर आफ्नो पतिलाई बचाउन विरोधीको गुप्‍ताङ्ग अँठ्याई भने
DEU 25:12 त्यसको हात काटिदिनू । त्यसलाई नटिठ्याउनू ।
DEU 25:13 तिमीहरूले आफ्नो झोलामा एउटै तौलको लागि कम र ज्यादा ओजन भएका ढकहरू नराख्‍नू ।
DEU 25:14 तिमीहरूको घरमा पनि एउटै नापको लागि फरक किसिमका माना-पाथी नहोऊन् ।
DEU 25:15 तिमीहरूसित सिद्ध र ठिक तौलका ढकसातै माना-पाथीहरू हुनुपर्छ ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूका आयु लामो होस् ।
DEU 25:16 किनकि यस्ता कुराहरू गर्ने अर्थात् बेइमानीपूर्वक काम गर्ने सबै परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि घृणित हुन् ।
DEU 25:17 तिमीहरू मिश्रबाट आउँदा बाटोमा अमालेकीहरूले गरेको कुरो याद राख्‍नू ।
DEU 25:18 तिनीहरूले तिमीहरूलाई बाटोमा भेटे र थाकेर हैरान भएकाहरू सबैलाई तिनीहरूले आक्रमण गरे । तिनीहरूले परमेश्‍वरको आदर गरेनन् ।
DEU 25:19 त्यसकारण, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुँदा तिमीहरूका वरिपरि भएका तिमीहरूका सबै शत्रुबाट तिमीहरूलाई विश्राम दिनुभएपछि आकाशमुनि अमालेकीहरूको नाउँनिशानै मेटिदिन नभुल्नू ।
DEU 26:1 जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशमा आई यसको अधिकार गरेर वसोवास गर्छौ,
DEU 26:2 तब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा भूमिको सबै उब्जनीको पहिलो फल लिनू । त्यसलाई एउटा डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा त्यसलाई लिएर जानू ।
DEU 26:3 ती दिनमा सेवा गर्ने पुजारीकहाँ गएर यसो भन्‍नू, 'परमप्रभु तपाईंका परमेश्‍वरले हामीलाई दिन्छु भनी हाम्रा पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगेको छु भनी म उहाँको अगि स्वीकार गर्दछु ।'
DEU 26:4 पुजारीले तिमीहरूका हातबाट डालोलाई लिई परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीको सामू राखून् ।
DEU 26:5 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु भन्‍नू, 'मेरा पुर्खा फिरन्ते अरामी थिए । तिनी मिश्रमा गई त्यहीँ बसोबास गरे, र तिनका मानिसहरू सङ्ख्यामा थोरै थिए । त्यहाँ तिनीबाट एक महान्, शक्तिशाली र असङ्ख्य जाति बन्यो ।
DEU 26:6 मिश्रीहरूले हामीलाई निष्‍ठुरतापूर्वक व्यवहार गरी हामीलाई दुःख दिए । तिनीहरूले हामीलाई कमाराहरूले गर्ने काम गर्न लगाए ।
DEU 26:7 हामीले हाम्रा पिता-पुर्खाहरूका परमेश्‍वर परमप्रभुलाई पुकार्‍यौँ, र उहाँले हाम्रो क्रन्दन, हाम्रो पीडा, हाम्रो श्रम र हाम्रो थिचोमिचो सुन्‍नुभयो ।
DEU 26:8 परमप्रभुले हामीलाई शक्तिशाली हात, फैलिएको पाखुरा, ठुलो आतङ्क, चिन्ह र आश्‍चर्यहरूद्वारा मिश्रबाट ल्याउनुभयो ।
DEU 26:9 अनि उहाँले हामीलाई यो ठाउँमा ल्याउनुभएको छ र हामीलाई दूध र मह बग्‍ने यो देश दिनुभएको छ ।
DEU 26:10 अब हेर्नुहोस्, परमप्रभुले मलाई दिनुभएको यस देशको उब्जनीको पहिलो फल मैले तपाईंकहाँ ल्याएको छु ।' तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु त्यस डालोलाई राखेर उहाँको आराधना गर्नू ।
DEU 26:11 अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू, तिमीहरूका बिचमा भएका लेवीसाथै परदेशीका निम्ति उहाँले गर्नुभएका सम्पूर्ण भलाइको कारणले आनन्द मनाओ ।
DEU 26:12 दशांश दिने वर्ष अर्थात् तेस्रो वर्षमा तिमीहरूको उब्जनीको सबै दशांश अलग गरिसकेपछि तिमीहरूले त्यो परदेशी, अनाथ र विधवालाई दिनू ताकि तिमीहरूका सहरभित्र तिनीहरूले खाएर तृप्‍त होऊन् ।
DEU 26:13 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु यसो भन्‍नू, 'तपाईंले मलाई दिनुभएका सबै आज्ञामुताबिक जुन थोकहरू परमप्रभुका हुन् ती मैले मेरो घरबाट ल्याएर लेवी, परदेशी, अनाथ र विधवालाई दिएको छु । मैले तपाईंका कुनै पनि आज्ञा उल्लङ्घन गरेको छैनँ न त त्यसलाई बिर्सेको छु ।
DEU 26:14 मेरो शोकको घडीमा मैले त्यो खाएको छैनँ, न म अशुद्ध हुँदा मैले त्यसलाई कतै राखेको छु, न त मृतकहरूको आदरमा मैले त्यो दिएको छु । मैले परमप्रभु मेरा परमेश्‍वरको आवाज सुनेको छु । तपाईंले मलाई दिनुभएको हरेक आज्ञा मैले पालन गरेको छु ।
DEU 26:15 पवित्रस्थानबाट हेर्नुहोस् जहाँ तपाईं बस्‍नुहुन्छ जुन स्वर्ग हो । तपाईंको जाति इस्राएल, तपाईंले हाम्रा पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको दूध र मह बग्‍ने देश अर्थात् हामीलाई दिनुभएको देशलाई आशिष् दिनुहोस् ।'
DEU 26:16 आज परमप्रभु तिमीहरूका परमेश्‍वरले यी विधिविधानहरू पालन गर्न तिमीहरूलाई आज्ञा गर्दै हुनुहुन्छ । त्यसकारण, तिमीहरूका सारा ह्रदय र सारा प्राणले तिनको पालन गर र तिनलाई मान ।
DEU 26:17 आज तिमीहरूले घोषणा गरेका छौ, कि परमप्रभु नै तिमीहरूका परमेश्‍वर हुनुहुन्छ, र तिमीहरू उहाँका मार्गहरूमा हिँडी उहाँका विधिविधानहरू, आज्ञाहरू मान्‍ने छौ र उहाँको कुरा सुन्‍ने छौ ।
DEU 26:18 आज परमप्रभुले घोषणा गर्नुभएको छ, कि तिमीहरू एउटा जाति हौ जो उहाँको प्रतिज्ञामुताबिक उहाँको आफ्नै निज सम्पत्ति हो, र तिमीहरूले उहाँका सबै आज्ञा मान्‍ने छौ ।
DEU 26:19 अनि उहाँले सृजना गर्नुभएका सबै जातिभन्दा तिमीहरूलाई उच्‍चमा राख्‍नु हुनेछ, र तिमीहरूले प्रशंसा, ख्याति र आदर पाउने छौ । तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ उहाँको निम्ति अलग गरिएका जाति हुने छौ ।”
DEU 27:1 मोशा र इस्राएलका धर्म-गुरुहरूले मानिसहरूलाई यसो भनी आज्ञा दिए, “आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा पालन गर ।
DEU 27:2 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा जान जब तिमीहरूले यर्दन नदी पार गर्ने छौ तब त्यस दिन तिमीहरूले ठुला-ठुला ढुङ्गाहरू खडा गरेर तिनलाई कमेरोले पोत्‍नू ।
DEU 27:3 तिमीहरूले पार गरिसकेपछि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा त्यसको अधिकार गर्दा यो व्यवस्थाका सबै वचन तिनमा लेख्‍नू ।
DEU 27:4 तिमीहरूले यर्दन पार गरिसकेपछि एबाल डाँडामा यी ढुङ्गाहरू खडा गर्नू जसमा मैले आज तिमीहरूलाई दिने यी आज्ञाहरू कमेरोले पोत्‍नू ।
DEU 27:5 त्यहाँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका निम्ति ढुङ्गाहरूको एउटा वेदी बनाउनू, तर तिनमा कुनै फलामे हतिहार प्रयोग नगर्नू ।
DEU 27:6 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदी प्रयोगमा नआएको ढुङ्गाको बनाउनू । त्यसमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई होमबलि चढाउनू ।
DEU 27:7 त्यसमा तिमीहरूले मेलबलि र स्वैच्छिक बलि पनि चढाउनू । तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाओ ।
DEU 27:8 तिमीहरूले यी ढुङ्गाहरूमा यस व्यवस्थाका सबै वचन ज्यादै प्रस्टसँगै लेख्‍नू ।
DEU 27:9 मोशा र पुजारी अर्थात् लेवीहरूले सारा इस्राएलीलाई भने, “हे इस्राएली हो, मौन भएर सुन । आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको जाति भएका छौ ।
DEU 27:10 त्यसकारण, आज मैले तिमीहरूलाई दिएका आज्ञा र विधिहरूसाथै परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा पालन गर ।”
DEU 27:11 त्यही दिन मोशाले मानिसहरूलाई आज्ञा दिई भने,
DEU 27:12 “तिमीहरूले यर्दन नदी पार गरेपछि मानिसहरूलाई आशिष् दिन यी कुलहरू गीरीज्‍जीम डाँडामा खडा होऊन्: शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीन ।
DEU 27:13 श्रापको घोषणा गर्न यी कुलहरूचाहिँ एबाल डाँडामा खडा होऊन्: रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍ताली ।
DEU 27:14 ठुलो सोरमा लेवीहरूले इस्राएलीहरूलाई यसो भनेर जवाफ दिऊन्:
DEU 27:15 'कारीगरको हातले बनाएको जस्तै खोपेर वा ढालेर परमप्रभुको लागि घृणित मूर्ति गुप्‍तमा बनाउने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
DEU 27:16 'आफ्ना बुबाआमालाई श्राप दिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
DEU 27:17 'आफ्नो छिमेकीको साँधसिमानाको ढुङ्गो हटाउने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
DEU 27:18 'दृष्‍टिविहीनलाई उल्टो बाटो देखाइदिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
DEU 27:19 'परदेशी, टुहुरा वा विधवाले पाउनुपर्ने न्याय हरण गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
DEU 27:20 'आफ्नो पिताको अधिकार हरण गरी पिताकी पत्‍नीसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
DEU 27:21 'कुनै पनि किसिमको पशुसँग सम्भोग गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
DEU 27:22 'आफ्ना बुबा वा आमाकी छोरी अर्थात् आफ्नै बहिनीसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
DEU 27:23 'आफ्नी सासुसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
DEU 27:24 'आफ्नो छिमेकीलाई गुप्‍तमा मार्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
DEU 27:25 'निर्दोष व्यक्तिलाई मार्न घुस लिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
DEU 27:26 'यस व्यवस्थाका वचन पुरा गर्न पालन नगर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
DEU 28:1 आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका सबै आज्ञा पालन गर्न उहाँको कुरा होसियारीपूर्वक सुन्यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पृथ्वीका सबै जातिभन्दा उच्‍च बनाउनुहुने छ ।
DEU 28:2 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुन्यौ भने यी सबै आशिष् तिमीहरूमा आउने छन् ।
DEU 28:3 तिमीहरू सहरमा आशिषित् हुने छौ र खेतमा आशिषित् हुने छौ ।
DEU 28:4 तिमीहरूका सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूका पशु, तिमीहरूका गाईवस्तुसाथै तिमीहरूका बाछा-बाछीमाथि
DEU 28:5 आशिष् पर्ने छ ।
DEU 28:6 तिमीहरूको डालो र पिठो मुछ्ने आरीमा आशिष् पर्ने छ । तिमीहरू भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष् पाउने छौ ।
DEU 28:7 तिमीहरूको विरुद्धमा खडा हुने तिमीहरूका शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु पराजित गर्नुहुने छ । तिनीहरू तिमीहरूको विरुद्धमा एउटा बाटो भएर आउने छन्, तर तिमीहरूकै सामु सातवटा बाटो भएर भाग्‍ने छन् ।
DEU 28:8 परमप्रभुले तिमीहरूका धनसार र तिमीहरूले हात लगाउने हरेक थोकमा आशिष् ल्याउनुहुने छ । उहाँले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा उहाँले तिमीहरूलाई आशिष् दिनुहुने छ ।
DEU 28:9 परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गरी उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले प्रतिज्ञा गरेअनुसार परमप्रभुले तिमीहरूलाई आफ्नो लागि अलग गर्नुभएको जातिको रूपमा स्थापित गर्नुहुने छ ।
DEU 28:10 तिमीहरू परमप्रभुको नाउँद्वारा डाकिएका छौ भनी पृथ्वीका सबै जातिले थाहा पाउने छन्, र तिनीहरू तिमीहरूदेखि डराउने छन् ।
DEU 28:11 परमप्रभुले तिमीहरूका सन्तान, तिमीहरूका गाईवस्तु, तिमीहरूको भूमिको उब्जनी र तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूको उन्‍नति गराउनुहुने छ ।
DEU 28:12 ठिक समयमा वृष्‍टि दिन र तिमीहरूको देशको सबै काममा आशिष् दिन परमप्रभुले तिमीहरूका निम्ति आकाशमा भएको आफ्नो भण्डारण खुला गर्नुहुने छ । तिमीहरूले धेरै जातिलाई ऋण दिने छौ, तर तिमीहरूले ऋण लिने छैनौ ।
DEU 28:13 परमप्रभुले तिमीहरूलाई शिर तुल्याउनुहुने छ, पुच्छर होइन । तिमीहरू केवल माथि हुने छौ, तल होइन । आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू पालन गर्न र मान्‍न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुन्यौ भने,
DEU 28:14 र आज मैले तिमीहरूलाई आज्ञा गरेका वचनहरूबाट दायाँ र बायाँ गएर अरू देवताहरूको सेवा गर्न तिनीहरूको पछि लागेनौ भने तिमीहरूले आशिष् पाउने छौ ।
DEU 28:15 तर आज मैले तिमीहरूलाई दिएका सबै आज्ञासाथै विधिहरू पालन गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुनेनौ भने यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् ।
DEU 28:16 तिमीहरूको सहर र तिमीहरूको खेतमा श्राप पर्ने छ ।
DEU 28:17 तिमीहरूको डालो र पिठो मुछ्ने आरीमा श्राप पर्ने छ ।
DEU 28:18 तिमीहरूको सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूको गाईवस्तु र बाछा-बाछीहरूमा श्राप पर्ने छ ।
DEU 28:19 तिमीहरू भित्र आउँदा र बाहिर जाँदा श्राप पर्ने छ ।
DEU 28:20 तिमीहरूले दुष्‍ट काम गरी मलाई त्यागेकाले तिमीहरू चाँडै नष्‍ट नभएसम्म तिमीहरूले हात लगाउने हरेक थोकमा परमप्रभुले तिमीहरूमाथि श्राप, भ्रम र हप्की पठाउनुहुने छ ।
DEU 28:21 तिमीहरूले अधिकार गर्न जान लागेको देशमा तिमीहरूको नाउँनिशानै नमेटुञ्‍जेलसम्म परमप्रभुले तिमीहरूमाथि विपत्ति ल्याउनुहुने छ ।
DEU 28:22 परमप्रभुले तिमीहरूलाई सङ्क्रामक रोग, ज्वरो, सूज, खडेरी, प्रचण्ड ताप, चिलाउने बतास र ढुसीले आक्रमण गर्नुहुने छ । तिमीहरू नष्‍ट नभएसम्म यी आइरहने छन् ।
DEU 28:23 तिमीहरूको शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको पृथ्वी फलाम हुने छ ।
DEU 28:24 परमप्रभुले तिमीहरूको देशको वृष्‍टिलाई धूलोपिठोमा बद्लनुहुने छ । तिमीहरू विनाश नभएसम्म यो आकाशबाट आइरहने छ ।
DEU 28:25 परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुने छ । तिमीहरू तिनीहरूको विरुद्धमा एउटा बाटो जाने छौ, तर तिनीहरूबाट सातवटा बाटा भएर भाग्‍ने छौ । तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइने छौ ।
DEU 28:26 तिमीहरूका लाश आकाशका चराचुरुङ्गीहरू र पृथ्वीका पशुहरूका लागि भोजन हुने छन् । तिनीहरूलाई त्रसित पार्ने कोही हुने छैन ।
DEU 28:27 परमप्रभुले तिमीहरूलाई मिश्रका फोका, गिर्खा, पिला, चिलाउने रोगले आक्रमण गर्नुहुने छ जसबाट तिमीहरू निको हुन सक्दैनौ ।
DEU 28:28 परमप्रभुले तिमीहरूलाई पागलपन, अन्धोपन र मानसिक गोलमालले आक्रमण गर्नुहुने छ ।
DEU 28:29 अन्धोले अन्धकारमा छामछाम-छुमछुम गरेर हिँडेजस्तै तिमीहरू मद्यदिनमा हिँड्ने छौ, तिमीहरूले आफ्ना मार्गमा उन्‍नति गर्ने छैनौ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र लुटिने छौ अनि तिमीहरूलाई बचाउने कोही हुने छैन ।
DEU 28:30 तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्ने छ । तिमीहरूले घर बनाउने छौ, तर त्यसमा बस्‍न पाउने छैनौ ।
DEU 28:31 तिमीहरूले दाखबारी लगाउने छौ, तर यसको फल खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गोरुलाई मारिने छ, तर तिमीहरूले त्यसको मासु खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गधालाई जबरजस्ती लगिने छ, र तिमीहरूले फिर्ता पाउने छैनौ । तिमीहरूको भेडा तिमीहरूका शत्रुहरूलाई दिइने छ, र तिमीहरूलाई सहायता गर्ने कोही हुने छैन ।
DEU 28:32 तिमीहरूका छोराछोरीहरू अरू जातिहरूलाई दिइने छन् । तिमीहरूले पुरै दिन तिनीहरूको बाटो हेर्ने छौ, तर तिनीहरूलाई देख्‍ने छैनौ । तिमीहरूका हातमा कुनै शक्ति हुने छैन ।
DEU 28:33 तिमीहरूको देशको उब्जनी र तिमीहरूको परिश्रमको फल तिमीहरूले नचिनेको जातिले खाइदिने छ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र पेलिने छौ ।
DEU 28:34 यसरी तिमीहरू तिमीहरूले देख्‍नु परेको दृश्यद्वारा बौलाहा हुने छौ ।
DEU 28:35 परमप्रभुले तिमीहरूलाई तिमीहरूको शिरदेखि पैतालासम्म अनि घुँडा र खुट्टामा फोकाले आक्रमण गर्नुहुने छ जसबाट तिमीहरू निको हुनै सक्दैनौ ।
DEU 28:36 परमप्रभुले तिमीहरू र तिमीहरूले आफ्नो लागि रोजेका राजालाई तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका जातिकहाँ धपाउनुहुने छ । त्यहाँ तिमीहरूले काठ र ढुङ्गाले बनेका देवताहरूलाई पुज्ने छौ ।
DEU 28:37 परमप्रभुले तिमीहरूलाई सबै जातिको बिचमा धपाउनुहुने छ जहाँ तिमीहरू हेला, तिरस्कार र गिल्लाका पात्र बन्‍ने छौ ।
DEU 28:38 तिमीहरूले खेतमा धेरै बिउ लगाउने छौ, तर थोरै मात्र कटनी गर्ने छौ किनकि सलहहरूले त्यसलाई खाइदिने छन् ।
DEU 28:39 तिमीहरूले दाखबारी लगाई त्यसको कटनी गर्ने छौ, तर तिमीहरूले दाखरस पिउन पाउने छैनौ, न त दाख नै जम्मा गर्न पाउने छौ किनकि किराहरूले ती खाइदिने छन् ।
DEU 28:40 तिमीहरूका इलाकाभरि तिमीहरूले भद्राक्षका रुखहरू लगाउने छौ, तर तिमीहरूले तेल निकाल्न पाउने छैनौ, किनकि तिमीहरूका भद्राक्षका रुखहरूको फल झर्ने छन् ।
DEU 28:41 तिमीहरूले छोराछोरीहरू जन्माउने छौ, तर तिनीहरू तिमीहरूका हुने छैनन् किनकि तिनीहरू दासत्वमा लगिने छन् ।
DEU 28:42 तिमीहरूका सबै रुख र तिमीहरूको भूमिको फललाई सलहहरूले नष्‍ट गरिदिने छन् ।
DEU 28:43 तिमीहरूको बिचमा बास गर्ने परदेशी तिमीहरूभन्दा माथि-माथि उठ्ने छ । तर तिमीहरूचाहिँ तल-तल झर्ने छौ ।
DEU 28:44 त्यसले तिमीहरूलाई ऋण दिने छ, तर तिमीहरूले त्यसलाई ऋण दिने छैनौ । त्यो शिर हुने छ भने तिमीहरू पुच्छर हुने छौ ।
DEU 28:45 यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् र तिमीहरू नष्‍ट नभएसम्म तिनले तिमीहरूको पिछा गर्ने छन् । उहाँले तिमीहरूलाई उहाँका आज्ञा र निर्देशनहरू पालन गर्न तिमीहरूले उहाँको कुरा नसुनेकाले यो हुने छ ।
DEU 28:46 चिन्ह र आश्‍चर्यको रूपमा यी श्रापहरू तिमीहरू र तिमीहरूका सन्तानहरूमाथि सदाको निम्ति आइपर्ने छन् ।
DEU 28:47 तिमीहरूको उन्‍नति हुँदा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई ह्रदयबाट खुसीसाथ र आनन्दसाथ उहाँको आराधना नगरेकाले
DEU 28:48 परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुहुने शत्रुहरूको तिमीहरूले सेवा गर्ने छौ । तिमीहरूले भोक, तिर्खा, नग्‍नता र गरिबीमा तिनीहरूको सेवा गर्ने छौ । उहाँले तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म उहाँले तिमीहरूको काँधमा जुवा हालिदिनुहुने छ ।
DEU 28:49 परमप्रभुले धेरै टाढाबाट अर्थात् पृथ्वीको छेउबाट आफ्नो सिकारको लागि झम्टने गरुडझैँ तिमीहरूको विरुद्धमा एउटा जातिलाई ल्याउनुहुने छ जसको भाषा तिमीहरू बुझ्दैनौ ।
DEU 28:50 यो एउटा क्रुर रूप भएको जाति हुने छ जसले पाकाहरूलाई आदर गर्दैन र युवाहरूलाई स्‍नेह देखाउँदैन ।
DEU 28:51 तिमीहरू नष्‍ट नभएसम्म तिनीहरूले तिमीहरूका बाछा-बाछी र तिमीहरूको देशको फल खाने छन् । तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म तिनीहरूले तिमीहरूका लागि कुनै अन्‍न, नयाँ मद्य वा तेल वा बाछा-बाछी वा भेडा-बाख्रा छाड्ने छैनन् ।
DEU 28:52 तिमीहरूले भरोसा गरेका सहरहरूका अग्ला र मजबुत पर्खालहरू नढालेसम्म तिनीहरूले तिमीहरूका सहरहरूलाई घेराबन्दी गर्ने छन् । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको तिमीहरूको देशका सबै सहरलाई तिनीहरूले घेराबन्दी गर्ने छन् ।
DEU 28:53 तिमीहरूका शत्रुहरूले तिमीहरूमाथि कष्‍ट ल्याएको समयमा र तिमीहरूलाई घेराबन्दी गर्दा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका तिमीहरूका आफ्नै सन्तान अर्थात् छोराछोरीका मासु खाने छौ ।
DEU 28:54 तिमीहरूका बिचमा भएका कोमल र भद्र मानिसले पनि आफ्नै भाइ, आफ्नी प्यारी पत्‍नी र आफ्ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउने छैन ।
DEU 28:55 तिमीहरूको शत्रुले तिमीहरूका सबै सहरभित्र कष्‍ट ल्याएको समयमा र घेराबन्दी गर्दा यहाँसम्म हुने छ कि त्यसले खाँदै गरेको आफ्ना बालबच्‍चाहरूको शरीरको मासु त्यसले कसैलाई दिने छैन ।
DEU 28:56 तिमीहरूको बिचमा भएकी कोमल र शिष्‍ट स्‍त्री जसले कोमलता र शिष्‍टताको कारणले भुइँमा आफ्नो पैतलाले टेक्‍न पनि चाहँदिन थिई, त्यस्ती स्‍त्रीले पनि आफ्ना पतिसाथै आफ्नै छोराछोरी,
DEU 28:57 अनि आफूले भर्खरै जन्माएको छोरोसाथै आफ्नै बालबच्‍चाको मासु खाने छे । तिमीहरूको शत्रुले तिमीहरूको सहरलाई घेराबन्दी गरी कष्‍टमा ल्याउँदा त्यसले केही खान नपाएकीले गर्दा गुप्‍तमा त्यसले त्यो मासु खाने छे ।
DEU 28:58 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको महिमित र भययोग्य नाउँलाई आदर गर्न यस पुस्तकमा लेखिएका व्यवस्थाका सबै वचन पालन गरेनौ भने
DEU 28:59 परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानमाथि डरलाग्दा विपत्तिहरू ल्याउनुहुने छ । ती लामो समयसम्म आउने भयानक डरलाग्दा र प्रचण्ड विपत्तिहरू हुने छन् ।
DEU 28:60 मिश्रमा जुन विपत्तिहरूदेखि तिमीहरू डराएका थियौ, उहाँले तिनै विपत्तिहरू तिमीहरूमाथि ल्याउनुहुने छ ।
DEU 28:61 ती तिमीहरूमा टाँसिने छन् । यसको अतिरिक्त, तिमीहरू नष्‍ट नभएसम्म परमप्रभुले व्यवस्थाको यस पुस्तकमा नलेखिएका हरेक रोग र विपत्ति पनि तिमीहरूमाथि ल्याउनुहुने छ ।
DEU 28:62 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा नमानेकाले तिमीहरू आकाशका ताराहरूजत्तिकै सङ्ख्यामा धेरै भए तापनि तिमीहरूको सङ्ख्या थोरै हुने छ ।
DEU 28:63 तिमीहरूको भलो गर्न र तिमीहरूलाई गुणात्मक रूपमा वृद्धि गराउनमा परमप्रभु एक पटक जसरी रमाउनुभयो, त्यसै गरी तिमीहरूलाई नष्‍ट गरी विनाश गर्नमा उहाँ रमाउनुहुने छ । तिमीहरूले अधिकार गर्न लागेको देशबाट तिमीहरू धपाइने छौ ।
DEU 28:64 परमप्रभुले तिमीहरूलाई पृथ्वीको एउटा कुनाबाट अर्को कुनासम्म सबै जातिका बिचमा तितर-बितर पारिदिनुहुने छ । त्यहाँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका काठ र ढुङ्गाले बनेका देवताहरूको पुजा गर्ने छौ ।
DEU 28:65 यी जातिहरूका बिचमा तिमीहरूले चैन पाउने छैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ हुने छैन । बरु, त्यहाँ परमप्रभुले तिमीहरूलाई थरथर काँप्‍ने ह्रदय, थाक्‍ने आँखा र शोक गर्ने प्राण दिनुहुने छ ।
DEU 28:66 तिमीहरूको जीवन तिमीहरूकै सामु आशङ्कमा झुण्डिने छ । तिमीहरू हरेक दिन र रात डराउने छौ अनि तिमीहरूको जीवनभर कुनै निश्‍चयता हुने छैन ।
DEU 28:67 तिमीहरूका ह्रदयमा हुने डर र तिमीहरूका आँखाले देख्‍नुपर्ने कुराहरूको कारणले बिहान तिमीहरूले 'राति भइदिए हुन्थ्यो!' भन्‍ने छौ भने राति तिमीहरूले 'बिहान भइदिए हुन्थ्यो!' भन्‍ने छौ ।
DEU 28:68 परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूद्वारा तिमीहरू जुन बाटो भएर आएका थियौ त्यही बाटो भएर तिमीहरूलाई मिश्र देशमा फर्काएर लैजानुहुने छ जुन बाटोको बारेमा उहाँले भन्‍नुभएको थियो, 'तिमीहरूले फेरि मिश्र देख्‍ने छैनौ ।' त्यहाँ तिमीहरूले आफैलाई कमारा-कमारीको रूपमा आफ्ना शत्रुहरूको हातमा बेच्ने छौ, तर कसैले तिमीहरूलाई किन्‍ने छैन ।
DEU 29:1 होरेबमा परमप्रभुले इस्राएलीहरूसित बाँध्‍नुभएको करारबाहेक मोआब देशमा परमप्रभुले मोशामार्फत इस्राएलीहरूलाई दिनुभएका वचनहरू यी नै हुन् ।
DEU 29:2 मोशाले सारा इस्राएलीलाई डाकेर भने, “मिश्र देशमा फारो, तिनका सबै अधिकारी र तिनका सबै देशमा परमप्रभुले तिमीहरूका सामु गर्नुभएको हरेक कुरा तिमीहरूले देखेका छौ ।
DEU 29:3 तिमीहरूका आँखाले डरलाग्दो दुःखकष्‍ट, चिन्ह र आश्‍चर्यहरू देख्यौ ।
DEU 29:4 तर आजको दिनसम्म परमप्रभुले तिमीहरूलाई जान्‍ने ह्रदय, देख्‍ने आँखा वा सुन्‍ने कान दिनुभएको छैन ।
DEU 29:5 मैले तिमीहरूलाई चालिस वर्षसम्म उजाड-स्थानमा अगुवाइ गरेको छु । तिमीहरूका लुगा फाटिएन, न त तिमीहरूका जुत्ता च्यातिए ।
DEU 29:6 तिमीहरूले अरू कुनै रोटी खाएनौ, न त तिमीहरूले कुनै अरू मद्य पियौ ताकि म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍न सक ।
DEU 29:7 तिमीहरू यस ठाउँमा आउँदा हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग तिमीहरूको विरुद्धमा युद्ध गर्न आए र हामीले तिनीहरूलाई परास्त गर्‍यौँ ।
DEU 29:8 हामीले तिनीहरूको देश कब्जा गरी रूबेनीहरू, गादीहरू र मनेश्शेको आधा कुललाई पैतृक सम्पत्तिको रूपमा दियौँ ।
DEU 29:9 त्यसकारण, तिमीहरूले गर्ने हरेक कुरामा तिमीहरूको उन्‍नति होस् भनेर यस करारका वचनहरू पालग गर र मान ।
DEU 29:10 आज तिमीहरूका नायक, कुल, धर्म-गुरु, अधिकृत र इस्राएलका सबै मानिस परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खडा छौ ।
DEU 29:11 तिमीहरूका छोराछोरीहरू, पत्‍नीहरू, तिमीहरूको छाउनीमा भएका परदेशी, दाउरे र पनेरे सबै उहाँको सामु खडा छौ ।
DEU 29:12 आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको करारभित्र प्रवेश गर्न र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित खान लाग्‍नुभएको शपथभित्र प्रवेश गर्दै छौ
DEU 29:13 ताकि आज उहाँले तिमीहरूलाई आफ्नै जाति बनाउनुभएको होस् र उहाँले भन्‍नुभएझैँ उहाँले तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नुभएअनुसार उहाँ तिमीहरूका परमेश्‍वर होऊन् ।
DEU 29:14 किनकि मैले यो करार र यो शपथ आज परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु
DEU 29:15 यहाँ उभिनेहरूसित मात्र नभएर आज हामीसित यहाँ नहुनेहरूसित पनि बाँध्दै छु ।
DEU 29:16 हामी मिश्रमा कसरी बस्यौँ र जाति-जातिहरूका बिचबाट हामी कसरी आयौँ भनी तिमीहरू जान्दछौ ।
DEU 29:17 तिनीहरूका बिचमा भएका काठ र ढुङ्गा, चाँदी र सुनले बनेका घिनलाग्दा मूर्तिहरूलाई तिमीहरूले देखेका छौ ।
DEU 29:18 तिमीहरूका बिचमा भएका कुनै पुरुष, स्‍त्री, घराना, कुलको ह्रदय परमप्रभु हाम्रा परमेश्‍वरबाट तर्केर गई ती जातिहरूका देवताहरूको पुजा गर्न पछि नलागोस् भन्‍ने कुरामा निश्‍चित होओ । तिमीहरूका बिचमा यस्तो तितो विष उत्पन्‍न गर्ने कोही नहोस् ।
DEU 29:19 त्यस्तो व्यक्तिले यो श्रापका वचनहरू सुन्दा त्यसले आफैलाई आशिष् दिई आफ्नो ह्रदयमा यसो भन्छ, 'म मेरो ह्रदयको हठीपनामा हिँडे तापनि मसित शान्ति हुने छ ।' यसले सुक्खा जमिनसँगै भिजेको जमिनलाई पनि नष्‍ट गर्ने छ ।
DEU 29:20 परमप्रभुले त्यसलाई क्षमा दिनुहुने छैन, बरु परमप्रभुको क्रोध र उहाँको डाह त्यो मानिसको विरुद्धमा दन्कने छ अनि यस पुस्तकमा लेखिएका सबै श्राप त्यसमाथि आउने छन् । यसरी परमप्रभुले आकाशमुनिबाट त्यसको नाउँ मेटिदिनुहुने छ ।
DEU 29:21 व्यवस्थाको यस पुस्तकमा लेखिएका करारका सबै श्रापअनुसार परमप्रभुले त्यसलाई इस्राएलका सबै कुलबाट विनाशको निम्ति अलग गर्नुहुने छ ।
DEU 29:22 तिमीहरूपछि आउने पुस्ता अर्थात् तिमीहरूका सन्तान र सुदूर देशबाट आउने परदेशीले यस देशमा आइपरेका विपत्तिहरू र परमप्रभुले ल्याउनुभएका विपत्तिहरू देख्दा तिनीहरूले यस बारेमा भन्‍ने छन् ।
DEU 29:23 परमप्रभुले आफ्नो रिस र क्रोधमा सदोम र गमोरा, अदमा र सबोयीमलाई नष्‍ट पार्नुभएझैँ समस्त देशमा गन्धक र नून जलेको खाक मात्र हुने छ ।
DEU 29:24 अन्य जातिहरूसँगै तिनीहरूले भन्‍ने छन्, 'किन परमप्रभुले यस देशलाई यसो गर्नुभएको ? यो डरलाग्दो रिसको मतलब के हो ?'
DEU 29:25 मानिसहरूले भन्‍ने छन्, 'तिनीहरूले मिश्रबाट ल्याउनुहुने परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिनीहरूसित बाँध्‍नुभएको करार त्यागेकाले गर्दा यसो भएको हो ।
DEU 29:26 तिनीहरू आफूले नचिनेका र उहाँले तिनीहरूलाई नदिनुभएको अन्य देवताहरूको पछि लागी तिनीहरूको सेवा गरेकाले र तिनीहरूका सामु निहुरेकाले गर्दा यसो भएको हो ।
DEU 29:27 त्यसकारण, यस पुस्तकमा लेखिएका सबै श्राप आउने गरी परमप्रभुको रिस यस देशको विरुद्धमा दन्किएको हो ।
DEU 29:28 परमप्रभुले आफ्नो रिस, क्रोध र भयानक कोपमा तिनीहरूलाई तिनीहरूको देशबाट जरैदेखि उखेली अर्को देशमा फ्याँक्‍नुभएको छ, जस्तो आज छ ।'
DEU 29:29 गुप्‍त कुराहरू परमप्रभु हाम्रा परमेश्‍वरका मात्र हुन् । तर प्रकट भएका कुराहरू सदाको निम्ति हाम्रा र हाम्रा सन्तानहरूका हुन् ताकि हामीले यस व्यवस्थाका सबै वचन पालन गर्न सकूँ ।
DEU 30:1 जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्राप तिमीहरूमाथि आइपर्ने छन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अन्य जातिहरूका बिचमा धपाउनुभएपछि जब तिमीहरूले यी सम्झने छौ,
DEU 30:2 र तिमीहरूका सारा हृदय र प्राणले आज मैले तिमीहरू र तिमीहरूका सन्तानलाई आज्ञा गरेका यी सबै वचनलाई पालन गरेर तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरकहाँ फर्कंदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको निर्वासनलाई उल्ट्याइदिनुहुने छ र तिमीहरूलाई टिठ्याउनुहुने छ ।
DEU 30:3 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तितर-बितर पार्नुभएका सबै जातिबाट तिमीहरूलाई फर्काएर ल्याई तिमीहरूलाई एकत्रित गर्नुहुने छ ।
DEU 30:4 तिमीहरूको कुनै पनि मानिस निर्वासित भएर आकाशमुनिको सबैभन्दा टाढा लगिए तापनि परमेश्‍वरले तिमीहरूलाई जम्मा गरी ल्याउनुहुने छ ।
DEU 30:5 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाहरूले अधिकार गर्नुभएको र तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूलाई ल्याउनुहुने छ । उहाँले तिमीहरूको भलो गर्नुहुने छ र तिमीहरूका पिता-पुर्खाहरूभन्दा तिमीहरूलाई सङ्ख्यामा वृद्धि गर्नुहुने छ ।
DEU 30:6 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू र तिमीहरूका सन्तानहरूका हृदयको खतना गरिदिनुहुने छ अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सारा हृदयले प्रेम गर्ने छौ अनि तिमीहरू जीवित हुने छौ ।
DEU 30:7 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई घृणा गर्ने र तिमीहरूको खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि यी सबै श्राप ल्याउनुहुने छ ।
DEU 30:8 तिमीहरू फर्केर परमप्रभुको आवाज सुन्‍ने छौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्ने छौ ।
DEU 30:9 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको देशका सबै काम, तिमीहरूका सन्तान, तिमीहरूका बाछा-बाछी, तिमीहरूको भूमिको फलमा प्रचुर मात्रामा उन्‍नति गराइदिनुहुने छ । किनकि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूमा आनन्द मनाउनुभएझैँ तिमीहरूको उन्‍नतिमा पनि आनन्द मनाउनहुने छ ।
DEU 30:10 तिमीहरूका सारा हृदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र निर्देशनहरू पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा मान्यौ भने उहाँले यसो गर्नुहुने छ ।
DEU 30:11 किनकि आज मैले तिमीहरूलाई दिएको यो आज्ञा तिमीहरूका निम्ति कठिन छैन, न त प्राप्‍तै गर्न नसक्‍ने गरी टाढा छ ।
DEU 30:12 'हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति स्वर्गमा गई यसलाई तल ल्याएर हामीलाई बताउने को छ ?' भनी तिमीहरूले भन्‍नुपर्ने गरी यो स्वर्गमा छैन ।
DEU 30:13 'हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति सागर पार गरी यसलाई ल्याएर हामीलाई बताउने को छ ?' भनी तिमीहरूले भन्‍नुपर्ने गरी यो समुद्रपारि छैन ।
DEU 30:14 तर तिमीहरूले पालन गर्न सक्‍ने गरी वचन तिमीहरूको नजिकै छ अर्थात् तिमीहरूको मुख र हृदयमा छ ।
DEU 30:15 हेर, आज मैले तिमीहरूका सामु जीवन र भलाइ, मृत्यु र दुष्‍ट्याइँ राखिदिएको छु ।
DEU 30:16 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका मार्गहरूमा हिँड्न र उहाँका आज्ञाहरूसाथै उहाँका निर्देशनहरू, विधिविधानहरू पालन गर्न आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आदेशहरू पालन गर्‍यौ भने तिमीहरू बाँच्ने छौ र तिमीहरूको वृद्धि हुने छ अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू प्रवेश गर्न लागेका देशमा तिमीहरूलाई आशिष् दिनुहुने छ ।
DEU 30:17 तर तिमीहरूका हृदय बरालिएर अटेरी भयौ र अरू देवताहरूप्रति आकर्षित भएर तिनीहरूको सामु निहुरी तिनीहरूको पुजा गर्‍यौ भने
DEU 30:18 तिमीहरू पक्‍कै नष्‍ट हुने छौ भनी आज म घोषणा गर्दछु । यर्दनपारि गएर तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूको आयु लामो हुने छैन ।
DEU 30:19 तिमीहरूको सामु मैले जीवन र मृत्यु अनि आशिष् र श्राप राखिदिएको छु भनी तिमीहरूको विरुद्धमा गवाही दिन आज मैले स्वर्ग र पृथ्वीलाई साक्षी राखेको छु । त्यसकारण, तिमीहरू र तिमीहरूका सन्तानहरू बाँच्न सकून् भनी जीवन रोज ।
DEU 30:20 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँको कुरा पालन गर्न र उहाँमा टाँसिनका लागि यसलाई मान्‍नू । किनकि उहाँ नै तिमीहरूको जीवन र तिमीहरूको दीर्घायु हुनुहुन्छ । परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक, याकूबसित प्रतिज्ञा गर्नुभएको यो देशमा तिमीहरू बाँच्न सक भन्‍नलाई यो आज्ञा मान्‍नू ।
DEU 31:1 मोशा गएर सारा इस्राएलीलाई यी वचन भने,
DEU 31:2 “म अहिले एक सय बिस वर्ष पुगेँ । अब म भित्र बाहिर गर्न सक्दिनँ । परमप्रभुले मलाई यसो भन्‍नुभएको छ, 'तँ यर्दनपारि जाने छैनस् ।'
DEU 31:3 परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूभन्दा अगिअगि त्यहाँ जानुहुने छ । उहाँले तिमीहरूकै सामु यी जातिहरूलाई नष्‍ट पार्नुहुने छ, र तिमीहरूले तिनीहरूलाई धपाउने छौ । परमप्रभुले भन्‍नुभएझैँ यहोशू तिमीहरूभन्दा अगि त्यहाँ जाने छन् ।
DEU 31:4 परमप्रभुले एमोरीहरूका राजा सीहोन र ओग अनि तिनहरूका देशलाई नष्‍ट पार्नुभएझैँ तिनीहरूलाई नष्‍ट पार्नुहुने छ ।
DEU 31:5 तिमीहरूले तिनीहरूसित युद्धमा जम्काभेट गर्दा परमप्रभुले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनहुने छ, र मैले तिमीहरूलाई दिएका सबै आज्ञामुताबिक तिनीहरूलाई गर्नू ।
DEU 31:6 बलियो र खुबै साहसी होओ । नडराओ र तिनीहरूदेखि भयभीत नहोओ । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँगै जानुहुने छ । उहाँले तिमीहरूलाई छाड्नुहुने छैन, न त त्याग्‍नुहुने छ ।”
DEU 31:7 मोशाले यहोशूलाई बोलाई सारा इस्राएलको सामुन्‍ने भने, “बलियो र खुबै साहसी होऊ, किनकि यी मानिसहरूलाई दिन्छु भनी परमप्रभुले तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमी यिनीहरूसँगै जाऊ । तिमीहरूले तिनीहरूलाई यसको अधिकार गर्न दिने छौ ।
DEU 31:8 परमप्रभु तिम्रो अगिअगि जानुहुने छ । उहाँ तिमीसँगै हुनुहुने छ । उहाँले तिमीलाई छाड्नहुने छैन, न त त्याग्‍नुहुने छ । नडराऊ, निरुत्साहित नहोऊ ।”
DEU 31:9 मोशाले यो व्यवस्था लेखेर लेवीका छोराहरू अर्थात् पुजारीहरूलाई दिए जसले परमप्रभुले करारको सन्दुक बोक्थे । तिनले इस्राएलका सारा धर्म-गुरुलाई पनि यसका प्रतिहरू दिए ।
DEU 31:10 मोशाले तिनीहरूलाई यसो भनी आज्ञा दिए, “हरेक सात वर्षको अन्त्यमा अर्थात् ऋणहरू रद्द गरिदिने समयमा, छाप्रो-वासको चाडमा,
DEU 31:11 परमप्रभु तिमीहरूका परमेश्‍वरले उहाँको पवित्र वासस्थानको लागि उहाँले छान्‍नुहुने ठाउँमा सारा इस्राएली उहाँको सामु देखा पर्दा तिनीहरूले सुन्‍ने गरी सारा इस्राएलीको सामु तिमीहरूले यो व्यवस्थाका वचन पढ्नू ।
DEU 31:12 पुरुष र स्‍त्रीहरू, बालबच्‍चाहरू, तिमीहरूका सहरभित्र बस्‍ने परदेशीलगायत सबै मानिसलाई भेला गराउनू ताकि तिनीहरूले सुनेर सिक्‍न सकून् र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई आदर गर्न सकून् अनि यस व्यवस्थाका वचनहरू पालन गर्न सकून् ।
DEU 31:13 यर्दनपारि तिमीहरूले अधिकार गर्न जान लागेको देशमा बसुञ्‍जेलसम्म यो व्यवस्था नजान्‍ने तिनीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान्‍न सिकून् ।”
DEU 31:14 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर, तँ मर्ने दिन आउँदै छ । यहोशूलाई डाकेर भेट हुने पालमा तेरो उपस्थितिमा ले ताकि म त्यसलाई आज्ञा दिन सकूँ ।” मोशा र यहोशू भेट हुने पालमा गएर आफैलाई उपस्थित गराए ।
DEU 31:15 परमप्रभु बादलको खाँबोमा पालमा देखा पर्नुभयो । बादलको खाँबो पालको ढोकामाथि अडियो ।
DEU 31:16 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, तँ तेरा पिता-पुर्खाहरूसित सुत्‍ने छस् । जुन देशमा यी मानिसहरू जाँदै छन्, त्यहाँ तिनीहरूले अनौठा देवताहरूको पछि लागि आत्मिक व्यभिचार गर्ने छन् । तिनीहरूले मलाई त्याग्‍ने छन् र मैले तिनीहरूसित बाँधेको मेरो करार भङ्ग गर्ने छन् ।
DEU 31:17 तब त्यस दिन मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कने छ र म तिनीहरूलाई त्यागिदिने छु । म तिनीहरूबाट मेरो मुहार लुकाउने छु, र तिनीहरू नष्‍ट हुने छन् । तिनीहरूले धेरै विपत्ति र सङ्कष्‍टहरू झेल्ने छन् अनि त्यस दिन तिनीहरूले भन्‍ने छन्, 'के हाम्रा परमेश्‍वर हाम्रा बिचमा नहुनुभएकोले यी विपत्तिहरू हामीमाथि आइपरेका होइनन् र ?'
DEU 31:18 तिनीहरू अन्य देवताहरूकहाँ फर्की तिनीहरूले गर्ने तिनीहरूका सबै दुष्‍ट्याइँको कारणले त्यस दिन म निश्‍चय नै तिनीहरूबाट मेरो मुहार लुकाउने छु ।
DEU 31:19 अब त्यसकारण तिमीहरूले आफ्नो निम्ति यो गीत लेखेर इस्राएलीहरूलाई सिकाओ । यसलाई कण्ठस्थ पार ताकि यो गीत इस्राएलीहरूको विरुद्धमा मेरो साक्षी होस् ।
DEU 31:20 किनकि तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी मैले प्रतिज्ञा गरेको दूध र मह बग्‍ने देशमा जब मैले तिनीहरूलाई ल्याएको हुने छु, र तिनीहरू खाएर तृप्‍त भएर मोटाएका हुने छन्, तब तिनीहरू अन्य देवताहरूकहाँ लागी तिनीहरूको सेवा गर्ने छन् र तिनीहरूले मेरो तिरस्कार गरी मेरो करार भङ्ग गर्ने छन् ।
DEU 31:21 जब यस जातिमाथि धेरै खराबी र सङ्कष्‍ट आइपर्ने छन्, यो गीतले तिनीहरूको सामु साक्षीको रूपमा गवाही दिने छ (किनकि यो तिनीहरूका सन्तानका मुखबाट बिर्सिने छैन) । मैले तिनीहरूलाई प्रतिज्ञा गरेको देशमा तिनीहरूलाई ल्याउनुभन्दा अगावै तिनीहरूले आज रचेका योजनाहरू मलाई थाहा छ ।”
DEU 31:22 त्यसैले त्यही दिन मोशाले यो गीत लेखी इस्राएलीहरूलाई सिकाए ।
DEU 31:23 परमप्रभुले नूनका छोरा यहोशूलाई यस्तो आज्ञा दिई भन्‍नुभयो, “बलियो र खुबै साहसी होऊ । किनकि मैले इस्राएलीहरूलाई प्रतिज्ञा गरेको देशमा तैँले तिनीहरूलाई ल्याउने छस्, र म तँसित हुने छु ।”
DEU 31:24 मोशाले यस व्यवस्थाका वचनहरू लेखिसिद्ध्यापछि
DEU 31:25 परमप्रभुको करारको सन्दूक बोक्‍ने लेवीहरूलाई तिनले आज्ञा दिए,
DEU 31:26 “व्यवस्थाको यस पुस्तकलाई लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्दुकको छेउमा राख ताकि यो तिमीहरूको विरुद्धमा साक्षीको रूपमा रहोस् ।
DEU 31:27 किनकि म तिमीहरूको विद्रोह र हठ जान्दछु । हेर, आज म तिमीहरूसित जीवित छँदा नै तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही भएका छौ । मेरो मृत्युपछि झन् कति धेरै विद्रोही हुन्छौ ?
DEU 31:28 तिमीहरूका कुलका सबै धर्म-गुरुहरू र तिमीहरूका अधिकारीहरूलाई भेला गर ताकि तिनीहरूले सुन्‍ने गरी मैले यी वचनहरू तिनीहरूलाई बोल्न सकूँ र तिनीहरूको विरुद्धमा स्वर्ग र पृथ्वीलाई साक्षी राख्‍न सकूँ ।
DEU 31:29 किनकि म जान्दछु, कि मेरो मृत्युपछि तिमीहरू पूर्ण रूपमा भ्रष्‍ट भई मैले तिमीहरूलाई दिएको मार्गबाट बरालिने छौ । आगामी दिनहरूमा तिमीहरूमाथि विपत्तिहरू आइपर्ने छन् । तिमीहरूका हातका कामहरूले तिमीहरूले परमप्रभुलाई चिढ्याई उहाँको दृष्‍टिमा दुष्‍ट कामहरू गर्ने भएकोले यसो हुने छ ।”
DEU 31:30 मोशाले यस गीतका शब्दहरू सुरुदेखि अन्त्यसम्म इस्राएलीहरूका सारा समुदायलाई सुनाए ।
DEU 32:1 हे आकाश, सुन्, र मलाई बोल्न दे । पृथ्वीले मेरा मुखका वचन सुनोस् ।
DEU 32:2 मेरो शिक्षा झरीको थोपाझैँ खसोस्, मेरो बोली शीतझैँ झरोस्, कलिलो घाँसमाथि सिमसिमे पानीझैँ, र बिरुवाहरूमाथि झरीझैँ बर्सोस् ।
DEU 32:3 किनकि म परमप्रभुको नाउँको घोषणा गर्ने छु, र हाम्रा परमेश्‍वरको महान्‌ता वर्णन गर्ने छु ।
DEU 32:4 उहाँ चट्टान हुनुहुन्छ, उहाँको काम सिद्ध छ । किनकि उहाँका सबै मार्ग न्यायोचित छन् । उहाँ अधर्म नभएको विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ । उहाँ न्यायी र सत्य हुनुहुन्छ ।
DEU 32:5 तिनीहरूले उहाँको विरुद्धमा भ्रष्‍टतापूर्वक काम गरेका छन् । तिनीहरू उहाँका छोराछोरी होइनन् । यो तिनीहरूको अपमान हो । तिनीहरू बाङ्गो र टेडो पुस्ता हुन् ।
DEU 32:6 हे मूर्ख र बुद्धि नभएका मानिसहरू हो, के तिमीहरूले यसरी नै परमेश्‍वरलाई कृतज्ञता देखाउँछौ ? के उहाँ नै तिमीहरूलाई सृजनुहुने तिमीहरूका पिता हुनुहुन्‍न र ? उहाँले नै तिमीहरूलाई बनाउनुभयो, र स्थापित गर्नुभयो ।
DEU 32:7 प्राचीन समयलाई सम्झ, धेरै पहिलेका वर्षहरूको बारेमा सोच । तिमीहरूका पितालाई बिन्ती चढाओ र उहाँले तिमीहरूलाई देखाउनुहुने छ, तिमीहरूका धर्म-गुरुहरूलाई उहाँले बताउनुहुने छ ।
DEU 32:8 जब सर्वोच्‍चले जाति-जातिहरूलाई तिनीहरूका अंश दिनुभयो, जब उहाँले सबै मानव-जातिलाई विभाजन गर्नुभयो, र जाति-जातिहरूका सिमाना छुट्ट्याइदिनुभयो, उहाँले तिनीहरूका देवताहरूका सङ्ख्या पनि तोकिदिनुभयो ।
DEU 32:9 किनकि परमप्रभुको हिस्सा नै उहाँका जाति हुन् । याकूब उहाँको अलग गरिएको अंश हो ।
DEU 32:10 उहाँले तिनलाई मरुभूमिमा फेला पार्नुभयो, र निर्जन-स्थान र गर्जने उजाड-स्थानमा । उहाँले तिनको रक्षा गर्नुभयो, र तिनको वास्ता गर्नुभयो । उहाँले तिनलाई आँखाको नानीझैँ सुरक्षा दिनुभयो ।
DEU 32:11 आफ्नो गुँडलाई रक्षा गर्ने र आफ्ना बचेराहरूमाथि पखेटा फटफटाउने गरुडले झैँ परमप्रभुले आफ्ना पखेटा फैलाई तिनीहरूलाई थाम्‍नुभयो र तिनीहरूलाई आफ्ना प्वाँखमा बोक्‍नुभयो ।
DEU 32:12 परमप्रभुले मात्रै तिनीहरूलाई अगुवाइ गर्नुभयो । कुनै विदेशी देवता उहाँसित थिएन ।
DEU 32:13 उहाँले तिनलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरूमा सवार गराउनुभयो, र बारीको फल खुवाउनुभयो । उहाँले तिनलाई चट्टानबाट निस्केको मह र दर्शन-ढुङ्गाको भीरको तेलले पालन-पोषण गर्नुभयो ।
DEU 32:14 तिनले गाई-गोरुको बथान र भेडा-बाख्राको बथानाबाट दूध र दही अनि मोटा-मोटा थुमा अनि बाशानका भेडाहरू र बाख्राहरूको बोसोसाथै सर्वोत्तम गहुँ खाए । तिमीहरूले फिँज उठेको दाखरस पियौ ।
DEU 32:15 तर मोटाएर यशूरूनले लात हान्यो । तिमी अति धेरै मोटायौ र भरपेट खायौ । तिनले आफैलाई सृजनुहुने परमेश्‍वरलाई त्यागे, र आफ्नो उद्धारको चट्टानलाई इन्कार गरे ।
DEU 32:16 तिनीहरूले आफ्ना अनौठा देवताहरूद्वारा परमप्रभुलाई डाही तुल्याए ।
DEU 32:17 तिनीहरूका घृणित कामहरूले तिनीहरूले उहाँलाई क्रोधित तुल्याए । तिनीहरूले भूतात्माहरूलाई बलि चढाए जो देव होइनन्, जसलाई तिनीहरूले चिनेका थिएनन्, जो भर्खरै देखा परेका थिए, जोदेखि तिमीहरूका पिता-पुर्खाहरू डराउँदैनथ्ये ।
DEU 32:18 तिमीहरूले ती चट्टानलाई त्याग्यौ जो तिमीहरूका पिता बन्‍नुभयो, र तिमीहरूलाई जन्म दिने परमेश्‍वरलाई भुल्यौ ।
DEU 32:19 परमप्रभुले यो देख्‍नुभयो र तिनीहरूलाई इन्कार गर्नुभयो किनकि उहाँका छोराछोरीहरूले उहाँलाई चिढ्याए । उहाँले भन्‍नुभयो,
DEU 32:20 “म तिनीहरूबाट मेरो मुहार लुकाउने छु, र तिनीहरूको अन्त्य कस्तो हुने छ भनी हेर्ने छु किनकि तिनीहरू भ्रष्‍ट पुस्ता हुन्, अविश्‍वासयोग्य सन्तान हुन् ।
DEU 32:21 जे ईश्‍वर होइन, त्यसको कारण तिनीहरूले मलाई डाही तुल्याएका छन्, र तिनीहरूका बेकम्मा कामहरूद्वारा मलाई रिस उठाएका छन् । जो जाति नै होइनन्, तिनीहरूद्वारा म तिनीहरूलाई डाही तुल्याउने छु । एउटा मूर्ख जातिद्वारा म तिनीहरूलाई क्रोधित तुल्याउने छु ।
DEU 32:22 किनकि मेरो रिसद्वारा आगो सल्केको छ र त्यसले तल्लो पातालसम्मै जलाउँछ । यसले पृथ्वी र यसको फसललाई भस्म पार्दै छ । यसले पहाडहरूका जगमा आगो लगाउँदै छ ।
DEU 32:23 म तिनीहरूमाथि विपत्तिको थुप्रो ल्याउने छु । म तिनीहरूमा मेरा सबै काँड चलाउने छु ।
DEU 32:24 तिनीहरू भोकले नष्‍ट हुने छन्, र प्रचण्ड ताप र डरलाग्दो विनाशले भस्म हुने छन् । भुइँमा घस्रने जन्तुहरूको विषसहित म तिनीहरूकहाँ जङ्गली जनावरहरूको दाह्रा, पठाउने छु ।
DEU 32:25 बाहिर तरवारले तिनीहरूलाई मार्ने छ, र सुत्‍ने कोठाभित्र त्रासले तिनीहरूलाई नष्‍ट गर्ने छ । यसले युवा र कन्या दुवै अनि दूधे-बालक र कपाल फुलेको वृद्धलाई नष्‍ट पार्ने छ ।
DEU 32:26 म तिनीहरूलाई टाढा-टाढासम्म तितर-बितर पारिदिने छु र मानव-जातिको बिचबाट तिनीहरूको सम्झना मेटिदिने छु भनी मैले भनेँ ।
DEU 32:27 म शत्रुको खिसीदेखि डराइनँ, र तिनीहरूका शत्रुहरूले गल्ती गरेर भन्लान्, 'हाम्रो हात माथि उचालिएको छ ।' मैले यी सबै गरेको भए सक्थेँ ।
DEU 32:28 किनकि इस्राएल बुद्धि नभएको जाति हो, र तिनीहरूमा कुनै समझशक्ति छैन ।
DEU 32:29 ओहो, तिनीहरू बुद्धिमानी भएर तिनीहरूले यो बुझेका भए त तिनीहरूले तिनीहरूको अन्तलाई विचार गर्नेथिए!
DEU 32:30 तिनीहरूका चट्टानले तिनीहरूलाई नबेचेको भए र परमप्रभुले तिनीहरूलाई नत्याग्‍नुभएको भए कसरी एक जनाले एक हजारलाई वा दुई जनाले दस हजारलाई खेद्‍न सक्थ्यो ?
DEU 32:31 किनकि हाम्रा शत्रुहरूका चट्टान हाम्रो चट्टानजस्तो छैन जुन कुरा हाम्रै शत्रुहरूले पनि स्वीकार गर्छन् ।
DEU 32:32 किनकि तिनीहरूको अङ्गुरको लहरा सदोमबाट र गमोराका बारीहरूबाट आएको हो ।
DEU 32:33 तिनीहरूका दाखहरू विषालु दाखहरू हुन् । तिनीहरूका झुप्पाहरू तिता छन् । तिनीहरूको दाखमद्य सर्पहरूको विष हो र कडा गोमनको विष हो ।
DEU 32:34 के यो मैले साँचेर राखेको र मेरो भण्डारणमा छाप लगाएर राखेको योजना होइन र ?
DEU 32:35 बदला लिने काम मेरो हो र तिनीहरूको खुट्टा चिप्लिएको ठिक समयमा म नै प्रतिशोध लिने छु ।
DEU 32:36 किनकि तिनीहरूको लागि विपत्तिको दिन नजिकै छ, र तिनीहरूमाथि आइपर्ने कुराहरू हतारमा आउने छन् ।” किनकि परमप्रभुले उहाँको जातिलाई न्याय दिनुहुने छ, र उहाँले आफ्ना सेवकहरूमा दया देखाउनुहुने छ । तिनीहरूको शक्ति गएको छ, र कमारा वा फुक्‍का कोही बाँकी छैन भनी उहाँले देख्‍नुहुने छ ।
DEU 32:37 तब उहाँले भन्‍नुहुने छ, “तिनीहरूका देवताहरू कहाँ छन् ? तिनीहरूले शरण लिने चट्टान कहाँ छ ?
DEU 32:38 तिनीहरूका बलिहरूको बोसो खाने र तिनीहरूका अर्घबलि पिउने देवताहरू खोई ? ती उठेर तिनीहरूको मदत गरून् । तिनीहरू नै तिनीहरूको सुरक्षा होऊन् ।
DEU 32:39 अब हेर, म नै परमेश्‍वर हुँ, र मबाहेक अर्को कुनै ईश्‍वर छैन । म नै मार्छु, र जीवित पार्छु । म नै चोट पुर्‍याउँछु, र निको पार्छु । तिमीहरूलाई मेरो शक्तिबाट बचाउने कोही छैन ।
DEU 32:40 किनकि मेरो हात स्वर्गतर्फ उठाई म भन्छु, 'जस्तो म सदा जीवित रहन्छु, त्यसरी नै म काम गर्ने छु ।
DEU 32:41 जब म मेरो चम्कने तरवारमा शान लगाउँछु, र जब मेरा हातले न्याय ल्याउन सुरु गर्छ, तब म मेरा शत्रुहरूमाथि प्रतिशोध ल्याउने छु, र मलाई अवहेलना गर्नेहरूलाई म बदला लिने छु ।
DEU 32:42 म मेरा काँडहरूलाई रगतले मत्याउने छु, र मेरो तरवारले मारिएकाहरू र निर्वासितहरूको रगतसितै मासु र शत्रुहरूका शिर खाने छ ।”
DEU 32:43 हे जातिहरू हो, परमेश्‍वरका मानिसहरूसँगै आनन्द मनाओ, किनकि उहाँले आफ्ना दासहरूको रगतको बदला लिनुहुने छ । उहाँले आफ्ना शत्रुहरूमाथि प्रतिशोध लिनहुने छ, र उहाँले आफ्नो देशसाथै आफ्नो जातिको निम्ति प्रायश्‍चित्त गर्नुहुने छ ।
DEU 32:44 मोशा र नूनका छोरा यहोशू आएर यस गीतका सबै शब्द मानिसहरूले सुन्‍ने गरी पाठ गरे ।
DEU 32:45 तब मोशाले यी सबै शब्द सारा इस्राएलीलाई भनी सिद्ध्याए ।
DEU 32:46 तिनले मानिसहरूलाई भने, “आज मैले तिमीहरूलाई साक्षी दिएका सबै वचन मनमा राख ताकि तिमीहरूका आफ्ना छोराछोरीहरूलाई यो व्यवस्थाका सबै वचन पालन गर्न आज्ञा दिन सक ।
DEU 32:47 यो तिमीहरूको जीवन भएकोले र यसद्वारा नै तिमीहरूले यर्दनपारि अधिकार गर्न लागेको देशमा तिमीहरूको आयु लम्बिने भएकोले यो तिमीहरूका लागि व्यर्थको विषय होइन ।”
DEU 32:48 त्यही दिन परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
DEU 32:49 “यरीहोको सामु मोआब देशमा भएको अबारीम पहाडको नेबो डाँडामाथि उक्लेर जा । मैले इस्राएलीहरूलाई तिनीहरूको अधिकारस्वरूप दिन लागेको कनान देशलाई हेर् ।
DEU 32:50 जसरी तेरो दाजु हारून होर पर्वतमा मरेर आफ्ना मानिसहरूसित मिल्न गए त्यसरी नै तँ उक्लेर गएको डाँडामा तँ मर्ने छस्, र तँ तेरा मानिसहरूसित मिल्न जाने छस् ।
DEU 32:51 जीनको उजाड-स्थानको कादेशमा मेरीबाको पानीमा इस्राएलीहरूका बिचमा तँ मेरो सामु अविश्‍वासयोग्य भएकोले र इस्राएलीहरूका बिचमा तैँले मलाई आदर र इज्‍जत नगरेकोले तँमाथि यो आइपर्ने छ ।
DEU 32:52 तेरो सामु भएको देशलाई तैँले देख्‍ने छस्, तर मैले इस्राएलीहरूलाई दिने लागेको देशभित्र तँ प्रवेश गर्ने छैनस् ।”
DEU 33:1 यो आफ्नो मृत्युअगि परमेश्‍वरका मानिस मोशाले इस्राएलीहरूलाई दिएको आशिष् हो ।
DEU 33:2 तिनले भनेः “परमप्रभु सीनैबाट आउनुभयो, र तिनीहरूमाथि सेइरबाट उदय हुनुभयो । उहाँ पारान पर्वतबाट चम्कनुभयो, र उहाँ दसौँ हजार पवित्र जनसित आउनुभयो । उहाँको दाहिने हातमा बिजुलीको प्रकाश थियो ।
DEU 33:3 वास्तवमा उहाँले मानिसहरूलाई प्रेम गर्नुहुन्छ । उहाँका सबै पवित्र जन उहाँको हातमा छन्, र तिनीहरूले तपाईंको पाउमा शिर निहुराउँछन् । तिनीहरूले तपाईंका वचनहरू प्राप्‍त गरे ।
DEU 33:4 मोशाले हामीलाई व्यवस्था दिए, जुन याकूबको समुदायको सम्पत्ति हो ।
DEU 33:5 तब मानिसका अगुवाहरू र इस्राएलका सबै कुल एकै ठाउँमा जम्मा हुँदा यशूरूनमा राजा हुनुहुन्थ्यो ।
DEU 33:6 रूबेन बाँचून्, र नमरून, तर तिनका मानिसहरू थोरै होऊन् ।
DEU 33:7 यो यहूदाको निम्ति आशिष् हो । मोशाले भनेः हे परमप्रभु, यहूदाको सोर सुन्‍नुहोस्, र तिनलाई फेरि आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस् । तिनको पक्षमा लड्नुहोस् । तिनका शत्रुहरूको विरुद्धमा सहायता बन्‍नुहोस् ।
DEU 33:8 लेवीको विषयमा मोशाले भनेः तपाईंको तुम्मीम र तपाईंको ऊरीम तपाईंको राजकीय जनसित छ, जसलाई तपाईंले मस्साहमा जाँच्नुभयो, जोसित तपाईंले मेरीबाको पानीमा झगडा गर्नुभयो ।
DEU 33:9 तिनले आफ्ना बुबा र आमाको विषयमा भने, “मैले उहाँहरूलाई देखेको छैनँ ।” न तिनले आफ्ना दाजुभाइहरूलाई स्वीकर गरे, न त तिनले आफ्नै सन्तानको वास्ता गरे । किनकि तिनले तपाईंको वचनको रखवाली गरे, र तपाईंको सन्दूकलाई सुरक्षा दिए ।
DEU 33:10 तिनले याकूबलाई तपाईंका विधिहरू र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछन् । तिनले तपाईंको सामु धूप बाल्छन्, र तपाईंको वेदीमा सबै होमबलि चढाउँछन् ।
DEU 33:11 हे परमप्रभु, तिनका सबै सम्पत्तिमा आशिष् दिनुहोस्, र तिनका हातका काम स्वीकार गर्नुहोस् । तिनको विरुद्धमा खडा हुनेहरू र तिनलाई घृण गर्नेहरूका कम्मरमा हिर्काउनुहोस् ताकि तिनीहरू फेरि उठ्न नसकून् ।
DEU 33:12 बेन्यामीनको विषयमा मोशाले भनेः परमप्रभुका प्रिय उहाँको छेउमा सुरक्षित रहून् । परमप्रभुले तिनको जीवनभर रक्षा गर्नुहुन्छ, र तिनी परमप्रभुको पाखुराको बिचमा बस्छन् ।
DEU 33:13 योसेफको विषयमा मोशाले भनेः माथि आकाशबाट झर्ने अनमोल शीत र तल गहिराइको पानीले तिनको देश परमप्रभुद्वारा आशिषित् होस् ।
DEU 33:14 तिनको देश सूर्यको ताप र महिनैपिच्छेका उब्जनीका अनमोल कुराहरूले आशिषित् होस् ।
DEU 33:15 साथै, प्राचीन पर्वतहरूका उत्तम कुराहरू, र अनन्तका पर्वतहरूका अनमोल कुराहरूले आशिषित् होस् ।
DEU 33:16 तिनको देश पृथ्वीका अनमोल कुराहरू र यसको प्रचुरता अनि जलिरहेको पोथ्रामा बस्‍नुहुनेको निगाहले आशिषित् होस् । योसेफको शिरमा आशिष् आओस्, र आफ्ना दाजुभाइहरूमाथिका राजकुमारको शिरमा आशिष् आओस् ।
DEU 33:17 ऐश्‍वर्यमा तिनी पहिले बियाएका बाछोझैँ छन्, र तिनका सिङ अर्नाका सिङ हुन् । तीद्वारा नै तिनले सबै मानिसलाई पृथ्वीको पल्लो छेउसम्म हान्‍ने छन् । यी एफ्राइमका दसौँ हजार हुन् र मनश्शेका हजारौँ हुन् ।
DEU 33:18 जबूलूनको विषयमा मोशाले भनेः ए जबूलून तिमी बाहिर जाँदा र ए इस्साखार तिमी आफ्ना पालहरूमा बस्दा आनन्दित होओ ।
DEU 33:19 तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउने छन् । त्यहाँ तिनीहरूले धार्मिकताका बलिदानहरू चढाउने छन् । किनकि तिनीहरूले समुद्रको प्रचुरता र समुद्रीतटको बालुको सम्पत्ति उपभोग गर्ने छन् ।
DEU 33:20 गादको विषयमा मोशाले भनेः गादलाई वृद्धि गर्ने धन्यका हुन् । त्यहाँ तिनी सिंहिनीझैँ बस्‍ने छन्, र तिनले मुखियाको पाखुरा लुछिदिने छन् ।
DEU 33:21 तिनले आफ्नो निम्ति सबैभन्दा उत्तम जग्गा छाने, किनकि नायकको हिस्सा तिनको निम्ति अलग गरिएको थियो । तिनी मानिसहरूका अगुवाहरूसँगै आए । तिनले इस्राएलसितै परमप्रभुको न्याय र उहाँका विधिहरू पुरा गरे ।
DEU 33:22 दानको विषयमा मोशाले भनेः दान बाशानबाट हामफाल्दै आउने सिंहको डमरु हो ।
DEU 33:23 नप्‍तालीको विषयमा मोशाले भनेः नप्‍ताली परमप्रभुको आशिष्‌को भरिपूर्णता र स्‍नेहद्वारा सन्तुष्‍ट भएका छन् । तिनले पश्‍चिम र दक्षिणको देश अधिकार गर्ने छन् ।
DEU 33:24 आशेरको विषयमा मोशाले भनेः आशेर अन्य छोराहरूमध्ये सबैभन्दा बढी आशिषित् होऊन् । तिनी आफ्ना दाजुभाइहरूकहाँ स्वीकारयोग्य होऊन्, र तिनले आफ्नो खुट्टा जैतूनको तेलमा धोऊन् ।
DEU 33:25 तिनको सहरका बारहरू फलाम र काँसाका होऊन् । तिमी बाँचुञ्‍जेसम्म तिम्रो सुरक्षा हुने छ ।
DEU 33:26 यशूरूनमा परमेश्‍वरजस्तो कोही छैन । उहाँ सत्य हुनुहुन्छ जो तिम्रो सहायताको लागि आफ्नो प्रतापमा बादलमाथि स्वर्गबाट सवार भएर आउनुहुन्छ ।
DEU 33:27 अनन्त परमेश्‍वर शरणस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ अनन्त पाखुरा छन् । उहाँले तिमीहरूका सामुन्‍नेबाट शत्रुलाई धपाउनुहुने छ, र उहाँले भन्‍नुभयो, “नाश पार्!”
DEU 33:28 इस्राएल सुरक्षामा बस्यो । अन्‍न र नयाँ मद्यको देशमा याकूबको सन्तान सुरक्षित थियो । वास्तवमा तिनको आकाशले तिनमाथि शीत झारून् ।
DEU 33:29 ए इस्राएल, तिम्रा आशिष्‌हरू अनगिन्ती छन् । परमप्रभुद्वारा बचाइएको जाति तिमीजस्तै को छ र ? उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्छ, र तिम्रो प्रतापको तरवार हुनुहुन्छ । तिम्रा शत्रुहरू काँप्दै तिमीकहाँ आउँछन् । तिमीले तिनीहरूका अग्ला-अग्ला ठाउँहरूमा कुल्चने छौ ।
DEU 34:1 मोशा मोआबको मैदानबाट यरीहो सामुन्‍ने नेबो डाँडामा पिसगाको टाकुरामा उक्ले । त्यहाँ परमप्रभुले तिनलाई गिलाददेखि दानसम्म,
DEU 34:2 र सबै नप्‍ताली, एफ्राइम र मनश्शेका सबै देश अनि यहूदाका सबै देशदेखि पश्‍चिम समुद्रसम्म,
DEU 34:3 र नेगेव, र यरीहोको उपत्यकाको मैदान, खजुरको सहरदेखि सोअरसम्म देखाउनुभयो ।
DEU 34:4 परमप्रभुले तिनलाई भन्‍नुभयो, “'म यो देश तेरा सन्तानहरूलाई दिन्छु' भनी मैले अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गरेको देश यही हो । मैले तँलाई तेरा आँखाले हेर्न अनुमति दिएको छु, तर तँ त्यहाँ जान पाउने छैनस् ।”
DEU 34:5 त्यसैले परमप्रभुको वचनको प्रतिज्ञाअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे ।
DEU 34:6 परमप्रभुले तिनलाई बेथ-पोरको सामुन्‍ने मोआब देशको उपत्यकाको बेँसीमा गाड्नुभयो, तर तिनको चिहान कहाँ छ भनी आजको दिनसम्म कसैलाई थाहा छैन ।
DEU 34:7 मोशाको मृत्यु हुँदा तिनी एक सय बिस वर्षका थिए । तिनका आँखा धमिला भएका थिएनन् न त तिनको स्वाभाविक बल घटेको थियो ।
DEU 34:8 मोआबको मैदानमा इस्राएलीहरूले मोशाको निम्त चालिस दिनसम्म शोक गरेपछि तिनको शोकको समय सकियो ।
DEU 34:9 नूनका छोरा यहोशू बुद्धिका आत्माले भरिएका थिए किनकि मोशाले तिनीमाथि आफ्नो हात राखेका थिए । इस्राएलीहरूले तिनको कुरा सुन्थे, र तिनले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार गर्थे ।
DEU 34:10 इस्राएलमा मोशाजस्तै अगमवक्ता कोही खडा भएन जसलाई परमप्रभुले आमने-सामने चिन्‍नुहुन्थ्यो ।
DEU 34:11 मिश्र देश, फारो र तिनका सबै अधिकारीसाथै तिनका समस्त देशमा तिनीद्वारा सबै चिन्ह र आश्‍चर्य गर्न परमप्रभुद्वारा पठाइएका कुनै पनि अगमवक्ता तिनीजस्तो छैन ।
DEU 34:12 सारा इस्राएलीको दृष्‍टिमा मोशाले गरेजस्तै महान् र भयानक कामहरू कुनै पनि अगमवक्ताले कहिल्यै गरेको छैन ।
JOS 1:1 परमप्रभुका दास मोशाको मृत्युपछि परमप्रभु मोशाका मुख्य सहायक नूनका छोरा यहोशूसँग यसरी बोल्नुभयो,
JOS 1:2 “मेरो दास मोशाको मत्यु भएको छ । यसकारण, उठ्, तँ र यी मानिसहरू यर्दन नदी तरेर मैले तिनीहरू अर्थात् इस्राएलका मानसिहरूलाई दिएको भूमिमा जाओ । तेरो खुट्टाको पैतालाले टेकेका सबै ठाउँ म तँलाई दिने छु ।
JOS 1:3 मैले मोशालाई प्रतिज्ञा गरेझैँ यो मैले तँलाई दिएको छु ।
JOS 1:4 त्यो मरुभूमि र लेबनानदेखि महानदी यूफ्रेटिससम्म, हित्तीहरूका सबै भूमि र घाम अस्ताउने भूमध्य सागरसम्म हुने छ ।
JOS 1:5 तेरो सारा जीवनभरि तेरो सामु कोही पनि खडा हुन सक्‍ने छैन । जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग हुने छु । म तँलाई त्याग्‍ने छैनँ वा छोड्ने छैनँ ।
JOS 1:6 बलियो र साहसी हो । तैँले यी मानिसहरूलाई मैले तिनीहरूलाई दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गरेको भूमि अधिकार गराउने छस् ।
JOS 1:7 बलियो हो र खुबै साहसी हो । मेरा दास मोशाले पालन गर्न तँलाई आज्ञा गरेका सबै व्यवस्था सावधानीसाथ पालन गर् । यसबाट दाहिनेतिर वा देब्रेतिर नलाग्, ताकि तँ जहाँ गए तापनि सफल हुन सक्‍ने छस् ।
JOS 1:8 तैँले व्यवस्थाको यो पुस्तकबारे सदैव चर्चा गर्ने छस् । तैँले यसलाई दिनरात मनन गर्ने छस्, ताकि तैँले लेखेका सबै कुरा पालन गर्न सक्‍ने छस् । अनि तेरो फलिफाप हुने छ र तँ सफल हुने छस् ।
JOS 1:9 के मैले तँलाई आज्ञा गरेको होइनँ र? बलियो र साहसी हो । नडरा । निराश नहो । तँ जहाँ गए पनि परमप्रभु परमेश्‍वर तँसँग हुनुहुन्छ ।
JOS 1:10 अनि यहोशूले मानिसहरूका अगुवाहरूलाई आज्ञा गरे,
JOS 1:11 “छाउनीभरि जाओ र मानिसहरूलाई आज्ञा गर, 'तिमीहरूका निम्ति खानेकुराहरू तयार पार । तिमीहरू तिन दिनमा यर्दन नदी तरेर पारि जाने छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको भूमि अधिकार गर्ने छौ' ।”
JOS 1:12 यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूलाई भने,
JOS 1:13 “परमप्रभुका दास मोशाले तिमीहरूलाई भनेका वचनहरू सम्झ । तिनले भनेका थिए, 'परमप्रभुले तिमीहरूलाई विश्राम दिइरहनुभएको छ र उहाँले तिमीहरूलाई यो भूमि दिँदै हुनुहुन्छ ।'
JOS 1:14 तिमीहरूका पत्‍नीहरू, तिमीहरूका स-साना बालबच्‍चाहरू र तिमीहरूका गाईवस्‍तुहरू मोशाले दिएका यर्दन वारिको भूमिमा नै रहने छन् ।
JOS 1:15 तर परमप्रभुले तिनीहरूलाई पनि तिमीहरूलाई झैँ विश्राम नदिनुभएसम्म तिमीहरूका योद्धाहरू तिमीहरूका भाइहरूसँग पारि जाने छन् र तिनीहरूलाई सहायता गर्ने छन् ।
JOS 1:16 त्यसपछि तिनीहरूले पनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई दिनुहुने भूमि अधिकार गर्ने छन् । त्यसपछि तिमीहरू परमप्रभुका दास मोशाले यर्दन वारि घाम झुल्कनेतिर दिएका तिमीहरूका आफ्नै भूमिमा फर्कने छौ र यसलाई अधिकार गर्ने छौ ।”
JOS 1:17 तिनीहरूले यहोशूलाई जवाफ दिए, “तपाईंले हामीलाई आज्ञा गर्नुभएका सबै कुरा हामी गर्ने छौँ, र तपाईंले हामीलाई जहाँ पठाउनुहुन्छ हामी उतै जाने छौँ । हामीले मोशाको आज्ञा पालन गरेझैँ हामी तपाईंको आज्ञा पनि पालन गर्ने छौँ । परमप्रभु तपाईंका परमेश्‍वर मोशासँग रहनुभएझैँ तपाईंसँग रहनुभएको होस् ।
JOS 1:18 तपाईंका आज्ञाहरू विरुद्ध विद्रोह गर्ने र तपाईंका वचनहरूको अवज्ञा गर्ने जोसुकैलाई मार्नुपर्छ । मात्र बलियो र साहसी हुनुहोस् ।”
JOS 2:1 नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना मानिसलाई जासुसको रूपमा पठाए । तिनले भने, “जाओ, त्यो भूमिलाई हेर, विशेष गरी यरीहोलाई हेर ।” तिनीहरू गए र राहब नाउँ गरेकी वेश्याकहाँ आए र तिनीहरू त्यहीँ बास बसे ।
JOS 2:2 यरीहोका राजालाई यसो भनियो, “हेर्नुहोस्, यस भूमिको भेद पत्ता लगाउन इस्राएलका मानिसहरू यहाँ आएका छन् ।”
JOS 2:3 यरीहोका राजाले राहबकहाँ खबर पठाए र भने, “तिमीकहाँ आउने ती मानिसहरूलाई बाहिर लेऊ, जो तिम्रो घरमा प्रवेश गरेका थिए, किनभने तिनीहरू सारा भूमिको जासुस गर्न आएका छन् ।”
JOS 2:4 तर ती महिलाले ती दुई जना मानिसलाई लगेर लुकाएकी थिइन् । तिनले भनिन्, “हो, मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका थिए, मलाई थाहा भएन ।
JOS 2:5 तिनीहरू सहरको प्रवेशद्वार बन्द गर्ने समय हुँदा साँझपख गए । तिनीहरू कता गए मलाई थाहा भएन । तपाईंहरू छिटो-छिटो जानुभयो भने सम्भवतः तपाईंहरूले तिनीहरूलाई भेट्टाउनु हुनेछ ।”
JOS 2:6 तर तिनले तिनीहरूलाई कौसीमा लगेकी थिइन् र तिनले कौसीमाथि थुपारेकी सनको डाँठहरूमुनि लुकाएकी थिइन् ।
JOS 2:7 त्यसैले ती मानिसहरू यर्दनको जाँघरहरूतिर जाने बाटो हुँदै तिनीहरूको पिछा गरे । ती पिछा गर्नेहरू जाने बित्तिकै प्रवेशद्वार बन्द गरियो ।
JOS 2:8 ती मानिसहरू राति सुत्‍नुअगि नै तिनी कौसीमाथि तिनीहरूकहाँ आइन् ।
JOS 2:9 तिनले भनिन्, “मलाई थाहा छ, परमप्रभुले यो भूमि तपाईंहरूलाई दिनुभएको छ र तपाईंहरूको डर हामीमाथि आइपरेको छ । यो भूमिमा बस्‍ने सबै मानिस तपाईंहरूको सामु शिथिल हुने छन् ।
JOS 2:10 तपाईंहरू मिश्रबाट आउनुहुँदा परमप्रभुले लाल समुद्रको पानी कसरी सुकाउनुभयो भनी हामीले सुनेका छौँ । तपाईंहरूले यर्दन पारिका दुई जना एमोरी राजाहरू सीहोन र ओगलाई के गर्नुभयो भनेर पनि हामीले सुनेका छौँ ।
JOS 2:11 हामीले यो सुन्‍ने बित्तिकै हाम्रा हृदय शिथिल भए, कसैसँग पनि साहस रहेन, किनभने परमप्रभु तपाईंहरूका परमेश्‍वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ ।
JOS 2:12 बिन्ती छ, मैले जसरी तपाईंहरूलाई दया गरेको छु त्यसरी नै तपाईंहरूले पनि मेरो पिताको घरानालाई दयापूर्वक व्यवहार गर्नुहुने छ भनी परमप्रभुको नाउँमा शपथ खानुहोस् । मलाई एउटा चिन्ह दिनुहोस्,
JOS 2:13 कि तपाईंहरूले मेरा बुबा, आमा, दाजुभाइहरू, दिदी-बहिनीहरू र तिनीहरूका सबै परिवारको जीवन बचाउनुहुने छ र तपाईंहरूले हामीलाई मृत्युबाट जोगाउनुहुने छ ।
JOS 2:14 ती मानिसहरूले तिनलाई भने, “मृत्युसम्म नै तिमीहरूको जीवनको सट्टामा हाम्रो जीवन ! यदि तिमीले हाम्रो कामबारे बताएनौ भने, जब परमप्रभुले यो भूमि हामीलाई दिनुहुने छ हामी तिमीसँग दयालु र विश्‍वासयोग्य हुने छौँ ।”
JOS 2:15 त्यसैले तिनले डोरीको सहायताले तिनीहरूलाई झ्यालबाट तल झारे । तिनी बसोवास गर्ने घर सहरको पर्खालभित्र नै बनाइएको थियो ।
JOS 2:16 तिनले तिनीहरूलाई भने, “पहाडतिर जानुहोस् र लुक्‍नुहोस्, नत्र पिछा गर्नेहरूले तपाईंहरूलाई भेट्टाउने छन् । पिछा गर्नेहरू नफर्केसम्म तिन दिनसम्म त्यहीँ लुक्‍नुहोस् । अनि आफ्नो बाटो लाग्‍नुहोस् ।”
JOS 2:17 ती मानिसहरूले तिनलाई भने, “यदि तिमीले यो कुरा गरेनौ भने हामीले तिमीलाई गरेका प्रतिज्ञाहरू लागु हुने छैनन् ।
JOS 2:18 हामी यो भूमिमा आउँदा तिमीले हामी जुन झ्यालबाट झरेका थियौँ त्यहीँ नै यो रातो डोरी बाँध्‍नुपर्छ र तिमीले तिम्रा बुबा, आमा, तिम्रा दाजुभाइहरू र तिम्रा बुबाका सबै घरानालाई घरभित्र ल्याउनुपर्छ ।
JOS 2:19 तिम्रो घरबाहिर बाटोतिर जानेहरूको रगत तिनीहरूको शिरमाथि पर्ने छ र हामी दोषरहित हुने छौँ । तर घरमा तिमीसँगै रहने कुनै माथि हात लगाइयो भने, त्यसको रगत हाम्रो शिरमा पर्ने छ ।
JOS 2:20 तर यदि तिमीले हाम्रा कामहरूबारे बतायौ भने, तिमीले हामीलाई खान लगाएको शपथबाट हामी मुक्‍त हुने छौँ ।
JOS 2:21 राहबले जवाफ दिए, “तपाईंहरूले भन्‍नुभएबमोजिम नै होस् ।” तिनले तिनीहरूलाई पठाए र तिनीहरू गए । अनि तिनले झ्यालमा त्यो रातो डोरी बाँधिन् ।
JOS 2:22 तिनीहरू गए र पहाडतिर गए अनि तिनीहरूको पिछा गर्नेहरू नफर्केसम्म तिनीहरू तिन दिनसम्म त्यहीँ नै बसे । पिछा गर्नेहरूले बाटोमा सबैतिर खोजे र केही पनि भेट्टाएनन् ।
JOS 2:23 ती दुई जना मानिस फर्के र नूनका छोरा यहोशूकहाँ आए र तिनीहरूले तिनीहरूमाथि आइपरेका सबै कुरा तिनलाई बताए ।
JOS 2:24 तिनीहरूले यहोशूलाई भने, “साँच्‍चै, यो भूमि परमप्रभुले हामीलाई दिनुभएको छ । त्यो भूमिका सबै बासिन्दा हाम्रो कारणले शिथिल भइरहेका छन् ।”
JOS 3:1 यहोशू बिहान सबेरै उठे र तिनीहरू शित्तीमबाट हिँडे । तिनीहरू यर्दनमा आए अनि, तिनी र इस्राएलका सबै मानिसले पारि जानअगि त्यहीँ नै छाउनी हाले ।
JOS 3:2 तिन दिनपछि अधिकृतहरू छाउनीको बिच-बिचतिर गए;
JOS 3:3 तिनीहरूले मानिसहरूलाई आज्ञा गरे, “जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्दुक र लेवी कुलका पुजारीहरूले यसलाई बोकिरहेका देख्छौ, तिमीहरूले यो ठाउँलाई छोड्नुपर्छ र यसको पछि-पछि जानुपर्छ ।
JOS 3:4 तिमीहरू र यसको बिचमा एक हजार मिटर फरक हुनुपर्छ । यसको नजिक नआओ, ताकि कुन बाटो जानुपर्ने हो, सो तिमीहरूले देख्‍न सक्‍ने छौ, किनभने तिमीहरू यो बाटोमा यसअगि हिँडेका छैनौ ।”
JOS 3:5 यहोशूले मानिसहरूलाई भने, “भोलिको निम्ति आ-आफूलाई शुद्ध पार, किनभने परमप्रभुले तिमीहरूमाझ अचम्मका कामहरू गर्नुहुने छ ।”
JOS 3:6 योहोशूले पुजारीहरूलाई भने, “करारको सन्दुक लेओ र मानिसहरूको अगिअगि जाओ ।” त्यसैले तिनीहरूले करारको सन्दुक उठाए र मानिसहरूको अगिअगि गए ।
JOS 3:7 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आज म तँलाई इस्राएलका मानिसहरूको नजरमा महान् व्यक्‍ति बनाउने छु । म जसरी मोशासँग थिएँ, त्यसै गरी म तँसँग पनि छु भनी तिनीहरूले जान्‍ने छन् ।
JOS 3:8 तैँले करारको सन्दुक बोक्‍ने पुजारीहरूलाई आज्ञा दिने छस्, 'जब तिमीहरू यर्दनको पानीको छेउमा पुग्छौ, तिमीहरू यर्दन नदीमा नै उभिरहनुपर्छ' ।”
JOS 3:9 अनि यहोशूले इस्राएलका मानिसहरूलाई भने, “यहाँ आओ, र परमप्रभु तिमीहरूका परमेश्‍वरको वचन सुन ।
JOS 3:10 परमेश्‍वर तिमीहरूमाझ हुनुहुन्छ र कनानीहरू, हित्तीहरू, हिव्वीहरू, परिज्‍जीहरू, गिर्गाशीहरू, एमोरीहरू र यबूसीहरूलाई तिमीहरूको अगिबाट धपाउनु हुनेछ भनी तिमीहरूले थाहा पाउने छौ ।
JOS 3:11 हेर, सारा पृथ्वीका परमप्रभुको करारको सन्दुक यर्दन नदीमा तिमीहरूको अगिअगि जाने छ ।
JOS 3:12 अब इस्राएलका हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छान ।
JOS 3:13 जब सारा पृथ्वीका प्रभुहरूका परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरूको खुट्टाले यर्दन नदीको पानी छुन्छ यर्दनको पानी रोकिने छ र माथिबाट तल बग्दै गरेको पानी पनि बग्‍न छोड्ने छ र त्यो एक थुप्रो भएर रहने छ ।
JOS 3:14 त्यसैले जब मानिसहरू यर्दन पारि जानलाई हिँडे, पुजारीहरूले करारको सन्दुकलाई बोकेर मानिसहरूको अगिअगि गए ।
JOS 3:15 ती करारको सन्दुक बोक्‍नेहरू यर्दन नदीमा आउने र तिनीहरूका खुट्टाले पानी छुने बित्तिकै (कटनीको समयभरि नै यर्दन नदीको पानी यसको किनारासम्म पुग्छ)
JOS 3:16 माथिबाट तलतिर बग्दै गरेको पानी एक थुप्रो भई रोकियो ।
JOS 3:17 पानी निकै माथिदेखि नै बग्‍न छोड्यो । पानी सार्तान नजिकैको आदम नाम गरेको सहरबाट नेगेवको समुद्र अर्थात् मृत सागरसम्म नै बग्‍न छोड्यो । मानिसहरू यरीहो नजिकै पारि तरे । इस्राएलका मानिसहरूले सुक्खा भूमिमा पार नगरेसम्म परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरू यर्दन नदीको बिचमा सुक्खा जमिनमा उभिए ।
JOS 4:1 जब सबै मानिस यर्दन तरे, परमप्रभुले यहोशूलाई भन्‍नुभयो,
JOS 4:2 “मानिसहरूबाट एक जना अर्थात् हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छान् ।
JOS 4:3 तिनीहरूलाई यस्तो आज्ञा दे, “यर्दन नदीको बिचबाट बाह्रवटा ढुङ्गा लेओ जहाँ पुजारीहरू सुक्खा जमिनमा उभिरहेका हुन्छन्, तिनीहरूलाई तिमीहरूसँगै लेओ र तिनीहरूलाई आज रात बिताउने ठाउँमा राख' ।”
JOS 4:4 त्यसपछि यहोशूले बाह्र जना मानिसलाई बोलाए जसलाई तिनले इस्राएलका कुलहरूबाट अर्थात् हरेक कुलबाट एक-एक जना चुनेका थिए ।
JOS 4:5 यहोशूले तिनीहरूलाई भने, “तिमीहरूका परमप्रभु परमेश्‍वरको सन्दुकअगि यर्दनको बिचमा जाओ । तिमीहरू हरेकले इस्राएलका मानिसहरूका कुलहरूको सङ्ख्याअनुसार आ-आफ्नो काँधमा एउटा-एउटा ढुङ्गा लिनु ।
JOS 4:6 आउने दिनहरूमा तिमीहरूका सन्तानहरूले, 'यी ढुङ्गाहरूको अर्थ के हो?' भनी सोध्दा तिमीहरूका निम्ति यो एउटा चिन्ह हुने छ ।
JOS 4:7 अनि तिमीहरूले तिनीहरूलाई यसो भन्‍ने छौ, 'परमप्रभु परमेश्‍वरको सन्दुक सामु यर्दन नदीको पानी रोकिएको थियो । त्यसैले यी ढुङ्गाहरू इस्राएलका मानिसहरूका निम्ति स्मारक हुने छन्' ।”
JOS 4:8 इस्राएलका मानिसहरूले यहोशूले आज्ञा गरेमुताबिक गरे र तिनीहरूले परमप्रभुले यहोशूलाई भन्‍नुभएअनुसार यर्दनको बिचबाट बाह्रवटा ढुङ्गा टिपे । तिनीहरूले ढुङ्गाहरूलाई इस्राएलका मानिसहरूका सङ्ख्याअनुसार खडा गरे । तिनीहरूले ढुङ्गाहरूलाई छाउनी हालेको ठाउँमा लगे र तिनीहरूलाई त्यहीँ खडा गरे ।
JOS 4:9 यहोशूले करारको सन्दुक बोक्‍ने पुजारीहरूको खुट्टाले टेकेका ठाउँ अर्थात् यर्दनको बिचबाट ल्याएका बाह्रवटा ढुङ्गा खडा गरे । त्यो स्मारक आज पनि त्यहीँ छ ।
JOS 4:10 मोशाले यहोशूलाई आदेश दिएबमोजिम परमप्रभुले मानिसहरूलाई बताउनू भनी आज्ञा गर्नुभएका सबै कुरा पुरा नभएसम्म सन्दुक बोक्‍ने पुजारीहरू यर्दनको बिचमा नै खडा भए । मानिसहरू छिटो-छिटो गरी तरे ।
JOS 4:11 जब सबै मानिस तरी सके परमप्रभुको सन्दुक र पुजारीहरू मानिसहरूको अगिअगि तरे ।
JOS 4:12 रूबेनको कुल, गादको कुल र मनश्शेको आधा कुल मोशाले तिनीहरूलाई आज्ञा गरेअनुसार एउटा फौजको रूपमा इस्राएलका मानिसहरूका अगिअगि गए ।
JOS 4:13 झण्डै चालिस हजार सशस्‍त्र मानिस परमप्रभुको सामु यरीहोको मैदानमा युद्धको निम्ति गए ।
JOS 4:14 त्यस दिन परमप्रभुले यहोशूलाई सबै इस्राएलको दृष्‍टिमा महान् बनाउनुभयो । तिनीहरूले मोशालाई आदर गरेझैँ तिनको सारा जीवनभरि तिनलाई पनि आदर गरे ।
JOS 4:15 परमप्रभु यहोशूसँग बोल्नुभयो,
JOS 4:16 “गवाहीको सन्दुक बोक्‍ने पुजारीहरूलाई यर्दनबाट बाहिर आउनलाई आज्ञा दे ।”
JOS 4:17 त्यसैले, यहोशूले पुजारीहरूलाई आज्ञा दिए, “यर्दनबाट बाहिर आओ ।”
JOS 4:18 जब परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरू यर्दनको बिचबाट आए र तिनीहरूका खुट्टाका पैताला सुक्खा जमिनबाट उठाइए, यर्दनको पानी आफ्नो स्थानमा फर्क्यौ र त्यो चार दिन पहिलेको जस्तै यसको किनारासम्म बग्‍न लाग्यो ।
JOS 4:19 मानिसहरू पहिलो महिनाको दसौँ दिनमा यर्दनबाट बाहिर आए । तिनीहरू यर्दनको पूर्वतिर गिलगालमा बसे ।
JOS 4:20 तिनीहरूले यर्दनबाट बाहिर ल्याएका ती बाह्रवटा ढुङ्गालाई यहोशूले गिलगालमा खडा गरे ।
JOS 4:21 तिनले इस्राएलका मानिसहरूलाई भने, “जब तिमीहरूका सन्तानहरूले 'यी ढुङ्गाहरू के हुन्?' भनी सोध्छन्, 'इस्राएलले यहीँबाट यर्दन नदीमा सुक्खा जमिनमा तरेको थियो' भनी
JOS 4:22 तिमीहरूका सन्तानहरूलाई बताउनू ।'
JOS 4:23 जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले लाल समुद्रलाई सुक्खा बनाउनुभएको थियो त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू पार नगरेसम्म यर्दनको पानी तिमीहरूको निम्ति सुकाउनुभयो ।
JOS 4:24 यसरी परमप्रभुको बाहुली शक्‍तिशाली छ भनी पृथ्वीका सबै मानिसले जानून् र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सदासर्वदा आदर गर ।”
JOS 5:1 यर्दनको पश्‍चिमतिरका एमोरी राजाहरू र भूमध्य सागरको तटतिर कनानी राजाहरू इस्राएलका मानिसहरूले यर्दन नतरेसम्म यर्दनको पानी सुकाउनुभएको थियो भन्‍ने सुन्‍ने बित्तिकै तिनीहरूको हृदय शिथिल भयो र इस्राएलका मानिसहरूको कारण तिनीहरूमा कुनै आँट आएन ।
JOS 5:2 त्यस बेला परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “ढुङ्गाका कर्दहरू बना र इस्राएलका सबै पुरुषको फेरि एक पटक खतना गर् ।”
JOS 5:3 त्यसपछि यहोशू आफैले ढुङ्गाका कर्दहरू बनाए र तिनले इस्राएलका सबै पुरुषको गिबियथ-हाअरालोथमा खतना गरे ।
JOS 5:4 यहोशूले तिनीहरूलाई खतना गर्ने कारण थियोः युद्ध गर्ने पुरुषहरूलगायत मिश्रबाट आएका सबै पुरुष मिश्रबाट आएपछि मरुभूमिको यात्रामा मरेका थिए ।
JOS 5:5 तथापि मिश्रबाट आएका सबै पुरुषको खतना भएको थियो, र मिश्रबाट आउँदा मरुभूमिमा जन्मेका कुनै पनि पुरुषको खतना भएको थिएन ।
JOS 5:6 मिश्रबाट निस्केर आएका सबै पुरुष अर्थात् युद्ध गर्ने सबै पुरुष नमरेसम्म इस्राएलका मानिसहरू मरुभूमिमा हिँडिरहे, किनकि तिनीहरूले परमप्रभुको आवाज पालन गरेनन् । परमप्रभुले तिनीहरूका पिता-पुर्खालाई हामीलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको भूमि अर्थात् दूध र मह बग्‍ने भूमि उहाँले तिनीहरूलाई देख्‍न दिनुहुन्थ्यो भनी शपथ खानुभएको थियो ।
JOS 5:7 यहोशूले खतना गरेका मानिसहरू परमप्रभुले तिनीहरूका सट्टामा उठाउनुभएका तिनीहरूका छोराछोरीहरू थिए, किनभने तिनीहरूको त्यस किसिमले खतना भएको थिएन ।
JOS 5:8 जब तिनीहरू सबैको खतना भयो, तिनीहरू निको नभएसम्म तिनीहरू त्यहीँ नै रहे ।
JOS 5:9 त्यसपछि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आजको दिन मैले मिश्रको अपमान तिमीहरूबाट हटाएको छु ।” त्यसैले, त्यस ठाउँको नाउँ वर्तमानसम्म पनि गिलगाल राखिएको छ ।
JOS 5:10 इस्राएलका मानिसहरूले गिलगालमा छाउनी हाले । तिनीहरूले त्यही महिनाको चौधौँ दिनको साँझ यरीहोको मैदानमा निस्तार-चाड मनाए ।
JOS 5:11 निस्तार-चाडपछि त्यसै दिन तिनीहरूले त्यो भूमिको केही उब्जनीबाट अखमिरी रोटी र भुटेको अन्‍न खाए ।
JOS 5:12 तिनीहरूले त्यस भूमिको उब्जनीबाट खाएपछि त्यही दिन मन्‍न रोकियो । इस्राएलका मानिसहरूका निम्ति कुनै मन्‍न थिएन, तर तिनीहरूले त्यस वर्ष कनानको भूमिको उब्जनीबाट खाए ।
JOS 5:13 यहोशू यरीहोको नजिक हुँदा तिनले माथि हेरे र हेर, एउटा मानिस तिनको सामु उभिरहेका थिए । तिनको हातमा नाङ्गो तरवार थियो । यहोशू तिनीकहाँ गएर सोधे, “तपाईं हाम्रो वा हाम्रा शत्रुको पक्षमा हुनुहुन्छ?”
JOS 5:14 तिनले भने, “कुनै पक्षको होइन । किनभने म परमप्रभुको फौजको सेनापति हुँ । अहिले म आएको छु ।” अनि यहोशूले जमिनमा घोप्टो परेर आराधना गरे र तिनलाई भने, “मेरा मालिकले उहाँको दासलाई के भन्‍नुहुन्छ?”
JOS 5:15 परमप्रभुको फौजका सेनापतिले यहोशूलाई भने, “तेरो खुट्टाको जुत्ता फुकाल्, किनभने तँ उभिरहेको ठाउँ पवित्र छ ।” यहोशूले त्यसै गरे ।
JOS 6:1 इस्राएलका फौजका कारण यरीहोतिरका सबै प्रवेशद्वारहरू बन्द थिए । कोही पनि बाहिर आउँदैनथ्यो र भित्र पस्दैनथ्यो ।
JOS 6:2 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, मैले यरीहोलाई यसको राजा र यसका तालिम प्राप्‍त सिपाहीहरूसहित तेरो हातमा सुम्‍पेको छु ।
JOS 6:3 तिमीहरूले सहरको फेरो मार्नुपर्छ, लडाइँमा जाने सबै मानिसले सहरलाई एक फेरो मार्नुपर्छ । तिमीहरूले छ दिनसम्म यसै गर्नू ।
JOS 6:4 सात जना पुजारीले सन्दुकको अगि सातवटा भेडाका सिङका सातवटा तुरही बोक्‍नुपर्छ । सातौँ दिनमा तिमीहरूले सहरलाई सात फेरो मार्नू र पुजारीहरूले तुरही फुक्‍नू ।
JOS 6:5 त्यसपछि तिनीहरूले भेडाको सिङको सँगै लामो समयसम्म बजाउनुपर्छ र जब तिमीहरूले त्यो आवाज सुन्छौ सबै मानिस ठुलो स्वरमा कराउनुपर्छ, र सहरको पर्खाल जगसम्म नै ढल्ने छ । हरेक सिपाही सोझै अगि बढेर आक्रमण गर्नुपर्छ ।”
JOS 6:6 अनि नूनका छोरा यहोशूले पुजारीहरूलाई बोलाएर तिनीहरूलाई भने, “करारको सन्दुक बोक, र सात जना पुजारीले परमप्रभुको सन्दुक अगिअगि भेडाका सातवटा सिङका तुरहीहरू बोकून् ।”
JOS 6:7 तिनले मानिसहरूलाई भने, “जाओ र सहरको फन्को मार, अनि सशस्‍त्र मानिसहरू परमप्रभुको सन्दुकअगि जाने छन् ।”
JOS 6:8 यहोशूले मानिसहरूलाई भनेजस्तै सात जना पुजारीले परमप्रभुको सामु भेडाका सिङहरूको सातवटा तुरही बोके । तिनीहरू अगि बढ्दा तिनीहरूले तुरहीहरू फुके । परमप्रभुको करारको सन्दुक तिनीहरूको पछिपछि थियो ।
JOS 6:9 सशस्‍त्र मानिसहरू पुजारीहरूको अगिअगि हिँडे र तिनीहरूले तिनीहरूका तुरहीहरू फुके, तर पछाडिका सुरक्षाकर्मीहरू सन्दुकको पछिपछि हिँडे र पुजारीहरूले तिनीहरूको तुरही निरन्तर रूपमा फुकिरहे ।
JOS 6:10 तर यहोशूले यसो भन्दै मानिसहरूलाई आज्ञा दिए, “नकराओ । मैले कराउनू नभनेसम्म तिमीहरूको मुखबाट कुनै आवाज ननिस्कोस् । त्यसपछि मात्र कराओ ।”
JOS 6:11 त्यसैले तिनले परमप्रभुको सन्दुकलाई त्यस दिन सहरको वरिपरि एक पटक जान लगाए । अनि तिनीहरू छाउनी प्रवेश गरे र राति छाउनीमा नै बसे ।
JOS 6:12 यहोशू बिहान सबेरै उठे र पुजारीहरूले परमप्रभुको सन्दुक बोके ।
JOS 6:13 परमप्रभुको सन्दुकअगि भेडाको सिङको सातवटा तुरही बोक्‍ने सात जना पुजारी लगातार हिँडिरहे र तुरही फुकिरहे । सशस्‍त्र सिपाहीहरू तिनीहरूको अगि हिँडिरहेका थिए । तर पछिल्तिरका सुरक्षाकर्मीहरू परमप्रभुको सन्दुकको पछिपछि हिँडे । त्यसपछि तुरही लगातार बजाइयो ।
JOS 6:14 तिनीहरूले दोस्रो दिन पनि सहरलाई एक फेरो लगाए र बिहानै छाउनीमा फर्के । तिनीहरूले छ दिनसम्म यसै गरे ।
JOS 6:15 सातौँ दिनमा तिनीहरू बिहान सबेरै उठे र तिनीहरूले त्यस दिन पनि सहरको फेरो मारे । त्यस दिन तिनीहरूले सहर वरिपरि सात फन्को मारे ।
JOS 6:16 जब सातौँ दिनमा पुजारीहरूले तुरही फुके यहोशूले मानिसहरूलाई आज्ञा दिए, “कराओ! किनभने परमप्रभुले यो सहर तिमीहरूलाई दिनुभएको छ ।
JOS 6:17 यो सहर र यसमा भएका सबै थोक विनाशको निम्ति परमप्रभुको लागि अलग गरिएको छ । राहाब र तिनको घरमा तिनीसँग भएकाहरू मात्र बाँच्ने छन्, किनभने तिनले हामीले पठाएका मानिसहरूलाई लुकाएकी थिइन् ।
JOS 6:18 तर तिमीहरूचाहिँ विनाशको निम्ति अलग गरिएका थोकहरू लिने कुरामा सावधान होओ, ताकि तिमीहरूले तिनीहरूलाई विनाशको निम्ति चिनो लगाओ, र तिमीहरूले तिनीहरूमध्ये कुनै पनि नलेओ । यदि तिमीहरूले यसो गरेनौ भने, तिमीहरूले इस्रएलको छाउनीलाई विनाश गरिनु पर्ने थोकजस्तै तुल्याउने छौ र तिमीहरूले यसमाथि कष्‍ट ल्याउने छौ ।
JOS 6:19 सबै चाँदी, सुन, र काँसाबाट बनेका थोकहरू अनि फलामलाई परमप्रभुको निम्ति अलग गरिएको छ । ती सबै परमप्रभुको घरमा जानुपर्छ ।”
JOS 6:20 जब तिनीहरूले तुरही फुके, मानिसहरू ठुलो स्वरमा कराए अनि पर्खाल जगसम्मै ढल्यो । त्यसैले हरेक मानिस सोझै अगि बढ्यो र सहर कब्जा गरियो ।
JOS 6:21 तिनीहरूले सहरमा भएका पुरुष र महिला, जवान र वृद्ध, गोरु, भेडा र गधाहरूलाई तरवारले विनाश पारे ।
JOS 6:22 त्यसपछि भूमिको भेद लिने दुई जना मानिसलाई भने, “ती वेश्याको घरभित्र जाओ । ती महिला र तिनीसँग भएका सबैलाई तिमीहरूले शपथ खाएबमोजिम बाहिर ल्याओ ।”
JOS 6:23 त्यसैले त्यो भूमिको भेद लिने जवानहरू गए र राहाबलाई बाहिर ल्याए । तिनीहरूले तिनका बुबा, आमा, दाजुभाइहरू र तिनीसँग भएका सबै नातेदारलाई ल्याए । तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनी भएको ठाउँमा ल्याए ।
JOS 6:24 तिनीहरूले सहर र यसमा भएका सबै थोकलाई जलाए । चाँदी, सुन, काँसामा भाँडाहरू र फलामलाई मात्र परमप्रभुको घरमा राखियो ।
JOS 6:25 तर यहोशूले राहाब वेश्या, उनको बुबाको घराना र तिनीसँग भएका सबैलाई जीवितै राखे । उनी आजसम्म पनि इस्राएलमा नै बस्छिन्, किनभने उनले यहोशूले यरीहोको जासुस गर्न पठाएका मानिसहरूलाई लुकाइन् ।
JOS 6:26 त्यसपछि यहोशूले तिनीहरूलाई त्यस बेला शपथ खान लगाएर यसो भन्दै आज्ञा दिए, “यो यरीहो सहरको पुनर्निर्माण गर्ने मानिस श्रापित होस् । त्यसको जेठो छोरोको मूल्यमा जग बसालिने छ, र त्यसको कान्छो छोरोको मूल्यमा यसका प्रवेशद्वारहरू खडा गरिने छ ।”
JOS 6:27 परमप्रभु यहोशूसँग हुनुहुन्थ्यो, र तिनको कीर्ति सारा मुलुकभरि फैलियो ।
JOS 7:1 तर इस्राएलका मानिसहरूले विनाशको निम्ति अलग गरिएका थोकहरूको बारेमा बेइमानीपूर्वक काम गरे । यहूदा कुलका जेरहको छोरो जब्दीको छोरो कर्मीको छोरो आकानले विनाशको निम्ति अलग गरिएका केही थोकहरू लिए, र परमप्रभुको क्रोध इस्राएलविरुद्ध दन्कियो ।
JOS 7:2 यहोशूले यरीहोबाट मानिसहरूलाई ऐतिर पठाए, जुन बेथेलको पूर्वतिर बेथ-आवनको नजिक थियो । तिनले तिनीहरूलाई भने, “जाओ र त्यस भूमिको भेद लेओ ।” त्यसैले तिनीहरू ऐको जासुस गर्नलाई गए ।
JOS 7:3 जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तिनीहरूले तिनलाई भने, “ऐको निम्ति सबै मानिसलाई नपठाउनुहोस् । ऐमा गएर आक्रमण गर्नलाई दुई वा तिन हजार मानिसलाई मात्र पठाउनुहोस् । सबै मानिसलाई लडाइँ गर्न कष्‍ट नदिनुहोस्, किनभने तिनीहरू सङ्ख्यामा थोरै छन् ।
JOS 7:4 त्यसैले फौजबाट झण्डै तिन हजार मानिस मात्र गए, तर यिनीहरू ऐका मानिसहरूको सामु पराजित भए ।
JOS 7:5 ऐका मानिसहरूले सहरको प्रवेशद्वारदेखि ढुङ्गाको थुप्रोसम्म लखेट्दा छत्तिस जना मारे, र उनीहरूले तिनीहरूलाई पहाडको ओह्रालोमा झरिरहँदा मारे । मानिसहरूको हृदय शिथिल भयो र पानीजस्तै भयो ।
JOS 7:6 तब यहोशूले आफ्‍नो लुगा च्याते । तिनी र इस्राएलका धर्म-गुरुहरूले आ-आफ्‍नो शिरमा धूलो हाले र साँझसम्म नै परमप्रभुको सन्दुकको सामु भुइँमा घोप्टो परेर लम्पसार परिरहे ।
JOS 7:7 त्यसपछि यहोशूले भने, “हाय! हे परमप्रभु परमेश्‍वर, तपाईंले यी मानिसहरूलाई किन यर्दन तारेर ल्याउनुभयो? के हामीलाई एमोरीहरूका हातमा दिएर नष्‍ट पार्नलाई हो? हामीले अर्कै निर्णय गरेर हामी त यर्दन पारी नै बसेको भए पनि हुनेथियो ।
JOS 7:8 हे परमप्रभु, इस्राएलीहरूले आफ्ना शत्रुहरूका सामु पीठ फर्काएपछि म के भन्‍न सक्छु र?
JOS 7:9 कनानीहरू र यस भूमिमा बस्‍नेहरूले यो कुरा सुन्‍ने छन् । तिनीहरूले हामीलाई घेर्ने छन् र पृथ्वीका मानिहरूलाई हाम्रो नाउँ बिर्सन लगाउने छन् । अनि तपाईंको महान् नाउँको निम्ति तपाईं के गर्नुहुन्छ?
JOS 7:10 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उठ् । तँ किन घोप्टो परेर लम्पसार परिरहन्छस्?
JOS 7:11 इस्राएलले पाप गरेको छ । मैले तिनीहरूलाई आज्ञा गरेका मेरो करार तिनीहरूले तोडेका छन् । तिनीहरूले अलग गरेका केही थोकहरू चोरेका छन्, र तिनीहरूले आफ्नै सरसामानहरू माझ राखेर तिनीहरूका पाप ढाकेका छन् ।
JOS 7:12 परिणामस्वरूप, इस्राएलका मानिसहरू तिनीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनन् । तिनीहरूले आफ्ना शत्रु सामु तिनीहरूका पीठ फर्काएका छन् किनभने तिनीहरू स्वयम्‌लाई नै विनाशको निम्ति अलग गरिएका छन् । तिमीहरूमाझ अझै रहेको ती विनाश पारिनुपर्ने थोकहरू नष्‍ट नपारेसम्म म तिमीहरूसँग हुने छैनँ ।
JOS 7:13 उठ् । मानिसहरूलाई मेरो निम्ति शुद्ध पार् र तिनीहरूलाई भन्, 'आ-आफूलाई भोलिको निम्ति शुद्ध पार । किनभने इस्राएलका परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “ तिमीहरू इस्राएलकामाझ नष्‍ट पारिनुपर्ने थोकहरू अझै छन् । नष्‍ट पारिनलाई अलग गरिका थोकहरूलाई तिमीहरूका माझबाट नहटाएसम्म तिमीहरू तिमीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनौ ।”
JOS 7:14 बिहान तिमीहरू कुल-कुलअनुसार हाजिर हुनुपर्छ । परमप्रभुले चुन्‍नुहुने कुल आ-आफ्‍नो कुलअनुसार उहाँको नजिक आउने छ । परमप्रभुले चुन्‍नुहुने कुल तिनीहरूको घराना‍-घरानाअनुसार नजिक आउनुपर्छ । परमप्रभुले चुन्‍नुहुने घराना एक‍-एक गरी आउनुपर्छ ।
JOS 7:15 जोसँग विनाशको निम्ति चुनिएका थोकहरू छन् त्यसलाई चुनिने छ, त्यसलाई र त्यससँग भएका सबै थोक जलाइने छन्, किनभने त्यसले परमप्रभुको करार तोडेको छ र त्यसले इस्राएलमा अपमानजनक काम गरेको छ' ।”
JOS 7:16 त्यसैले, यहोशू बिहान सबेरै उठेर ‍इस्राएललाई कुल-कुल गरेर नजिक ल्याए र यहूदाको कुललाई चुनियो ।
JOS 7:17 यहोशूले यहूदाको सन्तानलाई नजिक ल्याए, र जेरहको सन्तानलाई चुनियो ।
JOS 7:18 तिनले जेरहको घरानालाई एक-एक गर्दै नजिक ल्याए र जब्दीको घरानालाई चुनियो । तिनले जब्दीको घरानालाई एक‍-एक गरी ल्याए र यहूदा कुलका जेरहका छोरा जब्दीका छोरा कर्मीका छोरा आकानलाई चुनियो ।
JOS 7:19 त्यसपछि यहोशूले आकानलाई भने, “हे मेरो छोरो, इस्राएलका परमप्रभु परमेश्‍वरको सामु सत्य कुरा बता र उहाँलाई तेरो स्वीकारोक्‍ति दे । तैँले के गरेको छस्, कृपया मलाई बता । मसँग यो कुरा नलुका ।”
JOS 7:20 आकानले जवाफ दिए, “साँच्‍चै, मैले इस्राएलको परमप्रभु परमेश्‍वरको विरुद्धमा पाप गरेको छु । मैले गरेको पाप यही होः
JOS 7:21 जब मैले लूटको मालहरूमा बेबिलोनबाट ल्याइएको सुन्दर ओढ्ने, दुई सय शेकेलको चाँदी र पचास शेकेल तौल भएको सुनको डण्डा देखेँ, मैले तिनीहरूलाई चाह गरेँ र लिएँ । तिनीहरूलाई मेरो पालको बिचमा जमिनमुनि लुकाएको छु र चाँदीचाहिँ यसको मुनि छ ।”
JOS 7:22 यहोशूले समाचारवाहकहरूलाई पठाए, जो पालमा गए र ती थोकहरू त्यहाँ थिए । तिनीहरूले हेर्दा तिनीहरूलाई तिनकै पालमा लुकाइएका भेटे र चाँदी तिनीहरूको मुनि थियो ।
JOS 7:23 तिनीहरूले ती थोकहरूलाई पालको माझबाट लिए अनि यहोशू र इस्राएलका मानिसहरूकहाँ ल्याए । तिनीहरूले त्यसलाई परमप्रभुको सामु खन्याए ।
JOS 7:24 त्यसपछि यहोशू र सारा इस्राएलले जेरहका छोरा आकान, चाँदी, ओढ्ने, सुनको डण्डा, त्यसका छोराछोरीहरू, त्यसका गधाहरू, त्यसका गोरुहरू, त्यसका भेडाहरू, त्यसको पाल र त्यससँग भएका सबै थोकलाई लिए अनि तिनीहरूले उनीहरूलाई आकोरको बेँसीमा ल्याए ।
JOS 7:25 यहोशूले भने, “तैँले हामीमाथि किन कष्‍ट ल्याइस्? परमप्रभुले तँमाथि पनि कष्‍ट ल्याउनुहुने छ ।” सबै इस्राएलले ढुङ्गाले हाने । त्यसपछि बाँकी सबैलाई पनि ढुङ्गाले हानेर मारे र तिनीहरूलाई आगोले जलाइदिए ।
JOS 7:26 तिनीहरूले त्यसमाथि ढुङ्गाको ठुलो थुप्रो लगाए, जुन आजसम्म पनि छ । परमप्रभुको क्रोध हट्यो । यसकारण, आजको दिनसम्म पनि त्यस ठाउँको नाउँ आकोरको बेँसी रहेको छ ।
JOS 8:1 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “नडरा; निरुत्साहित नहो । युद्ध गर्ने सबै मानिसलाई तँसँगै लैजा । ऐमा जा । हेर्, मैले ऐका राजा, त्यसका मानिसहरू, त्यसको सहर र त्यसको भूमिलाई तेरो हातमा दिएको छु ।
JOS 8:2 तैँले ऐ र त्यसको राजालाई यरीहो र त्यसका राजालाई गरेझैँ गर्ने छस्, त्यसबाहेक, तैँले आफ्‍नो निम्ति लूटका मालहरू र गाईवस्तुहरू लिने छस् । सहरको पछाडिबाट ढुकेर बस्‍नू ।
JOS 8:3 त्यसैले यहोशू उठे र तिनीसँग भएका युद्ध गर्ने सबै मानिसलाई लिए । त्यसपछि यहोशूले बलियो र सहासी तिस हजार मानिस चुनी तिनीहरूलाई राति नै पठाए ।
JOS 8:4 तिनले तिनीहरूलाई आज्ञा गरे, “हेर, तिमीहरू यसको पछाडि सहरको विरुद्ध ढुकेर बस्‍ने छौ । सहरभन्दा धेरै टाढा नजाओ, तर तिमीहरू सबै तयार होओ ।
JOS 8:5 म र मसँग भएका सबै मानिस सहरको नजिक जाने छौँ, र जब उनीहरू हामीलाई आक्रमण गर्न आउँछन् हामी पहिलेझैँ उनीहरूबाट भाग्‍ने छौँ ।
JOS 8:6 हामीले उनीहरूलाई सहरबाहिर नखिँचेसम्म उनीहरू हाम्रो पछिपछि आउने छन् । उनीहरूले भन्‍ने छन्, 'तिनीहरू पहिलेझैँ हामीबाट भागिरहेका छन् ।' त्यसैले हामी उनीहरूबाट भाग्‍ने छौँ ।
JOS 8:7 त्यसपछि तिमीहरू आ-आफ्नो लुक्‍ने ठाउँबाट निस्केर आउने छौ, र तिमीहरूले सहरलाई कब्जा गर्ने छौ । परमप्रभु तिमीहरूका परमेश्‍वरले यसलाई तिमीहरूको हातमा दिनुहुने छ ।
JOS 8:8 जब तिमीहरूले सहर कब्जा गर्छौ, तिमीहरूले यसलाई आगोले जलाइदिनू । परमप्रभुको वचनमा दिइएको आज्ञा पालन गरेर तिमीहरूले यो गर्ने छौ । हेर, मैले तिमीहरूलाई आज्ञा गरेको छु ।
JOS 8:9 यहोशूले तिनीहरूलाई पठाए, र तिनीहरू लुक्‍ने ठाउँतिर गएर तिनीहरू ऐको पश्‍चिमपट्टि बेथेल र ऐको बिचमा लुके ।
JOS 8:10 यहोशू बिहान सबेरै उठे र तिनका सिपाहीहरूलाई तयार पारे । योहोशू र इस्राएलका धर्म-गुरुहरूले ऐका मानिसहरूलाई आक्रमण गरे ।
JOS 8:11 तिनीसँग भएका लड्ने मानिसहरू गए र सहरको नजिक पुगे । तिनीहरू सहरको नजिक आइपुगे र ऐको उत्तरतिर छाउनी हाले । ऐ र तिनीहरू बिचमा एउटा बेँसी थियो ।
JOS 8:12 तिनले झण्डै पाँच हजार जना मानिस लिए र सहरको पश्‍चिमपट्टि बेथेल र ऐको बिचमा लुक्‍न पठाए ।
JOS 8:13 तिनीहरूले मुख्य फौजलाई सहरको उत्तरतिर र पछाडितिरको सुरक्षाकर्मीहरूलाई पश्‍चिमपट्टि गरी सबै सिपाहीलाई तैनाथ गरे । त्यस रात यहोशूले बेँसीमा नै रात बिताए ।
JOS 8:14 जब ऐका राजाले यो देखे, तिनी र तिनका फौज बिहान सबेरै उठे र माथिबाट यर्दन नदीलाई देख्‍ने ठाउँमा इस्राएललाई आक्रमण गर्न निस्के । लुकेका मानिसहरूले सहरलाई पछाडिबाट आक्रमण गर्न पर्खिरहेका छन् भन्‍ने तिनलाई थाहा थिएन ।
JOS 8:15 यहोशू र सबै इस्राएलले तिनीहरू सामु आफैलाई पराजित हुन दिए र तिनीहरू मरुभूमितिर भागे ।
JOS 8:16 सहरमा भएका सबै मानिसलाई तिनीहरूको पिछा गर्नलाई आह्वान गरियो र तिनीहरू यहोशूको पछिपछि गए अनि तिनीहरूलाई सहरबाट बाहिर निकालियो ।
JOS 8:17 इस्राएललाई लखेट्न नजाने ऐ र बेथेलमा एक जना पनि मानिस बाँकी रहेन । तिनीहरूले इस्राएलको पिछा गर्दा सहरलाई त्यागे र यसलाई खुला नै छोडे ।
JOS 8:18 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “तेरो हातमा भएको भालालाई ऐतिर पसार, किनभने म ऐलाई तेरो हातम दिने छु ।” यहोशूले तिनको हातमा भएको भाला सहरतिर पसारे ।
JOS 8:19 तिनले आफ्नो हातको भाला पसार्दा लुकेर बसेका सिपाहीहरू आ-आफ्नो ठाउँबाट हतार-हतार निस्‍के । तिनीहरू दौडे र सहरभित्र पसी यसलाई कब्जा गरे । तिनीहरूले सहरलाई आगो लगाइदिए ।
JOS 8:20 ऐका मानिसहरू फर्के र पछाडि हेरे । तिनीहरूले सहरबाट आकाशतिर धूवाँ गइरहेको देखे र तिनीहरू यता-उता कतै पनि उम्कन सकेनन् । किनभने मरुभूमितिर भागेका इस्राएली सिपाहीहरू तिनीहरूका पिछा गर्नेहरूको सामना गर्न फर्केका थिए ।
JOS 8:21 जब यहोशू र सारा इस्राएलले धूवाँको मुस्‍लोसँगै सहर कब्जा गरेको देखे, तिनीहरू फर्के र ऐका मानिसहरूलाई मारे ।
JOS 8:22 सहरभित्र गएका अरू सिपाहीहरू पनि तिनीहरूलाई आक्रमण गर्न बाहिर निस्के । त्यसैले ऐका मानिसहरू यतापट्टि र उतापट्टिका इस्राएलका फौजको बिचमा फसे । इस्राएलले ऐका मानिसहरूलाई आक्रमण गर्‍यो; तिनीहरू कोही पनि बचेनन् वा उम्केनन् ।
JOS 8:23 तिनीहरूले ऐका राजालाई सुरक्षित राखे, जसलाई तिनीहरूले जीवितै समातेका थिए र तिनीहरूले तिनलाई यहोशूकहाँ ल्याए ।
JOS 8:24 जब इस्राएलले मरुभूमि नजिकैको मैदानमा ऐका बासिन्दाहरू सबैलाई मारिसिद्ध्याए, जहाँ उनीहरूले तिनीहरूको पिछा गरेका थिए र तिनीहरू सबै तरवारद्वारा मारिए, तब सबै इस्राएल ऐतिर फर्के । तिनीहरूले यसलाई तरवारले आक्रमण गरे ।
JOS 8:25 त्यस दिन मरेका पुरुष र महिला बाह्र हजार जना थिए । ऐका सबै मानिस यति नै थिए ।
JOS 8:26 यहोशूले ऐका मानिसहरू सबैलाई पूर्ण रूपमा नष्‍ट नपारेसम्म भाला समाइरहेका तिनको हात पछाडि फर्काएनन् ।
JOS 8:27 परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएमुताबिक तिनीहरूले सहरबाट गाईवस्तुहरू र लूटका मालहरू मात्र लिए ।
JOS 8:28 यहोशूले ऐलाई जलाए र यसलाई भग्‍नावशेषको थुप्रोमा परिणत गरिदिए । यो आजको दिनसम्म पनि त्यागिएको ठाउँ भएको छ ।
JOS 8:29 तिनले ऐका राजालाई साँझसम्मै रुखमा झुण्ड्याए । जब सूर्य अस्ताउँदै थियो, यहोशूले आज्ञा दिए र तिनीहरूले राजाको शरीरलाई रुखबाट निकाले र यसलाई सहरको प्रवेशद्वारअगि फ्याँके । तिनीहरूले यसमाथि ढङ्गाको ठुलो थुप्रो लगाए । त्यहाँ त्यो थुप्रो आजसम्म पनि छ ।
JOS 8:30 त्यसपछि यहोशूले परमप्रभुका दास मोशाले इस्राएलका मानिसहरूलाई
JOS 8:31 आज्ञा गरेअनुसार परमप्रभु इस्राएलका परमेश्‍वरको निम्ति एबाल डाँडामाथि एउटा वेदी बनाए, जस्तो मोशाको व्यवस्थाको पुस्तकमा लेखिएको छः “नकाटेका ढुङ्गाहरूबाट बनाइएको एउटा वेदी, जसमाथि कसैले पनि फलामको हतियार चलाएको छैन ।” तिनले वेदीमाथि परमप्रभुको होमबलि चढाए र तिनीहरूले मेलबलि चढाए ।
JOS 8:32 त्यहाँ तिनले इस्राएलका मानिसहरूको सामु मोशाको व्यवस्थाको प्रतिलिपी ढुङ्गाहरूमा लेखे ।
JOS 8:33 स्वदेशी र विदेशी सारा इस्राएल, तिनीहरूका धर्म-गुरुहरू, अधिकृतहरू र तिनीहरूका न्यायकर्ताहरू परमप्रभुको सन्दुक बोक्‍ने लेवीहरू र पुजारीको सामु सन्दुकको दुवैतिर खडा भए । तिनीहरूको आधा भाग गीरीज्‍जीम डाँडाको अगि र अर्को आधा भागचाहिँ एबाल डाँडाको अगि खडा भए । परमप्रभुका दास मोशाले तिनीहरूलाई पहिले आज्ञा गरेझैँ तिनीहरूले इस्राएलका मानिसहरूलाई आशिष् दिए ।
JOS 8:34 त्यसपछि यहोशूले व्यवस्थाका वचनहरू अर्थात् आशिष्‌हरू र सरापहरू सबै पढे, जस्तो तिनीहरूलाई व्यवस्थाको पुस्तकमा लेखिएको थियो ।
JOS 8:35 इस्राएलको भेला अर्थात् महिला, स-साना छोराछोरीहरू र तिनीहरूमाझ बसोबास गरेका परदेशीहरूको सामु मोशाले यहोशूलाई आज्ञा गरेका वचन तिनले नपढेका कुनै पनि थिएनन् ।
JOS 9:1 त्यसपछि यर्दन पारिको पहाडी देशहरू र लेबनानपट्टि महासमुद्रको किनारका मैदानहरूमा हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्‍जीहरू, हिव्वीहरू र यबूसीहरू बस्थे ।
JOS 9:2 यिनीहरू यहोशू र इस्राएलविरुद्ध युद्ध गर्न एउटै समूहमा सहभागी भए ।
JOS 9:3 जब गिबोनका बासिन्दाहरूले यहोशूले यरीहो र ऐलाई गरेका कुरा सुने,
JOS 9:4 उनीहरूले धूर्त योजना बनाएर काम गरे । उनीहरू समाचारवाहकको रूपमा गए । उनीहरूले फाटिसकेको बोराहरू लिए र उनीहरूका गधामाथि राखे । उनीहरूले पुरानो, फाटेको र मरम्मत गरिएका मशकहरू पनि लिए ।
JOS 9:5 उनीहरूले खुट्टामा पुरानो र टालेका जुत्ताहरू अनि लुगा पनि पुरानो फाटेको नै लगाए । उनीहरूले खानलाई लगेका सबै रोटी सुकिसकेका र ढुसी परेका थिए ।
JOS 9:6 उनीहरू गिलगालमा यहोशूको छाउनीमा गए र तिनलाई र इस्राएलका मानिसहरूलाई भने, “हामी धेरै टाढाको देशबाट आएका हौँ, त्यसैले अहिले हामीसँग सन्धि गर्नुहोस् ।
JOS 9:7 इस्राएलका मानिसहरूले हिव्वीहरूलाई भने, “सायद तिमीहरू हाम्रो नजकै बस्‍छौ । हामीले तिमीहरूसँग कसरी सन्धि गर्नु ?”
JOS 9:8 उनीहरूले भने, “हामी तपाईंहरूका दासहरू हौँ ।” यहोशूले उनीहरूलाई भने, “तिमीहरू को हौ? तिमीहरू कहाँबाट आएका हौ?”
JOS 9:9 उनीहरूले तिनलाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरको नाउँको कारण तपाईंका दासहरू टाढा देशबाट यहाँ आएका छन् । उहाँको बारेमा र उहाँले मिश्रमा गर्नुभएका सबै कुरा,
JOS 9:10 र यर्दन पारिका एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन, अस्तारोतमा बस्‍ने बाशानका राजा ओगलाई उहाँले गर्नुभएका सबै कुरा हामीले सुनेका छौँ ।
JOS 9:11 हाम्रा धर्म-गुरुहरू र हाम्रा देशका बासिन्दाहरूले हामीलाई भने, 'यात्राको निम्ति खानेकुराहरू लैजाओ । तिनीहरूलाई भेट्न जाओ र तिनीहरूलाई भन, 'हामी तपाईंका दासहरू हौँ । हामीसँग सन्धि गर्नुहोस् ।'
JOS 9:12 हामी तपाईंहरूकहाँ आउनलाई हाम्रो घरबाट यात्रा सुरु गरेको दिन यो रोटी तातै थियो । तर अहिले हेर्नुहोस्, यो सुकिसकेको र ढुसी परेको छ ।
JOS 9:13 १३ हामीले मशकहरू भर्दा यिनीहरू नयाँ नै थिए र हेर्नुहोस्, अहिले यी चुहिरहेका छन् । धेरै लामो यात्राको कारण हाम्रा लुगा र जुत्ताहरू फाटिसकेका छन्' ।”
JOS 9:14 त्यसैले इस्राएलीहरूले उनीहरूका केही खानेकुरा लिए, तर उनीहरूले परमप्रभुको निर्देशनको खोजी गरेनन् ।
JOS 9:15 यहोशूले उनीहरूसँग शान्ति सम्झौता गरे, उनीहरूसँग सन्धि गरे र उनीहरूलाई जीवित रहन दिए । मानिसहरूका अगुवाहरूले पनि उनीहरूसँग शपथ खाए ।
JOS 9:16 इस्राएलीहरूले उनीहरूसँग यो सन्धि गरेको तिन दिनपछि उनीहरू छिमेकी रहेछन् र उनीहरू नजिकै बस्दा रहेछन् भनी तिनीहरूले थाहा पाए ।
JOS 9:17 त्यसपछि इस्राएलका मानिसहरू निस्के र तेस्रो दिनमा सहरमा आए । उनीहरूका सहरहरू गिबोन, कपीरा, बरोत, किर्यात-यारीम थिए ।
JOS 9:18 इस्राएलका मानिसहरूले उनीहरूलाई आक्रमण गरेनन्, किनभने तिनीहरूका अगुवाहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको सामु उनीहरूबाट शपथ खाएका थिए । सबै इस्राएलीले तिनीहरूका अगुवाहरूविरुद्ध गनगन गरे ।
JOS 9:19 तर सबै अगुवाले मानिसहरूलाई भने, “हामीले उनीहरूको बारेमा परमप्रभु इस्राएलका परमेश्‍वरद्वारा शपथ खाएका छौँ र अहिले हामी उनीहरूको हानि गर्न सक्दैनौ ।
JOS 9:20 हामी उनीहरूलाई यसो गर्ने छौँ: हामीले उनीहरूसँग शपथ खाएका कारण हामीमाथि आइपर्ने क्रोधबाट बच्‍न हामी उनीहरूलाई बाँच्‍न दिने छौँ ।”
JOS 9:21 अगुवाहरूले तिनीहरूका मानिसहरूलाई भने, “उनीहरूलाई बाँच्‍न देओ ।” त्यसैले अगुवाहरूले तिनीहरूलाई भने झै गिबोनीहरू सबै इस्राएलीका निम्ति पानी बोक्‍ने र दाउरा काट्ने मानिसहरू भए ।
JOS 9:22 यहोशूले उनीहरूलाई बोलाए र भने, “'हामी टाढाबाट आएका हौँ' भनी तिमीहरूले हामीसँग किन छल गर्‍यौ, जब कि तिमीहरू हाम्रै माझमा बस्दा रहेछौ?
JOS 9:23 अब यसैकारण तिमीहरू श्रापित भएका छौ र तिमीहरूमध्‍ये केही सधैँको निम्ति मेरा परमेश्‍वरको भवनमा दाउरा काट्ने र पानी तान्‍ने दासहरू हुने छौ ।”
JOS 9:24 उनीहरूले यहोशूलाई जवाफ दिए र भने, “परमप्रभु तपाईंका परमेश्‍वरले उहाँका दास मोशालाई सबै भूमि दिन र तपाईं सामु भएका भूमिका सबै बासिन्दालाई नष्‍ट पार्नलाई आज्ञा दिनुभएको तपाईंका दासहरूलाई बताइएको हुनाले तपाईंहरूको कारण हामी हाम्रो जीवनको निम्ति साह्रै भयभीत भएका थियौँ । यसैले हामीले यसो गर्‍यौँ ।
JOS 9:25 अब हेर्नुहोस्, हामीलाई तपाईंको शक्‍तिमा राख्‍नुहोस् । तपाईंको नजरमा हामीलाई जे गर्न असल र उचित लाग्छ, त्यही गर्नुहोस् ।”
JOS 9:26 त्यसैले यहोशूले उनीहरूका निम्ति यसो गरेः तिनले उनीहरूलाई इस्राएलका मानिसहरूको नियन्त्रणबाट छुटकारा दिए । त्यसैले इस्राएलीहरूले उनीहरूलाई मारेनन् ।
JOS 9:27 त्यस दिन यहोशूले गिबोनीहरूलाई समुदायको निम्ति र परमप्रभुले चुन्‍नुभएको ठाउँको निम्ति दाउरा काट्ने र पानी बोक्‍नेहरू बनाए ।
JOS 10:1 यरूशलेमका राजा अदोनिसेदेकले यहोशूले ऐलाई कब्जा गरेका र यसलाई (तिनले यरीहो र यसका राजालाई गरेझैँ) पूर्ण रूपमा नष्‍ट गरेका कुरा सुने, अनि गिबोनका मानिसहरूले इस्राएलसँग कसरी शान्ति सम्झौता गरे र तिनीहरूका माझ बस्‍छन् भन्‍ने पनि सुने ।
JOS 10:2 यरूशलेमका मानिसहरू साह्रै भयभीत भए, किनभने गिबोन राजकीय सहरहरूमध्ये एकजस्तै ठुलो सहर थियो । यो ऐभन्दा ठुलो र यसका सबै मानिस शक्‍तिशाली योद्धाहरू थिए ।
JOS 10:3 त्यसैले यरूशलेमका राजा अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनका राजा दबीरलाई एउटा सन्देश पठाए,
JOS 10:4 “मकहाँ आउनुहोस् र गिबोनलाई आक्रमण गर्न मलाई सहायता गर्नुहोस् किनभने तिनीहरूले यहोशू र इस्राएलका मानिसहरूसँग शान्ति सम्झौता गरेका छन् ।”
JOS 10:5 पाँच एमोरी राजा अर्थात् हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा, उनीहरू र उनीहरूका सबै फौजले गिबोनविरुद्ध मोर्चा बाँधे र उनीहरूले यसलाई आक्रमण गरे ।
JOS 10:6 गिबोनका मानिसहरूले यहोशू र गिलगालमा भएका फौजलाई समाचार पठाए । उनीहरूले भने, “चाँडो गर्नुहोस् ! तपाईंका दासहरूबाट आफ्ना हातहरू नखिँच्‍नुहोस् । हामीकहाँ चाँडो गरी आउनुहोस् र हामीलाई बचाउनुहोस् । हामीलाई सहायता गर्नुहोस्, किनभने पहाडी देशहरूमा बस्‍ने सबै एमोरी राजा हामीलाई आक्रमण गर्न भेला भएका छन् ।”
JOS 10:7 यहोशू, तिनी र तिनीसँग भएका युद्ध गर्ने सबै अनि लड्‍ने सबै मानिस गिलगालबाट गए ।
JOS 10:8 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूसँग नडरा । मैले उनीहरूलाई तेरो हातमा दिएको छु । उनीहरू कसैले पनि तेरो आक्रमणलाई रोक्‍न सक्‍ने छैनन् ।
JOS 10:9 यहशूले रातभरि यात्रा गरेर उनीहरूमाथि अचानक जाइलागे ।
JOS 10:10 परमप्रभुले इस्राएलका सामु शत्रुहरूलाई अन्योलमा पार्नुभयो, र इस्राएलले गिबोनमा ठुलो संहारको साथ उनीहरूलाई मारे अनि उनीहरूलाई बेथ-होरोनसम्मै खेदे । तिनीहरूले आजेका र मक्‍केदाको बाटोसम्मै उनीहरूलाई मारे ।
JOS 10:11 जब तिनीहरू इस्राएलबाट बेथ-होरोनको डाँडाको ओरालोमा झरे, परमप्रभुले स्वर्गबाट ठुला-ठुला असिनाहरू बर्साउनुभयो र उनीहरू मरे । इस्राएलका मानिसहरूले तरवारले मारेका भन्दा असिनाको कारण मरेकाहरू धैरै थिए । त्यस दिन परमप्रभुले इस्राएलका मानिसहरूलाई एमोरीहरूमाथि विजय दिनुभयो,
JOS 10:12 अनि यहोशू परमप्रभुसँग बोले । यहोशूले इस्राएलको सामु परमप्रभुलाई यसो भने, “ए सूर्य, गिबोनमाथि र ए चन्द्र अय्यालोनको बेँसीमा अडिरह ।” जातिले तिनीहरूका शत्रुहरूमाथि बदला नलिएसम्म सूर्य अडियो र चन्द्र रोकियो । के यो याशारको पुस्तकमा लेखिएको छैन र?
JOS 10:13 सूर्य आकाशको बिचमा रहिरह्यो; यो झण्डै पुरै दिनभरि नै अस्ताएन ।
JOS 10:14 परमप्रभुले मानव-जातिको कुरा सुन्‍नुभयो, यसअगि र यसपछि कहिल्यै पनि यस्तो भएको छैन । किनभने परमप्रभुले इस्राएलको तर्फबाट युद्ध लडिरहनुभएको थियो ।
JOS 10:15 यहोशू र तिनीसँग भएका सबै इस्राएली गिलगालको छाउनीमा फर्के ।
JOS 10:16 अब पाँच जना राजा उम्केका र आफै मक्‍केदाको गुफामा लुकेका थिए ।
JOS 10:17 यहोशूलाई यसो भनियो, “पाँच जना राजा मक्‍केदाको गुफामा लुकेको भेट्टाइए ।”
JOS 10:18 यहोशूले भने, “गुफाको मुखमा ठुला-ठुला ढुङ्गाहरू गुडाएर राख र उनीहरूको सुरक्षाको निम्ति सिपाहीहरू खटाओ ।
JOS 10:19 तिमीहरूचाहिँ नबस । तिमीहरूका शत्रुहरूको पिछा गर र पछाडिबाट आक्रमण गर । उनीहरूको सहरमा पस्‍न नदेओ किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूका हातमा दिनुभएको छ ।”
JOS 10:20 उनीहरू झण्डै पूर्ण रूपमा नष्‍ट नभएसम्म नै यहोशू र इस्राएलका सन्तानहरूले उनीहरूलाई ठुलो संहारको साथ संहार गरिसिद्ध्याएका थिए; केही बचेकाहरू मात्र उम्केर किल्ला भएको सहरमा पुगे ।
JOS 10:21 त्यसपछि सबै फौज मक्‍केदाको छाउनीमा यहोशूकहाँ शान्तिसँग फर्के । इस्राएलका मानिसहरूका विरुद्ध कसैले एक शब्द पनि बोल्ने आँट गरेन ।
JOS 10:22 यहोशूले भने, “गुफाको मुख खोल । गुफाबाट यी राजाहरूलाई लिएर आओ ।”
JOS 10:23 तिनीहरूले तिनले भनेझैँ गरे । तिनीहरूले यरूशलेमका राजा, हेब्रोनका राजा, यार्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा अर्थात् यी पाँच जना राजालाई गुफाबाट बाहिर ल्याए ।
JOS 10:24 जब तिनीहरूले राजाहरूलाई यहोशूकहाँ ल्याए, तिनले इस्राएलका सबै मानिसलाई बोलाए । तिनले तिनीसँग युद्धमा जाने सेनाहरूका सेनापतिहरूलाई भने, “उनीहरूको गर्दनमा तिमीहरूको खुट्टाले टेक ।” त्यसैले तिनीहरू आए र उनीहरूका गर्दनमाथि तिनीहरूका खुट्टाले टेके ।
JOS 10:25 अनि तिनले तिनीहरूलाई भने, “नडराओ, र निराश नहोओ । बलियो र साहसी होओ । तिमीहरूले लड्न गइरहेका तिमीहरूका शत्रुहरूलाई परमप्रभुले यसै गर्नुहुन्छ ।”
JOS 10:26 अनि यहोशूले आक्रमण गरी राजाहरूलाई मारे । तिनले उनीहरूलाई पाँचवटा रुखमा झुण्ड्याए । तिनीहरूले उनीहरूलाई साँझसम्म झुण्ड्याए ।
JOS 10:27 घाम अस्ताउँदा यहोशूले आज्ञा दिए र तिनीहरूले उनीहरूलाई रुखबाट तल झारे अनि उनीहरू लुकेका गुफाभित्र नै उनीहरूलाई फ्याँकिदिए । तिनीहरूले गुफाको मुखमा ठुला-ठुला ढुङ्गाहरू राखे । ती ढुङ्गाहरू आजसम्म पनि छन् ।
JOS 10:28 यसरी, यहोशूले त्यस दिन मक्‍केदा कब्जा गरे र यसका राजासहित त्यहाँ भएका सबैलाई तरवारले मारे । तिनले यसमा भएका सबैलाई पूर्ण रूपमा नष्‍ट पारे । तिनले कसैलाई पनि जीवित छोडेनन् । तिनले मक्‍केदाका राजालाई यरीहोका राजालाई झैँ गरे ।
JOS 10:29 यहोशू र सारा इस्राएल मक्‍केदाबाट लिब्‍नातिर गए । तिनले लिब्‍नाविरुद्ध लडे ।
JOS 10:30 परमप्रभुले यसलाई उनीहरूका राजासहित इस्राएलको हातमा दिनुभयो । यहोशूले यसलाई र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनले यसमा कसैलाई जीवित छाडेनन् । तिनले यसका राजालाई यरीहोका राजालाई झैँ गरे ।
JOS 10:31 यहोशू र तिनीसँग भएका सबै इस्राएल लिब्‍नाबाट लाकीशतिर अगि बढे । तिनले यसको नजिकै छाउनी हाले र यसविरुद्ध लडे ।
JOS 10:32 परमप्रभुले लाकीशलाई इस्राएलको हातमा दिनुभयो । यहोशूले यसलाई दोस्रो दिनमा कब्जा गरे र तिनले लिब्‍नालाई गरेजस्तै यसलाई र यसमा भएका सबैलाई तरवारले प्रहार गरे ।
JOS 10:33 त्यसपछि गेजेरका राजा होराम लाकीशलाई सहायता गर्न आए । यहोशूले उनलाई र उनीसँग भएका फौजलाई एक जना पनि जीवित नराखी आक्रमण गरे ।
JOS 10:34 त्यसपछि यहोशू र सारा इस्राएल लाकीशबाट एग्लोनतिर अगि बढे । तिनीहरूले यसको नजिकै छाउनी हाले र यसविरुद्ध युद्ध गरे,
JOS 10:35 र त्यसै दिन यसलाई कब्जा गरे । तिनीहरूले यसलाई तरवारले प्रहार गरे र यहोशूले लाकीशलाई गरे झैँ यसमा भएका सबैलाई पूर्ण रूपमा नष्‍ट पारे ।
JOS 10:36 त्यसपछि यहोशू र सारा इस्राएल एग्लोनबाट हेब्रोनतिर अगि बढे । तिनीहरूले यसविरुद्ध युद्ध गरे ।
JOS 10:37 तिनीहरूले यसलाई, यसका राजा, यसका गाउँहरू र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनीहरूले यसमा कसैलाई जीवित छाडेनन् । तिनीहरूले एग्‍लोनलाई जे गरेका थिए, तिनीहरूले यसलाई र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्‍ट पारे ।
JOS 10:38 त्यसपछि यहोशू र तिनीसँग भएका सबै फौज फर्के र तिनीहरू दबीरतिर लागे र यसविरुद्ध युद्ध गरे ।
JOS 10:39 तिनीहरूले यसलाई, यसका राजा र यस नजिकका सबै गाउँलाई कब्जा गरे । तिनीहरूले उनीहरूलाई तरवारले प्रहार गरे र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्‍ट पारे । तिनीहरूले कसैलाई पनि जीवित छाडेनन् । तिनीहरूले लिब्‍नालाई र यसका राजालाई र हेब्रोनलाई गरेझैँ दबीरलाई पनि गरे ।
JOS 10:40 यहोशूले पहाडी देश, नेगेव, समथर भूमि र पहाडहरूका सबै भूमिमाथि विजय हासिल गरे । उनीहरूका कुनै पनि राजा जीवित रहेनन् । परमप्रभु इस्राएलका परमेश्‍वरले आज्ञा गर्नुभएजस्तै तिनले सबै थोकलाई पूर्ण रूपमा नष्‍ट पारे ।
JOS 10:41 यहोशूले कादेश-बर्नेदेखि गाजासम्म र गोशेनदेखि गोबोनसम्म सब देशलाई प्रहार गरे ।
JOS 10:42 यहशूले यी सबै राजा र उनीहरूका भूमिलाई एकै पटकमा कब्जा गरे, किनभने परमप्रभु इस्राएलका परमश्‍वर इस्राएलको पक्षमा युद्ध गर्नुभयो ।
JOS 10:43 त्यसपछि यहोशू र तिनीसँग भएका सबै इस्राएल गिलगालको छाउनीमा फर्के ।
JOS 11:1 जब हासोरका राजा याबीनले यो सुने, उनले मादोनका राजा रोबाब, शिम्रोनका राजा र आक्षापका राजालाई समाचार पठाए ।
JOS 11:2 उनले उत्तरी पहाडी देशमा, किन्‍नरेतको दक्षिणतिरको यर्दन बेँसीमा, तराईमा र पश्‍चिमतिरको नपोत डोरमा बस्‍ने राजाहरूलाई पनि समाचार पठाए ।
JOS 11:3 उनले पूर्व र पश्‍चिमका कनानीहरू, एमोरीहरू, हित्तीहरू, परिज्‍जीहरू, पहाडी देशका यबूसीहरू मिस्पाको मैदान नजिकका हेर्मोन डाँडा छेउछाउका हिव्वीहरूलाई पनि समाचार पठाए ।
JOS 11:4 उनीहरूका सबै फौज उनीहरूसँगै समुद्र किनारको बालुवाका कण जत्तिकै ठुलो सङ्ख्यामा आए । उनीहरूसँग कैयौँ घोडा र रथहरू थिए ।
JOS 11:5 यी सबै राजा तोकिएको समयमा भेटे र उनीहरू इस्राएलविरुद्ध लड्नलाई मेरोमको पानी नजिकै छाउनी हाले ।
JOS 11:6 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूको उपस्थितिमा नडरा किनभने म भोली यसै समयमा उनीहरू सबैलाई इस्राएलको हातमा मृत मानिसहरूको रूपमा दिँदै छु । तैँले उनीहरूका घोडाहरूको ढोड नसा काटिदिनू र उनीहरूका रथहरू जलाइदिनू ।”
JOS 11:7 यहोशू र सबै योद्धा आए । तिनीहरू मेरोमको पानीमा अचानक आए र शत्रुहरूलाई आक्रमण गरे ।
JOS 11:8 परमप्रभुले शत्रुहरूलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई प्रहार गरे अनि उनीहरूलाई सीदोनसम्म, मिस्रपोत-मैमसम्मै र पूर्वतिर मिस्पाको बेँसीसम्म खेदे । तिनीहरूले उनीहरूमा कोही पनि जीवित नरहेसम्म नै उनीहरूलाई प्रहार गरे ।
JOS 11:9 यहोशूले उनीहरूलाई परमप्रभुले भन्‍नुभएमुताबिक गरे । तिनले घोडाहरूका ढोड नसाहरू काटे र रथहरू जलाए ।
JOS 11:10 त्यस बेला यहोशू फर्के र हासोस कब्जा गरे । तिनले यसका राजालाई तरवारले प्रहार गरे । (हासोर यी सबै राज्यका शिर थियो ।)
JOS 11:11 तिनीहरूले त्यहाँ भएका सबै जीवित थोकहरूलाई तरवारले प्रहार गरे र नष्‍ट पार्नलाई अलग गरे । त्यसैले त्यहाँ कोही पनि जीवित रहेन । अनि तिनले हासोरलाई आगो लगाए ।
JOS 11:12 यहोशूले यी राजाहरूका सबै सहर कब्जा गरे । तिनले उनीहरूका सबै राजालाई कब्जा गरे र उनीहरूलाई तरवारले प्रहार गरे । परमप्रभुका दास मोशाले भनेझैँ तिनले उनीहरूलाई तरवारले पूर्ण रूपमा नष्‍ट पारे ।
JOS 11:13 इस्राएलले डाँडामाथि निर्मित सहरहरू हासोरबाहेक अरू कुनैलाई पनि जलाएन । यहोशूले यसलाई मात्र जलाए ।
JOS 11:14 इस्राएलको फौजले यी सहरहरूबाट गाईवस्तुहरूसहित सबै लूटका माल लिए । तिनीहरूले सबै मानिस नमरेसम्म सबै मानिसलाई तरवारले मारे । तिनीहरूले सास फेर्ने कुनै प्राणीलाई जीवित छाडेनन् ।
JOS 11:15 परमप्रभुले जसरी मोशालाई आज्ञा गर्नुभयो, त्यसरी नै मोशाले यहोशूलाई आज्ञा गरे र यहोशूले त्यसै गरे । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको कुनै पनि कुरालाई यहोशूले अपूरा छोडेनन् ।
JOS 11:16 यहोशूले पहाडी देश, सबै नेगेव, गोशेनका सबै भूमि, पहाडहरू, यर्दन नदीको बेँसी, इस्राएको पहाडी देश र तराईको सबै भूमिलाई लिए ।
JOS 11:17 तिनले एदोम नजिकको हालाक डाँडादेखि उत्तरतिर हेर्मोन डाँडाको मुनि लेबनान नजिकको बेँसीमा पर्ने बाल-गादसम्म उनीहरूका सबै राजाहरूलाई कब्जा गरे र उनीहरूलाई मारे ।
JOS 11:18 यहोशूले सबै राजासँग लामो समयसम्म युद्ध गरे ।
JOS 11:19 गिबोनमा बस्‍ने हिव्वीहरूबाहेक कुनै पनि सहरले इस्राएलको फौजसँग शान्ति सम्झौता गरेनन् । इस्राएलले सबै बाँकी सहरलाई कब्जा गरे ।
JOS 11:20 किनभने उनीहरूका हृदय कठोर बनाउनुहुने परमप्रभु नै हुनुहुन्थ्यो, त्यसैले उनीहरूले इस्राएलविरुद्ध लडाइँ गर्थे, ताकि उहाँले मोशालाई अह्राउनुभएझैँ उहाँले उनीहरूलाई दयाविना नै पूर्ण रूपमा नष्‍ट पार्नुभएको होस् ।
JOS 11:21 त्यसपछि यहोशू आए र तिनले अनाकीलाई नष्‍ट पारे । तिनले यो पहाडी देश, हेब्रोन, दबीर, अनाब, यहूदाका सबै पहाडी देश र इस्राएलका सबै पहाडी देशमा यसो गरे ।
JOS 11:22 गाजा, गात र अश्दोदमा बस्‍ने बाहेक अनाकीहरू इस्राएलको भूमिमा कोही पनि रहेनन् ।
JOS 11:23 त्यसैले परमप्रभुले मोशालाई भन्‍नुभएअनुसार यहोशूले सारा भूमि कब्जा गरे । यहोशूले यसलाई इस्राएललाई उत्तराधिकारको रूपमा दिए अर्थात् उनीहरूका हरेक कुललाई भाग लगाइदिए । त्यसपछि मुलुकले युद्धबाट विश्राम लियो ।
JOS 12:1 इस्राएलका मानिसहरूले पराजित गरेका त्यस भूमिका राजाहरू यिनै हुन् । इस्राएलीहरूले यर्दनको पूर्वतिरका अर्नोनको बेँसीदेखि हेर्मोन डाँडासम्म अनि पूर्वतिरका सबै अराबाका भूमिलाई कब्जा गरे ।
JOS 12:2 एमोरी राजा सीहोन हेश्बोनमा बस्‍थे । तिनले अरोएरसम्म शासन गर्थे जुन बेँसीको माझमा पर्ने अर्नोनको छेउमा र अम्मोनीहरूको सिमानामा पर्ने गिलादको आधा भाग हो ।
JOS 12:3 सीहोनका राजाले अराबादेखि किन्‍नरेतको समुद्रसम्म, पूर्वतिर अराबाको समुद्रसम्म (मृत सागर), बेथ-यशीमोनतिर सबैतिर र पिसगाको ओरालोका पहाडहरूसम्म शासन गर्थे ।
JOS 12:4 रपाईहरूमा बाँकी रहेका एक जना बाशानका राजा ओग अस्तारोत र एद्रईमा बस्‍थे ।
JOS 12:5 तिनले हेर्मोन डाँडा, सलका, पूरै बाशानदेखि गशुरका मानिसहरू, माकाती गिलेदको आधा भागदेखि हेश्बोनका राजा सीहोनको सिमानासम्म शासन गर्थे ।
JOS 12:6 परमप्रभुका दास मोशा र इस्राएलका मानिसहरूले उनीहरूलाई पराजित गरे अनि परमप्रभुका दास मोशाले त्यो भूमिलाई रूबेनी, गादी र मनश्‍शेका आधा कुलको उत्तराधिकारको रूपमा दिए ।
JOS 12:7 त्यस भूमिका राजाहरू यिनै हुन् जसलाई यहोशू र इस्राएलका मानिसहरूले लेबनान नजिकको बाल-गाददेखि एदोमको छेउको हालाक डाँडासम्म यर्दनको पश्‍चिमपट्टि पराजित गरेका थिए । यहोशूले त्यो भूमि अधीन गर्न इस्राएलका कुलहरूलाई दिए ।
JOS 12:8 तिनले तिनीहरूलाई हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्‍जीहरू, हिव्वीहरू र यबूसीहरूको भूमि पहाडी देशहरू, तराईहरू, अराबा, पहाडका पाटाहरू र नेगेव दिए ।
JOS 12:9 राजाहरूमा यरीहोका राजा, ऐका राजा जुन बेथेलको छेउमा छ,
JOS 12:10 यरूशलेमका राजा, एनइमका राजा,
JOS 12:11 यार्मूतका राजा, लाकीशका राजा,
JOS 12:12 एग्लोनका राजा, गेजेरका राजा,
JOS 12:13 दबीरका राजा, गेदेरका राजा,
JOS 12:14 होर्माका राजा, आरादका राजा,
JOS 12:15 लिब्‍नाका राजा, अदुल्लामका राजा,
JOS 12:16 मक्‍केदाका राजा, बेथेलका राजा,
JOS 12:17 तप्पूहका राजा, हेपेरका राजा,
JOS 12:18 अपेकका राजा, लश्शारोनका राजा,
JOS 12:19 मादोनका राजा, हासोरका राजा,
JOS 12:20 शिम्रोनका राजा, अक्षापका राजा,
JOS 12:21 तानाकका राजा, मगिद्दोका राजा,
JOS 12:22 कादेशका राजा, कर्मेलको योक्‍नामका राजा,
JOS 12:23 नापोत डोरका राजा, गिलगालको गयीमका राजा,
JOS 12:24 र तिर्साका राजा पर्छन् । सबै राजाको सङ्ख्या एकतिस जना थियो ।
JOS 13:1 परमप्रभुले यहोशूलाई यसो भन्‍नुहुँदा तिनी धेरै वृद्ध भएका थिए, “तँ धैरै वृद्ध भइस्, तर कब्जा गर्न बाँकी अझै धेरै भूमि छन् ।
JOS 13:2 अझै बाँकी रहेका भूमि यिनै हुन्ः पलिश्‍तीहरू र गशूरीहरूका सबै, मिश्रको पूर्वतिर पर्ने
JOS 13:3 शिहपरदेखि उत्तरतिर एक्रोनको सिमानासम्म, जसलाई कनानीहरूको सम्पत्ति ठानिन्छ; गाजा, अश्दोद, अश्‍कलोन, गात र एक्रोनका पाँच जना पलिश्‍ति शासकहरू र अव्वीहरूका क्षेत्र ।
JOS 13:4 दक्षिणमा (अव्वीहरूका क्षेत्र); कनानीहरूका सबै भूमि, सीदोनीहरूको अधीनमा भएका आरादेखि मोरिहरूको सिमानामा भएको अपेकसम्म;
JOS 13:5 गबालीहरूको भूमि, पूर्वतिरका सबै लेबनान, हर्मोन डाँडामुनि बाल-गाददेखि लेबो-हमातसम्म ।
JOS 13:6 साथै,लेबनानदेखि पहाडी देशका सबै बासिन्दादेखि सीदोनका सबै मानिसलगायत मिस्रपोतमैमसम्म । म उनीहरूलाई इस्राएलको फौजको सामु धपाउने छु । मैले तँलाई आज्ञा गरेबमोजिम इस्राएललाई त्यो भूमि उत्तराधिकारको रूपमा बाँडिदे ।
JOS 13:7 यो भूमिलाई नौ कुल र मनश्शेको आधा कुलको निम्ति उत्तराधिकारको रूपमा बाँडी दे ।”
JOS 13:8 मनश्शेको आधा कुल, रूबेनीहरू र गादीहरूले तिनीहरूको उत्तराधिकार प्राप्‍त गरेका छन् जुन मोशाले तिनीहरूलाई दिएका यर्दनको पूर्वतिर, अर्नोन नदीको घाँटीको किनारामा भएको
JOS 13:9 अरोएरदेखि (घाँटीको माझमा भएको सहरलगायत), दीबोनसम्मका मेदबाको टार;
JOS 13:10 सीहोनका सबै सहर, एमोरीहरूका राजा, जसले हेश्बोनमा शासन गरे, अम्मोनीहरूको सिमानासम्म;
JOS 13:11 गिलाद, गशूरीहरू र माकातीहरूको प्रदेश, सबै हेर्मोन डाँडा, सलकासम्मका सबै बाशान;
JOS 13:12 बाशानको ओगका सबै अधिराज्य, जसले अस्तारोत र अद्रईमा शासन गरे, मोशाले उनीहरूलाई प्रहार गरी धपाउँदा बाँकी रहेकाहरू यिनीहरू नै हुन् ।
JOS 13:13 तर इस्राएलका मानिसहरूले गशूरीहरू र माकातीहरूलाई धपाएनन् । बरु, गशूर र माकात आजको दिनसम्म पनि इस्राएलको माझमा बसोबास गर्छन् ।
JOS 13:14 मोशालाई लेवीका कुललाई मात्र उत्तराधिकार दिएनन् । परमप्रभु इस्राएलका परमेश्‍‌वरका बलिदानहरू, आगोद्वारा चढाइएका बलिदानहरू परमेश्‍‌वरले मोशालाई भन्‍नुभएझैँ तिनीहरूका उत्तराधिकार हुन् ।
JOS 13:15 मोशाले रूबेनको कुललाई कुल-कुलअनुसार उत्तराधिकार दिए ।
JOS 13:16 तिनीहरूको भाग अर्नोन नदीको घाँटीको किनारमा पर्ने अरोएर र उपत्यकाको माझमा पर्ने सहरदेखि मेदबासम्मको सबै समथल भू-भाग थियो ।
JOS 13:17 रूबेनले हेश्बोन र समथल भू-भागमा रहेका यसका सबै सहर, दीबोन र बमोत-बाल, र बेथ-बाल-मोन,
JOS 13:18 रयहसा, लदेमोत, मेपात,
JOS 13:19 र किर्यातैम, सिब्मा, उपत्याकको डाँडा रहेको सेरेथशेहार पनि प्राप्‍त गरे ।
JOS 13:20 रूबेनले यी पनि प्राप्‍त गरेः बेथ-पोर, पिसगाको भीरालो भू-भाग, बेथ-यसीमोत,
JOS 13:21 समथर भू-भागका सबै सहर, र एमोरीहरूका राजा सीहोनका सबै अधिराज्य, जसले हेश्बोनमा शासन गरेका थिए, जसलाई मोशाले मिद्यानका अगुवाहरू, एवी, रेकेम, सूर, हूर र रेबाका अगुवाहरूसँगै हराएका थिए, सीहोनका शासकहरू जो त्यो भू-भागमा बस्थे ।
JOS 13:22 इस्राएलका मानिसहरूले मारेकाहरूमध्ये टुनामुना गर्ने बोरका छोरा बालामलाई पनि मारे ।
JOS 13:23 रूबेनको कुलको सिमाना यर्दन नदी हो । यो तिनीहरूको सिमाना हो । यो रूबेनका वंशलाई तिनीहरूका कुल-कुलअनुसार तिनीहरूका सहरहरू र गाउँहरूसहित दिइएको उत्तराधिकार थियो ।
JOS 13:24 मोशाले गादका कुललाई कुल-कुलअनुसार यी दिएः
JOS 13:25 तिनीहरूका क्षेत्र याजेर, गिलादका सबै सहर र अम्‍मोनीहरूको आधा भू-भाग, रब्बाको पूर्वतिरको अरोएर,
JOS 13:26 हेश्बोनदेखि रामतमस्पा र बेतोनीमसम्म, महनोमदेखि दबीरको क्षेत्रसम्म ।
JOS 13:27 उपत्यका, मोशाले तिनीहरूलाई बेथ-हाराम, बेथ-निम्रा सुक्‍कोत, सापोन, होश्‍बोनका राजा सीहोनका बाँकी राज्य, साथै यर्दनलाई सिमानाको रूपमा, किन्‍नरेत समुद्रको तल्लो भागहरू, यर्दनभन्दा पर पूर्वतिरका भू-भाग दिए ।
JOS 13:28 यो गादको कुलको कुल-कुलअनुसारको तिनीहरूका सहरहरू र गाउँहरूसहित उत्तराधिकार हो ।
JOS 13:29 मोशाले मनश्शेका आधा कुललाई उत्तराधिकार दिए । यो मनश्शेका कुललाई कुल-कुलअनुसार दिइएको थियो ।
JOS 13:30 तिनीहरूका क्षेत्र महनोमदेखि, बाशानसम्म, बाशानका राजा ओगका सम्पूर्ण राज्य, याईरका सबै नगर, जुन बाशानमा छन्, साठीवटा सहर;
JOS 13:31 गिलादको आधा भाग, र अस्तारोत र एद्रई (बशानमा ओगका राजकीय सहरहरू)। यिनीहरू माकीरको कुल-कुलअनुसार मनश्शेका छोरा माकीरको कुललाई दिइएको थियो ।
JOS 13:32 यो मोशाले तिनीहरूलाई यर्दनपारि पूर्वतिर दिएका उत्तराधिकार हो ।
JOS 13:33 मोशाले लेवीहरूलाई उत्तराधिकार दिएनन् । परमप्रभु इस्राएलका परमेश्‍‌वरले भन्‍नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकार हुनुहुन्छ ।
JOS 14:1 कनानको भू-भागमा इस्राएलका मानिसहरूले उत्तराधिकारको रूपमा प्राप्‍त गरेका क्षेत्र यी नै हुन्, जसलाई पुजारी एलाजार, नूनका छोरा यहोशू र कुलनायकहरूले तिनीहरूलाई बाँडिदिए ।
JOS 14:2 जसरी परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको थियो, त्यसरी नै साँढे नौ कुललाई तिनीहरूको उत्तराधिकार चिट्ठाद्वारा चुनिएको थियो ।
JOS 14:3 किनभने साँढे दुई कुललाई यर्दनपारि नै उत्तराधिकार दिइएको थियो, तर तिनले लेवीलाई कुनै उत्तराधिकार दिएनन् ।
JOS 14:4 वास्तवमा योसेफको कुल मनश्शे र एफ्राइम गरी दुई कुल थिए । लेवीहरूलाई त्यो भू-भागमा कुनै उत्तराधिकार दिइएन, तर तिनीहरूका गाईवस्तुहरूका निम्ति चरन र तिनीहरूका भौतिक सरसामानहरूका निम्ति केही सहरहरू मात्र दिइए ।
JOS 14:5 इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएमुताबिक गरे, त्यसैले तिनीहरूले भू-भाग बाँडे ।
JOS 14:6 त्यसपछि यहूदाको कुल गिलगालमा यहोशूकहाँ आए । कनज्‍जी यपून्‍नेका छोरा कालेबले तिनलाई भने, “तपाईं र मेरो बारेमा परमप्रभुले कादेश-बर्नेमा के भन्‍नुभएको थियो भनी तपाईंलाई थाहा छ ।
JOS 14:7 परमप्रभुका दास मोशाले यो भूमिको भेद लिन पठाउँदा म चालिस वर्षको थिएँ । मैले तिनलाई मेरो हृदयमा भएअनुसारको प्रतिवेदन ल्याएर दिएँ ।
JOS 14:8 तर मसँगै गएका मेरा दाजुभाइहरूले मानिसहरूको हृदय डरले शिथिल बनाइदिए । तर मैले मेरा परमप्रभु परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याएँ ।
JOS 14:9 त्यस दिन मोशाले यसो भने, 'निश्‍चय नै, तिम्रा खुट्टाले टेकेका भू-भाग तिम्रो र तिम्रा सन्तानहरूको एउटा अंश हुने छ, किनभने तिमीले परमप्रभु मेरा परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याएका छौ ।'
JOS 14:10 अब, हेर्नुहोस्, इस्राएलीहरू मरुभूमिमा हिँड्दा परमप्रभु मोशासँग बोल्नुभएको समयदेखि उहाँले भन्‍नुभएमुताबिक नै यी चालिस वर्षसम्म उहाँले मलाई जीवितै राख्‍नुभएको छ । अब, हेर्नुहोस्, म पचासी वर्षको भएको छु ।
JOS 14:11 म अझै आजको दिनमा पनि मोशाले मलाई पठाउनुभएको दिनको जत्तिकै बलियो छु । युद्धको निम्ति अनि बाहिर भित्र गर्नको निम्ति मेरो सामर्थ्य अहिले पनि त्यस बेलाको जत्तिकै छ ।
JOS 14:12 यसकारण, परमप्रभुले त्यस दिन प्रतिज्ञा गर्नुभएको यो पहडी देश मलाई दिनुहोस् । किनभने तपाईंले त्यस दिन सुन्‍नुभयो, कि त्यहाँ अनाकीहरू ठुला-ठुला किल्ला भएको सहरहरूमा थिए । सायद परमप्रभुले भन्‍नुभएझैँ उहाँ मसँग रहनुहुने छ र मैले उनीहरूलाई धपाउने छु ।”
JOS 14:13 त्यसपछि यहोशूले तिनलाई आशिष् दिए र यपून्‍नेका छोरा कालेबलाई हेब्रोन उत्तराधिकारको रूपमा दिए ।
JOS 14:14 यसकारण, हेब्रोन आजको दिनसम्म पनि यपून्‍नेका छोरा कालेबको उत्तराधिकार भएको छ, किनभने तिनले इस्राएलका परमप्रभु परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याए ।
JOS 14:15 हेब्रोनको पहिलेको नाउँ किर्यत-अर्बा थियो । (अर्बा अनाकीमहरूमध्ये महान् मानिस थिए ।) त्यसपछि त्यो मुलुकले युद्धबाट विश्राम पायो ।
JOS 15:1 यहूदाका मानिसहरूको कुलको निम्ति कुल-कुलअनुसार भू-भागको भाग सूदूर दक्षिणतिरको चोसो हुँदै जीनको मरुभूमिसँगै एदोमको सिमानाको दक्षिणसम्म थियो ।
JOS 15:2 दक्षिणतिरको सिमाना खारा समुद्रदेखि दक्षिणी मोहडाको खाडीसम्म जान्छ ।
JOS 15:3 तिनीहरूको सिमाना अक्रब्बीमको डाँडाको दक्षिण हुँदै जीनतिर जान्थ्यो, र कादेश-बर्नेको दक्षिणतिर हेस्रोनसँगै अद्दारसम्म जान्थ्यो, जहाँ यो कर्कातिर घुमेको थियो ।
JOS 15:4 यो अज्मोन हुँदै मिश्रको खोलासम्म र समुद्रको अन्तसम्म आयो । यो तिनीहरूको दक्षिणी सिमाना थियो ।
JOS 15:5 पूर्वी सिमाना यर्दनको मुखमा खारा समुद्र थियो । उत्तरतिरको सिमाना यर्दनको मुखमा भएको समुद्रको खाडीबाट जान्थ्यो ।
JOS 15:6 यो बेथ-अराबालाई छिचलेर बेथहोग्लातिर गयो । त्यसपछि यो रूबेनका छोरा बोहनको ढुङ्गातिर माथि जान्थ्यो ।
JOS 15:7 त्यसपछि सिमाना आकोरको बेँसीबाट दबीरतिर माथि लाग्यो, र यस्तै उत्तरतिर, गिलगालतिर मोडिएर, जुन अदुममीमको डाँडाको सामुन्‍ने छ, जुन बेँसीको दक्षिणपट्टि छ । त्यो सिमाना एम-शेमेशको पानीका मूलहरू हुँदै एन-रिगेलतिर गयो ।
JOS 15:8 अनि त्यो सिमाना यबूसी (त्यो भनेको यरूशलेम हो) सहरको दक्षिणतिरको बेन-हिन्‍नोमको बेँसीतिर माथि निस्क्यो । यो हिन्‍नोमको बेँसीमाथि पर्ने डाँडाको टुप्‍पोसम्म निस्क्यो, पश्‍चिममा, जुन रपाईको बेँसीको उत्ततिरको छेउमा छ ।
JOS 15:9 त्यसपछि सिमाना नेप्‍तोहको पानीको मुहानतिरको डाँडाको चुचुरोदेखि, र त्यहाँबाट एप्रोन पहाडका सहरहरू निस्क्यो ।
JOS 15:10 सिमाना बाला (किर्यत-यारीम हो) तिर मोडिन्छ । त्यसपछि सिमानाबालाको पश्‍चिमबाट सेइर पहाडसम्म घेरा लगायो, र उत्तरतिर यारीम पहाडको (यसलाई कसालोन भनिन्छ) छेउ हुँदै बेथ-शेमेशतिर ओरालो झरेर तिम्‍ना पार गर्‍यो ।
JOS 15:11 सिमाना एक्रोनको उत्तरी डाँडाको किनारा निस्‍क्यो र यो शिक‍करोनतिर मोडिन्छ अनि बाला पहाड हुँदै, यो त्यहाँबाट यब्‍नेलतिर गयो । त्यो सिमाना समुद्रमा टुङ्गियो ।
JOS 15:12 पश्‍चिमी सिमाना महासमुद्र र यसको किनारा थियो । यो यहूदा वंशको कुल-कुलअनुसारको सिमाना हो ।
JOS 15:13 परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञामुताबिक यहोशूले यपून्‍नेका छोरा कालेबलाई किर्यत-अर्बा अर्थात् हेब्रोन (अर्बा अनाकका पिता थिए) यहूदाको कुलको माझ भू-भाग दिए ।
JOS 15:14 कालेबले त्यहाँबाट तिन जना अनाकका छोरालाई धपाएः शेशै, अहीमान र तल्मै जो अनाकका सन्तानहरू थिए ।
JOS 15:15 त्यहाँबाट तिनी दबीरका सन्तानहरूलाई (दबीरलाई किर्यत-सेपेर भनिन्थ्यो) आक्रमण गर्न गए ।
JOS 15:16 कालेबले भने, “जुन मानिसले किर्यत-सेपेर आक्रमण गर्छ र यसलाई कब्जा गर्छ, त्यसलाई म मेरो छोरी अक्सालाई पत्‍नीको रूपमा दिने छु ।”
JOS 15:17 जब कालेबका भाइ कनजका छोरा ओत्‍निएलले यसलाई कब्जा गरे, कालेबले तिनलाई तिनकी छोरी अक्सा पत्‍नीको रूपमा दिए ।
JOS 15:18 त्यपछि चाँडै अक्सा ओत्‍निएलकहाँ आइन् र उनले तिनलाई आफ्‍नो बुबासँग खेत माग्‍न आग्रह गरिन् । जब तिनी आफ्‍नो गधाबाट ओर्लिन्, कालेबले तिनलाई भने, “तिमी के चाहन्छ्यौ?”
JOS 15:19 अक्साले जवाफ दिइन्, “मलाई विशेष कृपा गर्नुहोस्, किनभने तपाईंले मलाई नेगेवको भू-भाग दिनुभएको छ, मलाई पानीका मुहानहरू पनि दिनुहोस् ।” अनि कालेबले तिनलाई पानीका माथिल्लो र तल्‍लो मुहानहरू दिए ।
JOS 15:20 कुल-कुलअनुसार यहूदा वंशका उत्तराधिकार यही थियो ।
JOS 15:21 यहूदा कुलको अधीनमा रहेका सुदूर दक्षिणका सहरहरू एदोमको सिमानातिर यी नै थिएः कब्सेल, एदेर, यागूर,
JOS 15:22 कीना, दीमोना, अदाद,
JOS 15:23 केदेश, हासोर, यित्‍नान,
JOS 15:24 जीप, तेलेम, बालोत,
JOS 15:25 हासोरहादत्ता, किर्योत-हेस्रोन (जुन हासोर हो),
JOS 15:26 अमाम, शेमा, मोलादा,
JOS 15:27 हसर-गद्दा, हेश्‍मोन, बेथ-पालेत,
JOS 15:28 हसर-शूआल, बेर्शेबा, बिज्योत्या ।
JOS 15:29 बाला, ईम, एसेम,
JOS 15:30 एल्तोलद, कसील, होर्मा,
JOS 15:31 सिक्लग, मद्‌मन्‍न, सन्‍सन्‍ना,
JOS 15:32 लबाओत, शिल्हीम, ऐन, रिम्मोन । यिनीहरू तिनीहरूका गाउँहरूसहितका सब उनन्तिस सहर थिए ।
JOS 15:33 पश्‍चिमतिरको तल्‍लो पहाडी देशमा, एश्‍तोल, सोरा, अश्‍ना,
JOS 15:34 जानोह, एनगन्‍नीम, तप्‍पूह, एनाम,
JOS 15:35 यर्मूत, अदूल्लाम, सोको, आजेका,
JOS 15:36 शारैम, अदीतैम, र गदेरा (अर्थात् गदेरोतेम)। यिनीहरू तिनीहरूका गाउँहरूसहित चौध सहर थिए ।
JOS 15:37 सनान, हदाशा, मिग्‍दलाद,
JOS 15:38 दिलान, मिस्पा, योक्‍तेल,
JOS 15:39 लाकीश, बोस्कत, एग्लोन,
JOS 15:40 कोब्‍बन, लहमास, कितलीश,
JOS 15:41 गदेरोत, बेथ-दागोन, नामा, मक्‍केदा । यिनीहरू तिनीहरूका गाउँहरूसहित सोह्रवटा थिए ।
JOS 15:42 लिब्‍ना, एतेर, आशान,
JOS 15:43 यिप्‍ताह, अश्‍ना, नसीब,
JOS 15:44 कीलाह, अक्जीब, मारेशा । यिनीहरूका गाउँहरूसहित नौवटा सहर थिए ।
JOS 15:45 यसका वरिपरिका नगरहरू र गाउँहरूसहित एक्रोन;
JOS 15:46 एक्रोनदेखि महासमुद्रसम्म, तिनीहरूका गाउँहरूसहित अश्दोद नजिकका सबै बस्ती ।
JOS 15:47 अश्‍दोद, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू, गाजा, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू; मिश्रको खोलासम्म, र यसको किनारासँगै महासमुद्रसम्म ।
JOS 15:48 पहाडी देशमा, शामीर, यत्तीर, सोको,
JOS 15:49 दन्‍ना, किर्यत-सन्‍ना (अर्थात् दबीर),
JOS 15:50 अनाब, एश्तमोह, अनीम,
JOS 15:51 गोशेन, होलोन, गीलोह । यिनीहरू तिनीहरूका गाउँहरूसहितका एघार सहर थिए ।
JOS 15:52 अरब, दुमा, एशान,
JOS 15:53 यानूम, बेथ-तप्‍पूह, अपेका,
JOS 15:54 हुम्ता, किर्यत-अर्बा (अर्थात् हेब्रोन), र सीओर । यिनीहरू तिनीहरूका गाउँहरूसहितका नौवटा नगर हुन् ।
JOS 15:55 माओन, कर्मेल, जीप, युक्‍ता,
JOS 15:56 यिजरेल, योक्दाम, जानोह,
JOS 15:57 कैन, गिबा र तिम्‍ना । यिनीहरू तिनीहरूका गाउँहरूसहित दसवटा सहर थिए ।
JOS 15:58 हलहूल, बेथ-सर, गदोर,
JOS 15:59 मारात, बेथ-अनोत र एल्तकोन । यिनीहरू तिनीहरूका गाउँहरूसहित छवटा सहर थिए ।
JOS 15:60 किर्यत-बाल (अर्थात् किर्यत-यारीम), र रब्‍बा । यिनीहरू तिनीहरूका सहरहरूसहित दुईवटा सहर थिए ।
JOS 15:61 मरुभूमिमा त्यहाँ बेथ-अराबा, मिद्दीन, सकाका,
JOS 15:62 निब्शान, नूनको सहर र एन-गदी थिए । यिनीहरू तिनीहरूका सहरहरूसहित छवटा सहर थिए ।
JOS 15:63 तर यबूसीहरू अर्थात् यरूशलेमका बासिन्दाहरूको सवालमा यहूदाका कुलले तिनीहरूलाई धपाउन सकेनन्, त्यसैले आजको दिनसम्म पनि यबूसीहरू यहूदाको कुलको माझमा बस्छन् ।
JOS 16:1 योसेफको कुलको भू-भागको अंश यरीहोमा यर्दनबाट यरीहोको पानीका मुहानहरूको पूर्वतिर, मरुभूमितिर, बेथेलको पहाडी देश हुँदै यरीहोबाट माथि जान्छ ।
JOS 16:2 त्यसपछि यो बेथेलबाट लूजतिर, अरकीको क्षेत्रतिर गयो ।
JOS 16:3 त्यसपछि यो तल्‍लो बेथ-होरोनको क्षेत्रसम्मै यल्पेतीको क्षेत्रसम्म पश्‍चिमतिर झर्‍यो र गेजेरतिर गयो; यो समुद्रमा टुङ्गियो ।
JOS 16:4 योसेफका कुल मनश्शे र एफ्राइमले तिनीहरूका उत्तराधिकार यसरी प्राप्‍त गरे ।
JOS 16:5 कुल-कुलअनुसार एफ्राइमको कुलको क्षेत्रः तिनीहरूको भागको पूर्वतिरको सिमाना अतारोत-अद्दारबाट माथिल्‍लो बेथ-होरोनसम्म निस्क्यो,
JOS 16:6 र यो त्यहाँबाट सममुद्रसम्म पुग्यो । मिक्मतातबाट उत्तरतिर यो पूर्वतर्फ तानत-शीलोतिर मोडियो र यसभन्दा उता पूर्वतिर यानोह निस्क्यो ।
JOS 16:7 त्यसपछि यो यानोहबाट अतारोतिर तल झर्‍यो, र यरीहो पुगेर यर्दनमा अन्त भयो ।
JOS 16:8 तप्‍पूहबाट पश्‍चिमतिर कना खोलातिर समुद्रमा टुङ्गियो । यो कुल-कुलअनुसार एफ्राइमको कुलको भाग,
JOS 16:9 मनश्शेको कुलको उत्तराधिकारभित्र एफ्राइमको कुललाई चुनिएका सहरहरूसँगै तिनीहरूका गाउँहरूसहित सबै सहर थिए ।
JOS 16:10 तिनीहरूले गेजेरमा बस्‍ने कनानीहरूलाई धपाएनन्, त्यसैले आजको दिनसम्म पनि एफ्राइमभित्र कनानीहरू बस्छन्, तर यी मानिसहरूलाई बेगारी काम गर्न लगाइएको थियो ।
JOS 17:1 यो मनश्शेको (जो योसेफका जेठा छोरा थिए) कुलको भूमिको भाग थियो, माकीरका निम्ति, जो जेठा छोरा थिए र तिनी गिलादका पिता थिए । माकीरका सन्तानहरूलाई गिलाद र बाशानको भू-भाग दिइयो, किनभने माकीर योद्धा थिए ।
JOS 17:2 यो भू-भागलाई मनश्शेका बाँकी कुल अबीएजेर, हेलेक, अस्रीएल, शकेम, हेपेर, शमीदालाई तिनीहरूका कुलअनुसार दिइयो ।
JOS 17:3 मनश्शेका छोरा माकीरका छोरा गिलादला छोरा हेपेरका छोरा सलोफादको कुनै छोरा थिएन, तर छोरीहरू मात्र थिए । तिनकी छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा थिए ।
JOS 17:4 तिनीहरू पुजारी एलाजार, यहोशू र अगुवाहरूकहाँ आए र भने, “परमप्रभु परमेश्‍वरले हाम्रा दाजुभाइहरूसँगै उत्तराधिकार दिनू भनी आज्ञा गर्नुभएको थियो ।” त्यसैले, परमप्रभुको आज्ञाअनुसार, तिनले ती महिलाहरूलाई तिनीहरूका बुबाका दाजुभाइहरूमाझ उत्तराधिकार दिए ।
JOS 17:5 गिलाद र बाशानमा मनश्शेलाई दस भाग जमिन दिइयो, जुन यर्दन पारिपट्टि छ,
JOS 17:6 किनभने मनश्शेका छोरीहरूले आफ्‍ना दाजुभाइहरूसँगै उत्तराधिकार पाए । गिलादको भू-भाग मनश्शेका बाँकी कुललाई दिइयो ।
JOS 17:7 मनश्शेको क्षेत्र आसेरबाट मिक्मतातसम्म पुग्यो, जुन शकेमको पूर्वमा छ । त्यसको सिमाना तप्‍पूहको पानीको मुहान नजिक बसोबास गर्नेहरूकहाँसम्म दक्षिणतिर निस्क्यो ।
JOS 17:8 (तप्‍पूहको भू-भाग मनश्शेको थियो, तर मनश्शेको सिमानामा पर्ने तप्पूहको नगर एफ्राइम कुलको थियो ।)
JOS 17:9 त्यो सिमाना कनाको खोलासम्मै तल गएर निस्क्यो । मनश्शेका नगरहरू माझका खोलाको दक्षिणतिरका यी सहरहरू एफ्राइमका थिए । मनश्शेको सिमाना खोलाको उत्तरतिर थियो र यो समुद्रमा टुङ्गिएको थियो ।
JOS 17:10 दक्षिणतिरको भू-भाग एफ्राइमको थियो, र उत्तरतिरको भू-भाग मनश्शेको थियो; यसको सिमाना समुद्र थियो । उत्तरतिर आशेरसम्म र पूर्वतिर इस्साखारसम्म पुगेको थियो ।
JOS 17:11 इस्साखार र आशेरमा पनि मनश्शेले बेथ-शान र यसका गाउँहरू, योबलाम र यसका गाउँहरू, डोरका बासिन्दाहरू र यसका गाउँहरू, एन्दोर र यसका गाउँहरू, तानाका बासिन्दाहरू र यसका गाउँहरू, मगिद्दोका बासिन्दाहरू र यसका गाउँहरू (र तेस्रो सहरचाहिँ नपेत हो) ।
JOS 17:12 तैपनि मनश्शेको कुलले ती सहरहरू अधिकार गर्न सकेनन्, किनभने यस भू-भागमा कनानीहरू निरन्तर बस्दै रहे ।
JOS 17:13 जब इस्राएलका मानिसहरू वृद्धि भए, तिनीहरूले कनानीहरूलाई बेगारी काममा लगाए, तर तिनीहरूलाई पूर्ण रूपमा धपाएनन् ।
JOS 17:14 त्यसपछि योसेफका सन्तानहरूले यहोशूलाई यसो भने, “तपाईंले हामीलाई किन जमिन एक भाग र उत्तराधिकारको निम्ति एक अंश मात्र दिनुभएको, किनभने हामी धेरै सङ्ख्यामा भएका मानिसहरू हौँ र परमप्रभुले हामीलाई पर्याप्‍त आशिष् दिनुभएको छ?”
JOS 17:15 यहोशूले तिनीहरूलाई भने, “यदि तिमीहरू धेरै सङ्ख्यामा छौ भने, तिमीहरू जङ्गलतिर जाओ र परिज्‍जीहरू र रपाईहरूको भू-भागमा आफ्नो निम्ति फँडानी गर । यसो गर, किनभने एफ्राइमको पहाडी देश तिमीहरूको निम्ति साह्रै सानो छ ।”
JOS 17:16 योसेफका सन्तानहरूले भने, “पहाडी देश हामीलाई पर्याप्‍त हुँदैन । तर बेथ-शान र यसका गाउँहरू अनि यिजरेलको बेँसी दुवैमा बस्‍ने कनानीहरूसँग फलामका रथहरू छन् ।
JOS 17:17 त्यपछि यहोशूले योसेफका घराना एफ्राइम र मनश्शेलाई भने, “तिमीहरू धेरै सङ्ख्यामा भएका मानिसहरू हौ र तिमीहरूसँग धेरै शक्ति छ । तिमीहरूसँग एक भाग मात्र हुनुहुँदैन ।
JOS 17:18 पहाडी देश पनि तिमीहरूको नै हुने छ । तथापि यो जङ्गल हो, तिमीहरूले यसलाई फँडानी गर र यसलाई र यसका टाढा-टाढाको सिमानासम्म अधीन गर । तिमीहरूले कनानीहरूलाई धपाउने छौ, तथापि तिनीहरूसँग फलामका रथहरू छन् र तिनीहरू बलिया छन् ।”
JOS 18:1 त्यसपछि इस्राएलका मानिसको सारा सभा शीलोमा जम्‍मा भयो । तिनीहरूले त्यहाँ भेट हुने पाल खडा गरे र त्यो भूमि तिनीहरूको अधीनमा थियो ।
JOS 18:2 इस्राएलका मानिसहरूमाझ अझै पनि सात कुल थिए जसलाई तिनीहरूका उत्तराधिकार दिइएको थिएन ।
JOS 18:3 यहोशूले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाले तिमीहरूलाई दिनुभएको भू-भागमा जान तिमीहरूले कहिलेसम्म पछि सारिरहन्छौ?
JOS 18:4 हरेक कुलको निम्ति तिन-तिन जना मानिस चुन र म तिनीहरूलाई पठाउने छु । तिनीहरूले गएर भू-भागहरूको सबै कुराको सर्वेक्षण गर्ने छन् । तिनीहरूले यसको विवरण तिनीहरूको उत्तराधिकारको दृष्‍टिकोणबाट तयार पार्ने छन् र त्यसपछि तिनीहरू मकहाँ फर्केर आउने छन् ।
JOS 18:5 तिनीहरूले यसलाई सात खण्डमा विभाजन गर्ने छन् । यहूदाको कुल दक्षिणतिर तिनीहरूकै क्षेत्रमा रहने छन् र योसेफको परिवार उत्तरतिर तिनीहरूकै क्षेत्रमा रहने छन् ।
JOS 18:6 तिमीहरूले भूमिलाई सातवटा खण्डमा वर्णन गर्ने छौ र मकहाँ ल्याउने छौ । म परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने यहाँ चिट्ठा हाल्ने छु ।
JOS 18:7 तिमीहरूका माझमा लेवीहरूको कुनै उत्तराधिकार छैन किनभने परमप्रभुको पुजारीको काम नै तिनीहरूको उत्तराधिकार हो । गाद, रूबेन र मनश्शेका आधा कुलले यर्दनपारि नै आफ्नो हिस्सा पाइसकेका छन् । यो उत्तराधिकार परमप्रभुका दास मोशाले नै तिनीहरूलाई दिएका हुन् ।”
JOS 18:8 त्यसैले मानिसहरू उठे र गए । भू-भागको विवरण लेख्‍न जाने मानिसहरूलाई यहोशूले यसो भन्‍दै आज्ञा दिए, “भूमिको सबैतिर जाओ, यसको विवरण लेख र मकहाँ आओ । म परमप्रभुको सामु यहाँ शीलोमा तिमीहरूको निम्ति चिट्ठा हाल्ने छु ।”
JOS 18:9 मानिसहरू उठे र भूमिको सबैतिर गएर हरेक भागमा सहरहरूको सूची बनाएर सातैवटै खण्डमा यसका सहरहरूको मुट्ठामा विवरण लेखे । अनि तिनीहरू शीलोमा यहोशूकहाँ छाउनीमा फर्के ।
JOS 18:10 त्यसपछि यहोशूले परमप्रभुको सामु शीलोमा तिनीहरूका निम्ति चिट्ठा हाले । यहोशूले इस्राएलका मानिसहरूलाई यहाँ नै बाँडफाँड गरे र हरेकलाई आ-आफ्नो भाग दिइयो ।
JOS 18:11 कुल-कुलअनुसार बेन्यामीनको कुलको निम्ति भूमिको भाग । तिनीहरूलाई दिइएको क्षेत्र यहूदाका सन्तानहरू र योसेफका सन्तानहरूको बिच अवस्थित थियो ।
JOS 18:12 उत्तरतिर तिनीहरूको सिमाना यर्दनमा सुरु भयो । त्यो सिमाना यरीहोको उत्तरतिरको पर्वतशृङ्खला हुँदै माथि पश्‍चिमी पहाडी देशतिर लाग्यो । यो बेथ-आवनको मरुभूमिसम्म पुगेको थियो ।
JOS 18:13 त्यहाँबाट सिमाना लूजको (अर्थात् बेथेल) दिशामा दक्षिणतिर लाग्यो । त्यसपछि सिमाना बेथ-होरोनको दक्षिणतिरको पहडा हुँदै अतारोत-अद्दारतिर झर्‍यो ।
JOS 18:14 त्यसपछि सिमाना अर्कै दिशातिर मोडियोः पश्‍चिमपट्टि यो बेथ-होरोनबाट सामुन्‍नेतिरका पहाडतिर मोडियो । यो यहूदाको कुलको अधीनमा रहेको एउटा सहर किर्यत-बाल (अर्थात् किर्यत-यारीम) मा टुङ्गियो । यसले पश्‍चिमी सिमाना निर्माण गर्‍यो ।
JOS 18:15 दक्षिणतिरको सिमाना किर्यत-यारीमको बाहिरबाट सुरु भयो । यो त्यहाँबाट एफ्रोनतिर, नेप्‍तोहको पानीका मुहानहरूतिर निस्‍क्यो ।
JOS 18:16 त्यसपछि सिमाना पहाडको सिमातिर तल झर्‍यो, जुन बेनहिन्‍नोमको सामुन्‍ने थियो, जुन रपाईंको बेँसीको उत्तरी किनारामा थियो । यो त्यसपछि हिन्‍नोमको बेँसीतिर, यबूसीहरूको भिरको दक्षिण र एन-रोगेलतिर तल निरन्तर झर्‍यो ।
JOS 18:17 यो शेमशतिर गएर उत्तरतिर मोडियो, र त्यहाँबाट यो गलीलोततिर निस्‍क्यो, जुन अदुम्‍मीमको उकालोको सामुन्‍ने थियो । त्यसपछि यो रूबेनको बोहनको ढुङ्गातिर झर्‍यो ।
JOS 18:18 यो बेथ-अराबाको काँधतिर उत्तरतिर र अराबातिर तल आयो ।
JOS 18:19 सिमाना बेथ-होग्‍लाको उत्तरतिर छिचोल्यो । त्यो सिमाना खारा समुद्रको उत्तरी खाडीमा, यर्दनको दक्षिणी किनारामा टुङ्गियो । यो दक्षिणतिरको सिमाना थियो ।
JOS 18:20 पूर्वतिरको यसको सिमाना यर्दन नै भयो । यो बेन्यामीन कुलको उत्तराधिकार थियो, र यो कुल-कुलअनुसार, सिमाना-सिमाना गरेर वरिपरि दिइएको थियो ।
JOS 18:21 बेन्यामीन कुलको कुल-कुलअनुसारका सहरहरू यी नै थिएः यरीहो, बेथ-होग्ला, एमेक-कसीस,
JOS 18:22 बेथ-अराबा, समारैम, बेथेल,
JOS 18:23 अब्बीम, पारा, ओप्रा,
JOS 18:24 कपर अमोनी, ओप्‍नी, र गेबा । तिनीहरूका सहरहरूसहित त्यहाँ बाह्रवटा सहर थिए ।
JOS 18:25 त्यहाँ गिबोन, रामा, बेरोतका सहरहरू पनि थिए ।
JOS 18:26 मिस्पा, कपीरा, मोशा,
JOS 18:27 रेकेम, यिर्पल, तरला,
JOS 18:28 सेलाह, एलेप, यबूस (यरूशलेमजस्तै), गिबा, र किर्यत । तिनीहरूका सहरहरूसहित त्यहाँ चौधवटा सहर थिए । यो बेन्यामीनको कुलको निम्ति तिनीहरूको उत्तराधिकार थियो ।
JOS 19:1 दोस्रो चिट्ठा कुल-कुलअनुसार शिमियोनको कुललाई पर्‍यो । तिनीहरूको भाग यहूदाको कुलको अधीन रहेको भागको बिचमा थियो ।
JOS 19:2 तिनीहरूको उत्तराधिकारमा यी ठाउँहरू थिएः बेर्शेबा, शेबा, मोलादा,
JOS 19:3 हसर-शूआल, बाला, एसेम,
JOS 19:4 एल्तोलद, बतूल र होर्मा ।
JOS 19:5 शिमियिनको भागमा यी पनि थिएः सिक्लग, बेथ-मर्काबोथ, हसर-सूसा,
JOS 19:6 बेथ-लबाओत, शारूहेन ।
JOS 19:7 शिमियोनका यी पनि थिएः ऐन, रिम्‍मोन, एतेर र आशान । यिनीहरू तिनीहरूका सहरहरूसहित चारवटा सहर थिए ।
JOS 19:8 बालात-बेअरसम्म (अर्थात् नेगेवको रामा) यी सहरहरू वरिपरिका तिनीहरूका गाउँहरूलगायत सँगै थिए । यो कुल-कुलअनुसार शिमियोनको कुलको उत्तराधिकार थियो ।
JOS 19:9 शिमियोनको कुलको उत्तराधिकारले यहूदाको कुलको क्षेत्रको भाग निर्धारण गर्‍यो । किनभने यहूदाको कुललाई दिइएको भाग तिनीहरूका निम्ति धेरै ठुलो भय । शिमियोनको कुलले तिनीहरूका भागको बिचबाट तिनीहरूका उत्तराधिकार पायो ।
JOS 19:10 कुल-कुलअनुसार तेस्रो चिट्ठा जबूलूनको कुललाई पर्‍यो । तिनीहरूको उत्तराधिकारको सिमाना सारीदमा सुरु भयो ।
JOS 19:11 तिनीहरूको सिमाना पश्‍चिमतिर मरलासम्म र दब्‍बेशेतलाई छोयो; त्यसपछि यो योक्‍नामको सामुन्‍नेको खोलासम्म फैलिएको थियो ।
JOS 19:12 सारीदबाट सिमाना पूर्वतिर मोडियो र किस्लोथतबोरको सिमानासम्म छोयो । त्यहाँबाट दाबरतसम्म र यापीसम्म छोयो ।
JOS 19:13 त्यहाँबाट यो पूर्वतिर छिचोलेर गात-हेपेर र इथ-कासीनसम्म पुग्यो; त्यसपछि यो रिम्‍मोनसम्म पुग्यो र नेआतिर मोडियो ।
JOS 19:14 सिमानाले हन्‍नतोनतिर उत्तरतिर मोड लियो र यिप्‍ताहएलको बेँसीमा टुङ्गियो ।
JOS 19:15 यो प्रदेशमा यी सहरहरू परेः काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथेलेहेम । तिनीहरूका गाउँहरूसहित बाह्रवटा सहर थिए ।
JOS 19:16 यी सहरहरूलगायत तिनीहरूका गाउँहरूसहित कुल-कुलअनुसार यो जबूलूनको कुलको उत्तराधिकार थियो ।
JOS 19:17 चौथो चिट्ठा कुल-कुलअनुसार इस्साखारको कुलको पर्‍यो ।
JOS 19:18 तिनीहरूका क्षेत्रमा यी परेः यिजरेल, कसुल्लोत, शूनेम,
JOS 19:19 हपरैम, शीओन र अनाहारत ।
JOS 19:20 यसमा रब्बीत, किश्‍योन, एबेस,
JOS 19:21 रेमेथ, एन-गन्‍नीम, एन-हद्दा र बेथ-पसेस पर्छन् ।
JOS 19:22 तिनीहरूका सिमानाले तबोर, शहसूमा र बेथ-शेमेश छोयो र यर्दनमा अन्त भयो । तिनीहरूका गाउँहरूसहित सोह्रवटा सहर थिए ।
JOS 19:23 तिनीहरूका गाउँहरूसहित तिनीहरूको कुलअनुसार यो इस्साखारको उत्तराधिकार थियो ।
JOS 19:24 पाँचौँ चिट्ठा कुल-कुलअनुसार आशेरको कुलमा पर्‍यो ।
JOS 19:25 तिनीहरूको सिमानामा हेल्कत, हली, बेतेन, अक्षाप,
JOS 19:26 अल्लम्मेलेक, अमाद र मिशाल पर्थे । पश्‍चिमतिरको सिमाना कार्मेल र शीहोरलिब्‍नातसम्म फैलिएको थियो ।
JOS 19:27 त्यसपछि यो पूर्वतिर बेथ-दागोनतिर र जबूलूनतिर लाग्यो र यिप्‍ताह-एलको बेँसीसम्म, उत्तरतिर बेथ-एमेक र नीएलसम्म पुग्यो । यो उत्तरतिर काबूलसम्म गयो ।
JOS 19:28 यो एब्रोन, रहोब, हम्मोन र कनासाथै महा-सीदोनसम्म पुग्यो ।
JOS 19:29 सिमाना रामातिर र टुरोसको किल्ला भएको सहरतिर मोडियो । त्यसपछि सिमाना होसातिर मोडियो र अक्जीबको प्रदेशमा,
JOS 19:30 उम्मा, अपेक र रहोब समुद्रमा टुङ्गियो । तिनीहरूका गाउँहरूसहित बाइसवटा सहर थिए ।
JOS 19:31 तिनीहरूको गाउँलगायत सहरहरू यो कुल-कुलअनुसार आशेरको कुलको उत्तराधिकार थियो ।
JOS 19:32 छैठौँ चिट्ठा कुल-कुलअनुसार नप्‍तालीको कुललाई पर्‍यो ।
JOS 19:33 तिनीहरूको सिमाना हेलेपबाट, सानन्‍नीमको अग्राठको रुखबाट अदामी-नेकेब, याब्‍नेल र लक्‍कूमसम्म पुग्यो; यो यर्दनमा अन्त भयो ।
JOS 19:34 सिमाना पश्‍चिमपट्टि अज्नोथ-तबोरतिर मोडियो र हक्‍कोकतिर लाग्यो; यसले दक्षिणमा जबूलूनलाई छोयो र पश्‍चिममा आशेरलाई र पूर्वमा यहूदालाई यर्दन नदीमा भेट्टायो ।
JOS 19:35 यिनीहरू किल्ला भएका सहरहरू थिएः सिद्दीम, सेर, हम्मत, रक्‍कत, किन्‍नरेत,
JOS 19:36 अदामा, रामा, हासोर,
JOS 19:37 केदेश, एद्रेई, एन-हासोर ।
JOS 19:38 यिरोन, मिग्दलएल, होरेम, बेथ-अनात बेथ-शेमेश थिए । तिनीहरूका गाउँहरूसहित उन्‍नाइसवटा सहर थिए ।
JOS 19:39 तिनीहरूका गाउँहरूसहित सहरहरू यो कुल-कुलअनुसार यो नप्‍तालीको उत्तराधिकार थियो ।
JOS 19:40 सातौँ चिट्ठा कुल-कुलअनुसार दानको कुललाई पर्‍यो ।
JOS 19:41 यसको उत्तराधिकारको क्षेत्रमा सोरा, एश्‍तोल, इर-शेमेश,
JOS 19:42 शालवीन, अय्यालोन, इत्ला पर्थे ।
JOS 19:43 यसमा एलोन, तिम्‍ना, एक्रोन,
JOS 19:44 एल्तके, गिब्‍बतोन, बालात,
JOS 19:45 यहूद, बने-बरक, गात-रिम्‍मोन,
JOS 19:46 मे-यरकोन र योप्पापारिको क्षेत्रसँगै रक्‍कोन पर्थ्यो ।
JOS 19:47 जब दानको कुल आफैमा हरायो, दानले लेशेमलाई आक्रमण गर्‍यो, यसविरुद्ध लड्यो, र तरवारले प्रहार गरेर यसलाई कब्जा गर्‍यो; यसलाई अधीन गरेर यसमा बसोबास गर्‍यो । तिनीहरूले लेशेमलाई आफ्नो पुर्खाको नाउँअनुसार यसको नाउँ राखे ।
JOS 19:48 कुल-कुलअनुसार तिनीहरूको गाउँहरूसहितको सहरहरू यो दानको कुलको उत्तराधिकारको थियो ।
JOS 19:49 जब इस्राएलका मानिसहरूले भूमिको बाँडफाँड गर्न सिद्ध्यायो, तिनीहरूले नूनका छोरा यहोशूलाई तिनीहरू माझमा एउटा भाग दिए ।
JOS 19:50 परमप्रभुको आज्ञाद्वारा तिनले मागेका, तिनीहरूले तिनलाई एफ्राइमको पहाडी देशको तिम्‍नथ-सेरह दिए । तिनले त्यो सहरको पुनर्निर्माण गरे र त्यहाँ बसे ।
JOS 19:51 भेट हुने पालको प्रवेशद्वारमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूको कुलहरूका अगुवाहरूले शीलोमा परमप्रभुको सामु चिट्ठा हालेर बाँडेका उत्तराधिकार यिनीहरू नै हुन् । यसरी तिनीहरूले भू-भाग बाँड्न सिद्ध्याए ।
JOS 20:1 त्यसपछि परमप्रभुले यहोशूलाई भन्‍नुभयो,
JOS 20:2 “इस्राएलका मानिसहरूलाई यसो भन्, 'मैले मोशाद्वारा तिमीहरूलाई भनेजस्तै शरण-नगरहरू चुन ।
JOS 20:3 यसो गर ताकि जसले मानिसलाई अनजानमा मार्छ त्यो व्यक्‍ति त्यहाँ जान सक्छ । यी सहरहरू मारिएको व्य‍क्‍तिको रगतको बदला लिन खोज्‍नेबाट शरण-स्थान हुने छ ।
JOS 20:4 त्यो ती सहरहरूमध्ये एउटामा भागेर जाने छ, सहरको प्रवेशद्वारमा खडा हुने छ र त्यस सहरका धर्म-गुरुहरूलाई त्यसका सबै कुरा बताउने छ । त्यसपछि तिनीहरूले त्यसलाई सहरभित्र लाने छन् र त्यसलाई तिनीहरूमाझ बस्‍नलाई ठाउँ दिने छन् ।
JOS 20:5 यदि कोही मारिएको व्यक्‍तिको बदला लिन आउँछ भने, त्यस सहरका मानिसहरूले मार्ने व्यक्‍तिलाई अधिकारीहरूको हातमा सुम्‍पनुहुँदैन । तिनीहरूले यसो गर्नुहुँदैन, किनभने त्यसले आफ्नो छिमेकीलाई अनजानमा मार्‍यो, र विगतमा तिनको उनीसँग कुनै दुश्मनी थिएन ।
JOS 20:6 सहरमा न्यायको सभाको सामु खडा नभएसम्म ती दिनमा प्रधान पुजारीको सेवा गरिरहेका व्यक्‍तिको मृत्यु नभएसम्म त्यो व्यक्ति त्यस सहरमा रहनुपर्छ । त्यसपछि दुर्घटनावश मानिसलाई मार्ने व्यक्‍ति आफ्नो घर र आफ्नो सहरमा फर्कन सक्छ, जहाँबाट त्यो भागेको थियो' ।”
JOS 20:7 त्यसैले इस्राएलीहरूले नप्‍तलीको पहाडी देशमा गालीलको केदेश, एफ्राइमको पहाडी देशमा शकेम, र यहूदाको पहाडी देशमा किर्यत-अर्बा (जुन हेब्रोन हो) छाने ।
JOS 20:8 यर्दनको पूर्वपट्टि, तिनीहरूले रूबेनको कुलबाट उच्‍च-स्थानमाथिको मरुभूमिमा बेसेर; गादको कुलबाट रामो गिलाद; र मनश्शेको कुलबाट बाशाको गोलान चुने ।
JOS 20:9 इस्राएलका मानिसहरू र तिनीहरूमाझ बसोबास गरेका परदेशीहरूका निम्ति चुनेका सहरहरू यिनै हुन्, ताकि अनजानमा मानिसलाई मार्ने व्यक्‍ति सुरक्षाको निम्ति त्यहाँ भागोस् । यो व्यक्‍ति सभाको सामु पहिले न्यायको निम्ति खडा नभई त्यो व्यक्‍ति बगाइएको रगतको बदला लिन चाहनेको हातबाट नमरोस् ।
JOS 21:1 त्यसपछि लेवी कुलका कुलनायकहरू पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूभित्रका तिनीहरूका पुर्खाहरूको परिवारहरूका अगुवाहरूकहाँ आए ।
JOS 21:2 तिनीहरूले कनानको भूमिमा शीलोमा तिनीहरूलाई भने, “परमप्रभुले मोशाद्वारा हाम्रा गाईवस्तुहरूका निम्ति खर्कसहितका बसोबास गर्न हामीलाई सहरहरू दिन आज्ञा गर्नुभएको थियो ।”
JOS 21:3 त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञाद्वारा लेवीहरूलाई तिनीहरूका खर्कहरूसहित तिनीहरूको उत्तराधिकारबाट निम्‍न सहरहरू दिए ।
JOS 21:4 कहातीहरूका निम्ति हालेको चिट्ठाको परिणाम यस्तो आयोः लेवीबाट जन्‍मेका हारूनका सन्तानहरू, पुजारीहरूले यहूदाको कुलबाट, शिमियोनका कुलबाट र बेन्यामीनको कुलबाट दिइएका तेह्रवटा सहर पाए ।
JOS 21:5 बाँकी कहातीहरूलाई एफ्राइम, दान र मनश्शेको आधा कुलबाट दश सहर दिइयो ।
JOS 21:6 त्यसपछि गेर्शोनबाट जन्मेका मानिसहरूलाई चिट्ठाद्वारा इस्साखार, आशेर, नप्‍तली र बाशानमा मनश्शेको आधा कुलबाट तेह्रवटा सहर दिइयो ।
JOS 21:7 मरारीका सन्तानहरूका कुल-कुलअनुसार रूबेन, गाद र जबूलूनको कुलबाट बाह्रवटा सहर पाए ।
JOS 21:8 त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुले मोशाद्वारा आज्ञा दिनुभएमुताबिक लेवीहरूलाई यी सहरहरू (तिनीहरूका खर्कहरूसहित) चिट्ठा हालेर दिए ।
JOS 21:9 यहूदा र शिमियोनका कुलहरूबाट तिनीहरूले यहाँ नाउँद्वारा सूची बनाएअनुसार दिए ।
JOS 21:10 यी सहरहरू हारूनका सन्तानहरूलाई दिइयो, जो कहाती कुलका थिए र लेवी वंशबाटका थिए । किनभने पहिले हालेको चिट्ठा तिनीहरूलाई पर्‍यो ।
JOS 21:11 इस्राएलीहरूलाई किर्यत-अर्बा (अर्बा अनाका पिता थिए) अर्थात् जुन हेब्रोन हो यहूदाको पहाडी देशमा यसका खर्कहरूसहित तिनीहरूलाई दिए ।
JOS 21:12 तर तिनीहरूका गाउँहरूसहित सहरका खेतहरू यपुन्‍नेका छोरा कालेबलाई पहिले नै तिनको अधिकारको रूपमा दिइएको थियो ।
JOS 21:13 तिनीहरूले पुजारी हारूनका सन्तानहरूलाई यसका खर्कहरूसहित हेब्रोन, जुन अरूलाई अनजानमा मार्ने मानिसको निम्ति शरण-नगर थियो, र यसको खर्कसहित लिब्‍ना,
JOS 21:14 यसको खर्कसहित यत्तीर, र यसको खर्कसहित एश्तमो दिए ।
JOS 21:15 तिनीहरूले यसको खर्कसहित होलोन, यसको खर्कसहित दबीर,
JOS 21:16 यसको खर्कसहित ऐन, यसको खर्कसहित युत्ता र यसको खर्कसहित बेथ-शेमेश दिए । यी दुई कुलबाट दिइएका नौवटा सहर थिए ।
JOS 21:17 बेन्यामीनको कुलबाट यसको खर्कसहित गिबोन, यसको खर्कसहित गेबा,
JOS 21:18 यसको खर्कसहित अनातोत, र यसको खर्कसहित चारवटा सहर दिइयो ।
JOS 21:19 हारूनका सन्तानहरू, पुजारीहरूलाई दिइएका सहरहरू तिनीहरूका खर्कहरूसहित तेह्रवटा थिए ।
JOS 21:20 बाँकी कहातीहरू जो लेवी कुलको कहाती थिए, तिनीहरूले चिट्ठा हालेर एफ्राइमको कुलबाट तिनीहरूलाई दिएका थिए ।
JOS 21:21 तिनीहरू कसैलाई अनजानमा मानिस मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको निम्ति एफ्राइमको पहाडी देशमा यसको खर्कसहित शकेम, गेजेर,
JOS 21:22 यसको खर्कसहित किब्सैम र यसको खर्कसहित बेथ-होरोन गरी चाटवटा सहर दिइयो ।
JOS 21:23 दानको कुलबाट कहातको कुललाई यसको खर्कसहित एल्तके, यसको खर्कसहित गिब्‍बतोन,
JOS 21:24 यसको खर्कसहित अय्यालोन र यसको खर्कसहित गात-रिम्मोन गरी चारवटा सहर दिइयो ।
JOS 21:25 मनश्शेको कुलबाट कहातको कुललाई यसको खर्कसहित तानाक र यसको खर्कसहित गात-रिम्‍मोन गरी दुईवटा सहर दिइयो ।
JOS 21:26 तिनीहरूका खर्कसहित बाँकी कहाती कुलका निम्ति दसवटा सहर थिए ।
JOS 21:27 मनश्शेको आधा कुलबाट अन्य लेवी कुल अर्थात् गेर्शोनको कुललाई तिनीहरूले यसको खर्कसहित गोलान अनजानमा मानिसलाई मार्ने व्यक्‍तिको निम्ति शरण-नगर हुनलाई साथै यसको खर्कसहित बे-एश्तरा गरी दुईवटा दिए ।
JOS 21:28 गेर्सोनका कुललाई तिनीहरूले इस्साखारको कुलबाट यसको खर्कसहित किश्योन, यसको खर्कसहित दाबरत,
JOS 21:29 यसको खर्कसहित यर्मूत र यसको खर्कसहित एन-गन्‍नीम गरी चारवटा सहर दिए ।
JOS 21:30 आशेरको कुलबाट तिनीहरूले यसको खर्कसहित मिशाल, यसको खर्कसहित अब्दोन,
JOS 21:31 यसको खर्कसहित हल्केत र यसको खर्कसहित रहोब गरी चाटवटा सहर दिए ।
JOS 21:32 नप्‍तलीको कुलबाट, तिनीहरूले गेर्शोनको कुललाई यसको खर्कसहित गालीलमा केदेश, कसैलाई अनजानमा मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको रूपमा; यसको खर्कसहित हम्मोत-डोर र यसको खर्कसहित कर्तान गरी जम्मा तिनवटा सहर दिए ।
JOS 21:33 गेर्शोनको कुलबाट तिनीहरूका खर्कसहित जम्मा तेह्रवटा सहर थिए ।
JOS 21:34 बाँकी लेवीहरू माकीरको कुललाई जबूलूनको कुलबाट यी सहरहरू दिइयोः यसको खर्कसहित योक्‍नाम, यसको खर्कसहित कर्तह,
JOS 21:35 यसको खर्कसहित दिम्‍ना र यसको खर्कसहित नहलल गरी जम्मा चारवटा सहर दिइयो ।
JOS 21:36 मरारीको कुललाई यी सहरहरू दिइयोः यसको खर्कसहित बेसेर,
JOS 21:37 यसको खर्कसहित यहसा, यसको खर्कसहित कदेमोत, र यसको खर्कसहित मेपात गरी चारवटा सहर ।
JOS 21:38 गादको कुलबाट तिनीहरूले यसको खर्कसहित गिलादमा रामोतलाई अरूलाई अनजानमा मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको रूपमा, र यसको खर्कसहित महनोम दिए ।
JOS 21:39 मरारीका कुललाई यसको खर्कसहित हेश्बोन र यसको खर्कसहित याजेर पनि दिइयो । यी चारवटा सहर थिए ।
JOS 21:40 यी सबै सहर मरारी कुलका थिए जो लेवी कुलबाटका थिए, तिनीहरूलाई चिट्ठा हालेर बाह्रवटा सहर दिइयो ।
JOS 21:41 लेवीका सहरहरू इस्राएलका मानिसहरूको अधीनमा रहेको भू-भागको बिचबाट लिइएका सहरहरू तिनीहरूका खर्कसहित अठचालिसवटा थिए ।
JOS 21:42 यी हरेक सहरको आ-आफ्नै खर्कहरू थिए । सबै सहरको यस्तै नै थियो ।
JOS 21:43 यसरी परमप्रभुले इस्राएलका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको सबै भू-भाग दिनुभयो । इस्राएलीहरूले यो कब्जा गरे र त्यहाँ बसोबास गरे ।
JOS 21:44 त्यसपछि परमप्रभु तिनीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएबमोजिम नै तिनीहरूलाई चारैतिर विश्राम दिनुभयो । तिनीहरूका एक जना शत्रुले पनि तिनीहरूलाई पराजित गर्न सकेन । परमप्रभुले तिनीहरूका सबै शत्रुलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।
JOS 21:45 परमप्रभुले इस्राएलको घरानालाई भन्‍नुभएका सबै असल प्रतिज्ञाहरूमध्ये एउटा पनि सत्य हुन आउनबाट चुकेन । ती सबै नै पुरा हुन आए ।
JOS 22:1 त्यस बेला यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई बोलाए ।
JOS 22:2 तिनले तिनीहरूलाई भने, “तिमीहरूले परमप्रभु परमेश्‍वरका दास मोशाले आज्ञा गरेका सबै गरेका छौ । तिमीहरूले मैले आज्ञा गरेका सबै कुरामा मेरो आज्ञा पालन गरेका छौ ।
JOS 22:3 तिमीहरूले वर्तमानसम्म यति धेरै दिनसम्म पनि आफ्ना दाजुभाइहरूलाई छाडेका छैनौ, र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाअनुसार आवश्यक कर्तव्यहरू पुरा गरेका छौ ।
JOS 22:4 अहिले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम दिनुभएको छ । यसकारण, फर्क र तिमीहरूको आफ्नै भूमिमा जाओ, जुन परमप्रभुका दास मोशाले यर्दन पारिपट्टि तिमीहरूलाई दिएका छन् ।
JOS 22:5 परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएका आज्ञाहरू र व्यवस्था पालन गर्न, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न, उहाँका सबै आज्ञा पालन गर्न, उहाँमा नै रहिरहन र तिमीहरूका सारा ह्रदय र सारा प्राणले उहाँको आराधना गर्नमा होसियार होओ ।”
JOS 22:6 त्यसैले यहोशूले तिनीहरूलाई आशिष् दिएर पठाए, र तिनीहरू आफ्ना पालहरूतिर गए ।
JOS 22:7 मनश्शेको आधा कुललाई मोशाले बाशानमा नै उत्तराधिकार दिएका थिए, तर बाँकी आधा कुललाई तिनीहरूका दाजुभाइको छेउमा यर्दनको पश्‍चिमपट्टि दिए । यहोशूले तिनीहरूलाई आ-आफ्ना पालहरूमा पठाए; तिनले तिनीहरूलाई आशिष् दिए
JOS 22:8 र तिनीहरूलाई भने, “धेरै रुपियाँ-पैसा र सुन, चाँदी, काँसा र फलामसहित धेरै लत्ताकपडासहित तिमीहरूका पालहरूमा फर्क । तिमीहरूका शत्रुहरूबाट लिएका लूटका मालहरू तिमीहरूका दाजुभाइहरूसँग बाँड ।
JOS 22:9 त्यसैले रूबेनका सन्तानहरू, गादका सन्तानहरू र मनश्शेका आधा कुल इस्राएलका मानिसहरूलाई शीलोमा छोडेर घरतिर फर्के, जुन कनानको भूमि हो । तिनीहरू आफ्नै भू-भाग गिलादको प्रदेशमा जानलाई हिँडे, जुन तिनीहरूले मोशाद्वारा परमप्रभुको आज्ञा पालनमा आफैले स्वामित्वमा लिएका थिए ।
JOS 22:10 जब तिनीहरू कनानको भूमि यर्दनमा आए, रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूले यर्दन नजिकै निकै ठुलो र सजिलै देखिने वेदी बनाए ।
JOS 22:11 इस्राएलका मानिसहरूले यो सुने र भने, “हेर, रूबेन, गाद र मनश्शेका आधा कुलका मानिसहरूले इस्राएलका मानिसहरूको अधीनमा पर्ने यर्दन नजिकको प्रदेशको गलिलोथको कनानको भूमिको सामुन्‍ने वेदी निर्माण गरेका छन् ।”
JOS 22:12 जब इस्राएलका मानिसहरूले यो कुरा सुने, इस्राएलका मानिसको सारा भेला तिनीहरू विरुद्ध युद्ध गर्न जान शीलोमा जान सँगै भेला भए ।
JOS 22:13 त्यसपछि इस्राएलका मानिसहरूले गिलादको भूमिमा रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलकहाँ समाचारवाहकहरू पठाए । तिनीहरूले एलाजारका छोरा पुजारी पीनहास,
JOS 22:14 र इस्राएलको हरेक कुलबाट एक-एक जना गरी दस जना अगुवालाई तिनीसँगै पठाए र तिनीहरू सबै इस्राएलको कुलका परिवारको प्रमुख थिए ।
JOS 22:15 तिनीहरू गिलादको मुलुकमा रूबेन, गाद र मनश्शेको आधा कुलकहाँ आए र तिनीहरूले तिनीहरूलाई भने,
JOS 22:16 “परमप्रभुका सारा समुदाय यसो भन्छ, 'परमप्रभुको विरुद्धमा आजको दिन आफ्‍नो निम्ति वेदी निर्माण गरेर परमप्रभुलाई पछ्याउनबाट तर्किएर इस्राएलका परमेश्‍वरको विरुद्ध तिमीहरूले कस्तो बेइमानी गरेको?
JOS 22:17 के पोरको हाम्रो पाप पर्याप्‍त थिएन? तैपनि हामीले आफूलाई यसबाट अझै शुद्ध पारेका छैनौँ । त्यो पापको निम्ति परमप्रभुको समुदायमा विपत्ति आइपर्‍यो ।
JOS 22:18 के तिमीहरू पनि अहिले नै परमप्रभुलाई पछ्याउनबाट तर्किनुपर्छ? यदि तिमीहरूले आज उहाँको विरुद्ध विद्रोह गर्‍यौ भने, उहाँ भोलि हामी इस्राएलको सबै समुदायसँग रिसाउनुहुने छ ।
JOS 22:19 यदि तिमीहरूको अधीनमा भएको भूमि अशुद्ध छ भने, तिमीहरू परमप्रभुको पवित्र वासस्थान खडा भएको भूमिमा नै तरेर आउनुपर्छ र हाम्रो माझमा नै भाग लिन आउनुपर्छ । परमप्रभुको विरुद्ध विद्रोह मात्र नगर, न त परमप्रभुको वेदीबाहेक अन्य वेदी निर्माण गरेर हाम्रो विरुद्धमा विद्रोह गर ।
JOS 22:20 के परमेश्‍वरलाई सुम्पेका थोकहरूको विषयमा जेरहको छोरो आकानले विश्‍वास तोडेनन्? के सबै इस्राएलका मानिसमाथि क्रोध परेन? त्यसको पापको निम्ति आफू मात्रै मरेन' ।”
JOS 22:21 त्यसपछि रूबेन, गाद, र मनश्शेका आधा कुलले इस्राएलका कुलका प्रमुखहरूलाई जवाफ दिए,
JOS 22:22 “हे सर्वशक्‍तिमान्, परमप्रभु परमेश्‍वर सर्वशक्‍तिमान्, हे परमप्रभु परमेश्‍वर ! उहाँ जान्‍नुहुन्छ, इस्राएलले जानोस् ! यदि यो विद्रोह वा विश्‍वास तोड्नलाई परमप्रभुको विरुद्धमा थियो भने,
JOS 22:23 परमप्रभुलाई पछ्याउनबाट आफै तर्कन यो वेदी बनाएका हौँ भने आज हामीलाई नछोड्नुहोस् ।
JOS 22:24 यदि हामीले यो वेदी होमबलि, अन्‍नबलि वा मेलबलि चढाउनलाई निर्माण गरेका हौँ भने, परमप्रभुले हामीलाई यसको निम्ति मूल्य चुकाउन लगाउनुभएको होस् । होइन! हामीले आउँदो दिनमा तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई यसो भन्‍लान् भन्‍ने डरले हामीले यसो गर्‍यौँ, 'परमप्रभु इस्राएलका परमेश्‍वरसँग तिमीहरूको के सरोकार?
JOS 22:25 किनभने परमप्रभुले तिमीहरू र हामीबिच यर्दनलाई सिमान बनाउनुभएको छ । तिमीहरू रूबेन र गादका मानिसहरू, तिमीहरूको परमप्रभुसँग कुनै सरोकार छैन ।'
JOS 22:26 त्यसैले तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई परमप्रभुको आराधना गर्न छोड्न लगाउन सक्छन् । त्यसैले हामीले भन्यौ, 'एउटा वेदी बनाऔँ, न त कुनै होमबलि न त कुनै बलिदानको निम्ति,
JOS 22:27 तर हामीपछिका हाम्रा पुस्ताहरूका निम्ति हामीहरू र तिमीहरूबिच साक्षी हुनलाई, ताकि हामीले हाम्रा होमबलिहरू र हाम्रा मेलबलिसहित हामीले परमप्रभुको सेवा गर्न सकौँ, ताकि तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई, “परमप्रभुमा तिमीहरूको कुनै हिस्सा छैन” भनी आउँदो समयमा कहिल्यै नभनून् ।'
JOS 22:28 त्यसैले हामीले भन्यौँ, 'यदि भविष्यमा हामीलाई वा हाम्रा सन्तानहरूलाई यसो भनिएमा, हामीले भन्‍नेथियौँ, “हेर, यो वेदीको प्रतिरूप, जुन हाम्रा पुर्खाहरूले न त होमबलि, न त बलिदानहरूको निम्ति, तर हामीहरू र तिमीहरू बिच गवाही हुनको निम्ति बनाए ।”
JOS 22:29 हामी आज परमप्रभुको पवित्र वासस्थान सामु रहेको हाम्रो परमप्रभु परमेश्‍वरको वेदीभन्दा अर्को वेदी होमबलि वा अन्‍नबलि वा बलिदानको निम्ति निर्माण गरेर उहाँलाई पछ्याउन छोडेर परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कुरा हामीबाट दूर होस्' ।”
JOS 22:30 जब पुजारी पीनहास र मानिसहरूका अगुवाहरू अर्थात् तिनीसँग भएका इस्राएलका कुलहरूका प्रमुखहरूले रूबेन, गाद र मनश्शेका मानिसहरूको कुरा सुने । यो तिनीहरूलाई नजरमा असल लाग्यो ।
JOS 22:31 एलाजारका छोरा पुजारी पीनहासले रूबेन, गाद र मनश्शेका मानिसहरूलाई भने, “आज परमप्रभु हाम्रा माझमा हुनुहुन्छ भनी हामीले थाहा पायौँ, किनभने तिमीहरूले यो उहाँको विरुद्धमा विश्‍वासलाई तोडेका छैनौ । अहिले तिमीहरूले इस्राएलका मानिसरूलाई परमप्रभुको हातबाट छुटकारा दिएका छौ ।”
JOS 22:32 त्यसपछि एलाजारका छोरा पीनहास र अगुवाहरू रूबेनीहरू, गादीहरूको गिलादको मुलुकबाट कनानको भू-भागमा इस्राएलका मानिसहरूकहाँ फर्के र तिनीहरूलाई यो समाचार ल्याए । तिनीहरूको प्रतिवेदन इस्राएलका मानिसहरूको नजरमा असल थियो ।
JOS 22:33 इस्राएलका मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे र रूबेनी र गादीहरूलाई तिनीहरू बसोबास गरेका ठाउँबाट नष्‍ट पार्नलाई तिनीहरूको विरुद्धमा युद्ध गर्नेबारे कुनै कुरा गरेनन् ।
JOS 22:34 रूबेनीहरू र गादीहरूले त्यो वेदीलाई “साक्षी” नाउँ राखे, किनभने तिनीहरूले भने, “यो हामी र परमप्रभु नै परमेश्‍वर हुनुहन्छ भन्‍ने बिच साक्षी छ ।”
JOS 23:1 परमप्रभुले तिनीहरूको वरिपरि भएका तिनीहरूका सबै शत्रुबाट विश्राम दिनुभएको धेरै समयपछि यहोशू वृद्ध भइसकेका थिए ।
JOS 23:2 यहोशूले इस्राएलका धर्म-गुरुहरू, अगुवाहरू, न्यायकर्ताहरू सबैलाई बोलाए र तिनीहरूलाई भने, “म निकै वृद्ध भइसकेको छु ।
JOS 23:3 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका खातिर यी सबै जातिलाई गर्नुभएका सबै कुरा तिमीहरूले देखेका छौ, किनभने तिमीहरूका निम्ति लड्नुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुनुहुन्छ ।
JOS 23:4 हेर, मैले तिमीहरूलाई पश्‍चिममा यर्दनदेखि महासमुद्रसम्म पहिले नै नष्‍ट पारेका जातिहरूका साथै तिमीहरूका कुलहरूका निम्ति उत्तराधिकारको रूपमा हुन विजय हासिल गर्न बाँकी रहेका जातिहरू तिमीहरूलाई दिएको छु ।
JOS 23:5 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई धपाउनुहुने छ । उहाँले तिनीहरूलाई तिमीहरूका खातिर फ्याँक्‍नुहुने छ । उहाँले तिनीहरूको भू-भाग कब्जा गर्नुहुने छ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको भूमि अधीन गर्ने छौ ।
JOS 23:6 त्यसैले निकै बलियो होओ, ताकि मोशाको व्यवस्थाबाट न त दहिने न त देब्रेतिर नलागी सबै पालन गर ।
JOS 23:7 त्यसैले तिमीहरू तिमीहरूका माझमा रहेका जातिहरूसँग नमिसिओ वा तिनीहरूका देवताहरूको नाउँ उच्‍चारण नगर, तिनीहरूको शपथ नखाओ, तिनीहरूको आराधना नगर वा तिनीहरूलाई दण्डवत् नगर ।
JOS 23:8 बरु, तिमीहरूले आजको दिनसम्म गरेझैँ तिमीहरूका परमप्रभु परमश्‍वरमा नै रहिरहो ।
JOS 23:9 किनभने परमप्रभुले ठुलो र बलियो जातिहरूलाई तिमीहरूको सामु धपाउनुभएको छ, आजको दिनसम्म कोही तिमीहरूको सामु खडा हुन सकेको छैन ।
JOS 23:10 तिमीहरूमध्ये एक जनाले हजार जनालाई भगाउनेछ, किनभने तिमीहरूका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ उहाँ तिमीहरूका निम्ति लड्नुहुने छ ।
JOS 23:11 विशेष ध्यान देऊ, ताकि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर
JOS 23:12 तर यदि तिमीहरू तिमीहरूमाझ बाँकी रहेका यी जातिहरूसँग लाग्यौ र पछि हट्यौ भने वा यदि तिमीहरूले तिनीहरूसँग अन्तर-जातीय विवाह गर्‍यौ भने वा यदि तिमीहरू उनीहरूसँगै आयौ र उनीहरू तिमीहरूसँग सबै आए भने,
JOS 23:13 यो जान कि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू माझबाट यी जातिहरूलाई धपाउनुहुने छैन । बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरू नष्‍ट नभएसम्म उनीहरू तिमीहरूका निम्ति पासो र जाल अनि तिमीहरूका पीठमा कोर्रा, तिमीहरूका आँखाका कसिङ्गर हुने छन् ।
JOS 23:14 म सबै पृथ्वीको मार्गमा जाँदै छु, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको बारेमा प्रतिज्ञा गर्नुभएको कुनै पनि असल कुरा सत्य साबित हुन एक शब्द पनि चुकेको छैन भनी तिमीहरूले आफ्नो सारा ह्रदय र आफ्नो सारा प्राणले जान्दछौ । यी सबै कुरा तिमीहरूका निम्ति पुरा भएका छन् । तिनमा एउटै पनि चुकेको छैन ।
JOS 23:15 तर जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएका सबै वचन पुरा भएको छ, त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरूलाई नष्‍ट नगरेसम्म परमप्रभुले तिमीहरूमाथि सबै खराबी ल्याउनुहुने छ ।
JOS 23:16 यदि तिमीहरूले पालन गर्न तिमीहरूलाई उहाँले आज्ञा गर्नुभएको परमप्रभु तिमीहरूका परमेश्‍वरको करार तोड्यौ भने, उहाँले यो गर्नुहुने छ । यदि तिमीहरू जान्छौ र अरू देवताहरूको आराधना गर्छौ र दण्डवत् गर्छौ भने, परमप्रभुको क्रोध तिमीहरूविरुद्ध दन्किने छ र उहाँले तिमीहरूलाई दिनुभएको असल भूमिबाट तिमीहरू चाँडै नष्‍ट हुने छौ ।”
JOS 24:1 त्यसपछि यहोशूले इस्राएलका सबै कुललाई शकेममा भेला गरे र तिनीहरूका धर्म-गुरुहरू, तिनीहरूका अगुवाहरू, तिनीहरूका न्यायकर्ताहरू र तिनीहरूका अधिकृतहरूलाई बोलाए, र तिनीहरूले आफैलाई परमेश्‍वरको सामु प्रस्तुत गरे ।
JOS 24:2 यहोशूले सबै मानिसलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूका पुर्खा अब्राहम र नाहोरका पिता तेरह लामो समयअगि यूफ्रेटिस नदीपारि बस्थे र तिनीहरूले देवताहरू पुज्दथे ।
JOS 24:3 तर मैले तिमीहरूका पितालाई यूफ्रेटिस पारिबाट कनानको भूमिमा ल्याएँ र त्यसलाई त्यसको छोरा इसहाकद्वारा धेरै सन्तानहरू दिएँ ।
JOS 24:4 त्यसपछि मैले इसहाकलाई याकूब र एसाव दिएँ । मैले पहाडी देश एसावको अधीनमा दिएँ, तर याकूब र तिनका सन्तानहरू मिश्र देशतिर तल गए ।
JOS 24:5 मैले मोशा र हारूनलाई पठाएँ, र मैले मिश्रीहरूमाथि विपत्ति ल्याएँ । त्यसपछि मैले तिमीहरूलाई ल्याएँ ।
JOS 24:6 मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रबाट ल्याएँ र तिमीहरू समुद्रमा आयौ । मिश्रीहरूले लाल समुद्रसम्म नै रथहरू र घोडाहरूसहित तिमीहरूको पिछा गरे ।
JOS 24:7 जब तिमीहरूका पुर्खाहरूले परमप्रभुको पुकारा गरे, उहाँले तिमीहरू र मिश्रीहरूबिच अन्धकार राख्‍नुभयो । उहाँले समुद्रलाई तिनीहरूमाथि ल्याउनुभयो र तिनीहरूलाई ढाक्‍नुभयो । मैले मिश्रीहरूलाई गरेको कुरा तिमीहरूले देख्यौ । त्यसपछि तिमीहरू मरुभूमिमा लामो समयसम्म बस्यौ ।
JOS 24:8 मैले तिमीहरूलाई एमोरीहरूको भूमिमा ल्याएँ, जो यर्दनपारि बस्थे । उनीहरू तिमीहरूसँग लडे र मैले तिनीहरूलाई तिमीहरूको हातमा दिएँ । तिमीहरूले तिनीहरूको भूमि अधीन गर्‍यौ र मैले तिनीहरूलाई तिमीहरूको सामु नष्‍ट गरेँ ।
JOS 24:9 त्यसपछि मोआबका राजा सिप्‍पोरका छोरा बालाक उठे र इस्राएललाई आक्रमण गरे । तिनले तिमीहरूलाई सराप दिन बओरका छोरा बालामलाई बोलाए ।
JOS 24:10 तर मैले बालामको कुरा सुनिनँ । वास्तवमा, तिनले तिमीहरूलाई आशिष् दिए । त्यसैले मैले तिमीहरूलाई त्यसको हातबाट छुटकारा दिएँ ।
JOS 24:11 तिमीहरूले यर्दन तर्‍यौ र यरीहोमा आयौ । यरीहोका अगुवाहरूले एमोरीहरू, परिज्‍जीहरू, कनानीहरू, हित्तीहरू, गिर्गाशीहरू, हित्तीहरू, हिव्वीहरू र यबूसीहरूसँगै तिमीहरूसँग लडे । मैले तिमीहरूलाई तिनीहरूमाथि विजय दिएँ र तिमीहरूको नियन्त्रणमा राखेँ ।
JOS 24:12 मैले तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाएँ, जसले उनीहरूलाई र दुई जना एमोरी राजालाई धपाए । यो तिमीहरूको तरवार वा धानुवाणले भएको थिएन ।
JOS 24:13 मैले तिमीहरूलाई तिमीहरूले श्रम नगरेको भूमि, तिमीहरूले निर्माण नगरेका सहरहरू दिएँ, र तिमीहरू तिनमा बस्छौ । तिमीहरूले नरोपेको दाखबारी र जैतूनको बगैँचाको फल तिमीहरूले खान्छौ ।'
JOS 24:14 परमप्रभुको भय मान र सारा इमानदारी र विश्‍वनीयतामा उहाँको आराधना गर; तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूबाट अलग रहो र परमप्रभुको आराधना गर ।
JOS 24:15 यदि परमप्रभुको आराधना गर्न तिमीहरूको दृष्‍टिमा गलत देखिन्छ भने, तिमीहरूले कसको सेवा गर्ने तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूको वा एमोरीहरूका देवताहरू जसको भूमिमा तिमीहरूले बसोबास गरेका छौ । तर म र मेरो घरानाले चाहिँ परमप्रभुको आराधना गर्छौं ।
JOS 24:16 मानिसहरूले जवाफ दिए र भने, “ अरू देवताहरूको सेवा गर्न हामी परमप्रभुलाई कहिल्यै त्याग्‍ने छैनौँ,
JOS 24:17 किनभने हामीलाई र हाम्रा पुर्खाहरूलाई मिश्र अर्थात् दासत्वको घरबाट ल्याउनुहुने परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्छ, र उहाँले हाम्रो दृष्‍टिमा ठुला-ठुला चिन्हका कामहरू गर्नुभयो, हामी हिँडेका सबै मार्गमा र हामीले पार गरेका सबै जातिमाझ हामीलाई सुरक्षा दिनुभयो ।
JOS 24:18 त्यसपछि त्यो भूमिमा बसोबास गर्ने एमोरीहरूलगायत सबै मानिसलाई हाम्रो सामु धपाउनुभयो । त्यसैले हामी पनि परमप्रभुको सेवा गर्छौं किनकि उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ ।
JOS 24:19 तर यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुको सेवा गर्न सक्‍दैनौ, किनभने उहाँ पवित्र हुनुहुन्छ, उहाँ डाही परमेश्‍वर हुनुहुन्छ; उहाँले तिमीहरूका पाप र अपराधलाई क्षमा गर्नुहुने छैन ।
JOS 24:20 यदि तिमीहरूले परमप्रभुलाई त्याग्यौ र विदेशी देवताहरू पुज्यौ भने उहाँ फर्कनुहुने छ र तिमीहरूलाई हानि गर्नुहुने छ । उहाँले तिमीहरूलाई असल गर्नुभएपछि तिमीहरूलाई नष्‍ट पार्नुहुने छ ।”
JOS 24:21 तर मानिसहरूले यहोशूलाई भने, “होइन, हामी परमप्रभुको आराधना गर्ने छौँ ।
JOS 24:22 त्यसपछि यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुको आराधना गर्ने छौ भनी आफैले चुनेका छौ भनी तिमीहरूको विरुद्धमा तिमीहरू आफै साक्षीहरू हौ । तिनीहरूले भने, “हामी साक्षी छौँ ।”
JOS 24:23 “अहिले तिमीहरूसँग भएका विदेशी देवताहरू फ्याँक, र तिमीहरूका हृदय परमप्रभु इस्राएलतिर फर्काओ ।”
JOS 24:24 मानिसहरूले यहोशूलाई भने, “हामीले परमप्रभु हाम्रा परमेश्‍वको नै आराधना गर्ने छौँ । हामी उहाँको सोर सुन्‍ने छौँ ।
JOS 24:25 यहोशूले त्यस दिन मानिसहरूसँग करार बाँधे । तिनले त्यस दिन आदेशहरू र व्यवस्थाहरू दिए ।
JOS 24:26 यहोशूले यी वचनहरूलाई परमेश्‍वरको व्यवस्थाको पुस्तकमा लेखे । तिनले ठुलो ढुङ्गा लिए र यसलाई परमप्रभुको नजिकको पवित्र वासस्थान नजिकै रुखमुनि खडा गरे ।
JOS 24:27 यहोशूले सबै मानिसलाई भने, “हेर, यो ढुङ्गा तिमीहरूको विरुद्धमा गवाही हुने छ । परमप्रभुले हामीलाई भन्‍नुभएका सबै कुरा यसले सुनेको छ । त्यसैले तिमीहरूले तिमीहरूका परमेश्‍वरलाई त्याग्‍यौ भने, यो तिमीहरूका विरुद्ध गवाही हुने छ ।
JOS 24:28 यहोशूले मानिसहरूलाई हरेकको आ-आफ्ना उत्तराधिकारमा पठाए ।
JOS 24:29 यी सबै कुरा भएपछि नूनका छोरा यहोशू ११० वर्षको उमेरमा मरे ।
JOS 24:30 तिनीहरूले तिनलाई आफ्‍नै अंशको सिमानाभित्र अर्थात् तिम्‍नथ-सेरामा नै गाडे, जुनचाहिँ एफ्राइमको पहाडी देश, गास पर्वत हो ।
JOS 24:31 इस्राएलले यहोशू र तिनीभन्दा पछिसम्म बाँचेका धर्म-गुरुहरूको जीवनकालभरि परमप्रभुको आराधना गरे, जसले परमप्रभुले इस्राएलका निम्ति गर्नुभएका सबै कुराको अनुभव गरेका थिए ।
JOS 24:32 इस्राएलका मानिसहरूले मिश्रबाट ल्याएका योसेफका हड्‍डीहरूलाई तिनीहरूले शकेममा गाडे, त्यो याकूबले शकेमका पिता हमोरका छोराहरूबाट किनेका थिए । तिनले यो एक सय चाँदीका टुक्रामा किने र यो योसेफका सन्तानहरूको उत्तराधिकार बन्यो ।
JOS 24:33 हारूनका छोरा एलाजार पनि मरे । तिनीहरूले तिनलाई गिबा अर्थात् तिनका छोरा पीनहासको सहरमा गाडे, जुन तिनलाई दिइएको थियो । यो एफ्राइमको पहाडी देशमा थियो ।
JDG 1:1 यहोशूको मृत्युपछि, इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर सोधे, “हाम्रा निम्ति कनानीहरूका विरुद्धमा युद्ध लड्‍नलाई तिनीहरूलाई पहिला कसले आक्रमण गर्नुपर्छ ?”
JDG 1:2 परमप्रभुले भन्‍नुभयो, “यहूदाले आक्रमण गर्नेछ । हेर, मैले तिनीहरूलाई यस देशमाथि अधिकार दिएको छु ।”
JDG 1:3 यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनीहरूलाई यसो भने, “हामीलाई दिइएको इलाकामा हामीसँग आओ, यसरी कनानीहरूका विरुद्ध हामीले एकसाथ युद्ध लड्‍न सक्‍छौं । त्‍यसरी नै हामी पनि तिमीहरूलाई दिइएको इलाकामा तिमीहरूसँग जानेछौं ।” यसैले शिमियोनी कुल तिनीहरूसँग गए ।
JDG 1:4 यहूदाका मानिसहरूले आक्रमण गरे, र परमप्रभुले तिनीहरूलाई कनानीहरू र परिज्‍जीहरूमाथि विजय दिनुभयो । तिनीहरूले बेजेकमा तिनीहरूका दश हजार जनालाई मारे ।
JDG 1:5 तिनीहरूले बेजेकमा अदोनी-बेजेकलाई भेट्टाए, र उनको विरुद्ध तिनीहरू लडे, अनि कनानीहरू र परिज्‍जीहरूलाई परास्त गरे ।
JDG 1:6 तर अदोनी-बेजेक भागे, र तिनीहरूले उनलाई लखेटे र समाए, र तिनीहरूले उनका हात र खुट्टाका बुढी औंला काटिदिए ।
JDG 1:7 अदोनी-बेजेकले भने, “हात र खुट्टाका बुढी औंला काटिएका सत्तरी जना राजाले मेरो टेबिलको मुनिबाट आफ्‍नो निम्ति भोजन बाटुल्‍थे । मैले जस्तो गरेको थिएँ, परमेश्‍वरले मलाई त्यस्तै गर्नुभएको छ ।” तिनीहरूले उनलाई यरूशलेममा ल्याए, र उनी त्यहीं मरे ।
JDG 1:8 यहूदाका मानिसहरू यरूशलेम सहरको विरुद्धमा युद्ध गरे र त्यसलाई कब्जामा लिए । तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे र त्यसमा आगो लगाइदिए ।
JDG 1:9 त्यसपछि, यहूदाका मानिसहरू पहाडी देश, नेगेव र पश्‍चिमी पहाडका फेदीहरूमा बसोबास गर्ने कनानीहरूकहाँ युद्ध गर्न गए ।
JDG 1:10 यहूदा हेब्रोनमा बस्‍ने (हेब्रोनको नाउँ पहिला किर्यत-अर्बा थियो) कनानीहरूतर्फ अगाडि बढे, र तिनीहरूले शेशै, अहीमन, र तल्मैलाई परास्त गरे ।
JDG 1:11 त्यहाँबाट यहूदाका मानिसहरू दबीरका बासिन्दाहरूतर्फ अगि बढे (पहिला दबीरको नाउँ किर्यत-सेपेर थियो) ।
JDG 1:12 कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गर्छ र त्यसलाई लिन्‍छ, त्यसको पत्‍नी हुनलाई मेरी छोरी अक्सालाई म दिनेछु ।”
JDG 1:13 कालेबका भाइ कनजका छोरा, ओत्‍निएलले दबीरमाथि कब्जा गरे, यसैले कालेबले आफ्नी छोरी अक्सा तिनकी पत्‍नी हुनलाई दिए ।
JDG 1:14 चाँडै नै अक्सा ओत्‍निएलकहाँ आइन्, र आफ्ना बुबासँग तिनको निम्ति एउटा जमिन मागिदिनलाई बिन्ती गरिन् । तिनी आफ्नो गधाबाट तल झर्दै गर्दा, कालेबले तिनलाई सोधे, “तिम्रो निम्ति म के गर्न सक्‍छु?”
JDG 1:15 तिनले उनलाई भनिन्, “मलाई एउटा आशिष् दिनुहोस् । तपाईंले मलाई नेगेवको भूमि दिनुभएको छ, मलाई पानीका मूलहरू पनि दिनुहोस् ।” यसैले कालेबले तिनलाई माथिल्लो र तल्लो पानीका मूलहरू दिए ।
JDG 1:16 मोशाका ससुराका वंश, केनीहरू खजूरका रूखहरूको सहरबाट आरादको नजिक यहूदाको उजाड-स्‍थानमा त्यहाँका मानिसहरूसँग बस्‍न गए, जुन नेगेवमा पर्छ ।
JDG 1:17 यहूदाका मानिसहरू आफ्ना दाजुभाइ शिमियोनका मानिसहरूसँग गए र तिनीहरूले सपतमा बसोबास गर्ने कनानीहरूलाई आक्रमण गरे र त्यसलाई पूर्ण रूपमा नाश गरे । त्यस सहरको नाउँ होर्मा थियो ।
JDG 1:18 यहूदाका मानिसहरूले गाजा र त्यसको आसपासको क्षेत्र, अश्कलोन र त्यसको आसपासको क्षेत्र, अनि एक्रोन र त्यसको आसपासको क्षेत्र पनि कब्जा गरे ।
JDG 1:19 परमप्रभु यहूदाका मानिसहरूसँग हुनुहुन्थ्यो र तिनीहरूले पहाडी देशमाथि अधिकार गरे, तर तिनीहरूले मैदानका बासिन्दाहरूलाई बाहिर निकाल्न सकेनन्, किनभने तिनीहरूसँग फलामका रथहरू थिए ।
JDG 1:20 कालेबलाई हेब्रोन दिइयो (मोशाले भनेझैं), र तिनले त्यहाँबाट अनाकका तिन जना छोरालाई बाहिर निकाले ।
JDG 1:21 तर बेन्यामीनका मानिसहरूले यरूशलेममा बसोबास गर्ने यबूसीहरूलाई बाहिर निकालेनन् । यसैले यरूशलेममा आजको दिनसम्मै यबूसीहरू बेन्यामीनका मानिसहरूसँग बसोबास गर्दै आएका छन् ।
JDG 1:22 योसेफका घरानाले बेथेललाई आक्रमण गर्नको निम्ति तयारी गरे, र परमप्रभु तिनीहरूसँग हुनुहुन्थ्यो ।
JDG 1:23 तिनीहरूले बेथेलमा जासुसी गर्न मानिसहरू पठाए (त्यो सहरलाई पहिला लूज भनिन्थ्यो) ।
JDG 1:24 ती जासुसहरूले सहरबाट एक जना मानिस बाहिर निस्कँदै गरेको देखे, र तिनीहरूले त्यसलाई भने, “सहरभित्र कसरी प्रवेश गर्ने भनेर कृपया हामीलाई देखाउनुहोस्, र तपाईंप्रति हामी दयालु हुनेछौं ।”
JDG 1:25 उसले तिनीहरूलाई त्यो सहरभित्र जाने बाटो देखायो, र यसैले तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे, तर तिनीहरूले त्यस मानिस र उसका जम्मै परिवारलाई जान दिए ।
JDG 1:26 तब त्यो मानिस हित्तीहरूको देशमा गयो र एउटा सहर निर्माण गर्‍यो अनि त्यसलाई लूज नाउँ दियो, र आजसम्मै त्‍यसको नाउँ हो ।
JDG 1:27 मनश्शेका मानिसहरूले बेथ-शान, तानाक, डोर, यिबलाम, र मगीद्दो र ती सबैका गाउँहरूमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन्, किनभने कनानीहरूले ती ठाउँहरूमा बस्‍ने पक्‍का गरेका थिए ।
JDG 1:28 जब इस्राएल शक्तिशाली भ ए, तिनीहरूले कनानीहरूलाई आफ्नो निम्ति कडा परिश्रमले सेवा गर्न लगाए, तर तिनीहरूलाई कहिल्यै पनि पूर्ण रूपमा बाहिर निकालेनन् ।
JDG 1:29 एफ्राइमले गेजेरमा बसोबास गर्ने कनानीहरूलाई बाहिर निकालेनन्, यसैले कनानीहरू गेजेरमा तिनीहरूका माझमा नै बसोबास गरे ।
JDG 1:30 जबूलूनले कित्रोन वा नहलोलमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन्, र यसैले कनानीहरू तिनीहरूका माझमा नै बसोबास गरे, तर जबूलूनले कनानीहरूलाई कडा परिश्रमसँग तिनीहरूहरूको सेवा गर्न लगाए ।
JDG 1:31 आशेरले अक्‍को, सीदोन, अहलाब, अक्जीब, हेलवा, अपेक, र रहोबमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन् ।
JDG 1:32 यसैकारण आशेरको कुल कनानीहरूसँग (जो त्यस देशमा बसोबास गर्थे) बसोबास गरे, किनभने तिनीहरूले उनीहरूलाई बाहिर निकालेनन् ।
JDG 1:33 नप्‍तालीका कुलले बेथ-शेमेश र बेथ-अनातमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन् । यसैले नप्‍तालीको कुल कनानीहरूका (ती मानिसहरू जो त्यस देशमा बसोबास गर्थे) बिचमा बसोबास गरे । तथापि बेथ-शेमेश र बेथ-अनातका बासिन्दाहरूलाई नप्‍तलीको निम्ति कडा परिश्रम गर्न लगाइयो ।
JDG 1:34 एमोरीहरूले दानका कुललाई पहाडी देशमा बसोबास गर्न बाध्‍ये पारे, र तिनीहरूलाई तल मैदान आउन दिएनन् ।
JDG 1:35 यसैले एमोरीहरू हेरेस पर्वत, अय्यालोन, र शाल्बीममा बसोबास गरे, तर योसेफका घरानाको सैन्य शक्तिले तिनीहरूलाई परास्त गर्‍यो, र तिनीहरूलाई कडा परिश्रमले उनीहरूको सेवा गर्न लगाइयो ।
JDG 1:36 एमोरीहरूको सिमाना अक्रब्बीमको उकालोदेखि पहाडी देश सेलादेखि माथिसम्म पर्थ्यो ।
JDG 2:1 परमप्रभुका दूत गिलगालबाट माथि बोकीममा गए, र भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट ल्याएँ, र तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनी मैले प्रतिज्ञा गरेको देशमा ल्याएँ । मैले भनें, ‘तिमीहरूसँगको मेरो करारलाई म कहिल्यै तोड्नेछैनँ ।
JDG 2:2 यस देशमा बस्‍नेहरूसँग तिमीहरूले कुनै करार गर्नुहुँदैन । तिमीहरूले तिनीहरूका वेदीहरू भत्कानुपर्छ ।’ तर तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ । तिमीहरूले यो के गरेका छौ?
JDG 2:3 यसैले म अब भन्छु, ‘तिमीहरूको अगिबाट म कनानीहरूलाई बाहिर निकाल्नेछैनँ, तर तिनीहरू तिमीहरूका वरिपरिका काँढाहरू हुनेछन्, र तिनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्‍नेछन् ।’”
JDG 2:4 जब परमप्रभुका दूतले यी वचन इस्राएलका सबै मानिसलाई भने, तब मानिसहरू चिच्‍चाए र रोए ।
JDG 2:5 तिनीहरूले त्यस ठाउँलाई बोकीम नाउँ दिए । त्यहाँ तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढाए ।
JDG 2:6 अब यहोशूले मानिसहरूलाई आ-आफ्नो बाटोमा पठाएका थिए, इस्राएलका मानिसहरू आ-आफ्नो जमिनमाथि अधिकार गर्न ती ठाउँहरूमा गए ।
JDG 2:7 यहोशू र तिनीपछि पनि बाँचेका धर्म-गुरुहरू जसले परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका सबै महान् कामलाई देखेका थिए, तिनीहरूले आफ्‍नो जीवनकालभरि नै परमप्रभुको सेवा गरे ।
JDG 2:8 परमप्रभुका सेवक नूनका छोरा यहोशूको ११० वर्षको उमेरमा मृत्‍यु भयो ।
JDG 2:9 तिनीहरूले उनलाई गाश पर्वतको उत्तरपट्टि, एफ्राइमको पहाडी देश, तिम्नथ-हेरेसमा उनको अधिकारमा दिइएको जमिनको सिमानाभित्र गाडे ।
JDG 2:10 त्यस पुस्ताका सबै जना आफ्‍ना पुर्खाहरूसँगै मिले । तिनीहरू पछि परमप्रभु र उहाँले इस्राएलको निम्ति गर्नुभएका कामको बारेमा जानकारी नभएका अर्को पुस्ता खडा भयो ।
JDG 2:11 इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे कुरा दुष्‍ट थियो त्यही गरे र तिनीहरूले बाल देवताको सेवा गरे ।
JDG 2:12 तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्याउनुहुने तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरसँग तिनीहरूले सम्बन्ध तोडे । तिनीहरूले अन्य देवताहरू, तिनीहरूका वरिपरि भएका मानिसहरूका देवताहरूलाई पछ्याए, र तिनीहरूलाई उनीहरूलाई ढोगे । तिनीहरूले परमप्रभुलाई क्रोधित बनाए किनभने,
JDG 2:13 तिनीहरू परमप्रभुबाट टाढा भए, र बाल तथा अश्तोरेत देवताको पुजा गरे ।
JDG 2:14 परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो, र उहाँले तिनीहरूलाई तिनीहरूका धन-सम्पत्ति लुट्ने लुटेराहरूकहाँ सुम्पनुभयो । उहाँले तिनीहरूलाई दासहरूझैं बेचिदिनुभयो र तिनीहरू वरिपरिबाट शत्रुहरूले घेरिए, यसरी तिनीहरूले आफ्ना शत्रुहरूबाट आफैलाई बचाउन सकेनन् ।
JDG 2:15 जहाँ-जहाँ इस्राएल युद्धको निम्ति गए, परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिनीहरूलाई परास्त गर्नको निम्ति उहाँको हात तिनीहरूको विरुद्ध थियो, र तिनीहरू अत्‍यन्‍तै सकसमा परे ।
JDG 2:16 त्‍यसपछि परमप्रभुले न्यायकर्ताहरू खडा गर्नुभयो, जसले तिनीहरूका धन-सम्पत्ति लुट्नेहरूका हातबाट तिनीहरूलाई बचाए ।
JDG 2:17 तापनि तिनीहरूले आफ्ना न्यायकर्ताहरूका कुरा सुनेनन् । तिनीहरू परमप्रभुप्रति विश्‍वासहीन भए र आफूलाई वेश्याहरूझैं अन्य देवताहरूकहाँ सुम्पे र तिनीहरूको पुजा गरे । परमप्रभुका आज्ञाहरू पालन गर्ने तिनीहरूका पुर्खाहरूले जिएका मार्गबाट तिनीहरू चाँडै नै तर्केर गए र आफ्ना पुर्खाहरूले झैं तिनीहरूले गरेनन् ।
JDG 2:18 जब परमप्रभुले तिनीहरूका निम्ति न्यायकर्ताहरू खडा गर्नुभयो, ती न्यायकर्ताहरू बाँचुन्जेल परमप्रभुले तिनीहरूलाई सहायता गर्नुभयो र तिनीहरूका शत्रुहरूका हातबाट तिनीहरूलाई बचाउनुभयो । तिनीहरूलाई अत्‍याचार गर्ने र कष्‍ट दिनेहरूका कारणले तिनीहरूले चित्कार गर्दा परमप्रभुले तिनीहरूमाथि दया देखाउनुभयो ।
JDG 2:19 तर न्यायकर्ता मरेपछि, तिनीहरू खराब बाटोतर्फ लाग्थे र तिनीहरूका पुर्खाहरूले गरेकाभन्दा पनि भ्रष्‍ट कामहरू गर्थे । तिनीहरू अन्य देवताहरूको सेवा गर्न र तिनीहरूको पुजा गर्न तिनीहरूको पछि लाग्थे । तिनीहरूले आफ्ना कुनै पनि दुष्‍ट काम वा तिनीहरूका हठी चालहरूलाई त्याग्‍न इन्कार गरे ।
JDG 2:20 परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो । उहाँले भन्‍नुभयो, “यस जातिले मैले तिनीहरूका पुर्खालाई दिएको मेरा करारका शर्तहरूलाई तोडेका हुनाले र तिनीहरूले मेरा आज्ञा पालन नगरेका हुनाले,
JDG 2:21 यहोशू मृत्‍यु हुँदा, त्यसले बाँकी छोडेका सबै जातिलाई म अबदेखि उसो तिनीहरूका सामुबाट धपाउनेछैनँ ।
JDG 2:22 इस्राएलका मानिसहरू आफ्‍ना पुर्खाहरूले झै परमप्रभुको मार्गलाई पछ्याएर ती मार्गमा हिंड्नेछन् या छैनन् भनेर जाँच्नको निम्ति म यसो गर्नेछु ।”
JDG 2:23 यसकारण परमप्रभुले ती जातिहरूलाई छोडिदिनुभयो र तिनीहरूलाई तुरुन्तै धपाउनुभएन र यहोशूको हातमा सुम्पनुभएन ।
JDG 3:1 यति बेला इस्राएलको अर्थात् कनानमा लडिएका कुनै पनि युद्धको अनुभव नभएका इस्राएलका हरेक व्‍यक्‍तिको जाँच गर्नलाई परमप्रभुले यी जातिहरूलाई छोडिदिनुभयो ।
JDG 3:2 (युद्धको विषयमा पहिले जानकरी नभएका इस्राएलीहरूका नयाँ पुस्तालाई त्यसबारे सिकाउन उहाँले यसो गर्नुभयो ।)
JDG 3:3 ती जातिहरू यी नै हुन्: पलिश्तीहरूका पाँच राजाहरू, सबै कनानीहरू, सीदोनीहरू, र लेबनानका पर्वतहरूमा बाल-हर्मोनदेखि हमात-पाससम्म बस्‍ने हिव्वीहरू ।
JDG 3:4 इस्राएलको जाँच गर्न, अनि परमप्रभुले मोशाद्वारा तिनीहरूका पुर्खाहरूलाई दिनुभएका आज्ञाहरू तिनीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर निश्‍चित रूपमा थाहा पाउनलाई यी जातिहरूलाई छोडिएको थियो ।
JDG 3:5 यसैले इस्राएलका मानिसहरू कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्‍जीहरू, हिव्वीहरू, र यबूसीहरूसँगै बसोबास गरे ।
JDG 3:6 तिनीहरूका छोरीहरूलाई उनीहरूले आफ्ना पत्‍नीहरू बनाएर ल्याए, र उनीहरूका आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए र तिनीहरूका उनीहरूका देवताहरूका सेवा गरे ।
JDG 3:7 परमप्रभुको नजरमा जे कुरा दुष्‍ट थियो, इस्राएलका मानिसहरूले त्यही गरे र परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से । तिनीहरूले बाल देवताहरू र अशेरा देवीहरूका पुजा गरे ।
JDG 3:8 यसकारण इस्राएलको विरुद्ध परमप्रभुको क्रोध आगोझैं दन्कियो, र उहाँले तिनीहरूलाई अराम नाहारैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो । इस्राएलका मानिसहरूले आठ वर्षसम्‍म कूशन-रिशातैमको सेवा गरे ।
JDG 3:9 जब इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारे, इस्राएलका मानिसहरूलाई सहायता गर्ने र तिनीहरूलाई बचाउने कोही एक जनालाई परमप्रभुले खडा गर्नुभयोः उनी कनाजका छोरा ओत्‍निएल (कालेबका भाइ) थिए ।
JDG 3:10 परमप्रभुको आत्माले उनलाई शक्ति दिनुभयो, र उनले इस्राएलको न्याय गरे र उनी युद्धमा गए । परमप्रभुले उनलाई अरामका राजा कूशन-रिशातैममाथि विजय दिनुभयो । ओत्‍निएलका हातले नै कूशन-रिशातैमलाई परास्त गरे ।
JDG 3:11 देशमा चालिस वर्षसम्म शान्ति भयो । त्यसपछि कनजका छोरा ओत्‍निएलको मृत्यु भयो ।
JDG 3:12 त्यसपछि, इस्राएलीहरूले परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो, फेरि त्यही गरे, र परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलीहरूमाथि अधिकार गर्न दिनुभयो ।
JDG 3:13 एग्लोन अम्मोनीहरू र अमालेकीहरूसँग मिले र तिनीहरू गए र इस्राएललाई हराए, अनि खजूरका रूखहरूको सहरमाथि अधिकार गरे ।
JDG 3:14 इस्राएलका मानिसहरूले अठार वर्षसम्‍म मोआबका राजा एग्लोनको सेवा गरे ।
JDG 3:15 जब इस्राएलका मानिसहरूले परमप्रभुको पुकारा गरे, तिनीहरूलाई सहायता गर्नलाई परमप्रभुले कोही एक जना बेन्यामिनी गेराका छोरा देब्रे हात चलाउने मानिस एहूदलाई खडा गर्नुभयो । इस्राएलका मानिसहरूले उनको साथमा मोआबका राजा एग्लोनकहाँ कर पठाए ।
JDG 3:16 एहूदले आफ्नो निम्ति एक हात लामो दुई धारे तरवार बनाए । त्‍यो तिनले आफ्नो दाहिने जाँघमा आफ्‍नो लुगाभित्र बाँधे ।
JDG 3:17 तिनले मोआबका राजा एग्लोनलाई त्यो कर तिरे । (एग्लोन धेरै मोटो मानिस थिए ।)
JDG 3:18 एहूदले कर तिरिसकेपछि, ती ल्याउनेहरूसँगै उनी फर्के ।
JDG 3:19 गिलगालको नजिक कुँदेर बनाएका मुर्तिहरूको ठाउँमा जसै एहूद पुगे, उनी फर्के र फिर्ता गए, र भने, “मेरा राजा, तपाईंको निम्ति मसँग एउटा गुप्‍त सन्देश छ ।” एग्लोनले भने, “शान्त होओ!” यसैले उनको सेवा गर्ने सबैले त्यो कोठा छोडेर बाहिर गए ।
JDG 3:20 एहूद तिनीकहाँ आए । राजाचाहिं माथिल्लो शीतल कक्षमा एक्लै बसिरहेका थिए । एहूदले भने, “मसँग तपाईंको निम्ति परमेश्‍वरको एउटा सन्देश छ ।” राजा आफ्नो ठाउँबाट उठे ।
JDG 3:21 एहूदले आफ्नो देब्रे हातले आफ्‍नो दाहिने जाँघबाट तरवार झिके, र त्‍यो तिनले राजाको शरीरमा रोपिदिए ।
JDG 3:22 त्यो तरवार बींडसितै छिर्‍यो । उनको पछिल्तिरबाट त्यो तरवारको टुप्पो निस्कियो र बोसोले त्यसलाई ढाक्यो, अनि एहूदले उनको पेटबाट त्यो तरवार झिकेनन् ।
JDG 3:23 त्यसपछि एहूद कौसीमा निस्के र माथिल्लो कक्षका आफू पछाडिका ढोकाहरू थुनिदिए र ताल्चा लगाइदिए ।
JDG 3:24 एहूद गइसकेपछि, राजाका सेवकहरू आए । तिनीहरूले माथिल्लो कक्षका ढोकाहरूमा ताल्चा लागेको देखे । यसैले तिनीहरूले विचार गरे, “पक्‍कै पनि उहाँ माथिल्लो शीतल कक्षमा दिसा गरिरहनुभएको होला ।”
JDG 3:25 राजाले माथिल्लो कक्षका ढोकाहरू नखोलेपछि, आफ्नो जिम्मेवारी पुरा नगरेकोझैं तिनीहरूलाई महसुस भएको हुनाले तिनीहरूलाई चिन्ता भयो । यसैले तिनीहरूले साँचो लिए र ढोकाहरू खोले, र आफ्ना मालिकलाई भुइँमा मृत अवस्थामा ढलेको देखे ।
JDG 3:26 अब के गर्ने भनेर सेवकहरू कुरिरहेका बेला, एहूद भागेर कुँदेर बनाइएका मुर्तिहरू भएका ठाउँभन्दा पर पुगे, र उनी सीरामा भागे ।
JDG 3:27 जब उनी आइपुगे, उनले एफ्राइमको पहाडी देशमा तुरही फुके । त्यसपछि इस्राएलका मानिसहरू उनीसँगै पहाडहरूबाट तल ओर्ले, र उनले तिनीहरूलाई नेतृत्व गरे ।
JDG 3:28 उनले तिनीहरूलाई भने, “मेरो पछि लाग, किनकि परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई परास्त गर्न लाग्‍नुभएको छ ।” तिनीहरू उनको पछि लागे र तिनीहरूले मोआबीहरूबाट यर्दनका जँघारहरू लिए, र तिनीहरूले कसैलाई पनि त्यो नदी तर्न दिएनन् ।
JDG 3:29 त्यस बेला तिनीहरूले मोआबका दश हजार मानिसहरूलाई मरे, र तिनीहरू सबै बलिया र सक्षम मानिसहरू थिए । एउटा पनि उम्केन ।
JDG 3:30 यसैले त्यस दिन मोआब इस्राएलको शासनको अधीनमा आयो, र देशमा असी वर्षसम्म शान्ति भयो ।
JDG 3:31 एहूदपछि अनातका छोरा शमगर अर्का न्यायकर्ता भए जसले पाल्तु पशु धपाउने लौरोले पलिश्तीहरूका छ सय मानिसहरूलाई मरे । उनले इस्राएललाई खतराबाट पनि छुट्कारा दिए ।
JDG 4:1 एहूद मरेपछि, परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो, इस्राएलका मानिसहरूले फेरि त्यही गरे ।
JDG 4:2 परमप्रभुले तिनीहरूलाई कनानका राजा याबीनको हातमा बेचिदिनुभयो जसले हासोरमा राज्‍य गर्थे । तिनको सेनाका कमाण्‍डरको नाउँ सीसरा थियो, र उनी हरोशेत हग्गोयिममा बस्थे ।
JDG 4:3 इस्राएलका मानिसहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे, किनभने सीसरासँग नौ सय फलामका रथहरू थिए र तिनले इस्राएलका मानिसलाई बिस वर्षसम्म बलपुर्वक अत्‍याचार गरे ।
JDG 4:4 त्यस समय इस्राएलमा एक अगमवादिनी, दबोरा (लप्पीदोतकी पत्‍नी) नेतृत्‍व गर्ने न्यायकर्ताको थिइन् ।
JDG 4:5 तिनी एफ्राइमको पहाडी देशमा रामा र बेथेलको बिचमा दबोराको खजुरको रूखमुनि बस्‍ने गर्थिन्, र इस्राएलका मानिसहरू आफ्ना विवादहरू मिलाउन तिनीकहाँ आउँथे ।
JDG 4:6 तिनले नाप्‍तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइन् र तिनलाई भनिन्, “परमप्रभु, इस्राएलका परमेश्‍वरले तिमीलाई यस्तो आज्ञा गर्नुहुन्छ, ‘तबोर डाँडामा जाऊ, र नाप्‍ताली र जबूलूनबाट तिमीसँग दश हजार मानिसहरू ल्‍याऊ ।
JDG 4:7 याबीनका सेनाका कमाण्‍डर सीसरालाई त्यसका रथहरू र त्यसका सेनाका साथमा कीशोन खोलामा तिमीसित भेट्नलाई म ल्याउनेछु, र तिमीलाई म त्यसमाथि विजयी बनाउनेछु ।’”
JDG 4:8 बाराकले तिनलाई भने, “तपाईं मसँग जानुभयो भने म जान्छु, तर तपाईं मसँग जानुभएन भने म जान्‍नँ ।”
JDG 4:9 तिनले भनिन्, “निश्‍चित रूपमा म तिमीसँग जानेछु । तर जुन बाटो तिमी जाँदैछौ त्यसले तिमीलाई सम्मान दिनेछैन, किनकि परमप्रभुले सीसरालाई एउटी स्‍त्रीको हातमा बेचिदिनुहुनेछ ।” त्यसपछि दबोरा खडा भइन् र बाराकसँग केदेशमा गइन् ।
JDG 4:10 बाराकले जबूलून र नाप्‍तालीका मानिसहरूलाई उनीसँगै केदेशमा जानको निम्ति बोलाए । दश हजार जना मानिसहरू तिनको पछि आए र दबोरा पनि तिनीसँगै गइन् ।
JDG 4:11 यति बेला केनीहरू, अर्थात् होबाबका (मोशाका ससुराका) सन्‍तानबाट हेबेरले (केनीले) आफूलाई अलग्‍यएका, र आफ्नो पाललाई केदेश नजिकैको सानान्‍नीममा फलाँटको रूखको छेउमा टाँगेका थिए ।
JDG 4:12 अबीनोअमका छोरा बाराक तबोर डाँडामा गएका थिए भन्‍ने कुरा जब तिनीहरूले सीसरालाई भने,
JDG 4:13 तब सीसराले आफ्ना सबै रथहरू, नौ सय फलामका रथहरू, र हरोशेत हग्गोयिमदेखि कीशोन खोलासम्म आफूसँग भएका सबै सेनालाई बोलाए ।
JDG 4:14 दबोराले बाराकलाई भनिन्, “जाऊ! किनकि परमप्रभुले तिमीलाई सीसरामाथि विजय दिनुभएको दिन आजै हो । के परमप्रभुले तिमीलाई अगुवाइ गर्नुभएको छैन र?” यसैले आफ्नो पछि लागेका दश हजार मानिसलाई साथमा लिएर बाराक तबोर डाँडाबाट तल गए ।
JDG 4:15 सीसरा र उनका सबै रथहरू र उनका सबै सेनालाई तरवारको धारले परमप्रभुले अलमल पारिदिनुभयो । अनि सीसरा आफ्नो रथबाट तल झरे र पैदल नै भागे ।
JDG 4:16 तर बाराकले रथहरू र सेनालाई हरोशेत हग्गोयिमसम्म लखेटे, र सीसराका सम्‍पुर्ण सेना तरवारको धारले मारिए, र एक जना मानिस पनि बाँचेन ।
JDG 4:17 तर सीसरा केनी हेबेरकी पत्‍नी याएलको पालमा भागेर गए, किनकि हासोरका राजा याबीन र केनी हेबेरको परिवारका बिचमा मिलाप थियो ।
JDG 4:18 याएल सीसरालाई भेट्न बाहिर गइन् र भनिन्, “मेरा मालिक यता फर्कनुहोस् र नडराउनुहोस् ।” यसैले उनी तिनीतिर फर्के र तिनको पालभित्र पसे, र तिनले उनलाई एउटा कम्बल ओढाइदिइन् ।
JDG 4:19 उनले तिनलाई भने, “मलाई अलिकता पानी पिउन देऊ, किनकि मलाई तिर्खा लागेको छ ।” तिनले दूध हालिएको मशक खोलिन् र तिनलाई पिउन दिइन्, र तिनले उनलाई फेरि ओढाइदिइन् ।
JDG 4:20 उनले तिनलाई भने, “पालको ढोकामा खडा बस । कोही आएर यहाँ कोही छ भनी तिमीलाई सोध्यो भने, ‘छैन’ भन्‍नू ।”
JDG 4:21 त्यसपछि याएल (हेबेरकी पत्‍नी) पालको एउटा कीला र मुङ्ग्रो आफ्‍नो हातमा लिइन् र विस्तारै उनको नजिक गइन्, किनकि उनी मस्त निद्रामा थिए र उनको कन्चटबाट त्यो पालको कीलालाई भुइँमा नछेडिंदासम्म तिनले ठोकिदिइन् र उनी मरे ।
JDG 4:22 बाराकले सीसरालाई खोज्दै गर्दा, याएल उनलाई भेट्न बाहिर गइन् र तिनलाई भनिन्, “आउनुहोस्, तपाईंले खोजिरहनुभएको मानिस म तपाईंलाई देखाउनेछु ।” यसैले उनी तिनीसँग भित्र गए, र सीसराको कन्चटमा पालको कीला गाडिएर ऊ त्‍यहाँ मरेर ढलेको थियो ।
JDG 4:23 यसरी त्यस दिन परमेश्‍वरले कनानका राजा याबीनलाई इस्राएलका मानिसहरूका सामु परास्त गर्नुभयो ।
JDG 4:24 इस्राएलका मानिसहरूले कनानका राजा याबीनलाई नष्‍ट नगरेसम्म उनको विरुद्ध तिनीहरूको सामर्थ बढ्दै गयो ।
JDG 5:1 त्यो दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए:
JDG 5:2 “जब अगुवाहरूले इस्राएललाई नेतृत्व गर्छन्, जब मानिसहरू युद्धको निम्ति स्‍वइच्‍छाले राजी हुन्छन्, तब हामी परमप्रभुको प्रशंसा गर्छौं!
JDG 5:3 ए राजाहरू, सुन! ए अगुवाहरू ध्यान देओ! म परमप्रभुको निम्ति गाउनेछु । म इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा गाउनेछु ।
JDG 5:4 हे परमप्रभु, जब तपाईं सेइरबाट बाहिर निस्कनुभयो, जब तपाईं एदोमबाट हिंड्नुभयो, तब पृथ्वी काँप्‍यो, र आकाश पनि थरथर डरायो । अनि बादलहरूले पानी झारे ।
JDG 5:5 परमप्रभुको मुहारको सामु पहाडहरू थरथर डराए । इस्राएलका परमप्रभु परमेश्‍वरको मुहारको सामु सिनै पर्वत पनि थरथर काँप्‍यो ।
JDG 5:6 शमगर (अनातका छोरा) को समयमा, याएलको समयमा, मुल बाटोहरू त्यागिएका थिए, अनि पदयात्रीहरूले घुमाउरा बाटोहरू मात्र प्रयोग गरे ।
JDG 5:7 म, दबोरा, इस्राएलकी आमाको रूपमा खडा नभएसम्म, इस्राएलका गाउँहरूमा थोरै मानिसहरू मात्र थिए!
JDG 5:8 जब तिनीहरूले नयाँ देवताहरू चुने, तब त्‍यहाँ सहरका मुल ढोकाहरूमा युद्ध हुन्‍थ्‍यो र पनि त्यहाँ इस्राएलमा भएका चालिस हजार जनासँग कुनै ढाल वा भालाहरू देखिएन ।
JDG 5:9 मेरो हृदय इस्राएलका कमाण्‍डरहरू र स्‍वइच्‍छाले सेवा गर्ने मानिसहरूप्रति छ । तिनीहरूका निम्ति हामी परमप्रभुको प्रशंसा गर्छौं!
JDG 5:10 ए सेता गधाहरूमा बसेर सवार हुनेहरू, पिठ्युँका राडीहरूमा बस्‍नेहरू र सडकमा हिंड्नेहरू हो, यसको बारेमा विचार गर ।
JDG 5:11 पँधेराहरूमा गीत गाउनेहरूका सोर सुन । त्यहाँ तिनीहरू फेरि पनि परमप्रभुका धार्मिक कामहरू, र इस्राएलमा उहाँका योद्धाहरूका धार्मिक कामहरूका बारेमा बताउँछन् । अनि परमप्रभुका मानिसहरू सहरका प्रवेशद्वारहरूतिर लागे ।
JDG 5:12 उठ, उठ दबोरा! उठ, उठ, एउटा गीत गाऊ! ए बाराक, ए अबीनोअमका छोरा, उठ, र आफ्ना कैदीहरूलाई समाऊ ।
JDG 5:13 तब बाँचेकाहरू कुलिनहरूकहाँ आए । परमप्रभुका मानिसहरू योद्धाहरूसँग मकहाँ तल आए ।
JDG 5:14 तिनीहरू एफ्राइमबाट आए, जसको जग अमालेकमा छ । बेन्यामीनका मानिसहरू तिमीहरूका पछि आए । माकीरबाट कमाण्‍डरहरू, र जबूलूनबाट अधिकारीका लौरो लिनेहरू तल आए ।
JDG 5:15 इस्साखारका मेरा राजकुमारहरू दबोरासित थिए । र इस्साखार बाराकसित थिए उनको पछि-पछि उनको कमाण्‍डमा तिनीहरू बेसीमा गए । रूबेनका कुलहरूका माझमा हृदय खोज्ने काम धेरै भयो ।
JDG 5:16 गोठालाहरूले आफ्ना बगालको निम्ति बाँसुरी बजाएको सुन्दै, तिमीहरू किन आगोका वरिपरि बस्यौ? रूबेनका कुलहरूका बारेमा हृदय खोज्ने काम धेरै भयो ।
JDG 5:17 गिलाद यर्दनको पारिपट्टि नै बस्‍यो । अनि दान, ऊ जहाजहरूमा किन घुमिरह्‍यो? आशेर समुद्र किनारमा नै रह्‍यो र आफ्‍ना बन्दरगाहहरूको नजिक बस्‍यो ।
JDG 5:18 जबूलून यस्तो कुल थियो जसले मृत्युको सामु आफ्नो प्राण जोखिममा पार्थ्यो, र नप्‍तालीले पनि युद्धको मैदानमा त्‍यसै गर्‍यो ।
JDG 5:19 राजाहरू आए, तिनीहरू युद्ध लडे । कनानका राजाहरू मगिद्दोका खोलाहारू नजिक तानाकमा युद्ध लडे । तर तिनीहरूले लुटको रूपमा कुनै चाँदी लगेनन् ।
JDG 5:20 आकाशबाट ताराहरू युद्ध लडे, आकाशमा तिनीहरूका मार्गहरूबाट तिनीहरू सीसराको विरुद्धमा युद्ध लडे ।
JDG 5:21 कीशोन खोलाले तिनीहरूलाई बगायो, त्यो पुरानो खोला, कीशोन खोला । ए मेरो प्राण, निरन्‍तर हिंड, शाहसी हो!
JDG 5:22 तब घोडाहरूका टापहरूका आवाज, त्‍यसका शक्तिशालीहरू कुदेको आवाज आयो ।
JDG 5:23 परमप्रभुका दूतले भन्‍छन्, ‘मेरोजलाई सराप!’ ‘त्यसमा बसोबास गर्नेहरूलाई निश्‍चय नै सराप! किनभने शक्तिशाली योद्धाहरूसँगको युद्धमा, तिनीहरू परमप्रभुलाई सहायता गर्न आएनन् ।’
JDG 5:24 सबै स्‍त्रीहरूमा याएल धेरै आशिषित छिन्, याएल (केनी हेबेरकी पत्‍नी), पालहरूमा बस्‍ने सबै स्‍त्रीहरूमा तिनी धेरै आशिषित छिन् ।
JDG 5:25 त्यो मानिसले तिनीसँग पानी माग्यो, र तिनले उसलाई दूध दिईन् । तिनले त्यसको निम्ति राजकुमारहरूलाई सुहाउँदो मक्खन राखिएको भोजन ल्याइन् ।
JDG 5:26 तिनले आफ्नो हात पालको कीलामा राखिन्, र आफ्नो दाहिने हात मुङ्ग्रोमा राखिन् । त्यही मुङ्ग्रोले तिनले सीसरालाई हिर्काइन्, तिनले त्यसको शिर कुच्‍याइन् । त्यसको कन्चटलाई छेडेर तिनले त्यसको खप्परलाई टुक्रा-टुक्रा पारिन् ।
JDG 5:27 तिनका पाउनेर त्यो मर्‍यो, त्यो त्यहीं ढल्यो, र त्यहीं ढलिरह्‍यो । तिनका पाउका बिचमा त्यो ढल्यो । जहाँ त्यो ढल्यो, त्यहीं क्रुरतासित मारियो ।
JDG 5:28 सीसराकी आमाले झ्यालबाट हेरिन् र पीडामा चिच्याएर तिनले भनिन्, ‘उसको रथ आउनलाई किन यति ढिलो भयो? उसका रथहरू तान्‍ने घोडाहरूका खुट्टा बजेको आवाज किन आएन?’
JDG 5:29 तिनका राजकुमारीमध्‍ये सबैभन्दा बुद्धिमान्ले जवाफ दिइन्, र तिनले आफैंलाई उही जवाफ दिइन् ।
JDG 5:30 ‘के तिनीहरूले लुटका सामान पाएर आपसमा बाँडेका छैनन् र? हरेक मानिसको निम्ति एउटा कोख, वा दुईवटा कोख । सीसराको निम्ति रङ्‍गाइएका कपडाहरू, र बुट्टा भएका रङ्‍गाइएका कपडाहरूका लुटहरू, लुटेराहरूका निम्ति दुईवटा बुट्टा भएका रङ्‍गाइएका कपडाहरू?’
JDG 5:31 यसैले, हे परमप्रभु, तपाईंका सबै शत्रुहरू नाश होऊन्! तर तपाईंका मित्रहरू आफ्नो शक्तिमा उदाएको सुर्यझैं होऊन् ।” त्‍यसपछि देशमा चालिस वर्षसम्‍म शान्ति भयो ।
JDG 6:1 परमप्रभुको दृष्‍टिमा जे खराब थियो इस्राएलीहरूले त्यही गरे, र उहाँले तिनीहरूलाई सात वर्षसम्‍म मिद्यानीका हातमा सुम्पिदिनुभयो ।
JDG 6:2 मिद्दानीको शक्तिले इस्राएललाई अत्‍याचार गर्‍यो । मिद्दानीका कारणले इस्राएलका मानिसहरूले पहाडका ओडारहरू, गुफाहरू, र किल्‍लाहरू बस्‍न लागे ।
JDG 6:3 यस्‍तो भयो, जति बेला इस्राएलीहरूले आफ्‍ना बालीहरू लगाउँथे, त्‍यति बेला मिद्दानीहरू र अमालेकीहरू र पूर्वका मानिसहरूले इस्राएलीहरूलाई आक्रमण गर्थे ।
JDG 6:4 तिनीहरूले देशमा आफ्ना सेना तयार गर्थे, र गाजासम्मै सबै बालीहरू नष्‍ट गर्थे । तिनीहरूले इस्राएलमा भोजन, भेडाहरू, गाइवस्तु वा गधाहरू केही पनि छोड्दैनथे ।
JDG 6:5 तिनीहरूले आफ्‍ना पाल्तु वस्तुहरू र पालहरू लिएर आउँदा, तिनीहरू सलहहरूका हुलझैं हुन्‍थे, र तिनीहरूका मानिसहरू र ऊँटहरू गन्‍न असम्भव हुन्थ्यो । त्यस देशलाई नष्‍ट गर्नको निम्ति तिनीहरूले आक्रमण गर्थे ।
JDG 6:6 मिद्दानीहरूले इस्राएलीहरूलाई यति धेरै कमजोर बनाए, जसको कारणले इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारे ।
JDG 6:7 जब मिद्दानीहरूका कारणले इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारा गरे,
JDG 6:8 तब परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति एक जना अगमवक्ता पठाउनुभयो । ती अगमवक्ताले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः ‘मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएँ । मैले तिमीहरूलाई दासत्वको घरबाट बाहिर निकालेर ल्याएँ ।
JDG 6:9 मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूलाई अत्‍याचार गरिरहेका सबै जनाका हातबाट बचाएँ । तिनीहरूलाई मैले तिमीहरूका सामुबाट लखेटें, र तिमीहरूलाई मैले तिनीहरूका देश दिएँ ।
JDG 6:10 मैले तिमीहरूलाई भनें, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । मैले तिमीहरूलाई एमोरीहरूका देवहरूलाई नपुज भनेर आज्ञा दिएँ, जसको देशमा तिमीहरू बसोबास गरिरहेका छौ ।” तर तिमीहरूले मेरो आज्ञा पालना गरेका छैनौ ।’”
JDG 6:11 यति बेला परमप्रभुका दूत आए र अबीएजेरी योआशको, ओप्रा भन्‍ने ठाउँको फलाँटको रूखमुनि बसे, जति बेला मिद्दानीहरूबाट लुकाउनलाई योआशका छोरा गिदोनचाहिं दाखको कोल भइँमा गहूँ चुटेर छुट्याउँदै थिए ।
JDG 6:12 परमप्रभुका दूत तिनीकहाँ देखा परे र तिनलाई भने, “तँ बलवान् योद्धा होस्, परमप्रभु तँसँग हुनुहुन्छ!”
JDG 6:13 गिदोनले तिनलाई भने, “ओहो, मेरा मालिक, परमप्रभु हामीसँग हुनुहुन्छ भने, किन हामीलाई यी सबै कुरा हुन आएका हुन्? उहाँका सबै आश्‍चर्यपूर्ण कामहरू कहाँ छन् जसका बारेमा हाम्रा पुर्खाहरूले हामीलाई यसो भनेका थिए, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट बाहिर निकाल्नुभएन र?’ तर अहिले परमप्रभुले हामीलाई त्याग्‍नुभएको र हामीलाई मिद्दानीका हातमा दिनुभएको छ ।”
JDG 6:14 परमप्रभुले तिनलाई हेर्नुभयो र यसो भन्‍नुभयो, “तँसँग भएको बलमा तँ जा । इस्राएललाई मिद्दानीको हातबाट छुटा । के मैले तँलाई पठाएको होइन र?”
JDG 6:15 गिदोनले उहाँलाई भने, “कृपया, परमप्रभु, म कसरी इस्राएललाई छुटाउन सक्छु र? हेर्नुहोस्, मेरो परिवार मनश्‍शेमा सबैभन्दा कमजोर छ, र मेरो पिताको घरानामा म सबैभन्दा कम महत्त्वको छु ।”
JDG 6:16 परमप्रभुले तिनलाई भन्‍नुभयो, “म तँसँग हुनेछु, र तैंले सम्‍पूर्ण मिद्दानी सेनालाई एक जना मानिसलाई झैं गरी परास्त गर्नेछस् ।”
JDG 6:17 गिदोनले उहाँलाई भने, “तपाईं मसँग खुशी हुनुहुन्छ भने, मसँग बोल्ने तपाईं नै हुनुहुन्छ भनेर तपाईंले मलाई एउटा चिन्ह दिनुहोस् ।
JDG 6:18 म तपाईंकहाँ आउन र तपाईंलाई मेरो उपहार ल्‍याएर तपाईंको सामु नराखेसम्म, कृपया यहाँबाट नजानुहोस् ।” परमप्रभुले भन्‍नुभयो, “तँ नफर्केसम्म म पर्खनेछु ।”
JDG 6:19 गिदोन गए र एउटा पाठो तयार गरे र पाँच पाथी पिठोबाट अखमिरी रोटी बनाए । उनले मासुलाई एउटा टोकरीमा राखे, र झोलचाहिं एउटा भाँडोमा राखे, अनि ती फलाँटको रूखमुनि उहाँकहाँ ल्‍याए र ती टक्र्याए ।
JDG 6:20 तब परमप्रभुका दूतले तिनलाई भने, “मासु र अखमिरी रोटी उठा र ती यस चट्टानमाथि राख्, र तीमाथि त्यो झोल खन्‍याइदे ।” गिदोनले त्यसै गरे ।
JDG 6:21 तब परमप्रभुका दूतले आफ्नो हातको लौरोको टुप्पोले त्यो छोए । त्‍यसले उहाँले मासु र अखमिरी रोटीलाई छुनुभयो । त्‍यो चट्टानबाट एउटा आगो निस्कियो, र मासु र अखमिरी रोटीलाई भस्म गर्‍यो । तब परमप्रभुका दूत गइहाले र गिदोनले उनलाई फेरि देखेनन् ।
JDG 6:22 तिनी परमप्रभुका दूत रहेछन् भनेर गिदोनले बुझे । गिदोनले भने, “हे परमप्रभु परमेश्‍वर! किनकि मैले परमप्रभुका दूतलाई आमने-सामने देखें!”
JDG 6:23 परमप्रभुले तिनलाई भन्‍नुभयो, “तँलाई शान्ति होस्! नडरा, तँ मर्नेछैनस् ।”
JDG 6:24 यसैले गिदोनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए । तिनले त्यसको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” भने । आजको दिनसम्म त्यो अबीएजेरी वंशको ओप्रामा छ ।
JDG 6:25 त्यस रात परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो बुबाको एउटा साँढे, र अर्को सात वर्षको एउटा साँढे ले, र तेरो बुबाको बाल देवताको वेदी भत्काइदे, र त्यसको छेऊमा भएको अशेरा देवीको मुर्ति ढालिदे ।
JDG 6:26 यो शरणस्थानको माथिल्‍लो भागमा परमप्रभु तेरा परमेश्‍वरको निम्ति एउटा वेदी बना र त्‍यसलाई ठिक किसिमले बना । तैँले काटेर ढालेको अशेरा देवीको काठ प्रयोग गरेर दोस्रो साँढेलाई होमबलिको रूपमा चढा ।”
JDG 6:27 यसैले गिदोनले आफ्ना दश जना सेवकलाई लिए र परमप्रभुले तिनलाई भन्‍नुभएझैं गरे । तर दिनको समयमा त्यो काम गर्न तिनी आफ्ना पिताका घराना र नगरका मानिसहरूसँग सह्रै डराएका हुनाले, तिनले त्यो काम रातमा गरे ।
JDG 6:28 बिहान जब नगरका मानिसहरू उठे, तब बाल देवताको वेदी भत्किएको, र त्यसको छेऊमा भएको अशेरा देवीको मुर्ति काटेर ढलिएको थियो, र त्यहाँ बनाइएको वेदीमाथि त्यो दोस्रो साँढेलाई चढाइएको थियो ।
JDG 6:29 सहरका मानिसहरूले एक-अर्कामा यसो भने, “यो कसले गरेको हो?” जब तिनीहरूले अरूसँग कुरा गरे र जवाफको खोजे, तब तिनीहरूले भने, “योआशका छोरा गिदोनले यो कुरा गरेको हो ।”
JDG 6:30 अनि सहरका मानिसहरूले योआशलाई भने, “तिम्रो छोरालाई बाहिर ल्याऊ, ताकि त्यो मारियोस्, किनभने त्यसले बाल देवताको वेदी भत्काइदिएको र त्‍यस छेऊको अशेरा देवीको मुर्ति ढालिदिएको छ ।”
JDG 6:31 आफ्नो विरुद्धमा भएका सबै जनालाई योआशले भने, “के तिमीहरू बालको पक्षमा बोल्दछौ? के तिमीहरू त्यसलाई बचाउँछौ? जसले त्यसको पक्षमा बोल्छ, त्यो बिहानकै समयमा मारियोस् । बाल देवता हो भने, कसैले त्यसको वेदी भत्काइदिंदा त्यसले आफ्नो सुरक्षा आफैं गरोस् ।”
JDG 6:32 त्‍यसकारण, त्यो दिनमा तिनीहरूले गिदोनलाई “यरूब-बाल” भने, किनभने तिनले यसो भनेका थिए, “बालले त्यसको विरुद्ध आफ्नो सुरक्षा आफैं गरोस्,” किनभने गिदोनले बालको वेदी भत्काए ।
JDG 6:33 यत बेला सबै मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका मानिसहरू एकसाथ भेला भए । तिनीहरूले यर्दन तरे र यिजरेलको बेसीमा छाउनी हाले ।
JDG 6:34 तर परमप्रभुको आत्मा गिदोनमाथि आउनुभयो । गिदोनले तुरही फुके, र अबीएजेरी वंशलाई बोलाए ताकि उनीहरू तिनको पछि लाग्‍न सकून् ।
JDG 6:35 उनले मनश्शेभरि नै दूतहरू पठाए, र उनीहरूलाई पनि तिनको पछि लाग्‍न बोलाइयो । तिनले आशेर, जबूलून, र नप्‍तालीकहाँ पनि दूतहरू पठाए, र उनीहरू तिनलाई भेट्न निस्के ।
JDG 6:36 गिदोनले परमेश्‍वरलाई भने, “तपाईंले भन्‍नुभएझैं, तपाईंले इस्राएललाई बचाउनलाई मलाई प्रयोग गर्ने इच्छा गर्नुहुन्‍छ भने—
JDG 6:37 हेर्नुहोस्, म खलामा भेडाको ऊन राख्दैछु । यस ऊनमा मात्र शीत पर्‍यो, र जमिनचाहिं पुरै सुक्खा रह्यो भने, तब तपाईंले भन्‍नुभएझैं इस्राएललाई बचाउनलाई तपाईंले मलाई प्रयोग गर्नुहुनेछ भनी म जान्‍नेछु ।”
JDG 6:38 यस्तो भयो – भोलिपल्‍ट बिहानै गिदोन उठे, उनले ऊन निचोरे, र ऊनबाट शीत निचरेर एक बटुको पानी भरे ।
JDG 6:39 त्यसपछि गिदोनले परमप्रभुलाई भने, “कृपया मसँग नरिसाउनुहोस्, म फेरि एकपल्‍ट बोल्‍नेछु । मलाई फेरि एकपल्‍ट ऊनको प्रयोग गरेर जाँच गर्न दिनुहोस् । योपल्‍ट त्यो ऊनलाई सुक्खा छोडिदिनुहोस्, र त्यसको वरिपरिको जमिनमा सबैतिर शीत रहोस् ।”
JDG 6:40 तिनले त्यस रात जे होस् भनी मागेका थिए, परमेश्‍वरले त्यस्तै गर्नुभयो । त्यो ऊन सुक्खा थियो, र त्यसको वरिपरिको जमिनमा चारैतिर शीत थियो ।
JDG 7:1 त्यसपछि यरूब-बाल, (अर्थात् गिदोन) र उनीसँग भएका सबै जना मानिसहरू बिहानै उठे, र हरोदको पानीको मूलको छेउमा तिनीहरूले छाउनी हाले । मिद्दानीहरूको छाउनीचाहिं तिनीहरूको उत्तरपट्टिको मोरेको पहाडनजिकको मैदानमा थियो ।
JDG 7:2 परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “मिद्दानीहरूमाथि तँलाई विजय दिन मलाई चाहिएको भन्‍दा धेरै सेना छन्, ताकि इस्राएलले मसँग यसो भनेर घमण्ड नगरोस्, ‘हाम्रो आफ्नै शक्तिले हामीलाई बचाएको हो ।’
JDG 7:3 यसकारण अब मानिसहरूले सुन्‍ने गरी घोषणा गर र यसो भन्, ‘जो डराएको छ, जो थरथर भएको छ, ऊ फर्कोस् र गिलाद डाँडाबाट विदा होस् ।’” यसैले बाइस हजार मानिसहरू फर्केर गए, र दश हजार बाँकी रहे ।
JDG 7:4 परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “मनिसहरू अझै पनि ज्‍यादै धेरै छन् । तिनीहरूलाई तल पानीमा लैजा, र त्यहाँ तेरो निम्‍ति तिनीहरूका सङ्ख्या म कम गरिदिनेछु । म तँलाई भन्‍छु, ‘यो व्‍यक्‍तिचाहिं तँसँग जानेछ’ भने, ऊ तँसँग जानेछ । तर म तँलाई बन्‍छु, ‘यो व्‍यक्‍तिचाहिं तँसँग जानेछैन’ भने, ऊ तँसँग जानेछैन ।”
JDG 7:5 यसैले गिदोनले मानिसहरूलाई तल पानीमा लगे, र परमप्रभुले तिनलाई भन्‍नुभयो, “घुँडा टेकेर पानी पिउनेहरूबाट कुकुरले झैं चाटेर पानी पिउनेहरूलाई अलग गर् ।”
JDG 7:6 तिन सय जना मानिसहरूले चाटेर पिए । अरू बाँकी मानिसले घुँडा टेकेर पानी पिए ।
JDG 7:7 परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “यी चाटेर पानी पिएका तिन सय जना मानिसहरू लिएर तिमीहरूलाई म बचाउनेछु र मिद्दानीहरूमाथि विजय दिनेछु । अरू हरेक मानिसलाई आफ्नै ठाउँमा फर्केर जान दे ।”
JDG 7:8 यसैले चुनिएकाहरूले आ-आफ्ना सर-समान र तुरहीहरू लिए । गिदोनले इस्राएलका सबै मानिस, हरेक मानिसलाई उसको आफ्नै पालमा फर्काइदिए, तर तिनले ती तिन सय जना मानिसलाई राखे । अब मिद्दानीका छाउनी तल बेसीमा थियो ।
JDG 7:9 त्यो रात परमप्रभुले तिनलाई भन्‍नुभयो, “उठ्! छाउनीलाई आक्रमण गर्, किनकि म तँलाई त्यसमाथि विजय दिन जाँदैछु ।
JDG 7:10 तर तँलाई तल जान डर लागेको छ भने, तेरो सेवक पूराहसँग तल छाउनीमा जा,
JDG 7:11 र तिनीहरूले के भन्दैछन्, त्यो सुन्, र छाउनीमा आक्रमण गर्न तेरो साहस बढ्नेछ ।” यसैले गिदोन आफ्ना सेवक पूराहसँग तल छाउनीको सुरक्षाबल भएको ठाउँमा गए ।
JDG 7:12 मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका सबै मानिसहरू बेसीमा, सलहका हुलझैं भेला भएर बसेका थिए । तिनीहरूका ऊँटहरू अनगिन्ती थिए, र तिनीहरूको सङ्ख्या समुद्र किनारका बालुवाका कणहरूभन्दा पनि धेरै थिए ।
JDG 7:13 जब गिदोन त्यहाँ पुगे, एक जना मानिसले आफ्‍नो साथीलाई सपनाको बारेमा भन्‍दै थियो । त्यस मानिसले भन्यो, “हेर, मैले एउटा सपना देखें, र जौको एउटा रोटी मिद्दानीको छाउनीभित्र गुड्दै आयो । त्यो पालमा आयो, र त्यसलाई जोडले हिर्कायो र त्यसलाई उल्टो गरी पल्टाइदियो, यसैले त्यो ढल्यो ।”
JDG 7:14 अर्को मानिसले भन्यो, “यो त इस्राएली गिदोनको (योआशका छोराको) तरवारबाहेक अरू केही होइन । परमेश्‍वरले तिनलाई मिद्दानी र तिनीहरूका सबै सेनामाथि विजय दिनुभएको छ ।”
JDG 7:15 जब गिदोनले त्यस सपना भनेको र त्यसको अर्थ लगाइएको सुने, तब तिनले घोप्‍टो परेर दण्डवत् गरे । तिनी इस्राएलको छाउनीमा फर्केर गए र भने, “उठ! परमप्रभुले तिमीहरूलाई मिद्दानी सेनामाथि विजय दिनुभएको छ ।”
JDG 7:16 ति तिन सय जना मानिसलाई तिनले तिनवटा समुहमा विभाजन गरे, र तिनले उनीहरूलाई सबै तुरहीहरू र हरेक गाग्रोभित्र राँको हालेर खाली गाग्रोहरू दिए ।
JDG 7:17 तिनले उनीहरूलाई भने, “मलाई हेर, र म जे गर्छु त्यही गर । हेर! जब म छाउनीको छेऊमा पुग्छु, तब म जे गर्छु तिमीहरूले त्यही गर्नू ।
JDG 7:18 जब म तुरही फुक्छु, मसँग भएका सबै जनाले, तब छाउनीको हरेक कुनाबाट तिमीहरूका तुरहीहरू पनि फुक्‍नू र यसो भनेर कराउनू ‘परमप्रभुको निम्‍ति र गिदोनको निम्ति!’”
JDG 7:19 यसैले गिदोन र तिनीसँग भएका एक सय जना मानिस राती दश बजेतिर छाउनीको छेऊमा गए । मिद्दानीहरूले रक्षकको हेरफेर गर्दै थिए, तिनीहरूले तुरहीहरू फुके र आफ्‍ना हातहरूमा भएका गाग्रोहरू फुटाए ।
JDG 7:20 तिनै दलले तुरहीहरू फुके र गाग्रोहरू फुटाए । तिनीहरूले राँकोलाई आ-आफ्ना देब्रे हातमा लिए र तुरही फुक्‍नलाई दाहिने हातमा बोके । तिनीहरू कराएर भने, “परमप्रभुको निम्‍ति र गिदोनको निम्‍ति तरवार ।”
JDG 7:21 हरेक मानिस आफ्नो ठाउँमा छाउनीको वरिपरि खडा भए र सबै मिद्दानी सेना भागे । तिनीहरू ठुलो सोरमा कराए र भागे ।
JDG 7:22 जब तिनीहरूले तिन सय तुरही फुके, तब परमप्रभुले हरेक मिद्दानीको तरवारलाई आ-आफ्ना साथी-लडाकु र तिनीहरूका सबै सेनाको विरुद्धमा उठाउनुभयो । सबै सेनाहरू सरेरातर्फ बेथ-शित्तामसम्म, र तब्बातको नजिक हाबिल-महोलाको सिमानासम्म भागे ।
JDG 7:23 नप्‍ताली, आशेर, र सबै मनश्शेबाट इस्राएलका मानिसहरू बोलाइए, र तिनीहरू मिद्दानीहरूका पछि लागे ।
JDG 7:24 गिदोनले यसो भन्दै एफ्राइमको सबै पहाडी देशमा दूतहरू पठाए, “मिद्दानीहरूको विरुद्ध तल जाओ र तिनीहरूलाई रोक्‍नको निम्ति बेथ-बरासम्म यार्दन नदीमाथि नियन्त्रण गर ।” यसैले एफ्राइमका सबै मानिसहरू एकसाथ भेला भए र बेथ-बरासम्म यर्दन नदीमाथि नियन्त्रण गरे ।
JDG 7:25 तिनीहरूले दुई मिद्दानी राजकुमार, ओरेब र जएबलाई कब्‍जा गरे । तिनीहरूले ओरेबलाई ओरेबको चट्टानमा, र जएबलाई जएबको दाखको कोलमा मारे । तिनीहरूले मिद्दानीहरूका पछि केद्दै गए र तिनीहरूले यर्दनको वारि भएका गिदोनकहाँ ओरेब र जएबका टाउकाहरू लिएर आए ।
JDG 8:1 एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई यो के गर्नुभयो? तपाईं मिद्दानीहरूका विरुद्धमा युद्ध गर्न जानुहुँदा तपाईंले हामीलाई बोलाउनुभएन ।” तब उनीहरूले तिनीसँग ठुलो बहस भयो ।
JDG 8:2 तिनले उनीहरूलाई भने, “तिमीहरूले गरेका तुलनामा मैले के नै गरेको छु र? के अबीएजेरको सबै दाखको फसलभन्दा एफ्राइमको बोटमा टिप्‍न छुटेका दाख नै असल छैनन् र?
JDG 8:3 परमेश्‍वरले तिमीहरूलाई मिद्दानी शासकहरू, ओरेब र जएबमाथि विजय दिनुभएको छ! तिमीहरूका तुलनामा मैले के प्राप्‍त गरेको छु र?” जब तिनले यसो भने तब तिनीप्रतिको उनीहरूको रिस मर्‍यो ।
JDG 8:4 गिदोन यर्दनमा आए, र तिनी र तिनीसँग भएका तिन सय जना मानिसले त्यो तरे । तिनीहरू थाकेका थिए, तापनि तिनीहरूले खेद्‍ने काम गरिरहे ।
JDG 8:5 तिनले सुक्‍कोतका मानिसहरूलाई भने, “कृपया मेरो पछि आएका मानिसहरूलाई केही रोटी दिनुहोस्, किनकि तिनीहरू थाकेका छन्, र मचाहिं मिद्दानी राजा जेबह र सल्मुन्‍नालाई खेद्दैछु ।”
JDG 8:6 तब अधिकारीहरूले भने, “के जेबह र सल्मुन्‍ना अब तिम्रा हातमा छन् र? हामीले तिम्रो सेनालाई रोटी किन दिनुपर्‍यो?”
JDG 8:7 गिदोनले भने, “परमप्रभुले हामीलाई जेबह र सल्मुन्‍नामाथि विजय दिनुभएपछि, मरुभूमिका काँढाहरू र घोच्ने झाडीले म तिमीहरूका छाला काढ्नेछु ।”
JDG 8:8 त्यहाँबाट तिनी पनीएलमा गए र त्यहाँका मानिसहरूसँग पनि त्यही कुरा भने, तर पनीएलका मानिसहरूले तिनलाई सुक्‍कोतका मानिसहरूले झैं बोलेर जवाफ दिए ।
JDG 8:9 तिनले पनीएलका मानिसहरूसँग पनि बोले र यसो भने, “जब म फेरि सकुशल आउनेछु, तब म यो किल्ला भत्काइदिनेछु ।”
JDG 8:10 यति बेला जेबह र सल्मुन्‍ना आफ्ना पन्ध्र हजार मानिससहित कर्कोरमा थिए । पूर्वका मानिसहरूका सबै सेनाहरूमा यति नै बाँकी थिए, कनभने त्यहाँ तरवार चलाउने एक लाख बिस हजार मानिसहरू मारिएका थिए ।
JDG 8:11 नोबह र योगबहाभन्दा उता पालमा बस्‍नेहरूका हिंड्‍ने बाटोमा गिदोन अगि बढे । तिनले शत्रुको सेनालाई परास्त गरे, किनकि आक्रमण हुन्छ भनेर तिनीहरूले सोचेका थिएनन् ।
JDG 8:12 जेबह र सल्मुन्‍ना भागे, र जब गिदोनले तिनीहरूलाई खेदे, तब तिनले मिद्दानका ती दुई जना राजा जेबह र सल्मुन्‍नालाई समाते, र तिनीहरूका जम्मै सेनाहरूमा त्रास ल्‍याए ।
JDG 8:13 योआशका छोरा गिदोन युद्धबाट फर्केर हेरेस भन्‍ज्‍याङ्को बाटो गए ।
JDG 8:14 तिनले सुक्‍कोतका एक जना जवान मानिसलाई समाए र उसलाई सोधे । त्यस जवान मानिसले सुक्‍कोतका सतहत्तर जना अधिकारी र एल्डरका नाउँ लेखिदियो ।
JDG 8:15 गिदोन सुक्‍कोतका मानिसहरूकहाँ आए र भने “जेबह र सल्मुन्‍नालाई हेर, जसको बारेमा तिमीहरूले मेरो खिल्ली गर्‍यौ र यसो भन्‍यौ, ‘के तिमीले जेबह र सल्मुन्‍नालाई परास्‍त गरिसकेका छौ र? हामीले तिम्रा सेनालाई रोटी दिनुपर्छ भन्‍ने कुरा हामीलाई थाहा छैन ।’”
JDG 8:16 गिदोनले सहरका एल्डरहरूलाई नियन्त्रणमा लिए, र तिनले सुक्‍कोतका मानिसहरूलाई मरुभूमिका काँढाहरू र घोच्ने झाडीले दण्ड दिए ।
JDG 8:17 तब तिनले पनीएलको किल्ला भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे ।
JDG 8:18 तब गिदोनले जेबह र सल्मुन्‍नालाई भने, “तिमीहरूले तबोरमा कस्ता मानिसहरूलाई मार्‍यौ?” तिनीहरूले जवाफ दिए, “तिनीहरू तपाईंजस्तै थिए । तिनीहरूमध्‍ये हरेक व्‍यक्‍ति राजाका छोराजस्‍ता देखिन्थे ।”
JDG 8:19 गिदोनले भने, “तिनीहरू मेरा दाजु-भाइ, मेरी आमाका छोराहरू थिए । परमप्रभु जीवित हुनुभएको हुनाले, तिमीहरूले तिनीहरूलाई जीवितै राखेका भए, म तिमीहरूलाई मार्ने थिइनँ ।”
JDG 8:20 तिनले आफ्नो जेठो छोरो येतेरलाई भने, “उठ्‍ र उनीहरूलाई मार् ।” तर त्यो जवान मानिसले आफ्नो तरवार झिकेन किनकि ऊ डरायो, किनभने ऊ अझैसम्‍म एउटा सानो केटो नै थियो ।”
JDG 8:21 त्यसपछि जेबह र सल्मुन्‍नाले भने, “तपाईं नै उठेर हामीलाई मार्नुहोस्! किनभने तपाईंसँग पुरुषको बल छ ।” गिदोन उठे र जेबह र सल्मुन्‍नालाई मारे । तिनले उनीहरूका ऊँटका घाँटीमा भएका चन्द्रहारका गहनाहरू पनि लगे ।
JDG 8:22 त्यसपछि इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तपाईं, तपाईंका छोरा, तपाईंका नातिले हामीमाथि राज्य गरून्, किनभने तपाईंले हामीलाई मिद्दानीका हातबाट बचाउनुभएको छ ।”
JDG 8:23 गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूमाथि राज्य गर्नेछैनँ, न त मेरो छोराले राज्य गर्नेछ । परमप्रभुले नै तिमीहरूमाथि राज्य गर्नुहुनेछ ।”
JDG 8:24 गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूसँग एउटा अनुरोध गर्न चाहन्छु: तिमीहरू हरेकले आफ्नो लुटको सामानबाट मलाई कुण्डलहरू देओ ।” (मिद्दानीहरूले सुनका कुण्डल लगाउँथे, किनभने तिनीहरू इश्माएलीहरू थिए ।)
JDG 8:25 तिनीहरूले जवाफ दिए, “ती तपाईंलाई दिन हामी खुशी छौं ।” तिनीहरूले एउटा लुगा ओछ्याए र हरेक मानिसले आफ्नो लुटको सामनाबाट कुण्डलचाहिँ त्यसमा राखे ।
JDG 8:26 उनले अनुरोध गरेका सुनका कुण्डलको तौल १,७०० शेकेल सुन भयो । यी सुन ती चन्द्रहारका गहनाहरू, अरू गहनाहरू, मिद्दानी राजाहरूले लगाएका बैजनी वस्‍त्र, र तिनीहरूका ऊँटका घाँटीमा भएका सिक्रीहरूभन्दा बाहेकका थिए ।
JDG 8:27 गिदोनले ती कुण्डलहरूबाट एउटा एपोद बनाए र आफ्नो सहर ओप्रामा राखे, र सबै इस्राएलले त्यसको पुजा गरेर वेश्याजस्‍तै भए । गिदोन र उनका घरमा भएकाहरूका निम्ति यो एउटा पासो हुन गयो ।
JDG 8:28 यसरी मिद्दानीहरू इस्राएलका मानिसहरूका अधीनमा रहे र तिनीहरूले आफ्नो शिर फेरि कहिल्यै उठाएनन् । यसरी गिदोनको समयमा देशमा चालिस वर्षसम्‍म शान्ति भयो ।
JDG 8:29 योआशका छोरा, यरूब-बाल गए र आफ्नै घरमा बसे ।
JDG 8:30 गिदोनको वंशमा सत्तरी छोराहरू थिए, किनकि तिनका धेरै जना पत्‍नीहरू थिए ।
JDG 8:31 शकेमामा बस्‍ने तिनकी उपपत्‍नीले पनि तिनको निम्ति एउटा छोरो जन्माइन्, र गिदोनले उसको नाउँ अबीमेलेक राखे ।
JDG 8:32 योआशका छोरा गिदोन धेरै वृद्ध अवस्थामा मरे र तिनलाई आफ्नै बुबा योआशको चिहानमा अबीएजेरीहरूको ओप्रामा गाडियो ।
JDG 8:33 गिदोनको मृत्यु हुनेबित्तिकै यस्‍तो भयो, इस्राएलका मानिसहरू फेरि फर्के र बाल देवताहरूको पुजा गरेर वेश्याजस्‍ता भए । तिनीहरूले बाल-बरीतलाई आफ्नो देवता बनाए ।
JDG 8:34 इस्राएलका मानिसहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई सम्मान गर्न सम्‍झेनन्, जसले तिनीहरूलाई आफ्‍ना वरिपरि भएका सबै शत्रुबाट बचाउनुभएको थियो ।
JDG 8:35 यरूब-बालले (अर्थात् गिदोनले) इस्राएलमा तिनीहरूका निम्ति गरेका सबै असल कुराहरूका खातिर तिनीहरूले गिदोनको घरानालाई गरेका आफ्ना प्रतिज्ञाहरूलाई पुरा गरेनन् ।
JDG 9:1 यरूब-बालका छोरा अबीमेलेक आफ्नी आमाका नातेदारहरूकहाँ शकेममा गए र तिनले उनीहरूलाई र आफ्नी आमाको परिवारका सबै वंशलाई यसो भने,
JDG 9:2 “यो कुरा सोध्‍नुहोस् ताकि शकेमका सबै अगुवाहरूले सुन्‍न सकून्, ‘तपाईंहरूका निम्ति के असल हुन्‍छ, यरूब-बालका सबै सत्तरी जना छोराले तपाईंहरूमाथि शासन गरेको, कि एक जनाले मात्र शासन गरेको?’ म तपाईंहरूकै हाड र मासु हुँ भन्‍ने कुरा सम्झनुहोस् ।”
JDG 9:3 तिनकी आमाका नातेदारहरूले तिनको बारेमा शकेमका अगुवाहरूसँग कुरा गरे, र तिनीहरू अबीमेलेकको पछि लाग्‍न सहमत भए, किनकि तिनीहरूले भने, “उनी हाम्रै भाइ हुन् ।”
JDG 9:4 उनीहरूले तिनलाई बाल-बरीतको मन्‍दिरबाट चाँदीका सत्तरीवटा सिक्‍का दिए र अबीमेलेकले ती सिक्‍काले हुर्दुङ्गे र साहसी मानिसहरू भाडामा लिए, जो तिनको पछि लागे ।
JDG 9:5 अबीमेलेक ओप्रामा आफ्ना बुबाको घरमा गए, र तिनले एउटा ढुङ्गामा आफ्ना सत्तरी जना दाजुभाइ, यरूब-बालका छोराहरूलाई मारे । यरूब-बालका कान्छा छोरा, योताममात्र बाँकी रहे, किनभने उनी लुकेका थिए ।
JDG 9:6 शकेम र बेथ-मिल्लोका सबै अगुवाहरू एकसाथ भेला भए, र शकेममा रहेको ठुलो रूखको छेउको खम्बामा अबीमेलेकलाई राजा बनाए ।
JDG 9:7 जब योतमलाई यो कुराको बारेमा सुनाइयो, तिनी गए र गिरीज्‍जीम डाँडाको चुचुरामा खडा भए । तिनले ठुलो सोरमा कराएर भने, “ए शकेमका अगुवाहरू हो, मेरो कुरा सुन, ताकि परमेश्‍वरले तिमीहरूलाई सुनून् ।
JDG 9:8 एकपल्‍ट रूखहरूले आफ्नो निम्ति एउटा राजा अभिषेक गर्नको निम्ति निस्के । अनि तिनीहरूले जैतूनको रूखलाई भने, ‘हामीमाथि राज्‍य गर्नुहोस् ।’
JDG 9:9 तर जैतूनको रूखले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई सम्‍मान दिने मेरो तेललाई त्यागेर, अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’
JDG 9:10 ती रूखहरूले नेभाराको रूखलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस् ।’
JDG 9:11 तर नेभाराको रूखले तिनीहरूलाई भने, ‘के मैले मेरो गुलियोपन र मेरो असल फललाई त्यागेर अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’
JDG 9:12 ती रूखहरूले दाखको बोटलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस् ।’
JDG 9:13 दाखको बोटले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई खुशी तुल्याउने मेरो नयाँ दाखमद्यलाई त्यागेर अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’
JDG 9:14 अनि ती सबै रूखहरूले काँढाको झाडीलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस् ।’
JDG 9:15 त्यस काँढाको झाडीले रूखहरूलाई भन्यो, ‘तिमीहरू साँच्‍चै नै मलाई तिमीहरूमाथि राजा अभिषेक गर्न चाहन्छौ भने, आओ र मेरो छहारीमुनि सुरक्षित भएर बस । होइन भने, काँढाको झाडीबाट आगो बाहिर निस्कोस् र लेबनानका देवदारुहरूलाई त्यसले भस्म पारोस् ।’
JDG 9:16 अब यसकारण, के तिमीहरूले अबीमेलेकलाई राजा बनाएर सत्यता र इमान्दारितामा काम गरेका छौ, र तिमिहरूले यरूब-बाल र उनका घरानालाई ठिक व्यवहार गरेका छौ, र उनले पाउन योग्य दण्ड तिमीहरूले उनलाई दिएका छौ भने,
JDG 9:17 र मेरा बुबाले तिमीहरूका निम्ति युद्ध लडेका, आफ्नो प्राणलाई जोखिममा पारेका, र मिद्दानीहरूका हातबाट तिमीहरूलाई बचाएका कुरालाई विचार गरेका छौ भने,
JDG 9:18 तर तिमीहरू त मेरा बुबाका घरानाका विरुद्धमा उठेका छौ र उनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामा मारेका छौ । अनि तिमीहरूले उनकी कमारीको छोरो, अबीमेलेकलाई शकेमका अगुवाहरूमाथि राजा तुल्याएका छौ, किनभने त्यो तिमीहरूको नातेदार हो ।
JDG 9:19 तिमीहरूले यरूब-बाल र उनको घरानासँग इमान्दारिता र सत्यतामा व्यवहार गरेका भए, तिमीहरू अबीमेलेकमा खुशी रहो, र ऊ पनि तिमीहरूसँग खुशी रहोस् ।
JDG 9:20 तर होइन भने, अबीमेलेकबाट आगो बाहिर निस्कोस्, र शकेम र बेथ-मिल्लोका मानिसहरूलाई भस्म पारोस् । अनि शकेम र बेथ-मिल्लोका मानिसहरूबाट अबीमेलेकलाई भस्म पार्न आगो बाहिर आओस् ।”
JDG 9:21 योताम भागेर बेअरमा गए । उनी त्यहाँ बसे किनभने त्यो ठाउँ उनको दाजु अबीमेलेकबाट धेरै टाढा थियो ।
JDG 9:22 अबीमेलेकले इस्राएलमाथि तिन वर्षसम्‍म राज्य गरे ।
JDG 9:23 परमेश्‍वरले अबीमेलेक र शकेमका अगुवाहरूबिच एउटा दुष्‍ट आत्मा पठाउनुभयो । शकेमका अगुवाहरूले अबीमेलेकप्रतिको विश्‍वासमा धोका दिए ।
JDG 9:24 यरूब-बालका सत्तरी जना छोराको हत्याको बदलास्वरूप, र तिनीहरूका हत्याको निम्ति तिनीहरूका भाइ अबीमेलेक दोषी होस्, र तिनीहरूलाई मार्नको निम्ति शकेमका मानिसहरूले उनलाई सहायता गरेका हुनाले तिनीहरू दोषी होऊन् भनेर परमेश्‍वरले यस्तो गर्नुभयो ।
JDG 9:25 यसैले शकेमका अगुवाहरूले पहाडका चुचुराहरूमा उनलाई आक्रमण गर्न मानिसहरू कुरुवा राखे, र त्यो बाटो भएर हिंड्ने सबैलाई तिनीहरूले लुटे । यस बारेमा अबीमेलेकलाई भनियो ।
JDG 9:26 एबेदका छोरा गाल आफ्ना नातेदारहरूसँग आए र तिनीहरू शकेममा गए । शकेमका अगुवाहरूले तिनीमाथि भरोसा गर्थे ।
JDG 9:27 तिनीहरू बाहिर खेतमा गए र दाखका बोटहरूबाट दाखहरू बटुले, र तिनीहरूलाई कुल्चे । आफ्‍ना देवताहरूका मन्‍दिरमा तिनीहरूले एउटा चाड मनाए, र त्यहाँ तिनीहरूले खाए र पिए, र तिनीहरूले अबीमेलेकलाई सरापे ।
JDG 9:28 एबेदका छोरा गालले भने, “अबीमेलेक को हो, र शकेम को हो, कि हामीले त्यसको सेवा गर्नुपर्ने? के त्यो यरूब-बालको छोरा होइन? के जबूल त्यसको अधिकारी होइन? हामीले किन शकेमका पिता हमोरका मानिसहरूको सेवा गर्नुपर्ने? हामीले किन अबीमेलेकको सेवा गर्ने?
JDG 9:29 यी मानिसहरू मेरो कमाण्‍डमा भएदेखि म अबीमेलेकलाई हटाइदिनेथिएँ । मैले अबीमेलेकलाई भन्‍नेथिएँ, ‘तेरो सबै सेनालाई बाहिर बोला ।’”
JDG 9:30 जब सहरका अधिकारी जबूलले एबेदका छोरा गालले भनेका कुरा सुने, तब तिनी रिसले चूर भए ।
JDG 9:31 तिनले धोका दिने उद्देश्यले अबीमेलेककहाँ दूतकहरू पठाए, र यसो भन्‍न लगाए, “हेर्नुहोस्, एबेदका छोरा गाल र तिनका नातेदारहरू शकेममा आउँदैछन्, र तिनीहरूले सहरलाई तपाईंका विरुद्ध उचाल्दैछन् ।
JDG 9:32 अब, तपाईं र तपाईंका सेनाहरू रातको समयमा उठ्नुहोस्, र मैदानमा आक्रमण गर्नलाई तयार बस्‍नुहोस् ।
JDG 9:33 अनि बिहान, घाम उदाउने बित्तिकै, उठ्नुहोस् र सहरमा आक्रमण गर्नुहोस् । जब तिनी र तिनीसँग भएका मानिसहरू तपाईंको विरुद्धमा बाहिर आउँछन्, तब तिनीहरूलाई के गर्नुपर्छ त्यो गर्नुहोस् ।”
JDG 9:34 यसैकारण अबीमेलेक, र उनीसँग भएका सबै मानिस रातको समयमा उठे, र शकेमलाई आक्रमण गर्नको निम्ति चार समुहमा विभाजित भई ढुकेर बसे ।
JDG 9:35 एबेदका छोरा गाल बाहिर निस्के र सहरको ढोकामा खडा भए । अबीमेलेक र उनीसँग भएका मानिसहरू तिनीहरू लुकिरहेका ठाउँबाट बाहिर निस्के ।
JDG 9:36 जब गालले मानिसहरूलाई देखे, उनले जबूललाई भने, “हेर, मानिसहरू डाँडाका चुचुराबाट तल आउँदैछन्!” जबूलले तिनलाई भने, “तिमीले जे देख्दैछौ त्यो मानिसहरूजस्ता डाँडाका छाया हुन् ।”
JDG 9:37 गालले फेरि बोले र यसो भने, “हेर, मानिसहरू तल मैदानको बिचमा आइरहेका छन् र एउटा समुहचाहिं जोखना हेर्नेको रूखको बाटो हुँदै आउँदैछ ।”
JDG 9:38 अनि जबूलले तिनलाई भने, “तिम्रा घमण्डपूर्ण कुराहरू अब कहाँ छन्? तिमीले भन्थ्यौ, ‘अबीमेलेक को हो र हामीले किन त्यसको सेवा गर्नुपर्ने?’ तिमीले तुच्छ ठानेका मानिसहरू यी नै होइनन्? अब बाहिर जाऊ र तिनीहरूका विरुद्ध युद्ध लड ।”
JDG 9:39 गाल बाहिर निस्के र तिनी शकेमका मानिसहरूका अगि-अगि गए, र तिनले अबीमेलेकसँग युद्ध लडे ।
JDG 9:40 अबीमेलेकले तिनलाई खेदे र गाल तिनको सामुबाट भागे । सहरको ढोकामा धेरै जना घाइते भएर मरे ।
JDG 9:41 अबीमेलेक अरूमाहमा बसे । जबूलले गाल र तिनका नातेदारहरूललाई शकेमबाट बाहिर निकाले ।
JDG 9:42 अर्को दिन शकेमका मानिसहरू मैदानमा निस्के, र यस कुराको जानकारी अबीमेलेकलाई दिइयो ।
JDG 9:43 तिनले आफ्ना मानिसहरू लिए, उनीहरूलाई तिन समुहमा बाँडे, र तिनीहरू मैदानमा आक्रमण गर्नलाई ढुकेर बसे । उनले हेरे र सहरबाट मानिसहरू बाहिर आइरहेका देखे, र उनले आक्रमण गरे र तिनीहरूलाई मारे ।
JDG 9:44 अबीमेलेक र उनीसँग भएका समुहहरूले आक्रमण गरेर सहरको ढोकालाई थुनिदिए । अरू दुई समुहले भने मैदानमा भएकाहरू सबैलाई आक्रमण गरे र तिनीहरूलाई मारे ।
JDG 9:45 अबीमेलेक सहरको विरुद्ध दिनभर युद्ध लडे । तिनले त्यो सहरमाथि कब्जा गरे, र त्यहाँ भएका मानिसहरूलाई मारे । तिनले सहरका पर्खालहरूलाई भत्काइदिए र त्यसमाथि नून छरिदिए ।
JDG 9:46 शकेमका किल्लाका सबै अगुवाहरूले जब यो सुने, तब तिनीहरू एल-बरीतको मन्‍दिरको किल्‍लामा प्रवेश गरे ।
JDG 9:47 सबै अगुवाहरू शकेमको किल्लामा भेला भएका छन् भनेर अबीमेलेकलाई बताइयो ।
JDG 9:48 अबीमेलेक र तिनीसँग भएका सबै मानिसहरू माथि सल्मोन डाँडातर्फ गए । अबीमेलेकले एउटा बन्चरो लिएर हाँगाहरू काटे । तिनले ती आफ्ना काँधमा बोके र आफूसँग भएका मानिसहरूलाई आज्ञा गरे, “मैले जे गरेको देखिरहेका छौ, छिटो-छिटो त्यसै गर ।”
JDG 9:49 यसैले हरेक व्‍यक्‍तिले हाँगाहरू काटे र अबीमेलेकको पछि लागे । तिनीहरूले ती किल्लाका पर्खालहरूमा अडाएर थुपारे, अनि त्यसमा आगो लगाइदिए, जसको कारणले शकेमको किल्लामा भएका सबै मानिसहरू, करीब एक हजार पुरुष र स्‍त्री मरे ।
JDG 9:50 त्यसपछि अबीमेलेक तेबेसमा गए, र उनले तेबेसको विरूद्ध छाउनी हाले र त्यसलाई कब्जा गरे ।
JDG 9:51 तर त्यस सहरमा एउटा बलियो किल्ला थियो, अनि त्यस सहरका सबै पुरुष र स्‍त्री र सबै अगुवाहरू त्यहाँ भागेर भित्रबाट ढोका थुने । तब तिनीहरू त्यस किल्लाको टुप्पोमा गए ।
JDG 9:52 अबीमेलेक त्‍यो किल्लामा आए र त्यसको विरुद्ध लडे, र त्यस किल्लालाई जलाउन भनेर तिनी त्यसको ढोकानजिक आइपुगे ।
JDG 9:53 तर एउटी स्‍त्रीले अबीमेलेकको शिरमा जाँतोको माथिल्लो फक्‍लेटो झारी र त्यसले तिनको खप्पर फुट्‍यो ।
JDG 9:54 त्यसपछि उनले आफ्नो हतियार बोक्‍ने जवान मानिसलाई झट्टै बोलाए र उसलाई भने, “आफ्‍नो तरवार झिकेर मलाई मार्, ताकि कसैले मेरो बारेमा यस्तो नभनोस्, ‘एउटी स्‍त्रीले त्यसलाई मारी ।’” त्यसैले तिनका जवान मानिसले तिनलाई तरवारले छेडिदिए, र तिनी मरे ।
JDG 9:55 जब इस्राएलका मानिसहरूले अबीमेलेक मरेको देखे, तिनीहरू घर फर्के ।
JDG 9:56 यसरी परमप्रभुले अबीमेलेकले आफ्ना सत्तरी दाजुभाइहरूलाई मारेर आफ्ना बुबाको विरुद्ध गरेका दुष्‍टताको बदला लिनुभयो ।
JDG 9:57 परमेश्‍वरले शकेमका मानिसहरूका दुष्‍टतालाई तिनीहरूकै टाउकोमा खन्याइदिनुभयो र तिनीहरूमाथि यरूब-बालका छोरा योतामको सराप पर्‍यो ।
JDG 10:1 अबीमेलेकपछि, एफ्राइमको पहाडी देशको शामीरमा बसोबास गर्ने इस्साखारका एक जना मानिस, दोदोका नाति पुवाका छोरा तोला इस्राएललाई छुटकारा दिनको निम्ति खडा भए ।
JDG 10:2 तिनले तेईस वर्षसम्म इस्राएलको न्याय गरे । तिनी मरे र तिनलाई शामीरमा दफन गरियो ।
JDG 10:3 तिनी पछि गिलादी याईर आए । तिनले बाईस वर्षसम्म इस्राएलको न्याय गरे ।
JDG 10:4 तिनका तिस जना छोराहरू थिए जो तिसवटा गधाहरूमा सवार हुन्थे र तिनीहरूका तिसवटा सहरहरू थिए, जसलाई आजको दिनसम्म हब्बात याईर भनिन्छ, जुन गिलाद देशमा पर्छ ।
JDG 10:5 याईर मरे र उनलाई कामोनमा दफन गरियो ।
JDG 10:6 इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गरेका कुरामाथि तिनीहरूले झमै थप गरे र बाल देवताहरू र अश्तोरेत देवीहरू, अरामका देवताहरू, सीदोनका देवताहरू, मोआबका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू र पलिश्तीहरूका देवीहरूको पुजा गरे । तिनीहरूले परमप्रभुलाई त्यागे र फेरि उहाँको आराधना गरेनन् ।
JDG 10:7 इस्राएलप्रति परमप्रभु रिसले क्रोधित हुनुभयो, र उहाँले तिनीहरूलाई पलिश्तीहरूका हातमा र अम्मोनीहरूका हातमा बेचिदिनुभयो ।
JDG 10:8 तिनीहरूले त्यस वर्ष इस्राएलका मानिसहरूलाई थिचोमिचो गरे अत्‍याचार गरे, र अठार वर्षसम्म तिनीहरूले यर्दनपारी एमोरीहरूको देश अर्थात् गिलादमा भएका सबै इस्राएलीमाथि अत्‍याचार गरे ।
JDG 10:9 त्यसपछि अम्मोनीहरू यहूदाको विरुद्धमा, बेन्यामीनका विरुद्धमा, र एफ्राइमका घरानाको विरुद्ध युद्ध लड्नको निम्ति यर्दनपारि गए, ताकि इस्राएल धेरै नै व्याकुल भए ।
JDG 10:10 तब इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर पुकारा गरे, “हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं, किनभने हामीले आफ्‍ना परमेश्‍वरलाई त्यागेका छौ र बाल देवताहरूको पुजा गरेका छौं ।”
JDG 10:11 परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्‍नुभयो, “के मैले तिमीहरूलाई मिश्रीहरू, एमोरीहरू, अम्मोनीहरू, पलिश्तीहरू,
JDG 10:12 र सीदोनीहरूबाट समत छुटकारा दिइनँ र? अमालेकीहरू र मिद्दानीहरूले तिमीहरूलाई अत्‍याचार गरे । तिमीहरूले मलाई पुकार्‍यौ, र मैले तिमीहरूलाई तिनीहरूका शक्तिबाट छुटाएँ ।
JDG 10:13 तापनि तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ । यसकारण, मैले तिमीहरूलाई छुटकारा दिने मौकाहरू म अब निरन्‍तर थपिरहनेछैन ।
JDG 10:14 जाओ र तिमीहरूले पुजा गरेका देवताहरूलाई नै पुकारा गर । तिमीहरूमाथि समस्या आइपर्दा तिनीहरूले नै तिमीहरूलाई बचाऊन् ।”
JDG 10:15 इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं । तपाईंलाई जे असल लाग्छ त्यही हामीलाई गर्नुहोस् । कृपागरी आजको दिन मात्र हामीलाई बचाइदिनुहोस् ।”
JDG 10:16 तिनीहरूले आफ्ना बिचमा भएका विदेशी देवताहरू त्यागे र परमप्रभुको आराधना गरे । तब परमप्रभुले इस्राएलको दुःखलाई अरू बढी सहन सक्‍नुभएन ।
JDG 10:17 अनि अम्मोनीहरू एकसाथ भेला भए र गिलादमा छाउनी हाले । इस्राएलीहरू एकसाथ भेला भए र मिस्पामा आफ्नो छाउनी हाले ।
JDG 10:18 गिलादका मानिसहरूका अगुवाहरूले एक-अर्कामा यसो भने, “अम्मोनीहरूसँग युद्ध लड्न सुरु गर्ने मानिस को हो? ऊ नै गिलादमा बस्‍ने सबैका अगुवा हुनेछ ।”
JDG 11:1 गिलादी यिप्‍ता एक जना शक्तिशाली योद्धा थिए, तर तिनी एक जना वेश्याका छोरा थिए । गिलाद तिनका पिता थिए ।
JDG 11:2 गिलादकी पत्‍नीले पनि तिनका निम्‍ति अरू छोराहरू जन्माइन् । जब तिनकी पत्‍नीकी छोराहरू हुर्के, तिनीहरूले यिप्‍तालाई घर छोड्न बाध्‍य पारे र तिनलाई भने, “हाम्रो परिवारबाट तैंले केही पनि पैतृक अंश पाउनेछैनस् । तँ अर्कै स्‍त्रीको छोरा होस् ।”
JDG 11:3 यसैले यिप्‍ता आफ्ना दाजुभाइबाट भागे र तोब देशमा बसोबास गरे । हुर्दुङ्गे मानिसहरू यिप्‍तासँग मिले र उनीहरू आए र तिनीसँगै गए ।
JDG 11:4 केही दिनपछि, अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध सुरु गरे ।
JDG 11:5 जब अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध गरे, तब गिलादका एल्डरहरू तोब देशबाट यिप्‍तालाई फर्काएर ल्याउनको निम्ति त्यहाँ गए ।
JDG 11:6 तिनीहरूले यिप्‍तालाई भने, “आउनुहोस् र हाम्रो अगुवा हुनुहोस् ताकि हामी अम्मोनका मानिहरूसँग युद्ध लड्न सकौं ।”
JDG 11:7 यिप्‍ताले गिलादका अगुवाहरूलाई भने, “तपाईंहरूले मलाई हेला गर्नुभयो र मेरो पिताको घर छोडेर जान मलाई बाध्‍ये पार्नुभयो । अब तपाईंहरू समस्यामा पर्नुहुँदा चाहिं तपाईंहरू मकहाँ किन आउनुहुन्‍छ?”
JDG 11:8 गिलादका अगुवाहरूले यिप्‍तालाई भने, “त्यसकारण अब हामी तपाईंकहाँ फर्केका छौं । हामीसँग आउनुहोस् र अम्मोनका मानिसहरूसँग युद्ध गर्नुहोस्, र तपाईं नै गिलादमा बस्‍ने सबैका अगुवा हुनुहुनेछ ।”
JDG 11:9 यिप्‍ताले गिलादका अगुवाहरूलाई भने, “अम्मोनका मानिसहरूसँग युद्ध गर्नलाई तपाईंहरूले मलाई फेरि घर लानुभयो भने, र परमप्रभुले हामीलाई तिनीहरूमाथि विजय दिनुभयो भने, म तपाईंहरूका अगुवा हुनेछु ।”
JDG 11:10 गिलादका अगुवाहरूले यिप्‍तालाई भने, “हामीले जस्‍तो भन्‍छौं त्यस्‍तै गरेनौं भने हाम्रा बिचमा परमप्रभु नै साक्षी हुनुहुन्‍छ!”
JDG 11:11 यसैले यिप्‍ता गिलादका अगुवाहरूसँग गए, र मानिसहरूले तिनलाई आफूमाथि अगुवा र कमाण्‍डर बनाए । जब यिप्‍ता मिस्पामा परमप्रभुको सामु थिए, तब तिनले आफूले गरेका सबै प्रतिज्ञाहरू दोहोर्‍याए ।
JDG 11:12 अनि यिप्‍ताले अम्मोनका मानिसहरूका राजाकहाँ यसो भनेर दूतहरू पठाए, “हाम्रा बिचमा के कुराले द्वन्द भएको हो? हाम्रो देश कब्‍जा गर्न सेनासित तपाईं किन आउनुभएको छ?”
JDG 11:13 अम्मोनका मानिसहरूका राजाले यिप्‍ताका दूतहरूलाई जवाफ दिए, “किनभने जब इस्राएल मिश्रदेशबाट आए, तब तिनीहरूले मेरो देशलाई अर्नोनदेखि यब्बोक हुँदै यर्दनसम्म कब्‍जा गरे । अब शान्तिसित ती जमिन फिर्ता दिनुहोस् ।”
JDG 11:14 फेरि यिप्‍ताले अम्मोनका मानिसहरूका राजाकहाँ दूतहरू पठाए,
JDG 11:15 र तिनले भने, “यिप्‍ता यसो भन्छन्: इस्राएलले मोआब देश र अम्मोनका मानिसहरूका देशलाई लिएको थिएन,
JDG 11:16 तर तिनीहरू मिश्रदेशबाट आए, र इस्राएल उजाड-स्‍थान हुँदै लाल समुद्रमा र कादेशमा गए ।
JDG 11:17 जब इस्राएलले यसो भनेर एदोमका राजालाई दूतहरू पठाए, ‘कृपया हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ एदोमका राजाले सुनेनन् । तिनीहरूले मोआबका राजाकहाँ पनि दूतहरू पठाए, तर तिनले इन्कार गरे । यसरी इस्राएलचाहिं कादेशमा नै बसे ।
JDG 11:18 त्यसपछि तिनीहरू उजाड-स्‍थानबाट गए र एदोम र मोआबको देशबाट टाढा गए, र तिनीहरू मोआब देशको पूर्वी ठाउँ हुँदै हिंडे र तिनीहरूले अर्नोनको अर्कोपट्टि छाउनी हाले । तर तिनीहरू मोआबको सिमानाभित्र गएनन्, किनकि अर्नोनचाहिं मोआबको सिमानामा थियो ।
JDG 11:19 इस्राएलले हेश्बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाए । इस्राएलले उनलाई भने, ‘कृपया हामीलाई आफ्‍नो देशमा जानलाई तपाईंको देशको बाटो भएर जान दिनुहोस् ।’
JDG 11:20 तर आफ्नो सिमानाभित्रबाट जानको निम्ति सीहोनले इस्राएलमाथि विश्‍वास गरेनन् । यसैले सीहोनले आफ्ना सबै सेना जाम्‍मा गरे र उनले तिनीहरूलाई यहसामा लगे, र त्यहाँ उनले इस्राएलको विरुद्ध युद्ध गरे ।
JDG 11:21 तब इस्राएलका परमप्रभु परमेश्‍वरले सीहोन र तिनका सारा मानिसलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई परास्त गरे । यसैले इस्राएलले एमोरीहरूको देशको सबै जमिन अधिकार गरे ।
JDG 11:22 तिनीहरूले एमोरीहरूका सिमानाभित्र अर्नोनदेखि यब्बोकसम्म, र उजाड-स्‍थानदेखि यर्दनसम्म हरेक कुरामा अधीन गरे ।
JDG 11:23 यसरी इस्राएलका परमप्रभु परमेश्‍वरले आफ्‍ना मानिस इस्राएलको सामुबाट एमोरीहरूलाई खेद्‍नुभएको हो, र के तपाईं अब उनीहरूको देशमाथि अधिकार गर्नुहुन्‍छ?
JDG 11:24 के तपाईंहरूका देवता कमोशले तपाईंहरूलाई जुन देश दिन्छन्, त्यही तपाईंहरू लिनुहुन्‍छ होइन र? यसैले हाम्रा परमप्रभु परमेश्‍वरले जुन देश हामीलाई दिनुभएको छ, त्‍यो हामी अधिकार गर्छौं ।
JDG 11:25 के अब तपाईं मोआबका राजा, सिप्पोरका छोरा बालकभन्दा असल हुनुहुन्‍छ र? के तिनले इस्राएलसँग बहस गर्ने आँट गरे?
JDG 11:26 जब इस्राएल हेश्बोन र त्यसका गाउँहरू, र अरोएर र त्यसका गाउँहरू, र अर्नोनका किनारका सबै सहरहरूमा तिन सय वर्षसम्‍म बसोबास गर्दा, तपाईंहरूले किन त्यस बेला ती फिर्ता लिनुभएन?
JDG 11:27 मैले तपाईंहरूलाई केही गलत गरेको छैनँ, तर तपाईंहरूले मलाई आक्रमण गरेर मेरो खराबी गर्दै हुनुहुन्‍छ । न्यायकर्ता परमप्रभुले नै आज इस्राएलका मानिस र अम्मोनका मानिसहरूका बिचमा निर्णय गर्नुहुनेछ ।”
JDG 11:28 तर अम्मोनका मानिसहरूका राजाले यिप्‍ताले पठाएका चेतावनीलाई इन्कार गरे ।
JDG 11:29 तब परमप्रभुको आत्मा यिप्‍तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्शेबाट भएर गए, र गिलादको मिस्पाबाट भएर तिनी अम्मोनका मानिसहरूकहाँ पुगे ।
JDG 11:30 यिप्‍ताले परमप्रभुसँग एउटा बाकल गरे र भने, “तपाईंले मलाई अम्मोनका मानिसहरूमाथि विजय दिनुभयो भने,
JDG 11:31 अम्मोनका मानिसहरूबाट म शान्‍तमा फर्केर आउँदा मेरा घरको ढोकाहरूबाट मलाई भेट्न जेसुकै कुरा बाहिर आए पनि त्‍यो परमप्रभुको हुनेछ, र त्‍यसलाई म होमबलिको रूपमा चढाउनेछु ।”
JDG 11:32 यसैले अम्मोनीहरूसँग युद्ध गर्न यिप्‍ता तिनीहरूकहाँ गए, र परमप्रभुले उनलाई विजय दिनुभयो ।
JDG 11:33 तिनले तिनीहरूलाई आक्रमण गरे र अरोएरदेखि मिन्‍नीतसम्म बिसवटा सहर र हाबिल-करमीमसम्म ठुलो सङ्ख्यामा मारे । यसरी अम्मोनका मानिसहरूलाई इस्राएलका मानिसहरूको अधीनमा पारे ।
JDG 11:34 यिप्‍ता आफ्नो घर मिस्पामा आए र त्यहाँ तिनकी छोरी तिनलाई भेट्न खैंजडी बजाउँदै र नाच्दै बाहिर आइन् । यिनी तिनकी एक मात्र छोरी थिइन्, र यिनीबाहेक तिनको अरू छोरा वा छोरी थिएन ।
JDG 11:35 तिनले उनलाई देख्‍नेबित्तिकै, तिनले आफ्ना लुगाहरू च्याते र भने, “ओहो, मेरी छोरी! तिमीले मलाई दुःखले चुर पारेकी छ्‍यौ, र मलाई कष्‍ट दिने एउटा कारण तिमी भएकी छ्‍यौ! किनकि मैले परमप्रभुसँग एउटा भाकल गरेको छु, र मेरो भाकलबाट म पछि हट्न सक्दिनँ ।”
JDG 11:36 उनले तिनलाई भनिन्, “मेरा बुबा, तपाईंले परमप्रभुसँग भाकल गर्नुभएको छ, तपाईंले प्रतिज्ञा गर्नुभएको हरेक कुरा मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईंका शत्रु अम्मोनीहरूसँग बदला लिनुभएको छ ।”
JDG 11:37 उनले आफ्नो बुबालाई भनिन्, “मेरो निम्ति यो प्रतिज्ञा पुरा होस् । मलाई दुई महिनाको लागि मात्र छोडिदिनुहोस्, ताकि म र मेरा सहेलीहरू तल पहाडहरूमा जान र आफ्नो कुमारी अवस्थाको मृत्युको निम्ति शोक पाऊँ ।”
JDG 11:38 तिनले भने, “जाऊ ।” तिनले उनलाई दुई महिनाको निम्ति पठाइदिए । उनी र उनका सहेलीहरू तिनीसँग बिदा भए, र तिनीहरूले उनको कुमारी अवस्थाको मृत्युको निम्ति पहाडहरूमा शोक गरे ।
JDG 11:39 दुई महिनाको अन्त्यमा उनी आफ्ना बुबाकहाँ फर्किन्, र आफूले गरेको भाकलअनुसार तिनले उनलाई गरे । यति बेलासम्‍म उनले कुनै मानिससित सहवास गरेकी थिइनन्, र इस्राएलमा एउटा यस्तो प्रचलन बन्यो,
JDG 11:40 कि हरेक वर्ष इस्राएलका छोरीहरूले चार दिनसम्म गिलादी यिप्‍ताकी छोरीको कथालाई दोहोर्‍याउने गर्थे ।
JDG 12:1 एफ्राइमका मानिसहरूका निम्ति एउटा बोलावट आयो । तिनीहरू सापोनको बाटो गए र यिप्‍तालाई भने, “अम्मोनका मानिसहरूसँग युद्ध गर्न तिमी किन गयौ र तिमीसँगै जान हामीलाई तिमीले किन बोलाएनौ? हामी तिम्रो घरलाई तिमीसँगै जलाइदिनेछौं ।”
JDG 12:2 यिप्‍ताले तिनीहरूलाई भने, “म र मेरा मानिसहरू अम्मोनका मानिहरूसँग ठुलो झगडामा थियौं । जब मैले तिमीहरूलाई बोलाएँ, तिमीहरूले मलाई तिनीहरूबाट बचाएनौ ।
JDG 12:3 तिमीहरूले मलाई बचाउन नआएको जब मैले देखें, तब मैले आफ्‍नो प्राणलाई आफ्नै हातमा राखें र आम्मोनका मानिसहरूका विरुद्धमा गएँ, र परमप्रभुले मलाई विजय दिनुभयो । तिमीहरू आज मेरो विरुद्धमा युद्ध लड्न किन आएका छौ?”
JDG 12:4 यिप्‍ताले गिलादका सबै मानिसहरूलाई भेला गराए र एफ्राइमको विरुद्ध युद्ध लडे । गिलादका मानिसहरूले एफ्राइमका मानिसहरूलाई आक्रमण गरे किनभने तिनीहरूले यसो भने, “तिमीहरू, गिलादीहरू एफ्राइम— एफ्राइम र मनश्शेमाबाट भागेर गएकाहरू हौ ।”
JDG 12:5 गिलादीहरूले एफ्राइमतर्फ जाने यर्दनका जँघारहरू कब्जा गरे । जब एफ्राइमका बाँचेकाहरूले यसो भने, “मलाई नदीपारि जान दिनुहोस्,” गिलादका मानिसहरूले त्यसलाई यस्तो भन्थे, “के तँ एफ्राइमी होस्?” त्यसले “होइनँ” भन्यो भने,
JDG 12:6 अनि तिनीहरूले त्यसलाई भन्थे, “शिब्बोलेत भन्,” र उसले “सिब्बोलेत” भन्यो भने (किनकि उसले त्यो शब्द सही उच्‍चारण गर्न सक्दैनथियो), तब गिलादीहरूले त्यसलाई समाउँथे र उसलाई यर्दनको जँघारहरूमा मार्थे । त्यस बेला एफ्राइमका बयालिस हजार जना मारिए ।
JDG 12:7 यिप्‍ताले इस्राएलका न्यायकर्ता भएर छ वर्षसम्‍म सेवा गरे । तब गिलादी यिप्‍ता मरे र गिलादका सहरहरूमध्‍ये एउटा सहरमा दफन गरियो ।
JDG 12:8 तिनीपछि, बेथलेहेमका इब्सानले इस्राएलमा न्यायकर्ताका रूपमा सेवा गरे ।
JDG 12:9 तिनका तिस जना छोरा थिए । तिनले आफ्ना तिस जना छोरीहरूका विवाह गरिदिए, र आफ्ना छोराहरूका निम्ति बाहिरबाट अरू मानिसहरूका तिस जान छोरीहरू ल्याए । उनले सात वर्षसम्‍म इस्राएलको न्याय गरे ।
JDG 12:10 इब्सान मरे र तिनलाई बेथलेहेममा दफन गरियो ।
JDG 12:11 तिनीपछि जबूलूनी एलोनले इस्राएलमा न्यायकर्ताका रूपमा सेवा गरे । उनले दश वर्षसम्‍म इस्राएलको न्याय गरे ।
JDG 12:12 जबूलूनी एलोन मरे र उनलाई जबूलून देशको अय्यालोनमा दफन गरियो ।
JDG 12:13 तिनीपछि, पिरातोनी हिल्लेलका छोरा अब्दोनले इस्राएलमा न्यायकर्ताका रूपमा सेवा गरे ।
JDG 12:14 उनका चालिस छोरा र तिस नातिहरू थिए । तिनीहरू सत्तरीवटा गधाहरूमा सवार हुन्थे, र तिनले इस्राएलमा आठ वर्षसम्‍म न्याय गरे ।
JDG 12:15 पिरातोनी हिल्लेलका छोरा अब्दोन मरे र तिनलाई अमालेकीहरूको पहाडी देशमा एफ्राइमको पिरातोन इलाकामा दफन गरियो ।
JDG 13:1 इस्राएलका मानिसहरूले फेरि परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो त्यही गरे, र उहाँले तिनीहरूलाई पलिश्तीहरूका हातमा चालिस वर्षसम्म सुम्पनुभयो ।
JDG 13:2 त्यहाँ सोराबाट आएका दानको वंशका एक जना मानिस थिए, तिनको नाउँ मानोह थियो । तिनकी पत्‍नी गर्भवती हुन सकेकी थिइनन् र यसैले तिनले जन्म दिएकी थिइनन् ।
JDG 13:3 परमप्रभुका एउटा दूत ती स्‍त्रीकहाँ देखा परे र तिनलाई भने, “तिमी गर्भवती हुन सकेकी छैनौ, र तिमीले जन्म दिएकी छैनौ, तर तिमी गर्भवती हुनेछौ र तिमीले एउटा छोरो जमाउनेछौ ।
JDG 13:4 अब दाखमद्य वा कडा पेय नपिउन होसियार होऊ, र कुनै अशुद्ध कुरा नखाऊ ।
JDG 13:5 हेर, तिमी गर्भवती हुनेछौ र एउटा छोरो जन्माउनेछौ । उसको कपालमा छुरा लाग्‍नेछैन, किनकि त्यो बालक गर्भदेखि नै परमेश्‍वरको निम्ति नाजिरी हुनेछ, र उसले इस्राएललाई पलिश्तीहरूका हातबाट छुटकारा दिन सुरु गर्नेछ ।”
JDG 13:6 तब ती स्‍त्री आइन् र आफ्नो पतिलाई भनिन्, “परमप्रभुका एक जना मानिस मकहाँ आउनुभयो, र उहाँको मुहार परमेश्‍वरका दूतका झैं धेरै डरलाग्‍दो थियो । उहाँ कहाँबाट आउनुभएको हो भनेर मैले सोधिनँ, र उहाँले मलाई आफ्नो नाउँ भन्‍नुभएन ।
JDG 13:7 उहाँले मलाई भन्‍नुभयो, ‘हेर, तिमी गर्भवती हुनेछौ, र तिमीले एउटा छोरो जन्माउनेछौ । यसैले दाखमद्य वा कडा पेय नपिउनू, र व्यवस्थाले अशुद्ध भनेर घोषणा गरेको कुनै कुरा नखानू, किनभने त्‍यो बालक तिम्रो गर्भदेखि उसको मृत्युको दिनसम्म नै परमप्रभुको निम्ति नाजिरी हुनेछ ।’”
JDG 13:8 त्यसपछि मानोहले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे, परमप्रभु, तपाईंले पठाउनुभएका परमेश्‍वरका मानिसलाई फेरि हामीकहाँ पठाइदिनुहोस् ताकि अब छिटै जन्मने बालकलाई हामीले के गर्नुपर्छ भनेर उहाँले हामीलाई सिकाउन सकून् ।”
JDG 13:9 परमेश्‍वरले मानोहको पुकार सुन्‍नुभयो, र परमेश्‍वरका दूत फेरि ती स्‍त्रीकहाँ तिनी मैदानमा बसिरहँदा देखा परे । तर मानोह तिनका पति तिनीसँग थिएनन् ।
JDG 13:10 यसैले ती स्‍त्री दौडेर गईन् र आफ्ना पतिलाई बताइन्, “ हेर्नुहोस्, ती मानिस, जो मकहाँ हिजो आउनुभएको थियो उहाँ फेरि मकहाँ देखापर्नुभएको छ!”
JDG 13:11 मानोह उठे र आफ्नी पत्‍नीको पछिपछि गए । जब तिनी ती मानिसकहाँ आए, तिनले भने, “के मेरी पत्‍नीसँग बोल्ने मानिस तपाईं नै हुनुहुन्छ?” ती मानिसले भने, “हो, मै हुँ ।”
JDG 13:12 यसैले मानोहले भने, “तपाईंका वचन पुरा होऊन् । त्यो बालकको निम्ति नियमहरू के हुनेछन्, र उसको काम के हुनेछ?”
JDG 13:13 परमप्रभुका दूतले मानोहलाई भने, “मैले तिनलाई भनेका हरेक कुरा तिनले ध्यानपुर्वक गर्नुपर्छ ।
JDG 13:14 दाखको बोटबाट आउने केही पनि तिनले खानुहुँदैन, र तिनले दाखमद्य वा कडा पेय पिउन वा कुनै अशुद्ध कुरा खान नदिनू । मैले तिनलाई गर्नू भनी आज्ञा गरेका सबै कुरा तिनले पालना गर्नुपर्छ ।”
JDG 13:15 मानोहले परमप्रभुका दूतलाई भने, “कृपया केही समय बस्‍नुहोस्, र तपाईंको निम्ति एउटा पाठो तयार गर्न हामीलाई समय मिल्नेछ ।”
JDG 13:16 परमप्रभुका दूतले मानोहलाई भने, “म बसें भने पनि म तिम्रो भोजन खानेछैनँ । तर तिमी होमबलि तयार गर्छौ भने, त्यो परमप्रभुलाई चढाउनू ।” (उनी परमप्रभुका दूत थिए भनेर मानोहलाई थाहा थिएन ।)
JDG 13:17 मानोहले परमप्रभुका दूतलाई भने, “तपाईंको नाउँ के हो, ताकि तपाईंको वचन पुरा हुँदा हामी तपाईंलाई सम्मान गर्न सकौं?”
JDG 13:18 परमप्रभुका दूतले उनलाई भने, “तिमी किन मेरो नाउँ सोध्छौ? त्यो आश्‍चर्यपूर्ण छ!”
JDG 13:19 यसैले मानोहले अन्‍नबलिसित एउटा पाठो लिए र ती परमप्रभुलाई एउटा चट्टानमा चढाए । मानोह र तिनकी पत्‍नीले हेरिरहँदा उहाँले केही आश्‍चर्य काम गर्नुभयो ।
JDG 13:20 जब वेदीबाट आगो माथि आकाशतर्फ गयो, तब परमप्रभुका दूत वेदीको आगोमा माथि गए । मानोह र तिनकी पत्‍नीले यो देखे र आफ्नो मुहार भुइँमा घोप्‍टो पारे ।
JDG 13:21 परमप्रभुका दूत मानोह वा उनकी पत्‍नीकहाँ फेरि देखा परेनन् । तब मानोहलाई तिनी परमप्रभुका दूत रहेछन् भनेर थाहा भयो ।
JDG 13:22 मानोहले आफ्नी पत्‍नीलाई भने, “हामी निश्‍चय नै मर्नेछौं, किनभने हामीले परमेश्‍वरलाई देखेका छौं!”
JDG 13:23 तर तिनकी पत्‍नीले तिनलाई भनिन्, “परमप्रभुले हामीलाई मार्ने इच्‍छा गर्नुभएको भए, उहाँले हामीले अर्पण गरेका होमबलि र अन्‍नबलि ग्रहण गर्नुहुन्‍नथ्‍यो । उहाँले हामीलाई यी सबै कुराहरू देखाउनुन्‍नथ्‍यो, न त उहाँले यो समय हामीलाई यी कुराहरू भन्‍नुहुन्‍थ्‍यो ।”
JDG 13:24 पछि ती स्‍त्रीले एउटा छोरो जन्माइन्, र तिनको नाउँ शिमशोन राखिन् । त्यो बालक बढ्दै गयो र परमप्रभुले उसलाई आशिष् दिनुभयो ।
JDG 13:25 परमप्रभुको आत्माले तिनलाई सोरा र एश्‍तोलको बिच महनेह-दानमा उत्तेजित पार्न सुरु गर्नुभयो ।
JDG 14:1 शिमशोन तल तिम्नामा गए, र त्यहाँ पलिश्तीहरूका छोरीहरूमध्‍ये एक जना स्‍त्रीलाई तिनले देखे ।
JDG 14:2 जब तिनी फर्के, तब तिनले आफ्ना बुबा र आमालाई भने, “मैले तिम्नामा पलिश्तीहरूका छोरीहरूमध्‍ये एक जना स्‍त्रीलाई देखें । तिनलाई मेरो पत्‍नी हुनलाई ल्याइदिनुहोस् ।”
JDG 14:3 तिनका बुबा र आमाले तिनलाई भने, “के तिम्रा नातेदारहरूका छोरीहरू वा हाम्रा मानिसहरूका माझमा कोही स्‍त्री छैन र? के तिमी खतना नभएका पलिश्तीहरूबाट आफ्नो निम्ति पत्‍नी लिन जाँदैछौ?” शिमशोनले आफ्ना बुबालाई भने, “तिनलाई मेरो निम्ति ल्याइदिनुहोस्, किनकि म जब तिनलाई हेर्छु, मलाई खुशी लाग्‍छ ।”
JDG 14:4 तर तिनका बुबा र आमालाई यो कुरा परमप्रभुबाट आएको हो भन्‍ने कुरा थाहा थिएन, किनकि उहाँले पलिश्तीहरूसँग झगडा ल्याउने योजना गर्नुभएको थियो (किनकि त्यो समयमा पलिश्तीहरूले इस्राएलमाथि शासन गरिरहेको थियो) ।
JDG 14:5 तब शिमशोन आफ्ना बुबा र आमासँग तल तिम्नामा गए, र तिनीहरू तिम्नाको दाखबारीमा गए । अनि हेर, त्‍यहाँ जवान सिंहहरूमध्‍ये एउटा माथि आयो र तिनीमाथि गर्जन थाल्यो ।
JDG 14:6 परमप्रभुका आत्मा अचानक तिनीमाथि आउनुभयो, र तिनले एउटा सानो पाठोलाई झैं तुरुन्‍तै त्यो सिंहलाई च्यातिदिए, र तिनको हातमा तिनीसित कुनै कुरा पनि थिएन । तर आफूले जे गरेका थिए, त्‍यो तिनले आफ्ना बुबा वा आमालाई भनेनन् ।
JDG 14:7 तिनी गए र त्यो स्‍त्रीसँग कुरा गरे, र जब शिमशोनले उनलाई हेरे, तब उनले तिनलाई खुसी पारिन् ।
JDG 14:8 केही दिनपछि जब तिनी उनलाई विवाह गर्न भनेर फर्के, तब त्‍यो सिंहको सिनु हेर्नलाई तिनी त्‍यतातिर गए । अनि हेर, तिनले छाडेका त्यो सिंहको सिनुमा मौरीको झुण्ड र मह थियो ।
JDG 14:9 तिनले आफ्ना हातमा मह लिए र तिनी जाँदा खाँदै गए । जब तिनी आफ्ना बुबा र आमाकहाँ आए, तिनले अलिकति मह तिनीहरूलाई पनि दिए, र तिनीहरूले खाए । तर तिनले त्यो मह सिंहको सिनुबाट लिएका थिए भन्‍ने कुरा तिनले भनेनन् ।
JDG 14:10 शिमशोनका बुबा तल त्यो स्‍त्री भएको ठाउँमा गए, र शिमशोनले त्यहाँ एउटा भोज दिए, किनकि त्‍यो दुलहाले गर्नैपर्ने प्रचलन थियो ।
JDG 14:11 स्‍त्रीका नातेदारहरूले तिनलाई देख्‍नेबित्तिकै, तिनीहरूले आफ्ना तिस जना साथी तिनीसँग बस्‍नलाई ल्याए ।
JDG 14:12 शिमशोनले तिनीहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्छु । तिमीहरूमध्ये कसैले भोजको सात दिनभित्रमा अड्को फुकाएर त्यसको उत्तर मलाई भन्‍न सक्यौ भने, म तिमीहरूलाई तिसवटा सुतीका लबेदा र तिस थान लुगाहरू दिनेछु ।
JDG 14:13 तर तिमीहरूले मलाई उत्तर भन्‍न सकेनौ भने, तिमीहरूले मलाई तिसवटा सुतीका लबेदा र तिस थान लुगाहरू दिनुपर्नेछ ।” तिनीहरूले उनलाई भने, “हामीलाई तिम्रो अड्को भन, ताकि हामी त्‍यो सनौं ।”
JDG 14:14 तिनले उनीहरूलाई भने, “खानेबाट केही खाने कुरो निस्क्यो, बलियोबाट केही गुलियो कुरो निस्क्यो ।” तर तिनका पाहुनाहरूले तिन दिनमा त्यसको उत्तर पाउन सकेनन् ।
JDG 14:15 चौथो दिनमा तिनीहरूले शिमशोनकी पत्‍नीलाई भने, “तिम्रो पतिलाई छल गर ताकि तिनले हामीलाई त्यो अड्कोको उत्तर बताऊन्, नत्रता हामी तिमी र तिम्रो बुबाको घरलाई आगो लगाइदिनेछौं । के हामीलाई गरिब बनाउनलाई तिमीले हामीलाई यहाँ बोलाएकी हौ?”
JDG 14:16 शिमशोनकी पत्‍नी तिनको सामु रुन थालिन् । उनले भनिन्, “तपाईंले मलाई घृणा मात्र गर्नुहुन्छ! तपाईंले मलाई प्रेम गर्नुहुन्‍न । तपाईंले मेरा केही मानिसलाई अड्को थाप्नुभएको छ, तर तपाईंले मलाई उत्तर भन्‍नुभएको छैन ।” शिमशोनले त्यसलाई भने, “यता हेर, मैले मेरो बुबा वा आमालाई त भनेको छैनँ, त के म तिमीलाई भनूँ?”
JDG 14:17 भोजको सातौं दिनसम्म त्यो रोई । सातौं दिनमा तिनले उनलाई उत्तर भनिदिए किनभने उनले तिनलाई धेरै दबाब दिइन् । उनले आफ्ना नातेदारहरूलाई उत्तर भनिदिई ।
JDG 14:18 सातौं दिनमा सूर्य अस्ताउनअगि सहरका मानिसले तिनलाई भने, “महभन्दा गुलियो के हुन्छ र? सिंहभन्दा बलियो के हुन्छ र?” शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूले मेरो कोरेलीलाई नजोतेका भए, तिमीहरूले मेरो अड्कोको उत्तर पाउनेथिएनौ ।”
JDG 14:19 तब परमप्रभुको आत्मा अचानक शक्तिको साथमा शिमशोनमाथि आउनुभयो । शिमशोन तल अश्कलोनमा गए र तिनीहरूका तिस जना मानिसहरूलाई मारे । तिनले तिनीहरूका लुटका सामान लिए, र त्यो अड्को फुकाउने मानिसहरूलाई तिनीहरूका लुगाहरू दिए । रिसले चूर भएर तिनी आफ्ना बुबाका घरमा गए ।
JDG 14:20 शिमशोनको साथमा बसेको मित्रलाई तिनको पत्‍नी दिएर पठाइयो ।
JDG 15:1 केही दिनपछि, गहुँ कटनीको समयमा, शिमशोनले एउटा पाठो लिए र आफ्नी पत्‍नीलाई भेट्न गए । तिनले मनमनै भने, “म मेरी पत्‍नीको कोठामा जानेछु ।” तर उनका बुबाले तिनलाई भित्र जान दिएनन् ।
JDG 15:2 उनका बुबाले भने, “तपाईंले उनलाई घृणा गर्नुहुन्छ भनी मैले सोचेको थिएँ, यसैले मैले त्यसलाई तपाईंको साथमा बसेको मित्रलाई दिएँ । उनकी कान्छी बहिनी उनीन्दा सुन्दरी छिन् । तिनैलाई लैजानुहोस् ।”
JDG 15:3 शिमशोनले तिनीहरूलाई भने, “यसपल्ट मैले पलिश्तीहरूलाई चोट दिंदा म निर्दोष हुनेछु ।”
JDG 15:4 शिमशोन गए र तिन सयवटा स्यालहरू समाते र हरेकलाई दुई-दुईचटा गरेर पुच्छर-पुच्छर बाँधिदिए । तब तिनले राँको लिएर हरेक जोडीको पुच्छरको बिचमा राखे ।
JDG 15:5 जब तिनले राँकाहरूमा आगो सल्काए, तब तिनले स्यालहरूलाई पलिश्तीहरूका पाकिरहेका अन्‍नमा छोडिदिए, र तिनीहरूले जम्‍मा गरेर राखिएका अन्‍न र खेतमा पाकेका अन्‍न दुवैमा, दाखवारीहरू र जैतूनका बगैंचाहरूलाई डढाए ।
JDG 15:6 पलिश्तीहरूले सोधे, “यो कसले गर्‍यो?” तिनीहरूलाई भनियो, “तिम्नामा बसोबास गर्नेका ज्वाइँ शिमशोनले यो गरेका हुन् किनभने तिम्नाका मानिसहरूले शिमशोनकी पत्‍नीलाई लिए र तिनको साथमा बसेको मित्रलाई दिए ।” त्यसपछि पलिश्तीहरू गएर त्यस स्‍त्री र त्यसका बुबालाई जलाइदिए ।
JDG 15:7 शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूको व्यवहार यस्तै हो भने, म तिमीहरूका विरुद्ध बदला लिनेछु, र त्‍यसो गरेपछि मात्र म रोकिनेछु ।”
JDG 15:8 तब तिनले उनीहरूलाई कम्मर र जाँघबाट टुक्रा-टुक्रा गरी काटे र धेरैको हत्या गरे । त्यसपछि उनी तल गए र एतामको चट्टानको गुफामा बसे ।
JDG 15:9 त्यसपछि पलिश्तीहरू माथि आए र तिनीहरूले यहूदामा युद्धको निम्ति तयारी गरे र लहीमा आफ्ना सेनालाई तयार राखे ।
JDG 15:10 तब यहूदाका मानिसहरूले भने, “तिमीहरू किन हामीलाई आक्रमण गर्न आएका छौ?” तिनीहरूले भने, “शिमशोनलाई समातौं र त्यसले हामीलाई जे गरेको छ त्‍यसलाई त्‍यस्तै गरौ भनेर हामी आक्रमण गर्दैछौं ।”
JDG 15:11 तब यहूदाका तिन हजार मानिसहरू एतामको चट्टानको गुफामा गए, र तिनीहरूले शिमशोनलाई भने, “के तिमीलाई थाहा छ, कि पलिश्तीहरू हाम्रा शासकहरू हुन्? यो तिमीले हामीलाई के गरेका छौ?” शिमशोनले तिनीहरूलाई भने, “तिनीहरूले मलाई जस्तो गरे, अनि मैले पनि तिनीहरूलाई त्यस्तै गरें ।”
JDG 15:12 तिनीहरूले शिमशोनलाई भने, “तिमीलाई बाँधेर पलिश्तीहरूका हातमा दिनको निम्ति हामी यहाँ तल आएका छौं ।” शिमशोनले तिनीहरूलाई भने, “मसँग यो शपथ खाओ कि तिमीहरू आफैंले मलाई मार्नेछैनौ ।”
JDG 15:13 तिनीहरूले तिनलाई भने, “हामी तिमीलाई केवल डोरीले बाँध्‍नेछौं र तिमीलाई तिनीहरूकहाँ सुम्पिनेछौं । हामी यो प्रतिज्ञा गर्छौं, कि हामी तिमीलाई मार्नेछैनौं ।” यसैले तिनीहरूले तिनलाई दुईवटा नयाँ डोरीले बाँधे र त्यस चट्टानबाट माथि ल्याए ।
JDG 15:14 जब तिनी लहीमा आए, पलिश्तीहरूले तिनलाई भेट्नेवित्तिकै ठुलो सोरमा कराउँदै आए । अनि परमप्रभुका आत्मा शक्तिको साथमा उनीमाथि आउनुभयो । तिनका पाखुराका डोरीहरू डढेका सनपाटझैं भए, र तिनीहरू तिनका हातबाट झरे ।
JDG 15:15 शिमशोनले एउटा गधाको आलो बङ्गारो भेट्टाए, र तिनले त्यो उठाए र त्यसैले एक हजार जना मानिसलाई मारे ।
JDG 15:16 शिमशोनले भने, “एउटा गधाको बङ्गारोले रासमाथि रास पारें ।” एउटा गधाको बङ्गारोले मैले एक हजार जना मानिसलाई मारें ।”
JDG 15:17 जब शिमशोनले बोलिसके, तब तिनले त्‍यो बङ्गारोलाई फालिदिए, र तिनले त्यस ठाउँलाई रामत-लही नाउँ राखे ।
JDG 15:18 शिमशोन धेरै तिर्खाए र परमप्रभुलाई पुकारा गरे र भने, “तपाईंले आफ्नो दासलाई यो महान् विजय दिनुभएको छ । तर के अब म तिर्खाले मर्ने, अनि खतना नभएका मानिसहरूका हातमा पर्नेछु?”
JDG 15:19 परमेश्‍वरले लहीमा भएको खाल्डोलाई चिरिदिनुभयो र त्यहाँबाट पानी निस्कियो । जब तिनले पानी पिए, तब तिनको शक्ति फर्कियो र तिनी ताजा भए । यसैले तिनले त्यस ठाउँको नाउँ एन-हक्‍कोरे राखे, र आजको दिनसम्मै त्यो लहीमा छ ।
JDG 15:20 शिमशोनले पलिश्तीहरूको समयमा इस्राएलमा बिस वर्ष न्याय गरे ।
JDG 16:1 शिमशोन गाजामा गए र त्यहाँ एउटी वेश्यालाई देखे, र तिनी त्यससँग ओछ्‍यानमा गए ।
JDG 16:2 गाजाका मानिसहरूलाई यस्तो भनियो, “शिमशोन यहाँ आएको छ ।” गाजाका मानिसहरूले त्यस ठाउँलाई घेरे र गुप्‍तमा तिनीहरूले सारा रात सहरको ढोकामा कुरे । तिनीहरू रातभर शान्त बसे । तिनीहरूले यसो भनेका थिए, “दिनको उज्यालो नभएसम्म हामी कुरौं, र त्‍यसपछि उसलाई हामी मारौं ।”
JDG 16:3 शिमशोन मध्यरातसम्म ओछ्यानमा पल्टे । मध्यरातमा तिनी उठे र तिनले सहरको ढोका र त्यसका दुईवटा खम्बालाई समाते । तिनले बारसहित ती जमिनबाट उखेले, र ती आफ्ना काँधमा राखे, र हेब्रोनको सामुन्‍ने डाँडाको चुचुरासम्म बोकेर लगे ।
JDG 16:4 यसपछि, शिमशोन सोरेकको बेसीमा बस्‍ने गर्ने एक जना स्‍त्रीसँग प्रेममा परे । त्यसको नाउँ दलीला थियो ।
JDG 16:5 पलिश्तीहरूका शासकहरू त्यस स्‍त्रीकहाँ आए, र भने, “शिमशोनलाई छल गरेर त्यसको त्यो ठुलो बल केमा रहेको छ, र कसरी हामी त्यसको शक्तिलाई हामी हराउन सक्‍छौं भन्‍ने कुरा थाहा गर, ताकि हामीले त्यसलाई बाँधेर त्यसलाई लज्‍जीत पार्न सकौं । यो काम गर, र हामी हरेकले तिमीलाई चाँदीका १,१०० सिक्‍का दिनेछौं ।”
JDG 16:6 तब दलीलाले शिमशोनलाई भनिन्, “कृपया मलाई बताउनुहोस्, कि तपाईं कसरी यस्तो बलियो हुनुहुन्छ, र तपाईंलाई नियन्त्रण गर्नको निम्ति तपाईंलाई कसरी बाँध्‍न सकिन्छ?”
JDG 16:7 शिमशोनले त्यसलाई भने, “तिनीहरूले मलाई नयाँ सातवटा नसुकेका धनुका ताँदाले बाँधे भने, म कमजोर हुनेछु र अरू साधारण मानिसझैं हुनेछु ।”
JDG 16:8 तब पलिश्तीहरूका शासकहरूले नयाँ सातवटा नसुकेका धनुका ताँदा ल्याएर दलीलालाई दिए, र त्यसले शोमशोनलाई ती ताँदाले बाँधी ।
JDG 16:9 त्यस स्‍त्रीको भित्री कोठामा त्यसले गुप्‍तमा मानिसहरू लुकाएकी थिई । त्यसले तिनलाई भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तर तिनले ती धनुका ताँदालाई आगोमा परेका सनपाटका धागाहरूझैं छिनाइदिए । यसैले तिनको शक्तिको रहस्य खोलिएन ।
JDG 16:10 त्यसपछि दलीलाले शिमशोनलाई भनी, “तपाईंले मलाई धोका दिनुभएको छ र मलाई झुटो बोल्नुभएको छ । कृपया, मलाई बताउनुहोस् तपाईंलाई कसरी नियन्त्रण गर्न सकिन्छ ।”
JDG 16:11 तिनले त्यसलाई भने, “कहिल्यै कामको निम्ति प्रयोग नभएका नयाँ डोरीले तिनीहरूले मलाई बाँधे भने म कमजोर हुनेछु र साधारण मानिसझैं हुनेछु ।”
JDG 16:12 यसैले दलीलाले नयाँ डोरीहरू लिएर तिनलाई त्यसले बाँधी, र भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” मानिसहरू भित्री कोठामा कुरिरहेका थिए । तर शिमशोनले आफ्ना पाखुराका डोरीहरूलाई धागो छिनाएझैं छिनाइदिए ।
JDG 16:13 दलीलाले शिमशोनलाई भनी, “अहिलेसम्म त तपाईंले मलाई धोका दिनुभएको छ र मसँग झुटो बोल्नुभएको छ । तपाईंलाई कसरी नियन्त्रमा लिन सकिन्छ मलाई बताउनुहोस् ।” शिमशोनले त्यसलाई भने, “तिमीले मेरो कपालका सातवटा लट्टालाई तानमा बुनेर कीलामा कसेर राख्यौ भने म अरू मानिसझैं हुनेछु ।”
JDG 16:14 जब तिनी निदाए, दलीलाले उनका कपालका सातवटा लट्टा बनाई तानमा बुनेर कीलामा कसरे राखी, अनि त्यसले उनलाई भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तिनी आफ्नो निद्राबाट उठे र तानसमेत कीला उखेलिदिए ।
JDG 16:15 त्यसले उनलाई भनी, “तपाईंले मलाई कसरी ‘म तिमीलाई प्रेम गर्छु’ भन्‍न सक्‍नुहुन्छ, जब कि तपाईंले आफ्ना गोप्य कुराहरू मलाई बताउनुहुन्‍न? तिन पटक तपाईंले मेरो उपहास गर्नुभएको छ र तपाईंसँग यस्तो महाबल कसरी आउँछ भनेर भन्‍नुभएको छैन ।”
JDG 16:16 हरेक दिन त्यसले तिनलाई यही कुरा गरेर दबाब दिई, र त्यसले यति दबाब दिई, कि तिनले मर्ने इच्छा गरे ।
JDG 16:17 यसैले शिमशोनले त्यसलाई हरेक कुरा भने र तिनलाई यसो भनिदिए, “मेरो शिरको कपालमा कहिल्यै पनि मैले खौरेको छैन, किनभने मेरी आमाको गर्भदेखि नै म परमेश्‍वरको निम्ति एक नाजिरी भएको छु । मेरो कपाल खौरियो भने, मेरो शक्ति मबाट जानेछ, र म कमजोर र सामान्य मानिसझैं हुनेछु ।”
JDG 16:18 दलीलाले तिनले सबै सत्य कुरा बताएको देखेपछि, त्‍यसले यसो भनेर पलिश्तीहरूका शासकहरूलाई बोलाई, “आउनुहोस्, किनभने तिनले मलाई सबै कुरा बताएका छन् ।” त्यसपछि पलिश्तीहरूका शासकहरूले आफ्ना हातमा चाँदी लिएर त्यसकहाँ गए ।
JDG 16:19 त्यसले तिउनलाई आफ्नो काखमा सुताई । तिनको शिरको सातवटा लट्टा खौरिदिन त्यसले एक जना मानिसलाई बोलाई, र त्यसले तिनलाई काबूमा पार्न लागी, किनभने तिनको शक्ति हटिसकेको थियो ।
JDG 16:20 त्यसले भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तिनी आफ्नो निद्राबाट उठे र भने, “म अरू बेलाझैं उम्कनेछु र आफूलाई छुटाउनेछु ।” तर परमप्रभुले तिनलाई छोडिसाक्‍नुभएको छ भन्‍ने तिनलाई थाहा थिएन ।
JDG 16:21 पलिश्तीहरूले तिनलाई समाते र तिनका आँखा निकालिदिए । उनीहरूले तिनलाई गाजामा ल्याएर काँसाका साङ्लाले बाँधे । तिनी झ्यालखानामा जाँतो पिंध्‍न थाले ।
JDG 16:22 तर तिनको शिरमा कपाल खौरपछि फेरि पलाउन थाल्यो ।
JDG 16:23 पलिश्तीहरूका शासकहरू आफ्ना देवता दागोनलाई महान् बलि चढाउन र आनन्द मनाउन एकसाथ भेला भए । तिनीहरूले भने, “हाम्रा देवताले हामीहरूका शत्रु शिमशोनलाई जिते र हाम्रो हातमा सुम्पिदिए ।”
JDG 16:24 जब मानिसहरूले तिनलाई देखे, तब तिनीहरूले आफ्ना देवताको प्रशंसा गरे, किनकि तिनीहरूले भने, “हाम्रो देशलाई नाश गर्ने, र हामीमध्ये धेरैलाई मार्ने हामीहरूका शत्रुलाई हाम्रो देवताले जित हासिल गरे हाम्रो हातमा सुम्‍पिदिए ।”
JDG 16:25 जब तिनीहरू उत्सव मनाउँदै थिए, तब तिनीहरूले भने, “शिमशोनलाई बोलाओ, ताकि त्यसले हामीलाई हँसाओस् ।” तिनीहरूले शिमशोनलाई झ्यालखानाबाट बाहिर झिके र तिनले तिनीहरूलाई हँसाए । उनीहरूले तिनलाई खम्‍बाहरूका बिचमा खडा गरेका थिए ।
JDG 16:26 शिमशोनका आफ्‍नो हात समाइरहेको केटोलाई भने, “यो मन्‍दिर अडाउने खम्बाहरू मलाई छुन देऊ, ताकि म तिनमा अडेस लगाउन सकूँ ।”
JDG 16:27 त्यो मन्‍दिर पुरुष र स्‍त्रीहरूले भरिएको थियो । पलिश्तीहरूका सबै शासकहरू त्यहीं नै थिए । छतमा करिब तिन हजार पुरुष र स्‍त्रीहरू थिए । शिमशोनले तिनीहरूलाई मनोरन्‍जन दिंदा हेरिरहेका थिए ।
JDG 16:28 शिमशोनले परमप्रभुलाई पुकारा गरे र भने, “परमप्रभु परमेश्‍वर, मेरो सम्झना गर्नुहोस्! परमेश्‍वर, कृपया मलाई एकपटक मात्र शक्ति दिनुहोस्, ताकि मेरा दुई आँखाको साटो मैले यी पलिश्तीहरूसँग एकै पटकमा बदला लिन सकूँ ।”
JDG 16:29 त्यस मन्‍दिरलाई अडाउने बिचका दुई खम्बालाई शिमशोनले समाए र एउटा खम्बालाई आफ्नो दाहिने हात र अर्कोलाई आफ्नो देब्रे हातले समाएर ती ठेले ।
JDG 16:30 शिमशोनले भने, “मलाई पलिश्तीहरूसँगै मर्न दिनुहोस्!” तिनले आफ्नो बल लगाएर हातहरू पसारे र त्यो मन्‍दिर सबै शासकहरू र त्यहाँ भएका सबै मानिसहरूमाथि खस्यो । यसरी तिनी आफू मर्दा आफ्नो जीवनभरमा मरेका भन्दा धेरैलाई मारे ।
JDG 16:31 तब तिनका दाजुभाइ र तिनका बुबाका घरानाका सबै त्यहाँ आए । तिनीहरूले तिनलाई लगे अनि तिनका बुबा मानोहको चिहानमा सोरा र एश्लोतको बिचमा तिनलाई दफन गरे । शिमशोनले इस्राएलमा बिस वर्ष न्याय गरेका थिए ।
JDG 17:1 एफ्राइमको पहाडी देशमा एक जना मानिस थिए, र तिनको नाउँ मीका थियो ।
JDG 17:2 तिनले आफ्नी आमालाई भने, “तपाईंबाट लगिएका १,१०० चाँदीका सिक्‍का, जसको विषयमा तपाईंले सराप दिनुभएको थियो, र जुन मैले सुनेको थिएँ, हेर्नुहोस् । त्‍यो चाँदी मसँग छन् । त्‍यो मैले ती चोरें ।” तिनकी आमाले भनिन्, “मेरो छोरा, परमप्रभुले तिमीलाई आशिष् दिऊन्!”
JDG 17:3 तिनले ती चाँदीका १,१०० सिक्‍काहरू आफ्नी आमालाई दिए र तिनकी आमाले भनिन्, “खोपिएको र ढलौटे मूर्तिहरू बनाउनलाई मेरो छोराको निम्ति यो चाँदी म परमप्रभुमा अलग गर्छु । यसैले अब यो म तिमीलाई दिन्‍छु ।”
JDG 17:4 जब तिनले त्‍यो पैसा आफ्नी आमालाई दिए, तब तिनकी आमाले चाँदीका दुई सय सिक्‍का लिईन् र त्‍यो शिल्पकारलाई दिईन् जसले तीबाट खोपिएको र ढलौटे मूर्तिहरू बनाए, र ती मीकाको घरमा राखियो ।
JDG 17:5 त्‍यो मानिस मीकासित मूर्तिहरूको एउटा घर थियो र तिनले एउटा एपोद र घर-देवताहरू बनाए, र तिनले आफ्ना छोरामध्ये एक जनालाई पुजारी हुनको निम्ति नियुक्त गरे ।
JDG 17:6 ती दिनहरूमा इस्राएलमा कोही राजा थिएन, र हरेकले आफ्नो दृष्‍टिमा जे ठिक लाग्थ्यो त्यही गर्थ्यो ।
JDG 17:7 यहूदाको बेथलेहेमका यहूदाका वंशका एक जना जवान मानिस थिए जो एक जना लेवी थिए । आफ्नो जिम्मेवारी पुरा गर्न तिनी त्यहाँ बसे ।
JDG 17:8 ती मानिसले यहूदाको बेथलेहेमलाई छोडेर गए र बस्‍ने एउटा ठाउँ खोजे । तिनले यात्रा गर्दै जाँदा, तिनी एफ्राइमको पहाडी देशमा भएको मीकाको घरमा आए ।
JDG 17:9 मीकाले तिनलाई भने, “तिमी कहाँबाट आएका हौ?” ती मानिसले तिनलाई भने, “म यहूदाको बेथलेहेमको एउटा लेवी हुँ, र बसोबास गर्नको निम्ति ठाउँ खोज्न भनेर म यात्रा गरिरहेको छु ।”
JDG 17:10 मीकाले तिनलाई भने, “मसँग बस, र मेरो निम्ति बुबा र पुजारी होऊ । म तिमीलाई वर्षको दश सिक्‍का चाँदी, एक जोर लुगा र तिम्रो खाना दिनेछु ।” यसैले ती लेवी तिनको घरभित्र गए ।
JDG 17:11 ती लेवी मीकासँग बस्‍न सन्तुष्‍ट भए, र ती जवान मानिस मीकाका छोरामध्ये एक जनाझैं भए ।
JDG 17:12 मीकाले ती लेवीलाई पवित्र जिम्‍मेवारीका लागि अलग गरे, र ती जवान मानिस तिनको पुजारी भए, र मीकाको घरमा बसे ।
JDG 17:13 तब मीकाले भने, “अब मलाई थाहा छ, कि परमप्रभुले मेरो निम्ति असल गर्नुहुनेछ, किनभने त्यो लेवी मेरो पुजारी बनेको छ ।”
JDG 18:1 ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएन । दानको कुलका मानिसहरूले बसोबास गर्नको निम्ति ठाउँ खोजिरहेका थिए, किनकि त्यो दिनसम्म तिनीहरूले इस्राएलका कुलहरूबाट कुनै उत्तराधिकार प्राप्‍त गरेका थिएनन् ।
JDG 18:2 दानका मानिसहरूले आफ्‍ना सम्‍पुर्ण कुलबाट पाँच जना मानिसहरू, सोरा र एश्लोत अनुभवी युद्धाहरूलाई हिंडेर देशको जानकारी लिन र त्यसमाथि दृष्‍टि लगाउन पठाए । तिनीहरूले उनीहरूलाई भने, “जाओ, र देशमाथि दृष्‍टि लगाओ ।” तिनीहरू एफ्राइमको पहाडी देशमा मीकाको घरमा आए, र तिनीहरूले त्यो रात त्यहीं बिताए ।
JDG 18:3 जब उनीहरू मीकाको घरको नजिकै थिए, तब उनीहरूले ती जवान लेवीको बोली चिने । यसैले उनीहरू तिनलाई रोके र सोधे, “तिमीलाई यहाँ कसले ल्यायो? तिमी यस ठाउँमा के गर्दैछौ? तिमी यहाँ किन छौ?”
JDG 18:4 तिनले उनीहरूलाई भने, “मीकाले मेरो निम्‍ति यसो गरेका छन्: तिनको पुजारी हुनलाई तिनले मलाई नियुक्त गरेका छन् ।”
JDG 18:5 उनीहरूले तिनलाई भने, “हाम्रो निम्ति परमेश्‍वरबाट सल्लाह माग, ताकि हामीले गरिरहेको यात्रा सफल हुन्छ कि हुन्‍न भनी हामीलाई थाहा होस् ।”
JDG 18:6 ती पुजारीले उनीहरूलाई भने, “शान्तिमा जाओ । तिमीहरू जानुपर्ने बाटोमा परमप्रभुले तिमीहरूलाई डोर्‍याउनुहुनेछ ।”
JDG 18:7 त्यसपछि ती पाँच जना मानिस त्यहाँबाट गए र लेशमा आए, अनि मानिसहरू सुरक्षासाथ बसोबास गरिरहेका उनीहरूले देखे, जसरी सीदोनीहरू कुनै बाधा नभई र सुरक्षित बस्‍थे । तिनीहरूलाई पराजय गर्ने वा त्यस देशमा कुनै प्रकारले दमन गर्ने कोही पनि थिएन । तिनीहरू सीदोनीहरूबाट टाढा बस्थे र तिनीहरूको कसैसँग लेन-देन थिएन ।
JDG 18:8 उनीहरू सोरा र एश्तोलमा भएको आफ्नो कुलकहाँ फर्के । उनीहरूका नातेदारहरूले सोधे, “तिमीहरूसँग के विवरण छ?”
JDG 18:9 उनीहरूले भने, “आओ, तिनीहरूलाई आक्रमण गरौँ! हामीले त्यो देश देखेका छौं र त्यो धेरै असल छ । के तिमीहरू केही गर्दैनौ? आक्रमण गर्न र त्यो देशमाथि अधिकार गर्न ढिला नगर ।
JDG 18:10 जब तिमीहरू जान्छौ, तब तिमीहरूले ती मानिसहरूलाई भेट्नेछौ जसले आफैंलाई सुरक्षित ठान्छन्, र त्यो सहर फराकिलो छ! परमेश्‍वरले तिमीहरूलाई त्यो सहर दिनुभएको छ— एउटा ठाउँ जसमा कुनै कुराको अभाव छैन ।”
JDG 18:11 दानका कुलका छ सय मानिसहरू युद्धको निम्ति हातहतियारले सुसज्‍जित भएर सोरा र एश्तोलबाट निस्के ।
JDG 18:12 तिनीहरू माथि गए र यहूदाको किर्यत-यारीममा छाउनी हाले । यसकारण मानिसहरूले त्यस ठाउँलाई आजको दिनसम्म महनेह-दान भन्छन् । त्योचाहिं किर्यत-यारीमको पश्‍चिममा पर्छ ।
JDG 18:13 तिनीहरू त्यहाँबाट एफ्राइमको पहाडी देशमा गए र मीकाको घरमा आए ।
JDG 18:14 लेशको देशमा जानकारी प्राप्‍त गर्न गएका पाँच जना मानिसले आफ्ना नातेदारहरूलाई भने, “यी घरहरूमा एपोद, घर-देवताहरू, खोपिएको मूर्ति, र ढलौटे मूर्ति छन् भनी के तिमीहरूलाई थाहा छ? तिमीहरूले के गर्नेछौ अहिले नै निर्णय गर ।”
JDG 18:15 यसैले तिनीहरू मीकाको घर, ती जवान लेवीकहाँ आए र तिनीहरूले तिनलाई अभिवादन गरे ।
JDG 18:16 अनि दानका छ सय जना मानिसहरू युद्धको निम्ति हात-हतियारले सुसज्‍जित भएर ढोकामा उभिए ।
JDG 18:17 ती पाँच जना मानिस जसले देशको बारेमा जानकारी लिन गएका थिए, तिनीहरू त्यहाँ गए र खोपिएको मूर्ति, एपोद, घर-देवताहरू, र ढलौटे मूर्ति लिए, जति बेला पुजारीचाहिं युद्धको निम्ति हात-हतियारले सुसज्‍जित छ सय जना मानिसका साथ ढोकामा उभिए ।
JDG 18:18 जब तिनीहरू मीकाको घरमा पसे र खोपिएको मूर्ति, एपोद, घर-देवताहरू, र ढलौटे मूर्ति लिए, पुजारीले तिनीहरूलाई भने, “तिमीहरू यो के गरिरहेका छौ?”
JDG 18:19 तिनीहरूले तिनलाई भने, “चूप लाग! आफ्‍नो हात आफ्‍नो मुखमा राख र हामीसँग आऊ, र हाम्रो निम्ति पिता र पुजारी होऊ । के तिम्रो निम्ति एउटा मानिसको घरको पुजारी हुनु, कि इस्राएलमा एउटा कुल र वंशको पुजारी हुनु कुन असल छ?”
JDG 18:20 ती पुजारीको हृदय हर्षित भयो । तिनले त्यो एपोद, घर-देवताहरू, र खोपिएको मूर्ति लिए, र ती मानिसहरूसँगै गए ।
JDG 18:21 यसैले तिनीहरू फर्केर त्यहाँबाट गए । तिनीहरूले साना बालबालिका र गाई-वस्तु र आफ्ना धनमालहरूलाई आफ्नो अगि-अगि हिंडाए ।
JDG 18:22 जब तिनीहरू मीकाको घरबाट अलि पर पुगे, मीकाको घरनजिकका घरहरूमा बस्‍ने मानिसहरूलाई एकसाथ भेला गरियो, र तिनीहरूले दानका मानिसहरूलाई भेट्टाए ।
JDG 18:23 तिनीहरूले दानका मानिसहरूमाथि कराए, र तिनीहरू फर्के र मीकालाई भने, “तिमीहरू किन एकसाथ भेला भएका छौ?”
JDG 18:24 तिनले भने, “मैले बनाएका देवताहरू तिमीहरूले चोर्‍यौ, मेरो पुजारीलाई लग्यौ, र तिमीहरू जाँदैछौ । अब मसँग के बाँकी छ? तिमीहरू कसरी मलाई ‘तिमीलाई के कुराले दु:ख दिइरहेको छ’ भनेर सोध्दैछौ?”
JDG 18:25 दानका मानिसहरूले तिनलाई भने, “हामीलाई तिम्रो केही कुरा नसुनाऊ, नत्रता हामीमध्येका कोही धेरै क्रोधित मानिसले तिमीलाई आक्रमण गर्नेछ, र तिमी र तिम्रा परिवार सबै मारिनेछन् ।”
JDG 18:26 त्यसपछि दानका मानिसहरू आफ्‍नो बाटो लागे । जब तिनीहरू आफ्नो निम्ति धेरै नै बलिया रहेछन् भनेर मीकाले देखे तब तिनी आफ्नै घर फर्किए ।
JDG 18:27 दानका मानिसहरूले मीकाले बनाएका कुराहरू र तिनका पुजारीलाई लिए, र तिनीहरू लेशमा कुनै बाधामा नपरेका र सुरक्षित मानिसहरूकहाँ आए, अनि तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे र सहरलाई जलाइदिए ।
JDG 18:28 तिनीहरूलाई बचाउने त्‍यहाँ कोही पनि थिएन किनभने त्यो सीदोनबाट धेरै टाढा थियो, र तिनीहरूको कसैसँग पनि कुनै लेन-देन थिएन । त्यो बेथ-रहोबनजिकको बेसीमा थियो । दानका मानिसहरूले त्यो सहरलाई पुनर्निर्माण गरे र त्यहीं बसोबास गरे ।
JDG 18:29 तिनीहरूले इस्राएलका छोरामध्‍ये एक जना आफ्ना पुर्खा दानका नाउँमा त्यस सहरलाई दान नाउँ दिए । तर त्यस सहरको नाउँ पहिले लेश थियो ।
JDG 18:30 दानका मानिसहरूले आफ्नै निम्ति ती खोपिएका मूर्तिहरू राखे । अनि त्यो देश कैदमा नपरेसम्म मोशाका नाति, गेर्शोमका छोरा जोनाथन र तिनका छोराहरू दानका कुलका निम्ति पुजारीहरू भए ।
JDG 18:31 यसैले शीलोमा परमेश्‍वरको भवन भएसम्म तिनीहरूले मीकाले बनाएका खोपिएका मूर्तिहरूको पुजा गरे ।
JDG 19:1 ती दिनहरूमा, जब इस्राएलमा कुनै राजा थिएन, त्यहाँ एक जना लेवी थिए, जो केही समय एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम क्षेत्रमा बसोबास गर्थे । तिनले यहूदाको बेथलेहेमबाट आफ्नो निम्ति एउटी उपपत्‍नी लिए ।
JDG 19:2 तर तिनकी उपपत्‍नी तिनीप्रति अविश्‍वासी थिई । त्यसले उनलाई छोडी र यहूदाको बेथलेहेम भएको आफ्नो पिताको घरमा फर्की । त्यो त्यहाँ चार महिनासम्म बसी ।
JDG 19:3 त्यसपछि त्यसका पति उठे र त्यसलाई फकाएर फिर्ता ल्याउनलाई त्यसकहाँ गए । तिनीसँग उनका सेवक, र एक जोडी गधा थिए । त्यसले तिनलाई आफ्नो बुबाको घरभित्र लगी । त्यस स्‍त्रीका बुबाले तिनलाई देखेर उनी खुशी भए ।
JDG 19:4 तिनका ससुरा, त्यस स्‍त्रीका बुबाले तिन दिन त्यहीं बस्‍न तिनलाई मनाए । तिनीहरूले खाए र पिए, र तिनीहरूले रात त्यहीं कटाए ।
JDG 19:5 चौथो दिनमा तिनीहरू बिहानै उठे र तिनी जानलाई तयार भए, तर त्यस स्‍त्रीका बुबाले आफ्नो ज्वाँइलाई भने, “अलिकति रोटी खाएर आफूलाई बलियो बनाउनुहोस्, अनि जानुहोस् ।”
JDG 19:6 त्यसैले तिनीहरू दुई जना सँगै बसेर खान र पिउन थाले । तब त्यस स्‍त्रीका बुबाले भने, “कृपया अझै एक रात बस्‍नुहोस् र रमाइलो गर्नुहोस् ।”
JDG 19:7 जब ती लेवी जानलाई उठे, तब त्यस जवान स्‍त्रीका बुबाले तिनलाई बस्‍नको निम्ति आग्रह गरे । यसैले तिनले आफ्नो योजना बद्ले र त्यहाँ फेरि अर्को रात बिताए ।
JDG 19:8 पाँचौ दिनमा तिनी जानको निम्ति बिहानै उठे, तर त्यस स्‍त्रीका बुबाले भने, “आफूलाई बलियो बनाउनुहोस् र दिउँसो नभएसम्म पर्खनुहोस् ।” यसैले ती दुई जनाले भोजन गरे ।
JDG 19:9 जब ती लेवी, तिनकी उपपत्‍नी र तिनका सेवक जानलाई उठे, तब तिनका ससुरा, त्यस स्‍त्रीका बुबाले तिनलाई भने, “हेर्नुहोस्, दिन ढल्‍केर साँझ पर्न लागेको छ । कृपया अर्को एक रात यहीँ बस्‍नुहोस् र रमाइलो गर्नुहोस् । तपाईं भोलि बिहान सबेरै उठ्न र घर फर्कन सक्‍नुहुन्छ ।”
JDG 19:10 तर ती लेवीलाई त्यो रात बिताउन इच्छुक भएनन् । तिनी उठे र गए । तिनी यबूस (अर्थात् यरूशलेम) तर्फ लागे । तिनीसँग भारीले लादेका एक जोडी गधा थिए, र तिनकी उपपत्‍नी तिनीसँगै थिई ।
JDG 19:11 तिनीहरू यबूसको नजिकै पुग्दा, साँझ पर्न लागेको थियो, र त्यस सेवकले आफ्‍नो मालिकलाई भन्‍यो, “आउनुहोस्, हामी यबूसीहरूको सहरतर्फ फर्कौं र यो रात त्यहाँ बिताऔं ।”
JDG 19:12 त्यसका मालिकले त्यसलाई भने, “हामी परदेशीहरूको सहरतर्फ जानेछैनौं जो इस्राएलका मानिसहरू होइनन् । हामी गिबामा जानेछौं ।”
JDG 19:13 ती लेवीले आफ्नो त्यो जवान मानिसलाई भने, “जाऔं, गिबा वा रामामध्ये कुनै एक ठाउँमा यो रात बिताऔं ।”
JDG 19:14 यसैले तिनीहरू हिँडिरहे, र तिनीहरू बेन्यामीनको इलाका गिबानजिकै आउँदा घाम अस्तायो ।
JDG 19:15 तिनीहरू त्यो रात बिताउन गिबामा नै रोकिए । तिनीहरू गए र सहरको चोकमा बसे, तर त्यो रात कसैले पनि तिनीहरूलाई आफ्नो घरभित्र लगेनन् ।
JDG 19:16 तर त्यो साँझ एक जना वृद्ध मानिस खेतमा काम गरेर फर्किरहेका थिए । तिनी एफ्राइमको पहाडी देशका थिए, र तिनी केही समयको लागि गिबामा बसोबास गरिरहेका थिए । तर त्यस ठाउँमा बस्‍ने मानिसहरू बेन्यामिनीहरू थिए ।
JDG 19:17 तिनले आफ्नो नजर उठाए र सहरको चोकमा यात्रुलाई देखे । ती वृद्ध मानिसले भने, “तपाईंहरू कहाँ जाँदै हुनुहुन्छ? तपाईंहरू कहाँबाट आउनुभएको हो?”
JDG 19:18 ती लेवीले तिनलाई भने, “हामी यहूदाको बेथलेहेमबाट एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम ठाउँमा जाँदैछौं, जहाँको म बासिन्दा हुँ । म यहूदाको बेथलेहेममा गएको थिएँ, र म परमप्रभुको घरमा जाँदैछु, तर मलाई आफ्नो घरभित्र लाने कोही पनि छैन ।
JDG 19:19 हामीसँग यी गधाहरूका निम्ति पराल र अरू खुवाउने कुरा छन्, र म र तपाईंका यी सेविका र यो सेवकको निम्ति पनि पुग्‍ने रोटी र दाखमद्य मसँग छ । हामीलाई केही पनि चाहिंदैन ।”
JDG 19:20 ती वृद्ध मानिसले तिनीहरूलाई अभिवादन गरे, “तपाईंहरूलाई शान्ति! म तपाईंका सबै खाँचोको ख्याल गर्नेछु । केवल यस चोकमा रात नबिताउनुहोस् ।”
JDG 19:21 त्यसैले ती मानिसले ती लेवीलाई आफ्नो घरभित्र ल्याए र गधाहरूलाई केही खान दिए । तिनीहरूले आफ्ना खुट्टा धोए र खाए र पिए ।
JDG 19:22 जब तिनीहरू खुशी मनाइरहेका थिए, सहरका केही काम नलाग्‍ने मानिसहरूले घरलाई घेरे र ढोकामा हिर्काउन थाले । घरका मालिक, ती वृद्ध मानिसलाई तिनीहरूले यसो भने, “तिम्रो घरमा आएको मानिसलाई यहाँ बाहिर निकाल, ताकि हामी त्यससँग सहवास गर्नेछौं ।”
JDG 19:23 घरका मालिक ती मानिस तिनीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “होइन, मेरा भाइहरू हो, यस्तो दुष्‍ट काम नगर्नुहोस्! यी मानिस मेरो घरमा पाहुना भएका हुनाले, यस्तो दुष्‍ट काम नगर्नुहोस्!
JDG 19:24 हेर्नुहोस्, मेरी कन्ये छोरी र तिनकी उपपत्‍नी यहीं छन् । म तिनीहरूलाई अहिल्यै बाहिर ल्याउनेछु । तिनीहरूलाई तपाईंहरूले जे इच्छा गर्नुहुन्छ, त्यही गर्नुहोस् । तर यी मानिसलाई त्यस्तो दुष्‍ट काम नगर्नुहोस् ।”
JDG 19:25 तर ती मानिसहरूले तिनको कुरा सुनेनन्, यसैले त्यस मानिसले आफ्‍नी उपपत्‍नीलाई समाते र उसलाई बाहिर लगे । तिनीहरूले त्यसलाई बलात्कार गरे र रातभरी त्यसलाई दुर्व्यवहार गरे, र झिसमिसेमा त्यसलाई छोडिदिए ।
JDG 19:26 झिसमिसेमा त्यो स्‍त्री आई र त्यस मानिसको घरको ढोकामा आएर लडी जहाँ त्यसका मालिक थिए, र बिहान नभएसम्म त्यो त्यहीँ नै लडिरही ।
JDG 19:27 त्यसका मालिक बिहान उठे र घरका ढोकाहरू खोले र आफ्नो बाटो जानलाई हिंडे । तिनले आफ्नी उपपत्‍नीलाई आफ्नो हात पसारेर ढोकामा लडिरहेकी देखे ।
JDG 19:28 ती लेवीले त्यसलाई भने, “उठ, जाऔं ।” तर केही जवाफ आएन । तिनले त्यसलाई आफ्नो गधामा राखे, र ती मानिस घर जान हिंडे ।
JDG 19:29 जब ती लेवी घर पुगे, तिनले एउटा छुरी लिए, र आफ्नी उपपत्‍नीलाई समाए र अङ्ग-अङ्ग गरी बाह्र टुक्रा गरी काटे र ती टुक्राहरूलाई इस्राएलभरी पठाए ।
JDG 19:30 यो देख्‍ने सबैले भने, “इस्राएलका मानिसहरू मिश्रदेशबाट बाहिर आएदेखि आजको दिनसम्म यस्तो कहिल्यै गरिएको वा देखिएको थिएन । यसको बारेमा विचार गर! हामीलाई सल्लाह देओ! हामीले के गर्ने हामीलाई बताओ!”
JDG 20:1 त्यसपछि दानदेखि बेर्शेबासम्मका इस्राएलका मानिसहरू र गिलादको भूमिबाट समेत सबै एक भएर निस्के र परमप्रभुको अगि मिस्पामा एकसाथ भेला भए ।
JDG 20:2 इस्राएलका सबै कुलका मानिसहरूका अगुवाहरू परमेश्‍वरका मानिसहरूको भेलामा आफ्‍नो सहभागीता जनाए— त्यहाँ चार लाख जना पैदल हिंड्‍ने मानिसहरू तरवार लिएर युद्ध गर्न तयार थिए ।
JDG 20:3 बेन्यामिनका मानिसहरूले इस्राएलका मानिसहरू मिस्पामा गएका कुरा सुने । इस्राएलका मानिसहरूले भने, “यस्तो दुष्‍ट काम कसरी भयो त्‍यो हामीलाई भन ।”
JDG 20:4 त्यो मारिएकी स्‍त्रीका पति ती लेवीले जवाफ दिए, “म र मेरी उपपत्‍नी बेन्यामीनको इलाकामा पर्ने गिबामा रात कटाउन गएका थियौं ।
JDG 20:5 रातको बेला गिबाका अगुवाहरूले घरलाई घेरेर मलाई मार्ने उद्देश्यले आक्रमण गरे । तिनीहरूले मेरी उपपत्‍नीलाई बलात्कार गरे र त्यो मरी ।
JDG 20:6 मैले मेरी पत्‍नीलाई ल्‍याएँ र त्यसको लाशलाई टुक्रा-टुक्रा गरी काटें, र ती इस्राएलको उत्तराधिकारको हरेक इलाकामा पठाएँ, किनभने तिनीहरूले इस्राएलमा यतिसम्मको दुष्‍टता र अत्याचार गरेका छन् ।
JDG 20:7 यसैले, ए सारा इस्राएलीहरू हो, तपाईंहरूको सल्लाह र सुझाव यहाँ दिनुहोस् ।”
JDG 20:8 सबै मानिसहरू एक भएर खडा भए र तिनीहरूले भने “हामी कोही पनि आफ्नो पालमा जानेछैनौं र हामी कोही पनि घर फर्कनेछैनौं ।
JDG 20:9 तर अब हामी गिबालाई यस्तो गर्नेछौं: गोला हालेर पाएको निर्देशनअनुसार हामी त्यसलाई आक्रमण गर्नेछौं ।
JDG 20:10 हामी इस्राएलका सबै कुलहरूबाट एक सयबाट दश, एक हजारबाट एक सय, र दश हजारबाट एक हजारलाई मानिसहरूलाई अरूका निम्‍ति खानेकुराको प्रबन्‍ध गर्न राख्‍नेछौं, ताकि तिनीहरू बेन्यामीनको गिबामा आउँदा, उनीहरूले इस्राएलमा गरेका दुष्‍टताको लागि तिनीहरूले दण्ड दिन सकून् ।”
JDG 20:11 यसैले इस्राएलका सबै सिपाहीहरू त्यस सहरको विरुद्ध एकतावद्ध भएर भेला भए ।
JDG 20:12 इस्राएलका कुलहरूले बेन्यामीनको कुलका सबैलाई यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूका बिचमा गरिएको दुष्‍टता के हो?
JDG 20:13 यसकारण, गिबाका ती दुष्‍ट मानिसहरूलाई हामीलाई सुम्‍पिदेओ, ताकि हामी तिनीहरूलाई मार्नेछौं र यसरी इस्राएलबाट हामी यो दुष्‍टता पूर्ण रूपमा हटाउनेछौं ।” तर बेन्यामीनीहरूले आफ्ना दाजुभाइ, अर्थात् इस्राएलका मानिसहरूको कुरा सुनेनन् ।
JDG 20:14 त्यसपछि बेन्यामीनका मानिसहरू एक साथ गिबाका सहरहरूबाट बाहिर निस्के र इस्राएलका मानिसहरूका विरुद्ध युद्ध गर्न तयार भए ।
JDG 20:15 बेन्यामीनका मानिसहरूले त्यस दिन आफ्ना सहरहरूबाट तरवार बोकेर युद्ध लड्नको निम्ति तालिम प्राप्‍त छब्बीस हजार सिपाहीलाई एकसाथ ल्याए । यसका साथै, त्‍यहाँ गिबाका बासिन्दाहरूबाट सात सय चुनिएकाहरू मानिसहरू थिए ।
JDG 20:16 यी सबै सेनाहरूमा सात सय चुनिएका मानिसहरूले देब्रे हात चलाउँथे । तिनीहरू हरेकले घुयेंत्रोले कपालमा हान्‍न सक्‍थे र निशाना चुकाउँदैनथे ।
JDG 20:17 बेन्यामीनीहरूको सङ्ख्यालाई गणना नगरी इस्राएलका मानिसहरू चार लाख जना थिए, जो तरवारले युद्ध लड्नलाई तालिम प्राप्‍त थिए । यी सबै युद्ध गर्ने मानिसहरू थिए ।
JDG 20:18 इस्राएलका मानिसहरू उठे, बेथेलमा गए, र परमेश्‍वरबाट सल्लाह मागे । तिनीहरूले सोधे, “बेन्यामिनीहरूलाई हाम्रा निम्‍ति कसले पहिले आक्रमण गर्नेछ?” परमप्रभुले भन्‍नुभयो, “यहूदाले पहिले आक्रमण गर्नेछ ।”
JDG 20:19 इस्राएलका मानिसहरू बिहान उठे र तिनीहरूले आफ्नो छाउनी गिबाको नजिक सारे ।
JDG 20:20 इस्राएलका मानिसहरू बेन्यामीनको विरुद्ध युद्ध लड्न बाहिर निस्के । तिनीहरू गिबामा उनीहरूका विरुद्ध युद्धको निम्ति तयार भएर बसे ।
JDG 20:21 बेन्यामीनीहरू गिबाबाट बाहिर निस्के, र तिनीहरूले त्यस दिन इस्राएलको सेनाका बाइस हजार मानिसहरूलाई मारे ।
JDG 20:22 तर इस्राएलका मानिसहरूले आफूलाई बलियो पारे र तिनीहरू पहिलो दिनमा जुन स्थानमा तयार भएर बसेका थिए त्यसै ठाउँमा युद्धको निम्ति तयार भए ।
JDG 20:23 तब इस्राएलका मानिसहरू माथि उक्ले र साँझसम्म परमप्रभुको अगि रोए, र उहाँबाट निर्देशनको खोजी गरे । तिनीहरूले भने, “के हाम्रा दाजुभाइ, अर्थात् बेन्यामीनीहरूसँग युद्ध गर्न हामी फेरि जाऔं?” परमप्रभुले भन्‍नुभयो, “तिनीहरूलाई आक्रमण गर!”
JDG 20:24 यसैकारण दोस्रो दिनमा इस्राएलका मानिसहरू बेन्यामीनका सेनाहरूका विरुद्ध युद्ध गर्न गए ।
JDG 20:25 दोस्रो दिनमा, गिबाबाट बेन्यामीनीहरू तिनीहरूका विरुद्ध बाहिर निस्के र तिनीहरूले इस्राएलका अठार हजार मानिसहरूलाई मारे । तिनीहरू सबै तरवारले लडाइँ गर्नलाई तालिम प्राप्‍त मानिसहरू थिए ।
JDG 20:26 त्यसपछि इस्राएलका सबै सेना र सबै मानिसहरू बेथेलमा उक्ले र रोए, र तिनीहरू परमप्रभुको अगि बसे र तिनीहरू त्यस दिन साँझसम्म उपवास बसे र परमप्रभुलाई होमबलि र मेलबलि चढाए ।
JDG 20:27 इस्राएलका मानिसहरूले परमप्रभुलाई यसरी सोधे— किनकि परमेश्‍वरका करारको सन्दुक ती दिनहरूमा त्यहीं थियो,
JDG 20:28 र हारूनका नाति, एलाजारका छोरा पीनहासले सन्दुकको सामु सेवा गर्थे— “के हाम्रा दाजुभाइ, अर्थात् बेन्यामीनीहरूका विरुद्ध हामी फेरि युद्धमा जाऔं, वा रोकौं?” परमप्रभुले भन्‍नुभयो, “आक्रमण गर, किनकि भोलीको दिन तिनीहरूलाई पराजय गर्न म तिमीहरूलाई सहायता गर्नेछु ।”
JDG 20:29 यसैले इस्राएलले गिबा वरिपरि गुप्‍त ठाउँहरूमा मानिसहरूलाई राखे ।
JDG 20:30 तेस्रो दिनमा इस्राएलका मानिसहरू बेन्यामीनीहरूसँग लडे, र तिनीहरूले पहिलो दिनमा गरेझैं गिबाको विरुद्धमा त्यही स्थानबाट युद्ध गरे ।
JDG 20:31 बेन्यामीनका मानिसहरू गए र ती मानिसहरूसँग युद्ध लडे, र तिनीहरूलाई सहरबाट टाढा पुर्‍याइयो । तिनीहरूले केही मानिसलाई मार्न थाले । खेतहरू र सडकहरूमा मर्नेहरूमा इस्राएलका करिब तिस जना मानिस थिए । एउटा बाटो बेथेल तर्फ जान्थ्यो, र अर्को गिबातर्फ जान्थ्यो ।
JDG 20:32 तब बेन्यामीनका मानिसहरूले भने, “तिनीहरू हारेका छन् र पहिलो पल्‍टझैं तिनीहरू हामीबाट भाग्दैछन् ।” तर इस्राएलका सिपाहीहरूले भने, “हामी पछि हटौं र तिनीहरूलाई सहरबाट टाढा सडकहरूमा लैजाऔं ।”
JDG 20:33 इस्राएलका सबै मानिसहरू आ-आफ्ना ठाउँबाट उठे र बाल-तामारमा युद्धको निम्ति तयार भए । त्यसपछि गुप्‍त स्थानहरूमा लुकिरहेका इस्राएलका सेनाहरू आ-आफ्ना ठाउँ गिबाबाट निस्किआए ।
JDG 20:34 सारा इस्राएलबाट गिबाको विरुद्ध त्यहाँ दश हजार चुनिएका मानिसहरू आए, र तिनीहरूको बिचमा घमासान युद्ध भयो, तर बेन्यामीनीहरूलाई तिनीहरूको विनाश नजिकै छ भन्‍ने कुरा थाहा थिएन ।
JDG 20:35 परमप्रभुले इस्राएलको सामु बेन्यामीनलाई परास्त गर्नुभयो । त्यस दिन, इस्राएलका सेनाहरूले बेन्यामीनका २५,१०० मानिसहरूलाई मारे । त्यहाँ मर्नेहरू सबै तरवारले युद्ध गर्नलाई तालिम प्राप्‍त थिए ।
JDG 20:36 यसैले बेन्यामीनका सेनाहरूले आफ़ूहरू हारेका देखे । इस्राएलका मानिसहरूले बेन्यामीनीहरूलाई रणभूमिमा मौका दिएकाजस्तै गरेका थिए, किनकि तिनीहरूले गिबाभन्दा बाहिर गुप्‍त स्थानहरूमा लिकेका मानिसहरू गणना गरिरहेका थिए ।
JDG 20:37 तब लुकिरहेका मानिसहरू उठे र हतार गर्दै गिबाभित्र पसे, र सारा सहरलाई तिनीहरूले तरवारको धारले प्रहार गरे ।
JDG 20:38 इस्राएलका सेनाहरू र गुप्‍तमा लुकेका मानिसहरूबिच एउटा चिन्हको सल्लाह भएको थियो र त्योचाहिं सहरबाट धुँवाको ठुलो मुस्लो माथि जाँनुपर्छ भन्‍ने थियो ।
JDG 20:39 त्यो चिन्ह पठाएपछि इस्राएलका सेनाहरू युद्धबाट फर्कनुपर्थ्‍यो । बेन्यामीनीहरूले आक्रमण गर्न थाले र तिनीहरूले इस्राएलका तिस जना जति मानिसलाई मारे, र तिनीहरूले भने, “पहिलो युद्धमा झैं तिनीहरू निश्‍चय नै हामीबाट परास्त भएका छन् ।”
JDG 20:40 तर जब सहरबाट धुँवाको मुस्लो माथि उठ्‍न थाल्‍यो, तब बेन्यामीनीहरूले फर्केर हेरे र सारा सहरबाट आकाशतर्फ धुँवा उडेको देखे ।
JDG 20:41 त्यसपछि इस्राएलका मानिसहरू तिनीहरूका विरुद्ध जाइलागे । बेन्यामीनीहरू आतङ्कित भए, किनकि तिनीहरूमा विपत्ति आइलागेको तिनीहरूले देखे ।
JDG 20:42 यसैले तिनीहरू इस्राएलका मानिसहरूबाट भागे, र उजाड-स्‍थानतिर गए । तर युद्धले तिनीहरूलाई भेटाइहाल्यो । इस्राएलका सेनाहरू सहरहरूबाट आए र तिनीहरू भएकै ठाउँमा तिनीहरूलाई मारे ।
JDG 20:43 तिनीहरूले बेन्यामीनीहरूलाई घेरे, तिनीहरूलाई खेदे र तिनीहरूलाई गिबाको पूर्वमा नोहामा खत्तम पारे ।
JDG 20:44 बेन्यामीनी कुलबाट अठार हजार जना मानिसहरू मरे, र ती सबै मानिसहरू युद्धमा विशिष्‍ट थिए ।
JDG 20:45 तिनीहरू युद्धबाट फर्के र उजाड-स्‍थानमा रिम्मोनको चट्टानतर्फ भागे । इस्राएलीहरूले बाटोहरूमा तिनीहरूका अरू पाँच हजार जना मानिसहरूलाई मारे । उनीहरूले तिनीहरूलाई गीदोमसम्मै लखेटिरहे र त्यहाँ अरू दुई हजार जनालाई मारे ।
JDG 20:46 त्यस दिन मर्नेहरूमा पच्‍चीस हजार बेन्यामीनी सेनाहरू थिए जो तरवारले लडाइँ गर्नको निम्ति तालिम प्राप्‍त थिए । तिनीहरू सबै युद्ध गर्न निपुण थिए ।
JDG 20:47 तर छ सय मानिसहरू उजाड-स्‍थानमा रिम्मोनको चट्टानतिर भागे । चार महिनासम्म तिनीहरू रिम्मोनको चट्टानमा बसे ।
JDG 20:48 इस्राएलका सेनाहरू बेन्यामीनी मानिसहरूका विरुद्ध फर्के र तिनीहरूलाई, र सहर र पशुहरू, र त्यहाँ भएका सबै कुरालाई तरवारको धारले प्रहार गरे । आफ्नो बाटोमा सबै नगरलाई समेत तिनीहरूले जलाइदिए ।
JDG 21:1 इस्राएलका मानिसहरूले मिस्पामा एउटा प्रतिज्ञा गरेका थिए, “हामीहरूमध्ये कसैले पनि आफ्नी छोरीलाई बेन्यामीनीलाई विवाह गरेर दिनेछैनौं ।”
JDG 21:2 त्यसपछि मानिसहरू बेथेलमा गए र साँझसम्म परमेश्‍वरको सामुन्‍ने बसे, र तिनीहरू ठुलो स्वरले धरुधुरु रोए ।
JDG 21:3 तिनीहरूले यसो भनी पुकारा गरे, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, इस्राएलमा हामीमध्येको एउटा कुलचाहिं आजको दिनामा किन विलिन भयो?”
JDG 21:4 भोलिपल्‍ट मानिसहरू बिहान सबेरै उठे र त्यहाँ एउटा वेदी बनाए र होमबलिहरू र मेलबलिहरू चढाए ।
JDG 21:5 इस्राएलका मानिसहरूले भने, “परमप्रभुको सभामा इस्राएलका कुलमध्ये कुनचाहिं आएन?” किनकि मिस्पामा परमप्रभुकहाँ नआउनेको बारेमा तिनीहरूले एउटा महत्त्वपूर्ण निर्णय गरेका थिए । तिनीहरूले भने, “त्यो निश्‍चय नै मारिनेछ ।”
JDG 21:6 इस्राएलका मानिसहरूमा तिनीहरूका दाजुभाइ बेन्यामिनीहरू प्रति दया जाग्यो । तिनीहरूले भने, “आज इस्राएलबाट एउटा कुल बाहिरिएको छ ।
JDG 21:7 बाँकी भएकाहरूलाई कसले पत्‍नीहरू दिनेछन्, किनकि हामी कसैले पनि आफ्ना छोरीहरू तिनीहरूलाई विवाह गरेर दिनेछैनौं भनेर परमप्रभुसँग प्रतिज्ञा गरेका छौं ?”
JDG 21:8 तिनीहरूले भने, “मिस्पामा परमप्रभुकहाँ इस्राएलका कुनचाहिं कुल आएनन्?” याबेश-गिलादबाट कोही पनि सभामा आएका थिएनन् भन्‍ने कुरा थाहा भयो ।
JDG 21:9 किनकि मानिसहरूलाई मिलाएर राखेर गन्ती गर्दा, हेर, याबेश-गिलादका कोही पनि बासिन्दा त्यहाँ थिएनन् ।
JDG 21:10 त्यस सभाले आफ्ना बाह्र हजार वीरहरूलाई याबेश गिलादका स्‍त्री र बालबालिका सहित सबै बासिन्दाहरूलाई तरवारको धारले प्रहार गर्ने सुझावहरू दिएर पठाए ।
JDG 21:11 “यस्तो गर्नू: हरेक पुरुष र मानिससँग सहवास गरेका स्‍त्रीलाई मार्नू ।”
JDG 21:12 याबेश-गिलादमा बस्‍नेहरूमध्ये ती मानिसहरूले चार सय यस्ता जवान स्‍त्रीहरू भेट्टाए को कहिल्यै कुनै मानिससँग सुतेका थिएनन्, र तिनीहरूले उनीहरूलाई कनानमा शीलोको छाउनीमा लगे ।
JDG 21:13 सारा सभाले रिम्मोनको चट्टानमा भएका बेन्यामीनका मानिसहरूलाई सन्देश पठाए र तिनीहरूले उनीहरूलाई शान्तिको प्रस्ताव राखेका थिए ।
JDG 21:14 ती बेन्यामीनीहरू त्यो समयमा फर्के र तिनीहरूलाई याबेश गिलादका स्‍त्रीहरू दिइयो । तर तिनीहरू सबैका निम्ति पुग्‍ने स्‍त्रीहरू थिएनन् ।
JDG 21:15 बेन्यामीनीहरूलाई जे भयो त्यसको निम्ति मानिसहरू दुःखित थिए, किनभने परमप्रभुले इस्राएलका कुलहरूका बिचमा विभाजन गराउनुभएको थियो ।
JDG 21:16 त्यसपछि सभाका अगुवाहरूले भने, “बाँकी भएका बेन्यामीनीहरूका निम्ति पत्‍नीहरू हामी कसरी जुटाउनेछौं? किनभने बेन्यामीनी स्‍त्रीहरू मारिएका छन् ।”
JDG 21:17 तिनीहरूले भने, “बेन्यामीनका बाँचेकाहरूको निम्ति एउटा उत्तराधिकार हुनुपर्छ, ताकि इस्राएलबाट एउटा कुलको नाश नहोस् ।
JDG 21:18 हामीले तिनीहरूलाई आफ्ना छोरीहरूबाट पत्‍नीहरू दिन सक्दैनौं, किनकि इस्राएलका मानिसहरूले प्रतिज्ञा गरेका थिए, “बेन्यामीनीहरूलाई पत्‍नी दिने कुनै पनि व्‍यक्‍ति श्रापित होस् ।’”
JDG 21:19 यसैले तिनीहरूले भने, “तिमीहरूलाई थाहा छ, कि हरेक वर्ष शीलोमा परमप्रभुको निम्ति एउटा भोज हुन्छ (जुनचाहिं बेथेलको उत्तरमा, बेथेलबाट शकेमजाने बाटोको पूर्व, र लबोनाको दक्षिणमा पर्छ) ।”
JDG 21:20 तिनीहरूले बेन्यामीनका मानिसहरूलाई यसो भनेर निर्देशन दिए, “गुप्‍तमा लुक र दाखबारीहरूमा पर्ख ।
JDG 21:21 शीलोबाट युवतीहरू नाच्नलाई बाहिर निस्कने समयलाई हेर । तब दाखबारीहरूबाट बाहिर निस्‍क र तिमीहरू हरेकले शीलोबाट युवतीललाई आफ्नी पत्‍नीको रूपमा लिएर बेन्यामीनको भूमिमा फर्क ।
JDG 21:22 जब तिनीहरूका बुबा वा दाजुभाइहरू हाम्रो विरोध गर्न हामीकहाँ आउँछन्, तब हामी तिनीहरूलाई भन्‍नेछौं, ‘हामीमाथि कृपा गर्नुहोस्! तिनीहरूलाई रहन दिनुहोस् किनभने हामीले युद्धको बेला हरेक मानिसको निम्ति पत्‍नी दिएनौं । तपाईंहरू निर्दोष हुनुहुन्छ, किनकि तपाईंले तिनीहरूलाई आफ्ना छोरीहरू दिनुभएको होइन ।’”
JDG 21:23 बेन्यामीनी मानिसहरूले त्यस्तै गरे । तिनीहरूले नाचिरहेका युवतीहरूबाट पत्‍नीहरू लिए र तिनीहरूसँगै अगि बढे । तिनीहरू आफ्नै उत्तराधिकारको ठाउँमा फर्केर गए । तिनीहरूले नगरहरू बनाए र त्‍यसमा बसोबास गरे ।
JDG 21:24 तब इस्राएलका मानिसहरूले त्यो ठाउँ छोडे, अनि हरेक व्‍यक्‍ति आ-आफ्नै कुल, र वंशमा र हरेक व्‍यक्‍ति आ-आफ्‍नै उत्तराधिकारको घरमा गए ।
JDG 21:25 ती दिनहरूमा इस्राएलमा कोही पनि राजा थिएन । हरेक व्‍यक्‍तिले आ-आफ्नो दृष्‍टिमा जे ठिक लाग्‍यो त्यही गर्थ्यो ।
RUT 1:1 न्यायकर्ताहरूले शासन गरेको समयमा मुलुकमा अनिकाल पर्‍यो । यहूदाको बेथलेहेमको एक जना मानिस आफ्नी पत्‍नी र दुई जना छोराहरूसँग मोआब देशतिर गए ।
RUT 1:2 ती मानिसको नाउँ एलीमेलेक थियो, र तिनकी पत्‍नीको नाउँ नाओमी थियो । तिनका दुई जना छोराहरूको नाउँ महलोन र किल्योन थियो । तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए । तिनीहरू मोआब देशमा आइपुगे र त्यहाँ बोसबास गरे ।
RUT 1:3 त्यसपछि नाओमीका पति एलीमेलेक मरे र तिनी आफ्‍ना दुई छोराहरूसहित छोडिइन् ।
RUT 1:4 यी छोराहरूले मोआबका महिलाहरूमध्येबाट पत्‍नीहरू ल्याए । एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो । तिनीहरू त्यहाँ झण्डै दश वर्ष जति बसे ।
RUT 1:5 त्यसपछि नाओमीलाई पति र आफ्ना दुई सन्तानविहीन पारेर महलोन र किल्योन दुवै मरे ।
RUT 1:6 त्यसपछि नाओमीले आफ्ना बुहारीहरूसँगै मोआब छोडेर यहूदा फर्कने निर्णय गरिन्, किनभने परमप्रभुले आफ्‍ना मानिसहरूलाई आवश्यकतामा सहायता गर्नुभएको र तिनीहरूलाई खाने कुरा दिनुभएको कुरा तिनले मोआब प्रदेशमा सुनिन् ।
RUT 1:7 त्यसैले तिनले आफ्ना दुई बुहारीहरूसँग बस्दै आएको ठाउँ छोडिन् र तिनीहरू यहूदाको मुलुकमा फर्कनलाई बाटो लागे ।
RUT 1:8 नाओमीले आफ्ना दुई बुहारीहरूलाई भनिन्, “तिमीहरू हरेक आ-आफ्नो आमाको घरमा फर्केर जाओ । जसरी तिमीहरूले मृतहरूप्रति र मप्रति दया देखाएका छौ, त्यसरी परमप्रभुले तिमीहरूलाई पनि दया देखाउनुभएको होस् ।
RUT 1:9 परमप्रभुले तिमीहरू हरेकलाई अर्को पतिको घरमा विश्राम दिनुभएको होस्, ।” त्यसपछि तिनले तिनीहरूलाई चुम्बन गरिन् र तिनीहरू ठुलो स्वरमा रोए ।
RUT 1:10 तिनीहरूले तिनलाई भने, “होइन, हामी तपाईंसँगै तपाईंका मानिसहरूकहाँ फर्कनेछौँ ।”
RUT 1:11 तर नाओमीले भनिन्, “मेरा छोरीहरू, फर्क ! तिमीहरू मसँग किन जान्छौ? के तिमीहरूका पति हुनलाई मेरो कोखमा छोराहरू छन् र?
RUT 1:12 मेरा छोरीहरू, फर्क, आ-आफ्नो बाटो लाग, किनभने पति पाउनलाई म धेरै वृद्ध भइसकेकी छु । यदि मैले, आज राति नै पति पाउँछु भन्‍ने आशा गर्छु,' भनेँ र छोराहरू जन्माएँ भने पनि,
RUT 1:13 के तिमीहरूले तिनीहरूको उमेर पुगेसम्म पर्खन्छौ? के तिमीहरूले विवाह गर्न एउटा पति चुन्दैनौ र? होइन, मेरा छोरीहरू! यो त तिमीहरूको खातिर मलाई अति नै तीतो हुन्छ, परमप्रभुको हात मेरो विरुद्धमा लागेको छ ।”
RUT 1:14 त्यसपछि तिनका बुहारीहरू ठुलो स्वरमा रोए । ओर्पाले तिनकी सासूलाई बिदाइको चुम्बन गरिन्, तर रूथ तिनीसँगै टाँसिरहिन् ।
RUT 1:15 नाओमीले भनिन्, “सुन, तिम्री बहिनी त आफ्ना मानिसहरू र आफ्ना देवताहरूकहाँ गइन् । तिम्री बहिनीसँगै फर्केर जाऊ ।”
RUT 1:16 रूथले भनिन्, “मलाई तपाईंबाट जान नलगाउनुहोस्, किनभने तपाईं जहाँ जानुहुन्छ, म त्यहाँ नै जानेछु; तपाईं जहाँ बस्‍नुहुन्छ, म त्यहाँ नै बस्‍नेछु; तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन् र तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ ।
RUT 1:17 तपाईं जहाँ मर्नुहुन्छ, म त्यहाँ नै मर्नेछु, र म त्यहीँ नै गाडिनेछु । यदि मृत्युबाहेक कुनै कुराले हामीलाई अलग गर्छ भने परमप्रभुले मलाई दण्ड दिनुभएको होस् र अझ यो भन्दा धैरै गर्नुभएको होस् ।”
RUT 1:18 जब नाओमीले रूथ तिनीसँगै जानलाई दृढ थिइन् भन्‍ने देखिन्, तिनले तिनीसँग तर्क गर्न छोडिन् ।
RUT 1:19 त्यसैले तिनीहरू बेथलेहेमको नगरसम्म यात्रा गरे । तिनीहरू बेथलेहेममा आइपुग्दा सारा नगर नै तिनीहरूको निम्ति धेरै उत्साहित थियो । माहिलाहरूले भने, “के यिनी नाओमी नै हुन्?”
RUT 1:20 तर तिनले तिनीहरूलाई भनिन्, “मलाई नाओमी नभन । मलाई तितो भन, किनभने सर्वशक्तिमानले मसँग धेरै तिक्‍ततापूर्ण रूपमा व्यवहार गर्नुभएको छ ।
RUT 1:21 म पूर्ण भएर गएँ, तर परमप्रभुले मलाई फेरि रित्तो पारेर घरमा ल्याउनुभएको छ । त्यसैले परमप्रभुले मलाई दण्ड दिनुभएको र सर्वशक्तिमानले ममाथि विपत्ति ल्याउनुभएको देखेर पनि तिमीहरूले मलाई किन नाओमी भन्छौ?”
RUT 1:22 यसरी तिनि र तिनकी मोआबी बुहारी रूथ मोआब देशबाट फर्के । तिनीहरू बेथलेहेममा जौको कटनी सुरु हुने समयमा आइपुगे ।
RUT 2:1 नाओमीका पतिका नातेदार अर्थात् एलीमेलेकका कुलका बोअज नाउँ गरेको एक जना हुने-खाने मानिस थिए ।
RUT 2:2 मोआबी महिला रूथले नाओमीलाई भनिन्, “खेतहरूका अन्‍नका बालाहरूमाझ रहेका शिला-बाला खोज्न मलाई जान दिनुहोस् । मैले जसको दृष्‍टिमा कृपा पाउँछु, म तिनलाई नै पछ्याउनेछु ।” त्यसैले नाओमीले तिनलाई भनिन्, “जाऊ, मेरी छोरी ।”
RUT 2:3 रूथ गइन् र तिनीहरूले कटनी गरेपछि रहेका अन्‍नहरूको शिला-बाला खोजिन् । तिनी एलिमेलेकका कुलका बोअजको खेतका खण्डमा आइपुगिन् ।
RUT 2:4 बोअज बेथलेहेमबाट आएर कटनी गर्नेहरूलाई भने, “परमप्रभु तिमीहरूसँग हुनुभएको होस् ।” तिनीहरूले जवाफ दिए, “परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको होस् ।”
RUT 2:5 त्यसपछि बोअजले कटनी गर्नेहरूको निरक्षण गर्ने तिनका नोकरलाई भने, “यो महिला कुन पुरुषकी हुन्?”
RUT 2:6 कटनी गर्नेहरूको निरीक्षण गर्ने नोकरले जवाफ दिएर भने, “यी जवान महिला मोआबको मुलकबाट नाओमीसँग फर्केर आएकी महिला हुन् ।
RUT 2:7 तिनले मलाई भनिन्, “कृपया, कामदारहरूले अन्‍न कटनी गरेपछि खेतमा बाँकी रहेकाहरूको शिला-बाला खोज्‍न मलाई दिनुहोस् ।' त्यसैले तिनी यहाँ आइन् र तिनले घरमा थोरै विश्राम गरेबाहेक, बिहानदेखि अहिलेसम्म निरन्तर लागिरहेकी छिन् ।”
RUT 2:8 बोअजले रूथलाई भने, “मेरी छोरी, तिमीले मेरो कुरा सुन्दैछौ? शिला-बाला जम्मा गर्न अरुको खेतहरूमा नजाऊ; मेरो खेत नछोड । बरु, यहाँ नै बस र मेरा महिला कामदारहरूसँगै काम गर ।
RUT 2:9 मानिसहरूले कटनी गरेको ठाउँमा हेरिराख र अरु महिलाहरूलाई पछ्याऊ । के मैले पुरुषहरूलाई तिमीलाई नछुनू भनी निर्देशन् दिएको छैन र? तिमीलाई तिर्खा लागेको बेला घैलाहरू भएको ठाउँमा जाऊ र मानिसहरूले भरेर ल्याएका पानी पिऊ ।”
RUT 2:10 तब तिनी बोअजको सामु झुकिन् र घोप्टो परेर दण्डवत गरिन् । तिनले उनलाई भनिन्, “म विदेशीप्रति तपाईं चिन्तित हुने गरी तपाईंको नजरमा मैले किन कृपा पाएकी छु?”
RUT 2:11 बोअजले जवाफ दिए र तिनलाई भने, “तिम्रा पतिको मृत्युदेखि तिमीले गरेका सबै कुरा मलाई भनिएको छ । आफ्नो सासूलाई पछ्याउन र तिमीले नचिनको मानिसहरूकहाँ आउन तिमीले आफ्ना बुबा-आमा र आफ्‍नो जन्म थलो छोडेकी छ्यौ ।
RUT 2:12 परमप्रभुले तिम्रो कामको ईनाम दिनुभएको होस् । तिमीले जसको पखेटामुनि शरण पाएकी छ्यौ उही परमप्रभु इस्राएलका परमेश्‍वरबाट पुरा भुक्‍तानी पाउन सक ।”
RUT 2:13 तिनले भनिन्, “मेरा मालिक, तपाईंको दृष्‍टिमा मैले कृपा पाउन सकूँ, किनभने म तपाईंका नोकर्नीहरूमध्येकी नभए तापनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ र तपाईंले मसँग दयापूर्वक कुरा गर्नुभएको छ ।”
RUT 2:14 खाने बेलामा बोअजले रूथलाई भने, “यहाँ आऊ, र केही रोटी खाऊ र तिम्रो रोटीको टुक्रा सिर्कामा चोप ।” तिनी कटनी गर्नेहरूको छेउमा बसिन् र तिनले तिनलाई केही भुटेको अन्‍न दिए । तिनले अघाइन्ञ्‍जेलसम्म खाइन् र केही उबारिन् ।
RUT 2:15 तिनी अन्‍न बटुल्न उठ्दा, बोअजले तिनका जवान मानिसहरूलाई यसो भन्‍दै आज्ञा दिए, “तिनलाई बिटाहरूको बिचतिर पनि अन्‍न बटुल्न देऊ र तिनलाई नबटुल नभन् ।
RUT 2:16 साथै बिटाहरूबाट तिनको निम्ति केही अन्‍नका बालाहरू थुतेर निकाल, र तिनलाई बटुल्‍नको निम्ति तिनीहरूलाई छोडिदेऊ अनि तिनलाई नहप्काऊ ।”
RUT 2:17 त्यसैले तिनले खेतमा साँझसम्म शिला-बाला बटुलिन् । तिनले बटुलेकी अन्‍नका बालाहरू कुटिन् र अन्‍न झण्डै पाँच पाथी जति भयो ।
RUT 2:18 तिनले यसलाई उठाइन् र शहरतिर गइन् । तिनकी सासुले तिनले जे बटुलेकी थिइन् सो देखिन् । रूथले आफ्नो खाजाबाट उबारेकी भुटेको अन्‍न निकालिन् र तिनलाई दिइन् ।
RUT 2:19 तिनकी सासुले तिनलाई भनिन्, “तिमीले आज शिला-बाला कहाँ बटुल्यौ? तिमी काम गर्न कहाँ गयौ? तिमीलाई सहायता गर्ने मानिस आशिषित होस् ।” रूथले आफूले काम गरेको खेतको मालिकबारे तिनकी सासुलाई बताइन् । तिनले भनिन्, “मैले आज काम गरेको खेतको मालिकको नाउँ बोअज हो ।”
RUT 2:20 नाओमीले तिनकी बुहारीलाई भनिन्, “जीवित र मृतकप्रति आफ्नो विश्‍वासनीयता नछोड्नुहुने परमप्रभुद्धारा तिनी आशिषित होऊन् ।” नाओमीले तिनलाई भनिन्, “ती मानिस मोल तिरेर छुट्टाउनेमध्येका हाम्रो नजीकका एक कुटुम्ब हुन् ।”
RUT 2:21 मोआबी महिला रूथले भनिन्, “ तिनले मलाई भने, 'मेरा जवान मानिसहरूले कटनी नसिध्याएसम्म तिमी तिनीहरूको नजिक रहिरहनुपर्छ' ।”
RUT 2:22 नाओमीले तिनकी बुहारी रूथलाई भनिन्, “मेरी छोरी, तिमी तिनका जवान महिला कामदारहरूसँग जानु असल हुन्छ, ताकि तिमीलाई अरुको खेतमा जोखिम नआओस् ।”
RUT 2:23 त्यसैले तिनी जौ र गहूँको कटनीको अन्तसम्म शिला-बाला जम्मा गर्न बोअजका महिला कामदारहरूको नजिकै रहिन् ।
RUT 3:1 तिनकी सासू नाओमीले तिनलाई भनिन्, “मेरी छोरी, तिम्रो भलाइको निम्ति के मैले तिमीले विश्राम गर्ने ठाउँ खोज्नु पर्दैन?
RUT 3:2 तिमीले जसका महिला कामदारहरूसित काम गरेकी छ्यौ उही बोअज हाम्रो कुटुम्ब होइनन् र? हेर, तिनले आज राती खलामा जौ बत्ताउनेछन् ।
RUT 3:3 यसकारण, नुहाऊ, तेल लगाऊ र तिम्रो उत्तम लुगा लगाऊ र तल खलामा जाऊ । तर तिनले खान र पिउन नसकेसम्म ती मानिससँग देखा नपर ।
RUT 3:4 तर जब तिनी सुत्छन् तिनी सुत्‍ने ठाउँ ख्याल गर, ताकि पछि तिमी तिनीकहाँ गएर तिनको खुट्टातिरको ओढ्ने उठाएर त्यहाँ सुत्‍न सक्छौ । अनि तिमीले के गर्नुपर्छ त्यो तिनले बताउनेछन् ।”
RUT 3:5 रूथले नाओमीलाई भनिन्, “तपाईंले भन्‍नुभएका सबै कुरा म गर्छु ।”
RUT 3:6 त्यसैले तिनी तल खलामा गइन् र तिनले तिनकी सासूले तिनलाई दिएका निर्देशनहरूअनुसार गरिन् ।
RUT 3:7 जब बोअजले खाए र पिए, तिनको हृदय खुसी भयो, तिनी अन्‍नको थुप्रोको छेउमा गएर सुते । त्यसपछि तिनी बिस्तारै आइन् र तिनको खुट्टाको ओढ्ने उठाएर सुतिन् ।
RUT 3:8 मध्यराततिर ती मानिस झसङ्ग भए । तिनी फर्के र त्यहाँ एउटी महिला तिनको खुट्टा छेउमा सुतिरहेकी थिइन् ।
RUT 3:9 तिनले भने, “तिमी को हौ?” तिनले जवाफ दिइन्, “म तपाईंकी दासी रूथ हुँ । तपाईंकी दासीलाई तपाईंको खास्‍टो लगाइदिनुहोस्, किनकि तपाईं नजिकको कुटुम्ब हुनुहुन्छ ।”
RUT 3:10 बोअजले भने, “मेरी छोरी, तिमी परमप्रभुद्धारा आशिषित होऊ । तिमीले सुरुभन्दा अन्तमा अझ धैरै दया देखाएकी छ्यौ, किनभने तिमी धनी होस् वा गरीब कुनै पनि जवान मानिसको पछि लागेकी छैनौ ।
RUT 3:11 मेरी छोरी, नडराऊ ! मैले तिम्रो निम्ति तिमीले भनेकी सबै कुरा गर्छु, किनभने तिमी लायककी छ्यौ भन्‍ने सारा शहरका मानिसहरूले जान्दछन् ।
RUT 3:12 म कुटम्ब हुँ भन्‍ने कुरा सत्य हो, तर मभन्दा नजिकका एक जना कुटुम्ब हुनुहुन्छ ।
RUT 3:13 आज राति यहीँ बस, बिहान यदि तिनले कुटम्बको कर्तव्य पुरा गर्छन् भने ठिकै छ, तिनले नै कुटुम्बको कर्तव्य पुरा गरून् । तर यदि तिनले तिम्रो निम्ति एउटा कुटुम्बको कर्तव्य पुरा गरेनन् भने त्यसपछि मैले यो गर्नेछु भनी म परमप्रभुको जीवनद्धारा शपथ खान्छु । बिहानसम्म सुत ।
RUT 3:14 तिनी बिहानसम्म नै तिनको खुट्टाको छेउमा सुतिरहिन् । तर तिनी एउटाले अर्को मानिसलाई चिन्‍न सक्‍ने हुनेअगि नै उठिन् । किनभने बोअजले भने, “कुनै महिला खलामा आइन् भनी कसैले थाहा नपाओस् ।”
RUT 3:15 त्यसपछि बोअजले भने, “तिम्रो ओढ्ने लेऊ र त्यसमा थाप ।” जब तिनले ओड्ने थापिन्, तिनले छ पाथी जति जौ नापेर दिए र तिनलाई बोकाइदिए । त्यसपछि तिनी शहरतिर गइन् ।
RUT 3:16 जब रूथ तिनको सासूकहाँ आइन्, तिनले भनिन्, “कस्तो भयो मेरी छोरी?” अनि रूथले त्यो मानिसले भनेका सबै कुरा तिनलाई बताइन् ।
RUT 3:17 तिनले भनिन्, “तिनले मलाई यी छ पाथी जौ दिए, किनभने तिनले भने, 'तिम्री सासूकहाँ रित्तो हात नजाऊ' ।”
RUT 3:18 अनि नाओमीले भनिन्, “मेरी छोरी, कुरा के हुन्छ भनी तिमीले नजानेसम्म यहीँ बस, किनभने यो कुरा आज नै नसिध्याएसम्म ती मानिसले विश्राम गर्नेछैनन् ।”
RUT 4:1 बोअज माथि प्रवेशद्धारमा गए र त्यहाँ बसे । चाँडै नै बोअजले भनेका, नजिकका कुटुम्ब आए । बोअजले तिनलाई भने, “हे मेरा मित्र, यहाँ आउनुहोस् र बस्‍नुहोस् ।” त्यो मानिस आए र बसे ।
RUT 4:2 अनि बोअजले त्यस शहरका दश जना धर्मगुरुहरूलाई लिए र भने, “ यहाँ बस्‍नुहोस् ।” त्यसैले तिनीहरू बसे ।
RUT 4:3 बोअजले नजिकका कुटुम्बलाई भने, “मोआब देशबाट फर्केर आएकी नाओमीले हाम्रो दाज्यू एलीमेलेकको जग्गाको टुक्रा बेच्दैछिन् ।
RUT 4:4 'यहाँ बसिरहेकाहरूको उपस्थितिमा र मेरा मानिसहरूको धर्मगुरुहरूको उपस्थितिमा यसलाई किन्‍नुहोस्' भनी तपाईंलाई जानकारी दिने मैले विचार गरेँ । यदि तपाईंले यसलाई छुट्टाउन चाहनुहुन्छ भने, छुट्टाउनु होस्, ताकी मैले जान्‍न सकुँ, किनभने तपाईं र तपाईंपछि मबाहेक यसलाई छुट्टाउने कोही छैन ।” अर्को मानिसले भने, “म यसलाई छुट्टाउँछु ।”
RUT 4:5 त्यसपछि बोअजले भने, “तपाईंले नाओमीबाट जग्गा किनेको दिनमा नै मृतकको उत्तराधिकारको नाउँलाई उठाउनको निम्ति मृत मानिसको विधवा मोआबी रूथलाई पनि लानुपर्छ ।”
RUT 4:6 अनि नजिकका कुटम्बले भने, “आफ्नो उत्तराधिकारलाई हानि नगरी मैले यो आफ्नो निम्ति छुट्टाउन सक्दिनँ । तपाईंले नै मेरो छुटकाराको अधिकार लिनुहोस्, किनभने मैले छुट्टाउन सक्दिनँ ।”
RUT 4:7 छुट्कारा र मालसामानको सट्टापट्टा सम्बन्धि इस्राएलको पहिलेको समयमा यस्तो चलन थियो । यी सबै कुराहरूको पुष्‍टि गर्न एक जनाले आफ्नो जुत्ता फुकाल्थ्यो र त्यो आफ्नो छिमेकीलाई दिन्थ्यो; यो नै इस्राएलमा वैधानिक सम्झौता गर्ने शैली थियो ।
RUT 4:8 त्यसैले नजिकको कुटुम्बले बोअजलाई भने, “यो तपाईं आफैले किन्‍नुहोस्,” र तिनले आफ्नो जुत्ता फुकाले ।
RUT 4:9 त्यसपछि बोअजले धर्मगुरुहरू र सबै मानिसहरूलाई भने, “मैले एलीमेलेकको, किल्योन र महलोनको सबै थोक मैले आज किनेँ भन्‍ने कुराको साक्षी तपाईंहरू हुनुहुन्छ ।”
RUT 4:10 साथै त्यसको उत्तराधिकारमा मृत मानिसको नाउँलाई मैले उठाउन सकूँ भनी महलोनकी पत्‍नी मोआबी महिला रूथलाई मैले मेरी पत्‍नीको रूपमा प्राप्‍त गरेको छु, ताकि त्यसको नाउँ आफ्ना दाज्यूभाइहरु माझबाट र त्यसको ठाउँको प्रवेशद्धारबाट नहराओस् । आज तपाईंहरू साक्षी हुनुहुन्छ ।”
RUT 4:11 प्रवेशद्धारमा भएका सबै मानिसहरू र धर्मगुरुहरूले भने, “हामी साक्षीहरू छौँ । परमप्रभुले तपाईंको घरमा आउने महिलालाई इस्राएलको घराना निर्माण गर्ने दुई जना राहेल र लेआजस्तै तुल्याउनुभएको होस्; र तपाईं एप्रातामा फलिफाप हुनुहोस् र बेथलेहेममा प्रसिद्ध हुनुहोस् ।
RUT 4:12 परमप्रभुले तपाईंलाई दिनुहुने यो महिलाद्धारा तपाईंको घर फारेसको घरानाजस्तै होस्, जसलाई यहूदाको निम्ति तामारले जन्‍माएकी थिइन् ।
RUT 4:13 त्यसैले बोअजले रूथलाई लगे र तिनी तिनकी पत्‍नी भइन् । तिनले तिनीसँग सहवास गरे र परमप्रभुले तिनलाई गर्भवती हुन दिनुभयो र तिनले एउटा छोरा जन्माइन् ।
RUT 4:14 महिलाहरूले नाओमीलाई भने, “परमप्रभुको प्रशंसा होस् जसले तपाईंलाई नजिकको कुटुम्बविहीन अर्थात् यो बालकविहीन छोड्नुभएन । उहाँको त्यसको नाउँ इस्राएलमा प्रसिद्ध होस् ।
RUT 4:15 त्यो तपाईंलाई नयाँ जीवन दिने र र तपाईंको पालनपोषण गर्ने हुन सकोस्, किनकि तपाईंकी बुहारी जसलाई तपाईंले प्रेम गर्नुहुन्छ, तिनी सात जना छोराहरूभन्दा पनि असल छिन्, तिनले यिनलाई जन्म दिएकी छिन् ।
RUT 4:16 नाओमीले बालकलाई लिइन्, आफ्‍नो काखमा राखिन् र तिनको हेरचाह गरिन् ।
RUT 4:17 छिमेकका महिलाहरूले तिनलाई यसो भने, “नाओमीको एउटा छोरा भयो । तिनहरूले त्यसको नाउँ ओबेद राखे । तिनी यिशैको बुबा भए, जो दाऊदको बुबा भए ।
RUT 4:18 फारेसका सन्तानहरू यिनै हुन्ः फारेस हेस्रोनका बुबा बने,
RUT 4:19 हेस्रोन आरामका बुबा बने, आराम अम्मीनादाबको बुबा बने,
RUT 4:20 अम्मीनादाब नहशोनका बुबा बने, नहशोन सल्मोनको बुबा बने,
RUT 4:21 सल्मोन बोअजका बुबा बने, बोअज ओबेदको बुबा बने,
RUT 4:22 ओबेद यिशैका बुबा बने र यिशै दाऊदको बुबा बने ।
1SA 1:1 एफ्राइमको पहाडी देशको सूपीहरूका रामतैमबाट आएका एक जना मानिस थिए । तिनी एफ्राइमी सूपका जनाति तोहूको पनाति एलीहूको नाति यरोहामका छोरा एल्काना थिए ।
1SA 1:2 तिनका दुई वटी पत्‍नीहरू थिए । पहिलोको नाउँ हन्‍नाह र दोस्रोको नाउँ पनिन्‍नाह थियो । पनिन्‍नाहका छोराछोरी थिए तर हन्‍नाहका थिएन ।
1SA 1:3 यिनी आफ्‍नो सहरबाट सर्वशक्तिमान् परमप्रभुको निम्ति बलिदान चढाउन र आरधना गर्न हरेक वर्ष शीलोमा जन्थे । त्‍यहाँ एलीका दुई जना छोराहरू होप्‍नी र पीनहास परमप्रभुका पुजारीहरू थिए ।
1SA 1:4 जब एल्‍कानाले हरेक वर्षझैं बलिदान गर्ने समय आयो, तिनले सदैव तिनकी पत्‍नी पनिन्‍नाह र तिनका सबै छोरा र छोरीलाई मासुको भागहरू दिन्थे ।
1SA 1:5 तर तिनले हन्‍नाहलाई सदैव दोब्‍बर भाग दिन्थे, किनभने तिनले उनलाई माया गर्थे, यद्यपि परमप्रभुले उनको गर्भ बन्‍द गर्नुभएको थियो ।
1SA 1:6 उनको सौताले उनलाई रिस उठाउनलाई उनलाई साह्रै चिढ्याउँथिन्, किनभने परमप्रभुले उनको गर्भ बन्‍द गर्नुभएको थियो ।
1SA 1:7 त्यसैले वर्षै पिच्छे, उनी आफ्नो परिवारसँग परमप्रभुको भवनमा जाँदा उनको सौताले तिनलाई सदैव चिढ्याउँथिन् । यसकारण, उनी रुन्‍थिन् र केही पनि खाँदैनथिन् ।
1SA 1:8 उनका पति एल्कानाले सदैव उनलाई भन्थे,”ए हन्‍नाह, तिमी किन रुन्छ्यौ? तिमी किन खाँदिनौ? तिम्रो हृदय किन यति धेरै निराश हुन्छ? के म तिम्रो निम्‍ति दस जना छोराभन्दा उत्तम छैन र?”
1SA 1:9 यि अवसरमध्ये एकपल्‍ट तिनीहरूले शीलोमा खाने र पिउने काम सकेपछि हन्‍नाह उठिन् । यति बेला पुजारी एली परमप्रभुको मन्दिरको ढोकामा आफ्‍नो आसनमा बसिरहेका थिए ।
1SA 1:10 उनी अति नै व्याकुल भएकी थिइन् । उनले परमप्रभुसँग प्रार्थना गरिन् र धुरुधुरु रोइन् ।
1SA 1:11 उनले भाकल गरिन् र भनिन्, “हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले आफ्नी दासीको वेदनालाई हेर्नुहुन्‍छ, मलाई याद गर्नुहुन्‍छ र आफ्‍नो दासीलाई बिर्सनुहुन्‍न, तर तपाईंको दासीलाई एउटा छोरा दिनुहुन्छ भने, उसको सम्पूर्ण जीवनभरि म उसलाई परमप्रभुको निम्ति दिनेछु र उसको शिरमा कुनै छुराले कदापि छुनेछैन ।”
1SA 1:12 उनले परमप्रभुको सामु प्रार्थना गरिरहँदा एलीले तिनको मुखलाई हेरे ।
1SA 1:13 हन्‍नाह आफ्‍नो हृदयमा बोलिन् । उनका ओठहरू चले, तर उनको सोर सुनिएन । यसकारण, उनी मद्यले मातेकी थिइन् भनी एलीले विचार गरे ।
1SA 1:14 एलीले उनलाई भने, “तिमी कहिलेसम्‍म मद्यले मातिरहन्‍छ्‍यौ? आफ्‍नो मद्यको आदत छोडिदेऊ।”
1SA 1:15 हन्‍नाहले जवाफ दिईन्, “होइन, मेरा मालिक, म दुःखी आत्‍मा भएको स्‍त्री हुँ । मैले न दाखमद्य न त कडा मद्य नै पिएकी छु, तर मैले परमप्रभुको सामु मेरो मनको दुःख खन्याइरहेकी छु ।
1SA 1:16 हजूकी दासीलाई एउटी निर्लज्‍ज स्‍त्री भएकी विचार नगर्नुहोस् । ठुलो चिन्ता र धेरै अपमानले गर्दा म बोलिरहेकी छु ।”
1SA 1:17 तब एलीले जवाफ दिए र भने, “शान्तिसँग जाऊ । इस्राएलका परमेश्‍वरसँग तिमीले गरेकी बिन्तीको जावफ उहाँले तिमीलाई देऊन् ।”
1SA 1:18 उनले भनिन्, “तपाईंकी दासीलाई तपाईंको नजरमा कृपा मिलोस् ।” अनि ती स्‍त्री गईन् र खाइन् । उनको अनुहार फेरि कहिल्यै निराश भएन ।
1SA 1:19 तिनीहरू बिहान सबेरै उठे र परमप्रभुको आराधना गरे, अनि तिनीहरू फेरि रामामा भएको आफ्नो घरमा फर्के । आफ्नो पत्‍नी हन्‍नाहसँग एल्कनाले सहवास गरे र परमप्रभुले उनलाई याद गर्नुभयो ।
1SA 1:20 जब समय आयो, तब हन्‍नाहले गर्भ धारण गरिन् र एउटा छोरा जन्माइन् । उनले उसको नाउँ शमूएल राखिन्, किनकि उनले भनिन्, “किनभने मैले यसलाई परमप्रभुसँग मागेकी हुँ।”
1SA 1:21 फेरि एकपल्‍ट, एल्काना र तिनका सबै घराना वर्षै पिच्‍छेको बलिदान परमप्रभुलाई चढाउन र आफ्‍नो भाकल पुरा गर्न गए ।
1SA 1:22 तर हन्‍नाह गइनन् । उनले आफ्‍नो पतिलाई यसो भनेकी थिइन्, “बालकले दूध नछोडेसम्म म जानेछैनँ । त्यसपछि म उसलाई लानेछु, ताकि ऊ परमप्रभुको सामु देखा परोस् र सदासर्वदा त्यहीं बसोस् ।”
1SA 1:23 उनका पति एल्कानाले उनलाई भने, “तिमीलाई जे असल लाग्छ सो गर । उसले दूध नछोडेसम्म पर्ख । परमप्रभुले आफ्‍नो वचन मात्र पुरा गर्नुभएको होस् ।” यसैले ती स्‍त्री बसिन् र उनको छोराले दूध नछोडेसम्म उसलाई दूध खुवाइन् ।
1SA 1:24 जब उनले उसलाई दूध छोडाइन्, तब उनले तिन वर्षे साँढे, पाँच पाथी पिठो, एक मशक दाखमद्यको साथमा उसलाई आफूसँगै लिएर गइन्, अनि उसलाई शीलो भएकोमा परमप्रभुको भवनमा ल्याइन् । यति बेला त्‍यो बालक सानै थियो ।
1SA 1:25 तिनीहरूले साँढेलाई मारे र बलकलाई एलीकहाँ ल्याए ।
1SA 1:26 उनले भनिन्, “हे मेरो मालिक, मेरो मालिक जीवित हुनुभएझैं, यहाँ तपाईंको छेउमा खडा भएर प्रार्थना गर्ने स्‍त्री म नै हुँ ।
1SA 1:27 यही बलकको निम्ति मैले प्रार्थना गरें र मैले परमप्रभुमा गरेको बन्ती सुनेर उहाँले मलाई जवाफ दिनुभयो ।
1SA 1:28 मैले उसलाई परमप्रभुमा अर्पण गरेको छु, ऊ जीवित रहेसम्‍म उसलाई परमप्रभुमा दिइएको छ ।” तब तिनीहरूले त्‍यहाँ परमप्रभुको आराधना गरे ।
1SA 2:1 हन्‍नाहले प्रार्थना गरिन् र यसो भनिन्, “ परमप्रभुमा मेरो हृदय आनन्‍दित हुन्‍छ । परमप्रभुमा मेरो सीङ उच्‍च पारिन्छ । मेरो मुखले मेरा शत्रुहरूमाथि गर्भ गर्छ, किनभने म तपाईंको मुक्‍तिमा आनन्दित हुन्छु ।
1SA 2:2 परमप्रभुझैं पवित्र कोही छैन, किनकि तपाईंबाहेक कोही पनि छैन । हाम्रो परमेश्‍वरजस्तो कुनै चट्टान छैन ।
1SA 2:3 यति धैरै घमण्ड गरेर अहंकारी नहो । तेरो मुखबाट अहंकारका कुनै कुरा ननिस्‍कोस् । किनकि परमप्रभु ज्ञानका परमेश्‍वर हुनुहुन्छ । उहाँद्वारा नै कामहरू जोखिन्‍छन् ।
1SA 2:4 शक्तिशाली मानिसहरूका धनुहरू भाँचिएका छन्, तर ठेस खाएकाहरूले शक्तिलाई कम्मर-पेटीझैं लगाउँछन् ।
1SA 2:5 भरिपूर्ण हुनेहरूले आफैलाई ज्यालामा लगाएका छन् । भोकाएकाहरू भोकाउन हुन छोडेका छन् । बाँझीले समेत सात जना सन्तानहरू जन्माउँछिन्, तर धेरै सन्तान हुने स्‍त्री शिथिल हुन्छिन् ।
1SA 2:6 परमप्रभुले मार्नुहुन्छ र जीवन दिनुहुन्छ । उहाँले चिहानमा पुर्‍याउनुहुन्छ र उठाउनुहुन्छ ।
1SA 2:7 परमप्रभुले केही मानिसलाई गरीब र केहीलाई धनी बनाउनुहुन्छ । उहाँले नम्र तुल्याउनुहुन्छ, तर उहाँले पनि उचाल्नुहुन्छ ।
1SA 2:8 उहाँले गरीबलाई धूलोबाट उठाउनुहुन्छ । खाँचोमा परेकाहरूलाई शासकहरूसँग बसाल्न र इज्‍जको ओहदा पाउने बनाउन उहाँले तिनीहरूलाई खरानीको थुप्रोबाट उठाउनुहुन्छ । किनकि पृथ्वीका जगहरू परमप्रभुका हुन् र उहाँले संसारलाई तिमाथि बसाल्नुभएको छ ।
1SA 2:9 उहाँले आफ्‍ना विश्‍वासयोग्य मानिसहरूका पाउहरूको रक्षा गर्नुहुन्छ, दुष्‍टहरूलाई अन्धकारको शुन्यतामा राखिनेछ, किनकि बलद्वारा कसैले जित्‍न सक्‍नेछैन ।
1SA 2:10 परमप्रभुको विरोध गर्नेहरू टुक्रा-टुक्रा हुने छन् । तिनीहरूका विरुद्धमा उहाँ स्वर्गबाट गर्जनुहुनेछ । परमप्रभुले पृथ्वीको अन्‍तसम्म नै न्याय गर्नुहुनेछ । उहाँले आफ्नो राजालाई बल दिनुहुनेछ र आफ्नो अभिषिक्‍तको सीङ उच्‍च पार्नुहुनेछ ।
1SA 2:11 त्यसपछि एल्काना आफ्नो घर रामामा गए । त्यो बालकले पुजारी एलीको सामु परमप्रभुको सेवा गर्‍यो ।
1SA 2:12 यति बेलासम्‍म एलीका छोराहरू अयोग्य मानिहरू भएका थिए । तिनीहरूले परमप्रभुलाई चिनेनन् ।
1SA 2:13 मानिसहरूसँग पुजारीहरूको चलन यस्तो थियो, जब कुनै मानिसले बलिदान चढाउँथ्यो, तब पुजारीका सेवक मासु उमाल्दै गर्दा नै आफ्नो हातमा त्रिशूलसहित आउँथ्यो ।
1SA 2:14 उसले ताप्‍के वा कराही वा तसला वा भाँडोमा नै घोच्थ्यो । त्यो त्रिशूलमा आउने सबै पुजारीले आफ्‍नो निम्ति लान्थ्यो । तिनीहरूले शीलोमा आउने सबै इस्राएलीहरूसँग यसै गर्थे ।
1SA 2:15 अझ नराम्रो त, तिनीहरूले बोसो जलाउनअगि नै पुजारीको सेवक आउँथ्यो र बलिदान गरिरहेका मानिसलाई भन्थ्यो, “पुजारीको निम्ति पोल्नलाई मासु देऊ, किनकि तिमीबाट उनले उमालेको मासु स्वीकार गर्नुहुन्‍न, तर काँचो मात्र लिनुहुन्‍छ ।”
1SA 2:16 त्यो मानिसले यसो भन्यो भने, “तिनीहरूले पहिले बोसो जलाउनुपर्छ, र तब तपाईंले इच्‍छा गरेजति लानुहोस् ।” तब उसले भन्थ्यो, “हुँदैन, तिमीले यो मलाई अहिले नै देऊ । होइन भने, मैले जबरजस्‍ती गरेर लानेछु ।”
1SA 2:17 यी जवानहरूको पाप परमप्रभुको सामु निकै ठुलो थियो, किनकि तिनीहरूले परमप्रभुको बलिदानलाई तुच्‍छ ठाने ।
1SA 2:18 तर शामूएलले बालकको रूपमा मलमलको एपोद लगाएर परमप्रभुको सेवा गरे ।
1SA 2:19 तिनको आमाले आफ्नो पतिको साथमा वार्षिक बलिदान चढाउन आउँदा वर्षैपिच्छे तिनको निम्‍ति एउटा सानो लुगा बनाउँथिन् र तिनलाई ल्याइदिन्थिन् ।
1SA 2:20 एलीले एल्काना र तिनकी पत्‍नीलाई यसरी आशिष् दिएर भन्‍थे, “यी स्‍त्रीले परमप्रभुसँग बिन्ती गरेकी कारणले परमप्रभुले यी स्‍त्रीद्वारा तिमीहरूलाई धेरै सन्तानहरू देऊन् ।” त्यसपछि तिनीहरू आफ्नो घरमा नै फर्कन्थे ।
1SA 2:21 परमप्रभुले हन्‍नाहलाई फेरि सहायता गर्नुभयो र तिनी फेरि गर्भवति भइन् । तिनले तिन छोराहरू र दुई छोरीहरू जन्माइन् । यसैबिच, बालक शमूएल परमप्रभुको सामु बढ्दै गए ।
1SA 2:22 यति बेला एली निकै वृद्ध भए । तिनले आफ्ना छोराहरूले सबै इस्राएलसँग गरेका सबै कुरा र तिनीहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्‍त्रीहरूसँग कसरी सुते भन्‍ने कुरा सुने ।
1SA 2:23 तिनले उनीहरूलाई भने, “तिमीहरूले किन यस्‍ता कुराहरू गर्छौ? किनकि मैले तिमीहरूको दुष्‍ट कामहरू यी सबै मानिसहरूबाट सुन्‍दैछु ।”
1SA 2:24 हुँदैन, ए मेरा छोराहरू हो । किनकि मैले सुनेको कुरा असल खबर होइन । तिमीहरूले परमप्रभुका मानिसहरूलाई अनाज्ञाकारी बनाउँछौ ।
1SA 2:25 “एक जना मानिसले अर्काको विरुद्ध पाप गर्‍यो भने, परमेश्‍वरले उसको न्याय गर्नुहुन्‍छ, तर मानिसले परमप्रभुको विरुद्ध पाप गर्छ भने, उसको निम्ति कसले बोलिदिन्छ?” तर तिनीहरूले आफ्‍ना बुबाको कुरा सुनेनन्, किनभने परमप्रभुले तिनीहरूलाई मार्ने इच्छा गर्नुभयो ।
1SA 2:26 बालक शमूएल बढ्‍दै गए, र परमप्रभु र मानिसहरूको निगाहमा हुर्किए ।
1SA 2:27 यति बेला परमेश्‍वरका एक जना मानिस एलीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्‍नुहुन्छ, 'तेरा पुर्खाहरू मिश्रदेशमा फारोको घरमा दासत्वमा हुँदा, के मैले तिनीहरूकहाँ आफूलाई प्रकट गरिन र?
1SA 2:28 मेरो पुजारी हुन, मेरो वेदीमा जान, र धूप बाल्न र मेरो सामु एपोद लगाउनलाई मैले इस्राएलको सारा कुलहरूबाट उसलाई चुनें । मैले इस्राएलका मानिसहरूले आगोद्वारा चढाएका सबै बलिदानहरू तेरो पुर्खाको घरानालाई दिएँ ।
1SA 2:29 तब किन मेरो बासस्‍थानमा मलाई आवश्यक मेरा बलिदानहरू र भेटीहरूलाई तैंले किन तुच्‍छ ठान्छस्? इस्राएलका मेरा मानिसहरूको हरेक बलिदानको उत्तम थोकद्वारा आफैलाई मोटो बनाएर तैंले आफ्ना छोराहरूलाई किन मलाई भन्दा बढी आदर गर्छस्?'
1SA 2:30 किनकि परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'तेरो घराना र तेरो पुर्खाको घराना सदाको निम्ति मेरो सामु हिंड्नुपर्छ भनी मैले प्रतिज्ञा गरें ।' तर अब परमप्रभु भन्‍नुहुन्छ, 'यसो गर्ने कुरा मबाट टाढै रहोस्, किनकि मलाई आदर गर्नेलाई म आदर गर्छु, तर जसले मलाई तुच्‍छ ठान्छ उसको आदर घट्नेछ ।
1SA 2:31 हेर्, मैले तेरो बल र तेरो पिताको घरानाको बल नाश पार्ने समय आउँदैछ, ताकि तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन ।
1SA 2:32 मरो बासस्‍थानमा नै तैले संकष्‍ट देख्‍नेछस् । इस्राएललाई असल कुरा दिइए तापनि, तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन ।
1SA 2:33 आफ्‍नो वेदीबाट मैले वञ्‍चित तेरा कुनै पनि व्‍यक्‍तिका आँखा धमिलिनेछन् र तेरो जीवनको निम्ति म कष्‍ट ल्याउनेछु । तेरो परिवारमा जन्मका सबै मानिसहरू मर्नेछन् ।
1SA 2:34 तेरा दुई छोराहरू होप्‍नी र पीनहासमाथि आईपर्ने चिन्ह यो हुनेछः तिनीहरू दुवै एकै दिनमा मर्नेछन् ।
1SA 2:35 म आफ्‍नो निम्ति एक जना विश्‍वासयोग्य पुजारी नियक्‍त गर्नेछु जसले मेरो हृदय र मेरो प्राणमा जे छ सो गर्नेछ । उसको घराना निर्माण गर्नेछु, अनि ऊ नै मेरो अभिषिक्‍त राजाको सामु सधैं हिंड्‍नेछ ।
1SA 2:36 तेरो घरानामा बाँकी रहेका हरेक मानिस चाँदीको एक टुक्रा र रोटीको एक टुक्रा माग्‍न उसकहाँ आउनेछन् र घोप्टो पर्नेछन् र यसो भन्‍नेछन्, “कृपया, मलाई पनि पुजारीको कुनै काम दिनुहोस्, ताकि म पनि एक टुक्रा खान पाउनेछु ।”
1SA 3:1 बालक शमूएलले एलीको अधीनमा रहेर परमप्रभुको सेवा गरे । ती दिनहरूमा परमप्रभुको वचन दुर्लभ थियो । त्यहाँ कुनै किसिमको नियमित अगमवाणीको दर्शन थिएन ।
1SA 3:2 त्यस बेला एलीका आँखाहरू धमिला हुन थालेका हुनाले तिनले राम्ररी नदेख्‍ने भएर आफ्नै ओछ्यानमा पल्टिरहेका थिए ।
1SA 3:3 परमेश्‍वरको बत्ती अझैसम्‍म निभेको थिएन, र शमूएल परमप्रभुको मन्दिरमा सुत्‍नलाई पल्टिरहेका थिए, जहाँ परमेश्‍वरको सन्दुक थियो ।
1SA 3:4 परमप्रभुले शमूएललाई बोलाउनुभयो, जसले भने, “म यहाँ छु ।”
1SA 3:5 शमूएल कुदेर एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो ।” एलीले भने, “मैले तँलाई बोलाइनँ । फेरि सुत ।” त्यसैले शमूएल गए र सुते ।
1SA 3:6 परमप्रभुले फेरि बोलाउनुभयो, “ए शमूएल ।” फेरि शमूएल उठे र एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो । एलीले जवाफ दिए, हे मेरो छोरो, मैले तँलाई बोलाइनँ । फेरि सुत ।”
1SA 3:7 अझैसम्‍म शमूएलसँग परमप्रभुको बारेमा कुनै अनुभव थिएन, न त तिनलाई परमप्रभुको शन्देश कहिल्यै प्रकट गरिएको थियो ।
1SA 3:8 परमप्रभुले शमूएललाई फेरि तेस्रोपल्‍ट बोलाउनुभयो । फेरि शमूएल उठे र एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो ।” तब परमप्रभुले त्‍यो केटोलाई बोलाउनुभएको थियो भनी एलीले महसुस गरे ।
1SA 3:9 तब एलीले शमूएललाई भने, “जा र फेरि सुत । उहाँले तँलाई फेरि बोलाउनुभयो भने, तैंले यसो भन्, 'बोल्नुहोस्, हे परमप्रभु, किनकि तपाईंको दासले सुनिरहेको छ' ।” त्यसैले शमूएल गए र फेरि एकपल्‍ट तिनको आफ्नै ठाउँमा पल्टे ।
1SA 3:10 परमप्रभु आउनुभयो र खडा हुनुभयो । उहाँले अरू समयमा झैं बोलाउनुभयो, “ए शमूएल, शमूएल ।” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको दासले सुनिरहेको छ ।”
1SA 3:11 परमप्रभुले शमूएललाई भन्‍नुभयो, “हेर्, म इस्राएलमा केही कुरा गर्न लागेको छु, जुन कुरा सुन्‍ने हरेकको कान झस्‍किनेछ ।
1SA 3:12 त्यस दिन एलीको घरानाको विरुद्ध मैले भनेका हरेक कुरा सुरुदेखि अन्‍तसम्म नै म पुरा गर्नेछु ।
1SA 3:13 म उसको घरानाको विरुद्ध सधैंको लागि एकैपल्‍ट न्याय गर्न लागेको छु भनी मैले उसलाई भनेको छु, किनभने उसका छोराहरूले आफैमाथि सराप ल्याए र उसले तिनीहरूलाई रोकेन ।
1SA 3:14 यसकारणले गर्दा एलीको घरानाका पापहरू बलिदान वा भेटीद्वारा कहिल्यै पनि प्रायश्‍चित गरिनेछैन भनी मैले उसको घरनासँग शपथ खाएको छु ।”
1SA 3:15 शमूएल बिहानसम्म नै पल्टिरहे । अनि तिनले परमप्रभुको भवनका ढोकाहरू खोले । तर त्‍यो दर्शनको बारेमा एलीलाई बताउन शमूएल डराए ।
1SA 3:16 त्यसपछि एलीले शमूएललाई बोलाए र भने, “ए मेरो छोरो शमूएल ।” शमूएलले भने, “म यहाँ छु ।”
1SA 3:17 तिनले भने, “उहाँले तँलाई भन्‍नुभएको वचन के थियो? कृपया त्‍यो मबाट नलुका । उहाँले तँसँग बोल्‍नुभएका सबै वचनमध्‍ये तैंले मबाट कुनै पनि कुरा लुकाइस् भने परमेश्‍वरले तँलाई त्‍यसै र त्‍योभन्दा अझ धेरै गर्नुभएको होस् ।”
1SA 3:18 शमूएलले तिनलाई हरेक कुरा बताए । उनले तिनीबाट कुनै पनि कुरा लुकाएनन् । एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ । उहाँलाई जे असल लाग्छ सो गर्नुभएको होस् ।”
1SA 3:19 शमूएल बढे र परमप्रभु तिनीसँग हुनुहुन्थ्यो, र उहाँले आफ्नो भविष्यवाणीका वचनहरू कुनै पनि अपूर्ण रहेन ।
1SA 3:20 परमप्रभुको अगमवक्ता हुनलाई शमूएललाई नियुक्‍त गरिएको कुरा दानदेखि बेर्शेबासम्मका सबै इस्रएलीहरूले थाहा पाए ।
1SA 3:21 परमप्रभु फेरि पनि शीलोमा देखा पर्नुभयो, किनभने आफ्नो वचनद्वारा शीलोमा शमूएलकहाँ उहाँ प्रकट हुनुभयो ।
1SA 4:1 सम्‍पूर्ण इस्राएलभरि शामूएलले वचन दिए । यति बेला इस्राएल पलिश्तीहरूका विरुद्धमा लडाइँ गर्न गयो । तिनीहरूले एबेन-एजेरमा छाउनी हाले र पलिश्‍तीहरूले अपेकमा छाउनी हाले ।
1SA 4:2 इस्राएल विरुद्ध युद्ध गर्न पलिश्तीहरू पङ्तिबद्ध भए । जब युद्ध फैलियो, पलिश्तीहरूद्वारा इस्राएल पराजीत भयो, जसले युद्ध मैदानमा झण्डै चार हजार मानिसहरू मारे ।
1SA 4:3 जब मानिसहरू छाउनीमा आए, इस्राएलका धर्म-गुरुहरूले भने, “आज परमप्रभुले हामीलाई पलिश्‍तीहरूको सामु किन पराजीत गर्नुभयो? परमप्रभुको करारको सन्दुकलाई शीलोबाट यहाँ ल्याऔं, ताकि त्‍यो हामीसँग यहाँ नै रहोस्, जसले हामीलाई आफ्‍ना शत्रुहरूका हातबाट सुरक्षित राखोस् ।”
1SA 4:4 त्यसैले मानिसहरूले शीलोमा मानिसहरू पठाए । तिनीहरूले त्यहाँबाट सर्वशक्‍तमान् परमप्रभुको करारको सन्दुक बोके, जो करूबहरूमाथि विराजमान हुनुहुन्छ । एलीका दुई जना छोराहरू होप्‍नी र पीनहास त्यहाँ परमेश्‍वरको करारको सन्दुकसँगै थिए ।
1SA 4:5 जब परमप्रभुको करारको सन्दुक छउनीमा ल्‍याइयो, इस्राएलका सबै मानिसहरू ठुलो सोरमा कराए र पृथ्वी नै गुञ्‍जियो ।
1SA 4:6 जब पलिश्तीहरूले कराएको यो आवाज सुने, तिनीहरूले भने, “हिब्रूहरूको छाउनीमा यति ठुलो कराएको आवाजको अर्थ के हो?” तब छाउनीमा परमप्रभुको सन्दुक ल्‍याइएको थियो भन्‍ने कुरा तिनीहरूले थाहा पाए ।
1SA 4:7 पलिश्तीहरू डराए । तिनीहरूले भने, “छाउनीमा एउटा देवता आएको छ ।” तिनीहरूले भने, “हामीलाई धिक्‍कार छ! पहिले यस्तो कुनै कुरा भएको छैन ।
1SA 4:8 हामीलाई धिक्‍कार छ! यी शक्तिशाली देवताहरूको शक्तिबाट हामीलाई कसले सुरक्षा दिन्छ? मिश्रीहरूलाई उजाड-स्‍थानमा विभिन्‍न किसिमका विपत्तिहरूले प्रहार गर्ने देवताहरू यिनै हुन् ।
1SA 4:9 ए पलिश्तीहरू हो, साहसी होओ र पुरुषार्थी बन, नत्र जसरी हिब्रूहरू तिमीहरूका दासहरू भएका छन् त्यसरी नै तिमीहरू तिनीहरूका दासहरू बन्‍नेछौ ।”
1SA 4:10 पलिश्तीहरूले यद्ध लडे, र इस्राएल पराजित भयो । हरेक मानिस आफ्नो घर भाग्‍यो र ठुलो नरसंहार भयो । किनकि इस्राएलका तिस हजार पैदल सिपाहीहरू मरे ।
1SA 4:11 परमेश्‍वरको सन्दुक लगियो र एलीका दुई छोरा होप्‍नी र पीनहास मरे ।
1SA 4:12 बेन्यामीनको एक जना मानिस युद्ध मैदानबाट आफ्नो लुगा च्यातिएको र शिरमा माटो लागेको अवस्‍थामा नै दौडे र त्‍यसै दिन शीलोमा आए।
1SA 4:13 त्यो आउँदा, एली आफ्नो आसनमा बाटोको छेवैमा बसेर हेरिरहेका थिए, किनभने परमेश्‍वरको सन्दुको चिन्ताले तिनको हृदय काम्यो । जब त्यो मानिस सहर प्रवेश गर्‍यो र त्‍यो खबर भन्‍यो, तब सारा सहरमा रुवाबासी भयो ।
1SA 4:14 जब एलीले रुवाबासीको हल्ला सुने, तब तिनले सोधे, “यो हल्लाखल्लाको अर्थ के हो?” त्यो मानिस दौडेर आयो र एलीलाई भन्यो ।
1SA 4:15 यति बेला एली अन्ठानब्बे वर्ष भएका थिए । तिनका आँखाहरू धमिला भएका थिए र तिनले देख्‍न सक्दैनथे ।
1SA 4:16 त्यो मानिसले एलीलाई भन्यो, “युद्ध मैदानबाट आउने मानिस म नै हुँ । म युद्धबाट आज नै भागेको हुँ ।” एलीले भने, “हे मेरो छोरो, त्‍यो कस्तो भयो त?”
1SA 4:17 सामाचार ल्याउने मानिसले जवाफ दियो र भन्‍यो, “ पलिश्तीहरूको सामुबाट इस्राएली भागे । मानिसहरूका माझमा ठुलो पराजय पनि भएको छ । तपाईंका दुई छोरा होप्‍नी र पीनहास पनि मरे, र परमेश्‍वरको सन्दुक कब्जा गरेर लगिएको छ ।
1SA 4:18 जब उसले परमेश्‍वरको सन्दुकको बारेमा भन्‍यो, तब एली ढोकाको छेउमा भएको आफ्नो आसनबाट पछाडीतिर लडे । तिनको घाँटी भाँचियो र तिनी मरे, किनभने तिनी वृद्ध र गह्रौं थिए । तिनी चालिस वर्षसम्म इस्राएलका न्यायकर्ता भएका थिए ।
1SA 4:19 तिनकी बुहारी, पीनहासकी पत्‍नी गर्भवती थिइन् र बालक जन्माउने बेला बएको थियो । जब तिनले परमेश्‍वरको सन्दुक कब्‍जा गरेको, तिनको ससुरा र तिनको पति मरेको समाचार सुनिन्, तब तिनले घुँडा टेकिन् र बालक जन्माइन्, तर तिनको प्रसव वेदना तिनलाई सह्रै पीडा भयो ।
1SA 4:20 तिनको मृत्यु हुने बेलामा तिनलाई सेवा दिने स्‍त्रीले भनिन् “नडराऊ, किनकि तिमीले एउटा छोरा जन्माएकी छ्यौ ।” तर तिनले जवाफ दिइनन् न त तिनीहरूले भनेका कुरालाई नै मनमा राखिन् ।
1SA 4:21 “इस्राएलबाट महिमा गएको छ” भन्दै त्यो बालकको नाउँ तिनले ईकाबोद राखिन्, किनकि परमेश्‍वरको सन्दुक कब्जा गरिएको, अनि तिनका पति र ससुराको मृत्यु भएको थियो ।
1SA 4:22 तिनले भनिन्, “महिमा इस्राएलबाट गएको छ, किनभने परमेश्‍वरको सन्दुक कब्जा गरिएको छ ।”
1SA 5:1 यति बेला पलिश्‍तीहरूले परमेश्‍वरको सन्दुक कब्जा गरेका, र तिनीहरूले त्‍यो एबेन-एजेरबाट अश्दोदमा ल्याएका थिए ।
1SA 5:2 पलिश्तीहरूले परमेश्‍वरको सन्दुक लगे, दागोनको मन्‍दिरमा त्‍यो ल्याए र दागोनको नजिकै राखे ।
1SA 5:3 जब अश्दोदका मानिसहरू अर्को दिन बिहान सबेरै उठे, हेर, दागोन त परमप्रभुको सन्दुकको सामु घोप्टो परेर ढलेको थियो । त्यसैले तिनीहरूले दागोनलाई उठाए र त्यसलाई आफ्‍नै स्थानमा खडा गरे ।
1SA 5:4 तर जब तिनीहरू अर्को बिहान सबेरै उठे, हेर, दागोन परमप्रभुको सन्दुकको सामु घोप्टो परेर ढलेको थियो । दागोनको शिर र दुवै हातहरू टुक्रिएर ढोकामा अलपत्र थियो । दागोनको जिउ मात्र बाँकी रहेको थियो ।
1SA 5:5 यसैकारण आज पनि दागोनको भवनमा आउने दागोनका पुजारीहरू र कसैले पनि अश्दोदको दागोनको ढोकामा टेक्दैनन् ।
1SA 5:6 अश्दोदका मानिसहरूमाथि परमप्रभुको हात भारी भयो । उहाँले तिनीहरूलाई विनाश पार्नुभयो, अनि अश्दोद र त्‍यसको वरिपरि क्षेत्रहरूमा गिर्खाको रूढीले प्रहार गर्नुभयो ।
1SA 5:7 जे भइरहेको थियो त्‍यो कुरा जब अश्दोदका मानिसहरूले थाहा पाए, तब तिनीहरूले भने, “इस्राएलका परमेश्‍वरको सन्दुक हामीसँग रहनु हुँदैन, किनभने हामी र हाम्रो देवता दागोनको विरुद्धमा उहाँको हात भारी भएको छ ।”
1SA 5:8 त्यसैले तिनीहरूले बोलाउन पठाए र पलिश्तीहरूका सबै शासकहरूलाई एकसाथ भेला गरे । तिनीहरूले उनीहरूलाई भने, “इस्राएलका परमेश्‍वरको सन्दुकलाई हामीले के गर्नुपर्छ?” तिनीहरूले जवाफ दिए, “इस्राएलका परमेश्‍वरको सन्दुकलाई गातमा नै ल्याइयोस् ।” त्यसैले तिनीहरूले इस्राएलका परमेश्‍वरको सन्दुकलाई बोकेर त्यहाँ ल्याए ।
1SA 5:9 तर तिनीहरूले त्यो वरिपरि ल्याएपछि, परमप्रभुको हात त्‍यो सहरको विरुद्धमा परेर ठुलो गोलमाल गोलमाल भयो । उहाँले सहरका साना र ठुला सबै मानिसहरूलाई प्रहार गर्नुभयो । अनि तिनीहरूमा गिर्खाको रूढी फैलियो ।
1SA 5:10 त्यसैले तिनीहरूले परमेश्‍वरको सन्दुकलाई एक्रोनमा पठाए । तर परमेश्‍वरको सन्दुक एक्रोनमा आउने बित्तिकै, एक्रोनीहरूले यसो भन्‍दै कराए, “तिनीहरूले हामी र हाम्रा मानिसहरूलाई मार्नलाई इस्राएलका परमेश्‍वरको सन्दुक हामीकहाँ ल्याएका छन् ।”
1SA 5:11 त्यसैले तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए र भेला गरे । तिनीहरूले उनीहरूलाई भने, “इस्राएलका परमेश्‍वरको सन्दुकलाई पठाइदिनुहोस्, र यो आफ्नै ठाउँतिर फर्कोस्, ताकि त्‍यसले हामी र हाम्रा मानिसहरूलाई नमारोस् ।” किनकि सहरभरि भयङ्कर मृत्‍युको त्रास फैलिएको थियो । त्यहाँ परमेश्‍वरको हात धेरै भारी पर्‍यो ।
1SA 5:12 नमरेका मानिसहरूमा गिर्खाको रूढी आइपर्‍यो र सहरको क्रन्दन आकाशसम्‍मै पुग्यो ।
1SA 6:1 अनि पलिश्तीहरूको देशमा परमप्रभुको सन्दुक सात महिनासम्म रह्‍यो ।
1SA 6:2 त्यसपछि पलिश्ती मानिसहरूले पुजारीहरू र जोखाना हेर्नेहरूलाई बोलाए । तिनीहरूले उनीहरूलाई भने, “परमप्रभुको सन्दुकलाई हामीले के गर्नुपर्छ? हामीले त्‍यसको आफ्नै देशमा त्‍यो कसरी पठाउनुपर्छ हामीलाई भन्‍नुहोस् ।
1SA 6:3 पुजारीहरू र जोखाना हेर्नेहरूले भने, “तपाईंहरूले परमेश्‍वरको सन्दुक फिर्ता पठाउनु हुन्छ भने, कुनै उपहारविना नपठाउनुहोस् । कुनै पनि हालतमा उहाँलाई दोषबलिसहित पठाउनुहोस् । तब तपाईंहरू निको हुनुहुनेछ र अहिलेसम्म उहाँको हात तपाईंहरूबाट किन नहटाइएको रहेछ भनी तपाईंहरूले जान्‍नुहुनेछ ।”
1SA 6:4 तब तिनीहरूले भने, “हामीले उहाँलाई फर्काइ रहँदा दोषबलि के हुनुपर्छ?” तिनीहरूले जवाफ दिए, “पलिश्तीहरूको शासकहरूको संख्या जति छ त्‍यति नै सङ्‍ख्‍यामा सुनका पाँच गिर्खा र सुनका पाँच मूसाहरू बनाउनुहोस् । किनकि तपाईंहरू र तपाईंका शासकहरूलाई त्‍यही रूढीले प्रहार गर्‍यो ।
1SA 6:5 यसैले तपाईंहरूले आफ्‍ना गिर्खाहरूको नमूनाहरू र देशलाई नाश पार्ने आफ्‍ना मूसाहरूको नमूनाहरू बनाउनुपर्छ र इस्राएलका परमेश्‍वरलाई महिमा दिनुपर्छ । सायद उहाँले आफ्‍नो हात तपाईंहरूबाट, तपाईंका देवाताहरूबाट र तपाईंको देशबाट हटाउनुहुनेछ ।
1SA 6:6 जसरी मिश्रीहरू र फारोले आफ्नो हृदय कठोर पारे त्‍यसरी तपाईंहरूले किन आफ्‍नो हृदय कठोर पार्नुहुन्छ? त्‍यस बेला परमेश्‍वरले तिनीहरूसँग कठोर व्यवहार गर्नुभयो । के मिश्रीहरूले मानिसहरू पठाएनन्, अनि तिनीहरूले छोडेर आएनन् र?
1SA 6:7 अब एउटा नयाँ गाडासँगै कहिल्यै जुवा नलागाइएका दुई वटा दुहुना गाई तयार पार्नुहोस् । गाईहरूलाई गाडामा बाँध्‍नुहोस्, तर तिनीहरूका बाछाबाछीलाई तिनीहरूबाट छुट्टाएर घरमा नै राख्‍नुहोस् ।
1SA 6:8 तब परमप्रभुको सन्दुक लिनुहोस् र त्‍यसलाई गाडामा राख्‍नुहोस् । तपाईंहरूले दोषबलिको रूपमा उहाँलाई फर्काउने ती सुनका आकृतिहरूलाई त्‍यसको छेउमा एउटा बाकसमा राख्‍नुहोस् । अनि त्‍यसलाई पठाउनुहोस् र यसलाई आफ्नो बाटो जान दिनुहोस् ।
1SA 6:9 त्यसपछि हेर्नुहोस्, त्‍यो बेथ-शेमेशतिर आफ्नै देशको बाटो जान्छ भने, यत्रो ठुलो विपत्ति परमप्रभुले नै ल्याउनुभएको रहेछ । तर होइन भने, हामीले जान्‍नेछौं कि हामीलाई प्रहार गर्ने उहाँको हात होइन । बरु, संयोगले त्‍यसो भएको रहेछ भनी हामी जान्‍नेछौं ।
1SA 6:10 मानिसहरूलाई भनेअनुसार उनीहरूले गरे । उनीहरूले दुई वटा दुहुना गाईहरू लिए र तिनका बाछाबाछीलाई घरमा नै थुने ।
1SA 6:11 उनीहरूले परमप्रभुको सन्दुक , साथै सुनका मूसाहरू र उनीहरूका गिर्खाको आकृतिहरू भएको बाकसलाई उक्‍त गाडामा राखे ।
1SA 6:12 गाईहरू सोझै बेथ-शेमेशको दिशातिर गए । ती गाईहरू कराउँदै गए तर दाँया र बाँया कतैतिर नलागी, तिनीहरू लोकमार्ग हुँदै गए । पालिश्‍तीहरूका शासकहरू बेथ-शेमेशको सिमानासम्म नै तिनीहरूको पछि-पछि गए ।
1SA 6:13 यति बेला बेथ-शेमेशका मानिसहरूले बेसीमा गाहुँको कटानी गरिरहेका थिए। तिनीहरूले आफ्‍ना आँखा उठाए र सन्दुकलाई हेरे र तिनीहरू आनन्‍दित भए ।
1SA 6:14 बेथ-शेमेशको नगरबाट त्‍यो गाडा यहोशूको खेतमा आयो र त्यहाँ नै रोकियो । त्यहाँ एउटा ठुलो ढुङ्गा थियो, र तिनीहरूले गाडाको काठ चिरे र ती गाईहरूलाई परमप्रभुको निम्ति होमबलि चढाए ।
1SA 6:15 लेवीहरूले परमप्रभुको सन्दुक र यससँगैको सुनका आकृतिहरू भएको बाकसलाई निकाले र तिनलाई त्‍यो ठुलो ढुङ्गामाथि राखे । बेथ-शेमेशका मानिसहरूले परमप्रभुलाई त्यसै दिन होमबलि र बलिदानहरू चढाए ।
1SA 6:16 जब पलिश्तीहरूका पाँच जना शासकहरूले यो देखे, तब तिनीहरू एक्रोनमा फर्के ।
1SA 6:17 पलिश्तीहरूले अश्दोदको निम्ति एउटा, गाजाको निम्ति एउटा, अश्कलोनको निम्ति एउटा, गातको निम्ति एउटा र एक्रोनको निम्ति एउटा गरी परमप्रभुलाई दोषबलिको रूपमा फर्काएका सुनका गिर्खाहरू यिनै हुन् ।
1SA 6:18 सुनका मूसाहरू पलिश्ती शासकहरूका अधीनमा रहेका सबै किल्लाबन्‍दी गरिएका सहरहरू र गाउँहरूको संख्याअनुसार थिए । तिनीहरूले परमप्रभुको सन्दुक राखेका त्यो ठुलो ढुङ्गा बेथशेमेशीका यहोशूको खेतमा आजको दिनसम्म पनि साक्षीको रूपमा रहेको छ ।
1SA 6:19 परमप्रभुले बेथ-शेमेशका केही मानिसहरूलाई आक्रमण गर्नुभयो किनभने तिनीहरूले परमप्रभुको सन्दुकभित्र हेरेका थिए । उहाँले पचास हजार सत्तरी मानिसहरू मार्नुभयो । मानिसहरूले विलाप गरे, किनभने परमप्रभुले मानिसहरूलाई ठुलो आघात पुर्‍याउनुभएको थियो ।
1SA 6:20 बेथ-शेमेशका मानिसहरूले भने, “यो पवित्र परमप्रभुको परमेश्‍वर सामु को खडा हुन सक्छ? तो सन्दुक हामीबाट कसकहाँ जानेछ?
1SA 6:21 किर्यत-यारीमका बासिन्दाहरूकहाँ यसो भनेर तिनीहरूले दूतहरू पठाए, “पलिश्तीहरूले परमप्रभुको सन्दुक फिर्ता ल्याएका छन् । तल आउनुहोस् र त्‍यो आफ्‍नो साथमा लानुहोस् ।”
1SA 7:1 किर्यत-यारीमका मानसिहरू आएर परमप्रभुको सन्दुकलाई उठाए र डाँडामा भएको अबीनादाबको घरमा त्‍यो ल्‍याए । परमप्रभुको सन्दुकको रेखदेख गर्न तिनको छोरा एलाजारलाई तिनीहरूले अलग गरे ।
1SA 7:2 त्‍यो बेलादेखि लामो समयसम्म अर्थात् बिस वर्षसम्म त्‍यो सन्दुक किर्यत-यारीममा रह्यो । इस्राएलका सबै घरानाले विलाप गरे र परमप्रभुतिर फर्कने इच्छा गरे ।
1SA 7:3 शमूएलले इस्राएलका सारा घरानालाई भने, “तिमीहरू आफ्ना सारा हृदयले परमप्रभुतिर फर्किन्छौ, विदेशी देवताहरू र अश्तोरेतलाईतिमीहरूका माझबाट हटाउँछौ, आफ्‍नो हृदयलाई परमप्रभुतिर फर्काउँछौ र उहाँको मात्र आराधना गर्छौ भने, उहाँले तिमीहरूलाई पलिश्‍तीहरूको हातबाट छुटकारा दिनुहुनेछ ।”
1SA 7:4 त्यसपछि एस्राएलका मानिसहरूले बाल र अश्तोरेत हटाए र परमप्रभुको मात्र आराधना गरे ।
1SA 7:5 तब शमूएलले भने, “सबै इस्राएललाई मिस्‍पामा भेला गर र म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्नेछु ।”
1SA 7:6 तिनीहरू मिस्‍पामा भेला भए, पानी भरे र परमप्रभुको सामु खन्याए । त्यस दिन तिनीहरू उपवास बसे र भने, “हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं ।” शमूएलले त्यहाँ नै इस्राएलका मानिसहरूको विवादहरूमा फैसला गरे अनि मानिसहरूलाई नेतृत्व गरे ।
1SA 7:7 जब इस्राएलका मानिसहरू मिस्पामा भला भएका छन् भन्‍ने पलिश्तीहरूले सुने, पलिश्तीहरूका शासकहरूले इस्राएललाई आक्रमण गरे । जब इस्राएलका मानिसहरूले यो सुने, तिनीहरू पलिश्तीहरूसँग डराए ।
1SA 7:8 त्यसपछि इस्राएलका मानिसहरूले शमूएललाई भने, “हाम्रो निम्ति परमप्रभुसँग पुकारा गर्न नछोड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबट बचाउनुहुनेछ ।”
1SA 7:9 शमूएलले दूधे थुमालाई लिए र यसलाई परमप्रभुको निम्ति पुरै होमबलिको रूपमा चढाए । तब शमूएलले इस्राएलको निम्ति परमप्रभुसँग पुकारा गरे र परमप्रभुले जवाफ दिनुभयो ।
1SA 7:10 शमूएलले होमबलि चढाउँदै गर्दा पलिश्तीहरू इस्राएललाई आक्रमण गर्न आए । तर त्यस दिन पलिश्तीहरूको विरुद्धमा ठुलो गर्जनसहित परमप्रभु गर्जनुभयो र तिनीहरूलाई गोलमालमा पार्नुभयो, र तिनीहरू इस्राएलको सामुबाट भागे ।
1SA 7:11 इस्राएलका मानिसहरू मिस्पाबाट गए र तिनीहरूले पलिश्तीहरूलाई लखेटे र उनीहरूलाई बेथ-करको मुनिसम्म मारे ।
1SA 7:12 त्यसपछि शमूएलले एउटा ढुङ्गा लिए र मिस्पा र शेनको बिचमा त्‍यो खडा गरे । तिनले यसो भने, “परमप्रभुले हामीलाई यहाँसम्म सहायता गर्नुभएको छ ।”
1SA 7:13 यसरी पलिश्तीहरूलाई अधीन गरियो र तिनीहरू इस्राएलको सिमानाभित्र प्रवेश गरेनन् । शमूएलको समयभरि नै परमप्रभुको हात पलिश्तीहरूको विरुद्धमा थियो ।
1SA 7:14 पलिश्तीहरूले इस्राएलबाट कब्जा गरेका एक्रोनदेखि गातसम्मका नगरहरू पुनर्स्थपना गरियो । इस्राएलले पलिश्तीहरूबाट आफ्‍ना इलाका फिर्ता लियो । अनि इस्राएल र एमोरीहरू बिच शान्ति थियो ।
1SA 7:15 शमूएलले आफ्‍नो जीवनकालभरि नै इस्राएलको न्याय गरे ।
1SA 7:16 तिनी हरेक वर्ष बेथेल, गिलगाल र मिस्पाको फेरो मार्थे । यी सबै ठाउँहरूमा इस्राएलका निम्ति तिनले झगडाहरूको फैसला गर्थे ।
1SA 7:17 त्यसपछि तिनी रामामा फर्कन्थे, किनभने तिनको घर त्यहाँ थियो । अनि त्यहाँ पनि तिनले इस्राएलका निम्ति झगडाको फैसला गर्थे । तिनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी पनि निर्माण गरे ।
1SA 8:1 जब शमूएल वृद्ध भए, तिनले आफ्ना दुई छोरालाई इस्राएलका न्यायकर्ताहरू बनाए ।
1SA 8:2 तिनको जेठा छोराको नाउँ योएल थियो र महिलोको नाउँ अबिया थियो । तिनीहरू बेर्शेबामा न्यायकर्ताहरू थिए ।
1SA 8:3 तिनका छोराहरू तिनका मार्गहरूमा हिंडेनन्, तर बेइमानपूर्ण लाभको पछि लागे । तिनीहरूले घूस लिए र न्यायलाई भ्रष्‍ट बनाए ।
1SA 8:4 त्यसपछि इस्राएलका सारा धर्म-गुरुहरू भेला भए र रामामा शमूएलकहाँ आए ।
1SA 8:5 उनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईं वृद्ध हुनुभयो, र तपाईंका छोराहरू तपाईंका मर्गहरूमा हिंड्दैनन् । सबै जातिझैं हाम्रो न्याय गर्न हाम्रा निम्ति एक जना राजा नियुक्‍त गर्नुहोस् ।”
1SA 8:6 तर त्‍यसले शमूएललाई दुःख लाग्‍यो, जब तिनीहरूले भने, “हाम्रो न्याय गर्न हामीलाई एक जना राजा दिनुहोस् ।” त्यसैले शमूएलले परमप्रभुसँग प्रार्थना गरे ।
1SA 8:7 परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मानिसहरूले तँलाई भनेका तिनीहरूका सबै कुरा पालन गर् । किनकि तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूमाथि राजा हुनबाट तिनीहरूले मलाई इन्कार गरेका छन् ।
1SA 8:8 तिनीहरूले मलाई त्यागेका र अरू देवताहरूको सेवा गरेर मैले तिनीहरूलाई मिश्रबाट ल्याएदेखि गरेजस्तै तिनीहरूले गरिरहेका छन्, र त्यसैले तिनीहरूले तँलाई पनि त्यसै गर्दैछन् ।
1SA 8:9 अब तिनीहरूको कुरा सुन । तर तिनीहरूलाई गम्भीरपूर्वक चेताउनी दे र राजाले जसरी तिनीहरूमाथि राज्‍य गर्नेछन्, त्‍यो तिनीहरूले राम्ररी जानून् ।”
1SA 8:10 त्यसैले शमूएलले राजाको माग गरिरहेका मानिसहरूलाई परमप्रभुका सबै वचन सुनाए ।
1SA 8:11 तिनले भने, “तिमीहरूमाथि राज्‍य गर्ने राजाको प्रचलन यस्तो हुनेछ । उनले तिमीहरूका छोराहरूलाई लानेछन् र आफ्‍ना रथहरूका निम्ति र घोडचढी हुनलाई र आफ्‍ना रथहरूको अगि-अगि दौडनलाई उनले तिनीहरूलाई नियुक्‍त गर्ने छन् ।
1SA 8:12 उनले आफ्‍नो निम्ति हजारका कप्‍तानहरू र पचासका कप्‍तानहरू नियुक्‍त गर्नेछन् । कसैलाई आफ्नो जमिन जोत्‍न, कसैलाई आफ्‍नो अन्‍न कटानी गर्न र कसैलाई आफ्नो युद्धको हतियारहरू अनि आफ्ना रथहरूको सरसामान बनाउन लगाउनेछन् ।
1SA 8:13 उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खाना बनाउने र रोटी बनाउने हुनलाई लिनेछन् ।
1SA 8:14 उनले तिमीहरूका उत्तम खेतहरू, दाखबारीहरू र जैतूनका बगैंचाहरू लिनेछन् र ती आफ्ना सेवकहरूलाई दिनेछन् ।
1SA 8:15 उनले तिमीहरूका अन्‍नको र दाखबारीहरूको दशौं भाग लिनेछन् र आफ्ना अधिकारीहरू र आफ्ना सेवकहरूलाई दिनेछन् ।
1SA 8:16 उनले तिमीहरूका सेवक-सेविकाहरू, र तिमीहरूका उत्तम जवान पुरुषहरू तथा तिमीहरूका गधाहरू लिनेछन् । तिनीहरू सबैलाई उनले आफ्‍नो काममा लगाउनेछन् ।
1SA 8:17 उनले तिमीहरूका बगालहरूको दशौं भाग लिनेछन्, र तिमीहरू उनका दासहरू हुनेछौ ।
1SA 8:18 त्यसपछि त्‍यो दिन आफ्नो निम्ति छानेका तिमीहरूका राजाको कारणले तिमीहरूले पुकारा गर्नेछौ । तर परमप्रभुले त्यो दिनमा तिमीहरूलाई जवाफ दिनुहुनेछैन ।”
1SA 8:19 तर मानिसहरूले शमूएलको कुरा सुन्‍न इन्कार गरे । तिनीहरूले भने, “होइन, हामीमाथि एक जना राजा हुनैपर्छ ।
1SA 8:20 ताकि हामी अरू जातिहरूजस्तै हुन सक्‍नेछौं, अनि यसरी हाम्रा राजाले हाम्रो न्याय गर्नेछन् र हाम्रो निम्ति युद्ध गर्न हाम्रो अगि-अगि जानेछन् ।”
1SA 8:21 जब शमूएलले मानिसहरूको सबै कुरा सुने, तब तिनले ती परमप्रभुले सुन्‍ने गरी दोहोर्‍याए ।
1SA 8:22 परमप्रभुले शमूएललाई भन्‍नुभयो, “तिनीहरूका कुरा पालन गर् र कसैलाई तिनीहरूका राजा बना ।” त्यसैले शमूएलले इस्राएलका मानिसहरूलाई भने, “हरेक मानिस आ-आफ्नो सहर जानुपर्छ ।”
1SA 9:1 बेन्यामीन कुलका एक जना प्रभावशाली मानिस थिए । तिनी बन्यामीनका खनाति, अपीहका जनाति, बकोरतका पनाति, जरोरका नाति अबीएलका छोरा कीश थिए ।
1SA 9:2 तिनको शाऊल नाउँ गरेका एक जना सुन्दर जवान छोरा थिए । इस्राएलका मानिसहरू माझ तिनीभन्दा सुन्दर मानिस अरू कोही थिएनन् । तिनका कुमबाट माथि तिनी सबै मानिसहरूभन्‍दा अग्‍ला थिए ।
1SA 9:3 शाऊलका बुबा कीशका गधाहरू हराएका थिए । त्यसैले कीशले आफ्‍ना छोरा शाऊललाई भने, “एक जना सेवकलाई आफ्‍नो साथमा लैजाऊ । उठ् र गधाहरूलाई खोज्‍न जाऊ ।”
1SA 9:4 त्यसैले शाऊल एफ्राइमको पहाडी देशबाट भएर गए र सालिसाको देशबाट भएर गए, तर तिनीहरूले ती भेट्टाएनन् । तब तिनीहरू शालीमको देश पार गरे, तर ती त्‍यहाँ थिएनन् । त्‍यसपछि तिनी बेन्यामीनहरूका भूभागबाट भएर गए तर तिनीहरूले ती भेट्टाएनन् ।
1SA 9:5 जब तिनीहरू सूपको देशमा आए, तब शाऊलले आफूसँग भएका आफ्नो सेवकलाई भने, “आऊ, हामी फर्केर जाऔं, नत्र मेरो बुबाले गधाको चिन्ता लिन छोडेर हाम्रो बारे चिन्ता गर्लान् ।”
1SA 9:6 तर सेवकले तिनलाई भने, “सुन्‍नुहोस्, यो सहरमा एक जना परमेश्‍वरका मानिस हुनुहुन्छ । तिनी आदर पाएका मानिस हुन् । तिनले भनेका हरेक कुरा पुरा हुन्छ । हामी त्यहाँ जाऔं । सायद हामी कुन बाटो जानुपर्छ भनी तिनले हामीलाई भन्‍नेछन् ।”
1SA 9:7 तब शाऊलले आफ्नो सेवकलाई भने, “तर हामी त्यहाँ गयौं भने, हामीले त्यो मानिसलाई के लिएर जाने ? किनभने हाम्रो झोलामा भएको रोटी सकिएको छ र परमेश्‍वरका मानिसलाई दिने कुनै उपहार हामीसँग छैन । हामीसँग के छ र?”
1SA 9:8 त्‍यो सेवकले शाऊललाई जवाफ दियो र भन्‍यो, “यहाँ, मसँग एक चौथाइ शेकेल चाँदी छ, जुन हामीले कुन बाटो जानुपर्छ बताउनलाई म परमेश्‍वरका मानिसलाई दिनेछु ।”
1SA 9:9 (इस्राएलमा पहिले, जब मानिसले परमेश्‍वरको इच्छा खोज्‍न जान्थे, तब तिनले भन्थे, “आऊ, हामी दर्शीकहाँ जाऔं ।” किनकि आजका अगमवक्तालाई पहिले दर्शी भनिन्थ्यो ।)
1SA 9:10 तब शाऊलले आफ्नो सेवकलाई भने, “राम्रो भन्यौ । आऊ, हामी जाऔं ।” त्यसैले तिनीहरू त्‍यस सहरमा गए जहाँ परमेश्‍वरका मानिस बस्‍थे ।
1SA 9:11 जब तिनीहरू सहरतिर जानलाई पहाड चढे, तिनीहरूले पानी लिन आउने जवान स्‍त्रीहरूलाई भेटे । शाऊल र तिनका सेवकले तिनीहरूलाई सोधे, “के दर्शी यहाँ हुनुहुन्छ?”
1SA 9:12 तिनीहरूले जवाफ दिए र भने, “उहाँ हुनुहुन्छ । हेर्नुहोस्, उहाँ तपाईंहरूकै अगाडि हुनुहुन्छ । छिटो जानुहोस्, किनकि मानिसहरूले आज उच्‍च स्थानमा बलिदान चढाउने हुनाले उहाँ आज सहर जाँदै हुनुहुन्‍छ ।
1SA 9:13 खानलाई उहाँ उच्‍च स्थानमा जानुअघि नै, तपाईंहरूले सहर पस्‍नेबित्तिकै उहाँलाई भेट्नुहुनेछ । उहाँ नआएसम्म मानिसहरूले खाने छैनन्, किनभने उहाँले बलिदानलाई आशिर्वाद दिनुहुनेछ । त्यसपछि मात्र निम्ताइएकाहरूले खानेछन् । अहिले माथि गइहाल्नुहोस्, तपाईंहरूले उहाँलाई तुरुन्तै भेट्नुहुनेछ ।”
1SA 9:14 त्यसैले तिनीहरू सहरमा गए । तिनीहरू सहर पस्‍नैलाग्‍दा, उच्‍च स्थनामा जानलाई शमूएल आफूतर्फ आउँदै गरेको तिनीहरूले देखे ।
1SA 9:15 अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः
1SA 9:16 “भोलि करिब यति बेला, म बेन्यामीनको इलाकाबाट एक जना मानिसलाई पठाउनेछु र मेरा मानिस इस्राएलका शासक हुनलाई तैंले उसलाई अभिषेक गर्नू । उसले मेरा मानिसहरूलाई पलिश्तीहरूका हातहरूबाट बाचाउनेछन् । किनकि मैले आफ्‍ना मानिसहरूलाई दयादृष्‍टिले हेरेको छु किनभने मदतको लागि तिनीहरूले गरेको पुकारा मैले सुनेको छु ।”
1SA 9:17 जब शमूएलले शाऊललाई देखे, तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “मैले तँलाई भनेको मानिस यही हो । मेरा मानिसहरूमाथि राज्‍य गर्ने मानिस यही हो ।”
1SA 9:18 तब शाऊल प्रवेशद्वारमा शमूएलको नजिक आए र भने, “दर्शीको घर कहाँ छ मलाई भन्‍नुहोस् ?”
1SA 9:19 शमूएलले शाऊललाई जवाफ दिए र भने, “दर्शी म नै हुँ । मभन्‍दा अगि-अगि उच्‍च स्थानमा जानुहोस्, किनकि आज तपाईंले मसँग खानुहुनेछ । बिहान भएपछि म तपाईंलाई जान दिनेछु, र तपाईंको मनमा भएका हरेक कुरा म तपाईंलाई भनिदिनेछु ।
1SA 9:20 तिन दिनअघि हराएका तपाईंका गधाहरूको बारेमा, तिनको बारेमा चिन्ता नगर्नुहोस्, किनकि ती भेट्टाइएका छन् । अनि इस्राएलको सबै इच्‍छाहरू कसमाथि छ? के तपाईं र तपाईंका बुबाको घरानामाथि होइन?”
1SA 9:21 शाऊलले जवाफ दिए र भने, “के इस्राएलका कुलहरूमध्ये सबभन्दा सानो बेन्यामीनको म होइन? के बेन्यामीनको कुलमा पनि मेरो वंश सबभन्दा सानो होइन र? अनि तपाईंले मलाई किन यसो भन्‍नुहुन्‍छ ?”
1SA 9:22 त्यसैले शमूएलले शाऊल र तिनको सेवकलाई लगे र तिनीहरूलाई एउटा कोठाभित्र ल्याए र करिब तिस जना निम्‍तो पाएकाहरूमध्येको उनीहरूलाई प्रमूख आशनमा तिनले राखे ।
1SA 9:23 शमूएलले भान्सेलाई भने, “'अलग्गै राख' भनी मैले तिमीलाई भनेको भाग ल्‍याऊ ।”
1SA 9:24 त्यसैले भान्सेले फिला र यसमा भएको सबै ल्याए र शाऊलको सामु राखिदिए । तब शमूएलले भने, “हेर्नुहोस्, जे अलग राखिएको थियो सो तपाईंको अगि राखिएको छ । यो खानुहोस्, किनभने, 'मैले मानिसहरूलाई बोलाएको छु' भनेर मैले भनेको समयदेखि तोकिएको समयसम्म यसलाई तपाईंको निम्ति अलग्गै राखिएको छ ।” त्यसैले त्यस दिन शाऊलले शमूएलसँग खाए ।
1SA 9:25 जब तिनीहरू उच्‍च स्थानबाट सहरमा आएका थिए, शमूएलले शाऊलसँग छतमाथि कुरा गरे ।
1SA 9:26 त्यसपछि शामूएलले शाऊललाई बिहान छतमाथि बोलाए र भने, “उठ्नुहोस्, यसरी म तपाईंलाई आफ्‍नो बाटो पठाउनेछु ।” त्यसैले शाऊल उठे, अनि तिनी र शामूएल दुवै जना गल्लीतिर गए ।
1SA 9:27 जसै तिनीहरू सहरको छेउतिर पुग्‍नै लागे, शमूएलले शाऊललाई भने, “सेवकलाई हामीभन्‍दा अगि जाने आज्ञा गर्नुहोस्”— र ऊ अगि गयो— “तर तपाईं केही क्षण यहीं रहनुपर्छ, ताकि तपाईंलाई परमेश्‍वरको सन्देश म भन्‍नेछु ।”
1SA 10:1 त्यसपछि शमूएलले एक ढुङ्ग्रो तेल लिए, त्‍यो शाऊलको शिरमाथि खन्याए, तिनलाई चुम्‍बन गरे । तिनले भने, “के परमप्रभुले उहाँको उत्तराधिकारको शासक हुनलाई तपाईंलाई अभिषेक गर्नुभएको हैन र?
1SA 10:2 जब तपाईं आज जानुहुनेछ, बेन्यामीनको सेल्सहको इलाकामा राहेलको चिहान नजिक तपाईंले दुई जना मानिसहरू भेट्टाउनुहुनेछ । तिनीहरूले तपाईंलाई भन्‍नेछन्, 'तपाईंले खोजिरहेका गधाहरू भेट्टाइएका छन् । अहिले तपाईंको बुबाले गधाहरू बारेमा चिन्ता गर्न छोडेर “मेरो छोराको बारेमा म के गरौं” भन्‍दै तपाईंको बारेमा चिन्ता गर्दै हुनुहुन्‍छ ।'
1SA 10:3 तब तपाईं त्यहाँबाट अगि जानुहुँदा, तपाईं तबोरको फलाँटको रूखमा आउनुहुनेछ । एक जनाले तिनवटा पाठा, अर्कोले तिन वटा रोटी र अर्कोले एक मशक दाखमद्य बोकेर बेथेलमा परमेश्‍वरकहाँ गइरहेका तिन जना मानिसहरूलाई तपाईंले भेट्टाउनुहुनेछ ।
1SA 10:4 तिनीहरूले तपाईंलाई अभिादन गर्नेछन् र तपाईंलाई दुई वटा रोटी दिनेछन्, जुन तपाईंले तिनीहरूका हातबाट लिनुहुनेछ ।
1SA 10:5 त्यसपछि तपाईं परमप्रभुको पर्वतमा आउनुहुनेछ, जहाँ पलिस्तीहरूको चौकी छ । जब तपाईं सहरमा आइपुग्‍नुहुनेछ, तब तपाईंले वीणा, खैंजडी, बाँसुरी र सितार अगिअगि बजाउँदै तल आइरहेको भेट्टाउनुहुनेछ । तिनीहरूले अगमवाणी गरिरहेका हुनेछन् ।
1SA 10:6 परमप्रभुको आत्मा तपाईंमाथि आउनुहुनेछ र तिनीहरूसँगै तपाईंले पनि अगमवाणी बोल्‍नुहुनेछ, र तपाईं एक जना अर्कै मानिस बद्लनुहुनेछ ।
1SA 10:7 त्‍यति बेला जब यी चिन्हहरू तपाईंमा हुनेछन्, तब तपाईंको हातले जे भेट्टाउँछ सो गर्नुहोस्, किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ ।
1SA 10:8 मेरो अगि तल गिलगालमा जानुहोस् । त्यसपछि म होमबलि र मेलबलि चढाउन म तपाईंकहाँ तल आउनेछु । म नआएसम्म र तपाईंले के गर्नुपर्छ भनी तपाईंलाई नदेखाएसम्‍म सात दिनसम्म पर्खनुहोस् ।”
1SA 10:9 शमूएलबाट विदा हुनलाई जब शाऊलले पिठ्युँ फर्काए, तब परमेश्‍वरले तिनलाई अर्कै हृदय दिनुभयो । तब ती सबै चिन्हहरू त्यसै दिन पुरा भयो ।
1SA 10:10 जब तिनीहरू डाँडामा आए, अगमवक्ताको एक समूहले तिनलाई भेटे र परमेश्‍वरको आत्मा तिनीमाथि आउनुभयो ताकि तिनले उनीहरूसँगै भविष्यवाणी बोले ।
1SA 10:11 जब तिनलाई पहिले चिनेकाहरूले हरेकले तिनलाई अगमवक्ताहरूका साथमा अगमवाणी बोलिरहेको देखे, तब मानिसहरूले एक-आपसमा भने, “कीशका छोरालाई के भएको छ? के शाऊल अब अगमवक्ताहरूमध्ये एक जना भएछन्?”
1SA 10:12 त्यही ठाउँका एक जना मानिसले जवाफ दिए, “तब तिनका बुबा को हुन?” यही कारणले गर्दा “के शाऊल पनि अगमवक्ताहरूमध्ये एक जना भएछन्?” भन्‍ने भनाइ चल्‍यो ।
1SA 10:13 जब तिनले अगमवाणी बोलेर सके, तब तिनी उच्‍च स्थानमा आए ।
1SA 10:14 त्यसपछि शाऊलका काकाले तिनी र तिनको सेवकलाई सोधे, “तिमीहरू कहाँ गयौ?” तिनले जवाफ दिए, “गधाहरू खोज्‍नलाई । जब ती भेट्टाउन नसक्‍ने हामीले देख्यौं, तब हामी शमूएलकहाँ गयौं ।”
1SA 10:15 शऊलका काकाले भने, “शमूएलले तिमीलाई के भने कृपया मलाई भन ।”
1SA 10:16 शऊलले आफ्नो काकालाई जवाफ दिए, “गधाहरू भेट्टाइएका छन् भनी तिनले हामीलाई प्रष्‍ट रूपमा भने ।” तर शमूएलले भनेका राज्यको विषयमा भने तिनले उनलाई भनेनन् ।
1SA 10:17 शमूएलले मानिसहरूलाई मिस्‍पामा परमप्रभुको सामु एकसाथ भेला गरे ।
1SA 10:18 तिनले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः ‘मैले इस्राएललाई मिश्रदेशबाट ल्याएँ र मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूको विरोध गर्ने सबै राज्यहरू शक्तिबाट छुटकारा दिएँ ।'
1SA 10:19 तर तिमीहरूका सबै विपत्तिहरू र तिमीहरूका कष्‍टबाट बचाउनुहुने तिमीहरूका परमेश्‍वरलाई आज तिमीहरूले इन्कार गरेका छौ । अनि तिमीहरूले उनलाई भनेका छौ, हामीमाथि एक जना राजा खडा गर्नुहोस् ।' अब आ-आफ्ना वंशअनुसार र कुलअनुसार आफैलाई परमप्रभुको सामु प्रस्तुत गर ।”
1SA 10:20 त्यसैले शमूएलले इस्राएलका सबै कुललाई नजिक ल्याए र बेन्यामीनको कुल चुनियो ।
1SA 10:21 अनि तिनले बेन्यामीनको कुललाई आफ्‍ना वंशअनुसार ल्याए । अनि मत्रीको वंश चुनियो, र कीशका छोरा शाऊललाई चुनियो । तर जब तिनीहरू उनलाई खोज्न गए तब उनी भेट्टाइएनन् ।
1SA 10:22 तब मानिसहरूले परमेश्‍वरलाई अझै प्रश्‍न सोध्‍ने इच्‍छा गरे, “के अझै अर्को मानिस आउनै छ?” परमप्रभुले जवाफ दिनुभयो, “तिनले आफैलाई सर-सामानाका बिचमा लुकाएका छन् ।”
1SA 10:23 तब तिनीहरू दौडे र शाऊललाई त्यहाँबाट निकाले । जब तिनी मानिसहरू माझमा खडा भए, तब तिनी अरू कुनै पनि मानिसभन्दा तिनको कुमभन्‍दामाथि अग्ला थिए ।
1SA 10:24 शामूएलले मानिसहरूलाई भने, “के परमप्रभुले चुन्‍नुभएको मानिसलाई तिमीहरूले देख्‍दैछौ? सबै मानिसहरूका माझमा तिनीजस्ता अरू कोही छैन ।” सबै मानिसहरू यसो भन्‍दै कराए, “राजा अमर रहून्” ।
1SA 10:25 तब शमूएलले राजाको शासनको चलन र नियमहरूका बारेमा मानिसहरूलाई भने, तिनलाई एउटा पुस्तकमा लेखे र त्‍यो परमप्रभुको सामु राखिदिए । अनि शमूएलले सबै मानिसलाई आ-आफ्नै घरमा पठाइदिए ।
1SA 10:26 शाऊल पनि गिबामा आफ्नो घरमा गए र तिनको साथमा केही बलिया मानिसहरू गए, जसका हृदयहरूमा परमेश्‍वरले छुनुभएको थियो ।
1SA 10:27 तर केही बदमासहरूले भने, “यो मानिसले हामीलाई कसरी बचाउन सक्छ?” यी मानिसहरूले शऊललाई घृणा गरे र तिनलाई कुनै उपहारहरू दिएनन् । तर शाऊल शान्‍त बसे ।
1SA 11:1 त्यसपछि अम्मोनी नाहाश गए र याबेश-गिलादलाई घेरा हाले । याबेशका सबै मानिसले नाहाशलाई भने, “हामीसँग एउटा करार गर्नुहोस् र हामी तपाईंको सेवा गर्नेछौं ।”
1SA 11:2 अम्मोनी नाहाशले जवाफ दिए, “तिमीहरूसँग म यस शर्तमा सम्झौता गर्नेछु, कि म तिमीहरूको दाहिने आँखा निकालिदिनेछु, र यसरी सारा इस्राएलमाथि म अपमान ल्याउनेछु ।”
1SA 11:3 तब याबेशका धर्म-गुरुहरूले तिनलाई जवाफ दिए, “हामीलाई सात दिनसम्म छोडिदिनुहोस्, ताकि इस्राएलका सबै इलाकामा हामी दूतहरू पठाउनेछौं । तब हामीलाई बचाउने कोही भएन भने हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौं ।
1SA 11:4 ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे र जे भएको थियो सो मानिसहरूलाई भने । सबै मानिसहरू धुरुधुरु रोए ।
1SA 11:5 यति बेला शाऊल खतेबाट गोरुहरू लिएर आउँदै थियो । शऊलले भने, “मानिसहरूलाई के खराबी भयो जसले गर्दा तिनीहरू रुँदैछन्?” याबेशका मानिसहरूले जे भनेका थिए सो तिनीहरूले शाऊललाई भने ।
1SA 11:6 जब तिनीहरूले भनेका कुरा शाऊलले सुने, तब तिनीमाथि परमेश्‍वरको आत्मा आउनुभयो र तिनी साह्रै रिसाए ।
1SA 11:7 तिनले एक हल गोरु लिए र तिनलाई टुक्रा-टक्रा गरी काटे र ती इस्राएलको सबै इलाकामा ती दूतहरूसँगै पठाए । तिनले भने, “शाऊल र शमूएलको पछि नआउने व्यक्‍तिको गोरुलाई यसै गरिनेछ ।” अनि परमप्रभुको भय मानिसहरूमाथि पर्‍यो र तिनीहरू एक जना मानिसझैं एकसाथ निस्केर आए ।
1SA 11:8 जब उनीहरूलाई तिनले बेजेकमा भेला पारे, तब इस्राएलका मनिसहरू तिन लाख जना थिए र यहूदाका मानिसहरू तिस हजार जना थिए ।
1SA 11:9 तिनीहरूले त्यहाँ आएका दूतहरूलाई भने, “तिमीहरूले याबेश-गिलादका मानिसहरूलाई यसो भन, 'भोलि यति बेला मध्‍यन्‍हसम्ममा, तिमीहरूको छुट्टकारा हुनेछ,’ ।” त्यसैले दूतहरू गए र याबेश-गिलादका मानिसहरूलाई भने, र तिनीहरू खुसी भए ।
1SA 11:10 तब याबेशका मानिसहरूले नाहाशलाई भने, “भोलि हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौं, र तपाईंलाई जे असल लाग्छ सो हामीमाथि गर्नुहोस् ।”
1SA 11:11 भोलिपल्ट शाऊलले मानिसहरूलाई तिन समूहमा विभाजन गरे । बिहानको पहरमा तिनीहरू छाउनी बिचमा आए र तिनीहरूले आक्रमण गरे र मध्‍यन्‍हसम्ममा अम्मोनीहरूलाई पराजित गरे । ती जीवित रहेकाहरू सबै यसरी छरपष्‍ट भए, कि तिनीहरू कोही पनि दुई जना सँगै रहेनन् ।
1SA 11:12 तब मानिसहरूले शमूएललाई भने, “ती को थिए जसले यसो भने 'के शाऊलले हामीमाथि राज्‍य गर्नेछ र?’ ती मानिसहरूलाई ल्याउनुहोस्, ताकि हामीले तिनीहरूलाई मार्नेछौं ।”
1SA 11:13 तर शाऊलले भने, “आजको दिन कसैलाई मारिनेछैन, किनभने परमप्रभुले आज इस्राएललाई छुटकारा दिनुभएको छ ।”
1SA 11:14 त्यसपछि शमूएलले मानिसहरूलाई भने, “आओ, हामी गिलगामा जानेछौं र त्यहाँ राजसत्ताप्रति फेरि भक्‍ति जानउनेछौं ।”
1SA 11:15 त्यसैले सबै मानिसहरू गिलगालमा गए र गिलगामा परमप्रभुको सामु शाऊललाई राजा बनाए । तिनीहरूले त्यहाँ परमप्रभुको सामु मेलबलिहरू चढाए, र शाऊल र इस्राएलका सबै मानिसहरू धेरै आनन्‍दित भए ।
1SA 12:1 शमूएलले सबै इस्राएलीलाई भने, “तिमीहरूले मलाई भेनका हरेक कुरा मैले सुनेको छु र मैले तिमीहरूमाथि एक जना राजा नियुक्‍त गरेको छु ।
1SA 12:2 अब यहाँ तिमीहरूको सामु राहा हिंड्‍दैछन् । अनि म वृद्ध भएको छु र मेरो कपाल फुलेको छ । अनि मेरा छोराहरू तिमीहरूसँगै छन् । मेरो बाल्यकालदेखि आजसम्म पनि म तिमीहरूका सामु हिंडेकोछु ।
1SA 12:3 म यहाँ छु । परमप्रभु र उहाँको अभिषिक्‍त जनको सामु मेरो विरुद्ध गवाही देओ । मैले कसैको गोरु लिएको छु? मैले कसैको गधा लिएको छु? मैले कसैलाई ठगेको छु? मैले कसैलाई थिचोमिचो गरेको छु? मेरा आँखाहरूलाई अन्धा तुल्याउन मैले कसैबाट घूस लिएको छु? मेरो विरुद्ध गवाही देओ र म तिमीहरूलाई त्‍यो फर्काइदिनेछु ।”
1SA 12:4 तिनीहरूले भने, “तपाईंले हामीलाई ठग्‍नुभएको वा, थिचोमिचो गर्नुभएको वा कुनै मानिसको हातबाट कुनै पनि कुरा चोर्नुभएको छैन ।”
1SA 12:5 तिनले उनीहरूलाई भने, “परमप्रभु तिमीहरू विरुद्ध साक्षी हुनुहुन्छ र आज उहाँका अभिषिक्‍त जन साक्षी छन्, कि तिमीहरूले मेरो हातमा कुनै कुरा भेट्टाएका छैनौ ।” तिनीहरूले जवाफ दिए, “परमप्रभु साक्षी हुनुहुन्छ ।”
1SA 12:6 शमूएलले मानिसहरूलाई भने, “मोशा र हारूनलाई नियुक्‍त गर्नुहुने र तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ ।
1SA 12:7 त्‍यसो हो भने अब आफैलाई हाजिर गराऊ ताकि मैले तिमीहरू सँगै परमप्रभुका सबै धार्मिक कार्यहरूबारे उहाँको सामु निवेदन गर्नेछु जुन उहाँले तिमीहरू र तिमीहरूका पुर्खाहरूका निम्ति गर्नुभयो ।
1SA 12:8 जब याकूब मिश्रदेशमा गए, र तिमीहरूका पुर्खाहरूले परमप्रभुसँग पुकारा गरे तब परमप्रभुले मोशा र हारून पठाउनुभयो जसले तिमीहरूका पुर्खाहरूलाई मिश्रदैशबाट बाहिर ल्याए र तिनीहरू यस ठाउँमा बसोबास गरे ।
1SA 12:9 तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से । उहाँले तिनीहरूलाई हासोरका कप्‍तान सिसेराको हातमा, पलिश्तीहरूका हातमा र मोआबका राजाको हातमा बेच्नुभयो । यी सबैले तिमीहरूका पुर्खाहरू विरुद्ध युद्ध गरे ।
1SA 12:10 तिनीहरूले परमप्रभुलाई पुकारा गरे र भने, 'हामीले पाप गरेका छौं, किनभने हामीले परमप्रभुलाई त्यागेका छौं र बाल र अश्तोरेत देवताहरूको सेवा गरेका छौं । तर अब हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटकारा दिनुहोस् र हामीले तपाईंको सेवा गर्नेछौं ।’
1SA 12:11 त्यसैले परमप्रभुले यरूब-बाल, बाराक, यिप्‍ता र शमूएललाई पठाउनुभयो र तिमीहरू वरिपरिका सबै शत्रुमाथि विजय दिनुभयो, ताकि तिमीहरू सुरक्षामा बसोबास गर्न पाओ ।
1SA 12:12 जब तिमीहरूले अम्मोनका मानिसहरूका राजा नाहाश तिमीहरू विरुद्ध आएको देख्यौ, तब तिमीहरूले मलाई भन्यौ, 'होइन, बरु हामीमाथि राजाले राज्‍य गर्नुपर्छ,’— यद्यपि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका राजा हुनुहुन्थ्यो ।
1SA 12:13 अब तिमीहरूले चुनेका र तिमीहरूले मागेका राजा यहाँ छन् जसलाई परमप्रभुले तिमीहरूमाथि राजाको रूपमा नियुक्‍त गर्नुभएको छ ।
1SA 12:14 तिमीहरूले परमप्रभुको भय मान्यौ, उहाँको सेवा गर्‍यौ र परमप्रभुको आज्ञा विरुद्ध विद्रोह गरेनौ भने, तिमीहरू र तिमीहरूमाथि राज्‍य गर्ने राजा दुवैले परमप्रभु तिमीहरूका परमेश्‍वरको अनुसरण गर्नेछौ ।
1SA 12:15 तिमीहरूले परमप्रभुको आवाज पालन गर्दैनौ, तर परमप्रभुको आज्ञाको विरुद्ध वोद्रिह गर्छौ भने, परमप्रभुको हात तिमीहरूको विरुद्धमा हुनेछ, जसरी त्‍यो तिमीहरूका पुर्खाहरूको विरुद्धमा थियो ।
1SA 12:16 अब आफैलाई हाजिर गराओ र परमप्रभुले तिमीहरूका आँखा सामु गर्नुहुने यो महान् कुरालाई हेर ।
1SA 12:17 के आज गहुँ कटानीको समय होइन? म परमप्रभुलाई पुकार्छु ताकि उहाँले गर्जन र झरी पठाउनुहुनेछ । तब तिमीहरूको दुष्‍टता माहन् छ भनी तिमीहरूले जान्‍ने र देख्‍नेछौ, जुन तिमीहरूले आफ्नो निम्ति राजा मागेर परमप्रभुको दृष्‍टिमा गरेका छौ ।”
1SA 12:18 त्यसैले शमूएलले परमप्रभुलाई पुकारा गरे । अनि त्यसै दिन परमप्रभुले गर्जन र झरी पठाउनुभयो । तब सबै मानिस परमप्रभु र शमूएलको भय धेरै भयो ।
1SA 12:19 तब सबै मानिसले शमूएललाई भने, “तपाईंका सेवकहरूका निम्ति परमप्रभु आफ्‍ना परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस्, ताकि हामी मर्नेछैनौं । किनकि हामीले आफ्‍नो निम्ति राजा मागेर हाम्रा सबै पापमाथि यो दुष्‍टता थपेका छौं ।
1SA 12:20 शमूएलले जवाफ दिए, “नडराओ । तिमीहरूले यी सबै दुष्‍टता गरेकाछौ, तर परमप्रभुबाट नफर्क, र आफ्‍ना सारा हृदयले परमप्रभुको सेवा गर ।
1SA 12:21 तिमीहरूलाई फाइदा नहुने र छुटकारा दिन नसक्‍ने रित्ता कुराहरू नलाग, किनभने तिनीहरू व्यार्थ हुन् ।
1SA 12:22 उहाँको माहन् नाउँको कारणले परमप्रभुले आफ्‍ना मानिसहरूलाई त्याग्‍नुहुनेछैन, किनभने तिमीहरूलाई आफ्नो मानिस बनाउन परमप्रभु प्रशन्‍न हुनुहुन्‍छ ।
1SA 12:23 मेरो बारेमा, मैले तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेर परमप्रभुको विरुद्धमा पाप गर्ने कुरा मबाट परै रहोस् । बरु म तिमीहरूलाई असल र ठिक मार्ग सिकाउनेछु ।
1SA 12:24 आफ्‍ना सारा हृदायले परमप्रभुको मात्र भय मान र उहाँको सेवा गर । उहाँले तिमीहरूका निम्ति गर्नुभएको महान् कुराहरूका बारेमा विचार गर ।
1SA 12:25 तर तिमीहरू दुष्‍टतामा लागिरहन्छौ भने, तिमीहरू र तिमीहरूका राजा दुवै नष्‍ट पारिनेछौ ।
1SA 13:1 शाऊलले राज्‍य गर्न सुरु गर्दा तिनी तिस वर्षका थिए । तिनले इस्रालमाथि चालिस वर्ष राज्‍य गरेका थिए,
1SA 13:2 तिनले इस्राएलका तिन हजार जना मानिसहरूलाई चुने । दुई हजार जना मानिसहरू तिनीसँगै मिकमाशमा र बेथेलको पहाडी देशमा थिए, जबकि एक हजार जना मानिसहरू बेन्यामीनको गिबामा जोनाथनसँग थिए । सिपाहीहरूमध्‍ये बाँकीलाई तिनले आ-आफ्नो घरमा पठाए ।
1SA 13:3 जोनातनले गिबामा भएको पलिश्‍तीहरूका चौकीलाई पराजित गरे र पलिश्तीहरूले यो सुने । तब शाऊलले “हिब्रूहरूले सुनून्” भन्दै देशभरि तुरही फुके ।
1SA 13:4 शऊलले पलिश्तीहरूका चौकीलाई हराए र अझै इस्राएल पलिश्तीहरूको निम्ति दुर्गन्ध बनेका थिए भन्‍ने सबै इस्राएलले सुने । तब गिलगालमा शऊलकहाँ आउन सबै सिपाहरूलाई बोलाइयो ।
1SA 13:5 पलिश्तीहरू तिन हजार रथहरू, छ हजार रथ हाँक्‍नेहरू र समुद्र किनारको बालुवा सरी असंख्या सेनाहरू लिएर इस्राएलको विरुद्धमा लडाइँ गर्न एकसाथ भेला भए । तिनीहरू माथि आए र बेथ-आवनको पूर्वमा मिकमाशमा छाउनी हाले ।
1SA 13:6 जब इस्राएलका मानिसहरूले आफूहरू कष्‍टमा परेको देखे, किनभने मानिसहरू व्याकुल थिए, मानिसहरू ओढारहरूतिर, झाडीहरूभित्र, चट्टानहरूमा, इनारहरूमा र खाल्डोहरूमा लुके ।
1SA 13:7 केही हिब्रूहरू यर्दन पारि गाद र गिलादको भूभागतिर गए । तर शाऊल अझ पनि गिगालमा नै थिए र सबै मानिसहरू डरले काम्दै तिनको पछि लागे ।
1SA 13:8 तिनले शमूएलले तोकेका समय सात दिनसम्म पर्खे । तर शमूएल गिलगालमा आएनन् र मानिसहरू शाऊलदेखि तितरबितर भइरहेका थिए ।
1SA 13:9 शाऊलले भने, “मलाई होमबलि र मेलबलि ल्याओ ।” अनि तिनले होमबलि चढाए ।
1SA 13:10 तिनले होमबलि चढाउन सिद्ध्याउने बित्तिकै शमूएल आइपुगे । शाऊल तिनलाई भेट्न र अभिवादन गर्न निस्के ।
1SA 13:11 त्यसपछि शमूएलले भने, “तपाईंले यो के गर्नुभएको?” शाऊलले जवाफ दिए, “जब मानिसहरूले मलाई छोडिरहेको मैले देखें र तोकिएको समयभित्र तपाईं आउनुभएन र पलिश्तीहरू मिकमाशमा भेला भएका थिए,
1SA 13:12 मैले भने, 'अब पलिश्तीहरू गिलगालमा मेरो विरुद्धमा आउनेछन् र मैले परमप्रभुको निगाह खोजेको छैन ।' त्यसैले होमबलि चढाउन मैले आफैलाई दवाव दिएँ ।”
1SA 13:13 तब शमूएलले शाऊललाई भने, “तपाईंले मूर्खतापूर्वक काम गर्नुभएको छ । परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन । त्‍यसो गरेको भए परमप्रभुले इस्राएलमाथि तपाईंको शासन सदाको निम्‍ति स्थापित गर्नुहुनेथियो ।
1SA 13:14 तर अब तपाईंको शासनले निरन्तरता पाउनेछैन । परमप्रभुले आफ्‍नोजस्‍तो हृदय भएको एक जना मानिसको खोजी गर्नुभएको छ र परमप्रभुले आफ्‍ना मानिसहरूका शासक हुन तिनलाई नियुक्‍त गर्नुभएको छ, किनभने उहाँले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन ।”
1SA 13:15 तब शमूएल उठे र गिलगालबाट बेन्यामीनको गिबातिर गए । तब शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे, तिनीहरू झण्डै छ सय जना मानिसहरू थिए ।
1SA 13:16 शाऊल, तिनको छोरा जोनाथन र तिनीहरूसँग भएका मानिसहरू बेन्यामीनको गिबामा नै बसे । तर पलिश्तीहरूले मिकमाशमा छाउनी हाले ।
1SA 13:17 पलिश्तीहरूका छाउनीबाट लुट्ने तिन समूह आए । एउटा समूह शूआलको भूमि ओप्रातिर लागे ।
1SA 13:18 अर्को समूह बेथ-होरोनतिर गए र अर्को समूह उजाड-स्‍थानतिर सबोईंको बेंसी देखिने सिमानातिर लागे ।
1SA 13:19 इस्राएलभरि कुनै फलामको काम गर्ने मानिसहरू भेट्टाउन सकिंदैनथ्यौ, किनभने पलिश्तीहरूले भने, “नत्रता हिब्रूहरूले आफ्‍ना निम्‍ति भालाहरू र तरवारहरू बनाउँछन् ।”
1SA 13:20 तर इस्राएलका सबै मानिसहरू आ-आफ्‍ना फाली, कोदालो, बन्चरो र हँसिया अर्जाप्‍न तल पलिश्‍तीहरूकहाँ जाने गर्थे ।
1SA 13:21 फाली र कोदालो अर्जाप्‍नको निम्ति दुई तिहाइ शेकेल अनि बन्चरो अर्जाप्‍नको र फाली अडाउने करुवा सोझ्याउन एक तीहाइ शेकेल ज्याला थियो ।
1SA 13:22 त्यसैले युद्धको दिनमा शाऊल र जोनाथनसँग भएका सिपाहरूका हातमा कुनै तरवार वा बाला थिएन । शाऊल र तिनका छोरा जोनाथनसँग मात्र ती थिए ।
1SA 13:23 पलिश्तीहरूको फौज मिकमाशको घाटीमा गयो ।
1SA 14:1 एक दिन शाऊलका जोनाथनले आफ्‍नो हतियार बोक्‍ने जवानलाई भने, “आऊ, हामी पल्लोपट्टि भएको पलिश्‍तीहरूको चौकीमा जाऔं ।” तर तिनले आफ्नो बुबालाई चाहिं भनेनन् ।
1SA 14:2 शऊलचाहिं मोग्रोनमा भएको अनारको बोटमुनि गिबाको छेउमा बसिरहेको थियो । तिनीसँग झण्डै छ सय मानिस थिए,
1SA 14:3 एपोद लगाउने शीलोमा परमप्रभुको पुजारी एलीका पनाति, पीनहासका नाति, अहीतूबका छोरा (ईकाबोदका भाइ) अहियाहसहित । जोनाथान गएको थिए भन्‍ने कुरा मानिसहरूलाई थाहा थिएन ।
1SA 14:4 पलिश्‍तीहरूको चौकीमा पुग्‍नलाई जोनाथनले जान चाहेका घाटीको एकापट्टि एउटा पत्थरको पहरो थियो भने, अर्कोपट्टि अर्को पत्थरको पहरो थियो । एउटा पत्थरको पहरोलाई बोसेस र अर्को पत्थरको पहरोलाई सेनेह भनिन्‍थ्‍यो ।
1SA 14:5 पत्थरको एउटा पहरो उत्तरमा मिकमाशको सामुन्‍ने र अर्को दक्षिणमा गेबाको सामुन्‍ने थियो ।
1SA 14:6 जोनाथनले आफ्नो हतियार बोक्‍ने जवानलाई भने, “आऊ, यी बेखतनाहरूका चौकीमा पारि जाऔं । सायद परमप्रभुले हाम्रो पक्षमा काम गर्न सक्‍नुहुनेछ, किनकि धेरै वा थोरै जनाबाट बचाउन परमप्रभुलाई कुनै कुराले रोक्‍न सक्दैन ।”
1SA 14:7 तिनका हतियार बोक्‍नेले जवाफ दिए, “आफ्‍नो मनमा जे लागेको छ सो गर्नुहोस् । अगि बढ्नुहोस्, हेर्नुहोस्, तपाईंका सबै आज्ञा पालन गर्न म तपाईंको साथमा छु ।”
1SA 14:8 तब जोनाथनले भने, “हामी ती मानिसकहाँ पारि जानेछौं र हामी आफै तिनीहरकहाँ देखा पर्नेछौं ।
1SA 14:9 तिनीहरूले भन्‍छन्, ‘तिमीहरूकहाँ हामी नआएसम्म त्यहीं पर्ख,' भने— हामी आफ्नै ठाउँमा बस्‍नेछौं र हामी तिनीहरूकहाँ पारि जानेछैनौं ।
1SA 14:10 तर तिनीहरूले जवाफ दिन्‍छन्, 'हामीकहाँ वारि आओ' भने, हामी पारि तर्नेछौं । किनभने परमप्रभुले तिनीहरूलाई हाम्रो हातमा दिनुभएको छ । यो हाम्रो निम्ति चिन्ह हुनेछ ।”
1SA 14:11 त्यसैले तिनीहरू दुवैले आफूलाई पलिश्‍तीहरूको चौकीमा प्रकट गरे । पलिश्‍तीहरूले भने, “हेर, हिब्रूहरू आफू लुकेका प्वालहरूबाट निस्किरहेका छन् ।”
1SA 14:12 तब चौकीका मानिसहरूले जोनाथन र तिनको हतियार बोक्‍नेलाई बोलाए र भने, “हामीकहाँ आओ र तिमीहरूलाई हामी केही कुरा देखाउनेछौं ।” जोनाथनले आफ्नो हतियार बोक्‍नेलाई भने, “मेरो पछि आऊ, किनभने परमप्रभुले तिनीहरूलाई इस्राएलको हातमा दिनुभएको छ ।”
1SA 14:13 जोनाथन आफ्‍ना हात र खुट्टा टेकेर चढे र तिनको हतियार बोक्‍नेले तिनको पछि गए । जोनाथनको सामु पलिश्‍तीहरू मारिए र तिनको पछाडी तिनको हतियार बोक्‍नेले कति जनालाई मारे ।
1SA 14:14 जोनाथन र तिनको हतियार बोक्‍नेले गरेको पहिलो आक्रमणमा चार रोपनी जतिको क्षेत्रमा झण्डै बिस जना मानिस मारिए ।
1SA 14:15 छाउनी, मैदान र मानिसहरू माझ त्रास फैलियो । चौकीहरू र लुट्ने टोलीहरू पनि त्रासित भए । पृथ्वी हल्लियो र त्यहाँ ठुलो त्रास छायो ।
1SA 14:16 त्यसपछि बेन्यामीनको गिबामा रहेको शाऊलका पहरा बस्‍नेले देख्यो । पलिश्‍ती सिपाहीहरूका भीड तितरबितर भइरहेको थियो र तिनीहरू यताउता गरिरहेका थिए ।
1SA 14:17 तब शाऊलले आफूसँग भएका मानिसहरूलाई भने, “हाम्रो बिचबाट को हराएको छ, गनेर हेर ।” जब तिनीहरूले गन्ती गरे, जोनाथन र तिनको हतियार बोक्‍ने हराएको थाहा भयो ।
1SA 14:18 शाऊलले अहियाहलाई भने, “परमेश्‍वरको सन्दुक यहाँ ल्याऊ,” किनकि त्यस बेला यो इस्राएलका मानिसहरूसँग थियो ।
1SA 14:19 शाऊल पुजारीसँग बोलिरहँदा पलिश्‍तीहरूको छाउनीको हल्ला झन् बढ्दै थियो । तब शाऊलले पुजारीलाई भने, “तिम्रो हात झिक ।”
1SA 14:20 शाऊल र तिनीसँग भएका सबै मानिसहरू भेला भए र लडाइँ गर्न गए । हरेक पलिश्‍तीले आ-आफ्नो साथीलाई तरवारले प्रहार गरिरहेको थियो र त्यहाँ ठुलो अन्योलता थियो ।
1SA 14:21 अब पहिले पलिश्‍तीहरूसँग रहेका ती हिब्रूहरू जो तिनीहरूका छाउनीमा गएका थिए, तिनीहरू पनि इस्राएलीहरू, शाऊल र जोनाथनकहाँ आए ।
1SA 14:22 जब एफ्राइम नजिकको पहाडतिर लुकेका इस्राएलका सबै मानिसले पलिश्‍तीहरू भागिरहेका छन् भनी सुने, तब तिनीहरूले पनि उनीहरूलाई युद्धमा खेदे ।
1SA 14:23 यसरी परमप्रभुले त्यस दिन इस्राएललाई छुटकाटा दिनुभयो र युद्ध बेथ-अवन पारिसम्म नै फैलियो ।
1SA 14:24 त्यस दिन इस्राएलका मानिसहरू व्याकुल भएका थिए किनभने, “साँझसम्म र मैले आफ्‍ना शत्रुहरूमाथि बद्‍ला नलिएसम्म खाना खाने कुनै पनि मानिस श्रापित होस्” भनेर शाऊलले मानिसहरूलाई शपथ खान लगाएका थिए । त्यसैले फौजका कुनै पनि व्‍यक्‍तिले खाना चाखेका थिएनन् ।
1SA 14:25 त्यसपछि सबै मानिसहरू जङ्गभित्र पसे र त्यहाँ जमिनमा मह थियो ।
1SA 14:26 जब मानिसहरू जङ्गलभित्र पसे, तब मह बग्‍न थाल्यो, तर कसैले पनि महमा हात लगाएन, किनभने मानिसहरू शपथदेखि डराएका थिए ।
1SA 14:27 तर जोनाथनले आफ्‍ना बुबाले मानिसहरूलाई शपथ खान लगाएको कुरा सुनेका थिएनन् । तिनले आफ्नो हातमा भएको लट्ठी पसारे र यसले महको चाकामा घोचे । तिनले आफ्नो हात आफ्‍नो मुखमा लगे र तिनका आँखामा तेज आयो ।
1SA 14:28 तब मानिसहरूमध्ये एक जनाले भने, “ तपाईंको बुबाले 'आजको दिन खाना खाने मानिस श्रापित होस्' भनी मानिसहरूलाई कडा शपथ खान लगाउनुभयो, यद्यपि मानिसहरू भोकले कमजोर भएका छन् ।
1SA 14:29 तब जोनाथनल भने, “मेरो बुबाले देशलाई कष्‍ट दिनुभएको छ । हेर, मैले यो थोरै मह चाखेर मेरा आँखाहरू कति तेजिला भएका छन् ।
1SA 14:30 मानिसहरूले आफ्‍ना शत्रुहरूको लूटबाट स्‍वतन्त्र भएर खाएका भए कति धेरै राम्रो हुन्थ्यो? किनभने अहिले पालिश्‍तीहरूका माझमा ठुलो संहार भएको छैन ।”
1SA 14:31 तिनीहरूले त्यस दिन पलिश्‍तीहरूलाई मिकमाशदेखि अय्यालोनसम्म आक्रमण गरे । मानिसहरू धेरै थकित भए ।
1SA 14:32 मानिसहरू लूटहरूमा लोभ गरेर झुम्मिए, अनि भेडाहरू, गोरुहरू र पाठाहरू लिए र तिनलाई जमिनमा मारे । मानिसहरूले तिनीहरूलाई रगतसँगै खाए ।
1SA 14:33 तब तिनीहरूले शाऊललाई भने, “हेर्नुहोस्, मानिसहरूले रगतसँगै खाएर परमप्रभुको विरुद्धमा पाप गरिरहेका छन् ।” शाऊलले भने, “तिमीहरूले अविश्‍वसी कसिमले काम गरेका छौ । अब यहाँ मकहाँ एउटा ठुलो ढुङ्गा ल्‍याओ ।”
1SA 14:34 शाऊलले भने, “मानिसहरूको बिचमा जाओ र तिनीहरूलाई भन, 'हरेक मानिसले आ-आफ्नो गोरु र भेडहरू यहाँ ल्याओस् र मारोस् र खाओस् । रगतसँगै खाएर परमप्रभुको विरुद्धमा पाप नगर' ।” त्यसैले हरेक मानिसले आ-आफ्ना गोरु आफूसँग ल्याए र यसलाई त्यहाँ मारे ।
1SA 14:35 शाऊलले परमप्रभुको निम्ति एउटा वेदी वनाए, जुन तिनले परमप्रभुको निम्ति बनाएका पहिको वेदी थियो ।
1SA 14:36 तब शाऊलले भने, “पलिश्‍तीहरूलाई राती गएर पिछा गरौं र बिहानसम्ममा तिनीहरूलाई लूटौं । तिनीहरूलाई एउटै पनि जीवित नछोडौं ।” तिनीहरूले जवाफ दिए, “तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।” तर पुजारी भने, “यहाँ परमेश्‍वरकहाँ जाऔं ।”
1SA 14:37 शाऊलले परमेश्‍वरलाई सोधे, “के म पलिश्‍तीहरूको पिछा गरौं? के तपाईंले तिनीहरूलाई इस्राएलको हातमा सुम्पनुहुने छ?” तर परमेश्‍वरले त्यस दिन तिनलाई जवाफ दिनुभएन ।
1SA 14:38 तब शाऊलले भने, “मानिसहरूका सबै अगुवाहरू यहाँ आओ । आज यो पाप कसरी गरियो सिक र हेर ।
1SA 14:39 किनकि जसरी इस्राएललाई छुटकारा दिनुहुने परमप्रभु जीवित हुनुहुन्छ, यो मेरो छोरा जोनाथन नै भए पनि निश्‍चय नै मर्नेछ ।” तर सबै मानिसमध्येका कुनैले पनि तिनलाई जवाफ दिएन ।
1SA 14:40 तब तिनले सबै इस्राएललाई भने, “तिमीहरू एकपट्टि खडा हुनुपर्छ, अनि म र मेरो छोरा जोनाथन अर्कोपट्टि खडा हुनेछौं ।” मानिसहरूले शाऊललाई भने, “तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।”
1SA 14:41 शाऊलले भने, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, यो पाप म वा मेरो छोरा जोनाथनले गरेको हो भने, हे परमप्रभु इस्राएलका परमेश्‍वर मलाई ऊरीम दिनुहोस् । तर यो पाप तपाईंका मानिस इस्राएलले गरेका हुन् भने तुम्मीम दिनुहोस् ।” अनि चिट्ठाले जोनाथन र शाऊललाई पार्‍यो, तर फौजलाई अलग गर्‍यौ ।
1SA 14:42 त्यसपछि शाउलले भने, “म र मेरो छोरा जोनाथनको बिचमा चिट्ठा हाल ।” अनि चिट्टाले जोनाथनलाई छान्यो ।
1SA 14:43 शाऊलले जोनाथनलाई भने, “तिमीले के गरेका छौ मलाई भन ।” जोनाथनले तिनले भने, “मैले मेरो हातमा भएको लट्ठीको टुप्पोले थोरै मह चाखें । म यहाँ छु । म मर्नेछु ।”
1SA 14:44 शाऊलले भने, “ए जोनाथन, तिमी मरेनौ भने, परमेश्‍वरले मलाई त्‍यसै वा त्‍योभन्दा बढी गर्नुभएको होस् ।”
1SA 14:45 तब मानिसहरूले शाऊललाई भने, “इस्राएलको निम्ति यत्रो विजय ल्याउने जोनाथन मर्नुपर्छ? यस्‍तो हुँदै नहोस् ! परमप्रभु जीवित हुनुभएझैं, तिनको शिरबाट एउटा कपाल पनि झर्नेछैन, किनकि आज तिनले परमेश्‍वरसँग काम गरेका छन् ।” यसरी मानिसहरूले जोनाथनको उद्धार गरे ताकि तिनी मरेनन् ।
1SA 14:46 त्‍यसपछि शाऊलले पलिश्तीहरूको पिछा गर्न छोडे र पलिश्तीहरू आ-आफ्ना घरमा गए ।
1SA 14:47 जब शाऊलले इस्राएलमाथि राज्‍य गर्न सुरु गरे, तब तिनले सबैतिरका आफ्‍ना शत्रुहरूको विरुद्धमा युद्ध गरे । तिनले मोआब, अम्मोनीहरू, एदोम, सोबका राजाहरू र पलिश्तीहरूको विरुद्धमा युद्ध गरे । तिनी जता फर्किए, त्‍यतै तिनले उनीहरूलाई दण्ड दिए ।
1SA 14:48 तिनले ठुलो साहसले काम गरे र अमालेकीहरूलाई पराजित गरे । तिनले इस्राएललाई लुट्नेहरूको हातबाट छुटकारा दिए ।
1SA 14:49 शाऊलका छोराहरू जोनाथन, यिश्‍वी र मल्कीशूअ थिए । तिनकी जेठी छोरीहरूको नाउँ मेराब र कान्छीको नाउँ मिकल थियो ।
1SA 14:50 शाऊलको पत्‍नीको नाउँ अहिनोम थियो । तिनी अहीमासकी छोरी थिइन् । तिनको फौजको कप्‍तानको नाउँ शाऊलका काका नेरका छोरा अबनेर थियो ।
1SA 14:51 कीश शाउलका बुबा थिए । अनि अबनेरका बुबा नेर अबीएलका छोरा थिए ।
1SA 14:52 शाऊलको जीवनकालभरि नै पलिश्तीहरूसँग कडा युद्ध चलिरह्यो । जब शाऊलले कुनै वीर वा बलियो मानिसलाई देख्थे, तब तिनले उसलाई आफूसँगै राख्थे ।
1SA 15:1 शमूएलले शऊललाई भने, “ तपाईंलाई परमप्रभुका मानिसहरूका राजा हुन अभिषेक गर्नलाई उहाँले मलाई पठाउनुभयो । अब परमप्रभुको वचन सुन्‍नुहोस् ।
1SA 15:2 सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'इस्राएल मिश्रदेशबाट आउँदा बाटोमा तिनीहरूको विरोध गर्ने अमालेकका कुरालाई मैले ध्‍यान दिएको छु ।
1SA 15:3 अब जा र अमालेकलाई आक्रमण गर् र तिनीहरूसँग भएका सबै थोकलाई नाश गर् । तिनीहरूलाई नछोड्, तर पुरुष र स्‍त्री, बालक र सिसु, गोरु र भेडा, ऊँट र गधा सबैलाई मार्' ।”
1SA 15:4 शाऊलले मानिसहरूलाई बोलाए र तेलैमको सहरमा तिनको सङ्ख्‍या गने, तिनीहरू दुई लाख पैदल सिपाही र यहूदाका दश हजार पुरुषहरू थिए ।
1SA 15:5 तब शाऊल अमालेकको सहरमा आए र मैदानमा पर्खे ।
1SA 15:6 शाऊलले केनीहरूलाई भने, “जाऊ, विदा होओ, अमालेकीहरूबाट बाहिर निस्की आओ, ताकि मैले उनीहरूसँगै तिमीहरूलाई नष्‍ट गर्नेछैन । किनकि तिमीहरूले इस्राएलका मानिसहरू मिश्रदेशबाट आउँदा तिनीहरूलाई दया देखायौ ।” त्यसैले केनीहरू अमालेकीहरूबाट टाढा गए ।
1SA 15:7 त्यसपछि शाऊलले हविलादेखि मिश्रदेशको पूर्वमा पर्ने शूरसम्म नै आक्रमण गरे ।
1SA 15:8 तब तिनले अमालेकीहरूका राजा अगागलाई जीवितै राखे । तिनले सबै मानिसलाई तरवारको धारले पूर्ण रूपमा नाश गरे ।
1SA 15:9 तर शाऊल र तिनका मानिसहरूले अगागलाई र राम्रा भेडाहरू, गोरुहरू, मोटा बाछाहरू र थुमाहरूलाई बचाई राखे । हरेक असल कुरालाई तिनीहरूले नाश गरेनन् । तर घृणित र तुच्‍छ कुनै पनि कुरालाई तिनीहरूले पूर्ण रूपमा नाश गरे ।
1SA 15:10 परमप्रभुको वचन शमूएलकहाँ यसो आयो,
1SA 15:11 “शाऊललाई राजा बनाएकोमा म दुःखी छु, किनकि मेरो अनुसरण गर्नबाट ऊ फर्किएको छ र मेरा आज्ञाहरू पालन गरेको छैन ।” शमूएल रिसाए । तिनले रातभरि परमप्रभुमा पुकारे ।
1SA 15:12 शाऊललाई भेट्न शमूएल बिहान सबेरै उठे । शमूएललाई भनियो, “शाऊल कार्मेलमा आए र आफ्नो निम्ति तिनले स्मारक खडा गरे र त्‍यसपछि पर्के र तल गिलगालतिर गए ।”
1SA 15:13 तब शमूएल शाऊलकहाँ आए, र शाऊलले तिनलाई भने, “परमप्रभुद्वारा तपाईंलाई आशिष् मिलोस् ! मैले परमप्रभुको आज्ञा पुरा गरेको छु ।”
1SA 15:14 शमूएलले भने, “त्‍यसो भए मेरो कानले सुनेको भेडाहरू कराएको र गोरुहरू कराएको यो के हो?”
1SA 15:15 शाऊलले जवाफ दिए, “तिनीहरूले अमालेकीहरूबाट ती ल्याएका छन् । किनभने मानिसहरूले परमप्रभु तपाईंको परमेश्‍वरलाई बिलदान चढाउन असल भेडाहरू र गोरुहरू बचाएर राखेका छन् । बाँकीचाहिं हामीले पूर्ण रूपमा नाश गरेका छौं ।”
1SA 15:16 तब शमूएलले शाऊललाई भने, “पर्खनुहोस्, र परमप्रभुले मल‍ाई आज राती के भन्‍नुभयो सो म तपाईंलाई भन्‍नेछु ।” शाऊलले तिनलाई भने, “भन्‍नुहोस् ।”
1SA 15:17 शमूएलले भने, “तपाईं आफ्नै दृष्‍टिमा सानो हुनुहुन्छ, तापनि के तपाईंलाई इस्राएलको कुलहरूका शिर बनाइएको थिएन र? तब परमप्रभुले तपाईंलाई इस्राएलका राजा अभिषेक गर्नुभयो,
1SA 15:18 र परमप्रभुले तपाईंलाई आफ्नो बाटोमा पठाउनुभयो र भन्‍नुभयो, 'जा र पापीहरू अर्थात् अमालेकीहरूलाई पूर्ण रूपमा नाश गर् र तिनीहरू नाश नभएसम्म तिनीहरूका विरुद्ध युद्ध गर ।'
1SA 15:19 तपाईंले परमप्रभुको आज्ञालाई किन पालन गर्नुभएन, तर बरु लूटका माल कब्‍जा गर्नुभयो र परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गर्नुभयो?”
1SA 15:20 तब शाऊलले शमूएललाई भने, “मैले साँच्‍चै नै परमप्रभुको आज्ञा पालन गरेको छु र परमप्रभुले मलाई पठाउनुभएको मार्गमा गएको छु । मैले अमालेकको राजा अगागलाई कब्जामा लिएको छु र अमालेकीहरूलाई पूर्ण रूपमा नाश गरेको छु ।
1SA 15:21 तर मानिसहरूले परमप्रभु तपाईंका परमेश्‍वरलाई गिलगालमा बलिदान चढाउन भनेर विनाशका निम्ति अलग गरिएका असल थोकहरू, भेडाहरू र गोरुहरू जस्ता केही लुटका मालहरू लिए ।”
1SA 15:22 शमूएलले जवाफ दिए, “परमप्रभुको आज्ञापालन गर्दाझैं होमबलिहरू र बलिदानहरूमा परमप्रभु प्रशन्‍न हुनुहुन्छ र? आज्ञा पालन बलिदान भन्दा उत्तम हो र सुन्‍नुचाहिं भेडाको बोसो भन्दा उत्तम हो ।
1SA 15:23 किनभने विद्रोह गर्नु मन्त्रतन्त्रको पापजस्तै हो अनि हठचाहिं दुष्‍टता र अधर्मजस्तै हो । तपाईंले परमप्रभुको वचनलाई इन्कार गर्नुभएको कारणले, उहाँले पनि तपाईंलाई राजा हुनबाट इन्कार गर्नुभएको छ ।
1SA 15:24 तब शाऊलले शमूएललाई भने, “मैले पाप गरेको छु । किनकि मैले परमप्रभुको आज्ञा र तपाईंको वचन तोडेको छु, किनभने म मानिसहरूदेखि डराएको थिएँ र मैले तिनीहरूको कुरा मानें ।
1SA 15:25 अब कृपया मेरो पाप क्षमा गर्नुहोस् र मसँगै फर्कनुहोस् ताकि म परमप्रभुको आराधना गर्न सकूँ ।
1SA 15:26 शमूएलले शाऊललाई भने, “म फर्केर तपाईंसँग जानेछैन । किनकि तपाईंले परमप्रभुको वचन इन्कार गर्नुभएको छ र परमप्रभुले तपाईंलाई इस्राएलका राजा हुनबाट इन्कार गर्नुभएको छ ।”
1SA 15:27 जसै शमूएल जानलाई फर्कंए, शाऊलले तिनको कपडाको छेउ समाते र त्‍यो च्यातियो ।
1SA 15:28 शमूएलले तिनलाई भने, “परमप्रभुले आज इस्राएल राज्यलाई तपाईंबाट च्यात्‍नुभएको छ र त्‍यो तपाईंभन्दा उत्तम तपाईंको एक जना छिमेकीलाई दिनुभएको छ ।
1SA 15:29 साथै इस्राएलका शक्तिले न ढाट्नु हुन्छ न त आफ्‍नो मन बदल्‍नु नै हुन्छ । किनभने आफ्नो मन बद्लने उहाँ मानिस हुनुहुन्‍न।
1SA 15:30 त्यसपछि शाऊलले भने, “मैले पाप गरेको छु । तर कृपया मेरा मानिसहरूका धर्म-गुरुहरूका सामु र इस्राएलको सामु मेरो इज्‍जत गर्नुहोस् । फेरि मसँग फर्कनुहोस्, ताकि मैले परमप्रभु तपाईंका परमेश्‍वरको आराधना गर्न सकूँ ।
1SA 15:31 त्यसैले शमूएल शाऊलसँगै फर्के, र शाऊलले परमप्रभुको आराधना गरे ।
1SA 15:32 तब शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई यहाँ मकहाँ ल्‍याउनुहोस् ।” अगाग साङ्लाले बाँधिएकै अवस्थामा आए र भने, “निश्‍चय नै मृत्यु तीक्‍तता टरेको छ ।”
1SA 15:33 शमूएलले जवाफ दिए, “जसरी तेरो तरवारले स्‍त्रीहरूलाई बालकहीन बनाएको छ, त्यसरी नै तेरो आमा पनि स्‍त्रीहरूका माझमा बालकहीन हुनेछे ।” अनि शमूएलले अगागलाई गिलगालमा टुक्रा-टुक्रा बनाए ।
1SA 15:34 शमूएल रामामा गए र शाऊल गिबाको आफ्नै घरमा गए ।
1SA 15:35 शमूएलले आफ्‍नो मृत्युको दिनसम्म नै शाऊललाई भेटेनन्, किनकि तिनले शाऊलको निम्ति शोक गरे । परमप्रभुले शाऊललाई इस्राएलका राजा बनाउनुभएकोमा उहाँ दुःखी हुनुभयो ।
1SA 16:1 परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मैले शाऊललाई इस्राएलको राजा हुनबाट इन्कार गरेको कारणले तँ उसको निम्ति कहिलेसम्म विलाप गर्नेछस्? तेरो सीङ्‌मा तेल भर् र जा । म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउनेछु, किनकि मैले त्यसका छोराहरूका बिचबाट एक जनालाई मेरो निम्ति राजा चुनेको छु ।”
1SA 16:2 शमूएलले सोधे, “म कसरी जान सक्‍छु? शाऊलले यो सुने भने, उसले मलाई मार्नेछ ।” परमप्रभुले भन्‍नुभयो, “तँसँगै एउटा कोरली लैजा र भन्, 'म परमप्रभुलाई बलिदान चढाउन आएको छु ।'
1SA 16:3 यिशैलाई पनि बलिदानमा बोला र तैंले के गर्नुपर्नेछ म तँलाई देखाउनेछु । मैले तँलाई देखाएको एक जनालाई तैंले अभिषेक गर्नेछस् ।”
1SA 16:4 शमूएलले परमप्रभुले भन्‍नुभएझैं गरे र बेथलेहेम गए । सहरका धर्म-गुरुहरू तिनलाई भेट्न आउँदा तिनीहरू डरले कामिरहेका थिए र भने, “के तपाईं शान्तिमा नै आउँदै हुनुहुन्छ?”
1SA 16:5 तिनले भने, “शान्तिमा नै हो । म परमप्रभुलाई बिलदान चढाउन आएको छु । आफैलाई अलग गर्न तयार होओ र मसँगै बलिदानमा आओ ।” तिनले यिशै र तिनका छोराहरूलाई अलग गरे र तिनीहरूलाई बलिदानमा निमन्त्रणा गरे ।
1SA 16:6 जब तिनीहरू आए, तिनले एलीआबलाई हेरे र मनमनै भने परमप्रभुको अभिषिक्‍त जन निश्‍चय नै तिनको सामु उभिरहेका थिए ।
1SA 16:7 तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्यसको बाह्य स्वरूप वा त्यसको कदको उचाइलाई नहेर्, किनभने मैले त्यसलाई इन्कार गरेको छु । किनभने परमप्रभुले मानिसले झैं हे्र्नुहुन्‍न । मानिसले बाहिरी स्वरूपलाई हेर्छ, तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ ।”
1SA 16:8 यिशैले अबीनादाबलाई बोलाए र शमूएलको सामुन्‍ने हिंड्न लगाए । तब शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन ।”
1SA 16:9 यिशैले शम्मालाई नि हिंड्न लगाए, तर शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन ।”
1SA 16:10 यिशैले तिनका सातै जना छोराहरूलाई शमूएलको सामु हिंड्न लगाए । शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू कुनैलाई पनि चुन्‍नुभएको छैन ।”
1SA 16:11 तब शमूएलले यिशैलाई भने, “के तपाईंका छोराहरू सबै जना यहाँ नै छन्?” तिनले जवाफ दिए, “अझै कान्छो बाँकी नै छ, तर उसले भेडाको गोठाला गरिरहेको छ ।” शमूएलले यिशैलाई भने, “कसैलाई पठाउनुहोस् र तिनलाई झिकाउनुहोस् । तिनी यहाँ नआएसम्म, हामी बस्‍नेछैनौं ।”
1SA 16:12 यिशैले कसैलाई पठाए र तिनलाई ल्याए । यो छोराको राता गाला, सुन्दर आँखा र सुन्दर स्वरूप थियो । परमप्रभुले भन्‍नुभयो, “उठ्, त्यसलाई अभिषेक गर् । किनभने यही नै हो ।”
1SA 16:13 अनि शमूएलले तेल भएको सीङ् लिए र तिनलाई आफ्‍ना दाजुहरूका माझमा अभिषेक गरे । त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो । त्यसपछि शमूएल उठे र रामातिर गए ।
1SA 16:14 परमप्रभुको आत्माले शाऊललाई छोड्नुभयो र परमप्रभुको हानिकारक आत्माले तिनलाई दुःख दियो ।
1SA 16:15 शाऊलका सेवकहरूले तिनलाई भने, “हे्र्नुहोस्, परमप्रभुको हानिकारक आत्माले तपाईंलाई दुःख दिन्छ ।
1SA 16:16 तपाईंको सामु भएका सेवकहरूलाई कोही वीणा बजाउन निपुण व्यक्‍तिलाई खोज्‍न हाम्रो मालिकले आज्ञा गर्नुहोस् । जब परमप्रभुको हानिकारक आत्मा तपाईंमाथि आउँछ, त्यसले वीणा बजाउनेछ, र तपाईं ठीक हुनुहुनेछ ।”
1SA 16:17 शाऊलले तिनका सेवकहरूलाई भने, “बजाउन निपुण एक जना मानिस मेरो निम्ति खोज र त्यसलाई मकहाँ ल्याऊ ।”
1SA 16:18 जवानहरूमध्ये एक जनाले जवाफ दिए, “मैले बेथलेहमका यिशैका छोरा बजाउनमा निपुण, बलियो, साहसी, लडाकु, बोलीवचनमा चतुर, सुन्‍दर मानिस देखेको छु । अनि परमप्रभु तिनीसँग हुनुहुन्छ ।”
1SA 16:19 त्यसैले शाऊलले यिशैकहाँ दूतहरू पठाए र भने, “भेडाहरूसँग भएको तिम्रो छोरा दाऊदलाई मकहाँ पठाऊ ।”
1SA 16:20 यिशैले रोटी, दाखमद्यको भाँडो, एउटा पाठोलाई गधामा बोकाए र आफ्‍नो छोरा दाऊदसँगै ती शाऊलकहाँ पठाए ।
1SA 16:21 तब दाऊद शाऊलकहाँ आए र तिनको सेवामा प्रवेश गरे । शाऊलले तिनलाई धेरै प्रेम गरे र तिनी उनको हतियार बोक्‍ने बने ।
1SA 16:22 “दाऊद मेरो सामु खडा रहोस्, किनभने उसले मेरो दृष्‍टिमा निगाह पाएको छ” भन्‍ने सामाचार शाऊलले यिशैलाई पठाए ।
1SA 16:23 जब-जब शाऊलमाथि परमेश्‍वरको हानिकारक आत्मा आउँथ्यो, दाऊदले वीणा लिन्थे र त्‍यो बजाउँथे । यसरी शाऊल पुनः ताजा र सञ्‍चो हुन्थे, र हानिकारक आत्माले तिनीलाई छोड्‍थ्‍यो।
1SA 17:1 यति बेला पलिश्‍तीहरूले युद्धको निम्ति आफ्‍ना फौजहरू भेला गरे । तिनीहरू सोकोमा भेला भए जुन यहूदाको क्षेत्र हो । तिनीहरूले सोको र आजेकाको बिचमा एपेस-दम्मीममा छाउनी हाले ।
1SA 17:2 शाऊल र इस्राएलका मानिसहरू भेला भए र एलाहको मैदानमा छाउनी हाले र पलिश्‍तीहरूसँग युद्ध गर्न पङ्तीबद्ध भए ।
1SA 17:3 पलिश्‍तीहरू पहाडको एकापट्टि र इस्राएल पहाडको अर्कोपट्टि मैदानलाई तिनीहरूका बिचमा पारेर खडा भए ।
1SA 17:4 गातको गोल्यत नाउँ गरेको एक जना बलियो मानिस पलिश्‍तीहरूको छाउनीबाट आयो, जसको उचाइ तिन मिटर थियो ।
1SA 17:5 उसले आफ्‍नो शिरमा काँसाको टोप लगाएको थियो, त्यो झिलमले सुसज्‍जित थियो । उसको काँसाको झिलमको तौल साठी किलो थियो ।
1SA 17:6 उसको खुट्टामा काँसाको झिलम थियो र त्यसको कुमहरूको बिचमा भाला थियो ।
1SA 17:7 उसको भालाको डण्डा कपडा बुन्‍ने जुलाहको थुरीजस्तै ठुलो थियो । उसको भालाको टुप्‍पो सात किलो फलामको थियो । उसको ढाल बोक्‍ने त्यसको अगि-अगि गयो ।
1SA 17:8 ऊ खडा भयो र इस्राएलको फौजतिर चिच्याए, “तिमीहरू लडाइँको निम्ति पङ्तीबद्ध हुन किन आएका छौ? के म एक जना पलिश्‍ती होइन र तिमीहरू शाऊलको सेवकहरू होइनौ र? आफ्नो निम्ति एक जना मानिसलाई चुन र ऊ मकहाँ तल आओस् ।
1SA 17:9 मसँग लडेर उसले मलाई जित्‍यो भने, हामी तिमीहरूका सेवकहरू हुनेछौं । तर मैले त्यसलाई हराएँ भने, तिमीहरू हाम्रो सेवकहरू हुनेछौ र हाम्रो सेवा गर्नेछौ ।”
1SA 17:10 त्‍यो पलिश्‍तीले फेरि भन्‍यो, “म इस्राएलको फौजलाई आज चुनौती दिन्छु । मलाई एउटा मानिस देओ, ताकि हामीसँगै लड्न सकौं ।”
1SA 17:11 जब शाऊल र सारा इस्राएलले त्‍यो पलिश्‍तीले भनेको कुरा सुने, तिनीहरू निरुत्साहित भए र साह्रै डराए ।
1SA 17:12 दाऊदचाहिं यहूदाका बेथलेहेमको एप्रातीका छोरा थिए जसको नाम यिशै थियो । तिनका आठ भाइ छोरा थिए । शाऊलको समयमा यिशै बृद्ध मानिस, मानिसहरू माझ धेरै वृद्ध थिए ।
1SA 17:13 यिशैका तिन जना ठुला छोराहरू युद्धमा शाऊलको पछि लागेका थिए । तिन छोराहरूका नाउँहरू जेठा एलीआब, माहिला अबीनादाब र साहिंला शम्मा थिए ।
1SA 17:14 दाऊदचाहिं कान्छा थिए । तिन जना दाजुहरू शाऊलको पछि लागे ।
1SA 17:15 अहिले दाऊद बेथलेहेममा भएका भेडाहरूलाई चराउनको निम्ति र शाऊलका फौज बिच आउने र जाने गर्थे ।
1SA 17:16 चालिस दिनसम्म त्यो बलियो पलिश्‍ती बिहान र साँझ आफूलाई युद्धको निम्ति प्रस्तुत गर्न देखा परे ।
1SA 17:17 तब यिशैले तिनका छोरा दाऊदलाई भने, “यो भुटेको अन्‍न र दस वटा रोटी लेऊ र तिनीहरूलाई तिम्रा दाजुहरूका निम्ति छाउनीमा चाँडो बोकेर लैजाऊ ।
1SA 17:18 साथै यी दस वटा पनीर हजार जनाको कप्‍तानको निम्ति लैजाऊ । तिम्रा दाजुहरू कस्ता छन्, तिनीहरू राम्रै छन् भन्‍ने केही प्रमाण लेऊ ।
1SA 17:19 तिम्रा दाजुहरू शाऊलसँग र इस्राएलका सबै मानिसहरू एलाहको मैदानमा पलिश्‍तीहरूसँग लडिरहेका छन् ।”
1SA 17:20 दाऊद बिहान सबेरै उठे र भेडाहरू गोठालाहरूको हातमा हेरचाहमा छोडे । तिनले खाद्यन्‍नहरू लिए र यिशैले तिनलाई आज्ञा गरेझैं गए । तिनी फौजहरू युद्ध-ध्वनिका साथ युद्ध मैदानमा जाँदै गर्दा छाउनीमा आए ।
1SA 17:21 इस्राएल र पलिश्‍तीहरू युद्धको निम्ति फौजको विरुद्ध फौज पङ्तिबद्ध भए ।
1SA 17:22 सामानहरू राख्‍नेको जिम्मामा दाऊदले आफ्ना सामानहरू छोडे, फौजहरूतिर दौडे, र आफ्ना दाजुहरूलाई ढोग गरे ।
1SA 17:23 तिनी उनीहरूसँग कुरा गरिरहँदा, गोल्यत नाउँ गरेको त्यो बलियो पलिश्‍ती पलिश्‍तीहरूको फौजबाट आयो र पहिलेको जस्तै शब्दहरू भन्‍यो र दाऊदले त्यो सुने ।
1SA 17:24 जब इस्राएलका सबै मानिसहरूले त्यो मानिसलाई देखे, तिनीहरू त्यसदेखि भागे र साह्रै भयभीत भए ।
1SA 17:25 इस्राएलका मानिसहरूले भने, “के माथि आएको यो मानिसलाई तपाईंले देख्‍नुभएको छ? ऊ इस्राएललाई चुनौती दिन आएको छ । उसलाई मार्नेलाई राजाले धेरै सम्पत्ति दिनेछन्, तिनले तिनलाई आफ्नो छोरी विवाह गर्न दिनेछन् र इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्‍त गर्नेछन् ।”
1SA 17:26 दाऊदले आफ्‍नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्‍वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”
1SA 17:27 अनि मानिसहरूले भनिरहेका कुरालाई नै दोहोर्‍याए र तिनलाई भने, “उसलाई मार्नेलाई यसै गरिनेछ ।”
1SA 17:28 तिनले मानिसहरूसँग कुरा गर्दा तिनका जेठा दाजु एलीआबले सुने । एलीआबको रिस दाऊदमाथि दन्कियो, र तिनले भने, “तँ यहाँ किन आइस्? उजाड-स्‍थानमा भएका ती थोरै भेडाहरूलाई कसको साथमा छोडिस्? तेरो घमण्ड र तेरो हृदयको कुटिलता मलाई थाहा छ । किनकि युद्ध हेर्न भनेर तँ यहाँ तल आएको होस् ।”
1SA 17:29 दाऊदले भने, “मैले अहिले के गरेको छु? के यो एउटा प्रश्‍न मात्र थिएन?”
1SA 17:30 ऊबाट तिनी अर्कोतिर नै तर्किए र त्यसरी नै कुरा गरे । मानिसहरूले पहिलेको जस्तै गरी उही जवाफ दिए ।
1SA 17:31 जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए ।
1SA 17:32 तब दाऊदले शाऊललाई भने, “त्यो पलिश्तीको कारणले कसैको हृदय हतास नहोस् । तपाईंको दास जानेछ र यो पलिश्तीसँग लड्नेछ ।”
1SA 17:33 शाऊलले दाऊदलाई भने, “तिमी यो पलिश्तीको विरुद्धमा लाड्न जान सक्षम छैनौ । किनभने तिमी भर्खरको केटा मात्र हौ र ऊ आफ्‍नो जवानीदेखि नै युद्धमा छ ।”
1SA 17:34 तर दाऊदले शाऊललाई भने, “तपाईंको दासले आफ्ना बुबाका भेडाहरूको हेरचाह गर्ने गर्थ्यो । जब सिंह वा भालु आएर भेडालाई बगालबाट लान्थ्यो,
1SA 17:35 म त्यसलाई लखेट्थें र त्यसलाई आक्रमण गर्थें र त्यसको मुखबाट यसलाई छुटकारा दिन्थें । जब त्यो मेरो विरुद्ध आइलाग्थ्यो, मैले त्यसको दाह्रीमा समातेर त्यसलाई प्रहार गर्थें र मार्थें ।
1SA 17:36 तपाईंको दासले सिंह र भालु दुवै मारेको छ । यो पलिश्ती पनि तिनीहरूमध्ये एउटाझैं हुनेछ, किनभने यसले जीवित परमेश्‍वरको फौजलाई चुनौती दिएको छ ।”
1SA 17:37 दाऊदले भने, “परमप्रभुले मलाई सिंह र भालुको पञ्‍जाबाट बचाउनुभएको छ । उहाँले नै यो पलिश्‍तीको हातबाट पनि मलाई बचाउनुहुने छ ।” त्यसपछि शाऊलले दाऊदलाई भने, “जाऊ, र परमप्रभु तिमीसँग हुनुभएको होस् ।”
1SA 17:38 शाऊलले दाऊदलाई आफ्‍नो पोशाक लगाइदिए । तिनले उनको शिरमा काँसाको टोप लगाइदिए । तिनले उनलाई झिलम पहिर्‍याइदिए ।
1SA 17:39 दाऊदले तिनको तरवार तिनको झिलममाथि भिरे । तर उनी हिंड्न सकेनन्, किनभने ती लगाएर हिंड्‍ने तालिम तिनलाई थिएन । अनि दाऊदले शाऊललाई भने, “यि लगाएर म लड्न जान सक्‍दिनँ, किनभने यी लगाएर हिंड्‍ने तालिम मैले लिएको छैन ।” त्यसैले दाऊदले ती फुकाले ।
1SA 17:40 तिनले आफ्नो लट्ठी हातमा लिए र खोलाबाट पाँच वटा चिल्‍लो ढुङ्गा छाने । तिनले ती आफ्नो गोठालोको झोलामा हाले । त्‍यो पलिश्तीसँग भिड्‍न जाँदा तिनको हातमा घुयेंत्रो थियो ।
1SA 17:41 त्‍यो पलिश्‍ति आयो र दाऊदको नजिक गयो । उसको हतियार बोक्‍ने उसको अगि थियो ।
1SA 17:42 जब त्‍यो पलिश्‍तीले अघि हेर्‍यो र दाऊदलाई देख्‍यो, तब उसले तिनलाई तुच्छ ठान्‍यो, किनकि तिनी राता गाला भएका सुन्‍दर स्वरूपका एउटा सानो केटा मात्र थिए ।
1SA 17:43 तब त्‍यो पलिश्‍तीले दाऊदलाई भन्‍यो, “के म कुकुर हो र तँ लट्टी लिएर आइस्?,” र पलिश्‍तीले आफ्‍नो देवताहरूको नाउँमा सराप्‍यो ।
1SA 17:44 त्‍यो पलिश्तीले दाऊदलाई भन्‍यो, “मकहाँ आइज, र म तेरो मासु आकाशका चराहरू र जमिनका पशुहरूलाई दिनेछु ।”
1SA 17:45 दाऊदले त्‍यो पलिश्‍तिलाई जवाफ दिए, “तँ त तरवार, भाला र बर्छासित मकहाँ आइस् । तर म त सर्वशक्तिमान् परमप्रभु, इस्राएलको फौजका परमेश्‍वरको नाउँमा तँकहाँ आउँछु, जसको तैंले विरोध गरेको छस् ।
1SA 17:46 आज परमप्रभुले मलाई तँमाथि विजय दिनुहुनेछ र म तँलाई मार्नेछु र तेरो शिरलाई तेरो शरीरबाट अलग गर्नेछु । आज म पलिश्‍ती फौजको मृत शरीरहरूलाई आकाशको चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु, ताकि इस्राएलमा परमेश्‍वर हुनुहुन्छ भनी सारा पृथ्वीले जान्‍न सकोस्,
1SA 17:47 साथै भेला भएका यी सबैले जानून् कि परमप्रभुले तरवार वा भालाले विजन दिनुहुन्‍न । किनकि युद्ध परमप्रभुको हो र उहाँले नै तँलाई मेरो हातमा दिनुहुनेछ ।
1SA 17:48 जब त्‍यो पलिश्ती उठ्‍यो र दाऊदको नजिक जान लाग्‍यो, तब उसलाई भेट्न दाऊद छिटो दौडेर शत्रुका फौजतिर गए ।
1SA 17:49 दाऊदले आफ्नो झोलामा आफ्‍नो हात हाले, त्‍यसबाट एउटा ढुङ्गा लिए, त्यसलाई घुयेंत्रोमा घुमाए र पलिश्तीको निधारमा हिर्काए । त्‍यो ढुङ्गा उक्‍त पलिश्‍तीको निधारमै गाडियो र ऊ घोप्टो परेर जमिनमा ढल्‍यो ।
1SA 17:50 त्‍यो पलिश्तीलाई एउटा घुयेंत्र र एउटा ढुङ्गाले दाउदले हराए । तिनले त्‍यो पलिस्तीलाई हिर्काए र उसलाई मारे । दाऊदको हातमा कुनै तरवार थिएन ।
1SA 17:51 अनि दाऊद दौडेर गए र त्यो पलिश्तीमाथि खडा भए, उसको तरवारलाई त्‍यसको म्यानबाट झिके, उसलाई मारे र त्‍यसले उसको शिर काटे । जब पलिश्तीहरूले आफ्‍नो वीर मानिस मरेको देखे, तब तिनीहरू भागे ।
1SA 17:52 त्यसपछि इस्राएलका र यहूदका मानिसहरू चिच्याहटसँगै उठे पलिश्तीहरूलाई मैदान र एक्रोनको ढोकासम्‍म लखेटे । पलिश्तीहरूका मृत शरीर शारैम जाने बाटोदेखि गात र एक्रोन जाने बाटोभरि छरिएको थियो ।
1SA 17:53 इस्राएलका मानिसहरू पलिश्तीहरूलाई खेदेर फर्के र तिनीहरूले उनीहरूको छाउनी लूटे ।
1SA 17:54 दाऊदले त्‍यो पलिश्तीको शिर लिए र त्‍यो यरूशलेममा ल्याए, तर उसको हतियारचाहिं तिनले आफ्नो पालमा राखे ।
1SA 17:55 जब दाऊद त्‍यो पलिश्तीको विरुद्धमा निस्केको शाऊलले देखे, तब तिनले फौजको कप्‍तान अबनेरलाई भने, “अबनेर, यो जवान केटा कसको छोरा हो?” अबनेरले भने, “हे महाराजा, तपाईं जीवित हुनुभएझैं, मलाई थाहा छैन ।”
1SA 17:56 राजाले भने, “त्यो केटा कसका छोरा हुन् चिन्‍नेहरूलाई सोध ।”
1SA 17:57 जब त्‍यो पलिश्‍तीलाई मारेर दाऊद फर्के, अबनेरले तिनलाई लगे, र तिनको हातमा त्‍यो पलिश्तीको शिरसँगै तिनलाई शाऊलको सामु ल्याए ।
1SA 17:58 शाऊलले तिनलाई सोधे, “हे जवान मानिस, तिमी कसका छोरा हौ?” दाऊदले जवाफ दिए, “म तपाईंको दास बेथलेहेमी यिशैको छोरा हुँ ।”
1SA 18:1 जब तिनले शाऊलसँग कुरा गरिसकेका थिए, तब जोनाथनको प्राण दाऊदको प्राणसँग बाँधियो र जोनाथनले तिनलाई आफ्‍नै प्राणलाई झैं प्रेम गरे ।
1SA 18:2 त्यस दिन शाऊलले दाऊदलाई आफ्नो सेवामा लिए । उनले तिनलाई आफ्‍नो बुबाको घरमा फर्कन दिएनन् ।
1SA 18:3 तब जोनाथन र दाऊदले मित्रताको करार बाँधे, किनभने जोनाथनले तिनलाई आफ्नै प्राणलाई झैं प्रेम गरे ।
1SA 18:4 जोनाथनले आफूले लगाइरहेका पोशाक फुकाले र आफ्नो हतियार, तरवार, धनु र पेटी सहित त्‍यो तिनले दाऊदलाई दिए ।
1SA 18:5 शाऊलले जहाँ पठाए पनि दाऊद जान्थे, र तिनी सफल भए । शाऊलले तिनलाई युद्ध गर्ने मानिसहरूको उच्‍च पदमा स्थापित गरे । सबै मानिसहरू र शाऊलका सेवकहरूकै दृष्‍टिमा पनि यो कुरा असलै लाग्‍यो ।
1SA 18:6 जब तिनीहरू पलिश्तीहरूलाई पराजित गरेर आए, तब इस्राएलका सहरहरूबाट स्‍त्रीहरू खैंजडी र अन्य साङ्गितिक साधनहरूसँगै आनन्द साथ गाउँदै र चाँच्दै निस्के शाऊल राजालाई भेट्‍न आए ।
1SA 18:7 ती स्‍त्रीहरूले संगीतका साधनहरू बजाउँदै एकसाथ गीतहरू गाए । तिनीहरूले यसरी गाएः “शाऊलले हजारौंलाई मारेका छन् र दाऊदले दसौं हजारलाई मारेका छन् ।”
1SA 18:8 शाऊल रिसले चुर भए र यो गितले तिनलाई अप्रसन्‍न बनायो । तिनलेल भने, “तिनीहरूले दाऊदलाई दसौं हजारको श्रेय दिए, तर तिनीहरूले मलाई भने हजारौं मात्रको श्रेय दिए । राजाको दर्जाबाहेक अब अरू बढी उसले के पाउनु छ र?”
1SA 18:9 शाऊलले त्यस दिनदेखि दाऊदलाई शंकाको दृष्‍टिे हेरे ।
1SA 18:10 भोलि पल्ट शाऊलमा परमेश्‍वरबाटको हानिकारक आत्मा आयो र तिनले घरभित्र नै अगमवाणी बोले । त्यसैले दाऊदले हरेक दिन गरेझैं आफ्‍नो सङ्गीतको साधन बजाए । शाऊलको हातमा भाला थियो ।
1SA 18:11 शाऊलले भाला हाने, किनकि तिनले सोचे, “म दाऊदलाई भित्तामा छेडिदिन्‍छु ।” तर त्‍यो दिन दाऊद दुईपल्‍ट यसरी नै शाऊलको उपस्थितिबाट उम्के ।
1SA 18:12 परमप्रभु दाऊदसँग हुनुहुन्‍थ्‍यो, तर शाऊलसँग फेरि हुनुभएन, यसैले शाऊल तिनीसँग डराए ।
1SA 18:13 त्यसैले शाऊलले तिनलाई आफ्नो उपस्थितिबाट हटाए र तिनलाई हजारको कमाण्‍डरमा नियुक्‍त गरे । यसरी दाऊद बाहिर निस्के र मानिसहरूको सामु आए ।
1SA 18:14 दाऊद आफ्‍ना मार्गमा सफलता पाए, किनभने परमप्रभु तिनीसँग हुनुहुन्थ्यो ।
1SA 18:15 जब शाऊलले तिनको फलिफाप भएको देखे, तब उनलाई तिनको डर भयो ।
1SA 18:16 तर सारा इस्राएल र यहूदाले दाऊदलाई प्रेम गरे, किनभने उनीहरूका सामु तिनी भित्र-बाहिर गर्थे ।
1SA 18:17 तब शाऊलले दाऊदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छिन् । तिनलाई म तिम्रो पत्‍नी हुनलाई दिनेछु । मेरो निम्ति मात्र साहसी हुनु र परमप्रभुको युद्ध लड्नुपर्छ ।” किनकि शाऊलले सोचे, “तिनीमाथि मेरो हात नपरोस्, तर तिनीमाथि पलिश्तीहरूको हात परोस् ।”
1SA 18:18 दाऊदले शाऊललाई भने, “म राजाको ज्वाइँ बन्‍न, म को हुँ र मेरा नातेदारहरू वा इस्राएलमा मेरो बुबाको कुल को हो र?”
1SA 18:19 तर शाऊलकी छोरी मेराबलाई दाऊदलाई पत्‍नीको रूपमा दिने बेलामा, तिनलाई महोलाको अद्रिएलको पत्‍नीको रूपमा दिइयो ।
1SA 18:20 तर शाऊलकी छोरी मीकलले दाऊदलाई प्रेम गर्थिन् । तिनीहरूलले दाऊदलाई भने र यो कुराले तिनी खुसी भए ।
1SA 18:21 तब शाऊलले सोचे, “दाऊदसँग म त्‍यसकै विवाह गरिदिनेछु, ताकि त्‍यसको निम्ति यो एउटा पासो होस् र पलिश्तीहरूका हात उसको विरुद्धमा परोस् ।” यसरी शाऊलले दाऊदलाई दोस्रोपल्‍ट यसो भने, “तिमी मेरो ज्‍वाइँ हुनेछौ ।”
1SA 18:22 शाऊललले आफ्ना सेवकहरूलाई आज्ञा दिए, “दाऊदसँग गोप्यमा कुरा गर र यसो भन, 'हेर, राजा तिमीसँग खुसी हुनुहुन्छ, र उनका सबै सेवकहरूले तपाईंलाई मन पराउँछन् । त्‍यसो हो भने, अब राजाको ज्वाइँ हुनुहोस्' ।”
1SA 18:23 त्यसैले शाऊलका सेवकहरूले यी कुराहरू दाऊदलाई भने । तब दाऊदले भने, “के राजाको ज्वाइँ हुनु तपाईंहरूका निम्‍ति सानो कुरा हो, किनकि म त गरीब र तुच्छ मानिस हुँ?”
1SA 18:24 शाऊलका सेवहरूले दाऊदले भनेका यी कुराहरू उनलाई बताए ।
1SA 18:25 त्यसपछि शाऊलले भने, “दाऊदलाई यसो भन, 'राजाले आफ्ना शत्रुहरूमाथि बद्‍ला लिनलाई दुलहीको मूल्य पलिश्तीहरूको सयवटा खलडीबाहेक कुनै कुरा चाहनुहुन्‍न' ।” दाऊद पलिश्तीहरूको हातबाट मरून् भन्‍ने शाऊलको विचार थियो ।
1SA 18:26 जब तिनका सेवकहरूले दाऊदलाई यी कुराहरू बताए, तब दाऊद राजाको ज्वाइँ हुन राजी भए ।
1SA 18:27 ती दिन सिद्धिनअगि नै, दाऊद आफ्ना मानिसहरूसँग गए र दुई सय जना पलिश्तीहरूलाई मारे । दाऊदले तिनीहरूका खलडी ल्याए र तिनीहरूले राजालाई त्यो पूर्ण संख्यामा दिए, ताकि तिनी राजाका ज्‍वाइँ हुन सकून् । त्यसैले शाऊलले तिनकी छोरी मीकललाई उनको पत्‍नी हुनलाई दिए ।
1SA 18:28 परमप्रभु दाऊदसँग हुनुभएको र शाऊलकी छोरी मीकलले तिनलाई प्रेम गरेको जब शाऊलले देखे र थाहा पाए,
1SA 18:29 तब दाऊदसँग शाऊल झन् धेरै डराए । शाऊल निरन्‍तर रूपमा दाऊदका शत्रु भए ।
1SA 18:30 त्यसपछि पलिश्तीहरूका शासकहरू युद्ध गर्न आए र तिनीहरू जति पटक युद्ध गर्न आए पनि दाऊदचाहिं तिनीहरूमाथि शाऊलका अन्य सेवकहरूभन्दा धेरै सफल भए, जसले गर्दा तिनको नाउँको उच्‍च कदर गरिएको थियो ।
1SA 19:1 आफ्‍ना छोरा जोनाथन र आफ्‍ना सबै सेवकलाई शाऊलले हुकुम गरे कि तिनीहरूले दाऊदलाई मार्नुपर्छ । तर शाऊलका छोरा जोनाथन दाऊदसँग धैरै खुसी थिए ।
1SA 19:2 त्यसैले जोनाथनले दाऊदलाई भने, “मेरा बुबा शाऊलले तपाईंलाई मार्न खोज्‍दैछन् । यसकारण बिहान सजग हुनुहोस् र आफूलाई कुनै गोप्य ठाउँमा लुकाउनुहोस् ।
1SA 19:3 म बाहिर जाने छु र तपाईं भएकै ठाउँमा म मेरो बुबाको छेउमा खडा हुनेछु र म मेरो बुबासँग तपाईंको बारेमा कुरा गर्नेछु । मैले कुनै कुरा थाहा पाएँ भने, म तपाईंलाई भन्‍नेछु ।”
1SA 19:4 जोनथानले तिनका बुबा शाऊलसँग दाऊदको बारेमा असल कुरा गरे र उनलाई भने, “राजाले उनका सेवक दाऊदको विरुद्धमा पाप नगर्नुहोस् । किनकि तिनले तपाईंको विरुद्ध पाप गरेका छैनन् र तिनका कामहरूले तपाईंको भलो भएको छ ।
1SA 19:5 किनकि तिनले आफ्नो जीवनलाई खतरामा राखे र त्‍यो पलिश्ती मारे । परमप्रभुले सारा इस्राएलको निम्ति ठुलो विजय ल्याउनुभयो । तपाईंले त्‍यो देख्‍नुभयो र आनन्दित हुनुभयो । तपाईंले दाऊदलाई विनाकारण मारेर निर्दोष रगतको विरुद्ध किन पाप गर्नुहुन्छ?
1SA 19:6 शाऊलले जोनाथनको कुरा सुने । शाऊलले शपथ खाए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिनलाई मारिनेछैन ।”
1SA 19:7 तब जोनाथनले दाऊदलाई बोलाए र जोनाथनले यी सबै कुरा भने । जोनाथनले दाऊदलाई शाऊलकहाँ ल्याए, र तिनी उनको उपस्थितिमा अगिझैं भए ।
1SA 19:8 फेरि पनि युद्ध भयो र दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए र ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे । उनीहरू तिनको सामुबाट भागे ।
1SA 19:9 शाऊलमाथि आफ्‍नो हातमा भाला लिएर आफ्नो घरमा बसेको र ऊदले आफ्नो सङ्गीतको साधन बजाइरहेका बेलामा परमप्रभुको हानिकारक आत्मा तिनीमाथि आयो ।
1SA 19:10 शाऊलले दाऊदलाई भालाले भित्तामा नै छेडिदिन खोजे, तर तिनी शाऊलको उपस्थितिबाट उम्के, ताकि शाऊले भाला भित्तामा रोपे । दाऊद त्यस रात भागे र बाँचे ।
1SA 19:11 शाऊलले दाऊदको घरमा तिनको चेवा गर्न दूतहरू पठाए, ताकि उनले तिनलाई बिहान् मार्न सकून् । दाऊदकी पत्‍नी मीकलले तिनलाई भनिन्, “तपाईंले आफ्नो जीवन आज राती बचाउनुभएन भने तपाईंलाई भोलि मारिनुहुनेछ ।”
1SA 19:12 त्यसैले मीकलले दाऊदलाई झ्यालबाट तल झारिन् । तिनी गए र भागे र बाँचे ।
1SA 19:13 मीकलले घरानाको मूर्ती लिइन् र त्‍यसलाई ओछ्यानमा राखिन् । तिनले यसको शिरमा बाख्राको रौं राखिन् र त्‍यसलाई लुगाले छोपिन् ।
1SA 19:14 जब शाऊलले दाऊदलाई ल्याउन दूतहरू पठाए, तब तिनले भनिन्, “तिनी बिरामी छन् ।”
1SA 19:15 तब शाऊलले दाऊदलाई हेर्न दूतहरू पठाए । उनले भने, “त्यसलाई ओछ्यामा नै मकहाँ ल्‍याऊ, ताकि म त्यसलाई मार्नेछु ।”
1SA 19:16 जब दूतहरू हेर्नलाई आए, हेर, शिरमा बाख्राको रौंको सिरानी बनाएको घरानाको मूर्ती ओछ्यानमा थियो ।
1SA 19:17 शाऊलले मीकललाई भने, “तैंले मलाई किन छल गरिस् र मेरो शत्रुलाई जान दिइस्, ताकि ऊ बाँच्‍यो?” मीकलले शाऊललाई जवाफ दिइन्, “उहाँले मलाई भन्‍नुभयो, 'मलाई जान देऊ । मैले तिमीलाई किन मार्नु?'”
1SA 19:18 अब दाऊद भागे र बाँचे, र रामामा शमूएलकहाँ गए र शाऊलले तिनलाई गरेका सबै कुरा उनलाई सुनाए । त्यसपछि तिनी र शमूएल नैयोतमा बसे ।
1SA 19:19 शाऊललाई यसो भनेर खबर गरियो, “हेर्नुहोस्, दाऊद रामाको नैयोतमा छन् ।”
1SA 19:20 तब शाऊलले दाऊदलाई समात्‍न दूतहरू पठाए । अगमवक्ताहरूका समूहले अगमवाणी गरिरहेको र शमूएल तिनीहरूका अगुवाको रूपमा खडा भएका जब तिनीहरूले देखे, तब शाऊलका दूतहरूमाथि पनि परमेश्‍वरको आत्मा आउनुभयो र तिनीहरूले पनि अगमवाणी गरे ।
1SA 19:21 जब शाऊललाई यो कुरा भनियो, तब उनले अरू दूतहरूलाई पठाए, र तिनीहरूले पनि अगमवाणी गरे । त्यसैले शाऊलले फेरि पनि तेस्रो पटक दूतहरूलाई पठाए र तिनीहरूले पनि अगमवाणी गरे ।
1SA 19:22 त्यसपछि उनी पनि रामामा गए र सेकूमा भएको गहिरो इनारमा आए । उनले भने, “शमूएल र दाऊद कहाँ छन्?” कसैले भन्यो, “हेर्नुहोस्, तिनीहरू रामाको नैयोतमा छन् ।”
1SA 19:23 शाऊल रामाको नैयोतमा गए । तब परमेश्‍वरको आत्मा उनीमाथि आउनुभयो र जसै उनी जाँदै थिए, उनी रामाको नैयोतमा नपुगेसम्म नै उनले अगमवाणी गरे ।
1SA 19:24 उनले आफ्ना लुगा फुकाले र शमूएलको सामु अगमवाणी गरे । उनी त्यो दिनभरि र रातभरि नाङ्गै बसे । यसैकारण तिनीहरूले भन्‍छन्, “के शाऊल पनि अगमवक्ताहरूकै माझमा छन्?”
1SA 20:1 तब दाऊद रामाको नैयोतबाट भागे र जोनाथनकहाँ आए र भने, “मैले के गरेको छु? मेरो अपराध के हो? तपाईंको बुबाको सामु मैले गरेको पाप हो,जसको कारणले उहाँले मेरो ज्यान लिन खोज्नुहुन्छ?”
1SA 20:2 जोनाथनले दाऊदलाई भने, “यो कुरा दूर होस् । तपाईं मर्नुहुन्‍न । मेरो बुबाले मलाई नभनी सानो वा ठुलो कुनै पनि कुरा गर्नुहुन्‍न । मेरो बुबाले यो कुरा किन लुकाउनुहुन्छ? यो यस्तो होइन?”
1SA 20:3 तापनि दाऊदले फेरि शपथ खाए र भने, “मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भनेर तपाईंको बुबाले राम्ररी थाहा पाउनुभएको छ । उहाँले भन्‍नुभएको छ, 'जोनाथनले यो कुरा थाहा पाउनुहुँदैन नत्र ऊ दुःखित हुनेछ ।' तर जस्तो परमप्रभु जीवित हुनुहुन्छ र तपाईं जीवित हुनुहुन्छ, म र मृत्यु बिच एक कदम मात्र छ ।”
1SA 20:4 तब जोनाथनले दाऊदलाई भने, “तपाईंले मलाई जे भन्‍नुहुन्छ, म तपाईंको निम्ति त्यही गर्नेछु ।”
1SA 20:5 दाऊदले जोनाथनलाई भने, “भोलि औंसी हो, म राजासँग खान बस्‍नुपर्छ । तर मलाई जान दिनुहोस्, ताकि तेस्रो दिनको साँझसम्म म आफै खेतमा लुक्‍न सकूँ ।
1SA 20:6 तपाईंका बुबाले म नहुँदा खिन्‍न महसुस गर्नुभयो भने, यसो भन्‍नुहोस्, 'दाऊदले आफ्नो सहर बेथलेहेममा जान पाऊँ भनी तिनले मसँग ज्‍यादै बिन्‍ती गरेर विदा मागे । किनभने त्‍यहाँ सबै कुलको वार्षिक बलिदान हुँदैछ ।'
1SA 20:7 उहाँले, 'ठिकै छ' भन्‍नुहुन्‍छ भने, तपाईंको दासलाई शान्ति हुनेछ । तर उहाँ रिसले चुर हुनुभयो भने, उहाँले कुनै खराब गर्ने अठोट गर्नुभएको छ भनी जान्‍नुहोस् ।
1SA 20:8 यसकारण आफ्‍नो दासमाथि दायपूर्वक व्यवहार गर्नुहोस् । किनभने तपाईंले आफ्नो दासलाई आफूसँगै परमप्रभुको करारमा ल्याउनुभएको छ । तर ममा कुनै पाप छ भने, मलाई तपाईं आफैले मार्नुहोस् । किनकि मलाई किन तपाईंको बुबाकहाँ ल्याउनुहुन्छ?”
1SA 20:9 जोनाथनले भने, “यो कुरा तपाईंबाट दूर रहोस्! मेरा बुबाले तपाईंमाथि हानि ल्याउने अठोट गर्नुभएको छ भनी मैले थाहा पाएँ भने, के म तपाईंलाई भन्दिनँ र?”
1SA 20:10 तब दाऊदले जोनाथनलाई भने, “तपाईंका बुबाले तपाईंलाई कतै खस्रो किसिमको जवाफ दिनुभयो भने मलाई कसले भनिदिने?”
1SA 20:11 जोनाथनले दाऊदलाई भने, “आउनुहोस्, हामी खेतमा जाऔं ।” त्यसैले तिनीहरू दुवै जना खेतमा गए ।
1SA 20:12 जोनाथनले दाऊदलाई भने, “परमप्रभुको इस्राएलको परमेश्‍वर नै साक्षी हुनुभएको होस् । जब भोलि वा पर्सि मैले मेरो बुबालाई प्रश्‍न गरेपछि, हेर्नुहोस्, दाऊदप्रति शुभेच्छा छ भने, के म तपाईंकहाँ कसैलाई पठाउने र त्‍यो कुराको जानकारी तपाईंलाई दिनेछैन र?
1SA 20:13 मेरो बुबाले तपाईंलाई हानि गर्ने इच्छा गर्नुभएको रहेछ, र तपाईं शान्तिमा जान सक्‍नुभएको होस् भनी मैले तपाईंलाई थाहा दिइनँ, र तपाईंलाई पठाइनँ भने, परमप्रभुले जोनाथनलाई यसै र अझ बढी गर्नुभएको होस् । परमप्रभु जसरी मेरो बुबासँग हुनुहुन्‍छ, त्यसरी नै उहाँ तपाईंसँग रहनुभएको होस् ।
1SA 20:14 म जीवित रहें भने के तपाईंले मलाई परमप्रभुको करारको विश्‍वस्‍तता देखाउनुहुनेछैन र ताकि म मर्नेछैन?
1SA 20:15 परमप्रभुले दाऊदका शत्रुहरूलाई पृथ्वीको सतहबाट निमिट्यान्‍न पार्नुहुँदा पनि मेरो घरानाबाट तपाईंको करारको विश्‍वस्‍तता नहटाउनुहोला ।”
1SA 20:16 त्यसैले जोनाथनले दाऊदको घरानासँग करार बाँधे र भने, “परमप्रभुले दाऊदका शत्रुहरूबाट लेख लिनुभएको होस् ।”
1SA 20:17 जोनाथानले दाऊदप्रतिको तिनको प्रेमले गर्दा फेरि तिनले शपथ खाए, किनभने तिनलाई आफ्नो प्राणलाई झैं उनले प्रेम गरे ।
1SA 20:18 तब जोनाथनले तिनलाई भने, “भोलि औंसी हो । तपाईं नहुँदा खिन्‍न महसुस हुनेछ, किनभने तपाईंको आसन खाली हुनेछ ।
1SA 20:19 जब तपाईं तिन दिन लुकेपछि, तुरुन्‍तै तल जानुहोस् र यो कुरा सुरु भयो भने तपाईं लुक्‍नुभएकै ठाउँमा आउनुहोस्, अनि एजेल ढुङ्गाको छेउमा बस्‍नुहोस् ।
1SA 20:20 मैले कुनै कुरालाई तारो बनाएर हानेझैं, म यसको छेउमा तिन वटा काँडहरू हान्‍नेछु ।
1SA 20:21 तब म आफ्‍नो जवान केटोलाई यसो भन्‍नेछु र पठाउनेछु, 'जा र काँडहरू टिपेर ले ।'मैले त्यो जवानलाई, 'हेर्, काँडहरू तेरो यतापट्टि छन्, ति लिएर आइज” तब आउनुहोस् । किनभने परमप्रभु जीवित हुनुभएझैं त्यहाँ तपाईंको निम्ति सुरक्षा हुनेछ, र हानि हुनेछैन ।
1SA 20:22 “तर मैले त्यो जवानलाई यसो भनें, 'हेर्, काँडहरू तेरो उतापट्टि छन्,' तब तपाईं आफ्नो बाटो लाग्‍नुहोस्, किनकि परमप्रभुले तपाईंलाई टाढा पठाउनुभएको छ ।”
1SA 20:23 म र तपाईंले गरेको सहमतिको बारेमा, हेर्नुहोस्, परमप्रभु तपाईं र मेरो बिचमा सदासर्वदा साक्षी हुनुहुन्छ' ।”
1SA 20:24 त्यसैले दाऊदले आफूलाई खेतमा लुकाए । जब औंसी आयो, तब राजा खानलाई बसे ।
1SA 20:25 सदाझैं राजा आफ्नो आसनमा भित्ताको छेउमा बसे । जोनातन खडा भए, र अबनेर शाऊलको छेउमा बसे । तर दाऊदको ठाउँ खाली थियो ।
1SA 20:26 तापनि शाऊलले त्यस दिन केही पनि भनेनन्, किनभने तिनले सोचे, “तिनलाई केही भएको छ । तिनी शुद्ध छैनन् । निश्‍चय नै तिनी शुद्ध छैनन् ।”
1SA 20:27 तर औंसीको भोलि पल्ट दाऊदको ठाउँ खाली थियो । शाऊलले जोनाथनलाई भने, “यिशैका छोरा खानलाई हिजो वा आज किन आएको छैन्?”
1SA 20:28 जोनाथनले शाऊललाई जवाफ दिए, “दाऊदले बेथलेहेम जानलाई मसँग ज्‍यादै बिन्‍ती गरेर अनुमती मागे ।
1SA 20:29 तिनले भने, “कृपया मलाई जान दिनुहोस् । किनकि हाम्रो परिवारको सहरमा एउटा बलिदान छ, र म त्यहाँ हुनुपर्छ भनी मेरो दाजुले मलाई आदेश दिएका छन् । मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने, कृपया मलाई जान र आफ्‍ना दाजुहरूलाई भेट्न दिनुहोस् ।' यसकारण तिनी राजासँग खानलाई टेबलमा आएका छैनन् ।”
1SA 20:30 तब जोनाथनको विरुद्धमा शाऊल रिस दन्‍कियो र तिनले उनलाई भने, “तँ पथभ्रष्‍ट र विद्रोही स्‍त्री को छोरो! तैंले यिशैका छोरालाई आफ्नै शर्म र आफ्नो आमाको नग्‍नताको शर्मको निम्ति रोजेको छस् भन्‍ने के मलाई थाहा छैन?
1SA 20:31 किनकि यिशैका छोरा पृथ्वीमा रहेसम्‍म, न तँ रहेनेछस् न त तेरो राज्य नै रहनेछ । अब कसैलाई पठा र त्यसलाई मकहाँ लिएर आइज, किनकि त्यो मरिनैपर्छ ।”
1SA 20:32 जोनाथनले आफ्नो बुबा शाऊललाई जवाफ दिए, “के कराणले तिनलाई मारिनुपर्ने? तिनले के गरेका छन्?”
1SA 20:33 तब शाऊलले तिनलाई मार्न आफ्नो भालाले हाने । यसरी आफ्नो बुबाले दाऊदलाई मार्न अठोट गरेका कुरा जोनाथनलाई पक्‍का थाहा भयो ।
1SA 20:34 जोनाथन रिसले आगो भएर टेबलबाट उठे र महिनाको दोस्रो दिन कुनै खाने कुरा खाएनन्, किनकि दाऊदको निम्‍ति तिनी शोकित भए, किनकि तिनका बुबाले उनको अनादर गरेका थिए ।
1SA 20:35 भोलिपल्‍ट बिहान दाऊदलाई भनेको समयमा भेट गर्न जोनाथन खेतमा गए र एक जना जवान मानिस तिनीसँगै थियो ।
1SA 20:36 तिनले आफ्‍नो जवान मानिसलाई भने, “दौडी र मैले हानेका काँडहरू खोजेर ले ।” त्‍यो जवान मानिस जाँदैगर्दा तिनले उसको पछिल्‍तिर काँड हाने।
1SA 20:37 जब जोनाथने हानेका काँडहरू भएको ठाउँमा जवान मानिस पुग्‍यो, तब जोनातनले त्‍यो जवान मानिसलाई बोलाए र भने, “के काँड तेरो पछिल्तिर छैनन् र?”
1SA 20:38 तब जोनाथनले त्‍यो जवान मानिसलाई भने, “छिटो गर्, छिटो गर्, नबस् । त्यसैले जोनाथनको जवान केटाले काँडहरू जम्‍मा गर्‍यो र आफ्नो मालिककहाँ आयो ।
1SA 20:39 तर त्‍यो जवान मानिसलाई अरू कुनै कुरा थाहा थिएन । जोनाथन र दाऊदले मात्र सो कुरा जान्दथे ।
1SA 20:40 जोनाथनले आफ्ना हतियारहरू आफ्नो जवान मानिस दिए र त्यसलाई भने, “जा, ति सहरमा लैजा ।”
1SA 20:41 त्‍यो जवान मानिस जानेबित्तिकै, दाऊद ढिस्कोको पछाडिबाट उठे, जमिनमा घोप्टो परे र शिर झुकाएर तिन पटक दण्डवत गरे । तिनीहरूले एकआपसमा चुम्बन गरे र सँगसँगै रोए, अनि दाऊद झन् धेरै रोए ।
1SA 20:42 जोनाथनले दाऊदलाई भने, “शान्तिसँग जानुहोस्, किनभने, 'तपाईं र म, तपाईंका सन्तान र मेरा सन्तान बिचमा परमप्रभु सदाको निम्ति हुनुभएको होस्' भनी परमप्रभुको नाउँमा हामी दुवैले शपथ खाएका छौं ।” तब दाऊद उठे, र गए र जोनाथन सहरमा फर्के ।
1SA 21:1 पुजारी अहीमेलेकलाई भेट्न दाऊद नोबमा गए । अहीमेलेक डरले काम्दै दाऊदलाई भेट्न आए र तिनलाई भने, “तपाईं किन एक्‍लै हुनुहुन्‍छ र तपाईंसँग कोही पनि छैनन्?”
1SA 21:2 दाऊदले पुजारी अहीमेलेकलाई भने, “राजाले मलाई एउटा काममा पठाउनुभएको छ र यस्‍तो हुकुम गर्नुभएको छ, 'जुन कामको बारेमा मैले तिमीलाई पठाएको छु र मैले तिमीलाई जे आज्ञा गरेको छु त्‍यसको बारेमा कसैलाई थाहा नहोस् ।' कुनै निश्‍चित ठाउँमा आउन मैले जवान मानिसहरूलाई निर्देशन दिएको छु ।
1SA 21:3 अहिले तपाईंसँग के छ? पाँच वटा रोटी वा यहाँ जे छ सो मलाई दिनुहोस् ।”
1SA 21:4 पुजारीले दाऊदलाई जवाफ दिए र भने, “मसँग कुनै साधारण रोटी त छैन, तर ती जवान मानिहरू स्‍त्रीहरूबाट अलग बसेका छन् भने यहाँ पवित्र रोटी छ ।
1SA 21:5 दाऊदले पुजारीलाई जवाफ दिए, “सदाझैं बाहिर म जाँदा हामीबाट तिन दिनदेखि स्‍त्रीहरू अलग गरिएको छन् । साधारण काममा जाँदा समेत मानिससित सम्‍बन्‍धित कुरालाई तिनीहरूले शुद्ध राखेका छन् । तिनीहरूसँग भएका कुरालाई आज तिनीहरूले अझ धेरै शुद्ध राखेका छन् ।”
1SA 21:6 त्यसैले पुजारीले तिनलाई चढाइएको रोटी दिए । किनकि त्यहाँ उपस्थितिको रोटीबाहेक अरू कुनै रोटी थिएन, जुन रोटी परमप्रभुको सामुबाट हटाएर त्‍यसको सट्टामा तातो रोटी राखिएको थियो ।
1SA 21:7 त्यस दिन शाऊलका सेवकहरूमध्‍ये एक जना परमप्रभुको सामु रोकिएको थियो । त्यसको नाउँ एदोमी दोएग थियो, जो शाऊलका गोठालाको प्रमुख थियो ।
1SA 21:8 दाऊदले अहीमेलेकलाई भने, “के यहाँ कुनै भाला वा तरवार छैन? किनकि मैले न त मेरो तरवार न हतियार नै ल्याएँ, किनभने राजाको काम जरूरी थियो ।”
1SA 21:9 पुजारीले भने, “तपाईंले एलाहको बेसीमा मार्नुभएको पलिश्‍ती गोल्यतको तरवार एपोद पछाडी कपडाले बेह्रेर राखिएको छ । तपाईंलाई त्‍यो लाने इच्‍छा हुन्छ भने त्‍यो लानुहोस्, किनकि यहाँ अरू कुनै हतियार छैन ।” दाऊदले भने, “त्यो जस्‍तो अरू कुनै तरवार छैन । त्‍यो मलाई दिनुहोस् ।”
1SA 21:10 त्यस दिन दाऊद उठे र शाऊलदेखि भागे र गातका राजा आकीशकहाँ गए ।
1SA 21:11 आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी देशका राजा दाऊद होइनन्? के तिनीहरूले नाचहरूमा एक-आपसमा यसो भनी गाएनन्, 'शाऊलले हजारौलाई मारेका छन्, र दाऊदले दसौं हजारलाई मारेका छन् ?'”
1SA 21:12 दाऊदले यस कुरालाई मन लिए र गातका राजा आकीशसँग धेरै डराए ।
1SA 21:13 उनीहरूको सामु तिनले आफ्‍नो व्‍यवहार बदले र तिनीहरूकहाँ पागल भएको बाहाना गरे । तिनले प्रवेशद्वारको ढोकाहरूमा लेखे र आफ्‍नो र्‍याल दाह्रीभरि चुहाए ।
1SA 21:14 तब आकीशले आफ्ना सेवकहरूलाई भने, “हेर, यो मानिस पागल भएको तिमीहरू देख्‍दैछौ । यसलाई तिमीहरूले मकहाँ किन ल्याएको हौ?
1SA 21:15 के मसँग पागल मानिसको कमी छ, ताकि तिमीहरूले यसलाई मेरो उपस्थितिमा त्‍यस्‍तै व्यवहार गर्नलाई ल्याएको हौ? के यो मानिस साँच्‍चै नै मेरो घरमा आउनेछ?”
1SA 22:1 यसैले दाऊद त्यहाँबाट भागे र अदुल्‍लामको गुफामा गए । जब तिनका दाजुहरू र तिनका बुबाका सबै घरानाले यो सुने, तिनीहरू तिनीकहाँ तल गए ।
1SA 22:2 कष्‍टमा परेका हरेक, ऋणमा परेका हरेक र असन्तुष्‍ट हरेक, ती सबै तिनीकहाँ भेला भए । दाऊद तिनीहरूका कप्‍तान भए । तिनीसँग करिब चार सय जना मानिस थिए ।
1SA 22:3 तब दाऊद त्यहाँबाट मोआबको मिस्पामा गए । तिनले मोआबको राजालाई भने, “कृपया, परमेश्‍वरले मेरो निम्ति के गर्नुहुन्छ भनी मैले थाहा नपाएसम्‍म मेरो बुबा र मेरो आमालाई तपाईंकहाँ रहन दिनुहोस् ।”
1SA 22:4 तिनले तिनीहरूलाई मोआबको राजासँग छोडे । दाऊद किल्लामा रहँदा तिनका बुबा र आमा पुरा समय तिनीसँगै बसे ।
1SA 22:5 तब गाद अगमवक्ताले दाऊदलाई भने, “तपाईंको किल्लामा नबस्‍नुहोस् । छोडेर यहूदाको देशमा जानुहोस् ।” त्यसैले दाऊद त्यहाँबाट निस्के र हारेतको वनमा गए ।
1SA 22:6 दाऊदलाई तिनीसँग भएका मानिसहरूसहित भेटिए भन्‍ने कुरा शाऊलले सुने । अहिले शाऊल रामामा भएको झ्याउको रूखमुनि आफ्नो हातमा भाला लिएर बसिरहेका थिए र तिनका सेवकहरू तिनका वरिपरि खडा थिए ।
1SA 22:7 शाऊलले आफ्नो वरिपरि खडा भएका सेवकहरूलाई भने, “हे बेन्यामीनका मानिसहरू हो, सुन ! के यिशैका छोराले तिमीहरू हरेकलाई खेत र दाखबारीहरू दिनेछ? के उसले तिमीहरू सबैलाई हजारका कप्‍तानहरू र सयका कप्‍तानहरू बनाउनेछ,
1SA 22:8 जसको बदलामा तिमीहरू मेरो विरुद्धमा षड्यान्त्र गर्दैछौ? मेरो छोराले यिशैका छोरासँग करार गर्दा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । मेरो निम्‍ति तिमीहरू कोही पनि दुःखी छैनौ । मेरो छोराले मेरो सेवक दाऊदलाई मेरो विरुद्धमा उक्‍साएको कुरा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । आज ऊ लुक्छ र मलाई आक्रमण गर्न मलाई हेरेर बस्‍छ ।”
1SA 22:9 तब शाऊलका सेवकहरूसँगै खडा भएका एदोमी दोएगले जवाफ दियो, “यिशैका छोरा नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आएको मैले देखें ।
1SA 22:10 परमप्रभुबाट उसलाई सहायता मिलोस् भनी तिनले उसको निम्ति प्रार्थना गरे, र तिनले उसलाई खानेकुरा र पलिश्‍ती गोल्यतको तरवार दिए ।”
1SA 22:11 अनि शाऊलले अहीतूबका छोरा पुजारी अहीमेलेक, र तिनका बुबाको घरानाका सबै, नोबमा भएका पुजारीहरूलाई बोलाउन कसैलाई पठाए । तिनीहरू सबै जना राजाकहाँ आए ।
1SA 22:12 शाऊलले भने, “अहितूबका छोरा सुन् ।” तिनले जवाफ दिए, “म यहाँ छु मालिक ।”
1SA 22:13 शाऊलले तिनलाई भने, “तैंले, तैंले र यिशैका छोराले किन मेरो विरुद्धमा षडयन्त्र रचेको छस्, जसमा तैंले उसलाई रोटी र तरवार दिइस् र परमप्रभुले उसलाई सहायता गर्नुभएको होस् भनी प्रार्थना गरिस्, जसले गर्दा मेरो विरुद्धमा खडा हुनलाई ऊ गुप्‍तमा लुक्‍न सकोस्, जस्‍तो आज उसले गरेको छ ?”
1SA 22:14 अनि अहीमेलकले राजालाई जवाफ दिए र भने, “तपाईंका सेवकहरूमध्ये दाऊदजस्तो विश्‍वासयोग्य, जो राजाका ज्वाइँ, तपाईंको अङ्गरक्षकका कप्‍तान र तपाईंको घरानामा आदर गरिएको अरू को छ?
1SA 22:15 तिनलाई सहायता मिलोस् भनी मैले परमेश्‍वरमा प्रार्थना गरेको के आझ नै पहिलो पटक हो र? यो मबाट दुर होस्! राजाले आफ्नो सेवक वा मेरो बुबाको सारा घरानालाई कुनै दोष नलगाउनुहोला । किनकि तपाईंको सेवकलाई यी कुरा केही पनि थाहा छैन ।”
1SA 22:16 राजाले जवाफ दिए, “अहीमेलेक, तँ र तेरा बुबाको घरानाका सबै जना निश्‍चय नै मर्नेछौ ।”
1SA 22:17 राजाले तिनका वरिपरि खडा बएका अङ्गरक्षकलाई भने, “फर्क र परमप्रभुको पुजारीहरूलाई मार् । किनभने तिनीहरूका हात पनि दाऊदसँगै छन्, र किनभने तिनी भागेका थिए भनी तिनीहरूले थाहा पाए, तर त्‍यो कुरा मलाई प्रकट गरेनन् ।” तर राजाका सेवकहरूले परमप्रभुको पुजारीहरूलाई मार्नलाई आफ्‍ना हात हालेनन् ।
1SA 22:18 तब राजाले दोएगलाई भने, “फर्की र पुजारीहरूलाई मार् ।” त्यसैले एदोमी दोएग फर्के र पुजारीहरूलाई आक्रमण गरे । त्यस दिन एपोद लाउने पचासी जना मानिसहरूलाई उसले मार्‍यो ।
1SA 22:19 उसले पुजारीहरूको सहर नोबलाई पनि तरवारले आक्रमण गर्‍यो । पुरुष र स्‍त्री, बालक र दूधे बालक, गोरुहरू र गधाहरू र भेडाहरू सबैलाई उसले तरवारले मार्‍यो ।
1SA 22:20 तर अहीतूबका छोरा अहीमेलेकका छोराहरूमध्ये अबीयाथार नाउँका एक जना उम्के र दाऊदकहाँ गए ।
1SA 22:21 शाऊलले परमप्रभुका पुजारीहरूलाई मरेको कुरा अबीयाथारले दाऊदलाई सुनाए ।
1SA 22:22 दाऊदले अबीयाथारलाई भने, “एदोमी दोएगलाई त्यहाँ देख्दा नै मलाई त्यसै दिन थाहा थियो, कि उसले निश्‍चय पनि शाऊललाई भन्‍नेछ । तिम्रो बुबाको परिवारको हरेकको मृत्युको निम्ति म जिम्मेवार छु ।
1SA 22:23 मसँग बस र नडराऊ । तिम्रो ज्यान लिन खोज्‍नेले मेरो पनि ज्यान मार्न खोजेको छ । तिमी मसँग सुरक्षित हुनेछौ ।”
1SA 23:1 तिनीहरूले दाऊदलाई भने, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाह विरुद्ध लडिरहेका छन् र अन्‍नका खलाहरू लूटिरहेका छन् ।”
1SA 23:2 त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, “के म जाऊँ र पलिश्‍तीहरूलाई आक्रमण गरूँ?” परमप्रभुले दाऊदलाई भन्‍नुभयो, “जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा ।”
1SA 23:3 दाऊदका मानिसहरूले तिनलाई भने, “हे्र्नुहोस्, हामी यहाँ यहूदामा डराएका छौं । हामी कीलाहमा पलिश्तीहरूका फौजको विरुद्धमा गयौं भने झन् कति धेरै डराउनेछौं?
1SA 23:4 तब दाऊदले परमप्रभुसँग सहायताको निम्ति फेरि प्रार्थना गरे । परमप्रभुले तिनलाई भन्‍नुभयो, “उठ्, तल कीलाहमा जा । किनकि म तँलाई पलिश्तीहरूमाथि विजय दिनेछु ।”
1SA 23:5 दाऊद र तिनका मानिसहरू कीलाहमा गए र पलिश्तीहरूसँग लडे । तिनले उनीहरूका गाईवस्तुहरू लगे र ठुलो संहारसहित तिनीहरूलाई प्रहार गरे । यसरी दाऊदले कीलाहका बासिन्दाहरूलाई बचाए ।
1SA 23:6 जब अहीमेलेकका छोरा अबीयाथार भागेर कीलाहमा दाऊदकहाँ जाँदा, तिनी एपोदसहित तल आएका थिए ।
1SA 23:7 दाऊद कीलाहमा गएका थिए भनी शाऊललाई भनियो । शाऊलले भने, “परमेश्‍वरले उसलाई मेरो हातमा दिनुभएको छ । किनकि ऊ थुनिएको छ, किनभने ढोकाहरू र बारहरू भएको सहरमा ऊ पसेको छ
1SA 23:8 युद्धको निम्ति तल कीलाहमा जान, दाऊद र तिनका मानिसहरूलाई घेरा हाल्न शाऊलले आफ्‍ना सबै फौजलाई बोलाए ।
1SA 23:9 शाऊलले आफ्‍नो विरुद्धमा षड्यान्त्र गरिरहेका कुरा दाऊदलाई थाहा थियो । तिनले पुजारी अबीयाथारलाई भने, “एपोद यहाँ ल्याऊ ।”
1SA 23:10 तब दाऊदले भने, “हे परमप्रभु, इस्राएलका परमेश्‍वर, शाऊल मेरो कारणले सहरलाई नाश पार्न कीलाहमा आउन खोज्छ भन्‍ने तपाईंको दासले सुनेको छ ।
1SA 23:11 के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्‍पनेछन्? के तपाईंको दासले सुनेजस्तै शाऊल तल आउनेछन्? हे परमप्रभु इस्राएलका परमेश्‍वर, म तपाईंसँग बिन्ती गर्छु, कृपया आफ्‍नो दासलाई भन्‍नुहोस् ।” परमप्रभुले भन्‍नुभयो, “ऊ तल आउनेछ ।”
1SA 23:12 तब दाऊदले भने, “के कीलाहका मानिसहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्पनेछन्?” परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले तिमीहरूलाई सुम्‍पनेछन् ।”
1SA 23:13 तब दाऊद र तिनीसँग भएका करिब छ सय जना मानिसहरू उठे र कीलाहबाट टाढा गए र तिनीहरू ठाउँ-ठाउँमा गए । दाऊद कीलाहबाट उम्के भनी शाऊललाई भनियो र तिनलले पिछा गर्न छोडे ।
1SA 23:14 दाऊद उजाड-स्‍थान भएका किल्लाहरूमा, जीपको उजाड-स्‍थानको पडाडी देशमा बसे । शाऊलले तिनलाई हरेक दिन खोजे, तर परमेश्‍वरले तिनलाई उनको हातमा दिनुभएन ।
1SA 23:15 शाऊलले तिनको ज्यान खोज्दै आएका कुरा दाऊदले देखे । यति बेला दाऊद जीपमा भएको होरेशको उजाड-स्‍थान थिए ।
1SA 23:16 तब शाऊलका छोरा जोनाथन उठे र होरेशमा दाऊदकहाँ गए र परमेश्‍वरमा तिनको हातलाई बलियो बनाए ।
1SA 23:17 उनले तिनलाई भने, “नडराउनुहोस् । किनकि मेरा बुबा शाऊलका हातले तपाईंलाई भेट्टाउनेछैन । तपाईं इस्राएलको राजा हुनुहुनेछ र म तपाईंको दोस्रो हुनेछु । मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ ।”
1SA 23:18 तिनीहरूले परमप्रभुको सामु करार गरे । दाऊद होरेशमा नै रहे र जोनाथन घर गए ।
1SA 23:19 त्यसपछि जीपीहरू गिबामा शाऊलकहाँ आए र भने, “के दाऊद यशीमोनको दक्षिणतिरका हकीला पहाडको होरेशका किल्लाहरू लुकिरहेका छैन र?
1SA 23:20 अब हे राजा तल आउनुहोस्, तपाईंको इच्छाअनुसार तल आउनुहोस् । हाम्रो काम भनेको तिनलाई राजाको हातमा सुम्‍पने हुनेछ ।”
1SA 23:21 शाऊलले भने, “तिमीहरूलाई परमप्रभुले आशिष् देऊन् । किनकि तिमीहरूले ममाथि दया गरेका छौ ।
1SA 23:22 जाओ, अझै पक्‍का गर । तिनको लुक्‍ने ठाउँ कहाँ छ अनि त्यहाँ उसलाई कसले देखेको हो थाहा पाओ र पत्ता लगाओ । ऊ धेरै चतुर छ भनी मलाई भनिएको छ ।
1SA 23:23 त्यसैले हेर र उसले आफूलाई कहाँ लुकाउँछ सबै ठाउँ पत्ता लगाओ । पक्‍का सूचना लिएर मकहाँ फर्की आओ, अनि त्‍यसपछि तिमीहरूसँगै म फर्केर जानेछु । ऊ त्यस ठाउँमा छ भने, म उसलाई हजारौं यहूदाका माझमा सबैतिर खोज्‍नेछु ।”
1SA 23:24 तब तिनीहरू उठे र शाऊलभन्दा अगि जीपमा गए । दाऊद र तिनीसँग भएका मानिसहरू यशीमोनको दक्षिणतिरको अराबाको माओनको उजाड-स्‍थानमा थिए ।
1SA 23:25 शाऊल र उनका मानिसहरू तिनलाई खोज्‍न गए । तर दाऊदलाई यो कुरा भनिएको थियो, त्यसैले तिनी तल चट्टानको पहाडतिर गए र माओनको उजाड-स्‍थानमा बसे । जब शाऊलले त्‍यो कुरा सुने, तब तिनले दाऊदलाई माओनको उजाड-स्‍थानमा लखेटे ।
1SA 23:26 शाऊल पहाडको एकपट्टि हिंडे र दाऊद र तिनका मानिसहरू पहाडको अर्कोपट्टि हिंडिरहेका थिए । शाऊलबाट टाढा जानलाई दाऊद हतारिए । जसै शाऊल र तिनका मानिसहरूले दाऊद र तिनका मानिसहरूलाई समात्‍न घेरा लगाउँदै थिए,
1SA 23:27 एक जना दूत शाऊलकहाँ आयो र भन्‍यो, “छिटो गर्नुहोस् र आउनुहोस्, किनकि पलिश्‍तीहरूले देश लुटेका छन् ।”
1SA 23:28 त्यसैले शाऊल दाउदलाई खेद्‍न छोडेर फर्के र पलिश्तीहरूका विरुद्ध लड्न गए । यसकारण त्यस ठाउँलाई बाँचेको चट्टान भनियो ।
1SA 23:29 त्यहाँबाट दाऊद माथि गए र एन-गदीका किल्लाहरूमा बसे ।
1SA 24:1 जब पलिश्‍तीहरूलाई लखेटेर शाऊल फर्के, तब तिनलाई भनियो, “दाऊद एन-गदीको उजाड-स्‍थानमा छन् ।”
1SA 24:2 त्यसपछि शाऊलले सबै इस्राएलबाट तिन हजार मानिसहरू छानेर लिए र दाऊद अनि तिनका मानिसहरूलाई खोज्‍न घोरलको चट्टानमा गए ।
1SA 24:3 तिनी बाटोमा भेडा-गोठहरूमा आए जहाँ एउटा गुफा थियो । शाऊल दिसा गर्न भित्र गए । दाऊद र तिनका मानिसहरू गुफाको पल्लो कुनामा बसिरहेका थिए ।
1SA 24:4 दाऊदका मानिसहरूले तिनलाई भने, “तैंले जे चाहन्छस् सो गर्न, म तेरो शत्रुलाई तेरो हातमा सुम्‍पने छु' भनी परमप्रभुले तपाईंलाई भन्‍नुभएको दिन यही हो ।” अनि दऊद उठे र बिस्तारै अगि बढे र शाऊलको वस्‍त्रको छेउ काटे ।
1SA 24:5 पछि दाऊदको हृदयमा कष्‍ट भयो किनभने तिनले शाऊलको वस्‍त्रको छेउ काटेका थिए ।
1SA 24:6 तिनले आफ्ना मानिसहरूलाई भने, “परमप्रभुका अभिषिक्‍त जन, उहाँ परमप्रभुका अभिषिक्‍त जन भनी देखेर पनि उहाँको विरुद्धमा मैले हात उठाउने कुरालाई परमप्रभुले नै रोक्‍नुभएको होस् ।”
1SA 24:7 त्यसैले दाऊदले आफ्ना मानिसहरूलाई यी कुराहरू भनेर हप्‍काए र शाऊललाई आक्रमण गर्न तिनीहरूलाई अनुमति दिएनन् । शाऊल उठे, गुफाबाट बाहिर निस्के र आफ्नो बाटो लागे ।
1SA 24:8 पछि दाऊद पनि उठे, गुफा बाहिर गए र शाऊललाई कराएर भनेः “हे मेरो मालिक महाराजा ।” जब शाऊलले पछाडी फर्केर हेरे, दाऊद भुइँमा घोप्टो परे र उनलाई आदर गरे ।
1SA 24:9 दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्‍ने मानिसहरूको कुरा तपाईंले किन सुन्‍नुहुन्छ?
1SA 24:10 तपाईं गुफामा हुनुहुँदा परमप्रभुले तपाईंलाई मेरो हातमा सुम्पनुभएको कुरा आज तपाईंले आफ्नै आँखाले देख्‍नुभएको छ । तपाईंलाई मार्न कसैले मलाई भने, तर मैले तपाईंलाई बचाएँ । मैले भने, 'म मेरो मालिकको विरुद्धमा हात उठाउँदिनँ । किनकि उहाँ परमप्रभुको अभिषिक्‍त जन हुनुहुन्छ ।'
1SA 24:11 हेर्नुहोस् हे मेरा पिता, तपाईंको वस्‍त्रको छेउ मेरो हातमा हेर्नुहोस् । तपाईंको वस्‍त्रको छेउ मैले काटेको र मैले तपाईंलाई नमारेको कुराले, मेरो हातमा कुनै खराबी वा देशद्रोह छैन, र मैले तपाईंको विरुद्धमा पाप गरेको छैन, तापनि तपाईंले मेरो ज्यान लिन खोज्‍नुहुन्छ ।
1SA 24:12 तपाईं र मेरो बिचमा परमप्रभुले नै न्याय गर्नुभएको होस् र तपाईंको विरुद्धमा म भए परमप्रभुले नै बद्‍ला लिनुभएको होस्, तर मेरो हात तपाईंको विरुद्ध हुनेछैन ।
1SA 24:13 जस्‍तो पुरानो उखान छ, 'दुष्‍टबाट नै दुष्‍टता निस्‍कन्‍छ ।' तर मेरा हात तपाईंको विरुद्धमा हुनेछैन ।
1SA 24:14 इस्राएलका राजा कसको पछि आएका छन्? कसलाई तपाईंले खेद्‍दै हुनुहुन्छ? एउटा मरेको कुकुरलाई होइन र! एउटा उपियाँलाई होइन र!
1SA 24:15 परमप्रभु नै न्यायकर्ता हुनुभएको होस् र तपाईं र मेरो बिचमा फैसला गर्नुभएको होस्, र यो हेर्नुभएको होस्, मेरो पक्षमा वहस गर्नुभएको होस् र तपाईंको हातबाट उम्कन मलाई अनुमति दिनुभएको होस् ।
1SA 24:16 जब दाऊदले यी कुराहरू शाऊललाई भनिसकेका थिए, तब शाऊलले भने, “मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” शाऊलले डाँको छोडेर रोए ।
1SA 24:17 तिनले दाऊदलाई भने, “मभन्दा तिमी धेरै धर्मी रहेछौ । किनकि तिमीले मलाई असल कुराले बदला लिएका छौ भने, मैले तिमीलाई खराब कुराले बदला लिएको छु ।
1SA 24:18 तिमीले मप्रति कति असल गरेका छौ भनी तिमीले आज घोषणा गरेका छौ, किनकि परमप्रभुले मलाई तिम्रो कृपामा छोड्नुहुँदा पनि तिमीले मलाई मारेनौ ।
1SA 24:19 किनकि कुनै मानिसले आफ्नो शत्रुलाई भेट्टायो भने, के त्‍यसलाई उसले सुरक्षित साथ जान दिनेछ र? तिमीले आज मेरो निम्ति जे गरेका छौ त्यसको निम्ति परमप्रभुले तिमीलाई असल इनाम दिनुभएको होस् ।
1SA 24:20 अब मलाई थाहा भयो कि तिमी साँच्‍चै नै राजा हुनेछौ र इस्राएलको राज्य तिम्रै हातमा स्थापित हुनेछ ।
1SA 24:21 तिमीले मपछिका मेरा सन्तानहरूलाई खत्तम पार्नेछैनौ र मेरो पिताको घरानाबाट मेरो नाउँ नाश पार्नेछैनौ भनी मसँग परमप्रभुको नाउँमा शपथ खाऊ ।
1SA 24:22 त्यसैले दाऊदले शाऊलसित शपथ खाए । अनि शाऊल घर गए, तर दाऊद र तिनका मानिसहरू माथि किल्लामा गए ।
1SA 25:1 शमूएल मरे । सबै इस्राएल भेला भए र तिनको निम्ति विलाप गरे र तिनलाई आफ्नै घर रामामा दफन गरे । त्यसपछि दाऊद उठे र पारानको उजाड-स्‍थानमा तल झरे ।
1SA 25:2 माओनमा एक जना मानिस थिए जसको सम्‍पत्ति कार्मेलमा थियो । त्यो मानिस धेरै धनी थियो । उसको तिन हजार भेडा र एक हजार बाख्राहरू थिए । उसले कार्मेलमा भेडाको ऊन कत्रँदै थियो ।
1SA 25:3 त्यो मानिसको नाउँ नाबाल थियो । उसकी पत्‍नीको नाउँ अबीगेल थियो । ती स्‍त्री बुद्धिमती र देख्‍नमा सुन्दरी थिइन् । तर त्यो मानिस आफ्‍नो व्यावहारमा कठोर र खराब थियो । ऊ कालेबको घरानाको सन्तान थियो ।
1SA 25:4 नाबालले उजाड-स्‍थानमा भेडाको ऊन कत्रँदैछन् भनी दाऊदले सुने ।
1SA 25:5 त्यसैले दाऊदले दस जना जवान मानिसलाई पठाए । दाऊदले ती जवान मानिसहरूलाई भने, “कार्मेलमा माथि जाओ, नाबालकहाँ जाओ र मेरो नाउँमा तिनलाई अभिवादन गर ।
1SA 25:6 तिमीहरूले तिनलाई भन्‍नु, “समृद्धिमा जिउनुहोस् । तपाईंलाई शान्ति मिलोस्, तपाईंका घरानामा शान्ति छाओस् र तपाईंसँग भएका सबैलाई शान्‍ति होस् ।
1SA 25:7 तपाईंसँग ऊन कत्रनेहरू छन् भनी म सुन्छु । तपाईंका गोठालाहरू हामीसँग छन् र हामीले तिनीहरूलाई कुनै हानि गरेनौं र तिनीहरू कार्मेलमा हुँदा तिनीहरूले कुनै पनि कुरा गुमाएनन् ।
1SA 25:8 तपाईंका जवान मानिसहरूलाई सोध्‍नुहोस् र तिनीहरूले तपाईंलाई भन्‍नेछन् । अब मेरा जवानहरूले तपाईंको दृष्‍टिमा निगाह पाऊन्, किनकि हामी आज उत्सवको समयमा आएका छौं । कृपया तपाईंको हातमा जे छ सो तपाईंका सेवकहरू र तपाईंका छोरा दाऊदलाई दिनुहोस् ।”
1SA 25:9 जब दाऊदका जवान मानिसहरू आइपुगे, तिनीहरूले यी सबै कुरा दाऊदको तर्फबाट नाबाललाई भने र प्रतिक्षा गरे ।
1SA 25:10 नाबालले दाऊदका सेवकहरूलाई जवाफ दिए, “दाऊद को हुन् र यिशैका छोरा को हुन्? आजभोलि आफ्ना मालिकहरूबाट भाग्‍ने धेरै जना सेवकहरू छन् ।
1SA 25:11 के मैले आफ्‍ना ऊन कत्रनेहरूका निम्ति काटेका मासु, मेरो रोटी र मेरो पानी कहाँबाट आएका हुन् भनी मैले नचिनेको मानिसहरूलाई दिनुपर्छ?”
1SA 25:12 त्यसैले दाऊदका मानिसहरू फर्केर आए र भनिएका हरेक कुरा तिनलाई बताए ।
1SA 25:13 दाऊदले तिनका मानिसहरूलाई भने, “हरेक मानिसले आ‍-आफ्नो तरवार भिर ।” त्यसैले हरेक मानिसले आ-आफ्नो तरवार भिरे । दाऊदले पनि आफ्नो तरवार भिरे । झण्डै चार सय मानिसहरू दाऊदको पछि लागे र दुई सय जनाचाहिं सरसामानसँगै बसे ।
1SA 25:14 तर ती जवान मानिसहरूमध्ये एक जनाले नाबालकी पत्‍नी अबीगेललाई भने । तिनले भने, “दाऊदले उजाड-स्‍थानबाट हाम्रा मालिकसँग भेट गर्न दूतहरू पठाए र तिनले उनीहरूको अपमान गरे ।
1SA 25:15 तापनि ती मानिसहरू हामीप्रति धेरै असल थिए । हामी बाहिर चरनमा हुँदा तिनीहरूसँग जाँदा र हामीलाई कुनै हानि भएन र कुनै कुरा पनि गुामएनौं ।
1SA 25:16 हामीले तिनीहरूसँगै भेडाहरू चराउँदा तिनीहरू हाम्रा निम्ति दिन र रात दुवै समयमा पर्खाल नै भएका थिए ।
1SA 25:17 यसकारण यो कुरा जान्‍नुहोस् र तपाईंले के गर्नुपर्ने हो सो विचार गर्नुहोस्, किनकि हाम्रा मालिक र उहाँका सारा घरानाका विरुद्ध खराब षड्यन्त्र रचिएको छ । उहाँ यस्तो वेकामको मानिस हुनुहुन्‍छ, उहासँग कसैले वहस गर्न सक्दैन ।”
1SA 25:18 अनि अबीगेलले हतार गरिन् र दुई सय रोटी, दुई मशक दाखमद्य, पहिले नै तयार पाँच वटा भेडा, आठ पाथी सुकेको अन्‍न, एक सय झुप्‍पा किशमिश, दुई सय डल्ला सुकेको नेभारा लिए र तिनलाई गधामाथि राखिन् ।
1SA 25:19 तिनले आफ्ना जवान मानिसहरूलाई भनिन्, “मेरो अगिअगि जाओ र म तिमीहरूको पछिपछि आउनेछु ।” तर तिनले आफ्नो पति नाबाललाई यो कुरा भनिनन् ।
1SA 25:20 जसै तिनी आफ्‍नो गधामा चढिन् र पहाडको बिचतिर आइपुगिन्, दाऊद र तिनका मानिसहरू तिनीकहाँ तल आए र तिनले तिनीहरूलाई भेटिन् ।
1SA 25:21 दाऊदले भनेका थिए, “निश्‍चय नै यो मानिसँग उजाड-स्‍थानमा भएका सबै थोकलाई मैले व्यार्थमा सुरक्षा दिएको रहेछु, ताकि उसँग भएका कुनै पनि कुरा हराएनन् र उसले मलाई असलको सट्टामा खराब फिर्ता दिएको छ ।
1SA 25:22 भोलि बिहानसम्म यससँग भएका सबै पुरुषहरूमध्ये एक जनालाई पनि मैले छोडें भने म दाऊदलाई यस्‍तै र यो भन्दा बढ्ता होस् ।”
1SA 25:23 जब अबीगेलले दाऊदलाई देखिन्, तिनी हतार गरिन् र आफ्नो गधाबाट ओर्लिन् र दाऊदको सामु तिनले शिर तल गरिन् र जमिनमा घोप्टो परिन् ।
1SA 25:24 तिनी दाऊदको पाउमा परिन् र भनिन्, “हे मेरो मालिक, सारा दोष ममाथि नै परोस् । कृपया आफ्नो दासीलाई तपाईंसँग बोल्न दिनुहोस् र आफ्‍नो दासीको कुरा सुन्‍नुहोस् ।
1SA 25:25 मेरो मालिकले यो वेकामको मानिस नाबालको ख्याल नगर्नुहोस्, किनकि जस्‍तो उसको नाम छ ऊ त्यस्तै छ । उसको नाम नाबाल हो र उससँग मूर्खता छ । तर मेरो मालिकले पठाउनुभएका हजुरका जवान मानिसहरूलाई म तपाईंकी दासीले देखिन ।
1SA 25:26 अब, हे मेरा मालिक, जस्तो परमप्रभु जीवित हुनुहुन्छ र हजूर जीवित हुनुहुन्छ, किनकि परमप्रभुले तपाईंलाई रक्‍तपात गर्न र आफ्नो शत्रुमाथि आफ्‍नै हातले बद्‍ला लिनबाट रोक्‍नुभएको छ, अब हे मेरा मालिक, तपाईंका सत्रुहरू र तपाईंको खराबी गर्न खोज्‍ने सबै नाबालजस्तै होऊन् ।
1SA 25:27 अब तपाईंकी दासीले ल्याएकी यो उपहार मेरो मालिकका पछि हिंड्‍ने जवान मानिसहरूलाई दिइयोस् ।
1SA 25:28 कृपया आफ्‍नो दासीको अपराध क्षमा गर्नुहोस्, किनकि परमप्रभुले निश्‍चय नै मेरो मालिकको निम्ति अटल घराना बनाउनुहुनेछ, किनकि मेरो मालिकले परमप्रभुको युद्ध लडिरहनुभएको छ । र तपाईं जिवित बएसम्‍म तपाईंमा कुनै खराबी भेट्टाइने छैन ।
1SA 25:29 तपाईंको ज्यान लिनलाई मानिसहरूले तपाईंलाई लखेटे तापनि मेरो मालिकको जीवनलाई परमप्रभु तपाईंका परमेश्‍वरले जीवितहरूको मुट्ठामा बाँध्‍नुहुनेछ । अनि उहाँले तपाईंका शत्रुहरूको जीवनलाई घुँयत्रोको पाकेटबाट फालेझैं फाल्‍नुहुनेछ ।
1SA 25:30 परमप्रभुले तपाईंलाई प्रतिज्ञा गर्नुभएको हरेक कुरा उहाँले मेरो मालिकको निम्ति पुरा गर्नुहुनेछ, र तपाईंलाई इस्राएलमाथि अगुवा नियुक्‍त गर्नुभएको छ ।
1SA 25:31 तपाईंले निर्दोष रगत बगाउनुभएको वा मेरो मालिकले आफ्‍नो उद्धार आफैले गरेकोले यो तपाईंको निम्ति पछुताउनुपर्ने बोझ हुनेछैन । किनकि परमप्रभुले मेरो मालिकको निम्ति असल गर्नुहुँदा आफ्नो दासीलाई पनि सम्झनुहोस् ।”
1SA 25:32 दाऊदले अबीगेललाई भने, “इस्राएलका परमप्रभु परमेश्‍वरले तिमीलाई आशिष् देऊन्, जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो ।
1SA 25:33 तिम्रो बुद्धि धन्यको होस् र तिमी धन्यकी हौ, किनभने तिमीले आज मलाई रक्‍तपात र आफ्नो निम्ति आफ्नै हातले बद्‍ला लिनबाट बचाएकी छ्यौ !
1SA 25:34 किनकि साँचो भन्दा, जस्तो परमप्रभु इस्राएलका परमेश्‍वर जीवित हुनुहुन्छ, जसले मलाई तिमीलाई चोट पुर्‍याउनबाट बचाउनुभयो, तिमी मलाई भेट्‍न नआएको भए भोलि बिहानसम्ममा नाबालसँग एउटा पुरुष बालक पनि बाँकी रहने थिएन ।”
1SA 25:35 त्यसैले तिनले जे ल्याएकी थिइन् सो तिनको हातबाट दाऊदले ग्रहण गरे । तिनले उनलाई भने, “आफ्नो घरमा शान्तिसँग जाऊ । हेर, मैले तिम्रो कुरा सुनेको छु र तिमीलाई स्वीकार गरेको छु ।”
1SA 25:36 अबीगेल नाबालकहाँ फर्केर गइन् । हेर, उसले आफ्नो घरमा राजाको भोजजस्तै भोज दिइरहेको थियो । नाबालको हृदय आफैमा हर्षित थियो, किनकि उसले धेरै पिएको थियो । त्यसैले तिनले भोलिपल्‍ट बिहान नभएसम्म उसलाई केही पनि भनिनन् ।
1SA 25:37 बिहान यसो भयो, जब नाबाललाई मद्यले छोडेको थियो, तब उसकी पत्‍नीले उसलाई यी कुराहरू भनिन् । उसको हृदय आफैभित्र मर्‍यो र ऊ ढुङ्गाजस्तो भयो ।
1SA 25:38 दस दिनपछि परमप्रभुले नाबाललाई प्रहार गर्नुभयो ताकि ऊ मर्‍यो ।
1SA 25:39 जब नाबाल मर्‍यो भन्‍ने दाऊदले सुने, तिनले भने, “परमप्रभु धन्यको होऊन्, जसले नाबालको हातबाट आएको मेरो अपमानको मामला लिनुभएको छ र आफ्नो दासलाई खराबी गर्नबाट बचाउनुभएको छ । उहाँले नाबालको दुष्‍ट कामलाई उसैको आफ्‍नै शिरमा खन्‍याउनुभएको छ ।” तब दाऊदले अबीगेललाई आफ्‍नी पत्‍नीको रूपमा लिन कुरा गर्न मानिसहरू पठाए ।
1SA 25:40 जब दाऊदका सेवकहरू कार्मेलमा अबीगेलकहाँ आए, तब तिनीहरूले उनीसँग कुरा गरे र भने, “दाऊदले तपाईंलाई आफ्‍नो पत्‍नीको रूपमा लिन हामीलाई पठाउनुभएको छ ।”
1SA 25:41 उनी उठिन्, आफ्‍नो अनुहार जमिनमा घोप्टो पारिन् र भनिन्, “हेर्नुहोस्, तपाईंकी दासी मेरो मालिकको सेवकहरूका खुट्टा धुने दासी हुँ ।”
1SA 25:42 अबीगेलले हतार गरिन् र उठिन् र आफूसँगै लान आफ्‍ना पाँच जना दासीहरूसँगै गधामा बसिन्, अनि उनी दाऊदको दूतहरूको पछि लागिन् र तिनकी पत्‍नी भइन् ।
1SA 25:43 यति बेला दाऊदले यिजरेलकी अहीनोमलाई पनि पत्‍नीको रूपमा लिएका थिए । ती दुवै जना तिनकी पत्‍नीहरू भए ।
1SA 25:44 साथै शाऊलले आफ्नी छोरी, दाऊदकी पत्‍नी मीकललाई गलीमका लेशका छोरा पल्तिएललाई दिएका थिए ।
1SA 26:1 जीपीहरू गिबामा शाऊलकहाँ आए र भने, “के दाऊद यशीमोन सामुन्‍नेको हकीलाहको पहाडमा लुकिरहेका छैनन् ?”
1SA 26:2 तब शाऊल उठे र इस्राएलका चुनिएका तिन हजार मानिसलाई आफूसित लिएर जीपको उजाड-स्‍थानमा दाऊदलाई खोज्न तल गए ।
1SA 26:3 शाऊलले हकीलाहको पहाडमा छाउनी हाले, जुन यशीमोनको अगाडीतिर बाटोको छेउमा छ । तर दाऊदचाहिं उजाड-स्‍थानमा बसिरहेका थिए र शाऊल तिनको पछिपछि उजाड-स्‍थानमा आएको तिनले देखे ।
1SA 26:4 त्यसैले शाऊल साँच्‍चै नै आएका थिए भनी थाहा पाउनलाई दाऊदले गुप्‍तचरहरू पठाए ।
1SA 26:5 दाऊद उठे र शाऊलले छाउनी हालेको ठाउँमा गए । शाऊल र तिनका फौजका सेनापति नेरका छोरा अबनेर कहाँ सुतेका ठाउँ देखे । शाऊल छाउनीमा सुते र मानिसहरूले तिनका वरिपरि छाउनी हालेका थिए र सबै मस्‍त निद्रामा थिए ।
1SA 26:6 तब दाऊदले हित्ती अहीमेलेक, योआबका भाइ सरूयाहका छोरा अबीशैलाई भने, “शाऊलको छाउनीमा तल मसँग को जानेछ?” अबीशैले भने, “म ! म तपाईंसँग जानेछु ।”
1SA 26:7 त्यसैले दाऊद र अबीशै राती फौज भएको ठाउँतिर गए । शाऊल आफ्नो भाला आफ्नो शिर नजिकै भूइँमा गाडेर छाउनीभित्र सुतिरहेका थिए । अबनेर र तिनका सिपाहीहरू तिनको वरिपरि सुतेका थिए ।
1SA 26:8 अबीशैले दाऊदलाई भने, “परमेश्‍वरले आज तपाईंको शत्रुलाई तपाइईंको हातमा दिनुभएको छ । कृपया, तिनलाई एकै प्रहारमा भालाले भूइँमा रोप्‍न मलाई दिनुहोस् । म तिनलाई दोस्रो पटक प्रहार गर्दिनँ ।”
1SA 26:9 दाऊदले अबीशैलाई भने, “तिनलाई नाश नगर । किनकि परमप्रभुको अभिषिक्‍त जनमाथि हात उठाएर कोचाहिं दोषरहित हुन सक्छ?”
1SA 26:10 दाऊदले भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, परमप्रभुले नै तिनलाई मार्नुहुनेछ वा मर्नलाई तिनको दिन आउनेछ वा तिनी युद्धमा जानेछन् र नाश हुनेछन् ।
1SA 26:11 परमप्रभुको अभिषिक्‍त जनामाथि मैले आफ्‍नो हात उठाउने कुरा उहाँले दूर गर्नुभएको होस् । तर अब म तिमीलाई अनुरोध गर्छु, तिनको शिरमा भएको भाला र पानीको सुराही लेऊ र हामी जाऔं ।”
1SA 26:12 त्यसैले दाऊदले भाला र पानीको सुराही शाऊलको शिरनेरबाट लिए र तिनीहरू गए । तिनीहरूलाई कसैले देखेन वा यो कसैले थाहा पाएन, न त कोही ब्युँझिए, किनकि तिनीहरू सबै मस्‍त निदाएका थिए, किनकि परमप्रभुबाट आएको गहिरो निद्रा तिनीहरूमाथि परेको थियो ।
1SA 26:13 तब दाऊद पारिपट्टि गए र टाढा पहाडको टाकुरमा खडा भए । तिनीहरू बिच लामो दूरी थियो ।
1SA 26:14 दाऊदले मानिसहरू र नेरका छोरा अबनेरलाई कराए । तिनले भने, “ए अबनेर के तिमीले जवाफ दिंदैनौ?” तब अबनेरले जवाफ दिए र भने, “राजामाथि कराउने तिमी को हौ?”
1SA 26:15 दाऊदले अबनेरलाई भने, “के तिमी साहसी मानिस होइनौ? इस्राएलमा तिमी जस्तो को छ? तिमीले आफ्नो मालिक राजाको किन हेरचाह गरेनौ? किनकि तिम्रो मालिक राजालाई मार्न कोही आयो ।
1SA 26:16 तिमीले गरेको यो कुरा ठीक छैन । जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, तिमी मर्न योग्‍यका छौ किनभने तिमीले परमप्रभुका अभिषिक्‍त जन तिम्रो मालिकको हेरचाह गरेका छैनौ । राजाको शिरनेर भएको भाला र पानीको सुराही कहाँ छ, हेर !”
1SA 26:17 शाऊलले दाऊदको सोर चिने र भने, “ए मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” दाऊदले भने, “हो मेरो मालिक, राजा, यो मेरो सोर हो ।”
1SA 26:18 तिनले भने, “मेरो मालिकले आफ्नो दासको किन खेदो गर्नुहुन्छ? मैले के गरेको छु? मेरो हातमा के खराबी छ?
1SA 26:19 यसकारण अब, म तपाईंलाई बिन्ती गर्छु, मेरो मालिक राजाले आफ्नो दासको कुरा सुन्‍नुहोस् । परमप्रभुले नै तपाईंलाई मेरो विरुद्धमा उक्साउनुभएको हो भने, उहाँले बलिदान ग्रहण गर्नुभएको होस् । तर यो मानवजाति हो भने, तिनीहरू परमप्रभुको सामु श्रापित होऊन्, किनकि तिनीहरूले मलाई आज बाहिर धपाएका छन्, ताकि म परमप्रभुको उत्तराधिकारमा रहन नसकौं । तिनीहरूले मलाई भनेका छन्, 'अरू देवताहरूको पुजा गर्न जाऊ ।'
1SA 26:20 यसकारण अभ, मेरो रगत परमप्रभुको उपस्थितिबाट टाढा पृथ्वीमा नबगोस् । किनभने इस्राएलका राजा शिकारीले तित्रालाई पहाडहरूमा खेदेझैं एउटा उपियाँलाई खोज्‍न निस्केर आएका छन् ।”
1SA 26:21 तब शाऊलले भने, “मैले पाप गरेको छु । ए मेरा छोरा दाऊद फर्क । किनकि अब तिम्रो हानि गर्नेछैन, किनभने तिम्रो दृष्‍टिमा मेरो जीवन बहुमूल्य थियो । हेर, मैले मूर्खता गरेको छु र धेरै ठुलो गल्ती गरेको छु ।”
1SA 26:22 दाऊदले जवाफ दिए र भने, “हेर्नुहोस्, हे राजा, तपाईंको भाला यहाँ छ ! जवान मानिसमध्ये एक जना यता आओस् र यसलाई तपाईंकहाँ लैजाओस् ।
1SA 26:23 हरेक मानिसलाई आफ्‍नो धार्मिकता र विश्‍वस्‍तताको निम्ति परमप्रभुले नै इनाम दिनुभएको होस् । किनभने परमप्रभुले तपाईंलाई आज मेरो हातमा दिनुभयो, तर मैले उहाँको अभिषिक्‍त जनलाई प्रहार गरिनँ ।
1SA 26:24 हेर्नुहोस्, आज मेरो दृष्‍टिमा जसरी तपाईंको जीवन बहुमूल्य थियो, त्यसरी नै मेरो जीवन परमप्रभुको दृष्‍टिमा धेरै मूल्यवान होस् र उहाँले नै मलाई मेरा सबै कष्‍टहरूबाट छुटकारा दिनुभएको होस् ।
1SA 26:25 तब शाऊलले दाऊदलाई भने, “ए मेरा छोरा दाऊद, तिमीलाई आशिष् मिलोस्! तिमीले निश्‍चय नै ठुला कुराहरू गर्नेछौ र तिनमा तिमी सफल हुनेछौ ।” त्यसैले दाऊद आफ्नो बाटो लागे र शाऊल आफ्नै ठाउँतिर फर्के ।
1SA 27:1 दाऊदले आफ्‍नो मनमा भने, “म कुनै दिन शाऊलको हातबाट नष्‍ट हुन्छु । मलाई पलिश्‍तीहरूको देशमा उम्केर जानुभन्दा उत्तम अरू केही हुँदैन । शाऊलले इस्राएलको सबै सिमानाभित्र मलाई खोज्‍न छोड्नेछ । यसरी म तिनको हातबाट उम्कनेछु ।”
1SA 27:2 दाऊद उठे र आफू र आफूसँग भएका छ सय मानिससँगै गातका राजा माओकका छोरा आकीशकहाँ गए ।
1SA 27:3 दाऊद र तिनीसँग भएका मानिसहरू, तिनका आफ्नै घरानाका हरेक मानिस, र दाऊदका आफ्नी दई जना पत्‍नी यिजरेली अहीनोम र नाबालकी पत्‍नी कार्मेली स्‍त्री अबीगेल गातमा आकीशसँग बसे ।
1SA 27:4 दाऊद गातमा भागेर गयो भनी शाऊललाई भनियो, त्यसैले उनले तिनलाई खोज्‍न छोडे ।
1SA 27:5 दाऊदले आकीशलाई भने, “मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने, देशभित्रका सहरमध्ये मलाई एउटा ठाउँ दिनुहोस्, ताकि म त्यहाँ बस्‍न सकूँ । तपाईंको दास तपाईंसँग राजकीय सहरमा किन बस्‍नु?”
1SA 27:6 त्यसैले त्यो दिन आकीशले तिनलाई सिक्‍लग दिए । त्यसैले सिक्‍लग आजको दिनसम्म पनि यहूदाका राजाहरूको अधीनमा छ ।
1SA 27:7 दाऊद पलिश्‍तीहरूको देशमा पुरा एक वर्ष चार महिनासम्म बसे ।
1SA 27:8 दाऊद र तिनका मानिसहरूले विभिन्‍न ठाउँहरू आक्रमण गरेर गशूरीहरू, गिज्रीहरू र अमालेकीहरूलाई लूटे । किनभने तिनीहरू शूरतिर जाँदा मिश्रदेशसम्म बस्‍ने त्यस देशका बासिन्दाहरू थिए । तिनीहरू त्यस देशमा प्राचीनकालदेखि बस्दै आएका थिए ।
1SA 27:9 दाऊदले त्यो देशलाई आक्रमण गरे र न पुरुष न त स्‍त्रीलाई जीवित राखे । तिनले भेडाहरू, गोरुहरू, गधाहरू, ऊँटहरू र लुगाफाटा लगे । तिनी फर्कन्‍थे र आकीशकहाँ आउँथे ।
1SA 27:10 आकीशले भन्थे, “आज तिमीले कसलाई लुट्यौ?” दाऊदले जवाफ दन्थे, “यहूदाको दक्षिणतिर” वा “यरहमेलीहरूको दक्षिणतिर” वा “केनीहरूको दक्षिणतिर ।”
1SA 27:11 दाऊदले, “तिनीहरूले हाम्रोबारे 'दाऊदले यसो-यसो गरे' भन्‍न नसकून्” भनेर गातमा ल्याउनलाई न पुरुष न त स्‍त्रीलाई जीवित राख्थे । तिनी पलिश्तीहरूको देशमा बस्दा तिनले गरेका सबै कुरा यही थियो ।
1SA 27:12 आकीशले यसो भन्‍दै दाऊदलाई विश्‍वास गरे, “इस्राएलका मानिसले तिनलाई पूर्ण रूपमा घृणा गर्ने तिनले बनाएका छन् । यसकारण तिनी सदाको निम्ति मेरो सेवक हुनेछन् ।”
1SA 28:1 ती दिनहरूमा पलिश्‍तीहरूले इस्रएलसँग युद्ध गर्न आफ्नो फौज सँगै भेला पारे । आकीशले दाऊदलाई भने, “तिमी र तिम्रा मानिसहरू मसँगै सेनामा जानेछौ भन्‍ने जानी राख ।”
1SA 28:2 दाऊदले आकीशलाई भने, “तपाईंको दासले के गर्न सक्छ भन्‍ने तपाईंले जान्‍नु हुनेछ ।” आकीशले दाऊदलाई भने, “त्यसैले म तिमीलाई तिम्रो जीवनकाल भरि नै मेरो अङ्गरक्षक बनाउनेछु ।”
1SA 28:3 यति बेला शमूएल मरिसकेका थिए, र सारा इस्राएलले तिनको निम्ति विलाप गरेका र तिनलाई आफ्नै सहर रामामा दफन गरेका थिए । शाऊलले मृतक र आत्माहरूसँग कुरा गर्नेहरूलाई देशमा निषेध गरेका थिए ।
1SA 28:4 तब पलिश्‍तीहरू आफूलाई एकसाथ भेला पारे र शूनेममा आएर छाउनी हाले । अनि शाऊलले सबै इस्राएललाई एकसाथ भेला पारे र तिनीहरूले गिल्बोमा छाउनी हाले ।
1SA 28:5 जब शाऊलले पलिश्‍तीहरूको फौज देखे, तब तिनी डराए र तिनको हृदय अति नै डरायो ।
1SA 28:6 शाऊलले परमप्रभुसँग प्रार्थना गरे तर परमप्रभुले न सपनामा, न त ऊरीममा, न त अगमवक्ताहरूद्वारा नै कुनै जवाफ दिनुभयो ।
1SA 28:7 तब शाऊलले आफ्नो सेवकहरूलाई भने, “मृतकसँग कुरा गर्ने एक जना स्‍त्री मेरो निम्ति खोजेर ल्‍याओ, ताकि त्यसकहाँ म जान र त्यसको सल्लाह खोज्‍न सकूँ ।” तिनका सेवकहरूले तिनलाई भने, “हे्र्नुहोस्, मृतकसँग कुरा गर्न सक्‍ने दाबी गर्ने एक जना स्‍त्री एन्दोरमा छिन् ।”
1SA 28:8 शाऊलले आफू भेष बदले र अर्कै पोशाक लगाएर, तिनी र तिनीसँग भएका दुई जना मानिसहरू गए । तिनीहरू त्यो स्‍त्री कहाँ राती गए । तिनले भने, “म बिन्ती गर्छु मेरो निम्ति आत्मासँग कुरा गरि देऊ र मैले जसको नाउँ भन्‍छु त्यो मलाई ल्याइदेऊ ।”
1SA 28:9 स्‍त्रीले तिनलाई भनिन्, “हेर्नुहोस्, शाऊलले के गर्नुभएको छ सो तपाईंहरूलाई थाहा छ, उनले मृतक वा आत्माहरूसँग कुरा गर्नेहरूलाई कसरी देशबाट निष्काषण गर्नुभएको छ । त्यसैले मलाई मर्नलाई किन मेरो जीवनलाई जालमा फसाउँदै हुनुहुन्छ?”
1SA 28:10 शाऊलले परमप्रभुको नाउँमा शपथ खाए र भने, “जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, तिमीलाई यो कुराको निम्ति कुनै दण्ड हुनेछैन ।”
1SA 28:11 तब ती स्‍त्रीले भनिन्, “म तपाईंको निम्ति कसलाई ल्याउँ?” शाऊलले भने, “मेरो निम्ति शमूएललाई ल्याइदेऊ ।”
1SA 28:12 जब ती स्‍त्रीले शमूएल देखिन्, तब तिनले ठुलो सोरले चिच्याइन् र भनिन्, “तपाईंले मलाई किन छल गर्नुभयो? किनकि तपाईं नै शाऊल हुनुहुन्छ ।”
1SA 28:13 राजाले उनलाई भने, “नडराऊ । तिमीले के देख्छौ?” ती स्‍त्रीले शाऊललाई भनिन्, “पृथ्वीबाट एउटा देवता आइरहेको म देख्छु ।”
1SA 28:14 तिनले उनलाई भने, “त्‍यो कस्तो छ?” उनले भनिन्, “एउटा वृद्ध मानिस माथि आइरहेका छन् । यिनले खा्सटो ओढेका छन् ।” यिनी शमूएल हुन् भनी शाऊलले भनी बुझे र तिनले घोप्‍टो परेर दण्डवत गरे र आदर प्रकट गरे ।
1SA 28:15 शमूएलले शाऊललाई भने, “तिमीले किन मेरो शान्ति भङ्ग गर्‍यौ र मलाई माथि ल्यायौ?” शाऊलले जवाफ दिए, “म अति नै व्याकुल छु, किनभने पलिश्‍तीहरूले मेरो विरुद्ध युद्ध गरिरहेका छन्, र परमेश्‍वरले मलाई छोड्नुभएको छ र मलाई न अगमवक्ताहरूद्वारा न त सपनाहरूद्वारा नै जवाफ दिनुहुन्छ । यसकारण मैले तपाईंलाई बोलाएको हुँ, ताकि मैले के गर्नुपर्ने हो सो तपाईंले मलाई प्रकट गर्नुहोस् ।”
1SA 28:16 शमूएलले भने, “तब परमप्रभुले तिमीलाई छोड्नुभएको र उहाँ नै तिम्रो शत्रु हुनुभएको हुनाले तिमीले मलाई के सोध्छौ ?
1SA 28:17 परमप्रभुले जे गर्छु भन्‍नुभएको छ सो उहाँले गर्नुभएको छ । परमप्रभुले राज्यलाई तिम्रो हातबाट खोस्‍नुभएको छ र उहाँले अरू कसैलाई अर्थात् दाऊदलाई दिनुभएको छ ।
1SA 28:18 किनभने तिमीले परमप्रभुको आवाज पालन गरेनौ र अमालेकमाथि उहाँको भयङ्कर क्रोध पुरा गरेनौ, यसकारण उहाँले तिमीलाई आज यसो गर्नुभएको छ ।
1SA 28:19 परमप्रभुले तिमीसँगै इस्राएललाई पलिश्‍तीहरूको हातमा सुम्‍पनुहुनेछ, र भोलि तिमी र तिम्रो छोराहरू मसँग हुनेछौ । परमप्रभुले इस्राएको फौजलाई पनि पलिश्‍तीहरूको हातमा दिनुहुनेछ ।”
1SA 28:20 तब शाऊल तुरुन्तै भूइँमा लम्पसार परेर लमतन्‍न परे र शमूएलको कुराले अति नै डराए । तिनमा कुनै बल नै थिएन, किनकि तिनले त्यो दिनभरि र रातमा पनि कुनै खाने कुरा खाएका थिएनन् ।
1SA 28:21 ती स्‍त्री शाऊलकहाँ आइन् र तिनी साह्रै ठुलो कष्‍टमा परेको देखिन्, उनलले तिनलाई भनिन्, “हेर्नुहोस्, तपाईंकी दासीले तपाईंको कुरा सुनेकी छिन् । मेरो जीवनलाई मैले जोखिममा पारेको छु र तपाईंले भन्‍नुभएको कुरा पालन गरेकी छु ।
1SA 28:22 यसकारण अब म तपाईंलाई बिन्ती गर्छु, तपाईंकी दासीको कुरा सुन्‍नुहोस् र तपाईंलाई थोरै खाने कुरा दिन अनुमति दिनुहोस् । खानुहोस् ताकि तपाईं बाटो जानुहुँदा तपाईंलाई शक्ति मिलोस् ।”
1SA 28:23 तर शाऊलले इन्कार गरे र भने, “मैले खाने छैन ।” तर ती स्‍त्रीसहित तिनका सेवकहरूले तिनलाई बाध्य बनाए र तिनले तिनीहरूको कुरा माने । त्यसैले तिनी भूइँबाट उठे र ओछ्यानमा बसे ।
1SA 28:24 ती स्‍त्रीको घरमा पालेको एउटा बाछो थियो । उनले त्यसलाई हतार काटिन् । उनले पिठो लिइन् र मुछिन् अनि यसको अखमिरी रोटी पकाइन् ।
1SA 28:25 उनले यो शाऊल र तिनका सेवकहरूकहाँ ल्याइन् र तिनीहरूले खाए । त्यसपछि तिनीहरू उठे र त्‍यही रातमा निस्‍किए ।
1SA 29:1 अब पलिश्‍तीहरूले आफ्‍ना सारा फौजलाई अपेकमा एकसाथ भेला पारे । इस्रएलीहरूले यिजरेलको पानीको मूलनेर छाउनी हाले ।
1SA 29:2 पलिश्‍तीहरूका शासकहरू सय र हजारको पङ्तिमा अघि बढे । दाऊद र तिनका मानिसहरू आकीशका पछिल्तिरका अङ्‍गरक्षकहरू थिए ।
1SA 29:3 तब पलिश्तीहरूका शासकहरूले भने, “यी हिब्रूहरूले यहाँ के गरिरहेका छन्?” आकीशले पलिश्तीहरूका अरू शासकहरूलाई भने, “यिनी इस्राएलका राजा शाऊलका सेवक दाऊद होइन् जो मकहाँ आएको दिनदेखि आजसम्म मैले कुनै दोष भेट्टाएको छैन जो यी दिनहरू वा वर्षहरूमा मसँग बसेका छन्?”
1SA 29:4 तर पलिश्‍तीहरूका शासकहरू तिनीसँग रिसाए र भने, “उसलाई फिर्ता पठाउनुहोस्, कि उसलाई दिइएको ठाउँमा फर्कोस् । ऊ हामीसँग युद्ध जानेछैन, किनकि ऊ युद्धको समयमा हाम्रै विरुद्धमा जाइलग्‍नेछ । किनकि उसले हाम्रा मानिसहरूको शिर काट्नुभन्दा अरू कसरी आफ्नो मालिकप्रति आफूलाई स्वीकारयोग्य बनाउन सक्‍छ र?
1SA 29:5 के यिनै दाऊद होइनन् जसको बारेमा तिनीहरूले यसो भनेर एकआपस नाँच्दै गएका थिए, 'शाऊलले हजारौंलाई मारे र दाऊदले दसौं हजारलाई मारे'?”
1SA 29:6 त्यसपछि आकीशले दाऊदलाई बलाए र तिनलाई भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिमी असल भएका छौ र तिमी मेरो फौजसँगै बाहिर जाने र भित्र आउने कुरा मेरो दृष्‍टिमा असल नै छ । किनकि तिमी आएको दिनदेखि आजको दिनसम्म मैले तिमीसँग कुनै खराबी भेट्टाएको छैन । तापनि शासकहरूले तिमीलाई रुचाउँदैनन् ।
1SA 29:7 त्यसैले अब फर्क र शान्तिसँग जाऊ, ताकि तिमीले पलिश्‍ती शासकहरूलाई अप्रशन्‍न तुल्याउनेछैनौ ।
1SA 29:8 दाऊदले आकीशलाई भने, “तर मैले के गरेको छु? म तपाईंको सामुन्‍ने आजको दिनसम्म बस्‍दा तपाईंले आफ्नो दासमा के भेट्टाउनुभएको छ, ताकि म मेरा मालिक राजाका शत्रुहरू विरुद्ध जान र युद्ध गर्न सक्‍दिन ?”
1SA 29:9 आकीशले दाऊदलाई जवाफ दिए र भने, “तिमी मेरो दृष्‍टिमा परमेश्‍वरको दूत जत्तिकै दोषरहित छौ । तापनि पलिश्‍ती शासकहरूले भनेका छन्, 'यिनी हामीसँग युद्धमा जानुहुँदैन ।'
1SA 29:10 त्यसैले तिमीसँग आएका आफ्नो मालिकका सेवकहरूसँगै बिहान सबेरै उठ । बिहान जति सक्‍दो सबेरै र उज्यालो हुनुअघि नै गइहाल ।”
1SA 29:11 त्यसैले दाऊद बिहान सबेरै उठे, तिनी र तिनका मानिसहरू पलिश्तीहरूको देशमा फर्कन बिहान सबेरै हिंडे । तर पलिश्तीहरू माथि यिजरेलतिर गए ।
1SA 30:1 जब दाऊद र तिनका मानिसहरू तेस्रो दिनमा सिक्लगमा आए, अमालेकीहरूले नेगेव र सिक्लगलाई लूटेका थिए । तिनीहरूले सिग्‍लगलाई आक्रमण गरे र त्‍यसलाई आगोले लगाए,
1SA 30:2 र यसमा भएका स्‍त्रीहरू र साना-ठुला हरेकलाई कब्जा गरे । तिनीहरूले कसैलाई पनि मारेनन्, तर तिनीहरू आफ्नो बाटो जाँदा तिनीहरूलाई लिएर गए ।
1SA 30:3 जब दाऊद र तिनका मानिसहरू त्यो सहरमा आए, यसलाई जलाइएको थियो र तिनीहरूका पत्‍नीहरू, छोराहरू र छोरीहरूलाई कैदीको रूपमा लगिएका थियो ।
1SA 30:4 जब दाऊद र तिनीसँग भएका मानिसहरू डाँको छोडेर तिनीहरूमा रुने शक्ति नै नभएसम्म रोए ।
1SA 30:5 दाऊदका दुवै पत्‍नीहरू यिजरेली अहीनोम र कार्मेली नाबालकी पत्‍नी अबीगेललाई कैदीको रूपमा लगिएका थियो ।
1SA 30:6 दाऊद साह्रै व्याकु भए, किनभने मानिसहरूले तिनलाई ढुङ्गाले हान्‍ने कुरा गरिरहेका थिए, किनकि सबै मानिसहरूको मन आ-आफ्नो छोराहरू र छोरीहरूका निम्ति तितो भएको थियो । तर दाऊदले परमप्रभु परमेश्‍वरमा आफूलाई शक्तिशाली बनाए ।
1SA 30:7 दाऊदले पुजारी अहीमेलेकका छोरा अबीयाथारलाई भने, “बिन्ती छ, यहाँ मकहाँ एपोद ल्याऊ ।” अबीयाथारले दाऊदकहाँ एपोद ल्याए ।
1SA 30:8 दाऊदले निर्देशनको निम्ति परमप्रभुसँग यसरी प्रार्थना गरे, “के मैले यो फौजको पिछा गरे भने, म तिनीहरूलाई भेट्टाउन सक्‍छु?” परमप्रभुले तिनलाई जवाफ दिनुभयो, “खेदेर जा, किनकि तैंले तिनीहरूलाई निश्‍चय नै भेट्टाउनेछस् र तैंले निश्‍चय नै सबै थोक छुटाउनेछस् ।”
1SA 30:9 त्यसैले दाऊद, आफू र आफूसँग भएका छ सय जना मानिस लिएर गए । तिनीहरू बसोरको खोल्सामा आए, जहाँ छोडिएकाहरू बसेका थिए ।
1SA 30:10 तर दाऊदले आफू र आफूसँग भएका चार सय जान मानिसले पिछा गरिरहे, किनकि दुई सय जना पछाडी नै बसे, जो यति धेरै थाकेका थिए, कि तिनीहरू बसोर खोल्सा पारि जान सकेनन् ।
1SA 30:11 तिनीहरूले एक जना मिश्रीलाई खेतमा भेट्टाए र उसलाई दाऊदकहाँ ल्याए । तिनीहरूले उसलाई रोटी दिए र उसले खायो । तिनीहरूले उसलाई पानी पिउन दिए ।
1SA 30:12 र तिनीहरूले उसलाई एक डल्लो नेभारा र दुई झुप्पा किशमिश दिए । जब उसले ती खाइसक्‍यो, उसले फेरि शक्ति पायो, किनकि उसले तिन दिन र तिन रातदेखि रोटी खाएको वा पानी पिएको थिएन ।
1SA 30:13 दाऊदले उसलाई सोधे, “तिमी को हौ? तिमी कहाँबाट आएका हौ?” उसले भन्‍यो, “म मिश्रको एक जना जवान मानिस, अमालेकीको सेवक हुँ । मेरो मालिकले मलाई छोडे, किनभने तिन दिनअघि म बिरामी भएँ ।
1SA 30:14 हामीले करेतीहरूको नेगेव, यहूदाको भाग, कालेबको नेगेवलाई लूट्यौं र सिग्लगमा आगो लगायौं ।”
1SA 30:15 दाऊदले उसलाई भने, “के तिमीले मलाई यो लूटपाट गर्ने समूहकहाँ लैजान सक्छौ?” त्‍यो मिश्रीले भने, “तपाईंले मलाई मार्नुहुन्‍न वा मलाई मेरो मालिकको हातमा सुम्‍पनुहुन्‍न भनी परमेश्‍वरको नाउँमा शपथ खानुहोस् र म तपाईंलाई यो लूटपाट गर्ने समूहकहाँ लानेछु ।”
1SA 30:16 जब त्‍यो मिश्रीले दाऊदलाई तल ल्याए, तब लूटपाट गर्नेहरू मैदानभरि छरिएर तिनीहरूले पलिश्‍तीहरूको देश र यहूदाको देशबाट लिएका सबै लूटका मालको कारणले खाँदै, पिउँदै र नाच्दै थिए ।
1SA 30:17 दाऊदले तिनीहरूलाई बिहान सबैरैदेखि अर्को दिनको साँझसम्म नै तिनीहरूलाई आक्रमण गरे । ऊँटमा चढेर भागेका चार सय जना जवान मानिसबाहेक एक जना पनि उम्केनन् ।
1SA 30:18 अमालेकीहरूले लगेका सबै थोक दाऊदले पुनः प्राप्‍त गरे । अनि दाऊदले आफ्‍नी दुई जना पत्‍नीलाई पनि छुटाए ।
1SA 30:19 कुनै पनि कुरा पनि गुमेनन्, न साना न त ठुला, न छोराहरू न त छोरीहरू, न त लूटपाट गर्नेहरूले कब्जा गरेका कुनै कुरा नै गुम्‍यो । दाऊदले हरेक कुरा फिर्ता ल्याए ।
1SA 30:20 दाऊदले सबै बेडाबाख्रा र गाईवस्तु ल्याए, जसलाई मानिसहरूले अरू गाइवस्तुको अगि धपाए । तिनीहरूले भने, “यो दाऊदको लूटको माल हो ।”
1SA 30:21 दाऊदको पछि जानलाई साह्रै कमजोर भएका दुई सय जना मानिसकहाँ तिनी आए, जसलाई अरूले बसोरको खोल्सामा नै बस्‍न लगाएका थिए । दाऊद र तिनीसँग भएका मानसिहरूलाई भेट्न यी मानिसहरू अगाडि गए । जब दाऊद यी मानिसकहाँ आए, तब तिनले उनीहरूलाई अभिवादन गरे ।
1SA 30:22 तब दाऊदसँग गएका सबै दुष्‍ट र वेकामका मानिसले भने, “यी मानिसहरू हामीसँग नगएका हुनाले हामीले फिर्ता ल्‍याएका कुनै पनि लूटका मालहरू हामी तिनीहरूलाई दिनेछैनौं । हरेक मानिसले आफ्ना पत्‍नी र छोराछोरी लिन र तिनीहरूलाई लिएर जान सक्छ ।”
1SA 30:23 तब दाऊदले भने, “ मेरा भाइ हो, परमप्रभुले हामीलाई दिनुभएको कुरामा तिमीहरूले यस्‍तो व्‍यवहार गर्नुहुँदैन । उहाँले हाम्रो सुरक्षा गर्नुभएको छ र हाम्रो विरुद्धमा आउने लूटपाट गर्नेहरूलाई हाम्रो हातमा सुम्पनुभएको छ ।
1SA 30:24 तिमीहरूको यो कुरा कसले सुन्‍नेछ? किनभने युद्धमा जानेहरूको हिस्‍सा जत्ति हुन्छ सामानहरू कुर्नेहरूको हिस्‍सा पनि त्‍यत्ति नै हुनेछ । तिनीहरूले बाँड्‍नेछन् अनि बराबर बाँड्‍नेछन् ।”
1SA 30:25 त्यस दिनदेखि आजको दिनसम्म यस्तै चलन छ, किनभने दाऊदले यसलाई इस्राएलको निम्ति नियम र आदेश नै बनाए ।
1SA 30:26 जब दाऊद सिक्लगमा आए, तिनले आफ्‍ना मित्रहरू अर्थात् यहूदाका धर्म-गुरुहरुलाई केही लूटका मालहरू पठाएर भने, “हेर्नुहोस्, परमप्रभुका शत्रहरूबाट लिइएका लुटका मालबाट तपाईंहरूका निम्‍ति उपहार यहाँ छ ।”
1SA 30:27 तिनले बेथेलमा भएका, दक्षिणको रामोतमा, यत्तीरमा भएकाहरू,
1SA 30:28 र अरोएरमा भएका, सिपमोतमा भएका, एश्तामिमा भएका धर्म-गुरुहरुलाई केही पठाए ।
1SA 30:29 तिनले केही कुरा राकालमा भएका, यरहमेलीहरूका सहरहरूमा भएका, केनीहरूका सहरमा भएका,
1SA 30:30 होर्मामा भएका, बोर-आशानमा भएका, अत्ताकमा भएका,
1SA 30:31 र हेब्रोनमा भएका र दाऊद आफै र आफ्‍ना मानिसहरू सधैं जाने गरेका सबै ठाउँतिर पनि केही पठाए ।
1SA 31:1 यति बेला पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका मानिसहरू पलिश्‍तीहरूका सामुबाट भागे र गिल्बो डाँडामा मरे ।
1SA 31:2 पलिश्‍तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्‍तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे ।
1SA 31:3 युद्ध शाऊलको विरुद्धमा निकै भारी पर्‍यो र धनुर्धारीहरूले तिनलाई भेट्टाए । तिनीहरूका कारणले गर्दा तिनी घोर पीडामा परे ।
1SA 31:4 तब शाऊलले आफ्नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुत र त्‍यसले मलाई छेडिदे । नत्रता यी बेखतनाहरू आउनेछन् र मलाई दुर्व्यवहार गर्नेछन् ।” तर तिनका हतियार बोक्‍नेले त्यसो गरेन, किनकि ऊ साह्रै डराएका थियो । त्यसैले शाऊलले आफ्नै तरवार लिए र यसमाथि उनिए ।
1SA 31:5 जब तिनका हतियार बोक्‍नेले शाऊल मरेको देखे, तिनी पनि त्यसैगरी आफ्नो तरवारमा उनिएर तिनीसँगै मरे ।
1SA 31:6 यसरी शाऊल, तिनका तिन जना छोरा र तिनका हतियार बोक्‍ने मरे— यी मानिसहरू सबै त्यसै दिन मरे ।
1SA 31:7 जब मैदानको पारीपट्टि भएका इस्राएलका मानिसहरू र यर्दनको पारिपट्टि भएकाहरूले इस्राएलका मानिसहरू भागेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरूले आफ्‍ना सहरहरू छाडे र भागे, अनि पलिश्‍तीहरू आए र तिनीहरूमा बसोबास गरे ।
1SA 31:8 भोलिपल्‍ट यसो भयो, जब पलिश्‍तीहरू मृतकहरूलाई लूट्न आए तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मृत फेला पारे ।
1SA 31:9 तिनीहरूले उनको शिर काटे, उनको हतियार लूटे र आफ्‍ना मूर्तीहरूका मन्दिरहरू र मानिसहरूकहाँ समाचार लैजानलाई पलिश्‍तीहरूका देशभरि दूतहरू पठाए ।
1SA 31:10 उनका हतियारलाई तिनीहरूले अश्तोरेतको मन्दिरमा राखे र तिनीहरूले उनको शरीरलाई बेथ-शानको सहरको पर्कालमा बाँधे ।
1SA 31:11 जब याबेश-गिलादका बासिन्दाहरूले पलिश्‍तीहरूले शाऊललाई गरेका कुरा सुने,
1SA 31:12 तब सबै लडाकु मानिसहरू उठे र रातभरि यात्रा गरेर गए अनि शाऊल र तिनका छोराहरूको शरीर बेथ-शानको पर्खालबाट ल्याए । तिनीहरू याबेशमा गए र तिनीहरूलाई जलाए ।
1SA 31:13 त्यसपछि तिनीहरूले उनीहरूका हड्‍डीहरू लिए र तिनलाई याबेशको झ्याउको रूखमुनि गाडे अनि तिनीहरू सात दिनसम्म उपवास बसे ।
2SA 1:1 शाऊलको मृत्युपछि अमालेकीहरूलाई आक्रमण गरेर दाऊद फर्के र सिक्लगमा दुई दिनसम्म बसे ।
2SA 1:2 तेस्रो दिनमा, शाऊलको छाउनीबाट एक जना मानिस लुगा च्यातेर र शिरमा धुलो छरेर आए । जब तिनी दाऊदकहाँ आए, तब तिनले आफ्‍नो अनुहार भुईंमा घोप्‍टो पारे र आफूलाई लमतन्‍न पारे ।
2SA 1:3 दाऊदले तिनलाई सोधे, “तिमी कहाँबाट आएको हौ?” तिनले जवाफ दिए, “म इस्राएलको छाउनीबाट उम्केर भएको ।”
2SA 1:4 दाऊदले तिनलाई भने, “कृपया मलाई भन, के के भएका छन्।” तिनले जवाफ दिए, “मानिसहरू युद्धबाट भागे । धेरै जना ढलेका छन् र धेरै जना मरेका छन् । शाऊल र उनका छोरा जोनाथन पनि मरेका छन् ।”
2SA 1:5 दाऊदले ती जवान मानिसलाई भने, “शाऊल र उनका छोरा जोनाथन मरेका छन् भनेर तिमीलाई कसरी थाहा भयो?”
2SA 1:6 ती जवान मानिसले जवाफ दिए, “म संयोगवश गिल्बो डाँडामा पुगें र त्यहाँ शाऊल आफ्नो भालामा उनिएका थिए अनि रथहरू र घडचढीहरूले उनलाई भेट्न लागेका थिए ।
2SA 1:7 शाऊलले वरिपरि हेरे र मलाई देखे र मलाई बोलाए । मैले जवाफ दिएँ, 'म यहाँ छु ।'
2SA 1:8 उनले मलाई भने, 'तँ को होस्?' मैले जवाफ दिएँ, 'म अमालेकी हुँ ।'
2SA 1:9 उनले मलाई भने, “मेरो छेउमा आएर मलाई मार्, किनकि म ठुलो पीडाले मलाई समातेको छ, तर ममा अझै जीवन छ ।'
2SA 1:10 त्यसैले म उनको छेउमा गएँ र उनलाई मारे, किनभने उनी ढलेपछि बाँच्‍ने छैनन् भन्‍ने मैले थाहा पाएँ । त्यसपछि मैले उनको शिरको शिरपेच र हातको बाजु लिएँ र हजुर मेरो मलिकहाँ ल्याएको छु ।”
2SA 1:11 त्यसपछि दाऊदले आफ्नो लुगा च्याते र तिनीसँग भएका सबै मानिसहरूले त्यसै गरे ।
2SA 1:12 तिनीहरूले शाऊल, उनका छोरा जोनाथन, परमप्रभुका मानिसहरू र इस्राएलको घरानाको निम्ति विलाप गरे, रोए र साँझसम्म उपवास बसे, किनभने तिनीहरू तरवारद्वारा नाश भएका थिए ।
2SA 1:13 दाऊदले ती जवान मानिसलाई सोधे, “तँ कहाँबाट आएको होस्?” तिनले जवाफ दिए, “म एक जना विदेशी अमालेकीको छोरा हुँ ।”
2SA 1:14 दाऊदले तिनलाई भने, “पमरप्रभुको अभिषिक्‍त राजालाई तेरो आफ्‍नै हातले मार्न तँलाई किन डर लागेन?”
2SA 1:15 दाऊदले आफ्‍ना जवानमध्ये एक जनालाई बोलाएर भने, “जाऊ र यसलाई मार् ।” त्यसैले त्यो मानिस गयो र तिनलाई प्रहार गर्‍यो र ती अमालेकी मरे ।
2SA 1:16 त्यसपछि दऊदले त्यो मृतक अमालेकीलाई भने, “तेरो रगत तेरै शिरमा परोस् किनभने तेरै मुखले तेरो विरुद्ध गवाही दिएको र भनेको छ, 'मैले परमप्रभुका अभिषिक्‍त राजालाई मारेको छु' ।”
2SA 1:17 त्यसपछि दाऊदले शाऊल र जोनाथनको मृत्‍युमा यो विलापको गित गाए ।
2SA 1:18 तिनले यहूदाका सन्तानलाई यो विलापको गित सिकाउन हुकुम दिए, जसलाई याशारको पुस्तकमा लिखिएको छः
2SA 1:19 “ए इस्राएल तिम्रो महिमा मृत छ, तिम्रो उच्‍च स्थानहरूमा मारिएको छ । वीरहरू कसरी ढलेका छन् !
2SA 1:20 यो कुरा गातमा नभन, यसलाई अश्कलोनका गल्तीहरूमा घोषणा नगर, ताकि पलिश्‍तीहरूका छोरीहरू रमाउन नपाउन्, ताकि बेखतनाका छोरीहरूले उत्सव मनाउन नसकुन् ।
2SA 1:21 ए गोल्बि डाँडा, तँमाथि कुनै शीत वा झरी नपरोस्, न त भेटीको निम्ति अन्‍न दिने मैदान नै होस्, किनकि त्यहाँ वीरहरूका ढाल अशुद्ध पारिएको छ । अब उप्रान्त शाऊलका ढालहरूमा तेल लगाइने छैन ।
2SA 1:22 मारिएकाहरूको रगतबाट, वीरहरूका शरीरबाट जोनाथनका धानु पछि फर्किएन र शाऊलका तरवार रित्तो फर्केन ।
2SA 1:23 शाऊल र जोनाथन जीवनमा प्रेमिलो र कृपालु थिए र आफ्‍नो मृत्‍युमा तिनीहरू छुटेनन् । तिनीहरू गिद्धभन्दा द्रूत र सिंहभन्दा बलिया थिए ।
2SA 1:24 ए इस्राएलकी छोरीहरूको शाऊलको निम्ति रोओ जसले तिमीहरूलाई गरगहना साथै बैजनी रङ्को पहिरन पहिराइदिए र जसले तिमीहरूका लुगामा सुनका गहनाहरू लगाइदिए
2SA 1:25 युद्धको बिचमा वीरहरू कसरी ढलेका छन् ! जोनाथन तिम्रो उच्‍च स्थानहरूमा मारिएका छन् ।
2SA 1:26 ए मेरो भाइ जोनाथन म तिम्रो निम्ति व्याकुल भएको छु । तिमी मेरो निम्ति साह्रै प्रिय थियौ । मप्रति तिम्रो प्रेम अद्भूत थियो, स्‍त्रीको प्रेमलाई नै माथ गर्ने थियो ।
2SA 1:27 वीरहरू कसरी ढलेका छन्, र युद्धका हतियारहरू कसरी नष्‍ट भएका छन् ।”
2SA 2:1 यसपछि दाऊदले परमप्रभुलाई सोधे र भने, “के म यहूदाका सहरमध्ये कुनै एउटामा जाऊँ?” पमरप्रभुले तिनलाई जवाफ दिनुभयो, “उक्लेर जा ।” दाऊदले भने, “म कुन सहरमा जाऊँ?” परमप्रभुले जवाफ दिनुभयो, “हेब्रोनमा जा ।”
2SA 2:2 त्यसैले दाऊद तिनकी दुई पत्‍नीहरू यिजरेली अहीनोम र नाबालकी विधवा कार्मेली अबीगेलसहित माथि गए ।
2SA 2:3 दाऊदले आफूसँग भएका मानिसहरूलाई हेब्रोनमा ल्याए र तिनीहरू हरेकले आ-आफ्‍नो परिवारहरू ल्याए, जहाँ तिनीहरू बसोबास गर्न थाले ।
2SA 2:4 त्यसपछि यहूदाका मानिसहरू आए र दाऊदलाई यहूदाको राजा अभिषेक गरे । तिनीहरूले दाऊदलाई भने, “याबेश- गिलादका मानिसहरूले शाऊलको दफन गरे ।”
2SA 2:5 त्यसैले दाऊदले याबेश-गिलादमा दूतहरू पठाए र तिनीहरूलाई भने, “तिमीहरूलाई परमप्रभुले आशिष् दिनुभएको होस्, किनभने तिमीहरूले आफ्ना मालिक शाऊलप्रति यो बफदारीता देखाएका छौ र उनको दफन गरेका छौ
2SA 2:6 अब परमप्रभुले तिमीहरूलाई करारको बफदारीता र विश्‍वासनीयता प्रकट गर्नुभएको होस् । म पनि तिमीहरूको भलो गर्ने छु किनभने तिमीहरूले यो काम गरेका छौ ।
2SA 2:7 अब उप्रान्त, तिमीहरूको हात बलियो पार । साहसी होओ किनकि तिमीहरूका मालिक शाऊल मरेका छन् र यहूदाका घरानाले मलाई आफ्‍ना राजा अभिषेक गरेका छन् ।”
2SA 2:8 तर शाऊलका फौजका कमाण्‍डरले नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्‍बोशेतलाई लिए र महनोममा ल्याए ।
2SA 2:9 उनले ईश्‍बोशेतलाई गिलाद, आशेर, यिजरेल, एफ्राइम, बेन्यामीन र सारा इस्राएलमाथि राजा बनाए ।
2SA 2:10 शाऊलका छोरा ईश्‍बोशेतले इस्राएलमाथि शासन गर्न सुरु गर्दा तिनी चालिस वर्षका थिए, र तिनले दुई वर्ष राज्‍य गरे । तर यहूदाको घरानाले दाऊदलाई नै पछ्याए ।
2SA 2:11 दाऊद हेब्रोनमा यहूदाको घरानाको राजा भएका समय सात वर्ष छ महिना थियो ।
2SA 2:12 नेरका छोरा अबनेर र शाऊलका छोरा ईश्‍बोशेतका सेवकहरू महनोमबाट गिबोनमा गए ।
2SA 2:13 सरूयाहका छोरा योआब र दाऊदका सेवकहरू निस्‍के र तिनीहरूलाई गिबोनको तलाउनेर भेटे । त्यहाँ तिनीहरू एक समूह तलाउको एक छेउमा र अर्को समूह अर्को छेउमा बसे ।
2SA 2:14 अबनेरले योआबलाई भने, “जवान मानिसहरू उठुन् र हाम्रो सामुन्‍ने प्रतिस्पर्धा गरून् ।” योआबले भने, “तिनीहरू उठुन् ।”
2SA 2:15 त्यसपछि जवान मानिसहरू उठे र बेन्यामीन र शाऊलका छोरा ईश्‍बोशेतका निम्ति बाह्र जना र दाऊदका निम्ति बाह्र जना सँगै भेला भए ।
2SA 2:16 हरेकले आ-आफ्‍नो प्रतिद्वन्द्वीलाई टाउकोमा समात्यो र आ-आफ्‍नो प्रतिद्वन्द्वीको कोखामा आ-आफ्‍नो तरवारले रोपे र तिनीहरू एकसाथ भुईंमा ढले । यसकारण, त्यस ठाउँलाई “हल्कत-हज्‍जुरीम” वा “तरवाको मैदान” भनियो जुन गिबोन हो ।
2SA 2:17 त्यस दिन घमसान लडाइँ भयो र अबनेर र इस्राएलका मानिसहरू दाऊदका सेवकहरूको सामुन्‍ने परास्‍त भए ।
2SA 2:18 सरूयाहका छोराहरू योआब, अबीशै र असाहेल थिए । असाहेल हरिण जत्तिकै छिटो दौडन सक्‍ने व्यक्‍ति थिए ।
2SA 2:19 असाहेल नजिकबाट अबनेरलाई खेदे र तिनी दाहिने-देब्रे कतै नलागी खेदे ।
2SA 2:20 अबनेरले तिनलाई पछाडि हेरे र भने, “के तिमी असाहेल हौ?” तिनले भने, “हो, म हुँ ।”
2SA 2:21 अबनेरले तिनलाई भने, “दाहिने वा देब्रेतिर लाग जवान मानिसमध्ये एक जनालाई समातेर त्यसको हतियार लेऊ ।” तर असाहेलले यताउता फर्केनन् ।
2SA 2:22 त्यसैले अबनेरले असाहेललाई फेरि भने, “मलाई खेद्‍न छोडिदेऊ । मैले तिमीलाई किन मारेर भुईंमा ढाल्ने? त्यसपछि मैले तिम्रो दाजु योआबकहाँ मेरो अनुहार कसरी देखाउनु?”
2SA 2:23 तर असाहेलले तर्केर जान इन्कार गरे, र त्यसैले अबनेरले तिनलाई आफनो भालाको टुप्पोले शरीरमा रोपे, र भाला अर्कोपट्टि निस्क्यो । असाहेल ढले र त्यहीँ नै मरे । त्यसैले असाहेल ढलेर मरेका ठाउँमा आउने जो आउँथ्‍यो, त्‍यो रोकिन्थ्यो र खडा हुन्थ्यो ।
2SA 2:24 तर योआब र अबीशैले अबनेरलाई खेदिरहे । जब घाम डुब्‍न गइरहेको थियो, तिनीहरू अम्मा डाँडामा आइपुगे, जुन गिबोनको उजाडस्‍थान जाने बाटोको नजिक गीहनेर पर्छ ।
2SA 2:25 बेन्यामीनका मानिसहरू सबै अबनेरको पछाडि भेला भए र डाँडाको टाकुरामा खडा भए ।
2SA 2:26 त्यसपछि अबनेरले कराएर योआबलाई भने, “के सधैं तरवारले नाश गर्नैपर्छ? के त्‍यो अन्तमा तितो हुन्छ भनी तिमी जान्दैनौ? तिम्रा मानिसहरूलाई तिमीले आफ्‍ना दाजुभाइलाई खेद्‍न छोड भन्‍नुभन्‍दा पहिले कति लामो समय हुने छ?”
2SA 2:27 योआबले जवाफ दिए, “जस्तो परमेश्‍वर जीवित हुनुहुन्छ, तिमीले त्यसो नभनेको भए मेरा सिपाहीहरूले आफ्ना दाजुभाइलाई बिहानसम्म नै खेद्‍ने थिए ।”
2SA 2:28 त्यसैले योआबले तुरही फुके र तिनका सबै मानिसहरू रोकिए र फेरि इस्राएललाई खेदेनन् नत तिनीहरूले फेरि युद्ध गरे ।
2SA 2:29 अबनेर र तिनका मानिसहरूले अराबाहुँदै रातभरि यात्रा गरे । तिनीहरू यर्दन तरे, भोलि बिहानभरि हिंडे र त्‍यसपछि महनोममा पुगे ।
2SA 2:30 योआब अबनेरलाई लखेट्न छाडेर फर्के । तिनले आफ्ना सबै मानिसलाई भेला पारे जसमा असाहेल र दाऊदका उन्‍नाइस जना सिपाही मात्र भेट्टाइएनन् ।
2SA 2:31 तर दाऊदका मानिसहरूले अबनेरसँग भएका ३६० जना मानिसलाई मारेका थिए ।
2SA 2:32 त्यसपछि तिनीहरूके असाहेललाई लिए तिनका बुबाको चिहानमा गाडे, जुन बेथलेहेममा थियो । योआब र तिनका मानिसहरूले रातभरि यात्रा गरे र झिसमिसमा हेब्रोन पुगे ।
2SA 3:1 अब शाऊलका घराना र दाऊदका घरानाका बिच लामो समयसम्म युद्ध भइरह्‍यो । दाऊद झन्-झन् बलियो हुँदै गए, तर शाऊलको घराना झन्-झन् कमजोर हुँदै गयो ।
2SA 3:2 हेब्रोनमा दाऊदका छोराहरू जन्‍मे । तिनका जेठा छोरा यिजरेली अहीनोमबाट जन्मेका अमनोन थिए ।
2SA 3:3 तिनका महिला छोरा नाबबालकी विधवा कर्मेली अबीगेलबाट जन्मेका किलाब थिए । साहिंला छोरा अब्शालोम, जो गशूरका राजा तल्मैकी छोरी माकाका छोरा थिए ।
2SA 3:4 दाऊदका कहिंलो छोरा अदोनियाहचाहिं हग्गीतका छोरा थिए । तिनका ठाहिंला छोरा शपत्याहचाहिं अबीतलका छोरा थिए,
2SA 3:5 कान्छो छोरा यित्राम दाऊदकी पत्‍नी एग्‍लाका छोरा थिए । होब्रोनमा जन्‍मेका दाऊदका छोराहरू यिनै थिए ।
2SA 3:6 शाऊलका घराना र दाऊदका घराना बिचको युद्धको समयमा शाऊलको घरानामा अबनेरले आफूलाई निकै शक्तिशाली बनाए ।
2SA 3:7 अय्याकी छोरी रिश्‍पा शाऊलकी उपपत्‍नी थिइन् । ईश्‍बोशेतले अबनेरलाई भने, “तिमी मेरो बुबाको उपपत्‍नीसँग किन सुतेको?”
2SA 3:8 त्यसपछि ईश्‍बोशेतको कुराले अबनेर रिसले आगो भए र भने, “के म यहूदाको कुकुर हुँ? आज म तपाईंलाई दाऊदको हातमा नसुम्‍पेर तपाईंको बुबा शाऊको घराना, तिनका भाइहरू र तिनका मित्रहरूप्रति बफदारीता देखाइरहेको छु । तर अहिले तपाईंले मलाई यो स्‍त्रीको बारेको अपराधको दोष लगानुहुन्छ?
2SA 3:9 पमरप्रभुले गर्छु भनी दऊदसित शपथ खानुभएझैं मैले तिनलाई गरिनँ भने, परमेश्‍वरले म अबनेरलाई यो वा योभन्दा बढी गर्नुभएको होस्,
2SA 3:10 जसमा शाऊलको घरानाको राज्य हस्तान्तरण गर्न, र इस्राएलमाथि र यहूदामाथि दानदेखि बेर्शेबासम्मै दाऊदको सिंहासन स्थापित गर्न ।”
2SA 3:11 ईश्‍बोशेतले अबनेरलाई अर्को शब्द केही पनि भन्‍न सकेन, किनभने तिनीसँग उनी डराए ।
2SA 3:12 त्यसपछि अबनेरले यसो भन्दै दाऊदकहाँ दूतहरू पठाए, “यो देश कसको हो? मसँग एउटा करार गर्नुहोस् र सारा इस्राएललाई तपाईंकहाँ ल्याउन मेरो हात तपाईंसँग भएको तपाईंले देख्‍नुहुने छ ।”
2SA 3:13 दाऊदले जवाफ दिए, “राम्रो, तिमीसँग एउटा करार गर्नेछु । तर तिमी मलाई भेट्न आउँदा म तिमीबाट एउटा कुरा चाहन्छु, पहिले शाऊलकी छोरी मीकल नल्याएसम्म तिमीले मेरो मुख हेर्न पाउने छैनौ ।”
2SA 3:14 त्यसपछि दाऊदले यसो भन्‍दै शाऊलका छोरा ईश्‍बोशेतकहाँ दूतहरू पठाए, “मलाई मेरी पत्‍नी मीकल देऊ, जसलाई मैले सय जना पलिश्‍तीको खलडीको मूल्य तिरें ।”
2SA 3:15 त्यसैले ईश्‍बोशेतले मीकललाई लिन पठाए र तिनलाई तिनको पति लैशका छोरा पल्तिएलकहाँबाट ल्‍याए ।
2SA 3:16 तिनको पति रुँदै-रुँदै तिनसँगै गए र बहूरीमसम्म तिनलाई पछ्‍याए । तब अबनेरले तिनलाई भने, “अब घर फर्क ।” त्यसैले तिनी फर्के ।
2SA 3:17 अबनेरले इस्राएलका धर्म-गरुहरूसित यसो भनेर कुरा गरे, “विगतमा तपाईंहरूले दाऊदलाई आफ्‍ना राजा बनाउने प्रयास गर्दै हुनुहुन्‍थ्‍यो ।
2SA 3:18 अब यो काम गर्नुहोस् । किनकि परमप्रभुले दाऊदसित यसो भनेर बोल्‍नुभएको छ, 'म आफ्‍ना मानिसहरूलाई पलिश्‍तीहरूका हात र तिनीहरूका सबै शत्रुका हातबाट मेरो दास दाऊदको हातद्वारा नै बचाउने छु' ।”
2SA 3:19 अबनेर आफैले पनि बेन्यामीनका मानिसहरूसँग व्यक्‍तिगत रूपले कुरा गरे । त्यसपछि इस्राएल र बेन्यामीनका सम्पूर्ण घरानाले गर्न इच्छा गरेका सबै कुरा बताउन अबनेर दाऊदसँग कुरा गर्न हेब्रोनमा गए ।
2SA 3:20 जब अबनेर र तिनका बिस जना मानिसहरू दाऊदलाई भेट्न हेब्रोनमा आइपुगे, तब दाऊदले तिनीहरूका निम्ति भोज तयार गरे ।
2SA 3:21 अबनेरले दाऊदलाई सविस्तार बताए, “हे मेरो मालिक राजा, म उठेर सबै इस्राएललाई तपाईंकहाँ ल्याउने छु, ताकि तिनीहरूले तपाईंसँग करार बाँधुन् र सबैमाथि तपाईंले इच्छा गर्नुभएबमोजिम तपाईंले शासन गर्न सक्‍नुभएको होस् ।” यसैले दाऊदले अबनेरलाई पठाइदिए र अबनेर शान्‍तिसित विदा भए ।
2SA 3:22 त्यसपछि दाऊदका सिपाहीहरू र योआब लुटपिट गरेर आए र आफ्‍नो साथमा धेरै लुटका मालहरू ल्याए । तर अबनेरचाहिं हेब्रोनमा दाऊदसँग थिएनन् । दाऊदले तिनलाई पठाइसकेका थिए र अबनेर शान्तिसँग विदा भएका थिए ।
2SA 3:23 जब योआब र तिनीसँग भएका सबै फौज आइपुगे, तब तिनीहरूले योआबलाई भने, “नेरका छोरा अबनेर राजाकहाँ आए र राजाले तिनलाई शान्तिसँग पठाउनुभएको छ र अबनेर शान्तिसँग विदा भए ।”
2SA 3:24 तब योआब राजाकहाँ आए र भने, “तपाईंले य के गर्नुभएको छ? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आए ! तपाईंले तिनलाई किन पठाउनुभएको छ र तिनी गएका छन्?
2SA 3:25 नेरका छोरा अबनेर तपाईंलाई छल्न गर्न र तपाईंका योजनाहरू र तपाईंले गरिरहेका हरेक कुरा पत्ता लगाउन आएका होइनन् र?”
2SA 3:26 जब योआब दाऊदकहाँबाट गए, तब तिनले अबनेरको पछि-पछि दूतहरू पठाए र तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काए ल्याए, तर दाऊदलाई यो कुरा थाहा थिएन ।
2SA 3:27 जब अबनेर हेब्रोनमा फर्के, तिनीसित गोप्य रूपले कुरा गर्नलाई योआबले तिनलाई बिच ढोकाको एकातिर लिएर गए । त्‍यहाँ योआबले तिनलाई पेटमा घोचे र तिनलाई मारे । यसरी योआबले आफ्‍नो भाइ असाहेलको रगतको बदला लिए ।
2SA 3:28 जब दाऊदले यस कुराको बारेमा सुने, तब तिनले भने, “नेरका छोरा अबनेरको रगतको सम्बन्धमा म र मेरो राज्य सदासर्वदा परमप्रभुको सामु निर्दोष छौं ।
2SA 3:29 अबनेरको मृत्यको दोष योआब र तिनको बुबाको सारा घरानाको शिरमाथि नै परोस् । योआबको परिवारमा घाउ-खटिरा हुने वा छालाको रोग हुने वा लङ्गडो वा लट्ठीको साहाराले हिंड्ने वा खानाविना भौंतारिने मानिस कहिल्यै नटुटोस् ।”
2SA 3:30 यसरी योआब र तिनका भाइ अबीशैले अबनेरलाई मारे, किनभने तिनले गिबोनको युद्धमा तिनीहरूका भाइ असाहेललाई मारेका थिए ।
2SA 3:31 दाऊदले योआब र तिनीसँग भएका सबै मानिसलाई यसो भने, “आफ्नो लुगा च्यात, भाङ्ग्रा लगाओ र अबनेरको मृत शरीको सामु विलाप गर ।” दाऊद राजा मृत्‍यु संस्‍कारको लस्करमा लासको पछि-पछि हिंडे ।
2SA 3:32 तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे । अबनेरको चिहानमा राजा ठुलो धुरु-धुरु रोए र सबै मानिसहरू पनि रोए ।
2SA 3:33 राजाले अबनेरको निम्ति विलाप गरे र गित गाए, “के अबनेरले मूर्खले झैं मर्नुपर्छ?
2SA 3:34 तिम्रा हातहरू बाँधिएका थिएनन् । तिम्रा खुट्टाहरू साङ्लाले बाँधिएका थिएनन् । एक जना मानिस अन्यायीको छोराको सामु ढलेझैं, तिमी पनि ढल्यौ ।” फेरि एक पल्‍ट सबै मानिस तिनको निम्‍ति रोए ।
2SA 3:35 दिन छँदा नै दाऊदललाई खान मनाउन सबे मानिस आए तर दाऊदले शपथ खाए, “घाम नडुबेसम्म मैले रोटी वा कुनै कुरा चाखें भने परमेश्‍वरले मलाई यो वा योभन्दा बढ्ता गर्नुभएको होस् ।”
2SA 3:36 सबै मानिसले दाऊदको विलापलाई ख्याल गरे र यसले तिनीहरूलाई प्रशन्‍न तुल्यायो । दाऊदले जे गरे त्यसले तिनीहरूलाई खुसी तुल्यायो ।
2SA 3:37 त्यसैले नेरका छोरा अबनेरलाई मार्ने इच्छा राजाको थिएन भन्‍ने सारा मानिस र सारा इस्राएलले बुझे ।
2SA 3:38 राजाले आफ्‍ना सेवकहरूलाई भने, “आजको दिन इस्राएलमा एक जना शासक र महान् मानिस मरेका छन् भनी तिमीहरूलाई थाहा छैन?
2SA 3:39 म अभिषिक्‍त राजा भएर पनि अहिले म कमजोर भएको छु । यी मानिसहरू, सरूयाहका छोराहरू मप्रति साह्रै निर्दयी भएका छन् । तिनको दुष्‍टता सुहाउँदो दण्ड परमप्रभुले तिनलाई दिनुभएको होस् ।”
2SA 4:1 जब शाऊलका छोरा ईश्‍बोशेतले हेब्रोनमा अबनेरको मृत्यु भयो भनी सुने, तब तिनको हातहरू कमजोर भए र सारा इस्राएल पीडामा पर्‍यो ।
2SA 4:2 शाऊलका छोराका दुई जना मानिस थिए जो सिपाहरूका समूहहरूका कप्‍तानहरू थिए । एक जनाको नाउँ बानाह र अर्काको नाउँ रेकाब थियो, जो बेन्यामीनको मानिस बेरोती रिम्‍मोनका छोराहरू थिए (किनभने बेरोतलाई बेन्यामीनको हिस्‍सा ठानिन्छ,
2SA 4:3 र बेरोतीहरू गित्तैममा भागेर गए र आजसम्म पनि तिनीहरू त्यहीं बसिरहेका छन् ।)
2SA 4:4 शाऊलका छोरा जोनातनका एक जना छोरा थिए जसको खुट्टो लङ्गडो थियो । यिजरेलबाट शाऊल र जोनाथनको खबर आउँदा तिनी पाँच वर्षका थिए । भाग्‍नलाई तिनको धाईले तिनलाई बोकिन् । तर तिनी दौडँदै गर्दा, जोनाथनका छोरा खसे र लङ्गडो भए । तिनको नाउँ मेपीबोशेत थियो ।
2SA 4:5 त्यसैले बेरोती रिम्‍मोनका छोराहरू रेकाब र बानाह दिनको चर्को घाममा ईश्‍बोशेतको घरतिर जान हिंडेर मध्यन्हमा आराम गरिरहँदा तिनको घरमा पुगे ।
2SA 4:6 ढोकाको स्‍त्री पाले गहूँ ओसार्दै गर्दा मस्‍त निदाएकी थिइन् र रेकाब र बानाह बिस्तार हिंडे र तिनलाई पार गरेर गए ।
2SA 4:7 यसरी तिनीहरू घरभित्र पसेपछि, तिनी आफ्नो कोठाको ओछ्यानमा पल्टिरहेको बेला तिनीहरूले तिनलाई आक्रमण गरे र तिनलाई मारे । त्यसपछि तिनीहरूले तिनको टाउको काटे र बोकेर रातभरि अराबातिर जाने बाटो हिंडे ।
2SA 4:8 तिनीहरूले ईश्‍बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्याए र तिनीहरूले राजालाई भने, “हे्र्नुहोस्, यो तपाईंको जीवन लिन खोज्‍ने तपाईंको शत्रु शाऊलका छोरा ईश्‍बोशेतको टाउको हो । आज परमप्रभुले शाऊल र तिनका सन्तानहरूको विरुद्धमा हाम्रो मालिक राजाको बद्‍ला लिनुभएको छ ।”
2SA 4:9 दाऊदले बेरोती रिम्‍मोनका छोराहरू रेकाब र बानाहलाई जावफ दिए । तिनले तिनीहरूलाई भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, जसले मेरो जीवन हरेक कष्‍टबाट बचाउनुभयो,
2SA 4:10 जब कसैले मलाई त्यसले शुभखबर ल्याउँदैछ भन्‍ने ठानी 'हेर्नुहोस्, शाऊल मरेको छ,' भन्‍यो, मैले त्यसलाई समातें र सिक्लगमा मारें । त्यसको खबरको निम्ति मैले त्यसलाई त्यो इनाम दिएँ ।
2SA 4:11 झन दुष्‍ट मानिसहरूले एक जना निर्दोष व्यक्‍तिलाई आफ्नो घरमा आफ्नै ओछ्यानमा मार्दा, के मैले तिमीहरूको हातबाट त्यसको रगतको बद‍ला लिएर तिमीहरूलाई पृथ्वीबाट नहटाउँ?”
2SA 4:12 त्यसपछि दाऊदले जवान मानिसहरूलाई हुकुम गरे र उनीहरूले तिनीहरूलाई मारे अनि तिनीहरूका हातहरू र खुट्टाहरू काटेर हेब्रोनको तलाउनेर झुण्ड्याए । तर तिनीहरू ईश्‍बोशेतको टाउकोलाई लिए र त्‍यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे ।
2SA 5:1 त्यसपछि सबै इस्राएल हेब्रोनमा दाऊदकहाँ आए र भने, “हे्र्नुहोस्, हामी तपाईंकै मासु र हड्‍डी हौं ।
2SA 5:2 केही समयअगि जब शाऊल हामीमाथि राजा थिए, तब तपाईंले नै इस्राएलको फौजको नेतृत्व गर्नुभयो । परमप्रभुले तपाईंलाई भन्‍नुभयो, 'तैंले नै मेरा इस्राएल इस्राएलको गोठालो गर्ने छस् र तँ नै इस्राएलमाथि शासक हुने छस्' ।”
2SA 5:3 त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू राजाकहाँ हेब्रोनमा आए र राजा दाऊदले परमप्रभुको सामु तिनीहरूसँग करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे ।
2SA 5:4 दाऊदले राज्‍य गर्न सुरु गर्दा तिनी तिस वर्षका थिए र तिनले चालिस वर्षसम्म राज्‍य गरे ।
2SA 5:5 तिनले हेब्रोनमा सात वर्ष छ महिना राज्‍य गरे र सबै इस्राएल र यहूदामा तेत्तीस वर्ष राज्‍य गरे ।
2SA 5:6 राजा र तिनका मानिसहरू त्यस ठाउँका बासिन्दाहरू अर्थात् यरूशलेमका यबूसीहरूका विरुद्ध लड्न गए । तिनीहरूले दाऊदलाई भने, “तपाईं यहाँ आउनुभयो भने, अन्धा र लङ्गडाले नै फर्काइदिने छन्। दाऊद यहाँ आउन सक्दैन ।”
2SA 5:7 तापनि, दाऊदले सियोनका किल्ला कब्जा गरे, जुन अहिले दाऊदको सहर हो ।
2SA 5:8 त्यति नै बेला दाऊदले भने, “यबूसीहरूलाई आक्रमण गर्नेहरूले 'लङ्गडा र अन्धाकहाँ’ पुग्‍न पानीको नालीबाट जाने छ जो दाऊदका शत्रुहरू हुन् ।” यसैले मानिसहरूले भन्छन्, “'अन्धा र लङ्गडाहरू' दरबारमा प्रवेश गर्नुहुँदैन ।”
2SA 5:9 त्यसैले दाऊद त्यो किल्लामा बसे र यसलाई दाऊदको सहर भनियो । तिनले यसलाई गाराहरूदेखि भित्रसम्म नै किल्लाबन्दी गरे ।
2SA 5:10 दाऊद धेरै शक्तिशाली भए किनभने परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर तिनीसँग हुनुहुन्थ्यो ।
2SA 5:11 त्यसपछि टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए अनि देवदारुका काठहरू, डकर्मीहरू र सिकर्मीहरूलाई पनि पठाए । तिनीहरूले दाऊदको निम्ति महल बनाए ।
2SA 5:12 परमप्रभुले आफूलाई इस्राएलमाथि राजाको रूपमा स्थापित गर्नुभएको थियो भनी दाऊदले जान्‍दथे र उहाँले आफ्‍ना मानिस इस्राएलको खातिर तिनको राज्यलाई उच्‍च पार्नुभएको थियो ।
2SA 5:13 दाऊदले हेब्रोन छोडे र यरूशलेममा आए, त्‍यसपछि तिनले यरूशलेममा अरू धेरै उपपत्‍नीहरू र पत्‍नीहरू ल्याए र तिनका अरू धेरै छोराहरू र छोरीहरू जन्मे ।
2SA 5:14 यरूशलेममा जन्मेका तिनका छोराछोरीका नाउँ यीनै थिएः शम्मूअ, शोबाब, नातान, सोलोमन,
2SA 5:15 यिभार, इलीशूअ, नेपेग, यापी,
2SA 5:16 एलीशामा, एल्यादा र एलीपेलेत ।
2SA 5:17 अब दाऊदलाई इस्राएलको राजा अभिषेक गरिएको छ भनेर जब पलिश्‍तीहरूले सुने, तब तिनीहरू सबै तिनलाई खोज्‍न गए । तर दाऊदले यो सुने र तल किल्लामा गए ।
2SA 5:18 पलिश्‍तीहरू आएका थिए र रपाईको बेसीमा छरिएका थिए ।
2SA 5:19 त्यसपछि दाऊदले परमप्रभुसँग सहायता मागे । तिनले भने, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले मलाई तिनीहरूमाथि विजय दिनुहुन्छ?” पमरप्रभुले दाऊदलाई भन्‍नुभयो, “आक्रमण गर्, किनभने म निश्‍चय नै तँलाई पलिश्‍तीहरूमाथि विजय गराउने छु ।”
2SA 5:20 त्यसैले दाऊदले बाल‍-पराजीमा आक्रमण गरे र त्‍यहाँ तिनले तिनीहरूलाई पराजित गरे । तिनले भने, “परमप्रभु विष्फोट हुने पानीको बाढीझैं मेरो सामु मेरा शत्रुहरूका विरुद्ध विष्फोट हुनुभएको छ ।” त्यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम भयो ।
2SA 5:21 पलिश्‍तीहरूले त्यहाँ आफ्‍ना मूर्तीहरू छोडिराखे अनि दाऊद र तिनका मानिसहरूले ती लिएर गए ।
2SA 5:22 त्‍यसपछि पलिश्‍तीहरू फेरि माथि आए र फेरि एक पटक रपाईो बेसीमा फैलिएर बसे ।
2SA 5:23 त्यसैले दाऊदले फेरि पनि परमप्रभुसँग सहायता मागे र पमरप्रभुले तिनलाई भन्‍नुभयो, “तैंले तिनीहरूलाई अडागिबाट आक्रमण गर्नु हुँदैन, तर तिनीहरूको पछिल्तिरबाट फन्को मारेर लहरे-पिपलको जङ्गलभएर तिनीहरूमाथि जाइलाग ।
2SA 5:24 जब तैंले लहरे-पिपलको टुप्पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्‍छस्, तब फौजका साथमा आक्रमण गर् । यसो गर् किनभने तैंले पलिश्‍तीहरू आक्रमण गर्नुअगि परमप्रभु जानुभएको हुनुहुने छ ।”
2SA 5:25 त्यसैले परमप्रभुले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्‍तीहरूलाई गिबिनदेखि गेजेरतिर जाने बाटोसम्म नै मारे ।
2SA 6:1 दाऊदले फेरि पनि इस्राएलका चुनिएका सबै तिस हजार मानिसलाई एकसाथ भेला पारे ।
2SA 6:2 दाऊद उठे र यहूदाको बालाबाट पमरप्रभुको सन्दुक ल्याउनलाई आफूसँग भएका सबै मानिसलाई साथमा लिएर गए, जसलाई सर्वशकक्‍तिमान् परमप्रभुको नाउँद्वारा पुकारा गरिन्‍छ जो करूबहरूमाथि विराजमान हुनुहुन्छ ।
2SA 6:3 तिनीहरूले परमप्रभुको सन्दुकलाई एउटा नयाँ गाडामा राखे । तिनीहरूले यसलाई अबीनादाबको घरबाट बाहिर ल्याए, जुन डाँडामाथि थियो । तिनका छोराहरू उज्‍जाह र अहियोले त्‍यो नयाँ गाडालाई ठेल्‍दै थिए ।
2SA 6:4 तिनीहरूले परमेश्‍वरको सन्दुकसहितको गाडालाई डाँडामा भएको अबीनादाको घरबाट बाहिर ल्याए । अहियो सन्दुकको अगिअगि हिंडिरहेका थिए ।
2SA 6:5 तब दाऊद र इस्राएलका सबै घरानाले परमप्रभुको सामु काठका साधनहरू, वीणा, सारङ्गी, खैंजडीहरू, मृदङ्ग र झ्यालीहरू बजाउँदै उत्सव मनाउन थाले ।
2SA 6:6 जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाए, र उज्‍जाहले परमेश्‍वरको सन्दुक समात्‍नलाई आफ्‍नो हात पसारे र तिनले त्‍यो समाते ।
2SA 6:7 त्यसपछि परमप्रभुको रिस उज्‍जाहको विरुद्ध दन्कियो । तिनको पापको कारणले परमेश्‍वरले तिनलाई त्यहाँ आक्रमण गर्नुभयो । उज्‍जाह त्यहाँ नै परमेश्‍वरको सन्दुकनेर मरे ।
2SA 6:8 दाऊद रिसाए, किनभने परमप्रभुले उज्‍जाहलाई आक्रमण गर्नुभएको थियो र तिनले त्यस ठाउँलाई फारेस-उज्‍जाह भने । त्यस ठाउँलाई आज पनि फारेस-उज्‍जाह नै भनिन्छ ।
2SA 6:9 दाऊद त्यस दिन परमप्रभुसँग डराएका थिए । तिनले भने, “परमप्रभुको सन्दुक मकहाँ कसरी आउन सक्छ?”
2SA 6:10 त्यसैले दाऊदले परमप्रभुको सन्दुकलाई दाऊदको सहरमा लान तत्पर भएनन् । बरु, तिनले यसलाई गित्ती ओबेद-एदोमको घरमा राखे ।
2SA 6:11 पमरप्रभुको सन्दुक गित्ती ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्यो । त्यसैले परमप्रभुले तिनलाई र तिनका सबै घरानालाई आशिष् दिनुभयो ।
2SA 6:12 अब दाऊद राजालाई भनियो, “परमेश्‍वरको सन्दुकको कारणले परमप्रभुले एदोमको घर र तिनीसँग भएका हरेक कुरामा आशिष् दिनुभएको छ ।” त्यसैले दाऊद गए र तिनले परमेश्‍वरको सन्दुकलाई एदोमको घरबाट दाऊदको सहरमा आनन्द साथ ल्याए ।
2SA 6:13 जब परमप्रभुको सन्दुक बोक्‍नेहरू छ कदम अगि बढ्‍थे, तब तिनले एउटा साँढे र एउटा पोसेको बाछो बलि चढाउँथे ।
2SA 6:14 पमरप्रभुको सामु आफ्‍नो सारा शक्ति लगाएर दाऊद नाचे । तिनले सूतीको एपोद मात्र लगाएका थिए ।
2SA 6:15 यसरी दाऊद र इस्राएलका सबै घरानाले परमप्रभुको सन्दुक रमाहट गर्दै र तुरही बजाउँदै लिएर आए ।
2SA 6:16 अब जब परमप्रभुको सन्दुक दाऊदको सहरमा आयो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट बाहिर हेरिन् । परमप्रभुको सामु दाऊद राजा उफ्रँदै र नाँच्दै गरेको तिनले देखिन् । तब आफ्‍नो हृदयमा तिनले उनलाई घृणा गरिन् ।
2SA 6:17 तिनीहरू परमप्रभुको सन्दुक ल्याए र त्‍यसको निम्‍ति दाऊदले तयार पारेका बिचको पालमा त्‍यसको आफ्नै ठाउँमा त्‍यो राखे । तब दाऊदले परमप्रभुको सामु होमबलि र मेलबलिहरू चढाए ।
2SA 6:18 जब दाऊदले होमबलि र मेलबलिहरू चढाएर सिद्ध्याए, तिनले मानिसहरूलाई सर्वशक्तिमान् परमप्रभुको नाउँमा आशिष् दिए ।
2SA 6:19 त्यसपछि तिनले सबै मानिसका माझमा, सम्पूर्ण इस्राएलको भिडलाई पुरुष र महिला दुवैलाई एउटा रोटी, एक डल्लो खजूर र एक झुप्पा किसमिस बाँडिदिए । अनि सबै मानिस विदा भए । प्रत्‍येक व्‍यक्‍ति उसको आफ्‍नै घरमा फर्कियो ।
2SA 6:20 त्यसपछि दाऊद आफ्‍नो परिवारलाई आशिष् दिन फर्केर गए । शऊलकी छोरी मीकल दाऊदलाई भेट्न आइन् र भनिन्, “इस्राएलको राजाको आज कति ठुलो इज्‍जत भएको, जसले आफ्नो सेविकाहरू र सेवकहरूको माझ निर्लज्‍ज रूपमा आफूलाई निवर्वस्‍त्र पार्ने कुपात्रले झैं आफैलाई निर्वस्‍त्र तुल्याए ।”
2SA 6:21 दाऊदले मीकललाई जवाफ दिए, “त्यो मैले परमप्रभुको सामु गरें, जसले मलाई तिम्रा बुबा र तिनका सबै परिवारमाथि चुन्‍नुभयो, जसले मलाई परमप्रभुका मानिसहरू इस्राएलमाथि अगुवा चुन्‍नुभयो । परमप्रभुको सामु म आनन्दित हुने छु ।
2SA 6:22 म योभन्दा अझ धेरै अप्रतिष्ठित हुने छु र म मेरै आँखामा अपमानिस हुने छु । तर तिमीले भनेकी यी सेविकाहरूद्वारा नै मेरो इज्‍जत गरिने छ ।”
2SA 6:23 त्यसैले शाऊलकी छोरी मीकलको मृत्युको दिनसम्म पनि कुनै सन्तान भएन ।
2SA 7:1 राजाले आफ्नो घर व्यवस्थित गरेपछि र तिनका वरिपरिका सबै शत्रुबाट परमप्रभुले विश्राम दिनुभएपछि,
2SA 7:2 राजाले नतान अगमवक्‍तालाई भने, “हे्र्नुहोस्, म देवदारुको महलमा बसिरहेको छु, तर परमेश्‍वरको सन्दुकचाहिं पालको माझमा रहिरहेको छ ।”
2SA 7:3 त्यसपछी नातानने राजालाई भने, “जानुहोस्, तपाईंको मनमा जे छ सो गर्नुहोस्, किनभने परमप्रभु तपाईंसँग हुनुहुन्छ ।”
2SA 7:4 तर त्यसै रात परमप्रभुको वचन नातानकहाँ यसो भनेर आयो,
2SA 7:5 “जा र मेरो दास दाऊदलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'के तैंले मेरो निम्ति बस्‍नलाई मन्‍दिर बनाउने छस्?
2SA 7:6 किनकि मैले इस्राएलका मानिसलाई मिश्र देशबाट ल्याएको दिनदेखि वर्तमान्‌ समयसम्म नै म मन्‍दिरमा बसेको छैन । बरु, म पालमा अर्थात् पवित्र वासस्थानमा नै घुमिहिंडेको छु ।
2SA 7:7 इस्राएलका सबै मानिस माझमा म घुमफिर गरेका सबै ठाउँमा, मेरा मानिस इस्राएलका रेखदेख गर्न मैले नियुक्‍ति गरेका इस्राएलका कुनै पनि अगुवालाई मैले कहिलै यसो भनें र, “तैंले मेरो निम्ति किन देवदारुको मन्‍दिर बनाएको छैनस्?”
2SA 7:8 अब उप्रान्‍त, मेरो सेवक दाऊदलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ, 'मैले तँलाई खर्कबाट, भेडाहरूको पछिपछि हिंड्न छोडेर बोलाएँ, ताकि तैंले मेरा मानिस इस्राएलाई शासन गर्नुपर्छ ।
2SA 7:9 तँ जहाँजहाँ गए तापनि म तँसँगै गएको छु । मैले तेरा सबै शत्रुलाई तेरो सामुन्‍नेबाट नामेट पारेको छु । अब म तेरो नाउँलाई पृथ्वीका महान् नाउँहरूजस्तै महान् बनाउने छु ।
2SA 7:10 म आफ्‍ना मानिस इस्राएलको निम्ति एउटा स्थान नियुक्‍ति गर्नेछु र तिनीहरूलाई म त्यहाँ राख्‍ने छु, ताकि तिनीहरू आफ्नै ठाउँमा बसोबास गरुन् र फेरि समस्‍या नपरुन् । दुष्‍ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्ने छैनन् ।
2SA 7:11 जस्तो मेरा मानिस इस्राएलका निम्ति न्यायकर्ता हुनलाई मैले आज्ञा गरेका दिनहरूदेखि नै तिनीहरूले गरिरहेका थिए । अब तेरा सबै शत्रुबाट म तँलाई विश्राम दिने छु । यसको साथै, म परमप्रभुले तँलाई भन्‍छु कि म तेरो निम्ति एउटा घराना बनाउने छु ।
2SA 7:12 जब तेरो दिन पुरा हुने छ र तँ आफ्‍ना पुर्खाहरूसँग सुत्‍ने छस्, तब तँपछिको तेरो सन्तानलाई म खडा गर्ने छु, जो तेरै शरीरबाट आउने छ र म त्यसको राज्य स्थापित गर्ने छु ।
2SA 7:13 त्यसैले मेरो नाउँको निम्ति एउटा मन्‍दिर बनाउने छ र म त्यसको सिंहासनलाई सदाको निम्ति स्थापित गर्ने छु ।
2SA 7:14 म त्यको बुबा हुने छु र त्यो मेरो छोरा हुने छ । जब त्यसले पाप गर्छ, तब म त्यसलाई मानिसका लोरोले र मानिसका छोराहरूका कोर्राहरूले अनुशासित गर्ने छु ।
2SA 7:15 तर मेरो करारको बफदारीताको त्यसलाई छोड्ने छैन, जसरी मैले त्‍यो शाऊलबाट थिएँ, जसलाई मैले तेरो सामुबाट हटाएँ ।
2SA 7:16 तेरो घराना र राज्य तेरो सामु सदाको निम्ति सुदृढ गरिने छ । तेरो सिंहसान सदाको निम्ति स्थापित गरिने छ' ।”
2SA 7:17 नातानले दाऊदलाई भने, र तिनले यी सबै वचन तिनला सुनाए र तिनले उनलाई समग्र दर्शनबारे बताए ।
2SA 7:18 त्यसपछि राजा दाऊद भित्र गए र परमप्रभुको सामु बसे र यसो भने, “हे परमप्रभु परमेश्‍वर, म को हुँ र मेरो परिवार के हो र मलाई यहाँसम्म ल्याउनुभएको छ?
2SA 7:19 अब हे परमप्रभु परमेश्‍वर, यो तपाईंको दृष्‍टिमा सानो कुरा थियो । हे परमप्रभु परमेश्‍वर, तपाईंको सेवकको घरानामा धेरै समयपछि हुन आउने कुराका बारेमा पनि तपाईंले भन्‍नुभएको छ र भावी पुस्‍ताहरूका बारेमा मलाई प्रकट गर्नुभएको छ ।
2SA 7:20 म दाऊदले तपाईंलाई अरू भन्‍न सक्‍छु र? हे परमप्रभु परमेश्‍वर, तपाईंको सेवकलाई तपाईंले चिन्‍नुभएको छ ।
2SA 7:21 तपाईंको वचनको खातिर र तपाईंको आफ्नो उद्‍देश्‍य पूरा गर्नलाई, तपाईंले यो ठुलो काम गर्नुभएको छ र तपाईंको सेवकलाई त्‍यो प्रकट गर्नुभएको छ ।
2SA 7:22 यसकारण, हे परमप्रभु परमेश्‍वर, तपाईं महान् हुनुहुन्छ, किनकि तपाईंजस्तो कोही पनि छैन र तपाईंबाहेक कुनै परमेश्‍वर छैन, जस्तो हाम्रा आफ्नै कानले हामीले सुनेका छौं ।
2SA 7:23 तपाईंको मानिस इस्राएलजस्तो कुन जाति छ, एउटा यस्तो जाति जसलाई तपाईं परमेश्‍वर आफैं गएर छुटकारा दिनुभयो? तपाईंले यो गर्नुभयो ताकि तपाईंको आफ्‍नो नाउँ महान् बनाउन, र तपाईंको देशको निम्ति डरलाग्‍दा कामहरू गर्न तिनीहरू तपाईंका मानिसहरू हुन सकुन् । जातिहरूलाई र तिनीहरूका देवताहरूलाई तपाईंले आफ्‍ना मानिसहरूका सामुबाट धपाउनुभयो, जसलाई तपाईंले मिश्रदेशबाट छुटकारा दिनुभयो ।
2SA 7:24 तपाईंले इस्राएललाई सदाको निम्ति आफ्नै मानिसको रूपमा स्थापित गर्नुभयो र तपाईं परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनुभयो ।
2SA 7:25 त्यसैले अब, हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्नो सेवक र त्यसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदाको निम्ति स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् ।
2SA 7:26 तपाईंको नाउँ सदासर्वदा महान् होस्, ताकि मानिसहरूले भनुन्, 'सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्छ' जति बेला तपाईंको सेकम म, दाऊदको घराना तपाईंको सामु स्थापित हुन्छ ।
2SA 7:27 किनकि हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर, आफ्‍नो सेवकको निम्‍ति तपाईंले एउटा घराना निर्माण गर्नुहुने छ भनी तपाईंले उसलाई प्रकट गर्नुभएको छ । यसैले म तपाईंको सेवकले तपाईंसँग प्रार्थना गर्ने आँट गरेको छु ।
2SA 7:28 अब हे परमप्रभु परमेश्‍वर, तपाईं परमेश्‍वर हुनुहुन्छ र तपाईंका वचनहरू भरपर्दा छन् र तपाईंले आफ्नो सेवकलाई यो असल प्रतिज्ञा गर्नुभएको छ ।
2SA 7:29 अब उप्रान्त, आफ्नो सेवकको घरानालाई आशिष् दिन प्रशन्‍न हुनुहोस्, ताकि तपाईंको सामु यो सदा रहिरहोस् । किनकि हे परमप्रभु, तपाईंले यी कुराहरू भन्‍नुभएको छ र तपाईंको आशिष्‌ले तपाईंको सेवकको घरानाले सदा आशिष् पाउने छ ।
2SA 8:1 यसपछि यस्‍तो भयो, दाऊदले पलिश्‍तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई परास्‍त गरे । त्यसैले दाऊदले मेथेग आमाहलाई पलिश्‍तीहरूको अधीनबाट लिए ।
2SA 8:2 त्यसपछि तिनले मोआबलाई परास्‍त गरे र तिनीहरूका मानिसहरूलाई मैदानमा सुताएर एउटा डोरीले नापे । तिनले दुई नापभित्र पर्नेहरूलाई मारे र अर्को एक नापमा पर्नेहरूलाई जीवित राखे । त्यसैले मआबीहरू दाऊदका नोकरहरू भए र तिनलाई कर तिर्न थाले ।
2SA 8:3 त्‍यसपछि सोबाका राजा रहोबका छोरा हददेजेरले यूफ्रेटिस नदीनेर आफ्नो शासन पुनर्स्थापना गर्नलाई यात्रा गरिरहँदा दाऊदले तिनलाई परास्‍त गरे ।
2SA 8:4 दाऊदले तिनीबाट १,७०० रथहरू र बिस हजार पैदल सिपाही कब्जा गरे । दाऊदले सबै रथ तान्‍ने घोडाहरूको ढोडनसा काटिदिए, तर आफूलाई एक सय रथहरू मात्र राखे ।
2SA 8:5 जब दमसकसका आरामीहरू सोबाका राजा हददेजेरलाई सहायता गर्न आए, तब दाऊदले बाइस हजार आरामी पुरुषलाई मारे ।
2SA 8:6 तब दाऊदले दमसकसको आराममा छाउनी राखे र आरामीहरू तिनका नोकरहरू भए र तिनलाई कर ल्‍याए । दाऊद जहाँजहाँ गए, त्यहाँत्यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो ।
2SA 8:7 दाऊद हददेजेरका सेवकहरूसँग भएका सुनका ढालहरू लिए र ती यरूशलेममा ल्याए ।
2SA 8:8 हददेजेरका सहरहरू तेबह र बेरोतैबाट दाऊदले धेरै काँसा ल्याए ।
2SA 8:9 दाऊदले हददेजेरका फौजलाई दाऊदले परास्‍त गरेका थिए भनी जब हमातका राजा तोऊ सुने,
2SA 8:10 तब तोऊले दाऊदलाई अभिवादन गर्न र आशिष् दिन आफ्‍नो छोरा योरामलाई पठाए, किनभने दाऊदले हददेजेरसँग युद्ध गरेका र तिनलाई पराजित गरेका थिए, किनभने हददेजेरले तोऊ विरुद्ध युद्ध गरेका थिए । योरामले आफ्‍नो साथमा सुन, चाँदी र काँसाका सामानहरू ल्याए ।
2SA 8:11 राजा दाऊदले यी सामानहरू साथै तिनले कब्जा गरेका सबै जातिबाट लिएका चाँदी र सुनलाई परमप्रभुको निम्ति अलग गरे,
2SA 8:12 ती आराम, मोआब, अम्‍मोनका मानिसहरू, पलिश्‍तीहरू, र अमालेक साथै सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका सामानहरू पनि ।
2SA 8:13 दाऊदले नुनको बेसीमा अठार हजार अरामीहरूलाई जितेर फर्कंदा तिनको नाउँ चर्चित भएको थियो ।
2SA 8:14 तिनले एदोमका सबै ठाउँमा छाउनी तैनाथ गरे र सबै एदोमी तिनका सेवकहरू भए । दाऊद जहाँजहाँ गए त्यहाँत्यहाँ नै परमप्रभुले विजय दिनुभयो ।
2SA 8:15 दाऊदले सारा इस्राएलभरि शासन गरे र तिनले आफ्‍ना सबै मानिसलाई न्याय र धार्मिकता प्रदान गरे ।
2SA 8:16 सरूयाहका छोरा योआब सेनाका कमाण्‍डर थिए र अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।
2SA 8:17 अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पुजारीहरू थिए र सरायाह शास्‍त्री थिए ।
2SA 8:18 यहोयादाका छोरा बनायाह करेती र पलेथीहरूका प्रमुख थिए र दाऊदका छोराहरू राजाका मुख्य अधिकृतहरू थिए ।
2SA 9:1 दाऊदले भने, “के शाऊलको परिवारका कोही बाँकी छन्, जसलाई जोनाथनको खातिर म दया देखाउन सक्‍छु?”
2SA 9:2 शाऊलको परिवारमा त्यहाँ सीबा नाम गरेका एक जना सेवक थिए, र उनीहरूले तिनलाई दाऊदकहाँ बोलाए । राजाले तिनलाई सोधे, “के तिमी सीबा हौ?” तिनले जवाफ दिए, “हो हजूर, म तपाईंको सेवक ।”
2SA 9:3 त्यसैले राजाले भने, “के शाऊलको परिवारमा कुनै व्‍यक्‍ति बाँकी छैन जसलाई मैले परमेश्‍वरको दया देखाउन सक्‍छु?” सीबाले राजालाई जवाफ दिए, “जोनाथनको अझै एउटा छोरा छन्, जो आफ्‍नो खुट्टाको लङ्गडा छन् ।”
2SA 9:4 राजाले तिनलाई भने, “तिनी कहाँ छन्?” सीबाले राजालाई जवाफ दिए, “हे्र्नुहोस्, तिनी लो-देबारमा अम्मीएलका छोरा माकीरको घरमा छन् ।”
2SA 9:5 त्यसपछि राजा दाऊदले मानिसहरू पठाए र तिनलाई लो-देबारमा अम्मीएलका छोरा माकीरको घरबाट ल्याउन लगाए ।
2SA 9:6 त्यसैले शाऊलका नाति, जोनाथनका छोरा मपीबोशेत दाऊदकहाँ आए र दाऊदलाई आदर गर्न आफ्‍नो अनुहार भुईंमा घोप्टो पारे । दाऊदले भने, “ए मपपीबोशेत ।” तिनले जवाफ दिए, “हेर्नुहोस्, म तपाईंको सेवक हुँ ।”
2SA 9:7 दाऊदले तिनलाई भने, “नडराऊ, किनकि तिम्रो बुबा जोनाथनको खातिर म तिमीलाई निश्‍चय नै दया देखाउने छु र तिम्रो हजुरबुबा शाऊलका सबै जमिन म तिमीलाई फिर्ता दिने छु र तिमी सधैं मेरो टेबलमा खाने छौ ।”
2SA 9:8 मपीबोशेतले शिर झुकाएर भने, “तपाईंको दास के हो र, हजूरले मजस्तो मरेको कुकुरजस्तोलाई निगाह गर्नुहुन्छ?”
2SA 9:9 त्यसपछि राजाले शाऊलका सेवक सीबालाई बोलाएर तिनलाई भने, “शाऊल र तिनका परिवारका सबै थोक मैले तिम्रो मालिकको नातिलाई दिएको छु ।
2SA 9:10 तिमी, तिम्रा छोराहरू र तिम्रा सेवकहरूले तिनको निम्ति जमिनमा खेतीपाती गर्नुपर्छ र तिमीले अन्‍नहरू कटानी गर्नुपर्छ ताकि तिम्रो मालिकको नातिलाई खानलाई भोजन हुने छ । किनकि तिम्रो मालिकको नाति मपीबोशेतले सदैब मेरो टेबलमा खानुपर्छ ।” यति बेला सीबाका पन्ध्र जना छोरा र बिस जना सेवकहरू थिए ।
2SA 9:11 सीबाले राजालाई भने, “मेरा मालिक, हजूरले आफ्‍नो सेवकलाई आज्ञा गर्नुभएको सबै कुरा हजूरको सेवकले गर्ने छ ।” राजाले थपे, “मपीबोशेतको बारेमा, राजाका छोरामध्ये एक जनाझैं तिनले मेरो टेबलबाट खाने छन् ।”
2SA 9:12 मपीबोशेतको एक जना जवान छोरा थिए, जसको नाउँ मीका थियो । सीबाका घरमा बस्‍ने सबै मपीबोशेतका सेवकहरू थिए ।
2SA 9:13 त्यसैले मपीबोशेत यरूशलेममा बसे र तिनले सधैं राजाको टेबलमा खाए, यद्यपि तिनको दुवै खुट्टा लङ्गडा थिए ।
2SA 10:1 पछि यस्‍तो भयो, अम्‍मोनका मानिसहरूका राजाको मृत्यु भयो, र पछि तिनका छोरा हानून तिनको सट्टामा राजा भए ।
2SA 10:2 दाऊदले भने, “तिनका बुबा नाहाशेले मलाई दया देखाएझैँ, म नाहाशका छोरा हानूनलाई दया देखाउने छु ।” त्यसैले दाऊदले तिनका बुबाको सम्बन्धमा हानूनलाई सान्त्वना दिन आफ्‍ना सेवकहरूलाई पठाए । तिनका सेवकहरू अम्‍मोनको मानिसहरूको देशमा पसे ।
2SA 10:3 तर अम्‍मोनका मानिसहरूका अगुवाहरूलले आफ्‍ना मालिक हानूनलाई भने, “के साँच्‍चै दाऊदले तपाईंलाई सान्त्वना दिन मानिसहरू पठाएर तपाईंको बुबालाई आदर गर्दै छन् भनी तपाईं साँच्‍चै विचार गर्नुहुन्‍छ? के दाऊदले यो सहरलाई नाश गर्न यसको जासुसी गर्न र यसलाई हेर्न तिनका सेवकहरूलाई पठाएका होइनन् र?”
2SA 10:4 त्यसैले हानूनले दाऊदका सेवकहरूलाई समाते, तिनीहरूका दाह्री आधा खौरे, तिनीहरूको जाँघसम्म तिनीहरूको पोशाक काटिदिए र तिनीहरूलाई पठाए ।
2SA 10:5 जब तिनीहरूले यो कुरा दऊदलाई बताए, तब तिनले तिनीहरूलाई भेट्न मानिसहरूलाई पठाए, किनकि यी मानिसहरू साह्रै लज्‍जित भएका थिए । राजाले भने, “तिमीहरूको दाह्री फेरि नबढेसम्म यरीहोमा नै बस र त्‍यसपचि फर्क ।”
2SA 10:6 जब अम्‍मोनका मानिसहरूले उनीहरू दाऊदको निम्ति दुर्गन्धित भएका थिए भन्‍ने थाहा पाए, अम्‍मोनका मानिसहरूले दूतहरू पठाए र बेथ-रहोब र सोबाका बिस हजार आरामी पैदल सिपाही, दश हजार सिपाहीसहित माकाका राजा र बाह्र हजार पुरुषसहित तोबका मानिसहरूलाई भाडामा लिए ।
2SA 10:7 जब दाऊदले यसको बारेमा सुने, तब तिनले योआब र सिपाहीहरूका सबै फौजलाई पठाए ।
2SA 10:8 अम्‍मोनीहरू बाहिर निस्‍के र आफ्‍नो सहरको ढोकामा युद्धको मोर्चा बाँधे, जबकि सोबा र रहोबका अरामीहरू, अनि तोब र माकाका मानिसहरू भने तिनीहरूसँगै खुल्ला मैदानमा तैनाथ भए ।
2SA 10:9 जब योआबले अगाडी र पछाडी दुवैतिरबाट युद्धको मोर्चाले आफूतिर सामना गरेको देखे, तिनले इस्राएलका केही उत्कृष्‍ट योद्धाहरूलाई छाने र तिनीहरूलाई आरामीहरूको विरुद्ध परिचालन गरे ।
2SA 10:10 तिनका बाँकी मानिसलाई तिनले आफ्नो भाइ अबीशैको अधीनमा दिए र तिनले उनीहरूलाई बाहिर अम्‍मोनको फौज विरुद्ध लड्नलाई पठाए ।
2SA 10:11 योआबले भने, “आरामीहरू मेरो निम्ति साह्रै बलियो भए भने तिमी अबीशै मेरो उद्धार गर्नुपर्छ । तर अम्‍मोनका फौज तिम्रो निम्ति निकै बलिया भए भने, म आउने छु र तिम्रो उद्धार गर्ने छु ।
2SA 10:12 बलियो होओ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्‍वरको सहरहरूका हामी आफूलाई बलियो प्रकट गरौं, किनकि परमप्रभुले आफ्‍ना मानिसका निम्‍ति जे असल हुन्‍छ सो गर्नुहुने छ ।”
2SA 10:13 त्यसैले योआब र तिनका फौजका सिपाहीहरू अरामीहरूका विरुद्धमा युद्ध लड्न अगि बढे, जो इस्राएलका फौजका सामु भाग्‍न बाध्य भए ।
2SA 10:14 जब अम्‍मोनको फौजले आरामीहरू भागेको देखे, तब तिनीहरू पनि अबीशैबाट भागे र सहरमा फर्केर गए । तब योआब अम्‍मोनका मानिसहरूबाट फर्के र यरूशलेममा आए ।
2SA 10:15 जब आरामीहरूले आफूहरू इस्राएलद्वारा पराजित भएको देखे, तब उनीहरूले फेरि आफूलाई एकसाथ भेला पारे ।
2SA 10:16 त्यसपछि हददेजेरले यूफ्रेटिस नदी पारिका आरामी सेनाहरूलाई पनि लिन पठाए । उनीहरू हेलाममा आए र हददेजरका फौजका कमाण्‍डर शोबाक तिनीहरूको अगिअगि गए ।
2SA 10:17 जब दाऊदलाई यो कुरा भनियो, तब तिनले सबै इस्राएललाई एकसाथ भेला गरे, यर्दन तरे र हेलाममा आइपुगे । तब आरामीहरूले आफूलाई दाऊदको विरुद्धमा युद्ध मोर्चामा खडा गराए र तिनीसित युद्ध लडे ।
2SA 10:18 आरामीहरू इस्राएलको सामुबाट भागे र दाऊदले उनीहरूका रथका सात सय मानिस र चालिस हजार घोडचढीलाई मारे । उनीहरूका फौजका कमाण्‍डर शोबक घाइते भए र त्यहीँ मरे ।
2SA 10:19 जब हददेजेरका अधीनमा भएका सबै राजाले आफू इस्राएलद्वारा परास्‍त भएको देखे, तब उनीहरूले इस्राएलसँग शान्ति सम्झौता गरे र तिनीहरूका अधीनमा भए । यसरी अरामीहरू अम्‍मोनका मानिसहरूलाई फेर सहायता गर्न डराए ।
2SA 11:1 बसन्त ऋतुमा यस्‍तो भयो, यो समयमा राजाहरू सामान्यतया युद्धमा जान्छन्, जसले गर्दा दाऊदले योआब, तिनका सेवकहरू र इस्राएलका सबै फौजलाई पठाए । तिनीहरूले अम्‍मोनका फौजलाई नाश गरे र रब्बालाई घराबन्दी गरे । तर दाऊदचाहिं यरूशलेममा नै बसे ।
2SA 11:2 त्यसैले एक साँझ यस्‍तो भयो, दाऊद आफ्नो ओछ्‍यानबाट उठे र आफ्‍नो दरबारको छतमा हिंडिरहे । त्यहाँबाट तिनले एक जना स्‍त्रीलाई देखे जो नुहाइरहेकी थिइन्, र ती महिला हेर्दा साह्रै सुन्दरी थिइन् ।
2SA 11:3 त्यसैले दाऊदले मानिसहरू बोलाए र ती स्‍त्रीलाई चिन्‍नेहरूलाई सोधे । कसैले भन्यो, “के यिनी एलीआमकी छोरी बतशेबा र हित्ती उरियाहकी पत्‍नी होइनन् र?”
2SA 11:4 दाऊदले दूतहरू पठाए र तिनलाई ल्याए । तिनकहाँ उनी आइन् र तिनी उनीसँग सुते (किनकि उनले आफूलाई रजस्वलाबाट भर्खरै मात्र शुद्ध पारेकी थिइन्)। त्‍यसपछि उनी आफ्नै घरमा फर्किन् ।
2SA 11:5 ती स्‍त्री गर्भवती भइन् र उनले दाऊदलाई खबर पठाइन् र भनिन् । उनले भनिन्, “म गर्भवती भएछु ।”
2SA 11:6 त्यसपछि दाऊदले यआबलाई यसो भनेर खबर पठाए, “हित्ती उरियाहलाई मकहाँ पठाऊ ।” त्यसैले योआबले उरियाहलाई दाऊदकहाँ पठाए ।
2SA 11:7 जब उरियाह आइपुगे, तब दाऊदले योआब कस्ता छन्, फौज कस्तो छ र युद्ध कस्तो भइरहेको छ भनी सोधपुछ गरे ।
2SA 11:8 दाऊदले उरियाहलाई भने, “तल आफ्नो घरमा जाऊ र आफ्नो खुट्टा धोऊ ।” त्यसैले उरियाह राजाको दरबारबाट गए र राजाले उरियाह गएपछि तिनको पछिपछि उपहार पठाए ।
2SA 11:9 तर उरियाह राजाको दरबारको ढोकामा आफ्ना मालिकका सेवकहरूसँगै सुते र तिनी तल आफ्नो घरमा गएनन् ।
2SA 11:10 जब तिनीहरूले दाऊदलाई भने, “उरियाह तल आफ्नो घरमा गएनन् ।” दाऊदले उरियाहलाई भने, “के तिमी यात्राबाट आएका होइनौ? तिमी तल आफ्नो घरमा किन नगएको?”
2SA 11:11 उरियाहले जवाफ दिए, “सन्दुक, इस्राएल र यहूदा पालमा बसिरहेका छन्, अनि मेरो मालिक योआब र मेरा मलिकका सेवकहरू खुल्‍ला मैदानमा छाउनीमा छन् । तब म आफ्‍नो घरमा खान, पिउन र मेरो पत्‍नीसँग सुत्‍नलाई कसरी जानु? जस्तो तपाईं जीवित हुनुहुन्छ, म यसो गर्ने छैन ।”
2SA 11:12 त्यसैले दाऊदले उरियाहलाई भने, “आज पनि यहीं बस र म तिमीलाई भोलि पठाउने छु ।” त्यसैले उरियाह त्यस दिन र अर्को दिन यरूशलेममा नै बसे ।
2SA 11:13 जब दाऊदले उनलाई बोलाए, उनले तिनको सामु खाए र पिए र दाऊदले तिनलाई मत्‍याए । साँझमा उरियाह आफ्नो मालिकका सेवकहरूसँगै भएको आफ्‍नो ओछ्‍यानमा सुत्‍न गए । उनी तल आफ्नो घरमा गएनन् ।
2SA 11:14 त्यसैले बिहान दाऊदले योआबलाई पत्र लेखे र यो उरियाहको हातमा पठाए ।
2SA 11:15 दाऊदले पत्र यसो भनेर लेखे, “धेरै भयङ्‍कर युद्धको अग्र पङ्‍तीमा उरियाहलाई राख्‍नू र त्यसबाट पछि हट्नू, ताकि त्यसलाई प्रहार गरियोस् र मारियोस् ।”
2SA 11:16 त्यसैले जब योआबले सहरमाथिको घेराबन्धीलाई हेरे, तब तिनले लड्नलाई बलियो शत्रु सिपाहीहरू छन् भनी जानेका ठाउँमा उरियाहलाई खटाए ।
2SA 11:17 जब सहरका मानिसहरू बाहिर निस्‍के र योआबका फौजसँग युद्ध लडे, तब दाऊदका केही सिपाहीहरू मरे र हित्ती उरियाहलाई पनि त्यहीं मारियो ।
2SA 11:18 जब योआबले युद्धको बारेमा हरेक खबर दाऊदलाई पठाए,
2SA 11:19 तब तिनले दूतहरूलाई यसो भनेर आज्ञा दिए, “जब तैंले राजालाई युद्धका बारेमा सबै कुराहरू भनेर सिद्ध्याउँछस्,
2SA 11:20 तब राजा रिसाउन सक्‍छन् र तिनले भन्‍ने छन्, 'तिमीहरू युद्ध गर्न सहरको यति नजिक किन गयौ? के उनीहरूले पर्खालबाट काँड हान्छन् भन्‍ने तिमीहरूले जानेनौ?
2SA 11:21 यरूब-बेसेतका छोरा अबीमेलेकलाई कसले मार्‍यो? के एक जना स्‍त्रीले जाँतोको माथिल्‍को ढुङ्गा पर्खालबाट खसालेर तिनी तेबेसमा मरेकी थिइनन्? तिमीहरू किन पर्खालको यति नजिक गयौ?' तब तैंले जवाफ दिनुपर्छ, 'तपाईंको दास हित्ती उरियाह पनि मरे' ।”
2SA 11:22 त्यसैले त्‍यो दूत विदा भयो र दाऊदकहाँ गयो र योआबले तिनलाई भन्‍न पठाएका हरेक कुरा भनिदिए ।
2SA 11:23 त्यसपछि त्‍यो दूतले दाऊदलाई भने, “सुरुमा हामीभन्‍दा शत्रुहरू बलिया थिए । उनीहरू हामीमाथि खुल्ला मैदानमा आए, तर हामीले उनीहरूलाई भित्र पस्‍ने ढोकातिर नै फर्कायौं ।
2SA 11:24 तब उनीहरूका काँड हान्‍नेहरूले पर्खाल माथिबाट तपाईंका केही सिपाहीलाई काँड हाने र राजाका केही सेवक मारिए र तपाईंको दास हित्ती उरियाह पनि मारिए ।”
2SA 11:25 दाऊदले त्‍यस दूतलाई भने, “योआबलाई भन्, 'यसले तिमीलाई दुःखित नतुल्याओस्, किनकि तरवारले एउटा वा अर्कोलाई नष्‍ट पार्छ । त्‍यो सहरको विरुद्ध तिम्रो युद्ध अझ धेरै बलियो पार र त्‍यसलाई नाश पार,' र तिनलाई उत्साह दिए ।”
2SA 11:26 जब उरियाहको पत्‍नीले आफ्‍नो पति उरियाह मरेको खबर सुनिन्, तब आफ्नो पतिको निम्ति तिनले गहिरो शोक गरिन् ।
2SA 11:27 जब उनको विलाप पुरा भयो, दाऊदले उनलाई आफ्नो दरबारमा ल्याउन लिन पठाए र उनी तिनको पत्‍नी भइन् र तिनको निति एउटा छोरा जन्माइन् । तर दाऊदले गरेको कुराले परमप्रभुलाई दुःखी तुल्यायो ।
2SA 12:1 त्यसपछि परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो । उनी तिनीकहाँ आए र तिनलाई भने, “कुनै सहरमा दुई जना मानिस बस्थे । एक जना धनी थिए र अर्कोचाहिं गरीब थिए ।
2SA 12:2 धनी मानिसको ठुलो संख्यामा भेडाबाख्रा र गाईवस्तु थिए,
2SA 12:3 तर त्यो गरीब मानिससित भेडको एउटा पाठीबाहेक केही पनि थिएन, जसलाई त्‍यसले किनेर ल्‍याएको, र खुवाएर हुर्काएको थियो । त्‍यो उसँग र उसका छोराछोरीसँगै हुर्क्‍यो । यो पाठीले उसँगै खान्थ्यो, उसैको कचौराबाट पिउँथ्यो, र उसकै काखमा सुत्थ्यो र उसको छोरीजस्तै थियो ।
2SA 12:4 एक दिन त्यो धनी मानिसको घरमा एक जना पाहुना आए, तर तिनलाई खाना दिन त्यो धनी मानिसले आफ्नो भेडाबाख्रा र गाईवस्तु एउटा पशु लिन पनि इच्छुक भएन । बरु, त्यसले त्यो गरीब मानिसको भेडाको पाठी लियो र त्यो आफ्‍नो पाहुनाको निम्ति पकाइदियो ।”
2SA 12:5 दाऊद त्यो धनी मानिसप्रति रिसले आगो भए र नातानसँग जङ्गिए, “जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, त्‍यो मानिस जसले यसो गर्‍यो त्यो मारिन योग्य छ ।
2SA 12:6 त्‍यो पाठीको चार गुणा त्यसले फिर्ता गर्नुपर्छ किनभने त्यसले यस्तो दुष्‍ट कुरा गरेको छ र त्यसले गरीब मानिसमाथ कुनै दया देखाएन ।”
2SA 12:7 त्यसपछि नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो ! परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें र मैले तँलाई शाऊलको हातबाट बचाएँ ।
2SA 12:8 मैले तँलाई तेरो मालिकको घराना र तेरो मालिकका पत्‍नीहरूलाई तेरो हातमा दिएँ । मैले तँलाई इस्राएल र यहूदाको घराना पनि दिएँ । तर त्यसले नपुगेको भए, मैले तँलाई यसको अतिरिक्‍त अरू धेरै कुरा दिने थिएँ ।
2SA 12:9 त्यसैले तैंले परमप्रभुको दृष्‍टिमा जे खराब छ त्यही गरेर उहाँको आज्ञालाई किन तुच्‍छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले प्रहार गरिस् र त्यसको पत्‍नीलाई तेरो आफ्‍नै पत्‍नी हुनलाई लगेको छस् । तैंले अम्‍मोनको फौजको तरवारले त्यसलाई मारिस् ।
2SA 12:10 त्यसैले अब तरवारले तेरो घरानालाई कहिल्यै छोड्ने छैन, किनभने तैंले मलाई घृणा गरेको छस् र हित्ती उरियाहको पत्‍नीलाई तेरो आफ्‍नो पत्‍नीको रूपमा लिएको छस् ।'
2SA 12:11 परमप्रभु भन्‍नुहुन्छ, 'हेर्, म तेरो आफ्नै घरानाबाट विपद् ल्‍याउने छु । तेरै आफ्‍नै आँखाको सामु तेरा पत्‍नीहरूलाई म लिने छु र ती तेरो छिमेकीलाई दिने छु, र दिनको उज्‍यालोमा त्यो तेरा पत्‍नीहरूसित सुत्‍ने छ ।
2SA 12:12 किनकि तैंले आफ्‍नो पाप गोप्‍य रूपमा गरिस्, तर म यो सारा इस्राएलको सामु घामको उज्यालोमा गर्ने छु’ ।”
2SA 12:13 तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरेको छु ।” नातानले दाऊदलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पापलाई हटाइदिनुभएको छ । तपाईंलाई मारिने छैन ।
2SA 12:14 तापनि, यो कामद्वारा तपाईंले परमप्रभुलाई तुच्‍छ तुल्‍याउनुभएको हुनाले, तपाईंबाट जन्म‍ने बालकचाहिं निश्‍चय नै मार्ने छ ।”
2SA 12:15 त्यसपछि नातान विदा भए र घर गए । उरियाहको पत्‍नीले दाऊदबाट जन्माएको बालकलाई परमप्रभुले प्रहार गर्नुभयो र त्यो गम्भीर बिरामी भयो ।
2SA 12:16 दाऊदले त्‍यो केटाको निम्‍ति परमप्रभुसँग बिन्ती गरे । दाऊद उपवास बसे र भित्र गए र रातभरि भुईंमा पल्टिरहे ।
2SA 12:17 तिनका घरानाका ठुलाहरू उठे र तिनलाई भुईंबाट उठाउन तिनको छेउमा खडा भए, तर तिनी उठेनन् र तिनले तिनीहरूसँग केही पनि खाएनन् ।
2SA 12:18 सातौं दिनमा त्‍यो बालक मर्‍यो । त्‍यो बालक मर्‍यो भनेर दाऊदका सेवकहरूले तिनलाई भन्‍न डराए, किनकि तिनीहरूले भने, “हेर्नुहोस्, त्‍यो बालक जीवितै हुँदा हामीले उहँसित बोल्‍यौं र उहाँले हाम्रा कुरा सुन्‍नुभएन । हामीले त्‍यो बालक मर्‍यो भन्यौं भने, उहाँले आफूलाई के गर्नुहोला?”
2SA 12:19 तर जब दाऊदले आफ्‍ना सेवकहरूले आपसमा कानेखुसी गरिरहेको देखे, तब बालक मरेछ भनी दाऊदले थाहा पाए । तिनले आफ्ना सेवकहरूलाई भने, “के त्‍यो बालक मर्‍यो?” तिनीहरूले जवाफ दिए, “त्‍यो मर्‍यो ।”
2SA 12:20 तब दाऊद भुईंबाट उठे र आफू नुहाए, आफूलाई तेल घसे र आफ्‍ना लुगा फेरे । तिनी परमप्रभुको पवित्र वासस्थानमा गए र त्यहाँ आराधना गरे र त्‍यसपछि आफ्‍नो दरबारमा फर्केर आए । तिनले खाने कुराहरू मागेपछि, तिनीहरूले खाने कुरा दिए र तिनले खाए ।
2SA 12:21 तब तिनका सेवकहरूले तिनलाई भने, “तपाईंले किन यसो गर्नुभएको छ? त्‍यो बालक जिउँदो हुँदा तपाईं उपवास बस्‍नुभयो र रुनुभयो, तर जब बालक मर्‍यो, तब तपाईं उठ्नुभयो र खानुभयो ।”
2SA 12:22 दाऊदले जवाफ दिए, “बालक जीवित हुँदा म उपवास बसें र रोएँ । मैले भनें, 'कसले जान्दछ कतै परमप्रभु अनुग्रही हुनुहुने छ ताकि बालक बाँच्‍न सकोस्?'
2SA 12:23 तर अब त्यो मर्‍यो, त्यसैले म किन उपवास बस्‍ने? के म त्यसलाई फेरि फर्काएर ल्याउन सक्छु र? म त्यसकहाँ जाने छु, तर त्यो मकहाँ फर्केर आउने छैन ।”
2SA 12:24 दाऊदले आफ्‍नी पत्‍नी बतशेबालाई सान्त्वना दिए र उनकहाँ गए र उनीसँग सुते । पछि उनले एउटा छोरा जन्माइन् र त्‍यो बालककको नाउँ सोलोमन राखियो । परमप्रभुले त्‍यसलाई प्रेम गर्नुभयो
2SA 12:25 र तिनको नाउँ यददीयाह राख्‍नू भनी उहाँले नातान अगमवक्‍ताद्वारा सन्देश पठाउनुभयो, किनभने परमप्रभुले तिनलाई प्रेम गर्नुभयो ।
2SA 12:26 यति बेला योआबले अम्मोनीहरूको रब्बाको विरुद्ध युद्ध गरे र तिनले राजकीय सहर कब्जा गरे ।
2SA 12:27 त्यसैले योआबले दाऊदकहाँ दूतहरू पठाए र भने, “मैले रब्‍बाको विरुद्धमा युद्ध लडेको छु र मैले सहरको पानीको आपुर्तीलाई कब्जा गरेको छु ।
2SA 12:28 यसकारण बाँकी फौजलाई भेला गर्नुहोस् र यो सहर विरुद्ध छआउनी हाल्नुहोस् र यसलाई कब्जा गर्नुहोस्, किनकि मैले त्‍यो सहर लिएँ भने, त्‍यसलाई मेरो नाउँ दिइने छ ।
2SA 12:29 त्यसैले दाऊदले सबै फौजलाई एकसाथ भेला गरे र रब्बातिर गए । तिनले त्यो सहरको विरुद्ध युद्ध लडे र त्‍यो कब्जा गरे ।
2SA 12:30 दाऊदले तिनीहरूका राजाको शिरबाट शिरपेच लिए, यसको तौल एक तोडा सुन थियो, र त्‍यसमा बहुमूल्‍य पत्‍थरहरू थिए । त्यो शिरपेच दाऊदको आफ्नै शिरमा लगाइयो । त्‍यसपछि तिनले त्यस सहरको लुटका मालहरू ठुलो मात्रामा लिएर आए ।
2SA 12:31 तिनले त्यस सहरमा भएका मानिसहरूलाई लिएर आए, र तिनीहरूलाई आराहरू, फलामको हतियारको र बन्चरोको कामहरू गर्न बाध्य पारे । तिनले उनीहरूलाई इँटको भट्टाहरूमा काम गर्न लगाए । दाऊदले अम्‍मोनका मानिसहरूका सबै सहरलाई यो श्रमको काम गर्न लगाए । तब दाऊद र सबै फौज यरूशलेम फर्के ।
2SA 13:1 यसपछि यस्‍तो भयो, दाऊदका छोरा अमनोन आफ्नी सुन्दरी झट्केली बहिनी तामारप्रति धेरै आकर्षित भए, जो दाऊदका अर्को छोरा अबशालोमकी आफ्‍नै बहिनी थिइन् ।
2SA 13:2 अमनोन यति निराश भए कि आफ्‍नी बहिनी तामारको कारणले तिनी बिरामी परे । उनी कन्या थिइन्, र यसैले उनलाई कुनै कुरा गर्न अमनोनलाई असम्भवजस्तै भयो ।
2SA 13:3 तर अमनोनका एक जना मित्र थिए जसको नाम योनादाब थियो। तिनी दाऊदका दाजु शिमाहका छोरा थिए । योनादाब साह्रै धूर्त मानिस थिए ।
2SA 13:4 योनादाबले अमनोनलाई भने, 'ए राजकुमार, तिमी किन हरेक बिहान निराश हुन्‍छौ? के तिमी मलाई भन्‍दैनौ?” यसैले अमनोनले तिनलाई जवाफ दिए, “मेरो भाइ अबशालोमकी बहिनी तामारलाई म प्रेम गर्छु ।”
2SA 13:5 तब योनादाबले तिनलाई भने, “आफ्‍नो ओछ्‍यान सुतिराख र बिरामी भएको बहाना गर । जब तिम्रो बुबाले तिमीलाई हेर्न आउँछन्, तब उनलाई भन, 'कृपया मलाई केही खाने कुरा दिन र मेरो सामु ती पकाउन कृपया मेरी बहिनी तामारलाई पठाइदिनुहोस्, ताकि म त्‍यो हेर्न सकूँ र त्‍यो उनको हातबाट खान सकूँ ।”
2SA 13:6 त्यसैले अमनोन पल्टिबसे र बिरामी भएको बहाना गरे । जब राजा तिनलाई हेर्न आए, तब अमनोनले राजालाई भने, “कृपया, मेरी बहिनी तामारलाई मेरो बिरामीपनको निम्ति मेरो सामु खाना बनाउन पठाइदिनुहोस् ताकि म उनको हातबाट खान सकूँ ।”
2SA 13:7 अनि दाऊदले आफ्नो दरबारमा तमारलाई खबर पठाए, “अहिले तिम्रो दाजु अमनोनको घरमा जाऊ र तिनको निम्ति खाना तयार पारिदेऊ ।”
2SA 13:8 त्यसैले तामार आफ्‍नो दाजु अमनोनको घरमा गइन् जहाँ तिनी पल्टिरहेका थिए । उनले पिठो लिइन् र तिनले देख्‍ने गरी पिठो मुछिन् र उनले रोटी पकाइन् ।
2SA 13:9 उनले तावा लिइन् र तिनलाई रोटी दिइन्, तर तिनले खान इन्कार गरे । त्‍यसपछि अमनोनले त्यहाँ भएका अरूलाई भने, “हरेकलाई बाहिर, मबाट टाढा पठाऊ ।” त्यसैले हरेक व्‍यक्‍ति बाहिर गए ।
2SA 13:10 यसैले अमनोनले तामारलाई भने, “खाना मेरो कोठामा ल्याऊ ताकि म तिम्रो हातबाट खान सकूँ ।” यसैले आफूले बनाएको रोटी तामारले लिइन् र त्‍यो तिनका दाजु अमनोनको कोठाभित्र लगिदिइन् ।
2SA 13:11 जब उनले तिनकहाँ खाना ल्याएकी थिइन्, तब तिनले उनको हात समाते र उनलाई भने, “मेरी बहिनी, आऊ, मसँग सुत ।”
2SA 13:12 उनले तिनलाई जवाफ दिइन्, “होइन, मेरो दाजु, मलाई कर नलगाउनुहोस्, किनकि इस्राएलमा यस्तो कुनै कुरा गर्नुहुँदैन । यस्तो घोर दुष्‍ट कुरा नगर्नुहोस् ।
2SA 13:13 मैले आफ्‍नो लाजबाट कसरी मुक्‍त हुन सक्‍छु र? तपाईंको बारेमा नि? तपाईं इस्राएलमा एक जना मूर्खजस्तै हुनुहुने छ । अब कृपया राजासँग कुरा गर्नुहोस्, किनकि उहाँले मलाई तपाईंबाट अलग गर्नुहुन्‍न ।”
2SA 13:14 तापनि अमनोनले उनको कुरा सुनेनन् । तिनी तामारभन्दा बलिया भएका हुनाले, तिनले उनलाई समाते र तिनी उनीसित सुते ।
2SA 13:15 त्‍यसपछि अमनोनले तामारलाई अत्यान्‍तै घृणा गरे । तिनले उनलाई इच्‍छा गरेकोभन्दा पनि धेरै घृणा तिनले उनलाई गरे । अमनोनले उनलाई भने, “उठ् र जा ।”
2SA 13:16 तर उनले तिनलाई जवाफ दिइन्, “होइन! मलाई निकाल्‍ने कुरा त ठुलो दुष्‍टता हो जुन तपाईंले मलाई गर्नुभएको कुराभन्दा पनि झन् खराब कुरा हो ।” तर अमनोनले उनको कुरा सुनेनन् ।
2SA 13:17 बरु, तिनले आफ्नो व्यक्‍तिगत सेवकलाई बोलाए र भने, “यो स्‍त्रीलाई मबाट हटाओ र त्‍यसलाई निकालेपछि ढोका बन्‍द गरिदेओ ।”
2SA 13:18 तब तिनको सेवकले उनलाई बाहिर ल्यायो र उनलाई निकालेपछि ढोका बन्‍द गरिदियो । तामारले धेरै बुट्टादार लुगा लगाइरहेकी थिइन् किनभने राजाका कन्या छोरीहरूले त्यसरी लगाउँछन् ।
2SA 13:19 तामारले आफ्नो टाउकोमा खरानी हालिन् र आफ्नो लुगा च्यातिन् । उनले आफ्नो हात शिरमाथि राखिन् र उनी ठुलो सोरले रुँदै हिंडेर गइन् ।
2SA 13:20 उनका दाजु अब्शालोमले उनलाई भने, “के तिम्रो दाजु अमनोन तिमीसँगै थिए? मेरी बहिनी, अब चूपचाप बस । तिनी तिम्रै दाजु हुन् । यस कुरालाई मनमा नलेऊ ।” त्यसैले तामार आफ्‍नो दाजुको घरमा एक्‍लै बसिन् ।
2SA 13:21 तर जब राजा दाऊदले यी सबै कुरा सुने, तब तिनी रिसले चुर भए ।
2SA 13:22 अब्शालोमले अमनोनलाई केही पनि भनेनन्, किनकि तिनले आफ्नो बहिनीलाई जे गरेका थिए र तिनले जसरी आफ्नो बहिनी तामारलाई अपमान गरेका थिए, त्यसको निम्ति अब्शालोमले तिनलाई घृणा गरे ।
2SA 13:23 पुरा दुई वर्षपछि यस्‍तो भयो, अब्शालोमले एफ्राइम नजिकै रहेको बाल‍हासोरमा भेडको ऊन कत्रिए र अब्शालोमले राजाका सबै छोरालाई निमन्त्रणा दिए ।
2SA 13:24 अब्शालोम राजाकहाँ गए र भने, “हे्र्नुहोस्, तपाईंको दासले भेडाको ऊन कत्रन लगेको छ । कृपया, राजा र उहाँका सेवकहरू हजुरका दासकहाँ सवारी होस् ।”
2SA 13:25 राजाले अब्शालोमलाई जवाफ दिए, “होइन, मेरो छोरो, हामी सबै जना जानुहुँदैन किनभने तिम्रो निम्ति हामी बोझ हुन्छौं ।” अब्शालोमले राजालाई बिन्ती गरे, तर तिनी गएनन्। बरु तिनले उनलाई आशिष् दिए ।
2SA 13:26 तब अब्शालोमले भने, “होइन भने, मेरो दाजु अमनोनलाई मसँग जान दिनुहोस् ।” राजाले उनलाई भने, “अमनोन तिमीसँग किन जाने नि?”
2SA 13:27 अब्शालोमले दाऊदलाई कर गरे, र तिनले अमनोन र सबै राजकुमारलाई उनीसित जान दिए ।
2SA 13:28 अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए, “ध्यानपूर्वक सुन । जब अमनोनलाई मद्यले असर गर्न थाल्छ र जब म तिमीहरूलाई भन्‍छु, ' अमनोनलाई आक्रमण गर,' तब त्यसलाई मार । नडराऊ । के तिमीहरूलाई मैले आज्ञा गरेको होइन र? साहसी र आँटिलो होओ?”
2SA 13:29 त्यसैले अबशालोमका सेवकहरूले उनले आज्ञा गरेबमोजिम नै अमनोनलाई गरे । तब सबै राजकुमार उठे र सबैले आ-आफ्नो कच्‍चर चढे र भागे ।
2SA 13:30 यसैले यस्‍तो भयो, जब तिनीहरू बाटोमै थिए, तब दाऊदकहाँ यसो भन्‍ने खबर आयो, “अब्शालोमले सबै राजकुमारलाई मरेका छन् र त्‍यहाँ एक जना पनि बाँचेका छैनन् ।”
2SA 13:31 त्यसपछि राजा उठे र आफ्नो लुगा च्याते र भुईंमा पसारो परे । तिनका सबै सेवकले पनि आआफ्ना लुगा च्याते र छेउमा खडा भए ।
2SA 13:32 दाऊदका दाजु शिमाहका छोरा योनादाबले जवाफ दिए र भने, “तिनीहरूले सबै जवानलाई मारेका छन् भनेका कुरामा मेरा मालिकले विश्‍वास नगर्नुहोस्, किनकि अमनोन मात्र मरेका छन् । अमनोनले अब्शालोमकी बहिनी तामारलाई दुर्व्यवहार गरेकै दिनदेखि तिनले यो योजना बनाएका छन् ।
2SA 13:33 यसकरण मेरो मालिक राजाले यो खबरलाई राजाका सबै छोराहरू मरेका छन् भनी विश्‍वास गर्नको निम्ति मनमा नलिनुहोस्, किनकि अमनोन मात्र मरेका छन् ।”
2SA 13:34 अब्शालोम भागे । रक्षक भएका एक जना सेवकले हेरे र आफ्‍नो पश्‍चिमतिरको पहाडको बाटोमा धेरै जना मानिस आइरहेको देखे ।
2SA 13:35 तब योनादाबले राजालाई भने, “हे्र्नुहोस्, राजकुमारहरू आउँदै छन् । यो तपाईंको दासले भनेजस्तै हो ।”
2SA 13:36 अनि यस्‍तो भयो, जब तिनले बोलिसके तब राजकुमारहरू आइपुगे र ठुलो सोर गरे र रोए । राजा र तिनका सेवकहरू पनि धुरुधुरु रोए ।
2SA 13:37 तर अब्शालोम भागे र गशूरका राजा अम्मीहूदका छोरा तल्मैकहाँ गए । दाऊदले आफ्‍नो छोराको निम्ति हरेक दिन विलाप गरे ।
2SA 13:38 यसैले अब्शालोम भागे र गशूरमा गए, जहाँ तिनी तीन वर्षसम्म बसे ।
2SA 13:39 दाऊद राजाको मनले अब्शालोमलाई भेट्न जाने तीव्र इच्‍छा गर्‍यो, किनकि तिनी अमनोन र उनको मृत्युको बारेमा सान्त्वना पाएका थिए ।
2SA 14:1 राजाको हृदयमा अब्शालोमलाई भेट्ने इच्‍छा जागेछ भनी सरूयाहका छोरा योआबले बुझे ।
2SA 14:2 योआबले तकोमा खबर पठाए र एउटा बुद्धिमानी स्‍त्रीलाई तिनीकहाँ ल्याउन लगाए । तिनले उनलाई भने, “कृपया तिमी शोकमा परेको बहाना गर र शोकको लुगा लगाऊ । आफूलाई तेल नलगाऊ, तर मरेको मानिसको निम्ति लामो समयदेखि शोकमा परेकी स्‍त्रीजस्तो होऊ ।
2SA 14:3 अनि राजाकहाँ जाऊ र तिनलाई मैले बताएको कुरामा बारेमा बताऊ ।” यसरी उनले राजालाई भन्‍नुपर्ने कुरा योआबले उनलाई भने ।
2SA 14:4 तकोकी ती स्‍त्रीले राजासँग कुरा गर्दा, उनले आफ्‍नो अनुहार भुईंमा घोप्‍टो पारिन् र भनिन्, “हे महाराजा, मलाई सहायता गर्नुहोस् ।”
2SA 14:5 राजाले उनलाई भने, “के खराबी भयो ?” उनले जवाफ दिइन्, “सत्य कुराचहिं म एउटी विधवा हुँ र मेरा पति मरिसकेका छन् ।
2SA 14:6 म तपाईंको दासीका दुई जना छोरा थिए र तिनीहरू खेतमा एक-आपसमा झगडा गरे र तिनीहरूलाई छुट्टाउने त्‍यहाव कोही पनि थिएन । एउटाले अर्कोलाई प्रहार गर्‍यो र त्यसलाई मार्‍यो ।
2SA 14:7 सारा कुल नै तपाईंको दासीको विरुद्धमा उठेका छन् र तिनीहरू भन्छन्, 'आफ्नो भाइलाई प्रहार गर्ने मानिसलाई हाम्रो हातमा सुम्प, ताकि त्यसले मारेको आफ्नो भाइको जीवनको निम्ति मूल्य चुकाउन हामी त्यसलाई मार्न सकौँ ।' यसरी तिनीहरूले उत्तराधिकार पनि नष्‍ट पार्ने छन् । यसरी मैले छोडेको बलिरहेको भुङ्‍ग्रोलाई तिनीहरूले निभाउने छन् र तिनीहरूले मेरो पतिको निम्ति पृथ्वीको सहतमा न नाम न त सन्तान नै छोड्ने छन् ।
2SA 14:8 राजाले ती स्‍त्रीलाई भने, “आफ्नो घर जाऊ र तिम्रो निम्ति केही कुरा गर्न म आदेश दिने छु ।”
2SA 14:9 तकोकी महिलाले राजालाई जवाफ दिइन्, “हे मेरो मालिक महाराजा, सारा दोष म र मेरो पिताको घरानामाथि परोस् । महाराजा र उहाँको सिंहासन दोषरहित होस् ।
2SA 14:10 राजाले जवाफ दिए, “कसैले तिमीलाई कुनै कुरा भन्यो भने त्यसलाई मकहाँ लेऊ र त्यसले तिमीलाई फेरि छुने छैन ।”
2SA 14:11 उनले भनिन्, “महाराजाले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई सम्झनुभएको होस्, ताकि रगतको बदला लिनेले अब उसो नाश गर्ने छैन ताकि तिनीहरूले मेरो छोरालाई नाश गर्ने छैनन् । राजाले जवाफ दिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिम्रो छोराको शिरको एउटा कपाल पनि भुईंमा खस्‍ने छैन ।
2SA 14:12 अनि ती स्‍त्रीले भनिन्, “कृपया आफ्नो दासीलाई महाराजासँग अरू एउटा कुरा गर्न दिनुहोस् ।” तिनले भने, “भन ।”
2SA 14:13 त्यसैले ती स्‍त्रीले भनिन्, “तपाईंले परमश्‍वरका मानिसहरूका विरुद्धमा किन यस्तो कुरा गर्नुभएको छ? राजाले यसो भन्‍नुहुँदा उहाँ कुनै दोषी व्यक्‍तिजस्तै हुनुहुन्छ, किनभने राजाले आफ्नो निर्वासित छोरालाई फिर्ता ल्याउनुभएको छैन ।
2SA 14:14 किनकि हामी सबै नै मर्नुपर्छ र हामी जमिनमा पोखिएको पानीजस्तै छौं, जसलाई फेरि जम्‍मा पार्न सकिंदैन । तर परमेश्‍वरल जीवन लिनुहुने छैन । बरु, उहाँले धपाइएकाहरूलाई पुनर्स्थापना गर्ने कुनै उपाय खोज्नुहुन्छ ।
2SA 14:15 अब यो देखेर म मेरो मालिक राजासँग यो कुरा गर्न आएको छु, किनभने मानिसहरूले मलाई भयभीत तुल्याएका छन् । तपाईंको दासीले मनमनै भनिन्, 'म अब महाराजासित कुरा गर्ने छु । सायद महाराजाले आफ्नो दासीको बन्ती पुरा गरिदिनुहुने छ ।
2SA 14:16 सायद महाराजाले मेरो बिन्‍ती सुन्‍नुहुने छ र परमेश्‍वरले हामीलाई दिनुभएको उत्तराधिकारबाट म र मेरो छोरोलाई नष्‍ट पार्ने मानिसहरूको हातबाट मुक्‍त गर्नुहुने छ ।'
2SA 14:17 त्यसपछि तपाईंकी दासीले प्रार्थना गरिन्, 'हे परमप्रभु, मेरो मालिक महाराजाका वचनले मलाई मुक्‍त गर्नुभएको होस्, किनकि मेरो मालिक असल र खराब छुट्याउनला परमश्‍वरको स्वर्गदूतजस्तै हुनुहुन्छ ।' परमप्रभु तपाईंको परमेश्‍वर तपाईंसँग हुनुभएको होस् ।”
2SA 14:18 अनि राजाले जवाफ दिए र ती स्‍त्रीलाई भने, “मैले तिमीलाई सोध्‍ने कुनै पनि कुरा मबाट नलुकाऊ ।” ती स्‍त्रीले जवाफ दिइन्, “हे मेरा मालिक महाराजा भन्‍नहोस् ।”
2SA 14:19 राजाले भने, “के यी सबै कुराको पछाडी योआबको हात छैन र?” ती स्‍त्रीले जवाफ दिइन्, “जस्तो तपाईं मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मेरो मालिक महाराजाले भन्‍नुभएको कुराबाट कोही पनि दाया वा बाँया लाग्‍न सक्दैन । तपाईंकी दासीले बोलेको यी कुराहरू भन्‍न मलाई आज्ञा गर्ने र बताउने तपाईंको दास योआब नै थिए ।
2SA 14:20 तपाईंको दास योआबले जे भइरहेको छ त्यसको प्रवाहलाई परिवर्तन गर्न यसो गरेका हुन् । मेरो मालिक परमेश्‍वरको स्वर्गदूतजस्तै बुद्धिमान हुनुहुन्छ र मुलुकमा भइरहेका हरेक कुरा जान्‍नुहुन्छ ।”
2SA 14:21 राजाले योआबलाई भने, “हेर, म यो गर्ने छु । तब जाऊ र त्‍यो जवान अब्शालोमलाई फर्काएर ल्‍याऊ ।”
2SA 14:22 त्यसैले योआबले राजाप्रति आदर र कृतज्ञता प्रकट गर्न भुईंमा घोप्‍टो परे । योआबले भने, “राजाले आफ्नो दासको बिन्ती पुरा गर्नुभएकोमा मैले मेरा मालिक महाराजा तपाईंको दृष्‍टिमा निगाह पाएको छु भनी मैले आज थाहा पायो ।”
2SA 14:23 त्यसैले योआब उठे, गशूरमा गए र अब्शालोमलाई यरूशलेममा फिर्ता ल्याए ।
2SA 14:24 राजाले भने, “ऊ आफ्नै गरमा फर्कोस्, तर उसले मेरो मुख हेर्न नआओस् ।” त्यसैले अब्शालोम आफ्नै घरमा गए तर राजाको मुख देखेनन् ।
2SA 14:25 सारा इस्राएलमा नै आफ्नो सुन्दरताको निम्ति प्रशंसा गरिएको व्यक्‍ति अब्शालोमभन्दा अरू थिएन । तिनको शिरदेखि पाउसम्म नै तिनमा कुनै खोट थिएन ।
2SA 14:26 जब तिनले हरेक वर्षको अन्‍तमा गह्रौं भएको हुनाले आफ्नो कपाल काट्थे, तब तिनले आफ्नो कपाल तौलन्थे । यो लगभग दुई सय शेकेल हुन्थो, जसलाई राजाको मानकअनुसारको तौलद्वरा नापिन्‍थ्‍यो।
2SA 14:27 अब्शालोमका तीन छोरा र एक छोरी थिए, जसको नाउँ तामार थियो । तिनी सुन्दरी महिला थिइन ।
2SA 14:28 अब्शालोम राजाको मुख नहेरिकन नै पुरा दुई वर्ष यरूशलेममा बसे ।
2SA 14:29 त्यसपछि अब्शालोमले आफूलाई राजाकहाँ पठाउनलाई योआबलाई बोलाए, तर योआब तिनीकहाँ आएनन् । यसैले अब्शालोमले दोस्रो पटक खबर पठाए, तर योआब अझै आएनन् ।
2SA 14:30 त्यसैले अब्शालोमले आफ्ना सेवकहरूलाई भने, “हेर, योआबको खेत मेरो खतको छेउमै छ र त्यहाँ उसको जौ छ । जाऊ र त्‍यसलाई आगो लगाइदेऊ ।” अनि अब्शालोमका सेवकहरूले त्यो खेतमा आगो लगाइदिए ।
2SA 14:31 अनि योआब उठे र अब्शालोमको घरमा तिनीकहाँ आए र तिनलाई भने, “तिम्रा सेवकहरूले मेरो खेतमा किन आगो लगाइदिएका छन्?”
2SA 14:32 अब्शालोमले योआबलाई जवाफ दिए, “हेर, मैले तिमीकहाँ यसो भनेर खबर पठाएँ, 'यहाँ आऊ, ताकि तिमीलाई राजाकहाँ म यसो भन्‍नलाई पठाउन सकूँ’ । ‘म गशूरबाट किन आएँ? मलाई त अझै त्यहाँ हुनु नै असल हुन्‍छ। यसकारण अब म राजाको मुख हेर्न पाऊँ र म दोषी छु भने तिनले नै मलाई मारुन् ।'”
2SA 14:33 त्यसैले योआब राजाकहाँ गए र तिनलाई भने । जब राजाले अब्शालोमलाई बोलाए, तब तिनी राजाकहाँ आए र राजाको सामु भुईंमा निहुरिए र राजाले अब्शालोमलाई चुम्बन गरे ।
2SA 15:1 यसपछि यस्‍तो भयो, अब्शालोमले आफ्नो निम्ति एउटा रथ र घोडाहरू र आफ्नो अगिअगि दौडिनलाई पचास जना मानिस तयार पारे ।
2SA 15:2 अब्शालोम बिहान सबेरै उठ्थे र सहरको ढोकातिर जाने बाटोमा खडा हुन्थे । जब कोही विवाद भएका व्यक्‍ति न्यायको निम्ति राजाकहाँ आउँथ्यो, तब अब्शालोमलले त्यसलाई बोलाउँथे र भन्‍थे, “तपाईं कुन सहरबाट आउनुभएको हो?” अनि त्यो मानिसले जवाफ दिन्थ्यो, “तपाईंको दास इस्राएलको एउटा कुलबाट हो ।”
2SA 15:3 त्यसैले अब्शालोमले त्यसलाई भन्‍थे, “हेर्नुहोस्, तपाईंको मुद्दा असल र ठिक छ तर तपाईंको मुद्दा हेर्नलाई राजाले कसैले शक्ति दिनुभएको छैन ।”
2SA 15:4 अब्शालोमलले थप्थे, “मलाई यस देशको न्यायकर्ता बनाइदिएको भए हुन्थ्यो, ताकि कुनै पनि मुद्दा वा झगडा भएका हरेक मानिस मकहाँ आउँथ्‍यो र म त्यसलाई न्याय दिलाउँथे ।”
2SA 15:5 यसैले यस्‍तो भयो, जब कुनै पनि मानिस अब्शालोमलाई आदर गर्न आउँथ्‍यो, तब अब्शालोमले आफ्नो हात काँधमा राख्‍थे र त्यसलाई अङ्गालो हाल्‍थे र त्यसलाई चुम्बन गर्थे ।
2SA 15:6 राजाकहाँ न्यायको निम्ति आउने सबै इस्राएलसित अब्शालोमले यसरी नै व्‍यवहार गरे । यसरी अब्शालोमले इस्राएलका मानिसहरूका हृदय चोरे ।
2SA 15:7 चार वर्षको अन्ततिर यस्‍तो भयो कि अब्शालोमले राजालाई भने, “कृपया, मैले हेब्रोनका परमप्रभुलाई गरेको भाकल पुरा गर्न मलाई जान दिनुहोस् ।
2SA 15:8 किनकि तपाईंको दासले अरामको गशूरमा बस्दा यसो भनेर एउटा भाकल गरें, “परमप्रभुले मलाई यरूशलेममा ल्याउनुभयो भने, म परमप्रभुको आराधना गर्ने छु ।”
2SA 15:9 त्यसैले राजाले उनलाई भने, “शान्तिसित जाऊ ।” यसैले अब्शालोम उठे र हेब्रोनमा गए ।
2SA 15:10 तर अब्शालोमले इस्राएलका सबै कुलमा यसो भनेर जासुसहरू पठाए, “तिमीहरूले तुरहीको आवाज सुन्‍ने बित्तिकै, तिमीहरूले यसो भन्‍नू, “हेब्रोनमा अबशालोम राजा हुनुभयो' ।”
2SA 15:11 अब्शालोमसँगै यरूशलेमका दुई सय जना मानिस गए जसले निमन्त्रणा पाएका थिए । अब्शालोमले योजना गरेका कुनै कुरा पनि थाहा नपाई तिनीहरू आफ्‍नो अज्ञानतामा गए ।
2SA 15:12 अब्शालोमले बलिदान चाढाउँदा, उनले गिलोका अहीतोपेललाई पनि बोलाए । तिनी दाऊदका सल्लाहकार थिए । अब्शालोमको षड्यान्त्र प्रबल थियो, किनकि अब्शालोमको पछि लाग्‍ने मानिसहरूका सङ्‍ख्‍या निरन्‍तर बढ्‍दै थियो ।
2SA 15:13 दाऊदकहाँ एक जना दूत यसो भन्‍दै आए, “इस्राएलका मानिसहरूका हृदयहरू अब्शालोमतिर लागेको छ ।”
2SA 15:14 त्यसैले दाऊदले आफूसँग यरूशलेममा भएका आफ्‍ना सबै सेवकलाई भने, “उठ र हामी भागौं नत्रता हामी कोही पनि अब्शालोमबाट बाँच्‍ने छैनौं । तुरुन्तै जानलाई तयार होओ, नत्रता त्यसले हामीलाई चाँडै आक्रमण गर्ने छ र त्यसले हामीमाथि विपद् ल्याउने छ र तरवारले यो सहरलाई आक्रमण गर्ने छ ।”
2SA 15:15 राजाका सेवकहरूले राजालाई भने, “हेर्नुहोस्, तपाईंका दासहरू हाम्रो मालिक महाराजाले जे भन्‍नुहुन्छ सो गर्न तयार छन् ।”
2SA 15:16 राजा र तिनका सबै परिवार तिनीसितै विदा भए, तर दरबारको रेखदेख गर्न दश जना उपपत्‍नीलाई राजाले छोडिराखे ।
2SA 15:17 राजा र तिनीसँग भएका सबै मानिस बाहिर गएपछि, तिनीहरू अन्तिम घरमा रोकिए ।
2SA 15:18 तिनका सबै फौज तिनीसँगै हिंडे र सबै करेतीहरू, पेलेथीहरू र गित्तीहरू गरी गातबाट तिनलाई पछ्याउने छ सय जना मानिसहरू तिनको अगिअगि गए ।
2SA 15:19 तब राजाले गित्ती इत्तैलाई भने, “तिमी किन हामीसँग आउँछौ? फर्क र राजासँगै बस, किनकि तिमी परदेशी र निर्वासित छौ । तिम्रो आफ्नै ठाउँमा फर्क ।
2SA 15:20 किनकि तिमी भर्खर मात्र आएका हौ । तिमीलाई हामीसँगै भौंतारिन म किन लगाउछु र? म कहाँ जाँदै छु भन्‍ने मलाई नै थाहा छैन । त्यसैले फर्क र तिम्रा गाउँले मित्रहरूलाई फर्काएर लैजाऊ । बफदारीता र विश्‍वासनीयता तिमीसँगै रहोस् ।”
2SA 15:21 तर इत्तैले राजालाई जवाफ दिए र भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ र जस्‍तो मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मर्न वा बाँच्‍ने जेसुकै परोस् हजुको दास मेरो मालिक महाराजा जुन ठाउँमा जहाँ जानुहुन्छ त्यहीं नै जाने छ ।”
2SA 15:22 त्यसैले दाऊदले इत्तैलाई भने, “अगि बढ, हामी निरन्‍तर बस ।” त्यसैले गित्ती इत्तै राजा, तिनका सबै मानिस र सबै परिवार सँगसँगै हिंडे ।
2SA 15:23 राजाले किद्रोनको बेसी तर्दा देशभरिका सबै मानिस धुरुधुरु रोए र सबै मानिस पनि राजासँगै पारि तरे । सबै मानिस उजाडस्‍थान जाने बाटोसम्म गए ।
2SA 15:24 परमेश्‍वरको करारको सन्दुक बोक्‍ने सबै लेवीसहित सादोक पनि थिए । तिनीहरूले परमेश्‍वरको सन्दुकलाई भुईंमा राखे र त्‍यसपछि अबियाथार तिनीहरूसँगै सहभागी भए । सबै मानिस सहरबाट बाहिर नआएसम्म तिनीहरूले पर्खे ।
2SA 15:25 राजाले सादोकलाई भने, “परमेश्‍वरको सन्दुकलाई सहरमा नै फर्काएर लेजाऊ । मैले परमप्रभुको दृष्‍टिमा निगाह पाएँ भने, उहाँले मलाई यहाँ फर्काएर ल्याउनुहुने छ र सन्दुक र उहाँ बस्‍नुहुने ठाउँ मलाई फेरि देखाउनुहुने छ ।
2SA 15:26 तर उहाँले यसो भन्‍नुहुन्छ भने, 'तँसँग म प्रशन्‍न छैन,' हेर, म यहाँ छु, उहाँलाई जे असल छ सो उहाँले मलाई गर्नुभएको होस् ।”
2SA 15:27 राजाले सादोक पुजारीलाई यसो पनि भने, “के तिमी दर्शी होइनौ? सहरमा शान्तिसँग फर्क र तिम्रा दुई छोरा, तिम्रा छोरा अहीमास र अबियाथारका छोरा जोनाथन तिम्रो साथमा छन् ।
2SA 15:28 हेर, मलाई जानकारी दिनलाई तिमीबाट खबर नआएसम्म म अराबाको जँघारहरूमा पर्खिने छु ।”
2SA 15:29 त्यसैले सादोक र अबियाथारले परमेश्‍वरको सन्दुक यरूशलेममा नै फिर्ता ल्याए र तिनीहरू त्यहीं बसे ।
2SA 15:30 तर दाऊद खाली खुट्टाले हिंडेर रुँदै जैतूनको डाँडाको उकालो चढे र तिनले आफ्नो शिर ढाकेका थिए । तिनीसँग भएका हरेक मानिसले आआफ्ना शिर ढाके र तिनीहरू रुँदै माथि उकालो चढे ।
2SA 15:31 कसैले दाऊदलाई भन्यो, “अहीतोपेल अब्शालोमसँगै षड्यान्त्र गर्नेहरूसित छ ।” त्यसैले दाऊदले प्रार्थना गरे, “हे परमप्रभु, कृपा गरी, अहीतोपेलको सल्लाहलाई मूर्खतामा परिणत गर्नुहोस् ।”
2SA 15:32 यस्‍तो भयो, जब दाऊद बाटोको टाकुरामा आइपुगे जहाँ परमेश्‍वरको आराधना गरिन्थ्यो, तब अरकी हुशै आफ्नो लुगा च्यातेर शिरमा धुलो छरेर दाऊदलाई भेट्न आए, ।
2SA 15:33 दाऊदले तिनलाई भने, “तिमी मसँग गयौ भने, तिमी मेरो निम्ति बोझ बन्‍ने छौ ।
2SA 15:34 तर तिमी सहरमा फर्केर गयौ र अबशालोमलाई यसो भन्यौ भने, 'जसरी म विगतमा हजुरका बुबाको सेवक भएँ त्यसरी नै, हे महाराजा, म हजुरको दास हुने छु,' तब तिमीले मेरो खातिर अहीतोपेलको सल्लाहलाई गोलमाल पार्नेछौ ।
2SA 15:35 के तिमीसँग सादोक पुजारी र अबियाथार हुने छैनन् र? त्यसैले तिमीले दरबारमा राजाबाट जे-जे सुन्छौ सो कुरा तिमीले पुजारी सादोक र अबियाथारलाई भन्‍नुपर्छ ।
2SA 15:36 हेर, तिनीहरूका साथमा तिनीहरूका दुई छोरा सादोकका छोरा अहीमास र अबियाथारका छोरा जोनाथन छन् । तिमीले सुनेका सबै कुरा तिमीले तिनीहरूको माध्यामद्वारा मकहाँ पठाउनू ।”
2SA 15:37 त्यसैले अब्शालोम सहरभित्र आइपुगेर यरूशलेम प्रवेश गर्दा दाऊदका मित्र हूशै आए ।
2SA 16:1 दाऊद डाँडाको चुचुरोबाट अलिकति पर पुग्दा, मपीबोशेतको नोकर सीबा केही गधाहरू जीन-काठी कसेर दाऊदलाई भेट्न आए । तिनमा दुई सयवटा रोटी, एक सय झुप्‍पा किसमिस, नेभारा एक सय झुप्‍पा र एक मशक दाखमद्य थिए ।
2SA 16:2 राजाले सीबालाई भने, “तिमीले यी कुरा किन लिएर आयौ?” सीबाले जवाफ दिए, “गधाहरू राजाका घरानालाई सवार हुन, रोटी र नेभाराका डल्लाहरू तपाईंका मानिसहरूले खान र दाखमद्यचाहि उजाडस्‍थानमा मूर्छित हुनेहरूका लागि पिउनलाई हुन् ।”
2SA 16:3 राजले भने, “त्‍यसो भए, तिम्रो मालिको नाति कहाँ छ?” सीबाले राजालाई जवाफ दिए, “हेर्नुहोस्, उनी यरूशलेममा नै बसेका छन्, किनकि, उनले भने, 'इस्राएलको घरानाले आज मेरो बुबाको राज्य मलाई पुनर्स्थापना गर्ने छन्' ।”
2SA 16:4 तब राजाले सीबालाई भने, “हेर, मपीबोशेतको अधीनमा भएका सबै कुरा अब तिम्रो भयो ।” सीबाले जवाफ दिए, “हे मेरो मालिक महाराजा म नम्रतासाथ हजुरको सामु निहुरिन्‍छु । मैले हजुरको दृष्‍टिमा निगाह पाउन सकौं ।”
2SA 16:5 जब दाऊद राजा बहूरीमको नजिक पुगे, त्यहाँबाट एक जना मानिस शाऊलको कुलको गेराका छोरा शिमी आयो । ऊ हिंड्‍दै गर्दा उसले सराप्‍दै गयो ।
2SA 16:6 राजाको दाया र बायातिर फौजहरू र अङ्गरक्षकहरू भए तापनि उसले दाऊदलाई र राजाका अधिकारीहरूलाई ढङ्गाले हान्‍यो ।
2SA 16:7 शिमीले यसरी सरापे, “गइहाल, यहाँबाट निस्की जा, तँ दुष्‍ट, तँ रक्‍तपात गर्ने मानिस !
2SA 16:8 तैंले शाऊलको घरानाभित्र बगाएको रगतका लागि तिमीहरू सबैलाई परमप्रभुले जवाफ दिनुभएको छ, जसको ठाउँमा तैंले राज्‍य गरेको छस् । परमप्रभुले तेरो छोरा अब्शालोमलाई राज्य दिनुभएको छ । तेरो सर्वनाश भएको छ किनभने तँ रक्‍तपातको मानिस होस् ।”
2SA 16:9 त्यसपछि सरूयाहका छोरा अबीशैले राजालाई भने, “यो मरेको कुकुरले मेरो मलिक महाराजालाई किन सराप्‍ने? कृपया, पारि गएर त्यसको टाउको काट्ने अनुमति मलाई दिनुहोस् ।”
2SA 16:10 तर राजाले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार? सायद परमप्रभुले नै, 'दाऊदलाई सराप' भनेर त्यसलाई भन्‍नुभएको हुनाले त्यसले मलाई सराप्‍दै छ । अनि त्यसलाई 'तिमीले राजालाई किन सराप्‍दै छौ?' भनेर कसले भन्‍न सक्छ' ।”
2SA 16:11 त्यसैले दाऊदले अबीशै र आफ्‍ना सबै सेवकलाई भने, “हेर, मेरो छोर, जो मेरो आफ्नै शरीरबाट जन्मेको हो, त्‍यसले नै मलाई मार्न खोज्‍छ । यो बेन्यामिनीले झन् मेरो विनाश भएको कति धेरै इच्छा गर्ला? त्यसलाई छोडिदेऊ र त्यसले सरापोस्, किनकि परमप्रभुले नै त्‍यसो गर्ने आज्ञा त्यसलाई दिनुभएको छ ।
2SA 16:12 सायद ममाथि आइपरेको यो कष्‍ट परमप्रभुले हेर्नुहुने छ र आज त्यसले मलाई सरापेकोमा मलाई असल इनाम दिनुहुने छ ।”
2SA 16:13 त्यसैले दाऊद र तिनका मानिसहरू बाटोमा हिंडे, जबकि शिमीले डाँडाको अर्कोपट्टि हिंड्दै, सराप्दै, धुलो छर्दै र ढुङ्गा हान्दै गए ।
2SA 16:14 त्यसपछि राजा र तिनीसँग भएका सबै मानिस थकित भए र तिनीहरू राती रोकिंदा तिनले आराम गरे ।
2SA 16:15 अब्शालोमको र तिनीसँग भएका इस्राएलका सबै मानिसका बारेमामा, तिनीहरू यरूशलेममा आए र अहीतोपेल तिनीसँगै थिए ।
2SA 16:16 जब दाऊदका मित्र अरकी हूशै अब्शालोमकहाँ आए, तब हूशैले अब्शालोमलाई भने, “राजा अमर रहुन् ! राजा अमर रहुन्!”
2SA 16:17 अब्शालोमले हूशैलाई भने, “तिम्रो मित्रप्रतिको तिम्रो बफदारीता यही हो? तिमी किन तिनीसित गएनौ?”
2SA 16:18 हूशैले अब्शालोमलाई भने, “होइन, बरु, परमप्रभु र यी मानिसहरू र इस्राएलका सारा मानिसले जसलाई चुनेका छन्, म त्‍यही मानिसको हुने छु र उसैसित म बस्‍ने छु ।
2SA 16:19 साथै, मैले कुन मानिसको सेवा गर्नु? के मैले तिनको छोराको उपस्थितिमा सेवा नगर्नु? मैले जसरी तपाईंको बुबाको सामु सेवा गरेको छु त्यसरी नै म तपाईंको सामु सेवा गर्ने छु ।”
2SA 16:20 तब अब्शालोमले अहीतोपेललाई भने, “हामीले के गर्नुपर्छ भन्‍ने बारेमा हामीलाई तपाईंको सल्लाह दिनुहोस् ।”
2SA 16:21 अहीतोपेलले अब्शालोमलाई जवाफ दिए, “जानुहोस्, तपाईंको बुबाले दरबारको सुरक्षा गर्न छोड्नुभएका तपाईंको बुबाका उपपत्‍नीहरूसित सुत्‍नुहोस् र तपाईं आफ्नो बुबाप्रति दुर्गन्ध हुनुभएको छ भनी सारा इस्राएललाई थाहा हुने छ । तब तपाईंसँग भएका सबैको हात बलियो हुने छ ।”
2SA 16:22 त्यसैले तिनीहरूले दरबारको छतमा अब्शालोमको निम्ति पाल टाँगे र सारा इस्राएलले देख्‍ने गरी अब्शालोम आफ्नो बुबाका उपपत्‍नीहरूसित सुते ।
2SA 16:23 अब ती दिनहरूमा अहीतोपेलले दिएको सल्लाह परमेश्‍वर स्वयम्‌को मुखबाट मानिसले सुनेको जस्तै हुन्थ्यो । दाऊद र अब्शालोम दुवैले अहीतोपेलको सल्लाहलाई त्यसरी नै लिन्थे ।
2SA 17:1 त्यसपछि अहीतोपेलले अब्शालोमलाई भने, “अब म बाह्र हजार मानिस छान्‍ने छु र म उठ्ने छु र दाऊदलाई आज राती नै खेदने छु ।
2SA 17:2 तिनी थकित र कमजोर हुँदा नै तिनीकहाँ म पुग्‍ने छु र तिनलाई भयङ्‍कर त्रासमा पार्ने छु । तिनीसँग भएका मानिसहरू भाग्‍ने छन् र म राजालाई मात्र आक्रमण गर्ने छु ।
2SA 17:3 दुलही आफ्नो दुलाहाकहाँ आएजस्तै सबै मानिसलाई म तपाईंकहाँ फर्काएर ल्याउने छु र सबै मानिस तपाईंको अधीनमा शान्तिमा रहने छन् ।”
2SA 17:4 अहीतोपेलले भनेको कुरा अब्शालोम र इस्राएलका सबै धर्म-गुरुलाई मन पर्‍यो ।
2SA 17:5 त्यसपछि अब्शालोमले भने, “अरकी हूशैलाई पनि बोलाऊ र उनले के भन्छन् हामी सुनौं ।”
2SA 17:6 जब हूशै अब्बशालोमकहाँ आए, अब्बशालोमले उनलाई अहीतोपेलले भनेका सबै कुरा बताइदिए र हूशैलाई सोधे, “के हामीले अहीतोपेलले भनेका कुरा गरौं? होइन भने, हामीलाई तपाईंको सल्लाह भन्‍नुहोस् ।”
2SA 17:7 त्यसैले हूशैले अब्शालोमलाई भने, “अहीतोपेलले दिएका सल्लाह यस पटक ठिक छैन ।”
2SA 17:8 हूशैले थपे, “तपाईंले आफ्नो बुबालाई चिन्‍नुहुन्छ र उहाँका मानिसहरू बलिया योद्धाहरू छन्, तिनीहरू तितो छन्, र तिनीहरू मैदानका बच्‍चा खोसिएका भालुहरूजस्ता छन् । तपाईंको बुबा एक योद्धा हुनुहुन्छ । उहाँ आज फौजसँग सुत्‍नुहुने छैन ।
2SA 17:9 हेर्नुहोस्, यति बेला उहाँ सायद कुनै खाडल वा अर्कै ठाउँमा लुकिरहनुभएको छ । आक्रमणको सुरुमा नै तपाईंका केही मानिसहरू मारिए भने सुन्‍ने जोसकैले भन्‍ने छन्, 'अब्शालोमसँग हुनेहरू माझ नरसंहार भएको छ ।'
2SA 17:10 त्यसपछि सिंहको जस्‍तो हृदय हुने सबैभन्दा सिपाही पनि भयभीत हुने छ, किनभने तपाईंको बुबा वीर योद्धा हुनुहुन्छ भनी सारा इस्राएलले जान्‍दछ र उहाँसँग भएका मानिसहरू धेरै बलिया छन् ।
2SA 17:11 त्यसैले दानदेखि बेर्शेबासम्मका सबै इस्राएल तपाईंकहाँ भेला भएर समुद्रको बालुवा जत्तिकै असंख्या हुनुपर्छ र तपाईं स्वयम् युद्ध गर्न जानुपर्छ भन्‍ने सल्लाह म तपाईंलाई दिन्छु ।
2SA 17:12 त्यसपछि हामीले उनलाई जहाँ भेट्टाए पनि उनमाथि जाइलाग्‍ने छौं र जमिनमा शीत परेझैं हामीले उनलाई छोप्‍ने छौं । हामीले उनका मानिसहरू वा उनी स्वयम्‌ एउटालाई पनि जीवित छोड्ने छेनौं ।
2SA 17:13 उनी सहरमा शरण लिन्छन् भने, त्‍यस सहरमा सारा इस्राएलले डोरी ल्याउने छन् र त्यहाँ एउटा सानो ढुङ्गा पनि नभेटिने गरी त्‍यसलाई हामी घिसारेर नदीमा झार्ने छौं ।”
2SA 17:14 अनि अब्बशालोम र इस्राएलका मानिसले भने, “आरकी हूशैको सल्लाह अहीतोपेलको सल्लाहभन्दा राम्रो छ ।” परमप्रभुले अब्शालोममाथि विनाश ल्याउनको निम्ति अहीतोपेलको सल्लाह इन्कार गर्ने निश्‍चय गर्नुभएको थियो ।
2SA 17:15 तब हूशैले सादोक र अबियाथार पुजारीहरूलाई भने, “अहीतोपेलले अब्शालोम र इस्राएलका धर्म-गुरुहरूलाई यस्‍तो-यस्‍तो सल्लाह दिए, तर मैले अरू नै सल्लाह दिएको छु ।
2SA 17:16 अब चाँडो जाओ र दाऊदलाई खबर गर । उनलाई भन, 'आज राती आराबाको जाँघरहरूमा छाउनी नलगाउनुहोस्, तर कुनै पनि उपायले पारि तर्नुहोस्, नत्र राजाका अनि उहाँको साथमा भएका सबै मानिस समेत नाश पारिने छन्' ।”
2SA 17:17 यति बेला जोनाथन र अहीमास एन-रोगेलको पानीको मूलमा पर्खिरहेका थिए । तिनीहरूले जान्‍नुपर्ने कुरा एक जना दासी गएर तिनीहरूलाई खबर गर्थिन्, किनकि तिनीहरू सहरभित्र गएर देखिने जोखिममा पर्न सक्दैनथे । जब खबर आउँथ्यो, तब तिनीहरू गएर राजालाई भन्थे ।
2SA 17:18 तर योपल्‍ट एक जना जवान मानिसले तिनीहरूलाई देख्यो र अब्बशालोमलाई बतायो । त्यसैले जोनाथन र अहीमास तुरुन्‍तै गए र बहूरिममा एक जना मानिसको घरमा आए जसको आँगनमा एउटा इनार थियो, जसभित्र तिनीहरू पसे ।
2SA 17:19 ती मानिसकी पत्‍नीले त्यो इनारको ढकनी ल्‍याइन् र इनारको मुख ढाकिन् अनि त्‍यसमाथि बिस्‍कुन सुकाइन्, त्यसैले इनारमा जोनाथन र अहीमास थिए भनेर कसैले थाहा पाएनन् ।
2SA 17:20 अब्शालोमका मानिसहरू त्यो घरकी स्‍त्रीकहाँ आए र भने, “अहीमास र जोनाथन कहाँ छन्?” ती स्‍त्रीले भनिन्, “तिनीहरू नदी तरेर गाइसके ।” त्यसैले तिनीहरूले वरिपरि हेरे र तिनीहरूलाई भेट्टउन सकेनन्, तब तिनीहरू यरूशलेम फर्के ।
2SA 17:21 तिनीहरू गएपछि जोनाथन र अहीमास इनारबाट बाहिर निस्‍के । उनीहरू दाऊद राजालाई खबर दिन गए । तिनीहरूले उनलाई भने, “उठ्नुहोस् चाँडो नदी तर्नुहोस, किनभने अहीतोपेलले तपाईंको बारेमा यस्‍तो-यस्‍तो सल्लाह दिएका छन् ।”
2SA 17:22 त्यसपछि दाऊद र तिनीसँग भएका सबै मानिस उठे र तिनीहरूले यर्दन नदी तरे । बिहान उज्‍यालो हुँदासम्मा तीमध्‍ये यर्दन तर्न बाँकी कोही पनि थिएन ।
2SA 17:23 जब अहीतोपेलले आफ्‍नो सल्लाहको अनुसरण नभएको देखे, उनले आफ्नो गधामा जीन-लगाम कसे र विदा भए । उनी आफ्नो सहरमा भएको घरमा गए, आफ्ना सबै कुरा मिलाए र आफूलाई झुण्‍डाए । यसरी उनी मरे र आफ्नै बुबाको चिहानमा गाडिए ।
2SA 17:24 त्यसपछि दाऊद महनोममा आए । अब्शालोमचाहीं र आफूसित भएका इस्राएलका सबै मानिसलाई लिएर यर्दन नदी तरे ।
2SA 17:25 अब्बशालोमले योआबको सट्टामा अमासालाई फौजका कमाण्‍डर बनाएका थिए । अमासा इश्‍माएली येतेरका छोरा थिए, जो अबीगेलसँग सुते जो नाहाशकी छोरी र योआबकी आमा सरूयाहकी बहिनी थिइ ।
2SA 17:26 तब इस्राएल र अब्बशालोमले गिलादको जमिनमा छाउनी हाले ।
2SA 17:27 जब दाऊद महनोममा आएका थिए, अम्‍मोनीहरूको रब्बाका नाहाशका छोरा शोबी अनि लो-देबारका अम्‍मीएलको छोरा माकीर र रोगेलिमबाट आएका गिलादी बर्जिल्लैले
2SA 17:28 सुत्‍ने ओछ्यान र ओड्ने कम्बलहरू, भाँडाहरू, जौको पिठो भुटेको अन्‍न, सिमी, दाल
2SA 17:29 मह, नौनी, भेडा र दही ल्याए, ताकि दाऊद र तिनीसँग भएका मसनिहरूले खान सकुन् । यी मानिसले भनेका थिए, “मानिसहरू उजाडस्‍थानमा भोकाएका, थकित, र तिर्खाएका छन् ।”
2SA 18:1 दाऊदले आफूसँग भएका सिपाहरूको गन्ति गरे र तिनीहरूमाथि हजारका कप्‍तानहरू र सयका कप्‍तानहरू नियुक्‍त गरे ।
2SA 18:2 त्यसपछि दाऊदले एक तिहाइ सिपाहीलाई योआबको अधीनमा, अर्को एक तिहाइलाई सरूयहाहका छोरा योआबका भाइ अबीशैको अधीनमा, र अर्को एक तिहाइलाई गित्ती इत्तैको अधीनमा पठाए । राजाले फौजलाई भने, “म आफै पनि तिमीहरूसँग नै जाने छु ।”
2SA 18:3 तर मानिसहरूले भने, “तपाईं युद्धमा जानु हुँदैन, किनकि भाग्यौं भने, तिनीहरूले हाम्रो वास्‍ता गर्ने छैनन् वा हामी आधा नै मरे पनि तिनीहरूले वास्‍ता गर्ने छैनन् । तर तपाईं त हामीजस्‍ता दश हजार बराबर हुनुहुन्छ ! यसकारण तपाईं हामीलाई सहरबाट नै सहायता गर्न तयार हुनुहोस् ।”
2SA 18:4 त्यसैले राजाले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूलाई जे उत्तम लाग्छ म त्यही गर्ने छु ।” जब सबै फौज सय र हजारको सङ्‍ख्‍यामा निस्‍केर गए, तब राजाचाहिं सहरको ढोकामा खडा भए ।
2SA 18:5 राजाले योआब, अबीशै र इत्तैलाई आज्ञा दिए, “त्यो जवान केटा अब्शालोमसित मेरो खातिर कोमलतासाथ व्यवहार गर ।” राजाले अब्शालोमको बारेमा कप्‍तानहरूलाई यस्तो आज्ञा दिएका छन् भनी सबैले सुने ।
2SA 18:6 त्यसैले फौज गाउँमा इस्राएलको विरुद्ध लड्न गए । लडाइँ इफ्राइमको जङ्गलमा फैलियो ।
2SA 18:7 दाऊदका सिपाहीहरूका सामु त्‍यहाँ इस्राएलका फौजलाई परास्‍त भयो । त्यस दिन त्यहाँ यति ठुलो नरसंहार भयो कि बिस हजार मानिसहरू मारिए ।
2SA 18:8 लडाइँ सारा गाउँभरि नै फैलियो र तरवारले भन्दा पनि धेरै जङ्गलले नै मानिसहरूलाई नाश पार्‍यो ।
2SA 18:9 अब्शालोमले दाऊदका केही सिपाहीलाई भेटे । अब्शालोम आफ्नो खच्‍चरमा सवार थिए र त्‍यो खच्‍चर बाक्‍लो हाँगा भएको फलाँटको ठुलो रुखमुनिबाट गयो र तिनको टाउको रुखका हाँगाहरूमा नै अड्कियो । तिनले चढेका खच्‍चर हिंडिरहँदा तिनीचाहिं आकाश र जमिनको बिचमा झुण्डिरहे ।
2SA 18:10 कसैले यो देख्‍यो र योआबलाई भन्‍यो, “हेर्नुहोस्, मैले अब्शालोम फलाँटको रुखमा झुण्डिरहेको देखें !”
2SA 18:11 योआबले आब्शालोमबारे बताउने ‍‍त्यो मानिसलाई भने, “हेर, तैंले त्यसलाई देखिस्! तैंले किन त्यसलाई जमिनमा ढालिनस्? मैले तँलाई दश शेकेल चाँदी र एउटा पेटी दिने थिएँ ।”
2SA 18:12 त्यो मानिसले योआबलाई भन्यो, “मैले हजार शेकेल चाँदी पाएको भए पनि म राजाको छोराको विरुद्ध आफ्‍नो हात उठाने थिइनँ, किनभने तपाईं, अबीशै र इत्तैलाई राजाले यसो भनेर आज्ञा दिनुभएको कुरा हामी सबैले सुनेका थियौं, 'जवान मानिस अब्शालोमलाई कसैले नछोओस् ।'
2SA 18:13 मैले झुट बोलेर मेरो जीवनलाई खतरामा पारेको भए (र राजाबाट कुनै कुरा लुक्‍दैन ), तपाईंले मलाई त्यग्‍नुहुने थियो ।”
2SA 18:14 तब योआबले भने, “म तेरो लागि पर्खने छैनँ ।” त्यसैले योआबले आफ्नो हातमा तिन वटा भालाहरू लिए र अब्शालोम अझै जीवित नै फलाँटको रुखमा झुण्डिरहँदा तिनको मुटुमा रोपिदिए ।
2SA 18:15 त्यसपछि योआबको हतियार बोक्‍ने दश जना मानिसले अब्शालोमलाई घेरा हाले, तिनलाई आक्रमण गरे र तिनलाई मारे ।
2SA 18:16 तब योआबले तुरही फुके र इस्राएललाई खेद्‍न छोडेर फौज फर्कियो, किनकि योआबले फौजलाई रोके ।
2SA 18:17 तिनीहरूले अब्शालोमलाई लिए र तिनलाई जङ्गलको एउटा ठुलो खल्डोमा फालिदिए । सबै इस्राएल हरेक मानिस आफ्नो घरतिर भागरे जाँदा तिनीहरूले अब्शालोमलाई ढुङ्गाको ठुलो थुप्रोमुनि गाडे ।
2SA 18:18 अब्शालोम आफू जीवित नै हुँदा राजाको बेसीमा ठुलो ढुङ्गाको एउटा स्मारक निर्माण गरेका थिए, किनकि तिनले भने, “मेरो नाउँलाई निरन्‍तरता दिन मेरो कुनै छोरा छैन ।” तिनले स्तम्भलाई आफ्नै नाउँबाट नाम दिए, त्यसैले आजको दिनसम्म पनि त्‍यसलाई अब्शालोमको स्मारक भनिन्छ ।
2SA 18:19 त्यसपछि सादोकका छोरा अहीमासले भने, “परमप्रभुले राजालाई कसरी उहाँका शत्रुहरूका हातबाट छुटकारा दिनुभएको छ भन्‍ने शुभखबर लिएर मलाई राजाकहाँ दौडेर जान दिनुहोस् ।”
2SA 18:20 योआबले तिनलाई भने, “आज तिमी खबर लाने छैनौ । तिमीले यो काम अर्को दिन गर्नुपर्छ । आज तिमीले कुनै समाचार लाने छैनौ किनभने राजाको छोरा मरेको छ ।”
2SA 18:21 त्यसपछि योआबले कूशीलाई भने, “जा, तैंले जे देखेको छस् त्‍यो राजालाई भन् ।” कूशीले योआबलाई दण्डवत गरे र दौडे ।
2SA 18:22 तब सादोकका छोरा अहीमासले योआबलाई फेरि पनि भने, “जेसुकै भए पनि, कृपया मलाई दौडेर जान र कूशीको पछि-पछि लाग्‍न दिनुहोस् ।” योआबले जवाफ दिए, “हे मेरो छोरो, तिमीले यो खबरको निम्ति कुनै इनाम पाउने छैनौ भन्‍ने देखेर पनि तिमी किन दौडिन चाहन्छौ?”
2SA 18:23 अहीमासले भने, “जेसुकै होस्, म दौडने छु ।” त्यसैले योआबले तिनलाई जवाफ दिए, “दौड ।” अनि अहीमास मैदानको बाटो हुँदै दौडे र कूशीलाई उछिने ।
2SA 18:24 यति बेला दाऊद भित्री र बाहिरी ढोकाको बिचमा बसिरहेका थिए । रक्षा बस्‍ने मानिस पर्खालको छतमा गए र आफ्‍ना आँखाले हेरे । जसै तिनले हेरे, एक जना मानिस एक्‍लै दौडेर नजिक आइरहेको तिनले देखे ।
2SA 18:25 रक्षकले ठुलो सोरले कराए र राजालाई भने । तब राजाले भने, “त्यो एकलै छ भने, त्यसको मुखमा खबर हुनुपर्छ ।” त्‍यो धावक नजिक आइपुगे र सहरको नजिकै आए ।
2SA 18:26 त्यसपछि ती रक्षकले अर्को मानिस पनि दौडेर आइरहेको देखे र ती रक्षकले ढोकाको पालेलाई भने, “हेर, अर्को मानिस पनि एक्लै दौडेर आइरहेको छ ।” राजाले भने, “त्यसले पनि खबर ल्याउँदै छ ।”
2SA 18:27 त्यसैले ती रक्षकले भने, “अगिल्लो मानिसको दौडाइ सादोकका छोरा अहीमासको जस्तो छ ।” राजाले भने, “तिनी असल मानिस हुन् र राम्रो खबर लिएर आउँदै छन् ।”
2SA 18:28 त्यसपछि अहीमासले कराए र राजालाई भने, “सबै ठिक छ ।” तिनले आफ्‍नो अनुहार भुईंमा धोप्टो पारेर राजालाई दण्डवत् गरे र भने, “परमप्रभु तपाईंको परमेश्‍वर धन्यको होऊन् ! मेरो मलिक महाराजाको विरुद्धमा खडा हुने मानिसहरूलाई उहाँले हजुरको हातमा सुम्पनुभएको छ ।
2SA 18:29 त्यसैले राजाले जवाफ दिए, “त्‍यो जवान अब्शालोम ठिकै छ?” अहीमासले जवाफ दिए, “जब योबले म महाराजाको सेवकलाई हजुरकहाँ पठाए, तब मैले ठुलो खेलाबैल देखें, तर यो के हो भनी मलाई थाहा भएन ।”
2SA 18:30 त्यसपछि राजाले भने, “हटिजाऊ र यहाँ खडा होऊ ।” त्यसैले अहीमास छेउतिर लागे र खडा भए ।
2SA 18:31 कूशी पनि तुरुन्तै आइपुगे र भने, “मेरो मालिक महाराजालाई असल खबर छ, किनकि परमप्रभुले आज तपाईंको विरुद्ध खडा हुने सबैलाई बदला लिनुभएको छ ।”
2SA 18:32 त्यसपछि राजाले कूशीलाई भने, “त्‍यो जवान अब्शालोम ठिकै छ?” ती कूशीले जवाफ दिए, “मेरो मालिक महाराजाका शत्रुहरू र हजूरलाई हानि गर्न खडा हुने सबैलाई त्यो जवान मानिसलाई जस्तै हुनुपर्छ ।”
2SA 18:33 अनि राजा गहिरो शोकमा परे र तिनी ढोकामाथिको कोठामा गए र रोए । जसै तिनी हिंडे, तिनले विलाप गरे, “ए मेरो छोरा ए अब्शालोम, ए मेरो छोरा अब्शालोम! बरु म तिम्रो सट्टामा मरेको भए हुन्थ्यो नि, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा !”
2SA 19:1 योआबलाई भनियो, “हेर्नुहोस्, राजाले अब्शालोमको निम्ति रुँदै र विलाप गर्दै छन् ।”
2SA 19:2 त्यसैले त्यस दिनको विजय सारा फौजको निम्ति शोकमा परिणत भयो, किनकि फौजले सुने कि, “राजाले आफ्नो छोराको निम्ति विलाप गर्दै छन् ।”
2SA 19:3 जसरी युद्ध हारेर लाजमा परेका मानिसहरू युद्धबाट सुटुक्‍क भाग्‍छन्, त्‍यसरी नै त्‍यो दिन सपाहीहरू चुपचाप सुटुक्‍क सहरभित्र पस्‍नुपरेको थियो ।
2SA 19:4 राजाले आफ्नो शिर ढाके र ठुलो सोरमा कराए, “ए मेरो छोरा ए अब्शालोम, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा !”
2SA 19:5 तब योआब राजाको घरभित्र पसे र उनलाई भने, “आज तपाईंले आफ्नो सारा सिपाहीको मुहार लाजमा पार्नुभएको छ, जसले आज तपाईंको जीवन, तपाईंका छोराहरूका र तपाईंका छोरीहरूका र तपाईंका पत्‍नीहरूका जीवन र तपाईंका उपपत्‍नीहरूका पत्‍नीहरूको जीवन बचाए,
2SA 19:6 किनभने जसले तपाईंलाई घृणा गर्छ त्यसलाई तपाईंले प्रेम गर्नुहुन्छ र जसले तपाईंलाई प्रेम गर्छ त्यसलाई तपाईं घृणा गर्नुहुन्छ । किनकि कमाण्‍डरहरू र सिपाहीहरू तपाईंका निम्ति केही होइनन् भन्‍ने कुरा आज तपाईंको देखाउनुभएको छ । आज मलाई विश्‍वास भयो कि अब्शालोम बाँचेको भए र हामी सबै मरेको भए तपाईं खुसी हुनुहुन्थ्यो ।
2SA 19:7 यसकारण अब उठ्नुहोस् र बाहिर जानुहोस् र आफ्नो सिपाहीहरूसँग दयापूर्वक कुरा गर्नुहोस्, किनकि म परमप्रभुको नाउँमा शपथ खान्छु, तपाईं जानुभएन भने, आज राती तपाईंसँग एक जना पुरुष पनि रहने छैन । त्यो तपाईंको जवान अवस्थादेखि अहिलेसम्म घटेका सबै भन्दा खराब कुरा हुने छ ।”
2SA 19:8 त्यसैले राजा उठे र सहरको ढोकामा बसे, र सबै मानिसलाई यसो भनियो, “हेर, राजा ढोकामा बसेका छन् ।” अनि सबै मानिस राजाको सामु आए । त्‍यति बेला इस्राएलका सबै मानिस भगरे आआफ्ना घरमा गएका थिए ।
2SA 19:9 इस्राएलका सारा कुलमा सबै मानिसले यसो भन्‍दै आपसमा बहस गर्दै थिए, “राजाले हामीलाई हाम्रा शत्रुहरूका हातबाट बचाए, र उनले हामीलाई पलिश्‍तीहरूका हातबाट पनि बचाए, तर उनी अहिले अब्शालोमको कारणले देशबाट भागेका छन् ।
2SA 19:10 हामीले अभिषेक गरेको अब्शालोम युद्धमा मरेका छन् । त्यसैले राजालाई फिर्ता ल्याउने बारेमा किन तिमीहरू केही बोल्दैनौ?”
2SA 19:11 राजाले सादोक र अबियाथार पुजारीहरूलाई यसो भन्‍ने खबर पठाए, “यहूदाका धर्म-गुरुहरूलाई सोध, 'राजालाई उनको दरबारमा फिर्ता ल्याउन सबै इस्राएलको कुरा उनको पक्षमा भएको हुनाले राजालाई उनको दरबारमा ल्याउन तिमीहरू किन अन्तिम हुन्‍छौ?
2SA 19:12 तिमीहरू मेरो दाजुभाइ, मेरो मासु र हाड हौ । तब राजालाई फिर्ता ल्याउन तिमीहरू किन अन्तिम हुन्‍छौ?'
2SA 19:13 त्यसपछि अमासालाई भन, 'के तिमी मेरो मासु र मेरो हाड होइनौ? आज उप्रान्त तिमी यआबको सट्टामा मेरो फौजको कमाण्‍डर भएनौ भने परमेश्‍वरले मलाई यसै वा योभन्दा बढी गरून्' ।”
2SA 19:14 त्यसैले तिनले यहूदाका सबै मानिसका हृदयहरू एक जना मानिसको झैं गरी जिते । तिनीहरूले राजाकहाँ यसो भन्‍ने खबर पठाए, “तपाईं र तपाईंका सबै मानिस फर्कनुहोस् ।”
2SA 19:15 त्यसैले राजा फर्के र यर्दनमा आए । अब यहूदाका मानिसहरू गिलगालमा आए अनि राजालाई यर्दन वारि ल्याए ।
2SA 19:16 बेन्यामिनी गेराका छोरा शिमी पनि बहूरीमबाट यहूदाका मानिसहरूसँगै हतार-हतार राजालाई भेट्न आए ।
2SA 19:17 तिनीसित त्यहाँ बेन्यामीन कुलका मानिसहरू एक हजार जना थिए, र शाऊलका सेवक सीबा, तिनका पन्ध्र जना छोरा र तिनीसँगै बिस जना सेवक थिए ।
2SA 19:18 तिनीहरू राजालाई ल्याउन र उनलाई जे असल लाग्छ सो गर्न पारि गए । गेराका छोरा शिमीले यर्दन तर्न सुरु गर्नअगि राजालाई साष्‍टङ्ग दण्‍डवत् गरे ।
2SA 19:19 शिमीले राजालाई भने, “मेरो मालिक महाराजाले यरूशलेम छोडेको दिन हजुरका दासले गरेको कुरा मनमा नलिनुहोला वा दोषी नठहराउनुहोला । कृपया, यसलाई राजाले हृदयमा नराख्‍नुहोला ।
2SA 19:20 किनकि हजुरको दासले पाप गरेको छ भनी जानेको छ । हेर्नुहोस्, म आज योसेफको सबै कुलबाट मेरो मालिक महाराजालाई भेट्न आउनेमा म पहिलो भएको छु ।”
2SA 19:21 तर सरूयाहका छोरा अबीशैले जवाफ दिएर भने, “के शिमीलाई यसको निम्ति मर्नु पर्दैन किनभने त्‍यसले परमप्रभुका अभिषिक्‍तलाई सरापेको छ?”
2SA 19:22 तब दाऊदले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार, कि तिमीहरू आज मेरो विरोधीहरू हुन्छौ? के आजको दिन इस्राएलमा कुनै मानिसलाई मारिने छ र? किनकि आज म इस्राएलका राजा हुँ भन्‍ने कुरा मलाई थाहा छैन र?”
2SA 19:23 त्यसैले राजाले शिमीलाई भने, “तिमी मर्ने छैनौ ।” त्यसैले राजाले शपथसहित तिनलाई प्रतिज्ञा गरे ।
2SA 19:24 त्यसपछि शाऊलका नाति मपीबोशेत राजालाई भेट्न तल आए । तिनले राजा गएको दिनदेखि उनी शान्तिसँग घर नफर्केसम्म उनले आफ्नो खुट्टाको नङ्ग काटेका थिएनन्, न दाह्री नै काटे न लुगा नै धोएका थिए ।
2SA 19:25 त्यसैले जब तिनी यरूशलेमबाट राजालाई भेट्न आए, राजाले तिनलाई भने, “ए मपीबोशेत, तिमी किन मसँग गएनौ?”
2SA 19:26 तिनले जवाफ दिए, “ए मेरो मालिक महाराजा, मेरो सेवकले मलाई धोका दियो, किनकि मैले भनें, 'म गधामा जीन-लगाम लगाउने छु, ताकि म यसमा चढ्न र राजासँग जान सकूँ, किनभने हजुरको सेवक लङ्गडो छ ।'
2SA 19:27 म हजुरको सेवकको बारेमा मेरो सेवक सीबाले हजुरसँग निन्दा गरेको छ । तर मेरो मालिक महाराजा स्वर्दूतजस्तो हुनुहुन्छ । यसकारण, तपाईंको दृष्‍टिमा जे असल छ त्यही गर्नुहोस् ।
2SA 19:28 किनकि मेरो मालिक राजाको सामु मेरो बुबाको सबै घराना मृत मानिसहरू थिए, तर हजुरले आफ्नो सेवकलाई आफ्नै टेबलमा खानेमध्येको बनाउनुभयो । यसकारण म अझै राजासँग पुकारा गर्नुपर्ने मेरो के अधिकार छ र?”
2SA 19:29 तब राजाले तिनलाई भने, “अझ अरू बेलीबिस्‍तार किन गर्नु? तिमी र सीबाले जमिन बाँड्‍नुपर्छ भनी मैले निर्णय गरेको छु ।”
2SA 19:30 मपीबोशेतले राजालाई जवाफ दिए, “होस्, त्यसैले सबै लैजाओस्, किनभने मेरो मालिक महाराजा आफ्नो घरमा सुरक्षित आउनुभएको छ ।”
2SA 19:31 त्यसपछि रोगेलीमबाट गिलादी बर्जिल्लै तल आए राजासँगै यर्दन तरे र तिनी राजासँगै यर्दन पारि गए ।
2SA 19:32 यति बेला बर्जिल्लै धेरै वृद्ध, असी वर्षका भएका थिए । राजा महनोममा बस्‍दा तिनले राजालाई सबै खाद्यन्‍नहरू दिएका उपलब्ध गरेका थिए, किनभने तिनी धेरै धनी मनिस थिए ।
2SA 19:33 राजाले बर्जिल्लैलाई भने, “मसँगै आउनुहोस् र मसँग यरूशलेम बस्‍नलाई म तपाईंलाई प्रबन्ध मिलाउने छु ।”
2SA 19:34 बर्जिल्लैले राजालाई जवाफ दिए, “मेरो जीवनका वर्षहरूमा कति दिन बाँकी छन् र ताकि म महाराजासँग यरूशलेममा जाऊँ?
2SA 19:35 म असी वर्ष भएँ । के म असल र खराब बिच भिन्‍नता छुट्टाउन सक्छु र? के हजुरको सेवकले के खायो र के पियो भनी स्वाद लिन सक्छ र? कै मैले गायक पुरुष र गायक महिलाको सोर अझै सुन्‍न सक्छु र? अनि हजुरको सेवक मेरो मालिक महाराजाको निम्ति किन बोझ बन्‍नु र?
2SA 19:36 हजुरको सेवक महाराजासँग यर्दन पारिसम्म मात्र जान चाहन्छ । महाराजाले मलाई किन यस्तो इनाम दिनुहुन्छ?
2SA 19:37 कृपया आफ्नो सेवकलाई घर फर्कन दिनुहोस्, ताकि मेरो आफ्नै सहरमा मेरो बुबा र आमाको चिहानको छेउमा म मर्न पाऊँ । तर हेर्नुहोस्, हजुरको सेवक किमहाम छ । मेरो मालिकसँग त्यही नै जाओस् र हजुरलाई जे असल लाग्छ सो त्यसको निम्‍ति गरिदिनुहोस् ।”
2SA 19:38 राजाले जवाफ दिए, “किमहाम मसँगै जाने छ, र म त्यसको निम्ति तपाईंलाई जे असल लाग्छ सो म गर्ने छु र तपाईंले मबाट जे इच्छा गर्नुहुन्‍छ सो म तपाईंको निम्ति गर्ने छु ।”
2SA 19:39 त्यसपछि सबै मानिसहरूले यर्दन तरे र राजाले पनि यर्दन तरे, अनि राजाले बर्जिल्लैलाई चुम्बन गरेर तिनलाई आशिष् दिए । तब बर्जिल्लै तिनको आफ्नै घरमा फर्के ।
2SA 19:40 यसरी राजा पारि गिलगालमा आए र किमहाम उनीसँगै पारि आए । यहूदाका सबै फौज र इस्राएलका आधा फौजले राजालाई लिएर आए ।
2SA 19:41 चाँडै इस्राएलका सबै मानिस राजाकहाँ आउन लागे र राजालाई यसो भन्‍न लागे, “हाम्रा दाजुभाइ अर्थात् यहूदाका मानिसहरूले हजुरलाई किन चोरेर लगेका छन्, र महाराजा उहाँका परिवारलाई र दाऊदका सबै मानिसलाई उहाँसँगै यर्दन वारि पुर्‍याएका छन्?”
2SA 19:42 त्यसैले यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूलाई जवाफ दिए, “किनभने राजा हामीसँग अझ धेरै नजिकबाट सम्बन्धित हुनुहुन्‍छ । तब तिमीहरू यसबारे किन रिसाउँछौ? के महाराजाले तिर्नुपर्ने गरी हामीले कुनै कुरा खाएका छौं र? के उहाँले हामीलाई कुनै उपहार दिनुभएको छ र?”
2SA 19:43 इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “हामीसँग महाराजासँग सम्बन्धित दश कुल छन्, त्यसैले दाऊदसँग तिमीहरूको भन्दा धेरै अधिकार हामीसित छ । तब तिमीहरूले हामीलाई किन तुच्‍छ ठान्‍यौ? के हाम्रो राजालाई फिर्ता ल्याउने हाम्रो प्रस्ताव पहिले सुनुवाइ हुनुपर्दैनथ्यौ?” तर यहूदाका मानिसहरूका वचनहरू इस्राएलका मानिसहरूका वचनभन्दा धेरै रुखो थियो ।
2SA 20:1 त्यही ठाउँमा बेन्यामिनी बिक्रीको छोरो शेबा नाउँको एक जना समस्‍या उत्‍पन्‍न गराउने मानिस थियो । त्यसले तुरही फुक्यो र भन्यो, “दाऊदसँग हाम्रो कुनै हिस्सा छैन, न त यिशैको छोरासँग हाम्रो कुनै उत्तराधिकार नै छ । ए इस्राएल, हरेक मानिस आआफ्ना घर जाओ ।”
2SA 20:2 त्यसैले इस्राएलका सबै मानिसले दाऊदलाई छोडे र बिक्रीको छोरा शेबाको पछि लागे । तर यहूदाका मानिसहरू यर्दन देखि यरूशलेमसम्म नै आफ्‍ना राजाको पछिपछि गए ।
2SA 20:3 जब दाऊद यरूशलेममा आफ्नो दरबारमा आए, तब उनले दरबारको हेरचाह गर्न छोडेका दश जना पत्‍नीलाई लिए र तिनले उनीहरूलाई पालेको अधीनमा एउटा घरमा राखे । उनले उनीहरूलाई चाहिने सबै कुरा जुटाइदिए, तर तिनी फेरि उनीहरूसँग सुतेनन् । त्यसैले उनीहरूको मृत्युको दिनसम्म नै तिनीहरूलाई नजरबन्द गरियो, यसरी उनीहरू विधवाहरू भएझैं बसे ।
2SA 20:4 त्यसपछि राजाले अमासालाई भने, “तीन दिनभित्र यहूदाका मानिसहरूलाई एकसाथ भेला गर । तिमी पनि यहाँ हुनुपर्छ ।”
2SA 20:5 त्यसैले अमासा यहूदालाई बोलाउन गए तर तिनलाई राजाले तोकेको समयभन्दा तिनी ढिला भए ।
2SA 20:6 त्‍यसैले दाऊदले अबीशैलाई भने, “अब बिक्रीका छोरा शेबाले हामीलाई अब्शालोमले भन्दा धेरै हानि गर्ने छ । तिम्रो मालिकका सेवकहरू, अर्थात् मेरा सिपाहरूलाई लिएर जाऊ र त्यसलाई खेद नत्र त्यसले किल्लाबन्दी गरेको सहर भेट्टाउने छ र हाम्रा नजरबाट उम्किने छ ।”
2SA 20:7 त्यसपछि योआबका मानिसहरू, करेतीहरू, पलेथीहरू र सबै वीर योद्धासँगै त्यसको पछिपछि गए । तिनीहरूले बिक्रीको छोरो शेबालाई खेदन यरूशलेमबाट विदा भए ।
2SA 20:8 जब तिनीहरू गिबोनको ठुलो ढुङ्गामा थिए, तब अमासा तिनीहरूलाई भेट्न आए । योआबले हातियार सहितको जङ्गी पोशाक लगाएका थिए जसको कम्मरमा पेटी र त्यसमा दापमा छुरा हुन्थ्यो । जसै तिनी अगि बढे, छुरा खस्यो ।
2SA 20:9 त्यसैले योआबले अमासालाई भने, “हे मेरो भाइ, तिमीलाई ठिकै छ?” योआबले अमासालाई चुम्बन गर्न दाह्रीमा समाते ।
2SA 20:10 अमासाले योबको देब्रे हातमा भएको छुरालाई ख्यालै गरेनन् । योआबले अमासाको पेटमा रोपिदिए र तिनको आन्द्राभुँडी जमिनमा झर्‍यो । योआबले तिनलाई अर्को पटक प्रहार गरेनन् र अमासा मरे । यसरी योआब र तिनको भाइ अबीशैले बिक्रीका छोरो शेबालाई पछ्‍याउँदै गए ।
2SA 20:11 योआबका मानिसमध्‍ये एक जना अमासाको छेउमा खडा भयो र त्यो मानिसले भन्यो, “त्‍यो जसले योआबको पक्ष लिन्‍छ र त्‍यो जो दाऊदको पक्षमा छ, त्‍यसले योआबलाई पछ्‍याओस् ।”
2SA 20:12 अमासा बिच बाटोमा आफ्नै रगतमा यताउता पल्‍टिरहे । सबै मानिस चुपचाप खडा भएको त्यो मानिसले देखेपछि त्यसले अमासालाई घिसारेर बाटोदेखि बाहिर खेतमा लग्‍यो । त्यसले लासमाथि कपडाले छोपिदियो किनभने उसको छेउमा आउने हरेक मानिस खडा भएको त्‍यसले देख्‍यो ।
2SA 20:13 अमासालाई बाटोदेखि बाहिर लगेपछि बिक्रीको छोरो शेबालाई खेद्‍न सबै मानिसले योआबलाई पछ्याए ।
2SA 20:14 शेबा इस्राएलका सबै कुल हुँदै गएर बेथ-माकाको हबिलमा पुग्‍यो र बरीहरूका सारा देशबाट भएर गयो जो एकसाथ भेला भए र शेबाको पछि लागे ।
2SA 20:15 तिनीहरूले त्यसलाई बेथ-माकाको हाबिलमा भेट्टाए र घेराबन्दी गरे । तिनीहरूले सहरको विरुद्ध एउटा घेरा-मचान बनाए । योआबसँग भएका सबै फौजले पर्खाललाई ढाल्‍नलाई त्‍यसमा हिर्काउन लागे ।
2SA 20:16 त्यसपछि एक जना बुद्धिमान स्‍त्रीले सहरबाट कराएर भनिन्, “ए योआब, सुन्‍नुहोस्, कृपया सुन्‍नुहोस् ! मेरो नजिक आउनुहोस् र म तपाईंसँग कुरा गर्न सक्‍छु ।”
2SA 20:17 त्यसैले योआब तिनको नजिक गए र ती स्‍त्रीले भनिन्, “के तपाईं योआब हुनुहुन्छ?” तिनले जवाफ दिए, “म हुँ ।” तब तिनलाई उनले भनिन्, “तपाईंकी दासीको कुरा सुन्‍नुहोस् ।” तिनले जवाफ दिए, “म सुन्‍दै छु ।”
2SA 20:18 तब उनले भनिन्, “प्राचीन समयमा तिनीहरू भन्‍ने गर्थे, 'निश्‍चय हबिलमा सल्लाह लिन जाऊ,' र त्यो सल्लाहले कुरा मिल्थ्यो ।
2SA 20:19 इस्राएलको सबभन्दा शान्तिपूर्ण र विश्‍वासयोग्य हाम्रै सहर हो । तपाईंले इस्राएलको आमा सहरलाई नाश गर्न खोज्‍दै हुनुहुन्‍छ । तपाईंले परमप्रभुको उत्तराधिकारलाई किन निल्‍न चाहनुहुन्छ?
2SA 20:20 त्यसैले योआबले जवाफ दिए र भने, “मैले सहर निल्‍ने वा नाश गर्ने कुरा मबाट दूर रहोस् ।
2SA 20:21 त्यो सत्य होइन । तर बिक्रीको छोरा शेबा नाउँ गरेका एफ्राइमको पहाडी देशको एक जना मानिसले दाऊद राजाको विरुद्धमा आफ्‍नो हात उठाएको छ । त्यसलाई मकहाँ सुम्‍पिदिनुहोस् र म सहरबाट पछि हट्ने छु ।” ती स्‍त्रीले योआबलाई भनिन्, “त्यसको टाउको पर्खालबाट बाहिर तपाईंकहाँ फालिने छ ।”
2SA 20:22 त्यसपछि ती स्‍त्री आफ्‍नो बुद्धिमा सबै मानिसकहाँ गइन् । तिनीहरूले बिक्रीका छोरा शेबाको टाउको काटे र त्‍यो बाहिर योआबकहाँ फालिदिए । तब योआबले तुरही फुके र तिनका मानिसहरूले सहर छोडेर हरेक मानिस आआफ्नो घर गए । अनि योआबचाहिं यरूशलेममा राजाकहाँ फर्के ।
2SA 20:23 अब योआबचाहिं इस्राएलका सबै फौजका कमाण्‍डर थिए, र यहोयादाका छोरा बनायाह करेतीहरू र पलेथीहरूका अधिकृत थिए ।
2SA 20:24 अदोनीरामचाहिं ज्‍यालाबिना काम गर्नेहरूका अधिकृत थिए र अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।
2SA 20:25 शेभा शास्‍त्री र सादोक तथा अबियाथार पुजारीहरू थिए ।
2SA 20:26 याईरी ईरा दाऊदका मुख्य सेवक थिए ।
2SA 21:1 दाऊदको समयमा तीन वर्षसम्म अनकाल पर्‍यो र दाऊदले परमप्रभुको मुहारको खोजी गरे । त्यसैले परमप्रभुले भन्‍नुभयो, “यो अनिकाल शाऊल र तिनका हत्यारा परिवारको कारणले भएको हो, किनभने त्‍यसले गोबोनीहरूलाई मार्‍यो ।”
2SA 21:2 अब गिबोनीहरूचाहिं इस्राएलका मानिसहरू थिएनन् । तिनीहरू बाँकी रहेका एमोरीमध्येका थिए । इस्राएलका मानिसहरूले तिनीहरूलाई नमार्ने शपथ खाएका थिए, तर शाऊलले इस्राएल र यहूदाको मानिसहरूको निम्तिको जोशले गर्दा तिनीहरू सबैलाई मार्ने कोसिस गरे ।
2SA 21:3 त्यसैले दाऊदले गिबोनीहरूलाई एकसाथ बोलाए र तिनीहरूलाई भने, “मैले तिमीहरूको निम्ति के गर्नुपर्छ? मैले कसरी प्रायश्‍चित गर्न सक्छु, ताकि परमप्रभुको भलाइ र प्रतिज्ञा पाएका उहाँका मानिसहरूलाई तिमीहरूले आशिष् दिन सक्‍छौ?”
2SA 21:4 गिबोनीहरूले तिनलाई जवाफ दिए, “हामी र शाऊल वा तिनका परिवारका बिचमा सुन वा चाँदीका कुरा होइन । यसै गरी हामीले इस्राएलका कुनै मानिसलाई मार्ने होइन ।” दाऊदले जवाफ दिए, “मैले तिमीहरूको निम्ति के गर्नुपर्छ, तिमीहरू के भन्छौ?”
2SA 21:5 तिनीहरूले राजालाई जवाफ दिए, “हामी सबैलाई मार्न खोज्‍ने मानिस जसले हाम्रो विरुद्ध षड्यान्त्र गरे, ताकि हामी अहिले नाश भएका छौं र इस्राएलको सिमानाभित्र हाम्रो स्थान छैन,
2SA 21:6 तिनको सन्‍तानबाट सात जना मानिसलाई हामीकहाँ सुम्‍पियोस् र हामीले तिनीहरूलाई परमप्रभुद्वारा चुनिएको शाऊलको गिबामा परमप्रभुको सामु झुन्ड्याउने छौं ।” त्यसैले राजाले भने, “म तिमीहरूलाई ती दिने छु ।”
2SA 21:7 तर दाऊद र शाऊलका छोरा जोनाथन, तिनीहरूका बिचमा भएको परमप्रभुको शपथको कारणले गर्दा राजाले जोनाथनका छोरा मपीबोशेतलाई छोडिदिए ।
2SA 21:8 तर राजाले अय्याकी छोरी रिश्‍पाका दुई जना छोराला जसलाई त्‍यसले शाऊलबाट जन्माएकी थिई उनीहरूको नाउँ आरमोनी र मपीबोशेत थियो । अनि दाऊदले महिलोती बर्जिल्लैका छोरा अद्रीएलबाट शाऊलकी छोरी मेराबले जन्माएकी पाँच जना छोरालाई लिए ।
2SA 21:9 तिनले उनीहरूलाई गिबोनीहरूको हातमा सुम्‍पे । तिनीहरूले उनीहरूलाई परमप्रभुको सामु पहाडमा झुण्डाए र उनीहरू सातै जना एकसाथ मरे । उनीहरूलाई जौको कटनीको सुरुमा कटनी गर्ने सुरुका दिनहरूमा मारिएका थिए ।
2SA 21:10 अय्याकी छोरी रिश्‍पाले भाङ्ग्रा लिइन् र ती लाशहरूको छेउमा आफ्‍नो निम्‍ति त्‍यो ओछ्‍याएर कटनीको सुरुदेखि आकाशबाट तिनीहरूमाथि पानी नपरेसम्म नै बसिराखिन् । तिनले ती लाशहरूलाई दिनमा आकाशमा उड्ने चराहरूलाई र रातमा जङ्‍गली पशुहरूलाई खान दिइनन् ।
2SA 21:11 अय्याकी छोरी, शाऊलकी उपपत्‍नी रिश्‍पाले जे गरेकी थिइन् त्‍यसको बारेमा दाऊदलाई भनियो ।
2SA 21:12 त्यसैले दाऊद गए र शाऊल र तिनका छोरा जोनाथनका हाड्‍डीहरू याबेश-गिलादका मानिसहरूबाट लिएर आए, जसले बेथ-शानको चोकबाट ती चोरेका थिए, जहाँ पलिश्‍तीहरूले शाऊललाई गिल्बोमा मरेपछि ती पलिश्‍तीहरूले उनीहरूलाई झुण्ड्याएका थिए ।
2SA 21:13 दाऊदले त्‍यहाँबाट शाऊल र तिनका छोरा जोनाथनका हड्‍डीहरू लिएर गए र तिनीहरूले झुण्ड्याइएका ती सात जना मानिसका हड्‍डीहरू पनि जम्‍मा गरे ।
2SA 21:14 तिनीहरूले शाऊल र तिनका छोरा जोनाथनका हड्‍डीहरू बेन्यामीनको गाउँमा सलामा भएको तिनका बुबा कीशको चिहानमा गाडे । राजाले आज्ञा गरेका सबै कुरा तिनीहरूले गरे । त्यसपछि देशको निम्ति तिनीहरूका प्रार्थनाहरूका जवाफ परमेश्‍वरले दिनुभयो ।
2SA 21:15 त्यसपछि पलिश्‍तीहरू फेरि इस्राएलको विरुद्धमा युद्ध गर्न गए । त्यसैले दाऊद आफ्नो फौजका साथमा तल गए र पलिश्‍तीहरूको विरुद्ध लडे । दाऊद युद्धको थकानले लखतरान भएका थिए ।
2SA 21:16 दैत्यका सन्तान इश्बी-बनिबले दाऊदलाई मार्न खोजे, जसको काँसाको भालाको तौल साँढे तीन किलो थियो र नयाँ तरवार भिरेको थियो ।
2SA 21:17 तर सरूयाहका छोरा अबीशैले दाऊदलाई बचाए, त्यो पलिश्‍तीलाई आक्रमण गरे र त्‍यसलाई मारे । तब दाऊदका मानिसहरूले तिनीसँग यसो भनेर शपथ खाए, “तपाईं अबदेखि हामीसित लडाइँमा जानुहुने छैन, ताकि तपाईंले इस्राएलको बत्ती निबाउनुहन्‍न ।”
2SA 21:18 यसपछि फेरि पनि गोबमा पलिश्‍तीहरूसँग युद्ध भयो, त्यस बेला हूशाती सिब्‍बकैले सफलाई मारे जो रफाको सन्तानमध्ये एक थिए ।
2SA 21:19 गोबमा फेरि पनि पलिश्‍तीहरूसँग लडाइँ भयो, त्यस बेला बेथलेहेमवासी यारे-ओरगिमका छोरा गोल्यातलाई मारे, जसको भालाको बिंड जुलाहाको डण्डाजस्तै थियो ।
2SA 21:20 गातमा फेरि अर्को लडाइँ भयो, त्यहाँ हरेक हातमा छ-छ वटा औंला र हरेक खुट्टामा पनि छ-छ वटा औंला गरी चौबिस वटा औंला भएका निकै अग्लो मानिस थियो । त्यो पनि रफाको सन्तान नै थियो ।
2SA 21:21 त्यसले इस्राएलको अपमान गर्दा दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मार्‍यो ।
2SA 21:22 गातको रफाका सन्तानहरू यी नै थिए, र तिनीहरू दाऊदका हातद्वारा र तिनका सिपाहरूका हातद्वारा मारिए ।
2SA 22:1 त्यस दिन परमप्रभुमा दाऊदले यो गीत गाए, जुन दिन परमप्रभुले तिनलाई आफ्‍ना सबै शत्रुका हातबाट र शाऊलको हातबाट छुटकारा दिनुभयो ।
2SA 22:2 तिनले प्रार्थना गरे, “परमप्रभु मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ ।
2SA 22:3 परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ । म उहाँमा शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो मुक्‍तिको सिङ्, मेरो किल्ला र शरणस्थान हुनुहुन्छ, जसले मलाई हिंसाबाट बचाउनुहुन्छ ।
2SA 22:4 म परमप्रभुमा पुकारा गर्ने छु, जो प्रशंसाको योग्य हुनुहुन्छ, र म आफ्‍ना शत्रुहरूबाट बचाइने छु ।
2SA 22:5 किनकि मृत्युका छालहरूले मलाई घेरे, विनाशको पानीको बाढीले मलाई व्याकुल बनायो ।
2SA 22:6 चिहानका डोरीहरूले मलाई घेरे । मृत्युका पासोहरूले मलाई जालमा पारे ।
2SA 22:7 मेरो कष्‍टमा मैले परमप्रभुलाई पुकारा गरें । मैले आफ्‍नो परमेश्‍वरमा पुकारा गरें । उहाँले आफ्‍नो मन्दिरबाट मेरो सोर सुन्‍नुभयो र सहायताको निम्‍ति मेरो पुकारा उहाँको कानमा पुग्यो ।
2SA 22:8 त्यसपछि पृथ्वी काम्‍यो र हल्लियो । स्वर्गका जगहरू कामे र हल्लिए, किनभने परमेश्‍वर रिसाउनुभएको थियो ।
2SA 22:9 उहाँको नाकको प्वालहरूबाट धुवाँ माथि गयो र उहाँको मुखबाट आगोको ज्वाला निस्क्यो । यसले कोइलाहरू सल्किए ।
2SA 22:10 उहाँले स्वर्ग खोल्नुभयो र तल आउनुभयो अनि बाक्‍लो अँध्यारो उहाँको पाउमुनि थियो ।
2SA 22:11 उहाँ करूबहरूमा सवार हुनुभयो र उड्नुभयो । उहाँलाई हावाको पखेटाहरूमा देखियो ।
2SA 22:12 उहाँले आकाशमा भीषण वर्षाको बदललाई बटुलेर अन्धकारलाई आफ्‍नो वरिपरिको पाल बनाउनुभयो ।
2SA 22:13 उहाँको सामु भएका बिजुलीको चमकबाट आगोका भुङ्ग्राहरू खसे ।
2SA 22:14 परमप्रभु स्वर्गहरूबाट गर्जनुभयो । सर्वोच्‍चले कराउनुभयो ।
2SA 22:15 उहाँले काँडहरू प्रहार गर्नुभयो र आफ्‍ना शत्रुहरूलाई तितरबितर पार्नुभयो, चट्याङ्हरूले तिनीहरूलाई छरपष्‍ट पार्नुभयो ।
2SA 22:16 अनि समुद्रका प्रवाहहरू देखिए । परमप्रभुको हप्कीमा, उहाँको नाकको प्वालहरूका सासको विष्फोटनमा संसारका जगहरू उदाङ्गो भए ।
2SA 22:17 उहाँ माथिबाट तल पग्‍नुभयो । उहाँले मलाई समात्‍नुभयो । उहाँले मलाई उर्लिरहेको पानीबाट तानेर निकाल्नुभयो ।
2SA 22:18 मेरो शक्तिशाली शत्रुहरूबाट र मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति धेरै बलियो थिए ।
2SA 22:19 मेरो कष्‍टको दिनमा तिनीहरू मेरो विरुद्धमा लड्न आए, तर परमप्रभु नै मेरो साहारा हुनुभयो ।
2SA 22:20 उहाँले मलाई खुल्ला ठाउँमा ल्याउनुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग प्रशन्‍न हुनुभयो ।
2SA 22:21 परमप्रभुले मलाई मेरो धर्मिकताको नापअनुसार इनाम दिनुभएको छ । उहाँले मेरो हातको शुद्धताको नापबमोजिम मलाई पुनर्स्थापना गर्नुभएको छ ।
2SA 22:22 किनकि परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्‍वरबाट भड्किएर दुष्‍टतासाथ काम गरेको छैन ।
2SA 22:23 किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँका विधिहरूका सम्‍बन्‍धमा तीबाट म तर्केको छैन ।
2SA 22:24 म उहाँको सामु निर्दोष भएको छु र मैले आफैंलाई पापबाट अलग राखेको छु ।
2SA 22:25 यसकारण परमप्रभुले मेरो धार्मिकताको नापबमोजिम र उहाँको दृष्‍टिमा मेरो शुद्धताको सिमासम्म मलाई पुनर्स्थापना गर्नुभएको छ ।
2SA 22:26 विश्‍वासयोग्य हुनेसित, तपाईंले आफूलाई विश्‍वासयोग्य प्रकट गर्नुहुन्छ । निर्दोष मानिससँग तपाईंले आफूलाई निर्दोष नै प्रकट गर्नुहुन्छ ।
2SA 22:27 शुद्धसँग तपाईंले आफूलाई शुद्ध नै प्रकट गर्नुहुन्छ, तर बेइमानसँग तपाईं समझदार बन्‍नुहुन्छ ।
2SA 22:28 कष्‍टमा परेका मानिसहरूलाई तपाईंले बचाउनुहुन्छ, तर तपाईंका आँखा घमण्डीहरूका विरुद्धमा हुन्छन् र तिनीहरूलाई तपाईंले तल झार्नुहुन्छ ।
2SA 22:29 किनभने हे परमप्रभु, तपाईं मेरो बत्ती हुनुहुन्छ । परमप्रभुले मेरो अँध्यारोलाई चम्काउनुहुन्छ ।
2SA 22:30 किनकि म तपाईंद्वारा मोर्चाहरूतिर दौडिन सक्छु । मेरो परमेश्‍वरद्वारा म पर्खाल नाघ्‍न सक्छु ।
2SA 22:31 परमेश्‍वरको सम्‍बन्‍धमा उहाँको मार्ग सिद्ध छ । परमप्रभुको वचन शुद्ध छ । उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ ।
2SA 22:32 किनभने परमप्रभुबाहेक को परमेश्‍वर छ र, अनि हाम्रो परमेश्‍वरबाहेक को चट्टान छ र?
2SA 22:33 परमेश्‍वर मेरो शरणस्थान हुनुहुन्छ र उहाँले निर्दोष व्‍यक्‍तिलाई आफ्‍नो मार्गमा डोर्‍याउनुहुन्छ ।
2SA 22:34 उहाँले मेरा गोडाहरूलाई हरिणको जस्तै द्रुत बनाउनुहुन्छ र मलाई उच्‍च स्थानहरूमा राख्‍नुहुन्छ ।
2SA 22:35 उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालिम दिनुहुन्छ र मेरा बाहुलीहरूले काँसाको धनु झुकाउँछन् ।
2SA 22:36 तपाईंले मलाई तपाईंको मुक्‍तिको ढाल दिनुभएको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।
2SA 22:37 तपाईंले मेरा गोडामुनिका ठाउँलाई फराकिलो बनाउनुभएको छ, त्यसैले मेरा गोडाहरू चिप्‍लेका छैनन् ।
2SA 22:38 मैले आफ्‍ना शत्रुहरूलाई खेदें र तिनीहरूलाई नाश पारें । तिनीहरू नाश नभएसम्म म पछाडि फर्किनँ ।
2SA 22:39 मैले तिनीहरूलाई खत्तम पारें र तिनीहरूलाई टुक्रा-टुक्रा पारें । तिनीहरू उठ्न सक्दैनन् । तिनीहरू मेरा गोडामुनि ढलेका छन् ।
2SA 22:40 तपाईंले युद्धको निम्ति पेटीजस्तै गरी मलाई सामर्थ्‍य दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा राख्‍नुभयो ।
2SA 22:41 तपाईंले मलाई मेरा शत्रुहरूको पिठ्युँ दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले सर्वनाश पारें ।
2SA 22:42 तिनीहरूले सहायताको निम्ति पकारा गरे, तर तिनीहरूलाई कसैले पनि बचाएन । तिनीहरूले परमप्रभुमा पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।
2SA 22:43 मैले तिनीहरूलाई मैदानको धुलोझैं धुजा-धुजा हुने गरी कुटें, मैले तिनीहरूलाई बाटोको हिलोझैं कुल्‍चमिल्‍ची बनाएँ ।
2SA 22:44 मेरा आफ्नै मानिसहरूका विवादहरूबाट पनि तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जतिहरूका प्रमुखझैं सुरक्षित राख्‍नुभएको छ । मैले नचिनेको मानिसहरूले मेरो सेवा गर्छन् ।
2SA 22:45 विदेशीहरूलाई मेरो सामु झुक्‍न बाध्य बनाइयो । तिनीहरूले मेरो कुरा सुन्‍ने बित्तिकै, तिनीहरूले आज्ञा पालन गरे ।
2SA 22:46 विदेशीहरू आफ्‍ना किल्लाहरूबाट थरथर काम्‍दै आए ।
2SA 22:47 परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो मुक्‍तिको चट्टान परमेश्‍वर उच्‍च पारिनुभएको होस् ।
2SA 22:48 उहाँ नै परमेश्‍वर हुनुहुन्‍छ जसले मेरो बदला लिनुहुन्‍छ, जसले मानिसहरूलाई मेरो अधीनमा ल्याउनुहुन्छ ।
2SA 22:49 मेरो शत्रुहरूबाट उहाँले मलाई स्वतन्त्र पार्नुहुन्छ । वास्तवमा, तपाईंले मलाई मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि उचाल्नुभयो । तपाईंले मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ ।
2SA 22:50 यसकराण, हे परमप्रभु, म तपाईंलाई जतिहरूको माझमा धन्यवाद दिन्छु । म तपाईंको नाउँको प्रशंसा गाउने छु ।
2SA 22:51 परमेश्‍वर आफ्‍नो राजालाई ठुलो विजय दिनुहुन्छ, र उहाँले आफ्‍नो अभिषिक्‍त जन, दाऊद र तिनका सन्तानहरूप्रति आफ्‍नो करारको बफदारीता प्रकट गर्नुहुन्छ ।”
2SA 23:1 अब दाऊदको अन्तिम वचनहरू यी नै हुन्— यिशैका छोरा दाऊद, उच्‍च रूपमा आदर गरिएको मानिस, याकूबका परमेश्‍वरले अभिषेक गर्नुभएको व्‍यक्‍ति, इस्राएलको सुमधुर भजनकार ।
2SA 23:2 “परमप्रभुको आत्मा मद्वारा बोल्नुभयो र उहाँको वचन मेरो जिब्रोमा थियो ।
2SA 23:3 इस्राएलका परमेश्‍वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्‍नुभयो, 'जसले मानिसहरूमाथि धार्मिक रूपले शासन गर्छ, जसले परमेश्‍वरको भयमा शासन गर्छ ।
2SA 23:4 त्यो सूर्य उदाउँदाको बिहानको प्रकाश, बादलबिनाको एक बिहानजस्‍तो हुनेछ, जब पानी परेपछिको घामको उज्यालो चमकद्वारा पृथ्वीबाट नरम घाँस उम्रन्छ ।
2SA 23:5 वास्तवमा, के मेरो परिवार परमेश्‍वरको सामु यस्‍तै हुँदैन र? के उहाँले मसँग हरेक उपायले स्‍थापित र पक्‍का अनन्त करार गर्नुभएको छैन र? के उहाँले मेरो उद्धारको वृद्धि र मेरा सबै इच्छा पुरा गर्नुहुन्‍न र?
2SA 23:6 तर व्यार्थकाहरू फालिने काँडाजस्तै हुनेछन्, किनभने तिनीहरूलाई कसैको हातले जम्‍मा पार्न सकिंदैन ।
2SA 23:7 तिनीहरूलाई छुने मानिसले फलामको समग्री वा भालाको बिंड प्रयोग गर्नुपर्छ । जहाँ तिनीहरू बस्‍छन् त्यहीं तिनीहरूलाई जलाउनुपर्छ' ।”
2SA 23:8 दाऊदका वीर मानिहरूका नाउँ यी नै हुन्ः तहकमोनी योशब-बेश्बेत वीर मानिसहरूका अगुवा थिए । तिनलले एकै पटकमा आठ सय मानिसलाई मारे ।
2SA 23:9 तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए । तिनी तीन जना वीर मनिसमध्ये एक जना थिए । युद्ध गर्न भेला भएका पलिश्तीहरूलाई इस्राएलीहरूले अपमान गर्दा र इस्राएलीहरू पछि हट्दा दाऊदको साथमा हुने तिनी नै थिए ।
2SA 23:10 एलाजार खडा भए र आफ्‍नो हात नथाकेसम्‍म, र तिनको हातले तरवारको बिंड नै नसमात्‍ने गरी नथाकेसम्म पलिश्तीहरूसँग युद्ध लडे । त्यस दिन परमप्रभुले ठुलो विजाय दिनुभयो । फौजहरू लाशहरूबाट लुट्नलाई मात्र एलाजारको पछि फर्केर गए ।
2SA 23:11 तिनीपछि हरारी आगीका छोरा शम्मा थिए । पलिश्‍तीहरू दाल भएको खेतमा एकसाथ भेला भए र फौज तिनीहरूबाट भागे ।
2SA 23:12 तर शम्‍मा खेतको बिचमा भए भए र त्‍यसको प्रतिरक्षा गरे । तिनले पलिश्तीहरूलाई मारे र परमप्रभुले ठुलो विजय दिनुभयो ।
2SA 23:13 तीस जनामध्येका तीन जना सिपाही कटनीको समयमा तल दाऊदकहाँ अदुल्‍लामको गुफामा गए । पलिश्तीहरूका फौजले रपाईंको बेसीमा छाउनी हालेका थिए ।
2SA 23:14 त्यस बेला दाऊद आफ्‍नो किल्‍ला अर्थात् गुफामा थिए, जबकि पलिश्तीहरू बेथलेहेममा स्थापित भएका थिए ।
2SA 23:15 दाऊदले पानी तृष्णा गरे र भने, “बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी कसैले ल्याइदिएको भए मात्रै पनि हुन्थ्यो नि!”
2SA 23:16 त्यसैले यी तीन जना वीर मानिसहरू पलिश्तीहरूको फौजलाई तोडेर बिचबाट गए र बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी ल्याए । तिनीहरूले पानी लिए र दाऊदकहाँ ल्याए, तर तिनले त्यो पिउन इन्कार गरे । बरु, तिनले त्यो परमप्रभुमा चढाए ।
2SA 23:17 अनि तिनले भने, “हे परमप्रभु, मैले यसो गर्ने कुरा मबाट दूर रहोस् । के मैले ती मानिसहरूका रगत पिउनु जसले आफ्‍ना जीवनलाई खतरामा हालेका छन्?” त्यसैले तिनले त्‍यो पिउन इन्कार गरे । ती तीन जना वीर मानिसले यी कुराहरू गरेका थिए ।
2SA 23:18 योआबका भाइ र सरूयाहका छोरा अबीशै यी तिन जनाका कप्‍तान थिए । तिनले एक पटक तीन सय जना मानिससँग लडे र तिनीहरूलाई मारे । तिनलाई प्रायः तीन जना सिपाहरूसँगै उल्लेख गरिन्छ ।
2SA 23:19 के तिनी ती तीन जनाभन्दा धेरै प्रसिद्ध थिएनन् र? तिनलाई उनीहरूका कप्‍तान बनाइएको थियो । तापनि तिनको ख्‍याति तीन जना धेरै ख्‍यातिप्राप्‍त सिपाहीका बराबर थिएन ।
2SA 23:20 यहोयादाका छोरा कब्सेका छोरा बनायाह थिए । तिनी बलिया मानिस थिए जसले वीरतापूर्ण काम गरे । तिनले मोआबको अरिएलका दुई जना छोरालाई मारे । तिनले हिउँ परिरहेको बेला एउटा खाल्डोमा पसेर एउटा सिंहलाई मारे ।
2SA 23:21 त्‍यसपछि तिनले एक जना ठुलो मिश्रीलाई मारे । मिश्रीको हातमा भाला थियो, तर बनायाहले त्यससँग लौरोले मात्र युद्ध लडे । तिनले त्‍यो मिश्रीको हातबाट भाला खोसे र त्यसको आफ्नै भालाले त्यसलाई मारे ।
2SA 23:22 यहोयादाका छोरा बनायाहका वीरतापूर्ण कामहरू यी नै थिए, र तिनलाई तीन जना वीर मानिससँगै नाउँ दिइयो ।
2SA 23:23 तिनलाई तीस जना सिपालाई भन्दा उच्‍च आदर दिइन्थ्यो, तर तिनलाई ती तीन जनालाई जत्ति उच्‍च रूपमा बिलकुलै मानिंदैनथ्यो । तापनि दाऊदले यिनलाई आफ्नो अङ्गरक्षकको जिम्‍मा दिए ।
2SA 23:24 ती तिस जना मानिसहरू निम्नानुसार थिएः योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरा एल्हानान,
2SA 23:25 हरोदी शम्मा, हरोदी एलीका,
2SA 23:26 पल्ती हेलेस, तकोका इक्‍केशका छोरा ईरा,
2SA 23:27 अनातोतका अबीएजेर, हूशाती मबून्‍ने,
2SA 23:28 अहोही सल्मोन, नतोपाती महरै,
2SA 23:29 नतोपाती बनायाहकका छोरा हेलेद, बेन्यामीनको गिबाका रीबैका छोरा ईथै।
2SA 23:30 पिरतोनी बनायाह, गाशका खोल्साहरूका हिद्दै,
2SA 23:31 अर्बाती अब्बी-अल्बोन, बरहूमी अज्मावेत,
2SA 23:32 शाल्बोनी एल्याहबा, यशेनका छोराहरू, हरारी शम्माका छोरा जोनाथन,
2SA 23:33 हरारी शरारका छोरा अहीहाम,
2SA 23:34 माकाती आहसबैका छोरा एलीपेलेत, गिलोनी अहीतोपेलका छोरा एलीआम,
2SA 23:35 कर्मेलका हेस्रो, अर्बी पारै,
2SA 23:36 सोबाका नातानका छोरा यिगाल, गादको कुलका बानी,
2SA 23:37 अम्‍मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्‍ने थिए,
2SA 23:38 यित्री ईरा, यित्री गारेब,
2SA 23:39 हित्ती उरियाह । जम्‍मा सैंतिस जना थिए ।
2SA 24:1 फेरि इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध पर्‍यो र उहाँले दाऊदलाई यसो भनेर उत्तेजित गर्नुभयो, “जा, इस्राएल र यहूदाको गणना गर् ।”
2SA 24:2 राजाले आफूसँग भएका फौजका कमाण्‍डर योआबलाई भने, “दानदेखि बेर्शेबासम्मका इस्राएलका सबै कुलमा जाऊ र सबै मानिसको गणना गर ताकि युद्धको निम्ति योग्य मानिसहरूका जम्माजम्मी सङ्ख्या मलाई थाहा होस् ।”
2SA 24:3 योआबले राजालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले मानिसहरूका सङ्ख्‍यामा सय गुणा वृद्धि गर्नुभएको होस् र मेरा मालिक महाराजाले यसो भएको आफ्नै आँखाले देखून् । तर मेरा मालिक महाराजालाई यो किन चाहियो?”
2SA 24:4 तापनि, योआब र फौजका कमाण्‍डरहरूका विरुद्धमा राजाको बोली नै अन्तिम भयो । त्यसैले योआब र कमाण्‍डरहरू इस्राएलका मानिसहरूको सङ्ख्‍या गणना गर्न राजाको उपस्थितिबाट निस्‍केर गए ।
2SA 24:5 तिनीहरू यर्दन नदी तरे र बेसीमा सहरको दक्षिणतिर अरोएरनेर छाउनी हाले । अनि तिनीहरू गाददेख याजेरसम्म हिंडे ।
2SA 24:6 तिनीहरू गिलाद र तातीम-हदोशीमा आए अनि दान-यान र सीदोनको सेरोफेरोसम्म पुगे ।
2SA 24:7 तिनीहरू टुरोस अनि हिव्वीहरू र कनानीहरूका सबै सहरका किल्‍लासम्म पुगे । अनि तिनीहरू यहूदाको बर्शेबामा भएको नेगेवतिर गए ।
2SA 24:8 जब तिनीहरू देशमा सबैतिर गए, तब तिनीहरू नौ महिना बिस दिनको अन्तमा यरूशलेममा फर्केर आए ।
2SA 24:9 त्यसपछि योआबले लडाकु मानिसका जम्‍मा सङ्ख्या राजालाई बताइदिए । इस्राएलमा तरवार चलाउन सक्‍ने साहसी मानिसहरू ८,००,००० थिए र यहूदामा ५,००,००० मानिसहरू थिए ।
2SA 24:10 दाऊदले गणना गरेपछि तिनको हृदय दुःखी भयो । त्यसैले तिनले परमप्रभुलाई भने, “मैले यसो गरेर ठुलो पाप गरेको छु । अब हे परमप्रभु, आफ्नो सेवकको दोष हटाइदिनुहोस्, किनकि मैले धेरै मूर्ख भएर काम गरेको छु ।”
2SA 24:11 जब दाऊद बिहान उठे, दाऊदका दर्शी गाद अगमवक्‍ताकहाँ परमेश्‍वरको वचन यसो भनेर आयो,
2SA 24:12 “जा र दाऊदलाई भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छ, “म तँलाई तीन वटा विकल्प रोज्‍न दिन्छु । तिमध्ये एउटा रोज ।”
2SA 24:13 त्यसैले गाद दाऊदकहाँ गए र तिनलाई भने, “तपाईंको देशमा तीन वर्षको अनकाल आउने छ? वा तपाईंका शत्रुहरूले तपाईंलाई खेद्दा तीन महिनासम्म तपाईं भाग्‍नुहुने छ? वा तपाईंको देशमा तीन दिन रुढी हुने छ? मलाई पठाउनुहुनेलाई मैले के जवाफ दिऊँ अब निर्णय गर्नुहोस् ।”
2SA 24:14 त्यसपछि दाऊदले गादलाई भने, “म ठुलो कष्‍टमा परेको छु । मानिसको हातमा पर्नुभन्दा परमप्रभुको हातमा नै हामी परौं, किनकि उहाँका दयापूर्ण कामहरू धेरै महान् छन् ।”
2SA 24:15 त्यसैले परमप्रभुले बिहानदेखि तोकिएको समयसम्म इस्राएलमा रुढी पठाउनुभयो र दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे ।
2SA 24:16 जब स्वर्गदूतले यरूशलेमलाई नाश गर्न आफ्‍नो हात त्‍यता पसारे, तब त्‍यसले ल्याउने हानिको कारणले परमप्रभुले आफ्‍नो मन बदल्नुभयो र उहाँले मानिसहरूलाई नाश पारिरहेका स्वर्गदूतलाई भन्‍नुभयो, “पुग्यो ! अब तिम्रो हात थाम ।” त्यस बेला स्वर्गदूत यबूसी अरौनाको खलामा खडा भएका थिए ।
2SA 24:17 अनि जब दाऊदले मानिसहरूलाई आक्रमण गर्ने स्वर्गदूत देखे तब तिनले भने, “मैले पाप गरेको छु, र मैले भ्रष्‍ट किसिमले काम गरेको छु । तर यी भेडाहरू, तिनीहरूले के गरेका छन् र? कृपया, तपाईंको हातले मलाई र मेरो बुबाको परिवारलाई दण्ड दिनुहोस् ।”
2SA 24:18 अनि त्यस दिन गाद दाऊदकहाँ आए र तिनलाई भने, “माथि जानुहोस् र यबूसी अरौनाको खलामा परमप्रभुको निम्‍ति एउटा वेदी बनाउनुहोस् ।”
2SA 24:19 जसरी परमप्रभुले गादलाई गर्ने आज्ञा गर्नुभयो, त्‍यसरी नै दाऊद माथि गए ।
2SA 24:20 अरौनाले बाहिर हेरे र राजा र तिनका सेवकहरू आइरहेको देखे । त्यसैले अरौना बाहिर गएर आफ्‍नो अनुहार भुईंमा घोप्टो पारेर राजालाई दण्डवत् गरे ।
2SA 24:21 तब अरौनाले भने, “मेरो मालिक महाराजा आफ्नो सेवककहाँ किन आउनुभएको छ?” दाऊदले जवाफ दिए, “तिम्रो खला किन्‍नलाई ताकि म परमप्रभुको निम्ति एउटा वेदी बनाउन सकौं, जसले गर्दा मानिसहरूबाट रुढी हटाइयोस् ।”
2SA 24:22 अरौनाले दाऊदलाई भने, “ए मेरो मालिक महाराजा, त्‍यो आफ्नैझैं लिनुहोस् । तपाईंको दृष्‍टिमा जे असल छ सो त्‍यसमा गर्नुहोस् । हेर्नुहोस्, होमबलिको निम्ति गोरूहरू अनि दाउराको निम्ति दाइँ गर्ने काठहरू र जुवाहरू छन् ।
2SA 24:23 यी सबै म अरौनाले मेरो महाराजालाई दिने छु ।” तब तिनले राजालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई स्वीकार गर्नुभएको होस् ।”
2SA 24:24 राजाले अरौनालाई भने, “होइन, मैले मूल्य दिएर किन्‍नमा नै जोड दिन्छु । मलाई कुनै मूल्य नपर्ने कुनै पनि कुरा म परमप्रभुलाई होमबलि चढाउँदिनँ ।” त्यसैले दाऊदले खला र गोरुहरूलाई चाँदीका पचास सिक्‍कामा किने ।
2SA 24:25 दाऊदले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए र त्‍यसमा होमबलि र मेलबलि चढाए । त्यसैले परमप्रभुले देशको निम्‍ति गरिएको प्रार्थनाको जवाफ दिनुभयो र इस्राएलमाथिको रुढी थामियो ।
1KI 1:1 जब राजा दाऊद वृद्ध भए र तिनको उमेर ढल्किसकेको थियो, तिनीहरूले तिनलाई कम्बल ओढाइदिँदा पनि तिनलाई न्यानो हुँदैनथ्यो ।
1KI 1:2 त्यसैले तिनका सेवकहरूले तिनलाई भने, “हाम्रा मालिक राजाको लागि एउटी कन्या केटी खोजौँ । त्यसले राजाको सेवा गरोस् र उहाँको वास्ता गरोस् । त्यसले हाम्रा मालिक राजालाई न्यायो पार्न त्यो उहाँसित सुतोस् ।”
1KI 1:3 त्यसैले तिनीहरूले इस्राएलका सारा सिमानाभित्र एउटी सुन्दरी स्त्रीको खोजी गरे । तिनीहरूले शूनम्मी अबीशगलाई फेला पारी राजाकहाँ ल्याए ।
1KI 1:4 केटी अत्यन्तै सुन्दरी थिइन् । उनले राजाको सेवा गरिन् र तिनको वास्ता गरिन्, तर राजाले उनीसित सहवास गरेनन् ।
1KI 1:5 त्यस बेला हग्गीतका छोरा अदोनियाहले “म राजा हुने छु” भन्दै आफैलाई उचाले । त्यसैले तिनले पचास जना मानिससँगै रथहरू र घोडचढीहरू आफ्नो अगि दगुर्न तयार पारे ।
1KI 1:6 “तैँले किन यस्तो व्यवहार गरेको ?” भनी तिनका पिताले तिनलाई कहिल्यै सोधेनन् । अदोनियाह आफै पनि अत्यन्तै सुन्दर मानिस थिए र तिनी अब्शालोमभन्दा पछि जन्मेका थिए ।
1KI 1:7 अदोनियाहले सरूयाहका छोरा योआब र पुजारी अबियाथारसित सरसल्लाह लिए । तिनीहरूले अदोनियाहलाई पछ्याएर तिनको मदत गरे ।
1KI 1:8 तर पुजारी सादोक, यहोयादाका छोरा बनायाह, नातान अगमवक्ता, शिमी, रेई र दाऊदका शक्तिशाली मानिसहरूचाहिँ अदोनियाहतर्फ लागेनन् ।
1KI 1:9 अदोनियाले एन-रोगेलको छेउमा अवस्थित जोहेलेत भन्ने ढुङ्गानेर भेडा, गोरु र पोसिएका बाछाहरू बलिदान चढाए । तिनले आफ्ना सबै दाजुभाइ, राजा छोराहरू र यहूदाका सबै मानिसलगायत राजाका सेवकहरूलाई निमन्त्रणा दिए ।
1KI 1:10 तर तिनले नातान अगमवक्ता, बनायाह, शक्तिशाली मानिसहरू र आफ्ना भाइ सोलोमनलाई निमन्त्रणा दिएनन् ।
1KI 1:11 तब नातानले सोलोमनकी आमा बतशेबालाई यसो भन्दै सोधे, “हाम्रा मालिक दाऊदलाई थाहै नदिई हग्गीतका छोरा अदोनियाह राजा भएका छन् भन्ने कुरा के तपाईंले सुन्नुभएको छैन ?”
1KI 1:12 त्यसकारण, तपाईंले आफ्नै जीवन र तपाईंका छोरा सोलोमनको जीवन बचाउन सक्नुभएको होस् भनेर म अब तपाईंलाई सल्लाह दिन चाहन्छु ।
1KI 1:13 राजा दाऊदकहाँ गएर भन्नहोस्, ‘मेरा मालिक राजा, के तपाईंले आफ्नो सेवकलाई “निश्चय नै मपछि तिम्रो छोराले शासन गर्ने छ र त्यो नै मेरो सिंहासनमा बस्ने छ” भनी तपाईंले मसित शपथ खानुभएको होइन र ? त्यसो भए, किन अदोनियाहले शासन गर्दै छन् त ?’
1KI 1:14 तपाईंले राजासित बोलिरहनुहुँदा म तपाईंको पछिपछि भित्र आउने छु र तपाईंको कुरा पुष्टि गरिदिने छु ।”
1KI 1:15 त्यसैले बतशेबा राजाको कोठामा गइन् । राजा अत्यन्तै वृद्ध भइसकेका थिए, र शूनम्मी अबीशगले राजाको सेवा गर्दै थिइन् ।
1KI 1:16 बतशेबाले शिर झुकाई राजाको सामु शाष्टाङ्ग दण्डवत् गरिन् । तब राजाले सोधे, “तिमी के चाहन्छ्यौ ?”
1KI 1:17 उनले राजालाई भनिन्, “हे मेरा मालिक, परमप्रभु तपाईंका परमेश्वरको नाउँमा तपाईंले आफ्नी दासीसित यसो भन्दै शपथ खानुभएको थियो, ‘निश्चय नै मपछि तिम्रो छोराले शासन गर्ने छ र त्यो नै मेरो सिंहासनमा बस्ने छ ।”
1KI 1:18 अब हेर्नुहोस्, अदोनियाह राजा भएको छ, र मेरा मालिक हजुरलाई यो कुरा थाहै छैन ।
1KI 1:19 तिनले ठुलो सङ्ख्यामा गोरुहरू, पोसिएका बाछाहरू र भेडा बलिदान चढाएका छन्, अनि राजाका सबै छोरा, पुजारी अबियाथार, र सेनापति योआबलाई निमन्त्रणा दिएका छन्, तर तपाईंका दास सोलोमनलाई भने निमन्त्रणा दिएका छैनन् ।
1KI 1:20 हे मेरा मालिक राजा, हजुरपछि को सिंहासनमा बस्ने छ भनी हजुरबाट थाहा पाउनलाई सारा इस्राएलले हजुरकै प्रतीक्षा गरिरहेका छन् ।
1KI 1:21 नत्रता जब हजुर आफ्ना पिता-पुर्खाहरूसित सुतिजानुहुने छ तब म र मेरो छोरो सोलोमनलाई अपराधीजस्तै ठानिने छ ।”
1KI 1:22 उनी राजासित बोलिरहँदा नातान अगमवक्ता भित्र आए ।
1KI 1:23 सेवकहरूले राजालाई भने, “नातान अगवमक्ता आएका छन् ।” तिनी भित्र प्रवेश गरेपछि तिनले भुइँसम्मे निहुरेर राजालाई दण्डवत् गरे ।
1KI 1:24 नातानले भने, “हे मेरा मालिक राजा, “के हजुरपछि अदोनियाह राजा हुने छन् र तिनी नै हजुरको सिंहासनमा बस्ने छन् भनी हजुरले भन्नुभएको छ र ?’
1KI 1:25 किनकि तिनी आज तल गएका छन्, र तिनले ठुलो सङ्ख्यामा गोरुहरू, पोसिएका बाछाहरू र भेडाहरू बलिदान चढाएका छन्, अनि तिनले राजाका सबै छोरा, सेनापतिहरू र पुजारी अबियाथारलाई निमन्त्रणा दिएका छन् । तिनीहरू तिनकै सामु खाँदै र पिउँदै यसो भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’
1KI 1:26 तर तिनले तपाईंका दास मलाई, पुजारी सादोक, यहोयादाका छोरा बनायाह र हजुरको दास सोलोमनलाई निमन्त्रणा दिएका छैनन् ।
1KI 1:27 हे मेरा मालिक राजा, के हजुरपछि हजुरको सिंहासनमा को बस्ने भनेर हजुरले हामी हजुरका दासहरूलाई जानकारी नै नदिई यसो गर्नुभएको हो र ?”
1KI 1:28 तब राजा दाऊदले जवाफ दिए, “बतशेबालाई फेरि मकहाँ बोलाऊ ।” उनी राजाको उपस्थितिमा आएर राजाको सामु खडा भइन् ।
1KI 1:29 राजाले शपथ खाएर भने, “मेरा सबै सङ्कष्टमा मलाई छुटकारा दिनुहुने परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु,
1KI 1:30 कि इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा मैले यसो भनी शपथ खाएको थिएँ, “मपछि तिम्रो छोरा सोलोमनले शासन गर्ने छ र त्यो नै मेरो सिंहासनमा बस्ने छ ।' आज म यो पुरा गर्ने छु ।”
1KI 1:31 तब बतशेबाले भुइँमा शिर झुकाई राजाको सामु घुँडा टेकेर भनिन्, “मेरा मालिक राजा दाऊद सदासर्वदा दीर्घायु होऊन्!”
1KI 1:32 राजा दाऊदले भने, “पुजारी सादोक, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई मकहाँ बोलाएर ल्याऊ ।” त्यसैले तिनीहरू राजाको सामु हाजिर भए ।
1KI 1:33 राजाले तिनीहरूलाई भने, “तिमीहरूका मालिकका सेवकहरूलाई तिमीहरूसँगै लैजाओ, र मेरो पछि सोलोमनलाई राजाको खच्चरमा सवारा गराएर गीहोनसम्म सँगसँगै लैजाओ ।
1KI 1:34 पुजारी सादोक र नातान अगमवक्ताले तिनलाई इस्राएलमाथि राजा अभिषेक गरून्, अनि तुरही फुकी यसो भनून्, ‘राजा सोलोमन दीर्घायु होऊन्!’
1KI 1:35 त्यसपछि तिमीहरू तिनको पछिपछि आओ र तिनी आएर मेरो सिंहासनमा बस्ने छन् । किनकि तिनी मेरो ठाउँमा राजा हुने छन् । मैले तिनलाई इस्राएल र यहूदामाथि शासक नियुक्त गरेको छु ।”
1KI 1:36 यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “यस्तै होस्! मेरा मालिक राजाका परमेश्वर परमप्रभुले यसको पुष्टि गरून् ।
1KI 1:37 जसरी परमप्रभु मेरा मालिक राजासित हुनुभएको छ, त्यसै गरी सोलोमनसित हुनुभएको होस्, र उहाँले मेरा मालिक राजा दाऊदको सिंहासनभन्दा सोलोमनको सिंहासन उच्च पार्नुभएको होस् ।”
1KI 1:38 त्यसैले, पुजारी सादोक, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह र करेतीहरूसाथै पेलेथीहरू तल झरे अनि सोलोमनलाई राजा दाऊदको खच्चरमा सवार गराएर गीहोनमा ल्याए ।
1KI 1:39 पुजारी सादोकले पालबाट तेल राख्ने सिङ लिई सोलोमनलाई तेलले अभिषेक गरे । त्यसपछि तिनीहरूले तुरही फुके, अनि सबै मानिसले भने, “राजा सोलोमन दीर्घायु होऊन्!”
1KI 1:40 तब सबै मानिस तिनको पछिपछि लागे, अनि मानिसहरूले बाँसुरी बजाउँदै बडो आनन्द मनाए । तिनीहरूको हल्लाले जमिनै थर्क्यो ।
1KI 1:41 अदोनियाह र तिनीसित भएका सबै पाहुनाले खाइसक्ने बित्तिकै यो खबर सुने । योआबले तुरहीको आवाज सुनेपछि तिनले भने, “सहरमा किन हल्ला हुँदै छ ?”
1KI 1:42 तिनी बोलिरहँदा पुजारी अबियाथार का छोरा जोनाथन आइपुगे । अदोनियाहले भने, “भित्र आऊ, किनकि तिमी योग्य मानिस हौ र तिमीले शुभ खबर ल्याउँछौ ।”
1KI 1:43 जोनाथनले अदोनियाहलाई जवाफ दिए, “हाम्रा मालिक राजा दाऊदले सोलोमनलाई राजा बनाउनुभएको छ,
1KI 1:44 र राजाले तिनीसितै पुजारी सादोक, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह र करेतीहरूसाथै पेलेथीहरूलाई पठाउनुभएको छ । तिनीहरूले सोलोमनलाई राजाको खच्चरमा सवार गराएका छन् ।
1KI 1:45 पुजारी सादोक र नातान अगमवक्ताले गीहोनमा सोलोमनलाई राजा अभिषेक गरेका छन्, अनि तिनीहरू त्यहाँबाट रमाउँदै आएका छन् । सहरमा त्यसैको हल्ला हो । तपाईंले सुन्नुभएको आवाज त्यही नै हो ।
1KI 1:46 साथै, सोलोमन राज्यको सिंहासनमा बसिरहेका छन् ।
1KI 1:47 यसबाहेक, राजाका सेवकहरू हाम्रा मालिक राजा दाऊदलाई यसो भन्दै आशिष् दिन आए, 'हजुरका परमेश्वरले सोलोमनको नाउँ हजुरको भन्दा उत्तम बनाऊन् र हजुरको भन्दा तिनको सिंहासन महान् बनाऊन् ।' त्यसपछि राजाले पलङ्गमा नै दण्डवत् गरे ।
1KI 1:48 राजाले यसो पनि भने, 'इस्राएलका परमेश्वर परमप्रभु धन्यका होऊन् जसले आजको दिन मेरो सिंहासनमा एक जना व्यक्तिलाई राख्नुभएको छ जुन मेरै आँखाले देखेका छन्' ।”
1KI 1:49 त्यसपछि अदोनियाहका सबै पाहुना अत्यन्तै डराए । तिनीहरू उठेर आ-आफ्नो बाटो लागे ।
1KI 1:50 अदोनियाह सोलोमनदेखि डराएर उठे अनि गएर वेदीका सिङहरू समाते ।
1KI 1:51 त्यसपछि सोलोमनलाई यसो भनियो, “हेर्नुहोस्, अदोनियाह राजा सोलोमनदेखि डराएका छन्, किनकि तिनले यसो भन्दै वेदीका सिङहरू समातेका छन्, ‘राजा सोलोमनले आफ्ना दासलाई तरवारले नमारून् भनी उहाँले पहिले मसित शपथ खानुभएको होस्' ।”
1KI 1:52 सोलोमनले भने, “तिनले आफैलाई योग्य मानिस साबित गरे भने तिनको इच्छाविना एउटा रौँ पनि भुइँमा झर्ने छैन, तर तिनमा दुष्टता पाइयो भने तिनी मर्ने छन् ।”
1KI 1:53 त्यसैले राजा सोलोमनले मानिसहरू पठाए जसले अदोनियाहलाई वेदीबाट लिएर आए । तिनी आएर राजा सोलोमनलाई दण्डवत् गरे, र सोलोमनले तिनलाई भने, “तिम्रो घरमा जाऊ ।”
1KI 2:1 दाऊदको मर्ने दिन नजिकिँदै गर्दा तिनले आफ्ना छोरा सोलोमनलाई यसो भने,
1KI 2:2 “संसारको रीतझैँ म पनि मर्दै छु । त्यसकारण, बलिया होऊ, र आफैलाई मर्द साबित गर ।
1KI 2:3 मोशाको व्यवस्थामा लेखिएका परमप्रभु तिम्रा परमेश्वरका मार्गहरूमा हिँड्न, उहाँका विधिहरू, आज्ञाहरू, निर्णयहरू र उहाँका करारका आदेशहरू पालन गर्न होसियार होऊ ताकि तिमी जता गए पनि तिमीले गर्ने सबै काममा तिम्रो उन्नति होस्,
1KI 2:4 ताकि परमप्रभुले मेरो बारेमा यसो भन्नुभएको वचन उहाँले पुरा गर्नुभएको होस्, 'तेरा छोराहरूले तिनीहरूका सारा ह्रदय र सारा प्राणले विश्वसनीयतासाथ मेरो सामु हिँड्न होसियारीपूर्वक आफ्ना आचरणको रेखदेख गरे भने इस्राएलको सिंहासनमा बस्ने उत्तराधिकारीको कहिल्यै अभाव हुने छैन ।'
1KI 2:5 सरूयाहका छोरा योआबले मलाई के गरे, र इस्राएलका दुई सेनापति अर्थात् नेरका छोरा अबनेर र येतेरका छोरा अमासलाई के गरे, सो तिमीलाई थाहै छ । तिनले दुवैलाई मारिदिए । तिनले शान्तिको समयमा युद्धको रगत बगाए, र युद्धको रगत आफ्नो कम्मरको पटुका र खुट्टाको जुत्तामा दले ।
1KI 2:6 तिमीले सिकेको बुद्धिले योआबसित व्यवहार गर्नू, तर तिनको फुलेको कपाल शान्तिसित चिहानमा जान नपाओस् ।
1KI 2:7 तथापि, गिलादका बर्जिल्लैका छोराहरूमाथि दया देखाउनू, र तिम्रो टेबलमा खानेहरूमध्ये तिनीहरू पनि होऊन् किनकि म तिम्रो दाजु अब्शालोमबाट भाग्दा तिनीहरू मकहाँ आएका थिए ।
1KI 2:8 हेर, बहूरीमको बेन्यामीनी गेराको छोरो शिमी तिमीसितै छ, जसले म महनोममा जाँदा त्यस दिन मलाई बेसरी सरापेको थियो । शिमी यर्दनमा मलाई भेट गर्न आयो, र त्यसले परमप्रभुको नाउँमा शपथ खाँदै भन्यो, 'म तिमीलाई तरवारले मार्ने छैनँ ।'
1KI 2:9 त्यसकारण, अब त्यसलाई दण्डविना नछोड्नू । तिमी बुद्धिमानी मानिस हौ, र त्यसलाई के गर्नुपर्छ भनी तिमीलाई थाहा छ । तिमीले त्यसको फुलेको कपाल रगतसँगै चिहानमा ल्याउनू ।”
1KI 2:10 त्यसपछि दाऊद आफ्ना पुर्खाहरूसित सुते, र तिनलाई दाऊदको सहरमा गाडियो ।
1KI 2:11 दाऊदले इस्राएलमाथि चालिस वर्षसम्म शासन गरे । तिनले हेब्रोनमा सात वर्षसम्म र यरूशलेममा तेत्तिस वर्षसम्म राज्य गरे ।
1KI 2:12 तब सोलोमन आफ्ना पिता दाऊदको सिंहासनमा बसे, र तिनको शासन दृढतापूर्वक स्थापित थियो ।
1KI 2:13 त्यसपछि हग्गीतका छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ आए । उनले भनिन्, “के तिमी शान्तिसितै आयौ ?” तिनले जवाफ दिए, “हजुर, शान्तिसित आएँ ।”
1KI 2:14 तब तिनले भने, “मैले तपाईंलाई केही कुरो भन्नु छ ।” उनले भनिन्, “भन ।”
1KI 2:15 अदोनियाहले भने, “तपाईंलाई थाहै छ, कि राज्य मेरै थियो, र सारा इस्राएलले म नै राजा हुने छु भनी अपेक्षा गरेरहेका थिए । तर कुरो परिवर्तन भयो, र राज्य मेरो भाइलाई दिइयो किनकि परमप्रभुले यो तिनलाई दिनुभएको थियो ।
1KI 2:16 अब म तपाईंलाई एउटा बिन्ती चढाउँछु र त्यसलाई इन्कार नगरिदिनुहोस् ।” बतशेबाले तिनलाई भनिन्, “भन ।”
1KI 2:17 तिनले भने, “मैले शुनम्मी अबीशगलाई पत्नीको रूपमा लैजान पाऊँ भनी सोलोमन राजालाई बिन्ती गरिदिनुहोस् ।”
1KI 2:18 बतशेबाले भनिन्, “ठिक छ । म राजासित कुरा गर्ने छु ।”
1KI 2:19 त्यसकारण अदोनियाहको निम्ति कुरा गर्न बतशेबा राजा सोलोमनकहाँ गइन् । उनलाई भेट्न राजा खडा भए र तिनले उनलाई दण्डवत् गरे । त्यसपछि राजा आफ्नो सिंहासनमा बसे, र राजाकी आमाको निम्ति एउटा सिंहासन ल्याउने हुकुम गरे । उनी राजाको दाहिने हातपट्टि बसिन् ।
1KI 2:20 त्यसपछि उनले भनिन्, “तिमीलाई एउटा सानो बिन्ती चढाउने इच्छा छ, किनकि तिमीले इन्कार गर्ने छैनौ ।” राजाले उनलाई भने, “भन्नुहोस् मेरी आमा । म त्यसलाई इन्कार गर्ने छैनँ ।”
1KI 2:21 उनले भनिन्, “तिम्रो दाजु अदोनियाहलाई शूनम्मी अबीशग पत्नीको रूपमा देऊ ।”
1KI 2:22 राजा सोलोमनले आफ्नी आमालाई भने, “तपाईं किन शूनम्मी अबीशगलाई अदोनियाहको लागि माग्नुहुन्छ ? तपाईं तिनको लागि किन राज्य नै माग्नुहुन्न ? किनकि तिनी मेरा दाजु हुन् । किन पुजारी अबियाथार र सरूयाहका छोरा योआबको निम्ति पनि माग्नुहुन्न ?”
1KI 2:23 तब राजा सोलोमनले परमप्रभुको नाउँमा यसो भनी शपथ खाए, “यो बिन्तिको निम्ति अदोनियाहले आफ्नो ज्यान गुमाएनन् भने परमेश्वरले मलाई त्योभन्दा कठोर व्यवहार गरून् ।
1KI 2:24 त्यसकारण मलाई स्थापित गर्नुहुने, मलाई मेरा पिता दाऊदको सिंहासनमा राख्नुहुने र आफ्नो प्रतिज्ञाअनुसार मेरो वंश खडा गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्दछु, कि आज निश्चय नै अदोनियाह मारिने छन् ।”
1KI 2:25 त्यसैले राजा सोलोमनले यहोयादाका छोरा बनायाहलाई पठाए, र बनायाहले अदोनियाहलाई फेला पारी मारे ।
1KI 2:26 तब राजाले पुजारी अबियाथारलाई भने, “तिम्रो आफ्नै जग्गा अनातोतमा जाऊ । तिमी मृत्युको लायक छौ, तर मेरा पिता दाऊदको सामु तिमीले परमप्रभुको सन्दुक बोकेकाले र मेरा पिताजस्तै हरेक मार्गमा तिमीले दुःख भोगेकाले तिमीलाई म यस बेला मार्दिनँ ।”
1KI 2:27 त्यसैले सोलोमनले अबियाथारलाई पुजारीको पदबाट हटाइदिए । यसरी शीलोमा बस्ने एलीका घरानाको बारेमा परमप्रभुले भन्नुभएको वचन पुरा भयो ।
1KI 2:28 यो खबर योआबकहाँ आयो किनकि योआबले अदोनियाहलाई समर्थन गरेका थिए, यद्यपि तिनले अब्शालोमलाई भने समर्थन गरेका थिएनन् । त्यसैले योआब परमप्रभुको पालभित्र भागे, र वेदीका सिङहरू पक्रेर बसे ।
1KI 2:29 योआब भागेर गई वेदीको छेउमा बसेका छन् भनी सोलोमनलाई बताइयो । तब सोलोमनले यहोयादाका छोरा बनायाहलाई यसो भनी पठाए, “जाऊ र तिनलाई मार ।”
1KI 2:30 त्यसैले बनायाह परमप्रभुको पालभित्र प्रवेश गरी योआबलाई भने, “राजाले तिमीलाई बाहिर आउनू हुकुम गर्नुभएको छ ।” योआबले जवाफ दिए, “अँहँ, म यहीँ नै मर्ने छु ।” त्यसैले बनायाह राजाकहाँ फर्के र भने, “योआब वेदीमा नै मर्न चाहन्छन् ।”
1KI 2:31 राजाले तिनलाई भने, “तिनले भनेजस्तै गर । तिनलाई मारेर गाड । यसरी म र तिमीले मेरा पिताको घरानाबाट विनाकारण योआबले बगाएको रगतको दोष लैजाने छौ ।
1KI 2:32 तिनले बगाएको रगतको दोष तिनकै शिरमाथि परोस् किनकि तिनले मेरा पिता दाऊदको जानकारीविनै आफूभन्दा धर्मी र उत्तम दुई जना मानिस अर्थात् इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासलाई आक्रमण गरी तिनीहरूलाई तरवारले मारे ।
1KI 2:33 त्यसैले तिनीहरूको रगतको दोष सदाको निम्ति योआब र तिनका सन्तानहरूका शिरमाथि परोस् । तर दाऊद र तिनका सन्तानहरू अनि तिनको वंश र तिनको सिंहासनमा भने सदासर्वदा परमप्रभुबाट शान्ति आओस् ।”
1KI 2:34 तब यहोयादाका छोरा बनायाह माथि उक्ले अनि योआबलाई प्रहार गरी मारे । तिनलाई उजाड-स्थानमा तिनको आफ्नै जग्गामा गाडियो ।
1KI 2:35 राजाले तिनको ठाउँमा यहोयादाका छोरा बनायाहलाई सेनापतिमा र अबियाथारको ठाउँमा सादोकलाई पुजारीमा नियुक्त गरे ।
1KI 2:36 त्यसपछि राजाले शिमीलाई डाक्न पठाए र तिनलाई भने, “आफ्नो निम्ति यरूशलेममा घर बनाएर त्यहीँ बस, अनि त्यहाँबाट कतै नजाऊ ।
1KI 2:37 किनकि जुन दिन तिमी किद्रोन उपत्यका पार गरेर जान्छौ, निश्चय नै तिमी मारिने छौ भनी जान । तिम्रो रगतको दोष तिम्रै शिरमाथि पर्ने छ ।”
1KI 2:38 त्यसैले शिमीले राजालाई भने, “तपाईंले भन्नुभएको कुरो राम्रो छ । मेरा मालिक राजाले भन्नुभएझैँ हजुरको दासले गर्ने छ ।” त्यसैले धेरै दिनसम्म शिमी यरूशलेममा नै बसे ।
1KI 2:39 तर तिन वर्षको अन्त्यमा शिमीका दुई जना दास गातका राजा माकाका छोरा आकीशकहाँ भागेर गए । त्यसैले तिनीहरूले शिमीलाई यसो भने, “हेर्नुहोस्, तपाईंका दासहरू गातमा छन् ।”
1KI 2:40 तब शिमी उठे अनि गधामा जीनकाठी कसेर आफ्ना दासहरूको खोजीमा आकीशकहाँ गए र गातबाट आफ्ना दासहरूलाई फर्काएर ल्याए ।
1KI 2:41 शिमी यरूशलेमबाट गातमा गएर फर्केका छन् भनी जब सोलोमनलाई सुनाइयो,
1KI 2:42 तब राजाले शिमीलाई डाक्न पठाए र तिनलाई भने, “'जुन दिन तिमी यहाँबाट अन्त कतै जान्छौ, तिमी निश्चय नै मारिने छौ भनी जान' भनी के मैले परप्रभुको नाउँमा शपथ खाई तिमीलाई गवाही दिएको थिइनँ र ? तब तिमीले मलाई भन्यौ, 'हजुरले भन्नुभएको कुरा राम्रो छ ।'
1KI 2:43 तब तिमीले किन परमप्रभुसित खाएको सपथ र मेरो आज्ञा पालन गरेनौ ?”
1KI 2:44 राजाले शिमीलाई यसो पनि भने, “तिमीले मेरा पितालाई गरेका सबै दुष्टता तिमीलाई आफ्नो मनमा थाहा छ । त्यसकारण परमप्रभुले तिम्रो दुष्टता तिम्रै शिरमाथि फर्काइदिनुहुने छ ।
1KI 2:45 तर राजा सोलोमनचाहिँ आशिषित हुने छन्, र दाऊदको सिंहासन परमप्रभुको सामु सदाको निम्ति स्थापित हुने छ ।”
1KI 2:46 तब राजाले यहोयादाका छोरा बनायाहलाई आज्ञा दिएअनुसार तिनले शिमीलाई मारे । यसरी सोलोमनको हातमा शासन बलियो गरी स्थापित भयो ।
1KI 3:1 सोलोमनले विवाहद्वारा मिश्रका राजा फारोसित मैत्रीपूर्ण सम्बन्ध गाँसे । तिनले फारोकी छोरीसित विवाह गरे, र तिनले आफ्नै महल, परमप्रभुको मन्दिरसाथै यरूशलेमको पर्खाल निर्माण गरेपछि उनलाई दाऊदको सहरमा ल्याए ।
1KI 3:2 परमप्रभुको नाउँमा कुनै पनि घर निर्माण नभइसकेकोले मानिसहरूले उच्च स्थानहरूमा बलिदान चढाउँदै थिए ।
1KI 3:3 आफ्ना पिता दाऊदका विधिविधानहरूमा हिँडी सोलोमनले परमप्रभुप्रति आफ्नो प्रेम देखाए, तर तिनले उच्च स्थानहरूमा बलिदान चढाए र धूप बाले ।
1KI 3:4 राजा बलिदान चढाउन गिबोनमा गए किनकि त्यो निकै उच्च स्थान थियो । सोलोमनले त्यस वेदीमा एक हजारवटा होमबलि चढाए ।
1KI 3:5 रातमा गिबोनमा परमप्रभु सपनामा सोलोमनकहाँ देखा पर्नुभयो । उहाँले भन्नुभयो, “तँ मबाट के चाहन्छस्, माग् ।”
1KI 3:6 त्यसैले सोलोमनले भने, “मेरा पिता दाऊद तपाईंको सामु विश्वसनियतामा, धार्मिकतामा र ह्रदयको सोझोपनमा हिँडेकाले तपाईंले आफ्ना दास दाऊदलाई करारको ठुलो विश्वसनीयता देखाउनुभएको छ । तपाईंले उहाँप्रति करारको ठुलो विश्वसनीयता कायमै राख्नुभएको छ, र आज उहाँको सिंहासनमा बस्न एक जना पुत्र दिनुभएको छ ।
1KI 3:7 अब हे परमप्रभु मेरा परमेश्वर, म सानो बालक भए तापनि तपाईंले आफ्ना दासलाई मेरा पिता दाऊदको ठाउँमा राजा बनाउनुभएको छ । मलाई मेरो कर्तव्य थाहा छैन ।
1KI 3:8 तपाईंका दास तपाईंले छान्नुभएका मानिसहरूका बिचमा छन् जो असङ्ख्य र अनगिन्ती छन् ।
1KI 3:9 त्यसैले मैले खराब र असल छुट्ट्याउन सकूँ भनेर मानिसहरूको न्याय गर्न तपाईंका दासलाई समझशक्तिको ह्रदय दिनुहोस् । किनकि तपाईंको यस महान् जातिलाई न्याय गर्न को सक्षम छ ?”
1KI 3:10 सोलोमनको यस बिन्तीले परमप्रभुलाई खुसी तुल्यायो ।
1KI 3:11 त्यसैले परमेश्वरले तिनलाई भन्नुभयो, “तैँले आफ्नो लागि लामो जीवन वा धनसम्पत्ति वा तेरा शत्रुहरूको जीवन नमागी न्याय छुट्ट्याउने समझशक्ति मागेको छस् ।
1KI 3:12 हेर्, अब तैँले मबाट मागेको सबै कुरा म पुरा गर्ने छु । म तँलाई बुद्धिमानी र समझशक्तिको हृदय दिने छु । यसरी तेरो सामु कोही पनि तँजस्तो हुने छैन, र तँपछि पनि कोही पनि तँजस्तो खडा हुने छैन ।
1KI 3:13 तैँले मबाट नमागेका कुराहरू अर्थात् धनसम्पत्ति र मान पनि मैले तँलाई दिएको छु ताकि राजाहरूका बिचमा तेरो जीवनभर तँजस्तो कोही पनि नहोस् ।
1KI 3:14 तेरा पिता दाऊदझैँ मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न तँ मेरो मार्गमा हिँडिस् भने म तेरो आयु लम्ब्याउने छु ।”
1KI 3:15 त्यसपछि सोलोमन ब्युँझे, र यो त सपना पो रहेछ! तिनी यरूशलेममा आए, र परमप्रभुको करारको सन्दुकको सामु खडा भए । तिनले होमबलि र मेलबलिहरू चढाए, अनि आफ्ना सबै सेवकहरूलाई भोज दिए ।
1KI 3:16 त्यसपछि दुई जना वेश्या स्त्री राजाकहाँ आई तिनको सामु खडा भए ।
1KI 3:17 एक जना स्त्रीले भनी, “हे मेरा मालिक, यो स्त्री र म एउटै घरमा बस्छौँ, अनि त्यस घरमा मैले एउटा बालक जन्माएँ ।
1KI 3:18 मैले जन्म दिएको तेस्रो दिनमा यस स्त्रीले बालक जन्माई । हामी सँगसँगै थियौँ । घरमा हामीसित कोही पनि थिएन, तर हामी दुई जना मात्र थियौँ ।
1KI 3:19 त्यसपछि रातमा यो स्त्रीले बालकलाई थिचेर मारिछ ।
1KI 3:20 त्यसैले मध्य रातमा तपाईंकी दासी सुतिरहेको बेलामा त्यो उठी र छेउमा राखिएको मेरो छोरो लिएर काखमा राखिछ अनि मेरो काखमा चाहिँ त्यसको मरेको छोरो राखिछ ।
1KI 3:21 म मेरो बच्चालाई दूध खुवाउन बिहान उठ्दा त्यो मरेको रहेछ । बिहान मैले त्यसलाई नियालेर हेर्दा त्यो मैले जन्माएको मेरो छोरो थिएन ।”
1KI 3:22 त्यसपछि अर्की स्त्रीले भनी, “त्यसो होइन । जीवित छोरोचाहिँ मेरो छोरो हो, र मरेकोचाहिँ तेरो छोरो हो ।” पहिलो स्त्रीले भनी, “त्यसो होइन । मरेकोचाहिँ तेरो छोरो हो, र जीवितचाहिँ मेरो छोरो हो ।” यसरी तिनीहरूले राजाको सामु बताए ।
1KI 3:23 तब राजाले भने, “तिमीहरूमध्ये एउटीले भन्छौ, 'यो जीवितचाहिँ मेरो छोरो हो, र तेरो छोरोचाहिँ मरेको छ ।' त्यसै गरी, अर्कीले भन्छौ, 'त्यसो होइन । तेरो छोरो मरेको छ, र मेरो छोरोचाहिँ जीवितै छ' ।”
1KI 3:24 राजाले भने, “मलाई एउटा तरवार ल्याइदेऊ ।” त्यसैले तिनीहरूले राजाको सामु एउटा तरवार ल्याइदिए ।
1KI 3:25 तब राजाले भने, “जीवित छोरोलाई काटेर दुई भाग लगा अनि आधा भाग एउटी स्त्रीलाई र बाँकी आधा भाग अर्की स्त्रीलाई दिनू ।”
1KI 3:26 तब आफ्नो छोरोको निम्ति दयाले भरिएर जीवित छोरोकी आमाले राजालाई भनी, “हे मेरा मालिक, जीवित बालक त्यसलाई नै दिनू र त्यसलाई कुनै पनि हालतमा नमार्नू ।” तर अर्की स्त्रीले भनी, “त्यो न मेरो हुने छ न तेरो । त्यसलाई दुई टुक्रा पारियोस् ।”
1KI 3:27 तब राजाले जवाफ दिए, “जीवित बालक पहिलो स्त्रीलाई दिनू, र त्यसलाई कुनै पनि हालतमा नमार्नू । त्यो नै बालककी आमा हो ।”
1KI 3:28 जब सारा इस्राएलले राजाले गरेको न्याय सुने तिनीहरू राजादेखि डराए किनकि न्याय सम्पादन गर्न परमेश्वरको बुद्धि तिनमा थियो भनी तिनीहरूले देखे ।
1KI 4:1 राजा सोलोमन सारा इस्राएलमाथि राजा भए ।
1KI 4:2 तिनका अधिकारीहरू यी नै हुन्: सादोकका छोरा अजर्याह पुजारी थिए ।
1KI 4:3 शीशाका छोराहरू एलीहोरेफ र अहियाह सचिवहरू थिए । अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।
1KI 4:4 यहोयादाका छोरा बनायाह सेनापति थिए । सादोक र पुजारी अबियाथार हरू थिए ।
1KI 4:5 नातानका छोरा अजर्याह जिल्ला-जिल्लाका अधिकृतहरूका जिम्मावाल थिए । नातानका छोरा जाबूद पुजारी र राजाका मित्र थिए ।
1KI 4:6 अहीशार राजमहलका जिम्मावाल थिए । अब्दाका छोरा अदोनिराम बेगार काम गर्नेहरूका जिम्मावाल थिए ।
1KI 4:7 सारा इस्राएलमा सोलोमनका बाह्र जना जिल्ला-जिल्लाका जिल्लापाल थिए जसले राजा तथा राज घरानालाई भोजन जुटाउने काम गर्थे । हरेक मानिसले वर्षमा एक-एक महिनाको भोजन जुटाउनुपर्थ्यो ।
1KI 4:8 तिनीहरूका नाउँ यी नै हुन्: एफ्राइमको पहाडी देशमा बेन-हूर;
1KI 4:9 माकाज, शाल्बीम, बेथ-शेमेश र एलोन-बेथहानानमा बेन-देकेर;
1KI 4:10 अरूब्बोतमा बेन-हेसेद (तिनको जिम्मामा सोको र हेपेरका सबै क्षेत्र थिए);
1KI 4:11 सारा नापोत डोरमा बेन-अबीनादाब (सोलोमनकी छोरी ताफातलाई तिनले विवाह गरेका थिए);
1KI 4:12 तानाक र मगिद्दोसाथै यिजरेलमुनिको सार्तानको छेउमा भएका सारा बेथ-शान, हाबिल-महोला र योक्मामसम्ममा अहीलूदका छोरा बाना;
1KI 4:13 रामोत-गिलादमा बेन-गेबेर (तिनको जिम्मामा गिलादमा भएका मनश्शेका छोरा याईरका सहरहरू र बाशानमा भएको अर्गोबको क्षेत्रसाथै मूल ढोकामा काँसाका बार भएका पर्खालले घेरिएका साठीवटा ठुला-ठुला सहर पनि थिए);
1KI 4:14 महनोममा इद्दोका छोरा अहीनादाब;
1KI 4:15 नप्तालीमा अहीमास (तिनले सोलोमनकी छोरी बासमतलाई विवाह गरेका थिए);
1KI 4:16 आशेर र आलोतमा हूशैका छोरा बाना;
1KI 4:17 इस्साखारमा पारूहका छोरा यहोशापात;
1KI 4:18 बेन्यामीनमा एलाका छोरा शिमी;
1KI 4:19 गिलादमा ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगको देश), र तिनी त्यस जिल्लाका एक मात्र जिल्लापाल थिए ।
1KI 4:20 यहूदा र इस्राएलका मानिसहरू समुद्र छेउका बालुवाजत्तिकै असङ्ख्य थिए । तिनीहरू खाँदै र पिउँदै थिए अनि खुसी थिए ।
1KI 4:21 सोलोमनले यूफ्रेटिस नदीदेखि पलिश्तिहरूको देश र मिश्रको सिमानासम्म राज्य गर्थे । सोलोमनको जीवनभर तिनीहरूले तिनीकहाँ कर ल्याए र तिनको सेवा गरे ।
1KI 4:22 सोलोमनको एक दिनको खाना पचहत्तर मुरी मसिनो पिठो, एक सय पचास मुरी अन्न,
1KI 4:23 पोसिएका दसवटा गाई-गोरु, खर्कमा पालेका बिसवटा गाई-गोरु, एक सयवटा भेडा-बाख्रा अनि मृग, हरिण, बराँठ र कुखुराहरू थिए ।
1KI 4:24 किनकि तिनले युफ्रेटिस नदीको पश्चिमपट्टिका सबै देश अर्थात् तिफसादेखि गाजासम्मा राज्य गर्थे, र तिनको वरिपरि भएकाहरू सबैसित तिनी शान्तिमा बस्थे ।
1KI 4:25 यहूदा र इस्राएल सुरक्षित थिए । सोलोमनको जीवनभर दानदेखि बेर्शेबासम्म हरेक मानिस आ-आफ्नै दाख र नेभाराको मुनि सुरक्षितसाथ बस्थ्यो ।
1KI 4:26 सोलोमनका रथहरूका लागि घोडाहरूका चालिस हजारवटा तबेला, र बाह्र हजार घोडचढी थिए ।
1KI 4:27 जिल्ला-जिल्लाका अधिकृतहरूले प्रत्येक महिना पालैपालो राजा सोलोमन र तिनको टेबुलमा बसेर खानेहरू सबैका निम्ति भोजन जुटाउँथे । तिनीहरूलाई कुनै कुराको कमी थिएन ।
1KI 4:28 रथका घोडाहरू र अन्य घोडाहरूका लागि पनि तिनीहरूले तोकिएका आ-आफ्नै जौ र पराल ल्याउने गर्थे ।
1KI 4:29 परमेश्वरले सोलोमनलाई महान् बुद्धि र समुद्रीतटका बालुवाजस्तै फराकिलो समझशक्ति दिनुभयो ।
1KI 4:30 पूर्वका सबै मानिस र मिश्रका सबै बुद्धिभन्दा सोलोमनको बुद्धि श्रेष्ठ थियो । तिनी सबै मानिसभन्दा बुद्धिमानी थिए ।
1KI 4:31 तिनी एज्री एतान, माहोलका छोराहरू हेमान, कलकोल र दर्दाभन्दा बुद्धिमानी थिए अनि तिनको ख्याति वरिपरिका सबै जातिहरूमा फैलिएको थियो ।
1KI 4:32 तिनले तिन हजारवटा हितोपदेशको रचना गरे, र तिनका गीतहरूको सङ्ख्या एक हजार पाँचवटा थियो ।
1KI 4:33 तिनले बोट बिरुवाहरूको विषयमा लेबनानको देवदारुदेखि लिएर भित्तामा उम्रने हिसपसम्मका बिरुवाहरूको वर्णन गरे । तिनले पशुपक्षी, घस्रने प्राणीहरू र माछाको बारेमा पनि वर्णन गरे ।
1KI 4:34 सोलोमनको बुद्धि सुन्न सबै जातिका मानिसहरू आउने गर्थे । तिनको बुद्धि सुनेका पृथ्वीका सबै राजाका प्रतिनिधिहरू तिनीकहाँ आउने गर्थे ।
1KI 5:1 टुरोसका राजा हीरामले सोलोमनकहाँ आफ्ना सेवकहरू पठाए किनकि आफ्नो पिताको सट्टामा सोलोमन राजा अभिषेक गरिएका थिए भनी तिनले सुनेका थिए । हीरामले दाऊदलाई सधैँ माया गर्थे ।
1KI 5:2 सोलोमनले यसो भन्दै हीरामलाई वचन पठाए,
1KI 5:3 “मेरा पिता दाऊद युद्धले घेरिएकाले परमप्रभु उहाँका परमेश्वरको नाउँमा उहाँले मन्दिर बनाउन सक्नुभएन भनी तपाईंलाई थाहै छ । उहाँको जीवनभर परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको खुट्टाको पैतालामुनि ल्याउनुभयो ।
1KI 5:4 तर अहिले परमप्रभु मेरा परमेश्वरले मलाई हरेक क्षेत्रमा विश्राम दिनुभएको छ ।
1KI 5:5 त्यसैले परमप्रभु मेरा परमेश्वरको नाउँमा एउटा मन्दिर बनाउने मेरो इच्छा छ जस्तो परमप्रभुले मेरा पिता दाऊदलाई यसो भन्नुभएको थियो, 'म तेरो छोरोलाई तेरो सिंहासनमा बसाउने छु, र त्यसले नै मेरो नाउँमा मन्दिर बनाउने छ ।'
1KI 5:6 त्यसकारण, अब तिनीहरूलाई मेरो निम्ति देवदारुका रुखहरू काट्न आज्ञा दिनुहोस् । मेरा दासहरू तपाईंका दासहरूसित मिल्ने छन्, र तपाईंले तोक्नुभएको ज्याला म तिनीहरूलाई दिने छु । किनकि तपाईंलाई थाहा छ, कि सीदोनीहरूजस्तै रुख ढाल्ने सिपालु मानिसहरू हाम्रा बिचमा कोही छैन ।”
1KI 5:7 हीरामले सोलोमनको कुरा सुनेपछि तिनी अत्यन्तै खुसी भए र भने, “आज परमप्रभु धन्यका होऊन् जसले दाऊदलाई आफ्ना जातिको रेखदेख गर्न एउटा बुद्धिमान् छोरा दिनुभएको छ ।
1KI 5:8 हीरामले सोलोमनलाई यस्तो वचन पठाए, “तपाईंले मलाई पठाउनुभएको सन्देश मैले सुनेको छु । म तपाईंले चाहना गर्नुभएका सबै देवदारु र सल्लाका काठ जुटाइदिने छु ।
1KI 5:9 मेरा दासहरूले लेबनानबाट समुद्रसम्म मूढाहरू ल्याउने छन्, र ती बाँधेर तपाईंले तोक्नुभएको ठाउँमा म बगाएर पठाउन लगाउने छु । म त्यहाँ खोल्न लगाउने छु, र तपाईंले ती लैजान सक्नुहुने छ । मेरो घरानालाई भोजन जुटाइदिएर तपाईंले चाहनुभएको कुरा पुरा गर्नुहोस् ।”
1KI 5:10 त्यसैले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका मूढा हीरामले तिनलाई दिए ।
1KI 5:11 सोलोमनले हीरामको घरानालाई भोजनको निम्ति पचास हजार मुरी गहुँ र साढे चार हजार लिटर शुद्ध तेल दिए । सोलोमनले यो वर्षैपिच्छे हीरामलाई दिन्थे ।
1KI 5:12 आफूले प्रतिज्ञा गर्नुभएझैँ परमप्रभुले सोलोमनलाई बुद्धि दिनुभयो । सोलोमन र हीरामको बिचमा शान्ति कायम थियो, र तिनीहरू दुई जनाले एउटा करार बाँधे ।
1KI 5:13 सोलोमन राजाले सारा इस्राएलबाट तिस हजार बेगार काम गर्ने मानिस जम्मा गरे ।
1KI 5:14 तिनले तिनीहरूलाई हरेक महिना दस-दस हजार गरी लेबनानमा पठाए । तिनीहरू एक महिना लेबनानमा बस्थे र दुई महिना घरमा बस्थे । अदोनिराम बेगार काम गर्नेहरूका जिम्मावाल थिए ।
1KI 5:15 सोलोमनका सत्तरी हजरा भरिया र पहाडमा असी हजार ढुङ्गा काट्ने मानिस थिए ।
1KI 5:16 मजदुरहरूका कामको रेखदेख गर्न खटिएका तिन हजार तिन सय नाइके थिए ।
1KI 5:17 राजाको आज्ञामा तिनीहरूले मन्दिरको जगको निम्ति उच्च गुणस्तरका ठुला-ठुला ढुङ्गाहरू फोरेर निकाले ।
1KI 5:18 त्यसैले सोलोमन र हीरामका कारीगरहरूसाथै गेबालका मानिसहरूले मन्दिर निर्माणको निम्ति काठ र ढुङ्गाहरू काटेर तयार पारे ।
1KI 6:1 यसैले सोलोमनले परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे । इस्राएलीहरू मिश्र देशबाट निस्केर आएको चार सय असीऔँ वर्षमा, सोलोमनले इस्राएलमाथि राज्य गरेको चौथो वर्षको जीभ अर्थात् दोस्रो महिनामा कामको थालनी भएको थियो ।
1KI 6:2 सोलोमन राजाले परमप्रभुको निम्ति बनाएका मन्दिरको लमाइ साठी हात, चौडाइ बिस हात र उचाइ तिस हात थियो ।
1KI 6:3 मन्दिरको मुख्य सभाकक्षको सामुन्नेको दलान मन्दिरको चौडाइ बराबरको थियो अर्थात् बिस हातो लामो थियो, र त्यो मन्दिरको अगिल्तिर दस हातसम्म निस्केको थियो ।
1KI 6:4 तिनले मन्दिरको छानामुनिका साँघुरा झ्यालहरू बनाए ।
1KI 6:5 मुख्य सभाकक्षका भित्ताहरूको विपरीत तिनले यसको वरिपरि कोठाहरू बनाए अर्थात् तिनले भित्री र बाहिरी कोठा बनाए । तिनले चारैतिर कोठाहरू बनाए ।
1KI 6:6 सबैभन्दा मुनिको तलाको चौडाइ पाँच हात, बिचको तलाको चौडाइ छ हात र तेस्रो तलाको चौडाइचाहिँ सात हात थियो । तिनले मन्दिरका चारैपट्टि बाहिरतिर मन्दिरको भित्तामा केही नघुसाऊन् भनी पालीहरू निर्माण गरे ।
1KI 6:7 ढुङ्गाको खानीमा नै तयार पारिएका ढुङ्गाहरूबाट मन्दिर बनाइयो । यसको निर्माण हुँदा घन वा छिनु वा कुनै किसिमको फलामे औजारको आवाज सुनिएन ।
1KI 6:8 मन्दिरको दक्षिणपट्टि सबैभन्दा तल्लो तलाको प्रवेशद्वारा थियो, अनि त्यहाँबाट बिचको र तेस्रो तलामा जानलाई सिँढी थियो ।
1KI 6:9 यसरी सोलोमनले मन्दिर बनाएर सिद्ध्याए । तिनले मन्दिरलाई दलिन र देवदारुका फल्याकहरूले ढाके ।
1KI 6:10 तिनले मन्दिरको भित्री कक्षको विपरीत किनाराका कोठाहरू बनाए र हरेक कोठाको उचाइ पाँच हात थियो । ती मन्दिरसँगै देवदारुका काठका सत्तरीले जोडिएका थिए ।
1KI 6:11 परमप्रभुको यो वचन सोलोमनकहाँ आयो,
1KI 6:12 “तैँले बनाइरहेको यो मन्दिरको विषयमा भन्नुपर्दा, तैँले मेरा विधिविधानहरू पालन गरी न्याय कायम गरिस् र मेरा सबै आज्ञा पालन गरी तिनमा हिँडिस् भने मैले तेरा पिता दाऊदसित बाँधेको प्रतिज्ञा तँद्वारा नै पुरा गर्ने छु ।
1KI 6:13 म इस्राएलका मानिसहरूका बिचमा बस्ने छु, र तिनीहरूलाई त्याग्ने छैनँ ।”
1KI 6:14 यसरी सोलोमनले मन्दिर बनाएर सिद्ध्याए ।
1KI 6:15 तिनले देवदारुका फल्याकहरूले मन्दिरको भुइँदेखि दलिनसम्म भित्रपट्टिका भित्ताहरू बनाई मन्दिरको भुइँमा सल्लाका फल्याकहरू ओछ्याए ।
1KI 6:16 तिनले मन्दिरको पछाडिपट्टि भुइँदेखि दलिनसम्म देवदारुका बिस हात लामा फल्याकहरू मिलाएर राखे । तिनले यसलाई भित्री कोठा अर्थात् महा-पवित्रस्थान बनाए ।
1KI 6:17 महा-पवित्रस्थानको अगाडिपट्टि रहेको मुख्य कक्ष अर्थात् पवित्रस्थान चालिस हात लामो थियो ।
1KI 6:18 मन्दिरको भित्रपट्टिको देवदारुको काठमा फक्रेका फुल र लौकाका बुट्टा कुँदिएका थिए । ती सबै देवदारुका थिए । एउटै पनि ढुङ्गा देखिँदैनथ्यो ।
1KI 6:19 परमप्रभुको करारको सन्दुक राख्नका लागि सोलोमनले मन्दिरको भित्री कोठा तयार पारे ।
1KI 6:20 भित्री कोठा बिस हात लामो, बिस हात चौडा र बिस हात अग्लो थियो । सोलोमनले भित्ताहरू निखुर सुनले मोहोरी वेदीलाई देवदारुको काठले ढाके ।
1KI 6:21 सोलोमनले मन्दिरको भित्री भाग निखुर सुनले मोहोरे, र भित्री कोठाको सामुन्ने तिनले सुनका सिक्रीहरू झुण्ड्याए ।
1KI 6:22 मन्दिरको निर्माण नसकिएसम्म तिनले सम्पूर्ण भित्री भाग सुनले मोहोरे । भित्री भागमा भएको वेदीलाई पनि तिनले सुनले मोहोरे ।
1KI 6:23 सोलोमनले भित्री कोठाको लागि जैतूनको काठबाट दुईवटा करूब बनाए । प्रत्येकको उचाइ दस हात थियो ।
1KI 6:24 पहिलो करूबको एउटा पखेटा पाँच हात लामो थियो भने अर्को पखेट पनि पाँचै हात लामो थियो । एउटा पखेटाको टुप्पोदेखि अर्को पखेटाको टुप्पोसम्म दस हात थियो ।
1KI 6:25 दोस्रो करूबको नाप पनि दसै हात थियो । दुवै करूबको कद र आकार उही थिए ।
1KI 6:26 एउटा करूबको उचाइ दस हात थियो र अर्कोको उचाइ पनि उत्ति नै थियो ।
1KI 6:27 सोलोमनले करूबहरूलाई सबैभन्दा भित्री कोठामा राखे । ती करूबका पखेटाहरू बाहिरतिर फैलिएका थिए । एउटा करूबको एउटा पखेटाले एकापट्टिको भित्तालाई र अर्को करूबको एउटा पखेटाले अर्कोपट्टिको भित्तालाई छुन्थे । तिनीहरूका अर्का पखेटाहरूले चाहिँ महा-पवित्रस्थानको बिच भागमा एक-अर्कालाई छुन्थे ।
1KI 6:28 सोलोमनले करूबहरूलाई सुनले मोहोरे ।
1KI 6:29 तिनले मन्दिरका चारैपट्टिका भित्री र बाहिरी कोठाहरूका सबै भित्तामा करूब, खजूरका बोट र फक्रेका फुलका बुट्टाहरू कुँदे ।
1KI 6:30 सोलोमनले मन्दिरका भित्री र बाहिरी कोठाहरूका भुइँलाई सुनले मोहोरे ।
1KI 6:31 सोलोमनले भित्री कोठाको प्रवेशद्वारको लागि पाँच पट्टिका थाम भएका जैतूनको काठका ढोकाहरू बनाए ।
1KI 6:32 यसरी तिनले जैतूनको काठका दुईवटा ढोका बनाए, र तिनका करूब, खजूरका बोट र फक्रेका फुलका चित्रहरू खोपे । तिनले तिनमा निखुर सुनले मोहोरी करूबहरू र खजुरका बोटहरूलाई सुनले ढाके ।
1KI 6:33 यसै गरी, सोलोमनले मन्दिरको मुख्य सभाकक्षको प्रवेशद्वारको निम्ति जैतूनको काठका चार पट्टिका थामहरू बनाए ।
1KI 6:34 तिनले खोपिल्टामा घुम्ने दुईवटा खापा भएका सल्लाका दुईवटा ढोका पनि बनाए ।
1KI 6:35 तिनले तिनमा करूब, खजुरका बोट र फक्रेका फुलका चित्रहरू कुँदी तिनलाई सुनले मोहोरे ।
1KI 6:36 तिनले भित्री चोक काटेका ढुङ्गाका तिन लहर गरी र देवदारुको काठको सत्तरीको एक लहर गरी बनाए ।
1KI 6:37 चौथो वर्षको जीभ महिनामा परमप्रभुको मन्दिरको जग बसालियो ।
1KI 6:38 एघारौँ वर्षको बूल महिना अर्थात् आठौँ महिनामा निर्देशनमुताबिक मन्दिरका सबै भाग बनाएर सिद्ध्याइयो । मन्दर बनाउन सोलोमनलाई सात वर्ष लाग्यो ।
1KI 7:1 आफ्नो राजदरबार बनाउन सोलोमनलाई तेह्र वर्ष लाग्यो ।
1KI 7:2 तिनले लेबनानको वन भनिने राजदरबार बनाए । यसको लमाइ एक सय हात, चौडाइ पचास हात र उचाइ तिस हात थियो । देवदारुका स्तम्भहरूका चारवटा लहर र तीमाथि देवदारुकै सत्तरीहरूले राजदरबार बनाइयो ।
1KI 7:3 स्तम्भहरूमा अडिएका ती सत्तीहरूमाथि देवदारुले छत बनाइयो । प्रत्येक लहरमा पन्ध्रवटा गरी जम्माजम्मी पैँतिसवटा सत्तरी थिए ।
1KI 7:4 सत्तरीहरू तिनवटा लहरमा राखिएका थिए, र हरेक झ्याल एक-अर्कामा आमनेसामने थिए ।
1KI 7:5 सबै ढोकाका आयतकार चौकोसहरू थिए अनि झ्याल तिन-तिनवटा पङ्क्तिमा एक अर्कातिर फर्केका थिए । त्यहाँ पचास हात लामो र तिस हात चौडा स्तम्भहरूले घेरिएको एउटा चोक थियो ।
1KI 7:6 त्यसको सामु एउटा दलान थियो, र त्यसको सामु खम्बाहरू थिए अनि एउटा बाहिर निस्केको छत थियो ।
1KI 7:7 सोलोमनले सिंहासन कक्ष अर्थात् न्याय गर्नको लागि न्यायको कक्ष बनाए । यसको भुइँ देवदारुको काठले ढाकिएको थियो ।
1KI 7:8 सोलोमनले आफू बस्ने महल त्यसको पछिल्तिर न्यायको भवनजस्तै बनाए । आफूले विवाह गरेर ल्याएका फारोकी छोरीको निम्ति पनि तिनले योजस्तै घर बनाए ।
1KI 7:9 यी भवनहरू ठिक तरिकाले मापन गरी करौँतीले काटी चारैतिर चिल्लो बनाइएका महङ्गा पत्थरहरूबाट सिङ्गारिएका थिए । यी ढुङ्गाहरू जगदेखि छतसम्म र विशाल चोकको बाहिरपट्टि पनि प्रयोग गरिएका थिए ।
1KI 7:10 जगमा आठ र दस हातका लामा-लामा महङ्गा ढुङ्गाहरू हालिएका थिए ।
1KI 7:11 तिनको माथि ठिक किसिमले काटिएका महङ्गा ढुङ्गाहरू र देवदारुका सत्तरीहरू थिए ।
1KI 7:12 परमप्रभुको मन्दिरको चोक र त्यसको दलानजस्तै विशाल चोकका चारैपट्टि काटेर मिलाइएका ढुङ्गाका तिनवटा पङ्क्ति थिए, र देवदारुका सत्तरीहरूको एउटा पङ्क्ति थियो ।
1KI 7:13 सोलोमन राजाले हुरामलाई टुरोसबाट बोलाउन लगाए ।
1KI 7:14 हुराम नप्ताली कुलकी एउटी विधवाका छोरा थिए । तिनका पिता टुरोसवासी काँसाका कारिगर थिए । हुराम बुद्धि र समझशक्तिले भरिएका र काँसाका महान् काम गर्ने सिप भएका मानिस थिए । सोलोमन राजाको लागि काँसाको काम गर्न तिनी राजाकहाँ आए ।
1KI 7:15 हुरामले दुईवटा काँसाका स्तम्भको रचना गरे । प्रत्येक स्तम्भको उचाइ अठार हात र परिधि बाह्र हातको थियो ।
1KI 7:16 तिनले स्तम्भहरूमाथि शिर राख्न ढालेका काँसाका दुईवटा स्तम्भ-शिर पनि बनाए । हरेक स्तम्भ-शिरको उचाइ पाँच हात थियो ।
1KI 7:17 हरेक स्तम्भमाथि भएको स्तम्भ-शिरको निम्ति जालीस्वरूप सातवटा झुण्डिएका सिक्री बनाइए ।
1KI 7:18 यसरी हुरामले स्तम्भहरूका स्तम्भ-शिर सिँगार्नलाई प्रत्येक सिक्रीको जालीका वरिपरि दुईवटा पङ्क्ति भएको बुट्टादार दारिम बनाए ।
1KI 7:19 दलानभित्रका स्तम्भका स्तम्भ-शिरहरू लिली फुलको आकारका चार हात उचाइका थिए ।
1KI 7:20 दुवै स्तम्भका स्तम्भ-शिरमा जाली नजिकैको कचौराको आकार भएको भागमा स्तम्भ-शिरको चारैपट्टि पङ्क्ति-पङ्क्ति गरी दुई सय बुट्टादार दारिम बनाइए ।
1KI 7:21 तिनले मन्दिरको दलानमा ती स्तम्भहरू खडा गरे । दाहिनेपट्टिको स्तम्भलाई याकीन र देब्रेपट्टिको स्तम्भलाई बोआज नाउँ राखियो ।
1KI 7:22 स्तम्भ-शिरहरूलाई लिली फुलको आकारमा सजाइयो । यसरी स्तम्भहरूको काम सम्पन्न भयो ।
1KI 7:23 हुरामले ढालेर बनाइएको धातुको विशाल खड्कुँलो बनाए जसको बिट एउटा किनारादेखि अर्को किनारासम्म दस हात थियो । यसको उचाइ पाँच हात थियो, र परिधि तिस हात थियो ।
1KI 7:24 त्यस विशाल खड्कुँलोका चारैतिर बाहिरपट्टि बिटमुनि हरेक हातमा दसवटा लौका बनाइएका थिए, र खड्कुँलो र लौका दुवै एउटै टुक्रा धातुबाट बनाइएका थिए ।
1KI 7:25 खड्कुँलोलाई बाह्रवटा गोरुमाथि राखिएको थियो– तिनवटा उत्तरतिर फर्केका, तिनवटा पश्चिमतिर फर्केका, तिनवटा दक्षिणतिर फर्केका र तिनवटा पूर्वतिर फर्केका थिए । खड्कुँलो तीमाथि राखिएको थियो, र तिनका सबै पछिल्ला भाग भित्रपट्टि फर्केका थिए ।
1KI 7:26 खड्कुँलोको चौडाइ चार अङ्गुल थियो, र यसको बिटचाहिँ कचौराको बिटजस्तो फक्रेको लिली फुलजस्तो थियो । यसमा लगभग चवालिस हजार लिटर पानी अटाउँथ्यो ।
1KI 7:27 हुरामले काँसाका दसवटा आधार बनाए । प्रत्येक आधार चार हात लामो, चार हात चौडा र तिन हात अग्लो थियो ।
1KI 7:28 ती आधार यसरी बनाइएका थिएः तिनका वरिपरिका पाटाहरू ठाडो फ्रेममा जोडिएका थिए,
1KI 7:29 र ती पाटा र फ्रेमहरूमा सिंह, गोरु र करूबहरू थिए । सिंह र गोरुहरूको माथि र तल ढलौटे मालाहरू थिए ।
1KI 7:30 प्रत्येक आधारमा काँसाका धुरा भएका चारवटा चक्का थिए, र हरेकमा चार टेकामा अडेको एउटा बाटा थियो जसको चारैतिर ढलौटे मालाहरू थिए ।
1KI 7:31 आधारभित्र खुला भाग थियो, जसको गोलाकार साढे एक हात थियो, र त्यसभित्र एक हात अग्लो मुकुट थियो । त्यसको खुला भागको वरिपरि बुट्टाहरू कुँदिएका थिए, र आधारका पाटाहरू गोलाकार नभई वर्गाकार थिए ।
1KI 7:32 चारवटा चक्का पाटाहरूको मुनि थिए, र चक्काहरूका धुरा आधारसँग गाँसिएका थिए । हरेक चक्काको उचाइ साढे एक हात थियो ।
1KI 7:33 ती चक्काहरू रथका चक्काजस्ता थिए । तिनका धुरा, बिट, सुइरा र नाभि सबै ढालेर बनाइएका धातुका थिए ।
1KI 7:34 हरेक आधारका चारवटा समात्ने बिँड एउटा-एउटा कुनामा थिए, जुन आधारबाट बाहिर निस्केका थिए ।
1KI 7:35 आधारहरूको टुप्पामा आधा हात गहिरो गोलाकार धातुको फित्ता थियो, अनि आधारका टेका र पाटाहरू त्यसकै टुप्पासँग गाँसिएका थिए ।
1KI 7:36 पाटा र टेकाहरूका खाली ठाउँमा हुरामले करूबहरू, सिंहहरू र खजूरका रुखहरूको चित्र कुँदी त्यसको वरिपरि मालाहरू लगाए ।
1KI 7:37 यसरी नै तिनले दसवटा आधार बनाए । ती सबै एउटै नाप र एउटै आकार भएका ढालेर बनाइएका थिए ।
1KI 7:38 हुरामले काँसाका दसवटा बाटा बनाए । एउटा बाटामा आठ सय असी लिटर पानी अटाउँथ्यो । हरेक बाटा चार हातको थियो, र दसवटै आधारका लागि एउटा-एउटा बाटा थियो ।
1KI 7:39 तिनले पाँचवटा आधार मन्दिरको दक्षिणपट्टि र पाँचवटा आधार उत्तरपट्टि राखे । तिनले खड्कुँलोचाहि मन्दिरको दक्षिणपट्टि फर्कने गरी पूर्वी किनारामा राखे ।
1KI 7:40 हुरामले बाटाहरू, बेल्चाहरू र छर्कने बाटाहरू बनाए । यसरी तिनले परमप्रभुको मन्दिरमा सोलोमन राजाको लागि सबै काम सिद्ध्याए ।
1KI 7:41 तिनले दुईवटा स्तम्भ, स्तम्भको टुप्पामा कचौरा आकारका दुईवटा स्तम्भ-शिर माथिका स्तम्भ-शिरहरू सजाउने दुईवटा बुट्टादार जाली बनाए ।
1KI 7:42 तिनले दुईवटा सजाउने जालीका निम्ति चार सयवटा दारिम (दुईवटा स्तम्भका कचौराको आकार भएका स्तम्भ-शिरलाई ढाक्ने प्रत्येक जालीको निम्ति दुई पङ्क्ति दारिम),
1KI 7:43 दसवटा आधार र आधारमाथि राख्नलाई दसवटा बाटा बनाए ।
1KI 7:44 तिनले खड्कुँलो भनिने विशाल बाटा र त्यसको मुन्तिर बाह्रवटा गोरु,
1KI 7:45 भाँडाकुँडाहरू, बेल्चाहरू, बाटाहरू अनि सबै चिजहरू बनाए । हुरामले परमप्रभुको मन्दिरको लागि सोलोमन राजाको निम्ति टल्काइएका काँसाबाट बनाएका थिए ।
1KI 7:46 राजाले ती यर्दनको मैदानमा सुक्कोत र सार्तानको बिचमा ढालेर बनाउन लगाएका थिए ।
1KI 7:47 सोलोमनले धेरै भाँडाकुँडा बनाएकाले तिनले जोखेनन् । तिनले काँसाको ओजन निधो गरेनन् ।
1KI 7:48 सोलोमनले परमप्रभुको मन्दिरमा राखिने सबै सजाउने सामान सुनबाट बनाएका थिएः सुनको वेदी, उपस्थितिको रोटी राखिने सुनको टेबुल,
1KI 7:49 निखुर सुनका सामदानहरू जसलाई भित्री कोठाको दाहिनेपट्टि पाँचवटा र देब्रेपट्टि पाँचवटा गरी राखिन्थ्यो; फुलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र चिम्टाहरू ।
1KI 7:50 सोलोमनले गिलासहरू, सलेदाका चिम्टाहरू, बाटाहरू, चम्चाहरू र धुपोराहरू पनि बनाए र यी सबै निखुर सुनका थिए । तिनले भित्री कोठा (अर्थात् महा-पवित्रस्थान) का ढोकाहरू र मन्दिरको मुख्य सभाकक्षका ढोकाहरूका निम्ति सुनका खोपिल्टाहरू पनि बनाए ।
1KI 7:51 यसरी सोलोमन राजाले परमप्रभुको मन्दिरको निम्ति सबै काम गरी सिद्ध्याए । त्यसैले सोलोमनले आफ्ना पिता दाऊदद्वारा अलग गरिएका चीजहरू अर्थात् चाँदी, सुन, सजाउने सामानहरू भित्र ल्याई परमप्रभुको मन्दिरका भण्डारमा राखे ।
1KI 8:1 तब सोलोमनले इस्राएलका सबै धर्म-गुरु, कुल-कुलका नायकहरू र इस्राएलका परिवारका मुख्य-मुख्य व्यक्तिहरूलाई सियोन अर्थात् दाऊदको सहरबाट परमप्रभुको सन्दुक ल्याउनलाई यरूशलेममा जम्मा गरे ।
1KI 8:2 एतानीम महिना अर्थात् सातौँ महिनामा चाडको अवसरमा इस्राएलका सबै मानिस सोलोमन राजाको सामु भेला भए ।
1KI 8:3 इस्राएलका सबै धर्म-गुरु आए, अनि पुजारीहरूले सन्दुक उठाए ।
1KI 8:4 तिनीहरूले परमप्रभुको सन्दुक, भेट हुने पाल र पालभित्र भएका सजावटका सबै पवित्र सामान ल्याए । पुजारी र लेवीहरूले यी सामानहरू ल्याएका थिए ।
1KI 8:5 सोलोमन राजा र इस्राएलका सारा समुदाय सन्दुकको सामु भेला भए, अनि तिनीहरूले असङ्ख्य भेडाहरू र गोरुहरू बलिदान चढाए ।
1KI 8:6 पुजारीहरूले परमप्रभुको करारको सन्दुकलाई त्यसको उचित स्थान अर्थात् करूबहरूको छायामुनि मन्दिरको महा-पवित्रस्थानमा लगेर राखे ।
1KI 8:7 किनकि करूबहरूले सन्दुक राखिएको ठाउँको माथि आ-आफ्ना पखेटा फैलाएका थिए, र ती पखेटाले सन्दुक र त्यसका डन्डाहरूमाथि छाया पारेका थिए ।
1KI 8:8 यी डन्डाहरू यति लामा-लामा थिए, कि तिनका टुप्पाहरू महा-पवित्रस्थानको सामु पवित्रस्थानबाट देख्न सकिन्थे, तर तिनलाई बाहिरबाट भने देख्न सकिँदैनथ्यो । ती आजको दिनसम्म त्यहीँ छन् ।
1KI 8:9 इस्राएलीहरू मिश्र देशबाट आउँदा परमप्रभुले तिनीहरूसित करार बाँध्नुहुँदा होरेब पर्वतमा मोशाले दुईवटा शिला-पाटी सन्दुकभित्र राखेका थिए, र सन्दुकभित्र यी शिला-पाटीहरू मात्र थिए ।
1KI 8:10 पुजारीहरू पवित्रस्थानबाट बाहिर आउँदा परमप्रभुको मन्दिर बादलले भरियो ।
1KI 8:11 बादलको कारणले पुजारीहरूले सेवा गर्न सकेनन् किनकि परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको थियो ।
1KI 8:12 तब सोलोमनले भने, “परमप्रभु बाक्लो बादलमा बस्नुहुनेथियो भनी उहाँले भन्नुभएको थियो,
1KI 8:13 तर तपाईं सदासर्वदै रहनलाई मैले एउटा शोभनीय वासस्थान निर्माण गरेको छु ।”
1KI 8:14 तब राजा फर्केर उभिरहेका इस्राएलका सारा समुदायलाई आशिष् दिए ।
1KI 8:15 तिनले भने, “इस्राएलका परमेश्वर परमप्रभुको स्तुति होस् जो मेरा पिता दाऊदसित बोल्नुभयो, र जसले यसो भन्दै आफ्नै हातले यो कुरा पुरा गर्नुभएको छ,
1KI 8:16 'मैले मेरो जाति इस्राएललाई मिश्रबाट बाहिर ल्याएको दिनदेखि मेरो नाउँ राख्नको लागि मैले इस्राएलका सबै कुलबाट कुनै पनि सहर छानिनँ ।
1KI 8:17 तथापि मेरो जाति इस्राएलमाथि शासन गर्न मैले दाऊदलाई छानेँ ।' इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा एउटा भवन निर्माण गर्ने इच्छा मेरा पिता दाऊदको ह्रदयमा थियो ।
1KI 8:18 तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नुभयो, 'तेरो ह्रदयमा मेरो नाउँमा एउटा भवन निर्माण गर्ने इच्छा राम्रै छ ।
1KI 8:19 तरै पनि तैँले त्यो भवन बनाउने छैनस्, बरु तेरो छोरो अर्थात् तेरो आफ्नै रगत र मासुको छोरोले मेरो नाउँमा भवन बनाउने छ ।'
1KI 8:20 परमप्रभुले आफूले भन्नुभएको वचन पुरा गर्नुभएको छ, किनकि म मेरा पिता दाऊदको ठाउँमा खडा भएको छु, र परमप्रभुले प्रतिज्ञा गर्नुभएझैँ म इस्राएलको सिंहासनमा बसेको छु । मैले इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा घर बनाएको छु ।
1KI 8:21 मैले त्यहाँ सन्दुकको निम्ति ठाउँ बनाएको छु जसमा परमप्रभुको करार राखिएको छ । उहाँले मिश्रबाट हाम्रा पिता-पुर्खाहरूलाई ल्याउनुहँदा उहाँले तिनीहरूसित यो करार बाँध्नुभएको थियो ।”
1KI 8:22 सोलोमन परमप्रभुको वेदी र इस्राएलका सारा समुदायको सामुन्ने खडा भए, र स्वर्गतिर आफ्ना हात फैलाए ।
1KI 8:23 तिनले भने, “हे इस्राएलका परमेश्वर परमप्रभु, माथि स्वर्गमा वा तल पृथ्वीमा तपाईंजस्तो कुनै ईश्वर छैन जसले आफ्ना सारा ह्रदयले तपाईंको अगि हिँड्ने तपाईंका दासहरूसित करारको विश्वसनीयता कायम राख्नुहुन्छ ।
1KI 8:24 तपाईंले आफ्ना दास अर्थात् मेरा पिता दाऊदसित प्रतिज्ञा गर्नुभएको वचन पुरा गर्नुभएको छ । हो, तपाईंले आफ्नो मुखले बोल्नुभयो र त्यसलाई आफ्नो हातले पुरा गर्नुभयो जस्तो आज हुन आएको छ ।
1KI 8:25 अब हे इस्राएलका परमेश्वर परमप्रभु, तपाईंका दास अर्थात् मेरा पिता दाऊदसित प्रतिज्ञा गर्नुभएको वचन पुरा गर्नुहोस् । तपाईंले भन्नुभयो, 'तँ मेरो अगि हिँडेजस्तै तेरा सन्तानहरू मेरो अगि हिँड्न होसियार भए भने इस्राएलको सिंहासनमा बस्न कुनै मानिसको अभाव हुने छैन ।'
1KI 8:26 अब हे इस्राएलका परमेश्वर, तपाईंले आफ्ना दास अर्थात् मेरा पिता दाऊदसित बोल्नुभएको तपाईंको वचन पुरा होस् ।
1KI 8:27 तर के परमेश्वर साँच्चै नै पृथ्वीमा बस्नुहुन्छ र ? सारा विश्व र आकाशमा पनि तपाईं अटाउनुहुन्न भने मैले बनाएको यस मन्दिरमा तपाईं कसरी अटाउन सक्नुहुन्छ त!
1KI 8:28 तरै पनि हे परमप्रभु मेरा परमेश्वर, तपाईंका दासको यस प्रार्थना र बिन्तीलाई आदर गरिदिनुहोस् । आज तपाईंका दासले तपाईंको सामु टक्र्याउने प्रार्थना र पुकारालाई सुनिदिनुहोस् ।
1KI 8:29 रातदिन यस मन्दिरतर्फ तपाईंका आँखा खुला रहोस् जुन ठाउँको बारेमा तपाईंले भन्नुभएको छ, 'त्यहाँ मेरो नाउँ र उपस्थिति रहने छ' ताकि तपाईंका दासले यस ठाउँतर्फ चढाएका प्रार्थनाहरू तपाईंले सुन्नुभएको होस् ।
1KI 8:30 त्यसैले हामीले यस ठाउँतर्फ फर्केर प्रार्थना गर्दा तपाईंका दास र तपाईंको जाति इस्राएलको बिन्तीलाई सुनिदिनुहोस् । हो, तपाईं बसोबास गर्नुहुने ठाउँ अर्थात् स्वर्गबाट सुन्नुहोस् । तपाईंले सुन्नुभएपछि क्षमा दिनुहोस् ।
1KI 8:31 कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गरी त्यसलाई शपथ खान लगाइयो र त्यसले यस मन्दिरभित्रको वेदीको सामु आई शपथ खायो भने
1KI 8:32 स्वर्गबाट सुनेर जवाफ दिनुहोस् । दोषीहरूलाई दण्डाज्ञा दिँदै तिनीहरूले गरेको खराबी तिनीहरूकै शिरमाथि खन्याउँदै आफ्ना दासहरूको न्याय गर्नुहोस् । निर्दोषहरूलाई दोषी नठहराउनुहोस् र तिनीहरूको धार्मिकताअनुसार तिनीहरूको प्रतिफल दिनुहोस् ।
1KI 8:33 तपाईंको जाति इस्राएलले तपाईंको विरुद्धमा पाप गरेकाले तिनीहरू शत्रुबाट पराजित हुँदा तिनीहरू तपाईंकहाँ फर्की तपाईंको नाउँलाई पुकारे, प्रार्थना गरे र तपाईंको मन्दिरमा क्षमाको अनुरोध गरे भने
1KI 8:34 तब स्वर्गमा सुन्नुहोस् र तपाईंको जाति इस्राएलको पाप क्षमा गरिदिनुहोस् । तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस् ।
1KI 8:35 मानिसहरूले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्द भई वृष्टि रोकिँदा तिनीहरूले यस ठाउँतर्फ फर्केर प्रार्थना गरी तपाईंको नाउँ पुकारे र तिनीहरूलाई कष्ट आउँदा तिनीहरूका पापबाट फर्के भने
1KI 8:36 स्वर्गमा सुन्नुहोस् र तपाईंका दासहरूसाथै तपाईंको जाति इस्राएलको पाप क्षमा गरिदिनुहोस् अनि तिनीहरू कसरी चल्नुपर्ने हो भनी तिनीहरूलाई असल तरिका सिकाउनुहोस् । सम्पत्तिको रूपमा तपाईंले आफ्नो जातिलाई दिनुभएको तपाईंको देशमा वृष्टि ल्याइदिनुहोस् ।
1KI 8:37 जब देशमा अनिकाल पर्दा वा रोग, विपत्ति, वनस्पति ओइलाउने ढुसी वा शीत वा सलहहरू वा झुसिलकिराहरू आउँदा वा तिनीहरूको कुनै सहरमा मूलद्वारमा शत्रुले आक्रमण गर्‍यो वा त्यहाँ कुनै विपत्ति वा रोग लाग्दा,
1KI 8:38 कुनै एक व्यक्ति वा तपाईंको सारा जाति इस्राएलले हरेकले आफ्नो ह्रदयको दुःख सम्झेर आफ्नो हात यस मन्दिरतिर उचाली प्रार्थना र बिन्ती चढायो भने
1KI 8:39 स्वर्गबाट सुन्नुहोस् जहाँ तपाईं बस्नुहुन्छ, तिनीहरूलाई क्षमा दिनुहोस् र हरेकले गरेअनुसार त्यसको प्रतिफल दिनुहोस् । किनकि तपाईंले मात्र सारा मानव-जातिका ह्रदय जान्नुहुन्छ ।
1KI 8:40 तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको यस देशमा तिनीहरू बस्दा तिनीहरूको जीवनभर तिनीहरू तपाईंदेखि डराऊन् भन्नाका लागि यसै गर्नुहोस् ।
1KI 8:41 यसको अतिरिक्त, तपाईंको जाति इस्राएलभन्दा बाहिरको कुनै परदेशी तपाईंको नाउँको कारणले टाढाको देशबाट आएको छ–
1KI 8:42 किनकि त्यसले तपाईंको महान् नाउँ, तपाईंको शक्तिशाली हात र तपाईंको फैलाइएको पाखुराको बारेमा सुनेको छ– र यस मन्दिरतर्फ हेरेर प्रार्थना चढाएको छ भने
1KI 8:43 तब स्वर्गबाट सुन्नुहोस् जहाँ तपाईं बस्नुहुन्छ अनि त्यस परदेशीले मागेको कुरा दिनुहोस् । तपाईंले आफ्नो जाति इस्राएललाई गरेजस्तै पृथ्वीका सबै जातिले तपाईंको नाउँलाई जानी तपाईंदेखि डराऊन् भन्ने हेतुले यसो गर्नुहोस् । मैले बनाएको यो घरमा तपाईंको नाउँ राखिएको छ भनी तिनीहरूले जान्न सकून् भनेर यसो गर्नुहोस् ।
1KI 8:44 तपाईंले जुनसुकै बाटो भएर पठाउनुभए तापनि तपाईंको जाति शत्रुको विरुद्धमा लड्न बाहिर गएको छ, र हे परमप्रभु, तिनीहरूले तपाईंले चुन्नुभएको सहर र मैले तपाईंको नाउँमा बनाएको मन्दिरतर्फ हेरेर तपाईंमा प्रार्थना चढाएका छन् भने
1KI 8:45 स्वर्गमा तिनीहरूका प्रार्थना र बिन्ती सुनेर तिनीहरूलाई मदत गर्नुहोस् ।
1KI 8:46 पाप नगर्ने कोही नभएकोले तिनीहरूले तपाईंको विरुद्धमा पाप गरेका छन्, र तपाईं तिनीहरूसित रिसाउनुभई तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभएको छ र शत्रुहरूले तिनीहरूलाई तिनीहरूको देशबाट धेरै टाढाको देशमा निर्वासनमा लगेका छन्,
1KI 8:47 र तिनीहरू निर्वासित भएर अर्कै देशमा लगिएका रहेछन् भनी तिनीहरूले थाहा पाएपछि तिनीहरूले पश्चात्ताप गरेर तिनीहरूलाई निर्वासित गर्नेहरूको देशबाट तिनीहरूले तपाईंको निगाह खोजेका छन् र तिनीहरूले 'हामीले बाटो बिराई पाप गरेका छौँ, हामीले दुष्टतापूर्वक व्यवहार गरेका छौँ'
1KI 8:48 भनेर भनेमा र तिनीहरूलाई निर्वासित बनाएर लैजानेहरू अर्थात् तिनीहरूका शत्रुहरूको देशमा तिनीहरूका सारा ह्रदय र सारा प्राणले तिनीहरू तपाईंकहाँ फर्के भने र तिनीहरूले तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको तपाईंको देश र तपाईंले छान्नुभएको सहर र मैले तपाईंको नाउँमा बनाएको यस मन्दिरतर्फ हेरी तपाईंलाई प्रार्थना चढाए भने,
1KI 8:49 तब तपाईंको वासस्थान स्वर्गबाट मदतको लागि तिनीहरूले चढाएको प्रार्थना र अनुरोध सुन्नुहोस् । यसरी तिनीहरूसितको सम्बन्ध पुनर्स्थापित हुने छ ।
1KI 8:50 तपाईंको विरुद्धमा पाप गरेका तपाईंको जातिलाई क्षमा दिनुहोस्, र तिनीहरूले तपाईंको विरुद्धमा गरेका सबै अधर्म क्षमा गरिदिनुहोस् अनि तिनीहरूका विजेताहरूका सामु तिनीहरूलाई दया देखाउनुहोस् र तिनीहरूका विजेताहरूलाई पनि तिनीहरूमाथि दया देखाउन लगाइदिनुहोस् ।
1KI 8:51 तिनीहरू तपाईंले चुन्नुभएका तपाईंका जाति हुन् जसलाई तपाईंले फलाम गल्ने भट्टीको बिचबाट अर्थात् मिश्रबाट छुटकारा दिनुभयो ।
1KI 8:52 तपाईंका दास र तपाईंको जाति इस्राएलले जुनसुकै बेला तपाईंलाई पुकारा गर्दा तिनीहरूको कुरा सुन्न तपाईंका आँखा खुला रहून् ।
1KI 8:53 किनकि हे परमप्रभु, तपाईंले हाम्रा पुर्खाहरूलाई मिश्रबाट ल्याउनुहुँदा तपाईंका दास मोशालाई व्याख्या गर्नुभएझैँ तपाईंकै हुन र तपाईंका प्रतिज्ञाहरू प्राप्त गर्न तपाईंले नै तिनीहरूलाई पृथ्वीका सबै जातिबाट अलग गर्नुभयो ।”
1KI 8:54 जब सोलोमनले परमप्रभुको सामु यी सबै प्रार्थना र बिन्ती चढाएर सिद्ध्याए, तब तिनी परमप्रभुको वेदीबाट उठे जहाँ तिनले घुँडा टेकेर आफ्ना हात स्वर्गतिर फैलाएका थिए ।
1KI 8:55 “परमप्रभुको स्तुति होस्, जसले आफ्ना सबै प्रतिज्ञा पुरा गरी आफ्नो जाति इस्राएललाई विश्राम दिनुभएको छ ।
1KI 8:56 परमप्रभुले आफ्ना दास मोशासित गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि विफल भएको छैन ।
1KI 8:57 परमप्रभु हाम्रा परमेश्वर हाम्रा पुर्खाहरूसित हुनुभएझैँ हामीसित पनि होऊन् । उहाँले हामीलाई कहिल्यै नछोडून्, न त त्यागून् ।
1KI 8:58 उहाँका सबै मार्गमा जिउन, र उहाँले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएका उहाँका आदेशहरूसाथै निर्देशनहरू अनि विधिविधानहरू पालन गर्न उहाँले हाम्रा ह्रदय आफूतर्फ फर्काऊन् ।
1KI 8:59 मैले परमप्रभुको सामु चढाएका यी वचनहरू रातदिन परमप्रभु हाम्रा परमेश्वरको नजिक रहून् ताकि दिनप्रतिदिनको खाँचोअनुसार तपाईंको दास र तपाईंको जाति इस्राएलको कारण मदत मिलोस्,
1KI 8:60 ताकि पृथ्वीका सबै जातिले परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँबाहेक अर्को ईश्वर छैन भनी जानून् ।
1KI 8:61 त्यसकारण, आजको दिनमा झैँ परमप्रभु हाम्रा परमेश्वरका विधिविधानहरू र उहाँका आज्ञाहरू पालन गर्न तिमीहरूको ह्रदय उहाँप्रति साँचा होऊन् ।
1KI 8:62 त्यसैले राजा र तिनीसँगै सारा इस्राएलले परमप्रभुको निम्ति बलिदानहरू चढाए ।
1KI 8:63 सोलोमनले परमप्रभुको निम्ति बाइस हजार गाईवस्तु र एक लाख बिस हजार भेडा-बाख्रा मेलबलिको रूपमा चढाए । यसरी राजा र इस्राएलका सारा समुदायले परमप्रभुको मन्दिर समर्पण गरे ।
1KI 8:64 त्यसै दिन राजाले परमप्रभुको मन्दिरको सामु चोकको बिचको भागलाई पनि अर्पण गरे, अनि तिनले त्यहाँ होमबलि, अन्नबलि र मेलबलिको बोसो चढाए, किनकि परमप्रभुको सामु राखिएको काँसाको वेदी यति सानो थियो कि त्यहाँ होमबलि, अन्नबलि र मेलबलिको बोसो चढाउन सकिँदैनथ्यो ।
1KI 8:65 यसैले सोलोमनले त्यस बेला एउटा चाड मनाए । त्यहाँ लेबो-हमातदेखि मिश्रको खोलासम्मका सारा इस्राएल, ठुलो समुदायले परमप्रभु हाम्रा परमेश्वरको सामु सात दिन र अर्को सात दिन गरी जम्मा चौध दिनसम्म चाड मनाए ।
1KI 8:66 आठौँ दिनमा तिनले मानिसहरूलाई बिदा दिए, र तिनीहरूले राजालाई धन्यको भने अनि परमप्रभुले आफ्ना दास दाऊद र आफ्नो जाति इस्राएलको निम्ति गर्नुभएका सबै असल कार्यको कारण हर्षित र आनन्दित हृदयसाथ तिनीहरू आ-आफ्ना घरतर्फ लागे ।
1KI 9:1 सोलोमनले परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याएछि र तिनले चाहेका कुरा सबै सम्पन्न गरेपछि
1KI 9:2 गिबोनमा देखा पर्नुभएझैँ परमप्रभु दोस्रो पटक सोलोमनकहाँ देखा पर्नुभयो ।
1KI 9:3 तब परमप्रभुले तिनलाई भन्नुभयो, “तैँले मेरो सामु राखेको प्रार्थना र बिन्ती मैले सुनेको छु । मैले तैँले बनाएको यो मन्दिर सदासर्वदा मेरो नाउँ राख्न आफ्नै लागि अलग गरेको छु । मेरा आँखा र मेरो मन सधैँभरि त्यहाँ हुने छ ।
1KI 9:4 मैले तँलाई आज्ञा गरेका सबै आज्ञा पालन गरी मेरा विधिविधानहरू र उर्दीहरू मानेर ह्रदयको सत्यनिष्ठा र सोझोपनमा तेरा पिता दाऊद हिँडेझैँ तँ मेरो सामु हिँडिस् भने,
1KI 9:5 म इस्राएलमाथि तेरो राज्यको सिंहासन सदाको निम्ति स्थापित गर्ने छु, जस्तो मैले तेरा पिता दाऊदलाई यसो भनी प्रतिज्ञा गरेको थिएँ, 'इस्राएलको सिंहासनमा बस्न तेरो सन्तानको कहिल्यै अभाव हुने छैन ।'
1KI 9:6 तर तँ र तेरा छोराछोरीहरू तर्केर गई मैले तेरो सामु राखेका मेरा आज्ञा र विधिविधानहरू पालन नगरी अरू देवताहरूको पुजा गर्‍यौ र तिनीहरूको सामु निहुरियौ भने,
1KI 9:7 मैले इस्राएललाई दिएको देशबाट म तिनीहरूलाई निष्कासित गरिदिने छु, र मेरो नाउँको लागि मैले अलग गरेको यो मन्दिरलाई म मेरो दृष्टिबाट मिल्काइदिने छु अनि इस्राएल सबै जातिका बिचमा घृणा र उपहासको उदाहरण बन्ने छ ।
1KI 9:8 यो मन्दिर भग्नावशेषको थुप्रो बन्ने छ, र यसबाट भएर जाने प्रत्येक व्यक्तिले यसको घृणा गर्ने छ । तिनीहरूले सोध्ने छन्, 'परमप्रभुले यो देश र यो मन्दिरलाई किन यसो गर्नुभएको होला ?’
1KI 9:9 अरूहरूले जवाफ दिने छन्, ' तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र देशबाट ल्याउनुहुने तिनीहरूका परमेश्वर परमप्रभुलाई त्यागी अरू देवताहरूको पछि लागी तिनीहरूको सामु निहुरी तिनीहरूलाई पुजेकाले परमप्रभुले तिनीहरूमाथि यी सबै विपत्ति ल्याउनुभएको हो' ।”
1KI 9:10 सोलोमनले दुईवटा भवन अर्थात् परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याउन तिनलाई बिस वर्ष लाग्यो ।
1KI 9:11 टुरोसका राजा हीरामले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका काठ तिनलाई जुटाइदिए । त्यसैले सोलोमन राजाले हीरामलाई गालीलको क्षेत्रमा बिसवटा सहर दिए ।
1KI 9:12 सोलोमनले हीरामलाई दिएका सहरहरू हेर्न तिनी टुरोसबाट आए, तर तिनी खुसी भएनन् ।
1KI 9:13 त्यसैले हीरामले भने, “हे मेरा भाइ, तपाईंले मलाई दिनुभएका यी सहरहरू कस्ता सहरहरू हुन् ?” हीरामले ती सहरहरूलाई काबूल देश भने जसलाई आजसम्म पनि त्यही नाउँले चिनिन्छ ।
1KI 9:14 हीरामले राजालाई चार टन सुन पठाएका थिए ।
1KI 9:15 सोलोमन राजाले परमप्रभुको मन्दिर, आफ्नो निजी दरबार, टेवा दिने गाराहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउनलाई बेगार काममा लगाएका मजदुरहरूको विवरण यही हो ।
1KI 9:16 मिश्रका राजा फारोले गेजेरलाई माथि उक्लेर कब्जा गरेका थिए । तिनले यस सहरका कनानीहरूलाई मारेर जलाइदिएका थिए । त्यसपछि फारोले यो सहर आफ्नी छोरी सोलोमनकी पत्नीलाई दाइजोस्वरूप दिएका थिए ।
1KI 9:17 त्यसैले सोलोमनले गेजेर र तल्लो बेथ-होरोनलाई पुनर्निर्माण गरे ।
1KI 9:18 तिनले बालात र यहूदियाको उजाड-स्थानमा तामार, आफ्नो अधिकारमा भएका सबै भण्डारण गर्ने सहरहरू,
1KI 9:19 र आफ्ना रथहहरू र घोडचढीहरू राख्नका निम्ति सहरहरू बनाए । यरूशलेम, लेबनान र आफूले शासन गरेका सबै इलाकामा आफूले इच्छा गरेअनुसार तिनले बनाउने काम गरे ।
1KI 9:20 बाँकी रहेका सबै एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसी जो इस्राएली थिएनन्,
1KI 9:21 तिनीहरूका सन्तानहरू जो देशमा बाँकी रहेका थिए, जसलाई इस्राएलीहरूले पूर्ण रूपमा नष्ट गर्न सकेका थिएनन्, तिनीहरूलाई सोलोमनले बेगार काममा लगाएका थिए जो आजको दिनसम्म छन् ।
1KI 9:22 तथापि, सोलोमनले इस्राएलीहरूलाई भने बेगार काममा लगाएनन् । बरु, तिनीहरू तिनका सिपाहीहरू, अधिकृतहरू र कप्तानहरू अनि सारथीहरूका कप्तान र घोडचढीहरू बने ।
1KI 9:23 तिनीहरू सोलोमनका कामको रेखदेख गर्ने अधिकारीहरू पनि बने जसको सङ्ख्या पाँच सय पचास थियो । तिनीहरूले काम गर्ने मानिसहरूको रेखदेख गर्ने काम गर्थे ।
1KI 9:24 फारोकी छोरी दाऊदको सहरबाट सोलोमनले उनको लागि बनाएको घरमा सरिन् । पछि सोलोमनले टेवा दिने गाराहरू बनाए ।
1KI 9:25 सोलोमनले परमप्रभुको निम्ति बनाएका वेदीमा परमप्रभुको निम्ति धूप बाल्दै तिनले वर्षमा तिन पटक होमबलि र मेलबलिहरू चढाउँथे । यसरी तिनले मन्दिरको काम सम्पन्न गरी त्यसको प्रयोग गरे ।
1KI 9:26 सोलोमन राजाले लाल समुद्रको किनारमा भएको एदोमको एलात नजिकै एस्योन-गेबेरमा जहाजहरू बनाए ।
1KI 9:27 हीरामले आफ्ना सेवकहरू अर्थात् समुद्रको विषयमा जान्ने नाविकहरू सोलोमनका मानिसहरूसित काम गर्न सोलोमनका जहाजहरूमा पठाए ।
1KI 9:28 तिनीहरू सोलोमनका सेवकहरूसँगै ओपीरमा गए । त्यहाँबाट तिनीहरूले राजा सोलोमनकहाँ साँढे चौध टन सुन ल्याए ।
1KI 10:1 जब शेबाकी रानीले परमप्रभुको नाउँको सम्बन्धमा सोलोमनको कीर्ति सुनिन्, उनी कठिन प्रश्नहरू लिएर तिनलाई जाँच गर्न आइन् ।
1KI 10:2 उनी मसलाहरू लादिएका ऊँटहरू, थुप्रै सुन र धेरै बहुमूल्य रत्नहरू लिएर ज्यादै ठुलो लावालश्करसाथ यरूशलेम आइन् । उनी आइपुगेपछि उनले आफ्नो ह्रदयमा भएका सबै कुरा सोलोमनलाई बताइन् ।
1KI 10:3 सोलोमनले उनका सबै प्रश्नका जवाफ दिए । उनले सोधेका सबै प्रश्नको राजाले जवाफ दिए ।
1KI 10:4 जब शेबाकी रानीले सोलोमनका सबै बुद्धि, तिनले बनाएका राजदरबार,
1KI 10:5 तिनको टेबुलको भोजन, तिनका वरिपरि बस्ने अधिकारीहरू, तिनका अधिकारीहरूका काम र तिनीहरूका पोशाक, सेवा टहल गर्ने नोकर-चाकरहरू, तिनले परमप्रभुको घरमा बलिदान गर्ने होमबलिको तरिका देखिन्, तब उनी अवाक् भइन् ।
1KI 10:6 उनले राजालाई भनिन्, “तपाईंका वचन र तपाईंको बुद्धिको बारेमा मैले मेरो देशमा सुनेको कुरो साँचो रहेछ ।
1KI 10:7 म यहाँ नआएसम्म मैले सुनेको कुरामा मैले विश्वास गरिनँ । अब मेरा आफ्नै आँखाले मैले देखेको छु । तपाईंको बुद्धि र धन-सम्पत्तिको बारेमा मलाई आधा मात्र बताइएको रहेछ! तपाईंको कीर्ति मैले सुनेको भन्दा ज्यादा रहेछ ।
1KI 10:8 तपाईंका पत्नीहरू कति प्रसन्न होलान्! तपाईंको बुद्धि सुन्न पाएकाले तपाईंको सामु निरन्तर खडा हुने तपाईंका सेवकहरू कति प्रसन्न होलान्!
1KI 10:9 परमप्रभु तपाईंका परमेश्वरको स्तुति होस् जो तपाईंमा प्रसन्न हुनुहुन्छ र जसले तपाईंलाई इस्राएलको सिंहासनमा राख्नुभएको छ । परमप्रभुले इस्राएललाई सदाको निम्ति प्रेम गर्नुभएकाले न्याय र धार्मिकता कायम गर्न उहाँले तपाईंलाई राजा बनाउनुभएको छ ।”
1KI 10:10 उनले राजालाई चार टन सुन र प्रशस्त मात्रामा मसलासाथै बहुमूल्य रत्नहरू दिइन् । शेबाकी रानीले सोलोमन राजालाई दिएकी जत्तिकै यति प्रशस्त मसला तिनलाई फेरि कहिल्यै दिइएन । ओपीरबाट सुन ल्याउने
1KI 10:11 हीरामका जहाजहरूले पनि ठुलो परिमाणमा चन्दनको काठ र बहुमूल्य पत्थरहरू ल्याउँथे ।
1KI 10:12 राजाले ती चन्दनका काठहरूबाट परमप्रभुको मन्दिर र राजदरबारका खम्बाहरू बनाउनुका अतिरिक्त गायकहरूका लागि वीणा र सारङ्गीहरू बनाए । चन्दनको काठको यति धेरै परिमाण आजको दिनसम्म फेरि कहिल्यै देखिएको छैन ।
1KI 10:13 राजा सोलोमनले शेबाकी रानीले इच्छा गरेकी हरेक थोक दिए । राजाले आफ्नो राजकीय उदारताका अतिरिक्ता उनले मागेकी हरेक कुरा दिए । यसरी उनी आफ्ना सेवकहरूसँगै आफ्नो देशमा फर्किन् ।
1KI 10:14 सोलोमनकहाँ वर्षेनी आउने गरेको सुनको ओजन तेइस टन थियो ।
1KI 10:15 यसबाहेक, पैकारीहरू र व्यापारीहरूले पनि सुन ल्याउँथे । अरब देशका सबै राजा र प्रादेशिक राज्यपालहरूले पनि सोलोमनकहाँ सुनचाँदी ल्याउने गर्थे ।
1KI 10:16 सोलोमन राजाले पिटेको सुनबाट दुई सयवटा ठुला-ठुला ढाल बनाए । प्रत्येक ढाल बनाउन साढे तिन किलोग्राम लागेको थियो ।
1KI 10:17 तिनले पिटेको सुनका तिन सयवटा स-साना ढाल पनि बनाए । प्रत्येक ढालमा करिब डेढ किलोग्राम सुन लागेको थियो । राजाले तिनलाई लेबनानको वन भनिने राजदरबारमा राखे ।
1KI 10:18 त्यसपछि राजाले हस्ती-हाडको एउटा ठुलो सिंहासन बनाई त्यसलाई सबैभन्दा उत्तम सुनले मोहोरे ।
1KI 10:19 सिंहासनमा उक्लने छवटा खुड्किला थिए, र यसको पछाडिपट्टि गोलाकार टुप्पो थियो । बस्ने आसनको दुवैपट्टि हात अड्याउने बाहु थिए, र बाहुका छेउ-छेउमा उभिएका एक-एकवटा सिंह थिए ।
1KI 10:20 छवटै खुट्किलाको एक-एकपट्टि एउटा-एउटा सिंह गरी खुट्किलाहरूमा बाह्रवटा सिंह खडा थिए । अन्य कुनै पनि राज्यमा यस्तो किसिमको सिंहासन थिएन ।
1KI 10:21 सोलोमन राजाका सबै पिउने कचौरा सुनका थिए, र लेबनानको वन भनिने राजदरबारका भएका सबै पिउने कचौरा निखुर सुनका थिए । कुनै पनि कचौरा चाँदीको थिएन किनकि सोलोमनको समयमा चाँदीलाई मूल्यवान् ठानिदैनथ्यो ।
1KI 10:22 हीरामका जहाजहरूसँगै समुद्रमा सोलोमन राजाका पनि जहाजहरू थिए । हरेक तिन वर्षमा एक पटक जहाजहरूले सुन, चाँदी, हस्ति-हाडसाथै ढेडु र बाँदरहरू ल्याउने गर्थे ।
1KI 10:23 यसरी सोलोमन राजा धन-सम्पत्ति र बुद्धिमा संसारका सबै राजाभन्दा श्रेष्ठ थिए ।
1KI 10:24 परमेश्वरले सोलोमनको ह्रदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्नलाई सारा दुनियाँले तिनको उपस्थितिको खोजी गर्थे ।
1KI 10:25 तिनलाई भेट्नेहरूले हरेक वर्ष कोसेली, सुन र चाँदीका भाँडाकुँडाहरू, लुगाहरू, हातहतियार, मसलासाथै घोडा र खच्चरहरू ल्याउँथे ।
1KI 10:26 सोलोमनले रथहरू र घोडचढीहरू जम्मा गरे । तिनका चौध सयवटा रथ र बाह्र हजार घोडचढी थिए जसलाई तिनले रथ राख्ने सहरहरू र आफूसितै यरूशलेममा पनि राख्ने गर्थे ।
1KI 10:27 राजाले यरूशलेममा चाँदी जमिनको ढुङ्गासरह बनाए । तिनले देवदारुचाहिँ पहाडका जङ्गली अञ्जीरका बोटहरूसरह प्रशस्त तुल्याए ।
1KI 10:28 सोलोमनका घोडाहरू मिश्र र क्यूएबाट पैठारी गरिन्थे, अनि राजाका व्यापारीहरूले तिनलाई क्यूएबाट किन्ने गर्थे ।
1KI 10:29 मिश्रबाट चाँदीका छ सय सिक्कामा एउटा रथ र चाँदीको डेढ सय सिक्कामा एउटा घोडा किनिन्थ्यो । त्यसपछि यीमध्ये धेरैजसो हित्ती र अरामीहरूका राजाहरूलाई बेचिन्थे ।
1KI 11:1 अब राजा सोलोमनले फारोकी छोरीलगायत मोआबी, अम्मोनी, सीदोनी र हित्तीजस्ता धेरै विदेशी स्त्रीहरूलाई प्रेम गरे ।
1KI 11:2 तिनीहरू त्यस्ता जातिहरूका थिए जसको बारेमा परमप्रभुले इस्राएललीहरूलाई भन्नुभएको थियो, “विवाह गर्न तिनीहरूका बिचमा नजाओ, न त तिनीहरू तिमीहरूका बिचमा आऊन् किनकि निश्चय नै, तिनीहरूले तिमीहरूका ह्रदय तिनीहरूका देवताहरूतर्फ फर्काउने छन् ।” यस आज्ञाको बाबजुत पनि सोलोमन यी स्त्रीहरूप्रति मोहित भए ।
1KI 11:3 सोलोमनका सात सय जना राजकीय पत्नी र तिन सय जना उपपत्नी थिए । तिनका पत्नीहरूले तिनको ह्रदयलाई बहकाइदिए ।
1KI 11:4 किनकि जब सोलोमन वृद्ध भए तिनका पत्नीहरूले तिनको ह्रदयलाई अन्य देवताहरूतर्फ फर्काइदिए । तिनको ह्रदय तिनका पिता दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरतर्फ पूर्ण रूपमा समर्पित भएन ।
1KI 11:5 किनकि सोलोमन सीदोनीहरूकी देवी अश्तोरेत र अम्मोनीहरूको घिनलाग्दो देवता मोलोखको पछि लागे ।
1KI 11:6 सोलोमनले परमप्रभुको दृष्टिमा दुष्ट काम गरे । तिनले आफ्ना पिता दाऊदले गरेझैँ पूर्ण रूपमा परमप्रभुलाई पछ्याएनन् ।
1KI 11:7 तब सोलोमनले मोआबको घृणित देवता कमोश र अम्मोनीहरूको घृणित देवता मोलोखको निम्ति यरूशलेमको पूर्वपट्टिको डाँडामा पुजा गर्ने अग्लो स्थान बनाए ।
1KI 11:8 तिनले आफ्ना सबै विदेशी पत्नीका निम्ति पनि पुजा गर्ने अग्लो स्थानहरू बनाए जसले त्यहाँ तिनीहरूका देवताहरूलाई धूप बाल्ने र बलिदान चढाउने गर्थे ।
1KI 11:9 परमप्रभु सोलोमनसित रिसाउनुभयो, किनकि तिनको ह्रदय इस्राएलका परमेश्वरबाट तर्केर गएको थियो यद्यपि उहाँ तिनीकहाँ दुई पटक देखा पर्नुभएको थियो,
1KI 11:10 र यसै विषयमा अर्थात् तिनी अरू देवताहरूको पछि लाग्न हुँदैन भनी उहाँले तिनलाई आज्ञा दिनुभएको थियो । तर सोलोमनले परमप्रभुको आज्ञा मानेनन् ।
1KI 11:11 त्यसकारण परमप्रभुले सोलोमनलाई भन्नुभयो, “तैँले यसो गरेको कारण र तैँले मेरो करार र मैले तँलाई आज्ञा गरेका मेरा विधिविधानहरू पालन नगरेकोले निश्चय नै म यो राज्य तँबाट खोसेर तेरो दासलाई दिने छु ।
1KI 11:12 तथापि तेरा पिता दाऊदको खातिर म तेरो जीवनकालमा यसो गर्दिनँ, तर तेरो छोरोको पालमा त्यसको हातबाट म यसलाई विभाजन गरिदिने छु ।
1KI 11:13 तापनि म सबै राज्य खोस्दिनँ । मेरा दास दाऊदको खातिर र मैले चुनेको यरूशलेमको खातिर म एउटा कुल तेरो छोरोलाई दिने छु ।”
1KI 11:14 तब परमप्रभुले सोलोमनको विरुद्धमा एदोमी हददलाई विरोधीको रूपमा उठाउनुभयो । तिनी एदोमको राजकीय घरानाका थिए ।
1KI 11:15 दाऊद एदोममा छँदा सेनापति योआब मरेकाहरूको लाश गाड्न एदोममा उक्लेका थिए जहाँ हरेक पुरुष मारिएको थियो ।
1KI 11:16 योआबले एदोमको हरेक पुरुषलाई नमारुञ्जेल तिनी र इस्राएल त्यहाँ छ महिनासम्म बसेका थिए ।
1KI 11:17 तर त्यस बेला हदद बालक भएकोले आफ्ना पिताका सेवकहरूद्वारा तिनलाई अन्य एदोमीहरूसँगै मिश्रमा लगिएको थियो ।
1KI 11:18 तिनीहरू मिद्यानबाट निस्केर पारानमा आइपुगे जहाँबाट तिनीहरूले आफूसँगै केही मानिसहरूलाई मिश्रका राजा फारोकहाँ लिएर गए । फारोले तिनलाई एउटा घर, देश र भोजन जुटाइदिएका थिए ।
1KI 11:19 हददले फारोको दृष्टिमा ठुलो निगाह पाए र फारोले तिनलाई आफ्नी पत्नी तहपेनस रानीकी एउटी बहिनीसित विवाह गरिदिए ।
1KI 11:20 तहपेनसकी बहिनीले हददबाट एउटा छोरो जन्माइन् । तिनीहरूले तिनलाई गनूबत नाम राखे । तहपेनसले तिनलाई फारोको राजदरबारमा हुर्काइन् । त्यसैले गनूबत फारोका छोराछोरीहरूका बिचमा राजदरबारमा हुर्किए ।
1KI 11:21 तिनी मिश्रमा छँदा दाऊद आफ्ना पुर्खाहरूसित मिल्न गए र सेनापति योआब मरे भनी जब हददले सुने तिनले फारोलाई भने, “मेरो आफ्नै देशमा जानलाई मलाई अनुमति दिनुहोस् ।”
1KI 11:22 तब फारोले तिनलाई भने, “तर तिमीलाई यहाँ मसित केको अभाव छ र तिमी आफ्नै देशमा जान खोज्छौ ?” हददले जवाफ दिए, “कुनै कुराको अभाव छैन । कृपया, मलाई जान दिनुहोस् ।”
1KI 11:23 परमेश्वरले सोलोमनको विरुद्धमा एल्यादाका छोरा रेसोनलाई पनि विरोधीको रूपमा उठाउनुभयो । तिनी आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेका थिए ।
1KI 11:24 दाऊदले सोबाका मानिसहरूलाई पराजित गर्दा रेसोनले आफ्ना लागि मानिसहरू भेला गरे र तिनी सानो मोर्चाका सेनापति बनेका थिए । रेसोनका मानिसहरू दमस्कस गए, र त्यहीँ बसोबास गरे । यसरी रेसोनले दमस्कसलाई नियन्त्रणमा लिए ।
1KI 11:25 तिनी सोलोमनको जीवनभर इस्राएलका शत्रु थिए, र हददले पुर्‍याउएको सङ्कष्टमा तिनले पनि साथ दिए । रेसोन इस्राएललाई घृणा गर्थे र तिनले अराममाथि शासन गरे ।
1KI 11:26 तब नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए । तिनी सोलोमनका एक जना अधिकारी जेरेदाका एफ्राइमी थिए । तिनकी विधवा आमा सेरूआ थिइन् ।
1KI 11:27 तिनी राजाको विरुद्धमा उठे किनकि सोलोमनले टेवा दिने गाराहरू बनाएका थिए, र आफ्ना पिता दाऊदको सहरको पर्खालमा प्रवेशद्वार मर्मत गरेका थिए ।
1KI 11:28 यारोबाम एक शक्तिशाली मानिस थिए । तिनी मेहनती भएको देखेर सोलोमनले तिनलाई योसेफका घरानाका सारा बेगार काम गर्नेहरूमाथि तिनलाई नाइके तुल्याएका थिए ।
1KI 11:29 त्यस बेला यारोबाम यरूशलेममा जाँदा शीलोका अहियाह अगमवक्ताले तिनलाई बाटोमा भेटे । अहियाहले नयाँ खास्टो लगाएका थिए र मैदानमा दुई जना मानिस मात्र थिए ।
1KI 11:30 तब अहियाहले आफूले लगाएको नयाँ खास्टो निकाली त्यसलाई च्यातेर बाह्र टुक्रा बनाए ।
1KI 11:31 तिनले यारोबामलाई भने, “दसवटा टुक्रा लिनुहोस्, किनकि इस्राएलका परमेश्वर परमप्रभु यसो भन्नुहुन्छ, 'हेर्, म सोलोमनको हातबाट राज्य टुक्रा पारेर तँलाई दस कुल दिने छु,
1KI 11:32 (तर मेरा दास दाऊदको खातिर र मैले इस्राएलका सबै कुलबाट चुनेको सहर यरूशलेमको खातिर सोलोमनलाई एउटा कुल दिने छु),
1KI 11:33 किनकि तिनीहरूले मलाई त्यागेर सीदोनीहरूकी अश्तोरेत देवी, मोआबको कमोश देवता र अम्मोनीहरूको मोलोख देवतालाई पुजा गरेका छन् । आफ्ना पिता दाऊदले गरेझैँ मेरो दृष्टिमा जे ठिक छ त्यही गर्न र मेरा विधिविधानहरूसाथै मेरा उर्दीहरू पालन गर्न त्यो मेरो मार्गमा हिँडेको छैन ।
1KI 11:34 तथापि म सोलोमनको हातबाट पुरै राज्य भने खोस्दिनँ । बरु, मेरा आज्ञाहरू र मेरा विधिविधानहरू पालन गर्ने मैले चुनेका मेरा दास दाऊदको खातिर मैले त्यसलाई त्यसको जीवनभर शासक बनाएको छु ।
1KI 11:35 तर म त्यसको छोरोको हातबाट राज्य खोसेर म दस कुललाई दिने छु ।
1KI 11:36 म एउटा कुल सोलोमनको छोरोलाई दिने छु ताकि मेरो नाउँ राख्न मैले चुनेको सहर यरूशलेममा मेरो सामु मेरा दास दाऊदको एउटा बत्ती सधैँ बलिरहोस् ।
1KI 11:37 म तँलाई चाहिँ लिने छु, र तैँले इच्छा गरेअनुसार तैँले शासन गर्ने छस्, र तँ इस्राएलमाथि राजा हुने छस् ।
1KI 11:38 मेरा दास दाऊदले गरेझैँ मैले तँलाई दिएका सबै आज्ञा तैँले मानिस्, र मेरो दृष्टिमा जे ठिक छ त्यही गरिस्, र मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न मेरा मार्गहरूमा हिँडिस् भने म तँसित हुने छु, र दाऊदको निम्ति निर्माण गरेझैँ म तेरो वंशलाई स्थिर गराउने छु, अनि इस्राएलचाहिँ म तँलाई दिने छु ।
1KI 11:39 म दाऊदका सन्तानहरूलाई दण्ड दिने छु, तर सदाको निम्ति भने होइन ।”
1KI 11:40 त्यसैले सोलोमनले यारोबामलाई मार्न खोजे । तर यारोबाम उठेर मिश्रका राजा शीशककहाँ भागे । सोलोमनको मृत्यु नहोउञ्जेलसम्म तिनी मिश्रमा नै बसे ।
1KI 11:41 सोलोमनले गरेका अन्य कामहरू र तिनको बुद्धिको विषयमा के सोलोमनको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
1KI 11:42 सोलोमनले यरूशलेममा बसी सारा इस्राएलमाथि चालिस वर्षसम्म शासन गरे ।
1KI 11:43 तिनी आफ्ना पित्रहरूसित सुते, र तिनलाई तिनका पिता दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा रहबाम राजा भए ।
1KI 12:1 रहबाम शकेममा गए किनकि सारा इस्राएल तिनलाई राजा बनाउन शकेममा आउँदै थिए ।
1KI 12:2 नबातका छोरा यारोबामले यो कुरा सुन्दा (तिनी अझैसम्म मिश्रमा नै थिए जहाँ तिनी सोलोमन राजाको उपस्थितिबाट भागेर गएका थिए) तिनी मिश्रमा नै बसेका थिए ।
1KI 12:3 त्यसैले, तिनीहरूले यारोबामलाई बोलाइपठाए, अनि यारोबाम र इस्राएलका सारा समुदाय रहबामकहाँ आएर भने,
1KI 12:4 “तपाईंका पिताले हाम्रो जुवा गरुङ्गो बनाइदिनुभयो । अब तपाईंका पिताले हामीमाथि राखिदिनुभएको भारी र जुवा हलुङ्गो बनाइदिनुहोस्, अनि हामी तपाईंको सेवा गर्ने छौँ ।
1KI 12:5 रहबामले तिनीहरूलाई भने, “तपाईंहरू जानुहोस् र तिनदिनपछि फर्केर आउनुहोस् ।” त्यसैले मानिसहरू प्रस्थान गरे ।
1KI 12:6 रहबाम राजाले आफ्ना पिता सोलोमन जीवित छँदा तिनको सामु खडा हुने पाका मानिसहरूसित सरसल्लाह लिए र भने, “यी मानिसहरूलाई जवाफ दिन तपाईंहरू मलाई के सल्लाह दिनुहुन्छ ?”
1KI 12:7 तिनीहरूले तिनलाई जवाफ दिए, “आज तपाईं तिनीहरूका सेवक बनी तिनीहरूको सेवा गर्नुभयो र तिनीहरूलाई असल जवाफ दिनुभयो भने तिनीहरू सधैँ तपाईंका सेवकहरू हुने छन् ।”
1KI 12:8 तर रहबामले यी पाका मानिसहरूले दिएको सल्लाहलाई बेवास्ता गरे, र आफूसँगै हुर्केर आफ्नो सामु खडा हुने युवाहरूसित सल्लाह लिए ।
1KI 12:9 तिनले तिनीहरूलाई भने, “'तपाईंका पिताले हामीमाथि राखिदिनुभएको जुवा हलुको पारिदिनुहोस्' भनी बताउने मानिसहरूलाई मैले कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरू मलाई के सल्लाह दिन्छौ ?”
1KI 12:10 आफूसँगै हुर्केका युवाहरूले रहबामलाई यसो भने, “तपाईंका पिता सोलोमनले तिनीहरूको जुवा गरुङ्गो बनाइदिनुभयो र अब तपाईंले यसलाई हलुको बनाइदिनुपर्छ भनी बताउने मानिसहरूलाई गएर यसो भन्नुहोस्, ‘मेरो कान्छी औँला मेरा पिताको कम्मरभन्दा मोटो छ ।
1KI 12:11 त्यसैले अब मेरा पिताले तिमीहरूमाथि गरुङ्गो जुवा बोकाउनुभएको थियो । म त्यो अझै गरुङ्गो पारिदिने छु । मेरा पिताले तिमीहरूलाई कोर्रा लगाउनुभएको थियो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लगाउने छु' ।”
1KI 12:12 त्यसैले तेस्रो दिनमा यारोबाम र सारा मानिस रहबामकहाँ आए । किनकि राजाले यसो भनी निर्देशन दिएका थिए, “तेस्रो दिनमा मकहाँ फर्केर आओ ।”
1KI 12:13 राजाले मानिसहरूलाई कडा तवरले जवाफ दिए, र तिनले पाका मानिसहरूले तिनलाई दिएको सल्लाहको बेवास्ता गरे ।
1KI 12:14 तिनले युवाहरूको सल्लाह मानी तिनीहरूलाई भने, “मेरा पिताले तिमीहरूमाथि गरुङ्गो जुवा बोकाउनुभएको थियो । म त्यो अझै गरुङ्गो पारिदिने छु । मेरा पिताले तिमीहरूलाई कोर्रा लगाउनुभएको थियो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लगाउने छु ।”
1KI 12:15 यसरी राजाले मानिसहरूको कुरा सुनेनन् किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई उहाँले भन्नुभएको वचन पुरा होस् भनेर परमप्रभुले यस्तो परिस्थिति ल्याउनुभएको थियो ।
1KI 12:16 जब सारा इस्राएलको कुरा राजाले नसुनेको तिनीहरूले देखे तब मानिसहरूले तिनलाई जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्सा छ र ? यिशैका छोरामा हाम्रो कुनै उत्तराधिकार छैन! हे इस्राएली हो, आ-आफ्ना पालमा जाओ । हे दाऊद, तिमी आफ्नै घर सम्हाल ।” यसरी इस्राएलीहरू आ-आफ्ना पालमा फर्केर गए ।
1KI 12:17 तर रहबाम यहूदाका सहरहरूमा बस्ने इस्राएलीहरूका राजा बने ।
1KI 12:18 तब रहबाम राजाले बेगार काममा लगाउने मानिसहरूका जिम्मावाल अदोनीरामलाई पठाए, तर सारा इस्राएलले तिनलाई ढुङ्गाले हानेर मारे । रहबाम राजा आफ्नो रथमा चढेर झट्टै यरूशलेममा भागे ।
1KI 12:19 त्यसैले आजको दिनसम्म इस्राएल दाऊदको घरानाको विरुद्धमा बागी बनेको छ ।
1KI 12:20 यारोबाम फर्के भनी जब सारा इस्राएलले सुने तिनीहरूको आफ्नो सभामा तिनलाई बोलाउनपठाइ तिनलाई सारा इस्राएलमाथि राजा बनाए । यहूदाको कुलबाहेक दाऊदको परिवारलाई पछ्याउने कोही भएन ।
1KI 12:21 जब रहबाम यरूशलेममा आए तिनले यहूदाको सबै घराना र बेन्यामीन कुललाई भेला गरे । इस्राएलको घरानाको विरुद्धमा लडी सोलोमनका छोरा रहबामको राज्यलाई पुनर्स्थापित गर्न त्यहाँ १,८०,००० चुनिएका योद्धा जम्मा भएका थिए ।
1KI 12:22 तर परमेश्वरका जन शमायाहकहाँ परमेश्वरको वचन आयो,
1KI 12:23 “सोलोमनका छोरा यहूदाका राजा रहबाम अनि यहूदा र बेन्यामीनका सम्पूर्ण घरानासाथै बाँकी सबै मानिसलाई भन्,
1KI 12:24 'परमप्रभु यसो भन्नुहुन्छः आफ्ना दाजुभाइ इस्राएलका मानिसहरूलाई तिमीहरूले आक्रमण नगर्नू वा तिनीहरूसित लडाइँ नगर्नू । हरेक मानिस आ-आफ्नो घरमा फर्केर जाओस् किनकि यो काम मैले गरेको हुँ' ।” त्यसैले तिनीहरूले परमप्रभुको वचन सुने र तिनीहरू फर्केर आ-आफ्नो बाटो लागे । यसरी तिनीहरूले उहाँको वचन पालन गरे ।
1KI 12:25 तब यारोबामले एफ्राइमको पहाडी देशमा शकेमलाई मजबुत पारी तिनी त्यहीँ बसे । तिनी त्यहाँबाट गएर तिनले पनीएल सहर बनाए ।
1KI 12:26 यारोबामले आफ्नो ह्रदयमा सोचे, “अब यो राज्य दाऊदको घरानामा फर्कने छ ।
1KI 12:27 यी मानिसहरू यरूशलेमस्थित परमप्रभुको मन्दिरमा बलिदान चढाउन गए भने यी मानिसहरूका ह्रदय तिनीहरूका मालिक अर्थात् यहूदाका राजा रहबामकहाँ फर्कने छन् । मलाई मारेर तिनीहरू यहूदाका राजा रहबामकहाँ फर्केने छन् ।”
1KI 12:28 यसैले राजा यारोबामले सरसल्लाह लिई सुनका दुईवटा बाछा बनाए । तिनले मानिसहरूलाई भने, “तिमीहरूलाई यरूशलेमसम्म जान निकै टाढा हुन्छ । हे इस्राएली हो, तिमीहरूलाई मिश्र देशबाट ल्याउने देवताहरू यी नै हुन् ।”
1KI 12:29 तिनले एउटालाई बेथेलमा र अर्कोलाई दानमा राखे ।
1KI 12:30 यसरी यही कार्य नै पाप बन्यो । मानिसहरू एक ठाउँदेखि अर्को ठाउँमा र दानसम्मै पुजा गर्न गए ।
1KI 12:31 यारोबामले डाँडामा पुजा गर्ने ठाउँहरू बनाए, र तिनले सबै मानिसका बिचबाट पुजारीहरू नियुक्त गरे जो लेवीका छोराहरूमध्येका थिएनन् ।
1KI 12:32 आठौँ महिनाको पन्ध्रौँ दिनमा यहूदामा जस्तै यारोबामले एउटा चाड ठहराए, र तिनी वेदीमा गए । तिनले बेथेलमा आफूले बनाएका बाछाहरूका निम्ति बलिदान चढाए, र तिनले बेथेलमा आफूले बनाएका डाँडाका ठाउँहरूमा पुजारीहरू नियुक्त गरे ।
1KI 12:33 आफ्नो मनमा योजना बनाएअनुसार आठौँ महिनाको पन्ध्रौँ दिनमा बेथेलमा आफूले निर्माण गरेको वेदीमा तिनले बलिदान चढाए । यसरी तिनले इस्राएलीहरूका निम्ति चाड ठहराए, र धूप बाल्न आफै वेदीमा उक्लेर जाने गरे ।
1KI 13:1 परमप्रभुको वचनद्वारा परमेश्वका जन बेथेलमा आए । यारोबाम धूप बाल्नलाई वेदीनेर उभिरहेका थिए ।
1KI 13:2 तिनले परमप्रभुको वचनद्वारा वेदीको विरुद्धमा चिच्च्याए, “हे वेदी, हे वेदी! परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, दाऊदको घरानामा योशियाह नाउँ गरेको बालकको जन्म हुने छ, र त्यसले तेरो लागि बलिदान चढाउने डाँडाका ठाउँहरूमा पुजारीहरूलाई तँमाथि नै बलिदान चढाउने छ । तँमाथि तिनीहरूले मानिसका हड्डीहरू जलाउने छन्' ।”
1KI 13:3 तब उही दिन परमेश्वरका जनले यसो भन्दै एउटा चिन्ह दिए, “परमप्रभुले घोषणा गर्नुभएको चिन्ह यही होः हेर, वेदी दुई फक्लेटा हुने छ, र त्यसमाथि भएको खरानीचाहिँ खन्याइने छ' ।”
1KI 13:4 बेथेलमा परमेश्वरका जनले वेदीको विरुद्धमा भनेका कुरा जब राजा यारोबामले सुने तिनले वेदीबाट आफ्नो हात पसारेर यसो भने, “त्यसलाई समात्!” तब तिने परमेश्वरको जनलाई समात्न जुन हात पसारेका थिए, त्यो सुक्यो र तिनले त्यो फेरि आफूतिर ल्याउन सकेनन् ।
1KI 13:5 (वेदी पनि दुई फक्लेटा भयो, र खरानी वेदीबाट पोखियो जस्तो परमप्रभुको वचनद्वारा परमेश्वरका जनले चिन्हद्वारा व्याख्या गरेका थिए ।)
1KI 13:6 त्यसैले परमेश्वरका जनले परमप्रभुलाई प्रार्थना गरे, र राजाको हात पहिलेकै जस्तो भयो ।
1KI 13:7 राजाले परमेश्वरका जनलाई भने, “मेरो घरमा खानपान गर्नुहोस्, र म तपाईंलाई इनाम दिने छु ।”
1KI 13:8 परमेश्वरका जनले राजालाई भने, “तपाईंले मलाई आधा सम्पत्ति दिनुभए तापनि म तपाईंसित जान्नँ, न यस ठाउँमा तपाईंसित खाने छु न पिउने छु ।
1KI 13:9 किनकि परमप्रभुले आफ्नो वचनद्वारा मलाई आज्ञा दिनुभएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न त पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।”
1KI 13:10 त्यसैले परमेश्वरका जन अर्कै बाटो भएर गए, र तिनी जुन बाटो भएर आएका थिए त्यही बाटो भएर आफ्नो घरमा फर्केनन् ।
1KI 13:11 बेथेलमा एक जना वृद्ध अगमवक्ता बस्थे । त्यस दिन बेथेलमा परमेश्वरका जनले गरेका सबै कुरा अगमवक्ताका एक जना छोराले तिनलाई बताए । परमेश्वरका जन राजासित बोलेका थिए भन्ने कुरा पनि तिनका छोराहरूले तिनलाई बताए ।
1KI 13:12 तिनीहरूका पिताले तिनीहरूलाई सोधे, “तिनी कुनचाहिँ बाटो लागे ?” परमेश्वरका जन यहूदाको बाटो भएर गएका थिए भनी तिनका छोराहरूले देखेका थिए ।
1KI 13:13 त्यसैले तिनले आफ्ना छोराहरूलाई भने, “मेरो निम्ति गधामा काठी कस ।” त्यसैले तिनीहरूले गधामा काठी कसी त्यसमा चढेर गए ।
1KI 13:14 ती वृद्ध अगमवक्ता परमेश्वरका जनको पछिपछि गए र तिनलाई फलाँटको रुखमुनि बसिरहेको भेट्टाए, र तिनले भने, “के यहूदाबाट आउनुभएका परमेश्वरका जन तपाईं नै हुनुहुन्छ ?” तिनले जवाफ दिए, “हो, म नै हुँ ।”
1KI 13:15 तब ती वृद्ध अगमवक्ताले तिनलाई भने, “मसितै घरमा आउनुहोस् र खानपान गर्नुहोस् ।”
1KI 13:16 परमेश्वरका जनले भने, “म तपाईंसँगै फर्केर जान सक्दिनँ, न त यस ठाउँमा तपाईंसँगै खानपान गर्न सक्छु न पिउन सक्छु ।
1KI 13:17 किनकि परमप्रभुको वचनद्वारा मलाई आज्ञा दिइएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।”
1KI 13:18 त्यसैले ती वृद्ध अगमवक्ताले तिनलाई भने, “तपाईंजस्तै म पनि अगमवक्ता हुँ, र परमप्रभुको वचनद्वारा एउटा स्वर्गदूतले मलाई यसो भने, 'तिनलाई तिमीसँगै घरमा फर्काएर ल्याउनू ताकि तिनले रोटी खान सकून् र पानी पिउन सकून्' ।” तर तिनले परमेश्वरका जनलाई झुट बोल्दै थिए ।
1KI 13:19 त्यसैले परमेश्वरका जन ती वृद्ध अगमवक्तासँगै फर्केर गए, र तिनको घरमा रोटी खानुका साथै पानी पिए ।
1KI 13:20 तिनीहरू टेबुलमा बस्दै गर्दा परमप्रभुको वचन तिनलाई फर्काएर ल्याउने अगमवक्ताकहाँ आयो, र
1KI 13:21 तिनले यहूदबाट आएका परमेश्वरका जनलाई यसो भनेर कराए, “परमप्रभु भन्नुहुन्छ, 'तँ परमप्रभुको वचनप्रति अनाज्ञाकारी भएकोले र परमप्रभुले तँलाई दिनुभएको वचन पालन नगरी
1KI 13:22 फर्केर आई यस ठाउँमा रोटी खाएकोले र पानी पिएकोले तेरो शरीरलाई तेरा पित्रहरूको चिहानमा गाडिने छैन किनकि तैँले परमप्रभुले मनाही गर्नुभएको ठाउँमा रोटी खाइस् र पानी पिइस्' ।”
1KI 13:23 जब ती परमेश्वरका जनले रोटी खाइसके र पानी पिइसके तब अगमवक्ताले तिनीसँगै तिनको घरमा फर्केर आएका परमेश्वरका जनका लागि गधामा जीन काठी कसे ।
1KI 13:24 परमेश्वरका जन गइसकेपछि बाटोमा एउटा सिंहसित तिनको जम्काभेट भयो । सिंहले तिनलाई मारिदियो, र तिनको लाश बाटोमै पडिरह्‍यो । तब गधा र सिंह लाशको छेउमा उभिएका थिए ।
1KI 13:25 मानिसहरू त्यो बाटो भएर जाँदा तिनीहरूले बाटोमा लाश छाडिएको र लाशनेर सिंह उभिरहेको देखे । तिनीहरू ती वृद्ध अगमवक्ता बस्ने सहरमा आएर यो कुरा बताइदिए ।
1KI 13:26 जब तिनलाई फर्काएर ल्याउने अगमवक्ताले यो कुरा सुने तिनले भने, “तिनी परमप्रभुको वचन नमान्ने परमेश्वरका जन हुन् । त्यसकारण परमप्रभुले तिनलाई सिंहको मुखमा पर्न दिनुभयो जसले तिनलाई टुक्राटुक्रा पारी मारिदियो जस्तो परमप्रभुको वचनले तिनलाई चेताउनी दिएको थियो ।”
1KI 13:27 त्यसैले ती वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई यसो भने, “मेरो गधमा जीन काठी कस ।” तिनीहरूले त्यसै गरे ।
1KI 13:28 तिनी बाटो लागे र तिनले बाटोमा लाश पडिरहेको अनि लाशको छेउमा गधा र सिंह उभिरहेका देखे । सिंहले लाशलाई खाएको थिएन न त गधालाई आक्रमण गरेको थियो ।
1KI 13:29 अगमवक्ताले परमेश्वरका जनको लाश उठाई गधामा राखे र फर्काएर ल्याए । तिनको निम्ति शोक गर्न र लाशलाई गाड्न तिनी आफ्नै सहरमा आए ।
1KI 13:30 तिनले लाशलाई आफ्नै चिहानमा राखे, र तिनीहरूले यसो भन्दै तिनको निम्ति शोक गरे, “धिक्कार, मेरा भाइ!”
1KI 13:31 तिनले लाशलाई गाडिसकेपछि वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई यसो भने, “जब म मर्छु, मलाई परमेश्वरका जन गाडिएकै चिहानमा गाड्नू । मेरा हड्डीहरू तिनका हड्डीहरूको छेउमा रहून् ।
1KI 13:32 किनकि तिनले परमप्रभुको वचनद्वारा बेथेलको वेदीको विरुद्धमा र सामरियाका सहरहरूमा भएका सबै डाँडाका ठाउँहरूका घरहरूको विरुद्धमा घोषणा गरेका सन्देश निश्चय नै पुरा हुने छ ।”
1KI 13:33 यसपछि यारोबाम आफ्नो दुष्ट मार्गबाट फर्केनन्, तर तिनले डाँडाका ठाउँहरूका लागि सबै थरीका मानिसहरूका बिचबाट सामान्य पुजारीहरूलाई नियुक्त गरिरहे । सेवा गर्न चाहने जोसुकैलाई पनि तिनले पुजारीको रूपमा अभिषेक गर्थे ।
1KI 13:34 यो विषय यारोबामको परिवारको निम्ति पाप बन्यो, र यसले गर्दा तिनको परिवार पृथ्वीबाट नष्ट भएर सर्वनाश भएर गयो ।
1KI 14:1 त्यस बेला यारोबामको छोरो अबिया अत्यन्तै बिरामी पर्‍यो ।
1KI 14:2 यारोबामले आफ्नी पत्नीलाई भने, “उठ र तिमी मेरी पत्नी हौ भनी नचिन्नलाई आफ्नो भेष बदली गर । अनि शीलोमा जाऊ किनकि अहियाह अगमवक्ता त्यहीँ छन् । यी मानिसहरूमाथि म नै राजा हुनेथिएँ भनी मेरो बारेमा बताउने तिनी नै थिए ।
1KI 14:3 आफ्नो साथमा दसवटा रोटी, केही फुरौला र एक भाँडो मह लिएर अहियाहकहाँ जाऊ । बालकलाई के हुने छ भनी तिनले तिमीलाई बताउने छन् ।”
1KI 14:4 यारोबामकी पत्नीले त्यसै गरिन् । उनी बाटो लागिन् र शीलोमा गइन्, र अहियाहको घरमा आइन् । अहियाहले देख्न सक्दैनथे । तिनको वृद्धावस्थाको कारणले तिनले आफ्ना आँखाको ज्योति गुमाएका थिए ।
1KI 14:5 परमप्रभुले अहियाहलाई भन्नुभयो, “हेर्, यारोबामकी पत्नी आफ्नो छोरोको बारेमा तँबाट सल्लाह लिन आउँदै छे किनकि त्यसको छोरो बिरामी परेको छ । तैँले यस्तो-यस्तो जवाफ दिनू किनकि त्यो अर्कै स्त्री भएझैँ त्यसले नाटक गर्छे ।”
1KI 14:6 उनी ढोकामा आइपुग्दा अहियाहले उनको खुट्टाको आवाज सुने, र भने, “हे यारोबामकी पत्नी, भित्र आऊ । किन तिमी अर्कै स्त्री भएझैँ नाटक गर्छ्यौ ? म खराब समाचारसहित तिमीकहाँ पठाइएको छु ।
1KI 14:7 गएर यारोबामलाई भन कि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'मैले तँलाई मेरो जाति इस्राएलमाथि अगुवा हुनलाई मानिसहरूका बिचबाट उठाएँ ।
1KI 14:8 मेरो दृष्टिमा जे ठिक छ त्यही गर्न अनि मेरा आज्ञाहरू पालन गर्न र सारा ह्रदयले मेरो पछि लाग्ने मेरा दास दाऊदजस्तै तँ नभए तापनि मैले दाऊदको घरानाबाट राज्य टुक्र्याई त्यो तँलाई दिएँ ।
1KI 14:9 तर तैँले तँभन्दा अगिका सबैले भन्दा दुष्ट काम गरेको छस् । तैँले अरू देवताका मूर्तिहरू र ढालेर बनाएका धातुका प्रतिमूर्तिहरू बनाएर मलाई रिस उठाएको छस्, र मलाई तेरो पीठपछि राखेको छस् ।
1KI 14:10 त्यसकारण हेर्, म तेरो परिवारमा विपत्ति ल्याउने छु । चाहे कमारा होस् या फुक्का, म इस्राएलको हरेक पुरुष बालकलाई खतम पारिदिने छु, र तेरो घरानालाई गोबर जलाएझैँ पूर्ण रूपमा हटाइदिने छु ।
1KI 14:11 तेरो घरानाको हरेक व्यक्ति जो यस सहरमा मर्छ, त्यसलाई कुकुरहरूले खाने छन्, अनि खेतमा मर्ने जोसुकैलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् किनकि म परमप्रभुले यसो भनेको छु ।'
1KI 14:12 त्यसैले हे यारोबामकी पत्नी, उठेर आफ्नो घर फर्केर जाऊ । तिमी सहरमा प्रवेश गर्दा तिम्रो बालक अबिया मर्ने छ ।
1KI 14:13 सारा इस्राएलले त्यसको निम्ति शोक गर्ने छन् र त्यसलाई गाड्ने छन् । यारोबामको परिवारबाट चिहानमा जाने त्यही मात्र हुने छ किनकि यारोबामको घरबाट त्यसले मात्र इस्राएलका परमेश्वर परमप्रभुको दृष्टिमा निगाह पायो ।
1KI 14:14 साथै, त्यस दिन परमप्रभुले इस्राएलबाट एक जना राजा उठाउनुहुने छ जसले यारोबामको परिवारलाई खतम पारिदिने छ । आज नै त्यही दिन हो ।
1KI 14:15 किनकि पानीमा निगालो हल्लिएझैँ परमप्रभुले इस्राएललाई हल्लाउनुहुने छ, र उहाँले तिनीहरूका पिता-पुर्खाहरूलाई दिनुभएको यस असल देशबाट जरैदेखि उखेलिदिनुहुने छ । उहाँले तिनीहरूलाई यूफ्रेटिस नदीभन्दा पारि तितर-बितर पारिदिनुहुने छ किनकि तिनीहरूले अशेराका खम्बाहरू बनाई परमप्रभुलाई रिस उठाएका छन् ।
1KI 14:16 यारोबामले पाप गरेका कारण र तिनले इस्राएललाई पाप गर्न लगाएकाले उहाँले इस्राएललाई त्यागिदिनुहुने छ ।”
1KI 14:17 त्यसैले यारोबामकी पत्नी उठिन् र बाटो लागिन् अनि तिर्सामा आइन् । उनले आफ्नो घरको सँघार टेक्दा बालक मर्‍यो ।
1KI 14:18 सारा इस्राएलले त्यसलाई गाडे, र त्यसको निम्ति शोक गरे जस्तो परमप्रभुले आफ्ना दास अहियाह अगमवक्ताद्वारा भन्नुभएको थियो ।
1KI 14:19 यारोबामका अन्य कामहरूको बारेमा अर्थात् कसरी तिनले युद्ध गरे र शासन गरे भन्ने विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।
1KI 14:20 यारोबामले बाइस वर्ष शासन गरे, र त्यसपछि तिनी आफ्ना पित्रहरूसित सुत्न गए, अनि तिनको ठाउँमा तिनका छोरा नादाब राजा भए ।
1KI 14:21 सोलोमनका छोरा रहबामले यहूदामा शासन गर्दै थिए । रहबाम राजा हुँदा तिनी एकचालिस वर्षका थिए । तिनले परमप्रभुले आफ्नो नाउँ राख्न इस्राएलका सबै कुलबाट चुन्नुभएको सहर यरूशलेममा सत्र वर्ष शासन गरे । तिनकी आमाको नाउँ नामा थियो जो एक अम्मोनी स्त्री थिइन् ।
1KI 14:22 यहूदाले परमप्रभुको दृष्टिमा जे खराब छ त्यही गरे । तिनीहरूका पिता-पुर्खाहरूले गरेका पापभन्दा बढी पाप गरेर तिनीहरूले उहाँलाई डाही तुल्याए ।
1KI 14:23 किनकि तिनीहरूले पनि आफ्ना लागि प्रत्येक उच्च स्थान र हरियो रुखमुनि डाँडाका ठाउँहरू, ढुङ्गाका मूर्तिहरू र अशेराका खम्बाहरू बनाए ।
1KI 14:24 त्यस देशमा झुटा धर्मसम्बन्धी वेश्याहरू पनि थिए । परमप्रभुले इस्राएलीहरूकै सामुबाट धपाउनुभएका जातिहरूले अभ्यास गरेका घिनलाग्दा कार्यहरू नै तिनीहरूले गरे ।
1KI 14:25 राजा रहबामको शासनकालको पाँचौँ वर्षमा मिश्रका राजा शीशकले यरूशलेमको विरुद्धमा आक्रमण गरे ।
1KI 14:26 तिनले परमप्रभुको मन्दिर र राजको महलका खजानाहरू लिएर गए । तिनले हरेक कुरो लिएर गए । तिनले सोलोमनले बनाएका सुनका ढालहरू पनि लिएर गए ।
1KI 14:27 राजा रहबामले तिनको सट्टामा काँसाका ढालहरू बनाए, र राजाको महलको ढोकाहरूको रक्षा गर्ने रक्षकहरूका हातमा जिम्मा दिए ।
1KI 14:28 राजा परमप्रभुको मन्दिरमा प्रवेश गर्दा ती रक्षकहरूले ती ढालहरू बोक्थे । त्यसपछि तिनीहरूले ती रक्षक कोठामा ल्याएर राख्ने गर्थे ।
1KI 14:29 रहबामले गरेका अरू सबै कामहरूको बारेमा के यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
1KI 14:30 रहबाम र यारोबामको बिचमा युद्ध चलिरह्‍यो ।
1KI 14:31 यसरी रहबाम आफ्ना पित्रहरूसित सुत्न गए, र तिनीहरूसँगै दाऊदको सहरमा गाडिए । तिनकी आमाको नाउँ नामा थियो जो अम्मोनी स्त्री थिइन् । तिनको ठाउँमा तिनका छोरा अबिया राजा भए ।
1KI 15:1 नबातका छोरा राजा यारोबामको शासनकालको अठारौँ वर्षमा अबियाले यहूदामाथि शासन गर्न थाले ।
1KI 15:2 तिनले यरूशलेममा तिन वर्ष राज्य गरे । तिनकी आमाको नाउँ माका थियो । उनी अबीशालोमकी छोरी थिइन् ।
1KI 15:3 अबिया तिनको समयभन्दा अगि तिनका पिताले गरेका सबै पापमा हिँडे । तिनको ह्रदय तिनका पुर्खा दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरप्रति समर्पित भएन ।
1KI 15:4 तरै पनि दाऊदको खातिर परमप्रभु तिनका परमेश्वरले यरूशलेमलाई बलियो बनाउन तिनी पछि तिनको छोरोलाई उठाएर यरूशलमेमा तिनलाई एउटा बत्ती दिनुभयो ।
1KI 15:5 दाऊदले परमेश्वरको दृष्टिमा जे ठिक छ, त्यही गरेकाले उहाँले यसो गर्नुभयो । किनकि हित्ती उरियाहको विषयमा बाहेक उहाँले तिनलाई दिनुभएको कुनै पनि आज्ञाबाट तिनी आफ्नो जीवनभर तर्केर गएनन् ।
1KI 15:6 अबियाको जीवनभर रहबाम र यारोबामको बिचमा युद्ध भइरह्‍यो ।
1KI 15:7 के अबियाले गरेका अन्य कामहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? अबिया र यारोबामको बिचमा युद्ध चलेको थियो ।
1KI 15:8 अबिया आफ्ना पित्रहरूसित सुते, र तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा आसा राजा भए ।
1KI 15:9 इस्राएलका राजा यारोबामको बिसौँ वर्षमा आसाले यहूदामाथि शासन गर्न थाले ।
1KI 15:10 तिनले यरूशलेममा एकचालिस वर्ष राज्य गरे । तिनकी हजुर आमाको नाउँ माका थियो जो अबीशालोमकी छोरी थिइन् ।
1KI 15:11 आसाले तिनका पुर्खा दाऊदले परमप्रभुको दृष्टिमा जे ठिक छ, त्यही गरे ।
1KI 15:12 तिनले देशबाट झुटो धर्मसम्बन्धी वेश्याहरूलाई निष्कासन गरे, र तिनका पुर्खाहरूले बनाएका सबै मुर्तिलाई हटाइदिए ।
1KI 15:13 तिनले आफ्नी हजुर आमा माकालाई पनि राजमाताको पदबाट हटाए किनकि उनले अशेरा देवीको एउटा घिनलाग्दो मूर्ति बनाएकी थिइन् । आसाले त्यस घिनलाग्दो मूर्तिलाई टुक्राटुक्रा पारी किद्रोन उपत्यकामा लगेर जलाइदिए ।
1KI 15:14 तर डाँडाका थानहरू भने हटाइएनन् । तरै पनि आसाको ह्रदय तिनको जिवनकालभरि परमप्रभुप्रति पूर्ण रूपमा समर्पित थियो ।
1KI 15:15 तिनले आफ्ना पिताद्वारा अलग गरिएका कुराहरू र तिनी आफैले बनाएर अलग गरेका सुन, चाँदीसाथै भाँडाकुँडाहरू परमप्रभुको मन्दिरभित्र ल्याए ।
1KI 15:16 आसा र इस्राएलका राजा बाशाका राज्यकालभरि तिनीहरूको बिचमा युद्ध चलिरह्‍यो ।
1KI 15:17 इस्राएलका राजा बाशा यहूदाको विरुद्धमा आक्रामक रूपमा आए, र यहूदका राजा बाशाको देशमा कसैलाई प्रवेश गर्न नदिन तिनले रामामा किल्ला निर्माण गरे ।
1KI 15:18 त्यसपछि आसाले परमप्रभुको मन्दिर र राजाको महलका भण्डारहरूमा छाडिएका सबै चाँदी र सुन लिए । तिनले ती आफ्ना अधिकारीहरूका हातमा दिए, र त्यसलाई तब्रिमोनका छोरा, हेज्योनका नाति अरामका राजा बेन-हददकहाँ पठाइदिए जो दमस्कसमा बस्थे । तिनले भने,
1KI 15:19 “मेरा पिता र तपाईंका पिताको बिचमा भएजस्तै तपाईं र मेरो बिचमा एउटा करार बाँधियोस् । हेर्नुहोस्, मैले तपाईंकहाँ चाँदी र सुनको उपहार पठाएको छु । इस्राएलका राजा बाशासितको करार तोड्नुहोस् ताकि तिनले मलाई एकलै छाडून् ।”
1KI 15:20 बेन-हददले राजा आसाको कुरा सुने र आफ्ना सेनापतिहरू पठाए, अनि तिनीहरूले इस्राएलका सहरहरूमाथि आक्रमण गरे । तिनीहरूले इयोन, दान, हाबिल-बेथ-माका र नप्तालीको क्षेत्रसमेत सबै सारा किन्नरेतलाई आक्रमण गरे ।
1KI 15:21 जब बाशाले यो कुरा सुने तिनले रामामा किल्ला निर्माण गर्न छाडेर तिनी तिर्सामा फर्केर गए ।
1KI 15:22 तब राजा आसाले सारा यहूदामा एउटा घोषणा गरे जसमा कोही पनि छुटेको थिएन । तिनीहरूले बाशाले रामा सहर निर्माणको लागि प्रयोग गरिरहेका ढुङ्गाहरू र काठहरू लिएर गए । तब राजा आसाले बेन्यामीनको गेबा र मिस्माको निर्माणमा ती सामग्रीहरूको प्रयोग गरे ।
1KI 15:23 के आसाले गरेका अरू कामहरू, तिनका सारा शक्ति र तिनले निर्माण गरेका सहरहरूको बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? तर तिनको वृद्धावस्थामा तिनको खुट्टामा रोग लाग्यो ।
1KI 15:24 त्यसपछि आसा आफ्ना पित्रहरूसित सुते र तिनलाई तिनका पिता पुर्खा दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा यहोशापात राजा भए ।
1KI 15:25 यहूदाका राजा आसाको दोस्रो वर्षमा यारोबामका छोरा नादाबले इस्राएलमाथि शासन गर्न थाले । तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।
1KI 15:26 तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र आफ्ना पिताको चालमा हिँडे । तिनी आफ्नै पापमा हिँडे र इस्राएललाई पनि पाप गर्न लगाए । इस्साखारको घरानाका
1KI 15:27 अहियाहका छोरा बाशाले नादाबको विरुद्धमा षड्यन्त्र रचे । बाशाले तिनलाई पलिश्तीहरूको सहर गिब्बतोनमा मारे किनकि नादाब र सारा इस्राएलले गिब्बतोनलाई घेरा हाल्दै थिए ।
1KI 15:28 यहूदाका राजा आसाको तेस्रो वर्षमा बाशाले नादाबलाई मारे, तिनको ठाउँमा तिनी राजा बने ।
1KI 15:29 तिनी राजा हुनेबित्तिकै बाशाले याराबामको सारा घरानालाई मारे । तिनले यारोबामको कुनै पनि सन्तानलाई जिउँदो राखेनन् । यसरी परमप्रभुले आफ्ना दास शीलोका अहियाहद्वारा बोल्नुभएझैँ तिनले यारोबामको सबै राजकीय वंशलाई नष्ट गरिदिए ।
1KI 15:30 यारोबामले गरेका पाप र तिनले इस्राएललाई गर्न लगाएका पापको कारण तिनीहरूले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाएकाले यसो हुन आएको हो ।
1KI 15:31 के नादाबका अरू कार्यहरू र तिनले गरेका कामको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
1KI 15:32 आसा र इस्राएलका राजा बाशाको बिचमा तिनीहरूको राज्यकालभरि युद्ध चलिरह्‍यो ।
1KI 15:33 यहूदाका राजा आसाको तेस्रो वर्षमा अहियाहका छोरा बाशाले तिस्रामा बसी सारा इस्राएलमाथि शासन गर्न थाले, र तिनले चौबिस वर्ष राज्य गरे ।
1KI 15:34 तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र तिनी यारोबामको मार्ग र तिनले इस्राएललाई गर्न लगाएको पापमा हिँडे ।
1KI 16:1 बाशाको विरुद्धमा हनानीका छोरा येहूकहाँ परमप्रभुको वचन आयो,
1KI 16:2 “मैले तँलाई धूलोबाट उठाई मेरो जाति इस्राएलमाथि अगुवा बनाए तापनि तँ यारोबामको चालमा हिँडी तैँले मेरो जाति इस्राएललाई पाप गर्न लगाएको छस् र तिनीहरूका पापद्वारा मलाई रिस उठाएको छस् ।
1KI 16:3 हेर्, म बाशा र त्यसको घरानालाई पूर्ण रूपमा निमिट्यान्न पारिदिने छु र तेरो घरानालाई नबातका छोरा यारोबामको परिवारजस्तै तुल्याउने छु ।
1KI 16:4 बाशाको घरानाका सहरमा मर्ने जोसुकैलाई कुकुरहरूले खाने छन्, र खेतमा मर्नेलाई चाहिँ आकाशका चराचुरुङ्गीहरूले खाने छन् ।”
1KI 16:5 के बाशाले गरेका अरू कामहरू र तिनको शक्तिको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
1KI 16:6 बाशा आफ्ना पित्रहरूसित सुत्न गए, र तिनलाई तिर्सामा गाडियो । तिनको ठाउँमा तिनका छोरा एलाह राजा भए ।
1KI 16:7 यारोबामको घरानाले गरेजस्तै बाशाले परमप्रभुको दृष्टिमा गरेका सबै खराबी गरेकाले र आफ्ना हातको कामले उहाँलाई रिस उठाएकाले र तिनले यारोबामको घरानाका सबैलाई मारेकाले बाशा र तिनको परिवारको विरुद्धमा परमप्रभुको वचन हनानीका छोरा अगमवक्ता येहूकहाँ आयो ।
1KI 16:8 यहूदाका राजा आसाको छब्बिसौँ वर्षमा बाशाका छोरा एलाहले तिर्सामा बसेर सारा इस्राएलमाथि शासन गर्न थाले । तिनले दुई वर्ष राज्य गरे ।
1KI 16:9 तिनको दास जिम्री अर्धरथ-सेनाका सेनापति थिए जसले राजाको विरुद्धमा षड्यन्त्र गरे । त्यस बेला एलाह तिर्सामा भएको आफ्नो राजमहलको जिम्मावाल आर्साको घरमा मद्यपान गरिरहेका थिए ।
1KI 16:10 जिम्री भित्र पसे, र राजामाथि आक्रमण गरी तिनलाई मारे । यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्री तिनको ठाउँमा राजा भए ।
1KI 16:11 जब जिम्री आफ्नो सिंहासनमा बसी शासन गर्न थाले, तिनले बाशाका सबै घरानालाई मारे । तिनले बाशाका आफन्त वा मित्रहरूमध्ये एउटै पनि पुरुषलाई जिउँदो छाडेनन् ।
1KI 16:12 यसरी अगमवक्ता येहूद्वारा परमप्रभुले बाशाको विरुद्धमा बोल्नुभएको वचनमुताबिक जिम्रीले बाशाका सारा घरानालाई नष्ट गरिदिए ।
1KI 16:13 बाशा र तिनका छोरा एलाहले गरेका पाप र इस्राएललाई गर्न लगाएका सबै पापको कारण अनि तिनीहरूका मूर्तिहरूले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाएको कारण यस्तो हुन आएको हो ।
1KI 16:14 के एलाहले गरेका अरू कामहरूको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
1KI 16:15 यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्रीले तिर्सामा केवल सात दिन शासन गरे । त्यस
1KI 16:16 बेला सेनाचाहिँ पलिश्तीहरूको सहर गिब्बतोनको नजिकै छाउनी हालेर बसेका थिए । छाउनीका सेनाले यो सुने, “जिम्रीले षड्यन्त्र गरी राजालाई मारेका छन् ।” त्यसैले त्यसै दिन छाउनीमा सारा इस्राएलले सेनापति ओम्रीलाई इस्राएका राजा घोषणा गरे ।
1KI 16:17 ओम्री गिब्बतोनबाट गए र तिनीसँगै सारा इस्राएल पनि गए, अनि तिनीहरूले तिर्सालाई घेरा हाले ।
1KI 16:18 त्यसैले जब जिम्रीले सहर घेरा हालिएको देखे तिनी राजाको महलसित गाँसिएको किल्लामा गए, र तिनले राजमहलमा आगो लगाइदिए । यसरी तिनी आगोमा जलेर मरे ।
1KI 16:19 तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरेर यारोबामको चालमा र तिनले गरेका पाप र तिनले इस्राएललाई गर्न लगाएका पापमा हिँडेर ती पाप गरेकाले यसो हुन आएको हो ।
1KI 16:20 के जिम्रीका अरू कामहरू र तिनले गरेको विद्रोहको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
1KI 16:21 तब इस्राएलका मानिसहरू दुई भागमा विभाजन भए । मानिसहरूमध्ये आधाले गीनतका छोरा तिब्नीलाई राजा बनाउन तिनलाई पछ्याए भने बाँकी आधाले चाहिँ ओम्रीलाई पछ्याए ।
1KI 16:22 तर ओम्रीलाई पछ्याउने मानिसहरू गीनतका छोरा तिब्नीलाई पछ्याउने मानिसहरूभन्दा बढी शक्तिशाली थिए । त्यसैले तिब्नी मरे, र ओम्री राजा बने ।
1KI 16:23 यहूदाका राजा आसाको एकतिसौँ वर्षमा ओम्रीले सारा इस्राएलमाथि शासन गर्न थाले, र तिनले जम्माजम्मी बाह्र वर्ष राज्य गरे । तिनले छ वर्षचाहिँ तिर्साबाट राज्य गरे ।
1KI 16:24 तिनले करिब सत्तरी किलोग्राम चाँदीमा शेमेरको हातबाट सामरियाको डाँडा किने । तिनले त्यसमा एउटा सहर बनाए, र त्यस डाँडाको प्रथम मालिक शेमेरको नाउँमा त्यसको नाउँ सामरिया राखे ।
1KI 16:25 ओम्रीले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे, अनि तिनीभन्दा अगिका सबैले भन्दा तिनी अझै दुष्टतापूर्वक हिँडे ।
1KI 16:26 किनकि तिनी नबातका छोरा यारोबामका सबै चाल र तिनले तिनीहरूका बेकम्मा मूर्तिहरूद्वारा इस्राएललाई गर्न लगाएका पापमा हिँडी तिनले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए ।
1KI 16:27 के ओम्रीले गरेका अरू कामहरू र तिनले देखाएको शक्तिको विषयमा इस्राएलका राजाहरूको इतिहासकको पुस्तकमा लेखिएका छैनन् र ?
1KI 16:28 यसरी ओम्री आफ्ना पित्रहरूसित सुते, र तिनी सामरियामा गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाब राजा भए ।
1KI 16:29 यहूदाका राजा आसाको अठतिसौँ वर्षमा ओम्रीका छोरा आहाबले इस्राएलमाथि शासन गर्न थाले । ओम्रीका छोरा आहाबले सामरियाबाट इस्राएलमाथि बाइस वर्ष शासन गरे ।
1KI 16:30 ओम्रीका छोरा आहाबले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे । तिनले तिनीभन्दा अगिका सबैले भन्दा अझै खराब गरे ।
1KI 16:31 आहाबको लागि नबातका छोरा यारोबामका पापमा हिँड्नु मामुली कुरा थियो । त्यसैले तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेलसित विवाह गरे । तिनले बालको पुजा गरे र त्यसको सामु निहुरे ।
1KI 16:32 तिनले सामरियामा निर्माण गरेका बालको मन्दिरमा बालको निम्ति एउटा वेदी बनाए ।
1KI 16:33 आहाबले अशेरा देवीको मूर्ति खडा गरे । आहाबले तिनीभन्दा अगिका सबै राजाले भन्दा बढी इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए ।
1KI 16:34 आहाबको शासनकालमा बेथेलका हीएलले यरीहोको पुनर्निर्माण गरे । हीएलले सहरको जग बसाल्दा तिनको जेठो छोरो अबीरामको मृत्यु भयो । तिनले सहरका मूल ढोकाहरू बनाइरहँदा तिनको कान्छो छोरो सगूबको मृत्यु भयो । यसरी परमप्रभुले नूनका छोरा यहोशूद्वारा बोल्नुभएको वचन पुरा भयो ।
1KI 17:1 गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, “इस्राएलका परमेश्वर परमप्रभु जसको सामु म खडा छु, उहाँको नाउँमा म भन्दछु कि मैले नभनेसम्म पानी पर्ने छैन वा शीत पर्ने छैन ।”
1KI 17:2 परमप्रभुको वचन एलियाकहाँ आयो,
1KI 17:3 “यस ठाउँलाई छाडेर पूर्वतिर जा । यर्दनको पूर्वमा पर्ने करीत खोलामा लुकेर बस् ।
1KI 17:4 तैँले त्यही खोलाबाट पानी पिउने छस्, र मैले तँलाई खुवाउन कागहरूलाइ आज्ञा गरेको छु ।”
1KI 17:5 एलिया गए, र परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनले गरे । तिनी यर्दनको पूर्वमा पर्ने केरीत खोलानेर बस्न गए ।
1KI 17:6 कागहरूले तिनलाई बिहान र बेलुका रोटी र मासु ल्याए, अनि तिनले खोलाबाट पानी पिए ।
1KI 17:7 तर देशमा पानी नपरेकोले केही समय बितेपछि खोला सुक्यो ।
1KI 17:8 परमप्रभुको वचन तिनीकहाँ आयो,
1KI 17:9 “उठेर सीदोनको सारपातमा जा, र त्यही बस् । हेर्, तेरो खानाको बन्दोवस्त मिलाउन मैले त्यहाँ एउटी विधवालाई आज्ञा दिएको छु ।”
1KI 17:10 त्यसैले तिनी उठेर सारपातमा गए । तिनी सहरको मुल ढोकामा आइपुग्दा एउटी विधवाले दाउरा बटुल्दै थिइन् । तिनले उनलाई डाकेर भने, “मलाई पिउनलाई यो भाँडोमा थोरै पानी ल्याइदिनुहुन्छ कि ?”
1KI 17:11 उनी पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “तपाईंको हातमा रोटीको टुक्रा पनि ल्याइदिनुहोस् ।”
1KI 17:12 उनले भनिन्, “परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि मसित कुनै रोटी छैन, तर भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलकति तेल छ । हेर्नुहोस्, म र मेरो छोरोको लागि खाना बनाई खाएर हामी नमरूँ भनी मैले दुईचार टुक्रा दाउरा बटुल्दै छु ।”
1KI 17:13 एलियाले उनलाई भने, “नडराऊ । गएर मैले भनेझैँ गर, तर पहिले मेरो निम्ति सानो रोटी बनाएर ल्याऊ । त्यसपछि तिमी र तिम्रो छोरोको निम्ती केही रोटी बनाऊ ।
1KI 17:14 किनकि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'परमप्रभुले पृथ्वीमा वृष्टि नपठाउञ्जेलसम्म पिठोको भाँडो रित्तो हुने छैन, न त ढुङ्ग्रोबाट तेल आउन रोकिने छ ।”
1KI 17:15 त्यसैले उनले एलियाले भनेझैँ गरिन् । उनी र एलियालगायत उनको घरानाले धेरै दिनसम्म खाए ।
1KI 17:16 परमप्रभुले एलियाद्वारा बोल्नुभएको वचनले भनेझैँ पिठोको भाँडो रित्तो भएन, न त ढुङ्ग्रोबाट तेल आउन रोकियो ।
1KI 17:17 यी कुरापछि ती स्त्री अर्थात् त्यस घरको मालिक्नीको छोरो बिरामी पर्‍यो । त्यसको रोग यति गम्भीर थियो कि त्यसले सास फेर्नै छोड्यो ।
1KI 17:18 त्यसैले त्यसकी आमाले एलियालाई भनिन्, “हे परमेश्वरका जन, मेरो विरुद्धमा तपाईंसित के छ ? के तपाईं मेरो पापलाई स्मरण गराई मेरो छोरोलाई मार्न आउनुभएको हो ?”
1KI 17:19 तब एलियाले उनलाई जवाफ दिए, “तपाईंको छोरो मलाई दिनुहोस् ।” तिनले उनका पाखुराबाट शरीरलाई लिई आफू बसेको कोठामा लगे, र आफ्नै ओछ्यानमा सुताए ।
1KI 17:20 तिनले परमप्रभुलाई पुकारे, “हे परमप्रभु मेरा परमेश्वर, के तपाईंले म जुन विधवासित बसिरहेको छु, उनको छोरोलाई मारेर उनीमाथि विपत्ति ल्याउनुभएको हो ?”
1KI 17:21 त्यसपछि एलिया त्यस बालकमाथि तिन पटक लम्पसार परेर सुते । तिनले परमप्रभुलाई पुकारे, “हे परमप्रभु मेरा परमेश्वर, यो बालकको जीवन फर्कोस् भनी म तपाईंलाई बिन्ती गर्दछु ।”
1KI 17:22 परमप्रभुले एलियाको कुरा सुन्नुभयो । बालकको जीवन फर्केर आयो र त्यो जीवित भयो ।
1KI 17:23 एलियाले बालकलाई लिई कोठाबाट बाहिर ल्याए । बालकलाई त्यसकी आमाको जिम्मा लगाएर तिनले भने, “हेर, तिम्रो छोरो बाँचेको छ ।”
1KI 17:24 ती स्त्रीले एलियालाई भनिन्, “अब मलाई थाहा भयो, कि तपाईं परमेश्वरका जन हुनुहुँदोरहेछ र तपाईंको बोलीमा भएको परमप्रभुको वचन तपाईंको मुखमा साँचो रहेछ ।”
1KI 18:1 धेरै दिन बितेपछि खडेरीको तेस्रो वर्षमा परमप्रभुको वचन एलियाकहाँ आयो, “आहाबकहाँ गएर आफैलाई प्रकट गर्, र म देशमा वृष्टि ल्याउने छु ।”
1KI 18:2 आफैलाई आहाबकहाँ प्रकट गर्न एलिया गए । सामरियामा घोर अनिकाल परेको थियो ।
1KI 18:3 आहाबले राजदरबारको जिम्मावाल ओबदियालाई बोलाए । ओबदियाले परमप्रभुलाई अत्यन्तै आदर गर्थे ।
1KI 18:4 किनकि ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा ओबदियाले एक सय अगमवक्तालाई लिएर तिनीहरूलाई पचास-पचास गरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएका थिए ।
1KI 18:5 आहाबले ओबदियालाई भने, “देशको चारैतिर भएका खोलानाला र त्यसका मुहानहरूमा जाऊ । सायद हामीले घाँस पाउनेछौँ अनि घोडा र खच्चरहरूलाई जीवितै राख्न सक्छौँ । यसरी हामीले सबै पशु गुमाउने छैनौँ ।
1KI 18:6 त्यसैले निरीक्षण र पानीको खोजीको लागि तिनीहरूले देश विभाजन गरे । आहाब एकलै एकातिर गए, र ओबदिया अर्कोतिर गए ।
1KI 18:7 ओबदिया बाटोमा जाँदै गर्दा एलियाले अकस्मात् तिनलाई भेटे । ओबदियाले तिनलाई चिनिहाले र भुइँतिर शिर निहुराए । तिनले भने, “के तपाईं मेरा मालिक एलिया हुनुहुन्न र ?”
1KI 18:8 एलियाले तिनलाई जवाफ दिए, “म नै हुँ । 'हेर, एलिया यहीँ छन्' भनी गएर तिम्रो मालिकलाई बताइदेऊ ।”
1KI 18:9 ओबदियाले भने, “मैले के पाप गरेको छु, कि तपाईं आफ्ना दासलाई आहाबको हातमा मर्नलाई सुम्पनुहुन्छ ?”
1KI 18:10 परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि यस्तो कुनै जाति वा राज्य छैन जहाँ मेरा मालिकले तपाईंलाई फेला पार्न मानिसहरू पठाएका छैनन् । 'एलिया यहाँ छैनन्' भनी कुनै जाति वा राज्यले बताउँदा तिनीहरूले फेला पार्न सकेनन् भनी आहाबले तिनीहरूलाई भाकल गर्न लगाउँछन् ।
1KI 18:11 तथापि अहिले तपाईं भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।'
1KI 18:12 म यहाँबाट जानेबित्तिकै परमप्रभुका आत्माले तपाईंलाई मैले नचिनेको ठाउँमा लैजानुहुने छ । तब मैले आहाबलाई गएर बताउँदा तिनले तपाईंलाई फेला नपारेपछि तिनले मलाई मार्ने छन् । तापनि म तपाईंका दासले त मेरो बाल्यकालदेखि नै परमप्रभुको आराधना गरेको छु ।
1KI 18:13 हे मेरा मालिक, ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा मैले परमप्रभुका एक सय जना अगमवक्तालाई पचास-पचास गरी कसरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएँ भन्ने कुरो तपाईंलाई बताइएको छैन र ?
1KI 18:14 अहिले तपाईं मलाई भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।' तिनले मलाई मार्ने छन् ।”
1KI 18:15 तब एलियाले जवाफ दिए, “सर्वशक्तिमान् परमप्रभु जसको अगि म खडा छु, उहाँको नाउँमा शपथ खाएर म भन्दछु, कि निश्चय नै म आजै आहाबकहाँ देखा पर्ने छु ।”
1KI 18:16 त्यसैले ओबदिया आहाबलाई भेट्न गए, र एलियाले भनेका कुरा तिनलाई बताए ।
1KI 18:17 तब राजा एलियालाई भेट्न गए । जब आहाबले एलियालाई देखे, तिनले तिनलाई भने, “तिमी नै एलिया हौ ? इस्राएलमा कष्ट ल्याउने तिमी नै हौ!”
1KI 18:18 एलियाले जवाफ दिए, “मैले इस्राएलमा कष्ट ल्याएको छैनँ, तर तपाईं र तपाईंको परिवारले परमप्रभुका आज्ञाहरू त्यागेर बाल देवताको पछि लागी कष्ट ल्याउनुभएको छ ।
1KI 18:19 अब मलाई कर्मेल डाँडामा भेट गर्न सारा इस्राएलीलाई बोलाउनुहोस् । ईजेबेलको टेबुलमा बसेर खाने बालका चार सय पचास अगमवक्ता र अशेराका चार सय अगमवक्तालाई पनि ल्याउनुहोस् ।”
1KI 18:20 त्यसैले आहाबले सारा इस्राएलीलाई भेल हुन खबर पठाए, र तिनीहरू अगमवक्ताहरूसँगै कर्मेल डाँडामा जम्मा भए ।
1KI 18:21 एलिया सबै मानिसका नजिक आई भने, “कहिलेसम्म तिमीहरू आफ्नो मन बद्लिरहन्छौ ? परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँको पछि लाग । तर बाल परमेश्वर हो भने त्यसको पछि लाग ।” तापनि मानिसहरूले तिनलाई जवाफ दिएनन् ।
1KI 18:22 तब एलियाले मानिसहरूलाई भने, “परमप्रभुको अगमवक्ताको रूपमा म एकलै छाडिएको छु, तर बालका अगमवक्ताहरू ४५० जना छन् ।
1KI 18:23 तिनीहरूले हामीलाई दुईवटा साँढे देऊन् । तिनीहरू आफैले एउटा साँढेको छनोट गरी त्यसलाई टुक्राटुक्रा पारून्, अनि त्यसलाई दाउरामाथि राखून्, तर त्यसको मुनि आगो भने नलगाऊन् । त्यसपछि म अर्को साँढेलाई तयार पार्ने छु, र त्यसलाई दाउरामाथि राख्ने छु, तर त्यसको मुनि आगो भने लगाउँदिनँ ।
1KI 18:24 तिमीहरूले आफ्नो देवतालाई पुकार गर, र म परमप्रभुलाई पुकार्ने छु । जसले आगोद्वारा जवाफ दिनुहुन्छ उहाँ नै परमेश्वर हुनुहुने छ ।” सबै मानिसले भने, “यो असल कुरो हो ।”
1KI 18:25 त्यसैले एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरूले एउटा साँढे छनोट गरी त्यसलाई तयार पार किनकि तिमीहरू सङ्ख्यामा धेरै छौ । त्यसपछि आफ्नो देवतालाई पुकार गर, तर साँढेको मुनि आगो नलगाओ ।”
1KI 18:26 तिनीहरूले तिनीहरूलाई दिइएको एउटा साँढे लिएर त्यसलाई तयार पारे, र बिहानदेखि दिउँसोसम्म यसो भन्दै बाललाई पुकार गरे, “हे बाल, हाम्रा कुरा सुन्नुहोस् ।” तर त्यहाँ कुनै आवाज आएन, न त कसैले जवाफ दियो । तिनीहरूले बनाएका वेदीको वरिपरि तिनीहरू नाचे ।
1KI 18:27 मध्यान्हमा एलियाले तिनीहरूको खिसी गर्दै भने, “अझै चर्को गरी कराओ । त्यो पो देवता हो! उसले सोचविचार गर्दै होला वा काममा व्यस्त होला वा यात्रामा होला वा सुतिहरको छ होला । त्यसैले उसलाई ब्युँझाइनुपर्छ ।”
1KI 18:28 त्यसैले तिनीहरू अझै चर्को गरी चिच्च्याए, र तिनीहरूको आदतअनुसार तिनीहरूले आ-आफूलाई तरवार र भालाले प्रहार गरे ।
1KI 18:29 मद्यदिन बितेर गयो, र तिनीहरू साँझको बलिदान चढाउने बेलासम्म तिनीहरू बरबराउँदै थिए, तर त्यहाँ कुनै आवाज सुनिएन न त कसैले जवाफ दियो । तिनीहरूका बिन्तीलाई ध्यान दिने कोही भएन ।
1KI 18:30 तब एलियाले मानिसहरूलाई भने, “मेरो नजिक आओ ।” सबै मानिस तिनको नजिक आए । त्यसपछि तिनले परमप्रभुको भत्केको वेदी मर्मत गरे ।
1KI 18:31 एलियाले बाह्रवटा ढुङ्गा लिए । प्रत्येकले याकूबका बाह्र छोराको प्रतिनिधित्व गर्थ्यो । यी तिनै याकूब हुन् जसकहाँ परमप्रभुको यस्तो वचन आएको थियो, “तेरो नाउँ इस्राएल हुने छ ।”
1KI 18:32 ती ढुङ्गाहरूले तिनले परमप्रभुको नाउँमा एउटा वेदी बनाए, र त्यस वेदीको वरिपरि पन्ध्र लिटर जति बिउ जाने ठुलो खाडल खने ।
1KI 18:33 तिनले आगो लगाउन दाउराको बन्दोवस्त गरे, साँढेलाई टुक्राटुक्रा पारे, र ती टुक्राहरूलाई दाउरामाथि राखे । तिनले भने, “चार गाग्रा पानी भरेर यो बलि र दाउरामाथि खन्याइदेओ ।”
1KI 18:34 त्यसपछि तिनले भने, “दोस्रो पटक पनि यसै गर ।” तिनीहरूले दोस्रो पटक पनि त्यसै गरे । फेरि एक पटक तिनले भने, “तेस्रो पटक पनि यसै गर ।” तिनीहरूले तेस्रो पटक पनि त्यसै गरे ।
1KI 18:35 पानी वेदीको चारैतिर पोखियो र खाडल भरियो ।
1KI 18:36 साँझको बलिदान चढाउने समयमा एलिया अगमवक्ता नजिक आएर भने, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, तपाईं इस्राएलका परमेश्वर हुनुहुन्छ र म तपाईंका दास हुँ र यी सबै कुरा मैले तपाईंको वचनअनुसार गरेको छु भनी आज थाहा होस् ।
1KI 18:37 हे परमप्रभु, मेरो कुरा सुन्नुहोस्, तपाईं परमप्रभु नै परमेश्वर हुनुहुन्छ र तपाईंले नै यी मानिसहरूका ह्रदय फर्काउनुभएको छ भनी यी मानिसहरूले जानून् ।”
1KI 18:38 तब परमप्रभुको आगो खसी होमबलि, दाउरा, ढुङ्गाहरू, धूलोलाई नष्ट पार्‍यो, र खाडलको पानी पनि सुकाइदियो ।
1KI 18:39 जब सबै मानिसले यो देखे तिनीहरूले आ-आफ्ना शिर झुकाई भने, “परमप्रभु नै परमेश्वर हुनुहुन्छ! परमप्रभु नै परमेश्वर हुनुहुन्छ!”
1KI 18:40 त्यसैले एलियाले तिनीहरूलाई भने, “बालका अगमवक्ताहरूलाई पक्र । एउटै पनि भाग्न नपाओस् ।” त्यसैले तिनीहरूले बालका अगमवक्कताहरूलाई पक्रे र तिनीहरूलाई कीशोन खोलामा ल्याई मारे ।
1KI 18:41 एलियाले आहाबलाई भने, “उठ्नुहोस्, खानपान गर्नुहोस् र पिउनुहोस् किनकि ठुलो झरीको आवाज आउँदै छ ।”
1KI 18:42 त्यसैले आहाब खानपान गर्न र पिउनलाई गए । तब एलिया कर्मेल डाँडाको टाकुरामा उक्ले, भुइँमा आफ्नो शिर झुकाई आफ्ना घुँडाहरूका बिचमा आफ्नो मुहार राखे ।
1KI 18:43 तिनले आफ्नो नोकरलाई भने, “गएर समुद्रतिर गएर हेर् ।” तिनको नोकर गएर हेर्‍यो र फर्केर आई भन्यो, “त्यहाँ केही छैन ।” त्यसैले एलियाले भने, “सातपल्ट गएर हेर् ।”
1KI 18:44 सातौँ पटकमा नोकरले भन्यो, “हेर्नुहोस्, मानिसको हातजस्तै समुद्रबाट सानो बादल उठिरहेको छ ।” एलियाले जवाफ दिए, “गएर आहाबलाई भन्, 'आफ्नो रथ तयार गरेर तल जानुहोस् नत्रता पानीले तपाईंलाई रोक्ने छ ।”
1KI 18:45 केही क्षणमा नै बादल कालो भयो र हुरी चल्यो, अनि त्यहाँ ठुलो झरी पर्‍यो । आहाब रथमा चढेर यिजरेलमा गए,
1KI 18:46 तर परमप्रभुको हात एलियामाथि थियो । तिनले आफ्नो खास्टो पटुकामा कसे, र यिजरेलको प्रवेशद्वारसम्मै आहाबको अगिअगि कुदे ।
1KI 19:1 एलियाले गरेका सबै काम र कसरी तिनले सबै अगमवक्तालाई तरवारले मारे भनी आहाबले ईजेबेललाई बताए ।
1KI 19:2 तब ईजेबेलले एलियाकहाँ यसो भनेर एक जना सन्देशवाहक पठाए, “तैँले जसरी ती अगमवक्ताहरूको प्राण लिइस्, त्यसरी नै भोलि यसै बेलासम्म मैले तेरो प्राण लिइनँ भने देवताहरूले मलाई पनि त्यसै गरून् वा सोभन्दा बेसी गरून् ।”
1KI 19:3 जब एलियाले यो कुरा सुने तिनी उठेर आफ्नो जीवन बचाउन भागे, र यहूदाको बेर्शेबामा आए, तर आफ्नो नोकरलाई चाहिँ त्यहीँ छाडे ।
1KI 19:4 तर तिनी आफैचाहिँ एक दिनको यात्रा गरेर उजाड-स्थानमा गए, र अम्रिसको एउटा झाडीमा आए । आफू मरोस् भनी तिनले बिन्ती गर, “हे परमप्रभु, अब अति भयो । मेरो प्राण लिनुहोस् किनकि म मेरा पित्रहरूभन्दा असल छैनँ ।”
1KI 19:5 त्यसैले तिनी पल्टे, र अम्रिसको झाडीमुनि सुते । अकस्मात् एउटा स्वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ ।”
1KI 19:6 एलियाले हेरे, र आफ्नो शिरनेर कोइलामा पोलेर तयार पारिएको रोटी र एक सुरही पानी देखे । त्यसैले तिनले खाए, र पिए अनि फेरि पल्टे ।
1KI 19:7 परमप्रभुका दूत दोस्रो पटक पनि आए र तिनलाई छोएर भने, “उठेर खाऊ किनकि तिम्रो लागि यात्रा निकै लामो छ ।”
1KI 19:8 त्यसैले तिनी उठेर खाए, र पिए अनि त्यस खानाको शक्ति पाएर चालिस दिन यात्रा गरेर परमेश्वरको पर्वत होरेबसम्मै आए ।
1KI 19:9 त्यहाँ तिनी एउटा गुफामा गए, र त्यहीँ नै बसे । तब परमप्रभुको वचन तिनीकहाँ आयो, “ए एलिया, तँ यहाँ के गर्दै छस् ?”
1KI 19:10 एलियाले जवाफ दिए, “सर्वशक्तिमान् परमप्रभुको निम्ति म साह्रै जोसिलो भएको छु, किनकि इस्राएलीहरूले तपाईंको करार उल्लङ्घन गरेका छन्, तपाईंका वेदीहरू भत्काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन् । अब म एकलै छाडिएको छु, र तिनीहरूले मेरो प्राण लिन खोज्दै छन् ।”
1KI 19:11 परमप्रभुले जवाफ दिनुभयो, “निस्केर जा, अनि पर्वतमा मेरो सामु खडा हो ।” तब परमप्रभु त्यहाँबाट भएर जानुभयो, र प्रचण्ड बतासले पर्वतलाई प्रहार गर्‍यो अनि परमप्रभुको सामु चट्टानहरू टुक्राटुक्रा भए, तर परमप्रभु बतासमा हुनुहुन्थेन । बतासपछि एउटा भूकम्प गयो, तर परमप्रभु भूकम्पमा पनि हुनुहुन्थेन ।
1KI 19:12 भूकम्पपछि एउटा आगो आयो, तर परमप्रभु आगोमा पनि हुनुहुन्थेन । आगोपछि एउटा सानो आवाज आयो ।
1KI 19:13 जब एलियाले त्यो आवाज सुने तब तिनले खास्टोमा आफ्नो मुहार लुकाए, र बाहिर निस्केर गुफाको मुखमा उभिए । तब एउटा आवाज आयो जसले तिनलाई भन्यो, “ए एलिया, तँ यहाँ के गर्दै छस् ?”
1KI 19:14 एलियाले जवाफ दिए, “सर्वशक्तिमान् परमप्रभुको निम्ति म साह्रै जोसिलो भएको छु, किनकि इस्राएलीहरूले तपाईंको करार उल्लङ्घन गरेका छन्, तपाईंका वेदीहरू भत्काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन् । अब म एकलै छाडिएको छु, र तिनीहरूले मेरो प्राण लिन खोज्दै छन् ।”
1KI 19:15 तब परमप्रभुले तिनलाई भन्नुभयो, “फर्केर दमस्कसको उजाड-स्थानको बाटोमा जा, र तँ त्यहाँ आइपुगेपछि हजाएललाई अरामका राजाको रूपमा अभिषेक गर् ।
1KI 19:16 तैँले निम्शीका छोरा येहूलाई इस्राएलको राजाको रूपमा नियुक्त गर्नू, र तेरो ठाउँमा हाबिल-महोलाको शाफातका छोरा एलीशालाई अगमवक्ताको रूपमा अभिषेक गर्नू ।
1KI 19:17 हजाएलको तरवारबाट उम्कने जोसुकैलाई येहूले मार्ने छन्, र येहूको तरवारबाट उम्कने जोसुकैलाई एलीशाले मार्ने छन् ।
1KI 19:18 तर म इस्राएलमा सात हजार मानिसलाई बचाइराख्ने छु, जसले बालको सामु घुँडा टेकेका छैनन्, र जसका मुखले त्यसलाई चुम्बन गरेका छैनन् ।”
1KI 19:19 त्यसैले एलिया त्यहाँबाट प्रस्थान गरे, र तिनले शाफातका छोरा एलीशालाई फेला पारे । तिनले बाह्र हल गोरुले खेत जोतिरहेका थिए । त्यस बेला तिनले बाह्रौँ हललाई जोतिरहेका थिए । एलिया एलीशाकहाँ आए, र तिनलाई आफ्नो खास्टो ओढाइदिए ।
1KI 19:20 त्यसपछि एलीशाले ती गोरुहरू छाडेर एलियाको पछि लागे । तिनले भने, “मलाई मेरा पिता र मेरी आमालाई चुम्बन गर्न दिनुहोस्, र त्यसपछि म तपाईंको पछि लाग्ने छु ।” तब एलियाले भने, “फर्केर जाऊ, तर मैले तिमीलाई भनेको कुराको बारेमा सोचविचार गर ।”
1KI 19:21 त्यसैले एलीशा एलियाबाट गए, र एक हल गोरु लिए । तिनले हलोका काठहरू जलाएर मासु पकाए । तिनले त्यो मानिसहरूलाई दिए, र तिनले पनि खाए । तब तिनी उठेर एलियाको पछि लागे, र तिनको सेवा गरे ।
1KI 20:1 अरामका राजा बेन-हददले आफ्ना सबै सेनालाई जम्मा गरे । तिनीसित बत्तिस स-साना राजा, घोडाहरू र रथहरू थिए । तिनी माथि उक्लेर सामरियालाई घेरा हाली यसको विरुद्धमा लडे ।
1KI 20:2 तिनले इस्राएलका राजा आहाबको सहरमा सन्देशवाकहरू पठाएर भने, “बेन-हदद यसो भन्नुहुन्छ, '
1KI 20:3 तपाईंका सुन र चाँदी मेरा हुन् । साथै, तपाईंका सबैभन्दा राम्रा-राम्रा पत्नीहरू र बालबच्चा मेरै हुन्' ।”
1KI 20:4 इस्राएलका राजाले भने, “हे मेरा मालिक राजा, तपाईंले भन्नुभएझैँ म र मेरा सबै तपाईंकै हुन् ।”
1KI 20:5 सन्देशवाकहरू फर्केर आएर भने, “बेन-हदद यसो भन्नुहुन्छ, 'तपाईंले तपाईंका चाँदी, तपाईंका सुन, तपाईंका पत्नीहरू र बालबच्चा मलाई दिनुपर्छ भनी मैले समाचार पठाएँ ।
1KI 20:6 तर म भोली यसै बेलातिर मेरा दासहरूलाई पठाउने छु, र तिनीहरूले तपाईंको घर र तपाईंका अधिकारीहरूका घरहरू खोजतलास गर्ने छन् । तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूले आफ्ना हातले ती ल्याउने छन्' ।”
1KI 20:7 तब इस्राएलका राजाले देशका धर्म-गुरुहरूलाई जम्मा गरी भने, “यी मानिसले त सङ्कष्ट ल्याउन खोज्दै छन् भनी ख्याल गर्नुहोस् । मेरा पत्नीहरू, बालबच्चा, चाँदी र सुन लैजान तिनले मकहाँ समाचार पठाएका छन्, तर मैले इन्कार गरिदिएको छु ।”
1KI 20:8 सारा धर्म-गुरु र मानिसहरूले आहाबलाई भने, “तिनको कुरा नसुन्नुहोस्, वा तिनको आज्ञामा सहमति नजनाउनुहोस् ।”
1KI 20:9 त्यसैले आहाबले बेन-हददका सन्देशवाहकरूलाई भने, “मेरा मालिक राजालाई भनिदेऊ, 'तपाईंले पहिलो पटक आफ्नो दासमार्फत भन्नुभएको हरेक कुरामा म सहमत हुन्छु, तर यो दोस्रो मागलाई चाहिँ स्वीकार गर्दिनँ' ।” त्यसैले सन्देशवाहकरू त्यहाँबाट प्रस्थान गरे र बेन-हददको निम्ति यो जवाफ लिएर गए ।
1KI 20:10 तब बेन-हददले आहाबलाई जवाफ पठाए, “सामरियाको बाँकी धूलो मेरो हरेक मानिसलाई एक-एक मुट्ठी दिन पुग्यो भने पनि देवताहरूले मलाई त्यस्तै वा त्योभन्दा कठोर व्यवहार गरून् ।”
1KI 20:11 इस्राएलका राजाले जवाफ दिए, “बेन-हददलाई भन्, 'भर्खरै कवच भिर्ने मानिसले त्यो फुकाल्ने मानिसले झैँ घमण्ड गर्नुहुँदैन' ।”
1KI 20:12 बेन-हदद र तिनी मुनिका राजाहरूले तिनीहरूका पालहरूमा मद्य पिइरहँदा तिनले यो समाचार सुने । बेन-हददले आफ्ना मानिसहरूलाई आज्ञा दिए, “युद्धको लागि पङ्क्तिबद्ध होओ ।” त्यसैले तिनीहरू त्यस सहरलाई आक्रमण गर्न तयार भए ।
1KI 20:13 तब हेर, एक जना अगमवक्ता इस्राएलका राजाकहाँ आई भने, “परमप्रभु भन्नुहुन्छ, 'के तैँले यो विशाल सेनालाई देख्दै छस् ? हेर्, म आज यसलाई तेरो हातमा सुम्पिदिने छु, र म नै परमप्रभु हुँ भनी तैँले थाहा पाउने छस्' ।”
1KI 20:14 आहाबले जवाफ दिए, “कोद्वारा ?” परमप्रभुले जवाफ दिनुभयो, “जिल्ला-जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरूद्वारा ।” तब आहाबले भने, “कसले युद्धको थालनी गर्ने छ ?” परमप्रभुले जवाफ दिनुभयो, “तैँले ।”
1KI 20:15 तब आहाबले जिल्ला-जिल्लाका जल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरूलाई भेला गराए । तिनीहरू दुई सय बत्तिस जना थिए । त्यसपछि तिनले इस्राएलका सबै सिपाहीलाई जम्मा गरे । तिनीहरू सात हजार थिए ।
1KI 20:16 तिनीहरू मध्य दिनमा बाहिर निस्के । बेन-हदद र तिनको समर्थन गर्ने तिनीमुनिका बत्तिस जना राजा पालमा मद्य पिएर मातिरहेका थिए ।
1KI 20:17 पहिले जिल्ला-जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरू अगाडि बढे । बेन-हददद्वारा पठाइएका चेवा गर्ने मानिसहरूले तिनलाई भने, “सामरियाबाट मानिसहरू आउँदै छन् ।”
1KI 20:18 बेन-हददले भने, “तिनीहरू मेलमिलाप वा युद्ध जेसुकैको लागि आएको भए तापनि तिनीहरूलाई जिउँदै ल्याओ ।”
1KI 20:19 त्यसैले जिल्ला-जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरू सहरबाट बाहिर गए, र सेना तिनीहरूको पछिपछि लागे ।
1KI 20:20 हरेकले आ-आफ्नो प्रतिद्वन्द्वीलाई मार्‍यो । अरामीहरू भागे, र इस्राएलीहरूले तिनीहरूलाई खेदे । अरामका राजा बेन-हदद केही घोडचढीहरूसँगै घोडामा चढेर उम्के ।
1KI 20:21 तब इस्राएलका राजा बाहिर निस्केर घोडाहरू र रथहरूलाई आक्रमण गरे, र अरामीहरूको ठुलो संहार गरे ।
1KI 20:22 त्यसैले अगमवक्ता इस्राएलका राजाकहाँ आई भने, “जानुहोस्, र आफैलाई बलियो पार्नुहोस्, अनि तपाईंले जे गर्दै हुनुहुन्छ त्यसलाई बुझेर योजना बनाउनुहोस् किनकि नयाँ वर्षमा अरामका राजा तपाईंको विरुद्धमा आउने छन् ।”
1KI 20:23 अरामका राजाका अधिकारीहरूले तिनलाई भने, “तिनीहरूका ईश्वर त पहाडहरूका ईश्वर रहेछन् । त्यसकारण तिनीहरू हामीभन्दा शक्तिशाली भएका हुन् । तर अब तिनीहरूको विरुद्धमा मैदानमा लडौँ, र निश्चय नै हामी तिनीहरूभन्दा शक्तिशाली हुने छौँ ।
1KI 20:24 त्यसैले तपाईंले यसो गर्नुहोस्, 'सबै राजालाई तिनीहरूका पदबाट हटाई तिनीहरूको सट्टामा सेनाका नायकहरूलाई राख्नुहोस् ।
1KI 20:25 तपाईंले गुमाउनुभएका सेनाजस्तै सेना तयार पार्नुहोस् । घोडाको लागि घोडा र रथको लागि रथ तयार पार्नुहोस् । यसरी हामी तिनीहरूसित मैदानमा लड्न सक्छौँ । तब निश्चय नै हामी तिनीहरूभन्दा शक्तिशाली हुने छौँ ।” त्यसैले बेन-हददले तिनीहरूको कुरा सुनेर त्यसैअनुसार गरे ।
1KI 20:26 नयाँ वर्षको थालनीपछि बेन-हददले अरामीहरूलाई जम्मा गरी इस्राएलको विरुद्धमा लड्न अपेकमा गए ।
1KI 20:27 इस्राएलीहरू पनि भेला भए, र अरामीहरूको विरुद्धमा लड्न तिनीहरूलाई खानेकुरा दिइयो । इस्राएलीहरूले तिनीहरूको सामुन्ने छाउनी हाले, र तिनीहरू बाख्राका दुईवटा स-साना बगालजस्तै थिए, जब कि अरामीहरूले पुरै मैदानलाई ढाकेका थिए ।
1KI 20:28 तब एक जना परमेश्वरका जन नजिक आई इस्राएलका राजालाई भने, “परमप्रभु भन्नुहुन्छ, 'अरामीहरूले परमप्रभु पहाडहरूका ईश्वर हुनुहुँदोरहेछ, उपत्यकाको ईश्वर होइन रहेछ भनी भनेकाले म यो विशाल सेनालाई तेरो हातमा सुम्पिदिने छु, र म नै परमप्रभु हुँ भनी तैँले थाहा पाउने छस्' ।”
1KI 20:29 त्यसैले सेनाहरूले सात दिनसम्म एक-अर्काको सामुन्ने छाउनी हाले । अनि सातौँ दिनमा युद्ध सुरु भयो । इस्राएलका मानिसहरूले एकै दिनमा एक लाख पैदल अरामीलाई मारे ।
1KI 20:30 बाँकी रहेकाहरू अपेक सहरभित्र भागे, र सत्ताइस हजारमाथि पर्खाल ढलेर बज्र्यो । बेन-हदद भागेर सहरको भित्री कोठामा गए ।
1KI 20:31 बेन-हददका अधिकारीहरूले तिनलाई भने, “अब हेर्नुहोस्, इस्राएलको घरानाका राजाहरू कृपालु छन् भनी हामीले सुनेका छौँ । हाम्रा कम्मरको वरिपरि भाङ्ग्रा लगाएर शिरका वरिपरि फेटा बाँधेर इस्राएलका राजाकहाँ जाऔँ । सायद तिनले तपाईंको ज्यान जोगाउनुहुने छ ।”
1KI 20:32 त्यसैले तिनीहरूले आ-आफ्ना कम्मरवरिपरि भाङ्ग्रा लगाए, र शिरमा फेटा बाँधे अनि इस्राएलका राजाकहाँ आई भने, 'तपाईंका दास बेन-हददले भन्नुभएको छ, 'कृपया, मलाई बाँच्न दिनुहोस्' ।” आहाबले भने, “के तिनी अझै जिउँदै छन् ? तिनी त मेरा भाइ हुन् ।”
1KI 20:33 अब ती मानिसहरूले राजाबाट कुनै चिन्ह सुन्ने अपेक्षा गर्दै थिए । त्यसैले तिनीहरूले झट्टै उत्तर दिए, “ज्यू, हजुरका दास बेन-हदद जीवितै हुनुहुन्छ ।” तब बेन-हददले भने, “गएर तिनलाई ल्याओ ।” तब बेन-हदद तिनीकहाँ आए, र आहाबले तिनलाई आफ्नो रथमा चढाए ।
1KI 20:34 बेन-हददले आहाबलाई भने, “मेरा पिताले तपाईंका पिताबाट लिनुभएका सहरहरू म तपाईंलाई पुनर्स्थापित गरिदिने छु, र मेरा पिताले सामरियामा गरेझैँ तपाईंले आफ्नो लागि दमस्कसमा बजारहरू स्थापित गर्न सक्नुहुन्छ ।” आहाबले जवाफ दिए, “यो सम्झौतासहित म तिमीलाई छाडिदिने छु ।” त्यसैले आहाबले तिनीसित सम्झौता गरी तिनलाई जान दिए ।
1KI 20:35 अगमवक्ताका छोराहरूमद्ये कोही एक जनाले आफ्नो कुनै अगमवक्ता साथीलाई परमप्रभुको वचनद्वारा भने, “मलाई हिर्काऊ ।” तर ती मानिसले तिनलाई हिर्काउन इन्कार गरे ।
1KI 20:36 तब अगमवक्ताले आफ्ना मित्र अगमवक्तालाई भने, “तिमीले परमप्रभुको कुरा नमानेकाले तिमी मबाट जानेबित्तिकै एउटा सिंहले तिमीलाई मार्ने छ ।” ती मानिस प्रस्थान गर्नेबित्तिकै एउटा सिंह आएर तिनलाई मारिदियो ।
1KI 20:37 तब अगमवक्ताले अर्को मानिसलाई फेला पारी तिनलाई भने, “मलाई हिर्काऊ ।”
1KI 20:38 त्यसैले ती मानिसले तिनलाई हिर्काई घाइते बनाए । तब अगमवक्ता प्रस्थान गरे र बाटोनेर राजाको प्रतीक्षा गरे । तिनले आँखामा पट्टी बाँधेर गुप्त भेष बनाएका थिए ।
1KI 20:39 राजा त्यही बाटो भएर आउँदा अगमवक्ताले राजालाई बोलाएर भने, “तपाईंका दास युद्धको मुखैमा गएका थिए, र एक जना सिपाहीले मलाई रोकेर मकहाँ एक जना मानिस लिएर आई मलाई भन्यो, 'यो मानिसको रक्षा गर । कुनै कारणले गर्दा यो मानिस हरायो भने यसको सट्टामा तिमीले आफ्नो प्राण दिनुपर्ने छ वा तिमीले करिब चौँतिस किलोग्राम चाँदी तिर्नुपर्ने हुन्छ ।'
1KI 20:40 तर तपाईंका दास यताउता जाँदैमा व्यस्त भएकाले त्यो मानिस भाग्यो ।” तब इस्राएलका राजाले तिनलाई भने, “तेरो दण्ड यही हुने छ जुन तँ आफैले निधो गरिस् ।”
1KI 20:41 तब ती अगमवक्ताले झट्टै आफ्ना आँखाबाट पट्टी निकाले, र तिनी त एक अगमवक्ता रहेछन् भनी इस्राएलका राजाले चिने ।
1KI 20:42 अगमवक्ताले राजालाई भने, “परमप्रभु भन्नुहुन्छ, 'मैले मृत्युदण्ड तोकेको मानिसलाई तैँले आफ्नो हातबाट फुत्किन दिएकोले त्यसको प्राणको सट्टा तेरो प्राण र तिनीहरूका मानिसहरूको सट्टा तेरा मानिसहरू हुने छन्' ।”
1KI 20:43 त्यसैले इस्राएलका राजा उदास भए, र रिसाएर सामरियामा आफ्नो महलमा आइपुगे ।
1KI 21:1 यो केही समय बितेपछिको कुरा हो । सामरियाका राजा आहाबको दरबार नजिकै यिजरेलमा यिजरेली नाबोतको एउटा दाखबारी थियो ।
1KI 21:2 आहाबले नाबोतलाई यसो भने, “सागबारी लगाउन मलाई तिम्रो दाखबारी देऊ किनकि यो मेरो घर नजिकै छ । यसको सट्टामा म तिमीलाई अझै राम्रो दाखबारी दिने छु वा तिमीले चाह्यौ भने म तिमीलाई यसको दाम तिरिदिने छु ।”
1KI 21:3 नाबोतले आहाबलाई जवाफ दिए, “मेरा पुर्खाहरूका पैतृक सम्पत्ति मैले तपाईंलाई दिनदेखि परमप्रभुले मलाई निषेध गरून् ।”
1KI 21:4 त्यसैले आहाब उदास भए, र रिसाएर आफ्नो दरबारमा गए किनकि यिजरेली नाबोतले तिनलाई यसो भनी जवाफ दिएका थिए, “म मेरा पुर्खाहरूको पैतृक सम्पत्ति तपाईंलाई दिन्नँ ।” तिनी आफ्नो ओछ्यानमा ठुस्स परेर सुते, र तिनले खाना खान इन्कार गरे ।
1KI 21:5 तिनकी पत्नी ईजेबेल तिनीकहाँ आएर भनिन्, “खानै नखाने गरी तपाईं किन यति धेरै उदास हुनुभएको छ ?”
1KI 21:6 तिनले उनलाई जवाफ दिए, “मैले यिजरेली नाबोतलाई भनेँ, 'तिम्रो दाखबारी मलाई बेच वा तिमीलाई इच्छा लागे म तिमीलाई अर्को अझै राम्रो दाखबारी दिने छु ।' तब तिनले मलाई जवाफ दिए, 'म तिमीलाई मेरो दाखबारी दिन्नँ' ।”
1KI 21:7 त्यसैले तिनकी पत्नी ईजेबेलले तिनलाई जवाफ दिइन्, “के तपाईंले इस्राएलको राज्यमाथि शासन गर्नुहुन्न र ? उठेर खानुहोस् । तपाईंको मन प्रसन्न होस् । म यिजरेली नाबोतको दाखबारी तपाईंलाई दिलाइदिने छु ।”
1KI 21:8 त्यसैले ईजेबेलले आहाबको नाउँमा चिठीहरू लेखिन्, र तिनका राजाको छाप लगाई नाबोतको सहरमा तिनीसित बस्ने धर्म-गुरुहरू र भारदारहरूकहाँ पठाइन् ।
1KI 21:9 उनले चिठीहरूमा यसो लेखेकी थिइन्, “उपवासको घोषणा गरी नाबोतलाई मानिसहरूका बिचमा आदरको स्थानमा बसाओ ।
1KI 21:10 तिनीसँगै दुई जना बेइमान मानिसलाई पनि राख जसले तिनको विरुद्धमा यस्तो गवाही देऊन्, 'तपाईंले परमेश्वर र राजालाई सराप दिनुभयो' ।” तब तिनलाई बाहिर लगेर ढुङ्गाले हानेर मार ।
1KI 21:11 त्यसैले नाबोतको सहरका मानिसहरू, धर्म-गुरुहरू र धनी मानिसहरूलाई ईजेबेलले लेखेकी चिठीहरूमा व्याख्या गरेझैँ तिनीहरूले गरे ।
1KI 21:12 तिनीहरूले उपवासको घोषणा गरे, र नाबोतलाई मानिसहरूभन्दा आदरको स्थानमा बसाए ।
1KI 21:13 दुई जना बेइमान मानिस आए, र तिनीहरू नाबोतको सामु बसे । मानिसहरूको उपस्थितिमा तिनीहरूले नाबोतको विरुद्धमा यसो भनी गवाही दिए, “नाबोतले परमेश्वर र राजा दुवैलाई सराप दिए ।” त्यसपछि तिनीहरूले तिनलाई सहरबाहिर लगी ढुङ्गाले हानेर मारे ।
1KI 21:14 तब धर्म-गुरुहरूले ईजेबेललाई यो खबर पठाइन्, “नाबोतलाई ढुङ्गाले हानेर मारिएको छ ।”
1KI 21:15 जब ईजेबेलले नाबोतलाई ढुङ्गाले हानेर मारिएको छ भनी सुनिन् उनले आहाबलाई भनिन्, “नाबोत मरिसकेकाले उठ्नुहोस्, र यिजरेली नाबोतको दाखबारी अधिकार गर्नुहोस् जुन बेच्नलाई तिनले इन्कार गरेका थिए ।”
1KI 21:16 नाबोत मरे भनी जब आहाबले सुने तिनी उठेर यिजरेली नाबोतको दाखबारीमा गए, र त्यसको अधिकार गरे ।
1KI 21:17 तब परमप्रभुको वचन तिश्बी एलियाकहाँ आयो,
1KI 21:18 “उठ्, र सामरियामा बस्ने इस्रालका राजा आहाबलाई भेट्न जा । त्यो नाबोतको दाखबारीमा छ जहाँ त्यो दाखबारी हडप्न गएको छ ।
1KI 21:19 तैँले त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'के तैँले त्यसलाई मारेर त्यसको सम्पत्ति हडपेको छस् ?’ त्यसपछि त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'जुन ठाउँमा कुकुरहरूले नाबोतको रगत चाटे, त्यही ठाउँमा कुकुरहरूले तेरो रगत, हो तेरै रगत चाट्ने छन्' ।”
1KI 21:20 आहाबले एलियालाई भने, “ए मेरो शत्रु, के तैँले मलाई भेट्टाएको छस् ?” एलियाले जवाफ दिए, “तपाईंले परमप्रभुको दृष्टिमा दुष्ट काम गरी आफैलाई बेच्नुभएकोले मैले तपाईंलाई भेट्टाएको छु ।
1KI 21:21 परमप्रभु तपाईंलाई यसो भन्नुहुन्छ, 'हेर्, म तँमाथि विपत्ति ल्याउने छु, र इस्राएलमा भएको तेरो हरेक पुरुष, कमारा र फुक्कालाई पूर्ण रूपमा भस्म पारी सर्वनाश पार्ने छु ।
1KI 21:22 म तेरो घरानालाई नबातका छोरा यारोबाम र अहियाका छोरा बाशाको घरानाजस्तै तुल्याउने छु किनकि तैँले मलाई रिस उठाई इस्राएललाई पाप गर्न लगाएको छस् ।'
1KI 21:23 परमप्रभुले ईजेबेलको सम्बन्धमा पनि यसो भन्नुभएको छ, 'यिजरेलको पर्खालको छेउमा नै कुकुरहरूले ईजेबेललाई खाने छन् ।'
1KI 21:24 आहाबको घरानामा भएको हरेक जो सहरमा मर्छ त्यसलाई कुकुरहरूले खाने छन्, र मैदानमा मर्ने हरेकलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् ।”
1KI 21:25 आहाबजस्तो कोही थिएन जसले परमप्रभुको दृष्टिमा दुष्ट काम गर्न आफैलाई बेचे जसलाई तिनकी पत्नीले पाप गर्न उक्साएकी थिइन् ।
1KI 21:26 आहाबले परमप्रभुले इस्राएलीहरूको सामुबाट हटाउनुभएका मूर्तिहरूलाई पछ्याई एमोरीहरूले गरेजस्तै घृणित कामहरू गरे ।
1KI 21:27 जब आहाबले यी वचनहरू सुने तिनले आफ्ना लुगा च्याते, र आफ्नो शरीरमा भाङ्ग्रा लगाए अनि उपवास बसे । तिनी भाङ्ग्रा लगाई अत्यन्तै उदास भए ।
1KI 21:28 तब परमप्रभुको वचन तिश्बी एलियाकहाँ आयो,
1KI 21:29 “के आहाबले मेरो सामु आफैलाई विनम्र पारेको तैँले देखेको छस् ? त्यसले मेरो सामु आफैलाई विनम्र तुल्याकोले म आउनेवाला विपत्ति त्यसकै समयमा ल्याउँदिनँ । म त्यसको छोराको समयमा त्यसको परिवारमा विपत्ति ल्याउने छु ।”
1KI 22:1 अराम र इस्राएलको बिचमा युद्ध नभई तिन वर्ष बित्यो ।
1KI 22:2 तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजाकहाँ गए ।
1KI 22:3 इस्राएलका राजाले आफ्ना अधिकारीहरूलाई भनेका थिए, “के रामोत-गिलाद हाम्रै हो भनी तिमीहरूलाई थाहा छ ? तर अरामका राजाका हातबाट यसलाई लिन हामीले केही पनि गरिरहेका छैनौँ ।”
1KI 22:4 त्यसैले तिनले यहोशापातलाई भने, “के तपाईं युद्ध गर्नलाई मसितै रामोत-गिलादमा जानुहुन्छ ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिस तपाईंका मानिसजस्तै हुन् र मेरा घोडाहरू तपाईंका घोडाहरू जस्तै हुन् ।”
1KI 22:5 यहोशापातले इस्राएलका राजालाई भने, “पहिले तपाईंले के गर्नुपर्छ भन्नाका लागि परमप्रभुको वचनबाट निर्देशन खोज्नुहोस् ।”
1KI 22:6 तब इस्राएलका राजाले चार सय अगमवक्तालाई जम्मा गरी तिनीहरूलाई भने, “म रामोत-गिलादमा युद्ध गर्न जाऊँ कि नजाऊँ ? तिनीहरूले जवाफ दिए, “आक्रमण गर्नुहोस्, किनकि परमप्रभुले यो राजाका हातमा सुम्पिदिनुहुने छ ।”
1KI 22:7 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका अर्का कुनै अगमवक्ता छैनन् जसबाट हामीले सल्लाह लिन सक्छौँ ?”
1KI 22:8 इस्राएलका राजाले यहोशापातलाई भने, “एक जना मानिस छन् जसबाट हामीले मदतको लागि परमप्रभुबाट सल्लाह लिन सक्छौँ । तिनी यिम्लाका छोरा मीकाया हुन्, तर म तिनलाई घृणा गर्छु किनकि तिनले मेरो बारेमा कुनै असल कुरोको भविष्यवाणी गर्दैनन्, केवल खरावी मात्र बोल्छन् ।” तर यहोशापातले भने, “राजाले यस्तो भन्नुहुँदैन ।”
1KI 22:9 तब इस्राएलका राजाले एक जना अधिकारीलाई बोलाई तिनलाई हुकुम गरे, “ठिक अहिले नै इम्लाका छोरा मीकायालाई ल्याउनू ।”
1KI 22:10 इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात राजकीय पोशाक पहिरेर सामरियाको मूल ढोकाको खुला ठाउँमा आ-आफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोल्दै थिए ।
1KI 22:11 केनानका छोरा सिदकियाहले चाहिँ फलामका सिङहरू बनाएका थिए । तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'अरामीहरू नष्ट नभएसम्म तिमीहरूले तिनीहरूलाई यसैले दण्ड दिनू' ।”
1KI 22:12 तब सबै अगमवक्ताले यसो भनी अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गरी विजयी हुनुहोस् किनकि परमप्रभुले यो राजाको हातमा सुम्पिदिनुभएको छ ।”
1KI 22:13 मीकायालाई बोलाउन गएका सन्देशवाहकले तिनलाई भने, “अब हेर्नुहोस्, अगमवक्ताहरूका वचनहरूले एउटै मुखले राजालाई असल कुरा भन्छन् । तपाईंको वचन तिनीहरूको जस्तै होस् र असल कुराहरू भन्नुहोस् ।”
1KI 22:14 मीकायले जवाफ दिए, “परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, कि परमप्रभुले मलाई जे भन्नुहुन्छ, म त्यही भन्ने छु ।”
1KI 22:15 जब तिनी राजाकहाँ आए राजाले तिनलाई भने, “मीकाया, हामी युद्धको लागि रामोत-गिलादमा जाऊँ कि नजाऊँ ?” मीकायाले तिनलाई जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस् । परमप्रभुले यो तपाईंको हातमा सुम्पिदिनुहुने छ ।”
1KI 22:16 तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा अरू कुरा नभनी साँचो कुरा मात्र भन्नू भनी म तिमीलाई कति पटक शपथ खान लगाऊँ ?”
1KI 22:17 तब मीकायाले भने, “मैले गोठाला नभएका भेडाझैँ सारा इस्राएल पहाडहरूतिर तितर-बितर भएको देखेँ, र परमप्रभुले भन्नुभयो, 'तिनीहरूसित कुनै गोठालो छैन । हरेक मानिस शान्तिसित आफ्नै घरमा फर्कोस्' ।”
1KI 22:18 त्यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल कुरा नभई केवल विपत्तिको बारेमा अगमवाणी बोल्छन् भनी के मैले तपाईंलाई भनेको होइन र ?”
1KI 22:19 तब मीकायाले भने, “त्यसकारण परमप्रभुको वचन सुन्नुहोस्: मैले परमप्रभुलाई उहाँको सिंहासनमा विराजमान हुनुभएको अनि उहाँको दाहिने र देब्रे हातपट्टि उहाँनेर सबै स्वर्गीय सेना उभिरहेका देखेँ ।
1KI 22:20 परमप्रभुले भन्नुभयो, 'आहाब रामोत-गिलादमा उक्लेर गई त्यहाँ त्यसको पतन होस् भन्नाका लागि त्यसलाई कसले बहकाउने छ ?’ एउटाले एउटा कुरा भन्यो र अर्कोचाहिँले अर्कै कुरा भन्यो ।
1KI 22:21 तब एउटा आत्मा अगाडि बढी त्यो परमप्रभुको सामु उभियो । त्यसले भन्यो, 'म तिनलाई उक्साउने छु ।' परमप्रभुले त्यसलाई भन्नुभयो, 'कसरी ?’
1KI 22:22 आत्माले जवाफ दियो, 'म बाहिर जाने छु, र तिनका सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा बन्ने छु ।' परमप्रभुले भन्नुभयो, 'तैँल त्यसलाई बहकाउने छस्, र तँ सफल पनि हुने छस् । अब जा र त्यसै गर् ।'
1KI 22:23 त्यसैले अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा हालिदिनुभएको छ, र परमप्रभुले तपाईंको लागि विपत्तिको घोषणा गर्नुभएको छ ।”
1KI 22:24 तब केनानका छोरा सिदकियाह माथि उक्लेर आई मीकायाको गालामा थप्पड हानेर भने, “तिमीसित बोल्न परमप्रभुका आत्मा मबाट कुनचाहिँ बाटो भएर जानुभयो त ?”
1KI 22:25 मीकायाले भने, “हेर, तिमी भित्र कोठामा लुक्न जाँदा त्यस दिन तिमी आफैले देख्ने छौ ।”
1KI 22:26 इस्राएलका राजाले आफ्ना अधिकारीलाई हुकुम दिए, “मीकायालाई समात्, अनि त्यसलाई सहरका शासक र मेरो छोरा योआशकहाँ लैजा ।”
1KI 22:27 त्यसलाई भन्, ‘राजा भन्नुहुन्छः यो मानिसलाई झ्यालखानामा हाल्, र म सुरक्षितसाथ नफर्केसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र खुवाउनू' ।”
1KI 22:28 तब मीकायाले भने, “तपाईं सुरक्षितसाथ आउनुभयो भने परमप्रभुले मद्वारा बोल्नुभएको होइन ।” तब तिनले थपे, “हे सारा मानिस हो, यो कुरा सुन ।”
1KI 22:29 त्यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए ।
1KI 22:30 इस्राएलका राजाले यहोशापातलाई भने, “म भेष बद्लेर युद्धमा जाने छु, तर तपाईंले आफ्नो राजकीय पोशाक पहिरिनुहोस् ।” त्यसैले इस्राएलका राजाले भेष बद्ले, र तिनी युद्धमा गए ।
1KI 22:31 अरामका राजाले आफ्ना रथहरूका बत्तिस जना सेनापतिलाई यसो भनी आज्ञा दिएका थिए, “साना-ठुला जोसुकैलाई आक्रमण नगर्नू । बरु, इस्राएलका राजालाई मात्र आक्रमण गर्नू ।”
1KI 22:32 जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले भने, “निश्चय नै यिनी इस्राएलका राजा हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्कंदा यहोशापात चिच्च्याए ।
1KI 22:33 तिनी इस्राएलका राजा होइनन् रहेछ भनी जब रथहरूका सेनापतिहरूले देखे तिनीहरू तिनको पिछा गर्नबाट फर्के ।
1KI 22:34 तर एक जना सेनापतिले जथाभावी काँड हाने, र त्यस काँडले इस्राएलका राजाको कवचको जोर्नीमा लाग्यो । तब आहाबले आफ्नो सारथीलाई भने, “फर्की, र मलाई युद्धबाट बाहिर लैजा, किनकि मलाई बेसरी चोट लागेको छ ।”
1KI 22:35 त्यस दिन युद्ध झन् चर्कंदै गयो, र आफ्ना रथमा अडिएर राजाले अरामीहरूको सामना गरिरहे । साँझमा तिनी मरे । तिनको घाउबाट निस्केको रगतचाहिँ रथभित्रै बगिरहेको थियो ।
1KI 22:36 तब सूर्य अस्ताउँदै गर्दा सेनाका बिचमा एउटा यस्तो आवाज फैलियो, “हरेक मानिस आ-आफ्नो सहरमा फर्केर जाओस्, र हरेक मानिस आ-आफ्नो बस्तीमा फर्केर जाओस् ।”
1KI 22:37 यसरी राजा आहाब मरे, र तिनलाई सामरियामा लगी त्यहीँ नै गाडियो ।
1KI 22:38 तिनीहरूले रथलाई सामरियाको तलाउमा धोए, र परमप्रभुको वचनले घोषणा गरेझैँ कुकुरहरूले तिनको रगत चाटे (यहीँ नै वेश्याहरू नुहाउने गर्थे) ।
1KI 22:39 के आहाबले गरेका अरू कार्यहरू, तिनले बनाएको हस्ती-हाडको महलसाथै सबै सहरहरूको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
1KI 22:40 यसरी आहाब आफ्ना पित्रहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए ।
1KI 22:41 इस्राएलका राजा आहाबको चौथो वर्षमा आसाका छोरा यहोशापातले यहूदामाथि शासन गर्न थाले ।
1KI 22:42 यहोशापातले शासन गर्न थाल्दा तिनी पैँतिस वर्षका थिए, र तिनले यरूशलेममा पच्चिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अजूबा थियो, जो शिल्हीकी छोरी थिइन् ।
1KI 22:43 तिनी आफ्ना पिता आसाका मार्गमा हिँडे । तिनी तीबाट फर्केनन् । तिनले परमप्रभुको दृष्टिमा जे ठिक छ, त्यही गरे । तथापि डाँडाका थानहरू भने हटाइएनन् । मानिसहरूले डाँडाका थानहरूमा अझै पनि बलिदान चढाउँदै थिए, र धूप बाल्दै थिए ।
1KI 22:44 यहोशापात इस्राएलका राजासित शान्तिमा रहे ।
1KI 22:45 के यहोशापातका अरू कार्यहरू, तिनले देखाएका शक्ति र कसरी तिनले युद्ध लडे भन्ने विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
1KI 22:46 तिनका पिता आसाको समयसम्म बाँकी रहेका झुटो धर्मसम्बन्धी वेश्याहरूलाई तिनले देशबाट हटाए ।
1KI 22:47 एदोममा कुनै राजा थिएन, तर त्यहाँ सहायकले शासन गर्थ्यो ।
1KI 22:48 यहोशापातले समुद्रमा आवात-जावत गर्ने जहाजहरू बनाए । ती सुनको लागि ओपीरमा जानुपर्थ्यो, तर एस्योन-गेबेरमा ध्वंश भएको कारण ती जान सकेनन् ।
1KI 22:49 तब आहाबका छोरा अहज्याहले यहोशापातलाई भने, “यी जहाजहरूमा मेरा अधिकारीहरूलाई तपाईंका अधिकारीहरूसँगै जान दिनुहोस् ।” तर यहोशापातले अनुमति दिएनन् ।
1KI 22:50 यहोशापात आफ्ना पित्रहरूसित सुते, र तिनीहरूसितै आफ्ना पुर्खा दाऊदको सहरमा गाडिए । तिनको ठाउँमा तिनका छोरा यहोराम राजा भए ।
1KI 22:51 यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्याहले सामरियामा बसेर इस्राएलमाथि शासन गर्न थाले, र तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।
1KI 22:52 तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र तिनका बुबाआमाको चालमा हिँडे अनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको मार्गमा हिँडे ।
1KI 22:53 तिनले आफ्ना पिताले गरेझैँ बालको सेवा गरे, त्यसको पुजा गरे अनि इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए ।
2KI 1:1 आहाबको मृत्युपछि मोआब इस्राएलको विरुद्धमा बागी भयो ।
2KI 1:2 तब अहज्याह सामरियामा माथिल्लो कोठाको झ्यालबाट तल खसे र घाइते भए । यसैले तिनले सन्देशवाहकहरू पठाए र तिनीहरूलाई भने , “जाओ र यस चोटबाट म निको हुन्छु कि हुन्‍न एक्रोनको देवता बाल-जिबबलाई सोध ।”
2KI 1:3 तर परमप्रभुका दूतले तिश्बी एलियालाई भने, “उठ, र सामरियाका राजाका सन्देशवाहकहरूलाई भेट्न जाऊ, अनि तिनीहरूलाई सोध, 'के इस्राएलमा कुनै परमेश्‍वर नभएको हुनाले तिमीहरू एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन जाँदैछौ ?
2KI 1:4 त्यसकारण परमप्रभु भन्‍नुहुन्‍छ, “ तँ उक्‍लेको त्‍यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । बरु, तँ निश्‍चय नै मर्नेछस्' ।” तब एलिया गए ।
2KI 1:5 जब सन्देशवाहकहरू अहज्याहकहाँ फर्के तब तिनले तिनीहरूलाई सोधे, “तिमीहरू किन फर्केका छौ ?”
2KI 1:6 तिनीहरूले तिनलाई भने, “एक जना मानिस हामीलाई भेट्न आए जसले हामीलाई भने, 'तिमीहरूलाई पठाउने राजाकहाँ फर्के जाऊ र तिनलाई भन, “परमप्रभु यसो भन्‍नुहुन्छः 'के इस्राएलमा कुनै परमेश्‍वर नभएको हुनाले तिमीहरू एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन जाँदैछौ ? त्यसकारण तँ उक्‍लेको त्‍यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । बरु, तँ निश्‍चय नै मर्नेछस्' ।”
2KI 1:7 अहज्याहले आफ्ना सन्देशवाहकहरूलाई भने, “तिमीहरूलाई भेट्न आउने र यी कुराहरू भन्‍ने मानिस कस्‍तो किसिमको थियो ?”
2KI 1:8 तिनीहरूले तिनलाई जवाफ दिए, “तिनले रौँका लुगा लगाएका थिए, र आफ्नो कम्मरमा छालाको पेटी बाँधेका थिए ।” त्यसैले राजाले भने, “तिनी त तिश्बी एलिया हुन् ।”
2KI 1:9 तब राजाले पचास जना सिपाहीसँगै एक जना कप्‍तानलाई एलियाकहाँ पठाए । कप्‍तान एलियाकहाँ गए जहाँ तिनी डाँडाको टाकुरामा बसिरहेका थिए । कप्‍तानले तिनलाई भने, “हे परमेश्‍वरका मानिस, राजाले भन्‍नुभएको छ, 'तल आउनुहोस्' ।”
2KI 1:10 एलियाले कप्‍तानलाई भने, “म परमेश्‍वरका मानिस हुँ भने स्वर्गबाट आगो झरोस् र तपाईं र तपाईंका पचास जना मानिसलाई भस्म पारोस् ।” तब स्वर्गबाट आगो झर्‍यो र तिनलाई र तिनका पचास जना मानिसलाई भस्म पार्‍यो ।
2KI 1:11 फेरि राजा अहज्याहले अर्का कप्‍तानलाई पचास जना सिपाहीसहित एलियाकहाँ पठाए । यी कप्‍तानले पनि एलियालाई भने, “हे परमेश्‍वरका मानिस, राजा भन्‍नुहुन्छ, 'झट्टै तल आउनुहोस्' ।”
2KI 1:12 एलियाले तिनीहरूलाई भने, “म परमेश्‍वरका मानिस हुँ भने स्वर्गबाट आगो झरोस् र तपाईं र तपाईंका पचास जना मानिसलाई भस्म पारोस् ।” फेरि स्वर्गबाट परमेश्‍वरको आगो झर्‍यो र तिनलाई र तिनका पचास जना मानिसलाई भस्म पार्‍यो ।
2KI 1:13 तथापि राजाले पचास जना योद्धाको तेस्रो समूह पठाए । यो कप्‍तान माथि उक्‍ले, एलियाको सामु आफ्‍ना घुँडा टेके र तिनले विनम्रतापूर्वक बिन्ती गरेर भने, “हे परमेश्‍वरका मानिस, म तपाईंसँग बिन्‍ति गर्छु, कि मेरो जीवन र तपाईंका यी पचास जना दासका जीवन तपाईंको दृष्‍टिमा मूल्यवान् होऊन् ।
2KI 1:14 वास्तवमा स्वर्गबाट आगो झर्‍यो र यस अघिका दुई जना कप्‍तानलाई तिनीहरूका मानिसहरूसँगै भस्म पार्‍यो, तर मेरो जीवन तपाईंको दृष्‍टिमा मूल्यवान् होस् ।”
2KI 1:15 परमप्रभुका दूतले एलियालाई भने, “त्‍योसँगै तल जा । त्‍योदेखि नडरा ।” त्यसैले एलिया उठे र त्‍योसँगै राजाकहाँ गए ।
2KI 1:16 पछि एलियाले अहज्याहलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'तैँले एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन सन्देशवाहकहरू पठाएको छस् । जानकारी लिनको लागि इस्राएलमा कुनै परमेश्‍वर नभएको हुनाले त्‍यसो गरेको हो ? यसैले तँ उक्‍लेको त्‍यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । तँ निश्‍चय नै मर्नेछस्' ।”
2KI 1:17 यसरी एलियाले बोलेको परमप्रभुको वचनअनुसार अहज्याह मरे । अहज्याहको कुनै छोरो नभएको हुनाले यहूदाका राजा यहोशापातका छोरा यहोरामको दोस्रो वर्षमा योरामले तिनको ठाउँमा राज्य गर्न थाले ।
2KI 1:18 अहज्याहका सम्‍बन्‍धमा भएका अरू कुराहरूका बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
2KI 2:1 जब परमप्रभुले एलियालाई हावाको भूमरीद्वारा उठाएर स्‍वर्गमा लानै लाग्‍नुभएको थियो, तब एलीशालाई साथ लिएर एलिया गिलगालबाट गए ।
2KI 2:2 एलियाले एलीशालाई भने, “कृपागरी यहीँ बस, किनकि परमप्रभुले मलाई बेथेलमा पठाउनुभएको छ ।” एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्‍छु, म तपाईंलाई छोड्नेछैनँ ।” त्यसैले तिनीहरू बेथेलमा झरे ।
2KI 2:3 बेथेलमा भएका अगमवक्ताहरूका छोराहरू एलीशाकहाँ आए र तिनलाई भने, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लानुहुनेछ भनी के तपाईंलाई थाहा छ ?” एलीशाले जवाफ दिए, “हो, मलाई थाहा छ, तर यसबारेमा कुरा नगर ।”
2KI 2:4 एलियाले तिनलाई भने, “एलीशा, कृपागरी यहीँ बस, किनकि परमप्रभुले मलाई यरीहोमा पठाउनुभएको छ ।” तब एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्छु, म तपाईंलाई छोड्नेछैनँ ।” त्यसैले तिनीहरू यरीहोमा गए ।
2KI 2:5 तब यरीहोमा भएका अगमवक्ताहरूका छोराहरू एलीशाकहाँ आए र तिनलाई भने, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लानुहुनेछ भनी के तपाईंलाई थाहा छ ?” एलीशाले जवाफ दिए, “हो, मलाई थाहा छ, तर यसबारेमा कुरा नगर ।”
2KI 2:6 तब एलियाले तिनलाई भने, “कृपागरी, यहीँ बस, किनकि परमप्रभुले मलाई यर्दनमा पठाउनुभएको छ ।” एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्छु, म तपाईंलाई छोड्नेछैनँ ।” त्यसैले ती दुई जना गइरहे ।
2KI 2:7 पछि यी दुई जना यर्दन नदीनेर उभिरहँदा तिनीहरूका सामु अगमवक्ताहरू पचास जना छोराहरू उभिए ।
2KI 2:8 एलियाले आफ्नो खास्टो उतारे, त्यसलाई बेह्रे अनि त्यसले पानीलाई हिर्काए । नदी दुईतिर विभाजित भयो जसको कारणले ती दुई जना सुक्खा जमिनबाट हिंडे ।
2KI 2:9 तिनीहरू पारि पुगेपछि एलियाले एलीशालाई भने, “तिमीबाट मलाई लानुअघि तिम्रो निम्ति मैले के गर्नुपर्छ मलाई भन ?” एलीशाले जवाफ दिए, “तपाईंको आत्माको दोब्बर भाग ममा आउन दिनुहोस् ।”
2KI 2:10 एलियाले भने, “तिमीले कठिन कुरा मागेका छौ । तापनि तिमीबाट मलाई लगिएको तिमीले देख्यौ भने, तिम्रो निम्‍ति यो हुनेछ, तर देखेनौ भने, यो हुनेछैन ।”
2KI 2:11 तिनीहरू कुराकानी गर्दै अगाडि बढ्दा थिए, हेर, एउटा अग्‍निमय रथ र घोडाहरू देखा परे, जसले यी दुई जना मानिसलाई एक-अर्काबाट अलग गरिदियो, अनि एलिया हावाको भूमरीद्वारा स्वर्गमा लगिए ।
2KI 2:12 एलीशाले यो देखे र तिनी चिच्‍च्याए, “हे मेरा पिता, हे मेरा पिता, इस्राएलका रथहरू र तिनीहरूका घोडाहरू !” तिनले एलियालाई फेरि देखेनन्, र तिनले आफ्‍ना वस्‍त्र समाते र दुई भागमा च्याते ।
2KI 2:13 तिनले एलियाबाट खसेको खास्टो उठाए र यर्दन नदीको किनारमा खडा हुनलाई फर्केर गए ।
2KI 2:14 एलियाबाट खसेको खास्टोले तिनले पानीलाई हिर्काए र भने, “एलियाका परमप्रभु परमेश्‍वर कहाँ हुनुहुन्छ ? जब तिनले पानीलाई हिर्काए तब त्‍यो दुईतिर विभाजित भयो र एलीशा पारि गए ।
2KI 2:15 जब यरीहोबाट आएका अगमवक्ताहरूका छोराहरूले तिनी पारि तरेको देखे तब तिनीहरूले भने, “एलियाका आत्माले एलीशामा बास गरेको छ ।” त्यसैले तिनलाई भेट्न तिनीहरू आए, र तिनको अघि आफैलाई भुइँसम्मै निहुराए ।
2KI 2:16 तिनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईंका दासहरूका माझमा पचास जना बलिया मानिस छन् । हामी अनुरोध गर्छौं कि तिनीहरूलाई जान र तपाईंका मालिकको खोजी गर्न दिनुहोस्, कतै परमप्रभुका आत्माले तिनलाई माथि लानुभएको र तिनलाई कुनै पहाड वा उपत्यकामा फाल्‍नुभएको छ कि?” एलीशाले जवाफ दिए, “अहँ, तिनीहरूलाई नपठाओ ।”
2KI 2:17 तर एलिशा लाजमा पारून्‍जेलसम्म तिनीहरूले बिन्ती गरेको हुनाले तिनले भने “तिनीहरूलाई पठाओ ।” तब तिनीहरूले पचास जना मानिस पठाए, र तिनीहरूले तिन दिनसम्म खोजी गरे, तर तिनलाई पाएनन् ।
2KI 2:18 एलीशा यरीहोमा हुँदा तिनीहरू तिनीकहाँ फर्केर आए, र तिनले तिनीहरूलाई सोधे, “के 'नजाओ' भनी मैले तिमीहरूलाई भनेको थिइनँ र ?”
2KI 2:19 सहरका मानिसहरूले एलीशालाई भने, “हेर्नुहोस्, तपाईं देख्‍न सक्‍नुहुन्छ यो सहरको अवस्था राम्रै छ, तर पानी दूषित छ, र जमिनले फल दिंदैन ।”
2KI 2:20 एलीशाले जवाफ दिए, “एउटा नयाँ कचौरा मकहाँ लेओ, र यसभित्र नून हाल ।” त्यसैले तिनीहरूले त्‍यो तिनीकहाँ ल्याए ।
2KI 2:21 एलीशा पानीको मुहानमा गए, र त्यसमा नुन छर्किदिए । तब तिनले भने, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'मैले यो पानीलाई शुद्ध पारेको छु । अब फेरि मृत्यु हुने वा फलविहीन जमिन हुनेछैन' ।”
2KI 2:22 त्यसैले एलीशाले बोलेको वचनद्वारा आजको दिनसम्म पानी शुद्ध छ ।
2KI 2:23 त्यसपछि एलीशा त्यहाँबाट बेथेलमा गए । तिनी बाटोमा जाँदै गर्दा सहरबाट केही केटाहरू आए र तिनको खिसी गरे। तिनीहरूले भने, “ए मुडुले, तिमी माथि जाऊ ! ए मुडुले, तिमी माथि जाऊ!”
2KI 2:24 एलीशा आफ्‍नो पछाडि फर्के र तिनीहरूलाई देखे । तिनीहरूमाथि सराप परोस् भनी तिनले परमप्रभुलाई पुकारे । त्यसपछि जङ्गलबाट दुईवटा पोथी भालु निस्केर आयो र बयालिस जना केटाहरूलाई घाइते बनाए ।
2KI 2:25 तब एलीशा त्यहाँबाट कर्मेल डाँडामा गए, र त्यहाँबाट तिनी सामरिया फर्के ।
2KI 3:1 यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योरामले सामरियामा बसेर इस्राएलमा राज्‍य गर्न थाले । तिनले बाह्र वर्ष राज्य गरे ।
2KI 3:2 परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे, तर आफ्ना आमाबाबुले गरेझैँ त गरेनन् । किनकि आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्गाको मूर्तिलाई तिनले हटाए ।
2KI 3:3 तापनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापहरूमा तिनी लागे । तिनी तीबाट फर्केनन् ।
2KI 3:4 मोआबका राजा मेशाले भेडाहरू पाल्थे । तिनले इस्राएलका राजालाई एक लाख भेडाका पाठा र एक लाख भेडाका ऊन दिनुपर्थ्यो ।
2KI 3:5 तर आहाब मरेपछि मोआबका राजाले इस्राएलको राजाको विरुद्धमा विद्रोह गरे ।
2KI 3:6 त्यसैले त्यस बेला युद्धको लागि सारा इस्राएललाई भेला गराउन राजा योरामले सामरिया छाडे ।
2KI 3:7 तिनले यहूदाका राजा यहोशापातलाई यसो भनेर सन्देश पठाए, “मोआबका राजा मेरो विरुद्धमा बागी भएका छन् । मोआबको विरुद्धमा तपाईं मसँगै युद्ध गर्न जानुहुन्छ ?” यहोशापातले जवाफ दिए, “म जानेछु । म तपाईंजस्तै हुँ, मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन्, मेरा घोडाहरू तपाईंका घोडाहरूजस्तै हुन् ।”
2KI 3:8 तब तिनले भने, “हामीले कुन दिशाबाट आक्रमण गर्नुपर्छ ?” यहोशापातले जवाफ दिए, “एदोमको उजाड-स्थानको बाटोबाट ।”
2KI 3:9 त्यसैले यहूदाका राजा र एदोमका राजासँगै इस्राएलका राजा गए । तिनीहरू सात दिनसम्म यताउता भौंतारिए, अनि त्यहाँ सेनाका निम्‍ति र तिनीहरूलाई पछ्याउने पशुहरूका निम्‍ति पानी भएन ।
2KI 3:10 त्यसैले इस्राएलका राजाले भने, “यो के हो ? के परमेश्‍वरको मोआबको हातमा सुम्पिदिन हामी तिन जना राजालाई बोलाउनुभएको हो ?”
2KI 3:11 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै अगमवक्ता छैनन् जसद्वारा हामी परमप्रभुसँग सल्‍लाह लिन सक्छौँ ?” इस्राएलका राजाका सेवकमध्‍ये एक जना जवाफ दियो र भन्‍यो, “शाफातका छोरा एलीशा यहीँ छन् जसले एलियाका हातमा पानी हाल्‍थे ।”
2KI 3:12 यहोशापातले भने, “परमप्रभुको वचन तिनीसित छ ।” त्यसैले इस्राएलका राजा यहोशापात र एदोमका राजा तिनीकहाँ तल गए ।
2KI 3:13 एलीशाले इस्राएलका राजालाई भने, “मेरो तपाईंसित के सरोकार छ र ? तपाईंका बुबाआमाका अगमवक्ताहरूकहाँ जानुहोस् ।” त्यसैले इस्राएलका राजाले तिनलाई भने, “अहँ, परमप्रभुले हामी तिन जना राजालाई एकैसाथ मोआबको हातमा सुम्पिदिनलाई बोलाउनुभएको छ ।”
2KI 3:14 एलीशाले भने, “सर्वशक्तिमान् परमप्रभु जिवित जसको सामु म खडा हुन्छु, उहाँको नाउँमा शपथ खाएर म भन्छु । मैले यहूदाका राजा यहोशापातको उपस्थितिलाई आदर नगर्ने भए म तपाईंलाई ध्‍यान दिने थिइनँ वा तपाईंलाई हेर्ने पनि थिइनँ ।
2KI 3:15 तर अब मकहाँ एक जना सङ्गीतकार ल्याउनुहोस् ।” जब वीणा बजाउनेले वीणा बजाए तब परमप्रभुको हात एलीशामाथि पर्‍यो ।
2KI 3:16 तिनले भने, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'यो सुक्खा नदीको उपत्यकालाई खाल्डै-खाल्डो बनाओ ।'
2KI 3:17 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'तिमीहरूले बतास देख्‍नेछैनौ, न त वर्षा देख्‍नेछौ, तर यो नदीको उपत्यका पानीले भरिनेछ, अनि तिमीहरू, तिमीहरूका गाईवस्तु र सबै पशुले पिउनेछौ ।'
2KI 3:18 यो परमप्रभुको दृष्‍टिमा मामुली कुरो हो । उहाँले तिमीहरूलाई मोआबीहरूमाथि विजयी पनि तुल्याउनुहुनेछ ।
2KI 3:19 किल्लाले घेरिएको हरेक सहर र हरेक असल सहरलाई तिमीहरूले आक्रमण गर्नेछौ, हरेक असल रुखलाई काटेर ढालिदिनेछौ, पानीका सबै मुहान बन्द गरिदिनेछौ र हरेक असल खेतलाई ढुङ्गाले विनाश गरिदिनेछौ ।”
2KI 3:20 त्यसैले बिहान बलि चढाउने समयमा एदोमको दिशाबाट पानी आयो । देश पानीले भरियो ।
2KI 3:21 जब सारा मोआबीहरूले तिनीहरूको विरुद्धमा लडाइँ गर्न राजाहरू आए भनी सुने, तिनीहरूमा हतियार भिर्न सक्‍ने सबै जनाले आफैलाई एकसाथ भेला गराए र तिनीहरू सिमानामा तैनाथ भए ।
2KI 3:22 तिनीहरू बिहान सबेरै ब्युँझे र पानीमा घाम प्रतिबिम्‍बित भयो । मोआबीहरूले तिनीहरूको सामु भएको पानी हेरे, तब त्‍यो रगतजस्तै रातो देखियो ।
2KI 3:23 तिनीहरू चिच्‍च्याए, “यो त रगत पो हो ! निश्‍चय नै राजाहरूको नाश भएको छ र तिनीहरूले एक-अर्कालाई मारेका छन्! त्यसैले, हे मोआबी हो, हामी गएर तिनीहरूलाई लुटौँ ।”
2KI 3:24 जब तिनीहरू इस्राएलको छाउनीमा आए, तब इस्राएलीहरूले तिनीहरूलाई छक्‍क पारे र मोआबीहरूलाई आक्रमण गरे जो तिनीहरूका सामुबाट भागे । इस्राएलका सेनाले मोआबीहरूलाई मार्दै तिनीहरूलाई देशको पारिसम्म खेदे ।
2KI 3:25 तिनीहरूले सहरहरू नष्‍ट पारे, र हरेक असल खेत ढुङ्गाले नभरिएसम्म हरेक मानिसले ढुङ्गा फ्याँके । तिनीहरूले हरेक पानीको मुहान थुनिदिए, र सबै असल रुखहरू काटिदिए । कीर-हरेशेत मात्र ढुङ्गाहरूसमेत त्यसको ठाउँमा छोडियो । तर घुयेँत्रो भिरेका सिपाहीहरूले त्यसलाई पनि घेरा हाले र आक्रमण गरे ।
2KI 3:26 जब मोआबका राजा मेशाले युद्ध हारेको देखे, तब पार गरेर एदोमका राजाकहाँ जानलाई तिनले सात सय जना तरवार भिरेका मानिसलाई आफूसँग लगे, तर तिनीहरू सफल भएनन् ।
2KI 3:27 तब तिनले आफ्नो जेठो छोरो लिए जो तिनीपछि राजा हुनेथिए र तिनलाई होमबलिको रूपमा पर्खालमा चढाए । यसैले इस्राएलको विरुद्धमा चर्को क्रोध पर्‍यो, र इस्राएली सेनाले राजा मेशालाई छाडे रतिनीहरूका आफ्‍नै देशमा फर्के ।
2KI 4:1 अगमवक्ताका छोराहरूमध्ये एउटाकी पत्‍नी एलीशाकहाँ रुँदै आएर यसो भनिन्, “मेरा पति तपाईंका दास मर्नुभयो, र तपाईंका दास परमप्रभुदेखि डराउनुहुन्थ्यो भनी तपाईंलाई थाहा छ । अब मेरा दुई छोरालाई कमारा बनाउन लैजानलाई ऋणदाता आएका छन् ।”
2KI 4:2 त्यसैले एलीशाले तिनलाई भने, “तिम्रो निम्ति म के गरौं ? घरमा तिमीसँग के छ मलाई भन ।” तिनले भनिन्, “तपाईंका दासीको घरमा एउटा भाँडोमा तेलबाहेक केही छैन ।”
2KI 4:3 तब एलीशाले भने, “तिम्रा छिमेकीहरूबाट रित्ता भाँडाहरू पैँचो माग्‍न जाऊ । सकेजति धेरै पैँचो माग ।
2KI 4:4 त्यसपछि तिमी भित्र जाऊ र तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गर, अनि ती सबै भाँडामा तेल खन्याऊ । भरिएका भाँडाहरू एकापट्टि राख ।”
2KI 4:5 त्यसैले तिनी एलीशाबाट विदा भइन्, र तिनले आफ्ना छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गरिन् । तिनीहरूले तिनीकहाँ भाँडाहरू ल्याए, र तिनले ती तेलले भरिन् ।
2KI 4:6 जब ती भाँडाहरू भरिए तब तिनले आफ्नो छोरोलाई भनिन्, “ अर्को भाँडा मकहाँ ल्याऊ ।” तर उसले तिनलाई भन्‍यो, “अब एउटै भाँडा पनि छैन।” त्यसपछि तेल आउन पनि छाड्यो ।
2KI 4:7 तब तिनी आइन् र परमेश्‍वरका मानिसलाई त्यो कुरो बताइन् । तिनले भने, “गएर तेल बेच । तिम्रो ऋण तिर, र आफ्ना छोराहरूसित आरामसित बस ।”
2KI 4:8 एक दिन एलीशा शूनेममा गए जहाँ एक जना प्रतिष्‍ठित स्‍त्री बस्थिन् । उनले तिनलाई तिनीसँगै खाना खान अनुरोध गरिन् । त्यसैले जब एलीशा त्यो बाटो भएर जान्थे, तब तिनी खानको लागि त्यहाँ रोकिन्थे ।
2KI 4:9 ती स्‍त्रीले आफ्ना पतिलाई भनिन्, “हेर्नुहोस्, अब मलाई थाहा भयो, कि यिनी परमेश्‍वरका पवित्र मानिस हुन् जो सधैँ यो बाटो हिंड्‍छन् ।
2KI 4:10 कौसीमा एलीशाको लागि एउटा सानो कोठा बनाऔँ, र त्यसमा एउटा खाट, टेबल, आसन र बत्ती राखौँ । तब तिनी हामीकहाँ आउँदा तिनी त्यहीँ बस्‍नेछन् ।”
2KI 4:11 यसरी फेरि एक दिन आयो जतिबेला एलीशा त्‍यहाँ रोकिए, तिनी त्‍यो कोठामा बसे, र त्यहीँ विश्राम गरे ।
2KI 4:12 एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “ती शूनम्मीलाई बोला ।” त्यसले तिनलाई बोलाएपछि तिनी एलीशाको सामु खडा भइन् ।
2KI 4:13 एलीशाले उसलाई भने, “तिनलाई भन्, 'हाम्रो वास्ता गर्न तिमीले यो सबै कष्‍ट झेलेकी छ्यौ । तिम्रो लागि के गर्न सकिन्छ ? के हामी तिम्रो लागि राजा वा सेनापतिसित कुरा गरौं' ?” तिनले जवाफ दिइन्, “मेरा आफ्नै जातिको बिचमा म बस्‍दैछु ।”
2KI 4:14 त्यसैले एलीशाले भने, “त्यसो हो भने, तिनको लागि हामी के गर्न सक्छौँ त ?” गेहजीले जवाफ दियो, “वास्तवमा तिनीसँग छोरो छैन, र तिनका पति बुढो भएका छन् ।”
2KI 4:15 त्यसैले एलीशाले भने, “तिनलाई बोला ।” जब त्यसले तिनलाई बोलायो, तिनी ढोकामा खडा भइन् ।
2KI 4:16 एलीशाले भने, “एक वर्षपछि यही समयमा तिम्रो काखमा एउटा छोरो हुनेछ ।” तिनले जवाफ दिइन्, “होइन, हे मेरा मालिक र परमेश्‍वरका मानिस, आफ्नी दासीसित झुट नबोल्नुहोस् ।”
2KI 4:17 तर एलीशाले त्‍यो स्‍त्रीलाई भनेझैँ तिनी गर्भवती भइन् र अर्को वर्ष ठिक त्यही समयमा एउटा छोरो जन्माइन् ।
2KI 4:18 बालक हुर्केपछि एक दिन त्यो आफ्नो बुबाकहाँ गयो जो कटनी गर्नेहरूसँगै थिए ।
2KI 4:19 त्यसले आफ्नो बुबालाई भन्यो, “मेरो टाउको दुख्यो । मेरो टाउको दुख्‍यो । उसका बुबाले आफ्नो सेवकलाई भने, “त्यसलाई त्यसकी आमाकहाँ लिएर जाऊ ।”
2KI 4:20 जब नोकरले केटोलाई उठाएर त्यसकी आमाकहाँ ल्यायो तब केटो मध्यान्हसम्म आमाको काखमा बस्यो, र त्यो मर्‍यो ।
2KI 4:21 त्यसैले ती स्‍त्री उठिन्, र केटोलाई परमेश्‍वरका मानिसको ओछ्यानमा सुताइन्, ढोका बन्द गरेर बाहिर निस्किन् ।
2KI 4:22 तिनले आफ्ना पतिलाई बोलाइन् र भनिन्, “कृपया, मलाई एक जना नोकर र एउटा गधा पठाउनुहोस् ताकि म छिटो परमेश्‍वरका मानिसकहाँ जान र फर्केर आउन सकूँ ।”
2KI 4:23 तिनका पतिले भने, “किन तिमी आजै उहाँकहाँ जान चाहन्छ्यौ ? आज न औँसी हो, न त शबाथ हो ।” उनले जवाफ दिइन्, “यो ठिक हुनेछ ।”
2KI 4:24 त्यसपछि उनले गधामा काठी कसिन्, र आफ्नो सेवकलाई भनिन्, “छिटो कुदा । मैले नभनेसम्म दौडन ढिला नगर ।”
2KI 4:25 त्यसैले तिनी गइन् र कर्मेल डाँडामा परमेश्‍वरका मानिस भएको ठाउँमा आइन् । जब परमेश्‍वरका मानिसले टाढैबाट तिनलाई देखे तिनले आफ्नो सेवक गेहजीलाई भने, “हेर्, शूनम्मी स्‍त्री आउँदैछिन् ।
2KI 4:26 तिनलाई भेट्न दौडेर जा र तिनलाई सोध, 'तिमी, तिम्रा पति र छोरोलाई सबै ठिकै छ' ?” तिनले भनिन्, “ठिकै छ ।”
2KI 4:27 जब तिनी डाँडामा परमेश्‍वरका मानिस भएको ठाउँमा आइपुगिन् तब तिनले एलीशाको पाउ समातिन् । गेहजी तिनलाई हटाउनलाई अगाडि बढ्यो, तर परमेश्‍वरका मानिसले भने, “तिनलाई नछोऊ किनकि तिनी अत्यन्तै दुखी छिन्, र परमप्रभुले मबाट समस्या लुकाउनुभएको छ, र मलाई केही भन्‍नुभएको छैन ।”
2KI 4:28 तब तिनले भनिन्, “हे मेरा मालिक, मैले, तपाईंसँग छोरो मागेकी थिएँ र ? मैले 'मलाई नछकाउनुहोस्' भनेकी थिइनँ र' ?”
2KI 4:29 तब एलीशाले गेहजीलाई भने, “यात्राको लागि लुगा लगा, र तेरो हातमा मेरो लट्ठी समात् । तिनको घरमा जा । कुनै मानिसलाई भेटिस् भने अभिवादन नगर्, र कसैले तँलाई अभिवादन गर्‍यो भने जवाफ नदे । बालकको अनुहारमा मेरो लट्ठी राखिदे ।”
2KI 4:30 तर बालककी आमाले भनिन्, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर म भन्छु, कि म तपाईंलाई छाड्दिनँ ।” त्यसैले एलीशा उठे, र तिनको पछि लागे ।
2KI 4:31 गेहजी तिनीहरूभन्दा अगिअगि गयो र बाललको अनुहारमा लट्ठी पसार्‍यो, तर बालकले बोलेन र सुनेन । त्यसैले गेहजी एलीशालाई भेट्न फर्क्यो र तिनलाई यसो भन्यो, “बालक ब्युँझेको छैन ।”
2KI 4:32 जब एलीशा घरमा आइपुगे, तब बालक मरिसकेको थियो, र ओछ्यानमा शान्‍त थियो ।
2KI 4:33 त्यसैले एलीशा भित्र गएर बालक र आफूलाई राखेर ढोका बन्द गरे, र परमप्रभुलाई प्रार्थना चढाए ।
2KI 4:34 तिनी ओछ्यानमाथि चढे र बालकमाथि सुते । तिनले आफ्नो मुख उसको मुखमा, आफ्ना आँखा उसको आँखामा, र आफ्ना हात उसको हातमा राखे । तिनले आफैलाई बालकमाथि लमतन्‍न पारे, र बालकको शरीर न्यानो भयो ।
2KI 4:35 तब एलीशा उठे, र कोठाको वरिपरि घुमे अनि तिनी फेरि ओछ्यानमा चढे र बालकमाथि लमतन्‍न परे । बालकले सात पटक छिउँ काड्‍यो र आफ्ना आँखा खोल्यो ।
2KI 4:36 त्यसैले एलीशाले गेहजीलाई बोलाए र भने, “शूनम्मीलाई बोला ।” त्यसले उनलाई बोलायो, र जब तिनी कोठाभित्र आइन्, तब एलीशाले भने, “तिम्रो छोरोलाई बोक ।”
2KI 4:37 तब एलीशाको पाउमा तिनी भुइँसम्‍मै घोप्टो परिन्, अनि आफ्नो छोरोलाई उठाइन् र बाहिर गइन् ।
2KI 4:38 तब एलीशा फेरि गिलगालमा आए । देशमा अनिकाल परेको थियो अनि अगमवक्ताहरूका छोराहरू तिनका सामु बसिरहेका थिए । तिनले आफ्नो सेवकलाई भने, “आगोमा ठुलो भाँडो बसाल र यी अगमवक्ताहरूका छोराहरूका निम्ति जाउलो पका ।”
2KI 4:39 तिनीहरूमध्‍ये एक जना तरकारी खोज्न बारीमा गयो । त्यसले जङ्गली दाख भेट्टायो, र त्यसले जङ्गली लौका आफ्नो पोल्टाभरि जम्मा गर्‍यो । तिनीहरूले ती काटे र जाउलोमा हाले, तर ती कस्‍ता किसिमका थिए भनी तिनीहरूलाई थाहा थिएन ।
2KI 4:40 मानिसहरूले खानलाई तिनीहरूले जाउलो खन्याए । पछि तिनीहरूले खाँदै गर्दा तिनीहरू चिच्‍च्याए र भने, “हे परमेश्‍वरका मानिस, भाँडामा त मृत्यु पो छ ।” त्यसैले तिनीहरूले त्यो फेरि खान सकेनन् ।
2KI 4:41 तर एलीशाले भने, “केही पिठो ल्याऊ ।” तिनले त्यसलाई भाँडोभित्र हाले र भने, “मानिसहरूलाई यो खान देऊ ताकि तिनीहरूले त्‍यो खानसकून् ।” तब त्‍यस भाँडोमा त्यस्तो हानिकारक कुनै कुरो बाँकी रहेन ।
2KI 4:42 बाल-शलीशाको कोही एक जना मानिस परमेश्‍वरकका मानिसकहाँ आयो, र त्यसले अगौटे फलबाट तयार गरिएको जौँका बिसवटा रोटी र केही अन्‍नका ताजा बाला आफ्नो बोरामा लिएर आयो । त्यसले भन्यो, “यो मानिसहरूलाई दिनुहोस् ताकि तिनीहरूले खान सकून् ।”
2KI 4:43 तिनको सेवकले भन्यो, “एक सय जना मानिसलाई मैले यसबाट कसरी भाग पुर्‍याउन सक्छु र ?” तर एलीशाले भने, “यो मानिसहरूलाई ताकि तिनीहरूलेखान सकून्, किनकि परमप्रभु भन्‍नुहुन्छ, 'तिनीहरूले खानेछन्, र केही बच्‍नेछ' ।”
2KI 4:44 त्यसैले तिनको सेवकले त्यो तिनीहरूका सामु राखिदियो र तिनीहरूले खाए अनि परमप्रभुको वचनले प्रतिज्ञा गरेझैँ केही बच्‍यो ।
2KI 5:1 अरामका राजाका सेनापति नामान आफ्ना मालिकको दृष्‍टिमा महान् र इज्‍जतदार मानिस थिए किनकि तिनीद्वारा परमप्रभुले अरामलाई विजय दिनुभएको थियो । तिनी बलिया र साहसी मानिस पनि थिए, तर तिनी कुष्ठरोगी थिए ।
2KI 5:2 अरामीहरू दलहरूमा मिलेर हमला गर्न गएका थिए, र तिनीहरूले इस्राएल देशबाट एउटी सानी केटीलाई ल्याएका थिए । त्यसले नामानकी पत्‍नीको सेवा गर्थी ।
2KI 5:3 केटीले आफ्नी मालिक्‍नीलाई भनी, “मेरा मालिक सामरियामा भएका अगमवक्ताको साथमा भएको भए हुन्थ्यो! तब उहाँले मेरा मालिकलाई कुष्ठरोगबाट निको पार्नुहुन्थ्यो ।”
2KI 5:4 त्यसैले नामान भित्र प्रवेश गरे, र इस्राएल देशबाट ल्याइएकी त्‍यो केटीले के भनेकी थई त्‍यो राजालाई भने ।
2KI 5:5 त्‍यसैले अरामका राजाले भने, “अब जाऊ, र म इस्राएलका राजालाई एउटा चिठी पठाउनेछु ।” नामान गए र तिन सय चालिस किलो चाँदी, सत्तरी किलो सुन र दस जोर लुगा तिनले आफूसितै लगे ।
2KI 5:6 तिनले इस्राएलका राजाको निम्ति चिठी पनि लिएर गए जसमा लेखिएको थियो, “जब यो चिठी तपाईंकहाँ ल्याइन्छ मैले तपाईंकहाँ आफ्‍नो सेवकलाई पठाएको तपाईंले देख्‍नुहुनेछ, ताकि तपाईंले तिनको कुष्ठरोगबाट तिनलाई निको पारिदिनुहोस् ।”
2KI 5:7 जब इस्राएलका राजाले चिठी पढेका थिए, तब तिनले आफ्ना लुगा च्याते र भने, “आफैमा कुष्ठरोग भएको मानिसलाई मैले निको पारोस् भनी यो मानिसले इच्‍छा गर्नलाई मार्न र जिउँदो पार्न के म परमेश्‍वर हुँ र ? उसले मसित झगडाको निहुँ खोजेको जस्‍तो पो लाग्‍दैछ ।”
2KI 5:8 त्‍यसैले इस्राएलका राजालले आफ्ना लुगा च्याते भनी जब परमेश्‍वरका मानिस एलीशाले सुने, तब तिनले राजालाई यसो भनी समाचार पठाए, “किन तपाईंले आफ्नो लुगा च्यात्‍नुभएको ? अब ऊ मकहाँ आओस्, र इस्राएलमा अगमवक्ता रहेछन् भनी उसले थाहा पाउनेछ ।”
2KI 5:9 त्यसैले नामान आफ्ना घोडाहरू र रथहरू लिएर आए र एलीशाको घरको ढोकामा उभिए ।
2KI 5:10 एलीशाले तिनीकहाँ यसो भनेर एक जना सन्देशवाहक पठाए, “जानुहोस् र यर्दनमा आफूलाई सातपल्ट डुबुल्की लगाउनुहोस् र तपाईंको देह पहिलेको जस्तै हुनेछ । तपाईं शुद्ध बन्‍नुहुनेछ ।”
2KI 5:11 तर नामान रिसाए र यसो भन्दै गए, “हेर, निश्‍चय नै तिनी मकहाँ बाहिर आउँनेछन् र खडा हुनेछन् अनि तिनले आफ्ना परमप्रभु परमेश्‍वरको नाउँ पुकार्नेछन् र मेरो कुष्ठरोगमाथि आफ्‍ना हात हल्‍लाउँनेछन् र मेरो कुष्‍टरोग निको पार्नेछन् भनी मैले सोचेको थिएँ ।
2KI 5:12 के दमस्कसका अबाना र फारपर नदीहरू इस्राएलका सबै पानीभन्दा असल छैनन् र ? के म तिनमा नुहाएर शुद्ध हुन सक्दिनँ र ?” त्‍यसैले तिनी फर्के र क्रुद्ध हुँदै आफ्नो बाटो लागे ।
2KI 5:13 तब नामानका सेवकहरू नजिक आए, र तिनलाई भने, “हे मेरा पिता, अगमवक्ताले तपाईंलाई कुनै कठिन कुरो गर्न लगाएको भए के तपाईंले त्‍यो गर्नुहुने थिएन र ? त्‍यसको बदलामा 'आफैलाई डुबुल्की लगाउन र शुद्ध हुन' भन्दा झन् किन नगर्ने त ?”
2KI 5:14 तब तिनी तल गए र परमेश्‍वरका मानिसको सल्‍लाह मानेर यर्दमा आफैलाई सात पल्ट डुबुल्की लगाए । तिनको देह बच्‍चाको झैँ पहिलेजस्तै भयो र तिनी निको भए ।
2KI 5:15 नामान र तिनको दल परमेश्‍वरका मानिसकहाँ फर्केर आए र तिनको सामु खडा भए । तिनले भने, “हेर्नुहोस्, सारा पृथ्वीमा इस्राएलमा बाहेक अन्त कतै परमेश्‍वर हुनुहुन्‍न रहेछ भनी अब मलाई थाहा भयो । त्यसकारण तपाईंको दासबाट उपहार ग्रहण गर्नुहोस् ।”
2KI 5:16 तर एलीशाले जावाफ दिए, “परमप्रभु जसको सामु म खडा हुन्‍छु, उहाँको नाउँमा शपथ खाएर भन्छु, म केही लिने छैनँ ।” नामानले एलीशालाई उपहार लिन बिन्ती गरे तर तिनले इन्कार गरे ।
2KI 5:17 त्यसैले नामानले भने, “तपाईं लिनुहुन्‍न भने तपाईंका दासलाई दुईवटा खच्‍चरले बोक्‍न सक्‍ने माटो लान दिनुहोस् । किनकि अबदेखि तपाईंका दासले परमप्रभुबाहेक अन्य कुनै ईश्‍वरलाई न त होमबलि न बलिदान चढाउनेछ ।
2KI 5:18 यो एउटा कुरामा परमप्रभुले तपाईंको दासलाई क्षमा गरून्, त्‍यो हो, जब मेरा राजा रिम्मोनको मन्दिरमा पुजा गर्न जान्‍छन् अनि मेरो हातमा भर पर्छन्, अनि रिम्मोनको मन्दिरमा म पनि निहुरिन्छु, तब यस विषयमा परमप्रभुले हजुरको दासलाई क्षमा गरून् ।”
2KI 5:19 एलीशाले तिनलाई भने, “शान्तिसित जाऊ ।” यसरी नामान फर्केर गए ।
2KI 5:20 तिनी अलि पर मात्र पुगेका थिए, परमेश्‍वरका मानिस एलीशाको सेवक गेहजीले आफ्नो मनमा भन्यो, “मेरा मालिकले यी अरामी नामानको हातबाट तिनले ल्याएका उपहारहरू ग्रहण नगरी तिनको बचत गर्नुभएको छ । परमप्रभुको नाउँमा शपथ खाएर म भन्छु, म तिनको पछि दौडेर जानेछु, र तिनीबाट केही लिनेछु ।”
2KI 5:21 त्यसैले गेहजी नामानको पछि गयो । जब नामानले तिनको पछि कोही दौडेर आएको देखे, तब आफ्नो रथबाट त्यसलाई भेट्न तिनी ओर्ले र भने, “के सबै कुरा ठिकै छ ?”
2KI 5:22 गेहजीले भन्यो, “सबै ठिकै कुरा छ । मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, 'हेर, एफ्राइमको पहाडी देशबाट अगमवक्ताहरूका छोराहरूमध्ये दुई जना युवा मकहाँ आएका छन् । कृपया, तिनीहरूलाई एक तोडा चाँदी र दुई जोर लुगा दिनुहोस् ।”
2KI 5:23 नामानले भने, “म तिमीलाई दुई तोडा चाँदी दिन अत्यन्तै खुसी छु ।” नामानले गेहजीलाई जिद्दी गरे र दुईवटा थैलामा दुई तोडा चाँदी र दुई जोर लुगा राखिदिए, अनि तिनले आफ्ना दुई जना सेवक दिए जसले ती थैलाहरू बोकेर गेहजीको अगि लागे ।
2KI 5:24 जब गेहजी डाँडामा आइपुग्यो त्यसले तिनीहरूका हातबाट चाँदीका थैलाहरू लियो र ती घरमा लुकायो । त्यसले ती मानिसहरूलाई पठायो र उनीहरू गए ।
2KI 5:25 जब गेहजी भित्र गयो र आफ्ना मालिकको अघि खडा भयो, तब एलीशाले भने, “ए गेहजी, तँ कहाँबाट आएको ?” त्यसले जवाफ दियो, “तपाईंको दास कतै गएन ।”
2KI 5:26 एलीशाले गेहजीलाई भने, “ती मानिसले तँलाई भेट्न आफ्नो रथ घुमाउँदा के मेरो आत्मा तँसितै थिएन र ? के यो रुपियाँ-पैसा र लत्ता कपडा, भद्राक्षका बोटहरू र दाखबारीहरू, भेडा-बाख्रा र गाई-गोरुहरू अनि कमारा-कमारीहरू ग्रहण गर्ने समय हो र ?
2KI 5:27 त्यसैले नामानको कुष्ठरोग तँ र तेरा सन्तानमाथि सधैँभरि रहनेछ ।” त्यसैले गेहजी हिउँजस्तै सेतो कुष्ठरोगी बनेर तिनको उपस्थितिबाट बाहिर गयो ।
2KI 6:1 अगमवक्ताहरूका छोराहरूले एलीशालाई भने, “ जुन ठाउँमा हामी तपाईंसँग बस्छौँ, त्यो हामी सबैका लागि ज्‍यादै साँघुरो छ ।
2KI 6:2 कृपा गरी हामी यर्दनमा जान र त्यहाँ हरेक मानिसले एउटा रुख काट्न अनि त्यहाँ एउटा ठाउँ बनाउने अनुमति हामीलाई दिनुहोस् जहाँ हामी बस्‍न सक्‍छौं ।” एलीशाले भने, “ यस काममा तिमीहरू अगि बढ ।”
2KI 6:3 तिनीहरूमध्ये एक जनाले भन्यो, “कृपा गरी आफ्ना दासहरूसँगै जानुहोस् ।” एलीशाले जवाफ दिए, “म जानेछु ।”
2KI 6:4 त्यसैले तिनीहरूसँगै तिनी गए र जब तिनीहरू यर्दनमा आइपुगे, तब तिनीहरूले रुखहरू काट्न सुरु गरे ।
2KI 6:5 तर एक जनाले काटिरहँदा बञ्चरोको टाउको पानीमा खस्यो । त्यसले चिच्‍च्याएर भन्यो, “हे मेरा मालिक, यो त मागेर ल्‍याएको थियो !”
2KI 6:6 त्यसैले परमेश्‍वरका मानिसले भने, “त्‍यो कहाँ खस्यो ?” त्यस मानिसले एलीशालाई त्यो ठाउँ देखायो । तब तिनले एउटा लट्ठी काटे, त्यसलाई पानीमा फाले र फलाम पनि तैरियो ।
2KI 6:7 एलीशाले भने, “त्यसलाई समात ।” त्यसैले त्यस मानिसले आफ्नो हात पसार्‍यो र बञ्चरो समात्यो ।
2KI 6:8 अब अरामका राजाले इस्राएलको विरुद्धमा युद्ध गरिरिहेका थिए । तिनले आफ्ना सेवकहरूसित यसो भनेर सल्लाह लिए, “मेरो छाउनी यस्तो-यस्तो ठाउँमा हुनेछ ।”
2KI 6:9 त्यसैले परमेश्‍वरका मानिसले इस्राएलका राजाकहाँ यसो भनेर मानिसहरू पठाए, “त्योबाट ठाउँबाट नजानुहोस् किनकि अरामीहरू त्यहाँ तल झर्दैछन् ।”
2KI 6:10 इस्राएलका राजाले त्यस ठाउँमा एउटा समाचार पठाए जसको विषयमा परमेश्‍वरका मानिसले बोलेका र चेताउनी दिएका थिए । एक वा दुई पटकभन्दा बढी राजा त्यहाँ जाँदा तिनी सावधान भए ।
2KI 6:11 यी चेताउनीहरूका बारेमा अरामका राजा क्रोधित तुल्याइए, र तिनले आफ्ना सेवकहरूलाई बोलाए र तिनीहरूलाई भने, “हाम्रा माझमा भएकाहरूमध्ये कसले इस्राएका राजालाई समर्थन गर्छ त्‍यो तिमीहरू मलाई भन्दैनौँ ?”
2KI 6:12 त्यसैले तिनका एक जना सेवकले भने, “हे मेरा मालिक राजा, हामीले गर्दैनौँ किनकि इस्राएलमा भएका एलीशा अगमवक्ताले तपाईंले आफ्नो सुत्‍ने कोठामा बोल्नुभएका कुरासमेत इस्राएलका राजालाई भनिदिन्छन् ।”
2KI 6:13 राजाले जवाफ दिए, “जाओ र एलीशा कहाँ छ हेर, ताकि मानिसहरू पठाएर म त्‍यसलाई समात्‍न सकूँ ।” तिनलाई यसो भनियो, “तिनी दोतानमा छन् ।”
2KI 6:14 त्यसैले राजाले दोतानमा एउटा ठुलो सेनासँगै घोडाहरू र रथहरू पठाए । तिनीहरू रातमा आए र सहरलाई घेरा हाले ।
2KI 6:15 जब परमेश्‍वरका मानिसको नोकर सबेरै उठ्‍यो र बाहिर गयो, हेर, एउटा ठुलो सेनाले घोडाहरू र रथहरू लिएर सहरलाई घेरेको थियो । तिनको सेवकले तिनलाई भन्यो, “ओहो ! मेरा मालिक, हामी के गरौँ ?”
2KI 6:16 एलीशाले जवाफ दिए, “नडरा, किनकि तिनीहरूसित भएकाहरूभन्दा हामीसित भएकाहरू धेरै छन् ।”
2KI 6:17 एलीशाले प्रार्थना गरे, “हे परमप्रभु, यसका आँखा खोलिदिनुहोस् ताकि यसले देख्‍न सकोस् भनी म बिन्ती गर्छु।” तब परमप्रभुले त्यस सेवकका आँखा खोल्‍नुभयो, र त्यसले देख्यो । हेर, एलीशाको वरिपरि डाँडामा अग्‍निमय घोडाहरू र रथहरूले भरिएको थियो !
2KI 6:18 जब अरामीहरू तल ओर्ली एलीशाकहाँ आए, तिनले परमप्रभुमा प्रार्थना गरे र भने, “यी मानिसहरूलाई अन्धा तुल्याउनुहोस् भनी म बिन्ती गर्छु ।” त्यसैले एलीशाले बिन्ती गरेझैँ परमप्रभुले तिनीहरूलाई अन्धा तुल्याउनुभयो ।
2KI 6:19 तब एलीशाले अरामीहरूलाई भने, “यो बाटो होइन, न त यो सहर नै हो । मेरो पछि लाग र तिमीहरूले खोजिरहेका मानिस भएको ठाउँमा म तिमीहरूलाई लानेछु ।” तब तिनीहरूलाई तिनले सामरिया लगे ।
2KI 6:20 जब तिनीहरू सामरिया आइपुगे, तब एलीशाले भने, “हे परमप्रभु, यी मानिसहरूका आँखा खोल्‍नुहोस् ताकि तिनीहरूले देखून् ।” परमप्रभुले तिनीहरूका आँखा खोल्‍नुहोस्, र तिनीहरूले देखे अनि हेर, तिनीहरू त सामरिया सहरको बिचमा पो रहेछन् ।
2KI 6:21 जब इस्राएलका राजाले तिनीहरूलाई देखे, तब तिनले एलीशालाई भने, “हे मेरा पिता, के म तिनीहरूलाई मारौं ? के म तिनीहरूलाई मारौं ?”
2KI 6:22 एलीशाले जवाफ दिए, “तपाईंले तिनीहरूलाई मार्नुहुँदैन । के तपाईंले आफ्नै तरवार र धनुले कैद गरेका मानिहरूलाई मार्नुहुन्थ्यो र ? तिनीहरूका सामु भोजन र पानी दिनुहोस्, ताकि तिनीहरूले खाऊन् र पिऊन् अनि आफ्ना मालिककहाँ जाऊन् ।”
2KI 6:23 त्यसैले राजाले तिनीहरूका लागि प्रशस्त भोजन तयार गरे, अनि जब तिनीहरूले खाए र पिए तब तिनीहरूलाई तिनले पठाइदिए र यसरी तिनीहरू आफ्ना मालिककहाँ फर्केर गए । अरामी सिपाहीका ती दलहरू लामो समयसम्म इस्राएल देशमा फर्केनन् ।
2KI 6:24 यो घटनापछि अरामका राजा बेन-हददले आफ्ना सारा सेना जम्मा गरे र सामरियालाई आक्रमण गरे र त्‍यसलाई घेरा हाले ।
2KI 6:25 त्यसैले सामरियामा ठुलो अनिकाल पर्‍यो । तिनीहरूले यति लामो समयसम्म घेरा हाले, जसले गर्दा गधाको एउटा टाउलाई एक किलो चाँदी र एक मुट्ठी दाललाई पचपन्‍न ग्राम चाँदीमा बिक्री गरियो ।
2KI 6:26 जब इस्राएलका राजा पर्खालमा हिंड्दै थिए, तब एउटी स्‍त्रीले रुँदै तिनलाई भनी, “हे मेरा मालिक राजा, मलाई मदत गर्नुहोस् ।”
2KI 6:27 तिनले भने, “परमप्रभुले नै तिमीलाई मदत गर्नुहुन्‍न भने म कसरी तिमीलाई मदत गर्न सक्छु र ? खलो वा दाखको कोलबाट कुनै कुरो आउँदैछ र ?”
2KI 6:28 राजाले निरन्‍रतर बोले, “तिमीलाई के कुराले कष्‍ट दिंदैछ ?” त्यसले जवाफ दिई, “यो स्‍त्रीले मलाई भनी, ‘तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी आज खाऊँ र हामी भोली मेरो छोरो खानेछौँ' ।’
2KI 6:29 त्यसैले हामीले मेरो छोरोलाई उसिन्‍यौं र त्‍यसलाई खायौँ, अनि अर्को दिन मैले त्यसलाई भनेँ, ‘तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी खाऊँ,’ तर त्यसले आफ्नो छोरो लुकाएकी छे ।”
2KI 6:30 जब राजाले त्‍यो स्‍त्रीको कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते (यति बेला तिनी पर्खालमा हिंडिरहेका थिए), र मानिसहरूले हेरे अनि तिनले कम्‍मरमा भाङ्ग्रा मात्र लगाएको देखे ।
2KI 6:31 तब तिनले भने, “आज शाफातका छोरा एलीशाको शिर बाँकी रह्‍यो भने परमेश्‍वरले मलाई पनि यसै र अनि त्योभन्दा बढी गरून् ।”
2KI 6:32 तर एलीशा आफ्नो घरमा बसिरहेका थिए र धर्म-गुरुहरू तिनीसँगै बसिरहेका थिए । राजाले आफ्‍नो अघि एक जना मानिसलाई पठाए तर त्‍यो सन्देशवाहक एलीशाकहाँ आइपुग्‍नु अघि तिनले धर्म-गुरुहरूलाई भने, “हेर्नुहोस्, त्‍यो हत्याराको छोरोले मेरो शिर काट्नलाई कसैलाई पठाएको छ । जब सन्देशवाहक आइपुग्छ तब ढोका थुन्‍नुहोस् र त्यसले ठेल्‍दा थामिराख्‍नुहोस् । के त्यसको पछाडि त्‍यसको मालिकको पाइलाको आवाज आएको छैन र ?”
2KI 6:33 तिनीहरूसित तिनले बोल्‍दाबोल्‍दै सन्देशवाहक तिनीकहाँ आयो । राजाले भनेका थिए, “परमप्रभुबाट नै यो समस्‍या आउँछ । अब फेरि मैले किन परमप्रभुको प्रतीक्षा गरिरहने ?”
2KI 7:1 एलीशाले भने, “परमप्रभुको वचन सुन्‍नुहोस् । परमप्रभु यसो भन्‍नुहुन्छ, 'भोलि यतिबेला सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बिक्री हुनेछ' ।”
2KI 7:2 तब जुन अधिकारीको हातको भरमा राजा हिंड्थे तिनले परमेश्‍वरका मानिसलाई जवाफ दिए र भने, “हेर्नुहोस्, परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र ?” एलीशाले जवाफ दिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।”
2KI 7:3 मूल ढोकाको ठिक बाहिर कुष्ठरोग लागेका चार जना मानिस थिए । तिनीहरूले एक-अर्कालाई भने, “हामी नमरेसम्म हामी यहाँ किन बसिरहने ?
2KI 7:4 हामी सहरमा जाऔं भनौं भने, सहरमा अनिकाल परेको छ र हामी त्यहाँ मर्नेछौं । हामी यहीँ बसौँ भने पनि हामी मर्नेछौँ । अब हामी अरामीहरूका सेना भएको ठाउँमा जाऔँ । तिनीहरूले हामीलाई जिउँदै राखे भने हामी जिउनेछौँ, र तिनीहरूले हामीलाई मारे भने हामी मर्नेछौँ ।”
2KI 7:5 त्यसैले अरामी छाउनीभित्र जानलाई तिनीहरू साँझपख उठे । जब तिनीहरू छाउनीको बाहिरी भागमा आइपुगे, त्यहाँ कोही पनि थिएन ।
2KI 7:6 किनकि परमप्रभुले अरामी सेनालाई रथहरू, घोडाहरूको होहल्‍लाजस्‍तै— अर्को ठुलो सेनाको होहल्‍ला सुन्‍ने पार्नुभएको थियो, अनि, अनि तिनीहरूले एक-अर्कालाई भने, “इस्राएलका राजाले हित्तीहरू र मिश्रीहरूका राजाहरूलाई भाडामा लिएर हाम्रो विरुद्धमा आएका छन् ।”
2KI 7:7 त्यसैले सिपाहीहरू उठे र साँझमा नै भागे । तिनीहरूले आफ्ना पालहरू, घोडाहरू, गधाहरू र छाउनीलाई जस्ताको तस्तै छाडे र आफ्‍नो ज्यान बचाउन भागे ।
2KI 7:8 जब कुष्‍टरोग लागेका मानिसहरू छाउनीको बाहिरी भागमा आइपुगे, तब तिनीहरू एउटा पालभित्र पसे र खानपान गरे अनि चाँदी, सुन र लुगाहरू उठाए र गएर ती लुकाए । तिनीहरू फर्केर आए र अर्को पालभित्र पसे र त्यहाँबाट पनि लुटका माल लगे र लुकाए ।
2KI 7:9 तब तिनीहरूले एक-अर्कालाई भने, “हामीले ठिक गरिरहेका छैनौँ । आजको दिन शुभ खबरको दिन हो, तर हामी यस बारेमा मौन बसिरहेका छौँ । बिहन नभएसम्म हामीले पर्ख्यौं भने हामीमाथि दण्ड आइपर्नेछ । तब हामी अब जाऔं र राजाको घरानालाई भनौं ।”
2KI 7:10 त्यसैले तिनीहरू गए र सहरका पालेहरूलाई बोलाए । तिनीहरूले उनीहरूलाई यसो भने, “हामी अरामीहरूका छाउनीमा गयौँ तर त्यहाँ कोही थिएन, कुनै मानिसको आवाज त्‍यहाँ सुनिएन, तर त्‍यहाँ घोडाहरू र गधाहरू बाँधिएका थिए अनि पालहरू जस्ताको तस्तै थिए ।”
2KI 7:11 तब पालेहरूले त्यो खबर ठुलो स्‍वरले फैलाए, अनि त्‍यसपछि भित्र राजाको घरानालाई पनि त्‍यो कुरा बताइयो ।
2KI 7:12 तब रातमा राजा उठे र आफ्ना सेवकहरूलाई भने, “अब अरामीहरूले हामीलाई के गरेका छन् भनी म तिमीहरूलाई भन्‍नेछु । हामी भोकाएका छौँ भनी तिनीहरूलाई थाहा छ । त्यसैले तिनीहरू छाउनीबाहिर खेतबारीमा लुक्‍न गएका छन् । तिनीहरू भन्दैछन्, 'जब तिनीहरू सहरबाहिर आउँछन्, तब हामी तिनीहरूलाई जिउँदै समात्‍ने छौँ, र सहरभित्र पस्‍नेछौँ’ ।”
2KI 7:13 राजाका एक जना सेवकले जवाफ दिए र भने, “केही मानिसहरूले सहरमा छाडिएका पाँचवटा घोडा लिएर जाऊन् । तिनीहरू इस्राएलका बाँकी जनसङ्ख्याजस्तै छन् अर्थात् अधिकांश मरिसकेका छन् । हामी तिनीहरूलाई पठाऊँ र हेरौँ।”
2KI 7:14 त्यसैले तिनीहरूले घोडाहरूसँगै दुईवटा रथ लिए र राजाले तिनीहरूलाई यसो भनेर अरामीहरूको सेनाको पछि पठाए, “जाओ र हेर ।”
2KI 7:15 तिनीहरू यर्दन नदीसम्मै तिनीहरूका पछि गए र अरामीहरूले हतारमा फालेका लुगा र सामनहरूले सबै बाटो भरिएका थिए । त्यसैले सन्देशवाहकहरू फर्के र राजालाई बताइदिए ।
2KI 7:16 मानिसहरू बाहिर निस्के र अरामीहरूको छाउनी लुटे । त्यसैले जस्‍तो परमप्रभुले भन्‍नुभएको थियो त्‍यस्‍तै भयो, एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बेचियो ।
2KI 7:17 जसको हातमा भर परेर राजा हिंड्थे ती अधिकारीलाई तिनले मूल ढोका हेर्ने जिम्मा दिएका थिए र मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे । राजाले परमेश्‍वरका मानिसलाई तिनको घरमा भेट्न जाँदा तिनले अगमवाणी गरेजस्‍तै तिनको मृत्‍यु भयो ।
2KI 7:18 त्‍यसैले त्‍यस्‍तै भयो जास्‍तो परमेश्‍वरका मानिसले राजालाई यसो भनेका थिए, “यति बेलातिर सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा तिन माना जौ र एक ग्राम चाँदीमा डेढ माना पिठो पाइनेछ ।”
2KI 7:19 ती अधिकारीले परमेश्‍वरका मानिसलाई जवाफ दिएका थिए, “हेर्नुहोस्, परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र ?” एलीशाले जवाफ दिएका थिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।”
2KI 7:20 तिनलाई ठिक त्यस्तै हुन आयो, किनकि मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे र तिनी मरे ।
2KI 8:1 अब एलीशाले त्‍यस स्‍त्रीसित बात गरेका थिए जसको छोरोलाई तिनले मृत्‍युबाट फेरि जिवित पारेका थिए । तिनले उनलाई भने, “उठ र आफ्ना घरानाको साथमा जाऊ र तिमीलाई जहाँ इच्छा लाग्‍छ त्‍यहाँ अर्को देशमा गएर बस, किनकि परमप्रभुले यस देशमा सात वर्षसम्म अनिकाल ल्याउने वचन दिनुभएको छ ।”
2KI 8:2 त्यसैले ती स्‍त्री उठिन् र परमेश्‍वरका मानिसको वचन मानिन् । तिनी आफ्ना घारानासित गइन् र सात वर्षसम्म पलिश्तीहरूको देशमा बसिन् ।
2KI 8:3 सात वर्षको अन्त्यमा ती स्‍त्री पलिश्तीहरूको देशबाट फर्किन्, अनि आफ्नो घर र जमिन फिर्ता पाउन राजाकहाँ विन्‍ति चढाउन गइन् ।
2KI 8:4 राजाले परमेश्‍वरका मानिसको सेवक गेहजीलाई यसो भन्दै थिए, “एलीशाले गरेका सबै महान् काम मलाई भन ।”
2KI 8:5 तब कसरी एलीशाले मेरको बच्‍चालाई मृत्‍युबाट फेरि जिवित पारेका थिए भनी राजालाई बताइरहँदा मृत्‍युबाट फेरि जिवित भएको बच्‍चाकी आमा आफ्नो परिवार र जमिनको निम्ति बिन्ती गर्न राजाकहाँ आइन् । गेहजीले भने, “हे मेरा मालिक राजा, ती स्‍त्री यिनै हुन् र तिनको छोरो यही हो जसलाई एलीशाले मृत्‍युबाट फेरि जिवित पारेका थिए ।”
2KI 8:6 जब राजाले त्‍यो स्‍त्रीलाई तिनको छोरोको बारेमा सोधे, तब तिनले त्‍यो कुरा उनलाई व्याख्या गरिन् । त्यसैले राजाले तिनको निम्ति यसो भनेर एक जना अधिकारीलाई खटाए, “जे तिनका थिए ती सबै अनि तिनले देश छाडेर गएको दिनदेखि अहिलेम्मको उक्‍त जमिनको उब्जनीसमेत तिनैलाई फिर्ता दिनू।”
2KI 8:7 एलीशा दमस्कसमा आए जहाँ अरामका राजा बेन-हदद बिरामी थिए । राजालाई भनियो, “परमेश्‍वरका मानिस यहाँ आएका छन् ।”
2KI 8:8 राजाले हजाएललाई भने, “आफ्नो हातमा उपहार लेऊ र गएर परमेश्‍वरका मानिसलाई भेट र तिनीद्वारा परमप्रभुसित यसो भनेर सल्‍लाह खोज, 'के म यस रोगबाट निको हुन्छु ?' ”
2KI 8:9 त्यसैले हजाएल तिनलाई भेट्न गए र तिनले आफूसित चालिसवटा ऊँटमाथि राखेर दमस्कसका हरेक असल थोक उपहार लगे । हजाएल आए र एलीशाको सामु खडा भए र भने, “तपाईंका छोरा अरामका राजा बेन-हददले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको छ, 'के म यस रोगबाट निको हुन्छु' ?”
2KI 8:10 एलीशाले तिनलाई भने, “जानुहोस्, र बेन-हददलाई भन्‍नुहोस्, 'निश्‍चय नै तपाईं निको हुनुहुनेछ,' तर तिनी निश्‍चय नै मर्नेछन् भनी परमप्रभुले मलाई देखाउनुभएको छ ।”
2KI 8:11 तब हजाएललाई शर्म नलागेसम्म एलीशाले तिनलाई एकटक लगाएर हेरे, अनि परमेश्‍वरका मानिस रोए ।
2KI 8:12 हजाएलले सोधे, “हे मेरा मालिक, तपाईं किन रुनुहुन्छ ?” तिनले जवाफ दिए, “किनकि तपाईंले इस्राएलका मानिसमाथि गर्ने खराबी मलाई थाहा छ । तपाईंले तिनीहरूका किल्लाहरू आगोमा जलाउनुहुनेछ, र तिनीहरूका युवाहरूलाई तरवारले मार्नुहुनेछ अनि तिनीहरूका बालबच्‍चालाई टुक्राटुक्रा पार्नुहुनेछ र गर्भवती स्‍त्रीहरूका पेट चिर्नुहुनेछ ।”
2KI 8:13 हजाएलले भने, “तपाईंको दास को हो जसले यति ठुलो काम गरोस् ? ऊ केवल एउटा कुकुर हो ।” एलीशाले भने, “तपाईं अरामका राजा बन्‍नुहुनेछ भनी परमप्रभुले मलाई देखाउनुभएको छ ।”
2KI 8:14 तब हजाएल एलीशाबाट बिदा भए र आफ्ना मालिककहाँ आए जसले तिनलाई सोधे, “एलीशाले तिमीलाई के भने ?” तिनले जवाफ दिए, “तपाईं निश्‍चय नै निको हुनुहुनेछ भनी तिनले मलाई बताए ।”
2KI 8:15 तब अर्को दिन हजाएलले कम्बल लिए र त्‍यो पानीमा चोपे, अनि त्‍यो बेन-हददको मुखमा राखिदए ताकि तिनी मरे । त्यसपछि तिनको ठाउँमा हजाएल राजा भए ।
2KI 8:16 इस्राएलका राजा आहाबका छोरा योरामको पाँचौँ वर्षमा यहोरामले राज्‍य गर्न थाले । तिनी यहूदाका राजा यहोशापातका छोरा थिए । यहोशापात यहूदाका राजा हुँदादेखि नै तिनले राज्‍य गर्न थाले ।
2KI 8:17 यहोरामले राज्‍य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए, र तिनले यरूशलेममा आठ वर्ष राज्य गरे ।
2KI 8:18 आहाबको घरानाले गरेझैँ, यहोराम इस्राएलका राजाहरूका चालमा हिंडे किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए, र परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही तिनले गरे ।
2KI 8:19 तापनि, परमप्रभुका दास दाऊदको कारणले उहाँले यहूदालाई नष्‍ट गर्न चाहनुभएन, किनकि तिनलाई सधैँ सन्तानहरू दिनेछु भनी उहाँले तिनलाई भन्‍नुभएको थियो ।
2KI 8:20 यहोरामको समयमा, यहूदाको विरुद्धमा एदोम बागी भयो र आफ्‍नो निम्‍ति आफैले राजा नियुक्‍त गर्‍यो ।
2KI 8:21 त्यसपछि यहोराम आफ्ना सबै रथ लिएर जाईरमा गए । जब एदोमीहरूले यहोरामलाई घेरा हाले, तब तिनका रथ सेनापतिहरू उठे र तिनीहरूलाई रातमा आक्रमण गरे। तर यहोरामका सेना भागे र आ-आफ्ना घर फर्के ।
2KI 8:22 त्यसैले आजको दिनसम्म नै एदोम यहूदाको शासनको विरुद्धमा बागी भएको छ । त्यसै बेला लिब्ना पनि बागी भयो ।
2KI 8:23 यहोराम, र तिनले गरेका सबै कामका बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
2KI 8:24 यहोराम आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूसँगै दाऊदको सहरमा गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए ।
2KI 8:25 इस्राएलका राजा आहाबका छोरा योरामको बार्‍हौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्‍य गर्न सुरु गरे ।
2KI 8:26 अहज्याहले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अतल्याह थियो । उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन् ।
2KI 8:27 अहज्याह आहाबको घरानाका चालमा हिंडे । आहाबको घरानाले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे किनकि अहज्याह आहाबको घरानाका ज्वाइँ थिए ।
2KI 8:28 रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न आहाबका छोरा योरामसितै अहज्याह गए । अरामीहरूले योरामलाई घाइते बनाए ।
2KI 8:29 अरामका राजा हजाएलको विरुद्धमा राजा योरामले लडाइँ गर्दा रामोतमा अरामीहरूले तिनमा पारेको चोटबाट निको हुन तिनी यिजरेलमा फर्के । त्यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह आहाबका छोरा योरामलाई भेट्न यिजरेलमा झरे किनकि योराम घाइते भएका थिए ।
2KI 9:1 अगमवक्ताहरूका छोराहरूमध्ये एक जनालाई एलीशा अगमवक्ताले बोलाए र तिनलाई भने, “यात्राको लागि लुगा लगाऊ, अनि तिम्रो हातमा तेलको यो सानो भाँडो लेऊ र रामोत-गिलादमा जाऊ ।
2KI 9:2 तिमी पुगेपछि निम्शीका नाति, यहोशापातका छोरा येहूलाई खोज, अनि भित्र जाऊ र तिनका साथीहरूका बिचबाट तिनलाई उठाऊ र भित्री कोठामा लैजाऊ ।
2KI 9:3 त्यसपछि तेलको भाँडो लेऊ र यो तिनको शिरमा खन्याऊ, र भन, 'परमप्रभु यसो भन्‍नुहुन्छः “मैले तँलाई इस्राएलको राजा अभिषेक गरेको छु ।” तब ढोका खोल, र दौड । ढिलो नगर ।”
2KI 9:4 त्‍यसैले ती जवान मानिस, जवान अगमवक्ता रामोत-गिलादमा गए ।
2KI 9:5 तिनी आइपुग्दा सेनापतिहरू बसिरहेका थिए । त्यसैले जवान अगमवक्ताले भने, “हे कप्‍तान, तपाईंलाई एउटा सन्‍देश लिएर आएको छु ।” येहूले भने, “हामीमध्ये कसलाई ?” जवान अगमवक्ताले जवाफ दिए, “तपाईंलाई कप्‍तान ।”
2KI 9:6 त्यसैले येहू उठेर घरभित्र गए र ती अगमवक्ताले येहूको शिरमाथि तेल खन्याए, र तिनलाई भने, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि अर्थात् परमप्रभुका मानिसहरूमाथि राजा अभिषेक गरेको छु ।
2KI 9:7 तैँले आफ्नो मालिक आहाबको घरानालाई मार्नुपर्छ, यसरी ईजेबेलको हातद्वारा मारिएका परमप्रभुका सबै सेवक अगमवक्ताहरूका रगत र मेरा सेवकहरूका रगतको बदला मैले लिन सक्छु ।
2KI 9:8 किनकि आहाबको पुरै घराना नष्‍ट हुनेछ, र म आहाबको घरानाबाट कमारा होस् वा फुक्‍का हरेक पुरुषलाई निमिट्ट्यान्‍न पार्नेछु ।
2KI 9:9 म आहाबको घरानालाई नबातका छोरा यारोबामको घराना र अहज्याहका छोरा बाशाको घरानाजस्तै तुल्याउनेछु ।
2KI 9:10 ईजेबेललाई यिजरेलमा कुकुरहरूले खानेछन्, र त्यसलाई गाड्ने कोही हुनेछैन' ।” तब अगमवक्ताले ढोका खोले र भागे ।
2KI 9:11 तब येहू आफ्ना मालिकका सेवकहरूकहाँ आए र एक जनाले तिनलाई सोधे, “के सबै कुरा ठिकै छ ? यो पागल मान्छे किन तपाईंकहाँ आएको ?” येहूले तिनीहरूलाई जवाफ दिए, “तिमीहरू यी मानिस र तिनले कस्ता किसिमका कुरा भन्छन् भनेर तिमीहरू जान्‍दछौ ।”
2KI 9:12 तिनीहरूले भने, “त्यो कुरा झुट हो । हामीलाई भन्‍नुहोस् ।” येहूले भने, “तिनले मलाई यी भने अनि यसो पनि भने, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेको छु' ।”
2KI 9:13 तब तिनीहरूले तुरुन्‍तै आ-आफ्ना बाहिरी वस्‍त्र उतारे र येहू हिंड्ने खुड्किलामा ओछ्याए । तिनीहरूले तुरही फुके र भने, “येहू राजा हुनुहुन्छ ।”
2KI 9:14 यसरी निम्शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे । अब योराम र सारा इस्राएलले अरामका राजा हजाएलको कारणले रामोत-गिलादलाई रक्षा गरिरहेका थिए,
2KI 9:15 तर अरामका राजा हजाएलको विरुद्धमा लड्दा राजा योरामलाई अरामीहरूले घाइते बनाएका हुनाले तिनी निको हुन यिजरेलमा फर्केका थिए । येहूले योरामका सेवकहरूलाई भने, “तिमीहरूको राय यस्तै छ भने यिजरेलमा गएर यो समाचार बताउनलाई कोही पनि भागेर सहरबाहिर जान नपाओस् ।”
2KI 9:16 त्यसैले येहू रथमा चढी यिजरेल गए । किनकि योरामले त्यहीँ विश्राम गर्दै थिए । त्यस बेला यहूदाका राजा अहज्याह योरामलाई भेट्न तल झरेका थिए ।
2KI 9:17 यिजरेलको धरहरामा पहरेदार खडा थियो, र त्यसले येहूका फौज आइरहेको टाढैबाट देख्यो । त्यसले भन्यो, “मानिसहरूको एउटा समूह आइरहेको मैले देख्दछु ।” योरामले भने, “एक जना घोडचढीलाई तिनीहरूलाई भेट्न पठा । त्यसलाई यसो भन्‍न लगा, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो' ?”
2KI 9:18 त्यसैले येहूलाई भेट्न एक जना मानिस घोडामा चढेर गयो । त्यसले भन्यो, “राजा यसो भन्‍नुहुन्छ, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो' ?” येहूले भने, “मित्रभावसित तँलाई केको सरोकार? फर्केर मेरो पछि लाग् ।” तब पहरेदारले राजालाई भन्यो, “सन्देशवाहकले तिनीहरूलाई भेट्यो, तर त्यो फर्केर आएन ।”
2KI 9:19 तब तिनले घोडामा अर्को मानिसलाई पठाए । त्यो तिनीहरूकहाँ आएर भन्यो, “राजा यसो भन्‍नुहुन्छ, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो' ?” येहूले भने, “मित्रभावसित तँलाई केको सरोकार? फर्केर मेरो पछि लाग् ।”
2KI 9:20 फेरि पहरेदारले भन्‍यो, “त्यसले तिनीहरूलाई भेटेको छ, तर त्यो फर्केर आएन । किनकि जुन तरिकाले रथ हाँकिएको छ त्यो त निम्शीका छोरा येहूले हाँकेजस्तै छ । तिनले बौलाहाले जस्तै हाँक्दैछन् ।”
2KI 9:21 त्यसैले योरामले भने, “मेरो रथ तयार पार ।” तिनीहरूले तिनको रथ तयार पारे, र इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह आ-आफ्नै रथमा चढेर येहूलाई भेट्न बाहिर निस्के । तिनीहरूले यिजरेली नाबोतको जग्गामा तिनलाई भेटे ।
2KI 9:22 योरामले येहूलाई देखेपछि तिनले भने, “येहू, के तिमी मित्रभावले आएको हो ?” तिनले जवाफ दिए, “तिम्री आमा ईजेबेलका यति धेरै मूर्तिपूजा र वेश्यावृत्ति हुँदाहुँदै पनि कसरी मित्रभाव हुन्छ ?”
2KI 9:23 त्यसैले योरामले आफ्नो रथ घुमाए र अहज्याहलाई यसो भनेर भागे, “अहज्याह, धोका भएछ ।”
2KI 9:24 तब येहूले आफ्नो धनु निकाले र पुरा शक्ति लगाएर योरामका काँधहरूका बिचैमा तिनलाई हाने । काँडले तिनको मुटुलाई नै छेड्यो, र तिनी आफ्नो रथमा लडे ।
2KI 9:25 तब येहूले आफ्ना सेनापति बिदकारलाई भने, “तिनलाई उठाऊ र यिजरेली नाबोतको खेतमा फालिदेऊ । तिनका पिता आहाबको पछि रथमा तिमी र म जाँदा परमप्रभुले तिनको विरुद्धमा भन्‍नुभएको यो अगमवाणीको बारेमा वोचार गरः
2KI 9:26 'परमप्रभु घोषणा गर्नुहुन्छ— हिजो मैले नाबोतको रगत र त्यसका छोराहरूको रगत देखेँ, र परमप्रभु भन्‍नुहुन्छ, निश्‍चय नै म यही खेतमा त्यसको बदला लिनेछु ।' अब परमप्रभुको वचनअनुसार तिनलाई उठाऊ र यही खेतमा फालिदेऊ ।”
2KI 9:27 जब यहूदाका राजा अहज्याहले यो देखे, तिनी बेथ-हागान जाने बाटोतिर भागे । तर येहूले तिनलाई पछ्याए, र भने, “तिनलाई पनि रथमा मार ।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा प्रहार गरे । अहज्याह मगिद्दोमा भागे, र त्यहीँ मरे ।
2KI 9:28 तिनका सेवकहरूले तिनको लाशलाई रथमा राखेर यरूशलेम ल्याए, र दाऊदको सहरमा तिनका पर्खाहरूसित तिनकै चिहानमा गाडे ।
2KI 9:29 आहाबका छोरा योरामको एघारौँ वर्षमा अहज्याहले यहूदामाथि राज्‍य सुरु गरेका थिए ।
2KI 9:30 येहू यिजरेलमा आएको कुरा ईजेबेलले सुनिन्, र तिनले आफ्ना आँखामा गाजल लगाइन्, कपाल बाटिन् र झ्यालबाट हेरिन् ।
2KI 9:31 येहू मूल ढोकामा भित्र आउँदै गर्दा तिनले उनलाई भनिन्, “ए आफ्ना मालिकका हत्यारा जिम्री, के तिमी मित्रभावले आएका हौ ?”
2KI 9:32 येहूले माथि झ्यालमा हेरे र भने, “मेरो पक्ष लिने को छ ? को छ ?” तब दुई वा तिन जना नपुंसकले बाहिर हेरे ।
2KI 9:33 येहूले भने, “तिनलाई तल फालिदेओ ।” त्यसैले तिनीहरूले ईजेबेललाई तल फालिदिए, र तिनका केही रगत उछिट्टिएर भित्तामा र घोडाहरूमा परे, अनि येहूले तिनलाई खट्टाले कुल्चिदिए ।
2KI 9:34 जब येहू दरबारभित्र पसे, तब तिनले खानपान गरे । तब तिनले भने, “अब त्‍यो श्रापित स्‍त्रीलाई हेर र त्‍यसलाई गाडिदेओ, किनकि त्‍यो राजाकी छोरी थिई ।”
2KI 9:35 तिनलाई गाड्न तिनीहरू गए तर तिनीहरूले तिनको खप्पर, खुट्टा र हत्केलाबाहेक केही भेट्टाएनन् ।
2KI 9:36 त्‍यसैले तिनीहरू आएर येहूलाई बताए । तिनले भने, “आफ्ना सेवक तिश्बी एलियाद्वारा परमप्रभुले बोल्नुभएको वचन यही हो, 'यिजरेलको जमिनमा कुकुरहरूले ईजेबेलको मासु खानेछन्,
2KI 9:37 र ईजेबेलको लाश यिजरेलका खेतहरूमा मलझैँ हुनेछ ताकि कसैले यस्तो भन्‍न नसकोस्, 'यो ईजेबेल हो' ।”
2KI 10:1 सामरियामा आहाबको घरानाका सत्तरी जना सन्तान थिए । येहूले चिठीहरू लेखे र ती सामरियामा यिजरेलका शासकहरू, धर्म-गुरुहरू र आहाबका सन्तानका अभिभावककहाँ यसो भनेर पठाए,
2KI 10:2 “तिमीहरूका मालिकका सन्तानहरू तिमीहरूसित छन्, र तिमीहरूसित रथहरू, घोडाहरू र किल्लाबन्दी गरिएको सहर हतियार छन् । त्यसैले यो चिठी तिमीहरूले प्राप्‍त गर्ने बित्तिकै,
2KI 10:3 तिमीहरूका मालिका सन्तानमध्ये सबैभन्दा उत्तम र योग्यलाई छान र तिनलाई आफ्‍ना पिताको सिंहासनमा राख, अनि तिमीहरूका मालिकका राजकीय वंशको निम्ति लडाइँ गर ।”
2KI 10:4 तर तिनीहरू त्रसित भए र आपसमा भने, “हेर, येहूको सामु दुई जना राजा त खडा हुन सकेनन् । त्‍यसैले हामी कसरी खडा हुन सक्छौँ ?”
2KI 10:5 तब दरबारका रेखदेख मानिसहरू, सहरका प्रमुखहरू र धर्म-गुरुहरू अनि बालबालिकका अभिभावकहरूले येहूलाई यसो भनेर समाचार पठाए, “हामी तपाईंका सेवकहरू हौँ । तपाईंले हामीलाई जे आज्ञा दिनुहुन्‍छ, त्‍यो हरेक कुरा हामी गर्नेछौँ । हामी कुनै मानिसलाई राजा बनाउनेछैनौँ । तपाईंको दृष्‍टिमा जे ठिक लाग्‍छ, त्यही गर्नुहोस् ।”
2KI 10:6 तब येहूले तिनीहरूलाई यसो भनेर दोस्रो पटक चिठी लेखे, “तिमीहरू मेरो पक्षमा छौ र तिमीहरूले मेरो कुरा सुन्छौ भने तिमीहरूले आफ्‍ना मालिकका सन्‍तानका शिरहरू लिनुपर्छ र भोली यसै बेला यिजरेलमा मकहाँ आउनुपर्छ ।” त्यस बेला राजाका सत्तरी जना सन्तानहरू आफूलाई हुर्काउने सहरका महत्त्वपूर्ण मानिसहरूसँगै थिए ।
2KI 10:7 त्यसैले जब तिनीहरूकहाँ चिठी आयो, तब तिनीहरूले राजाका छोराहरूलाई समाते र सत्तरी जनालाई नै मारे, तिनीहरूका शिरहरू टोकरीहरूमा राखे, र ती यिजरेलमा येहूकहाँ पठाए ।
2KI 10:8 एक जना सन्देशवाहक येहूकहाँ यसो भन्‍न आयो, “तिनीहरूले राजाका छोराहरूका शिरहरू ल्याएका छन् ।” त्‍यसैले तिनले भने, “बिहानसम्म तिनलाई मूल ढोकामा दुईवटा थुप्रो लगाएर राख्‍नू ।”
2KI 10:9 बिहान येहू बाहिर निस्के र खडा भए र सबै मानिसहरूलाई भने, “तिमीहरू निर्दोष छौ । हेर, मैले मेरा मालिकको विरुद्धमा षड्यन्त्र गरें र तिनलाई मारेँ, तर यी सबैलाई कसले मारे ?
2KI 10:10 अब तिमीहरूले निश्‍चय नै बुझ्नुपर्छ कि आहाबको घरानाको सम्बन्धमा बोलिएको परमप्रभुको वचनको कुनै पनि भाग खेर जाने छैन किनकि परमप्रभुले आफ्ना सेवक एलियाद्वारा बोल्नुभएअनुसार गर्नुभएको छ ।”
2KI 10:11 त्यसैले येहूले यिजरेलमा आहाबका घरानाका बाँकी रहेका सबै जना, तिनका मुख्य मानिसहरू, तिनका नजिकका मित्रहरू र पुजारीहरू कसैलाई पनि नछडी सबैलाई मारे ।
2KI 10:12 तब येहू उठे र आफ्नो बाटो लागे । तिनी सामरियामा गए । तिनी गोठालोको बेथ-एकेदमा आइपुग्दा,
2KI 10:13 तिनले यहूदाका राजा अहज्याहका दाजुभाइलाई भेटे । येहूले तिनीहरूलाई भने, “तिमीहरू को हौ ?” तिनीहरूले जवाफ दिए, “हामी अहज्याहका दाजुभाइहरू हौँ, र हामी राजाका सन्तान र रानी ईजेबेलका सन्तानलाई अभिवादन गर्न जाँदैछौँ ।”
2KI 10:14 येहूले आफ्ना मानिसहरूलाई भने, “तिनीहरूलाई जिउँदै समात ।” त्यसैले तिनीहरूले उनीहरूलाई जिउँदै समाते र बयालिस जना पुरुष सबैलाई बेथ-एकेदको कुवामा मारे । तिनीहरूमध्‍ये एक जनालाई पनि तिनले जिउँदो छोडेनन् ।
2KI 10:15 येहू त्यहाँबाट गएपछि तिनले रेकाबका छोरा यहोनादाब आफूलाई भेट्न आइरहेका देखे । येहूले तिनलाई अभिवादन गरे र तिनलाई भने, “मेरो ह्रदय तिमीतर्फ भएझैँ तिम्रो ह्रदय मतर्फ छ ?” यहोनादाबले जवाफ दिए, “हजुर छ।” येहूले भने, “छ भने मलाई तिम्रो हात देऊ।” त्यसैले तिनले येहूलाई आफ्नो हात दिए, येहूले यहोनादाबलाई आफूसितै रथमा लगे ।
2KI 10:16 येहूले भने, “मसँग आऊ र परमप्रभुको निम्ति मेरो जोसलाई हेर ।” त्यसैले तिनले यहोनादाबलाई आफ्‍नो रथमा आफूसँगै लगे ।
2KI 10:17 जब तिनी सामरियामा आए, तब जसरी परमप्रभुले पहिले नै आहाबको घरानालाई एलियाद्वारा भन्‍नुभएको थियो त्‍यसरी नै येहूले सामरियामा बाँकी रहेका तिनका सबै सन्तानलाई मारे, र आहाबको राजकीय वंशको एउटैलाई पनि छाडेनन् ।
2KI 10:18 तब येहूले सारा मानिसलाई एकसाथ जम्मा गरे र तिनीहरूलाई भने, “आहाबले त बालको थोरै मात्र सेवा गरे, तर येहूले त झन् बढी त्यसको सेवा गर्नेछ ।
2KI 10:19 त्यसकारण बालका सबै अगमवक्ता, त्यसका सबै आराधक र सबै पुजारीलाई मकहाँ बोलाओ । कोही पनि नछोडियोस् किनकि बाललाई चढाउन मसित एउटा ठुलो बलिदान छ । जो आउँदैन, त्यो बाँच्नेछैन ।” तर बालका आराधकहरूलाई मार्न येहूले छलपूर्वक यसो गरेका थिए ।
2KI 10:20 येहूले भने, “बालको निम्ति एउटा सभा बोलाओ ।” त्यसैले तिनीहरूको यसको घोषणा गरे ।
2KI 10:21 तब येहूले सारा इस्राएलभरि समाचार पठाए, र बालका आराधकहरू सबै आए । नआएको मानिस एउटै पनि थिए । तिनीहरू बालको मन्दिरमा आए, र मन्दिर एउटा कुनादेखि अर्को कुनासम्म भरिएको थियो ।
2KI 10:22 येहूले पुजारीको वस्‍त्र-भण्डारको रेखदेख गर्ने मानिसलाई भने, “बालका सबै आराधकका लागि वस्‍त्र ल्याऊ ।” त्यसैले ती मानिसले तिनीहरूकहाँ वस्‍त्रहरू ल्याए ।
2KI 10:23 रेकाबका छोरा यहोनादाबसित येहू बालको मन्दिरभित्र गए, र तिनले बालका आराधकहरूलाई भने, “यहाँ परमप्रभुका कुनै पनि सेवक नहोऊन्, तर बालका आराधकहरू मात्र होऊन् भन्‍ने कुरामा निश्‍चित होऊ ।”
2KI 10:24 तब तिनीहरू बलिहरू र होमबलि चढाउन भित्र गए । येहूले असि जना मानिसलाई छानेका थिए जो बाहिर खडा थिए । तिनले तिनीहरूलाई भने ,“मैले तिमीहरूका हातमा ल्याएको कुनै पनि मानिस भाग्‍यो भने, जसले भगाउँछ, त्यो भाग्‍नेको प्राणको सट्टा त्यसको प्राण लिइनेछ ।”
2KI 10:25 तब येहूले होमबलि चढाएर सिद्ध्याउने बित्तिकै तिनले पहरेदार र सेनापतिहरूलाई भने, “भित्र जाओ र गएर तिनीहरूलाई मार । कोही बाहिर नआओस् ।” त्यसैले तिनीहरूले तरवारको धारले उनीहरूलाई मारे, अनि पहरेदार र कप्‍तानहरूले तिनीहरूलाई बाहिर फाले र तिनीहरू बालको मन्दिरको भित्री कोठामा गए ।
2KI 10:26 तिनीहरूले बालको मन्दिरको भित्र राखिएको ढुङ्गाको मूर्तिलाई घिसारेर बाहिर ल्याए, र ती आगो लगाइदिए ।
2KI 10:27 त्यसपछि तिनीहरूले बालको खम्बाहरू भँचिदिए र बालको मन्दिरलाई भत्काइदिए, अनि मानिसहरूले त्‍यसबाट शौचालय बनाए जसलाई मानिसहरूले आजसम्म प्रयोग गर्छन् ।
2KI 10:28 यसरी येहूले इस्राएलबाट बालको पुजालाई नष्‍ट पारे ।
2KI 10:29 तर नबातका छोरा यारोबामका पापहरू जसद्वारा तिनले इस्राएललाई पाप गर्न लगाए, अर्थात् बेथेल र दानमा सुनका बाछाहरूका पुजालाई येहूले छाडेनन् ।
2KI 10:30 त्यसैले परमप्रभुले येहूलाई भन्‍नुभयो, “ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तैँले त्यही गरेको कारणले र आहाबको घरानालाई मेरो ह्रदयमा भएअनुसार गरेको हुनाले तेरा सन्तानहरूको चार पुस्तासम्म इस्राएलको सिंहासनमा बस्‍नेछन् ।”
2KI 10:31 तर आफ्ना सारा ह्रदयले इस्राएलका परमप्रभु परमेश्‍वरको व्यवस्थामा हिँड्न कुरालाई येहूले वास्ता गरेनन् । इस्राएललाई पाप गर्न लगाउने यारोबामका पापहरूबाट तिनी फर्केनन् ।
2KI 10:32 ती दिनमा परमप्रभुले इस्राएलको क्षेत्रफल घटाउन थाल्नुभयो, र हजाएलले इस्राएलका सिमानाहरूमा इस्राएलीलाई पराजित गरे,
2KI 10:33 यर्दन नदीको पूर्वतिर भएको गिलाद, गादी, रूबेनी र मनश्शे सबै क्षेत्र, अर्नोन उपत्‍यकाको ओएरदेखि गिलाद र बाशानसम्मै कब्‍जा गरे ।
2KI 10:34 येहू र तिनका सबै काम र तिनको शक्तिको बारेमा के इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
2KI 10:35 येहू आफ्ना पर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तब तिनको ठाउँमा तिनका छोरा यहोआहाज राजा भए ।
2KI 10:36 येहूले सामरियामा बसेर इस्राएलमाथि अट्ठाइस वर्ष राज्य गरे ।
2KI 11:1 अब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरो मरेका देखेपछि तिनी उठिन् र सबै राजकीय बालबालिकालाई मारिन् ।
2KI 11:2 तर राजा यहोरामकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले मारिन लागेका राजाका छोराहरूका माझबाट अहज्याहका छोरो योआशलाई तिनको धाईसँगै सुटुक्‍क लगेर लुकाइन् । तिनले तिनीहरूलाई सुत्‍ने कोठामा राखिन् । योआश नमारिऊन् भनेर तिनीहरूले अतल्याहबाट उसलाई लुकाए ।
2KI 11:3 अतल्याहले देशमा राज्‍य गर्दा परमप्रभुको मन्‍दिरमा छ वर्षसम्म उसलाई आफ्‍नो धाईसँगै लुकाइयो ।
2KI 11:4 सातौँ वर्षमा यहोयादाले सन्देश पठाए, र सयौं करीहरू तथा पहरादारहरूका कमान्‍डरहरूलाई परमप्रभुको मन्दिरमा आफूकहाँ लाए । तिनले तिनीहरूसित करार बाँधे र परमप्रभुको मन्दिरमा तिनीहरूलाई शपथ खान लगाए । तब तिनले तिनीहरूलाई राजाका छोरा देखाए ।
2KI 11:5 तिनले तिनीहरूलाई यसो भनेर आज्ञा दिए, “तिमीहरूले यसो गर्नुपर्छ । तिमीहरूमध्ये एक-तिहाइ जो शबाथमा आउँछौ, तिमीहरूले राजदरबारको रेखदेख गर्नेछौ,
2KI 11:6 र एक-तिहाइचाहिं सुर ढोकामा बस्‍नेछौ अनि बाँकी एक-तिहाइ रक्षक कोठाको पछाडि बस्‍नेछौ ।”
2KI 11:7 शबाथमा सेवा नगर्ने अन्य दुईवटा दलले, राजाको लागि परमप्रभुको मन्दिरमा रेखदेख गर्नुपर्छ ।
2KI 11:8 हरेक मानिसले आफ्नो हातमा तरवार लिएर राजाको वरिपरि तैनाथ हुनुपर्छ । तिमीहरूको नजिक आउने जोसुकै भए पनि त्‍यसलाई मारियोस् । राजा बाहिर जाँदा र भित्र आउँदा तिमीहरू तिनीसँगै हिड्‍नुपर्छ ।
2KI 11:9 त्यसैले यहोयादा पुजारीले आज्ञा गरेअनुसार सयौं दलका कमान्‍डरहरूले सबै कुरा गरे । हरेकले आफ्नो दलका मानिसहरू अर्थात् शबाथमा सेवा गर्न खटाइएकाहरू र शबाथमा सेवा गर्नबाट फुर्सद भएकाहरूलाई लिएर तिनीहरू यहोयादा पुजारीकहाँ आए ।
2KI 11:10 तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा राखिएका राजा दाऊदका भालाहरू र ढालहरू कमान्‍डरहरूलाई दिए ।
2KI 11:11 मन्दिरको दाहिने किनाराबाट देब्रे किनारासम्म अनि वेदी र मन्दिरको नजिक अङ्गरक्षहरू आ-आफ्ना हातमा हतियार लिएर खडा भएर राजालाई घेरा हाले ।
2KI 11:12 तब यहोयादाले राजाका छोरा योआशलाई बाहिर ल्याए, तिनलाई श्रीपेच लगाइदिए, र तिनलाई करारको उर्दी थमाइदिए । तब तिनीहरूले तिनलाई राजा बनाए र तिनलाई अभिषेक गरे । तिनीहरूले आफ्‍ना ताली बजाए र भने, “राजा दीर्घायु रहून् !”
2KI 11:13 जब अतल्याहले अङ्गरक्षकहरू र मानिसहरूको हल्‍ला सुनिन् , तब तिनी परमप्रभुको मन्‍दिरमा मानिसहरूकहाँ आइन् ।
2KI 11:14 तिनले हेरिन् र चलनअनुसार राजा खम्बानेर खडा थिए, अनि कप्‍तानहरू र तुरही फुक्‍नेहरू राजाको छेउमा थिए । देशका सबै मानिसहरूले आनन्द मनाउँदै र तुरही फुक्दै थिए । तब अतल्याहले आफ्‍ना लुगा च्यातिन् र चिच्‍च्याइन्, धोका! धोका ।”
2KI 11:15 तब यहोयाद पुजारीले सयौ कमान्‍डरहरूलाई यसो भनेर आज्ञा दिए, “तिनलाई बाहिर ल्याई दल-दलको बिचमा राख । तिनको पछि लाग्‍ने जोसुकैलाई तरवारले मार ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्दिरभित्र नमार ।”
2KI 11:16 त्यसैले जब तिनी राजदरबारमा घोडाहरू पस्‍ने ठाउँमा पुगिन्, तब तिनीहरूले तिनलाई समाते र त्यहीँ तिनलाई मारियो ।
2KI 11:17 तब यहोयादाले तिनीहरू परमप्रभुका जाति हुनुपर्छ भनेर परमप्रभु र राजा अनि जनताको बिचमा, अनि राजा र जनताको बिचमा एउटा करार बाँधे ।
2KI 11:18 त्‍यसैले देशका सबै मानिसहरू बालको मन्दिरमा गए र त्यसलाई भत्काइदिए । तिनीहरूले बालका वेदीहरू र त्यसका मूर्तीहरूलाई टुक्राटुक्रा पारे, र तिनीहरूले ती वेदीकै सामुन्‍ने बालको पुजारी मत्तानलाई मारे । तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा पहरादारहरू नियुक्त गरे ।
2KI 11:19 यहोयादाले आफूसित सयौं करीहरू तथा पहरादारहरूका कमान्‍डरहरू र देशका सबै मानिसहरूलाई साथमा लिए र तिनीहरूले मिलेर राजालाई परमप्रभुको मन्दिरबाट ल्याए र तिनीहरू पहरादारको ढोकाको बाटो हुँदै राजदरबारमा गए । योआशले राजकीय सिंहासनमा आफ्नो आसन ग्रहण गरे ।
2KI 11:20 त्‍यसैले देशका सबै मानिसहरू आनन्दित भए, र राजाको दरवारमा अतल्याहलाई तरवारले मारिएपछि सहरमा शान्ति भयो ।
2KI 11:21 योआशले राज्‍य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए ।
2KI 12:1 येहूको सातौँ वर्षमा योआशले राज्‍य गर्न थाले । तिनले यरूशलेममा चालिस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ सिब्या थियो, जो बेर्शेबाकी थिइन् ।
2KI 12:2 योआशले सधैँ परमप्रभुको दृष्‍टिमा जे ठिक छ, त्यही गरे किनकि यहोयादा पुजारीले तिनलाई सल्‍लाह दिने गर्थे ।
2KI 12:3 तर डाँडाका थानहरू भने हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलिदान चढाए र धूप बाले ।
2KI 12:4 योआशले पुजारीहरूलाई भने, “परमप्रभुको मन्दिरभित्र पवित्र भेटीहरूको रूपमा ल्याइएका सबै रुपियाँ-पैसा अर्थात् जनगणनामा जम्मा गरिएको रकम वा व्यक्तिगत भाकलबाट प्राप्‍त गरिएको रकम वा परमप्रभुद्वारा मानिसहरूका आ-आफ्ना ह्रदयमा प्रेरित गरी तिनीहरूद्वारा ल्याइएको रकम जम्मा गर,
2KI 12:5 पुजारीहरूले कुनै एक जना कोषाध्यक्षबाट रकम लिऊन् र मन्दिरमा भएको कुनै पनि क्षतिको मर्मत गरून् ।”
2KI 12:6 तर राजा योआशको तेइसौँ वर्षसम्म पनि पुजारीहरूले मन्दिरमा केही पनि मर्मत गरेका थिएनन् ।
2KI 12:7 तब राजा योआशले यहोयादा पुजारी र अन्य पुजारीहरूलाई बोलाई तिनीहरूलाई भने, “किन तिमीहरूले मन्दिरमा केही पनि मर्मत गरेका छैनौ ? अबदेखि तिमीहरूका कर उठाउनेहरूबाट रकम नउठाउनू, तर मन्दिरको मर्मतको लागि जे-जेति जम्मा भएका छन्, ती लिएर मर्मत गर्न सक्‍नेहरूलाई दिनू ।”
2KI 12:8 त्यसैले अब मानिसहरूबाट रुपियाँ-पैसा नलिने र पुजारीहरू आफैले मन्दिरको मर्मत नगर्ने कुरामा तिनीहरू सहमत भए ।
2KI 12:9 बरु, यहोयादा पुजारीले एउटा सन्दुक लिएर त्यसमा प्वाल पारे, अनि यसलाई परमप्रभुको मन्दिरभित्र प्रवेश गर्ने दाहिनेपट्टि वेदीको छेउमा राखे । मन्दिरको प्रवेशद्वारको पहरा दिने पुजारीहरूले परमप्रभुको मन्दिरमा ल्याएका सबै रकम त्यसैमा हाल्‍थे ।
2KI 12:10 जब सन्दुकमा धेरै रकम जम्‍मा भएको तिनीहरूले देख्‍थे, राजाका सचिव र प्रधान पुजारी आउँथे र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा थैलाहरूमा हाल्‍थे र त्‍यसपछि गणना गर्थे ।
2KI 12:11 तिनीहरूले उक्त रकम हिसाब गरेपछि परमप्रभुको मन्दिरको रेखदेख गर्नेहरूका हातमा दिन्थे । तिनीहरूले परमप्रभुको मन्दिरमा काम गर्ने सिकर्मीहरू र निर्माणकर्ताहरू
2KI 12:12 अनि डकर्मीहरू र ढुङ्गा काट्नेहरू, परमप्रभुको मन्दिरको मर्मतको निम्ति तिनीहरूले काठपात र काटेर मिलाइएका ढुङ्गाहरू किन्‍नलाई र मन्दिरको पुनर्निर्माणको लागि आवश्‍यक सबै खर्च गर्नलाई त्‍यो लिएर तिर्थे ।
2KI 12:13 तर परमप्रभुको मन्दिरभित्र ल्याइएको रकम चाँदीको कचौरा, सामदानका चिम्टाहरू, बाटाहरू, तुरहीहरू वा सुनचाँदीका सजावटका सामानहरूका लागि खर्च गरिएन ।
2KI 12:14 तिनीहरूले यो पैसा परमप्रभुको मन्दिरको मर्मतको काम गर्नेहरूलाई दिए ।
2KI 12:15 यसको बाहेक, तिनीहरूले काम गर्नेहरूका निम्ति मुख्य कामदारहरूलाई दिएका रुपियाँ-पैसाको हिसाब आवश्‍यक थिएन किनकि यी मानिसहरू इमानदार थिए ।
2KI 12:16 तर दोष बलि र पाप बलिको निम्ति ल्याइने रुपियाँ-पैसा भने परमप्रभुको मन्दिरमा ल्याइएन किनकि यो पुजारीहरूको थियो ।
2KI 12:17 त्यसपछि अरामका राजा हजाएलले गातको विरुद्धमा आक्रमण गरे र त्‍यसलाई लिए । त्यसपछि हजाएलले यरूशलेमलाई आक्रमण गर्न फर्के ।
2KI 12:18 यहूदाका राजा योआशले तिनका पुर्खाहरू अर्थात् यहूदाका राजाहरू यहोशापात, यहोराम र अहज्याह र तिनी आफैले अलग गरेका सबै पवित्र थोकसाथै परमप्रभुको मन्दिर र राजाका भण्डार कोठाहरूमा भेट्टाइएका सबै सुन लिए र ती अरामका राजा हजाएललाई पठाइदिए । तब हजाएल यरूशलेमबाट गए ।
2KI 12:19 योशाश, तिनले गरेका अरू कामहरूका बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
2KI 12:20 तिनका सेवकहरू खडा भए र तिनीहरूले मिलेर षड्यन्त्र गरे । तिनीहरूले योशाशलाई सिल्लाको ओरालो बाटोमा भएको बेथ-मिल्लोमा आक्रमण गरे ।
2KI 12:21 तिनका सेवकहरू शिम्मतका छोरा योजाबाद र शोमेरका छोरा यहोजाबादले तिनलाई आक्रमण गरे, अनि तिनी मरे । तिनीहरूले योआशलाई दाऊदको सहरमा तिनका पुर्खाहरूसित गाडे, र तिनको ठाउँमा तिनका छोरा अमस्याह राजा भए ।
2KI 13:1 यहूदाका राजा अहज्याहका छोरा योआशको तेइसौँ वर्षमा येहूका छोरा यहोआहाजले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सत्र वर्ष राज्य गरे
2KI 13:2 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे, र इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापको चामा हिंडे । अनि यहोआहाज तीबाट फर्केनन् ।
2KI 13:3 इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध दन्कियो, अनि उहाँले तिनीहरूलाई अरामका राजा हजाएल र हजाएलका छोरा बेन-हददको हातमा निरन्तर रूपले दिनुभयो ।
2KI 13:4 त्यसैले यहोआहाजले परमप्रभुलाई बिन्ती गरे, र परमप्रभुले तिनको कुरा सुन्‍नुभयो किनकि अरामका राजाले कसरी इस्राएलमाथि थिचोमिचो गरिरहेका थिए भनी उहाँले देख्‍नुभयो ।
2KI 13:5 त्यसैले परमप्रभुले इस्राएललाई एउटा उद्धारक दिनुभयो, अनि तिनीहरू अरामीहरूका हातबाट उम्के, र इस्राएलीहरू पहिलेजस्तै आ-आफ्ना घरमा बस्‍न लागे ।
2KI 13:6 तापनि इस्राएललाई पाप गर्न लगाउने यारोबामका घरानाका पापहरूबाट तिनीहरू फर्केनन्, र तिनीहरू तिनमा लागिरहे । अनि अशेरा देवीको खम्बा सामरियामा रहिरह्‍यो ।
2KI 13:7 अरामीहरूले यहोआहाजलाई केवल पचास घोडचढी, दसवटा रथ र दस हजार पैदल सिपाही मात्र छाडे किनकि अरामका राजाले तिनीहरूलाई नाश पारेका थिए र तिनीहरूलाई अन्‍न चुट्ने समयको भुसजस्तै पारेका थिए ।
2KI 13:8 यहोआहाज, तिनले गरेका सबै काम र तिनको शक्तिको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
2KI 13:9 यसरी यहोआहाज आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तिनको ठाउँमा तिनका छोरा यहोआश राजा भए ।
2KI 13:10 यहूदाका राजा योआशको सैँतिसौँ वर्षमा यहोआहाजका छोरा यहोआशले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सोह्र वर्ष राज्य गरे ।
2KI 13:11 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनले इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापलाई छाडेनन्, तर तिनी तिनैमा हिंडे ।
2KI 13:12 यहोआश, तिनले गरेका सबै कामहरू र कसरी तिनको शक्ति जसद्वारा तिनले यहूदाका राजा अमस्याहको विरुद्धमा लडे भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
2KI 13:13 यहोआश आफ्ना पुर्खाहरूसित सुते, र यारोबाम तिनको सिंहासनमा बसे । इस्राएलका राजाहरूसँगै यहोआशलाई सामरियामा गाडियो ।
2KI 13:14 अब एलीशा एउटा रोगले बिरामी परे जसबाट पछि तिनी मरे । त्यसैले इस्राएलका राजा यहोआश तिनीकहाँ आए र तिनीसँग रोए । तिनले भने, “हे मेरा पिता, हे मेरा पिता, इस्राएलका रथहरू र घोडचढीले तिमीलाई उठाएर लाँदैछन् ।”
2KI 13:15 एलीशाले तिनलाई भने, “एउटा धनु र केही काँडहरू उठाउनुहोस् ।” त्यसैले योआशले एउटा धनु र केही काँडहरू उठाए ।
2KI 13:16 एलीशाले इस्राएलका राजालाई भने, “आफ्‍नो हात धनुमा राख्‍नुहोस् ।” त्यसैले तिनले आफ्नो हातमा धनुमा राखे । तब एलीशाले आफ्ना हात राजाका हातमाथि राखे ।
2KI 13:17 एलीशाले भने, “पूर्वपट्टिको झ्याल खोल्नुहोस् ।” त्यसैले तिनले त्‍यसलाई खोले । तब एलीशाले भने, “हान्‍नुहोस् !” तिनले हाने । एलीशाले भने, “यो परमप्रभुको विजयको काँड हो अर्थात् अराममाथि विजयको काँड हो, किनकि अरामीहरूलाई सर्वनाश नपारूञ्जेलसम्म तपाईंले तिनीहरूलाई अपेकमा आक्रमण गर्नुहुनेछ ।”
2KI 13:18 तब एलीशाले भने, “काँडहरू लिनुहोस् ।” त्यसैले तिनले ती लिए । तिनले इस्राएलका राजालाई भने, “तिनले भुइँमा हान्‍नुहोस् ।” तिनले तिन पटक भुइँमा हानेपछि तिनी रोकिए ।
2KI 13:19 तर परमेश्‍वरका मानिस तिनीसित रिसाए र भने, “तपाईंले पाँच वा छ पटक भुइँलाई हिर्काउनुपर्थ्‍यो । तब तपाईंले अरामलाई निमिट्ट्यान्‍न नभएसम्म आक्रमण गर्नुहुनेथियो, तर अब त तपाईंले अरामलाई तिन पटक मात्र आक्रमण गर्नुहुनेछ ।”
2KI 13:20 तब एलीशा मरे, र तिनीहरूले तिनलाई गाडे । नयाँ वर्षको समयमा मोआबीहरूका नयाँ दलहरूले देशलाई लुटे ।
2KI 13:21 तिनीहरूले कुनै एउटा मानिसलाई गाडिरहँदा तिनीहरूले मोआबीहरूको एउटा दललाई देखे, त्यसैले तिनीहरूले लाशलाई एलीशाको चिहानमा फाले । लाशले एलीशाका हड्‍डीहरूलाई छुनेबित्तिकै त्यो बिउँतियो, र आफ्नो पाउमा खडा भयो ।
2KI 13:22 अरामका राजा हजाएलले यहोआहाजको जीवनभर इस्राएललाई थिचोमिचो गरिरहे ।
2KI 13:23 तर अब्राहाम, इसहाक र याकूबसित बाँध्‍नुभएको आफ्‍नो करारको कारणले गर्दा परमप्रभु इस्राएलप्रति अनुग्रही हुनुभयो, र तिनीहरूलाई दया देखाउनुभयो र तिनीहरूको फिक्री गर्नुभयो । त्यसैले परमप्रभुले तिनीहरूलाई नष्‍ट गर्नुभएन, र उहाँले तिनीहरूलाई अझै पनि आफ्नो उपस्थितिबाट धपाउनुभएको छैन ।
2KI 13:24 अरामका राजा हजाएल मरे, र तिनको ठाउँमा तिनका छोरा बेन-हदद राजा भए ।
2KI 13:25 यहोआहाजका छोरा यहोआशले तिनका पिता यहोआहाजबाट हजाएलका छोरा बेन-हददले युद्ध गरी लिएका सहरहरू फिर्ता लिए । यहोआशले तिनलाई तिन पटक आक्रमण गरे, र तिनले इस्राएलका ती सहरहरू फिर्ता लिए ।
2KI 14:1 इस्राएलका राजा यहोआहाजको छोरा यहोआशको दोस्रो वर्षमा यहूदाका राजा योआशका छोरा अमस्याहले राज्‍य गर्न थाले ।
2KI 14:2 तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यहोअदीन थियो जो यरूशलेमकी थिइन् ।
2KI 14:3 परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे, तापनि तिनका पुर्खा दाऊदले गरेझैँ भने होइन । आफ्ना पिता योआशले गरेका हरेक काम तिनले गरे ।
2KI 14:4 तर डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलि चढाए र धूप बाले ।
2KI 14:5 तिनको शासन सुदृढ हुनेबित्तिकै आफ्‍ना पिताको अर्थात् राजाको हत्या गर्ने सेवकहरूलाई तिनले मारे ।
2KI 14:6 तापनि तिनले हत्याराहरूका छोराहरूलाई भने मारेनन् । बरु, तिनले मोशाको व्यवस्थामा लेखिएअनुसार काम गरे, जस्‍तो परमप्रभुले यसो भनेर आज्ञा दिनुभएको थियो, “बुबाहरूलाई छोराछोरीका कारणले अनि छोराछोरीलाई बुबाहरूका कारणले मार्नुहुँदैन । बरु, हरेक व्यक्तिलाईउसको आफ्नै पापको कारणले मार्नुपर्छ ।”
2KI 14:7 नुनको उपत्यकामा एदोमका दस हजार सिपाहीलाई तिनले मारे । तिनले युद्धमा सेलालाई जिते त्यसको नाउँ योक्तेल राखे जसको नाउँ आजको दिनसम्म पनि त्यही छ ।
2KI 14:8 तब अमस्याहले इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा यहोआशकहाँ यसो भनी सन्देशवाहकहरू पठाए, “आउनुहोस्, हामी युद्धमा एक-अर्कालाई आमनेसामने भेटौँ ।”
2KI 14:9 तर इस्राएलका राजा यहोआशले यहूदाका राजा अमस्याहलाई यसो भनी सन्देशवाहकहरू पठाए, “लेबनानको एउटा सिउँडीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर सन्‍देश पठायो, 'तिम्री छोरी मेरा छोरासित विवाह गरिदेऊ ।' तर लेबनानमा भएको जङ्गली जनावर त्‍यताबाट हिंड्‍यो र सिउँडीलाई कुल्‍च्‍यो ।
2KI 14:10 तिमीले साँच्‍चै एदोमलाई आक्रमण गर्‍यौ, र तिम्रो शेखी बढेको छ । आफ्‍नो विजयमा गर्व गर, तर घरमै बस किनकि तिमीले किन आफैलाई सङ्कष्‍टमा पार्ने अनि तिमी र यहूदा पनि दुवै किन पतन हुने ?”
2KI 14:11 तर अमस्याहले यो कुरा सुनेनन् । त्यसैले इस्राएलका राजा यहोआशले आक्रमण गरे, अनि तिनी र यहूदाका राजा अमस्याह यहूदाको बेथ-शेमेशमा एक-अर्कासित आमनेसामने भेटे ।
2KI 14:12 इस्राएलद्वारा यहूदा पराजित भयो, र हरेक मानिस घर भाग्‍यो ।
2KI 14:13 बेथ-शेमेशमा इस्राएलका राजा यहोआशले अहज्याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्याहलाई समाते । तिनी यरूशलेममा आए र तिनले एफ्राइमको ढोकादेखि कुने ढोकासम्म लगभग दुई सय मिटर लामो यरूशलेमको पर्खाल भत्काइदिए ।
2KI 14:14 तिनले परमप्रभुको मन्दिरमा भेट्टाइएका सबै सुन र राजदरबारका मुल्यवान् थोकहरूका साथमा केही बन्दीहरूलाई समेत लगे र सामरिया फर्के ।
2KI 14:15 यहोआश, तिनले गरेका सबै काम, तिनको शक्ति र कसरी तिनले यहूदाका राजा अमस्याहसित लडे भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
2KI 14:16 तब यहोआश आफ्ना पुर्खाहरूसित सुते, र इस्राएलका राजाहरूसँगै सामरियाम गाडिए, अनि तिनको ठाउँमा तिनका छोरा यारोबाम राजा भए ।
2KI 14:17 इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्ष बाँचे ।
2KI 14:18 अमस्याहका विषयमाभएका अन्‍य कुराहरूका बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
2KI 14:19 तिनीहरूले यरूशलेममा अमस्याहको विरुद्धमा षड्यन्त्र रचे र तिनी लाकीशमा भागे । तिनी लाकीशमा भागे तर तिनीहरूले तिनको पिछा गर्न लाकीशमा मानिसहरू पठाए, र तिनलाई त्यहीँ मारे ।
2KI 14:20 तिनीहरूको तिनको लाशलाई घोडाहरूमा राखेर ल्‍याए र दाऊदको सहरमा तिनी आफ्ना पुर्खाहरूसितै गाडिए ।
2KI 14:21 यहूदाका सारा मानिसले सोह्र वर्षका अजर्याहलाई लिए र तिनलाई आफ्‍ना पिता अमस्याहको ठाउँमा राजा बनाए ।
2KI 14:22 राजा अमस्याह आफ्ना पुर्खाहरूसित सुतेपछि अजर्याहले नै एलात सहरलाई पुनर्निर्माण गरे र त्‍यसलाई यहूदामा फिर्ता दिए ।
2KI 14:23 यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबामले सामरियामा राज्‍य गर्न थाले । तिनले एकचालिस वर्ष राज्य गरे ।
2KI 14:24 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापबाट तिनी फर्केनन् ।
2KI 14:25 इस्राएलका परमप्रभु परमेश्‍वरले आफ्ना सेवक गात-हेपेरका अमित्तैका छोरा योना अगमवक्ताद्वारा बोल्‍नुभएको वचनअनुसार लेबोहमातदेखि अराबाको समुद्रसम्म इस्राएलका सिमानालाई तिनले पुनर्स्थापित गरे ।
2KI 14:26 किनकि फुक्‍का र स्वतन्त्र हरेक इस्राएलीले कष्‍ट भोगिरहेको परमप्रभुले देख्‍नुभयो, र इस्राएलको लागि कुनै उद्धारक थिएन ।
2KI 14:27 त्‍यसैले आकाशमुनि इस्राएलको नाउँ परमप्रभुले मेट्नुहुनेछैन भनी उहाँले भन्‍नुभयो । बरु उहाँले तिनीहरूलाई येहोआशका छोरा यारोबामको हातबाट बचाउनुभयो ।
2KI 14:28 यारोबाम, तिनले गरेका सबै काम, तिनको शक्ति, कसरी तिनले युद्ध गरे र यहूदाको अधीनमा रहेका दमस्कस र हमातलाई इस्राएललाई फिर्ता गराए भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
2KI 14:29 यारोबाम आफ्ना पुर्खाहरू इस्राएलका राजाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा जकरिया राजा भए ।
2KI 15:1 इस्राएलका राजा यारोबामको सत्ताइसौँ वर्षमा यहूदाका राजा अमस्याहका छोरा अजर्याहले राज्‍य गर्न थाले ।
2KI 15:2 अजर्याहले राज्‍य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए, र तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यकोल्याह थिए, र उनी यरूशलेमकी थिइन् ।
2KI 15:3 आफ्ना पिता अमस्याहले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे ।
2KI 15:4 तापनि डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलि चढाए र धूप बाले ।
2KI 15:5 परमप्रभुले राजालाई प्रहार गर्नुभयो ताकि आफ्‍नो मर्ने दिनसम्म नै तिनी कुष्ठरोगी भए र बेग्लै घरमा बसे । राजाका छोरा योतामले राजमहको रेखदेख गरे र देशमा जनतामाथि राज्‍य गरे ।
2KI 15:6 अजर्याह, तिनले गरेका सबै कामको बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
2KI 15:7 यसरी अजर्याह आफ्ना पर्खाहरूसित सुते । तिनीहरूले तिनलाई आफ्ना पुर्खाहरूसँगै दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा योताम राजा भए ।
2KI 15:8 यहूदाका राजा अजर्याहको अठतिसौँ वर्षमा यारोबामका छोरा जकरियाले सामरियाम बसेर इस्राएलमाथि छ महिना राज्‍य गरे ।
2KI 15:9 आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् ।
2KI 15:10 याबेशका छोरा शल्लूमले जकरियाको विरुद्धमा षड्यन्त्र गरे, तिनलाई इब्लममा आक्रमण गरे र मारे । त्यसपछि तिनको ठाउँमा आफू राजा भए ।
2KI 15:11 जकरियाका बारेमा भएका अरू सबैकुरा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।
2KI 15:12 परमप्रभुले येहूसँग यसो भनेर बोल्‍नुभएको उहाँको वचन यही थियो, “तेरा सन्तानहरू इस्राएलको राजगद्धिमा चौथो पुस्तासम्म बस्‍नेछन् ।” त्यस्तै हुन आयो ।
2KI 15:13 यहूदाका राजा अजर्याहको उनन्चालिसौँ वर्षमा याबेशका छोरा शल्लूमले राज्‍य गर्न थाले, र तिनले सामरियमा एक महिना मात्र राज्य गरे ।
2KI 15:14 गदीका छोरा मनहेम तिर्साबाट सामरियामा उक्ले । सामरियामा तिनले याबेशका छोरा शल्लूमलाई आक्रमण गरे। तिनले उनलाई मारे र उनको ठाउँमा आफू राजा भए ।
2KI 15:15 शल्लूमका बारेमा भएका अरू कुरा र तिनले गरेका षड्यन्त्रको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैन ।
2KI 15:16 त्यसपछि मनहेमले तिफसा र तिर्साका सिमानाहरूमा भएका सबैलाई आक्रमण गरे, किनकि तिनीहरूले उनका लागि सहर खुला गरेनन् । त्यसैले तिनले त्‍यसलाई आक्रमण गरे र त्यस गाउँमा भएका सबै गर्भवती स्‍त्रीका पेट चिरे ।
2KI 15:17 यहूदाका राजा अजर्याहको उनन्चालिसौँ वर्षमा गदीका छोरा मनहेमले इस्राएलमा राज्‍य सुरु गरे । तिनले सामरियामा दस वर्ष राज्य गरे ।
2KI 15:18 परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे । आफ्नो जीवनकालभरि तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् ।
2KI 15:19 तब अश्शूरका राजा पूल इस्राएलको विरुद्धमा आए, र इस्राएल राज्यलाई आफ्‍नो हात सुदृढ पार्नलाई पुलले आफूलाई सहयोग गरोस् भनेर मनहेमले पूललाई एक हजार तोडा चाँदी दिए ।
2KI 15:20 अश्शूरका राजालाई मनहेमले तिर्नुपर्ने पैसा तिनले इस्राएलबाट जबरदस्ती उठाउन हरेक धनी मानिसले पचास शेकेल चाँदी तिनलाई तिर्नुपर्ने आवश्‍यक्‍ता भयो । त्‍यसैले अश्शूरका राजा फर्केर गए र त्यस देशमा बसेनन् ।
2KI 15:21 मनहेमको सम्‍बन्‍धमा र तिनले गरेका सबै कामको बारेमा ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
2KI 15:22 यसरी मनहेम आफ्ना पर्खाहरूसित सुते, र तिनका छोरा पकहीया तिनको ठाउँमा राजा भए ।
2KI 15:23 यहूदाका राजा अजर्याहको पन्ध्रौँ वर्षमा मनहेमका छोरा पकहीयाले सामरियामा बसेर इस्राएलमा राज्‍य सुरु गरे । तिनले दुई वर्ष राज्य गरे ।
2KI 15:24 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गराउन लगाउने नबातका छोरा यारोबामका पापलाई तिनले छाडेनन् ।
2KI 15:25 पकहीयाको एक जना पेकह नाउँ गरेका सेवक थिए जो रमल्याहका छोरा थिए, जसले तिनको विरुद्धमा षड्यन्त्र गरे । पेकहले गिलादका पचास जना मानिस आफ्नो साथमा लिएर सामरियामा राजदरबारको गढीभित्र पकहीया, अर्गोब र अरिहलाई मारे । पेकहले पकहीयालाई मारे र तिनको ठाउँमा आफू राजा भए ।
2KI 15:26 पकहीया, तिनले गरेका कामका बारेमा ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैन ।
2KI 15:27 यहूदाका राजा अजर्याहको बाउन्‍नौँ वर्षमा रमल्याहका छोरा पेकहले सामरियामा बसेर इस्राएलमाथि राज्‍य सुरु गरे । तिनले बिस वर्ष राज्य गरे ।
2KI 15:28 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट तिनी फर्केनन् ।
2KI 15:29 इस्राएलका राजा पेकहको समयमा अश्शूरका राजा तिग्लत-पिलेसेर आए, र तिनले इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश, हासोर, गिलाद, गालील र नप्‍तालीका सबै भूमि लिए । तिनले मानिसहरूलाई बन्‍दी बनाएर अश्शूर देशमा लगे ।
2KI 15:30 त्यसैले एलाहका छोरा होशियाले रमल्याहका छोरा पेकहको विरुद्धमा षड्यन्त्र गरे । तिनले उनलाई आक्रमण गरे र तिनलाई मारे । त्यसपछि उज्‍जियाहका छोरा योतामको बिसौँ वर्षमा तिनको ठाउँमा आफू राजा भए ।
2KI 15:31 पेकहका सम्‍बन्‍धमा भएका अरू कुराहरू अनितिनले गरेका सबै कामको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैन् ।
2KI 15:32 इस्राएलका राजा रमल्याहका छोरा पेकहको दोस्रो वर्षमा यहूदाका राजा अजर्याहका छोरा योतामले राज्‍य सुरु गरे ।
2KI 15:33 तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यरूशा थियो । तिनी सादोककी छोरी थिइन् ।
2KI 15:34 परमप्रभुको दृष्‍टिमा जे ठिक थियो योतामले त्यही गरे । तिनले आफ्ना पिता अजर्याहले गरेका सबै उदाहरणको अनुसरण गरे ।
2KI 15:35 तापनि डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूका बलि चढाए र धूप बाले । योतामले परमप्रभुको मन्दिरको माथिल्लो मूल ढोका निर्माण गरे ।
2KI 15:36 योतामको सम्‍बन्‍धमा भएका अरू कुराहरू र तिनले गरेका सबै कामका बारेमा ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
2KI 15:37 ती दिनमा परमप्रभुले यहूदाको विरुद्धमा अरामका राजा रसीन र रमल्याहका छोरा पेकहलाई पठाउन सुरु गर्नुभयो ।
2KI 15:38 योताम आफ्ना पुर्खाहरूसित सुते र तिनका पुर्खा दाऊदको सहरमा तिनी आफ्‍ना पुर्खाहरूसँगै गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाज राजा भए ।
2KI 16:1 रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले राज्‍य सुरु गरे ।
2KI 16:2 आहाजले राज्‍य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनका पुर्ख दाऊदले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्‍यो गरेनन् ।
2KI 16:3 बरु, तिनी इस्राएलका राजाहरूको चालमा हिंडे । वास्तवमा परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूका घृणित अभ्यासहरूको अनुसरण गरेर तिनले आफ्नो छोरोलाई आगोमा टेकेर हिंड्‍न लगाए ।
2KI 16:4 तिनले उच्‍च थानहरू, डाँडाका टाकुराहरू र हरेक हरियो रुखमुनि बलिदानहरू चढाए र धूप बाले ।
2KI 16:5 तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह आक्रमण गर्न यरूशलेममा आए । तिनीहरूले आहाजलाई घेरे तापनि तिनीहरूले तिनलाई पराजित गर्न सकेनन् ।
2KI 16:6 त्यस बेला अरामका राजा रसीनले अरामको लागि एलात फेरि प्राप्‍त गरे र यहूदाका मानिसहरूलाई एलातबाट धपाए । तब अरामीहरू एलातमा आए , जहाँ तिनीहरू आजको दिनसम्म नै बसेका छन् ।
2KI 16:7 त्‍यसैले आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरकहाँ यसो भनेर सन्देशवाहकहरू पठाए, “म तपाईंको सेवक र तपाईंको छोरो हुँ । माथि आउनुहोस् र अरामका राजा र इस्राएलका राजाको हातबाट मलाई बचाउनुहोस् जसले मलाई आक्रमण गरेका छन् ।”
2KI 16:8 त्यसैले आहाजले परमप्रभुको मन्दिरमा भेट्टाइएका चाँदी र सुन अनि राजदरबारका धन-सम्‍पति लिए र अश्शूरका राजाकहाँ उपहारको रूपमा ति पठाए ।
2KI 16:9 तब अश्शूरका राजाले तिनको कुरा सुने, र अश्शूरका राजा दमस्कसको विरुद्धमा गए, त्‍यसमाथि विजय हासिल गरे र यहाँका मानिसहरूलाई बन्दी बनाएर कीरमा लगे । तिनले अरामका राजा रसीनलाई पनि मारे ।
2KI 16:10 राजा आहाज अश्शूरका राजा तिग्लत-पिलेसेरलाई भेट्न दमस्कसमा गए । दमस्कसमा तिनले एउटा वेदी देखे । तिनले आवश्यक सबै कामको लागि वेदीको ढाँचा र तरिका उरियाह पुजारीलाई नमुनाको लागि पठाए ।
2KI 16:11 त्यसैले राजा आहाजले दमस्कसबाट पठाएको योजनाहरू जस्‍तै ढाँचाको वेदी उरियाह पुजारीले बनाए । राजा आहाज दमस्कसबाट फर्कनुअगि तिनले यसलाई बनेर सिद्ध्याए ।
2KI 16:12 राजा दमस्कसबाट आएपछि, तिनले वेदी देखे । राजा वेदीमा गए र बलिदानहरू चढाए ।
2KI 16:13 तिनले आफ्ना होमबलि र अन्‍नबलि चढाए, आफ्‍नो अर्घबलि खन्याए, अनि मेलबलिको रगतलाई वेदीमाथि छर्के ।
2KI 16:14 परमप्रभुको सामु भएको काँसाको वेदी, तिनले परमप्रभुको मन्दिरको सामुबाट अर्थात् तिनको वेदी र परमप्रभुको मन्दिरको बिचबाट ल्‍याए र आफ्‍नो वेदीको उत्तरपट्टि राखे ।
2KI 16:15 तब राजा आहाजले उरियाह पुजारीलाई यसो भनेर आदेश दिए, “ठुलो वेदीमा बिहानको होमबलि र साँझको अन्‍नबलि अनि राजाको होमबलि र तिनको अन्‍नबलिलाई देश भरिका सबै मानिसका होमबलि र तिनीहरूका अन्‍नबलि र तिनीहरूका अर्घबलिसँगै चढाऊ । यसमाथि होमबलिको सबै रगत र बलिदानका सबै रगत छर्क । तर काँसाको वेदीचाहिं मार्गदर्शनको सल्लाह लिन मेरो निम्‍ति हुनेछ ।”
2KI 16:16 राजा आहाजले जसरी आज्ञा दिए, उरियाह पुजारीले त्‍यसरी नै गरे ।
2KI 16:17 तब राजा आहाजले गुड्‍ने आधारहरूबाट पाटाहरू र बाटाहरू हटाए । तिनले विशाल खँड्कुलोलाई त्यसलाई थामिराख्‍ने काँसाका साँढेहरूबाट निकाले र ढुङ्गाको आधारमा राखे ।
2KI 16:18 तिनले शबाथमा प्रयोग गरिने चँदुवालाई हटाए जसलाई तिनीहरूले मन्दिरमा निर्माण गरेका थिए । तिनले अश्शूरका राजाको कारणले मन्दिरबाहिर भएको राजकीय प्रवेशद्वारलाई पनि हटाइदिए ।
2KI 16:19 आहाज र तिनले गरेका कामका बारेमा ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
2KI 16:20 आहाज आफ्ना पुर्खाहरूसित सुते र दाऊदको सहरमा तिनका पुर्खाहरूसँगै गाडिए । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।
2KI 17:1 यहूदाका राजा आहाजको बाह्रौं वर्षमा एलाहका छोरा होशियाले राज्‍य सुरु गरे । तिनले सामरियामा बसेर इस्राएलमाथि नौ वर्ष राज्य गरे ।
2KI 17:2 परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे, तापनि तिनीभन्दा अगिका इस्राएलका राजाहरूले जस्तै भने होइन ।
2KI 17:3 अश्शूरका राजा शलमनेशेरले होशियालाई आक्रमण गरे र उनी तिनका सेवक बने र तिनलाई कर तिरे ।
2KI 17:4 त्यसपछि आफ्‍नो विरुद्धमा होशियाले षड्यन्त्र गरेका कुराको जानकरी अश्शूरका राजाले थाहा पाए, किनकि होशियाले मिश्रका राजा सोकहाँ सन्देशवाहकहरू पठाएका थिए । साथै, तिनले अश्शूरका राजालाई वर्षैपिच्छे तिर्दै आएको कर पनि तिरेनन् । त्यसैले अश्शूरका राजाले तिनलाई बन्‍दी बनाए र झ्यालखानामा थुनेर राखे ।
2KI 17:5 तब अश्शूरका राजाले देशैभरि आक्रमण गरे, र सामरियामाथि आक्रमण गरे र यसलाई तिन वर्षसम्म घेराबन्दी गरे ।
2KI 17:6 होशियाको नवौँ वर्षमा अश्शूरका राजाले सामरियालाई कब्जा गरे र इस्राएलीहरूलाई अश्शूरमा लगे । तिनीहरूलाई गोजानको हाबोर नदीको किनारको हलहमा र मादीहरूका सहरहरूमा तिनले बसाले ।
2KI 17:7 इस्राएलीहरूले आफूलाई मिश्रदेशका राजा फारोको हातबाट छुटाउनुहुने, तिनीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरेका हुनाले यसरी तिनीहरू बन्‍दी भए । यी मानिसहरूले अरू देवताहरूको पुजा गरिरहेका थिए,
2KI 17:8 र इस्राएलका मानिसहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूका अभ्यासहरू तथा इस्राएलका राजाहरूका अभ्यासहरू गरिरहेका थिए ।
2KI 17:9 इस्राएलका मानिसहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा जे कुराहरू गर्नु ठिक थिएन, गुप्‍त रूपमा त्यही गरे । धरहरादेखि किल्लासम्‍म नै आफ्‍ना सबै सहरहरूमा तिनीहरूले आफ्‍ना निम्‍ति उच्‍च थानहरू बनाए ।
2KI 17:10 हरेक उच्‍च डाँडा रहरेक हरियो रुखमुनि तिनीहरूले डुङ्गाका मूर्तिहरू र अशेराका खम्बाहरू बनाए ।
2KI 17:11 तिनीहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूले गरेजस्तै तिनीहरूले उच्‍च थानहरूमा धूप बाले । परमप्रभुलाई रिस उठाउनलाई इस्राएलीहरूले दुष्‍ट कुराहरू गरे,
2KI 17:12 तिनीहरूले मूर्तिहरूको पुजा गरे, जसका बारेमा परमप्रभुले तिनीहरूलाई भन्‍नुभएको थियो, “तिमीहरूले यो कुरा गर्ने छैनौ ।”
2KI 17:13 तापनि परमप्रभुले हरेक अगमवक्ता र हरेक दर्शीद्वारा इस्राएल र यहूदालाई यसो भनरे चेताउनी दिनुभएको थियो, “आ-आफ्ना दुष्‍ट मार्गहरूबाट फर्केर मेरा आज्ञाहरू र विधिहरू पालन गर, अनि मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेका अनि आफ्‍ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका सबै आज्ञा पालन गर्न सावधना होओ ।”
2KI 17:14 तर तिनीहरूले सुनेनन् । बरु परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि विश्‍वास नगर्ने आफ्‍ना पुर्खाहरूजस्तै तिनीहरू ज्‍यादै हठी भए ।
2KI 17:15 तिनीहरूले उहाँका विधिहरू र तिनीहरूका पुर्खाहरूसित उहाँले बाँध्‍नुभएको करार र उहाँले तिनीहरूलाई दिनुभएका करारका आज्ञाहरूलाई इन्कार गरे । तिनीहरूले बेकम्मा अभ्यासहरूको अनुसरण गरे अनि तिनीहरू आफै पनि बेकम्मा भए । तिनीहरूले आफ्नो वरिपरि भएका अरू जातिहरूको अनुसरण गरे जसको नकल्ल नगर्नू भनेर परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएको थियो ।
2KI 17:16 तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञालाई बेवास्ता गरे । तिनीहरूले पुजा गर्नलाई पिटेर तयार पारिएका धातुको दुईवटा बाछाका बनाए । तिनीहरूले अशेरा देवीको खम्बा बनाए, र तिनीहरूले आकाशका सम्पूर्ण तारा र बालको पुजा गरे ।
2KI 17:17 तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा हिंड्‍न लगाए, तिनीहरूले जोखना हेर र टुनामुना गरे, तिनीहरूले परमप्रभुको दृष्‍टिमा जे खराब छ, त्यही गर्न आफैलाई बेचे, र तिनीहरूले उहाँलाई रिस उठाए ।
2KI 17:18 त्यसकारण परमप्रभु इस्राएलसित अत्यन्तै रिसाउनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट हटाइदिनुभयो । त्यहाँ यहूदाको कुलबाहेक कोही पनि छोडिएन ।
2KI 17:19 यहूदाले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालन गरेनन्, र तिनीहरूले इस्राएलले गरेका अभ्‍यासहरूको अनुसरण गरे ।
2KI 17:20 यसैले परमप्रभुले इस्राएलका सबै सन्तानलाई इन्कार गर्नुभयो । उहाँले तिनीहरूलाई कष्‍ट दिनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट नफल्‍नुभएसम्म उहाँले तिनीहरूलाई लुटको मालको रूपमा अधिकार गर्नेहरूको हातमा सुम्पिनुभयो ।
2KI 17:21 उहाँले इस्राएललाई दाऊदको राजकीय वंशबाट अलग गर्नुभयो, र तिनीहरूले नबातका छोरा यारोबामलाई राजा बनाए । यारोबामले इस्राएललाई परमप्रभुको अनुसरण गर्नबाट बहकाए र तिनीहरूलाई ठुलो पाप गर्न लगाए ।
2KI 17:22 इस्राएलका मानिसहरूले यारोबामका सबै पापको अनुसरण गरे र तिनीहरू ती कुराबाट फर्केनन्,
2KI 17:23 त्यसैले परमप्रभुले आफ्ना सबै सेवक अगमवक्ताहरूद्वारा आफूले गर्छु भन्‍नुभएझैँ इस्राएललाई आफ्नो दृष्‍टिबाट हटाउनुभयो । यसरी तिनीहरूको आफ्नै देशबाट इस्राएललाई अश्शूरमा बन्दी बनाएर लगियो, र आजको दिनसम्म पनि त्‍यस्‍तै भएको छ ।
2KI 17:24 अश्शूरका राजाले बेबिलोनबाट र कूताबाट र अव्वाबाट हमात र सपर्बेमबाट मानिसहरू ल्याए र इस्राएलका मनिसहरूको साटोमा तिनीहरूलाई सामरियाका सहरहरूमा बसाले । तिनीहरूले सामरिया कब्जा गरे र यसका सहरहरूमा बसे ।
2KI 17:25 तिनीहरूले बसोबाससुरु गर्दा तिनीहरूले परमप्रभुलाई आदर गरेनन् । त्यसैले परमप्रभुले तिनीहरूका बिचमा सिंहहरू पठाउनुभयो जसलेतिनीहरूमा कसैलाई मारे ।
2KI 17:26 त्यसैले तिनीहरूले अश्शूरका राजालाई यसो भने, “तपाईंले बन्दी बनाएर लैजानुभएका जातिहरू र सामरियाका सहरहरूमा बसोबास गरेका मानिसहरूले यस देशका देवताले चाहेका अभ्यासहरूका जान्‍दैनन् । त्यसैले उहाँले तिनीहरूका बिचमा सिंहहरू पठाउनुभएको छ, र सिंहहरूले यहाँ मानिसहरूलाई मर्दैछन् किनकि तिनीहरूले यस देशका देवताले चाहेका अभ्यासहरू जान्‍दैनन् ।”
2KI 17:27 तब अश्शूरका राजाले यसो भनेर आज्ञा दिए, “तिमीहरूले त्यहाँबाट ल्याएका पुजारीहरूमध्ये एउटालाई लिएर जाओ । तिनी गएर त्यहीँ बसून्, र तिनले त्यस देशका देवताले चाहेका अभ्यासहरू मानिसहरूलाई सिकाऊन् ।”
2KI 17:28 त्यसैले तिनीहरूले सामरियाबाट बन्दी बनाएर लगेका पुजारीहरूमध्ये एक जना आए र बेथेलमा बसे । तिनीहरूले परमप्रभुलाई कसरी आदर गर्नुपर्छ भनी तिनले तिनीहरूलाई सिकाए ।
2KI 17:29 हरेक जातिले आ-आफ्ना देवताहरू बनाए, अनि सामरीहरूले बनाएका उच्‍च थानहरूमा तिनलाई राखे । आफू बसोबास गर्ने ठाउँमा हरेक जातिले त्‍यसै गरे ।
2KI 17:30 बेबिलोनका मानिसहरूले सुक्‍कोन-बनोत बनाए, कूताका मानिसहरूले नेर्गल बनाए, हमातका मानिसहरूले अशीमा बनाए,
2KI 17:31 अव्वीहरूले नेभज र तर्ताक बनाए । सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक र अनम्मलेकका निम्ति आफ्ना छोराछोरीलाई आगोमा जलाए ।
2KI 17:32 तिनीहरूले परमप्रभुको पनि आदर गरे, र तिनीहरूका बिचबाट उच्‍च थानहरूमा पुजारीहरू नियुक्त गरे, जसले उच्‍च स्‍थानमा निर्मित मन्दिरहरूमा आफ्‍ना निम्ति बलि चढाए ।
2KI 17:33 तिनीहरूले परमप्रभुलाई आदर गर्थे र जुन जातिहरूबाट आफू ल्याइएका थिए तिनीहरूकै प्रचलनअनुसार आ-आफ्नै देवताहरूको पनि पुज्थे ।
2KI 17:34 आजको दिनसम्म तिनीहरू आफ्‍ना पुराना प्रचलनहरूमा लागेकै छन् । तिनीहरूले न परमप्रभुलाई आदर गर्छन्, न त परमप्रभुले इस्राएल नाउँ दिनुभएको याकूबका मानिसहरूलाई उहाँले दिनुभएका विधिहरू, उर्दीहरू, व्यवस्था वा आज्ञाहरू नै तिनीहरूले पालन गर्छन्—
2KI 17:35 अनि तिनीहरूसित परमप्रभुले करार बाँध्‍नुभयो र तिनीहरूलाई आज्ञा दिनुभयो, “तिमीहरूले अन्य देवताहरूको भय मान्‍ने छैनौ, न तिनीहरूको सामु निहुरिनेछौ, न तिनीहरूकको पुजा गर्नेछौ न त तिनीहरूलाई बलि चढाउनेछौ ।
2KI 17:36 तर महान् शक्ति र उठेका हातहरूले तिमीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभुलाई मात्र तिमीहरूले आदर गर्नुपर्छ । तिमीहरूले उहाँलाई मात्र दण्डवत् गर्नुपर्छ, र उहाँलाई मात्र बलि चढाउनुपर्छ ।
2KI 17:37 उहाँले तिमीहरूका निम्ति लेख्‍नुभएका विधिहरू र उर्दीहरू, व्यवस्था र आज्ञाहरूलाई तिमीहरूले सदासर्वदा पालन गर्नेछौ । त्यसैले तिमीहरू अन्य देवताहरूको डर मान्‍नुहुँदैन,
2KI 17:38 र मैले तिमीहरूसित बाँधेको करार तिमीहरूले बिर्सनेछेनौ, न त तिमीहरूले अन्य देवताहरूको आदर गर्नेछौ ।
2KI 17:39 तर तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको आदर गर्नेछौ । उहाँले तिमीहरूका शत्रुहरूको शक्तिबाट तिमीहरूलाई छुटकारा दिनुहुनेछ ।”
2KI 17:40 तिनीहरूले यो कुरा सुनेनन्, किनकि तिनीहरूले विगतमा गरेका कुरामा तिनीहरू लागिरहे ।
2KI 17:41 यसरी यी जातिहरू परमप्रभुदेखि डराए र आफूले खोपेर बनाएका मूर्तिहरूको पनि तिनीहरूले पुजा गरे, अनि तिनीहरूका छोराछोरी र नातिनातिनाले पनि त्‍यसै गरे । आजको दिनसम्म आफ्ना पुर्खाहरूले गरेझैँ तिनीहरूले निरन्‍तर त्‍यसै गर्दैछन् ।
2KI 18:1 इस्राएलका राजा एलाहका छोरा होशियाको तेस्रो वर्षमा यहूदाका राजा आहाजका छोरा हिजकियाले राज्‍य गर्ने सुरु गरे ।
2KI 18:2 तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अबिया थियो । तिनी जकरियाकी छोरी थिइन् ।
2KI 18:3 आफ्ना पुर्खा दाऊदले गरेका सबै उदाहरणको अनुसरण गरेर परमप्रभुको दृष्‍टिमा जे ठिक थियो तिनले त्यही गरे ।
2KI 18:4 तिनले उच्‍च ठाउँहरू हटाए, ढुङ्गाका खम्बाहरू नष्‍ट पारे र अशेरा स्‍ताम्‍भहरू टुक्राटुक्रा पारिदिए । तिनले मोशाद्वारा निर्मित काँसाको सर्पलाई टुक्राटुक्रा पारे किनकि ती दिनमा इस्राएलका मानिसहरूले यसमा धूप बालिरहेका थिए । यसलाई, “नहूश्तान” भनिन्थ्यो ।
2KI 18:5 इस्राएलका परमप्रभु परमेश्‍वरमा हिजकियाको यस्‍तो विश्‍वास थियो ताकि यहूदाका सबै राजाहरूका माझमा तिनीभन्दा पछि कोही पनि तिनीजस्तो थिएन, न त तिनीभन्‍दा पहिलेका राजाहरूका माझमा नै कोही थियो ।
2KI 18:6 किनकि तिनी परमप्रभुमा लागिरहे । तिनले उहाँको अनुसरण गर्न छोडेनन् तर परमप्रभुले मोशालाई दिनुभएका उहाँका आज्ञाहरू तिनले पालन गरे ।
2KI 18:7 त्यसैले परमप्रभु हिजकियासित हुनुभयो, र तिनी जहाँ गए तापनि तिनको उन्‍नति भयो । अश्शूरका राजाको विरुद्धमा तिनी बागी भए र उनको सेवा गरेनन् ।
2KI 18:8 पलिश्तीहरूको देश गाजा र पहरेदार बस्‍ने धरहरादेखि किल्लाबन्‍दी गरिएको सहरसम्म त्यसको वरिपरिका सिमानाहरू तिनले जिते ।
2KI 18:9 राजा हिजकियाको चौथो वर्ष, जुन इस्राएलका राजा एलाहका छोरा होशियाको सातौँ वर्षमा, अश्शूरका राजा शलमनेशेर सामरियाको विरुद्धमा आए र त्‍यसलाई घेरा हाले ।
2KI 18:10 तिन वर्षको अन्त्यमा अर्थात् हिजकियाको छैटौँ वर्षमा, जुन इस्राएलका राजा होशियाको नवौँ वर्षमा, तिनीहरूले त्‍यसलाई कब्जा गरे । यसरी सामरियालाई कब्जा गरियो ।
2KI 18:11 यसरी अश्शूरका राजाले इस्राएलीहरूलाई बन्दी बनाएर अश्शूरमा लगे, र तिनीहरूलाई हलहमा, गोजानको हाबोर नदीको किनारमा र मादीहरूका सहरहरूमा बसाले ।
2KI 18:12 तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आवाज नसुनेको तर परमप्रभुका दास मोशाले दिएका उहाँको करारका सबै आज्ञालाई उल्लङ्घन गरेका हुनाले उहाँले यसो गर्नुभयो । तिनीहरूले त्‍यसलाई सुन्‍न र पालन गर्न इन्कार गरे ।
2KI 18:13 तब राजा हिजकियाको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्लाबन्दी गरिएका सबै सहरहरूमा आक्रमण गरे र तिनलाई कब्जा गरे ।
2KI 18:14 त्यसैले यहूदाका राजा हिजकियाले लाकीशमा बसिरहेका अश्शूरका राजालाई यसो भनेर समाचार पठाए, “मैले तपाईंलाई चोट पुर्‍याएको छु । मबाट पछि हट्नुहोस् । तपाईंले ममाथि जस्तो भारी बोकाउनुहुन्छ, म बोक्‍नेछु ।” अश्शूरका राजाले यहूदाका राजा हिजकियाबाट दस टन चाँदी र एक टन सुन माग गरे ।
2KI 18:15 त्यसैले हिजकियाले परमप्रभुको मन्दिर र राजदरबारका भण्डारहरूमा पइएका सबै चाँदी दिए ।
2KI 18:16 त्यसपछि हिजकियाले परमप्रभुको मन्दिरका ढोकाहरू र तिनले सुनको जलप लगाएका खम्बाहरूबाट सुन काटेर निकाले । तिनले उक्‍त सुन अश्शूरका राजालाई दिए ।
2KI 18:17 तर अश्शूरका राजाले तार्तान र रबसरिस अनि आफ्ना प्रधान सेनापतिलाई एउटा ठुलो सेनाको साथमा लाकीशबाट यरूशलेममा राजा हिजकियाकहाँ पठाए । तिनीहरू बाटोमा यात्रा गरे र यरूशलेम बाहिर आइपुगे । तिनीहरू धोबीको खेतमा जाने माथिल्लो पोखरीको कुलोनेरको बाटोमा आए र त्‍यहाँ रोकिए ।
2KI 18:18 जब तिनीहरूले राजा हिजकियालाई बोलाएका थिए, तब, राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम, र सचिव शेब्ना अनि लेखापाल आसापका छोरा योआ तिनीहरूलाई भेट्न गए ।
2KI 18:19 त्‍यसैले ती प्रधान सेनापतिले अश्शूरका सम्राट महाराजाले हिजकियालाई के भनेका थिए त्‍यो भनिदिन भने, “तिम्रो दृढताको स्रोत के हो ?
2KI 18:20 युद्धका गर्न मित्रहरू र शक्ति छन् भनेर तिमी व्‍यर्थका कुरा मात्र बोल्छौ । तिमीले कसमाथि भरोसा गरिरहेका छौ जसको कारणले तिमीले मेरो विरुद्धमा विद्रोह गर्नुपर्‍यो ?
2KI 18:21 हेर, मिश्रदेशको यो चिरा परेको निगालोको टेक्‍ने लौरोमा तिमी भरोसा गर्छौ, तर कुनै मानिसले यसमा शिर अडायो भने, यो त्यसको हातैमा टाँसिन्‍छ र त्यसलाई छेडिदिन्‍छ । आफूमाथि भरोसा गर्ने हरेकको निम्‍ति मिश्रदेशका राजा फारो त्यस्तै हो ।
2KI 18:22 तर तिमी मलाई भन्‍छौ, 'हामी परमप्रभु हाम्रा परमेश्‍वरमाथि भर पर्छौं,' भने, के उहाँ नै होइन जसका उच्‍च ठाउँहरू र वेदीहरू हिजकियाले हटाइदिए, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, 'तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ' ?
2KI 18:23 त्यसकारण अब मेरा मालिक अश्शूरका राजाबाट म तपाईंलाई राम्रो प्रस्ताव राख्‍न चाहन्छु । तपाईंले घोडचढीहरू पाउनुभयो भने, म तपाईंलाई दुई हजार घोडाहरू दिनेछु ।
2KI 18:24 मेरा मालिकका सेवकहरूमध्ये सबैभन्दा तल्लो एउटा कप्‍तानको पनि तपाईं कसरी विरोध गर्न सक्‍नुहुन्छ ? तपाईंले रथहरू र घोडचढीहरूको लागि मिश्रदेशमा भरोसा गर्नुगर्नुपर्छ ।
2KI 18:25 के परमप्रभुविना यस ठाउँको विरुद्धमा लडाइँ गर्न र यसलाई नाश गर्न म आएको हुँ र ? परमप्रभुले मलाई भन्‍नुभयो, “यस देशलाई आक्रमण गर र नाश गर ।”
2KI 18:26 तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले प्रधान सेनापतिलाई भने, “कृपा गरी तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्नुहोस् किनकि हामी त्‍यो बुझ्छौँ । कृपया पर्खालमा खडा भएका मानिसहरूले सुन्‍ने गरी हामीसित यहूदाका भाषामा नबोल्नुहोस् ।”
2KI 18:27 तर प्रधान सेनापतिले तिनीहरूलाई भने, “के मेरा मालिकले तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्‍नलाई मलाई पठाउनुभएको हो र ? के पर्खालमा बस्‍ने यी मानिसहरूलाई पनि होइन र, जसले तिमीहरूसँगै तिनीहरूका आफ्नै दिसा र पिसाब खानुपर्नेछ ?”
2KI 18:28 तब प्रधान सेनापति खडा भएर तिनले यहूदीहरूको भाषामा चर्को सोरमा यसो भने, “अश्शूरका सम्राट, महाराजाको कुरा सुन ।
2KI 18:29 राजा भन्‍नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई धोका नदिओस् किनकि उसले तिमीहरूलाई मेरो शक्तिबाट छुटकारा दिन सक्‍ने छैनन् ।
2KI 18:30 हिजकियाले तिमीहरूलाई यसो भन्दै परमप्रभुमाथि भरोस गर्न नलगाओस्, 'निश्‍चय नै परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ, र यो सहर अश्शूरका राजाको हातमा पर्नेछैन ।'
2KI 18:31 हिजकियाको कुरा नसुन, किनकि अश्शूरका राजा यसो भन्‍नुहुन्छ, 'मसित सम्झौता गर र मकहाँ आओ । तब तिमीहरू हरेकले आफ्नै दाखबारी र भद्राक्षाको बोटबाट खान पाउने छ, र आफ्नै कुवाको पानी पिउन पाउनेछ ।
2KI 18:32 अनाज र नयाँ दाखमद्य, अन्‍न र दाखबारी, भद्राक्षका रुखहरू र मह भएको देश अर्थात् तिमीहरूको आफ्नै देशजस्तो एउटा देशमा मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसो गर्नेछौ, ताकि तिमीहरू बाँच्‍नेछौ र मर्नेछैनौ ‘परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई फकाउन खोज्दा कुरा उसको नसुन ।
2KI 18:33 के कुनै जातिका देवताहरूले तिनीहरूलाई अश्शूरका राजाको हातबाट छुटकारा दिएका छन् र ?
2KI 18:34 हमात र अर्पादका देवताहरू कहाँ छन् ? सपर्बेम, हेना र हेना र इव्वाका देवताहरू कहाँ छन् ? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटकारा दिएका छन् ?
2KI 18:35 देशहरूका सबै देवतामध्ये के कुनै देवताले मेरो शक्तिबाट आफ्‍नो देशलाई छुटकारा दिएको छ र ? कसरी परमप्रभुले मेरो शक्तिबाट यरूशलेमलाई छुटकारा दिन सक्छ र ?”
2KI 18:36 तर मानिसहरू मौन रहे र जवाफ दिएनन् किनकि राजाले आज्ञा दिएका थिए, “तिनलाई जवाफ नदिनू ।”
2KI 18:37 तब राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र लेखापाल आसापका छोरा योआले आ-आफ्ना लुगा च्यातेर हिजकियाकहाँ आए, र प्रधान सेनापतिले भनेका कुराहरू तिनलाई बताइदिए ।
2KI 19:1 जब राजा हिजकियाले तिनीहरूको कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते, भाङ्ग्रा लगाए र परमप्रभुको मन्दिरभित्र गए ।
2KI 19:2 तिनले राजदरबारका निरिक्षक एल्याकीम, सचिव शेब्ना र पुजारीहरूका धर्म-गुरुहरू सबैलाई भाङ्ग्रा लगाएर आमोजका छोरा अगमवक्ता यशैयाकहाँ पठाए ।
2KI 19:3 तिनीहरूले तिनलाई भने, “हिजकिया भन्‍नुहुन्छ, 'जसरी बच्‍चा जन्मन लाग्‍छ तर तिनीहरूमा जन्‍मिने बल हुँदैन, त्यसरी नै यो दिन कष्‍ट, हप्की र अनादरको दिन भएको छ ।
2KI 19:4 सायद परमप्रभु तपाईंका परमेश्‍वरले प्रधान सेनापतिका सबै कुरा सुन्‍नुहुनेछ, जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरलाई विरोध गर्न पठाएका छन्, र परमप्रभु तपाईंका परमेश्‍वरले सुन्‍नुभएको कुराले उहाँले तिनलाई हप्काउनुहुनेछ । अब यहाँ अझै बाँचेकाहरुका निम्ति तपाईंले प्रार्थना गर्नुहोस् ।”
2KI 19:5 त्यसैले राजा हिजकियाका सेवकहरू यशैयाकहाँ आए,
2KI 19:6 र यशैयाले तिनीहरूलाई भने, “आफ्‍ना मालिकलाई यसो भन, 'परमप्रभु यसो भन्‍नुहुन्छः अश्शूरका राजाका सेवकहरूले मेरो अपमान गरेर बोलेका कुरा सुनेर तँ नडरा ।
2KI 19:7 हेर्, म त्यसमा एउटा आत्मा हालिदिनेछु, र त्यसले एउटा खबर सुन्‍नेछ र आफ्नै देशमा फर्केर जानेछ । त्यसको आफ्नै देशमा म त्यसलाई तरवारले ढाल्न लगाउनेछु' ।”
2KI 19:8 तब प्रधान सेनापति फर्के, र अश्शूरका राजालाई लिब्नाको विरुद्धमा लडाइँ गरिरहेका भेट्टाए किनकि राजा लाकीशबाट गइसकेका थिए भनी तिनले सुनेका थिए ।
2KI 19:9 त्यसै बेला सनहेरीबको विरुद्धमा लडाइँ गर्न कुश र मिश्रदेशका राजा तिर्हाकाहले सेना परिचालन गरेका छन् भनेर तिनले सुने, त्यसैले तिनले फेरि हिजकियाकहाँ यो समाचारसहित सन्देशवाहकहरू पठाए,
2KI 19:10 “यहूदाका राजा हिजकियालाई भन्‍नूः 'यरूशलेम अश्शूरका राजाको हातमा पर्नेछैन' भन्‍ने तिमीले भरोसा गरेका परमेश्‍वरले तिमीलाई धोका नदेऊन् ।
2KI 19:11 हेर, अश्शूरका राजाहरूले सबै देशलाई पूर्ण रूपले नष्‍ट पारेका कुरा तिमीले सुनेका छौ । त्यसैले के तिमीले चाहिँ छुटकारा पाउनेछौ ?
2KI 19:12 मेरा पुर्खाहरूले नष्‍ट पारेकाः गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्‍ने अदनका मानिसहरूलाई ती जातिहरूका देवताहरूले छुटकारा दिएका छन् ?
2KI 19:13 हमातका राजा, अर्पादका राजा, सपर्बेम, हेना र इव्वा सहरहरूका राजा कहाँ छन् ?”
2KI 19:14 हिजकियाले सन्देशवाहकरूबाट यो चिठी प्राप्‍त गरे, र तिनले यो पढे । तब तिनी परमप्रभुको मन्दिरमा उक्ले अनि उहाँको सामु यसलाई खोलेर राखिदिए ।
2KI 19:15 तब हिजकियाले परमप्रभुको सामु प्रार्थना गरे, “हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर तपाईं जो करूबहरूमाथि विराजमान हुनुहुन्छ, तपाईं मात्र पृथ्वीका सबै राज्यमाथि राजा हुनुहुन्छ । तपाईंले नै स्वर्ग र पृथ्वीको सृष्‍टि गर्नुभयो ।
2KI 19:16 हे परमप्रभु, आफ्‍नो कान थाप्‍नुहोस् र सुन्‍नुहोस् । हे परमप्रभु, आफ्ना आँखा खोल्नुहोस्, र सनहेरीबका कुराहरू सुन्‍नुहोस् जुन त्‍यसले जीवित परमेश्‍वरको गिल्ला गर्न पठाएको छ ।
2KI 19:17 हे परमप्रभु, अश्शूरका राजाहरूले जातिहरू र तिनीहरूका देशहरूलाई साँच्‍चै नै नाश पारेका छन् ।
2KI 19:18 तिनीहरूले उनीहरूका देवताहरूलाई आगोमा फालेका छन् किनकि तिनीहरू ईश्‍वरहरू थिएनन्, तर मानिसका हातका काम अर्थात् काठ र ढुङ्गाहरू थिए । त्यसैले अश्शूरीहरूले तिनलाई नष्‍ट पारे ।
2KI 19:19 अब हे परमप्रभु हाम्रा परमेश्‍वर, म बिन्ती गर्छु, कि त्‍यसको शक्तिबाट हामीलाई बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यले तपाईँ परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्छ भनी जान्‍न सकून् ।”
2KI 19:20 तब आमोजका छोरा यशैयाले हिजकियालाई यसो भनेर समाचार पठाए, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तैँले अश्शूरका राजा सनहेरीबको बारेमा मलाई प्रार्थना गरेकोले म तेरो कुरा सुन्‍नेछु ।
2KI 19:21 त्यसको विषयमा परमप्रभुले भन्‍नुभएको वचन यही होः “सियोनकी कन्या-छोरीले तँलाई तिरस्कार गर्छे, र तेरो खिल्ली उडाउँछे । यरूशलेमकी छोरीले तँलाई हेर्दै आफ्नो शिर हल्लाउँछे ।
2KI 19:22 तैँले कसको गिल्ला गरेको छस् र अपमान गरेको छस् ? तैँले कसको विरुद्धमा आफ्नो सोर उच्‍च पारेको छस् र घमण्डका साथ आफ्ना आँखा माथि उठाएको छस् ? इस्राएलका परमपवित्रको विरुद्धमा हो !
2KI 19:23 तेरा सन्देशवाहकहरूद्वारा तैँले परमप्रभुको गिल्ला गरेको छस्, र भनेको छस्, 'मेरा धेरै रथहरूसँगै म पर्वतहरूका टाकुराहरूमा, लेबनानका सबैभन्दा उच्‍च टाकुराहरूमा उक्लेको छु । म त्यहाँका अग्ला-अग्ला देवदारुका रुखहरू र सबैभन्दा असल सल्लाका रुखहरू काटेर ढाल्‍नेछु । म त्यसको पल्लो कुनामा, त्यसको सबैभन्दा फलदायी वनभित्र प्रवेश गर्नेछु ।
2KI 19:24 मैले इनारहरू खनेको छु, र विदेशी पानी पिएको छु । मैले आफ्‍ना खुट्टाका पैतलामुनि मिश्रदेशका सबै नदी सुकाएँ ।'
2KI 19:25 के धेरै पहिले नै मैले यसको निधो गरेको अनि प्राचीन समयमा नै मैले यो रचेको तैँले सुनेको छैनस् र ? अब मैले यसलाई कार्यान्वयन गर्न खोज्दैछु । तैँले यहाँ किल्ला भएका सहरहरूलाई भग्‍नावशेषको थुप्रोमा समेटेको छस् ।
2KI 19:26 तिनका थोरै बल भएका बासिन्दाहरू, थाकेका र लाजमा परेका छन् । तिनीहरू मैदानका बिरुवाहरू हुन्, हरिया घाँस छानामाथिका वा मैदान घाँस हुन् जुन उम्रनअगि नै सुक्छन् ।
2KI 19:27 तर तँ भुइँमा बसेको र तँ बाहिर गएको र भित्र आएको अनि मेरो विरुद्धमा तैंले रिस गरेको मलाई थाहा छ ।
2KI 19:28 तैँले मेरो विरुद्धमा रिस देखाएको हुनाले र तेरो घमण्ड मेरो कानसम्म पुगेको हुनाले म तेरो नाकमा मेरो बल्छी लगाउनेछु, र तेरो मुखमा मेरो लगाम लगाउनेछु । म तँलाई तँ आएकै बाटो फर्काउनेछु ।”
2KI 19:29 तेरो लागि चिन्हचाहिँ यो हुने छः यो साल तैँले आफै उम्रेको अन्‍न खानेछस्, र अर्को साल त्यसैबाट उम्रेको खानेछस् । तर तेस्रो वर्षमा चाहिँ तैँले अन्‍न रोप्‍ने अनि कटनी गर्नेछस्, दाखबारी लगाउनेछस् र तिनका फल खानेछस् ।
2KI 19:30 यहूदाको घरानाका बाँचेर बाँकी बाँचेकाहरूले फेरि जरा हाल्‍नेछन् र फल फलाउनेछन् ।
2KI 19:31 किनकि यरूशलेमबाट बाँकी रहेको एउटा भाग आउनेछ, सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोसले यो गर्नेछ ।
2KI 19:32 त्यसकारण अश्शूरका राजाको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छः “ऊ यो सहरमा आउनेछैन, न त त्यसले यहाँ काँड हान्‍नेछ । न त यसको सामु त्यो ढाल लिएर आउनेछ वा यसको विरुद्धमा घेरा-मचान लगाउनेछ ।
2KI 19:33 जुन बाटोबाट ऊ आएको थियो ऊ त्‍यही बाटो फर्केर जानेछ । ऊ यस सहरमा पस्‍नेछैन— यो परमप्रभुको घोषणा हो ।
2KI 19:34 किनकि मेरो आफ्नै निम्‍ति र मेरा दास दाऊदको निम्‍ति म यस सहरको रक्षा गर्नेछु र यसलाई बचाउनेछु ।”
2KI 19:35 त्यस राज परमप्रभुका दूत बाहिर निस्के र अश्शूरीहरूको छाउनीलाई आक्रमण गरे, र एक लाख पचासी हजार सिपाहीलाई मारे । जब मानिसहरू बिहान सबेरै उठे तब जताततै लाश छरिएका थिए ।
2KI 19:36 त्यसैले अश्शूरका राजा सनहेरीबले इस्राएल चोडे र घरमा गए, र निनवेमा बसे ।
2KI 19:37 पछि तिनले आफ्नो देवता निस्रोकको मन्‍दिरमा पुजा गरिरहँदा तिनका छोराहरू अद्रम्मलेक र शरेसेरले तिनलाई तरवारले मारे । अनि तिनीहरू आरारात देशमा भागेर गए । तब तिनको ठाउँमा तिनका छोरा एसरहदोन राजा भए ।
2KI 20:1 ती दिनमा मृत्‍यु नै हुन्‍छ कि जस्‍तो गरी हिजकिया बिरामी परे । त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्‍नुहुन्छ, 'तेरो घरलाई मिलाएर राख्, किनकि तँ मर्नेछस् र बाँच्‍नेछैनस्' ।”
2KI 20:2 तब हिजकियाले भित्तापट्टि आफ्नो अनुहार फर्काए र यसो भनेर परमप्रभुमा प्रार्थना चढाए,
2KI 20:3 “हे परमप्रभु, मेरो सारा ह्रदयले म कसरी तपाईंको सामु विश्‍वासका साथ हिंडेको छु, र कसरी तपाईंको दृष्‍टिमा जे ठिक थियो, मैले त्यही गरेको छु, सो कृपा गरी सम्झनुहोस् । तब हिजकिया धुरुधुरु रोए ।
2KI 20:4 यशैया बिचको चोकमा पुग्‍नुभन्दा अगि परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो,
2KI 20:5 “फर्की र मेरा मानिसका अगुवा हिजकियालाई यसो भन्, 'तेरा पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तेरो प्रार्थना सुनेको छु, र मैले तेरो आँसु देखेको छु । मैले तँलाई तेस्रो दिनमा निको पार्नै लागेको छु, र तँ परमप्रभुको मन्दिरमा माथि उक्लेर जानेछस् ।
2KI 20:6 म तेरो जीवनमा पन्ध्र वर्ष आयु थपिदिनेछु, र अश्शूरका राजाको हातबाट म तँलाई र तेरो सहरलाई बचाउनेछु, अनि मेरो आफ्नै निम्‍ति र मेरा दास दाऊदको निम्‍ति म यस सहरको रक्षा गर्नेछु' ।”
2KI 20:7 त्यसैले यशैयाले भने, “नेभाराको लेप लगाउनुहोस् ।” तिनीहरूले त्यसै गरे र तिनको पिलोमा त्‍यो लगाइदिए र तिनी निको भए ।
2KI 20:8 हिजकियाले यशैयालाई भने, “परमप्रभुले मलाई निको पार्नुहुनेछ र म तेस्रो दिनमा परमप्रभुको मन्दिरमा जानुपर्छ भन्‍ने कुराको चिन्ह के हुनेछ ?”
2KI 20:9 यशैयाले जवाफ दिए, “तपाईंको लागि परमप्रभुबाट चिन्ह यो हुनेछ, कि परमप्रभुले बोल्नुभएको कुरा उहाँले गर्नुहुनेछ । घामको छाया दस सिंडी अगाडि जानुपर्‍यो कि दस सिंडी पछाडि जानुपर्‍यो ?”
2KI 20:10 हिजकियाले जवाफ दिए, “घामको छायालाई दस सिंडी अगाडि जानु त समान्‍य कुरो हो । त्‍यो छाया दस सिंडी पछाडि जाओस् ।”
2KI 20:11 त्‍यसैले यशैया अगमवक्ताले परमप्रभुमा पुकारा गरे र उहाँले घामको छायालाई आहाजको सिंडीमा जहाँ पुगेको थियो त्‍यहाँबाट दस सिंडी पछाडि सार्नुभयो ।
2KI 20:12 त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियालाई चिठीहरू र एउटा उपहार पठाए किनकि हिजकिया बिरामी परेका थिए भनी तिनले सुनेका थिए ।
2KI 20:13 हिजकियाले ती चिठीमा लेखिएका कुरा सुने र त्‍यसपछि ती सन्देशवाहकहरूलाई राजदरबारका सबै कुरा र तिनका मूल्यवान् थोकहरू अर्थात् चाँदी, सुन, मसला र बहुमुल्‍य तेल र तिनका हतियारहरूका भण्डार अनि तिनका भण्डारहरूमा भेट्टाइएका सबै थोक देखाए । हिजकियाको आफ्नो घरमा अनि तिनका सारा राज्य तिनले उनीहरूलाई नदेखाएका कुरा केही थिएन ।
2KI 20:14 तब यशैया अगमवक्ता हिजकिया राजाकहाँ आए र तिनलाई सोधे, “यी मानिसहरूले तपाईंलाई के भने ? तिनीहरू कहाँबाट आएका हुन् ?” हिजकियाले भने, “तिनीहरू टाढाको देश बेबिलोनबाट आएका हुन् ।”
2KI 20:15 यशैयाले सोधे, “तपाईंको घरमा तिनीहरूले के-के हेरेका छन् ?” हिजकियाले जवाफ दिए, “तिनीहरूले मेरो घरमा भएका हरेक थोक देखेका छन् । मसँग भएका मूल्यवान् थोकहरूमा मैले तिनीहरूलाई नदेखाएका कुनै पनि बाँकी छैन ।”
2KI 20:16 त्यसैले यशैयाले हिजकियालाई भने, “परमप्रभुक वचन सुन्‍नुहोस्,
2KI 20:17 'हेर्, ती दिन आउँदैछन् जतिबेला तेरा पुर्खाहरूले आजको दिनसम्म तेरो दरबारमा जम्मा गरेर राखेको हरेक थोक बेबिलोनमा लगिनेछ । परमप्रभु भन्‍नुहुन्छ, कुनै कुरा पनि छाडिनेछैन ।
2KI 20:18 तँबाट जन्मेका तेरा छोराहरू, जसलाई तँ आफैले हुर्काएको छस्— तिनीहरूले उनीहरूलाई लानेछन्, र उनीहरू बेबिलोनका राजदरबारमा नपुंसक बन्‍नेछन्' ।”
2KI 20:19 तब हिजकियाले यशैयालाई भने, “तपाईंले बोलेको परमप्रभुको वचन असल छ ।” किनकि तिनले सोचे, “के मेरो समयमा शान्ति र स्थिरता हुने छैन र ?”
2KI 20:20 हिजकियाका सम्‍बन्‍धमा भएका अरू कुराहरू र तिनका सबै शक्ति र कसरी तिनले पोखरी र सुरुङ बनाए अनि सहरमा पानी ल्याए भन्‍ने बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
2KI 20:21 हिजकिया आफ्ना पुर्खाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए ।
2KI 21:1 मनश्शेले राज्‍य गर्न सुरु गर्दा तिनी बाह्र वर्षका थिए । तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हेप्सीबा थियो ।
2KI 21:2 परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूले घिनलाग्दा कुराहरू गरेजस्‍तै, परमप्रभुको दृष्‍टिमा जे खरब थियो, तिनले त्यही गरे ।
2KI 21:3 किनकि तिनका पिता हिजकियाले नाश पारेका उच्‍च ठाउँहरू तिनले पुनर्निर्माण गरे, र इस्राएलका राजा आहाबले गरेझैँ तिनले बालका लागि वेदीहरू बनाए, र अश्शेरा देवीको खम्बा बनाए अनि आकाशका सबै ताराहरूका सामु तिनी घोप्‍टो परे र तिनीहरूको पुजा गरे ।
2KI 21:4 परमप्रभुको मन्दिरमा मनश्शेले वेदीहरू बनाए, यद्यपि परमप्रभुले यस्तो आज्ञा दिनुभएको थियो, “यरूशलेममा मात्र मेरो नाउँ सदासर्वदा कायम रहनेछ ।”
2KI 21:5 परमप्रभुको मन्दिरका दुईवटा चोकमा तिनले आकाशका सबै ताराहरूका लागि वेदीहरू बनाए ।
2KI 21:6 तिनले आफ्नो छोरोलाई आगोमा हिंड्‍न लगाए । तिनले टुनामुना गरे र जोखना हेरे अनि मृत आत्‍माहरू र भूत आत्‍माहरूसँग बात गर्नेहरूका सल्‍लाह लिए । तिनले परमप्रभुको दृष्‍टिमा असाध्यै खराबी गरेर परमप्रभुलाई रिस उठाए ।
2KI 21:7 आफूले बनाएका अश्शेरा देवीको मूर्तिलाई तिनले परमप्रभुको मन्दिरमा राखे । यही मन्दिरको बारेमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई यसो भन्‍नुभएको थियो, “मैले इस्राएलका सबै कुलबाट चुनेको यो मन्दिरमा र यरूशलेममा म मेरो नाउँ सदासर्वदाको निम्ति राख्‍नेछु ।
2KI 21:8 मैले इस्राएललाई आज्ञा गरेका सबै कुरा पालन गर्न र मेरा दास मोशाले तिनीहरूलाई दिएका सबै व्यवस्था पालन गर्न तिनीहरू सावधान भए भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरूका खुट्टालाई फेरि यताउता घुमफिर गर्ने म पार्नेछैनँ ।”
2KI 21:9 तर मानिसहरूले यो कुरा सुनेनन्, र इस्राएलका मानिसहरूकै सामु परमप्रभुले नष्‍ट गर्नुभएका जातिहरूले भन्दा बढी खराब काम गर्न मनश्शेले तिनीहरूलाई अगुवाइ गरे ।
2KI 21:10 त्यसैले परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूद्वारा यसो भन्‍नुभयो,
2KI 21:11 “यहूदाका राजा मनश्शेले यी घिनलाग्दा कुराहरू गरेको छ र तिनीभन्दा अगिका एमोरीहरूले गरेको भन्दा बढी खराब गरेको छ र यहूदालाई आफ्ना मूर्तिहरूले पाप गर्न लगाएको छ,
2KI 21:12 त्‍यसकारण इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यरूशलेम र यहूदामा यस्तो खराबी ल्याउन लागेको छु, कि जसले यसको बारेमा सुन्छ त्यसका दुवै कानमा गुञ्जन हुनेछ ।
2KI 21:13 मैले सामरियाको विरुद्धमा प्रयोग गरेको नाप्ने टाँगो र आहाबको घरानाको विरुद्धमा प्रयोग गरेको साहुलले म यरूशलेमलाई नाप्नेछु । जसरी एक जना मानिसले थाललाई माझेर त्‍यसलाई घोप्‍टो पार्छ, त्‍यसरी नै म यरूशलेमलाई सफा पार्नेछु ।
2KI 21:14 मेरो उत्तराधिकारका बाँकी रहेकाहरूलाई म फल्‍नेछु र तिनीहरूलाई आफ्‍ना शत्रुहरूका हातमा दिनेछु । आफ्‍ना सबै शत्रुका लागि तिनीहरू सिकार र लुटका माल हुनेछन्,
2KI 21:15 किनकि तिनीहरूका पुर्खाहरू मिश्रदेशबाट बाहिर आएदेखि आजसम्म नै मेरो दृष्‍टिमा जे खराब छ, त्यही तिनीहरूले गरेका छन्, र मलाई रिस उठाएका छन् ।”
2KI 21:16 यसबाहेक, यरूशलेमको एउटा कुनादेखि अर्को कुनासम्म मृत्युले नभरिएसम्‍म नै मनश्शेले धेरै निर्दोष रगत बगाए । अनि परमप्रभुको दृष्‍टिमा जे खराब थियो, यहूदालाई त्यही गर्न लगाएर तिनले गरेका पापको पनि थियो ।
2KI 21:17 मनश्शेका सम्‍बन्‍धमा भएका अरू कुरा, तिनले गरेका काम, र तिनले गरेका पाप यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
2KI 21:18 मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनको आफ्नै घरको उज्‍जाको बगैँचामा तिनलाई गाडियो । तिनको ठाउँमा तिनका छोरा आमोन राजा भए ।
2KI 21:19 आमोनले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा दुई वर्ष राज्य गरे । तिनकी आमाको नाउँ मशुल्लेमेत थियो । तिनी योत्बाका हारूसकी छोरी थिइन् ।
2KI 21:20 तिनका पिता मनश्शेले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे ।
2KI 21:21 आमोनले आफ्‍ना पिताका सबै चालको अनुसरण गरे र आफ्‍ना पिताले पुजेका मूर्तिहरूको पुजा गरे र तिनीहरूका सामु निहुरे ।
2KI 21:22 आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई तिनले त्यागे, र परमप्रभुको मार्गमा हिंडेनन् ।
2KI 21:23 आमोनका सेवकहरूले राजाको विरुद्धमा षड्यन्त्र गरे र तिनलाई आफ्‍नै घरमा मारे ।
2KI 21:24 तर देशका मानिसहरूले राजा आमोनको विरुद्धमा षड्यन्त्र गर्ने सबैलाई मारे, र तिनको ठाउँमा योशियाहलाई तिनीहरूले राजा बनाए ।
2KI 21:25 आमोनले गरेका अरू कुराहरूका विषयमा के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
2KI 21:26 मानिसहरूले तिनलाई उज्‍जाको बगैँचामा तिनकै चिहानमा गाडे, र तिनको ठाउँमा तिनका छोरा योशियाह राजा भए ।
2KI 22:1 योशियाहले राज्‍य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यदीता थियो (उनी बोस्कतकी अदायाहकी छोरी थिइन्) ।
2KI 22:2 परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे । तिनी आफ्ना पुर्खा दाऊदका सबै मार्गमा हिंडे, र तिनी दायाँ र बायाँ लागेनन् ।
2KI 22:3 राजा योशियाहको अठारौँ वर्षमा तिनले मशुल्लामका नाति, असल्याहका छोरा सचिव शापानलाई यसो भनेर परमप्रभुको मन्दिरमा पठाए,
2KI 22:4 “प्रधान पुजारी हिल्कियाहकहाँ जाऊ, र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा जसलाई मन्दिरका पहरादारहरूले मानिसहरूबाट जम्मा गरेका छन्, त्‍यो गन्‍न तिनलाई भन ।
2KI 22:5 परमप्रभुको मन्दिरको रेखदेख गर्ने मानिसहरूका हातमा त्‍यो दिनू, र तिनीहरूले परमप्रभुको मन्दिर मर्मत गर्ने कारिन्‍दाहरूलाई मन्‍दिरको मरम्‍मत गर्ने कामको निम्‍ति त्‍यो देऊन् ।
2KI 22:6 मन्दिरको मर्मत गर्ने सिकर्मीहरू, निर्माण गर्नेहरू, र डकर्मीहरूलाई अनि काठपात किन्‍न र ढुङ्गा काटनलाई तिनीहरूले त्यो रुपियाँ-पैसा देऊन् ।”
2KI 22:7 तर तिनीहरूलाई दिइएको रुपियाँ-पैसाको हरहिसाब लिइएन किनकि तिनीहरूले यो कामलाई विश्‍वासका साथ सम्हालेका थिए ।
2KI 22:8 प्रधान पुजारी हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” त्यसैले हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए, र तिनले यो पढे ।
2KI 22:9 शापानले त्यो किताब राजाकहाँ लगे, र तिनलाई यसो भनी विवरण दिए, “तपाईंका दासहरूले मन्दिरमा भेट्टाइएका रुपियाँ-पैसा खर्च गरेका छन्, र तिनीहरूले यो परमप्रभुको मन्दिरको रेखदेख गर्ने कारिन्‍दहरूका हातमा दिएका छन् ।”
2KI 22:10 तब सचिव शापानले राजालाई भने, “प्रधान पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” तब शापानले त्यो राजाको लागि पढे ।
2KI 22:11 जब राजाले व्यवस्थाका वचनहरू सुने तिनले आफ्ना लुगा च्याते ।
2KI 22:12 राजाले पुजारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका आफ्नै सेवक असायाहलाई हुकुम गरे,
2KI 22:13 “जाओ, र यस पुस्तकमा पाइएका वचनहरूको कारणले मेरो लागि र सारा यहूदाका लागि परमप्रभुको सल्‍लाह खोज । किनकि हाम्रा विरुद्धमा भएको परमप्रभुको क्रोध भयानक छ, किनभने यस पुस्तकमा भएका हाम्रा सम्‍बन्‍धका वचनलाई हाम्रा पुर्खाहरूले जसरी पालन गर्नुपर्थ्‍यो त्‍यसरी तिनीहरूले गरेनन् ।”
2KI 22:14 त्यसैले पुजारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह अगमवादिनी हुल्दाकहाँ गए । उनी दरबारका लुगाफाटो हेरचाह गर्ने हरहसका नाति, तिक्भाका छोरा शल्लूमकी पत्‍नी थिइन् । (उनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्) । तिनीहरूले उनीसित कुरा गरे ।
2KI 22:15 उनले तिनीहरूलाई भनिन्, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन्,
2KI 22:16 “परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु ।
2KI 22:17 किनकि तिनीहरूले मलाई त्यागे अनि अन्य देवताहरूलाई धूप बाले, यसरी तिनीहरूले गरेका सबै कामले तिनीहरूले मलाई रिस उठाए— यसकारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्केको छ, र यो निभाइने छैन' ।”
2KI 22:18 तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः
2KI 22:19 तिनीहरू उजाड र श्रापित हुनेछन् भनी मैले यस ठाउँ र यसका बासिन्दाहरूको विरुद्धमा भनेको सुनेर तैँले आफ्‍नो ह्रदय कोमल बनाएको र तैँले परमप्रभुको सामु आफैलाई विनम्र तुल्याएको अनि तैँले आफ्ना लुगा च्यातेको र मेरो सामु रोएका हुनाले मैले तेरो कुरा पनि सुनेको छु—यो परमप्रभुको घोषणा हो ।
2KI 22:20 हेर्, म तँलाई तेरा पुर्खाहरूसित जम्मा गर्नेछु, र तँ शान्तिसित तेरो चिहानमा जानेछस् । मैले यस ठाउँमा ल्याउने सबै विपत्तिलाई तेरा आँखाले देख्‍नेछैनस् । यसरी मानिसहरूले राजाकहाँ यो सन्देश लिएर गए ।
2KI 23:1 त्यसैले राजाले सन्देशवाहकहरू पठाए जसले यहूदा र यरूशलेमका सबै धर्म-गुरुलाई तिनीकहाँ भेला गराए ।
2KI 23:2 तब राजा परमप्रभुको मन्दिरमा गए, अनि यहूदाका सबै मानिस र यरूशलेमका सबै बासिन्दा, पुजारीहरू, अगमवक्ताहरू र सानादेखि ठुलासम्‍म सबै मानिस पनि तिनीसँगै गए । तब तिनले परमप्रभुको मन्दिरमा भेट्टाइएका करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्‍ने गरी पढे ।
2KI 23:3 राजा खम्बानेर खडा थिए अनि आफ्नो सारा ह्रदय र सारा प्राणले परमप्रभुको पछि लाग्‍न र उहाँका आज्ञाहरू, उहाँका निर्देशनहरू, उहाँका विधिहरू पालन गर्न र यस पुस्तकमा लेखिएका यस करारका वचनहरू पालन गर्न परमप्रभुको सामु करार बाँधे । यसरी सबै मानिसले यो करार पालन गर्ने सहमति जनाए ।
2KI 23:4 तब प्रधान पुजारी हिल्कियाह, तिनको अधिनका पुजारीहरू र द्वारपालहरूलाई बाल देवता र अश्शेरा देवी अनि आकाशका सबै ताराहरूका निम्ति बनाइएका भाँडाहरू परमप्रभुको मन्दिरबाट बाहिर ल्याउन हुकुम दिए । तिनले किद्रोन उपत्यकामा भएको मैदानहरूमा तिनलाई जलाए र तिनका खरानीलाई बेथेलमा लगे ।
2KI 23:5 यहूदाका राजाहरूले यहूदाका सहरहरूका उच्‍च ठाउँहरू र यरूशलेम वरिपरिका ठाउँहरूमा धूप बाल्नलाई चुनेका मूर्तिपूजक पुजारीहरूलाई तिनले हटाइदिए । तिनीहरूले बाल देवता, सूर्य, चन्द्रमा, ग्रहहरू र आकाशका सबै ताराहरूलाई धूप बाल्‍थे ।
2KI 23:6 परमप्रभुको मन्दिरबाट अश्शेरा देवीको खम्बालाई तिनले यरूशलेम बाहिर किद्रोन उपत्यकामा बाहिर लगे र त्‍यसलाई त्‍यहाँ जलाए । तिनले त्‍यसलाई पिटेर धूलो र त्‍यो धूलोलाई साधारण मानिसहरूका चिहानहरूमा फालिदिए ।
2KI 23:7 तिनले परमप्रभुको मन्दिरमा भएका झुटो धर्मका वेश्याहरूका कोठाहरू सफा गरे, जहाँ स्‍त्रीहरूले अश्शेरा देवीका निम्ति वस्‍त्रहरू बुन्‍ने गर्थे ।
2KI 23:8 योशियाहले यहूदाका सहरहरूबाट सबै पुजारीलाई ल्याए, र गेबादेखि बेर्शेबासम्म पुजारीहरूले धूप बाल्ने उच्‍चा ठाउँहरूलाई तिनले अपवित्र तुल्याइदिए । तिनले सहरको मूल ढोकाको देब्रेपट्टि यहोशूको ढोका (सहरका राज्यपा) को प्रवेशद्वारमा भएका ढोकाहरूमा बनाइएका उच्‍च ठाउँहरूलाई नष्‍ट पारिदिए ।
2KI 23:9 ती उच्‍च ठाउँहरूका पुजारीहरूलाई यरूशलेममा परमप्रभुको मन्दिरमा सेवा गर्न नदिए तापनि तिनीहरूले आफ्‍ना दाजुभाइका बिचमा अखमिरी रोटी खाए ।
2KI 23:10 मोलोखलाई बलिको रूपमा कसैले आफ्ना छोरा वा छोरी आगोमा हिंड्‍न नलगाओस् भनेर योशियाहले बेन-हिन्‍नोमको बेँसीमा अवस्थित तोपेतलाई अपवित्र तुल्याए ।
2KI 23:11 यहूदाका राजाहरूले सूर्यको सम्मानमा बनाएका घोडाहरू तिनले हटाए । ती नातान-मेलेक नाउँका अधिकारीको कोठा नजिक परमप्रभुको मन्दिरको प्रवेशद्वारको क्षेत्रमा राखिएका थिए । योशियाहले सूर्यको सम्मानमा बनाइएका रथहरूलाई जलाए ।
2KI 23:12 आहाजको दरवारको कौसीमा यहूदाका राजाहरूले राखेका वेदीहरू र मनश्शेले परमप्रभुको मन्दिरका दुईवटा चोकमा बनाएका वेदीहरू राजा योशियाहले नष्‍ट पारे । योशियाहले तिनलाई टुक्राटुक्रा पारे र तिनलाई किद्रोनको बेँसीमा फाले ।
2KI 23:13 इस्राएलका राजा सोलोमनले यरूशलेमको पूर्वपट्टि, भ्रष्‍टताको पर्वतको दक्षिणपट्टि बनाएका सीदोनीहरूका देवी अश्‍तोरेतको घिनलाग्दो मूर्ति, मोआबीहरूको देवता कमोशको घिनलाग्दो मूर्ति र अम्मोनीहरूको देवता मोलोखको घिनलाग्दो मूर्तिलाई राजाले नष्‍ट पारिदिए ।
2KI 23:14 तिनले ढुङ्गाका खम्बाहरूलाई टुक्राटुक्रा पारे, र अश्शेरा देवीका खम्बाहरूलाई काटे र ती ठाउँ मानिसका हड्‍डीहरूले भरे ।
2KI 23:15 बेथेलमा भएको वेदी र नबातका छोरा यारोबाम (इस्राएललाई पाप गर्न लगाउने) ले बनाएका उच्‍च ठाउँहरूलाई पनि योशियाहले पूर्ण रूपमा नाश पारे । तिनले त्‍यो वेदी र उच्‍च ठाउँहरूलाई जलाए र धूलोपिठो पारे । तिनले अश्शेरा देवीको खम्बालाई पनि जलाए ।
2KI 23:16 योशियाहले त्यस क्षेत्रमा नजर लगाए र पहाडी क्षेत्रमा तिनले चिहानहरू देखे । ती चिहानहरूबाट हड्‍डीहरू ल्याउन तिनले मानिसहरू पठाए । त्यसपछि तिनले ती हड्‍डीहरूलाई वेदीमाथि राखेर जलाए जसले त्‍यो अपवित्र पार्‍यो । परमेश्‍वरका मानिसले बोलेका परमप्रभुको वचनअनुसार यसो हुन आएको थियो, ती मानिसले यी कुराहरूका बारेमा पहिले नै बोलेका थिए ।
2KI 23:17 तब तिनले सोधे, “मैले देखेको त्यो स्मारकचाहिं केको हो ?” सहरका मानिसहरूले तिनलाई जवाफ दिए, “त्यो यहूदाबाट आएका परमेश्‍वरका मानिसको चिहान हो जसले तपाईंले भर्खरै बेथेलको वेदीको विरुद्धमा गर्नुभएको कुराको बारेमा बोलेका थिए ।”
2KI 23:18 त्‍यसैले योशियाहले भने, “त्यसलाई छोड । तिनका हड्‍डीहरूलाई कसैले पनि नसारोस् । त्‍यसैले सामरियाबाट आएका अगमवक्ताका हड्‍डीहरूसँगै तिनका हड्‍डीहरूलाई तिनीहरूले त्‍यहाँ छाडे ।
2KI 23:19 त्‍यसपछि सामरियाका सहरहरूमा भएका उच्‍च ठाउँहरू जसलाई इस्राएलका राजाहरूले बनाएका र परमप्रभुलाई क्रुद्ध तुल्याएका थिए, ती सबैलाई योशियाहले हटाए । तिनले बेथेलमा जे गरेका थिए, तिनलाई पनि ठिक त्यही गरे ।
2KI 23:20 उच्‍च ठाउँहरूका सबै पुजारीलाई तिनले वेदीहरूमा मारे, र तिनले मानिसका हड्‍डीहरू तिनमा जलाए । तब तिनी यरूशलेममा फर्के ।
2KI 23:21 तब राजाले सबै मानिसलाई यसो भनरे आज्ञा दिए, “करारको पुस्तकमा लेखिएबमोजिम परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्ति निस्तार-चाड मनाओ ।”
2KI 23:22 इस्राएलमा शासन गर्ने न्यायकर्ताहरूका समयदेखि नै यसरी निस्तार-चाडको उत्सव मनाउने काम कहिलै थिएन, न त इस्राएल र यहूदाका राजाहरूको समयमा भएको थियो ।
2KI 23:23 तर राजा योशियाहको अठारौँ वर्षमा यरूशलेममा परमप्रभुको निस्तार-चाड मनाइयो ।
2KI 23:24 मृतहरू र भुत आत्‍माहरूसित बात गर्नेहरूलाई पनि योशियाहले निश्कासन गरे । तिनले यहूदा र यरूशलेममा देखिने सबै प्रेतपुजा, मूर्तिहरू र घिनलाग्दा थोकहरूलाई पनि हटाए । यसरी हिल्कियाह पुजारीले परमप्रभुको मन्दिरमा भेट्टाएका व्यवस्थाका पुस्‍तकमा लिखिएका वचनहरू पालन गर्ने काम भयो ।
2KI 23:25 आफ्नो सारा ह्रदय, सारा प्राण, र सारा शक्तिले परमप्रभुतर्फ फर्केर सबै मोशाको व्यवस्थालाई पालन गर्ने योशियाहभन्दा पहिले त्‍यहाँ कुनै अर्को राजा थिएन । न त योशियाहले झैं तिनी पछि आएका अरू कुनै राजाले नै गर्‍यो ।
2KI 23:26 तापनि परमप्रभु आफ्नो दन्किरहेको क्रोधको आगोबाट फकर्नुभएन किनकि मनश्शेले गरेका सबै कामको कारणले यहूदाको विरुद्धमा उहाँलाई भयङ्कर रिस उठेको थियो ।
2KI 23:27 त्यसैले परमप्रभुले भन्‍नुभयो, “जसरी मैले इस्राएललाई हटाएको छु त्‍यसरी नै मैले चुनेको यो यरूशलेम सहर र 'मेरो नाउँ त्यहाँ हुनेछ' भनी मैले भनेको त्‍यो मेरो मन्दिर समेत म यहूदालाई पनि मेरो दृष्‍टिबाट हटाउनेछु ।”
2KI 23:28 योशियाह सम्‍बन्‍धमा भएका अरू कुराहरू, तिनले गरेका हरेक काम, के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
2KI 23:29 ती दिनमा मिश्रदेशका राजा फारो नेकोले आफ्‍ना सेना लिएर उत्तरमा यूफ्रेटिस नदी पारि अश्शूरका राजालाई युद्धमा मदत गर्न गए । राजा योशियाह नेकोलाई मगिद्दोमा रोक्‍ने उदेश्‍यले गए तर त्‍यहाँ युद्धमा तिनी मारिए ।
2KI 23:30 योशियाहका सेवकहरूले तिनको लाशलाई रथमा राखेर मगिद्दोबाट यरूशलेममा ल्याए, र तिनको आफ्नै चिहानमा तिनलाई गाडे । तब देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिई तिनलाई अभिषेक गरे, र तिनका पिताको ठाउँमा तिनलाई राजा बनाए ।
2KI 23:31 यहोआहाजले राज्‍य गर्न सुरु गर्दा तिनी तेइस वर्षका थिए, र तिनले यरूशलेममा तिन महिना राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । उनी लिब्नाकी यर्मियाकी छोरी थिइन् ।
2KI 23:32 यहोआहाजले हरेक कुरामा आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।
2KI 23:33 तिनले यरूशलेममा राज्‍य नगरून् भनेर फारो नेकोले तिनलाई हमात देशको रिब्लामा साङ्लाले बाँधेर राखे । तब नेकोले यहूदालाई एक सय तोडा चाँदी र एक तोडा सुन कर तिर्न लगाए ।
2KI 23:34 फारो नेकोले योशियाहका छोरा एल्याकीमलाई तिनका पिताको ठाउँमा राजा बनाए, र तिनको नाउँ बद्ली यहोयाकीम राखे । तर तिनले यहोआहाजलाई चाहिँ मिश्रदेशमा लगे, जहाँ तिनको मृत्यु भयो ।
2KI 23:35 यहोयाकीमले फारोलाई चाँदी र सुन कर तिरे । फारोको माग पुरा गर्न यहोयाकीमले देशमा कर लगाए, र देशका प्रत्‍येक मानिसले आफ्‍नो क्षमताअनुसार तिनलाई करको रूपमा चाँदी र सुन जबरदस्ती तिर्नुपर्ने भयो ।
2KI 23:36 यहोयाकीमले राज्‍य सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ जबीदा थियो । उनी रूमाकी पदायाहकी छोरी थिइन् ।
2KI 23:37 आफ्ना पिता-पुर्खाहरूले गरेझैँ यहोयाकीमले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।
2KI 24:1 यहोयाकीमको समयमा बेबिलोनका राजा नबूकदनेसरले यहूदालाई आक्रमण गरे । तिन वर्षसम्म यहोयाकीम तिनका सेवक भए । त्यसपछि यहोयाकीम फर्किए र नबूकदनेसरको विरुद्धमा विद्रोह गरे ।
2KI 24:2 परमप्रभुले यहोयाकीमको विरुद्धमा कल्दी, अरामी, मोआबी र अम्मोनीहरूका दलहरू पठाउनुभयो । यहूदालाई नष्‍ट गर्न त्यसको विरुद्धमा उहाँले तिनीहरूलाई पठाउनुभयो । परमप्रभुले आफ्ना दास अगमवक्ताहरूद्वारा बोल्नुभएको वचन पुरा हुनलाई यसो भएको थियो ।
2KI 24:3 मनश्शेले गरेका सबै पापको कारणले परमप्रभुले यहूदालाई आफ्नो दृष्‍टिबाट हटाउन उहाँले बोल्‍नुभएको कुरा निश्‍चत रूपमा पुरा हुन आयो,
2KI 24:4 तिनले निर्दोष रगत बगाए, किनकि तिनले यरूशलेमलाई निर्दोष रगतले भरेका थिए । त्‍यो कुरा क्षमा गर्न परमप्रभु इच्छुक हुनुभएन ।
2KI 24:5 यहोयाकीमका सम्‍बन्‍धमा भएका अरू कुराहरू, र तिनका सबै कामका बारेमा के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
2KI 24:6 यहोयाकीम आफ्ना पुर्खाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए ।
2KI 24:7 मिश्रदेशका राजाले आफ्नो देशभन्‍दा बाहिर फेरि आक्रमण गरेनन्, किनकि मिश्रदेशको खोलादेखि यूफ्रेटिस नदीसम्म मिश्रदेशका राजाको अधीनमा भएका सबै देशलाई बेबिलोनका राजाले कब्जा गरेका थिए ।
2KI 24:8 यहोयाकीनले राज्‍य गर्न सुरु गर्दा तिनी अठार वर्षका थिए । तिनले यरूशलेममा तिन महिना राज्य गरे । तिनकी आमाको नाउँ नहूश्ता थियो । उनी यरूशलेमकी एल्नातानकी छोरी थिइन् ।
2KI 24:9 परमप्रभुले दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । आफ्ना पिताले गरेका सबै खराब काम तिनले गरे ।
2KI 24:10 त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका सेनाले यरूशलेमलाई आक्रमण गर्‍यो र सहरलाई घेरा हाल्‍यो ।
2KI 24:11 बेबिलोनका राजा नबूकदनेसरका सिपाहीहरूले सहरलाई घेरा हालेकै समयमा तिनी सहरमा आए,
2KI 24:12 र यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका सेवकहरू, राजकुमारहरू र तिनका अधिकारीहरू बेबिलोनका राजाकहाँ गए । बेबिलोनका राजाले आफ्नो शासनकालको आठौँ वर्षमा तिनलाई समाते ।
2KI 24:13 नबूकदनेसरले परमप्रभुको मन्दिर र राजदरबारबाट सबै मूल्यवान थोकहरू लगे । परमप्रभुले भन्‍नुभएझैँ इस्राएलका राजा सोलोमनले परमप्रभुको मन्दिरमा बनाएका सबै सुनका सामानहरू तिनले काटेर निकाले ।
2KI 24:14 तिनले जम्मै इस्राएल, सबै अगुवा, सबै योद्धा, सबै कारीगार र सुनारहरू गरी दस हजारलाई कैद गरेर लगे । देशमा सबैभन्दा गरिबहरूबाहेक कोही छाडिएन ।
2KI 24:15 नबूकदनेसरले यहोयाकीन, राजाकी आमा, राजाका पत्‍नीहरू, अधिकारीहरू र देशका मुख्य-मुख्य मानिसहरूलाई बेबिलोनमा कैद गरेर लगे । तिनले यरूशलेमदेखि बेबिलोनमा तिनीहरूलाई कैद गरेर लगे ।
2KI 24:16 लडाइँको निम्ति सुयोग्य सबै सात हजार योद्धा र एक हजार कारीगार र सुनार, युद्धको निम्‍ति सुयोग्‍य सबै मानिसहरू— बेबिलोनका राजाले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लगे ।
2KI 24:17 बेबिलोनका राजाले यहोयाकीनका काका मत्तन्याहलाई तिनको ठाउँमा राजा बनाए, र तिनकको नाउँ बद्लेर सिदकियाह राखे ।
2KI 24:18 सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । तिनी लिब्नाकी यर्मियाकी छोरी थिइन् ।
2KI 24:19 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । यहोयाकीमले गरेका सबै खराब काम तिनले गरे ।
2KI 24:20 परमप्रभुले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नहटाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा आइपरे । त्यसपछि सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे ।
2KI 25:1 राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दसौँ महिनाको दसौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेना लिएर यरूशलेमको विरुद्धमा आए । तिनले यसको सामु छाउनी हाले र तिनीहरूले यसको चारैतिर घेरा हाले ।
2KI 25:2 त्यसैले राजा सिदकियाहको शासनकालको एघारौँ वर्षसम्म सहरलाई घेरा हालियो ।
2KI 25:3 त्यस वर्षको चौथो महिनाको नवौँ दिनमा सहरमा यति घोर अनिकाल पर्‍यो कि देशका मानिसहरूका लागि खानेकुरा भएन ।
2KI 25:4 तब सहरको पर्खाल तोडेर भित्र प्रवेश गरियो र रातमा राजाको बगैँचानेर भएका दुईवटा पर्खालको बिचको ढोकाको बाटोबाट सबै योद्धा भागे, जबकि कल्दीहरूले सहरको चारैतिर घेरा लगाई राखेकै थिए । राजा अराबाको दिशातिर गए ।
2KI 25:5 तर कल्दीहरूका सेनाले सिदकियाह राजालाई खेदे, र यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा तिनलाई भेट्टाए । तिनका सबै सेना तिनीबाट तितर-बितर भए ।
2KI 25:6 तिनीहरूले राजालाई गिरफ्‍तार गरे र तिनलाई रिब्लामा बेबिलोनका राजाकहाँ ल्याए, जहाँ तिनीहरूले तिनलाई फैसला सुनाए ।
2KI 25:7 तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे । तब तिनका आँखा तिनले निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र तिनलाई बेबिलोनमा ल्याए ।
2KI 25:8 अब बेबिलोनका राजा नबूकदनेसरको शासनकालको उन्‍नाइसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा बेबिलोनका राजाका सेवक अनि अङ्गरक्षकहरूका सेनापति नबूजरदान यरूशलेममा आए ।
2KI 25:9 परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घरहरूमा तिनले आगो लगाए । सहरका हरेक महत्त्वपूर्ण भवनमा पनि तिनले आगो लगाए ।
2KI 25:10 अङ्गरक्षकहरूको सेनापतिको अधीनमा रहेका बेबिलोनका सबै सेनाले यरूशलेम वरिपरिको पर्खालहरू नष्‍ट पारिदिए ।
2KI 25:11 बेबिलोनका राजालाई वेवास्‍ता गरेका सहरमा बाँकी बचेका मानिसहरू अनि बाँकी रहेका अरू मानिसहरूका सम्‍बन्‍धमा अङ्गरक्षकहरूका सेनापति नबूजरदानले, तिनीहरूलाई निर्वासनमा लगे ।
2KI 25:12 तर अङ्गरक्षकहरूका सेनापतिले दाखबारी र खेतबारीमा काम गर्न सबैभन्दा गरिबहरूलाई त्यहीँ छाडिदिए ।
2KI 25:13 परमप्रभुको मन्दिरमा राखिएका काँसाका स्तम्भहरू, आधारहरू र काँसाको विशाल खड्कुँलोलाई कल्दीहरूले टुक्राटुक्रा पारे र काँसालाई बेबिलोनमा लगे ।
2KI 25:14 भाँडाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, चम्चाहरू र मन्दिरमा पुजारीहरूले सेवा गर्दा प्रयोग गरिने काँसाका सबै सामान पनि कल्दीहरूले लगे ।
2KI 25:15 राजाका सेनापतिले खरानी उठाउने भाँडाहरू अनि सुन र चाँदीले बनेका कचौराहरू लिएर गए ।
2KI 25:16 सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो र आधारहरूमा भएका काँसा जोख्‍नै सकिंदनथ्यो ।
2KI 25:17 पहिलो स्तम्भको उचाइ अठार हात थियो, र स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो । स्तम्भ-शिर तिन हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो । अर्को स्तम्भ र यसका जालीसमेत सबै पहिलेको जस्तै थियो ।
2KI 25:18 अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए ।
2KI 25:19 सिपाहीहरूको जिम्मामा भएका अधिकारी, अनि सहरमा अझै बाँकी रहेका राजाका पाँच जना सल्लाहकारलाई तिनले सहरबाट कैद गरेर लगे । मानिसहरूलाई सेनामा भर्ती गर्ने मुख्य अधिकृत र देशमा भएका अन्य साठी जना विशिष्‍ट मानिसलाई पनि तिनले कैद गरेर लगे ।
2KI 25:20 तब अङ्गरक्षकका सेनापति नबूजरदानले तिनीहरूलाई लगे र रिब्लामा बेबिलोनका राजाकहाँ ल्‍याए ।
2KI 25:21 बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे । यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो ।
2KI 25:22 बेबिलोनका राजा नबूकदनेसरले शापानका नाति, अहीकामका छोरा गदल्याहलाई यहूदामा बाँकी छोडिएका मानिसहरूमाथि निरिक्षक नियुक्त गरे ।
2KI 25:23 बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल बनाए भनेर जब सिपाहीहरूका सबै सेनापति र तिनीहरूका मानिसहरूले सुने , तब तिनीहरू मिस्पामा गदल्याहकहाँ गए । यी मानिसहरू नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह र माकातीका छोरा याजन्याह र तिनीहरूका मानिसहरू थिए ।
2KI 25:24 गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूसँग शपथ खाए र तिनीहरूलाई भने, “कल्दीका अधिकारीहरूदेखि नडराओ । यही देशमा बसे र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुने छ ।”
2KI 25:25 तर सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल जो राजकीय वंशका थिए, तिनले दस जना मानिसलाई लिएर आए र गदल्याहलाई आक्रमण गरे । मिस्पामा आफूसँग भएका यहूदाका मानिसहरू र बेबिलोनीहरूसँगै गदल्याहको मृत्‍यु भयो ।
2KI 25:26 तब सानादेखि ठुलासम्‍म सबै मानिससाथै सिपाहीहरूका सेनापतिहरू उठे, र तिनीहरू मिश्रमा गए किनकि तिनीहरू बेबिलोनीहरूदेखि डराएका थिए ।
2KI 25:27 यहूदाका राजा यहोयाकीन निर्वासन भएको सैँतिसौँ वर्षको बाह्रौं महिनाको सत्ताइसौँ दिनमा बेबिलोनका राजा एबील-मरोदकले यहूदाका राजा यहोयाकीनलाई झ्यालखानाबाट मुक्त गरिदिए । एबील-मरोदकले राज्‍य गर्न सरु गरेको वर्षमा यो भएको थियो ।
2KI 25:28 राजाले तिनीसँग दयापूर्वक कुरा गरे, र बेबिलोनमा तिनीसित भएका अरू राजाहरूलाई भन्दा तिनलाई इज्‍जतदार ठाउँमा बसाए ।
2KI 25:29 एबील-मरोदकले यहोयाकीनका कैदका लुगाहरू उतारे, र यहोयाकीनले आफ्नो बाँकी जीवनकालभरि राजाको टेबुलमा बसेर नियमित रूपमा खाए ।
2KI 25:30 तिनको जीवनको बाँकी समयभरि हरेक दिन खानाको भत्ता तिनलाई नियमित रूपमा दिइयो ।
1CH 1:1 आदम, शेत, एनोश,
1CH 1:2 केनान, महलालेल, येरेद,
1CH 1:3 हनोक, मतूशेलह, लेमेक ।
1CH 1:4 नोआका छोराहरू शेम, हाम र येपेत थिए ।
1CH 1:5 येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए ।
1CH 1:6 गोमेरका छोराहरू अशकनज, रीपत र तोगर्मा थिए ।
1CH 1:7 यावानका छोराहरू एलीशाह, तर्शीश, कित्तीम र रोदानीम थिए ।
1CH 1:8 हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान थिए ।
1CH 1:9 कूशका छोराहरू सेबा, हवीला, सब्‍त, रामाह र सब्‍तका थिए । रामाका छोराहरू शेबा र ददान थिए ।
1CH 1:10 कूशचाहिं निम्रोदका पिता बने, जो पृथ्वीका पहिलो विजेता थिए ।
1CH 1:11 मिश्रइमचाहिं लूदीहरू, अनामीहरू, लहाबीहरू र नप्‍तूहीहरू,
1CH 1:12 पत्रुसीहरू, कस्‍लूहीहरू (जसबाट पलिश्‍तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने ।
1CH 1:13 कनानचाहिं तिनका जेठा छोरा सीदोन र हित्तीहरूका पिता बने ।
1CH 1:14 तिनी यबूसीहरू, एमोरीहरू, गिर्गाशीहरू,
1CH 1:15 हिव्‍वीहरू, अरकीहरू, सिनीहरू,
1CH 1:16 अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने ।
1CH 1:17 शेमका छोराहरू एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए ।
1CH 1:18 अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए ।
1CH 1:19 एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो ।
1CH 1:20 योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,
1CH 1:21 हदोरम, ऊजाल, दिक्‍ला,
1CH 1:22 ओबाल, अबमाएल, शेबा,
1CH 1:23 ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए ।
1CH 1:24 शेम, अर्पक्षद, शेलह,
1CH 1:25 एबेर, पेलेग, रऊ,
1CH 1:26 सरूग, नाहोर, तेरह,
1CH 1:27 अब्राम जो अब्राहाम थिए ।
1CH 1:28 अब्राहामका छोराहरू इसहाक र इश्‍माएल थिए ।
1CH 1:29 तिनीहरूका सन्‍तान यी नै हुन्‌: इश्‍माएलका जेठा नबायोत, त्‍यसपछि केदार, अदबेल, मिब्‍साम,
1CH 1:30 मिश्‍मा, दुमा, मस्‍सा, हदद, तेमा,
1CH 1:31 यतूर, नापीश र केदमा । यिनीहरू इश्‍माएलका छोराहरू थिए ।
1CH 1:32 अब्राहामकी उपपत्‍नी कतूराका छोराहरू जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह थिए । योक्षानका छोराहरू शेबा र ददान थिए ।
1CH 1:33 मिद्यानका छोराहरू एपा, एपेर, हानोक, अबीदा र एल्‍दा थिए । यी सबै कतूराका सन्‍तान थिए ।
1CH 1:34 अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए ।
1CH 1:35 एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए ।
1CH 1:36 एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, कनज, तिम्‍न र अमालेक थिए ।
1CH 1:37 रूएलका छोराहरू नहत, जेरह, शम्‍मा र मिज्‍जा थिए ।
1CH 1:38 सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान थिए ।
1CH 1:39 लोतानका छोराहरू होरी र हेमाम थिए, अनि लोतानकी बहिनीको नाम तीम्‍न थियो ।
1CH 1:40 शोबालका छोराहरू अल्‍बान, मानहत, एबाल, शपो र ओनाम थिए । सिबोनका छोराहरू अय्‍या र अना थियो ।
1CH 1:41 अनाका छोरा दीशोन थिए । दीशोनका छोराहरू हेमदान, एश्‍बान, यित्रान र करान थिए ।
1CH 1:42 एसेरका छोराहरू बिल्‍हान, जावान र अकान थिए । दीशानका छोराहरू ऊज र आरान थिए ।
1CH 1:43 इस्राएलमा कुनै पनि राजाले राज्‍य गर्नुभन्‍दा पहिले एदोममा राज्‍य गर्ने राजाहरू यी नै थिएः बओरका छोरा बेला, र तिनको सहर दिन्‍हावा थियो ।
1CH 1:44 बेला मरेपछि तिनको ठाउँमा बोज्राका जेरहका छोरा योबाब राजा भए ।
1CH 1:45 योबाब मरेपछि तिनको ठाउँमा तेमानीहरूको देशका हूशाम राजा भए ।
1CH 1:46 हूशाम मरेपछि तिनको ठाउँमा बददका छोरा हदद राजा भए, जसले मोआब देशमा मिद्यानीहरूलाई पराजित गरे । तिनको सहरको नाउँ अवीत थियो ।
1CH 1:47 हदद मरेपछि तिनको ठाउँमा मास्रेकाका सम्‍ला राजा भए ।
1CH 1:48 सम्‍ला मरेपछि तिनको ठाउँमा नदीको किनारमा भएको रहोबोतका शौल राजा भए ।
1CH 1:49 शौल मरेपछि तिनको ठाउँमा अक्‍बोरका छोरा बाल-हानानले तिनको ठाउँमा राज्य गरे ।
1CH 1:50 अक्‍बोरका छोरा बाल-हानान मरेपछि तिनको ठाउँमा हददले राज्य गरे । तिनको सहरको नाउँ पाऊ थियो । तिनकी पत्‍नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन्‌ ।
1CH 1:51 हदद मरे । एदोमका प्रधानहरूमा प्रधान तीम्‍न, प्रधान अल्‍वा, प्रधान यतेत,
1CH 1:52 प्रधान ओहोलीबामा, प्रधान एलाह, प्रधान पीनोन,
1CH 1:53 प्रधान कनज, प्रधान तेमान, प्रधान मिब्सार,
1CH 1:54 प्रधान मग्‍दीएल र प्रधान ईराम थिए । एदोमका प्रधानहरू यी नै थिए ।
1CH 2:1 इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,
1CH 2:2 दान, योसेफ, बेन्‍यामीन, नप्‍ताली, गाद र आशेर ।
1CH 2:3 यहूदाका छोराहरू एर्, ओनान र शेलह जसलाई एक जना कनानी स्‍त्री शूआले तिनीबाट जन्‍माइन्‌ । यहूदाका जेठा छोरा एर्‌ परमप्रभुको दृष्‍टिमा दुष्‍ट भएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो ।
1CH 2:4 तिनकी बुहारी तामारले तिनको निम्‍ति फारेस र जेरहलाई जन्‍माइन्‌ । यहूदा जम्‍मा पाँच जना छोराहरू थिए ।
1CH 2:5 फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।
1CH 2:6 जेरहका छोराहरू जिम्री, एतान, हेमान, कलकोल र दर्दा, जम्‍मा पाँच जना थिए ।
1CH 2:7 कर्मीका छोरा आचारले परमेश्‍वरको निम्ति अर्पण गरिएको कुरा चोरेर इस्राएलमाथि कष्‍ट ल्‍याए ।
1CH 2:8 एतानका छोरा अजर्याह थिए ।
1CH 2:9 हेस्रोनका छोराहरू यरहमेल, राम र कालेब थिए ।
1CH 2:10 राम अम्‍मीनादाबका पिता बने, र अम्‍मीनादाब नहशोनका पिता बने, जो यहूदाका एक अगुवा थिए ।
1CH 2:11 नहशोन सल्‍मोनका पिता बने, र सल्‍मोन बोअजका पिता बने ।
1CH 2:12 बोअज ओबेदका पिता बने, र ओबेद यिशैका पिता बने ।
1CH 2:13 यिशैचाहिं जेठा एलीआब, माहिला अबीनादाब, साहिंला शिमेअ,
1CH 2:14 काहिंला नतनेल, ठाहिंलो राद्दै,
1CH 2:15 अन्‍तरे ओसेम र कान्‍छा दाऊदका पिता बने ।
1CH 2:16 तिनीहरूका दिदी-बहिनी सरूयाह र अबीगेल थिए । सरूयाहका तीन जना छोरा अबीशै, योआब र असाहेल थिए ।
1CH 2:17 अबीगेलले अमासालाई जन्माइन्, जसका पिता इश्‍माएली येतेर थिए ।
1CH 2:18 हेस्रोनका छोरा कालेबका आफ्‍नी पत्‍नी अजूबाबाट र यरीअतबाट छोराछोरीका पिता भए । तिनका छोराहरू येशेर, शोबाब र अर्दोन थिए ।
1CH 2:19 अजूबा मृत्‍यु भएपछि कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्‍ति हूरलाई जन्‍माइन्‌ ।
1CH 2:20 हूर ऊरीका पिता बने, र ऊरी बजलेलका पिता बने ।
1CH 2:21 पछि हेस्रोनले (जब तिनी साठी वर्षका थिए) गिलादका पिता माकीरकी छोरीसित विवाह गरे । तिनले उनका निम्‍ति सगूबलाई जन्‍माइन्‌ ।
1CH 2:22 सगूब याईरका पिता बने, जसले गिलादका तेईस वटा सहरलाई अधीन गरे ।
1CH 2:23 गशूर र अरामले हब्‍बात-याईर र केनातका साथै वरिपरिका साठी वटा सहर लिए । यी सबै बासिन्‍दा गिलादका पिता माकीरका सन्‍तान थिए ।
1CH 2:24 हेस्रोनको मृत्युपछि आफ्ना पिता हेस्रोनकी पत्‍नी अबियासँग कालेबले सहवास गरे । उनले तिनको निम्‍ति तकोका पिता अशहूरलाई जन्माइन् ।
1CH 2:25 हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू, जेठा राम, बूना, ओरेन, ओसेम र अहियाह थिए ।
1CH 2:26 यरहमेलकी अतारा नाम गरेकी अर्की पत्‍नी थिइन् । तिनी ओनामकी आमा थिइन्‌ ।
1CH 2:27 यरहमेलका जेठा छोरा रामका छोराहरू मास, यामीन र एकेर थिए ।
1CH 2:28 ओनामका छोराहरू शम्‍मै र यादा थिए । शम्‍मैका छोराहरू नादाब र अबीशूर थिए ।
1CH 2:29 अबीशूरकी पत्‍नीको नाउँ अबीहेल थियो र उनले तिनको निम्‍ति अहबान र मोलीदलाई जन्‍माइन्‌ ।
1CH 2:30 नादाबका छोराहरू सेलेद र अप्‍पेम थिए, तर सेलेद सन्तानबिना नै मरे ।
1CH 2:31 अप्‍पेमका छोरा यिशी थिए । यिशीका छोरा शेशान थिए । शेशानका छोरा अहलैका थिए ।
1CH 2:32 शम्‍मैका भाइ यादाका छोराहरू येतेर र जोनाथन थिए । येतेर सन्‍तानबिना नै मरे ।
1CH 2:33 जोनाथनका छोराहरू पेलेथ र जाजा थिए। यरहमेलका सन्‍तानहरू यि नै थिए ।
1CH 2:34 अब शेशानका चाहिं छोरीहरू मात्र थिए, छोराहरू थिएनन्‌ । शेशानको यरहा नाउँको एउटा मिश्री दास थियो ।
1CH 2:35 शेशानले आफ्नी छोरीको विवाह यही दास यरहासित गरिदिए । तिनले त्‍यसको निम्‍ति अत्तैलाई जन्‍माइन्‌ ।
1CH 2:36 अत्तै नातानका पिता र नातान जाबादका पिता बने ।
1CH 2:37 जाबाद एपलालका पिता र एपलाल ओबेदका पिता बने ।
1CH 2:38 ओबेद येहूका पिता र येहू अजर्याहका पिता बने ।
1CH 2:39 अजर्याह हेलेसका पिता बने र हेलेस एलासाका पिता बने ।
1CH 2:40 एलासा सिस्‍मैका पिता बने र सिस्‍मै शल्‍लूमका पिता बने ।
1CH 2:41 शल्‍लूम यकम्‍याहका पिता बने र यकम्‍याह एलीशामाका पिता बने ।
1CH 2:42 यरहमेलका भाइ कालेबका छोराहरू जेठा मेशा, जो जीपका पिता थिए । उनका माहिला छोरा मारेशा, जो हेब्रोनका पिता थिए ।
1CH 2:43 हेब्रोनका छोराहरू कोरह, तप्‍पूह, रेकेम र शेमा थिए ।
1CH 2:44 शेमा रहमका पिता बने, र जो योर्कामका पिता थिए । रेकेम शम्‍मैका पिता बने ।
1CH 2:45 शम्‍मैका छोरा माओन थिए, र माओन बेथ-सरका पिता थिए ।
1CH 2:46 कालेबकी उपपत्‍नी एपाले हारान, मोस र गाजेजलाई जन्माइन् । हारान गाजेजका पिता बने ।
1CH 2:47 यहदैका छोराहरू रेगेम, योताम, गेशान, पलेत, एपा र शाप थिए ।
1CH 2:48 कालेबकी उपपत्‍नी माकाले शेबेर र तिर्हानालाई जन्माइन् ।
1CH 2:49 तिनले मद्‌मन्‍नाका पिता शापलाई अनि मक्‍बेना र गिबियाका पिता शेबालाई पनि जन्‍माइन्‌ । कालेबकी छोरी अक्‍सा थिइन्‌ । कालेबका सन्‍तान यी नै थिए ।
1CH 2:50 एप्राताका जेठा छोरा हूरका छोराहरू किर्यत-यारीमका पिता शोबाल,
1CH 2:51 बेथलेहेमका पिता सल्‍मा र बेथ-गादेरका पिता हारेप थिए ।
1CH 2:52 किर्यत-यारीमका पिता शोबालका सन्‍तानहरू हारोए, मानहतीहरूका आधा,
1CH 2:53 र किर्यत-यारीमका वंशहरू यित्रीहरू, पूथीहरू, शुमातीहरू र मिश्रातीहरू थिए । सोराती र एश्‍तोलीहरू यिनीहरूका सन्‍तान भए ।
1CH 2:54 सल्‍माका वंशहरू बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, आधा मानहतीहरू र सोरीहरू,
1CH 2:55 अनि याबेसमा बस्‍ने शास्‍त्रीका वंशहरू तिरातीहरू, शिम्‍मतीहरू र सुकातीहरू थिए । यिनीहरू रेकाबको घरानाका पिता हम्‍मतबाट आएका केनीहरू हुन्
1CH 3:1 हेब्रोनमा जन्‍मेका दाऊदका छोराहरू यी नै हुन्‌: यिजरेलकी अहीनोमबाट जेठा छोरा अमनोन, कर्मेलकी अबीगेलबाट माहिला दानिएल भए ।
1CH 3:2 साहिंला अब्‍शालोम, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्, काहिंला अदोनियाह, जो हग्‍गीतका छोरा थिए ।
1CH 3:3 अबीतलबाट ठाहिंला शपत्‍याह थिए, र तिनकी पत्‍नी एग्‍लाबाट कान्‍छा यित्राम भए ।
1CH 3:4 यी छ जनाचाहिं दाऊदको लागि हेब्रोनमा जन्‍मेका थिए, जहाँ दाऊदले सात वर्ष छ महिना राज्‍य गरे । त्यसपछि तिनले यरूशलेममा तेत्तिस वर्ष राज्‍य गरे ।
1CH 3:5 शम्‍मूअ, शोबाब, नातान र सोलोमन चार जना अम्‍मीएलकी छोरी बतशेबाबाट येरूशलेममा जन्‍मेका थिए ।
1CH 3:6 दाऊदमा अरू नौ जनाचाहिं यिभार, एलीशूअ, एलीपेलेत,
1CH 3:7 नोगह, नेपेग, यापी,
1CH 3:8 एलीशामा, एल्‍यादा र एलीपेलेत थिए ।
1CH 3:9 दाऊदका छोराहरू यिनै थिए,जसमा उपपत्‍नीहरूका छोराहरू समावेश छैनन् । तामार तिनीहरूकी बहिनी थिइन्‌ ।
1CH 3:10 सोलोमनका छोरा रहबाम थिए । रहबामका छोरा अबिया थिए । अबियाका छोरा आसा थिए । आसाका छोरा यहोशापात थिए ।
1CH 3:11 यहोशापातका छोरा यहोराम थिए । यहोरामका छोरा अहज्‍याह थिए । अहज्याहका छोरा योआश थिए ।
1CH 3:12 योआश का छोरा अमस्‍याह थिए । अमस्‍याहका छोरा अजर्याह थिए । अजर्याह का छोरा योताम थिए ।
1CH 3:13 योतामका छोरा आहाज थिए । आहाजका छोरा हिजकिया थिए । हिजकियाका छोरा मनश्‍शे थिए ।
1CH 3:14 मनश्शेका छोरा अमोन थिए । अमोनका छोरा योशियाह थिए ।
1CH 3:15 योशियाहका जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिंला सिदकियाह, र कान्‍छा शल्‍लूम थिए ।
1CH 3:16 यहोयाकीमका छोराहरू यहोयाकीन र सिदकियाह थिए ।
1CH 3:17 कैदमा लगिएका यहोयाकीनका छोराहरू शालतिएल,
1CH 3:18 मल्‍कीराम, पदायाह, शेनस्‍सर, यकम्‍याह, होशामा र नदब्‍याह थिए।
1CH 3:19 पदायाहका छोराहरू यरुबाबेल र शिमी थिए । यरुबाबेलका छोराहरू मशुल्‍लाम र हनन्‍याह थिए । तिनीहरूकी बहिनी शलोमीत थिइन्‌ ।
1CH 3:20 तिनका अरू पाँच जना छोराहरू हशूबा, ओहेल, बेरेक्‍याह, हसदयाह र यूशप-हेसेद थिए ।
1CH 3:21 हनन्‍याहका छोराहरू पलत्‍याह र यशयाह थिए । तिनको छोरा रपायाह थिए र अन्य सन्तानहरू अर्नान, ओबदिया र शकन्‍याह थिए ।
1CH 3:22 शकन्‍याहका छोरा शमायाह थिए । शमायाहका छोराहरू हत्तूश, यिगाल, बारीह, नार्याह र शाफात थिए ।
1CH 3:23 नार्याहका छोराहरू एल्‍योएनै, हिस्‍कियाह र अज्रीकाम थिए ।
1CH 3:24 एल्‍यहोएनैका छोराहरू होदबिया, एल्‍यासीब, पलयाह, अक्‍कूब, योहानान, दलायाह र अनानी गरी सात जना थिए ।
1CH 4:1 यहूदाका सन्‍तानहरू फारेस, हेस्रोन, कर्मी, हूर र शोबाल थिए ।
1CH 4:2 शोबाल रायाहका पिता थिए । रायाह यहतका पिता थिए । यहत अहूमै र लहदका पिता थिए । सोरातीहरूका वंश यी नै थिए ।
1CH 4:3 एताम सहरका वंशहरूका पुर्खाहरू यिनै थिएः यिजरेल, यिश्‍मा, यिदबश । तिनीहरूकी बहिनीको नाउँ हस्‍सलेलपोनी थियो ।
1CH 4:4 पनूएलचाहिं गदोर सहरका वंशका पुर्खा थिए । एसेर हूशका वंश सुरु गर्ने व्यक्ति थिए । एप्रातका जेठा छोरा र बेथलेहेमको सुरु गर्ने व्यक्ति हूरका सन्तान थिए ।
1CH 4:5 तकोका पिता अश्‍शूरका दुई पत्‍नीहरू हेलह र नारा थिए ।
1CH 4:6 नाराले तिनको निम्‍ति अहुज्‍जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्‍माइन्‌ । नाराका छोराहरू यि नै थिए ।
1CH 4:7 हेलहका छोराहरू सेरेथ, सोहोर, एतनान,
1CH 4:8 र कोस थिए । कोसचाहिं आनूब र हज्‍जोबेबा अनि हारूमका छोरा अहर्हेलबाट आएका वंशहरूका पिता थिए ।
1CH 4:9 याबेस आफ्‍ना दाजुभाइभन्‍दा आदरणीय थिए । तिनकी आमाले तिनलाई याबेस नाउँ दिइन् । तिनले बनिन्, “किनभने मैले त्‍यसलाई वेदनामा जन्‍माएँ ।”
1CH 4:10 याबेसले इस्राएलीहरूका परमेश्‍वरलाई पुकारा गरे र यसो भने, “तपाईंले मलाई साँच्‍चै आशिष्‌ दिनुहुन्‍छ भने, मेरो इलाका बढाउनुहोस्, र तपाईंको हात ममाथि रहोस् । तपाईंले यसो गर्नुहुँदा तपाईंले मलाई जोखिमबाट जोगाउनुहुन्‍छ, जसले गर्दा म पीडामुक्‍त हुन सक्‍छु ।” यसैले परमेश्‍वरले तिनको बिन्‍ती सुन्‍नुभयो ।
1CH 4:11 शूहहका भाइ कलूब मेहीरका पिता बने, जो एश्‍तोनका पिता थिए ।
1CH 4:12 एश्‍तोन बेथ-रापा, पसेह र इर-नाहशका पिता तहिन्‍नाका पिता बने । यिनीहरू रेकाका मानिसहरू थिए ।
1CH 4:13 कनजका छोराहरू ओत्‍निएल र सरायाह थिए । ओत्‍निएलका छोराहरू हतत र मोनोतै थिए ।
1CH 4:14 मोनोतै ओप्राका पिता बने र सरायाह योआबका पिता बने, र गे-हरशीमको सुरु गर्ने योआबका पिता बने जसका मानिसहरू कारीगरहरू थिए ।
1CH 4:15 यपुन्‍नेका छोरा कालेबका छोराहरू ईरू, एलाह र नआम थिए । एलाहका छोरा कनज थिए ।
1CH 4:16 यहललेलका छोराहरू जीप, जीपा, तीरया र असरेल थिए ।
1CH 4:17 एज्रहका छोराहरू येतेर, मेरेद, एपेर, यालोन थिए । मेरेदले विवाह गरेकी मिश्री बित्‍याहले मिरियम, शम्‍मै र एश्‍तमोका पिता यिश्‍बहलाई जन्‍माइन्‌ ।
1CH 4:18 यिनीहरू मेरेदले बिहा गरेर ल्याएकी फारोकी छोरी बित्याहका छोराहरू थिए । मेरेदकी यहूदी पत्‍नीले गदोरका पिता येरेद, सोखोका पिता हेबेर र जानोहका पिता यकूतीएललाई जन्माइन् ।
1CH 4:19 नहमकी बहिनी होदियाहकी पत्‍नीका छोराहरूमध्ये एक गेरेमी कीलाहका पिता बने । अर्का माकाती एश्‍तमो थिए ।
1CH 4:20 शिमोनका छोराहरू अमनोन, रिन्‍ना, बेन-हानान र तीलोन थिए । यिशीका छोराहरू जोहेत र बेन-जोहेत थिए ।
1CH 4:21 यहूदाका छोरा शेलहका सन्‍तानहरू लेकाका पिता एर्, मारेशाका पिता लादा, र बेथ-अश्‍बेयामा मलमलका कपडा बनाउनेहरूका वंशहरू,
1CH 4:22 योकीम, कोजेबाका मानिसहरू, र योआश र साराप, जसले मोआब र यशूबी-लेहेममा राज्‍य गरे । (यो विवरण प्राचीन लेखोटबाट लिइएको हो ।)
1CH 4:23 यि कुमालेहरू नतैम र गदेरामा बस्‍थे र राजाको निम्‍ति काम गर्थे ।
1CH 4:24 शिमियोनका सन्‍तानहरू नमूएल, यामीन, यारीब, जेरह र शौल थिए ।
1CH 4:25 शौलका छोरा शल्‍लूम थिए, शल्‍लूमका छोरा मिब्‍साम थिए, र मिब्‍सामका छोरा मिश्‍मा थिए ।
1CH 4:26 मिश्‍माका सन्‍तानहरू तिनका छोरा हम्‍मूएल, तिनका नाति जक्‍कूर, तिनका पनाति शिमी थिए ।
1CH 4:27 शिमीका सोह्र जना छोरा र छ जना छोरी थिए । तिनका भाइका धेरै छोराछोरी थिएनन् । यसैले तिनीहरूको वंश यहूदाको वंश जति धेरै संख्‍यामा बढेन ।
1CH 4:28 तिनीहरू बेर्शेबा, मोलादा र हसर-शूआलमा बसे ।
1CH 4:29 तिनीहरू बिल्‍हा, एसेम, तोलद,
1CH 4:30 बतूएल, होर्मा, सिक्‍लग,
1CH 4:31 बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा पनि बसे । दाऊदले शासन नगरेसम्‍म तिनीहरूका सहरहरू यी नै थिए ।
1CH 4:32 तिनीहरूका पाँच बस्‍तीहरू एताम, ऐन, रिम्‍मोन, तोकेन र आशान थिए,
1CH 4:33 साथै बालातसम्‍मै वरिपरि तिनीहरूका गाउँहरू थिए । तिनीहरूका बस्‍तिहरू यी नै थिए, र तिनीहरूले वंशाक्रमको लेख राखे ।
1CH 4:34 वंशका अगुवाहरू मशोबाब, यम्‍लेक, अमस्‍याहका छोरा योशा,
1CH 4:35 योएल, योशिब्‍याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए,
1CH 4:36 एल्‍योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह,
1CH 4:37 र शिपीका छोरा जीजा, जो अल्‍लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए ।
1CH 4:38 माथि लेखिएका मानिसहरू आ-आफ्‍नो वंशका अगुवाहरू थिए, र तिनीहरूका वंश ज्यादै धेरै बढे ।
1CH 4:39 तिनीहरू आफ्‍ना बगालहरूका निम्‍ति खर्क खोज्‍दै बेँसीको पूर्वपट्टि गदोरको छेउसम्म गए ।
1CH 4:40 तिनीहरूले प्रसस्त र राम्रो खर्क भेट्टाए । त्यो भुभाग फराकिलो, शान्‍त र सूनसान थियो । अघि त्‍यो ठाउँमा हामका मानिसहरू बसेका थिए ।
1CH 4:41 यहूदाका राजा हिजकियाको राजकालमा सूचीकृत यी मानिसहरू आए र त्‍यहाँ भएका हामका मानिसहरू र मोनीहरूलाई आक्रमण गरे । तिनीहरूले उनीहरूलाई पूर्ण रूपमा सखाप पारे र आफ्ना बगालका लागि खर्क पाएको हुनाले तिनीहरू त्यहाँ बसोबास गेर ।
1CH 4:42 तिबाट, शिमियोनका छोराहरू पलत्‍याह, नार्याह, रपायाह र उज्‍जीएललाई आफ्‍ना अगुवा बनाएर पाँच सय जति मानिसहरू सेइर पहाडमा गए ।
1CH 4:43 तिनीहरूले बाँचेका अमालेकी शरणार्थीहरू सबैलाई पराजित गरे, र आजको दिनसम्‍म त्‍यहाँ बसेका छन्‌ ।
1CH 5:1 इस्राएलका जेठा छोरा रूबेनका छोराहरू— रूबेन जेठा छोरा थिए, तर तिनको ज्‍येष्‍ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो, किनभने तिनले आफ्‍ना पिताको ओच्छ्यान अपवित्र पारेका थिए । त्यसैले जेठा छोराको रूपमा तिनको विवरण रहेन ।
1CH 5:2 यहूदा आफ्‍ना दाजुभाइमध्‍ये सबैभन्‍दा बलिया थिए, र तिनीबाट एक जना अगुवा आउनेवाला थिए । तर ज्‍येष्‍ठ अधिकार योसेफको थियो—
1CH 5:3 इस्राएलका जेठा छोरा रूबेनका छोराहरू हानोक, पल्‍लु, हेस्रोन र कर्मी थिए ।
1CH 5:4 योएलका सन्‍तान यिनै थिएः योएलका छोरा शमायाह थिए । शमायाहका छोरा गोग तिए । गोगका छोरा शिमी थिए ।
1CH 5:5 शिमीका छोरा मीका तिए । मीकाका छोरा रायाह थिए । रायाहक छोरा बाल थिए ।
1CH 5:6 बालका छोरा बीरह थिए, जसलाई अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरले कैद गरेर लगे । बीरह रूबेनी कुलका अगुवा थिए ।
1CH 5:7 आ-आफ्‍ना वंशाक्रमअनुसार सूचीकृत भएका बीरहका आफन्तका वंशहरूः अगुवा यीएल, जकरिया, र
1CH 5:8 योएलका पनाति, शेमाका नाति र अजाजका छोरा बेला थिए । नेबो र बाल-मोनसम्म फैलिएर अरोएरमा,
1CH 5:9 र पूर्वपट्टि यूफ्रेटिस नदीसम्‍म फैलिएको उजाड-स्‍थानको छेउसम्‍म नै तिनीहरू बसोबास गर्थे । तिनीहरूसित गिलादमा पाल्‍तु पशुको संख्‍या ज्‍यादै बढेको हुनाले यसो भयो ।
1CH 5:10 शाऊलको समयमा रूबेनका वंशले हग्रीहरूलाई आक्रमण गरे र उनीहरूलाई जिते । तिनीहरूले गिलादको पूर्वपट्टिका सबै भूभागमा भएका हग्रीहरूका छाउनीहरूमा बसोबास गरे ।
1CH 5:11 गादका वंशका सदस्यहरू तिनीहरूका नजिक बाशानमा सलकासम्‍मै बसेका थिए ।
1CH 5:12 योएल तिनीहरूका अगुवा थिए । शापाम दोस्रो थिए । अनि बाशानमा यानै र शाफात ।
1CH 5:13 तिनीहरूका पुर्खाका परिवारहरूको आधारमा तिनीहरूका आफन्तहरू मिखाएल, मशुल्‍लाम, शेबा, योरै, यकान, जीआ र एबेर— जम्‍मा सात जना थिए ।
1CH 5:14 यी माथि नाउँ लेखिएका व्यक्तिहरू अबीहेलका सन्तानहरू थिए, र अबीहेल हूरीका छोरा थिए । हूरी यारोहका छोरा थिए । यारोह गिलादका छोरा थिए । गिलाद मिखाएलका छोरा थिए । मिखाएल यशीशैका छोरा थिए । यशीशै यहदोका छोरा थिए । यहदो बूजका छोरा थिए ।
1CH 5:15 गुनीका छोरा अब्‍दीएलका छोरा अही तिनीहरूका पिताका परिवारका मुखिया थिए ।
1CH 5:16 तिनीहरू गिलादमा, बाशान र त्‍यसका नगरहरूमा, र शारोनका सबै खर्कहरू फैलिएका सिमानासम्‍मै बस्‍थे ।
1CH 5:17 यी सबै यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका राज्‍य गरेको समयमा वंशाक्रमको सूचीमा लेखिएका थिए ।
1CH 5:18 रूबेनीहरू, गादीहरू र मनश्‍शेको आधा कुलका यद्धको निम्‍ति तालिमप्राप्‍त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्‍थे, र धनु तान्‍न सक्‍थे ।
1CH 5:19 तिनीहरूले हग्रीहरू, यतूर, नापीश र नोदाबलाई आक्रमण गरे ।
1CH 5:20 उनीहरूको विरुद्ध लडाइँ गर्न तिनीहरूले परमेश्‍वरबाट सहायता पाए । यसरी हग्रीहरू र उनीहरूसँग भएका सबै पराजित भए । इस्राएलीहरूले उनीहरूको विरुद्ध लडाइँमा सहायताको निम्‍ति आफ्‍ना परमेश्‍वरलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, किनकी तिनीहरूले उहाँमाथि आफ्‍नो भरोसा राखे ।
1CH 5:21 उनीहरूका गाईवस्‍तु, पचास हजार ऊँट, दुई लाख पचास हजार भेडा, दुई हजार गधा, र एक लाख जना मानिसलाई कब्‍जा गरे ।
1CH 5:22 अरू धेरै जना मारिए, किनभने यो युद्ध परमेश्‍वरबाट भएको थियो । तिनीहरू कैदमा नगरेसम्‍म तिनीहरू त्‍यही देशमा बसोबास गरे ।
1CH 5:23 मनश्‍शेका आधा कुल बाशानदेखि बाल-हेर्मोन र सेनीरसम्‍म (अर्थात् हेर्मोन पर्वत) बसोबास गरे ।
1CH 5:24 तिनीहरूका पिताका घरानाहरूका मुखियाहरू यी नै थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल । तिनीहरू वीर मानिसहरू र प्रख्यात मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए ।
1CH 5:25 तर तिनीहरू आफ्‍ना पुर्खाहरूका परमेश्‍वरप्रति विश्‍वासयोग्य भएनन् । बरु, तिनीहरूले त्‍यस देशका मानिसहरूका देवताहरूको पुजा गरे, जसलाई परमेश्‍वरले तिनीहरूका सामु नाश गर्नुभएको थियो ।
1CH 5:26 इस्राएलका परमेश्‍वरले अश्‍शूरका राजा पूललाई (जसलाई अश्‍शूरका राजा तिग्‍लत-पिलेसेर पनि भनिन्थ्यो) उक्‍साउनुभयो । उनले रूबेन, गाद र मनश्‍शेका आधा कुलका मानिसहरूलाई कैदमा लगे । उनले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीका किनारमा लगे, जाहाँ तिनीहरू आजको दिनसम्‍म छन्‌ ।
1CH 6:1 लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।
1CH 6:2 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए ।
1CH 6:3 अम्रामका छोराछोरी हारून, मोशा र मिरियम थिए । हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए ।
1CH 6:4 एलाजार पीनहासका पिता भए, र पीनहास अबीशूका पिता भए ।
1CH 6:5 अबीशू बुक्‍कीका पिता भए, बुक्‍की उज्‍जीका पिता भए ।
1CH 6:6 उज्‍जी जरयाहका पिता भए, जरयाह मरायोतका पिता भए ।
1CH 6:7 मरायोत अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।
1CH 6:8 अहीतूब सादोकका पिता भए, र सादोक अहीमासका पिता भए ।
1CH 6:9 अहीमास अजर्याहका पिता भए, र अजर्याह योहानानका पिता भए ।
1CH 6:10 योहानान अजर्याहका पिता भए, जसले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्‍दिरमा सेवा गरे ।
1CH 6:11 अजर्याह अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।
1CH 6:12 अहीतूब सादोकका पिता भए, र सादोक शल्‍लूमका पिता भए ।
1CH 6:13 शल्‍लूम हिल्‍कियाहका पिता भए, र हिल्‍कियाह अजर्याहका पिता भए ।
1CH 6:14 अजर्याह सरायाहका पिता भए, र सरायाह यहोसादाकका पिता भए ।
1CH 6:15 परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट निर्वासनमा लैजाँदा यहोसादाक पनि कैदमा लगिए ।
1CH 6:16 लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।
1CH 6:17 गेर्शोनका छोराहरू लिब्‍नी र शिमी थिए ।
1CH 6:18 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए ।
1CH 6:19 मरारीका छोराहरू महली र मूशी थिए । आ-आफ्‍ना पुर्खाअनुसार लेखिएका लेवीका वंशहरू यी नै हुन्‌ ।
1CH 6:20 गेर्शोनका सन्‍तानहरू: तिनका छोरा लिब्‍नी थिए । लिब्‍नीका छोरा येहाथ तिए । तिनका छोरा जिम्‍माह थिए ।
1CH 6:21 तिनका छोरा योआ थिए । तिनका छोरा इद्दो थिए । तिनका छोरा जेरह तिए । तिनका छोरा यातरै थिए ।
1CH 6:22 कहातका सन्‍तानहरूः तिनका छोरा अम्‍मीनादाब थिए । तिनका छोरा कोरह थिए । तिनका छोरा अस्‍सीर थिए ।
1CH 6:23 तिनका छोरा एल्‍काना थिए । तिनका छोरा एब्‍यासाप थिए । तिनका छोरा अस्‍सीर थिए ।
1CH 6:24 तिनका छोरा तहत थिए । तिनका छोरा उरीएल थिए । तिनका छोरा उज्‍जियाह थिए । तिनका छोरा शौल थिए ।
1CH 6:25 एल्‍कानाका छोराहरू अमासै, अहीमोत,
1CH 6:26 अनि एल्‍काना नाउँको एक जना छोरा, तिनका छोरा सोफै, तिनका छोरा नहत,
1CH 6:27 तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्‍काना थिए ।
1CH 6:28 शमूएलका छोराहरू जेठा योएल र कान्‍छा अबिया थिए ।
1CH 6:29 मरारीका छोरा महली थिए । तिनका छोरा लिब्‍नी थिए । तिनका छोरा शिमी थिए । तिनका छोरा उज्‍जाह थिए ।
1CH 6:30 तिनका छोरा शिमेअ थिए । तिनका छोरा हग्‍गियाह थिए । तिनका छोरा असायाह थिए ।
1CH 6:31 सन्‍दूक परमप्रभुको मन्‍दिरमा राखेपछि सङ्गीतको जिम्‍मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन्‌ ।
1CH 6:32 सोलोमनले यरूशलेममा परमप्रभुको मन्‍दिर नबनाएसम्‍म पवित्र वासस्‍थान, अर्थात्‌ भेट हुने पालको सामु तिनीहरूले सङ्गीत गाएर सेवा गरे । तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे ।
1CH 6:33 आ-आफ्‍ना छोराहरूसँग सेवा गर्नेहरू यी नै थिए । कहातीहरूबाट सङ्गीतकार हेमान आए । तिनका पुर्खा यी नै थिएः हेमान योएलका छोरा थिए । योएल शमूएलका छोरा थिए ।
1CH 6:34 शमूएल एल्‍कानाका छोरा थिए । एल्काना यरोहामका छोरा थिए । यरोहाम एलीएलका छोरा थिए । एलीएल तोहका छोरा थिए ।
1CH 6:35 तोह सूपका छोरा थिए । सूप एल्‍कानाका छोरा थिए । एल्काना महतका छोरा थिए । महत अमासैका छोरा थिए । अमासै एल्‍कानाका छोरा थिए ।
1CH 6:36 एल्काना योएलका छोरा थिए । योएल अजर्याहका छोरा थिए । अजर्याह सपन्‍याहका छोरा थिए ।
1CH 6:37 समपन्याह तहतका छोरा थिए । तहत अस्‍सीरका छोरा थिए । अस्सीर एब्‍यासापका छोरा थिए । एब्‍यासाप कोरहका छोरा थिए ।
1CH 6:38 कोरह यिसहारका छोरा थिए । यिसहार कहातका छोरा थिए । कहात लेवीका छोरा थिए । लेवी इस्राएलका छोरा थिए ।
1CH 6:39 हेमानका सहयोगी आसाप थिए, जो तिनको दायाँतर्फ खडा रहन्‍थे । आसाप बेरेक्‍याहका छोरा थिए । बेरेक्याह शिमेअका छोरा थिए ।
1CH 6:40 शिमेअ मिखाएलका छोरा थिए । मिखाएल बासेयाहका छोरा थिए । बासेयाह मल्‍कियाहका छोरा थिए ।
1CH 6:41 मल्कियाह एत्‍नीका छोरा थिए । एत्‍नी जेरहका छोरा थिए । जेरह अदायाहका छोरा थिए ।
1CH 6:42 अदायाह एतानका छोरा थिए । एतान जिम्‍माहका छोरा थिए । जिम्माह शिमीका छोरा थिए ।
1CH 6:43 शिमी यहतका छोरा थिए । यहत गेर्शोनका छोरा थिए । गेर्शोन लेवीका छोरा थिए ।
1CH 6:44 हेमानका बायाँतर्फ तिनका सहयोगीहरू मरारीका छोराहरू थिए । तिनीहरूमा कीशीका छोरा एतान थिए । कीशी अब्‍दीका छोरा थिए । अब्दी मल्‍लूकका छोरा थिए ।
1CH 6:45 मल्लूक हशब्‍याहका छोरा थिए । हशब्याह अमस्‍याहका छोरा थिए । अमस्याह हिल्‍कियाहका छोरा थिए ।
1CH 6:46 हिल्कियाह अम्सीका छोरा थिए । अम्सी बानीका छोरा थिए । बानी शेमेरका छोरा थिए ।
1CH 6:47 शेमेर महलीका छोरा थिए । महली मूशीका छोरा थिए । मूशी मरारीका छोरा थिए । मरारी लेवीका छोरा थिए ।
1CH 6:48 तिनीहरूका सहयोगी लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएको पवित्र वासस्‍थानका सबै कामको जिम्मा दिइयो ।
1CH 6:49 हारून र तिनका सन्‍तानहरूले वेदीमा होमबलिहरू, अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए । यी भेटीहरू इस्राएलका पापका लागि प्रायश्‍चित गर्नलाई परमेश्‍वरका दास मोशाका आज्ञाअनुसार यी सबै भेटीहरू चढाइए ।
1CH 6:50 हारूनका सन्‍तान निम्‍नानुसार चिनिन्थेः हारूनका छोरा एलाजार थिए । एलाजारका छोरा पीनहास थिए । पीनहासका छोरा अबीशू थिए ।
1CH 6:51 अबीशूका छोरा बुक्‍की थिए । बुक्‍कीका छोरा उज्‍जी थिए । उज्‍जीका छोरा जरयाह थिए ।
1CH 6:52 जरयाहका छोरा मरायोत थिए । मरायोतका छोरा अमर्याह थिए । अमर्याहका छोरा अहीतूब थिए ।
1CH 6:53 अहीतूबका छोरा सादोक थिए । सादोकका छोरा अहीमास थिए ।
1CH 6:54 हारूनका सन्‍तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका स्थानहरू यी नै हुन्‌ (किनभने पहिलो चिट्ठा कहातीहरूलाई नै परेको थियो) ।
1CH 6:55 उनीहरूले तिनीहरूलाई यहूदाको देशमा भएको हेब्रोन र त्‍यसका खर्कहरू दिए,
1CH 6:56 तर त्‍यस सहरका खेतबारी र त्‍यसका गाउँहरूचाहिं तिनीहरूले यपुन्‍नेका छोरा कालेबलाई दिए ।
1CH 6:57 हारूनका सन्‍तानहरूलाई तिनीहरूले हेब्रोन (शरणस्‍थानको सहर) र लिब्‍ना, यत्तीर, र एश्‍तमोका खर्कहरूसहित,
1CH 6:58 खर्कहरूसहित हीलन र खर्कहरूसहित दबीर पनि दिए ।
1CH 6:59 अनि तिनीहरूले हारूनका सन्तानलाई खर्कहरूसहित आशानका साथै खर्कहरूसहित युत्ता र बेथ-शमेश दिए ।
1CH 6:60 अनि बेन्‍यामीनको कुलबाट तिनीहरूले खर्कहरूसहित गेबा, खर्कहरूसहित आलेमेत, खर्कहरूसहित अनातोत दिए । तिनीहरूका सहरहरू जम्‍मा तेह्र वटा थिए । यी सहरहरू कहातीका तेह्र वंशहरू माझमा बाँडियो ।
1CH 6:61 कहातका बाँकी सन्‍तानहरूलाई मनश्‍शेको आधा कुलबाट दश वटा सहरहरू बाँडियो ।
1CH 6:62 गेर्शोनका सन्‍तानहरूलाई तिनीहरूका वंशहरूमा इस्‍साखार, आशेर, नप्‍ताली र बाशानमा भएको मनश्‍शेका कुलबाट तेह्र वटा सहरहरू दिइयो ।
1CH 6:63 मरारीका सन्‍तानहरूलाई तिनीहरूका वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलबाट बाह्र सहरहरू दिइए ।
1CH 6:64 यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू तिनका खर्कहरूसहित दिए ।
1CH 6:65 माथि उल्लेख गरिएका सहरहरू यहूदा, शिमियोन र बेन्‍यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट तिनीहरूलाई दिइयो ।
1CH 6:66 कहातीका केही वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइए ।
1CH 6:67 तिनीहरूलाई एफ्राइमको पहाडी देशमा शकेमका खर्कहरूसहित (शरणस्‍थानको सहर) गेजेरका खर्कहरूसहित,
1CH 6:68 खर्कहरूसहित योक्‍माम र खर्कहरूसहित बेथ-होरोन,
1CH 6:69 खर्कहरूसहित अय्‍यालोन र खर्कहरूसहित गात-रिम्‍मोन दिइयो ।
1CH 6:70 मनश्‍शेको आधा कुलले खर्कहरूसहित आनेर र खर्कहरूसहित बिलाम कहातीका बाँकी वंशहरूलाई दिए । यी जमिनहरू बाँकी कोहाती वंशका सम्पत्ति बने ।
1CH 6:71 गेर्शोनीहरूलाई मनश्‍शेका आधा कुलबाट खर्कहरूसहित बाशानमा भएको गोलान र खर्कहरूसहित अस्‍तारोत दिए ।
1CH 6:72 इस्‍साखारको कुलले खर्कहरूसहित केदेश, खर्कहरूसहित दाबरत,
1CH 6:73 खर्कहरूसहित रामोत र खर्कहरूसहित अनेम दिए ।
1CH 6:74 इस्साखारले आशेरको कुलबाट खर्कहरूसहित माशाल, खर्कहरूसहित अब्‍दोन,
1CH 6:75 खर्कहरूसहित हूकोक र खर्कहरूसहित रहोब प्राप्‍त गरे ।
1CH 6:76 तिनीहरूले नप्‍तालीको कुलबाट खर्कहरूसहित गालीलको केदेश, खर्कहरूसहित हम्‍मोन र खर्कहरूसहित किर्यातैम, प्राप्‍त गरे ।
1CH 6:77 मरारीका बाँकी सन्‍तानहरूले जबूलूनको कुलबाट खर्कहरूसहित योक्‍माम, कर्तह, रिम्‍मोनो र खर्कहरूसहित तबोर प्राप्‍त गरे,
1CH 6:78 अनि यर्दन पारि यरीहोको पूर्वपट्टि रूबेनको कुलबाट मरुभूमिमा भएको बेसेर, यहसाह,
1CH 6:79 खर्कहरूसहित कदेमोत र खर्कहरूसहित मेपात,
1CH 6:80 लेवीहरूले गादको कुलबाट खर्कहरूसहित गिलादमा भएको रामोत, खर्कहरूसहित महनोम,
1CH 6:81 खर्कहरूसहित हेश्‍बोन र खर्कहरूसहित याजेर प्राप्‍त गरे ।
1CH 7:1 इस्‍साखारका चार छोराहरू तोला, पूवा, याशूब र शिम्रोन थिए ।
1CH 7:2 तोलाका छोराहरू उज्‍जी, रपायाह, यरीएल, यहमै, यिब्‍साम र शमूएल थिए । तोलाका सन्तानबाट तिनीहरू आ-आफ्ना पिताहरूका घरानाहरूका मुखियाहरू थिए, र आफ्ना पुस्ताका बिचमा तिनीहरू शक्तिशाली योद्धाहरूका रूपमा सूचीकृत थिए । दाऊदको समयमा तिनीहरूको संख्‍या २२,६०० थियो ।
1CH 7:3 उज्‍जीका छोरा यिज्‍यहि थिए । यिज्‍यहिका छोराहरू मिखाएल, ओबदिया, योएल र यिश्‍याह थिए । यी पाँच जना सबै वंशका मुखियाहरू थिए ।
1CH 7:4 तिनीहरूका साथै तिनीहरूसँग पुर्खाका वंशअनुसार युद्ध गर्नलाई छत्तिस हजार योद्धाहरू थिए, किनकी तिनीहरूका धेरै पत्‍नीहरू र छोराहरू थिए ।
1CH 7:5 इस्‍साखारका सबै वंशबाट तिनीहरूका आफन्तहरू योद्धाहरू थिए र तिनीहरूका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका सङ्‍ख्‍या जम्‍मा सतासी हजार योद्धा थिए ।
1CH 7:6 बेन्‍यामीनका तिन जना छोराहरू बेला, बेकेर र येदीएल थिए ।
1CH 7:7 बेलाका पाँच छोराहरू यसम्‍बोन, उज्‍जी, उज्‍जीएल, यरीमोत र ईरी थिए । तिनीहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू थिए । तिनीहरूका पुर्खाका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका योद्धाहरूको संख्‍या २२,०३४ थियो ।
1CH 7:8 बेकेरका छोराहरू जमीरा, योआश, एलीएजर, एल्‍योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत थिए । यी सबै तिनका छोराहरू थिए ।
1CH 7:9 तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्‍ख्‍या २०,२०० र थिए ।
1CH 7:10 येदीएलका छोरा बिल्‍हान थिए । बिल्‍हानका छोराहरू येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर थिए ।
1CH 7:11 यी सबै येदीएलका छोराहरू थिए । तिनीहरूको वंशको सूचीमा १७,२०० घरानाका मुखियाहरू र सैनिक सेवाको निम्ति योद्धाहरू थिए ।
1CH 7:12 (शुप्‍पीहरू र हुप्‍पीहरू इरका छोराहरू थिए, र हुशीहरू अहेरका छोराहरू थिए ।)
1CH 7:13 नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर र शिल्‍लेम थिए । यी बिल्‍हाका नातिहरू थिए ।
1CH 7:14 मनश्‍शेका अस्रीएल नाम गरेका छोरा थिए, जसलाई अरामी उपपत्‍नीले जन्माएकी थिइन् । तिनले पनि गिलादका पिता माकीरलाई जन्‍माइन्‌ ।
1CH 7:15 माकीरले हुप्‍पीहरू र शुप्‍पीहरूबाट एउटी पत्‍नी ल्याए । माकीरकी बहिनीको नाउँ माका थियो । मनश्शेका अर्का सन्तानको नाउँ सलोफाद थियो, जसका छोरीहरू मात्र थिए ।
1CH 7:16 माकीरकी पत्‍नी माकाले एउटा छोरो जन्माइन् र तिनको नाउँ तिनले पेरेश राखिन्‌ । तिनका भाइको नाउँ शेरेश थियो, र तिनका छोराहरू ऊलाम र राकेम थिए ।
1CH 7:17 ऊलामका छोरा बदान थिए । मनश्‍शेका नाति माकीरका छोरा गिलादका सन्‍तानहरू यी नै थिए ।
1CH 7:18 गिलादकी बहिनी हम्‍मोलेकेतले ईशोद, अबीएजेर र महलाल लाई जन्माइन् ।
1CH 7:19 शमीदाका छोराहरू अहियन, शकेम, लिखी र अनीआम थिए ।
1CH 7:20 एफ्राइमका सन्तानहरू यसप्रकार थिएः एफ्राइमका छोरा शूतेहल थिए । शूतेहलका छोरा बेरेद थिए । बेरेदका छोरा तहत थिए । तहतका छोरा एलादा थिए । एलदका छोरा छोरा तहत थिए ।
1CH 7:21 तहतका छोरा जाबाद थिए । जाबादका छोरा शूतेहल थिए । (एसेर र एलादलाई चाहिं गातका मनिसहरूका गाईबस्‍तु लुट्न जाँदा त्‍यहाँका आदिवासीले मारे ।)
1CH 7:22 तिनीहरूका पिता एफ्राइमले तिनीहरूको निम्ति धेरै दिनसम्म शोक गरे, र तिनका दाजुभाइ तिनलाई सान्त्वना दिन आए ।
1CH 7:23 तिनले आफ्‍नी पत्‍नीसित सहवास गरे । तिनी गर्भवती भइन्‌ र एउटा छोरा जन्‍माइन्‌ । त्‍यसको नाउँ एफ्राइमले बरीआ राखे, किनभने तिनको परिवारमा दुःख आएको थियो ।
1CH 7:24 तिनकी छोरी शेराह थिइन्, जसले तल्‍लो र माथिल्‍लो बेथ-होरोन अनि उज्‍जेन-शेराह बनाइन्‌ ।
1CH 7:25 तिनका छोरा रपाह थिए । रपाहका छोरा रेशेप थिए । रेपेशका छोरा तेलह थिए । तेलहका छोरा तहन थिए ।
1CH 7:26 तहनका छोरा लादान थिए । लादानका छोरा अम्‍मीहूद थिए । अम्मीहूदका छोरा एलीशामा थिए ।
1CH 7:27 एलीशामाका छोरा नून थिए । नूनका छोरा यहोशू थिए ।
1CH 7:28 तिनीहरूका सम्पत्ति र बसोबास गरेका ठाउँहरू बेथेल र त्‍यसका वरिपरीका गाउँहरू थिए । तिनीहरू पूर्वमा नारान, पश्‍चिममा गेजेर र त्‍यसका बस्‍तीहरू, र शकेम र त्‍यसका बस्‍तीहरू अय्‍याह र त्‍यसका बस्‍तीहरूसम्‍म फैलिए ।
1CH 7:29 मनश्‍शेको सिमानामा बेथ-शान र त्‍यसका गाउँहरू, तानाक र त्‍यसका गाउँहरू, मगिछो र त्‍यसका गाउँहरू र दोर र त्‍यसका गाउँहरू थिए । यी नगरहरूमा इस्राएलका छोरा योसेफका सन्‍तानहरू बसोबास गरे ।
1CH 7:30 आशेरका छोराहरू यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन्‌ ।
1CH 7:31 बरीआका छोराहरू हेबेर र बिर्जेतका पिता मल्‍कीएल थिए ।
1CH 7:32 हेबेरका छोराहरू यप्‍लेत, शोमेर र होताम थिए । तिनीहरूकी बहिनी शूअ थिइन् ।
1CH 7:33 यप्‍लेतका छोराहरू पासक, बिम्‍हाल र अश्‍वात थिए । यिनीहरू यप्लेतका सन्तान थिए ।
1CH 7:34 यप्लेतका भाइ शोमेरका छोराहरू अही, रोहगा, हूब्‍बा र अराम थिए ।
1CH 7:35 शोमेरका भाइ हेलेमका छोराहरू सोपह, यिम्‍न, शेलेश र आमाल थिए ।
1CH 7:36 सोपहका छोराहरू सूह, हर्नेपेर, शूआल, बरी, यिम्राह,
1CH 7:37 बेसेर, होद, शामा, शिल्‍शा, यित्रान र बीरा थिए ।
1CH 7:38 येतेरका छोराहरू यपुन्‍ने, पिस्‍पा र अरा थिए ।
1CH 7:39 उल्‍लाका छोराहरू आरा, हन्‍नीएल र रिसिया थिए ।
1CH 7:40 यी सबै आशेरका सन्‍तानहरू थिए । तिनीहरू वंश पुर्खाहरू, पिताका घरानाहरूका मुखियाहरू, विशिष्‍ट मानिसहरू, योद्धाहरू, र अगुवाहरूका मुखिया थिए । तिनीहरूको वंशावलीको सूचीअनुसार सेनाको लागि योग्य मानिसहरूको संख्‍या छबिस हजार थियो ।
1CH 8:1 बेन्‍यामीन पाँच छोराहरूमा जेठा बेला, अश्‍बेल, अहरह,
1CH 8:2 नोहा र रफाका थिए ।
1CH 8:3 बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद,
1CH 8:4 अबीशू, नामान, अहोह,
1CH 8:5 गेरा, शपूपान र हुराम थिएन ।
1CH 8:6 एहूदका सन्‍तानहरू जो मानहतमा बसाइँ सर्न बाध्य पारिएका गेबाका बासिन्‍दाहरूका पुर्खाका घरानाहरूका मुखियाहरू यि नै थिए:
1CH 8:7 नामान, अहियाह र गेरा । गेराले तिनीहरूलाई सर्ने बेलामा डोर्‍याएका थिए । तिनी उज्‍जा र अहीहूदका पिता थिए ।
1CH 8:8 आफ्‍ना पत्‍नीहरू हुशीम र बारासित सम्‍बन्‍ध-बिच्‍छेद गरेपछि मोआब देशमा सहरेम छोराछोरीका पिता बने ।
1CH 8:9 सहरेम आफ्‍नी पत्‍नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्‍काम,
1CH 8:10 यूस, साकिया र मिर्माका पिता बने । आ-आफ्ना पिताका घरानाहरूका मुखिहरू, अर्थात् तिनका छोराहरू यि नै थिए ।
1CH 8:11 तिनी हुशीमबाट पहिले नै अबीतूब र एल्‍पालका पिता भइसकेका थिए ।
1CH 8:12 एल्‍पालका छोराहरू एबेर, मिशाम र शेमेद थिए (जसले ओनो र लोदोलाई ती वरिपरिका गाउँहरूसहित निर्माण गरे) ।
1CH 8:13 बरीआ र शेमा पनि त्‍यहाँ थिए । तिनीहरू गातका बासिन्‍दाहरूलाई निकालेर अय्‍यालोनमा बस्‍नेहरूका पिताहरूका घारानाका मुखियाहरू थिए ।
1CH 8:14 बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत,
1CH 8:15 जबदियाह, आराद, एदेर,
1CH 8:16 मिखाएल, यिश्‍पा र योहा बरीआका छोराहरू थिए ।
1CH 8:17 एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर,
1CH 8:18 यिश्‍मरै, यिज्‍लीअ, र योबाब थिए ।
1CH 8:19 शिमीका छोराहरू यि नै थिएः याकीम, जिक्री, जब्‍दी,
1CH 8:20 एलीएनै, सिल्‍लतै, एलीएल,
1CH 8:21 अदायाह, बरायाह र शिम्रात थिए ।
1CH 8:22 शाशकका छोराहरू यि नै थिएः यिश्‍पान, एबेर, एलीएल,
1CH 8:23 अब्‍दोन, जिक्री, हानान,
1CH 8:24 हनन्‍याह, एलाम, अन्‍तोतियाह,
1CH 8:25 यिपदिया र पनूएल ।
1CH 8:26 यरोहामका छोराहरू यि नै थिएः शम्‍शरै, सहर्याह, अतल्‍याह,
1CH 8:27 यारेश्‍याह, एलिया र जिक्री ।
1CH 8:28 यिनीहरू आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू र यरूशलेममा बस्‍नेहरूका मुख्‍य मानिसहरू थिए ।
1CH 8:29 गिबोनका पिता यीएलचाहिं गिबोनमा बस्‍थे, तिनकी पत्‍नीको नाउँ माका थियो ।
1CH 8:30 तिनका जेठा छोरा अब्‍दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब,
1CH 8:31 गदोर, अहियो, र जेकेर, थिए ।
1CH 8:32 यीएलका अर्का छोरा मिक्‍लोत थिए, जो शिमाहका पिता भए । तिनीहरू पनि यरूशलेममा आफ्‍ना आफन्तहरूका नजिक बस्‍थे ।
1CH 8:33 नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए ।
1CH 8:34 जोनाथनका छोरा मरीब्‍बाल थिए । मरीब्बाल मीकाका पिता थिए ।
1CH 8:35 मीकाका छोराहरू पीतोन, मेलेक, तारे र आहाज थिए ।
1CH 8:36 आहाज यहोअदाका पिता बने । यहोअदा आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए ।
1CH 8:37 मोस बिनेका पिता थिए । बिने रफाहका पिता थिए । रफाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए ।
1CH 8:38 आसेलका छ छोराहरू थिएः अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान । यी सबै आसेलका छोराहरू थिए ।
1CH 8:39 तिनका भाइ एशेकका छोराहरू जेठा ऊलाम, माहिला येऊश र कान्‍छा एलीपेलेत थिए ।
1CH 8:40 ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए । तिनीहरूका धेरै , जम्‍मा १५० जना छोराहरू र नातिहरू थिए । यी सबै जना बेन्‍यामीनका सन्‍तानहरू थिए ।
1CH 9:1 यसरी सरा इस्राएलको वंशाक्रमको लेख राखियो । ती इस्राएलका राजाहरूका पुस्तकमा लेखिए । यहूदाचाहिं आफ्‍नो पापले गर्दा कैद गरेर बेबिलोनमा लगियो ।
1CH 9:2 सहरहरूमा सबैभन्‍दा पहिले बसोबास गर्नेचाहिं कोही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू र मन्‍दिरका सेवकहरू थिए ।
1CH 9:3 यहूदा, बेन्‍यामीनी, एफ्राइम र मनश्‍शेका केही सन्तानहरू यरूशलेममा बसोबास गरे ।
1CH 9:4 बसोबास गर्नेहरूमा अम्‍मीहूदका छोरा उतै, जो ओम्रीका छोरा, जो इम्रीका छोरा, जो बानीका छोरा, जो यहूदाका छोरा फारेसका सन्‍तानमध्ये एक जना थिए ।
1CH 9:5 शीलोनीहरूमा जेठा छोरा असायाह र तिनका छोराहरू थिए ।
1CH 9:6 जेरहाका सन्तानहरूमा यीएल पनि थिए । तिनीहरूका सन्तानहरूको संख्या ६९० थियो ।
1CH 9:7 बेन्‍यामीनका सन्तानहरूमा मशुल्लामका छोरा सल्लु, जो होदबियाका छोरा, जो हस्‍सेनूअका छोरा थिए ।
1CH 9:8 यरोहामका छोरा यिब्‍नियाह; उज्‍जीका छोरा एलाह, जो मिक्रीका छोरा थिए, अनि मशुल्‍लाम, जो शपत्‍याहका छोरा, जो रूएलका छोरा, जो यिबनियाका छोरा थिए ।
1CH 9:9 वंशावक्रमको सूचीमा लेखिएका तिनीहरूका आफन्तहरूको सङ्‍ख्‍या ९५६ जना थिए । यी सबै मानिसहरू आ-आफ्‍ना पिताका घरानाहरूका निम्‍ति मुखियाहरू थिए ।
1CH 9:10 यदायाह, यहोयारीब, र याकीन पुजारीहरू थिए ।
1CH 9:11 हिल्‍कियाहका छोरा अजर्याह, जो मशुल्‍लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो अहीतूबका छोरा, जसले परमेश्‍वरको मन्‍दिरको जिम्‍मेवारी पाएका थिए ।
1CH 9:12 अदायाह, जो यरोहामका छोरा, जो पशहूरका छोरा, जो मल्‍कियाहका छोरा थिए । अनि मासै, जो अदीएलका छोरा, जो यहजेराका छोरा, जो मशुल्‍लामका छोरा, जो मशिलेमीतका छोरा, जो इम्‍मेरका छोरा थिए ।
1CH 9:13 आफ्‍ना पिताका घरका मुखियाहरू भएका तिनीहरूका आफन्तहरू १,७६० जना थिए । तिनीहरू परमेश्‍वरका भवनको सेवासम्‍बन्‍धी काम गर्नलाई योग्‍यका मानिसहरू थिए ।
1CH 9:14 लेवीहरूमा शमायाह, जो हश्‍शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्‍याहका छोरा, जो मरारीका सन्‍तानमध्‍येका थिए ।
1CH 9:15 बक्बक्‍कर, हारेश, गालाल अनि मत्तन्‍याह, जो मीकाका छोरा जो जिक्रीका छोरा, जो आसापका छोरा पनि थिए ।
1CH 9:16 अनि ओबदिया, जो शमायाहका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए । अनि बेरेक्‍याह, जो आसाका छोरा, जो एल्‍कानाका छोरा जो नतोपातीहरूका गाउँहरूमा बस्‍थे ।
1CH 9:17 शल्‍लूम, अक्‍कूब, तल्‍मोन, अहीमन र तिनीहरूका भाइहरू ढोकेहरू थिए । तिनीहरूका अगुवा शल्‍लूम थिए ।
1CH 9:18 यस अगि तिनीहरू लेवीका सन्‍तानहरूका छाउनीका निम्‍ति राजाको पूर्वपट्टिको मूल ढोकामा रक्षकहरू थिए । तिनीहरू लेवीहरूको छाउनीका द्वारपालहरू थिए ।
1CH 9:19 शल्‍लूम, जो कोरेका छोरा, जो एब्‍यासापका छोरा, जो कोरहका छोरा थिए, र तिनका पिताका घरानाबाट तिनका आफन्तहरू, कोरहीहरूले सुरक्षा सेवाका जिम्‍मेवारी पाएका थिए । तिनीहरूका पुर्खाहरूले परमप्रभुको छाउनीको सुरक्षा गरेझैं तिनीहरूले पालको ढोकाको सुरक्षा गरे, र तिनीहरूले प्रवेशद्वारको पनि सुरक्षा गरे ।
1CH 9:20 पहिले एलाजारका छोरा पीनहास तिनीहरूका निरीक्षक थिए, र परमप्रभु तिनीसँग हुनुहुन्‍थ्‍यो ।
1CH 9:21 मेशेलेम्‍याहका छोरा जकरिया मन्‍दिरको प्रवेशद्वार, “भेट हुने पाल” का रक्षक थिए ।
1CH 9:22 प्रवेशद्वारका रक्षक हुनलाई चुनिएका सबै जनाको संख्‍या २१२ थियो । तिनीहरूका नाउँहरू आ-आफ्ना गाउँका मानिसहरूको सूचीमा लेखिएका थिए । दाऊद र दर्शी शमूएलले तिनीहरूलाई आफ्‍नो भरोसाको ओहदाहरूमा नियुक्ति गरेका थिए ।
1CH 9:23 यसैले तिनीहरू र तिनीहरूका सन्‍तानले परमप्रभुको भवन अर्थात् भेट हुने पालको मूल ढोकाहरूको सुरक्षा गरे ।
1CH 9:24 ती ढोकाका सुरक्षा गर्नेहरूलाई पूर्व, पश्‍चिम, उत्तर, दक्षिण, चारैतिर राखिएको थियो ।
1CH 9:25 आफ्‍ना गाउँहरूमा बस्‍ने तिनीहरूका दाजुभाइ एक पल्‍टमा सात दिनका लागि पालैपालो आउँथे ।
1CH 9:26 तर ढोकाका सुरक्षा गर्नेमध्‍येका चार जना लेवी अगुवाहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका कोठाहरू र भण्‍डारहरूका सुरक्षा गर्ने जिम्‍मेवारी दिइयो ।
1CH 9:27 तिनीहरू परमेश्‍वरको भवनमा आ-आफ्‍ना जिम्‍मेवारीको ठाउँमा नै रात बिताउँथे, किनकी त्यसको सुरक्षा गर्नु तिनीहरूको जिम्मेवारी थियो । तिनीहरूले हरेक बिहान त्यसलाई खोल्थे ।
1CH 9:28 तिमध्‍ये कोहीले मन्‍दिरका सामानहरूको जिम्मेवार थिए । सरसामान भित्र ल्‍याउँदा र बाहिर लैजाँदा तिनीहरूले ति गणना गर्थे ।
1CH 9:29 तिमध्‍ये कोहीचाहिं पवित्र सामानहरू, अन्य सामानहरू र पीठो, दाखमद्य, तेल, धूप र मसलाजस्ता सामानका रेखदेख गर्न खटिइएका थिए ।
1CH 9:30 पुजारीहरूका छोराहरूमध्‍ये कसैले मसला मिसाउँथे ।
1CH 9:31 कोरही शल्‍लूमका जेठा छोरा लेवी मत्तित्‍याहको भेटीका रोटीहरू तयार गर्ने कामका निरीक्षक थिए ।
1CH 9:32 तिनीहरूका दाजुभाइहरूमध्ये कोही, कोहातीहरूका सन्तानहरू, हरेक शबाथ-दिनमा उपस्‍थितिका रोटीहरू तयार पार्ने कामका निरीक्षकहरू थिए ।
1CH 9:33 गायकहरू र लेवीहरूका पिताका घरानाका मुखियाहरू आ-आफ्ना कामहरू नभएका बेलामा मन्दिरका कोठाहरूमा बस्थे, किनभने तिनीहरूले दिन-रात तिनीहरूलाई सुम्पिएको काम गर्नुपर्थ्यो ।
1CH 9:34 ती सबै जना आफ्‍ना वंशाक्रमको सूचीमा लेखिएका लेवी घरानाका मुख्‍य मानिसहरू थिए । तिनीहरू यरूशलेममा बस्‍थे ।
1CH 9:35 गिबोनका पिता यीएल गिबोनमा बस्‍थे, जसकी पत्‍नीको नाउँ माका थियो ।
1CH 9:36 तिनका जेठा छोरा अब्‍दोन, अनि तिनका छोराहरू सूर, कीश, बाल, नेर, नादाब,
1CH 9:37 गदोर, अहियो, जकरिया र मिक्‍लोत थिए ।
1CH 9:38 मिक्‍लोत शिमामका पिता थिए । तिनीहरू पनि यरूशलेममा आफ्‍ना दाजुभाइको नजिकै बस्‍थे ।
1CH 9:39 नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए ।
1CH 9:40 जोनाथनका छोरा मरीब्‍बाल थिए । मरीब्बाल मीकाका पिता थिए ।
1CH 9:41 मीकाका छोराहरू पीतोन, मेलेक, तहरै र आहाज थिए ।
1CH 9:42 आहाज यादाहका पिता थिए । यादाह आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए ।
1CH 9:43 मोस बेनेका पिता थिए । बेने रपायाहका पिता थिए । रपायाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए ।
1CH 9:44 आसेलका छ जना छोराहरू अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान थिए । यी सबै आसेलका छोराहरू थिए ।
1CH 10:1 यति बेला पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका हरेक मानिस पलिश्‍तीहरूको सामुबाट भागे र गिल्‍बो डाँडामा मरे ।
1CH 10:2 पलिश्‍तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्‍कीशूअलाई मारे ।
1CH 10:3 शाऊलको विरुद्धमा युद्ध कठिन भयो, र धनुर्धारीहरूले तिनीमाथि जाइलागे, र उनीहरूले तिनलाई घाइते बनाए ।
1CH 10:4 त्यसपछि शाऊलले आफ्‍नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुत् र मलाई घोच् । नत्रता यी बेखतनेहरूले आउनेछन् र मलाई दुःख दिनेछन्‌ ।” तर तिनको हतियार बोक्‍नेले त्‍यसो गरेन, किनकि ऊ धेरै डराएको थियो । यसैले शाऊलले आफ्नो तरवार थुते र त्यसमा छेडिए ।
1CH 10:5 जब तिनको हतियार बोक्‍नेले शाऊल मरेका देख्‍यो, तब ऊ पनि त्यसरी नै आफ्‍नो तरवारमा छेडिएर मर्‍यो ।
1CH 10:6 यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे, यसै गरी तिनका परिवारका सबै जना एकैपटक मरे ।
1CH 10:7 जब मैदानमा भएका सबै इस्राएलीले आ-आफ्‍ना सेना भागेका, अनि शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्‍ना सहरहरू छोडे र भागे । अनि पलिश्‍तीहरू त्‍यहाँ आए र बसोबास गरे ।
1CH 10:8 भोलिपल्‍ट यस्‍तो भयो, जब पलिश्‍तीहरू मारिएकाहरूलाई लुट्‌नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्‍बो डाँडामा मरेका भेट्टाए ।
1CH 10:9 उनीहरूले तिनलाई नङ्‌ग्‍याए, तिनका टाउको र तिनका हतियारहरू लगे । त्‍यसपछि उनीहरूले पलिश्‍तीहरूको देशका चारैतिर आफ्‍ना मूर्तिहरू र मानिसहरूलाई यो समाचार दिन समाचारवाहकहरू पठाए ।
1CH 10:10 उनीहरूले तिनका हतियारहरू आफ्‍ना देवताहरूको मन्‍दिरमा राखे, र तिनको टाउको चाहिं दागोनको मन्‍दिरमा बाँधे ।
1CH 10:11 जब याबेश-गिलादमा भएका सबैले पलिश्‍तीहरूले शाऊललाई गरेका सबै कुरा सुने,
1CH 10:12 तब शाऊल र तिनका छोराहरूका मृत शरीर ल्‍याउन सबै योद्धाहरू गए, र तिनीहरूलाई याबेशमा ल्‍याए । तिनीहरूका हड्‍डीहरू त्‍यहाँ फँलाटको रूखमुनि गाडे र सात दिनसम्‍म उपवास बसे ।
1CH 10:13 यसरी परमप्रभुप्रतिको विश्‍वासहीनताको कारणले शाऊल मरे । तिनले परमप्रभुको निर्देशनहरूलाई पालन गरेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिए।
1CH 10:14 तिनले परमप्रभुबाट मार्गदर्शन खोजेनन्, यसैले परमप्रभुले तिनलाई मार्नुभयो र यिशैका छोरा दाऊदलाई राज्‍य सुम्‍पनुभयो ।
1CH 11:1 त्‍यसपछि सबै इस्राएल हेब्रोनमा दाऊदकहाँ आए र भने, “हेर्नुहोस्, हामीहरू तपाईंकै हाडनाता हौ ।
1CH 11:2 हालैमा बितेका समयमा, जब शाऊल हाम्रा राजा थिए, तब तपाईंले नै इस्राएलको सेनाको नेतृत्‍व गर्नुभयो । परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई यसो भन्‍नुभयो, ‘तैंले नै मेरा मानिस इस्राएलको रेखदेख गर्नेछस्, र तँ नै मेरा मानिस इस्राएलको शासक हुनेछस्‌’ ।”
1CH 11:3 त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, र त्‍यहीं नै दाऊदले परमप्रभुको सामुन्‍ने तिनीहरूसित करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे । यसरी शमूएलद्वारा घोषणा गरिएको परमप्रभुको वचन पुरा भयो ।
1CH 11:4 दाऊद र सारा इस्राएल यरूशलेममा (अर्थात् यबूसमा) गए । यति बेला त्‍यस देशका बसिन्‍दा यबूसीहरू त्‍यहाँ थिए ।
1CH 11:5 यबूसका बसिन्‍दाहरूले दाऊदलाई भने, “तपाईं यहाँ कहिल्‍यै आउनुहुनेछैन ।” तर दाऊदले सियोनको किल्‍ला अर्थात् दाऊदको सहरलाई लिए ।
1CH 11:6 दाऊदले भनेका थिए, “यबूसीहरूलाई जोसुकैले सबभन्‍दा पहिले आक्रमण गर्छ त्‍यो नै मुखिया र कमान्‍डर हुनेछ ।” यसैले सरूयाहका छोरा योआबले सबभन्‍दा पहिले आक्रमण गरे, त्यसैले तिनलाई मुखिया बनाइयो ।
1CH 11:7 तब दाऊद त्यही किल्‍लामा बसोबास गर्न थाले । यसैले तिनीहरूले त्‍यसलाई दाऊदको सहर नामाकरण गरे ।
1CH 11:8 टेवा दिने गाराहरू र पछाडिबाट चारैतिरको पर्खालसम्‍म किल्‍लाको वरिपरि तिनले सहर बनाए । योआबले चाहिं बाँकी सहरको पुनर्निर्माण गरे ।
1CH 11:9 दाऊद झन्‌-झन्‌ शक्तिशाली हुँदै गए किनभने सर्वशक्तिमान् परमप्रभु तिनीसित हुनुहुन्‍थ्‍यो ।
1CH 11:10 इस्राएलको विषयमा परमप्रभुको वचन पालन गर्दै दाऊदको राज्‍यमा तिनको साथमा तिनलाई राजा बनाउनलाई जम्‍मै इस्राएलसँगै मिलेर आफूलाई सामर्थ्‍यवान् देखाउने तिनका अगुवाहरू यी नै थिए
1CH 11:11 दाऊदका शक्तिशाली मानिसहरूको सूची यही होः हक्‍मोनी याशोबाम अधिकारीहरूका कमान्‍डर थिए । तिनले एकपल्‍ट तिन सय जनालाई भालाले मारेका थिए ।
1CH 11:12 तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए, जो तीन जना वीर मानिसमध्‍ये एक थिए ।
1CH 11:13 तिनी दाऊदसँग पास-दम्‍मीममा थिए, जहाँ जौको एउटा खेतमा पलिश्‍तीहरू युद्धको निम्‍ति भेला भए र पलिश्तीहरूदेखि सेना भाग्यो ।
1CH 11:14 तिनीहरू खेतको बिचमा खडा भए । तिनीहरूले त्यसको रक्षा गरे, र पलिश्तीहरूलाई काटे र परमप्रभुले ठूलो विजय दिनुभएर तिनीहरूको उद्धार गर्नुभयो ।
1CH 11:15 तब ती तिस जना मुख्‍य अगुवामध्‍ये यी तिन जना अदुल्‍लामको ओडारमा भएको पहरामा दाऊद भएका ठाउँमा गए । पलिश्‍तीहरूका सेना रपाईहरूको मैदानमा छाउनी हालेर बसेका थिए ।
1CH 11:16 त्‍यस बेला दाऊदचाहिं आफ्‍नो किल्ला अर्थात् एउटा गुफामा थिए, जबकी पलिश्‍तीहरूले बेथलेहेममा आफ्‍नो छाउनी हालेका थिए ।
1CH 11:17 दाऊदलाई तिर्खा लाकेको थियो र तिनले भने, “कसैले बेथलेहेमको मूल ढोकाको छेउमा भएको इनारबाट पानी ल्याएर पिउन दिए हुन्‍थ्‍यो!”
1CH 11:18 यसैले ती तीन जना वीर मानिसले पलिश्‍तीहरूका सेनाको बिचबाट गएर बेथलेहेमको मूल ढोकाको छेउको इनारबाट पानी उघाए । तिनीहरूले त्‍यो पानी लिए र त्‍यो दाऊदकहाँ ल्‍याए, तर तिनले त्‍यो पिउन इन्‍कार गरे । बरु, तिनले त्‍यो परमप्रभुमा खन्‍याए ।
1CH 11:19 तब तिनले भने, “मैले यसो कहिले पनि नगर्नुपरोस् ! के मैले यि मानिसहरूको रगत पिउनू, जसले आफ्नो जीवनलाई नै खतरामा हालेका छन्?” तिनीहरूले आफ्नो जीवन जोखिममा पारेका हुनाले, दाऊदले त्‍यो पिउन इन्कार गरे । यी तीन जना वीर मानिसका कामहरू यी नै थिए ।
1CH 11:20 योआबका भाइ अबीशै ती तीन जनाका प्रमुख थिए । एकपल्‍ट तिनले तिन सय जनाको विरुद्ध भालाको प्रयोग गरे र तिनीहरूलाई मारे । ती तिन जनासँगै तिनको पनि उल्‍लेख गरिएको छ ।
1CH 11:21 तिन जनामध्ये तिनलाई दोब्बर सम्मान दिइयो र तिनीहरूका प्रमुख भए, तापनि तिनी तिमध्‍येका एक जना भने थिएनन् ।
1CH 11:22 यहोयादाका छोरा बनायाह कब्‍सेलका वीर योद्धा थिए, जसले महान् कामहरू गरे । तिनले मोआबका एरिएलका दुई छोरालाई मारे । तिनी एक दिन एउटा खाडलभित्र गए र हिउँ परिरहेको बेलामा एउटा सिंहलाई मारे ।
1CH 11:23 तिनले पाँच हात अल्‍गो एक जना मिश्रीलाई पनि मारे । त्यस मिश्रीको भाला कपडा बुन्‍ने जुलाहाको डन्‍डा जत्रो थियो, तर यिनी एउटा लौरो मात्र लिएर त्योसँग लड्‌न गए । तिनले त्‍यो मिश्रीको हातबाट उसकै भाला खोसे र उसको आफ्‍नै बालाले उसलाई मारे ।
1CH 11:24 यहोयादाका छोरा बनायाहले यस्ता वीरताका काम गरे, र ती तिन जनासँग तिनको नाउँ उल्‍लेख गरियो ।
1CH 11:25 तिस जना सामान्‍य सेनाभन्दा बढी सम्मान तिनलाई दिइयो, तर ती तीन जना वीर मानिसजत्तिकै सम्‍मान भने तिनलाई दिइएनन् । तापनि दाऊदले तिनलाई आफ्‍ना अङ्गरक्षकका निरीक्षक तुल्‍याए ।
1CH 11:26 वीर मानिसहरूमा योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरो एल्‍हानान,
1CH 11:27 हारोरी शम्‍मोत, पेलोनी हेलेस,
1CH 11:28 तकोका इक्‍केशका छोरा ईरा, अनातोतका अबीएजेर,
1CH 11:29 हूशाती सिब्‍बकै, अहोही ईलै,
1CH 11:30 नतोपाती महरै, नतोपाती बानका छोरा हेलेद,
1CH 11:31 बेन्‍यामीनको गिबाका रीबैको छोरा ईथै, पिरातोनी बनायाह,
1CH 11:32 गाश उपत्‍यकाका हूरै, अर्बाती अबीएल,
1CH 11:33 बहूरीमी अज्‍मावेत, शाल्‍बोनी एल्‍याहबा,
1CH 11:34 गीजोनी हाशेमका छोराहरू, हरारी शागेका छोरा जोनाथन,
1CH 11:35 हरारी साकारका छोरा अहीआम, ऊरका छोरा एलीपाल,
1CH 11:36 मकेराती हेपेर, पेलोनी अहियाह,
1CH 11:37 कर्मेलका हेस्रो, एज्‍बैका छोरा नारै,
1CH 11:38 नातानका भाइ योएल, हग्रीका छोरा मिभार,
1CH 11:39 अम्‍मोनी सेलेक, बेरोती नहरै (सरूयाहका छोरा योआबका हतियार बोक्‍ने व्‍यक्‍ति),
1CH 11:40 यित्री ईरा, यित्री गारेब,
1CH 11:41 हित्ती उरियाह, अहलैका छोरा जाबाद,
1CH 11:42 रूबेनी शीजाका छोरा अदीना (रूबेनीहरूका प्रधान) र तिनीसँग भएका तिस जना,
1CH 11:43 माकाका छोरा हानान, मित्‍नी योशापात,
1CH 11:44 अस्‍तेराती उज्‍जीया, अरोएरका होतामका छोराहरू शमा र यीएल,
1CH 11:45 शिम्रीका छोरा येदीएल, तिजी योहा (तिनका भाइ),
1CH 11:46 महाबी एलीएल, एल्‍नामका छोराहरू यरीबै र योशब्‍याह, मोआबी यित्‍मा,
1CH 11:47 एलीएल, ओबेद र मेजोबी यासीएल थिए ।
1CH 12:1 कीशका छोरा शाऊलको उपस्‍थितिबाट दाऊद निकाला भएकै अवस्‍थामा सिक्‍लगमा यी मानिसहरू तिनीकहाँ आए । यिनीहरू युद्ध तिनलाई सहयोग गर्ने सिपाहीहरू थिए ।
1CH 12:2 यिनीहरू धनुहरू बोक्‍थे, अनि घुयेंत्रोले ढुङ्‍गा हान्‍न र धनुबाट काँड हान्‍न दाहिने र देब्रे दुवै हात चलाउन सक्‍थे । यिनीहरू शाऊलका कुल बेन्‍यामीनका थिए ।
1CH 12:3 तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्‍मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,
1CH 12:4 गिबोनी यिश्‍मायाह, जो तिस जनामध्‍येका एक सिपाही थिए (र तिस जनाका कमाण्‍डर थिए), यर्मिया, यहासेल, योहानान र गदेराती योजाबाद,
1CH 12:5 एलूजै, यरीमोत, बाल्‍याह, शमरयाह, हारूपी शपत्‍याह,
1CH 12:6 कोरहवंशी एल्‍काना, यिश्‍याह, अज्रेल, योएजेर र याशोबाम,
1CH 12:7 गदोरका यरोहामका छोराहरू योएलह र जबदियाह थिए ।
1CH 12:8 कोही गादीहरू पनि उजाड-स्‍थानको किल्लामा दाऊदसँग सहभागी भए । तिनीहरू युद्धका निम्ति तालिमप्राप्‍त योद्धाहरू थिए, जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहारहरू सिंहका अनुहारहरूजस्‍तै डरलाग्दा थिए । तिनीहरू पहाडहरूमा हरिणझैं तेजिला थिए ।
1CH 12:9 एसेर तिनीहरूका अगुवा थिए, दोस्रा ओबदिया, तेस्रा एलिआब,
1CH 12:10 चौथा मिश्‍मन्‍ना, पाँचौं यर्मिया,
1CH 12:11 छैटौं अत्तै, सातौं एलीएल,
1CH 12:12 आठौं योहानान, नवौं एल्‍जाबाद,
1CH 12:13 दशौं यर्मिया र एघारौं मकबन्‍ने थिए ।
1CH 12:14 गादका यी छोराहरू सेनाका अगुवाहरू थिए । तल्‍लो दर्जाले सय जना र माथिल्‍लो दर्जाले हजार जनाको नेतृत्व गरे ।
1CH 12:15 पहिलो महिनामा बढीले किनारै ढाकेको बेलामा यिनीहरूले यर्दन तरे, अनि उपत्‍यकाको पूर्व र पश्‍चिम दुवैतर्फ बस्‍ने सबैलाई लखेटे ।
1CH 12:16 बेन्‍यामीन र यहूदाका केही मानिसहरू दाऊदकहाँ किल्लामा आए ।
1CH 12:17 तिनीहरूलाई भेट्‌न दाऊद बाहिर निस्‍केर गए र यसो भनेर सम्‍बोधन गरे, “तिमीहरू मकहाँ शान्‍तिमा मलाई सहायता गर्न आएका हौ भने, तिमीहरू मसित सहभागी हुन सक्‍छौ । तर धोकाबाजी गरेर मेरा शत्रुहरूका हातमा मलाई सुम्‍पिदिन तिमीहरू आएका हौ भने, हाम्रा पुर्खाहरूका परमेश्‍वरले हेर्नुहुन्‍छ र तिमीहरूलाई हप्‍काउनुहुन्‍छ, किनकि मैले कुनै खराबी गरेको छैन ।”
1CH 12:18 तब अमासैमा आत्मा आउनुभयो, जो ती तिस जनामध्‍येका अगुवा थिए । अमासैले भने, “ए दाऊद, हामी तपाईंका हौं । ए यिशैका छोरा, हामी तपाईंको पक्षमा छौं । तपाईंलाई सहायता गर्ने जोसुकैमा शान्ति होस् । तपाईंका सहयोगीहरूमा शान्‍ति होस्, किनकि तपाईंका परमेश्‍वरले तपाईंलाई सहायता गरिरहनुभएको छ ।” तब दाऊदले तिनीहरूलाई ग्रहण गरे र आफ्‍ना मानिसहरूका कमाण्डरहरू तुल्‍याए ।
1CH 12:19 पलिश्‍तीहरूसँग मिलेर दाऊदले शाऊलको विरुद्ध लड्‌न जाँदा, मनश्‍शेका केही मानिसहरूसमेत दाऊदतर्फ लागे । तापनि तिनीहरूले पलिश्‍तीहरूलाई मदत गरेनन्, किनभने पलिश्‍तीहरूका शासकहरूले एकआपसमा सल्‍लाह गरे र दाऊदलाई फर्काइदिए । तिनीहरूले भने, “हाम्रो जीवन जोखिमपूर्ण हुँदा तिनले आफ्‍ना मालिक शाऊलको साथ दिएर हामीलाई त्‍याग्‍नेछन् ।”
1CH 12:20 तिनी सिक्‍लगमा जाँदा तिनीतर्फ लागेर आउने मनश्‍शेका मानिसहरू अदनाह, योजाबाद, येदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्‍लतै थिए । यि मनश्‍शेका हजार-हजार जनाका सेनानीहरू थिए ।
1CH 12:21 यिनीहरूले नै लूटपीट गर्नेहरूका विरुद्धमा वीरतासँग दाऊदका साथ दिए, किनकि तिनीहरू योद्धाहरू थिए । पछि तिनीहरू सेनाका कमाण्‍डरहरू भए ।
1CH 12:22 परमेश्‍वरको सेनाजस्तै ठूलो दाऊदको सेना नहुन्जेल दिनदिनै तिनलाई सहायता गर्न मानिसहरू तिनीकहाँ आए ।
1CH 12:23 शाऊलको राज्‍याधिकार दाऊदलाई दिएर परमप्रभुको वचन पूरा गर्नलाई हतियारले सुसज्‍जित भएर हेब्रोनमा दाऊदसँग मिल्‍न आएका सिपाहीहरूका सूचीको लेख यही हो ।
1CH 12:24 ढाल बोक्‍ने र भाला चलाउने यहूदाबाट ६,८०० जना हतियारले सुसज्‍जितहरू थिए ।
1CH 12:25 शिमियोनबाट लडाइँ गर्न सक्‍ने ७,१०० योद्धाहरू थिए ।
1CH 12:26 लेवीहरूबाट लडाइँ गर्न सक्‍ने ४,६०० योद्धाहरू थिए ।
1CH 12:27 तीबाहेक हारूनको घरानाका मुखिया यहोयादाको साथमा ३,७०० मानिसहरू थिए ।
1CH 12:28 अनि एक जना जवान, बलियो र साहसी मानिस सादोकको साथमा उसका आफ्‍नै बाबुका परिवारका बाईस जना अगुवा थिए ।
1CH 12:29 शाऊलका कुल बेन्‍यामीनबाट तिन हजार जना थिए । तिमध्‍येका धेरैजसो त्‍यस बेलासम्‍म शाऊलप्रति निष्‍ठावान् थिए ।
1CH 12:30 एफ्राइमबाट मानिसहरूबाट २०,८०० यद्धाहरू, जो आफ्‍ना पिताका परिवारमा प्रसिद्ध थिए ।
1CH 12:31 मनश्‍शेबाट आधा कुलका १८,००० प्रख्यात मानिसहरू दाऊदलाई राजा बनाउनलाई आए ।
1CH 12:32 इस्‍साखारबाट २०० जना अगुवाहरू जो समयलाई बुझ्दथे र इस्राएलले के गर्नुपर्छ सो जान्दथे । तिनीहरूका सबै आफन्त तिनीहरूका अधीनमा थिए ।
1CH 12:33 जबूलूनबाट सबै किसिमका हतियारसहित लडाइँको निम्‍ति तयार भएका र एकचित्त किसिमले निष्‍ठावान् हुन तयार ५०,००० योद्धाहरू थिए ।
1CH 12:34 नप्‍तालीबाट १,००० अधिकारीहरू, र तिनीहरूका साथमा ढाल र भाला बोक्‍ने ३७,००० मानिसहरू थिए ।
1CH 12:35 दानबाट लडाइँको निम्‍ति तयार भएका २८,६०० मानिसहरू थिए ।
1CH 12:36 आशेरबाट लडाइँको निम्‍ति तयार भएका ४०,००० योद्धाहरू थिए ।
1CH 12:37 यर्दन अर्को पट्टिका रूबेन, गाद र मनश्‍शेको आधा कुलबाट युद्धको निम्‍ति सबै किसिमका हतियारले सुसज्‍जित भएका १,२०,००० मानिसहरू थिए ।
1CH 12:38 युद्धको निम्‍ति सुसज्‍जित यी सबै योद्धाहरू दाऊदलाई सारा इस्राएलमाथि राजा बनाउने दृढ़ सङ्कल्‍प गरेर हेब्रोनमा आए । इस्राएलका बाँकी सबै पनि दाऊदलाई राजा बनाउनलाई सहमत भए ।
1CH 12:39 तिनीहरूले त्‍यहाँ खाँदै र पिउँदै तिन दिनसम्‍म दाऊदसँग बिताए, किनकि तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्‍ति खानपानको बन्‍दोबस्‍त गरेर पठाएका थिए ।
1CH 12:40 यसबाहेक, तिनीहरूका नजिक हुनेहरू, इस्‍साखार, जबूलून र नप्‍तालीसम्‍मले गधा, ऊँट, खच्‍चर र गोरुहरूमा खानेकुरा र नेभाराका डल्‍ला, किसमिसका झुप्‍पा, दाखमद्य, तेल, गाई-गोरुहरू, भेडाहरू ल्याए, किनकि इस्राएलले उत्सव मनाउँदै थियो ।
1CH 13:1 दाऊदले आफ्‍ना हजार र सयका कमाण्‍डरहरू, हरेक अगुवाहरूसँग सल्‍लाह लिए ।
1CH 13:2 तब तिनले इस्राएलका जम्‍मै समुदायलाई भने, “तपाईंहरूलाई असल लाग्छ भने, र यो परमप्रभु हाम्रा परमेश्‍वरबाट आएको हो भने, इस्राएलका हरेक इलाकामा बाँकी रहेका हाम्रा आफन्तहरू, र तिनीहरूका सहरहरूमा बसोबास गर्ने पूजाहारी र लेवीहरूकहाँ हामी समाचार पठाऔं । हामीसँग सहभगी हुन तिनीहरूलाई भनियोस् ।
1CH 13:3 हाम्रा परमेश्‍वरको सन्‍दूकलाई हामी आफूकहाँ फर्काएर ल्‍याऔं, किनकि शाऊलको राज्‍यकालका समयमा हामीले उहाँको इच्छा खोजेनौं ।”
1CH 13:4 तब सबै समुदायले त्‍यसो गर्न सहमती दिए, किनभने सबै मानिसको दृष्‍टिमा ती कुरा उचित लाग्यो ।
1CH 13:5 यसैले किर्यत-यारीमबाट परमेश्‍वरको सन्‍दूक ल्‍याउनलाई मिश्रदेशको शिहोर नदीदेखि लेबो-हमातसम्‍मका सारा इस्राएललाई दाऊदले भेला गराए ।
1CH 13:6 तब करूबहरूका बीचमा विराजमान हुनुहुने परमप्रभुको आफ्‍नै नाउँले परमप्रभु भनर पुकारा गरिएको परमेश्‍वरको सन्‍दूक ल्‍याउनलाई दाऊद र सारा इस्राएल यहूदामा पर्ने बाला, अर्थात्‌ किर्यत-यारीममा उक्‍लेर गए ।
1CH 13:7 त्यसैले तिनीहरूले परमेश्‍वरको सन्‍दूकलाई एउटा नयाँ गाडामा राखे । अबीनादाबको घरबाट तिनीहरूले त्यो लिएर आए । उज्‍जाह र अहियोले उक्‍त गाडा धकेल्‍दै थिए ।
1CH 13:8 दाऊद र सम्‍पूर्ण इस्राएलले परमेश्‍वरको सामु आफ्‍नो सारा शक्तिले उत्सव मनाइरहेका थिए । तिनीहरू वीणा, सारङ्गी, खैंजडी, झ्‍याली र तुरहीको साथमा गाउँदै थिए ।
1CH 13:9 जब तिनीहरू कीदोनको खलामा पुगे, तब उज्‍जाहले सन्‍दूक समात्‍नलाई आफ्‍नो हात बढाए, किनभने गोरुहरूलाई ठेस लाग्‍यो ।
1CH 13:10 तब परमप्रभुको क्रोध उज्‍जाहको विरुद्ध दन्कियो, र परमेश्‍वरले तिनलाई मार्नुभयो, किनकि उज्‍जाहले आफ्‍नो हात बढाएर सन्‍दूक छोएका थिए । तिनी परमेश्‍वरको सामु त्‍यहीं मरे ।
1CH 13:11 परमप्रभुले उज्‍जाहलाई गर्नु भएको प्रहारको कारणले दाऊद रिसाए । त्यस ठाउँलाई आजको दिनसम्म फारेस-उज्‍जाह भनिन्छ ।
1CH 13:12 त्‍यो दिन दाऊद परमेश्‍वरसँग डराए । तिनले भने, “परमेश्‍वरको सन्‍दूकलाई कसरी मकहाँ घरमा ल्‍याउन म सक्‍छु?”
1CH 13:13 यसैले दाऊदले उक्‍त सन्‍दूकलाई दाऊदको सहरमा सारेनन्, तर एकातिर लागेर गित्ती ओबेद-एदोमको घरमा राखे ।
1CH 13:14 यसरी सन्‍दूक ओबेद-एदोमको घरानासित तिनकै घरमा तीन महिनासम्‍म रह्‍यो । यसैले परमप्रभुले तिनको घर र तिनीसँग भएका सबै कुरामा आशिष् दिनुभयो ।
1CH 14:1 तब टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरूका साथै देवदारुका काठहरू, सिकर्मीहरू र डकर्मीहरू पठाए । तिनीहरूले तिनको निम्‍ति एउटा महल बनाए ।
1CH 14:2 अब परमप्रभुले आफूलाई इस्राएलमाथि राजा तुल्‍याउनुभयो र उहाँको मानिस इस्राएलको खातिर आफ्‍नो राज्यलाई उच्‍च पार्नुभयो भनी दाऊदलाई थाहा भयो ।
1CH 14:3 यरूशलेममा दाऊदले अझै अरू पत्‍नीहरू ल्‍याए, र तिनी धेरै जना छोराहरू र छोरीहरूका बाबु भए ।
1CH 14:4 यरूशलेममा जन्‍मेका तिनका छोराछोरीका नाउँ यी नै हुन्‌: शम्‍मूअ, शोबाब, नातान, सोलोमन,
1CH 14:5 यिभार, एलीशूअ, एल्‍पेलेत,
1CH 14:6 नोगह, नेपेग, यापी,
1CH 14:7 एलीशामा, बेलीयादा र एलीपेलेत ।
1CH 14:8 अब दाऊद सम्‍पूर्ण इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्‍तीहरूले सुने, तब उनीहरू सबै तिनलाई खोज्‍न निस्‍के । तर दाऊदले यसको बारेमा सुने र उनीहरूको विरुद्ध निस्‍किए ।
1CH 14:9 अब पलिश्‍तीहरूले आएका र रपाईहरूको बेसीमा आक्रमण गरेका थिए ।
1CH 14:10 तब दाऊदले परमेश्‍वरसँग मदत मागे । तिनले सोधे, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूमाथि विजय दिनुहुन्छ?” परमप्रभुले तिनलाई भन्‍नुभयो, “आक्रमण गर्, म उनीहरूलाई निश्‍चय नै तेरो हातमा सुम्‍पिदिनेछु ।”
1CH 14:11 यसैले तिनीहरू बाल-पराजीमसम्‍म आए, र त्यहाँ तिनले उनीहरूलाई पराजित गरे । तिनले भने, “वेगले बग्‍ने बाढीले किनार भत्काएझैं परमेश्‍वरले मेरा शत्रुहरूलाई मद्वारा भत्‍काउनुभयो ।” यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम रह्‍यो ।
1CH 14:12 पलिश्‍तीहरूले आफ्‍ना देवताहरू त्‍यहीं छोडे र तिनलाई जलाउनु भन्‍ने हुकुम दाऊदले दिए ।
1CH 14:13 तब पलिश्‍तीहरूले फेरि पनि उक्‍त बेंसीमा आक्रमण गरे ।
1CH 14:14 त्यसैले दाऊदले फेरि पनि परमेश्‍वरसँग मदत मागे । परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तैंले अगाडिबाट आक्रमण गर्नुहुँदैन, तर उनीहरूको पछिल्‍तिर घेरा लगा र लहरे-पीपलका रूखहरू भएका ठाउँबाट उनीहरूकहाँ जा ।
1CH 14:15 जब तैंले लहरे-पीपलका रूखका टुप्‍पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्छस्, तब फौजसहित आक्रमण गर् । यसो गर् किनभने परमेश्‍वर तिमीहरूका अगिअगि पलिश्‍तीको सेनालाई आक्रमण गर्न जानुहुनेछ ।”
1CH 14:16 यसैले परमेश्‍वरले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्‍तीहरूका सेनालाई गिबोनदेखि गेजेरसम्‍मै पराजित गरे ।
1CH 14:17 तब दाऊदको ख्‍याति हरेक देशमा फैलियो, र परमप्रभुले सबै जातिहरूमाथि तिनको डर हालिदिनुभयो ।
1CH 15:1 दाऊदले आफ्‍नो निम्‍ति दाऊदको सहरमा भवनहरू बनाए । तिनले परमेश्‍वरका सन्‍दूकको निम्‍ति एउटा ठाउँ तयार गरे र त्‍यसको लागि एउटा पाल टाँगे ।
1CH 15:2 तब दाऊदले भने, “परमेश्‍वरको सन्दूक लेवीहरूले मात्र बोकून, किनकि परमप्रभुको सन्‍दूक बोक्‍न र सदासर्वदा उहाँको सेवा गर्न परमप्रभुले तिनीहरूलाई नै चुन्‍नुभएको थियो ।”
1CH 15:3 त्यसपछि परमप्रभुको सन्‍दूकलाई त्‍यसको निम्‍ति तयार गरिएको ठाउँमा ल्‍याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए ।
1CH 15:4 दाऊदले हारूनका सन्‍तानहरू र लेवीहरूलाई एकसाथ भेला गराए ।
1CH 15:5 कहातका सन्‍तानबाट मुखिया उरीएल र तिनका आफन्तहरू १२० जना थिए ।
1CH 15:6 मरारीका सन्‍तानबाट मुखिया असायाह र तिनका आफन्तहरू २२० जना थिए ।
1CH 15:7 गेर्शोनका सन्‍तानबाट मुखिया योएल र तिनका आफन्तहरू १३० जना थिए ।
1CH 15:8 एलीजापानका सन्‍तानबाट मुखिया शमायाह र तिनका आफन्तहरू २०० जना थिए ।
1CH 15:9 हेब्रोनका सन्‍तानबाट एलीएल मुखिया र तिनका आफन्तहरू ८० जना थिए ।
1CH 15:10 उज्‍जीएलका सन्‍तानबाट मुखिया अम्‍मीनादाब र तिनका आफन्तहरू ११२ जना थिए ।
1CH 15:11 दाऊदले सादोक र अबियाथार पुजारीहरू, अनि लेवी उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्‍मीनादाबलाई बोलाए ।
1CH 15:12 तिनले उनीहरूलाई भने, “तिमीहरू लेवीहरूका परिवारका मुखियाहरू हौ । तिमीहरू र तिमीहरूका दाजुभाइले आफूलाई पवित्र गर, ताकि परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक राख्‍न मैले तयार पारेको ठाउँमा तिमीहरूले त्‍यसलाई ल्याउन सक्‍छौ ।
1CH 15:13 तिमीहरूले यसलाई पहिलो पल्‍ट बोकेनौ । यसैले परमप्रभु हाम्रा परमेश्‍वर हामीमाथि क्रोधित हुनुभयो, किनकि हामीले उहाँको खोजी गरेनौं वा उहाँको आज्ञा पालन गरेनौं ।”
1CH 15:14 यसैले परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूकलाई तिनीहरूले ल्‍याउन सकून् भनेर पुजारीहरू र लेवीहरूले आफैलाई पवित्र गरे ।
1CH 15:15 यसैले परमप्रभुको वचनको अनुरण गरेर मोशाले आज्ञा दिएझैं लेवीहरूले परमेश्‍वरको सन्‍दूकलाई आ-आफ्‍ना काँधमा डन्‍डाले बोकेर ल्‍याए ।
1CH 15:16 लेवीहरूका मुखियाहरूले आ-आफ्‍ना दाजुभाइलाई बाजा, सारङ्गी, वीणा र झ्‍यालीको साथ ठुलो स्वरमा र आफ्ना स्वरहरू उचालेर आनन्दका साथ सङ्गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए ।
1CH 15:17 यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका दाजुभाइमध्ये बेरेक्‍याहका छोरा आसापलाई नियुक्‍त गरे । तिनीहरूले मरारीहरूको सन्तानका आफन्त कूशायाहका छोरा एतानलाई पनि नियुक्‍त गरे ।
1CH 15:18 तिनीहरूसँगै दोस्रो दर्जाका आफन्तहरू थिएः जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्‍याह, एलीपलेहू, मिक्‍नेयाह, अनि ढोकाका सुरक्षा गार्डहरू ओबेद-एदोम र यीएल ।
1CH 15:19 सङ्गीतकार हेमान, आसाप र एतानलाई ठुलो आवाज निकाल्ने काँसका झ्‍यालीहरू बजाउन नियुक्त गरियो ।
1CH 15:20 जकरिया, अजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलीआब, मासेयाह र बनायाहले सारङ्गीमा अलामोत राग बजाए ।
1CH 15:21 मत्तित्‍याह, एलीपलेहू, मिक्‍नेयाह, ओबेद-एदोम, यीएल र अजज्‍याहले वीणामा शिमिनिथ राग बजाएर बाटोमा अगि लागे ।
1CH 15:22 लेवीहरूका अगुवा कनन्‍याह सङ्गीतका निर्देशक थिए, किनकि तिनी सङ्गीत गुरु थिए ।
1CH 15:23 बेरेक्‍याह र एल्‍काना सन्‍दूकका गार्डहरू थिए ।
1CH 15:24 शबन्‍याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर पुजारीहरूले परमेश्‍वरका सन्‍दूकको अगि तुरही बजाउनुपर्थ्यो । ओबेद-एदोम र येहियाह पनि सन्‍दूकका गार्डहरू थिए ।
1CH 15:25 यसैले दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका कमाण्‍डरहरू ओबेद-एदोमको घरबाट परमप्रभुका करारको सन्‍दूक ल्‍याउनलाई रमाउँदै गए ।
1CH 15:26 परमप्रभुका करारको सन्‍दूक बोक्‍ने लेवीहरूलाई परमेश्‍वरले सहायता गर्नुभएको हुनाले तिनीहरूले सात वटा साँढे र सात वटा भेडा बलिदान चढाए ।
1CH 15:27 सन्‍दूक बोक्‍ने लेवीहरू, गायकहरू र गायकका मुखिया कनन्‍याहले जस्‍तै दाऊदले पनि असल मलमलका लुगा लाएका थिए । दाऊदले मलमलको एपोद लाएका थिए ।
1CH 15:28 यसरी सबै इस्राएलले आनन्दले कराउँदै सीङ र तुरहीहरूका आवाजमा र झ्‍याली, सारङ्गी र वीणा बजाउँदै परमप्रभुका करारको सन्‍दूक ल्याए ।
1CH 15:29 तर जब परमप्रभुका करारको सन्‍दूक दाऊदको सहरमा ल्याइयो, शाऊलकी छोरी मीकलले झ्‍यालबाट बाहिर हेरिन् । उनले दाऊद राजालाई नाच्‍दै र उत्सव मनाउँदै गरेका देखिन् । तब उनले आफ्‍नो मनमा तिनलाई तुच्‍छ ठानिन्‌ ।
1CH 16:1 तिनीहरूले परमेश्‍वरको सन्‍दूक ल्‍याए, अनि त्‍यसको निम्‍ति दाऊदले टाँगेको पालभित्र बिचमा राखे । तब तिनीहरूले परमेश्‍वरको सामु होमबलि र मेलबलि चढाए ।
1CH 16:2 दाऊदले होमबल र मेलबलि चढाइसकेपछि, तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए ।
1CH 16:3 तिनले हरेक इस्राएली, पुरुष र स्‍त्री दुबैलाई एउटा रोटी, एक टुक्रा मासु र किसमिसको केक खान दिए ।
1CH 16:4 परमप्रभुका सन्‍दूकअघि सेवा गर्न, र परमप्रभु इस्राएलका परमेश्‍वरको उत्‍सव मनाउन, धन्‍यवाद चढाउन र प्रशंसा गर्न दाऊदले केही लेवीहरूलाई नियुक्त गरे ।
1CH 16:5 ती लेवीहरू अगुवा आसाप, तिनीपछि दोस्रा जकरिया, यीएल, शमीरामोत, यहीएल, मत्तित्‍याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए । तिनीहरूले सारङ्गी र वीणा बजाउँथे । आसापले चाहिं ठुलो स्वरमा झ्‍याली बजाउनुपर्थ्यो ।
1CH 16:6 बनायाह र यहासेल पुजारीहरूले परमेश्‍वरका करारको सन्‍दूकको अगि निरन्‍तर रूपमा तुरही बजाउनुपर्थ्यो ।
1CH 16:7 तब त्‍यस दिन दाऊदले पहिलो पल्‍ट आसाप र तिनका दाजुभाइलाई परमप्रभुको निम्‍ति धन्‍यवादको यो गीत गाउनलाई नियुक्त गरे ।
1CH 16:8 परमप्रभुलाई धन्‍यवाद चढाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँका कार्यहरू प्रचार गर ।
1CH 16:9 उहाँको निम्‍ति गाओ, उहाँको स्‍तुति गाओ, उहाँका सबै अचम्मका कार्यहरूको बयान गर ।
1CH 16:10 उहाँको पवित्र नाउँमा गौरव गर । परमप्रभुको खोजी गर्नेहरूको हृदय आनन्‍दित होस्‌ ।
1CH 16:11 परमप्रभु र उहाँका शक्तिको खोजी गर । निरन्‍तर उहाँको उपस्‍थिति खोज ।
1CH 16:12 उहाँले गर्नुभएका अचम्‍मका कामहरू, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्‍मरण गर,
1CH 16:13 ए उहाँका दास इस्राएलका सन्तान हो, ए याकूबका मानिसहरू, उहाँका चुनिएकाहरू हो ।
1CH 16:14 उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, समस्‍त पृथ्‍वीमा उहाँका फैसलाहरू रहन्‍छन्‌ ।
1CH 16:15 आफ्‍नो करारलाई उहाँले सदासर्वदा स्‍मरण गर्नुहुन्‍छ, हजार पुस्‍तालाई उहाँले आज्ञा गर्नभएका वचन सम्‍झनुहुन्‍छ।
1CH 16:16 उहाँले अब्राहामसित बाँध्‍नुभएको करार र इसहाकसँग गर्नुभएको प्रतिज्ञा सम्झनुहुन्छ ।
1CH 16:17 यस कुरालाई उहाँले आदेशको रूपमा याकूबसित, र इस्राएलसँग अनन्‍त करारको रूपमा पुष्‍टि गर्नुभयो ।
1CH 16:18 उहाँले भन्‍नुभयो “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा, तँलाई म कनान देश दिनेछु ।”
1CH 16:19 तिनीहरू थोरै सङ्ख्यामा मात्र हुँदा, साह्रै थोरै हुँदा र तिनीहरू त्‍यो देशमा विदेशीहरू थिए,
1CH 16:20 तिनीहरू एक जातिबाट अर्को जातिमा, र एक राज्‍यबाट अर्को राज्‍यमा फिरन्‍ता भए ।
1CH 16:21 उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्‍याचार गर्न दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई दण्ड दिनुभयो ।
1CH 16:22 उहाँले भन्‍नुभयो, “मेरा अभिषिक्त जनहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर ।”
1CH 16:23 हे सारा पृथ्‍वी, परमप्रभुको निम्‍ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर ।
1CH 16:24 जातिहरूका बिचमा उहाँका महिमाको घोषणा गर, सारा जातिहरूका बिचमा उहाँका अचम्‍मका कामहरूको वर्णन गर ।
1CH 16:25 किनकि परमप्रभु महान्‌ हुनुहुन्‍छ, र उच्‍च प्रशंसा हुनुपर्छ, र सारा देवताहरूभन्‍दा बढी उहाँकै भय राखिनुपर्छ ।
1CH 16:26 किनकि जातिहरूका सबै देवताहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त आकाशको सृष्‍टि गर्नुभयो ।
1CH 16:27 उहाँको उपस्‍थितिमा प्रताप र गौरव छन्, उहाँको वासस्‍थानमा शक्ति र महिमा छन्‌ ।
1CH 16:28 मानिसहरूका वंश हो, परमप्रभुलाई प्रशंसा चढाओ, परमप्रभुलाई महिमा र शक्ति चढाओ ।
1CH 16:29 परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढाओ । भेटी ल्‍याओ र उहाँको सामु आओ । पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत्‌ गर ।
1CH 16:30 हे सारा पृथ्‍वी, उहाँको सामु थरथरी हो । संसार पनि स्थापित भएको छ । यसलाई हल्‍लाउन सकिंदैन ।
1CH 16:31 स्‍वर्ग आनन्‍दित होस्, र पृथ्‍वी रमाओस् । तिनले जातिहरूका बीचमा भनून्, “परमप्रभु नै राज्‍य गर्नुहुन्‍छ ।”
1CH 16:32 समुद्र गर्जियोस् र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून्‌ । जमिन र त्‍यसमा भएका सबै कुरा उल्‍लसित होऊन्‌ ।
1CH 16:33 अनि जङ्गलमा भएका रूखहरू परमप्रभुको सम्मुख आनन्दले गाउन्, किनकि उहाँ पृथ्‍वीको न्‍याय गर्न आउँदै हुनुहुन्छ ।
1CH 16:34 परमप्रभुलाई धन्‍यवाद देओ, किनकि उहाँ असल हुनुहुन्‍छ, किनकि उहाँको करारको विश्‍वस्‍तताको सदासर्वदा रहन्‍छ ।
1CH 16:35 तब यसो भन, “हे हाम्रा उद्धारका परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌ । हामीलाई एकसाथ भेला गर्नुहोस्, र अरू जातिहरूबाट छुटकारा हामीलाई दिनुहोस्, ताकि हामी तपाईंको पवित्र नाउँलाई धन्‍यवाद दिन, र तपाईंको प्रशंसामा महिमा दिन सकौं ।”
1CH 16:36 परमप्रभु इस्राएलका परमेश्‍वरको, सदासर्वदै प्रशंसा होस्‌ । सबै मानिसहरूले “आमेन” भने र परमप्रभुको स्‍तुति गरे ।”
1CH 16:37 यसैले दाऊदले दिन-दिनको आवश्‍यक काम निरन्‍तर रूपमा गर्न त्‍यहाँ परमप्रभुका करारको सन्‍दूकको सामु आसाप र तिनका दाजुभाइलाई राखे ।
1CH 16:38 ओबेद-एदोम र तिनका अठसट्ठी जना आफन्तहरू पनि समावेश गरिएका थिए । यदूदूनका छोरा ओबेद-एदोम र होसा द्वारपालहरू भए ।
1CH 16:39 सादोक पुजारी र तिनका मित्र पुजारीहरूलर गिबोन डाँडामा भएको परमप्रभुको पवित्र वासस्‍थानको सामु सेवा गर्नुपर्थ्‍यो ।
1CH 16:40 परमप्रभुको व्‍यवस्‍थामा लेखिएका सबै कुराबमोजिम तिनीहरूले बिहान र बेलुकी निरन्‍तर रूपमा परमप्रभुको निम्‍ति वेदीमा होमबलि चढाउनुपर्थ्यो । यो कुरा उहाँले इस्राएललाई आज्ञाको रूपमा दिनुभयो ।
1CH 16:41 तिनीहरूसँगै हेमान र यदूतून र नाउँ लिएर चुनिएका मानिसहरू परमप्रभुलाई धन्‍यवाद चढाउन खटाइए, किनभने उहाँ करार विश्‍वस्‍तता सदासर्वदै रहिरहन्‍छ ।
1CH 16:42 पवित्र भजनको निम्‍ति तुरहीहरू र झ्‍यालीहरू र अरू बाजाहरू बजाउनेका निरीक्षक हेमान र यदूतून थिए । यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे ।
1CH 16:43 तब सबै मानिसहरू आ-आफ्‍नो घर फर्के, र दाऊदचाहिं आफ्‍नो परिवारलाई आशीर्वाद दिन गए ।
1CH 17:1 राजा आफ्‍नो महलमा बसेपछि उनले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारुको घरमा बस्‍दैछु, तर परमप्रभुको करारको सन्‍दूकचाहिं पालमुनि राखिएको छ ।”
1CH 17:2 तब नातानले दाऊदलाई जवाफ दिए, “ जानुहोस्, आफ्‍नो मनमा जे छ त्‍यो गर्नुहोस्, किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ ।”
1CH 17:3 तर त्‍यही रात परमेश्‍वरको यो वचन नातानकहाँ यसो भनेर आयो,
1CH 17:4 “जा र मेरो दास दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तैंले मेरो लागि बस्‍ने घर बनाउनेछैनस्‌ ।
1CH 17:5 किनकि इस्राएललाई मिश्रदेशबाट ल्‍याएको दिनदेखि यता आजको दिनसम्‍म म कहिल्‍यै घरमा बसेको छैनँ । बरू, विभिन्‍न ठाउँमा पवित्र पालसम्‍म म बस्‍दैआएको छु ।
1CH 17:6 सारा इस्राएलसँग सबै ठाउँमा म सरेको बेलामा, मेरा मानिसहरूको रेखदेख गर्नलाई मैले नियुक्‍त गरेका इस्राएलका कुनै अगुवालाई के मैले यसो भनें, “मेरो निम्‍ति देवदारुको घर किन बनाएको छैनस्?”
1CH 17:7 “अब मेरो दास दाऊदलाई यसो भन्, “सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ: तँ मेरा मानिस इस्राएलको राजा हुनलाई मैले तँलाई खर्कमा भेडाहरू पछिपछि हिंड्‍नबाट बोलाएँ ।
1CH 17:8 तँ जहाँ गए पनि म तँसँगै छु र तेरो सामुबाट तेरा शत्रुहरूलाई हटाएको छु, अनि तेरो नाउँलाई म पृथ्‍वीमा भएका महान्‌ व्‍यक्तिहरूझैं प्रसिद्ध तुल्‍याउनेछु ।
1CH 17:9 म आफ्‍ना मानिस इस्राएलको निम्‍ति एउटा ठाउँ तोक्‍नेछु ताकि तिनीहरू आफ्‍नै देशमा बसून् र फेरि कष्‍टमा नपरून् । दुष्‍ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्नेछैनन्,
1CH 17:10 जसरी मैले आफ्‍ना मानिस इस्राएलमाथि न्‍यायकर्ताहरू नियुक्त गरेको समयदेखि नै तिनीहरूले गर्दै आएका थिए । त्यसपछि तेरा सबै शत्रुहरूलाई म वशमा पार्नेछु । साथै म तँलाई भन्‍दछु, कि म परमप्रभुले तेरो निम्ति घर बनाउनेछु ।
1CH 17:11 जब तेरो जीवन पुरा हुनेछ, र तँ तेरा पुर्खाहरूसित मिल्‍न जानेछस्, तब तँपछि म तेरै सन्तानलाई खडा गर्नेछु, र तेरै एक सन्तानमध्‍ये एक जनाको राज्यलाई म स्थापित गर्नेछु ।
1CH 17:12 उसैले मेरो लागि एउटा मन्‍दिर बनाउनेछ, र उसको सिंहासन सदाको निम्‍ति स्‍थापित गर्नेछु ।
1CH 17:13 म उसको पिता हुनेछु र ऊ मेरो छोरो हुनेछ । तँभन्‍दा पहिले राज्‍य गर्ने शाऊलबाट मेरो आफ्‍नो करारको विश्‍वस्‍तता फिर्ता लिएझैं म ऊदेखि फिर्ता लिनेछैनँ ।
1CH 17:14 उसलाई म आफ्‍नो मन्‍दिर र मेरो राज्‍यमाथि सधैंको निम्‍ति राख्‍नेछु, र उसको सिंहासन सदासर्वदाको निम्‍ति स्‍थापित हुनेछ ।”
1CH 17:15 नातानले दाऊदसँग कुरा गरे र यी सबै वचन सुनाए, र सबै दर्शनको बारेमा उनले तिनलाई बताए ।
1CH 17:16 तब दाऊद राजा भित्र गए र परमप्रभुको सामु बसे । तिनले भने, “हे परमप्रभु परमेश्‍वर, म को हुँ अनि मेरो घराना के हो, र तपाईंले मलाई यहाँसम्‍म ल्‍याउनुभएको छ?
1CH 17:17 किनकि हे परमेश्‍वर, तपाईंको दृष्‍टिमा यो त सानो कुरा थियो । हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्‍नो दासको घरानालाई भविष्यको बारेमा बोल्‍नुभएको छ, र मलाई भविष्यका पुस्ताहरू देखाउनुभएको छ ।
1CH 17:18 म दाऊदले तपाईंलाई योभन्दा बढी के नै भन्‍न सक्छु र? तपाईंले आफ्‍नो दासलाई विशेष आदर गर्नुभएको छ ।
1CH 17:19 हे परमप्रभु, तपाईंको दासको खातिर र तपाईंको आफ्नै उद्देश्य पुरा गर्नलाई आफ्‍ना सबै महान् कामहरू प्रकट होऊन् भनेर नै तपाईंले यो महान् काम गर्नुभएको छ ।
1CH 17:20 हे परमप्रभु, तपाईंजस्‍तो अरू कोही छैन । हामीले सधैंभरि सुनेका छौं कि तपाईंबाहेक अरू कोही परमेश्‍वर छैन ।
1CH 17:21 किनकि तपाईंका मानिस इस्राएलजस्तै यस पृथ्वीमा कुन जाति छ र, जसलाई तपाईं परमेश्‍वरले महान्‌ र भयानक कार्यहरूद्वारा आफ्‍नो नाउँको निम्ति आफ्ना मानिस बनाउनलाई मिश्रदेशबाट छुटकारा दिनुभयो? मिश्रदेशबाट तपाईंले छुटकारा दिनुभएका आफ्‍ना मानिसहरूको सामुबाट तपाईंले जातिहरूलाई धपाउनुभयो ।
1CH 17:22 तपाईंले इस्राएललाई सदाको निम्ति आफ्‍नो मानिसहरू बनाउनुभयो र तपाईं, हे परमप्रभु, तिनीहरूका परमेश्‍वर हुनुभएको छ ।
1CH 17:23 यसैले अब हे परमप्रभु, आफ्‍नो दास र उसको घरानाको निम्‍ति तपाईंले गर्नुभएको प्रतिज्ञा सदाको लागि स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् ।
1CH 17:24 तपाईंको नाम सदासर्वदाको निम्‍ति स्थापित होस् र महान् होस्, ताकि म तपाईंको दास दाऊदको घराना तपाईंको सामु स्‍थापित हुँदा मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्छ ।,’
1CH 17:25 किनकि, हे मेरा परमेश्‍वर, तपाईंले आफ्‍नो दासको घर बनाउनु हुनेछ भनी उसलाई प्रकट गर्नुभएको छ । यसकारण तपाईंको दास, मैले तपाईंको सामु प्रार्थना चढाउने साहस गरेको छु ।
1CH 17:26 अब हे परमप्रभु, तपाईं नै परमेश्‍वर हुनुहुन्‍छ, र आफ्‍नो दाससित यो असल प्रतिज्ञा गर्नुभएको छः
1CH 17:27 तपाईंको दासको घराना तपाईंको सामु सदा निरन्तर रहोस् भनी आशिष् दिने इच्छा तपाईंलाई भयो । तपाईं परमप्रभुले त्‍यसलाई आशिष्‌ दिनुभएको छ, र त्‍यो सदाको निम्ति आशिषित हुनेछ ।”
1CH 18:1 यसपछि दाऊदले पलिश्‍तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई जिते । तिनले गात र त्‍यसका वरिपरिका गाउँहरू तिनीहरूबाट लिए ।
1CH 18:2 तब तिनले मोआबलाई जिते र मोआबीहरू तिनका सेवक भए र तिनलाई कर तिरे ।
1CH 18:3 सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्‍नो राज्‍य स्‍थापित गर्न जाँदै गर्दा दाऊदले हददेजेरलाई हमातमा पराजित गरे ।
1CH 18:4 एक हजार रथहरू, सात हजार घोडचढीहरू र बीस हजार पैदल सिपाहीहरूलाई दाऊदले तिनीबाट कब्‍जा गरे । दाऊदले रथका सबै घोडाका नशा काटे, तर सयवटा रथहरूका लागि आवश्यक पर्ने घोडाहरू मात्र बचाएर राखे ।
1CH 18:5 जब सोबाका राजा हददेजेरलाई सहायता गर्न दमस्‍कसका अरामीहरू आए, तब दाऊदले बाईस हजार जना अरामीलाई मारे ।
1CH 18:6 तब दाऊदले दमस्‍कसमा अराममा सेनाको छाउनी राखे, र आरामीहरू तिनका सेवक भए र तिनलाई कर तिरे । दाऊद जहाँ गए त्यहाँ परमप्रभुले तिनलाई विजयी दिनुभयो ।
1CH 18:7 हददेजेरका सेवकहरूले भिरेका सुनका ढालहरू दाऊदले खोसे र ती यरूशलेममा ल्‍याए ।
1CH 18:8 तिनले हददेजेरका सहरहरू तेबह र कूनबाट पनि धेरै मात्रामा काँसा ल्‍याए । यसैबाट सोलोमनले पछि “खड्कुँलो” भनिने काँसाको एउटा विशाल बाटा, स्‍तम्‍भहरू र काँसाका विभिन्‍न भाँडाहरू बनाए ।
1CH 18:9 जब दाऊदले सोबाका राजा हददेजेरका जम्‍मै सेनालाई परास्‍त गरेको कुरा हमातका राजा तोऊले सुने,
1CH 18:10 तब दाऊद राजालाई अभिवादन गर्न र बधाई दिन तोऊले आफ्‍ना छोरा हदोरमलाई तिनीकहाँ पठाए । दाऊदले हददेजेरलाई आक्रमण गरेको र पराजित गरेको, अनि हददेजेर र तोऊका बिचमा प्राय युद्ध चल्‍ने गरेको कारण तिनले यसो गरे । तोऊले सुन, चाँदी र काँसबाट बनेका विभिन्‍न किसिमका सरसामान पनि दाऊदकहाँ पठाए ।
1CH 18:11 दाऊद राजाले यी भाँडाहरू परमप्रभुको निम्ति अलग गरे, साथमा तिनले सबै जातिहरूः एदोम, मोआब, अम्‍मोनका मानिसहरू, पलिश्‍तीहरू र अमालेकबाट लिएका सुन र चाँदी पनि अगल गरे ।
1CH 18:12 सरूयाहका छोरा अबीशैले नूनको उपत्‍यकामा अठाह्र हजार एदोमीलाई मारे ।
1CH 18:13 तिनले एदोममा सेनाको छाउनी राखे, र सबै एदोमी अब दाऊदका सेवक भए । दाऊद जहाँ गए त्‍यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो ।
1CH 18:14 दाऊदले सारा इस्राएलमाथि राज्‍य गरे, र आफ्‍ना सबै मानिसहरूको न्‍याय र धार्मकता कायम गरे ।
1CH 18:15 सरूयाहका छोरा योआब सेनाका कमाण्‍डर थिए, र अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।
1CH 18:16 अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पुजारीहरू थिए, र शब्‍शा सचिव थिए ।
1CH 18:17 यहोयादाका छोरा बनायाह करेती र पेलेथीहरूका निरीक्षक थिए । दाऊदका छोराहरूचाहिं राजाका मुख्‍य अधिकारीहरू थिए ।
1CH 19:1 त्यसको केही समयपछि अम्‍मोनीहरूका राजा नाहाशको मृत्‍यु भयो, र तिनको सट्टामा तिनका छोरा राजा भए ।
1CH 19:2 दाऊदले भने, “म नाहाशका छोरा हानूनलाई दया देखाउनेछु, किनकि तिनका पिताले मलाई दया देखाए ।” यसैले तिनका पिताको बारेमा सहानुभूति प्रकट गर्न दाऊदले दूतहरू पठाए । दाऊदका दूतहरू हानूनलाई सहानुभूति प्रकट गर्न अम्‍मोनीहरूको देशमा पसे ।
1CH 19:3 तर अम्‍मोनी राजकुमारहरूले हानूनलाई भने, “दाऊदले तपाईंलाई सहानुभूति प्रकट गर्न मानिसहरू पठाउँदा तिनले तपाईंका पितालाई आदर गरेका हुन्‌ भनी के तपाईं सम्‍झनुहुन्‍छ? तपाईंको देशलाई पराजित गर्नको निम्ति जाँच गर्नलाई तिनका सेवकहरू आएका होइनन्‌ र?”
1CH 19:4 यसकारण हानूनले दाऊदका सेवकहरूलाई समाते, तिनीहरूका कपाल खौरिदिए, र काँधदेखि कम्मरसम्‍म तिनीहरूका आधा लुगा काटेर तिनीहरूलाई पठाइदिए ।
1CH 19:5 जब तिनीहरूले यो कुरा दाऊदलाई वर्णन गरिदिए, तिनले तिनीहरूसित भेट गर्न पठाए, किनकि तिनीहरूको साह्रै लाजमा पारिएका थिए । राजाले भने, “तिमीहरूका दाह्री फेरि नबढुञ्‍जेल यरीहोमा नै बस र त्यसपछि फर्क ।”
1CH 19:6 जब अम्‍मोनीहरूले आफूहरूला दाऊदको दृष्‍टिमा दुर्घन्दित भएको देखे, तब हानून र अम्‍मोनीहरूले अराम-नाहारैम, अराम-माका र सोबाबाट रथहरू र सारथिहरू ज्‍यालामा ल्‍याउन एक हजार तोडा चाँदी पठाए ।
1CH 19:7 उनीहरूले बत्तीस हजार रथ र सारथिहरू, अनि माकाका राजा र उनका मानिसहरूलाई ज्‍यालामा लिए, र उनीहरू आएर मेदबाको सामुन्‍ने छाउनी बनाए । त्यसपछि अम्‍मोनीहरूचाहिं आ-आफ्‍ना सहरहरूबाट भेला भएर लडाइँ गर्न आए ।
1CH 19:8 जब दाऊदले यो कुरा सुने, तिनले योआब र जम्‍मै सेनालाई तिनीहरूसँग भेट गर्न पठाए ।
1CH 19:9 अम्‍मोनका मानिसहरू आए र सहरको मूल ढोकामा लडाइँको निम्ति पङ्क्तिवद्ध भए । सहायताका निम्ति आएका राजाहरू भने खुला मैदानमा थिए ।
1CH 19:10 जब योआबले आफूलाई अगि र पछि दुवैतिर लडाइँले घेरेको थाहा पाए, तब तिनले केही असल इस्राएली फौजलाई लिए र अरामीहरूको विरुद्ध तयार पारे ।
1CH 19:11 तिनका अरू बाँकी फौजलाई तिनले आफ्‍ना भाइ अबीशैको कमाण्‍डमा दिए, र उनीहरूलाई तिनले अम्‍मोनीहरूको विरुद्ध यद्धमा खडा गरे ।
1CH 19:12 योआबले भने, “अरामीहरू मेरो निम्‍ति साह्रै शक्तिशाली भए भने अबीशै तिमीले मेरो उद्धार गर्नुपर्छ । अम्‍मोनीहरू तिम्रो निम्‍ति साह्रै शक्तिशाली भए भने म आएर तिम्रो उद्धार गर्नेछु ।
1CH 19:13 साहसिलो होऊ! हामी आफ्‍ना मानिस र हाम्रा परमेश्‍वरका सहरहरूका निम्‍ति साहसिलो होऔं, किनकि परमप्रभुको दृष्‍टिमा जे असल छ उहाँले त्‍यही गर्नुहुनेछ ।”
1CH 19:14 यसैले योआब र तिनका सेनाका फौज अरामीहरूका विरुद्ध अगाडि बढे । तिनीहरू इस्राएलको सेनाको सामुबाट भाग्‍न बाध्य पारिए ।
1CH 19:15 जब अम्‍मोनका सेनाले अरामीहरूलाई भागेका देखे, तब उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागे र सहरभित्र फर्के । यसकारण योआब अम्मोनका मानिसहरूबाट फर्के र यरूशलेममा फिर्ता गए ।
1CH 19:16 जब अरामीहरूले आफू इस्राएलद्वारा परास्‍त भएका देखे, तब तिनीहरूले यूफ्रेटिस नदीको पारिबाट हददेजेरका कमाण्‍डर शोपकको कमाण्‍डमा भएका अरू अरामी सेनालाई बोलाए ।
1CH 19:17 जब दाऊदलाई यसको बारेमा बताइयो, तिनले जम्मै इस्राएललाई जम्मा गरे, यर्दन नदी पार गरे र उनीहरूकहाँ गए । तिनले आरामीहरूको विरुद्ध लडाइँ गर्न सेनाको तयारी गरे र तिनीहरूले तिनीसँग युद्ध गरे ।
1CH 19:18 आरामीहरू इस्राएलदेखि भागे, र दाऊदले अरामीहरूका सात हजार सारथिहरू र चालीस हजार पैदल सिपाहीहरू मारे । तिनले सेनाका कमाण्‍डर शोपकलाई पनि मारे ।
1CH 19:19 हददेजेरका अधीनमा भएका राजाहरूले जब आफू इस्राएलद्वारा परास्‍त भएका देखे, तब तिनीहरूले दाऊदसँग सन्‍धि गरे र तिनको सेवा गरे । यसैले अरामका मानिसहरूले फेरि कहिल्‍यै अम्‍मोनीहरूलाई सहायता दिनलाई राजी भएनन्‌ ।
1CH 20:1 बसन्‍त ऋतुको समय, अर्थात् समान्‍यतया राजाहरू लडाइँ गर्न जाने समयमा योआबले सेनालाई युद्ध गर्न लगे र अम्‍मोनीहरूको देशलाई उजाड पारे । तिनले गए र रब्‍बालाई घेरा हाले । दाऊदचाहिं यरूशलेममा नै रहे । योआबले रब्बालाई आक्रमण गरे र त्यसलाई पराजित गरे ।
1CH 20:2 दाऊदले उनीहरूका राजाको शिरबाट शिरपेच लगे, र त्‍यसको तौल सुनको एक तोडा भएको भेट्टाए, र त्‍यसमा बहुमूल्‍य रत्‍नहरू जडिएका थिए । त्‍यो शिरपेच दाऊदको आफ्‍नो शिरमा लाइयो, र तिनले त्‍यस सहरबाट धेरै परिणाममा लुटपाट गरे ।
1CH 20:3 त्‍यस सहरमा भएका मानिसहरूलाई तिनले लिएर आए र उनीहरूलाई आरा र फलामका औजारहरू तथा बन्‍चराहरूका काममा लगाए । दाऊदले अम्‍मोनीहरूका सबै सहरका मानिसहरूलाई यस्‍तो कामका लगाए । तब दाऊद र तिनका सबै सेना यरूशलेममा फर्के ।
1CH 20:4 यसको केही समयपछि गेजेरमा पलिश्‍तीहरूसँग लडाइँ भयो । हूशाती सिब्‍बकैले रपाईहरूका सन्‍तानमध्‍ये एक सिप्‍पैलाई मारे, र पलिश्‍तीहरूलाई अधीन गरियो ।
1CH 20:5 पलिश्‍तीहरूसँगको अर्को एउटा युद्धमा याईरका छोरा एल्‍हानानले गित्तीको गोल्‍यतको भाइ लहमीलाई मारे, जसको भालाको बींड कपडा बुन्‍ने जुलाहाको डन्‍डा जत्रो थियो ।
1CH 20:6 गातमा भएको अर्को युद्धमा हरेक हातमा छवटा औंला र हरेक खुट्टामा छवटा औंला भएको एक जना धेरै अग्लो मानिस थियो । त्‍यो पनि रफाको सन्‍तान थियो ।
1CH 20:7 जब त्‍यसले इस्राएललाई निन्‍दा गर्‍यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्‍यसलाई मारे ।
1CH 20:8 तिनीहरू गातका रफाका सन्‍तानहरू थिए, र तिनीहरू सबै दाऊदका हातबाट र तिनका सिपाहीहरूका हातबाट मारिए ।
1CH 21:1 इस्राएलको विरुद्ध एउटा दुश्‍मन खडा भयो र आफ्‍ना मानिसहरूको सङ्ख्‍या गन्‍नलाई दाऊदलाई सुर्‍यायो ।
1CH 21:2 दाऊदले योआब र आफ्‍ना फौजका कमान्डरहरूलाई भने, “जाओ, बेर्शेबादेखि दानसम्‍मका इस्राएलका मानिसहरूको सङ्‍खया गन्‍ती गर र मलाई बताओ, ताकि म तिनीहरूको संख्‍या जान्‍न सकूँ ।”
1CH 21:3 योआबले भने, “परमप्रभुले आफ्‍ना फौजलाई सय गुणा बढाउनुभएको होस् । तर हे मेरा मालिक राजा, के तिनीहरूले मेरा मालिकको सेवा गर्दैनन् र? इस्राएलमाथि किन दोष ल्‍याउनुहुन्‍छ?”
1CH 21:4 तर राजाको वचन योआबको विरुद्धमा लागू भयो । त्यसैले योआब त्यहाँबाट हिंडे र सारा इस्राएलभरी गए । तब तिनी यरूशलेममा फर्केर आए ।
1CH 21:5 त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए । इस्राएलमा तरवार चलाउन सक्‍नेहरू इस्राएलमा ११ लाख थिए । यहूदामा मात्र ४ लाख ७० हजार सेना थिए ।
1CH 21:6 तर लेवी र बेन्‍यामीनलाई तिनीहरूसँग गन्‍ती गरिएन, किनकि राजाको हुकुमले योआबलाई साह्रै खिन्‍न पारेको थियो ।
1CH 21:7 यो कामबाट परमेश्‍वर अप्रसन्‍न हुनुभयो, अनि उहाँले इस्राएललाई आक्रमण गर्नुभयो ।
1CH 21:8 दाऊदले परमेश्‍वरलाई भने, “मैले यसो गरेर ठुलो पाप गरेको छु । अब आफ्‍नो दासको दोषलाई हटाउनुहोस्, किनकि मैले धेरै मूर्खतापूर्ण काम गरेको छु ।”
1CH 21:9 परमप्रभुले दाऊदका अगमवक्ता गादलाई भन्‍नुभयो,
1CH 21:10 “गएर दाऊदलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छः तँलाई म तिनवटा कुरा रोज्‍न दिन्‍छु । तिमध्ये एउटा रोज ।’”
1CH 21:11 यसैले गाद दाऊदकहाँ गए र तिनलाई भने, “परमप्रभु यही भन्‍नुहुन्‍छ, ‘यिमध्ये एउटा रोज:
1CH 21:12 तिन वर्षसम्‍मको अनिकालको कुरा, वा तेरा शत्रुहरूले तीन महिनासम्‍म खेद्‍ने र उनीहरूका तरवारले मारिने कुरा, वा तिन दिनको लागि परमप्रभुको तरवार, अर्थात् परमप्रभुका दूतले इस्राएलका सम्‍पूर्ण ठाउँमा विनाश ल्‍याउने एउटा विपत्तिको कुरा ।’ त्‍यसो हो भने, मलाई पठाउनुहुनेकहाँ मैले के जवाफ लानुपर्ने हो सो अब निर्णय गर्नुहोस् ।”
1CH 21:13 तब दाऊदले गादलाई भने, “म साह्रै सङ्कष्‍टमा परेको छु! मानिसको हातमा पर्नुभन्दा मलाई परमप्रभुको हातमा नै पर्न देऊ, किनकि उहाँका करुणामय कामहरू धेरै महान् छन् ।”
1CH 21:14 त्यसैले परमप्रभुले इस्राएलमा एउटा विपत्ति पठाउनुभयो, र सत्तरी हजार मानिसहरू मरे ।
1CH 21:15 परमेश्‍वरले यरूशलेम विनाश गर्न एउटा स्‍वर्गदूत पठाउनुभयो । तिनले त्‍यो नाश गर्न लाग्‍दा परमप्रभुले त्‍यो देखेर त्‍यस सर्वनाशदेखि मन बदल्‍नुभयो । ती नाश गर्ने स्‍वर्गदूतलाई उहाँले भन्‍नुभयो, “अब भयो! तिम्रो हात थाम ।” त्‍यस बेला ती स्‍वर्गदूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए ।
1CH 21:16 दाऊदले मास्‍तिर हेरे र परमप्रभुका स्‍वर्गदूतले आफ्‍नो हातमा नाङ्गो तरवार लिएर यरूशलेममाथि ताकेर आकाश र पृथ्‍वीका बीचमा खडा भएको देखे । तब भाङ्‌ग्रा लागाएका दाऊद र धर्म-गुरुहरू भूइँमा घोप्‍टो परे ।
1CH 21:17 दाऊदले परमेश्‍वरलाई भने, “सेनाको गन्‍ती गर् भनेर हुकुम दिने म होइनँ र? मैले यो दुष्‍ट काम गरें । तर बिचरा यी भेडाहरूले के नै पो गरेका छन् र? हे परमप्रभु मेरा परमेश्‍वर!, तपाईंको हातले म र मेरो घरानालाई प्रहार गरोस्, तर तर यो विपत्ति तपाईंका मानिसहरूमाथि नरहोस् ।”
1CH 21:18 यसैले दाऊदलाई यबूसी अरौनाको खलामा गएर परमप्रभुको निम्‍ति एउटा वेदी बनाउन भन् भनी परमप्रभुका स्वर्गदूतले गादलाई भने ।
1CH 21:19 यसैले परमप्रभुको नाउँमा गादले हुकुम गरेझैं गर्नलाइ दाऊद त्‍यहाँ उक्‍लेर गए ।
1CH 21:20 अरौनाले आफ्‍नो गहूँ चुट्दै गरेका समयमा, तिनी पछि फर्के, र स्‍वर्गदूतलाई देखे । तिनी र तिनका चार जना छोराहरू आफूलाई लुकाए ।
1CH 21:21 दाऊद अरौनाकहाँ आउँदा, अरौनाले हेरे र दाऊदलाई देखे । तिनी खलाबाट बाहिर आए र आफ्‍नो अनुहार भुइँमा घोप्‍टो पारेर दाऊदको अघि घुँडा टेके ।
1CH 21:22 तब दाऊदले अरौनालाई भने, “मलाई यो खला बेच ताकि यहाँ म परमप्रभुको निम्‍ति एउटा वेदी बनाउन सकूँ । म पुरै दाम तिर्नेछु, ताकि मानिसहरूबाट यो विपत्ति हटिजाओस् ।”
1CH 21:23 अरौनाले दाऊदलाई भने, “त्‍यो तपाईंको आफ्नै ठानेर लिनुहोस्, मेरा मालिक महाराजा । हजुरो नजरमा जस्तो असल लाग्छ सो त्‍यहाँ गर्नुहोस् । हेर्नुहोस्, म तपाईंलाई होमबलिको निम्‍ति गोरुहरू, दाउराको निम्‍ति काठहरू र अन्‍नबलिको निम्‍ति गहूँ दिन्छु । यो सबै थोक म तपाईंलाई दिनेछु ।”
1CH 21:24 दाऊद राजाले औरानलाई भने, “होइन, पुरै दाम तिरेर नै म यसलाई किन्छु । तिम्रो जे छ त्‍यो लिने अनि मेरो दाम नपरी त्‍यो सित्तैंमा परमप्रभुलाई होमबलीको रूपमा चढाउने काम म गर्दिन ।”
1CH 21:25 यसैले त्‍यस जग्‍गाको निम्‍ति दाऊदले अरौनालाई छ सय सुनका सिक्‍का तिरे ।
1CH 21:26 दाऊदले त्‍यहाँ परमप्रभुको निम्‍ति एउटा वेदी बनाए र त्‍यसमाथि होमबलि र मेलबलि चढाए । तिनले परमप्रभुमा पुकारा गरे, जसले तिनलाई स्‍वर्गबाट होमबलिको वेदीमा आगो बर्साएर जवाफ दिनुभयो ।
1CH 21:27 तब परमप्रभुले त्‍यो स्‍वर्गदूतलाई आज्ञा दिनुभयो र स्‍वर्गदूतले आफ्नो तरवारलाई त्‍यसको म्‍यानमा राखे ।
1CH 21:28 जब दाऊदले यबूसी अरौनाको खलामा परमप्रभुले जवाफ दिनुभएको देखे, तब तिनले त्यही बेला बलिदानहरू चढाए ।
1CH 21:29 त्यस बेला, मोशाले उजाड-स्‍थानमा बनाएको परमप्रभुको पवित्र वासस्‍थान र होमबलिको वेदी गिबोनको डाँडाको उच्‍च स्‍थानमा नै थिए ।
1CH 21:30 तापनि परमप्रभुको अगुवाइ माग्‍न दाऊद त्‍यहाँ जान सकेनन्, किनकि ती स्‍वर्गदूतको तरवारसँग तिनी साह्रै डराएका थिए ।
1CH 22:1 तब दाऊदले भने, “इस्राएलको निम्‍ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्‍वरका मन्‍दिरको ठाउँ यहीं हुनेछ ।”
1CH 22:2 यसैले दाऊदले आफ्ना सेवकहरूलाई इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला गराउने हुकुम गरे । तिनले उनीहरूलाई परमेश्‍वरको मन्दिर बनाउन ढुङ्गा काटेर तयार गर्ने काममा खटाए ।
1CH 22:3 तिनले ढोकाहरू र चौकोसहरूका लागि कीला बनाउनका निम्‍ति धेरै मात्रामा फलाम दिए । तिनले जोख्‍न सक्‍नेभन्‍दा धेरै काँसा,
1CH 22:4 र गन्‍न सक्‍नेभन्‍दा धेरै देवदारुका काठ पनि दिए (सीदोनी र टुरोसका मानिसहरूले गन्‍नै नसक्‍ने गरी प्रशस्‍त मात्रामा देवदारु दाऊदकहाँ ल्‍याइदिए) ।
1CH 22:5 दाऊदले भने, “मेरो छोरो सोलोमन कलिलै र अनुभवहीन छ, र परमप्रभुको निम्‍ति निर्माण गरिने भवन विशेष रूपले भव्य हुनुपर्छ, ताकि यो अरू सबै देशमा प्रसिद्ध र महिमित हुनेछ । यसैले यसको भवन निर्माणको तयारी म नै गर्नेछु ।” यसैले दाऊदले आफ्‍नो मृत्‍यु हुनुअगि ठुलो तयारी गरे ।
1CH 22:6 तब तिनले आफ्‍नो छोरा सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा मन्‍दिर बनाउने आज्ञा दिए ।
1CH 22:7 दाऊदले सोलोमनलाई भने, “ए मेरो छोरो, परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर बनाउने मेरो इच्‍छा थियो ।
1CH 22:8 तर परमप्रभुले मकहाँ आउनुभयो र भन्‍नुभयो, ‘तैंले धेरै रक्तपात गरेको र धेरै युद्ध गरेको छस्‌ । मेरो नाउँको निम्‍ति मन्‍दिर तैंले बनाउनेछैनन्, किनभने मेरो दृष्‍टिमा तैंले पृथ्‍वीमा धेरै रगत बगाएको छस्‌ ।
1CH 22:9 तापनि, तेरो एउटा छोरो हुनेछ जो शान्तिप्रिय मानिस हुनेछ । उसका चारैतिरका शत्रुहरूबाट म उसलाई आराम दिनेछु । किनकि उसको नाउँ सोलोमन हुनेछ, र उसको समयमा म इस्राएललाई शान्‍ति र चैन दिनेछु ।
1CH 22:10 मेरो नाउँको निम्‍ति एउटा मन्दिर उसैले बनाउनेछ । ऊ मेरो छोरो हुनेछ, र म उसका पिता हुनेछु । म उसको राज्यको सिंहासन इस्राएलमा सदासर्वदाको स्थापित गर्नेछु ।’
1CH 22:11 अब ए मेरो छोरो, परमप्रभु तँसँग रहनुभएको होस् र तँलाई सफलता दिनुभएको होस् । परमप्रभु तेरा परमेश्‍वरको मन्‍दिर तैंले नै बनाउनेछस् भनी उहाँले भन्‍नुभएझैं तैंले त्‍यो बनाउनेछस्।
1CH 22:12 परमप्रभुले नै तँलाई अन्तर्दृष्‍टि र समझ दिनुभएको होस्, ताकि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैंले परमप्रभु तेरा परमेश्‍वरको व्‍यवस्‍था पालन गर्नेछस् ।
1CH 22:13 तब इस्राएलको निम्‍ति परमप्रभुले मोशालाई दिनुभएका विधि र नियमहरूलाई तैंले होशियारसाथ पालन गरिस् भने तँ सफल हुनेछस् । बलियो र साहसी हो । नडरा वा निरुत्‍साहित नहो ।
1CH 22:14 अब हेर्, ज्‍यादै प्रयत्‍नका साथ मैले परमप्रभुका मन्‍दिरको निम्‍ति एक लाख तोडा सुन, दश लाख तोडा चाँदी, धेरै मात्रामा काँसा र फलाम तयार गरेको छु । मैले काठपात र ढुङ्गा पनि तयार गरिराखेको छु । यी सबैमा तैंले अरू थप्‍नुपर्छ ।
1CH 22:15 तँसित धेरै कामगर्ने मानिसहरू छन्: ढुङ्गा काट्‌नेहरू, डकर्मीहरू, सिकर्मीहरू, र हरेक किसिमका शिल्पकारहरू अनगिन्ती छन्,
1CH 22:16 जसले सुन, चाँदी, काँसा र फलामका काम गर्न सक्छन् । उठ् र काम सुरु गर्, र परमप्रभु तँसित हुनुभएको होस् ।”
1CH 22:17 दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्‍ना छोरा सोलोमनलाई सघाउन भनी यसो भनेर आदेश दिए,
1CH 22:18 “परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुन्‍छ र उहाँले तिमीहरूलाई चारैतिरबाट शान्‍ति दिनुभएको छ । उहाँले यस क्षेत्रका बासिन्‍दाहरूलाई मेरो हातमा दिनुभएको छ । यो क्षेत्र परमप्रभु र उहाँका मानिसहरूका अधीनमा छन्‌ ।
1CH 22:19 अब आफ्‍नो सारा हृदय र आफ्‍नो प्राणले परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर । उठ र परमप्रभु परमेश्‍वरको पवित्रस्‍थान निर्माण गर । त्यसपछि तिमीहरूले परमप्रभुका करारको सन्‍दूक र परमेश्‍वरका पवित्र कुराहरू परमेश्‍वरको नाउँको निम्‍ति बनाइएको मन्‍दिरमा ल्‍याओ ।”
1CH 23:1 जब दाऊद वृद्ध भएका र आफ्नो जीवनको अन्तिम क्षणमा थिए, तब तिनले आफ्‍ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए ।
1CH 23:2 पूजाहारीहरू र लेवीहरूसँगै तिनले इस्राएलका सबै अगुवाहरूलाई भेला गराए ।
1CH 23:3 तीस वर्ष र त्‍योभन्‍दा बढी उमेरका लेवीहरूको सङ्‍ख्‍याको गणना भयो । तिनीहरूको संख्या अठ्तीस हजार थियो ।
1CH 23:4 “तिमध्‍येका चौबीस हजारको काम परमप्रभुका मन्‍दिरको कामको रेखदेख गर्ने थियो, र छ हजार अधिकारीहरू र न्‍यायकर्ताहरू थिए ।
1CH 23:5 चार हजार द्वारपालहरू, र चार हजारले मैले दिएका बाजा बजाएर परमप्रभुको स्‍तुतिगान गर्नपर्छ,” दाऊदले भने ।
1CH 23:6 तिनले उनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम विभाजन गरे ।
1CH 23:7 लादान र शिमी गेर्शोनका वंशका थिए ।
1CH 23:8 लादानका तीन छोराहरू: अगुवा यहीएल, जेताम र योएल थिए ।
1CH 23:9 शिमीका तिन छोराहरू: शलोमोत, हजीएल र हारान थिए । लादानका वंशका मुखियाहरू यी नै थिए ।
1CH 23:10 शिमीका चार छोराहरूः यहत, जीजा, येऊश र बरीआ थिए ।
1CH 23:11 यहत जेठा थिए, जीजा माइला, तर येऊश र बरीआका धेरै छोराहरू थिएनन्, त्यसैले तिनीहरू एउटै कामको निम्‍ति एकै वंशको रूपमा गनिए ।
1CH 23:12 कहातका चार छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए ।
1CH 23:13 अम्रामका छोराहरू हारून र मोशा थिए । अति पवित्र कुराहरू अलग गर्न हारूनलाई चुनिएका थियो । तिनी र तिनका सन्तानहरूले परमप्रभुको सामु धूप चढाउनु, उहाँको सेवा गर्नु र उहाँको नाउँमा सधैं आशीर्वाद दिनुपर्थ्यो ।
1CH 23:14 तर परमेश्‍वरका मानिस मोशाका छोराहरू भने लेवीकै कुलका मानिए ।
1CH 23:15 मोशाका छोराहरू गेर्शोम र एलीएजर थिए ।
1CH 23:16 गेर्शोमका सन्‍तानमा शूबाएल जेठा थिए ।
1CH 23:17 एलीएजरका सन्‍तान रहब्‍याह थिए । एलीएजरका अरू छोरा थिएनन्, तर रहब्‍याहका धेरै सन्तानहरू थिए ।
1CH 23:18 यिसहारका छोरा अगुवा शलोमीत थिए ।
1CH 23:19 हेब्रोनका छोराहरू यरियाह जेठा, अमर्याह माइला, यहासेल साँइला र यकमाम कान्‍छ थिए ।
1CH 23:20 उज्‍जीएलका छोराहरू मीका जेठा र यिशियाह माइला थिए ।
1CH 23:21 मरारीका छोराहरू महली र मूशी थिए । महलीका छोराहरू एलाजार र कीश थिए ।
1CH 23:22 एलाजार छोराहरू नभै मरे । तिनका छोरीहरू मात्र थिए । कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे ।
1CH 23:23 मूशीका तिन छोराहरू महली, एदेर र यरीमोत थिए ।
1CH 23:24 आ-आफ्ना वंशअनुसार लेवीका सन्तानहरू यी नै थिए । परमप्रभुको भवनमा सेवाको काम गर्ने वंशका नामअनुसार गनिएका र सूचिकृत गरिएका बीस वर्ष र त्‍योभन्‍दा बढी उमेरका अगुवाहरू तिनीहरू थिए ।
1CH 23:25 किनकि दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍नो मानिसहरूलाई आराम दिनुभएको छ । उहाँले सदासर्वदाको निम्‍ति यरूशलेममा आफ्नो मन्दिर बनाउनुहुन्छ ।
1CH 23:26 लेवीहरूले फेरि कहिल्‍यै पवित्र वासस्‍थान अथवा त्‍यसको सेवामा प्रयोग गरिने भाँडाहरू बोक्‍नुपर्दैन ।”
1CH 23:27 किनकि दाऊदका अन्‍तिम वचनद्वारा बीस वर्ष र त्‍यसभन्‍दा बढी उमेरका लेवीहरूको सङ्ख्‍या गनिए ।
1CH 23:28 तिनीहरूको काम परमप्रभुका मन्‍दिरको सेवामा हारूनका सन्‍तानहरूलाई सघाउनुपर्ने थियो । तिनीहरूले चोक र कोठाहरूको रेखदेख गर्नुपर्ने, परमप्रभुका सबै पवित्र थोकहरू शुद्ध पार्नुपर्ने, र परमेश्‍वरका मन्‍दिरका सेवामा अरू काम गर्नुपर्ने थियो ।
1CH 23:29 उपस्‍थितिको रोटी, अन्‍नबलिको मसिनो पीठो, पातला अखमिरी रोटी, पोलेका र तेलमा पकाएका भेटीहरूको हेरविचार गर्नुपर्ने, अनि विभिन्‍न कुराहरू नाप्‍नको निम्ति ढक र तराजू तयार गर्नुपर्ने जिम्‍मा पनि तिनीहरूको थियो ।
1CH 23:30 हरेक बिहान परमप्रभुलाई धन्यवाद दिन र प्रशंसा चढाउन पनि तिनीहरू खडा हुन्थे । तिनीहरूले बेलुका,
1CH 23:31 र शबाथ र औंसीका चाडमा र चाडका दिनहरूमा परमप्रभुको निम्‍ति होमबलि चढाउने बेलामा पनि यसै गरे । तोकिएको संख्यामा नियमअनुसार जिम्मा दिइएकाहरू परमप्रभुको सामु उपस्‍थित हुनुपर्थ्यो ।
1CH 23:32 तिनीहरूको जिम्मामा भेट हुने पाल र पवित्रस्‍थान थिए, र आफ्ना आफन्त हारूनका सन्‍तानहरूलाई परमप्रभुका मन्‍दिरको सेवामा सहयोग गर्थे ।
1CH 24:1 हारूनका सन्तानहरूको आधारमा विभाजन गरिएका काम गर्ने समूहहरू यी नै थिएः नादाब, अबीहू, एलाजार र ईतामार ।
1CH 24:2 नादाब र अबीहू आफ्‍ना पिताको मृत्‍यु हुनुभन्‍दा अगाडि नै मरे । तिनीहरूका कुनै सन्तान थिएनन्, त्यसैले एलाजार र ईतामारले पुजारीहरूको रूपमा सेवा गरे ।
1CH 24:3 दाऊदले एलाजारका सन्‍तान सादोक र ईतामारका सन्‍तान अहीमेलेकको साथमा तिनीहरूलाई पुजारीहरूका काम विभाजन गरे ।
1CH 24:4 ईतामारको सन्तानका बिचमा भन्‍दा एलाजारका सन्तानमा धेरै अगुवाहरू थिए, त्यसैले तिनीहरूले एलाजारका सन्‍तानलाई सोह्र समूहमा विभाजन गरे । तिनीहरूले यो काम वंशका मुखिया र ईतामारका सन्‍तानबाट गरेका थिए । यो विभाजन वंश-वंश अनुसार आठ थियो ।
1CH 24:5 तिनले तिनीहरू पक्षपात नगरी चिट्ठा हालेर उनीहरूको विभाजन गरे, किनकि एलाजार र ईतामार दुवैका सन्‍तानमध्‍येबाट तिनीहरू पवित्रस्‍थानका अधिकारीहरू र परमेश्‍वरका अधिकारीहरू थिए ।
1CH 24:6 नतनेलका छोरा शमायाहले, एक जना लेवी र शास्‍त्रीले राजा, अधिकारीहरू, सादोक पूजाहारी, अबियाथारका छोरा अहीमेलेक, पुजारी र लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्‍ने तिनीहरूका नाउँहरू लेखे । एलाजारका सन्‍तानबाट र ईतामारका सन्‍तानबाट पालो-पालो एक-एक परिवारको चिट्ठा तानियो ।
1CH 24:7 पहिलो चिट्ठा यहोयारीबको, दोस्रो यदायाहको,
1CH 24:8 तेस्रो हारीमको, चौथो सोरीमको,
1CH 24:9 पाँचौं मल्‍कियाहको, छैटौं मियामीनको,
1CH 24:10 सातौं हक्‍कोसको, आठौं अबियाको,
1CH 24:11 नवौं येशूअको, दशौं शकन्‍याहको,
1CH 24:12 एघारौं एल्‍यासीबको, बाह्रौं याकीमको,
1CH 24:13 तेह्रौं हुप्‍पाको, चौधौं येशेबाबको,
1CH 24:14 पन्‍ध्रौं बिल्‍गाको, सोह्रौं इम्‍मेरको,
1CH 24:15 सत्रौं हेजीरको, अठारौं हप्‍पिसेसको,
1CH 24:16 उन्‍नाईसौं पतहियाहको, बीसौं यहेजकेलको,
1CH 24:17 एक्‍काईसौं याकीनको, बाईसौं गमूएलको,
1CH 24:18 तेईसौं दलायाहको र चौबीसौं माज्‍याहको नाउँमा निस्‍क्‍यो ।
1CH 24:19 परमप्रभु इस्राएलका परमेश्‍वरले तिनीहरूका पुर्खा हारूनलाई दिनुभएको निर्देशनअनुसार तिनले उनीहरूलाई दिएका प्रक्रियाको अनुसरण गरेर तिनीहरूले परमप्रभुको मन्‍दिरमा गर्ने आफ्‍नो सेवाको कामको क्रम यही थियो ।
1CH 24:20 बाँकी लेवीका सन्तानहरू यी नै थिएः अम्रामका छोराहरूबाट: शूबाएल; शूबाएलका छोराहरूबाट येहदयाह ।
1CH 24:21 रहब्‍याहका छोराहरूबाटः अगुवा यिशियाह ।
1CH 24:22 यिसहारबाटः शलोमोत, शलोमोतबाट: यहत ।
1CH 24:23 हेब्रोनका छोराहरू: अगुवा यरियाह, माइला अमर्याह, साँहिंला यहासेल, कान्‍छा यकमाम ।
1CH 24:24 उज्‍जीएलका छोरा मीका; मीकाका छोराहरूबाट: शामीर ।
1CH 24:25 मीकाका भाइः यिश्‍याह । यिश्‍याहका छोराहरूबाट: जकरिया ।
1CH 24:26 मरारीका छोराहरू: महली र मूशी । यजियाहका छोराबाटः बनो ।
1CH 24:27 यजियाहबाट मरारीका छोराहरू: बनो, शोहम, जक्‍कूर र इब्री ।
1CH 24:28 महलीबाट: एलाजार, जसका छोराहरू थिएनन्‌ ।
1CH 24:29 कीशबाट: कीशका छोराः यरहमेल ।
1CH 24:30 मूशीका छोराहरू: महली, एदेर र यरीमोत । आ-आफ्ना परिवारहरूअनुसार सूचिकृत गरिएका लेवीहरू यिनै थिए ।
1CH 24:31 आ-आफ्ना पिताका परिवारका अगुवाहरू र तिनीहरूका भाइहरूले राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्‍थितिमा चिट्ठा हाले । तिनीहरूले हारूनका सन्‍तानहरूले गरेझैं चिट्ठा हाले ।
1CH 25:1 दाऊद र सेनाका अगुवाहरूले आसाप, हेमान र यदूतूनका छोराहरूमध्‍ये कसैलाई वीणा, सारङ्गी र झ्‍यालीहरूका साथमा अगमवाणी गर्नको निम्ति छाने । यो सेवा गर्ने मानिसहरूको सूची यहाँ छः
1CH 25:2 आसापका छोराहरूबाटः जक्‍कूर, योसेफ, नतन्‍याह र असरेला, आसापका अधीनमा भएका आसापका छोराहरू जसले राजाको सुपरिवेक्षणमा अगमवाणी बोले ।
1CH 25:3 यदूतूनका छोराहरूबाटः गदल्‍याह, सेरी, यशयाह, शिमी, हशब्‍याह र मत्तित्‍याह, आफ्‍ना पिता यदूतूनका निर्देशनमा जम्मा छ जना, जसले परमप्रभुलाई धन्‍यवाद र स्‍तुति गर्नको निम्ति वीणा बजाउँथे ।
1CH 25:4 हेमानका छोराहरूबाटः बुक्‍कियाह, मत्तन्‍याह, उज्‍जीएल, शूबाएल, यरीमोत, हनन्‍याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्‍बाकाशा, मल्‍लोती, होतीर र महजीओत ।
1CH 25:5 यी सबै राजाका अगमवक्ता हेमानका छोराहरू थिए । परमेश्‍वरले हेमानको सिङ्लाई उच्‍च पार्नको निम्ति चौध छोराहरू र तिन छोरीहरू दिनुभयो ।
1CH 25:6 तिनीहरू सबै आफ्ना पिताकोहरूको निर्देशनमा थिए । तिनीहरू परमप्रभुको मन्‍दिरका सङ्गीतकारहरू थिए, जसले परमेश्‍वरको मन्‍दिरको सेवा गर्दा झ्‍याली, सारङ्गी र वीणा बजाउँथे । आसाप, यदूतून र हेमानचाहिं राजाको सुपरिवेक्षणमा थिए ।
1CH 25:7 सङ्गीतमा निपूण र तालिम पाएका तिनीहरू र तिनीहरूका दाजुभाइको संख्‍या २८८ जना थियो ।
1CH 25:8 जवान र बूढा, गुरु र सिकारु दुवैले तिनीहरूका कामको निम्‍ति चिट्ठा हाल्‍थे ।
1CH 25:9 आसापका छोराहरूको बारेः पहिलो चिट्ठा योसेफको परिवारलाई पर्‍यो । दोस्रो चिट्ठा गदल्‍याहको परिवारलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:10 तेस्रो चिट्ठा जक्‍कूर र तिनका छोराहरू र आफन्तलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:11 चौथो यिस्री र तिनका छोराहरू र आफन्तलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:12 पाँचौं नतन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:13 छैटौं बुक्‍कियाह र तिनका छोराहरू र लाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:14 सातौं यसरेला र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:15 आठौं यशयाह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:16 नवौं मत्तन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:17 दशौं शिमीका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा बाह्र जना,
1CH 25:18 एघारौं अज्रेल र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:19 बाह्रौं हशब्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:20 तेह्रौं शूबाएल र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:21 चौधौं मत्तित्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:22 पन्‍ध्रौं यरीमोत र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:23 सोह्रौं हनन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:24 सत्रौं योश्‍बाकाशा र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:25 अठारौं हनानी र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:26 उन्‍नाईसौं मल्‍लोती र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:27 बिसौं एलीआता र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:28 एक्‍काईसौं होतीर र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:29 बाईसौं गिद्दलती र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:30 तेईसौं महजीओत र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
1CH 25:31 चौबीसौं रोममती-एजेर र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना ।
1CH 26:1 द्वारपालहरूका विभाजन यसप्रकार थियोः कोरहीहरूबाट, कोरेका छोरा मेशेलेम्‍याह, जो आसापका छोरा थिए ।
1CH 26:2 मेशेलेम्‍याहका छोराहरूः जेठा जकरिया, माहिला येदीएल, साहिंला जबदियाह, काहिंला यत्‍नीएल,
1CH 26:3 ठाइँला एलाम, अन्‍तरे येहोहानान, र कान्‍छा एल्‍यहोएनै थिए ।
1CH 26:4 ओबेद-एदोमका छोराहरू थिएः जेठा शमायाह, माहिला यहोजाबाद, साहिंला योआ, काहिंला साकार, ठाइँला नतनेल,
1CH 26:5 अन्‍तरे अम्‍मीएल, जन्‍तरे इस्‍साखार र कान्‍छा पुल्‍लतै, किनकि परमेश्‍वरले ओबेद एदोमलाई आशिष्‌ दिनुभएको थियो ।
1CH 26:6 तिनका छोरा शमायाहका छोराहरू जन्मे जसले आ-आफ्‍ना परिवारहरूमाथि शासन गरे । तिनीहरू धेरै क्षमता भएका मानिसहरू थिए ।
1CH 26:7 शमायाहका छोराहरू ओत्‍नी, रपाएल, ओबेद, र एल्‍जाबाद थिए । तिनका आफन्तहरू एलीहू र समक्‍याह पनि धेरै क्षमता भएका मानिसहरू थिए ।
1CH 26:8 यी सबै ओबेद एदोमका सन्‍तानहरू थिए । तिनीहरू र तिनीहरूका छोराहरू र आफन्तहरू पवित्र पालमा काम गर्ने योग्‍यता भएका मानिसहरू थिए । ओबेद एदोमसँग सम्बन्धित मानिसहरूको सङ्‍ख्‍या ६२ जना थिए ।
1CH 26:9 मशेलेम्‍याहका छोराहरू र आफन्तहरू सबै योग्‍यता भएका मानिसहरू थिए । तिनीहरूको सबै सङ्‍ख्‍या १८ जना थिए ।
1CH 26:10 मरारीका सन्‍तान होसाका छोराहरूः अगुवा शिम्री (तिनी जेठा नभए तापनि तिनका बाबुले तिनलाई अगुवा बनाए),
1CH 26:11 माहिला हिल्‍कियाह, साहिंला तबलियाह र कान्‍छा जकरिया थिए । होसाका सबै छोराहरू र दाजुभाइका जम्‍मा सङ्‍ख्‍या १३ जना थिए ।
1CH 26:12 तिनीहरूका अगुवाहरूअनुसार द्वारपालका यी दलहरूले आफ्‍ना आफन्तहरूझैं परमप्रभुको मन्‍दिरको सेवा गर्नुपर्थ्यो ।
1CH 26:13 तिनीहरू जवान र बूढ़ा दुवैले आ-आफ्‍ना घरानाअनुसार हरेक प्रवेशद्वारको निम्‍ति चिट्ठा हाले ।
1CH 26:14 जब पूर्व ढोकाको लागि चिट्ठा हालियो, तब त्‍यो शेलेम्‍याहको नाउँमा पर्‍यो । तब तिनका छोरा बुद्धिमान्‌ सल्‍लाहकार जकरियाको निम्ति तिनीहरूले चिट्ठा हाले, र उत्तर ढोकाको निम्‍ति तिनलाई चिट्ठा पर्‍यो ।
1CH 26:15 ओबेद एदोमलाई दक्षिण ढोका दिइयो, र तिनका छोराहरूलाई ढुकुटीहरू दिइयो ।
1CH 26:16 शुप्‍पीम र होसालाई पश्‍चिम ढोका र माथिल्लो बाटोको शल्‍केत प्रवेशद्वार पर्‍यो । हरेक परिवारबाट रक्षकको व्यवस्था गरियो ।
1CH 26:17 पूर्वतिर छ जना लेवीहरू थिए, उत्तरतिर दिनमा चार जना, दक्षिणतिर दिनमा चार जना र ढुकुटीमा दुई जना पहरा बस्‍थे ।
1CH 26:18 पश्‍चिमको स्तम्भमा बाटोमा चार जना र स्तम्भमा दुई जनालाई खटाइएको थियो ।
1CH 26:19 द्वारपालका दलहरू यी नै थिए । तिनीहरू कोरह र मरारीका सन्‍तानहरूबाट भरिएको थियो ।
1CH 26:20 लेवीहरूमध्येबाट अहीजा परमेश्‍वरको मन्‍दिरका भण्‍डारहरू र परमप्रभुका अर्पण गरिएका थोकहरूका भण्‍डारका जिम्मावाल थिए ।
1CH 26:21 लादानका सन्‍तानहरू, जो लादानबाट जन्‍मिएका गेर्शोनीहरू थिए र गेर्शोनी लादानका घरानाहरूका अगुवाहरू थिए, यहीएली र
1CH 26:22 यहीएलीका छोराहरू, र जेताम र तिनका भाइ योएल । तिनीहरू परमप्रभुको मन्‍दिरका भण्‍डारहरूका जिम्‍मावाल थिए ।
1CH 26:23 अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएलका वंशहरूबाटः
1CH 26:24 मोशाका छोरा गेर्शोमका छोरा शूबाएल भण्‍डारहरूका सुपरिवेक्षक थिए ।
1CH 26:25 एलीएजरबाट तिनका आफन्तहरूमा तिनका छोरा रहब्‍याह, रहब्याहका छोरा यशयाह, यशयाहका छोरा योराम, योरामका छोरा जिक्री, जिक्रीका छोरा शलोमीत थिए ।
1CH 26:26 दाऊद राजा, परिवारका मुखियाहरू, हजार र सयका फौजका कमाण्‍डरहरू र सेनाका अरू कमाण्‍डरहरूले परमप्रभुका समर्पण गरेका थोकका भण्‍डारहरूका लागि सबै जिम्‍मा यी नै शलोमीत र तिनका आफन्तहरूलाई दिइएको थियो ।
1CH 26:27 तिनीहरूले लडाइँमा लिएका लूटका मालहरू परमप्रभुको मन्‍दिरका मरम्‍मतको निम्‍ति छुट्याएका थिए ।
1CH 26:28 अगमवक्ता शमूएल, कीशका छोरा शाऊल, नेरका छोरा अबनेर र सरूयाहका छोरा योआबले परमप्रभुको निम्‍ति छुट्याएका सबै थोक तिनीहरूका जिम्मामा थियो । छुट्याइएका अरू सबै थोकहरू शलोमीत र तिनका तिनीहरूका जिम्‍मामा थिए ।
1CH 26:29 यिसहारीका सन्तानहरूबाट, कनन्‍याह र तिनका छोराहरूलाई इस्राएलको नागरिक मामलाहरूको जिम्मा दिइएको थियो । तिनीहरू अधिकारीहरू र न्यायकर्ताहरू थिए ।
1CH 26:30 हेब्रोनका सन्तानहरूबाट, हशब्‍याह र तिनका दाजुभाइ १,७०० योग्‍य मानिसहरू परमप्रभु र राजाका कामका निरीक्षकहरू थिए । तिनीहरू यर्दन नदीका पश्‍चिमतिर थिए ।
1CH 26:31 हेब्रोनका सन्तानहरूबाट, यरियाहचाहिं तिनीहरूका परिवारहरूका सूचीबाट गनिएका सन्तानहरूका अगुवा थिए । दाऊदका शासनको चालीसौं वर्षमा हेब्रोनीहरूको वंशावलीमा खोजतलाश गरियो, र गिलादको याजेरमा तिनीहरूका योग्‍यका मानिसहरू भेट्टाइए ।
1CH 26:32 यरियाहका २,७०० आफन्तहरू थिए, जो परिवारका योग्य अगुवाहरू थिए । यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्‍शेका आधा कुलमाथि परमेश्‍वरसम्‍बन्‍धी हरेक कुरा र राज्‍य-शासनका कामको हेरविचार गर्नेहरू बनाए ।
1CH 27:1 यो इस्राएली परिवारका अगुवाहरू, हजार र सयका कामण्‍डरहरू, अनि विभिन्‍न किसिमले राजाको सेवा गर्ने सेनाका अधिकारीहरू सूची हो । हरेक सेनाको दलले एक महिनापछि अर्को महिनामा गर्दै वर्षभरि सेवा गर्थे । हरेक दलमा चौबिस हजार जना मानिसहरू थिए ।
1CH 27:2 पहिलो महिनाको भाग जब्‍दीएलका छोरा याशोबामको थियो । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
1CH 27:3 तिनी फारेसका सन्‍तान थिए, अनि पहिलो महिनाको लागि सेनाका अधिकारीहरूका निरीक्षक थिए ।
1CH 27:4 अहोहाका कुलका दोदै दोस्रो महिनाको लागि त्‍यस भागका सेनापति भए । मिक्‍लोत दोस्रो दर्जामा थिए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
1CH 27:5 अगुवा र पूजाहारी यहोयादाका छोरा बनायाह तेस्रो महिनाको लागि तेस्रा कमाण्‍डर थिए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
1CH 27:6 यिनी ती नै बनायाह थिए, जो तिस जनाका अगुवा थिए र तिस जना माथि थिए । तिनका छोरा अम्‍मीजाबाद तिनको दलमा थिए ।
1CH 27:7 चौथो महिनाको लागि योआबका भाइ असाहेल सेनापति भए । तिनीपछि तिनका छोरा जबदियाह कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
1CH 27:8 पाँचौं महिनाको लागि यिज्‍याहका सन्तान शम्‍हूत कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
1CH 27:9 छैटौं महिनाको लागि तकोका मानिस इक्‍केशका छोरा ईरा कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
1CH 27:10 सातौं महिनाको लागि एफ्राइमका पेलोनी हेलेस कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
1CH 27:11 आठौं महिनाको लागि जेरहको घरानाका हूशाती सिब्‍बकै कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
1CH 27:12 नवौं महिनाको लागि बेन्‍यामीन कुलका अनातोती अबीएजेर कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
1CH 27:13 दशौं महिनाको लागि जेरहको घरानाका नतोपा सहरका महरै कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
1CH 27:14 एघारौं महिनाको लागि एफ्राइमका पिरातोन सहरका बनायाह कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
1CH 27:15 बाह्रौं महिनाको लागि ओत्‍निएलको घरानाका नतोपात सहरका हेल्‍दै कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
1CH 27:16 इस्राएलका कुलहरूका अगुवाहरू यी नै थिएः रूबेनको कुलका निम्ति जिक्रीका छोरा एलीएजर अगुवा थिए । शिमियोनका कुलका निम्ति माकाका छोरा शपत्‍याह अगुवा थिए ।
1CH 27:17 लेवीका कुलका निम्ति कमूएलका छोरा हशब्‍याह अगुवा थिए, अनि हारूनका कुलका निम्ति सादोक अगुवा थिए ।
1CH 27:18 यहूदाका कुलका निम्ति दाऊदका दाजु एलीहू अगुवा थिए । इस्‍साखारका कुलका निम्ति मिखाएलका छोरा ओम्री अगुवा थिए ।
1CH 27:19 जबूलूनका कुलका निम्ति ओबदियाका छोरा यिश्‍मायाह अगुवा थिए । नप्‍तालीका कुलका निम्ति अज्रीएलका छोरा यरीमोत अगुवा थिए ।
1CH 27:20 एफ्राइमका कुलका निम्ति अजज्‍याहका छोरा होशिया अगुवा थिए । मनश्‍शेको आधा कुलका निम्ति पदायाहका छोरा योएल अगुवा थिए ।
1CH 27:21 गिलादमा भएका मनश्‍शेको आधाकुलका निम्ति जकरियाका छोरा इद्दो अगुवा थिए । बेन्‍यामीनका कुलका निम्ति अबनेरका छोरा यासीएल अगुवा थिए ।
1CH 27:22 दानका कुलका निम्ति अबनेरका छोरा यहोराम अगुवा थिए । इस्राएलका कुलहरूका अगुवाहरू यिनै थिए ।
1CH 27:23 दाऊदले बीस वर्षदेखि मुनिकाहरूको जनसंख्‍या लिएनन्, किनभने परमप्रभुले इस्राएलको संख्‍या आकाशका ताराहरूझैं बढाउने प्रतिज्ञा गर्नुभएको थियो ।
1CH 27:24 सरूयाहका छोरा योआबले जनसंख्‍या लिन सुरु गरे, तर तिनले त्‍यो काम सिद्ध्याएनन्‌ । यसले गर्दा इस्राएलमाथि क्रोध आइपर्‍यो । यो जनसंख्‍या दाऊद राजाको इतिहासमा लेखिएन ।
1CH 27:25 राजाका भण्‍डारहरूको जिम्‍मा अदीएलका छोरा अज्‍मावेतलाई दिइयो । देशका, सहरहरूका, गाउँहरूका र किल्‍ला भएका सहरहरूका भण्‍डारहरू उज्‍जियाहका छोरा जोनाथनको जिम्‍मामा दिइयो ।
1CH 27:26 देशमा जमिन जोत्दै खेती-किसानी गर्नेहरू कलूबको छोरा एस्रीको जिम्‍मामा थिए ।
1CH 27:27 दाखबारीहरू रामती शिमीको जिम्‍मामा थिए, अनि दाख र दाखमद्य व्‍यापारीको जिम्‍मा शेपेमी जब्‍दीको दिइयो ।
1CH 27:28 तराईमा भएका भद्राक्ष र अञ्‍जीरको हेरचाह गर्ने गेदेरी बाल-हानान थिए, र तेल राख्‍ने भण्‍डार योआशको जिम्‍मामा थियो ।
1CH 27:29 शारोनमा चर्ने गाईबस्‍तु शारोनी शित्रैको जिम्‍मामा थिए, र बेसीमा चर्ने गाईबस्‍तु अदलैका छोरा शाफातको जिम्‍मामा थिए ।
1CH 27:30 ऊँटहरू इश्‍माएली ओबीलको जिम्‍मामा थिए, र गधाहरू मेरोनोती येहदयाहको जिम्‍मामा थिए । भेडाबाख्रा हग्री याजीजको जिम्‍मामा थिए ।
1CH 27:31 हग्री याजीज भेडाबाख्राका निरीक्षक थिए। यी अधिकारीहरू दाऊद राजाका सम्‍पत्तिका निरीक्षक थिए ।
1CH 27:32 दाऊदका काका जोनाथन सल्‍लाहकार थिए, किनकि तिनी बुद्धिमानी र शास्‍त्री थिए । हक्‍मोनीका छोरा यहीएलले राजाका छोराहरूको रेखदेख गरे ।
1CH 27:33 अहीतोपेल राजाका सल्‍लाहकार थिए, र अरकी मानिसका हूशै राजाका व्‍यक्‍तिगत सल्‍लाहकार थिए ।
1CH 27:34 अहीतोपेलको पद बनायाहका छोरा यहोयादा र अबियाथारले लिए । योआब राजाका सेनाका कमाण्‍डर थिए ।
1CH 28:1 दाऊदले इस्राएलका सबै अधिकारीलाईः कुलहरूका अधिकारीहरू, राजाको सेवामा आफूलाई तोकिएका समयको काममा लाग्‍ने दलहरूका अधिकारीहरू, हजार र सयका कमाण्‍डरहरू, राजा र तिनका छोराहरूका सबै सम्‍पत्तिमाथिका व्‍यवस्‍थापकहरू, अनि अधिकारीहरू र सबैभन्दा सिपालुहरू वीर योद्धाहरू यरूशलेममा भेला गरे ।
1CH 28:2 तब दाऊद राजा खडा भए र यसो भने, “ए मेरा दाजुभाइ र मेरा मानिसहरू हो, मेरा कुरा सुन्‍नुहोस् । परमप्रभुको करारका सन्‍दूकको निम्‍ति एउटा मन्‍दिर, हाम्रा परमेश्‍वरको निम्‍ति एउटा पाउदान बनाउने मेरो इच्‍छा थियो, अनि मैले त्‍यो निर्माण गर्नलाई तयारी पनि गरें ।
1CH 28:3 तर परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘मेरो नाउँको निम्‍ति तैंले मन्‍दिर बनाउनेछैनस्, किनभने तँ लडाइँ गर्ने मानिस होस्, र तैंले रक्तपात गरेको छस्‌ ।’
1CH 28:4 तापनि परमप्रभु इस्राएलका परमेश्‍वरले मेरा पिताका सबै परिवारबाट सदासर्वदाको निम्‍ति इस्राएलमाथि राज्‍य गर्न मलाई चुन्‍नुभयो । उहाँले यहूदाको कुललाई अगुवाको रूपमा चुन्‍नुभएको छ । यहूदाको कुलमा, र मेरो पिताको परिवारमा, मेरा पिताका छोराहरूमध्‍येबाट सारा इस्राएलमा राजा हुनलाई उहाँले मलाई चुन्‍नुभयो ।
1CH 28:5 परमप्रभुले मलाई दिनुभएका धेरै जना छोरामध्‍ये इस्राएलमाथि परमप्रभुको राज्‍यको सिंहासनमा बस्‍न उहाँले मेरो छोरो सोलोमनलाई चुन्‍नुभयो ।
1CH 28:6 उहाँले मलाई भन्‍नुभयो, ‘तेरो छोरा सोलोमनले नै मेरो मन्‍दिर र मेरा चोकहरू बनाउनेछ, किनकि मैले त्‍यसलाई मेरो छोरा हुनलाई चुनेको छु र म उसका पिता हुनेछु ।
1CH 28:7 आजको दिनसम्‍म तैंले गरेझैं उसले मेरा आज्ञा र विधानहरू दृढतापूर्वक पालन गर्‍यो भने, म उसको राज्‍य सदासर्वदाको निम्‍ति स्थापित गर्नेछु ।’
1CH 28:8 अब सारा इस्राएलको नजरमा परमप्रभुको निम्ति र हाम्रा परमेश्‍वरको उपस्‍थितीमा भएको यो सभामा तिमीहरू सबैले परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालना गर्नु र निरन्तरता दिनुपर्छ । यसो गर ताकि तिमीहरू यस असल देशलाई अधिकार गर्नेछौ र आफ्‍नो पैतृकअंशझैं तिमीहरूपछिका सन्‍तानहरूलाई दिन सक्‍नेछौ ।
1CH 28:9 ए मेरा छोरा सोलोमन, आफ्‍ना बुबाका परमेश्‍वरको आज्ञा पालन गर, र आफ्‍ना सारा हृदय र राजीखुशीले उहाँको सेवा गर । यसो गर, किनभने परमप्रभुले सबै हृदयलाई खोतल्‍नुहुन्‍छ र हरेक व्‍यक्‍तिको विचारहरूका हरेक उदेश्‍य बुझ्‍नुहुन्‍छ । तिमीले उहाँलाई खोज्‍यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्‍याग्‍यौ भने, उहाँले तिमीलाई सधैंको निम्‍ति इन्‍कार गर्नुहुनेछ ।
1CH 28:10 यसैले याद राख, यो मन्‍दिरलाई परमप्रभुको पवित्रस्‍थानको रूपमा निर्माण गर्न उहाँले तिमीलाई नै चुन्‍नुभएको छ । बलियो होऊ, र यो काम गर ।”
1CH 28:11 तब दाऊदले आफ्‍ना छोरा सोलोमनलाई मन्‍दिरको दलान र त्‍यसका भवन, भण्‍डारहरू, कौसीहरू, भित्री कोठाहरू र प्रायश्‍चित गर्ने कोठाका नक्‍शा दिए ।
1CH 28:12 तिनले परमप्रभुको मन्‍दिरका चोकहरू र चारैपट्टिका कोठाहरू, परमेश्‍वरको मन्‍दिरका भण्‍डारहरू र परमप्रभुका अर्पण गरिएका भेटी राख्‍ने भण्‍डारहरूका निम्‍ति नक्‍शाहरू दिए ।
1CH 28:13 उनले तिनलाई लेवी र पुजारीहरूका दल-दलका निम्‍ति र परमप्रभुको मन्‍दिरका सेवामा गरिने सबै काम र त्‍यसमा प्रयोग गरिने सबै भाँडाहरूका निम्‍ति निर्देशनहरू दिए ।
1CH 28:14 हरेक सेवामा प्रयोग गरिने सबै सुनका भाँडाहरूका तौल, र सबै चाँदीका भाँडाहरूका तौल तिनले तोकिदिए,
1CH 28:15 सबै सुनका सामानहरूको निम्ति सुनको तौल, सामदान र तिनका दियाहरूका निम्‍ति, हरेक सामदानका निम्ति सुनको तौल, चाँदीका सामदान र तिनका दियाहरूका निम्‍ति सेवामा प्रयोग गरेअनुरूप चाहिंदो तौल तोकिदिए ।
1CH 28:16 उपस्‍थितिको रोटीको हरेक टेबलको निम्‍ति सुनको तौल, र चाँदीका टेबलहरूका निम्‍ति चाँदीको तौल तिनले तोकिदिए ।
1CH 28:17 तिनले मासुका काँटाहरू, छर्कने बाटाहरू र कचौराहरूका निम्‍ति निखुर सुनको तौल दिए । तिनले हरेक सुन र चाँदीको भाँडाको निम्‍ति सुनचाँदीको चाहिंदो तौल तोकिदिए ।
1CH 28:18 तिनले धूप-वेदीको निम्‍ति पनि निखुर सुनको तौल तोकिदिए, अर्थात्‌ आफ्‍ना पखेटाहरू फैलाएर परमप्रभुका करारको सन्‍दूकलाई छेक्‍ने सुनका करूबहरूका निम्‍ति पनि तिनले सुनको तौल दिए ।
1CH 28:19 दाऊदले भने, “जसरी परमप्रभुले मलाई निर्देशन दिनुभयो र नक्साको समझ मलाई दिनुभयो त्‍यसरी नै मैले यी सबै कुराहरू लेखेको छु ।”
1CH 28:20 दाऊदले आफ्‍ना छोरा सोलोमनलाई भने, “बलियो र साहसी होऊ । यो काम गर । नडराऊ र निरुत्‍साहित नहोऊ, किनकि परमप्रभु परमेश्‍वर, मेरा परमेश्‍वर तिम्रो साथमा हुनुहुन्छ । परमप्रभुको मन्‍दिरका सेवाको निम्‍ति सबै काम तिमीले पूरा नगरुञ्‍जेल उहाँले न त तिमीलाई छोड्‍नुहुनेछ न तिमीलाई त्‍याग्‍नुहुनेछ ।
1CH 28:21 हेर, परमप्रभुको मन्‍दिरका सबै सेवा गर्न पुजारी र लेवीका दलहरू तयार छन्‌ । तिम्रो काममा सहायता गर्न र सेवाको काम गर्नलाई तिनीहरू र खुशीसाथ कुनै पनि काम गर्ने सिपालु मानिसहरू तिम्रो साथमा हुनेछन् । अधिकारीहरू र सबै मानिसहरू तिम्रो हरेक आज्ञा शिरोपर गर्न तयार छन् ।”
1CH 29:1 राजा दाऊदले सारा सभालाई भने, “परमेश्‍वरले चुन्‍नुभएको मेरा छोरो सोलोमन अहिले पनि सानै छ र कामचाहिं महान्‌ छ । किनकि यो मन्‍दिर मानिसहरूका निम्‍ति होइन तर परमप्रभु परमेश्‍वरको निम्‍ति हो ।
1CH 29:2 यसैले मेरा परमेश्‍वरको मन्दिरको निम्ति सामाग्री जुटाउन मैले सकेसम्‍म प्रयास गरेको छु । सुनबाट बनाइने कुराहरूका निम्ति सुन, चाँदीबाट बनाइने कुराहरूका निम्ति चाँदी, काँसाबाट बनाइने कुराहरूका निम्ति काँसा, फलामबाट बनाइने कुराहरूका निम्ति फलाम, र काठबाट बनाइने कुराहरूका निम्ति काठ म दिंदैछु । पत्थरको कामको निम्‍ति आनिक्‍स, फिरोजा, विभिन्‍न रङ्गका पत्‍थरहरू— सबै किसिमका बहुमूल्‍य पत्‍थरहरू पनि म प्रशस्‍त मात्रामा दिंदैछु ।
1CH 29:3 अब, मेरा परमेश्‍वरको मन्‍दिरमा मेरो आनन्दको कारणले यसको निम्‍ति आफ्‍नो निजी भण्‍डारबाट सुन र चाँदी म दिंदैछु । यस पवित्र मन्‍दिरको निम्‍ति मैले तयार गरेका सबै कुराहरूमा अरू थपः
1CH 29:4 ओपिरको सुन तिन हजार तोडा र भित्तामा जलप लागाउनका निम्ति सात हजार तोडा निखुर चाँदी म दिंदैछु ।
1CH 29:5 सुनबाट बनाउने कुराहरूका निम्‍ति सुन र चाँदीबाट बनाउने कुराहरूका निम्‍ति चाँदी, र अनि निपुण कारीगरले गर्ने कामलाई चाहिने सबै किसिमका कुराहरू म दिंदैछु । आज परमप्रभुलाई योगदान गर्न र आफैलाई उहाँमा अर्पण गर्न इच्‍छा गर्ने अरू कोही छ?”
1CH 29:6 तब आफ्ना पुर्खाहरूका परिवारका अगुवाहरू, इस्राएलका कुलहरूका अगुवाहरू, हजार र सयका कमाण्‍डरहरू र राजाका सेवाको जिम्‍मामा रहेका अधिकारीहरूले स्‍वइच्‍छा भेटी चढाए ।
1CH 29:7 तिनीहरूले परमेश्‍वरको मन्‍दिरको सेवाको निम्ति पाँच हजार तोडा र असी किलोग्राम सुन, दस हजार तोडा चाँदी, अठार हजार तोडा काँसो र एक लाख तोडा फलाम दिए ।
1CH 29:8 बहुमूल्‍या रत्‍नहरू आफूसँग भएकाहरूले ती गेर्शोनका सन्‍तान यहीएलको जिम्‍मामा परमप्रभुको मन्‍दिरका भण्‍डारको निम्‍ति दिए ।
1CH 29:9 यी स्‍वइच्‍छा भेटीका कारणले मानिसहरूले आनन्‍द मनाए, किनभने तिनीहरूले सम्‍पूर्ण हृदयले परमप्रभुको निम्‍ति दिएका थिए । दाऊद राजा पनि साह्रै आनन्‍दित भए ।
1CH 29:10 दाऊदले सबै सभाको उपस्‍थितिमा परमप्रभुलाई धन्‍यवाद दिए । तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्‍वर, सदासर्वदा तपाईंको प्रशंसा होस्‌ ।
1CH 29:11 हे परमप्रभु, महान्‌ता, शक्ति, महिमा, विजय र ऐश्‍वर्य तपाईंकै हुन् । किनकि आकाश र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌ । हे परमप्रभु, राज्‍य तपाईंकै हो, र तपाईं नै सबैभन्दा माथिको शासकको रूपमा उच्‍च पारिनुभएको छ ।
1CH 29:12 धन र मान दुबै तपाईंबाट नै आउँछन्‌, र तपाईंले सबै मानिसमाथि राज्‍य गर्नुहुन्‍छ । पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन् । मानिसहरूलाई उच्‍च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्‌ ।
1CH 29:13 अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्छौं ।
1CH 29:14 तर म को हुँ, र मेरा मानिसहरू को हुन् र हामीले स्‍वइच्‍छाले यी कुराहरू दिन सक्‍छौं? वास्तवमा सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंका जे हुन् ती तपाईंलाई हामीले फिर्ता दिएका मात्रै हौं ।
1CH 29:15 किनकि तपाईंको सामु हामी परदेशी र घुमन्‍तेहरू हौं । हाम्रा सबै पुर्खाहरू पनि त्‍यस्‍तै थिए । पृथ्‍वीमा हाम्रा दिन छायाजस्‍तो हो र पृथ्वीमा रहिरहने आशा छँदैछैन ।
1CH 29:16 हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंको पवित्र नाउँका सम्‍मान गर्न मन्‍दिर बनाउन हामीले जम्‍मा गरेका यी सबै धन तपाईंबाट नै आउँछन्, र तपाईंकै हुन्‌ ।
1CH 29:17 हे मेरा परमेश्‍वर, म यो पनि जान्‍दछु कि तपाईंले हृदयको जाँच गर्नुहुन्‍छ, र सोझोपनामा खुशी हुनुहुन्‍छ । मेरो बारेमा,मेरो हृदयको सोझोपनामा मैले स्‍वइच्‍छाले यी सबै कुराहरू तपाईंमा चढाएको छु, र यहाँ उपस्‍थित तपाईंका मानिसहरूले स्‍वइच्‍छाले चढाएको कुरा देखेर म आनन्दित भएको छु ।
1CH 29:18 हे परमप्रभु, हाम्रा पुर्खा अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, यस्तो विचारको मन तपाईंका मानिसहरूमा सधैंभरि रहोस् । तिनीहरूका हृदयलाई तपाईंतिर लगाउनुहोस् ।
1CH 29:19 मेरा छोरा सोलोमनलाई तपाईंका आज्ञाहरू, तपाईंका धार्मिक नियमहरू र तपाईंका विधिहरू भक्तिसाथ पालन र मैले जुटाएका कुराले एउटा स्‍थान बनाउने योजना पुरा गर्न सम्‍पूर्ण हृदयको इच्छा दिनुहोस् ।”
1CH 29:20 दाऊदले सम्‍पूर्ण सभालाई भने, “अब परमप्रभु आफ्‍ना परमेश्‍वरलाई धन्‍यवाद देओ ।” सम्‍पूर्ण समुदायले आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई धन्‍यवाद दिए, आफ्ना शिर निहुराएर परमप्रभुको आराधना गरे र राजाको सामु घोप्‍टो परेर दण्‍डवत्‌ गरे ।
1CH 29:21 भोलिपल्‍ट तिनीहरूले परमप्रभुको निम्‍ति बलिदान गरे, र उहाँलाई होमबलि चढाए । तिनीहरूले एक हजार साँढे, एक हजार भेडा, एक हजार थुमा, र तिनका साथै आफ्‍ना अर्घबलि र सबै इस्राएलको निम्‍ति अरू प्रशस्‍त बलिदान चढाए ।
1CH 29:22 त्‍यो दिनमा, तिनीहरूले ठुलो उत्‍सव मनाउँदै परमप्रभुको सामु त्‍यस दिन खाए र पिए । तिनीहरूले दोस्रो पटक दाऊदका छोरा सोलोमनलाई राजा बनाए, र परमप्रभुको अधिकारमा तिनलाई राजा अभिषेक गरे । तिनीहरूले सादोकलाई पूजाहारी अभिषेक पनि गरे ।
1CH 29:23 त्यसपछि सोलोमन आफ्‍ना पिता दाऊदको सट्टा परमप्रभुको सिंहासनमा राजा भएर बसे । तिनको उन्‍नति भयो र सबै इस्राएलले तिनको हुकुम पालन गरे ।
1CH 29:24 सबै अगुवाहरू, सेनाहरू, र दाऊद राजाका सबै छोराहरूले पनि सोलोमन राजालाई आफ्‍नो राजभक्ति देखाए ।
1CH 29:25 सारा इस्राएलका नजरमा परमप्रभुले सोलोमनलाई सम्मानित तुल्याउनुभयो र तिनी अघिका इस्राएलका राजाको भन्‍दा महान् शक्ति उहाँले तिनलाई दिनुभयो ।
1CH 29:26 यिशैका छोरा दाऊदले सारा इस्राएलमाथि राज्‍य गरे ।
1CH 29:27 दाऊदले इस्राएलमाथि चालिस वर्षसम्म राज्‍य गरे । तिनले हेब्रोनमा सात वर्ष र यरूशलेममा तेत्तिस वर्ष राज्‍य गरे ।
1CH 29:28 तिनी दिर्घ जीवन, धन-सम्‍पत्ति र मानमा आनन्द भई वृद्धावस्‍थामा मरे । तिनीपछि तिनका छोरा सोलोमन राजा भए ।
1CH 29:29 शमूएल अगमवक्ताको इतिहास, नतान अगमवक्ता इतिहास र गाद अगमवक्ताका इतिहासमा दाऊद राजाका उपलब्धिहरूका बारेमा लेखिएका छन् ।
1CH 29:30 त्यहाँ तिनको शासनको समयका कामहरू, तिनका उपलब्धिहरू र तिनलाई असर पारेका घटनाहरू, इस्राएल, र अन्य देशका राज्यहरूको बारेमा त्‍यहाँ लेखिएका छन् ।
2CH 1:1 दाऊदका छोरा सोलोमन आफ्‍नो शासनमा बलियो भएपछि र परमप्रभु तिनका परमेश्‍वर तिनको साथमा हुनुहुन्‍थ्‍यो र तिनलाई धेरै शक्तिशाली बनाउनुभयो ।
2CH 1:2 सबै इस्राएलसित, हजार कमाण्‍डर र सयका कमाण्‍डरहरू, र न्‍यायकर्ताहरू, र सारा इस्राएलमा भएका हरेक शासक, घरानाहरूका मुखियाहरूसित सोलोमनले कुरा गरे ।
2CH 1:3 अनि सोलोमन र तिनीसँग भएका सबै सभा गिबोनमा भएको अग्‍लो स्‍थानमा गए, किनकि त्‍यहाँ परमेश्‍वरका भेट हुने पाल थियो, जुन परमप्रभुका सेवक मोशाले उजाड-स्‍थानमा बनाएका थिए ।
2CH 1:4 तर दाऊदले परमेश्‍वरको सन्‍दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा माथि ल्‍याएका थिए,किनकि त्‍यसको निम्‍ति तिनले यरूशलेममा पाल टाँगेका थिए ।
2CH 1:5 साथै हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएको काँसाको वेदी गिबोनमा नै परमप्रभुको पवित्र वासस्‍थानको सामुन्‍ने थियो । सोलोमन र त्‍यो सभा त्‍याहाँ गए ।
2CH 1:6 सोलोमन भेट हुने पालमा परमप्रभुको सामुन्‍ने भएको काँसाको वेदीमा गए र त्‍यसमा एक हजार होमबलि चढाए ।
2CH 1:7 त्‍यस रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र तिनलाई भन्‍नुभयो, “माग्, म तँलाई के दिऊँ?”
2CH 1:8 सोलोमनले परमेश्‍वरलाई भने, “तपाईंले मेरा बुबा दाऊदलाई महान्‌ करारको विश्‍वस्‍तता देखाउनुभएको छ र मलाई उहाँको सट्टामा राजा तुल्‍याउनुभएको छ ।
2CH 1:9 अब हे परमप्रभु परमेश्‍वर, तपाईंले मेरा बुबा दाऊदलाई दिनुभएको तपाईंको प्रतिज्ञा पुरा गर्नुहोस्, किनकि पृथ्‍वीको धुलो जत्तिकै अनगन्‍ती मानिसमाथि तपाईंले मलाई राजा बनाउनुभएको छ ।
2CH 1:10 अब मलाई बुद्धि र ज्ञान दिनुहोस् ताकि यी मानिसलाई म नेतृत्‍व गर्न सकूँ, किनकि यति धेरै सङ्ख्यामा रहेका तपाईंका मानिसहरूको न्याय कसले गर्न सक्छ र?”
2CH 1:11 परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “किनभने तेरो हृदयमा यो कुरा छ, र तैंले समृद्धि, धन-सम्‍पत्ति वा आदर मागिनस् न त तँलाई घृणा गर्नेहरूको प्राण, न त आफ्‍नो निम्‍ति दीर्घायु नै मागिस्, तर आफ्‍नो निम्‍ति तैंले बुद्धि र ज्ञान मागिस् ताकि तैंले मेरा मानिसमाथि शासन सक्‍छस् जसमाथि मैले तँलाई राजा बनाएको छु, र म यसै गर्नेछु ।
2CH 1:12 अब म तँलाई बुद्धि र ज्ञान दिनेछु । म तँलाई यस्‍तो समृद्धि, धन-सम्‍पत्ति, र आदर पनि दिनेछु, जो तँभन्‍दा अघिका कुनै राजाले पाएका थिएनन्, र तँभन्‍दा पछिका कुनैले पनि पाउनेछैनन्‌ ।”
2CH 1:13 तब सोलोमन गिबोनको अल्‍गो स्‍थानको भेट हुने पालबाट यरूशलेममा आए। तिनले इस्राएलमाथि शासन गरे ।
2CH 1:14 सोलोमनले रथहरू र घोडचढीहरू जम्‍मा गरे, र तिनीसँग चौध सय रथ र बाह्र हजार घोडचढीहरू थिए, जसलाई तिनले रथ राख्‍ने सहरहरूमा र आफू, अर्थात् यरूशलेममा राजसित राखे ।
2CH 1:15 राजाले सुन र चाँदी यरूशलेममा ढुङ्गैसरह बनाए र देवदारुचाहिं तराईमा हुने अन्‍जीरहरूजस्तै प्रशस्‍त तुल्‍याए ।
2CH 1:16 सोलोमनका घोडाहरू मिश्रदेश र क्‍यूएबाट पैठारी हुन्‍थे। तिनका व्‍यापारीहरूले ती क्‍यूएबाट किनेर ल्‍याउँथे ।
2CH 1:17 तिनीहरूले प्रत्‍येक रथ सात सय शेकेल चाँदीमा र घोडाचाहिं १५० शेकेल चाँदीमा मिश्रदेशबाट पैठारी गर्थे । तिनीहरूले हित्ती र अरामीहरूका राजाहरूलाई ती निकासी पनि गर्थे ।
2CH 2:1 सोलोमनले परमप्रभुका नाउँको निम्‍ति एउटा मन्‍दिर र आफ्नो राज्यको निम्ति एउटा राजमहल निर्माण गर्ने आदेश दिए ।
2CH 2:2 सोलोमनले भारी बोक्‍नलाई सत्तरी हजार, र पहाडहरूमा ढुङ्गा काट्नलाई असी हजार र तिनीहरूको निरीक्षण गर्न छत्तिस सय मानिसलाई जिम्मा दिए ।
2CH 2:3 सोलोमनले टुरोसका राजा हीरामलाई यसो भनेर समाचार पठाए, “तपाईंले जसरी मेरा बुबा दाऊदको निम्ति आवासीय भवन बनाउनलाई देवदारुका काठहरू पठाउनुभएको थियो, मेरो निम्ति पनि त्‍यसै गर्नुहोस् ।
2CH 2:4 हेर्नुहोस्, मैले परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्न, त्‍यसलाई उहाँको निम्‍ति अलग गर्न, उहाँको सामु सुगन्‍धित मसलाका धूप बाल्‍न, उपस्‍थितिको रोटी राख्‍न, अनि बिहान-बेलुकी, शबाथहरूमा, औंसीहरूमा र परमप्रभु हाम्रा परमेश्‍वरका तोकिएका चाडहरूमा होमबलि चढाउन लागेको छु । यो इस्राएलको निम्‍ति सदासर्वदाको लागि हो ।
2CH 2:5 मैले निर्माण गर्न लागेको मन्‍दिर अत्‍यन्‍तै ठूलो भवन हुनेछ, किनकि हाम्रा परमेश्‍वर अरू सबै देवताभन्‍दा महान्‌ हुनुहुन्‍छ ।
2CH 2:6 तर सारा विश्‍व र स्‍वर्ग नै पनि परमेश्‍वरको निम्‍ति सानो हुन्‍छ भने, कसले उहाँको निम्‍ति मन्‍दिर निर्माण गर्न सक्‍छ? उहाँको सामु बलिदान चढाउनुबाहेक उहाँको निम्‍ति मन्‍दिर निर्माण गर्ने म को हुँ र?
2CH 2:7 यसकारण मेरो निम्‍ति सुन, चाँदी, काँसा र फलाम, अनि बैजनी, रातो र नीलो ऊनी धागोको काम गर्न सक्‍ने एक जना निपुण कारीगर पठाइदिनुहोस्‌। तिनी काठ कुँदेर सबै कुरा बनाउन जान्‍ने मानिस पनि होऊन्‌ । तिनले मेरा बुबा दाऊदले जुटाउनुभएका यहूदा र यरूशलेममा भएका निपुण कारीगरहरूसँग काम गर्नेछन्‌ ।
2CH 2:8 मलाई लेबनानबाट देवदारु, सल्‍ला र चन्‍दनका काठहरू पनि पठाइदिनुहोस्, किनकि मलाई थाहा छ कि तपाईंका सेवकहरूले लेबनानमा काठहरू कसरी काट्‌नुपर्छ भनी जान्दछन् । हेर्नुहोस्, मेरा सेवकहरू तपाईंका सेवकहरूसित हुनेछन्,
2CH 2:9 ताकि मेरो निम्‍ति प्रशस्त काठहरू तयार गर्न सकून्, किनकि मैले बनाउन लागिरहेको मन्‍दिर महान् र आश्‍चर्यको हुनेछ।
2CH 2:10 हेर्नुहोस्, तपाईंका सेवकहरू, मुढा काट्‍ने मानिसहरूलाई म पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी तेल दिनेछु ।”
2CH 2:11 टुरोसका राजा हीरामले पत्रद्वारा सोलोमनलाई लेखेर जावाफ दिए: “परमप्रभुले आफ्ना मानिसहरूलाई प्रेम गर्नुभएको हुनाले उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्‍याउनुभयो ।”
2CH 2:12 साथै पत्रमा हीरामले भने, “इस्राएलका परमप्रभु परमेश्‍वर धन्‍यका होउन्, जसले स्‍वर्ग र पृथ्‍वीको सृष्‍टि गर्नुभयो, जसले दाऊद राजालाई बुद्धि र समझशक्तिको वरदान भएको एउटा बुद्धिमान्‌ छोरा दिनुभएको छ, जसले परमप्रभुको निम्‍ति एउटा मन्‍दिर र आफ्‍नै निम्‍ति एउटा राजमहल बनाउनुहुनेछ ।
2CH 2:13 अब मैले एक जना सिपालु मानिस हुराम-अब्‍बीलाई पठाएको छु, जससँग सुझबुझको वरदान छ ।
2CH 2:14 तिनी दानका छोरीमध्येकी एक जना स्‍त्रीका छोरा हुन्‌ । तिनका बुबा टुरोसका मानिस हुन् । तिनी सुन र चाँदी, काँसा, फलाम, ढुङ्गा र काठका काम अनि बैजनी, रातो र नीलो ऊनी धागो र मलमलका कपडाका काममा पनि अनुभवी कारीगर हुन्‌ । तिनी कुनै पनि किसिमका बुट्टा कुँद्‍ने र कुनै पनि किसिमको नमूनाको काममा सिपालु छन् । तिनी तपाईंका निपुण कारीगरहरूका साथमा, र मेरा स्‍वामी तपाईंका बुबा दाऊदका कारीगरहरूका साथमा काम गर्ने ठाउँको व्यवस्था गरिदिनुहोस् ।
2CH 2:15 अब मेरा स्‍वामीले आफ्‍ना सेवकहरूका निम्‍ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस्‌ ।
2CH 2:16 तपाईंलाई चाहिए जति काठ हामी लेबनानमा काट्नेछौं । मूढाहरू बाँधेर योप्‍पासम्‍म बगाएर पठाइदिनेछौं, र तपाईंले ती यरूशलेमसम्‍म लैजानुहुनेछ ।”
2CH 2:17 आफ्‍ना बुबा दाऊदले मानिसहरूको जनगणना लिएझैं सोलोमनले इस्राएलमा बस्‍ने सबै विदेशीको जनगणना लिए । यिनीहरू १,५३,६०० जना थिए ।
2CH 2:18 यिमध्‍येका सत्तरी हजारलाई भारी बोक्‍न र असी हजारलाई पहाडहरूमा ढुङ्गा काट्‌न र मानिसहरूलाई काममा लगाउन निरीक्षण गर्न छत्तिस सयलाई नियुक्त गरे ।
2CH 3:1 तब सोलोमनले यरूशलेमको मोरीयाह डाँडामा आफ्ना बुबा दाऊदको सामु परमप्रभु देखा पर्नुभएको ठाउँमा परमप्रभुको मन्‍दिर निर्माण गर्न सुरु गरे । दाऊले योजना गरेको ठाउँ यबूसी अरौनाको खलामा तिनले त्‍यो ठाउँ तयार पारे ।
2CH 3:2 तिनले आफ्‍नो राजकालको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिनमा त्‍यो निर्माण गर्न सुरु गरे ।
2CH 3:3 परमेश्‍वरको मन्‍दिर निर्माण गर्न सोलोमनले राखेका जगको क्षेत्रफल यि नै थिए। हातको पुरानो चलनको नापअनुसार लमाइ साठी हात र चौडाइ बीस हात थियो ।
2CH 3:4 मन्‍दिरको अगाडिको दलानको लमाइ बीस हात लामो थियो, जुन मन्‍दिरको चौडाइ बराबर थियो । यसको उचाइ पनि बीस हात थियो, र सोलोमनले यसको भित्रपट्टि निखुर सुनको जलप लगाए ।
2CH 3:5 तिनले मुख्‍य सभाकक्षको सिलिङमा सल्‍लाका फलेकहरू लगाए, जसमा तिनले निखुर सुनको जलप लगाए। अनि तिनमा खजूरका बोटहरू र सिक्रीहरूका बुट्टा बनाए ।
2CH 3:6 तिनले मन्‍दिरलाई बहुमूल्‍य पत्‍थरहरूले सिंगारे । सुनचाहिं पर्वेमको सुन थियो ।
2CH 3:7 तिनले त्‍यसका दलिन, सँघार, भित्ता र ढोकाहरूमा सुनको जलप लगाए । तिनले त्‍यसका भित्ताहरूमा करूबहरू बुट्टा कुँदे ।
2CH 3:8 तिनले महा-पवित्रस्‍थानको निर्माण गरे । यसको लम्बाइ मन्‍दिरको चौडाइ बराबर बिस हात र यसको चौडाइ पनि बिस हात थियो । त्‍यसको भित्रपट्टि तिनले बिस टन निखुर सुनको जलप लगाए ।
2CH 3:9 कीलाहरूको ओजन पचास शेकेल सुनबाट बनेका थिए । तिनले त्यसका माथिल्‍ला सतहमा पनि सुनको जलप लगाए ।
2CH 3:10 तिनले महा-पवित्रस्‍थानको निम्ति दुई करूबका प्रतिरूप बनाए । कालिगरहरूले तिनमा सुनको जलप लगाए ।
2CH 3:11 यी करूबका पखेटाहरू एक छेउदेखि अर्को छेउसम्‍म बीस हात लामा थिए । एउटा करूबको एउटा पखेटा कोठाको भित्तालाई छुने गरी पाँच हातको थियो । यसै गरी अर्को पखेटाचाहिं अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो ।
2CH 3:12 अर्को करूबको एउटा पखेटा मन्‍दिरको भित्ता छुने गरी पाँच हातको थियो । त्‍यसको अर्को पखेटाचाहिं अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो ।
2CH 3:13 यी करूबका पखेटा बीस हातसम्‍म फिंजिएका थिए । करूबहरू आफ्‍ना खुट्टामा उभिएका थिए, र तिनीहरूका मुख मन्‍दिरको मुख्‍य सभा कोठातिर फर्केका थिए ।
2CH 3:14 तिनले नीलो, बैजनी र रातो रङ्गको ऊनी धागो र मलमलको कपडाको पर्दा बनाए, र तिनले त्‍यसमा बुट्टा भरेका करूबहरू बनाए ।
2CH 3:15 सोलोमनले मन्‍दिरको अगाडिपट्टिका निम्‍ति दुई वटा स्‍तम्‍भ बनाए, जसमा प्रत्‍येकको उचाइ पैंतीस हात थियो । तिमाथि भएका स्‍तम्‍भ-शिरहरू पाँच हात अल्‍गा थिए ।
2CH 3:16 तिनले स्‍तम्‍भका निम्‍ति सिक्रीहरू बनाए र ती स्‍तम्‍भका टुप्‍पामा राखे । तिनले सय वटा दारिम पनि बनाए र ती सिक्रीहरूमा जोडे ।
2CH 3:17 तिनले मन्‍दिरको अगाडि ती दुई वटा स्‍तम्‍भ खडा गरे, एउटा दाहिनेपट्टि र अर्को देब्रेपट्टि स्‍तम्‍भहरू खडा गरे । दाहिनेपट्टिको स्‍तम्‍भको नाउँ तिनले याकीन र देब्रेपट्टिको स्‍तम्‍भको नाउँ बोअज राखे ।
2CH 4:1 यसको साथै तिनले काँसाको एउटा वेदी बनाए । जसको लमाइ बीस हात, र चौडाइ बीस हात थियो । यसको उचाइ दश हात थियो ।
2CH 4:2 तिनले ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्‌कुँलो पनि बनाए । त्‍यसको बिटको एक किनारदेखि अर्को किनारसम्‍म दश हात थियो । त्‍यो पाँच हात अल्‍गो थियो, र त्‍यस खड्‌कुँलोको परिधि तीस हात थियो ।
2CH 4:3 खड्‌कुँलोको चारैतिर बाहिरपट्टि बिटमुनि साँढेहरू, एक हातमा दश वटा त्यसलाई खड्‌कुँलोसँगै एउटै टुक्रा धातु ढालेर बनाइएको थियो ।
2CH 4:4 ‘समुद्र’ नाम दिइएको त्‍यो ठुलो खड्‌कुँलोलाई बाह्र वटा साँढेमाथि राखिएको थियो, जसमा तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्‍चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए । त्‍यो “खड्‌कुँलो” तिनैमाथि बसालिएको थियो, र तिनीहरूका पछाडिका भागचाहिं भित्रपट्टि फर्केका थिए ।
2CH 4:5 त्‍यसको मोटाइ चार अङ्‍गुल थियो, र त्‍यसको बिट कचौराको बिटजस्‍तो फक्रेको लिली फूलजस्‍तै थियो । त्‍यो खड्‌कुँलोमा छयसट्ठी हजार लिटर पानी अटाउँथ्‍यो ।
2CH 4:6 तिनले सामानहरू धुनको निम्ति दश वटा बाटाहरू पनि बनाए । तिनले पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे । होमबलिमा प्रयोग गरिने सबै सामानहरू यिनैमा धोइन्थ्यो । ‘समुद्र’ नामको त्यो खड्‌कुँलोलाई पुजारीहरूले नुहाउनलाई प्रयोग गर्थे ।
2CH 4:7 दिइएको ढाँचाबमोजिम तिनले दश वटा सुनका सामदान बनाए । ती तिनले मन्‍दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे ।
2CH 4:8 तिनले दश वटा टेबल बनाएर मन्‍दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे । तिनले सुनका एक सय वटा बाटा बनाए ।
2CH 4:9 यसको साथै तिनले पुजारीहरूका चोक, र ठूलो चोक र चोकका ढोकाहरू बनाए र तिनका ढोकाहरूमा काँसाका जलप लगाए ।
2CH 4:10 ‘समुद्र’ नामक त्‍यो विशाल खड्‌कुँलोलाइ तिनले मन्दिरको पूर्वपट्टि दक्षिणतर्फ फर्काएर राखे ।
2CH 4:11 हुरामले भाँडा, बेल्‍चा र छर्कने बाटाहरू बनाए । यसरी हुरामले परमेश्‍वरको मन्‍दिरमा सोलोमन राजाको निम्‍ति आफूले जिम्‍मा लिएको काम सिद्ध्याएः
2CH 4:12 दुई वटा स्‍तम्‍भ, ती स्‍तम्‍भका टुप्‍पामा कचौराको आकारका दुई स्‍तम्‍भ-शिर थिए । तिनले स्‍तम्‍भमाथि स्‍तम्‍भ-शिर सजाउने दुई वटा बुट्टादार र जालीहरू बनाए ।
2CH 4:13 दुई जालीहरूका निम्‍ति चार सय दारिम तिनले बनाएः स्‍तम्‍भहरूका कचौराको आकार भएका स्‍तम्‍भ-शिरलाई ढाक्‍ने प्रत्‍येक जालीको निम्‍ति तिनले दुई लहर दारिमहरू पनि बनाए ।
2CH 4:14 तिनले गुड्‍ने आधारहरू र तिनमा राख्‍नलाई बाटाहरू पनि बनाए ।
2CH 4:15 एउटा विशाल खँड्कुलो र यसको मुन्तिर बाह्र वटा साँढे,
2CH 4:16 साथै भाँडाहरू, बेल्‍चाहरू, मासु उठाउने काँटाहरू र अरू सम्‍बन्‍धित सामानहरू पनि बनाए, र हुराम-अब्‍बीले परमेश्‍वरका मन्‍दिरको निम्‍ति सोलोमनका लागि बनाएका यी सबै थोक टल्‍काइएका काँसाका थिए ।
2CH 4:17 राजाले ती यर्दनको मैदानमा सुक्‍कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेका थिए ।
2CH 4:18 यसरी सोलोमनले यी सबै भाँडा धेरै संख्‍यामा बनाए । वास्तवमा काँसाका तौल कति थियो भन्‍ने थाहै भएन ।
2CH 4:19 सोलोमनले परमेश्‍वरको मन्‍दिरका सबै सजाउने सामग्रीहरू समेत, सुनको वेदी पनि, र उपस्‍थितिको रोटी राखिने टेबलहरू बनाए ।
2CH 4:20 सामदानहरू तिनमा बत्तीसहितका, जसलाई भित्री पवित्रस्‍थानमा बाल्नलाई निखुर सुनले बनाइएका थिए ।
2CH 4:21 र फूलहरू, बत्तीहरू र असल सुनका चिम्‍टाहरू पनि निखुर सुनले बनाइएका थिए ।
2CH 4:22 सलेदाका चिम्‍टाहरू, बाटाहरू, चम्‍चाहरू र धुपौराहरू पनि निखुर सुनले बनाइएका थिए । मन्‍दिरका सुनका ढोकाहरू र महा-पवित्रस्‍थानमा पस्‍ने भित्रका ढोकाहरू र मन्‍दिरको मुख्‍य ढोकाहरू सुनले बनाइएका थिए ।
2CH 5:1 जब सोलोमनले परमप्रभुका मन्‍दिरको निम्‍ति गरेका सबै काम सिद्ध्याए, तब तिनले आफ्‍ना बुबा दाऊदले यस कामका निम्ति अलग राखेका सामानहरू, अर्थात्‌ सुन, चाँदी, र सबै सर-सामान ल्‍याए—तिनले ती परमप्रभुको मन्‍दिरका भण्‍डारहरूमा राखे ।
2CH 5:2 त्‍यसपछि सोलोमनले इस्राएलका धर्म-गुरुहरू, कुलका सबै नायकहरू र इस्राएलका परिवारका अगुवाहरूलाई परमप्रभुका करारको सन्‍दूक दाऊदको सहर, अर्थात्‌ सियोनबाट ल्‍याउन यरूशलेममा भेला गराए ।
2CH 5:3 इस्राएलका सबै मानिस सातौं महिनामा भएको चाडको समयमा राजाको सामु भेला भए ।
2CH 5:4 इस्राएलका सबै धर्म-गुरु आए, र लेवीहरूले सन्‍दूक लगे ।
2CH 5:5 तिनीहरूले सन्‍दूक र भेट हुने पाल र त्‍यसमा भएका सबै सामानहरू उठाएरमाथि लगे । लेवीका कुलका पुजारीहरूले ती बोकेर माथि लगे ।
2CH 5:6 सोलोमन राजा र इस्राएलका सारा समुदाय अनगिन्ति भेडा र साँढेको बलिदान चढाउँदै सन्दुकको अघि भेला भए ।
2CH 5:7 पुजारीहरूले परमप्रभुका करारको सन्‍दूक मन्‍दिरको भित्री पवित्रस्‍थान, अर्थात्‌ महा-पवित्रस्‍थानमा त्‍यसकै ठाउँमा ल्‍याएर करूबहरूका पखेटामुनि राखे ।
2CH 5:8 करूबहरूले आफ्‍ना पखेटा सन्‍दूक राखिएको ठाउँमाथि फैलाएका थिए, र तिनले सन्‍दूक र त्‍यसलाई बोक्‍ने डन्‍डाहरूलाई ढाके ।
2CH 5:9 डन्‍डाहरूचाहिं यति लामा थिए कि तिनका टुप्‍पाहरूभित्री पवित्रस्‍थानबाट देखिन्थ्यो, तर ती बाहिरबाट देखिंदैनथे । ती आजक दिनसम्‍म त्‍यहीं छन्‌ ।
2CH 5:10 इस्राएलका मानिसहरूले मिश्रदेश छोड्‌दा परमप्रभुले तिनीहरूसित करार बाँध्‍नुभएको ठाउँ होरेबमा मोशाले सन्‍दूकभित्र राखेका दुई वटा शिला-पाटीबाहेक त्‍यसमा अरू केही थिएन ।
2CH 5:11 पुजारीहरू पवित्रस्‍थानबाट बाहिर निस्‍केर आए । त्‍यहाँ हाजिर भएका सबै पुजारीले आआफ्‍नो दलअनुसार क्रमवद्ध नगरीकनै आफैलाई पवित्र गरेका थिए ।
2CH 5:12 सबै लेवी गायक, अर्थात् आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र दाजुभाइसमेत सबै जना, मलमलका कपडा लगाएर झ्‍याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि खडा भए । तिनीहरूका साथमा एक सय बिस जना तुरही बजाउने पुजारीहरू थिए ।
2CH 5:13 तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्‍यवादको निम्‍ति एक सोर गरी आवाज निकाले । तिनीहरूले तुरही, झ्‍याली र अरू बाजाहरूसित सोर उचाले र तिनीहरूले परमप्रभुको प्रशंसा गरे । तिनीहरूले गाए, “उहाँ भलो हुनुहुन्‍छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्‍छ ।” तब त्‍यो मन्‍दिर, परमप्रभुको मन्‍दिर बादलले भरियो ।
2CH 5:14 बादलले गर्दा पुजारीहरूले सेवा गर्न सकेनन्, किनकि परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको थियो ।
2CH 6:1 तब सोलोमनले भने, “परमप्रभुले भन्‍नुभएको छ, उहाँ निष्‍पट्ट अँध्‍यारोमा वास गर्नुहुनेछ,
2CH 6:2 तर यहाँ मैले तपाईंको निम्‍ति सदासर्वदा वास गर्न एउटा उच्‍च वासस्‍थान बनाएको छु ।”
2CH 6:3 त्यसपछि इस्राएलका सारा समुदाय खडा भइरहँदा, राजा तिनीहरूतिर फर्के र तिनीहरूलाई आशीर्वाद दिए ।
2CH 6:4 तिनले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा होस्, जसले मेरा बुबा दाऊदसँग बोल्‍नुभयो र आफ्‍ना हातले यसो भन्दै प्रतिज्ञा पूरा गर्नुभएको छ,
2CH 6:5 ‘मेरो मानिसलाई मिश्रदेशबाट मैले निकालेर ल्‍याएको दिनदेखि यता इस्राएलका सबै कुलको कुनै पनि सहरलाई मेरो नाउँ कायम राख्‍नलाई एउटा मन्‍दिर बनाउन भनी मैले छानिनँ । न त मेरो मानिस इस्राएलमाथि शासन गर्न मैले कुनै मानिसलाई अगुवा हुनलाई चुनें ।
2CH 6:6 तापनि मैले यरूशलेमलाई छानेको छु, ताकि त्‍यहाँ मेरो नाउँ त्यहा रहोस्, र दाऊदलाई नै मेरो मानिस इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु ।’
2CH 6:7 अब परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने इच्‍छा मेरा बुबा दाऊदको हृदयमा थियो ।
2CH 6:8 तर परमप्रभुले मेरो बुबा दाऊदलाई भन्‍नुभयो, 'मेरो नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने कुरा तेरो हृदयमा थियो, यो तेरो हृदयमा राखेर तैंले असलै गरिस् ।
2CH 6:9 तापनि तैंले त्‍यो मन्‍दिर निर्माण गर्नेछैनस् । बरु, तँबाट जन्‍मने तेरो छोराले नै मेरो नाउँको निम्‍ति त्‍यो मन्‍दिर बनाउनेछ ।’
2CH 6:10 परमप्रभुले भन्‍नुभएको कुरा पूरा गर्नुभएको छ, किनकि परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम मेरो बुबा दाऊदको सट्टामा म खडा भएको छु, र इस्राएलको सिंहासनमा म बसेको छु । परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति मैले यो मन्‍दिर बनाएको छु ।
2CH 6:11 परमप्रभुले इस्राएलका मानिससित गर्नुभएको उहाँको आफ्‍नो करारको सन्‍दूक मैले त्‍यहाँ राखेको छु ।”
2CH 6:12 सोलोमनले परमप्रभुका वेदीको सामु इस्राएलका जम्‍मै समुदायको उपस्‍थितिमा खडा भए र आफ्‍ना हात फैलाए ।
2CH 6:13 किनकि तिनले पाँच हात लामो, पाँच हात चौडा र तीन हात अग्‍लो काँसाको एउटा मञ्‍च बनाएका थिए । तिनले त्यसलाई चोकको बीचमा राखेका थिए । तिनी त्‍यसमाथि खडा भए र इस्राएलका सारा समुदायको उपस्‍थितिमा घुँडा टेके, र तिनले आफ्‍ना हात स्‍वर्गतिर फैलाए ।
2CH 6:14 तिनले भने, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, स्वर्ग र पृथ्वीमा तपाईंजस्तो कुनै पनि परमेश्‍वर छैन, जसले आफ्‍नो सारा हृदयले तपाईंको मार्गमा जाग्‍ने आफ्‍ना सेवकहरूसँग आफ्‍नो अटुट प्रेमको करार बाँध्‍नुहुन्छ ।
2CH 6:15 तपाईंले आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ । हो, आफ्‍नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्‍नै हातले त्‍यो पूरा गर्नुभएको हो, जस्‍तो आज हुन आएको छ ।
2CH 6:16 अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्‍नुभयो, ‘तँ मेरो सामु हिंडेझैं तेरा सन्तानहरू मेरो व्‍यवस्‍था पालन गर्ने कुरामा होसियार भए भने, इस्राएलको सिंहासनमा बस्‍नलाई कहिलै पनि तेरो निम्‍ति मानिसको अभाव हुनेछैन ।’
2CH 6:17 अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, तपाईंले आफ्‍नो सेवक दाऊदसित गर्नुभएको प्रतिज्ञा पूरा होस्‌ ।
2CH 6:18 तर के परमेश्‍वर साँच्‍चै नै मानिससित पृथ्‍वीमा बस्‍नुहुन्‍छ र? हेर्नुहोस्, सारा संसार र स्वर्गमा पनि तपाईं अटाउनुहुन्‍न भने—मैले निर्माण गरेको यो मन्‍दिरमा त झन्‌ कति साँगुरो हुन्‍छ होला?
2CH 6:19 तापनि हे परमप्रभु मेरा परमेश्‍वर, आफ्‍नो सेवकको यो प्रार्थना र पुकारालाई कदर गर्नुहोस् । तपाईंका सेवकले तपाईंको सामु गर्ने रोदन र प्रार्थना सुन्‍नुहोस् ।
2CH 6:20 यस मन्‍दिर, अर्थात्, तपाईंले आफ्नो नाम राख्‍ने प्रतिज्ञा गर्नुभएको यस ठाउँमा तपाईंका आँखा दिनरात खुला रहोस् । तपाईंको सेवकले यस ठाउँतिर फर्केर गरेको प्रार्थना तपाईंले सुन्‍नुहोस्‌ ।
2CH 6:21 यसैले आफ्ना सेवक र तपाईंका मानिस इस्राएलले यो ठाउँतिर फर्केर प्रार्थना गर्दा ती बिन्‍तीहरू सुन्‍नुहोस्‌ । हो, त्‍यो ठाउँबाट, तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस् । अनि तपाईंले सुन्‍नुहुँदा क्षमा गर्नुहोस्‌ ।
2CH 6:22 कुनै मानिसले आफ्‍नो छिमेकीको विरुद्धमा पाप गर्छ र शपथ खान पर्‍यो भने, र त्‍यो शपथ यस मन्‍दिरभित्र तपाईंका वेदीको सामुन्‍ने खान्‍छ भने,
2CH 6:23 स्‍वर्गबाट सुन्‍नुहोस् र काम गर्नुहोस्‌ । दोषी मानिसलाई दोषी ठहर्‍याएर र त्‍यसले गरेको कामको प्रतिफल त्‍यसलाई नै दिएर आफ्‍ना सेवकहरूका बीचमा न्‍याय गर्नुहोस्‌ । निर्दोषलाई दोषी नठहराउनुहोस् र त्‍यसको धार्मिकताबमोजिम त्यसलाई प्रतिफल दिनुहोस् ।
2CH 6:24 जब तपाईंका मानिस इस्राएलले तपाईंको विरुद्धमा पाप गरेका कारणले तिनीहरू आफ्‍ना शत्रुहरूद्वारा पराजित हुन्‍छन्, अनि तिनीहरूले तपाईंको नाउँ लिंदै यस मन्‍दिरमा तपाईंलाई प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्‍छन् भने—
2CH 6:25 तब तपाईंले स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस्, र आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस् । तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्‍याउनुहोस्‌ ।
2CH 6:26 जब तपाईंका मानिसले तपाईंको विरुद्धमा पाप गरेको कारणले आकाश बन्‍द भएर पानी परेको छैन— अनि तिनीहरूले यस ठाउँतर्फ फर्केर तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारणले तपाईंको नाउँ स्‍वीकार गर्छन् र आफ्‍ना पाप त्‍यागेर यस मन्दिरमा तपाईंको अगाडि प्रार्थना गर्छन् भने—
2CH 6:27 तब तपाईंले तिनीहरू हिंड्‍नुपर्ने असल मार्गमा तिनीहरूलाई डोर्‍याउनुहुँदा, स्‍वर्गमा सुन्‍नुहोस्, र आफ्‍ना सेवकहरू र आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस्‌ । तपाईंका मानिसहरूलाई तपईंले उत्तराधिकारको रूपमा दिनुभएको देशमा झरी पठाउनुहोस् ।
2CH 6:28 देशमा अनिकाल परेको छ वा माहामारी फैलेको छ, वा लाही वा ढुसी लाग्‍छ, कि सलह र फटेङ्‌ग्राहरू आउँछन् भने, वा शत्रुहरूले तिनीहरूका सहरको मुल ढोकाहरूमा आक्रमण गर्छन् वा कनै पनि किसिमको विपति वा रोग फैलेको छ भने—
2CH 6:29 अनि कुनै एक जना व्यक्ति वा सारा इस्राएलका मानिसहरूले विपत्ति वा दुःखलाई आफ्‍नो हृदयमा जानेर यस मन्‍दिरतिर आफ्‍ना हात फैलाउँछन् ।
2CH 6:30 तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस्‌ । क्षमा गर्नुहोस्‌ र हरेक व्यक्तिलाई उसका सबै चाल अनुसार प्रतिफल दिनुहोस् । तपाईंलाई त्यसको हृदय थाहा हुन्‍छ, किनभने तपाईंले मात्र मानिसजातिका हृदयहरू जान्‍नुहुन्छ ।
2CH 6:31 यसो गर्नुहोस् ताकि तिनीहरूले तपाईंको डर मानून्‌ जसले गर्दा तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरू सारा समयभरि तपाईंका मार्गमा हिंड्‍न सकून् ।
2CH 6:32 विदेशीहरू जो तपाईंका मानिस इस्राएलका तर तपाईंको महान्‌ नाउँ, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलेको हातका कारणले—आउँछ र यस मन्‍दिरतिर फर्केर त्‍यसले प्रार्थना गर्छ भने,
2CH 6:33 तब कृपया तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस् र त्‍यो विदेशीले मागेका सबै कुरा गरिदिनुहोस्, ताकि तपाईंको मानिस इस्राएलले गरेझैं पृथ्‍वीका सबै मानिसले तपाईंको नाउँलाई जानून् र तपाईंको भय मानून्, र मैले बनाएको यस मन्‍दिर तपाईंकै नाउँले बोलाइन्छ भनी तिनीहरूले जानून्‌ ।
2CH 6:34 जब तपाईंले पठाउनुभएको ठाउँमा तपाईंका मानिसहरू आफ्‍ना कुनै शत्रुहरूसँग लडाइँ गर्न जान्‍छन् र तपाईंले चुन्‍नुभएको यस सहर र मैले तपाईंका नाउँको निम्‍ति बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले प्रार्थना गर्छन् ।
2CH 6:35 तब तपाईंले तिनीहरूको प्रार्थना र बिन्‍ती स्‍वर्गबाट सुन्‍नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस्‌ ।
2CH 6:36 जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्‌— किनकि पाप नगर्ने एक जना पनि छैन— र तिनीहरूसँग तपाईं रिसाउनुहुन्‍छ र तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्‍पिनुहुन्‍छ, ताकि शत्रुहरूले तिनीहरूलाई लान्‍छन् र तिनीहरूलाई आफ्‍नो देशमा, टाढा वा नजिक कैद गरेर लान्‍छन् ।
2CH 6:37 तब तिनीहरू कैदमा परेको देशमा तिनीहरूले त्‍यो कुरा महसुस गर्छन् र तिनीहरूले पश्‍चात्ताप गर्छन् र आफ्‍नो कैदको देशमा तपाईंको कृपाको खोजी गर्छन् । तिनीहरूले यसो भन्‍छन्, ‘हामीले भ्रष्‍ट किसिमले काम गर्‍यौं र पाप गर्‍यौं । हामीले दुष्‍ट किसिमले व्‍यवहार गर्‍यौं ।’
2CH 6:38 जब तिनीहरूलाई उनीहरूले कैद गरेर लगेको देशमा तिनीहरूले आफ्‍ना सारा हृदय र आफ्‍ना सारा प्राणले तपाईंतिर फर्किन्‍छन् र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशतिर र तपाईंले चुन्‍नुभएको यो सहरतिर र तपाईंका नाउँको निम्‍ति मैले बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले तपाईंमा प्रार्थना गर्छन् ।
2CH 6:39 तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट तिनीहरूको प्रार्थना र तिनीहरूका बिन्‍ती सुन्‍नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस्‌ । तपाईंको विरुद्धमा पाप गरेका तपाईंका मानिसलाई क्षमा गरिदिनुहोस्‌ ।
2CH 6:40 अब हे मेरा परमेश्‍वर, यस ठाउँमा चढाइएका प्रार्थनाहरूमा आफ्‍ना आँखा खोल्‍नुहोस्, र आफ्‍ना कान थाप्‍नुहोस् ।
2CH 6:41 हे परमप्रभु परमेश्‍वर, अब आफ्‍नो विश्रामको ठाउँमा, तपाईं र तपाईंका शक्तिको सन्‍दूकमा उठ्‌नुहोस् । हे परमप्रभु परमेश्‍वर, तपाईंका पुजारीहरू उद्धारको वस्‍त्रले पहिराइऊन्, र तपाईंका सन्‍तहरू तपाईंको भलाइमा आनन्‍दित होऊन्‌ ।
2CH 6:42 हे परमप्रभु परमेश्‍वर, आफ्‍ना अभिषिक्त जनको मुहार तपाईंबाट नतर्काउनुहोस् । आफ्‍ना सेवक दाऊदसँग तपाईंले गर्नुभएको करार बफादारीतालाई सम्‍झनुहोस्‌ ।
2CH 7:1 यति बेला जब सोलोमनले प्रार्थना गरेर सकेका थिए, तब स्‍वर्गबाट आगो तल झर्‍यो, र होमबलि र बलिदानहरू भस्‍म गर्‍यो, अनि परमप्रभुको महिमाले मन्‍दिर भरियो ।
2CH 7:2 परमप्रभुको महिमाले उहाँको मन्‍दिर भरिएको हुनाले पुजारीहरू मन्‍दिरभित्र पस्‍न सकेनन्‌ ।
2CH 7:3 आगो तल झरेको र परमप्रभुको महिमा मन्‍दिरमा भएको जब सबै इस्राएलीले देखे, तब तिनीहरूले आफ्‍ना अनुहारहरू ढुङ्गाको छपनीमा घोप्‍टो पारे र आराधना गरे र परमप्रभुलाई धन्‍यवाद दिए । तिनीहरूले भने, “उहाँ भलो हुनुहुन्‍छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्‍छ ।”
2CH 7:4 यसरी राजा र सबै मानिसले परमप्रभुलाई बलिदानहरू चढाए ।
2CH 7:5 सोलोमन राजाले बाईस हजार साँढे र एक लाख बीस हजार भेडा-बाख्रा बलि चढाए । यसरी राजा र सबै मानिसले परमेश्‍वरको मन्‍दिरको समर्पण गरे ।
2CH 7:6 पुजारीहरू प्रत्‍येक आफूले सेवा गर्ने ठाउँमा उभिएर खडा भएर । लेवीहरू पनि परमप्रभुको संगीतका बाजाहरू लिएर खडा भए, जसलाई दाऊद राजाले गीतद्वारा परमप्रभुलाई धन्यवाद दिनको निम्ति बनाएका थिए, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।” तिनीहरूका सामु सबै पुजारीले आआफ्ना तुरही बजाए, र सबै इस्राएली खडा भए ।
2CH 7:7 सोलोमनले परमप्रभुका मन्‍दिरको सामुन्‍नेको चोकको मध्‍य भागलाई अलग गरे । त्‍यहाँ तिनले होमबलिहरू र मेलबलिहरूका बोसोको भाग चढाए, किनभने तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्‍नबलि र बोसोका भागहरू अटाएनन्‌ ।
2CH 7:8 यसरी सोलोमन र तिनीसँग भएका सबै इस्राएली, लेबो-हमातदेखि मिश्रदेशको खोलासम्‍मको एउटा ठूलो समुदायले त्‍यस बेला सात दिनसम्‍म चाड मनाए ।
2CH 7:9 आठौं दिनमा तिनीहरूले धार्मिक सभा राखे, किनकि तिनीहरूले वेदीका समर्पणको सेवा सात दिनसम्‍म र चाड सात दिनसम्‍म मानेका थिए ।
2CH 7:10 परमप्रभुले दाऊद र सोलोमन र आफ्‍ना मानिस इस्राएललाई दिनुभएका सबै सुदिनको कारणले खुशी र आनन्‍दित हृदयहरूका साथ सातौं महिनाको तेईसौं दिनमा सोलोमनले मानिसहरूलाई आआफ्‍ना घर पठाइदिए ।
2CH 7:11 यसरी सोलोमनले परमप्रभुको मन्‍दिर र तिनको आफ्नै राजमहल बनाइसके । परमप्रभुको मन्‍दिर र तिनको आफ्‍नो राजमहल बनाउनको निम्ति तिनको हृदयमा आएका हरेक कुरा तिनले सफलतापूर्वक पूरा गरे ।
2CH 7:12 परमप्रभु राती सोलोमोनकहाँ देखा परेर तिनलाई भन्‍नुभयोः “मैले तेरो प्रार्थना सुनेको छु, र बलिदानको मन्‍दिरको रूपमा यो स्‍थानलाई मैले आफ्‍नो बासस्थानको निम्‍ति चुनेको छु ।
2CH 7:13 मैले आकाशलाई बन्‍द गरें र पानी परेन भने, वा देशलाई नष्‍ट गर्न भनी सलहहरूलाई मैले आज्ञा दिएँ भने, वा मेरो मानिसमाथि मैले विपत्ति पठाएँ भने,
2CH 7:14 तब मेरो आफ्‍नै नाउँ दिइएको मेरा मानिसहरूले आफैलाई नम्र पार्छन्, प्रार्थना गर्छन्, मेरो मुहारको खोजी गर्छन् र आफ्‍ना दुष्‍ट चालहरूबाट फर्किन्‍छ्न् भने, म स्‍वर्गबाट सुन्‍नेछु, तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूका देशलाई निको पार्नेछु ।
2CH 7:15 यस ठाउँमा गरिएका प्रार्थनातिर अब मेरा आँखा खुला हुनेछन् र मेरा कानले सुन्‍नेछन्‌ ।
2CH 7:16 किनकि अब मैले यस मन्‍दिरलाई चुनेको छु र त्‍यसलाई अलग गरेको छु ताकि त्‍यहाँ सदासर्वदा मेरो नाउँ रहोस् । मेरो दृष्‍टि र मेरो हृदय हरेक दिन त्‍यहाँ रहनेछ ।
2CH 7:17 तेरो बारेमाचाहिं, मैले तँलाई दिएका सबै आज्ञा पालन गरेर र मेरा विधिहरू र आदेशहरू पालन गरेर तेरा बुबा दाऊद मेरो दृष्‍टिमा हिंडेझैं हिंडिस्‌ भने,
2CH 7:18 तब तेरो राज्‍यको सिंहासन म स्थापित गर्नेछु, जसरी मैले तेरा बुबा दाऊदलाई यसो भनेर करारद्वारा प्रतिज्ञा गरेको थिएँ, ‘इस्राएलमाथि राज्‍य गर्न तेरा सन्तानहरूको अभाव हुनेछैन’ ।’
2CH 7:19 तर मैले तँलाई दिएका मेरा विधिहरू र आज्ञाहरू पालन गरिनस् र ती त्‍यागिस् र तँ गएर अरू देवताहरूको पुजा गरिस् र तिनीहरूका सामु दण्‍डवत् गरिस् भने,
2CH 7:20 तब मैले तिनीहरूलाई दिएको मेरो देशबाट म तिनीहरूलाई जरैसमेत उखेलिदिनेछु । मेरो नाउँ रहनलाई मैले अलग गरेको यस मन्‍दिरलाई म त्‍याग्‍नेछु, र सबै मानिसका बिचमा म त्‍यसलाई एउटा उखान र गिल्‍लाको पात्र बनाउनेछु ।
2CH 7:21 अहिले यो मन्‍दिर ज्‍यादै गौरवशाली भए तापनि, यसलाई देखेर आउनेजाने हरेक मानिस अवाक्‌ भएर सुस्‍केरा निकाल्‍नेछ । तिनीहरूले सोध्‍नेछन्, ‘परमप्रभुले किन यस देश र यस मन्‍दिरसित यस्‍तो गर्नुभयो?’
2CH 7:22 अरूले यस्‍तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरलाई त्‍यागे जसले तिनीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्‍याउनुभयो । अनि तिनीहरूले अरू देवताहरू स्‍थापना गरे र तिनीहरूको सामु दण्‍डवत गरे र तिनीहरूको पुजा गरे । यसैकारण परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्‍याउनुभयो ।’”
2CH 8:1 सोलोमनले परमप्रभुको मन्‍दिर र आफ्‍नो राजमहल निर्माण गरेका बिस वर्षको समयको अन्‍तमा यस्‍तो भयो,
2CH 8:2 हीरामले सोलोमनलाई दिएका सहरहरूका तिनले पुनर्निर्माण गरे र तिनमा इस्राएलका मानिहरूलाई तिनले बसाले ।
2CH 8:3 सोलोमनले हमातसोबालाई आक्रमण गरे र त्‍यसलाई हराए ।
2CH 8:4 तिनले उजाड-स्‍थानमा तदमोरको पुनर्निर्माण गरे र सबै भण्‍डारणका सहर जसलाई तिनले हमातमा बनाए ।
2CH 8:5 तिनले माथिल्‍लो बेथ होरोन र तल्‍लो बेथ होरोनलाई पर्खालहरू, ढोकाहरू र बारहरू लगाएर किल्लाबन्‍दी गरे ।
2CH 8:6 तिनले बालात आफूसँग भएका भण्‍डारणका सबै सहर र आफ्‍ना रथहरू सबै सहर र घोडाचडीहरूका निम्‍ति सहरहरू र यरूशलेममा, लेबनानमा र आफ्‍ना सारा राज्‍यमा सारा देशभरि आफूले जे इच्‍छा गरे त्‍यो तिनले बनाए ।
2CH 8:7 हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूका सबै बाँकी रहेकाहरू, जो इस्राएलका थिएनन्,
2CH 8:8 तिनीहरूपछि देशमा छोडिएका तिनीहरूका सन्‍तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्‌—सोलोमनले तिनीहरूलाई ज्‍यालाबिनाका श्रमिक बनाए, जसमा तिनीहरू आजको दिनसम्‍मै रहेका छन्‌ ।
2CH 8:9 तापनि सोलोमनले इस्राएलका मानिसलाई ज्‍यालाबिनाका श्रमिक बनाएनन् । बरु, तिनीहरू तिनका सिपाहीहरू, कमाण्‍डरहरू, अधिकारीहरू, अनि सारथि र घोडचडीका कमाण्‍डरहरू भए ।
2CH 8:10 सोलोमनका निरीक्षकहरूका मुख्‍य अधिकारीहरू यिनैमध्येबाट भए जो २५० जना थिए, जसले काम गर्नेहरूको निरीक्षण गरे ।
2CH 8:11 सोलोमनले फारोकी छोरीलाई दाऊदको सहरबाट तिनको निम्‍ति बनाएको महलमा ल्‍याए, किनकि तिनले भने, “मेरी पत्‍नी इस्राएलका राजा दाऊदको महलमा बस्‍नेछैनन्, किनभने परमप्रभुको सन्‍दूक ल्याइएका ठाउँहरू पवित्र छन्‌ ।”
2CH 8:12 तब सोलोमनले दलानको अगाडिपट्टि आफूले बनाएको वेदीमा परमप्रभुको निम्‍ति होमबलिहरू चढाए ।
2CH 8:13 दिन-दिनको सूचीअनुसार तिनले बलिदानहरू चढाए । मोशाको आज्ञामा भएका निर्देशनबमोजिम तिनले शबाथ दिन, औंसी र वर्षेनी तिन पल्‍ट चढाउने चाडहरूः अखमिरी रोटीको चाड, साताहरूको चाड र छाप्रो-वासको चाडमा तोकिएबमिजिम तिनले चढाए ।
2CH 8:14 आफ्‍ना पिता दाऊदको विधिहरू पालन गर्ने कुरामा सोलोमनले प्रतिदिनको लागि आवश्यक परेअनुसार पुजारीका दलहरूलाई आआफ्‍ना काममा र लेवीहरूलाई चाहिं परमेश्‍वरको स्‍तुति गर्ने र पुजारीहरूका अगि सेवा गर्ने तिनीहरूका दर्जामा नियुक्त गरे । हरेक ढोकामा तिनले ढोकाका रक्षकहरू आफ्‍ना दलअनुसार रहनलाई नियुक्त गरे, किनकि परमेश्‍वरका मानिस दाऊदले यसरी नै आज्ञा दिएका थिए ।
2CH 8:15 पुजारीहरू र लेवीहरूलाई कुनै पनि विषयमा वा अनि भण्‍डारण कोठाहरूका विषयमा राजाले दिएका आज्ञाबाट यी मानिसहरू तर्किएनन् ।
2CH 8:16 परमप्रभुका मन्‍दिरको जग बसालेदेखि त्‍यो पूरा नभएसम्‍म सोलोमनले आज्ञा गरेका सबै काम सम्‍पन्‍न भएको थियो । परमप्रभुको मन्‍दिर बनाउने काम सकियो ।
2CH 8:17 त्‍यसपछि सोलोमन एदोम देशको किनारमा भएको एस्‍योन-गेबेर र एलातमा गए ।
2CH 8:18 अनि हीरामले समुद्रको बारेमा जानकारी भएका मानिसहरूसहितका आफ्‍ना अधिकारीहरूका कमाण्‍डमा रहेका रहेका पानी जहाजहरू पठाइदिए र सोलोमनका सेवकहरूका साथमा तिनीहरू ओपीरमा गए र तिनीहरूले त्‍यहाँबाट सोह्र टन सुन ल्‍याए र त्‍यो सोलोमन राजालाई दिए ।
2CH 9:1 जब शेबाकी रानीले सोलोमनको ख्‍यातिको बारेमा सुनिन्, तब कठिन प्रश्‍नहरू लिएर तिनको जाँच गर्न तिनी यरूशलेममा आइन्‌ । तिनी मसलाहरू, प्रशस्‍त सुन र धेरै बहुमूल्‍य रत्‍नहरूलाई ऊँटहरूमा लदाएर एक अत्‍यन्‍तै ठूलो लावालश्‍करसाथ आइन्‌ । जब तिनी सोलोमनकहाँ आइन्, तब तिनले आफ्‍नो मनमा भएका सबै कुरा उनलाई भनिन् ।
2CH 9:2 सोलोमनले तिनका सबै प्रश्‍नहरूका जवाफ दिए । सोलोमनको निम्ति कुनै कुरा पनि प्रश्‍न कठिन भएन । तिनले जवाफ नदिएको कुनै पनि प्रश्‍न बाँकी रहेन ।
2CH 9:3 जब शेबाकी रानीले सोलोमनको बुद्धि, र तिनले बनाएको राजमहल देखिन्,
2CH 9:4 तिनको टेबलको भोजन, तिनका सेवकहरूका बसाइ, तिनका सेवकहरूका काम र तिनीहरूका पोशाकहरू, र तिनका मद्य पियाउनेहरू र तिनका पोशाकहरू, र परमप्रभुको मन्‍दिरमा तिनले चढाएका होमबलिहरू देखिन्, र तिनी आश्‍चर्यचकित भइन्‌ ।
2CH 9:5 तिनले राजालाई भनिन्, “तपाईंका वचन र तपाईंको बुद्धिको विषयमा मैले आफ्‍नो देशमा सुनेको कुरा साँचो रहेछ ।
2CH 9:6 म यहाँ नआएसम्‍म मैले जे सुनें त्‍यो मैले विश्‍वास गरिनँ, र अहिले मेरा आँखाले यी देखेका छन् । तपाईंको बुद्धि र सम्पत्तिको विषयमा मलाई आधा कुरा पनि भनिएको रहेनछ! तपाईंको ख्‍याति मैले सुनेको भन्दा बढी रहेछ ।
2CH 9:7 तपाईंका मानिसहरू कति धन्‍यका हुन् र निरन्‍तर तपाईंको सामु खडा रहने तपाईंका सेवकहरू कति धन्‍यका हुन् किनभने तिनीहरूले तपाईंका बुद्धिका कुराहरू सुन्‍न पाउँछन् ।
2CH 9:8 तपाईंसित प्रसन्‍न भई तपाईंलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्‍नुहुने परमप्रभु तपाईंका परमेश्‍वर धन्‍यका होउन् । किनभने इस्राएललाई सदाको निम्ति स्थापित गराउनलाई तपाईंका परमेश्‍वरले त्‍यसलाई प्रेम गर्नुभयो । तपाईंले न्‍याय र धार्मिकता कायम राख्‍नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा बनाउनुभयो !”
2CH 9:9 तिनले राजालाई चार टन सुन, प्रशस्‍त मात्रामा मसला र बहुमूल्‍य रत्‍नहरू दिइन्‌ । सोलोमन राजालाई शेबाकी रानीले दिएको जति धेरै मसलाहरू तिनलाई फेरि कसैले पनि दिएन ।
2CH 9:10 ओपीरबाट सुन ल्याउने हीरामका सेवकहरू र सोलोमनका सेवकहरूले चन्‍दनको काठ र बहुमूल्‍य रत्‍नहरू पनि ल्‍याए ।
2CH 9:11 चन्दनका काठबाट राजाले परमप्रभुको मन्‍दिर र राजमहलका सिंढी र संगीतकारहरूका निम्‍ति वीणा र सारङ्गीहरू पनि बनाए । यहूदा देशमा यसभन्दा अघि कहिल्‍यै पनि यस्‍ता काठहरू देखिएका थिएनन्‌ ।
2CH 9:12 शेबाकी रानीले जे इच्‍छा गरिन् र जे मागिन् ती हरेक कुरा सोलोमन राजाले तिनलाई दिए । तिनले राजालाई ल्‍याएर दिएका थोकभन्‍दा धेरै तिनले उनलाई दिए । यसरी उनी बिदा भइन् र आफ्ना सेवकहरूका साथ आफ्‍नो देशमा फर्किन्‌ ।
2CH 9:13 सोलोमनकहाँ हरेक वर्षमा आएको सुनको तौल तेईस टन हुन्‍थ्‍यो,
2CH 9:14 यो व्‍यापारीहरू र कारोवारीले ल्याएका सुनबाहेको थियो । अरब देशका सबै राजा र प्रादेशिक गभर्नरहरूले पनि राजाको निम्‍ति सुन र चाँदी ल्‍याए ।
2CH 9:15 सोलोमन राजाले पिटेका सुनका दुई सय ठूला ढाल बनाए । प्रत्‍येक ढाल बनाउन साढे तिन किलोग्राम सुन लागेको थियो ।
2CH 9:16 पिटेको सुनका तिन सय साना ढाल पनि तिनले बनाए । प्रत्‍येक ढालमा करीब डेढ किलोग्राम सुन थियो । राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे ।
2CH 9:17 तब राजाले हस्‍ती-हाडको एउटा ठूलो सिंहासन बनाए र त्‍यसमा निखुर सुनको जलप लगाए ।
2CH 9:18 सिंहासनमा उक्‍लने छ वटा खुट्‌किला थिए, र सुनको एउटा पाउदान सिंहासनसँग जोडिएको थियो । आसनका दुवैतिर हात अड्याउने ठाउँ थिए दुवै छेउमा दुई वटा सिंह खडा थिए ।
2CH 9:19 छ वटै खुट्‌किलाका दुवैपट्टि एक-एक वटा गरी जम्‍मा बाह्र वटा सिंह खडा थिए । कुनै पनि राज्‍यमा यस्‍तो किसिमको सिंहासन थिएन ।
2CH 9:20 सोलोमनका पिउने कचौरा सबै सुनका थिए, र लेबनानको वन भनिने राजमहलमा भएका पिउने कचौरा सबै सुनका थिए । चाँदीको केही पनि थिएन, किनभने सोलोमनको समयमा चाँदीलाई बहुमूल्य ठानिइन ।
2CH 9:21 हिरामका समुद्री जहाजका साथमा राजाका पनि जहाजहरू थिए । हरेक तिन वर्षमा एक पल्‍ट यी जहाजहरूले सुन, चाँदी, हस्‍ती-हाड, ढेडुहरू र बाँदरहरू लिएर आउँथ्‍यो ।
2CH 9:22 यसरी सोलोमन राजाले धन-सम्‍पत्ति र बुद्धिमा पृथ्‍वीका अरू सबै राजालाई जितेका थिए ।
2CH 9:23 परमेश्‍वरले सोलोमनको हृदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्‍न पृथ्‍वीका सबै राजाले तिनको उपस्‍थितिमा बस्‍न खोज्‍थे ।
2CH 9:24 आउने हरेकले आफ्‍नो सौगात चाँदी र सुनका भाँडाहरू, लुगाहरू, हातहतियार र मसलाहरू अनि घोडा र खच्‍चरहरू वर्षैपिच्‍छे ल्‍याउँथे ।
2CH 9:25 सोलोमनसँग आफ्‍ना घोडा र रथहरूका निम्‍ति चार हजार तबेला थिए । अनि तिनका बाह्र हजार घोडचडी थिए, जसलाई तिनले रथहरू राख्‍ने सहरहरूमा र अरूलाई चाहिं आफूसित यरूशलेममा राखे ।
2CH 9:26 तिनले यूफ्रेटिस नदीदेखि पलिश्‍तीहरूका देश र मिश्रदेशको सिमानासम्‍मै राज्‍य गरे ।
2CH 9:27 राजासँग यरूशलेममा चाँदीचाहिं ढुङ्गैसरह थिए । तिनले देवदारुको काठचाहिं पहाडका जङ्गली अञ्‍जीरका बोटहरूसरह तुल्‍याए ।
2CH 9:28 तिनीहरूले सोलोमनका निम्ति मिश्रदेश र अरू सबै देशबाट घोडाहरू ल्याए ।
2CH 9:29 सोलोमनको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍मै नातान अगमवक्ताको इतिहास, शीलोनी अहियाहको अगमवाणी र दर्शी इद्दोका दर्शनको पुस्‍तकमा (जसमा नबातका छोरा यारोबामको विषयमा पनि जानकारी छ) वर्णन गरिएका छैनन्‌ र?
2CH 9:30 सोलोमनले यरूशलेममा सारा इस्राएलमाथि चालिस वर्ष राज्‍य गरे ।
2CH 9:31 त्‍यसपछि तिनी आफ्‍ना पर्खाहरूसित सुते, र मानिसहरूले तिनका बुबा दाऊदको सहरमा गाडे । तिनका ठाउँमा तिनका छोरा रहबाम राजा भए
2CH 10:1 रहबाम शकेममा गए, किनकि सारा इस्राएल तिनलाई राजा तुल्‍याउन शकेममा आइरहेका थिए ।
2CH 10:2 जब नबातका छोरा यारोबामले यो कुरा सुने (किनकि तिनी मिश्रदेशमा थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के ।
2CH 10:3 यसैले तिनीहरूले मानिस पठाए र तिनलाई बोलाए, र रहबाम र सबै इस्राएल आए । तिनीहरूले रहबामसित कुरा गरे र भने,
2CH 10:4 “तपाईंका बुबाले हाम्रो जुवा गाह्रो बनाउनुभयो । यसकारण, अब तपाईंका बुबाको कठोर कामलाई सजिलो बनाउनुहोस्, र उहाँले हामीमाथि लाद्‍नुभएको गह्रौं जुवा हलुङ्गो गरिदिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं ।”
2CH 10:5 रहबामले तिनीहरूलाई भने, “तिन दिनपछि फेरि मकहाँ आओ ।” यसैले मानिसहरू गए ।
2CH 10:6 राजा रहबामले आफ्‍नो बुबा सोलोमन जीवित छँदा तिनका सेवा गर्ने पाका मानिसहरूसँग सल्‍लाह मागे । तिनले भने, “यी मानिसलाई जवाफ दिन तपाईंहरू कस्‍तो सल्‍लाह दिनुहुन्‍छ?”
2CH 10:7 उनीहरूले तिनलाई यसो भने, “यी मानिसप्रति तपाईं असल हुनुभयो र तिनीहरूलाई खुसी पार्नुभयो, र तिनीहरूलाई असल वचन दिनुभयो भने, तिनीहरूले सधैं तपाईंका सेवकहरू हुनेछन्‌ ।”
2CH 10:8 तर ती पाका मानिसले आफूलाई दिएको सल्‍लाहलाई रहबामले बेवास्‍ता गरे, र आफूसित हुर्केका र आफ्‍नो सामु खडा भएका जवान मानिसहरूका सल्‍लाह तिनले मागे ।
2CH 10:9 तिनले उनीहरूलाई भने, “तिमीहरू मलाई कस्‍तो सल्लाह दिन्छौ, ताकि मसित यसो भनेर कुरा गर्ने मानिसहरूलाई हामीले जवाफ दिन सकौं, ‘तपाईंका बुबाले हामीमाथि लाद्‍नुभएको गह्रौं जुवा हलुङ्गो गरिदिनुहोस्’?”
2CH 10:10 रहबामसित हुर्केका ती जवान मानिसहरूले यसो भनेर तिनीसित कुरा गरे, “तपाईंको बुबा सोलोमोनले तिनीहरूका जुवा गह्रौं बनाउनुभयो, तर तपाईंले त्‍यो हलुङ्गो बनाउनुपर्छ भन्‍ने यी मानिसलाई तपाईंले यसो भन्‍नुपर्छ । तिनीहरूलाई तपाईंले यसो भन्‍नुपर्छ, ‘मेरो कान्‍छी औंला मेरा बुबाको कम्‍मरभन्‍दा मोटो छ ।
2CH 10:11 यसैले अब, मेरा बुबाले तिमीहरूमाथि गह्रौं जुवा बोकाउनुभए तापनि, तिमीहरूका जुवामाथि म थप्‍नेछु । मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्‍ड दिनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले दण्‍ड दिनेछु’ ।”
2CH 10:12 यसैले, “तिन दिनपछि फेरि मकहाँ आओ,” भन्‍ने राजाको हुकुमबमोजिम यारोबाम र ती सबै मानिस तेस्रो दिन रहबामकहाँ आए ।
2CH 10:13 अनि ती पाका मानिसका सल्लाहलाई बेवास्‍ता गरेर रहबामले तिनीहरूसँग कठोर किसिमले बोले ।
2CH 10:14 ती जवान मानिसका सल्‍लाहको अनुसरण गरेर उनीहरूसँग तिनले यसो भनेर, “मेरा बुबाले तिमीहरूको जुवा गह्रौं बनाउनुभयो, तर म त्‍यसमा थप्‍नेछु। मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्‍ड दिनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले दण्‍ड दिनेछु ।”
2CH 10:15 यसरी राजाले ती मानिसका कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई परमप्रभुले भन्‍नुभएको वचन पूरा हुनलाई परमेश्‍वरले नै यस्‍ता घटनाहरू हुन दिनुभयो ।
2CH 10:16 जब राजाले आफ्‍ना कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले जवाफ दिए र भने, “दाऊदमा हाम्रो के हिस्‍सा छ र? यिशैका छोरामा हाम्रो केही उत्तराधिकार छैन! ए इस्राएल, तिमीहरू हरेका आआफ्‍नै पालमा जानुपर्छ । अब ए दाऊद, तिम्रो आफ्‍नै घरको रेखदेख गर ।” यसैले सबै इस्राएल आआफ्‍ना पालहरूमा फर्के ।
2CH 10:17 तर यहूदाका सहरहरूमा बस्‍ने इस्राएलका मानिसहरूका सम्‍बन्‍धमा तिनीहरूमाथि रहबामले राज्‍य गरे ।
2CH 10:18 तब राजा रहबामले ज्‍यालाबिना काममा लगाइएका मानिसहरूका निरीक्षक अदोनीरामलाई पठाए, तर इस्राएलका मानिसहरूले तिनलाई ढुङ्गाले हानेर मारे । राजा रहबामचाहिं आफ्‍नो रथमा चढेर तुरुन्‍तै यरूशलेमतर्फ भागे ।
2CH 10:19 अनि आजको दिनसम्‍म पनि दाऊदका घरानाप्रति इस्राएलचाहिं विद्रोही भएको छ ।
2CH 11:1 जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले रहबामको राज्‍य पुनःर्स्‍थापित गराउनलाई इस्राएलको विरुद्धमा युद्ध गर्नलाई यहूदा र बेन्‍यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे ।
2CH 11:2 तर परमप्रभुको वचन परमेश्‍वरका मानिस शमायाहकहाँ यसो भनेर आयो,
2CH 11:3 “सोलोमनका छोरा यहूदाका राजा रहबाम, अनि यहूदा र बेन्यामिनका सबै इस्राएललाई यसो भन्,
2CH 11:4 'परमप्रभु यसो भन्‍नुहुन्‍छ, “आफ्‍नै दाजुभाइका विरुद्धमा तिमीहरूले आक्रमण गर्नु वा युद्ध गर्नुहुँदैन । हरेक व्‍यक्ति आआफ्‍नै घरमा फर्केर जानुपर्छ, किनकि मैले नै यसो हुन दिएको हो” ।’” यसैले तिनीहरूले परमप्रभुका वचन पालन गरे, र यारोबामको विरुद्धमा आक्रमण गर्नबाट पछि हटे ।
2CH 11:5 रहबाम यरूशलेममा बसोबास गरे र सुरक्षाको निम्ति यहूदामा सहरहरू निर्माण गरे ।
2CH 11:6 तिनले बेथहेलेम, एताम, तको,
2CH 11:7 बेथ सर, सोखो, अदुल्‍लाम,
2CH 11:8 गात, मारेशा, जीप,
2CH 11:9 अदोरेम, लाकीश, आजेका,
2CH 11:10 सोरा, अय्‍यालोन र हेब्रोन निर्माण गरे । यहूदा र बेन्‍यामीनका किल्‍लाबन्‍दी गरिएका सहरहरू यि नै थिए ।
2CH 11:11 तिनले ती गढीहरू किल्‍लाबन्‍दी गरे र तिनमा कमाण्‍डरहरू नियुक्त गरे । त्यहाँ तिनले खानेकुरा, तेल र दाखमद्य पनि तिनमा सञ्‍चय गरिदिए ।
2CH 11:12 तिनले सबै सहरमा ढाल र भालाहरू राखे, र तिनीहरूलाई धेरै बलियो बनाए । यसरी यहूदा र बेन्‍यामीन तिनका भए ।
2CH 11:13 जम्‍मै इस्राएलमा भएका चारैतिरबाट पुजारीहरू र लेवीहरू आआफ्‍ना सिमानाहरूबाट तिनीकहाँ गए ।
2CH 11:14 किनकि लेवीहरूले यहूदा र यरूशलेममा आउनको निम्ति आफ्‍ना खर्कहरू र जग्‍गाजमिन छोडे, किनकि किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई लखेटेका थिए, ताकि तिनीहरूले परमप्रभुको पुजारीको काम गर्न पाएनन् ।
2CH 11:15 डाँडाका अल्‍गा थानहरू र आफूले बनाएका बाख्रा र बाछाका मूर्तिहरू पूजा गर्न यारोबामले आफ्‍नै पुजारीहरू नियुक्त गरे ।
2CH 11:16 परमप्रभु इस्राएलका परमेश्‍वरलाई खोज्‍न आफ्नो हृदयहरू दिएका इस्राएलका सबै कुलबाट मानिसहरू तिनीहरूको पछि आए । तिनीहरू परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई बलिदान चढाउन यरूशलेममा आए ।
2CH 11:17 यसैले तिनीहरूले यहूदाको राज्‍य बलियो बनाए र तीन वर्षसम्‍म सोलोमनका छोरो रहबामलाई समर्थन गरे, र त्‍यस बेला तिनीहरू दाऊद र सोलोमनका चालअनुसार तीन वर्षसम्‍म हिंडे ।
2CH 11:18 रहबामले आफ्नो निम्ति एउटी पत्‍नी ल्याएः तिनी महलत थिइन् । तिनका बुबा दाऊदका छोरा यरीमोत थिए र आमाचाहिं यिशैका छोरा एलीआबकी छोरी अबीहेल थिइन् ।
2CH 11:19 उनीले तिनको निम्ति छोराहरू जन्माइन्: येऊश, शमरयाह र साहम ।
2CH 11:20 महलतपछि तिनले अब्‍शालोमकी छोरी माकालाई विवाह गरे । उनले तिनको निम्ति अबिया, अत्तै, जीजा र शलोमीत जन्माइन् ।
2CH 11:21 रहबामले आफ्‍ना सबै पत्‍नीहरू र उपपत्‍नीहरूलाई भन्दा धेरै माया माकालाई गरे (तिनले अठाह्र जना पत्‍नीहरू र साठी जना उपपत्‍नीहरू ल्याए, र तिनका अट्ठाईस जना छोरा र साठी जना छोरी थिए) ।
2CH 11:22 रहबामले माकाका छोरा अबियालाई दाजुभाइका प्रमुख अगुवा नियुक्त गरे । तिनले उनलाई राजा बनाउने बिचार गरेका थिए ।
2CH 11:23 रहबामले बुद्धिमानीपूर्वक राज्‍य गरे । तिनले आफ्ना सबै छोराहरूलाई यहूदा र बेन्‍यामीनका किल्लाबन्‍दी गरिएका जम्‍मै सहरमा पठाए । तिनले उनीहरूका निम्‍ति प्रशस्‍त खानेकुरा दिए र तिनीहरूका निम्‍ति धेरै जना पत्‍नीहरू खोजिदिए ।
2CH 12:1 यस्‍तो भयो, जब रहबामको राज्‍य स्थापित भयो र तिनी शक्तिशाली भए, तब तिनले परमप्रभुको व्‍यवस्‍था त्‍यागे— र तिनीसँगै जम्मै इस्राएलले पनि त्यागे ।
2CH 12:2 रहबाम राजाको शासनकालको पाँचौं वर्षमा मिश्रदेशका राजा शीशक यरूशलेमको विरुद्ध आए, किनभने मानिसहरू परमप्रभुप्रति अविश्‍वासी भएका थिए।
2CH 12:3 तिनी बाह्र सय रथ र साठी हजार घोडचढी लिएर आए । तिनीसँग मिश्रदेशबाट आएका असंख्‍य फौज हरूः लिबियाली, सुक्‍किया र कूशीहरू आए ।
2CH 12:4 तिनले यहूदाका किल्‍लाबन्‍दी गरिएका सहरहरू जिते र यरूशलेममा आइपुगे ।
2CH 12:5 शीशकको कारणले यरूशलेममा भेला भएका रहबाम र यहूदाका अगुवाहरू भएको ठाउँमा शमयाह अगमवक्ता आए । शमायाहले तिनीहरूलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरूले मलाई त्‍यागेका छौ, यसैले मैले पनि तिमीहरूलाई शीशकको हातमा सुम्‍पिदिएको छु’ ।”
2CH 12:6 तब इस्राएलका शासकहरू र राजाले आफूलाई विनम्र बनाए र भने, “परमप्रभु धर्मी हुनुहुन्‍छ ।”
2CH 12:7 जब तिनीहरूले आफूलाई विनम्र तुल्‍याएका छन् भनी जब परमप्रभुले देख्‍नुभयो, तब परमप्रभुको वचन शमायाहकहाँ यसो भनेर आयो, “तिनीहरूले आफूलाई विनम्र तुल्‍याएका छन् । म तिनीहरूलाई विनाश गर्नेछैनँ । म तिनीहरूलाई केही हदसम्म उद्धार गर्नेछु, र शीशकको हातद्वारा यरूशलेममा म आफ्‍नो क्रोध खन्‍याउनेछैनँ ।
2CH 12:8 तापनि तिनीहरू त्‍यसका सेवकहरू हुनेछन्‌ ताकि मेरो सेवा गर्नु र अरू देशका शासकहरूका सेवा गर्नमा के भिन्‍नता रहेछ सो तिनीहरूले थाहा पाउनेछन्‌ ।”
2CH 12:9 यसैले मिश्रदेशका राजा शीशक यरूशलेमको विरुद्ध आए र परमप्रभुको मन्‍दिर कोषहरू र राजाको महलका भण्‍डारका धन-सम्पत्ति लुटेर लगे । तिनले हरेक कुरा लगे । सोलोमनले बनाएका सुनका ढालहरू पनि तिनले लगे ।
2CH 12:10 रहबाम राजाले तिनको सट्टामा काँसाका ढालहरू बनाए र राजाका महलको ढोकाहरूका रक्षा गर्ने रक्षकहरूका कमाण्‍डरहरूका जिम्‍मामा दिए ।
2CH 12:11 जब राजा परमप्रभुको मन्‍दिरभित्र पस्‍थे, तब रक्षकहरू ती बोक्थे । अनि तिनीहरूले रक्षक बस्‍ने कोठामा फेरि ती फर्काउँथे ।
2CH 12:12 जब रहबामले आफूलाई विनम्र तुल्‍याए, तब तिनलाइ पुरै नष्‍ट नगर्नलाई परमप्रभुको क्रोध तिनीबाट हट्यो । यसका अतिरिक्त, यहूदामा केही असल कुरा अझै बाँकी थियो ।
2CH 12:13 यसरी रहबाम राजाले यरूशलेममा आफ्नो राजकाज बलियो बनाए, र यसरी तिनले राज्य गरे । रहबामले राज्य गर्न सुरु गर्दा तिनी एकचालीस वर्षका थिए, र परमप्रभुले इस्राएलका सारा कुलबाट आफ्‍नो नाउँ राख्‍नका निम्‍ति चुन्‍नुभएको सहर यरूशलेममा तिनले सत्र वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अम्‍मोनी स्‍त्री नामा थियो ।
2CH 12:14 तिनले जे खराब थियो त्‍यही गरे, किनभने तिनले आफ्नो हृदय परमप्रभुको खोजी गर्न लगाएनन् ।
2CH 12:15 रहबामको राजकालका घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म शमायाह अगमवक्ता र दर्शी इद्दोका इतिहासका पुस्‍तकहरूमा समेत लेखिएका छैनन्‌ र, जसमा वंशक्रमहरू र रहबाम र यारोबामका बीचमा निरन्‍तर भएको युद्धका अभिलेख पनि राखिएको छन्?
2CH 12:16 रहबाम आफ्‍ना पुर्खाहरूसित सुते, र दाऊदको सहरमा गाडिए । तिनका छोरा अबिया तिनका ठाउँमा राजा भए ।
2CH 13:1 राजा यरोबामको अठारौँ वर्षमा, अबियाले यहूदामा राज्य गर्न सुरु गरे ।
2CH 13:2 तिनले यरूशलेममा तीन वर्ष राज्‍य गरे । तिनकी आमा गिबाका उरीएलकी छोरी माका थिइन्‌ । अबिया र यारोबामका बीचमा युद्ध भयो ।
2CH 13:3 अबिया चार लाख छानिएका बलिया र वीर योद्धाहरू लिएर युद्ध गर्न गए । यारोबामले छानिएका बलिया र वीर आठ लाख योद्धाहरू लडाँइको निम्ति तैनाथ गरे ।
2CH 13:4 अबिया एफ्राइमको पहाडी देशमा भएको समारैम डाँडामा खडा भए र यसो भने, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन!
2CH 13:5 परमप्रभु इस्राएलका परमेश्‍वरले औपचारिक करारद्वारा सधैँको निम्‍ति दाऊद र तिनका सन्‍तानलाई इस्राएलमाथि शासन गर्न दिनुभएको कुरा के तिमीहरूलाई थाहा छैन?
2CH 13:6 तापनि दाऊदका छोरा सोलोमनका सेवक नबातका छोरा यारोबाम उठ्‍यो र आफ्‍ना मालिकको विरुद्धमा बागी भयो ।
2CH 13:7 केही बेकम्‍मा बदमाशहरू त्‍यसको साथमा भेला भए । तिनीहरू सोलोमनका छोरा रहबामको विरुद्धमा आए, जति बेला रहबाम कलिलै र अनुभव नभएको र तिनीहरूको सामना गर्न नसक्‍ने अवस्थामा थिए ।
2CH 13:8 यसैले तिमीहरूसँग एउटा ठूलो फौज भएको हुनाले र तिमीहरूसँग देवताहरू हुनलाई यारोबामले बनाएका यी सुनका बाछाहरू तिमीहरूसँग भएको हुनाले, अब तिमीहरू दाऊदका सन्‍तानहरूका हातमा भएको परमप्रभुका राज्‍यको विरुद्धमा खडा हुने योजना गर्दछौ ।
2CH 13:9 तर के तिमीहरूले हारूनको वंशका परमप्रभुका पुजारीहरू र लेवीहरूलाई लखेट्‍ने र अरू देशका मानिसहरूले गरेझैं आफ्‍नै पुजारीहरूलाई नियुक्त गरेनौ र? जुनसुकै मानिस पुजारी भएर सेवा गर्नलाई एउटा बाछो र सात वटा भेडा लिएर आउँछ, त्यो जो देवताहरू नै होइनन्, त्यसको पुजारी बन्छ ।
2CH 13:10 तर हाम्रा बारेमा त, परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, र हामीले उहाँलाई त्‍यागेका छैनौं । हामीसँग परमप्रभुको सेवा गर्ने हारूनका सन्तानहरू पुजारीको रूपमा छन्, र आफ्नो काम गर्ने लेवीहरू छन् ।
2CH 13:11 तिनीहरू हरेक बिहान र बेलुकी परमप्रभुको निम्‍ति होमबलि र सुगन्‍धित धूप चढ़ाउँछन्‌ । पवित्र टेबलमा उपस्‍थितिको रोटीलाई मिलाएर राख्‍ने काम पनि तिनीहरू गर्छन् । तिनीहरू बेलुकैपिच्‍छे सुनको सामदानमा भएका बत्तीहरू बाल्‍दछन्‌ । हामी परमप्रभु हाम्रा परमेश्‍वरका आज्ञा पालना गर्छौं, तर तिमीहरूले उहाँलाई त्यागेका छौ ।
2CH 13:12 हेर, परमेश्‍वर हाम्रा शिरमा हामीसँग हुनुहुन्छ, र उहाँका पुजारीहरू तिमीहरूका विरुद्धमा खतराको संकेत दिनलाई तुरही लिएर यहाँ छन् । हे इस्राएलका मानिसहरू हो, परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा युद्ध नगर, किनकि तिमीहरू सफल हुनेछैनौ ।”
2CH 13:13 तर यारोबामले आफ्‍नो फौजको एक दल पछिल्‍तिर गएर ढुकिबस्‍नलाई पठाएका थिए, र तिनको फौज चाहिं यहूदा, र तिनीहरूको पछाडि ढुकेर बसेका फौज थिए ।
2CH 13:14 जब यहूदाका मानिसहरूले पछाडि हेरे, तब हेर, लडाइँ आफ्‍नो अगाडि र पछाडि दुवैतिर भएको देखे । तिनीहरूले परमप्रभुमा पुकारा गरे, र पुजारीहरूले आफ्‍ना तुरहीहरू फुके ।
2CH 13:15 त्यसपछि यहूदाका मानिसहरूले ठुलो सोरले कराए । जब तिनीहरूले ठुलो सोरले कराए, तब परमेश्‍वरले यारोबाम र सबै इस्राएललाई अबिया र यहूदाको सामुन्‍ने प्रहार गर्नुभयो ।
2CH 13:16 इस्राएलका मानिसहरू यहूदाका सामुन्‍नेबाट भागे, र परमेश्‍वरले तिनीहरूलाई यहूदाको हातमा सुम्‍पिदिनुभयो ।
2CH 13:17 अबिया र तिनका फौजले ठुलो सङ्‍ख्‍यामा तिनीहरूको हत्या गरे । इस्राएलका पाँच लाख चुनिएका मानिसहरू मरेर ढले ।
2CH 13:18 यसरी इस्राएलका मानिसहरूलाई त्‍यस बेला पराजित गरियो । यहूदाका मानिसहरूले जिते, किनभने तिनीहरूले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरमाथि भरोसा गरे ।
2CH 13:19 अबियाले यारोबामलाई खेदे । तिनले उनीबाट बेथेल र त्‍यसका बस्‍ती, येशना र त्‍यसका बस्‍ती, अनि एप्रोन र त्‍यसका बस्‍तीसमेत कब्‍जा गरे ।
2CH 13:20 अबियाको शासनको समयमा यारोबामले फेरि आफ्‍नो शक्ति कदापि प्राप्‍त गर्न सकेनन्‌ । परमप्रभुले उनलाई प्रहार गर्नुभयो, र उनी मरे ।
2CH 13:21 तर अबियाले शक्तिशाली भए । तिनले आफ्नो निम्ति चौध जना पत्‍नी ल्‍याए, र बाइस जना छोरा र सोह्र जना छोरीका पिता भए ।
2CH 13:22 अबिया बाँकी कामहरू र तिनका व्यवहार र वचनहरू इद्दो अगमवक्ताको इतिहासमा लेखिएका छन्‌ ।
2CH 14:1 अबिया आफ्‍ना पुर्खाहरूसित सुते र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा आसा राजा भए । तिनको समयमा दश वर्षसम्‍म देशमा शान्‍ति भयो ।
2CH 14:2 आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरको दृष्‍टिमा जे कुरा असल र ठिक थियो त्‍यही गरे,
2CH 14:3 किनकि तिनले विदेशी वेदीहरू र डाँडाका थानहरू हटाए । तिनले ढुङ्गाका खम्‍बाहरू भत्‍काइदिए, र अशेरा देवीका खम्‍बाहरूलाई ढालिदिए ।
2CH 14:4 तिनले यहूदालाई परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको खोजी गर्ने, र व्‍यवस्‍था र आज्ञाहरू पालन गर्ने हुकुम गरे ।
2CH 14:5 साथै तिनले यहूदाका सबै सहरहरूमा भएका अल्‍गा थानहरू र धूप बाल्‍ने वेदीहरू पनि हटाइदिए । तिनको अधीनमा देशले शान्‍ति पायो ।
2CH 14:6 तिनले यहूदामा किल्‍ला भएका सहरहरू निर्माण गरे, किनकि देशमा शान्‍ति थियो, र ती वर्षहरूमा तिनले युद्ध गर्नुपरेन, किनभने परमप्रभुले तिनलाई शान्ति दिनुभएको थियो ।
2CH 14:7 किनकि आसाले यहूदालाई भने, “हामी यी सहरको निर्माण गरौं र तिनका चारैतिर पर्खाल, धरहरा, ढोका र बारहरू बनाऔँ । यो देश अझ हाम्रै हो, किनभने हामीले परमप्रभु हाम्रा परमेश्‍वरको खोजी गरेका छौं । हामीले उहाँलाई खोज्‍यौं, र हरेकतिरबाट उहाँले हामीलाई शन्‍ति दिनुभएको छ ।” यसैले तिनीहरूले निर्माण गरे र सफल भए ।
2CH 14:8 आसाका ढाल र भालाहरू बोक्‍ने फौज थियो । यहूदाबाट तीन लाख मानिस र बेन्‍यामीनबाट दुई लाख असी हजार मानिस जसले ढाल बोक्‍ने र धनुर्धारीहरू थिए । ती सबै शक्तिशाली योद्धा थिए ।
2CH 14:9 कूशी जेरह तिनीहरूका विरुद्धमा दस लाख फौज र तीन सय रथ लिएर आए । तिनी मारेशामा आइपुगे ।
2CH 14:10 तब आसा उनको सामना गर्न निस्‍केर आए, र मारेशानेरको सपताको बेसीमा तिनीहरूले एक-अर्कामा युद्ध गरे ।
2CH 14:11 आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरसित पुकारा गरे र भने, “हे परमप्रभु, धेरै जनाको सामना गर्नुपर्दा जससँग बल छैन त्‍यसलाई सहायता गर्ने तपाईंबाहेक अरू कोही पनि छैन । हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीलाई सहायता गर्नुहोस्, किनकि हामी तपाईंमा भर पर्छौं, र तपाईंकै नाउँमा यस ठूलो फौज को विरुद्धमा सामना गर्न हामी आएका छौं । हे परमप्रभु, तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ । मानिसले तपाईंलाई पराजित गर्न नदिनुहोस् ।”
2CH 14:12 यसैले परमप्रभुले आसा र यहूदाको सामु कूशीहरूलाई प्रहार गर्नुभयो । कूशीहरू भागे ।
2CH 14:13 आसा र तिनीसित भएका फौजले उनीहरूलाई गरारसम्‍म खेदे । यति धेरै कूशीहरू ढले कि तिनीहरू फेरि खडा हुन सकेनन्, किनकि तिनीहरू परमप्रभु र उहाँका फौजका सामु पूर्ण रूपले नष्‍ट भए । फौजले धेरै मात्रामा लूटका समान लिएर आए ।
2CH 14:14 फौजले गरारका चारैतिरका सबै बस्तीलाई नाश गरे, किनकि त्‍यहाँका बासिन्दाहरूमा परमप्रभुको त्रास परेको थियो । फौजले सबै बस्‍तीमा लूट मच्‍चाए र तिनीहरूसित धेरै लूटका माल भए ।
2CH 14:15 फौजले धेरै फिरन्ते गोठालाहरूका पालका बस्‍तीहरूसमेत नाश गरे । तिनीहरूले प्रशस्त मात्रामा भेडा र ऊँटहरू लिएर आए, र त्यसपछि तिनीहरू यरूशलेममा फर्के ।
2CH 15:1 परमेश्‍वरका आत्‍मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो ।
2CH 15:2 तिनी आसालाई भेट गर्न गए र तिनलाई भने, “ए आसा, यहूदा र बेन्‍यामीनका सबै जना, मेरा कुरा सुन्‍नुहोस्: जब तपाईंहरू परमप्रभुसँग रहनुहुन्छ, तब उहाँ पनि तपाईंहरूसँग हुनुहुन्‍छ । तपाईंहरूले उहाँलाई खोज्नुभयो भने, तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ । तर तपाईंहरूले उहाँलाई त्‍याग्‍नुभयो भने उहाँले पनि तपाईंहरूलाई त्‍याग्‍नुहुनेछ ।
2CH 15:3 अब धेरै समयसम्‍म इस्राएल साँचो परमेश्‍वर, सिकाउने पुजारी र व्‍यवस्‍थाविना थियो ।
2CH 15:4 तर जब आफ्‍नो कष्‍टमा तिनीहरू परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्के र उहाँलाई खोजे, तब तिनीहरूले उहाँलाई पाउन सके ।
2CH 15:5 त्यसबेला यहाँबाट यात्रा गरेर टाढा जाने र यात्रा गरेर यहाँ आउने दुबैलाई शान्ति थिएन । बरू, देशमा बसोबास गर्ने सबैमाथि ठूलो संकष्‍ट थियो ।
2CH 15:6 तिनीहरू टुक्रा-टुक्रा पारिए, राष्‍ट्रको विरूद्ध राष्‍ट्र, र सहरको विरूद्ध सहर, किनकि परमेश्‍वरले तिनीहरूलाई सबै किसिमका दु:खले समस्‍यामा पार्नुभयो ।
2CH 15:7 तर तपाईंहरू बलियो हुनुहोस्, आफ्ना हातहरू कमजोर हुन नदिनुहोस्, किनकि तपाईंका कामहरूको प्रतिफल दिइनेछ ।”
2CH 15:8 जब आसाले यी कुरा, ओदेदका छोरा अजर्याह अगमवक्ताका अगमवाणी सुने, तब तिनको साहस बढ्यो, र यहूदा र बेन्‍यामीनका सारा देश र तिनले कब्‍जा गरेका एफ्राइमका पहाडी देशका सहरहरूबाट घिनलाग्‍दा कुराहरू सबै हटाइदिए, र तिनले परमप्रभुको मन्‍दिरका दलानको अगि भएको परमप्रभुको वेदी पनि मरम्‍मत गरे ।
2CH 15:9 तिनले सारा यहूदा र बेन्‍यामीन र एफ्राइम, मनश्‍शे र शिमियोनबाट तिनीहरूसँग बस्‍नेहरूलाई भेला गरे । किनभने परमप्रभु तिनका परमेश्‍वर तिनीसँग हुनुभएको तिनीहरूले देखेर इस्राएलबाट तिनीहरू धेरै सङ्‍ख्‍यामा तिनीकहाँ आए ।
2CH 15:10 यसैले आसाका राजकालको पन्‍ध्रौँ वर्षको तेस्रो महिनामा तिनीहरू यरूशलेममा एकसाथ भेला भए ।
2CH 15:11 त्‍यस दिन तिनीहरूले ल्‍याएको लूटका मालबाट परमप्रभुलाई सात सय साँढे र सात हजार भेडाहरू र बाख्राहरू बलिदान चढाए ।
2CH 15:12 तिनीहरू आफ्‍ना सारा हृदय र आफ्‍ना सारा प्राणले परमप्रभु आफ्‍ना पुर्खाका परमेश्‍वरको खोजी गर्नलाई करार बाँधे ।
2CH 15:13 अनि परमप्रभु इस्राएलका परमेश्‍वरलाई नखोज्‍ने जोसुकैलाई मारिनुपर्छ भन्‍ने कुरामा तिनीहरूले सहमती गरेः चाहे त्यो व्यक्ति सानो होस् वा ठूलो होस्, चाहे पुरुष होस् वा स्‍त्री होस् ।
2CH 15:14 तिनीहरूले ठूलो सोर, चिच्‍च्‍याएर, र तुरहीहरू र नरसिङ्गा बजाउँदै परमप्रभुसँग शपथ खाए ।
2CH 15:15 सारा यहूदा शपथमा आनन्‍दित भयो, किनकि तिनीहरूले आफ्‍ना पूरा हृदयले शपथ खाएका थिए, र तिनीहरूले आफ्‍ना सारा इच्‍छाले परमेश्‍वरलाई खोजे, र तिनीहरूले उहाँलाई पाउन सके । तिनीहरूका वरिपरि सबैतिरबाट परमप्रभुले तिनीहरूलाई शान्ति दिनुभयो ।
2CH 15:16 तिनले आफ्‍नी हजुरआमा माकालाई पनि राजमाताको पदबाट हटाइदिए, किनभने तिनले अशेरा देवीको खम्‍बोबाट घिनलाग्‍दो मूर्ति बनाएकी थिइन् । आसाले त्‍यो घिनलाग्दो मूर्तिलाई काटेर ढालिदिए, त्‍यसलाई धुलोपिठो पारे र किद्रोन खोल्‍सामा जलाइदिए ।
2CH 15:17 तर डाँडाहरूमा भएका अल्‍गा थानहरू इस्राएलबाट हटाइएनन् । तापनि आसाको जीवनकालभरि तिनको हृदय विश्‍वासयोग्य रहिरह्यो ।
2CH 15:18 तिनले आफ्‍ना पिताले अर्पण गरेका सुन, चाँदी र भाँडाकुँडाहरू परमेश्‍वरको मन्‍दिरमा ल्‍याए ।
2CH 15:19 आसाको राजकालको पैँतिसौँ वर्षसम्‍म कुनै युद्ध भएन ।
2CH 16:1 आसाका राजकालको छत्तीसौँ वर्षमा इस्राएलका राजा बाशा यहूदाको विरूद्ध आक्रामक रूपले प्रस्तुत भए र रामालाई बजमूत गराए, ताकि कोही पनि यहूदाका राजा आसाको देशभित्र जान र बाहिर आउन नसकून् ।
2CH 16:2 त्यसपछि आसाले परमप्रभुको मन्‍दिर र राजाको महलका भण्‍डारका सुन र चाँदीहरू निकालेर ती दमस्‍कसमा बस्‍ने अरामका राजा बेन-हददकहाँ पठाए । तिनले भने,
2CH 16:3 “मेरा पिता र तपाईंका पिताको बिचमा भएजस्तै मेरो र तपाईंका बिचमा पनि एउटा करार होस् । हेर्नुहोस्, मैले तपाईंलाई चाँदी र सुन पठाएको छु । इस्राएलका राजा बाशासँग तपाईंको सन्‍धि तोडिदिनुहोस्, ताकि तिनले मलाई हस्‍तक्षेप नगरुन् ।”
2CH 16:4 बेन-हददले आसा राजाको कुरा स्‍वीकार गरेर आफ्‍ना फौजका कमाण्‍डरलाई इस्राएलका सहरहरूका विरुद्धमा लड्‌न पठाए । तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्‍तालीका सबै भण्‍डार राख्‍ने सहरमाथि आक्रमण गरे ।
2CH 16:5 जब बाशाले यो कुरा सुने तब यस्‍तो भयो, तिनले रामालाई मजबूत बनाउन छोडिदिए, र आफ्ना काम बन्‍द गरिदिए ।
2CH 16:6 त्‍यसपछि आसा राजाले यहूदाका सबैलाई आफूसित लगे । तिनीहरूले बाशाले बनाउँदै गरेको रामाका ढुङ्गा र काठहरू उठाएर लगे । त्यसपछि आसा राजाले गेबा र मिस्‍पालाई मजबूत पार्न ती सामाग्री प्रयोग गरे ।
2CH 16:7 त्‍यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आए र तिनलाई भने, “तपाईंले अरामका राजामाथि भरोसा गर्नुभएको हुनाले र परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि भरोसा नगर्नुभएको हुनाले गर्दा अरामका राजाको फौज तपाईंको हातबाट उम्‍केको छ ।
2CH 16:8 के कूशीहरू र लिबियालीहरू असंख्‍य रथ र घोड़चढ़ीहरू भएको विशाल फौज थिएनन्‌? तापनि तपाईंले परमप्रभुमाथि भरोसा राख्‍नुभएको हुनाले, उहाँले तपाईंलाई उनीहरूमाथि विजय दिनुभयो ।
2CH 16:9 किनकि परमप्रभुको दृष्‍टि सारा पृथ्‍वीभरि जहाँसुकै दौडिरहन्‍छ, ताकि जसका हृदय उहाँप्रति समर्पित छन्, तिनीहरूका पक्षमा उहाँले आफैलाई बलियो देखाउन सक्‍नुभएको होस् । तर यस विषयमा तपाईंले मूर्खतासाथ काम गर्नुभयो । अबदेखि तपाईंले युद्ध गर्नुपर्नेछ ।”
2CH 16:10 त्यसपछि आसा ती दर्शीसँग रिसाए । उनले तिनलाई थुनामा राखे, किनकि यस विषयमा थिनीसित उनी रिसाएका थिए । यसै समयमा, आसाले केही मानिसहरूमाथि अत्याचार गरे ।
2CH 16:11 हेर, आसाका सुरुदेखि अन्तसम्मका कामहरू यहूदा र इस्राएलका राजाहरूका पुस्‍तकमा लेखिएका छन्‌ ।
2CH 16:12 आफ्‍नो राजकालको उनन्‍चालिसौँ वर्षमा आसालाई खुट्टामा रोग लाग्यो । तिनको त्‍यो रोग साह्रै गम्‍भीर भए तापनि तिनले परमप्रभुबाट सहायता खोजेनन्, तर वैद्यहरूको मात्र सल्‍लाह लिए ।
2CH 16:13 तब आफ्‍नो राजकालको एकचालिसौँ वर्षमा मरेर, तिनी आफ्‍ना पुर्खाहरूसित सुते ।
2CH 16:14 तिनको आफ्‍नै चिहानमा तिनलाई तिनीहरूले गाडे, जुन तिनले दाऊदको सहरमा आफ्‍नो निम्‍ति खन्‍न लगाएका थिए । उनलाई सुगन्धित वासनाहरू र अत्तरहरू बनाउने निपुण मानिसहरूद्वारा तयार गारिएको विभिन्‍न किसिमका मसलाहरू मिलाइएको अर्थीमा राखियो । अनि तिनीहरूले उनको सम्‍झनामा एउटा ठूलो आगो बाले ।
2CH 17:1 आसाका छोरा यहोशापात तिनको ठाउँमा राजा भए । यहोशापातले इस्राएलको विरूद्ध आफैलाई मजबुत बनाए ।
2CH 17:2 तिनले यहूदाका किल्‍ला भएका सबै सहरमा फौज राखे, र यहूदाभरि र तिनका पिता आसाले कब्‍जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्‍ति छाउनीहरू राखे ।
2CH 17:3 परमप्रभु यहोशापातसँग हुनुहुन्थ्यो किनकि तिनी आफ्‍ना पिता दाऊदले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिंडे, र बालको खोजी गरेनन् ।
2CH 17:4 बरू, तिनले आफ्‍ना पिताका परमेश्‍वरमा भरोसा गरे, र तिनका आज्ञाहरूमा चले, इस्राएलका व्‍यवहारअनुसार होइन ।
2CH 17:5 यसरी परमप्रभुले तिनको हातमा शासन स्थापित गर्नुभयो । सारा यहूदाले यहोशापातलाई कर तिरे । तिनीसित धन-सम्‍पत्ति र ख्‍याति प्रशस्‍त थियो ।
2CH 17:6 तिनको हृदय परमप्रभुका मार्गमा समर्पित थिए । तिनले यहूदाबाट डाँडाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाउने काम पनि गरे ।
2CH 17:7 आफ्‍नो राजकालको तेस्रो वर्षमा तिनले आफ्‍ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई यहूदाका सहरहरूमा शिक्षा दिनलाई पठाए ।
2CH 17:8 तिनीहरूसँग लेवीहरू शमायाह, नतन्‍याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, र तिनीहरूसँग पुजारी एलीशामा र यहोराम थिए ।
2CH 17:9 तिनीहरूले आफूसित परमप्रभुका व्‍यवस्‍थाको पुस्‍तक लिएर यहूदामा सिकाए । तिनीहरू यहूदाका सबै सहरमा गए र मानिसहरूका माझमा सिकाए ।
2CH 17:10 यहूदाको वरिपरि भएका सबै राज्‍यहरूमा परमप्रभुको भय पर्‍यो, जसले गर्दा उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन्‌ ।
2CH 17:11 पलिश्‍तीमध्‍ये कसैले यहोशापातकहाँ करको रूपमा उपहारहरू र चाँदीको ल्‍याए । अरबीहरूले तिनका निम्‍ति पनि सात हजार सात सय भेडा र सात हजार सात सय बोकाहरू ल्‍याए ।
2CH 17:12 यहोशापात धेरै शक्तिशाली भए । तिनले यहूदामा किल्‍लाहरू र भण्‍डार राख्‍ने सहरहरू बनाए ।
2CH 17:13 यहूदाका सहरहरूमा तिनीसँग प्रशस्‍त खानेकुरा बलिया, र यरूशलेममा बलिया र शक्तिशाली मानिस सिपाहीहरू थिए ।
2CH 17:14 तिनीहरू आआफ्‍नो पिताका घरानाअनुसार सूचिकृत गरिएका दलहरू यी नै थिएः यहूदाबाट हजारका फौज पतिहरू, फौज पति अदनाह र तिनका साथमा तीन लाख योद्धाहरू ।
2CH 17:15 तिनीपछि फौज पति येहोहानान र तिनका साथमा दुई लाख असी हजार मानिसहरू।
2CH 17:16 तिनीपछि जिक्रीका छोरा अमसिया, जसले स्वेच्छाले परमप्रभुका सेवाको निम्ति आफूलाई समर्पित गरे । अनि तिनीसँग दुई लाखको योद्धाहरू ।
2CH 17:17 बेन्‍यामीनबाटः एक जना शक्तिशाली व्यक्ति एल्‍यादा, र तिनका साथमा धनु र ढालले सुसज्‍जित भएका दुई लाखको फौज ।
2CH 17:18 तिनीपछि यहोजाबाद, र तिनका साथमा युद्धको निम्ति तयार भएका एक लाख असी हजारको फौज ।
2CH 17:19 यिनीहरू यहूदाका किल्‍ला भएका सहरहरूमा राजाले राखेकाबाहेकका थिए ।
2CH 18:1 यहोशापातसँग धेरै धन-सम्‍पत्ति र सम्मान थियो । तिनले आफ्नो परिवारको एक जना सदस्यसित आहाबकी छोरीको बिवाह गराएर उनीसित वैवाहिक सम्‍बन्‍ध जोडे ।
2CH 18:2 केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए । आहाबले तिनी र तिनका साथमा भएका मानिसहरूका निम्ति निम्‍ति धेरैवटा भेडा र गोरुहरू काटे । आहाबले आफूसँग मिलेर रामोत-गिलादलाई आक्रमण गर्न तिनलाई फकाए ।
2CH 18:3 इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “के तपाईं मसँगै रामोत-गिलादमा जानुहुनेछ?” यहोशापातले तिनलाई जवाफ दिए, “म तपाईंजस्‍तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्‍तै हुन्‌ । युद्धमा हामी तपाईंसँगै हुनेछौं ।”
2CH 18:4 यहोशापातले इस्राएलका राजालाई भने, “कृपया, तपाईंको जवाफको निम्ति पहिले परमप्रभुको वचनको खोजी गर्नुहोस् ।”
2CH 18:5 तब इस्राएलका राजाले चार सय जना अगमवक्तालाई एकसाथ भेला गराए र तिनीहरूलाई सोधे, “के हामी रामोत-गिलादमा युद्ध गर्न जाऔं वा मैले जानुहन्‍न? तिनीहरूले भने, “आक्रमण गर्नुहोस्, किनभने परमेश्‍वरले त्‍यो तपाईंको हातमा दिनुहुनेछ ।”
2CH 18:6 तर यहोशापातले भने, “के यहाँ सल्‍लाह लिन परमप्रभुको अर्को अगमवक्ता छैन जोसँग हामी सल्लाह लिन सक्छौं?”
2CH 18:7 इस्राएलका राजाले यहोशापातलाई भने, “परमप्रभुबाट सल्‍लाह लिनलाई अझै एक जना यिम्लाका छोरा मीकाया छन्, तर म तिनलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्‍ति असल अगमवाणी बोल्‍दैनन्‌, तर सधैं खराबी मात्र भन्‍दछन्‌ ।” यहोशापातले जवाफ दिए, “राजाले यस्‍तो भन्‍नुहुन्‍न ।”
2CH 18:8 तब इस्राएलका राजाले तुरुन्‍तै आफ्‍ना एक जना अधिकारीलाई बोलाए र भने, “यिम्‍लाका छोरा मीकायालाई तुरुन्‍तै झिकाऊ ।”
2CH 18:9 यति बेला इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खलानजिक आआफ्‍नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोलिरहेका थिए ।
2CH 18:10 केनानका छोरा सिदकियाहले आफ्ना निम्ति फलामका सीङहरू बनाए र भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: यसको सहायताले तपाईंहरूले अरामीहरू नष्‍ट नभएसम्म नै तिनीहरूलाई धकेल्‍नुहुनेछ ।”
2CH 18:11 सबै अगमवक्ताले त्‍यसरी नै यसो भन्‍दै अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्‌, किनकि परमप्रभुले त्‍यो राजाको हातमा दिनुभएको छ ।”
2CH 18:12 मीकायालाई बोलाउन गएको दूतले तिनलाई भन्‍यो, “हेर्नुहोस्‌ अगमवक्ताका वचनहरूले एकै मत भएर राजाको पक्षमा बोलिरहेका छन् । तपाईंको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस्, र मिल्‍दो किसिमले बोल्‍नुहोस् ।”
2CH 18:13 मीकायाले जवाफ दिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, परमेश्‍वरले जे भन्‍नुहुन्छ, म त्यही भन्‍नेछु ।”
2CH 18:14 जब तिनी राजाकहाँ आए, तब राजाले तिनलाई भने, “ए मीकाया, हामीले रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जानुहुन्‍छ, कि हुँदैन?” मीकायाले तिलाई जवाफ दिए, “आक्रमण गर्नुहोस्‌ र विजयी हुनुहोस्! किनकि त्‍यो महान् विजय हुनेछ ।”
2CH 18:15 तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्‍नू, अरू कुरा होइन भनी म तिमीलाई कति पल्‍ट भनूँ?”
2CH 18:16 यसैले मीकायाले भने, “मैले त सबै इस्राएललाई गोठाला नभएका भेडाहरूझैं डाँडाहरूतिर तितरबितर भएका देखें, र परमप्रभुले भन्‍नुभयो, ‘यिनीहरूका गोठाला छैनन्‌ । हरेक मानिस शान्‍तिसित आफ्नो घर फर्केर जाओस्‌ ।’”
2CH 18:17 यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल अगमवाणी बोल्‍दैनन्‌ तर विनाशको मात्र भन्छन् भनी के मैले तपाईंलाई भनेको थिइनँ र?”
2CH 18:18 तब मीकायाले भने, “यसकारण तपाईंहरू सबैले परमप्रभुको वचन सुन्‍नुपर्छः परमप्रभु आफ्नो सिंहासनमा बस्‍नुभएको र स्‍वर्गका सबै फौज उहाँका दाहिने र देब्रेपट्टि खडा भएका मैले देखें ।
2CH 18:19 परमप्रभुले भन्‍नुभयो, ‘इस्राएलका राजा आहाबलाई कसले बहकाउनेछ, ताकि त्यो माथि जाओस् र रामोत-गिलादमा मरोस्?’ एउटाले यसो र अर्कोले उसो भन्छ ।
2CH 18:20 तब एउटा आत्‍मा अगि आए र परमप्रभुको सामु खडा भए र भने, ‘म त्‍यसलाई बहकाउनेछु’ । “परमप्रभुले त्यसलाई सोध्‍नुभयो, ‘कसरी?’
2CH 18:21 त्यो आत्माले जवाफ दिए, ‘म जानेछ र त्‍यसका सबै अगमवक्ताका मुखमा म झूट बोल्‍ने आत्‍मा हुनेछु ।’ परमप्रभुले भन्‍नुभयो, ‘तैंले त्‍यसलाई बहकाउनेछस्, र तँ सफल पनि हुनेछस्‌ । अब जा र त्‍यसै गर्‌ ।’
2CH 18:22 अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झूट बोल्‍ने आत्‍मा हालिदिनुभएको छ, र परमेश्‍वरले तपाईंका सर्वनाशको आदेश दिनुभएको छ ।”
2CH 18:23 तब केनानका छोरा सिदकियाह माथि आए, मीकायाको गालामा थप्‍पड हाने र भने, “अब कुन बाटो भएर परमप्रभुका आत्‍मा मबाट तिमीसँग बोल्‍नलाई जानुभयो त?”
2CH 18:24 मीकायाले भने, “हेर, त्‍यो त तिमी लुक्‍नलाई कुनै भित्री कोठामा गएको दिन तिमी आफैले थाहा पाउनेछौ ।”
2CH 18:25 इस्राएलका राजाले केही सेवकलाई भने, “तिमीहरूले मीकायालाई गिरफ्‍तार गर्नुपर्छ, र सहरका गभर्नर अमोन र मेरो छोरा योआशकहाँ लानुपर्छ ।
2CH 18:26 तिनलाई तिमीहरूले यसो भन्‍नेछौ, ‘राजा यसो भन्‍नुहुन्‍छ: यस मानिसलाई झ्‍यालखानमा राख र म कुशलसाथ नआएसम्‍म त्‍यसलाई थोरै रोटी र थोरै पानी मात्र देओ ।’”
2CH 18:27 तब मीकायाले भने, “तपाईं कुशलसाथ फर्केर आउनुभयो भने परमप्रभु मद्वारा बोल्‍नुभएको होइन ।” तब तिनले थपे, “ए सबै मानिसहरू हो, यो कुरा सुन्‍नुहोस् ।”
2CH 18:28 यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादको विरुद्धमा उक्‍लेर गए ।
2CH 18:29 इस्राएलका राजाले यहोशापातलाई भने, “म आफूलाई गुप्‍त भेष धारण गर्नेछु र लडाइँमा जानेछु, तर तपाईं आफ्‍नो राजसी पोशाक नै लाउनुहोस्‌ ।” यसैले इस्राएलका राजाले आफूलाई गुप्‍त भेष धारण गरे र तिनीहरू लडाइँमा गए ।
2CH 18:30 अरामका राजाले आफ्‍ना रथहरूका फौज पतिलाई यस्तो आज्ञा दिएका थिए, “साना वा ठुला फौजलाई आक्रमण नगर्नू । बरू, इस्राएलका राजालाई मात्र आक्रमण गर्नू ।”
2CH 18:31 यस्‍तो भयो, जब रथहरूका फौज पतिले यहोशापातलाई देखे, उनीहरूले भने, “इस्राएलका राजा यिनै हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्के, तर यहोशापात चर्को सोरले कराए, र परमप्रभुले तिनको सहायता गर्नुभयो । परमेश्‍वरले तिनीहरूलाई तिनीबाट अर्कोतिर फर्काउनुभयो ।
2CH 18:32 यस्‍तो भयो, जब रथहरूका फौज पतिले तिनी त इस्राएलका राजा होइन रहेछन्‌ भन्‍ने देखे, तिनलाई खेद्‍न छोडेर तिनीहरू फर्किए ।
2CH 18:33 तर कुनै मानिसले आफ्‍नो धनु जथाभाबी तान्‍यो र इस्राएलका राजालाई कवचको जोर्नीमा काँड हान्‍यो । तब आहाबले आफ्‍नो सारथिलाई भने, “रथलाई घुमाऊ र मलाई युद्ध मैदानबाट बाहिर लैजाऊ, किनकि म नराम्ररी घाइते भएको छु ।”
2CH 18:34 त्यो दिनको लडाइँले भयङ्कर रूप लियो, र राजा साँझसम्म आफ्‍नो रथमा अडिएर अरामीहरूतर्फ फर्केर रहे । सूर्यास्‍त हुँने बेलामा तिनी मरे ।
2CH 19:1 यहूदाका राजा यहोशापात सुरक्षासाथ यरूशलेमको आफ्नो दरवार फर्के ।
2CH 19:2 तब हनानीका छोरा दर्शी येहू तिनलाई भेट्‌न आए र यहोशापात राजालाई भने, “के दुष्‍टलाई तपाईंले सहायता गर्नुपर्छ र? के परमप्रभुलाई घृणा गर्नेहरूलाई तपाईंले प्रेम गर्नुपर्छ र? यस कामको कारणले गर्दा परमप्रभुको क्रोध तपाईंमाथि परेको छ ।
2CH 19:3 तापनि तपाईंमा केही असल कुरा छन्, किनभने तपाईंले अशेराका खम्बाहरूलाई देशबाट हटाउनुभएको छ, र तपाईंले आफ्नो हृदय परमप्रभुलाई खोज्‍नमा लाउनुभएको छ ।”
2CH 19:4 यहोशापातको यरूशलेममा बसे । अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी देशमा मानिसहरूका माझमा गए र तिनीहरूलाई परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरकहाँ फर्काएर ल्‍याए ।
2CH 19:5 यहूदाका किल्लाबन्‍दी गरिएका सबै सहरमा तिनले न्‍यायकर्ताहरू नियुक्त गरे ।
2CH 19:6 तिनले न्यायकर्ताहरूलाई भने, “तिमीहरूले गर्ने कुरामा ध्यान देओ, किनभने तिमीहरूले मानिसहरूका निम्‍ति होइन तर परमप्रभुको निम्ति फैसला गर्दछौ । फैसलाको क्रममा उहाँ नै तिमीहरूसँग हुनुहुन्छ ।
2CH 19:7 यसैले अब, परमप्रभुको भय तिमीहरूमा रहोस्‌ । न्याय गर्दा होसियार होओ, किनकि परमप्रभु हाम्रा परमेश्‍वरमा अधर्म हुँदैन, नत उहाँमा पक्षपात र घूस लिने काम नै हुन्‍छ ।”
2CH 19:8 यसबाहेक यहोशापातले यरूशलेममा केही लेवी र पुजारी, र इस्राएलका पुर्ख्‍यौली घरानाका केही अगुवाहरूलाई परमप्रभुको न्याय कायम राख्‍न र झगडाहरू मिलउन नियुक्त गरे । तिनीहरू यरूशलेममा बसे ।
2CH 19:9 तिनले उनीहरूलाई यसो भनेर निर्देशन दिए, “तिमीहरूले सधैँ परमेश्‍वरको भय राखेर विश्‍वाससित र आफ्‍ना सारा हृदयले काम गर्नुपर्छ ।
2CH 19:10 जब आफ्‍ना सहरमा बस्‍ने तिमीहरूका दाजुभाइबाट तिमीहरूका सामु कुनै पनि मुद्दा आउँछन्‌, चाहे ती रक्तपातसम्‍बन्‍धी होउन्, वा व्‍यवस्‍था र आज्ञा, विधिहरू वा आदेशहरूका विरुद्धमा होउन्‌, तिमीहरूले तिनीहरूलाई चेताउनी दिनू, ताकि तिनीहरू परमप्रभुको अगि दोषी नठहरिऊन्, नत्रता तिमीहरू र तिमीहरूका दाजुभाइमा क्रोध आइपर्ने छ । तिमीहरूले यसो गर्नू र तिमीहरू सबै दोषी ठहरिने छैनौ ।
2CH 19:11 हेर, परमप्रभुका सबै विषयमा मुख्‍य पुजारी अमर्याह तिमीहरूमाथि छन्‌ । राजा सम्‍बन्‍धमा सबै विषयमा यहूदाका घरानाका अगुवा इश्‍माएलका छोरा जबदियाह निरीक्षक छन्‌ । साथै लेवीहरूले अधिकारीहरूका रूपमा तिमीहरूका सेवा गर्नेछन्‌ । बलिया होओ र तिमीहरूलाई दिइएका निर्देशनहरू पालना गर, र असल गर्नेहरूका साथमा परमप्रभु रनुभएको होस् ।”
2CH 20:1 यसपछि यस्‍तो हुन आयो, मोआब र अम्‍मोनका मानिसहरू र तिनीहरूसँग केही मोनीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए ।
2CH 20:2 त्यसपछि केही यहोशापातकहाँ यसो भन्‍दै आए, “मृत-सागर पारि एदोमदेखि एउटा ठुलो भिड तपाईंको विरुद्धमा आइरहेछ । हेर्नहोस्, तिनीहरू हासेसोन-तामार, अर्थात्‌ एन-गदीमा छन् ।”
2CH 20:3 यहोशापात डराए र परमप्रभुको खोजी गर्न अलग्‍गै गए । यहूदाभरि तिनले उपवासको घोषणा गरे ।
2CH 20:4 परमप्रभुको खोजी गर्न यहूदाका मानिसहरू एकसाथ भेला भए । यहूदाका सबै सहरबाट तिनीहरू परमप्रभुको खोजी गर्न आए ।
2CH 20:5 यहूदा र यरूशलेमका सभाको सामु परमप्रभुका मन्‍दिरको नयाँ चोकको अगि यहोशापात खडा भए ।
2CH 20:6 तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्‍वर, के तपाईं स्‍वर्गका परमेश्‍वर हुनुहुन्‍न र? के तपाईं जातिहरूका सबै राज्‍यका शासक हुनुहुन्‍न र? शक्ति र बल तपाईंका हातमा छन्‌ । यसैले कसैले पनि तपाईंको विरोध गर्न सक्दैन ।
2CH 20:7 हे हाम्रा परमेश्‍वर, के तपाईंले नै आफ्‍नो मानिस इस्राएलका सामुबाट यस देशका बासिन्‍दाहरूलाई धपाउनुभएको र यसलाई सदासर्वदाको निम्ति अब्राहामका सन्‍तानलाई दिनुभएको होइन र?
2CH 20:8 तिनीहरू यसमा बसे र यसमा यसो भनेर एउटा पवित्र स्थान बनाए,
2CH 20:9 ‘हामीमाथि विपत्ति—तरवार, न्याय, वा रोग,वा अनिकाल आउँछ भने— हामी यस मन्‍दिरको अगि र तपाईंको अगि खडा हुने छौं (किनकी तपाईंको नाउँ यस मन्दिरमा छ), र हाम्रो कष्‍टमा हामी तपाईंसित पुकारा गर्ने छौं, र तपाईंले हाम्रा बिन्‍ती सुन्‍नुहुने छ र हामीलाई बचाउनुहुने छ ।'
2CH 20:10 अब हेर्नुहोस्, यहाँ अम्मोन, मोआब, र सेइर पर्वतका मानिसहरू छन्, जसलाई तपाईंले मिश्रदेशबाट आउँदा इस्राएललाई आक्रमण गर्न दिनुभएन । बरु, इस्राएल तिनीहरूबाट तर्केर गए र तिनीहरूलाई नष्‍ट गरेनन् ।
2CH 20:11 हेर्नुहोस्, यिनीहरूले हामीलाई कस्तो प्रतिफल दिइरहेका छन् । तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको ठाउँदेखि हामीलाई धपाउन तिनीहरू आउँदै छन्‌ ।
2CH 20:12 हे हाम्रा परमेश्‍वर, के तपाईं उनीहरूको न्‍याय गर्नुहुन्‍न र? किनकि हाम्रो विरूद्ध आइरहेको यो ठुलो फौज को सामना गर्ने शक्ति हामीसँग छैन । हामीले के गर्नुपर्ने हो सो हामी जान्‍दैनौं, तर हाम्रा दृष्‍टि तपाईंमा छन् ।”
2CH 20:13 सारा यहूदा आफ्ना सासाना बालबालिका, पत्‍नीहरू र छोराछोरीसमेत परमप्रभुको अगि खडा भए ।
2CH 20:14 तब सभाको बिचमा आसापका छोरामध्येका मत्तन्‍याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्‍मा आउनुभयो ।
2CH 20:15 यहासेलले भने, “हे सारा यहूदा र यरूशलेमका सबै बासिन्‍दा र राजा यहोशापात, सुन्‍नुहोस् । परमप्रभु तपाईंहरूलाई यही भन्‍नुहुन्‍छ, ‘नडराओ, यस ठूलो फौजका कारणले हतास नहोओ, किनकि लडाइँ तपाईंहरूको होइन, तर परमप्रभुको हो ।
2CH 20:16 तिमीहरू भोलि उनीहरूका विरुद्धमा जानुपर्छ । हेर, उनीहरू जीजको बाटो भएर आउँदैछन् । तिमीहरूले उनीहरूलाई बेसीको पल्लो छेउमा यरूएलको उजाड-स्‍थान अगि भेट्‌ने छौ ।
2CH 20:17 यो लडाइँ तिमीहरूले लड्‌नुपर्ने छैन । ए यहूदा र यरूशलेम, आफ्नो पंक्तिमा खडा होओ, स्थिर खडा होओ, र परमप्रभुले तिमीहरूलाई बचाउनुभएको कामलाई हेर । नडराओ, न त हतास होओ । तिनीहरूको विरुद्ध भोलि निस्‍केर जाओ, किनकि परमप्रभु तिमीहरूसँग हुनुहुन्छ ।’”
2CH 20:18 यहोशापातले आफ्‍नो शिरलाई भूइँमा घोप्‍टो पारे । यहूदा र यरूशलेमका सबै बासिन्‍दा परमप्रभुको आराधना गर्दै उहाँको सामुन्‍ने घोप्‍टो परे ।
2CH 20:19 कहाती र कोरहका वंशका कोही लेवीहरू चर्को सोरमा परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गर्न खडा भए ।
2CH 20:20 तिनीहरू बिहान सबेरै उठे र निस्‍केर तकोको उजाड-स्‍थानमा गए । जब तिनीहरू निस्‍केर गए, तब यहोशापात खडा भए र भने, “हे यहूदा र यरूशलेमका बासिन्‍दा हो, मेरो कुरा सुन । परमप्रभु आफ्‍ना परमेश्‍वरमा भरोसा राख र तिमीहरूलाई सहायता मिल्ने छ । उहँका अगमवक्तामाथि भरोसा गर, र तिमीहरू सफल हुने छौ ।”
2CH 20:21 मानिसहरूसित सल्‍लाह लिएपछि, परमप्रभुको निम्ति गाउने र उहाँको प्रशंसा गर्नेहरूलाई तिनीहरू हिंड्‍दै गर्दा, उहाँको महान् वैभवताको प्रशंसा गरेर यसो भन्दै गाउनलाई केहीलाई तिनले नियुक्त गरे, “परमप्रभुलाई धन्‍यवाद देओ, किन उहाँको करारको विश्‍वस्‍तात सदासर्वदा रहन्छ ।”
2CH 20:22 जब तिनीहरूले गाउन र प्रशंसा गर्न सुरु गरे, तब परमप्रभुले यहूदासँग युद्ध गर्न आइरहेका अम्‍मोनी, मोआबी र सेइर पर्वतका मानिसहरूको विरूद्ध ढुकेर आक्रमण गर्ने मानिसहरू खडा गर्नुभयो । उनीहरू परास्‍त भए ।
2CH 20:23 किनकि सेइर पर्वतका मानिसहरूलाई पूर्ण रूपले मारेर सिद्ध्‍याउन र तिनीहरूलाई नाश गर्न भनेर अम्‍मोनी र मोआबीहरू तिनीहरूका विरुद्धमा उठे । जब तिनीहरूले सेइरका बासिन्‍दाहरूलाई नाश गरेर सिद्ध्‍याए, तब तिनीहरू सबैले एक-अर्कालाई नाश गर्न मदत गरे ।
2CH 20:24 जब यहूदाका मानिसहरू उजाड-स्‍थान देखिने अल्‍गो ठाउँमा आइपुगे, तब तिनीहरूले फौजलाई हेरे । हेर, तिनीहरू मरेर भूइँमा ढलेका थिए । एक जना पनि बाँचेको थिएन ।
2CH 20:25 जब यहोशापात र तिनका मानिसहरू उनीहरूका लूटका माल जम्‍मा गर्न आउँदा, तिनीहरूले उनीहरूका बिचमा प्रशस्त सामानहरू, लुगाफाटा र बहुमूल्‍य थोकहरू भेटाए, जसलाई तिनीहरूले बोक्‍न सक्‍नेभन्‍दा धेरै आफूसँग लगे । लूटका माल ओसार्न तिनीहरूलाई तीन दिन लाग्यो । त्‍यो सह्रै धेरै थियो ।
2CH 20:26 चौथो दिन तिनीहरू बराकाहको बेसीमा भेला भए । तिनीहरूले त्‍यहाँ परमप्रभुको प्रशंसा गरे। यसैले त्‍यस ठाउँको नाउँ आजको दिनसम्‍म पनि, ‘बराकाको बेसी’ रहेको छ ।
2CH 20:27 त्‍यसपछि यहूदा र यरूशलेमका हरेक मानिस यहोशापातलाई अगि लगाएर विजयको साथ यरूशलेम जानलाई फर्के, किनकि परमप्रभुले तिनीहरूका शत्रुमाथि तिनीहरूलाई आनन्‍दित तुल्‍याउनुभएको थियो ।
2CH 20:28 तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा र परमप्रभुको मन्‍दिरमा आए ।
2CH 20:29 परमप्रभुले इस्राएलका शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभएको कुरा सुनेर सबै देशका राज्‍यहरूमा परमेश्‍वरको भय फैलियो ।
2CH 20:30 यसरी यहोशापातको राज्‍यमा शान्‍ति भयो, किनकि तिनका परमेश्‍वरले तिनका चारैतिरबाट तिनलाई शान्ति दिनुभयो ।
2CH 20:31 यहोशापातले यहूदामाथि राज्‍य गरेः तिनले राज्य गर्न सुरु गर्दा तिनी पैंतिस वर्षका थिए, र तिनले यरूशलेममा पच्‍चिस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अजूबा थियो, र तिनी शिल्‍हीकी छोरी थिइन्‌ ।
2CH 20:32 तिनी आफ्‍ना बुबा आसाका चालमा हिंडे । तीबाट तिनी तर्केर गएनन्‌ । परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे ।
2CH 20:33 तापनि तिनले डाँडाका थानहरू तिनले हटाएनन् । मानिसहरूले अझैसम्‍म पनि आफ्‍ना पुर्खाहरूका परमेश्‍वरमाथि आफ्‍नो हृदय लाएनन्‌ ।
2CH 20:34 यहोशापातको राजकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म नै हनानीका छोरा येहूको इतिहासमा लेखिएका छन्‌, जुन इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌ ।
2CH 20:35 त्यसपछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्‍याहसँग मित्रता गरे, जसले धेरै दुष्‍ट काम गरे ।
2CH 20:36 तर्शीशमा जाने जहाजहरू बनाउनको निम्ति तिनले उनीसँग मित्रता गरे । तिनीहरूले एस्‍योन-गेबेरमा जहाजहरू बनाए ।
2CH 20:37 तब मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा अगमवाणी बोले । तिनले भने, “तपाईंले अहज्‍याहसँग मित्रता गर्नुभएको हुनाले, परमप्रभुले तपाईंका योजनाहरू नष्‍ट पार्नुभएको छ ।” ती जहाजहरू नष्‍ट भए ताकि ती तैरन सकेनन् ।'
2CH 21:1 यहोशापात आफ्‍ना पुर्खाहरूसित सुते र तिनीहरूसँग दाऊदको सहरमा गाडिए । तिनका ठाउँमा तिनका छोरा यहोराम राजा भए ।
2CH 21:2 यहोरामका भाइहरू, यहोशापातका छोराहरू अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्‍याह थिए । यी सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए ।
2CH 21:3 तिनका बुबाले तिनीहरूलाई सुन, चाँदी र बहुमूल्‍य थोकहरूका ठुला उपहारहरू र यहूदाका किल्‍ला भएका सहरहरू पनि दिए, तर राज्‍यचाहिं तिनले यहोरामलाई नै दिए ।
2CH 21:4 जब यहोराम आफ्‍ना बुबाको राज्यमा उदाएका र आफैलाई राजाको रूपमा बलियोसँग स्थापित गरेका थिए, तब तिनले आफ्‍ना सबै भाइलाई र इस्राएलका धेरै जना अगुवालाई तरवारले मारे ।
2CH 21:5 यहोरामले राज्य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए र तिनले येरूशलेममा आठ वर्ष राज्य गरे ।
2CH 21:6 आहाबका घरानाले गरेझैं तिनी इस्राएलका राजाहरूका चालमा हिंडे, किनकि तिनले आहाबकी छोरीलाई आफ्‍नी पत्‍नीको रूपमा ल्याए, र तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो सो गरे ।
2CH 21:7 तापनि दाऊदसित परमप्रभुले गर्नुभएको करारको खातिर उहाँले दाऊदको घरानालाई नाश गर्ने इच्‍छा गर्नुभएन । उहाँले दाऊद र तिनका सन्तानहरूलाई सधैँ जीवन दिने प्रतिज्ञा उहाँले गर्नुभएको थियो ।
2CH 21:8 यहोरामको समयमा एदोमले यहूदाको अधीनताको विरोध गर्‍यो, र तिनीहरूले आफ्‍नै राजा स्‍थापित गरे ।
2CH 21:9 तब यहोराम आफ्‍ना फौज पतिहरू र सबै रथका साथमा एदोमतिर गए । तिनी उठेर एदोमीहरूसँग युद्ध गर्दा रात परेको थियो । एदोमीहरूले तिनी र तिनका रथका फौज पतिहरूलाई घेरेका थिए ।
2CH 21:10 यसैले एदोम आजको दिनसम्‍मै यहूदाको अधीनताको विरुद्धमा छ । त्‍यसै बेला लिब्‍नाले पनि तिनको अधीनताको विरुद्धमा विद्रोह गर्‍यो, किनभने यहोरामले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका थिए ।
2CH 21:11 यसबाहेक यहोरामले यहूदाका पहाडमा अल्‍गा ठाउँहरू पनि बनाएका थिए र तिनले यरूशलेमका बासिन्‍दाहरूलाई वेश्याहरूजस्तै जिउने बनाए र यहूदालाई कुमार्गमा लगाए ।
2CH 21:12 एलिया अगमवक्ताबाट यहोरामकहाँ एउटा पत्र आयो । त्‍यसमा लेखिएको थियो, “तपाईंका पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘तँ आफ्‍ना बुबा यहोशापात चालमा चलिनस्, न त यहूदाका राजा आसाको चालमा नै चलिस्,
2CH 21:13 तर आहाबको घरानाले गरेझैं इस्राएलका राजाहरूका चालमा चलेर आहाबको परिवारले गरेजस्तै तैंले यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई वेश्‍याहरूजस्तै गर्न लगाइस्, र तैंले तँभन्दा असल तेरा बुबाका परिवारका आफ्‍नै भाइहरू, तँभन्‍दा असल मानिसहरू पनि तैंले मारिस् —
2CH 21:14 हेर्, तेरा मानिसहरू, तेरा छोराछोरी, तेरी पत्‍नीहरू र तेरा सबै धन-सम्‍पत्तिमा परमप्रभुले प्रहार गर्नुहुनेछ ।
2CH 21:15 तँ आफैलाई चाहिं निको नहुने आन्‍द्राको रोग हुनेछ । त्‍यसले गर्दा दिनदिनै तेरा आन्‍द्रा बाहिर निस्‍केर आउनेछन्‌ ।”
2CH 21:16 परमप्रभुले यहोरामको विरुद्धमा कूशीहरूका नजिकै बस्‍ने पलिश्‍ती र अरबीहरूलाई उक्‍साउनुभयो ।
2CH 21:17 तिनीहरूले यहूदालाई हमला गरेर आक्रमण गरे र राजाको महलमा फेला पारेका सबै धन-सम्‍पत्ति लिएर गए । तिनीहरूले तिनका छोराहरू र पत्‍नीहरू पनि लगे । कान्‍छा छोरा अहज्‍याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन ।
2CH 21:18 यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने रोगले आन्‍द्रामा प्रहार गर्नुभयो ।
2CH 21:19 त्‍यस रोगले तिनलाई केही समयसम्‍म सताइरह्यो । अनि दोस्रो वर्षको अन्‍तमा त्‍यही रोगले तिनका आन्‍द्रा बाहिर निस्‍के, र तिनी गम्भीर रोगले मरे । तिनको सम्‍मान गर्नलाई तिनका मानिसहरूले आगो बालेनन्, जस्‍तो तिनीहरूले तिनका पुर्खाहरूका निम्‍ति गरेका थिए ।
2CH 21:20 तिनी बत्तिस वर्षको हुँदा तिनले राज्य गर्न सुरु गरेका थिए । तिनले यरूशलेममा आठ वर्ष राज्य गरे, र तिनी मर्दा कसैले पनि शोक गरेन । तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा होइन ।
2CH 22:1 यरूशलेमका बासिन्‍दाहरूले यहोरामको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह राजा भए ।
2CH 22:2 अहज्याह ले राज्य गर्न सुरु गर्दा तिनी बाईस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अतल्‍याह थियो । तिनी ओम्रीकी छोरी थिइन्‌ ।
2CH 22:3 तिनी पनि आहाबको घरानाका चालमा हिंडे, किनकि दुष्‍ट कुराहरू गर्नलाई तिनकी आमा सल्‍लाहकार थिइन् ।
2CH 22:4 आहाबको घरानाले गरेझैं अहज्याहले परमप्रभुको दृष्‍टिमा जे खराब थियो सो गरे, किनकि तिनका बुबाको मृत्‍युपछि तिनीहरू नै तिनको पतन गराउने सल्‍लाहकारहरू थिए ।
2CH 22:5 तिनीहरूका सल्लाहको अनुसरण पनि तिनले गरे । तिनी इस्राएलका राजा आहाबका छोरा योरामसित मिलेर रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा युद्ध गर्न गए । अरामीहरूले योरामलाई घाइते बनाए ।
2CH 22:6 रामोतमा अरामका राजा हजाएलसँग भएको युद्धमा पाएको चोटबाट निको हुन तिनी यिजरेलमा फर्केर गए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने योराम घाइते भएका थिए ।
2CH 22:7 अहज्‍याहले योरामलाई भेटेको कारण परमप्रभुले अहज्याहको पतन ल्याउनुभयो । जब तिनी आइपुगेका थिए, तब तिनी योरामसँग निम्‍शीका छोरा येहूलाई आक्रमण गर्न गए, जसलाई परमप्रभुले आहाबको घरानालाई नाश गर्नको निम्ति रोज्‍नुभएको थियो ।
2CH 22:8 यस्‍तो भयो, जब येहूले आहाबको घरानामाथि परमेश्‍वरको न्‍याय पूरा गर्दै थिए, तब यहूदाका अगुवाहरू र अहज्‍याहका दाजुहरूका छोराहरूले अहज्‍याहको सेवा गरिरहेको तिनले भेट्टाए । येहूले तिनीहरूलाई मारे ।
2CH 22:9 येहूले अहज्‍याहलाई खोजे । तिनीहरूले तिनलाई सामरियामा लुकिरहेको अवस्थामा समाते, तिनलाई येहूकहाँ ल्‍याए र तिनलाई मारे । त्यसपछि तिनीहरूले तिनलाई गाडे, किनकि तिनीहरूले भने, “यिनी आफ्‍नो पूरा हृदयले परमप्रभुलाई खोज्‍ने यहोशापातका छोरा हुन्‌ ।” यसरी राज्‍यमा शासन गर्नलाई अहज्‍याहका घरानासँग फेरि कुनै शक्ति बाँकी रहेन ।
2CH 22:10 अब अहज्‍याहकी आमा अतल्‍याहले आफ्‍ना छोरा मरेका देखिन्, तिनी उठिन् र यहूदाका सारा राजकीय सन्तानहरूलाई मारिन् ।
2CH 22:11 तर राजाकी छोरी यहोशेबाले अहज्‍याहका छोरा योआशलाई मारिन लागेका राजाका छोराहरूका बिचबाट सुटुक्‍क भगाएर लगिन् । तिनले त्यसलाई र त्‍यसकी धाईआमालाई एउटा सुत्‍ने कोठाभित्र राखिन्‌ । यहोराम राजाकी छोरी र पुजारी यहोयादाकी पत्‍नी यहोशेबाले (किनकि तिनी अहज्‍याहकी दिदी थिइन्) योआशलाई अतल्‍याहको हातबाट लुकाइराखिन्, ताकि अतल्‍याहले त्‍यसलाई मार्न पाइनन्‌ ।
2CH 22:12 अतल्‍याहले देशमा राज्‍य गर्दा तिनी परमप्रभुको मन्दिरमा छ वर्षसम्म तिनीहरूसँगै लुकाएर राखिए ।
2CH 23:1 सातौँ वर्षमा यहोयादाले आफ्‍नो शक्ति प्रकट गरे र तिनले सय-सयका दलका कमाण्‍डरहरू, अर्थात्‌ यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्‍माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार सम्‍झौता गरे ।
2CH 23:2 तिनीहरू यहूदाका चारैतिर गए र यहूदाका सबै सहरबाट लेवीहरूका साथै इस्राएलका पुर्ख्‍यौली घरानाका मुखियाहरूलाई भेला गरे र तिनीहरू यरूशलेममा आए ।
2CH 23:3 सबै सभाले परमेश्‍वरको मन्‍दिरमा राजासित करार बाँधे । यहोयादाले तिनीहरूलाई भने, “हेर्नुहोस्, परमप्रभुले दाऊदका सन्‍तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैं राजाका छोराले राज्‍य गर्नेछन् ।
2CH 23:4 तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्‍नो काममा आउने पुजारीहरू र लेवीहरूको एक तिहाइचाहिं ढोकाहरूका रक्षकहरू हुनुपर्छ ।
2CH 23:5 अर्को एक तिहाइचाहिं राजमहलमा, र अर्को एक तिहाइचाहिं जगको ढोकामा हुनुपर्छ । सबै मानिसचाहिं परमप्रभुको मन्‍दिरका चोकहरूमा हुनुपर्छ ।
2CH 23:6 सेवा गर्ने पुजारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्‍दिरभित्र पस्‍न नदिनू । तिनीहरू भित्र पस्‍न सक्‍छन्, किनभने तिनीहरू अभिषेक गरिएका छन्‌ । तर अरू सबै मानिसले परमप्रभुको आज्ञा मान्‍नुपर्छ ।
2CH 23:7 लेवीहरू हरेकले आआफ्‍नो हतियार हातमा बोकेर राजाका चारैतिर सुरक्षा दिनुपर्छ । कोही मन्‍दिरभित्र पस्‍यो भने, त्‍यसलाई मारिनुपर्छ । राजा भित्र आउँदा र बाहिर जाँदा तिनको साथमा हिंड्‍नुपर्छ ।”
2CH 23:8 यसैले यहोयादा पुजारीले आज्ञा गरेबमोजिम लेवीहरू र सबै यहूदाले सेवा गरे । हरेक जनाले शबाथमा सेवा गर्न आएका मानिसहरू, र शबाथमा सेवा गर्न छाडेकाहरूलाई लिए, किनकि यहोयादा पुजारीले कुनै पनि दललाई हटाएका थिएनन्‌ ।
2CH 23:9 त्‍यसपछि कमाण्‍डरहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका दाऊद राजाका भालाहरू, र साना तथा ठूला ढालहरू ल्‍याइदिए ।
2CH 23:10 यहोयादाले सबै फौजलाई आफ्‍नो हातमा हतियार लिई मन्दिरको दाहिनेदेखि देब्रेपट्टिसम्म राजालाई घेर्न वेदी र मन्‍दिरको छेउमा राखे ।
2CH 23:11 तब तिनीहरूले राजाका छोरालाई बाहिर ल्‍याए, तिनको शिरमा मुकुट लगाइदिए र तिनलाई करार-पत्र दिए । तब तिनीहरूले तिनलाई राजा बनाए र यहोयादा र तिनका छोराहरूले तिनलाई अभिषेक गरे । त्यसपछि तिनीहरूले भने, “राजा अमर रहून् ।”
2CH 23:12 जब मानिसहरू दौडिरहेका र राजाको जयजयकार गरिरहेका हल्‍ला अतल्‍याहले सुनिन्, तब तिनी परमप्रभुको मन्‍दिरमा तिनीहरूकहाँ आइन्‌,
2CH 23:13 र तिनले हेरिन् र हेर, राजा आफ्‍नो स्‍तम्‍भको छेउमा ढोकानेर खडा थिए र कमाण्‍डरहरू र तुरही फुक्‍नेहरू राजाका छेउमा थिए । देशका सबै मानिसहरूले उत्‍सव मनाउँदै र तुरही बजाउँदै थिए । अनि गायकहरूले बाजाहरू बजाउँदै थिए र प्रशंसाको गानको नेतृत्‍व गरिरहेका थिए । तब अतल्‍याहले आफ्‍ना लुगा च्‍यातिन्‌ र कराएर भनिन्, “राजद्रोह! राजद्रोह!”
2CH 23:14 तब यहोयादा पुजारीले फौजका सय-सयका दलका कमाण्डरहरूलाई बाहिर ल्‍याए र तिनीहरूलाई भने, “तिनलाई मन्‍दिरको बाहिर ल्‍याओ । तिनको पछि लाग्‍ने कुनै पनि व्‍यक्ति तरवारले मारियोस् ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्‍दिरमा नमार ।”
2CH 23:15 यसैले तिनी राजाको घोडा ढोकामा आएको बेला तिनीहरूले तिनलाई समाते र तिनलाई त्यहीं मारे ।
2CH 23:16 त्‍यसपछि यहोयादाले आफै र सबै मानिस र राजाको बिचमा तिनीहरू परमप्रभुको मानिस हुनुपर्छ भनी करार बाँधे ।
2CH 23:17 यसैले सबै मानिसहरू बालको मन्‍दिरमा गए र त्यसलाई भत्‍काए । बालका वेदीहरू र त्‍यसका मूर्तिहरूलाई तिनीहरूले टुक्रा-टुक्रा पारे, र बालको पुजारी मत्तानलाई वेदीहरूका अगि मारे ।
2CH 23:18 यहोयादाले परमप्रभुका मन्‍दिरको हेर-विचार गर्नको निम्ति पुजारीहरूका अधीनमा अधिकृतहरूको नियुक्ती गरे, जो लेवीहरू थिए । आफ्‍नो समयदेखि नै स्‍तुतिगान गर्दै र आनन्‍द मनाउँदै मोशाको व्‍यवस्‍थामा तोकिएबमोजिम र दाऊदले दिएको निर्देशन बमोजिम परमप्रभुको निम्‍ति होमबलि चढाउन र परमप्रभुको मन्‍दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए ।
2CH 23:19 अशुद्ध भएको कुनै मानिसलाई भित्र पस्‍न नदिनलाई यहोयादाले परमप्रभुको मन्‍दिरका मूल ढोकाहरूमा रक्षकहरू राखिदिए ।
2CH 23:20 यहोयादाले सयका कमण्‍डरहरू, भारदारहरू, मानिसका गभर्नरहरू र देशका सारा मानिसहरूलाई लिए । तिनले राजालाई परमप्रभुको मन्‍दिरबाट तल ल्‍याए । मानिसहरू माथिल्‍लो ढोकाबाट भएर राजमहलमा पसे, र राजालाई सिंहासनमा बसाले ।
2CH 23:21 यसरी देशका सारा मानिसहरू आनन्‍दित भए, र सहरमा शान्‍ति भयो । अतल्‍याहलाई तिनीहरूले तरवारले मारेका थिए ।
2CH 24:1 योआशले राज्य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए । तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे । तिनकी आमा बेर्शेबाकी सिब्या थिइन् ।
2CH 24:2 यहोयादा पुजारीका समयभरि नै योआशले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे ।
2CH 24:3 यहोयादाले तिनका निम्ति दुई वटी पत्‍नी ल्याएदिए, र तिनी छोराछोरीका पिता भए ।
2CH 24:4 यसपछि यस्‍तो भयो, योआशले परमप्रभुको मन्दिरको पुननिर्माण गर्ने निर्णय गरे ।
2CH 24:5 तिनले पुजारी र लेवीहरूलाई एकसाथ भेला गरे र तिनीहरूलाई भने, “हरेक वर्ष यहूदाका सहरहरूमा जाओ र सबै इस्राएलबाट परमप्रभुको मन्दिरको पुनर्निर्माण गर्नलाई पैसा जम्मा गर । तिमीहरू यो काम झट्टै सुरु गरिहाल ।” लेवीहरूले सुरुमा केही पनि गरेनन् ।
2CH 24:6 यसले राजाले प्रधान पुजारी यहोयादालाई बोलाए र तिनलाई भने, “करारका आदेशहरूका पालको निम्ति परमप्रभुका दास मोशा र इस्राएलको समुदायले लगाएको कर यहूदा र यरूशलेमबाट ल्याउन भनी लेवीहरूलाई किन भन्‍नुभएको छैन?”
2CH 24:7 किनकि ती दुष्‍ट स्‍त्री अतल्याहका छोराहरूले परमप्रभुको मन्दिर भत्‍काएका र परमप्रभुको मन्दिरका सबै पवित्र थोक बाललाई दिएका थिए ।
2CH 24:8 यसैले राजाले आदेश दिए र तिनीहरूले एउटा सन्दूक बनाए र त्‍यो परमप्रभुका मन्दिरको मूल ढोकाको बाहिर राख्‍ने हुकुम गरे ।
2CH 24:9 तब तिनीहरूले यहूदा र यरूशलेमभरि नै परमेश्‍वरका दास मोशाले उजाड-स्थानमा इस्राएलमाथि लगाएको तिरो मानिसहरूले परमप्रभुकहाँ ल्याउनुपर्छ भनी घोषणा गरे ।
2CH 24:10 सबै अगुवा र सबे मानिस आनन्दित भए र रकम ल्याए र त्‍यो सन्दूक नभरिएसम्‍म त्यसमा हाले ।
2CH 24:11 यस्‍तो भयो, जब लेवीहरूले राजाका अधिकारीहरूकहाँ त्यो सन्दूक ल्याउँथे, र जब त्यसमा तिनीहरूले धेरै पैसा देख्‍थे, तब राजाका सचिव र प्रधान पुजारीका अधिकृत त्यो खाली गर्न आउँथे, र त्यो सन्दूक फेरि त्यसकै स्थानमा राखिदिन्थे । तिनीहरूले दिनदिनै त्‍यसो गरेर धेरै रुपियाँपैसा सञ्‍चय गरे ।
2CH 24:12 राजा र यहोयादाले त्यो रुपियाँपैसा परमप्रभुको मन्दिरमा काम गर्न लाउने मानिसहरूको जिम्मामा दिए । ती मानिसहरूले मन्दिरको पुनर्निर्माण गर्न डकर्मी, सिकर्मीहरू, फलाम र काँसाको काम गर्नेहरूलाई ज्यालामा लगाए ।
2CH 24:13 यसरी कामदारहरूले श्रम गरे, र तिनीहरूकै हातमा यस मरम्मतका काम अगाडि बढ्यो । तिनीहरूले पहिलेकै नमूनाअनुसार परमप्रभुका मन्दिरको पुनर्निर्माण गरे र त्यसलाई बलियो बनाए ।
2CH 24:14 जब तिनीहरूले त्यो काम सिद्ध्याए, तब तिनीहरूले बाँकी बचेको रुपियाँपैसा राजा र यहोयादाकहाँ ल्याइदिए । ती पैसाबाट परमप्रभुका मन्दिरमा चाहिने सामानहरूको निम्ति प्रयोग गरियो, सेवाको काम र होमबलिको काम दुवैका निम्ति भाँडाहरू—सुन र चाँदीका चम्चा र भाँडाहरू । यहोयादाको समयभरि नै तिनीहरूले परमप्रभुको मन्दिरमा निरन्तर होमबलि चढाए ।
2CH 24:15 यहोयादा वृद्ध भए र दीर्घायु भए अनि त्‍यसपछि तिनी मरे । तिनको मृत्‍यु हुँदा तिनी एक सय तिस वर्षका थिए ।
2CH 24:16 तिनीहरूले तिनलाई दाऊदको सहरमा राजाहरूकै चिहानमा गाडे, किनभने तिनले इस्राएलमा परमेश्‍वर र परमेश्‍वरको मन्दिरको निम्ति असल काम गरेका थिए ।
2CH 24:17 यहोयादाको मृत्युपछि यहूदाका अधिकारीहरू राजाकहाँ आएर आदर देखाए । तब राजाले तिनीहरूका कुरा सुने ।
2CH 24:18 तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरको मन्दिरलाई त्यागे र अशेरा देवीका खम्बाहरू र मूर्तिहरूको पुजा गरे । तिनीहरूका यस खराबीले गर्दा यहूदा र यरूशलेममाथि परमेश्‍वरको क्रोध आइपर्‍यो ।
2CH 24:19 तापनि तिनीहरूलाई फेरि आफूकहाँ फर्काएर ल्याउन परमप्रभुले अगमवक्ताहरू पठाउनुभयो । ती अगमवक्ताहरूले तिनीहरूका कामको विरुद्धमा बोले, तर तिनीहरूले त्‍यो सुन्‍नलाई इन्कार गरे ।
2CH 24:20 यहोयादाका छोरा जकरिया पुजारीमाथि परमेश्‍वरका आत्मा आउनुभयो । जकरिया मानिसहरूका सामु खडा भए र तिनीहरूलाई भने, “परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तिमीहरू किन परमप्रभुका आज्ञा उल्लङ्घन गर्छौ, जसले गर्दा तिमीहरूले उन्‍नति गर्न सक्दैनौ? तिमीहरूले परमप्रभुलाई त्यागेका हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्‍नुभएको छ ।”
2CH 24:21 तर तिनीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे । राजाको हुकुम पाएर तिनीहरूले परमप्रभुका मन्दिरको चोकमा ढुङ्गा हानेर तिनलाई मारे ।
2CH 24:22 यसरी किसिमले, योआश राजाले जकरियाका बुबा यहोयादाले आफूप्रति गरेको दयालाई बेवास्‍ता गरे । बरु, यहोयादाका छोरालाई मारे । जब जकरियाको मृत्‍यु हुन लागेको थियो, तब तिनले यसो भने, “परमप्रभुले यो देख्‍नुभएको होस् र तिमीहरूका लेखा लिनुभएको होस् ।”
2CH 24:23 वर्षको अन्त्यमा यस्‍तो भयो, अरामी छाउनीका फौज योआशको विरुद्धमा आयो । तिनीहरू यहूदा र यरूशलेममा आए । तिनीहरूले मानिसहरूका सबै अगुवालाई मारे र तिनीहरूबाट लूटका माल लिएर दमस्कसका राजालाई पठाइदिए ।
2CH 24:24 अरामीहरू थोरै सिपाहीहरू लिएर आएका भए तापनि परमप्रभुले एउटा ठूलो फौजमाथि तिनीहरूलाई विजय दिनुभयो, किनभने यहूदाका मानिसहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरलाई त्यागेका थिए । यसरी आरामीहरूले योआशमाथि दण्ड ल्याए ।
2CH 24:25 अरामीहरू जाने बेलासम्‍म योआश गम्‍भीर रूपले घाइते भएका थिए । पुजारी यहोयादाका छोराहरूका मृत्युको कारणले तिनका आफ्नै सेवकहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे । तिनको ओछ्यानमा तिनीहरूले तिनलाई मारे, र तिनी मरे । तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा चाहिं होइन ।
2CH 24:26 तिनको विरुद्धमा षड्यन्त्र गर्ने व्‍यक्तिहरू अम्मोनी स्‍त्री शिम्मतका छोरा जाबाद र मोआबी स्‍त्री शिम्रितका छोरा यहोजाबाद थिए ।
2CH 24:27 अब तिनका सन्‍तानको विवरण, तिनको विषय गरिएका महत्त्वपूर्ण अगमवाणीहरू, र परमेश्‍वरको मन्दिरको पुनर्निर्माण गर्ने कामका विषय, हेर, ती राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । तिनका छोरा अमस्याह तिनको ठाउँमा राजा भए ।
2CH 25:1 अमस्‍याहले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्‍तिस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ यरूशलेमकी यहोअदीन थियो ।
2CH 25:2 तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे, तर पूरा हृदयले होइन ।
2CH 25:3 अनि यस्‍तो भयो, जब तिनको शासन राम्ररी स्थापित भयो, तब तिनले आफ्‍ना बुबा राजाको हत्‍या गरेका अधिकारीहरूलाई मारे ।
2CH 25:4 तर तिनले मोशाका व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएको यसो भन्‍ने परमप्रभुको आज्ञालाई पालन गरेर तिनीहरूका छोराछोरीलाई चाहिं मारेनन्‌, “बुबाहरूलाई छोराछोरीका निम्‍ति र छोराछोरीलाई बुबाहरूका निम्‍ति नमार्नू । बरू, हरेक मानिसले आफ्‍नै पापका निम्‍ति मर्नुपर्छ ।”
2CH 25:5 यसको साथै अमस्‍याहले यहूदाका मानिसहरूलाई एकसाथ भेला गरे र तिनीहरूका पुर्ख्‍यौली घरानाअनुसार सारा यहूदा र बेन्‍यामीनका हजार र सयका कमाण्‍डरहरूका अधीनमा राखिदिए । तिनले बीस वर्ष पुगेका र त्‍यसभन्‍दा बढी उमेरका मानिको गन्‍ती गरे, र तिनीहरूको सङ्‍ख्‍या तीन लाख रोजाइमा परेका मानिस, सबै लडाइँ गर्न र भाला र ढाल चलाउन सक्‍नेहरू भएका तिनले थाहा पाए ।
2CH 25:6 तिनले एक सय चाँदीका तोडा तिरेर इस्राएलबाट एक लाख लडाकु योद्धाहरू भाडामा लिए ।
2CH 25:7 तर परमेश्‍वरका एक जना मानिस तिनीकहाँ आए र भने, “ए राजा, इस्राएलका फौजलाई तपाईंसँग नलानुहोस्‌, किनकि परमप्रभु इस्राएलसँग हुनुहुन्‍न— एफ्राइमको कोही पनि मानिससँग हुनुहुन्‍न ।
2CH 25:8 तर तपाईं त्‍यसरी गए पनि, र साहसी र बलियो भए पनि शत्रुहरूका सामु परमेश्‍वरले तपाईंलाई परास्‍त गर्नुहुनेछ, किनकि सहायता गर्ने, र परास्‍त गर्ने शक्ति परमेश्‍वरसँग छ ।”
2CH 25:9 अमस्‍याहले परमेश्‍वरका मानिसलाई भने, “तर इस्राएली फौजलाई मैले दिएको त्‍यो एक सय तोडाको बारेमा हामी के गरौं?” परमेश्‍वरका मानिसले जवाफ दिए, “परमप्रभुले तपाईंलाई त्‍योभन्‍दा धेरै बढी दिन सक्षम हुनुहुन्‍छ ।”
2CH 25:10 यसैले एफ्राइमबाट आफूकहाँ आएका फौजलाई अमस्‍याहले अलग गरे । तिनीहरूलाई तिनले फेरि घर पठाइदिए । यसैले यहूदाप्रतिको तिनीहरूको क्रोध धेरै भयो, र रीसले चूर भएर तिनीहरू घर फर्के ।
2CH 25:11 अमस्‍याहले साहस गरे र नूनको उपत्‍यकामा जानलाई आफ्‍ना मानिसहरूको नेतृत्‍व गरे । त्‍यहाँ तिनले सेइरका दश हजार मानिसहरूलाई पराजित गरे ।
2CH 25:12 यहूदाका फौजले अरू दश हजार मानिसलाई जीवितै लिएर गए । तिनीहरूले उनीहरूलाई एउटा चट्टानको टाकुरामा लगे र त्‍यहाँबाट तिनीहरूलाई तल खसालिदिए ताकि तिनीहरू सबै टुक्राटुक्रा भए ।
2CH 25:13 तर अमस्‍याहले आफूसित युद्धमा नजाउन् भनी फिर्ता पठाइदिएका फौजले यहूदाका सामरियादेखि बेथ-होरोनसम्‍मका सहरहरू आक्रमण गरे । तिनीहरूले तीन हजार जना मानिसलाई मारे, र धेरै लूटका माल लिएर गए ।
2CH 25:14 अब यस्‍तो भयो, एदोमीहरूलाई परास्‍त गरेर फर्केपछि अमस्‍याहले सेइरका मानिसहरूका देवताहरू ल्‍याए र ती आफ्‍नै देवताका रूपमा स्थापना गरे । तिनीहरूका सामु तिनी घोप्‍टो परे, र तिनीहरूलाई धूप बाले ।
2CH 25:15 यसैले अमस्‍याहको विरुद्धमा परमप्रभुको क्रोध दन्‍कियो । उहाँले एक जना अगमवक्ता पठाउनुभयो, जसले भने, “आफ्‍नै भक्तहरूलाई त तपाईंको हातदेखि बचाउन नसक्‍ने देवताहरूको खोजी तपाईं किन गर्नुभयो?”
2CH 25:16 यस्‍तो भयो, जब अगमवक्ता तिनीसित बोलिरहेका थिए, तब राजाले तिनलाई भने, “के हामीले तिमीलाई राजाका सल्‍लाहकार बनएका छौं र? चूप लाग । तँ किन मारिने?” तब अगमवक्ता चूप लागे र भने, “मलाई थाहा छ कि तपाईंले यो काम गरेर मेरो सल्‍लाह नसुन्‍नुभएको हुनाले परमेश्‍वरले तपाईंलाई नाश गर्ने निर्णय गर्नुभएको छ ।”
2CH 25:17 त्‍यसपछि यहूदाका राजा अमस्‍याहले आफ्‍ना सल्‍लाहकारहरूसँग सल्‍लाह लिए र इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा येहोआशकहाँ यसो भनेर दूतहरू पठाए, “आऊ, युद्धमा हामी एक-अर्काको सामना गरौं ।”
2CH 25:18 तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्‍याहका दूतहरूलाई यसो भनेर फिर्ता पठाए, “लेबनानको एउटा सिउँडीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर एउटा सन्‍देश पठायो, ‘तिम्री छोरी मेरा छोरालाई पत्‍नीको रूपमा देऊ,' तर लेबनानको एउटा जङ्‍गली पशु त्‍यताबाट भएर गयो र त्‍यो सिउँडीलाई कुल्‍चिदियो ।
2CH 25:19 तिमीले भनेका छौ ‘हेर, मैले एदोमलाई हराएको छु,’ र तिम्रो हृदयले तिमीलाई माथि उचालेको छ । आफ्नो विजयमा गर्व गर, तर आफ्‍नै घरमा बस, आफ्‍नै र यहूदाको पनि आफूसँगै पतन ल्‍याउन तिमी किन खतरामा पर्छौ?”
2CH 25:20 तर अमस्‍याहले सुनेनन्, किनभने यो घटना परमेश्‍वरबाट भएको थियो ताकि उहाँले यहूदाका मानिसहरूलाई तिनीहरूका शत्रुहरूका हातमा दिन सक्‍नुभएको होस्, किनभने, तिनीहरूले एदोमका देवताहरूबाट सल्लाह लिएका थिए ।
2CH 25:21 यसैले इस्राएलका राजा येहोआशले आक्रमण गरे । तिनी र यहूदाका राजा अमस्‍याह यहूदाको बेथ-शेमेशमा आमने सामने भएर युद्ध लडे ।
2CH 25:22 इस्राएलद्वारा यहूदा पराजित भयो, र हरेक मानिस आआफ्‍नो घरमा भाग्यो ।
2CH 25:23 इस्राएलका राजा येहोआशले अहज्‍याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्‍याहलाई बेथ-शेमेशमा गिरफ्‍तार गरे । तिनले उनलाई यरूशलेममा ल्‍याए र तिनले एफ्राइमको ढोकादेखि कुने-ढोकासम्‍म चार सय हात लामो यरूशलेमको पर्खाल भत्‍काइदिए ।
2CH 25:24 तिनले ओबेद-एदोमको जिम्‍मामा राखिदिएका, परमप्रभुको मन्‍दिरमा भेट्टाइएका सबै सुन र चाँदी र सबै भाँडाहरू, र राजमहलमा भएका बहुमूल्‍य थोकहरू र कैदीहरूलाई पनि लगे, र सामरियामा फर्के ।
2CH 25:25 इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्‍याह पन्‍ध्र वर्षसम्‍म बाँचे ।
2CH 25:26 अमस्‍याहका बारेमा भएका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?
2CH 25:27 अमस्‍याहले परमप्रभुको अनुसरण गर्नबाट तर्केर गएको दिनदेखि नै तिनीहरूले यरूशलेममा तिनको विरुद्ध षड्‌यन्‍त्र गर्न सुरु गरे । तिनी लाकीशमा भागे, तर तिनीहरूले लाकीशमा तिनको पछिपछि मानिसहरू पठाए र तिनलाई त्‍यहीं मारे ।
2CH 25:28 तिनीहरूले तिनको लाश घोडामा बोकाएर यरूशलेममा ल्‍याए र तिनलाई आफ्‍ना पुर्खाहरूसित यहूदाको सहरमा गाडे ।
2CH 26:1 यहूदाका सबै मानिसले सोह्र वर्ष उमेर पुगेका उज्‍जियाहलाई लिए र तिनका पिता अमस्‍याहको ठाउँमा तिनलाई राजा बनाए ।
2CH 26:2 यिनले नै एलात सहरलाई पुनर्निर्माण गरे र यहूदामा फिर्ता ल्‍याए । त्यसपछि राजा आफ्‍ना पुर्खाहरूसित सुते ।
2CH 26:3 उज्‍जियाहले राज्य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए । तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ यकोल्‍याह थियो । तिनी यरूशलेमकी थिइन्‌ ।
2CH 26:4 तिनले हरेक कुरामा आफ्‍ना पिता अमस्‍याहको उदाहरण पच्छ्याएर परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो सो गरे ।
2CH 26:5 तिनलाई परमेश्‍वरको आदरको गर्नुपर्छ भनेर शिक्षा दिने जकरियाको समयभरि तिनले परमेश्‍वरको अगुवाइ खोज्‍नमा आफैलाई लगाए । जबसम्म तिनले परमप्रभुको खोजी गरे, तबसम्‍म परमेश्‍वरले तिनको फलिफाप गराइदिनुभयो ।
2CH 26:6 उज्‍जियाह बाहिर गए र पलिश्‍तीहरूसँग युद्ध गरे । तिनले गात, यब्‍ने र अश्‍दोदका पर्खालहरू भत्‍काइदिए । तिनले अश्‍दोदको गाउँमा र पलिश्‍तीहरूका बिचमा सहरहरू बनाए ।
2CH 26:7 परमेश्‍वरले तिनलाई पलिश्‍तीहरू, गूर-बालमा बस्‍ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो ।
2CH 26:8 अम्‍मोनीहरूले उज्‍जियाहलाई कर तिरे, र तिनको ख्‍याति मिश्रदेशको ढोकासम्‍मै पुग्‍यो, किनभने तिनी धेरै शक्तिशाली हुँदै गएका थिए ।
2CH 26:9 साथै उज्‍जियाहले यरूशलेममा कुने-ढोका, बेसी ढोका र पर्खालका कुनाको घुम्‍तीमा पनि धरहराहरू बनाए र तिनलाई सुरक्षित पारे ।
2CH 26:10 तिनले उजाड-स्‍थानमा अरू रक्षक धरहराहरू बनाए, र पहाड र बेसी दुवैमा तिनका गाईबस्‍तुका धेरै बथान भएको कारणले तिनले धेरै वटा कूवाहरू खने । पहाडी इलाकामा र फलवन्त खेतहरूमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनकि तिनले खेतीपाती मन पराउँथे ।
2CH 26:11 यसबाहेक उज्‍जियाहको युद्ध गर्ने एउटा फौज पनि थियो, जो फजका मुख्‍य सचिव यहीएल र अधिकृत मासेयाहले गणना गरेका दल-दल गरी राजाका कमाण्‍डरमध्‍ये एक जना हनन्‍याहको अधीनमा युद्धमा जान्थे ।
2CH 26:12 वीर योद्धाहरूको नेतृत्‍व गर्ने परिवारका अगुवाहरूका जम्‍मा संख्‍या २,६०० थियो ।
2CH 26:13 तिनीहरूको अधीनमा ३,०७,५०० योद्धाहरू भएको एक विर फौज थियो जसले राजालाई शत्रुहरूका विरुद्धमा सहायता पुर्‍याउन ठुलो शक्तिका साथमा युद्ध गरे ।
2CH 26:14 तिनीहरूका निम्ति—सबै फौजका निम्‍ति उज्‍जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेंत्राहरू तयार गरे ।
2CH 26:15 धरहरा र बुर्जाहरूमा प्रयोग गर्न सिपालु कारीगरहरूले बनाएका काँडहरू र ठुला ढुङ्गा हान्‍ने यन्‍त्रहरू तिनले यरूशलेममा तयार पारे । तिनको ख्‍याति टाढाका देशसम्‍म पुग्‍यो, किनकि तिनलाई ठुलो सहायता मिलेको थयो र यसैले तिनी धेरै शक्तिशाली भए ।
2CH 26:16 तर जब उज्‍जियाह शक्तिशाली भए, तब तिनको हृदय अहंकारी भयो ताकि तिनले भ्रष्‍ट किसिमले काम गरे । तिनले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरे, किनकि धूप-वेदीमा धूप बाल्‍नलाई तिनी परमप्रभुको मन्‍दिरमा पसे ।
2CH 26:17 पुजारी अजर्याह र परमप्रभुका अरू असी जना साहसी पुजारीहरू राजा उज्‍जियाहको पछिपछि भित्र गए ।
2CH 26:18 तिनीहरूले उज्‍जियाहको विरोध गरे र तिनलाई भने, “ए उज्‍जियाह, परमप्रभुको निम्‍ति धूप बाल्‍ने काम तपाईंको होइन, तर हारूनको वंशका पुजारीहरूको हो, जसलाई धूप बाल्‍नलाई अभिषेक गरिएको छ । पवित्रस्‍थानबाट बाहिर जानुहोस्, किनकि तपाईंले विश्‍वासघात गर्नुभएको छ र परमप्रभु परमेश्‍वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन ।”
2CH 26:19 तब उज्‍जियाह रिसाए । तिनले धूप बाल्‍नलाई हातमा धुपौरो समातेका थिए । तिनी पुजारीहरूसँग रिसाएको बेलामा, ती पुजारीहरूकै सामुन्‍ने परमप्रभुको मन्‍दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्‍ठरोग निस्‍क्‍यो ।
2CH 26:20 प्रधान पुजारी अजर्याह र अरू पुजारीहरूले तिनलाई हेर्दाहेर्दै तिनको निधारमा कुष्‍ठरोग निस्‍केको तिनीहरूले देखे । तिनीहरूले तिनलाई हतार-हतार त्‍यहाँबाट बाहिर निकाले । वास्तवमा तिनी आफै बाहिर निस्‍कनलाई हतार गरे, किनभने परमप्रभुले तिनलाई प्रहार गर्नुभएको थियो ।
2CH 26:21 राजा उज्‍जियाह आफ्‍नो मर्ने दिनसम्‍मै कुष्‍ठरोगी भए । तिनी कुष्‍ठरोगी भएको हुनाले अलग्‍गै घरमा बसे, किनकि तिनलाई परमप्रभुको मन्‍दिरबाट बहिष्‍कार गरिएको थियो । तिनका छोरा योतामले राजाको महलको रेखदेख गरे, र देशका मानिसहरूमाथि शासन गरे ।
2CH 26:22 उज्‍जियाहका राजकालका अरू घटनाहरूको विवरण सुरुदेखि अन्‍त्‍यसम्‍मै आमोजका छोरा यशैया अगमवक्ताले लेखेका छन्‌ ।
2CH 26:23 यसरी उज्‍जियाह आफ्‍ना पुर्खाहरूसित सुते । तिनीहरूले राजाहरूका चिहानको जमिनमा पुर्खाहरूसित गाडे, किनकि तिनीहरूले भने, “तिनी एक जना कुष्‍ठरोगी हुन्‌ ।” अनि तिनीपछि तिनका छोरा योताम तिनको ठाउँमा राजा भए ।
2CH 27:1 योताम राजगद्दी आरोहण गर्दा पच्‍चिस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनकी आमाको यरूशा थियो; तिनी नाउँ सादोककी छोरी थिइन् ।
2CH 27:2 हरेक कुरामा आफ्ना पिता उज्‍जियाहको उदाहरणको अनुसरण गरेर तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे । परमप्रभुको मन्‍दिरभित्र प्रवेश गर्नबाट तिनी अलग बसे । तर मानिसहरू भने अझै पनि आफ्‍ना दुष्‍ट चालमा लागिरहेका थिए ।
2CH 27:3 तिनले परमप्रभुका मन्‍दिरको माथिल्‍लो ढोकाको र्निर्माण गरे, र ओपेल डाँडामा तिनले धेरै निर्माण गरे ।
2CH 27:4 यसको साथै तिनले यहूदाको पहाडी देशमा सहरहरू बनाए, र वनमा किल्‍ला र धरहराहरू बनाए ।
2CH 27:5 अम्‍मोनका मानिसहरूका राजासँग पनि तिनले युद्ध गरे र उनलाई परास्‍त गरे । त्‍यसै वर्ष अम्‍मोनका मानिसहरूले तिनलाई साढे तिन टन चाँदी, पच्‍चिस हजार मुरी गहूँ र पच्‍चिस हजार मुरी जौ दिए । अम्‍मोनका मानिसहरूले दोस्रो र तेस्रो वर्षमा पनि त्‍यसरी नै तिनलाई दिए ।
2CH 27:6 यसरी परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने दृढ भएर हिंडेका हुनाले योताम शक्तिशाली भए ।
2CH 27:7 योतामको बारेमा अन्य कुराहरू, तिनका सबै युद्ध र तिनका सबै चाल, इस्राएल र यहूदाका राजाहरूको पुस्‍तकमा लेखिएका छन्‌ ।
2CH 27:8 तिनी राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे ।
2CH 27:9 योताम आफ्‍ना पुर्खाहरूसित सुते, र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनीपछि तिनका छोरा आहाज तिनको ठाउँमा राजा भए ।
2CH 28:1 आहाजले राज्य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनले आफ्‍ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरेनन्‌ ।
2CH 28:2 बरू, तिनी पनि इस्राएलका राजाहरूका चालमा हिंडे । तिनले बाल देवताहरूका निम्‍ति ढलौटे मूर्तिहरू बनाए ।
2CH 28:3 यसको साथै तिनले बेन-हिन्‍नोमको बेसीमा बलिदानहरू पनि चढाए र इस्राएलको सामुन्‍नेबाट परमप्रभुले देशबाट निकाल्‍नुभएको मानिसहरूका मूर्ति पुजाका घिनलाग्‍दा चालमा हिंडेर तिनले आफ्‍ना छोराछोरीलाई आगोबाट हिंड्न लगाए ।
2CH 28:4 तिनले अल्‍गा ठाउँहरू र डाँडाका टाकुराहरू र हरेक हरिया रुखमुनि बलिदानहरू चढाए र धूप बाले ।
2CH 28:5 यसकारण परमप्रभु आहाजका परमेश्‍वरले तिनलाई अरामका राजाको हातमा सुम्पिदिनुभयो । अरामीहरूले तिनलाई परास्‍त गरे र तिनका मानिसमध्‍ये धेरै जनालाई कैद गरेर दमस्‍कसमा लगे । आहाज इस्राएलका राजाको हातमा पनि परे, र ती राजाले तिनलाई ठुलो संहारका साथ पराजित गरे ।
2CH 28:6 रमल्‍याहका छोरा पेकहले एकै दिनमा यहूदाका एक लाख बिस हजार सिपाहीलाई मारे, र ती सबै जना शक्तिशाली योद्धा थिए, किनभने तिनीहरूले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका थिए ।
2CH 28:7 जिक्री नामको एक जना वीर एफ्राइमीले राजाका छोरा मासेयाह र राजाका महलका रेखदेख गर्ने अधिकारी अज्रीकाम र राजापछिका मुख्‍य व्यक्ति एल्‍कानालाई मारे ।
2CH 28:8 तिनीहरूका आफन्तबाट दुई लाख पत्‍नीहरू, छोराहरू र छोरीहरूलाई इस्राएलका फौजले कैद गरेर लगे । तिनीहरूले धेरै लूटका मालहरू पनि लगे, जुन तिनीहरूले सामरियामा ल्‍याए ।
2CH 28:9 तर त्‍यहाँ ओदेद नामका परमप्रभुका एक अगमवक्ता थिए । तिनी सामरियामा फर्किरहेको फौजलाई भेट्न गए । तिनले तिनीहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वर यहूदासँग रिसाउनुभएको हुनाले तिनीहरूलाई तिमीहरूका हातमा उहाँले सुम्‍पिदिनुभयो । तर तिमीहरूले चाहिं रीसमा तिनीहरूको संहार गर्‍यौ, जो स्वर्गसम्मै पुग्यो ।
2CH 28:10 अब तिमीहरू यहूदा र यरूशलेमका पुरुष र स्‍त्री दुवैलाई दास-दासी बनाउने इच्‍छा गर्छौ । तर त्‍यसो गर्दा के तिमीहरू पनि परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आफ्नो पापको दोषी हुँदैनौ?
2CH 28:11 यसैले अब मेरा कुरा सुनः आफ्‍ना दाजुभाइबाट तिमीहरूले कैद गरेर ल्‍याएकाहरूलाई फर्काइदेओ, किनकि परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूमाथि छ ।”
2CH 28:12 तब एफ्राइमका कुनै अगुवाहरू, अर्थात्‌ येहोहानानका छोरा अजर्याह, मशिल्‍लेमोतका छोरा बेरेक्‍याह, शल्‍लूमका छोरा येहिजक्‍याह र हद्‌लैका छोरा अमासा युद्धबाट फर्केकाहरूको विरुद्धमा खडा भए ।
2CH 28:13 तिनीहरूले उनीहरूलाई भने, “यी कैदीहरूलाई तिमीहरूले यहाँ ल्‍याउनुहुन्‍न, किनकि तिमीहरूले जे विचार गरिरहेका छौ त्‍यसले गर्दा हामीहरूमा परमप्रभुको विरुद्धमा पाप ल्याउनेछ, हाम्रा पाप र दोष थप्‍नेछ, किनकि हाम्रा दोषहरू ठुला छन् र इस्राएलको विरुद्धमा भयानक क्रोध आइपरेको छ ।”
2CH 28:14 यसकारण योद्धाहरूले कैदीहरू र लुटेका मालहरू अगुवाहरू र सबै समुदायका उपस्‍थितिमा छोडिदिए ।
2CH 28:15 नाम तोकेर जिम्‍मेवारी पाएका मानिसहरू खडा भए र कैदीहरूलाई लगेर लुटेका मालबाट सबै नाङ्गा मानिसहरूलाई लुगा दिए । तिनीहरूलाई लुगा लगाइदिए र तिनीहरूलाई र जुत्ता दिए । तिनीहरूले उनीहरूलाई खान र पानी दिए । तिनीहरूले उनीहरूका घाउहरूको उपचार गरिदिए र कमजोरहरूलाई गधामा चढाए । तिनीहरूले उनीहरूलाई यरीहोमा (खजूरका रुखहरूको सहरमा ) आफ्ना आफन्तहरूकहाँ लगे । त्‍यसपछि तिनीहरू सामरिया फर्के ।
2CH 28:16 त्‍यस बेला राजा आहाजले अश्‍शूरका राजाकहाँ सहायताको निम्ति दूतहरू पठाए ।
2CH 28:17 किनकि एदोमीहरूले फेरि आक्रमण गर्ने आएका र यहूदालाई जितेर कैदी बनाएर लगेका थिए ।
2CH 28:18 पलिश्‍तीहरूले पनि पहाड र यहूदाको मैदानका र नेगेवका सहरहरूमा आक्रमण गरे । उनीहरूले बेथशेमेश, अय्‍यालोन र गदेरोत, अनि सोखो, तिम्‍ना र गिम्‍जो, तिनका बस्‍तीहरू कब्‍जा गरे । तिनीहरूले ती ठाउँमा बसोबास गर्न गए ।
2CH 28:19 किनकि इस्राएलका राजा आहाजको कारणले परमप्रभुले यहूदालाई तल होच्‍याउनुभयो । किनकि यहूदामा तिनले दुष्‍टतापूर्वक काम गरेका थिए र परमप्रभुको विरुद्ध धेरै पाप गरेका थिए ।
2CH 28:20 अश्‍शूरका राजा तिग्‍लत-पिलेसेर तिनीकहाँ आए र तिनलाई सहायता दिनुको साटोमा झन्‌ तिनलाई कष्‍ट दिए ।
2CH 28:21 किनकि आहाजले अश्‍शूरका राजालाई दिनको निम्ति परमप्रभुको मन्‍दिर, राजा र भारदारहरूका महलहरू लुटे । तर यसले तिनलाई केही फाइदा भएन ।
2CH 28:22 तिनै राजा आहाजले आफ्‍नो कष्‍टको समयमा परमप्रभुको विरुद्ध झन्‌ धेरै पाप गरे ।
2CH 28:23 किनकि तिनले आफूलाई परास्‍त गर्ने दमस्‍कसका देवताहरूलाई बलिदान चढाए । तिनले भने, “अरामका राजाहरूका देवताहरूले उनीहरूलाई सहायता गरेका हुनाले म तिनीहरूलाई बलिदान चढाउनेछु, ताकि तिनीहरूले मलाई सहायता गरुन्‌ ।” तर तिनीहरू नै तिनको र सारा इस्राएलको पतनको कारण बने ।
2CH 28:24 आहाजले परमप्रभुको मन्‍दिरका भाँडाकुँडाहरू जम्‍मा गरे र तिनलाई टुक्राटुक्रा बनाए । तिनले परमप्रभुको मन्‍दिरका ढोकाहरू पनि बन्‍द गरिदिए र तिनले यरूशलेमका हरेक कुनामा आफ्ना निम्ति वेदीहरू बनाए ।
2CH 28:25 यहूदाका हरेक सहरमा अरू देवतालाई बलिदान चढाउनका निम्‍ति डाँडाहरूका थानहरू बनाए । तिनले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई क्रोधित तुल्‍याए ।
2CH 28:26 तिनको राजकालका घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म यहूदा र इस्राएलका राजाहरूका पुस्‍तकमा लेखिएका छन्‌ ।
2CH 28:27 आहाज आफ्‍ना पुर्खारूसित सुते, र तिनीहरूले उनलाई यरूशलेम सहरमा गाडे, तर तिनीहरूले तिनलाई इस्राएलका राजाहरूका चिहानमा गाडेनन्‌ । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।
2CH 29:1 हिजकियाले राज्य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्‍तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अबिया थियो । तिनी जकरियाकी छोरी थिइन् ।
2CH 29:2 आफ्‍ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे ।
2CH 29:3 तिनको राजकालको पहिलो वर्षको पहिलो महिनामा हिजकियाले परमप्रभुको मन्‍दिरका ढोकाहरू खोले र तिनको मरम्‍मत गरे ।
2CH 29:4 तिनले पुजारीहरू र लेवीहरूलाई ल्‍याए र तिनीहरूलाई पूर्वपट्टिको चोकमा एकसाथ भेला गराए ।
2CH 29:5 तिनले तिनीहरूलाई भने, “ए लेवीहरू हो, मेरा कुरा सुन! आफू-आफूलाई पवित्र गर, र आफ्‍ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरको मन्‍दिरलाई पवित्र पार, र पवित्रस्‍थानबाट अपवित्र कुरा हटाइदेओ ।
2CH 29:6 किनकि हाम्रा पुर्खाहरूले पाप गरे र परमप्रभु हाम्रा परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो सो गरे । तिनीहरूले उहाँलाई त्‍यागे, परमप्रभुको बस्‍नुहुने ठाउँबाट आफ्नो मुहारहरू फर्काए, र त्यसतर्फ आफ्‍ना पीठ फर्काए ।
2CH 29:7 तिनीहरूले दलानका ढोकाहरू पनि बन्‍द गरिदिए र बत्तीहरू निभाए । तिनीहरूले इस्राएलका परमेश्‍वरको पवित्रस्‍थानमा धूप बाल्‍न र होमबलि चढाउन छोडिदिए ।
2CH 29:8 यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ ।
2CH 29:9 त्‍यसकाणले हाम्रा पुर्खाहरू तरवारले मारिएका छन्, र हाम्रा छोराहरू, हाम्री छोरीहरू र हाम्री पत्‍नीहरू यसैले कैदमा छन्‌ ।
2CH 29:10 अब इस्राएलका परमप्रभु परमेश्‍वरसँग एउटा करार गर्ने कुरा मेरो हृदयमा छ, ताकि उहाँको प्रचण्‍ड क्रोध हामीहरूबाट हटोस् ।
2CH 29:11 ए मेरा छोराहरू, अब अल्छे नहोओ, किनकि परमप्रभुले उहाँको आराधना गर्नलाई उहाँको सामु खडा हुन, र तिमीहरू उहाँका सेवकहरू होऊ र धूप बाल भनेर तिमीहरूलाई चुन्‍नुभएको छ ।”
2CH 29:12 तब लेवीहरू खडा भएः कहातीहरूका मानिसहरूबाट अमासैका छोरा महत र अजर्याहका छोरा योएल, अनि मरारीहरूका मानिसहरूबाट अब्‍दीका छोरा कीश र यहललेलका छोरा अजर्याह, अनि गेर्शोनीहरूबाट जिम्‍माहका छोरा योआ र योआका छोरा अदन ।
2CH 29:13 एलीजापानका छोराहरूबाट शिम्री र यहीएल, अनि आसापका छोराहरूबाट जकरिया र मत्तन्‍याह ।
2CH 29:14 हेमानका छोराहरूबाट यहीएल र शिमी, अनि यदूतूनका छोराहरूबाट शमायाह र उज्‍जीएल ।
2CH 29:15 तिनीहरूले आआफ्‍ना दाजुभाइलाई भेला गराए, र तिनीहरूले आफैलाई पवित्र गरे, अनि परमप्रभुको वचनको अनुसरण गर्दै राजाले हुकुम गरेबमोजिम परमप्रभुको मन्‍दिरलाई शुद्ध पार्न तिनीहरू त्‍यसभित्र पसे ।
2CH 29:16 परमप्रभुको मन्‍दिर शुद्ध गर्न पुजारीहरू त्यसको भित्री भागमा पसे । तिनीहरूले परमप्रभुको मन्‍दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू बाहिर परमप्रभुका मन्‍दिरको चोकमा ल्‍याए । लेवीहरूले ती कुराहरू बोकेर किद्रोन खोल्‍सामा लगे ।
2CH 29:17 पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे । आठौँ दिनमा तिनीहरू परमप्रभुको दलानसम्‍म पुगेका थिए । अनि अझै आठ दिनसम्‍म तिनीहरूले परमप्रभुको मन्‍दिर पवित्र गरिरहे । पहिलो महिनाको सोह्रौँ दिनमा तिनीहरूले त्‍यो काम सिद्ध्याए ।
2CH 29:18 त्‍यसपछि तिनीहरू राजमहलभित्र हिजकिया राजाकहाँ गए र भने, “हामीले परमप्रभुको मन्‍दिर जम्‍मै पवित्र गरिसक्‍यौं, अर्थात्‌ होमबलिको वेदी, त्‍यसका सबै भाँडाकुँडासमेत, अनि अर्पण गरिएको रोटी राख्‍ने टेबल, त्‍यसका सबै सामानसमेत ।
2CH 29:19 यसैले हामीले राजा आहाजले आफ्‍नो शासनकालमा विश्‍वासघाती भएर हटाएका जम्‍मै सरसामान पनि हामीले तयारी र पवित्र गर्‍यौँ । हेर्नुहोस्, ती परमप्रभुका वेदीको सामुन्‍ने राखिएका छन्‌ ।”
2CH 29:20 तब राजा हिजकिया बिहान सबेरै उठेर सहरका अगुवाहरूलाई भेला गराए । तिनी परमप्रभुको मन्‍दिरमा उक्‍लेर गए ।
2CH 29:21 तिनीहरूले सात वटा साँढे, सात वटा भेडा र सात वटा थुमा ल्‍याए, अनि राज्‍य, पवित्रस्‍थान र यहूदाको लागि पापबलिको निम्‍ति सात वटा बोका ल्‍याए । तिनले पुजारीहरू, हारूनका छोराहरूलाई यी सबै परमप्रभुको वेदीमा चढाउने हुकुम गरे ।
2CH 29:22 यसैले तिनीहरूले ती साँढेहरू मारे, र पुजारीहरूले तिनका रगत लिएर वेदीमा छर्के । त्यसपछि तिनीहरूले भेडाहरू मारे, र तिनका रगत लिएर वेदीमा छर्के, र तिनीहरूले थुमाहरू पनि मारे र तिनका रगत वेदीमा छर्के ।
2CH 29:23 तिनीहरूले पापबलिको निम्‍ति बोकाहरू राजा र समुदायको अघि ल्‍याए । तिनीहरूले तीमाथि आआफ्‍ना हात राखे ।
2CH 29:24 पुजारीहरूले ती बोकाहरू मारे, र सारा इस्राएलको निम्‍ति प्रायश्‍चित गर्न पापबलि स्‍वरूप वेदीमा चढाए, किनकि होमबलि र पापबलिचाहिं सारा इस्राएलको निम्‍ति चढाउनुपर्छ भन्‍ने हुकुम राजाले दिएका थिए ।
2CH 29:25 हिजकियाले लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्ताले आज्ञा गरेअनुसार झ्‍याली, वीणा र सारङ्गीका साथमा आआफ्‍नो काममा खटाए, किनकि यो आज्ञा परमप्रभुले आफ्‍ना अगमवक्ताहरूद्वारा दिनुभएको थियो ।
2CH 29:26 लेवीहरू दाऊदका बाजाहरू र पुजारीहरू तुरहीहरू लिएर खडा भए ।
2CH 29:27 हिजकियाले वेदीमा होमबलि वेदीमा चढाउने हुकुम दिए । जब होमबलि सुरु भयो, तब तुरहीहरू र इस्राएलका राजा दाऊदका बाजाहरूका साथमा परमप्रभुको गीत पनि सुरु भयो ।
2CH 29:28 सारा समुदायले आराधना गरे, गायकहरूले गाए, र तुरही बजाउनेहरूले बजाए । यो काम होमबलि खतम नहोउञ्‍जेल निरन्‍तर जारी रह्‍यो ।
2CH 29:29 जब तिनीहरूले बलिदान चढाइसके, राजा र तिनीसँग भएका सबैले घोप्‍टो परे र आराधना गरे ।
2CH 29:30 यसको साथै राजा हिजकिया र तिनका अगुवाहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्‍दमा परमप्रभुको स्‍तुतिगान गर्न लाए । तिनीहरूले खुसीसाथ स्‍तुति गाए र घोप्‍टो परे र आरधना गरे ।
2CH 29:31 तब हिजकियाले भने, “अब तिमीहरूले परमप्रभुमा आफैलाई अर्पण गरेका छौ । यहाँ आओ र परमप्रभुको मन्दिरमा बलिदान र धन्‍यवादका बलिहरू ल्याओ ।” समुदायले बलिदानहरू र धन्‍यवाद बलिहरू ल्‍याए, र राजीखुशी हृदय हुनेहरू सबैले आआफ्‍ना होमबलि ल्‍याए ।
2CH 29:32 समुदायले ल्‍याएका होमबलिको संख्‍या सत्तरी वटा साँढे, एक सय वटा भेडा, र दुई सय वटा थुमा थिए । यी सबै परमप्रभुको निम्‍ति होमबलि थिए ।
2CH 29:33 परमप्रभुमा अर्पण गरिएका बलिदानहरू छ सय साँढे र तीन हजार भेडा थिए ।
2CH 29:34 तर सबै होमबलिका छाला काढ्नका निम्ति पुजारीहरू साह्रै थोरै थिए, यसैले तिनीहरूका दाजुभाइ लेवीहरूले त्‍यो काम नसिद्धिएसम्‍म र पुजारीहरूले आफूलाई पवित्र नपारेसम्‍म तिनीहरूलाई सघाए, किनकि आआफूलाई पवित्र पार्नलाई पुजारीहरूभन्‍दा लेवीहरू नै बढी होसियार भएका थिए ।
2CH 29:35 यसबाहेक, त्यहाँ धेरै होमबलिहरू थिए । मेलबलिको बोसोको साथमा ती चढाइए र हरेक होमबलिको निम्ति त्‍यहाँ अर्घबलि थिए । यसरी परमप्रभुका मन्‍दिरको सेवा व्‍यवस्‍थित गरियो ।
2CH 29:36 परमेश्‍वरले मानिसहरूका निम्‍ति तयार पार्नुभएको कामको कारणले हिजकिया र सबै मानिसहरू आनन्दित भए, किनकि त्‍यो काम चाँडै नै पूरा भयो ।
2CH 30:1 हिजकियाले सबै इस्राएल र यहूदाकहाँ दूतहरू पठाए र एफ्राइम र मनश्‍शेलाई चिट्ठीहरू पनि लेखे ताकि तिनीहरू यरूशलेममा परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति निस्‍तार-चाड मान्‍न यरूशलेमको परमप्रभुको मन्‍दिरमा आउन्‌ ।
2CH 30:2 किनकि राजा, तिनका अगुवाहरू र यरूशलेममा भेला भएका सबै समुदायले मिलेर सल्लाह गरी दोस्रो महिनामा निस्‍तार-चाड मनाउने सहमती गरे ।
2CH 30:3 तिनीहरूले नियमित समयमा मनाउन सकेनन्, किनभने उत्सवको निम्ति पर्याप्‍त पुजारीहरूले आफूलाई शुद्ध पारेका र मानिसहरू यरूशलेममा एकसाथ भेला हुन सकेका थिएनन्‌ ।
2CH 30:4 यो प्रस्‍ताव राजा र सारा समुदायको दृष्‍टिमा असल लाग्‍यो ।
2CH 30:5 यसैले तिनीहरूले बेर्शेबादेखि दानसम्‍मै परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति निस्‍तार-चाड मान्‍न मानिसहरू यरूशलेममा आउनैपर्छ भनी सारा इस्राएलभरि घोषणा गर्ने कुरामा सहमत भए । किनकि यसअघि लेखिएबमोजिम मानिसहरूका यति धेरै सङ्‍ख्‍याले यो चाड मानेका थिएनन्‌ ।
2CH 30:6 यसैले राजाको हुकुमअनुसार राजा र तिनका अगुवाहरूका पत्रहरू लिएर पत्रवाहकहरू सारा इस्राएल र यहूदाभरि गए । तिनीहरूले भने, “इस्राएलका मानिसहरू हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्‍वरतिर तिमीहरू फर्क, ताकि अश्‍शूरका राजाहरूका हातबाट उम्‍कनेहरूतिर उहाँ पनि फर्कनुभएको होस् ।
2CH 30:7 तिमीहरू आफ्‍ना पुर्खाहरू वा आफ्ना दाजुभाइजस्‍तै नहोओ, जसले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा विश्‍वासघात गरे, जसले गर्दा उहाँले तिनीहरूलाई त्रासका पात्र तुल्‍याउनुभयो, जुन तिमीहरूले देख्छौ ।
2CH 30:8 तिमीहरूका पुर्खाहरूझैं तिमीहरू पनि हठी नहोओ । बरू तिमीहरू आफूलाई परमप्रभुमा समर्पण गर, र उहाँले सदासर्वदाको निम्‍ति पवित्र पार्नुभएको उहाँको पवित्रस्‍थानमा प्रवेश गर, र परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर, ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस्‌ ।
2CH 30:9 किनकि तिमीहरू परमप्रभुतिर फर्क्‍यौ भने, तिमीहरूका दाजुभाइ र तिमीहरूका छोराछोरीलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउने छन्, र तिनीहरू यस देशमा फर्केर आउन पाउने छन्‌ । किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर दयालु र करुणामय हुनुहुन्‍छ, र तिमीहरू उहाँतर्फ फर्क्‍यौ भने, उहाँ तिमीहरूबाट फर्कनुहुने छैन ।”
2CH 30:10 यसैले ती पत्रवाहकहरू एफ्राइम र मनश्‍शेका प्रदेशहरूभरि नै सहर-सहरमा भएर जबूलूनसम्‍मै गए, तर मानिसहरूलाई हेरेर हाँसे र तिनीहरूको गिल्‍ला गरे ।
2CH 30:11 तापनि आशेर, मनश्‍शे र जबूलूनका कोही मानिसले आफैलाई नम्र तुल्‍याए र यरूशलेममा आए ।
2CH 30:12 परमप्रभुको वचनअनुसार राजा र तिनका अधिकारीहरूले दिएको हुकुम एकमत भई पालन गर्न परमेश्‍वरको हात यहूदाका मानिसहरूमा पनि आयो ।
2CH 30:13 धेरै मानिसहरू, अर्थात्‌ एउटा साह्रै ठूलो समुदाय दोस्रो महिनामा अखमिरी रोटीको चाड मान्‍न यरूशलेममा भेला भए ।
2CH 30:14 तिनीहरू उठे र यरूशलेममा भएका वेदीहरू, र धूप बाल्‍ने सबै वेदीसमेत हटाइदिए, र तिनीहरूले तिनलाई किद्रोनको खोल्‍सामा फ्‍याँकिदिए ।
2CH 30:15 तब तिनीहरूले दोस्रो महिनाको चौधौँ दिनमा निस्‍तार-चाडको थुमा मारे । पुजारीहरू र लेवीहरू साह्रै लज्‍जित भए । यसैले तिनीहरूले आफूलाई शुद्ध गरे, र परमप्रभुको मन्‍दिरमा होमबलि ल्‍याए ।
2CH 30:16 तब परमेश्‍वरका मानिस मोशाको व्‍यवस्‍थाले दिएको निर्देशनअनुसार तिनीहरू आआफ्‍नो स्‍थानमा दल-दल भएर खडा भए । पुजारीहरूले लेवीहरूबाट लिएको रगत वेदीमा छर्के ।
2CH 30:17 किनकि आफूलाई शुद्ध नपारेकाहरू समुदायमा धेरै जना थिए । यसैकारण आफैलाई शुद्ध नपारेका र परमप्रभुको सामुन्‍ने आआफ्‍नो थुमा अर्पण नगरेकाहरू सबैका निम्‍ति लेवीहरूले निस्‍तार-चाडका थुमाहरू मारे ।
2CH 30:18 एफ्राइम, मनश्‍शे, इस्‍साखार र जबूलूनबाट आएकामध्‍ये धेरै जनाले आफैलाई शुद्ध पारेका थिएनन्, तापनि तिनीहरूले लेखिएको निर्देशनहरूको विरुद्ध निस्‍तार-चाडको भोज खाए । किनकि हिजकियाले यसो भनेर तिनीहरूका निम्‍ति प्रार्थना गरेका थिए, “भला हुनुहुने परमप्रभुले हरेक व्‍यक्तिलाई क्षमा गर्नुभएको होस्
2CH 30:19 जो पवित्र स्‍थानका शुद्धीकरणको मनकबमोजिम शुद्ध नभए तापनि परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको खोजी गर्ने सङ्कल्‍प गरेको छ ।”
2CH 30:20 यसैले परमप्रभुले हिजकियाको प्रार्थना सुन्‍नुभयो, र मानिसहरूलाई निको पार्नुभयो ।
2CH 30:21 यरूशलेममा उपस्‍थित भएका इस्राएलका मनिसहरूले सात दिनसम्‍म ठुलो रमाहटको साथ अखमिरी रोटीको चाड मनाए । लेवीहरू र पुजारीहरूले ठुलो स्वरमा परमप्रभुका बाजाहरू बजाएर दिनहुँ परमप्रभुको प्रशंसा गरे ।
2CH 30:22 परमप्रभुको सेवा बुझेका सबै लेवीलाई हिजकियाले उत्‍साहको वचनले बोले । यसरी मेलबलिका बलिदानहरू चढाउँदै, र परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरसँग आफ्ना पापहरू स्वीकार गर्दै र तिनीहरूले चाडका सात दिनभरि खाँदै बिताए ।
2CH 30:23 सारा समुदाय अरू सात दिनसम्‍म चाड मान्‍न सहमत भए, र तिनीहरूले रमाहटसित सो गरे ।
2CH 30:24 किनकि यहूदाका राजा हिजकियाले समुदायको निम्‍ति एक हजार साँढे र सात हजार भेडा बलिदानको रूपमा दिए । अनि अगुवाहरूले समुदायको निम्‍ति एक हजार साँढे र दश हजार भेडा दिए । ठुलो संख्यामा पुजारीहरूले आफूलाई शुद्ध पारे ।
2CH 30:25 यहूदाका सारा समुदाय, पुजारीहरू र लेवीहरूसमेत, अनि इस्राएलबाट आएका सबै समुदायसाथ इस्राएल र यहूदामा बसोबास गर्ने विदेशीहरूले पनि रमाहट गरे ।
2CH 30:26 यसरी यरूशलेममा ठुलो रमाहट भयो, किनभने त्‍यस्‍तो त इस्राएलका राजा दाऊदका छोरा सोलोमनको पालोदेखि यता त्‍यहाँ भएको थिएन ।
2CH 30:27 तब पुजारीहरू र लेवीहरू खडा भए र मानिसहरूलाई आशीर्वाद दिए । तिनीहरूको आवाज सुनियो, र तिनीहरूका प्रार्थना स्वर्गमा परमेश्‍वरको बस्‍नुहुने पवित्र वासस्‍थानसम्‍मै पुग्‍यो ।
2CH 31:1 जब यी सबै कुरा सकिए, तब उपस्थित भएका सबै इस्राएलका मानिसहरू यहूदाका सहरहरूमा गए र तिनीहरूले ढुङ्गाका खम्बाहरू फुटाइदिए र अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए, अनि सारा यहूदा र बेन्यामीन, अनि एफ्राइम र मनश्शेका डाँडाका थानहरू र वेदीहरू, ती सबै नाश नभएसम्‍म भत्काइदिए । तब इस्राएलीहरू हरेक आआफ्ना सम्पति र आआफ्ना सहर भएको ठाउँमा फर्के ।
2CH 31:2 पुजारीहरू र लेवीहरूका दलअनुसार हिजकियाले तिनीहरूका दलहरूलाई हरेक मानिसलाई, पुजारीहरू र लेवीहरू दुवैलाई आआफ्ना काममा लगाइदिए । तिनीहरूलाई होमबलि र मेलबलि चढाउन, सेवा गर्न, धन्यवाद दिन र परमप्रभुको मन्दिरका ढोकाहरूमा प्रशंसा गर्ने काम तिनले तिनीहरूलाई दिए ।
2CH 31:3 तिनले आफ्नै भण्डारबाट बिहान र बेलुकाका होमबलिका निम्ति, अनि शबाथ, औंसी र तोकिएका चाडहरूका निम्ति परमप्रभुको व्यवस्थामा लेखिएबमोजिम जुटाइदिए ।
2CH 31:4 यसको साथै पुजारीहरू र लेवीहरू तिनले यरूशलेममा बस्‍ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग देऊन् भनी हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्‍यान दिन सकुन् ।
2CH 31:5 हुकुम पठाउने बित्तिकै इस्राएलका मानिसहरूले आआफ्ना अन्‍नका अगौटे फल, नयाँ दाखमद्य, तेल, मह र जमिनका सबै उब्जनीका अगौटे फल उदारचित्तले दिए । तिनीहरूले हरेक कुराका दशांश ल्याए, जुन प्रशस्त मात्रामा भयो ।
2CH 31:6 यहूदाका सहरहरूमा बस्‍ने इस्राएलका मानिसहरू र यहूदीहरूले पनि गाईवस्तु र भेडबाख्राको दशांश, अनि परमप्रभु आफ्‍ना परमेश्‍वरमा अर्पण गरिएका सबै थोकको दशांश ल्याएर थुपारे ।
2CH 31:7 तिनीहरूले आफ्नो योगदान तेस्रो महिनामा थुपार्न सुरु गरे, र तिनीहरूले त्‍यो सातौँ महिनामा सिद्ध्याए ।
2CH 31:8 जब हिजकिया र तिनका अधिकारीहरू आए र ती थुपारिएका कुरा देखे, तब तिनीहरूले परमप्रभु र उहाँको मानिस इस्राएललाई आशिष् दिए ।
2CH 31:9 तब हिजकियाले यी थुपारिएका कुराहरूका विषयमा पुजारीहरू र लेवीहरूसित सोधपुछ गरे ।
2CH 31:10 सादोकका घरानाका प्रधान पुजारी अजर्याहले जवाफ दिए र यसो भने, “मानिसहरूले परमप्रभुको मन्दिरमा आआफ्ना भेटी ल्याएको समयदेखि हामीहरूले खाएका छौं, र प्रशस्त भयो र प्रशस्‍त उब्रेका छन्, किनकि परमप्रभुले आफ्‍ना मानिसहरूलाई आशिष् दिनुभएको छ । उब्रेकाबाट यो ठुलो मात्रा यहाँ छ ।”
2CH 31:11 तब हिजकियाले परमप्रभुको मन्दिरमा भण्डारहरू तयार गर्न हुकुम गरे, र तिनीहरूले ती तयार गरे ।
2CH 31:12 तब तिनीहरूले आआफ्ना भेटीहरू, दशांश र परमप्रभुका थोकहरू विश्‍वस्‍ततासाथ ल्याए । तिनको जिम्मा लिने अधिकृत लेवी कोनन्याह थिए, र तिनका भाइ शिमी तिनीपछिका दोस्रा थिए ।
2CH 31:13 हिजकिया राजा र परमेश्‍वरको मन्दिरका अधिकारी अजर्याहले नियुक्त गरेका कोनन्याह र तिनका भाइ शिमीको मातहतमा रही तिनीहरूलाई सहायता गर्ने यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाह थिए ।
2CH 31:14 परमप्रभुलाई दिएका भेटीहरू र अर्पण गरिएका दानहरू बाँड्नको निम्ति परमेश्‍वरको निम्ति ल्याएका राजीखुशीका भेटीहरूको जिम्मा लेवी यिम्नाका छोरा पूर्व ढोकाका रक्षक कोरेलाई दिइएको थियो ।
2CH 31:15 तिनको मातहतमा पुजारीहरूका सहरहरूमा अदन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्याह थिए । तिनीहरूका महत्व भएका र नभएका दुबै दाजुभाइलाई दल-दलअनुसार हिस्सा बाँड्ने कामको जिम्मा तिनीहरूको थियो ।
2CH 31:16 आफ्‍ना पुर्खाहरूका विवरणमा नाउँ भएका परमप्रभुको मन्दिरमा आफूलाई तोकिएको काममा दिनदिनै खट्ने तिन वर्ष र त्यसभन्दा बढी उमेरका सबै पुरुषहरूलाई आआफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँडिदिए ।
2CH 31:17 आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पुजारीहरू अनि बिस वर्ष र त्यसभन्दा बढी उमेरका लेवीहरू सबैलाई आआफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँडिदिए ।
2CH 31:18 तिनीहरूले सारा समुदाय भरका तिनका साना बालबालिका, पत्‍नीहरू र छोराछोरी सबैलाई पनि समावेस गरे, किनकि आफैलाई शुद्ध गर्नमा तिनीहरू विश्‍वासयोग्य थिए ।
2CH 31:19 आफ्ना सहरहरूका छेउछाउका बस्तीहरूमा वा हरेक सहरमा बस्‍ने हारूनका वंशका पुजारीमध्ये सबै पुरुषलाई र लेवीहरूका आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पुजारीहरू सबैलाई पनि आआफ्ना भाग दिन विशेष मानिसहरू खटाइए ।
2CH 31:20 हिजकियाले यहूदाभरि नै यसो गरे । तिनले परमप्रभु आफ्ना परमेश्‍वरका दृष्‍टिमा असल, ठिक र विश्‍वासयोग्य काम गरे ।
2CH 31:21 परमप्रभुका मन्दिरको सेवाका हरेक काममा, व्यवस्था, र आज्ञाहरूमा, र उहाँको खोजी गर्ने हरेक कुरा तिनले आफ्नो पूरा हृदयले गरे, र तिनी सफल भए ।
2CH 32:1 यी सबै कुराहरू र यी विश्‍वासयोग्य कामहरू भएपछि, अश्शूरका राजा सनहेरीब आए र यहूदामा पसे । किल्ला भएका सहरहरूलाई आक्रमण गर्नलाई तिनले छाउनी हाले, जसलाई तिनले आफ्नो निम्ति कब्‍जा गर्न इच्‍छा गरे ।
2CH 32:2 सनहेरीब आएका थिए र यरूशलेमको विरुद्ध युद्ध गर्ने अठोट गरेका थिए भनी जब हिजकियालाई थाहा पाए,
2CH 32:3 तब तिनले सहरबाहिरका मूलहरूका पानी बन्द गरिदिन तिनले आफ्ना अगुवाहरू र आफ्ना शक्तिशाली मानिसहरूसित सल्लाह लिए । तिनीहरूले तिनलाई त्‍यसो गर्न सहयोग गरे ।
2CH 32:4 धेरै संख्यामा मानिसहरू एकसाथ भेला भए र देशको मध्यभाग भएर बग्‍ने सबै मूलहरू र खोलाहरू थुनिदिए । तिनीहरूले भने, “अश्शूरका राजाहरू यहाँ आएर किन प्रशस्त पानी पाउने?”
2CH 32:5 हिजकियाले साहस गरे र भत्किएका सबै पर्खालको निर्माण गरे । तिनले धरहराहरू अग्‍लो बनाए, र बाहिरका अरू पर्खालहरू पनि त्यसै गरे । दाऊदको सहरका टेवा दिने गाराहरू पनि तिनले सुदृढ पारे, र तिनले ठुलो सङ्‍ख्‍यामा हातहतियार र ढालहरू बनाए ।
2CH 32:6 तिनले मानिसहरूमाथि फौजी कमाण्‍डरहरू नियुक्त गरे । तिनले तिनीहरूलाई सहरको मूल ढोकाको खुल्ला ठाउँमा एकसाथ भेला गरे र तिनीहरूसँग हौसलासहित कुरा गरे । तिनले भने,
2CH 32:7 “बलिया र साहसिला होओ । अश्शूरका राजा र तिनीसँग भएको त्‍यो सबै ठुलो फौज को कारणले नडराओ वा हतोत्साही नहोओ, किनकि हामीसित हुनुहुने उनीहरूसित हुनेभन्‍दा महान् हुनुहुन्छ ।
2CH 32:8 तिनीसित शारीरिक हतिहार मात्र छन्, तर हामीलाई सहायता गर्न र हाम्रो युद्ध गर्न हामीसित हाम्रा परमप्रभु परमेश्‍वर हुनुहुन्छ ।” तब यहूदाका राजा हिजकियाको वचनले गर्दा यहूदाका मानिसहरूले आफैलाई सान्त्वना दिए ।
2CH 32:9 त्यसपछि अश्शूरका राजा सनहेरीबले यरूशलेममा, (उनी लाकीश अगाडि थिए, र उनका सबै फौज उनीसित थियो) यहूदाका राजा हिजकिया र यरूशलेममा भएका यहूदाका सबै मानिसहरूकहाँ आफ्ना सेवकहरू पठाए । तिनले भने,
2CH 32:10 “अश्शूरका राजा सनहेरीब यसो भन्छन्: यरूशलेममा भएको घेराबन्दी सहनलाई तिमीहरू के कुरामा भर परिरहेका छौ?
2CH 32:11 जब ‘परमप्रभु हाम्रा परमेश्‍वरले अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई भन्छन्, तब तिमीहरू बसेकै ठाउँमा तिमीहरूलाई अनिकाल वा तिर्खाले मार्नलाई तिनले तिमीहरूलाई भ्रममा पारिरहेका छैनन् र?
2CH 32:12 आफ्‍ना अल्गा ठाउँहरू र आफ्‍ना वेदीहरू हटाएका, अनि यहूदा र यरूशलेमलाई ‘एउटै मात्र वेदीमा तिमीहरूले आराधना गर्नुपर्छ र त्‍यसमा तिमीहरूले आफ्‍ना बलिदान चढाउनुपर्छ,’ भन्‍ने हिजकिया यिनै होइनन् र?
2CH 32:13 म र मेरा पुर्खाहरूले अरू देशका सबै मानिसलाई के गरेका छौं सो तिमीहरूलाई थाहा छैन र? के वरिपरिका देशका मानिसहरूका देवताहरूले मेरो शक्तिबाट आफ्‍ना देशहरूलाई बचाउन सकेका थिए र?
2CH 32:14 मेरा पुर्खाहरूले पूर्ण रूपले नाश गरेका जातिहरूका देवतामध्ये के त्‍यहाँ कुनै देवता थियो जसले मेरो हातबाट आफ्ना मानिसहरूलाई बचाउन सक्यो? तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मेरो शक्तिबाट किन बचाउनुपर्छ र?
2CH 32:15 अब हिजकियाले यसो भनेर तिमीहरूलाई छलमा पार्न र तिमीहरूलाई मनाउन नदेओ । तिमीहरू तिनीमाथि विश्‍वास नगर, किनकि कुनै पनि जाति वा राज्यका देवताले आफ्ना मानिसलाई मेरो वा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन । तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मेरो हातबाट कति थोरै बचाउने छन् र?”
2CH 32:16 सनहेरीबका सेवकहरूले परमप्रभु परमेश्‍वर र उहाँका सेवक हिजकियाका विरुद्धमा अझै धेरै बोले ।
2CH 32:17 परमप्रभु इस्राएलका परमेश्‍वरको गिल्ला गर्नको निम्ति समेत सनहेरीबले पत्रहरू पनि लेखे । तिनले भने: “जसरी अरू देशका जातिहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेका छैनन्, त्यसरी नै हिजकियाका परमेश्‍वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्‍ने छैनन् ।”
2CH 32:18 तब उनीहरूले सहर कब्जा गर्न सकुन् भनेर यरूशलेमको पर्खालमा खडा हुने मानिसहरूलाई, तिनीहरूलाई त्रासमा पार्न र तिनीहरूलाई कष्‍ट दिन उनीहरूले चर्को सोरले यहूदीहरूका भाषामा कराए ।
2CH 32:19 केवल मानिसका हातले बनाएका पृथ्वीका अरू मानिसका देवताहरूका बारेमा उनीहरूले बोलेझैं यरूशलेमका परमेश्‍वरको बारेमा पनि उनीहरूले बोले ।
2CH 32:20 यस विषयको कारणले हिजकिया राजा र आमोजका छोरा यशैया अगमवक्ताले प्रार्थना गरे र तिनले स्वर्गतिर पुकारा गरे ।
2CH 32:21 तब परमप्रभुले एउटा स्वर्गदूत पठाउनुभयो, जसले छाउनीमा भएका राजाका योद्धाहरू, कमाण्‍डरहरू र अधिकृतहरूलाई मारे । यसरी सनहेरीब आफ्‍नो मुहारमा बेइज्‍जती लिएर तिनको आफ्नो देशमा फर्के । जब उनी आफ्नो देवताको मन्दिरमा पसेका थिए, तब उनका आफ्‍नै छोरामध्येका कसैले उनलाई तरवारले काटेर मारे ।
2CH 32:22 यसरी परमप्रभुले हिजकिया र यरूशलेमका बासिन्दाहरूलाई अश्शूरका राजा सनहेरीबका हातबाट र अरू सबैका हातबाट बचाउनुभयो, र तिनीहरूलाई चारैतिरबाट आराम दिनुभयो ।
2CH 32:23 धेरै जनाले यरूशलेममा परमप्रभुको निम्ति भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति बहुमूल्य उपहारहरू ल्याए, ताकि त्यो समयदेखि पछि सबै जातिका दृष्‍टिमा तिनी उच्‍च पारिए ।
2CH 32:24 ती दिनमा हिजकिया मरणासन्‍न हुने गरी बिरामी भए । तिनले परमप्रभुमा प्रार्थना गरे, जो तिनीसित बोल्‍नुभयो र तिनी निको हुनेछन् भनेर एउटा चिन्ह तिनलाई दिनुभयो ।
2CH 32:25 तर हिजकियालाई दिइएको मदतका निम्‍ति तिनी परमप्रभुप्रति कृतज्ञ भएनन्, किनकि तिनको हृदय अहङ्‍कारी भएको थियो । यसैले तिनीमाथि र यहूदा र यरूशलेममाथि क्रोध पर्‍यो ।
2CH 32:26 तापनि आफ्नो हृदयको अभिमानको निम्ति हिजकिया र यरूशलेमका बासिन्दा दुवैले पश्‍चात्ताप गरे, जसले गर्दा हिजकियाको समयमा परमप्रभुको क्रोध तिनीहरूमाथि परेन ।
2CH 32:27 हिजकियाले धेरै धनसम्पत्ति र धेरै मान पाएका थिए । तिनले आफ्ना निम्ति सुन, चाँदी, बहुमूल्य पत्थर र मसलाहरू, अनि ढालहरू र अरू दामी-दामी चीजहरू राख्ने भण्डारहरू बनाए ।
2CH 32:28 तिनीसँग अन्‍न, नयाँ दाखमद्य र तेल जम्‍मा गर्ने भण्‍डारहरू, र सबै किसिमका जनावरका लागि गोठहरू थिए । र तिनीसित भेडाबाख्राहरूका गोठहरू पनि थिए ।
2CH 32:29 यसको साथमा तिनीसँग सहरहरू र प्रसस्त बथान र बगालहरू पनि थिए, किनकि परमेश्‍वरले तिनलाई धेरै धनसम्पत्ति दिनुभएको थियो ।
2CH 32:30 गीहोन नदीको माथिल्लो मुहानलाई थुन्‍ने र त्‍यसलाई दाऊदको सहरको पश्‍चिमपट्टि सिधा ल्याउने हिजकिया पनि यिनै थिए । आफ्‍ना सब परियोजनामा हिजकिया सफल भए ।
2CH 32:31 तापनि देशमा देखिएको आश्‍चर्यका चिन्हको विषयमा जानकारहरूका बारेमा प्रश्‍नहरू सोध्‍नलाई बेबिलोनका शासकहरूले पठाएका राजदूतहरूका सम्‍बन्‍धमा तिनको जाँच गर्न र तिनको हृदयका सबै कुरा पत्ता लगाउन परमेश्‍वरले तिनलाई छोड्नुभयो ।
2CH 32:32 हिजकियाको बारेमा अन्य कुराहरू, तिनका करारका बफादर कामहरूसमेतका कुरा, आमोजका छोरा यशैया अगमवक्ताको दर्शन र यहूदा र इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा ती लेखिएका तपाईंले पाउनुहुन्‍छ ।
2CH 32:33 हिजकिया आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले दाऊदका सन्तानहरूका चिहानहरू भएको डाँडामा तिनलाई गाडे । तिनको मृत्युमा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई श्रद्धासुमन प्रकट गरे । तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए ।
2CH 33:1 मनश्शेले राज्य गर्न सुरु गर्दा तिनी बाह्र वर्षका थिए । तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे ।
2CH 33:2 तिनले परमप्रभुले इस्राएलका मानिसहरूका सामुन्‍नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा हिंडेर तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।
2CH 33:3 तिनका पिता हिजकियाले नाश गरेका डाँडाका थानहरू तिनले फेरि बनाए, र तिनले बाल देवताहरूका निम्ति वेदीहरू खडा गरे, अशेराका खम्बाहरू बनाए, र तिनले आकाशका सबै ताराका सामु निहुरे र तिनको पुजा गरे ।
2CH 33:4 “यरूशलेममा नै मेरो नाउँ सदासर्वदा रहनेछ” भनेर परमप्रभुले आज्ञा दिनुभए तापनि मनश्शेले परमप्रभुको मन्दिरमा वेदीहरू बनाए ।
2CH 33:5 तिनले आकाशका सारा ताराहरूका निम्ति परमप्रभुको मन्दिरका दुवै चोकमा वेदीहरू बनाए ।
2CH 33:6 तिनले आफ्ना छोराहरूलाई बेन-हिन्‍नोमको बेसीमा आगोमा हिंड्न लगाए । तिनले टुनामुना गरे, जोखना हेरे, मन्त्रतन्त्र गरे र मृतहरूसँग कुरा गर्नेहरू र आत्माहरूसँग कुरा गर्नेहरूसित सल्लाह लिए । मनश्शेले परमप्रभुको दृष्‍टिमा धेरै दुष्‍ट काम गरे र तिनले उहाँलाई रिस उठाए ।
2CH 33:7 तिनले बनाएको खोपेका मूर्तिलाई तिनले परमेश्‍वरको मन्दिरभित्र राखे । यस मन्दिरको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनसित बोल्‍नुभएको थियो । गहाँले यसो भन्‍नुभएको थियोः “मैले इस्राएलका सबै कुलमध्ये चुनेको यो मन्दिर र यरूशलेममा म सदासर्वदाको निम्ति मेरो नाउँ राख्नेछु ।
2CH 33:8 इस्राएलका मानिसहरूले मेरा सबै आज्ञा मानेर मेरो दास मोशामार्फत् मैले तिनीहरूलाई दिएका सबै व्‍यवस्‍था, विधिहरू र आदेशहरू होसियारसाथ पालन गरे भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरूलाई म फेरि पर हटाउनेछैनँ ।”
2CH 33:9 परमप्रभुले इस्राएलको सामुन्‍ने नाश गर्नुभएका जातिहरूले भन्दा पनि धेरै दुष्‍ट काम गर्न मनश्शेले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई अगुवाइ गरे ।
2CH 33:10 मनश्शे र तिनका मानिसहरूसित परमप्रभु बोल्नुभयो, तर तिनीहरूले ध्‍यान नै दिएनन् ।
2CH 33:11 यसैले परमप्रभुले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका फौजका कमाण्‍डरहरू ल्याउनुभयो, जसले मनश्शेलाई साङ्लाले बाँधे, हतकडीहरू लगाए र तिनलाई बेबिलोनमा लिएर गए ।
2CH 33:12 जब मनश्शे कष्‍टमा परे, तब तिनले परमप्रभु आफ्ना परमेश्‍वरलाई खोजे, र आफ्ना पुर्खाहरूका परमेश्‍वरकहाँ अत्यन्तै विनम्र भएर झुके ।
2CH 33:13 तिनले उहाँसँग प्रार्थना गरे । अनि तिनले परमेश्‍वरसँग बिन्ती चढाए र परमेश्‍वरले तिनलाई यरूशलेममा ल्‍याएर फेरि राजा बनाउनुभयो । तब मनश्शेले परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भनी जाने ।
2CH 33:14 त्यसपछि मनश्शेले बेसीको गीहोनको पश्‍चिमपट्टिदेखि माछा ढोकासम्म दाऊदको सहरका बाहिरको पर्खाल बनाए । तिनले ओफेल डाँडा घेरे र त्यो पर्खाल धेरै अल्गो बनाए । तिनले यहूदाका किल्ला भएका सबै सहरमा साहसी फौजका कमाण्‍डरहरू पनि खटाइदिए ।
2CH 33:15 तिनले विदेशी देवताहरू र खोपेर बनाएका मूर्ति परमप्रभुको मन्दिरबाट हटाए, र परमप्रभुको मन्दिरको डाँडा र यरूशलेममा तिनी आफैले बनाएका सबै वेदी पनि हटाइदिए र तिनले ती सबैलाई सहरबाट बाहिर फ्याँकिदिए ।
2CH 33:16 तिनले परमप्रभुको वेदीको पुननिर्माण गरे र त्यसमा मेलबलि र धन्यवाद बलि चढाए । तिनले यहूदालाई परमप्रभु इस्राएलका परमेश्‍वरको सेवा गर्नू भनी हुकुम दिए ।
2CH 33:17 तापनि मानिसहरूले डाँडाका थानहरूमा बलिदानहरू चढाउँदैरहे, तर परमप्रभु तिनीहरूका परमेश्‍वरको निम्ति मात्रै चढाए ।
2CH 33:18 मनश्शेको राजकालका अरू विषयहरू, आफ्‍नो परमेश्‍वरमा तिनले चढाएको प्रार्थना र परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँमा दर्शीहरूले तिनलाई बोलेका वचनहरू, हेर, ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
2CH 33:19 त्‍यो वर्णनमा, तिनको प्रार्थना र परमेश्‍वर कसरी त्‍यसबाट चल्‍नुभयो भन्‍ने कुराको इतिहास छ । तिनले आफैलाई विनम्र तुल्याउनु अगि तिनले गरेका सबै पाप र अविश्‍वासका काम, तिनले बनाएका डाँडाका थानहरू र अशेराका खम्बा र मूर्तिहरू— पनि यी सबै दर्शीहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
2CH 33:20 यसरी मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई तिनको आफ्नै महलमा गाडे । तिनको ठाउँमा तिनका छोरा अमोन राजा भए ।
2CH 33:21 अमोनले राज्य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा दुई वर्ष राज्य गरे ।
2CH 33:22 तिनका पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे । तिनले आफ्ना पिता मनश्शेले बनाएका सबै मूर्तिमा बलिदान चढाए र तिनको पुजा गरे ।
2CH 33:23 आफ्ना पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको सामुन्‍ने आफैलाई विनम्र पारेनन् । यसरी तिनी झन् बढी अनाज्ञाकारी भए ।
2CH 33:24 तिनका सेवकहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे, र तिनको आफ्नै महलमा तिनलाई मारे ।
2CH 33:25 तर देशका मानिसहरूले राजा अमोनको विरुद्धमा षड्‌यन्‍त्र गर्ने सबैलाई मारे, र तिनको छोरा योशियाहलाई तिनको ठाउँमा तिनीहरूले राजा बनाए ।
2CH 34:1 योशियाहले राज्य सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे ।
2CH 34:2 तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो, सो गरे, र आफ्ना पुर्खा दाऊदका चालमा हिंडे र दाहिने वा देब्रेतिर फर्केनन् ।
2CH 34:3 किनकि तिनको राजकालको आठौँ वर्षमा, तिनी सानै छँदा नै तिनले आफ्ना पुर्खा दाऊदका परमेश्‍वरलाई खोज्न सुरु गरे । बाह्रौँ वर्षमा तिनले यहूदा र यरूशलेममा भएका डाँडाका थानहरू र अशेरा देवीका खम्बाहरू र खोपेर बनाएका र ढलौटे मूर्तिहरू हटाउन सुरु गरे ।
2CH 34:4 मानिसहरूले तिनको उपस्‍थितिमा बाल देवताहरूका वेदीहरू भत्काए । तिनमाथि भएका धूप वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । तिनले अशेरा देवीका खम्बाहरू र मूर्तिहरू र प्रतिमाहरू धुलो टुक्रा-टुक्रा पारेर धुलोपिठो बनाए । तिनलाई बलिदान चढाउने मानिसहरूका चिहानहरूमा त्यो धुलो छरिदिए ।
2CH 34:5 तिनका पुजारीहरूका हड्‍डी पनि तिनीहरूकै वेदीहरूमा तिनले जलाइदिए । यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे ।
2CH 34:6 तिनले मनश्शे, एफ्राइम, शिमियोन र नप्‍तालीसम्मका सहरहरू र तिनका वरिपरिका भग्‍नावशेषहरूमा पनि त्यसै गरे ।
2CH 34:7 तिनले वेदीहरू भत्काए, अशेरा देवीका खम्बाहरू र ढालेर बनाएका मूर्तिहरूलाई धुलोपिठो पारे, र इस्राएलको देशभरि नै भएका धूपका वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । त्यसपछि तिनी यरूशलेममा फर्के ।
2CH 34:8 योशियाहले देश र मन्दिर शुद्ध पारिसकेपछि, तिनले आफ्नो राज्य कालको अठारौँ वर्षमा असल्याहका छोरा शापान, सहरका गभर्नर मासेयाह र राज्यका लेखापाल योआहाजका छोरा योआलाई परमप्रभु तिनका परमेश्‍वरको मन्दिर मरम्मत गर्न पठाए ।
2CH 34:9 तिनीहरू प्रधान पुजारी हिल्कियाहकहाँ गए र रक्षकको काम गर्ने लेवीहरूले मनश्शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै मानिसहरू र यहूदा, बेन्यामीन र यरूशलेमका सबै बासिन्दाबाट जम्मा गरेर ल्‍याएका रुपियाँपैसा तिनलाई जिम्मा दिए ।
2CH 34:10 परमप्रभुको मन्दिरमा काम गर्नेहरूका सुपरिबेक्षण गर्नेहरूका हातमा तिनीहरूले त्यो पैसा दिए । ती मानिसहरूले मन्दिरको मरम्मत र त्यसलाई पुननिर्माण गर्ने कामदारहरूका ज्‍याला तिरे ।
2CH 34:11 सिकर्मीहरू र डकर्मीहरूलाई काटेका ढुङ्गाहरू र नाल-दलिनहरू र यहूदाका कुनै राजाहरूले ढालिदिएका दलिनहरू बनाउनलाई काठहरू किन्‍नलाई तिनीहरूले पैसा दिए ।
2CH 34:12 यी मानिसहरूले विश्‍वासयोग्य रूपले काम गरे । मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्लामले तिनीहरूका रेखदेख गरे । सङ्गीतमा निपुण अन्य सबै लेवीले कामदारहरूलाई निर्देशन दिए ।
2CH 34:13 यी लेवीहरू निर्माण सामाग्री बोक्‍नेहरू र अन्य हरेक काम गर्ने मानिसहरूका निरीक्षकहरू थिए । तिनीमध्ये कोही सचिव, कोही प्रशासकहरू र ढोकाका रक्षकहरू थिए ।
2CH 34:14 तिनीहरूले परमप्रभुको मन्दिरमा ल्याएका रुपियाँपैसा बाहिर निकाल्दा हिल्कियाह पुजारीले मोशाद्वारा दिएको परमप्रभुका व्यवस्थाको पुस्तक भेट्टाए ।
2CH 34:15 हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” हिल्कियाहले त्यो पुस्तक शापानकहाँ ल्याए ।
2CH 34:16 शापानले त्यो पुस्तक राजाकहाँ ल्याए, र यसो भनेर तिनलाई विवरण पनि दिए, “तपाईंका सेवकहरूलाई जिम्‍मा दिइएका सबै काम तिनीहरूले गरिरहेका छन् ।
2CH 34:17 तिनीहरूले परमप्रभुको मन्दिरमा पाइएको रुपियाँपैसा खाली गरेका छन् र तिनीहरूले त्‍यो निरीक्षकहरू र कामदारहरूका हातमा दिएका छन् ।”
2CH 34:18 सचिव शापानले राजालाई भने, “पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” त्यसपछि शापानले त्यो पुस्तक राजालाई पढेर सुनाए ।
2CH 34:19 यस्‍तो भयो, जब राजाले व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सुने तब तिनले आफ्ना लुगा च्याते ।
2CH 34:20 तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका आफ्नै सेवकलाई यस्तो आज्ञा दिए,
2CH 34:21 “जाओ र मेरो निम्ति, अनि इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराका कारणले परमप्रभुको इच्छा खोज । यो साह्रै ठुलो छ, परमप्रभुको क्रोध हामीमाथि खन्‍याइएको छ । साह्रै ठुलो छ किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकमा लेखिएका सबै कुरा पालन गर्नको निम्ति यसको वचन सुनेका छैनन् ।”
2CH 34:22 यसैले हिल्कियाह र राजाले हुकुम गरेका मानिसहरू राजमहलको लुगाफाटो हेरचाह गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्‍नी अगमवादिनी हुल्दाकहाँ सोधपुछ गर्नलाई गए (तिनी यरूशलेमको दोस्रो जिल्लामा बस्थिन्), र तिनीहरूले तिनीसँग यसरी कुरा गरे ।
2CH 34:23 तिनले तिनीहरूलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्‍वर यो भन्‍नुहुन्‍छ: तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन,
2CH 34:24 ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर्, मैले यहूदाका राजाको सामुन्‍ने पढेको पुस्तकमा लेखिएका सबै सरापहरू यो ठाउँ र त्यसका मानिसहरूमाथि ल्याउन लागेको छु ।
2CH 34:25 यस्तो हुनेछ किनकि तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र तिनीहरूका हातले बनाएका सबै कुराले मलाई रिस उठाएका छन्, यसैकारण मेरो क्रोध यस ठाउँमाथि खन्याइने छ, र यो निभाइने छैन’ ।
2CH 34:26 तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्‍नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ:
2CH 34:27 तेरो हृदय नरम भएको हुनाले, र परमेश्‍वरले यो ठाउँ र यसका बासिन्‍दाहरूका विषयमा भनेका कुरा सुनेर उहाँको सामु तँ विनम्र भएको हुनाले, र तैंले आफूलाई मेरो सामु तँ विनम्र पारेको र आफ्ना लुगा च्यातेको र मेरो उपस्थितिमा रोएको हुनाले, मैले तेरो बिन्‍ती सुनेको छु— यो परमप्रभुको घोषणा हो—
2CH 34:28 हेर्, तेरा पुर्खाहरूसँगै तँलाई म जम्मा गर्नेछु । तँ शान्तिसित आफ्‍नो चिहानमा गाडिनेछस्, र यस ठाउँ र यसका बासिन्दामाथि मैले ल्‍याउने कुनै पनि सर्वनाश तेरा आँखाले देख्‍ने छैनन्’ ।” ती मानिसहरूले यो सन्देश राजाकहाँ पुर्‍याए ।
2CH 34:29 त्यसपछि राजाले दूतहरू पठाए र यहूदा र यरूशलेमका सबै धर्म-गुरुहरूलाई भेला गराए ।
2CH 34:30 तब राजा र तिनीसँग भएका यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पुजारी र लेवीहरू, साना-ठुला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए । तब परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्‍ने गरी तिनले पढे ।
2CH 34:31 राजा आफ्नो स्थानमा खडा भए र परमेश्‍वरलाई पछ्याउन र उहाँका आज्ञा, नियम, र विधिहरू आफ्नो सारा हृदय र प्राणले पालन गर्ने, र यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्ने बाचा परमप्रभुको सामुन्‍ने गरे ।
2CH 34:32 तिनले यरूशलेम र बेन्यामीनमा उपस्थित भएका सबैलाई त्यो करार अनुसार हिंड्न लगाए । यरूशलेमका बासिन्दाहरूले परमेश्‍वर, तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको करारअनुसार काम गरे ।
2CH 34:33 योशियाहले इस्राएलका मानिसहरूका सारा इलाकाबाट सबै घृणित कुराहरू हटाइदिए । तिनले इस्राएलमा बस्‍ने सबैलाई परमप्रभु आफ्ना परमेश्‍वरको आराधना गर्न लगाए । तिनी बाँचुञ्जेल परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको अनुसरण गर्न तिनीहरूले छोडेनन् ।
2CH 35:1 योशियाहले परमप्रभुको निम्ति यरूशलेममा निस्तार-चाड मनाए, र तिनीहरूले पहिलो महिनाको चौधौँ दिनमा निस्तार-चाडको थुमा मारे ।
2CH 35:2 तिनले पुजारीहरूलाई आआफ्नो स्थानमा राखे र परमप्रभुका मन्दिरको सेवा गर्न तिनीहरूलाई प्रोत्साहन दिए ।
2CH 35:3 तिनले परमप्रभुमा समर्पित भएका र सारा इस्राएललाई सिकाउने लेवीहरूलाई भने, “इस्राएलका राजा दाऊदका छोरा सोलोमनले निर्माण गरेको मन्दिरमा पवित्र सन्दूकलाई राख । अबदेखि फेरि त्यसलाई आफ्नो काँधमा नबोक । अब परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर र उहाँको मानिस इस्राएलको सेवा गर ।
2CH 35:4 इस्राएलका राजा दाऊद र तिनका छोरा सोलोमनले दिएका लिखित निर्देशनहरू पालन गर्दै आआफ्‍ना पुर्खाका घरानाहरू र आआफ्‍ना विभाजनहरूअनुसार आफूलाई सङ्गठित गराओ ।
2CH 35:5 तिमीहरूका दाजुभाइका पुर्खाका घरानाहरूका विभाजनहरू, मानिसहरूका वंश र लेवीहरूको पुर्खाका परिवारहरूका आफ्ना विभाजनहरूअनुसार पवित्र स्थानमा खडा होओ ।
2CH 35:6 निस्तार-चाडको थुमाहरू मार, आफैलाई शुद्ध गर, मोशाद्वारा परमप्रभुले दिनुभएको वचन पालन गरेर तिमीहरूका दाजुभाइका निम्ति थुमाहरू तयार पार ।”
2CH 35:7 योशियाहले निस्तार-चाड बलिदानमा सबै मानिसहरूको निम्ति तिस हजार भेडा र पाठा दिए । तिनले तीन हजार साँढे पनि दिए । यी सबै राजाका सम्पतिबाट दिइएका दिए ।
2CH 35:8 मानिसहरू, पुजारीहरू र लेवीहरूका निम्ति तिनका अगुवाहरूले राजीखुशी दान दिए । परमप्रभुको मन्दिरका आधिकारिक प्रशासकहरू हिल्कियाह, जकरिया र यहीएलले पुजारीहरूलाई निस्तार-चाडको निम्ति दुई हजार छ सय ससाना पशु र तीन सय साँढे दिए ।
2CH 35:9 अनि लेवीहरूलाई चाहिं कोनन्याह र तिनका भाइहरू शमायाह र नतनेल, अनि लेवीहरूका नायकहरू हशब्याह, यहीएल र योजाबादले पाँच हजार ससाना पशु र पाँच सय साँढे दिए ।
2CH 35:10 यसैले सेवाको तयारी भयो, र पुजारीहरू आआफ्नो स्थानमा अनि लेवीहरूचाहिं आआफ्नो दलअनुसार राजाको हुकुमबमोजिम खडा भए ।
2CH 35:11 तिनीहरूले निस्तार-चाडका थुमाहरू मारे, अनि लेवीहरूका हातबाट रगत लिएर पुजारीहरूले वेदीमा रगत छर्के, र लेवीहरूले ती थुमाहरूका छाला काढे ।
2CH 35:12 तिनीहरूले मोशाको पुस्तकमा लेखिएबमोजिम मानिसले परमप्रभुलाई होमबलिहरू चढाउन् भनी पुर्खाका घरानाका विभाजनअनुसार वितरण गर्नलाई तिनीहरूले ती छुट्‍याए । साँढेहरूका पनि तिनीहरूले त्यसै गरे ।
2CH 35:13 तिनीहरूले निर्देशनको अनुसरण गरेर निस्तारका थुमाहरू आगोमा पोले । पवित्र भेटीलाई तिनीहरूले खड्कुँला, कराही र ताप्केमा उसिने, र तिनीहरू तुरुन्‍तै ती मानिसहरूमा बाँडिदिए ।
2CH 35:14 त्यसपछि हारूनका वंशका पुजारीहरू साँझसम्मै होमबलि र बोसो चढाउनमा व्यस्त भएका हुनाले तिनीहरूले आफ्ना निम्ति र पुजारीहरूका निम्ति बलिदान तयार गरे । यसरी लेवीहरूले आफ्ना लागि र हारूनको वंशका पुजारीहरूका निम्ति बलिदान तयार गरे ।
2CH 35:15 आसापका सन्तानहरू, गायकहरू, दाऊद, आसाप, हेमान र राजाका दर्शी यदूतून र रक्षकहरूले निर्देशन दिएबमोजिम आआफ्ना स्थानमा थिए । तिनीहरूले आफ्नो ठाउँ छोड्नुपरेन किनकि तिनीहरूका दाजुभाइ लेवीहरूले तिनीहरूका निम्ति तयारी गरे ।
2CH 35:16 यसैले यो समयमा योशियाह राजाको हुकुमअनुसार निस्तार-चाड मान्‍न र परमप्रभुको वेदीमा होमबलि चढाउनका निम्ति परमप्रभुको पूरा सेवा सन्‍चालन गरियो ।
2CH 35:17 उपस्थित भएका इस्राएलका मानिसहरूले त्यस बेला निस्तार-चाड मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड मनाए ।
2CH 35:18 शमूएल अगमवक्ताको समयदेखि यता यस प्रकारले निस्तार-चाडको उत्‍सव इस्राएलमा कहिल्यै मनाइएको थिएन, न त पुजारीहरू, लेवीहरू र यरूशलेमका बासिन्दाहरूसँग उपस्थित भएका सबै यहूदा र इस्राएलका साथमा योशियाहले मानेझैं इस्राएलका अरू कुनै राजाहरूले कहिल्यै यस्तो किसिमले निस्तार-चाड मानेका थिए ।
2CH 35:19 योशियाहका राजकालको अठारौँ वर्षमा यो निस्तार-चाड मनाइएको थियो ।
2CH 35:20 योशियाहले यसरी मन्दिरका सबै कामहरू मिलाइसकेपछि मिश्रदेशका राजा नेको यूफ्रेटिस नदीको किनारको कर्कमीशको विरुद्ध आक्रमण गर्न निस्के, र योशियाह तिनको विरुद्धमा युद्ध गर्न गए ।
2CH 35:21 तर नेकोले यसो भनेर तिनीकहाँ राजदूतहरू पठाए, “ए यहूदाका राजा, मेरो तपाईंसँग के सरोकार छ? आज म तपाईंको विरुद्धमा आएको होइन, तर म जुन घरानासँग युद्ध गरिरहेको छु त्यसको विरुद्ध आएको छु । परमेश्‍वरले मलाई चाँडो गर्न आदेश दिनुभएको छ । यसैले परमेश्‍वरलाई बाधा दिने कामबाट टाढा रहनुहोस्, जो मसँग हुनुहुन्छ, नत्रता उहाँले तपाईंलाई नाश गर्नुहुनेछ ।”
2CH 35:22 तापनि योशियाह तिनीबाट फर्किन मानेनन् । तिनले उनको विरुद्ध युद्ध गर्न भेष बदले । आफू परमेश्‍वरको आज्ञाद्वारा आएको हो भन्‍ने नेकोको वचन तिनले सुनेनन् । यसैले तिनी मगिद्दोको बेसीमा युद्ध गर्न गए ।
2CH 35:23 धनुर्धारीहरूले योशियाह राजालाई हाने, र राजाले आफ्ना सेवकहरूलाई भने, “मलाई बाहिर लैजाओ, किनकि मलाई गम्‍भीर चोट लागेको छ ।”
2CH 35:24 यसैले तिनका सेवकहरूले तिनलाई रथबाट उठाए र तिनलाई अर्को रथमा चढाए । तिनीहरूले तिनलाई यरूशलेममा ल्याए, जहाँ तिनी मरे । तिनका पुर्खाहरूको चिहानहरूमा तिनलाई गाडियो । सारा यहूदा र यरूशलेमले तिनको निम्ति शोक मनाए ।
2CH 35:25 यर्मियाले योशियाहको निम्ति विलापका गरे । सबै पुरुष र स्‍त्री गायकले आजको दिनसम्म योशियाहको बारेमा विलाप गर्छन् । यी गीतहरू इस्राएलमा परम्पराको रूपमा रहेका छन् । हेर, तिनलाई विलापको गीतहरूमा लेखिएका छन् ।
2CH 35:26 योशियाहको बारेमा अन्य कुराहरू, र तिनले परमप्रभुको व्यवस्थामा लेखिएअनुसार गरेका आज्ञापालनका असल कामहरू—
2CH 35:27 अनि तिनका कामहरू सुरुदेखि अन्त्यसम्मै यहूदा र इस्राएल राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
2CH 36:1 त्यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिए र यरूशलेममा तिनका बुबाको ठाउँमा तिनलाई राजा बनाए ।
2CH 36:2 यहोआहाजले राज्य सुरु गर्दा तिनी तेइस वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्य गरे ।
2CH 36:3 मिश्रदेशका राजाले यरूशलेममा तिनलाई हटाए, र देशमाथि एक सय तोडा चाँदी र एक तोडा सुनको जरिवाना लगाए ।
2CH 36:4 मिश्रदेशका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए (र तिनको नाउँ यहोयाकीममा बदली गरे) । तब नेकोले तिनका दाजु यहोआहाजलाई मिश्रदेशमा लगे ।
2CH 36:5 यहोयाकीमले राज्य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनले परमप्रभु आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।
2CH 36:6 त्यसपछि बेबिलोनका राजा नबूकदनेसरले तिनलाई आक्रमण गरे र तिनलाई बेबिलोनमा लानलाई तिनलाई साङ्लाले बाँधे ।
2CH 36:7 नबूकदनेसरले परमप्रभुको मन्दिरका केही सामानहरू पनि बेबिलोनमा लगे र तिनले ती बेबिलोनको आफ्नै दरबारमा राखे ।
2CH 36:8 यहोयाकीमको राजकालका अरू घटनाहरू, र तिनले गरेका घिनलाग्दा कामहरू, र तिनको विरुद्ध पाइएका कुराहरू यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । त्यसपछि तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए ।
2CH 36:9 यहोयाकीन ले राज्य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा तीन महिना दश दिन राज्य गरे । तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो, त्यही गरे ।
2CH 36:10 बसन्त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्दिरका मूल्यवान सामानहरूको साथमा तिनलाई बेबिलोनमा ल्याए, र तिनका आफन्त सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए ।
2CH 36:11 सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे ।
2CH 36:12 तिनले परमप्रभु तिनका परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो त्यही गरे । परमप्रभुको वचन बोल्ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन् ।
2CH 36:13 परमेश्‍वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरसँग पनि तिनले बिद्रोह गरे । तर सिदकियाहले परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्किआउने कुराको विरुद्ध तिनी हठी भए र आफ्नो हृदय कठोर पारे ।
2CH 36:14 यसबाहेक अरू जातिहरूका सबै घिनलाग्दा कामका अनुसरण गरेर परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अपवित्र पारेर पुजारीहरू र मानिसहरूका सबै अगुवाहरू अत्यन्तै विश्‍वासघाती भए । तिनीहरूले परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको मन्दिरलाई अपवित्र पारे ।
2CH 36:15 परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरिघरि वचन दिनुभयो, किनभने आफ्ना मानिस र आफ्नो वासस्थानमाथि उहाँले दया गर्नुभयो ।
2CH 36:16 तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्जेल र सहायता आउने बाटो बन्द हुनेगरी तिनीहरूले उहाँका दूतहरूको गिल्ला गरे, उहाँको वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई हाँसोमा उडाए ।
2CH 36:17 यसैले परमेश्‍वरले तिनीहरूका विरुद्धमा कल्दीका राजालाई ल्याउनुभयो, जसले पवित्रस्थानभित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, र जवान मानिसहरू, कन्‍याहरू, वृद्धहरू वा कपाल सेतै फुलेकाहरू कसैलाई पनि तिनले छोडेनन् । परमेश्‍वरले ती सबैलाई तिनको हातमा सुम्पिदिनुभयो ।
2CH 36:18 परमेश्‍वरको मन्दिरका सानाठूला सबै भाँडा र परमप्रभुको मन्दिर र राजा र तिनका अधिकारीहरूका दामीदामी थोकहरू सबै तिनले बेबिलोनमा लगे ।
2CH 36:19 उनीहरूले परमप्रभुको मन्दिर जलाइदिए, र यरूशलेमको पर्खाल भत्काइदिए, सहरका सबै महलहरू जलाइदिए, र त्यहाँ भएका सबै सुन्दर कुरा नष्‍ट गरे ।
2CH 36:20 तरवारबाट उम्केकाहरूलाई राजाले कैद गरेर बेबिलोनमा लगे । तिनीहरू फारसको शासनमा नआउञ्जेल उनका र उनका छोराहरूका दास-दासी भए ।
2CH 36:21 यर्मिया अगमवक्ताद्वारा बोलिएको परमप्रभुको वचन पूरा हुनलाई, देशले आफ्नो शबाथको बिश्रामको आनन्द नलिउञ्जेलसम्म यसो भयो । यसरी नै सत्तरी वर्ष पूरा नगुञ्जेल र विश्रामको पूरा समय नकाटुञ्जेल नाश भएको सबै समयभरि नै देशले शबाथको विश्राम पालन गर्दैरह्यो ।
2CH 36:22 फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको आत्मालाई प्रोत्साहित पार्नुभयो, ताकि उनले आफ्नो साम्राज्यभरि एउटा घोषणा निकाले र त्यसलाई लेख्‍ने काम पनि गरे । तिनले यसो भने:
2CH 36:23 “फारसका राजा कोरेस यसो भन्छन्: परमप्रभु स्वर्गका परमेश्‍वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । उहाँका सबै मानिसध्येबाट जो-जो अहिले यहाँ छौ, परमप्रभु आफ्‍ना परमेश्‍वर तिमीहरूसँग रहनुभएको होस् । त्यो आफ्‍नो देशमा यरूशलेममा जाओस् ।”
EZR 1:1 फारसका राजा कोरेसको पहिलो वर्षमा परमप्रभुले यर्मियाद्वारा बोल्नुभएको आफ्नो वचन पुरा गर्नुभयो, र कोरेसको आत्मालाई उत्तेजित पार्नुभयो । कोरेसको आदेश तिनका सारा राज्यभरि पुग्‍यो । लेखिएको र बोलिएको कुरो यही नै हो,
EZR 1:2 “फारसका राजा कोरेस भन्‍नुहुन्छ, 'परमप्रभु स्वर्गका परमेश्‍वरले मलाई सारा पृथ्वीका राज्यहरू दिनुभयो, र उहाँले यहूदियाको यरूशलेममा एउटा मन्दिर निर्माण गर्नलाई मलाई नियुक्त गर्नुभयो ।
EZR 1:3 जो उहाँका मानिसहरू हुन् (तिनका परमेश्‍वर तिनीसित होऊन्) तिनीहरू यरूशलेममा जान र यरूशलेममा बास गर्नुहुने इस्राएलका परमप्रभु परमेश्‍वरको निम्ति एउटा मन्दिर बनाउन सक्छन् ।
EZR 1:4 राज्यको कुनै पनि क्षेत्रमा भएका मानिसहरू जहाँ त्यस देशका बाँकी बचेकाहरू बसोबास गर्दैछन्, तिनीहरूले यरूशलेममा भएको परमेश्‍वरको मन्दिर बनाउनलाई चाँदी र सुन, धनदौलत र गाईवस्तु अनि स्वेच्छा भेटी दिनुपर्छ ।”
EZR 1:5 तब परमप्रभुको मन्दिर निर्माण गर्न परमेश्‍वरले उत्तेजित पार्नुभएका हरेक मानिस, यहूदा र बेन्यामीनका कुलाका प्रमुख अगुवाहरू र पुजारीहरू अनि लेवीहरू उठे ।
EZR 1:6 तिनीहरूका वरिपरि भएकाहरूले तिनीहरूको कामलाई चाँदी, सुनका चिजहरू, धन-सम्पत्ति, गाईवस्तु, मुल्यवान चिजहरू र स्वेच्छा भेटीहरू दिएर सहयोग गरे ।
EZR 1:7 नबूकदनेसरले यरूशलेमबाट ल्याएका र आफ्ना देवताहरूको मन्दिरमा राखेका परमप्रभुको मन्‍दिरका चिजहरू पनि फारसका राजा कोरेस निकाले ।
EZR 1:8 कोरेसले ती कोषाध्‍यक्ष मित्रेताको हातमा दिए जसले यहूदाका अगुवा शेशबस्सरको निम्ति ती चीजहरूको गणना गरे ।
EZR 1:9 ती वस्तुहरूको सङ्ख्या यस प्रकार थिए: सुनका भाँडा तिसवटा, चाँदीका भाँडा एक हजारवटा, उनन्तिसवटा बाटा,
EZR 1:10 सुनका कचौरा तिसवटा, चार सय दसवटा चाँदीका स-साना कचौरा र एक हजारवटा अन्य भाँडाकुँडा ।
EZR 1:11 सुन र चाँदीका सामानको जम्मा सङ्ख्या ५,४०० ओटा थियो । निर्वासितहरू बेबिलोनबाट यरूशलेममा फर्कंदा शेशबस्सरले ती सबै कुरा ल्याए ।
EZR 2:1 राजा नबूकदनेसरको निर्वासनबाट छुटेर फर्कने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । यी मानिसहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।
EZR 2:2 तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आए । इस्राएलका मानिसहरूको विवरण यही हो ।
EZR 2:3 परोशका परिवारका २,१७२
EZR 2:4 शपत्‍याहका परिवारका ३७२
EZR 2:5 आराका परिवारका ७७५
EZR 2:6 येशूअ र योआबका सन्‍तानबाट पहत-मोआबका परिवारका २,८१२
EZR 2:7 एलामका परिवारका १,२५४
EZR 2:8 जत्तूका परिवारका ९४५
EZR 2:9 जक्‍कैका परिवारका ७६०
EZR 2:10 बानीका परिवारका ६४२
EZR 2:11 बेबैका परिवारका ६२३
EZR 2:12 अज्‍गादका परिवारका १,२२२
EZR 2:13 अदोनीकामका परिवारका ६६६
EZR 2:14 बिग्‍वैका परिवारका १,०५६
EZR 2:15 आदीनका परिवारका ४५४
EZR 2:16 हिजकियाबाट आतेरका परिवारका ९८
EZR 2:17 बेजैका परिवारका ३२३
EZR 2:18 योराका परिवारका ११२
EZR 2:19 हाशूमका मानिसहरू २२३
EZR 2:20 गिबारका मानिसहरू ९५
EZR 2:21 बेथलेहेमका मानिसहरू १२३
EZR 2:22 नतोपाका मानिसहरू ५६
EZR 2:23 अनातोतका मानिसहरू १२८
EZR 2:24 अज्‍मावेतका मानिसहरू ४२
EZR 2:25 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
EZR 2:26 रामा र गेबाका मानिसहरू ६२१
EZR 2:27 मिकमाशका मानिसहरू १२२
EZR 2:28 बेथेल र ऐका मानिसहरू २२३
EZR 2:29 नेबोका मानिसहरू ५२
EZR 2:30 मग्‍बीसका मानिसहरू १५६
EZR 2:31 अर्को एलामका मानिसहरू १,२५४
EZR 2:32 हारीमका मानिसहरू ३२०
EZR 2:33 लोद, हादीद र ओनोका मानिसहरू ७२५
EZR 2:34 यरीहोका मानिसहरू ३४५
EZR 2:35 सेनाहका मानिसहरू ३,६३० ।
EZR 2:36 पुजारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३
EZR 2:37 इम्‍मेरका परिवारका १,०५२
EZR 2:38 पशहूरका परिवारका १,२४७
EZR 2:39 हारीमका परिवारका १,०१७ ।
EZR 2:40 लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४
EZR 2:41 मन्दिरका गायकहरू: आसापका परिवारका १२८
EZR 2:42 मन्‍दिरका द्वारपालहरू: शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता, शोबैका परिवारहरूका जम्‍मा १३९ ।
EZR 2:43 मन्‍दिरका सेवकहरू: सीहा, हसूपा, तब्‍बाओत,
EZR 2:44 केरोस, सीआ, पादोन,
EZR 2:45 लेबाना, हगाबा, अक्‍कूब,
EZR 2:46 हागाबा, शल्‍मै, हानान,
EZR 2:47 गिद्देल, गहरका, रायाह,
EZR 2:48 रसीन, नकोदा, गज्‍जाम,
EZR 2:49 उज्‍जा, पसेह, बेजै,
EZR 2:50 अस्‍ना, मोनिम, नेपुसीम,
EZR 2:51 बक्‍बूक, हकूपा, हर्हुर,
EZR 2:52 बस्‍लूत, महीदा, हर्शा,
EZR 2:53 बर्कोस, सीसरा, तेमह,
EZR 2:54 नसीह, र हतीपाका परिवारहरू ।
EZR 2:55 सोलोमनका सेवकहरूका सन्‍तानहरू: सोतै, हस्‍सोपेरेत, पारूद,
EZR 2:56 याला, दर्कोन, गिद्देल,
EZR 2:57 शपत्‍याह, हत्तील, पोकेरेत-हसेबायीम, र आमीका परिवारहरू ।
EZR 2:58 मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानहरूको सङ्ख्या जम्‍मा ३९२ थियो ।
EZR 2:59 तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना पुर्खाहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनेर बताउन सकेनन्‌ । यी हुन्‌:
EZR 2:60 दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्‍मा ६५२,
EZR 2:61 र पुजारीहरूबाट: होबायाहका, हक्‍कोसका र बर्जिल्‍लै (तिनले गिलादी बर्जिल्‍लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरे र तिनीहरूका नाउँ राखे) परिवार ।
EZR 2:62 तिनीहरूले आफ्नो वंशावलीका विवरणहरू खोजे, तर ति फेला पार्न सकेनन्, त्यसैले तिनीहरूलाई अशुद्ध ठानेर पुजारीको काममा समावेश गरिएन ।
EZR 2:63 त्‍यसैले ऊरीम र तुम्मीमको सेवा गर्ने एक जना पुजारीले अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खानुहुँदैन भनी गभर्नरले तिनीहरूलाई बताए ।
EZR 2:64 सम्पूर्ण समुहको जम्‍मा सङ्ख्या ४२,३६० थियो,
EZR 2:65 यसमा तिनीहरूका नोकर-नोकर्नीहरू (७,३३७ जना) र तिनीहरूका मन्दिरका गायक-गायिकाहरू (२००) समावेश थिएन ।
EZR 2:66 तिनीहरूका घोडाहरू ७३६ । खच्‍चरहरू २४५ ।
EZR 2:67 ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए ।
EZR 2:68 जब तिनीहरू यरूशलेममा परमप्रभुको मन्दिरमा गए, मुख्य पुर्खाहरूले मन्दिर निर्माणको लागि स्वेच्छा भेटीहरू चढाए ।
EZR 2:69 तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्‍का, ५,००० चाँदीका सिक्‍का र पुजारीको १०० ओटा अलखाहरू ।
EZR 2:70 यसरी पुजारी र लेवीहरू, मानिसहरू, मन्दिरका गायकहरू र द्वारपालहरूसाथै मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे । इस्राएलका सबै मानिस आ-आफ्ना सहरहरूमा थिए ।
EZR 3:1 इस्राएलीहरू आ-आफ्ना सहरमा फर्केको सातौं महिनमा तिनीहरू एक जना मानिसझैं यरूशलेममा भेला भए ।
EZR 3:2 योसादाकका छोरा येशूअ र तिनका पुजारी दाजुभाइहरू, शालतिएलका छोरा यरुबाबेल र तिनका दाजुभाइहरू उठे, र परमेश्‍वरका मानिस मोशाको व्यवस्थामा लेखिएझैं होमबलिहरू चढाउन इस्राएलका परमेश्‍वरको वेदी निर्माण गरे ।
EZR 3:3 त्यसपछि तिनीहरूमा देशका मानिसहरूको डर परेको भए तापनि तिनीहरूले वेदीलाई त्‍यसको आधारमा स्थापित गरे । तिनीहरूले बिहान र बेलुका परमप्रभुका निम्ति होमबलिहरू चढाए ।
EZR 3:4 लेखिएअनुसार तिनीहरूले छाप्रोवासको चाड पनि मनाए, र हरेक दिनको निम्‍ति आदेश भएअनुसार दिनदिनै होमबलिहरू चढाए ।
EZR 3:5 यसैगरी, सबै स्वेच्छिक भेटीहरूका साथै परमप्रभुका सबै तोकिएका चाडका लागि दैनिक होमबलिहरू र मासिक होमबलिहरू र भेटीहरू पनि थिए ।
EZR 3:6 मन्‍दिरको जग नै नबसालिएको भए तापनि तिनीहरूले सातौं महिनाको पहिलो दिनमा परमप्रभुका निम्ति होमबलिहरू चढाउन थाले ।
EZR 3:7 तिनीहरूले ढुङ्गा काट्ने र कारीगरहरूलाई चाँदी दिए, अनि फारसका राजा कोरेसले सीदोन र टुरोसका मानिसहरूलाई अधिकार दिएका हुनाले लेबनानदेखि योप्पासम्म समुद्राबाट उनीहरूले देवदारुका काठहरू ल्याइदिऊन् भनी तिनीहरूले उनीहरूलाई खाना, पानी र तेल दिए ।
EZR 3:8 त्‍यसपछि तिनीहरू यरूशलेममा परमेश्‍वरको मन्दिरमा आएको दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल, योसादाकका छोरा येशूअ, बाँकी पुजारीहरू, लेवीहरू र निर्वासनबाट यरूशलेममा फर्केकाहरूले काम गर्न सुरु गरे । तिनीहरूले बिस वर्ष र त्यसभन्दा माथिका लेवीहरूलाई परमप्रभुको मन्दिरको निरीक्षण गर्ने जिम्मा दिए ।
EZR 3:9 येशूअ र तिनका छोराहरूसाथै दाजुभाइहरू, कादमीएल र तिनका छोराहरू (जो होदबियाका सन्तानहरू थिए), हेनादादका छोराहरू र तिनीहरूका छोराहरू र दाजुभाइ जो सबै लेवी थिए, तिनीहरू परमप्रभुको मन्दिर निर्माण गर्नेहरूको निरीक्षण गर्न एकजुट भए ।
EZR 3:10 जब निर्माणकर्ताहरूले परमप्रभुको मन्दिरको जग बसाले, तब पुजारीहरू आ-आफ्ना पोशाकहरूमा तुरहीहरू लिएर अनि लेवीहरू र आसापका छोराहरू झ्यालीहरू लिएर परमप्रभुको प्रशंसा गर्न खडा भए, जसरी इस्राएलका राजा दाऊदले आज्ञा गरेका थिए ।
EZR 3:11 तिनीहरूले परमप्रभुलाई प्रशंसा र धन्यवादको गीत गाए, “उहाँ भलो हुनुहुन्छ ! इस्राएलसित बाँधिएको उहाँको करारको विश्‍वासनियता सदासर्वदा रहन्छ ।” मन्दिरको जग बसालिएको हुनाले सबै मानिसले परमप्रभुको प्रशंसा गर्दै आनन्दले कराए ।
EZR 3:12 तर पुजारीहरू, लेवीहरू र मुख्‍य मानिसहरूमध्‍ये धेरै जना जो धेरै वृद्ध थिए र पहिलो मन्दिरलाई देखेका थिए, जब तिनीहरूको आँखाको सामु यो मन्दिरको जग बसालियो, तब तिनीहरू धुरुधुरु रोए । तर खुसी र आनन्‍दको चर्को स्‍वरको आनन्दले कराउने मानिसहरूको संख्‍या धेरै थियो ।
EZR 3:13 फलस्वरूप, मानिसहरूले आनन्‍द र खुसीको आवाजलाई रोएका मानिसहरूको आवाजबाट छुट्ट्याउन सकेनन् किनकि मानिसहरू ठुलो आनन्दले कराउँदै थिए, र आवाज टाढा-टाढासम्म सुनिएको थियो ।
EZR 4:1 यतिबेला निर्वासनबाट फर्केका मानिसहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको लागि मन्दिर बनाउँदै छन् भनी यहूदा र बेन्यामीनका केही शत्रुहरूले सुने ।
EZR 4:2 त्यसैले तिनीहरू यरुबाबेल र परिवारका मुख्य मानिसहरूकहाँ आए । तिनीहरूले उनीहरूलाई भने, “हामीलाई पनि तपाईंहरूसँगै निर्माण गर्न दिनुहोस्, किनकि अश्शूरका राजा एसरहदोनले हामीलाई यहाँ ल्याएदेखि नै तपाईंहरूजस्तै हामी तपाईंका परमेश्‍वरको खोजी गर्छौं, र हामीले उहाँलाई नै बलिदान चढाएका छौं ।”
EZR 4:3 तर यरुबाबेल, येशूअ र परिवारका मुख्य मानिसहरूले भने, “तपाईंहरूले होइन, तर हामीले परमेश्‍वरको मन्दिर बनाउनुपर्छ, किनकि हामीले नै परमप्रभु इस्राएलका परमेश्‍वरको निम्ति मन्दिर बनाउनेछौं, जस्‍तो फारसका राजा कोरेसले आज्ञा गर्नुभएको छ ।”
EZR 4:4 त्यसैले त्यस देशका मानिसहरूले यहूदीहरूका हात कमजोर तुल्याए । तिनीहरूले निर्माणमा यहूदीहरूलाई डर देखाए ।
EZR 4:5 यहूदीहरूका योजनालाई निराश तुल्याउन तिनीहरूले सल्लाहकारहरूलाई घुस पनि दिए । तिनीहरूले फारसका राजा कोरेसको शासनकाल र दाराको शासनकालभरि नै यसो गरे ।
EZR 4:6 तब अहासूरस (अर्तासास्त) को शासनकालको सुरुमा तिनीहरूले यहूदा र यरूशलेमका बासिन्दाहरूको विरुद्धमा एउटा अभियोग-पत्र लेखे ।
EZR 4:7 अर्तासास्तको शासनकालमा विश्‍लाम, मित्रेता, ताबेल र तिनका सहयोगीहरूले अर्तासास्तलाई लेखे ।उक्‍त चिट्ठी आरमेइक भाषामा लेखियो र अनुवाद गरियो ।
EZR 4:8 सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको बारेमा अर्तासास्तलाई यसरी चिट्ठी लेखे ।
EZR 4:9 रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अर्थात् फारस, एरेक र बेबिलोनका मानिसहरूमाथि अधिकार गर्ने न्यायाधीशहरू र अधिकारीहरू अनि शूशनका मानिसहरू (अर्थात् एलामीहरू) ले एउटा चिट्ठी लेखे,
EZR 4:10 र महान् अनि प्रसिद्ध अशूरवनिपलले देश निकाला गरेर सामरिया र यूफ्रेटिस नदीपारिको प्रान्तमा बसालेका मानिसहरू पनि तिनीहरूसँगै मिले ।
EZR 4:11 तिनीहरूले अर्तासास्तलाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो, “हजुरका सेवकहरू, यूफ्रेटिस नदी पारिको प्रान्तका मानिसहरू यसो लेख्छन्:
EZR 4:12 हजुरकहाँबाट आएका यहूदीहरू यरूशलेममा एउटा विद्रोही सहर निर्माण गर्न हाम्रो विरुद्ध आएका छन् भन्‍ने कुरो राजालाई जाहेर होस् । तिनीहरूले पर्खालहरू बनाएर सिद्ध्याएका छन्, र जगहरू मर्मत गर्दैछन् ।
EZR 4:13 यो सहर निर्मण भयो रउक्‍त पर्खाल सम्पन्‍न भयो भने, तिनीहरूले कुनै महसुल र कर तिर्नेछैनन्, तर तिनीहरूले राजाहरूलाई हानि पुर्‍याउनेछन् भन्‍ने कुरो राजाका हजुरीमा जाहेर होस् ।
EZR 4:14 हामीले दरबारको नून खाएका हुनाले राजालाई कुनै अनादर भएको देख्‍नु हाम्रो लागि निश्‍चय नै उचित हुँदैन । यही कारणले गर्दा हामीले राजालाई जानकारी गराउँदैछौं,
EZR 4:15 जसले गर्दा हजुरले आफ्ना पिताको अभिलेख खोज्‍न र राजाहरूसाथै प्रान्तहरूलाई हानि गर्ने यो एउटा विद्रोही सहर रहेछ भनी पुष्‍टि गर्न सक्‍नुहुन्‍छ । यसले राजाहरू र प्रान्तहरूलाई धेरै समस्या दिएको छ । पहिले देखि नै यो विद्रोहको केन्द्र बनेको छ । यही कारणले गर्दा यो सहर नष्‍ट पारिएको थियो ।
EZR 4:16 यो सहर र पर्खाल निर्माण गरियो भने हजुरको लागि यूफ्रेटिस नदीपारिको प्रान्तमा केही बाँकी रहने छैन भनी हामी राजालाई जानकारी गराउँदैछौं ।”
EZR 4:17 त्यसैले राजाले सामरियामा बस्‍ने रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अनि यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्‍ने बाँकी सबैलाई एउटा जवाफ पठाए, “तिमीहरूलाई शान्ति होस् ।
EZR 4:18 तिमीहरूले पठाएका चिट्ठी अनुवाद गरियो र मेरो सामु पढियो ।
EZR 4:19 त्यसैले मैले छानविन गर्न आदेश दिएँ, रपहिलौक दिनहरूमा तिनीहरू राजाहरूका विरुद्धमा बागी भएका र विद्रोह गरेका रहेछन् भनी पत्ता लगाइयो ।
EZR 4:20 शक्तिशाली राजाहरूले यरूशलेममा राज्‍य गरेका रहेछन्, र यूफ्रेटिस नदीपारिको प्रान्तका हरेक कुरामा अधिकार जमाएका रहेछन् । तिनीहरूलाई करहरू र महसुलहरू तिरिएका रहेछन् ।
EZR 4:21 अब मैले आज्ञा नदिएसम्म यी मानिहरूले यो सहर निर्माण गर्न रोक्‍नुपर्छ भनी एउटा आज्ञा जारी गर्नू ।
EZR 4:22 यसलाई बेवास्ता नगर्न होसियार हुनु । यस खतरालाई बढ्न दिने र राजकीय हितको बढी क्षति हुन किन दिने ?
EZR 4:23 जब राजा अर्तासास्तको आदेश रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरूका सामु पढियो, तिनीहरू तुरुन्‍तै यरूशलेममा गए, र यहूदीहरूलाई जबरदस्तसाथ निर्माण रोक्‍न लगाए ।
EZR 4:24 यसरी फारसका राजा दाराको शासनकालको दोस्रो वर्षसम्म यरूशलेममा परमेश्‍वरको मन्दिरको काम रोकियो ।
EZR 5:1 तब हाग्गै अगमवक्ता र इद्दोका छोरा जकरिया अगमवक्ताले इस्राएलका परमेश्‍वरको नाउँमा यहूदा र यरूशलेमका यहूदीहरूलाई अगमवाणी बोले ।
EZR 5:2 शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअ उठे, र आफ्‍ना सहयोगी अगमवक्ताहरूका साथमा मिलेर यरूशलेममा परमेश्‍वरको मन्दिर बनाउन सुरु गरे ।
EZR 5:3 तब यूफ्रेटिस नदीपारिको प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरू आए र तिनीहरूलाई सोधे, “यो मन्दिरको निर्माण गर्ने र पर्खालहरू सम्पन्‍न गर्ने आज्ञा तिमीहरूलाई कसले दियो ?”
EZR 5:4 तिनीहरूले यसो पनि भने, “यो भवनलाई बनाउने मानिसका नाउँहरू के-के हुन् ?”
EZR 5:5 तर परमेश्‍वरको दृष्‍टि यहूदी धर्म-गुरुहरूमाथि थियो, र तिनीहरूका शत्रुहरूले तिनीहरूलाई रोक्‍न सकेनन् । राजाकहाँ एउटा चिट्ठी पठाउने र त्यसको जवाफमा एउटा आदेश आउने काम नहुन्‍जेलसम्म तिनीहरूलाई कसैले रोकेन ।
EZR 5:6 यो यूफ्रेटिस नदीपारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिनीहरूका सहयोगीहरूले दारा राजालाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो ।
EZR 5:7 तिनीहरूले लेखेर दारा राजालाई पठाएको विवरण यही हो, “हजुरमा अपार शान्ति रहोस् ।
EZR 5:8 हामी यहूदामा महान् परमेश्‍वरको मन्दिरमा गयौं भन्‍ने कुरा हजुरलाई जाहेर होस् । ठुला-ठुला ढुङ्गाहरूले यो निर्माण हुँदैछ र पर्खालमा काठहरू राखिंदैछन् । यो काम निकै राम्रोसँग गरिएको छ, र तिनीहरूका हातमा राम्ररी अगाडि बढिरहेको छ ।
EZR 5:9 हामीले धर्म-गुरुहरूलाई सोध्‍यौं, 'यो मन्दिर र यी पर्खालहरू बनाउन तिमीहरूलाई कसले आदेश दियो ?'
EZR 5:10 कस-कसले तिनीहरूलाई अगुवाइ गरेका रहेछन् भनी हजुरलाई थाहा होस् भनेर हामीले तिनीहरूका नाउँ पनि सोध्‍यौं ।
EZR 5:11 तिनीहरूले जवाफ दिए र भने, 'हामी स्वर्ग र पृथ्वीका परमेश्‍वरका सेवकहरू हौं, र हामीले यस मन्दिरलाई पुनर्निर्माण गरिरहेका छौं जसलाई धेरै वर्ष पहिले इस्राएलका महान् राजाले निर्माण गरेका र पुरा गरेका थिए ।
EZR 5:12 तापनि जब हाम्रा पुर्खाहरूले स्वर्गका परमेश्‍वरलाई रिस उठाए, तब उहाँले तिनीहरूलाई बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा सुम्‍पनुभयो जसले यस मन्दिरलाई नष्‍ट पारे र मानिसहरूलाई बेबिलोनमा कैदमा लगे ।
EZR 5:13 तापनि कोरेस बेबिलोनका राजा बन्‍नुभएको पहिलो वर्षमा कोरेसले परमेश्‍वरको मन्दिर पुनर्निर्माण गर्ने आदेश जारी गर्नुभयो ।
EZR 5:14 नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनको मन्दिरमा लगेका परमेश्‍वरको मन्दिरका सुन र चाँदीका वस्तुहरू पनि राजा कोरेसले फिर्ता गरिदिए । आफूले गभर्नर बनाएका शेशबस्सरलाई उहाँले यी थोकहरू दिनुभयो ।
EZR 5:15 राजाले तिनलाई भन्‍नुभयो, “यी थोकहरू लैजाऊ । जाऊ र ति यरूशलेमको मन्दिरमा राख । त्यहाँ परमेश्‍वरको मन्दिर पुनर्निमाण होस् ।”
EZR 5:16 तब यिनै शेशबस्सर आए र यरूशलेममा परमेश्‍वरको मन्दिरको जग बसाले । अनि अहिले यो निर्माण हुँदैछ, तर अझै सकिएको छैन ।'
EZR 5:17 अब राजाको हजुरीमा असल लागेमा, राजा कोरेसले यरूशलेममा परमेश्‍वरको मन्दिर बनाउन आज्ञा दिनुभएको थियो कि थिएन भनी बेबिलोनको अभिलेख संग्रहमा अनुसन्‍धान होस् । त्‍यसपछि राजाबाट हामीलाई आफ्नो निर्णय पठाउने कष्‍ट होस् ।”
EZR 6:1 त्यसैले दारा राजाले बेबिलोनको अभिलेख संग्रहमा खोजतलाश गर्ने आज्ञा दिए ।
EZR 6:2 मादी प्रान्तको एक्बातानको किल्लाबन्दी गरिएको सहरमा एउटा मुट्ठो भेट्टाइयो । त्यसको विवरण यस्तो थियोः
EZR 6:3 “राजा कोरेसको पहिलो वर्षमा, कोरेसले यरूशलेममा भएको परमेश्‍वरको मन्दिरको बारेमा एउटा आदेश जारी गर्नुभयो, 'बलिदानको स्थानको रूपमा एउटा भवन पुनर्निर्माण गरियोस्, यसका जगहरू बसालिऊन्, यसको उचाइ साठी हात र चौडाइ साठी हात होस्,
EZR 6:4 चोकमा ठुला ढुङ्गाका छपनी तिन लहर र फल्‍याकका छपनी एक लहर होस्, अनि राजदरबाट यसको खर्च तिरियोस् ।
EZR 6:5 अब नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनमा ल्याएका परमेश्‍वरको मन्दिरका सुन र चाँदीका थोकहरू लिएर ल्‍याऊ र तिनलाई यरूशलेमकै मन्दिरमा फिर्ता पठाऊ । तिमीहरूले तिनलाई परमेश्‍वरको मन्दिरमा राख्‍नुपर्छ ।'
EZR 6:6 अब यूफ्रेटिस नदीपारिकप प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरू अलग बसून् ।
EZR 6:7 परमेश्‍वरको यस मन्दिरको काममा बाधा नदिनू । गभर्नर र यहूदी धर्म-गुरुहरूले त्यस ठाउँमा परमेश्‍वरको मन्दिर बनाउनेछन् ।
EZR 6:8 परमेश्‍वरको यस मन्दिर बनाउने यी यहूदी धर्म-गुरुहरूका लागि तिमीहरूले यसो गर्नू भनी म तिमीहरूलाई हुकुम दिंदैछुः तिनीहरूले आफ्नो काम रोक्‍न नपरोस् भनेर यूफ्रेटिस नदी पारिको राजकीय कोषबाट रुपियाँ-पैसा दिनू ।
EZR 6:9 तिनीहरूलाई आवश्यक हरेक कुरो अर्थात् स्वर्गका परमेश्‍वरको निम्ति होमबलि चढाउन साँढेहरू, भेडाहरू वा थुमाहरू र यरूशलेमका पुजारीहरूको आज्ञामुताबिक अन्‍न, नून, दाखमद्य वा तेल दिनहुँ तिनीहरूलाई नबिर्सी दिनू ।
EZR 6:10 यसै गर्नू ताकि तिनीहरूले स्वर्गका परमेश्‍वरको निम्ति भेटी ल्याऊन् र म राजा अनि मेरा छोराहरूका निम्ति प्रार्थना गरून् ।
EZR 6:11 कसैले यस आदेशलाई उल्लङ्घन गर्‍यो भने त्यसको घरबाट एउटा खम्बा उखेलियोस् र त्यसलाई त्यही खम्बामा टाँगियोस् भनी म आज्ञा दिंदैछु ।यो कारणले त्यसपछि त्यसको घरलाई भग्‍नावशेषको थुप्रोमा परिणत गरियोस् ।
EZR 6:12 त्यस ठाउँमा आफ्नो नाउँ राख्‍नुहुने परमेश्‍वरले यस आदेशलाई बद्लन खोज्ने वा यरूशलेममा परमेश्‍वरको यस मन्दिरलाई नष्‍ट गर्न खोज्ने कुनै पनि राजा वा मानिसलाई पदच्‍यूत गरून् । म दाराले यो आदेश दिंदैछु । मेहनतसाथ यसलाई कार्यान्वयन गरियोस् ।”
EZR 6:13 तब राजा दाराद्वारा पठाइएको यस आदेशको कारणले यूफ्रेटिस नदीपारिको प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरूले राजा दाराले आज्ञा गरेअनुसार हरेक कुरा गरे ।
EZR 6:14 यसरी यहूदी धर्म-गुरुहरूले हाग्गै अगमवक्ता र इद्दोका छोरा जकरियाको सुझाव मानेर निर्माण गरे र उन्‍नति गरे । इस्राएलका परमेश्‍वरको आज्ञा र फारसका राजाहरू कोरेस, दारा र अर्तासास्तका आदेशअनुसार तिनीहरूले आफ्‍नो भवन बनाएर सिद्ध्याए ।
EZR 6:15 राजा दाराको शासनकालको छैटौं वर्षको अदार महिनाको तेस्रो दिनमा मन्दिरको काम पुरा भयो ।
EZR 6:16 इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरू र निर्वासनबाट फर्केर आएकाहरूले आनन्दसाथ परमेश्‍वरको यस मन्दिरको समर्पण-उत्सव मनाए ।
EZR 6:17 परमेश्‍वरको मन्दिरको समर्पणको निम्ति तिनीहरूले एक सयवटा साँढे, एक सयवटा भेडा र चार सयवटा थुमा बलि चढाए । इस्राएलका एक-एक कुलको लागि सारा इस्राएलीको लागि पापबलिको रूपमा बाह्रवटा बोका पनि चढाइयो ।
EZR 6:18 मोशाको पुस्तकमा लेखिएबमोजिम तिनीहरूले पुजारीहरू र लेवीहरूलाई यरूशलेममा परमेश्‍वरको सेवाको लागि तिनीहरूका विभाजनअनुसार नियुक्त पनि गरे ।
EZR 6:19 यसरी निर्वासनबाट फर्केकाहरूले पहिलो महिनाको चौधौं दिनमा निस्तार-चाड मनाए ।
EZR 6:20 पुजारीहरू र लेवीहरूले आफूलाई शुद्ध पारे, र आफूलगायत निर्वासनबाट फर्केकाहरू सबैका लागि निस्तारको बलि चढाए ।
EZR 6:21 निस्तारको मासु खाने इस्राएलका मानिसहरूमा निर्वासनबाट फर्केका र देशका मानिसहरूको अशुद्धताबाट आफूलाई अलग राखेका अनि इस्राएलका परमप्रभु परमेश्‍वरको अनुसरण गरेकाहरू थिए ।
EZR 6:22 तिनीहरूले सात दिनसम्म हर्षका साथ अखमिरी रोटीको चाड मनाए, किनकि परमप्रभुले तिनीहरूमा आनन्द ल्याउनुभएको थियो, र इस्राएलका परमेश्‍वरको मन्दिर अर्थात् उहाँको घरको काममा तिनीहरूका हात बलियो पार्न अश्शूरका राजाको ह्रदय फर्काइदिनुभएको थियो ।
EZR 7:1 यसपछि फारसका राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट एज्रा आए । एज्राका पुर्खाहरू यिनै थिएः सरायाह, अजर्याह, हिल्कियाह,
EZR 7:2 शल्लूम, सादोक, अहीतूब,
EZR 7:3 अमर्याह, अजर्याह, मरायोत,
EZR 7:4 जरयाह, उज्‍जी, बुक्‍की,
EZR 7:5 अबीशू, पीनहास, एलाजार । एलाजार प्रधान पुजारी हारूनका छोरा थिए ।
EZR 7:6 एज्रा बेबिलोनबाट आए, र इस्राएलका परमप्रभु परमेश्‍वरले दिनुभएका मोशाको व्यवस्थामा तिनी निपुण अध्यापक थिए । परमप्रभुको हात तिनीमाथि भएको हुनाले तिनले मागेका हरेक कुरा राजाले दिए ।
EZR 7:7 राजा अर्तासास्तको सातौं वर्षमा इस्राएलका केही सन्तानहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका गायकहरू, द्वारपालहरू र मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू पनि यरूशलेममा गए ।
EZR 7:8 तिनी त्‍यही वर्षको पाँचौं महिनामा यरूशलेममा आइपुगे ।
EZR 7:9 पहिलो महिनाको पहिलो दिनमा तिनी बेबिलोनबाट हिंडेका थिए । परमेश्‍वरको असल हात तिनीमाथि रहेको हुनाले तिनी पाँचौं महिनाको पहिलो दिनमा यरूशलेममा आइपुगे ।
EZR 7:10 परमप्रभुको व्यवस्थाका विधिहरू र आज्ञाहरू अध्ययन गर्न, पालन गर्न र सिकाउन एज्राले आफ्नो ह्रदय समर्पित गरेका थिए ।
EZR 7:11 राजा अर्तासास्तले इस्राएलका लागि परमप्रभुका विधिहरू र आज्ञाहरू सिकाउन पुजारी र अध्यापक एज्रालाई दिएको आदेशको प्रतिलिपी यही हो,
EZR 7:12 “राजाहरूका राजा अर्तासास्तबाट स्वर्गका परमेश्‍वरको व्यवस्थाका अध्यापक पुजारी एज्रालाई,
EZR 7:13 इस्राएलबाट आएका मेरो राज्यमा भएका कुनै पनि व्‍यक्‍ति आफ्‍ना पुजारी र लेवीहरूका साथमा यरूशलेममा जाने इच्छा गर्छ भने त्यो तिमीसँगै जान सक्छ भनी म हुकुम दिंदैछु।
EZR 7:14 तिम्रो हातमा भएको परमेश्‍वरको व्यवस्थामुताबिक यहूदा र यरूशलेमको बारेमा सोधखोज गर्न म राजा र मेरा सात जना सल्लाहकारले तिमीलाई पठाएका छौं ।
EZR 7:15 यरूशलेममा बास गर्नुहुने इस्राएलका परमेश्‍वरलाई तिनीहरूले सित्तैंमा चढाएका चाँदी र सुन लिएर जानू ।
EZR 7:16 बेबिलोनको प्रदेशभरि तिमीले लैजान सक्‍ने जति चाँदी र सुनसाथै यरूशलेममा आफ्‍ना परमेश्‍वरका मन्दिरको निम्ति मानिसहरू र पुजारीहरूले खुसीसाथ जुन भेटीहरू दिन्छन्, ती पनि तिमीले लैजानू ।
EZR 7:17 त्यसैले यस रकमले प्रशस्त मात्रामा गोरुहरू, भेडाहरू, थुमाहरू, अन्‍नबलि र अर्घबलि किन्‍नू । यरूशलेममा तिम्रा परमेश्‍वरको मन्दिरको वेदीमा ति चढाउनू ।
EZR 7:18 तिम्रा परमेश्‍वरलाई खुसी तुल्याउन तिमी र तिम्रा दाजुभाइलाई असल लागेअनुसार बाँकी चाँदी र सुनको प्रयोग गर्नू ।
EZR 7:19 तिमीलाई सित्तैंमा दिइएका चिजहरू यरूशलेममा तिम्रा परमेश्‍वरको मन्दिरको सेवाको लागि उहाँको सामु राख्‍नू ।
EZR 7:20 तिम्रा परमेश्‍वरको मन्दिरको लागि आवश्यक कुनै पनि थोक किन्‍नलाई मेरो कोषबाट पैसा लिनू ।
EZR 7:21 म अर्तासास्तले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै कोषाध्यक्ष यो आदेश दिन्छु, कि एज्राले तिमीहरूबाट मागेका कुनै पनि थोक प्रचुर मात्रामा दिनू,
EZR 7:22 अर्थात् एक सय तोडा चाँदी, एक सय कोर गहुँ, एक सय बाथ दाखमद्य, एक सय बाथ तेल र नूनचाहिं असिमित रूपमा दिनू ।
EZR 7:23 स्वर्गका परमेश्‍वरबाट आउने कुनै पनि आज्ञा आउँछ भने उहाँको मन्दिरको लागि भक्तिसहित पुरा गर्नू । किनकि म र मेरा छोराहरूको राज्यमाथि उहाँको क्रोध पर्न किन दिनू?
EZR 7:24 पुजारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू वा मन्दिरको सेवामा नियुक्त गरिएका मानिसहरू र परमेश्‍वरको मन्दिरका सेवकहरूमा तिमीहरूले कुनै महसुल वा कर नलगाउनु भनेर हामीले तिनीहरूलाई जानकारी गराउँदैछौं ।
EZR 7:25 एज्रा, तिमीलाई परमेश्‍वरले दिनुभएको बुद्धिले तिमीले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै मानिसको न्याय गर्न र तिम्रो परमेश्‍वरको व्यवस्था जान्‍ने सबैको सेवा गर्न न्यायकर्ताहरू र अधिकारीहरू नियुक्त गर्नू । व्यवस्था नजान्‍नेहरूलाई पनि तिमीले सिकाउनुपर्छ ।
EZR 7:26 परमेश्‍वरको व्यवस्था वा राजाको व्यवस्थालाई पूर्ण रूपमा पालन नगर्ने जोकसैलाई मृत्युदण्ड, देश निकाला, तिनीहरूका थोकहरू जफत वा कैद गरेर दण्ड दिनू ।
EZR 7:27 हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वरको स्तुति होस् जसले यरूशलेममा भएको परमप्रभुको मन्दिरको महिमा गर्न राजाको ह्रदयमा यी सबै कुरा हाल्‍नुभयो,
EZR 7:28 अनि राजा, तिनका सल्लाहाकारहरू र तिनका सबै शक्तिशाली अधिकारीहरूका सामु मलाई उहाँको करारको विश्‍वास्‍तता देखाउनुभयो । म परमप्रभु मेरा परमेश्‍वरको हातद्वारा बलियो बनाइएको छु, र मैले आफूसित जानलाई इस्राएलका अगुवाहरूलाई भेला गरें ।
EZR 8:1 राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट मसितै आएका परिवारका अगुवाहरू यिनै हुन्:
EZR 8:2 पीनहासका परिवारका– गेर्शोम । ईतामारका परिवारका– दानिएल । दाऊदका परिवारका– शकन्‍याहका छोरा हत्तूश,
EZR 8:3 परोशका परिवारका– जकरिया र तिनीसँग दर्ता भएका १५० पुरुष जसको विवरण तिनको वंशावलीमा लेखिएको छ ।
EZR 8:4 पहत-मोआबका परिवारका– जरयाहका छोरा एल्‍यहोएनै र तिनीसँग २०० पुरुष थिए ।
EZR 8:5 जत्तूका परिवारका– बेन यहासेल र तिनीसँग ३०० पुरुष थिए ।
EZR 8:6 आदीनका परिवारका– जोनाथनका छोरा एबेद र तिनीसँग ५० पुरुष थिए ।
EZR 8:7 एलामका परिवारका– अतल्‍याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष थिए ।
EZR 8:8 शपत्‍याहका परिवारका– मिखाएलका छोरा जबदियाह र तिनीसँग ८० पुरुष थिए ।
EZR 8:9 योआबका परिवारका– यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ पुरुष थिए ।
EZR 8:10 बानीका परिवारका– योसिपियाका छोरा शलोमीत र तिनीसँग १६० पुरुष थिए ।
EZR 8:11 बेबैका परिवारका– बेबैका छोरा जकरिया, र तिनीसँग २८ पुरुष थिए ।
EZR 8:12 अज्‍गादका परिवारका– हक्‍कातानका छोरा योहानान र तिनीसँग ११० पुरुष थिए ।
EZR 8:13 अदोनीकामका परिवारका– पछि आएका एलीपेलेत, यीएल र शमायाह, र तिनीहरूसँग ६० पुरुष थिए ।
EZR 8:14 बिग्‍वैको परिवारका– उत्तै र जक्‍कूर, र तिनीहरूसँग ७० पुरुष थिए ।
EZR 8:15 मैले यात्रुहरूलाई अहावातिर बग्‍ने नहरमा जम्मा गरें, र हामीले त्यहाँ तिन दिनसम्म छाउनी हाल्‍यौं । मैले मानिसहरू र पुजारीहरूको जाँच गरें तर त्यहाँ लेवीका सन्तानहरू कोही पनि पाइनँ ।
EZR 8:16 त्यसैले एलीएजर, अरीएल, शमायाह, एल्‍नातान, यारीब र एल्‍नातान र नातान, जकरिया र मशुल्‍लाम जो अगुवाहरू थिए, अनि योयारीब र एल्‍नातान जो शिक्षकहरू थिए, तिनीहरूलाई मैले बोलाएँ ।
EZR 8:17 त्यसपछि मैले तिनीहरूलाई कासिपियाका अगुवा इद्दोकहाँ पठाएँ । इद्दो र तिनका आफन्तहरू, कासिपियामा बसिरहेका मन्दिरका सेवकहरूकहाँ गएर हामीकहाँ परमेश्‍वरको मन्दिरका लागि सेवकहरू पठाइदिनुहोस् भनी तिनीहरूलाई भन्‍न लगाएँ ।
EZR 8:18 त्यसैले हाम्रा परमेश्‍वरको भलो गर्ने हातद्वारा तिनीहरूले बुद्धिमान् मानिस शरेबियाहलाई हामीकहाँ पठाइदिए । तिनी इस्राएलका छोरा लेवीका छोरा महलीका परिवारका थिए । तिनी अठार छोरा र दाजुभाइसँगै आए ।
EZR 8:19 तिनीसँगै हशब्याह पनि आए । त्यहाँ मरारीका छोराहरूमध्येका एक अर्थात् यशयाह र तिनका दाजुभाइ र तिनीहरूका छोराहरू गरी जम्मा बिस जना पुरुष थिए ।
EZR 8:20 दाऊद र तिनका अधिकारीहरूले लेवीहरूलाई सहायता गर्न मन्दिरमा सेवा गर्ने यस्ता सेवकहरूको नियुक्त गरेका, २२० जना त्यस्ता मानिसहरूको पनि नाउँ दर्ता गरिए ।
EZR 8:21 त्यसपछि परमप्रभुको सामु आफैलाई विनम्र तुल्याउन, र हामी, हाम्रा बालबच्‍चा अनि हाम्रा सबै सम्पत्तिको लागि सोझो मार्गको खोजी गर्न मैले अहावा नहरमा उपवासको घोषणा गरें ।
EZR 8:22 बाटोमा शत्रुहरूबाट हाम्रो रक्षा गर्नका लागि राजासँग सेना वा घोडचढीहरू माग्‍न म लजाएँ किनकि हामीले राजालाई भनेका थियौं, 'हाम्रा परमेश्‍वरको खोजी गर्ने सबैमाथि सदाको लागि उहाँको हात रहेको हुन्छ, तर उहाँलाई त्याग्‍नेहरू सबैमाथि उहाँको शक्ति र क्रोध पर्छ ।'
EZR 8:23 त्यसैले यस विषयमा हामीले उपवास बस्‍यौं, र परमेश्‍वरको खोजी गर्‍यौं, अनि हामीले उहाँलाई बिन्ती चढायौं ।
EZR 8:24 त्यसपछि मैले पुजारीय अधिकारीहरूबाट बाह्र जना मानिस छानें: शरेबियाह र जशब्याह अनि तिनीहरूका दस जना दाजुभाइ थिए ।
EZR 8:25 राजा, तिनका सल्लाहकारहरू र अधिकारीहरू अनि सारा इस्राएलीले परमेश्‍वरको मन्दिरको लागि सित्तैंमा दिएका चाँदी, सुन, चिजहरू र भेटीहरू मैले तिनीहरूका निम्ति तौलें ।
EZR 8:26 मैले तिनीहरूका हातमा बाइस हजार किलो चाँदी, चौतिस सय किलो चाँदीका वस्तुहरू, चौतिस सय किलोग्राम सुन,
EZR 8:27 आठ किलो सुनका बाटाहरू र सुनजस्तै बहुमूल्य काँसाका दुईवटा भाँडा दिएँ ।
EZR 8:28 तब मैले तिनीहरूलाई भनें, “तिमीहरू र यी वस्तुहरू परमप्रभुका निम्ति समर्पण गरिएका छन् । चाँदी र सुन तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरको निम्ति स्वेच्छिक भेटी हुन् ।
EZR 8:29 यरूशलेममा परमेश्‍वरको मन्दिरका कोठाहरूमा भएका पुजारीका अधिकारीहरू, लेवीहरू र परिवारका अगुवाहरूको सामु यी जोखेर नदिएसम्म तिमीहरूले यिनको रेखदेख गरी सुरक्षित राख्‍नू ।”
EZR 8:30 यरूशलेममा हाम्रा परमेश्‍वरको मन्दिरमा लैजानलाई तौलिएका ति चाँदी, सुन र वस्तुहरू पुजारीहरू र लेवीहरूले जिम्‍मा लिएर राखे ।
EZR 8:31 पहिलो महिनाको बाह्रौं दिनमा हामी अहावा नहरबाट यरूशलेम प्रस्थान गर्‍यौं । हामीमाथि हाम्रा परमेश्‍वरको हात थियो । उहाँले हामीलाई शत्रु र बाटोमा लुकेर बसेका लुटेराहरूको हातबाट सुरक्षा दिनुभयो ।
EZR 8:32 यसरी हामी यरूशलेम प्रवेश गर्‍यौं, र त्यहाँ तिन दिन बस्यौं।
EZR 8:33 तब चौथो दिनमा चाँदी, सुन र वस्तुहरू तौलेर हाम्रा परमेश्‍वरको घरमा उरियाह पुजारीका छोरा मरेमोत र तिनको साथमा भएका पीनहासका छोरा एलाजार, यशूअका छोरा योजाबाद, लेवी बिन्‍नूईका छोरा नोअदिया हातमा जिम्मा लगाइयो ।
EZR 8:34 हरेक कुराको सङ्ख्या र तौल जाँच गरियो । त्यस बेला सबै कुराको तौल लेखेर राखियो ।
EZR 8:35 निर्वासन अर्थात् कैदबाट फर्केर आएकाहरूले इस्राएलका परमेश्‍वरको निम्ति होमबलिहरू चढाए । तिनीहरूले सारा इस्राएलीका निम्ति बाह्रवटा साँढे, पापबलिको रूपमा छयानब्बेवटा भेडा, सतहत्तरवटा थुमा र बाह्रवटा बोका चढाए । यी सबै परमप्रभुका निम्ति होमबलि थिए ।
EZR 8:36 तब तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्‍ने राजाका उच्‍च अधिकारीहरू र गभर्नरहरूलाई राजाको आदेश दिए, अनि तिनीहरूले मानिसहरू र परमेश्‍वरको मन्दिरलाई मदत गरे ।
EZR 9:1 जब यी कुराहरू भए तब अधिकारीहरू मकहाँ आए र भने, “इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरूले अन्य देशमा बस्‍ने जातिहरू अर्थात् कनानी, हित्ती, परिज्‍जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री र एमोरीहरू अनि तिनीहरूका घिनलाग्दा कुराहरूदेखि आफैलाई अलग गरेका छैनन् ।
EZR 9:2 किनकि तिनीहरूले उनीहरूका केही छोराछोरीसित विहेवा गरेका छन् र अरू देशका जातिहरूसित पवित्र जातिलाई मिसाएका छन्, अनि अधिकारीहरू र अगुवाहरूले नै पहिले यस्तो अविश्‍वासको काम गरेका छन् ।”
EZR 9:3 जब मैले यो सुनें तब मैले मेरो लुगा र खास्टो च्यातें अनि मेरो शिरको कपाल र दाह्री उखेलें र दुःखित भई बसें ।
EZR 9:4 साँझको बलिदान चढाउने समयसम्म नै म बसिरहँदा यस अविश्‍वासयोग्य कामको बारेमा इस्राएलका परमेश्‍वरको वचनदेखि डराउने सबै जना मकहाँ भेला भए ।
EZR 9:5 तर साँझको बलिदानको समयमा आफ्‍नो च्यातिएकै लुगा र खास्टोमा विनम्र भएकै अवस्थामा म उठें, र घुँडा टेकें अनि परमप्रभु मेरा परमेश्‍वर हुनुभएतिर आफ्ना हात फैलाएँ ।
EZR 9:6 मैले भने, “हे मेरा परमेश्‍वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्‍जित र अयोग्‍य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् ।
EZR 9:7 हाम्रा पुर्खाहरूको समयदेखि अहिलेसम्म हामी ठुलो दोषमा छौं । हाम्रा अपराधहरूको कारणले हामी, हाम्रा राजाहरू, हाम्रा पुजारीहरूलाई यस संसारका राजाहरूका हातमा, तरवारको धारमा, निर्वासनमा, लुट र बेइज्‍जतको लागि सुम्पिदियो जस्तो आज हामी छौं ।
EZR 9:8 तरै पनि अब परमप्रभु हाम्रा परमेश्‍वरले केही जीवित रहेकाहरूलाई हामीकहाँ दिएर र आफ्नो पवित्रस्थानमा सुरक्षित ठाउँ दिएर हामीलाई छोटो समयको लागि भए पनि कृपा देखाउनुभएको छ । हाम्रा आँखा खोल्न र हाम्रो दासत्वमा हामीलाई थोरै राहत दिन परमेश्‍वरले यसो गर्नुभयो ।
EZR 9:9 हामी दासहरू हौं, तर हाम्रा परमेश्‍वरले हामीलाई बिर्सनुभएको छैन, तर हामीसम्म करारको विश्‍वासनीयता फैलाउनुभएको छ । हामीले हाम्रा परमेश्‍वरको मन्दिर पुनर्निर्माण गर्न सकौं र यसका भग्‍नावशेषहरूलाई उठाउन सकौं भनेर हामीलाई नयाँ शक्ति प्रदान गर्न उहाँले फारसका राजाको दृष्‍टिमा यसो गर्नुभएको छ । उहाँले हामीलाई यहूदा र यरूशलेममा सुरक्षाको पर्खाल दिनलाई उहाँले यसो गर्नुभयो ।
EZR 9:10 तर अब हे हाम्रा परमेश्‍वर, यसपछि हामी के भन्‍न सक्‍छौं र ? हामीले तपाईंका आज्ञाहरू भुलेका छौं ।
EZR 9:11 ती आज्ञाहरू जुन तपाईंले आफ्ना सेवक अगमवक्ताहरूलाई तपाईंले भनेर दिनुभयो, “तिमीहरू जुन देश अधिकार गर्न लाग्दैछौ, त्यो अशुद्ध देश हो । त्यस देशका जातिहरूका घिनलाग्दा कुराहरूले यो देश दूषित भएको छ । तिनीहरूले यसको एउटा कुनादेखि अर्को कुनासम्म अशुद्धताले भरेका छन् ।
EZR 9:12 त्यसैले अब आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू । तिनीहरूका छोरीहरू आफ्‍ना छोराहरूका लागि नलिनू, र तिनीहरूका जारी शान्ति र भलाइको खोजी नगर्नू, जसको कारणले तिमीहरू बलिया हुनेछौ, र त्यस देशका असल थोकहरूको उपभोग गर्नेछौ अनि तिमीहरूले आफ्ना छोराछोरीका लागि सदाको लागि यो देश अधिकार गर्नेछौ ।”
EZR 9:13 तापनि हाम्रो दुष्‍ट अभ्यास र हाम्रो ठुलो दोषको कारणले हामीमाथि हरेक कुरा आइपरे पनि तपाईं हाम्रा परमेश्‍वरले हामीलाई हाम्रा अपराधअनुसार कम दण्ड दिनुभएको छ र हामीलाई बाँचेकाहरू छाड्नुभएको छ,
EZR 9:14 हामीले फेरि तपाईंका आज्ञाहरू भङ्ग गर्न र यी घिनलाग्दा जातिहरूसित मिश्रित विवाह गर्न हुन्‍छ र ? के तपाईं क्रोधित भएर कोही पनि नरहने गरी हामीलाई निमिट्‍यान्‍न पार्नुहुन्‍न र ?
EZR 9:15 हे इस्राएलका परमप्रभु परमेश्‍वर, तपाईं धर्मी हुनुहुन्छ, किनकि आजको दिनसम्म हामी केही बाँचेकाहरू अझै छौं । हाम्रो दोषको कारणले कोही पनि तपाईंको सामु खडा हुन नसक्‍ने भए तापनि हामी हाम्रा दोषमा तपाईंको सामु छौं ।
EZR 10:1 एज्राले प्रार्थना गर्दा र पाप स्वीकार गर्द तिनी रोए र परमेश्‍वरको मन्दिरको सामु घोप्टो परे । इस्राएली पुरुष, स्‍त्री र बालबलिकाको एउटा ठुलो भेला तिनीकहाँ जम्मा भए किनकि मानिसहरू धुरुधुरु रुँदै थिए ।
EZR 10:2 एलामका परिवारका यहीएलका छोरा शकन्याहले एज्रालाई भने, “हामी हाम्रा परमेश्‍वरप्रति अविश्‍वासी भएका छौं, र हामीले अन्य देशका विदेशी स्‍त्रीहरूसित विवाह गरेका छौं । तर यसको बाबजुत पनि इस्राएलको लागि अझै आशा छ ।
EZR 10:3 त्यसैले अब प्रभुका निर्देशनहरू र हाम्रा परमेश्‍वरका आज्ञाहरूदेखि डराउनेहरूका निर्देशनहरूअनुसार सबै स्‍त्री र तिनीहरूका छोराछोरीलाई पठाउन हाम्रा परमेश्‍वरसित करार बाँधौं, र यो काम व्यवस्थाअनुसार गरियोस् ।
EZR 10:4 उठ्नुहोस्, किनकि यो काम तपाईंले गर्नुपर्ने हुन्छ र हामी तपाईंसित छौं । बलियो हुनुहोस् र यो काम गर्नुहोस् ।”
EZR 10:5 त्यसैले एज्रा उठे, र पुजारीका अधिकारीहरू, लेवीहरू र सारा इस्राएलीहरूलाई यसरी नै प्रतिज्ञा गर्न लगाए । तिनीहरू सबैले गम्भीर शपथ खाए ।
EZR 10:6 तब एज्रा परमप्रभुको मन्‍दिरको सामुबाट उठेर एल्यासीबका छोरा येहोहानानको कोठामा गए । तिनले कुनै रोटी खाएनन्, न त पानी पिए किनकि तिनी निर्वासनबाट फर्केकाहरूको विश्‍वासत्यागको लागि शोक गर्दै थिए ।
EZR 10:7 तिनीहरूले निर्वासनबाट फर्केर यहूदा र यरूशलेममा आएर बसेका सबै मानिसलाई यरूशलेममा भेला हुन समाचार पठाए ।
EZR 10:8 अधिकारीहरू र धर्म-गुरुहरूका निर्देशनमुताबिक तिन दिनमा नआउने कुनै पनि व्यक्तिको सारा सम्पत्ति जफत गरिने र निर्वासनबाट फर्केर आएका मानिसहरूको ठुलो सभाबाट बहिष्कार गरिने भयो ।
EZR 10:9 त्यसैले यहूदा र बेन्यामीनका सारा मानिस तिन दिनमा यरूशलेममा भेला भए । यो नवौं महिनामा र उक्‍त महिनाको बाह्रौं दिनमा भएको थियो । सारा मानिस परमेश्‍वरको मन्दिरको सामुन्‍ने चोकमा खडा भए, र वचन र वृष्‍टिको कारणले थरथर काँपे ।
EZR 10:10 पुजारी एज्रा खडा भए र भने, “तिमीहरू आफैले अपराध गरेका छौ । इस्राएलको पापलाई बढाउलाई तिमीहरू विदेशी स्‍त्रीहरूसित बस्यौ ।
EZR 10:11 तर अब आफ्‍ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई प्रशंसा देओ, र उहाँको इच्छाअनुसार गर । यस देशका मानिसहरू र विदेशी स्‍त्रीहरूबाट अलग रहो ।”
EZR 10:12 सारा समुदायले ठुलो सोरमा जवाफ दिए, “तपाईंले भन्‍नुभएझैं हामी गर्नेछौं ।
EZR 10:13 यद्यपि, मानिसहरू धेरै छन्, र यो पानी पर्ने समय हो । बाहिर खडा हुन हामीसित ताकत छैन, र यो केवल एक वा दुई दिनको काम होइन, किनकि हामीले यस विषयमा घोर अपराध गरेका छौं ।
EZR 10:14 त्यसैले हाम्रा अधिकारीहरूले सारा समुदायको प्रतिनिधित्व गरून् । हामीबाट हाम्रा परमेश्‍वरको क्रोध नहटेसम्म हाम्रा सहरहरूमा विदेशी स्‍त्रीहरूलाई बस्‍न दिएकाहरू सहरका सबै धर्म-गुरु र सहरका न्यायकर्ताहरूद्वारा तोकिएको समयमा आऊन् ।”
EZR 10:15 असाहेलका छोरा जोनाथन र तिक्भाका छोरा याजयाहले यसको विरोध गरे, र मशुल्लाम र लेवी सब्बतैले तिनीहरूलाई समर्थन गरे ।
EZR 10:16 यसैले निर्वासनबाट फर्केर आएकाहरूले सुझावअनुसार गरे । पुजारी एज्राले नाउँ दर्ता भएअनुसार आ-आफ्नो परिवारका अगुवाहरूको छनोट गरे, र तिनीहरूले दसौं महिनाको पहिलो दिनसम्म यस विषयमा जाँच गरे ।
EZR 10:17 पहिलो महिनाको पहिलो दिनसम्ममा तिनीहरूले कुन-कुन मानिसहरू विदेशी स्‍त्रीहरूसित बसेका थिए भनी पत्ता लगाए ।
EZR 10:18 विदेशी स्‍त्रीहरूलाई विवाह गर्ने पुजारी परिवारहरूका यिनै हुन्: योसादाकका छोरा येशूअ र तिनका दाजुभाइका: मासेयाह, एलीएजर, यारीब र गदल्‍याह थिए ।
EZR 10:19 त्यसैले तिनीहरूले आ-आफ्‍ना पत्‍नीहरूलाई त्‍यागिदिने निधो गरे । तिनीहरू दोषी भएका हुनाले तिनीहरूले दोषबलिको रूपमा आफ्‍ना बगालबाट एउटा भेडा पनि ल्‍याए ।
EZR 10:20 इम्‍मेरका परिवारका: हनानी र जबदियाह ।
EZR 10:21 हारीमका परिवारका: मासेयाह, एलिया, शमायाह, यहीएल र उज्‍जियाह ।
EZR 10:22 पशहूरका परिवारका: एल्‍योएनै, मासेयाह, इश्‍माएल, नतनेल, योजाबाद र एलासा ।
EZR 10:23 लेवीहरूमा: योजाबाद, शिमी, केलायाह अर्थात्‌ कलीता, पतहियाह, यहूदा र एलीएजर ।
EZR 10:24 गायकहरूमा: एल्‍यासीब । द्वारपालहरूमा: शल्‍लूम, तेलेम र ऊरी ।
EZR 10:25 अनि अरू इस्राएलीहरूमा- परोशका परिवारका: रम्‍याह, यिज्‍याह, मल्‍कियाह, मियामीन, एलाजार, मल्‍कियाह र बनायाह ।
EZR 10:26 एलामका परिवारका: मत्तन्‍याह, जकरिया, यहीएल, अब्‍दी, यरेमोत र एलिया ।
EZR 10:27 जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा ।
EZR 10:28 बेबैका परिवारका: येहोहानान, हनन्‍याह, जब्‍बै र अत्‍लै ।
EZR 10:29 बानीका परिवारका: मशुल्‍लाम, मल्‍लूक, अदायाह, याशूब, शाल र यरेमोत ।
EZR 10:30 पहत-मोआबका परिवारका: अदना, केलाल, बनायाह, मासेयाह, मत्तन्‍याह, बजलेल, बिन्‍नूई र मनश्‍शे ।
EZR 10:31 हारीमका परिवारका: एलीएजर, यिशियाह, मल्‍कियाह, शमायाह, शिमेओन,
EZR 10:32 बेन्‍यामीन, मल्‍लूक र शमरयाह ।
EZR 10:33 हाशूमका परिवारका: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्‍शे र शिमी ।
EZR 10:34 बानीका परिवारका: मादै, अम्राम, ऊएल,
EZR 10:35 बनायाह, बेदयाह, कलूही,
EZR 10:36 भन्‍याह, मरेमोत, एल्‍यासीब,
EZR 10:37 मत्तन्‍याह, मत्तनै र यासू ।
EZR 10:38 बिन्‍नूईका परिवारका: शिमी,
EZR 10:39 शेलेम्‍याह, नातान, अदायाह,
EZR 10:40 मक्‍नादबै, शाशै, शारै,
EZR 10:41 अज्रेल, शेलेम्‍याह, शमरयाह,
EZR 10:42 शल्‍लूम, अमर्याह र योसेफ ।
EZR 10:43 नेबोका परिवारका: यीएल, मत्तित्‍याह, जाबाद, जबीना, यद्दै, योएल, र बनायाह ।
EZR 10:44 यी सबैले विदेशी स्‍त्रीहरूलाई विवाह गरेका थिए, र तिनीहरूमध्ये कसैले छोराछोरीसमेत जन्माएका थिए ।
NEH 1:1 हकल्याहका छोरा नहेम्याहका वचनहरूः बिसौँ वर्षको किसलेव महिनामा म शूशनको किल्लामा छँदा,
NEH 1:2 मेरा दाजुहरूमध्येका एक जना अर्थात् हनानी यहूदाबाट केही मानिसहरूसँगै आए, र मैले त्यहाँ बाँकी रहेका यहूदीहरू र यरूशलेमको विषयमा सोधपुछ गरेँ ।
NEH 1:3 तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर आएकाहरू जो प्रान्तमा छन्, तिनीहरू ठुलो कष्‍ट र अपमानमा छन्, किनकि यरूशलेमको पर्खाल भत्काइएको छ, र यसका मुल ढोकाहरूमा आगो लगाइएका छन् ।”
NEH 1:4 मैले यी वचन सुन्‍ने बित्तिकै म बसेर रोएँ, अनि कैयौँ दिनसम्म स्वर्गका परमेश्‍वरको सामु म शोक गर्दै, उपवास बस्दै र प्रार्थना गर्दै बसेँ ।
NEH 1:5 तब मैले भनेँ, “तपाईं स्वर्गका परमेश्‍वर परमप्रभु हुनुहुन्छ, जो महान् र भययोग्य हुनुहुन्छ । तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञाहरू मान्‍नेहरूप्रति करार पुरा गर्नुहुन्छ र तपाईंको अचुक प्रेम देखाउनुहुन्छ ।
NEH 1:6 अब तपाईंका दासहरू अर्थात् इस्राएलका मानिसहरूका निम्ति तपाईंका दास मैले दिनप्रतिदिन गर्ने मेरो प्रार्थना सुन्‍नुहोस्, र तपाईंका आँखा खोल्नुहोस् । तपाईंको विरुद्धमा हामी सबै इस्राएलीले गरेका पाप म स्वीकार गर्दै छु । म र मेरा पिताको घराना दुवैले पाप गरेका छन् ।
NEH 1:7 हामीले तपाईंको विरुद्धमा दुष्‍ट काम गरेका छौँ, र तपाईंले आफ्ना दास मोशालाई दिनुभएका आज्ञाहरू, विधिविधानहरु र नियमहरू पालन गरेका छैनौँ ।
NEH 1:8 कृपा गरी आफ्ना दास मोशालाई तपाईंले आज्ञा दिनुभएको वचन स्मरण गर्नुहोस्, 'तिमीहरू अविश्‍वासयोग्य भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पारिदिने छु,
NEH 1:9 तर तिमीहरू मकहाँ फर्केर मेरा आज्ञाहरूलाई पछ्याई पालन गर्‍यौ भने तिमीहरूका मानिसहरू आकाशका कुना-कुनासम्म तितर-बितर भए तापनि म तिनीहरूलाई त्यहाँबाट जम्मा गर्ने छु, र मेरो नाउँ राख्‍न मैले चुनेको ठाउँमा तिनीहरूलाई फर्काएर ल्याउने छु ।'
NEH 1:10 तिनीहरू तपाईंका दासहरू हुन्, र तपाईंका मानिसहरू हुन्, जसलाई तपाईंले आफ्नो महान् शक्ति र शक्तिशाली हातले छुटकारा दिनुभएको छ ।
NEH 1:11 हे परमप्रभु, म बिन्ती गर्छु, कि तपाईंको नाउँको आदर गर्ने तपाईंका दास र तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस् । आज तपाईंको दासलाई सफलता दिनुहोस्, र यस मानिसको दृष्‍टिमा उसलाई कृपा देखाउनुहोस् ।” म राजाको मद्य टक्र्याउने व्यक्तिको रूपमा काम गर्थें ।
NEH 2:1 राजा अर्तासास्तको बिसौँ वर्षको नीसान महिनामा उहाँले दाखमद्य रोज्नुभयो, र मैले दाखमद्य लिई राजालाई टक्र्याएँ । म उहाँको उपस्थितिमा पहिले कहिल्यै यस्तो उदास भएको थिइनँ ।
NEH 2:2 त्यसैले राजाले मलाई सोध्‍नुभयो, “तिम्रो अनुसार किन यति उदास छ ? तिमी बिरामीजस्तो त देखिँदैनौँ । यो ह्रदयको उदासी हुनुपर्छ ।” तब म सार्‍है डराएँ ।
NEH 2:3 मैले राजालाई भनेँ, “राजा सदासर्वदै अमर रहून्! मेरो अनुसार किन उदास नहुने त ? मेरा पिता-पुर्खाहरूका चिहान भएको सहर भग्‍नावशेषमा परिणत भएको छ, र यसका मूल ढोकाहरू आगोले नष्‍ट पारेका छन् ।”
NEH 2:4 तब राजाले मलाई भन्‍नुभयो, “मैले के गरेको तिमी चाहन्छौ ?” त्यसैले मैले स्वर्गका परमेश्‍वरलाई प्रार्थना चढाएँ ।
NEH 2:5 मैले राजालाई जवाफ दिएँ, “राजालाई असल लाग्यो भने, र हजुरका दासले हजुरको दृष्‍टिमा राम्रै गरेको छ भने हजुरले मलाई मेरा पिता-पुर्खाहरूका चिहान भए सहर यहूदा पठाउन सक्‍नुहुन्छ ताकि मैले यसको पुनर्निर्माण गर्न सकूँ ।”
NEH 2:6 राजाले मलाई जवाफ दिनुभयो (रानी पनि उहाँकै छेउमा बसिरहनुभएको थियो), “तिमी कहिलेसम्म टाढिन्छौ र तिमी कहिले फर्कने छौ ?” मैले राजालाई मिति दिँदा राजा मलाई पठाउन खुसी हुनुभयो ।
NEH 2:7 तब मैले राजालाई भनेँ, “राजालाई खुसी लागे यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूका लागि मलाई चिट्ठीहरू पठाइऊन् ताकि म यहूदा जाँदा तिनीहरूले मलाई तिनीहरूका इलाकाहरू भएर जान अनुमति देऊन् ।
NEH 2:8 राजाको जङ्गलको जिम्मावाल आसापको लागि पनि एउटा चिट्ठी होस्, ताकि मन्दिरसित गाँसिएको किल्लाका मूल ढोकाहरू, सहरको पर्खाल र म बस्‍ने घरका लागि सत्तरीहरू बनाउन तिनले मलाई मुढाहरू जुटाइदेऊन् ।” परमेश्‍वरको असल हात ममाथि भएकोले राजाले मेरो अनुरोध स्वीकार गर्नुभयो ।
NEH 2:9 म यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूकहाँ आइपुगेँ, र तिनीहरूलाई राजाका चिट्ठीहरू दिएँ । राजाले मसँगै सेनाका अधिकृतहरू र घोडचढीहरू पठाएका थिए ।
NEH 2:10 कसैले इस्राएलीहरूलाई मदत गर्न खोज्दै छ भनी जब होरोनी सन्बलत र अम्मोनी अधिकारी तोबियाले यो सुने, तिनीहरू निकै बेखुसी भए ।
NEH 2:11 यसरी म यरूशलेम आइपुगेँ, र त्यहाँ दिन रहेँ ।
NEH 2:12 म र केही मानिसहरू रातमा उठ्यौँ । यरूशलेमको निम्ति परमेश्‍वरले मेरो ह्रदयमा हालिदिनुभएको बोझबारे मैले कसैलाई बताइनँ । म चढिरहेको पशुबाहेक त्यहाँ अरू कुनै पशु थिएन ।
NEH 2:13 म राति बेँसी ढोका भएर बाहिर निस्केँ, अनि यरूशलेमका पर्खालहरू भत्केका र मूल ढोकाहरू जलाइएका ठाउँको निरीक्षण गर्दै म फोहोर ढोका रा स्यालको पोखरीतिर गएँ ।
NEH 2:14 त्यसपछि म फुहारा ढोका र राजाको तलाउमा गएँ । त्यो ठाउँ यति सानो थियो कि म चढिरहको पशु जानलाई ठाउँ नै पुगेन ।
NEH 2:15 त्यसैले त्यस रात म उपत्यका भएर गएँ, र पर्खालको निरीक्षण गरेँ, अनि म फर्केर बेँसी ढोकाबाट भित्र प्रवेश गरेँ । यसरी म फर्किएँ ।
NEH 2:16 म कहाँ गएँ र मैले के गरेँ भन्‍ने बारेमा शासकहरूलाई थाहै भएन, र यति बेलासम्म मैले यहूदीहरूलाई पनि भनेको थिइनँ, न पुजारीहरू, न प्रतिष्‍ठित मानिसहरू, न शासकहरू, न त काम गर्ने बाँकी मानिसहरूलाई भनेको थिएँ ।
NEH 2:17 मैले तिनीहरूलाई भनेँ, “हामी कस्तो सङ्कष्‍टमा छौँ, यरूशलेम कसरी भग्‍नावशेषमा परिणत भएको छ र यसका मूल ढोकाहरू आगोले नष्‍ट पारिएको छ भनी तिमीहरूले देखेका छौ । आओ, हामी फेरि अपमानित नहोऔँ भनेर यरूशलेमको पर्खाल पुनर्निर्माण गरौँ ।”
NEH 2:18 मेरा परमेश्‍वरको असल हात ममाथि र राजाले मलाई भन्‍नुभएका वचनहरूमाथि थियो भनी मैले तिनीहरूलाई बताएँ । तिनीहरूले भने, “उठौँ, र निर्माण गरौँ ।” त्यसैले असल कामको लागि तिनीहरूले आ-आफ्ना हात मजबुत पारे ।
NEH 2:19 तर जब होरोनी सन्बलत, अम्मोनी अधिकारी तोबिया र अरबी गेशेमले यो कुरा सुने तिनीहरूले हामीलाई खिसी गरे र गिल्ला गरेर भने, “तिमीहरू के गर्दै छौ ? के तिमीहरू राजाको विरुद्धमा विद्रोह गर्दै छौ ?”
NEH 2:20 तब मैले तिनीहरूलाई जवाफ दिएँ, “स्वर्गका परमेश्‍वरल हामीलाई सफलता दिनुहुने छ । हामी उहाँका दासहरू हौँ, अनि हामी उठ्ने छौँ र निर्माणको काम गर्ने छौँ । तर यरूशलेममा तिमीहरूको कुनै हिस्सा, कुनै हक र कुनै ऐतिहासिक दाबी छैन ।”
NEH 3:1 तब प्रधान पुजारी एल्यासीब आफ्ना सङ्गी पुजारीहरूसित उठे, र तिनीहरूले भेडा ढोका बनाए । तिनीहरूले यसलाई अर्पण गरी यसका ढोकाहरू बनाए । तिनीहरूले यसलाई सयको बुर्जा र हननेलको बुर्जासम्मै अर्पण गरे ।
NEH 3:2 तिनीपछि यरीहोका मानिसहरूले काम गरे, र तिनीहरूपछि इम्रीका छोरा जक्‍कूरले काम गरे ।
NEH 3:3 हस्सेननाका छोराहरूले माछा ढोका बनाए । तिनीहरूले यसका लागि सत्तरीहरू बनाई यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए ।
NEH 3:4 मरेमोतले अर्को भाग मर्मत गरे । तिनी उरियाहका छोर, हक्‍कोसका नाति थिए । तिनीहरूपछि मशुल्लामले अर्को भाग मर्मत गरे । तिनी बेरेक्याहका छोर, मशेजेबेलका नाति थिए । तिनीहरूपछि सादोकले मर्मतको काम गरे । तिनी बानाका छोरा थिए ।
NEH 3:5 तिनीहरूपछि तकोका बासिन्दाहरूले मर्मत गरे, तर तिनीहरूका नाइकेहरूद्वारा आज्ञा गरिएको काम गर्न तिनीहरूका अगुवाहरूले इन्कार गरे ।
NEH 3:6 पसेहका छोरा योयादा र बसोदयाहका छोरा मशुल्लामले पुरानो ढोका मर्मत गरे । तिनीहरूले यसका लागि सत्तरीहरू, यसका द्वारहरू, छेस्किनीहरू र आग्लाहरू बनाए ।
NEH 3:7 तिनीहरूपछि गिबोनी मलत्याह र मेरोनोती यादान जो गोबिन र मिस्पाका मानिसहरू थिए, तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तका राज्यपाल बस्‍ने ठाउँ मर्मत गरे ।
NEH 3:8 तिनीपछि एक जना सुनार हरयाहका छोरा उज्‍जीएलले मर्मत गरे, र तिनीपछि अत्तर बनाउने हनन्याहले मर्मत गरे । तिनीहरूले चौडा ढोकासम्म यरूशलेमको पुनर्निर्माण गरे ।
NEH 3:9 तिनीहरूपछि हूरका छोरा रपायाहले मर्मत गरे । तिनी यरूशलेमको आधा जिल्लाका शासक थिए ।
NEH 3:10 तिनीहरूपछि हरूमापका छोरा यदायाहले आफ्नो घरसित जोडिएको भाग मर्मत गरे । तिनीपछि हशबन्याहका छोरा हत्तूशले मर्मत गरे ।
NEH 3:11 हारीमका छोरा मल्कियाह र पहत-मोआबका छोरा हश्शूबले भट्टीको बुर्जासमेत अर्को भाग मर्मत गरे ।
NEH 3:12 तिनीहरूपछि यरूशलेमको आधा जिल्लाका शासक हल्लोहेशका छोरा शल्लूमले आफ्ना छोरीहरूसित मिलेर मर्मत गरे ।
NEH 3:13 हानून र जानोहका बासिन्दाहरूले बेँसी ढोका मर्मत गरे । तिनीहरूले यसको पुनर्निर्माण गरी यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । तिनीहरूले फोहोर ढोकासम्म एक हजार हात लामो पर्खाल मर्मत गरे ।
NEH 3:14 बेथ-हेक्‍केरेम जिल्लाका शासक रेकाबका छोरा मल्कियाहले फोहोर ढोका मर्मत गरे । तिनले यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए ।
NEH 3:15 मिस्पा जिल्लाका शासक कोल-होजेका छोरा शल्लूनले फुहारा ढोका मर्मत गरे । तिनले यसको निर्माण गरी यसमाथि छाना लगाए, र यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । तिनले राजाको बगैँचानेर भएको सिलोआमको तलाउको पर्खालसाथै दाऊदको सहरबाट ओर्लने खुट्‌किलाहरूसम्मै पुनर्निर्माण गरे ।
NEH 3:16 बेथ-सरको आधा जिल्लाका शासक अज्बूकका छोरा नहेम्याहले दाऊदको चिहानको सामुन्‍ने भाग, कृत्रिम तलाउ र वीरहरूको घरसम्म मर्मत गरे ।
NEH 3:17 तिनीपछि बानीका छोरा रेहूमलगायत लेवीहरूले मर्मत गरे, तिनीपछि कीलाहको आधा जिल्लाका शासक हशब्याहले आफ्नो जिल्लाको मर्मत गरे ।
NEH 3:18 तिनीपछि कीलाहको आधा जिल्लाका शासक हेनादादका छोरा बिन्‍नूईलगायत तिनीहरूका जनताले मर्मत गरे ।
NEH 3:19 तिनीपछि मिस्पाका शासक येशूअका छोरा एसेरले अर्को भाग मर्मत गरे जुन पर्खालको कुनामा हतियारखानाको भिरालोको सामुन्‍नेको भाग थियो ।
NEH 3:20 तिनीपछि जब्बैका छोरा बारूकले समर्पित भएर अर्को भाग अर्थात् प्रधान पुजारी एल्यासीबको घरको ढोकाको पर्खालको कुनासम्म मर्मत गरे ।
NEH 3:21 तिनीपछि उरियाहका चोरा, हक्‍कोसका नाति मरेमोतले अर्को भाग अर्थात् एल्यासीबको घरको कुनादेखि तिनको घरको कुनासम्म मर्मत गरे ।
NEH 3:22 तिनीपछि पुजारीहरू, यरूशलेम वरिपरिको क्षेत्रका मानिसहरूले मर्मत गरे ।
NEH 3:23 तिनीहरूपछि बेन्यामीन र हश्शूबले तिनीहरूको आफ्नै घरको सामुन्‍नेको भाग मर्मत गरे । तिनीहरूपछि मासेयाहका छोरा, हननियाका नाति अजर्याहले आफ्नै घरको छेउ मर्मत गरे ।
NEH 3:24 तिनीपछि हेनादादका छोरा बिन्‍नूईले अर्को भाग अर्थात् अजर्याहको घरदेखि पर्खालको कुनासम्म मर्मत गरे ।
NEH 3:25 उज्‍जैका छोरा पालालले कोण र रक्षकहरूका चोकनेरको माथिल्लो महलदेखि बाहिर निस्केको बुर्जाको सामुन्‍ने मर्मत गरे ।
NEH 3:26 ओफेलमा बसिरहेका मन्दिरका सेवकहरूले पूर्वमा अवस्थित पानी ढोका र बाहिर निस्केको बुर्जाको सामुन्‍नेको ठाउँसम्म मर्मत गरे ।
NEH 3:27 तिनीपछि तकोका बासिन्दाहरूले अर्को भाग अर्थात् बाहिर निस्केको ठुलो बुर्जादेखि ओफेलको पर्खालसम्मको भाग मर्मत गरे ।
NEH 3:28 पुजारीहरूले अश्‍व ढोकामाथि आ-आफ्नो घरको सामुन्‍ने मर्मत गरे ।
NEH 3:29 तिनीहरूपछि इम्मेरका छोरा सादोकले आफ्नै घरको सामुको भाग मर्मत गरे । तिनीपछि द्वारपाल शकन्याहका छोरा शमायाहले पूर्वी ढोका मर्मत गरे ।
NEH 3:30 तिनीपछि शेलेम्याहका छोरा हनन्याह र सालापका जन्तरे सन्तान हानूनले अर्को भाग मर्मत गरे । तिनीपछि बेरेक्याहका छोरा मशुल्लामले आफ्नो बासस्थानको सामु मर्मत गरे ।
NEH 3:31 तिनीपछि एक जना सुनार मल्कियाहले निरीक्षण ढोका सामुन्‍नेको, मन्दिरका सेवकहरू र व्यापारीहरूको घरसम्म र कुनाको माथिपट्टिको कोठासम्म मर्मत गरे ।
NEH 3:32 सुनारहरू र व्यापारीहरूले कुनाको माथिपट्टिको कोठा र भेडा ढोकाको बिच भाग मर्मत गरे ।
NEH 4:1 हामीले पर्खाल निर्माण गरिरहेका थियौँ भनी जब सन्बलतले सुने तिनी डाहले जले र अत्यन्तै क्रोधित भए, अनि यहूदीहरूको खिसी गरे ।
NEH 4:2 तिनका दाजुभाइहरू र सामरियाका सेनाको उपस्थितिमा तिनले भने, “यी निर्बल यहूदीहरू के गर्दै छन् ? के तिनीहरू आफैले सहरको पुनर्स्थापना गर्ने छन् ? के तिनीहरूले बलिदानहरू चढाउने छन् ? के तिनीहरूले एकै दिनमा काम सक्‍ने छन् ? ती जलिसकेका कसिङ्गरको थुप्रोबाट के तिनीहरूले ढुङ्गाहरूलाई पुनर्जीवित पार्न सक्छन् ?
NEH 4:3 तिनीसँगै भएका अम्मोनी तोबियाले भने, “तिनीहरूले निर्माण गरेरहेको वस्तुमा एउटा फ्याउरो चढ्यो भने पनि तिनीहरूको पर्खाल भत्कने छ!”
NEH 4:4 हे हाम्रा परमेश्‍वर, सुन्‍नुहोस्, किनकि हामीलाई अपमान गरिएको छ । तिनीहरूका गिल्ला तिनीहरूकै शिरमाथि फर्काइदिनुहोस्, र तिनीहरू कैदीहरूको देशमा लुटका माल बनून् ।
NEH 4:5 तपाईंको सामुबाट तिनीहरूको अपराध नढाक्‍नुहोस्, र तिनीहरूको पाप नमेटिदिनुहोस्, किनकि तिनीहरूले निर्माणकर्ताहरूलाई रिस उठाएका छन् ।
NEH 4:6 यसरी हामीले आधा उचासम्म सबै पर्खाल निर्माण गर्‍यौँ, किनकि मानिसहरूमा काम गर्ने इच्छा थियो ।
NEH 4:7 तर यरूशलेमका पर्खालहरू मर्मत गर्ने काम अगाडि बढिरहेको थियो र पर्खालमा भत्किएका भागहरू टालिँदै थिए भनी जब सन्बलत, तोबिया, अरबीहरू, अम्मोनीहरू र अश्दोदीहरूले सुने तिनीहरू रिसले आगो भए ।
NEH 4:8 तिनीहरू सबै मिलेर षड्यन्त्र रचे, र तिनीहरू यरूशलेमको विरुद्धमा र यसमा भ्रम उत्पन्‍न गर्न आए ।
NEH 4:9 तर हामीले हाम्रा परमेश्‍वरलाई प्रार्थना चढायौँ, र तिनीहरूको धम्कीको कारणले दिनरात तिनीहरूको विरुद्धमा सुरक्षा दिने पहरेदार राख्यौँ ।
NEH 4:10 तब यहूदाका मानिसहरूले भने, “भारी बोक्‍नेहरूको ताकत घट्दै छ । कसिङ्गरहरू थुप्रै छन्, र हामी पर्खाल पुनर्निर्माण गर्न सक्दैनौँ ।”
NEH 4:11 हाम्रा शत्रुहरूले भने, “तिनीहरूले थाहा पाउनुअगि र तिनीहरूले देख्‍नुअगि तिनीहरूका बिचमा आएर तिनीहरूलाई मारी काम रोकिदिन्छौँ ।”
NEH 4:12 त्यस बेला तिनीहरूको नजिक बस्‍ने यहूदीहरू सबै दिशाबाट आएर तिनीहरूले हाम्रो विरुद्धमा रचेका षड्यन्त्रहरूको बारेमा चेताउनी दिँदै हामीलाई दस पटक बताए ।
NEH 4:13 त्यसैले मैले खुल्ला क्षेत्रहरूमा पर्खालका सबैभन्दा तल्लो भू-भागहरूमा मानिसहरूलाई बसाएँ । मैले हरेक परिवारलाई आ-आफ्ना तरवार, भाला र धनुर्बाण लिएर बस्‍न लगाएँ ।
NEH 4:14 तब मैले हेरेँ, र खडा भएर अधिकारीहरू, शासकहरू र बाँकी मानिसहरूलाई भनेँ, “तिनीहरूदेखि नडराओ । प्रभुलाई सम्झनुहोस् जो महान् र भययोग्य हुनुहुन्छ । आ-आफ्ना परिवाहरू, छोराछोरीहरू, पत्‍नीहरू र घरहरूका लागि लड्नुहोस् ।”
NEH 4:15 जब हामीले हाम्रा शत्रुहरूका योजनाहरू थाहा पायौँ र परमेश्‍वरले तिनीहरूका योजनाहरू विफल पारिदिनुभयो भनी तिनीहरूले सुने, हामी सबै आ-आफ्नो काम गर्न पर्खालमा फर्क्यौं ।
NEH 4:16 त्यस समयदेखि मेरा आधा सेवकहरूले केवल पर्खाल पुनर्निर्माण गर्थे भने आधा बाँकी सेवकहरू भाला, ढाल, धनुर्बाण र झिलम लाएर बस्थे । अगुवाहरूचाहिँ यहूदाका सबै मानिसहरूको पछाडि बस्थे ।
NEH 4:17 पर्खालको निर्माण गरिरहेका र भारी बोकिरहेका उही मजदुरहरूले पनि आ-आफैलाई सुरक्षा दिइरहेका हुन्थे । हरेकले एउटा हातले काम गर्थ्यो भने अर्को हातले आफ्नो हतियार समाउँथ्यो ।
NEH 4:18 हरेक निर्माणकर्ताले आफ्नो तरवार भिरेर काम गर्थ्यो । तुरही बजाउनेचाहिँ मेरो छेउमा बस्थ्यो ।
NEH 4:19 मैले अगुवाहरू, अधिकारीहरू र बाँकी मानिसहरूलाई भने, “काम विशाल र बृहत् छ, अनि हामी पर्खालमा एक-अर्कादेखि छुट्टिएका छौँ ।
NEH 4:20 तिमीहरूले जहाँबाट तुरही बजेको सुन्छौ त्यहीँ भेला हतार गर । हाम्रा परमेश्‍वर हाम्रो पक्षमा लड्नुहुने छ ।”
NEH 4:21 यसरी हामीले काम गर्दै थियौँ । आधा मानिसहरूले सूर्योदयदेखि सूर्यास्तसम्म तरवार भिर्दै थिए ।
NEH 4:22 त्यस बेला मानिसहरूलाई मैले यो पनि भनेँ, “रातमा हाम्रा लागि पहरा दिन र दिनमा काम गर्न हरेक मानिस र त्यसको सेवकले यरूशलेमको बिचमा रात बिताओस् ।”
NEH 4:23 न मैले, न मेरा दाजुभाइहरूले, न मेरा सेवकहरूले, न मलाई पछ्याउने पहरेदारहरूले आफ्ना लुगाहरू बद्‌लियौँ । पानी पिउन जाँदा पनि हरेकले आ-आफ्नो तरवार बोक्थ्यो ।
NEH 5:1 तब मानिसहरू र तिनीहरूका पत्‍नीहरूले आफ्ना यहूदी मित्रहरूका विरुद्धमा ठुलो आवाज उठाए ।
NEH 5:2 त्यहाँ केही मानिसहरू थिए जसले भने, “हाम्रा छोराछोरीहरूसमेत गर्दा हामी धेरै छौँ । हामीले खाएर बाँच्नलाई अन्‍न प्राप्‍त गरौँ ।”
NEH 5:3 त्यहाँ अरू केही मानिसहरू पनि थिए जसले भने, “अनिकालको समयमा अन्‍न प्राप्‍त गर्न हामी हाम्रा खेतहरू, हाम्रा दाखबारीहरू र हाम्रा घरहरू बन्धकमा राख्दै छौँ ।”
NEH 5:4 केहीले यसो पनि भने, “राजालाई हाम्रा खेतहरू र हाम्रा दाखबारीहरूको कर तिर्न हामीले पैसा सापट लिएका छौँ ।
NEH 5:5 तरै पनि हाम्रा शरीर हाम्रा दाजुभाइहरूका शरीर जस्तै हुन्, र हाम्रा छोराछोरीहरू तिनीहरूका छोराछोरीहरूजस्तै हुन् । हाम्रा छोराछोरीहरूलाई कमारा-कमारी बन्‍नको लागि बेच्न हामी बाध्य छौँ । हाम्रा केही छोरीहरू पहिले नै कमारी भइसकेका छन् । अरू मानिसहरूले हाम्रा खेतहरू र हाम्रा दाखबारीहरू अधिकार गरेकाले हामीसित मदत गर्ने खुबी छैन ।”
NEH 5:6 जब मैले तिनीहरूको रोदन र यी वचनहरू सुने म सार्‍है रिसाएँ ।
NEH 5:7 तब मैले यस विषयमा सोचविचार गरेँ, अनि कुलीनहरू र अधिकारीहरूलाई दोष लगाएँ । मैले तिनीहरूलाई भनेँ, “तिमीहरू हरेकले आफ्नै भाइबाट ब्याज लिँदै छौ ।” मैले तिनीहरूको विरुद्धमा ठुलो भेला गराएँ,
NEH 5:8 र तिनीहरूलाई भनेँ, “हामी कुलीनहरूले जाति-जातिहरूकहाँ दासत्वमा बेचिएका हाम्रा यहूदी दाजुभाइहरूलाई दाम तिरी फिर्ता गरेर ल्याएका छौँ, तर तिमीहरू आफ्ना दाजुभाइ तथा दिदी-बहिनीहरू फेरी हामीलाई बेच्छौ!” तिनीहरू स्तब्ध भए र बोल्नलाई कुनै शब्दै भएन ।
NEH 5:9 मैले यसो पनि भनेँ, “तिमीहरूले जे गरिरहेका छौ, त्यो ठिक होइन । जाति-जातिहरू अर्थात् हाम्रा शत्रुहरूका कटाक्षलाई रोक्‍न के तिमीहरू हाम्रा परमेश्‍वरोक डरमा चल्नुपर्दैन र ?
NEH 5:10 मैले, मेरा दाजुभाइहरूले र मेरा सेवकहरूले तिनीहरूलाई रुपियाँ-पैसा र अन्‍न सापट दिँदै छौँ । तर हामीले यी ऋणमा ब्याज लगाउन रोक्‍नुपर्छ ।
NEH 5:11 आजकै दिन तिमीहरूले तिनीहरूबाट लिएका तिनीहरूका खेतहरू, दाखबारीहरू, भद्राक्ष बारीहरू, तिनीहरूका घरहरू, रुपियाँ-पैसाको ब्याज, अन्‍न, नयाँ दाखमद्य र तेल फर्काइदेओ ।”
NEH 5:12 तब तिनीहरूले भने, “हामीले तिनीहरूबाट लिएका चिजहरू फिर्ता गरिदिने छौँ, र हामी तिनीहरूबाट केही माग गर्दैनौँ । हामी तपाईंले भन्‍नुभएझैँ गर्ने छौँ ।” तब मैले पुजारीहरूलाई बोलाई तिनीहरूले भनेअनुसार गर्न तिनीहरूलाई शपथ खान लगाएँ ।
NEH 5:13 मैले आफ्नो खास्टोको गाँठो फुकाएर भनेँ, “आफ्नो प्रतिज्ञा पुरा नगर्ने हरेक मानिसको घर र धन-सम्पत्ति परमेश्‍वरले यसरी नै फुकालिदेऊन् । त्यसलाई फुकाली रित्तो बनाइयोस् ।” सबै समुदायले भने, “आमेन,” अनि तिनीहरूले परमेश्‍वरको स्तुति गरे, र तिनीहरूले आ-आफूले प्रतिज्ञा गरेअनुसार गरे ।
NEH 5:14 म यहूदा देशको राज्यपाल नियुक्त भएको समयदेखि अर्थात् अर्तासास्त राजाको बिसौँ वर्षदेखि बत्तिसौँ वर्षसम्म, जम्माजम्मी बार्‍ह वर्षसम्म मैले र मेरा दाजुभाइहरूले राज्यपालको लागि उपलब्ध गराइएको खाना खाएनौँ ।
NEH 5:15 तर मभन्दा अगिका राज्यपालहरूले मानिसहरूमाथि गर्‍हौँ बोझ लादिदिए, र तिनीहरूको दैनिक भोजनसाथै दाखमद्यको लागि मानिसहरूबाट चाँदीका चालिस सिक्‍का कर लिएका थिए । तिनीहरूका सेवकहरूले पनि मानिसहरूमाथि थिचोमिचो गरे । तर परमेश्‍वरको भयको कारणले मैले त्यसो गरिनँ ।
NEH 5:16 मैले पर्खालको कामलाई पनि जारी राखेँ, र कुनै जग्गा जमिन किनिनँ, अनि मेरा सबै सेवक कामको लागि त्यहाँ जम्मा हुन्थे ।
NEH 5:17 हाम्रा वरिपरि भएका जाति-जातिहरूबाट आउने मानिसहरूबाहेक मेरो टेबुलमा यहूदीहरू र अधिकारीहरू गरी जम्मा १५० जना हुन्थे ।
NEH 5:18 एउटा गोरु, छवटा मोटा-मोटा भेडा र कुखुराहरू हरेक दिन खानलाई जुटाइनुपर्थ्यो, र दस-दस दिनपछि चाहिँ सबै किसिमका दाखमद्य प्रचुर मात्रामा जुटाइन्थ्यो । यति हुँदाहुँदै पनि मैले राज्यपालको भोजनको भत्ताको माग गरिनँ किनकि मानिसहरूमाथि ठुलो बोझ परेको थियो ।
NEH 5:19 हे मेरा परमेश्‍वर, मैले यी मानिसहरूलाई गरेका सबै कामको निम्ति मेरो भलाइ सोच्नुहोस् ।
NEH 6:1 मैले पर्खाल पुनर्निर्माण गरेर सिद्ध्याएको र टाल्नुपर्ने कुनै भाग नरहेको कुरो कुरो सन्बलत, तोबिया र अरबी गेशेमसाथै हाम्रा बाँकी शत्रुहरूले सुने, यद्यपि मैले मूल ढोकाहरूका खापाहरू भने बनाइसकेको थिइनँ ।
NEH 6:2 सन्बलत र गेशेमले मलाई यसो भनी खबर पठाए, “आऊ, हामी ओनोको मैदानको कतैतिर भेटघाट गरौँ ।” तर तिनीहरूले मेरो हानि गर्ने मनसाय बनाएका थिए ।
NEH 6:3 मैले यसो भनी तिनीहरूकहाँ सन्देशवाहकहरू पठाएँ, “मैले महान् काम गरिरहेकोले म आउन सक्दिनँ । मैले काम छोडी तिमीहरूकहाँ आएर यो काम किन रोकिने ?”
NEH 6:4 तिनीहरूले मकहाँ उही खबर चार पटक पठाए, र मैले प्रत्येक पटक तिनीहरूलाई उही जवाफ दिएँ ।
NEH 6:5 उसै गरी सन्बलतले पाँचौँ पटक पनि मकहाँ तिनको सेवक पठाए, जसको हातमा खोलिएको चिट्ठी थियो ।
NEH 6:6 त्यहाँ यस्तो लेखिएको थियो, “जाति-जातिहरूका बिचमा यस्तो खबर पुगेको छ र गेशेम पनि त्यही भन्छन्, कि तिमी र यहूदीहरूले विद्रोह गर्ने योजना बनाउँदै छौ । त्यसकारण तिमीहरूले यो पर्खाल पुनर्निर्माण गर्दै छौ । तिमी तिनीहरूका राजा हुनै लागेका छौ भनी यी खबरहरूले बताउँछन् ।
NEH 6:7 यरूशलेममा तिम्रो बारेमा यो घोषणा गर्न तिमीहरूले अगमवक्ताहरू पनि नियुक्त गरेका छौ, 'यहूदामा राजा हुनुहुन्छ!' राजाले यी खबरहरू सुन्‍नेछन् भनी तिमी निश्‍चित हुन सक्छौ । त्यसकारण, आऊ र एक-अर्कासित कुराकानी गरौँ ।”
NEH 6:8 तब मैले तिनीकहाँ यसो भनी खबर पठाएँ, “तिमीले भनेजस्ता कुनै पनि कुरा भएकै छैन, किनकि तिमीले आफ्नै ह्रदयमा ती रचेका हौ ।”
NEH 6:9 तिनीहरू सबैले हामीलाई यस्तो सोच्न लगाई भयभीत पार्न चाहन्थे, “काम गर्नदेखि तिनीहरूले आफ्ना हात रोक्‍ने छन्, र यो काम सकिने थिएन ।” तर अब हे परमेश्‍वर, मेरा हात मजबुत पार्नुहोस् ।
NEH 6:10 म दलायाहका छोरा, महेतबेलका नाति शमायाहको घरमा गएँ, जो आफ्नै घरमा बन्दी बनाइएका थिए । तिनले भने, “हामी परमेश्‍वरको मन्दिरभित्र भेटौँ, र मन्दिरका ढोकाहरू बन्द गरौँ किनकि तिनीहरूलाई तपाईंलाई मार्न आउँदै छन् । तपाईंलाई मार्न तिनीहरू रातमा आउँदै छन् ।”
NEH 6:11 मैले जवाफ दिएँ, “के मजस्तो मान्छे भाग्छ र ? के मजस्तो मान्छे आफ्नै जीवन बचाउन मन्दिरभित्र जान सक्छ र ? म भित्र जाने छैनँ ।”
NEH 6:12 परमेश्‍वरले तिनलाई पठाउनुभएको होइन, तर तिनी आफैले मेरो विरुद्धमा अगमवाणी गरेका थिए भनी मैले महसुस गरेँ । तोबिया र सन्बलतले तिनलाई भाडामा लिएका थिए ।
NEH 6:13 तिनले भनेझैँ गरेर पाप गर्न र मेरो अपमान हुने गरी मेरो ख्याति बिगार्न तिनीहरूले तिनलाई भाडामा लिई मलाई डराउन चाहन्थे ।
NEH 6:14 हे मेरा परमेश्‍वर, तोबिया र सन्बलत अनि तिनीहरूले गरेका सबै कामलाई सम्झनुहोस् । साथै, मलाई डराउन खोज्ने अगमवादिनी नोअदिया र अरू बाँकी अगमवक्ताहरूलाई पनि सम्झनुहोस् ।
NEH 6:15 यसरी बाउन्‍न दिनपछि एलूल महिनाको पच्‍चिसौँ दिनमा पर्खालको काम समाप्‍त भयो ।
NEH 6:16 जब हाम्रा वरिपरि भएका हाम्रा सबै शत्रु र जातिहरूले यो सुने तिनीहरू डराए, तिनीहरू हतोत्साहित भए । किनकि हाम्रा परमेश्‍वरको मदतले यो काम गरिएको थियो भनी तिनीहरूलाई थाहा थियो ।
NEH 6:17 यस बेला यहूदाका कुलीनहरूले तोबियालाई धेरै चिट्ठीहरू पठाए, र तोबियाका चिट्ठीहरू पनि तिनीहरूकहाँ आए ।
NEH 6:18 किनकि यहूदामा कैयौँ मानिसहरू थिए जो तिनीसित शपथद्वारा बाँधिएका थिए किनकि तिनी आराका छोरा शकन्याहका जुवाइँ थिए । तिनका छोरा येहोहानानले बेरेक्याहका छोरा मशुल्लामकी छोरीसित विवाह गरेका थिए ।
NEH 6:19 तिनीहरूले तिनका असल कार्यहरू पनि मलाई बताए, र मेरा कामहरू तिनलाई बताइदिए ।
NEH 7:1 पर्खालको काम सिद्धिएपछि जब मैले ढोकाहरूलाई तिनका आ-आफ्ना ठाउँमा लगाएँ, र द्वारपालहरूसाथै गायक-गायिकाहरू र लेवीहरू नियुक्त गरिए,
NEH 7:2 मैले मेरा भाइ हनानी र किल्लाको निरीक्षण गर्ने हनानीलाई यरूशलेममाथिको जिम्मा सुम्पिदिएँ किनकि तिनी अरू धेरैभन्दा विश्‍वासयोग्य मानिस थिए, र परमेश्‍वरदेखि डराउँथे ।
NEH 7:3 मैले तिनीहरूलाई भनेँ, “घाम चर्को गरी नलागेसम्म यरूशलेमका मूल ढोकाहरू नखोल्नू । द्वारपालहरू पहरा बस्दा तिमीहरूले ढोकाहरू बन्दी गरी आग्ला लगाउनू । यरूशलेममा बस्‍नेहरूबाट केही पहरादारहरूलाई पहरा बस्‍ने ठाउँमा र केहीलाई चाहिँ तिनीहरूका आफ्नै घरको सामुन्‍ने राख्‍न नियुक्त गर्नू ।”
NEH 7:4 अब सहरचाहिँ फराकिलो र विशाल थियो, तर त्यसभित्र केही मानिसहरू मात्र थिए, र अझसम्म कुनै पनि घरको पुनर्निर्माण भएको थिएन ।
NEH 7:5 मेरा परमेश्‍वरले कुलीनहरू, अधिकृतहरू र मानिसहरूलाई तिनीहरूका परिवार-परिवार गरी नाउँ दर्ता गराउनका लागि भेला गराउन मेरो हृदयमा बोझ हालिदिनुभयो । मैले सुरुमा फर्केनहरूको वंशावलीको पुस्तक भेट्टाएँ जसमा यो कुरा लेखिएको थियो ।
NEH 7:6 “राजा नबूकदनेसरको निर्वासनबाट जाने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । तिनीहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।
NEH 7:7 तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आएका थिए । इस्राएलका मानिसहरूको सङ्ख्या निम्‍न लिखित छ ।
NEH 7:8 परोशका परिवारका २,१७२
NEH 7:9 शपत्‍याहका परिवारका ३७२
NEH 7:10 आराका परिवारका ६५२
NEH 7:11 येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८
NEH 7:12 एलामका परिवारका १,२५४
NEH 7:13 जत्तूका परिवारका ८४५
NEH 7:14 जक्‍कैका परिवारका ७६०
NEH 7:15 बिन्‍नूईका परिवारका ६४८
NEH 7:16 बेबैका परिवारका ६२८
NEH 7:17 अज्‍गादका परिवारका २,३२२
NEH 7:18 अदोनीकामका परिवारका ६६७
NEH 7:19 बिग्‍वैका परिवारका २,०६७
NEH 7:20 आदीनका परिवारका ६५५
NEH 7:21 हिजकियाबाट आतेरका परिवारका ९८
NEH 7:22 हाशूमका परिवारका ३२८
NEH 7:23 बेजैका परिवारका ३२४
NEH 7:24 हारीपका परिवारका ११२
NEH 7:25 गिबोनका परिवारका ९५
NEH 7:26 बेथलेहेम र नतोपाका मानिसहरू १८८
NEH 7:27 अनातोतका मानिसहरू १२८
NEH 7:28 बेथ-अज्‍मावेतका मानिसहरू ४२
NEH 7:29 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
NEH 7:30 रामा र गेबाका मानिसहरू ६२१
NEH 7:31 मिकमाशका मानिसहरू २२
NEH 7:32 बेथेल र ऐका मानिसहरू १२३
NEH 7:33 अर्को नेबोका मानिसहरू ५२
NEH 7:34 अर्को एलामका मानिसहरू १,२५४
NEH 7:35 हारीमका मानिसहरू ३२०
NEH 7:36 यरीहोका मानिसहरू ३४५
NEH 7:37 लोद, हादीद र ओनोका मानिसहरू ७२१
NEH 7:38 सेनाहका मानिसहरू ३,९३०
NEH 7:39 पुजारीहरू: (येशूअको वंशबाट) यदायाहका परिवारका ९७३
NEH 7:40 इम्‍मेरका परिवारका १,०५२
NEH 7:41 पशहूरका परिवारका १,२४७
NEH 7:42 हारीमका परिवारका १,०१७
NEH 7:43 लेवीहरू: होदबिया, बिन्‍नूई र कादमीएलका वंशबाट येशूअका परिवारका ७४
NEH 7:44 गायकहरू: आसापका परिवारका १४८
NEH 7:45 द्वारपालहरू: शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता, शोबैका परिवारहरूका जम्‍मा १३८
NEH 7:46 मन्‍दिरका सेवकहरू: सीहा, हसूपा, तब्‍बाओत,
NEH 7:47 कोरेस, सीआ, पादोन,
NEH 7:48 लेबाना, हगाबा, शल्‍मै,
NEH 7:49 हानान, गिद्देल, गहर,
NEH 7:50 रायाह, रसीन, नकोदा,
NEH 7:51 गज्‍जाम, उज्‍जा, पसेह,
NEH 7:52 बेजै, मोनिम, नेपुसीम,
NEH 7:53 बक्‍बूक, हकूपा, हर्हुर,
NEH 7:54 बस्‍लूत, महीदा, हर्शा,
NEH 7:55 बर्कोस, सीसरा, तेमह,
NEH 7:56 नसीह, र हतीपाका परिवारहरू
NEH 7:57 सोलोमनका सेवकहरूका सन्‍तान: सोतै, सोपेरेत, पारीद,
NEH 7:58 याला, दर्कोन, गिद्देल,
NEH 7:59 शपत्‍याह, हत्तील, पोकेरेतहसेबायीम, र अमोनका परिवारहरू ।
NEH 7:60 मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानको सङ्ख्या जम्‍मा ३९२
NEH 7:61 तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनी बताउन सकेनन्‌ । यी हुन्‌:
NEH 7:62 दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्‍मा ६४२
NEH 7:63 पुजारीहरूबाट: होबायाहका परिवार, हक्‍कोसका परिवार, र बर्जिल्‍लैका परिवार (तिनले गिलादी बर्जिल्‍लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरी तिनीहरूको नाउँ राखे) ।
NEH 7:64 तिनीहरूले आफ्नो वंशावलीका अभिलेखहरू खोजे, तर तिनलाई फेला पारेनन् । त्यसैले तिनीहरूलाई अशुद्ध ठानी पुजारीको कामबाट निष्काशन गरियो ।
NEH 7:65 पुजारीले ऊरीम र तुम्मीमसहित अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खान मिल्दैनथ्यो भनी राज्यपालले तिनीहरूलाई बताए ।
NEH 7:66 सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो ।
NEH 7:67 यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए ।
NEH 7:68 तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्‍चर २४५,
NEH 7:69 ऊँट ४३५ र गधा ६,७२० थिए ।
NEH 7:70 परिवारका केही मुखियाहरूले कामको लागि दान दिए । राज्यपालले भण्डारमा १,००० सुनका सिक्‍का, ५० कचौरा र पुजारीहरूले लगाउने ५३० ओटा पोशाक दिए ।
NEH 7:71 परिवारका केही कामकको निम्ति मुखियाहरूले भण्डारमा २०,००० सुनका सिक्‍का र २,२०० चाँदीका सिक्‍का दिए ।
NEH 7:72 बाँकी मानिसहरूले २०,००० सुनका सिक्‍का, २,००० चाँदीका सिक्‍का र पुजारीले लगाउने ६७ ओटा पोशाक दिए ।
NEH 7:73 यसरी पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू, केही मानिसहरू, मन्दिरका सेवकहरू र सारा इस्राएल तिनीहरूका आ-आफ्ना सहरहरूमा बसे । सातौँ महिनासम्ममा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए ।”
NEH 8:1 सारा जनता एउटै मानिसजस्तो गरी पानी ढोकाको सामुन्‍ने खुला क्षेत्रमा भेला भए । तिनीहरूले परमप्रभुले इस्राएललाई आज्ञा दिनुभएको मोशाको व्यवस्थाको पुस्तक ल्याउन भनी शास्‍त्री एज्रालाई भने ।
NEH 8:2 सातौँ महिनाको पहिलो दिनमा पुजारी एज्राले सुनेर बुझ्न सक्‍ने पुरुष र स्‍त्रीहरू दुवैको समुदायको सामु पुस्तक ल्याए ।
NEH 8:3 तिनी पानी ढोकाको सामुन्‍नेको खुला क्षेत्रमा फर्के, र तिनले पुरुष र स्‍त्रीहरूको सामु बिहान सबेरैदेखि मध्यदिनसम्म यसबाट पढे, अनि सारा मानिसले व्यवस्थाको पुस्तकलाई ध्यान दिएर सुने ।
NEH 8:4 तब शास्‍त्री एज्रा मानिसहरूले त्यस्तै कामको लागि बनाएका काठको उच्‍च मञ्चमा खडा भए । तिनको दाहिनेपट्टि छेउमा मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह र मासेयाह उभिएका थिए अनि तिनको देब्रेपट्टि पदायाह, मीशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया र मशुल्लाम उभिएका थिए ।
NEH 8:5 एज्रा सारा मानिसभन्दा माथि उभिएकाले तिनले सबैले देख्‍ने गरी पुस्तक खोले, र तिनले पुस्तक खोल्दा सारा मानिस खडा भए ।
NEH 8:6 एज्राले महान् परमेश्‍वर परमप्रभुलाई धन्यावाद दिए, अनि सारा मानिसले आ-आफ्ना हात उठाएर “आमेन! आमेन!” भने । तब तिनीहरूले आ-आफ्ना शिर झुकाए, र भुइँसम्मै निहुरेर परमप्रभुको आराधना गरे ।
NEH 8:7 लेवीहरू येशूअ, बानी, शरेबियाह, यामीन, अक्‍कूब, सब्बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले मानिसहरूलाई तिनीहरूकै ठाउँमा व्यवस्था बुझ्नलाई मदत गरे ।
NEH 8:8 तिनीहरूले त्यो पुस्तक अर्थात् परमेश्‍वरको व्यवस्था पढे र मानिसहरूले बुझ्न सक्‍ने गरी अर्थ खोलिदिए ।
NEH 8:9 राज्यपाल नहेम्याह, पुजारीसाथै शास्‍त्री एज्रा र मानिसहरूलाई अर्थ खोलिदिने लेवीहरूले सारा मानिसलाई भने, “यो दिन परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि पवित्र दिन हो । शोक नगर र नरोओ ।” किनकि तिनीहरूले व्यवस्थाका वचन सुन्दा सारा मानिस रोएका थिए ।
NEH 8:10 तब नहेम्याहले तिनीहरूलाई भने, “आ-आफ्नो बाटो लाग, पुस्टाइएको पशु मारेर खाओ, मिठो पेय पदार्थ पिओ अनि आफ्ना निम्ति तयार पार्न नसक्‍नेहरूका निम्ति पनि थोरै भाग पठाइदेओ किनकि परमप्रभुको आनन्द नै तिमीहरूको शक्ति हो ।”
NEH 8:11 त्यसैले लेवीहरूले यसो भन्दै मानिसहरूलाई शान्त गराए, “चुप लाग, किनकि यो दिन पवित्र छ । शोक नगर ।”
NEH 8:12 तब सारा मानिस खानपान गर्न, पिउन, भोजन बाँडचुँड गर्न र बडो आनन्दसाथ उत्सव मनाउन आ-आफ्नो बाटो लागे किनकि तिनीहरूलाई बताइएका वचनहरू तिनीहरूले बुझेका थिए ।
NEH 8:13 दोस्रो दिनमा सारा मानिसका परिवार-परिवारका मुख्य-मुख्य मानिसहरू, पुजारीहरूसाथै लेवीहरू व्यवस्थाका वचनहरूबाट अन्तर्ज्ञान प्राप्‍त गर्न शास्‍त्री एज्राकहाँ आए ।
NEH 8:14 सातौँ महिनाको चाडमा इस्राएलीहरू छाप्रोमा बस्‍नपर्छ भनी परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको वचन तिनीहरूले व्यवस्थामा लेखिएको भेट्टाए ।
NEH 8:15 तिनीहरूले तिनीहरूका सबै सहर र यरूशलेममा यसो भन्दै घोषणा गर्नुपर्छ, “लेखिएअनुसार छाप्रा बनाउनलाई पहाडी देशमा गएर जैतून, जङ्गली जैतून, मेहदी, खजूरका हाँगाहरूसाथै अन्य पातहरू भएका हाँगाहरू लिएर आओ ।”
NEH 8:16 तब मानिसहरू बाहिर गए, र हाँगाहरू ल्याए अनि हरेकले आ-आफ्नो निम्ति घरको छाना र चोकमा, परमेश्‍वरका भवनका चोकहरूमा, पानी ढोकाको सामुन्‍नेको चोकमा र एफ्राएमका ढोकाको चोकमा छाप्राहरू बनाए ।
NEH 8:17 निर्वासनबाट फर्केकाहरू सबै समुदायले छाप्राहरू बनाई तिनमा बसे । किनकि नूनका छोरा यहोशूको समयदेखि त्यस दिनसम्म इस्राएलीहरूले यो चाड मनाएका थिएनन् । त्यसैले तिनीहरू बडो आनन्दित भए ।
NEH 8:18 यसबाहेक, पहिलो दिनदेखि पछिल्लो दिनसम्म दिनप्रतिदिन एज्राले परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढ्ने गर्थै । तिनीहरूले सात दिनसम्म चाड मनाए, र आज्ञाअनुसार आठौँ दिनमा पवित्र सभा थियो ।
NEH 9:1 अब उही महिनाको चौबिसौँ दिनमा इस्राएलीहरू भेला भए । तिनीहरू उपवास बस्दै र भाङ्ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले ।
NEH 9:2 इस्राएलका सन्तानहरूले सबै परदेशीबाट आफूलाई अलग गरे । तिनीहरू खडा भएर आफ्ना पापसाथै तिनीहरूका पुर्खाहरूका दुष्‍ट कामहरू स्वीकार गरे ।
NEH 9:3 तिनीहरू आ-आफ्ना ठाउँमा खडा भए, र पहिलो एक पहरचाहिँ तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढे । अर्को पहरमा तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको सामु पाप स्वीकार गर्दै र दण्डवत् गर्दै थिए ।
NEH 9:4 लेवीहरू, येशूअ, बानी, कादमीएल, शबन्याह, बुन्‍नी, शरेबियाह, बानी र कनानी खुट्किलाहरूका उभिए, अनि तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरलाई उच्‍च सोरमा पुकारे ।
NEH 9:5 तब लेवीहरू, येशूअ, कादमीएल, बानी, हशबन्याह, शरेबियाह, होदियाह, शबन्याह र पतहियाहले भने, “खडा भएर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सदासर्वदा प्रशंसा चढाओ ।” तिनीहरूले तपाईंको महिमित नाउँलाई धन्यको भनून्, र यो नाउँ हरेक आशिष् र प्रशंसाभन्दा माथि उचालिएको होस् ।
NEH 9:6 तपाईं मात्र परमप्रभु हुनुहुन्छ । तपाईंले स्वर्ग, सर्वोच्‍च आकाश, त्यहाँका सबै आकाशीय पिण्ड अनि पृथ्वी र यसमा भएका थोक थोक, समुद्रहरू र तिनमा भएका सबै थोक बनाउनुभयो । तपाईंले नै ती सबैलाई जीवन दिनुहुन्छ, र स्वर्गका समुदायले तपाईंको आराधना गर्छन् ।
NEH 9:7 तपाईं परमप्रभु परमेश्‍वर हुनुहुन्छ जसले अब्रामलाई चुन्‍नुभयो, र तिनलाई कल्दीहरूको ऊरबाट ल्याउनुभयो, र तिनलाई अब्राहाम नाउँ दिनुभयो ।
NEH 9:8 तपाईंले तिनको हृदय तपाईंको सामु विश्‍वासयोग्य भएको भेट्टाउनुभयो, र तिनका सन्तानहरूलाई कनानी, हित्ती, एमोरी, परिज्‍जी, यबूसी र गिर्गाशीहरूको देश दिने प्रतिज्ञा गर्नुभयो । तपाईंले आफ्नो प्रतिज्ञा पुरा गर्नुभएको छ किनकि तपाईं धर्मी हुनुहुन्छ ।
NEH 9:9 तपाईंले मिश्रमा हाम्रा पिता-पुर्खाहरूको दुःख देख्‍नुभयो, र लाल समुद्रनेर तिनीहरूको क्रन्दन सुन्‍नुभयो ।
NEH 9:10 तपाईंले फारो, तिनका सबै अधिकारी र तिनको देशका सबै जनताको सामु चिन्हहरू र आश्‍चर्यहरू गर्नुभयो किनकि मिश्रीहरूले इस्राएलीहरूको विरुद्धमा अहङ्कारी भएर व्यवहार गरेका थिए भनी तपाईं जान्‍नुहुन्थ्यो । तपाईंले आफ्नो निम्ति एउटा नाउँ राख्‍नुभयो जुन आजको दिनसम्म खडा छ ।
NEH 9:11 त्यसपछि तपाईंले तिनीहरूकै सामु समुद्रलाई विभाजन गरिदिनुभयो अनि तिनीहरू समुद्रको बिचमा सुक्खा भूमिबाट हिँडेर गए, र तिनीहरूलाई खेद्‍नेहरूलाई तपाईंले उर्लंदो पानी ढुङ्गा फालेझैँ फालिदिनुभयो ।
NEH 9:12 तिनीहरूलाई बाटोमा यात्राको लागि प्रकाश दिन तपाईंले तिनीहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोद्वारा अगुवाइ गर्नुभयो ।
NEH 9:13 तपाईं स्वर्गबाट सीनै पर्वतमा ओर्लनुभयो, र तिनीहरूसित बोल्नुभयो अनि तिनीहरूलाई धार्मिक नियमहरू, साँचो व्यवस्था र असल विधिविधानसाथै आज्ञाहरू दिनुभयो ।
NEH 9:14 तपाईंले तिनीहरूलाई आफ्नो पवित्र शबाथ चिनाउनुभयो, अनि तपाईंका दास मोशाद्वारा तिनीहरूलाई आज्ञाहरू, विधिविधानहरू र व्यवस्था दिनुभयो ।
NEH 9:15 तपाईंले तिनीहरूलाई तिनीहरूको भोक तृप्‍त पार्न स्वर्गबाट रोटी दिनुभयो, र तिनीहरूको तिर्खा मेट्न चट्टानबाट पानी दिनुभयो । तिनीहरूलाई दिन्छु भनी तपाईंले प्रतिज्ञा गर्नुभएको देशमा गएर अधिकार गर्न तिनीहरूलाई आज्ञा दिनुभयो ।
NEH 9:16 तर तिनीहरू र हाम्रा पिता-पुर्खाहरू अटेरी र हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् ।
NEH 9:17 तिनीहरूले सुन्‍न इन्कार गरे, र तपाईंले तिनीहरूका बिचमा गर्नुभएका आश्‍चर्यहरूलाई तिनीहरूले विचारै गरेनन् । तर तिनीहरू हठी भए, र तिनीहरूको विद्रोहमा तिनीहरूले आफ्नो दासत्वमा फर्कन एक जना अगुवा नियुक्त गरे । तर तपाईं क्षमाले भरिपूर्ण, अनुग्रही, दयालु, रिसाउनमा ढिला, अचुक प्रेममा प्रचुर परमेश्‍वर हुनुहुन्छ । तपाईंले तिनीहरूलाई त्याग्‍नुभएन ।
NEH 9:18 तिनीहरूले ढलौटे बाछा बनाएर 'तिमीहरूलाई मिश्रबाट ल्याउने ईश्‍वर यही हो' भनी तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गर्दा पनि
NEH 9:19 तपाईंले आफ्नो दयामा तिनीहरूलाई उजाड-स्थानमा त्याग्‍नुभएन । तिनीहरूलाई बाटोमा अगुवाइ गर्ने बादलको खाँबोले दिनमा तिनीहरूलाई छोडेन, न त तिनीहरूको यात्राको लागि प्रकाश दिने आगोको खाँबोले रातमा तिनीहरूलाई छोडे ।
NEH 9:20 तिनीहरूलाई निर्देशन दिन तपाईंले तिनीहरूलाई आफ्नो असल आत्मा दिनुभयो, र तिनीहरूका मुखमा तपाईंले आफ्नो मन्‍न दिन रोक्‍नुभएन, र तिनीहरूको तिर्खा मेट्न तपाईंले तिनीहरूलाई पानी दिनुभयो ।
NEH 9:21 चालिस वर्षसम्म उजाड-स्थानमा तपाईंले तिनीहरूलाई भोजन उपलब्ध गराउनुभयो, र तिनीहरूलाई कुनै थोकको कमी भएन । तिनीहरूका लुगा फाटिएनन्, र तिनीहरूका गोडा सुनिएनन् ।
NEH 9:22 तपाईंले तिनीहरूलाई राज्यहरू र जातिहरू दिनुभयो, अनि देशका हरेक कुनामा पुर्‍याउनुभयो । तब तिनीहरूले हेश्बोनका राजा सीहोन र बाशानका राजा ओगको देश अधिकार गरे ।
NEH 9:23 तपाईंले तिनीहरूका सन्तानहरूलाई आकाशका ताराजत्तिकै अनगिन्ती बनाउनुभयो, र तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई अधिकार गर्न दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा तिनीहरूलाई ल्याउनुभयो ।
NEH 9:24 त्यसैले मानिसहरू देशभित्र प्रवेश गरी यसको अधिकार गरे, र तिनीहरूकै सामु त्यस देशका बासिन्दाहरू अर्थात् कनानीहरूलाई तपाईंले अधीनमा ल्याउनुभयो । इस्राएलले इच्छा लागेअनुसार कनानीहरूलाई व्यवहार गरून् भनेर तपाईंले कनानीहरू, तिनीहरूका राजाहरू, देशका जनताहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।
NEH 9:25 तिनीहरूले किल्लाबन्दी गरिएका सहरहरू र उर्बरायुक्त देश कब्जा गरे । तिनीहरूले सबै असल थोकहरूले भरिएका घरहरू, पहिले नै खनेका कुवाहरू, दाखबारीहरू, जैतूनका बगैँचाहरू र प्रचुर मात्रामा फल दिने रुखहरू कब्जा गरे । यसरी तिनीहरूले खाएर तृप्‍त भए, अनि मोटाएर तपाईंको महान् भलाइमा तिनीहरूले आनन्द मनाए ।
NEH 9:26 तब तिनीहरू अनाज्ञाकारी बने, र तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरे । तिनीहरूले तपाईंको व्यवस्थालाई पिठिउँ फर्काए । तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईंकहाँ फर्कन चेताउनी दिएका थिए । तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गरे ।
NEH 9:27 त्यसैले तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो जसले तिनीहरूलाई सताए । तिनीहरूको दुःखकष्‍टको समयमा तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले स्वर्गबाट तिनीहरूको कुरा सुन्‍नुभयो । तपाईंको महान् कृपाको कारण तपाईंले छुटकारा दिनेहरू पठाउनुभयो जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटकारा दिए ।
NEH 9:28 तर तिनीहरूले शान्ति पाएपछि तिनीहरूले फेरि तपाईंको सामु दुष्‍ट काम गरे, र तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा त्यागिदिनुभयो, अनि तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि शासन गरे । तथापि तिनीहरू फर्केर तपाईंलाई पुकारा गर्दा तपाईंले स्वर्गबाट सुन्‍नुभयो, र तपाईंको कृपाको कारण धेरै पटक तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो ।
NEH 9:29 तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्‍न इन्का गरे ।
NEH 9:30 धेरै वर्षसम्म तपाईं तिनीहरूसित धैर्यवान् हुनुभयो, र आफ्ना अगमवक्ताहरूमार्फत तपाईंको आत्माद्वारा तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरूले सुनेनन् । त्यसैले तपाईंले तिनीहरूलाई छिमेकी जातिहरूका हातमा सुम्पिदिनुभयो ।
NEH 9:31 तर तपाईंको महान् कृपामा तिनीहरूलाई निमिट्ट्यान्‍न पार्नुभएन, न त पूर्ण रूपमा त्यागिदिनुभयो किनकि तपाईं अनुग्रही र करुणामय परमेश्‍वर हुनुहुन्छ ।
NEH 9:32 त्यसकारण, अब हे हाम्रा परमेश्‍वर तपाईं महान्, शक्तिशाली र भययोग्य परमेश्‍वर हुनुहुन्छ, जसले आफ्नो करार र अचुक प्रेम राख्‍नुहुन्छ । अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म हामी, हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू, हाम्रा अगमवक्ताहरू, हाम्रा पिता-पुर्खाहरू र तपाईंका सारा मानिसमाथि आइपरेका यी कठिनाइलाई हलुका नसम्झनुहोस् ।
NEH 9:33 हामीमाथि आइपरेका हरेक कुरामा तपाईं धर्मी हुनुहुन्छ किनकि तपाईंले विश्‍वाससाथ व्यवहार गर्नुभएको छ, तर हामीले चाहिँ दुष्‍टतापूर्वक काम गरेका छौँ ।
NEH 9:34 हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू र हाम्रा पिता-पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेका छैनन्, न त तपाईंका आज्ञाहरू वा तपाईंले तिनीहरूलाई चेताउनी दिनुभएका तपाईंका करारका आदेशहरूलाई ध्यान दिएका छन् ।
NEH 9:35 तिनीहरूको आफ्नै राज्य हुँदा तपाईंले तिनीहरूलाई दिनुभएको विशाल र मलिलो देशमा तपाईंको महान् उदारतालाई तिनीहरूले उपभोग गर्दागर्दै पनि तिनीहरूले तपाईंको सेवा गरेनन्, न त तिनीहरूका दुष्‍ट मार्गहरूबाट फर्के ।
NEH 9:36 हेर्नुहोस्, हामी दास भएका छौँ । अहिले हामी तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई त्यसका फलहरू खान र त्यसका असल उब्जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौँ ।
NEH 9:37 हाम्रा पापले गर्दा त्यसका प्रशस्त उब्जनीहरू हामीमाथि प्रभुत्व गर्न तपाईंले खटाउनुभएका राजाहरूकहाँ जान्छन् । तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूले हाम्रा शरीरसाथै हाम्रा गाईवस्तुमाथि शासन गर्छन् । हामी बडो कष्‍टमा छौँ!
NEH 9:38 यी सबै कारणले गर्दा हामी लेखेर नै दृढ करार बाँध्दछौँ । छाप लगाइएको दस्तावेजमा हाम्रा राजकुमारहरू, लेवीहरू र पुजारीहरूका नाउँ हुन्छन् ।”
NEH 10:1 सहीछाप लाउनेहरूका नाउँ यिनै थिए: हकल्‍याहका छोरा राज्‍यपाल नहेम्‍याह, सिदकियाह,
NEH 10:2 सरायाह, अजर्याह, यर्मिया,
NEH 10:3 पशहूर, अमर्याह, मल्‍कियाह,
NEH 10:4 हत्तूश, शबन्‍याह, मल्‍लूक,
NEH 10:5 हारीम, मरेमोत, ओबदिया,
NEH 10:6 दानिएल, गिन्‍नतोन, बारूक,
NEH 10:7 मशुल्‍लाम, अबिया, मियामीन,
NEH 10:8 माज्‍याह, बिल्‍गै, र शमायाह । यिनीहरूचाहिँ पुजारी थिए ।
NEH 10:9 लेवीहरू: अजन्‍याहका छोरा येशूअ, हेनादादका छोरा बिन्‍नूई, कादमीएल,
NEH 10:10 र तिनीहरूका दाजुभाइहरू शबन्‍याह, होदियाह, कलीता, पलयाह, हानान,
NEH 10:11 मीयका, रहोब, हशब्‍याह,
NEH 10:12 जक्‍कूर, शरेबियाह, शबन्‍याह,
NEH 10:13 होदियाह, बानी, र बनीनू ।
NEH 10:14 मानिसहरूका अगुवाहरू: परोश, पहत-मोआब, एलाम, जत्तू, बानी
NEH 10:15 बुन्‍नी, अज्‍गाद, बेबै,
NEH 10:16 अदोनियाह, बिग्‍वै, आदीन,
NEH 10:17 आतेर, हिजकिया, अज्‍जूर,
NEH 10:18 होदियाह, हाशूम, बेजै,
NEH 10:19 हारीप, अनातोत, नेबै,
NEH 10:20 मग्‍पीआस, मशुल्‍लाम, हेजीर,
NEH 10:21 मशेजेबेल, सादोक, यदूअ,
NEH 10:22 पलत्‍याह, हानान, अनायाह,
NEH 10:23 होशिया, हनन्‍याह, हश्‍शूब,
NEH 10:24 हल्‍लोहेश, पिल्‍हा, शोबक,
NEH 10:25 रेहूम, हशब्‍ना, मासेयाह,
NEH 10:26 अहिया, हानान, आनान,
NEH 10:27 मल्‍लूक, हारीम र बानाह ।
NEH 10:28 बाँकी मानिसहरू अर्थात् पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायकहरू, मन्दिरका सेवकहरू र छिमेकी देशका मानिसहरूबाट आ-आफूलाई अलग गरी परमेश्‍वरको व्यवस्था पालन गर्ने प्रतिज्ञा गरेका सबै पुरुष, तिनीहरूका पत्‍नीहरू, तिनीहरूका छोराछोरीहरू जससित ज्ञान र समझशक्ति थियो,
NEH 10:29 तिनीहरू आफ्ना दाजुभाइहरू, तिनीहरूका कुलीनहरूसित मिलेर परमेश्‍वरका दास मोशाद्वारा दिइएको परमेश्‍वरको व्यवस्थामा हिँड्न र परमप्रभु हाम्रा परमेश्‍वरका सबै आज्ञा, उहाँका आदेशसाथै विधिविधानहरू मान्‍न र पालन गर्न सरापको शपथद्वारा बाँधिए ।
NEH 10:30 हामीले हाम्रा छोरीहरू त्यस देशका मानिसहरूलाई नदिने र तिनीहरूका छोरीहरू हाम्रा छोरीहरूका निम्ति नलिने प्रतिज्ञा गर्‍यौँ ।
NEH 10:31 त्यस देशका मानिसहरूले शबाथ दिनमा कुनै वस्तु वा अन्‍न बेच्न ल्याए भने शबाथ वा कुनै पनि पवित्र दिनमा हामीले तिनीहरूबाट नकिन्‍ने प्रतिज्ञा पनि गर्‍यौँ । हरेक सात वर्ष हामीले हाम्रा खेतहरूलाई विश्राम दिने छौँ, र हाम्रा सबै ऋण माफी गरिदिने छौँ ।
NEH 10:32 हाम्रा परमेश्‍वरको मन्दिरको सेवाको लागि हरेक वर्ष शेकेलको एक तिहाइ दिनुपर्ने आज्ञालाई हामीले स्वीकार गर्‍यौँ ।
NEH 10:33 उपस्थितिको रोटी, नियमित अन्‍नबलि, शबाथमा चढाइने होमबलिहरू, औँसीका चाडहरू र तोकिएका चाडहरू, पवित्र भेटीहरू, इस्राएलको निम्ति प्रायश्‍चित्तको लागि चढाइनुपर्ने पापबलिहरूसाथै हाम्रा परमेश्‍वरको मन्दिरका कामको लागि उपलब्ध गराउनुपर्ने आज्ञालाई हामीले स्वीकार गर्‍यौँ ।
NEH 10:34 पुजारीहरू, लेवीहरू र मानिसहरूले दाउराको बलिदानको लागि चिट्ठा हाल्ने गर्थे । व्यवस्थामा लेखिएबमोजिम परमप्रभु हाम्रा परमेश्‍वरको वेदीमा हरेक वर्ष तोकिएको समयमा हाम्रा परमेश्‍वरको मन्दिरमा बाल्न चिट्ठाले नै कसले दाउरा ल्याउने भनी हाम्रा परिवारहरूको छनोट गर्थ्यो ।
NEH 10:35 हामीले हाम्रो माटोमा उम्रेका प्रथम फलहरू र वर्षैपिच्छे हरेक रुखका प्रथम फलहरू परमप्रभुको मन्दिरमा ल्याउने प्रतिज्ञा गर्‍यौँ ।
NEH 10:36 व्यवस्थामा लेखिएबमोजिम हामीले हाम्रा छोराहरू र हाम्रा गाईवस्तुसाथै भेडा-बाख्राहरूका पहिले बियाएकाहरू परमेश्‍वरको मन्दिरमा ल्याउने प्रतिज्ञा गर्‍यौँ ।
NEH 10:37 हामी पहिले पिँधेको पिठो, हाम्रा अन्‍नबलिहरू, हरेक रुखको फल, नयाँ दाखमद्य र तेल हाम्रा परमेश्‍वरको मन्दिरका भण्डारहरूमा पुजारीहरूकहाँ ल्याउने छौँ । हामीले काम गर्ने सबै नगरमा लेवीहरूले दशांश उठाउने भएकाले हाम्रा माटोबाट हामी लेवीहरूकहाँ दशांशहरू ल्याउने छौँ ।
NEH 10:38 लेवीहरूले दशांश बटुल्दा हारूनको सन्तान अर्थात् पुजारी तिनीहरूसित हुनैपर्छ । लेवीहरूले दशांशहरूको दसौँ अंश हाम्रा परमेश्‍वरको मन्दिरको भण्डारण कोठाहरूमा ल्याउनुपर्छ ।
NEH 10:39 इस्राएलीहरू र लेवीका सन्तानहरूले अन्‍न, नयाँ दाखमद्य र तेलका दानहरू भण्डार कोठाहरूमा ल्याउनुपर्छ जहाँ पवित्रस्थानका भाँडाहरू राखिन्छन् र सेवा गर्ने पुजारीहरूसाथै द्वारपालहरू र गायकहरू बस्छन् । हामी हाम्रा परमेश्‍वरको मन्दिरलाई बेवास्ता गर्ने छैनौँ ।
NEH 11:1 मानिसहरूका अगुवाहरू यरूशलेममा बसोबास गरे, र बाँकी मानिसहरूले चाहिँ दस जनामध्ये एक जना पवित्र सहर यरूशलेममा बस्‍नलाई चिट्ठा हाले, अनि अरू नौ जना तिनीहरूका आ-आफ्नै सहरमा बसे ।
NEH 11:2 तब राजीखुसीले यरूशलेममा बस्‍ने दिने सबैलाई मानिसहरूले आशीर्वाद दिए ।
NEH 11:3 यरूशलेममा बस्‍ने प्रादेशिक अधिकारीहरू यी नै हुन् । तथापि केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूचाहिँ यहूदाका सहरहरूमा आ-आफ्नै जग्गाजमिनमा बसोबास गरे ।
NEH 11:4 यहूदा कुलका केही सन्तानहरू र बेन्यामीन कुलका केही मानिसहरूचाहिँ यरूशलेममा नै बसे । यहूदाका मानिसहरू यी नै हुन्: फारेसको परिवारका अतायाह, जो उज्‍जियाहका छोरा, जो जकरियाका छोरा, जो अमर्याहका छोरा, जो शपत्‍याहका छोरा, जो महलालेलका छोरा थिए ।
NEH 11:5 शेलहको परिवारका मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो योयारीबका छोरा, जो जकरियाका छोरा थिए ।
NEH 11:6 यरूशलेममा बसोबास गर्ने फारेसको परिवारका सबै सन्तान जम्मा ४६८ जना थिए । तिनीहरू कहलिएका मानिसहरू थिए ।
NEH 11:7 बेन्‍यामीनका सन्‍तानहरू यी नै हुन्: सल्‍लू, जो मशुल्‍लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इथीएलका छोरा, जो यशयाहका छोरा थिए,
NEH 11:8 र तिनका पछि लाग्‍नेहरू गब्‍बै र सल्‍लै– सबै जम्‍मा ९२८ जना थिए ।
NEH 11:9 जिक्रीका छोरा योएलचाहिँ तिनीहरूका प्रमुख अधिकृत थिए, र हस्‍सेनूअका छोरा यहूदा दोस्रो जिल्‍लाको हेर-विचार गर्ने अधिकृत थिए ।
NEH 11:10 पूजाहारीहरूबाट: यदायाह, योयारीबका छोरा, याकीन,
NEH 11:11 सरायाह, जो हिल्‍कियाहका छोरा, जो मशुल्‍लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो परमेश्‍वरका मन्दिरको देखरेख गर्ने मुख्य अधिकृत अहीतूबका छोरा थिए,
NEH 11:12 र मन्‍दिरको निम्‍ति काम गर्ने तिनीहरूका सहयोगीहरू सबै जम्‍मा ८२२ जना मानिस थिए । अदायाह, जो यरोहामका छोरा, जो पेलाल्‍याहका छोरा, जो अम्‍सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्‍कियाहका छोरा थिए ।
NEH 11:13 तिनका दाजुभाइहरू जो परिवारका मुखियाहरू थिए– सबै जम्‍मा २४२ जना थिए । अमाश्‍शै, जो अज्रेलका छोरा, जो अहजैका छोरा, जो मशिल्‍लेमोतका छोरा, जो इम्‍मेरका छोरा थिए,
NEH 11:14 र तिनका दाजुभाइहरू जो योग्‍य मानिसहरू थिए– सबै जम्‍मा १२८ जना साहसिला लडाकाहरू थिए । तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्‍गदोलीमका छोरा जब्‍दीएल थिए ।
NEH 11:15 लेवीहरूबाट: शमायाह, जो हश्‍शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्‍याहका छोरा, जो बुन्‍नीका छोरा थिए ।
NEH 11:16 लेवीहरूका दुई जना अगुवाहरू सब्‍बतै र योजाबाद थिए, जो परमप्रभुको मन्दिरको बाहिरका कामका जिम्‍मावाल थिए ।
NEH 11:17 मत्तन्‍याह, जो मीयकाका छोरा, जो जब्‍दीका छोरा, जो आसापका छोरा थिए । तिनी स्‍तुति-प्रशंसा र प्रार्थनाको सेवाका निर्देशक थिए । तिनका दाजुभाइहरूमध्‍ये दोस्रो स्‍थान लिने बक्‍बुक्‍याह थिए । अब्‍दा, जो शम्‍मूअका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए ।
NEH 11:18 पवित्र सहरमा लेवीहरूको सङ्ख्‍या जम्‍मा २८४ थियो ।
NEH 11:19 द्वारपालहरू: अक्‍कूब, तल्‍मोन र तिनीहरूका सहयोगीहरू सबै जम्‍मा १७२ जना थिए, जो मूल ढोकामा पहरा बस्‍थे ।
NEH 11:20 बाँकी इस्राएलीहरू, पुजारीहरू र लेवीहरू यहूदाका सबै सहरहरूमा बसोबास गरे । हरेक आ-आफ्‍नै पुर्खाका अधिकारको जग्‍गामा बसे ।
NEH 11:21 मन्‍दिरका सेवकहरू ओफेल डाँडामा बसे, अनि सीहा र गिश्‍पा तिनीहरूका जिम्‍मावाल थिए ।
NEH 11:22 यरूशलेममा भएका लेवीहरूका प्रमुख अधिकृतचाहिँ उज्‍जी थिए, जो बानीका छोरा, जो हशब्‍याहका छोरा, जो मत्तन्‍याहका छोरा, जो मीयकाका छोरा थिए । उज्‍जीचाहिँ आसापका सन्‍तान थिए । ती आसापका सन्‍तानहरू परमेश्‍वरको मन्दिरका सेवाको निम्‍ति गाउने जिम्‍मा लिएकाहरू थिए ।
NEH 11:23 तिनीहरू राजाको आदेशमुनि थिए, र हरेक दिनको आवश्यकताअनुसार ती गायकहरूलाई कडा आदेश दिइन्थ्यो ।
NEH 11:24 मानिसहरूका सबै कामकाजको सम्बन्धमा राजाको तर्फबाट पतहियाह थिए, जो यहूदाका छोरा जेरहका परिवारका मशेजेबेलका छोरा थिए ।
NEH 11:25 गाउँहरू र तिनीहरूका खेतहरूको सम्बन्धमा यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका गाउँहरू, अनि दीबोन र त्यसका गाउँहरू, अनि यकब्सेल र त्यसका गाउँहरू,
NEH 11:26 येशूअ, मोलादा, बेथ-पालेत,
NEH 11:27 हसरशूआल, बेर्शेबा र त्‍यसका गाउँहरू,
NEH 11:28 सिक्‍लग, मकोना र त्‍यसका गाउँहरू,
NEH 11:29 एन-रिम्‍मोन, सोरा, यर्मूत,
NEH 11:30 जानोह, अदुल्‍लाम र त्‍यसका गाउँहरू, लाकीश र त्‍यसका खेतहरू, र आजेका र त्‍यसका गाउँहरूमा बसे । यसरी तिनीहरू बेर्शेबादेखि हिन्‍नोमको बेँसीसम्‍म देश बसे ।
NEH 11:31 बेन्‍यामीनका गेबाबाटका सन्‍तानहरूचाहिँ मिकमाश, अय्‍या, बेथेल र त्‍यसका गाउँहरू,
NEH 11:32 अनातोत, नोब र हननिया,
NEH 11:33 हासोर, रामा, गित्तैम,
NEH 11:34 हादीद, सबोयीम, नबलत,
NEH 11:35 लोद, ओनो र कारिगरहरूको बेँसीमा बसे ।
NEH 11:36 यहूदामा बसोबास गर्ने केही लेवीहरूलाई बेन्यामीनका मानिसहरूका निम्ति सेवा गर्न तोकिए ।
NEH 12:1 शालतिएलका छोरा यरुबाबेल र येशूअसँग फर्केर आएका पुजारीहरू र लेवीहरू यिनै हुन्‌:
NEH 12:2 सरायाह, यर्मिया, एज्रा, अमर्याह, मल्‍लूक, हत्तूश,
NEH 12:3 शकन्‍याह, रेहूम, मरेमोत,
NEH 12:4 इद्दो, गिन्‍नतोन, अबिया,
NEH 12:5 मियामीन, मदाहा, बिल्‍गा,
NEH 12:6 शमायाह, योयारीब, यदायाह,
NEH 12:7 सल्‍लू, अमोक, हिल्‍कियाह र यदायाह । येशूअको समयमा पुजारीका अगुवाहरू र तिनीहरूका सहयोगीहरू यिनै थिए ।
NEH 12:8 लेवीहरू: येशूअ, बिन्‍नूई, कादमीएल, शरेबियाह, यहूदा र मत्तन्‍याह । मत्तन्‍याह आफ्‍ना सहयोगीहरूसँग धन्‍यवाद ज्ञापनका भजनहरूका जिम्‍मावाल थिए ।
NEH 12:9 तिनका सहयोगीहरू बक्‍बुक्‍याह र उन्‍नीचाहिँ सेवामा तिनीहरूका सामुन्‍ने उभिन्थे ।
NEH 12:10 येशूअ योयाकीमका पिता थिए । योयाकीम एल्‍यासीबका पिता थिए । एल्‍यासीब योयादाका पिता थिए ।
NEH 12:11 योयादा जोनाथनका पिता थिए, र जोनाथन यद्दूअका पिता थिए ।
NEH 12:12 योयाकीमको समयमा यी पुजारीहरू आ-आफ्‍ना परिवारका मुखिया थिए: सरायाहका परिवारका मरायाह, यर्मियाका हनन्‍याह,
NEH 12:13 एज्राका मशुल्‍लाम, अमर्याहका येहोहानान,
NEH 12:14 मल्‍लूकका जोनाथन, शकन्‍याहका योसेफ,
NEH 12:15 हारीमका अदना, मरेमोतका हल्‍कै ।
NEH 12:16 इद्दोका जकरिया, गिन्‍नतोनका मशुल्‍लाम,
NEH 12:17 अबियाका जिक्री, मिन्‍यामीन र मोदाहाका पिल्‍तै,
NEH 12:18 बिल्‍गाका शम्‍मूअ, शमायाहका यहोनातान,
NEH 12:19 योयारीबका मत्तनै, यदायाहका उज्‍जी,
NEH 12:20 सल्‍लूका कल्‍लै, अमोकका एबेर,
NEH 12:21 हिल्‍कियाहका हशब्‍याह, यदायाहका नतनेल ।
NEH 12:22 एल्‍यासीब, योयादा, योहानान र यद्दूअका समयका लेवीहरूका परिवारहरू तथा पुजारीका मुखियाहरूका नाउँ फारसी राजा दाराको शासनकालमा लेखिएका थिए ।
NEH 12:23 लेवी परिवारका मुखियाहरूका नाउँचाहिँ एल्‍यासीबका छोरा योहानानको पालासम्‍मै इतिहासको पुस्‍तकमा लेखिएका थिए ।
NEH 12:24 लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्‍ने खडा हुन्थे, र आ-आफ्नो पालोअनुसार परमेश्‍वरका जन दाऊदको आज्ञामुताबिक प्रशंसा गर्ने र धन्यवाद दिने गर्थे ।
NEH 12:25 मत्तन्‍याह, बक्‍बुक्‍याह, ओबदिया, मशुल्‍लाम, तल्‍मोन र अक्‍कूबचाहिँ मूल ढोकानेर भएका भण्‍डार-कोठाहरूमा रक्षा दिने द्वारपालहरू थिए ।
NEH 12:26 तिनीहरूले येशूअका छोरा, योसादाकका नाति योयाकीमको पालोमा अनि राज्यपाल नहेम्याह र पुजारीसाथै शास्‍त्री एज्राको पालोमा सेवा गरे ।
NEH 12:27 यरूशलेमको पर्खालको अर्पणको बेलामा धन्यवाद ज्ञापन दिँदै अनि झ्याली, वीणा र सारङ्गी बजाउँदै आनन्दसाथ अर्पणको उत्सव मनाउन मानिसहरूले लेवीहरू जहाँसुकै बसेका भए तापनि तिनीहरूको खोजी गरे ।
NEH 12:28 यरूशलेम वरिपरिको जिल्ला र नतोपातीहरूका गाउँहरूबाट गायकहरू सँगै भेला भए ।
NEH 12:29 तिनीहरू बेथ-गिलगाल, गेबा र अज्मावेतका क्षेत्रहरूबाट पनि आए किनकि गायकहरूले यरूशलेमको वरिपरि आफ्ना लागि गाउँहरू बनाएका थिए ।
NEH 12:30 पुजारी र लेवीहरूले आ-आफूलाई शुद्ध पारे, अनि तिनीहरूले मानिसहरू, मूल ढोकाहरू र पर्खाललाई शुद्ध पारे ।
NEH 12:31 तब मैले यहूदाका अगुवाहरूलाई पर्खालको माथि जान लगाएँ, र धन्यवाद दिन मैले दुईवटा ठुला-ठुला गायन-झुण्ड नियुक्त गरेँ । एउटा झुण्ड दाहिनेतिर पर्खालमा फोहोर ढोकामा गयो ।
NEH 12:32 होशयाह र यहूदाका आधा अगुवाहरूले तिनीहरूलाई पछ्याए,
NEH 12:33 अनि अजर्याह, एज्रा, मशुल्लाम,
NEH 12:34 यहूदा, बेन्यामीन, शमायाह र यर्मिया तिनीहरूको पछि लागे ।
NEH 12:35 साथै, तुरहीहरू बोकेर केही पुजाहारीहरूका छोराहरू र जकरिया, जो जोनाथनका छोरा, जो शमायाहका छोरा, जो मत्तन्‍याहका छोरा, जो मीकायाका छोरा, जो जक्‍कूरका छोरा, जो आसापका छोरा थिए, तिनीहरू पनि पछि लागे ।
NEH 12:36 त्यहाँ जकरियाका नातेदारहरू अर्थात् शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा र हनानी पनि परमेश्‍वरका जन दाऊदका साङ्गीतिक साधनहरू बोकेर आएका थिए । शास्‍त्री एज्रा सबैभन्दा अगाडि थिए ।
NEH 12:37 तिनीहरू फुहारा ढोकाबाट भएर दाऊदको सहरका सिँढीहरूबाट सिधै पर्खालमा उकालो चढ्ने बाटो भएर दाऊदको दरबार पार गरी पूर्वतिर अवस्थित पानी ढोकासम्मै गए ।
NEH 12:38 धन्यवाद दिनेहरूको अर्को गायन झुण्ड अर्को दिशामा गयो । मानिसहरूका आधा भागसँगै मैले तिनीहरूलाई पर्खालमा पछ्याएँ । यो झुण्ड भट्टिको बुर्जा भएर, चौडा पर्खालसम्म,
NEH 12:39 र एफ्राइमको ढोका, येशना ढोका, माछा ढोका, हननेलको बुर्जा र सयको बुर्जादेखि भेडा ढोकासम्म गएपछि तिनीहरू गारदको ढोकामा अडिए ।
NEH 12:40 यसरी धन्यवाद दिनेहरूका यी दुवै गायन-झुण्ड परमेश्‍वरको मन्दिरमा आ-आफ्नो स्थानमा बसे, र म पनि अधिकारीहरूको आधा भागसँगै आफ्नो स्थानमा बसेँ ।
NEH 12:41 त्यसपछि पुजारीहरू एल्‍याकीम, मासेयाह, मिन्‍यामीन, मीकाया, एल्‍योएनै, जकरिया र हनन्‍याह तुरहीहरू बोकेर आ-आफ्नो स्थानमा बसे ।
NEH 12:42 साथै, मासेयाह, शमायाह, एलाजार, उज्‍जी, येहोहानान, मल्‍कियाह, एलाम र एसेर पनि त्यहाँ थिए । गायकहरूले तिनीहरूका अगुवा यिज्रहियाहको निर्देशनमा गाए ।
NEH 12:43 त्यस दिन तिनीहरूले ठुला-ठुला बलिदानहरू चढाए, र आनन्द मनाए, किनकि परमेश्‍वरले तिनीहरूलाई बडो आनन्द मनाउन दिनुभएको थियो । स्‍त्रीहरू र बालबालिकाहरूले पनि आनन्द मनाए । यसरी यरूशलेमको आनन्द टाढा-टाढासम्म सुन्‍न सकिन्थ्यो ।
NEH 12:44 त्यस दिन भेटीहरू, अगौटे फलहरू र दशांशहरूका निम्ति भण्डार-कोठाहरूको जिम्मा लिन अनि लेवीहरू र पुजारीहरूका निम्ति व्यवस्थाले तोकेबमोजिम हिस्सा जम्मा गर्न मानिसहरू नियुक्त गरिए । सहरका नजिकका बस्तीहरूबाट काम गर्न हरेकलाई जिम्मा दिइएको थियो । किनकि यहूदा पुजारीहरू र लेवीहरूबाट प्रसन्‍न भए जो तिनीहरूका सामु खडा थिए ।
NEH 12:45 दाऊद र तिनका छोरा सोलोमनको आज्ञामुताबिक तिनीहरूले आफ्ना परमेश्‍वरको सेवा र शुद्धिको सेवा गरे, अनि गायकहरू र द्वारपालहरूले पनि त्यसै गरे ।
NEH 12:46 किनकि धेरै पहिले दाऊद र आसापको समयमा गायकहरूका निर्देशकहरू थिए, र त्यहाँ परमेश्‍वरको निम्ति प्रशंसासाथै धन्यवाद ज्ञापन हुन्थ्यो ।
NEH 12:47 यरुबाबेल र नहेम्याहको समयमा सारा इस्राएलले गायकहरू र द्वारपालहरूका लागि दैनिक हिस्सा दिन्थे । तिनीहरूले लेवीहरूका निम्ति भाग छुट्ट्याउँथे, र लेवीहरूले हारूनका सन्तानहरूका निम्ति भाग छुट्ट्याउँथे ।
NEH 13:1 त्यस दिन तिनीहरूले मानिसहरूले सुन्‍ने गरी मोशाको व्यवस्था पढे । कुनै अम्मोनी वा मोआबी कहिल्यै पनि परमेश्‍वरको सभामा आउनुहुँदैन भनी त्यसमा लेखिएको भेट्टाइयो ।
NEH 13:2 किनकि तिनीहरू रोटी र पानी लिएर इस्राएलीहरूकहाँ आएका थिएनन्, तर तिनीहरूले इस्राएललाई सराप दिन बालामलाई भाडामा लिएका थिए । तथापि हाम्रा परमेश्‍वरले सरापलाई आशिष्‌मा परिणत गरिदिनुभयो ।
NEH 13:3 तिनीहरूले व्यवस्था सुन्‍नेबित्तिकै तिनीहरूले इस्राएलबाट हरेक विदेशीबाट अलग गराए ।
NEH 13:4 अब योभन्दा पहिले पुजारी एल्यासीब हाम्रा परमेश्‍वरको मन्दिरका भण्डार-कोठाहरूका जिम्मावाल नियुक्त भएका थिए । तिनको तोबियासित सम्बन्ध थियो ।
NEH 13:5 एल्यासीबले तोबियाको लागि एउटा ठुलो भण्डार-कोठा तयार पारेका थिए जहाँ पहिले तिनीहरूले लेवीहरू, गायकहरू, द्वारपालहरूका निम्ति अन्‍नबलि, धूप, काठपातहरू, अन्‍नका दशांशहरू, नयाँ दाखमद्य र तेल अनि पुजारीहरूका निम्ति दान राख्‍ने गर्थे ।
NEH 13:6 तर यी सबै समयमा म यरूशलेममा थिइनँ । किनकि बेबिलोनका राजा अर्तासास्तको बत्तिसौँ वर्षमा म राजाकहाँ गएको थिएँ । केही समयपछि फर्केर जान मैले राजालाई अनुमति मागेँ,
NEH 13:7 र म यरूशलेम फर्कें । परमेश्‍वरको मन्दिरका चोकहरूमा एल्यासीबले तोबियालाई भण्डार-कोठा दिएर तिनले गरेको दुष्‍टतालाई मैले बुझेँ ।
NEH 13:8 म सार्‍हैँ रिसाएँ, र मैले भण्डार-कोठाबाट तोबियाका सबै सरसामानहरू फालिदिएँ ।
NEH 13:9 भण्डार-कोठाहरू शुद्ध पारिऊन् भनी मैले आज्ञा दिएँ, अनि मैले परमेश्‍वरका मन्दिरका सामानहरू, अन्‍नबलिहरू र धूप फेरि त्यहाँ राखेँ ।
NEH 13:10 लेवीहरूलाई तिनीहरूको भाग दिइएको रहेनछ, अनि लेवीहरूसाथै काम गर्ने गायकहरू आ-आफ्नो जग्गामा भागेर गएका रहे छन् भनी मैले थाहा पाएँ ।
NEH 13:11 त्यसैले मैले अधिकारीहरूको सामना गरी तिनीहरूलाई भनेँ, “परमेश्‍वरको मन्दिरलाई किन बेवास्ता गरिएको ?” मैले तिनीहरूलाई जम्मा गरी तिनीहरूकै पदमा नियुक्त गरेँ ।
NEH 13:12 तब सारा यहूदाले अन्‍नको दशांश, नयाँ दाखमद्य र तेल भण्डार-कोठाहरूभित्र ल्याए ।
NEH 13:13 मैले पुजारी शेलेम्याह, शास्‍त्री सादोक र लेवीहरूबाट पदायाहलाई भण्डार-कोठाहरूको कोषाध्यक्षको रूपमा नियुक्त गरेँ । जक्‍कूरका छोरा, मत्तन्याहका नाति हानानलाई तिनीहरूका सहायकको रूपमा नियुक्त गरेँ किनकि तिनीहरू भरोसायोग्य ठानिएका थिए । तिनीहरूका सहायकहरूका खानेकुराहरू वितरण गर्नु नै तिनीहरूको कर्तव्य थियो ।
NEH 13:14 हे मेरा परमेश्‍वर, यस विषयमा मेरो सम्झना गर्नुहोस्, अनि मेरा परमेश्‍वरको मन्दिर र यसका सेवाहरूमा मैले गरेका असल कार्यहरूलाई नमेटिदिनुहोस् ।
NEH 13:15 ती दिनमा मैले यहूदामा मानिसहरूले शबाथमा कोल पेलिरहेका, अन्‍नका भारीहरू ल्याइरहेका, अनि दाखमद्य, दाख, नेभारा र सबै किसिमका भारीहरू गधाहरूमाथि लादेर शबाथ-दिनमा यरूशलेममा ल्याएको देखेँ । त्यस दिन तिनीहरूले खानेकुरा बेच्दै थिए भनी मैले विरोध जनाएँ ।
NEH 13:16 यरूशलेममा बस्‍ने टुरोसका मानिसहरूले माछासाथै सबै किसिमका खानेकुरा ल्याए, अनि शबाथमा तिनीहरूले यहूदा र सहरका मानिसहरूलाई ती चिजहरू बेचे ।
NEH 13:17 तब मैले यहूदाका मानिसहरूको सामना गरेँ, “शबाथ-दिनलाई अपवित्र पारी तपाईंहरूले यो दुष्‍ट काम गर्नुको अर्थ के हो ?
NEH 13:18 के तपाईंहरूका पुर्खाहरूले यसै गरेका होइनन् र ? के हाम्रा परमेश्‍वरले हामी र हाम्रो सहरमाथि यी सबै खराबी ल्याउनुभएको होइन र ? अब शबाथलाई अपवित्र पारी तपाईंहरूले इस्राएलमाथि अझै धेरै क्रोध ल्याउँदै हुनुहुन्छ ।”
NEH 13:19 शबाथअगि यरूशलेमका प्रवेश-द्वारहरूमा साँझ पर्नेबित्तिकै ती बन्द गरेर शबाथ नसकिएसम्म नखोलिऊन् भनी मैले आज्ञा दिएँ । शबाथ-दिनमा कुनै भारी भित्र लैजान नसकियोस् भनेर प्रवेश-द्वारहरूमा मैले मेरा केही सेवकहरू नियुक्त गरेँ ।
NEH 13:20 सबै किसिमका सामान ल्याउने र बेच्नेहरूले एक-दुई पटक यरूशलेमबाहिरै छाउनी हाले ।
NEH 13:21 तर मैले तिनीहरूलाई चेताउनी दिएँ, “तपाईंहरू किन पर्खालबाहिर छाउनी हाल्नुहुन्छ ? तपाईंहरूले फेरि यसो गर्नुभयो भने म तपाईंहरूलाई कारबाही गर्ने छु ।” त्यस समयदेखि तिनीहरू शबाथमा आएनन् ।
NEH 13:22 तब मैले लेवीहरूलाई आ-आफूलाई शुद्ध पारी शबाथलाई पवित्र पार्न प्रवेशद्वारहरूको पहरा दिनू भनी आज्ञा दिएँ । हे मेरा परमेश्‍वर, मप्रति तपाईंको करारको बफादारीको कारणले यसको लागि पनि मलाई सम्झनुहोस्, र मलाई दया देखाउनुहोस् ।
NEH 13:23 ती दिनमा अश्दोद, अम्मोन र मोआबका स्‍त्रीहरूलाई बिहे गर्ने यहूदीहरूलाई पनि मैले देखेँ ।
NEH 13:24 तिनीहरूका सन्तानमध्ये आधाले अश्दोदको भाषा बोल्थे । तिनीहरूमध्ये कसैले पनि यहूदाको भाषा बोल्न सक्दैनथ्यो, तर ती मानिसहरूको कुनै एउटा भाषा बोल्दथे ।
NEH 13:25 मैले तिनीहरूको सामना गरी तिनीहरूलाई सराप दिएँ, र केहीलाई हिर्काएँ र तिनीहरूको जगल्टा लुछेँ । मैले तिनीहरूलाई यसो भनी परमेश्‍वरको नाउँमा शपथ खान लगाएँ, “तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू आफ्ना छोराहरू वा आफ्नै लागि नलिनू ।
NEH 13:26 के यी स्‍त्रीहरूकै कारणले इस्राएलका राजा सोलोमनले पाप गरेका होइनन् र ? जाति-जातिहरूका बिचमा तिनीजस्ता राजा कोही थिइनन्, र तिनका परमेश्‍वरले तिनलाई प्रेम गर्नुहुन्थ्यो, अनि परमेश्‍वरले सारा इस्राएलमाथि तिनलाई राजा बनाउनुभयो । तथापि, तिनका विदेशी पत्‍नीहरूले तिनलाई पाप गर्न लगाए । के तपाईंहरूको कुरा सुनी यी सबै दुष्‍ट काम गर्ने अनि विदेशी स्‍त्रीहरूसित बिहे गरी हाम्रा परमेश्‍वरलाई धोका दिने ?”
NEH 13:27 प्रधान पुजारी एल्यासीबका छोरा योयादाको एक जना छोरो होरोनी सन्बलतको ज्वाइँ रहेछ । त्यसकारण मैले त्यसलाई मेरो उपस्थितिबाट भाग्‍न लगाएँ ।
NEH 13:28 हे मेरा परमेश्‍वर, तिनीहरूलाई सम्झनुहोस्, किनकि तिनीहरूले पुजारीको पद, यसको करार र लेवीहरूलाई दुषित पारेका छन् ।
NEH 13:29 यसरी मैले तिनीहरूलाई हरेक विदेशीबाट शुद्ध पारेँ, अनि पुजारीहरूसाथै लेवीहरूलाई तिनीहरूको आ-आफ्नै कर्तव्यमा स्थापित गराएँ ।
NEH 13:30 मैले तोकिएको समयमा दाउराको भेटी र अगौटे फलहरू उपलब्ध गराएँ ।
NEH 13:31 हे मेरा परमेश्‍वर, सदासर्वदा मेरो सम्झना गर्नुहोस् ।
EST 1:1 अहासूरसको राजकाजको दिनमा तिनले भारतदेखि कूशसम्म १२७ प्रान्तमाथि राज्य गरे ।
EST 1:2 ती दिनमा राजा अहासूरस शूशनको किल्लामा अवस्‍थित आफ्नो राजकीय सिंहासनमा बसे ।
EST 1:3 आफ्नो शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा भोज दिए । फारसी तथा मादी सेना, कुलीनहरू र प्रान्‍तका गभर्नरहरू तिनको उपस्थितिमा थिए ।
EST 1:4 तिनले एक सय असी दिनसम्म आफ्नो राज्यको वैभवशाली धनदौलत र आफ्नो महान्‌ताको महिमाको रवाफ देखाए ।
EST 1:5 यी दिन समाप्‍त भएपछि राजाले सात दिनसम्म अर्को भोज दिए । यो शूशनको किल्लामा भएका सबैभन्दा ठुलादेखि सानासम्म सबै मानिसका लागि थियो । यो भोज राजदरबारको बगैँचाको चोकमा दिइएको थियो ।
EST 1:6 बगैँचाको चोकलाई सुती कपडाका सेता र निला, राम्ररी बाटेका सुती र बैजनीका डोरीहरूले सिङ्गारिएको थियो र ती सिङ्गमरमरका खम्बाहरूमा भएका चाँदीका गोलचक्रहरूमा बाँधिएका थिए । त्यहाँ बुट्टा बनाइएका राता, सेता, सिङ्गमरमर र अन्य मूल्यवान् पत्थरहरू छापिएको रङ्गीचङ्गी अग्रपेटीमा सुन र चाँदीका बस्‍ने सोफहरू थिए ।
EST 1:7 सुनका कचौराहरूमा दाखमद्य बाँडियो । प्रत्येक कचौरा विशिष्‍ट थियो र राजाको उदारताको कारणले धेरै राजकीय दाखमद्य बाँडिएको थियो ।
EST 1:8 “जबरजस्ती गरिनुहुँदैन” भन्‍ने आदेशको ख्याल गर्दै दाखमद्य बाँडिएको थियो , किनकि यसरी नै राजाले हरेक मानिसको इच्छामुताबिक गर्न आफ्नो दरबारका सबै अधिकारीलाई आदेश दिएका थिए ।
EST 1:9 रानी वश्तीले पनि राजा अहासूरसको दरबारमा स्‍त्रीहरूलाई एउटा भोज दिइन् ।
EST 1:10 सातौँ दिनमा जब राजाको हृदय दाखमद्यको कारणले प्रसन्‍न भएको थियो, तब तिनले महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कास (यी सात जना अधिकारीहरूले राजाको सामु सेवा गर्थे) लाई,
EST 1:11 रानी वश्तीलाई उनको राजकीय शिरपेच पहिरेर आफ्‍नो सामु ल्याउने हुकुम गरे । तिनले मानिसहरू र अधिकारीहरूलाई उनको सौन्दर्य देखाउन चाहन्थे, किनकि उनको चेहरा असाध्य सुन्दर थियो ।
EST 1:12 तर अधिकारीहरूद्वारा ल्‍याइएको राजाको आदेश मानेर आउनलाई रानी वश्तीले इन्कार गरिन् । तब राजा सार्‍है रिसाए । आफूभित्रै तिनी रिसले क्रुद्ध भए ।
EST 1:13 त्यसैले राजाले बुद्धिमानी भनी चिनिएका मानिसहरू जसले परिस्थितिलाई बुझेका थिए, तिनीहरूसित सल्लाह लिए (किनकि कानुन र न्यायमा पोख्तहरू सबैसित सल्लाह लिने राजाको प्रचलन थियो) ।
EST 1:14 फारस र मादीका सात जना राजकुमार अर्थात् कर्शेना, शेथार, अद्‌माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकान राजाका नजिकका मानिसहरू थिए । तिनीहरू राजाकहाँ जान सक्थे, र तिनीहरू राज्यमा उच्‍चतम पदहरूमा थिए ।
EST 1:15 राजाले सोधे, “अधिकारीहरूद्वारा रानी वश्तीकहाँ लगिएको राजा अहासूरसको आदेशलाई नमानेकी हुनाले कानुनको आदेशअनुसार उनलाई के गरिनुपर्छ ?”
EST 1:16 राजा र अधिकारीहरूका सामु ममूकानले भने, “रानी वश्तीले राजाको विरुद्धमा मात्र होइन तर राजा अहासूरसका सबै प्रान्तका सारा अधिकारीहरू र सारा मानिसहरूको विरुद्धमा पनि गलत गर्नुभएको छ ।
EST 1:17 रानीको यो विषय सारा स्‍त्रीहरूलाई थाहा हुनेछ । यस कुराले तिनीहरूलाई आ-आफ्ना पतिलाई तुच्छ व्‍यवहार गर्ने बनाउनेछ । तिनीहरूले भन्‍नेछन्, 'राजा अहासूरसले रानी वश्तीलाई उहाँको सामु ल्याइयोस् भनी हुकुम गर्नुभयो, तर उनले इन्कार गरिन् ।'
EST 1:18 आजको दिन समाप्‍त नहुँदै रानीको यस विषयलाई सुन्‍ने फारस र मादीका कुलीन स्‍त्रीहरूले राजाका सबै अधिकारीलाई उही कुरा भन्‍नेछन् । धेरै अनादर र क्रोध पैदा हुनेछ ।
EST 1:19 राजालाई यस कुराले खुसी लाग्‍छ भने, वश्ती अबदेखि उहाँको सामु नआऊन् भनी उहाँबाट एउटा राजकीय आदेश होस्, र यसलाई रद्द गर्न नसकिने फारसी र मादीहरूको कानुनमा लेखियोस् । राजाले उनीभन्दा अझै असल स्‍त्रीलाई उनको स्‍थानमा रानीको दर्जा दिइयोस् ।
EST 1:20 जब राजाको विशाल राज्यभरि उहाँको आदेशको घोषणा गरिन्छ, तब ठुलादेखि साना सबै जनाको पत्‍नीले आ-आफ्ना पतिलाई आदर गर्नेछन् ।”
EST 1:21 यस सल्लाहबाट राजा र तिनका कुलिनहरू खुसी भए, र ममूकानले प्रस्ताव गरेझैँ राजाले गरे ।
EST 1:22 तिनले सारा राजकीय प्रान्तमा हरेक प्रदेशमा आ-आफ्नो लिपिअनुसार र हरेक जातिको आ-आफ्नो भाषाअनुसार तिनीहरूलाई चिट्ठीहरू पठाए । हरेक पुरुष आफ्नो घरानाको मालिक हुनुपर्छ भनी तिनले आज्ञा दिए । साम्राज्यको हरेक जातिको भाषामा यो आदेश दिइएको थियो ।
EST 2:1 यी कुरापछि जब राजा अहासूरसको रिस मर्‍यो तिनले वश्ती र उनले गरेकी कुराको बारेमा सोचे । तिनले उनको विरुद्धमा निकालेको आदेशको बारेमा पनि सोचे ।
EST 2:2 तब राजाको सेवा गर्ने जवान मानिसहरूले तिनलाई भने, “राजाको लागि सुन्दरी कन्या युवतीहरूको खोजी गर्ने काम होस् ।
EST 2:3 राजाले शूशनको किल्लाको स्‍त्री-घरमा सबै सुन्दरी कन्या युवतीहरू ल्याउनलाई आफ्नो राज्यका सारा प्रान्तहरूमा अधिकारीहरू नियुक्त गर्ने काम होस् । तिनीहरूलाई स्‍त्रीहरूको निरिक्षक राजाका अधिकारी हेगेको हेरचाहमा राखियोस्, र तिनले उनीहरूलाई आफ्‍ना सिङ्गारका सामानहरू उपलब्ध गराऊन् ।
EST 2:4 राजालाई खुसी पार्ने युवतीचाहिं वश्तीको सट्टामा रानी होऊन् ।” राजालाई यो सल्लाह मन पर्‍यो, र तिनले त्यसै गरे ।
EST 2:5 शूशनको किल्लामा कोही एक जना यहूदी थिए जसको नाउँ मोर्दकै थियो जो याईरका छोरा, शिमीका नाति र कीशका पनाति बेन्यामीन कुलका थिए ।
EST 2:6 तिनी यहूदाका राजा यहोयाकीनसँगै यरूशलेमबाट निर्वासनमा लगिनेहरूमध्ये एक जना थिए जसलाई बेबिलोनका राजा नबूकदनेसरले कैद गरेर लगेका थिए ।
EST 2:7 तिनले हदस्सा अर्थात् आफ्ना काकाकी छोरी एस्तरको हेरचाह गर्दै थिए, किनकि उनका बुबाआमा थिएनन् । यी युवतीको चेहरा सुन्दर थियो, र हेर्दा राम्री देखिन्‍थिन् । मोर्दकैले उनलाई आफ्नै छोरीको रूपमा लिएका थिए ।
EST 2:8 जब राजाको आदेश र उर्दीको घोषणा गरियो, तब धेरै जना युवतीहरू शूशनको किल्लामा ल्याइए । तिनीहरूलाई हेगेको हेरचाहमा राखियो । एस्तर पनि राजदरबारमा लगिइन् र स्‍त्रीहरूको निरिक्षक हेगेको हेरचाहमा राखिइन् ।
EST 2:9 यी युवतीले तिनलाई खुसी पारिन्, र उनले तिनको निगाह पाइन् । तिनले तुरुन्तै उनको लागि सिङ्गारका सामानहरू र उनको खानाको हिस्सा उपलब्ध गराए । तिनले उनको लागि राजदरबारका सात जना सेविका तोकिदिए, र तिनले उनी र उनका सेविकाहरूलाई स्‍त्री-घरको सबैभन्दा राम्रो ठाउँमा सारे ।
EST 2:10 एस्तरको मानिसहरू र उनका नातेदारहरू को थिए भनेर उनले कसैलाई भनेकी थिइनन्, किनकि मोर्दकैले त्यो नबताउन उनलाई निर्देशन दिएका थिए ।
EST 2:11 एस्तरको अवस्था र उनलाई के गरिन्छ भनी जान्‍न हरेक दिन मोर्दकै स्‍त्री-घरको बाहिरपट्टि चोकमा ओहोर-दोहोर गर्थे ।
EST 2:12 स्‍त्रीहरूका लागि तोकिएको प्रावधानअनुसार, छ महिनासम्म मूर्रको तेल दलेर र छ महिनासम्म अत्तरसाथै सिङ्गारका सामानहरूले सिङ्गारिएर हरेक कन्‍याले बाहृ महिनासम्‍म सुन्‍दरतामा ध्‍यान दिएपछि—प्रत्‍येक स्‍त्रीको राजा अहासूरसकहाँ जाने पालो आउँथ्यो—
EST 2:13 एक जना युवती राजाकहाँ जाँदा, स्‍त्री-घरबाट तिनलाई जे लिएर जाने इच्छा हुन्‍थ्‍यो त्‍यो तिनलाई राजदरबारमा लान दिइन्थ्यो ।
EST 2:14 साँझमा तिनी भित्र जान्‍थिन्, र भोलिपल्‍ट बिहान तिनी दोस्रो स्‍त्री-घरमा फर्केर आउँथिन्, र फर्केर आएकाहरू उपपत्‍नीहरूका निरिक्षक राजाका अधिकारी शाश्गजको अधीनमा रहन्‍थे । राजाले तिनलाई मन पराएर फेरि तिनलाई नबोलाएसम्म तिनी फेरि राजाकहाँ फर्केर जानछैनन् ।
EST 2:15 जब राजाकहाँ जाने एस्तरको पालो आयो, (मोर्दकैका काका अबीहेलकी छोरी, जसलाई तिनले आफ्नै छोरी बनाएका थिए) स्‍त्रीहरूका निरक्षक राजाका अधिकारी हेगेले दिएका सल्लाहबाहेक उनले कुनै कुनै थोक मागिनन् । एस्तरलाई देख्‍ने सबै जनाबाट उनले निगाह पाइन् ।
EST 2:16 अहासूरसको सातौँ वर्षको दसौँ महिना अर्थात् तेबेत महिनामा एस्तरलाई राजाको राजकीय बासस्थानमा लगियो ।
EST 2:17 राजाले अन्य कुनै स्‍त्रीलाई भन्दा एस्तरलाई बढी मन पराए, र अन्य सबै कन्याहरूले भन्दा बढी उनले स्वीकृति र निगाह पाए । त्यसैले तिनले उनको शिरमा राजकीय शिरपेच पहिराइदिए, र वश्तीको साटो उनलाई रानी बनाए ।
EST 2:18 राजाले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा ठुलो, “एस्तरको भोज” भोज दिए र तिनले प्रान्तहरूलाई कर छुट दिए । तिनले राजकीय उदारतासहित उपहारहरू पनि दिए ।
EST 2:19 अब दोस्रो पटक कन्याहरू भेला भइरहेका समयमा मोर्दकै राजाको मूलद्वारमा बसिरहेका थिए ।
EST 2:20 मोर्दकैले एस्तरलाई निर्देशन दिएअनुसार उनले आफ्नो जाति र आफ्ना नातेदारहरूको बारेमा कसैलाई भनेकी थिइनन् । मोर्दकैले उनलाई हुर्काउँदाको बेलामा झैँ उनले तिनको सल्लाहलाई निरन्‍तर मानिन् ।
EST 2:21 ती दिनमा मोर्दकै राजाको मूलद्वारमा बसिरहँदा राजाका दुई जना द्वारपाल अधिकारीहरू बिग्थाना र तेरेश रिसाए, अनि तिनीहरूले राजा अहासूरसको हानि गर्न खोजे ।
EST 2:22 मोर्दकैले यो कुरो थाहा पाएपछि तिनले रानी एस्तरलाई बताए, अनि रानीले मोर्दकैको नाउँ लिएर राजालाई बताइन् ।
EST 2:23 त्यो सुचनको अनुसन्धान भयो र पुष्‍टि भयो, अनि दुवै जनालाई फाँसीको सजाए दिएर काठमा झुण्ड्याइयो । यो कुरोलाई राजाको उपस्थितिमा इतिहासको पुस्तकमा लेखियो ।
EST 3:1 यी कुरापछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानलाई बढुवा गरे, र तिनीसित भएका सबै अधिकारीभन्दा तिनको अधिकारको पद माथि राखिदिए ।
EST 3:2 राजाको ढोकामा भएका सबै सेवकले हामानको सामु घुँडा टेक्‍नु र लम्पसार परेर दण्‍डवत् गर्नु भन्‍ने आदेश राजाबाट भएको थियो । तर मोर्दकैले न घँडा टेके, न लम्पसार परे ।
EST 3:3 तब राजाको ढोकामा बस्‍ने राजाका सेवकहरूले मोर्दकैलाई भने, “राजाको आज्ञालाई तपाईं किन अटेर गर्नुहुन्‍छ ?”
EST 3:4 तिनीहरूले दिनप्रतिदिन तिनीसित उही कुरा गरे तापनि तिनले उनीहरूका इच्‍छाको बेवास्ता गरे । त्यसैले मोर्दकैको बारेमा त्यस्तै रहन्छ कि रहँदैन भनी तिनीहरूले त्यो कुरा हामानलाई बताए किनकि मोर्दकै यहूदी थिए भनी उनले तिनीहरूलाई भनेका थिए ।
EST 3:5 हामानको सामु मोर्दकैले घुँडा नटेकेको र ननिहुरेको कुरा जब हामानले देखे, तब तिनी रिसले चूर भए ।
EST 3:6 मोर्दकैलाई मात्र मार्नुपर्छ भन्‍ने विचारलाई तिनले टेरेनन् किनकि मोर्दकैका मानिसहरू को थिए भनी राजाका सेवकहरूले तिनलाई बताएका थिए । हामानले अहासूरसको सम्पूर्ण राज्यमा भएका सारा यहूदी अर्थात् मोर्दकैको जातिलाई सखाप पार्न चाहन्थे ।
EST 3:7 राजा अहासूरसको बाह्रौँ वर्षको पहिलो महिनामा (जुन नीसान महिना हो) दिन र महिनाको छनोट गर्न हामानको सामु पुर अर्थात् चिट्ठा हालियो । चिट्ठा बाह्रौँ महिनामा (जुन अदार महिना हो) नपरेसम्म तिनीहरूले चिट्ठा हालिरहे ।
EST 3:8 तब हामानले राजा अहासूरसलाई भने, “एउटा कोही मानिसहरू छन् जुन हजुरको राज्यका सारा प्रान्तभिर छरिएर रहेका छन् । तिनीहरूको व्यवस्था अरू मानिसहरूको भन्दा फरक छ, र तिनीहरूले राजाको व्यवस्था पालन गर्दैनन् । त्यसैले तिनीहरूलाई छोडिदिनु राजाको लागि उचित होइन ।
EST 3:9 राजालाई खुसी लागेमा तिनीहरूलाई मार्ने आदेश दिनुहोस्, र यो काम गर्ने राजाका कर्मचारीहरूका निम्ति म राजकोषमा जम्मा गर्न तिन लाख किलो चाँदी दिनेछु ।”
EST 3:10 तब राजाले आफ्नो हातबाट छाप-औँठी निकाले र यहूदीहरूका शत्रु अगागी हम्मदाताका छोरा हामानलाई त्‍यो दिए ।
EST 3:11 राजाले हामानलाई भने, “तिमी र तिम्रा मानिसहरूलाई रुपियाँ-पैसा फिर्ता दिइएको म हेर्नेछु । तिमीलाई इच्छा छ त्‍यही त्‍यसले गर ।”
EST 3:12 तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो, र हामानको आदेश समावेश गर्ने गरी एउटा उर्दी लेखेर राजा प्रान्तीय गभर्नरहरू, सबै प्रान्तका अधिकारीहरू, विभिन्‍न जातिका सबै गभर्नरहरू, सबैजातिका अधिकारीहरूलाई हरेक प्रान्‍तमा तिनीहरूको आफ्नै लिपि र हरेक जातिको आफ्नै भाषामा पठाइयो । यसलाई राजा अहासूरसको नाउँमा लेखिएको र त्यसलाई तिनको औँठीद्वारा छाप लगाइएको थियो ।
EST 3:13 बाह्रौँ महिना (जुन अदार महिना हो) को तेह्रौँ दिनमा युवादेखि वृद्धसम्म, बालबालिका र महिला सबै यहूदीलाई एकै दिनमा नामेट पार्न, मार्न र नाश गर्न अनि तिनीहरूका धन-सम्पत्ति खोस्‍न राजाका सारा प्रान्तमा पत्रवाहकहरूद्वारा चिठ्ठीहरू पठाइए ।
EST 3:14 हरेक प्रान्तमा उक्‍त चिट्ठीको एकप्रतिलाई कानुन बनाइयो । तिनीहरू त्यही दिन तयार हुनुपर्छ भनेर हरेक प्रान्तमा सबै मानिसलाई जानकारी गराइयो ।
EST 3:15 राजाको आदेशलाई वितरण गर्न पत्रवाहकहरू हतारिए गए । शूशनको किल्लाभित्र पनि उर्दी बाँडियो । राजा र हामान पिउनलाई बसे, तर शूशन सहरमा भने हलचल मच्‍चियो ।
EST 4:1 जब मोर्दकैले यी सबै कुरा थाहा पाए, तब तिनले आफ्ना लुगा च्याते अनि भाङ्ग्रा र खरानी लगाए । तिनी सहरको बिचमा गए, र ठुलो सोरले कराए, र विलाप गरे ।
EST 4:2 तिनी राजाको ढोकासम्म मात्र गए किनकि कसैलाई पनि भाङ्ग्रा लगाएर त्यसबाट जान अनुमति थिएन ।
EST 4:3 राजाको हुकुम र आदेश पुगेको हरेक प्रान्तमा यहूदीहरूका माझमा उपवास, रुवाबासी र विलासँगै ठुलो शोक थियो । तिनीहरूमध्ये धेरै जानले भाङ्ग्रा लगाए, र खरानीमा बसे ।
EST 4:4 जब एस्तरका युवतीहरू र सेविकाहरू आएर उनलाई त्‍यो कुरा बताए, तब रानी ठुलो शोकमा डुबिन् । उनले मोर्दकैको लागि पोशाकहरू पठाइन् (ताकि तिनले भाङ्ग्रा फुकालून्), तर तिनले ती स्वीकार गरेनन् ।
EST 4:5 तब एस्तरको सेवा गर्न खटाइएका राजाका अधिकारीहरूमध्ये हताकलाई तिनले बोलाइन् । के भएको थियो र यसको अर्थ के हो भनी जान्‍न उनले तिनलाई मोर्दकैकहाँ पठाइन् ।
EST 4:6 त्यसैले हताक राजाको ढोकाको सामु सहरको खुला चोकमा मोर्दकैकहाँ गए ।
EST 4:7 मोर्दकैको जीवनमा आइपरेका सबै कुरा, र यहूदीहरूलाई मार्नका लागि हामानले राज्यकोषमा दिने प्रतिज्ञा गरेका सम्पूर्ण चाँदीको मात्राबारे तिनले हताकलाई विवरण दिए ।
EST 4:8 यहूदीहरूको विनाशको निम्ति शूशनमा जारी गरिएको उर्दीको नक्‍कल पनि तिनले हताकलाई दिए । हताकले यो एस्तरलाई देखाउन सकून्, अनि राजाको निगाहा प्राप्‍त गर्नलाई गएर बिन्‍ति चढाउने र आफ्नो जातिको पक्षमा उहाँलाई याचना गर्ने जिम्‍मेवारी तिनले उनलाई दिन सकून् भनेर तिनले यसो गरे ।
EST 4:9 त्यसैले हताक गए र मोर्दकैले तिनलाई भनेका कुरा एस्तरलाई बताए ।
EST 4:10 तब एस्तरले हताकसित कुरा गरिन्, र तिनलाई मोर्दकैकहाँ फर्केर जान आज्ञा दिइन् ।
EST 4:11 उनले भनिन्, “राजाका सबै अधिकारी र राजाका प्रान्तहरूका मानिसहरूलाई थाहा छ, कि राजाको नबोलाइकन कुनै पुरुष वा स्‍त्री भित्री दरबारमा प्रवेश गर्‍यो भने, त्यसको लागि एउटा मात्र कानुन छः कुनै व्‍यक्ति बाँचोस् भनेर राजाले आफ्नो सुनको राजदण्ड पसार्नुभएन भने त्यो मारिने छ । म आफैलाई पनि राजाकहाँ नबोलाइएको तिस दिन भइसक्यो ।”
EST 4:12 त्यसैले हताकले एस्तरको कुरा मोर्दकैलाई बताए ।
EST 4:13 मोर्दकैले यो सन्देश पठाए, “तिमी राजदरबारमा भएकी हुनाले अरू सबै यहूदीमध्ये तिमीचाहिं बाँच्नेछ्यौ भनी तिमीले नसोचे हुन्‍छ ।
EST 4:14 यस बेला तिमी चुप लाग्यौ भने, यहूदीहरूका निम्ति सहायता र छुटकारा अरू ठाउँबाट आउनेछ, तर तिमी र तिम्रो पिताको परिवार नष्‍ट हुनेछ । यस्तै समयको लागि नै तिमी यो राजकीय पदमा पुगेकी हुन सक्‍छ्‍यौ भनी कसलाई थाहा छ ?”
EST 4:15 तब एस्तरले मोर्दकैलाई यो सन्देश पठाइन्,
EST 4:16 “जानुहोस्, र मेरो निम्ति उपवास बस्‍न शूशनमा बस्‍ने सबै यहूदीलाई भेला गर्नुहोस् । तिन दिन र तिन रातसम्म केही नखानुहोस्, न त केही पिउनुहोस् । मेरा युवतीहरू र म पनि त्यसरी नै उपवास बस्‍नेछौँ । त्यसपछि कानुनको विरुद्धमा भए तापनि म राजाकहाँ जानेछु, र मेरो नाश हुन्छ भने पनि होस् ।”
EST 4:17 मोर्दकै गए, र तिनले एस्तरले भनेझैँ सबै गरे ।
EST 5:1 तिन दिनपछि एस्तरले आफ्नो राजकीय पोशाक पहिरिन्, र राजदरबारको सामु रहेको चोकमा खडा हुन गइन् । राजाचाहिँ राजदरबारको राजकीय सिंहासनमा बसेर मूल ढोकातर्फ हेरिरहेका थिए ।
EST 5:2 जब राजाले एस्तरलाई चोकमा खडा भएको देखे, तब तिनका नजरमा उनले स्‍वीकृति पाइन् । तिनले आफ्नो हातमा भएको सुनको राजदण्ड उनीतिर पसारे । त्यसैले एस्तर नजिक गइन् र राजदण्डको टुप्पोलाई छोइन् ।
EST 5:3 तब राजाले उनलाई भने, “रानी एस्तर, तिमी के चाहन्छ्यौ ? तिम्रो अनुरोध के छ ? मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु ।”
EST 5:4 एस्तरले भनिन्, “राजालाई खुसी लागेमा मैले हजुरको निम्ति तयार पारेको भोजमा हजुर र हामानको सवारी होस् ।”
EST 5:5 तब राजाले भने, “एस्तरले भनेकी कुरा गर्न हामानलाई झट्टै ल्याओ ।” त्यसैले राजा र हामान एस्तरले तयार पारेको भोजमा गए ।
EST 5:6 भोजमा दाखमद्य टक्र्याइँदा राजाले एस्तरलाई भने, “तिम्रो बिन्ती के हो ? त्यो तिमीलाई दिइनेछ । तिम्रो अनुरोध के हो ? तिमीलाई आधा राज्यसम्म पनि दिइनेछ ।”
EST 5:7 एस्तरले जवाफ दिइन्, “मेरो बिन्ती र मेरो अनुरोध यही हो,
EST 5:8 मैले राजाको दृष्‍टिमा निगाह प्राप्‍त गरेकी छु भने र राजालाई मेरो बिन्ती पुरा गर्न र मेरो अनुरोधलाई आदर गर्न खुसी लाग्यो भने मैले हजुरको निम्ति भोली तयार गर्ने भोजमा राजा र हामानको सवारी होस्, अनि म राजाको प्रश्नको जवाफ दिनेछु ।”
EST 5:9 त्यस दिन हामान आनन्दित र हृदयमा प्रसन्‍न भएर गए । तर जब हामानले राजाको ढोकामा मोर्दकैलाई न खडा भएको न त तिनको सामु डरले थरथर काँपेको देखे, तब तिनी मोर्दकैको विरुद्धमा रिसले चुर भए ।
EST 5:10 तापनि हामानले आफैलाई नियन्त्रण गरी आफ्नो घर लागे । तिनले आफ्ना मित्रहरूलाई खबर पठाए र आफ्नी पत्‍नी जेरेशसहित तिनीहरूलाई एकसाथ भेला गरे ।
EST 5:11 हामानले तिनीहरूलाई आफ्नो धनदौलतको रवाफ, आफ्‍ना धेरै जना छोराहरू, राजाले तिनलाई दिएका सबै पदोन्‍नति अनि राजाका सबै अधिकारी र सेवकहरूभन्दा बढी तिनको प्रगति कसरी भयो भनेर बयान दिए ।
EST 5:12 हामानले भने, “रानी एस्तरले तयार पार्नुभएको भोजमा उहाँले राजासँगै आउन मबाहेक अरू कसैलाई निमन्त्रणा दिनुभएन । भोली पनि उहाँले राजासँगै मलाई निमन्त्रणा दिनुभएको छ ।
EST 5:13 तर मैले मोर्दकैलाई राजाको ढोकामा बसिरहेको देखेसम्म मेरा लागि यी सबै कुराले कुनै अर्थ राख्‍दैन ।”
EST 5:14 तर तिनकी पत्‍नी जेरेशले हामान र तिनका सबै मित्रहरूलाई भनिन्, “तिनीहरूले पच्‍चिस मिटर अग्‍लो एउटा फाँसीको काठ बनाऊन् । बिहान मोर्दकैलाई त्यसमा झुण्ड्याउन राजासित कुरा गर्नुहोस् । तब आनन्दित भएर राजासँगै भोजमा जानुहोस् ।” हामानलाई यो कुरा मन पर्‍यो, र तिनले एउटा फाँसीको काठ बनाउन लगाए ।
EST 6:1 त्यस रात राजा सुत्‍न सकेनन् । तिनले सेवकहरूलाई आफ्नो राज्‍यकालका घटनाहरूको विवरणहरू ल्याउन हुकुम गरे, र राजाको सामु चर्को सोरमा ति पढियो ।
EST 6:2 प्रवेशद्वारको पहरा दिने राजाका दुई जना अधिकारी बिग्थाना र तेरेशले राजा अहासूरसलाई हानि गर्ने कोसिस गरेका कुरा मोर्दकैले जानकरी गराएका थिए भनी त्‍यहाँ लेखिएको पाइयो ।
EST 6:3 राजाले सोधे, “यसो गरेका हुनाले मोर्दकैलाई सम्मान वा पद दिन के गरियो त ?” तब राजाको सेवा गर्ने जवान मानिसहरूले जवाफ दिए, “तिनको लागि केही गरिएन ।”
EST 6:4 राजाले भने, “चोकमा को छ ?” अब हामानचाहिं भर्खरै आफूले तयार गरेको फाँसीको काठमा मोर्दकैलाई झुण्ड्याउन भनी राजासित बिन्ती गर्न राजदरबारको बाहिर चोकमा आइपुगेका थिए ।
EST 6:5 राजाका सेवकहरूले तिनलाई भने, “हामान चोकमा उभिरहेका छन् ।” राजाले भने, “तिनी भित्र आऊन् ।”
EST 6:6 जब हामान भित्र आए, तब राजाले तिनलाई सोधे, “राजाले सम्मान दिन इच्छा गरेको मानिसलाई के गरिनुपर्छ ?” हामानले आफ्नो हृदयमा भने, “मबाहेक अरू कसलाई राजाले सम्मान दिने इच्छा गर्नुहुन्छ र ?”
EST 6:7 हामानले राजालाई भने, “जुन मानिसलाई राजाले सम्मान दिन इच्छा गर्नुभएको छ,
EST 6:8 राजाकीय पोशाक, राजाले पहिरिनुभएको वस्‍त्र अनि राजाले सवार गर्नुभएको शिरमा राजकीय चिन्ह लगाइएको घोडा ल्‍याइयोस् ।
EST 6:9 तब त्यो पोशाक र घोडा राजाका सबैभन्दा माननीय अधिकारीहरूमध्ये एक जनालाई दिइयोस् । राजाले सम्मान गर्न खोज्नुभएको मानिसलाई तिनीहरूले त्यो पोशाक पहिराऊन्, र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरू घुमाऊन् । तिनीहरूले तिनको सामु घोषणा गरून्, 'राजाले सम्मान गर्ने इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ' ।”
EST 6:10 तब राजाले हामानलाई भने, “छिटो गर, तिमीले भनेझैँ पोशाक र घोडा लिएर आऊ, अनि राजाको ढाकामा बस्‍ने यहूदी मोर्दकैलाई यसै गर । तिमीले भनेका एउटै कुरा गर्न पनि नचुक ।”
EST 6:11 तब हामानले पोशाक र घोडा ल्‍याए । तिनले मोर्दकैलाई उक्‍त पोशाक लगाइदिए, र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरूमा घुमाए । तिनको सामु तिनले घोषणा गरे, “राजाले सम्मान गर्न इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ ।”
EST 6:12 मोर्दकै राजाको ढोकामा फर्के । तर हामानचाहिं शिर ढाकेर शोक गर्दै हतार गरी आफ्नो घरमा गए ।
EST 6:13 हामानले आफूमाथि आइपरेका सबै कुरा आफ्नी पत्‍नी जेरेश र आफ्ना सबै मित्रहरूलाई बताए । तब बुद्धिको निम्ति कहलिएका तिनका मानिसहरू र तिनकी पत्‍नी जेरेशले तिनलाई भने, “मोर्दकै जसको सामुन्‍ने तपाईंको पतनको सुरु भएको छ, त्यो यहूदी हो भने तपाईंले त्यसलाई पराजित गर्न सक्‍नुहुनेछैन, तर निश्‍चय नै त्यसको सामु तपाईं पतन हुनेछ ।”
EST 6:14 तिनीहरू तिनीसित कुराकानी गरिरहँदा राजाका अधिकारीहरू आइपुगे । एस्तरले तयार पारेको भोजमा लैजान तिनीहरूले हामानलाई हतार गरे ।
EST 7:1 त्यसैले राजा र हामान रानी एस्तरसित भोजन गर्न गए ।
EST 7:2 यो दोस्रो दिनमा, तिनीहरूले दाखमद्य बाँड्‍दै गर्दा राजाले एस्तरलाई सोधे, “रानी एस्तर, तिम्री बिन्ती के हो ? तिमीलाई त्‍यो दिइनेछ । तिम्रो अनुरोध के हो ? आधा राज्यसम्म पनि तिमीलाई दिइनेछ ।”
EST 7:3 तर रानी एस्तरले जवाफ दिइन्, “हे महाराज, मैले हजुरको नजरमा निगाह पाएकी छु र हजुरलाई खुसी लाग्छ भने, मेरो जीवन मलाई नै दिइयोस् । मेरो बिन्ती यही नै हो, र मेरो जातिको लागि पनि यसै गरियोस् भनी म बिन्ती गर्छु ।
EST 7:4 किनकि म र मेरो मानिसहरू नाश पारिन, मारिन र नामेट पारिन बेचिएका छौँ । हामी दास-दासीको रूपमा मात्र दासत्वमा बेचिएका भए म चुप रहन्थेँ किनकि त्यस्तो दुःखले मात्र त महाराजालाई बाधा दिनु न्यासङ्गत हुँदैन ।”
EST 7:5 तब राजा अहासूरसले रानी एस्तरलाई सोधे, “त्यो को हो ? यस्तो कुरा गर्न आफ्नो हृदय भरेर बस्‍ने त्यो व्यक्ति कहाँ छ ?
EST 7:6 एस्तरले जवाई दिइन्, “त्यो विरोधी, शत्रु यही दुष्‍ट हामान हो ।” तब हामान राजा र रानीको सामु डरले थरथर काँपे ।
EST 7:7 राजा भोजमा दाखमद्य पिइरहेको अवस्थाबाट रिसले चुर भएर उठे, र राजमहलको बगैँचामा गए, तर हामानचाहिं रानी एस्तरबाट आफ्नो जीवनको भिग माग्‍न त्यहीँ बसे । राजाले तिनको विरुद्धमा विपत्ती ल्याउँदै थिए भनी तिनले देखे ।
EST 7:8 तब राजमहलको बगैँचाबाट दाखमद्य बाँडिएको कोठामा राजा फर्केर आए । हामानचाहिं भर्खरै एस्तर बसिरहेको सोफाको छेउमा पसारो परेका थिए । राजाले भने, “के मेरै उपस्थिति मेरै घरमा त्यसले रानीलाई बलात्‍कार गर्न खोज्‍छ ?” राजाको मुखबाट यो वाक्य बाहिर निस्कनेबित्तिकै अधिकारीहरूले हामानको अनुहार छोपे ।
EST 7:9 तब राजाको सेवा गर्ने एक जना अधिकारी हर्बोनाले भने, “हामानको घरको छेउमा पच्‍चिस मिटर लामो एउटा फाँसीको काठ खडा छ । महाराजाको ज्यान जोगाइदन बोल्ने मोर्दकैको निम्ति त्यसले त्‍यो तयार पारेको हो ।” राजाले भने, “त्यसलाई त्‍यसैमा झुण्ड्याओ ।”
EST 7:10 त्यसैले तिनीहरूले हामानले मोर्दकै को निम्ति तयार पारेको फाँसीको काठमा उसैलाई झुण्ड्याए । तब राजाको रिस मर्‍यो ।
EST 8:1 त्यस दिन राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूका शत्रु हामानको सम्पत्ति दिए, र मोर्दकैले राजाको सामु सेवा गर्न थाले किनकि कसरी मोर्दकै उनीसित सम्बन्धित थिए भनी एस्तरले राजालाई बताएकी थिइन् ।
EST 8:2 राजाले हामानबाट लिएको आफ्नो छाप-औँठी निकालेर मोर्दकैलाई दिए । एस्तरले मोर्दकैलाई हामानको जमिनको जिम्मा दिइन् ।
EST 8:3 तब एस्तरले फेरि राजासित कुरा गरिन् । उनले भुइँतिर शिर झुकाइन्, र अगागी हामानले यहूदीहरूको विरुद्धमा रचेको षडयन्‍त्र, खराब योजनालाई रद्द गरिदिन उनले रुँदै राजालाई बिन्ती गरिन् ।
EST 8:4 राजाले एस्तरतिर सुनको राजदण्ड पसारे, तब उनी उठिन् र राजाको सामु खडा भइन् ।
EST 8:5 उनले भनिन्, “राजालाई खुसी लागेमा, र मैले हजुरको नजरमा निगाह पाएकी छु भने, राजाको सामु यो कुरो ठिक लाग्‍छ भने, र हजुरको नजरमा मैले हजुरलाई खुशी पार्न सकेकी छु भने, अगागी हम्मदाताको छोरा हामानद्वारा राजाका सबै प्रान्तमा भएका यहूदीहरूलाई नष्‍ट पार्न भनी लेखिएका चिट्ठीहरू रद्द गर्न एउटा आदेश लेखियोस् ।
EST 8:6 किनकि मेरो जातिमाथि आइपर्ने विपत्ती देख्‍दा म कसरी सहन सक्छु ? मेरा नातेदारहरूको विनाश हेर्ने कुरा मैले कसरी सहन सक्छु ?”
EST 8:7 राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हेर, मैले एस्तरलाई हामानको घर दिएको छु, र तिनीहरूले त्यसलाई फाँसीको काठमा झुण्ड्याएका छन् किनकि त्यसले यहूदीहरूलाई आक्रमण गर्न खोज्दै थियो ।
EST 8:8 राजाको नाउँमा यहूदीहरूको पक्षमा अर्को आदेश लेखे र त्यसमा राजाको औँठीले छाप लगाओ । किनकि पहिले नै राजाको नाउँमा लेखिएको आदेश जसमा राजाको औँठीको छाप लागेको छ, त्यो रद्द हुन सक्दैन ।”
EST 8:9 तब तेस्रो महिना अर्थात् सीवान महिनाको तेइसौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो । यहूदीहरूको सम्बन्धमा मोर्दकैले दिएका सबै आदेशलाई समावेश गर्दै एउटा आदेश लेखियो । भारतदेखि कूश देशसम्‍मका एक सय सत्ताइस प्रान्तका गभर्नरहरू, स्‍थानीय गभर्नरहरू र अधिकारीहरूलाई हरेक प्रान्तलाई आ-आफ्नो लिपिअनुसार र हरेक जातिलाई आफ्नै भाषामा र यहूदीहरूलाई पनि आफ्नै लिपि र भाषामा एउटा लिखित आदेश लेखियो ।
EST 8:10 मोर्दकैले राजा अहासूरसको नाउँमा त्‍यो लेखे र त्यसमा राजाको छाप-औँठीले छाप लगाए । राजको सेवामा प्रयोग गरिने छिटो कुद्‍ने घोडाहरूमा सवार गराएर पत्रवाहकहरूद्वारा तिनले ती चिठ्ठीहरू पठाए ।
EST 8:11 हरेक सहरमा भएका यहूदीहरूलाई एकसाथ भेला हुन र आ-आफ्नो जीवनको रक्षाको निम्‍ति संगठित हुन, अनि तिनीहरू, बालबालिका, र स्‍त्रीहरूलाई आक्रमण गर्ने कुनै पनि जाति वा प्रान्तका सशस्‍त्र मानिसहरूलाई नाश गर्न, मार्न र नामेट पार्न अनि तिनीहरूका धनदौलत लुट्न राजाले तिनीहरूलाई अनुमति दिए ।
EST 8:12 बाह्रौँ महिना वा अदार महिनाको तेह्रौँ दिनमा राजा अहासूरसका सबै प्रान्तमा यसलाई कार्यान्वयन गरिनुपर्थ्यो ।
EST 8:13 यो आदेशको एकप्रति नक्‍कल कानुनको रूपमा जारी भयो र सबै मानिसकहाँ सार्वजनिक रूपमा सूचना टाँसियो । त्यस दिन आफ्ना शत्रुहरूमाथि बदला लिन यहूदीहरू तयार रहनुपर्थ्यो ।
EST 8:14 त्यसैले पत्रवाहकहरू राजाको सेवामा प्रयोग गरिने राजकीय घोडाहरूमा सवार भए । तिनीहरू ढिलो नगरी गए । राजाको आदेशलाई शूशनस्थित राजदरबारबाट पनि जारी गरियो ।
EST 8:15 तब मोर्दकैले निलो र सेतो राजकीय पोशाकहरू पहिरिए अनि सुनको ठुलो मुकुट पहिरिए र, मलमलको बैजनी वस्‍त्र लगाए र राजाको उपस्थितिबाट गए, अनि शूशन सहरले जयजयकार गर्‍यो र आनन्द मनायो ।
EST 8:16 यहूदीहरू खुसी र प्रसन्‍न भए अनि तिनीहरूका निम्ति आनन्द र सम्मानको दिन भयो ।
EST 8:17 राजाको आदेश पुगेको हरेक प्रान्त र सहरमा यहूदीहरूका माझमा खुसी र आनन्द अनि भोज र बिदाको दिन भयो । देशमा अरू विविध जातिका धेरै मानिसहरू यहूदी भए किनकि तिनीहरूमाथि यहूदीहरूको डर परेको थियो ।
EST 9:1 बाह्रौँ महिना अर्थात् अदार महिनाको तेह्रौँ दिनमा राजाको कानुन र आदेशलाई कार्यान्वयन गर्ने दिन, यहूदीहरूका शत्रुहरूले तिनीहरूमाथि शक्ति जमाउनलाई आशा गरेको दिन जब आयो, परिणाम उल्‍टो भयो । यहूदीहरूले आफूलाई घृणा गर्नेहरूमाथि शक्ति पाए ।
EST 9:2 यहूदीहरूमाथि विपत्ती ल्याउन कोसिस गर्नेहरूलाई आक्रमण गर्न राजा अहासूरसका सबै प्रान्तभरि नै तिनीहरूका आ-आफ्ना सहरहरूमा तिनीहरू भेला । तिनीहरूको विरुद्धमा कोही खडा हुन सकेन, किनकि सबै मानिसमाथि तिनीहरूको डर परेको थियो ।
EST 9:3 सबै प्रान्तका अधिकारीहरू, प्रान्तीय गभर्नरहरू, सथानीय गभर्नरहरू र राजाका प्रशासकहरूले यहूदीहरूलाई मदत गरे किनकि तिनीहरूमाथि मोर्दकैको डर परेको थियो ।
EST 9:4 मोर्दकै राजदरबारमा महान् मानिस थिए, अनि तिनको ख्याति सबै प्रान्तभरि फैलियो किनकि यी मानिस मोर्दकै झनझन महान् बन्दै थिए ।
EST 9:5 यहूदीहरूले आफ्ना शत्रुहरूलाई तरवारले आक्रमण गरेर मारे र विनाश गरे अनि आफूलाई घृणा गर्नेहरूलाई आफ्नो इच्छाअनुसार गरे ।
EST 9:6 शूशनको किल्लामा मात्रै यहूदीहरूले पाँच सय जना मानिसलाई मारेर नष्‍ट पारे ।
EST 9:7 तिनीहरूले पर्शन्‍दाता, दल्‍फोन, अस्‍पाता,
EST 9:8 पोराता, अदलिया, अरीदाता,
EST 9:9 पर्मशता, अरीशै, अरीदै र बैजाता,
EST 9:10 र हम्मदाताको छोरा यहूदीहरूका शत्रु हामानका दस जना छोरालाई मारे । तर तिनीहरूले कुनै कुरा पनि लुटेर लिएनन् ।
EST 9:11 त्यो दिन शूशनको किल्लामा मारिएकाहरूको सङ्ख्याको विवरण राजालाई दिइयो ।
EST 9:12 राजाले रानी एस्तरलाई भने, “यहूदीहरूले हामानका दस छोरासहित शूशनको किल्लामा पाँच सय मानिसलाई मारेका छन् । तब राजाका बाँकी प्रान्तहरूमा तिनीहरूले झन् के गरेका होलान् ? अब तिम्रो बिन्ती के हो ? त्‍यो तिमीलाई दिइनेछ । तिम्रो अनुरोध के हो ? त्‍यो तिमीलाई दिइनेछ ।”
EST 9:13 एस्तरले भनिन्, “राजालाई खुसी लागेमा शूशनमा भएका यहूदीहरूलाई आजको आदेश भोलीको निम्ति पनि कार्यान्वयन गर्न अनुमति दिइयोस् र हामानका दसै जना छोराका लाशलाई फाँसीको काठमा झुण्ड्याइयोस् ।”
EST 9:14 त्यसैले राजाले त्यसै गरियोस् भनी आज्ञा दिए । शूशनमा एउटा आदेश निकालियो, र तिनीहरूले हामानका दसै जना छोरालाई झुण्ड्याए ।
EST 9:15 अदार महिनाको चौधौँ दिनमा शूशनमा भएका यहूदीहरू एकै ठाउँमा भेला भए, र शूशनमा थप तिन सय जना मानिसलाई मारे, तर तिनीहरूले लुटपाटमा हात हालेनन् ।
EST 9:16 राजाका प्रान्तहरूमा भएका बाँकी यहूदीहरू आफ्‍नो ज्यान जोगाउन एकै ठाउँमा भेला भए, र तिनीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाए, अनि आफूलाई घृणा गर्ने पचहत्तर हजार मानिसलाई मारे, तर आफूले मारेका मनिसहरूका मुल्‍यवान थोकहरूमा भने तिनीहरूले आफ्‍ना हात लगाएनन् ।
EST 9:17 यो अदार महिनाको तेह्रौँ दिनमा भएको थियो । चौधौँ दिनमा तिनीहरूले विश्राम लिए, र त्यस दिनलाई एउटा चाड र हर्षको दिन बनाए ।
EST 9:18 तर शूशनमा भएका यहूदीहरूचाहिँ तेह्रौँ र चौधौँ दिनमा एकसाथ भेला भए । पन्ध्रौँ दिनमा तिनीहरूले विश्राम गरे, र त्यस दिनलाई एउटा चाड र हर्षको दिन बनाए ।
EST 9:19 त्यसकारण दुर्गम गाउँहरूतिर घर बनाएका यहूदीहरूले अदार महिनाको चौधौँ दिनलाई हर्ष र चाडको एउटा दिन अनि एक-अर्कालाई खानेकुराका उपहारहरू पठाउने दिनको रूपमा मान्छन् ।
EST 9:20 मोर्दकैले यी कुराहरूका विवरण गरे, अनि राजा अहासूरसका टाढा र नजिकका सबै प्रान्तमा भएका सबै यहूदीलाई चिट्ठीहरू पठाए,
EST 9:21 जसमा हरेक वर्ष अदार महिनाको चौधौँ र पन्ध्रौ दिनलाई तिनीहरूले अनिवार्य मान्‍नुपर्ने गराए ।
EST 9:22 यी दिनमा नै यहूदीहरूले आफ्‍ना शत्रुहरूबाट छुटकारा पाए, र यही महिनामा नै तिनीहरूको दुःख आनन्दमा र शोक उत्सवमा परिणत भएको थियो । ति दिनलाई तिनीहरूले चाड र हर्षका दिनको रूपमा मनाउनुपर्ने अनि एक-अर्कालाई र गरिबहरूलाई खनेकुरा उपहार पठाउनुपर्ने भनी स्‍थापित गरियो ।
EST 9:23 त्यसैले मोर्दकैले तिनीहरूलाई जे लेखेका थिए त्‍यो गरेर यहूदीहरूले थालनी गरेका उत्सवलाई तिनीहरूले निरन्तरता दिए ।
EST 9:24 त्यस बेला सारा यहूदीका शत्रु अगागी हम्मदाताको छोरा हामानले, यहूदीहरूलाई नष्‍ट गर्न तिनीहरूको विरुद्धमा षड्यन्त्र रचेको थियो, र तिनीहरूलाई थिचोमिचो गर्न र नाश पार्न उसले ‘पुर’ अर्थात् चिट्ठा हाल्‍यो ।
EST 9:25 तर जब त्यो कुरो राजाको सामु पुग्यो, तब यहूदीहरूको विरुद्धमा हामानले रचेको दुष्‍ट योजना त्यसकै थाप्लोमा परोस् अनि ऊ र उसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याइयोस् भनी राजाले चिट्ठीहरू लेखेर आदेश दिए ।
EST 9:26 त्यसकारण तिनीहरूले यी दिनलाई “पूरीम” भने जुन “पूर” नामबाट आएको थियो । यस पत्रमा लेखिएको र तिनीहरूले देखेका र तिनीहरूमाथि आइपरेका हरेक कुराको कारणले गर्दा,
EST 9:27 यहूदीहरूले नयाँ चलन र कर्तव्यलाई स्वीकार गरे । यो चलन तिनीहरू, तिनीहरूका सन्तानहरू र तिनीहरूसँग मिल्ने हरेकको लागि थियो । हरेक वर्ष तिनीहरूले यी दुई दिनको उत्सव मनाउनुपर्ने भयो । हरेक वर्ष उही समयमा तिनीहरूले विशेष तवरले यो चाड मान्‍नुपर्ने भयो ।
EST 9:28 हरेक पुस्ता, हरेक परिवार, हरेक प्रान्त र हरेक सहरमा यी दिनमा उत्सव मनाउनुपर्ने र पालन गर्नुपर्ने भयो । पूरीमका यी दिनहरूलाई यहूदीहरूले कहिल्यै नबिर्सून् भनेर तिनीहरू र तिनका सन्तानहरूले विश्‍वस्ततासाथ यो उत्सव मान्‍न कहिल्यै पनि छोड्‍दैनन् ।
EST 9:29 अबीहेलकी छोरी रानी एस्तर र यहूदी मोर्दकैले पुरा अधिकारसाथ लेखे र पूरीमको बारेमा यो दोस्रो चिट्ठीले पुष्‍टि गरे ।
EST 9:30 यहूदीहरूको सुरक्षा र सत्यताको कामना गर्दै चिट्ठीहरू अहासूरसका राज्यका एक सय सत्ताइसवटै प्रान्तका सबै यहूदीहरूकहाँ पठाइए ।
EST 9:31 यहूदी मोर्दकै र रानी एस्तरले यहूदीहरूलाई आज्ञा दिएझैँ तिनीहरूको तोकिएको समयमा पूरीमका यी दिन मान्‍न चिट्ठीहरूले निश्‍चयता दिए । यहूदीहरूले उपवास र विलापको समयलाई स्वीकार गरेझैँ तिनीहरूले आफू र आफ्ना सन्तानहरूका लागि यस कर्तव्यलाई पनि स्वीकार गरे ।
EST 9:32 एस्तरको आज्ञाले पूरीमको सम्बन्धमा यी नियमहरूलाई पक्‍का गर्‍यो, र यसलाई पुस्तकमा लेखियो ।
EST 10:1 तब राजा अहासूरसले आफ्नो साम्राज्य र समुद्री छेउका देशहरूमा कर लगाए ।
EST 10:2 तिनको शक्ति र ताकतका सबै प्राप्‍तिसाथै राजाले उच्‍च दर्जा दिएका मोर्दकैको महानताको पूर्ण विवरण मादी र फारसका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
EST 10:3 यहूदी मोर्दकै राजा अहासूरसको दोस्रो दर्जामा थिए । तिनी यहूदीहरूका बिचमा महान् थिए, र तिनका धेरै जना यहूदी दाजुभाइका माझमा लोकप्रिय थिए, किनकि तिनले आफ्नो जातिको भलाइ गरे र आफ्ना सबै मानिसको शान्तिको पक्षमा बोले ।
JOB 1:1 ऊज भन्‍ने देशमा एक जना मानिस थिए जसको नाउँ अय्यूब थियो । अनि अय्यूब दोषरहित र सोझा थिए जो परमेश्‍वरको भय मान्थे, र खराबीबाट फर्कन्‍थे ।
JOB 1:2 तिनका सात जना छोरा र तीन जना छोरी जन्‍मिएका थिए ।
JOB 1:3 तिनका सात हजारवटा भेडा, तिन हजारवटा ऊँट, पाँच सय हल गोरु अनि पाँच सयवटा गधा अनि धेरै जना नोकरहरू थिए । तिनी पूर्वमा भएका सबै मानिसहरूमध्‍ये सबभन्‍दा महान् मानिस थिए ।
JOB 1:4 हरेक छोरोको निम्ति तोकिएको दिनमा तिनले आफ्नो घरमा भोज दिन्‍थे । तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई बोलाउन पठाउँथे र सँगै खाने र पिउने गर्थे ।
JOB 1:5 जब भोजका दिनहरू समाप्‍त हुन्‍थे, तब अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र तिनले तिनीहरूलाई शुद्ध पार्थे । तिनी बिहान सबेरै उठ्थे, र आफ्ना हरेक छोराछोरीका लागि होमबलिहरू चढाउँथे, किनकि तिनले यसो भन्थे, “मेरा छोराछोरीले पाप गरेका अनि आ-आफ्ना हृदयमा परमेश्‍वरलाई सरापेका हुन सक्छन् ।” अय्यूबले सधैं यसै गर्थै ।
JOB 1:6 तब एक दिन परमेश्‍वरका छोराहरू परमप्रभुको सामु उपस्थित हुन आए । शैतान पनि तिनीहरूसँगै आयो ।
JOB 1:7 परमप्रभुले शैतानलाई सोध्‍नुभयो, “तँ कहाँबाट आइस् ?” शैतानले परमप्रभुलाई जवाफ दियो र भन्‍यो, “पृथ्वीमा घुमेर, त्‍यसमा यता र उता गएर आएको हुँ ।”
JOB 1:8 परमप्रभुले त्यसलाई भन्‍नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस् ? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्‍वरको भय मान्छ र खराबीबाट अलग बस्छ ।”
JOB 1:9 तब शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “के अय्यूबले विनाकारण परमेश्‍वरको भय मान्छन् र ?
JOB 1:10 के तिनी, तिनको घर र तिनीसित भएका सबै थोकको चारैतिर हरेक कुनाबाट बार लगाएर तपाईंले सुरक्षा दिनुभएको छैन र ? तपाईंले तिनका हातका कामहरूलाई आशिष् दिनुभएको छ, र तिनका गाईवस्तुहरू देशभरि भएका छन् ।
JOB 1:11 तर अब आफ्नो हात पसार्नुहोस् र तिनीसित भएका सबै थोकलाई छुनुहोस्, र हेर्नुहोस् कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्‍ने त छैनन् ।”
JOB 1:12 परमप्रभुले शैतानलाई भन्‍नुभयो, “हेर्, त्‍योसित भएका सबै थोक तेरै हातमा छ । त्‍यसलाई मात्र तेरो हातले नछो ।” तब परमप्रभुको उपस्थितिबाट शैतान तुरुन्‍तै गयो ।
JOB 1:13 कुनै एक दिनमा यस्‍तो भयो, तिनका छोराहरू र छोरीहरू आफ्‍ना जेठा दाजुको घरमा खाँदै र पिउँदै थिए ।
JOB 1:14 एउटा समाचारवाहक अय्यूबकहाँ आयो र भन्यो, “आफ्‍ना छेउमै गोरुहरू जोतिरहेका थिए, र गधाहरू चरिरहेका थिए ।
JOB 1:15 तब शबीहरूले तिनीहरूलाई झम्‍टे र ती लिएर गए । नोकरहरूका विषयमा, तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”
JOB 1:16 जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “आकाशबाट परमेश्‍वरको आगो झर्‍यो अनि भेडाहरू र नोकरहरूलाई भस्म पार्‍यो । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”
JOB 1:17 जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “कल्दीहरूले तिनवटा समूह बनाएर ऊँटहरूलाई आक्रमण गरे र ती लिएर गएका छन् । नोकरहरूका विषयमा, तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”
JOB 1:18 जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “तपाईंका छोराहरू र तपाईंका छोरीहरू आफ्‍नो जेठो दाजुको घरमा खाँदै र मद्य पिउँदै थिए ।
JOB 1:19 उजाड-स्थानबाट एउटा प्रचण्ड आँधी आयो र घरका चारै कुनालाई प्रहार गर्‍यो । ती युवायुवतीमाथि त्‍यो ढल्यो, र तिनीहरूको मृत्‍यु भयो । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”
JOB 1:20 तब अय्यूब उठे, आफ्नो लुगा च्याते, कपाल खौरे, भुइँमा घोप्‍टो परे र परमेश्‍वरको आराधना गरे ।
JOB 1:21 तिनले भने, “मेरी आमाको गर्भबाट निस्कँदा म नाङ्गै थिएँ, र म त्‍यहाँ फर्केर जाँदा पनि नाङ्गै हुनेछु । परमप्रभुले दिनुभयो, र परमप्रभुले नै लानुभएको छ । परमप्रभुको नाउँको धन्य होस् ।”
JOB 1:22 यी सबै कुरामा अय्यूबले पाप गरेनन्, न त तिनले परमेश्‍वरलाई गलत गरेको भनेर दोष लगाए ।
JOB 2:1 तब अर्को दिनमा परमेश्‍वरका छोराहरूले आफैलाई परमप्रभुको सामु उपस्थित गराउनलाई आए । शैतान पनि परमप्रभुको सामु आफैलाई उपस्थित गराउन तिनीहरूसँगै आयो ।
JOB 2:2 परमप्रभुले शैतानलाई सोध्‍नुभयो, “तँ कहाँबाट आइस् ?” शैतानले परमप्रभुलाई जवाफ दियो र भन्‍यो, “पृथ्वीमा घुमेर, त्‍यसमा यता र उता गएर आएको हुँ ।”
JOB 2:3 परमप्रभुले त्यसलाई भन्‍नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस् ? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्‍वरको भय मान्छ र खराबीबाट अलग बस्छ । विनाकारण त्यसलाई नाश गर्न त्यसको विरुद्धमा तैंले मलाई भ्रममा पारेको भए तापनि त्‍यसले अझै आफ्नो निष्ठामा कायम राखेको छ ।”
JOB 2:4 शैतानले परमप्रभुलाई जवाफ दियो र भन्‍यो, “वस्‍तवमा नै छालाको साटो छाला हुन्‍छ । एक जना मानिसले आफ्नो ज्यानको लागि आफूसित भएका सबै थोक दिन्छ ।
JOB 2:5 तर अब आफ्नो हात पसार्नुहोस् र तिनका हड्‍डी र शरीरलाई छुनुहोस्, अनि हेर्नुहोस्, कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्‍ने त छैनन् ।”
JOB 2:6 परमप्रभुले शैतानलाई भन्‍नुभयो, “हेर्, त्यो तेरै हातमा छ । त्यसको जीवन मात्र चाहिं तैंले छोड्‍नैपर्छ ।”
JOB 2:7 तब शैतान परमप्रभुको उपस्थितिबाट तुरुन्‍तै गयो । त्यसले अय्यूबलाई तिनको पाउको कुर्कुच्‍चादेखि तिनको शिरसम्म पीडादायी खटिराले प्रहार गर्‍यो ।
JOB 2:8 आफूलाई कन्याउन अय्यूबले फुटेको भाँडोको एक टुक्रा खपटा लिए, र तिनी खरानीको बिचमा बसे ।
JOB 2:9 तब तिनकी पत्‍नीले तिनलाई भनिन्, “के तपाईं अझै पनि आफ्नो निष्ठामा रहनुहुन्छ ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस् ।”
JOB 2:10 तर तिनले उनलाई भने, “एक जना मूर्ख स्‍त्रीले बात गरेझैं तिमी बात गर्छ्‍यौ । के हामीले परमेश्‍वरबाट असल कुराचाहिं ग्रहण गर्नू अनि खराब कुराचाहिं ग्रहण नगर्नू ?” यी सबै कुरामा अय्यूबले आफ्नो मुखले पाप गरेनन् ।
JOB 2:11 जब अय्यूबका तिन जना मित्रले तिनीमाथि आइपरेका यी सबै खराबीको बारेमा सुने, तब तिनीहरू हरेक आ-आफ्नो ठाउँबाट निस्केर आए, अर्थात् एलीपज तेमानी, बिल्दद शुही र सोपर नमाती । तिनीसँगै शोक गर्न र तिनलाई सान्त्वना दिन तिनीहरूले समय निकाले ।
JOB 2:12 जब तिनीहरूले टाढैबाट आँखा उठाएर हेरे, तब तिनीहरूले उनलाई चिनेनन् । तिनीहरूले आफ्‍ना सोर उचालेर कराए र रोए । हरेकले आफ्नो लुगा च्याते, धूलो हावामा फाले र आ-आफ्ना शिरमा हाले ।
JOB 2:13 तब तिनीहरू सात दिन र सात रात तिनीसँगै भुइँमा बसे । कसैले तिनलाई एउटै शब्द पनि बोलेन, किनकि तिनको शोक अत्यन्तै ठुलो भएको तिनीहरूले देखे ।
JOB 3:1 यसपछि अय्यूबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई सरापे ।
JOB 3:2 तिनले भने,
JOB 3:3 “म जन्मेको दिन नष्‍ट होस्, त्‍यो रात जसले भन्‍यो, 'एउटा बालकको गर्भधारण भएको छ ।'
JOB 3:4 त्यो दिन अन्धकार होस् । परमेश्‍वरले माथिबाट त्‍यसलाई याद नगरून्, न त यसमा घाम लागोस् ।
JOB 3:5 अन्धकार र मृत्युको छायाले आफ्नो लागि यसलाई दाबी गरून् । यसमाथि बादल लागोस् । दिनलाई अँध्यारो बनाउने हरेक कुराले यसलाई साँच्‍चै त्रसित पारोस् ।
JOB 3:6 निस्पट्ट अँध्यारोले त्यो रातलाई समातोस् । वर्षका दिनहरूका बिचमा यो नरमाओस् । महिनाहरूको गन्तीमा यसको गणना नहोस् ।
JOB 3:7 हेर, त्यो रात बाँझो होस् । यसमा कुनै हर्षको सोर नआओस् ।
JOB 3:8 लिव्यातन्‌लाई कसरी ब्युँझाउने भनी जानेकाहरूले, त्यस दिनलाई सराप दिऊन् ।
JOB 3:9 त्यो दिनको बिहानका ताराहरू अँध्यारो होऊन् । त्यो दिनले ज्योति खोजोस्, तर नपाओस्, न त यसले मिरमरेको प्रथम किरणलाई देख्‍न पाओस् ।
JOB 3:10 किनभने यसले मेरी आमाको गर्भको ढोकालाई थुनेन, र किनभने यसले मेरा आँखाबाट कष्‍टलाई लुकाएन ।
JOB 3:11 मेरी आमाको गर्भबाट बाहिर निस्कँदा म किन मरिनँ ? मेरी आमाले मलाई जन्माउँदा मैले आफ्‍नो आत्मा किन त्यागिनँ ?
JOB 3:12 उनका घुँडाहरूले मलाई किन स्वागत गरे ? मैले दूध चुस्‍नलाई उनका स्तनहरूले मलाई किन स्वीकार गरे ?
JOB 3:13 किनकि अहिले म चुप लागेर बसिरहेको हुन्‍थें । म सुतेको हुन्‍थें, र विश्राममा हुन्‍थें,
JOB 3:14 पृथ्वीका राजाहरू र सल्लाहकारहरूका साथमा, जसले आफ्नै लागि चिहानहरू बनाए, जुन अहिले ध्‍वस्‍त छन् ।
JOB 3:15 अर्थात् ती राजकुमारहरूसित म सुतिरहेको हुन्‍थें, जससित कुनै बेला सुन थियो, जसले आफ्ना घरहरूलाई चाँदीले भरेका थिए ।
JOB 3:16 अर्थात् सायद म तुहेर जन्‍मने थिएँ, कदापि उज्‍यालो नदेख्‍ने शिशुहरूझैं हुन्‍थें ।
JOB 3:17 त्यहाँ दुष्‍टको अत्‍याचार सकिन्‍छ । त्यहाँ थाकितहरूले विश्राममा लिन्छन् ।
JOB 3:18 त्यहाँ कैदीहरू सँगसँगै चैनमा हुन्छन् । तिनीहरूले कमाराको नाइकेको सोर सुन्‍नुपर्दैन ।
JOB 3:19 त्यहाँ साना र ठुला दुवै थरिका मानिसहरू छन् । नोकर आफ्नो मालिकबाट स्‍वतन्‍त्र हुन्छ ।
JOB 3:20 दुःखमा हुनेलाई किन ज्योति दिइन्छ ? मनमा तितो हुनेलाई किन जीवन दिइन्छ ?
JOB 3:21 जसले मृत्यु नै नआई त्‍यसको प्रतीक्षा गर्छ, जसले गाड्धनभन्‍दा धेरै मृत्यको लागि खाडल खन्‍छ ।
JOB 3:22 जसले चिहान फेला पार्दा ज्यादै रमाउँछ र खुसी हुन्छ, त्‍यसलाई ज्योति किन दिइन्छ ?
JOB 3:23 जसको मार्ग लुकाइएको छ, र जुन मानिसलाई परमेश्‍वरले छेक्‍नुभएको छ, त्यस मानिसलाई ज्योति किन दिइन्छ ?
JOB 3:24 किनकि मैले खानुको साटो सुस्केरा हाल्छु । मेरो वेदनाको सोर पानीझैं पोखिन्छ ।
JOB 3:25 जुन कुरोदेखि म डराउँथेँ, त्यही मकहाँ आएको छ । म जेदेखि भयभीत हुन्थेँ, त्यही मकहाँ आएको छ ।
JOB 3:26 म चैनमा छैनँ, म मौन छैनँ, र मलाई विश्राम छैन । बरु सङ्कष्‍ट आउँछ ।”
JOB 4:1 तब एलीपज तेमानीले जवाफ दिए र भने,
JOB 4:2 “कसैलाई तपाईंसित कुरा गर्ने प्रयास गर्‍यो भने के तपाईं अधैर्य बन्‍नुहुन्छ ? तर कसले आफैलाई बोल्नबाट रोक्‍न सक्छ ?
JOB 4:3 हेर्नुहोस्, तपाईंले धेरैलाई शिक्षा दिनुभएको छ । तपाईंले दुर्बल हातहरूलाई बलियो पार्नुभएको छ ।
JOB 4:4 तपाईंका वचनहरूले त्‍यस्‍तोलाई सम्‍हालेको छ जो पतन हुँदै थियो। तपाईंले कमजोर घुँडाहरूलाई दरिलो पार्नुभएको छ ।
JOB 4:5 तर अहिले सङ्कष्‍ट तपाईंमा आएको छ, र तपाईं थकित हुनुहुन्छ । यसले तपाईंलाई छोएको छ, र तपाईंलाई कष्‍ट भएको छ ।
JOB 4:6 के तपाईंको डर तपाईंको निश्‍चयता, अनि तपाईंका मार्गहरूका सत्यनिष्ठा तपाईंको आशा होइन र ?
JOB 4:7 कृपा गरी यस विषयमा सोच्नुहोस्: निर्दोष हुँदा पनि कुनै व्‍यक्‍ति कहिलै नष्‍ट भएको छ र ? अर्थात् सोझा मानिसहरू कहिले मारिएका थिए र ?
JOB 4:8 जे मैले देखेको छु त्‍यसअनुसार, अधर्म जोत्‍नेहरू र कष्‍ट छर्नेहरूले नै त्यसको कटनी गर्छन् ।
JOB 4:9 परमेश्‍वरको सासले तिनीहरू नष्‍ट हुन्छन् । उहाँको क्रोधको बिष्‍फोटले तिनीहरू भस्म हुन्छन् ।
JOB 4:10 सिंहको गर्जन, हिंस्रक सिंहको सोर र जवान सिंहहरूका दाँत— ती भाँचिएका छन् ।
JOB 4:11 सिकारको अभावले बुढो सिंह नष्‍ट हुन्छ । सिंहनीका डमरुहरू जताततै छरपष्‍ट भएका हुन्‍छन् ।
JOB 4:12 यति बेला कुनै कुरा गुप्‍तमा मकहाँ ल्याइयो, र मेरो कानले यसको बारेमा कानेखुसी सुन्यो ।
JOB 4:13 जब मानिसहरू घोर निद्रामा पर्छन्, तब रातको सपनाहरूद्वारा विचारहरू आए ।
JOB 4:14 त्‍यो रातमा नै थियो जुन बेला ममाथि डर र त्रास आए, र मेरा सबै हड्‍डी कामे ।
JOB 4:15 तब मेरै अनुहारको सामुन्‍नेबाट एउटा आत्मा गयो, र मेरो शरीरको रौं ठाडो भयो ।
JOB 4:16 त्यो आत्मा खडा भयो, तर त्‍यसको दृष्‍यलाई मैले ठम्याउन सकिनँ । त्यसको स्‍वरूप मेरा आँखाकै सामु थियो । त्यहाँ मौनता थियो, र मैले यसो भनेको एउटा आवाज सुनें,
JOB 4:17 “के मरणशील मानिस परमेश्‍वरभन्दा बढी धर्मी हुन्छ र ? के मानिस आफूलाई बनाउनेभन्दा बढी शुद्ध हुन्छ ?
JOB 4:18 हेर्नुहोस्, परमेश्‍वरले आफ्ना सेवकहरूमाथि भरोसा गर्नुहुन्‍न भने, उहाँले आफ्ना स्वर्गदूतहरूलाई मूर्खताको दोष लगाउनुहुन्छ भने,
JOB 4:19 माटोका घरहरूमा बस्‍नेहरूको बारेमा झन् यो कति साँचो हुन्छ ? जसको जग धूलोमा छ, जो कीराभन्दा चाँडै कुल्चिमिल्ची पारिन्छन् ।
JOB 4:20 बिहान र बेलुकीको बिचमा तिनीहरू नष्‍ट हुन्छन् । कसैको जानकारीविना नै तिनीहरू सदाको लागि नष्‍ट हुन्छन् ।
JOB 4:21 के तिनीहरूका पालका डोरीहरू तिनीहरूकै बिचमा तानिएका छैनन् र ? तिनीहरू मर्छन् । तिनीहरू बुद्धिविना मर्छन् ।
JOB 5:1 अहिले बोलाउनुहोस् । तपाईंलाई जवाफ दिने कुनै व्‍यक्‍ति छ ? पवित्र मानिसहरूमध्‍ये कुनतिर तपाईं फर्कनुहुनेछ ?
JOB 5:2 किनकि मूर्ख मानिसलाई रिसले मार्छ। सजिलै छलमा पर्नेलाई ईर्ष्याले मार्छ ।
JOB 5:3 मूर्ख व्यक्तिले जरा गाडेको मैले देखेको छु, तर मैले एक्‍कासि त्यसको घरलाई सराप दिएँ ।
JOB 5:4 त्यसका छोराछोरी बिल्‍कुलै सुरक्षित छैनन् । तिनीहरू सहरको मूल ढोकामा कुल्चिमिल्ची पारिएका छन् । तिनीहरूलाई छुटकारा दिने कोही छैन ।
JOB 5:5 भोकाएकाहरूले आफ्नो फसल खान्छन् । तिनीहरूले त्‍यसलाई काँढाहरूका बिचबाट पनि बटुल्छन् । तिर्खाएकाहरूले आफ्‍नो धन-सम्पत्तिको तृष्णा गर्छन् ।
JOB 5:6 किनकि कठिनाइ माटोबाट आउँदैन । न त भुइँबाट समस्‍या उम्रन्छ ।
JOB 5:7 बरु, मानव-जाति कष्‍टकै लागि जन्मन्छन्, जसरी आगोको झिल्काहरू माथि उड्छन् ।
JOB 5:8 तर मेरो बारेमा, स्‍वयम् परमेश्‍वरकहाँ नै म फर्कन्छु । उहाँमा नै म आफ्‍नो गुनासो समर्पित गर्छु—
JOB 5:9 महान् अनि अगम्‍य कुराहरू गर्नुहुने, अनगिन्ती उदेकका कामहरू गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
JOB 5:10 उहाँले पृथ्वीमा वृष्‍टि दिनुहुन्छ, र खेतबारीमा पानी पठाउनुहुन्छ ।
JOB 5:11 नम्रहरूलाई उच्‍च स्‍थानमा राख्‍नलाई अनि शोक गर्नेहरूलाई सुरक्षित उचाल्‍नलाई उहाँले यसो गर्नुहुन्छ ।
JOB 5:12 धूर्त मानिसहरूका हातले सफलता नपाओस् भनेर, उहाँले तिनीहरूका योजनाहरूलाई विफल तुल्याउनुहुन्छ ।
JOB 5:13 उहाँले बुद्धिमान् मानिसहरूलाई तिनीहरूका आफ्नै धूर्त कामहरूमा पासोमा पार्नुहुन्छ । टेडा मानिसहरूका योजनाहरू अन्त्यको लागि हतारिन्छन् ।
JOB 5:14 तिनीहरूले दिउँसै अन्धकार भेट्टाउँछन्, अनि मध्यदिनमा पनि रातमा झैं छामेर हिंड्छन् ।
JOB 5:15 तर उहाँले गरिबहरूलाई तिनीहरूको मुखमा भएको तरवारदेखि र खाँचोमा परेकालाई शक्तिशाली मानिसहरूको हातबाट बचाउनुहुन्छ ।
JOB 5:16 त्यसैले गरिब मानिसको आशा छ, र अन्यायले त्यसको आफ्नै मुख बन्द गर्छ ।
JOB 5:17 हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्‍वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्‌को ताडनालाई इन्कार नगर ।
JOB 5:18 किनकि उहाँले चोट पुर्‍याउनुहुन्छ, र पट्टी बाँध्‍नुहुन्छ । उहाँले चोट पुर्‍याउनुहुन्छ र आफ्‍नै हातले निको पार्नुहुन्‍छ ।
JOB 5:19 उहाँले तपाईंलाई छवटा कष्‍टबाट छुटकारा दिनुहुनेछ । वास्तवमा सातौं कष्‍टमा पनि कुनै दुष्‍ट्याइँले तपाईंलाई छुँदैन ।
JOB 5:20 अनिकालको समयमा मृत्युबाट मोल तिरेर, र युद्धमा तरवारको हातबाट उहाँले तपाईंलाई छुटाउनुहुनेछ ।
JOB 5:21 झूट बोल्‍ने जिब्रोको कोर्राबाट तपाईंलाई लुकाइनेछ, र जब विनाश आउँछ, तब तपाईं त्‍यसबाट डराउनुहुनेछैन ।
JOB 5:22 विनाश र अनिकाल देखेर तपाईं हास्‍नुहुनेछ, अनि पृथ्‍वीका जङ्गली जनावरहरूदेखि तपाईं डराउनुहुनेछैनौ ।
JOB 5:23 किनकि तपाईंको खेतमा भएका ढुङ्गाहरूसित तपाईंले करार बाँध्‍नुहुनेछ, र वनका पशुहरू तपाईंसित मिलापमा रहनेछन् ।
JOB 5:24 तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्‍नुहुनेछ । तपाईं आफ्नो भेडी-गोठ हेर्न जानुहुनेछ र एउटा पनि नहराएको तपाईंले पाउनुहुनेछैन ।
JOB 5:25 तपाईंले यो जान्‍नुहुनेछ, तपाईंको सन्तान महान् हुनेछ, तपाईंका छोराछोरी जमिनको घाँसझैं हुनेछन् ।
JOB 5:26 तपाईं आफ्‍नो चिहानमा पूरा बढो भएर आउनुहुनेछ । जसरी आफ्नो समयमा अन्‍नका मुट्ठाहरूको चाङ हुनेछ ।
JOB 5:27 हेर्नुहोस्, हामीले यस विषयलाई जाँच गरेका छौं । यो यस्‍तो छ । यसलाई सुन्‍नुहोस् र आफ्‍नै निम्‍ति यसलाई चिन्‍नुहोस् ।”
JOB 6:1 तब अय्यूबले जवाफ दिए र भने,
JOB 6:2 “हाय, मेरो वेदना जोखिएको भए, मेरा सबै विपत्ति तराजुमा राखिएको भए,
JOB 6:3 किनकि अहिले त्‍यो समुद्रका बालुवाभन्दा पनि गह्रौं हुनेथियो, त्यसकारण मेरा वचन समझहीन छन् ।
JOB 6:4 सर्वशक्तिमान्‌का काँडहरू ममा गाडिएका छन्, र मेरो आत्माले विष सेवन गर्छ । परमेश्‍वरको त्रास आफै मेरो विरुद्धमा तैनाथ छन् ।
JOB 6:5 के वनको गधाले घाँस पाउँदा यो निराशमा कराउँछ र ? वा के गोरुले कुँडो पाउँदा यो डुक्रन्छ र ?
JOB 6:6 के स्वाद नभएको खानेकुरालाई नुनविना खान सकिन्छ र ? वा अण्डाको सेतो भागको कुनै स्वाद हुन्छ र ?
JOB 6:7 म तिनलाई छुन पनि इन्कार गर्छु । मेरा लागि ती घृणित खानेकुरा हुन् ।
JOB 6:8 हाय! मैले बिन्ती गरेको कुरा मसित भए ! हाय, मैले चिताएको कुरा परमेश्‍वरले दिनुभए !
JOB 6:9 मलाई एकैचोटी धुलो पार्न परमेश्‍वर खुसी हुनुपर्छ ! उहाँले आफ्‍नो हात उठाउनुपर्छ र यो जीवनबाट मलाई खतम पार्नुपर्छ !
JOB 6:10 यो अझै पनि मेरो सान्त्वना होस्– म पीडामा उफ्रे पनि त्‍यो घट्‍दैन, मैले परमपवित्रको वचन इन्कार गरेको छैनँ ।
JOB 6:11 मैले पर्खन कोसिस गर्नुपर्ने मेरो बल के हो र ? मैले आफ्‍नो जीवनलाई लम्‍ब्‍याउनुपर्ने मेरो अन्त्य के हो ?
JOB 6:12 के मेरो बल ढुङ्गाहरूका बल हो र ? अर्थात् मेरो मासु काँसाबाट बनेको छ ?
JOB 6:13 म आफैलाई मदत गर्न सक्‍दिन भन्‍ने कुरा सत्‍य होइन र, अनि बुद्धिलाई मबाट खेदिएको छैन र ?
JOB 6:14 मूर्छा खानै लागेको व्यक्तिलाई, त्यसको साथीले विश्‍वसनीयता देखाउनु, उसलाई पनि जसले सर्वशक्तिमान्‌को भयलाई त्याग्‍छ ।
JOB 6:15 तर मरुभूमिको नहरझैं मेरा दाजुभाइ मसित विश्‍वासयोग्य भएका छन्, बगेर कतै पनि नपुग्‍ने पानीको नहरझैं,
JOB 6:16 तीमाथि बरफ जमेको हुनाले, र तिनमा लुकेर बस्‍ने हिउँको कारणले अँध्‍यारो भएका छन् ।
JOB 6:17 जब ती पग्लिन्छन्, ती बिलय हुन्छन् । तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्छन् ।
JOB 6:18 आफ्नो बाटोमा हिंड्ने यात्रु-दल पानी खोज्‍न पाखा लाग्‍छन् । तिनीहरू बाँझो भू-भागमा भौंतारिन्छन्, र नष्‍ट हुन्छन् ।
JOB 6:19 तेमाबाट आएका यात्रु-दलले त्‍यहाँ हेरे, जबकि शेबाका सहयात्रीहरूले तिनमा आशा राखे ।
JOB 6:20 तिनमा पानी भेट्टाउने निश्‍चयता भएको हुनाले तिनीहरू निरुत्साही भए । तिनीहरू त्यहाँ गए, तर तिनीहरू धोकामा परे ।
JOB 6:21 किनकि अब तपाईं मित्रहरू त मेरा लागि केही होइन । तपाईंहरू मेरो डरलाग्दो अवस्था देख्‍नुहुन्‍छ र डराउनुहुन्‍छ ।
JOB 6:22 के मैले तपाईंलाई यसो भनें, 'मलाई केही कुरा दिनुहोस् ?' अथवा ‘आफ्‍नो धन-सम्पत्तिबाट मलाई एउटा उपहार दिनुहोस् ?’
JOB 6:23 अथवा ‘मलाई मेरा वैरीको हातबाट बचाउनुहोस् ?' अथवा 'मेरो थिचोमिचो गर्नेहरूको हातबाट मलाई मोल तिरेर छुटाउनुहोस् ?'
JOB 6:24 मलाई सिकाउनुहोस्, र म आफू शान्‍त रहनेछु । मैले कहाँ गल्ती गरें, मलाई प्रष्‍ट पार्नुहोस् ।
JOB 6:25 इमानदार वचन कति पीडादयक हुन्छन्! तर तपाईंका तर्कहरू, कसरी तिनले मलाई साँच्‍चै हप्काउँछन् र ?
JOB 6:26 मेरा वचनलाई बेवास्ता गर्ने योजना गर्नुहुन्‍छ, निराश मानिसका वचनलाई बतासझैं तपाईं गर्नुहुन्‍छ ?
JOB 6:27 वास्तवमा, तपाईं अनाथको लागि चिट्ठा हाल्‍नुहुन्‍छ, र बेच्ने सामनझैं आफ्नो मित्रको मूल्‍य तोक्‍नुहुन्‍छ ।
JOB 6:28 त्यसकारण अब कृपया मलाई हेर्नुहोस्, किनकि म निश्‍चय नै तपाईंको सामु झुट बोल्दिनँ ।
JOB 6:29 मेरो बिन्ती छ, कोमल हुनुहोस् । तपाईंसित कुनै अन्याय नहोस् । वास्तवमै कोमलो हुनुहोस्, किनकि मेरो समस्‍या न्‍यायोचित छ ।
JOB 6:30 के मेरो जिब्रोमा खराबी छ र ? के मेरा मुखले दूर्भावपूर्ण कुराहरू छुट्ट्याउन सक्दैन र ?
JOB 7:1 के मानिसले पृथ्वीमा कठिन परिश्रम गर्दैन र ? के उसका दिन ज्यालादारी मानिसका दिनजस्तै हुँदैनन् र ?
JOB 7:2 एउटा दासले उत्‍सुकतासाथ साँझको छायाको इच्छा गरेझैं, एक जना ज्यालादारीले आफ्नो ज्यालाको आशा गर्छ ।
JOB 7:3 यसरी मलाई दुःखका महिनाहरू सहन लगाइएको छ । मलाई कष्‍टले भरिएका रातहरू दिइएका छन् ।
JOB 7:4 म पल्टिदाँ म आफैलाई भन्छु, 'म कहिले ब्युँझनेछु, र रात कहिले बित्‍नेछ ?' मिरमिरे उज्यालो नहुञ्जेल म यताउता छटपटाउँछु ।
JOB 7:5 मेरो शरीर किराहरू र धूलोको डल्‍लाहरूले ढाकिएको छ । मेरो जीउका खटिरा टन्‍किन्‍छन्, र फुट्‍छन् र पिप बग्‍छन् ।
JOB 7:6 मेरा दिनहरू सिलाउनेको चक्‍काभन्दा चाँडो बित्छन् । ती आशाविनै बितेर जान्छन् ।
JOB 7:7 हे परमेश्‍वर, मेरो जीवनलाई केवल एक सास सम्झनुहोस् । मेरो आँखाले फेरि असल देख्‍न पाउनेछैन ।
JOB 7:8 मलाई हेर्ने परमेश्‍वरका आँखाले फेरि मलाई हेर्ने छैन । परमेश्‍वरका आँखा ममाथि हुनेछ, तर मेरो अस्‍तत्‍व हुनेछैन ।
JOB 7:9 जसरी बादल फट्छ र हराएर जान्‍छ, त्यसरी नै चिहानमा जाने फेरि फर्केर आउनेछैन ।
JOB 7:10 ऊ फेरि आफ्नो घरमा फर्कनेछैन, न त उसको ठाउँले फेरि उसलाई चिन्‍नेछ ।
JOB 7:11 त्यसकारण म आफ्‍नो मुख बन्‍द गर्दिन । म आफ्‍नो आत्माको वेदनामा बोल्नेछु । म आफ्‍नो प्राणको तिक्ततामा गनगन गर्नेछु ।
JOB 7:12 तपाईंले ममाथि रक्षक राख्‍नलाई, के म समुद्र वा समुद्रको राक्षस हुँ र ?
JOB 7:13 जब म भन्‍छु, 'मेरो ओछ्यानले मलाई सान्त्वना दिनेछ, र मेरो खाटले मेरो गुनासोलाई चैन दिन्छ,'
JOB 7:14 तब तपाईंले सपनाहरूले मलाई तर्साउनुहुन्छ र दर्शनहरूद्वारा मलाई आतङ्कित पार्नुहुन्छ,
JOB 7:15 जसले गर्दा मेरा यी हड्‍डीलाई जोगाउनुभन्दा, बरु घाँटी च्‍याप्‍ने कुरा र मृत्युलाई रोज्छु ।
JOB 7:16 म मेरो जीवनलाई घृणा गर्छु । म सधैँ जिउने इच्छा गर्दिनँ । मलाई एक्‍लै छोडिदिनुहोस्, किनकि मेरा दिनहरू व्‍यर्थ छन् ।
JOB 7:17 मानिस के हो र तपाईंले उसको ख्याल राख्‍नुपर्ने, तपाईंले आफ्नो मनलाई उसमा लगाउनुपर्ने,
JOB 7:18 हरेक बिहान तपाईंले उसको हेरचाह गर्नुपर्ने, हरेक क्षण उसको जाँच गर्नुपर्ने ?
JOB 7:19 तपाईंले आफ्‍ना आँखा मबाट कहिले हटाउनुहुन्‍छ, आफ्‍नो थुक निल्न मलाई तपाईंले कहिले एक्‍लै छोड्नुहुन्‍छ ?
JOB 7:20 मैले पाप नै गरेको भए पनि, हे मानिसलाई हेर्नुहुने, त्‍यसले तपाईंलाइ के हुन्‍छ त ? तपाईंले मलाई किन निसाना बनाउनुभएको छ जसको कारण म तपाईंको लागि बोझ छु ?
JOB 7:21 किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्‍न र मेरो अधर्म हटाउनुहुन्‍न ? अब म धूलोमा पल्टनेछु । तपाईंले मलाई ध्‍यानपूर्वक खोज्नुहुनेछ, तर मेरो अस्‍तित्‍व रहनेछैन ।”
JOB 8:1 तब बिल्दाद शुहीले जवाफ दिए र भने,
JOB 8:2 “तपाईं कहिलेसम्म यी कुरा भन्‍नुहुन्छ ? कहिलेसम्म तपाईंको मुखका वचन शक्तिशाली बतास हुनेछन् ?
JOB 8:3 के परमेश्‍वरले न्यायमा रोक लगाउनुहुन्‍छ र ? के सर्वशक्तिमान्‌ले धार्मिकतामा रोक लगाउनुहुन्छ र ?
JOB 8:4 तपाईंका छोराछोरीले उहाँको विरुद्धमा पाप गरेका छन् । हामी यो जान्‍दछौं, किनकि उहाँले तिनीहरूलाई आफ्‍नै पापमा मर्न दिनुभयो ।
JOB 8:5 तर मानौँ, तपाईंले परमेश्‍वरलाई बडो मेहनत गरेर खोज्नुभयो, अनि आफ्नो बिन्ती सर्वशक्तिमान्‌लाई चढाउनुभयो ।
JOB 8:6 तपाईं शुद्ध र सोझो हुनुहुन्छ भने, उहाँले निश्‍चय पनि तपाईंको पक्ष लिनुहुन्‍छ, र तपाईंको उचित स्थानमा तपाईंलाई पुनर्स्थापित गर्नुहुन्‍छ ।
JOB 8:7 तपाईंको सुरुआत् सानो भए तापनि, तपाईंको आखिरी अवस्था महान् हुन्‍छ ।
JOB 8:8 कृपया पहिलेका पुस्ताहरूलाई सोध्‍नुहोस्, र हाम्रा पुर्खाहरूले सिकेका कुरामा आफ्‍नो ध्यान लगाउनुहोस् ।
JOB 8:9 (हामी हिजो मात्र जन्मियौं र हामी केही जन्‍दैनौं, किनकि पृथ्वीमा हाम्रा दिनहरू छाया मात्र हो ।)
JOB 8:10 के तिनले तपाईंलाई सिकाउने र भन्‍ने छैनन् र ? के तिनले आफ्ना हृदयहरूबाट वचन बोल्ने छैनन् ?
JOB 8:11 के दलदल नभएको ठाउँमा नर्कट उम्रन्छ ? के पानीविना निगालाहरू बढ्छन् ?
JOB 8:12 ती अझै हरिया छँदै र नकाटकै बेलामा, अरू कुनै बिरुवाभन्दा पहिले नै ती सुक्‍छन् ।
JOB 8:13 परमेश्‍वरलाई बिर्सनेहरू सबैका मार्गहरू पनि त्यस्तै हुन्‍छन् । ईश्‍वरहीनको आशा नष्‍ट हुन्‍छन् ।
JOB 8:14 उसको दृढता टुक्राटुक्रा हुनेछन्, र उसको भरोसा माकुरोको जालझैं कमजोर हुन्छ ।
JOB 8:15 ऊ आफ्नो घरमा अडेल लग्‍छ, तर त्‍यसले उसलाई थाम्दैन । उसले त्‍यसमा समात्छ, तर यो अडिंदैन ।
JOB 8:16 घामको मुनि त्‍यो हरियो हुन्छ, र त्‍यसका पालुवाहरू त्‍यसको सारा बगैँचामा फैलिन्‍छ ।
JOB 8:17 त्‍यसका जराहरू ढुङ्गाको थुप्रो वरिपरि बेरिन्छन् । तिनले चट्टानहरूका बिचमा राम्रा ठाउँहरू खोज्छन् ।
JOB 8:18 तर यो व्यक्ति आफ्नो ठाउँ बाहिर नष्‍ट भयो भने, तब त्यो ठाउँले उसलाई इन्कार गर्नेछ र भन्‍नेछ, 'मैले तँलाई कहिल्यै देखिनँ ।'
JOB 8:19 हेर्नुहोस्, त्यस्तो व्यक्तिको व्यवहारको 'आनन्द' यही हो । त्यसको ठाउँमा उही माटोबाट अन्य बिरुवाहरू उम्रनेछन् ।
JOB 8:20 हेर्नुहोस्, परमेश्‍वरले निर्दोष मानिसलाई फाल्‍नुहुन्‍न, न त उहाँले दुष्‍ट काम गर्नेहरूका हातलाई मदत गर्नुहुन्छ ।
JOB 8:21 तर पनि उहाँले तपाईंको मुखमा हाँसो, र तपाईंको ओठमा आनन्‍दको सोरले भर्नुहुनेछ ।
JOB 8:22 तपाईंलाई घृणा गर्नेहरू लाजले ढाकिनेछन् । दुष्‍टको पाल फेरि रहनेछैन ।”
JOB 9:1 तब अय्यूबले जवाफ दिए र भने,
JOB 9:2 “यो यस्‍तै हो भनी म साँच्‍चै जान्दछु । तर एक व्यक्ति कसरी परमेश्‍वसित ठिक हुन सक्छ ?
JOB 9:3 उसले परमेश्‍वरसित तर्क गर्न चाह्यो भने, उसले हजारपल्टमा एकपल्ट पनि जवाफ दिन सक्दैन ।
JOB 9:4 परमेश्‍वर हृदयमा बुद्धिमान् र बलमा शक्तिशाली हुनुहुन्छ । उहाँको विरुद्धमा कसले आफूलाई कहिलै कठोर पारेको अनि सफल भएको छ र ?
JOB 9:5 जब उहाँले आफ्नो क्रोधमा पर्वतहरूलाई पल्टाउनुहुन्‍छ, तब उहाँले कसैलाई चेताउनी नदिइएर ती हटाउनुहुन्छ ।
JOB 9:6 उहाँले पृथ्वीलाई यसको आफ्नो ठाउँबाट हल्लाउनुहुन्छ, र यसका टेकाहरूलाई कँपाउनुहुन्छ ।
JOB 9:7 उहाँ उही परमेश्‍वर हुनुहुन्छ जसले सूर्यलाई नउदाउन भन्‍नुहुन्‍छ, र त्‍यो उदाउँदैन, र जसले ताराहरूलाई ढाक्‍नुहुन्छ,
JOB 9:8 जो आफैले आकाशलाई तन्‍काउनुहुन्छ, र समुद्रका छालहरूलाई कुल्चिनुहुन्छ,
JOB 9:9 उहाँले सप्‍तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारापुञ्जहरू बनाउनुहुन्छ ।
JOB 9:10 उहाँले महान् र अगम्‍य कुराहरू, अनि अनगिन्ती उदेकका कामहरू गर्नुहुन्छ ।
JOB 9:11 हेर, उहाँ मेरो छेउबाट जानुहुन्छ, र पनि म उहाँलाई देख्दिनँ । उहाँ आफ्नो बाटो हिंड्नुहुँदा मलाई पत्तै हुँदैन ।
JOB 9:12 उहाँले कुनै कुरो खोस्‍नुभयो भने कसले उहाँलाई रोक्‍न सक्छ ? कसले उहाँलाई भन्‍न सक्छ, 'तपाईं के गर्दै हुनुहुन्छ ?'
JOB 9:13 परमेश्‍वरले आफ्नो रिस रोक्‍नुहुन्‍न । राहाबका सहयोगीहरू उहाँको मुनि झुक्छन् ।
JOB 9:14 कति थोरै जवाफ मैले उहाँलाई दिन सक्छु, उहाँसित तर्क गर्न म शब्दहरू छान्‍न सक्छु र ?
JOB 9:15 म धर्मी भए तापनि मैले उहाँलाई जवाफ दिन सक्‍दिन । मेरा न्यायकर्तासँत मैले कृपाको लागि बिन्ती मात्र चढाउन सक्‍छु ।
JOB 9:16 मैले उहाँलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो भने पनि, उहाँले मेरो आवाज सुन्‍नुभयो भनेर म विश्‍वास गर्दिनँ ।
JOB 9:17 किनकि उहाँले मलाई आँधीले तोड्नुहुन्छ, र विनाकारण मेरा घाउहरू बढाउनुहुन्छ ।
JOB 9:18 उहाँले मलाई फेरि सास फेर्ने दिनुहुन्‍न, तर उहाँले मलाई तिक्तताले भर्नुहुन्छ ।
JOB 9:19 ताकतको विषय हो भने, उहाँ शक्तिशाली हुनुहुन्छ । न्यायको विषय हो भने, कसले उहाँलाई बोलाउन सक्छ ?
JOB 9:20 म ठिक भए पनि मेरो आफ्नै मुखले मलाई दोषी ठहराउँछ । र म दोषरहित भए पनि मेरा वचनले मलाई दोषी प्रमाणित गर्छन् ।
JOB 9:21 म दोषरहित छु, तर अब फेरि म आफ्‍नै बारेमा वास्ता गर्दिनँ । मेरो आफ्नै जीवनलाई म घृणा गर्छु ।
JOB 9:22 यसले मलाई केही फरक पार्दैन । त्यसैले म भन्छु, उहाँले दोषरहित र दुष्‍ट मानिसलाई सँगसँगै नष्‍ट गर्नुहुन्छ ।
JOB 9:23 जब कोर्राले अकस्मात् मार्छ, तब उहाँले निर्दोषहरूको निराशाको उपहास गर्नुहुन्छ ।
JOB 9:24 पृथ्वी दुष्‍ट मानिसको हातमा दिइएको छ । परमेश्‍वरले यसका न्यायकर्ताहरूका मुहार ढाक्‍नुहन्छ । यसो गर्ने उहाँ हुनुहुन्‍न भने त्‍यो को हो त ?
JOB 9:25 मेरा दिनहरू कुद्‍ने दूतभन्दा पनि द्रुत गतिमा दौडन्छन् । मेरा दिनहरू भाग्छन् । तिनले कतै पनि भलो देख्दैनन् ।
JOB 9:26 ती निगालोको डुङ्गाजस्तै चाँडो बगेर छन्, र आफ्नो सिकारलाई वेगसित झम्टने चीलझैं छन् ।
JOB 9:27 आफ्‍ना गुनासाहरूको विषयमा म बिर्सन्छु, आफ्‍नो निराश अनुहार म हटाउँछु र खुसी हुन्छु भनें पनि,
JOB 9:28 आफ्‍ना सबै शोकदेखि म डराउँछु, किनकि तपाईंले मलाई निर्दोष ठहराउनुहुने छैन भनी म जान्‍दछु ।
JOB 9:29 म दोषी ठहराइने छु । तब मैले किन व्यर्थैमा कोसिस गर्ने ?
JOB 9:30 आफैलाई मैले हिउँको पानीले धोएँ, र आफ्‍ना हात अत्यन्तै सफा बनाए पनि,
JOB 9:31 परमेश्‍वरले मलाई हिलैमा फाल्नुहुन्छ, र मेरा आफ्नै लुगाहरूले मलाई घृणा गर्छन् ।
JOB 9:32 किनकि परमेश्‍वर मजस्तै मानिस हुनुहुन्‍न, कि म उहाँलाई जवाफ दिन सकूँ, वा अदालतमा हामी सँगसँगै आउन सकौं ।
JOB 9:33 हाम्रा बिचमा कुनै न्यायधीश छैन, जसले हामी दुवैमाथि आफ्‍ना हात पसार्न सक्छ ।
JOB 9:34 अर्को कुनै न्यायाधीश छैन, जसले परमेश्‍वरको लौरो मबाट हटाउन सक्छ, जसले मलाई भयभीत पार्नबाट उहाँको त्रासलाई रोक्‍न सक्छ ।
JOB 9:35 तब म बोल्‍नेछु र उहाँदेखि डराउँदिनँ, तर अहिलेको जस्ता कुराहरू छन्, म त्यसो गर्न सक्दिनँ ।
JOB 10:1 म आफ्‍नो जीवनदेखि थाकित छु । म आफ्‍नो गुनासो स्‍वतन्‍त्र भएर पोखाउनेछु । म आफ्‍नो प्राणको तिक्ततामा बोल्नेछु ।
JOB 10:2 म परमेश्‍वरलाई भन्‍नेछु, 'मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् । तपाईंले मलाई किन दोष लगाउनुहुन्छ सो देखाउनुहोस् ।
JOB 10:3 आफ्ना हातको कामलाई तुच्छ ठान्‍नलाई, तपाईंले मेरो थिचोमिचो गर्नु असल हो र, जब कि दुष्‍टहरूका योजनाहरूमा तपाईं मुस्‍काउनुहुन्‍छ ?
JOB 10:4 के तपाईंका मासुका आँखा छन् ? के मानिसले झैं तपाईं देख्‍नुहुन्छ ?
JOB 10:5 के तपाईंका दिनहरू मानव-जातिका दिनझैं, वा तपाईंका वर्ष मानिसका वर्षझैं छन्,
JOB 10:6 तपाईंले मेरो अधर्मको जाँचबूझ गर्नुहुन्छ, र मेरो पाप खोज्न गर्नुहुन्छ,
JOB 10:7 म दोषी छैनँ भनी तपाईं जान्‍नुहुन्‍छ, र कोही पनि छैन जसले मलाई तपाईंको हातबाट बचाउन सक्‍छ ?
JOB 10:8 तपाईंकै हातले सबैतिरबाट मलाई आकार दिएर, एकसाथ बनाए, तापनि तपाईंले मलाई नष्‍ट पार्दै हुनुहुन्छ ।
JOB 10:9 म बिन्ती गर्छु, माटोलाई आकार दिएझैं तपाईंले मलाई बनाउनुभएको कुरा सम्‍झनुहोस् । के तपाईंले मलाई फेरि धूलोमा नै पुर्‍याउनुहुन्छ ?
JOB 10:10 के तपाईंले मलाई दूधझैं खन्याउनुभएको छैन, अनि पनीरझैं जमाउनुभएको छैन ?
JOB 10:11 तपाईंले मलाई छाला र मासुले ढाक्‍नुभएको छ, अनि हड्‍डी र नसाहरूले एकसाथ गाँस्‍नुभएको छ ।
JOB 10:12 तपाईंले मलाई जीवन र करारको विश्‍वस्तता दिनुभएको छ । तपाईंको मदतले मेरो आत्माको रक्षा भएको छ ।
JOB 10:13 तापनि यी कुरा तपाईंले आफ्नै हृदयमा लुकाउनुभयो । तपाईंले यस्तो सोच्दै हुनुहुन्थ्यो भनी म जान्‍दछुः
JOB 10:14 मैले पाप गरें भने तपाईंले त्‍यो ख्याल गर्नुहुन्‍छ । तपाईंले मलाई मेरो अधर्मबाट छोड्नुहुन्‍न ।
JOB 10:15 मैले दुष्‍टतासाथ काम गरेको भए, मलाई धिक्‍कार छ ! र मैले धार्मिकतासाथ काम गरे पनि, मैले आफ्‍नो शिर ठाडो पार्न सकिनँ, किनकि म अपमानले भरिएको छु— मेरो कष्‍ट हेर्नुहोस् ।
JOB 10:16 मेरो शिर ठाडो पारिएको भए, सिंहले झैं तपाईंले मलाई सिकार बनाउनुहुन्‍थ्‍यो । अनि तपाईंले फेरि पनि मेरो विरुद्धमा शक्तिका आश्‍चर्यपूर्ण कामहरूले आफूलाई देखाउनुहुन्‍थ्‍यो ।
JOB 10:17 तपाईंले मेरो विरुद्धमा नयाँ साक्षीहरू ल्याउनुहुन्छ, र मेरो विरुद्धमा आफ्नो रिस बढाउनुहुन्छ । तपाईंले मलाई नयाँ फौजले आक्रमण गर्नुहुन्छ ।
JOB 10:18 त्यसो भए, तपाईंले मलाई किन गर्भबाट बाहिर ल्याउनुभएको छ ? मैले आफ्‍नो आत्मा त्यागेको भए, अनि कसैले कहिल्यै मलाई नदेखेको भए हुन्‍थ्‍यो ।
JOB 10:19 म कहिल्यै अस्तित्वमा नभएजस्तो हुन्‍थें । म गर्भबाट नै चिहानमा लगिन्‍थें ।
JOB 10:20 के मेरा दिनहरू थोरै मात्र छैनन् र ? त्यसो भए, रोक्‍नुहोस्, मलाई नसताउनुहोस् जसले गर्दा केही क्षण म आराम गर्न सकूँ,
JOB 10:21 जहाँबाट म कहिलै फर्कन्‍न त्‍यहाँ जानुअगि, अन्धकारको देश र मृत्युको छायामा,
JOB 10:22 मध्यरात जस्‍तै अँध्यारो देशमा, कुनै नियमबिनाको, मृत्युको छायाको देशमा, जहाँ उज्‍यालो नै मध्यरातजस्तो हुन्‍छ ।’”
JOB 11:1 सोपर नमातीले जवाफ दिए र यसो भने,
JOB 11:2 “यति धेरै शब्‍दका जवाफ दिनुहुँदैन र ? धेरै बोल्‍ने यी मानिसलाई विश्‍वास गर्नुपर्छ र ?
JOB 11:3 तपाईंको अहङ्कारले अरूलाई मौन बनाउनुपर्छ र ? तपाईंले खिसी गर्नुहुँदा, कसैले तपाईंलाई लाजमा पार्नेछैन र ?
JOB 11:4 किनकि तपाईं परमेश्‍वरलाई भन्‍नुहुन्छ, 'मेरो विश्‍वास शुद्ध छ; तपाईंको दृष्‍टिमा म दोषरहित छु ।'
JOB 11:5 तर परमेश्‍वर बोल्‍नुभए हुन्‍थ्‍यो, र तपाईंको विरुद्धमा आफ्नो ओठ खोल्‍नुभए हुन्‍थ्‍यो ।
JOB 11:6 उहाँले तपाईंलाई बुद्धिका रहस्यहरू देखाउनुहुन्‍थ्‍यो । किनकि समझशक्तिमा उहाँ महान् हुनुहुन्छ । तपाईंको अधर्मले पाउनेभन्दा थोरै दण्‍ड परमेश्‍वरले तपाईं दिनुहुन्छ भनी जान्‍नुहोस् ।
JOB 11:7 परमेश्‍वरलाई खोजेर तपाईंले उहाँलाई बुझ्न सक्‍नुहुन्छ ? सर्वशक्तिमान्‌लाई तपाईं सिद्ध रूपमा बुझ्‍न सक्‍नुहुन्छ ?
JOB 11:8 यो विषय स्वर्गजत्तिकै अग्लो छ । तपाईंले के गर्न सक्‍नुहुन्छ ? यो पातालभन्दा गहिरो छ । तपाईंले के जान्‍न सक्‍नुहुन्छ ?
JOB 11:9 यसको नाप पृथ्वीभन्दा लामो छ, र समुद्रभन्दा चौडा छ ।
JOB 11:10 उहाँ आउनुहुन्‍छ र कसैलाई थुन्‍नुहुन्‍छ, र कसैलाई इन्‍साफको लागि बोलाउनुहुन्‍छ भने, कसले उहाँलाई रोक्‍न सक्छ र ?
JOB 11:11 किनकि झुटा मानिसहरूलाई उहाँले चिन्‍नुहुन्छ । जब उहाँले अधर्म देख्‍नुहुन्‍छ, तब उहाँले त्‍यो ख्याल गर्नुहुन्‍न र ?
JOB 11:12 तर मूर्ख मानिसहरूको समझशक्ति हुँदैन । जङ्गली गधाले मानिसलाई जन्म दिंदा तिनीहरूले यो प्राप्‍त गर्छन् ।
JOB 11:13 तर मानौँ, तपाईंले आफ्नो हृदय ठिक राखेको भए, र आफ्ना हात परमेश्‍वरतिर फैलाएको भए,
JOB 11:14 मानौँ, अधर्म तपाईंको हातमा थियो, तर त्‍यसलाई तपाईंले आफूबाट टाढा पुर्‍याएको भए, अनि तपाईंका पालहरूभित्र अधार्मिकतालाई बस्‍न नदिएको भए ।
JOB 11:15 तब तपाईंले निश्‍चय पनि लाजको सङ्केतबिना नै आफ्नो अनुहार उठाउनुहुन्‍थ्‍यो । वास्तवमा तपाईं दृढ बन्‍नुहुन्‍थ्‍यो र डराउनुहुने थिएन ।
JOB 11:16 तपाईंले आफ्नो दुःख बिर्सनुहुन्‍थ्‍यो । तपाईंले त्‍यसलाई बगेर गएको पानीलाई झैं मात्र सम्झनुहुन्‍थ्‍यो ।
JOB 11:17 तपाईंको जीवन मध्यदिनको भन्दा चम्किलो हुन्‍थ्‍यो । त्‍यहाँ अँध्यारो भए पनि, त्‍यो बिहानजस्तै हुन्‍थ्‍यो ।
JOB 11:18 त्‍यहाँ आशा भएको हुनाले तपाईं सुरक्षित रहनुहुन्‍थ्‍यो । वास्तवमा तपाईंले आफ्नो सुरक्षा पाउनुहुन्‍थ्‍यो र तपाईंको विश्राम सुरक्षित हुन्‍थ्‍यो ।
JOB 11:19 साथै, तपाईं विश्राममा पल्टनुहुन्‍थ्‍यो, र कसैले तपाईंलाई भयभीत पार्दैनथ्‍यो । वास्तवमा धेरैले तपाईंको निगाह खोज्‍थे ।
JOB 11:20 तर दुष्‍ट मानिसहरूका आँखा चुक्‍नेछन् । भाग्‍नलाई तिनीहरूको कुनै बाटो हुनेछैन । तिनीहरूको एक मात्र आशा जीवनको आखिरी सुस्केरा हुनेछ ।”
JOB 12:1 तब अय्यूबले जवाफ दिए र भने,
JOB 12:2 “निस्सन्देह तपाईंहरू मानिस हुनुहुन्छ । बुद्धि तपाईंहरूसितै मर्नेछ ।
JOB 12:3 तर तपाईंहरूसित भएझैं मसित पनि समझशक्ति छ । म तपाईंहरूभन्दा कम छैनँ । वास्तवमा यस्ता कुराहरू कसले जान्दैन र ?
JOB 12:4 म आफ्‍नो छिमेकीको हाँस्‍ने कुरा भएको छु, मैले परमेश्‍वरमा पुकारा गरें अनि उहाँले मलाई जवाफ दिनुभयो । म न्यायी र दोषरहित मानिस— अहिले म हाँस्‍ने कुरा भएको छु ।
JOB 12:5 चैनमा बस्‍नेको विचारले दुर्भाग्यलाई घृणा गरिन्छ । चिप्‍लेकाहरूलाई अझै बढी दुर्भाग्य ल्याउने गरी उसले विचार गर्छ ।
JOB 12:6 डाँकुहरूका पालको उन्‍नति हुन्छ, र परमेश्‍वरलाई रिस उठाउनेहरूले सुरक्षित महसुस गर्छन् । तिनीहरूका आफ्नै हात तिनीहरूका ईश्‍वर हुन् ।
JOB 12:7 तर अब जङ्गली पशुहरूलाई सोध्‍नुहोस्, र तिनीहरूले तपाईंलाई भन्‍नेछन् । आकाशका चराहरूलाई सोध्‍नुहोस्, र तिनीहरूले तपाईंलाई बताउनेछन् ।
JOB 12:8 वा पृथ्वीसित बोल्नुहोस्, र त्‍यसले तपाईंलाई सिकाउनेछ । समुद्रका माछाहरूले तपाईंलाई घोषणा गर्नेछन् ।
JOB 12:9 परमप्रभुको हातले नै यसो गरेको हो भनेर, यी सबैमध्ये कुनचाहिं प्राणीले जान्दैन र ?
JOB 12:10 उहाँकै हातमा हरेक जीवित प्राणीको जीवन, अनि सारा मानव-जातिको सास छ ।
JOB 12:11 जिब्रोले खानाको स्वाद लिएझैं, के कानले वचनको जाँच गर्दैन र ?
JOB 12:12 पाका मानिसहरूसित बुद्धि हुन्छ । लामो आयुमा समझशक्ति हुन्छ ।
JOB 12:13 परमेश्‍वरसित बुद्धि र शक्ति छन् । उहाँसित सल्लाह र समझशक्ति छन् ।
JOB 12:14 हेर्नुहोस्, उहाँले तोड्नुहुन्‍छ, त्‍यसलाई फेरि निर्माण गर्न सकिँदैन । उहाँले कसैलाई कैद गर्नुहुन्‍छ भने, त्यहाँ छुटकारा हुँदैन ।
JOB 12:15 हेर्नुहोस्, उहाँले पानीलाई रोक्‍नुभयो भने, ती सुक्छन् । अनि उहाँले त्यसलाई पठाउनुहुन्‍छ भने, तिनले जमिनलाई डुबाउँछ ।
JOB 12:16 उहाँसित ताकत र बुद्धि छन् । धोका दिने र धोका खानेहरू दुवै मानिसहरू उहाँको शक्तिमा हुन्‍छन् ।
JOB 12:17 उहाँले सल्लाहकारहरूलाई शोकमा पारेर नाङ्गै खुट्टा हिंडाउनुहुन्छ । उहाँले न्यायाधीशहरूलाई मूर्ख बनाउनुहुन्छ ।
JOB 12:18 उहाँले राजाहरूको उच्‍च अधिकार खोस्‍नुहुन्‍छ । उहाँले तिनीहरूको कम्मरमा पटुका बेर्नुहुन्छ ।
JOB 12:19 उहाँले पुजारीहरूलाई शोकमा नाङ्गै खुट्टा हिंडाउनुहुन्छ, र शक्तिशाली मानिसहरूलाई फाल्‍नुहुन्छ ।
JOB 12:20 उहाँले भरोसायोग्य बोलीलाई हटाउनुहुन्छ, र समझशक्तिलाई धर्म-गुरुहरूबाट टाढा पुर्‍याउनुहुन्छ ।
JOB 12:21 उहाँले राजकुमारहरूमाथि निन्दा खन्याउनुहुन्छ, र बलिया मानिसहरूको पेटी फुकाल्‍नुहुन्छ ।
JOB 12:22 उहाँले अन्धकारका गहिरा कुराहरू प्रकट गर्नुहुन्छ, र अँध्‍यारो छायामा ज्योति ल्याउनुहुन्छ ।
JOB 12:23 उहाँले जातिहरूलाई बलियो पार्नुहुन्छ, र उहाँले नै तिनीहरूलाई नष्‍ट गर्नुहुन्छ । उहाँले जातिहरूलाई बिस्तार गर्नुहुन्छ, र उहाँले नै तिनीहरूलाई कैदी बनाएर लैजानुहुन्छ ।
JOB 12:24 उहाँले पृथ्वीका मानिसहरूका अगुवाहरूबाट समझशक्ति हटाउनुहुन्छ । उहाँले तिनीहरूलाई उजाड-स्थानमा भौंतारिन लगाउनुहुन्छ जहाँ कुनै बाटो हुँदैन ।
JOB 12:25 उज्यालोविना अन्धकारमा तिनीहरू छामेर हिंड्छन् । उहाँले तिनीहरूलाई मातेको मान्छैझै धर्मराउने बनाउनुहुन्छ ।
JOB 13:1 हेर्नुहोस्, मेरो आँखाले यो सबै देखेका छन् । मेरो कानले यसलाई सुनेको छ, र बुझेको छ ।
JOB 13:2 तपाईंहरू जे जान्‍नुहुन्छ, म त्यो जान्दछु । म तपाईंहरूभन्दा कम छैनँ ।
JOB 13:3 तापनि, बरु म सर्वशक्तिमान्‌सित बोल्‍छु । म परमेश्‍वरसित तर्क गर्ने इच्छा गर्छु ।
JOB 13:4 तर तपाईंहरू झुटले सत्यलाई लुकाउनुहुन्छ । तपाईंहरू सबै जना तुच्‍छ वैद्यहरू हुनुहुन्छ ।
JOB 13:5 तपाईंहरू सबैजना सँगै चूप लाग्‍नुहोस् । त्यो नै तपाईंहरूको बुद्धि हुन्‍छ ।
JOB 13:6 अब मेरो आफ्नै तर्क सुन्‍नुहोस् । मेरो आफ्नै ओठको बिन्तीलाई सुन्‍नुहोस् ।
JOB 13:7 परमेश्‍वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ र ? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ र ?
JOB 13:8 उहाँलाई तपाईंहरू पक्षपात गर्नुहुनेछ र ? परमेश्‍वरको लागि तपाईंहरू मुद्दाको बहस गर्नुहुनेछ र ?
JOB 13:9 उहाँले तपाईंहरूको खोजी गर्नुहुँदा तपाईंहरूको भलो हुनेछ त ? तपाईंहरूले मानिसहरूलाई छल गरेझैं उहाँलाई छल गर्न सक्‍नुहुन्छ र ?
JOB 13:10 तपाईंहरूले गुप्‍तमा पक्षपात गर्नुभयो भने, उहाँले निश्‍चय नै तपाईंहरूलाई हप्काउनुहुन्‍छ ।
JOB 13:11 उहाँको वैभवले तपाईंहरूलाई आतङ्कित पार्दैन र ? उहाँको डर तपाईंहरूमाथि पर्दैन र ?
JOB 13:12 तपाईंहरूका सम्झनलायक भनाइहरू खरानीले बनेका उखानहरू हुन् । तपाईंहरूका सुरक्षा माटोले बनेका सुरक्षा हुन् ।
JOB 13:13 तपाईंहरू चूप लाग्‍नुहोस्, यसैले कि म बोल्‍न सकूँ । मलाई जे हुनु छ होस् ।
JOB 13:14 म आफ्नो जीवनलाई खतरामा हाल्नेछु । म आफ्‍नो जीवनलाई आफ्‍नो हातमा लिनेछु ।
JOB 13:15 हेर्नुहोस्, उहाँले मलाई मार्नुहुन्‍छ भने, ममा कुनै आशा बाँकी रहनेछैन । तापनि उहाँको सामु म आफ्‍ना मार्गको बचाउ गर्नेछु ।
JOB 13:16 यो नै मेरो छुटकाराको कारण हुनेछ, किनकि ईश्‍वरहीन व्यक्ति उहाँको सामु आउँदैन ।
JOB 13:17 हे परमेश्‍वर, मेरो कुरा ध्‍यानले सुन्‍नुहोस् । मेरो घोषणा तपाईंका कानमा पुगोस् ।
JOB 13:18 हेर्नुहोस्, आफ्‍नो बचाउ मेलै गरेको छु । म निर्दोष छु भनी म जान्‍दछु ।
JOB 13:19 मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ ? तपाईंहरू त्यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्‍छु, र आफ्‍नो जीवन दिन्‍छु ।
JOB 13:20 हे परमेश्‍वर, मेरो निम्‍ति दुईवटा कुरा मात्र गर्नुहोस्, अनि म आफूलाई तपाईंको सामुबाट लुकाउनेछैनँ ।
JOB 13:21 आफ्‍नो अत्याचारको हात मबाट निकाल्नुहोस्, अनि तपाईंका त्रासहरूले मलाई नतर्साउनुहोस् ।
JOB 13:22 तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्‍नेछु र तपाईंले जवाफ दिनुहोस् ।
JOB 13:23 मेरा अधर्म र पाप कति धेरै छन् ? मेरो अपराध र मेरो पापको जानकारी मलाई दिनुहोस् ।
JOB 13:24 आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्‍छ, अनि मलाई आफ्नो शत्रुजस्‍तो व्यवहार किन गर्नुहुन्छ ?
JOB 13:25 तपाईंले एउटा उडेको पातलाई सताउनुहुन्‍छ र ? तपाईं सुकेका झारपातको पछि जानुहुन्‍छ र ?
JOB 13:26 किनकि मेरो विरुद्धमा तपाईंले तिक्‍त कुराहरू लेख्‍नुहुन्छ । मेरो युवावस्थाका अधर्म प्राप्‍त गर्ने तपाईंले मलाई बनाउनुहुन्छ ।
JOB 13:27 तपाईंले मेरो खुट्टालाई ठिंगुरोमा हाल्नुहुन्छ । तपाईंले मेरा सबै मार्गलाई नजिकबाट हेर्नुहुन्छ । मेरो खुट्टाको पैतालाले टेकेको जमिनलाई तपाईंले जाँच्‍नुहुन्छ ।
JOB 13:28 यद्यपि म खेर जाने सडेगलेको कुराजस्‍तै, किराहरूले खाएको एउटा वस्‍त्रजस्‍तै छु ।
JOB 14:1 स्‍त्रीबाट जन्मेको मानिस थोरै दिन बाँच्‍छ, अनि दुखैदुखले भरिएको हुन्छ ।
JOB 14:2 ऊ फुलझैं जमिनबाट उम्रिन्‍छ र काटिन्छ । ऊ छायाझैं भाग्छ, र रहँदैन ।
JOB 14:3 के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ ?
JOB 14:4 अशुद्ध कुराबाट कसले शुद्ध कुरा ल्याउन सक्छ र ? कसैले सक्दैन ।
JOB 14:5 मानिसको दिनहरू निर्धारित छन् । उसका महिनाहरूका सङ्ख्या तपाईंसितै छन् । तपाईंले उसका सिमाहरू तोक्‍नुभएको छ, जसलाई उसले नाघ्न सक्दैन ।
JOB 14:6 ऊबाट आफ्नो दृष्‍टि हटाउनुहोस्, यसैले कि उसले विश्राम पाओस्, यसरी उसले सक्‍छ भने, ज्यालाको मानिस झैं आफ्नो दिनमा रमाउन सकोस् ।
JOB 14:7 एउटा रुखको लागि आशा हुन सक्छ । त्‍यो काटियो भने, त्‍यो फेरि पलाउन सक्‍छ, जसको कारणले त्‍यसका कोमल पालुवा लोप हुँदैनन् ।
JOB 14:8 त्‍यसको जरा जमिनभित्र बुढो हुन्‍छ, त्‍यसको फेद जमिनमा मर्छ,
JOB 14:9 तापनि त्‍यसले पानीको ओस मात्र पायो भने, त्यो फेरि पलाउँछ, र रुखले झैं हाँगाहरू फिंजाउँछ ।
JOB 14:10 तर मानिसचाहिं मर्छ । त्यो कमजोर हुन्छ । वास्तवमा मानिसले सास फेर्न छोड्छ र फेरि ऊ कहाँ हुन्छ ?
JOB 14:11 जसरी एउटा तलाउबाट पानी लोप हुन्छ, र जसरी नदीको पानी घट्छ र सुक्छ,
JOB 14:12 त्यसरी नै मानिसहरू ढल्‍किन्छन्, र फेरि उठ्दैनन् । आकाशहरू लोप नभएसम्म तिनीहरू ब्युँझने छैनन्, न त तिनीहरू आफ्‍ना निद्राबाट उठ्नेछन् ।
JOB 14:13 दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्‍छ, र तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्‍तमा राख्‍नुहुन्‍छ, र त्यहाँ म रहने समय तपाईंले तोक्‍नुहुन्‍छ, र मलाई याद गर्नुहुन्‍छ ।
JOB 14:14 एक जना मानिस मर्‍यो भने, के ऊ फेरि बाँच्‍नेछ र ? त्यसो हो भने, मेरो छुटकारा नआएसम्म, मेरा सबै दुखको समयमा म त्‍यहाँ पर्खेर बिताउन चाहान्‍छु ।
JOB 14:15 तपाईंले मलाई बोलाउनुहुन्‍छ, र म जवाफ दिन्‍छु । आफ्‍नो हातको कामको लागि तपाईंको इच्छा हुन्‍छ ।
JOB 14:16 तपाईंले मेरा पाइला गन्‍नुहुन्‍छ, र वास्ता गर्नुहुन्‍छ । तपाईंले मेरो पापको लेखा राख्‍नुहुन्‍न ।
JOB 14:17 मेरो अपराध थैलोमा बन्‍द गरिन्‍छ । तपाईंले मेरो अधर्म ढाक्‍नुहुन्‍छ ।
JOB 14:18 तर पहाडहरू खस्‍छन् र कतै पुग्‍दैनन्, चट्टानहरू आफ्नो ठाउँबाट हटेर जान्‍छन्,
JOB 14:19 नदीहरूले ढुङ्गाहरूलाई खियाउँछन्, तिनीहरूमा भएको बाढीले जमिनको धूलो बगाउँछन्। त्‍यसरी नै तपाईंले मानिसको आशालाई नाश गर्नुहुन्छ ।
JOB 14:20 तपाईंले सधैं उसलाई हराउनुहुन्छ, र ऊ मर्छ । तपाईंले उसको अनुहारको बद्लनुहुन्छ, र उसलाई मर्न दिनुहुन्छ ।
JOB 14:21 उसका छोराहरूको आदर भयो कि भएन भनेर उसलाई जान्‍दैन । र तिनीहरू होच्याइएका छन् कि छैन् उसले त्‍यो देख्दैन ।
JOB 14:22 उसले आफ्नो शरीरको दुखलाई अनुभव गर्छ, र उसले आफ्नै निम्‍ति शोक गर्छ ।
JOB 15:1 तब एलीपज तेमानीले जवाफ दिए र भने,
JOB 15:2 “के बुद्धिमान् मानिसले व्यर्थको ज्ञानले जवाफ दिनू ? र के आफैलाई पूर्वीय बतासले भर्नू ?
JOB 15:3 के उहाँले बेफाइदाका कुराले, अनि आफूले भलो गर्न नसक्‍ने बोलीले तर्क गर्नू ?
JOB 15:4 वास्तवमा तपाईंले परमेश्‍वरको आदर घटाउनुहुन्‍छ । उहाँको भक्तिमा तपाईंले बाधा दिनुहुन्छ ।
JOB 15:5 किनकि तपाईंको अधर्मले तपाईंको मुखलाई सिकाउँछ । धूर्त मानिसको जिब्रो तपाईंले रोज्‍नुभयो ।
JOB 15:6 तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मेरो होइन । वास्तवमा, तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा बोल्‍छ ।
JOB 15:7 जन्मेकामध्ये पहिलो मानिस तपाईं नै हुनुहुन्छ र ? पहाडहरूभन्दा पहिले तपाईंलाई बनाइएको हो र ?
JOB 15:8 तपाईंले परमेश्‍वरको ज्ञानको गुप्‍त कुरा सुन्‍नुभएको छ ? तपाईंले बुद्धिलाई आफूमा मात्रै सीमित गर्नुहुन्छ र ?
JOB 15:9 तपाईंलाई के थाहा छ, जुन हामीलाई थाहा छैन ? तपाईंले के बुझ्‍नुहुन्‍छ, जुन हामीमा पनि नभएको होस् ?
JOB 15:10 कपाल फुलेका र पाका दुवै मानिसहरू हामीसित छन्, जो तपाईंका पिताभन्दा ज्यादै वृद्ध छन् ।
JOB 15:11 परमेश्‍वरको सान्त्वना, तपाईंप्रति कोमल वचनहरू, के ती तपाईं ज्‍यादै तुच्‍छ छन् र ?
JOB 15:12 तपाईंको हृदयले तपाईंलाई किन टाढा लैजान्छ ? तपाईंका आँखा किन चम्किन्छन् ?
JOB 15:13 जसले गर्दा आफ्‍नो आत्मालाई तपाईंले परमेश्‍वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्‍नुहुन्छ ?
JOB 15:14 मानिस के हो र ऊ शुद्ध हुनुपर्‍यो ? स्‍त्रीबाट जन्मेको मानिस को हो जो धर्मी हुनुपर्‍यो ?
JOB 15:15 हेर्नुहोस्, परमेश्‍वरले आफ्ना पवित्र जनमाथि पनि भरोसा राख्‍नुहुन्‍न । वास्तवमा उहाँको दृष्‍टिमा स्वर्ग पनि शुद्ध छैन ।
JOB 15:16 घृणित र भ्रष्‍ट व्‍यक्‍ति झन् कति कम शुद्ध होला, एक जना मानिस जसले अधर्मलाई पानीझैं पिउँछ।
JOB 15:17 म तपाईंलाई देखाउनेछु । मेरो कुरा सुन्‍नुहोस् । मैले देखेका कुराहरू म तपाईंलाई घोषणा गर्नेछु,
JOB 15:18 बुद्धिमान् मानिसहरूले आफ्‍ना पुर्खाहरूबाट हस्‍तान्‍त्रण गरेका कुरा, तिनीहरूका पुर्खाहरूले नलुकाएका कुरा भन्‍नेछु ।
JOB 15:19 यी तिनीहरूका पुर्खाहरू थिए, जसलाई मात्र यो देश दिइएको थियो, र जसका बिचमा कुनै विदेशी बसेन ।
JOB 15:20 दुष्‍टहरू आफ्नो जीवनकालभरि नै दुःखमा पर्छन् । दुःख पाउनलाई अत्याचारीहरूका लागि वर्षका सङ्‍ख्‍या तोकिएका छन् ।
JOB 15:21 उसका कानमा त्रासको सोर सुनिन्छ । उसको उन्‍नति हुँदा नै विनाशक उसमा आउनेछ ।
JOB 15:22 अन्धकारबाट ऊ फर्कनेछ भनी उसले सोच्दैन । तरवारले उसको प्रतीक्षा गर्छ ।
JOB 15:23 ऊ रोटी खोज्‍दै विभिन्‍न ठाउँमा यसो भन्‍दै जान्‍छ, ‘खोई त्‍यो कहाँ छ ?' अन्धकारको समय नजिक आएको छ भनी उसलाई थाहा छ ।
JOB 15:24 निराशा र पीडाले त्यसलाई भयभीत पार्छ । युद्धको लागि तयार राजाझैं उसको विरुद्धमा तिनीहरूले प्रभुत्‍व जमाउँछन् ।
JOB 15:25 परमेश्‍वरको विरुद्धमा उसले आफ्नो हात पसारेको छ, र सर्वशक्तिमान्‌को विरुद्धमा अहङ्कारले व्यवहार गरेको छ,
JOB 15:26 यो दुष्‍ट मानिस हठ, बाक्लो ढाल लिएर, परमेश्‍वरलाई आक्रमण गर्न दौडन्छ ।
JOB 15:27 आफ्‍नो अनुहार आफ्‍नो बोसोले ढाकेको, अनि आफ्‍नो कम्मरमा बोसो जाम्‍मा गरेको भए पनि,
JOB 15:28 र उजाड सहरहरूमा बसेको छ । अहिले कुनै मानिस नबस्‍ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए ।
JOB 15:29 ऊ धनी हुनेछैन । उसको धन-सम्पत्ति टिक्‍नेछैन, र उसका धनदौलत देशमा फैलिनेछैन ।
JOB 15:30 उसले अन्धकारबाट छुटकारा पाउनेछैन । ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ । परमेश्‍वरको मुखको सासले ऊ मर्नेछ ।
JOB 15:31 आफैलाई धोका दिंदै उसले व्यर्थका कुराहरूमा भरोस नगरोस् । किनभने व्यर्थका कुरा त्यसको इनाम हुनेछ ।
JOB 15:32 उसको मर्ने समयभन्दा पहिले नै यसो हुनेछ । उसको हाँगा हरियो हुनेछैन ।
JOB 15:33 नपाकेका अङ्गुर झरेझैं ऊ झर्नेछ । भद्राक्षको बोटबाट फुलहरू झरेझैं ऊ जर्नेछ ।
JOB 15:34 किनकि ईश्‍वरहीन मानिसहरूको समूह बाँझो हुनेछ । तिनीहरूको घुसका पालहरूलाई आगोले भष्‍म पार्नेछ ।
JOB 15:35 तिनीहरूले बदमासी गर्भाधारण गर्छन् र अधर्मलाई जन्म दिन्छन् । तिनीहरूको गर्भले धोकालाई ठाउँ दिन्छ ।
JOB 16:1 तब अय्यूबले जवाफ दिए र भने,
JOB 16:2 “धेरै यस्ता कुराहरू मैले सुनेको छु । सान्‍वना दिने तपाईंहरू सबैले दुःख दिनुहुन्छ ।
JOB 16:3 के व्यर्थका शब्दहरू कहिल्यै अन्त्य हुन्‍छन् कि ? तपाईंहरूलाई के भयो जसले गर्दा तपाईंहरू यसरी जवाफ दिनुहुन्छ ?
JOB 16:4 तपाईंहरू ठाउँमा हुनुहुन्‍थ्‍यो भने, तपाईंहरूले बोलेझैं म पनि बोल्‍न सक्‍थें, तपाईंहरूको विरुद्धमा शब्दहरू जम्मा गर्न र मिलाउन सक्थें, र गिल्ला गर्दै मेरो शिर हल्लाउन सक्थें ।
JOB 16:5 मेरो मुखले तपाईंहरूलाई बलियो पार्थें, र मेरो ओठको बरबरले तपाईंहरूलाई राहत ल्याउँथें ।
JOB 16:6 मैले बोल्‍दा त मेरो शोक कम हुँदैन । मैले बोल्न छाडें भने मलाई कसरी मदत हुन्छ ?
JOB 16:7 तर हे परमेश्‍वर, तपाईंले मलाई थकित पार्नुभएको छ । तपाईंले मेरा सबै परिवारलाई सर्वनाश पार्नुभएको छ ।
JOB 16:8 तपाईंले मलाई सुक्खा पार्नुभएको छ, जसले मेरो विरुद्धमा साक्षी दिन्‍छ । मेरो शरीरको दुब्लोपन मेरो विरुद्धमा खडा हुन्छ, र यसले मेरो अनुहारको विरुद्धमा साक्षी दिन्छ ।
JOB 16:9 परमेश्‍वर क्रोधमा उहाँले मलाई टुक्रा पार्नुभएको, र मलाई सताउनुभएको छ । क्रोधमा उहाँले आफ्नो दाह्रा किट्नुहुन्छ । मेरो शत्रुले मलाई घुरेर हेर्नुहुन्छ ।
JOB 16:10 मानिसहरूले मलाई हेर्दै मुख खोलेर टोलाएका छन् । निन्दाले भरिएर तिनीहरूले मलाई गालामा थप्‍पड हानेका छन् । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भएका छन्।
JOB 16:11 परमेश्‍वरले मलाई ईश्‍वरहीन मानिसहरूका हातमा दिनुहुन्छ, र मलाई दुष्‍ट मानिसहरूका हातमा फाल्‍नुहुन्छ ।
JOB 16:12 म चैनमा थिएँ, अनि उहाँले मलाई लुछ्नुभयो । वास्तवमा, उहाँले मलाई गलहत्त्‍याउनुभएको र टुक्रा-टुक्रा पार्नुभएको छ । उहाँले मलाई आफ्नो निसाना पनि बनाउनुभएको छ ।
JOB 16:13 उहाँका धनुर्धारीहरूले मेरो चारैतिर घेरा हाल्‍छन् । परमेश्‍वरले मेरा मिर्गौला छेड्नुहुन्छ, र मलाई छोड्‍नुहुन्‍न । उहाँले मेरो पित्त भुइँमा पोख्‍नुहुन्छ ।
JOB 16:14 उहाँले बारम्बार मेरो भित्तामा हिर्काउनुहुन्छ । एक जना लडाकुले झैं उहाँले मलाई झम्‍टिनुहुन्छ ।
JOB 16:15 आफ्‍नो शरीर ढाक्‍नलाई मैले भाङ्ग्रा सिएको छु । मैले आफ्‍नो टाउकोलाई भुइँमा गाडेको छु ।
JOB 16:16 रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ । मेरो आँखाको वरिपरि मृत्युको छाया छ,
JOB 16:17 जबकि मेरा हातमा कुनै हिंसा छैन र मेरो प्रार्थना शुद्ध छ ।
JOB 16:18 ए पृथ्वी, मेरो रगतलाई नछोप । मेरो रोदनले विश्राम नपाओस् ।
JOB 16:19 अहिले पनि मेरो साक्षी स्वर्गमा हुनुहुन्छ । मलाई स्‍याबासी दिनुहुने उच्‍चमा हुनुहुन्छ ।
JOB 16:20 मेरा मित्रहरूले मलाई खिसी गर्छन्, तर मेरो आँखाले परमेश्‍वरमा आँसु बगाउँछ ।
JOB 16:21 मानिसले आफ्नो छिमेकीलाई गरेझैं, स्वर्गमा हुनुभएको त्यो साक्षीलाई यस मानिसको पक्षमा परमेश्‍वरसित बहस गरिदिन म बिन्‍ती गर्छु ।
JOB 16:22 किनकि जब केही वर्ष बितेर जान्‍छ, तब म त्यस्तो ठाउँमा जानेछु, जहाँबाट म फर्कनेछैनँ ।
JOB 17:1 मेरो आत्मा नाश पारिएको छ, र मेरो आयु सकिएको छ । चिहान मेरो लागि तयार छ ।
JOB 17:2 निश्‍चय नै गिल्ला गर्नेहरू मसितै छन् । मेरो आँखाले सधैं तिनीहरूको रिसलाई हेर्नुपर्छ ।
JOB 17:3 मलाई धरौटी दिनुहोस् । तपाईं आफै मेरो जमानी हुनुहोस् । मलाई मदत गर्नलाई अरू को नै छ र ?
JOB 17:4 किनकि हे परमेश्‍वर, तपाईंले तिनीहरूका हृदयको समझलाई बन्द गर्नुभएको छ । त्यसकारण तपाईंले तिनीहरूलाई मभन्दा माथि उचाल्नुहुन्‍न ।
JOB 17:5 इनामको लागि जसले आफ्नो मित्रहरूको बदनामी गर्छ, त्यसका छोराछोरीका आँखा कमजोर हुनेछन् ।
JOB 17:6 तर उहाँले मलाई मानिसहरूको उखान बनाउनुभएको छ । तिनीहरूले मेरो मुखैमा थुक्छन् ।
JOB 17:7 शोकको कारण मेरो आँखा पनि धमिलो भएको छ । मेरो शरीरका सम्पूर्ण भाग छायाजत्तिकै सुकेका छन् ।
JOB 17:8 यसले सोझा मानिसहरूलाई अलमलमा पार्नेछन् । निर्दोष मानिसले आफैलाई ईश्‍वरहीन मानिसहरूको विरुद्धमा सुर्‍याउनेछ ।
JOB 17:9 धर्मी मानिस आफ्नो बाटोमा हिंड्नेछ । शुद्ध हात भएकोचाहिं बलियो हुँदै जानेछ ।
JOB 17:10 तर तिमीहरू सबैले चाहिं फेरि कोसिस गर । तिमीहरूका बिचमा बुद्धिमान् मानिस मैले पाउनेछैनँ ।
JOB 17:11 मेरा दिन बितिसके । मेरा योजनाहरू चकनाचूर भए, अनि मेरो हृदयको इच्छा पनि त्‍यस्‍तै भयो ।
JOB 17:12 यी मानिसहरू, यी गिल्ला गर्नेले रातलाई दिनमा बद्लन्‍छन् । उज्यालो अँध्यारको नजिकै छ ।
JOB 17:13 मैले आशा गरेको घर पाताल मात्र हो भने, र अन्धकारमा मेरो ओछ्यान मैले बनाएको छु भने,
JOB 17:14 र मैले खाडललाई, 'तँ मेरो बुबा हो,' अनि किरालाई 'तँ मेरी आमा वा बहिनी' हो भनेको छु भने,
JOB 17:15 तब मेरो आशा खोइ त ? कसले मेरो निम्ति कुनै आशा देख्‍न सक्‍छ र ?
JOB 17:16 जब हामी धूलोमा फर्कन्‍छौं, तब के मसँगै आशा पनि पातालका ढोकाहरूमा जानेछ र ?
JOB 18:1 तब बिल्दद शुहीले जवाफ दिए र भने,
JOB 18:2 “आफ्नो कुरा तपाईं कहिले बन्द गर्नुहुन्छ ? विचार गर्नुहोस्, र त्यसपछि हामी बोल्नेछौं ।
JOB 18:3 तपाईंको दृष्‍टिमा हामीलाई किन जङ्गली पशुहरू जस्‍तै मूर्ख छौं ?
JOB 18:4 तपाईंले आफ्नो रिसमा आफैलाई छिया-छिया पार्नुहुन्छ, के तपाईंको निम्‍ति पृथ्वीलाई त्यागिदिने ? वा चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिने ?
JOB 18:5 वास्तवमा दुष्‍ट व्यक्तिको बत्ती निभाइनेछ । उसको आगोको ज्वाला बल्नेछैन ।
JOB 18:6 उसको पालमा ज्योति नै अँध्यारो हुनेछ । ऊमाथि रहेको उसको बत्ती निभाइनेछ ।
JOB 18:7 उसको शक्तिका पाइलाहरू छोटा बनाइनेछन् । उसका आफ्नै योजनाहरूले उसलाई तल पार्नेछन् ।
JOB 18:8 किनकि उसको आफ्नै खुट्टाले उसलाई जालमा फल्‍नेछ । ऊ खल्‍डोतिर भौंतारिंदै जानेछ ।
JOB 18:9 पासोले त्यसलाई कुर्कुच्‍चोमा समात्‍ने छ । जालले त्यसलाई पसाउनेछ ।
JOB 18:10 उसको लागि जमिनमा एउटा पासो लुकाइएको छ । अनि एउटा पासोले उसलाई समात्‍नेछ ।
JOB 18:11 त्रासहरूले चारैतिरबाट उसलाई डरमा पार्नेछन् । तिनले उसलाई पछिपछि खेद्‍नेछन् ।
JOB 18:12 उसको धन-सम्पत्तिले भोकमा पुर्‍याउनेछ, र विपत्तिले उसको छेउमै पर्खिनेछ ।
JOB 18:13 उसको शरीरका अंगहरू नष्‍ट पारिनेछन् । वास्तवमा, मृत्युको जेठो सन्तानले उसका अंगहरू निल्नेछ ।
JOB 18:14 आफ्‍नो पालको सुरक्षाबाट उसलाई घिस्‍याइन्‍छ, र त्रासको राजाकहाँ लगिन्‍छ ।
JOB 18:15 अपरिचित मानिसहरूले उसको घरभित्र गन्धक छरेको देखेपछि, तिनीहरू उसको पालमा बस्‍ने छैनन् ।
JOB 18:16 उसका जराहरू तलतिरका नै सुक्‍नेछन् । माथिको उसको हाँगा काटिनेछ ।
JOB 18:17 पृथ्वीबाट उसको सम्झना लुप्‍त हुनेछ । सडकमा उसको कुनै नाउँ हुनेछैन ।
JOB 18:18 उसलाई उज्यालोबाट अँध्यारोमा धपाइनेछ, र यस संसारबाट लखेटिनेछ ।
JOB 18:19 उसका मानिसका बिचमा उसको छोरो वा नाति हुनेछैन, न त ऊ बसेको ठाउँमा कुनै आफन्त हुनेछ ।
JOB 18:20 एक दिन उसलाई जे हुन्छ, त्यसमा पश्‍चिममा बस्‍नेहरू मानिसहरू आतङ्कित हुनेछन् भने, पूर्वमा बस्‍नेहरू त्‍यसमा त्रसित हुनेछन् ।
JOB 18:21 निश्‍चय नै अधर्मी मानिसहरूका घरहरू यस्तै हुन्‍छन् । परमेश्‍वरलाई नचिन्‍नेहरूका ठाउँहरू यस्तै हुने छन् ।
JOB 19:1 तब अय्यूबले जवाफ दिए र भने,
JOB 19:2 “कहिलेसम्म तपाईंहरूले मलाई दुःख दिनुहुन्‍छ, र वचनले मलाई टुक्राटुक्रा पार्नुहुन्‍छ ?
JOB 19:3 यी दस पटक तपाईंहरूले मेरो अपमान गर्नुभएको छ । तपाईंहरूले मलाई कठोरतापूर्वक व्यवहार गरे पनि तपाईंहरू लाज मान्‍नुहुन्‍न ।
JOB 19:4 मैले गल्ती गरेको कुरा वास्तवमा साँचो हो भने, मेरो गल्ती मेरो आफ्‍नै सरोकारको कुरो हो ।
JOB 19:5 तपाईंहरूले आफूलाई मभन्दा माथि उचाल्नुहुन्‍छ, र मेरो तुच्‍छता मेरै विरुद्धमा प्रयोग गर्नुहुन्‍छ भने,
JOB 19:6 तब तपाईंहरूले जान्‍नुपर्छ, परमेश्‍वरले मेरो हानि गर्नुभएको र मलाई आफ्‍नो पासोमा पार्नुभएको छ।
JOB 19:7 हेर्नुहोस्, “हिंसा” भनेर म कराउँछु, तर मैले जवाफ पाउँदिन । मदतको लागि म पुकार्छु, तर त्यहाँ निष्‍पक्ष व्‍यवहार हुँदैन ।
JOB 19:8 मेरो बाटोमा उहाँले पर्खाल लगाउनुभएको छ, यसैले म जान सक्दिनँ, अनि उहाँले मेरो मार्गमा अन्धकार राख्‍नुभएको छ ।
JOB 19:9 उहाँले मेरो महिमा हटाउनुभएको छ, र उहाँले मेरो शिरको मुकुट हटाउनुभएको छ ।
JOB 19:10 उहाँले मलाई चारैतिरबाट चूर पार्नुभएको छ, र लोप हुन्‍छ, उहाँले मेरो आशा रूखलाई झैं उखेल्‍नुभएको छ ।
JOB 19:11 उहाँले मेरो विरुद्धमा आफ्नो क्रोध पनि दन्काउनुभएको छ । उहाँले मलाई आफ्ना शत्रुहरूमध्ये एक ठान्‍नुहुन्छ ।
JOB 19:12 उहाँका फौजहरू सँगसँगै आउँछन् । तिनीहरूले मेरो विरुद्धमा घेरा लगाउँछन्, र मेरो पालको चारैतिर छाउनी हाल्छन् ।
JOB 19:13 उहाँले मेरा दाजुभाइलाई मबाट टाढा राख्‍नुभएको छ । मैले चिनजानकाहरू मबाट बिलकुल अलग रहन्छन् ।
JOB 19:14 मेरा आफन्तहरू मबाट पछि हटेका छन् । मेरो घनिष्ठ मित्रहरूले मलाई बिर्सेका छन् ।
JOB 19:15 मेरो घरमा कुनै बेला पाहुना भएर रहेकाहरू र दासीहरूले मलाई बिरोनो ठान्छन् । तिनीहरूको दृष्‍टिमा म अनौठो भएको छु ।
JOB 19:16 म आफ्‍नो सेवकलाई बोलाउँछु, तर उसले मलाई जवाफ दिंदैन । मैले आफ्‍नै मुखले त्यसलाई बिन्ती गर्छु ।
JOB 19:17 मेरो सास मेरी पत्‍नीलाई दुर्गन्धित लाग्छ । मेरै आमाको गर्भबाट जन्मेकाहरूले पनि मलाई घृणा गर्छन् ।
JOB 19:18 सा-साना केटाकेटीले पनि मलाई तिरस्कार गर्छन् । म बोल्नलाई उठ्‍दा तिनीहरू मेरो विरुद्धमा बोल्छन् ।
JOB 19:19 मेरा सबै परिचित मित्रहरूले मलाई घृणा गर्छन् । मैले प्रेम गरेकाहरू मेरो विरुद्धमा लागेका छन् ।
JOB 19:20 मेरा हड्‍डीहरू मेरो छाला र मासुमा टाँसिन्छन् । म आफ्‍ना दाँतको छालाले मात्र बाँचेको छु ।
JOB 19:21 मलाई दया गर्नुहोस्, हे मेरा मित्रहरू हो, मलाई दया गर्नुहोस्, किनकि परमेश्‍वरको हातले मलाई छोएको छ ।
JOB 19:22 परमेश्‍वरले झैं तपाईंहरू किन मेरो खेदो गर्नुहुन्छ ? मेरो शरीरले तपाईंहरूलाई कहिल्यै सन्तुष्‍ट पार्छ र ?
JOB 19:23 ओहो, मेरो वचनहरू यति बेला लेखिए त ! ओहो, ती एउटा पुस्तकमा लेखिए त !
JOB 19:24 ओहो, फलामको कलम र छिनोले, सदाको लागि ती चट्टानमा खोपे त !
JOB 19:25 तर मेरो बारेमा, मेरा उद्धारक जिउँदो हुनुहुन्छ, र अन्त्यमा उहाँ पृथ्वीमा खडा रहनुहुनेछ ।
JOB 19:26 मेरो शरीरको छाला, अर्थात् शरीर पूरै गलेपछि, मेरो शरीरमा नै म परमेश्‍वरलाई देख्‍नेछु ।
JOB 19:27 मेरा आफ्नै आँखाले— अरू कसैको होइन म आफैंले उहाँलाई देख्‍नेछु । मेरो हृदय मभित्रै विह्वल बन्छ ।
JOB 19:28 तपाईंहरूले यसो भन्‍नुहुन्‍छ भने, 'हामी उसलाई कसरी सताउँ ! उसको सङ्कष्‍टको जड ऊ आफै हो,'
JOB 19:29 तब तरवारदेखि डराउनुहोस्, किनकि क्रोधले तरवारको दण्ड ल्याउँछ, यसरी न्‍याय हुन्‍छ भनी तपाईंहरूले जान्‍नुहुनेछ ।”
JOB 20:1 तब सोपर नमातीले जवाफ दिए र यसो भने,
JOB 20:2 “ममा भएको चिन्ताको कारणले, मेरा विचारहरूले मलाई झट्टै जवाफ दिने बनाउँछन् ।
JOB 20:3 मलाई अनादार गर्ने हप्की म सुन्छु, तर मेरो सुझबुझको आत्माले मलाई जवाफ दिन्छ ।
JOB 20:4 यो सत्यता तपाईंलाई प्राचीन समयदेखि नै थाहा छैन र, जति बेला परमेश्‍वरले मानिसलाई पृथ्वीमा राख्‍नुभयोः
JOB 20:5 दुष्‍ट मानिसको जित क्षणिक हुन्छ, र ईश्‍वरहीन मानिसको आनन्द क्षणभर मात्र रहन्‍छ ।
JOB 20:6 उसको उच्‍चता आकाशसम्मै पुगे, र उसको शिर बादलसम्मै पुगे पनि,
JOB 20:7 त्‍यस्‍तो व्यक्ति आफ्नै मलमूत्रझैं स्थायी रूपमा नष्‍ट हुनेछ । उसलाई देखेकाहरूले सोध्‍नेछन्, 'ऊ कहाँ छ ?'
JOB 20:8 ऊ सपनाझैं हराउनेछ, र भेट्टाइने छैन । वास्तवमा ऊ रातको दर्शनझैं लुप्‍त हुनेछ ।
JOB 20:9 उसलाई देखेका आँखाले फेरि उसलाई देख्‍नेछैन । उसको ठाउँले फेरि उसलाई देख्‍नेछैन ।
JOB 20:10 उसका छोराछोरीले गरिब मानिसहरू सँग क्षमा माग्‍नेछन् । उसको धन-सम्पत्ति उसकै हातले फिर्ता गर्नुपर्नेछ ।
JOB 20:11 उसका हड्‍डीहरू युवावस्थाका ताकतले भरिएका छन्, तर ऊसँगै ती पनि भुइँमा ढल्‍नेछन् ।
JOB 20:12 उसको मुखमा दुष्‍टता गुलियो भए पनि, उसले त्‍यसलाई आफ्नो जिब्रोमुनि लुकाए पनि,
JOB 20:13 उसले त्‍यो त्‍यहीं राख्‍छ अनि त्‍यसलाई, फुत्‍किन दिंदैन तर त्‍यो आफ्‍नो मुखेमा राख्‍छ भने पनि,
JOB 20:14 उसको भुँडीभित्र भएको खाना तितो बन्छ । उसको भित्र त्‍यो सर्पको विषझैं बन्छ ।
JOB 20:15 उसले धन-सम्पत्ति निल्छ, तर उसले फेरि ती बान्‍ता गर्छ । परमेश्‍वरले उसको पेटबाट ती बाहिर निकाल्नुन्‍छ ।
JOB 20:16 उसले सर्षको विष चुस्‍नेछ । साँभे-सर्पको जिब्रोले उसलाई मार्नेछ ।
JOB 20:17 महको धारा अर्थात् तरलता, र घिउको आनन्‍द उसले लिन पाउनेछैन ।
JOB 20:18 आफ्नो परिश्रमको फल उसले फिर्ता गर्नेछ र त्यो खान सक्‍नेछैन । आफ्‍नो व्यापारद्वारा कमाएको सम्‍पत्तिको आनन्‍द उसले पाउनेछैन ।
JOB 20:19 किनकि उसले गरिब मानिसहरूलाई अत्याचार र बेवास्ता गरेको छ । आफूले नबनाएका घरहरूलाई उसले जबरजस्‍ती कब्जा गरेको छ ।
JOB 20:20 ऊ आफैमा सन्तुष्‍ट नभएको हुनाले, आफूले मजा लिने कुनै कुरा पनि उसले बचाउन सक्‍नेछैन ।
JOB 20:21 उसले नखाएको कुनै कुरो बाँकी छैन । त्यसकारण उसको सम्‍बृद्धि स्थायी हुनेछैन ।
JOB 20:22 आफ्नो धनको प्रचुरतामा ऊ सङ्कष्‍टमा पर्नेछ । गरिबीमा रहेकाहरू हरेकको हात उसको विरुद्धमा आइलाग्‍नेछ ।
JOB 20:23 उसले आफ्नो पेट भर्नै लाग्दा, परमेश्‍वरले आफ्नो घोर क्रोध उसमा उतार्नुहुन्‍छ । उसले खाइरहँदा परमेश्‍वरले उसमाथि त्‍यो बर्साउनुहुन्‍छ ।
JOB 20:24 त्‍यो मानिस फलामको हतियारबाट भागे तापनि, काँसको धनुले उसलाई प्रहार गर्नेछ ।
JOB 20:25 आफ्नो पिठिउँबाट उसले त्यो तान्‍नेछ, र चम्कने टुप्पो उसको कलेजोबाट बाहिर निस्कनेछ । उसमा त्रासहरू आउनेछन् ।
JOB 20:26 उसको धनको लागि निस्पट्ट अन्धकार साँचिएको छ । प्रचण्ड आगोले उसलाई भस्म पार्नेछ । उसको पालमा छोडिएका सबै कुरालाई त्‍यसले भष्‍म पार्नेछ ।
JOB 20:27 स्वर्गले उसको अधर्म प्रकट गर्नेछ, र साक्षीको रूपमा पृथ्वी नै उसको विरुद्धमा खडा हुनेछ ।
JOB 20:28 उसको घरको धन लुप्‍त हुनेछ । परमेश्‍वरको क्रोधको दिनमा उसका सामानहरू टाढा बग्‍नेछन् ।
JOB 20:29 परमेश्‍वरबाट दुष्‍ट मानिसले पाउने भाग, परमेश्‍वरले उसको निम्ति साँच्नुभएको पैतृक-अंश यही हो ।
JOB 21:1 तब अय्यूबले जवाफ दिए र भने,
JOB 21:2 “मेरा वचनलाई ध्यान दिएर सुन्‍नुहोस्, र यो तपाईंहरूले मलाई दिने सान्त्वना होस् ।
JOB 21:3 मलाई सुन्‍नुहोस्, र म पनि बोल्नेछु । मैले बोलेर सकेपछि निरन्‍तर गिल्ला गर्नुहोस् ।
JOB 21:4 मेरो बारेमा, के मैले मानिसलाई गुनासो गरेको हो र ? म किन अधैर्य नहुनू ?
JOB 21:5 मलाई हेर्नुहोस् र छक्‍क पर्नुहोस्, र आफ्नो हातले आफ्‍नो मुख छुनुहोस् ।
JOB 21:6 मैले आफ्‍नो दुःखको बारेमा सोच्दा म त्रसित हुन्छु, र थरथरीले मेरो शरीरलाई नै समाउँछ ।
JOB 21:7 दुष्‍ट मानिसहरू किन निरन्‍तर बाँच्‍छन्, बुढा हुन्छन् र सामर्थ्‍यमा शक्तिशाली हुन्छन् ?
JOB 21:8 तिनीहरूका सन्तानहरू तिनीहरूकै आँखाको सामु स्‍थापित हुन्छन्, र तिनीहरूका छोराछोरी तिनीहरूकै आँखाको सामु स्‍थापित हुन्छन् ।
JOB 21:9 तिनीहरूका घरहरू डरबाट सुरक्षित हुन्‍छन् । न त परमेश्‍वरको छडी नै तिनीहरूमाथि परेको हुन्‍छ ।
JOB 21:10 तिनीहरूका बहर मिसिन्छन् । त्‍यसो गर्न चुक्‍दैनन् । तिनीहरूको गाई बियाउँछ, र तुहिंदैन ।
JOB 21:11 तिनीहरूले आफ्ना केटाकेटीलाई बगालझैं बाहिर पठाउँछन्, र तिनीहरूका छोराछोरी नाच्छन् ।
JOB 21:12 तिनीहरूले खैँजडी र वीणाको धुनमा गाउँछन्, र बाँसुरीको सङ्गीतमा रमाउँछन् ।
JOB 21:13 तिनीहरूले आफ्नो समय समृद्धिमा बिताउँछन्, र तिनीहरू शान्‍त बएर तल चिहानमा जान्छन् ।
JOB 21:14 तिनीहरूले परमेश्‍वरलाई भन्छन्, 'हामीबाट जानुहोस्, किनकि तपाईंका मार्गहरूका कुनै ज्ञान हामी चाहँदैनौं ।
JOB 21:15 सर्वशक्तिमान् को हो र हामीले उहाँको आराधना गर्नू ? हामीले उहाँमा प्रार्थना चढायौं भने हामीले के लाभ पाउँछौं र ?'
JOB 21:16 हेर्नुहोस्, तिनीहरूको समृद्धि तिनीहरूका आफ्‍नै हातमा छैन र ? दुष्‍ट मानिसहरूको सल्लाहमा मेरो कुनै सरोकार छैन ।
JOB 21:17 कतिपल्‍ट दुष्‍ट मानिसहरूको बत्ती निभाइन्‍छ, अथवा तिनीहरूका विपत्ति तिनीहरूमाथि नै आउँछ ? परमेश्‍वरले आफ्नो क्रोधमा तिनीहरूलाई कतिपल्‍ट दुःख पठाउनुहुन्‍छ ?
JOB 21:18 कतिपल्‍ट बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन् ?
JOB 21:19 तपाईंहरू भन्‍नुहुन्छ, 'मानिसको दोषको दण्‍ड परमेश्‍वरले उसका छोराछोरीलाई दिनुहुन्छ ।' त्‍यो उसैले भोग्‍नुपरोस्, जसले गर्दा उसले आफ्नो दोष थाहा पाओस् ।
JOB 21:20 उसका आँखाले उसको आफ्नो विनाश देखून्, र सर्वशक्तिमान्‌को क्रोध उसले पिउनुपरोस् ।
JOB 21:21 किनकि उसको आफ्नै आयु सकिएपछि, उसले आफ्नो परिवारको के वास्ता गर्छ र ?
JOB 21:22 परमेश्‍वरले त उच्‍चमा हुनेहरूको पनि न्याय गर्नुहुन्‍छ, तब के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ र ?
JOB 21:23 एक जना मानिस पूरा बलियो अवस्‍थामा, बिलकुल शान्ति र चैनमा मर्छ ।
JOB 21:24 उसको शरीर ह्रष्‍टपुष्‍ट हुन्छ, र उसको हड्‍डीहरूको मासी ताजा हुन्छ ।
JOB 21:25 अर्को मानिस मनको तिक्‍ततामा नै मर्छ, जसले कुनै असल कुराको अनुभव कदापि गरेको छैन ।
JOB 21:26 तिनीहरू समान रूपमा धूलोमा पल्टिन्छन् । तिनीहरू दुवैलाई किराहरूले ढाक्छन् ।
JOB 21:27 हेर्नुहोस्, तपाईंहरूका विचार, अनि मेरो कुभलो गर्ने तपाईंहरूका मार्गहरू म जान्‍दछु ।
JOB 21:28 किनकि तपाईंहरू भन्‍नुहुन्छ, 'अहिले त्‍यो राजकुमारको घर कहाँ छ ? दुष्‍ट मानिस कुनै समयमा बस्‍ने गरेको पाल कहाँ छ ?'
JOB 21:29 यात्रा गर्ने मानिसहरूलाई तपाईंहरूले कहिल्यै सोध्‍नुभएको छैन ? तिनीहरूले भन्‍ने प्रमाण तपाईंहरूलाई थाहा छैन,
JOB 21:30 कि दुष्‍ट मानिस विपत्तिको दिनमा जोगिन्छ, र क्रोधको दिनमा उसलाई कतै सारेर जोगाइन्‍छ ?
JOB 21:31 दुष्‍ट मानिसको सामु उसको मार्गलाई कसले दोषी ठहराउँछ र ? उसको गरेको कामको बदला कसले लिन सक्‍छ र ?
JOB 21:32 तापनि उसलाई चिहानमा लगिनेछ । मानिसहरूले उसको चिहानको रेखदेख गर्नेछन् ।
JOB 21:33 मैदानको माटोका डल्ला उसलाई गुलियो हुनेछ । अनगिन्ती मानिस उसको अगि-अगि हुनाले, सबै मानिस उसको पछिपछि जानेछन् ।
JOB 21:34 तपाईंहरूका व्यर्थका कुराले मलाई कसरी सान्त्वना दिन्‍छ, किनकि तपाईंहरूको जवाफमा झुटबाहेक केही छैन ?”
JOB 22:1 तब एलीपज तेमानीले जवाफ दिए र यसो भने,
JOB 22:2 “के मानिस परमेश्‍वरको लागि उपयोगी हुन सक्छ र ? के बुद्धिमान् मानिस उहाँको लागि उपयोगी हुन सक्छ र ?
JOB 22:3 तपाईं धर्मी हुनुहुन्छ भने, सर्वशक्तिमान्‌लाई के आनन्द मिल्छ र ? तपाईंले आफ्ना मार्गहरू दोषरहित बनाउनुहुन्‍छ भने, त्यो उहाँको लाभ हो र ?
JOB 22:4 तपाईंले उहाँको आदर गरेको हुनाले, उहाँले तपाईंलाई हप्काउनुहुन्छ अनि तपाईंलाई इन्साफमा लानुहुन्छ र ?
JOB 22:5 के तपाईंको दुष्‍टता विशाल छैन र ? के तपाईंको अधर्मको असीमित छैन र ?
JOB 22:6 किनकि विनाकारण तपाईंले आफ्नो भाइबाट ऋणको जमानत माग्‍नुभएको छ, अनि तपाईंले दरिद्रहरूको सबै लुगा खोसेर तिनीहरूलाई नाङ्गो पार्नुभएको छ ।
JOB 22:7 थाकेका मानिसहरूलाई तपाईंले पानी पिउन दिनुभएको छैन । भोकाएका मानिसहरूले रोटी पाउन तपाईंले रोक्‍नुभएको छ ।
JOB 22:8 तपाईं, शक्तिशाली मानिससित जग्गाजमिन भए पनि, तपाईं, इज्‍जतदार मानिस त्‍यसमा बसोबास गर्नुभए पनि,
JOB 22:9 तपाईंले विधवाहरूलाई रित्तो हात पठाउनुभएको छ । अनाथहरूका पाखुरा भाँचिएका छन् ।
JOB 22:10 त्यसकारण पासोहरू तपाईंको चारैतिर छन्, र एक्‍कासि आउने डरले तपाईंलाई कष्‍ट दिन्छ ।
JOB 22:11 अन्धकार हुन्‍छ जसले गर्दा तपाईंले देख्‍न सक्‍नुहुन्‍न । पानीको भलले तपाईंलाई डुबाउँछ ।
JOB 22:12 के परमेश्‍वर स्‍वर्गको उच्‍चमा हुनुहुन्‍न र ? आकाशका ताराहरूको उच्‍चता हेर्नुहोस्, ती कति उच्‍चमा छन् !
JOB 22:13 तपाईं भन्‍नुहुन्छ, 'परमेश्‍वरलाई के थाहा छ ? के उहाँले निस्पट्ट अन्धकारमा न्याय गर्न सक्‍नहुन्छ र ?
JOB 22:14 उहाँले हामीलाई देख्‍न नसकून् भनेर बाक्ला बादलहरूले उहाँलाई घेरेका छन् । उहाँ आकाशको चक्रमा हिंड्‍नुहुन्छ ।'
JOB 22:15 दुष्‍ट मानिसहरू हिंडेका पुरानै मार्गमा, तपाईं पनि हिंड्नुहुन्‍छ र—
JOB 22:16 तिनीहरूको समय हुनुअगि नै तिनीहरूको जीवन लिइयो, तिनीहरूका जगहरू नदीले झैं बगाएर लगेको छ,
JOB 22:17 जसले परमेश्‍वरलाई यसो भने, 'हामीबाट जानुहोस्, ' जसले यसो भने, 'सर्वशक्तिमान्‌ले हामीलाई के गर्न सक्‍नुहुन्छ र ?'
JOB 22:18 तापनि उहाँले तिनीहरूका घरहरू असल कुराहरूले भर्नुभयो । दुष्‍ट मानिसहरूका योजनाहरू मबाटै धेरै टाढा छन् ।
JOB 22:19 धर्मी मानिसहरूले तिनीहरूको सुदिन देख्छन्, र खुसी हुन्छन् । निर्दोष मानिसहरूले हाँसेर तिनीहरूको उपहास गर्छन् ।
JOB 22:20 तिनीहरू भन्छन्, 'निश्‍चय नै हाम्रो विरुद्धमा उठ्नेहरू त्‍यागिएका छन् । आगोले तिनीहरूको धन-सम्पत्ति भस्म पारेको छ ।'
JOB 22:21 अब परमेश्‍वरसित सहमत हुनुहोस्, र मिलाप गर्नुहोस् । त्‍यसरी तपाईंकहाँ भलाइ आउनेछ ।
JOB 22:22 म तपाईंलाई बिन्ती गर्छु, उहाँको निर्देशनको वचन ग्रहण गर्नुहोस् । उहाँका वचनहरू आफ्‍नो हृदयमा जम्‍मा गर्नुहोस् ।
JOB 22:23 तपाईं सर्वशक्तिमान्‌कहाँ फर्कनुहुन्‍छ भने, अधार्मिकतालाई तपाईंले आफ्ना पालहरूबाट धेरै टाढा राख्‍नुहुन्‍छ भने, तपाईंको निर्माण हुनेछ ।
JOB 22:24 आफ्‍नो खजाना भुइँको धूलोमा, ओपीरको सुनलाई खोलाका ढुङ्गाहरूका बिचमा फाल्‍नुहोस्,
JOB 22:25 अनि सर्वशक्तिमान्‌ तपाईंको खजाना, तपाईंको बहुमूल्य चाँदी बन्‍नुहुनेछ ।
JOB 22:26 किनकि त्‍यसपछि तपाईं सर्वशक्तिमान्‌मा रमाउनुहुनेछ । तपाईंले आफ्नो अनुहार परमेश्‍वरमा उचाल्‍नुहुनेछ ।
JOB 22:27 तपाईंले आफ्‍नो प्रार्थना उहाँमा नै चढाउनुहुनेछ, अनि उहाँले तपाईंको बिन्‍ती सुन्‍नुहुनेछ । तपाईंले उहाँमा आफ्नो भाकल पुरा गर्नुहुनेछ ।
JOB 22:28 तपाईंले कुनै पनि आदेश दिनुहुनेछ, र तपाईंको निम्‍ति त्‍यो कुरो पुरा हुनेछ । तपाईंका मार्गहरूमा ज्योति चम्कनेछ ।
JOB 22:29 परमेश्‍वरले घमण्डी मानिसलाई निम्‍न स्‍तरमा झर्नुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ ।
JOB 22:30 जो निर्दोष छैन त्‍यो मानिसलाई पनि उहाँले छुटकारा दिनुहुन्छ । तपाईंका हातको शुद्धताले गर्दा तिनीहरूले छुटकारा पाउनेछन् ।”
JOB 23:1 तब अय्यूबले जवाफ दिए र यसो भने,
JOB 23:2 “आज पनि मेरो गुनासो तितो छ । मेरो क्रन्दनको कारणले मेरो हात गह्रौं भएको छ ।
JOB 23:3 ओहो, उहाँलाई मैले कहाँ भेट्न सक्‍छु भनी मैले जानेको भए ! ओहो, म उहाँको बासस्थानमा गएको भए !
JOB 23:4 उहाँको सामु म आफ्‍नो मुद्दालाई क्रमैसित राख्‍नेथिएँ, अनि मेरो मुखलाई तर्कले भर्नेथिएँ ।
JOB 23:5 उहाँले मलाई जवाफ दिएर भन्‍नुहुने वचनहरू म सिक्‍नेथिएँ, र उहाँले मलाई भन्‍नुहुने कुरा बुझ्नेथिएँ ।
JOB 23:6 उहाँले आफ्नो शक्तिको महान्‌तामा मेरो विरुद्धमा तर्क गर्नुहुन्छ ? अहँ, बरु उहाँले मेरो कुरामा ध्यान दिनुहुन्छ ।
JOB 23:7 त्यहाँ सोझाहरूले उहाँसित बहस गर्न सक्छन् । यसरी मेरा न्यायकर्ताले मलाई सधैंभरि निर्दोष ठहराउनुहुन्‍थ्‍यो ।
JOB 23:8 हेर्नुहोस्, म पूर्वतिर जान्छु, उहाँ त्यहाँ हुनुहुन्‍न, अनि पश्‍चिमतिर जान्छु, तर म उहाँलाई भेट्‍न सक्‍दिन ।
JOB 23:9 उत्तरमा, जहाँ उहाँले काम गर्दै हुनुहुन्‍छ, तर म उहाँलाई देख्‍न सक्दिनँ, र दक्षिणमा जहाँ उहाँले आफैलाई लुकाउनुहुन्छ, जसले गर्दा म उहाँलाई देख्‍न सक्दिनँ ।
JOB 23:10 तर म हिंड्‍ने बाटो उहाँलाई थाहा छ । जब उहाँले मलाई जाँच्नुहुन्‍छ, तब म खारिएको सुनझैं हुनेछु ।
JOB 23:11 मेरो खुट्टाले उहाँका पाइला पक्‍का गरी पछ्याएको छ । म उहाँको मार्गमा हिंडेको छु, र यताउता फर्केको छैनँ ।
JOB 23:12 उहाँको मुखबाट निस्केको आज्ञाबाट म फर्केको छैनँ । मेरो खानाको भागभन्‍दा बढी मैले उहाँको मुखका वचनहरूलाई सञ्चय गरेको छु ।
JOB 23:13 तर उहाँ बेग्‍लै किसिमको हुनुहुन्छ, कसले उहाँलाई फर्काउन सक्छ र ? उहाँले जे इच्छा गर्नुहुन्छ, सो गर्नुहुन्छ ।
JOB 23:14 किनकि मेरो विरुद्धमा भएको उहाँको आदेशलाई उहाँले पूरा गर्नुहुन्छ । त्‍यस्ता कुराहरू त्‍यहाँ धेरै छन् ।
JOB 23:15 त्यसकारण, म उहाँको उपस्थितिमा त्रसित भएको छु । मैले उहाँको बारेमा विचार गर्दा म भयभीत हुन्छु ।
JOB 23:16 किनकि परमेश्‍वरले मेरो हृदय कमजोर पार्नुभएको छ । सर्वशक्तिमान्‌ले मलाई त्रसित पार्नुभएको छ ।
JOB 23:17 अन्धकारले, मेरो अनुहारको उदासीलाई ढाक्‍ने निस्पट्ट अन्धकारको कारणले, मेरो अन्‍त्‍य भएको छैन ।
JOB 24:1 दुष्‍ट मानिसहरूको न्याय गर्ने समय सर्वशक्तिमान्‌ले किन तोक्‍नुभएको छैन ? परमेश्‍वरप्रति विश्‍वासयोग्य हुनेहरूले उहाँको न्यायको दिन आएको किन देखेका छैनन् ?
JOB 24:2 यस्ता दुष्‍ट मानिसहरू पनि छन् जसले साँध-सिमानाका निसानाहरू हटाउँछन् । यस्ता दुष्‍ट मानिसहरू पनि छन् जसले बगालहरूलाई जबरजस्ती लैजान्‍छन् र तिनलाई आफ्नै खर्कहरूमा राख्छन् ।
JOB 24:3 अनाथहरूका गधाहरूलाई तिनीहरूले जबरजस्‍ती लैजान्छन् । विधवाको गोरुलाई तिनीहरूले बन्‍धकका रूपमा लैजान्छन् ।
JOB 24:4 दरिद्र मानिसहरूका उनीहरूका मार्गबाट तिनीहरूले जबरजस्‍ती हटाउँछन् । पृथ्वीका सबै गरिब मानिसहरू तिनीहरूबाट आफूलाई लुकाउँछन्।
JOB 24:5 हेर्नुहोस्, उजाड-स्थानका वन-गधाहरूझैं, यी गरिब मानिसहरू होसियारी भएर खानेकुरा खोज्‍दै आफ्नो काममा जान्छन् । सायद अराबाले तिनीहरूका छोराछोरीलाई खानेकुरा जुटाउनेछ ।
JOB 24:6 गरिब मानिसहरूले अरूका खेतबारीमा रातमा कटनी गर्छन् । तिनीहरूले दुष्‍टहरूका फसलबाट टिप्‍न छुटेका दाख बटुल्छन् ।
JOB 24:7 तिनीहरू रातभरि लुगाबिना नाङ्गै बस्छन् । जाडोमा ढाक्‍नलाई तिनीहरूसित केही हुँदैन ।
JOB 24:8 तिनीहरू पहाडका झरीले भिजेका छन् । तिनीहरूका बासस्‍थान नभएको हुनाले तिनीहरू ठुला ढुङ्‍गाको छेउमा पल्टिन्छन् ।
JOB 24:9 यस्ता दुष्‍ट मानिसहरू छन् जसले अनाथहरूलाई आफ्‍ना आमाको कोखबाट खोसेर लैजान्छन्, र गरिब मानिसहरूका बालबालिका बन्‍धकको रूपमा लैजान्छन् ।
JOB 24:10 तर गरिब मानिसहरू लुगाविना नाङ्गै जान्छन् । तिनीहरू आफै भोकाएको भए पनि, तिनीहरूले अरूका अन्‍नका बिटाहरू बोक्‍छन् ।
JOB 24:11 गरिब मानिसहरूले ती दुष्‍टहरूका पर्खालभित्र तेल पेल्छन् । तिनीहरूले दुष्‍ट मानिसहरूका दाखको कोल पेल्छन्, तर तिनीहरू आफै तिर्खाउँछन् ।
JOB 24:12 सहरबाट मर्न लागेको मानिसको क्रन्दन निस्कन्छ, अनि घाइतेको गलाले मदतको लागि चिच्‍च्याउँछ । तर परमेश्‍वरले दोष लगाउनुहुन्‍न ।
JOB 24:13 केही दुष्‍ट मानिसहरूले ज्योतिको विरुद्धमा विद्रोह गर्छन् । तिनीहरूले यसका मार्गहरू जान्‍दैनन्, न त तिनीहरू यसका मार्गहरूमा बस्छन् ।
JOB 24:14 उज्यालो हुनुअगि हत्यारा उठ्छ, र त्यसले गरिब तथा दरिद्र मानिसहरूलाई मार्छ । रातमा ऊ चोरजस्तो हुन्छ ।
JOB 24:15 साथै, व्यभिचारीका आँखाले साँझलाई पर्खेर बस्‍छ । उसले भन्छ, 'कुनै आँखाले मलाई देख्‍नेछैन ।' उसले आफ्नो भेष बद्लन्छ ।
JOB 24:16 अन्धकारमा दुष्‍टहरू घर फोरेर भित्र पस्छन्, तर दिउँसोको समयमा तिनीहरू लुक्छन् । तिनीहरूले उज्यालोको वास्ता गर्दैनन् ।
JOB 24:17 तिनीहरू सबैका लागि निस्पट्ट अँध्यारो बिहानझैं हुन्छ । किनभने तिनीहरू निस्पट्ट अँध्यारोका त्रासहरूका मित्र हुन् ।
JOB 24:18 तापनि पानीको सतहमा देखा पर्ने फिँजझैं तिनीहरू चाँडै नै बितेर जान्‍छन् । तिनीहरूको खेतको हिस्सा श्रापित छ । तिनीहरूका दाखबारीहरूमा काम गर्न कोही पनि जाँदैन ।
JOB 24:19 जसरी खडेरी र तापले हिउँलाई पगालेर पानी बानउँछ, त्यसरी नै पाप गरेकाहरूलाई चिहानले लैजान्‍छ ।
JOB 24:20 उसलाई जन्माउने गर्भले उसलाई बिर्सिनेछ । किराले त्यसलाई मिठो मानेर खानेछ । फेरि उसको सम्झना गरिनेछैन । यसरी एउटा रुखलाई झैं दुष्‍टतालाई टुक्राटुक्रा पारिनेछ ।
JOB 24:21 बच्‍चा नजन्माएकी बाँझी स्‍त्रीलाई दुष्‍टले निलिहाल्‍छ । उसले विधवाको निम्‍ति कुनै असल कुरा गर्दैन ।
JOB 24:22 तापनि परमेश्‍वरले शक्तिशाली मानिसहरूलाई आफ्नो शक्तिले घिसार्नुहुन्छ । उहाँ खडा हुनुहुन्छ, तर जीवनमा तिनीहरूलाई बलियो पार्नुहुन्‍न ।
JOB 24:23 तिनीहरू सुरक्षित छन्, र तिनीहरू यसबारे खुसी छन् भनी परमेश्‍वरले तिनीहरूलाई सोच्न दिनुहुन्छ, तर उहाँका आँखा तिनीहरूका मार्गमा हुन्‍छन् ।
JOB 24:24 यी मानिसहरू उच्‍च पारिएका छन् । तापनि क्षणभरमै तिनीहरू खतम हुनेछन् । वास्तवमा, तिनीहरूलाई निम्‍न स्‍तरमा पर्‍याइनेछ । अरू सबैलाई झैं तिनीहरूलाई पनि जम्मा गरिनेछ । अन्‍नको बालाझैं तिनीहरूलाई काटिनेछ ।
JOB 24:25 यस्तो होइन भने, कसले मलाई झुटा प्रमाणित गर्न सक्छ ? कसले मेरो वचनलाई निरर्थक बनाउन सक्छ ?
JOB 25:1 तब बिल्दद शुहीले जवाफ दिए र यसो भने,
JOB 25:2 “प्रभुत्व र डर उहाँसित छन् । उहाँले स्वर्गमा भएका आफ्‍नो उच्‍च स्थानहरूमा शान्ति कायम गर्नुहुन्छ ।
JOB 25:3 के उहाँको फौजको गन्ति गर्न सकिन्छ र ? कसमाथि उहाँको ज्योति चम्कँदैन र ?
JOB 25:4 तब कसरी मानिस परमेश्‍वरसित धर्मी ठहरिन सक्छ त ? स्‍त्रीबाट जन्मेको मानिस कसरी उहाँको सामु शुद्ध, ग्रहणयोग्य हुन सक्छ ?
JOB 25:5 हेर्नुहोस्, उहाँलाई चन्द्रले पनि उज्यालो पार्न सक्‍दैन । उहाँको दृष्‍टिमा ताराहरू सिद्ध छैनन् ।
JOB 25:6 मानिस त झन् नगन्‍य हो, जो एउटा किरा हो— मानिसको पुत्र त, जो किरा एउटा हो !
JOB 26:1 तब अय्यूबले जवाफ दिए र भने,
JOB 26:2 “शक्ति नभएको मानिसलाई तपाईंले कसरी मदत गर्नुभएको छ ! ताकत नभएको पाखुरालाई तपाईंले कसरी बचाउनुभएको छ !
JOB 26:3 बुद्धि नभएको मानिसलाई तपाईंले कसरी सल्लाह दिनुभएको छ, र उसलाई उचित ज्ञान सिकाउनुभएको छ !
JOB 26:4 कसको सहायताद्वारा तपाईंले यी वचनहरू बोल्नुभएको छ ? तपाईंबाट बाहिर निस्केको आत्मा कसको थियो ?
JOB 26:5 मरेकाहरू, पानीमुनि भएकाहरू र त्यहाँ बास गर्नेहरू, सबैलाई त्रसित पारिएको छ ।
JOB 26:6 परमेश्‍वरको सामु चिहान उदाङ्गो छ । विनाश आफै पनि उहाँबाट लुक्‍न सक्‍दैन ।
JOB 26:7 उत्तरी आकाशलाई उहाँले खुल्‍ला अन्तरिक्षमा तन्‍काउनुहुन्छ, अनि पृथ्वीलाई उहाँले शून्यतामा झुण्ड्याउनुहुन्छ ।
JOB 26:8 उहाँले पानीलाई आफ्‍नो बाक्‍लो बादलहरूमाथि जम्मा गर्नुहुन्छ, तर पनि तीमुनिका बादलहरू फाट्दैनन् ।
JOB 26:9 उहाँले चन्द्रमाको सतहलाई ढाक्‍नुहुन्छ, र आफ्ना बादलहरू त्‍यसमाथि फैलाउनुहुन्छ ।
JOB 26:10 उज्यालो र अँध्यारोको बिचको सिमाङ्कन गर्न, उहाँले पानीको सतहमा एउटा गोलो सिमारेखा बनाउनुभएको छ ।
JOB 26:11 उहाँको हप्कीमा स्वर्गका खम्बाहरू हल्लिन्छन् र छक्‍क पर्छन् ।
JOB 26:12 आफ्नो शक्तिले उहाँले समुद्रलाई शान्त पार्नुभयो । आफ्नो सुझबुझले उहाँले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो ।
JOB 26:13 आफ्नो सासले उहाँले आकाशलाई सफा पार्नुभयो । वेगले भाग्‍दै गरेको सर्पलाई उहाँका हातले छेड्नुभयो ।
JOB 26:14 हेर्नुहोस्, यी त उहाँको शक्तिको किनाराहरू मात्र हुन् । हामीले उहाँको बारेमा एउटा मधुर सोर मात्रै सुन्छौँ । उहाँको शक्तिको गर्जनलाई कसले बुझ्न सक्छ र ?”
JOB 27:1 अय्यूबले फेरि बोल्न थाले अनि यसो भने,
JOB 27:2 “परमप्रभु जीवित हुनुभएझैं, जसले मेरो न्याय हटाउनुभएको छ, सर्वशक्तिमान्‌ जसले मेरो जीवन तितो बनाउनुभएको छ ।
JOB 27:3 जबसम्‍म मेरो जीवन ममा रहन्‍छ, अनि परमेश्‍वरको सास मेरो नाकमा रहन्‍छ, तबसम्‍म म यही कुरा गर्नेछु ।
JOB 27:4 मेरो ओठले दुष्‍ट कुरा बोल्नेछैन, न त मेरो जिब्रोले छलको कुरा बोल्नेछ ।
JOB 27:5 तपाईंहरू तिन जनाले ठिक बोल्‍नुहुन्‍छ भनी म कदापि स्वीकार गर्दिन । मेरो मृत्‍यु नभएसम्म म आफ्‍नो निष्ठालाई कदापि इन्कार गर्ने छैनँ ।
JOB 27:6 म आफ्‍नो धार्मिकतालाई बलियो गरी समाउँछु, र त्‍यसलाई जान दिन्‍नँ । म बाँचुञ्जेलसम्म मेरा विचारहरूले मलाई निन्‍दित पार्नेछैनन् ।
JOB 27:7 मेरो शत्रु एक जना दुष्‍ट मानिसझैं होस् । जो मेरो विरुद्धमा खडा हुन्‍छ, ऊ एक जना अधर्मी मानिसझैं होस् ।
JOB 27:8 किनकि परमेश्‍वरले ईश्‍वरहीन मानिसलाई इन्कार गर्नुहुँदा, परमेश्‍वरले उसको जीवनलाई हटाउनुहुँदा, उसको आशा के हुन्छ र ?
JOB 27:9 उसमाथि सङ्कष्‍ट आइपर्दा, के परमेश्‍वरले उसको पुकारा सुन्‍नुहुन्‍छ र ?
JOB 27:10 के ऊ सर्वशक्तिमान्‌मा आनन्दित हुन्‍छ, अनि उसले हर समयमा परमेश्‍वरलाई पुकारा गर्छ ?
JOB 27:11 म तपाईंहरूलाई परमेश्‍वरको शक्तिको बारेमा सिकाउनेछु । म सर्वशक्तिमान्‌का विचारहरूलाई लुकाउनेछैनँ ।
JOB 27:12 हेर्नुहोस्, तपाईंहरू सबैले यो आफैले देख्‍नुभएको छ । तब तपाईंहरूले यी सबै निरर्थक कुरा किन बोल्नुभएको हो त ?
JOB 27:13 दुष्‍ट मानिसले परमेश्‍वरबाट पाउने हिस्सा यही हो । सर्वशक्तिमान्‌बाट अत्याचारीले पाउने आफ्‍नो पैतृक-अंश यही हो ।
JOB 27:14 उसका छोराछोरीको सङ्‍ख्‍या बढ्‍छन् भने, त्‍यो तरवारको निम्‍तो हो । उसका सन्तानहरूले पेटभरि खान कदापि पाउने छैनन् ।
JOB 27:15 ऊसँग बाँच्नेहरू विपत्तिद्वारा गाडिनेछन्, अनि तिनीहरूका विधवाहरूले तिनीहरूका निम्‍ति विलाप गर्नेछैनन् ।
JOB 27:16 दुष्‍ट मानिसले धूलोझैं चाँदीको थुप्रो लगाए पनि, र माटोझैं लुगाफाटा थुपारे पनि,
JOB 27:17 उसले ती लुगाफाटा जम्मा त गर्ला, तर धर्मी मानिसहरूले ती लगाउनेछन्, र निर्दोष मानिसहरूले चाँदीचाहिं आफ्‍नो बिचमा बाँड्‍नेछन् ।
JOB 27:18 माकुरोले झैं, एक जना पहरेदारले बनाउने झुप्रोझैं, उसले आफ्‍नो घर बनाउँछ ।
JOB 27:19 ऊ धनी भएर ओछ्यानमा पल्टन्छ, तर उसले त्यसो गरिरहने छैन । उसले आफ्ना आँखा खोल्‍छ, अनि हरेक कुरा सिद्धिएको हुनेछ ।
JOB 27:20 पानीले झैं त्रासले उसलाई डुबाउनेछ । रातमा एउटा आँधीले उसलाई टाढा पुर्‍याउनेछ ।
JOB 27:21 पूर्वीय बतासले उसलाई उडाएर लानेछ, र उसले छोड्‍नेछ । त्‍यसले उसलाई आफ्नो बासस्थानबाट पुर्‍याउनेछ ।
JOB 27:22 उसमाथि त्‍यो हुत्तिन्‍छ, र रोकिन्‍न । त्‍यसको पन्जाबाट ऊ भाग्‍न खोज्‍छ ।
JOB 27:23 उसको गिल्‍ला गरेर त्‍यसले आफ्‍नो ताली बजाउँछ । त्यसले आफ्नो ठाउँबाट उसको खिसी गर्छ ।
JOB 28:1 निश्‍चय नै चाँदीको एउटा खानी हुन्छ, एउटा ठाउँ छ जहाँ तिनीहरूले सुनलाई शुद्ध पार्छन् ।
JOB 28:2 फलामलाई जमिनबाट बाहिर निकालिन्छ । धातु पगालेर तामा निकालिन्‍छ ।
JOB 28:3 एक जना मानिसले अन्धकारलाई हटाउँछ, अँध्‍यारो अनि घोर अन्‍धकारमा, पल्‍लो छेउसम्‍म खानिजको खोजी गर्छ ।
JOB 28:4 मानिसहरू बसेका ठाउँभन्दा धेरै टाढा, वा कसैको खुट्टाले नटेकेको ठाउँमा, खानीमा तल जाने एउटा सुरुङ् उसले बनाउँछ । मानिसहरूभन्दा धेरै पर ऊ झुण्डिन्छ । ऊ यताउता हल्लिन्छ ।
JOB 28:5 जमिनमा खद्यान्‍न उत्‍पादन हुन्‍छ भने, मुनिपट्टि यसमा आगो बलिरहेको हुन्‍छ ।
JOB 28:6 यसका ढुङ्गाहरूका ठाउँमा नीर पाइन्छ, र यसमा धूलोमा सुन मिसिएको छ ।
JOB 28:7 कुनै पनि सिकारी चरालाई त्यहाँ जाने बाटो थाहा हुँदैन, न त बाजको आँखाले त्‍यसलाई देखेको छ ।
JOB 28:8 रवाफिला पशुहरू यस्तो बाटोमा हिंडेका हुँदैनन्, न त हिंस्रक सिंह त्यहाँबाट गएको छ ।
JOB 28:9 एक जना मानिसले आफ्नो हातले दर्शनढुङ्गा काट्‍छ । उसले पहाडहरूलाई फेदैदेखि पल्टाउँछ ।
JOB 28:10 उसले चट्टानहरूका बिचमा सुरुङहरू बनाउँछ । उसका आँखाले त्यहाँ हरेक बहुमूल्य वस्तु देख्छ ।
JOB 28:11 उसले खोलाहरू थुन्छ जसको कारणले ती बग्‍दैनन् । त्यहाँ जे लुकेको छ, त्‍यो उसले बाहिर प्रकाशमा ल्याउँछ ।
JOB 28:12 बुद्धि कहाँ पाइनेछ ? सुझबुझको ठाउँ कहाँ छ ?
JOB 28:13 मानिसलाई यसको मूल्य थाहा छैन, न त यो जीवितहरूको देशमा पाइन्छ ।
JOB 28:14 पृथ्वीमुनि रहेको गहिरो पानीले भन्छ, 'त्यो ममा छैन ।' समुद्रले भन्छ, 'त्यो मसित छैन ।'
JOB 28:15 सुनले त्यसलाई किन्‍न सकिंदैन, न त यसको मूल्यको रुपमा चाँदी जोख्‍न नै सकिन्‍छ ।
JOB 28:16 ओपीरको सुनसित त्यसको मूल्य दाँज्न सकिंदैन, न त बहुमूल्य आनिक्स वा नीरसित सकिन्छ ।
JOB 28:17 सुन र स्फटिक त्यसको बराबरी हुन सक्‍दैन, न त निखुर सुनका गहनासित त्यो साट्न नै सकिन्छ ।
JOB 28:18 मूगा र बिल्लौरको त चर्चा नै गर्नुपर्दैन । वास्तवमा बुद्धिको मूल्य मानिकभन्दा बढी हुन्छ ।
JOB 28:19 कूश देशको पुष्पराज त्यसको बराबर हुँदैन, न त त्‍यसलाई निखुर सुनले मूल्‍य तोक्‍न सकिन्छ ।
JOB 28:20 तब बुद्धि कहाँबाट आउँछ ? सुझबुझको ठाउँ कहाँ छ ?
JOB 28:21 बुद्धिलाई सबै जीवित प्राणीहरूको दृष्‍टिबाट लुकाइएको छ, र आकाशका चराहरूबाट लुकाएर राखिएको छ ।
JOB 28:22 विनाश र मृत्युले भन्छन्, 'हामीले आफ्‍ना कानले यसको बारेमा हल्ला मात्र सुनेका छौं ।'
JOB 28:23 कसरी यसलाई पाउने हो परमेश्‍वरले बुझ्‍नुहुन्‍छ । यसको बासस्थान उहाँलाई थाहा छ ।
JOB 28:24 किनकि उहाँले पृथ्वीको पल्‍लो कुनामा हेर्नुहुन्छ, सबै आकाशमण्‍डलको मुनि हेर्नुहुन्छ ।
JOB 28:25 उहाँले नै बतासको शक्ति बनाउनुभयो, र पानीलाई नापेर पोको पारेर पठाउनुभयो ।
JOB 28:26 उहाँले झरी परोस् भनी आदेश दिनुभयो, र गर्जनको मार्ग बनाउनुभयो ।
JOB 28:27 तब उहाँले बुद्धि देख्‍नुभयो, र यसको घोषणा गर्नुभयो । वास्तवमा उहाँले नै यसको स्थापना गर्नुभयो, र जाँच्नुभयो ।
JOB 28:28 मानिसहरूलाई उहाँले भन्‍नुभयो, 'हेर्, परमप्रभुको भय— त्‍यो नै बुद्धि हो । दुष्‍ट्याइँबाट अलग रहनु नै सुझबुझ हो' ।”
JOB 29:1 अय्यूब फेरि बोल्न सुरु गरे र यसो भने ,
JOB 29:2 “ओहो, जस्‍तो म विगतका महिनाहरू थिएँ त्‍यस्‍तै म भए त, जति बेला परमेश्‍वरले मेरो वास्ता गर्नुहुन्‍थ्‍यो,
JOB 29:3 जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्‍थ्‍यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिंड्‍थें ।
JOB 29:4 ओहो, जस्‍तो मेरा खुशीका दिनहरूमा म थिएँ त्‍यस्‍तै म भए त, जति बेला परमेश्‍वरको मित्रता मेरो पालमाथि हुन्‍थ्‍यो,
JOB 29:5 जति बेला सर्वशक्तिमान्‌ मसितै हुनुहुन्थ्यो, र मेरा छोराछोरा मेरो वरिपरि हुन्‍थे,
JOB 29:6 जति बेला मेरो बाटो दूधले ढाकिन्थ्यो, र चट्टानले मेरो लागि तेलको खोला बगाउँथ्यो !
JOB 29:7 जति बेला म सहरको मूल ढोकाबाट बाहिर निस्‍कन्‍थें, जति बेला सहरको चोकमा भएको मेरो शासनमा म बस्थें,
JOB 29:8 जवान मानिसहरूले मलाई देखे र मेरो आदर गरेर तिनीहरू टाढै बस्थे, अनि पाका मानिसहरू मेरो निम्‍ति खडा हुन्थे र उभिन्थे ।
JOB 29:9 जब म आउँथें, तब राजकुमारहरूको बोली नै बन्द हुन्थ्यो । तिनीहरूले आफ्ना हातले मुख छोप्थे ।
JOB 29:10 कुलीनहरूका आवाजहरू बन्‍द हुन्थ्यो, अनि तिनीहरूको जिब्रो तिनीहरूकै तालुमा टाँसिन्थ्यो ।
JOB 29:11 किनकि तिनीहरूका कानले सुन्थे, र मलाई आशिष् दिन्थे । तिनीहरूका आँखाले मलाई देखेपछि तिनीहरूले मेरो साक्षी दिन्थे, र मलाई स्‍याबासी दिन्‍थे,
JOB 29:12 किनकि गरिब मानिसले पुकारा गर्दा मैले उसलाई छुटाउँथेँ, र अनाथलाई मदत गर्ने कोही नहुँदा मैले उसको हेरचाह गर्थें ।
JOB 29:13 मर्न लागेको मानिसले मलाई आशिष् दिन्थ्यो । विधवाको हृदय आनन्दले गाउने मैले बनाइदिन्थेँ ।
JOB 29:14 मैले धार्मिकता पहिरिन्थेँ, र यसलाई मलाई ढाक्थ्यो । मेरो इन्साफ पोशाक र फेटाझैं हुन्थ्यो ।
JOB 29:15 दृष्‍टिविहीन मानिसको लागि म आँखा भएँ । लङ्गडोको लागि म खुट्टा भएँ ।
JOB 29:16 खाँचोमा परेको मानिसको लागि म पिता भएँ । मैले नचिनेको मानिसको मुद्दाको पनि म जाँच गरिदिन्थेँ ।
JOB 29:17 मैले अधर्मी मानिसको बङ्गारा झारिदिएँ । मैले त्यसको दाँतको बिचबाट सिकारलाई बाहिर निकालें ।
JOB 29:18 तब मैले भनें, 'म आफ्‍नै गुँडमा मर्नेछु । म आफ्‍ना दिनलाई बालुवाका कणजत्तिकै वृद्धि गराउनेछु ।
JOB 29:19 मेरा जराहरू पानीमा फैलिएका छन्, र मेरा हाँगाहरूमा रातभरि शीत पर्छ ।
JOB 29:20 ममा भएको आदर सधैं ताजा रहन्छ, र मेरो शक्तिको धनु सधैं मेरो हातमा सधैं नयाँ हुन्छ ।'
JOB 29:21 मानिसहरूले मेरा कुरा सुन्थे । तिनीहरूले मेरो प्रतीक्षा गर्थे । मेरो सल्लाह सुन्‍न तिनीहरू चुप लागेर बस्थे ।
JOB 29:22 मेरा वचनहरू सकिएपछि तिनीहरूले फेरि बोल्दैनथ्ये । मेरो बोली तिनीहरूमा पानीको थोपाझैं खस्थ्यो ।
JOB 29:23 तिनीहरूले वृष्‍टिको प्रतीक्षा गरेझैं सधैँ तिनीहरूले मेरो प्रतीक्षा गर्थे । तिनीहरूले बसन्त ऋतुको झरीलाई गरेझैं, मेरा वचनहरू पिउनलाई आफ्‍ना मुख खुला गर्थे ।
JOB 29:24 तिनीहरूले आशा नगर्दा पनि म तिनीहरूमा मुस्कुराउँथें । तिनीहरूले मेरो अनुहारको ज्योतिलाई इन्कार गर्दैनथे ।
JOB 29:25 मैले तिनीहरूका मार्ग चुन्थेँ, र तिनीहरूका प्रमुख अतिथि हुन्‍थें । राजा आफ्ना सेनाको बिचमा बसेझैं, शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसझैं म बस्थें ।
JOB 30:1 अब मभन्दा जवानहरूले मेरो ठट्टा गर्नुबाहेक अरू केही गर्दैनन् । यी जवान मानिसहरूका बुबाहरूलाई आफ्‍नो बगाल रुँग्‍ने कुकुरहरूको छेउमा काम गर्न पनि म इन्कार गर्थें ।
JOB 30:2 वास्तवमा तिनीहरूका बाबुहरूका हातको ताकतले, अर्थात् तन्‍देरी उमेरको बल नष्‍ट भएका मानिसहरूका ताकतले मलाई कसरी मदत गर्न सक्थ्यो र ?
JOB 30:3 गरिबी र भोकले तिनीहरू दुब्‍लो थिए । उजाडस्‍थान र मरुभूमीमा अँध्‍यारोमा सुक्खा भुइँमा तिनीहरू कुटुकुटु टोक्थे ।
JOB 30:4 तिनीहरूले नुनिलो झार र झाडीका पातहरू उखेल्थे । झ्याउका जराहरू तिनीहरूका खानेकुरा थिए ।
JOB 30:5 तिनीहरू मानिसहरूका बिचबाट खेदिएका थिए, जो चिच्‍च्याउँदै चोरको पछि लागेझैं तिनीहरूको पछि लाग्थे ।
JOB 30:6 त्यसैले तिनीहरूले नदीका मैदानहरू, जमिन र चट्टानका गुफाहरूमा बस्‍नुपरेको थियो ।
JOB 30:7 झाडीहरूका बिचमा तिनीहरू गधझैं कराउँथे, र तिनीहरू झाडीमुनि एकसाथ जम्‍मा हुन्थे ।
JOB 30:8 तिनीहरू मूर्खहरूका छोराहरू थिए, वास्तवमा नाम नभएका मानिसहरूका छोराहरू थिए । कोर्रा लगाएर तिनीहरूलाई देशबाट लखेटियो ।
JOB 30:9 तर अहिले म तिनीहरूको गिल्लाको गितको विषय बनेको छु । म तिनीहरूका लागि उखान भएको छु ।
JOB 30:10 तिनीहरू मलाई घृणा गर्छन्, र मबाट टाढा रहन्छन् । मेरो मुखमा थुक्‍नबाट तिनीहरू रोकिंदैनन् ।
JOB 30:11 किनकि परमेश्‍वरले मेरो धनुको डोरी फुकाउनुभएको र मलाई कष्‍ट दिनुभएको छ, अनि मलाई गिल्ला गर्नेहरूले मेरो अनुहारकै सामु आफ्नो रिस पोखाउँछन् ।
JOB 30:12 मेरो दाहिने हातमा हुल्याहाहरू खडा हुन्छन् । तिनीहरूले मलाई टाढा लखेट्छन् र मेरो विरुद्धमा आफ्‍ना घेरा-मचान बनाउँछन् ।
JOB 30:13 तिनीहरूले मेरो मार्ग नष्‍ट गर्छन् । तिनीहरूले ममाथि विपत्ति ल्याउँछन्, र ती मानिसहरूलाई रोक्‍ने कोही छैन ।
JOB 30:14 सहरको पर्खालमा भएको ठुलो प्वालबाट आउने फौजझैं तिनीहरू मेरो विरुद्धमा आउँछन् । विनाशको बिचमा तिनीहरू ममाथि लडिबडि खेल्छन् ।
JOB 30:15 त्रासहरू ममाथि परेका छन् । बतासले उडाएर लगेझैं मेरो आदरलाई लगिएको छ । मेरो समृद्धि बादलझैं बितेर जान्छ ।
JOB 30:16 अब मेरो जीवन मभित्रै सकिंदैछ । कष्‍टका धेरै दिनहरूले मलाई समातेका छन् ।
JOB 30:17 रातमा मभित्र भएका हड्‍डीहरूले मलाई घोच्‍छन् । मलाई सताउने मेरा पीडाले आराम लिंदैनन् ।
JOB 30:18 परमेश्‍वरको महान् शक्तिले मेरो वस्‍त्र समातेको छ । मेरो कमीजको कठालोझैं यसले मेरो चारैतिर बेर्छ ।
JOB 30:19 उहाँले मलाई हिलोमा फाल्‍नुभएको छ । म धूलो र खरानीझैं भएको छु ।
JOB 30:20 हे परमेश्‍वर, म तपाईंमा पुकार्छु, तर तपाईंले मलाई जवाफ दिनुहुन्‍न । म खडा हुन्छु, तर तपाईंले हेर्नु मात्र हुन्छ ।
JOB 30:21 तपाईं बद्लिनुभएको छ र मप्रति क्रुर बन्‍नुभएको छ । आफ्नो हातको ताकतले तपाईंले मलाई सताउनुहुन्छ ।
JOB 30:22 तपाईंले मलाई बतासमा उचाल्‍नुहुन्छ र त्‍यसले मलाई उडाउने बनाउनुहुन्छ । तपाईंले मलाई आँधीमा यताउता हुत्‍याउनुहुन्छ ।
JOB 30:23 किनकि म जान्‍दछु, कि तपाईंले मलाई मृत्युमा पुर्‍याउनुहुन्‍छ, सबै जीवितहरूका लागि नियुक्त गरिएको घरमा लानुहुन्‍छ ।
JOB 30:24 तापनि जब कोही लड्छ, तब के त्यसले मदतको लागि आफ्नो हात उठाउँदैन र ? के सङ्कष्‍टमा भएको कसैले पनि मदतको लागि पुकार्दैन र ?
JOB 30:25 कष्‍टमा भएको व्यक्तिको लागि म रोइनँ र ? खाँचोमा परेको मानिसको लागि मैले शोक गरिनँ र ?
JOB 30:26 जब मैले भलाइको आशा गरें, तब खराबी आयो । जब मैले ज्योतिको आशा गरें, त्‍यसको साटो अन्धकार आयो ।
JOB 30:27 मेरो हृदय कष्‍टमा छ र यसले विश्राम लिंदैन । कष्‍टका दिनहरू ममाथि आएका छन् ।
JOB 30:28 अन्धकारमा बसिरहेको मानिसझैं म हिंडेको छ, तर सूर्यको कारणले होइन । म सभामा खडा हुन्छु र मदतको लागि पुकार्छु ।
JOB 30:29 म स्यालहरूको भाइ, अस्ट्रिचहरूको मित्र भएको छु ।
JOB 30:30 मेरो छाला कालो छ, र पत्रै-पत्र भएर झर्छ । मेरा हड्‍डीहरू रापले जलेका छन् ।
JOB 30:31 त्यसकारण मेरो वीणाले शोकका गीतहरू गाउँछ, र मेरो बाँसुरीले रुनेहरूको निम्ति गाउँछ ।
JOB 31:1 मैले मेरा आँखासित करार बाँधेको छु । तब कसरी कुनै कन्यालाई म कुदृष्‍टिले हेर्न सक्छु र ?
JOB 31:2 किनकि माथि हुनुभएको परमेश्‍वरबाट के हिस्सा पाइन्‍छ र ? उच्‍चमा हुनुभएको सर्वशक्तिमान्‌बाट के उत्तराधिकार पाइन्‍छ र ?
JOB 31:3 विपत्ति अधर्मी मानिसहरूका लागि हो, अनि विनाशचाहिं दुष्‍ट काम गर्नेहरूका लागि हो भनी मैले विचार गर्थें ।
JOB 31:4 के परमेश्‍वरले मेरा मार्गहरू देख्‍नुहुन्‍न र मेरा सबै कदम गन्‍नुहुन्‍न र ?
JOB 31:5 म झुटो कुरामा हिंडेको छु भने, र मेरो खुट्टा छल गर्न हतारिन्‍छन् भने,
JOB 31:6 न्यायको तराजुमा मलाई जोखियोस्, जसले गर्दा परमेश्‍वरले मेरो सत्यनिष्ठा जान्‍नुहुनेछ ।
JOB 31:7 मेरो कदमह बाटोबाट तर्किएको छ भने, र मेरो हृदय मेरा आँखाको पछि लागेको छ भने, र मेरा हातमा कुनै दाग टाँसिएको छ भने,
JOB 31:8 तब मलाई रोप्‍न दिइयोस् अनि अर्कैले खाओस्, र मेरा बालीहरू उखेलिऊन् ।
JOB 31:9 मेरो हृदय स्‍त्रीद्वारा धोकामा परेको छ भने, र मेरो छिमेकीको ढोकामा म ढुकिबसेको छु भने,
JOB 31:10 तब मेरी पत्‍नीले अर्कैको लागि अन्‍न पिसोस्, र अरू मानिसहरू त्यसमाथि घोप्‍टो परून् ।
JOB 31:11 किनकि त्यो त डरलाग्दो अपराध हुन्छ । वास्तवमा यो न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्छ ।
JOB 31:12 किनकि त्यो त नरकसम्म नै भस्म पार्ने आगो हो, र त्‍यसले मेरा सबै फसललाई जरैसम्म जलाउँछ ।
JOB 31:13 मेरो कमारा वा कमारीले न्‍यायको लागि बिन्‍ती गर्दा, तिनीहरूले मसित बहस गर्दा, मैले बेवास्ता गरेको भए,
JOB 31:14 जब मलाई दोष लगाउन परमेश्‍वर उठ्‍नुहुन्‍छ, तब म के गर्न सक्‍छु र ? जब मेरो न्याय गर्न उहाँ आउनुहुन्‍छ, तब म उहाँलाई कसरी जवाफ दिन सक्‍छु र ?
JOB 31:15 मलाई गर्भमा रच्नुहुनेले नै तिनीहरूलाई पनि रच्नुभएको होइन र ? हामी सबैलाई उहाँले नै गर्भमा बनाउनुभएको होइन र ?
JOB 31:16 गरिब मानिसहरूलाई मैले तिनीहरूको इच्छा वञ्चित गरेको छु भने, अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने,
JOB 31:17 अर्थात् मैले आफ्‍नो गासलाई एक्‍लै खाएको छु, अनि अनाथहरूलाई पनि त्‍यो खान दिएको छैनँ भने—
JOB 31:18 किनकि मेरो युवावस्थादेखि मसित अनाथ बुबासितझैं हुर्केको छ, अनि मैले उसकी विधवा आमालाई मेरी आमाको गर्भदेखि नै डोर्‍याएको छु ।
JOB 31:19 लुगाफाटाको कमीले कोही नष्‍ट भएको मैले देखेको छु भने, अर्थात् खाँचोमा परेको मान्छेले लुगा लगाउन नपाएको मैले देखेको छु भने,
JOB 31:20 मेरो भेडाको ऊनले आफूलाई न्यानो पार्न नपाएको हुनाले, उसको हृदयले मलाई आशिष् दिएको छैन भने,
JOB 31:21 सहरको मूल ढोकामा मैले आफ्‍नो समर्थन देखेको हुनाले, अनाथहरूको विरुद्धमा मैले आफ्‍नो हात उठाएको छु भने, तब मेरो विरद्धमा अभियोग लगाउनुहोस् ।
JOB 31:22 मैले यी कुराहरू गरेको छु भने, मेरो काँधको पाता काँधबाट खुस्कोस् र मेरो पाखुरा त्‍यसको जोर्नीबाट खुस्कोस् ।
JOB 31:23 किनकि परमेश्‍वरबाट आउने विनाशदेखि म डराएँ । उहाँको ऐश्‍वर्यको कारण मैले ती कुराहरू गर्न सकिनँ ।
JOB 31:24 सुनलाई मैले आफ्‍नो आशा बनाएको छु भने, अनि निखुर सुनलाई मैले यसो भनेको छु, ‘मैले भर पर्ने तँमाथि नै हो,' भने,
JOB 31:25 मेरो धन-सम्पत्ति प्रशस्त भएको हुनाले, मेरो हातले धेरै धनदौलत प्राप्‍त गरेको हुनाले म रमाएको छु भने, तब मेरो विरुद्धमा अभियोगहरू ल्याउनुहोस् ।
JOB 31:26 सूर्य उदाउँदा मैले त्‍यसको दर्शन गरेको, अर्थात् चन्द्रमा चम्‍किलो भएर हिंडेको हेरेको भए,
JOB 31:27 अनि मेरो हृदय गुप्‍तमा आकर्षित भएको छ भने, जसको कारणले तिनको पुजा गर्न मेरो मुखले मेरो हातलाई चुम्बन गरेको भए—
JOB 31:28 यो पनि न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्‍थ्‍यो, किनकि माथि विराजमान् हुनुहुने परमेश्‍वरलाई मैले इन्कार गरेको हुन्‍थें ।
JOB 31:29 मलाई घृणा गर्ने कुनै व्यक्तिको विनाशमा म रमाएको छु भने, अर्थात् विपत्तिले उसमाथि विजय पाउँदा आफैलाई बधाई दिएको छु भने, तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
JOB 31:30 वास्तवमा ऊ मरोस् भनी सराप्‍नलाई, आफ्‍नो मुखलाई पाप गर्ने अनुमति मैले दिएकै छैनँ ।
JOB 31:31 मेरो पालका मानिसहरूले कदापि यसो भनेका छैनन् भने, 'अय्यूबको भोजनले तृप्‍त नभएको मानिस कसैले भेट्टाउन सक्छ ?'
JOB 31:32 (विदेशीले पनि कदापि सहरको चोकमा बास बस्‍नुपरेको छैन, किनकि यात्रु निम्‍ति मैले सधैँ आफ्‍ना ढोकाहरू खुला गरेको छु), र त्यसो होइन भने, मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
JOB 31:33 आफ्‍नो दोषलाई आफ्‍नै लुगाले ढाकेर, मानव-जातिले झैं मैले आफ्‍ना पापहरू लुकाएको भए,
JOB 31:34 (किनकि ठुलो भिडदेखि म डराएँ, परिवारहरूको निन्दाले मलाई त्रसित पार्‍यो, जसको कारणले म चुप लागें र बाहिर गइनँ), तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
JOB 31:35 ओहो, मेरो कुरा सुन्‍ने कोही भए त, हेर्नुहोस्, मेरो हस्ताक्षर यहीँ छ । सर्वशक्तिमान्‌को जवाफ पाऊँ । मेरो प्रतिवादीले लेखेको दोष-पत्र मसित भए त,
JOB 31:36 निश्‍चय पनि त्‍यो म आफ्‍नै काँधमा खुलमखुला बोकेर हिंड्‍थें । मुकुटझैं त्‍यो म लगाउँथें ।
JOB 31:37 जसरी निर्धक्‍क राजकुमार उहाँकहाँ जान्‍छन्, त्‍यसरी नै उहाँलाई म आफ्‍ना कदमहरूको हिसाब दिन्‍थें ।
JOB 31:38 मेरो खेत मेरो विरुद्धमा कदापि कराएको छ भने, र यसमा भएका हलोका डोबहरू एकसाथ रोएका छन् भने,
JOB 31:39 त्‍यसको फसलको लागि मूल्‍य नचूकाइ मैले खाएको छु भने, अर्थात्, त्‍यसका मालिकहरूलाई मृत्‍युमा पुर्‍याएको छु भने,
JOB 31:40 तब गहुँको साटोमा काँढा र जौँको साटो झारपात उम्रियोस् ।” अय्यूबका वचनहरू सकिए ।
JOB 32:1 त्‍यसैले यी तिन जना मानिसले अय्यूबलाई जवाफ दिन छाडे किनभने आफ्‍नो दृष्‍टिमा तिनले आफूलाई धर्मी ठहराए ।
JOB 32:2 त्यसपछि रामको परिवारको बुजी बारकेलका छोरा एलीहूलाई रिस उठ्यो । तिनलाई अय्यूबको विरुद्धमा रिस उठेको थियो, किनकि तिनले परमेश्‍वरभन्दा पनि आफैलाई धर्मी ठहराएका थिए ।
JOB 32:3 तिन जना मित्रको विरुद्धमा पनि एलीहूलाई रिस उठ्यो किनकि तिनीहरूले अय्यूबलाई जवाफ दिन सकेका थिएनन्, र पनि तिनीहरूले अय्यूबलाई दोषी ठहराएका थिए ।
JOB 32:4 अरू मानिसहरू एलीहूभन्दा उमेरमा पाका भएका हुनाले तिनले अय्यूबसित बोल्‍नलाई पर्खिरहेका थिए ।
JOB 32:5 तापनि यी तिन जना मानिसका मुखमा एलीहूले जवाफ नदेखेपछि तिनलाई रिस उठ्यो ।
JOB 32:6 तब बुजी बारकेलका छोरा एलीहू बोले र यसो भने, “म जवान छु, र तपाईंहरू निकै पाका हुनुहुन्छ । त्यसैले म चुप लागें, र मेरो विचार तपाईंहरूलाई भन्‍ने आँट गरिनँ ।
JOB 32:7 मैले भनें, “बुढा-पाकाले बोल्नुपर्छ । धेरै वर्ष बिताएकाहरूले बुद्धि सिकाउनुपर्छ ।
JOB 32:8 तर मानिसमा एउटा आत्मा हुन्छ । सर्वशक्तिमान्‌को सासले उसलाई सुझबुझ दिन्छ ।
JOB 32:9 महान् मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्, न त पाका मानिसहरूले मात्र न्यायलाई बुझ्छन् ।
JOB 32:10 यसैकारण म तपाईंहरूलाई भन्दछु, 'मेरो कुरा सुन्‍नुहोस् । म पनि तपाईंहरूलाई आफ्‍नो ज्ञान भन्‍नेछु ।’
JOB 32:11 हेर्नुहोस्, मैले तपाईंहरूका कुरा सुनें । तपाईंहरूले के भन्‍ने भनी विचार गरिरहँदा मैले तपाईंका बहसहरू सुनें ।
JOB 32:12 वास्तवमा मैले ध्यान दिएर तपाईंहरूका कुरा सुनें, तर तपाईंहरूमध्ये एक जनाले पनि अय्यूबलाई विश्‍वस्त पार्न, अर्थात् तिनको वचनलाई जवाफ दिन सक्‍नुभएन ।
JOB 32:13 'हामीले बुद्धि भेट्टाएका छौं,' नभन्‍नलाई होसियार हुनुहोस् । अय्यूबलाई परमेश्‍वरले नै हराउनुपर्छ । मानिसले यसो गर्न सक्दैन ।
JOB 32:14 किनकि अय्यूबले आफ्ना वचनहरू मेरो विरुद्धमा बोलेका छैनन् । त्यसैले तपाईंहरूकै जवाफले म तिनलाई जवाफ दिनेछैनँ ।
JOB 32:15 यी तिन जना मानिसका बोली बन्‍द भएका छन् । तिनीहरूले फेरि अय्यूबलाई जवाई दिन सक्दैनन् । तिनीहरूसँगत बोल्‍नलाई एउटै शब्द पनि छैन ।
JOB 32:16 तिनीहरू बोल्‍दैनन्, तिनीहरू चूपचाप खडा छन्, अनि कुनै जवाफ दिंदैनन् भनेर के म पर्खिरहनू ?
JOB 32:17 अहँ, म पनि आफ्‍नो तर्फबाट जवाफ दिनेछु । म पनि तिनीहरूलाई आफ्‍नो ज्ञान भन्‍नेछु ।
JOB 32:18 किनकि मसँग जवाफ धेरै छन् । मभित्र भएको आत्माले मलाई बाध्य पार्छ ।
JOB 32:19 मेरो छाती फुल्‍दै गरेको दाखमद्यझैं भएको छ जसको प्‍वाल छैन । नयाँ मशकझैं यो फुट्नलाई तयार छ ।
JOB 32:20 म ताजा हुन सकूँ भनेर म बोल्नेछु । म आफ्‍नो ओठ खोल्नेछु, र बोल्नेछु ।
JOB 32:21 म पक्षपात गर्नेछैनँ, न त कुनै मानिसलाई आदरको दर्जा नै दिनेछु ।
JOB 32:22 किनकि त्‍यस्तो दर्जा कसरी दिने हो म जान्‍दिनँ । मैले त्यसो गरें भने, मेरा सृष्‍टिकर्ताले मलाई चाँडै लैजानुहुन्‍छ ।
JOB 33:1 त्यसैले अब, हे अय्यूब, मेरो कुरा सुन्‍न म तपाईंसित बिन्ती गर्छु, मेरा सबै शब्‍दहरू सुन्‍नुहोस् ।
JOB 33:2 हेर्नुहोस्, अब मैले आफ्‍नो मुख खोलेको छु । मेरो जिब्रोले मेरो मुखमा बोलेको छ ।
JOB 33:3 मेरा वचनहरू मेरो हृदयको सोझोपनबाट आउँछन् । मेरो ओठले शुद्ध ज्ञान बोल्‍छ ।
JOB 33:4 परमेश्‍वरका पवित्र आत्माले मलाई बनाउनुभएको छ । सर्वशक्तिमान्‌को सासले मलाई जीवन दिएको छ ।
JOB 33:5 तपाईं सक्‍नुहुन्छ भने मलाई जवाफ दिनुहोस् । आफ्‍ना बहसहरू मेरो सामु क्रमैसित राख्‍नुहोस्, र खडा हुनुहोस् ।
JOB 33:6 हेर्नुहोस्, परमेश्‍वरको दृष्‍टिमा तपाईं जस्तो हुनुहुन्‍छ म पनि त्‍यस्‍तै हुँ । म पनि माटैबाट रचना गरिएको हुँ ।
JOB 33:7 हेर्नुहोस्, मेरो डरले तपाईंलाई त्रसित नपारोस्, न त मेरो बोझ तपाईंलाई गह्रौं होस् ।
JOB 33:8 तपाईंले निश्‍चय पनि मैले सुन्‍ने गरी बोल्नुभएको छ । तपाईंका वचनहरूका आवाजले यसो भनेको मैले सुनेको छु,
JOB 33:9 'म शुद्ध र अपराधरहित छु । म निर्दोष छु, र ममा कुनै पाप छैन ।
JOB 33:10 परमेश्‍वरले मलाई आक्रमण गर्ने मौकाहरू खोज्‍नुहुन्‍छ । उहाँले मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ ।
JOB 33:11 उहाँले मेरो खुट्टा ठिंगुरोमा हाल्नुहुन्छ । उहाँले मेरा सबै मार्ग नियालेर हेर्नुहुन्छ ।'
JOB 33:12 हेर्नुहोस्, यो कुरोमा तपाईं ठिक हुनुहुन्‍न— म तपाईंलाई जवाफ दिन्छु, किनकि परमेश्‍वर मानिसभन्दा महान् हुनुहुन्छ ।
JOB 33:13 उहाँको विरुद्धमा तपाईं किन सङ्घर्ष गर्नुहुन्छ ? उहाँले त आफ्ना कुनै पनि कामको लेखा दिनुपर्दैन ।
JOB 33:14 परमेश्‍वरले एक पटक, दुई पटक बोल्नुहुन्छ, तापनि मानिसले त्‍यसको ख्याल गर्दैन ।
JOB 33:15 राती सपनामा, दर्शनमा, मानिसहरू मस्त निद्रामा पर्दा, ओछ्यानमा सुतेको समयमा,
JOB 33:16 तब परमेश्‍वरले मानिसहरूका कान खोल्‍नुहुन्छ, र तिनीहरूलाई चेतावनीहरूले तर्साउनुहुन्छ,
JOB 33:17 मानिसका पापी उद्देश्यहरूबाट उसलाई फर्काएर ल्याउनलाई, र अहङ्कारलाई ऊबाट टाढा राख्‍नलाई ।
JOB 33:18 परमेश्‍वरले मानिसको जीवनलाई खाडल पर्नबाट, उसको जीवनलाई मृत्युमा जानबाट बचाउनुहुन्छ ।
JOB 33:19 मानिसलाई ओछ्यानमा हुने पीडा, उसका हड्‍डीहरूमा निरन्तर हुने वेदनाद्वारा पनि उसलाई दण्ड दिइन्छ,
JOB 33:20 जसको कारणले उसको जीवनले खानेकुरालाई घृणा गर्छ, र उसको प्राणले मिठो भोजनलाई घृणा गर्छ ।
JOB 33:21 उसको शरीरको मासु नदेखियोस् भनेर त्यो नष्‍ट भएको हुन्छ । पहिले नदेखिने उसका हाडहरू लौरोझैं देखिन्छन् ।
JOB 33:22 वास्तवमा उसको प्राण मृत्‍युको खाडल नजिक, उसको जीवन उसलाई नष्‍ट गर्न चाहनेहरूकहाँ पुग्छ ।
JOB 33:23 तर के गर्नु ठिक हुन्‍छ भनेर उसलाई देखाउन, उसको निम्‍ति मध्‍यस्‍थकर्ता हुनलाई एउटा स्‍वर्गदूत छन्, हजारौँ स्वर्गदूतहरूका बिचबाट एउटा यस्तो मध्यस्थकर्ता छन्,
JOB 33:24 र त्यो स्वर्गदूत ऊप्रति दयालु हुन्‍छन् र परमेश्‍वरलाई यसो भन्‍छन् भने, 'य स व्यक्तिलाई मृत्‍युको खाडल जानबाट बचाउनुहोस् । उसलाई छुटकारा दिने मोल म तिर्नेछु,'
JOB 33:25 तब उसको मासु बच्‍चाको भन्दा कलिलो हुन्छ । उसले फेरि आफ्नो युवावस्थाको ताकत पाउनेछ ।
JOB 33:26 उसले परमेश्‍वरलाई प्रार्थना चढाउनेछ, र परमेश्‍वर ऊप्रति दयालु बन्‍नुहुनेछ, ताकि उसले आनन्दले परमेश्‍वरको मुहार हेर्छ । परमेश्‍वरले त्यो व्यक्तिलाई विजय दिनुहुन्‍छ ।
JOB 33:27 तब त्यो व्यक्तिले अरू मानिसहरूको सामु गाउनेछ र यसो भन्‍नेछ, 'मैले पाप गरें, र ठिक कुरालाई बङ्ग्याएँ, तर मेरो पापको दण्ड दिइएन ।
JOB 33:28 परमेश्‍वरले मेरो प्राणलाई मृत्‍युको खाडलमा जानबाट छुटकारा दिनुभएको छ । मेरो जीवनले निरन्‍तर ज्योति देख्‍नेछ ।'
JOB 33:29 परमेश्‍वरले एक जना व्यक्तिसित यी सबै कुरा, दुई पटक वा तिन पटक पनि गर्नुहुन्छ,
JOB 33:30 उसको प्राणलाई मृत्‍युको खाडलबाट फर्काउनलाई, जसले गर्दा जीवनको ज्योतिले उसले आफूलाई चम्काउन सकोस् ।
JOB 33:31 हे अय्यूब, ध्यान दिनुहोस्, र मेरो कुरा सुन्‍नुहोस् । चुप लाग्‍नुहोस्, र म बोल्नेछु ।
JOB 33:32 तपाईंसित भन्‍नुपर्ने कुनै कुरा छ भने मलाई जवाफ दिनुहोस् । बोल्नुहोस्, किनकि तपाईं ठिक हुनुहुन्छ भनी म प्रमाणित गर्न चाहान्‍छु ।
JOB 33:33 होइन भने, मेरो कुरा सुन्‍नुहोस् । चुप लाग्‍नुहोस्, र म तपाईंलाई बुद्धिका कुरा सिकाउनेछु ।”
JOB 34:1 अझै एलीहूले निरन्‍तर बोले,
JOB 34:2 “हे बुद्धिमान् मानिसहरू हो, मेरा वचन सुन्‍नुहोस् । हे ज्ञान भएकाहरू हो, मेरा कुरा सुन्‍नुहोस् ।
JOB 34:3 जिब्रोले भोजनको स्वाद लिएझैं, कानले शब्दहरूलाई जाँच्ने कोसिस गर्छ ।
JOB 34:4 जे न्‍यायोचित छ, सो हामी आफ्‍नो निम्‍ति रोजौं । जे असल छ, सो हामी आफ्‍नो बिचमा खोजौं ।
JOB 34:5 किनकि अय्यूबले भनेका छन्, 'म धर्मी छु, तर परमेश्‍वरले मेरा अधिकारहरू हटाउनुभएको छ ।
JOB 34:6 मेरा अधिकारहरू भए पनि मलाई झुटो ठानिएको छ । म पापी नभए पनि मेरो घाउ निको हुँदैन ।'
JOB 34:7 अय्यूब कस्ता मानिस हुन्, जसले गिल्लालाई पनि पानीझैं पिउँछन्,
JOB 34:8 जो दुष्‍ट काम गर्नेहरूको सङ्गतमा जान्छन्, र जो दुष्‍ट मानिसहरूसितै हिंड्छन् ।
JOB 34:9 किनकि तिनले भनेका छन्, 'परमेश्‍वरले जे इच्‍छा गर्नुहुन्‍छ त्‍यो गर्नमा मानिसलाई कुनै रमाहट हुँदैन ।'
JOB 34:10 त्यसैले हे सुझबुझ भएका मानिसहरू हो, मेरो कुरा सुन्‍नुहोस् । परमेश्‍वरले कदापि दुष्‍ट काम गर्नुहुन्‍न । सर्वशक्तिमान्‌ले कदापि पाप गर्नुहुन्‍न ।
JOB 34:11 किनकि उहाँले व्यक्तिको कामअनुसारको प्रतिफल दिनुहुन्छ । उहाँले हरेक मानिसलाई उसका आफ्नै चालअनुसारको इनाम दिनुहुन्छ ।
JOB 34:12 वास्तवमा परमेश्‍वरले कुनै दुष्‍ट काम गर्नुहुन्‍न, न त सर्वशक्तिमान्‌ले कदापि न्यायलाई बङ्ग्याउनुहुन्छ ।
JOB 34:13 कसले उहाँलाई पृथ्वीको निरीक्षक तुल्याएको हो र ? कसले सारा संसार उहाँको अधीनमा राखिदिएको हो र ?
JOB 34:14 उहाँले आफ्ना मनसायहरू आफैमा मात्र राख्‍नुभएको भए, र उहाँले कहिलै आफ्ना आत्मा र सास आफैमा फर्काउनुभए,
JOB 34:15 तब सारा प्राणी एकसाथ नष्‍ट हुन्‍थे । मानव-जाति फेरि पनि माटोमा नै फर्कन्‍थ्‍यो ।
JOB 34:16 अब तपाईंसित सुझबुझ छ भने, यो कुरा सुन्‍नुहोस् । मेरो वचनको आवाजलाई सुन्‍नुहोस् ।
JOB 34:17 के न्यायलाई घृणा गर्नेले शासन गर्न सक्छ ? के तपाईंले परमेश्‍वरलाई दोषी ठहराउनुहुन्‍छ जो धर्मी र शक्तिशाली हुनुहुन्छ ?
JOB 34:18 परमेश्‍वरले राजालाई भन्‍नुहुन्छ, 'तँ निकम्मा होस्' वा कुलीनहरूलाई भन्‍नुहुन्छ, 'तिमीहरू दुष्‍ट हौ ।'
JOB 34:19 परमेश्‍वरले अगुवाहरूको पक्ष लिनुहुन्‍न, र गरिबहरूलाई भन्दा बढी मान धनीहरूलाई गर्नुहुन्‍न, किनकि तिनीहरू सबै उहाँका हातका काम हुन् ।
JOB 34:20 एकै क्षणमा तिनीहरू मर्नेछन् । मध्यरातमा मानिसहरू हल्लिन्‍छन् र बितेर जान्‍छन् । शक्तिशाली मानिसहरू लगिन्‍छन्, तर मानवीय हातले होइन ।
JOB 34:21 किनकि परमेश्‍वरको दृष्‍टि मानिसको चालमा हुन्‍छ । उहाँले त्यसका सबै कदम हेर्नुहुन्छ ।
JOB 34:22 यस्तो कुनै अन्धकार वा बाक्लो अँध्यारो छैन, जहाँ अधर्म गर्नेहरूले आफैलाई लुकाउन सक्छन् ।
JOB 34:23 किनकि परमेश्‍वरले व्‍यक्‍तिको थप जाँच गर्नुपर्दैन । कुनै पनि व्यक्ति इन्‍साफको लागि उहाँको सामु जानु आवश्यक छैन ।
JOB 34:24 उहाँले शक्तिशाली मानिसहरूलाई तिनीहरूका चालको कारणले टुक्रा-टुक्रा पार्नुहुन्छ जसको थप अनुसन्धान आवश्यक नै हुँदैन । उहाँले तिनीहरूका ठाउँमा अरूलाई राख्‍नुहुन्छ ।
JOB 34:25 यसरी तिनीहरूका कामहरूका जानकारी उहाँलाई हुन्‍छ । उहाँले यी मानिसहरूलाई रातमा पल्टाउनुहुन्छ । तिनीहरू नष्‍ट हुन्छन् ।
JOB 34:26 अरूले देख्‍नेगरी खुला ठाउँमा, उहाँले तिनीहरूका दुष्‍ट कामहरूको लागि अपराधीहरूलाई झैं तिनीहरूलाई मार्नुहुन्छ,
JOB 34:27 किनकि उहाँको अनुसरण गर्नबाट तिनीहरू तर्के, र उहाँका कुनै पनि मार्गको अनुसरण गर्न इन्कार गरे ।
JOB 34:28 यसरी गरिब मानिसहरूको रोदन उहाँको कानले सुन्‍ने तिनीहरूले बनाए । कष्‍टमा परेका मानिसहरूको रोदन उहाँले सुन्‍नुभयो ।
JOB 34:29 जब उहाँ चुप लाग्‍नुहुन्‍छ, तब कसले उहाँलाई दोषी ठहराउन सक्छ र ? उहाँले आफ्नो अनुहार लुकाउनुहुन्‍छ भने कसले उहाँलाई भेट्‍न सक्छ र ? उहाँले जाति र व्यक्तिमाथि समान किसिमले शासन गर्नुहुन्छ,
JOB 34:30 जसको कारणले पापी मानिसले शासन गर्न नपाओस्, यसरी मानिसहरूलाई पासोमा पार्ने कोही नहोस् ।
JOB 34:31 मानौँ, कसैले परमेश्‍वरलाई भन्छ, 'म निश्‍चय नै दोषी छु, तर म फेरि पाप गर्नेछैनँ ।
JOB 34:32 मैले देख्‍न नसक्‍ने कुरा मलाई सिकाउनुहोस् । मैले पाप गरेको छु, तर त्‍यो काम म फेरि गर्नेछैनँ ।'
JOB 34:33 तपाईंको विचारमा, परमेश्‍वरले गर्नुहुने कुरा तपाईंलाई मन पर्दैन भन्‍दैमा, के परमेश्‍वरले त्यो व्यक्तिको पापलाई दण्ड दिनैपर्छ र ? तपाईंले नै चुन्‍ने हो, मैल होइन । त्यसैले आफूले जानेका कुरा भन्‍नुहोस् ।
JOB 34:34 सुझबुझ भएका मानिसहरूले मलाई भन्‍नेछन्— वास्तवमा मेरो कुरा सुन्‍ने हरेक बुद्धिमान् मानिसले भन्‍नेछ,
JOB 34:35 'अय्यूब ज्ञानविनै बोल्छन् । तिनका शब्‍दहरूमा बुद्धिका कुरा छैनन् ।'
JOB 34:36 अय्यूबले दुष्‍ट मानिसहरूले झैं कुरा गरेको हुनाले, तिनको भनेका स-साना कुरा लिएर जाँच गर्न सकिए त!
JOB 34:37 किनकि आफ्नो पापमा तिनले विद्रोह थप्छन् । हाम्रा बिचमा गिल्ला गर्दै तिनी थपडी मार्छन् । तिनी परमेश्‍वरको विरुद्धमा वचनको थुप्रो लगाउँछन् ।”
JOB 35:1 अझै एलीहूले निरन्‍तर यसो भनिरहे,
JOB 35:2 “जब तपाईं भन्‍नुहुन्‍छ, 'परमेश्‍वरको सामु मेरो अधिकार' तब त्‍यो न्‍यायोचित नै हो भन्‍ने विचार तपाईंलाई हुन्छ ?
JOB 35:3 किनकि तपाईं सोध्‍नुहुन्छ, 'यसबाट मलाई के फाइदा हुन्‍छ ?' अनि 'मैले पाप गर्दा मलाई के असल हुन्‍छ र ?’
JOB 35:4 म तपाईंलाई, तपाईं र तपाईंका मित्रहरू दुवैलाई जवाफ दिनेछु ।
JOB 35:5 माथि आकाशमा हेर्नुहोस् र विचार गर्नुहोस् । आकाशलाई हेर्नुहोस्, जुन तपाईंभन्दा माथि छ ।
JOB 35:6 तपाईंले पाप गर्नुभयो भने, परमेश्‍वरको के नोक्‍सान हुन्छ र ? तपाईंका अपराधहरूको थुप्रो लाग्‍यो भने, तपाईंले उहाँलाई के गर्नुहुन्छ र ?
JOB 35:7 तपाईं धर्मी हुनुहुन्छ भने, तपाईंले उहाँलाई के दिन सक्‍नुहुन्छ र ? तपाईंको हातबाट उहाँले के ग्रहण गर्नुहुन्‍छ र ?
JOB 35:8 जसरी तपाईं मानिस हुनुहुन्‍छ, तपाईंको दुष्‍ट कामले मानिसलाई नै चोट पुर्‍याउन सक्छ, र तपाईंको धार्मिकताले अर्को मानिसको छोरोलाई लाभ हुन सक्छ ।
JOB 35:9 अत्याचारका धेरै कार्यहरूले मानिसहरू रुन्‍छन् । शक्तिशाली मानिसहरूका पाखुराको मदत तिनीहरूले माग्‍छन् ।
JOB 35:10 तर कसैले यसो भन्दैन, 'मेरा सृष्‍टिकर्ता परमेश्‍वर कहाँ हुनुहुन्छ, जसले रातमा गीतहरू दिनुहुन्छ,
JOB 35:11 जसले पृथ्वीका जन्तुहरूलाई भन्दा बढी हामीलाई सिकाउनुहुन्छ, र जसले आकाशका चराहरूलाई भन्दा बढी हामीलाई बुद्धिमानी बनाउनुहुन्छ ?'
JOB 35:12 त्यहाँ तिनीहरू कराउँछन्, तर दुष्‍ट मानिसहरूको अहङ्कारको कारण परमेश्‍वरले कुनै जवाफ दिनुहुन्‍न ।
JOB 35:13 परमेश्‍वरले निश्‍चय नै दुष्‍टको पुकारा सुन्‍नुहुन्‍न । सर्वशक्तिमान्‌ले त्‍यसलाई ध्यानै दिनुहुन्‍न ।
JOB 35:14 तपाईं भन्‍नुहुन्‍छ, तपाईंले उहाँलाई देक्‍नुहुन्‍न, तपाईंको मुद्दा उहाँको सामु छ, र तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला !
JOB 35:15 अब तपाईं भन्‍नुहुन्छ, उहाँको क्रोधले दण्ड दिंदैन, र उहाँले अपराधलाई अलिकति पनि ध्‍यान दिनुहुन्‍न ।
JOB 35:16 त्यसैले अय्यूबले मूर्ख कुरा बोल्न मात्र आफ्नो मुख खोल्‍नुहुन्‍छ । उहाँले ज्ञानविनाका शब्‍दहरूको थुप्रो लगाउनुहुन्‍छ ।”
JOB 36:1 एलीहूले निरन्‍तर बोले र यसो भने,
JOB 36:2 “मलाई अरू थोरै समय बोल्न दिनुहोस्, र म तपाईंहरूलाई केही कुरा देखाउनेछु, किनकि परमेश्‍वरको समर्थनमा मैले अलिकति अरू भन्‍नुछ ।
JOB 36:3 म धेरै टाढाबाट आफ्‍नो ज्ञान प्राप्‍त गर्नेछु । धार्मिकता मेरा सृष्‍टिकर्ताको हो भनी म स्‍वीकार गर्छु ।
JOB 36:4 किनकि वास्‍तवमा नै मेरा शब्‍दहरू झुटा हुनेछैनन् । ज्ञानमा परिपक्व कोही एक जना तपाईंहरूसँग हुनुहुन्छ ।
JOB 36:5 हेर्नुहोस्, परमेश्‍वर शक्तिशाली हुनुहुन्छ, र उहाँले कसैलाई तिरस्कार गर्नुहुन्‍न । समझशक्तिको ताकतमा उहाँ शक्तिशाली हुनुहुन्छ ।
JOB 36:6 दुष्‍ट मानिसहरूका जीवनलाई उहाँले जोगाउनुहुन्‍न, बरु, दुःख भोग्‍नेहरूका लागि जे ठिक हुन्‍छ, त्यही गर्नुहुन्छ ।
JOB 36:7 उहाँले धर्मी मानिसहरूबाट आफ्नो दृष्‍टि हटाउनुहुन्‍न, तर त्‍यसको साटोमा राजालाई झैं तिनीहरूलाई सधैंभरि सिंहासनमा राख्‍नुहुन्छ, र तिनीहरू माथि उचालिन्छन् ।
JOB 36:8 तिनीहरू साङ्लाले बाँधिए अनि दुःखका डोरीमा अल्‍झिए भने,
JOB 36:9 तब तिनीहरूले जे गरेका हुन्‍छन्, अनि तिनीहरूका अपराध र तिनीहरूका घमण्ड, उहाँले तिनीहरूलाई प्रकट गर्नुहुन्छ ।
JOB 36:10 उहाँको निर्देशन सुन्‍नलाई उहाँले तिनीहरूका कान खुल्‍ला गर्नुहुन्छ, र अधर्मबाट फर्कन तिनीहरूलाई आदेश दिनुहुन्छ ।
JOB 36:11 तिनीहरूले उहाँको सोर सुने अनि उहाँको आराधना गरे भने, तिनीहरूले आफ्नो समय समृद्धिमा, र आफ्ना वर्षहरू सन्तुष्‍टिमा बिताउनेछन् ।
JOB 36:12 यद्यपि, तिनीहरू सुन्‍दैनन् भने, तिनीहरू तरवारले नष्‍ट पारिनेछन् । तिनीहरूसँग ज्ञान नभएको हुनाले तिनीहरू मर्नेछन् ।
JOB 36:13 हृदयमा ईश्‍वर नभएकाहरूले आफ्‍नो रिसलाई थुपार्छन् । परमेश्‍वरले तिनीहरूलाई बाँध्‍नुहुँदा पनि तिनीहरू मदतको लागि पुकारा गर्दैनन् ।
JOB 36:14 तिनीहरू आफ्नो युवावस्थामा मर्छन् । तिनीहरूको जीवन झुटा धर्मका वेश्याहरूका बिचमा बित्छ ।
JOB 36:15 कष्‍टमा परेका मानिसहरूलाई परमेश्‍वरले तिनीहरूका कष्‍टबाट छुटकारा दिनुहुन्छ । तिनीहरूको थिचोमिचोमा उहाँले तिनीहरूसँग बोल्‍नुहुन्छ ।
JOB 36:16 वास्तवमा उहाँले तपाईंलाई निराशाबाट निकालेर, कुनै कठिनाइ नहुने एउटा फराकिलो ठाउँमा लाने इच्‍छा गर्नुहुन्छ, र तपाईंको टेबल मासुको प्रशस्तताले भरिपूर्ण गर्नुहुन्छ ।
JOB 36:17 तर दुष्‍ट मानिसहरूलाई तपाईं न्‍याय गर्न पूर्ण हुनुहुन्छ । इन्साफ र न्यायले तपाईंलाई समातेका छन् ।
JOB 36:18 तपाईंको रिसले तपाईंलाई गिल्ला पाउने नबनाओस्, वा घुसको ठुलो रकमले तपाईंलाई पाखा नलगाओस् ।
JOB 36:19 तपाईंको धन-सम्पत्तिले तपाईंलाई यति फाइदा दिन्‍छ जसले गर्दा तपाईं निराशामा पर्नुहुन्‍न ? अर्थात् तपाईंको ताकतको सबै शक्तिले तपाईंलाई मदत गर्न सक्छ ?
JOB 36:20 अरूको विरुद्धमा पाप गर्नलाई रातको इच्‍छा नगर्नुहोस्, जति बेला मानिसहरू आ-आफ्ना ठाउँमा मारिन्‍छन् ।
JOB 36:21 तपाईं पाप गर्नतिर नफर्कनलाई होसियार हुनुहोस्, किनकि तपाईंले पाप गर्न नपरोस् भनेर कष्‍टद्वारा तपाईंको जाँच हुँदैछ ।
JOB 36:22 हेर्नुहोस्, परमेश्‍वर आफ्नो शक्तिमा उचालिनुभएको छ । उहाँजस्तै शिक्षक को छ र ?
JOB 36:23 उहाँको चालको विषयमा कसले उहाँलाई कदापि निर्देशन दिएको छ र ? कसले उहाँलाई कदापि यसो भन्‍न सक्छ र, 'तपाईंले अधर्मको काम गर्नुभएको छ ?'
JOB 36:24 उहाँका कामहरूको प्रशंसा गर्न नबिर्सिनुहोस् जसको बारेमा मानिसहरूले गाएका छन् ।
JOB 36:25 सबै मानिसले ती कामहरू हेरेका छन्, तर तिनीहरूले ती कामहरू टाढाबाट मात्र देख्छन् ।
JOB 36:26 हेर्नुहोस्, परमेश्‍वर महान् हुनुहुन्छ, तर हामी उहाँलाई राम्ररी बुझ्न सक्दैनौं । उहाँका वर्षहरूको सङ्ख्‍याको गणना गर्न सकिंदैन ।
JOB 36:27 किनकि उहाँले पानीको थोपालाई माथि तान्‍नुहुन्छ, आफ्‍नो बाफलाई चिसो पारेर झरी पार्नुहुन्छ,
JOB 36:28 जसलाई बादलहरूले तल खन्‍याउँछन्, र मानवजातिमा प्रचुर मात्रामा पानी पर्छ ।
JOB 36:29 वास्तवमा के कसैले बादलको बृहत् फैलावट, र उहाँको बासस्थानबाट निस्कने गर्जनलाई बुझ्न सक्छ ?
JOB 36:30 हेर्नुहोस्, उहाँले आफ्नो वरिपरि बिजुली चम्काउनुहुन्छ, र समुद्रको गहिराइलाई ढाक्‍नुहुन्छ ।
JOB 36:31 यसरी उहाँले मानिसहरूको इन्साफ गर्नुहुन्छ, र प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ ।
JOB 36:32 उहाँले बिजुलीलाई निशानामा प्रहार गर्न आज्ञा नदिनुभएसम्म त्यसलाई आफ्नो हातमा लिनुहुन्छ ।
JOB 36:33 यसको गर्जनले आँधी-बेहरीको चेताउनी दिन्छ, गाईवस्तुले पनि त्यसको आगमनको आवाज सुन्छ ।
JOB 37:1 वास्‍तवमा, यस कुरामा मेरो हृदय काँप्छ । त्यो आफ्नो ठाउँबाट हटेको छ ।
JOB 37:2 सुन्‍नुहोस्, उहाँको आवाजको चर्को सोर, उहाँको मुखबाट बाहिर निस्‍कने आवाजलाई सुन्‍नुहोस् ।
JOB 37:3 उहाँले त्‍यसलाई सारा आकाशमुनि पठाउनुहुन्छ, र उहाँले पृथ्वीको कुना-कुनासम्‍म आफ्नो बिजुली पठाउनुहुन्छ ।
JOB 37:4 यसपछि एउटा आवाज गर्जन्छ । उहाँ आफ्नो ऐश्‍वर्यको आवाजले गर्जनुहुन्छ । उहाँको आवाज सुन्‍दा उहाँले बिजुलीको चमकलाई रोक्‍नुहुन्‍न ।
JOB 37:5 परमेश्‍वर आफ्नो सोरसहित अचम्म तरिकाले गर्जनुहुन्छ । हामीले बुझ्नै नसक्‍ने महान् कुराहरू उहाँले गर्नुहुन्छ ।
JOB 37:6 किनकि उहाँले हिउँलाई भन्‍नुहुन्छ, 'पृथ्वीमा खस् ।' त्यसै गरी झरीलाई भन्‍नुहुन्छ, 'मुसलधारे झरी बन् ।'
JOB 37:7 उहाँले हरेक मानिसको हातलाई काम गर्नबाट रोक्‍नुहुन्छ, ताकि आफूले बनाउनुभएका सारा मानिसले उहाँका कामहरू देख्‍न सकून् ।
JOB 37:8 तब जङ्गली जनावरहरू लुक्‍ने ठाउँ जान्छन्, र आ-आफ्ना खोरहरूमा बस्छन् ।
JOB 37:9 आँधी-बेहरी दक्षिणको आफ्नो बासस्थानबाट आउँछ, र उत्तरको प्रचण्ड बतासबाट जाडो आउँछ ।
JOB 37:10 परमेश्‍वरको सासद्वारा बरफ बन्छ । पानीको फैलावट धातुझैं जम्छ ।
JOB 37:11 वास्तवमा बाक्‍लो बादललाई उहाँले बाफको भारी बोकाउनुहुन्छ । उहाँले बादलहरूद्वारा आफ्नो बिजुली छरपष्‍ट पार्नुहुन्छ ।
JOB 37:12 उहाँले आफ्नो निर्देशनद्वारा बादलहरूलाई चारैतिर घुमाउनुहुन्छ, ताकि उहाँले तिनलाई जे आज्ञा गर्नुहुन्‍छ, त्‍यो तिनले सारा संसारको सतहको माथि गर्न सकून् ।
JOB 37:13 उहाँले यी सबै कुरा हुन दिनुहुन्छ । कहिले-कहीं सुधारको लागि यस्‍तो हुन्छ, कहिले-कहीँ उहाँको जमिनको लागि, र कहिले-कहीँ करारको विश्‍वस्तताको कामको रूपमा हुन्छ ।
JOB 37:14 हे अय्यूब, यो कुरा सुन्‍नुहोस् । रोक्‍नुहोस् र परमेश्‍वरका उदेकका कामहरूका बारेमा सोच्नुहोस् ।
JOB 37:15 परमेश्‍वरले बादललाई कसरी स्थापित गर्नुहुन्छ, र बिजुलीको चमकलाई चम्काउनुहुन्छ भनी के तपाईं जान्‍नुहुन्‍छ ?
JOB 37:16 के बादलहरू कसरी तैरन्छन् भनी तपाईं बुझ्नुहुन्छ, जुन ज्ञानमा सिद्ध परमेश्‍वरको उदेकको काम हो ?
JOB 37:17 जब बतास नचली भूमि शान्त हुँदा दक्षिणबाट बतास चल्‍नथाल्‍छ, तब तपाईंको लुगा कसरी तातो हुन्छ भनेर तपाईं बुझ्नुहुन्छ ?
JOB 37:18 आकाशलाई उहाँले झैं तपाईंले फैलाउन सक्‍नुहुन्छ— आकाश, जुन धातु पगालेर बनाइएको ऐनाजत्तिकै कडा हुन्छ ?
JOB 37:19 उहाँलाई हामीले के भन्‍नुपर्ने हो, सो हामीलाई सिकाउनुहोस्, किनकि हाम्रो मनको अन्धकारको कारणले हामीले आफ्‍ना तर्कहरूलाई क्रमैसित प्रस्‍तुत गर्न सक्दैनौँ ।
JOB 37:20 म उहाँसित बोल्न चाहन्छु भनेर उहाँलाई भन्‍नुपर्छ र ? कुनै व्यक्तिले आफूलाई निलियोस् भन्‍ने इच्‍छा गर्छ र ?
JOB 37:21 आकाशमा बतास चलेपछि र त्‍यसले त्‍यहाँको बादललाई उडाएर सफा गरेपछि, जब त्‍यहाँ सूर्य चम्‍किन्‍छ, तब मानिसहरूले त्‍यो हेर्न सक्दैनन् ।
JOB 37:22 उत्तरबाट सुनौलो वैभवको आगमन हुन्छ— परमेश्‍वर भययोग्य महिमा हुनुहुन्छ ।
JOB 37:23 सर्वशक्तिमान्‌को बारेमा, हामी उहाँलाई भेट्टाउन सक्दैनौं । शक्तिमा उहाँ महान् हुनुहुन्छ । उहाँले न्यायलाई दबाउनुहुन्‍न र धार्मिकता प्रसस्‍त पार्नुहुन्‍छ ।
JOB 37:24 त्यसकारण मानिसहरू उहाँदेखि डराउँछन् । आफ्नै मनले बुद्धिमान् सम्‍झनेहरूलाई उहाँले ध्यान दिनुहुन्‍न ।”
JOB 38:1 तब परमप्रभुले अय्यूबलाई प्रचण्ड आँधीबाट बोलाउनुभयो र यसो भन्‍नुभयो,
JOB 38:2 “ज्ञानविनाका शब्‍दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो ?
JOB 38:3 अब एक जना मानिसले झैं आफ्‍नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्‍नेछु, र तैंले जवाफ दिनुपर्छ ।
JOB 38:4 मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस् ? तँसित धेरै समझशक्ति छ भने मलाई भन् ।
JOB 38:5 यसको नाप कसले निधो गर्‍यो ? तँलाई थाहा भए मलाई भन् । यसमाथि कसले नाप्ने धागो टाँग्यो ?
JOB 38:6 के कुरा माथि यसका जगहरू बसालिए ? यसको कुने-ढुङ्गो कसले बसाल्यो ?
JOB 38:7 कति बेला बिहानका ताराहरूले एकसाथ गाए, र परमेश्‍वरका सबै छोराहरूले आनन्‍दले चिच्‍च्याए ।
JOB 38:8 गर्भबाट निस्केझैं समुद्र फुटेर निस्कँदा, कसले त्‍यसका ढोकाहरू बन्द गर्‍यो ?
JOB 38:9 कति बेला मैले त्‍यसलाई बादलको कपडाले ढाकें, अनि निस्पट्ट अन्धकारलाई त्यसको पटुका बनाएँ ?
JOB 38:10 त्यस बेला मैले समुद्रमा मेरो सिमाना तोकिदिएँ, र यसका गजबारहरू तथा ढोकाहरू लगाइदिएँ,
JOB 38:11 अनि मैले त्यसलाई भनें, 'तँ यहाँसम्म आउन सक्छस्, तर यसभन्दा पर होइन । तेरा छालहरूको अहङ्कारको सिमा म यहाँ तोकिदिन्‍छु ।'
JOB 38:12 के तैंले बिहानीलाई आज्ञा दिएको, अथवा मिरमिरेलाई त्‍यसको ठाउँ चिनाएको छस्,
JOB 38:13 जसको कारणले त्‍यसले पृथ्वीको छेउ समातोस्, अनि दुष्‍टहरूलाई त्यहाँबाट हटाउनलाई हल्लाओस् ?
JOB 38:14 छाप मुनिको माटोको आकार बदलिएझैं स्‍वरूपमा पृथ्वी बद्लिन्छ । एउटा लुगा कच्‍चेको धारझैं त्यसमा भएका सबै कुरा प्रस्ट देखिन्छन् ।
JOB 38:15 दुष्‍टहरूबाट तिनीहरूको 'ज्योति' लगिन्छ । तिनीहरूको उठाइएको पाखुरा भाँचिन्छ ।
JOB 38:16 के तँ समुद्रको पानीको मूलमा गएको छस् ? के तँ गहिरोभन्दा गहिरो ठाउँमा हिंडेको छस् ?
JOB 38:17 के मृत्युका ढोकाहरू तँलाई देखाइएको छ ? के तैंले मृत्युका छायाका ढोकाहरू देखेको छस् ?
JOB 38:18 के पृथ्वीको विस्तृत फैलावटलाई तैंले बुझेको छस् ? तँलाई यो सबै थाहा छ भने मलाई भन् ।
JOB 38:19 ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्‍यसको ठाउँ कहाँ बस्छ ?
JOB 38:20 ज्योति र अन्धकारलाई तिनीहरूको काम गर्ने ठाउँमा तैंले लिएर जान सक्छस् ? तिनीहरूका घरमा तिनीहरूलाई फर्काएर लाने बाटो तैंले चिन्‍न सक्छस् ?
JOB 38:21 त्यति बेला नै तेरो जन्म भएको भए निस्सन्देह, तँलाई थाहा हुन्‍छ । तेरो उमेर धेरै भइसकेको हुन्छ !
JOB 38:22 हिउँका भण्डारहरूभित्र तँ पसेको छस् ? अथवा असिनाका भण्डारहरू तैंले देखेको छस् ?
JOB 38:23 यी कुराहरू मैले सङ्कष्‍टको समयको निम्‍ति, अनि संघर्ष र युद्धको दिनको लागि साँचेको छु ।
JOB 38:24 बिजुली चम्केर जाने बाटो कुन हो, अथवा पूर्वीय बतास कहाँबाट पृथ्वीको चारैतिर जान्‍छ ?
JOB 38:25 झरीको बाडीको लागि कसले नहरहरू खनेको छ, अथवा गर्जनको लागि कसले बाटो बनाएको छ,
JOB 38:26 कुनै व्‍यक्ति नरहने ठाउँ र कोही नभएको उजाड-स्थानमा पानी पार्नलाई,
JOB 38:27 सर्वनाश भएको र उजाड ठाउँहरूलाई हरियाली ल्‍याउनलाई, र भूमिबाट घाँस उमार्नलाई ?
JOB 38:28 के झरीको कुनै बुबा छ, अर्थात् शीतको थोपालाई जन्माउने को हो ?
JOB 38:29 कसको गर्भबाट बरफको जन्‍म भयो ? आकाशबाट झर्ने तुसारोलाई कसले जन्मायो ?
JOB 38:30 पानीले आफैलाई लुकाउँछ र ढुङ्गाझैं बन्छ । महासागरको सतह जमेको हुन्‍छ ।
JOB 38:31 के तैंले किरकिटी ताराहरूलाई साङ्लाले बाँध्‍न सक्छस् ? अर्थात् मृगशिराको पुञ्जलाई फुकाल्न सक्छस् ?
JOB 38:32 के तैंले तारामण्डलहरूलाई तिनीहरूको आफ्नो ऋतुमा प्रकट गराउन सक्छस् ? के तैंले सप्‍तर्षि तारा र त्यसको दललाई डोर्‍याउन सक्छस् ?
JOB 38:33 के तैंले आकाशको शासन गर्ने नियमहरूलाई जानेको छस् ? के तैंले आकाशको नियमलाई पृथ्वीमाथि बसाउन सक्छस् ?
JOB 38:34 के तैंले आफ्नो सोर बादलसम्म पुर्‍याउन सक्छस्, जसले गर्दा झरीको प्रसस्‍त भलले तँलाई ढाक्‍न सक्‍छ ?
JOB 38:35 के तैँल बिजुलीका चमकहरूलाई पठाउन सक्छस् जसले गर्दा ती बाहिर जान सकून्, तिनले तँलाई यसो भनून्, 'हामी यहाँ छौं ?'
JOB 38:36 बादलमा कसले बुद्धि राखेको छ, अथवा तुवाँलोलाई समझशक्ति दिएको छ ?
JOB 38:37 कसले आफ्नो सिपद्वारा बादललाई गन्‍न सक्छ ? कसले आकाशको पानीको भण्डारबाट खन्याउन सक्छ,
JOB 38:38 जति बेला धुलो कडा डल्लो बन्छ, अनि माटोका डल्लाहरू एकसाथ टाँसिएर बस्छ ?
JOB 38:39 के सिंहनीको निम्ति तैंले सिकार खोज्न सक्छस्, अर्थात् त्यसका डमरूहरूको भोकलाई तृप्‍त पार्न सक्छस्,
JOB 38:40 जति बेला तिनीहरू आफ्नो खोरमा ढुकिबस्छन्, अनि गुप्‍तमा लुकेर पर्खिरहन्‍छन् ?
JOB 38:41 कागका बचेराहरूले परमेश्‍वरमा पुकारा गर्दा, र खानेकुराको अभावले भाउन्‍न हुँदा, कसले तिनलाई आहार जुटाइदिन्छ ?
JOB 39:1 चट्टानहरूका घोरल कहिले बियाउँछ भनी तँ जान्‍दछस् ? हरिणीले बच्‍चा जन्माउँदै गर्दा के तैंले हेर्न सक्छस् ?
JOB 39:2 तिनीहरूले पेटमा पाठा बोक्दा के तैंले तिनीहरूको महिना गन्‍न सक्छस् ? तिनीहरूले बच्‍चा जन्माउने समय तँलाई थाहा छ ?
JOB 39:3 तिनीहरू निहुरिन्छन्, र आफ्ना पाठा पाउँछन्, अनि यसरी तिनीहरूको आफ्नो प्रसव-वेदना सकिन्छ ।
JOB 39:4 तिनीहरूका पाठा बलिया हुन्छन्, र खुला खेतहरूमा हुर्कन्छन् । तिनीहरू बाहिर निस्कन्छन्, र फेरि फर्केर आउँदैनन् ।
JOB 39:5 वन-गधालाई कसले छाडा छोडेको हो ? कुद्‍ने गधाको बन्धन कसले फुकालेको हो,
JOB 39:6 जसको बासस्थान अराबामा, त्यसको घर खारको जग्गामा मैले बनाएको छु ।
JOB 39:7 सहरको होहल्ला सुनेर त्यसले गिल्ला गर्दै हाँस्‍छ । लखेट्नेले कराएको त्यसले सुन्दैन ।
JOB 39:8 डाँडाहरूमा भएका आफ्‍ना खर्कहरूतिर त्‍यो घुम्‍छ । खानलाई त्यहाँ त्यसले हरेक हरियो बिरुवा खोज्‍छ ।
JOB 39:9 वन-गोरुले तेरो सेवा गर्न खुसी हुनेछ र ? तेरो डुँडनेर बस्‍न त्यो सन्तुष्‍ट हुनेछ र ?
JOB 39:10 वन-गोरुलाई हलोको सियोमा हिंडाउन तँ डोरीको प्रयोग गर्न सक्छन् ? त्यसले तेरो कुरा मानेर उपत्यकाहरूलाई जोत्‍नेछ ?
JOB 39:11 त्यसको बल अत्‍याधिक हुनाले त्यसमा तँ भर पर्छस् र ? त्यसले तेरो काम गरोस् भनेर के तैंले आफ्नो काम छाड्नेछस् ?
JOB 39:12 तेरो अन्‍न घरमा ल्‍याउन, अन्‍लाई तेरो खलामा जम्मा गर्न, के त्यसमाथि तँ भर पर्छस् र ?
JOB 39:13 शुतुरमुर्गका पखेटा हर्षोल्लाससाथ चल्छन्, तर के ती प्रेमका पखेटाहरू र पुच्‍छर हुन् र ?
JOB 39:14 किनकि त्यसले भुइँमा आफ्ना फुलहरू छोड्छ, र ती त्‍यसले धूलोमा नै तातो हुन दिन्छ ।
JOB 39:15 पैतलाले तिनलाई कुल्चन सक्छ वा जङ्गली जनावरले कुल्चिन सक्‍छ भनी त्यसले बिर्सन्छ ।
JOB 39:16 त्यसले आफ्ना बच्‍चाहरूलाई आफ्नो नभएजस्तै गरी निर्दयतापूर्वक व्यवहार गर्छ । त्यसको परिश्रम व्यर्थैमा खेर जान्छ कि भनी त्यो डराउँदैन,
JOB 39:17 किनकि परमेश्‍वरले त्यसलाई बुद्धिहीन तुल्याउनुभएको छ, र त्यसलाई कुनै समझशक्ति दिनुभएको छैन ।
JOB 39:18 जब त्यो तीव्र गतिमा दोडन्‍छ, त्यसले घोडा र त्यसमा सवार हुनेलाई गिल्ला गर्छ ।
JOB 39:19 घोडालाई त्यसको शक्ति तैंले दिएको हो ? त्यसको गर्दनमा जगरले पहिराएको तैंले हो ?
JOB 39:20 त्यसलाई तैंले कहिल्यै सलहले झैं उफ्रन लगाएको छस् ? त्यसको चर्को हिनहिनाइ डरलाग्दो हुन्‍छ ।
JOB 39:21 त्यसले शक्तिमा टाप बजाउँछ, र आफ्नो ताकतमा आनन्द मनाउँछ । हतियारको सामना गर्न त्यो जाइलाग्छ ।
JOB 39:22 त्यसले डरको खिल्ली उडाउँछ, र हतोत्साही हुँदैन । तरवार देखेर त्यो फर्केर भाग्‍दैन ।
JOB 39:23 काँडको ठोक्रो त्यसको छेउमा धर्ररर बज्छ, अनि त्यहाँ भाला र तरवार चम्कन्छ ।
JOB 39:24 क्रोध र रिसले त्यसले जमिनलाई निलिदिन्छ । तुरहीको आवाजले गर्दा त्यो एक ठाउँमा खडा हुन सक्दैन ।
JOB 39:25 जब तुरही बजेको सुनिन्‍छ, तब त्यसले भन्छ, 'आहा!' कमान्‍डरहरूका गर्जने आवाज र होहल्‍लाले, त्यसले टाढैबाट युद्धको गन्ध थाहा पाउँछ ।
JOB 39:26 के तेरो बुद्धिद्वारा बाज माथि-माथि उड्ने हो र दक्षिणतिर त्यसले आफ्नो पखेटा फिंजाउने हो ?
JOB 39:27 के तेरो आज्ञामा गिद्ध माथि-माथि उड्ने हो र अग्ला ठाउँहरूमा आफ्ना गुँडहरू बनाउने हो ?
JOB 39:28 त्यो पहरामा बस्छ र पहराकै टाकुरामा त्यसले आफ्नो घर बनाउँछ जुन किल्‍लाझैं हुन्छ ।
JOB 39:29 त्यहाँबाट त्यसले सिकारहरूको खोजी गर्छ । त्यसका आँखाले धेरै टाढाबाट तिनलाई देख्छन् ।
JOB 39:30 त्यसका बचेराहरूले पनि रगत पिउँछन् । जहाँ लाश हुन्छ, त्यहाँ त्यो हुन्छ ।”
JOB 40:1 परमप्रभुले अय्यूबसित निरन्‍तर बोल्‍नुभयो । उहाँले यसो भन्‍नुभयो,
JOB 40:2 “आलोचना गर्न चाहनेले सर्वशक्तिमान्‌लाई सुधार्ने कोसिस गर्नुपर्छ र ? जसले परमेश्‍वरसित विवाद गर्छ, त्‍यसले जवाफ देओस् ।”
JOB 40:3 तब अय्यूबले परमेश्‍वरलाई जवाफ दिए र यसो भने,
JOB 40:4 “हेर्नुहोस्, म नगण्य छु । मैले तपाईंलाई कसरी जवाफ दिन सक्छु र ? म आफ्‍नो हातलाई आफ्‍नो मुखमा राख्छु ।
JOB 40:5 मैले एकपल्‍ट बोलें, अनि म अब जवाफ दिने छैनँ । वास्तवमा दुई पकट बोलें, तर म अरू अगाडि बढनेछैनँ ।”
JOB 40:6 तब परमप्रभुले प्रचण्ड आँधीबाट अय्यूबलाई जवाफ दिनुभयो र भन्‍नुभयो,
JOB 40:7 “अब एक जना मानिसले झैं आफ्नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्‍नेछु, र तैंले मलाई जवाफ दिनैपर्छ ।
JOB 40:8 के म अन्यायी छु भनेर तँ साँच्‍चै भन्‍छस् ? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस् ?
JOB 40:9 के तँसँग परमेश्‍वरको जस्तो पाखुरा छ ? के तँ उहाँको जस्तो आवाजले गर्जन सक्छस् ?
JOB 40:10 अब महिमा र इज्‍जतले आफैलाई सुसज्‍जित पार । आदर र ऐश्‍वर्यले आफैलाई सुसोभित पार ।
JOB 40:11 तेरो रिसको झोँक छरपष्‍ट पार् । हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् ।
JOB 40:12 हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् । दुष्‍ट मानिसहरू खडा भएकै ठाउँमा तिनीहरूलाई कुल्‍ची ।
JOB 40:13 तिनीहरूलाई एकसाथ जमिनमा गाडिदे । तिनीहरूका अनुरहरूलाई लुकाइएको ठाउँमा कैद गर् ।
JOB 40:14 तब तेरो दाहिने हातले तँलाई बचाउन सक्दोरहेछ, भनेर म तेरो विषयमा स्वीकार गर्नेछु ।
JOB 40:15 अब मैले तँलाई बनाउँदा बनाएको बहेमोथलाई विचार गर् । एउटा गोरुले झैं त्यसले घाँस खान्छ ।
JOB 40:16 हेर्, त्यसको बल त्यसको कम्मरमा हुन्छ । त्यसको शक्ति त्यसको पेटको मांसपेशीमा हुन्छ ।
JOB 40:17 त्यसले आफ्नो पुच्छर देवदारुको रुखझैं बनाउँछ । त्यसको तिघ्राका नसाहरू कसिएका हुन्छन् ।
JOB 40:18 त्यसका हड्‍डीहरू काँसाका नलीहरूझैं हुन्छन् । त्यसका खुट्टाहरू फलामका गजबारहरूझैं हुन्छन् ।
JOB 40:19 परमेश्‍वरका सृष्‍टिहरूमध्ये त्यो मुख्य हो । त्यसलाई बनाउनुहुने परमेश्‍वरले मात्र त्यसलाई पराजित गर्न सक्‍नुहुन्छ ।
JOB 40:20 किनकि पहाडहरूले त्यसलाई खानेकुरो जुटाउँछन् । वन-पशुहरू त्यसकै नजिक खेल्छन् ।
JOB 40:21 कमलको फुलमुनि त्‍यो लुकेर बस्‍छ । निगालोको झाडीको छाया र सिमसारहरूमा त्यो लुक्छ ।
JOB 40:22 कमलको फुलको छायाले त्‍यसलाई ढाक्‍छ । खोलाका लहरे-पीपलहरूले त्यसलाई चारैतिर घेर्छ ।
JOB 40:23 नदीको बाडी उर्लेर किनारमा आयो भने त्यो काँप्दैन । यर्दन नदी नै उर्लेर आई त्यसको मुखमा पस्‍यो भने पनि त्यो निर्धक्‍क हुन्छ ।
JOB 40:24 के कसैले त्यसलाई बल्छीले पक्रन सक्छ ? अथवा पासो थापेर त्यसको नाक छेड्न सक्छ ?
JOB 41:1 के एउटा बल्छीले तैंले लिव्यातन्‌लाई तान्‍न सक्छस् ? अर्थात् एउटा डोरीले त्यसको बङ्गारा बाँध्‍न सक्छस् ?
JOB 41:2 के त्यसको नाकमा तैंले डोरी लगाउन सक्छस् ? एउटा बल्छीले त्‍यसको बङ्गारा छेड्न सक्छस् ?
JOB 41:3 के त्यसले तँलाई धेरै बिन्ती चढाउनेछ र ? के त्यसले तँसित नम्र वचनहरू बोल्नेछ र ?
JOB 41:4 के त्यसले तँसित करार गर्नेछ, जसले गर्दा सदाको निम्ति तैंले त्‍यसलाई कमारो बनाउनुपर्छ ?
JOB 41:5 तैले चरासित खेलेझैं के तँ त्योसित खेल्नेछस् र ? तेरा दासीहरूका निम्ति तैंले त्यसलाई बाँध्‍नेछस् र ?
JOB 41:6 के मछुवाहरूका समूहरूले त्यसको लागि बार्गेनिङ् गर्नेछन् ? के तिनीहरूले त्यसको व्यापार गर्न व्यापारीहरूका बिचमा भाग लगाउनेछन् ?
JOB 41:7 के तैंले त्यसको छालामा चक्‍कु हान्‍न, अर्थात् टाउकोमा माछा मार्ने भाला हान्‍न सक्छस् ?
JOB 41:8 एकपल्‍ट त्यसमाथि आफ्‍नो हात राख्, अनि तँलाई त्‍यो युद्धको सम्झना हुनेछ, र फेरि तैंले कदापि त्यसो गर्नेछैनस् ।
JOB 41:9 हेर्, त्यसो गर्ने कसैको आशा पनि झुटो सबित हुन्छ । के त्यसको हेराइले पनि कोही मूर्छै परेर भुइँमा ढल्‍नेछैनन् र ?
JOB 41:10 कोही पनि यति हिंस्रक छैन त्यसले लिव्यातन्‌लाई उत्तेजित पार्ने आँट गर्छ । त्यसो हो भने, मेरो सामु को खडा हुन सक्छ ?
JOB 41:11 मैले तिर्नुपर्ने गरी कसले मलाई कुनै कुरो दिएको छ र ? सम्पूर्ण आकाशमुनि भएका सबै थोक मेरै हुन् ।
JOB 41:12 लिव्यातन्‌का खुट्टाहरूको विषयमा म चुप लाग्‍नेछैनँ, न त्यसको बल, न त त्यसको भव्य आकारको विषयमा चुप लाग्‍नेछु ।
JOB 41:13 त्यसको बाहिरको पोशाकलाई कसले उतार्न सक्छ ? ढाल जस्‍तो त्यसको दोहोरो छाला कसले छेड्न सक्छ ?
JOB 41:14 त्यसको मुखका ढोकाहरू कसले खोल्न — त्यसका दाँत बजाउन सक्‍छ, जुन त्रासदी हो ।
JOB 41:15 तिनका ढाडका छालाहरू ढालका लहरहरूझैं, एउटा बन्‍द छापझैं एकसाथ जोडिएका हुन्‍छन् ।
JOB 41:16 एक अर्कोमा यसरी टाँसिन्‍छन्, जसको बिचबाट हावा पनि छिर्न सक्दैन ।
JOB 41:17 ती एक-अर्कामा टाँसिएका हुन्‍छन् । छुट्ट्याउनै नसकिने गरी ती एकसाथ टाँसिन्छन् ।
JOB 41:18 त्यसले हाच्‍छीं गर्दा बाहिर झिल्‍काहरू निस्कन्छन् । त्यसका आँखा बिहानको पलकजस्तै छन् ।
JOB 41:19 त्यसको मुखबाट बलिरहेका राँकोहरू, आगोका झिल्काहरू बाहिर निस्कन्छन् ।
JOB 41:20 तताउनलाई आगोमाथि राखेको भाँडोबाट वाफ निस्‍केझैं, त्यसका नाकका प्वालहरूबाट धुवाँ निस्कन्छन् ।
JOB 41:21 त्यसको सासले कोइलालाई बालिदिन्छ । त्यसको मुखबाट आगो निस्कन्छ ।
JOB 41:22 त्यसको गर्धनमा बल हुन्छ, र त्यसको सामु त्रासले नाच लगाउँछ ।
JOB 41:23 त्यसका छालाका पत्रहरू एकसाथ टाँसिन्छन् । उसमा ती यति कडा हुन्छन् । ती पल्‍टाउन सकिंदैन ।
JOB 41:24 त्यसको मुटु ढुङ्गाजस्तै कडा हुन्छ । वास्तवमा जाँतोको तल्लो पाटोझैं कडा हुन्छ ।
JOB 41:25 त्यो खडा हुँदा देवताहरू पनि डराउँछन् । डरको कारण ती पछि हट्छन् ।
JOB 41:26 तरवारले त्यसलाई हान्‍ने हो भने, त्यसले केही हुँदैन, न त भाला, काँड वा अरू कुनै चुच्‍चे हतियारले त्यसलाई केही हुन्‍छ ।
JOB 41:27 त्यसले फलामलाई पराल भएझैं, र काँसालाई कुहेको काठ भएझैं ठान्‍छ ।
JOB 41:28 काँडले त्यसलाई भगाउन सक्दैन । घुयेंत्रोले हानेको ढुङ्गा त त्यसको लागि भुस बन्छ ।
JOB 41:29 मुङ्ग्राहरूलाई त परालझैं ठानिन्छ । भालाको प्रहारमा त त्यसले गिल्ला गर्छ ।
JOB 41:30 त्यसको भुँसी भागहरू माटोका भाँडाका कडा खपटाहरूजस्तै हुन्छन् । घिस्रिंदा दाँदेको डोबझैं त्यसले माटोमा फैलेको डोब छोड्‍छ ।
JOB 41:31 त्यसले गहिरो पानीलाई पानी उम्लको भाँडोजस्तै उमाल्छ । त्यसले समुद्रलाई मलहमको भाँडोजस्तै बनाउँछ ।
JOB 41:32 त्यसले आफ्नो पछाडि चम्कने रेखा बनाउँछ । कसैले त्यसलाई गहिरो पानीमा फुलेको कपालजस्तै ठान्छ ।
JOB 41:33 पृथ्वीमा त्यसको बराबरी कोही छैन, जसलाई बिनाडर बाँच्न बनाइएको छ ।
JOB 41:34 हरेक अहङ्कारी कुरालाई त्यसले हेर्छ । घमण्‍डका सबै छोराहरूमध्‍ये त्यो त राजा नै हो ।”
JOB 42:1 तब अय्यूबले परमप्रभुलाई जवाफ दिए र यसो भने,
JOB 42:2 “तपाईंले सबै कुरा गर्न सक्‍नुहुन्छ भनी म जान्‍दछु, र तपाईंको कुनै पनि उद्देश्यलाई रोक्‍न सकिंदैन ।
JOB 42:3 तपाईंले सोध्‍नुभयो, 'ज्ञानविना योजनाहरू लुकाउने को हो ?' वास्तवमा मैले यस्ता कुराहरू बोलेको छु, जुन मैले बुझिनँ, जुन बुझ्न मलाई अत्यन्तै गार्‍हो थियो, जसको बारेमा मलाई थाहा थिएन ।
JOB 42:4 तपाईंले मलाई भन्‍नुभयो, 'अब सुन्, र म बोल्नेछु । म तँलाई सोध्‍नेछु, र तैंले मलाई जवाफ दिनेछस् ।'
JOB 42:5 तपाईंको विषयमा मेरा कानले मात्र मैले सुनेको थिएँ, तर अहिले मेरा आँखाले नै तपाईंलाई देखेका छन् ।
JOB 42:6 त्यसैले म आफैलाई हीन ठान्‍छु । धूलो र खरानीमा बसेर म पश्‍चात्ताप गर्छु ।”
JOB 42:7 परमप्रभुले अय्यूबसित यी वचनहरू बोल्‍नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्‍नुभयो, “तँ र तेरा दुई जना मित्रको विरुद्धमा मेरो क्रोध दन्किएको छ, किनकि मेरो दास अय्यूबले झैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।
JOB 42:8 त्यसकारण अब आफ्‍नो निम्‍ति सातवटा साँढे र सातवटा भेडा लेओ, मेरो दास अय्यूबकहाँ जाओ, र आफ्नो लागि होमबलि चढाओ । मेरो दास अय्यूबले तिमीहरूका लागि प्रार्थना चढाउनेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु, जसको कारणले तिमीहरूको मूर्खताअनुरूपको व्यवहार मैले तिमीहरूसित गर्न नपरोस् । मेरो दास अय्यूबले भनेझैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।”
JOB 42:9 त्यसैले एलीपज तेमानी, बिल्दद शुही र सोपर नमाती गए, र परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएझैं गरे, अनि परमप्रभुले अय्यूबको प्रार्थना ग्रहण गर्नुभयो ।
JOB 42:10 अय्यूबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि, परमप्रभुले तिनको सुदिन पुनर्स्थापित गर्नुभयो । तिनीसित पहिले भएकोभन्दा परमप्रभुले तिनलाई दोब्बर दिनुभयो ।
JOB 42:11 तब अय्यूबका सबै दाजु-भाइ, दिदी-बहिनी र तिनले पहिले चिनेका सबै जना तिनीकहाँ आए, र तिनको घरमा भोज गरे । परमप्रभुले तिनीमाथि ल्याउनुभएका सबै विपत्तिको निम्ति तिनीहरूले तिनलाई सहानुभूति र सान्त्वना प्रकट गरे । हरेकले अय्यूबलाई चाँदीको टुक्रा र सुनको औँठी दिए ।
JOB 42:12 परमप्रभुले अय्यूबको जीवनको अगिल्लो समयमा भन्दा पछिल्लो समयमा झन् धेरै आशिष् दिनुभयो । तिनका चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधैनी थिए ।
JOB 42:13 तिनका सात छोरा र तिन छोरी पनि थिए ।
JOB 42:14 तिनले जेठीको नाउँ यमीमा, माहिलीको नाउँ कसीआ र कान्छीको नाउँ केरेन-हप्पूक राखे ।
JOB 42:15 सारा देशमा अय्यूबका छोरीहरूजत्तिकै सुन्दरी कुनै स्‍त्रीहरू पनि थिएनन् । तिनीहरूका पिताले तिनीहरूलाई आफ्‍ना दाजुभाइसरह नै पैतृक-अंश दिए ।
JOB 42:16 यसपछि अय्यूब थप १४० वर्षसम्म बाँचे । तिनले आफ्ना छोराहरू, नातिहरू र चार पुस्तासम्मका सन्तानहरूलाई देखे ।
JOB 42:17 तब पुरा बुढेसकालमा दीर्घायू भएर अय्यूब मरे ।
PSA 1:1 त्यो मानिस धन्यको हो जो दुष्‍टको सल्लाहमा हिंड्दैन वा पापीहरूका मार्गहरूमा खडा हुँदैन वा गिल्‍ला गर्नेहरूको सभामा बस्दैन ।
PSA 1:2 तर त्यसको खुसी परमप्रभुको व्यवस्थामा हुन्छ र उहाँको व्यावस्थमा त्यसले दिन र रात मनन् गर्छ ।
PSA 1:3 त्यो खोलाको किनारमा रोपेको रूखजस्तै हुनेछ जसले आफ्‍नो ऋतुमा त्‍यसको फल दिन्छ जसको पातहरू कहिल्यै ओइलाउँदैन त्यसले जे गरे पनि सफल हुनेछ ।
PSA 1:4 दुष्‍टहरू त्‍यस्ता होइनन् तर हावाले उडाउने भुसजस्तै हुन् ।
PSA 1:5 त्यसैले दुष्‍टहरू न्यायमा खडा हुनेछैनन् न त पापीहरू धर्मीको सभामा हुनेछन् ।
PSA 1:6 किनकि परमप्रभुले धर्मीलाई मार्गदर्शन गर्नुहुन्छ तर दुष्‍टको मार्ग भने नष्‍ट हुनेछ ।
PSA 2:1 जातिहरूले किन कोलाहल मच्‍चाउँछन् र मानिसहरूले किन असफल हुने षड्यान्त्र रच्छन्?
PSA 2:2 पृथ्वीका राजाहरू एकसाथ मिलेर साँठगाँठ गर्छन् अनि परमप्रभु र उहाँको अभिषिक्‍त जनको विरुद्धमा शासकहरू यसो भनेर षड्यान्त्र रच्‍छन्,
PSA 2:3 “तिनीहरूले हामीलाई लगाएका हतकडीहरू हामी तोडौं र तिनीहरूका साङ्लाहरू फालौं ।”
PSA 2:4 स्वर्गमा विराजमान हुनुहुनेचाहिं तिनीहरूलाई उपहास गर्नुहुन्छ । परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुन्छ ।
PSA 2:5 तब उहाँ तिनीहरूसँग आफ्नो रिसमा बोल्नुहुन्छ र तिनीहरूलाई आफ्नो क्रोधमा यसो भनेर त्रसित पार्नुहुन्छ,
PSA 2:6 “मेरो पवित्र पर्वत सियोनमा म आफैंले मेरो राजालाई अभिषेक गरेको छु ।”
PSA 2:7 परमप्रभुको एउटा आदेश म घोषणा गर्नेछु । उहाँले मलाई भन्‍नुभयो, “तिमी मेरो पुत्र हौ! आजको दिन म तिम्रो पिता भएको छु ।
PSA 2:8 मसँग माग र तिम्रो उत्तराधिाकरको रूपमा म तिमीलाई जातिहरू दिनेछु र पृथ्वीका टाढाका क्षेत्रहरू तिम्रो सम्पत्तिको रूपमा दिनेछु ।
PSA 2:9 तिमीले तिनीहरूलाई फलामे डन्डाले तोड्नेछौ । कुमाले भाँडोझैं तिमीले तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ ।”
PSA 2:10 त्यसैले ए राजाहरू हो, सावधान होओ । ए पृथ्वीका शासकहरू हो, आफूलाई सच्याओ ।
PSA 2:11 भयसाथ परमप्रभुको आराधना गर र कम्पनसाथ आनन्दित होओ ।
PSA 2:12 पुत्रलाई चुम्बन गर नत्र तिमीहरूसँग उहाँ रिसाउनुहुनेछ र उहाँको क्रोध एक क्षणको निम्ति दन्किंदा तिमीहरू बाटैमा मर्नेछौ । उहाँमा शरण लिने सबै जना कति धन्य हुन् ।
PSA 3:1 हे परमप्रभु, मेरा शत्रुहरू कति धैरै छन्! मेरो विरुद्ध धेरै जना खडा छन् ।
PSA 3:2 धेरै जनाले मेरो बारेमा भन्छन्, “त्यसको निम्‍ति परमेश्‍वरबाट कुनै सहायता छैन ।” सेला
PSA 3:3 तर हे परमप्रभु, तपाईं मेरो वरिपरिको ढाल, मेरो महिमा हुनुहुन्छ, र जसले मेरो शिर उच्‍च पार्नुहुन्छ ।
PSA 3:4 परमप्रभुमा म आफ्‍नो सोर उचाल्‍छु र आफ्नो पवित्र पहाडबाट उहाँले मलाई जवाफ दिनुहुन्छ । सेला
PSA 3:5 म ढल्किन्छु र सुत्छु । म ब्युँझिन्छु, किनकि परमप्रभुले मलाई सुरक्षा दिनुभयो ।
PSA 3:6 मानिसहरूका भीडसँग म डराउनेछैन जो चारैतिर मेरो विरुद्धमा खडा भएका छन् ।
PSA 3:7 हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्‍वर, मलाई बचाउनुहोस्! किनकि तपाईंले मेरा सबै शत्रुलाई बङ्गरामा हान्‍नुहुनेछ । तपाईंले दुष्‍टहरूका दाँतहरू भाँच्‍नुहुनेछ ।
PSA 3:8 उद्धार परमप्रभुबाट आउँछ । तपाईंका आशिष्‌हरू तपाईंका मानिसहरूमा रहोस् । सेला
PSA 4:1 हे मेरा धार्मिकताका परमेश्‍वर, मैले पुकारा गर्दा मलाइ जवाफ दिनुहोस् । म घेरामा पर्दा मलाई आश्रय दिनुहोस् । ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्‍नुहोस् ।
PSA 4:2 ए मानिसहरू, मेरो इज्‍जतलाई तिमीहरू कहिलेसम्म लाजमा परिवर्तन गर्छौ? कहिलेसम्म तिमीहरू व्‍यर्थका कुरालाई प्रेम गर्छौ अनि झुटको पछि लग्छौ? सेला
PSA 4:3 तर धर्मीहरूलाई परमप्रभुले आफ्नो निम्ति अलग गर्नुहुन्छ भनी जान । मैले परमप्रभुलाई पुकारा गर्दा उहाँले सुन्‍नुहुनेछ ।
PSA 4:4 डरले काम, तर पाप नगर । आफ्नो ओछ्यानमा आफ्नो मनमा ध्‍यान गर र शान्‍त होओ । सेला
PSA 4:5 धार्मिकताका बलिदानहरू चढाओ र आफ्‍नो भरोसा परमप्रभुमा राख ।
PSA 4:6 धेरै जना भन्छन्, “हामीलाई कुनै असल कुरा कसले देखाउनेछ र?” हे परमप्रभु, तपाईंको मुहारको ज्योति हामीमा चम्काउनुहोस् ।
PSA 4:7 अरूसँग आफ्‍नो अन्‍न र नयाँ दाखमद्य प्रशस्‍त भएको बेलामा भन्दा धेरै खुसी तपाईंले मेरो हृदयमा दिनुभएको छ ।
PSA 4:8 शान्तिमा ढल्किनेछु र निदाउनेछु, किनकि, हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित बनाउनुहुन्छ ।
PSA 5:1 हे परमप्रभु, मैले तपाईंलाई पुकारा गर्दा सुन्‍नुहोस् । मेरा सुस्केराहरूका बारेमा विचार गर्नुहोस् ।
PSA 5:2 हे मेरो राजा र मेरो परमेश्‍वर, मेरो पुकाराको सोर सुन्‍नुहोस्, किनकि मैले प्रार्थना गर्ने तपाईंसँग नै हो ।
PSA 5:3 हे परमप्रभु, बिहान तपाईंले मेरो रोदन सुन्‍नुहुन्छ । बिहानै म आफ्‍नो बिन्‍ती तपाईंकहाँ ल्याउनेछु र आसा गरेर पर्खिनेछु ।
PSA 5:4 निश्‍चय नै तपाईं खराबी ग्रहण गर्ने परमेश्‍वर हुनुहुन्‍न । दुष्‍ट मानिसहरू तपाईंका पाहुनाहरू हुनेछैनन् ।
PSA 5:5 अहङ्कारी तपाईंको उपस्थितिमा खडा हुनेछैनन् । दुष्‍ट किसिमले व्यवहार गर्ने सबैलाई तपाईंले घृणा गर्नुहुन्छ ।
PSA 5:6 तपाईंले झुट बोल्नेहरूलाई नष्‍ट पार्नुहुन्छ । हिंस्रक र छली मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ ।
PSA 5:7 तर मेरो बारेमा, तपाईंको महान् करारको विश्‍वस्‍तताको कारणले, म तपाईंको मन्‍दिरमा आउनेछु । आदरसाथ तपाईंको पवित्र मन्दिरतर्फ फर्केर म दण्डवत् गर्नेछु ।
PSA 5:8 हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामा डोर्‍याउनुहोस् । मेरो समु तपाईंको बाटो सोझो बनाउनुहोस् ।
PSA 5:9 किनकि तिनीहरूका मुखमा कुनै सत्य छैन । तिनीहरू अन्तस्करण दुष्‍ट छ । तिनीहरूका गला एउटा खुला चिहान हो । आफ्नो जिब्रोले तिनीहरू चाप्लुसी गर्छन् ।
PSA 5:10 हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस् । तिनीहरूको षड्यान्त्र नै तिनीहरूको पतन बनोस् । तिनीहरूका धेरै अपराधहरूका कारणले तिनीहरूलाई खेद्‍नुहोस् किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन् ।
PSA 5:11 तर तपाईंमा शरण लिनै सबै जना आनन्दित होऊन् । तिनीहरू आनन्दले कराऊन् किनभने तपाईंले तिनीहरूको सरक्षा गर्नुहुन्छ । तपाईंको नाउँ मन पराउनेहरू तपाईंमा आनन्दित होऊन् ।
PSA 5:12 किनकि हे परमप्रभु, तपाईंले धर्मीहरूलाई आशिष्‌‌‌ दिनुहुन्छ । तिनीहरूका वरिपरि ढालले झैं तपाईंले कृपाले घेर्नुहुनेछ ।
PSA 6:1 हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्‍काउनुहोस् वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस् ।
PSA 6:2 हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कमजोर छु । हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरू काम्दैछन् ।
PSA 6:3 मेरो प्राण पनि धेरै दुःखमा परेको छ । तर हे परमप्रभु, यो कहिलेसम्म निरन्‍तर रहन्‍छ?
PSA 6:4 हे परमप्रभु फर्कनुहोस्, मलाई बचाउनुहोस् । तपाईंको करारको विश्‍वस्‍तताको कारणले मलाई बचाउनुहोस् ।
PSA 6:5 किनकि मृत्युमा तपाईंको कुनै सम्झना हुँदैन । चिहानमा तपाईंलाई कसले धन्यवाद दिनेछ?
PSA 6:6 मेरो सुस्‍केराले म थकित छु । सारा रात आँशुले म आफ्‍नो ओछ्यान भिजाउँछु । म आफ्‍नो पलङ्ग मेरो आँशुले धुन्छु ।
PSA 6:7 मेरा आँखाहरू शोकले धमिला हुन्छन् । मेरा सारा वैरीहरूका कारणले ती कमजोर हुन्छन् ।
PSA 6:8 ए अधर्म गर्नेहरू, तिमीहरू सबै जना मबाट हटिजाओ । किनकि परमप्रभुले मेरो रुवाइको सोर सुन्‍नुभएको छ ।
PSA 6:9 दयाको निम्ति मैले गरेको निवेदन परमप्रभुले सुन्‍नुभएको छ । परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्नुभएको छ ।
PSA 6:10 मेरा सबै वैरीहरू लाजमा पर्नेछन् र सह्रै कष्‍टमा पर्नेछन् । तिनीहरू पछि हट्नेछन् र अचानक अपमानित हुनेछन् ।
PSA 7:1 हे परमप्रभु मेरा परमेश्‍वर, म तपाईंमा शरण लिन्छु । मलाई खेद्‍ने सबैबाट मलाई बचाउनुहोस् र मलाई छुटाउनुहोस् ।
PSA 7:2 नत्र तिनीहरूले मलाई सिंहले झैं टुक्रा-टुक्रा पार्नेछन्, मलाई सुरक्षा दिने कोही नहुँदा मलाई च्‍यातेर टुक्रा गर्नेछन् ।
PSA 7:3 हे परमप्रभु मेरो परमेश्‍वर, मैले नै यो गरेको हुँ, र मेरा हातहरूमा दोष छन् भने,
PSA 7:4 मसँग मिलापमा हुनेलाई मैले खराबीको गरेको छु भने, वा बिनाकारण मैले आफ्‍ना शत्रुलाई हानि गरेको छु भने, मेरा शब्दहरू सुन्‍नुहोस् ।
PSA 7:5 तब मेरो शत्रुले मेरो जीवनलाई खेदोस् र मलाई नाश पारोस् । त्यसले मेरो जीवनलाई भूइँमा कुल्चोस् र मेरो आदर भूइँमा मिलाओस् । सेला
PSA 7:6 हे परमप्रभु, आफ्नो रिसमा उठ्नुहोस् । मेरा शत्रुहरूका विरुद्ध खडा हुनुहोस् । मेरो खातिर जाग्‍नुहोस् र तपाईंले तिनीहरूलाई दिनुभएका धार्मिक आदेशहरू पुरा गर्नुहोस्
PSA 7:7 देशहरू तपाईंको वरिपरि भेला हुन्‍छन् । तिनीहरूमाथि फेरि पनि आफ्‍नो उचित स्थान लिनुहोस् ।
PSA 7:8 हे परमप्रभु, जातिहरूको न्याय गर्नुहोस् । हे परमप्रभु, मेरो सुरक्षा गर्नुहोस्, किनभने हे सर्वोच्‍च, म धर्मी र निर्दोष छु ।
PSA 7:9 दुष्‍टका खराब कामहरूको अन्त होस्, तर हे धर्मी परमेश्‍वर, तपाईं जसले हृदय र मन जाँच्नुहुन्छ, धर्मी मानिसहरूलाई स्थापित गर्नुहोस् ।
PSA 7:10 मेरो ढाल परमेश्‍वरबाट आउँछ, जसले सोझो हृदय हुनेलाई बचाउनुहुन्छ ।
PSA 7:11 परमेश्‍वर धर्मी न्यायकर्ता हुनुहुन्छ, परमेश्‍वर जो हरेक दिन क्रोधित हुनुहुन्छ ।
PSA 7:12 मानिसले पश्‍चाताप गर्दैन भने, परमेश्‍वरले युद्धको निम्ति आफ्नो तरवार धारिलो पार्नुहुन्छ, र आफ्नो धनु तयार पार्नुहुन्छ ।
PSA 7:13 त्यसको विरुद्धमा हतियार प्रयोग गर्ने तयारी उहाँले गर्नुहुन्छ । उहाँले आफ्ना वाणहरूलाई अग्‍नीवाण बनाउनुहुन्छ ।
PSA 7:14 त्‍यस्‍तो व्यक्‍तिको बारेमा विचार गर जसका कल्‍पना दुष्‍टतापूर्ण छन्, जो विनाशपूर्ण योजनाहरू लिन्‍छ, जसले हानिकारक झुटहरू जन्माउँछ ।
PSA 7:15 त्यसले खाडल खन्छ र त्‍यसलाई गहिरो बनाउँछ अनि त्यसले बनाएको खाल्टोमा खस्छ ।
PSA 7:16 त्यसका आफ्नै विनाशपूर्ण योजनाहरू त्यसका आफ्नै शिरमाथि पर्छन्, किनभने त्यसको हिंसा त्‍यसको आफ्नै शिरमाथि आउँछ ।
PSA 7:17 परमप्रभुको न्यायको निम्ति म उहाँलाई धन्यवाद दिनेछु । सर्वोच्‍च परमप्रभुको निम्ति म प्रशंसाको गीत गाउनेछु ।
PSA 8:1 हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीभरि कति महिमित छ, तपाईंले माथि स्वर्गमा आफ्नो महिमा प्रकट गर्नुहुन्छ ।
PSA 8:2 तपाईंका शत्रुहरूका कारणले बालकहरू र दूधे बालकहरूका मुखबाट तपाईंले प्रशंसा स्थापित गर्नुभएको छ, ताकि तपाईंले शत्रु र बदला लिने दुवैलाई शान्‍त गराउन सक्‍नुहुन्‍छ ।
PSA 8:3 जब म माथि तपाईंको आकाशलाई हेर्छु, जुन तपाईंका औंलाहरूले बनाए, चन्द्र र ताराहरू जसलाई तिनका ठाउँमा तपाईंले राख्‍नुभएको छ,
PSA 8:4 मानवजातिको के महत्त्व छ कि तपाईंले तिनीहरूलाई हेर्नुहुन्छ, वा मानिसजातिको कि तपाईंले तिनीहरूको वास्‍ता दिनुहुन्छ?
PSA 8:5 तापनि तपाईंले तिनीहरूलाई स्वर्गीय प्राणीहरूभन्दा थोरै मात्र निम्‍न बनाउनुभएको छ र तिनीहरूलाई महिमा र आदरको मुकुट दिनुभएको छ ।
PSA 8:6 तपाईंका हातका कामहरूमाथि शासन गर्ने तपाईंले त्यसलाई बनाउनुभएको छ । सबै कुरा तपाईंले त्यसको पाउमुनि राख्‍नुभएको छः
PSA 8:7 सबै भेडा र गोरु अनि मैदानका पशुहरू,
PSA 8:8 आकाशका चराहरू र समुद्रहरूका माछाहरू, समुद्रका धारहरूमा हिंड्‍ने हरेक कुरा ।
PSA 8:9 हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीमा कति महिमित छ!
PSA 9:1 हे परमप्रभु, म तपाईंलाई आफ्‍नो सारा हृदयले धन्यवाद दिनेछु । तपाईंका सबै अचम्‍मका कामहरूको वयान म गर्नेछु ।
PSA 9:2 तपाईंमा म खुसी र आनन्‍दित हुनेछु । हे सर्वोच्‍च, तपाईंको नाउँमा म स्‍तुति गाउनेछु ।
PSA 9:3 जब मेरा शत्रुहरू पछि हट्छन्, तब तिनीहरू तपाईंको सामु ठेस खान्छन् र विनाश हुन्छन् ।
PSA 9:4 किनकि तपाईंले मेरो न्‍यायोचित मामलाको रक्षा गर्नुभएको छ । हे धार्मी न्यायकर्ता, तपाईं आफ्नो सिंहासनमा बस्‍नुहोस्!
PSA 9:5 जातिहरूलाई तपाईंले हप्काउनुभयो । दुष्‍टहरूलाई तपाईंले नाश गर्नुभएको छ । तिनीहरूका नाउँलाई तपाईंले सदासर्वदाको निम्ति मेटाउनुभएको छ ।
PSA 9:6 जब तपाईंले शत्रुहरूका सहरहरू विनाश गर्नुभयो, तब ती भग्‍नावशेषहरूझैं टुक्रा-टुक्रा भए । तिनीहरूका सबै सम्झना नष्‍ट भयो ।
PSA 9:7 तर परमप्रभु सदासर्वदा रहनुहुन्छ । न्यायको निम्ति उहाँको आफ्‍नो सिंहासन स्थापित गर्नुभएको छ ।
PSA 9:8 उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र उहाँले जातिहरूका न्याय निश्‍पक्ष रूपले गर्नुहुनेछ ।
PSA 9:9 अत्यचारमा परेकाहरूका निम्ति परमप्रभु एउटा किल्ला, कष्‍टको समयको एउटा शरणस्‍थान हुनुहुनेछ ।
PSA 9:10 तपाईंको नाउँ जान्‍नेहरूले तपाईंमा भरोसा गर्छन्, किनकि, हे परमप्रभु, तपाईंलाई खोज्‍नेहरूलाई तपाईंले त्याग्‍नुहुन्‍न ।
PSA 9:11 परमप्रभुको स्‍तुति गाओ, जसले सियोनमा राज्‍य गर्नुहुन्छ । उहाँले गर्नुभएका कुरा जातिहरूलाई भन ।
PSA 9:12 किनकि रक्‍तपातको बदला लिनुहुने परमेश्‍वरले सम्झनुहुन्छ । थिचोमिचोमा परेकाहरूका रोदनलाई उहाँले बिर्सनुहुन्‍न ।
PSA 9:13 हे परमप्रभु, ममाथि कृपा गर्नुहोस् । मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्, तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्‍न सक्‍नुहुन्छ ।
PSA 9:14 जसले गर्दा तपाईंका सारा प्रशंसा म घोषणा गर्न सकूँ । सियोनकी छोरीको ढोकाहरूमा म तपाईंको उद्धारमा आनन्‍दित हुनेछु ।
PSA 9:15 जातिहरू आफैले बनाएका खाल्डोमा जाकिएका छन् । तिनीहरूले लुकाएका पासोहरूमा तिनीहरूका खुट्टाहरू फसेका छन् ।
PSA 9:16 परमप्रभुले आफैलाई प्रकट गर्नुभएको छ । उहाँले न्यायको फैसला गर्नुभएको छ । दुष्‍टहरू आफ्नै कामहरूका पासोमा परेका छन् । सेला
PSA 9:17 दुष्‍टहरू फर्काइएका र चिहानमा पठाइएका छन्, सबै जातिहरू जसले परमेश्‍वरलाई बिर्सिन्छन् ।
PSA 9:18 किनकि दरिद्रहरूलाई सधैं बिर्सिनेछैन, न त थिचोमिचोमा परेकाहरूका आसा सधैं चकनाचूर हुनेछैन ।
PSA 9:19 हे परमप्रभु, उठ्नुहोस् । मानिसले तपाईंलाई जित्‍न नपाऊन् । तपाईंको दृष्‍टिमा जातिहरूको न्याय गरियोस् ।
PSA 9:20 हे परमप्रभु, तिनीहरूलाई त्रसित पार्नुहोस् । तिनीहरू मानिसहरू मात्र हुन् भनी जातिहरूले जानून् । सेला
PSA 10:1 हे परमप्रभु, तपाईं किन टाढा खडा हुनुहुन्छ? कष्‍टको समयमा तपाईं किन आफैलाई लुकाउनुहुन्छ?
PSA 10:2 आफ्‍नो अहङ्कारको कारणले दुष्‍ट मानिसहरूले थिचोमिचोमा परेकाहरूलाई लखेट्छन् । तर दुष्‍टहरूलाई तिनीहरू आफैले बनाएका योजनाहरूका पासोमा पर्न दिनुहोस् ।
PSA 10:3 किनकि दुष्‍ट व्‍यक्‍तिले आफ्ना गहिरा इच्छाहरूमा घमण्ड गर्छ । त्यसले लालचीलाई आशिष्‌ ‌‌दिन्छ र परमप्रभुको अपमान गर्छ ।
PSA 10:4 दुष्‍ट मानिसको मुहार अहङ्कारपूर्ण छ । त्यसले परमेश्‍वरलाई खोज्‍दैन । त्यसले परमेश्‍वरको बारेमा कदापि विचार गर्दैन किनभने त्यसले उहाँको बारेमा केही वास्‍तै गर्दैन ।
PSA 10:5 त्यो हर समय ढुक्‍क हुन्छ, तर तपाईंका धार्मिक आदेशहरू त्यसको निम्ति अति उच्‍च छन् । त्यसले आफ्‍ना सबै शत्रुलाई घृणा गर्छ ।
PSA 10:6 त्यसले आफ्‍नो मनमा भन्छ, “म कहिल्यै असफल हुन्‍नँ । सारा पुस्ताभरि नै मैले दुर्दिन देख्‍नेछैन ।”
PSA 10:7 त्यसको मुख सराप, छलले र हानिकारक शब्दहरूले पूर्ण हुन्छ । त्यसको जिब्रोले घायल पार्छ र नाश गर्छ ।
PSA 10:8 त्यो गाउँको नजिकै ढुकेर बस्छ । गुप्‍त ठाउँहरूमा त्यसले निर्दोषको हत्या गर्छ । त्यसका आँखाले बेसाहारा पिडितलाई खोज्छ ।
PSA 10:9 सिंह झाडीमा लुकेझैं त्यो गुप्‍तमा ढुक्छ । थिचोमिचोमा परेकाहरूलाई समात्‍न त्‍यो पर्खेर बस्‍छ । त्यसले आफ्नो जाल तान्दा थिचोमिचोमा परेकाहरूलाई समाउँछ ।
PSA 10:10 त्यसका पन्‍जामा परेकाहरूलाई टेकिन्‍छन् र पिटिन्छन् । तिनीहरू त्यसको बलियो जालहरूमा फस्छन् ।
PSA 10:11 त्यसले आफ्नो मनमा भन्छ, “परमेश्‍वरले बिर्सनुभएको छ । उहाँले आफ्नो मुहार ढाक्‍नुहुन्‍छ । उहाँले हेर्ने कष्‍ट गर्नुहुनेछैन ।”
PSA 10:12 हे परमप्रभु, उठ्‍नुहोस्! हे परमेश्‍वर, आफ्नो हात उठाउनुहोस्! तिचिएकाहरूलाई नबिर्सनुहोस् ।
PSA 10:13 किन दुष्‍ट मानिसले परमेश्‍वरलाई इन्कार गर्छन् र आफ्नो हृदयमा यसो भन्‍छ, “तपाईंले मलाई जवाफदेही बनाउनु हुनेछैन”?
PSA 10:14 तपाईंले ध्यान दिनुभएको छ, किनकि विपद र दुःख ल्याउनेलाई तपाईंले सदासर्वदा हेर्नुहुन्छ । बेसाहाराले आफैलाई तपाईंमा सुम्पन्छ । तपाईंले अनाथहरूलाई छुटकारा दिनुहुन्छ ।
PSA 10:15 दुष्‍ट र खराब मानिसहरूको पाखुरा भाँच्नुहोस् । त्यसलाई आफ्‍नो दुष्‍ट कामहरूको लेखा लिनुहोस्, जुन तपाईंले पत्ता लगाउनु हुन्‍न भनी त्यसले सोच्यो ।
PSA 10:16 परमप्रभु सदासर्वदा राजा हुनुहुन्छ । जातिहरू उहाँको देशबाट लखेटिन्‍छन् ।
PSA 10:17 हे परमप्रभु, थिचोमिचोमा परेकाहरूको खाँचोहरूका बारेमा तपाईंले सुन्‍नुभएको छ । तपाईंले तिनीहरूका हृदयलाई मजबुत पार्नुहुन्छ, तपाईंले तिनीहरूका प्रार्थना सुन्‍नुहुन्छ ।
PSA 10:18 तपाईंले अनाथहरू र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ ताकि पृथ्वीका कुनै पनि मानिसले फेरि आतङ्‍कित नपारोस् ।
PSA 11:1 म परमप्रभुमा शरण लिन्छु । तिमीहरूले मलाई कसरी भन्‍न सक्छौ, “चराझैं पहाडतिर भाग्”?
PSA 11:2 किनकि हेर, दुष्‍टहरूले आफ्‍ना धनु तयार गर्छन्। सोझो हृदय हुनेलाई अन्धकारमा प्रहार गर्न तिनीहरू आफ्‍ना काँडहरू ताँदोमा चढाउँछन् ।
PSA 11:3 किनकि जगहरू नै भग्‍नावशेष हुन्‍छन् भने, धर्मीले के गर्न सक्छ र?
PSA 11:4 परमप्रभु आफ्‍नो पवित्र मन्दिरमा हुनुहुन्छ । उहाँका आँखाले हे्र्छन्, उहाँका आँखाले मानवजातिका छोराछोरीको र जाँच गर्छन् ।
PSA 11:5 परमप्रभुले धर्मी र दुष्‍ट दुवैको जाँच गर्नुहुन्छ, तर हिंसा गर्न मन पराउनेलाई उहाँले घृणा गर्नुहुन्छ ।
PSA 11:6 दुष्‍टहरूमाथि उहाँले भुङ्‍ग्रो र गन्धक बर्साउनुहुन्छ । उहाँको कचौराबाट बहने तातो हावा तिनीहरूको हिस्‍सा हुनेछ ।
PSA 11:7 किनकि परमप्रभु धर्मी हुनुहुन्छ, र उहाँले धार्मिकता मन पराउनुहुन्छ । सोझोले उहाँको मुहार देख्‍नेछ ।
PSA 12:1 हे परमप्रभु, मदत गर्नुहोस्, किनकि धर्मीहरू लोप भएका छन् । विश्‍वासीचाहिं हराएको छ ।
PSA 12:2 हरेकले आफ्ना छिमेकीलाई फोस्रा कुरा भन्छ । हरेकले चाप्लुसी ओठहरू र झुट मनले बोल्छन् ।
PSA 12:3 हे परमप्रभु, चाप्लुसी सबै ओठ, ठुला कुरा गर्ने हरेक जिब्रोलाई काट्नुहोस् ।
PSA 12:4 यसो भन्‍ने यिनीहरू नै हुन्, “हाम्रो जिब्रोले नै हामीले जित्छौं । जब हाम्रा ओठहरू बोल्‍छन्, तब हामीमाथि को मालिक हुन सक्छ र?”
PSA 12:5 परमप्रभु भन्‍नुहुन्छ, “गरीबको विरुद्धमा हिंसा, दरिद्रको सुस्केराले गर्दा म उठ्‍नेछु, म सुरक्षा प्रदान गर्नेछु जसको इच्‍छा तिनीहरू गर्छन् ।”
PSA 12:6 परमप्रभुका वचनहरू पृथ्वीको भट्टिमा सातपल्‍ट शुद्ध पारिएका चाँदीझैं शुद्ध हुन्‍छन् ।
PSA 12:7 तपाईं परमप्रभु हुनुहुन्छ । तपाईंले तिनीहरूलाई सुरक्षित राख्‍नुहुन्छ । तपाईंले धर्मी मानिसहरूलाई यो दुष्‍ट पुस्ताबाट र सदासर्वदा सुरक्षा दिनुहुन्छ ।
PSA 12:8 मानवजातिका छोराछोरीका माझमा खराब कुराको प्रशंसा हुँदा दुष्‍टहरू चारैतिर हिंड्‍डुल गर्छन् ।
PSA 13:1 हे परमप्रभु, तपाईंले कहिलेसम्म मलाई बिर्सिरहनुहुन्‍छ? कहिलेसम्म तपाईं आफ्‍नो मुहार मबाट लुकाउनुहुनेछ ?
PSA 13:2 कहिलेसम्म मैले चिन्‍ता गर्ने र दिनभरि मेरो हृदयमा शोक लिने? कहिलेसम्म मेरो शत्रुले ममाथि विजय पाउने ?
PSA 13:3 हे परमप्रभु मेरा परमेश्‍वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस् । मेरा आँखालाई ज्योति दिनुहोस्, नत्र म मृत्युमा सुत्‍नेछु ।
PSA 13:4 मेरो शत्रुलाई यसो भन्‍न नदिनुहोस्, “मैले त्यसलाई हराएको छु ।” ताकि मेरा शत्रुले यसो नभनोस्, “मेरो वैरीलाई मैले जितेको छु,” नत्र मलाई तल झार्दा मेरा शत्रुहरू आनन्‍दित हुनेछन् ।
PSA 13:5 तर मैले तपाईंको करारको विश्‍वस्‍ततामा भरोसा गरेको छु । तपाईंको उद्धारमा मेरो हृदय आनन्‍दित हुन्‍छ ।
PSA 13:6 परमप्रभुको निम्ति गाउनेछु किनभने उहाँले मलाई धेरै उदार भएर व्यवहार गर्नुभएको छ ।
PSA 14:1 मूर्खले आफ्नो हृदयमा भन्छ, “परमेश्‍वर हुनुहुन्‍न ।” तिनीहरू भ्रष्‍ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही छैन ।
PSA 14:2 बुझ्‍ने कोही छन् कि, परमप्रभुलाई खोज्‍ने कोही छन् कि भनी हेर्न उहाँले मानवजातिका छोराछोरीलाई स्वर्गबाट हेर्नुहुन्छ ।
PSA 14:3 तिनीहरू सबै बरालिएका छन् । तिनीहरू एकसाथ भ्रष्‍ट भएका छन् । असल गर्ने कोही छैन, अहँ, एक जना पनि छैन ।
PSA 14:4 तिनीहरू जसले अधर्म गर्छन्, तिनीहरू जसले मेरा मानिसहरूलाई रोटीझैं खान्‍छन्, तर जसले पमरप्रभुलाई पुकारा गर्दैन, के तिनीहरूले केही कुरा पनि जान्दैनन् र?
PSA 14:5 तिनीहरू डरले कम्छन्, किनकि परमेश्‍वर धर्मी सभामा हुनुहुन्छ ।
PSA 14:6 तिमीहरू गरीब व्‍यक्‍तिको अपमान गर्ने इच्‍छा गर्छौ तापनि परमप्रभु त्यसको शरणस्थान हुनुहुन्छ ।
PSA 14:7 ओहो, इस्राएलको उद्धार सियोनबाट आउँछ । जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब आनन्‍दित हुनेछ र इस्राएल खुसी हुनेछ ।
PSA 15:1 हे परमप्रभु, तपाईंको पवित्रस्थानमा को बस्‍न सक्छ? तपाईंको पवित्र पर्वतमा को वास गर्न सक्छ?
PSA 15:2 जो निर्दोष भएर हिंड्छ, जसले ठिक काम गर्छ र आफ्‍नो हृदयले सत्य बोल्छ ।
PSA 15:3 त्यसले आफ्नो जिब्रोले निन्दा गर्दैन, त्यसले अरूको हानि गर्दैन र त्यसले आफ्नो छिमेकीलाई होच्‍याउँदैन ।
PSA 15:4 उसको दृष्‍टिमा व्‍यर्थको व्‍यक्‍ति घृणित हुन्छ, तर परमप्रभुको भय मान्‍नेहरूलाई त्यसले आदर गर्छ । त्यसले आफ्नो हानि हुँदा पनि शपथ खान्छ र आफ्‍नो प्रतिज्ञाहरूबाट पछि हट्दैन ।
PSA 15:5 त्यसले रुपियाँ दिंदा ब्याज लिंदैन । निर्दोषको विरुद्ध साक्षी दिन त्यसले घूस लिंदैन । यी कुरा गर्नेहरू कहिल्यै डग्‍नेछैनन् ।
PSA 16:1 हे परमेश्‍वर, मेरो रक्षा गर्नुहोस्, किनकि म तपाईंमा शरण लिन्छु ।
PSA 16:2 म परमप्रभुलाई भन्छु, “तपाईं मेरो परमप्रभु हुनुहुन्छ; तपाईंबाहेक मेरो असल कुरा केही छैन ।
PSA 16:3 पृथ्वीमा भएका पवित्र मानिसहरूका बारेमा, तिनीहरू सज्‍जन मानिसहरू हुन् । मेरा सबै खुसी तिनीहरूमा नै छ ।
PSA 16:4 तिनीहरू जसले अरू ईश्‍वरहरूको खोजी गर्छन्, तिनीहरूका कष्‍टहरू बढ्‍नेछन् । तिनीहरूका ईश्‍वरहरूलाई रगतको अर्घबलि म चढाउनेछैन वा मेरा ओठहरूले तिनीहरूका नाउँहरू लिनेछैन ।
PSA 16:5 हे परमप्रभु, तपाईं मेरो चुनिएको हिस्सा र मेरो कचौरा हुनुहुन्छ । तपाईंले मेरो भाग राख्‍नुहुन्छ ।
PSA 16:6 रमणीय ठाउँहरूमा मेरो निम्ति नापका रेखाहरू राखिएका छन् । निश्‍चय नै मनोहर उत्तराधिकार मरै हो ।
PSA 16:7 मलाई सल्‍लाह दिनुहुने परमप्रभुलाई म धन्‍यको भन्‍नेछु । रातको समयमा पनि मेरो मनले मलाई शिक्षा दिन्छ ।
PSA 16:8 हर समय म परमप्रभुलाई नै मेरो सामु राख्छु, त्यसरी म उहाँको दाहिने हातबाट डग्‍नेछैन ।
PSA 16:9 यसकारण मेरो हृदय खुसी छ । मेरो महिमा आनन्‍दित छ । निश्‍चय नै म सुरक्षामा जिउनेछु ।
PSA 16:10 किनकि तपाईंले मरो प्राणलाई चिहानमा त्यग्‍नुहुनेछैन । तपाईंले आफ्नो विश्‍वासयोग्यलाई खाडल देख्‍न दिनुहुन्‍न ।
PSA 16:11 तपाईंले मलाई जीवनको बाटो सिकाउनुहुन्‍छ । तपाईंको उपस्थितिमा प्रशस्‍त आनन्दले वास गर्छ, तपाईंको दाहिने हातमा खुसी सदासर्वदा रहन्‍छ ।”
PSA 17:1 हे परमप्रभु, न्यायको निम्ति मेरो बिन्ती सुन्‍नुहोस् । मदतको निम्‍ति मेरो पुकारामा ध्यान दिनुहोस् । मेरो छलरहित ओठको मेरो प्रार्थनामा कान थाप्‍नुहोस् ।
PSA 17:2 मेरो निर्दोषता तपाईंको उपस्थितिबाट आओस् । तपाईंको आँखाले जे ठिक छ सो देखून् ।
PSA 17:3 तपाईंले मेरो हृदय जाँच्‍नुहुन्छ भने, राति तपाईं मकहाँ आउनुहुन्छ भने, तपाईंले मलाई शुद्ध पार्नुहुनेछ र कुनै दुष्‍ट योजनाहरू पाउनुहुनेछैन । मेरो मुखले अपराध गर्नेछैन ।
PSA 17:4 मानिसजातिका कामहरूका बारेमा, तपाईंको मुखको वचनले मैले आफैंलाई अराजकका चालबाट अलग राखेको छु ।
PSA 17:5 मेरा पाइलाहरू तपाईंका मार्गहरूमा दृढतासाथ अडिग छन् । मेरा पाइलाहरू चिप्‍लेका छैनन् ।
PSA 17:6 हे परमेश्‍वर, म तपाईंमा पुकार्छु, किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ । आफ्‍नो कान मतिर फर्काउनुहोस् र म बोल्दा सुन्‍नुहोस् ।
PSA 17:7 आफ्‍ना शत्रुहरूबाट तपाईंमा शरण लिनेहरूलाई तपाईं जसले आफ्नो दाहिने बाहुलिले बचाउनुहुन्छ, आफ्‍नो करारको विश्‍वस्‍तता अचम्‍म किसिमले देखाउनुहोस् ।
PSA 17:8 आफ्‍नो आँखाको नानीलाई झैं मेरो सुरक्षा गर्नुहोस् । आफ्‍नो पखेटाको छायामुनि मलाई लुकाउनुहोस् ।
PSA 17:9 मलाई आक्रमण गर्ने व्‍यक्‍तिको उपस्थितिबाट, मलाई घेरा हाल्ने मेरा शत्रुहरूबाट ।
PSA 17:10 तिनीहरूले कसैलाई दया गर्दैनन् । तिनीहरूका मुखहरूले घमण्डसाथ बोल्छन् ।
PSA 17:11 तिनीहरूले मेरा पाइलाहरूलाई घेरेका छन् । मलाई प्रहार गरेर जमिनमा ढाल्‍नलाई तिनीहरूले आफ्‍ना आँखा लगाउँछन् ।
PSA 17:12 तिनीहरू शिकारको उत्कट इच्छा गर्ने सिंहझैं, लुक्‍ने ठाउँहरूमा ढुकिरहेको जवान सिंहझैं छन् ।
PSA 17:13 हे परमप्रभु, उठ्नुहोस् । तिनीहरूलाई आक्रमण गर्नुहोस् । तिनीहरूकै सामु तिनीहरूलाई पछार्नुहोस् । तपाईंको तरवारले मेरो जीवनलाई दुष्‍टबाट बचाउनुहोस् ।
PSA 17:14 हे परमप्रभु, तपाईंको हातले मानिसहरूबाट मलाई छुटकारा दिनुहोस्, यस संसारका मानिसहरू जसको समृद्धि यस जीवनमा मात्र छ । तपाईंले आफ्ना बहुमूल्यहरूका पेट दौलतले भर्नुहुनेछ । तिनीहरूका धेरै छोराछोरी हुनेछन् र आफ्‍ना धन आफ्‍ना छोराछोरीलाई छोड्नेछन् ।
PSA 17:15 मेरो बारेमा, म धार्मिकतामा तपाईंको मुहार हेर्नेछु । तपाईंको दृष्‍टिमा म ब्युँझँदा, म सन्तुष्‍ट हुनेछु ।
PSA 18:1 हे परमप्रभु, मेरो बल, म तपाईंलाई प्रेम गर्छु ।
PSA 18:2 परमप्रभु मेरो चट्टान, मेरो किल्ला हुनुहुन्छ, जसले मलाई सुरक्षामा लानुहुन्छ । उहाँ मेरो परमेश्‍वर, मेरो चट्टाना हुनुहुन्छ । उहाँमा नै म शरण लिन्‍छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला हुनुहुन्छ ।
PSA 18:3 म परमप्रभुलाई पुकारा गर्छु जो प्रशंसायोग्य हुनुहुन्छ र म आफ्‍ना शत्रुहरूबाट बाँच्‍नेछु ।
PSA 18:4 मृत्युका डोरीहरूले मलाई बाँधे र व्‍यर्थका छालहरूले मलाई व्याकुल बनाए ।
PSA 18:5 चिहानका डोरीहरूले मलाई बाँधे । मृत्युको पासोले मलाई समात्‍यो ।
PSA 18:6 मेरो कष्‍टमा, मैले परमप्रभुमा पुकारा गरें । मैले सहायताको निम्ति मेरो परमेश्‍वरमा पुकारा गरें । उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्‍नुभयो । सहायताको निम्ति मेरो पुकारा उहाँको उपस्थितिमा गयो । यो उहाँको कानहरूभित्र गयो ।
PSA 18:7 तब पृथ्वी हल्लियो र काम्‍यो । पहाडहरूका जगहरू पनि कामे र हल्‍लिए किनभने परमेश्‍वर रिसाउनुभयो ।
PSA 18:8 उहाँको नाकका प्वालहरूबाट धूँवा माथि गयो र उहाँको मुखबाट बल्दो आगो निस्केर आयो । यसले कोइलाहरू बाल्‍यो ।
PSA 18:9 उहाँले स्वर्ग खोल्नुभयो, र तल आउनुभयो र उहाँको पाउमुनि बाक्‍लो अध्याँरो थियो ।
PSA 18:10 उहाँ करूबमा चढ्नुभयो र उड्नुभयो । हावाको पखेटाहरूमा उहाँ सवार हुनुभयो ।
PSA 18:11 अन्धकार र आकाशको बाक्‍लो बादललाई उहाँले आफ्‍नो वरिपरिको पाल बनाउनुभयो ।
PSA 18:12 उहाँको सामु बिजुलीबाट असिना र आगोका भुङ्ग्रोहरू झरे ।
PSA 18:13 परमप्रभु स्वर्गबाट गर्जनुभयो । सर्वोच्‍चको आवाजले कराउनुयो ।
PSA 18:14 उहाँले आफ्ना वाणहरू प्रहार गर्नुभयो र आफ्‍ना शत्रुहरूलाई तितरबितर पार्नुभयो । धेरै चट्याङहरूले तिनीहरूलाई तितरबितर पारे ।
PSA 18:15 तब पानीका धारहरू देखा परे । हे परमप्रभु, तपाईंको हप्‍की र तपाईंको नाकको प्वालहरूका सासको विष्फोटले संसारका जगहरू उदाङ्गो पारिए ।
PSA 18:16 उहाँले माथिबाट हात पसार्नुभयो । उहाँले मलाई समात्‍नुभयो । उहाँले मलाई उर्लंदो पानीबाट बाहिर निकाल्नुभयो ।
PSA 18:17 मेरो बलियो शत्रुबाट, मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति अति बलिया थिए ।
PSA 18:18 मेरो कष्‍टको दिनमा तिनीहरू मेरो विरुद्ध आए तर परमप्रभु नै मेरो सहारा हुनुभयो ।
PSA 18:19 उहाँले मलाई फराकिलो ठाउँमा स्‍वतन्‍त्र राख्‍नुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग खुसी हुनुभयो ।
PSA 18:20 मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई इनाम दिनुभएको छ । उहाँले मलाई पुनर्स्थापना गर्नुभएको छ किनभने मेरा हातहरू शुद्ध थिए ।
PSA 18:21 किनकि मैले परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्‍वरबाट दुष्‍टतासाथ फर्केको छैन ।
PSA 18:22 किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँको नियमहरूको बारेमा, तिबाट म भड्केको छैन ।
PSA 18:23 उहाँको सामु म निर्दोष भएको छु र मैले आफूलाई पापबाट अलग राखेको छु ।
PSA 18:24 यसकारण मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई पुनर्स्थापना गर्नुभएको छ, किनभने मेरा हातहरू उहाँको आँखाका समु शुद्ध थिए ।
PSA 18:25 कुनै पनि विश्‍वासीलाई तपाईं आफै विश्‍वासयोग्य प्रकट गर्नुहुन्छ । निर्दोष मानिसलाई तपाईं आफै निर्दोष प्रकट गर्नुहुन्छ ।
PSA 18:26 कुनै पनि शुद्ध व्‍यक्‍तिलाई तपाईं आफै शुद्ध प्रकट गर्नुहुन्छ । तर कुनै पनि बाङ्गो व्‍यक्‍तिलाई तपाईं आफै चलाख प्रकट गर्नुहुन्छ ।
PSA 18:27 किनकि तपाईंले कष्‍टमा परेकाहरूलाई बचाउनुहुन्छ तर घमण्डी, अहङ्कारी आँखालाई तपाईंले तल झार्नुहुन्छ ।
PSA 18:28 तपाईंले मेरो बत्तिलाई प्रकाश दिनुहुन्छ । परमप्रभु मेरा परमेश्‍वरले मेरो अन्धकारलाई उज्यालो पार्नुहुन्छ ।
PSA 18:29 किनकि तपाईंद्वारा नै म बाधालाई नाघ्‍न सक्छु । मेरा परमेश्‍वरद्वारा नै म पर्खाल नाध्‍न सक्छु ।
PSA 18:30 परमेश्‍वरको बारेमा, उहाँको मार्ग सिद्ध छ । परमप्रभुको वचन शुद्ध छ । उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ ।
PSA 18:31 किनकि परमप्रभुबाहेक को परमेश्‍वर छ र? हाम्रा परमेश्‍वरबाहेक को चट्टान छ र?
PSA 18:32 कम्मर पेटीझैं परमेश्‍वरले नै मलाई बल दिनुहुन्छ, जसले निर्दोष व्‍यक्‍तिलाई आफ्नो मार्गमा राख्‍नुहुन्छ ।
PSA 18:33 उहाँले मेरा खुट्टाहरूलाई हरिणको जस्तै तेज बनाउनुहुन्छ र मलाई उच्‍च ठाउँहरूमा राख्‍नुहुन्छ ।
PSA 18:34 युद्धको निम्ति उहाँले मेरा हातहरूलाई तालिम दिनुहुन्छ र मेरा पाखुराहरूले काँसाको धनु झुकाउँछन् ।
PSA 18:35 तपाईंले मलाई आफ्‍नो उद्धारको ढाल दिनुभएको छ । तपाईंको दाहिने हातले मलाई सहायता गरेको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।
PSA 18:36 तपाईंले मेरो तल मेरो खुट्टाहरूलाई ठाउँ फराकिलो पार्नुभएको छ ताकि मेरा खुट्टाहरू चिप्‍लेका छैनन् ।
PSA 18:37 मैले आफ्‍ना शत्रुहरूलाई खेदें र तिनीहरूलाई समातें । तिनीहरू नाश नभएसम्म म फर्किनँ ।
PSA 18:38 मैले तिनीहरूलाई टुक्रा-टुक्रा पारें ताकि तिनीहरू उठ्न सकेनन् । तिनीहरू मेरा खुट्टाहरूमुनि ढलेका छन् ।
PSA 18:39 किनकि युद्धको निम्‍ति कम्मर पेटीझैं तपाईंले मलाई बल दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा पार्नुभयो ।
PSA 18:40 मेरा शत्रुहरूका गर्दन तपाईंले मलाई दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले निर्मूल पारें ।
PSA 18:41 तिनीहरूले सहायताको निम्ति पुकारा गरे, तर कसैले तिनीहरूलाई बचाएन । तिनीहरूले परमप्रभुलाई पुकारा गरे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।
PSA 18:42 हावाको सामु धूलोझैं मैले तिनीहरूलाई चकनाचूर पारें । गल्‍लीमा हिलोझैं मैले तिनीहरूलाई फालें ।
PSA 18:43 मानिसहरूका विवादबाट तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जातिहरूमाथि शिर तुल्याउनुभएको छ । मैले नचिनेका मानिसहरूले मेरो सेवा गर्छन् ।
PSA 18:44 तिनीहरूले मेरा कुरा सुन्‍ने बित्तिकै, तिनीहरूले मेरा आज्ञा पालन गरे । विदेशीहरू मेरो सामु झुक्‍न बाध्य भए ।
PSA 18:45 विदेशीहरू आफ्‍ना किल्लाहरूबाट थरथर कम्दै बाहिर आए ।
PSA 18:46 परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो उद्धारका परमेश्‍वरलाई उच्‍च पारियोस् ।
PSA 18:47 मेरो निम्ति बदला लिनुहुने परमेश्‍वर उहाँ नै हुनुहुन्छ, जसले जातिहरूलाई मेरो वशमा पार्नुहुन्छ ।
PSA 18:48 मेरा शत्रहरूबाट म मुक्‍त पारिएको छु । वास्तवमा, मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि तपाईंले मलाई उठाउनुभयो । हिंस्रक मानिसहरूबाट तपाईंले मलाई बचाउनुभयो ।
PSA 18:49 यसकारण, हे परमप्रभु, म तपाईंलाई जातिहरूको माझमा धन्यवाद दिनेछु । तपाईंको नाउँमा प्रशंसा म गाउनेछु ।
PSA 18:50 परमेश्‍वरले आफ्नो राजालाई महान् विजय दिनुहुन्छ र उहाँले आफ्नो करारको विश्‍वस्‍तता आफ्नो अभिषिक्‍त जन, दाऊद र तिनका सन्तानहरूलाई सदासर्वदा प्रकट गर्नुहुन्छ ।
PSA 19:1 आकाशले परमेश्‍वरको महिमा घोषणा गर्छ र आकाशहरूले उहाँका हातका कामहरूको घोषणा गर्छन् ।
PSA 19:2 दिनदिनै भाषण दिन्‍छ । त्‍यसले हरेक रात ज्ञान प्रकट गर्छ ।
PSA 19:3 त्‍यहाँ कुनै बोली वा शब्दको आवाज सुनिंदैन। तिनीहरूका आवाज सुनिंएको हुँदैन ।
PSA 19:4 तापनि तिनका शब्दहरू सारा पृथ्वीभरि जान्छन् र तिनीहरूका भाषण संसारको अन्तसम्म नै पुग्छ । तिनीहरूका माझमा सूर्यको निम्ति उहाँले पाल टाँग्‍नुभएको छ ।
PSA 19:5 सूर्यचाहिं दुलहा आफ्नो कोठाबाट बाहिर आइरहेको जस्‍तै हो र आफ्‍नो दौड सिद्‍याउँदा आनन्‍दित हुने बलियो मानिसजस्तै हो ।
PSA 19:6 एक छेउमा सूर्य उदाउँछ र आकाश पार गरेर अर्को छेउमा पुग्‍छ । त्‍यसको तातोबाट कुनै कुरा पनि उम्कँदैन ।
PSA 19:7 परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुर्नजीवित पार्ने । परमप्रभुको साक्षी भरपर्दो छ, सोझोलाई बुद्धिमान बनाउने ।
PSA 19:8 परमप्रभुका शिक्षाहरू ठीक छन्, हृदयलाई खुसी पार्ने । परमप्रभुको आज्ञा शुद्ध छन्, आँखालाई ज्‍योति दिने ।
PSA 19:9 परमप्रभुको भय शुद्ध छ, यो सदासर्वदा रहने । परमप्रभुका धार्मिक आदेशहरू सत्य र समग्रमा ठिक छन् ।
PSA 19:10 तिनीहरू सुनभन्दा, धेरै शुद्ध सुनभन्दा मूल्यवान छन् । तिनीहरू मह र चाकाबाट चुहिंरहेको महभन्दा पनि गुलिया छन् ।
PSA 19:11 हो, तिद्वारा तपाईंका सेवकहरूले चेतावनी पाउँछन् । ति पलना गर्नुमा ठुलो इनाम छ ।
PSA 19:12 कसले आफ्ना सबै गल्तीहरू बुझ्‍न सक्छ? मलाई लुकेका गल्तीहरूबाट शुद्ध पार्नुहोस् ।
PSA 19:13 तपाईंको दासलाई अहङ्कारका पापहरूबाट बचाउनुहोस्, तिनीहरूले ममाथि राज्‍य नगरून् । तब म सिद्ध हुनेछु र धेरै अपराधहरूबाट म निर्दोष हुनेछु ।
PSA 19:14 हे परमप्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरा मुखका शब्‍दहरू र मेरा हृदयका विचारहरू तपाईंको दृष्‍टिमा ग्रहणयोग्य होऊन् ।
PSA 20:1 कष्‍टको दिनमा परमप्रभुले तपाईंलाई सहायता गरून् । याकूबका परमेश्‍वरको नाउँले तपाईंको सुरक्षा देऊन्
PSA 20:2 र तपाईंलाई सियोनबाट सहारा दिन पवित्र स्थानबाट सहायता पठाऊन् ।
PSA 20:3 उहाँले तपाईंका सबै बलिहरू सम्झना गरून् र तपाईंका बलिदान स्वीकार गरून् । सेला
PSA 20:4 तपाईंको हृदयको इच्‍छा उहाँले तपाईंलाई पुरा गरिदेऊन् र तपाईंका सबै योजनाहरू पुरा होऊन् ।
PSA 20:5 अनि हामी तपाईंको विजयमा आनन्‍दित हुनेछौं र हाम्रा परमेश्‍वरको नाउँमा हामी झन्डाहरू उचाल्नेछौं । परमप्रभुले तपाईंका सबै बिन्तीहरू सुन्‍नुभएको होस् ।
PSA 20:6 परमप्रभुले आफ्‍नो अभिषिक्‍त जनलाई बचाउनुहुन्छ भनी म जान्दछु । उहाँलाई बचाउन सक्‍ने आफ्नो दाहिने हातको बलले, आफ्‍नो पवित्र स्वर्गबाट परमप्रभुले उहाँलाई जवाफ दिनुहुनेछ ।
PSA 20:7 कसैले रथहरूमा र अरूले घोडाहरूमा भर पर्छन् तर हामी परमप्रभु हाम्रा परमेश्‍वरमा पुकारा गर्छौं ।
PSA 20:8 तिनीहरू तल झारिनेछन् र ढल्‍नेछन्, तर हामी उठ्नेछौं र सोझो खडा हुनेछौं ।
PSA 20:9 हे परमप्रभु, राजालाई बचानुहोस् । हामीले पुकारा गर्दा हामीलाई मदत गर्नुहोस् ।
PSA 21:1 हे परमप्रभु, तपाईंको बलमा राजा आनन्‍दित हुन्‍छन् । तपाईंले दिनुहुने उद्धारमा तिनी कति धेरै आनन्‍दित हुन्‍छन् !
PSA 21:2 तिनको मन इच्छा तपाईंले तिनलाई पुरा गर्नुभएको छ र तिनको ओठको बिन्ती तपाईंले बाँकी राख्‍नुभएको छैन ।
PSA 21:3 किनकि तपाईंले तिनलाई भरपूर आशिष्‌हरू दिनुहुन्छ, तपाईंले तिनको शिरमा शुद्ध सुनको मुकुट लगाउनुहुन्छ ।
PSA 21:4 तिनले तपाईंलाई जीवन मागे । तपाईंले त्‍यो तिनलाई दिनुभयो । तपाईंले तिनलाई सदासर्वदाको निम्ति लामो आयु दिनुभयो ।
PSA 21:5 तपाईंको विजयको कारणले तिनको गौरव महान् छ । तपाईंले तिनलाई वैभव र ऐश्‍वर्य दिनुभएको छ ।
PSA 21:6 किनकि तपाईंले तिनलाई सदाको आशिष्‌‌‌ दिनुहुन्छ । आफ्‍नो उपस्थितिले आनन्दते तपाईंले तिनलाई खुसी तुल्याउनुहुन्छ ।
PSA 21:7 राजाले परमप्रभुमा भरोसा गर्छन् । सर्वोच्‍चको करारको विश्‍वस्‍तताले तिनी डग्‍नेछैनन् ।
PSA 21:8 तपाईंका हातले तपाईंका सबै शत्रुलाई समात्‍नेछन् । तपाईंका दाहिले हातले तपाईंलाई घृणा गर्नेहरूलाई समात्‍नेछ ।
PSA 21:9 तपाईंको क्रोधको दिनमा, आगोको भट्टीमा झैं तपाईंले तिनीहरूलाई जलाउनुहुन्छ । परमप्रभुले आफ्‍नो क्रोधमा तिनीहरूलाई भस्मा पार्नुहुनेछ र आगोले तिनीहरूलाई सखाप पार्नेछ ।
PSA 21:10 तिनीहरूकाई सन्तानलाई पृथ्वीबाट र तिनीहरूका छोराछोरीलाई मानवजातिको माझबाट तपाईंले नाश पार्नुहुनेछ ।
PSA 21:11 किनकि तिनीहरूले तपाईंको विरुद्धमा खराब इच्‍छा गरे । तिनीहरूले एउटा षड्यन्त्र रचे जसद्वारा तिनीहरू सफल हुनेछैनन् ।
PSA 21:12 किनकि तपाईंले तिनीहरूलाई फर्काउनुहुनेछ । तिनीहरूको सामु तपाईंले आफ्‍नो धनुमा तान्‍नुहुनेछ ।
PSA 21:13 हे परमप्रभु, आफ्‍नो बलमा उच्‍च हुनुहोस् । तपाईंको शक्तिको गीत हामी गाउछौं र स्‍तुति गर्छौं ।
PSA 22:1 हे परमेश्‍वर, हे परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको? तपाईं किन मलाई बचाउनबाट त्‍यति धेरै टाढा र मेरा वेदनाका शब्दहरूबाट टाढा हुनुहुन्छ?
PSA 22:2 हे मेरा परमेश्‍वर, दिनको समयमा म पुकारा गर्छु, तर तपाईंले जवाफ दिनुहुन्‍न र रातको समयमा पनि म शान्‍त छैन ।
PSA 22:3 तापनि तपाईं पवित्र हुनुहुन्छ । इस्राएलको प्रशंसामा तपाईं राजाझैं विराजमान हुनुहुन्छ ।
PSA 22:4 हाम्रा पुर्खाहरूले तपाईंलाई भरोसा गरे । तिनीहरूले तपाईंमा भरोसा गरे र तपाईंले तिनीहरूलाई बचाउनुभयो ।
PSA 22:5 तिनीहरूले तपाईंमा पुकारा गरे र तिनीहरूलाई बचाइयो । तिनीहरूले तपाईंमा भरोसा गरे र निराश भएनन् ।
PSA 22:6 म एउटा कीरा हुँ र मानिस होइन, मानिसहरूले अपमान गरेको र मानिसहरूद्वारा अवहेलित भएको छु ।
PSA 22:7 मलाई देख्‍ने सबैले मलाई गिज्याउँछन् । तिनीहरूले मेरो खिसी गर्छन् । तिनीहरूले मलाई हरेर आफ्‍नो टाउको हल्लाउँछन् ।
PSA 22:8 तिनीहरू भन्छन्, “त्यसले परमप्रभुमा भरोसा गर्छ । परमप्रभुले नै त्यसलाई बचाऊन्, किनकि त्यो उहाँमा नै खुसी हुन्‍छ ।”
PSA 22:9 तपाईंले मलाई गर्भबाट ल्याउनुभयो । मैले आमाको दूध खाँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने बनाउनुभयो ।
PSA 22:10 गर्भैदेखि मलाई तपाईंमा सुम्पिएको छ । म आफ्‍नो आमाको गर्भमा हुँदादेखि नै तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ
PSA 22:11 मबाट टाढा नहुनुहोस्, किनकि कष्‍ट नजिकै छ । मलाई सहायता गर्ने कोही पनि छैन ।
PSA 22:12 धेरै साँढेहरूले मलाई घेर्छन् । बाशानका बलिया साँढेहरूले मलाई घेर्छन् ।
PSA 22:13 गर्जने सिंहले आफ्नो शिकार च्यातेझैं, मेरो विरुद्धमा तिनीहरू आफ्‍ना मुख चौडा खोल्‍छन् ।
PSA 22:14 पानीलाई झैं मलाई खन्याइँदैछ र सबै मेरा हाडहरूले ठाउँ छोडेका छन् । मेरो हृदय मैनझैं भएको छ । मेरो अन्तरकरणमा त्‍यो पग्लिन्छ ।
PSA 22:15 माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको छ । मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ । तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको छ ।
PSA 22:16 किनकि कुकुरहरूले मलाई घेरेका छन् । खराब गर्नेहरूको हुलले मलाई घेरा लगाएका छन् । तिनीहरूले मेरा हातहरू र खुट्टाहरू छेडेका छन् ।
PSA 22:17 म आफ्‍ना सबै हाड गन्‍न सक्छु । तिनीहरू हेर्छन् र मलाई आँखा तर्छन् ।
PSA 22:18 मेरो लुगा तिनीहरूले आपसमा बाँड्छन् । मेरो लुगाको निम्ति तिनीहरूले चिट्ठा हाल्छन् ।
PSA 22:19 हे परमप्रभु, टाढा नहुनुहोस् । हे मेरो बल, मलाई सहायता गर्न चाँडो गर्नुहोस् ।
PSA 22:20 मेरो प्राणलाई तरवरबाट र मेरो जीवनलाई जङ्गली कुकुरहरूका पञ्‍जाबाट बचाउनुहोस् ।
PSA 22:21 मलाई सिंहको मुखबाट बचाउनुहोस् । जङ्गली साँढेहरूका सिङ्हरूबाट मलाई बचाउनुहोस् ।
PSA 22:22 तपाईंको नाउँ म आफ्‍ना भाइहरूलाई घोषणा गर्नेछु । सभाको माझमा म तपाईंको प्रशंसा गर्नेछु ।
PSA 22:23 तिमी जसले परमप्रभुको भय मान्‍छौ, उहाँको प्रशंसा गर । तिमी सबै याकूबका सन्तानहरू हो, उहाँको आदर गर । ए इस्राएलका सारा सन्तान हो, उहाँको भयमा खडा होओ ।
PSA 22:24 कष्‍टमा परेका व्‍यक्‍तिको कष्‍टलाई उहाँले घृणा वा अवहेलना गर्नुभएको छैन । तिनीबाट परमप्रभुले आफ्नो मुहार लुकाउनुभएको छैन । जब कष्‍टमा परेको व्‍यक्‍तिले उहाँमा पुकारा गरे, तब उहाँले सुन्‍नुभयो ।
PSA 22:25 तपाईंको कारणले म ठुलो सभामा प्रशंसा गाउनेछु । उहाँको भय मान्‍नेहरूका सामु म आफ्‍नो भाकल पुरा गर्नेछु ।
PSA 22:26 थिचोमिचोमा परेकाहरूले खानेछन् र तृप्‍त हुनेछन् । परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन् । तिमीहरूका हृदयहरू सदा जीवित रहून् ।
PSA 22:27 पृथ्वीका सबै मानिसहरूले सम्झनेछन् र परमप्रभुतिर फर्कनेछन् । जातिहरूका सबै परिवार तपाईंको सामु घोप्‍टो पर्नेछन् ।
PSA 22:28 किनकि राज्य परमप्रभुकै हो । उहाँ नै जातिहरूका शासक हुनुहुन्छ ।
PSA 22:29 पृथ्वीका सबै समृद्ध मानिसहरूले भोज गर्नेछन् र आराधना गर्नेछन् । धूलोमा झरिरहेका सबैले उहाँको सामु दण्डवत गर्नेछन्, जसले तिनीहरूको आफ्नो जीवनको रक्षा गर्न सक्दैनन् ।
PSA 22:30 आउने पुस्ताले उहाँको सेवा गर्नेछ । तिनीहरूले अर्को पुस्तालाई परमप्रभुको बारेमा भन्‍नेछन् ।
PSA 22:31 तिनीहरू आउनेछन् र उहाँको धार्मिकताको बारेमा भन्‍नेछन् । उहाँले जे गर्नुभएको छ सो तिनीहरूले अझै नजन्‍मेका मानिसहरूलाई भन्‍नेछन् ।
PSA 23:1 परमप्रभु मेरो गोठाला हुनुहुन्छ । मलाई कुनै कुरा खाँचो पर्नेछैन ।
PSA 23:2 उहाँले मलाई हरियो खर्कहरूमा सुताउनुहुन्छ । उहाँले मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्छ ।
PSA 23:3 उहाँले मेरो जीवनलाई पुनर्जीवित पार्नुहुन्छ । उहाँले आफ्‍नो नाउँको खातिर मलाई ठिक बाटो देखाउनुहुन्छ ।
PSA 23:4 मैले निस्‍पट्ट अँध्‍यारो छायाको बेसीमा हिंड्‍नुपर्दा पनि, हानिसँग म डराउनेछैन किनभने तपाईं मसँग हुनुहुन्छ । तपाईंको लट्ठी र तपाईंको लौरोले मलाई सान्त्वना दिन्छन् ।
PSA 23:5 मेरा शत्रुहरूका सामु तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ । तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नुभएको छ । मेरो कचौरा भरिएर पोखिन्छ ।
PSA 23:6 निश्‍चय नै, मेरो जीवनका सारा दिन भलाइ र करारको विश्‍वस्‍तता मेरो पछि आउनेछ । र परमप्रभुको मन्‍दिरमा म सधैंभरि वास गर्नेछु ।
PSA 24:1 पृथ्वी र त्‍यसको पूर्णता, संसार र त्‍यसमा बसोवास गर्ने सबै परमप्रभुका हुन् ।
PSA 24:2 उहाँले त्‍यसलाई समुद्रहरूमाथि बसाल्नुभएको छ र त्‍यसलाई नदीहरूमाथि स्थापित गर्नुभएको छ ।
PSA 24:3 परमप्रभुको पर्वतमाथिको को चढ्नेछ? उहाँको पवित्र स्थानमा को खडा हुनेछ ?
PSA 24:4 त्यो जसका हातहरू शुद्ध छन् र हृदय शुद्ध छ । जसले झुटलाई उचालेको छैन र छल गर्नलाई सपथ खाएको छैन ।
PSA 24:5 त्यसले परमप्रभुबाट आशिष्‌‌‌ र त्यसको उद्धारको परमेश्‍वरबाट धार्मिकता प्राप्‍त गर्नेछ ।
PSA 24:6 उहाँको खोजी गर्नेहरूका पुस्ता, याकूबका परमेश्‍वरको मुहार खोज्‍नेहरू यस्तै हुन्छन् । सेला
PSA 24:7 ए मूल ढोकाहरू हो, आफ्‍ना शिर उठाओ । ए अनन्त ढोकाहरू हो, उच्‍च होओ, ताकि महिमाका राजा भित्र आऊन् ।
PSA 24:8 महिमाको यो राजा को हुनुहुन्छ? परमप्रभु, बलियो र शक्तिशाली । परमप्रभु, युद्धमा शक्तिशाली ।
PSA 24:9 ए मूल ढोकाहरू हो, आफ्‍ना शिर उठाओ । हे अनन्त ढोकाहरू हो, उच्‍च होओ, ताकि महिमाका राजा भित्र आऊन् ।
PSA 24:10 महिमाको यो राजा को हुनुहुन्छ ? सर्वशक्तिमान् परमप्रभु, उहाँ नै महिमाको राजा हुनुहुन्छ । सेला
PSA 25:1 हे परमप्रभु, म आफ्‍नो जीवन तपाईंमा उचाल्छु ।
PSA 25:2 हे परमेश्‍वर, म तपाईंमा भरोसा गर्छु । मलाई अपमानित हुन नदिनुहोस् । मेरा शत्रुहरू ममाथि विजयसाथ आनन्‍दित हुन नदिनुहोस् ।
PSA 25:3 तपाईंमा आसा राख्‍ने कोही पनि अपमानित नहोस् । विनाकारण छली रूपले काम गर्नेहरू लज्‍जित होऊन् !
PSA 25:4 हे परमप्रभु, तपाईंका मार्गहरू मलाई प्रकट गर्नुहोस् । तपाईंका मार्गहरू मलाई सिकाउनुहोस् ।
PSA 25:5 मलाई तपाईंको सत्यतामा डोर्‍याउनुहोस् र मलाई सिकाउनुहोस् । किनकि तपाईं मेरो उद्धारको परमेश्‍वर हुनहुन्छ । म दिनभरि तपाईंमा नै आसा गर्छु ।
PSA 25:6 हे परमप्रभु, तपाईंका दयाका कामहरू र करारको विश्‍वस्तता सम्झनुहोस् । किनकि तिनीहरू सँधै अस्तित्वमा थिए ।
PSA 25:7 मेरा जवानीका पापहरू वा मेरा विद्रोहको बारेमा विचार नगर्नुहोस् । हे परमप्रभु, तपाईंको भलाइको कारणले करारको विश्‍वस्ततामा मलाई सम्झनुहोस् ।
PSA 25:8 परमप्रभु असल र सोझो हुनुहुन्छ । यसकारण उहाँले पापीहरूलाई बाटो सिकाउनुहुन्छ ।
PSA 25:9 उहाँले नम्रहरूलाई ठिक कुरा सिकाउनुहुन्छ र उहाँले तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ ।
PSA 25:10 परमप्रभुका करार र उहाँका गहन आज्ञाहरू पालन गर्नेहरूका निम्ति उहाँका सबै मार्गहरू अटल प्रेम र विश्‍वस्‍तता हुन् ।
PSA 25:11 हे परमप्रभु, तपाईंको नाउँको खातिर मेरो पाप क्षमा गर्नुहोस्, किनकि यो महान् छ ।
PSA 25:12 परमप्रभुको भय मान्‍ने मानिस को हो? त्यसले चुन्‍नुपर्ने मार्गमा परमप्रभुले त्यसलाई शिक्षा दिनुहुन्छ ।
PSA 25:13 त्यसको जीवन भलाइमा बित्‍नेछ । त्यसका सन्तानहरूले देशको उत्तराधिकार पाउनेछन् ।
PSA 25:14 परमप्रभुको मित्रता उहाँलाई आदर गर्नेहरूका निम्ति हो, र उहाँले तिनीहरूलाई उहाँको करार प्रकट गर्नुहुनेछ ।
PSA 25:15 मेरा आँखाहरू सदासर्वदा परमप्रभुमाथि हुन्छन्, किनकि उहाँले मेरा खुट्टाहरूलाई जालबाट मुक्‍त गर्नुहुनेछ ।
PSA 25:16 मतिर फर्कनुहोस् र मलाई दया गर्नुहोस् । किनकि म एक्‍लो र कष्‍टमा परेको छु ।
PSA 25:17 मेरो हृदयका कष्‍टहरू ठुला भएका छन् । मेरो कष्‍टहरूबाट मलाई बाहिर तान्‍नुहोस् ।
PSA 25:18 मेरो कष्‍ट र मेरो परिश्रमहरू हेर्नुहोस् । मेरा सबै पाप क्षमा गर्नुहोस् ।
PSA 25:19 मेरा शत्रुहरूलाई हेर्नुहोस्, किनकि तिनीहरू धेरै जना छन् । तिनीहरूले मलाई क्रूर घृणाले घृणा गर्छन् ।
PSA 25:20 मेरो जीवनको रक्षा गर्नुहोस् र मलाई बचाउनुहोस् । मलाई अपमानित हुन नदिनुहोस् किनकि मैले तपाईंमा शरण लिन्छु ।
PSA 25:21 निष्ठा र इमानदारीले मलाई बचाओस्, किनकि म तपाईंमा आसा गर्छु ।
PSA 25:22 हे परमेश्‍वर, इस्राएललाई त्यसको सबै कष्‍टबाट बचाउनुहोस् ।
PSA 26:1 हे परमप्रभु, मेरो न्याय गर्नुहोस्, किनकि म इमानदारीसँग हिंडेको छु । हलचल नगरी मैले परमप्रभुमा भरोसा गरेको छु ।
PSA 26:2 हे परमप्रभु, मलाई जाँच्नुहोस् र मलाई परिक्षण गर्नुहोस् । मेरो अन्तस्करण र मेरो हृदयको जाँच गर्नुहोस् ।
PSA 26:3 किनकि तपाईंको करारको विश्‍वस्‍तता मेरो आँखाका सामु छ, र म तपाईंको विश्‍वस्‍ततामा हिंड्‍छु ।
PSA 26:4 मैले छली मानिसहरूसित सङ्गत गर्दिनँ, न त म कपटी मानिसहरूसित घुलमिल गर्छु ।
PSA 26:5 खराब गर्नेहरूको सभालाई म घृणा गर्छु, र दुष्‍टहरूसित म बस्‍दिनँ ।
PSA 26:6 हे परमप्रभु, नोर्दोषतामा म आफ्‍नो हात धुन्छु, र म तपाईंको वेदी वरिपरि घुम्छु,
PSA 26:7 प्रशंसाको गीत ठुलो सोरले गाउन र तपाईंका सबै अचम्‍मका कामहरूको वर्णन गर्न ।
PSA 26:8 हे परमप्रभु, तपाईं बस्‍नुहुने मन्‍दिरलाई म प्रेम गर्छु, त्यो ठाउँ जहाँ तपाईंको महिमाले वास गर्छ ।
PSA 26:9 मलाई पापीहरूसँगै वा मेरो जीवनलाई रक्‍तपिपासु मानिसहरूसँगै नबढार्नुहोस्,
PSA 26:10 जसको हातमा षड्यान्त्र छ, र जसको दाहिने हात घूसले पूर्ण छ ।
PSA 26:11 तर मेरो बारेमा, म निष्ठामा चल्छु । मलाई उद्धार गर्नुहोस् र ममाथि दया गर्नुहोस् ।
PSA 26:12 मेरो खुट्टा मैदानमा खडा छ । सभाहरूमा म परमप्रभुलाई धन्‍यको भन्‍नेछु ।
PSA 27:1 परमप्रभु मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ । म कोसँग डराउनु? परमप्रभु मेरो जीवनको शरणस्थान हुनुहुन्छ । म कोसँग त्रसित हुनु?
PSA 27:2 जब खराबी गर्नेहरू मेरो मासु खान नजिक आए, तब मेरा वैरीहरू र मेरा शत्रुहरूले ठेस खाए र ढले ।
PSA 27:3 फौजले मेरो विरुद्ध शिविर हाले तापनि, मेरो हृदय डराउने छैन । मेरो विरुद्धमा युद्ध भए तापनि म दृढ रहनेछु ।
PSA 27:4 मैले परमप्रभुसित एउटा कुरा मागेको छु र म त्यो खोज्‍नेछुः परमप्रभुको सुन्दरता हेर्न, र उहाँको मन्दिरमा मनन गर्न, मेरो जीवनका सारा दिन म परमप्रभुको मन्‍दिरमा बस्‍न सकूँ ।
PSA 27:5 किनकि कष्‍टको दिनमा उहाँले मलाई आफ्‍नो छहारीमा लुकाउनुहुनेछ । उहाँको आफ्‍नो पालको कभरभित्र मलाई लुकाउनुहुनेछ । उहाँले मलाई चट्टानमाथि उच्‍च पार्नुहुनेछ ।
PSA 27:6 तब मेरो चारैतिर भएका मेरा शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ र उहाँको पालमा आनन्दका बलिहरू म चढाउनेछु । परमप्रभुको निम्ति म गीत रच्‍नेछु र गाउनेछु ।
PSA 27:7 हे परमप्रभु, मैले पुकारा गर्दा मेरो सोर सुन्‍नुहोस् । ममाथि दया गर्नुहोस् र मलाई जवाफ दिनुहोस् ।
PSA 27:8 मेरो हृदयले तपाईंको बारेमा यसो भन्छ, “उहाँको मुहारको खोजी गर् !” हे परमप्रभु, म तपाईंको मुहारको खोजी गर्छु ।
PSA 27:9 मबाट तपाईंको मुहार नलुकाउनुहोस् । आफ्नो दासलाई रिसमा नफर्काउनुहोस् । तपाईं मेरो सहायक हुनुभएको छ । हे मेरो उद्धारको परमेश्‍वर, मलाई नत्याग्‍नुहोस् वा नछोड्‍नुहोस् ।
PSA 27:10 मेरो बुबा र मेरी आमाले मलाई त्याग्‍न सक्‍छन्, परमप्रभुले मलाई भित्र लानुहुनेछ ।
PSA 27:11 हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस् । मेरा शत्रुहरूका कारणले मलाई मैदानको बाटोमा डोर्‍याउनुहोस् ।
PSA 27:12 मलाई मेरा शत्रुहरूको इच्छामा नछोड्नुहोस्, किनकि झुटो साक्षीहरू मेरो विरुद्धमा उठेका छन्, र तिनीहरूले हिंसाको सास फेर्छन् ।
PSA 27:13 मैले जीवितहरूको देशमा परमप्रभुको भलाइ देख्‍नेछु भनी मैले विश्‍वास नगरेको भए मलाई के हुन्थ्यो होला?
PSA 27:14 परमप्रभुको आसा गर । बलियो होओ र तिमीहरूका हृदय उत्साहित होस् । परमप्रभुको आसा गर ।
PSA 28:1 हे परमप्रभु, तपाईंमा नै म पुकारा गर्छु । हे मेरो चट्टान, मलाई बेवास्‍ता नगर्नुहोस् । तपाईंले मलाई जवाफ दिनुभएन भने, चिहानमा जानेहरूसँग म सहभागी हुनेछु ।
PSA 28:2 तपाईंबाट सहायताको निम्ति मैले पुकारा गर्दा, तपाईंको महापवित्र स्थानतिर मैले आफ्‍ना हातहरू उचाल्दा मेरो बिन्तिको सोर सुन्‍नुहोस् ।
PSA 28:3 अधर्म गर्ने दुष्‍टहरूसँगै मलाई टाढा नलानुहोस्, जसले आफ्‍ना छिमेकीहरूसँग शान्तिका कुरा गर्छन् तर आफ्‍ना हृदयहरूमा खराबी हुन्छ ।
PSA 28:4 तिनीहरूका कामहरूका फल तिनीहरूलाई दिनुहोस् र तिनीहरूका दुष्‍टताले मागअनुसार प्रतिफल तिनीहरूलाई दिनुहोस् । तिनीहरूका हातहरूका कामको निम्ति प्रतिफल तिनीहरूलाई दिनुहोस् र तिनीहरूले पाउनुपर्ने कुरा तिनीहरूलाई दिनुहोस् ।
PSA 28:5 किनभने तिनीहरूले परमप्रभुको कामहरू वा उहाँका हातका कामहरू बुझ्दैनन्, उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ र तिनीहरूलाई कहिल्यै पुनः निर्माण गर्नुहुनेछैनन् ।
PSA 28:6 परमप्रभु धन्यको होऊन् किनभने उहाँले मेरो बिन्तिको सोर सुन्‍नुभएको छ ।
PSA 28:7 परमप्रभु मेरो बल र मेरो ढाल हुनुहुन्छ । मेरो हृदयले उहाँमा भरोसा गर्छ र मलाई मदत भयो । यसकारण मेरो हृदय साह्रै आनन्‍दित हुन्‍छ र गाउँदै उहाँको म प्रशंसा गर्नेछु ।
PSA 28:8 परमप्रभु आफ्‍ना मानिसहरूका बल हुनुहुन्छ, अनि उहाँ आफ्नो अभीषिक्‍त जनलाई बचाउने शरणस्थान हुनुहुन्छ ।
PSA 28:9 आफ्ना मानिसहरूलाई बचाउनुहोस् र आफ्नो उत्तराधिकारलाई आशिष्‌ ‌‌दिनुहोस् । तिनीहरूका गोठाला हुनुहोस् र तिनीहरूलाई सदासर्वदा बोक्‍नुहोस् ।
PSA 29:1 ए परमेश्‍वरका छोराहरू हो, परमप्रभुलाई श्रेय देओ, महिमा र बलको श्रेय परमप्रभुलाई देओ ।
PSA 29:2 परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ । पवित्रतामा सुहाउँदो भएर परमप्रभुलाई दण्डत गर ।
PSA 29:3 परमप्रभुको सोर पानीहरूमाथि सुनिन्छ । महिमाको परमेश्‍वर गर्जनुहुन्छ । परमप्रभु धेरै पानीहरूमाथि गर्जनुहुन्छ ।
PSA 29:4 परमप्रभुको सोर शक्तिशाली छ । परमप्रभुको सोर महिमित छ ।
PSA 29:5 परमप्रभुको सोरले देवदारुहरूलाई भाँचिदिन्‍छ । परमप्रभुले लेबनानका देवदारुहरूलाई टुक्रा-टुक्रा पार्नुहुन्छ ।
PSA 29:6 उहाँले लेबनानलाई बाछोझैं र सिरिओनलाई जवान गोरुझैं उफ्रन लगाउनुहुन्छ ।
PSA 29:7 परमप्रभुको सोरले आगोको ज्वालाहरू पठाउँछ ।
PSA 29:8 परमप्रभुको सोरले उजाड-स्‍थानलाई हल्लाउँछ । परमप्रभुले कादेशको उजाड-स्‍थानलाई थर्कमान पार्नुहुन्छ ।
PSA 29:9 परमप्रभुको सोरले फलाँटका रूखहरूलाई बङ्ग्याउँछ, र वनहरूलाई उखेलेर उजाड पार्छ । उहाँको मन्दिरमा हुने हरेकले भन्छ, “महिमा !”
PSA 29:10 परमप्रभु बाढीमाथि राजाको रूपमा विराजमान हुनुहुन्छ । परमप्रभु सदासर्वदा राजाको रूपमा विराजमान हुनुहुन्छ ।
PSA 29:11 परमप्रभुले आफ्ना मानिसहरूलाई बल दिनुहुन्छ । परमप्रभुले आफ्ना मानिसहरूलाई मिलापले आशिष्‌ ‌‌दिनुहुन्छ ।
PSA 30:1 हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्‍दित हुन दिनुभएको छैन ।
PSA 30:2 हे परमप्रभु मेरो परमेश्‍वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो ।
PSA 30:3 हे परमप्रभु, तपाईंले मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ । तपाईंले मलाई चिहानमा जानबाट जीवित राख्‍नुभएको छ ।
PSA 30:4 हे परमप्रभुका विश्‍वासी मानिसहरू हो, उहाँको स्‍तुति गाओ । उहाँको पवित्रता तिमीहरूले याद गर्दा धन्यवाद देओ ।
PSA 30:5 किनकि उहाँको रिस क्षणभरको निम्ति मात्र हुन्‍छ । तर उहाँको कृपा जीवनभरिको निम्ति हो । रातको निम्ति रोदन आउँछ, तर बिहान आनन्द आउँछ ।
PSA 30:6 दृढतामा मैले भनें , “म कदापि डग्‍नेछैन ।”
PSA 30:7 हे परमप्रभु, आफ्‍नो कृपाले तपाईंले मलाई बलियो पहाडको रूपमा स्थापित गर्नुभयो । तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो,तब मलाई कष्‍ट पर्‍यो ।
PSA 30:8 हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें र मेरा परमप्रभुबाट कृपा खोजें ।
PSA 30:9 मेरो मृत्युमा म चिहानमा गएँ भने के फाइदा हुन्छ र? के धूलोले तपाईंको प्रशंसा गर्नेछ र? के त्‍यसले तपाईंको विश्‍वासनीयताको घोषणा गर्छ र?
PSA 30:10 हे परमप्रभु, सुन्‍नुहोस् र मलाई दया गर्नुहोस् । हे परमप्रभु, मेरो सहायक हुनुहोस् ।
PSA 30:11 तपाईंले मेरो शोकलाई नाँचमा परिणत गर्नुभएको छ । तपाईंले मेरो भाङ्ग्रा हटाउनुभएको छ र मलाई खुसीको पोशाक लगाउनुभएको छ ।
PSA 30:12 त्यसैले मेरो महिमाले तपाईंको प्रशंसा गाउनेछ र चूप लाग्‍ने छैन । हे परमप्रभु मेरो परमेश्‍वर, सदासर्वदा म तपाईंलाई दन्यवाद दिनेछु ।
PSA 31:1 हे परमप्रभु, तपाईंमा म शरण लिन्छु । मलाई कदापि अपमानित हुन नदिनुहोस् । तपाईंको धार्मिकतामा मलाई बचाउनुहोस् ।
PSA 31:2 मेरो पुकार सुन्‍नुहोस् । मलाई तुरुन्‍तै बचाउनुहोस् । मेरो शरणको चट्टान अर्थात् मलाई बचाउने किल्ला हुनुहोस् ।
PSA 31:3 किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ । यसकारण तपाईंको नाउँको खातिर मलाई डोर्‍याउनुहोस् र बाटो देखाउनुहोस् ।
PSA 31:4 तिनीहरूले मेरो निम्ति लुकाएर थपेका जालबाट मलाई तानेर निकाल्नुहोस्, किनकि तपाईं मेरो शरणस्थान हुनुहुन्छ ।
PSA 31:5 मेरो आत्मा म तपाईंको हातमा सुम्पिन्छु । हे परमप्रभु, विश्‍वासनीयताको परमेश्‍वर, तपाईंले मलाई उद्धार गर्नुहुनेछ ।
PSA 31:6 व्‍यर्थका मूर्तीहरूको सेवा गर्नेहरूलाई म घृणा गर्छु, तर म परमप्रभुमा भरोसा गर्छु ।
PSA 31:7 तपाईंको करारको विश्‍वस्‍ततामा म खुसी र आनन्‍दित हुनेछु, किनकि तपाईंले मेरो कष्‍ट देख्‍नुभयो । मेरो प्राणको कष्‍ट तपाईंले थाहा पाउनुभयो ।
PSA 31:8 तपाईंले मलाई मेरो शत्रुको हातमा दिनुभएको छैन । तपाईंले मेरा खुट्टाहरूलाई चौडा खुल्ला ठाउँमा राख्‍नुभएको छ ।
PSA 31:9 हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कष्‍टमा परेको छु । मेरो प्राण र मेरो शरीरको दुःखसँगै मेरा आँखाहरू थकित हुन्छ ।
PSA 31:10 किनकि मेरो जीवन कष्‍टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्‍छ र मेरा हाडहरू खिइन्‍छन् ।
PSA 31:11 मेरा सबै शत्रुका कारणले मानिसहरूले मलाई घृणा गर्छन् । मेरो स्‍थिति हेरेर मेरा छिमेकीहरू डराउँन् र मलाई चिन्‍नेहरू भयभीत हुन्छन् । मलाई बाटोमा देख्‍नेहरू मदेखि भाग्छन् ।
PSA 31:12 मरेको मानिसलाई झैं मलाई भुलिएको जसलाई कसैले विचार गर्दैन । म फुटेको भाँडोजस्तै छु ।
PSA 31:13 किनकि मैले धेरै जनाको कानेखुसी, तिनीहरूले एकसाथ मेरो विरुद्ध षड्यान्त्र गर्दा चारैतिरबाट डरलाग्‍दो खबर मैले सुनेको छु । मेरो ज्यान लिन तिनीहरूले षड्यान्त्र गर्छन् ।
PSA 31:14 तर हे परमप्रभु, म तपाईंमा भरोसा गर्छु । म भन्छु, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ ।”
PSA 31:15 मेरा समयहरू तपाईंका हातमा छन् । मेरा शत्रुहरू र मलाई खेद्‍नेहरूका हातबाट मलाई बचाउनुहोस् ।
PSA 31:16 आफ्नो दासमाथि तपाईंको मुहार चम्काउनुहोस् । तपाईंको करारको विश्‍वस्‍ततामा मलाई बचाउनुहोस् ।
PSA 31:17 हे परमप्रभु, मलाई अपमानिसत हुन नदिनुहोस् । किनकि म तपाईंमा पुकारा गर्छु । दुष्‍टहरू अपमानित होऊन्! तिनीहरू चिहानमा शान्‍त होऊन्!
PSA 31:18 धर्मीहरूका विरुद्धमा अहङ्कार र घृणासहित उपेक्षित रूपले बोल्ने ओठहरू चूप होऊन् ।
PSA 31:19 तपाईंको आदर गर्नेहरूका निम्‍ति तपाईंले सन्‍चित गर्नुभएको तपाईंको भलाइ कति महान् छ । त्‍यो तपाईंमा शरण लिनेहरूका निम्ति मानवजातिका सारा सन्तानका सामु तपाईंले प्रदर्शन गर्नुहुन्छ ।
PSA 31:20 तपाईंको उपस्थितिको छत्रछायामा, तपाईंले तिनीहरूलाई मानिसहरूको षड्यन्त्रबाट लुकाउनुहुन्छ । जिब्राहरूका हिंसाबाट तपाईंले तिनीहरूलाई छत्रछायामा लुकाउनुहुन्छ ।
PSA 31:21 परमप्रभु धन्यको होऊन्, किनकि म घेराबन्दीको सहरमा हुँदा उहाँले मलाई आफ्‍नो अचम्‍मको करारको विश्‍वस्‍तता दर्शाउनुभयो ।
PSA 31:22 मैले हतारमा यसो भनें, “तपाईंको दृष्‍टिबाट म हटाइएको छु,” तापनि मैले तपाईंलमा पुकारा गर्दा, तपाईंले मेरो बिन्ती सुन्‍नुभयो ।
PSA 31:23 ए सबै विश्‍वासयोग्‍य अनुयायीहरू हो, परमप्रभुलाई प्रेम गर । परमप्रभुले विश्‍वासयोग्‍यलाई सुरक्षा दिनुहुन्छ । तर उहाँले अहङ्कारीलाई पूरा बदला लिनुहुन्‍छ ।
PSA 31:24 ए सबै सहायताको निम्ति परमप्रभुमा भरोसा गर्नेहरू हो, बलियो र दृढ होओ ।
PSA 32:1 त्यो व्‍यक्‍ति धन्यको हो जसको अपराध क्षमा भएको छ, जसको पाप ढाकिएको छ ।
PSA 32:2 त्यो मानिस धन्यको हो जसको दोषको लेखा परमप्रभुले लिनुहुन्‍न र जसको आत्मामा छल छैन ।
PSA 32:3 जब म चूप लागें, तब दिनभरिको मेरो सुस्‍केराले मेरा हाडहरू खिइएर गए ।
PSA 32:4 किनकि दिन र रात ममाथि तपाईंको हात गह्रौं भयो । ग्रीष्‍टमको सुख्‍खाझैं मेरो बल सुक्यो ।
PSA 32:5 तब मैले आफ्‍नो पाप तपाईंमा स्वीकार गरें र मैले फेरि मेरो अधर्म लुकाइनँ । मैले भनें, “म आफ्‍ना अपराधहरू परमप्रभुमा स्वीकार गर्नेछु,” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो । सेल
PSA 32:6 यसैले सबै धर्मीहरूले ठुलो कष्‍टको समयमा तपाईंमा प्रार्थना गर्नुपर्छ । तब पानीको उर्लने भेल ती मानिसहरूकहाँ पुग्‍नेछैन ।
PSA 32:7 तपाईं मेरो लुक्‍ने ठाउँ हुनुहुन्छ । तपाईंले मलाई कष्‍टबाट सुरक्षा दिनुहुन्छ । तपाईंले मलाई विजयको गीतहरू घेर्नुहुनेछ ।
PSA 32:8 म तँलाई शिक्षा दिनेछु र तँ हिंड्‍नुपर्ने बाटो सिकाउनेछु । तँमाथि मेरो दृष्‍टि राखेर म तँलाई शिक्षा दिनेछु ।
PSA 32:9 घोडा वा खच्‍चरजस्तो नहो, जसको कुनै समझ हुँदैन । जहाँ तैंले इच्‍छा गर्छस् त्यहाँ तिनीहरूलाई लान तिनीहरूलाई अधीन गर्न लगाम र मुखारीले मात्र सकिन्‍छ ।
PSA 32:10 दुष्‍टलाई धेरै दुःखहरू हुन्छन्, तर परमप्रभुमा भरोसा गर्नेलाई उहाँको करारको विश्‍वस्‍तताले घेरा हाल्‍छ ।
PSA 32:11 ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ र आनन्‍दित होओ । सोझो हृदय हुनेहरू सबै जना आनन्दले कराओ ।
PSA 33:1 ए धर्मीहरू हो, परमप्रभुमा आनन्‍दित होओ । सोझाहरूले प्रशंसा गर्न सुहाउँछ ।
PSA 33:2 वीणा बजाएर परमप्रभुलाई धन्यवाद देओ । दस तारे सारङ्गीसँगै उहाँको प्रशंसा गर ।
PSA 33:3 उहाँको निम्ति एउटा नयाँ गीत गाओ । निपुणता साथ बजाओ र आनन्दले गाओ ।
PSA 33:4 किनकि परमप्रभुको वचन ठीक छ र उहाँले गर्ने हरेक कुरा न्यायोचित छ ।
PSA 33:5 उहाँले धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ । पृथ्वी परमप्रभुको करारको विश्‍वस्‍तताले पूर्ण छ ।
PSA 33:6 परमप्रभुको वचनले आकाशको सृष्‍टि भयो र सबै ताराहरू उहाँको मुखको सासले बनिएका थिए ।
PSA 33:7 उहाँले समुद्रको पानीलाई एक ठाउँमा थुप्रोझैं जम्‍मा गर्नुहुन्छ । उहाँले महासागरहरूलाई भण्‍डारहरूमा राख्‍नुहुन्छ ।
PSA 33:8 सारा पृथ्वीले परमप्रभुको भय मानोस् । संसारका सबै बासिन्दा उहाँको भयमा खडा होऊन् ।
PSA 33:9 किनकि उहाँले बोल्नुभयो र त्‍यो हुन आयो । उहाँले आज्ञा गर्नुभयो र यो ठाउँमा खडा भयो ।
PSA 33:10 परमप्रभुले जातिहरूका मित्रतालाई व्‍यर्थ तुल्‍याउनुहुन्छ । उहाँले मानिसहरूका योजनाहरूलाई रद्द गर्नुहुन्छ ।
PSA 33:11 परमप्रभुको योजना सदासर्वदा रहन्छ, उहाँको हृदयका योजनाहरू सबै पुस्ताका निम्‍ति रहन्छ ।
PSA 33:12 त्यो जाति धन्यको हो जसको परमेश्‍वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नै उत्तराधिकारको रूपमा उहाँले चुन्‍नुभएको छ ।
PSA 33:13 परमप्रभुले स्वर्गबाट हेर्नुहुन्छ । उहाँले सबै मानिसलाई देख्‍नुहुन्छ ।
PSA 33:14 आफू बस्‍नुहुने ठाउँबाट तल पृथ्वीमा बस्‍ने सबैलाई उहाँले हे्र्नुहुन्छ ।
PSA 33:15 तिनीहरू सबैका हृदयहरू बनाउनुहुनेले तिनीहरूका सबै कामहरू हेर्नुहुन्छ ।
PSA 33:16 ठुलो फौजद्वारा कुनै पनि राजा बाँच्‍न सक्‍दैन । आफ्‍नो महाबलले कुनै पनि योद्धा बाँच्‍न सक्‍दैन ।
PSA 33:17 घोडाचाहिं विजयको निम्ति झुटो आसा हो । त्यसको महान् बल भए पनि त्‍यसले बचाउन सक्दैन ।
PSA 33:18 हेर, परमप्रभुको आँखा उहाँको भय मान्‍नेहरूमाथि र उहाँको करारको विश्‍वस्‍ततामा आसा गर्नेहरूमाथि रहन्‍छ ।
PSA 33:19 तिनीहरूका जीवन मृत्युबाट छुट्टाउन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्‍नलाई ।
PSA 33:20 हामी परमप्रभुको आसा गर्छौं । उहाँ हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ ।
PSA 33:21 हाम्रा हृदयहरू उहाँमा आनन्‍दित हुन्‍छन्, किनकि उहाँको पवित्र नाउँमा हामी भरोसा गर्छौं ।
PSA 33:22 हे परमप्रभु, हामीले आफ्‍नो आसा तपाईंमा राख्‍दा, तपाईंको करारको विश्‍वस्‍तता हामीसँग रहोस् ।
PSA 34:1 हरबखत म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा सधैं मेरो मुखमा हुनेछ ।
PSA 34:2 म परमप्रभुको प्रशंसा गर्नेछु । थिचोमिचोमा परेकाहरूले सुनून् र आनन्‍दित होऊन् ।
PSA 34:3 मसँगै परमप्रभुको प्रशंसा गर, हामी एकसाथ मिलेर उहाँको नाउँलाई उच्‍च पारौं ।
PSA 34:4 मैले रमप्रभुको खोजी गरें र उहाँले मलाई जवाफ दिनुभयो, र मेरा सबै डरमाथि उहाँले मलाई विजय दिनुभयो ।
PSA 34:5 उहाँलाई हे्र्नेहरू उज्‍ज्वल हुन्छन् र तिनीहरू मुहार लज्‍जित हुँदैन ।
PSA 34:6 यो थिचोमिचोमा परेको मानिसले पुकारा गर्‍यो र परमप्रभुले त्यसको पुकारा सुन्‍नुभयो, र त्यसका सबै दुःखबाट त्‍यसलाई बचाउनुभयो ।
PSA 34:7 परमप्रभुका दूतहरूले उहाँको भय मान्‍नेहरूका चारैतिर छाउनी बनाउँछन् र तिनीहरूलाई बचाउँछन् ।
PSA 34:8 परमप्रभु असल हुनुहुन्छ भन्‍ने कुरा जाँच र हेर । उहाँमा शरण लिने मानिस धन्यको हो ।
PSA 34:9 ए परमप्रभुका पवित्र मानिस हो, उहाँको भय मान । उहाँको भय मान्‍नेहरूलाई कुनै कुराको खाँचो हुँदैन ।
PSA 34:10 जवान सिंहहरूलाई कहिलेकाहीं खानाकुरा खाँचो पर्छ र भोकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै असल कुरा खाँचो हुँदैन ।
PSA 34:11 ए छोराहरू हो, आओ, मेरो कुरा सुन । तिमीहरूलाई म परमप्रभुको भय मान्‍न सिकाउनेछु ।
PSA 34:12 जीवन चाहने र असल कुरा हेर्नलाई धेरै दिन मन पराउने मानिस कस्‍तो हुन्‍छ?
PSA 34:13 त्‍यसो हो भने, आफ्नो जिब्रोलाई खराबीदेखि र आफ्ना ओठहरूलाई झुट बोल्नदेखि जोगाओ ।
PSA 34:14 खराबीबाट फर्क र असल गर । शान्‍ति खोज र त्‍यसको पछि लाग ।
PSA 34:15 परमप्रभुको दृष्‍टि धर्मीहरूमा हुन्छन् र उहाँका कानहरू तिनीहरूका पुकारमा हुन्छन् ।
PSA 34:16 खराबी गर्नेहरूका सम्झना पृथ्वीबाट मेटाउनलाई परमप्रभुको मुहार तिनीहरूका विरुद्धमा हुन्छ ।
PSA 34:17 धर्मीहरूले पुकारा गर्छन्, र परमप्रभुले सुन्‍नुहुन्छ र तिनीहरूका सबै कष्‍टबाट उहाँले तिनीहरूलाई बचाउनुहुन्छ ।
PSA 34:18 परमप्रभु तोडिएको हृदय भएकाहरूका नजिक हुनुहुन्छ र आत्मामा चूर्ण भएकाहरूलाई उहाँले बचाउनुहुन्छ ।
PSA 34:19 धर्मीहरूको कष्‍टहरू धेरै हुन्छन्, तर ति सबैबाट परमप्रभुले तिनीहरूलाई छुटकारा दिनुहुन्छ ।
PSA 34:20 त्यसका सबै हाडलाई उहाँले सुरक्षित राख्‍नुहुन्छ, तिमध्‍ये एउटा पनि भाँचिनेछैन ।
PSA 34:21 खराबीले दुष्‍टलाई मार्ने छ । धर्मीलाई घृणा गर्ने दोषि ठहरिने छ ।
PSA 34:22 परमप्रभुले आफ्ना सेवकहरूका जीवनलाई बचाउनुहुनेछ । उहाँमा शरण नलिनेहरू कसैलाई पनि दोषी ठहराइनेछैन ।
PSA 35:1 हे परमप्रभु, मेरो विरुद्धमा काम गर्नेहरूका विरुद्धमा काम गर्नुहोस् । मेरो विरुद्धमा युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गर्नुहोस् ।
PSA 35:2 तपाईंको साना ढाल र ठुला ढाल लिनुहोस्। उठ्नुहोस् र मलाई सहायता गर्नुहोस् ।
PSA 35:3 मलाई खेद्‍नेहरूका विरुद्धमा तपाईंको भाला र बन्‍चरो प्रयोग गर्नुहोस् । मेरो प्राणलाई भन्‍नुहोस, “म नै तेरो उद्धार हुँ ।”
PSA 35:4 मेरो ज्याल लिन खोज्‍नेहरू लज‍जित र अपमानित होऊन् । मेरो हानि गर्न योजना रच्‍नेहरू पछि हटून् र व्‍याकुल होऊन् ।
PSA 35:5 परमप्रभुका दूतले तिनीहरूलाई लखेट्दा तिनीहरू हावाको सामु भुसझैं होऊन् ।
PSA 35:6 परमप्रभुका दूतले तिनीहरूलाई खेद्‍दा तिनीहरूका मार्ग अँध्यारो र चिप्‍लो होस् ।
PSA 35:7 विनाकारण तिनीहरूले मेरो निम्ति जाल थाप्छन् । विनाकारण तिनीहरूले मेरो जीवनको निम्ति खल्डो खन्छन् ।
PSA 35:8 विनाशले तिनीहरूलाई अचानक व्याकुल बनाओस् । तिनीहरूले थापेको जालले तिनीहरूलाई नै समातोस् । तिनीहरूको विनाशको निम्ति त्‍यसमा तिनीहरू नै फसून् ।
PSA 35:9 तर म परमप्रभुमा आनन्दित हुनेछु र उहाँको उद्धारमा रमाउनेछु ।
PSA 35:10 मेरा सबै हाडहरूले भन्‍नेछन्, “हे परमप्रभु, तपाईंझैं को छ, जसले थिचोमिचोमा परेकाहरूलाई तिनीहरू भन्‍दा अति बलियाहरूबाट, र गरिब तथा दरिद्रहरूलाई तिनीहरूलाई लुट्न खोज्नेहरूबाट बचाउनुहुन्‍छ?”
PSA 35:11 अधर्मी साक्षीहरू खडा हुन्छन् । तिनीहरू मलाई झुटो दोष लगाउँछन् ।
PSA 35:12 तिनीहरूले मलाई भलाइको सट्टा खराबी गर्छन् । म दुःखी छु ।
PSA 35:13 तर तिनीहरू बिरामी हुँदा, मैले भाङ्ग्रा लगाएँ । मेरो शिर छातीमा निहुर्‍याएर मैले तिनीहरूको निम्ति उपवास बसें ।
PSA 35:14 मेरो आफ्नै भाइलाई झैं मैले शोक गरें । मेरी आमाको निम्ति झैं मैले विलाप गरें ।
PSA 35:15 तर जब मैले ठेस खाएँ, तब तिनीहरू खुसी भए र एकसाथ भेला भए । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भए र तिनीहरूले मलाई छक्‍क पारे । तिनीहरूले मलाई निरन्तर हप्‍काए ।
PSA 35:16 कत्ति पनि आदर नगरी तिनीहरूले मेरो गिल्‍ला गरे । तिनीहरूले क्रोधमा ममाथि आफ्‍ना दाँत किटे ।
PSA 35:17 हे परमप्रभु, कहिलेसम्म तपाईं हेर्नुहुन्छ? तिनीहरूका विनाशपूर्ण आक्रमणबाट मेरो प्राणलाई, र सिंहहरूबाट मेरो जीवनलाई बचाउनुहोस् ।
PSA 35:18 तब ठुलो सभामा म तपाईंलाई धन्यवाद दिनेछु । धेरै जना मानिसका माझमा म तपाईंको प्रशंसा गर्नेछु ।
PSA 35:19 मेरा छली शत्रुहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस् । तिनीहरूका दुष्‍ट योजनाहरू पुरा गर्न तिनीहरूलाई नदिनुहोस् ।
PSA 35:20 किनकि तिनीहरूले शान्तिको कुरा गर्दैनन् । तर हाम्रो देशमा शान्तिमा बसेकाहरूका विरुद्धमा तिनीहरू छलपूर्ण कुरा गर्छन् ।
PSA 35:21 मेरो विरुद्धमा तिनीहरूले आफ्‍ना मुख चौडा खोल्‍छन् । तिनीहरूले भने, “आहा, आहा, हाम्रा आँखाले देखेका छन् ।”
PSA 35:22 हे परमप्रभु, तपाईंले यो देख्‍नुभएको छ, चूप नलाग्‍नुहोस् । हे परमप्रभु, मबाट टाढा नहुनुहोस् ।
PSA 35:23 आफैलाई जाग्‍नुहोस् र मेरो रक्षा गर्न जाग्‍नुहोस् । हे मेरो परमेश्‍वर, मेरा प्रभु, मेरो रक्षा गर्नुहोस् ।
PSA 35:24 हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंको धार्मिकताको कारणले मेरो रक्षा गर्नुहोस् । तिनीहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस् ।
PSA 35:25 तिनीहरूले आफ्‍नो हृदयमा यसो नभनून्, “आहा, हामीले जे इच्‍छा गर्‍यौं सो पाएका छौं ।” तिनीहरूले यसो नभनून्, “हामीले त्यसलाई निलेका छौं ।”
PSA 35:26 मेरो कष्‍टमा आनन्‍दित हुनेहरू लज्‍जित होऊन् र तिनीहरू व्‍याकुल होऊन् । ममाथि आफैलाई उच्‍च पार्नेहरू लाज र अनादरले ढाकिन परोस् ।
PSA 35:27 मेरो निर्दोषताको इच्छा गर्नेहरू आनन्दले कराऊन् र खुसी होऊन् । तिनीहरूले निरन्‍तर यसो भनून्, “परमप्रभुको प्रशंसा होस्, जो आफ्नो सेवकको भलो हुँदा खुसी हुनुहुन्छ ।”
PSA 35:28 तब म तपाईंको न्यायको बारेमा भन्‍नेछु र सारा दिन तपाईंकै प्रशंसा गर्नेछु ।
PSA 36:1 खराब मानिसले आफ्नो हृदयभित्र आफ्नो अपराधको बारेमा बोल्छ, त्‍यसका आँखामा परमेश्‍वरको भय नै हुँदैन ।
PSA 36:2 किनकि त्यसको पाप थाहा हुनेछैन र घृणित हुनेछैन भनी सोचेर त्यसले आफैलाई सान्त्वना दिन्छ ।
PSA 36:3 त्यसका शब्दहरू पापी र छली छन् । त्यसले बुद्धिमान हुने र असल गर्ने इच्‍छा गर्दैन ।
PSA 36:4 त्यो ओछ्यानमा पल्टिंदा, त्यसले पाप गर्ने उपायहरूका योजना बनाउँछ । त्यो दुष्‍ट मार्गतिर लाग्छ । त्यसले खराबीलाई इन्कार गर्दैन ।
PSA 36:5 हे परमप्रभु, तपाईंको करारको विश्‍वस्तता आकाशसम्म नै पुग्छ । तपाईंको निष्‍ठा बादलसम्म पुग्छ ।
PSA 36:6 तपाईंको धार्मिकता परमेश्‍वरको पर्वतजस्‍तो छ । तपाईंका न्यायहरू गहिरा सागरजस्ता छन् । हे परमप्रभु, तपाईंले मानवजाति र पशुहरू दुवैको सुरक्षा गर्नुहुन्छ ।
PSA 36:7 हे परमेश्‍वर, तपाईंको करारको विश्‍वस्तता कति मूल्यवान छ ! तपाईंको पखेटाहरूका छायामुनि मानवजातिले शरण लिन्छ ।
PSA 36:8 तपाईंको मन्‍दिरको प्रशस्‍ततामा तिनीहरूले भोज गर्छन् तपाईंको खुसीको नदीबाट तपाईंले तिनीहरूलाई पिउन दिनुहुन्छ ।
PSA 36:9 किनकि तपाईंसँग जीवनको मूल छ । तपाईंको ज्योतिमा हामीले प्रकाश देख्‍नेछौं ।
PSA 36:10 तपाईंलाई चिन्‍नेहरूलाई तपाईंको करारको विश्‍वस्तता, र हृदय सोझो हुनेहरूलाई तपाईंको रक्षा पूर्ण रूपले फैलाउनुहोस् ।
PSA 36:11 अहङ्कारी मानिसको पाइला मेरो नजिक आउन नदिनुहोस् । दुष्‍टका हातले मलाई खेद्‍न नदिनुहोस् ।
PSA 36:12 त्यहाँ खराबी गर्नेहरू ढलेका छन् । तिनीहरूलाई पछारिएको छ र उठ्न सक्‍दैनन् ।
PSA 37:1 खराबी गर्नेहरूको कारण झर्को नमान । अधार्मिक किसिमले काम गर्नेहरूका इर्ष्या नगर ।
PSA 37:2 किनकि घाँसझैं तिनीहरू चाँडै नै सुकेर जानेछन् र हरिया बिरुवाहरूझैं ओइलाएर जानेछन् ।
PSA 37:3 परमप्रभुमा भरोसा राख र जे असल छ सो गर । देशमा बसोवास गर र विश्‍वस्‍ततामा उपभोग गर ।
PSA 37:4 परमप्रभुमा आफूलाई खुसी बनाऊ र उहाँले तिम्रो हृदयका इच्छाहरू पुरा गर्नुहुनेछ ।
PSA 37:5 आफ्ना मार्गहरू परमप्रभुलाई देऊ । उहाँमा भरोसा गर र उहाँले तिम्रो निम्‍ति काम गर्नुहुनेछ ।
PSA 37:6 उहाँले तिम्रो न्याय दिनको उज्यालोझैं र तिम्रो निर्दोषता मध्यदिनझैं प्रकट गर्नुहुनेछ ।
PSA 37:7 परमप्रभुको सामु मौन बस र धैर्यपूर्वक उहाँको आसा गर । आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्‍ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ ।
PSA 37:8 क्रोधित नहोऊ र निराश नहोऊ । चिन्ता नगर । यसले समस्‍यामा मात्र पार्छ ।
PSA 37:9 दुष्‍ट काम गर्नेहरूलाई बहिकृत हुनेछन्, तर परमप्रभुको आसा गर्नेहरूले देशको उत्तराधिकार गर्नेछन् ।
PSA 37:10 केही क्षणमा नै दुष्‍ट मानिस लोप हुनेछन् । तिमीले त्यसको ठाउँमा हेर्नेछौ तर त्यो गइसकेको हुनेछ ।
PSA 37:11 तर नम्रहरूले देशको उत्तराधिकार गर्नेछन् र ठुलो समृद्धिमा खुसी हुनेछन् ।
PSA 37:12 दुष्‍ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ ।
PSA 37:13 परमप्रभु त्‍योमाथि हाँस्‍नुहुनेछ, किनकि त्यसको दिन आइरहेको उहाँले देख्‍नुहुन्छ ।
PSA 37:14 थिचोमिचोमा परेका र दरिद्रहरूलाई ढाल्न, सोझाहरूलाई मार्न दुष्‍टहरूले आफ्‍ना तरवारहरू थुतेका छन् र आफ्‍ना धनुमा ताँदो चढाएका छन् ।
PSA 37:15 तिनीहरूका तरवारहरूले तिनीहरूका आफ्‍नै हृदयहरू छेड्नेछन् र तिनीहरूका धनुहरू भाँचिनेछन् ।
PSA 37:16 धेरै जना दुष्‍ट मानिसहरूका प्रशस्‍तताभन्दा धर्मीसँग भएको थोरै नै असल हो ।
PSA 37:17 किनकि दुष्‍ट मानिसहरूका पाखुराहरू भाँचिनेछन्, तर परमप्रभुले धर्मी मानिसहरूलाई सहायता गर्नुहुन्छ ।
PSA 37:18 परमप्रभुले नोष्खोटमाथि दिनदिनै हे्र्नुहुन्छ र तिनीहरू उत्तराधिकार सदाको निम्ति हुनेछ ।
PSA 37:19 समय खराब हुँदा तिनीहरू लज्‍जित हुनेछैनन् । जब अनिकाल आउँछ, तब तिनीहरूसित प्रशस्‍त खानेकुरा हुनेछ ।
PSA 37:20 तर दुष्‍ट मानिसहरू नष्‍ट हुनेछन् । परमप्रभुका शत्रुहरू खर्कहरूका गौरवजस्ता हुनेछन् । तिनीहरू भष्‍म हुनेछन् र धूवाँमा हराउनेछन् ।
PSA 37:21 दुष्‍ट मानिसहरूले ऋण लिन्छन् तर तिर्दैनन्, तर धर्मी व्‍यक्‍ति उदार हुन्छ र दिन्छ ।
PSA 37:22 परमेश्‍वरले आशिष्‌ ‌‌दिनुभएकाहरूले देशको उत्तराधिकार पाउनेछन् । उहाँद्वारा सराप पाएकाहरू बहिष्‍कृत हुनेछन् ।
PSA 37:23 परमप्रभुद्वारा नै मानिसकको कदमहरू स्थापित हुन्छ, त्‍यो मानिस जसको चाल परमेश्‍वरको दृष्‍टिमा प्रशंसनिय हुन्छ ।
PSA 37:24 त्‍यसले ठेस खान्‍छ, तापनि त्यो ढल्नेछैन, किनकि परमप्रभुले त्यसलाई आफ्नो बाहुलिले समात्‍नुहुन्‍छ ।
PSA 37:25 म जवान थिएँ र अहिले वृद्ध भएको छु । धर्मी व्‍यक्‍ति त्यागिएको वा त्‍यसको छोराछोरीले रोटीको निम्ति मागेको मैले कहिल्यै देखेको छैन ।
PSA 37:26 दिनभरि नै अनुग्रही हुन्छ र पैंचो दिन्छ अनि त्‍यसका छोराछोरीले आशिष्‌ पाउँछन् ।
PSA 37:27 खराबीबाट फर्क र जे असल छ सो गर । तब तिमी सदासर्वदा सुरक्षित हुनेछौ ।
PSA 37:28 किनकि परमप्रभुले न्यायलाई प्रेम गर्नुहुन्छ र उहाँका विश्‍वासयोग्य अनुयायीहरूलाई त्याग्‍नुहुन्‍न । तिनीहरू सधैं सुरक्षित राखिन्छन्, तर दुष्‍टका सन्तानहरू बहिष्कृत हुनेछन् ।
PSA 37:29 धर्मीले देशको उत्तराधिकार गर्नेछन् र त्‍यहाँ सदासर्वदा बास गर्नेछन् ।
PSA 37:30 धर्मी व्‍यक्‍तिको मुखले बुद्धिको कुरा बोल्छ र न्याय वृद्धि गर्छ ।
PSA 37:31 आफ्‍नो परमेश्‍वरको व्यवस्था त्यसको हृदयमा हुन्छ । त्यसका खुट्टाहरू चिप्लँदैनन् ।
PSA 37:32 दुष्‍ट व्‍यक्‍तिले धर्मी व्‍यक्‍तिलाई हे्र्छ र तिनलाई मार्न खोज्छ ।
PSA 37:33 परमप्रभुले त्यसलाई दुष्‍ट व्‍यक्‍तिको हातमा छोड्‍नुहुन्‍न वा त्यसको न्याय हुँदा त्यसलाई दोषी ठहराउनुहुन्‍न ।
PSA 37:34 परमप्रभुको आसा गर र उहाँको मार्ग कायम राख, अनि उहाँले देश अधिकार गर्न तिमीलाई उठाउनुहुनेछ । दुष्‍टहरू बहिष्‍कृत भएको तिमीले देख्‍नेछौ ।
PSA 37:35 दुष्‍ट र डरलाग्‍दा व्यक्‍ति आफ्नो माटोमा हरियो रूखझैं फैलिएको मैले देखेको छु ।
PSA 37:36 तर जब म फेरि त्यो बाटो जाँदा, त्यो त्यहाँ थिएन । मैले त्यसलाई खोजें तर त्यसलाई भेट्टाउन सकिएन ।
PSA 37:37 इमान्‍दार मानिसलाई हेर र सझोलाई ध्यान देऊ । मिलापको मानिसको निम्ति असल भविष्य छ ।
PSA 37:38 पापीहरू पूर्ण रूपमा नष्‍ट हुनेछन् । दुष्‍ट मानिसको भविष्य नष्‍ट हुनेछ ।
PSA 37:39 धर्मीको उद्धार परमप्रभुबाट आउँछ । कष्‍टको समयहरूमा उहाँले तिनीहरूलाई रक्षा गर्नुहुन्छ ।
PSA 37:40 परमप्रभुले तिनीहरूलाई सहायता गर्नुहुन्छ र बचाउनुहुन्छ । उहाँले तिनीहरूलाई खराब मानिसहरूबाट छटाउनुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ किनभने तिनीहरूले उहाँमा शरण लिएका छन् ।
PSA 38:1 हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्‍काउनुहोस् । तपाईंको क्रोधमा मलाई दण्ड नदिनुहोस् ।
PSA 38:2 किनकि तपाईंका काँडहरूले मलाई छेड्छन् र तपाईंका हातले मलाई भुइँमा पछार्छ ।
PSA 38:3 तपाईंको रिसको कारणले मेरो सम्‍पूर्ण शरीर बिरामी छ । मेरो पापको कारणले मेरा हाडहरू स्वस्थ्य छैनन् ।
PSA 38:4 किनकि मेरा अधर्महरूले मलाई व्याकुल बनाउछन् । ती मेरो निम्ति ज्‍यादै गह्रौं भारी हुन् ।
PSA 38:5 मेरा मूर्खतापूर्ण पापहरूका कारणले मेरा घाउहरू सडेका र दुर्गन्धित भएका छन् ।
PSA 38:6 म कुप्रिन्‍छु र हरेक दिन अपमानित हुन्छु । म दिनभरि विलाप गरिरहन्‍छु ।
PSA 38:7 किनकि जलनले मलाई भरेको छ । मेरो शरीर स्वस्थ्य छैन ।
PSA 38:8 म स्तब्ध र पूर्ण रूपमा चूर्ण छु । मेरो हृदयको वेदनाको कारणले म सुस्‍केरा हाल्‍छु ।
PSA 38:9 हे परमप्रभु, मेरो हृदयको भित्री चाहानलाई तपाईंले बुझ्‍नुहुन्छ र मेरा सुस्‍केराहरू तपाईंबाट लुकाइएका छैनन् ।
PSA 38:10 मेरो मुटु धड्किन्छ, मेरो बल घट्छ र मेरा आँखा धमिला हुन्छन् ।
PSA 38:11 मेरो अवस्थाको कारणले मेरा मित्रहरू र साथीहरूले मलाई त्याग्छन् । मेरा छिमेकीहरू टाढै खडा हुन्छन् ।
PSA 38:12 मेरो ज्यान लिन खोज्‍नेहरूले मेरो निम्ति पासो थाप्छन् । मेरो हानि गर्न खोज्‍नेहरूले विनाशकारी कुरा गर्छन् र दिनभरि छलपूर्ण शब्दहरू भन्छन् ।
PSA 38:13 तर म बहिरो मानिसजस्तो भएको छु र केही सुन्‍दिन । म गुँगो मानिसजस्‍तो भएको छु जसले केही भन्‍दैन ।
PSA 38:14 म त्‍यो मानिसजस्‍तो भएको छु, जसले सुन्‍दैन, अनि जवाफ फर्काउँदैन ।
PSA 38:15 हे परमप्रभु, निश्‍चय नै, म तपाईंको आसा गर्छु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाईंले जवाफ दिनुहुनेछ ।
PSA 38:16 म यसो भन्छु ताकि मेरा शत्रुहरूले मेरो गिल्ला नगरून् । मेरो खुट्टा चिप्लयो भने, तिनीहरूले मलाई डरलाग्दो कुराहरू गर्नेछन् ।
PSA 38:17 किन मैले ठेस खान लागेको छु र म निरन्‍तर पीडामा छु ।
PSA 38:18 म आफ्‍नो दोष स्वीकार गर्छु । मेरा पापको बारेमा म चिन्तित छु ।
PSA 38:19 तर मेरा शत्रुहरू असंख्या छन् । मलाई गलत किसिमले घृणा गर्नेहरू धेरै जना छन् ।
PSA 38:20 तिनीहरूले मलाई असलको सट्टा खराबी गर्छन् । जे असल छ सो कुराको पछि म लागे तापनि, तिनीहरूले ममाथि दोष थुपार्छन् ।
PSA 38:21 हे परमप्रभु, मलाई नत्याग्‍नुहोस् । हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस् ।
PSA 38:22 हे परमप्रभु, मेरो उद्धार, मलाई सहायता गर्न चाँडो आउनुहोस् ।
PSA 39:1 मैले निर्णय गरें, “म जे भन्छु सो कुरामा म सावधान हुनेछु ताकि मेरो जिब्रोले म पाप नगरुँ । खराब मानिसको उपस्थितिमा हुँदा म आफ्‍नो मुखलाई चूप राख्‍नेछु ।”
PSA 39:2 म शान्‍त बसें । कुनै असल कुरा भन्‍नलाई पनि मैले आफ्‍नो मुख खोलिनँ र मेरो दुःख झन् बढी भयो ।
PSA 39:3 मेरो हृदय तातो भयो । जब मैले यी कुराका बारेमा विचार गरें, तब त्‍यो आगोझैं बल्यो । तब अन्तमा मैले बोलें ।
PSA 39:4 “हे परमप्रभु, मेरो जीवनको अन्त कहिले हुन्छ र मेरो समय कहिलेसम्‍म छ सो मलाई जान्‍न दिनुहोस् । म कति क्षणिक छु भनी मलाई देखाउनुहोस् ।
PSA 39:5 हेर्नुहोस्, तपाईंले मेरो समय मेरो हातको बित्ताभरिको मात्र बनाउनुभएको छ र मेरो जीवनकाल तपाईंको सामु केही पनि होइन । निश्‍चय नै, हरेक मानिस एक सास मात्र हो । सेला
PSA 39:6 निश्‍चय नै हरेक मानिस छाया झैं हिंड्‍डुल गर्छ । निश्‍चय नै हरेक व्‍यक्‍ति धन थुपार्न हतार गर्छ, तापनि ति कसले पाउनेछ भनी तिनीहरू जान्दैनन् ।
PSA 39:7 हे परमप्रभु, म के पर्खिरहेको छु? मेरो एक मात्र आसा तपाईं हुनुहुन्छ ।
PSA 39:8 मेरा पापहरूबाट मलाई बचाउनुहोस् । मलाई मूर्खहरूको निन्दा नबाउनुहोस् ।
PSA 39:9 म शान्‍त छु र मेरो मुख खोल्न सक्दिनँ, किनभने त्‍यो गर्ने तपाईं नै हुनुहुन्छ ।
PSA 39:10 मलाई चोट दिन छोड्नुहोस् । तपाईंको हातको मुक्‍काले म विह्‍वल भएको छु ।
PSA 39:11 जब तपाईंले मानिसहरूलाई पापको निम्ति अनुशासन गर्नुहुन्छ, तब तिनीहरूले इच्छा गर्ने कुरालाई तपाईंले कीराले झैं नष्‍ट पार्नुहुन्छ । निश्‍चय नै सबै मानिसहरू बाफबाहेक केही पनि होइन । सेला
PSA 39:12 हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस् र मेरो कुरामा ध्‍यान दिनुहोस् । मेरो रोदन सुन्‍नुहोस् । मेरो कुरामा बहिरो नहुनुहोस्, किनकि तपाईंसँग म विदेशीजस्तै, मेरा सबै पुर्खाजस्तै एक जना शरणार्थी हुँ ।
PSA 39:13 मबाट तपाईंको हेराइलाई हटाउनुहोस् ताकि म मर्नअघि म फेरि मुसुक्‍क हाँस्‍न सकौं।
PSA 40:1 धैर्य भएर मैले परमप्रभुमा आसा गरें । उहाँले मलाई हेर्नुभयो र मेरो पुकारा सुन्‍नुभयो ।
PSA 40:2 उहाँले मलाई डरलाग्‍दो खाडलबाट, दलदले हिलोबाट निकाल्नुभयो र उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो र मेरा पाइलाहरूलाई सुरक्षित बनाउनुभयो ।
PSA 40:3 उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो । परमेश्‍वरको प्रशंसा होस् । धेरै जनाले यो देख्‍नेछन्, र उहाँको आदर गर्नेछन् र परमप्रभुमा भरोसा गर्नेछन् ।
PSA 40:4 परमप्रभुलाई आफ्नो भरोसा बनाउने र घमण्डीहरू वा उहाँबाट झुटतिर लाग्‍नेहरूलाई आदर नगर्ने मानिस धन्यको हो ।
PSA 40:5 हे परमप्रभु मेरो परमेश्‍वर, तपाईंले गर्नुभएका अचम्‍मका कामहरू धेरै छन् र हाम्रो बारेमा भएका तपाईंका विचारहरू गन्‍न सकिंदैनन् । मैले तिनीहरूका बारेमा घोषणा गरें र बताएँ भने, तिनीहरू गन्‍न सक्‍नेभन्दा धेरै हुन्‍छन् ।
PSA 40:6 बलिदान वा भेटिमा तपाईं खुसी हुनुहुन्‍न, तर तपाईंले मेरा कानहरू खोल्नुभएको छ । तपाईंले होमबलि वा पापबलिको इच्‍छा गर्नुभएको छैन ।
PSA 40:7 तब मैले भनें, “हेर्नुहोस्, म आएको छु । लेखेको चर्मपत्रमा मेरो बारेमा यस्‍तो लेखिएको छ ।
PSA 40:8 हे मेरो परमेश्‍वर, तपाईंको इच्छा पुरा गर्न म खुसी हुन्छु । तपाईंको व्यवस्था मेरो हृदयमा छन् ।
PSA 40:9 ठुलो सभामा तपाईंको धार्मिकताको सुसमाचार मैले घोषणा गरेको छु । हे परमप्रभु, यसो गर्नबाट मेरा ओठहरू रोकिएका छैनन् भनी तपाईं जान्‍नुहुन्छ ।
PSA 40:10 आफ्‍नो हृदयमा तपाईंको धार्मिकता मैले लुकाएको छैन । तपाईंको विश्‍वस्‍तता र तपाईंको उद्धारलाई मैले घोषणा गरेको छु । ठुलो सभाबाट तपाईंको करारको विश्‍वस्‍तता वा तपाईंको भरोसालाई मैले लुकाएको छैन ।
PSA 40:11 हे परमप्रभु, मबाट तपाईंका दयाका कामहरू नहटाउनुहोस् । तपाईंको करारको विश्‍वस्‍तता वा तपाईंको भरोसाले मलाई सदासर्वदा सुरक्षित राखोस् ।
PSA 40:12 अनगिन्‍ती कष्‍टहरूले मलाई घेर्छन् । मेरा अधर्महरूले मलाई गाँजेका छन्, ताकि म फेरि कुनै कुरा हेर्न सक्षम छैनँ । तिनीहरू मेरा शिरका कपालभन्दा धेरै छन् र मेरो हृदय मलाई निरास पारेको छ ।
PSA 40:13 हे परमप्रभु, मलाई बचाउन खुसी हुनुहोस् । हे परमप्रभु, मलाई मदत गर्न चाँडो गर्नुहोस् ।
PSA 40:14 मेरो ज्यान लिन मलाई खेद्‍नेहरू लज्‍जित होऊन् र पूर्ण रूपमा निराश होऊन् । मलाई चोट पुर्‍याउन खुसी हुनेहरू, तिनीहरू फर्केर जाऊन् र अनादरमा परून् ।
PSA 40:15 मलाई, “आहा, आहा!” भन्‍नेहरू, तिनीहरू आफ्‍नो लाजको कारणले चकित होऊन् ।
PSA 40:16 तर तपाईंको खोजी गर्नेहरू सबै जना आनन्‍दित होऊन् र खुसी होऊन् । तपाईंको उद्धारलाई प्रेम गर्ने हरेकले निरन्तर यसो भनोस्, “परमप्रभुको प्रशंसा होस् ।”
PSA 40:17 म गरीब र दरिद्र छु । तापनि परमप्रभुले मेरो बारेमा सोच्नुहुन्छ । तपाईं मेरो सहायता हुनुहुन्छ र तपाईं मलाई बचाउन आउनुहुन्छ । हे परमेश्‍वर, ढिला नगर्नुहोस् ।
PSA 41:1 कमजोरहरूलाई वास्‍ता गर्ने मानिस धन्यको हो । कष्‍टको दिनमा परमप्रभुले त्यसलाई बचाउनुहुनेछ ।
PSA 41:2 परमप्रभुले त्यसलाई सुरक्षित राख्‍नुहुनेछ र त्यसलाई जीवित राख्‍नुहुनेछ, र त्यो पृथ्वीमा आशिषित् हुनेछ । परमप्रभुले त्यसका शत्रुहरूका हातमा त्यसलाई दिनुहुनेछैन ।
PSA 41:3 कष्‍टको शैय्यामा परमप्रभुले त्यसलाई सहायता गर्नुहुनेछ । तपाईंले त्यसको बिरामीको शैय्यालाई आरोग्यताको शैय्या बनाउनुहुनेछ ।
PSA 41:4 मैले भनें , “हे परमप्रभु, ममाथि दया गर्नुहोस् । मलाई निको पार्नुहोस् किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु ।”
PSA 41:5 मेरा शत्रुहरूले मेरो विरुद्धमा यसो भनेर खराबी बोल्छन्,”त्यो कहिले मर्ला र त्यसको नाउँ नष्‍ट होला?”
PSA 41:6 मेरो शत्रु मलाई हेर्न आउँछ भने, त्यसले व्‍यर्थ कुराहरू गर्छ । त्यसको हृदयले आफ्‍नो निम्‍ति मेरो विपत्ति बटुल्छ । त्यो मबाट टाढा जाँदा, यसबारे त्यसले अरूलाई भन्‍छ ।
PSA 41:7 मलाई घृणा गर्नेहरू सबै एकसाथ मिलेर मेरो विरुद्धमा कानेखुसी गर्छन् । मेरो विरुद्ध तिनीहरूले मलाई चोट पुर्‍याउने आसा गर्छन् ।
PSA 41:8 तिनीहरू भन्छन्, “खराब रोगले त्यसलाई सिकिस्‍त पारेको छ । त्यो ओछ्यान थला परेको छ । त्यो फेरि उठ्नेछैन ।”
PSA 41:9 वास्तवमा, मेरो रोटी खाएको मेरो आफ्नो घनिष्ठ मित्र जसमा मैले भरोसा गरें, त्यसैले मेरो विरुद्धमा आफ्‍नो लात उठाएको छ ।
PSA 41:10 तर हे परमप्रभु, तपाईंले ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस् ताकि मैले तिनीहरूलाई बदला लिन सकूँ ।
PSA 41:11 तपाईं मसँग खुसी हुनुहुन्‍छ भनी यसैद्वारा म जान्‍नेछु, किनकि मेरो शत्रुले मलाई जित्‍दैन ।
PSA 41:12 मेरो बारेमा, मेरो इमान्‍दारीतामा तपाईंले मलाई सहायता गर्नुहुनेछ र मलाई सधैंभरि तपाईंकै सामु राख्‍नुहुनेछ ।
PSA 41:13 अनन्‍तदेखि अनन्‍तसम्‍म नै परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा होस् । आमेन र आमेन ।
PSA 42:1 जसरी हरिणले खोलाको पानीको तृष्णा गर्छ, त्यसरी नै, हे परमेश्‍वर, म तपाईंको तृष्णा गर्छु ।
PSA 42:2 परमेश्‍वरको, जीवित परमेश्‍वरको तृष्णा म गर्छु, म कहिले आऊँ र परमेश्‍वरको सामु देखा परू?
PSA 42:3 दिनरात मेरा आँशु मेरो खानेकुरा भएका छन्, मेरा शत्रुहरूले मलाई सधैं यसो भन्‍छन्, “तेरो परमेश्‍वर खोइ कहाँ छन्?”
PSA 42:4 मेरो प्राण खन्याउँदा यी कुराहरू मनमा म याद गर्छुः कसरी म भिडसँग गएँ, अनि उत्सव मनाउने धेरै जनाको भिडसँग आनन्द र प्रशंसाको सोरसँगै परमेश्‍वरको मन्‍दिरमा तिनीहरूलाई डोर्‍याएँ ।
PSA 42:5 ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्‍वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार हुनुहुन्छ ।
PSA 42:6 हे मेरो परमेश्‍वर, मेरो प्राण मभित्रै निराश भएको छ, यसकारण यर्दनको भूमिबाट, हेर्मोनका तिन टाकुराबाट र मिसारको डाँडाबाट तपाईंलाई सम्झन्छु ।
PSA 42:7 तपाईंका झरनाहरूका हल्‍लामा सागरले सागरलाई बोलाउँछ । तपाईंका सबै छाल र तरङ्गहरू ममाथि गएका छन् ।
PSA 42:8 तापनि परमप्रभुले दिनको समयमा आफ्‍नो करारको विश्‍वस्‍ततालाई आज्ञा गर्नुहुनेछ । उहाँको गीत, मेरो जीवनको परमेश्‍वरमा गरेको प्रार्थना रातमा मसँग हुनेछ ।
PSA 42:9 परमेश्‍वर, मेरा चट्टानलाई म भन्‍नेछु, “तपाईंले मलाई किन बिर्सनुभएको छ? शत्रुले थिचेको कारणले मैले किन शोक गर्नुपर्ने?”
PSA 42:10 मेरा हाडहरूमा तरवार परेझैं, मेरा शत्रुहरूले मलाई हप्‍काउँछन्, तिनीहरू सधैं मलाई यसो भन्छन्, “तेरो परमेश्‍वर खोइ कहाँ छन्?”
PSA 42:11 ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्‍वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार र मेरो परमेश्‍वर हुनुहुन्छ ।
PSA 43:1 हे परमेश्‍वर, मलाई न्याय दिनुहोस् र अधर्मी जातिको विरुद्धमा मेरो पक्षमा बोल्‍नुहोस् ।
PSA 43:2 किनकि तपाईं मेरो बलको परमेश्‍वर हुनुहुन्छ । तपाईंले मलाई किन तिरस्‍कार गर्नुभएको छ? मेरो शत्रुको अत्‍याचारको कारणले मैले किन विलाप गर्दै हिंड्नुपर्छ?
PSA 43:3 ओहो, तपाईंको प्रकाश र तपाईंको सत्यता पठाउनुहोस् । तिनीहरूले मलाई डोर्‍याऊन् । तिनीहरूले मलाई तपाईंको पवित्र पहाड र तपाईंको वासस्थानमा ल्याऊन् ।
PSA 43:4 तब परमेश्‍वरको वेदीमा, मेरो अपार आनन्दमा म परमेश्‍वरकहाँ जानेछु । हे परमेश्‍वर, मेरो परमेश्‍वर, वीणा बजाउँदै म तपाईंको प्रशंसा गर्नेछु ।
PSA 43:5 ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्‍वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार र मेरो परमेश्‍वर हुनुहुन्छ ।
PSA 44:1 हे परमेश्‍वर, हामीले हाम्रो कानले सुनेका छौं, हाम्रा पुर्खाहरूका समयमा, प्राचीन दिनहरूमा जे काम तपाईंले गर्नुभयो ति तिनीहरूले हामीलाई भनेका छन् ।
PSA 44:2 तपाईंले जातिहरूलाई आफ्नै हातले लखेट्नुभयो, तर तपाईंले हाम्रा मानिसहरूलाई बसाल्नुभयो । तपाईंले मानिसहरूलाई कष्‍ट दिनुभयो तर तपाईंले देशमा हाम्रा मानिसहरूलाई फैलाउनुभयो ।
PSA 44:3 किनकि तिनीहरूले आफ्‍नो लागि देश अधिकार गर्नलाई आफ्नै तरवारले प्राप्‍त गरेनन्, न त तिनीहरूको आफ्नै पाखुराले तिनीहरूलाई बचाए । तर तपाईंको दाहिने हात, तपाईंको पाखुरा र तपाईंको मुहारको ज्‍योतिले बचायो, किनभने उनीहरूप्रति तपाईं कृपालु हुनुहुन्थ्यो ।
PSA 44:4 हे परमेश्‍वर, तपाईं मेरो राजा हुनुहुन्छ । याकूबको निम्ति विजय दिनुहोस् ।
PSA 44:5 तपाईंद्वारा नै हामी आफ्‍ना शत्रुहरूलाई धकेल्‍नेछौं । हाम्रा विरुद्ध खडा हुनेहरूलाई तपाईंको नाउँद्वारा नै हामी कुल्चनेछौं ।
PSA 44:6 किनकि म आफ्‍नो धनुमा भरोसा गर्नेछैनँ, न त मलाई मेरो तरवारले बचाउनेछ ।
PSA 44:7 तर हाम्रो शत्रहरूबाट तपाईंले हामीलाई बाचउनुभएको छ र हामीलाई घृणा गर्नेहरूलाई लाजमा पार्नुभएको छ ।
PSA 44:8 दिनभरि हामीले परमेश्‍वरमा नै गर्व गरेका छौं र तपाईंको नाउँलाई नै हामी सदासर्वदा धन्यवाद दिनेछौं । सेला
PSA 44:9 तर अहिले तपाईंले हामीलाई फाल्‍नुभएको र हामीमाथि अनादर ल्याउनुभएको छ, र हाम्रा फौजसँग तपाईं जानुहुन्‍न ।
PSA 44:10 तपाईंले हामीलाई शत्रुबाट फर्काउनुहुन्छ । अनि हामीलाई घृणा गर्नेहरूले आफ्नो निम्ति लूट्न्छन् ।
PSA 44:11 तपाईंले हामीलाई मार्न लगिएका भेडाझैं बनाउनुभएको छ र हामीलाई जातिहरूका माझमा तितरबितर पार्नुभएको छ ।
PSA 44:12 तपाईंले आफ्ना मानिसहरूलाई सित्तैंमा बेच्‍नुभएको छ, यसो गरेर तपाईंले आफ्‍नो सम्पत्ति वृद्धि गर्नुभएको छैन ।
PSA 44:13 तपाईंले हामीलाई हाम्रो छिमेकीहरूको हप्‍की बनाउनुन्‍छ, हाम्रा वरिपरिकाहरूले गिल्ला र खिसी गरे ।
PSA 44:14 तपाईंले हामीलाई जातिहरूका माझमा अपमान, मानिसहरूले घृणाले शिर हल्लाउने बनाउनुहुन्छ ।
PSA 44:15 दिनभरि मेरि अनादर मेरो सामु हुन्‍छ र मेरो मुहारको लाजले मलाई ढाकेको छ,
PSA 44:16 हप्‍काउने र अपमान गर्ने सोरको कारणले, शत्रुहरू र बदला लिनेहरूको कारणले ।
PSA 44:17 यी सबै कुरा हामीमा हुन आएका छन् । तापनि हामीले तपाईंलाई बिर्सेका वा तपाईंको करारसँग झुटो किसिमले व्यवहार गरेका छैनौं ।
PSA 44:18 हाम्रो हृदय बरालिएको छैन । हाम्रा कदमहरू तपाईको मार्गबाट भड्‍किएका छैनन् ।
PSA 44:19 तापनि तपाईंले हामीलाई गम्‍भिर रूपले नष्‍ट पारेर स्यालहरूका ठाउँ बनाउनुभएको छ र हामीलाई मृत्युको छायाले ढाक्‍नुभएको छ ।
PSA 44:20 हामीले आफ्‍नो परमेश्‍वरको नाउँ बिर्सेका वा हाम्रा हातहरू विदेशी देवताहरूतिर फैलाएका छौं भने,
PSA 44:21 के परमेश्‍वर यो कुरा खोजी गर्नुहुन्‍नथ्यो र? किनकि हृदयका गोप्यताहरू उहाँले जान्‍नुहुन्छ ।
PSA 44:22 वस्तवमा, तपाईंकै खातिर हामी दिनभरि मारिंदैछौं । मार्न लगिएका भेडाहरूझै हामी ठानिएका छौं ।
PSA 44:23 हे परमप्रभु, जाग्‍नुहोस्, तपाईं किन सुत्‍नुहुन्छ? उठ्नुहोस्, हामीलाई स्थायी रूपमा नफाल्‍नुहोस् ।
PSA 44:24 तपाईंले किन आफ्नो मुहार लुकाउनुहुन्‍छ र हाम्रा कष्‍ट र हाम्रा अत्‍याचारलाई बिर्सनुहुन्छ?
PSA 44:25 किनकि हामी पग्‍लेर धूलोमा मिलेका छौं । हाम्रा शरीरहरू भूइँमा टाँसिन्छन् ।
PSA 44:26 हाम्रो सहायताको निम्ति उठ्नुहोस् र आफ्‍नो करारको विश्‍वस्‍तताको निम्‍ति हाम्रो उद्धार गर्नुहोस् ।
PSA 45:1 असल विषयले मेरो हृदय भरिएर पोखिन्छ । राजाको बारेमा मैले लेखेका शब्दहरू म ठुलो सोरले पढ्‍नेछु । मेरो जीब्रो तयार लेखको कलम हो ।
PSA 45:2 मानवजातिका सन्तानभन्दा तपाईं सुन्‍दर हुनुहुन्छ । तपाईंका ओठहरूमा अनुग्रह खन्याइन्छ । यसकारण परमेश्‍वरले तपाईंलाई सदाको निम्ति आशिष्‌‌‌ दिनुभएको छ भनी हामी जान्दछौं ।
PSA 45:3 हे सर्वशक्तिमान्, आफ्‍नो महिमा र ऐश्‍वर्यमा आफ्नो तरवार भिर्नुहोस् ।
PSA 45:4 विश्‍वस्‍तता, नम्रता र धार्मिकताको कारणले आफ्‍नो ऐश्‍वर्यमा विजयसाथ सवार हुनुहोस् । तपाईंको दाहिने हातले तपाईंलाई डरलाग्‍दा कुराहरू सिकाउनेछन् ।
PSA 45:5 तपाईंका काँडहरू तीखा छन् । मानिसहरू तपाईंको मुनि ढल्‍छन् । तपाईंका काँडहरू राजाका शत्रुहरूका मुटुमा छन् ।
PSA 45:6 हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति हो । न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हो ।
PSA 45:7 तपाईंले धार्मिकतालाई प्रेम र दुष्‍टतालाई घृणा गर्नुभएको छ । यसकारण तपाईंको परमेश्‍वरले तपाईंका मित्रहरूभन्दा धेरै खुसीको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ ।
PSA 45:8 तपाईंका सबै पोशाकमा मूर्र, एलवा र तेजपातको सुगन्ध हुन्‍छ । हस्ती-हाडका दरबारहरूबाट निस्केका तारको बाजाका धुनले तपाईंलाई खुसी बनाएको छ ।
PSA 45:9 राजाकी छोरीहरू तपाईंका आदरनिय स्‍त्रीहरूका माझमा हुन्‍छन् । तपाईंको दाहिने हाततिर ओपीरको सुन लगाएर रानी खडा हुन्‍छिन् ।
PSA 45:10 हे छोरी, सुन, विचार गर र आफ्नो खान थाप । आफ्ना मानिसहरू र आफ्ना बुबाको घरलाई बिर्स ।
PSA 45:11 यसरी राजाले तिम्रो सुन्दरको इच्छा गर्नेछन् । उहाँ तिम्रो मालिक हुनुहुन्छ । उहाँलाई आदर गर ।
PSA 45:12 टुरोसकी छोरी उपहारसहित त्यहाँ हुनेछिन् । मानिसहरूमध्येका धनीहरूले तिम्रो कृपा खोज्‍नेछन् ।
PSA 45:13 दरवारका छोरी सह्रै महिमित छिन् । तिनको पहिरन सुनले बनाइएको छ ।
PSA 45:14 बुट्टेदार पोशाकमा तिनलाई राजाकहाँ लगिनेछ । तिनको पछि हिंड्ने कन्यहरूलाई तिमीकहाँ ल्याइनेछन् ।
PSA 45:15 तिनीहरूलाई खुसी र रमाहटले डोर्‍याइनेछन् । तिनीहरू राजाको दरबारभित्र पस्‍नेछन् ।
PSA 45:16 तपाईंको बुबाको स्थान तपाईंका छोराछोरीले लिनेछन्, जसलाई तपाईंले सारा पृथ्वीमा राजकुमारहरू बनाउनुहुनेछ ।
PSA 45:17 म तपाईंको नाउँलाई सबै पुस्ताले याद गर्ने बनाउनेछु । यसकारण मानिसहरूले तपाईंलाई सदासर्वदा धन्यावाद दिनेछन् ।
PSA 46:1 परमेश्‍वर हाम्रो शरणस्थान र बल, दुःखको समयमा तुरुन्‍तै पाउन सकिने मदत हुनुहुन्छ ।
PSA 46:2 यसकारण, पृथ्वी बद्‍लिए पनि, पर्वतहरू हल्‍लाएर समुद्रको पिंधमा खसाइए पनि, हामी डराउँनेछैनौं ।
PSA 46:3 त्‍यसको पानीहरू गर्जेर उल्लिए पनि र त्यसको गर्जनले पर्वतहरू कामे पनि । सेला
PSA 46:4 एउटा नदी छ जसका प्रावाहहरूले परमेश्‍वरको सहर अर्थात्, सर्वोच्‍चले वास गर्नुहुने एउटा पवित्र ठाउँलाई हर्षित तुल्याउँछ ।
PSA 46:5 परमेश्‍वर त्यसको बिचमा हुनुहुन्छ । त्‍यो डग्‍नेछैन । परमेश्‍वरले त्‍यसलाई सहायता गर्नुहुनेछ र उहाँले बिहानको झिसमिसेमा त्‍यसो गर्नुहुनेछ ।
PSA 46:6 जातिहरू क्रुद्ध भए र राज्यहरू हल्‍लिए । उहाँले आफ्नो सोर उचाल्‍नुभयो र पृथ्वी पग्‍लियो ।
PSA 46:7 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्‍वर हाम्रो शरण हुनुहुन्छ । सेला
PSA 46:8 आओ, परमप्रभुको कामहरू, उहाँले पृथ्वीमा ल्याउनुभएको विनाशलाई हेर ।
PSA 46:9 उहाँले युद्धहरूलाई पृथ्वीको अन्तसम्म बन्‍द गराउनुहुन्छ । उहाँले धनुहरू भाँच्‍नुहुन्‍छ र भालाहरू काट्नुहुन्‍छ । उहाँले ढालहरूलाई जलाउनुहुन्‍छ ।
PSA 46:10 शान्‍त होओ र म नै परमेश्‍वर हुँ भनी जान । जातिहरूका माझमा म उचालिनेछु । पृथ्वीमा म उचालिनेछु ।
PSA 46:11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्‍वर हाम्रो शरण हुनुहुन्छ । सेला
PSA 47:1 ए सबै मानिसहरू हो, आफ्‍ना ताली बजाओ । विजयको सोरले परमेश्‍वरको निम्‍ति कराओ ।
PSA 47:2 किनकि सर्वोच्‍च परमप्रभु भययोग्य हुनुहुन्छ । सारा पृथ्वीका महान् राजा उहाँ नै हुनुहुन्छ ।
PSA 47:3 उहाँले मानिसहरूलाई हाम्रो अधीनमा र जातिहरूलाई हाम्रा पाउमुनि पार्नुहुन्छ ।
PSA 47:4 उहाँले हाम्रा निम्‍ति हाम्रो उत्तराधिकार रोज्‍नुहुन्‍छ, याकूबको महिमा जसलाई उहाँले प्रेम गर्नुहुन्‍छ । सेला
PSA 47:5 परमेश्‍वर सोरसँगै, परमप्रभु तुरहीको सोरसँगै माथि जानुभएको छ
PSA 47:6 परमेश्‍वर प्रशंसा गाओ, प्रशंसा गाओ । हाम्रा राजाको निम्‍ति प्रशंसा गाओ, प्रशंसा गाओ ।
PSA 47:7 किन परमेश्‍वर सारा पृथ्वीमा राजा हुनुहुन्छ । समझले प्रशंसा गाओ ।
PSA 47:8 परमेश्‍वरले जातिहरूमा राज्‍य गर्नुहुन्छ । परमेश्‍वर आफ्‍नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ ।
PSA 47:9 मानिसहरूका शासकहरू अब्राहामका परमेश्‍वरका मानसिहरूकहाँ एकसाथ भेला भएका छन्, किनकि पृथ्वीको ढाल परमेश्‍वरकै हो । उहाँ अति उच्‍च हुनुहुन्छ ।
PSA 48:1 परमप्रभु महान् हुनुहुन्छ र‍ हाम्रा परमेश्‍वरको सहर उहाँको पवित्र पर्वतमा ज्‍यादै धेरै प्रशंसा हुनुपर्छ ।
PSA 48:2 महान् राजाको सहरको उत्तरमा अवस्‍थित सियोन पर्वत उच्‍च ठाउँमा सुन्दर, सारा पृथ्वीको आनन्द हो ।
PSA 48:3 त्‍यसका दरबारहरूमा परमेश्‍वरले आफैलाई शरणस्थानको रूपमा प्रकट गर्नुभएको छ ।
PSA 48:4 हेर्नुहोस्, राजाहरू आफै भेला भए । तिनीहरू सँगसँगै अघि बढे ।
PSA 48:5 जब तिनीहरूले यो देखे, तब तिनीहरू चकित भए । तिनीहरू भयभित भए र तिनीहरू हतार गरेर गए ।
PSA 48:6 कम्‍पले तिनीहरूलाई समात्‍यो, प्रसव वेदना परेकी स्‍त्रीझैं पीडित भए ।
PSA 48:7 पूर्वीय बतासले तपाईंले तर्शीशका जहाजहरू तोड्नुहुन्छ ।
PSA 48:8 सर्वशक्तिमान् परमप्रभु हाम्रा परमेश्‍वरको सहरमा हामीले जस्तो सुनेका छौं त्यस्तै हामीले देखेका छौं । परमेश्‍वरले यसलाई सदासर्वदाको निम्ति स्थापित गर्नुहुनेछ । सेला
PSA 48:9 हे परमेश्‍वर, हामीले तपाईंको मन्दिरको बिचमा तपाईंको करारको विश्‍वस्‍तताका बारेमा विचार गरेका छौं ।
PSA 48:10 हे परमेश्‍वर, तपाईंको नाउँ जस्तो छ पृथ्वीको अन्तिम छेउसम्म तपाईंको प्रशंसा त्यस्तै छ । तपाईंको दाहिने हात धार्मिकताले पूर्ण छ ।
PSA 48:11 तपाईंका धार्मिक आदेशहरूका कारणले सियोन पर्वत खुसी होस्, यहूदाका छोरीहरू आनन्‍दित होऊन् ।
PSA 48:12 सियोन पर्वत वरिपरि हिंड, त्यसको चारैतिर जाओ । त्यसका धरहराहरू गन्‍ती गर,
PSA 48:13 त्यसका पर्खालहरू ध्‍यान लगाएर हेर, र त्यसका दरबारहरू हेर, ताकि तिमीहरूले अर्को पुस्तालाई यसको बारेमा बताउन सक्‍छौ ।
PSA 48:14 किनकि यही परमेश्‍वर सदासर्वदा हाम्रा परमेश्‍वर हुनुहुन्छ । मृत्युसम्म नै हामीलाई बाटो देखाउने उहाँ नै हुनुहुन्छ ।
PSA 49:1 ए सबै मानिसहरू हो, यो कुरा सुन । ए संसारका सबै बासिन्दाहरू हो कान थाप ।
PSA 49:2 माथिल्‍लो र तल्‍लो दर्जाका, गरीब र धनी दुवै एकसाथ ।
PSA 49:3 मेरो मुखले बुद्धिका कुरा बोल्नेछ र मेरो हृदयको ध्‍यान समझको हुनेछ ।
PSA 49:4 म आफ्‍ना कान दृष्‍टान्तमा लगाउनेछु । म आफ्‍नो दृष्‍टान्तलाई वीणा बजाएर सुरु गर्नेछु ।
PSA 49:5 जब अधर्मले मलाई घेरा हाल्‍छ, तब म किन खराब दिनहरूको डर मान्‍ने?
PSA 49:6 आफ्‍ना सम्पत्तिमा भरोसा गर्नेहरू र आफ्‍नो धेरै धन घमण्‍ड गर्नेहरूसँग म किन डराउने?
PSA 49:7 यो निश्‍चय हो कि कसैले आफ्नो भाइलाई बचाउन वा त्यसको निम्ति परमेश्‍वरलाई छुकाराको मोल तिर्न सक्दैन,
PSA 49:8 किनकि कसैको जीवनको छुटकारा मूल्य महङ्‍गो छ र हामीले तिर्नुपर्ने जति त कसैले तिर्न सक्दैन ।
PSA 49:9 कोही पनि सदासर्वदा जीवित रहन सक्दैन, ताकि त्यसको शरीर सडेर नजाओस् ।
PSA 49:10 किनकि त्यसले सडेको देख्‍नेछ । बुद्धिमान् मानिसहरू मर्छन् । मूर्ख र क्रूर त्‍यसरी नै नाश हुन्छन् र आफ्‍ना सम्पत्ति अरूलाई छोड्छन् ।
PSA 49:11 आफ्‍ना परिवारहरू सधैंभरि निरन्तर रहन्‍छन्, र आफू बसोवास गरेका ठाउँहरू सबै पुस्तालाई हुन्‍छ भन्‍ने तिनीहरूका भित्री विचार हुन्‍छ । आफ्‍ना जमिनहरूलाई तिनीहरूले आफ्नै नाउँ दिन्‍छन्।
PSA 49:12 तर धन भए पनि मानिस सधैं बाँच्‍न सक्‍दैन । त्‍यो नष्‍ट हुने जङ्‍गली पशुजस्‍तै हो ।
PSA 49:13 तिनीहरूको यो मार्ग नै तिनीहरूको मूर्खता हो । तापनि तिनीहरू पछि, मानिसहरूले तिनीहरूका भनाइहरूलाई मान्‍यता दिन्‍छन् ।
PSA 49:14 भेडाहरूझैं ती चिहानको निम्ति नियुक्‍त हुन्‍छन्, र मृत्युचाहिं तिनीहरूका गोठाला हुनेछ । सोझाहरूले बिहान तिनीहरूमाथि राज्‍य गर्नेछन् र तिनीहरूलाई बस्‍ने कुनै ठाउँ नभई तिनीहरूका शरीरहरू चिहानमा नष्‍ट हुनेछन् ।
PSA 49:15 तर परमेश्‍वरले मेरो जीवनलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ । उहाँले मलाई ग्रहण गर्नुहुनेछ । सेला
PSA 49:16 कोही धनी हुँदा र त्यसको घरको गौरव बढ्दा नडरा ।
PSA 49:17 किनकि जब त्यो मर्नेछ, तब त्यसले कुनै कुरा पनि लानेछैन । त्यसको गौरव त्यसको पछिपछि जानेछैन ।
PSA 49:18 त्यो जीवित हुँदा नै त्‍यसले आफ्नो प्राणलाई धन्‍यको भन्‍यो र जब तिमीले आफ्नो निम्ति जीवन बताउँछौ, तब मानिसहरूले तिम्रो प्रशंसा गर्छन्—
PSA 49:19 त्यो आफ्नो पुर्खाहरूका पुस्तामा जानेछ र तिनीहरूले फेरि कहिल्यै त्‍योति देख्‍नेछैनन् ।
PSA 49:20 जससँग सम्पत्ति छ, तर समझ छैन, त्‍यो जङ्‍गली पशुहरूजस्तै हो, जो नाश हुन्छ ।
PSA 50:1 सर्वशक्तिमान्, परमप्रभु परमेश्‍वर बोल्नुभएको छ, र पृथ्वीलाई सूर्योदयदेखि सूर्यास्तसम्म बलाउनुभएको छ ।
PSA 50:2 सुन्दरताको सिद्धता सियोनबाट परमेश्‍वर प्रज्‍वलित हुनुभएको छ ।
PSA 50:3 हाम्रो परमेश्‍वर आउनुहुन्छ र चूपचाप रहनुहुन्‍न । उहाँको अगि भस्म गर्ने आगो छ र उहाँको चारैतिर प्रचण्‍ड आँधी छ ।
PSA 50:4 उहाँले माथिको आकाशलाई र पृथ्वीलाई बोउनुहुन्छ, ताकि उहाँले आफ्ना मानिसहरूको न्याय गर्न सक्‍नुहुन्‍छ ।
PSA 50:5 “मेरा वोश्‍वासयोग्यहरूलाई मकहाँ भेला गराओ, जसले बलिदानद्वारा मसँग करार बाँधेका छन् ।”
PSA 50:6 आकाशले उहाँको धार्मिकताको घोषणा गर्नेछ, किनकि परमेश्‍वर स्वयम् न्यायकर्ता हुनुहुन्छ । सेला
PSA 50:7 “ए मेरा मानिसहरू, सुन र म बोल्ने छु । म परमेश्‍वर, तेरो परमेश्‍वर हुँ ।
PSA 50:8 तिमीहरूका बलिदानको निम्ति म तिमीहरूलाई निन्दा गर्दिनँ, तिमीहरूका होमबलिहरू सदासर्वदा मेरो सामु छन् ।
PSA 50:9 तिमीहरूका घरका कुनै साँढे वा तिमीहरूका बगालका बोकाहरू म लिनेछैन ।
PSA 50:10 किनकि वनका हरेक पशु मेरै हुन् र हजारौं पहाडका गाइवस्तु मेरै हुन् ।
PSA 50:11 पर्वतहरूका सबै चरालाई म चिन्छु र मैदानका जङ्गली पशुहरू मेरै हुन् ।
PSA 50:12 म भोकाएको भए पनि, मैले तिमीहरूलाई भन्‍ने थिएनँ । किनकि संसार मेरै हो र यसमा भएका हरेक कुरा मेरै हुन् ।
PSA 50:13 के म साँढेको मासु खानेछु वा बोकाको रगत पिउनेछु?
PSA 50:14 परमेश्‍वरलाई धन्यवादको बलि चढाओ र सर्वोच्‍चमा आफ्नो भाकल पुरा गर ।
PSA 50:15 कष्‍टको समय मलाई पुकारा गर । म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ ।”
PSA 50:16 तर दुष्‍टलाई परमेश्‍वर यसो भन्‍नुहुन्छ, “मेरा आदेशहरूका घोषणा गर्ने कुरा तँलाई के मतलब छ । तैंले मेरो करार तेरो मुखमा लिएको छस्,
PSA 50:17 किनभने तैंले शिक्षालाई घृणा गर्छस् र मेरा वचनलाई लत्याउँछस्?
PSA 50:18 तैंले चोरलाई भेट्दा, त्योसँग तँ सहमत हुन्छस् । व्याभिचार गर्नेसँग तँ मिल्‍छस् ।
PSA 50:19 तेरो मुखले खराबी बोल्छ र तेरो जिब्रोले छल गर्छ ।
PSA 50:20 तँ बस्छस् र तेरो भाइको विरुद्धमा बोल्छस् । आफ्नै आमाको छोराको निन्दा तैंले गर्छस् ।
PSA 50:21 तैंले यी कुराहरू गरेको छस्, तर म चूप लागेको छु । त्यसैले म पनि तँजस्तै हो भनी तैंले विचार गरिस् । तर म तेरो निन्दा गर्नेछु र तैंले गरेका सबै कुरा तेरै आँखाको सामु ल्याउनेछु ।
PSA 50:22 हे परमेश्‍वरलाई बिर्सने हो, यसलाई राम्ररी विचार गर । नत्र म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूलाई सहायता गर्न आउने कोही पनि हुनेछैन ।
PSA 50:23 धन्यवादको बलि चढाउनेले मेरो प्रशंसा गर्छ र आफ्नो मार्गलाई ठिक किसिमले योजना गर्ने कुनै पनि व्‍यक्‍तिलाई म परमेश्‍वरको उद्धार देखाउनेछु ।”
PSA 51:1 हे परमेश्‍वर, तपाईंको करारको विश्‍वस्‍तताको कारणले ममाथि दया गर्नुहोस् । तपाईंको असङ्‍ख्‍य दयापूर्ण कामहरूको खातिर मेरा अपराधहरू मेटिदिनुहोस् ।
PSA 51:2 मलाई मेरो अधर्मबाट पूर्ण रूपले धुनुहोस् र मेरो पापबाट मलाई शुद्ध पार्नुहोस् ।
PSA 51:3 किनकि म आफ्‍ना अपराधहरू जान्दछु र मेरो पाप सधैं मेरै सामु छ ।
PSA 51:4 तपाईंको विरुद्धमा, केवल तपाईंको विरुद्धमा मैले पाप गरेको छु र तपाईंको दृष्‍टिमा जे खराब छ त्यही गरेको छु । तपाईं बोल्नुहुँदा तपाईं ठिक हुनुहुन्छ । तपाईंले न्याय गर्नुहुँदा तपाईं ठिक हुनुहुन्छ ।
PSA 51:5 हेर्नुहोस्, म पापमा नै जन्में । आमाले गर्भमा गर्भधारण गर्ने बित्तिकै, म पापमा नै थिएँ ।
PSA 51:6 हेर्नुहोस्, तपाईंले मेरो अन्तस्करणमा विश्‍वासयोग्ता खोज्‍नुहुन्छ । अनि भित्रको गोप्य ठाउँमा तपाईंले मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ ।
PSA 51:7 मलाई हिसपले शुद्ध पार्नुहोस् र म शुद्ध हुनेछु । मलाई धुनुहोस् र म हिउँभन्दा सेतो हुनेछु ।
PSA 51:8 मलाई तपाईंको आनन्द र खुसी सुन्‍न दिनुहोस्, ताकि तपाईंले तोड्नुभएका हाडहरू आनन्‍दित होऊन् ।
PSA 51:9 मेरा पापहरूबाट तपाईंको मुहार लुकाउनुहोस् र मेरा सबै अधर्महरू मेटाउनुहोस् ।
PSA 51:10 हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस् । र मभित्र ठिक आत्मालाई नयाँ तुल्‍याउनुहोस् ।
PSA 51:11 मलाई तपाईंको उपस्थितिबाट टाढा नपठाउनुहोस्, र मबाट तपाईंको पवित्र आत्मा नलानुहोस् ।
PSA 51:12 तपाईंको मुक्‍तिको आनन्दलाई ममा पुनर्जीवित पार्नुहोस्, र इच्छुक आत्माले मलाई सम्हाल्नुहोस् ।
PSA 51:13 तब अपराध गर्नेहरूलाई म तपाईंका मार्गहरू सिकाउनेछु र पापीहरू तपाईंतिर फर्कनेछन् ।
PSA 51:14 हे मेरा उद्धारका परमेश्‍वर, रक्‍तपातको निम्ति मलाई क्षमा गर्नुहोस्, र तपाईंको धार्मिकताको आनन्दको निम्‍ति म काराउनेछु ।
PSA 51:15 हे परमप्रभु, मेरा ओठहरू खोल्नुहोस्, र मेरो मुखले तपाईंको प्रशंसा गाउनेछ ।
PSA 51:16 किनकि तपाईं बलिदानमा खुसी हुनुहुन्‍न, नत्र म बलि चढाउँथें । होमबलिमा तपाईं आनन्‍दित हुनुहुन्‍न ।
PSA 51:17 परमेश्‍वरका बलिदानहरू तोडिएको आत्मा हो । हे परमेश्‍वर, तपाईंले तोडिएको र पश्‍चतापी हृदयलाई घृणा गर्नुहुनेछैन ।
PSA 51:18 सियोनलाई तपाईंको सुभेच्छामा भलइ गर्नुहोस्, यरूशलेमको पर्खालहरू पनुःनिर्माण गर्नुहोस् ।
PSA 51:19 तब तपाईं धार्मिकताको बलिहरूमा, होमबलिहरू र सम्‍पूर्ण होमबलिमा प्रशन्‍न हुनुहुनेछ । तब हाम्रा मानिसहरूले तपाईंको वेदीमा साँढेहरू चढाउनेछन् ।
PSA 52:1 हे वीर मानिस, दुःख दिनमा तिमी किन घमण्ड गर्छौ? परमेश्‍वरको करारको विश्‍वस्‍तता हरेक दिन आउँछ ।
PSA 52:2 छलपूर्ण रूपले काम गरेर तिम्रो जिब्रोले धारिलो छुराले जस्तै विनाशको योजना बनाउँछ ।
PSA 52:3 तिमीले असलभन्दा खराब र धार्मिकताभन्दा झुट बोल्न रुचाउँछौ । सेला
PSA 52:4 तँ चली जिब्रो, तँ अरूलाई निल्ने सबै कुराहरू रुचाउँछस् ।
PSA 52:5 परमेश्‍वरले तँलाई त्यसरी नै सदासर्वदाको निम्‍ति नाश पार्नुहुनेछ । उहाँले तँलाई माथि उठाउनुहुनेछ, तेरो पालबाट तँलाई निकाल्नुहुनेछ र जीवितहरूको देशबाट तँलाई उखेल्नुहुनेछ । सेला
PSA 52:6 धर्मीहरूले यो देख्‍नेछन् र भय मान्‍नेछन् । तिनीहरूले त्यसलाई हाँसो उडाउनेछन् र यसो भन्‍नेछन्,
PSA 52:7 “हेर, यो मानिसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो समपत्तिको प्रशस्‍ततामा भरोसा गर्‍यो । र त्यसले अरूको विनाश गर्दा त्यो बलियो थियो ।”
PSA 52:8 तर मेरो बारेमा, परमेश्‍वरको मन्‍दिरमा म हरियो जैतूनको रूखजस्तो छु । म परमेश्‍वरको करारको विश्‍वस्‍ततामा सदासर्वदा भरोसा गर्नेछु ।
PSA 52:9 तपाईंले जे गर्नुभएको छ त्‍यसको निम्ति म तपाईंलाई सदासर्वदा धन्यवाद चढाउनेछु । तपाईंका भक्‍तजनहरूका उपस्थितिमा म तपाईंको नाउँको आसा गर्नेछु, किनकि यो असल हो ।
PSA 53:1 मूर्खले आफ्नो मनमा भन्छ, “ईश्‍वर छँदैछैन ।” तिनीहरू भ्रष्‍ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही पनि छैन ।
PSA 53:2 कसैले बुझ्‍छन्, वा परमेश्‍वरलाई खोज्छन् कि भनी हेर्न उहाँले मानवजातिका सन्तानहरूलाई स्वर्गबाट हेर्नुहुन्छ ।
PSA 53:3 तिनीहरू सबै जना बरालिएका छन् । तिनीहरू एकसाथ भ्रष्‍ट भएका छन् । असल गर्ने कोही पनि छैन, एक जना पनि छैन ।
PSA 53:4 के अधर्म गर्नेहरूको कुनै समझ नै छैन, जसले मेरा मानिसहरूलाई रोटी खाएझैं खान्छन् र तिनीहरूले परमेश्‍वरलाई पुकारा गर्दैनन्?
PSA 53:5 डराउनुपर्ने कुनै कारण नभए तापनि तिनीहरू भयङ्कर डरमा हुन्‍छन् । किनकि तिमीहरू विरुद्ध पाल टाँग्‍नेहरूका हाडहरू परमेश्‍वरले छरपस्ट पार्नुहुनेछ । यस्ता मानिसहरू लाजमा पर्नेछन्, किनभने परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुभएको छ ।
PSA 53:6 इस्राएलको उद्धार सियोनबाट आएको भए त हुन्थ्यो! जब परमेश्‍वरले आफ्ना मानसिहरूलाई निर्वासनबाट फिर्ता ल्याउनुहुन्‍छ, तब याकूब आनन्‍दित र इस्राएल खुसी हुनेछ ।
PSA 54:1 हे परमेश्‍वर, मलाई तपाईंको नाउँद्वारा बचाउनुहोस् र तपाईंको शक्तिले न्याय गर्नुहोस् ।
PSA 54:2 हे परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस् । मेरो मुखका शब्दहरूमा कान थाप्‍नुहोस् ।
PSA 54:3 किनकि विदेशीहरू मेरो विरुद्धमा उठेका छन् र निर्दयी मानिसहरूले मेरो ज्यान लिन खोजेका छन् । तिनीहरूले आफ्नो सामु परमेश्‍वरलाई राखेका छैनन् । सेला
PSA 54:4 हेर, परमेश्‍वर मेरो सहायक हुनुहुन्छ । मलाई उचाल्‍नुहुने परमप्रभु नै हुनुहुन्छ ।
PSA 54:5 उहाँले मेरा शत्रुहरूलाई खराबीको प्रतिफल दिनुहुनेछ । आफ्‍नो विश्‍वस्‍ततामा तिनीहरूको नाश गर्नुहोस् !
PSA 54:6 म तपाईंलाई स्वेच्छा बलि चढाउनेछु । हे परमप्रभु, म तपाईंको नाउँला‌ई धन्यवाद दिनेछु, किनकि यो असल छ ।
PSA 54:7 किनकि उहाँले मलाई हरेक कष्‍टबाट बचानुभएको छ । मेरो आँखाले मेरा शत्रहरूमाथि विजयको दृष्‍टिले हरेको छ ।
PSA 55:1 हे परमेश्‍वर, मेरो प्रार्थनामा कान थाप्‍नुहोस् । मेरो बिन्‍तीबाट आफूलाई नलुकाउनुहोस् ।
PSA 55:2 मलाई ध्यान दिनुहोस् र मलाई जवाफ दिनुहोस् । मेरो कष्‍टमा मलाई विश्रम हुँदैन ।
PSA 55:3 मेरा शत्रुहरूका आवाजको कारणले, दुष्‍टहरूका थिचोमिचोका कारणले । किनकि तिनीहरूले ममाथि कष्‍ट ल्‍याउँछन् र रिसमा मलाई सताउँछन् ।
PSA 55:4 मेरो हृदय मभित्र काम्छ र मृत्युका त्रासहरू ममाथि परेका छन् ।
PSA 55:5 डर र कम्पन ममाथि आइपरेको छ र त्रासले मलाई व्याकुल बनाएको छ ।
PSA 55:6 मैले भनें, “मसित ढुकुरका जस्ता पखेटाहरू भए त! तब म उडेर जाने र विश्रम लिने थिएँ ।
PSA 55:7 हेर्नुहोस्, तब म टाढा जाने थिएँ । म उजाड-स्‍थानमा बस्‍ने थिएँ । सेला
PSA 55:8 आँधी र हुरीबाट बच्‍न हतार गरेर म शरणस्थाणमा जाने थिएँ ।”
PSA 55:9 हे परमप्रभु, तिनीहरूलाई भस्म पार्नुहोस् । तिनीहरूको भाषा खल्बल्‍याउनुहोस् ! किनकि मैले सहरमा हिंसा र कलह देखेको छु ।
PSA 55:10 दिनरात तिनीहरू पर्खालहरूमा चढेर घुम्‍छन् । अधर्म र हानि यसको माझमा छन् ।
PSA 55:11 यसको बिचमा दुष्‍टता छ । थिचोमिचो र छलले यसका गल्‍लीहरूलाई छोड्दैनन् ।
PSA 55:12 किनकि मलाई हप्काउने शत्रु थिएन, तब म त्‍यो सहनेथिएँ । न त मेरो विरुद्ध उठ्ने मलाई घृणा गर्ने व्यक्‍ति नै थियो, तब म त्यसबाट लुक्‍नेथिएँ ।
PSA 55:13 तर यो त त्‍यही, म समानको मानिस, मेरो मित्र र मेरो घनिष्ठ साथी थियो ।
PSA 55:14 हामीले एकसाथ मीठो सङ्गति गर्थ्‍यौं । भीडको साथमा हामी परमेश्‍वरको भवनमा जान्‍थ्‍यौं ।
PSA 55:15 तिनीहरूमाथि अचानक मृत्यु आइ लागोस् । तिनीहरू जिउँदै चिहानमा जाऊन् किनकि तिनीहरू जहाँ बस्छन् त्यहाँ तिनीहरूकै माझमा दुष्‍टता छ ।
PSA 55:16 मेरो बारेमा, म परमेश्‍वरलाई पुकार्छु र पमरप्रभुले मलाई बचाउनुहुनेछ ।
PSA 55:17 साँझ, बिहान र मध्यन्हमा म गुनासो गर्छु र विलाप गर्छु । उहाँले मेरो आवाज सुन्‍नुहुनेछ ।
PSA 55:18 मेरो विरुद्धमा भएको युद्धबाट उहाँले मेरो जीवनलाई सुरक्षित छुट्टाउनुहुन्छ, किनकि मेरो विरुद्धमा युद्ध गर्नेहरू धैरै जना थिए ।
PSA 55:19 परमेश्‍वर, जसले अनन्‍तदेखि राज्‍य गर्नुहुन्‍छ उहाँले तिनीहरूका कुरा सुन्‍नुहुनेछ र तिनीहरूको अपमान गर्नुहुनेछ । सेला तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन् र तिनीहरूले परमेश्‍वरको भय मान्दैनन् ।
PSA 55:20 मेरो मित्रले आफूसँग मिलापमा भएकाहरूका विरुद्धमा आफ्‍नो हात उठाएको छ । उसले बाँधेको करारलाई उसले आदर गरेको छैन ।
PSA 55:21 उसको मुखले नौनीझैं चिप्लो थियो, तर त्‍यसको हृदय शत्रुतापूर्ण थियो । त्‍यसका शब्दहरू तेलभन्दा पनि चिल्‍ला थिए, तापनि तिनीहरू वास्तवमा नाङ्गो तरवारहरू नै थिए ।
PSA 55:22 आफ्‍ना बोझहरू परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ । उहाँले धर्मी मानिसलाई कहिल्यै पनि डग्‍न दिनुहुन्‍न ।
PSA 55:23 तर हे परमेश्‍वर, तपाईंले दुष्‍टलाई तल विनाशको खडलमा लानुहुनेछ । रक्‍तपात गर्नेहरू र छली मानिसहरू अरूभन्दा आधा आयुसम्म पनि बँच्दैनन्, तर म तपाईंमा नै भरोसा गर्छु ।
PSA 56:1 हे परमेश्‍वर, ममाथि दया गर्नुहोस्, किनकि मानिसहरूले मलाई आक्रमण गर्दैछन् । मसँग युद्ध गर्नेहरूले दिनभरि आफ्‍नो दबावमा राख्छन् ।
PSA 56:2 मेरा शत्रुहरूले मलाई दिनभरि कुल्चन्छन् । किन मेरो विरुद्धमा अहङ्कारपूर्ण किसिमले युद्ध गर्नेहरू धेरै जना छन् ।
PSA 56:3 जब म डराउँछु, तब म आफ्‍नो भरोसा तपाईंमा राख्छु ।
PSA 56:4 परमेश्‍वर, जसको वचनको प्रशंसा म गर्छु— परमेश्‍वरमा मैले आफ्‍नो भरोसा राखेको छु । म डराउनेछैन । मानिसले मलाई के गर्न सक्छ र?
PSA 56:5 दिनभरि तिनीहरू मेरा कुराहरू बङ्ग्याउँछन् । तिनीहरूका सबै विचार खराबीको निम्ति मेरो विरद्धमा हुन्‍छन् ।
PSA 56:6 तिनीहरू आफूलाई एकसाथ भेला गर्छन्, तिनीहरू आफूलाई लुकाउँछन् र तिनीहरूले मेरा पाइलाहरू पहिल्याउँछन्, जसरी तिनीहरूले मेरो ज्‍यान लिन ढुकिबसेका छन् ।
PSA 56:7 अधर्म गरेर तिनीहरूलाई उम्कन नदिनुहोस् । हे परमेश्‍वर, तपाईंको क्रोधमा मानिसहरूलाई तल झार्नुहोस् ।
PSA 56:8 मेरा भागेर हिंडेको हिसाब तपाईंले राख्‍नुहोस् र मेरा आँसुहरू तपाईंको बोतलमा राख्‍नुहोस् । के ती तपाईंका पुस्तकमा छैनन् र?
PSA 56:9 तब मैले तपाईंलाई पुकारा गरेको दिनमा मेरा शत्रुहरू फर्केर जानेछन् । परमेश्‍वर मेरो पक्षमा हुनुहुन्छ भनी यसैबाट म जान्‍नेछु ।
PSA 56:10 परमेश्‍वर, जसको वचनको प्रशंसा म गर्छु, परमप्रभु, जसको वचनको प्रशंसा म गर्छु,
PSA 56:11 परमेश्‍वरमा म भरोसा गर्छु, म डराउनेछैन । कसले मलाई के गर्न सक्छ र?
PSA 56:12 हे परमेश्‍वर, तपाईंको निम्ति आफ्‍ना भाकलहरू पुरा गर्ने कर्तव्य ममा छ । तपाईंलाई धन्यवादका म बलिहरू चढाउनेछु ।
PSA 56:13 किनकि तपाईंले मेरो जीवनलाई मृत्युबाट बचाउनुभएको छ । तपाईंले मेरा गोडाहरूलाई लड्नबाट जोगाउनुभएको छ, ताकि म जीवितहरूका अघि परमेश्‍वरको उपस्‍थितिमा हिंड्न सकूँ ।
PSA 57:1 हे परमेश्‍वर, मप्रति दयालु हुनुहोस्, मप्रति दयालु हुनुहोस्, किनकि यी कष्‍टहरू अन्त नभएसम्म म तपाईंमा शरण लिन्छु । यो विनाश अन्त नभएसम्म सुरक्षाको निम्ति म तपाईंका पखेटामुनि बस्‍छु ।
PSA 57:2 सर्वोच्‍च परमेश्‍वरमा म पुकारा गर्नेछु, परमेश्‍वरमा जसले मलाई सबै कुरा गर्नहुन्छ ।
PSA 57:3 उहाँ स्वर्गबाट सहायता पठाउनुहुनेछ र मलाई बचाउनुहुनेछ । मलाई कुल्चनेहरूसँग उहाँ क्रुद्ध हुनुहुन्छ । सेला परमेश्‍वरले मलाई उहाँको दया र विश्‍वस्‍तता पठाउनुहुनेछ ।
PSA 57:4 मेरो जीवन सिंहहरूका माझमा छ । मेरो नाश गर्न तयार भएकाहरूका माझमा म छु । म ती मानिसहरूका माझमा छु जसका दाँतहरू भालाहरू र काँडहरू हुन्, र जसका जिब्राहरू धारिला तरवारहरू हुन् ।
PSA 57:5 हे परमेश्‍वर, आकाशभन्दा उच्‍च हुनुहोस् । तपाईंको महिमा सारा पृथ्वीमाथि उच्‍च होस् ।
PSA 57:6 तिनीहरू मेरा खुट्टाहरूका निम्ति जाल फिंजाउँछन् । म संकष्‍टमा थिएँ । तिनीहरूले मेरै सामु खल्डो खने । त्‍यसको बिचमा तिनीहरू आफै खसेका छन् । सेला
PSA 57:7 हे परमेश्‍वर, मेरो मन स्थिर छ, मेरो मन स्थिर छ । म गाउनेछु, हो, म प्रशंसाका गीत गाउनेछु ।
PSA 57:8 हे मेरो आदरको हृदय, जाग् । हे वीणा र सारङ्गी जाग । बिहान सबेरै म जगाउनेछु ।
PSA 57:9 हे परमप्रभु, म तपाईंलाई मानिसहरूको माझमा धन्यवाद दिनेछु । जातिहरूका माझमा म तपाईंको प्रशंसा गर्नेछु ।
PSA 57:10 किनकि स्वर्गसम्मै पुग्‍ने तपाईंको अचूक प्रेम माहन् छ । र तपाईंको विश्‍वस्‍तता बादलहरूसम्मै पुग्छन् ।
PSA 57:11 हे परमेश्‍वर, आकाशभन्दा उच्‍च हुनुहोस् । तपाईंको महिमा सारा पृथ्वीमाथि उच्‍च होस् ।
PSA 58:1 ए शासकहरू हो, के तिमीहरू धर्मिकतामा बोल्छौ? ए मानिसहरू, के तिमीहरू ठिक किसमले न्याय गर्छौ?
PSA 58:2 गर्दैनौ, तिमीहरू आफ्नो हृदयमा दुष्‍टता गर्छौ । तिमीहरू आफ्नै हातले देशभरि हिंसा फैलाउँछौ ।
PSA 58:3 दुष्‍टहरू गर्भमा हुँदा पनि तिनीहरू पथभ्रष्‍ट हुन्छन् । जन्मेदेखि नै तिनीहरू झुट बोलेर पथभ्रष्‍ट हुन्छन् ।
PSA 58:4 तिनीहरूका विष सर्पको विषजस्तै छ । तिनीहरू बहिरा गोमनजस्तै छन् जसले यसका कानहरू बन्द गर्छ,
PSA 58:5 त्यसले सपेराको आवाज सुन्दैन, तिनीहरू जत्ति नै निपुण भए पनि पर्वाह छैन ।
PSA 58:6 हे परमेश्‍वर, तिनीहरूका दाँतहरू भाँचिदिनुहोस् । हे परमप्रभु, जवान सिंहहरूका बङ्गराहरू झारिदिनुहोस् ।
PSA 58:7 पानी बगेर गएजस्तै तिनीहरू बिलेर जाऊन् । तिनीहरूले आफ्‍ना काँडाहरू हान्दा, तिनका चुच्‍चो नभएजस्तै ती होऊन् ।
PSA 58:8 तिनीहरू शंखेकीराजस्तै होऊन् र बिलि जाऊन् र तिनीहरू एउटी स्‍त्रीको तुहेको बालकजस्तै होऊन् जसले कहिल्यै सूर्यको उज्यालो देख्दैनन् ।
PSA 58:9 तिम्रा भाँडाहरूले काँढाको आगोको राप थाहा पाउनअगि नै हरिया काँढाहरू र जलिरहेका काँढाहरूजस्तै त्यसले तिनीहरूलाई भुमरीसँगै उठाइ लानेछ ।
PSA 58:10 धर्मीले परमेश्‍वरको बदला देख्दा, त्यो आनन्‍दित हुनेछ । तिनीहरूले आफ्ना खुट्टाहरू दुष्‍टहरूका रगतमा धुनेछन्,
PSA 58:11 ताकि मानिसहरूले भन्‍नेछन्, “साँच्‍चै, धर्मी व्‍यक्‍तिको निम्ति इनाम छ । साँच्‍चै, परमेश्‍वर हुनुहुन्छ जसले पृथ्वीको न्याय गर्नुहुन्‍छ ।”
PSA 59:1 हे मेरा परमेश्‍वर, मलाई मेरा शत्रुहरूबाट बचाउनुहोस् । मेरो विरुद्धमा उठ्नेहरूदेखि मलाई उच्‍चमा राख्‍नुहोस् ।
PSA 59:2 अधर्म गर्नेहरूबाट मलाई सुरक्षित राख्‍नुहोस् र रक्‍तपिपासु मानिसहरूबाट मलाई बचाउनुहोस् ।
PSA 59:3 हेर्नुहोस्, तिनीहरूले मेरो ज्यान लिन ढुकेर बस्छन् । शक्तिशाली मानिसहरू मेरो विरुद्ध एकसाथ भेला हुन्छन्, तर हे परमप्रभु, मेरो पाप वा अपराधको कारणले होइन ।
PSA 59:4 म दोषरहित भए तापनि तिनीहरू मतिर झम्टन तयार छन् । जाग्‍नुहोस् र मलाई सहायता गर्नुहोस् र हेर्नुहोस् ।
PSA 59:5 हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर, तपाई जाग्‍नुहोस् र जातिहरूलाई दण्ड दिनुहहोस् । कुनै पनि दुष्‍ट अपराधीहरूप्रति दयालु नहुनुहोस् । सेला
PSA 59:6 तिनीहरू साँझमा फर्कन्छन्, तिनीहरू कुकुरहरूझैं कराउँछन् र सहरका वरिपरि जान्छन् ।
PSA 59:7 हेर्नुहोस्, तिनीहरूका मुखले नराम्रा कुरा बोल्‍छन् । तिनीहरूका ओठहरूमा तरवारहरू छन्, किनकि तिनीहरू भन्छन्, “हाम्रा कुरा कसले सुन्छ?”
PSA 59:8 तर हे परमप्रभु, तपाईं तिनीहरूमाथि हाँस्‍नुहुन्छ । तपाईंले सबै जातिहरूलाई उपहास गर्नुहुन्छ ।
PSA 59:9 हे परमेश्‍वर, मेरो बल, म तपाईंमा नै ध्यान दिनेछु । तपाईं मेरो अग्लो धरहरा हुनुहुन्छ ।
PSA 59:10 मेरो परमेश्‍वरले मलाई उहाँको करारको विश्‍वस्‍ततासहित भेट्नुहुनेछ । परमेश्‍वरले मेरा शत्रुहरूमाथि मेरो इच्छा देख्‍न मलाई दिनुहुनेछ ।
PSA 59:11 तिनीहरूलाई नमार्नुहोस्, नत्र मेरा मानिसहरूले बिर्सनेछन् । हे परमप्रभु, हाम्रो ढाल, तिनीहरूलाई तपाईंको शक्तिले तितरबितर पार्नुहोस् र तिनीहरूलाई ढाल्नुहोस् ।
PSA 59:12 तिनीहरूका मुखका पापहरू र तिनीहरूका ओठहरूका शब्दहरूका निम्ति, तिनीहरूलाई आफ्‍नै घमण्डमा कब्जा गरियोस् र तिनीहरूलले व्यक्‍त गरेका सराप र झूटको निम्ति ।
PSA 59:13 तिनीहरूलाई क्रोधमा भस्म पार्नुहोस्, तिनीहरूलाई भस्म पार्नुहोस् ताकि तिनीहरू कदापि नरहून् । परमेश्‍वरले याकूबामाथि र पृथ्वीको अन्तिम छेउसम्म राज्‍य गर्नुहुन्छ भनी तिनीहरूले जानून् । सेला
PSA 59:14 तिनीहरू कुकुरझैं कराउँदै सहरभरि गएर साँझमा फर्कन्छन् ।
PSA 59:15 तिनीहरू खाने कुरा खोज्दै घुम्छन् र तिनीहरू तृप्‍त भएनन् भने तिनीहरू कुकुरजस्तै कराउँछन् ।
PSA 59:16 तर म तपाईंको सामर्थ्यको स्तुति गाउनेछु र बिहान म तपाईंको अटल प्रेमको स्तुति गाउनेछु । किनकि मेरो संकष्‍टको समय तपाईं मेरो उच्‍च धरहरा र शरणस्थान हुनुभएको छ ।
PSA 59:17 हे मेरो सामर्थ्य, म तपाईंको स्तुति गाउनेछु । किनकि परमेश्‍वरचाहिं मेरो उच्‍च धरहरा, करारको विश्‍वस्‍तताको परमेश्‍वर हुनुहुन्छ ।
PSA 60:1 हे परमेश्‍वर, तपाईंले हामीलाई फाल्‍नुभएको छ । तपाईंले हाम्रा सुरक्षाहरू तोड्नुभएको छ । तपाईं रिसाउनुभएको छ । हामीलाई फेरि पुनर्स्थापना गर्नुहोस् ।
PSA 60:2 तपाईंले देशलाई कम्पित पार्नुभएको छ । तपाईंले यसलाई टुक्रा पार्नुभएको छ । यसका दरारहरू निको पार्नुहोस्, किनकि यो कामिरहेको छ ।
PSA 60:3 तपाईंले आफ्ना मानिसहरूलाई कठिन कुराहरू देख्‍न लगाउनुभएको छ । तपाईंले हामीलाई धरमराउने दाखमद्य पिउन लगाउनुभएको छ ।
PSA 60:4 धनुधारीहरूका विरुद्धमा प्रदर्शन गर्नलाई तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले झन्डा खडा गर्नुभएको छ । सेला
PSA 60:5 ताकि तपाईंले प्रेम गर्नुभएकाहरू बाँचून्, हामीलाई तपाईंको दाहिने बाहुलिले बचाउनुहोस् र मलाई जवाफ दिनुहोस् ।
PSA 60:6 परमेश्‍वरले आफ्नो पवित्रतामा बोल्नुभएको छ, “म आनन्‍दित हुनेछु । म शकेमलाई बाँड्नेछु र सुक्‍कोतको बेसीलाई भाग लगाउनेछु ।
PSA 60:7 गिलाद मेरो हो, मनश्‍शे मेरो हो । एफ्राइम मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो ।
PSA 60:8 मोआब मेरो बाटा हो । एदोममा म आफ्‍नो जुत्ता फुकाल्छु । पलिश्तीको कारणले म विजयमा कराउनेछु ।”
PSA 60:9 कसले मलाई बलियो सहरमा ल्याउनेछ? कसले मलाई एदोममा लानेछ?
PSA 60:10 तर हे परमेश्‍वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन र? तपाईं हाम्रा फौजसँग युद्धमा जानुहुन्‍न ।
PSA 60:11 शत्रुका विरुद्धमा हामीलाई सहायता दिनुहोस्, किनकि मानिसको सहायता व्यार्थको हुन्छ ।
PSA 60:12 परमेश्‍वरको सहायताले हामी विजयी हुनेछौं । उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ ।
PSA 61:1 हे परमेश्‍वर, मेरो पुकारा सुन्‍नुहोस् । मेरो प्रार्थनामा ध्यान दिनुहोस् ।
PSA 61:2 मेरो हृदय शिथिल हुँदा म पृथ्वीको अन्तिम छेउबाट तपाईंलाई पुकारा गर्नेछु । मभन्दा उच्‍च चट्टानतिर मलाई लानुहोस् ।
PSA 61:3 किनकि तपाईं मेरो निम्ति शरणस्थान, शत्रुबाट बच्‍ने बलियो धरहरा हुनुभएको छ ।
PSA 61:4 मलाई सधैं तपाईंको पवित्र-स्थानमा बस्‍न दिनुहोस् । मलाई तपाईंका पखेटाहरूको आडमा शरण लिन दिनुहोस् । सेला
PSA 61:5 किनकि हे परमेश्‍वर, तपाईंले मेरा भाकलहरू सुन्‍नुभएको छ, तपाईंले मलाई तपाईंलाई आदर गर्नेहरूको उत्तराधिकार दिनुभएको छ ।
PSA 61:6 तपाईंले राजालाई दिर्घायु बनाउनुहुन्छ । तिनको आयु धेरै पुस्ताहरूजस्तै हुनेछ ।
PSA 61:7 तिनी परमेश्‍वरको सामु सदासर्वदा रहनेछन् ।
PSA 61:8 तपाईंको नाउँको स्तुति म सदा गाउनेछु ताकि हरेक दिन म आफ्‍नो भाकल पुरा गर्न सकौं।
PSA 62:1 परमेश्‍वरमा मात्र म चूपचाप पर्खिन्‍छु । मेरो उद्धार उहाँबाट आउँछ ।
PSA 62:2 उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ । उहाँ मेरो अग्‍लो धरहरा हुनुहुन्छ । म धेरै डग्‍नेछैन ।
PSA 62:3 तिमीहरू सबै जनाले एक जना मानिसलाई कहिलेसम्म आक्रमण गर्छौ, जसलाई तिमीहरूले ढल्न लागेको पर्खाल वा कमजोर बारजस्तै ढाल्‍न सक्छौ?
PSA 62:4 त्यसको आदरको ठाउँबाट त्यसलाई तल झार्नलाई मात्र तिनीहरू विचार विमर्श गर्छन् । तिनीहरू झुटो बोल्न रुचाउँछन् । आफ्ना मुखले तिनीहरूले त्यसलाई आशिष्‌ ‌‌दिन्छन्, तर आफ्ना हृदयमा तिनीहरूले त्यसलाई सराप्छन् । सेला
PSA 62:5 परमेश्‍वरमा मात्र म चूपचाप पर्खिन्‍छु । किनकि मेरो आसा उहाँमा राखिएको छ ।
PSA 62:6 उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ । उहाँ मेरो अग्‍लो धरहरा हुनुहुन्छ । म डग्‍नेछैन ।
PSA 62:7 मेरो उद्धार र महिमा परमेश्‍वरसँग छ । मेरो बल र शरणको चट्टान परमेश्‍वर हुनुहुन्‍छ ।
PSA 62:8 ए मानिसहरू हो, सबै समय उहाँमा भरोसा गर । उहाँमा आफ्नो हृदय पोखाओ । परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्छ । सेला
PSA 62:9 निश्‍चय नै निम्‍न स्तरका मानिसहरू व्यर्थ हुन् र उच्‍च स्‍तरका मानिसहरू झुट हुन् । तिनीहरू तराजुमा तौलिंदा हलुका हुन्‍छन् । एकसाथ तौलिंदा पनि तिनीहरू केही पनि हुँदैनन् ।
PSA 62:10 थिचोमिचो वा लुटमा भरोसा नगर । अनि व्‍यर्थमा धनमा आसा नगर, किनकि तिनीहरूले कुनै फल दिने छैनन् । आफ्‍नो हृदय तिनमा नलगाओ ।
PSA 62:11 परमेश्‍वरले एक पल्‍ट बोल्नुभएको छ, मैले यो दुई पल्‍ट सुनेको छुः शक्ति परमेश्‍वरकै हो ।
PSA 62:12 हे परमप्रभु, करारको विश्‍वस्‍तता पनि तपाईंकै हो, किनकि हरेक व्यक्‍तिले जे गरेको छ त्यसको प्रतिफल तपाईंले दिनुहुन्छ ।
PSA 63:1 हे परमेश्‍वर, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । उत्‍सुकतासाथ म तपाईंको खोजी गर्छु । पानी नभएको सुख्‍खा र बाँझो जमिनमा, मेरो प्राणले तपाईंको तृणा गर्छ र मेरो शरीरले तपाईंलाई खोज्‍छ ।
PSA 63:2 त्यसैले तपाईंको शक्ति र महिमा देख्‍नलाई तपाईंलाई मैले पवित्रस्थानमा हेरेको छु ।
PSA 63:3 किनभने तपाईंको करारको विश्‍वस्‍तता जीवनभन्दा उत्तम छ । मेरा ओठहरूले तपाईंको प्रशंसा गर्नेछ ।
PSA 63:4 त्यसैले म जीवित रहँदा म तपाईंलाई धन्‍यको भन्‍नेछु । तपाईंकै नाउँमा म आफ्‍ना हातहरू उचाल्‍नेछु ।
PSA 63:5 हाडको गुदी र चिल्‍लो खाना मैले खाएको जस्तै हुनेछ । आनन्दित ओठहरूले मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ ।
PSA 63:6 जब आफ्‍नो ओछ्यानमा तपाईंको बारेमा म विचार गर्छु र रातको समयमा तपाईंमा ध्‍यान गर्छु ।
PSA 63:7 किनकि तपाईं मेरो सहायता हुनुभएको छ र म तपाईंको पखेटाहरूको छायामा आनन्‍दित हुनेछु ।
PSA 63:8 तपाईंसँग म टाँसिन्‍छु । तपाईंको दाहिने हातले मलाई सहारा दिन्छ ।
PSA 63:9 तर मलाई नष्‍ट गर्न खोज्‍नेहरू पृथ्वीको सबैभन्दा तल्लो भागहरूमा जानेछन्,
PSA 63:10 तरवार चलाउनेहरूका हातहरूमा तिनीहरूलाई दिइनेछ, र तिनीहरू स्यालहरूका आहारा हुनेछन् ।
PSA 63:11 तर राजाचाहिं परमेश्‍वरमा आनन्‍दित हुनेछन् । उहाँद्वारा शपथ खाने हरेकले उहाँमा गौरव गर्नेछन्, तर झुट बोल्नेहरूका मुख बन्द गरिनेछ ।
PSA 64:1 हे परमेश्‍वर, मेरो सोर सुन्‍नुहोस् । मेरो गुनसोमा ध्‍यान दिनुहोस् । मेरा शत्रुहरूका डरबाट मेरो जीवन सुरक्षित राख्‍नुहोस् ।
PSA 64:2 खराबी गर्नेहरूको गुप्‍त षड्यन्त्रबाट र अधर्म गर्नेहरूको कोलाहलबाट मलाई लुकाउनुहोस् ।
PSA 64:3 तिनीहरूले तरवारहरूझैं आफ्‍ना जिब्राहरू धारिला बनाएका छन् । तीता शब्दहरूका काँडहरूले तिनीहरूले लक्षित गरेका छन् ।
PSA 64:4 ताकि तिनीहरूले निर्दोष कसैलाई गुप्‍त ठाउँबाट हान्‍न सकून् । अचानक तिनीहरूले त्यसलाई हान्छन् र कुनै डर मान्दैनन् ।
PSA 64:5 तिनीहरूले आफैलाई दुष्‍ट योजनामा उत्साहित पार्छन् । पासोहरू थाप्‍न तिनीहरू गोप्य रूपमा सल्लाह गर्छन् । तिनीहरू भन्छन्, “हामीलाई कसले देख्‍नेछ र?”
PSA 64:6 तिनीहरू पापपूर्ण योजनाहरू बनाउँछन् । तिनीहरू भन्छन्, “हामीले एउटा होसियार योजना पूरा गरेका छौं ।” मानिसका भित्री विचारहरू र हृदयहरू गहन हुन्छन् ।
PSA 64:7 तर परमेश्‍वरले तिनीहरूलाई प्रहार गर्नुहुनेछ । अचानक तिनीहरू उहाँको काँडले घाइते हुनेछन् ।
PSA 64:8 तिनीहरूलाई ठेस खानेछन् । किनभने तिनीहरूका जिब्रोहरू तिनीहरूका विरुद्धमा छन् । तिनीहरूलाई देख्‍ने सबै जनाले आफ्‍ना मुन्टो हल्लाउनेछन् ।
PSA 64:9 सबै मानिसहरूले भय मान्‍नेछन् र परमेश्‍वरका कामहरू घोषणा गर्नेछन् । उहाँले जे गर्नुभएको छ, त्‍यसको बारेमा तिनीहरूले बुद्धिमान् भएर विचार गर्छन् ।
PSA 64:10 धर्मी परमप्रभुको बारेमा खुसी हुनेछ र उहाँमा शरण लिनेछ । हृदयमा सोझा हुने सबै जनाले उहाँमा गर्व गर्नेछन् ।
PSA 65:1 हे सियोनका परमेश्‍वर, हाम्रो प्रशंसाले तपाईंको आसा गर्छ । हाम्रा भाकलहरू तपाईंकहाँ पूरा हुनेछन् ।
PSA 65:2 तपाईंले प्रार्थना सुन्‍नुहुन्छ । सबै मानिसहरू तपाईंकहाँ आउनेछन् ।
PSA 65:3 अधर्महरूले हामीलाई जितेका छन् । हाम्रा अपराधहरूको बारेमा तपाईंले ती क्षमा गर्नुहुनेछ ।
PSA 65:4 तपाईंले आफ्नो नजिक ल्याउन चुन्‍नुभएको मानिस धन्यको हो, ताकि त्‍यो तपाईंको आँगनहरूमा बस्‍न सक्‍छ । तपाईंको घरको अर्थात् तपाईंको पवित्र मन्दिरको भलाईले हामी तृप्‍त हुनेछौं ।
PSA 65:5 हे हाम्रो उद्धारको परमेश्‍वर, अचम्‍मका कुराहरू गरेर तपाईंले धार्मिकतामा हामीलाई जवाफ दिनुहुनेछ । पृथ्वीको अन्तिम छेउ र समुद्रपारि टाढा रहनेहरूका आसा तपाईं नै हुनुहुन्छ ।
PSA 65:6 किनकि पडाडहरूलाई दृढ पार्ने तपाईं नै हुनुहुन्छ । तपाईं जसले बलको पेटी लगाउनुभएको छ ।
PSA 65:7 समुद्रहरू गर्जनहरू, तिनका छालहरूका गर्जनहरू र मानिसहरूका होहल्लालाई शान्‍त पार्ने तपाईं नै हुनुहुन्छ ।
PSA 65:8 पृथ्वीका पल्‍लो छेउका भागहरूमा बस्‍नेहरू तपाईंका कामहरूका प्रमाणले भयभीय हुन्छन् । तपाईंले पूर्व र पश्‍चिमलाई आनन्‍दित बनाउनुहुन्छ ।
PSA 65:9 तपाईं पृथ्वीलाई सहायता गर्न आउनुहुन्छ । तपाईंले त्‍यसलाई भिजाउनुहुन्‍छ । तपाईंले त्‍यसलाई धेरै समपन्‍न तुल्याउनुहुन्छ । परमेश्‍वरका नदीमा पानी भरिएको छ । तपाईंले पृथ्वीलाई तयार गर्नुहुँदा तपाईंले मानवजातिलाई अन्‍न दिनुहुन्‍छ ।
PSA 65:10 तपाईंले यसका जोतेका खेतलाई प्रशस्‍त पानीले भिजाउनुहुन्छ । तपाईंले जोतेका खेतका ठल्‍ला फुटाउनुहुन्छ । झरीका पानीले तपाईंले ती नरम पार्नुहुन्छ । तिनका बिचका विरुवाहरूलाई तपाईंले आशिष्‌ ‌‌दिनुहुन्छ ।
PSA 65:11 तपाईंले वर्षलाई आफ्‍नो भलाईको मुकुट लगाइदिनुहुन्छ र तपाईंका गाडाहरू प्रशस्‍तताले भरिएर पोखिन्छन् ।
PSA 65:12 उजाडस्‍थानका खर्कहरूमा शीत झर्छ र डाँडाहरू आनन्दले ढाकिन्छन् ।
PSA 65:13 खर्कहरू बगालहरूले ढाकिन्छन् । बेसीहरू अन्‍नले ढाकिन्छन् । तिनीहरू आनन्दले कराउँछन् र तिनीहरू गाउँछन् ।
PSA 66:1 हे सारा पृथ्वी, परमेश्‍वरको निम्ति आनन्दले कराओ ।
PSA 66:2 उहाँको नाउँको महिमाको स्तुति गाओ । उहाँको प्रशंसालाई महिमित बनाओ ।
PSA 66:3 परमेश्‍वरलाई भन, “तपाईंका कामहरू कति भयानक छन् । तपाईंको शक्तिको महान्‌ताद्वारा तपाईंका शत्रुहरू तपाईंको अधीनतामा आउनेछन् ।
PSA 66:4 सारा पृथ्वीले तपाईंको आराधना गर्नेछ र तपाईंको स्तुति गाउने छ । तिनीहरूले तपाईंको नाउँको स्तुति गाउनेछन् ।” सेला
PSA 66:5 आओ र परमेश्‍वरका कामहरू हेर । मानवजातिका सन्तानहरूका निम्ति उहाँले गर्नुभएका कामहरूमा उहाँ भयवह हुनुहुन्छ ।
PSA 66:6 उहाँले समुद्रलाई सुख्खा जमिन बनाउनुभयो । तिनीहरूले नदीमा खुट्टाले हिंडेर तरे । त्यहाँ हामी उहाँमा आनन्‍दित भयौं ।
PSA 66:7 उहाँले आफ्नो शक्तिले सदासर्वदा शासन गर्नुहुन्छ । उहाँका आँखाहरूले जातिहरूलाई नियाल्छन् । विद्रोहीहरूले आफैलाई उच्‍च नपारून् । सेला
PSA 66:8 हे मानिसहरू हो, परमेश्‍वरलाई धन्‍यको भन । उहाँको प्रशंसाको आवाज सुनियोस् ।
PSA 66:9 उहाँले हामीलाई जीवितहरूका माझमा राख्‍नुहुन्छ र उहाँले हाम्रा खुट्टाहरूलाई चिप्‍लन दिनुहुन्‍न ।
PSA 66:10 हे परमेश्‍वर, तपाईंले हामीलाई जाँच्‍नुभएको छ । तपाईंले हामीलाई चाँदीलाई जाँचेझैं जाँच गर्नुभएको छ ।
PSA 66:11 तपाईंले हामीलाई जालभित्र ल्याउनुभयो । तपाईंले हाम्रो पिठ्युमाथि गह्रौं बोझ राख्‍नुभयो ।
PSA 66:12 तपाईंले मानिसहरूलाई हाम्रा शिरहरूमा टेक्‍न लगाउनुभएको छ । हामी आगो र पानीबाट भएर गयौ, तर तपाईंले हामीलाई फराकिलो ठाउँमा ल्याउनुभयो ।
PSA 66:13 म तपाईंको मन्‍दिरमा होमबलि लएर आउनेछु । म तपाईंमा आफ्‍नो भाकल पुरा गर्नेछु,
PSA 66:14 जुन म संकष्‍टमा हुँदा मेरा ओठहरूले प्रतिज्ञा गरे र मेरो मुखले बोले ।
PSA 66:15 म तपाईंलाई थुमाहरूको सुगन्धित बास्‍नासहितको पशुहरूको होमबलि चढाउनेछु । म साँढेहरू र बोकाहरू चढाउनेछु । सेला
PSA 66:16 हे सबै परमेश्‍वरको भय मान्‍नेहरू हो, आओ र सुन । र उहाँले मेरो प्राणको निम्ति के गर्नुभएको छ सो म बताउनेछु ।
PSA 66:17 मैले आफ्‍नो मुखले उहाँमा पुकारा गरें र मेरो जिब्रोले उहाँको प्रशंसा गर्‍यो ।
PSA 66:18 मैले आफ्‍नो हृदयभित्र पाप देखेको भए, परमप्रभुले मेरो पुकारा सुन्‍नुहुनेथिएन ।
PSA 66:19 तर परमेश्‍वरले साँच्‍चै सुन्‍नुभएको छ । उहाँले मेरो प्रार्थनाको आवाजमा ध्यान दिनुभएको छ ।
PSA 66:20 परमेश्‍वर धन्यको हुनुहुन्छ, जसले मेरो प्रार्थना वा उहाँको करारको विश्‍वस्‍ततालाई मबाट हटाउनुभएको छैन ।
PSA 67:1 परमेश्‍वर हामीप्रति दयालु हुनुभएको होस्, र हामीलाई आशिष्‌‌‌ दिनुभएको होस्, अनि हामीमाथि आफ्‍नो मुहार चम्काउनुभएको होस् । सेला
PSA 67:2 ताकि तपाईंका मार्गहरू पृथ्वीलाई र तपाईंको मुक्‍ति सबै जातिहरूमा प्रकट होस् ।
PSA 67:3 हे परमेश्‍वर, मानिसहरूले तपाईंको प्रशंसा गरून् । सबै मानिसहरूले तपाईंको प्रशंसा गरून् ।
PSA 67:4 जातिहरू खुसी होऊन् र आनन्दले गाऊन्, किनकि तपाईंले मानिसहरूको न्‍याय सत्यतामा गर्नुहुनेछ र पृथ्वीका जातिहरूमा शासन गर्नुहुनेछ । सेला
PSA 67:5 हे परमेश्‍वर, मानिसहरूले तपाईंको प्रशंसा गरून् । सबै मानिसहरूले तपाईंको प्रशंसा गरून् ।
PSA 67:6 पृथ्वीले यसको फसल उत्पादन गरेको छ, र परमेश्‍वर, हाम्रा परमेश्‍वरले हामीलाई आशिष्‌ ‌‌दिनुभएको छ ।
PSA 67:7 परमेश्‍वरले हामीलाई आशिष्‌‌‌ दिनुभएको छ र पृथ्वीका अन्तिम छेउसम्म भएका सबैले उहाँको आदर गर्छन् ।
PSA 68:1 परमेश्‍वर उठ्नुभएको होस् । उहाँका शत्रुहरू तितरबितर होऊन् । उहाँलाई घृणा गर्नेहरू उहाँको सामुबाट भागून् ।
PSA 68:2 जसरी धुवाँ उडेर जान्‍छन्, त्‍यसरी नै तिनीहरूलाई उडाउनुहोस् । जसरी आगोको नजिक मैनबत्ति पग्लिन्‍छ, त्‍यसरी नै दुष्‍टहरू परमेश्‍वरको उपस्थितिमा नाश होऊन् ।
PSA 68:3 तर धर्मीहरू खुसी होऊन् । तिनीहरू परमेश्‍वरको सामु ज्‍यादै खुसी होऊन् । तिनीहरू आनन्‍दित होऊन् र खुसी होऊन् ।
PSA 68:4 परमेश्‍वरको स्तुति गाओ । उहाँको नाउँको स्तुति गाओ । यर्दन नदीको बेसीको मैदानमा सवार हुनुहुनेको निम्‍ति स्तुति गाओ । उहाँको नाउँ परमप्रभु हो । उहाँको सामु आनन्‍दित होओ ।
PSA 68:5 अनाथहरूका बुबा, विधवाहरूका न्यायकर्ता पवित्र स्थानमा बास गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ ।
PSA 68:6 एक्‍लो व्‍यक्‍तिलाई परमेश्‍वरले परिवार दिनुहुन्छ । उहाँले कैदीहरूलाई गीत गाउँदै बाहिर आउन दिनुहुन्छ । तर विद्रोहीहरूचाहिं सुख्खा जमिनमा बस्छन् ।
PSA 68:7 हे परमेश्‍वर, जब तपाईं आफ्‍ना मानसिहरूका अघि जानुभयो, जब तपाईं उजाडस्‍थानमा हिंड्‍नुभयो, सेला
PSA 68:8 तब पृथ्वी काम्यो । परमेश्‍वरको उपस्थितिमा, उहाँ सियोनमा आउनुहुँदा परमेश्‍वरको उपस्थितिमा, इस्राएलका परमेश्‍वर, परमेश्‍वरको उपस्थितिमा, आकाशले पनि वृष्‍टि खन्यायो ।
PSA 68:9 हे परमेश्‍वर, तपाईंले प्रशस्‍त झरी पठाउनुभयो । तपाईंको उत्तराधिकार थकित हुँदा तपाईंले त्‍यसलाई बलियो पार्नुभयो ।
PSA 68:10 तपाईंका मानिसहरू यसमा बसोवास गरे । हे परमेश्‍वर, तपाईंले आफ्नो भलाइबाट गरीबहरूलाई दिनुभयो ।
PSA 68:11 परमप्रभुले आदेश दिनुभयो र तिनीहरूलाई घोषणा गर्नेहरू ठुला फौज थिए ।
PSA 68:12 फौजका राजाहरू भाग्छन्, तिनीहरू भाग्छन्, र घरमा पर्खिरहने स्‍त्रीहरूले लुटको माल बाँड्छन्
PSA 68:13 चाँदीले ढाकिएको ढुकुरहरू, पखेटाहरू सुनले ढाकिएका । तिमीहरूमध्ये कोही भेडाका बगालहरूका माझमा बस्यौ, तिमीहरूले किन यसो गर्‍यौ?
PSA 68:14 सर्वशक्तिमान्‌ले त्यहाँ राजाहरूलाई तितरबितर पार्नुभयो, त्‍यो सल्मोन डाँडामाथि हिउँ परेको बेलाजस्तै थियो ।
PSA 68:15 बाशानको पहाडी देशचाहिं शक्तिशाली पहाड हो । बाशानको पहाडी देश एउटा अग्लो पहाड हो ।
PSA 68:16 हे उच्‍च पहाडी देश, तँ किन डाहले हेर्छस्, त्‍यो पहाड जसमा परमेश्‍वर बस्‍ने इच्छा गर्नुहुन्छ? वास्तवमा, परमप्रभु सदासर्वदा त्‍यसमा बास गर्नुहुन्छ ।
PSA 68:17 परमेश्‍वरका रथहरू बीसौं हजार, हजारौं हजार छन् । परमप्रभु सीनैमा जस्तै पवित्र स्थानमा तिनीहरूमा माझमा हुनुहुन्छ ।
PSA 68:18 तपाईं उच्‍चमा उक्लनुभएको छ । तपाईंले कैदीहरूलाई डोर्‍याउनुभएको छ । मानिसहरूका माझबाट, तपाईंको विरुद्धमा युद्ध लड्नेहरूबाट समेत तपाईंले उपहार ग्रहण गर्नुभएको छ, ताकि हे परमप्रभु परमेश्‍वर, तपाईं त्यहाँ बास गर्नुभएको होस् ।
PSA 68:19 परमप्रभु धन्यको होऊन्, जसले दिनदिने हाम्रो बोझ उठाउनुहुन्छ । परमेश्‍वर जो हाम्रो उद्धार हुनुहुन्छ । सेला
PSA 68:20 हाम्रो परमेश्‍वर बचाउनुहुने परमेश्‍वर हुनुहुन्छ । हामीलाई मृत्युबाट बचाउन सक्षम परमप्रभु परमेश्‍वर नै हुनुहुन्छ ।
PSA 68:21 तर परमेश्‍वरले आफ्‍नो शत्रुहरूका शिरहरूमा, उहाँको विरुद्धमा हिंड्‍नेहरूका कपाल भएका खप्‍परमा हिर्काउनुहुनेछ ।
PSA 68:22 परमप्रभुले भन्‍नुभयो, “म आफ्‍ना शत्रुहरूलाई बाशानबाट फर्काएर ल्याउनेछु । तिनीहरूलाई समुद्रको गहिराइबाट म फर्काएर ल्याउनेछु ।
PSA 68:23 ताकि आफ्‍ना खुट्टा रगतमा चोपेर तिमीहरूले आफ्ना शत्रुहरूलाई कुल्चनेछौ र तिमीहरूका शत्रुहरूबाट तिमीहरूका कुकुरहरूका जिब्राहरूले पनि आफ्नो भाग पाऊन् ।”
PSA 68:24 हे परमेश्‍वर, पवित्र स्थानमा तपाईंको शोभा-यात्रा, मेरो राजा, मेरो परमेश्‍वरको शोभा-यात्रा तिनीहरूले देखेका छन् ।
PSA 68:25 पहिले गायकहरू गए, त्यसपछि वद्यवादकहरू र बिचमा अविवाहित केटीहरूले खैंजडी बजाउँदै गए ।
PSA 68:26 सभाहरूमा परमेश्‍वरको प्रशंसा गर । तिमीहरू जो इस्राएलको मूलका हौ, परमप्रभुको स्तुति गर ।
PSA 68:27 त्यहाँ सबैभन्दा सानो कुल बेन्यामीन, त्‍यसपछि यहूदाका अगुवाहरू र तिनीहरूका दलहरू, जबूलुनका अगुवाहरू र नप्‍तालीका अगुवाहरू छन् ।
PSA 68:28 हे इस्राएल, तेरो परमेश्‍वरले तेरो सामर्थ्यको आदेश दिनुभएको छ । हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, हे परमेश्‍वर, जसरी तपाईंले विगतका समयहरूमा प्रकट गर्नुभएको छ ।
PSA 68:29 यरूशलेमको तपाईंको मन्दिरबाट हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, जहाँ राजाहरूले तपाईंलाई उपहारहरू ल्याउँछन् ।
PSA 68:30 नर्कटका जङ्गली पशुहरूका विरुद्धमा, साँढेहरू र बाछाहरूजस्‍ता मानिसहरूका भीडको विरुद्धमा कराउनुहोस् । तिनीहरूलाई होच्‍याउनुहोस् र तपाईंलाई उपहारहरू ल्याउने तिनीहरूलाई बनाउनुहोस् । युद्ध गर्न मन पराउने मानिसहरूलाई तितरबितर पार्नुहोस् ।
PSA 68:31 मिश्रदेशबाट शासकहरू बाहिर आउनेछन् । कूशले आफ्नै हातहरूले परमेश्‍वरको नजिक जान हतार गर्नेछ ।
PSA 68:32 हे पृथ्वीका राज्यहरू हो, परमेश्‍वरको निम्‍ति गाओ । सेला पमरप्रभुको स्तुति गाओ ।
PSA 68:33 आकाशका स्वर्गमा सवारहुनुहुनेलाई, जुन प्राचीन समयदेखि अस्तित्वमा छ । हेर, शक्तिले उहाँले आफ्नो आवाज उचाल्नुहुन्छ ।
PSA 68:34 परमेश्‍वरलाई बलको निम्ति श्रेय देओ । इस्राएलमा उहाँको ऐश्‍वर्य छ र उहाँको बल आकाशमा छ ।
PSA 68:35 हे परमेश्‍वर, तपाईं आफ्नो पवित्र स्थानमा भयवह हुनुहुन्छ । इस्राएलको परमेश्‍वर जसले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुहुन्छ ।
PSA 69:1 हे परमेश्‍वर, मलाई बचाउनुहोस् । किनकि पानीले मेरो जीवनलाई खतरामा पारेको छ ।
PSA 69:2 म गहिरो दलदलमा डुबेको छु, जहाँ टेक्‍ने ठाउँ नै छैन । म गहिरो पानीमा आएको छु, जहाँ ममाथि बाढिहरू बग्‍छन् ।
PSA 69:3 म आफ्‍नो चित्‍कारले थाकेको छु । मेरो घाँटी सुकेको छ । मेरो परमेश्‍वरमा आसा गर्दा मेरा आँखाहरू धमिला हुन्छन् ।
PSA 69:4 विनाकारण मलाई घृणा गर्नेहरू मेरो शिरको कपालभन्दा धेरै छन् । मेरा शत्रुहरू बनेर गलत तर्कहरू गरी मलाई नाश गर्न खोज्‍नेहरू शक्तिशाली छन् । मैले जे चोरेको थिएन, सो मैले तिर्नुपर्छ ।
PSA 69:5 हे परमेश्‍वर, तपाईंले मेरो मूर्खता जान्‍नुहुन्छ र मेरा पापहरू मबाट लुकेका छैनन् ।
PSA 69:6 हे सर्वशक्तिमान् परमप्रभु, मेरो कारणले तपाईंमा आसा राख्‍नेहरू लज्‍जित नहोऊन् । हे इस्राएलको परमेश्‍वर, मेरो कारणले तपाईंलाई खोज्‍नेहरू अनादरमा नपरून् ।
PSA 69:7 तपाईंको खातिर मैले हप्की सहेको छु । मेरो मुहार लाजले ढाकेको छ ।
PSA 69:8 मेरा भाइहरूका निम्ति म बिरानो, मेरी आमाका सन्तानहरूका निम्ति विदेशी भएको छु ।
PSA 69:9 किनको तपाईंको मन्‍दिरको जोशले मलाई खाएको छ र तपाईंलाई हप्काउनेहरूका हप्कीहरू ममाथि परेको छ ।
PSA 69:10 जब म रोएँ र खाना खाइन, तब तिनीहरूले मेरो अपमान गरे ।
PSA 69:11 जब मैले भाङ्ग्रालाई मेरो लुगा बनाए, तब म तिनीहरूको ठट्टाको पात्र बनें ।
PSA 69:12 सहरको ढोकामा बस्‍नेहरूले मेरो बारेमा कुरा गर्छन् । म जड्याँहाहरूका गीत भएको छु ।
PSA 69:13 तर हे परमप्रभु, मेरो प्रर्थना तपाईंमा नै छ, कुनै समयमा तपाईंले स्वीकार गर्नुहुनेछ । तपाईंको उद्धारको विश्‍वस्‍ततामा मलाई जवाफ दिनुहोस् ।
PSA 69:14 मलाई दलदलबाट नकाल्नुहोस् र मलाई डुब्‍न नदिनुहोस् । मलाई घृणा गर्नेहरूबाट मलाई टाढा लानुहोस् र गहिरो पानीबाट मलाई बचाउनुहोस् ।
PSA 69:15 बढीको पानीले मलाई व्याकुल पार्न नदिनुहोस्, न त सागरले मलाई निल्‍न दिनुहोस् । खाडलले ममाथि आफ्‍नो मुख बन्द नगरोस् ।
PSA 69:16 हे परमप्रभु, मलाई जवाफ दिनुहोस्, किनकि तपाईंको करारको विश्‍वस्‍तता असल छ । मेरो निम्ति तपाईंका कृपाहरू धेरै भएको हुनाले, मतिर फर्कनुहोस् ।
PSA 69:17 आफ्‍नो दासबाट आफ्नो मुहार नलुकाउनुहोस्, किनकि म संकष्‍टमा छु । मलाई चाँडै जवाफ दिनुहोस् ।
PSA 69:18 मकहाँ आउनुहोस् र मलाई उद्धार गर्नुहोस् । मेरा शत्रुहरूका कारणले मोल तिरेर मेरो उद्धार गर्नुहोस् ।
PSA 69:19 मेरो हप्‍की, मेरो लाज र मेरो अपमान तपाईंलाई थाहा छ । मेरा वैरीहरू सबै मेरै सामु छन् ।
PSA 69:20 हप्कीले मेरो हृदय तोडिएको छ । म गह्रौं बोझले दबिएको छु । कोही दया गर्ने मानिस मैले खोजें, तर कोही थिएन । मैले सान्त्वना दिनेहरू खोजें, तर मैले कोही भेटिनँ ।
PSA 69:21 खानलाई तिनीहरूले मलाई विष दिए । म तिर्खाउँदा तिनीहरूले पिउनलाई सिर्का दिए ।
PSA 69:22 तिनीहरूको निम्ति राखिएको भोजन तिनीहरूको निम्ति पासो बनोस् । तिनीहरू सुरक्षित छन् भनी तिनीहरूले विचार गर्दा, त्‍यो नै पासो बनोस् ।
PSA 69:23 तिनीहरूका आँखाहरू धमिला होऊन्, ताकि तिनीहरूले देख्‍न नसकून् । अनि तिनीहरूका कम्मर सधैं दुर्बल बनाउनुहोस् ।
PSA 69:24 तिनीहरूमाथि आफ्‍नो क्रोध खन्याउनुहोस् र तपाईंको रिसको उग्रताले तिनीहरूलाई व्याकुल बनाओस् ।
PSA 69:25 तिनीहरूको ठाउँ उजाड होस् । तिनीहरूको पालमा कोही नबसोस् ।
PSA 69:26 किनकि तपाईंले प्रहार गर्नुभएको व्यक्‍तिलाई तिनीहरूले सताए । तपाईंले घाइते बनाउनुभएकाहरूका पीडा विवरण तिनीहरूले दोहोर्‍याए ।
PSA 69:27 अधर्ममाथि अधर्म गरेको दोष तिनीहरूलाई लगाउनुहोस् । तिनीहरू तपाईंको धार्मिक विजयमा आउन नसकून् ।
PSA 69:28 तिनीहरूलाई जीवनको पुस्तकबाट हटाइयोस् र धर्मीहरूसँगै नलेखियोस् ।
PSA 69:29 तर म गरीब र दुःखी छु । हे परमेश्‍वर, तपाईंको उद्धारले मलाई उच्‍च स्थानमा बसालोस् ।
PSA 69:30 गीत गाउँदै म परमश्‍वरको नाउँको प्रशंसा गर्नेछु र धन्यवादको साथ उहाँलाई उच्‍च पार्नेछु ।
PSA 69:31 सिङ्हरू र खुरहरू भएका गोरु वा साँढेले भन्दा धेरै त्‍यसले परमप्रभु खुसी पार्नेछ ।
PSA 69:32 नम्रहरूले यो देखेका छन् र खुसी भएका छन् । परमेश्‍वरको खोजी गर्नेहरूको हृदय जीवित रहोस् ।
PSA 69:33 किनकि परमप्रभुले दरिद्रको पुकारा सुनुहुन्छ र आफ्‍ना कैदीहरूलाई घृणा गर्नुहुन्‍न ।
PSA 69:34 स्वर्ग र पृथ्वी, समुद्र र त्‍यसमा हलचल गर्ने हरेक थोकले उहाँको प्रशंसा गरून् ।
PSA 69:35 किनभने परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका सहरहरू पुनःनिर्माण गर्नुहुनेछ । मानिसहरू त्यहाँ बसोवास गर्नेछन् र यसलाई सम्पत्तिको रूपमा लिनेछन् ।
PSA 69:36 उहाँका सेवकहरूका सन्तानहरूले यसको उत्तराधिकार प्राप्‍त गर्नेछन् । अनि उहाँको नाउँलाई प्रेम गर्नेहरू त्यहाँ बस्‍नेछन् ।
PSA 70:1 हे परमेश्‍वर, मलाई बचाउनुहोस्! हे परमप्रभु, चाँडो आउनुहोस् र मलाई सहायता गर्नुहोस् ।
PSA 70:2 मेरो ज्‍यान लिन खोज्‍नेहरू लज्‍जित र अपमानित होऊन् । तिनीहरूलाई फर्काइयोस् र अनादर गरियोस्, जो मेरो पीडामा आनन्‍दित हुन्‍छन् ।
PSA 70:3 तिनीहरूका लाजको कारणले तिनीहरूलाई फर्काइयोस्, जसले भन्छन्, “आहा, आहा !”
PSA 70:4 तपाईंको खोजी गर्नेहरू आनन्‍दित होऊन् र तपाईंमा खुसी होऊन् । तपाईंको उद्धार मन पराउनेहरूले सधैं भनून्, “परमेश्‍वरको स्तुति होस् ।”
PSA 70:5 तर म गरीब र दरिद्र छु । हे परमेश्‍वर, मकहाँ चाँडो आउनुहोस् । तपाईं मेरो सहायता हुनुहुन्छ र तपाईंले मलाई छुटाउनुहुन्छ । हे परमप्रभु, ढिलो नगर्नुहोस् ।
PSA 71:1 हे परमप्रभु, म तपाईंमा शरण लिन्छु । मलाई कदापि लाजमा नपार्नुहोस् ।
PSA 71:2 मलाई बचाउनुहोस् र तपाईंको धार्मिकतामा मलाई सुरक्षित राख्‍नुहोस् । तपाईंको काम मतिर फर्काउनुहोस् र मलाई बचाउनुहोस् ।
PSA 71:3 मेरो निम्ति चट्टान हुनुहोस् जहाँ म सधैं जान सकूँ । तपाईंले मलाई बचाउन आज्ञा दिनुभएको छ, किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ ।
PSA 71:4 हे परमेश्‍वर, दुष्‍टहरूका हातबाट, अधर्मी र निर्दयीहरूका हातबाट मलाई बचाउनुहोस् ।
PSA 71:5 किनकि हे परमप्रभु परमेश्‍वर, तपाईं मेरो आसा हुनुहुन्छ । मेरो बालक हुँदादेखि नै मैले तपाईंमा भरोसा राखेको छु ।
PSA 71:6 म गर्भमा हुँदादेखि नै तपाईंले मलाई सहारा दिनुभएको छ । मेरो आमाको गर्भदेखि मलाई बहिर निकाल्ने तपाईं नै हुनुहुन्छ । मेरो प्रशंसा सधैं तपाईंको बारेमा नै हुनेछ ।
PSA 71:7 धेरै जना मानिसका निम्ति म उदाहरण भएको छु । तपाईं मेरो बलियो शरण हुनुहुन्छ ।
PSA 71:8 मेरो मुख तपाईंको प्रशंसाले, दिनभरि नै तपाईंको आदरले भरिनेछ ।
PSA 71:9 मेरो वृद्ध अवस्थामा मलाई टढा नफाल्‍नुहोस् । मेरो बल कमजोर हुँदा मलाई नत्याग्‍नुहोस् ।
PSA 71:10 किनकि मेरा शत्रुहरूले मेरो बारेमा कुरा गर्दैछन् । मेरो ज्‍यान लिन खोज्‍नेहरूले एकसाथ षड्यान्त्र गर्दैछन् ।
PSA 71:11 तिनीहरू भन्छन्, “परमेश्‍वरले त्यसलाई त्याग्‍नुभएको छ । लखेटेर त्यसलाई समात्, किनकि त्यसलाई बचाउने कोही पनि छैन ।”
PSA 71:12 हे परमेश्‍वर, मबाट टाढा नहुनुहोस् । हे मेरो परमेश्‍वर, मलाई सहायता गर्न चाँडो गर्नुहोस् ।
PSA 71:13 तिनीहरू लाजमा परून् र नाश होऊन्, जसले मेरो जीवनसँग शत्रुता गर्छन् । तिनीहरू हप्की र अनादरले ढाकिऊन्, जसले मलाई चोट पुर्‍याउन खोज्‍छन् ।
PSA 71:14 तर म सधैं तपाईंमा आसा गर्नेछु र म तपाईंको झन् धेरै स्तुति गाउनेछु ।
PSA 71:15 मैले तपाईंको धार्मिकता र तपाईंको मुक्‍तिलाई नबुझे तापनि, मेरो मुखले दिनभरि त्यसैको बारेमा भन्‍नेछ ।
PSA 71:16 म परमप्रभु परमेश्‍वरको शक्तिशाली कामहरूसँगै आउनेछु । म तपाईंको, केवल तपाईंको धार्मिकताको वर्णन गर्नेछु ।
PSA 71:17 हे परमेश्‍वर, तपाईंले मलाई मेरो युवावस्थादेखि नै सिकाउनुभएको छ । अहिले पनि म तपाईंको अचम्‍मका कामहरू घोषणा गर्नेछु ।
PSA 71:18 वास्तवमा, हे परमेश्‍वर, म वृद्ध हुँदा र मेरो कपाल फुल्दा पनि मलाई नत्याग्‍नुहोस्, जसरी मैले तपाईंको सामर्थ्य अर्को पुस्तालाई, तपाईंको शक्ति आउनेवाला हरेकलाई घोषणा गरिरहेको छु ।
PSA 71:19 हे परमेश्‍वर, तपाईंको धार्मिकता धेरै उच्‍च छ । हे परमेश्‍वर, तपाईंले महान् कुराहरू गर्नुभएको छ, तपाईंजस्तो को छ र?
PSA 71:20 तपाईंले मलाई धेरै कष्‍टहरू देख्‍न दिनुभयो तपाईंले नै हामीलाई फेरि जागृत पार्नुहुनेछ र हामीलाई पृथ्वीको गहिराइबाट फेरि माथि ल्याउनुहुनेछ ।
PSA 71:21 तपाईंले मेरो इज्‍जत वृद्धि गर्नुहोस् । फेरि फर्कनुहोस् र मलाई सान्त्वना दिनुहोस् ।
PSA 71:22 हे मेरो परमेश्‍वर, तपाईंको सत्‍यताको निम्‍ति वीणा बजाएर म तपाईंलाई धन्‍यवाद चढाउनेछु । हे इस्राएलको परम पवित्र, सारङ्गी बजाएर म तपाईंको स्तुति गाउनेछु ।
PSA 71:23 जब म तपाईंको प्रशंसाका गीतहरू गाउनेछु, तब मेरा ओठहरू आनन्दले कराउनेछन्— मेरो प्राणले पनि जसलाई तपाईंले उद्धार गर्नुभएको छ ।
PSA 71:24 मेरो जिब्रोले पनि दिनभरि तपाईंको धार्मिकताको बारेमा बताउनेछ । किनकि तिनीहरू लाजमा र गोलमाल पारिएका छन् जसले मलाई चोट पुर्‍याउन खोजे ।
PSA 72:1 हे परमेश्‍वर, राजालाई आफ्‍नो धार्मिक आदेशहरू दिनुहोस् । राजाको छोरालाई तपाईंको धार्मिकता दिनुहोस् ।
PSA 72:2 तिनले तपाईंका मानिसहरूलाई धार्मिकताले र तपाईंका गरीबहरूलाई न्यायले फैसला गरून् ।
PSA 72:3 पहाडहरूले मानिसहरूका निम्ति शान्ति उत्पन्‍न गरून् । डाँडाहरूले धर्मिकता उत्पन्‍न गरून् ।
PSA 72:4 उनले मानिसहरूका गरीबलाई न्याय देऊन् । उनले दरिद्रहरूका छोराछोरीलाई बचाऊन् र थिचोमिचो गर्नेहरूलाई चकनाचूर पारून् ।
PSA 72:5 सूर्य रहेसम्म र चद्रमा रहुन्‍जेलसम्म सबै पुस्ताहरूमा, तिनीहरूले तपाईंको आदर गरून् ।
PSA 72:6 काटेको घाँसमा झरीपरेझैं र पृथ्वीलाई भिजाउने झरीझैं उनी तल आऊन् ।
PSA 72:7 उनको समयमा धर्मीहरूको फलिफाप होस् र चद्रमाको लोप नभएसम्‍म त्‍यहाँ प्रशस्‍त शान्ति होस् ।
PSA 72:8 उनले समुद्रदेखि समुद्रसम्म र नदीदेखि पृथ्वीको अन्तिम छेउसम्म अधीन गरून् ।
PSA 72:9 उजाडस्‍थानमा बस्‍नेहरू उनको सामु घोप्‍टो परेर दण्डवत गरून् । उनका शत्रुहरूले धूलो चाटून् ।
PSA 72:10 तर्शीश र टापूहरूका राजाहरूले कर तिरून् । शेबा र शेबाका राजहरूले उपहारहरू ल्याऊन् ।
PSA 72:11 वास्तवमा, सबै राजा उनको सामु घोप्‍टो परून् । सबै जातिहरूले तिनको सेवा गरून् ।
PSA 72:12 उनले पुकारा गर्ने दरिद्रलाई र अरू कुनै सहायक नभएका गरीबलाई सहायता गर्छन् ।
PSA 72:13 उनले गरीब र दरिद्रहरूलाई दया गर्छन् र उनले दरिद्रहरूको जीवन बचाउँछन् ।
PSA 72:14 उनले थिचोमिचो र हिंसाबाट तिनीहरूको जीवन बचाउँछन्, उनको दृष्‍टिमा तिनीहरूका रगत बहुमूल्य हुन्‍छ ।
PSA 72:15 उनी जीवित रहून्! शेबाको सुन उनलाई दिइयोस् । मानिसहरूले उनको निम्ति सधैं प्रर्थना गरून् । परमेश्‍वरले उनलाई दिनभरि आशिष्‌ ‌‌देऊन् ।
PSA 72:16 देशमा अन्‍नको प्रशस्‍त होस् । पहाड टुप्‍पाहरूमा उनीहरूका बाली लहलह होऊन् । यसको फल लेबनानको जस्तै होस् । सहरका मानिसहरू मैदानको घाँसझैं फल्दोफुल्दो होऊन् ।
PSA 72:17 उनको नाउँ अमर रहोस् । सूर्य रहेसम्म उनको नाउँ निरन्तर रहोस् । मानिसहरू उनमा आशोषित् होऊन् । सबै जातिहरूले उनलाई धन्यको भनून् ।
PSA 72:18 परमप्रभु परमेश्‍वर, इस्राएलको परमेश्‍वर धन्यको होऊन्, जसले मात्र अचम्‍मका कामहरू गर्नुहुन्छ ।
PSA 72:19 उहाँको महिमित नाउँ सदासर्वदा धन्यको होस् र सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण होस् । आमेन र आमेन ।
PSA 72:20 यिशैका छोरा दाऊदका प्रार्थनाहरू सकिएको छ ।
PSA 73:1 निश्‍चय नै परमेश्‍वर इस्राएलको निम्‍ति, शुद्ध हृदय हुनेहरूका निम्‍ति भला हुनुहुन्छ ।
PSA 73:2 तर मेरो बारेमा, मेरा खुट्टाहरू झण्डै चिप्ले । मेरा खुट्टाहरू मेरो मुनिबाट झण्डै चिप्‍ले ।
PSA 73:3 किनभने जब मैले दुष्‍टहरूका फलिफाप देखें, तब मैले अहङ्कारीहरूको डाह गरें ।
PSA 73:4 किनकि मृत्युसम्म नै तिनीहरूलाई कुनै पीडा नै हुँछैन, तर तिनीहरू बलिया र स्वस्थ्य हुन्‍छन् ।
PSA 73:5 अरू मानिसहरूका बोझहरूबाट तिनीहरू मुक्‍त छन् । अरू मानिसहरूलाई झैं तिनीहरूलाई कष्‍ट हुँदैन ।
PSA 73:6 तिनीहरूका घाँटीमा सिक्रीझैं तिनीहरू घमण्डले सजिछन् । वस्‍त्रले ढाकेझैं तिनीहरूलाई हिंसाले ढाक्‍नेछ ।
PSA 73:7 यस्ता अन्धोपनबाट नै पाप आउँछ । तिनीहरूका हृदयहरूबाट दुष्‍ट विचारहरू जान्छन् ।
PSA 73:8 तिनीहरू दुष्‍टतापूर्वक गिल्ला गर्छन् र बोल्छन् । आफ्‍नो अहङ्कारमा तिनीहरूले अत्यचारको धम्की दिन्छन् ।
PSA 73:9 आफ्नो मुखले तिनीहरू स्वर्गको विरुद्धमा बोल्‍छन् र तिनीहरूका जिब्रोहरूले पृथ्वीको अधिकार गर्छन् ।
PSA 73:10 यसकारण तिनका मानिसहरू तिनीहरूतिर फर्कन्छन् र प्रशस्‍त पानी बगाइन्छ ।
PSA 73:11 तिनीहरू भन्छन्, “परमेश्‍वरले कसरी जान्‍नुहुन्छ? के सर्वोच्‍चसँग ज्ञान छ र?”
PSA 73:12 हेर्नुहोस्ः यी मानिसहरू दुष्‍टहरू हुन् । तिनीहरू निश्‍चिन्त छन् र झन्-झन् धनी हुँदैछन् ।
PSA 73:13 निश्‍चय नै मैले व्यार्थमा मेरो हृदयलाई सुरक्षित राखेको छु र निर्दोषतामा मेरा हातहरू धोएको छु ।
PSA 73:14 किनकि म दिनभरि कष्‍टमा परेको छु र हरेक बिहान ताड्ना पाएको छु ।
PSA 73:15 “म यी कुराहरू भन्‍नेछु,” भनी मैले भनेको भए, तपाईंका छोराछोरीका यो पुस्तालाई मैले धोका दिनेथिएँ ।
PSA 73:16 मैले यी कुराहरू बुझ्‍ने कोसिस गरे तापनि, मेरो निम्ति यो धेरै कठिन थियो ।
PSA 73:17 तब म परमेश्‍वरको पवित्रस्थानभित्र गएँ र तिनीहरूका अन्‍तिम अवस्‍थालाई बुझें ।
PSA 73:18 निश्‍चय नै तपाईंले तिनीहरूलाई चिप्‍लो ठाउँहरूमा राख्‍नुहुन्‍छ । तपाईंले तिनीहरूलाई सर्वनाश लानुहुन्‍छ ।
PSA 73:19 तिनीहरू कसरी क्षणभरमा नै उजाडस्‍थान बने! तिनीहरूको अन्‍त भयो र भयानक त्रासहरूले समाप्‍त पारिए ।
PSA 73:20 कोही ब्युँझँदा, ती सपनामा भएजस्तो हुन्‍छन् । हे परमप्रभु, जब तपाई खडा हुनुहुन्छ, तब तपाईंले ती सपनाहरूका बारेमा केही विचार गर्नुहुन्‍न ।
PSA 73:21 किनकि मेरो हृदय शोकमा परेको थियो र म गहिरो चोटमा परेको थिएँ ।
PSA 73:22 म मूर्ख थिएँ र अन्तरदृष्‍टिको कमी थियो । तपाईंको सामु म मूर्ख पशुजस्तै थिएँ ।
PSA 73:23 तापनि म सधैं तपाईंसँगै छु । तपाईंले मेरो दाहिने हात समात्‍नुहुन्‍छ ।
PSA 73:24 तपाईंले मलाई आफ्‍नो सल्लाहले मार्गदर्शन गर्नुहुनेछ र पछि मलाई महिमामा ग्रहण गर्नुहुनेछ ।
PSA 73:25 स्वर्गमा तपाईंबाहेक मेरो को छ र? पृथ्‍वीमा मैले इच्‍छा गर्ने तपाईंबाहेक अरू कोही छैन ।
PSA 73:26 मेरो शरीर र मेरो मुटु कमजोर हुन्छन्, तर परमेश्‍वर नै सदासर्वदा मेरो हृदयको बल हुनुहुन्छ ।
PSA 73:27 तपाईंदेखि टाढा हुनेहरू नष्‍ट हुनेछन् । तपाईंप्रति विश्‍वासयोग्‍य नहुनेहरूलाई तपाईंले नष्‍ट पार्नुहुनेछ ।
PSA 73:28 तर मेरो बारेमा, मैले गर्नुपर्ने कुराचाहिं परमेश्‍वरको नजिक जाने हो । परमप्रभु परमेश्‍वरलाई मैले आफ्‍नो शरणस्थान बनाएको छु । तपाईंका सबै कामहरू म घोषणा गर्नेछु ।
PSA 74:1 हे परमेश्‍वर, तपाईंले हामीलाई किन सदाको निम्ति इन्कार गर्नुभएको छ? तपाईंको क्रोध किन तपाईंका खर्कका भेडाहरूका विरुद्धमा दन्किन्छ?
PSA 74:2 आफ्ना मानिसहरू जसलाई तपाईंले प्राचीन समयमा किन्‍नुभयो, तपाईंको आफ्नै उत्तराधिकार हुनलाई उद्धार गर्नुभएका कुलहरू र तपाईं वास गर्नुहुने सियोन पर्वतलाई सम्झनुहोस् ।
PSA 74:3 आउनुहोस्, शत्रुले पवित्रस्थानमा गरेका सम्‍पूर्ण भग्‍नावशेष, सारा सर्वनाशलाई हेर्नुहोस् ।
PSA 74:4 तपाईंको तोकिएको ठाउँको बिचमा तपाईंका वैरीहरू गर्जन्छन् । तिनीहरूले आफ्ना युद्धका झन्डाहरू खडा गर्छन् ।
PSA 74:5 बञ्‍चरोले घना जङ्गल काटेझैं तिनीहरूले काटेर लगे ।
PSA 74:6 तिनीहरूले बट्टाहरूलाई फुटाएका छन् र टुक्र-टुक्रा पारेका छन् । तिनीहरूले बन्‍चरो र घनहरूले फुटाए ।
PSA 74:7 तपाईंको पवित्रस्थान तिनीहरूले आगोले जलाए । तपाईं वास गर्नुहुने ठाउँलाई तिनीहरूले भूइँमा ढालेर अपवित्र पारे ।
PSA 74:8 तिनीहरूले आफ्ना हृदयहरूमा भने, “तिनीहरू सबैलाई हामी नाश गर्नेछौं ।” देशमा भएका तपाईंको आराधना हुने ठाउँहरू सबै तिनीहरूले जलाए ।
PSA 74:9 हामी अब कुनै चिन्हहरू देख्दैनौं । अब कोही अगमवक्‍ता छैनन् र यो कहिलेसम्म रहन्छ भनी हाम्रा बिचमा हुने कसैले पनि जान्‍दैन ।
PSA 74:10 हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन् ?
PSA 74:11 आफ्‍नो बाहुली, तपाईंको दाहिने हात तपाईंले किन रोक्‍नुहुन्छ? आफ्‍नो दाहिने हात आफ्नो खल्‍तीबाट झिक्‍नुहोस् र तिनीहरूलाई नाश पार्नुहोस् ।
PSA 74:12 तापनि पृथ्वीमा उद्धार ल्याउनुभएर परमेश्‍वर प्राचीन समयदेखि नै मेरो राजा हुनुभएको छ ।
PSA 74:13 तपाईंले समुद्रलाई आफ्नो शक्तिले विभाजन गर्नुभयो । तपाईंले समुद्री भयानक जन्‍तुहरूका शिरहरू तोड्नुभयो ।
PSA 74:14 तपाईंले लिव्यातन्‌को शिर कुच्‍याउनुभयो । तपाईंले त्यसलाई उजास्‍थानमा बस्‍नेहरूलाई खुवाउनुभयो ।
PSA 74:15 तपाईंले मूलहरू र खोलाहरूका मुहान खोल्‍नुभयो । तपाईंले बगिरहेका नदीहरूलाई सुकाउनुभयो ।
PSA 74:16 दिन तपाईंको हो र रात पनि तपाईंकै हो । तपाईंले सूर्य र चनद्रमालाई आफ्नो ठाउँमा राख्‍नुभयो ।
PSA 74:17 तपाईंले पृथ्वीको सबै सिमाना तोक्‍नुभएको छ । तपाईंले हिउँद र ग्रीष्म बनाउनुभएको छ ।
PSA 74:18 हे परमप्रभु, शत्रुहरूले तपाईंलाई कसरी अपमान गरे सो सम्झनुहोस् । अनि मूर्ख मानिसहरूले तपाईंको नाउँको निन्दा गरेका छन् ।
PSA 74:19 तपाईंको ढुकुरको जीवन जङ्गली पशुलाई नदिनुहोस् । थिचोमिचोमा परेका तपाईंका मानिसहरूका जीवन सधैं नबिर्सनुहोस् ।
PSA 74:20 आफ्नो करार सम्झनुहोस्, किनकि देशका अन्धकार क्षेत्रहरू हिंसाले भरिएको ठाउँहरू हुन् ।
PSA 74:21 थिचोमिचोमा परेकाहरू लाजमा परेर फर्किने नतुल्‍याउनुहोस् । गरीब र थिचोमिचोमा परेकाहरूले तपाईंको नाउँको स्तुति गरून् ।
PSA 74:22 हे परमेश्‍वर, उठ्नुहोस् । तपाईंको आफ्नो इज्‍जतको रक्षा गर्नुहोस् । मूर्खहरूले दिनभरि कसरी तपाईंको अपमान गर्छन् सम्झनुहोस् ।
PSA 74:23 तपाईंका वैरीहरूका आवाजहरू वा तपाईंलाई निरन्‍तर अनादर गर्नेहरूका कोलाहल नबिर्सनुहोस् ।
PSA 75:1 हे परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं । हामी धन्यवाद दिन्छौं, किनकि तपाईंले आफ्नो उपस्थिति प्रकट गर्नुहुन्छ । मानिसहरूले तपाईंका अचम्‍मका कामहरूका बारेमा बताउँछन् ।
PSA 75:2 तोकिएको समयमा म न्यायोचित रूपमा फैसला गर्नेछु ।
PSA 75:3 पृथ्वी र यसका सबै बासिन्दा डरले थरथर कामे पनि, पृथ्वीका खम्बाहरूलाई म दृढ बनाउछु । सेला
PSA 75:4 मैले अहङ्कारीलाई भनें, “अहङ्कारी नहो,” र दुष्‍टहरूलाई भनें, “सिङ् ठाडो नपार् ।
PSA 75:5 आफ्ना सिङहरूलाई माथि नउचाल् । हठपूर्ण घाँटी बनाएर नबोल् ।”
PSA 75:6 उचाल्‍ने कुरा पूर्वबाट वा, पश्‍चिमबाट होइन र त्‍यो उजाडस्‍थानबाट आउने होइन ।
PSA 75:7 तर परमेश्‍वर नै न्यायकर्ता हुनुहुन्छ । उहाँले तल झार्नुहुन्छ र उहाँले माथि उठाउनुहुन्छ ।
PSA 75:8 किनकि परमप्रभुले आफ्नो हातमा फिंज आइरहेको दाखमद्यको कचौरा समात्‍नुहुन्छ, जुन मसलासँग मिसाइएको छ र ‍यसलाई खन्याउनुहुन्‍छ । निश्‍चय नै पृथ्वीका सबै दुष्‍टहरूले यसको अन्तिम थोपासम्म पिउनेछन् ।
PSA 75:9 तर तपाईंले भन्‍नुभएको कुरा म निरन्तर रूपमा बताउनेछु । याकूबका परमेश्‍वरको स्तुति म गाउनेछु ।
PSA 75:10 उहाँ भन्‍नुहुन्छ, “दुष्‍टहरूका सबै सिङलाई म काट्‍नेछु, तर धर्मीहरूका सिङहरू माथि उचालिनेछन् ।”
PSA 76:1 परमेश्‍वरले आफैलाई यहूदामा प्रकट गर्नुभएको छ । इस्राएलमा उहाँको नाउँ महान् छ ।
PSA 76:2 उहाँको पाल शालेममा छ । उहाँको बासस्‍थान सियोनमा छ ।
PSA 76:3 त्यहाँ उहाँले धनुको काँड, तरवार, ढाल र युद्धका अन्य हतियारहरू नष्‍ट गर्नुभयो । सेला
PSA 76:4 पर्वतहरूमाथि तपाईंले आफ्‍ना शिकारहरू मारेर ओर्लनुहुँदा तपाईं चम्‍किनुहुन्‍छ र आफ्‍नो माहिमा प्रकट गर्नुहुन्छ ।
PSA 76:5 साहसी हृदय भएकाहरू लुटिएका थिए । तिनीहरू मस्त निद्रमा परे । सबै योद्धाहरू असहाय थिए ।
PSA 76:6 हे याकूबको परमेश्‍वर, तपाईंले हप्काउनुहुँदा घोडाचढी र घोडा दुवै मस्त निद्रामा परे ।
PSA 76:7 तपाईंको, हो तपाईंकै भय मानिन्छ । तपाईं रिसाउनुहुँदा तपाईंको सामु को खडा हुन सक्छ र?
PSA 76:8 स्वर्गबाट तपाईंले आफ्नो न्याय सुनाउनुभयो । पृथ्वी भयभीत र चूपचाप थियो ।
PSA 76:9 हे परमेश्‍वर, जति बेला तपाईं न्याय गर्न र पृथ्वीका सबै थिचोमिचोमा परेकाहरूलाई बचाउन उठ्नुभयो । सेला
PSA 76:10 निश्‍चय नै, मानवजातिको विरुद्धमा तपाईंको क्रोधपूर्ण न्यायले तपाईंलाई प्रशंसा ल्याउनेछ । तपाईंको क्रोधबाट बाँकी रहेकाहरूले तपाईंले आफूलाई घेर्नुहोस् ।
PSA 76:11 परमप्रभु आफ्‍ना परमेश्‍वरसँग भाकल गर र ती पुरा गर । उहाँको वरिपरि भएका सबै जनाले उहाँलाई उपहारहरू ल्याऊन् जसको भय मान्‍नुपर्छ ।
PSA 76:12 उहाँले शासकहरूका आत्मा नाश पार्नुहुन्छ । पृथ्वीका राजाहरूले उहाँको भय मान्छन् ।
PSA 77:1 म आफ्‍नो आवाजले परमेश्‍वरमा पुकारा गर्नेछु । म आफ्‍नो आवाजले परमेश्‍वरमा पुकारा गर्नेछु, र मेरो परमश्‍वरले सुन्‍नुहुनेछ ।
PSA 77:2 मेरो कष्‍टको दिनमा मैले परमप्रभुलाई खोजें । राति मैले आफ्‍नो हात फैलाएँ र तिनीहरू थाकेनन् । मेरो प्राणले सान्त्वना पाउन इन्‍कार गर्‍यो ।
PSA 77:3 मैले सुस्‍केरा हाल्‍दा मैले परमेश्‍वरको बारेमा विचार गरें । म मूर्छा पर्दा मैले उहाँको बारेमा विचार गरें । सेला
PSA 77:4 तपाईंले मेरा आँखा खुल्ला राख्‍नुभयो । म बोल्‍नै नसक्‍ने कष्‍टमा थिएँ ।
PSA 77:5 मैले पुराना दिनहरू, धेरै पहिलेको समयको बारेमा विचार गरें ।
PSA 77:6 मैले कुनै समय गाएको गीतलाई मैले रातको समयमा याद गरें । मैले होसियार भएर विचार गरें र के भएको थियो भनी बुझ्‍ने कोसिस गरें ।
PSA 77:7 के परमप्रभुले मलाई सदाको निम्ति इन्कार गर्नुहुनेछ ? के उहाँले मलाई फेरि कहिल्यै कृपा देखाउनुहुनेछैन?
PSA 77:8 के उहाँको करारको विश्‍वस्‍तता सदाको निम्ति सकियो? के उहाँको प्रतिज्ञा सदाको निम्ति विफल भएको थियो?
PSA 77:9 के परमेश्‍वरले अनुग्रही हुन बिर्सनुभएको थियो? के उहाँको क्रोधले उहाँको दयालाई बन्द गरेको थियो? सेला
PSA 77:10 मैले भनें, “यो मेरो कष्‍ट होः हामीप्रति सर्वोच्‍चको दाहिने बाहुलीको परिवर्तन हो ।”
PSA 77:11 तर हे परमप्रभु, म तपाईंका कामहरू सम्झने छु । विगतका तपाईंका अचम्‍मका कामहरूका बारेमा म विचार गर्नेछु ।
PSA 77:12 तपाईंका सबै कामहरूका बारेमा म विचार गर्नेछु र तिनमा विचार गर्नेछु ।
PSA 77:13 हे परमेश्‍वर, तपाईंको मार्ग पवित्र छ । हाम्रो महान् परमेश्‍वरसित कुन परमेश्‍वरको तुलना हुन्छ र?
PSA 77:14 तपाईं अचम्‍मका कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ । तपाईंले मानिसहरूका माझमा आफ्नो सामर्थ्य प्रकट गर्नुभएको छ ।
PSA 77:15 आफ्नो महान् शक्तिले तपाईंले आफ्‍ना मानिसहरू, याकूब र योसेफका सन्तानहरूलाई आफ्‍नो विजय दिनुभयो । सेला
PSA 77:16 हे परमेश्‍वर, पानीले तपाईंलाई देख्यो । पानीले तपाईंलाई देख्यो र तिनीहरू भयभीत भए । गहिराइहरू थरथर कामे ।
PSA 77:17 बादलहरूले पानी तल खन्‍याए । बादल लागेको आकाशले आवाज निकाल्यो । तपाईंका काँडहरू यताउता उडे ।
PSA 77:18 तपाईंको गर्जनको सोर हावामा सुनियो । बिजुलीको चमकले संसारलाई उज्‍यालो बनायो । पृथ्वी थरथर काम्यो र हल्लियो ।
PSA 77:19 तपाईंको मार्ग समुद्रबाट गयो र तपाईंको बाटो उर्लंदो पानीबाट गयो, तर तपाईंका पाइलाहरू देखिएनन् ।
PSA 77:20 तपाईंले मोशा र हारूनको हातद्वारा बगाललाई झैं आफ्ना मानिसहरूलाई डोर्‍याउनुभयो ।
PSA 78:1 हे मेरा मानिसहरू, मेरो शिक्षा सुन । मेरा मुखका वचनहरू सुन ।
PSA 78:2 दृष्‍टान्तमा म आफ्‍नो मुख खोल्नेछु । विगतका गुप्‍त कुराको बारेमा म गीत गाउनेछु ।
PSA 78:3 हामीले सुनेका र सिकेका कुराहरू, हाम्रा पुर्खाहरूले हामीलाई भनेका कुराहरू यिनै हुन् ।
PSA 78:4 तिनीहरूका सन्‍तानहरूबाट हामी ती कुरा लुकाउनेछैनौं । परमप्रभुका प्रशंसनीय कामहरू, उहाँको सामर्थ्य र उहाँले गर्नुभएका अचम्‍मका कामहरूका बारेमा हामी अर्को पुस्तालाई बताउनेछौं ।
PSA 78:5 किनकि उहाँले याकूबमा करारका नियमहरू स्थापित गर्नुभयो र इस्राएलमा व्यवस्था दिनुभयो । उहाँले हाम्रा पूर्खाहरूलाई ती आफ्ना सन्तानहरूलाई सिकाउने आज्ञा दिनुभयो ।
PSA 78:6 उहाँले यस्तो आज्ञा दिनुभयो, ताकि अझै नजन्‍मेका छोराछोरी, अर्थात् आउने पुस्‍ताले उहाँका आदेशहरू जानोस्, जसले पछि तिनीहरूका आफ्‍नै सन्ताहरूलाई ती भन्‍नुपर्छ ।
PSA 78:7 तब तिनीहरूले आफ्‍नो आसा परमेश्‍वरमा राखून् र उहाँका कामरू नबिर्सून्, तर उहाँका आज्ञाहरू पालन गरून् ।
PSA 78:8 तब तिनीहरू आफ्‍ना पुर्खाहरूजस्ता हुनेछैनन्, जो हठी र विद्रोही पुस्ता थिए । एउटा यस्तो पुस्ता जसका हृदयहरू ठिक थिएनन् र जसका आत्माहरू परमेश्‍वरप्रति समर्पित र विश्‍वासयोग्य थिएनन् ।
PSA 78:9 एफ्राइमीहरू धनुले सुसज्‍जित थिए, तर तिनीहरू युद्धको दिनमा पछि फर्के ।
PSA 78:10 तिनीहरूले परमेश्‍वरसँगको करार पालन गरेनन् र तिनीहरूले उहाँको व्यवस्था पालन गर्न इन्कार गरे ।
PSA 78:11 तिनीहरूले उहाँका कामहरू, उहाँले तिनीहरूलाई प्रकट गर्नुभएको अचम्‍मका कुराहरूलाई बिर्से ।
PSA 78:12 मिश्र देशमा, सोअनको देशमा तिनीहरूका पुर्खाहरूका दृष्‍टिमा उहाँले गर्नुभएको चमत्कारिक कुराहरूलाई तिनीहरूले बिर्से ।
PSA 78:13 उहाँले समुद्रलाई दुई भाग पार्नुभयो र तिनीहरूलाई त्‍यसको पारिपट्टि लानुभयो । उहाँले पानीलाई पर्खालहरूझैं खडा गर्नुभयो ।
PSA 78:14 दिनको समयमा बादलले र रातभरि आगोको प्रकाशले उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो ।
PSA 78:15 उहाँले उजाडस्थानको चट्टा चिर्नुभयो र समुद्रको गहिराइ भर्न प्रशस्‍त हुने पानी उहाँले तिनीहरूलाई दिनुभयो ।
PSA 78:16 चट्टानबाट उहाँले खोलाहरू बगाउनुभयो र पानीलाई नदीहरूझैं बगाउनुभयो ।
PSA 78:17 तापनि तिनीहरूले उजाड-स्थानमा सर्वोच्‍चको विरुद्धमा विद्रोह गरेर उहाँको विरुद्धमा पाप गरिरहे ।
PSA 78:18 आफ्‍नो भोक मेटाउनलाई खाना मागेर आफ्‍ना हृदयहरूले तिनीहरूले परमेश्‍वरलाई चुनौति दिए ।
PSA 78:19 तिनीहरू परमेश्‍वरको विरुद्धमा बोले । तिनीहरूले भने, “परमेश्‍वरले हामीलाई उजाड-स्थानमा साँच्‍चै नै खाना खुवाउन सक्‍नुहुन्छ र?
PSA 78:20 हेर, उहाँले चट्टानलाई प्रहार गर्नुहुँदा, पानी निस्कियो र नदीहरू बगे । तर के उहाँले रोटी पनि दिन सक्‍नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूलाई मासु दिनुहुनेछ ?”
PSA 78:21 जब परमप्रभुले यो सुन्‍नुभयो, तब उहाँ रिसाउनुभयो । त्यसैले उहाँको आगो याकूबको विरुद्ध दन्क्यो र उहाँको रिसले इस्राएललाई आक्रमण गर्‍यो,
PSA 78:22 किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेनन् र उहाँको उद्धारमा भरोसा गरेनन् ।
PSA 78:23 तापनि उहाँले माथिका आकाशलाई आज्ञा गर्नुभयो र आकाशका ढोकाहरू खोल्नुभयो ।
PSA 78:24 तिनीहरूलाई खानलाई उहाँले मन्‍न बर्साउनुभयो, र उहाँले तिनीहरूलाई स्वर्गको अन्‍न दिनुभयो ।
PSA 78:25 मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए । तिनीहरूलाई उहाँले प्रशस्‍त गरी खाना पठाउनुभयो ।
PSA 78:26 उहाँले आकाशमा पूर्वी बतास चलाउनुभयो र दक्षिणी बतासलाई आफ्‍नो शक्तिले उहाँले डोर्‍याउनुभयो ।
PSA 78:27 धूलोझैं उहाँले तिनीहरूमाथि मासु, समुद्रको बालुवाझैं चराहरू बर्साउनुभयो ।
PSA 78:28 तिनीहरूका शिविरको बिचमा, तिनीहरूका पालहरूको चारैतिर ती झरे ।
PSA 78:29 त्यसैले तिनीहरूले खाए र अघाए । तिनीहरूले जे लालसा गरे सो उहाँले तिनीहरूलाई दिनुभयो ।
PSA 78:30 तर तिनीहरू अझै अघाएका थिएनन् । तिनीहरूको खाना अझै तिनीहरूको मुखमै थियो ।
PSA 78:31 तब परमेश्‍वरको क्रोध तिनीहरूमाथि पर्‍यो र तिमध्येका बलियाहरूलाई मार्‍यो । उहाँले इस्राएलका जवानहरूलाई तल झार्नुभयो ।
PSA 78:32 यति हुँदा पनि, तिनीहरूले निरन्‍तर पाप गरे र उहाँका अचम्‍मका कामहरूमा विश्‍वास गरेनन् ।
PSA 78:33 यसकारण परमेश्‍वरले तिनीहरूका दिनहरू घटाउनुभयो । तिनीहरूका वर्षहरू त्रासले भरिएका थिए ।
PSA 78:34 जब परमेश्‍वरले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो, तब तिनीहरूले उहाँको खोजी गर्न थाले, अनि तिनीहरू फर्के र उहाँलाई उत्‍सुकतासाथ खोजे ।
PSA 78:35 परमेश्‍वर तिनीहरूका चट्टान हुनुहुन्थ्यो र सर्वोच्‍च तिनीहरूका उद्धारकर्ता हुनुहुन्थ्यो भनी तिनीहरूले सम्झे ।
PSA 78:36 तर तिनीहरूले आफ्‍ना मुखले उहाँसँग चापलुसी गरे र तिनीहरूका शब्दहरूले उहाँसँग झुट बोले ।
PSA 78:37 किनकि तिनीहरूका हृदयहरू उहाँमा स्थिर थिएनन् र तिनीहरू उहाँको करारप्रति विश्‍वासयोग्य थिएनन् ।
PSA 78:38 तापनि उहाँ कृपालु हुनुभएर तिनीहरूका अधर्म क्षमा गर्नुभयो र तिनीहरूलाई नष्‍ट गर्नुभएन । हो, धेरै पल्‍ट उहाँले आफ्नो रिस थाम्‍नुभयो र उहाँका सबै क्रोधलाई उत्तेजित गर्नुभएन ।
PSA 78:39 तिनीहरू मासुले बनेका हुन्, तिनीहरू बितिजाने र फर्केर नआउने बतास हुन् भनी उहाँले याद गर्नुभयो ।
PSA 78:40 उजाड-स्थानमा र बाँझो ठाउँहरूमा तिनीहरूले कति धेरै पल्‍ट उहाँको विरुद्धमा विद्रोह गरेर उहाँलाई दुःखी बनाए!
PSA 78:41 तिनीहरूले परमेश्‍वरलाई धेरै पल्‍ट चुनौति दिए र इस्राएलका परम पवित्रलाई चित्त दुखाए ।
PSA 78:42 तिनीहरूले उहाँको शक्तिको बारेमा विचार गरेनन्, उहाँले तिनीहरूलाई शत्रुहरूबाट कसरी छुटकारा दिनुभएको थियो,
PSA 78:43 जब उहाँले मिश्रदेशमा आफ्‍ना डरलाग्‍दा चिन्हहरू देखाउनुभयो र सोअनको क्षेत्रमा आफ्‍ना चमत्कारहरू देखाउनुभयो ।
PSA 78:44 उहाँले मिश्रदेशका नदीहरूलाई रगतमा परिणत गर्नुभयो, ताकि तिनीहरूले आफ्‍ना नदीहरूका पानी पिउन सकेनन् ।
PSA 78:45 उहाँले झींगाका हुल पठाउनुभयो, जसले तिनीहरूलाई टोके र भ्यागुताहरूले तिनीहरूका देशलाई अतिक्रमण गर्‍यो ।
PSA 78:46 तिनीहरूका अन्‍न फट्याङ्ग्रहरूलाई र तिनीहरूका परिश्रम सलहहरूलाई उहाँले दिनुभयो ।
PSA 78:47 तिनीहरूका दाखहरूलाई असिनाले र तिनीहरूका अञ्‍जीरका रूखहरूलाई धेरै असिनाले उहाँले नाश पार्नुभयो ।
PSA 78:48 तिनीहरूका बथानमाथि उहाँले असिना बर्साउनुभयो र तिनीहरूका बगालमाथि बिजुली फाल्‍नुभयो ।
PSA 78:49 उहाँको रिसको उग्रता तिनीहरूका विरुद्धमा पर्‍यो । उहाँले क्रोध, रिस र समस्‍यालाई विपत्ति ल्याउने एजेन्‍टझैं पठाउनुभयो ।
PSA 78:50 आफ्नो रिसको निम्ति उहाँले मार्ग तयार गर्नुभयो । उहाँले तिनीहरूलाई मृत्युबाट बचाउनुभएन तर तिनीहरूलाई रूढीमा सुम्पिनुभयो ।
PSA 78:51 मिश्रदेशका सबै जेठाहरूलाई, हामका पालहरूमा भएका तिनीहरूका जेठाहरूलाई उहाँले मार्नुभयो ।
PSA 78:52 आफ्ना मानिसहरूलाई उहाँले भेडालाई झैं डोर्‍याउनुभयो र बगाललाई झैं तिनीहरूलाई उजाडस्‍थानमा बाटो देखाउनुभयो ।
PSA 78:53 सुरक्षित र निर्भयसाथ उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो, तर समुद्रले तिनीहरूका शत्रुहरूलाई डुबायो ।
PSA 78:54 त्‍यसपछि उहाँले तिनीहरूलाई आफ्‍नो पवित्र देशको सिमानामा, उहाँको दहिने हातले प्राप्‍त गरेको यो पर्वतमा ल्याउनुभयो ।
PSA 78:55 तिनीहरूको सामुबाट उहाँले जातिहरूलाई धपाउनुभयो र तिनीहरूलाई आफ्‍नो उत्तराधिकार दिनुभयो । इस्राएलका कुलहरू उहाँले तिनीहरूका आफ्‍ना पालहरूमा बसाल्नुभयो ।
PSA 78:56 तापनि तिनीहरूले सर्वोच्‍च परमेश्‍वरलाई चुनौति दिए र अवज्ञा गरे, अनि उहाँका गम्भीर आज्ञाहरू पालन गरेनन् ।
PSA 78:57 तिनीहरू अविश्‍वासयोग्य भए र आफ्‍ना पुर्खाहरूले झैं धोकापूर्ण काम गरे । तिनीहरू खोटपूर्ण धनुजस्तै भरोसाहीन थिए ।
PSA 78:58 किनकि तिनीहरूले उहाँलाई आफ्‍ना अग्‍ला डाँडाहरूले क्रुद्ध बनाए र आफ्‍ना मूर्तीहरूले उहाँलाई डाहले रसाउने बनाए ।
PSA 78:59 जब परमेश्‍वरले यो सुन्‍नुभयो, तब उहाँ रिसाउनुभयो र इस्राएललाई पूर्ण रूपमा इन्कार गर्नुभयो ।
PSA 78:60 शीलोको पवित्रस्थान, उहाँ मानिसहरूका बिचमा बास गर्नुभएको पाललाई उहाँले त्याग्‍नुभयो ।
PSA 78:61 उहाँले आफ्‍नो सामर्थ्यलाई कसैको कब्जामा सुम्‍पिदिनुभयो र आफ्‍नो महिमालाई शत्रुहरूका हातमा सुम्पिनुभयो ।
PSA 78:62 उहाँले आफ्ना मानिसहरूलाई तरवारमा सुम्‍पिनुभयो र उहाँ आफ्ना उत्तराधिकारसँग रिसाउनुभयो ।
PSA 78:63 आगोले तिनीहरूका जवान मानिसहरूलाई भष्‍म पारे, र तिनीहरूका जवान स्‍त्रीहरूसँग विवाहको गीत थिएन ।
PSA 78:64 तिनीहरूका पुजारीहरू तरवारले ढले र तिनीहरूका विधवाहरू रुन सकेनन् ।
PSA 78:65 अनि परमप्रभु निद्राबाट जागेझैं, दाखमद्यको कारणले कराउने योद्धाजस्तै उठ्नुभयो ।
PSA 78:66 उहाँले आफ्‍ना वैरीहरूलाई पछि फर्काउनुभयो । उहाँले तिनीहरूलाई अनन्त लाजमा पार्नुभयो ।
PSA 78:67 उहाँले योसेफको पाललाई इन्कार गर्नुभयो र उहाँले एफ्राइमको कुललाई चुन्‍नुभएन ।
PSA 78:68 उहाँले यहूदाको कुल र उहाँले प्रेम गर्नुभएको सियोन पर्वतलाई चुन्‍नुभयो ।
PSA 78:69 उहाँले आफ्नो पवित्रस्थानलाई स्‍वर्गझैं, उहाँले सदाको निम्ति स्थापना गर्नुभएको पृथ्वीझैं बनाउनुभयो ।
PSA 78:70 उहाँले आफ्नो दास दाऊदलाई चुन्‍नुभयो र तिनलाई भेडाका बगालहरूबाट ल्‍याउनुभयो ।
PSA 78:71 आफ्‍ना पाठाहरूका साथमा हिंड्‍ने भेडीहरूका पछि लाग्‍नबाट उहाँले तिनलाई ल्‍याउनुभयो, अनि उहाँले तिनलाई याकूब, उहाँका मानिसहरू, र उहाँको उत्तराधिकार इस्राएलको गोठालो तुल्याउनुभयो ।
PSA 78:72 आफ्‍नो हृदयको इमानदारीताले दाऊदले उनीहरूको रेखदेख गरे र आफ्नो हातको सीपले तिनले उनीहरूलाई बाटो देखाए ।
PSA 79:1 हे परमेश्‍वर, विदेशी जातिहरू तपाईंको उत्तराधिकारमा आएका छन् । तिनीहरूले तपाईंको पवित्र मन्दिरलाई अपवित्र तुल्याएका छन् । तिनीहरूले यरूशलेमलाई भग्‍नावशेषको थुप्रो बनाएका छन् ।
PSA 79:2 तपाईंका सेवकहरूका लासहरू तिनीहरूले आकाशका चराहरूका खानाको रूपमा, तपाईंका विश्‍वासयोग्य मानिसहरूका शरीरहरूलाई पृथ्वीका जङ्गली पशुहरूलाई दिएका छन् ।
PSA 79:3 तिनीहरूले यरूशलेमको चारैतिर उनीहरूका रगत पानीझैं बगाएका छन् र तिनीहरूको दफन गर्ने त्‍यहाँ कोही भएन ।
PSA 79:4 हाम्रा छिमेकीको निम्ति निन्दा र हाम्रा वरिपरि भएकाहरूका निम्ति खिसी र उपहास हामी बनेका छौं ।
PSA 79:5 हे परमप्रभु कहिलेसम्म? के तपाईं सदासर्वदा रिसाउनुहुनेछ ? कहिलेसम्म तपाईंको डाही रिस आगोझैं जलिरहनेछ?
PSA 79:6 तपाईंलाई नचिन्‍ने जातिहरूमाथि र तपाईंको नाउँ पुकारा नगर्ने राज्यहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस् ।
PSA 79:7 किनकि तिनीहरूले याकूबलाई निलेका र त्‍यसका गाउँहरूलाई नाश पारेका छन् ।
PSA 79:8 हाम्रा पुर्खाहरूका पापहरू हाम्रा विरुद्धमा नलिनुहोस् । तपाईंका कृपापूर्ण कामहरू हामीकहाँ आऊन्, किनकि हामी धेरै निम्‍न छौं ।
PSA 79:9 हे हाम्रा उद्धारका परमेश्‍वर, तपाईंको नाउँको महिमाको खातिर हामीलाई सहायता गर्नुहोस् । तपाईंको नाउँको खातिर हामीलाई बचाउनुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस् ।
PSA 79:10 जातिहरूले किन यसो भन्‍ने “तिनीहरूका परमेश्‍वर खोइ कहाँ छ?” तपाईंका सेवकहरूका रगत बगाइएको बदला जातिहरूमाथि हाम्रै सामु लिनुहोस् ।
PSA 79:11 कैदीहरूका सुस्‍केरा तपाईंको सामु आओस् । तपाईंको शक्तिको महान्‌ताले मृत्युका सन्तानहरूलाई जीवित राख्‍नुहोस् ।
PSA 79:12 हे परमप्रभु, छिमेकी देशहरूले तपाईंलाई जति अपमान गरेका छन् त्यसको सात गुणा बढी बदला तिनीहरूसँग लिनुहोस् ।
PSA 79:13 यसरी हामी तपाईंका मानिसहरू र तपाईंका खर्कका भेडाहरूले तपाईंलाई सदासर्वदा धन्यवाद चढाउनेछौं । तपाईंको प्रशंसा सबै पुस्तालाई हामी बताउनेछौं ।
PSA 80:1 हे इस्राएलका गोठालो, ध्यान दिनुहोस् । तपाईं जसले योसेफलाई बगालझैं डोर्‍याउनुहुन्छ । तपाईं जो करूबहरूभन्दा माथि विराजमान हुनुहुन्छ, हामीमाथि चम्‍कनुहोस् ।
PSA 80:2 एफ्राइम, बेन्यामीन र मनश्‍शेको दृष्‍टिमा तपाईंको शक्ति चलाउनुहोस् । आउनुहोस् र हामीलाई बचाउनुहोस् ।
PSA 80:3 हे परमेश्‍वर, हामीलाई पुनर्स्थापित गर्नुहोस् । हामीमाथि तपाईंको मुहार चम्काउनुहोस् र हामी बाँचाइनेछौं ।
PSA 80:4 हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका मानिसहरूले प्रार्थना गर्दा तपाईं कहिलेसम्म तिनीहरूसँग रिसाउनुहुनेछ ?
PSA 80:5 तपाईंले तिनीहरूलाई आँसुको रोटी खुवाउनुभएको छ र तिनीहरूलाई अति धेरै आँशु पिउन दिनुभएको छ ।
PSA 80:6 हाम्रा छिमेकीहरूलाई बहस गर्न तपाईंले हामीलाई त्‍यस्‍तो केही बनाउनुहुन्छ र हाम्रा शत्रुहरू आफ्‍ना माझमा हाम्रो बारेमा हाँसो गर्छन् ।
PSA 80:7 हे सर्वशक्तिमान् परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस् । आफ्‍नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बचाइनेछौं ।
PSA 80:8 तपाईंले मिश्रदेशबाट एउटा दाखको बोट ल्याउनुभयो । तपाईंले जातिहरूलाई धपाउनुभयो र त्‍यसलाई रोप्‍नुभयो ।
PSA 80:9 तपाईंले त्‍यसको निम्ति देशलाई सफा पार्नुभयो । त्‍यसले जरा हाल्यो र देशमा भरियो ।
PSA 80:10 त्‍यसको छायाले पहाडहरूलाई, त्‍यसका हाँगाहरूले परमेश्‍वरका देवदारुहरूलाई ढाक्यो ।
PSA 80:11 यसले आफ्‍ना हाँगाहरू समुद्रसम्म र आफ्‍ना जराहरू यूफ्रेटिस नदीसम्समै फैलायो ।
PSA 80:12 तपाईंले किन यसको पर्खाल भत्काउनुभएको छ ताकि यो बाटो भएर जाने सबैले यसको फल टिपून्?
PSA 80:13 वनका बँदेहरूले यसलाई बिगार्छन् र मैदानका पशुहरूले यसमा चर्छन् ।
PSA 80:14 हे सर्वशक्तिमान् परमेश्‍वर, फर्कनुहोस् । स्वर्गबाट तल हेर्नुहोस् र ध्‍यान दिनुहोस् र यो दाखको रेखदेख गर्नुहोस् ।
PSA 80:15 तपाईंको दाहिने हातले रोपेको जरा, तपाईंले बढाउनुभएको बिरुवा यही हो ।
PSA 80:16 यसलाई जलाइएको छ र काटिएको छ । तपाईंको हप्कीको कारणले ती नष्‍ट हुन्छन् ।
PSA 80:17 तपाईंको बाहुली तपाईंको दाहिने हातको मानिसमाथि, तपाईंले आफ्नो निम्ति बलियो बनाउनुभएको मानिसको पुत्रमाथि रहोस् ।
PSA 80:18 तब तपाईंबाट हामी तर्केर जानेछैनौं । हामीलाई पुनर्जीवित पार्नुहोस् र हामीले तपाईंको नाउँ पुकार्नेछौं ।
PSA 80:19 हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् । तपाईंको मुहार हामीमाथि चम्काउनुहोस् र हामीलाई बचाइनेछौं ।
PSA 81:1 हाम्रो बल परमेश्‍वरको निम्ति ठुलो सोरले गाओ । याकूबका परमेश्‍वरको निम्ति जयजयकार गर ।
PSA 81:2 गीत गाओ र खैंजडी बजाओ, वीणासँगै सारङ्गीको मीठो धुन बजाओ ।
PSA 81:3 औंसीको दिनमा र पूर्णिमाको दिनमा, हाम्रो चाड सुरु हुँदा तुरही फुक ।
PSA 81:4 किनकि यो इस्राएलको निम्ति आदेश हो, याकूबका परमेश्‍वरले दिनुभएको विधान हो ।
PSA 81:5 जब उहाँ मिश्रदेशको विरुद्धमा जानुभयो, जहाँ मैले नचिनेको सोर मैले सुनें, तब उहाँले योसेफमा नियमको रूपमा यो जारी गर्नुभयोः
PSA 81:6 “मैले त्यसको काँधबाट बोझ हटाएँ । टोकरीहरू समात्‍ने त्यसका हातहरू मुक्‍त भए ।
PSA 81:7 तिमीहरूको संकष्‍टमा तिमीहरूले पुकारा गर्‍यौ र मैले तिमीहरूलाई सहायता गरें । गर्जनको कालो बादलबाट मैले तिमीहरूलाई जवाफ दिएँ । मेरिबाको पानीमा मैले तिमीहरूको जाँच गरें । सेला
PSA 81:8 हे मानिसहरू, सुन, म तिमीहरूलाई चेतावनी दिन्छु । हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको मात्र भए !
PSA 81:9 तिमीहरूका माझमा कुनै विदेशी देवता हुनेथिएन । तिमीहरूले कुनै पनि विदेशी देवता पुजा गर्नुहुँदैन ।
PSA 81:10 म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्यायो । तिमीहरूको मुख चौडा खोल र त्‍यो म भर्नेछु ।
PSA 81:11 तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन् । इस्राएलले मेरा आज्ञा पालन गरेनन् ।
PSA 81:12 त्यसैले तिनीहरूका आफ्नै हठी मार्गमा मैले तिनीहरूलाई छोडिदिएँ, ताकि तिनीहरूले आफूलाई जे ठिक लाग्छ त्यही गरून् ।
PSA 81:13 ओहो, मेरा मानिसहरूले मेरो कुरा सुनेको भए । मेरा मानिसहरूले मेरा मार्गहरूमा हिंडेका भए ।
PSA 81:14 तब म तुरुन्‍तै तिनीहरूका शत्रुहरूलाई अधीन गर्थें र तिनीहरूलाई थिचोमिचो गर्नेहरूका विरुद्धमा म आफ्‍नो हात फर्काउँथे ।
PSA 81:15 परमप्रभुलाई घृणा गर्नेहरू उहाँको सामु त्रासले लत्रक्‍क परून्! तिनीहरू सदाको निम्ति अपमानित होऊन् ।
PSA 81:16 इस्राएललाई म उत्तम गहुँ खुवाउँथें । तिमीहरूलाई म चट्टानको मह खुवाएर तृप्‍त पार्थें ।”
PSA 82:1 परमेश्‍वर ईश्‍वरीय सभामा खडा हुनुहुन्छ । देवताहरूका माझमा उहाँले न्यायको फैसला गर्नुहुन्छ ।
PSA 82:2 कहिलेसम्म तिमीहरू अन्यायपुर्वक फैसला गर्छौ र दुष्‍टको पक्षलाई कृपा गर्छौ? सेला
PSA 82:3 गरीब र अनाथहरूको बचाऊ गर । कष्‍टमा परेकाहरू र दरिद्रहरूको अधिकार कायम गर ।
PSA 82:4 गरीब र खाँचोमा परेकाहरूलाई बचाओ । तिनीहरूलाई दुष्‍टहरूका हातबाट छुट्टाओ ।
PSA 82:5 तिनीहरूले न जान्दछन् न बुझ्छन् । तिनीहरू अन्धकारमा भौंतारिन्छन् । पृथ्वीका सबै जगहरू टुक्रिन्छन् ।
PSA 82:6 मै भनें, “तिमीहरू देवताहरू हौ र तिमीहरू सबै जना सर्वोच्‍चका छोराहरू हौ ।
PSA 82:7 तापनि तिमीहरू मानिसहरूझैं मर्नेछौ र शासकमध्‍ये एक जनाझैं ढल्‍नेछौ ।”
PSA 82:8 हे परमेश्‍वर, पृथ्वीको न्याय गर्न उठ्नुहोस्, किनकि सबै जातिहरूमा तपाईंको उत्तराधिकार छ ।
PSA 83:1 हे परमेश्‍वर, चूपचाप नबस्‍नुहोस् ! हे परमेश्‍वर, हामीलाई बेवास्‍ता नगर्नुहोस् र कठोर नहुनुहोस् ।
PSA 83:2 हेर्नुहोस्, तपाईंका शत्रुहरूले हल्ला गर्दैछन् र तपाईंलाई घृणा गर्नेहरूले आफ्‍ना शिरहरू उठाएका छन् ।
PSA 83:3 तिनीहरू तपाईंका मानिसहरूका विरद्धमा षड्यन्त्र रच्छन् र तपाईंका सुरक्षित जनहरूको विरुद्ध मिलेर योजना गर्छन् ।
PSA 83:4 तिनीहरूले भनेका छन्, “आओ, तिनीहरूलाई जातिको रूपमा हामी नष्‍ट पारौं । तब इस्राएलको नाउँ कदापि सम्‍झना हुनेछैन ।”
PSA 83:5 तिनीहरूले एउटै रणनीतले योजना बनाएका छन् । तपाईंको विरुद्धमा तिनीहरूले मित्रता गरेका छन् ।
PSA 83:6 यसमा एदोम र इश्‍माएलका पालहरू, र मोआबका मानिसहरू र हग्री पर्छन्,
PSA 83:7 जसले गबाल, अम्‍मोन, अमालेकसँग मिलेर षड्यन्त्र रच्छन् । यसमा पलिश्‍त र टुरोसका बासिन्दाहरू पनि पर्छन् ।
PSA 83:8 तिनीहरूसँग अश्‍शूर पनि मिलेको छ । तिनीहरूले लोतका सन्तानहरूलाई सहायता गर्दैछन् । सेला
PSA 83:9 तिनीहरूलाई पनि तपाईंले मिद्यनलाई गरेझैं, सीसरालाई गरेझैं र कीशोन खोलामा याबीनलाई गरेझैं गर्नुहोस् ।
PSA 83:10 तिनीहरू एन्दोरमा नष्‍ट भए र पृथ्वीको निम्ति मलजस्तै भए ।
PSA 83:11 तिनीहरूका भारदारहरूलाई ओरेब र जएबझैं, र तिनीहरूका सबै शासकहरूलाई जेबह र सल्मुन्‍नझैं बनाउनुहोस् ।
PSA 83:12 तिनीहरूले भने, “हामीले आफ्नो निम्ति परमेश्‍वरको खर्क लिऊँ ।”
PSA 83:13 हे मेरो परमेश्‍वर, तिनीहरूलाई मडारिंदै उडेको धूलोझैं, हावाले उडाइको भुसैझैं बनाउनुहोस् ।
PSA 83:14 वन डढाउने आगोझैं र पहाडको आगोको ज्‍वालाझैं बनाउनुहोस् ।
PSA 83:15 तपाईंको शक्तिसाली हावाले तिनीहरूलाई लखेट्नुहोस् र तपाईंको हुरीबतासले तिनीहरूलाई त्रसित पार्नुहोस् ।
PSA 83:16 हे परमप्रभु, तिनीहरूको मुहार लाजले भर्नुहोस् ताकि तिनीहरूले तपाईंको नाउँ खोजी गरून् ।
PSA 83:17 तिनीहरू लज्‍जित होऊन् र सधैं त्रसित होऊन् । तिनीहरू अपमानमा नष्‍ट होऊन् ।
PSA 83:18 तब हे परमप्रभु, तपाईं मात्र सारा पृथ्वीमाथि सर्वोच्‍च हुनुहुन्छ भनी तिनीहरूले जान्‍नेछन् ।
PSA 84:1 हे सर्वशक्तिमान् परमप्रभु, तपाईं बस्‍ने ठाउँ कति सुन्दर छ!
PSA 84:2 परमप्रभुको चोकको निम्‍ति म उत्कट इच्‍छा गर्छु । यसको निम्ति मेरो इच्छाले मलाई थकित बनाएको छ । मेरो हृदय र मेरो सारा प्राणले जीवित परमेश्‍वरमा पुकारा गर्छ ।
PSA 84:3 हे सर्वशक्तिमान् परमप्रभु, मेरो राजा, र मेरो परमेश्‍वर, भँगेराले आफ्नो गुँड, अनि गौंथलीले तपाईंको वेदीहरूको नजिकै त्यसका बचेराहरू राख्‍न आफ्नो गुँड भेट्टाएको छ ।
PSA 84:4 तपाईंका मन्‍दिरमा बस्‍नेहरू धन्यका हुन् । तिनीहरूले निरन्तर तपाईंको प्रशंसा गर्छन् । सेला
PSA 84:5 त्यो मानिस धन्यको हो जसको बल तपाईंमा छ, जसको हृदयमा सियोन जाने मूलबाटो छ ।
PSA 84:6 आँसुको बेसीबाट जाँदा तिनीहरूले पिउनलाई पानीको मूलहरू भेट्टाउँछन् । सुरुको वर्षाले यसलाई आशिष्‌ले ढाक्छ ।
PSA 84:7 तिनीहरूले बलमाथि बल पाएर जान्‍छन् । तिनीहरूमध्‍ये हरेक सियोनमा परमेश्‍वरको सामु देखा पर्छन् ।
PSA 84:8 हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस् । हे याकूबका परमेश्‍वर, म के भन्‍दैछु सो सुन्‍नुहोस् । सेला
PSA 84:9 हे परमेश्‍वर, हाम्रा ढाल हुनुहोस् । तपाईंको अभिषिक्‍त जनको निम्ति चासो देखाउनुहोस् ।
PSA 84:10 किनकि तपाईंको चोकको एक दिन अन्‍त कतैको हजार दिनभन्दा असल हुन्छ । दुष्‍टहरूका पालहरूमा बस्‍नुभन्दा म आफ्‍नो परमेश्‍वरको मन्‍दिरको पाले हुनेछु ।
PSA 84:11 किनकि परमप्रभु परमेश्‍वर हाम्रो सूर्य र ढाल हुनुहुन्छ । परमप्रभुले अनुग्रह र गौरव दिनुहुनेछ । इमानदारितामा हिंड्नेहरूलाई उहाँले कुनै असल थोक रोक्‍नुहुन्‍न ।
PSA 84:12 हे सर्वशक्तिमान् परमप्रभु, त्यो मानिस धन्यको हो, जसले तपाईंमा भरोसा गर्छ ।
PSA 85:1 हे परमप्रभु, तपाईंले आफ्नो देशलाई कृपा गर्नुभएको छ । तपाईंले याकूबको भलाइलाई पुनर्स्थापना गर्नुभएको छ ।
PSA 85:2 तपाईंले आफ्ना मानिसहरूका पाप क्षमा गर्नुभएको छ । तपाईंले तिनीहरूका सबै पापहरू ढाक्‍नुभएको छ । सेला
PSA 85:3 तपाईंले आफ्नो सबै क्रोध हटाउनुभएको छ । तपाईं आफ्नो तातो रिसबाट पछि हट्‍नुभएको छ ।
PSA 85:4 हे हाम्रा उद्धारका परमेश्‍वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् र हामीप्रति तपाईंको अप्रशन्‍नता छोडिदिनुहोस् ।
PSA 85:5 के तपाईं हामीसँग सधैं रिसाउनुहुनेछ र? के तपाईं भावी पुस्ताभरि नै रिसाउनुहुनेछ र?
PSA 85:6 के तपाईंले हामीलाई फेरि पुनर्जीवित पार्नुहुन्‍न र? तब तपाईंका मानिसहरू तपाईंमा आनन्‍दित हुनेछन् ।
PSA 85:7 हे परमप्रभु, हामीलाई तपाईंको करारको विश्‍वस्‍तता देखाउनुहोस् । हामीलाई तपाईंको मुक्‍ति दिनुहोस् ।
PSA 85:8 परमप्रभु परमेश्‍वरले जे भन्‍नुहुन्छ सो म सुन्‍नेछु, किनकि उहाँले आफ्ना मानिसहरूसित, उहाँका विश्‍वासयोग्य अनुयायीहरूसित शान्ति कायम गर्नुहुनेछ । तापनि तिनीहरू फेरि मूर्ख मार्गहरूतिर फर्कनुहुँदैन ।
PSA 85:9 निश्‍चय नै उहाँको उद्धार उहाँको भय मान्‍नेहरूका नजिक हुन्छ । तब हाम्रो देशमा महिमा रहनेछ ।
PSA 85:10 करारको विश्‍वस्‍तता र सत्‍यता मिलेका छन् । धार्मिकता र शान्तिले आपसमा चुम्बन गरेका छन् ।
PSA 85:11 सत्‍यता जमिनबाट उम्रिन्छ र धार्मिकताले आकाशबाट तल हेर्छ ।
PSA 85:12 हो, परमप्रभुले आफ्नो उत्तम आशिष्‌ ‌‌दिनुहुनेछ र हाम्रो जमिनले आफ्‍नो अन्‍नहरू उब्जाउनेछ ।
PSA 85:13 धार्मिकता उहाँको अगि जानेछ र उहाँको पाइलाहरूका निम्ति मार्ग बनाउनेछ ।
PSA 86:1 हे परमप्रभु, सुन्‍नुहोस् र मलाई जवाफ दिनुहोस्, किनकि म गरीब र थिचोमिचोमा परेको छु ।
PSA 86:2 मेरो सुरक्षा गर्नुहोस्, किनकि म बफदार छु । हे मेरो परमेश्‍वर, तपाईंमा भरोसा गर्ने तपाईंको सेवकलाई बचाउनुहोस् ।
PSA 86:3 हे परमप्रभु, मप्रति दयालु हुनुहोस्, किनकि म दिनभरि तपाईंलाई पुकारा गर्छु ।
PSA 86:4 तपाईंको सेवकलाई खुसी बनाउनुहोस्, किनकि हे परमप्रभु, म आफ्‍नो प्राण तपाईंमा उचाल्‍नेछु ।
PSA 86:5 हे परमप्रभु, तपाईं भलो र क्षमा गर्न तत्पर हुनुहुन्छ, अनि तपाईंमा पुकारा गर्ने सबैलाई तपाईंले महान् दया देखाउनुहुन्‍छ ।
PSA 86:6 हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस् । मेरो बिन्‍तीको सोर सुन्‍नुहोस् ।
PSA 86:7 कष्‍टको दिनमा म तपाईंलाई पुकारा गर्नेछु, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ ।
PSA 86:8 हे परमप्रभु, देवतामध्ये कसैको पनि तपाईंसँग तुलना हुँदैन । तपाईंका कामहरूझैं कामहरू भएकै छैनन् ।
PSA 86:9 हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जाति आउनेछन् र तपाईंको सामु घोप्टो पर्नेछन् । तिनीहरूले तपाईंको नाउँको आदर गर्नेछन् ।
PSA 86:10 किनकि तपाईं महान् हुनुहुन्छ र अचम्‍मका कुराहरू गर्नुहुन्छ । तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ ।
PSA 86:11 हे परमप्रभु, मलाई तपाईंका मार्गहरू सिकाउनुहोस् । तब तपाईंको सत्यतामा म हिंड्नेछु । तपाईंको आदर गर्न मेरो हृयदलाई एकाग्र तुल्‍याउनुहोस् ।
PSA 86:12 हे परमप्रभु मेरो परमेश्‍वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु । म सधैं तपाईंको नाउँलाई महिमित पार्नेछु ।
PSA 86:13 किनकि मप्रति तपाईंको करारको विश्‍वस्‍तता महान् छ । तपाईंले मेरो जीवनलाई चिहानको गहिराइबाट बचाउनुभएको छ ।
PSA 86:14 हे परमेश्‍वर, अहङ्कारीहरू मेरो विरुद्ध उठेका छन् । हिंसात्‍मक मानिसहरूका एक हुलले मेरो ज्यान मार्न खोज्छन् । तिनीहरूले तपाईंको वास्‍तै गर्दैनन् ।
PSA 86:15 तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही, रिसाउनमा ढिला, करारको विश्‍वस्‍तता र भरोसायोग्‍य गुणमा प्रशस्तका परमेश्‍वर हुनुहुन्छ ।
PSA 86:16 मतरि फर्किनुहोस् र ममाथि दया गर्नुहोस् । आफ्नो सेवकलाई तपाईंको बल दिनुहोस् । तपाईंको सेविकाको छोरालाई बचाउनुहोस् ।
PSA 86:17 मलाई तपाईंको कृपाको चिन्ह देखाउनुहोस् । तब मलाई घृणा गर्नेहरूले यो देख्‍नेछन् र लज्‍जित हुनेछन्, किनभने तपाईं परमप्रभुले नै मलाई सहायता गर्नुभएको र मलाई सान्त्वना दिनुभएको छ ।
PSA 87:1 उहाँले स्थापित गर्नुभएको सहर पवित्र पर्वतमा खडा छ ।
PSA 87:2 याकूबका सबै पालभन्दा धेरै पमरप्रभुले सियोनको ढोकाहरूलाई नै मन पराउनुहुन्छ ।
PSA 87:3 हे परमेश्‍वरको सहर, तेरो बारेमा महिमित कुराहरू भनिएको छ । सेला
PSA 87:4 “मेरा अनुसरण गर्नेहरूलाई म राहाब र बेबिलिन उल्लेख गर्छु । हेर, कूशसँगै पलिश्ति र टुरोस छन्, र भन्‍नेछन् 'यो त्यहाँ जन्मियो' ।”
PSA 87:5 सियोनको बारेमा यसो भनिनेछ, “यिमध्‍ये हरेक त्‍यहाँ जन्मेका थियो । अनि सर्वोच्‍चले नै त्यसलाई स्थापित गर्नुहुनेछ ।”
PSA 87:6 परमप्रभुले जातिहरूका जनगणनाका पुस्तकमा लेख्‍नुहुन्छ, “यो त्‍यहाँ जन्मेको थियो ।” सेला
PSA 87:7 त्यसैले पनि गायकहरू र नाच्‍नेहरूले पनि मिलेर भन्‍छन्, “मेरा सबै मूलहरू तँमा छन् ।”
PSA 88:1 हे परमप्रभु, मेरो उद्धारको परमेश्‍वर, दिनरात म तपाईंको सामु पुकारा गर्छु ।
PSA 88:2 मेरो प्रार्थना सुन्‍नहोस् । मेरो पुकरामा ध्यान दिनुहोस् ।
PSA 88:3 किनकि म कष्‍टले पूर्ण छु, र मेरो जीवन चिहानमा पुगेको छ ।
PSA 88:4 मानिसहरूले मलाई तल खाडलमा जानेहरूलाई झैं व्यवहार गर्छन् । म कुनै बल नै नभएको मानिस हुँ ।
PSA 88:5 म मृतहरूका माझ त्यागिएको छु । म चिहानमा पल्टेको मृतजस्तै छु, जसको बारेमा तपाईंले कुनै चासो लिनुहुन्‍न, किनभने तिनीहरू तपाईंको शक्तिबाट टाढा हुन्‍छन् ।
PSA 88:6 तपाईंले मलाई खाडलको तल्लो भागमा, अँध्यारो र गहिरो ठाउँमा राख्‍नुहुन्छ ।
PSA 88:7 तपाईंको क्रोध मलाई गह्रौं भएको छ र तपाईंका सबै छालहरू ममाथि बजारिन्छन् । सेला
PSA 88:8 तपाईंकै कारणले मेरा चिनजानकाहरूले मलाई बेवास्‍ता गर्छन् । तिनीहरूका निम्ति तपाईंले मलाई बिभत्‍स दृश्य बनाउनुभयो । म चारैतिरबाट घेरिएको छु र म उम्किन सक्दिनँ ।
PSA 88:9 मेरा आँखाहरू कष्‍टले कमजोर हुन्छन् । हे परमप्रभु, दिनभरि म तपाईंमा पुकारा गर्छु । म आफ्‍ना हातहरू तपाईंतिर फैलाउँछु ।
PSA 88:10 के तपाईंले मृतहरूका निम्ति चमत्कार गर्नुहुन्छ र? के मरेकाहरू उठनेछन् अनि तपाईंको प्रशंसा गर्नेछन् र? सेला
PSA 88:11 के तपाईंको करारको विश्‍वस्‍तता चिहानमा, तपाईंको बफदारिता मृतकहरूका ठाउँमा घोषणा गरिने छ र?
PSA 88:12 के तपाईंका अचम्‍मका कामहरू अन्‍धकारमा, वा तपाईंको धार्मिकता बिर्सने ठाउँमा थाहा हुनेछ र?
PSA 88:13 तर हे परमप्रभु, म तपाईंमा पुकारा गर्छु । बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ ।
PSA 88:14 हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्‍छ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्छ?
PSA 88:15 मेरो जवान अवस्थादेखि नै म सधैं कष्‍टमा परेको र मृत्युको जोखिममा रहेको छु । तपाईंका त्रासहरूका दुःख मैले भोगेको छु । म निराशमा छु ।
PSA 88:16 तपाईंका क्रोधपूर्ण कामहरू ममाथि परेका छन् र तपाईंका डरलाग्‍दा कामहरूले मलाई नाश पारेका छन् ।
PSA 88:17 तिनीहरूले मलाई दिनभरि पानीले झैं घेर्छन् । तिनीहरू सबैले मलाई घेरेका छन् ।
PSA 88:18 तपाईंले हरेक मित्र र चिनजानकाहरूलाई मबाट हटाउनुभएको छ । मेरो चिनजानको भनेको अन्धकार मात्र हो ।
PSA 89:1 म परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरूका बारेमा सधैं गाउनेछु । म भावी पुस्ताहरूलाई तपाईंको सत्यता घोषणा गर्नेछु ।
PSA 89:2 किनकि मैले भनेको छु, “करारको विश्‍वस्‍तता सदाको निम्ति स्थापित गरिएको छ । तपाईंले आफ्‍नो सत्यता स्वर्गमा स्थापित गर्नुभएको छ ।”
PSA 89:3 मैले आफ्‍नो चुनिएको जनसँग करार बाँधेको छु । मैले आफ्‍नो दास दाऊदसँग सपथ खाएको छु ।
PSA 89:4 म तेरा सन्तानहरूलाई सदाको निम्ति स्थापित गर्नेछु र म तेरो सिंहासन सबै पुस्ताहरूसम्म स्थापित गर्नेछु ।” सेला
PSA 89:5 हे परमप्रभु, स्वर्गले तपाईंका आश्‍चर्य कामहरूका प्रशंसा गर्छ । तपाईंको सत्यताको प्रशंसा पवित्र जनहरूका सभामा गरिन्छ ।
PSA 89:6 किनकि आकाशमा हुने कोसँग परमप्रभुको तुलना गर्न सकिन्छ र? देवताहरूका छोराहरूमध्ये कोचाहिं परमप्रभुजस्तो छ र?
PSA 89:7 उहाँ त्‍यस्‍तो परमेश्‍वर हुनुहुन्छ जसलाई पवित्र जनहरूका भेलामा उच्‍च आदर गरिन्‍छ र उहाँलाई घेरा हाल्‍ने सबैको माझमा भयानक हुनुहुन्छ ।
PSA 89:8 हे परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, हे परमप्रभु, तपाईंझैं बलियो को छ र? तपाईंको सत्यता तपाईंलाई घेरा हाल्‍छ ।
PSA 89:9 तपाईंले उर्लंदो समुद्रलाई वशमा पार्नुहुन्छ । जब छालहरू उर्लिन्छन्, तब तपाईंले तिनीहरूलाई शान्त पार्नुहुन्छ ।
PSA 89:10 तपाईंले राहाबलाई मारिएकालाई झैं चूर पार्नुभयो । आफ्ना शत्रुहरूलाई आफ्नो बलियो बाहुलीले तपाईंले तितरबितर पार्नुभयो ।
PSA 89:11 स्वर्ग तपाईंको र पृथ्वी पनि तपाईंकै हो । संसार र त्‍यसमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो ।
PSA 89:12 तपाईंले उत्तर र दक्षिणको सृष्‍टि गर्नुभयो । तबोर र हेर्मोन तपाईंको नाउँमा आनन्‍दित हुन्‍छन् ।
PSA 89:13 तपाईंसँग शक्तिशाली बाहुली र बलियो हात छ र तपाईंको दाहिने हात उच्‍च छ ।
PSA 89:14 धार्मिकता र न्याय तपाईंको सिंहासनको जग हुन् । करारको विश्‍वस्‍तता र सत्‍यता तपाईंको सामुबाट आउँछन् ।
PSA 89:15 ती मानिसहरू धन्य हुन् जसले तपाईंको आराधना गर्छन्! हे परमप्रभु, तिनीहरू तपाईंको मुहारको प्रकाशमा हिंड्छन् ।
PSA 89:16 तिनीहरू तपाईंको नाउँमा दिनभरि रमाउँछन् र तपाईंको धार्मिकतामा तिनीहरूले तपाईंलाई उचाल्छन् ।
PSA 89:17 तपाईं तिनीहरूका ऐश्‍वर्यको बल हुनुहुन्छ र तपाईंको कृपाले हामी विजयी भएका छौं ।
PSA 89:18 किनकि हाम्रो ढाल परमप्रभुको हो । हाम्रा राजा इस्राएलका परमपवित्रका हुन् ।
PSA 89:19 धेरै अघि आफ्ना विश्‍वासी जनहरूसँग तपाईं बोल्नुभयो । तपाईंले भन्‍नुभयो, “मैले वीर मानिसलाई मुटुक लगाइदिएको छु ।” मैले मानिसहरू माझबाट चुनिएको एक जनालाई उठाएको छु ।
PSA 89:20 मैले आफ्‍नो सेवक दाऊदलाई चुनेको छु । मैले त्यसलाई मेरो पवित्र तेलले अभिषेक गरेको छु ।
PSA 89:21 मेरो हातले त्यसलाई सहयत दिनेछ । मेरो बाहुलीले त्यसलाई बलियो बनाउनेछ ।
PSA 89:22 कुनै पनि शत्रुले त्यसलाई छल गर्नेछैन । दुष्‍टताका कुनै पनि सन्तानले त्यसलाई थिचोमिचो गर्नेछैन ।
PSA 89:23 त्यसको सामु भएका शत्रुहरूलाई म चूर पार्नेछु । त्यसलाई घृणा गर्नेहरूलाई म मार्नेछु ।
PSA 89:24 मेरो सत्यता र मेरो करारको विश्‍वस्‍तता त्यससँग हुनेछ । मेरो नाउँद्वारा नै त्यो विजयी हुनेछ ।
PSA 89:25 म त्यसको हात समुद्रमाथि र त्यसको दाहिने बाहुली नदीहरूमाथि राख्‍नेछु ।
PSA 89:26 त्यसले मलाई पुकारा गर्नेछ, 'हे परमेश्‍वर, तपाईं मेरो पिता र मेरो उद्धारको चट्टान हुनुहुन्छ ।'
PSA 89:27 मेरो जेठो छोरो, पृथ्वीका राजाहरूमध्‍ये सबैभन्दा उच्‍च पारिएको रूपमा पनि त्यसलाई म राख्‍नेछु ।
PSA 89:28 म आफ्‍नो करारको विश्‍वस्‍तता सदासर्वदा त्यसलाई दिनेछु । अनि त्यससँगको मेरो करार सुरक्षित हुनेछ ।
PSA 89:29 त्यसका सन्तानहरूलाई सदासर्वदासम्म रहने र त्यसको सिंहासन माथिको आकाश जत्तिकै रहिरहने म बनाउनेछु ।
PSA 89:30 त्यसका सन्तानहरूले मेरो व्यवस्ता त्यागे र मेरा विधिहरूमा हिंडेनन् भने,
PSA 89:31 तिनीहरूले मेरा नियमहरू तोडे र मेरा आज्ञाहरू पालन गरेनन् भने,
PSA 89:32 तब तिनीहरूका विद्रोहलाई लट्ठीले र तिनीहरूको अधर्मलाई आघातले म दण्ड दिनेछु ।
PSA 89:33 तर त्यसबाट आफ्‍नो अटल प्रेमलाई म हटाउनेछैन वा मेरो प्रतिज्ञाप्रति अविश्‍वासी हुनेछैन ।
PSA 89:34 म आफ्‍नो करार तोड्नेछैन वा मेरा ओठका शब्दहरू फेर्नेछैन ।
PSA 89:35 सदाको निम्ति एकै पटक मैले आफ्‍नो पवित्रताद्वारा शपथ खाएको छु, म दाऊदसित झुट बोल्नेछैनः
PSA 89:36 त्यसका सन्तानहरू सधैं निरन्‍तर रहनेछन् र मेरो सामु सूर्य रहेसम्म त्यसको सिंहासन रहनेछ ।
PSA 89:37 आकाशमा विश्‍वासयोग्य साक्षी चन्द्रमाझैं यसलाई सदाको निम्ति स्थापित गरिनेछ ।” सेला
PSA 89:38 तर तपाईंले इन्कार र अस्वीकार गर्नुभएको छ । आफ्नो अभिषिक्‍त राजासँग तपाईं रिसाउनुभएको छ ।
PSA 89:39 तपाईंले आफ्नो सेवको करार त्याग्‍नुभएको छ । तपाईंले त्यसको मुकुटलाई जमिनमा अपवित्र पार्नुभएको छ ।
PSA 89:40 तपाईंले त्यसका सबै पर्खालहरू भत्काउनुभएको छ । तपाईंले त्यसका सबै किल्लाहरूलाई भग्‍नावशेष पार्नुभएको छ ।
PSA 89:41 त्यो बाटो जाने सबैले त्‍यसलाई लुटेका छन् । आफ्नो छिमेकीको निम्ति त्यो घृणाको पात्र भएको छ ।
PSA 89:42 तपाईंले त्यसको शत्रुहरूको दाहिने हात उठाउनुभएको छ । त्यसका सबै शत्रुलाई तपाईंले आनन्‍दित बनाउनुभएको छ ।
PSA 89:43 तपाईंले त्यसको तरवारको धारलाई फर्काउनुभएको छ र युद्ध हुँदा त्यसलाई खडा पार्नुभएको छैन ।
PSA 89:44 तपाईंले त्यसको ऐस्‍वर्यको अन्त्य गर्नुभएको छ । तपाईंले त्यसको सिंहासनलाई तल जमिनमा ल्‍याउनुभएको छ ।
PSA 89:45 तपाईंले त्यसको जवानी दिनलाई छोटो पार्नुभएको छ । तपाईंले त्यसलाई लाजले ढाक्‍नुभएको छ । सेला
PSA 89:46 हे परमप्रभु, कहिलेसम्म? तपाईंले सधैं आफूलाई लुकाउनुहुनेछ ? तपाईंको रिस कहिलेसम्म आगोझैं दन्किनेछ?
PSA 89:47 मेरो आयु कति छोटो छ र तपाईंले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्‍टि गर्नुभएको छ भनी विचार गर्नुहोस् ।
PSA 89:48 को जीवित रहनेछ र मर्दैन, वा आफ्नै जीवनलाई चिहानबाट बचाउन सक्छ र? सेला
PSA 89:49 हे परमप्रभु, तपाईंले आफ्नो सत्यतामा दाऊदसँग शपथ खानुभएको करारको विश्‍वस्‍तताका पहिलेका कामहरू कहाँ छन्?
PSA 89:50 हे परमप्रभु, आफ्नो सेवकप्रति लक्षित गिल्‍ला र मैले जातिहरूका यति धेरै अपमानहरू म आफ्‍नो मनमा कसरी सहन्छु सो सम्झनुहोस् ।
PSA 89:51 हे परमप्रभु, तपाईंका शत्रहरूले अपमानको ओइरो लगाउँछन् । तिनीहरूले तपाईंको अभिषिक्‍त जनको पाइलाको गिल्ला गर्छन् ।
PSA 89:52 सदासर्वदा परमप्रभुलाई धन्‍यवाद होस् । आमेन र आमेन ।
PSA 90:1 हे परमप्रभु, सबै पुस्ताभरि नै तपाईं हाम्रो सरणस्थान हुनुभएको छ ।
PSA 90:2 पहाडहरू बनाउनुअगि वा तपाईंले पृथ्वी र संसारलाई बनाउनुअगि, अनादिदेखि अनन्तसम्म नै तपाईं परमेश्‍वर हुनुहुन्छ ।
PSA 90:3 तपाईंले मानिसलाई धूलोमा फर्काउनुहुन्छ, र तपाईं भन्‍नुहुन्छ, “ए मानवजातिका सन्तानहरू हो, फर्क ।”
PSA 90:4 किनकि तपाईंको दृष्‍टिमा हजार वर्षचाहिं बितेर जाँदा हिजोको दिन र रातको एक पहरजस्तै हो ।
PSA 90:5 तपाईंले तिनीहरूलाई बाढीले झैं बढार्नुहुन्छ र तिनीहरू निदाउँछन् । बिहानमा तिनीहरू उम्रने घाँसहरूजस्तै हुन्‍छन् ।
PSA 90:6 बिहानमा त्‍यो फक्रिन्‍छ र बढ्छ । साँझमा त्‍यो ओइलाउँछ र सुक्‍छ ।
PSA 90:7 साँच्‍चै, हामी तपाईंको रिसमा नष्‍ट भएका छौं र तपाईंको क्रोधमा हामी त्रसित छौं ।
PSA 90:8 तपाईंले हाम्रा अधर्महरू आफ्‍नो सामु, हाम्रा लुकेका पापहरू आफ्‍नो उपस्थितिमा राख्‍नुभएको छ ।
PSA 90:9 हाम्रो जीवन तपाईंको क्रोधमा बितेर जान्छ । हाम्रो वर्षहरू सुस्‍सकेराझैं बित्छ ।
PSA 90:10 हाम्रा आयु सत्तरी वर्ष वा हामी स्वस्थ्य छौं भने असी वर्ष हुन्छ । तर हाम्रा उत्तम वर्षहरू पनि कष्‍ट र पीडाले पूर्ण छन् । हो, ती चाँडै बितिजन्‍छन् र हामी उडिजान्छौं ।
PSA 90:11 तपाईंको रिसको प्रचण्डता र तपाईंको भय समानको तपाईंको क्रोध कसले जान्दछ?
PSA 90:12 त्यसैले हाम्रो जीवनको विचार गर्न हामीलाई सिकाउनुहोस्, ताकि हामी बुद्धिमान् भएर जिउन सकौं।
PSA 90:13 हे परमप्रभु, फर्कनुहोस्! यो कहिलेसम्म हुनेछ ? आफ्नो सेवकमाथि दया गर्नुहोस् ।
PSA 90:14 बिहान हामीलाई तपाईंको करारको विश्‍वस्‍तताले सन्‍तुष्‍ट पार्नुहोस्, ताकि हाम्रो जीवनभरि हामी आनन्‍दित र खुसी हुन सकौं।
PSA 90:15 हामीलाई विपत्तिमा पार्नुभएका दिनहरू र हामीले कष्‍ट भोगेका वर्षहरू जति थिए त्यति नै हामीलाई खुसी पार्नुहोस् ।
PSA 90:16 तपाईंको सेवकले तपाईंको काम देखोस् र हाम्रा छोराछोरीले तपाईंको ऐश्‍वर्य देखून् ।
PSA 90:17 परमप्रभु परमेश्‍वरको कृपा हाम्रो होस् । हाम्रा हातका कामहरू फलिफाप होऊन् । वास्तवमा, हाम्रा हातका कामहरू फलिफाप गरिदिनुहोस् ।
PSA 91:1 जो सर्वोच्‍चको छत्रछायामा बस्‍छ, त्यो सर्वशक्तिमान्‌को छायामा रहनेछ ।
PSA 91:2 म परमप्रभुको बारेमा भन्छु, “उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरो परमेश्‍वर जसमा म भरोसा गर्छु ।”
PSA 91:3 किनकि उहाँ तिमीलाई शिकारीको पासो र घातक रूढीबाट बचाउनुहुनेछ ।
PSA 91:4 उहाँले तिमीलाई आफ्‍नो पखेटाहरूले ढाक्‍नुहुनेछ र उहाँको पखेटाहरूमुनि तिमीले शरण पाउनेछौ । उहाँको सत्‍यताचाहिं ढाल र सुरक्षा हो ।
PSA 91:5 तिमी रातको त्रसदेखि वा दिनमा आउने काँडदेखि,
PSA 91:6 वा अँध्यारोमा चाहार्ने रूढी वा मध्यदिनमा आउने रोगदेखि भयभीत हुनेछैनौ ।
PSA 91:7 हजार जना तिम्रो छेउमा र तिम्रो दाहिने हातपट्टि दश हजार जना ढल्लान्, तर त्‍यो तिमीकहाँ आउनेछैन ।
PSA 91:8 तिमीले दुष्‍टको दण्ड नियाल्‍ने र देख्‍ने मात्र छौ ।
PSA 91:9 किनकि पमरप्रभु मेरो शरणस्थान हुनुहुन्छ । सर्वोच्‍चलाई तिम्रो पनि शरणस्थान बनाऊ ।
PSA 91:10 कुनै खराबीले तिमीलाई जित्‍नेछैन । तिम्रो घर नजिक कुनै कष्‍ट आउनेछैन ।
PSA 91:11 किनकि उहाँले तिमीलाई सुरक्षा दिन, तिम्रा सबै मार्गमा तिम्रो रेखदेख गर्न आफ्ना स्वर्गदूतहरूलाई निर्देशन दिनुहुनेछ ।
PSA 91:12 तिनीहरूले तिमीलाई आफ्‍ना हातले थाम्‍नेछन्, ताकि तिमीले आफ्‍ना खुट्टालाई ढुङ्गामा ठोकाउनेछैनौ ।
PSA 91:13 तिमीले आफ्नो खुट्टामुनि सिंहहरू र गोमनहरूलाई कुल्चनेछौ । तिमीले जवान सिंहहरू र सर्पहरू कुल्चनेछौ ।
PSA 91:14 त्यो मप्रति समर्पित भएको हुनाले म त्यसलाई बचाउनेछु । म त्यसलाई सुरक्षा दिनेछु किनभने त्यो मप्रति बफदार छ ।
PSA 91:15 जब त्यसले मलाई पुकारा गर्छ, तब म त्यसलाई जवाफ दिनेछु । म कष्‍टमा त्योसँग हुनेछु । म त्यसलाई विजय दिनेछु र त्यसको आदर गर्नेछु ।
PSA 91:16 म त्यसलाई लामो जीवनले सन्‍तुष्‍ट पार्नेछु र त्यसलाई मेरो उद्धार देखाउनेछु ।
PSA 92:1 हे सर्वोच्‍च, परमप्रभुलाई धन्यवाद दिनु र तपाईंको नाउँको स्तुति गर्नु असल कुरा हो,
PSA 92:2 बिहानमा तपाईंको करारको विश्‍वस्‍तता र हरेक रात तपाईंको सत्यता घोषणा गर्नु,
PSA 92:3 दस तारे वीणा बजाउँदै र सारङ्गीको धुनसँगै ।
PSA 92:4 किनकि, हे परमप्रभु, तपाईंका कामहरूले तपाईंले मलाई खुसी बनाउनुभएको छ । तपाईंको हातका कामहरूको कारणले म आनन्दले गाउनेछु ।
PSA 92:5 हे परमप्रभु, तपाईंका कामहरू कति महान् छन्! तपाईंका विचारहरू धेरै गहन छन् ।
PSA 92:6 एक जना निर्दयी व्‍यक्‍तिले जान्दैन, न त मूर्खले यो बुझ्‍छः
PSA 92:7 जब दुष्‍टहरू घाँसझैं उम्रिन्‍छन्, र दुष्‍ट काम गर्नेहरू सबै जना मौलाउँछन्, तापनि तिनीहरू अनन्त विनाशतिर लागेका हुन्‍छन् ।
PSA 92:8 तर हे परमप्रभु, तपाईंले सदासर्वदा राज्‍य गर्नुहुनेछ ।
PSA 92:9 वास्‍तवमा, हे परमप्रभु, आफ्‍ना शत्रुहरूलाई हेर्नुहोस् । वास्‍तवमा, आफ्ना शत्रुहरूलाई हे्र्नुहोस् । तिनीहरू नाश हुनेछन्! खराबी गर्नेहरू सबै तितरबितर हुनेछन् ।
PSA 92:10 तपाईंले मेरो सिङलाई जङ्गली गोरुको सिङझैं ठाडो पार्नुभएको छ । मलाई ताजा तेलले अभिषेक गरिएको छ ।
PSA 92:11 मेरा आँखाहरूले मेरा शत्रुहरूका पतन देखेका छन् । मेरा कानहरूले मेरा दुष्‍ट वैरीहरूका विनाश सुनेको छन् ।
PSA 92:12 धार्मीहरू खजूरको रूखझैं मौलाउनेछन् । तिनीहरू लेबनानको देवदारुझैं बढ्‍नेछन् ।
PSA 92:13 तिनीहरूलाई परमप्रभुको मन्‍दिरमा रोपिएका छन् । तिनीहरू हाम्रो परमेश्‍वरको मन्दिरमा चोकमा मौलाउनेछन् ।
PSA 92:14 ती बुढा हुँदा पनि तिनले फल फलाउँछन् । ती ताजा र हरिया नै रहन्छन्,
PSA 92:15 त्‍यसले परमप्रभु न्यायी हुनुहुन्छ भनी देखाउँछ । उहाँ मेरो चट्टान हुनुहुन्‍छ र उहाँमा कुनै अधर्म छैन ।
PSA 93:1 परमप्रभुले राज्‍य गर्नुहुन्‍छ । ऐश्‍वर्य मा उहाँ आभुषित हुनुहुन्‍छ । परमप्रभुले आफूलाई बलले पहिर्‍याउनुभएको र घेर्नुभएको छ । संसार दृढ रूपमा स्‍थापित छ । यो हल्‍लाउन सकिन्‍न ।
PSA 93:2 प्राचीन समयदेखि सिंहासन स्‍थापित छ । तपाईं अनादिदेखि नै हुनुहुन्छ ।
PSA 93:3 हे परमप्रभु महासागरहरू उठ्छन् । तिनीहरूले आफ्‍नो स्‍वर उचाल्‍छन् । महासागरहरूका छालहरू ठोकिन्‍छन् र गर्जन्‍छन् ।
PSA 93:4 तर धैरै ठोकिने छालहरू, समुद्रका शक्तिशाली छालहरूभन्‍दा माथि परमप्रभु उच्‍चमा शक्तिशाली हुनुहुन्‍छ ।
PSA 93:5 तपाईंका गम्‍भीर आज्ञाहरू धेरै भरोसायोग्‍य छन् । हे परमप्रभु, तपाईंको मन्‍दिरलाई सदासर्वदा पवित्रताले सुसज्‍जित पार्छ ।
PSA 94:1 हे परमप्रभु, परमेश्‍वर जसले बदला लिनुहुन्छ । हे बदला लिनुहुने परमेश्‍वर, हामीमाथि चम्‍किनुहोस् ।
PSA 94:2 हे पृथ्वीका न्यायकर्ता, उठ्नुहोस् । घमण्‍डीहरूलाई जे सुहाउँदो हुन्‍छ, त्‍यो तिनीहरूलाई दिनुहोस् ।
PSA 94:3 हे परमप्रभु, दुष्‍टहरू कहिलेसम्म खुसी हुनेछन्, दुष्‍टहरू कहिलेसम्म आनन्‍दित हुनेछन्?
PSA 94:4 तिनीहरू आफ्‍ना घमण्‍डका शब्‍दहरू पोखाउँछन् । खराब गर्नेहरू सबै जना अहङ्कार गर्छन् ।
PSA 94:5 हे परमप्रभु, तिनीहरूले तपाईंका मानिसहरूलाई कुल्‍चिन्‍छन् । तिनीहरूले तपाईंका जातिलाई कष्‍ट दिन्‍छन् ।
PSA 94:6 तिनीहरूले विधवाहरू र तिनीहरूका देशमा बस्‍ने विदेशीलाई मार्छन्, अनि तिनीहरूले अनाथहरूको हत्‍या गर्छन् ।
PSA 94:7 तिनीहरू भन्छन्, “परमप्रभुले देख्‍नुहुन्‍न । याकूबका परमेश्‍वरले यो कुरामा ध्‍यान दिनुहुन्‍न ।”
PSA 94:8 ए बुद्धिहीन मानिसहरू हो, तिमीहरू बुझ । ए मूर्खहरू, तिमीहरू कहिले सिक्‍नेछौ?
PSA 94:9 उहाँ जसले कान बनाउनुभयो, उहाँले सुन्‍नुहुन्‍न र? उहाँ जसले आँखा बनाउनुभयो, उहाँले देख्‍नुहुन्‍न र?
PSA 94:10 उहाँ जसले जातिहरूलाई अनुशासित गर्नुहुन्‍छ, के उहाँले सच्‍याउनुहुन्‍न र? मानिसलाई ज्ञान दिने उहाँ नै हुनुहुन्‍छ ।
PSA 94:11 परमप्रभुले मानिसहरूका विचारहरू जान्‍नुहुन्‍छ, ती वाफ हुन् ।
PSA 94:12 हे परमप्रभु, तपाईंले जसलाई शिक्षा दिनुहुन्छ, जसलाई तपाईंले आफ्नो व्यवस्था सिकाउनुहुन्छ, त्यो धन्यको हो ।
PSA 94:13 दुष्‍टहरूका निम्ति खाडल नखनेसम्म तपाईंले त्यसलाई कष्‍टको समयमा विश्राम दिनुहुन्छ ।
PSA 94:14 किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई त्यग्‍नुहुन्‍न वा आफ्ना उत्तराधिकारलाई छोड्‍नुहुन्‍न ।
PSA 94:15 फैसला फेरि धर्मीको आधारमा हुनेछ । अनि हृदयमा सोझो हुनेहरू सबै जनाले यसको अनुसरण गर्नेछन् ।
PSA 94:16 खराब गर्नेहरूका विरुद्धमा मेरो सुरक्षा गर्न को उठ्नेछ? दुष्‍टको विरुद्धमा मेरो समर्थनमा को खडा हुनेछ ?
PSA 94:17 परमप्रभु मेरो सहायता नहुनुभएको भए, म तुरुन्‍तै मौनताको ठाउँमा पल्टिरहेको हुनेथिएँ ।
PSA 94:18 जब मैले भनें, “मेरो खुट्टा चिप्‍लँदैछ,” हे परमप्रभु, तपाईंको करारको विश्‍वस्‍तताले मलाई माथि उचाल्‍यो ।
PSA 94:19 जब मभित्र फिक्रीहरू धैरै हुन्छन्, तब तपाईंका सान्त्वनाहरूले मलाई खुसी बनाउँछन् ।
PSA 94:20 के विनाशको सिंहासन, जसले नियमद्वारा अन्यायको सृजना गर्छ सो तपाईंसँग मिल्न सक्छ र?
PSA 94:21 तिनीहरू धर्मीको ज्यान लिन सँगै षड्यन्त्र रच्‍छन् र तिनीहरूले निर्दोषलाई मृत्युदण्ड दिन्छन् ।
PSA 94:22 तर परमप्रभु मेरो अग्लो धरहरा हुनुभएको छ र मेरो परमेश्‍वर मेरो शरणस्थानको चट्टान हुनुभएको छ ।
PSA 94:23 तिनीहरूका आफ्नै अधर्म उहाँले तिनीहरूमाथि ल्याउनुहुनेछ र तिनीहरूको आफ्नै दुष्‍टतामा तिनीहरूलाई नष्‍ट गर्नुहुनेछ । परमप्रभु हाम्रा परमेश्‍वरले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ ।
PSA 95:1 आओ, परमप्रभुको निम्ति हामी गाऔं । हाम्रो उद्धारको चट्टानको निम्ति हामी आनन्दसाथ गाऔं ।
PSA 95:2 उहाँको उपस्थितिभित्र हामी धन्यवादसाथ पसौं । प्रशंसाको भजनले हामी उहाँको निम्ति गाऔं ।
PSA 95:3 किनकि परमप्रभु महान् परमेश्‍वर हुनुहुन्छ र सबै देवहरूभन्दा माथिका महान् राजा हुनुहुन्छ ।
PSA 95:4 पृथ्वीको गहिराइ उहाँको हातमा छ । पहाडहरूका उच्‍चाइहरू उहाँकै हुन् ।
PSA 95:5 समुद्र उहाँकै हो, किनकि उहाँले नै त्यो बनाउनुभयो । अनि सुख्‍खा जमिन उहाँकै हातले बनाए ।
PSA 95:6 आओ, हामी आराधना गरौं र घोप्‍टो परौं । हाम्रा सृष्‍टिकर्ता परमप्रभुको सामु हामी घुँडा टेकौं ।
PSA 95:7 किनकि उहाँ हाम्रो परमेश्‍वर हुनहुन्छ र हामी उहाँका खर्कका मानिसहरू र उहाँका हातका भेडाहरू हौं । आज, तिमीहरूले उहाँको सोर सुन्‍नेछौ ।
PSA 95:8 “मेरीबामा वा उजाडस्‍थानको मस्साहका दिनमा झैं आफ्नो हृदयलाई कठोर नपार,
PSA 95:9 जहाँ तिमीहरूका पुर्खाहरूले मेरा कामहरू देखे तापनि तिनीहरूले मलाई जाँचे र मेरो परीक्षा गरे ।
PSA 95:10 किनकि चालिस वर्षसम्म म त्यो पुस्‍तासित रिसाएँ र भनें, ‘यी मानिसहरूका हृदयहरू भड्किएका छन् । तिनीहरूले मेरा मार्गहरू जानेका छैनन् ।'
PSA 95:11 यसकारण मैले आफ्‍नो रिसमा शपथ खाएँ, कि तिनीहरू मेरो विश्राम गर्ने ठाउँमा कहिल्यै प्रवेश गर्नेछैनन् ।
PSA 96:1 परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ ।
PSA 96:2 परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्‍यको भन । उहाँको उद्धार दिनदिनै घोषणा गर ।
PSA 96:3 उहाँको महिमा जातिहरूका माझमा, उहाँका अचम्मका कामहरू सबै जातिहरूका माझमा घोषणा गर ।
PSA 96:4 किनकि परमप्रभु महान् हुनुहुन्छ र उहाँको ठुलो प्रशंसा हुनुपर्छ । अरू सबै देवताभन्दा बढी उहाँकै भय मान्‍नुपर्छ ।
PSA 96:5 किनकि जातिहरूका सबै देवता मूर्तीहरू हुन्, तर आकाश बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ ।
PSA 96:6 उहाँको उपस्थितिमा वैभव र ऐश्‍वर्य छन् । उहाँको पवित्रस्थानमा सामर्थ्य र सुन्दरता छन् ।
PSA 96:7 हे मानिसहरूका वंशहरू हो, परमप्रभुको स्‍तुति गर, उहाँको महिमा र सामर्थ्यको निम्ति परमप्रभुलाई प्रशंसासाथ स्‍तुति गर ।
PSA 96:8 परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमा देओ । बलि ल्‍याओ र उहाँको मन्दिरभित्र आओ ।
PSA 96:9 पवित्रताको सुसोभित भएर परमप्रभुको सामु घोप्‍टो पर । हे सारा पृथ्वी उहाँको सामु थरथर होओ ।
PSA 96:10 जातिहरू माझमा भन, “परमप्रभुले राज्‍य गर्नुहुन्छ ।” संसार पनि स्थापित भएको छ । यसलाई डगाउन सकिंदैन । उहाँले निष्पक्षतासाथ मानिसहरूको न्याय गर्नुहुन्छ ।
PSA 96:11 आकाश खुसी होस् र पृथ्वी आनन्‍दित होस् । समुद्र गर्जिओस् र त्‍यसलाई भर्नेचाहिं आनन्‍दले कराओस् ।
PSA 96:12 मैदानहरू र त्यसमा भएका सबै थोक आनन्‍दित होऊन् । वनका सबै रूखहरूले आनन्दले कराऊन्,
PSA 96:13 परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ । उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्‍वस्‍ततामा न्याय गर्नुहुनेछ ।
PSA 97:1 परमप्रभुले राज्‍य गर्नुहुन्छ । पृथ्‍वी आनन्‍दित होस् । धेरैवटा समुद्री किनार खुसी होऊन् ।
PSA 97:2 बादल र अन्धकारले उहाँलाई घेर्छन् । धार्मिकता र न्याय उहाँको सिंहासनको जग हो ।
PSA 97:3 आगो उहाँको अगिअगि जान्छ र उहाँका वैरीहरूलाई हरेकतिर भष्‍म पार्छ ।
PSA 97:4 उहाँको बिजुलीको चमकले संसारलाई उज्‍यालो बनाउँछ । पृथ्वीले देख्‍छ र थरथर काम्छ ।
PSA 97:5 परमप्रभु, सारा पृथ्वीको परमप्रभुको सामु पहाडहरू मैनझैं पग्लिन्छन् ।
PSA 97:6 आकाशले उहाँको न्यायको घोषणा गर्छ र सबै जातिले उहाँको महिमा देख्छन् ।
PSA 97:7 कुँदेका आकृतिहरू पुज्‍नेहरू, व्‍यर्थका मूर्तिहरूमा घमण्‍ड गर्नेहरू सबै जना लाजमा पर्नेछन् । हे सबै देवता हो, उहाँमा घोप्‍टो पर!
PSA 97:8 हे परमप्रभु, तपाईंको धार्मिक आदेशहरूका कारणले सियोनले सुन्यो र खुसी भयो, अनि यहूदाका नगरहरू आनन्‍दित भए ।
PSA 97:9 हे परमप्रभु, तपाईं सारा पृथ्वीभन्दा उच्‍च हुनुहुन्छ । तपाईं सबै देवताभन्दा उच्‍च हुनुहुन्छ ।
PSA 97:10 तिमीहरू जसले परमप्रभुलाई प्रेम गर्छौ, खराबीलाई घृणा गर । उहाँले आफ्ना सन्तहरूका जीवन रक्षा गर्नुहुन्छ र उहाँले तिनीहरूलाई दुष्‍टको हातबाट बाहिर निकाल्नुहुन्छ ।
PSA 97:11 धार्मीहरूका निम्ति ज्‍योति प्रकट हुन्‍छ र इमानदार हृदय भएकाहरूका निम्ति खुसी आउँछ ।
PSA 97:12 ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ । अनि तिमीहरूले उहाँको पवित्रता सम्झिंदा धन्यवाद देओ ।
PSA 98:1 परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ, किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ । उहाँको दाहिने बहुली र उहाँको पवित्र हातले उहाँलाई विजय दिएको छ ।
PSA 98:2 परमप्रभुले उहाँको उद्धार प्रकट गर्नुभएको छ । उहाँ आफ्नो न्यायलाई सबै जतिलाई खुलम्खुल्ला देखाउनुभएको छ ।
PSA 98:3 उहाँले इस्राएलको घरनाको निम्ति आफ्नो करारको बफादरी र विश्‍वस्‍तता सम्झिनुहुन्छ । पृथ्वीको अन्‍तिम छेउसम्मकाहरू सबैले हाम्रा परमेश्‍वरको विजय देख्‍नेछन् ।
PSA 98:4 हे सबै पृथ्वी, परमप्रभुको निम्ति आनन्दसाथ जयजयकार गर । गीत गाओ, आनन्दसाथ गाओ र स्तुति गर ।
PSA 98:5 वीणा बजाएर परमप्रभुको प्रशंसा गर । वीणा बजाओ र मधुर धुनसहित गाओ ।
PSA 98:6 तुरहीहरू र सिङको आवाजले परमप्रभु राजाको सामु आनन्दसाथ जयजयकार गर ।
PSA 98:7 समुद्र र त्‍यसमा भएका हरेक कुरा, संसार र यसमा बसोवास गर्नेहरू कराओ ।
PSA 98:8 नदीहरूले तिनीहरूले आफ्‍ना ताली बजाऊन् र पहाडहरू आनन्दले कराऊन् ।
PSA 98:9 परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्‍छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ ।
PSA 99:1 परमप्रभुले राज्‍य गर्नुहुन्छ । जातिहरू थरथर होऊन् । उहाँ करूबहरूमाथि विराजमान हुनुहुन्छ । पृथ्वी थरथराओस् ।
PSA 99:2 परमप्रभु सियोनमा महान् हुनुहुन्छ । उहाँ सबै जातिभन्दा माथि उचालिनुभएको छ ।
PSA 99:3 तिनीहरूले तपाईंको महान् र भयङ्कर नाउँको स्तुति गरून् । उहाँ पवित्र हुनुहुन्छ ।
PSA 99:4 राजा शक्तिशाली हुनुहुन्छ र उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ । तपाईंले निश्‍पक्षता स्थापित गर्नुभएको छ । तपाईंले याकूबमा धार्मिकता र न्याय गर्नुभएको छ ।
PSA 99:5 परमप्रभु हाम्रा परमेश्‍वरको स्तुति गर र उहाँको पाउदानमा आराधना गर । उहाँ पवित्र हुनुहुन्छ ।
PSA 99:6 मोशा र हारून उहाँका पुजारीमध्‍येका थिए, र शमूएल उहाँको नाउँ पुकारा गर्नेहरूमध्येका थिए । तिनीहरू परमप्रभुलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो ।
PSA 99:7 उहाँ तिनीहरूसँग बादलको खामोबाट बोल्नुभयो । उहाँले तिनीहरूलाई दिनुभएको उहाँका महत्त्वपूर्ण आज्ञाहरू र विधिहरू तिनीहरूले पालन गरे ।
PSA 99:8 हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो । तपाईं तिनीहरूको निम्ति क्षमा दिनुहुने परमेश्‍वर हुनुहुन्थ्यो, तर जसले तिनीहरूका पापपूर्ण कामहरूलाई दण्ड दिनुभयो ।
PSA 99:9 परमप्रभु हाम्रा परमेश्‍वरको स्तुति गर र उहाँको पवित्र पर्वतमा आराधना गर, किनकि परमप्रभु हाम्रा परमेश्‍वर पवित्र हुनुहुन्छ ।
PSA 100:1 हे सारा पृथ्वी, आनन्दसाथ परमप्रभुको जयजयकार गर ।
PSA 100:2 खुसीसाथ परमप्रभुको सेवा गर । आनन्दले गाउँदै उहाँको उपस्थितिको सामु आओ ।
PSA 100:3 परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ भनी जान । उहाँले हामीलाई बनाउनुभयो र हामी उहाँका हौं । हामी उहाँका मानिसहरू र उहाँका खर्कका भेडाहरू हौं ।
PSA 100:4 धन्यवाद दिंदै उहाँको ढोकाभित्र र प्रशंसा गर्दै उहाँको चोकभित्र पस । उहाँलाई धन्यवाद देओ र उहाँको नाउँको स्तुति गर ।
PSA 100:5 किनकि परमप्रभु असल हुनुहुन्छ । उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा र उहाँको सत्यता सबै पुस्तामा रहन्छ ।
PSA 101:1 करारको विश्‍वस्‍तता र न्यायको बारेमा म गाउनेछु । हे परमप्रभु, तपाईंको निम्ति म स्‍तुति गाउनेछु ।
PSA 101:2 इमानदरीताको बाटोमा म हिंड्नेछु । तपाईं मकहाँ कहिले आउनुहुनेछ ? म आफ्‍नो घरभित्र इमानदरीतामा हिंड्‍नेछु ।
PSA 101:3 आफ्‍नो आँखाको सामु म खराबीलाई राख्‍नेछैन । व्‍यर्थका खराब कुरालाई म घृणा गर्छु । त्‍यो मसित टाँसिनेछैन ।
PSA 101:4 भ्रष्‍ट मानिसहरूले मलाई छोड्नेछन् । खराबीप्रति बफादार छैन ।
PSA 101:5 आफ्नो छिमेकी गुप्‍त रूपमा निन्दा गर्ने जोसुकैलाई म नाश गर्नेछु । घमण्डी आचरण र अहङ्कारी विचार भएको कुनै पनि व्यक्‍तिलाई म सहनेछैन ।
PSA 101:6 मेरो छेउमा बस्‍नलाई म देशका विश्‍वासयोग्यहरू खोज्‍नेछु । इमानदारीताको बाटोमा हिंड्नेहरूले मेरो सेवा गर्न सक्छन् ।
PSA 101:7 छली मानिसहरू मेरो मन्‍दिरभित्र रहनेछैनन् । झुट बोल्नेहरूलाई मेरो सामु स्वागत गरिनेछैन ।
PSA 101:8 हरेक बिहानै म दुष्‍टहरूलाई देशबाट नष्‍ट पार्नेछु । दुष्‍ट काम गर्ने सबैलाई म परमप्रभुको सहरबाट हटाउनेछु ।
PSA 102:1 हे परमप्रभु, मेरो प्रार्थन सुन्‍नुहोस् । तपाईंलाई मेरो पुकारा सुन्‍नुहोस् ।
PSA 102:2 मेरो कष्‍टको समयमा तपाईंको मुहार मबाट नलुकाउनुहोस् । मेरो पुकारा सुन्‍नुहोस् । मैले तपाईंलाई पुकारा गर्दा, मलाई तुरुन्‍तै जवाफ दिनुहोस् ।
PSA 102:3 किनकि मेरो दिनहरू धूवाँझैं बित्छन् र मेरा हाडहरू आगोझैं जल्छन् ।
PSA 102:4 मेरो हृदय चूर्ण भएको छ र म ओइलिएको घाँसजस्तो छु । म कुनै पनि खानेकुरा खान बिर्सिन्छु ।
PSA 102:5 मेरो निरन्‍तरको सुस्‍केराले म धेरै दुब्‍लो भएको छु ।
PSA 102:6 म उजाडस्‍थानको धनेसझैं भएको छु । भग्‍नावशेषको लाटोकोसेरोझैं म भएको छु ।
PSA 102:7 एक्‍लिएको चराझैं छानामाथि म एक्‍लै जागा रहन्छु ।
PSA 102:8 मेरा शत्रुहरूले दिनभरि मेरो खिसी गर्छन् । मेरो गिल्ला गर्नेहरूले मेरो नाउँ सरापको रूपमा प्रयोग गर्छन् ।
PSA 102:9 खरानीलाई म रोटीझैं खान्छु र मेरो पिउने कुरामा आँशु मिसाउँछु ।
PSA 102:10 तपाईंको दन्कँदो रिसको कारणले तपाईंले मलाई तल फाल्‍नलाई माथि उचाल्नुभएको छ ।
PSA 102:11 मेरा दिनहरू हराएर जाने छायाजस्तै छन् र म घाँसझैं ओइलाएको छु ।
PSA 102:12 तर हे परमप्रभु, तपाईं सदासर्वदा जीवित हुनुहुन्छ र तपाईंको ख्याति सबै पुस्तामा रहन्छ ।
PSA 102:13 तपाईं माथि उठ्नुहुनेछ र सियोनमाथि दया गर्नुहुनेछ । यो त्यसमाथि दया गर्ने समय हो । तोकिएको समय आएको छ ।
PSA 102:14 किनकि तपाईंको सेवकले त्यसका ढुङ्गाहरू प्रिय मान्छ र त्यसका भग्‍नावशेषका धूलोप्रति दयाको महसुस गर्छ ।
PSA 102:15 हे परमप्रभु, जातिहरूले तपाईंको नाउँको आदर गर्नेछन् र पृथ्वीका सबै राजाले तपाईंको महिमाको आदर गर्नेछन् ।
PSA 102:16 परमप्रभुले सियोनको पुनःनिर्माण गर्नुहुनेछ र आफ्‍नो महिमामा देखा पर्नुहुनेछ ।
PSA 102:17 त्यसबेला, उहाँले दरिद्रको प्रार्थनाको जवाफ दिनुहुनेछ । उहाँले तिनीहरूको प्रार्थना इन्कार गर्नुहुनेछैन ।
PSA 102:18 यो भावी पुस्ताहरूका निम्ति लेखिनेछ, र अहिलेसम्‍म नजन्मेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन् ।
PSA 102:19 किनकि उहाँले पवित्र उचाइबाट तल हेर्नुभएको छ । परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ,
PSA 102:20 कैदीहरूका विलाप सुन्‍न, मृत्युदण्ड पाएकाहरूलाई छुटाउन ।
PSA 102:21 तब मानिसहरूले सियोनमा परमप्रभुको नाउँ र यरूशलेममा उहाँको प्रशंसाको घोषणा गर्नेछन्,
PSA 102:22 जब मानिसहरू र राज्यहरू परमप्रभुको सेवा गर्न भेला हुन्छन् ।
PSA 102:23 उहाँले मेरो जीवनको बिचमा मेरो बल हटाउनुभएको छ । उहाँले मेरो आयुलाई घटाउनुभएको छ ।
PSA 102:24 मैले भनें, “हे मेरो परमेश्‍वर, मेरो जीवनको बिचैमा मलाई नलानुहोस् । तपाईं सबै पुस्ताभरि यहाँ हुनुहुन्छ ।
PSA 102:25 प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् ।
PSA 102:26 तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहनुहुनेछ । तिनीहरू सबै लुगाझैं पुरानो हुनेछन् । तपाईंले तिनीहरूलाई लुगालाई झैं हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन् ।
PSA 102:27 तर तपाईं समान हुनुहुन्छ, र तपाईंका वर्षहरूका अन्त हुनेछैन ।
PSA 102:28 तपाईंका सेवकहरूका सन्तानहरू निरन्‍तर जिउनेछन् र तिनीहरूका सन्तानहरू तपाईंको उपस्थितिमा बस्‍नेछन् ।”
PSA 103:1 परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र मभित्र भएका सबै कुराले उहाँको पवित्र नाउँलाई म प्रशंसा दिनेछु ।
PSA 103:2 परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र उहाँका सबै असल कामहरूलाई म सम्झिन्छु ।
PSA 103:3 उहाँले तिम्रा सबै पाप क्षमा गर्नुहुन्छ । उहाँले तिम्रा सबै रोग निको पार्नुहुन्छ ।
PSA 103:4 उहाँले तिम्रो जीवनलाई नाश हुनबाट बचाउनुहुन्छ । उहाँले तिमीलाई करारको विश्‍वस्‍तता र कोमल कृपाका कामहरूको मुकुट लगाउनुहुन्छ ।
PSA 103:5 उहाँले तिम्रो जीवनलाई असक थोकहरूले सन्‍तुष्‍ट पार्नुहुन्छ, ताकि तिम्रो जवानी चीलको झैं नयाँ हुन्‍छ ।
PSA 103:6 परमप्रभुले जे निष्पक्ष छ सो गर्नुहुन्छ र थिचोमिचोमा परेकाहरू सबैका निम्ति न्यायका कामहरू गर्नुहुन्छ ।
PSA 103:7 उहाँले मोशालाई आफ्ना मार्गहरू र इस्राएलका सन्तानहरूलाई उहाँका कामहरू प्रकट गर्नुभयो ।
PSA 103:8 परमप्रभु कृपालु र अनुग्रही हुनुहुन्छ । उहा धैर्यवान् हुनुहुन्छ । उहाँमा महान् करारको बफादारी छ ।
PSA 103:9 उहाँले सधैं ताड्ना दिनुहुन्‍न । उहाँ सधैं रिसाउनुहुन्‍न ।
PSA 103:10 उहाँले हामीसँग हाम्रो पाप सुहाउँदो व्यवहार गर्नुहुन्‍न वा हाम्रा पापअनुसारको प्रतिफल दिनुहुन्‍न ।
PSA 103:11 किनकि पृथ्वीमाथि आकाश जति अग्लो छ, उहाँलाई आदर गर्नेप्रति उहाँको करारको विश्‍वस्‍तता त्‍यति नै महान् छ ।
PSA 103:12 पश्‍चिमबाट पूर्व जति टाढा छ, उहाँले हाम्रा पापहरूका दोषलाई हामीबाट त्‍यति नै टाढा हटाउनुभएको छ ।
PSA 103:13 बुबाले आफ्‍ना छोराछोरीलाई जसरी दया गर्छन्, परमप्रभुले उहाँलाई आदर गर्नेहरूलाई त्यसरी नै दया गर्नुहुन्छ ।
PSA 103:14 किनकि हामी कसरी बनिएका छौं भनी उहाँले जान्‍नुहुन्छ । हामी धूलो हौं भनी उहाँलाई थाहा छ ।
PSA 103:15 मानिसको बारेमा, त्यसका दिनहरू घाँसजस्ता छन् । मैदानको फूलझैं त्‍यो मौलाउँछ ।
PSA 103:16 त्‍यसमाथि हावा चल्छ र त्‍यो लोप हुन्छ, र त्‍यो कहाँ उम्रेको थियो भनी कसैले भन्‍न पनि सक्‍दैन ।
PSA 103:17 तर परमप्रभुलाई आदर गर्नेहरूमाथि उहाँको करारको विश्‍वस्‍तता अनादिदेखि अनन्तसम्म रहन्छ । उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूमा रहन्छ ।
PSA 103:18 तिनीहरूले उहाँको करार पालन गर्छन् र उहाँका शिक्षाहरू पालन गर्न सम्झिन्छन् ।
PSA 103:19 परमप्रभुले स्वर्गमा आफ्‍नो सिंहासन स्थापित गर्नुभएको छ र उहाँको राज्यले हरेकमाथि शासन गर्छ ।
PSA 103:20 ए परमप्रभुका दूतहरू हो, शक्तिशाली वीरहरू र उहाँको वचन पालन गर्नेहरू, अनि उहाँको वचनको आवाज पालन गर्नेहरूले समेत उहाँको प्रशंसा गर ।
PSA 103:21 ए परमप्रभुका सबै फौज हो, तिमीहरू उहाँका सेवकहरू जसले उहाँको इच्छा पुरा गर्छौ, उहाँको प्रशंसा गर ।
PSA 103:22 ए परमप्रभुका सबै प्राणी हो, उहाँले राज्‍य गर्ने सबै ठाउँमा उहाँको प्रशंसा गर । म आफ्‍नो सारा जीवनले परमप्रभुको प्रशंसा गर्नेछु ।
PSA 104:1 मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाई अति महान् हुनुहुन्छ । तपाईं वैभव र ऐश्‍वर्यले विभूषित हुनुहुन्छ ।
PSA 104:2 तपाईंले आफूलाई लुगाले झैं ज्‍योतिले ढाक्‍नुहुन्छ । तपाईंले आकाशलाई पालको पर्दालाई झैं फैलाउनुहुन्छ ।
PSA 104:3 तपाईंले आफ्नो कोठाहरूका दलिनहरू बादलमा राख्‍नुहुन्छ । तपाईंले बदललाई आफ्नो रथ बनाउनुहुन्छ । तपाईं हावाको पखेटाहरूमा हिंड्‍नुहुन्छ ।
PSA 104:4 उहाँले हावालाई आफ्नो दूतहरू र आगोका ज्वालाहरूलाई आफ्ना सेवकहरू बनाउनुहुन्छ ।
PSA 104:5 उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो र त्‍यो कहिल्यै हटाइनेछैन ।
PSA 104:6 तपाईंले पृथ्वीलाई लुगाले झैं पानीले ढाक्‍नुभयो । पानीले पहाडहरू ढाके ।
PSA 104:7 तपाईंको हप्कीले पानीहरू पछि हटेर गए । तपाईंको गर्जनको सोरमा तिनीहरू भागे ।
PSA 104:8 तपाईंले तिनीहरूका निम्‍ति तोक्‍नुभएका ठाउँहरूमा पहाडहरू उठे र बेसीहरू फैलिए ।
PSA 104:9 तपाईंले तिनीहरूका निम्ति सिमाना तोक्‍नुभएको छ, जुन तिनीहरूले नाघ्‍ने छैनन् । तिनीहरूले पृथ्वीलाई फेरि ढाक्‍नेछैनन् ।
PSA 104:10 उहाँले मूलहरूलाई बेसीहरूमा बगाउनुभयो । पहाडहरूका बिचबाट खोलाहरू बग्छन् ।
PSA 104:11 तिनीहरूले मैदानका सबै जनावरलाई पानी दिन्‍छन् । जङ्गली गधाहरूले आफ्‍नो तिर्खा मेटाउँछन् ।
PSA 104:12 नदीका किनाराहरूमा चराहरूले आफ्‍ना गुँड बनाउँछन् । तिनीहरूले हाँगाहरूमा गाउँछन् ।
PSA 104:13 आकाशमा भएको पानीका आफ्‍ना भण्डारहरूबाट उहाँले पहाडहरूलाई पानीले भिजाउनुहुन्छ । पृथ्वी उहाँको श्रमको फलले पूर्ण छ ।
PSA 104:14 उहाँले गाईवस्‍तुको निम्ति घाँस र मानिसलाई खेती गर्न बिरुवाहरू उमार्नुहुन्छ, ताकि मनिसले पृथ्वीबाट खानेकुरा उत्पादन गरोस् ।
PSA 104:15 मानिसलाई खुसी राख्‍न दाखमद्य, त्यसको अनुहार चम्किलो पार्न तेल र त्यसको जीवन बचाउन खानेकुरा उहाँले बनाउनुहुन्छ ।
PSA 104:16 परमप्रभुका रूखहरूले प्रशस्‍त पानी पाउँछन् । लेबनानको देवदारु जसलाई उहाँले रोप्‍नुभयो ।
PSA 104:17 चराहरूले त्‍यहाँ गुँड बनाउँछन् । सारसले सल्लाका रूखहरूलाई आफ्नो घर बनाउँछ ।
PSA 104:18 घोरलहरू उच्‍च पहाडहरूतिर बस्छन् । पहाडका टाकुराहरू खरायोहरूका शरणस्थान हुन् ।
PSA 104:19 उहाँले चन्द्रमालाई ऋतु चिनाउनलाई तोक्‍नुभयो । सुर्यले आफ्‍नो अस्ताउने समय जान्दछ ।
PSA 104:20 तपाईंले रातको अँध्यारो बनाउनुहुन्छ, जब वनका सबै पशुहरू बाहिर निस्‍किन्‍छन् ।
PSA 104:21 जवान सिंहहरू आफ्‍ना शिकारको निम्ति गर्जिन्छन् र परमेश्‍वरबाट आफ्‍नो खानेकुरा खोज्छन् ।
PSA 104:22 जब सूर्य उदाउँछ, तिनीहरू फर्कन्छन् र आफ्‍ना खोरहरूमा सुत्छन् ।
PSA 104:23 यसबिच मानिसहरू आ-आफ्ना काममा बाहिर जान्छन् र साँझसम्म नै परिश्रम गर्छन् ।
PSA 104:24 हे परमप्रभु, तपाईंका कामहरू कति धेरै र फरक किसिमका छन्! बुद्धिले तपाईंले तिनीहरू सबै बनाउनुभयो । पृथ्वी तपाईंको कामहरूले भरिन्‍छ ।
PSA 104:25 त्यहाँ गहिरो र फराकिलो, साना र ठुला दुवै असंख्या प्राणीले भरिएको समुद्र छ ।
PSA 104:26 पानी जहाजहरू त्यहाँ यात्रा गर्छन् र लिव्यातन पनि त्यहाँ छ, जसलाई तपाईंले समुद्रमा खेल्नलाई बनाउनुभयो ।
PSA 104:27 यी सबैले समयमा आफ्‍नो खाना पाउनलाई तपाईंतिर हेर्छन् ।
PSA 104:28 तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्छन् । तपाईंले आफ्नो हात खोल्नुहुँदा, तिनीहरू सन्‍तुष्‍ट हुन्छन् ।
PSA 104:29 तपाईंले आफ्नो मुख लुकाउनुहुँदा, तिनीहरू संकष्‍टमा पर्छन् । तपाईंले तिनीहरूको सास लिनुभयो भने, तिनीहरू मर्छन् र धूलोमा फर्किन्छन् ।
PSA 104:30 तपाईंले तपाईंको आत्मा पठाउनुहुँदा तिनीहरू सृष्‍टि हुन्छन् र तपाईंले गाउँलाई नयाँ तुल्याउनुहुन्छ ।
PSA 104:31 परमप्रभुको महिमा सदासर्वदा रहिरहोस् । परमप्रभु आफ्‍नो सृष्‍टिमा आनन्दित हुनुभएको होस् ।
PSA 104:32 उहाँले तल पृथ्वीमा हेर्नुहुन्‍छ र त्‍यो हल्लिन्‍छ । उहाँले पहाडहरूलाई छुनुहुन्छ र तिनीहरूमा धूवाँ निस्कन्छ ।
PSA 104:33 आफ्‍नो सारा जीवनभरि म परमप्रभुको निम्ति गीत गाउनेछु । म बाँचुन्‍जेल आफ्‍नो परमेश्‍वरको स्‍तुति गाउनेछु ।
PSA 104:34 मेरो विचारहरू उहाँलाई मन पर्दो होस् । म परमप्रभुमा आनन्‍दित हुनेछु ।
PSA 104:35 पापीहरू पृथ्वीबाट लोप होऊन् र दुष्‍टहरू कदापि नरहून् । आफ्‍नो सारा जीवनभरि म परमप्रभुको प्रशंसा गर्छु । परमप्रभुको स्तुति होस् ।
PSA 105:1 परमप्रभुलाई धन्यवाद देओ । उहाँको नाउँमा पुकारा गर । उहाँका कामहरू जातिहरूका माझमा प्रकट गर ।
PSA 105:2 उहाँको निम्ति गाओ । उहाँको स्‍तुति गाओ । उहाँका सबै अचम्मका कामहरूका बारेमा भन ।
PSA 105:3 उहाँको पवित्र नाउँमा गर्व गर । परमप्रभुको खोजी गर्नेहरूका हृदय आनन्‍दित होस् ।
PSA 105:4 परमप्रभु र उहाँको शक्तिको खोजि गर । उहाँको उपस्थितिको निरन्‍तर खोजी गर ।
PSA 105:5 उहाँले गर्नुभएका अचम्मका कामहरू, उहाँका आश्‍चर्य कामहरू र उहाँको मुखका आदेशहरूलाई याद गर,
PSA 105:6 ए उहाँका सेवक अब्राहामका सन्तानहरू, याकूबका मानिसहरू, उहाँका चुनिएका जनहरू हो ।
PSA 105:7 उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ । उहाँका आदेशहरू सारा पृथ्वीभरि छन् ।
PSA 105:8 उहाँले आफ्नो करारलाई सदासर्वदा, आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्‍म सम्‍झनुहुन्छ ।
PSA 105:9 आफूले अब्राहामसँग गरेको करार र इसहाकसँग खाएको शपथलाई उहाँले सम्झनुहुन्छ ।
PSA 105:10 यो उहाँले याकूबसँग आदेश रूपमा र इस्राएलसँग अनन्त करारको रूपमा पुष्‍टि गर्नुभयो ।
PSA 105:11 उहाँले भन्‍नुभयो, “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा तँलाई म कनान देश दिनेछु ।”
PSA 105:12 तिनीहरू संख्यामा थोरै, अति थोरै मात्र हुँदा र देशमा परदेशीहरू हुँदा नै उहाँले यसो भन्‍नुभयो ।
PSA 105:13 तिनीहरू एक जातिबाट अर्को जातिमा र एक राज्यबाट अर्को राज्यमा गए ।
PSA 105:14 उहाँले कसैलाई पनि तिनीहरूमाथि थिचोमिचो गर्ने अनुमति दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई हप्‍काउनुभयो ।
PSA 105:15 उहाँले भन्‍नुभयो, “मेरो अभिषिक्‍त जनलाई नछोओ र मेरा अगमवक्‍ताहरूका हानि नगर ।”
PSA 105:16 उहाँ देशमा अनिकाल ल्याउनुभयो । उहाँ खानेकुराको सारा आपूर्ती बन्‍द गर्नुभयो ।
PSA 105:17 उहाँले तिनीहरू अगिअगि एक जना मानिसलाई पठाउनुभयो । योसेफलाई कमाराको रूपमा बेचिएका थिए ।
PSA 105:18 तिनका खुट्टाहरू साङ्लाहरूले बाँधिएका थिए । तिनको घाँटीमा फालमको जन्जीर लगाइयो,
PSA 105:19 तिनले जे भनेका थिए सो हुन नआएसम्म । परमप्रभुको वचनले तिनको जाँच गर्‍यो ।
PSA 105:20 तिनलाई मुक्‍त गर्न राजाले सेवकहरू पठाए । मानिसहरूका शासकले तिनलाई मुक्‍त गरे ।
PSA 105:21 उनले तिनलाई आफ्‍नो सारा सम्पत्तिको शासकको रूपमा आफ्‍नो दरवारको निरीक्षक बनाए,
PSA 105:22 तिनले चाहेअनुरूप उनका शासकहरूलाई सल्‍लाह दिन र उनका धर्मगुरुहरूलाई बुद्धि सिकाउन ।
PSA 105:23 त्‍यसपछि इस्राएल मिश्रदेशमा गए र याकूब केही समय हामको देशमा बसे ।
PSA 105:24 परमप्रभुले आफ्ना मानिसहरूलाई फल्दोफुल्दो बनाउनुभयो र तिनीहरूलाई आफ्‍ना शत्रुहरूभन्दा बलियो बनाउनुभयो ।
PSA 105:25 उहाँका मानिसहरूलाई तिनीहरूका शत्रुहरूले घृणा गर्ने, आफ्ना सेवकहरूलाई दुर्व्यवहार गर्ने उहाँले बनाउनुभयो ।
PSA 105:26 आफूले चुन्‍नुभएका आफ्ना सेवक मोशा र हारूनलाई उहाँले पठाउनुभयो ।
PSA 105:27 तिनीहरूले मिश्रीहरूका माझमा उहाँका चिन्हहरू, हामको देशमा उहाँ अचम्मका कामहरू गरे ।
PSA 105:28 उहाँले अन्धकार पठाउनुभयो र त्यो देशलाई अँध्‍यारो बनाउनुभयो, तर त्‍यसका मानिसहरूले उहाँका आज्ञाहरू पालन गरेनन् ।
PSA 105:29 उहाँले तिनीहरूका पानीलाई रगतमा बद्लिनुभयो र तिनीहरूका माछाहरू मार्नुभयो ।
PSA 105:30 तिनीहरूका देश, तिनीहरूका शासकहरूका कोठाहरूमा समेत भ्यागुताहरूले भरिए ।
PSA 105:31 उहाँले बोल्नुभयो र झिंगाहरू र भुसुनाहरूको हुल तिनीहरूको देशभरि आए ।
PSA 105:32 तिनीहरूका देशमा बलिरहेको आगोको ज्वालासहित, उहाँले तिनीहरूको वर्सालाई असिनामा बद्लिनुभयो ।
PSA 105:33 उहाँले तिनीहरूका दाखका बोटहरू र अञ्‍जीरका रूखहरू नष्‍ट पार्नुभयो । उहाँ तिनीहरूका देशका रूखहरू भाँच्‍नुभयो ।
PSA 105:34 उहाँ बोल्नुभयो र सलहहरू, साह्रै नै धेरै सलहहरू आए ।
PSA 105:35 सलहहरूले तिनीहरूका देशमा भएका सबै वनस्पतिहरू खाए । तिनीहरूले जमिनका सबै फसलहरू खाए ।
PSA 105:36 तिनीहरूका देशमा भएका हरेक जेठा सन्तान, तिनीहरूका बलको पहिलो फललाई उहाँले मार्नुभयो ।
PSA 105:37 उहाँले इस्राएलीहरूलाई सुन र चाँदीसहित हाबिर निकालेर ल्याउनुभयो । उहाँका कुलमध्‍ये कुनैले पनि बाटोमा ठेस खाएन ।
PSA 105:38 तिनीहरू निस्केर जाँदा मिश्रदेश खुसी थियो, किनकि मिश्रीहरू तिनीहरूसँग डराएका थिए ।
PSA 105:39 उहाँले ढाक्‍नलाई बादल फिंजाउनुभयो र रातलाई उज्यालो पार्न आगो बाल्‍नुभयो ।
PSA 105:40 इस्राएलीहरूले खानेकुरा मागे र उहाँले बट्टाई चरा दिनुभयो र स्वर्गको रोटीले तिनीहरूलाई सन्‍तुष्‍ट पार्नुभयो ।
PSA 105:41 उहाँले चट्टानलाई चिरा पार्नुभयो र त्‍यसबाट पानी बगेर निस्क्यो । उजाडस्थानमा ती नदीझैं बगे ।
PSA 105:42 किनकि उहाँले आफ्नो सेवक अब्राहामसँग गर्नुभएको आफ्‍नो पवित्र प्रतिज्ञालाइ सम्झिनुभयो ।
PSA 105:43 आफ्ना मानिसहरूलाई आनन्दसाथ, उहाँका चुनिएकाहरूलाई जयजयकारको ध्वनिसँगै उहाँले डोर्‍याउनुभयो ।
PSA 105:44 उहाँले तिनीहरूलाई जातिहरूका देश दिनुभयो । तिनीहरूले मानिसहरूका सम्पत्तिमाथि आफ्नो अधिकार जमाए,
PSA 105:45 ताकि तिनीहरूले उहाँका आदेशहरू पालन गरून् र उहाँका व्यवस्थाहरू मानून् । परमप्रभुको प्रशंसा गर ।
PSA 106:1 परमप्रभुको प्रशंसा गर । परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 106:2 परमप्रभुको शक्तिशाली कामहरू कसले वर्णन गर्न सक्छ वा उहाँ सबै प्रशंसाननिय कामहरू कसले घोषणा गर्न सक्छ र?
PSA 106:3 जे ठिक छ सो गर्नेहरू र जसका कामहरू सधैं न्यायोचित हुन्‍छन्, तिनीहरू धन्यका होऊन् ।
PSA 106:4 हे परमप्रभु, तपाईंले आफ्ना मानिसहरूलाई कृपा गर्नुहुँदा मलाई समम्झनुहोस् । तपाईंले तिनीहरूलाई बचाउनुहुँदा मलाई सहायता गर्नुहोस् ।
PSA 106:5 तब तपाईंका चुनिएकाहरूको फलिफाप म हेर्नेछु, तपाईंको जातिको खुसीमा आनन्‍दित हुनेछु र तपाईंको उत्तराधिकारसँगै महिमित हुनेछु ।
PSA 106:6 हाम्रा पुर्खाहरूले झैं हामीले पाप गरेका छौं । हामीले गल्ती गरेका छौं र हामीले खराबी गरेका छौं ।
PSA 106:7 हाम्रा पुर्खाहरूले मिश्रदेशमा तपाईंका अचम्मका कामहरूको कदर गरेनन् । तिनीहरूले तपाईंका करारको विश्‍वस्‍तताका धेरै कामहरूलाई बवास्‍ता गरे । तिनीहरू लाल समुद्रमा विद्रोही भए ।
PSA 106:8 तापनि, उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई बचाउनुभयो ताकि उहाँले आफ्नो शक्ति प्रकट गर्न सक्‍नुभएको होस् ।
PSA 106:9 उहाँले लाल समुद्रलाई हप्कानुभयो र त्‍यो सुक्यो । अनि उहाँले तिनीहरूलाई उजाडस्‍थानमा झैं समुद्रको गहिराइमा डोर्‍याउनुभयो ।
PSA 106:10 तिनीहरूलाई घृणा गर्नेहरूको हातबट उहाँले तिनीहरूलाई बचाउनुभयो र शत्रुहरूका हातबाट उहाँले तिनीहरूलाई छुट्टाउनुभयो ।
PSA 106:11 तर तिनीहरूका वैरीहरूलाई पानीले छोप्यो । तिनीहरूमध्‍ये एक जना पनि बाँचेन ।
PSA 106:12 तब तिनीहरूले उहाँको वचनमा विश्‍वास गरे र तिनीहरूले उहाँको स्‍तुति गाए ।
PSA 106:13 तर उहाँले जे गर्नुभएको थियो त्‍यो तिनीहरूले तुरुन्‍तै बिर्से । तिनीहरूले उहाँको सल्‍लाहको निम्ति पर्खेनन् ।
PSA 106:14 उजाडस्थानमा तिनीहरूमा असन्‍तुष्‍ट इच्‍छाहरू थिए र तिनीहरूले मरुभूमिमा परमेश्‍वरलाई चुनौति दिए ।
PSA 106:15 त्यसैले तिनीहरूले जे मागे उहाँले तिनीहरूलाई त्‍यही दिनुभयो, तर उहाँले तिनीहरूमाथि डरलाग्दो रोग पठाउनुभयो ।
PSA 106:16 छाउनीमा तिनीहरू परमप्रभुका पवित्र पुजारी मोशा र हारूनप्रति डाही बने ।
PSA 106:17 पृथ्वीले खुल्‍यो र दातानलाई निल्यो र अबीरामको पछि लाग्‍नेहरूलाई ढाकिदियो ।
PSA 106:18 तिनीहरू माझमा आगो सल्कियो । त्‍यो आगोले दुष्‍टहरूलाई भष्‍म पार्‍यो ।
PSA 106:19 तिनीहरूले होरेबा एउटा बाछो बनाए र धातुको मूर्तीको आकृति पुजे ।
PSA 106:20 तिनीहरूले परमेश्‍वरको महिमालाई घाँस खाने साँढेको प्रतिमासँग साटे ।
PSA 106:21 तिनीहरूले आफ्‍ना उद्धारकर्तालाई बिर्से जसले मिश्रदेशमा महान् कामहरू गर्नुभएको थियो ।
PSA 106:22 उहाँले हामको देशमा अचम्‍मका कामहरू र लाल समुद्रमा शक्तिशाली कामहरू गर्नुभएको थियो ।
PSA 106:23 त्यसैले उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुहुँदा—तिनीहरूलाई नष्‍ट गर्ने उहाँको रिस हटाउनलाई उहाँको चुनिएको जन मोशा धाँदोमा खडा भए ।
PSA 106:24 त्‍यसपछि तिनीहरूले फलवन्त देशलाई घृणा गरे । तिनीहरूले उहाँको प्रतिज्ञामा विश्‍वास गरेनन्,
PSA 106:25 तर आफ्‍ना पालहरूमा गनगन गरे र पमरप्रभुको आज्ञा पालन गरेनन् ।
PSA 106:26 यसकारण उहाँले आफ्नो हात उठाउनुभयो र तिनीहरूसित शपथ खानुभयो, कि उहाँले तिनीहरूलाई मरुभूमिमा नै मर्न दिनुहुनेछ,
PSA 106:27 तिनीहरूका सन्तानहरूलाई जातिहरूका माझमा तितरबितर पार्नहुनेछ, र तिनीहरूलाई विदेशहरूमा छरपष्‍ट पार्नुहुनेछ ।
PSA 106:28 तिनीहरूले पोरको बाललाई पुजा गरे र मृतकलाई चढाइएको बलिहरू खाए ।
PSA 106:29 तिनीहरूले आफ्‍ना कामहरूले उहाँलाई रिस उठाए र तिनीहरू माझमा एउटा रुढी फैलियो ।
PSA 106:30 तब मध्यस्थ गर्न पीनहास उठे र रूढी थामियो ।
PSA 106:31 यो तिनको निम्ति सबै पुस्तासम्म सदाको निम्ति धार्मिकता गनियो ।
PSA 106:32 तिनीहरूले मेरीबको पानीमा पनि परमप्रभुलाई रिस उठाए र तिनीहरूका कारणले मोशाले कष्‍ट भोगे ।
PSA 106:33 तिनीहरूले मोशालाई तिक्‍त बनाए र तिनले हतारमा बोले ।
PSA 106:34 परमप्रभुले तिनीहरूलाई आज्ञा गरेअनुसार तिनीहरूले जातिहरूलाई नष्‍ट पारेनन्,
PSA 106:35 तर तिनीहरू जातिहरूसँग मसिए र तिनीहरूका मार्गहरू सिके,
PSA 106:36 र तिनीहरूका मूर्तीहरूको पुजा गरे जुन तिनीहरूको निम्ति पासो बन्यो ।
PSA 106:37 तिनीहरूले आफ्‍ना छोरा र छोरीहरू भुत आत्माहरूलाई बलि चढाए ।
PSA 106:38 तिनीहरूले निर्दोष रगतको, अर्थात् आफ्‍ना छोराहरू र छोरीहरूका रगत बगाए, जुन तिनीहरूले कनानको मूर्तीहरूलाई बलि चढाएर रगतले देशलाई अशुद्ध पारे ।
PSA 106:39 तिनीहरू आफ्‍ना कामहरूले अशुद्ध भए । तिनीहरूका कामहरूले तिनीहरू वेश्याजस्तै भए ।
PSA 106:40 त्यसैले परमप्रभु आफ्ना मानिसहरूसँग रिसाउनुभयो र उहाँले आफ्नै मानिसहरूलाई घृणा गर्नुभयो ।
PSA 106:41 उहाँले तिनीहरूलाई जातिहरूका हातमा सुम्पिनुभयो र तिनीहरूलाई घृणा गर्नेहरूले तिनीहरूमाथि राज्‍य गरे ।
PSA 106:42 तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि थिचोमिचो गरे, र तिनीहरूलाई आफ्‍ना अधिकारीको अधीनमा पारियो ।
PSA 106:43 तिनीहरूलाई सहायता गर्न उहाँ धेरैपल्‍ट आउनुभयो, तर तिनीहरूले निरन्‍तर विद्रोह गरे र तिनीहरूका आफ्नै पापले तल पारिए ।
PSA 106:44 तापनि, सहायताको निम्ति तिनीहरूका पुकारा उहाँले सुन्‍नुहुँदा उहाँले तिनीहरूका संकष्‍टमा ध्यान दिनुभयो ।
PSA 106:45 उहाँले तिनीहरूसँगको आफ्‍नो करारलाई सम्झिनुभयो र आफ्‍नो अटल प्रेमको कारणले नरम हुनुभयो ।
PSA 106:46 तिनीहरूका सबै विजेतालाई तिनीहरूमाथि दया गर्ने उहाँले बनाउनुहुन्थ्यो ।
PSA 106:47 हे परमप्रभु, हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस् । हामीलाई जातिहरूको माझबाट भेला गर्नुहोस्, ताकि तपाईंको पवित्र नाउँमा हामी धन्यवाद दिन र तपाईंका प्रशंसाहरूमा गर्व गर्न सकौं।
PSA 106:48 इस्राएलका परमप्रभु परमेश्‍वरको अनादिदेखि अनन्तसम्म स्तुति होस् । सबै मानिसहरूले भने, “आमेन ।” परमप्रभुको प्रशंसा होस् ।
PSA 107:1 परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ र उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 107:2 परमप्रभुले उद्धार गर्नुभएकाहरू बोलून्, जसलाई उहाँले शत्रुहरूका हातबाट बचाउनुभएको छ ।
PSA 107:3 उहाँले तिनीहरूलाई विदेशी भूमिहरूबाट, पूर्वबाट र पश्‍चिमबाट, उत्तरबाट र दक्षिणबाट भेला पार्नुभएको छ ।
PSA 107:4 तिनीहरू मरुभूमिको बाटोमा उजाडस्‍थानमा भौंतारिए र बस्‍नलाई कुनै सहर भेट्टाएनन् ।
PSA 107:5 किनभने तिनीहरू भोकाएका र तिर्खाएका थिए, तिनीहरू थकाइले मूर्छित भए ।
PSA 107:6 तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।
PSA 107:7 उहाँले तिनीहरूलाई सोझो बाटोमा लानुभयो ताकि तिनीहरू बस्‍नलाई एउटा सहरमा जान पाऊन् ।
PSA 107:8 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
PSA 107:9 किनकि उहाँले तिर्खाएकाहरूको तिर्खा मेटाउनुहुन्छ र भोकाहरूका इच्छाहरूलाई उहाँले असल थोकहरूले पुरा गर्नुहुन्छ ।
PSA 107:10 कोही अँध्यारो र दुःखमा, कैदीहरू कष्‍ट र साङ्लाहरूमा बसे ।
PSA 107:11 तिनीहरूले परमेश्‍वरको वचन विरुद्धमा विद्रोह गरेको र सर्वोच्‍चको सल्‍लाहलाई इन्कार गरेको हुनाले यसो भएको थियो ।
PSA 107:12 उहाँले कठिनाइद्वारा तिनीहरूका हृदयलाई नम्र पार्नुभयो । तिनीहरूले ठेस खाए र तिनीहरूलाई उठ्न सहायता गर्ने कोही थिएन ।
PSA 107:13 तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।
PSA 107:14 उहाँले तिनीहरूलाई अन्धकार र दुःखबाट बाहिर निकाल्नुभयो र तिनीहरूका बन्धनहरू छिनाउनुभयो ।
PSA 107:15 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
PSA 107:16 किनकि उहाँले काँसाका ढोकाहरू फुटाउनुभएको छ र फलामका डण्डाहरू काट्नुभएको छ ।
PSA 107:17 आफ्‍ना विद्रोही मार्गहरूमा तिनीहरू मूर्ख थिए र आफ्‍ना पापहरूका कारणले कष्‍टमा परे ।
PSA 107:18 तिनीहरूले कुनै खानेकुरा खाने इच्छा हराए र तिनीहरू मृत्युको ढोकाहरूका नजिक पुगे ।
PSA 107:19 तब आफ्‍ना कष्‍टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।
PSA 107:20 उहाँ आफ्नो वचन पठाउनुभयो र तिनीहरूलाई निको पार्नुभयो, अनि तिनीहरूका विनाशबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।
PSA 107:21 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
PSA 107:22 तिनीहरूले धन्यवादका बलिदानहरू चढाऊन् र गीतहरूले उहाँका कामहरू घोषणा गरून् ।
PSA 107:23 केहीले समुद्रमा यात्रा गर्छन् र समुद्रपारि व्यपार गर्छन् ।
PSA 107:24 यिनीहरूले समुद्रमा परमप्रभुका कामहरू र उहाँका चमत्कारहरू देखे ।
PSA 107:25 किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो ।
PSA 107:26 तिनीहरू माथि आकाशसम्म पुगे । तिनीहरू तल गहिराइहरूमा गए । तिनीहरूका जीवन संकष्‍टमा बिलेर गयो ।
PSA 107:27 तिनीहरू मद्यको मातेकाहरूझैं धरमराए र लडखडाए, र तिनीहरूका बुद्धि हरायो ।
PSA 107:28 तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।
PSA 107:29 उहाँले आँधीलाई शान्त पार्नुभयो र छालहरू शान्‍त भए ।
PSA 107:30 तब तिनीहरू आनन्‍दित भए किनभने समुद्र शान्त भयो, र तिनीहरूले इच्‍छा गरेको बन्‍दरगाहमा उहाँले तिनीहरूलाई ल्याउनुभयो ।
PSA 107:31 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
PSA 107:32 तिनीहरूले उहाँलाई मानिसहरूको सभामा उच्‍च पारून् र धर्मगुरुहरूका सभामा उहँको प्रशंसा गरून् ।
PSA 107:33 उहाँले नदीहरूलाई उजाडस्‍थानमा र पानीका मूलहरूलाई सुख्खा जमिनमा,
PSA 107:34 र यसका मानिसहरूका दुष्‍टताको कारणले उर्बर भूमिलाई बाँझो ठाउँमा बद्लिनुहुन्‍छ ।
PSA 107:35 उहाँले उजाडस्‍थानलाई पानीको तलाउ र सुख्खा जमिनलाई पानीको मूलमा बद्लिनुहुन्‍छ ।
PSA 107:36 भोकाहरूलाई उहाँले त्यहाँ बसाल्नहुन्छ र तिनीहरूले बस्‍नलाई एउटा सहर बनाउँछन् ।
PSA 107:37 खेतबारीमा बीउ छर्नलाई, दाखबारी लगाउनलाई र प्रशस्‍त उब्‍जनी ल्‍याउनलाई तिनीहरूले एउटा सहर बनाउँछन् ।
PSA 107:38 उहाँले तिनीहरूलाई आशिष्‌‌‌ दिनुहुन्छ, यसैले तिनीहरू असंख्या हुन्‍छन् । उहाँले तिनीहरूका गाईवस्तुको संख्या घट्न दिनुहुन्‍न ।
PSA 107:39 पीडादायी संकष्‍ट र दुःखले तिनीहरूको सङ्‍ख्‍या घट्‍यो र तल झारिए ।
PSA 107:40 उहाँले अगुवाहरूमाथि घृणा खन्याउनुहुन्छ र तिनीहरूलाई उजाडस्‍थानमा भौंतारिन लगाउनुहुन्छ, जहाँ कुनै बाटो हुँदैन ।
PSA 107:41 तर खाँचोमा परेकाहरूलाई उहाँले कष्‍टबाट सुरक्षा दिनुहुन्छ र बगाललाई झैं आफ्नो परिवारको वास्ता गर्नुहुन्छ ।
PSA 107:42 सोझो मन भएकाहरूले यो देख्‍नेछन् र आनन्‍दि हुनेछन् । सबै दुष्‍टताले आफ्‍नो मुख बन्द गर्छ ।
PSA 107:43 बुद्धिमान्‌हरूले यी कुराहरूमा ख्‍याल गर्नुपर्छ र परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरूमा ध्‍यान गर्नुपर्छ ।
PSA 108:1 हे परमेश्‍वर, मेरो हृदय स्थिर छ । म गाउनेछु, हो, मेरो हृदयको खुससाथ म स्‍तुति गाउनेछु ।
PSA 108:2 हे वीणा र सारङ्गी, जाग । झिसमिसेलाई म जगाउनेछु ।
PSA 108:3 हे परमप्रभु, मानिसहरूका माझमा म तपाईंलाई धन्यवाद दिनेछु । जातिहरूका माझ म तपाईंको स्‍तुति गाउनेछु ।
PSA 108:4 किनकि तपाईंको करारको विश्‍वस्‍तता स्वर्गभन्दा पनि महान् छ र तपाईंको सत्‍यता आकाससम्मै पुग्छ ।
PSA 108:5 हे परमेश्‍वर, स्वर्गभन्दा माथि उच्‍च हुनुहोस् र सारा पृथ्वीभरि तपाईंको महिलाई उच्‍च पारियोस् ।
PSA 108:6 ताकि तपाईंले प्रेम गर्नुभएकाहरूलाई बचाइयोस्, तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस् र मलाई जवाफ दिनुहोस् ।
PSA 108:7 परमेश्‍वरले आफ्‍नो पवित्रतामा बल्नुभएको छ, “म आनन्‍दित हुनेछु । म शकेमलाई बाँड्नेछु र सुक्‍कोतको बेसीलाई भाग लगाउनेछु ।
PSA 108:8 गिलाद मेरो हो, र मनश्‍शे मेरो हो । एफ्राइम पनि मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो ।
PSA 108:9 मोआब मेरो पानीको बाटा हो । एदोममाथि म आफ्‍नो जुत्ता फुकाल्नेछु । पलिश्‍तको कारणले म विजयसाथ कराउनेछु ।
PSA 108:10 कसले मलाई बलियो सहरभित्र ल्याउनेछ? कसले मलाई एदोममा लानेछ?”
PSA 108:11 हे परमेश्‍वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन? हाम्रा फौजसँग तपाईं युद्धमा जानुहुन्‍न ।
PSA 108:12 शत्रुहरूको विरुद्धमा हामीलाई सहायता गर्नुहोस्, किनकि मानिसको सहसयता व्यार्थ हुन्छ ।
PSA 108:13 हामी परमेश्‍वरको सहायताले जित्‍नेछौं । उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ ।
PSA 109:1 हे परमेश्‍वर जसको म प्रशंसा गर्छु, चूपचाप नबस्‍नुहोस्,
PSA 109:2 किनकि दुष्‍टहरू र छलीहरूले मलाई आक्रमाण गर्छन् । तिनीहरूले मेरो विरुद्धमा झुटा बोल्छन् ।
PSA 109:3 तिनीहरूले मलाई घेर्छन् र घृणित कुराहरू भन्छन्, र तिनीहरूले मलाई विनाकारण आक्रमण गर्छन् ।
PSA 109:4 मेरो प्रेमको सट्टामा तिनीहरूले मलाई दोष लगाउँछन्, तर तिनीहरूको निम्ति म प्रार्थना गर्छु ।
PSA 109:5 भलाइको साटोमा तिनीहरूले मलाई खराबी गर्छन्, मेरो प्रेमलाई तिनीहरूले घृणा गर्छन् ।
PSA 109:6 यी मानिसहरूजस्ता शत्रुहरूमाथि एक जना दुष्‍ट मानिसलाई नियुक्‍त गर्नुहोस् । त्यसको दाहिने हातपट्टि खडा हुनलाई एक जना दोष लगाउनेलाई नियुक्‍त गर्नुहोस् ।
PSA 109:7 त्यसको न्याय हुँदा, त्‍यो दोषी भेट्टाइयोस् । त्यसको प्रार्थना पापपूर्ण ठानियोस् ।
PSA 109:8 त्यसका दिनहरू थोरै होऊन् । त्यसको पद अरूले लेओस् ।
PSA 109:9 त्यसका छोराछोरी अनाथ होऊन् र त्यसकी पत्‍नी विधवा होस् ।
PSA 109:10 त्यसका छोराछोरी भौंतारिऊन् र आफ्‍ना भग्‍नावशेष घर छोडेर जाँदा तिनीहरूले भीख मागून् ।
PSA 109:11 त्यससँग भएका सबै थोक ऋणदाताले लैजाओस् । त्यसले जे कमाउँछ त्‍यो विदेशीहरूले लुटून् ।
PSA 109:12 त्यसलाई कसैले दया नदेखाओस् । त्यसका अनाथ छोराछोरीलाई कसैले दया नगरोस् ।
PSA 109:13 त्यसका छोराछोरीलाई बहिष्कार गरियोस् । तिनीहरूका नाउँ अर्को पुस्ताबाट मेटाइयोस् ।
PSA 109:14 त्यसका पुर्खाहरूका पापहरू परमप्रभुलाई बताइयोस् । अनि त्यसकी आमाकी पाप नबिर्सियोस् ।
PSA 109:15 तिनीहरूका दोष सधैं परमप्रभुको सामु रहोस् । परमप्रभुले तिनीहरूका सम्‍झना पृथ्वीबाट मेटाइदेऊन् ।
PSA 109:16 परमप्रभुले यसै गर्नुभएको होस् किनभने यो मानिसले करारको विश्‍वस्‍तता देखाउने मन कहिल्यै गरेन, तर बरु थिचोमिचोमा परेकाहरू, दरिद्रहरू र निरुत्साहितहरूलाई मृत्युसम्मै सतायो ।
PSA 109:17 त्यसले सराप्‍न मन परायो । त्‍यो त्यसैमाथि आइपरोस् । त्यसले आशिष्‌लाई ‌‌घृणा गर्‍यो । त्यसकहाँ कुनै आशिष्‌‌‌ नआओस् ।
PSA 109:18 त्यसले सरापलाई आफ्‍‍नो लुगाको रूपमा लगायो र त्यसको सराप त्यसको अन्तस्करणमा पानीझैं र त्यसको हाडमा तेलझैं आयो ।
PSA 109:19 त्यसको सराप त्यसले आफैलाई ढाक्‍नलाई लगाउने लुगाझैं, त्यसले सँधैं लगाउने कम्मर पेटीझैं त्‍यसैमा परोस् ।
PSA 109:20 मलाई दोष लगाउने, अर्थात् मेरो बारेमा खरब कुराहरू भन्‍नेलाई परमप्रभुबाट यो इनाम होस् ।
PSA 109:21 हे परमप्रभु मेरो परमेश्‍वर, तपाईंको नाउँको खातिर मसँग कृपासाथ व्यवहार गर्नुहोस् । तपाईंको करारको विश्‍वस्‍तता असल भएको हुनाले मलाई बचाउनुहोस् ।
PSA 109:22 किनकि म थिचोमिचोमा परेको र दरिद्र भएको छु, र मेरो हृदय मभित्रै घायल छ ।
PSA 109:23 साँझको छायाझैं म लोप हुँदैछु । सहललाई झैं मलाई हल्‍लाइएको छ ।
PSA 109:24 उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन् । म हाड-छाला मात्र भएको छु ।
PSA 109:25 मलाई दोष लगाउनेद्वारा मलाई घृणा गरिएको छ । तिनीहरूले मलाई देख्‍दा, तिनीहरूले आफ्‍ना शिर हल्लाउँछन् ।
PSA 109:26 हे परमप्रभु परमेश्‍वर, मलाई सहायता गर्नुहोस् । मलाई तपाईंको करारको विश्‍वस्‍तताद्वारा बचाउनुहोस् ।
PSA 109:27 हे परमप्रभु, यो तपाईंको काम हो, जुन तपाईंले नै गर्नुभएको छ भनी तिनीहरूले जानून् ।
PSA 109:28 तिनीहरूले मलाई सरापे तापनि मलाई आशिष्‌ ‌‌दिनुहोस् । तिनीहरूले मलाई आक्रमण गर्दा, तिनीहरू लाजमा परून्, तर तपाईंको सेवक आनन्‍दित होस् ।
PSA 109:29 मेरा वैरीहरू लाजले ढाकिऊन् । तिनीहरूले आफ्‍ना लाज लुगाझैं लगाऊन् ।
PSA 109:30 म आफ्‍नो मुखले परमप्रभुलाई धेरै धन्यवाद दिन्छु । म उहाँलाई भिडको माझमा प्रशंसा गर्नेछु ।
PSA 109:31 किनकि दरिद्रको न्याय गर्नेहरूबाट त्‍यसलाई बचाउन उहाँ त्यसको दाहिने हातपट्टि खडा हुनुहुनेछ ।
PSA 110:1 परमप्रभुले मेरो प्रभुलाई भन्‍नुहुन्छ, “मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको पाउदान नबनाएसम्‍म मेरो दाहिने हातपट्टि बस ।”
PSA 110:2 परमप्रभुले सियोनबाट तपाईंको शक्तिको राजदण्ड पसार्नुहुनेछ । तपाईंका शत्रुहरूमाथि राज्‍य गर्नुहोस् ।
PSA 110:3 तपाईंका मानिसहरूले तपाईंको शक्तिको दिनमा आफ्नै स्‍वइच्छाले पवित्र वस्‍त्रमा तपाईंको पछि लाग्‍नेछन् । प्रभातको गर्भदेखि नै तपाईंको जवानी तपाईंको निम्‍ति शीतझैं हुनेछ ।
PSA 110:4 परमप्रभुले शपथ खानुभएको छ र बद्‍लिनुहुन्‍नः “सदासर्वदाको निम्‍ति तिमी मल्कीसेदेकजस्‍तै पुजारी हौ ।”
PSA 110:5 परमप्रभु तिम्रो दाहिने हातपट्टि हुनुहुन्छ । उहाँले आफ्‍नो क्रोधको दिनमा राजाहरूलाई मार्नुहुनेछ ।
PSA 110:6 उहाँले जातिहरूको न्याय गर्नुहुनेछ । उहाँल युद्ध मैदानलाई मृत शरीरहरूले भर्नुहुनेछ । उहाँले धेरै देशहरूका अगुवाहरूलाई मार्नुहुनेछ ।
PSA 110:7 उहाँले बाटो नजिकैको खोलबाट पिउनुहुनेछ र तब विजयपछि उहाँले आफ्‍नो शिर उच्‍च पार्नुहुनेछ ।
PSA 111:1 परमप्रभुको प्रशंसा गर । म सोझाहरूको सभामा, तिनीहरूको भेलामा आफ्‍नो सारा हृदयले परमप्रभुलाई धन्‍यवाद चढाउनेछु ।
PSA 111:2 परमप्रभुका कामहरू महान् छन् । तिनको इच्‍छा गर्ने सबैले उत्सुकतासाथ आसा गर्छन् ।
PSA 111:3 उहाँको काम ऐश्‍वर्यशाली र महिमित छ । उहाँको धार्मिकता सदासर्वदा रहन्छ ।
PSA 111:4 उहाँले अचम्मका कामहरू गर्नुहुन्छ, जसको सम्झना हुनेछ । परमप्रभु अनुग्रही र कृपालु हुनुहुन्छ ।
PSA 111:5 विश्‍वासयोग्यतासाथ उहाँको अनुसरण गर्नेहरूलाई उहाँले भोजन दिनुहुन्छ । उहाँले आफ्‍नो करार सधैं सम्झिनुहुनेछ ।
PSA 111:6 उहाँले जातिहरूका उत्तराधिकार आफ्‍ना मानिसहरूलाई दिनुहुँदा उहाँले तिनीहरूलाई आफ्‍ना शक्तिशाली कामहरू देखाउनुभयो ।
PSA 111:7 उहाँका हातहरूका कामहरू भरपर्दा र निष्‍पक्ष छन् । उहाँका सबै सुझावहरू विश्‍वासयोग्‍य छन् ।
PSA 111:8 विश्‍वासयोग्‍य र उचित किसिमले पालन गर्न ती सदाको निम्ति स्थापित गरिएका छन् ।
PSA 111:9 उहाँले आफ्ना मानिसहरूलाई विजय दिनुभयो । उहाँले आफ्‍नो करार सदाको निम्ति स्‍थापित गर्नुभयो । उहाँको नाउँ पवित्र र भययोग्‍य छ ।
PSA 111:10 परमप्रभुको आदर गर्नु बुद्धिको सुरु हो । उहाँका सुझावहरू पालन गर्नेहरूसँग सुझबुझ हुन्छ । उहाँको प्रशंसा सदासर्वदा रहन्छ ।
PSA 112:1 परमप्रभुको प्रशंसा गर । परमप्रभुको आज्ञा पालन गर्ने, अनि उहाँका आज्ञाहरूमा प्रशन्‍न हुने मानिस धन्यको हो ।
PSA 112:2 त्यसका सन्तानहरू पृथ्वीमा शक्तिशाली हुनेछन् । भक्‍त मानिसका सन्तानहरू धन्यका हुनेछन् ।
PSA 112:3 धन र सम्पत्ति त्यसको घरमा हुन्छन् । उहाँको धार्मिकता सदासर्वदा रहनेछ ।
PSA 112:4 भक्‍त मानिसको निम्ति अन्धकारमा ज्‍योति चम्किन्छ । उहाँ अनुग्रही, कृपालु र निष्‍पक्ष हुनुहुन्छ ।
PSA 112:5 अनुग्रहसाथ व्यवहार गर्ने र रुपियाँ ऋण दिने, अनि आफ्नो करोबार इमानदारसाथ गर्ने मानिसको भलो हुन्छ ।
PSA 112:6 किनकि त्यो कहिल्यै डग्‍नेछैन । धर्मी व्यक्‍तिको सम्झना सधैं हुनेछ ।
PSA 112:7 त्‍यो खराब समाचारदेखि डराउँदैन । त्यो परमप्रभुमा भरोसा गरेर दृढ हुन्छ ।
PSA 112:8 त्यसले आफ्ना शत्रुहरूमाथि विजय नदेखेसम्‍म त्यसको हृदय विनाडर शान्त हुन्‍छ ।
PSA 112:9 त्यसले गरीबहरूलाई उदार चित्तले दिन्छ । त्यसको धार्मिकता सदासर्वदा रहन्छ । त्यसलाई आदरसाथ उच्‍च पारिनेछ ।
PSA 112:10 दुष्‍ट व्यक्‍तिले यो देख्‍नेछ र क्रुद्ध हुनेछ । त्यसले रिसले दाह्रा किट्नेछ र त्यो बिलेर जाने छ । दुष्‍ट मानिसहरूका इच्‍छा नष्‍ट हुनेछ ।
PSA 113:1 परमप्रभुको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर ।
PSA 113:2 परमप्रभुको नाउँ अहिले र सदासर्वदा धन्यको होस् ।
PSA 113:3 सूर्य उदायदेखि त्‍यो नअस्‍ताएसम्म नै, परमप्रभुको नाउँको प्रशंसा हुनुपर्छ ।
PSA 113:4 परमप्रभु सबै जातिभन्दा उच्‍च हुनुहुन्‍छ र उहाँको महिमा आकाशसम्‍म पुग्‍छ ।
PSA 113:5 परमप्रभु हाम्रा परमेश्‍वरझैं को छ र, जसको आफ्‍नो आसन उच्‍चमा छ,
PSA 113:6 जसले तल आकाश र पृथ्वीमा हे्र्नुहुन्छ?
PSA 113:7 उहाँले गरीबलाई फोहोरबाट उठाउनुहुन्‍छ र दरिद्रलाई खरानीको थुप्रोबाट उचाल्‍नुहुन्‍छ,
PSA 113:8 ताकि उहाँले त्यसलाई शासकहरूसित, त्यसका मानिसहरूका शासकहरूसित बसाल्‍नुहुन्छ ।
PSA 113:9 उहाँले घरकी बाँझी स्‍त्रीलाई घर दिनुहुन्छ । उहाँले त्यसलाई छोराछोरीकी आनन्‍दित आमा बनाउनुहुन्छ । परमप्रभुको प्रशंसा गर ।
PSA 114:1 जब इस्राएलले मिश्रदेश छोड्‍यो, याकूबका घराना विदेशी भाषा बोल्ने मानिसहरूबाट आयो,
PSA 114:2 तब यहूदा उहाँको पवित्रस्थान र इस्राएल उहाँको राज्य बन्‍यो ।
PSA 114:3 समुद्रले हेर्‍यो र भाग्यो । यर्दन पछि फर्कियो ।
PSA 114:4 पहाडहरू पाठाहरूझैं उफ्रे, डाँडहरू थुमाहरूझैं उफ्रे ।
PSA 114:5 ए समुद्र, तँ किन भागिस्? ए यर्दन, तँ किन पछि फर्किस्?
PSA 114:6 ए पहाड, तँ किन पाठाहरूझैं उफ्रिस्? ए साना डाँडाहरू, तिमीहरू किन थुमाहरूझैं उफ्र्यौ?
PSA 114:7 ए पृथ्वी, परमप्रभुको याकूबका परमेश्‍वरको उपस्थितिमा सामु थरथर हो ।
PSA 114:8 उहाँले चट्टानलाई पानीको तलाउमा र कडा चट्टानलाई पानीको मूलमा बद्‍लिनुभयो ।
PSA 115:1 हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करारको विश्‍वस्‍तता र तपाईंको सत्‍यताको खातिर तपाईंको नाउँको महिमा होस् ।
PSA 115:2 जातिहरूले किन यसो भन्‍ने, “तिनीहरूका परमेश्‍वर कहाँ छ?”
PSA 115:3 हाम्रा परमेश्‍वर स्वर्गमा हुनुहुन्छ । उहाँले जे इच्‍छा गर्नुहुन्छ त्यही उहाँले गर्नुहुन्छ ।
PSA 115:4 जातिहरूको मूर्तीहरू सुन र चाँदी अर्थात् मानिसहरूका हातका काम हुन् ।
PSA 115:5 ती मूर्तीहरूका मुखहरू छन्, तर ती बोल्दैनन् । तिनीहरूका आँखाहरू छन्, तर तिनले देख्‍दैनन् ।
PSA 115:6 तिनीहरूका कानहरू छन्, तर तिनले सुन्दैनन् । तिनीहरूका नाकहरू छन्, तर तिनले सुँघ्दैनन् ।
PSA 115:7 ती मूर्तीहरूका हातहरू छन् तर छोएको तिनले थाहा पाउँदैनन् । तिनीहरूका खुट्टाहरू छन्, तर तिनीहरू हिंड्न सक्दैनन् । न त तिनीहरूले आफ्‍ना मुखबाट बोल्‍न सक्‍छन् ।
PSA 115:8 तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै छन्, तिनीहरूमा भरोसा गर्ने हरेक व्‍यक्‍ति त्‍यस्तै हुन्‍छ ।
PSA 115:9 ए इस्राएल परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।
PSA 115:10 ए हारूनका घराना, परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।
PSA 115:11 तिमीहरू जसले परमप्रभुलाई आदर गर्छौ उहाँमा भरोसा गर । उहाँ तिमीहरूका सहायता र ढाल हुनुहुन्छ ।
PSA 115:12 परमप्रभुले हामीलाई ध्‍यान दिनुहुन्छ र हामीलाई आशिष्‌ ‌‌दिनुहुन्छ । उहाँले इस्राएलका घरानालाई आशिष्‌ ‌‌दिनुहुनेछ । उहाँले हारूनका घरानालाई आशिष्‌ ‌‌दिनुहुनेछ ।
PSA 115:13 उहाँलाई आदर गर्नेहरू, जवान र वृद्ध दुवैलाई उहाँले आशिष्‌ ‌‌दिनुहुनेछ ।
PSA 115:14 परमप्रभुले, तिमीहरूलाई, अर्थात् तिमीहरू र तिमीहरूका सन्तानहरूका सङ्‍ख्या धेरै वृद्धि गरून् ।
PSA 115:15 परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
PSA 115:16 स्वर्ग परमप्रभुकै हो । तर पृथ्वीचाहिं उहाँले मानवजातिलाई दिनुभएको छ ।
PSA 115:17 मृतहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, न त तल शान्‍तमा जाने कसैले गर्नेछ ।
PSA 115:18 तर हामी परमप्रभुलाई अहिले र सदासर्वदा धन्‍यवाद दिनेछौं । परमप्रभुको प्रशंसा गर ।
PSA 116:1 म परमप्रभुलाई प्रेम गर्छु किनभने उहाँले दायको निम्ति मेरो सोर र बिन्ती सुन्‍नुहुन्छ ।
PSA 116:2 उहाँले मेरो पुकारा सुन्‍नुभएको हुनाले, म जीवित भएसम्म म उहाँमा नै पुकारा गर्नेछु ।
PSA 116:3 मृत्युका डोरीहरूले मलाई बेह्रे र चिहानको पसोहरूले मेरो सामान गरे । मैले वेदना र दुःखको महसुस गरें ।
PSA 116:4 तब मैले परमप्रभुको नाउँको पुकारा गरें: “हे परमप्रभु, कृपया, मेरो जीवन बचाउनुहोस् ।”
PSA 116:5 परमप्रभु कृपालु र निष्‍पक्ष हुनुहुन्छ । हाम्रो परमेश्‍वर करुणामय हुनुहुन्छ ।
PSA 116:6 परमप्रभुले सोझोलाई रक्षा गर्नुहुन्छ । म तल झारिएको थिएँ र उहाँले मलाई बचाउनुभयो ।
PSA 116:7 मेरो प्राण आफ्‍नो विश्रामको ठाउँमा फर्कन सक्छ, किनकि परमप्रभु मेरो निम्ति असल हुनुभएको छ ।
PSA 116:8 किनकि मेरो जीवनलाई मृत्‍युबाट, मेरा आँखाहरूबाट आँशु झर्नबाट र मेरा खुट्टाहरूलाई ठेस खानबाट तपाईंले बचाउनुभयो ।
PSA 116:9 म जीवितहरूको देशमा परमप्रभुको सेवा गर्नेछु ।
PSA 116:10 “म ठुलो दुःखमा परेको छु,” भनी मैले भनेको बेलामा पनि मैले उहाँमा विश्‍वास गरें ।
PSA 116:11 आफ्‍नो अन्योलमा मैले भनें, “सबै मानि झुटा हुन् ।”
PSA 116:12 परमप्रभुले मेरो निम्‍ति गर्नुभएको सबै भलाइको साटो म कसरी चुक्‍ता गर्न सक्छ र?
PSA 116:13 मुक्‍तिको कचौरा म उठाउनेछु र परमप्रभुको नाउँको पुकारा गर्नेछु ।
PSA 116:14 परमप्रभुका सबै मनिसको सामु आफ्‍ना भाकलहरू उहाँमा म पुरा गर्नेछु ।
PSA 116:15 परमप्रभुको दृष्‍टिमा उहाँका सन्‍तहरूका मृत्यु बहुमूल्य हुन्छ ।
PSA 116:16 हे परमप्रभु, वस्तवमा, म तपाईंको सेवक हुँ । म तपाईकी कमारीकी छोरा तपाईंको सेवक हुँ । तपाईंले मेरा बन्धनहरू तोड्नुभएको छ ।
PSA 116:17 म तपाईंलाई धन्यवादको बलि चढाउनेछु र परमप्रभुको नाउँको पुकारा गर्नेछु ।
PSA 116:18 परमप्रभुका सबै मनिसका सामु म आफ्‍ना सबै भाकलहरू उहाँमा,
PSA 116:19 परमप्रभुको मन्‍दिरका चोकहरूमा, यरूशलेमको बिचमा म पुरा गर्नेछु । परमप्रभुको प्रशंसा गर ।
PSA 117:1 ए सबै जातिहरूका मानिस हो, परमप्रभुको प्रशंसा गर । ए सबै मानिसहरू हो, उहाँलाई उच्‍च पार ।
PSA 117:2 किनभने हामीप्रति उहाँको करारको विश्‍वस्‍तता महान् छ र परमप्रभुको सत्‍यता सदासर्वदा रहन्छ । परमप्रभुको प्रशंसा गर ।
PSA 118:1 परमप्रभुलाई धन्यवाद चढाओ, किनकि उहाँ भलो हुनुहुन्‍छ । किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।
PSA 118:2 इस्राएलले भनोस्, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।”
PSA 118:3 हारूनको घरानाले भनोस्, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।”
PSA 118:4 बफादार भएर परमप्रभुको अनुसरण गर्नेहरूले भनून्, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।”
PSA 118:5 मेरो संकष्‍टमा मैले परमप्रभुलाई पुकारा गरें । परमप्रभुले मलाई जवाफ दिनुभयो र मलाई स्‍वतन्त्र गर्नुभयो ।
PSA 118:6 परमप्रभु मसँग हुनुहुन्छ । म भयभीत हुनेछैन । मानिसले मलाई के गर्न सक्छ र?
PSA 118:7 परमप्रभु मेरो सहायकको रूपमा मेरो पक्षमा हुनुहुन्छ । मलाई घृणा गर्नेहरूलाई म विजयको दृष्‍टिले हे्र्नेछु ।
PSA 118:8 मानिसमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।
PSA 118:9 कसैले शासकहरूमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।
PSA 118:10 सबै जातिले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें ।
PSA 118:11 तिनीहरूले मलाई घेरा हाले । हो, तिनीहरूले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें ।
PSA 118:12 तिनीहरूले मलाई मौरीहरूले झैं घेरा हाले । काँढाहरू बिचको आगो जत्तिकै छिटो तिनीहरू लोप भए । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें ।
PSA 118:13 तिनीहरूले मलाई गिराउनलाई आक्रमण गरे, तर परमप्रभुले मलाई सहायता गर्नुभयो ।
PSA 118:14 परमप्रभु मेरो बल र आनन्द हुनुहुन्छ, अनि मलाई बचाउने उहाँ नै हुनुहुन्छ ।
PSA 118:15 धर्मीहरूका पालहरूमा विजयको आनन्‍दित सोर सुनिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्‍त गर्छ ।
PSA 118:16 परमप्रभुको दाहिने बाहुली उच्‍च पारिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्‍त गर्छ ।
PSA 118:17 म मर्नेछैन, तर जिउनेछु र परमप्रभुका कामहरू घोषणा गर्नेछु ।
PSA 118:18 परमप्रभुले मलाई कठोर किसिमले दण्ड दिनुभएको छ । तर उहाँले मलाई मृत्युमा सुम्पिनुभएको छैन ।
PSA 118:19 मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस् । तिनीहरूभित्र म पस्‍नेछु र परमप्रभुलाई म धन्यवाद दिनेछु ।
PSA 118:20 यो परमप्रभुको ढोका हो । धर्मी यसबाट भित्र पस्‍छ ।
PSA 118:21 म तपाईंलाई धन्यवाद दिनेछु, किनकि तपाईंले मलाई जवाफ दिनुभयो र तपाईं मेरो उद्धार हुनुभएको छ ।
PSA 118:22 निर्माण गर्नेहरूले इन्कार गरेको ढुङ्गो कुनेढुङ्गा बनेको छ ।
PSA 118:23 यो परमप्रभुको काम हो । यो हाम्रा दृष्‍टिमा अचम्‍मको कुरा हो ।
PSA 118:24 यो दिनमा परमप्रभुले काम गर्नुभएको छ । यसमा हामी आनन्‍दित हुनेछौं र खुसी हुनेछौं ।
PSA 118:25 हे परमप्रभु, हामीलाई विजय दिनुहोस्! हे परमप्रभु, हामीलाई सफलता दिनुहोस् !
PSA 118:26 परमप्रभुको नाउँमा आउने धन्यको हो । तिमीलाई परमप्रभुको मन्‍दिरबाट हामी आशीर्वाद दिनेछौं ।
PSA 118:27 परमप्रभु परमेश्‍वर हुनुहुन्छ र उहाँले हामीलाई ज्‍योति दिनुभएको छ । वेदीका सिङहरूमा बलिदानलाई डोरीहरूले बाँध ।
PSA 118:28 तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद दिनेछु । तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । म तपाईंलाई उच्‍च पार्नेछु ।
PSA 118:29 परमप्रभुलाई धन्यवाद चढाओ । किनकि उहाँ भलो हुनुहुन्छ । किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 119:1 तिनीहरू धन्य हुन् जसको मार्गहरू निर्दोष छन्, जो परमप्रभुको व्यवस्थामा हिंड्छन् ।
PSA 119:2 तिनीहरू धन्य हुन् जसले उहाँका गहन आज्ञाहरू पालन गर्छन्, जसले आफ्‍नो सारा हृदयले उहाँको खोजी गर्छन् ।
PSA 119:3 तिनीहरूले कुनै खराबी गर्दैनन् । तिनीहरू उहाँका मार्गहरूमा हिंड्छन् ।
PSA 119:4 तपाईंले हामीलाई तपाईंका शिक्षाहरू पालन गर्ने आज्ञा दिनुभएको छ, ताकि हामी तिनलाई होसियारीसाथ पालन गर्न सकौं ।
PSA 119:5 तपाईंका विधिहरू पालन गर्न म दृढ हुन सके कति असल हुन्थ्यो
PSA 119:6 तब मैले तपाईंका सबै आज्ञालाई विचार गर्दा म लाजमा पर्नेथिइनँ ।
PSA 119:7 मैले तपाईंको धार्मिक आदेशहरू सिकेपछि सोझो हृदयले म तपाईंलाई धन्यवाद दिनेछु ।
PSA 119:8 म तपाईंको विधिहरू पालन गर्नेछु । मलाई बेवास्‍ता नगर्नुहोस् ।
PSA 119:9 जवान व्‍यक्‍तिले आफ्नो मार्ग कसरी शुद्ध राख्‍न सक्छ? तपाईंको वचन पालन गरेर सक्‍छ ।
PSA 119:10 आफ्‍नो सारा हृदयले म तपाईंलाई खोज्‍दछु । मलाई तपाईंका आज्ञाहरूबाट टाढा जान नदिनुहोस् ।
PSA 119:11 तपाईंको वचन मैले आफ्‍नो हृदयमा जम्‍मा गरेको छु ताकि तपाईंको विरुद्ध मैले पाप गर्नु नपरोस् ।
PSA 119:12 हे परमप्रभु,तपाईं धन्यको हुनुहुन्छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
PSA 119:13 तपाईंले प्रकट गर्नुभएका सबै धार्मिक आदेशहरूलाई मैले आफ्‍नो मुखले घोषणा गरेको छु ।
PSA 119:14 सारा धनसम्‍पत्तिमा भन्दा बढी म तपाईंको करारका आदेशहरूका मार्गमा आनन्‍दित हुन्‍छु ।
PSA 119:15 म तपाईंको सुझावहरूमा ध्‍यान गर्नेछु र तपाईंका मार्गहरूलाई वास्‍ता गर्नेछु ।
PSA 119:16 म तपाईंका विधिहरूमा खुसी हुन्छु । तपाईंको वचन म बिर्सनेछैन ।
PSA 119:17 आफ्‍नो सेवकप्रति कृपालु हुनुहोस् ताकि म बाँच्‍न र तपाईंको वचन पालन गर्न सकूँ ।
PSA 119:18 मेरा आँखाहरू खोल्नुहोस् ताकि तपाईंको व्यवस्थाका अचम्मका कुराहरू म देख्‍न सकूँ ।
PSA 119:19 देशमा म विदेशी हुँ । तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस् ।
PSA 119:20 हर समय तपाईंका धार्मिक आदेशहरू जान्‍ने उत्कट चाहनाले गर्दा मेरा इच्छाहरू चूर्ण भएका छन् ।
PSA 119:21 तपाईंले घमण्डीलाई हप्काउनुहुन्छ, जो श्रापित छन्, जो तपाईंका आज्ञाहरूबाट टाढा जान्छन् ।
PSA 119:22 अनादर र अपमानबाट मलाई बचाउनुहोस्, किनकि मैले तपाईंका करारका आदेशहरू पालन गरेको छु ।
PSA 119:23 शासकहरूले मेरो षड्यन्त्र र निन्‍दा गरे पनि, तपाईंको सेवकले तपाईंका विधिहरूमा ध्‍यान दिन्‍छ ।
PSA 119:24 तपाईंका करारका आदेशहरू मेरो आनन्द हुन् र तिनीहरू मेरा सल्‍लाहकारहरू हुन् ।
PSA 119:25 मेरो जीवन धूलोमा टाँसिएको छ । तपाईंको वचनद्वारा मलाई जीवन दिनुहोस् ।
PSA 119:26 तपाईंलाई मैले आफ्‍ना मार्गहरू भनें र तपाईंले मलाई जवाफ दिनुभयो । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
PSA 119:27 तपाईंका सुझावहरूका मार्गहरू बुझ्‍ने मलाई बनाउनुहोस्, ताकि तपाईंका आचम्‍मका शिक्षाहरूमा म ध्‍यान गर्न सकूँ ।
PSA 119:28 शोकले म व्याकुल भएको छु । मलाई तपाईंको वचनले बलियो बनाउनुहोस् ।
PSA 119:29 छलको मार्ग मबाट हटाउनुहोस् । तपाईंको व्यवस्था अनुग्रहसाथ मलाई सिकाउनुहोस् ।
PSA 119:30 विश्‍वस्‍तताको मार्गलाई मैले चुनेको छु । तपाईंका धार्मिक आदेशहरूलाई सधैं मैले आफ्‍नो सामु राखेको छु ।
PSA 119:31 तपाईंका करारका आदेशहरूमा म टाँसिन्छु । हे परमप्रभु, मलाई लाजमा नपार्नुहोस् ।
PSA 119:32 तपाईंका आज्ञाहरूका मार्गमा म दौडिनेछु, किनकि त्‍यसो गर्न तपाईंले मेरो हृदयलाई ठुलो बनाउनुहुन्छ ।
PSA 119:33 हे परमप्रभु, तपाईंका विधिहरूका मार्ग मलाई सिकाउनुहोस् र तिनलाई म अन्त्यसम्म नै पालन गर्नेछु ।
PSA 119:34 मलाई सुझबुझ दिनुहोस् र तपाईंको व्यवस्था म पालन गर्नेछु । आफ्‍नो सारा हृदयले यो म पालन गर्नेछु ।
PSA 119:35 तपाईंका आज्ञाहरूका मर्गमा मलाई डोर्‍याउनुहोस्, किनकि त्‍यसमा हिंड्न म खुसी हुन्छु ।
PSA 119:36 मेरो हृदयलाई तपाईंका करारका आदेशहरूतिर, र अधार्मिक फाइदाबाट टाढा लैजानुहोस् ।
PSA 119:37 व्‍यर्थका कुराहरू हेर्नबाट मेरा आँखाहरू फर्काउनुहोस् । तपाईंका मार्गहरूमा मलाई पुनर्जीवित पार्नुहोस् ।
PSA 119:38 तपाईंको सेवकको निम्ति तपाईंका प्रतिज्ञा पुरा गर्नुहोस् जुन तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले गर्नुभयो ।
PSA 119:39 मलाई डर लाग्‍ने अपमानहरू हटाइदिनुहोस्, किनकि तपाईंका धार्मिक फैसलाहरू असल हुन्‍छन् ।
PSA 119:40 हेर्नुहोस्, मैले तपाईंका सुझवहरूको उत्कट इच्छा गरेको छु । तपाईंको धार्मिकतामा मलाई पुनर्जीवित पार्नुहोस् ।
PSA 119:41 हे परमप्रभु, तपाईंको अचूक प्रेम, तपाईंको प्रतिज्ञाअनुसार तपाईंको उद्धार मलाई दिनुहोस् ।
PSA 119:42 तब मलाई गिल्ला गर्नेलाई म जवाफ दिनेछु, किनकि म तपाईंको वचनमा भरोसा गर्छु ।
PSA 119:43 मेरो मुखबाट सत्यको वचन नलानुहोस्, किनकि मेरो आसा तपाईंका धार्मिक आदेशहरूमा छन् ।
PSA 119:44 तपाईंको वचन म सदासर्वदा निरन्तर पालन गर्नेछु ।
PSA 119:45 म सुरक्षित भएर हिंड्नेछु किनकि तपाईंका सुझावहरको खोजी म गर्छु ।
PSA 119:46 तपाईंका गहन आज्ञाहरू म राजाहरूको सामु भन्‍नेछु र म लाज मान्‍नेछैन ।
PSA 119:47 तपाईंका आज्ञाहरूमा म खुसी हुन्छ, जसलाई म अति प्रेम गर्छु ।
PSA 119:48 तपाईंका आज्ञाहरूतिर म आफ्‍ना हातहरू उचाल्नेछु, जसलाई म प्रेम गर्छु । तपाईंका विधिहरूमा म ध्‍यान गर्नेछु ।
PSA 119:49 तपाईंको सेवकसित तपाईंले गर्नुभएको प्रतिज्ञा सम्झनुहोस् किनभने तपाईंले मलाई आसा दिनुभएको छ ।
PSA 119:50 यो मेरो संकष्‍टमा मेरो सान्त्वना होः ताकि तपाईंको प्रतिज्ञाले मलाई जीवित राखेको छ ।
PSA 119:51 घमण्डीहरूले मेरो खिसी गरेका छन्, तापनि म तपाईंको व्यवस्थाबाट तर्केर टाढा गएको छैन ।
PSA 119:52 हे परमप्रभु, प्राचीन कालदेखि नै मैले तपाईंका धार्मिक आदेशहरूका बारेमा विचार गरेको छु, र म आफैंलाई सान्त्वना दिन्छु ।
PSA 119:53 तपाईंको व्यवस्थालाई इन्कार गर्ने दुष्‍टहरूका कारणले प्रचण्ड क्रोधले मलाई समातेको छ ।
PSA 119:54 म अस्थयी रूपमा बसोबास गर्ने घरमा तपाईंका विधिहरू नै मेरा गीतहरू भएका छन् ।
PSA 119:55 हे परमप्रभु, म रातको समयमा तपाईंको नाउँको बारेमा विचार गर्छु र म तपाईंको व्यवस्था पालन गर्छु ।
PSA 119:56 यो मेरो प्रचलन भएको छ किनभने तपाईंका सुझावहरू मैले पालन गरेको छु ।
PSA 119:57 परमप्रभु मेरो भाग हुनुहुन्छ । तपाईंका वचन पालन गर्ने अठोट मैले गरेको छु ।
PSA 119:58 तपाईंको कृपाको निम्ति म दिलोज्यानले बिन्ती गर्छु । तपाईंको वचनले प्रतिज्ञा गरेअनुसार मप्रति कृपालु हुनुहोस् ।
PSA 119:59 मैले आफ्‍ना मार्गहरू जाँच गरें र मेरा खुट्टाहरूलाई तपाईंका आदेशहरूतिर फर्काएँ ।
PSA 119:60 तपाईंका आज्ञाहरू पालन गर्न म हतार गर्छु र ढिलो गर्दिनँ ।
PSA 119:61 दुष्‍टहरूका डोरीहरूले मलाई पासोमा परेका छन् । मैले तपाईंको व्यवस्थालाई बिर्सेको छैन ।
PSA 119:62 तपाईंका धार्मिक आदेशहरूका कारणले तपाईंलाई धन्यवाद दिन म मध्यरातमा उठ्छु ।
PSA 119:63 तपाईंको आदर गर्ने सबै जना, तपाईंका सुझावहरू पालन गर्ने सबै जानको म एक जना मित्र हुँ ।
PSA 119:64 हे परमप्रभु, पृथ्वी तपाईंको करारको विश्‍वस्‍तताले भरिपूर्ण छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
PSA 119:65 हे परमप्रभु, तपाईंको वचनको मध्यमले तपाईंले आफ्नो सेवकलाई असल गर्नुभएको छ ।
PSA 119:66 मलाई ठिक विवेक र सुझबुझ सिकाउनुहोस्, किनकि मैले तपाईंका आज्ञाहरूमा विश्‍वास गरेको छु ।
PSA 119:67 संकष्‍टमा पर्नअगि म बरालिएर गएको थिएँ, तर अहिले तपाईंको वचन म पालन गर्छु ।
PSA 119:68 तपाईं असल हुनुहुन्छ र असल गर्ने तपाईं नै हुनुहुन्छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
PSA 119:69 अहङ्कारीहरूले झुटा बोलेर मेरो बदनाम गरेका छन्, तर आफ्‍नो सारा हृदयले तपाईंका सुझावहरू म पालन गर्छु ।
PSA 119:70 तिनीहरूका हृदय कठोर भएका छन्, तर म तपाईंको व्यवस्थामा खुसी हुन्छु
PSA 119:71 मैले सतावट भोगेको मेरो निम्ति असल हुन्‍छ, ताकि म तपाईंका विधिहरू सिक्‍न सक्‍छु ।
PSA 119:72 तपाईंको मुखबाट निस्केको शिक्षाहरू मेरो निम्ति सुन र चाँदीका हजारौं टुक्राहरूभन्दा बढी मूल्यवान छन् ।
PSA 119:73 तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म तपाईंका आज्ञाहरू सिक्‍न सकूँ ।
PSA 119:74 तपाईंलाई आदर गर्नेहरूले मलाई देखेर खुसी हुनेछन् किनभने तपाईंको वचनमा म आसा पाउँछु ।
PSA 119:75 हे परमप्रभु, तपाईंका आदेशहरू निष्‍पक्ष छन् र विश्‍वस्‍ततामा तपाईंले मलाई कष्‍ट दिनुभयो भनी म जान्दछु ।
PSA 119:76 आफ्नो सेवकसित तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार तपाईंको करारको विश्‍वस्‍तताले मलाई सान्त्वना देओस् ।
PSA 119:77 मलाई दया देखाउनुहोस् ताकि म जीवित रहन सकूँ, किनकि तपाईंको व्यवस्था नै मेरो खुसी हो ।
PSA 119:78 घमण्डीहरू लाजमा परून् किनकि तिनीहरूले मेरो निन्दा गरेका छन् । तर म तपाईंका सुझावहरूमा ध्‍यान गर्नेछु ।
PSA 119:79 तपाईंलाई आदर गर्नेहरू मतिर फर्कून्, जसले तपाईंका करारका आदेशहरू जान्दछन् ।
PSA 119:80 तपाईंका विधिहरूप्रति मेरो हृदय निर्दोष होस् ताकि म लाजमा नपरूँ ।
PSA 119:81 तपाईंले मलाई बचाउने आसा गरेर म मूर्छित हुन्छु । तपाईंकै वचनमा म आसा गर्छु ।
PSA 119:82 तपाईंको प्रतिज्ञा हेर्नलाई मेरा आँखाले इच्छा गर्छन् । तपाईंले मलाई कहिले सान्त्वना दिनुहुनेछ ?
PSA 119:83 किनकि म धूवाँमा राखेको मशकजस्तो भएको छु । तपाईंका विधिहरू म बिर्सिन्‍न ।
PSA 119:84 तपाईंको सेवकले यो कहिलेसम्म यो कुरा सहनु पर्ने हो? मेरो खेदो गर्नेहरूलाई तपाईंले कहिले न्याय गर्नुहुनेछ?
PSA 119:85 तपाईंको व्यवस्थाला अशुद्ध पारेर घमण्डीहरूले मेरो निम्ति खाडल खनेका छन् ।
PSA 119:86 तपाईंका सबै आज्ञा विश्‍वासनीय छन् । ती मानिसहरूले मलाई गलत किसिमले सताउँछन् । मलाई सहायता गर्नुहोस् ।
PSA 119:87 तिनीहरूले पृथ्वीमा झण्डै मेरो अन्त्य गरेका छन्, तर तपाईंका सुझावहरूलाई म इन्कार गर्दिनँ ।
PSA 119:88 तपाईंको अटल प्रमले मलाई जीवित राख्‍नुहोस्, ताकि तपाईंका आज्ञाहरू म पालन गर्न सकूँ ।
PSA 119:89 हे परमप्रभु, तपाईंको वचन सदासर्वदा रहन्छ । तपाईंको वचन स्वर्गमा दृढ रूपमा स्थपित छन् ।
PSA 119:90 तपाईंको विश्‍वसनीयता सबै पुस्तामा रहन्छ । तपाईंले पृथ्वीलाई स्थापित गर्नुभएको छ, र यो रहन्छ ।
PSA 119:91 तपाईंले आफ्नो धार्मिक आदेशहरूमा भन्‍नुभएझैं आजको दिनसम्म सबै थोक निरन्‍तर रहन्छ, किनकि सबै थोकहरू तपाईंका सेवकहरू हुन् ।
PSA 119:92 तपाईंको व्यवस्था नै मेरो आनन्द भएको थिएन भने, म आफ्‍नो कष्‍टमा नाश भएको हुन्‍थें ।
PSA 119:93 तपाईंका सुझावहरूलाई म कहिल्यै बिर्सनेछैन, किनकि तपाईंले मलाई तिद्वारा नै जीवित राख्‍नुभएको छ ।
PSA 119:94 म तपाईंकै हुँ । मलाई बचाउनुहोस्, किनकि म तपाईंका सुझावहरूको खोजी गर्छु ।
PSA 119:95 दुष्‍टहरूले मलाई नाश पार्ने तयारी गर्छन्, तर म तपाईंका करारका आदेशहरू बुझ्‍न खोज्‍नेछु ।
PSA 119:96 सबै थोकका सिमा भएको मैले देखेको छु, तर तपाईंका आज्ञाहरू भने सिमाभन्दा परसम्‍म फराकिला छन् ।
PSA 119:97 ओहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्छु! यो नै मेरो दिनभरिको ध्‍यान हो ।
PSA 119:98 तपाईंका आज्ञाहरूले मलाई आफ्‍ना शत्रुहरूभन्दा बुद्धिमान् बनाउँछन्, किनकि तपाईंका आज्ञाहरू सधैं मसँग छन् ।
PSA 119:99 मेरा शिक्षकहरूभन्दा मसँग धेरै सुझबुझ छ, किनकि तपाईंको करारका आदेशहरूमा नै म ध्‍यान गर्छु ।
PSA 119:100 मभन्दा पाकाहरूभन्दा धेरै म बुझ्छु । मैले तपाईंका सुझावहरू पालन गरेको हुनाले नै यसो भएको हो ।
PSA 119:101 हरेक खराब मार्गबाट मैले आफ्‍ना खुट्टाहरूलाई पछि राखेको छु ताकि म तपाईंको वचन पालन गर्न सकूँ ।
PSA 119:102 तपाईंका धार्मिक आदेशहरूबाट फर्केको छैन, किनकि तपाईंले मलाई सिकाउनुभएको छ ।
PSA 119:103 तपाईंका वचनहरू मेरो जिब्रोमा कति स्वदिला छन् । हो, मेरो मुखमा महभन्दा पनि गुलिया छन्!
PSA 119:104 तपाईंका सुझावहरूद्वारा म विवेक पाउँछु, यसकारण हरेक झुटो मार्गलाई म घृणा गर्छु ।
PSA 119:105 तपाईंका वचन मेरा पाउको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्‍यालो हो ।
PSA 119:106 मैले शपथ खाएको छु र ‍पक्‍का गरेको छु, ताकि म तपाईंका धार्मिक आदेशहरू पालन गर्नेछु
PSA 119:107 म धेरै कष्‍टमा परेको छु । हे परमप्रभु, मलाई जीवित राख्‍नुहोस्, जस्‍तो तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएको छ ।
PSA 119:108 हे परमप्रभु, मेरो मुखको स्वेच्छा बलि ग्रहण गर्नुहोस् र मलाई तपाईंका धार्मिक आदेशहरू सिकाउनुहोस् ।
PSA 119:109 मेरो जीवन सधैं मेरो हातमा छ, तापनि म तपाईंको व्यवस्था बिर्सिन्‍न ।
PSA 119:110 दुष्‍टहरूले मेरो निम्ति पासो थापेका छन्, तर म तपाईंका सुझावहरूबाट टाढा गएको छैन ।
PSA 119:111 तपाईंका करारका आदेशहरूलाई सदासर्वदा म आफ्‍नो पैतृक अंशको रूपमा दाबी गर्छु, किनकि ति मेरो हृदयको आनन्द हुन् ।
PSA 119:112 सदासर्वदा अन्त्यसम्म नै मेरो हृदय तपाईंका विधिहरू पालन गर्न समर्पित छ ।
PSA 119:113 दोहोरो मन भएकाहरूलाई म घृणा गर्छु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्छु ।
PSA 119:114 तपाईं मेरो लुक्‍ने ठाउँ र ढाल हुनुहुन्छ । तपाईंको वचनमा म आसा गर्छु ।
PSA 119:115 हे दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा होओ, ताकि म आफ्‍नो परमेश्‍वरका आज्ञाहरू पालन गर्न सकूँ ।
PSA 119:116 मलाई तपाईंको वचनद्वारा सम्हाल्नुहोस् ताकि म जिउन सकूँ र मेरो आसामा लज्‍जित हुनु नपरोस् ।
PSA 119:117 मलाई सहायता गर्नुहोस् र म सुरक्षित हुनेछु । म सधैं तपाईंका विधिहरूमा ध्‍यान गर्नेछु ।
PSA 119:118 तपाईंका विधिहरूबाट टाढा जानेहरू सबैलाई तपाईंले इन्कार गर्नुहुन्छ, किनकि ती मानिसहरू छली र अविश्‍वासनीय छन् ।
PSA 119:119 तपाईंले दुष्‍टहरूलाई फोहोरझैं हटाउनुहुनेछ । यसकारण म तपाईंका गहन आज्ञाहरूलाई प्रेम गर्छु ।
PSA 119:120 तपाईंको भयले मेरो शरीर थरथर हुन्‍छ र तपाईंका धार्मिक आदेशहरूको डर मलाई हुन्‍छ ।
PSA 119:121 जे निष्‍पक्ष र ठिक छ सो म गर्छु । मेरा अत्यचारीहरूका हातमा मलाई नदिनुहोस् ।
PSA 119:122 तपाईंको सेवकको भलाइ गर्ने जिम्मा लिनुहोस् । घमण्डीहरूले मलाई थिचोमिचो नगरून् ।
PSA 119:123 तपाईंको उद्धारको निम्‍ति र तपाईंको धार्मिक वचनको निम्‍ति म पर्खिंदा मेरा आँखाहरू थकित हुन्‍छन् ।
PSA 119:124 तपाईंको सेवकलाई आफ्‍नो करारको विश्‍वस्‍तता देखाउनुहोस् र तपाईंका विधिहरू मलाई सिकाउनुहोस् ।
PSA 119:125 म तपाईंको सेवक हुँ । मलाई सुझबुझ दिनुहोस् ताकि तपाईंको करारका आदेशहरू म जान्‍न सकूँ ।
PSA 119:126 यो परमप्रभुले काम गर्ने समय हो, किनकि मानिसहरूले तपाईंको व्यवस्था भङ्‍ग गरेका छन् ।
PSA 119:127 साँच्‍चै, म तपाईंका आज्ञाहरूलाई सुन वा निख्खुर सुनभन्दा धेरै प्रेम गर्छु ।
PSA 119:128 यसकारण, तपाईंका सबै सुझावहरूलाई म सावधान भएर अनुसरण गर्छु र झुटका हरेक मार्गलाई म घृणा गर्छु ।
PSA 119:129 तपाईंका नियमहरू अचम्मका छन् । त्यसैले म तिनलाई पालन गर्छु ।
PSA 119:130 तपाईंका वचनहरूको व्याख्याले ज्योति दिन्छ । यसले तालिम नभएकाहरूलाई सुझबुझ दिन्छ ।
PSA 119:131 म आफ्‍नो मुख खोल्छु र तिर्खाउँछु, किनकि तपाईंका आज्ञाहरूको उत्कट इच्छा म गर्छु ।
PSA 119:132 तपाईंको नाउँ प्रेम गर्नेहरूलाई तपाईंले सधैं गर्नुभएझैं मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस् ।
PSA 119:133 तपाईंको वचनले मेरा पाइलाहरूलाई बाटो देखाउनुहोस् । कुनै पापले ममाथि राज्‍य गर्न नदिनुहोस् ।
PSA 119:134 मलाई मानिसको थिचोमिचोबाट बचाउनुहोस् ताकि तपाईंका सुझावहरू म पालन गर्न सकूँ ।
PSA 119:135 तपाईंको सेवकमाथि तपाईंको मुहार चम्काउनुहोस् र मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
PSA 119:136 मेरा आँखाहरूबाट आँसुका बलिन्द्र धारा बग्छन् किनभने मानिसहरूले तपाईंको व्यवस्था पालन गर्दैनन् ।
PSA 119:137 हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ र तपाईंका आदेशहरू निष्‍पक्ष छन् ।
PSA 119:138 तपाईंले आफ्‍नो करारका आदेशहरू धार्मिक रूपमा र विश्‍वस्‍ततासाथ दिनुभएको छ ।
PSA 119:139 रिसले मलाई नष्‍ट पारेको छ किनभने मेरा वैरीहरूले तपाईंका वचनहरू बिर्सिन्छन् ।
PSA 119:140 तपाईंका वचनलाई धेरै जाँचिएका छ र तपाईंको सेवकले यसलाई प्रेम गर्छ ।
PSA 119:141 म तुच्छ र घृणित छु, तापनि तपाईंको सुझावहरूलाई म बिर्सिन्‍न ।
PSA 119:142 तपाईंको न्याय सदासर्वदा ठिक हुन्छ र तपाईंको व्यवस्था भरपर्दो छ ।
PSA 119:143 संकष्‍ट र क्लेशले मलाई भेट्टाएको भए पनि, तपाईंका आज्ञाहरू अझै मेरो आनन्द नै हुन् ।
PSA 119:144 तपाईंको करारका आदेशहरू सदासर्वदा धार्मिक छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म जीवित रहन सकूँ ।
PSA 119:145 मैले आफ्‍नो सम्‍पूर्ण हृदयले पुकारा गरें, “हे परमप्रभु, मलाई जवाफ दिनुहोस् । म तपाईंका विधिहरू पालन गर्नेछु ।
PSA 119:146 म तपाईंलाई पुकारा गर्छु । मलाई बचाउनुहोस् र म तपाईंका करारका आदेशहरू पालन गर्नेछु ।”
PSA 119:147 बिहान झिसमिसे हुनु अगाडि नै म उठ्छु र सहायताको निम्ति पुकारा गर्छु । तपाईंको वचनमा म आसा गर्छु ।
PSA 119:148 रातका पहरहरू बद्‍लिनुअगि नै मेरा आँखाहरू खुला हुन्‍छन् ताकि म तपाईंको वचनमा ध्‍यान गर्न सकूँ ।
PSA 119:149 तपाईंको करारको विश्‍वस्‍ततामा मेरो सोर सुन्‍नुहोस् । हे परमप्रभु, मलाई जीवित राख्‍नुहोस्, जस्तो तपाईंले आफ्नो धार्मिक आदेशहरूमा प्रतिज्ञा गर्नुभएको छ ।
PSA 119:150 मेरो सतावट गर्नेहरू मेरो नजिक आइरहेका छन्, तर तिनीहरू तपाईंको व्यवस्थाबाट धेरै टाढा छन् ।
PSA 119:151 हे परमप्रभु, तपाईं नजिक हुनुहुन्छ र तपाईंका सबै आज्ञा भरपर्दा छन् ।
PSA 119:152 धेरै अघि नै तपाईंका करारका आदेशहरूबाट मैले सिकें जसलाई सदासर्वदा रहोस् भनेर तपाईंले स्‍थापित गर्नुभएको थियो ।
PSA 119:153 मेरो कष्‍टलाई हेर्नुहोस् र मलाई सहायता गर्नुहोस्, किन म तपाईंको व्यवस्था बिर्सिन्‍न ।
PSA 119:154 मेरो पक्षमा बोल्नुहोस् र मलाई उद्धार गर्नुहोस् । तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गरेअनुसार मलाई सुरक्षित राख्‍नुहोस् ।
PSA 119:155 उद्धारचाहिं दुष्‍टहरूदेखि धेरै टाढा हुन्‍छ, किनकि तिनीहरूले तपाईंका विधिहरू मन पराउँदैनन् ।
PSA 119:156 हे परमप्रभु, तपाईंका कृपापूर्ण कामहरू महान् छन् । तपाईंले सधैं गर्नुभएझैं मलाई जीवित राख्‍नुहोस् ।
PSA 119:157 मलाई सताउनेहरू र मेरा वैरीहरू धेरै जान छन्, तापनि म तपाईंका करारका देशहरूबाट तर्केको छैन ।
PSA 119:158 धोकेबाजलाई म घृणाको दृष्‍टिले हेर्छु किनभने तिनीहरूले तपाईंका वचन पालन गर्दैनन् ।
PSA 119:159 हेर्नुहोस् म तपाईंका सुझावहरूलाई कति प्रेम गर्छु । हे परमप्रभु, तपाईंले आफ्नो करारको विश्‍वस्‍तताद्वारा प्रतिज्ञा गर्नुभएझैं मलाई जीवित राख्‍नुहोस् ।
PSA 119:160 तपाईंको वचनको सार सत्य छ । तपाईंका हरेक धार्मिक आदेशहरू सदासर्वदा रहन्छन् ।
PSA 119:161 शासकहरूले मलाई विनाकारण सताउँछन्, तर मेरो हृदय तपाईंको वचनको भयमा स्थिर छ ।
PSA 119:162 कसैले धेरै लूटको माल पाएझैं म तपाईंको वचनमा आनन्‍दित हुन्‍छु ।
PSA 119:163 झुटलाई म घृणा र तिरस्कार गर्छु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्छु ।
PSA 119:164 तपाईंको धार्मिक आदेशहरूका कारणले दिनमा सातपल्‍ट म तपाईंको प्रशंसा गर्छु ।
PSA 119:165 तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूसँग महान् शान्ति हुन्छ । तिनीहरूलाई कुनै कुराले ठेस खान दिंदैन ।
PSA 119:166 हे परमप्रभु, म तपाईंको उद्धारको आसा गर्छु र तपाईंका आज्ञाहरू म पालन गर्छु ।
PSA 119:167 म तपाईंक गहन आज्ञाहरू पालन गर्छु र तिनलाई म अति प्रेम गर्छु ।
PSA 119:168 तपाईंका सुझावहरू र तपाईंका गहन आज्ञाहरू म पालन गर्छु, किनकि मैले गर्ने हरेक कुराको बारेमा तपाईंलाई जानकारी हुन्छ ।
PSA 119:169 हे परमप्रभु, सहायताको निम्ति मेरो पुकारा सुन्‍नुहोस् । तपाईंको वचनमा मलाई सुझबुझ दिनुहोस् ।
PSA 119:170 मेरा बिन्तीहरू तपाईंकै सामु आऊन् । तपाईंले वचनमा तपाईंले प्रतिज्ञा गर्नुभएझैं मलाई सहायता गर्नुहोस् ।
PSA 119:171 मेरा ओठहरूले प्रशंसा गरोस् किनकि तपाईंले मलाई आफ्‍ना विधिहरू सिकाउनुहुन्छ ।
PSA 119:172 मेरो जिब्रोले तपाईंको वचनको बारेमा गीत गाओस्, किनकि तपाईंका सबै आज्ञा ठिक छन् ।
PSA 119:173 तपाईंको हातले मलाई सहायता गरोस्, किनकि तपाईंका सुझावहरूलाई मैले रोजेको छु ।
PSA 119:174 हे परमप्रभु, म तपाईंको उद्धारको इच्‍छा हेर्छु र तपाईंको व्यवस्था नै मेरो आनन्द हो ।
PSA 119:175 म जिउन सकूँ र तपाईंको प्रशंसा गर्न सकूँ । अनि तपाईंका धार्मिक आदेशहरूले मलाई सहायता गरून् ।
PSA 119:176 हराएको भेडाझैं म बरालिएको छु । आफ्‍नो सेवकलाई खोज्नुहोस् । किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैन ।
PSA 120:1 मेरो संकष्‍टमा मैले परमप्रभुमा पुकारा गरें र उहाँले मलाई जवाफ दिनुभयो ।
PSA 120:2 हे परमप्रभु, आफ्‍ना ओठहरूले झुटा बोल्नेहरू र आफ्‍ना जिब्राहरूले छल गर्नेहरूबाट मेरो जीवनलाई बचाउनुहोस् ।
PSA 120:3 ए झुटा बोल्ने जिब्रो, उहाँले तँलाई कस्तो दण्ड दिनुहुनेछ र तँलाई अझ धेरै के गर्नुहुनेछ ?
PSA 120:4 झाडीको भुङ्‍ग्रोमा तताएर धारिलो बनाइएको योद्धाका काँडहरूले उहाँले तँलाई दण्ड दिनुहुनेछ ।
PSA 120:5 मलाई धिक्‍कार होस्, किनभने म मेशेकमा अस्थायी रूपमा मात्र बस्छु । पहिले केदारका पालहरूका माझमा म बस्थें ।
PSA 120:6 किनकि शान्तिलाई घृणा गर्नेहरूसँग म धेरै लामो समय बसेको छु ।
PSA 120:7 म शान्तिको पक्षमा छु, तर जब म बोल्छु, तिनीहरू युद्धको निम्ति हुन्छन् ।
PSA 121:1 पर्वतहरूतिर म आफ्‍ना आँखाहरू उचाल्नेछु । मेरो सहायता कहाँबाट आउनेछ?
PSA 121:2 मेरो सहायता परमप्रभुबाट आउँछ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
PSA 121:3 उहाँले तिम्रो खुट्टा चिप्‍लन दिनुहुनेछैन । तिमीलाई सुरक्षा दिनुहुने, उहाँ उँघ्‍नुहुनेछैन ।
PSA 121:4 हेर, इस्राएलको रक्षक न त उँघ्‍नुहुन्छ न त सुत्‍नुहुन्छ ।
PSA 121:5 परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ । परमप्रभु तिम्रो दाहिने हातपट्टिको छहारी हुनुहुन्छ ।
PSA 121:6 दिनमा तिमीलाई सूर्यले हानि गर्नेछैन, न त रातमा चन्द्रमाले कुनै हानि गर्नेछ ।
PSA 121:7 पमरप्रभुले तिमीलाई सबै हानिबाट सुरक्षा दिनुहुनेछ र उहाँले तिम्रो जीवनलाई सुरक्षा दिनुहुनेछ ।
PSA 121:8 तिमीले गर्ने सबै कुरामा परमप्रभुले तिमीलाई अहिले र सदासर्वदा रक्षा गर्नुहुनेछ ।
PSA 122:1 तिनीहरूले मलाई, “हामी परमप्रभुको मन्‍दिरमा जाऔं” भन्दा म खुसी हुन्थें ।
PSA 122:2 ए यरूशलेम, हाम्रा खुट्टाहरू तेरा ढोकाहरूभित्र खडा छन् ।
PSA 122:3 ए यरूशलेम, होसियार भएर योजना गरी बनाइएको सहर हो ।
PSA 122:4 कुलहरू, परमप्रभुका कुलहरू, इस्राएलको साक्षीको रूपमा परमप्रभुको नाउँमा धन्यवाद दिनलाई यरूशलेममा जान्छन् ।
PSA 122:5 त्यहाँ न्यायका सिंहासनहरू, दाऊदको घरानाको सिंहासनहरू खडा गरिएका थिए ।
PSA 122:6 यरूशलेमको शन्तिको निम्ति प्रार्थना गर । “तँलाई प्रेम गर्नेहरूलाई शान्ति मिलोस् ।
PSA 122:7 तेरो रक्षा गर्ने पर्खालहरूभित्र शान्ति रहोस् र तिनीहरूले तेरा किल्लाहरूभित्र शान्ति पाऊन् ।”
PSA 122:8 मेरा दाजुभाइ र मित्रहरूका खातिर, म भन्‍नेछु, “तँभित्र शान्ति होस् ।”
PSA 122:9 परमप्रभु हाम्रा परमेश्‍वरको मन्‍दिरको खातिर, म तेरो भलाइ खोज्‍नेछु ।
PSA 123:1 तपाईंतिर म आफ्‍ना आँखा उचल्छु, तपाईं जो स्वर्गमा विराजमान हुनुहुन्छ ।
PSA 123:2 हेर, जसरी कमाराहरूका आँखाले आफ्‍ना मालिकको हाततिर हेर्छन्, कमारीहरूका आँखाले आफ्‍ना मालिक्‍नीको हाततिर हेर्छन्, त्यसरी नै हाम्रा आँखाले परमप्रभु हाम्रा परमेश्‍वरतिर हेर्छन्, जबसम्म उहाँले हामीलाई कृपा गर्नुहुन्‍न ।
PSA 123:3 हामीमाथि दया गर्नुहोस्, हे परमप्रभु, हामीमाथि दया गर्नुहोस्, किनकि हामी अपमानले भरिएका छौं ।
PSA 123:4 अभिमानीहरूका गिल्ला र घमण्डीहरूका घृणाले भरिएको भन्दा पनि धेरै हामी भएका छौं ।
PSA 124:1 अब इस्राएलले भनोस्, “परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए,
PSA 124:2 मानिसहरू हाम्रा विरुद्धमा खडा हुँदा परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए,
PSA 124:3 तब हाम्रा विरुद्धमा तिनीहरूका रिस दन्किंदा तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए ।
PSA 124:4 पानीले हामीलाई बगाएर लानेथियो । पानीको भलले हामीलाई बगाउनेथियो ।
PSA 124:5 तब उर्लंदो पानीले हामीलाई डुबाउनेथियो ।”
PSA 124:6 परमप्रभुको प्रशंसा होस्, जसले हामीलाई तिनीहरूको दाँतले धुजाधुजा हुन दिनुभएको छैन ।
PSA 124:7 शिकारीको पासोबाट चरा फुत्‍केझैं हामी भएका छौं । पासो चुँडेको छ र हामी उम्केका छौं ।
PSA 124:8 परमप्रभु हाम्रो सहायता हुनुहुन्छ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
PSA 125:1 परमप्रभुमा भरोसा गर्नेहरू सियोन पर्वतजस्तै अटल र सदासर्वदा रहिरहन्छन् ।
PSA 125:2 जसरी पहाडहरूले यरूशलेमलाई घरेको छ त्यसरी नै परमप्रभुले आफ्ना मानिसहरूलाई अहिले र सदार्वदा घेर्नहुन्छ ।
PSA 125:3 दुष्‍टहरूका राजदण्डले धर्मीहरूका देशमा राज्‍य गर्नुहुन्‍न । अन्‍यथा धर्मीहरूले जे खराब छ त्यही गर्न सक्‍छन् ।
PSA 125:4 हे परमप्रभु, असलहरू र आफ्‍ना हृदयहरूमा सोझो हुनेहरूलाई असलै गर्नुहोस् ।
PSA 125:5 तर आफ्‍ना कुटिल मार्गहरूतिर लाग्‍नेहरूलाई परमप्रभुले तिनीहरूलाई खराबी गर्नेहरूसँगै डोर्‍याउनुहुनेछ । इस्राएलमा शान्ति होस् ।
PSA 126:1 परमप्रभुले सियोनको सुदिन फर्काउनुहुँदा, हामीलाई सपना देखेजस्तो भयो ।
PSA 126:2 तब हाम्रा मुखहरू हाँसोले र हाम्रा जिब्राहरू गीत भरिएका थिए । तब जातिहरूका माझमा तिनीहरूले भने, “परमप्रभुले तिनीहरूको निम्ति महान् कुराहरू गर्नुभएको छ ।”
PSA 126:3 परमप्रभुले हाम्रो निम्ति महान् कुरा गर्नुभयो । हामी कति खुसी थियौं ।
PSA 126:4 हे परमप्रभु, नेगेवका नदीहरूझैं हाम्रा सुदिनहरू फर्काउनुहोस् ।
PSA 126:5 आँशु झार्दै बीउ छर्नेहरूले आनन्दको गीत गाउँदै कटनी गर्नेछन् ।
PSA 126:6 बीउ बोकेर छर्नलाई रुँदै जानेहरू अन्‍नका बिटाहरू लिएर आनन्दको गीत गाउँदै फेरि फर्किनेछ ।
PSA 127:1 परमप्रभुले नै घर बनाउनुभएन भने, त्‍यसलाई बनाउनेहरूले व्यर्थमा काम गर्छन् । परमप्रभुले नै सहरको रक्षा गर्नुभएन भने, रक्षकले व्यर्थमा रक्षा गर्छ ।
PSA 127:2 बिहान सबेरै उठ्नु, घर ढिला आउनु वा कडा परिश्रमको रोटी खानु तिम्रो निम्ति व्यार्थ हुन्‍छ, किनकि परमप्रभुका प्रियजन सुत्‍दा, उहाँले तिनीहरूला जुटाउनुहुन्छ ।
PSA 127:3 हेर, छोराछोरी परमप्रभुबाट प्राप्‍त उत्तराधिकार हुन् र गर्भको फल उहाँको इनाम हो ।
PSA 127:4 योद्धाको हातका काँडहरूझैं जवानी अवस्थाका छोराछोरी हुन्छन् ।
PSA 127:5 त्यो मानिस धन्यको हो,जसको ठोक्रो काँडहरूले भरिएको छ । त्यसले ढोकामा त्यसका शत्रुहरूको सामना गर्दा त्यो लज्‍जित हुनेछैन ।
PSA 128:1 परमप्रभुको आदर गर्ने हरेक व्‍यक्‍ति धन्यको हो जो उहाँका मार्गहरूमा हिंड्छ ।
PSA 128:2 तिम्रो हातले जे दिन्‍छ, त्‍यसमा तिमी आनन्‍दित हुनेछौ । तिमी आशिषित् र सम्‍वृद्ध हुनेछौ ।
PSA 128:3 तिम्रो घरमा तिम्री पत्‍नी फल्‍दोफुल्‍दो दाखको बोटजस्तो हुनेछिन् । तिम्रा छोराछोरी टेबलको वरिपरि बस्दा तिनीहरू जैतूनका रूखहरूझैं हुनेछन् ।
PSA 128:4 हो, परमप्रभुलाई आदर गर्ने मानिस साँच्‍चै आशिषित् हुनेछ ।
PSA 128:5 परमप्रभुले तिमीलाई सियोनबाट आशिष्‌‌‌ देऊन् । आफ्नो जीवनभरि तिमीले यरूशलेमको सम्‍वृद्धि देख्‍न सक्‍नेछौ ।
PSA 128:6 आफ्ना छोराछोरीका छोराछोरी हेर्नलाई तिमी बाँच्नेछौ । इस्राएलमा शान्ति होस् ।
PSA 129:1 “मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्,” इस्राएलले भनोस् ।
PSA 129:2 “मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्, तापनि तिनीहरूले मलाई पराजित गरेका छैनन् ।
PSA 129:3 हलो जोत्‍नेहरूले मेरो ढाडमा जोते । तिमीहरूले आफ्‍ना हलोको डोबलाई लामो बनाए ।
PSA 129:4 परमप्रभु धर्मी हुनुहुन्छ । उहाँले दुष्‍टहरूका डोरीहरू काट्नुभएको छ ।”
PSA 129:5 सियोनलाई घृणा गर्नेहरू सबै जना लाजमा परून् र फर्केर जाऊन् ।
PSA 129:6 तिनीहरू घरमाथिका घाँसहरूजस्ता होऊन् जुन बढ्नअगि नै ओइलाउँछ,
PSA 129:7 जसले कटनी गर्नेको हात भर्न सक्दैन वा अन्‍नको बिटा बाँध्‍नेको छाती ढाक्‍न सक्दैन ।
PSA 129:8 त्यो बाटो हिंड्‍नेहरूले यसो नभनून्, “परमप्रभुको आशिष्‌‌‌ तिमीमाथि रहोस् । तिमीलाई परमप्रभुको नाउँमा हामी आशिष्‌ ‌‌दिन्छौं ।”
PSA 130:1 हे परमप्रभु, गहिराइबाट तपाईंमा म पुकारा गर्छु ।
PSA 130:2 हे परमप्रभु, मेरो सोर सुन्‍नुहोस् । दयाको निम्ति मेरो बिन्‍ती सुन्‍नलाई तपाईंका कानहरू सचेत होऊन् ।
PSA 130:3 हे परमप्रभु, तपाईंले अधर्महरू उल्लेख गर्नुभयो भने, हे पमरप्रभु, को खडा हुन सक्थ्यो र?
PSA 130:4 तर तपाईंमा क्षमा छ, जसले गर्दा तपाईंको आदर गरिन्‍छ ।
PSA 130:5 म परमप्रभुमा पर्खिन्‍छु, मेरो प्राणले पर्खिन्‍छु र उहाँको वचनमा म आसा गर्छु ।
PSA 130:6 रक्षकले बिहानको प्रतीक्षा गर्नेभन्दा धेरै मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ ।
PSA 130:7 ए इस्राएल, परमप्रभुमा आसा गर । परमप्रभु कृपालु हुनुहुन्छ र उहाँ क्षमा दिन तत्पर हुनुहुन्छ ।
PSA 130:8 इस्राएललाई त्यसका सबै पापहरूबाट उद्धार गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
PSA 131:1 हे परमप्रभु, मेरो हृदय घमण्डी छैन न त मेरा आँखा हठी छन् । आफ्‍नै निम्ति मसँग ठुला आसाहरू छैनन् न त मैले गर्न नसक्‍ने कुराहरूको वास्‍ता म गर्छु ।
PSA 131:2 वास्तवमा मैले आफ्‍नो प्राणलाई स्थिर र शान्त बनाएको छु । दूध छोडाएको बालक आमासँग भएझैं, मभित्र मेरो प्राण दूध छोडेको बलकझैं छ ।
PSA 131:3 ए इस्राएल, अहिले र सदासर्वदा परमप्रभुमा नै आसा गर् ।
PSA 132:1 हे परमप्रभु, दाऊदको खातिर तिनका सबै कष्‍टहरू याद गर्नुहोस् ।
PSA 132:2 तिनले कसरी परमप्रभुमा शपथ खाए, याकूबका सर्वशक्तिमान्‌सँग तिनले कसरी भाकल गरे सो सम्झनुहोस् ।
PSA 132:3 तिनले भने, “म मेरो घरभित्र पस्‍नेछैनँ वा मेरो ओछ्यानमा जानेछैन,
PSA 132:4 म आफ्‍ना आँखालाई सुत्‍न दिनेछैन न त आफ्‍ना पलकहरूलाई विश्राम दिनेछु,
PSA 132:5 जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्‌को निम्ति एउटा वासस्थान म पाउँदिन ।”
PSA 132:6 हेर्नुहोस्, हामीले यसबारे एप्रातामा सुन्यौ । हामीले यसलाई याआरको मैदनमा भेट्टायौं ।
PSA 132:7 हामी परमेश्‍वरको वासस्थानमा जानेछौं । हामीले उहाँको पाउदानमा आरधना गर्नेछौं ।
PSA 132:8 हे परमप्रभु, तपाईंको विश्राम गर्ने ठाउँ, तपाईं र तपाईंको शक्तिको सन्दुकतिर जाग्‍नुहोस् ।
PSA 132:9 तपाईंका पुजारीहरूले इमानदारीताको वस्‍त्र लगाऊन् । तपाईंका विश्‍वासयोग्य जनहरू आनन्दले कराऊन् ।
PSA 132:10 तपाईंको सेवक दाऊदको खातिर, तपाईंको अभिषिक्‍त राजाबाट नतर्किनुहोस् ।
PSA 132:11 परमप्रभुले दाऊदसित पक्‍का शपथ खानुभयो, एउटा पक्‍का शपथ जसलाई उहाँले उल्टाउनुहुनेछैनः “तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा म राख्‍नेछु ।
PSA 132:12 तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई सिकाउनेछु व्यवस्‍था पालन गर्छन् भने, तिनीहरूका सन्तानहरू पनि तेरो सिंहासनमा सदासर्वदा बस्‍नेछन् ।”
PSA 132:13 निश्‍चय नै परमप्रभुले सियोनलाई रोज्‍नुभएको छ । उहाँको आफ्‍नो आसनको निम्ति उहाँले त्यसको इच्‍छा गर्नुभएको छ ।
PSA 132:14 “यो सदासर्वदाको निम्ति मेरो विश्राम स्थल हो । म यहाँ बस्‍नेछु किनकि म यसलाई चाहन्छु ।
PSA 132:15 म त्यसलाई प्रशस्‍त मात्रमा अन्‍नको आशिष्‌ ‌‌दिनेछु । त्यसका गरीबलाई म रोटीले तृप्‍त पार्ने छु ।
PSA 132:16 त्यसका पुजारीहरूलाई म उद्धारको वस्‍त्र पहिराउनेछु । त्यसका विश्‍वासयोग्य जनहरू आनन्दले जयजयकार गर्नेछन् ।
PSA 132:17 दाऊदको निम्ति त्‍यहाँ म एउटा सिङ् उमार्नेछु र मेरो अभिषिक्‍त जनको निम्ति एउटा बत्ती राख्‍नेछु ।
PSA 132:18 त्यसका शत्रुहरूलाई म लाजले ढाक्‍नेछु, तर त्‍यसको शीरमा त्‍यसको मुकुट चम्किनेछ ।”
PSA 133:1 हेर, दाजुभाइका निम्‍ति एकसाथ मिलेर बस्‍नु कति असल र सुखद कुरा हो ।
PSA 133:2 यो शिरमा लगाएको असल तेलजस्तो हो जुन दाह्रीतिर, हारूनकै दाह्रीतिर बगेर झर्छ र त्‍यसपछि यो तिनको वस्‍त्रको कठालोसम्म झर्छ ।
PSA 133:3 यो हेर्मोन डाँडाको शीतजस्तो हो जुन सियोन पर्वतमाथि झर्छ । किनकि परमप्रभुले त्यहाँ आशिष्‌— सदासर्वदाको जीवनलाई आज्ञा दिनुभयो ।
PSA 134:1 हे परमप्रभुका सबै सेवक हो, आओ, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको मन्‍दिरमा राति सेवा गर्छौ ।
PSA 134:2 पवित्र स्थानतिर आफ्‍ना हात उचाल र परमप्रभुको प्रशंसा गर ।
PSA 134:3 परमप्रभुले तिमीलाई सियोनबाट आशिष्‌ ‌‌देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
PSA 135:1 परमप्रभुको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर ।
PSA 135:2 तिमीहरू जो परमप्रभुको मन्‍दिरमा, हाम्रा परमेश्‍वरको मन्‍दिरको चोकहरूमा खडा हुन्‍छौ ।
PSA 135:3 परमप्रभुको प्रशंसा गर, किनकि उहाँ असल हुनुहुन्छ । उहाँको नाउँको स्‍तुति गाओ, किनकि यसो गर्नु सुखाद कुरा हो ।
PSA 135:4 किनकि परमप्रभुले याकूबलाई आफ्नो निम्ति, इस्राएललाई आफ्नो सम्‍पत्तिको रूपमा रोज्‍नुभएको छ ।
PSA 135:5 परमप्रभु महान् हुनुहुन्छ भनी म जान्दछु, कि हाम्रो परमप्रभु सबै देवताभन्दा माथि हुनुहुन्छ ।
PSA 135:6 परमप्रभुले जे इच्छा गर्नुहुन्छ, स्वर्गमा, पृथ्वीमा, समुद्रमा र सबै महासागरका गहिराइमा उहाँले त्‍यही गर्नुहुन्छ ।
PSA 135:7 उहाँले बादललाई टाढाबाट, चट्याङलाई वर्षाको साथी बनाएर ल्याउनुहुन्छ, र आफ्‍नो भण्डारबाट हुरीबतास निकाल्‍नुहुन्छ ।
PSA 135:8 उहाँले मिश्रदेशमा मानिस र पशु दुवैको जेठोलाई मार्नुभयो ।
PSA 135:9 उहाँले मिश्रदेशमा तिमीहरूका माझमा फारो र त्यसका सबै सेवकहरूका विरुद्धमा चिन्हहरू र चमत्कारहरू पठाउनुभयो ।
PSA 135:10 उहाँले धेरै जातिलाई आक्रमण गर्नुभयो र शक्तिशाली राजाहरूलाई मार्नुभयो,
PSA 135:11 एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओग, अनि कनानका सबै राज्यलाई ।
PSA 135:12 तिनीहरूका देश उहाँले हामीलाई उत्तराधिकार, उहाँका मानिस इस्राएलका उत्तराधिकारको रूपमा दिनुभयो ।
PSA 135:13 हे परमप्रभु, तपाईंको नाउँ सदासर्वदा रहिरहन्छ । हे परमप्रभु, तपाईंको किर्ती सबै पुस्तामा रहन्छ ।
PSA 135:14 किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुन्छ र आफ्‍ना सेवकहरूमाथि दया देखाउनुहुन्छ ।
PSA 135:15 जातिहरूका मूर्तीहरू सुन र चाँदीका मानसिहरूका हातका कामहरू हुन् ।
PSA 135:16 ती मूर्तीहरूका मुख छन्, तर तिनीहरू बोल्दैनन् । तिनीहरूका आँखा छन्, तर तिनीहरूले देख्दैनन् ।
PSA 135:17 तिनीहरूका कान छन्, तर तिनीहरूले सुन्दैनन्, न त तिनीहरूका मुखमा सास नै छ ।
PSA 135:18 तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै हुन्छन् जस्तो तिनीहरूमा भरोसा गर्ने हरेक व्‍यक्‍ति हुन्छ ।
PSA 135:19 हे इस्राएलका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । हे हारूनका सन्तानहरू, परमप्रभुको प्रशंसा गर ।
PSA 135:20 हे लेवीका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको आदर गर्छौ, परमप्रभुको प्रशंसा गर ।
PSA 135:21 सियोनमा परमप्रभुलाई प्रशंसा होस्, जो यरूशलेममा बसोबास गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।
PSA 136:1 परमप्रभुलाई धन्यवाद देओ । किनकि उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:2 देवताहरूका परमेश्‍वरलाई धन्वाद देओ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:3 प्रभुहरूका प्रभुलाई धन्यवाद देओ किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:4 उहाँलाई धन्यवाद चढाओ जसले मात्र महान् आश्‍चर्य कामहरू गर्नुहुन्‍छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:5 उहाँलाई जसले बुद्धिद्वारा आकाश बनाउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:6 उहाँलाई धन्यवाद देओ जसले पृथ्वीलाई पानीहरूमाथि फैलाउनुभयो किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:7 उहाँलाई जसले ठुला ज्योतिहरू बनाउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:8 उहाँलाई धन्यवाद देओ जसले दिनमा राज्‍य गर्न सूर्य दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:9 रातमा राज्‍य गर्न चन्द्रमा र ताराहरू दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:10 उहाँलाई धन्यवाद देओ जसले मिश्रदेशका जेठालाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:11 र तिनीहरूको माझबाट इस्राएललाई बाहिर ल्याउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:12 शक्तिशाली हात र उचालिएको बाहुलीले, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:13 उहाँलाई धन्यवाद देओ जसले लाल समुद्रलाई विभाजन गर्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:14 र इस्राएललाई त्‍यसको माझबाट हिंडाउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:15 तर फारो र तिनका फौजलाई लाल समुद्रमा नष्‍ट पार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:16 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना मानिसहरूलाई उजाडस्‍थानमा डोर्‍याउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:17 उहाँलाई जसले महान् राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:18 उहाँलाई धन्यवाद देओ जसले प्रसिद्ध राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:19 एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:20 र बाशानका राजा ओगलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:21 उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:22 उहाँको सेवक इस्राएलको उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:23 उहाँलाई जसले हामीलाई सम्झनुभयो र हाम्रो अपमानमा हामीलाई सहायता गर्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:24 उहाँलाई धन्यवाद देओ जसले हाम्रा शत्रुहरूमाथि हामीलाई विजय दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:25 जसले सबै जीवित प्राणीलाई खाना दिनुहुन्छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 136:26 स्वर्गका परमेश्‍वरलाई धन्यवाद देओ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
PSA 137:1 बेबिलोनका नदीहरूका छेउमा बसेर हामीले सियोनको बारेमा विचार गर्दा हामी रोयौं ।
PSA 137:2 त्‍यहाँका लहरे पिपलका रूखहरूमा हामीले आफ्‍ना वीणाहरू झुन्डायौं ।
PSA 137:3 हामीलाई कैद गरेर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए र हामीलाई गिल्ला गर्नेहरूले हामीलाई यसो भन्‍दै खुसी होओ भने, “हाम्रा निम्ति सियोनका गीतमध्‍ये एउटा गाओ ।”
PSA 137:4 विदेशी भूमिमा परमप्रभुको बारेमा हामीले कसरी गीत गाउन सक्थ्यौं?
PSA 137:5 हे यरूशलेम, मैले तेरो सम्‍झनालाई बेवास्‍ता गर्छु भने, मेरो दाहिने हातले आफ्‍नो सीप बिर्सोस् ।
PSA 137:6 मैले तेरो बारेमा फेरि विचार गरिनँ भने, आफ्‍ना सबभन्दा ठुलो आनन्दभन्दा बढी मैले तेरो चाह गरिनँ भने, मेरो जिब्रो मेरै तालुमा टाँसियोस् ।
PSA 137:7 हे परमप्रभु, यरूशलेमको पतन भएको दिनमा एदोमीहरूले के गरे सो स्मरण गर्नुहोस् । तिनीहरूले भने, “यसलाई भत्काओ, यसको तल जगैसमेत भत्काओ ।”
PSA 137:8 बेबिलोनकी छोरी, चाँडै नष्‍ट हुन्‍छ । तैंले हामीलाई जे गरिस् त्‍यसको बदला लिने व्यक्‍ति धन्यको होस् ।
PSA 137:9 जसले तेरा सा-साना बालबच्‍चालाई लिएर चट्टानमा पछार्छ, त्‍यो व्यक्‍ति धन्यको होस् ।
PSA 138:1 आफ्‍नो सारा हृदयले म तपाईंलाई धन्यवाद दिनेछु । देवताहरूका सामु म तपाईंको प्रशंसाका गीतहरू गउनेछु ।
PSA 138:2 तपाईंको पवित्र मन्दिरतिर फर्केर म दण्डवत गर्नेछु र तपाईंको करारको विश्‍वस्‍तता र तपाईंको सत्‍यताको निम्ति तपाईंको नाउँमा धन्यवाद दिनेछु । तपाईंले आफ्नो वचन र आफ्‍नो नाउँलाई अरू कुनै पनि थोकभन्दा धेरै महत्त्वपूर्ण बनाउनुभएको छ ।
PSA 138:3 मैले तपाईंलाई पुकारा गरेको दिन तपाईंले मलाई जवाफ दिनुभयो । तपाईंले मलाई साहसी बनाउनुभयो र मेरो प्राणलाई बलियो पार्नुभयो ।
PSA 138:4 हे परमप्रभु, पृथ्वीका सबै राजाले तपाईंलाई धन्यवाद दिनेछन्, किनकि तिनीहरूले तपाईंको मुखको वचनहरू सुन्‍नेछन् ।
PSA 138:5 वास्तवमा, तिनीहरूले परमप्रभुका कामहरूका बारेमा गीतहरू गाउनेछन्, किनकि परमप्रभुको महिमा महान् छ ।
PSA 138:6 किनकि परमप्रभु उच्‍च हुनुभए तापनि उहाँले विनम्रहरूलाई वास्‍ता गर्नुहुन्‍छ, तर घमण्डीलाई उहाँले टाढैबाट चिन्‍नुहुन्छ ।
PSA 138:7 म खतराहरूको बिचबाट हिड्नु परे तापनि, तपाईंले मेरो जीवनलाई सुरक्षित राख्‍नुहुन्छ । मेरा शत्रुहरूका क्रोध विरुद्धमा तपाईंले आफ्‍नो बाहुली पसार्नुहुन्छ र तपाईंको दाहिने बाहुलीले मलाई बचाउँछ ।
PSA 138:8 परमप्रभु अन्तसम्म नै मसँग हुनुहुन्छ । हे परमप्रभु, तपाईंको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । तपाईंका हातहरूले बनाएका जनलाई नत्याग्‍नुहोस् ।
PSA 139:1 हे परमप्रभु, तपाईंले मलाई जाँच्नुभएको छ र तपाईंले मलाई चिन्‍नुहुन्छ ।
PSA 139:2 म बस्‍दा र म उठ्दा तपाईंले जान्‍नुहुन्छ । तपाईंले मेरो विचार टाढैबाट बुझ्‍नुहुन्छ ।
PSA 139:3 तपाईंले मेरो मार्ग र मेरो सुताइ हे्र्नुहुन्छ । मेरा सबै मार्गहरूका बारेमा तपाईं परिचित हुनुहुन्छ ।
PSA 139:4 हे परमप्रभु, मेरो जिब्रोमा शब्द आउनअगि नै तपाईंले त्‍यो पूर्ण रूपमा जान्‍नुहुन्छ ।
PSA 139:5 मेरो अगाडि र पछाडि तपाईं मलाई घेर्नुहुन्छ र ममाथि तपाईंको हात राख्‍नुहुन्छ ।
PSA 139:6 यस्तो ज्ञान मेरो निम्ति अति धेरै हुन्छ । यो अत्यन्त उच्‍च छ, म यसमा पुग्‍नै सक्दिनँ ।
PSA 139:7 तपाईंको आत्माबाट म कहाँ कान सक्छु र? तपाईंको उपस्थितिबाट म कहाँ भाग्‍न सक्छु र?
PSA 139:8 आकाशमाथि उक्‍लें भने तपाईं त्यहाँ हुनुहुन्छ । मैले चिहानमा आफ्‍नो ओछ्यान बनाएँ भने, तपाईं त्यहीं हुनुहुन्छ ।
PSA 139:9 प्रभातका पखेटाहरूमा उडेर म टाढा गएँ र समुद्रपारि पल्‍लो भागमा बसें भने,
PSA 139:10 त्यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्‍याउनेछ । तपाईंको दाहिने बाहुलीले मलाई समातेर राख्‍नेछ ।
PSA 139:11 मैले भनें, “निश्‍चय नै अन्धकारले मलाई ढाक्‍नेछ र मेरो विरपरिको ज्‍योति रात हुनेछ,”
PSA 139:12 तापनि त्‍यो अन्धकार तपाईंको निम्ति अँध्यारो हुँदैन । रात पनि दिनझैं चम्किन्छ, किनकि तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै उस्तै हुन् ।
PSA 139:13 तपाईं मेरा भित्री अङ्गहरू बनाउनुभयो । मेरी आमाको गर्भमा तपाईंले मलाई बनाउनुभयो ।
PSA 139:14 म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्‍म किसिमले बनाइएको छु । मेरो प्राणले यो राम्ररी जान्दछ ।
PSA 139:15 जब मलाई गुप्‍तमा बनाइयो, जब मलाई पृथ्वीको गहिराइमा जटिल किसिमले बनाइयो, तब मेरा हाडहरू तपाईंबाट लुकेका थिएनन् ।
PSA 139:16 तपाईंले मलाई गर्भभित्रै देख्‍नुभयो । मेरो निम्‍ति तोकिएको आयुको पहिलो दिन हुनुअगि नै ती तपाईंको पुस्तकमा लेखिएका थिए ।
PSA 139:17 हे परमेश्‍वर, तपाईंका विचारहरू मेरो निम्‍ति कति बहुमूल्य छन् ! तिनका सङ्ख्‍या कति धेरै छन् !
PSA 139:18 तिनलाई मैले गन्‍न कोसिस गरें भने, ती बलुवाको संख्याभन्दा धेरै हुन्‍छन् । म ब्युँझिंदा, म अझै तपाईंसँगै हुन्छु ।
PSA 139:19 हे परमेश्‍वर, तपाईंले दुष्‍टहरूलाई मार्नुभएको भए असल हुन्‍थ्‍यो । ए हिंस्रक मानिसहरू हो, मबाट दूर होओ ।
PSA 139:20 तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गर्छन् र छलपूर्ण काम गर्छन् । तपाईंका शत्रुहरूले झुटा बोल्छन् ।
PSA 139:21 हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र? तपाईंको विरुद्धमा खडा हुनेहरूलाई के म घृणा गर्दिनँ र?
PSA 139:22 म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु । तिनीहरू मेरा शत्रुहरू भएका छन् ।
PSA 139:23 हे परमेश्‍वर, मलाई जाँच्‍नुहोस् र मेरो हृदय जान्‍नुहोस् । मलाई जाँच्‍नुहोस् र मेरा विचारहरू जान्‍नुहोस् ।
PSA 139:24 मभित्र कुनै दुष्‍ट चाल छन् कि भनी हेर्नुहोस् र मलाई अनन्तको मार्गमा डोर्‍याउनुहोस् ।
PSA 140:1 हे परमप्रभु, मलाई दुष्‍टहरूबाट बचाउनुहोस् । हिंस्रक मानिसहरूबाट मलाई सुरक्षित राख्‍नुहोस् ।
PSA 140:2 तिनीहरूले आफ्‍ना हृदयहरूमा दुष्‍ट योजना बनाउँछन् । तिनीहरू हरेक दिन युद्ध मच्‍चाउँछन् ।
PSA 140:3 सर्पहरूले झैं तिनीहरूका जिब्राहरूले घाउ बनाउँछन् । तिनीहरूका ओठहरूमा सर्पको विष हुन्‍छ । सेला
PSA 140:4 हे परमप्रभु, मलाई दुष्‍टहरूका हातबाट बचाउनुहोस् । हिंस्रक मानिसहरूबाट मलाई सुरक्षित राख्‍नुहोस् जसले मलाई घोक्र्याएर बाहिर निकाल्‍ने योजना बनाउँछन् ।
PSA 140:5 घमण्डीहरूले मेरो निम्ति पासो थापेका छन् । तिनीहरूले जाल फिंजाएका छन् । तिनीहरूले मेरो निम्ति एउटा पासो थापेका छन् । सेला
PSA 140:6 मैले परमप्रभुलाई भनें, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । दयाको निम्ति मेरो पुकारा सुन्‍नुहोस् ।”
PSA 140:7 हे परमप्रभु मेरा परमेश्‍वर, मलाई बचाउन तपाईं शक्तिसाली किसिमले सक्षम हुनुहुन्छ । युद्धको दिनमा तपाईंले मेरो शिरलाई छेक्‍नुहुन्छ ।
PSA 140:8 हे परमप्रभु, दुष्‍टहरूका इच्छाहरू पुरा नगर्नुहोस् । तिनीहरूका षड्यन्त्रहरू सफल नहोऊन् । सेला
PSA 140:9 मलाई घेर्नेहरूले आफ्‍ना शिर उठाउँछन् । आफ्‍नै ओठहरूका उपद्रवले तिनीहरूलाई ढाकोस् ।
PSA 140:10 बलिरहेको भुङ्‍ग्रो तिनीहरूमाथि खसोस् । कहिल्यै नउठ्ने गरी तिनीहरूलाई आगोमा, अतलकुण्‍डमा फाल्नुहोस् ।
PSA 140:11 निन्‍दा गर्ने जिब्रो भएका मानिसहरूलाई पृथ्वीमा सुरक्षित नगरियोस् । हिस्रक मानिसलाई हिर्काएर मार्न खराबीले त्‍यसलाई खेदोस् ।
PSA 140:12 कष्‍टमा परेकाहरूका पक्षमा परमप्रभुले न्याय गर्नुहुनेछ भनी म जान्दछु र उहाँले दरिद्रहरूलाई न्याय दिनुहुनेछ ।
PSA 140:13 निश्‍चय नै धर्मी मानिसहरूले तपाईंको नाउँलाई धन्यवाद दिनेछन् । सोझा मानिसहरू तपाईंको उपस्थितिमा बस्‍नेछन् ।
PSA 141:1 हे परमप्रभु, तपाईंमा म पुकारा गरिरहेको छु । मकहाँ चाँडो आउनुहोस् । मैले तपाईंलाई पुकारा गर्दा मेरो पुकार सुन्‍नुहोस् ।
PSA 141:2 मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपझैं होस् । मेरा उचालिएका हातहरू साँझको बलिदान झैं होऊन् ।
PSA 141:3 हे परमप्रभु, मेरो मुखमा रक्षक राख्‍नुहोस् । मेरा ओठहरूका ढोकाहरूको रक्षा गर्नुहोस् ।
PSA 141:4 मेरो हृदयले कुनै कराब कुराको इच्‍छा नगरोस् वा दुष्‍ट किसिमले व्‍यवहार गर्ने मानिसहरूका पापपूर्ण कामहरूमा सहभागी नहोस् । तिनीहरूका कुनै स्वादिष्‍ट कुराहरू मैले खान नपरोस् ।
PSA 141:5 धर्मी मानिसले मलाई हिर्काओस् । त्‍यो मेरो निम्ति दया हुनेछ । त्यसले मलाई सच्याओस् । त्‍यो मेरो शिरमा लगाएको तेलझैं हुनेछ । मेरो शिरले त्‍यो स्वीकार गर्न इन्कार नगरोस् । तर मेरो प्रार्थना सधैं नै तिनीहरूका दुष्‍ट कामहरूको विरुद्धमा हुन्छ ।
PSA 141:6 तिनीहरूका अगुवाहरूलाई चट्टानको टाकुराबाट तल फालिनेछ । मेरा आफ्नै शब्‍दहरू सुखद छन् भनी तिनीहरूले सुन्‍नेछन् ।
PSA 141:7 तिनीहरूले भन्‍नुपर्नेछ, “जसरी कसैले जोत्छ र जमिन चिर्छ, त्यसरी नै हाम्रा हाडहरू चिहानको मुखमा छरिएका छन् ।”
PSA 141:8 हे परमप्रभु परमेश्‍वर, मेरा आँखाहरू निश्‍चय नै तपाईंमा हुन्‍छन् । तपाईंमा नै म शरण लिन्छु । मेरो प्राणलाई सुरक्षाहीन नछोड्नुहोस् ।
PSA 141:9 तिनीहरूले मेरो निम्‍ति राखेका पासोहरूबाट, दुष्‍ट काम गर्नेहरूका धरापहरूबाट मलाई सुरक्षित राख्‍नुहोस् ।
PSA 141:10 म भागेर बाँच्‍दा दुष्‍टहरू आफ्नै पासोहरूमा फसून् ।
PSA 142:1 आफ्‍नो सोर निकालेर सहायताको निम्ति म परमप्रभुमा पुकारा गर्छु । आफ्‍नो सोर निकालेर परमप्रभुको कृपाको निम्ति म बिन्ती गर्छु ।
PSA 142:2 उहाँको सामु म आफ्‍नो विलाप खन्याउँछु । उहाँलाई म आफ्‍ना कष्‍टहरू भन्‍छु ।
PSA 142:3 मेरो आत्मा मभित्र कमजोर हुँदा, तपाईंले मेरो मार्ग जान्‍नुहुन्छ । म हिंड्ने बाटोमा तिनीहरूले मेरो निम्ति धराप थापेका छन् ।
PSA 142:4 म आफ्‍नो दायाँतिर हेर्छु र त्‍यहाँ एक जना पनि देख्‍दिनँ जसले मेरो वास्ता गर्छ । म बाँच्‍ने ठाउँ कहीं छैन । मेरो जीवनको बारेमा कसैले पनि वास्ता गर्दैन ।
PSA 142:5 हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें । मैले भनें, “तपाईं नै मेरो शरण, जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ ।
PSA 142:6 मेरो पुकारा सुन्‍नुहोस्, किनकि मलाई धेरै तल झारिएको छ । मेरो सतावट गर्नेहरूबाट मलाई बचाउनुहोस्, किनकि तिनीहरू मभन्दा बलिया छन् ।
PSA 142:7 मेरो प्राणलाई कैदबाट बाहिर निकाल्नुहोस्, ताकि म तपाईंको नाउँलाई धन्यवाद दिन सकूँ । धर्मीहरू मेरो चारैतिर भेला हुन्छन् किनभने तपाईं मप्रति असल हुनुभएको छ ।”
PSA 143:1 हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस् । मेरो बिन्ती सुन्‍नुहोस् । तपाईंको विश्‍वस्‍तता र धार्मिकताको कारणले मलाई जवाफ दिनुहोस् ।
PSA 143:2 तपाईंको सेवकलाई इन्‍साफमा नपार्नुहोस्, किनकि तपाईंको दृष्‍टिमा कोही पनि धर्मी छैन ।
PSA 143:3 शत्रुले मेरो ज्यान लिनलाई खेदेका छ । त्‍यसले मलाई जमिनमा कुल्चेको छ । त्‍यसले मलाई उहिले नै मरेकाहरूझैं अँध्यारोमा बस्‍न लगाएको छ ।
PSA 143:4 मभित्र मेरो आत्मा व्याकुल भएको छ । मेरो हृदय निराश हुन्छ ।
PSA 143:5 पुराना दिनहरूलाई म सम्झिन्छु । तपाईंका सबै कामहरू म ध्‍यान गर्छु । तपाईंका उपव्धीहरूमा म चिन्‍तन गर्छु ।
PSA 143:6 म आफ्‍ना हातहरू तपाईंतिर फैलाउँछु । सुख्खा जमिनमा मेरो प्राण तपाईंको तृष्णा गर्छ । सेला
PSA 143:7 हे परमप्रभु, मलाई चाँडै जवाफ दिनुहोस्, किनभने मेरो आत्मा मूर्छित हुन्छ । तपाईंको मुहार मबाट नलुकाउनुहोस्, नत्रता ती खाल्डोमा जानेहरूजस्तै म हुनेछु ।
PSA 143:8 बिहानमा मलाई तपाईंको करारको विश्‍वस्‍तता सुन्‍न दिनुहोस्, किनकि म तपाईंमा भरोसा गर्छु । म कहाँ हिंड्नुपर्छ सो मलाई देखाउनुहोस्, किनकि म आफ्‍नो प्राण तपाईंतिर उचाल्छु ।
PSA 143:9 हे परमप्रभु, मेरा शत्रुहरूबाट मलाई बचाउनुहोस् । लुक्‍नलाई म तपाईंकहाँ भागेर आउँछु ।
PSA 143:10 तपाईंको इच्छा पुरा गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । तपाईंको असल आत्माले मलाई सोझाहरूका देशमा डोर्‍याओस् ।
PSA 143:11 हे परमप्रभु, तपाईंको नाउँको खातिर मलाई जीवित राख्‍नुहोस् । तपाईंको धार्मिकतामा मेरो प्राणलाई कष्‍टबाट बाहिर निकाल्‍नुहोस् ।
PSA 143:12 तपाईंको करारको विश्‍वस्‍ततामा मेरा शत्रुहरूलाई नष्‍ट पार्नुहोस् र मेरो जीवनका सबै शत्रुलाई नाश गर्नुहोस्, किनकि म तपाईंको सेवक हुँ ।
PSA 144:1 परमप्रभु मेरा चट्टानको स्‍तुति होस्, जसले युद्ध गर्न मेरा हातहरूलाई र लडन्‍त गर्न मेरा औंलाहरूलाई तालिम दिनुहुन्छ ।
PSA 144:2 तपाईं मेरो करारको विश्‍वस्‍तता र मेरो किल्‍ला हुनुहुन्‍छ । मेरो अग्लो धरहरा जसले मलाई बचाउनुहुन्‍छ । मेरो ढाल र एक मात्र जसमा म शरण लिन्‍छु । एक मात्र जसले जातिहरूलाई मेरो अधीनमा पार्नुहुन्छ ।
PSA 144:3 हे परमप्रभु, मानिस के हो र तपाईंले त्यसलाई ध्यान दिनुहुन्छ वा मानिसको छोरो को हो जसको बारेमा तपाईंले विचार गर्नुहुन्छ?
PSA 144:4 मानिस एकपल्‍टको सासजस्तो हो । त्यसका दिनहरू बितेर जाने छायाजस्ता हो ।
PSA 144:5 हे परमप्रभु, आकाशलाई खोल्‍नुहोस् र तल आउनुहोस् । पहाडहरू छुनुहोस् र तिनीहरूबाट धूवाँ निकाल्‍नुहोस् ।
PSA 144:6 बिजुलीका चमकहरू पठाउनुहोस् र मेरा शत्रुहरूलाई छरपष्‍ट पार्नुहोस् । तपाईंका काँडहरू हान्‍नुहोस् र तिनीहरूलाई गोलमालमा पछाडि फर्काउनुहोस् ।
PSA 144:7 माथिबाट आफ्‍नो हात पसार्नुहोस् । धेरै पानीबाट र विदेशीहरूका हातबाट मलाई बचाउनुहोस् ।
PSA 144:8 तिनीहरूका मुखहरूले झुटा बोल्छन् र तिनीहरूका दाहिने हात झुटा हो ।
PSA 144:9 हे परमेश्‍वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु । दस तारे वीणासँगै म तपाईंको स्‍तुति गाउनेछु,
PSA 144:10 जसले राजाहरूलाई उद्धार दिनुहुन्छ, जसले आफ्‍नो सेवक दाऊदलाई दुष्‍ट तरवारबाट बचाउनुभयो ।
PSA 144:11 मलाई विदेशीहरूका हातहरूबाट बचाउनुहोस् र स्‍वतन्त्र गर्नुहोस् । तिनीहरूका मुखहरूले झुटा बोल्छन् र तिनीहरूका दाहिने हात झुटा हो ।
PSA 144:12 हाम्रा छोराहरू आफ्‍नो जवान अवस्‍थाको पूर्ण आकारमा वृद्धि भएका रूखहरूजस्ता र हाम्रा छोरीहरू कुँदिएका कुनामा खम्बाहरूजस्ता, दरबारका जस्तै रूपवती होऊन् ।
PSA 144:13 हाम्रा अन्‍नभण्‍डारहरू हरेक किसिमको अन्‍नहरूले भरिपूर्ण होऊन् र हाम्रा भेडाहरूले मैदानहरूमा हजारौं र दसौं हजार उत्‍पादन गरून् ।
PSA 144:14 अनि हाम्रा गोरूहरूमा धेरै बहरहरू हुनेछन् । कसैले पनि हाम्रा पर्खालहरू भत्काउनेछैन । त्यहाँ कोही पनि निर्वासित हुनेछैन र हाम्रा सडकहरूमा कुनै चित्कार हुनेछैन ।
PSA 144:15 यस्ता आशिष्‌ले आशिषित्‌ ‌‌भएका मानिस धन्यको होऊन् । यस्‍ता मानिसहरू धन्‍यका हुन् जसका परमेश्‍वर परमप्रभु हुनुहुन्छ ।
PSA 145:1 हे मेरो परमेश्‍वर, राजा, म तपाईंको प्रशंसा गर्नेछु । तपाईंको नाउँलाई म सदासर्वदा धन्‍यको भन्‍नेछु ।
PSA 145:2 हरेक दिन म तपाईंलाई धन्‍यको भन्‍नेछु । तपाईंको नाउँको सदासर्वदा म प्रशंसा गर्नेछु ।
PSA 145:3 परमप्रभु महान् हुनुहुन्छ र धेरै प्रशंसा हुनुपर्छ । उहाँको महान्‌ता अथाहा छ ।
PSA 145:4 एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ ।
PSA 145:5 म तपाईंको महिमाको ऐश्‍वर्य र तपाईंका अचम्‍मका कामहरू ध्‍यान गर्नेछु ।
PSA 145:6 तिनीहरूले तपाईंका भयानक कामहरूका शक्तिको बारेमा भन्‍नेछन् र म तपाईंको महान‌्‌ताको घोषणा गर्नेछु ।
PSA 145:7 तिनीहरूले तपाईंको प्रचूर भलाइको घोषणा गर्नेछन् र तिनीहरूले तपाईंको धार्मिकताको बारेमा गाउनेछन् ।
PSA 145:8 परमप्रभु अनुग्रही र कैपालु, रिसमा ढिला र करारको विश्‍वस्‍ततामा प्रशस्त हुनुहुन्छ ।
PSA 145:9 परमप्रभु सबैका निम्ति भला हुनुहुन्छ । उहाँका सबै काममा उहाँका कोमल कृपा छन् ।
PSA 145:10 हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै कुराले तपाईंलाई धन्यवाद दिनेछन् । तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंलाई धन्‍यको भन्‍नेछन् ।
PSA 145:11 तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको राज्यको महिमाको बारेमा भन्‍नेछन् र तिनीहरूले तपाईंको शक्तिको बारेमा बोल्‍नेछन् ।
PSA 145:12 तिनीहरूले मानवजातिलाई परमेश्‍वरको शक्तिशाली कामहरू र उहाँको राज्यको महिमित वैभव प्रकट गर्नेछन् ।
PSA 145:13 तपाईंको राज्य अनन्तको राज्य हो र तपाईंको प्रभुत्व सबै पुस्ताभरि रहन्छ ।
PSA 145:14 असफल भइरहेका सबैलाई परमप्रभुले सहारा दिनुहुन्छ र दबिएकाहरू सबैलाई माथि उठाउनुहुन्छ ।
PSA 145:15 सबैका आँखाहरूले तपाईंमा आसा गर्छन् । तिनीहरूका भोजन तपाईंले तिनीहरूलाई ठिक समयमा दिनुहुन्छ ।
PSA 145:16 तपाईंले आफ्नो हात खोल्नुहुन्छ र सबै जीवित प्राणीका इच्छा तृप्‍त पार्नुहुन्छ ।
PSA 145:17 परमप्रभु आफ्‍ना सबै मार्गमा धर्मी र उहाँले गर्ने सबै काममा अनुग्रही हुनुहुन्छ ।
PSA 145:18 परमप्रभुलाई पुकार्नेहरू सबैका नजिक, उहाँलाई सत्यतामा पुकार्नेहरूको नजिक हुनुहुन्छ ।
PSA 145:19 उहाँलाई आदर गर्नेहरूका इच्छा उहाँले पुरा गर्नुहुन्छ । उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ ।
PSA 145:20 परमप्रभुले उहाँलाई प्रेम गर्नेहरू सबैमाथि हेर्नुहुन्छ, तर उहाँले सबै दुष्‍टलाई नाश गर्नुहुनेछ ।
PSA 145:21 मेरो मुखले परमप्रभुको प्रशंसा गर्नेछ । सबै मानवजातिले उहाँको पवित्र नाउँलाई सदासर्वदा धन्‍यको भनून् ।
PSA 146:1 परमप्रभुको प्रशंसा गर । हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर् ।
PSA 146:2 मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । म रहेसम्म परमप्रभुको प्रशंसा म गर्नेछु ।
PSA 146:3 शासकहरू वा मनावजातिमा आफ्‍नो भरोसा नराख, जसमा कुनै उद्धार छैन ।
PSA 146:4 जब मानिसको जीवनको सास रोकिन्छ, तब त्यो जमिनमा फर्किन्छ । त्यो दिन त्यसका योजना सिद्धिन्‍छ ।
PSA 146:5 त्यो धन्यको हो, जसको आफ्‍नो सहायताको निम्ति याकूबको परमेश्‍वर हुनुहुन्छ, जसको आसा परमप्रभुको आफ्‍नो परमेश्‍वरमा हुन्‍छ ।
PSA 146:6 परमप्रभुले स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा सबैलाई बनाउनुभयो । उहाँले सदासर्वदा सत्यता हे्र्नुहुन्छ ।
PSA 146:7 थिचोमिचोमा परेकालाई उहाँले न्याय दिनुहुन्छ र भोकालाई भोजन दिनुहुन्छ । परमप्रभुले कैदीहरूलाई मुक्‍त गर्नुहुन्छ ।
PSA 146:8 परमप्रभुले अन्धाको आँखा खोल्नुहुन्छ । परमप्रभुले झुकेकालाई उठाउनुहुन्छ । परमप्रभुले धर्मी मानिसलाई प्रेम गर्नुहुन्छ ।
PSA 146:9 परमप्रभुले देशमा विदेशीको सुरक्षा गर्नुहुन्छ । उहाँले अनाथ र विधवालाई माथि उठाउनुहुन्छ । तर उहाँले दुष्‍टहरूको विरोध गर्नुहुन्छ ।
PSA 146:10 परमप्रभुले सदासर्वदा, हे सियोन, तेरो परमेश्‍वरले सबै पुस्तामा राज्‍य गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।
PSA 147:1 परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्‍वरको स्‍तुति गाउनु असल कुरा हो । यो सुखद हुन्‍छ र प्रशंसा उचित छ ।
PSA 147:2 परमप्रभुले यरूशलेम पुनःनिर्माण गर्नुहुन्छ । उहाँले छरिएका इस्राएलका मानिसलाई एकसाथ भेला गर्नुहुन्छ ।
PSA 147:3 तोडिएको हृदयलाई उहाँले निको पार्नुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ ।
PSA 147:4 उहाँले ताराहरू गन्‍नुहुन्छ । उहाँले तिनीहरू सबैलाई नाउँ दिनुहुन्छ ।
PSA 147:5 हाम्रा परमप्रभु महान्‌ र शक्तिमा भयङ्कर हुनुहुन्छ । उहाँको समझलाई नाप्‍न गर्न सकिंदैन ।
PSA 147:6 परमप्रभुले थिचोमिचोमा परेकालाई माथि उठाउनुहुन्छ । उहाँले दुष्‍टहरूलाई तल जमिनमा झार्नुहुन्छ ।
PSA 147:7 धन्यवादसाथ परमप्रभुको प्रशंसा गर । वीणा बजाएर हाम्रो परमेश्‍वरको प्रशंसा गर ।
PSA 147:8 उहाँले आकाशलाई बादलले ढाक्‍नुहुन्छ र पृथ्वीको निम्ति झरी तयार पार्नुहुन्छ । पहडाहरूमाथि घाँस उमार्नुहुन्छ ।
PSA 147:9 उहाँले पशुहरूलाई र कागहरूका बचेराहरूले पुकारा गर्दा तिनीहरूलाई भोजन दिनुहुन्छ ।
PSA 147:10 घोडाको बलमा उहाँ प्रशन्‍न हुनुहुन्‍न । मानिसका बलियो गोडाहरूमा उहाँ खुसी हुनुहुन्‍न ।
PSA 147:11 परमप्रभुलाई आदर गर्नेहरूसँग उहाँ प्रशन्‍न हुनुहुन्छ, जसले उहाँको करारको विश्‍वस्‍ततामा आसा गर्छन् ।
PSA 147:12 हे यरूशलेम, परमप्रभुको प्रशंसा गर् । हे सियोन, तेरो परमेश्‍वरको प्रशंसा गर् ।
PSA 147:13 किनकि उहाँले तेरा ढोकाहरूका डण्‍डाहरू बलियो बनाउनुहुन्छ । उहाँले तेरो माझमा भएका तेरा छोराछोरीलाई आशिष्‌ ‌‌दिनुहुन्छ ।
PSA 147:14 उहाँले तेरो सिमानाभित्र फिलिफाप ल्याउनुहुन्छ । उत्तम गहुँले उहाँले तँलाई तृप्‍त पार्नुहुन्छ ।
PSA 147:15 उहाँले आफ्ना आज्ञालाई पृथ्वीमा पठाउनुहुन्छ । उहाँका आज्ञा द्रूत गतिमा दौडिन्छ ।
PSA 147:16 उहाँले हिउँलाई ऊनझैं बनाउनुहुन्छ । उहाँले तुषारोलाई खरानीझैं छर्नुहुन्छ ।
PSA 147:17 उहाँले असिना कङ्कडझैं बर्साउनुहुन्छ । उहाँले पठाउने चिसोको सामना कसले गर्न सक्छ र?
PSA 147:18 उहाँले आफ्नो आज्ञा पठाउनुहुन्छ र ती पग्‍लिन्‍छन् । उहाँले हावा चलाउनुहुन्छ र पानीलाई बगाउनुहुन्छ ।
PSA 147:19 उहाँले आफ्नो वचन याकूबलाई, उहाँका विधिहरू र उहाँ धार्मिक आदेशहरू इस्राएललाई घोषणा गर्नुभयो ।
PSA 147:20 उहाँले अरू कुनै जातिमा त्‍यसो गर्नुभएको छैन, र उहाँको आदेशहरूका बारेमा तिनीहरूले ती जान्दैनन् । परमप्रभुको प्रशंसा गर ।
PSA 148:1 परमप्रभुको प्रशंसा गर । ए स्वर्गमा हुनेहरू हो, परमप्रभुको प्रशंसा गर । ए उच्‍च स्थानहरूमा हुनेहरू हो, उहाँको प्रशंसा गर ।
PSA 148:2 उहाँका सबै स्वर्गदूत हो, उहाँको प्रशंसा गर । ए उहाँका सबै फौज हो, उहाँको प्रशंसा गर ।
PSA 148:3 हे सूर्य र चन्द्रमा हो, उहाँको प्रशंसा गर । ए सबै चम्किने तारा हो, उहाँको प्रशंसा गर ।
PSA 148:4 ए सर्वोच्‍च स्वर्ग र आकाशमाथिका पानी हो, उहाँको प्रशंसा गर ।
PSA 148:5 तिनीहरूले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँले आज्ञा दिनुभयो र तिनीहरू सृष्‍टि भए ।
PSA 148:6 उहाँले तिनलाई सदासर्वदाको निम्ति स्थापित पनि गर्नुभएको छ । उहाँले एउटा आदेश जारी गर्नुभयो जो कहिल्यै बद्लिंदैन ।
PSA 148:7 पृथ्वीबाट उहाँको प्रशंसा गर, हे समुद्रका विशाल जन्‍तुहरू र सागरका गहिराइहरू हो,
PSA 148:8 हे आगो र असिना, हिउँ र बादल, उहाँको वचन पुरा गर्ने आँधी बेहरी हो ।
PSA 148:9 उहाँको प्रशंसा गर, हे सबै पहाड र डाँडाहरू, फलका रूखहरू र सबै देवदारुहरू हो,
PSA 148:10 जङ्गली पशुहरू र पाल्तु पशुहरू, घस्रने प्राणीहरू र चराहरू हो ।
PSA 148:11 परमप्रभुको प्रशंसा गर, हे पृथ्वीका राजाहरू र सबै जातिहरू, शासकहरू र पृथ्वीमा शासन गर्ने सबैले,
PSA 148:12 जवान पुरुषहरू र जवान स्‍त्रीहरू, वृद्धहरू र बालकहरू दुवैले ।
PSA 148:13 तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्‍च पारिन्छ र उहाँको महिमाले पृथ्वी र स्वर्गलाई ढाक्छ ।
PSA 148:14 उहाँले आफ्‍ना सबै विश्‍वासयोग्य जनहरू, इस्राएलीहरू, उहाँका नजिकका सबै मानिसबाट प्रशंसाको निम्‍ति आफ्‍ना मानिसहरूका सिङ खडा गर्नुभएको छ । परमप्रभुको प्रशंसा गर ।
PSA 149:1 परमप्रभुको प्रशंसा गर । परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । विश्‍वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ ।
PSA 149:2 इस्राएल तिनीहरूलाई बाउनुहुनेमा आनन्‍दित होस् । सियोनका मानिसहरू आफ्‍ना राजामा आनन्‍दित होऊन् ।
PSA 149:3 तिनीहरूले नाँच्दै उहाँको नाउँको प्रशंसा गरून् । खैंजडी र वीणा बजाउँदै तिनीहरूले उहाँको प्रशंसाको गीत गाऊन् ।
PSA 149:4 किनकि परमप्रभु आफ्‍ना मानिसहरूसँग प्रशन्‍न हुनुहुन्छ । उहाँले नम्रहरूलाई उद्धारले महिमित पार्नुहुन्छ ।
PSA 149:5 विजयमा धर्मीहरू आनन्‍दि होऊन् । तिनीहरू आ-आफ्ना ओछ्यानमा आनन्दका गीत गाऊन् ।
PSA 149:6 तिनीहरूका मुखहरूमा परमेश्‍वरको प्रशंसा र तिनीहरूका हातमा दुई धारे तरवार होस्,
PSA 149:7 जातिहरूमा बदला लिन र मानिसहरूमा दण्डका कामहरू गर्न ।
PSA 149:8 तिनीहरूले आफ्‍ना राजाहरूलाई साङ्लाहरूले र आफ्‍ना शासक वर्गलाई फलामे सिक्रीले बाँध्‍नेछन् ।
PSA 149:9 लेखिएका न्‍यायका फैसला तिनीहरूले गर्नेछन् । उहाँका सबै विश्‍वासयोग्य जनका निम्ति यो एउटा आदर हुनेछ । परमप्रभुको प्रशंसा गर ।
PSA 150:1 परमप्रभुको प्रशंसा गर । परमेश्‍वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।
PSA 150:2 उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर । उहाँको आश्‍चर्यको महान्‌ताको निम्ति उहाँको प्रशंसा गर ।
PSA 150:3 सिङ बजाएर उहाँको प्रशंसा गर । वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर ।
PSA 150:4 खैंजडी बजाउँदै र नाँच्दै उहाँको प्रशंसा गर । तार-वाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर ।
PSA 150:5 ठुलो सोरका झ्यालीहरूले उहाँको प्रशंसा गर । चर्को सोरका झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर ।
PSA 150:6 सास हुने हरेक कुराले परमप्रभुको प्रशंसा गरोस् । परमप्रभुको प्रशंसा गर ।
PRO 1:1 दाऊदका छोरा इस्राएलका राजा सोलोमनको हितोपदेशः
PRO 1:2 यी हितोपदेशहरू बुद्धि र निर्देशनक कुराहरू सिकाउन र अन्तर्दृष्‍टिका वचनहरू सिकाउनलाई हो,
PRO 1:3 ताकि जे ठिक, न्यायी र उचित छ त्यो गरेर बाँच्नलाई तिमीले निर्देशन प्राप्‍त गर्न सक ।
PRO 1:4 यी हितोपदेशहरू सोझाहरूलाई बुद्धि दिन र युवाहरूलाई ज्ञान र समझदारी दिनलाई पनि हो ।
PRO 1:5 बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्,
PRO 1:6 जसद्वारा तिनीहरूले हितोपदेशहरू, दृष्‍टान्तहरू, बुद्धिमानीहरूका वचनहरू र आहानहरू बुझून् ।
PRO 1:7 परमप्रभुको भय नै ज्ञानको सुरु हो । मूर्खहरूले बुद्धि र निर्देशनलाई तुच्छ ठान्छ ।
PRO 1:8 हे मरो छोरो, आफ्नो छोरोको निर्देशन सुन्, र आफ्नी आमाका नियमहरूलाई पाखा नलगा ।
PRO 1:9 ती तेरो शिरमा अनुग्रहको माला हुने छन्, र तेरो गलामा सम्मानको हार हुने छन् ।
PRO 1:10 हे मेरो छोरो, पापीहरूले तँलाई तिनीहरूकै पापमा बहकाउन खोजे भने, तिनीहरूको पछि नलाग् ।
PRO 1:11 तिनीहरूले भन्लान्, “हामीसित आऊ । उक्तपातको लागि ढुकिबसौँ । विनाकारण लुकेर निर्दोष मानिसहरूलाई आक्रमण गरौँ ।
PRO 1:12 स्वस्थहरूलाई पातालले निलेझैँ तिनीहरूलाई जिउँदै निलौँ, र तिनीहरूलाई खाडलमा खस्‍नेहरूलाई झैँ गरौँ ।
PRO 1:13 हामीले सबै किसिमका बहुमूल्य थोकहरू पाउने छौँ । तिनीहरूबाट हामीले चोरेका थोकहरूले हामी आफ्ना घरहरू भर्ने छौँ ।
PRO 1:14 तिमी हामीसित साझेदार होऊ । हामी सबैको एउटै थैलो हुने छ ।”
PRO 1:15 हे मेरो छोरो, तिनीहरूसँग त्यस मार्गमा नचल । तिनीहरू हिँड्ने बाटोमा तेरा पाउलाई छुन नदे ।
PRO 1:16 तिनीहरूका पाउ खराबीको लागि दौडन्छन्, र तिनीहरू रगत बगाउन हतारिन्छन् ।
PRO 1:17 किनकि कुनै पनि पक्षीको दृष्‍टिमा जाल फ्याँक्‍नु बेकाम्मा हुन्छ ।
PRO 1:18 यी मानिसहरू तिनीहरूको आफ्नै रगतको लागि ढुकिबस्छन् । तिनीहरूले आफ्नै ज्यानको लागि पासो थाप्छन् ।
PRO 1:19 अन्यायद्वारा धन थुपार्ने हरेकका मार्गहरू पनि त्यस्तै हुन्छन् । अन्यायद्वारा कमाउनेहरूको जीवन त्यही धनले छिनेर लैजान्छ ।
PRO 1:20 बुद्धि सडकमा चर्को गरी कराउँछ, र खुला ठाउँहरूमा त्यसले आफ्नो सोर उचाल्छ ।
PRO 1:21 होहल्लाले भरिएका सडकहरूको माथि त्यो कराउँछ, र सहरको मूल ढोकामा त्यसले भन्छ,
PRO 1:22 “हे निर्बुद्धि मानिसहरू हो, तिमीहरू कहिलेसम्म निर्बुद्धि भइरहन्छौ ? हे गिल्ला गर्नेहरू हो, तिमीहरू कहिलेसम्म गिल्ला गर्नमा रमाउँछौ ? र हे मूर्खहरू हो, तिमीहरू कहिलेसम्म ज्ञानलाई घृणा गर्छौ ?
PRO 1:23 मेरो सुधारलाई ध्यान देओ । म तिमीहरूमाथि मेरा विचार खन्याइदिने छु । म तिमीहरूलाई मेरा वचनहरू ज्ञात गराइदिने छु ।
PRO 1:24 मैले बोलाएको छु, तर तिमीहरूले सुन्‍न इन्कार गरेका छौ । मैले मेरा हात फैलाएँ, तर ध्यान दिने कोही थिएन ।
PRO 1:25 तिमीहरूले मेरा सबै निर्देशनलाई बेवास्ता गरेका छौ, र मेरो सुधारलाई वास्तै गरेका छैनौ ।
PRO 1:26 तिमीहरूमाथि विपत्ति आइपर्दा म खिसी गर्ने छु; त्रास आउँदा म तिमीहरूलाई उपहास गर्ने छु-
PRO 1:27 जब तिमीहरूमाथि आँधीबेहरीझैँ डरलाग्दो त्रास आउने छ, र भुमरीझैँ विपत्ति तिमीहरूमाथि मडारिन्छ, र सङ्कष्‍ट र पीडा तिमीहरूमाथि आउँछन् ।
PRO 1:28 तब तिनीहरूले मेरो पुकारा गर्ने छन्, तर मे जवाफ दिने छैनँ । तिनीहरूले मेरो औधी खोजी गर्ने छन्, तर मलाई भेट्टाउने छैनन् ।
PRO 1:29 तिनीहरूले ज्ञानलाई घृणा गर्ने भएकाले र परमप्रभुको भयलाई नरोजेकाले,
PRO 1:30 तिनीहरूले मेरो निर्देशनलाई मानेनन्, र मेरो सुधारलाई तुच्छ ठाने ।
PRO 1:31 तिनीहरूले तिनीहरूका चालको फल खाने छन्, र तिनीहरूका षड्यन्त्रको फलले तिनीहरू भरिने छन् ।
PRO 1:32 किनकि निर्बुद्धिहरू फर्कंदा तिनीहरू मारिन्छन्, र मूर्खहरूको तटस्थताले तिनीहरूलाई नष्‍ट गर्ने छन् ।
PRO 1:33 तर मेरो कुरा सुन्‍ने सुरक्षामा जिउने छ, र कुनै पनि विपत्तिको डरैविना ढुक्‍कसित बस्‍ने छ ।”
PRO 2:1 हे मेरो छोरो, तैँले मेरा वचनहरू ग्रहण गरिस् र मेरा आज्ञाहरूलाई तेरो मनमा राखिस् भने,
PRO 2:2 बुद्धिका कुराहरू सुन्‍न तेरो कान थापिस्, र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने,
PRO 2:3 तैँले समझशक्तिको लागि पुकारा गरिस्, र यसको लागि सोर उचालिस् भने,
PRO 2:4 तैँले चाँदीलाई झैँ यसलाई खोजिस्, र गाडधनलाई झैँ समझशक्तिको खोजी गरिस् भने,
PRO 2:5 तैँले परमप्रभुको भय बुझ्ने छस्, र परमेश्‍वरको ज्ञान पाउने छस् ।
PRO 2:6 किनकि परमप्रभुले नै बुद्धि दिनुहुन्छ, अनि उहाँको मुखबाट ज्ञान र समझशक्ति निस्कन्छन् ।
PRO 2:7 उहाँलाई खुसी तुल्याउनेहरूका लागि उहाँले पक्‍का बुद्धि साँचेर राख्‍नुभएको छ । निष्‍ठामा चल्नेहरूका लागि उहाँ ढाल हुनुहुन्छ ।
PRO 2:8 उहाँले न्यायका मार्गहरूलाई सुरक्षा दिनुहुन्छ, र उहाँप्रति विश्‍वासयोग्य हुनेहरूको मार्ग रक्षा गर्नुहुन्छ ।
PRO 2:9 तब तैँले धार्मिकता, न्याय, समानता र हरेक असल मार्गलाई बुझ्ने छस् ।
PRO 2:10 किनकि बुद्धि तेरो हृदयमा आउने छ, र ज्ञान तेरो प्राणको लागि आनन्ददायक हुने छ ।
PRO 2:11 विवेकले तँमाथि निगरानी गर्ने छ; समझशक्तिले तेरो रक्षा गर्ने छ ।
PRO 2:12 तिनीहरूले तँलाई दुष्‍ट चालबाट र छली कुराहरू गर्नेबाट जोगाउने छन् ।
PRO 2:13 त्यस्ताहरूले ठिक मार्गलाई त्याग्छन्, र अन्धकारका मार्गमा हिँड्छन् ।
PRO 2:14 तिनीहरूले खराबी गर्दा तिनीहरू रमाउँछन्, र दुष्‍टका बदमासीहरूमा आनन्द मनाउँछन् ।
PRO 2:15 तिनीहरू बाङ्गाटिङ्गा बाटाहरूमा हिँड्छन्, र छलको प्रयोग गर्दै तिनीहरूले आफ्ना चाल लुकाउँछन् ।
PRO 2:16 बुद्धि र विवेकले तँलाई व्यभिचारी स्‍त्री, र अनैतिक स्‍त्रीसाथै त्यसका चाप्लुसी वचानहरूबाट बचाउने छ ।
PRO 2:17 त्यसले आफ्नो युवावस्थाको मित्रलाई त्याग्छे, र आफ्ना परमेश्‍वरको करारलाई भुल्छे ।
PRO 2:18 किनकि त्यसको घरले मृत्युमा डोर्‍याउँछ, र त्यसका बाटाहरूले तँलाई चिहानमा भएकाहरूकहाँ पुर्‍याउने छन् ।
PRO 2:19 त्यसकहाँ जाने कोही पनि फेरि फर्केर आउने छैनन्, र तिनीहरूले जीवनका मार्गहरू भेट्टाउने छैनन् ।
PRO 2:20 त्यसकारण असल मानिसहरूको बाटोमा हिँड्, र धर्मी मानिसहरूको मार्गको पछि लाग ।
PRO 2:21 किनकि ती ठिक गर्नेहरूले देशमा घर बनाउने छन्, र निष्‍ठावान्‌हरू यसमा रहने छन् ।
PRO 2:22 तर दुष्‍टहरूचाहिँ देशबाट जरैदेखि उखेलिने छन्, र विश्‍वासहीनहरू यसबाट मिल्काइने छन् ।
PRO 3:1 हे मेरो छोरो, मेरा आज्ञाहरू नभुल्, र मेरा शिक्षाहरूलाई तेरो हृदयमा राख् ।
PRO 3:2 किनकि तिनले तेरो आयु लामो बनाउने छन्, र शान्ति ल्याउने छन् ।
PRO 3:3 करारको विश्‍वसनीयता र भरोसाले तँलाई कहिल्यै नछोडून् । तिनलाई तेरो गलाको वरिपरि सँगसँगै बाँध् । तिनलाई तेरो हृदयको पाटीमा लेख् ।
PRO 3:4 तब तैँले परमेश्‍वर र मानिसको दृष्‍टिमा निगाह पाउने छस्, र ख्याति कमाउने छस् ।
PRO 3:5 तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् ।
PRO 3:6 तेरा सबै मार्गमा उहाँलाई उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ ।
PRO 3:7 तेरो आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन् । परमप्रभुको भय मान्, र खराबीबाट फर्की ।
PRO 3:8 यो तेरो शरीरको लागि चङ्गाइ हुने छ, र तेरो देहको लागि ताजापन हुने छ ।
PRO 3:9 तेरो धन-सम्पत्ति र तेरा सबै उब्जनीको अगौटे-फलले परमप्रभुको आदर गर् ।
PRO 3:10 तब तेरा भन्डार कोठाहरू भरिने छन्, र तेरा भाँडाकुँडाहरू नयाँ दाखमद्यले चुलिएर पोखिने छन् ।
PRO 3:11 हे मेरो छोरो, परमप्रभुको निर्देशनलाई तुच्छ नठान्, र उहाँको हप्कीलाई घृणा नगर् ।
PRO 3:12 किनकि परमप्रभुले प्रेम गर्नुहुनेहरूलाई नै उहाँले अनुशासनमा राख्‍नुहुन्छ, जस्तो बुबालाई खुसी पार्ने छोरोलाई बुबाले व्यवहार गर्छ ।
PRO 3:13 बुद्धि प्राप्‍त गर्ने धन्यको हो । त्यसले समझशक्ति पनि पाउँछ ।
PRO 3:14 तैँले बुद्धिबाट प्राप्‍त गर्ने कुरो चाँदीबाट प्राप्‍त गर्ने कुरोभन्दा उत्तम हुन्छ, र यसको लाभ सुनभन्दा उत्तम हुन्छ ।
PRO 3:15 बुद्धि गरगहनाभन्दा बहुमूल्य हुन्छ, र तैँले इच्छा गरेको कुनै पनि थोक त्यससित तुलना गर्न सकिँदैन ।
PRO 3:16 बुद्धिको दाहिने हातमा दीर्घायु हुन्छ भने त्यसको देब्रे हातमा धन-सम्पत्ति र मान हुन्छन् ।
PRO 3:17 त्यसको मार्ग दयाको मार्ग हो, र त्यसका सबै बाटा शान्तिका छन् ।
PRO 3:18 बुद्धिलाई पक्रनेहरूका लागि त्यो जीवनको रुख हो, र त्यसलाई समात्‍नेहरू खुसी हुन्छन् ।
PRO 3:19 बुद्धिले नै परमप्रभुले पृथ्वी बनाउनुभयो र समझशक्तिले उहाँले आकाशहरू स्थापना गर्नुभयो ।
PRO 3:20 उहाँको ज्ञानद्वारा गहिरा-गहिरा सागरहरू फुटेर निस्के, र बादलले तलतिर शीत झारे ।
PRO 3:21 हे मेरो छोरो, पक्‍का बुद्धि र समझशक्तिलाई जोगाइराख्, अनि तिनलाई तेरो नजरबाट जान नदे ।
PRO 3:22 ती तेरो प्राणको निम्ति जीवन हुने छन्, र तेरो गलाको वरिपरि लगाउने स्‍नेहको गहना हुने छन् ।
PRO 3:23 तब तँ आफ्नो मार्गमा सुरक्षितसाथ हिँड्ने छस्, र तेरो खुट्टा ठोक्‍किने छैन ।
PRO 3:24 तँ पल्टँदा डराउने छैनस् । तँ पल्टँदा तँलाई मिठो निद्रा लाग्‍ने छ ।
PRO 3:25 दुष्‍टहरूबाट अकस्मात् आउने त्रास वा विपत्तिदेखि नडरा ।
PRO 3:26 किनकि परमप्रभु तेरो पक्षमा हुनुहुने छ, र उहाँले तेरो पाउलाई पासोमा पर्नदेखि जोगाउनुहुने छ ।
PRO 3:27 तँ शक्तिमा रहुञ्‍जेलसम्म भलाइ गरिन योग्य भएकाहरूबाट त्यसलाई नरोक् ।
PRO 3:28 तँसित रुपियाँ-पैसा हुँदा आफ्नो छिमेकीलाई यसो नभन्, “जाऊ, र फेरि आऊ अनि म भोली दिने छु ।”
PRO 3:29 तेरो नजिकै बस्‍ने र तँमाथि भर पर्ने आफ्नो छिमेकीको हानि गर्ने योजना नबना ।
PRO 3:30 तँलाई कसैले हानि नपुर्‍याउँदा विनाकारण त्यससित तर्क-वितर्क नगर् ।
PRO 3:31 हिंसात्मक व्यक्तिको ईर्ष्या नगर् वा त्यसको कुनै पनि मार्गलाई नछान् ।
PRO 3:32 किनकि कुटिल व्यक्ति परमप्रभुको लागि घृणित हुन्छ, तर सोझो व्यक्तिलाई उहाँले आफ्नो विश्‍वासमा ल्याउनुहुन्छ ।
PRO 3:33 दुष्‍टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीहरूको घरमा उहाँको आशिष् पर्छ ।
PRO 3:34 उहाँले गिल्ला गर्नेहरूलाई गिल्ला गर्नुहुन्छ, तर विनम्र मानिसहरूलाई उहाँले आफ्नो स्‍नेह देखाउनुहुन्छ ।
PRO 3:35 बुद्धिमान् मानिसहरू आदरको हकदार हुने छन्, तर मूर्खहरू तिनीहरूकै लाजमा पर्ने छन् ।
PRO 4:1 हे मेरा छोराहरू हो, बुबाको निर्देशन सुन, र ध्यान देओ ताकि समझशक्ति के रहेछ भनी तिमीहरूले जान्‍न सक ।
PRO 4:2 म तिमीहरूलाई असल निर्देशनहरू दिँदै छु । मेरो शिक्षालाई नत्याग ।
PRO 4:3 म मेरो बुबाको छोरो हुँदा, मेरी आमाको कोमल र एक मात्र सन्तान हुँदा,
PRO 4:4 उहाँले मलाई सिकाउनुभयो, र भन्‍नुभयो, “तेरो हृदयले मेरा वचनहरू पक्रिराख् । मेरा आज्ञाहरू पालन गरेर बाँच् ।
PRO 4:5 बुद्धि र समझशक्ति प्राप्‍त गर् । मेरो मुखका वचनहरूलाई नबिर्सी र इन्कार नगर् ।
PRO 4:6 बुद्धिलाई नत्याग् र त्यसले तेरो निगरानी गर्ने छ । त्यसलाई प्रेम गर्, र त्यसले तँलाई सुरक्षा दिने छ ।
PRO 4:7 बुद्धि सबैभन्दा महत्त्वपूर्ण वस्तु हो । त्यसैले बुद्धि प्राप्‍त गर्, र समझशक्ति प्राप्‍त गर्न सबै मूल्य चुका ।
PRO 4:8 बुद्धिलाई कदर गर्, र त्यसले तँलाई माथि उठाउने छ । तैँले त्यसलाई अङ्गाल्दा त्यसले तेरो इज्‍जत गर्ने छ ।
PRO 4:9 बुद्धिले तेरो शिरमा आदरको माला पहिराइदिने छ । त्यसले तँलाई सुन्दर मुकुट दिने छ ।”
PRO 4:10 हे मेरो छोरो, मेरा वचनहरू सुन्, र तिनलाई ध्यान दे, अनि तेरो जीवनको आयु लामो हुने छ ।
PRO 4:11 म तँलाई बुद्धिको बाटोमा लैजान्छु । म तँलाई सिधा बाटाहरूमा अगुवाइ गर्छु ।
PRO 4:12 तँ हिँड्दा तेरो बाटोमा कोही खडा हुने छैन, र तँ दौडिस् भने पनि ठक्‍कर खाने छैनस् ।
PRO 4:13 निर्देशनलाई समातेर राख्; यसलाई जान नदे । यसलाई पहरा दे, किनकि यो तेरो जीवन हो ।
PRO 4:14 दुष्‍टहरूको चालमा नहिँड् र खराबी गर्नेहरूको मार्गमा नजा ।
PRO 4:15 त्यसलाई त्यागिदे; त्यसमा नहिँड् । त्यसबाट फर्केर अर्को बाटो लाग् ।
PRO 4:16 किनकि तिनीहरूले खराबी नगरेसम्म तिनीहरू सुत्‍न सक्दैनन्, र तिनीहरूले कसैलाई नलडाएसम्म तिनीहरूलाई निन्द्रै लाग्दैन ।
PRO 4:17 किनकि तिनीहरूले दुष्‍टताको रोटी खान्छन्, र हिंसाको मद्य पिउँछन् ।
PRO 4:18 तर धर्मी मानिसहरूको मार्ग प्रभातको पहिलो किरणजस्तै हो । मध्यदिन नआएसम्म यो झन्-झन् चम्किलो हुन्छ ।
PRO 4:19 दुष्‍टहरूको मार्ग अन्धकारजस्तै छ । तिनीहरू केमा ठक्‍कर खान्छन् भनी तिनीहरूलाई थाहै हुँदैन ।
PRO 4:20 हे मेरो छोरो, मेरा वचनहरूलाई ध्यान दे । मेरा भनाइहरू सुन्‍न तेरो कान थाप ।
PRO 4:21 तेरो नजरबाट तिनलाई उम्केर जान नदे । तिनलाई तेरो हृदयमा राख् ।
PRO 4:22 किनकि मेरा वचनहरू पाउनेका लागि ती जीवन हुन्, र तिनीहरूको पुरै शरीरको लागि स्वास्थ्य हो ।
PRO 4:23 तेरो हृदयलाई सुरक्षित राख्, र पुरा मेहनतसाथ यसको रक्षा गर्, किनकि यसबाट नै जीवनका मूलहरू उम्रन्छन् ।
PRO 4:24 कुवाक्यलाई तँबाट पर राख्, र भ्रष्‍ट कुराकानीलाई तँबाट टाढा राख् ।
PRO 4:25 तेरा आँखाले सिधा अगाडि हेरून्, र तेरो अगिल्तिर सिधा एकटक लगाएर हेर् ।
PRO 4:26 तेरो खुट्टाको लागि नैतिकताको मार्ग बना । तब तेरा सबै मार्गहरू सुरक्षित हुने छन् ।
PRO 4:27 दाहिने वा देब्रेतिर नलाग् । खराबीबाट तेरो चाललाई फर्का ।
PRO 5:1 हे मेरो छोरो, मेरो बुद्धिमा ध्यान लगा । मेरो समझशक्तिमा कान थाप ।
PRO 5:2 यसरी तैँले विवेकको विषयमा सिक्‍ने छस्, र तेरो ओठले ज्ञानको रक्षा गर्न सक्‍ने छ ।
PRO 5:3 किनकि व्यभिचारी स्‍त्रीको ओठबाट मह चुहन्छ, र त्यसको मुख तेलभन्दा पनि चिल्लो हुन्छ ।
PRO 5:4 तर अन्त्यमा त्यो ऐरेलु जत्तिकै तितो हुन्छ, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ ।
PRO 5:5 त्यसको खुट्टा मृत्युतिर ओह्रालो लाग्छ । त्यसका कदमहरू पातालको मार्गमा जान्छन् ।
PRO 5:6 त्यसले जीवनको मार्गको बारेमा सोच्दैन । त्यसका चालहरू भौँतारिन्छन् । कहाँ जाँदै छे भनी त्यसलाई थाहै हुँदैन ।
PRO 5:7 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरो मुखका वचनहरू सुन्‍नदेखि नतर्क ।
PRO 5:8 तिमीहरूको मार्ग त्यसबाट परै राख, र त्यसको घरको ढोका नजिक नआओ ।
PRO 5:9 यसरी तिमीहरूले आफ्नो इज्‍जत अरूलाई दिने छैनौ वा तिमीहरूको उमेर क्रुर व्यक्तिलाई दिने सुम्पने छैनौ ।
PRO 5:10 परदेशीहरूले तिमीहरूको धन-सम्पत्तिमा भोज लगाउने छैनन् । तिमीहरूले जेको लागि काम गरेका छौ, त्यो परदेशीहरूको घरमा जाने छैन ।
PRO 5:11 तिमीहरूका मासु र छाला गलिसक्दा तिमीहरूको जीवनको अन्त्यमा तिमीहरूले विलाप गर्ने छौ ।
PRO 5:12 तिमीहरूले भन्‍ने छौ, “हाय, मैले निर्देशनलाई कसरी घृणा गरेँ, र मेरो हृदयले सुधारलाई तुच्छ ठान्यो!
PRO 5:13 मैले मेरा शिक्षकहरूको आज्ञा मानिनँ वा मेरा प्रशिक्षकहरूका कुरा सुन्‍न कान थापिनँ ।
PRO 5:14 सभाको बिचमा, मानिसहरूको जमघटमा म झण्डै पूर्ण रूपमा विनाश भएँ ।”
PRO 5:15 आफ्नै कुण्डको पानी पिउनू, र आफ्नै कुवाबाट बगेको पानी पिउनू ।
PRO 5:16 के तेरो कुवाको पानी जताततै र तेरो खोलाको पानी सार्वजनिक चोकहरूमा बग्‍न दिने ?
PRO 5:17 ती तेरा लागि मात्र होऊन्, र तँसित भएका परदेशीहरूका लागि नहोऊन् ।
PRO 5:18 तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्‍नीसित तँ आनन्दित भएको होस् ।
PRO 5:19 किनकि त्यो मायालु मृग र अनुग्रहमय हरिणझैँ छे । त्यसका स्तनहरूले तँलाई सधैँभरि सन्तुष्‍ट पारून् । त्यसको प्रेमद्वारा तँ निरन्तर रूपमा मोहित तुल्याइएको होस् ।
PRO 5:20 हे मेरो छोरो, तँ किन व्यभिचारी स्‍त्रीद्वारा फसाइने ? तैँले किन अनैतिक स्‍त्रीलाई अङ्गालो हाल्ने ?
PRO 5:21 मानिसले गर्ने हरेक कुरो परमप्रभुले देख्‍नुहुन्छ, र त्यसका सबै मार्गलाई उहाँले निगरानी गर्नुहुन्छ ।
PRO 5:22 दुष्‍ट व्यक्ति आफ्नै अधर्मद्वारा पासोमा पर्ने छ । त्यसको पापका डोरीहरूले त्यसलाई कसेर बाँध्‍ने छ ।
PRO 5:23 निर्देशनको कमीले त्यो मर्ने छ । त्यसको असीम मूर्खताद्वारा त्यसले बाटो बिराउँछ ।
PRO 6:1 हे मेरो छोरो, आफ्नो छिमेकीको ऋणको लागि तँ जमानी बसेको छस्, वा आफूले नचिनेको व्यक्तिको ऋणको लागि तैँले प्रतिज्ञा गरेको छस् भने,
PRO 6:2 तेरो प्रतिज्ञाद्वारा तैँले आफैलाई पासो थापेको छस्, र तेरो मुखको वचनद्वारा तँ पक्रिएको छस् ।
PRO 6:3 हे मेरो छोरो, तेरो वचनद्वारा तँ पक्राउ पर्दा यसो गरेर आफैलाई बचा, किनकि तँ तेरो छिमेकीको हातमा परिसकेको छस् । गएर आफैलाई विनम्र तुल्या, र तेरो छिमेकीको सामु आफ्नो मामला राख ।
PRO 6:4 आँखामा निद्रा पर्न नदे, र तेरा पलकलाई बन्द हुन नदे ।
PRO 6:5 सिकारीको हातबाट हरिण उम्केझैँ र व्यधाको हातबाट चरा उम्केझैँ आफैलाई बचा ।
PRO 6:6 ए अल्छे मानिस, कमिलालाई हेर् । त्यसका चालहरूलाई विचार गरेर बुद्धिमानी बन् ।
PRO 6:7 त्यसको कुनै अगुवा, हाकिम वा शासक हुँदैन,
PRO 6:8 तरै पनि ग्रिष्म ऋतुमा त्यसले आफ्नो भोजन तयार गर्छ, र कटनीको बेला आफ्नो खानेकुरा सञ्चय गर्छ ।
PRO 6:9 ए अल्छे मानिस, तँ कहिलेसम्म सुत्‍ने छस् ? तेरो निद्राबाट तँ कहिले ब्युँझने छस् ?
PRO 6:10 क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्‍ने कामले
PRO 6:11 गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ ।
PRO 6:12 बेकम्मा व्यक्ति अर्थात् दुष्‍ट मानिस आफ्नो जाली बोलिवचनद्वारा जिउँछ ।
PRO 6:13 त्यसले आफ्ना आँखा झिम्काउँछ, आफ्नो खुट्टाले सङ्केत गर्छ र आफ्ना औँलाले इसारा गर्छ ।
PRO 6:14 त्यसले आफ्नो हृदयमा छल राखेर दुष्‍ट योजना बनाउँछ । त्यसले सधैँ विवाद निम्त्याउँछ ।
PRO 6:15 त्यसकारण त्यसको विपत्तिले त्यसलाई एकै क्षणमा आक्रमण गर्ने छ । क्षण भरमा नै निको नहुने गरी त्यो टुट्ने छ ।
PRO 6:16 छवटा कुरा छन् जसलाई परमप्रभु घृणा गर्नुहुन्छ, र सातौचाहिँ उहाँको लागि घिनलाग्दो छ ।
PRO 6:17 अहङ्कारी व्यक्तिका आँखा, झुट बोल्ने जिब्रो, निर्दोष मानिसहरूको रगत बगाउने हात,
PRO 6:18 दुष्‍ट योजनाहरू रच्ने हृदय, खराबी गर्न अग्रसर हुने खुट्टा,
PRO 6:19 झुट बोल्ने साक्षी र दाजुभाइहरूका बिचमा विवाद उत्पन्‍न गर्ने मानिस ।
PRO 6:20 हे मेरो छोरो, आफ्नो बुबाको आज्ञा मान्, र आफ्नी आमाको शिक्षालाई नत्याग् ।
PRO 6:21 तिनलाई सधैँ तेरो हृदयमा बाँधिराख् । तिनलाई तेरो गलाको वरिपरि बाँधिराख् ।
PRO 6:22 तँ हिँड्दा तिनले तँलाई अगुवाइ गर्ने छन् । तँ सुत्दा तिनले तेरो हेरचाह गर्ने छन्, र तँ ब्युँझँदा तिनले तँलाई सिकाउने छन् ।
PRO 6:23 किनकि आज्ञाहरू बत्ती र शिक्षा ज्योति हुन् । निर्देशनद्वारा आउने सुधार जीवनका मार्ग हुन् ।
PRO 6:24 यसले तँलाई अनैतिक स्‍त्रीबाट बचाउने छ, र त्यसका चिल्ला वचनहरूबाट जोगाउने छ ।
PRO 6:25 त्यसको सुन्दरताको कारण तेरो हृदयमा कामवासनाले नजल, र त्यसका आँखाले तँलाई नफसाओस् ।
PRO 6:26 वेश्यासितको सुताइको मूल्य रोटीको एउटा टुक्रा हुन सक्छ, तर अर्काकी पत्‍नीको लागि तैँले आफ्नो जीवनै गुमाउनुपर्ने हुन सक्छ ।
PRO 6:27 के आफ्नो लुगा नडढाइकन कसैले आफ्नो काखमा आगो राख्‍न सक्छ ?
PRO 6:28 के आफ्नो खुट्टा नजलाइकन कुनै मानिस आगोको भुङ्ग्रोमा हिँड्न सक्छ ?
PRO 6:29 आफ्नो छिमेकीकी पत्‍नीसित सुत्‍ने पुरुष पनि त्यस्तै हुन्छ । त्यससित सुत्‍ने मानिस दण्डविना उम्कने छैन ।
PRO 6:30 भोकाएको मानिसले आफ्नो भोक मेट्न चोरी गर्‍यो भने मानिसहरूले त्यसलाई तुच्छ ठान्दैनन् ।
PRO 6:31 तापनि त्यो पक्राउ पर्‍यो भने त्यसले आफूले चोरेको सात गुणा बढी तिर्नुपर्ने हुन्छ । त्यसले आफ्नो घरमा भएको हरेक थोक दिनुपर्ने हुन सक्छ ।
PRO 6:32 व्यभिचार गर्ने व्यक्ति समझविनाको हुन्छ । यसो गर्नेले आफैलाई नष्‍ट पार्छ ।
PRO 6:33 त्यो चोट र लाजको हकदार बन्छ, र त्यसको अपमान मेटिने छैन ।
PRO 6:34 किनकि लालचले मानिसलाई क्रोधित तुल्याउँछ । त्यसले बदला लिँदा कृपा देखाउने छैन ।
PRO 6:35 त्यसले कुनै क्षतिपूर्ति स्वीकार गर्ने छैन, र धेरै घुस दिए तापनि त्यसलाई किन्‍न सकिँदैन ।
PRO 7:1 हे मेरो छोरो, मेरा वचनहरू पालन गर्, र मेरा आज्ञाहरू तँभित्र सञ्चय गरेर राख् ।
PRO 7:2 मेरा आज्ञाहरू पालन गरेर बाँच्, र मेरो निर्देशनलाई तेरो आँखाको नानीजस्तै जोगाइराख् ।
PRO 7:3 तिनलाई तेरा औँलाहरूमा बेह्रेर राख् । तिनलाई तेरो हृदयको पाटीमा लेखेर राख् ।
PRO 7:4 बुद्धिलाई भन्, “तिमी मेरी बहिनी हौँ,” र समझशक्तिलाई आफ्नो आफन्त भन् ।
PRO 7:5 तब तिनले तँलाई व्यभिचारी स्‍त्री र अनैतिक स्‍त्रीको मोहित तुल्याउने कुराहरूबाट बचाउने छन् ।
PRO 7:6 मेरो घरको झ्यालमा बसेर मैले आँखी-झ्यालबाट हेर्दै थिएँ ।
PRO 7:7 मैले सोझा मानिसहरूलाई हेरेँ, र युवाहरूका बिचमा एक जना निर्बुद्धिलाई ख्याल गरेँ ।
PRO 7:8 त्यो जवान मानिस त्यस स्‍त्री बस्‍ने गल्ली नजिकबाट गयो, र त्यो स्‍त्रीको घरतर्फ लाग्यो ।
PRO 7:9 साँझको बेलामा दिन ढल्कँदै थियो, जुन बेला अन्धकार छाएको थियो ।
PRO 7:10 एउटी स्‍त्रीले त्यसलाई भेटी, जसले वेश्याले जस्तै पहिरन लगाएकी थिई र त्यसको हृदय धूर्त थियो ।
PRO 7:11 त्यो चञ्चली र जिद्दीवाल थिई । त्यो आफ्नो घरमा बस्दिनथी ।
PRO 7:12 त्यो कहिले सडकमा त कहिले बजारमा बस्थी, अनि हरेक कुनाकाप्चामा त्यो लुकेर बस्थी ।
PRO 7:13 त्यसले उसलाई पक्रेर चुम्बन गरी, र निर्लज्‍ज चेहरा लिएर भनी,
PRO 7:14 “आज मैले आफ्नो मेलबलि चढाएँ; मेरा भाकलहरू पुरा गरेँ ।
PRO 7:15 त्यसैले म तपाईंलाई भेट्न, उत्सुकतासाथ तपाईंको मुहार हेर्न आएकी हुँ, र अहिले मैले तपाईंलाई भेट्टाएकी छु ।
PRO 7:16 मैले मेरो ओछ्यानमा मिश्र देशको रङ्गिन तन्‍ना ओछ्याएकी छु ।
PRO 7:17 मैले मेरो ओछ्यानमा मूर्र, एलवा र दालचिनी छर्केकी छु ।
PRO 7:18 आउनुहोस्, बिहानसम्मै हामी प्रेमको सागरमा डुबौँ । हामी प्रेमको कार्यमा रमाऔँ ।
PRO 7:19 किनकि मेरा पति घरमा हुनुहुन्‍न । उहाँ लामो यात्रामा जानुभएको छ ।
PRO 7:20 उहाँले आफूसित पैसाको थैली लिएर जानुभएको छ । उहाँ पूर्णिमामा मात्र घर फर्कनुहुने छ ।”
PRO 7:21 धेरै कुराकानी गरेर त्यो उसकहाँ फर्की । त्यसले आफ्ना मोहित तुल्याउने कुराहरूलाई उसलाई फकाई ।
PRO 7:22 मारिनलाई लगिएको गोरुझैँ र पासोमा परेको मृगझैँ त्यो अकस्मात् स्‍त्रीको पछि लाग्यो ।
PRO 7:23 वाणले त्यसको कलेजो नछेडेसम्म त्यो पछि लागरिरह्‍यो । त्यो जालतिर कुदिरहरेको चरोजस्तो थियो । आफ्नो ज्यानै गुमाउनुपर्थ्यो भनी त्यसलाई थाहा थिएन ।
PRO 7:24 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरा मुखका वचनहरूलाई ध्यान देओ ।
PRO 7:25 तिमीहरूको हृदय त्यसका मार्गहरूमा नलागोस् । त्यसका मार्गहरूमा बरालिएर नजाओ ।
PRO 7:26 त्यसले धेरै मानिसहरूलाई फसाएकी छे । त्यसका सिकारहरू धेरै छन् ।
PRO 7:27 त्यसको घर पातालका मार्गहरूमा छ । तिनीहरू मृत्युका अन्धकारपूर्ण कोठाहरूमा जान्छन् ।
PRO 8:1 के बुद्धिले आव्हान गर्दैन र ? के समझशक्तिले त्यसको सोर उचाल्दैन र ?
PRO 8:2 बाटोको छेउका उच्‍च ठाउँहरूमा, चौबाटाहरूमा बुद्धिले आफ्नो ठाउँ लिएको छ ।
PRO 8:3 सहरको मूल ढोकाको सामु, प्रवेशद्वारमा त्यो चर्को सोरले यसरी कराउँछ,
PRO 8:4 “हे मानिसहरू हो, म तिमीहरूलाई नै आव्हान गर्दछु । मेरो सोर मानव-जातिका छोराहरूका लागि हो ।
PRO 8:5 तिमीहरू जो निर्बुद्धि छौ, बुद्धि प्राप्‍त गर । तिमीहरू जो मूर्ख छौ, तिमीहरूले समझशक्तिको हृदय प्राप्‍त गर ।
PRO 8:6 सुन, किनकि म आदरणीय कुराहरूको विषयमा बताउने छु, र मेरो ओठ खुला हुँदा मैले सिधा कुराहरू भन्‍ने छु ।
PRO 8:7 किनकि मेरो मुखले भरोसायोग्य कुरा बताउँछ, र दुष्‍टता मेरो ओठको लागि घृणित कुरो हो ।
PRO 8:8 मेरो मुखका सबै वचन न्यायपूर्ण छन् । तिनमा कुनै पनि बाङ्गोटिङ्गो छैन वा तिनले गलत मार्गमा लैजाँदैनन् ।
PRO 8:9 बुझ्नेको व्यक्तिको लागि ती सबै सिधा छन् । ज्ञान पाउनेहरूका लागि मेरा वचनहरू उचित छन् ।
PRO 8:10 चाँदीभन्दा मेरो निर्देशनलाई प्राप्‍त गर । निखुर सुनभन्दा मेरो ज्ञानलाई प्राप्‍त गर ।
PRO 8:11 किनकि बुद्धि रत्‍नहरूभन्दा बहुमूल्य हुन्छ । कुनै पनि खजाना यसको समान छैन ।
PRO 8:12 म बुद्धि सावधानीसित बस्छु, र म ज्ञान र विवेक अधिकार गर्छु ।
PRO 8:13 परमप्रभुको भय खराबीलाई घृणा गर्नु हो । म घमण्ड, अहङ्कार, दुष्‍ट मार्ग र भड्काउने बोलीवचनलाई घृणा गर्दछु । म तिनीहरूलाई घृणा गर्दछु ।
PRO 8:14 मसित असल सरसल्लाह र पक्‍का बुद्धि छ । म अन्तर्दृष्‍टि हुँ । मसित सामर्थ्य छ ।
PRO 8:15 मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायपूर्ण व्यवस्था बनाउँछन् ।
PRO 8:16 मद्वारा नै राजकुमारहरू र कुलीनहरूले शासन गर्छन्, अनि सबैले न्यायसित शासन चलाउँछन् ।
PRO 8:17 मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्दछु, र मलाई परिश्रमसाथ खोज्नेहरूले मलाई भेट्टाउँछन् ।
PRO 8:18 मसित रुपियाँ-पैसा र इज्‍जत, टिकिरहने धन-सम्पत्ति र धार्मिकता छन् ।
PRO 8:19 मेरो फल सुनभन्दा अर्थात् निखुर सुनभन्दा श्रेष्‍ठ छ । मेरो उत्पादन निखुर चाँदीभन्दा श्रेष्‍ठ छ ।
PRO 8:20 म धार्मिकताको मार्गमा, न्यायका मार्गहरूका बिचमा हिँड्छु ।
PRO 8:21 परिणामस्वरूप, मलाई प्रेम गर्नेहरूलाई म धन-सम्पत्तिले सम्पन्‍न तुल्याउने छु । म तिनीहरूका ढुकुटीहरू भरिदिने छु ।
PRO 8:22 परमप्रभुले मलाई सुरुमा अर्थात् उहाँका सुरुका कार्यहरूभन्दा पहिले नै सृष्‍टि गर्नुभयो ।
PRO 8:23 पृथ्वीको आरम्भदेखि नै युगौँ पहिले मलाई बनाइएको थियो ।
PRO 8:24 महासागरहरू हुनुभन्दा पहिले नै, पानीले भरिपूर्ण खोला-नालाहरू हुनुभन्दा पहिले नै मलाई जन्म दिइयो ।
PRO 8:25 पहाडहरू स्थापित गरिनुअगि, डाँडाहरू बनाइनुअगि म जन्मेको थिएँ ।
PRO 8:26 परमप्रभुले पृथ्वी वा जमिनहरू वा संसारको पहिलो धुलो बनाउनुअगि म जन्मेको थिएँ ।
PRO 8:27 उहाँले आकाशहरू स्थापित गर्नुहुँदा, महासागरको सतहमा घेरा लगाउनुहुँदा म त्यहाँ थिएँ ।
PRO 8:28 उहाँले माथि बादलहरू स्थापित गर्नुहुँदा र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा बसाल्नुहुँदा म त्यहाँ थिएँ ।
PRO 8:29 उहाँको आज्ञाविना पानी आफ्नो सिमानाभन्दा बाहिर नजाओस् भन्‍नाका लागि उहाँले समुद्रको सिमा तोकिदिनुहुँदा र सुक्खा भूमिका जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ ।
PRO 8:30 एउटा सिपालु कारीगरझैँ म उहाँको छेउमा थिएँ । दिनप्रति दिन म उहाँको आनन्द भएँ र सधैँभरि उहाँको सामु आनन्दित हुन्थेँ ।
PRO 8:31 म उहाँको सारा संसारमा रमाउँदै थिएँ, र मानव-जातिका छोराहरूमा मेरो आनन्द थियो ।
PRO 8:32 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, किनकि मेरा मार्गहरूमा हिँड्ने आशिषित् हुने छन् ।
PRO 8:33 मेरो निर्देशनलाई सुनेर बुद्धिमान् होओ । यसलाई बेवास्ता नगर ।
PRO 8:34 मेरो कुरा सुन्‍ने जन आशिषित् हुने छ । मेरा ढोकाहरूको चौकोसनेर प्रतीक्षा गर्दै उसले हरेक दिन मेरा ढोकाहरूमा हेर्ने छ ।
PRO 8:35 किनकि मलाई भेट्ने जोसुकैले पनि जीवन पाउँछ, र उसले परमप्रभुको निगाह पाउने छ ।
PRO 8:36 तर असफल हुनेले चाहिँ आफ्नै जीवनमा हानि ल्याउँछ । मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छ ।”
PRO 9:1 बुद्धिले आफ्नै घर बनाएको छ । त्यसले चट्टानबाट सातवटा खम्बा गाडेको छ ।
PRO 9:2 त्यसले आफ्ना पशुहरू मारेको छ । त्यसले आफ्नो दाखमद्य मिसाएको छ, र त्यसले आफ्नो टेबुल तयार पारेको छ ।
PRO 9:3 त्यसले आफ्ना दासीहरूलाई बाहिर पठाएको छ । त्यो सहरको सबैभन्दा अग्लो टाकुराबाट चिच्‍च्याउँछ ।
PRO 9:4 “निर्बुद्धि को हो ? त्यो यहाँ फर्कोस् ।” त्यो समझ नभएको व्यक्तिसित बोल्छ ।
PRO 9:5 “आएर मेरो खाना खाओ, र मैले मिसाएको दाखमद्य पिओ ।
PRO 9:6 आफ्ना निर्बुद्धि चालहरू त्यागेर बाँच । समझशक्तिको मार्गमा हिँड ।
PRO 9:7 गिल्ला गर्नेलाई अनुशासनमा राख्‍नेले दुर्व्यवहार पाउँछ, र दुष्‍ट व्यक्तिलाई हप्काउनेले अपमान पाउँछ ।
PRO 9:8 गिल्ला गर्नेलाई नहप्का, नत्रता त्यसले तँलाई घृणा गर्ने छ । बुद्धिमान् मानिसलाई हप्का, र त्यसले तँलाई प्रेम गर्ने छ ।
PRO 9:9 बुद्धिमान् व्यक्तिलाई निर्देशन दे, र त्यो अझै बुद्धिमान् हुने छ । धर्मी व्यक्तिलाई सिका, र त्यो अझै सिपालु हुने छ ।
PRO 9:10 परमप्रभुको भय नै बुद्धिको सुरु हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो ।
PRO 9:11 किनकि मद्वारा तेरा दिनहरू धेरै हुने छन्, र तेरो आयु लामो हुने छ ।
PRO 9:12 तँ बुद्धिमान् भइस् भने तँ आफ्नै लागि बुद्धमान् हुने छस् । तैँले गिल्ला गरिस् भने तैँले त्यो आफैसित बोक्‍ने छस् ।”
PRO 9:13 मूर्ख स्‍त्री अज्ञानी हुन्छे । त्यो अशिक्षित हुन्छे र त्यसलाई केही थाहा हुँदैन ।
PRO 9:14 त्यो आफ्नो घरको ढोकामा, सहरका सबैभन्दा अग्ला ठाउँहरूमा बस्छे ।
PRO 9:15 त्यसले सडकमा हिँड्नेहरू, आफ्नो बाटोम सिधा अगाडि बढ्नेहरूलाई डाक्दै छे ।
PRO 9:16 “कोही निर्बुद्धि छ भने त्यो यहाँ फर्कोस्,” समझशक्ति नभएकाहरूलाई त्यसले भन्छे ।
PRO 9:17 “चोरीको पानी मिठो हुन्छ, र गुप्‍तमा खाएको रोटी स्वादिष्‍ट हुन्छ ।”
PRO 9:18 तर त्यहाँ मरेकाहरू छन् र त्यस स्‍त्रीले निम्तो दिएका पाहुनाहरू पातालको गहिराइमा छन् भनी त्यसलाई थाहा छैन ।
PRO 10:1 सोलोमनको हितोपदेश । बुद्धिमान् छोरोले आफ्नो बुबालाई खुसी तुल्याउँछ, तर मूर्ख छोरोले आफ्नी आमामा शोक ल्याउँछ ।
PRO 10:2 दुष्‍टताद्वारा जम्मा गरिएको धन-सम्पत्तिको कुनै मूल्य हुँदैन, तर ठिक गर्नाले तपाईंलाई मृत्युबाट जोगाउँछ ।
PRO 10:3 परमप्रभुले धर्मी व्यक्तिको प्राणलाई भोकै रहन दिनुहुन्‍न, तर उहाँले दुष्‍टको इच्छालाई निराश तुल्याइदिनुहुन्छ ।
PRO 10:4 अल्छे हातले मानिसलाई गरिब बनाउँछ, तर परिश्रमी मानिसको हातले धन-सम्पत्ति आर्जन गर्छ ।
PRO 10:5 बुद्धिमान् छोरोले ग्रिष्म ऋतुमा फसल जोहो गर्छ, तर कटनीको समयमा सुत्‍नेले अपमान ल्याउँछ ।
PRO 10:6 परमेश्‍वरका उपहारहरू धर्मी व्यक्तिको शिरमा पर्छन्, तर दुष्‍टहरूको मुख हिंसाले ढाकिएको हुन्छ ।
PRO 10:7 धर्मी व्यक्तिलाई सम्झनेहरूलाई उसले खुसी तुल्याउँछ, तर दुष्‍टहरूको नामचाहिँ सडेर जाने छ ।
PRO 10:8 संवेदनशील हुनेहरूले आज्ञालाई स्वीकार गर्छन्, तर बकबके मूर्ख नष्‍ट हुने छ ।
PRO 10:9 निष्‍ठामा हिँड्ने सुरक्षामा हिँड्छ, तर आफ्ना मार्गहरूलाई टेडो बनाउने पक्राउमा पर्ने छ ।
PRO 10:10 द्वेषपूर्ण आँखा झिम्क्याउनेले शोक निम्त्याउँछ, तर बकबके मूर्ख फ्याँकिने छ ।
PRO 10:11 धर्मात्माको मुख जीवनको पानीको फुहारा हो, तर दुष्‍टहरूको मुखमा हिंसा लुकेको हुन्छ ।
PRO 10:12 घृणाले द्वन्द्व निम्त्याउँछ, तर प्रेमले सबै कुकर्मलाई ढाकिदिन्छ ।
PRO 10:13 बुद्धि विवेकशील व्यक्तिको ओठमा पाइन्छ, तर लट्ठीचाहिँ समझ नभएको व्यक्तिको लागि हो ।
PRO 10:14 बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्, तर मूर्खको मुखले विनाशलाई नजिक ल्याउँछ ।
PRO 10:15 धनी मानिसको सम्पत्ति उसको किल्लाबन्दी गरिएको सहर हो, तर गरिबहरूको गरिबी तिनीहरूको विनाश हो ।
PRO 10:16 धर्मी मानिसको ज्यालाले जीवनमा पुर्‍याउँछ, तर दुष्‍टहरूको लाभले पापमा पुर्‍याउँछ ।
PRO 10:17 अनुशासनलाई पछ्याउनेको लागि जीवनको मार्ग छ, तर सुधारलाई इन्कार गर्ने कुबाटोमा लगिन्छ ।
PRO 10:18 घृणालाई लुकाउने जोसुकैसित छली जिब्रो हुन्छ, र बदख्याइँ फैलाउनेचाहिँ मूर्ख हो ।
PRO 10:19 जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो ।
PRO 10:20 धर्मी व्यक्तिको जिब्रो शुद्ध चाँदी हो, तर दुष्‍टहरूको हृदयमा थोरै मूल्य हुन्छ ।
PRO 10:21 धर्मी व्यक्तिको ओठले धेरैलाई तृप्‍त पार्छ, तर समझशक्तिको कमीको कारण मूर्खहरू मर्छन् ।
PRO 10:22 परमप्रभुका असल वरदानहरूले धन-सम्पत्ति ल्याउँछन्, र उहाँले त्यसमा दुःखकष्‍ट थप्‍नुहुन्‍न ।
PRO 10:23 दुष्‍टता मूर्खले खेल्ने खेल हो, तर बुद्धि समझशक्ति भएको मानिसको लागि खुसी हो ।
PRO 10:24 दुष्‍ट व्यक्तिको डरले त्यसलाई उछिन्‍ने छ, तर धर्मी व्यक्तिको इच्छा पुरा हुने छ ।
PRO 10:25 दुष्‍टहरू बितिजाने आँधीबेहरीझैँ हुन्, र तिनीहरू रहँदैनन्, तर धर्मात्माचाहिँ सदा टिकिरहने जग हो ।
PRO 10:26 दाँतमा सिर्का र आँखामा धुवाँजस्तै अल्छे आफूलाई पठाउनेहरूका निम्ति त्यस्तै हुन्छ ।
PRO 10:27 परमप्रभुले भयले जीवनको आयु लम्ब्याउँछ, तर दुष्‍टको आयु छोटिने छ ।
PRO 10:28 धर्मी मानिसहरूको आशा तिनीहरूको आनन्द हो, तर दुष्‍ट मानिसहरूको आयु छोटिने छ ।
PRO 10:29 परमप्रभुको मार्गले निष्‍ठावान् मानिसहरूको रक्षा गर्छ, तर दुष्‍टको लागि यो विनाश हो ।
PRO 10:30 धर्मात्मा कहिल्यै उखेलिने छैन, तर दुष्‍टचाहिँ पृथ्वी रहने छैन ।
PRO 10:31 धर्मात्माको मुखबाट बुद्धिको फल निस्कन्छ, तर भड्काउने जिब्रो काटिने छ ।
PRO 10:32 धर्मात्माको ओठले स्वीकारयोग्य कुरा जान्दछ, तर दुष्‍टको मुखले बाङ्गोटिङ्गो कुरा मात्र जान्दछ ।
PRO 11:1 बेठिक तराजुलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठिक तौलमा उहाँ आनन्द मनाउनुहुन्छ ।
PRO 11:2 जब घमण्ड आउँछ, तब अपमान आउँछ, तर विनम्रतासित बुद्धि आउँछ ।
PRO 11:3 सोझाहरूको निष्‍ठाले तिनीहरूलाई अगुवाइ गर्छ, तर विश्‍वासघातीहरूका टेडा मार्गहरूले तिनीहरूलाई नष्‍ट गर्छन् ।
PRO 11:4 क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ, तर ठिक गर्नाले मृत्युबाट जोगाउँछ ।
PRO 11:5 खोटरहित व्यक्तिको ठिक आचरणले उसको मार्ग सिधा बनाउँछ, तर दुष्‍टहरूको दुष्‍टताको कारण तिनीहरूको पतन हुने छ ।
PRO 11:6 परमेश्‍वरलाई खुसी पार्नेहरूको ठिक आचरणले तिनीहरूलाई सुरक्षित राख्छन्, तर विश्‍वासघातीहरू तिनीहरूकै अभिलाषाद्वारा पासोमा पर्छन् ।
PRO 11:7 दुष्‍ट मानिस मर्दा त्यसको आशा नष्‍ट हुन्छ, र त्यसको शक्तिमा भएको आशा निरर्थक हुन्छ ।
PRO 11:8 धर्मात्मा सङ्कष्‍टबाट बचाइन्छ, र त्यसको साटो यो दुष्‍टमाथि आइपर्छ ।
PRO 11:9 ईश्‍वरहीन व्यक्तिले आफ्नो मुखले त्यसको छिमेकीलाई नष्‍ट गर्छ, तर धर्मी मानिसहरू ज्ञानद्वारा सुरक्षित हुन्छन् ।
PRO 11:10 धर्मी मानिसहरूले उन्‍नति गर्दा सहर नै रमाउँछ, तर दुष्‍टहरू नष्‍ट हुँदा रमाहट हुन्छ ।
PRO 11:11 परमेश्‍वरलाई खुसी पार्नेहरूका असल उपहारहरूद्वारा सहर महान् हुन्छ, तर दुष्‍टहरूको मुखद्वारा सहर भताभुङ्ग हुन्छ ।
PRO 11:12 आफ्नो साथीलाई तिरस्कार गर्ने मानिस बेसमझको हुन्छ, तर समझशक्ति भएको मानिस चुप लागेर बस्छ ।
PRO 11:13 चारैतिर बदख्याइँ गर्दै हिँड्नेले गोप्य कुराहरू प्रकट गर्छ, तर विश्‍वासयोग्य व्यक्तिले विषयलाई लुकाएर राख्छ ।
PRO 11:14 बुद्धिमान् निर्देशन नहुँदा देशको पतन हुन्छ, तर धेरै परामर्शदाताहरूको कारण विजय आउँछ ।
PRO 11:15 परदेशीको लागि ऋणको जमानी बस्‍नेले निश्‍चय नै हानि भोग्‍ने छ, तर त्यस किसिमको प्रतिज्ञामा जमानीलाई इन्कार गर्ने सुरक्षित हुन्छ ।
PRO 11:16 अनुग्रही स्‍त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन-सम्पत्ति कमाउँछन् ।
PRO 11:17 दयाले व्यक्तिले आफैमा लाभ ल्याउँछ, तर क्रुर व्यक्तिले आफैलाई चोट पुर्‍याउँछ ।
PRO 11:18 दुष्‍ट व्यक्तिले आफ्नो ज्याला पाउन झुट बोल्छ, तर ठिक कुरो छर्नेले सत्यताको ज्याला कटनी गर्ने छ ।
PRO 11:19 ठिक कुरो गर्ने इमानदार व्यक्ति जिउने छ, तर खराबीको पिछा गर्नेचाहिँ मर्ने छ ।
PRO 11:20 कुटिल हृदय भएकाहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ, तर खोटरहित चाल भएकाहरूसित उहाँ आनन्द मनाउनुहुन्छ ।
PRO 11:21 यो कुरो निश्‍चित छ, कि दुष्‍ट व्यक्ति दण्डविना उम्कने छैन, तर धर्मी मानिसहरूका सन्तानहरू सुरक्षित रहने छन् ।
PRO 11:22 विवेकहीन सुन्दरी स्‍त्री सुँगुरको नाकमा सुनको नत्थजस्तै हो ।
PRO 11:23 धर्मी मानिसहरूका इच्छाले असल नतिजामा पुर्‍याउँछ, तर दुष्‍ट मानिसहरूले केवल क्रोधको अपेक्षा गर्न सक्छन् ।
PRO 11:24 जसले छर्छ, त्यसले धेरै बटुल्ने छ । जसले दिनुपर्ने पनि समातेर राख्छ, त्यो दरिद्रतामा पर्छ ।
PRO 11:25 उदार व्यक्तिको उन्‍नति हुने छ, र अरूलाई पानी दिने व्यक्ति आफैले पानी पाउने छ ।
PRO 11:26 अन्‍न बेच्न इन्कार गर्ने व्यक्तिलाई मानिसहरूले सराप्छन्, तर यसलाई बेच्नेको शिरमा असल उपहारहरूको मुकुट हुने छ ।
PRO 11:27 परिश्रमसाथ भलाइको खोजी गर्नेले स्‍नेहको पनि खोजी गरिरहेको हुन्छ, तर खराबीको खोजी गर्नेले त्यही पाउने छ ।
PRO 11:28 आफ्ना धन-सम्पत्तिमाथि भरोसा गर्नेहरूको पतन हुने छ, तर धर्मी मानिसहरू पातझैँ मौलाउने छन् ।
PRO 11:29 आफ्नै घरानामाथि सङ्कष्‍ट ल्याउनेको भाग बतास हुने छ, र मूर्खचाहिँ बुद्धिमान्‌को नोकर हुने छ ।
PRO 11:30 धर्मात्मा जीवनको रुखझैँ हुने छ, तर हिंसाले जीवन लिन्छ ।
PRO 11:31 धर्मात्माले आफ्नो प्रतिफल पाउँछ भने दुष्‍ट र पापीले झन् कति बढी पाउलान्!
PRO 12:1 अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्दछ, तर सुधारलाई घृणा गर्नेचाहिँ अबुझ हो ।
PRO 12:2 परमप्रभुले असल मानिसलाई स्‍नेह देखाउनुहुन्छ, तर दुष्‍ट योजनाहरू रच्ने मानिसलाई उहाँले दोषी ठहराउनुहुन्छ ।
PRO 12:3 दुष्‍टताद्वारा मानिस स्थापित हुन सक्दैन, तर धर्मी मानिसहरूलाई जरैदेखि उखेल्न सकिँदैन ।
PRO 12:4 चरित्रवान् पत्‍नी आफ्नो पतिको मुकुट हो, तर लाज ल्याउने पत्‍नीचाहिँ आफ्नो हड्‍डी सडाउने रोगजस्तै हो ।
PRO 12:5 धर्मीका योजनाहरू न्यायपूर्ण हुन्छन्, तर दुष्‍टको सल्लाह छलपूर्ण हुन्छ ।
PRO 12:6 दुष्‍ट मानिसका वचनहरू हत्या गर्ने मौकाको प्रतीक्षा गर्ने पासो हुन्, तर धर्मीहरूका वचनहरूले तिनीहरूलाई सुरक्षित राख्छन् ।
PRO 12:7 दुष्‍ट मानिसहरू फालिन्छन्, र तिनीहरू रहँदैनन्, तर धर्मी मानिसहरूको घर खड रहने छ ।
PRO 12:8 मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर टेडो रोजाइ गर्नेचाहिँ तुच्छ ठानिन्छ ।
PRO 12:9 आफ्नो प्रतिष्‍ठाबारे घमण्ड गरेर भोजन नहुनुभन्दा बरु नोकर भएर महत्वहीन पदमा बस्‍नु बेस हो ।
PRO 12:10 धर्मात्माले आफ्नो पशुका आवश्यकताहरूको वास्ता गर्छ, तर दुष्‍टको दया पनि क्रुर हुन्छ ।
PRO 12:11 आफ्नो खेतबारी खनजोत गर्नेले प्रशस्त अन्‍न उब्जाउने छ, तर बेकामको कामको पछि कुद्‍नेचाहिँ बेसमझको हुन्छ ।
PRO 12:12 दुष्‍टले खराब मानिसहरूले अरूबाट चोरेको वस्तुको इच्छा गर्छ, तर धर्मी मानिसहरूको फल तिनीहरू आफैबाट आउँछ ।
PRO 12:13 दुष्‍ट व्यक्ति त्यसकै खराब बोलीवचनबाट पासोमा पर्छ, तर धर्मी व्यक्तिचाहिँ सङ्कष्‍टबाट उम्कन्छ ।
PRO 12:14 जसरी आफ्नो हातको कामले मानिसलाई इनाम दिन्छ, त्यसै गरी आफ्नै वचनको फलबाट ऊ असल थोकहरूले भरिन्छ ।
PRO 12:15 मूर्खको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक हुन्छ, तर बुद्धिमान् मानिसले सरसल्लाह सुन्छ ।
PRO 12:16 मूर्खले आफ्नो रिस तुरुन्तै देखाउँछ, तर अपमानलाई बेवास्ता गर्नेचाहिँ विवेकी मानिस हो ।
PRO 12:17 सत्य बोल्नेले ठिक कुरा बोल्छ, तर झुटो साक्षीले झुटो कुरा बोल्छ ।
PRO 12:18 असावधानसाथ बोल्नेका वचनहरू तरवारको घोचाइझैँ हुन्छन्, तर बुद्धिमान्‌को बोलीले चङ्गाइ ल्याउँछ ।
PRO 12:19 सत्य बोल्ने ओठ सधैँभरि रहिरहन्छ, तर झुट बोल्ने जिब्रो केही क्षण मात्र टिक्छ ।
PRO 12:20 खराबी गर्ने योजना बनाउनेहरूको हृदयमा छल हुन्छ, तर शान्तिका परामर्शदाताहरूमा आनन्द आउँछ ।
PRO 12:21 धर्मात्मामाथि कुनै हानि आइपर्दैन, तर दुष्‍टचाहिँ कठिनाइहरूले भरिएको हुन्छ ।
PRO 12:22 परमप्रभुले झुट बोल्ने ओठलाई घृणा गर्नुहुन्छ, तर विश्‍वासयोग्यसाथ जिउनेहरू उहाँका आनन्द हुन् ।
PRO 12:23 विवेकशील मानिसले आफ्नो ज्ञान लुकाएर राख्छ, तर मूर्खहरूको हृदयले मूर्खता प्रकट गर्छ ।
PRO 12:24 परिश्रमीको हातले शासन गर्ने छ, तर अल्छे मानिसलाई जबरजस्ती काम लगाइने छ ।
PRO 12:25 मानिसको हृदयमा भएको चिन्ताले उसलाई कमजोर तुल्याउँछ, तर असल वचनले उसलाई प्रसन्‍न पार्छ ।
PRO 12:26 धर्मात्मा उसको मित्रको लागि पथ-प्रदर्शक हो, तर दुष्‍टहरूको चालले तिनीहरूलाई बरालिदिन्छ ।
PRO 12:27 अल्छे मानिसले आफ्नो सिकार फेला पार्दैन, तर परिश्रमी मानिसले बहुमूल्य सम्पत्ति पाउने छ ।
PRO 12:28 ठिक मार्गमा हिँड्नेहरूले जीवन पाउने छ, र त्यस मार्गमा मृत्यु हुँदैन ।
PRO 13:1 बुद्धिमान् छोरोले आफ्नो बुबाको अर्ती सुन्छ, तर गिल्ला गर्नेले हप्कीलाई सुन्दैन ।
PRO 13:2 आफ्नो मुखको फलबाट मानिसले असल थोकहरूको भोग गर्दछ, तर विश्‍वासघातिको भोक हिंसाको लागि हुन्छ ।
PRO 13:3 आफ्नो मुखको रखवाली गर्नेले आफ्नो जीवनको रक्षा गर्छ, तर असावधान बोलीवचनले आफ्नै जीवन बर्बाद गर्ने छ ।
PRO 13:4 अल्छे मानिसको भोकले लालस गर्छ, तर केही पाउँदैन, जब कि परिश्रमी मानिसको भोक पूर्ण रूपमा सन्तुष्‍ट हुने छ ।
PRO 13:5 धर्मात्माले झुटलाई घृणा गर्छ, तर दुष्‍टले आफैलाई घृणित तुल्याउँछ, र लज्‍जास्पद कुरो गर्छ ।
PRO 13:6 धार्मिकताले ती मानिसहरूको रक्षा गर्छ, जो आफ्नो मार्गमा दोषरहित छन्, तर दुष्‍टताले पाप गर्नेहरूलाई पल्टाइदिन्छ ।
PRO 13:7 कोही मानिस धनी भएजस्तो गर्छ, जब कि त्योसँग केही हुँदैन, र कसैले चाहिँ आफूसित भएको हरेक थोक दिन्छ, र पनि त्यो साँच्‍चै धनी हुन्छ ।
PRO 13:8 धनी मानिसको जीवनको छुटकारा उसको सम्पत्ति हो, तर गरिब मानिसले धम्की सुन्‍नुपर्दैन ।
PRO 13:9 धर्मात्माको बत्ती बलिरहन्छ, तर दुष्‍टको बत्ती निभाइने छ ।
PRO 13:10 घमण्डले केवल द्वन्द्व निम्त्याउँछ, तर असल सल्लाह सुन्‍नेसित बुद्धि हुन्छ ।
PRO 13:11 बेइमानीसित कमाएको धनको महत्त्व घट्दै जान्छ, तर आफ्नो हातले परिश्रम गरेर कमाएको धन बढ्दै जान्छ ।
PRO 13:12 आशालाई स्थगित गरिँदा यसले हृदय छिया-छिया पार्छ, तर पुरा भएको तृष्णा जीवनको रुख हो ।
PRO 13:13 अर्तीलाई तुच्छ ठान्‍नेले आफैमा विनाश ल्याउँछ, तर आज्ञालाई आदर गर्नेलाई इनाम दिइने छ ।
PRO 13:14 बुद्धिमान् मानिसको शिक्षा जीवनको फुहारा हो, जसले तपाईंलाई मृत्युका जालहरूबाट जोगाउँछ ।
PRO 13:15 असल अन्तर्दृष्‍टिले स्‍नेह प्राप्‍त गर्छ, तर विश्‍वासघातिको चाल कहिल्यै टुङ्गोमा आउँदैन ।
PRO 13:16 समझदार मानिसले आफ्नो ज्ञानअनुसार हरेक निर्णय गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ ।
PRO 13:17 दुष्‍ट दूत सङ्कष्‍टमा फस्छ, तर विश्‍वासयोग्य दूतले मिलाप ल्याउँछ ।
PRO 13:18 अर्तीलाई बेवास्ता गर्नेले गरिबी र लाज पाउने छ, तर सुधारबाट सिक्‍ने जनमा आदर आउने छ ।
PRO 13:19 पुरा भएको इच्छा भोकको लागि मिठो हुन्छ, तर मूर्खहरू आफ्नो दुष्‍टताबाट फर्कन मन पराउँदैनन् ।
PRO 13:20 बुद्धिमान् मानिसहरूसित हिँड र तिमी पनि बुद्धिमान् हुने छौ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्‍ने छ ।
PRO 13:21 विपत्तिले पापीहरूलाई खेद्‍ने छ, तर धर्मी मानिसले भलाइको इनाम पाउने छ ।
PRO 13:22 असल व्यक्तिले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छाड्छ, तर पापीको सम्पत्ति धर्मी व्यक्तिको लागि सञ्चय गरिन्छ ।
PRO 13:23 गरिब मानिसको नजोतिएको खेतबारीले प्रशस्तै अन्‍न उब्जाउला, तर अन्यायले त्यसलाई खोसेर लैजान्छ ।
PRO 13:24 आफ्नो छोरोलाई अनुशासनमा नराख्‍नेले उसलाई घृणा गर्छ, तर आफ्नो छोरोलाई प्रेम गर्नेले उसलाई होसियारीसाथ अर्ती दिन्छ ।
PRO 13:25 आफ्नो भोक तृप्‍त नभएसम्म धर्मात्माले खान्छ, तर दुष्‍टको पेट सधैँ भोकभोकै हुन्छ ।
PRO 14:1 बुद्धिमान् स्‍त्रीले आफ्नो घर बनाउँछे, तर मूर्ख स्‍त्रीले आफ्नै हातले त्यो भत्काउँछे ।
PRO 14:2 सोझो भएर हिँड्नेले परमप्रभुको भय मान्छ, तर आफ्ना चालहरूमा बेइमान व्यक्तिले उहाँलाई तुच्छ ठान्छ ।
PRO 14:3 मूर्खको मुखबाट त्यसको मूर्खताको हाँगा निस्कन्छ, तर बुद्धिमान्‌को ओठले त्यसको रक्षा गर्छ ।
PRO 14:4 गाईवस्तु नभएको ठाउँमा भकारी खाली हुन्छ, तर गोरुको बलद्वारा प्रशस्त फसलको कटनी हुन सक्छ ।
PRO 14:5 विश्‍वासयोग्य साक्षीले झुट बोल्दैन, तर झुटो साक्षीले झुटा कुराहरू निकाल्छ ।
PRO 14:6 गिल्ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन, जब कि समझदार व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ ।
PRO 14:7 मूर्ख मानिसबाट टाढै बस, किनकि तिमीले त्यसको ओठमा ज्ञान पाउने छैनौ ।
PRO 14:8 समझदार मानिसको बुद्धि उसको आफ्नै मार्ग बुझ्नको लागि हो, तर मूर्खहरूको मूर्खता छल हो ।
PRO 14:9 दोषबलि चढाइँदा मूर्खहरूले गिल्ला गर्छन्, तर सोझाहरूका बिचमा स्‍नेह बाँडचुँड गरिन्छ ।
PRO 14:10 हृदयले यसको आफ्नै तिक्तता जान्दछ, र कुनै पनि परदेशीले यसको आनन्द बाँडचुँड गर्दैन ।
PRO 14:11 दुष्‍ट मानिसहरूको घर नष्‍ट पारिने छ, तर धर्मी मानिसहरूको पालमा फलिफा हुने छ ।
PRO 14:12 कुनै बाटो मानिसलाई सोझोजस्तै लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ ।
PRO 14:13 हृदयमा हाँसो भए तापनि वेदना हुन सक्छ, र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ ।
PRO 14:14 विश्‍वासयोग्य नभएको व्यक्तिले आफ्ना चालहरूको प्रतिफल भोग्‍ने छ, तर असल व्यक्तिले आफ्नो इनाम पाउने छ ।
PRO 14:15 बेवकूफ मानिसले हरेक कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना चालहरूबारे विचार गर्छ ।
PRO 14:16 बुद्धिमान् मानिस डराएर दुष्‍टताबाट टाढै बस्छ, तर मूर्खले निश्‍चयतासाथ चेताउनीलाई खारेज गरिदिन्छ ।
PRO 14:17 झट्ट रिसाउनेले मूर्ख कुराहरू गर्छ, र दुष्‍ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ ।
PRO 14:18 बेसमझ मानिसले मूर्खता कमाउँछ, तर समझदार मानिसले ज्ञानको मुकुट पहिरिन्छ ।
PRO 14:19 खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्‍ट मानिसहरू धर्मात्माका ढोकाहरूमा झुक्‍ने छन् ।
PRO 14:20 आफ्नै मित्रहरूबाट समेत गरिब मानिसलाई घृणा गरिन्छ, तर धनी मानिसका धेरै साथीहरू हुन्छन् ।
PRO 14:21 आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गरिरहेको हुन्छ, तर गरिबलाई स्‍नेह देखाउने आशिषित् हुन्छ ।
PRO 14:22 के खराब युक्ति रच्नेहरू बरालिँदैनन् र ? तर असल गर्ने योजना बनाउनेहरूले करारको विश्‍वसनीयता र भरोसा प्राप्‍त गर्ने छन् ।
PRO 14:23 सबै कडा परिश्रमले लाभ ल्याउँछ, तर कुरा मात्र गर्नाले गरिबीमा पुर्‍याउँछ ।
PRO 14:24 बुद्धिमान् मानिसहरूको मुकुट तिनीहरूको सम्पत्ति हो, तर मूर्खहरूको मूर्खताले तिनीहरूमा झन् बढी मूर्खता ल्याउँछ ।
PRO 14:25 विश्‍वासयोग्य साक्षीले जीवन बचाउँछ, तर झुटो साक्षीले झुटा कुराहरू ओकल्छ ।
PRO 14:26 परमप्रभुको भय मान्‍नेसित बढी निश्‍चयता हुन्छ । त्यस मानिसको छोराछोरीका निम्ति यो सुरक्षाको एउटा बलियो स्थानझैँ हुने छ ।
PRO 14:27 परमप्रभुको भय जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्युका जालहरूबाट उम्कन्छ ।
PRO 14:28 राजाको महिमा तिनका धेरै मानिसहरूको सङ्ख्यामा पाइन्छ, तर मानिसहरूविना राजकुमार नष्‍ट हुन्छ ।
PRO 14:29 धैर्यवान् मानिससित ठुलो समझशक्ति हुन्छ, तर गरम मिजासको मानिसले मूर्खतालाई उचाल्छ ।
PRO 14:30 शान्त हृदय शरीरको लागि जीवन हो, तर ईर्ष्याले हड्‍डीहरूलाई सडाउँछ ।
PRO 14:31 गरिबलाई थिचोमिचो गर्नेले आफ्नो सृष्‍टिकर्तालाई सराप्छ, तर खाँचोमा परेकाहरूलाई स्‍नेह देखाउनेले उहाँको आदर गर्छ ।
PRO 14:32 आफ्ना खराब कामहरूद्वारा दुष्‍ट मानिस तल खसालिन्छ, तर धर्मात्माले मृत्युमा समेत आश्रय पाउँछ ।
PRO 14:33 बुद्धिले विवेकीको हृदयमा बास गर्छ, र मूर्खहरूका बिचमा समेत त्यसले आफूलाई चिनाउँछ ।
PRO 14:34 धार्मिकताले देशलाई उचाल्छ, तर पाप कुनै पनि मानिसको लागि अपमानको कुरो हो ।
PRO 14:35 समझदारसित काम गर्ने नोकरमाथि राजाको स्‍नेह हुन्छ, तर लाजमर्दो तरिकाले काम गर्नेमाथि तिनको रिस पर्छ ।
PRO 15:1 विनम्र जवाफले क्रोधलाई हटाउँछ, तर कठोर वचनले रिस उठाउँछ ।
PRO 15:2 बुद्धिमान् मानिसहरूको जिब्रोले ज्ञानको तारिफ गर्छ, तर मूर्खहरूको मुखले मूर्खता खन्याउँछ ।
PRO 15:3 परमप्रभुको दृष्‍टि जताततै छ । उहाँले दुष्‍ट र असलमाथि नजर लगाउनुहुन्छ ।
PRO 15:4 निको पार्ने जिब्रो जीवनको रुख हो, तर छलपूर्ण जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ ।
PRO 15:5 मूर्खले आफ्नो बुबाको अर्तीलाई हेला गर्छ, तर सुधारबाट सिक्‍नेचाहिँ विवेकशील हो ।
PRO 15:6 धर्मात्माको घरमा ठुलो खजाना हुन्छ, तर दुष्‍ट मानिसको कमाइले त्यसलाई कष्‍ट दिन्छ ।
PRO 15:7 बुद्धिमान् मानिसहरूको ओठले चारैतिर ज्ञान फैलाउँछ, तर मूर्खहरूको हृदय त्यस्तो हुँदैन ।
PRO 15:8 परमप्रभुले दुष्‍ट मानिसहरूको बलिदानलाई घृणा गर्नुहुन्छ, तर धर्मी मानिसहरूको प्रार्थना उहाँको आनन्द हो ।
PRO 15:9 परमप्रभुले दुष्‍ट मानिसहरूको मार्गलाई घृणा गर्नुहुन्छ, तर ठिक कुराको पछि लाग्‍नेलाई उहाँले प्रेम गर्नुहुन्छ ।
PRO 15:10 कठोर अनुशासनले आफ्नो बाटो त्याग्‍नेको प्रतीक्षा गर्छ, र सुधारलाई घृणा गर्नेचाहिँ मर्ने छ ।
PRO 15:11 पाताल र विनाश परमप्रभुको सामु खुला छन् भने मानिसको हृदय झन् कति खुला होला ?
PRO 15:12 गिल्ला गर्ने सुधारदेखि अप्रसन्‍न हुन्छ । त्यो बुद्धिमान्‌कहाँ जाँदैन ।
PRO 15:13 आनन्दित हृदयले मुहारलाई हँसिलो बनाउँछ, तर हृदयको पिरले आत्मालाई चोट पुर्‍याउँछ ।
PRO 15:14 विवेशकशीलहरूको हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खहरूको मुखले मूर्खता नै रुचाउँछ ।
PRO 15:15 थिचोमिचोमा परेकाहरूका सबै दिन दुःखद हुन्छन्, तर आनन्दित हृदयको सुखको अन्त्य हुँदैन ।
PRO 15:16 भ्रमको साथ धेरै धन-सम्पत्ति हुनुभन्दा बरु परमप्रभुको भयको साथ थोरै हुनु उत्तम हो ।
PRO 15:17 घृणा भएको ठाउँमा पुष्‍टाइएको बाछो खानुभन्दा बरु प्रेम भएको ठाउँमा सागसब्जी खानु उत्तम हो ।
PRO 15:18 रिसाएको मानिसले तर्क-वितर्क गर्छ, तर रिसाउनमा धिमा व्यक्तिले झगडालाई शान्त पार्छ ।
PRO 15:19 अल्छेको बाटो काँढाको छेकबार भएको ठाउँझैँ हुन्छ, तर धर्मीको बाटो निर्मित लोकमार्ग हो ।
PRO 15:20 बुद्धिमान् छोरोले आफ्नो बुबालाई आनन्द दिन्छ, तर मूर्ख व्यक्तिले आफ्नी आमालाई तुच्छ ठान्छ ।
PRO 15:21 मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ ।
PRO 15:22 सरसल्लाह नहुँदा योजनाहरू गलत हुन्छन्, तर धेरै परामर्शदाताहरूद्वारा तिनीहरू सफल हुन्छन् ।
PRO 15:23 उचित जवाफ दिँदा मानिसले आनन्द पाउँछ । ठिक समयमा बोलिएको वचन कति असल हुन्छ!
PRO 15:24 जीवनको मार्गले विवेकशील मानिसहरूलाई उँभोतिर लैजान्छ । यसले तिनीहरूलाई उँधो पातालतिर जानदेखि फर्काउँछ ।
PRO 15:25 परमप्रभुले अहङ्कारीको घर भत्काइदिनुहुन्छ, तर विधवाको सम्पत्तिको रक्षा गर्नुहुन्छ ।
PRO 15:26 परमप्रभुले दुष्‍ट मानिसहरूको विचारलाई घृणा गर्नुहुन्छ, तर दयाका वचनहरू शुद्ध हुन्छन् ।
PRO 15:27 चोरी गर्नेले आफ्नो परिवारमा सङ्कष्‍ट ल्याउँछ, तर घुसलाई घृणा गर्नेचाहिँ बाँच्ने छ ।
PRO 15:28 जवाफ दिनुअगि धर्मात्माको हृदयले मनन गर्छ, तर दुष्‍ट मानिसको मुखले आफ्नो सबै खराबी ओकल्छ ।
PRO 15:29 दुष्‍ट मानिसहरूबाट परमप्रभु निकै टाढा हुनुहुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्‍नुहुन्छ ।
PRO 15:30 आँखाको ज्योतिले हृदयमा आनन्द ल्याउँछ, र शुभ खबर शरीरको लागि स्वास्थ्य हो ।
PRO 15:31 कसरी जिउने भनी कसैले तिमीलाई सुधार गर्दा तिमीले ध्यान दियौ भने तिमी बुद्धिमान् मानिसहरूका बिचमा रहने छौ ।
PRO 15:32 अनुशासनलाई इन्कार गर्नेले आफैलाई तुच्छ ठान्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति पाउँछ ।
PRO 15:33 परमप्रभुको भयले बुद्धि सिकाउँछ, र आदरअगि विनम्रता आउँछ ।
PRO 16:1 हृदयका योजनाहरू मानिसका हुन्, तर जिब्रोको जवाफ परमप्रभुबाट नै आउँछ ।
PRO 16:2 मानिसका सबै मार्ग उसको आफ्नै दृष्‍टिमा शुद्ध छन्, तर परमप्रभुले अभिप्रायहरू जोख्‍नुहुन्छ ।
PRO 16:3 आफ्ना कामहरू परमप्रभुमा सुम्प, र तिम्रा योजनाहरू सफल हुने छन् ।
PRO 16:4 परमप्रभुले हरेक थोक यसको आफ्नो उद्धेश्यको लागि बनाउनुभएको छ । उहाँले दुष्‍टहरूलाई समेत विनाशको दिनको लागि राख्‍नुभएको छ ।
PRO 16:5 अहङ्कारी हृदय भएको हरेकलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर यो निश्‍चित छ, कि तिनीहरू दण्डविना उम्कने छैनन् ।
PRO 16:6 करारको विश्‍वसनियता र भरोसाद्वारा अधर्मको प्रायश्‍चित्त हुन्छ, र परमप्रभुको भयद्वारा मानिसहरू खराबीबाट तर्कने छन् ।
PRO 16:7 जब मानिसका मार्गहरूले परमप्रभुलाई खुसी पार्छन्, तब उहाँले त्यसका शत्रुहरूलाई पनि त्यससित मिलापमा राख्‍नुहुने छ ।
PRO 16:8 अन्यायसित कमाएको धेरै धन-सम्पत्तिभन्दा बरु ठिकसित कमाएको थोरै नै उत्तम हुन्छ ।
PRO 16:9 मानिसले आफ्नो हृदयमा योजना बुन्छ, तर परमप्रभुले नै त्यसका कदमहरू निर्धारण गर्नुहुन्छ ।
PRO 16:10 राजाको ओठमा अन्तर्ज्ञानयुक्त निर्णयहरू हुन्छन् । तिनको मुखले न्यायलाई धोका दिनुहुँदैन ।
PRO 16:11 इमानदार तराजु परमप्रभुबाट आउँछ । थैलीमा भएका सबै ढक उहाँका काम हुन् ।
PRO 16:12 राजाले दुष्‍ट कामहरू गर्दा त्यसलाई तुच्छ ठानिनुपर्छ, किनकि ठिक गरेर नै सिंहासन स्थापित हुन्छ ।
PRO 16:13 ठिक बोल्ने ओठमा राजा आनन्दित हुन्छ, र सत्य बोल्ने व्यक्तिलाई तिनी प्रेम गर्छन् ।
PRO 16:14 राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले तिनको रिसलाई शान्त पार्ने कोसिस गर्छ ।
PRO 16:15 राजाको मुहारको ज्योतिमा जीवन हुन्छ, र तिनको निगाह वसन्त ऋतुमा झरी ल्याउने बादलजस्तै हो ।
PRO 16:16 सुनभन्दा बुद्धि प्राप्‍त गर्नु र चाँदीभन्दा समझशक्ति प्राप्‍त गर्नु उत्तम हुन्छ ।
PRO 16:17 धर्मी मानिसहरूको लोकमार्ग खराबीबाट अलग रहन्छ । आफ्नो जीवनको रक्षा गर्नेले आफ्नो मार्गको रखवाली गर्छ ।
PRO 16:18 विनाशअगि घमण्ड आउँछ, र पतनअगि हठी आत्मा आउँछ ।
PRO 16:19 घमण्डी मानिसहरूलाई लुटको माल बाँड्नुभन्दा बरु गरिब मानिसहरूका बिचमा विनम्र हुनु उत्तम हुन्छ ।
PRO 16:20 सिकाइएको शिक्षामा मनन गर्नेले असल कुरो पाउने छ, र परमप्रभुमाथि भरोसा गर्नेहरू आशिषित् हुने छन् ।
PRO 16:21 हृदयमा बुद्धिमान् हुनेलाई विवेकशील भनिन्छ, र मिठा बोलीवचनले सिकाउने क्षमताको विकास गर्छ ।
PRO 16:22 समझशक्ति भएको व्यक्तिको लागि त्यो जीवनको फुहारा हो, तर मूर्खहरूको अर्ती नै तिनीहरूको मूर्खता हो ।
PRO 16:23 बुद्धिमान् व्यक्तिको हृदयले उसको मुखलाई अन्तर्दृष्‍टि प्रदान गर्छ, र उसको ओठमा विश्‍वसनीयता थप्छ ।
PRO 16:24 मिठा वचनहरू महका चाकाजस्ता हुन्, जुन प्राणको लागि मिठो हुन्छ, र हड्‍डीहरूका लागि चङ्गाइ हुन्छ ।
PRO 16:25 कुनै बाटो मानिसलाई सिधाजस्तो लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ ।
PRO 16:26 परिश्रमीको पेटले नै त्यसलाई काम गर्न लगाउँछ । त्यसको भोकले त्यसलाई अभिप्रेरित गर्छ ।
PRO 16:27 बेकम्मा मानिसले खराबीको खाल्डो खन्छ, र त्यसको बोलीवचन पोल्ने आगोझैँ हुन्छ ।
PRO 16:28 टेडो मानिसले द्वन्द्व निम्त्याउँछ, र कुरा काट्नाले घनिष्‍ठ मित्रहरूमा पनि फाटो आउँछ ।
PRO 16:29 हिंसा गर्ने मानिसले आफ्नो छिमेकीलाई झुट बोल्छ, र त्यसलाई बेठिक मार्गमा लैजान्छ ।
PRO 16:30 द्वेषपूर्ण आँखा झिम्क्याउनेले टेडो षड्यन्त्र रचिरहेको हुन्छ । आफ्नो ओठ लेब्‍र्‍याउनेले खराबी ल्याउँछ ।
PRO 16:31 फुलेको कपाल शोभाको मुकुट हो । ठिक तरिकाले जिएर यसलाई प्राप्‍त गर्न सकिन्छ ।
PRO 16:32 योद्धा हुनुभन्दा बरु रिसाउनमा धिमा हुनु उत्तम हुन्छ, र आफ्नो आत्मालाई नियन्त्रण गर्नेचाहिँ सहरमाथि विजयी हासिल गर्नेभन्दा बलियो हुन्छ ।
PRO 16:33 सप्कोमा चिट्ठा त हालिन्छ, तर निर्णयचाहिँ परमप्रभुबाट नै आउँछ ।
PRO 17:1 कलहले भरिएको घरमा भोज खानुभन्दा शान्तिसाथ रोटीको सुक्खा टुक्रा खानु उत्तम हो ।
PRO 17:2 बुद्धिमान् नोकरले लाजमर्दो गरी काम गर्ने छोरोमाथि शासन जमाउँछ, र दाजुभाइ सरह नै पैतृक-सम्पत्ति पाउने छ ।
PRO 17:3 चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, तर परमप्रभुले नै हृदय जाँच गर्नुहुन्छ ।
PRO 17:4 खराब काम गर्नेले दुष्‍टको ओठमा ध्यान दिन्छ । झुट बोल्नेले विनाशक जिब्रोमा कान लगाउँछ ।
PRO 17:5 गरिबलाई गिल्ला गर्नेले आफ्नो सृष्‍टिकर्ताको अपमान गर्छ, र अर्काको विपत्तिमा रमाउनेचाहिँ दण्डविना उम्कने छैन ।
PRO 17:6 नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन् ।
PRO 17:7 सिपालु बोलीवचन मूर्खलाई सुहाउँदैन । शासकको लागि झुट बोल्ने ओठ झन कति असुहाउँदो हुन्छ!
PRO 17:8 घुस दिनेको लागि यो टुनाजस्तै हो । त्यो जहाँ गए तापनि सफल हुन्छ ।
PRO 17:9 चित्त दुखाइलाई बेवास्ता गर्नेले प्रेमको खोजी गर्छ, तर विषयलाई दोहोर्‍याउनेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ ।
PRO 17:10 मूर्खलाई सय कोर्रा प्रहार गर्नुभन्दा बरु समझशक्ति भएको व्यक्तिलाई एउटा हप्की काफी हुन्छ ।
PRO 17:11 दुष्‍ट व्यक्तिले केवल विद्रोहको खोजी गर्दछ । त्यसैले त्यसको विरुद्धमा क्रुर दूत पठाइन्छ ।
PRO 17:12 मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा बरु बच्‍चा खोसिएको भालुसित भेट गर्नु उत्तम हुन्छ ।
PRO 17:13 जसले भलाइको साटो खराबी गर्छ, खराबीले त्यसको घर कहिल्यै छोड्ने छैन ।
PRO 17:14 द्वन्द्वको सुरुआत सर्वत्र पानी फैलनुजस्तै हो । त्यसैले विवाद चर्किनुअगि नै त्यहाँबाट हिँडिहाल ।
PRO 17:15 दुष्‍ट मानिसलाई निर्दोष ठहराउने व्यक्ति र धर्मी मानिसलाई दण्ड दिने व्यक्ति दुवै नै परमप्रभुको लागि घृणित छन् ।
PRO 17:16 बुद्धिको विषयमा सिक्‍न मूर्खले किन पैसा तिर्ने जब कि त्योसित यसलाई सिक्‍ने कुनै क्षमता नै छैन ?
PRO 17:17 मित्रले हर समय प्रेम गरिरहन्छ, र दाजुभाइचाहिँ कष्‍टको समयको लागि जन्मेका हुन्छन् ।
PRO 17:18 बेसमझको मानिसले वाचा बाँध्च, र आफ्नो छिमेकीको ऋणप्रति जिम्मेवार बन्छ ।
PRO 17:19 द्वन्द्वलाई प्रेम गर्नेले पापलाई प्रेम गर्छ । आफ्नो ढोकाको सङ्घार अति अग्लो बनाउनेले हड्‍डी भँचाउने छ ।
PRO 17:20 कुटिल हृदय भएको मानिसले कुनै असल कुरो पाउँदैन । छली जिब्रो भएको मानिस विपत्तिमा पर्छ ।
PRO 17:21 जो मूर्खको बुबाआमा, तिनीहरूले आफैमा शोक ल्याउँछन्, र मूर्खको बुबामा कुनै आनन्द हुँदैन ।
PRO 17:22 आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्‍डीहरूलाई सुकाउँछ ।
PRO 17:23 न्यायको मार्गलाई बङ्ग्याउन दुष्‍ट मानिसले गुप्‍त घुसलाई स्वीकार गर्छ ।
PRO 17:24 समझशक्ति भएको व्यक्तिले बुद्धितिर आफ्नो मन लगाउँछ, तर मूर्खको आँखा पृथ्वीको कुनाकुनामा पुग्छ ।
PRO 17:25 मूर्ख छोरो आफ्नो बुबाको लागि शोक हो, र त्यसलाई जन्माउने आमाको लागि तिक्तता हो ।
PRO 17:26 धर्मात्मालाई दण्ड दिनु कहिल्यै असल हुँदैन, न त निष्‍ठा भएका कुलीन मानिसहरूलाई कोर्रा लगाउनु असल हुन्छ ।
PRO 17:27 ज्ञान भएको व्यक्तिले थोरै वचन बोल्दछ, र समझशक्ति भएको व्यक्तिचाहिँ ठन्डा मिजासको हुन्छ ।
PRO 17:28 चुप लागेमा मूर्खलाई पनि बुद्धिमान् ठानिन्छ । त्यसले आफ्नो मुख बन्द गर्दा त्यसलाई विवेकी मानिन्छ ।
PRO 18:1 आफैलाई अलग गर्ने मानिसले आफ्नै इच्छाको खोजी गर्छ, र त्यसले सबै पक्‍का न्यायको विरोध गर्छ ।
PRO 18:2 मूर्खलाई समझशक्तिमा कुनै रमाहट हुँदैन, तर त्यसको हृदयमा भएको कुरो प्रकट गर्न पाए त्यो प्रसन्‍न हुन्छ ।
PRO 18:3 दुष्‍ट मानिस आउँदा त्योसितै हेला, लाज र निन्दा पनि आउँछन् ।
PRO 18:4 मानिसको मुखका वचनहरू गहिरो पानी हुन् । बुद्धिको फुहारा बगिरहने खोला हो ।
PRO 18:5 दुष्‍ट मानिसको पक्ष लिनु राम्रो होइन, न त धर्मी मानिसको न्यायलाई इन्कार गर्नु राम्रो हो ।
PRO 18:6 मूर्खको ओठले आफैमाथि कलह ल्याउँछ, र त्यसको मुखले पिटाइ निम्त्याउँछ ।
PRO 18:7 मूर्खको मुख त्यसको विनाश हो, र त्यसले आफ्नै ओठले आफैलाई पासोमा पार्छ ।
PRO 18:8 कुरौटेका वचनहरू स्वादिष्‍ट गाँसझैँ हुन्छन्, र ती शरीरका भित्री भागसम्म पुग्छन् ।
PRO 18:9 आफ्नो काम गराइमा मन्द हुने व्यक्ति सर्वनाश गर्नेको भाइजस्तै हो ।
PRO 18:10 परमप्रभुको नाम एउटा बलियो धरहरा हो । धर्मात्मा त्यहाँ दौडेर जान्छ र सुरक्षित हुन्छ ।
PRO 18:11 धनीको सम्पत्ति त्यसको किल्लाबन्दी गरिएको सहर हो, र त्यसको कल्पनामा यो अग्लो पर्खालझैँ हुन्छ ।
PRO 18:12 आफ्नो पतनअगि मानिसको हृदयमा घमण्ड आउँछ, तर आदरअगि विनम्रता आउँछ ।
PRO 18:13 सुन्‍नअगि जवाफ दिनेको लागि त्यो त्यसको मूर्खता र लाज हो ।
PRO 18:14 मानिसको आत्मा बिरामी अवस्थामा बाँच्ने छ, तर टुटेको आत्माको पीडालाई कसले सहन सक्छ र ?
PRO 18:15 विवेकीको हृदयले ज्ञान प्राप्‍त गर्छ, र बुद्धिमान्‌को कानले यसको खोजी गरेर भेट्टाउँछ ।
PRO 18:16 मानिसको उपहारले बाटो खोली उसलाई महत्त्वपूर्ण मानिसको सामु ल्याउन सक्छ ।
PRO 18:17 प्रतिद्वन्दी अगाडि बढेर प्रश्‍नहरू नतेर्साएसम्म आफ्नो मुद्दाको पक्षमा वकालत गर्ने पहिलो व्यक्ति नै ठिक देखिन्छ ।
PRO 18:18 चिट्ठा हाल्नाले वादविवादलाई मिलाउँछ, र बलिया प्रतिद्वन्द्वीहरूलाई अलग गराउँछ ।
PRO 18:19 बलियो सहरमाथि जित हासिल गर्नुभन्दा बरु चोट लागेको भाइलाई जित्‍न कठिन हुन्छ, र झगडा गर्नुचाहिँ किल्लाका बारहरूझैँ हो ।
PRO 18:20 आफ्नो मुखको फलले त्यसको पेट भरिएको हुन्छ । त्यसको ओठको फसलले त्यो सन्तुष्‍ट हुन्छ ।
PRO 18:21 मृत्यु र जीवन जिब्रोद्वारा नियन्त्रित हुन्छ, र जिब्रोलाई प्रेम गर्नेहरूले यसको फल खाने छन् ।
PRO 18:22 पत्‍नी पाउनेले असल कुरा पाउँछ, र परमप्रभुबाट निगाह प्राप्‍त गर्छ ।
PRO 18:23 गरिब मानिसले कृपाको लागि बिन्ती गर्छ, तर धनी मानिसले हतारमा जवाफ दिन्छ ।
PRO 18:24 धेरै साथीहरू भएको दाबी गर्ने मानिस तिनीहरूद्वारा नै विनाशमा लगिन्छ, तर कुनै मित्रचाहिँ भाइभन्दा पनि नजिक रहन्छ ।
PRO 19:1 बोलीवचनमा कुटिल भई मूर्ख हुनुभन्दा आफ्नो सत्यनिष्‍ठामा हिँड्ने गरिब मानिस उत्तम हो ।
PRO 19:2 ज्ञानविनाको इच्छा राम्रो हुँदैन, र हतार गर्नेले बाटो बिराउँछ ।
PRO 19:3 मान्छेको मूर्खताले त्यसको जीवन बर्बाद पार्छ, र त्यसको हृदय परमप्रभुको विरुद्धमा क्रोधित हुन्छ ।
PRO 19:4 धनले धेरै मित्रहरू बनाउँछ, तर गरिब मानिसचाहिँ आफ्ना मित्रहरूबाट त्यागिन्छ ।
PRO 19:5 झुटो साक्षी दण्डविना उम्कने छैन, र झुटो कुरो बोल्ने फुत्कने छैन ।
PRO 19:6 धेरैले उदार मानिसबाट निगाहको लागि बिन्ति गर्ने छन्, र हरेक व्यक्ति उपहार दिनेको मित्र बन्छ ।
PRO 19:7 गरिब मानिसका सबै दाजुभाइले त्यसलाई घृणा गर्छन् भने, त्यसका टाढा जाने मित्रहरूले त झन् कति धेरै त्यसलाई त्याग्लान्! त्यसले तिनीहरूलाई बोलाउँछन्, तर तिनीहरू गइसकेका हुन्छन् ।
PRO 19:8 बुद्धि प्राप्‍त गर्नेले आफ्नो जीवनलाई प्रेम गर्छ । समझशक्तिलाई जोगाउनेले जे असल छ, त्यो पाउने छ ।
PRO 19:9 झुटो साक्षी दण्डविना उम्कने छैन, तर झुटो कुरो बोल्नेचाहिँ नष्‍ट हुने छ ।
PRO 19:10 मूर्खलाई भोग-विलासमा जिउनु सुहाउँदैन भने कमाराले राजकुमारहरूमाथि शासन चलाउनु झन् कति नराम्रो हो!
PRO 19:11 विवेकले मानिसलाई रिसाउन धिमा बनाउँछ, र चित्त दुखाइलाई बेवास्ता गर्नु त्यसको महिमा हो ।
PRO 19:12 राजाको क्रोध जवान सिंहको गर्जनजस्तै हुन्छ, तर तिनको निगाह घाँसमाथिको शीतजस्तै हुन्छ ।
PRO 19:13 मूर्ख छोरो त्यसको बुबाको लागि विनाश हो, र झगडा गर्ने पत्‍नीचाहिँ नित्य परिरहने तपतपे झरीजस्तै हो ।
PRO 19:14 घर र धन-सम्पत्ति बुबाआमाबाट आएका हुन्छन्, तर विवेकी पत्‍नीचाहिँ परमप्रभुबाट आउँछ ।
PRO 19:15 अल्छीपनले मानिसलाई घोर निद्रामा पुर्‍याउँछ, र काम गर्न अनिच्छुकचाहिँ भोकभोकै हुने छ ।
PRO 19:16 आज्ञा पालन गर्नेले त्यसको जीवनको रखवाली गर्छ, तर आफ्ना मार्गहरूबारे नसोच्नेचाहिँ मर्ने छ ।
PRO 19:17 गरिबप्रति दयालु हुनेले परमप्रभुलाई सापट दिन्छ, र उहाँले त्यसले गरेको कामको प्रतिफल दिनुहुने छ ।
PRO 19:18 आशा बाँकी छँदै आफ्नो छोरोलाई अनुशासनमा राख, र त्यसलाई मृत्युण्ड दिने इच्छा नबना ।
PRO 19:19 गरम मिजास भएको मानिसले जरिवाना तिर्नैपर्छ । त्यसलाई छुटकारा दिइस् भने तैँले दोस्रो पटक त्यसै गर्नुपर्ने हुन्छ ।
PRO 19:20 सरसल्लाह सुन् र अर्तीलाई स्वीकार गर्, ताकि तेरो जीवनको अन्त्यसम्ममा तँ बुद्धिमान् बन्‍न सक्छस् ।
PRO 19:21 मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन्, तर परमप्रभुको उद्धेश्य नै स्थिर रहने छ ।
PRO 19:22 मानिसले भक्तिको चाह गर्छ, र झुटो बोल्नेभन्दा त गरिब मानिस उत्तम हो ।
PRO 19:23 परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा डोर्‍याउँछ । यो हुने कुनै पनि व्यक्ति सन्तुष्‍ट हुने छ, र त्यसलाई नोक्सानीले छुँदैन ।
PRO 19:24 अल्छेले आफ्नो हात थालमा गाड्छ, र त्यसलाई आफ्नो मुखसम्म पनि ल्याउँदैन ।
PRO 19:25 गिल्ला गर्नेलाई हिर्का, र निर्बुद्धि मानिस विवेकी बन्‍ने छ । समझदार मानिसलाई अनुशासनमा राख्, र त्यसले ज्ञान प्राप्‍त गर्ने छ ।
PRO 19:26 आफ्नो बुबालाई लुट्ने र आफ्नी आमालाई लखेट्ने छोरोले लाज र बेइज्‍जत ल्याउँछ ।
PRO 19:27 हे मेरो छोरो, तैँले अर्ती सुन्‍न छाडिस् भने तँ ज्ञानका वचनहरूबाट बहकिने छस् ।
PRO 19:28 भ्रष्‍ट साक्षीले न्यायको खिल्ली उडाउँछ, र दुष्‍टको मुखले अधर्मलाई निलिदिन्छ ।
PRO 19:29 गिल्ला गर्नेहरूका लागि दण्डाज्ञा र मूर्खहरूको पिठिउँको लागि कोर्रा तयार छ ।
PRO 20:1 दाखमद्य खिल्ली उडाउने कुरो हो र मदिराचाहिँ कचिङ्गाल मच्‍चाउने कुरो हो । मदिराद्वारा बहकाइने कोही पनि बुद्धिमान् हुँदैन ।
PRO 20:2 राजाको डर गर्जिरहेको जवान सिंहको डरजस्तै हुन्छ । तिनलाई रिस उठाउनेले आफ्नो जीवन गुमाउँछ ।
PRO 20:3 द्वन्द्वलाई हटाउनु हरेकको लागि आदर हो, तर हरेक मूर्खचाहिँ तर्क-वितर्कमा फस्छ ।
PRO 20:4 अल्छेले शरद् ऋतुमा जोत्दैन । त्यसले कटनीको बेला फसल खोज्छ, तर केहीँ पाउने छैन ।
PRO 20:5 मानवीय हृदयमा भएको उद्धेश्य गहिरो पानीजस्तै हो, तर समझशक्ति भएको मानिसले यसलाई बाहिर निकाल्ने छ ।
PRO 20:6 धैरेले आफू भक्त भएको घोषणा गर्छन्, तर कसले विश्‍वासयोग्य जन पाउन सक्छ ?
PRO 20:7 धर्मात्मा आफ्नो सत्यनिष्‍ठामा चल्छ, र त्यसलाई पछ्याउने त्यसका छोराहरू आशिषित् हुने छन् ।
PRO 20:8 न्यायको काम गर्दै सिंहासनमा बस्‍ने राजाले आफ्नो सामु भएका सबै खराबी आफ्नै आँखाले केलाउँछन् ।
PRO 20:9 कसले भन्‍न सक्छ, “मैले मेरो हृदय शुद्ध राखेको छु । म मेरो पापबाट सफा छु ?”
PRO 20:10 नमिल्ने नापहरू असमान ढकहरू दुवैलाई परमप्रभु घृणा गर्नुहुन्छ ।
PRO 20:11 एउटा बालकलाई पनि त्यसका गतिविधिहरूबाट त्यसको आचरण शुद्ध र सोझो छ कि छैन भनेर चिनिन्छ ।
PRO 20:12 सुन्‍ने कान र देख्‍ने आँखा दुवैलाई परमप्रभुले बनाउनुभयो ।
PRO 20:13 निद्रालाई प्रेम नगर्, नत्रता तँ दरिद्र हुने छस् । तेरा आँखा खोल्, र तँसित खानलाई प्रशस्त हुने छ ।
PRO 20:14 “यो खराब छ, यो खराब छ,” ग्राहकले भन्छ, तर पर पुगेपछि त्यसले घमण्ड गर्छ ।
PRO 20:15 सुन छ, र प्रशस्त महङ्गा मणिहरू छन्, तर ज्ञानको ओठ बहुमूल्य रत्‍न हो ।
PRO 20:16 परदेशीको जमानी बस्‍नेको खास्टो पनि खोस्‍नू, र त्यसले अनैतिक स्‍त्रीको लागि यसो गरेको भए त्यो धरौटी राख्‍नू ।
PRO 20:17 छलद्वारा प्राप्‍त रोटीको स्वाद मिठो होला, तर पछि त्यसको मुखभरि रोडा हालेसरह हुन्छ ।
PRO 20:18 सरसल्लाहद्वारा योजनाहरू स्थापित हुन्छन्, र बुद्धिमान् मार्ग-दर्शनद्वारा मात्र तैँले लडाइँ लड् ।
PRO 20:19 कुरौटेले गुप्‍त कुराहरू बाहिर ल्याउँछ । त्यसैले धेरै कुरा गर्ने मानिसहरूसित सङ्गत नगर् ।
PRO 20:20 कसैले आफ्नो बुबा वा आफ्नी आमालाई सराप्यो भने निस्पट्ट अन्धकारमा त्यसो बत्ती निभाइने छ ।
PRO 20:21 सुरुमा झट्टै प्राप्‍त गरेको पैतृक-सम्पत्तिले अन्त्यमा थोरै भलाइ गर्ने छ ।
PRO 20:22 यसो नभन्, “म यस खराबीको बदला लिने छु ।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटकारा दिनुहुने छ ।
PRO 20:23 परमप्रभुले असमान ढकहरूलाई घृणा गर्नुहुन्छ, र बेइमान तराजुहरू ठिक होइनन् ।
PRO 20:24 मानिसका कदमहरू परमप्रभुद्वारा निर्देशित हुन्छन् भने तब त्यसले कसरी आफ्नो मार्ग बुझ्न सक्ला त ?
PRO 20:25 “यो कुरो पवित्र छ,” भनी हतारमा भन्‍ने र भाकल गरिसकेपछि मात्र त्यसको बारेमा सोच्नु मानिसको लागि पासो हुन्छ ।
PRO 20:26 बुद्धिमान् राजाले दुष्‍टहरूलाई पन्साउँछन्, र तिनले अन्‍न चुट्ने चक्‍काले तिनीहरूलाई प्रहार गर्छन् ।
PRO 20:27 मानिसको आत्मा परमप्रभुको बत्ती हो जसले त्यसका भित्री भागहरूको खोजी गर्छ ।
PRO 20:28 करारको विश्‍वसनीयता र भरोसाले राजालाई जोगाउँछ । प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित हुन्छ ।
PRO 20:29 युवाहरूको महिमा तिनीहरूको शक्ति हो, र पाकाहरूको शोभा तिनीहरूको फुलेको कपाल हो ।
PRO 20:30 चोट लगाउने मुक्‍काले खराबीलाई साफ गर्छ, र पिटाइले भित्री भागहरूलाई शुद्ध पार्छ ।
PRO 21:1 राजाको हृदय परमप्रभुको हातमा भएको खोलाजस्तो हो । उहाँलाई खुसी लागेअनुसार उहाँले त्यसलाई फर्काउनुहुन्छ ।
PRO 21:2 हरेक मानिसको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक छ, तर परमप्रभुले नै हृदयको जाँच गर्नुहुन्छ ।
PRO 21:3 बलिदानभन्दा जे ठिक र न्यायसङ्गत छ, त्यही गर्नु परमप्रभुको लागि बढी ग्रहणयोग्य हुन्छ ।
PRO 21:4 अहङ्कारी आँखा, घमण्डी हृदय र दुष्‍टको बत्ती पाप हुन् ।
PRO 21:5 परिश्रमीका योजनाहरूले केवल उन्‍नतितिर लैजान्छन्, तर हतार काम गर्नेचाहिँ केवल दरिद्रतामा पुग्छ ।
PRO 21:6 झुट बोलेर सम्पत्ति आर्जन गर्नु उडिजाने बाफ र मार्ने पासोजस्तै हो ।
PRO 21:7 दुष्‍टहरूको हिंसाले तिनीहरूलाई तानेर लैजान्छ, किनकि ठिक काम गर्न तिनीहरू इन्कार गर्छन् ।
PRO 21:8 दोषी मानिसको बाटो टेडो हुन्छ, तर निर्दोषले ठिक काम गर्छ ।
PRO 21:9 झगडालु पत्‍नीसित एउटै घरमा बस्‍नुभन्दा कौसीको कुनामा बस्‍नु बेस हुन्छ ।
PRO 21:10 दुष्‍टको भोकले खराबीको लालसा गर्छ । त्यसको छिमेकीले त्यसको आँखामा निगाह देख्दैन ।
PRO 21:11 खिल्ली गर्नेलाई दण्ड दिइँदा निर्बुद्धि बुद्धिमान् बन्छ, र बुद्धिमान् मानिसलाई अर्ती दिइँदा त्यसले ज्ञानलाई पक्रिराख्छ ।
PRO 21:12 धर्मात्माले दुष्‍ट मानिसको घरको निगरानी गर्छ । उहाँले दुष्‍ट मानिसहरूमाथि विपत्ति ल्याउनुहुन्छ ।
PRO 21:13 गरिबको पुकारामा कान थुन्‍नेले पुकारा गर्दा त्यसलाई जवाफ दिइने छैन ।
PRO 21:14 गुप्‍तमा दिइएको उपहारले रिस मारिदिन्छ, र लुकाएर दिइएको उपहारले बल्दो क्रोधलाई शान्त पारिदिन्छ ।
PRO 21:15 न्याय कायम हुँदा यसले धर्मात्मामा आनन्द ल्याउँछ भने खराबी गर्नेहरूमा त्रास ल्याउँछ ।
PRO 21:16 समझशक्तिको मार्गबाट तर्कने मानिसले मरेकाहरूको सभामा विश्राम पाउने छ ।
PRO 21:17 मोजमज्‍जालाई प्रेम गर्ने गरिब हुनेछ । दाखमद्य र तेललाई प्रेम गर्ने धनी हुने छैन ।
PRO 21:18 दुष्‍ट मानिस धर्मी मानिसको लागि प्रायश्‍चित्त हुन्छ, र विश्‍वासघाती मानिस सोझो मानिसको लागि प्रायश्‍चित्त हुन्छ ।
PRO 21:19 झगडालु र रिसालु पत्‍नीसित बस्‍नुभन्दा उजाड्-स्थानमा बस्‍नु बेस हुन्छ ।
PRO 21:20 इच्छा गरिएको खजाना र तेल बुद्धिमान्‌को बासस्थानमा हुन्छन्, तर मूर्खले यी सबै निलिदिन्छन् ।
PRO 21:21 असल काम गर्ने र दयालु मानिसले जीवन, धार्मिकता र इज्‍जत पाउँछ ।
PRO 21:22 बुद्धिमान् मानिसले शक्तिशाली योद्धाहरूको सहरको लेखाजोखा गर्छ, र तिनीहरूले भरोसा गरेको किल्लालाई भत्काइदिन्छ ।
PRO 21:23 आफ्नो मुख र जिब्रोको रखवाली गर्नेले आफैलाई कष्‍टबाट बचाउँछ ।
PRO 21:24 घमण्डी र हठी मानिसको नाउँ “खिल्ली उडाउने” हो र त्यसले अभिमानीसाथ व्यवहार गर्छ ।
PRO 21:25 अल्छेको इच्छाले त्यसलाई मार्छ, किनकि त्यसको हातले काम गर्न इन्कार गर्छ ।
PRO 21:26 दिनभरि त्यसले केवल लालसा गर्छ, तर धर्मात्माले मुट्ठी खोलेर दिन्छ ।
PRO 21:27 दुष्‍टको बलिदान घृणित हुन्छ । त्यसले खराब अभिप्राय लिएर ल्याउँदा यो झनै घृणित हुन्छ ।
PRO 21:28 झुटो साक्षी नष्‍ट हुने छ, तर ध्यान दिएर सुन्‍नेले बोलिरहने छ ।
PRO 21:29 दुष्‍ट मानिस हठी हुन्छ, तर सोझो मानिस आफ्ना मार्गहरूबारे निश्‍चित हुन्छ ।
PRO 21:30 यस्तो कुनै बुद्धि, समझशक्ति र सरसल्लाह छैन जुन परमप्रभुको विरुद्धमा खडा हुन सक्छ ।
PRO 21:31 घोडा युद्धको लागि तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हो ।
PRO 22:1 धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु अनि निगाह सुन र चाँदीभन्दा उत्तम हो ।
PRO 22:2 धनी र गरिब यस कुरामा समान छन्, कि दुवैका सृष्‍टिकर्ता परमेश्‍वर हुनुहुन्छ ।
PRO 22:3 विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।
PRO 22:4 विनम्रता र परमप्रभुको भयको इनाम धन-सम्पत्ति, मान र जीवन हुन् ।
PRO 22:5 टेडा मानिसहरूको मार्गमा काँढा र पासाहरू लुकेका हुन्छन् । आफ्नो जीवनको रखवाली गर्नेचाहिँ तीबाट टाढै बस्‍ने छन् ।
PRO 22:6 बच्‍चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्‍न सिका, र बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कने छैन ।
PRO 22:7 धनी मानिसहरूले गरिब मानिसहरूमाथि शासन गर्छन्, र सापट लिनेचाहिँ सापट दिनेको दास बन्छ ।
PRO 22:8 अन्याय छर्नेले सङ्कष्‍टको कटनी गर्ने छ, र त्यसको झोँखको लौरो भाँचिने छ ।
PRO 22:9 उदार दृष्‍टि भएको मानिस आशिषित् हुने छ, किनकि त्यसले आफ्नो रोटी गरिबहरूसित बाँडचुँड गर्छ ।
PRO 22:10 खिल्ली उडाउनेलाई बाहिर निकाल्, र द्वन्द्व हटेर जान्छ अनि वादविवाद र अपमान लोप हुने छन् ।
PRO 22:11 शुद्ध हृदयलाई प्रेम गर्ने र बोलीवचन अनुग्रहमय भएको मानिसको लागि राजा पनि मित्र हुने छ ।
PRO 22:12 परमप्रभुको दृष्‍टिले ज्ञानमाथि नजर लगाइरहन्छ, तर उहाँले विश्‍वासघातीका वचनहरूलाई मिल्काइदिनुहुन्छ ।
PRO 22:13 अल्छे मानिसले भन्छ, “बाटोमा एउटा सिंह छ । मलाई खुला ठाउँहरूमा मारिने छ ।”
PRO 22:14 व्यभिचारी स्‍त्रीको मुख गहिरो खाडलजस्तै हो । त्यसभित्र खस्‍नेको विरुद्धमा परमप्रभुको क्रोध दन्कन्छ ।
PRO 22:15 बच्‍चाको हृदयमा मूर्खता जेलिएको हुन्छ, तर अनुशासनको लट्ठीले त्यसलाई टाढा भगाउँछ ।
PRO 22:16 आफ्नो धन-सम्पत्ति बढाउन गरिब मानिसहरूमाथि थिचोमिचो गर्ने वा धनी मानिसहरूलाई दिने व्यक्ति दरिद्रतामा पुग्‍ने छ ।
PRO 22:17 आफ्नो कान थाप् र बुद्धिमान्‌का वचनहरू सुन् अनि मेरो ज्ञानमा तेरो हृदय लगा ।
PRO 22:18 किनभने तिनलाई तँभित्र राखिस् भने र ती सबै तेरो ओठमा तयार भए भने यो तेरो लागि रमणीय हुने छ ।
PRO 22:19 तेरो भरोसा परमप्रभुमाथि होस् भनेर आज म तँलाई यी कुराहरू सिकाउँछु ।
PRO 22:20 के मैले तेरो लागि अर्ती र ज्ञानका तिसवटा नीति-वचन लेखिदिएको छैनँ र ?
PRO 22:21 तँकहाँ पठाइएकाहरूलाई तैँले भरोसायोग्य जवाफहरू दिन सक् भनेर मैले तँलाई यी भरोसायोग्य वचनहरू सिकाएको होइनँ र ?
PRO 22:22 गरिबलाई नलुट्, किनकि त्यो गरिब हो, न त खाँचोमा परेकोलाई मूल ढोकामा पेल्ने गर,
PRO 22:23 किनकि परमप्रभुले तिनीहरूको मुद्दाको पक्षमा वकालत गर्नुहुने छ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुने छ ।
PRO 22:24 रिसद्वारा नियन्त्रित हुने मानिसलाई मित्र नबना, र क्रोधित मानिससित सङ्गत नगर् ।
PRO 22:25 नत्रता तैँले त्यसका मार्गहरू सिक्‍ने छस्, र तेरो प्राण पासोमा पर्ने छ ।
PRO 22:26 धितोमा आफ्नो हात नहाल् वा अर्काको ऋणको जमानी नबस् ।
PRO 22:27 तँसित तिर्ने उपायको कमी भयो भने कसैलाई तेरो खाटसमेत लैजानबाट कुन कुराले रोक्‍न सक्छ ?
PRO 22:28 तेरा पिता-पुर्खाहरूले खडा गरेका प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा ।
PRO 22:29 के आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस् ? त्यो राजाहरूका सामु खडा हुने छ । त्यो सर्वसाधारणको सामु खडा हुने छैन ।
PRO 23:1 तँ खानलाई शासकसित बस्दा तेरो सामु राखिएको खानेकुरालाई होसियारीपूर्वक अवलोकन गर् ।
PRO 23:2 तँ धेरै खाने खन्चुवा हो भने तेरो घाँटीमा चक्‍कु राख् ।
PRO 23:3 तिनको स्वादिष्‍ट खानेकुराको लालसा नगर्, किनकि यो झुटको खाना हो ।
PRO 23:4 धन-सम्पत्ति कमाउन धेरै नघोट्टी । कहिले बन्द गर्ने भनी थाहा पाउन बुद्धिमानी बन् ।
PRO 23:5 के यसमाथि तेरो आँखाको ज्योति चम्कन दिन्छस् ? यो बितेर जाने छ, किनकि गरुडका झैँ यसका पखेटाहरू पलाउने छन् र यो आकाशमा उडेर जाने छ ।
PRO 23:6 दुष्‍ट आँखा भएको मानिसको भोजन नखा, र त्यसको स्वादिष्‍ट खानेकुराको लालसा नगर् ।
PRO 23:7 किनकि त्यो भोजनको मूल्य गिन्ती गर्ने मानिस हो । त्यसले भन्छ, “खाऊ र पिऊ ।” तर त्यसको हृदय तँसित हुँदैन ।
PRO 23:8 तैँले खाएको थोरै खानेकुरा पनि तैँले बान्ता गर्ने छस्, र तैँले तेरो तारिफलाई त्यसै खेर जान दिनेछस् ।
PRO 23:9 मूर्खले सुन्‍ने गरी नबोल्, किनकि त्यसले तेरा वचनहरूको बुद्धिलाई तुच्छ ठान्‍ने छ ।
PRO 23:10 प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा वा अनाथहरूको खेतबारी नमिच् ।
PRO 23:11 किनभने तिनीहरूका उद्धारकर्ता शक्तिशाली हुनुहुन्छ, र उहाँले तेरो विरुद्धमा तिनीहरूको मुद्दा लड्नुहुने छ ।
PRO 23:12 तेरो हृदयलाई अर्तीतिर लगा, र तेरा कानलाई ज्ञानका वचनहरूमा लगा ।
PRO 23:13 बच्‍चाबाट अर्तीलाई नरोक्, किनकि तैँले त्यसलाई अनुशासनमा राखिस् भने त्यो मर्ने छैन ।
PRO 23:14 त्यसलाई छडी लगाउने र पातालबाट त्यसको प्राण जोगाउने तँ नै होस् ।
PRO 23:15 हे मेरो छोरो, तेरो हृदय बुद्धिमानी छ भने मेरो हृदय पनि प्रसन्‍न हुने छ ।
PRO 23:16 तेरो ओठले जे ठिक छ, त्यही बोल्दा मेरो अन्तस्करण रमाउने छ ।
PRO 23:17 तेरो हृदयलाई पापीहरूको ईर्ष्या गर्न नदे, तर दिनैभरि परमप्रभुको भयमा लागिराख् ।
PRO 23:18 निश्‍चय नै एउटा भविष्य छ, र तेरो आशा निराश हुने छैन ।
PRO 23:19 हे मेरो छोरो, सुन् र बुद्धिमान् हो, अनि तेरो हृदयलाई सुमार्गमा लगा ।
PRO 23:20 मातेकाहरू वा धेरै मासु हुसर्नेहरूसित सङ्गत नगर्,
PRO 23:21 किनकि मतवाला र घिचुवाहरू गरिब बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरूलाई झुत्रे बनाउँछ ।
PRO 23:22 तँलाई जन्म दिने बुबाको कुरा सुन्, र तेरी आमा वृद्ध हुँदा उनलाई तुच्छ नठान् ।
PRO 23:23 सत्यलाई किन्, र त्यसलाई नबेच् । बुद्धि, अर्ती र समझशक्तिलाई किन् ।
PRO 23:24 धर्मात्माको बुबा अत्यन्तै आनन्दित हुने छ, र बुद्धिमान् छोरोलाई जन्म दिने मानिस त्यसमा प्रसन्‍न हुने छ ।
PRO 23:25 तेरा बुबा र आमा प्रसन्‍न होऊन्, अनि तँलाई जन्म दिने आनन्दित होऊन् ।
PRO 23:26 हे मेरो छोरो, मलाई तेरो हृदय दे, र तेरा आँखाले मेरा मार्गहरू हेरून् ।
PRO 23:27 किनभने वेश्या एउटा गहिरो खाडल हो, र अनैतिक स्‍त्री एउटा साँघुरो इनार हो ।
PRO 23:28 त्यो चोरझैँ ढुकिबस्छे, र त्यसले मानिसहरूका बिचमा विश्‍वासघातीहरूको सङ्ख्या बढाउँछे ।
PRO 23:29 कोसित कष्‍ट छ ? कोसित शोक छ ? कोसित कलह छ ? कोसित गुनासो छ ? कोसित विनाकारण चोट छ ? कसका आँखा राताराता छन् ?
PRO 23:30 तिनीहरूकै जो धेरै मद्य पिउँछन्, जसले मिश्रित मद्य पिउँछन् ।
PRO 23:31 मद्य रातो हुँदा, कचौरामा त्यसको फिँज उठ्दा र त्यो सहजै उँधो जाँदा त्यसलाई नहेर् ।
PRO 23:32 अन्त्यमा त्यसले सर्पले झैँ डस्छ, र गोमनले झैँ विष हालिदिन्छ ।
PRO 23:33 तेरा आँखाहरूले अनौठा कुराहरू देख्‍ने छन्, र तेरो मनले टेडा कुराहरू व्यक्त गर्ने छन् ।
PRO 23:34 तँ महासमुद्रमा सुतिरहने व्यक्तिझैँ वा मस्तुलको डोरीको मास्तिर बस्‍नेझैँ हुने छ ।
PRO 23:35 तैँले भन्‍ने छस्, “तिनीहरू मलाई हिर्काए, तर मलाई चोट लागेन ।” तिनीहरूले मलाई पिटे, तर मलाई यसको अनुभूति भएन । म कहिले ब्युँझने छु ? म अर्को चुस्की खोज्ने छु ।”
PRO 24:1 खराब मानिसहरूको लालच नगर्, न त तिनीहरूसित सङ्गत गर्ने चाहना राख् ।
PRO 24:2 किनभने तिनीहरूको हृदयले हिंसाको षड्यन्त्र रच्छ, र तिनीहरूको ओठले कष्‍टबारे कुराकानी गर्छ ।
PRO 24:3 बुद्धिद्वारा घर निर्माण गरिन्छ, र समझशक्तिद्वारा यसलाई स्थापित गरिन्छ ।
PRO 24:4 ज्ञानद्वारा सारा बहुमूल्य र उत्कृष्‍ट थोकहरूले कोठाहरू भरिन्छन् ।
PRO 24:5 बुद्धिमान् योद्धा बलियो हुन्छ, र ज्ञानी मानिसले आफ्नो शक्ति बढाउँछ ।
PRO 24:6 किनभने बुद्धिमानी निर्देशनद्वारा तैँले आफ्नो युद्ध लड्न सक्छस्, र धेरै परामर्शदाताहरूद्वारा विजय हासिल गरिन्छ ।
PRO 24:7 मूर्खको लागि बुद्धि अति उच्‍च हुन्छ । ढोकामा त्यसले आफ्नो मुख खोल्दैन ।
PRO 24:8 खराबी गर्न योजनाहरू बनाउने एउटा छ जसलाई मानिसहरू “षड्यन्त्रकारीको गुरु” भन्छन् ।
PRO 24:9 मूर्ख योजना पाप हो, र मानिसहरूले खिल्ली उडाउनेलाई तुच्छ ठान्छन् ।
PRO 24:10 कष्‍टको दिनमा तँ डरले कमजोर भइस् भने तेरो शक्ति क्षीण हुने छ ।
PRO 24:11 मृत्युको लागि लगिँदै गरेकाहरूलाई छुटकारा दे, र मारिनका लागि ढुनमुनिएकाहरूलाई बचा ।
PRO 24:12 “हामीलाई यस विषयमा केही थाहा थिएन,” भनी तैँले भनिस् भने के हृदयको जाँच गर्नुहुनेले तैँले भनिरहेको कुरालाई बुझ्नुहुन्‍न र ? तेरो जीवनको रखवाली गर्नुहुनेलाई के यो कुरा थाहा छैन र ? के परमेश्‍वरले हरेकलाई त्यसको प्रतिफलअनुसार दिनुहुन्‍न र ?
PRO 24:13 हे मेरो छोरो, मह खा, किनकि यो गुलियो हुन्छ, किनकि महको चाकाबाटको महको स्वाद तँलाई गुलियो हुन्छ ।
PRO 24:14 तेरो प्राणको लागि बुद्धि यही होः तैँले यसलाई भेट्टाइस् भने तेरो भविष्य सुन्दर हुने छ, र तेरो आशा निराश हुने छैन ।
PRO 24:15 धर्मात्माको घरमाथि आक्रमण गर्ने दुष्‍ट मानिसजस्तै ढुकेर नबस् । त्यसको घर नभत्का ।
PRO 24:16 किनकि धर्मात्मा सात पटक लोट्छ र फेरि उठ्छ, तर दुष्‍ट मानिसहरू विपत्तिद्वारा तल खसालिन्छन् ।
PRO 24:17 तेरो शत्रुको पतन हुँदा उत्सव नमना, र त्यसले ठक्‍कर खाँदा तेरो हृदयलाई प्रसन्‍न हुन नदे ।
PRO 24:18 नत्रता परमप्रभुले देख्‍नुहुने छ र असहमति जनाउनुहुने छ अनि त्यसबाट आफ्नो क्रोध हटाउनुहुने छ ।
PRO 24:19 खराबी गर्नेहरूको कारण चिन्ता नमान्, र दुष्‍ट मानिसहरूको ईर्ष्या नगर् ।
PRO 24:20 किनभने दुष्‍ट मानिसको कुनै भविष्य छैन, र दुष्‍ट मानिसको बत्ती निभाइने छ ।
PRO 24:21 हे मेरो छोरो, परमप्रभुको भय मान्, र राजादेखि डरा । तिनीहरूको विरुद्धमा लाग्‍नेहरूको सङ्गत नगर् ।
PRO 24:22 किनभने उहाँहरूको विपत्ति अकस्मात आइपर्ने छ, र उहाँहरू दुवैबाट आउने विनाशको मात्रा कसलाई थाहा छ र ?
PRO 24:23 यी पनि बुद्धिमान्‌का नीति-वचनहरू हुन् । मुद्दाको न्यायमा पक्षपात गर्नु राम्रो होइन ।
PRO 24:24 दुष्‍ट मानिसलाई “तिमी धर्मात्मा हौ,” भनी भन्‍ने कुनै पनि व्यक्ति मानिसहरूद्वारा श्रापित हुने छ, र जाति-जातिहरूद्वारा घृणित हुने छ ।
PRO 24:25 तर दुष्‍टलाई अनुशासनमा राख्‍नेहरू आनन्दित हुने छन्, र तिनीहरूमा भलाइका उपहारहरू आउने छन् ।
PRO 24:26 इमानदार जवाफ दिनेले ओठमा चुम्बन दिन्छ ।
PRO 24:27 तेरो बाहिरको काम तयार गर्, र खेतबारीमा गरिने हरेक काम तँ आफैले तयार राख् । त्यसपछि तेरो घर बना ।
PRO 24:28 विनाकारण तेरो छिमेकीको विरुद्धमा साक्षी नबन्, र तेरो ओठले छल्ने काम नगर् ।
PRO 24:29 यसो नभन्, “त्यसले मलाई गरेजस्तै म त्यसलाई गर्ने छु । त्यसले मलाई गरेको साटो म लिने छु ।”
PRO 24:30 म अल्छे मानिसको खेतनेरबाट गएँ, बेसमझ मानिसको दाखबारीबाट भएर गएँ ।
PRO 24:31 जताततै काँढाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकिएको थियो, र यसको ढुङ्गाको पर्खाल तोडिएको थियो ।
PRO 24:32 तब मैले देखेका कुरामा मैले विचार गरेँ । मैले हेरेँ र अर्ती प्राप्‍त गरेँ ।
PRO 24:33 क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्‍ने कामले
PRO 24:34 गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ ।
PRO 25:1 यी सोलोमनका थप हितोपदेश हुन् जसलाई यहूदाका राजा हिजकियाका मानिसहरूले प्रतिलिपि गरे ।
PRO 25:2 कुनै विषय गोप्य राख्‍नुमा परमेश्‍वरको महिमा हुन्छ, तर यसको खोजी गर्नु राजाहरूको महिमा हो ।
PRO 25:3 जसरी आकाशहरू उचाइका लागि हुन्, र पृथ्वी गहिराइको लागि हो, त्यसै गरी राजाहरूको हृदय खोजी गर्न नसकिने खालको हुन्छ ।
PRO 25:4 चाँदीबाट कसर निकालिदे, र धातुको काम गर्नेले त्यसलाई चाँदीलाई आफ्नो शिल्पकृतिमा प्रयोग गर्न सक्छ ।
PRO 25:5 त्यसै गरी, राजाको उपस्थितिबाट दुष्‍ट मानिसहरूलाई हटाइदे, र तिनको सिंहासन ठिक काम गरेर स्थापित हुने छ ।
PRO 25:6 राजाको उपस्थितिमा आफैलाई नउचाल्, र उच्‍च मानिसहरूलाई तोकिएको ठाउँमा नबस् ।
PRO 25:7 उच्‍च मानिसहरूको सामु तेरो अपमान हुनुभन्दा त बरु तँलाई “यहाँ माथि आऊ” भन्‍नु उत्तम हुन्छ ।
PRO 25:8 तैँले जे देखेको छस्, त्यसलाई झट्टै अदालतमा नलैजा । किनकि तेरो छिमेकीले तँलाई लाजमा पार्दा अन्त्यमा तँ के गर्ने छस् ?
PRO 25:9 तेरो मुद्दालाई तँ र तेरो छिमेकीको बिचमा बहस गर्, र अर्कोको गुप्‍त कुरोलाई प्रकट नगर् ।
PRO 25:10 नत्रता सुन्‍ने व्यक्तिले तँमाथि लाज र तेरो विषयमा भएको खराब प्रतिवेदन ल्याउने छ जसलाई चुप गराउन सकिँदैन ।
PRO 25:11 ठिक अवस्थामा बोलिएको वचन चाँदीमा जडान गरिएको सुनका स्याउहरूजस्तै हुन्छन् ।
PRO 25:12 सुनको औँठी वा निखुर सुनबाट बनेको गहना सुन्‍ने कानको लागि बुद्धिमान् हप्कीझैँ हो ।
PRO 25:13 कटनीको समयमा हिउँको शीतलझैँ विश्‍वासयोग्य दूत त्यसलाई पठाउनेहरूका लागि हुन्छ । त्यसले आफ्ना मालिकहरूको जीवन फर्काएर ल्याउँछ ।
PRO 25:14 आफूले नदिएको उपहारबारे धाक लगाउने मानिस पानीविनाको बादल र बतासझैँ हुन्छ ।
PRO 25:15 धैर्यताले शासकलाई पनि मनाउन सकिन्छ, र कोमल जिब्रोले हड्‍डीलाई गलाउन सक्छ ।
PRO 25:16 मह पाइस् भने चाहिँदो मात्रामा खा । नत्रता अत्यधिक खाइस् भने तैँले बान्ता गर्छस् ।
PRO 25:17 आफ्नो छिमेकीको घरमा अक्सर जाने नगर् । त्यो तँदेखि वाक्‍क भएर तँलाई घृणा गर्छ ।
PRO 25:18 आफ्नो छिमेकीको विरुद्धमा झुटो साक्षी दिने मानिस युद्धमा प्रयोग गरिने लट्ठी, तरवार वा तिखो काँडजस्तै हो ।
PRO 25:19 तैँले कष्‍टको समयमा भरोसा गर्ने अविश्‍वासयोग्य मानिस दुःखेको दाँत वा चिप्लने खुट्टाजस्तै हो ।
PRO 25:20 जाडो मौसममा खास्टो खोसेर लैजाने मानिस वा सोडामा सिर्का खन्याएझैँ दुःखित हृदय भएकोलाई गीत गाउने मानिसझैँ हुन्छ ।
PRO 25:21 तेरो शत्रु भोकाएको छ भने त्यसलाई खानलाई भोजन दे, र त्यो तिर्खाएको छ भने त्यसलाई पिउनलाई पानी दे ।
PRO 25:22 किनकि त्यसो गर्नाले तैँले त्यसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउने छस्, र परमप्रभुले तँलाई इनाम दिनुहुने छ ।
PRO 25:23 जसरी उत्तरी बतासले पक्‍कै वृष्‍टि ल्याउँछ, त्यसै गरी गुप्‍त कुराहरू बताउने जिब्रोले क्रुद्ध अनुहार ल्याउँछ ।
PRO 25:24 झगडालु पत्‍नीसँग एउटै घरमा बस्‍नुभन्दा कौसीको कुनामा बस्‍नु बेस हुन्छ ।
PRO 25:25 तिर्खाएको मानिसलाई चिसो पानी जस्तो हुन्छ, टाढाको देशबाट आएको शुभ खबर त्यस्तै हुन्छ ।
PRO 25:26 हिलोको फुहारा वा दूषित कुवाझैँ दुष्‍ट मानिसको सामु लर्खराउँदै हिँड्ने धर्मी मानिस हुन्छ ।
PRO 25:27 अत्यधिक मह खानु राम्रो हुँदैन । त्यसो गर्नु भनेको मान-सम्मान खोजीरहनुजस्तै हो ।
PRO 25:28 आत्मसंयमविनाको मानिस दरार भएको वा पर्खालविनाको सहरजस्तै हो ।
PRO 26:1 ग्रिष्म ऋतुमा हिउँ वा फसलको समयमा झरी परेझैँ मूर्ख आदरको योग्य हुँदन ।
PRO 26:2 भुर्र उड्ने भँगेरो र हानिएर जाने गौँथलीझैँ कारणविनाको श्राप पनि लाग्दैन ।
PRO 26:3 कोर्रा घोडाको लागि हो; लगाम गधाको लागि हो र लट्ठी मूर्खहरूको पिठिउँको लागि हो ।
PRO 26:4 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदे, नत्रता तँ त्योजस्तै हुने छस् ।
PRO 26:5 मूर्खलाई जवाफ दे र त्यसको मूर्खतामा मिल् ताकि त्यो त्यसको आफ्नै दृष्‍टिमा बुद्धिमान् नहोस् ।
PRO 26:6 मूर्खको हातमा सन्देश पठाउने मानिसले आफ्नै खुट्टामा बन्चरो हानेर हिंसा पिउँछ ।
PRO 26:7 पक्षाघातीका झुण्डिएका खुट्टाहरूझैँ मूर्खको मुखमा भएको हितोपदेश हुन्छ ।
PRO 26:8 मूर्खलाई आदन दिनु घुयेँत्रोमा ढुङ्गा बाँध्‍नुजस्तै हो ।
PRO 26:9 मतवालाको हातमा काँढा भएझैँ मूर्खको मुखमा भएको हितोपदेश हो ।
PRO 26:10 मूर्ख वा बटुवालाई ज्यालामा काम लगाउनु धनुर्धारीले त्यसको वरिपरि भएका सबैलाई काँड हानी चोट पुर्‍याउनुजस्तै हो ।
PRO 26:11 जसरी कुकुर आफ्नै बान्तामा फर्केर आउँछ, त्यसै गरी मूर्खले आफ्नो मूर्खता दोहोर्‍याउँछ ।
PRO 26:12 के तैँले आफ्नै दृष्‍टिमा बुद्धिमान् भएको कुनै मानिसलाई देखेको छस् ? त्यसको भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।
PRO 26:13 अल्छे मानिसले भन्छ, “सडकमा सिंह छ । खुला ठाउँहरूका बिचमा सिंह छ ।”
PRO 26:14 ढोका आफ्नो कब्जामा यताउता हल्लेझैँ अल्छे मानिस आफ्नो खाटमा पल्टन्छ ।
PRO 26:15 अल्छे मानिसले आफ्नो हात थालमा गाड्छ, र त्यसलाई आफ्नो मुखसम्म पुर्‍याउन पनि त्योसित शक्ति हुँदैन ।
PRO 26:16 सही न्यायसहित प्रतिक्रिया दिने सात जना मानिसभन्दा अल्छे मानिस त्यसको आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ ।
PRO 26:17 कुकुरको कान समात्‍ने मानिस आफूसित सम्बन्धित नभएको झगडामा रिसाउने बटुवाजस्तै हो ।
PRO 26:18 त्यो घातक काँड हान्‍ने बौलाहा मानिसजस्तो हो,
PRO 26:19 जसले आफ्नो छिमेकीलाई धोका दिइसकेपछि भन्छ, “के मैले ठट्टा गर्दै थिइनँ र ?”
PRO 26:20 दाउराको कमीले आगो निभ्छ, र जहाँ कुरौटो हुँदैन त्यहाँ झगडाको अन्त्य हुन्छ ।
PRO 26:21 जसरी भुङ्ग्रोको लागि कोइला र आगोको लागि दाउरा हो, त्यसै गरी झगडालु मानिस कलह सल्काउनको लागि हो ।
PRO 26:22 कुरौटेका वचनहरू स्वादिष्‍ट गाँसजस्तै हुन्छन् । ती शरीरको भित्री भागसम्म प्रवेश गर्छन् ।
PRO 26:23 माटोको भाँडामा चल्काउने जलप लाएझैँ आघात पुर्‍याउने ओठ र दुष्‍ट हृदय हुन्छ ।
PRO 26:24 अरूहरूलाई घृणा गर्नेले आफ्नो ओठले आफ्ना भावना लुकाउँछ, तर भित्रपट्टि भने त्यसले छलछामलाई आश्रय दिन्छ ।
PRO 26:25 त्यसले अनुग्रही भएर बोले तपानि त्यसमाथि विश्‍वास नगर्, किनकि त्यसको हृदयमा सातवटा घृणित कुरा छन् ।
PRO 26:26 त्यसको घृणालाई छलले ढाकिएको भए तापनि त्यसको दुष्‍टता सभामा खुला हुने छ ।
PRO 26:27 खाडल खन्‍ने मानिस त्यसभित्र जाकिन्छ, र ढुङ्गा गुडाउने मानिसमा नै त्यो ढुङ्गा फर्केर आउने छ ।
PRO 26:28 झुट बोल्ने जिब्रोले पीडामा परेकाहरूलाई घृणा गर्छ, र चापलुसी घस्‍ने मुखले विनाश ल्याउँछ ।
PRO 27:1 भोलीको विषयमा घमण्ड नगर्, किनकि एकै दिनमा के आइपर्छ भनी तँलाई थाहा छैन ।
PRO 27:2 कसैले तेरो प्रशंसा गरोस्, तेरै आफ्नै मुखले होइन; परदेशीले गरोस्, तेरो ओठले होइन ।
PRO 27:3 ढुङ्गाको बोझ र बालुवाको ओजनलाई विचार गर् । मूर्खको चिढ्याइ ती दुवैभन्दा गरुङ्गो हुन्छ ।
PRO 27:4 झोँकको क्रोध र रिसको बाढी छ, तर डाहको सामु को खडा हुन सक्छ र ?
PRO 27:5 गुप्‍त प्रेमभन्दा खुला हप्की बेस हो ।
PRO 27:6 मित्रले दिएको चोट पत्यारलाग्दो हुन्छ, तर शत्रुले तँलाई प्रचुर मात्रामा चुम्बन गर्न सक्छ ।
PRO 27:7 पेटभरि खाएको मानिसले महको चाकालाई पनि इन्कार गर्छ, तर भोकाएको व्यक्तिलाई हरेक तितो कुरो मिठो लाग्छ ।
PRO 27:8 आफ्नो गुँडबाट भट्किएर निस्केको चरा आफ्नो बासस्थानबाट बरालिएको मानिसझैँ हुन्छ ।
PRO 27:9 अत्तर र धूपले हृदयलाई आनन्द दिन्छ, तर मित्रको मिठास उसको इमानदार सल्लाहबाट आउँछ ।
PRO 27:10 आफ्नो मित्र र मित्रको बुबालाई नत्याग्, अनि तेरो विपत्तिको दिनमा तेरो भाइको घरमा नजा । टाढाको भाइभन्दा नजिकको छिमेकी उत्तम हुन्छ ।
PRO 27:11 हे मेरो छोरो, बुद्धिमान हो, र मेरो हृदयलाई आनन्दित तुल्या । तब मेरो खिल्ली उडाउनेलाई म जवाफ दिने छु ।
PRO 27:12 विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।
PRO 27:13 परदेशीको जमानी बस्‍नेको खास्टो पनि खोस्‍नू, र त्यसले अनैतिक स्‍त्रीको लागि यसो गरेको भए त्यो धरौटी राख्‍नू ।
PRO 27:14 कसैले आफ्नो छिमेकीलाई बिहान सबेरै चर्को सोरमा आशिष् दिन्छ भने, त्यो आशिष्‌लाई श्राप ठानिन्छ ।
PRO 27:15 झगडालु पत्‍नी वर्षाको समयमा एकहोरो तपतप चुहुने झरीजस्तै हो ।
PRO 27:16 त्यसलाई नियन्त्रण गर्नु बतासलाई नियन्त्रण गर्नुझैँ हो वा दाहिने हातमा तेललाई समात्‍नुझैँ हो ।
PRO 27:17 फलामले फलामलाई उध्याउँछ । त्यसै गरी, मानिसले आफ्नो मित्रलाई उध्याउँछ ।
PRO 27:18 अञ्‍जीरको रुख गोडमेल गर्नेले यसको फल खाने छ, र आफ्नो गुरुको रक्षा गर्नेले आदर पाउँछ ।
PRO 27:19 जसरी पानीले मानिसको अनुहार प्रतिबिम्बित गर्छ, त्यसै गरी मानिसको हृदयले उसको प्रतिबिम्बित गर्छ ।
PRO 27:20 जसरी पाताल र एब्बाड्‍डोन कहिल्यै सन्तुष्‍ट हुँदैनन्, त्यसै गरी मानिसका आँखा कहिल्यै सन्तुष्‍ट हुँदैनन् ।
PRO 27:21 चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, अनि मानिसको प्रशंसा हुँदा त्यसको जाँच हुन्छ ।
PRO 27:22 मूर्खलाई खलमा वा अन्‍नलाई झैँ जाँतोमा हालेर पिँधे तापनि त्यसको मूर्खता त्यसबाट हट्ने छैन ।
PRO 27:23 तेरा भेडा-बाख्राहरूको अवस्था राम्ररी थाहा गर, र तेरा गाईवस्तुहरूको बारेमा ध्यान दे ।
PRO 27:24 किनकि धन-सम्पत्ति सदाको लागि होइन । के मुकुट सबै पुस्ताभरि रहन्छ र ?
PRO 27:25 पराल कहिले हटाइन्छ र नयाँ पालुवा कहिले पलाउँछ अनि डाँडापाखाबाट घाँस कहिले बटुलिन्छ भनी तँलाई थाहा हुनुपर्छ ।
PRO 27:26 ती भेडाहरूले तेरो वस्‍त्र जुटाउने छन्, र बाख्राहरूले खेतको मूल्य जुटाउने छन् ।
PRO 27:27 तँ र तेरो घरानाको भोजनको लागि बाख्रीको दूध उपलब्ध हुने छ र त्यो तेरा नोकर्नीहरूलाई पोषण हुने छ ।
PRO 28:1 कसैले नलखेट्दा पनि दुष्‍ट मानिसहरू भाग्छन्, तर धर्मी मानिसहरू जवान सिंहझैँ निर्भीक हुन्छन् ।
PRO 28:2 देशको अधर्मको कारण त्यहाँ धेरै शासकहरू हुन्छन्, तर समझशक्ति र ज्ञान भएको मानिसले अमनचैन कायम राख्‍ने छ ।
PRO 28:3 एउटा गरिब मानिसमाथि थिचोमिचो गर्ने अर्को गरिब मानिस अन्‍न सखाप पार्ने मुसलधारे वर्षाजस्तो हो ।
PRO 28:4 व्यवस्था त्याग्‍नेहरूले दुष्‍ट मानिसहरूको प्रशंसा गर्छन्, तर व्यवस्था पालन गर्नेहरू तिनीहरूको विरुद्धमा लड्छन् ।
PRO 28:5 खराब मानिसले न्यायलाई बुझ्दैन, तर परमप्रभुको खोजी गर्नेहरूले हरेक कुरो बुझ्दछ ।
PRO 28:6 आफ्ना मार्गहरूमा टेडो हुने धनी मानिसभन्दा आफ्नो निष्‍ठामा हिँड्ने गरिब मानिस उत्तम हुन्छ ।
PRO 28:7 व्यवस्था पालन गर्ने छोरो समझदार हुन्छ, तर घिचावाको सङ्गत गर्नेले चाहिँ आफ्नो बुबालाई लज्‍जित तुल्याउँछ ।
PRO 28:8 धेरै ब्याज लगाएर आफ्नो सम्पत्ति बढाउने मानिसको धनलाई अर्कैले कुम्ल्याउँछ र त्यसले गरिबहरूमाथि दया देखाउँछ ।
PRO 28:9 कसैले व्यवस्था सुन्‍नबाट आफ्नो कान तर्कायो भने त्यसको प्रार्थना पनि घृणित हुन्छ ।
PRO 28:10 सोझाहरूलाई खराब मार्गमा लैजाने जो कोही पनि आफूले खनेको खाल्डोमा जाकिने छ, तर खोटरहित मानिसले असल पैतृक-सम्पत्ति पाउने छ ।
PRO 28:11 धनी मानिस आफ्नै दृष्‍टिमा बुद्धिमान् होला, तर समझशक्ति भएको गरिब मानिसले त्यसलाई पत्ता लगाउने छ ।
PRO 28:12 धर्मीहरू विजय हुँदा ठुलो महिमा हुन्छ, तर दुष्‍टहरूको उदय हुँदा मानिसहरू लुक्‍न थाल्छन् ।
PRO 28:13 आफ्ना पापहरू लुकाउनेको उन्‍नति हुने छैन, तर तिनलाई स्वीकार गरी त्याग्‍नेलाई कृपा देखाइने छ ।
PRO 28:14 सधैँ आदरसाथ जिउने आशिषित् हुने छ, तर आफ्नो हृदयलाई कठोर बनाउनेचाहिँ कष्‍टमा पर्ने छ ।
PRO 28:15 गर्जने सिंह वा झम्टने भालुझैँ मानिसहरूमाथि शासन गर्ने दुष्‍ट शासक हुन्छ ।
PRO 28:16 समझशक्ति कमी भएको शासक क्रुर हुन्छ, तर बेइमानीलाई घृणा गर्नेचाहिँको आयु लामो हुन्छ ।
PRO 28:17 कसैको रगत बगाएकोले मानिस दोषी छ भने त्यसको मृत्यु नभएसम्म त्यो भगुवा हुने छ र कसैले त्यसलाई सहायता गर्ने छैन ।
PRO 28:18 निष्‍ठासहित हिँड्ने सुरक्षित हुने छ, तर टेडो चाल भएको मानिस अकस्मात् पतन हुने छ ।
PRO 28:19 आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त अन्‍न हुने छ, तर बेकम्मा कोसिसको पछि लाग्‍नेचाहिँ दरिद्रताले भरिने छ ।
PRO 28:20 विश्‍वासयोग्य मानिसले धेरै आशिष्‌हरू पाउने छ, तर झट्टै धनी हुनेचाहिँ दण्डविना उम्कने छैन ।
PRO 28:21 पक्षपात गर्नु राम्रो होइन, तरै पनि एक टुक्रा रोटीको लागि मानिसले गलत काम गर्छ ।
PRO 28:22 कन्जुस मानिस धनको पछि लाग्छ, तर दरिद्रता त्यसमाथि आइपर्ने छ भनी त्यसलाई थाहै हुँदैन ।
PRO 28:23 फुर्क्याउने जिब्रो भएकोले भन्दा अनुशासनमा राख्‍नेले नै पछि बढी निगाह पाउँछ ।
PRO 28:24 आफ्ना बुबा र आमालाई लुटेर “त्यो पाप होइन” भनी बताउने मानिस बर्बादी ल्याउनेको मित्र हुन्छ ।
PRO 28:25 लोभी मानिसले द्वन्द्व निम्त्याउँछ, तर परमप्रभुमा भरोसा गर्नेको उन्‍नति हुने छ ।
PRO 28:26 आफ्नै हृदयमा भरोसा गर्ने मानिस मूर्ख हो, तर बुद्धिमा चल्नेचाहिँ खतराबाट टाढै बस्छ ।
PRO 28:27 गरिबलाई दिनेलाई कुनै कुराको अभाव हुँदैन, तर तिनीहरूप्रति आँखा चिम्लनेले धेरै श्राप पाउने छ ।
PRO 28:28 दुष्‍टहरूको उदय हुँदा मानिसहरू लुक्छन्, तर तिनीहरू नष्‍ट हुँदा धर्मीहरूको वृद्धि हुन्छ ।
PRO 29:1 धेरै पटक हप्की पाएर पनि हठी हुने मानिस निको नहुने गरी एकै क्षणमा नष्‍ट हुने छ ।
PRO 29:2 धर्मात्माहरूको वृद्धि हुँदा मानिसहरूले आनन्द मनाउँछन्, तर दुष्‍ट मानिस शासक बन्दा मानिसहरूले सुस्केरा हाल्छन् ।
PRO 29:3 बुद्धिलाई प्रेम गर्नेले आफ्नो बुबालाई प्रसन्‍न तुल्याउँछ, तर वेश्याहरूको सङ्गत गर्नेले आफ्नो सम्पत्ति नष्‍ट पार्छ ।
PRO 29:4 राजाले न्यायद्वारा देश सुदृढ बनाउँछ, तर घुस लिनले देशलाई तहसनहस पार्छ ।
PRO 29:5 आफ्नो छिमेकीलाई फुर्क्याउनेले त्यसका खुट्टाका लागि जाल फिजाइरहेको हुन्छ ।
PRO 29:6 खराब मानिसको पापमा पासो हुन्छ, तर धर्मात्माले गाएर आनन्द मनाउँछ ।
PRO 29:7 धर्मात्मालाई गरिबका अधिकारहरू थाहा हुन्छ, तर दुष्‍टले यस्तो ज्ञान बुझ्दैन ।
PRO 29:8 खिल्ली उडाउनेहरूले सहरमा आगो लगाउँछन्, तर बुद्धिमान्‌हरूले क्रोधलाई पाखा लगाउँछ ।
PRO 29:9 बुद्धिमान् मानिसले मूर्खसित तर्क-वितर्क गर्दा मूर्खले रिस प्रकट गरेर गिल्ला गर्छ र त्यहाँ चैन हुँदैन ।
PRO 29:10 रक्तपात गर्नेले खोटरहित मानिसलाई घृणा गर्छ, र सोझाहरूको ज्यान लिन खोज्छ ।
PRO 29:11 मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ ।
PRO 29:12 शासकले झुटो कुरोलाई ध्यान दियो भने त्यसका सबै कर्मचारी दुष्‍ट हुने छन् ।
PRO 29:13 गरिब र थिचोमिचो गर्ने मानिस उस्तै हुन्, किनकि परमप्रभुले नै दुवैका आँखामा दृष्‍टि दिनुहुन्छ ।
PRO 29:14 राजाले सत्यताद्वारा गरिबको न्याय गर्‍यो भने तिनको सिंहासन सदाको लागि स्थिर रहने छ ।
PRO 29:15 लट्ठी र सुधारले बुद्धि दिन्छन्, तर अनुशासनविनाको बालकले आफ्नी आमालाई लाजमा पार्छ ।
PRO 29:16 दुष्‍ट मानिसहरू शक्तिमा पुग्दा अधर्मको वृद्धि हुन्छ, तर धर्मी मानिसहरू ती दुष्‍ट मानिसहरूको पतन देख्‍ने छन् ।
PRO 29:17 आफ्नो छोरोलाई अनुशासनमा राख्, र त्यसले तैलाई चैन दिने छ; त्यसले तेरो जीवनमा आनन्द ल्याउने छ ।
PRO 29:18 जहाँ अगमवाणीय दर्शन हुँदैन, त्यहाँ मानिसहरू भाँडिन्छन्, तर व्यवस्था पालन गर्नेचाहिँ धन्यको हो ।
PRO 29:19 कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, किनकि त्यसले बुझे तापनि त्यहाँ कुनै प्रतिक्रिया हुँदैन ।
PRO 29:20 के आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई तँ देख्छस् ? त्यसको लागि भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।
PRO 29:21 जसले आफ्नो नोकरलाई आफ्नो बाल्यावस्थादेखि पुल्पुल्याउँछ, त्यसले अन्त्यमा कष्‍ट भोग्‍ने छ ।
PRO 29:22 रिसाएको मानिसले द्वन्द्व निम्त्याउँछ, र झोँकको मालिकले धेरै पाप गर्छ ।
PRO 29:23 मानिसले घमण्डले त्यसलाई तल खसाल्छ, तर विनम्र आत्मा भएको मानिसलाई आदर दिइने छ ।
PRO 29:24 चोरसित बाँडचुँड गर्नेले आफ्नै जीवनलाई घृणा गर्छ । त्यसले श्राप सुन्छ र केही भन्दैन ।
PRO 29:25 मानिसको डर पासोजस्तै हो, तर परमप्रभुमाथि भरोसा गर्नेचाहिँ सुरक्षित हुने छ ।
PRO 29:26 शासकको मुहार खोज्नेहरू धेरै छन्, तर मानिसको लागि न्याय परमप्रभुबाट नै आउँछ ।
PRO 29:27 अन्यायी मानिस धर्मात्माको लागि घृणित हुन्छ, र सोझो चाल भएको मानिस दुष्‍टको लागि घृणित हुन्छ ।
PRO 30:1 याकेका छोरा आगूरका वचनहरू अर्थात् ईश्‍वरवाणीः यी मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्:
PRO 30:2 निश्‍चय नै म कुनै पनि मानिसभन्दा पशुजस्तो छु, र मसित मानिसको समझशक्ति छैन ।
PRO 30:3 मैले बुद्धि प्राप्‍त गरेको छैनँ, न त मसित परमपवित्रको ज्ञान नै छ ।
PRO 30:4 स्वर्ग उक्लेर को तल झरेको छ र ? आफ्ना हातको मुट्ठीमा कसले बतासलाई बटुलेको छ र ? कसले पानीलाई आफ्नो खास्टोमा जम्मा गरेको छ र ? कसले पृथ्वीका कुना-कुनालाई स्थापित गरेको छ र ? उहाँको नाउँ के हो र उहाँका पुत्रको नाउँ के हो ? निश्‍चय नै तँलाई थाहा होला!
PRO 30:5 परमेश्‍वरको हरेक वचन जाँचिएको छ । उहाँमा शरण लिनेहरूका लागि उहाँ ढाल हुनुहुन्छ ।
PRO 30:6 उहाँका वचनहरूमा नथप् नत्रता उहाँले तँलाई अनुशासनमा राख्‍नुहुने छ, र तँ झुटो ठहरिने छस् ।
PRO 30:7 म तपाईंबाट दुईवटा कुरा माग्दछु । म मर्नुअगि ती मबाट नरोक्‍नुहोस् ।
PRO 30:8 व्यर्थता र झुटलाई मबाट पर राखिदिनुहोस् । मलाई दरिद्रता वा धन-सम्पत्ति नदिनुहोस् । मलाई आवश्यक पर्ने भोजन मात्र दिनुहोस् ।
PRO 30:9 किनकि मसित धेरै भए भने मैले तपाईंलाई इन्कार गरेर भनूँला, “परमप्रभु को हो र ?” वा गरिब भएँ भने, मैले चोरेर मेरा परमेश्‍वरको नाउँ अपवित्र तुल्याउँला ।
PRO 30:10 मालिकको सामु त्यसको नोकरको निन्दा नगर्, नत्रता त्यसले तँलाई सराप्‍ने छ, र तँ दोषी बन्‍ने छस् ।
PRO 30:11 आफ्ना बुबाहरूलाई सराप्‍ने र आमाहरूलाई आशिष् नदिने पुस्ता पनि छ ।
PRO 30:12 आफ्नै दृष्‍टिमा शुद्ध हुने पुस्ता पनि छ, तापनि तिनीहरू आफ्नो फोहोरबाट सफा भएका छैनन् ।
PRO 30:13 अहङ्कारी आँखा भएकाहरूको पुस्ता पनि छ, जसको हेराइ अति घृणास्पद हुन्छ ।
PRO 30:14 यस्तो पुस्ता पनि छ जसका दाँत तरवारहरू हुन्, र तिनीहरूका बङ्गारा छुराजस्तै छन्, ताकि तिनीहरूले देशबाट गरिबहरूलाई र मानव-जातिबाट खाँचोमा परेकाहरूलाई निल्न सकून् ।
PRO 30:15 जूकाका दुई छोरी छन् । “देऊ, देऊ” भन्दै तिनीहरू चिच्‍च्याउँछन् । तिनवटा कुरा छन् जुन कहिल्यै सन्तुष्‍ट हुँदैनन्, र चारवटा कुरा जसले कहिल्यै “पुग्यो” भन्दैनन् ।
PRO 30:16 पाताल, बाँझी स्‍त्री, पानीले कहिल्यै सन्तुष्‍ट नहुने जमिन र कहिल्यै “पुग्यो” नभन्‍ने आगो ।
PRO 30:17 बुबालाई खिल्ली उडाउने र आमाको आज्ञालाई खिसी गर्ने आँखालाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्ने छन्, र त्यसलाई गिद्धहरूले खाने छन् ।
PRO 30:18 तिनवटा कुरा छन्, जुन मेरा लागि ज्यादै उदेकका छन्, चारवटा छन्, जसलाई म बुझ्न सक्दिनँ:
PRO 30:19 आकाशमा चिलको चाल, चट्टानमा सर्पको चाल, समुद्रको बिचमा जहाजको चाल र तरुणीसित पुरुषको चाल ।
PRO 30:20 व्यभिचारी स्‍त्रीको चाल यस्तो हुन्छः त्यसले खाएर आफ्नो मुख पुछ्छे अनि भन्छे, “मैले कुनै गल्ती गरेकी छैनँ ।”
PRO 30:21 तिनवटा कुराबाट पृथ्वी काम्छ, र चारवटा कुरालाई यसले सहन सक्दैनः
PRO 30:22 राजा भएको नोकर, खानाले टन्‍न अघाएको मूर्ख,
PRO 30:23 विवाह गर्ने माया नपाएकी स्‍त्री र आफ्नी मालिक्‍नीलाई पन्छाएर उक्त ठाउँमा बस्‍ने नोकर्नी ।
PRO 30:24 पृथ्वीमा चारवटा कुरा साना छन्, र पनि तिनीहरू अत्यन्तै बुद्धिमान् छन्:
PRO 30:25 कमिलाहरू निर्बल प्राणी हुन्, तरै पनि तिनीहरूले ग्रीष्म ऋतुमा आफ्नो भोजन तयार पार्छन् ।
PRO 30:26 शापानहरू शक्तिशाली प्राणी होइनन्, तरै पनि पहरामा तिनीहरूले आफ्नो घर बनाउछन् ।
PRO 30:27 सलहहरूको कुनै राजा हुँदैन, तरै पनि तिनीहरू हुल बाँधेर अगाडि बढ्छन् ।
PRO 30:28 छेपाराहरूलाई तपाईंका दुईवटा हातले समात्‍न सकिन्छ, तरै पनि तिनीहरू राजदरबारमा पाइन्छन् ।
PRO 30:29 तिनवटा कुरा छन्, जो आफ्नो हिँडाइमा रवाफिला छन् र चारवटा छन् जुन शानसँग हिँड्छन्:
PRO 30:30 सिंह पशुहरूमध्ये सबैभन्दा शक्तिशाली हुन्छ, जो कुनै प्राणीदेखि तर्कंदैन ।
PRO 30:31 शानसँग हिँड्ने कुखुराको भाले, बोका र आफ्नो छेउमा सिपाहीहरू राखेर हिँड्ने राजा ।
PRO 30:32 आफैलाई उचालेर तँ मूर्ख भएको छस् भने वा तैँले खराबीको योजना रचेको छस् भने हातले तेरो मुख थुनिहाल् ।
PRO 30:33 जसरी दूध मथेर घिउ निस्कन्छ, र नाक ठोक्‍किँदा रगत निस्कन्छ, त्यसरी नै रिसमा गरिएको कामले द्वन्द्व उत्पन्‍न गराउँछ ।
PRO 31:1 राजा लमूएलका वचनहरू अर्थात् तिनकी आमाले सिकाएकी ईश्‍वरवाणीः
PRO 31:2 हे मेरो छोरो, हे मेरो गर्भको छोरो, हे मेरा भाकलहरूको छोरो, तँ के चाहन्छस् ?
PRO 31:3 स्‍त्रीलाई तेरो बल नदे वा राजाहरूलाई नष्‍ट गर्नेहरूलाई तेरा चालहरू नदे ।
PRO 31:4 यो राजाहरूका लागि होइन, हे लमूएल, राजाहरूले दाखमद्य पिउनुहुन्‍न वा शासकहरूले मदिराको लालसा गर्नुहुन्‍न ।
PRO 31:5 किनभने तिनीहरूले पिउँदा तिनीहरूले कानुनी आदेश बिर्सेका हुन्छन्, र कष्‍टमा परेकाहरू सबैका अधिकारलाई वञ्चित गरिदिन्छन् ।
PRO 31:6 नष्‍ट भइरहेकाहरूलाई मदिरा दे, र विरहमा भएकाहरूलाई दाखमद्य दे ।
PRO 31:7 त्यसले पिएर आफ्नो गरिबी भुल्ने छ, र त्यसले आफ्नो कष्‍टलाई सम्झने छैन ।
PRO 31:8 बोल्न नसक्‍नेहरू र नष्‍ट भइरहेकाहरूको अधिकारको लागि बोल् ।
PRO 31:9 आवाज उठा, र जे ठिक छ त्यसको नापअनुसार न्याय गर्, अनि गरिब र खाँचोमा परेकाहरूको अधिकारको निम्ति बोल् ।
PRO 31:10 कसले सुयोग्य पत्‍नी पाउन सक्छ ? उनको मूल्य रत्‍नहरूभन्दा बहुमूल्य हुन्छ ।
PRO 31:11 उनका पतिको हृदयले उनीमाथि भरोसा गर्छन्, र तिनी कहिल्यै गरिब हुने छैनन् ।
PRO 31:12 उनले तिनका लागि आफ्नो जीवनकालभरि खराब कुराहरू नभई असल कुराहरू गर्छिन्,
PRO 31:13 उनले ऊन र सनपाट रोज्छिन्, अनि आफ्ना हातले खुसी भएर काम गर्छिन् ।
PRO 31:14 उनी व्यापारी जहाजझैँ छिन् । उनले टाढाबाट आफ्नो भोजन ल्याउँछिन् ।
PRO 31:15 उनी राती नै उठ्छिन्, र आफ्नो परिवारलाई भोजन बाँड्छिन्, अनि आफ्ना चाकर्नीहरूलाई तिनीहरूका काम बाँडफाँड गरिदिन्छिन् ।
PRO 31:16 उनले सोचविचार गरेर एउटा खेत किन्छिन्, र आफ्नो हातको कमाइले दाखबारी लगाउँछिन् ।
PRO 31:17 उनी शक्तिले आभुषित हुन्छिन् र आफ्ना पाखुराहरूलाई बलियो बनाउँछिन् ।
PRO 31:18 उनको लागि केले मुनाफा ल्याउने छ भनी तिनी अनुमान गर्छिन् । रातैभरि उनको बत्ती निभ्दैन ।
PRO 31:19 उनले आफ्नो हात चर्खाको डन्डामा राख्छिन्, र आफ्नै औँलाले पिउरी समात्छिन् ।
PRO 31:20 उनले गरिब मानिसहरूप्रति आफ्नो मुट्ठी खोल्छिन् । उनले खाँचोमा परेकाहरूप्रति आफ्नो हात अगाडि बढाउँछिन् ।
PRO 31:21 आफ्नो परिवारमा हिउँ पर्दा उनी डराउँदिनन्, किनकि उनको परिवारका सबै सदस्यले सिन्दूरे रङका लुगा लगाउँछन् ।
PRO 31:22 उनले आफ्नो ओछ्यानको लागि तन्‍ना बनाउँछिन्, र उनले मसिनो गरी बाटेको सुतीको कपडाको लुगा लगाउँछिन् ।
PRO 31:23 उनका पति सहरको मूल ढोकामा देशका पाका मानिसहरूसित बस्दा सम्मानित हुन्छन् ।
PRO 31:24 उनले सुती कपडाका वस्‍त्रहरू बनाएर बेच्छिन्, र व्यापारीहरूलाई पटुका उपलब्ध गराउँछिन् ।
PRO 31:25 उनी शक्ति र आदरले आभुषित छिन्, अनि आउने समयको लागि उनी हाँस्‍न सक्छिन् ।
PRO 31:26 उनले बुद्धिसित आफ्नो मुख खोल्छिन्, र दयाको व्यवस्था उनको जिब्रोमा छ ।
PRO 31:27 उनले आफ्नो परिवारका चालहरूको रेखदेख गर्छिन्, र आलस्यको रोटी खाँदिनन् ।
PRO 31:28 उनका छोरा-छोरीहरू खडा भएर उनलाई धन्यको भन्छन्, र उनका पतिले यसो भन्दै उनको तारिफ गर्छन्,
PRO 31:29 “धेरै स्‍त्रीहरूले राम्ररी काम गरेका छन्, तर तिमीले तिनीहरू सबैलाई जितेकी छ्यौ ।”
PRO 31:30 सुन्दरता भ्रामक हुन्छ; सौन्दर्य व्यर्थको हुन्छ, तर परमप्रभुको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिने छ ।
PRO 31:31 उनको हातको कमाइ उनलाई नै दिनू, र उनका कामहरूले मूल ढोकामा उनको प्रशंसा गरून् ।
ECC 1:1 यी वचनहरू एक जना उपदेशकका हुन् जो दाऊदका छोरा र यरूशलेमका राजा थिए ।
ECC 1:2 उपदेशक यसो भन्छन्, “तुवाँलोको बाफ र बतासमा भएको मन्द हावाजस्तै हरेक कुरा व्यर्थ छ, जसले धेरै प्रश्‍न उब्जाउँछ ।
ECC 1:3 मानिसले सूर्यमूनि कठिन परिश्रम गर्दा सारा कामबाट उसले के लाभ पाउँछ र ?
ECC 1:4 एउटा पुस्ता जान्छ, र अर्को पुस्ता आउँछ, तर पृथ्वीचाहिँ सदासर्वदा रहिरहन्छ ।
ECC 1:5 सूर्य उदाउँछ, र अस्ताउँछ, अनि आफू उदाएको ठाउँमा चाँडै फर्केर जान्छ ।
ECC 1:6 बतास दक्षिणतिर बहन्छ, र अनि सधैँ उत्तरतिर चक्‍कर मार्छ । त्यो सधैँ आफ्नो मार्गमा जाने र फर्कने गर्छ ।
ECC 1:7 सबै नदी समुद्रमा बगेर जान्छन्, तर समुद्र कहिल्यै भरिँदैन । जहाँ नदीहरू बहन्छन्, तिनीहरू फेरि त्यहीँ जान्छन् ।
ECC 1:8 हरेक कुरो विरक्तलाग्दो छ, र कसैले यसको वर्णन गर्न सक्दैन । आँखाले जे देख्छ, त्यसबाट यो सन्तुष्‍ट हुँदैन, न त कानले जे सुन्छ, त्यसबाट यो सन्तुष्‍ट हुन्छ ।
ECC 1:9 जे भएको छ, त्यो हुने छ, र जे गरिएको छ, त्यो गरिने छ । सूर्यमूनि केही पनि नयाँ छैन ।
ECC 1:10 के यस्तो कुनै कुरो छ जसको विषयमा 'हेर्, यो त नयाँ छ' भन्‍न सकिन्छ ? जे अस्तित्वमा छ, त्यो लामो समयदेखि अस्तित्वमा रहिआएको छ, हामीभन्दा धेरै पहिले देखि रहँदै आएको छ ।
ECC 1:11 प्राचीन कालमा भएका कुराहरू कसैले सम्झन्छजस्तो छैन; धेरै पछि भएका कुराहरू र भविष्यमा हुने कुराहरू पनि कसैले सम्झने छजस्तो छैन ।”
ECC 1:12 म उपदेशक हुँ, र मैले यरूशलेममा राजा भएर शासन गरेको छु ।
ECC 1:13 आकाशमूनि गरिने हरेक कुरोलाई बुद्धिद्वारा अध्ययन गर्न र अनुसन्धान गर्न मैले मेरो मन लगाएँ । त्यो अनुसन्धान एउटा कष्‍टकर काम हो जुन परमेश्‍वरले मानिसहरूलाई व्यस्त राख्‍न दिनुभएको हो ।
ECC 1:14 मैले सूर्यमूनि गरिने सबै काम देखेको छु, र ती सबै व्यर्थ छन् र बतासलाई खेदेजस्तो हो
ECC 1:15 बाङ्गोलाई सोझो बनाउन सकिँदैन । हराएकोलाई गन्‍न सकिँदैन ।
ECC 1:16 मैले मेरो मनलाई यसो भनेको छु, “हेर्, यरूशलेममा मभन्दा अगि भएका सबैले भन्दा मैले धेरै बुद्धि प्राप्‍त गरेको छु । मेरो मनले धेरै बुद्धि र ज्ञान देखेको छ ।”
ECC 1:17 त्यसैले बुद्धि, पागलपन र मूर्खता जान्‍न मेरो मन लगाएँ । यो पनि बतासको रेखदेख गर्ने कोसिस रहेछ भनी मैले बुझेँ ।
ECC 1:18 किनकि बुद्धिको प्रशस्ततामा धेरै निराशा हुन्छ, र ज्ञान बढाउनेले पिर बढाउँछ ।
ECC 2:1 मैले मेरो मनमा भनेँ, “अब आइज । म तँलाई खुसीले जाँच गर्ने छु । त्यसैले सुख-विलास गर ।” तर यो पनि अस्थायी मन्द बतासमात्र रहेछ ।
ECC 2:2 मैले हाँसोको विषयमा भनेँ, “यो सन्काहा हो,” र सुख-विलासको विषयमा भनेँ, “यसको के फाइदा छ ?”
ECC 2:3 दाखमद्यले मेरा इच्छाहरूलाई कसरी तृप्‍त पार्ने भनी मैले मेरो मनमा अन्वेषण गरेँ । मैले अझै मूर्खतालाई पक्रिरहेको भए तापनि मैले मेरो मनलाई बुद्धिद्वारा डोर्‍याइन दिएँ । मानिसहरूको जीवन अवधिमा स्वर्गमूनि तिनीहरूको लागि के फाइदा छ भनेर म पत्ता लगाउन चाहन्थेँ ।
ECC 2:4 मैले ठुला-ठुला कुराहरू सम्पन्‍न गरेँ । मैले आफ्नो लागि घरहरू बनाएँ र दाखबारीहरू लगाएँ ।
ECC 2:5 मैले आफ्नो लागि बगैँचाहरू उद्यानहरू बनाएँ । मैले तिनमा हर किसिमका फलफुल लगाएँ ।
ECC 2:6 जङ्गलमा सिँचाइ गर्न मैले पानीका तलाउहरू बनाएँ अनि रुखहरू लहलह बढे ।
ECC 2:7 मैले कमारा-कमारीहरू किनेँ । मेरो दरबारमा जन्मेका कमराहरू पनि थिए । यरूशलेममा मभन्दा अगि शासन गरेका कुनै पनि राजाको भन्दा मेरो भेडा-बाख्राका बगाल र गाईवस्तुका बथान बढी थिए ।
ECC 2:8 मैले आफ्नो लागि चाँदी र सुन, राजाहरू र प्रान्तहरूका खजानाहरू थुपारेँ । मैले आफ्नो लागि गायक-गायिकाहरू अर्थात् मानव-जातिको मनोरञ्‍जन र धेरै उपपत्‍नीहरू राखेँ ।
ECC 2:9 यसरी यरूशलेममा मभन्दा अगि भएका सबैभन्दा म धेरै महान् र धेरै धनी भएँ, अनि बुद्धि मसितै थियो ।
ECC 2:10 मेरा आँखाले चाहेको कुनै पनि कुरो प्राप्‍त गर्नदेखि मैले रोकिनँ । मैले हृदयलाई कुनै पनि सुख-विलास रोकिनँ, किनकि मेरो हृदय मेरा सबै परिश्रममा आनन्दित हुन्थ्यो, र सुख-विलास मेरा सबै कामको लागि इनाम थियो ।
ECC 2:11 तब मेरा हातले सम्पन्‍न गरेका सबै काम र मैले गरेका कामलाई मैले निरीक्षण गरेँ, तर फेरि पनि हरेक थोक बाफ र बतासलाई खेदेजस्तै मात्र थियो । सूर्यमूनि कुनै लाभ थिएन ।
ECC 2:12 तब म बुद्धि, पागलपन र मूर्खताको विषयमा विचार गर्नतिर फर्किएँ । किनकि राजाले पहिले नै गरिसकेको कामभन्दा तिनको पछि आउनेले केचाहिँ बढी गर्न सक्छ र ?
ECC 2:13 जसरी अन्धकारभन्दा ज्योति उत्तम हो, त्यसै गरी मूर्खताभन्दा बुद्धिका फाइदाहरू रहेछन् भनी मैले बुझ्न थालेँ ।
ECC 2:14 बुद्धिमान् मानिसले आफ्नो शिरमा भएका आँखा त्यो कहाँ जाँदै छ भनी हेर्न प्रयोग गर्छ, तर मूर्खचाहिँ अन्धकारमा हिँड्छ । तर यी सबैमाथि उही दशा आइपर्छ भनी मलाई थाहा छ ।
ECC 2:15 तब मैले मेरो मनमा भनेँ, “मूर्खलाई जे हुन्छ, मलाई पनि त्यही हुने छ । त्यसैले म ज्यादै बुद्धिमान् भएकोमा केचाहिँ फरक पर्छ त ?” मैले मेरो मनमा निष्कर्ष निकालेँ, “यो पनि केवल बाफ हो ।”
ECC 2:16 किनकि मूर्खलाई झैँ बुद्धिमान् मानिसलाई पनि धेरै लामो समयसम्म सम्झँदैन । आउँदा दिनहरूमा हरेक कुरा बिर्सिएको हुने छ । बुद्धिमान् मानिस मूर्खझैँ मर्छ ।
ECC 2:17 सूर्यमूनि गरिएका सबै काम मेरो लागि खराबै मात्र भएकाले मैले जीवनको जाँच गरेँ । यसो हुनुको कारणचाहिँ हरेक कुरो बाफजस्तै हो र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।
ECC 2:18 सूर्यमूनि मैले काम गरेर हासिल गरेका मेरा सबै प्राप्‍तिहरूलाई मैले घृणा गरेँ, किनकि मैले ती मपछि आउनेको लागि छोड्नैपर्छ ।
ECC 2:19 किनकि त्यो बुद्धिमान् वा मूर्ख मानिस कुनचाहिँ हुने छ भनी कसलाई थाहा छ र ? तापनि सूर्यमूनि मेरो काम र बुद्धिले बनाएको हरेक कुरोमाथि त्यो मालिक हुने छ । यो पनि बाफ हो ।
ECC 2:20 त्यसकारण सूर्यमूनि मैले गरेका सबै कामको विषयमा मेरो मन निराश हुन थाल्यो ।
ECC 2:21 किनकि बुद्धि, ज्ञान र सिपले काम गर्ने कुनै मानिस होला, तर त्यसले आफूसित भएका सबै थोक अर्को मानिसलाई छाडिदिने छ । यो पनि बाफ र ठुलो दुर्भाग्य हो ।
ECC 2:22 किनकि सूर्यमूनि कडा मेहनतसाथ काम गर्ने र आफ्नो परिश्रमलाई पुरा गर्न कोसिस गर्ने मानिसले के लाभ पाउँछ र ?
ECC 2:23 हरेक दिन त्यसको काम दर्दनाक र तनावग्रस्त हुन्छ । त्यसैले रातमा त्यसको प्राणले विश्राम पाउने छैन । यो पनि बाफजस्तै हो ।
ECC 2:24 खानु, पिउनु र आफ्नो काममा भएको असल कुरोदेखि सन्तुष्‍ट हुनुभन्दा मानिसको लागि कुनै उत्तम कुरो छैन । यो सत्यताचाहिँ परमेश्‍वरको हातबाट आउँछ भनी मैले देखेँ ।
ECC 2:25 किनकि परमेश्‍वरविना कसले खान र कुनै पनि किसिमको सुख-विलासमा रमाउन सक्छ ?
ECC 2:26 परमेश्‍वरलाई खुसी पार्ने जो कसैलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ । तथापि पापीलाई चाहिँ परमेश्‍वरले उहाँलाई खुसी तुल्याउने मानिसको निम्ति जम्मा गर्ने र थुपार्ने काम दिनुहुन्छ । यो पनि बाफ र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।
ECC 3:1 हरेक कुराको लागि तोकिएको समय छ, र आकाशमूनि हरेक उद्धेश्यको लागि बेलाछ ।
ECC 3:2 जन्मने एउटा समय छ, र मर्ने एउटा समय । रोप्‍ने एउटा समय छ, र उखेल्ने एउटा समय ।
ECC 3:3 मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय । भत्काउने एउटा समय छ, र बनाउने एउटा समय ।
ECC 3:4 रुने एउटा समय छ, र हाँस्‍ने एउटा समय । शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय ।
ECC 3:5 ढुङ्गा फ्याँक्‍ने एउटा समय छ, र ती बटुल्ने एउटा समय । अरू मानिसलाई अङ्गाल्ने एउटा समय छ, र त्यसबाट अलग रहने एउटा समय ।
ECC 3:6 खोजी गर्ने एउटा समय छ, र खोज्न छाड्ने एउटा समय । राख्‍ने एउटा समय छ, र फाल्ने एउटा समय ।
ECC 3:7 लुगा च्यात्‍ने एउटा समय छ, र त्यसलाई मर्मत गर्ने एउटा समय । चुप लाग्‍ने एउटा समय छ, र बोल्ने एउटा समय ।
ECC 3:8 प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय । युद्ध गर्ने एउटा समय छ, र मिलाप गर्ने एउटा समय ।
ECC 3:9 कामदारले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र ?
ECC 3:10 मानव-जातिलाई पुरा गर्न परमेश्‍वरले दिनुभएको काम मैले देखेको छु ।
ECC 3:11 परमेश्‍वरले हरेक कुरोलाई त्यसको आफ्नो समयमा सुयोग्य बनाउनुभएको छ । उहाँले मानिसहरूका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ । तर मानव-जातिले सुरुदेखि अन्त्यसम्म परमेश्‍वरले गर्नुभएका कामहरू बुझ्न सक्दैन ।
ECC 3:12 मानिस बाँचुञ्‍जेलसम्म त्यो आनन्दित रहनु र असल गर्नुभन्दा त्यसको लागि अर्को कुनै उत्तम कुरो छैन भनी मलाई थाहा छ ।
ECC 3:13 हरेकले खानुपर्छ र पिउनुपर्छ, अनि आफ्ना सबै कामबाट आउने असल कुराहरूमा कसरी आनन्द मनाउने भनी बुझ्नुपर्छ । यो नै परमेश्‍वरको उपहार हो ।
ECC 3:14 मलाई थाहा छ, कि परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो रहिरहन्छ । त्यसमा केही थप्‍न सकिँदैन, न त त्यसबाट हटाउन सकिन्छ, किनकि परमेश्‍वरले नै त्यो गर्नुभएको हो ताकि मानिसहरू आदरसाथ उहाँकहाँ जाऊन् ।
ECC 3:15 जे अस्तित्वमा छ, त्यो पहिलेदेखि नै अस्तित्वमा रहेको छ । जे अस्तित्वमा रहने छ, त्यो पहिलेदेखि नै अस्तित्वमा रहेको छ । लुकिएका कुराहरूको खोजी गर्न परमेश्‍वरले मानिसहरूलाई बनाउनुहुन्छ ।
ECC 3:16 सूर्यमूनिको दुष्‍टतालाई मैले देखेको छु, जहाँ न्याय हुनुपर्थ्यो, र धार्मिकताको सट्टामा दुष्‍टता थियो ।
ECC 3:17 मैले मेरो मनमा भनेँ, “हरेक विषय र हरेक कामको लागि ठिक समयमा परमेश्‍वरले धर्मीहरू र दुष्‍टहरूको न्याय गर्नुहुने छ ।”
ECC 3:18 मैले मेरो हृदयमा भनेँ, “मानिसहरू पशुहरूजस्तै हुन् भनी देखाउन परमेश्‍वरले तिनीहरूको जाँच गर्नुहुन्छ ।”
ECC 3:19 किनकि मानव-जातिको अन्त्य र पशुहरूको अन्त्य समान छ । एउटाको मृत्यु अर्कोको जस्तै छ । तिनीहरू सबैको एउटै सास छ । मानव-जातिलाई पशुहरूलाई भन्दा बढी लाभ छैन । किनकि के सबै कुरा सास नै होइन र ?
ECC 3:20 हरेक कुरा उहाँ ठाउँमा जान्छ । हरेक कुरा धुलोबाट आउँछ, र धुलोमा नै फर्केर जान्छ ।
ECC 3:21 मानिसको आत्मा उँभोतिर र पशुको प्राण तलतिर माटोमा जान्छ भनी कसलाई थाहा छ र ?
ECC 3:22 त्यसैले मानिसको लागि आफ्नो काममा आनन्द लिनुभन्दा उत्तम कुरो छैन भनी फेरि मैले बुझेँ, किनकि त्यो नै त्यसको जिम्मेवारी हो । त्योभन्दा पछि के हुन्छ भनी देखाउन त्यसलाई कसले फर्काएर ल्याउन सक्छ र ?
ECC 4:1 फेरि एक पटक मैले सूर्यमूनि भएका सबै थिचोमिचोको विषयमा विचार गरेँ । मैले थिचोमिचोमा परेकाहरूको आँसु देखेँ, र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन । शक्ति तिनीहरूलाई थिचोमिचो गर्नेहरूको हातमा थियो, र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन ।
ECC 4:2 अझै बाँचिरहेकाहरूभन्दा पहिले नै मरेकाहरू बढी भाग्यमानी हुन् भनी मैले विचार गरेँ ।
ECC 4:3 तथापि, ती दुवैभन्दा पनि अझै नजन्मेकोचाहिँ बढी भाग्यमानी हो । त्यसले सूर्यमूनि गरिएको कुनै पनी खराब कामहरू देख्‍नै पाएको हुँदैन ।
ECC 4:4 तब हरेक परिश्रम र हरेक सिपालु काम आफ्नो छिमेकीको ईर्ष्याबाट आउँदोरहेछ भनी मैले देखेँ । यो पनि बाफ नै हो र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।
ECC 4:5 मूर्खले आफ्ना हात बाँधेर बस्छ, र कुनै काम गर्दैन । त्यसैले त्यसको भोजन त्यसको आफ्नै शरीर हुन्छ ।
ECC 4:6 बतासलाई खेद्‍ने कोसिसबाट प्राप्‍त दुई मुट्ठीभन्दा मौन कामबाट प्राप्‍त एक मुट्ठी लाभ उत्तम हुन्छ ।
ECC 4:7 त्यसपछि मैले सूर्यमूनि व्यर्थता अर्थात् हराएर जाने बाफको विषयमा अझै सोचविचार गरेँ ।
ECC 4:8 एउटा एक्लै बस्‍ने किसिमको मानिस छ । त्यसको कोही छैन, न छोरा, न दाजुभाइ । त्यसको कामको कुनै अन्त्य छैन, र त्यसका आँखा धन-सम्पत्ति आर्जन गर्नमा सन्तुष्‍ट हुँदैनन् । त्यो छक्‍क पर्छ, “मैले कसको लागि मेहनत गर्दै छु ? मैले किन सुख-विलासलाई त्याग्दै छु ?” यो पनि बाफ र खराब अवस्था हो ।
ECC 4:9 एकलोले भन्दा दुई जना मानिसले उत्तम काम गर्छ । सँगसँगै मिलेर तिनीहरूले आफ्नो परिश्रमको लागि राम्रो आम्दानी गर्न सक्छन् ।
ECC 4:10 एउटा खस्यो भने अर्कोले आफ्नो साथीलाई उठाउन सक्छ । तथापि एकलो भएको मानिस खस्दा त्यसलाई उठाउने कोही भएन भने त्यसलाई शोकले पिछा गर्छ ।
ECC 4:11 दुई जना सँगसँगै सुते भने न्यानो हुन्छ, तर एक जना मात्र त कसरी न्यानो हुने ?
ECC 4:12 एक जनालाई जित्‍न सकिन्छ, तर दुई जनाले आक्रमणको सामना गर्न सक्छन्, र तिन सूतले बाटेको डोरी झट्टै चुँडिँदैन ।
ECC 4:13 चेताउनीहरूलाई कसरी सुन्‍ने भनी नजान्‍ने वृद्ध र मूर्ख राजा हुनुभन्दा गरिब तर बुद्धिमान् जवान मानिस हुनु उत्तम हो ।
ECC 4:14 त्यो जवान मानिस झ्यालखानाबाट निस्केर राजा भए तापनि वा आफ्नै राज्यमा गरिब जन्मेको भए तापनि यो साँचो हुन्छ ।
ECC 4:15 मैले देखेँ, कि सूर्यमूनि हरेक जिउँदो मानिस र यताउता हिँडडुल गर्नेहरू त्यही जवान मानिससित हिँड्दै थिए जसले आफ्नो ठाउँ लिनै लागेको थियो ।
ECC 4:16 नयाँ राजाको आज्ञा मान्‍न चाहने सबै मानिसहरूका लागि कुनै अन्त्य छैन, तर पछि तिनीहरूमध्ये धेरैले युवकको प्रशंसा गर्ने छैनन् । निश्‍चय नै यो अवस्था पनि बाफ हो, र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।
ECC 5:1 परमेश्‍वरको भवनमा जाँदा आफ्ना कदमहरूको रखवाली गर् । मूर्खहरूको बलिदान चढाउनुभन्दा सुन्‍नलाई नजिक जा, किनकि के गल्ती गर्दै छन् भनी तिनीहरू बुझ्दैनन् ।
ECC 5:2 बोल्नमा हतार नगर्, र परमेश्‍वरको सामु आफ्नो विषय लैजान तेरो हृदयमा आतुरी नगर् । परमेश्‍वर स्वर्गमा हुनुहुन्छ, तर तँ पृथ्वीमा छस् । त्यसैले तेरा वचनहरू थोरै होऊन् ।
ECC 5:3 तैँले गर्नुपर्ने र चिन्ता लिनुपर्ने धेरै कुराहरू छन् भने तैँले सम्भवतः खराब सपना देख्‍ने छस् । तैँले जति धेरै बोल्छस्, सम्भवतः त्यति नै धेरै मूर्ख कुराहरू ओकल्छस् ।
ECC 5:4 तैँले परमेश्‍वरमा भाकल गर्दा त्यसलाई पुरा गर्न ढिलो नगर्, किनकि परमेश्‍वर मूर्खहरूसित रमाउनुहुन्‍न । तैँले जे गर्छु भनेर भाकल गरेको छस्, त्यो गरिहाल् ।
ECC 5:5 भाकल गरेर पुरा नगर्नु भन्दा भाकलै नगरेको उत्तम हुन्छ ।
ECC 5:6 तेरो शरीरलाई पाप गर्न तेरो मुखलाई अनुमति नदे । पुजारीको सन्देशवाहकलाई यसो नभन्, “त्यो भाकल भुल थियो ।” झुटो पाराले भाकल गरी परमेश्‍वरलाई किन रिस उठाउने ? तेरा हातको कामलाई नष्‍ट पार्न परमेश्‍वरलाई किन चिढ्याउने ?
ECC 5:7 किनकि धेरै शब्दहरूमा जस्तै धेरै कल्पनामा अर्थहीन बाफ हुन्छ । त्यसैले परमेश्‍वरको भय मान् ।
ECC 5:8 जब तैँले तेरो प्रान्तमा गरिबहरूलाई थिचोमिचो गरिएको र तिनीहरूबाट न्याय र असल व्यवहार खोसिएको देख्छस्, तब कसैलाई थाहै नभएजस्तै गरी चकित नहो, किनकि तिनीहरूको रेखदेख गर्ने मानिसहरू शक्तिमा छन्, र तिनीहरूभन्दा अझै उच्‍च पदमा रहेर तिनीहरूको रेखदेख गर्ने मानिसहरू पनि हुन्छन् ।
ECC 5:9 यस बाहेक, खेतबारीको उब्जनी हरेकको लागि हो, र राजा स्वयम्‌ले पनि खेतबारीबाट उब्जनी बटुल्छन् ।
ECC 5:10 चाँदीलाई प्रेम गर्ने चाँदीबाट सन्तुष्‍ट हुने छैन, र धन-सम्पत्तिलाई प्रेम गर्नेले सधैँ यसको बढी चाह गर्छ । यो पनि बाफ हो ।
ECC 5:11 जब समृद्धि बढ्छ, तब यसलाई खाने मुख पनि बढ्छ । मालिकले आफ्ना आँखाले धन-सम्पत्तिलाई हेर्नुभन्दा बाहेक उसलाई केचाहिँ बढी लाभ हुन्छ र ?
ECC 5:12 धेरै खाए पनि थोरै खाए पनि काम गर्ने मानिसको निद्रा मिठो हुन्छ, तर धनी मानिसको धन-सम्पत्तिले त्यसलाई राम्ररी सुत्‍न दिँदैन ।
ECC 5:13 सूर्यमूनि मैले एउटा खराबी देखेको छुः मालिकले आफ्नै दुर्दशाको निम्ति धन-सम्पत्ति थुपार्छ ।
ECC 5:14 जब धनी मानिसले दुर्भाग्यबाट आफ्नो धन-सम्पत्ति गुमाउँछ, तब त्यसले पालन-पोषण गरेको त्यसको आफ्नै छोरोको हातमा केही पनि हुँदैन ।
ECC 5:15 मानिस आफ्नी आमाको कोखबाट नाङ्गै आएजस्तै त्यो पनि नाङ्गै छाडिने छ । त्यसले आफ्नो हातमा आफ्नो परिश्रमको कुनै फल लैजान सक्दैन ।
ECC 5:16 अर्कोचाहिँ खराबी यही हो, कि मानिस जसरी आउँछ, त्यसरी नै फर्केर जान्छ । त्यसैले बतासको लागि काम गर्ने मानिसलाई केचाहिँ लाभ छ र ?
ECC 5:17 आफ्नो जीवनकालमा त्यसले नैराश्यमा खान्छ, अनि रोग र रिसबाट ज्यादै निराश हुन्छ ।
ECC 5:18 परमेश्‍वरले हामीलाई दिनुभएको यस जीवनकालमा सूर्यमूनि हामीले परिश्रम गर्दा हाम्रा सारा कामबाट प्राप्‍त कुराहरूको आनन्द मनाउनु, खानु र पिउनु नै ठिक र उचित हो भनी मैले देखेको छु । किनकि यो नै मानिसको जिम्मेवारी हो ।
ECC 5:19 जसलाई परमेश्‍वरले धन-सम्पत्ति र जग्गा-जमिन, अनि त्यसको काममा त्यसको हिस्सा प्राप्‍त गर्ने र आनन्द मनाउने खुबी दिनुभएको छ, त्योचाहिँ परमेश्‍वरको वरदान हो ।
ECC 5:20 किनकि त्यसले आफ्नो जीवनका दिनहरूको प्रायः स्मरण गर्दैन, किनकि परमेश्‍वरले त्यसलाई यस्ता कुराहरूमा व्यस्त पारिदिनुहुन्छ जसमा त्यो काम गर्नमा रमाउँछ ।
ECC 6:1 मैले सूर्यमूनि एउटा खराबी देखेको छु, र यसले मानिसहरूलाई सार्‍है थिचेको छ ।
ECC 6:2 मानिसले इच्छा गरेको कुनै पनि कुरो कमी नहोस् भनेरे परमेश्‍वरले उसलाई धन-सम्पत्ति, जग्गा-जमिन र मान-सम्मान दिनुहोला, तर त्यसपछि परमेश्‍वरले उसलाई त्यसको उपभोग गर्ने कुनै खुबी दिनुहुन्‍न । बरु त्यसको थोकहरू अरू कसैले उपभोग गर्दछ । यो बाफ र खराब पीडा हो ।
ECC 6:3 कुनै मानिस एक सय जना छोराछोरीको बुबा बन्यो र त्यो धेरै वर्षसम्म बाँच्यो अनि त्यसका दिनहरू धेरै भएर पनि असल कुराहरूले त्यसको हृदय सन्तुष्‍ट भएन र त्यसलाई गाडिएन भने त्यो मानिसभन्दा जन्मँदै मरेको बच्‍चा उत्तम हो ।
ECC 6:4 यस्तो बच्‍चा व्यर्थमा जन्मन्छ र अन्धकारमा लोप हुन्छ, अनि त्यसको नाउँ लुकेको अवस्थामा रहन्छ ।
ECC 6:5 त्यस बच्‍चाले घामलाई नदेखे तापनि र कुनै कुरा नजाने तापनि त्यस मानिसले भन्दा यसको विश्राम असल हुन्छ ।
ECC 6:6 मानिस दुई हजार वर्षसम्म बाँचेर पनि असल थोकहरूको आनन्द लिन पाउँदैन भने त्यो मानिस पनि त्यहीँ जान्छ, जहाँ हरेक मानिस जान्छ ।
ECC 6:7 मानिसका सबै काम त्यसको मुखको लागि हो, तापनि त्यसको भोक सन्तुष्‍ट हुँदैन ।
ECC 6:8 वास्तवमा मूर्खलाई भन्दा बुद्धिमान् मानिसलाई केचाहिँ बढी फाइदा छ र ? अरू मानिसहरूको सामुन्‍ने कसरी व्यवहार गर्ने भनी गरिब मानिसलाई थाहा भए तापनि त्यसलाई के लाभ हुन्छ र ?
ECC 6:9 भौँतारिहिँड्ने भोकको लालसाले गर्ने इच्छाभन्दा आँखाले जे देख्छ, त्यसबाट सन्तुष्‍ट हुनु उत्तम हुन्छ । यो पनि बाफ र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।
ECC 6:10 जे अस्तित्वमा रहेको छ, त्यसको पहिले नै नाउँ राखिएको छ, र मानव-जाति के हो भनी पहिले नै जानिएको छ । सबैका शक्तिशाली न्यायाधीशसित बहस गर्नु अर्थहीन भएको छ ।
ECC 6:11 जति धेरै वचन बोलिन्छ, त्यति नै धेरै व्यर्थताको वृद्धि हुन्छ । त्यसो भए, मानिसलाई के लाभ हुन्छ र ?
ECC 6:12 किनभने छायाझैँ बितिजाने मानिसको छोटो जीवनमा त्यसको व्यर्थताको बेलामा केचाहिँ असल हो भनी कसलाई थाहा हुन्छ र ? सूर्यमूनि मानिसको मृत्यु भएपछि के हुन्छ भनी कसले भन्‍न सक्छ र ?
ECC 7:1 महङ्गो अत्तरभन्दा असल नाउँ उत्तम हुन्छ, र जन्मको दिनभन्दा मृत्युको दिन राम्रो हुन्छ ।
ECC 7:2 भोजको घरमा जानुभन्दा शोकको घरमा जानु उत्तम हुन्छ, किनकि जीवनको अन्त्यमा सबै मानिसका शोक आउँछ । जीवित मानिसहरूले यसलाई मनमा राख्‍नैपर्छ ।
ECC 7:3 हाँसोभन्दा अफसोस उत्तम हो, किनकि शोकित अनुहारपछि हृदयको प्रसन्‍नता आउँछ ।
ECC 7:4 बुद्धिमान्‌को हृदय शोकको घरमा हुन्छ, तर मूर्खहरूको हृदय भोजको घरमा हुन्छ ।
ECC 7:5 मूर्खहरूको गीत सुन्‍नुभन्दा बुद्धिमान्‌को हप्की सुन्‍नु उत्तम हो ।
ECC 7:6 किनभने मूर्खहरूको हाँसो भाँडामुनि पड्कने काँढाको आगोझैँ हुन्छ । यो पनि बाफ हो ।
ECC 7:7 करकापले निश्‍चय नै बुद्धिमान् मानिसलाई मूर्ख बनाउँछ, र घुसले हृदयलाई भ्रष्‍ट पार्छ ।
ECC 7:8 कुनै पनि कुरो सुरुभन्दा अन्त्य राम्रो हो, र हृदयमा घमण्ड हुनुभन्दा हृदयमा धैर्यवान् हुनु उत्तम हुन्छ ।
ECC 7:9 आत्मामा क्रोधित हुन हतार नगर्, किनकि क्रोधले मूर्खहरूको हृदयमा बास गर्छ ।
ECC 7:10 यसो नभन्, “यीभन्दा पाकाहरूका दिन किन उत्तम हुन्छ ?” किनकि बुद्धिको कारण तैँले यो प्रश्‍न सोधेको होइन ।
ECC 7:11 पैतृक-सम्पत्तिजस्तै बुद्धि राम्रो कुरो हो । यसले सूर्य देख्‍नेहरूलाई लाभ दिन्छ ।
ECC 7:12 किनकि रुपियाँ-पैसाले सुरक्षा दिएजस्तै बुद्धिले पनि सुरक्षा दिन्छ, तर ज्ञानको फाइदा यही हो, कि बुद्धि भएको मानिसलाई यसले जीवन दिन्छ ।
ECC 7:13 परमेश्‍वरका कामहरूलाई विचार गर्: उहाँले बाङ्गो बनाउनुभएकोलाई कसले सिधा पार्न सक्छ ?
ECC 7:14 समय राम्रो हुँदा त्यस राम्रो समयमा खुसी भएर बस्, तर समय नराम्रो हुँदा यो कुरा विचार गर्: परमेश्‍वरले दुवैलाई आमनेसामने रहने अनुमति दिनुभएको छ । यही कारणले गर्दा मानिसको पछि के हुँदै छ भनी कसैले पत्ता लगाउने छैन ।
ECC 7:15 मेरा बेकम्मा दिनहरूमा मैले धेरै कुराहरू देखेको छु । धर्मात्माहरूको धार्मिकताको बाबजुत पनि तिनीहरू नष्‍ट हुन्छ, र दुष्‍टहरूको दुष्‍टताको बाबजुत पनि तिनीहरू धेरै वर्षसम्म बाँच्छन् ।
ECC 7:16 स्वधर्मी नबन्; तेरो आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन् । तँ किन आफैलाई नष्‍ट गर्छस् ?
ECC 7:17 ज्यादै दुष्‍ट र मूर्ख नबन् । तेरो समय आउनुअगि नै तँ किन मर्छस् ?
ECC 7:18 यो बुद्धिलाई पक्रेर राख्‍नु र धार्मिकतालाई जान नदिनु तेरो लागि राम्रो हुन्छ । किनकि परमेश्‍वरको भय मान्‍ने मानिसले त्यसका सबै कर्तव्य पुरा गर्ने छ ।
ECC 7:19 कुनै सहरमा भएको दस जना शासकभन्दा बुद्धिमान् मानिससित भएको बुद्धि शक्तिशाली हुन्छ ।
ECC 7:20 पृथ्वीमा भलाइ गर्ने र कहिल्यै पाप नगर्ने धर्मी मानिस छैन ।
ECC 7:21 बोलिएको हरेक वचनलाई नसुन्, किनकि त्यसो गर्दा तैँले तेरो नोकरको श्रापलाई पनि सुन्लास् ।
ECC 7:22 त्यसै गरी, तेरो हृदयमा तैँले प्रायः धेरैलाई सरापेको छस् भनी तँलाई थाहा छ ।
ECC 7:23 मैले बुद्धिले यी सबै प्रमाणित गरेको छु । मैले भनेँ, “म बुद्धिमान् बन्‍ने छु,” तर यो मैले सक्‍नेभन्दा परको कुरो थियो ।
ECC 7:24 बुद्धि धेरै टाढा र निकै गहिरो छ । कसले यसलाई पाउन सक्छ र ?
ECC 7:25 बुद्धि र वास्तविकताको विषयमा सिक्‍न, जाँच गर्न र खोज्न अनि खराबी बेवकुफ हो र मूर्खताचाहिँ पागलपन हो भनी बुझ्न मैले मेरो मन लगाएँ ।
ECC 7:26 पासो र जालहरूले भरिएकी कुनै पनि स्‍त्रीको मृत्यभन्दा त्योचाहिँ बढी तितो भएको मैले पाएँ । परमेश्‍वरलाई खुसी पार्ने जो कोही त्यस स्‍त्रीबाट भाग्‍ने छ, तर पापीलाई भने त्यसले लिएर जान्छे ।
ECC 7:27 “मैले जे पत्ता लगाएको छु, त्यसलाई विचार गर्,” उपदेशक भन्छन् । “वास्तविकताको व्याख्या पत्ता लगाउन मैले एकपछि अर्को खोज थप्दै आएको छु ।
ECC 7:28 मैले अझै पनि यसको खोजी गर्दै छु, तर मैले यसलाई भेट्टाएको छैनँ । मैले एक हजार पुरुषका बिचमा एउटा धर्मी मानिस भेट्टाएँ, तर स्‍त्रीहरूका बिचमा एउटै पनि भेट्टाइनँ ।
ECC 7:29 मैले पत्ता लगाएको कुरो केवल यही होः परमेश्‍वरले मानव-जातिलाई सोझो सृष्‍टि गर्नुभयो, तर धेरै कठिनाइको खोजी गर्दै तिनीहरू तर्केर गएका छन् ।”
ECC 8:1 बुद्धिमान् मानिस को हो ? जीवनमा आइपर्ने घटनाहरूको अर्थ के हो भनी कसलाई थाहा हुन्छ र ? मानिसमा भएको बुद्धिले उसको मुहार चम्काउँछ, र उसको मुहारको कठोरता बद्लिन्छ ।
ECC 8:2 राजाको रक्षा गर्ने परमेश्‍वरको शपथको कारण तिनको आज्ञा मान्‍न म तँलाई सल्लाह दिन्छु ।
ECC 8:3 तिनको उपस्थितिबाट बाहिरिन हतार नगर्, र कुनै पनि गलत कुराको समर्थनमा खडा नहोओ, किनकि राजाले इच्छा गरेअनुसार काम गर्छन् ।
ECC 8:4 राजाको वचनले शासन गर्छ । त्यसले कसले तिनलाई यसो भन्‍न सक्छ, “तपाईं के गर्दै हुनुहुन्छ ?”
ECC 8:5 राजाको आज्ञा पालन गर्नेले नोक्सानी हटाउँछ । बुद्धिमान् मानिसको हृदयले समयको उचित मार्ग र तरिका जान्दछ ।
ECC 8:6 हरेक विषयको लागि ठिक प्रतिक्रिया र प्रतिक्रिया दिने समय छ, किनकि मानिसका कष्‍टहरू धेरै छन् ।
ECC 8:7 पछि के हुँदै छ भनी कसैलाई थाहा छैन । के हुँदै छ भनी त्यसलाई कसले बताउन सक्छ र ?
ECC 8:8 सास नै रोक्‍न सक्‍ने गरी कोही पनि आफ्नो सासको शासक हुँदैन, र त्यसको मृत्यको दिनमाथि कसैको शक्ति हुँदैन । युद्धको समयमा कुनै सेनालाई पनि बिदा दिइँदैन, र दुष्‍टताले यसका दासहरूलाई छुटकारा दिने छैन ।
ECC 8:9 मैले यी सबै बुझेको छु । सूर्यमूनि गरिने हरेक कामको लागि मैले मेरो मेरो मन लगाएको छु । एउटा मानिसले अर्को मानिसलाई चोट लगाउने गरी थिचोमिचो गर्ने समय पनि छ ।
ECC 8:10 यसरी दुष्‍टहरूलाई सार्वजनिक रूपमा गाडिएको मैले देखेँ । तिनीहरूलाई पवित्र स्थानबाट लगियो र गाडियो, अनि तिनीहरूले दुष्‍ट कामहरू गरेकै सहरका मानिसहरूले तिनीहरूको प्रशंसा गरे । यो पनि अर्थहीन छ ।
ECC 8:11 दुष्‍ट अपराधको विरुद्धमा जारी गरिएको मृत्युदण्डलाई झट्टै कार्यान्यन नगरिँदा यसले मानिसको हृदयलाई खराब काम गर्न उस्काउँछ ।
ECC 8:12 पापीले एक सय पटक खराबी गरी त्यो धेरै वर्षसम्म बाँचे तापनि परमेश्‍वरको आदर गर्ने, उहाँको सामु खडा हुने र उहाँलाई आदर दिनेहरूलाई असलै हुने छ भनी मलाई थाहा छ ।
ECC 8:13 तर दुष्‍ट मानिसको लागि राम्रो हुने छैन । त्यसको आयु लामो हुने छैन । त्यसले परमेश्‍वरलाई आदर नगर्ने भएकोले त्यसका दिनहरू एकै क्षण देखा पर्ने छायाजस्तै हुन्छन् ।
ECC 8:14 पृथ्वीमा गरिने अर्को व्यर्थ कुरा पनि छ । दुष्‍ट मानिसहरूलाई झैँ धर्मी मानिसहरूलाई भएको र धर्मी मानिसहरूलाई झैँ दुष्‍ट मानिसहरूलाई भएको देखिन्छ । म भन्दछु, कि यो पनि बेकामको कुरो हो ।
ECC 8:15 त्यसैले म प्रसन्‍नताको सिफारि गर्दछु, किनकि मानिसको लागि सूर्यमूनि खानु, पिउनु र खुसी हुनुभन्दा उत्तम कुरो छैन । सूर्यमूनि परमेश्‍वरले मानिसलाई दिनुभएको त्यसको जीवनकालभिर त्यसको परिश्रममा खुसी नै सँगसँगै जाने छ ।
ECC 8:16 बुद्धिलाई जान्‍न र दिन वा रातमा नसुतिकन अक्सर गरिने कामलाई बुझ्न मैले मेरो मन लगाउँदा,
ECC 8:17 मैले परमेश्‍वरका सबै कामलाई सोच विचार गरेँ, र सूर्यमूनि गरिएको कामलाई मानिसले बुझ्न नसक्‍ने रहेछ । जवाफहरू पाउनलाई मानिसले जतिसुकै परिश्रम गरे तापनि उसले ती पाउने छैन । आफूलाई थाहा छ भनी बुद्धिमान् मानिसले सोचे तापनि वास्तवमा उसलाई पनि थाहा छैन ।
ECC 9:1 मैले धर्मात्मा र बुद्धिमान् मानिसहरू र तिनीहरूका कार्यहरूको विषयमा मेरो मनमा यी सबै कुराबारे विचार गरेँ । ती सबै परमेश्‍वरका हातमा छन् । कसैमाथि प्रेम वा घृणा के आइपर्ने छ भनी कसैलाई थाहा छैन ।
ECC 9:2 सबैको अन्त्य उही किसिमको हुन्छ । धर्मी र दुष्‍ट मानिसहरू, असल, शुद्ध र अशुद्ध अनि बलिदान चढाउने र बलिदान नचढाउने सबैको दशा एउटै हुन्छ । जसरी असल मानिसहरू मर्छन्, त्यसै गरी पापीहरू मर्ने छन् । जसरी वाचा बाँध्‍ने मर्छ, त्यसै गरी शपथ खान डराउने मानिस पनि मर्ने छ ।
ECC 9:3 सूर्यमूनि गरिने हरेक कुराको लागि एउटा खराब दशा छ । तिनीहरू सबैमा उही कुरो आइपर्छ । मानिसको हृदय खराब कुराहरूले भरिएको छ, र तिनीहरू जिउँदा तिनीहरूको हृदयमा पागलपन हुन्छ । त्यसपछि तिनीहरू मरेकाहरूकहाँ जाने छन् ।
ECC 9:4 सबै बाँचेकाहरूसित मिल्न जानेको आशा हुन्छ । मरेको सिंहभन्दा जिउँदो कुकुर असल हो ।
ECC 9:5 किनकि बाँचेकाहरू मर्ने छन् भनी तिनीहरूलाई थाहा छ, तर मरेकाहरूलाई केही पनि थाहा हुँदैन । तिनीहरूको स्मरणशक्ति गइसकेकोले तिनीहरूले कुनै इनाम पाउँदैन ।
ECC 9:6 तिनीहरूका प्रेम, घृणा र ईर्ष्या धेरै पहिलै नै गाएब भएर गइसकेका छन् । सूर्यमूनि गरिने कुनै पनि कुराको लागि तिनीहरूले फेरि कुनै ठाउँ पाउने छैनन् ।
ECC 9:7 आफ्नो बाटो लाग्; आनन्द भएर आफ्नो रोटी खा, र प्रसन्‍न हृदय लिएर आफ्नो दाखमद्य पि, किनकि असल कामहरूको उत्सवलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ ।
ECC 9:8 तेरा लुगाहरू सधैँ सेता होऊन्, र तेरो शिर तेलले अभिषेक गरियोस् ।
ECC 9:9 परमेश्‍वरले सूर्यमूनि दिनुभएको यस व्यर्थ जीवनकालभरि तेरी पत्‍नीसित खुसी भएर बस् । सूर्यमूनि तेरो कामको लागि त्यो नै तेरो इनाम हो ।
ECC 9:10 तेरो हातले जे काम पाउँछ, त्यो शक्ति लगाएर गर्, किनकि तँ जान लागिरहेको पातलमा कुनै काम वा व्याख्या वा ज्ञान वा बुद्धि छैन ।
ECC 9:11 मैले सूर्यमूनि केही रोचक कुराहरू देखेको छुः तीव्रगतिमा कुद्‍नेहरूले दौड जित्दैनन् । बलिया मानिसहरूले युद्ध जित्दैनन् । बुद्धिमान् मानिसहरूले रोटी पाउँदैनन् । समझशक्ति भएका मानिसहरूले धन-सम्पत्ति पाउँदैनन् । ज्ञान भएका मानिसहरूले निगाह पाउँदैनन् । बरु, समय र अवसरले तिनीहरू सबैलाई प्रभाव पार्छन् ।
ECC 9:12 निश्‍चय नै त्यसको समय कहिले आउने छ भनी कसैलाई थाहा छैन । माछा घातक जालमा परेझैँ वा चराचुरुङ्गी पासोमा परेझैँ मानव-जाति खराब समयको पासोमा जेलिएका छन्, जुन पासो अकस्मात् तिनीहरूमाथि आइपर्छन् ।
ECC 9:13 मैले सूर्यमूनि यस्तो बुद्धि पनि देखेको छु, जसले मलाई निकै प्रभावित पार्‍यो ।
ECC 9:14 एउटा सानो सहर थियो जहाँ थोरै मात्र मानिसहरू थिए । एउटा महान् राजा यसको विरुद्धमा आएर यसलाई घेरा हाले र यसको विरुद्धमा चारैतिर घेरा-मचान लगाए ।
ECC 9:15 अब त्यस सहरमा एउटा गरिब मानिस फेला पारियो । त्यो बुद्धिमान् थियो, जसले आफ्नो बुद्धिले सहरलाई बचायो । तरै पनि पछि कसैले पनि त्यस गरिब मानिसलाई सम्झेन ।
ECC 9:16 त्यसैले मैले निष्कर्ष निकालेँ, “शक्तिभन्दा बुद्धि उत्तम हो, तर त्यस गरिब मानिसको बुद्धिलाई तुच्छ ठानियो, र त्यसका वचनहरूलाई ध्यानै दिइएन ।”
ECC 9:17 मूर्खहरूका बिचमा भएको शासकको चर्को सोरभन्दा नम्र भएर बोलिएका बुद्धिमान् मानिसका वचनहरूलाई राम्ररी ध्यान दिइन्छ ।
ECC 9:18 युद्धका तरवारहरूभन्दा बुद्धि उत्तम हो, तर एउटा पापीले धेरै असल कामलाई विनाश गर्छ ।
ECC 10:1 जसरी मरेका झिँगाहरूले अत्तरलाई दुर्गन्धित तुल्याइदिन्छन्, त्यसै गरी थोरै मूर्खताले बुद्धि र सम्मानलाई दबाइदिन सक्छ ।
ECC 10:2 बुद्धिमान् मानिसको मन ठिक कुरातिर लाग्छ, तर मूर्खको मन बेठिक कुरातिर लाग्छ ।
ECC 10:3 मूर्ख सडकमा हिँड्दा त्यसको सोचाइ अपूर्ण हुन्छ जसले त्यो मूर्ख हो भनी हरेकलाई प्रमाणित गर्छ ।
ECC 10:4 तेरो विरुद्धमा शासकको रिस उठ्यो भने तेरो काम नछाड् । चुपचाप बसाइले ठुलो झोँकलाई पनि शान्त पार्न सक्छ ।
ECC 10:5 सूर्यमूनि मैले एउटा खराबी देखेको छु, जुन शासकबाट आउने एक किसिमको त्रास होः
ECC 10:6 मूर्खहरूलाई नेतृत्वका पदहरू दिइन्छ, जब कि सफल मानिसहरूलाई तल्लो स्तरका पदहरू दिइन्छ ।
ECC 10:7 मैले दासहरूले घोडा चढेको देखेको छु, र सफल मानिसहरू भुइँमा दासहरूजस्तै गरी हिँडेको देखेको छु ।
ECC 10:8 खाडल खन्‍ने कोही पनि त्यसभित्र खस्‍न सक्छ, र कसैले पर्खाल भत्काउँदा सर्पले त्यसलाई डस्‍न सक्छ ।
ECC 10:9 ढुङ्गा काट्नेलाई ढुङ्गाले नै चोट पुर्‍याउन सक्छ, र दाउरा काट्ने दाउराद्वारा नै खतरामा पर्छ ।
ECC 10:10 बन्चरो बोधो छ र मानिसले त्यसलाई उध्याउँदैन भने त्यसले बढी शक्तिको प्रयोग गर्नुपर्छ, तर बुद्धिले सफलताको लागि मौका उपलब्ध गराउँछ ।
ECC 10:11 लट्ठ्याइनअगि नै सर्पले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन ।
ECC 10:12 बुद्धिमान् मानिसका वचनहरू अनुग्रहमय हुन्छन्, तर मूर्खको ओठले त्यो आफैलाई नष्‍ट पार्छ ।
ECC 10:13 जसरी मूर्खको मुखबाट वचनहरू प्रवाह हुन थाल्छन्, त्यसै गरी मूर्खता बाहिर आउँछ, र अन्त्यमा त्यसको मुखबाट दुष्‍ट पागलपना बाहिर निस्कन्छ ।
ECC 10:14 मूर्खले कुराहरू बढाउँछ, तर के हुने छ भनी कसैलाई थाहा हुँदैन । त्यसको पछि के हुने छ भनी कसैले जान्दैन ।
ECC 10:15 मूर्खहरूको परिश्रमले तिनीहरूलाई यसरी थकाउँछ, कि तिनीहरूलाई सहर जाने बाटोसमेत थाहा हुँदैन ।
ECC 10:16 त्यो देशलाई धिक्‍कार होस्, जुन देशको राजा जवान ठिटो छ, र त्यसका अगुवाहरूले बिहानैदेखि उपवास बस्‍न थाल्छन्!
ECC 10:17 तर त्यो देश धन्यको हो, जसको राजा कुलीहरूको छोरो हो, र त्यसका अगुवाहरूले मात्‍नको लागि नभई शक्तिको लागि ठिक समयमा खान्छन्!
ECC 10:18 अल्छेपनको कारण छाना भत्कन्छ, र निष्क्रिय हातको कारण घर चुहुने हुन्छ ।
ECC 10:19 मानिसहरूले हाँसोको लागि खाना तयार गर्छन्; दाखमद्यले जीवनमा आनन्द ल्याउँछ, र रुपियाँ-पैसाले दैनिक खाँचोलाई पुरा गर्छ ।
ECC 10:20 राजालाई नसराप्; तेरो मनमा पनि नसराप्, र तेरो सुत्‍ने कोठाभित्र धनी मानिसहरूलाइ नसराप् । किनकि आकाशका चराचुरुङ्गीहरूले तेरा वचनहरू लिएर जालान् । पखेटा भएकाहरूले तेरो विषयलाई फैलाउन सक्छन् ।
ECC 11:1 तेरो अन्‍न पानीमा फालिदे, किनकि धेरै दिनपछि तैँले फेरि त्यसलाई भेट्टाउने छस् ।
ECC 11:2 त्यसलाई सात वा आठ जना मानिससित बाँडचुँड गर्, किनकि पृथ्वीमा कस्तो किसिमका विपत्तिहरू आउँदै छन् भनी तँलाई थाहा छैन ।
ECC 11:3 बादलहरू पानीले भरिएका छन् भने तिनीहरू पृथ्वीमा बर्सेर आफै रित्तिन्छन्, र रुख उत्तर वा दक्षिणतिर ढल्यो भने त्यो जहाँसुकै ढले तापनि त्यो रहने छ ।
ECC 11:4 बतासलाई हेर्नेले बिउ नछर्ला, र बादललाई हेर्नेले कटनी नगर्ला ।
ECC 11:5 जसरी तँलाई बतासको बाटो थाहा छैन, न त गर्भवती महिलाको गर्भमा बच्‍चाका हड्‍डीहरू कसरी बढ्छन् भनी थाहा छ, त्यसै गरी हरेक थोक सृष्‍टि गर्नुहुने परमेश्‍वरको कामलाई पनि तैँले बुझ्न सक्दैनस् ।
ECC 11:6 बिहान तेरो बिउ रोप् । साँझसम्म आवश्यकताअनुसार तेरो हातले काम गर्, किनकि बिहान वा साँझ, त्यो वा यो कुनचाहिँ बिउ उम्रन्छ वा दुवै राम्रा हुन्छन् भनी तँलाई थाहा छैन ।
ECC 11:7 उज्यालो वास्तवमै रमणीय हुन्छ, र घामलाई देख्‍न पाउनु आँखाको लागि मनोहर कुरो हो ।
ECC 11:8 कोही धेरै वर्षसम्म बाँच्यो भने त्यो ती सबै वर्ष प्रसन्‍न होस्, तर त्यसले आउनेवाला अन्धकार दिनहरूको बारेमा सोचोस्, किनकि त्यस्ता दिनहरू धेरै हुने छन् । हुन आउने हरेक कुरो बिलाएर जाने बाफ हुन् ।
ECC 11:9 हे जवान मानिस, तेरो युवावस्थामा आनन्द मना, र तेरो युवावस्थाको बेलामा तेरो हृदय आनन्दित होस् । तेरो हृदय र तेरा आँखाले देख्‍न सक्‍ने असल इच्छाहरूको पछि लाग् । तथापि यी सबै कुराको लागि परमेश्‍वरले तँमाथि इन्साफ ल्याउनुहुने छ भनी जान् ।
ECC 11:10 तेरो हृदयबाट रिसलाई हटा, र तेरो शरीरमा भएको कुनै पनि दर्दलाई बेवास्ता गर्, किनकि युवावस्था र यसको शक्ति व्यर्थ हुन् ।
ECC 12:1 तेरा कठिन दिनहरू आउनुअगि र “मलाई तिनमा रमाहट छैन” भन्‍ने तेरा वर्षहरू आउनुअगि तेरो युवावस्थामा नै तेरो सृष्‍टिकर्ताको सम्झना गर् ।
ECC 12:2 सूर्य, चन्द्रमा र ताराहरूको ज्योति कम हुनुअगि र बादलहरू वर्षापछि फर्कनुअगि यसो उहाँको सम्झना गर् ।
ECC 12:3 त्यो यस्तो समय हुने छ, जुन बेला दरबारका पहरेदारहरू काम्‍ने छन्, र बलिया मानिसहरू झुक्छन्, र जाँतो पिँध्‍ने स्‍त्रीहरूको सङ्ख्या कम भएकाले तिनीहरू लोप हुने छन्, र झ्यालबाट हेर्नेहरूले फेरि प्रस्टसित देख्‍ने छैनन् ।
ECC 12:4 त्यो यस्तो समय हुने छ, जुन बेला सडकहरूमा ढोकाहरू बन्द गरिन्छन्, र जाँतो पिँध्‍नेहरू आवाज बन्द हुने छ, र चराचुरुङ्गीको चिरबिरे आवाजमा मानिसहरू उठ्छन्, र केटीहरूका गीतहरू हराएर जान्छन् ।
ECC 12:5 त्यो यस्तो समय हुने छ, जुन बेला मानिसहरू उचाइ र गल्लीका खतराहरूदेखि डराउँछन्, र जब बदामको फुल फक्रन्छ र जब फटेङ्ग्रो पेटको बलले घस्रँदै हिँड्छ र प्राकृतिक इच्छा असफल हुन्छ, तब मानिस आफ्नो अनन्त घरमा जान्छ, र शोक गर्नेहरू गल्लीहरूमा जान्छन् ।
ECC 12:6 चाँदीको तार चुँडिनुअगि वा सुनको कचौरा कुच्‍च्याइनुअगि वा मूलमा माटोको भाँडो टुक्रा-टुक्रा हुनुअगि वा कुवामा पाङ्ग्रो भाँचिनअगि तेरो सृष्‍टिकर्ताको सम्झना राख् ।
ECC 12:7 जमिनबाट आएको धूलो जमिनमा फर्कनुअगि र आत्मा दिनुहुने परमेश्‍वरकहाँ आत्मा जानुअगि उहाँको सम्झना गर् ।
ECC 12:8 उपदेशक भन्छन्, “व्यर्थ, व्यर्थ, सबै थोक व्यर्थ हुन् ।”
ECC 12:9 उपदेशक बुद्धिमान् थिए, र तिनले मानिसहरूलाई ज्ञानका कुराहरू सिकाए । तिनले अध्ययन गरे, र मनन गरे अनि धेरै हितोपदेशहरू ठिक क्रममा मिलाएर राखे ।
ECC 12:10 उपदेशकले सत्यताका प्रस्ट र सिधा वचनहरूको प्रयोग गरी लेख्‍ने कोसिस गरे ।
ECC 12:11 बुद्धिमान् मानिसका वचनहरू गोठालोको लट्ठीझैँ हुन्छन् । गुरुहरूले सङ्कलन गरेका भनाइहरू दह्रिलो किसिमले ठोकेका किल्लाहरूझैँ हुन्छन्, जुन एउटै गोठालाबाट सिकाइएका हुन् ।
ECC 12:12 हे मेरो छोरो, थप केही कुराबारे सावधान बस्: धेरै पुस्तकहरू लेख्‍ने कामको अन्त्य हुँदैन, र धेरै अध्ययनले शरीरमा थकान ल्याउँछ ।
ECC 12:13 हरेक कुरा सुनिएपछि कुराको अन्त्य यही हो, कि तैँले परमेश्‍वरको भय मान्‍नुपर्छ, र उहाँका आज्ञाहरू पालन गर्नुपर्छ, किनकि यो नै मानव-जातिको सम्पूर्ण कर्तव्य हो ।
ECC 12:14 किनकि हामीले गरेको हरेक गुप्‍त कुरा, चाहे त्यो असल होस् वा खराब, त्यसलाई परमेश्‍वरले इन्साफ गर्नुहुने छ ।
SOL 1:1 यो सोलोमनको श्रेष्‍ठगीत हो । प्रेमिका आफैसित बोल्दै:
SOL 1:2 उहाँले मलाई आफ्नो मुखको चुम्बनले चुम्बन गरून् । प्रेमिका प्रेमीसित बोल्दै: किनकि तपाईंको प्रेम दाखमद्यभन्दा उत्तम छ ।
SOL 1:3 तपाईंको अभिषेकको तेलमा आनन्दप्रद बास्‍ना छ । तपाईंको नाउँ बगिरहने अत्तरझैँ छ । त्यसैले युवतीहरूले तपाईंलाई प्रेम गर्छन् ।
SOL 1:4 मलाई तपाईंसितै लैजानुहोस्, र हामी दौडने छौँ । प्रेमिका आफैसित बोल्दै: राजाले मलाई उहाँका कोठाहरूमा ल्याउनुभएको छ । प्रेमिका प्रमीसित बोल्दै: हामी खुसी छौँ । हामी तपाईंको विषयमा आनन्द मनाउँछौँ । तपाईंको प्रेमको उत्सव मनाऔँ । यो दाखमद्यभन्दा उत्तम छ । अरू स्‍त्रीहरूले तपाईंलाई सम्मान गर्ने स्वाभाविक नै हो । प्रेमिका अरू स्‍त्रीहरूसित बोल्दैः
SOL 1:5 हे यरूशलेमका छोरीहरू हो, म काली छु, तर मायालु छु । म केदारका पालहरूजस्तै काली र सोलोमनका पर्दाहरूजस्तै मायालु छु ।
SOL 1:6 म काली भएकीले र घामले मलाई डढाएकोले मलाई एकटक लगाएर नहेर । मेरी आमाका छोराहरू मसित रिसाउँथे । तिनीहरूले मलाई दाखबारीको रक्षक बनाए, तर मैले मेरो आफ्नै दाखबारीको रक्षा गरेकी छैनँ । प्रेमिका प्रेमीसित बोल्दैः
SOL 1:7 हे मेरा प्रेमी, मेरो प्राणले तपाईंलाई प्रेम गर्छ । मलाई बताउनुहोस् । तपाईंले आफ्नो भेडा-बाख्राको बगाल कहाँ चराउनुहुन्छ ? दिउँसो तपाईंले आफ्नो बगाल कहाँ विश्राम गराउनुहुन्छ ? तपाईंका मित्रहरूका बगालहरूको छेउमा म किन भौँतारिहिँड्ने व्यक्तिझैँ हुने ? प्रेमी प्रेमिकासित बोल्दैः
SOL 1:8 हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी, तिमीलाई थाहा छैन भने मेरो बगालका पाइलाहरू पछ्याऊ, र गोठालाहरूको पालनेर तिम्रा ससाना बाख्राहरू चराऊ ।
SOL 1:9 हे मेरी प्रिय, म तिमीलाई फारोको रथको राम्रो घोडासित तुलना गर्दछु ।
SOL 1:10 शृङ्गारले तिम्रा गाला सुन्दर भएका छन्; गर्गहनाले तिम्रो गला सजिएको छ ।
SOL 1:11 हामी तिम्रो लागि चाँदीको जलप लगाइएका सुनका गहनाहरू बनाउने छौँ । प्रेमिका आफैसित बोल्दैः
SOL 1:12 राजा आफ्नो बिस्तारमा पल्टनुहुँदा मेरो अत्तरले आफ्नो बास्‍ना फिँजायो ।
SOL 1:13 मलाई मेरा प्रेमी मूर्रको थैलीजस्तै लाग्छ जसले मेरा वक्षस्थलका बिचमा रात बिताउनुहुन्छ ।
SOL 1:14 मलाई मेरा प्रेमी एन-गदीका दाखबारीहरूमा फुलेको मेहदीको झुप्पाजस्तै लाग्छ । प्रेमी प्रेमिकासित बोल्दैः
SOL 1:15 हे मेरी प्रिय, सुन । तिमी सुन्दरी छ्यौ । सुन, तिमी सुन्दरी छ्यौ । तिम्रा आँखा ढुकुरजस्ता छन् । प्रेमिका प्रेमीसित बोल्दैः
SOL 1:16 हे मेरा प्रेमी, सुन्‍नुहोस् । तपाईं सुन्दर हुनुहुन्छ । हो, तपाईं कति सुन्दर हुनुहुन्छ! हराभरा बिरुवाहरू हाम्रो ओछ्यान हुन् ।
SOL 1:17 हाम्रो घरका दलिनहरू देवदारूका छन् । छाना सल्लाका छन् ।
SOL 2:1 प्रेमिका प्रेमीसित बोल्दैः म शारोनको घाँसे मैदानमा उम्रने फुल र बेँसीको लिली हुँ । प्रेमिका प्रेमीसित बोल्दैः
SOL 2:2 काँढाहरूका बिचमा फुलेको लिली फुलझैँ मेरी प्रिय युवतीहरूका बिचमा छिन् । प्रेमिका आफैसित बोल्दैः
SOL 2:3 जङ्गलका रुखहरूमध्ये स्याउको रुखझैँ मेरा प्रेमी युवाहरूका बिचमा हुनुहुन्छ । म उहाँको छायामुनि बडो आनन्दसित पल्टन्छु, र उहाँको फलको स्वाद मलाई मिठो लाग्छ ।
SOL 2:4 उहाँले मलाई दाखमद्य-गृहमा ल्याउनुभयो, र ममाथि भएको उहाँको झन्डा प्रेम थियो । प्रेमिका प्रेमीसित बोल्दैः
SOL 2:5 मलाई किसमिसको परिकारले सजीव तुल्याउनुहोस्, र स्याउले ताजा बनाउनुहोस्, किनकि म प्रेमले कमजोर भएकी छु । प्रेमिका आफैसित बोल्दैः
SOL 2:6 उहाँको देब्रे हात मुरो शिरमूनि छ, र दाहिने हातले मलाई अङ्गालो हाल्छ । प्रेमिका अन्य स्‍त्रीहरूसित बोल्दैः
SOL 2:7 हे यरूशलेमका छोरीहरू हो, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा म तिमीहरूसित वाचा बाँध्छु, कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ । प्रेमिका आफैसित बोल्दैः
SOL 2:8 मेरा प्रेमीको सोर सुनिएको छ । सुन, पहाडहरूमा हामफाल्दै र डाँडाहरू छिचोल्दै उहाँ यहाँ आउनुहुन्छ ।
SOL 2:9 मेरा प्रेमी हरिण वा जवान मृगजस्तै हुनुहुन्छ । हेर, उहाँ हाम्रो पर्खालको पछाडिपट्टि उभिरहनुभएको छ । उहाँले झ्यालभित्र नियालेर हेर्दै हुनुहुन्छ र आँखी-झ्यालभित्र चियाएर हेर्दै हुनुहुन्छ ।
SOL 2:10 मेरा प्रेमी मसित बोल्नुभयो र उहाँले मलाई भन्‍नुभयो, “हे मेरी प्रिय, उठ । हे मेरी सुन्दरी, मसित आऊ ।
SOL 2:11 हेर, हिउँद बितिसकेको छ; वर्षा पनि सकिएर गयो ।
SOL 2:12 पृथ्वीमा फुलहरू देखा परेका छन् । छिँवल्ने र चराचुरुङ्गीहरूले गीत गाउने समय आएको छ, अनि हाम्रो देशमा ढुकुरहरूको सोर सुनिएको छ ।
SOL 2:13 अञ्‍जीरका बोटमा अञ्‍जीरका हरिया दाना लागिसकेका छन् र दाखहरूको मुजुरा लागेका छन् । तिनीहरूले आफ्ना बास्‍ना फिँजाउँछन् । हे मेरी प्रिय, मेरी सुन्दरी, उठेर आऊ ।
SOL 2:14 पहराका धाँदाहरू, भिरालो पहाडका गुप्‍त चिराहरूमा बस्‍ने मेरी ढुकुर्नी, मलाई तिम्रो मुहार हेर्न देऊ । मलाई तिम्रो सोर सुन्‍न देऊ, किनकि तिम्रो सोर सुरिलो छ, र तिम्रो मुहार मायालु छ ।” प्रेमिका प्रेमीसित बोल्दैः
SOL 2:15 हाम्रा लागि फ्याउराहरू समात्‍नुहोस्, ससाना फ्याउराहरू जसले दाखबारि नष्‍ट पार्छन्, किनकि हाम्रो दाखबारीमा मुजुरा लागेको छ ।
SOL 2:16 मेरा प्रेमी मेरै हुनुहुन्छ, र म उहाँकी हुँ । उहाँ प्रसन्‍न हुँदै लिली फुलहरूका बिचमा घुमेर हिँड्नुहुन्छ । प्रेमिका प्रेमीसित बोल्दैः
SOL 2:17 हे मेरा प्रेमी, प्रभातको मन्द हावा चल्नुअगि र छाया भाग्‍नुअगि नै जानुहोस्, गइहाल्नुहोस् । भिराला पहाडहरूमा हरिण वा जवान मृगझैँ हुनुहोस् ।
SOL 3:1 प्रेमिका आफैसित बोल्दैः रातमा मेरो ओछ्यानमा मेरो प्राणले प्रेम गरेको प्रेमीलाई मैले खोज्दै थिएँ । मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाउन सकिनँ ।
SOL 3:2 मैले आफैलाई भनेँ, “म उठ्ने छु, र सहरबाट जाने छु, गल्ली र चोकहरूबाट जाने छु । मेरो प्राणले प्रेम गरेको प्रेमीलाई म खोज्ने छु ।” मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाउन सकिनँ ।
SOL 3:3 पहरेदारहरू सहरमा घुम्दै गर्दा तिनीहरूले मलाई भेट्टाए । मैले तिनीहरूलाई सोधेँ, “मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई के तपाईंहरूले देख्‍नुभएको छ ?”
SOL 3:4 तिनीहरूबाट गएको केही समयपछि मात्रै मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई मैले भेट्टाएँ । मैले उहाँलाई समातेँ, र मेरी आमाको घरमा, मलाई जन्म दिनुहुनेको कोठाभित्र नल्याएसम्म मैले उहाँलाई जान दिइनँ । प्रेमिका अन्य स्‍त्रीहरूसित बोल्दैः
SOL 3:5 हे यरूशलेमका छोरीहरू हो, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा म तिमीहरूसित वाचा बाँध्छु, कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ । प्रेमिका आफैसित बोल्दैः
SOL 3:6 व्यापारीहरूद्वारा बेचिएका सबै मसलाबाट बनिएको मूर्र र धूपले सुगन्धित भएर धूवाँको मुस्लोझैँ उजाड-स्थानबाट माथि आउँदै गरेको के हो ?
SOL 3:7 हेर, यो त सोलोमनको पलङ्ग पो रहेछ । इस्राएलका साठी जना योद्धाले यसको वरिपरि सुरक्षा दिँदै छन् ।
SOL 3:8 तिनीहरू सबै तरवार चलाउन सिपालु छन्, र युद्धमा अनुभवी छन् । रातको त्रासको विरुद्धमा लड्न हरेकले तरवार भिरेको छ ।
SOL 3:9 राजा सोलोमनले आफ्नै निम्ति लेबनानको काठबाट पालकी बनाउनुभयो ।
SOL 3:10 यसका डन्डाहरू चाँदीका थिए । यसको पछाडिको भाग सुनबाट बनेको थियो, र आसनचाहिँ बैजनी वस्‍त्रले ढाकिएको थियो । यसको भित्री भागचाहिँ यरूशलेमका छोरीहरूको प्रेमले सजिएको थियो । प्रेमिका यरूशलेमका स्‍त्रीहरूसित बोल्दैः
SOL 3:11 हे सियोनका छोरीहरू हो, बाहिर गएर राजा सोलोमनलाई एकटक लगाएर हेर, जसले मुकुट लगाउनुभएको छ, जुन उहाँकी आमाले विवाहको दिनमा, उहाँको हृदय आनन्दले भरिएको दिनमा उहाँलाई पहिराइदिएकी थिइन् ।
SOL 4:1 प्रेमी प्रेमिकासित बोल्दैः हे मेरी प्रिय, तिमी सुन्दरी छ्यौ । तिमी सुन्दरी छ्यौ । घुम्टोभित्र लुकेका तिम्रा आँखा ढुकुरजस्ता छन् । तिम्रो कपाल गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगालजस्तो छ ।
SOL 4:2 तिम्रा दाँत भरखरै कत्रेका, नुहाउने ठाउँबाट आएका भेडीहरूको बथानजस्तै छन् । हरेकको जुम्ल्याहा छ, र तिनीहरूका बिचमा कोही पनि एकलो छैन ।
SOL 4:3 तिम्रा ओठ सिन्दुरे रङको धागोजस्ता राता छन् । तिम्रो मुख मायालु छ । तिम्रा गालाहरू घुम्टोभित्रका दुई फ्याक परेका दारिमहरूजस्ता छन् ।
SOL 4:4 तिम्रो घाँटी सिपाहीहरूका एक हजार ढाल झुण्ड्याइएको, पत्थरहरूको लहरमा निर्मित दाऊदको धरहराजस्तो छ ।
SOL 4:5 तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, लिलीहरूको बिचमा चर्ने हरिणका जुम्ल्याहा पाठाजस्ता छन् ।
SOL 4:6 बिहान भएर छाया नभागेसम्म म मूर्रको पहाड र धूपको डाँडामा उक्लने छु ।
SOL 4:7 हे मेरी प्रिय, तिमी हर क्षेत्रमा सुन्दरी छ्यौ, र तिमीमा कुनै खोट छैन ।
SOL 4:8 हे मेरी दुलही, लेबनानबाट आऊ । लेबनानबाट मसितै आऊ । अमानाको टाकुराबाट ओर्लेर आऊ; सेनीर र हेर्मोनको टाकुराबाट, सिंहहरूको ओडार र चितुवाहरूका पहाडी अखडाबाट आऊ ।
SOL 4:9 हे मेरी बहिनी, मेरी दुलही, तिमीले मेरो हृदय चोरेकी छौ । एकै नजरले, तिम्रो हारको रत्‍नले तिमीले मेरो हृदय चोरेकी छौ ।
SOL 4:10 हे मेरी बहिनी, मेरी दुलही, तिम्रो प्रेम कति सुन्दर छ! तिम्रो प्रेम दाखमद्यभन्दा कति असल छ! कुनै पनि मसलाभन्दा तिम्रो अत्तरको बास्‍ना सुगन्धित छ ।
SOL 4:11 हे मेरी दुलही, तिम्रा ओठले मह चुहाउँछन् । मह र दूध तिम्रो जिब्रोमूनि छन् । तिम्रो लुगाको बास्‍ना लेबनानको बास्‍नाझैँ छ ।
SOL 4:12 हे मेरी बहिनी, मेरी दुलही बन्द गरिएको बगैँचाझैँ, छोपिएको फुहाराझैँ छिन् ।
SOL 4:13 तिम्रा हाँगाहरू उत्तम फल फलाउने अनारका रुखहरू, मेहदी र जटामसीको कुञ्‍जझैँ,
SOL 4:14 जटामसी र केशर, बोझो र दालचिनीसाथै हर किसिमका मसलाहरू, मूर्र र एलावासाथै हर किसिमका सुगन्धित मसलाहरूको कुञ्‍जझैँ छन् ।
SOL 4:15 तिमी त बगैँचाको फुहारा, ताजा पानीको इनार, लेबनानबाट बहने खोलाहरू हौ । प्रेमिका प्रेमीसित बोल्दैः
SOL 4:16 ए उत्तरी बतास, बिउँझी । ए दक्षिणी बतास, आइज । मेरो बगैँचाका मसलाहरूले आ-आफ्ना सुगन्ध फैलाउन सकून् भनेर यहाँबाट बह । मेरा प्रेमी उहाँको बगैँचामा आऊन्, र उसका उत्तम फलहरू खाऊन् ।
SOL 5:1 प्रेमी प्रेमिकासित बोल्दैः हे मेरी बहिनी, मेरी दुलही, म मेरो बगैँचामा आएको छु । आफ्नो सुगन्धित मसालासँगै मैले मेरो मूर्र जम्मा गरेको छु । मैले आफ्नो महसँगै महको चाका खाएको छु । मैले आफ्नो दूधसँगै मेरो दाखमद्य पिएको छु । मित्रहरू प्रेमी र प्रेमिकासित बोल्दैः हे मित्रहरू हो, खाओ । पिओ र प्रेमले मात । प्रेमिका आफैसित बोल्दैः
SOL 5:2 म सुतेँ, तर मेरो हृदय जागै थियो । मेरा प्रेमीले ढकढक्याइरहेको आवाज आउँदै छ, “हे मेरी बहिनी, मेरी प्रिय, मेरी शुद्ध ढुकुर्नी, ढोका खोल, किनकि मेरो शिर शीतले र मेरो कपाल रातको चिसोले भिजेको छ ।”
SOL 5:3 “मैले मेरो लुगा फुकालेको छु । के मैले यसलाई फेरि लगाउने ? मैले मेरो खुट्टा धोएको छु । के मैले यसलाई फेरि फोहोर बनाउने ?”
SOL 5:4 मेरा प्रेमीले छेस्किनी खोल्न हात हाल्नुभयो, र मेरो हृदय उहाँको लागि उत्तेजित भयो ।
SOL 5:5 मेरा प्रेमीको लागि ढोका खोल्न म उठेँ । मेरा हातहरूबाट मूर्र चुहुँदै थियो, र मेरा औँलाहरूबाट ढोकाको ताल्चामा गिलो मूर्र चुहुँदै थियो ।
SOL 5:6 मैले मेरा प्रेमीको लागि ढोका खोलेँ, तर मेरा प्रेमी फर्केर गइसक्‍नुभएको रहेछ । उहाँ बोल्नुहुँदा मेरो हृदय शोकित भयो । मैले उहाँको खोजी गरेँ, तर मैले उहाँलाई भेट्टाइनँ । मैले उहाँलाई डाकेँ, तर उहाँले मलाई जवाफ दिनुभएन ।
SOL 5:7 पहरेदारहरू सहरमा घुम्दा तिनीहरूले मलाई भेट्टाए । तिनीहरूले मलाई प्रहार गरी चोटै-चोट पारे । पर्खालमाथि भएका पहरेदारहरूले मेरो खास्टो पनि खोसेर लगे । प्रेमिका सहरका स्‍त्रीहरूसित बोल्दैः
SOL 5:8 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूसित वाचा बाँध्छु, कि तिमीहरूले मेरा प्रेमीलाई भेट्टायौ भने तिमीहरूले उहाँलाई के भन्‍ने छौ ? म प्रेमले बिरामी परेकी छु भनी बताइदिनू । सहरका स्‍त्रीहरू प्रेमिकासित बोल्दैः
SOL 5:9 हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी, अर्को प्रिय पुरुषभन्दा तपाईंका प्रेमी कसरी उत्तम छन् ? अर्को प्रिय पुरुषभन्दा तपाईंको प्रेमी किन उत्तम छन्, ताकि तिमी हामीलाई यस्तो शपथ खान लगाउँछ्यौ ? प्रेमिका सहरका स्‍त्रीहरूसित बोल्दैः
SOL 5:10 मेरा प्रेमी उज्‍ज्वल र स्वस्थ, दस हजारका बिचमा श्रेष्‍ठ हुनुहुन्छ ।
SOL 5:11 उहाँको शिर निखुर सुनको छ । उहाँको कपाल घुम्रिएको र कागजस्तै कालो छ ।
SOL 5:12 उहाँका आँखा पानीको खोलाको छेउमा बस्‍ने ढुकुरहरूजस्ता छन्, दूधले नुहाएको, गर्गहना जडिएका जस्ता छन् ।
SOL 5:13 उहाँका गालाहरू सुगन्धित मसालाहरूको ड्याङजस्ता छन्, जसले बास्‍ना फिँजाउँछन् ।
SOL 5:14 उहाँका ओठ मूर्रको रस चुहाउने लिली फुलहरूजस्ता छन् ।
SOL 5:15 उहाँका पाखुरा गर्गहना जडिएका गोलो सुनजस्ता छन् । उहाँको पेट नीरले ढाकिएको हस्ती-हाडजस्तो छ ।
SOL 5:16 उहाँका गोडाहरू निखुर सुनका अड्याइएका सिङ्गमरमरका खम्बाहरूजस्ता छन् । उहाँको आकार लेबनानजस्तै, उत्तम देवदारुजस्तै छ । उहाँको मुख ज्यादै मिठो छ । उहाँ पूर्ण रूपमा मायालु हुनुहुन्छ । हे यरूशलेमका छोरीहरू हो, उहाँ नै मेरा प्रेमी हुनुहुन्छ, र मेरा मित्र हुनुहुन्छ ।
SOL 6:1 यरूशलेमका स्‍त्रीहरू प्रेमिकासित बोल्दैः हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी, तिम्रा प्रेमी कहाँ जानुभएको छ ? तिम्रा प्रेमी कुनचाहिँ दिशामा जानुभएको छ ताकि हामी तिमीसँगै खोज्न सकूँ ? प्रेमिका आफूसित बोल्दैः
SOL 6:2 मेरा प्रेमी आफ्नो बगैँचामा, सुगन्धित मसलाहरूले भरिएको ओछ्यानमा जानुभएको छ; बगैँचामा चाहार्न र लिली फुलहरू बटुल्न जानुभएको छ ।
SOL 6:3 म मेरा प्रेमीको हुँ, र मेरा प्रेमी मेरै हुनुहुन्छ । उहाँ प्रसन्‍न हुँदै लिली फुलहरूका बिचमा चाहर्नुहुन्छ । प्रेमी प्रेमिकासित बोल्दैः
SOL 6:4 हे मेरी प्रिय, तिमी तिर्साजत्तिकै सुन्दरी र यरूशलेमजत्तिकै मायालु छ्यौ । तिमी आफ्ना झन्डाहरू फहराउने सेनाजत्तिकै प्रतापी छ्यौ ।
SOL 6:5 तिम्रा आँखा मबाट तर्काऊ, किनकि तिनले मलाई व्याकुल तुल्याउँछन् । तिम्रो कपाल गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगालजस्तो छ ।
SOL 6:6 तिम्रा दाँत भरखरै कत्रेका, नुहाउने ठाउँबाट आएका भेडीहरूको बथानजस्तै छन् । हरेकको जुम्ल्याहा छ, र तिनीहरूका बिचमा कोही पनि एकलो छैन ।
SOL 6:7 तिम्रा गालाहरू घुम्टोभित्रका दुई फ्याक परेका दारिमहरूजस्ता छन् । प्रेमी आफूसित बोल्दैः
SOL 6:8 साठी जना रानी, असी जना भित्रिनी र अनगिन्ती युवतीहरू छन् ।
SOL 6:9 तर मेरी ढुकुर्नी, मेरी विशुद्ध एक मात्र छिन् । उनी आफ्नी आमाको एक मात्र छोरी हुन् । उनी आफ्नी आमाले जन्माएकी मनपर्ने छोरी हुन् । युवतीहरूले उनलाई देखे, उनलाई धन्यको भने । रानीहरू र भित्रिनीहरूले पनि उनलाई देखे, र उनको प्रशंसा गरे । रानीहरू र भित्रिनीहरूले भने,
SOL 6:10 “प्रभातझैँ उदाउने, चन्द्रमाझैँ सुन्दरी, सूर्यझैँ चम्किलो, आफ्ना झन्डाहरू फहराउने सेनाझैँ प्रतापी यी को हुन् ?” प्रेमी आफूसित बोल्दैः
SOL 6:11 बेसीँमा उब्जनी बढेको, दाखबारीहरूमा कोपिला लागेको छ या छैन र अनारमा मुजुरा लागेको छ या छैन भनी हेर्न म बदामका रुखहरूको बगैँचाभित्र छिरेँ ।
SOL 6:12 म यति धेरै खुसी भएँ, कि म राजकुमारको रथमा चढिरहेको भान भयो । मित्रहरू प्रेमिकासित बोल्दैः
SOL 6:13 हे सिद्ध प्रेमिका, फर्केर आऊ, फर्केर आऊ । हामीले तिमीलाई एकटक लगाएर हेर्न सकूँ भनेर फर्केर आऊ, फर्केर आऊ । प्रेमिका साथीहरूसित बोल्दैः तिमीहरू किन दुई जना सेनाको बिचमा नाच्छन् जस्तै गरी सिद्ध प्रेमिकालाई एकटक लगाएर हेर्छौ ?
SOL 7:1 प्रेमी प्रेमिकासित बोल्दैः हे राजकुमारकी छोरी, जुत्ता लगाएका तिम्रा खुट्टा कति राम्रा छन्! गुरु कारीगरका हातले बनाएका जस्तै तिम्रा तिघ्राका गोलाइहरू रत्‍नझैँ छन् ।
SOL 7:2 तिम्रो नाभि वृत्ताकार कचौराजस्तै छ, जसमा मिसिएको दाखमद्यको कहिल्यै कमी नहोस् । तिम्रो पेट लिली फुलहरूले घेरिएको गहुँको थुप्रोजस्तै छ ।
SOL 7:3 तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, हरिणका जुम्ल्याहा पाठाजस्ता छन् ।
SOL 7:4 तिम्रो घाँटी हस्ती-हाडको धरहराजस्तो छ । तिम्रा आँखा बाथ-रब्बीमको मूल ढोकाको छेउमा अवस्थित हेश्बोनका तलाउहरूजस्ता छन् । तिम्रो नाक दमस्कसतिर फर्केको लेबनानको धरहराजस्तो छ ।
SOL 7:5 कर्मेल डाँडाजस्तै तिम्रो शिरले तिमीमाथि छ । तिम्रो शिरमा भएको कपाल कालो बैजनी रङको छ । कपालका राशिद्वारा राजा मोहित पारिन्छन् ।
SOL 7:6 हे मेरी प्रिय, तिम्रो आनन्दमा तिमी कति सुन्दरी र मायालु छ्यौ!
SOL 7:7 तिम्रो उचाइ खजूरको रुखजस्तै छ, र तिम्रा स्तनहरू फलका झुप्पाझैँ छन् ।
SOL 7:8 मैले भनेँ, “म त्यस खजूरको रुखमा चढ्न चाहन्छु । म त्यसका हाँगाहरू समात्‍ने छु ।” तिम्रा स्तनहरू दाखका झुप्पाहरूजस्तै होऊन्; तिम्रो नाकको सुगन्ध स्याउको बोटझैँ होस् ।
SOL 7:9 तिम्रो मुखको तालु मेरा प्रेमीकहाँ बिस्तारै बगेर जाने, सुत्‍नेहरूका ओठमा बग्‍ने सर्वोत्तम दाखमद्यजस्तै होस् । प्रेमिका प्रेमीसित बोल्दैः
SOL 7:10 म मेरा प्रेमीकी हुँ, र उहाँले मेरो मेरो तृष्णा गर्नुहुन्छ ।
SOL 7:11 हे मेरा प्रेमी, आउनुहोस् । हामी खेतबारीमा डुल्न जाऔँ; गाउँहरूतिरै रात बिताऔँ ।
SOL 7:12 हामी बिहान सबेरै उठेर दाखबारीहरूमा जाऔँ । दाखहरूमा कोपिला लागेर फक्रेका छन् कि छैनन्, र दारिमहरूमा फुल लागेका छन् कि छैनन् भनेर हेर्न जाऔँ । त्यहाँ म तपाईंलाई मेरो प्रेम दिने छु ।
SOL 7:13 दूधे-फुलहरूले आफ्नो बास्‍ना फैलाउँछन् । हामी उभिरहेको ढोकामा हर किसिमका उत्तम, नयाँ र पुराना फलहरू छन्, जुन मैले मेरा प्रेमीका लागि साँचिराखेकी छु ।
SOL 8:1 प्रेमिका प्रेमीसित बोल्दैः तपाईं मेरी आमाको स्तन चुसेर हुर्कनुभएका मेरा दाजुजस्तै हुनुभए त, मैले तपाईंलाई जहिलेसुकै बाहिर भेट्दा तपाईंलाई चुम्बन गर्नेथिएँ, र कसैले मलाई तुच्छ ठान्‍नेथिएन ।
SOL 8:2 मैले तपाईंलाई अगुवाइ गरी मेरी आमाको घरमा लैजानेथिएँ, जसले मलाई सिकाउनुभयो । मैले तपाईंलाई पिउनलाई मसलायुक्त दाखमद्य र मेरा दारिमका रस दिनेथिएँ । प्रेमिका आफूसित बोल्दैः
SOL 8:3 उहाँको देब्रे हात मेरो शिरमूनि छ, र उहाँको दाहिने हातले मलाई अङ्गालो हाल्छ । प्रेमिका अरू स्‍त्रीहरूसित बोल्दैः
SOL 8:4 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूले वाचा बाँधेको चाहन्छु, कि हाम्रो मायाप्रीति खतम नभएसम्म तिमीहरूले अवरोध नगर्नू । यरूशलेमका स्‍त्रीहरू बोल्दैः
SOL 8:5 आफ्ना प्रेमीसित अडेस लाग्दै उजाड-स्थानबाट आउँदै गरेको को हो ? प्रेमिका प्रेमीसित बोल्दैः मैले तपाईंलाई स्याउको रुखमूनि ब्युँझाएँ । त्यहाँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गर्नुभयो । त्यहाँ उहाँलाई सुत्केरी बेथा लाग्यो र तपाईंलाई जन्म दिनुभयो ।
SOL 8:6 मलाई तपाईंको हृदय र तपाईंको पाखुरामा एउटा छापजस्तै गरी लगाउनुहोस्, किनकि प्रेम मृत्युजत्तिकै प्रबल हुन्छ । जोसिको भक्ति पातालजत्तिकै निष्‍ठुर हुन्छ । यसको ज्वाला दन्कन्छ । यो दन्कने आगो हो । यो कुनै पनि आगोभन्दा तातो हुन्छ ।
SOL 8:7 उर्लंदो पानीको भेलले प्रेमलाई मेट्न सक्दैन, न त बाढीले यसलाई बगाउन सक्छ । कुनै मानिसले प्रेमको लागि आफ्नो घरको सारा सम्पत्ति दिए तापनि त्यस प्रस्तावलाई बिल्कुलै तुच्छ ठानिन्थ्यो । प्रेमिकाका दाजुहरू आफ्नै बिचमा बोल्दैः
SOL 8:8 हाम्री एउटी सानी बहिनी छिन्, र तिनका स्तनहरू बढिसकेका छैनन् । हाम्री बहिनीलाई विवाहको प्रतिज्ञा गरिएको दिनमा हामी उनको लागि के गर्न सक्छौँ ?
SOL 8:9 उनी पर्खाल भइदिएको भए, हामी उनीमाथि चाँदीको एउटा धरहरा बनाउनेथियौँ । उनी ढोका भइदिएको भए, हामी उनलाई देवदारुका फल्याकहरूले सजाउनेथियौँ । प्रेमिका आफूसित बोल्दैः
SOL 8:10 म एक पर्खाल थिएँ, तर मेरा स्तनहरू अहिले किल्लाका धरहरूजस्तै छन् । त्यसैले म उहाँको दृष्‍टिमा सन्तुष्‍ट ल्याउने व्यक्ति भएकी छु । प्रेमिका आफूसित बोल्दैः
SOL 8:11 बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो । त्यसको रेखदेख गर्न सक्‍नेहरूलाई उहाँले त्यो दाखबारी अधियाँमा दिनुभयो । हरेकले फलफुलको सट्टा एक हजार चाँदीका सिक्‍का ल्याउनुपर्थ्यो ।
SOL 8:12 मेरो आफ्नै दाखबारी मेरै सामु छ । हे सोलोमन, ती एक हजार सिक्‍का त तपाईंकै निम्ति हुन्, र दुई सय सिक्‍का यसको फलफुल हुर्काउनेका निम्ति हुन् । प्रेमी प्रेमिकासित बोल्दैः
SOL 8:13 तिमी बगैँचाहरूमा बस्छ्यौ । मेरा मित्रहरूले तिम्रो सोर सुन्दै छन् । मैले पनि सुन्‍न पाऊँ । प्रेमिका प्रेमीसित बोल्दैः
SOL 8:14 हे मेरा प्रेमी, हतार गर्नुहोस्, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा बस्‍ने हरिण वा जवान मृगजस्तै हुनुहोस् ।
ISA 1:1 यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज र हिजकियाका समयमा यरूशलेम र यहूदाको बारेमा आमोसका छोरा यशैयाले दखेका दर्शन ।
ISA 1:2 ए आकाश सुन्, र ए पृथ्वी कान थाप् । किनकि परमप्रभु बोल्नुभएको छः “मैले छोराछोरीलाई पालनपोषण गरेको र हुर्काएको छु, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन् ।
ISA 1:3 गोरुले आफ्नो मालिक चिन्छ र गधाले आफ्नो मालिकको डूँड चिन्छ, तर इस्राएलले चिन्दैन र इस्राएलले बुझ्दैन ।”
ISA 1:4 धिक्‍कार ! पापी जाति, अधर्मले लादिएका मानिसहरू, खराब गर्नेहरूका सन्तानहरू, भ्रष्‍ट रूपले काम गर्नेहरूका सन्तानहरू ! तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई घृणा गरेका छन्, तिनीहरूले आफैलाई उहाँबाट टाढा बनाएका छन् ।
ISA 1:5 तिमीहरूलाई अझै पनि किन पिटाइ खाँदैछौ? तिमीहरू किन झन् विद्रोह गर्छौ? सम्‍पुर्ण टाउको नै बिरामी छ र सम्‍पुर्ण हृदय नै कमजोर छ ।
ISA 1:6 शिरदेखि पाउसम्म हानि नभएको कुनै अंग छैन । घाउहरू, चोटपटक र भर्खरका खुल्ला घाउहरू मात्र छन् । ती बन्द गरिएका, सफा गरिएका, पट्टि लगाइएका छैनन्, न त तेलले उपचार गरिएका छन् ।
ISA 1:7 तिमीहरूका देश विनाश भएको छ । तिमीहरूका सहरहरू भष्‍म पारिएका छन् । तिमीहरूका खेतहरू— नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्‍ट पारिरहेका छन्— उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन् ।
ISA 1:8 सियोनकी छोरीलाई दाखबारीको कटेरोझैं, काँक्राबारीको छायाझैं र घेरा हालिएको सहरझैं त्यागिएको छ ।
ISA 1:9 सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्‍ति थोरै बाँकी रहेका निम्ति नछोड्नुभएको भए, हामी सदोमझैं हुनेथियौं, हामी गमोराझैं हुनेथियौं।
ISA 1:10 ए सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन । ए गमोराका मानिसहरू, हाम्रा परमेश्‍वरको व्यवस्था सुन ।
ISA 1:11 परमप्रभु भन्‍नुहुन्छ, “तिमीहरूका असंख्‍य बलिदानहरू मेरो निम्‍ति के नै हुन् र? थुमाहरूका होमबलि र मोटा पशुहरूका बोसो मसित प्रशस्‍त भएको छ । र साँढेहरू, थुमाहरू वा बोकाहरूका रगतमा म खुसी हुन्‍न ।
ISA 1:12 तिमीहरू मेरो सामु देखापर्न आउँदा, यसले मेरा चोकहरू कुल्चोस् भन्‍ने कसको इच्‍छा छ?
ISA 1:13 व्यार्थका बलिदानहरू ल्याउन छोड । धूप मेरो निम्ति घृणित कुरा हो । तिमीहरूका औंसी र सबाथका सभाहरू— यी दुष्‍ट सभाहरू म सहन सक्दिनँ ।
ISA 1:14 तिमीहरूका औंसीहरू र तिमीहरूका तोकिएका चाडहरूलाई म घृणा गर्छु । ती मेरो निम्ति बोझ हुन् । ती बोहोरेर म थाकिसकेको छु ।
ISA 1:15 त्यसैले तिमीहरूले प्रार्थनामा आफ्‍ना हातहरू फैलाउँदा, तिमीहरूबाट म आफ्‍ना आँखा लुकाउँछु । तिमीहरूले धेरै प्रार्थना चढाए तापनि, म सुन्‍नेछैन । तिमीहरूका हातहरू रगतले भरिएका छन् ।
ISA 1:16 नुहाओ र आफूलाई शुद्ध पार । मेरो दृष्‍टिबाट तिमीहरूका सबै दुष्‍ट कामहरू हटाओ । खराब हुन छोड ।
ISA 1:17 असल गर्न सिक । न्याय खोज, थिचोमिचोमा परेकाहरूलाई छुटाओ, अनाथलाई न्याय देओ र विधवाको रक्षा गर ।”
ISA 1:18 परमप्रभु भन्‍नुहुन्छ, “अहिले आओ, हामी मिलेर छलफल गरौं । तिमीहरूका पापहरू बैजनी रङका भए तापनि, ती हिउँजस्‍तै सेता हुनेछन् । ती सिन्दुरे रङका भए तापनि ती ऊनजस्‍तै हुनेछन् ।
ISA 1:19 तिमीहरू आज्ञाकारी र इच्‍छुक भयौ भने, तिमीहरूले देशका असल कुरा खानेछौ,
ISA 1:20 तर तिमीहरूले इन्कार गर्‍यौ र विद्रोह गर्‍यौ भने, तरवारले तिमीहरूलाई विनाश पार्नेछ” किनकि परमप्रभुको मुखले यसो भन्‍नुभएको छ ।
ISA 1:21 विश्‍वासयोग्‍य सहर कसरी वेश्या भएको छ! त्यो न्यायले पुर्ण थियो— त्यो धर्मिकताले भरिपुर्ण थियो, तर अहिले त्यो हत्याराहरूले भरिएको छ ।
ISA 1:22 तिमीहरूका चाँदी अशुद्ध भएको छ, तिमीहरूका दाखमद्य पानी मिसाइएको छ ।
ISA 1:23 तिमीहरूका शासकहरू विद्रोहीहरू र चोरका साथीहरू हुन् । हरेकले घुसलाई प्रेम गर्छ र उपहारको पछि भाग्‍छन् । तिनीहरूले अनाथहरू रक्षा गर्दैनन्, न त न्‍यायको लागि विधवाको बिन्ति नै तिनीहरूका सामु आउँछन् ।
ISA 1:24 यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्रको घोषणा यो हो, “तिनीहरूलाई धिक्‍कार! आफ्‍ना विरोधीहरूसँग बदला म लिनेछु र आफ्‍ना शत्रुहरूसँग म टो फेर्नेछु ।
ISA 1:25 म आफ्‍ना हात तिमीहरूका विरुद्ध उठाउनेछु, अशुद्ध मिश्रण हटाएझैं तिमीहरूका मैला शुद्ध पार्नेछु र तिमीहरूका सबै मैलाहरू हटाउनेछु ।
ISA 1:26 म तिमीहरूका न्यायकर्ताहरूलाई पहिलेको झैं र तिमीहरूका सल्‍लाहकारहरूलाई सुरुको झैं पुनर्स्थापना गर्ने छु । त्यसपछि तिमीहरू धार्मिकताको सहर र विश्‍वासयोग्य नगर भनिनेछौ ।”
ISA 1:27 सियोनलाई न्यायले उद्धार गर्नेछ र त्यसमा भएका पश्‍चतापीहरूलाई धार्मिकताले नै उद्धार गर्नेछ ।
ISA 1:28 विद्रोहीहरू र पापीहरू एकसाथ धूलो पारिनेछन् र परमप्रभुलाई त्याग्‍नेहरू नष्‍ट हुनेछन् ।
ISA 1:29 किनभने तिमीहरूले इच्‍छा गरेका फँलाटका पवित्र रूखहरूसित तिमीहरू लज्‍जित हुनेछौ र तिमीहरूले चुनेका बगैंचाद्वारा नै तिमीहरू हतासमा पर्नेछौ ।
ISA 1:30 किनभने तिमीहरू पातहरू ओइलाउने फलाँटजस्ता र पानी नभएको बगैंचाजस्ता हुनेछौ ।
ISA 1:31 बलिया मानिसहरू चाँडै जल्ने सामग्रीजस्ता र उसको काम एउटा झिल्कोजस्तो हुनेछन् । ती दुवै एकसाथ जल्‍नेछन् र कसैले पनि ती निभाउनेछैन ।”
ISA 2:1 आमोसका छोरा यशैयाले यहूदा र यरूशलेमका बारेमा दर्शनमा दखेका कुराहरू ।
ISA 2:2 अन्तका दिनहरूमा यस्‍तो हुनेछ परमप्रभुको मन्‍दिरको पर्वतलाई सबैभन्दा उच्‍च पर्वतहरूझैं स्थापित गरिनेछ, र डाँडाहरूभन्दा माथि त्‍यो उचालिनेछ, र सबै जातिहरू यतैतिर आउनेछन् ।
ISA 2:3 धेरै जना मानिसहरू आउनेछन् र भन्‍नेछन्, “आओ, परमप्रभुको पर्वत, याकूबका परमेश्‍वरको भवनमा माथि जाऔं, ताकि उहाँले आफ्‍ना केही मार्गहरू हामीलाई सिकाउनु भएको होस् र हामी उहाँका मार्गहरूमा हिंड्न सकौं ।” किनकि सियोनबाट नै व्यावस्था र यरूशलेमबाट नै परमप्रभुको वचन जानेछ ।
ISA 2:4 उहाँले जातिहरूका बिचमा न्याय गर्नुहुनेछ र धेरै जना मानिसहरूका निम्ति निर्णय दिनुहुनेछ । तिनीहरूले आफ्ना तरवारहरू पिटेर फालीहरू र आफ्ना भालाहरू पिटेर हँसियाहरू बनाउनेछन् । एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि युद्धको निम्ति तालिम नै दिनेछन् ।
ISA 2:5 ए याकूबको घराना हो, आओ र परमप्रभुको प्रकाशमा हिंडौं ।
ISA 2:6 किनकि तपाईंले याकूबको घराना, आफ्ना मानिसहरूलाई त्याग्‍नुभएको छ, किनभने तिनीहरू पुर्वका प्रचलनले भरिएका छन् र पलिश्‍तीहरूले झैं तिनीहरू जोखना हेर्छन्, र तिनीहरूले विदेशीका छोराहरूसँग हात मिलाउँछन् ।
ISA 2:7 तिनीहरूका देश सुन र चाँदीले भरिएको छ र तिनीहरूका सम्पत्तिको कुनै कमी छैन । तिनीहरूका देश घोडाहरूले पुर्ण छ, न त तिनीहरूका रथहरूको नै कुनै कमी छ ।
ISA 2:8 तिनीहरूको देश मूर्तीहरूले पनि भरिएको छ । तिनीहरूले आफ्नै हातहरूका कलाको, तिनीहरूका आफ्‍नै औंलाहरूले बनाएका कुराहरूको पुजा गर्छन् ।
ISA 2:9 मानिहरूलाई झुकाइनेछन् र व्‍यक्‍तिहरू घोप्‍टिनेछन् । त्‍यसकारण तिनीहरूलाई नउठाउनुहोस्।
ISA 2:10 चट्टानका ठाउँहरूमा जाओ र परमप्रभुको त्रास र उहाँको वैभवको महिमाबाट जमिनमा लुक ।
ISA 2:11 मानिसहको अहङ्कारी हेराइलाई तल झारिनेछ र मानिसहरूको घमण्डलाई तल पारिनेछ, अनि त्‍यो दिन परमप्रभुलाई मात्र उचालिनेछ ।
ISA 2:12 किनकि घमण्ड गर्ने र उच्‍च पारिएका हरेकको विरुद्धमा, र हरेक अहङ्कारीको विरुद्धमा परमप्रभुको दिन आउनेछ— र त्यसलाई तल झारिनेछ—
ISA 2:13 र लेबनानका अग्ला र माथि उठेका सबै देवदारुका विरुद्धमा, र बाशानका सबै फँलाटका विरुद्धमा हुनेछ ।
ISA 2:14 सर्वशक्तिमान् परमप्रभुको त्यो दिन सबै अग्‍ला पर्वतका विरुद्धमा, माथि उठेका सबै डाँडाका विरुद्धमा,
ISA 2:15 र हरेक अग्ला धरहराका विरुद्धमा, छेड्‍नै नसक्‍ने हरेक पर्खालका विरुद्धमा,
ISA 2:16 र तर्शीशका सबै पानी जहाजका विरुद्धमा र सबै सुन्दर जहाजका विरुद्धमा हुनेछ ।
ISA 2:17 मानिसको घमण्डलाई तल झारिनेछ र मानिसहरूका हठको पतन हुनेछ । त्यो दिनमा परमप्रभु मात्र उच्‍च पारिनुहुनेछ ।
ISA 2:18 मूर्तीहरू पुर्ण रूपमा बितेर जानेछन् ।
ISA 2:19 पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्‍न चट्टानहरूका गुफाहरू र जमिनको दुलोहरू भित्र पस्‍नेछन् ।
ISA 2:20 त्यस दिन मानिहरूले सुन र चाँदीका आफ्ना मूर्तीहरू फाल्‍नेछन्, जसको पुजा गर्न तिनीहरू आफैले बनाएका छन्— ती तिनीहरूले छुचुन्द्रा र चमेराहरूका अगि फाल्‍नेछन् ।
ISA 2:21 पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्‍न चट्टानहरूका प्वालहरू र कडा चट्टानहरूका कन्दराहरूमा पस्‍नेछन् ।
ISA 2:22 मानिस भरोसा गर्न छोड, जसको जिवनको सास नाकका प्वालहरूमा हुन्छ, किनकि उसको के मूल्य हुन्छ र?
ISA 3:1 हेर, सर्वशक्तिमान् परमप्रभुले यरूशलेम र यहूदाबाट, टेवा र लट्टी: अर्थात् रोटीको सारा आफुर्ती र पानीको सारा आपुर्ती,
ISA 3:2 वीर मानिसहरू र योद्धाहरू, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्नेहरू र धर्मगुरुहरू,
ISA 3:3 पचास जनाका कप्‍तानहरू र आदरणिय नागरिक, सल्‍लाहकारहरू, सिपालु कारीगरहरू र निपुण जादूगरहरू हटाउन लाग्‍नुभएको छ ।
ISA 3:4 “युवाहरूलाई मात्र म तिनीहरूका अगुवाहरूको बनाउनेछु र जवानहरूले तिनीहरूमाथि शासन गर्नेछन् ।
ISA 3:5 हरेक मानिस एउटाले अर्कोलाई, हरेक आफ्नै छिमेकीद्वरा मानिसहरूले अत्याचार गर्नेछन् । बालकले वृद्धको अपमान गर्नेछ र तुच्छले आदरणियलाई चुनौति दिनेछ ।
ISA 3:6 एक जना मानिसले आफ्नै बुबाको घरमा आफ्नै दाजुलाई समातेर यसो भन्‍ने छ, 'तिमीसँग कोट छ । हाम्रो शासक होऊ, र यो विनाश जिम्‍मा तिमीले लेऊ ।'
ISA 3:7 त्यो दिनमा ऊ चिच्याउनेछ र भन्‍नेछ, 'म निको पार्ने हुनेछैन । मसँग रोटी वा लुगा छैन । तिमीहरूले मलाई मानिसहरूका शासक बनाउनेछैनौ' ।”
ISA 3:8 किनकि यरूशलेमले ठेस खाएको छ र यहूदा ढलेको छ, किनभने तिनीहरूका बोलिवचन र कामहरू परमप्रभुको विरुद्धमा छन्, उहाँको महिमाको दृष्‍टिको विरोध गर्छन् ।
ISA 3:9 तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्‍नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्‍ना पाप भन्‍नेछन् । तिनीहरूले त्‍यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्‍कार ! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् ।
ISA 3:10 धर्मी मानिसलाई राम्रो हुनेछ भन, किनकि तिनीहरूले आफ्‍ना कामहरूका फल खानेछन् ।
ISA 3:11 दुष्‍टलाई धिक्‍कार ! उसलाई खराब हुनेछ, किनकि उहाँको हातको बदला उसैमाथि पर्नेछ ।
ISA 3:12 मेरा मानिसहरू—बालबालिका तिनीहरूका अत्‍याचारी हुन् र स्‍त्रीहरूले तिनीहरूमाथि शासन गर्नेछन् । मेरा मानिसहरू, तँलाई अगुवाइ गर्नेहरूले तँलाई भड्काउनेछन् र तेरा मार्ग कता जाने भन्‍ने कुरा नै अलमलमा पार्नेछन् ।
ISA 3:13 दोष लगाउनलाई परमप्रभु खडा हुनुहुन्छ । मानिसहरूलाई दोष लगाउन उहाँ खडा हुनुहुन्छ ।
ISA 3:14 आफ्‍ना मानिसहरूका धर्मगुरुहरू र तिनीहरूका अगुवाहरू विरुद्ध परमप्रभु न्‍याय लिएर आउनुहुनेछः “तिमीहरूले दाखबारी विनाश पारेका छौ । गरीबलाई लुटेको माल तिमीहरूका घरहरूमा छन् ।
ISA 3:15 तिमीहरूले मेरा मानिसहरूलाई किन कुल्चन्छौ र गरिबहरूको अनुहारहरू किन पिस्‍छौ?” यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।
ISA 3:16 परमप्रभु भन्‍नुहुन्छ, सियोनकी छोरीहरू घमण्डी छन्, तिनीहरू मुण्टो ठाडो पार्दै, चञ्‍चले आँखाले, हिंड्‍दा छोटो-छोटो पाइला सारेर, तिनीहरूका गोडामा भएका पाउजुका छिन्‌छिन्‌ आवाज निकाल्दै हिंड्छन् ।
ISA 3:17 यसकारण परमप्रभुले सियोनकी छोरीहरूका टाउकोमा घावै-घाउ पार्नुहुनेछ, र परमप्रभुले तिनीहरूलाई मुडुलो पार्नुहुनेछ ।
ISA 3:18 त्यो दिन परमप्रभुले तिनीहरूका सुन्दर पाउजुहरू, शिरबन्दीहरू, चन्द्रहारहरू,
ISA 3:19 कुण्डलहरू, बालाहरू, झुम्‍काहरू,
ISA 3:20 शिर ढाक्‍नेहरू, कल्लीहरू, पटुकाहरू, अत्तरदानीहरू, जन्तरहरू,
ISA 3:21 औंठीहरू, नत्थहरू,
ISA 3:22 चाडका वस्‍त्रहरू, पछ्‍यौराहरू, घुम्‍टोहरू, हाते-ब्‍यागहरू,
ISA 3:23 हाते-ऐनाहरू, मसिनो मलमल, शिरफुलहरू र मजेत्रोहरू हटाउनुहुनेछ ।
ISA 3:24 सुगन्धित अत्तरको सट्टामा दूर्गन्ध हुनेछ । अनि पटुकाको सट्टामा डोरी हुनेछ । राम्ररी कोरेको कपालको सट्टामा मुडुलो हुनेछ । अनि पोशाकको सट्टामा भाङ्ग्राको लुगा हुनेछ । र सुन्दरताको सट्टामा डामै-डाम हुनेछ ।
ISA 3:25 तेरा मानिसहरू तरवारले मारिनेछन् र तेरा बलिया मानिसहरू युद्धमा ढल्नेछन् ।
ISA 3:26 यरूशलेमका ढोकाहरूले विलाप र विलौना गर्नेछन् । अनि त्यो एक्लो हुनेछ र भूइँमा बस्‍नेछ ।
ISA 4:1 त्यस दिन सात जना स्‍त्रीले एक जना पुरुषलाई समात्‍नेछन् र भन्‍नेछन्, “हाम्रो आफ्‍नै खाना हामी खानेछौं, हाम्रो आफ्‍नै लुगा हामी लगाउनेछौं । तर हाम्रो लाज हटाउनलाई हामीलाई तपाईंको नाउँ लिन दिनुहोस् ।”
ISA 4:2 त्यस दिन परमप्रभुको हाँगा सुन्दर र महिमित हुनेछ, अनि इस्राएलमा बाँकी रहेकाहरूका निम्ति, देशको फल स्वादिलो र अनन्ददायी हुनेछ ।
ISA 4:3 सियोनमा बाँकी छोडिएकाहरू, र यरूशलेममा रहनेहरू पवित्र भनिनेछन्, हरेक जो यरूशलेममा बसिरहेको भनेर लिखिएको छ ।
ISA 4:4 जब परमप्रभुले सियोनकी छोरीहरूको मैला धुनुहुनेछ, र फैसलाको आत्मा र आगोको ज्‍वालाको आत्माले, यरूशलेमको माझबाट रगतका दाखहरू शुद्ध पार्नुहुनेछ, तब यसो हुनेछ ।
ISA 4:5 सम्‍पूर्ण सियोन पर्वतमाथि र त्यसको सभाको स्थानमाथि, परमप्रभुले दिनमा बादल, धूँवा, र रातमा बलिरहेको आगोको चम्कने ज्वाला सृजना गर्नुहुनेछ । यो नै सबै महिमामाथिको ढाक्‍ने कुरा हुनेछ ।
ISA 4:6 दिनको तापबाट बच्‍नलाई यो नै सितल छहारी, र हुरी र झरीबाट बच्‍नलाई निम्ति शरण र छत्र हुनेछ ।
ISA 5:1 मेरो असल प्रियको निम्ति मलाई गाउन, मेरो प्रियको दाखबारीको बारेमा एउटा गीत गाउन दिनुहोस् ।
ISA 5:2 उनले यो खने, ढुङ्गाहरू हटाए र त्‍यसमा उत्तम जातको दाख रोपे । उनले त्‍यसको बिचमा एउटा धरहरा बनाए र एउटा दाखको कोल पनि बनाए । उनले दाख उत्पादन गर्ने समयसम्म पर्खे, तर त्‍यसले जङ्गली दाख मात्र फलायो ।
ISA 5:3 त्यसैले अब ए यरूशलेमका बासिन्दाहरू र यहूदाका मानिस हो, म र मेरो दाखबारीको बिचमा न्याय गर ।
ISA 5:4 मेरो दाखबारीको निम्‍ति मैले नगरेको त्यस्‍तो के कुरा त्‍यसको निम्ति गर्न सकिन्थ्यो? त्‍यसले दाख फलाओस् भन्‍ने मेरो आशा हुँदा, त्‍यसले किन जङ्गली दाखहरू फलायो?
ISA 5:5 अब म आफ्‍नो दाखबारीलाई के गर्नेछु सो म तिमीहरूलाई भन्‍नेछु, म त्‍यसलाई चरनमा बदल्‍नेछु, त्‍यसको पर्खला म भत्काउनेछु र त्‍यसलाई कुल्चीमिल्ची गरिनेछ ।
ISA 5:6 म त्‍यसलाई बरबाद गर्नेछु र यसलाई छाँटकाँट वा खनजोत गरिनेछैन । बरु, यसमा काँढा र सिउँडीहरू उम्रिनेछन् । त्‍यसमाथि वर्ष नहोस् भनी म बादललाई आज्ञा पनि दिनेछु ।
ISA 5:7 किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना, र यहूदाका मानिसचाहिं आनन्‍दको बगैंचा हो । न्यायको निम्ति उहाँ पर्खनुभयो, तर त्‍यसको साटोमा त्यहाँ हत्या भयो । धार्मिकताको खोज्नुभयो तर त्‍यसको साटोमा सहायताको निम्‍ति चित्कार आयो ।
ISA 5:8 ठाउँ नै नरहने गरी घरसित घर जोड्ने र खेतसित खेत जोड्नेहरूलाई धिक्‍कार, र तिमीहरू मात्र देशमा रहन्छौ !
ISA 5:9 सर्वशक्तिमान् परमप्रभुले मलाई भन्‍नुभयो, धेरै वटा घर, ठुला र भव्‍य महलसमेत रित्ता हुनेछन्, त्यसमा बस्‍ने कोही हुनेछैन् ।
ISA 5:10 किनकि दस हलको दाखबारीले पाँच पाथी दाख र पचास पाथी बीउले पाँच पाथी अन्‍न मात्र उब्‍जाउनेछ ।
ISA 5:11 कडा मद्य पिउनलाई बिहान सबेरै उठ्नेहरू, मद्यले तिनीहरूलाई चूर नबनाएसम्म राती अबेरसम्म बस्‍नेहरूलाई धिक्‍कार ।
ISA 5:12 तिनीहरू वीणा, सारङ्गी, बाँसुरी र मद्यसित भोज खान्छन्, तर तिनीहरूले परमप्रभुको कामको चिन्‍दैनन्, न त तिनीहरूले उहाँका हातका कामहरूलाई नै विचार गरेका छन् ।
ISA 5:13 यसकारण सुझबुझको कमीला गर्दा मेरा मानिसहरू निर्वासनमा गएका छन् । तिनीहरूका आदरणिय अगुवाहरू भोक-भोकै हुन्छन् र तिनीहरूका साधारण मानिससँग पिउनलाई कुनै कुरा छैन ।
ISA 5:14 यसकारण चिहानले आफ्‍नो भोकलाई ठुलो पारेको छ र त्‍यसले आफ्नो मुखलाई चौडा पारेको छ । तिनीहरूका कुलीनहरू, मानिसहरू, हल्ले गर्नेहरू र तिनीहरू माझका खुसी हुनेहरू चिहानमा जान्‍छन् ।
ISA 5:15 मानिसलाई निहुरिन बाध्‍य बनाइनेछ र मानवजाति नम्र तुल्याइनेछ । घमण्डीका आँखालाई झुकाइनेछन् ।
ISA 5:16 सर्वशक्तिमान् परमप्रभु आफ्‍नो न्यायमा उच्‍च पारिनुहुनेछ र परमपवित्र परमेश्‍वरले आफ्‍नो धर्मिकताद्वारा आफूलाई पवित्र प्रकट गर्नुहुनेछ ।
ISA 5:17 तब भेडाहरू तिनीहरूका आफ्नै चरणमा झैं चर्नेछन् र भग्‍नावशेषमा थुमाहरू परदेशीझैं चर्नेछन् ।
ISA 5:18 धिक्‍कार तिनीहरूलाई जसले अधर्मलाई व्‍यर्थका डोरीले तान्छन् र पापलाई गाडाको डोरीले झैं तान्छन् ।
ISA 5:19 धिक्‍कार तिनीहरूलाई, जसले भन्छन्, “परमेश्‍वरले हतार गर्नुभएको होस्, उहाँले चाँडै काम गर्नुभएको होस्, यसैले कि हामी यसो भएको देख्‍न सक्‍छौं । र इस्राएलको परमपवरित्रको योजना पुरा होस् ताकि हामीले ती थाहा पाउनेछौं ।”
ISA 5:20 धिक्‍कार तिनीहरूलाई जसले खराबलाई असल र असललाई खराब भन्छन् । जसले ज्योतिलाई अँध्यारो र अँध्यारोलाई ज्योतिको रूपमा लिन्छन् । अनि तीतोलाई गुलियो र गुलियोलाई तीतोको रूपमा लिन्छन् ।
ISA 5:21 धिक्‍कार तिनीहरूलाई जो आफ्नै आँखामा बुद्धिमान र आफ्नै समझमा चतुर छन् !
ISA 5:22 धिक्‍कार तिनीहरूलाई जो दाकमद्य पिउनलाई सिपालु र कडा मद्यहरू मिसाउनमा कुसल छन् ।
ISA 5:23 जसले घुस लिएर दुष्‍टलाई छोडिदिन्‍छ र निर्दोषलाई उसको अधिकार हनन् गर्छ !
ISA 5:24 यसकारण जसरी आगोको ज्वालाले झिंजामिंजालाई जलाउँछ र जसरी सुकेको घाँस आगोमा भष्‍म हुन्‍छ, त्यसरी नै तिनीहरूका जरा सड्नेछ र तिनीहरूका फूल धूलोझैं उड्‍नेछ । सर्वशक्तिमान् परमप्रभुको व्यावस्थालाई तिनीहरूले इन्कार गरेका हुनाले यसो हुनेछ, अनि इस्राएलका परमपवित्रको वचनलाई तिनीहरूले घृणा गरेका हुनाले यस्‍तो हुनेछ ।
ISA 5:25 यसकारण परमप्रभुको रिस उहाँका मानिसहरूका विरुद्ध दन्किएको छ । उहाँले आफ्नो हात तिनीहरूका विरुद्धमा पसार्नुभएको छ र तिनीहरूलाई दण्ड दिनुभएको छ । पहडाहरू काँप्छन् र तिनीहरूका लाशहरू गल्‍लीहरूमा फोहोर झैं छन् । यी सबै कुरामा उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएको छ ।
ISA 5:26 उहाँले टाढाका जातिहरूका निम्ति चिन्हको झण्डा उठाउनुहुनेछ र पृथ्वीको अन्तमा भएकाहरूलाई सुसेलेर बोलाउनुहुनेछ । हेर, तिनीहरू द्रूत गतिमा र तुरुन्तै आउनेछन् ।
ISA 5:27 तिनीहरूका माझमा कोही पनि थाक्‍नेछन् न त ठेस खानेछैन् । कोही पनि निदाउनेछैन न त उँघ्‍नेछन् । न त तिनीहरूका पेटीहरू खुकुला हुनेछन्, न त तिनीहरूका जुत्ताका फिताहरू नै खुकुला हुनेछन् ।
ISA 5:28 तिनीहरूका काँडहरू तीखा छन् र तिनीहरूका सबै धनुहरूमा ताँदो चढाइएका छन् । तिनीहरूका घोडाहरूका खुर चकमक ढुङ्गाहरूजस्ता छन् र तिनीहरूका रथहरूका पाङ्ग्राहरू आँधिजस्ता छन् ।
ISA 5:29 तिनीहरूका गर्जन सिंहको जस्तो हुनेछ । जवान सिंहहरूझैं तिनीहरू गर्जनेछन् । तिनीहरू गर्जन्छन् र शिकार समात्‍नेछन् र छुटाउने कोही नभई त्‍यो घिसारेर लैजान्छन् ।
ISA 5:30 त्यस दिन शिकारको विरुद्धमा तिनीहरू समुद्र गर्जेझैं गर्जनेछन् । कसैले देशलाई हेर्छ भने, उसले अन्धकार र कष्‍ट देख्‍नेछ । प्रकाशलाई पनि बादलले अँध्यारो पार्नेछ ।
ISA 6:1 उज्‍जियाह राजाको मृत्यु भएको वर्षमा मैले परमप्रभुलाई सिंहासनमा विराजमान हुनुभएको देखें । उहाँ उच्‍च र उचालिएको हुनुहुन्थ्यो, अनि उहाँको पोशाकको छेउले मन्दिर नै ढाकेको थियो ।
ISA 6:2 उहाँ माथिल्तिर सराफहरू थिए । प्रत्‍येकका छ-छवटा पखेटाहरू थिए । दुई वटा पखेटाहरूले प्रत्‍येकले आफ्नो मुहार छोप्थे र दुई वटा पखेटाले तिनले आफ्‍ना खुट्टा छोप्थे र दुई वटाले ती उड्थे ।
ISA 6:3 प्रत्‍येकले अर्कोलाई बोलाउँथे र यसो भन्थे, “सर्वशक्तिमान् परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ ! सारा पृथ्वी उहाँको महिमाले भरिएको छ ।”
ISA 6:4 ती कराइरहेकाहरूको आवाजले सँघारका जगहरू हल्लिए र मन्‍दिर धूँवाले भरिएको थियो ।
ISA 6:5 तब मैले भने, “मलाई धिक्‍कार होस् ! किनभने म सर्वनाश भएँ, म त अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध मानिसहरूको बिचमा म बस्छु, किनभने सर्वशक्तिमान् परमप्रभु महाराजा परमप्रभुलाई नै मेरा आँखाले देखेका छन् !”
ISA 6:6 तब सराफहरूमध्ये एउटा उडेर मकहाँ आए । उनको हातमा बलिरहेको भुङ्‍ग्रो थियो, जसलाई उनले वेदीबाट चिम्टाले निकालेका थिए ।
ISA 6:7 त्यसले उनले मेरो ओठ छोए र भने, “हेर, यसले तिम्रो ओठ छोएको छ । तिम्रा दोषहरू हटाइएका छन् र तिम्रा पापको प्रायश्‍चि गरिएको छ ।”
ISA 6:8 मैले परमप्रभुको यसो भन्‍ने आवाज सुनें, “म कसलाई पठाऊँ । हाम्रा निम्ति को जान्छ?” तब मैले भनें, “म यहाँ छु । मलाई पठाउनुहोस् ।”
ISA 6:9 उहाँले भन्‍नुभयो, “जाऊ, यी मानिहरूलाई भन, 'सुन्‍छौ, तर बुझ्दैनौ । हेर्छौ, तर थाहा पाउँदैनौ ।'
ISA 6:10 यी मानिसहरूका हृदयलाई मुर्ख बनाऊ, र तिनीहरूका कानलाई बैरो बनाऊ र तिनीहरूका आँखालाई अन्‍धो बनाऊ । अन्‍यथा तिनीहरूका आफ्नो आँखाले देख्‍लान्, तिनीहरूका कानले सुन्‍लान् र तिनीहरूका हृदयले बुझ्‍लान् र तब फर्केर निको होलान् ।”
ISA 6:11 तब मैले भने, “हे परमप्रभु, कहिलेसम्म?” उहाँले जवाफ दिनुभयो, “ बासिन्दाविनाका भग्‍नावशेष सहरहरू ध्‍वस्‍त नहुन्‍जेल र मानिसविनाका घरहरू नहुन्‍जेल, र देश उजाड नहुन्‍जेल,
ISA 6:12 अनि परमप्रभुले मानिसहरूलाई टाढा नपठाउन्‍जेल र देश ठुलो निर्जन नहुन्‍जेलसम्‍म ।
ISA 6:13 यसमा मानिसहरूको दस भागमा एक भाग रहे तापनि, फेरि पनि त्‍यो नष्‍ट पारिनेछ । तारपीन र फँलाट काटिन्छ र त्‍यसको ठुटो बाँकी रहेझैं, त्‍यसको पवित्र बीउ त्‍यसको ठुटोमा हुन्छ ।”
ISA 7:1 उज्‍जियाहको नाति, योतामका छोरा यहूदाको राजा आहाजको समयमा, अरामका राजा रसीन, र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्धमा युद्ध गर्न माथि गए, तर तिनीहरू त्‍यसको विरुद्धमा विजयी हुन सकेनन् ।
ISA 7:2 अरामले एफ्राइमसँग सन्‍धी गर्‍यो भनी दाऊदको घरानालाई बताइयो । तिनको हृदय काँप्यो, अनि तिनका मानिसहरूका हृदय जङ्गलका रुखहरू हावाले हल्लाएझैं काँप्यो ।
ISA 7:3 तब परमप्रभुले यशैयालाई भन्‍नुभयो, “तेरो छोरा शार्यासूबलाई साथमा लिएर आहाजलाई भेट्न धोबीको खेत जाने बाटोमा माथिल्लो पोखरीको नहरको छेउमा जा ।
ISA 7:4 उसलाई भन्, 'होसियार होऊ, शान्त बस, नडराऊ, रेसीन र अराम अनि रमल्याहको छोरा पेकहको भयङ्कर रिसको बलिरहेको अगुल्टोद्वारा त्रसित नहोऊ ।
ISA 7:5 अराम, एफ्राइम र रमल्याहको छोराले तिम्रो विरुद्धमा खराब योजना गरेका छन् । तिनीहरूले भनेका छन्,
ISA 7:6 “हामी यहूदालाई आक्रमण गरौं र त्यसलाई त्रसित बनाऔं, र हामी त्यसभित्र पसौं र ताबेलका छोरालाई त्‍यहाँ हाम्रा राजा बनाऔं ।”
ISA 7:7 परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “त्‍यो कुरा हुन आउनेछैन । त्‍यस्‍तो हुनेछैन,
ISA 7:8 किनभने अरामको मुख्‍यालय दमसकस हो र दमसकसको मुखिया रेसीन हो । पैंसट्ठी वर्षभित्र, एफ्राइम टुक्रा-टुक्रा हुनेछ र त्यसमा कोही मानिस हुनेछैन ।
ISA 7:9 एफ्राइमको मुख्‍यालय सामरिया हो र सामरियाको मुखिया रमल्याहको छोरा हो । तिमी विश्‍वासमा दृढ रहँदैनौ भने, निश्‍चय नै तिमी सुरक्षित हुनेछैनौ ।”
ISA 7:10 परमप्रभुले फेरि आहाजसँग बोल्नुभयो,
ISA 7:11 “परमप्रभु आफ्‍ना परमश्‍वरसँग एउटा चिन्ह माग् । गहिराइमा भए पनि वा उच्‍चाइमा पनि यो माग् ।”
ISA 7:12 तर आहाजले भने, “म माग्‍नेछैन, न त म परमप्रभुको जाँच नै गर्नेछु ।”
ISA 7:13 त्यसैले यशैयाले जवाफ दिए, “ए दाऊदका घराना, सुन । के तिमीहरूको निम्ति मानिसहरूका धेर्यको जाँच नै पर्याप्‍त हुँदैन र? के तिमीहरूले मेरो परमेश्‍वरको धैर्यको पनि जाँच गर्नुपर्छ र?
ISA 7:14 यसकारण परमप्रभुले नै तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछः हेर, एज जना कन्या केटीले गर्भधारण गर्नेछिन्, एउटा छोरा जन्माउनेछिन् र उनको नाउँ इम्मानुएल राख्‍नेछिन् ।
ISA 7:15 जब उनले खराबलाई इन्कार गर्न र असललाई रोज्‍न जान्‍दछन्, तब उनले दही र मह खानेछन् ।
ISA 7:16 किनकि बालकले खराबलाई इन्कार गर्न र असललाई रोज्‍न जान्‍नुअघि नै तिमी डराएका दुई जना राजाहरूका देश उजाड हुनेछन् ।
ISA 7:17 परमप्रभुले तिमी, तिम्रा मानिसहरू र तिम्रा बुबाको घरानामाथि एफ्राइम यहूदाबाट छुटेदेखि कहिल्यै नभएको कुरा ल्याउनुहुनेछ— उहाँले तिमीमाथि अश्शूरका राजा ल्याउनुहुनेछ ।”
ISA 7:18 त्यस बेला परमप्रभुले झींगालाई मिश्रदेशको खोलादेखि र मौरीलाई अश्शूरको देशदेखि सुसेलेर बोलाउनुहुनेछ ।
ISA 7:19 तिनीहरू सबै आउनेछन् र घाँटीहरूमा, चट्टानको चिराहरूभित्र, सबै काँढाका झाङमाथि र सबै चरनहरूमा बस्‍नेछन् ।
ISA 7:20 त्यस बेला परमप्रभुले युफ्रेटिस नदी पारि अश्‍शूरका राजाकोबाट भाडामा लिइएको छुराले, टाउकाहरू र खुट्टाहरूका रौं खौरनुहुनेछ । त्‍यसले दाह्रीलाई पनि सफा गर्नेछ ।
ISA 7:21 त्यस दिन, एक जना मानिसले एउटा कोरली र दुई वटा भेडा पाल्नेछ,
ISA 7:22 र तिनीहरूले दिने दूधको प्रशस्‍तताको कारणले, उसले दही खानेछ, किनकि देशमा छोडिएका हरेकले दूध र मह खानेछन् ।
ISA 7:23 त्यस बेला, हजार बोट दाखको हजार शेकेल पर्ने जग्गामा, त्‍यहाँ सिउँडी र काँढा बाहेक केही हुनेछैन ।
ISA 7:24 मानिहरू त्यहाँ धनु लिएर शिकार गर्न जानेछन्, किनभने सबै देश नै सिउँडी र काँढा हुनेछन् ।
ISA 7:25 तिनीहरू सिउँडी र काँढाको डरले खनजोत गरी खेतीपाती गरिएका सबै डाँडाबाट टाढै रहनेछन् । तर यो गाईवस्‍तु र भेडाहरू चर्ने ठाउँ हुनेछ ।
ISA 8:1 परमप्रभुले मलाई भन्‍नुभयो, “एउटा ठुलो पाटी ले र त्‍यसमा लेख्, ‘महेर-शालल-हाज-बज ।'
ISA 8:2 मेरो कुरा पक्‍का गर्नलाई म विश्‍वासयोग्य साक्षीहरू अर्थात् पुजारी उरियाह र येबेरक्याहका छोरा जकरियालाई बोलाउनेछु ।”
ISA 8:3 म अगमवादिनीकहाँ गएँ र तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन् । तब परमप्रभुले मलाई भन्‍नुभयो, “त्यसको नाउँ महेर-शालल-हाज-बज राख् ।
ISA 8:4 किनकि बालकले 'मेरो बुबा' र 'मेरो आमा' भन्‍न जान्‍नअघि नै दमसकसको धन र सामरियाको लूटलाई अश्‍शूरको राजाले बोकेर लैजानेछ ।”
ISA 8:5 परमप्रभु फेरि मसँग बोल्नुभयो,
ISA 8:6 “यी मानिसहरूले शीलोको शान्त पानीलाई इन्कार गरेका छन् अनि रसीन र रमल्याहको छोरासित खुसी भएका छन्,
ISA 8:7 त्‍यसकारण परमप्रभुले शक्तिशाली र धेरै नदीको पानी अर्थात् अश्‍शूरका राजा र तिनका सबै महिमा तिनीहरूमाथि ल्याउन लाग्‍नुभएको छ । त्‍यसका सबै नहरमा त्‍यो आउनेछ र त्‍यसका किनारहरू भरिएर बग्‍नेछन् ।
ISA 8:8 यो तिमीहरूका घाँटीसम्म पुगुन्‍जेल नदी बाढी आएर अघि बढ्दै यहूदाभित्रसम्म बग्‍नेछ । ए इम्मानुएल, यसको फैलिएका पखेटाहरूले तेरो देशकको सबैतिर ढाक्‍नेछ ।”
ISA 8:9 मानिसहरू टुक्रा-टुक्रा हुनेछन् । सुन, ए टाढाका देशहरूः युद्धको निम्ति आफूलाई हतियारले तयार गर र चकनाचूर होओ । आफूलाई हतियारले तयार गर र चकनाचूर होओ ।
ISA 8:10 योजना बनाओ, तर यो पुरा हुनेछैन । आज्ञा गर, तर यो पालन गरिनेछैन, किनकि परमेश्‍वर हामीसँग हुनुहुन्छ ।
ISA 8:11 परमप्रभुले मसँग बोल्नुभयो, उहाँको बलियो बाहुली ममाथि थियो र यी मानिसहरू हिंडेका मार्ग नहिंड्न मलाई चेताउनी दिनुभयो ।
ISA 8:12 यी मानिसहरूले षड्यान्त्र भनेको कुनै पनि कुरालाई षड्यान्त्र नभन्, तिनीहरू डराउने कुरासित तँ डराउने छैनस्, र त्रसित नहो ।
ISA 8:13 तैंले पवित्र मानेर आदर गर्ने परमप्रभु नै हुनुहुन्छ । तैंले उहाँकै भय मान्‍नुपर्छ र तँ उहाँसितै डराउनुपर्छ ।
ISA 8:14 उहाँ पवित्र वासस्थान हुनुहुनेछ । तर इस्राएलका दुवै घरानाका निम्ति उहाँ प्रहार गर्ने ढुङ्‍गो र ठेस लाग्‍ने चट्टान हुनुहुनेछ— र यरूशलेमका मानिसहरूका निम्ति उहाँ पासो र जाल हुनुहुनेछ ।
ISA 8:15 धेरै जना मानिस यसमा ठेस खानेछन् र लड्नेछन् र चकनाचूर हुनेछन्, र जाल फस्‍नेछन् र समातिनेछन् ।
ISA 8:16 मेरो गवाहीलाई बाँध, आधिकारिक लेखमा छाप लगाऊ र त्‍यो मेरा चेलाहरूलाई देऊ ।
ISA 8:17 याकूबको घरानाबाट आफ्नो मुहार लुकाउनुहुने परमप्रभु म आशा गर्छु । म उहाँमा भरोसा गर्छु ।
ISA 8:18 हेर, म र परमप्रभुले मलाई दिनुभएको छोरा सियोन पर्वतमा वास गर्नुहुने सर्वशक्तिमान् परमप्रभुबाट, इस्राएलको निम्‍ति चिन्हहरू र आश्‍चर्य कामहरू हुन् ।
ISA 8:19 तिनीहरूले तिमीहरूलाई भन्‍नेछन्, “भूत खेलाउने र आत्माहरू खेलाउनेसित सल्लाह लेओ” जसले मन्त्र भन्छन् र गुनगुनाउछन् । तर के मानिसहरूले आफ्नो परमेश्‍वरसँग सल्लाह लिनुपर्दैन र? के तिनीहरूले जीवितहरूको निम्‍ति मृतहरूसँग सल्लाह लिनुपर्छ र?
ISA 8:20 व्यवस्था र गवाहीतिर लाग ! तिनले यसो भन्दैनन् भने, तिनीहरूसँग बिहानको मिरमिरे उज्यालो नभएको हुनाले नै हो ।
ISA 8:21 तिनीहरू अति व्याकूल भएर र भोकाएर देशमा हिंड्‍नेछन् । जब तिनीहरू भोकाउँछन्, तब तिनीहरू रिसाउनेछन्, र तिनीहरूले आफ्नो अनुहार माथि उचाल्‍दा, आफ्‍ना राजा र आफ्‍ना परमेश्‍वरलाई सराप्‍नेछन् ।
ISA 8:22 तिनीहरूले पृथ्वीमा हेर्नेछन् र व्‍यकुलता, अन्धकार र अत्याचारको बादल देख्‍नेछन् । तिनीहरू अन्धकारको देशमा लगिनेछन् ।
ISA 9:1 जो वेदनमा थियो, उसबाट नैराश्‍यता दूर गरिनेछ । जबूलूनको देश र नप्‍तालीको देशलाई, पहिलेको समयमा उहाँले होच्‍याउनुभयो, तर पछिल्लो समयमा उहाँले त्‍यसको समुद्र जाने बाटोमा, यर्दनपारि जातिहरूका गलीलमा त्‍यसलाई महिमित पार्नुहुनेछ ।
ISA 9:2 अन्धकारमा हिंड्ने मानिसहरूले एउटा ठुलो ज्‍योति देखेका छन् । मृत्युको छायाको देशमा बसेकाहरू, तिनीहरूमाथि ज्योति चम्केको छ ।
ISA 9:3 तपाईंले जातिहरूलाई वृद्धि गर्नुभएको छ । तपाईंले तिनीहरूका आनन्दलाई वृद्धि गर्नुभएको छ । कटनीको समयमा झैं तिनीहरू तपाईंको सामु आनन्‍दित हुन्‍छन्, जसरी मानिसहरूले लूटको माल बाँड्दा तिनीहरू आनन्‍दित हुन्‍छन् ।
ISA 9:4 किनकि त्यसको भरी जुवा, त्यसको पिठ्युको नाल, त्यसको अत्याचारीको लट्ठीलाई तपाईंले मिद्यानको समयमा झैं चकनाचूर पार्नुभएको छ ।
ISA 9:5 दुश्‍मन सिपाहीका हरेक जुत्ता र रगतमा मुछिएको पोशाकलाई जलाइनेछ र आगोको निम्ति इन्धन हुनेछ ।
ISA 9:6 किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रो निम्ति एउटा छोरा जन्‍मेको छ, र शासन उहाँको काँधमा हुनेछ । अनि उहाँको नाउँ अचम्मको सल्लाकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता र शान्तिका राजकुमार राखिनेछ ।
ISA 9:7 दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्‍यसलाई न्याय र धार्मिकताले थाम्‍न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्‍य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ ।
ISA 9:8 परमप्रभुले याकूबको विरुद्धमा वचन पठाउनुभयो र यो इस्राएलमा पर्‍यो ।
ISA 9:9 सबै मानिसहरूले जान्‍नेछन्, घमण्डसाथ र अहङ्कारी हृदयले भन्‍ने एफ्राइम र सामरियाले पनि जान्‍नेछन्,
ISA 9:10 “इँटहरू खसेका छन्, तर कुँदेका ढुङ्गाहरूले नै हामी पुनःनिर्माण गर्नेछौं । अञ्जीरका रूखहरू काटिएका छन्, तर तिनका ठाउँमा हामी देवदारुका रूखहरू रोप्‍नेछौं ।”
ISA 9:11 यसकारण परमप्रभुले उसको शत्रु रसीनलाई उसको विरुद्धमा खडा हुनुहुनेछ र उसका शत्रुहरूलाई,
ISA 9:12 पुर्वका अरामीहरू र पश्‍चिमका पलिश्‍तीहरू उक्साउनुहुनेछ । तिनीहरूले खुल्ला मुखले इस्राएललाई निल्नेछन् । यी सबै कुराले उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।
ISA 9:13 तापनि उहाँले प्रहार गरेका मानिसहरू उहाँतिर फर्कंदैनन्, न त तिनीहरूले परमप्रभुको खोजी गर्नेछन् ।
ISA 9:14 यसकारण परमप्रभुले इस्राएलबाट टाउको र पुच्छर, खजूरको हाँगा र नर्कट एकै दिनमा नष्‍ट पार्नुहुनेछ ।
ISA 9:15 अगुवाहरू र भद्र मानिसहरू मुखिया हुन् । झुटो सिकाउने अगमवक्ता पुच्छर हो ।
ISA 9:16 यी मानिसहरूलाई डोर्‍याउनेहरूले तिनीहरूलाई पथभ्रष्‍ट पार्छन् र तिनीहरूद्वारा डोर्‍याइनेहरू निलिन्छन् ।
ISA 9:17 यसकारण परमप्रभु तिनीहरूका जवानहरूसित आनन्‍दित हुनुहुन्‍न, न त उहाँले तिनीहरूका अनाथ र विधवाहरूमाथि दया गर्नुहुनेछ, किनकि हरेक व्‍यक्‍ति अधर्मी र दुष्‍ट छन्, अनि हरेक मुखले मूर्ख कुराहरू गर्छन् । यी सबै कुराहरूमा उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।
ISA 9:18 दुष्‍टता आगोझैं बल्छ । त्‍यसले सिउँडी र काँढालाई भष्‍म पार्छ । यसले जङ्गलको झाडीलाई पनि जलाउँछ, जसले धूँवाको मुस्लोमा उठ्नेछ ।
ISA 9:19 सर्वशक्तिमान् परमप्रभुको क्रोधले देश जलेको छ र मानिसहरू आगोको निम्ति इन्धनजस्तै छन् । कुनै मानिसले आफ्नो भाइलाई छोड्दैन ।
ISA 9:20 तिनीहरूल दाहिने हातमा खानेकुरा समात्छन् तर तिनीहरू अझै भोको नै हुन्‍छन् । तिनीहरूले देब्रे हातमा खाना खानेछन्, तर अझै तृप्‍त हुनेछैनन् । प्रत्‍येकले आफ्नै बाहुलीको मासु पनि खानेछ ।
ISA 9:21 मनश्‍शेले एफ्राइमलाई, अनि एफ्राइमले मनश्‍शेलाई भस्म गर्नेछ । तिनीहरू एकसाथ यहूदालाई आक्रमण गर्नेछन् । यी कुराहरूमा, उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।
ISA 10:1 धिक्‍कार तिनीहरूलाई जसले अन्यायपुर्ण कानुन जारी गर्छन् र अनुचित नियम लेख्छन् ।
ISA 10:2 तिनीहरूले खाँचोमा परेकाहरूलाई न्यायबाट वञ्‍चित गर्छन्, मेरा मानिसका गरिबहरूलाई तिनीहरूका अधिकारहरू लूट्छन्, विधवालाई लूट्छन् र अनाथहरूलाई आफ्नो शिकार बनाउँछन् ।
ISA 10:3 इन्‍साफको दिनमा टाढाबाट विनाश आउँदा तिमीहरू के गर्नेछौ? सहायताको निम्ति तिमीहरू कसकहाँ भागरे जानेछौ र आफ्नो सम्पत्तिलाई तिमीहरू कहाँ छोड्नेछौ?
ISA 10:4 कुनै पनि कुरा बाँकी रहँदैन र कैदीहरूका माझमा तिमीहरू झुक्‍नेछौ वा मारिएकाहरू माझमा ढल्नेछौ । यी सबै कुराहरूमा उहाँको रिस मर्दैन । बरु उहाँको हात अझै पसारिएकै छ ।
ISA 10:5 अश्‍शूरलाई धिक्‍कार, जो मेरो रिसको लट्ठी हो, त्‍यो लहुरो जसद्वारा म आफ्‍नो क्रोध मच्‍चाउँछु!
ISA 10:6 त्यसलाई अहङ्कारी जातिको विरुद्ध र मेरो पुरा क्रोध पाउने मानिसहरूको विरुद्ध म पठाउँछु । लूटका मालहरू लिने, शिकार लिने र तिनीहरूलाई गल्लीको हिलोलाई झैं कुल्चने आज्ञा म उसलाई दिन्छु ।
ISA 10:7 तर यो उहाँको इच्छा होइन, न त उहाँले यसरी सोच्‍नुहुन्छ । धेरै जातिहरूलाई विनाश गर्ने र निमिट्यान्‍न पार्ने कुरा उहाँको मनमा छ ।
ISA 10:8 किनकि उहाँले भन्‍नुहुन्छ, “मेरा सबै शासकहरू राजाहरू होइनन्?
ISA 10:9 के कल्नो कर्कमीशजस्तै होइन र? के हमात अर्पादजस्तै होइन र? के सामरिया दमस्‍कसजस्तै होइन र?
ISA 10:10 जसरी मेरो हातले मूर्तीपुजक राज्यहरूलाई जितेको छ, जसका कुँदेका मूर्तिहरू यरूशलेम र सामरियामा भएका भन्दा धेरै थिए,
ISA 10:11 सामरिया र त्यसको व्यार्थका मूर्तीहरूलाई मैले जे गरें, यरूशलेम र त्यसको मूर्तीहरूलाई पनि म त्यसै गर्नेछैन र?”
ISA 10:12 जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्‍शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु ।
ISA 10:13 किनकि त्‍यसले भन्‍छ, “मेरो सामर्थ्य र मेरो बुद्धिले मैले काम गरें । मसँग समझ छ, र मैले मानिसहरूका सिमानाहरू हटाएको छु । मैले तिनीहरूको बहुमूल्य सम्पत्ति चोरेको छु, र साँढेले झैं मैले बासिन्दाहरूलाई होच्‍याएको छु ।
ISA 10:14 एउटा गुँडबाट झैं, मेरा हातले जातिहरूका सम्पत्ति समातेको छ, र छोडिएको अण्डाहरू कसैले बटुलेझैं, मैले सारा पृथ्वीलाई बटुलेको छु । कसैले पनि आफ्‍ना पखेटाहरू चलाएनन् वा आफ्‍ना मुख खोलेनन् वा चिरबिर आवाज निकालेनन् ।”
ISA 10:15 के बन्चरोले आफूलाई चलाउने विरुद्ध आफैमा घमण्ड गर्नेछ र? के आराले आफूलाई चलाएर काट्नेलाई भन्दा आफ्नै प्रशंसा गर्नेछ र? यो त लट्ठी उचल्नेलाई लट्ठीले नै उचालेको जस्तो भयो, वा लहुरोले एक जना व्‍यक्‍तिलाई उचालेको जस्तो भयो ।
ISA 10:16 यसकारण सर्वशक्तिमान् परमप्रभुले उसका कुलिन योद्धाहरू माझ रूढी पठाउनुहुनेछ । अनि उहाँको महिमाको मुनि आगोजस्तै जलन दन्काइनेछ ।
ISA 10:17 इस्राएलको प्रकाश आगो बन्‍नेछ र त्यसको परमपवित्र आगोको ज्वालाजस्तो बन्‍नुहुनेछ । त्‍यसले उसको काँढाहरू र सिउँडीहरूलाई एकै दिनमा डढाउने र नष्‍ट पार्नेछ ।
ISA 10:18 त्यसको जङ्गलको गौरव र त्यसको फलवन्त भूमिको प्राण र शरीर दुवैलाई परमप्रभुले नष्‍ट पार्नुहुनेछ । यो बिरामीको शरीर गलेको जस्तो हुनेछ ।
ISA 10:19 त्यसको जङ्गलमा रहेका रूखहरू अति थोर बाँकी हुनेछन्, जसलाई एक जना बालकले पनि गन्‍न सक्‍छ ।
ISA 10:20 त्यस दिन इस्राएलका बाँकी, उम्केका याकूबका घरानाले आफूलाई पराजित गर्नेमाथि भर पर्ने छैनन्, तर तिनीहरू साँच्‍चै इस्राएलका परमपवित्र परमप्रभुमा भर पर्नेछन् ।
ISA 10:21 याकूबका बाँकी रहेकाहरू शक्तिशाली परमेश्‍वरकहाँ फर्कनेछन् ।
ISA 10:22 किनकि तपाईंका मानसिहरू इस्राएल समुद्र किनारको बालुवाझैं भए तापनि, तिनीहरूमा बाँकी रहेकाहरू मात्र फर्कनेछन् । प्रशस्‍त धार्मिकताले माग गरेझैं, विनाशलाई आदेश दिइएको छ ।
ISA 10:23 निर्धारण गरिएको विनाशलाई परमप्रभु सर्वशक्तिमान् परमप्रभुले सम्‍पूर्ण देशभरि ल्याउन लाग्‍नुभएको छ ।
ISA 10:24 यसकारण परमप्रभु सर्वशक्तिमान् परमप्रभुले भन्‍नुहुन्छ, “ए सियोनमा बस्‍ने मेरा मानिसहरू हो, अश्‍शूरसँग नडराओ । त्यसले तिमीहरूलाई आफ्‍नो लट्ठीले प्रहार गर्नेछ र तिमीहरूको विरुद्धमा त्यसको लहुरो उठाउनेछ जस्‍तो मिश्रीहरूले गरे ।
ISA 10:25 त्यससँग नडराओ किनकि तिमीहरू विरुद्धको मेरो रिस चाँडै अन्‍त हुनेछ र मेरो क्रोधले त्यसको विनाशमा लैजानेछ ।”
ISA 10:26 तब सर्वशक्तिमान् परमप्रभुले ओरेबको चट्टानमा मिद्यानलाई पराजित गरेझैं तिनीहरूका विरुद्ध कोर्रा चलाउनुहुनेछ । उहाँले आफ्नो हात समुद्रमाथि उठाउनुहुनेछ र उहाँले मिश्रमा गर्नुभएझैं यसलाई माथि उचाल्‍नुहुनेछ ।
ISA 10:27 त्यस दिन, तिमीहरूका कुममा भएको त्यसको बोझ र तिमीहरूको काँधमा भएको जुवा हटाइनेछ र मोटोपनको कारणले जुवा नष्‍ट पारिनेछ ।
ISA 10:28 शत्रुहरू अय्यातमा आएका छन् र मिग्रोन भएर गएका छन् । मिकमाशमा त्यसले आफ्‍नो खाद्यन्‍नहरू भण्डारण गरेको छ ।
ISA 10:29 तिनीहरूले भञ्‍जयाङ पार गरेका छन् र गेबामा बास बसेका छन् । रामा काँप्छ र शाऊलको गिबा भागेको छ ।
ISA 10:30 ए गल्लीमको छोरी, उच्‍च सोरमा करा ! हे लाकीश, ध्यान दे ! तँ विचरा अनातोत !
ISA 10:31 मदमेना भाग्दैछ, गेबीमका बासिन्दाहरू सुरक्षाको निम्ति भाग्छन् ।
ISA 10:32 त्यसै दिन त्यो नोबमा रोकिनेछ र सियोनका छोरीको पर्वत र यरूशलेमका पहाडहरूतिर आफ्नो मुक्‍का हल्‍लाउनेछ ।
ISA 10:33 हेर, परमप्रभु सर्वशक्तिमान् परमप्रभुले डरलाग्‍दो विनाशसँगै हाँगाहरू लुछ्नुहुनेछ । सबैभन्दा अग्‍ला रूखहरू काटिनेछन् र अहङ्कारीलाई होच्‍याइनेछ ।
ISA 10:34 उहँले वनका झाडीहरूलाई वन्चरोले काट्नुहुनेछ र लेबनानको आफ्‍नो गौरव पतन हुनेछ ।
ISA 11:1 यिशैको ठुटोबाट एउटा टुसा पलाउनेछ र त्यसका जराहरूबाट पलाएको एउटा हाँगाले फल फलाउनेछ ।
ISA 11:2 परमप्रभुको आत्मा उहाँमाथि रहेनुहुनेछ, बुद्धि र समझको आत्मा, सुझाव र शक्तिको आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा ।
ISA 11:3 परमप्रभुको भय नै उहाँको आनन्द हुने छ । उहाँका आँखाले देखेका कुराले उहाँले न्याय गर्नुहुन्‍न, न त उहाँका कानले सुनेको कुराले निर्नय गर्नुहुन्छ ।
ISA 11:4 बरु, उहाँले गरीबहरूका न्याय धार्मिकताले गर्नुहुन्छ र पृथ्वीका नम्रहरूका निम्ति उचित रूपमा निर्णय गर्नुहुन्छ । आफ्नो मुखको लट्ठीले उहाँले पृथ्वीलाई प्रहार गर्नुहुन्छ र आफ्‍नो मुखको सासले उहाँले दुष्‍टको नाश गर्नुहुन्छ ।
ISA 11:5 धार्मिकता नै उहाँको कम्मर पेटी हुनेछ र विश्‍वस्‍तता उहाँको पटुका हुनेछ ।
ISA 11:6 ब्वाँसो थुमासँग बस्‍नेछ र चितुवा पाठोसँग सुत्‍नेछ, बाछा, जवान सिंह र पोषिएको बाछा एकसाथ बस्‍नेछन् । एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ ।
ISA 11:7 गाई र भालु सँगै चर्नेछन् र तिनीहरूका बच्‍चाहरू सँगै सुत्‍नेछन् । गोरुले झैं सिंहले पराल खानेछ ।
ISA 11:8 एक जना दूधे बालक सर्पको दुलोमा खेल्नेछ, र दूधे छाडेको बालकले सर्पको दुलोभित्र हात हाल्नेछ ।
ISA 11:9 मेरो सबै पवित्र पर्वतमा तिनीहरूले चोट पुर्‍याउनेछैनन् न त विनाश नै गर्छन् । किनकि जसरी पानीले समुद्र ढाकेको छ त्यसरी नै परमप्रभुको ज्ञानले पृथ्वी भरिपुर्ण हुनेछ ।
ISA 11:10 त्यस दिन, यिशैको जरा मानिसहरूको निम्ति झण्डाको रूपमा खडा हुनेछ । जातिहरूले उहाँलाई खोज्‍नेछन् र उहाँको विश्राम स्थल महिमायुक्‍त हुनेछ ।
ISA 11:11 त्यस दिन परमप्रभुले अश्शूर, मिश्र, पत्रोस, कूश, एलाम, शीनार, हमात र समुद्रका टापुहरूमा बाँकी रहेका उहाँका मानिसहरूलाई छुटाउन आफ्नो हात फेरि फैलाउनुहुनेछ ।
ISA 11:12 उहाँले जातिहरूका निम्ति झण्डा खडा गर्नुहुनेछ, र इस्राएलबाट निकालिएकाहरू र यहूदाका तिततबितर भएकाहरूलाई पृथ्वीको चारै कुनाबाट बटुल्नुहुने छ ।
ISA 11:13 उहाँ एफ्राइमको ईर्ष्यालाई उल्टाउनुहुनेछ र यहूदाको शत्रुताहरू नाश पार्नुहुनेछ । एफ्राइमले यहूदाको इर्ष्या गर्नेछैन र यहूदा एफ्राइमको शत्रु हुनेछैन ।
ISA 11:14 बरु, तिनीहरूले पश्‍चिमका पलिश्‍तीहरूका पर्वतहरूमाथि झम्टनेछन् र तिनीहरू एकसाथ मिलेर पुर्वका मानिसहरूलाई लूट्नेछन् । तिनीहरूले एदोम र मोआबलाई आक्रमण गर्नेछन् र अम्‍मोनका मानिसहरूले तिनीहरूको आज्ञा पालन गर्नेछन् ।
ISA 11:15 परमप्रभुले मिश्रदेशको समुद्रका खाडीलाई पुर्ण रूपमा नष्‍ट पार्नुहुनेछ । तातो हावासँगै उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात हल्लाउनुहुनेछ र यसलाई सात वटा खोलाहरूमा विभाजन गर्नुहुनेछ, यसैले त्‍यसमा चप्‍पलहरू लगाएर तर्न सकिन्छ ।
ISA 11:16 इस्राएल मिश्रदेशबाट फर्कंदा तिनीहरूका निम्ति भएजस्तै, अश्शूरबाट फर्कने उहाँका बाँकी रहेका मानिसहरूका निम्ति मुल बाटो हुनेछ ।
ISA 12:1 त्यस दिन तिमीहरूले यसो भन्‍नेछौ, “हे परमप्रभु, म तपाईंलाई धन्यावाद दिनेछु । किनकि तपाईं मसँग रिसाउनु भए तापनि, तपाईंको रिस मरेको छ, र तपाईंले मलाई सान्त्वना दिनुभएको छ ।
ISA 12:2 हेर, परमेश्‍वर मेरो मुक्‍ति हुनुहुन्छ । म भरोसा गर्नेछु र डराउनेछैन, किन परमप्रभु नै, हो परमप्रभु नै मेरो बल र गीत हुनुहुन्छ । उहाँ मेरो मुक्‍ति हुनुभएको छ ।”
ISA 12:3 आनन्दसाथ तिमीहरूले मुक्‍तिको इनारहरूबाट पानी तान्‍नेछौ ।
ISA 12:4 त्यस दिन तिमीहरूले भन्‍नेछौ, “परमप्रभुलाई धन्यवाद देऊ र उहाँको नाउँ पुकार । मानिसहरूका माझमा उहाँको कामहरूको घोषणा गर, उहाँको नाउँ उचालिएको छ भनी बताऊ ।
ISA 12:5 परमप्रभुको निम्ति गीत गाओ, किनकि उहाँले महिमित कुराहरू गर्नुभएको छ । यसलाई सारा पृथ्वीभरि प्रकट गरियोस् ।
ISA 12:6 ए सियोनका बासिन्दाहरू हो, उच्‍च सोरले कराओ र आनन्दसाथ चिच्याओ, किनकि तिमीहरूका माझमा इस्राएलका परमपवित्र महान् हुनुहुन्छ ।
ISA 13:1 बेबिलोन बारेमा आमोजका छोरा यशैयाले प्राप्‍त गरेका घोषणाः
ISA 13:2 नाङ्गो पहाडमाथि चिन्हका झण्डाहरू खडा गर, तिनका निम्‍ति उच्‍च सोरले कराओ, भारदारहरूका ढोकाहरूमा जानलाई हातले इशारा गर ।
ISA 13:3 मेरो पवित्र जनलाई मैले आज्ञा गरेको छु, हो, मेरो क्रोध पुरा गर्न आफ्‍ना शक्तिशाली मानिसहरूलाई, गर्भका साथ आनन्दित हुने मेरो जनलाई समेत मैले बोलाएको छु ।
ISA 13:4 पर्वतहरूमा एउटा भीडको जस्‍तो धेरै जना मानिसहरूको हल्ला ! धेरै जातिहरू भेला भएका राज्यहरूको होहल्लाको आवाज ! सर्वशक्तिमान् परमप्रभुले युद्धका निम्ति फौज भेला पार्दै हुनुहुन्‍छ ।
ISA 13:5 तिनीहरू टाढा देशहरूबाट, क्षितिज परको बाटोबाट आउँछन् । परमप्रभुले आफ्नो न्यायको माध्‍यामले सम्‍पूर्ण देशलाई नाश गर्नुहुन्छ ।
ISA 13:6 डाँको छोडेर रोओ, किनकि परमप्रभुको दिन नजिकै छ । यो सर्वशक्तिमान्‌बाट विनाशसँगै आउँछ ।
ISA 13:7 यसकारण सबै हात कमजोर हुन्छन् र हरेक मुटुले ठाउँ छोड्छ ।
ISA 13:8 तिनीहरू त्रसित हुनेछन् । प्रसव वेदनामा परेकी स्‍त्रलाई झै तिनीहरूलाई पीडा र वेदनाले समात्‍छ । तिनीहरूले चकित हुँदै एकअर्कालाई हेर्नेछन् । तिनीहरूका अनुहारहरू राता हुनेछन् ।
ISA 13:9 हेर, देशलाई विनाश पार्न र त्‍यसबाट पापीहरूलाई नाश पार्न, परमप्रभुको दिन निर्दयी क्रोध र प्रचूर रिस लिएर आउँछ ।
ISA 13:10 आकाशका ताराहरू र तारा पुन्‍जहरूले आफ्‍ना प्रकाश दिनेछैनन् । बिहानैदेखि सूर्य नै अध्याँरो हुनेछ र चन्द्रमा चम्कनेछैन ।
ISA 13:11 संसारलाई त्‍यसको दुष्‍टताको निम्‍ति अनि दुष्‍टहरूलाई तिनीहरूका अपराधको निम्ति म सजाय दिनेछु । घमण्डीको अहङ्कारलाई म अन्त गर्नेछु र निर्दयीको अहङ्कारलाई तल खसाल्‍नेछु ।
ISA 13:12 मानिसहरूलाई निखुर सुनभन्दा पनि दुर्लभ र मानवजाति भेट्न ओपीरको शुद्ध सुनभन्दा पनि कठिन म बनाउनेछु ।
ISA 13:13 यसकारण सर्वशक्तिमान् परमभुको डरलाग्‍दो क्रोध र उहाँको प्रचण्‍ड रिसको दिनमा, आकाशलाई म हल्लाउनेछु, र पृथ्वी आफ्‍नो ठाउँमा हल्‍लिनेछ ।
ISA 13:14 लखेटिएको हरिण वा गठालो नभएको भेडाझैं, हरेक मानिस आफ्ना मानिसतिर फर्कनेछ र आफ्नै देशतिर भाग्‍नेछ ।
ISA 13:15 भेट्टाइएका हरेक व्‍यक्‍तिलाई मारिनेछ र कब्जा गरिएका हरेक व्‍यक्‍ति तरवारले मर्नेछ ।
ISA 13:16 तिनीहरू दूधे बालकहरूलाई पनि तिनीहरूकै आँखाको सामु पछारेर टुक्रा-टुक्रा पारिनेछ । तिनीहरूका घरहरू लुटिनेछ र तिनीहरूका पत्‍नीहरूलाई बलत्‍कार गरिनेछ ।
ISA 13:17 हेर, तिनीहरूलाई आक्रमण गर्न मैले मादीहरूलाई उक्साउनै लागेको छु, जसले चाँदीको ख्याल गर्दैनन् न त तिनीहरू सुनमा नै खुसी हुन्छन् ।
ISA 13:18 तिनीहरूका धनुले जवान मानिसहरूलाई प्रहार गर्नेछ । तिनीहरूले दूधे बालकहरूलाई दया देखाउँदैनन् र तिनीहरूले बालबालिकालाई दया देखाउँदैनन् ।
ISA 13:19 त्यसपछि राज्यहरूमध्ये धेरै प्रशंसा गरिएको कल्दीहरूका गौरवको वैभव बेबिलोनलाई, परमेश्‍वरले सदोम र गमोरालाई झैं नष्‍ट पार्नुहुनेछ ।
ISA 13:20 पुस्‍तौं-पुस्‍तासम्म त्‍यसमा कोही बसोवास गर्नेछैनन् । अरबीले त्यहाँ आफ्नो पाल टाँग्‍नेछैन, न त गोठालाहरूले आफ्ना बगालहरूलाई त्यहाँ विश्राम गराउनेछन् ।
ISA 13:21 तर मरूभुमिका जङ्‍गली पशुहरू त्यहाँ बस्‍नेछन् । तिनीहरूका घरहरू लाटोकोसेराले भरिनेछन् । सुतुर्मुगहरू र घोरलहरू त्यहाँ उफ्रनेछन् ।
ISA 13:22 तिनीहरूका किल्लाहरूमा हुँडारहरू कराउनेछन् र तिनीहरूका सुन्दर दरबारहरूमा स्यालहरू हुनेछन् । त्यसको समय नजिकै छ र त्यसका दिनहरू बिलम्व हुनेछैनन् ।
ISA 14:1 परमप्रभुले याकूबलाई दया गर्नुहुनेछ । उहाँले फेरि पनि इस्राएललाई रोज्‍नुहुनेछ र तिनीहरूलाई आफ्नै देशमा पुनर्स्थापना गर्नुहुनेछ । परदेशीहरू पनि तिनीहरूसँगै सहभागी हुनेछन् र आफूलाई याकूबको घरानासँग आवद्ध गराउनेछन् ।
ISA 14:2 जातिहरूले तिनीहरूलाई आफ्नै ठाउँमा ल्याउनेछन् । तब इस्राएलको घरानाले तिनीहरूलाई सेवक र सेविकाको रूपमा परमप्रभुको देशमा लानेछन् । तिनीहरूलाई कैदी बनाउनेहरूलाई तिनीहरूले कैदी बनाउनेछन् र तिनीहरूले आफ्‍ना अत्याचारीहरूमाथि राज्‍य गर्नेछन् ।
ISA 14:3 त्‍यो दिनमा तिमीहरूका कष्‍ट र पीडाबाट, अनि तिमीहरूले गर्नुपर्ने कडा परिश्रमबाट परमप्रभुले तिमीहरूलाई विश्राम दिनुहुन्‍छ,
ISA 14:4 तब तिमीहरूले बेबिलोनको राजाको विरुद्ध यो गिल्लाको गीत गाउनेछौ, “अत्याचारीको अन्त्‍य कसरी भएको छ, घमण्डी क्रोधको अन्त्‍य भयो !
ISA 14:5 परमप्रभुले दुष्‍टहरूको लट्ठी र ती शासकहरूको राजदण्ड भाँच्‍नुभएको छ,
ISA 14:6 जसले मानिसहरूलाई क्रोधमा निरन्‍तर रूपमा प्रहार गर्‍यो, जसले अनियन्त्रित रूपमा आक्रमण गरेर जातिहरूमाथि क्रोधमा राज्‍य गर्‍यो ।
ISA 14:7 सम्‍पूर्ण पृथ्वी नै विश्राममा छ र शान्त छ । तिनीहरूले गीत गाउँदै उत्सव मनाउन सुरु गर्छन् ।
ISA 14:8 सल्लाका रूखहरू लेबनानको देवदारुहरूसँगै तँलाई देखेर रमाउँछन् । तिनीहरू भन्छन्, 'तँलाई तल खसालिएको हुनाले, हामीलाई काटेर ढाल्न काठ काट्ने कुनै मानिस माथि आउनेछैन ।'
ISA 14:9 तँ चिहानमा जाँदा, तँलाई भेट्न चिहान उत्सुक हुन्छ । पृथ्वीका सबै राजालाई, जातिहरूका सबै राजालाई, आफ्‍ना सिंहासनबाट माथि खडा हुन लगाएर तेरो निम्ति त्‍यसले मृतहरूलाई जगाउँछ ।
ISA 14:10 तिनीहरू सबै बोल्नेछन् र तँलाई यसो भन्‍नेछन्, 'तँ पनि हामीजस्तै कमजोर भएको छस् । तँ पनि हामीजस्तै भएको छस् ।
ISA 14:11 तेरो तडकभडकलाई तेरो वीणाहरूको आवाजसँगै चिहनामा ल्याइएको छ । तँमुनि औंसाहरू फैलिएका छन् र तँलाई किराहरूले ढाकेको छ ,'
ISA 14:12 ए दिनको तारा, बिहानको पुत्र, तँ कसरी स्‍वर्गबाट तल झरेको छस् ! जातिहरूमाथि विजय पाएको, तँलाई कसरी भूइँमा ढालिएको छ !
ISA 14:13 तैंले आफ्नो हृदयमा भनेको थिइस्, 'म स्वर्गमा चढ्‍नेछु, परमेश्‍वरका ताराहरूभन्दा माथि म आफ्‍नो सिंहासनलाई उचाल्नेछु, र सभाको पहाडमाथि सूदूर उत्तरमा म विराजमान हुनेछु ।
ISA 14:14 बादलहरूको उचाइभन्दा माथि म चड्‍नेछु । म आफैलाई सर्वोच्‍च परमेश्‍वरजस्तै बनाउनेछु ।'
ISA 14:15 तापनि तँलाई अब चिहानमा, खडालको गहिराइमा तल खसालिएको छ ।
ISA 14:16 तँलाई देख्‍नेहरूले तँलाई टुलुटुलु हेर्नेछन् र तिनीहरूले तँलाई ध्यान दिनेछन् । तिनीहरूले सोध्‍नेछन्, 'के यो त्‍यही मानिस हो, जसले पृथ्वीलाई थर्कमान पार्‍यो, जसले राज्यहरूलाई हल्‍लायो,
ISA 14:17 जसले संसारलाई उजाड-स्‍थानजस्‍तो बनायो, जसले सहरहरूलाई नष्‍ट पार्‍यो र आफ्‍ना कैदीहरूलाई घर जान दिएन?'
ISA 14:18 जातिहरूका सबै राजा, तीमध्‍ये सबै जना, हरेक व्‍यक्‍ति आ-आफ्ना चिहानमा आदरसाथ सुत्‍छन् ।
ISA 14:19 तर एउटा हाँगालाई फालेझैं, तेरो चिहानबाट तँलाई बाहिर फालिएको छ । तरवारले छेडेर मारिएका खाल्डोका ढुङ्गाहरूतिर जाने मृतकहरूले तँलाई कपडाले झैं ढाक्‍छन् ।
ISA 14:20 तैंले आफ्नो देशलाई नाश पारेको र आफ्ना मानिसहरूलाई मारेको हुनाले तिनीहरूसँगै तेरो दफन हुनेछैन । दुष्‍ट काम गर्नेहरूका सन्तानलाई फेरि कहिल्यै याद गरिनेछैन ।”
ISA 14:21 त्यसका सन्‍तानलाई, तिनीहरूका पुर्खाहरूका अपराधको निम्ति मार्ने ठाउँ तयार पार्, यसरी तिनीहरू उठ्नेछैनन् र पृथ्वी अधीन गर्नेछैनन् र सारा संसारलाई सहरहरूले भर्नेछैनन् ।
ISA 14:22 “तिनीहरू विरुद्धमा म खडा हुनेछु,”— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो । “म बेबिलोनबाट नाउँ, सन्तान र वंशज नष्‍ट पार्नेछु,”— यो परमप्रभुको घोषणा हो ।
ISA 14:23 “म त्यसलाई लाटोकोसेरोको अधीनमा र पानीको तलाउमा राख्‍नेछु, र विनाशको कुचोले म त्यसलाई बढार्नेछु,”— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।
ISA 14:24 सर्वशक्तिमान् परमप्रभुले शपथ खानुभएको छ, “निश्‍चय नै, जस्तो मैले इच्‍छा गरेको छु, त्यस्तै हुनेछ । अनि जे उद्देश्य मैले राखेको छु, त्‍यो पुरा हुनेछ ।
ISA 14:25 अश्शूरलाई म आफ्‍नो देशमा चकनाचूर पार्नेछु र मेरो पर्वतमा म त्‍यसलाई खुट्टामुनि कुल्चिनेछु । तिनीहरूका काँधबाट त्यसको जुवा हटाइनेछ र तिनीहरूका पिठ्यूबाट त्यसको भारी निकालिनेछ ।”
ISA 14:26 सम्‍पूर्ण पृथ्वीको निम्ति इच्‍छा गरिएको योजना यही हो र सारा जातिहरूमाथि पसारिएको बहुली यही हो ।
ISA 14:27 किनकि सर्वशक्तिमान् परमप्रभुले नै यो योजना गर्नुभएको छ । उहाँलाई कसले रोक्‍न सक्छ र? उहाँको हात उचालिएको छ र त्‍यसलाई कसले फर्काउने छ र?
ISA 14:28 आहाज राजा मरेको वर्षमा यो घोषणा आयोः
ISA 14:29 ए सारा पलिश्‍तीहरू हो, तिमीहरूलाई प्रहार गर्ने छडी भाँचिएको छ भनेर आनन्दित नहोओ । किनकि साँपको वंशबाट झन् विषलु सर्प बढ्‍नेछ, र त्यसको सन्तान डरलाग्‍दो उड्ने सर्प हुनेछ ।
ISA 14:30 गरीबको जेठा छोरोले मेरो खर्कहरूमा आफ्‍ना भेडाहरू चराउनेछन्, र खाँचामा परेकाहरू सुरक्षासँग पल्टिनेछन् । तेरो वंशलाई म अनिकाले मार्नेछु जसले तेरा बाँचेका सबैलाई मृत्युमा पुर्‍याउनेछ ।
ISA 14:31 ए ढोका करा । ए सहर चिच्या । हे पलिश्‍ती, तिमीहरू सबै पग्‍लेर हराउनेछौ । किनकि उत्तरबाट धूँवाको बादल आउँछ र त्यसको पङ्तिमा धरमराउने कोही छैन ।
ISA 14:32 जातिका दूलहरूलाई तिनीहरूले कसरी जवाफ दिनेछन् ? “परमप्रभुले सियोनलाई बसाल्नुभएको छ, त्यसमा कष्‍टमा परेका मानिसहरूले शरण लिनेछन् ।”
ISA 15:1 मोआबको बारेमा एउटा घोषणा । साँच्‍चै, मोआबको आरलाई एकै रातमा उजाड र नष्‍ट पारिन्छ । साँच्‍चै, मोआबको कीरलाई एकै रातमा उजाड र नष्‍ट पारिन्छ ।
ISA 15:2 तिनीहरू माथि मन्दिरमा गएका छन्, दीबोनका मानिसहरू रुनलाई अग्लो ठाउँमा गए । नेबोको निम्ति र मेदबाको निम्ति मोआबले विलाप गर्छ । तिनीहरूका सबै शिर खौरिएका छन् र तिनीहरूका सबै दाह्रीहरू काटिएका छन् ।
ISA 15:3 आफ्ना गल्लीहरूमा तिनीहरू भाङ्ग्रा लगाउँछन् । तिनीहरू घरका छतहरूमाथि र चोकहरूमा हरेकले आँसु बगाउँदै विलाप गर्छन् ।
ISA 15:4 हेश्बोन र एलाले सहायताको निम्ति पुकारा गर्छन् । तिनीहरूको सोर यहसासम्म सुनिन्छ । यसरी मोआबका हतियारधारी मानिसहरूले सहायताको निम्ति पुकारा गर्छन् । तिनीहरू आफैभित्र त्रसित हुन्‍छन् ।
ISA 15:5 मेरो मनले मोआबको निम्ति पुकारा गर्छ । त्यसका भगौडाहरू सोअर र एग्लत-शलीशियाहतिर भाग्‍छन् । तिनीहरू लूहीतको उकालोमा रुँदै जान्छन् । आफ्‍नो विनाशको निम्‍ति होरोनैमको बाटोमा तिनीहरू ठुलो सोरमा विलाप गर्छन् ।
ISA 15:6 निम्रीमको पानीहरू सुख्‍खा भएका छन् । घाँस ओइलिएका छन् । हरियाली सुकेका छन् । त्यहाँ कुनै हरियो घाँस छैन ।
ISA 15:7 तिनीहरूले प्रशस्त उब्‍जनी गरेका कुरा र भण्डारण गरेका कुरा, तिनीहरू लहरे-पिपलहरूको खोलापारि लैजान्छन् ।
ISA 15:8 चित्‍कार मोआबको इलाकभरि नै गएको छ । विलापचाहिं एग्लेम र बेअर-एलीससम्म पुगेको छ ।
ISA 15:9 किनभने दीबोनका पानीहरू रगतले भरिएका छन् । तर म दीबोनमाथि अझ धेरै ल्याउनेछु । मोआबबाट भाग्‍ने र त्यो देशमा बस्‍नेमा समेत एउटा सिंहले आक्रमण गर्नेछ ।
ISA 16:1 उजाड-स्‍थानको सेलाको देशबाट सियोन पर्वतको छोरीको शासकलाई थुमाहरू पठाओ ।
ISA 16:2 जसरी चराहरू भौंतारिन्‍छन् र जसरी गुँड छरपष्‍ट पारिन्‍छ, मोआबका स्‍त्रीहरू अर्नोनका जाँघारहरूमा तेस्‍तै भएका छन् ।
ISA 16:3 “निर्देशन दओ, न्याय गर । मध्य दिनमा पनि रातको जस्तै केही सितलता प्रदान गर । भगौडाहरूलाई लुकाओ । भगौडाहरूलाई धोका नदेओ ।
ISA 16:4 मोआबबाट आएका शरणार्थीहरू तिमीहरूको माझमा बसोवास गरून् । विनाश गर्नेबाट तिनीहरूका निम्ति लुक्‍ने ठाउँ होओ ।” किनकि अत्याचार रोकिनेछ, र विनाश अन्त हुनेछ, कुल्चनेहरू देशबाट लोप भएर जानेछन् ।
ISA 16:5 करारको विश्‍वस्ततामा सिंहासनलाई स्थापित गरिनेछ । अनि दाऊदको पालबाट आएका एक जना विश्‍वस्‍ततासाथ त्यसमा विराजमान हुनुहुनेछ । उहाँले न्‍यायको खोजी गर्नुहुँदा र धार्मिकतासाथ व्‍यवहार गर्नुहुँदा उहाँले इन्‍साफ गर्नुहुनेछ ।
ISA 16:6 मोआबको घमण्ड, त्यसको अहङ्कार र त्यसको रिसको बारेमा हामीले सुनेका छौं । तर त्यसका घमण्डहरू खोक्रा शब्दहरू हुन् ।
ISA 16:7 त्यसैले मोआबले मोआबको निम्ति विलाप गर्नेछ— तिनीहरू सबैले विलाप गर्नेछन् । कीर-हरेशेतको किशमिशको झुप्‍पाको निम्‍ति पुर्ण रूपमा विनाश भएकाहरूले विलाप गर ।
ISA 16:8 हेश्बोनका खेतहरू साथै सिब्माका दाखहरू सुकेका छन् । याजेरमा पुगेको र मरुभूमिमा फैलिएको उत्तम दाखहरूलाई, जातिहरूका शासकहरूले कुल्चेका छन् । त्‍यसका टुसाहरू बाहिर देशमा फैलिए । ती समुद्रमाथि गए ।
ISA 16:9 साँच्‍चै, सिब्माको दाखबारीको निम्ति म याजेरसँगै रुनेछु । ए हेश्बोन र एलाले, मेरो आँसुले म तँलाई भिजाउनेछु । किनकि तेरो गृष्मका फलहरू र कटनीको आनन्दको आवाजलाई मैले अन्त गरेको छु ।
ISA 16:10 फलका रूखहरूबाट खुसी र आनन्द लुटिएको छ । अनि दाखबारीमा कुनै किसिमको गीत वा आवाज छैन । दाखको कोलमा कसैले पनि दाख पेल्दैन, किनकि दाख पाल्‍नेहरूको आवाज मैले अन्त गरेको छु ।
ISA 16:11 त्यसैले मेरो हृदयले मोआबको निम्ति र मेरो अन्तस्करणले कीर-हरेशेतको निम्ति वीणाले झैं सुस्केरा हाल्छ ।
ISA 16:12 जब मोआबले आफूलाई उच्‍च स्थानमा थकित बनाउँछ र प्रार्थना गर्न आफ्‍नो मन्दिरमा प्रवेश गर्छ, त्यसको प्रार्थनाले केही काम गर्नेछैन ।
ISA 16:13 परमप्रभुले मोआबको बारेमा पहिले नै बोल्नुभएको वचन यही हो ।
ISA 16:14 फेरि परमप्रभु भन्‍नुहुन्छ, “मोआबको गौरव तिन वर्षभित्र हराउनेछ । त्यसको धेरै मानिहरू भए पनि बाँकी रहेकाहरू अति थोरै र नगण्य हुनेछन् ।”
ISA 17:1 दमस्कसको बारेमा एउटा घोषणा ।
ISA 17:2 अरोएरका सहरहरूलाई त्यागिनेछ । तिनीहरू बथानहरू बस्‍ने ठाउँहरू हुनेछन् र तिनीहरूलाई कसैले पनि तर्साउनेछैन ।
ISA 17:3 किल्लाबन्‍दी गरिएका सहरहरू एफ्राइमबाट, दमस्कसको राज्यबाट लोप हुनेछन्, र अरामका बाँकी रहेकाहरू—तिनीहरू इस्राएलका मानिसहरूको गौरवझैं हुनेछन्— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।
ISA 17:4 त्‍यो दिनमा यस्‍तो हुनेछ, याकूबको गौरव दुब्‍लो हुनेछ र त्यसको शरीरको मोटाइ पातलो हुनेछ ।
ISA 17:5 यो अन्‍न जम्‍मा गर्नेले अन्‍न थुपारेजस्तो हुनेछ, र त्यसका हातहरूले अन्‍न कटानी गर्छ । यो रपाईको बेसीमा शिला-बाला बटुलेजस्‍तो हुनेछ ।
ISA 17:6 जैतूनको रुखलाई हल्लाए जसरी पनि शिलाहरू छोडिनेछन्: माथिल्‍लो हाँगामा दुइ-तिन वटा वा फलको सबभन्‍दा अग्लो हाँगाहरूमा चार-पाँच वटा जैतून छोडिन्‍छन्— यो परमप्रभु इस्राएलका परमेश्‍वरको घोषणा हो ।
ISA 17:7 त्यस दिन मानिसहरूले आफ्‍ना सृष्‍टिकर्तालाई हेर्नेछन् र तिनीहरूका आँखाले इस्राएलका पवित्रलाई हेर्नेछन् ।
ISA 17:8 तिनीहरूले आफ्नो हातका कामहरू अर्थात् वेदीहरूतिर हेर्नेछैनन्, न त तिनीहरूले आफ्नै औंलाले बनाएका अशेराका खम्बाहरू न सूर्यका प्रतिमाहरूलाई नै हेर्नेछन् ।
ISA 17:9 त्यस दिन तिनीहरूका बलिया सहरहरू डाँडाका टाकुराहरूका भिरहरूमा त्यगिएका जङ्‍गलजस्‍तै हुनेछन्, जसलाई इस्राएलका मानिसहरूका कारणले त्यागिएका थिए र त्यो उजाड हुनेछ ।
ISA 17:10 किनकि तैंले आफ्‍नो मुक्‍तिको परमेश्‍वरलाई बिर्सेको छस् र तेरो सामर्थ्यको चट्टानलाई बेवास्ता गरेको छस् । त्‍यसैले तैंले सुन्दर बिरुवाहरू रोपिस् र विदेशीबाट पाएको दाखका हाँगाहरू रोपिस्,
ISA 17:11 तैंले रोपेको, बार लगाएको र खेती गरेको दिनमा । तेरा बीउहरू चाँडै वृद्धि हुनेछन्, तर कष्‍ट र घोर दुखको दिनमा फल दिनेछैन ।
ISA 17:12 धिक्‍कार ! धेरै मानिसहरूको गर्जन, जुन समुद्रहरूको गर्जन, र जातिहरूका हल्लाझैं गर्जन्छ, जुन शक्तिशाली पानी बगेझैं बग्छ !
ISA 17:13 जातिहरू धेरै पानी बगेझैं गर्जन्‍छन्, तर उहाँले तिनीहरूलाई हप्‍काउनुहुनेछ र तिनीहरू टाढा भाग्‍नेछन्, डाँडाहरूमाथि भुसझैं तिनीहरू हावाको सामु उड्‍नेछन् र आँधीको सामु मडारिएको झारझैं हुनेछन् ।
ISA 17:14 हेर, साँझमा त्रास ! बिहान हुनअगि ती बितिजानेछन् ! हामीलाई लूट्नेहरू, हामीलाई डकैती गर्नेहरूको भाग यस्‍तै हुनेछ ।
ISA 18:1 सुस्‍केराको आवाज निकाल्‍ने देशलाई धिक्‍कार, जुन कु्सका नदीहरूसँगै छ ।
ISA 18:2 जसले नरकटका डुङ्गाहरूमा समुद्रहुँदै राजदूतहरू पठाउँछ । हे फुर्तिला दूतहरू, सबै अग्ला र चिल्ला जातिकहाँ जाओ, टाढा नजिकका मानिसलाई डराउनेहरू, एउटा बलियो र विजयी जाति जसको देशलाई नदीहरूले विभाजन गर्छ ।
ISA 18:3 तिमीहरू संसारका सबै बासिन्दाहरू र पृथ्वीमा बसोवास गर्ने, तिमीहरू जब डाँडाहरूमाथि चिन्ह उठाइन्‍छ, तब हेर । अनि जब तुरही बजाइन्‍छ तब सुन ।
ISA 18:4 परमप्रभुले मलाई यसो भन्‍नुभयो, “चर्को घामको उखुम तापजस्तै, कटानीको तापमा कुहिरोजस्तै म आफ्‍नो घरबाट शान्त भएर हेर्नेछु ।
ISA 18:5 कटनीअगि फूल फुल्‍ने समय सिद्धिएपछि र फूल दाख हुँदैगर्दा, उहाँले छाँट्ने हँसियाहरूले छाँट्नुहुनेछ र उहाँले फैलिरहेको हाँगाहरूलाई काट्नुहुनेछ र लानुहुनेछ ।
ISA 18:6 डाँडाका चराहरू र पृथ्वीका जनावरहरूका निम्ति ती छोडिनेछन् । चराहरूले ग्रीष्मको समय तिनीहरूमा बिताउनेछन् र पृथ्वीका सबै जनावरहरूले तिनीहरूमा हिउँद बिताउनेछन् ।”
ISA 18:7 त्यस दिन अग्ला र चिल्ला मानिसहरूले, टाढा नजिकका मानिसलाई डराउनेहरू, बलिया र विजयीले सर्वशक्तिमान् परमप्रभुलाई उपहार ल्याउने छन्, जसको देशलाई नदीहरूले विभाजन गर्छन्, तिनीहरूले सर्वशक्तिमान् परमप्रभुको नाउँ भएको सियोन पर्वतमा ल्याउनेछन् ।
ISA 19:1 मिश्रदेशको बारेमा एउटा घोषणा । हेर, परमप्रभु द्रूत गतिको बादलमा सवार हुनुहुन्छ र मिश्रदेशतिर आउँदै हुनुहुन्छ । मिश्रदेशको मूर्तीहरू उहाँको सामु थरथर काँप्‍नेछन् र मिश्रीहरूको हृदयहरू भित्रभित्रै पग्‍लिनेछन् ,
ISA 19:2 “मिश्रहरूको विरुद्धमा मिश्रीहरूलाई नै म उठाउनेछुः एक जना मनिसले आफ्‍नो भाइको विरुद्धमा लड्नेछ र एक जना मानिसले आफ्‍नो छिमेकीको विरुद्धमा लड्नेछ । सहरले सहरको विरुद्धमा र राज्यले राज्यको विरुद्धमा लड्नेछ ।
ISA 19:3 मिश्रदेशको आत्‍मा भित्रभित्रै कमजोर हुनेछ । तिनीहरूले मूर्तीहरूका, मृत मानिसहरूका आत्माहरूका, मन्त्रतन्त्र गर्नेहरूका र झाँक्रीहरूका सल्लाह लिए तापनि, त्यसको सल्लाहलाई म नाश पार्नेछु ।
ISA 19:4 मिश्रीहरूलाई कठोर मालिको हातमा म दिनेछु र तिनीहरूमाथि बलियो राजाले राज्‍य गर्नेछ— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।”
ISA 19:5 समुद्रका पानीहरू सुक्‍नेछन्, अनि नदीहरू सुक्‍नेछन् र रित्तो हुनेछन् ।
ISA 19:6 नदीहरू दूषित हुनेछन् । मिश्रदेशका नदीहरू सुक्‍नेछन् र सुख्‍खा हुनेछन् । नर्कटहरू र काँसहरू ओइलाउनेछन् ।
ISA 19:7 नील नदीको मुखमा नील नदीको किनारका नर्कटहरू र नील नदीको छेउमा बीउ छरिएका खेत सुख्‍खा हुनेछन्, बतासले उडाउनेछन् र रहनेछैनन् ।
ISA 19:8 जालाहरीहरूले विलाप र शोक गर्नेछन्, र नील नदीमा बल्‍छी हान्‍ने सबै जनाले विलाप गर्नेछ, पानीहरूमाथि आफ्नो जाल फिजाउनेहरूले शोक गर्नेछन् ।
ISA 19:9 बाटेको सनपटका कामदारहरू र सेतो कपडा बुन्‍नेहरू निराश हुनेछन् ।
ISA 19:10 मिश्रदेशमा कपडाको काम गर्नेहरूलाई कुल्चिइनेछ । ज्यालामा काम गर्नेहरू सबैले भित्रभित्रै शोक गर्नेछन् ।
ISA 19:11 सोअनका शआसकहरू पुर्ण रूपमा मूर्ख छन् । फारोका सबैभन्दा बुद्धिमान्‌को सल्लाह व्यार्थको भएको छ । तिमीहरूले फारोलाई कसरी भन्‍न सक्छौ, “म बुद्धिमान्‌ मानिसहरूका छोरा, प्राचीन राजाहरूका छोरा हुँ ।”
ISA 19:12 तेरा बुद्धिमान्‌ मानिसहरू कहाँ छन्? सर्वशक्तिमान् परमप्रभुले मिश्रदेशको बारेमा कस्‍तो योजना बनाउनुभएको छ भनी तिनीहरूले तँलाई बताऊन् र प्रकट गरून् ।
ISA 19:13 सोअनका शासकहरू मूर्ख बनेका छन्, नोपका शासकहरू धोकामा परेका छन् । तिनीहरूले मिश्रदेशलाई पथभ्रष्‍ट बनाएका छन्, जो त्यसका कुलहरूका कुनेढुङ्गाहरू हुन् ।
ISA 19:14 परमप्रभुले त्यसको माझमा विकृतिको आत्मा मिसाउनुभएको छ र मिश्रदेशले गर्ने सबै कुरामा आफ्नो बान्तामा लडीबडी गर्ने जड्याँहाजस्तै पथभ्रष्‍ट तिनीहरूले त्‍यसलाई बनाएका छन् ।
ISA 19:15 मिश्रदेशको निम्ति शिर वा पुच्छर वा खजूरको हाँगा वा नर्कट, कसैले केही गर्न सक्दैन ।
ISA 19:16 त्यस दिनमा, मिश्रीहरू स्‍त्रीहरूजस्ता हुनेछन् । सर्वशक्तिमान् परमप्रभुले तिनीहरूमाथि उठाउनुहुने हातको कारणले तिनीहरू थरथर काँप्‍नेछन् र डराउनेछन् ।
ISA 19:17 यहूदाको देश मिश्रदेशलाई लरखराउने बनाउने कारण बन्‍नेछ । जब कसैले त्यसलाई तिनीहरूको याद दिलाउँछ, तिनीहरूका विरुद्धमा परमप्रभुले योजना बनाउँदै गर्नुभएको उहाँको योजनाको कारणले तिनीहरू भयभिय हुनेछन् ।
ISA 19:18 त्यस दिनमा मिश्रदेश पाँच वटा सहरहरू हुनेछन् जसले कनानको भाषा बोल्‍नेछन् र सर्वशक्तिमान् परमप्रभुप्रति निष्ठाको शपथ खानेछन् । यिमध्ये एउटालाई सूर्यको सहर भनिनेछ ।
ISA 19:19 त्यस दिन मिश्रदेशको माझमा परमप्रभुको एउटा वेदी हुनेछ र त्‍यसको छेउमा परमप्रभुको निम्ति ढुङ्गाको स्‍मारक हुनेछ ।
ISA 19:20 मिश्रदेशमा यो सर्वशक्तिमान् परप्रभुको निम्ति एउटा चिन्ह र गवाहीको रूपमा हुनेछ । अत्याचारीहरूको कारणले तिनीहरूले परमप्रभुमा पुकारा गर्दा, उहाँले तिनीहरूका निम्ति एउटा उद्धारक र एक जना रक्षक पठाउनुहुनेछ र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुनेछ ।
ISA 19:21 मिश्रदेशले परमप्रभुलाई चिन्‍नेछ र त्यस दिन मिश्रीहरूले परमप्रभुलाई स्वीकार गर्नेछन् । तिनीहरूले बलिदानहरू र भेटीहरूसित आराधना गर्नेछन्, अनि परमप्रभुको निम्ति भाकल गर्नेछन् र ती पुरा गर्नेछन् ।
ISA 19:22 परमप्रभुले मिश्रदेशलाई कष्‍ट दिंदै र निको पार्दै कष्‍ट दिनुहुनेछ । तिनीहरू परमप्रभुतिर फर्किनेछन् । उहाँले तिनीहरूको प्रार्थना सुन्‍नुहुनेछ र तिनीहरूलाई निको पार्नुहुनेछ ।
ISA 19:23 त्यस दिनमा मिश्रदेशदेखि अश्शूरसम्म जाने एउटा मुल बाटो हुनेछ, अनि अश्शूरीहरू मिश्रदेशमा आउनेछन् र मिश्रीहरू अश्शूरमा जानेछन् । अनि मिश्रीहरूले अश्शूरीहरूसँगै आराधना गर्नेछन् ।
ISA 19:24 त्यस दिनमा मिश्रदेश र अश्शूरसँगै इस्राएल पृथ्वीको माझमा आशिष्‌मा तेस्रो हुनेछ ।
ISA 19:25 सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र भन्‍नुहुनेछ, “ए मेरा मानिस, मिश्रदेश धन्यको होओ । मेरो हातको काम अश्शूर । मेरो उत्तराधिकार इस्राएल ।”
ISA 20:1 अश्शूरका राजा सर्गानले टार्टनलाई अश्दोदमा पठाउँदा, तिनी आएको वर्षमा, तिनले अश्दोदको युद्ध लडे र त्‍यसलाई कब्जा गरे ।
ISA 20:2 त्यस बेला आमोजका छोरा यशैयाद्वारा परमप्रभु बोल्नुभयो र भन्‍नुभयो, “जा र तेरो कम्मरबाट भाङ्ग्रा हटा र तेरो खुट्टाको जुत्ता फुकाल् ।” नाङ्गो भएर र खाली खुट्टाले हिंडेर तिनले त्‍यसो गरे ।
ISA 20:3 परमप्रभुले भन्‍नुभयो, “जसरी मेरो सेवक यशैया तिन वर्षसम्म नाङ्गै र खाली खुट्टाले हिंडेका छन्, यो मिश्रदेश र कूशको निम्ति चिन्ह र शकून हो—
ISA 20:4 यसरी नै अश्शूरका राजाले मिश्रदेशका कैदी र कूशका निर्वासित, जवान र वृद्धहरूलाई मिश्रदेशलाई लाजमा पार्न नाङ्गै, खाली खुट्टा र चाक नै देखाएर लैजानेछ ।
ISA 20:5 तिनीहरूका आशा कूश र तिनीहरूका गौरव मिश्रदेशको कारणले तिनीहरू व्याकुल र लज्‍जित हुनेछन् ।
ISA 20:6 यी समुद्री तटका बासिन्दाहरूले त्यस दिन भन्‍नेछन्, साच्‍चै, यो हाम्रो आशाको स्रोत थियो, जहा अश्शूरको राजाबाट बच्‍नलाई हामी भाग्यौं, र अब हामी कसरी उम्किन सक्‍छौं र?'”
ISA 21:1 समुद्र नजिकको मरुभूमिको बारेमा एउटा घोषणा । नेगेवमा चल्ने आँधीहुरी जस्तै मरुभूमि र डरलाग्‍दो देशबाट यो आउँछ ।
ISA 21:2 मलाई एउटा कष्‍टप्रद दर्शन दिइएको छः “धोकेबाजले धोकापुर्ण किसिमले काम गर्छ र विनाश गर्नेले विनाश गर्छ । ए एलाम, माथि जा र आक्रमण गर् । ए मादी घेरा हाल् । त्यसको सबै शोकलाई म रोक्‍नेछु ।
ISA 21:3 यसकारण मेरो कमर दुखेको छ । स्‍त्रीको प्रसव पीडाजस्‍तो पीडाले मलाई समातेको छ । मैले जे सुनेको छु त्यसद्वारा म झुकेको छु । मैले जे देखेको छु सोद्वारा म व्याकुल भएको छु ।
ISA 21:4 मेरो मुटु धड्कन्छ । म डरले काँप्छु । मैले साँझको इच्छा गरें, तर त्‍यसले ममा त्रास ल्यायो ।
ISA 21:5 तिनीहरू टेबल तयार गर्छन्, तिनीहतरू राडी ओछ्याउँछन्, अनि खान्छन् र पिउँछन् । ए शासकहरू उठ, आफ्‍ना ढालहरूमा तेल लगाओ ।
ISA 21:6 किनकि परमप्रभुले मलाई यसो भन्‍नुभयो, “जा, एक जना पहरेदार राख । उसले जे देख्‍छ सो बताउनुपर्छ ।
ISA 21:7 जब उसले एउटा रथ, एक जोडी घोडचढी, गधामाथि चढ्नेहरू र उँटमाथि चढ्नेहरू देख्छ, तब उसले ध्यान दिनुपर्छ र निकै सजग हुनुपर्छ ।”
ISA 21:8 पहरेदार कराउँछ, “हे परमप्रभु, म दिनभरि, हरेक दिन पहरा बस्‍ने धरहरमाथि बस्छु, अनि आफ्‍नो अखडामा म रातभरि खडा रहन्छु ।”
ISA 21:9 यहाँ एक जना मानिस र एक जोडी घोडचढी लिएर एउटा रथ आउँछ । उसले भन्छ, “बेबिलोनको पतन भएको छ, पतन भएको छ र यसका कुँदेका सबै देवताहरूका मूर्तीहरू जमिनमा चकनाचूर भएका छन् ।”
ISA 21:10 ए मेरा चुटिएका र निफनिएकाहरू हो, मेरा खलाका सन्तानहरू हो! सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरबाट मैले जे सुनेको छु सो मैले तिमीहरूलाई घोषणा गरेको छु ।
ISA 21:11 दुमाको बारेमा एउटा घोषणा । कसैले मलाई सेइरबाट बोलाउँछ, “ए पहरेदार, रात कति बाँकी छ? ए पहरेदार, रात कति बाँकी छ?”
ISA 21:12 पहरेदारले भन्‍यो, “बिहान आउँछ र रात पनि आउँछ । तिमीलाई सोध्‍नुछ भने सोध । अनि फेरि फेर्केर आऊ ।”
ISA 21:13 अरब देशको बारेमा एउटा घोषणा । तिमीहरू ददानीहरूका यात्री दलहरूले अरबको मरुभूमिमा रात बिताओ ।
ISA 21:14 तिर्खाउनेहरूका निम्ति पानी ल्याओ । ए तेमा देशका बासिन्दाहरू, रोटी लिएर भगौडाहरूलाई भेट ।
ISA 21:15 किनकि तिनीहरू तरवार, थुतेको तरवाट, ताँदो चढाएको धनुबाट र युद्धको भारबाट भागेका छन् ।
ISA 21:16 किनकि परमप्रभुले मलाई यसो भन्‍नुभयो, “एक वर्षभित्रमा नै ज्यालामा लिइएको श्रमिकले यो देख्‍नेछ, केदारको सारा गौरवको अन्‍त हुनेछ ।
ISA 21:17 केदारका धनुर्धारी अर्थात् योद्धाहरूमध्ये केही मात्र रहेनेछन्,” किनकि परमप्रभु इस्राएलका परमेश्‍वरले यसो भन्‍नुभएको छ ।
ISA 22:1 दर्शनको बेसीको विषयमा एउटा घोषणाः के कारणले तिमीहरू सबै जना घरको छतमाथि गएका छौ?
ISA 22:2 होहल्लाले भरिएको सहर र खुसीले भरिएको नगरका आवाजहरू सुन्‍नलाई तिमीहरूले त्‍यसो गरेका हौ? तिमीहरूका मृतहरू तरवारले मारिएको थिएनन् र तिनीहरू युद्धमा मरेनन् ।
ISA 22:3 तिमीहरूका सबै शासकहरू एकसाथ भागे, तर धनु समेत प्रयोग नगरी तिनीहरू समातिए । तिनीहरू धेरै टाढा भागेका थिए तापनि तिनीहरू सबै जना एकसाथ समातिए ।
ISA 22:4 यसकारण मैले भनें, “मलाई नहेर, म धुरुधुरु रुनेछु । मेरा मानिसहरूका छोरीको विनाशको बारेमा मलाई सान्त्वना दिने कोसिस नगर ।”
ISA 22:5 किनकि दर्शनको बेसीमा सर्वशक्तिमान् परमप्रभुको निम्‍ति कोलाहल, कुल्चिने अलमल पार्ने र पर्खालहरू भत्काउने र मानिसहरू डाँडाहरूतिर रुने दिन हो ।
ISA 22:6 रथीहरू र घोडचढीहरूका साथमा एलामले ठोक्रो लिनेछ र कीरले ढाललाई नाङ्गो बनाउछ ।
ISA 22:7 तेरा उत्तम बेसीहरू रथहरूले भरिनेछन् र घोडचढीहरूले ढोकाहरूमा आफ्‍ना ठाउँ ओगट्नेछन् ।
ISA 22:8 उहाँले यहूदाको सुरक्षालाई हटाउनुभयो । तिमीहरूले त्यस दिन वनको महलमा हतियारहरू हेर्‍यौ ।
ISA 22:9 तिमीहरूले दाऊदका सहरका प्‍वालहरू देख्यौ, ती धेरै थिए र तिमीहरूले तल्‍लो तलाउबाट पानी जम्‍मा गर्‍यौ ।
ISA 22:10 तिमीहरूले यरूशलेमा घरहरू गन्यौ र तिमीहरूले पर्खाललाई बलियो पार्न घरहरू भत्कायौ ।
ISA 22:11 तिमीहरूले पुरानो पानीलो तलाउको निम्ति पर्खालहरूको बिचमा एउटा जलाशय बनायौ । तर तिमीहरूले सहरको निर्माणकर्तालाई विचार गरेनौ, जसले धेरै पहिले नै यसको योजना गर्नुभएको थियो ।
ISA 22:12 त्यस दिन परमप्रभु सर्वशक्तिमान् परमप्रभुले रुन, विलाप गर्न, कपाल खौरन र भाङ्ग्रा लगाउनलाई बोलाउनुभयो ।
ISA 22:13 तर त्‍यसको साटोमा हेर, उत्सव र खुसी, गाइवस्तु काट्ने र भेडाहरू मार्ने, मासु खाने र दाखमद्य पिउने गरियो । हामी खाऔं र पिऔं, किनकि भोलि हामी मर्नेछौं भन्‍दैछन् ।
ISA 22:14 यो कुरा सर्वशक्तिमान् परमप्रभुले मेरो कानमा प्रकट गर्नुभयोः “निश्‍चय नै यो अपराधको निम्‍ति मृत्‍युमा पनि तिमीहरूलाई क्षमा हुनेछैन,” परमप्रभु सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ ।
ISA 22:15 परमप्रभु सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “यो प्रशासक शेब्‍नाकहाँ जसले महलको रेखदेख गर्छ र भन्,
ISA 22:16 'तैंले यहाँ के गरिरहेको छस्, अनि आफ्नो निम्ति चिहान खोप्‍न, उच्‍च टाउँमा चिहान खन्‍न र चट्टानमा विश्राम गर्ने ठाउँ कुँद्‍न तँलाई कसले अनुमति दियो ?”
ISA 22:17 हेर्, परमप्रभुले तँलाई फाल्‍न लाग्‍नुभएको छ, ए शक्तिशाली मानिस, तँलाई फाल्‍न लाग्‍नुभएको छ । उहाँले तँलाई कसेर समात्‍नुहुनेछ ।
ISA 22:18 निश्‍चय नै उहाँले तँलाई हावामा फनफन घुमाउनुहुनेछ र ठुलो देशमा बल फालेझैं फाल्‍नुहुनेछ । तँ त्यहाँ नै मर्नेछस्, तेरा गौरवशालि रथहरू त्यहाँ हुनेछन् । तँ तेरो मालिकको महलमा तँ शर्ममा पर्नेछस् ।
ISA 22:19 तेरो अफिसबाट र तेरो ठाउँबाट तँलाई म निकाल्नेछु । तँ तल खसालिनेछस् ।
ISA 22:20 त्‍यो दिन यस्‍तो हुनेछ, हिल्कियाहका छोरा मेरो सेवक एल्याकीमलाई म बोलाउनेछु ।
ISA 22:21 तेरो अलखा म उसलाई लगाइदिनेछु र तेरो पटुका उसलाई बाँधिदिनेछु, तेरो अधिकार म उसको हातमा सुम्‍पिनेछु । यरूशलेमका बासिन्दाहरू र यहूदाका घरानाको निम्ति निम्ति ऊ नै पिता हुनेछ ।
ISA 22:22 दाऊदको घरानाको साँचो म उसको काँधमा राख्‍नेछु । उसले खोल्नेछ र कसैले बन्द गर्नेछैन र कसैले खोल्नेछैन ।
ISA 22:23 म त्यसको निम्ति सुरक्षित स्थानमा एउटा किला गाड्‍नेछु र आफ्‍नो पिताको घरानाको निम्ति ऊ गौरवको आसन हुनेछ ।
ISA 22:24 उसको घराना, सन्तानहरू र वंशको, हरेक सानो भाँडोदेखि कचौराहरू र गाग्रोहरूका गौरव तिनीहरूले उसमा नै राख्‍नेछन् ।
ISA 22:25 यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो— त्यो दिन सुरक्षित स्थानमा गडिएको किलाले ठाउँ छोड्‍नेछ, भाँचिनेछ र ढल्‍नेछ अनि त्यसमा भएको भार हटाइनेछ— किनकि परमप्रभुले भन्‍नुभएको छ ।
ISA 23:1 टुरोसको बारेमा एउटा घोषणाः ए तर्शीशका पानी जहाजहरू हो कराओ । किनकि त्यहाँ न घर छ न बन्दरगाह नै छ । साइप्रसको देशबाट यो कुरा तिनीहरूलाई प्रकट गरिएको छ ।
ISA 23:2 ए समुद्री तटका बासिन्दाहरू हो, मौन बस । समुद्रमा यात्रा गर्ने सीदोनका व्यापारीहरूले तिमीहरूलाई भरिदिएका छन् ।
ISA 23:3 ठुला पानीमाथि सिहोरको अन्‍न थियो, नील नदीको उत्पादन त्यसको उब्‍जनी थियो । अनि त्‍यो जातिहरूको व्यापार भयो ।
ISA 23:4 ए सीदोन, लज्‍जित हो, किनकि समुद्रले, समुद्रको शक्तिशालीले बोलेको छ । त्यसले भन्छ, “म प्रसव वेदनामा परेको छैन, न बालक जन्माएको छु, न मैले छोराहरू हुर्काएको छु, न छोरीहरू हुर्काएको छु ।”
ISA 23:5 मिश्रदेशमा खबर आउँदा, टुरोसको विषयमा तिनीहरूले शोक गर्नेछन् ।
ISA 23:6 तर्शीशपारि जाओ । ए समुद्र तटका बासिन्दाहरू हो, तिमीहरू विलाप गर ।
ISA 23:7 ए आनन्दित सहर, के तँलाई यस्तो भएको छ, जसको उत्‍पत्ति प्राचीन समयमा नै भएको छ, जसका खुट्टाले त्यसलाई बसोबास गर्न विदेशी भूमिमा पुर्‍याएको छ ?
ISA 23:8 मुकुटहरू दिने टुरोसको विरुद्धमा यो योजना कसले बनाएको हो, जसका व्यापारीहरू शासकहरू छन्, जसका व्यापारीहरू पृथ्वीमा नै आदरणिय छन्?
ISA 23:9 त्यसका घमण्ड र त्‍यसका सबै गौरवलाई अपमान गर्न, त्‍यसका पृथ्वीकै आदरणियलाई लज्‍जित पार्न सर्वशक्तिमान् परमप्रभुले नै यो योजना बनाउनुभएको हो ।
ISA 23:10 ए तर्शीशकी छोरी हो, नील नदीलाई जोतेझैं आफ्नो खेत जोत् । टुरोसमा अब फेरि बजार-क्षेत्र छैन ।
ISA 23:11 परमप्रभुले समुद्रमाथि आफ्नो हात पसार्नुभएको छ र उहाँले राज्यहरूलाई हल्लाउनुभएको छ । फोनिकेको विषयमा त्‍यसका किल्लाहरूलाई नाश गर्ने आज्ञा उहाँले दिनुभएको छ ।
ISA 23:12 उहाँले भन्‍नुभयो, “ए सीदोनकी अत्‍याचारमा परेकी कन्या छोरी, तैले फेरि आनन्द मनाउने छैनस् । उठ्, साइप्रसमा पारि जा । तर तैंले त्यहाँ पनि विश्राम पाउनेछैनस् ।”
ISA 23:13 कल्दीहरूको देशलाई हेर् । यी मानिहरू समाप्‍त भएका छन् । अश्‍शूरीहरूले त्‍यसलाई जङ्गली जनावरहरूको निम्ति उजाड-स्‍थान बनाएका छन् । तिनीहरूले आफ्‍ना घेरा-मचान खडा गरेका छन् । तिनीहरूले त्‍यसका दरबारहरू नष्‍ट गरे । तिनीहरूले त्‍यसलाई भग्‍नावशेषको थुप्रो बनाए ।
ISA 23:14 ए तर्शीशका पानी जहाजहरू हो, कराओ । किनकि तिमीहरूका शरणस्थान विनाश गरिएको छ ।
ISA 23:15 त्यो दिनमा, राजाका समयमा झैं टुरोसलाई सत्तरी वर्षसम्म बिर्सिइनेछ । सत्तरी वर्षको अन्‍तमा टुरोसमा वेश्यको गीतमा जस्तै कुनै कुरा हुनेछ ।
ISA 23:16 ए बिर्सिएकी वेश्‍या, एउटा वीणा लि र सहरमा जा । त्‍यो राम्ररी बजा, धेरै गीतहरू गा, ताकि तेरो सम्झना गरिनेछ ।
ISA 23:17 सत्तरी वर्षपछि त्‍यो दिन यस्‍तो हुनेछ, परमप्रभुले टुरोसलाई सहायता गर्नुहुनेछ र त्यसले फेरि वेश्यवृत्ति गरेर पैसा कमाउन सुरु गर्नेछे, र त्यसले आफ्ना सेवाहरू पृथ्वीका सबै राज्यहरूलाई दिनेछे ।
ISA 23:18 त्यसका नाफाहरू र कमाइहरू परमप्रभुको निम्ति अलग गरिनेछ । ती भण्डारमा राखिने वा कोषमा जम्‍मा गरिने छैन, किनकि त्यसका नाफाहरू पमप्रभुको उपस्थितिमा बस्‍नेहरूलाई दिइनेछ र तिनीहरूलाई प्रशस्त खाना आपुर्ती गर्न प्रयोग गरिनेछ, र यसरी तिनीहरूसँग उत्तम गुणस्तर लुगा हुनेछ ।
ISA 24:1 हेर्, परमप्रभुले पृथ्वीलाई रित्तो बनाउन, यसलाई विनाश पार्न, यसको सतहलाई बिगार्न र यसका बासिन्दाहरूलाई तितरबितर पार्न लाग्‍नुभएको छ ।
ISA 24:2 यो मानिसहरूलाई झैं पुजारीहरूलाई, नोकरलाई झैं मालिकलाई, दासीलाई झैं मलिक्‍नीलाई, किन्‍नेलाई झैं बेच्‍नेलाई, ऋण दिनेलाई झैं ऋण लिनेलाई, ब्याज लिनेलाई झैं ब्याज दिनेलाई हुनेछ ।
ISA 24:3 पृथ्वीलाई पुर्ण रूपमा विनाश गरिनेछ र पुर्ण रूपमा नाङ्गो बनाइनेछ । किनकि परमप्रभुले यो वचन बोल्नुभएको छ ।
ISA 24:4 पृथ्वी सुख्‍खा हुनेछ र ओइलाउनेछ, संसार सुक्‍नेछ र ओइलाएर जानेछ। पृथ्वीका विशिष्‍ट मानिसहरू दुर्बल हुनेछन् ।
ISA 24:5 पृथ्वीलाई यसका बासिन्दाहरूले दूषित पारेका छन्, किनभने तिनीहरूले व्यवस्था भङ्ग गरेका छन्, नियमहरू तोडेका छन् र अनन्‍तको करार उलङ्घन गरेका छन् ।
ISA 24:6 यसकारण सरापले पृथ्वीलाई विनाश पार्छ र यसका बासिन्दाहरू दोषी भेट्टाइएका छन् । पृथ्‍वीका बासिन्दाहरू जलाइन्‍छन् र थोरै मानिसहरू मात्र बाँकी छन् ।
ISA 24:7 नयाँ दाखमद्य सुक्छ, दाख ओइलिन्छ, सबै आनन्दि हृदयहरूले शोक गर्छन् ।
ISA 24:8 खैंजडीको सुमधुर आवाज बन्द हुन्छ र आनन्द मनाउनेहरूको आनन्‍दको सोर पनि बन्द हुन्छ । वीणाको आनन्द बन्द हुन्छ ।
ISA 24:9 तिनीहरूले फेरि दाखमद्य पिउँदैनन् र गाउँदैनन्, र कडा मद्य पिउनेलाई त्‍यो तीतो हुन्छ ।
ISA 24:10 गोलमालको सहरलाई भत्काइएको छ । हरेक घर बन्द गरिएको र रित्तो छ ।
ISA 24:11 दाखमद्यको कारणले गर्दा सडकमा चिच्याहट छ । सबै आनन्द अन्धकार भएको छ, देशको खुसी लोप भएको छ ।
ISA 24:12 सहरमा उजाड छोडिएको छ र ढोका भग्‍नावशेष भएर फुटेको छ ।
ISA 24:13 किनकि जस्‍तो जैतूनको रूखलाई हल्लाउँदा, जस्‍तो अङ्गुर टिप्‍दा फाटफुट छुट्छ, सारा पृथ्वीभरि जातिहरू माझ यस्तै नै हुनेछ ।
ISA 24:14 आफ्‍नो सोरलाई तिनीहरूले उचाल्‍नेछन् र परमप्रभुको वैभवको जयजयकार गर्नेछन् र समुद्रबाट आनन्दसाथ कराउनेछन् ।
ISA 24:15 यसकारण पुर्वमा परमप्रभुको महिमा गर, समुद्रा टापुहरूमा परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँलाई महिमा देओ ।
ISA 24:16 हामीले पृथ्वीको सुदूर भागबाट गीतहरू सुनेका छौं, “धर्मी जनको महिमा होस् !” तर मैले भनें, “म सुकेर जाँदैछु, म सुकेर जाँदैछु, मलाई धिक्‍कार! धोकेबाजले धोकापुर्ण व्यवहार गरेको छ । हो, धोकेबाजले धेरै धोकापुर्ण व्यवहार गरेको छ ।
ISA 24:17 ए पृथ्वीका बासिन्दाहरू, तिमीहरूमाथि त्रास, खाल्डो र पासो आइलागेको छ ।
ISA 24:18 त्रासको आवाजदेखि भाग्‍ने खाल्डोमा पर्नेछ, खाल्डोको बिचबाट बाहिर निस्‍कने पासोमा पर्नेछ । स्वर्गका झ्यालहरू खोलिनेछन् र पृथ्वीका जगहरू हल्लिनेछन् ।
ISA 24:19 पृथ्वी पुर्ण रूपमा टुट्‍नेछ, पृथ्वी चिरा पर्नेछ । पृथ्वीलाई डरलाग्‍दो किसिमले हल्लाइनेछ ।
ISA 24:20 पृथ्वी मद्यले मातेको मानिसझैं लरखराउनेछ र यो झुप्रोझैं यताउता हल्‍लिनेछ । यसमाथि यसको पाप भारि हुनेछ र यो पतन हुनेछ अनि फेरि कहिल्यै उठ्नेछैन ।
ISA 24:21 त्यस दिन परमप्रभुले स्वर्गका सेनाहरूलाई आकाशमा र पृथ्वीका राजाहरूलाई पृथ्वीमा दण्ड दिनुहुनेछ ।
ISA 24:22 तिनीहरूले कैदीको रूपमा खाल्डोमा एकसाथ जम्‍मा गरिनेछ र झ्यालखानमा बन्द गरिनेछ । अनि धेरै दिनपछि तिनीहरूलाई दण्ड दिइनेछ ।
ISA 24:23 तब चन्द्रमा लज्‍जित हुनेछ र सूर्य अपमानमा पर्नेछ, किनकि सर्वशक्तिमान् परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा अनि महिमामा आफ्‍ना धर्मगुरुहरूका सामु राज्‍य गर्नुहुनेछ ।
ISA 25:1 हे परमप्रभु, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । तपाईंलाई म उच्‍च पार्नेछु, तपाईंको नाउँको म प्रशंसा गर्नेछु । किनकि धेरै अघि योजना बनाइएका कुराहरू, सुन्‍दर कुराहरू तपाईंले पुर्ण विश्‍वस्‍ततासाथ गर्नुभएको छ ।
ISA 25:2 किन तपाईंले सहरलाई एउटा थुप्रो, किल्लाबन्दी गरेको सहरलाई भग्‍नावशेष र परदेशीहरूका किल्ला भएको सहरलाई नाश गर्नुभएको छ ।
ISA 25:3 यसकारण बलिया मानिसहरूले तपाईंको महिमा गर्नेछन् । निर्दयी सहरका जातिहरूले तपाईंको डर मान्‍नेछन् ।
ISA 25:4 किनकि गरीबको निम्ति तपाईं सुरक्षाको ठाउँ, खाँचोमा परेकाको निम्ति शरणस्थान— हुरीबाट बच्‍ने घर र तापबाट बच्‍ने छहारी हुनुभएको छ । जब निर्दयीहरूको सास पर्खालविरुद्ध आँधीजस्तै थियो,
ISA 25:5 र सुख्‍खा जमिनको ताप जस्‍तो थियो, तपाईंले विदेशीहरूका आवाजलाई निस्तेज गर्नुभयो, जसरी तापलाई बादलको छायाले निस्तेज पार्छ, त्यसरी नै निर्दयीको गीतको जवाफ दिइन्छ ।
ISA 25:6 यस पर्वतमाथि सर्वशक्तिमान् परमप्रभुले सबै मानिसहरूका निम्ति मोटा-मोटा थोकहरू, उत्तम मद्यहरू, स्वदिष्‍ट मासु र मिठो मद्यको भोज तयार पार्नुहुनेछ ।
ISA 25:7 उहाँले मानिसहरूमाथिका छकनीहरू, सबै जातिहरूमाथि बुनिएका जालोहरू यही पर्वतमाथि नाश गर्नुहुनेछ ।
ISA 25:8 उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ, र परमप्रभु परमेश्‍वरले सबैको मुहारको आँसु पुछ्नुहुनेछ । उहाँले आफ्‍ना मानिसहरूको अपमानलाई सबै पृथ्वीबाट हटाउनुहुनेछ, किनकि यो परमप्रभुले भन्‍नुभएको छ ।
ISA 25:9 त्यस दिन यसो भनिनेछ, “हेर, उहाँ नै हाम्रो परमेश्‍वर हुनुहुन्छ । हामीले उहाँको प्रतिक्षा गरेका छौं र उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँ परमप्रभु हुनुहुन्छ । उहाँको उद्धारमा हामी खुसी हुनेछौं र आनन्द मनाउनेछौं ।
ISA 25:10 किनकि यो पर्वतमा परमप्रभुको हातले विश्रमा लिनेछ, अनि गोबरले भरिएको खाल्डोमा पराललाई कुल्चेझैं मोआबलाई त्यसकै ठाउँमा कुल्चिइनेछ
ISA 25:11 पौडी खेल्‍नेले पौडनलाई आफ्नो हात फैलाएझैं तिनीहरूले त्‍यसको माझमा आफ्‍ना हातहरू फैलाउनेछन् । तर तिनीहरूका हातहरूका सीपहरूको बाबजुत पनि परमप्रभुले तिनीहरूका घमण्डलाई तल झार्नुहुनेछ ।
ISA 25:12 तेरा किल्लाहरूका अग्‍ला पर्खालहरूलाई उहाँले तल जमिनमा माटोमा ढाल्‍नुहुनेछ ।
ISA 26:1 त्यस दिन यहूदाको देशमा यो गीत गाइने छः हामीसँग बलियो सहर छ । परमेश्‍वरले मु‍क्‍तिलाई यसको पर्खालहरू र घेराहरू बनाउनुभएको छ ।
ISA 26:2 ढोका खुल्‍ला गर, जसले गर्दा विश्‍वास कायम राख्‍ने धर्मी जाति भित्र आउन सकोस् ।
ISA 26:3 तपाईंमा लागेको मनलाई, तपाईंले उसलाई पुरा शान्तिमा राख्‍नुहुनेछ, किनकि उसले तपाईंमा विश्‍वास गर्छ ।
ISA 26:4 सदासर्वदा परमप्रभु विश्‍वास गर । किनभने परमप्रभु, परमप्रभु नै अनन्त चट्टान हुनुहुन्छ ।
ISA 26:5 किनकि घमण्डसाथ जिउनेहरूलाई उहाँले तल झार्नुहुनेछ । किल्लबन्दी गरिएको सहरलाई उहाँले तल ढाल्‍नुहुन्छ, उहाँले जमिनमा पल्टाउनुहुन्छ । उहाँले त्यसलाई माटोमा मिलाउनुहुन्छ ।
ISA 26:6 यसलाई गरीबहरूका खुट्टाले र खाँचोमा परेकाहरूका खुट्टाले कुल्चनेछ ।
ISA 26:7 ए धर्मी जन, धर्मीको मार्ग सिधा हुन्छ । धर्मी जनको मार्गलाई तपाईंले सोझो बनाउनुहुन्छ ।
ISA 26:8 हे परप्रभु, तपाईंको न्यायको मार्गमा, हामी तपाईंलाई पर्खन्छौं । तपाईंको नाउँ र तपाईंको प्रतिष्ठा नै हाम्रो चाहना हो ।
ISA 26:9 रातमा मैले तपाईंको इच्‍छा गरें । हो, मेरो आत्माले मभित्र उत्‍कट रूपमा तपाईंको खोजी गर्छ । किनकि जब तपाईंको न्याहरू पृथ्वीमाथि आउँछन्, तब संसारका बासिन्दाहरूले धार्मिकताको बारेमा जान्‍दछन् ।
ISA 26:10 दुष्‍ट व्‍यक्‍तिलाई कृपा गरियोस्, तर त्यसले धार्मिकता जान्‍नेछैन । सोझाको देशमा उसले दुष्‍टतासाथ काम गर्छ र परमप्रभुको ऐश्‍वर्यलाई देख्दैन ।
ISA 26:11 हे परमप्रभु, तपाईंको हात उचालिएको छ, तर तिनीहरूले देख्दैनन् । तर मानिसहरूका निम्ति तपाईंको जोशलाई तिनीहरूले देख्‍नेछन् र लजमा पारिन्छन्, किनभने तपाईंका विरोधीहरूका आगोले तिनीहरूलाई नष्‍ट पार्नेछ ।
ISA 26:12 हे परमप्रभु, तपाईंले हाम्रा निम्ति शान्ति ल्याउनुहुनेछ । किनकि साँच्‍चै, हाम्रा सबै कामहरू तपाईंले पनि हाम्रा निम्ति पुरा गर्नुभएको छ ।
ISA 26:13 हे परमप्रभु, हाम्रा परमेश्‍वर, तपाईं बाहेक अरू मालिकहरूले हामीमाथि शासन गरेका छन् । तर तपाईंको नाउँको मात्र प्रशंसा हामी गर्नेछौं ।
ISA 26:14 तिनीहरू मृत छन्, तिनीहरू जिउनेछैनन् । तिनीहरू मरेका छन्, तिनीहरू उठ्नेछैनन् । साँच्‍चै, न्यायको निम्ति तपाईं आउनुभयो र तिनीहरूलाई नष्‍ट पार्नुभयो, र तिनीहरूका सबै सम्झना नाश पार्नुभयो ।
ISA 26:15 हे परमप्रभु, तपाईंले जातिको वृद्धि गर्नुभएको छ, तपाईंले जातिको वृद्धि गर्नुभएको छ । तपाईंको आदर गरिन्छ । तपाईंले देशका सबै सिमानालाई विस्तार गर्नुभएको छ ।
ISA 26:16 हे परमप्रभु, कष्‍टमा तिनीहरूले तपाईंलाई हेरेका छन् । तिनीहरूमाथि तपाईंको अनुशासन पर्दा तिनीहरूले प्रार्थना गुनगुनाएका छन् ।
ISA 26:17 गर्भवती स्‍त्रीले बालक जन्माउने समय नजिक भएझैं, तिनी प्रसव वेदना हुँदा झैं र आफ्नो प्रसव वेदनामा चिच्याउँदा झैं, हे परमप्रभु, तपाईंको सामु हामी त्यस्तै छौं।
ISA 26:18 हामी गर्भवती भएका छौं, हामी प्रसव वेदनामा परेका छौं, तर यो त हामीले हावालाई मात्र जन्माएको जस्तो भएको छ । हामीले पृथ्वीमा उद्धार ल्याएका छैनौं र संसारका बासिन्दाहरू ढलेका छैनन् ।
ISA 26:19 तपाईंका मृतहरू जीवित हुनेछन् । तिनीहरूका मृत शरीरहरू जीवित हुनेछन् । ए धूलोमा बस्‍नेहरू हो, उठ र आनन्दको गीत गाओ । किनकि तपाईंको शीत बिहानको शीत हो, अनि पृथ्वीले आफ्‍ना मृतकहरूलाई ल्याउनेछ ।
ISA 26:20 ए मेरा मानिसहरू हो, जाओ, आफ्नो कोठाभित्र पस र पछि फर्केर आफ्‍ना ढोकाहरू बन्द गर । क्रोध बितेर नगएसम्म, केही बेर लुक ।
ISA 26:21 किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अपराधको दण्‍ड दिनलाई परमप्रभु आफ्नो ठाउँबाट बाहिर आउन लाग्‍नुभएको छ । पृथ्वीले आफ्‍नो रक्‍तपात प्रकट गर्नेछ र आफ्‍ना मारिएकाहरूलाई फेरि लुकाउनेछैन ।
ISA 27:1 त्यस दिन परमप्रभुले आफ्नो कठोर, महान् र डरलाग्‍दो तरवारले त्‍यो सुल्कने सर्प लिव्यातन, गुँडुली पर्ने सर्प लव्यातनलाई दण्ड दिनुहुनेछ र समुद्रमा भएको दैत्यलाई उहाँले मार्नुहुनेछ ।
ISA 27:2 त्यस दिनमाः दाखमद्यको दाखबरीले यो गीत गाउँछ ।
ISA 27:3 “म परमप्रभु यसको रक्षक हुँ । हरेक पल यसमा म पानी हाल्‍छु । म यसलाई दिन र रातमा सुरक्षा गर्छु, यसैले यसलाई कसैले चोट पुर्‍याउनेछैन ।
ISA 27:4 म रिसाएको छैन, ओहो, त्यहाँ सिउँडी र काँडाहरू थिए भने ! युद्धमा तिनीहरूको विरुद्धमा म अगि जानेथिएँ । तिनीहरू सबैलाई म एकसाथ जलाउनेथिएँ ।
ISA 27:5 तिनीहरू मेरो सुरक्षामा आउनुपर्छ र मसँग मिल्‍नुपर्छ । तिनीहरूले मसँग मिलाप गरून् ।
ISA 27:6 आउने दिनहरूमा, याकूबले जरा हाल्‍नेछ । इस्राएलको कोपिला लाग्‍नेछ र फुल्नेछ । अनि तिनीहरूले जमिनको सतहलाई फलले ढाक्‍नेछन् ।”
ISA 27:7 याकूब र इस्राएललाई आक्रमण गर्ने जातिहरूलाई परमप्रभुले आक्रमण गर्नुहुँदा के उहाँले तिनीहरूलाई आक्रमण गर्नुभएको छ र? याकूब र इस्राएलले ती जातिहरूलाई मारेझैं के तिनीहरूलाई मरिएका छन्?
ISA 27:8 याकूब र इस्राएललाई टाढा पठाउनुभएर तपाईंले ठिक त्‍यस्‍तै किसिमले व्‍यवहार गर्नुभएको छ । पुर्वीय बतासका दिनमा झैं आफ्‍नो डरलाग्‍दो सासले उहाँले तिनीहरूलाई लखेट्नुभएको छ ।
ISA 27:9 यसैले यसरी याकूबको अपराधको प्रयाश्‍चित गरिनेछ, किनकि यही नै त्यसको पाप हटाउने कार्यको फल हुनेछः जति बेला उहाँले वेदीका ढुङ्गाहरूलाई खरी ढुङ्गाजस्तै बनाउनुहुन्छ र टुक्रा-टुक्रा पार्नुहुन्छ, अनि त्यहाँ कुनै अशेराको खम्बाहरू वा धूप चढाउने वेदी रहनेछैन ।
ISA 27:10 किनकि किल्लाबन्दी गरिएको सहर उजाड भएको छ, बासस्थानलाई उजाड-स्‍थानझैं उजाड पारिएको र त्‍यागिएको छ । त्यहाँ बाछा चर्छ, पल्टन्छ र त्‍यसको हाँगाहरू खान्छ ।
ISA 27:11 जब हाँगाहरू सुक्‍छन्, तब तिनीहरू भाँचिनेछन् । स्‍त्रीहरू आउनेछन् त्यसबाट आगो बाल्‍नेछन्, किनकि यी समझदार मानिसहरू होइनन् । यसकारण तिनीहरूका सृष्‍टिकर्ताले तिनीहरूलाई दया गर्नुहुनेछैन, अनि तिनीहरूलाई बनाउनुहुने तिनीहरूप्रति दयालु हुनुहुनेछैन ।
ISA 27:12 त्‍यो दिन यस्‍तो हुनेछ, परमप्रभुले यूफ्रेटिस नदीदेखि मिश्रदेशको खोलासम्म अन्‍न चुट्‍नुहुनेछ, अनि तिमीहरू इस्राएलका मानिसहरूलाई एक-एक गरी जम्‍मा गर्नुहुनेछ ।
ISA 27:13 त्यस दिन एउटा ठुलो तुरही फुकिनेछ । अनि अश्शूरको देशमा नष्‍टभइरहेकाहरू र मिश्रदेशमा निस्‍कासितहरू आउनेछन्, तिनीहरूले यरूशलेमको पवित्र पर्वतमा परमप्रभुको आराधना गर्नेछन् ।
ISA 28:1 एफ्राइमका प्रत्‍येक मतवालाहरूले लगाएका गौरवशाली फुलमाला र त्‍यसको महिमित सुन्दरताको ओइलाउने फुललाई, दाखमद्यले लट्ठ परेकाहरूका हरियाली बेसीको शिरमा लगाइएको फुलमालालाई धिक्‍कार !
ISA 28:2 हेर, परमप्रभुले शक्तिशाली र बलियो एक जनालाई, असिनाको हुरीबतासझैं अनि विनाशकारी आँधीझैं, मुसलधार झरी र बाडीको पानीझैं पठाउनुहुन्‍छ र उहाँले प्रत्‍येक फुलमालालाई जमिनमा फाल्‍नुहुनेछ ।
ISA 28:3 एफ्राइमका मतवालाहरूका गौरवशाली फुलमालालाई खुट्टाले कुल्चिमिल्ची गरिनेछ ।
ISA 28:4 त्‍यसको महिमित सुन्दरताको ओइलाउने फुल अर्थात् धनी बेसीको शिरमा रहेको छ, त्‍यो पहिले पाकेको अन्‍जिरजस्‍तो हुनेछ, जब कसैले त्‍यसलाई देख्‍छ, तब आफ्नो हातमा हुँदा नै त्यसले त्‍यो निलिहाल्‍छ ।
ISA 28:5 त्यो दिनमा सर्वशक्तिमान् परमप्रभु नै सुन्दर मुकुट बन्‍नुहुनेछ र आफ्‍ना बाँकी रहेका मानिसहरूका निम्‍ति महिमाको मुकुट बन्‍नुहुनेछ ।
ISA 28:6 न्याय आसनमा बस्‍नेको निम्ति न्यायको आत्मा र आफ्‍ना ढोकाहरूमा आफ्ना शत्रुलाई फर्काउनेहरूका निम्ति सामर्थ्य हुनुहुनेछ ।
ISA 28:7 तर यिनीहरू पनि दाखमद्यले लरबराउछन् र कडा मद्यले लरखराउछन् । पुजारी र अगमवक्ता कडा मद्यले लरखाराउछन् र दाखमद्यले तिनीहरूलाई निल्छ । कडा मद्यले तिनीहरू लरखराउँछन्, तिनीहरू दर्शनमा लरखराउँछन् र निर्णयमा लरबराउँछन् ।
ISA 28:8 साँच्‍चै नै सबै टेबलहरू बान्ताले ढाकेकोछ, जसले गर्दा त्यहाँ कुनै सफा ठाउँ नै छैन ।
ISA 28:9 त्यसले कसलाई ज्ञान सिकाउनेछ र त्यसले कसलाई सन्देश बताउनेछ ? जसलाई दूध छोडाइएका छन् वा जसलाई बरखरै दूधबाट अलग गरिका छन्?
ISA 28:10 किनकि यो आज्ञामाथि आज्ञा, आज्ञामाथि आज्ञा, नियममाथि नियम, नियममाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ ।
ISA 28:11 साच्‍चै, यी मानिहरूसँग उहाँले गिल्‍ला गर्ने ओठहरू र विदेशी भाषामा बोल्‍नुहुनेछ ।
ISA 28:12 विगतमा उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो विश्राम हो, जो थकित हुन्‍छ त्यसलाई विश्राम गर्न देओ । अनि यो ताजा हुने कुरा हो,” तर तिनीहरू सुन्‍दैनन् ।
ISA 28:13 त्यसैले तिनीहरूको निम्ति परमप्रभुको वचन आज्ञामाथि आज्ञा, आज्ञामाथि आज्ञा, नियममाथि नियम, नियममाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ हुनेछ । ताकि तिनीहरू जान र पछि हट्न र तोडिन र समातिन सक्छन् ।
ISA 28:14 त्यसैले ए गिल्ला गर्नेहरू हो, तिमीहरू जसले यरूशलेममा भएका यी मानिसहरूमाथि राज्‍य गर्छौ, तिमीहरूले परमप्रभुको वचन सुन ।
ISA 28:15 तिमीहरूले यसो भनेका हुनाले यस्‍तो हुनेछ, “हामीले मृत्युसित करार बाँधेका छौं र चिहनसँग हामी समहती गरेका छौं । त्यसैले डरलाग्‍दो कोर्राले हामीलाई भेट्टाउँदा, त्‍यो हामीकहाँ पुग्‍नेछैन । किनकि हामीले झुठलाई हाम्रो शरणस्थान बनाएका छौं र असत्‍यमा वास बसेका छौं।”
ISA 28:16 यसकारण परमप्रभु परमेश्‍वर भन्‍नहुन्छ, “हेर्, म सियोनमा एउटा जगको ढुङ्गा, जाँचिएको ढुङ्गा, बहुमूल्‍य कुनेढुङ्गा, एउटा बलयो जग राख्‍नेछु । जसले विश्‍वास गर्छ ऊ लाजमा पर्नेछैन ।
ISA 28:17 न्यायलाई म नाप्‍ने लट्ठी र धर्मिकतालाई साहुल बनाउनेछु । असिनाले झुटको शरणस्थानलाई बढार्नेछ र बाढीले लुक्‍ने ठाउँलाई डुबाउनेछ ।
ISA 28:18 मृत्युसँग गरेको तिमीहरूको करार खारेज हुनेछ र चिहानसँगको तिमीहरूको सहमति रहनेछैन । जब उर्लंदो बाढी आउँछ, त्‍यसले तिमीहरूलाई डुबाउनेछ ।
ISA 28:19 जब त्‍यो आउँछ त्‍यसले तिमीहरूलाई डुबाउनेछ, त्‍यो हरेक बिहान आउनेछ र त्‍यो दिन र रात आउनेछ । जब सन्देश बुझिन्छ, त्‍यसले त्रास पैदा गर्नेछ ।
ISA 28:20 किनकि तन्केर सुत्‍नलाई ओछ्यान छोटो छ र आफूलाई ढाक्‍न कम्बल सानो छ ।”
ISA 28:21 पराजीम पर्वतझैं परमप्रभु उठ्नुहुनेछ । गिबोनको बेंसीमा झैं आफ्‍नो काम, आफ्‍नो अनौठो काम र उहाँको अद्‍भुत काम गर्न उहाँ उठ्नुहुनेछ ।
ISA 28:22 यसकारण, अब गिल्ला नगर, नत्र तिमीहरूको बन्धन झन् कसिलो पारिनेछ । मैले सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरबाट पृथ्वीको विनाशको उर्दी सुनेको छु ।
ISA 28:23 ध्यान देओ र मेरो आवाज सुन । ध्यान मग्‍न होओ र मेरा वचनहरू सुन ।
ISA 28:24 छर्नलाई दिनभरि जोत्‍ने किसानले के जमिन जोत्‍ने काम मात्र गर्छ र? के उसले बाँजो फुटाउने र डल्लो फुटाउँछ मात्र गर्छ र?
ISA 28:25 जब त्यसले जमिन तयार पार्छ, के त्यसले सूँप छर्ने र जीराको बीउ फैलाउने, गहुँलाई ड्‍याङमा रोप्‍ने र जौलाई ठिक ठाउँमा र कठियालाई यसको छेउहरूमा रोप्दैन?
ISA 28:26 त्यसको परमेश्‍वरले त्यसलाई सिकाउनुहुन्छ । उहाँले त्यसलाई बुद्धिमनीसाथ सिकाउनुहुन्छ ।
ISA 28:27 अनि सूँपलाई हथौडाले झारिंदैन, न जीरालाई झार्न गाडा नै गुडाइन्छ । तर सूँपलाई लट्ठीले कुटिन्छ र जीरालाई लुहुरोले कुटिन्छ ।
ISA 28:28 रोटी बनाउन अन्‍नलाई पिसिन्छ, तर अति मिहिन पारिंदैन, र त्‍यसको गाडाका पाङ्ग्राहरू र त्यसका घोडाहरूले यसलाई छरे तापनि त्यसका घोडाहरूले यसलाई चूरचूर पार्दैनन् ।
ISA 28:29 यो पनि सर्वशक्तिमान् परमप्रभुबाट नै आउँछ, जो शिक्षा दिनमा अति हसल र बुद्धिमा उत्कृष्‍ट हुनुहुन्छ । ‍
ISA 29:1 अरीएललाई धिक्‍कार, ए अरीएल, सहर जहाँ दाऊदले छाउनी हाले ! वर्षमाथि वर्ष थप् । चाडहरू फेरो मार्दै आऊन् !
ISA 29:2 तर म अरीएललाई घेरा हाल्नेछु, र त्यसले विलाप र शोक गर्नेछ । त्यो मेरो निम्ति बलिको वेदीजस्‍तो हुनेछ ।
ISA 29:3 तेरो विरुद्धमा गोलाकार छाउनी म हाल्‍नेछु र तेरो विरुद्धमा पर्खालसहित घेरा म हाल्‍नेछु, र तेरो विरद्ध घेरा-मचानले म घेर्नेछु ।
ISA 29:4 तँ जमिनमा ढालिनेछस् र जमिनबाट बोल्‍नेछस् । तँ धूलोबाट मलिन सोरमा बोल्‍नेछस् । तेरो आवाज जमिनबाट बोल्‍ने आत्माजस्तै हुनेछ र धूलोबाट तेरो आवाजले सुस्केर हाल्नेछ ।
ISA 29:5 ठुलो सङ्‍ख्‍यामा भएका तेरा आक्रमणकारीहरू मसिनो धूलोजस्ता हुनेछन् र असंख्या निर्दयीहरू उडेर जाने भुसजस्तै हुनेछन् । यो तुरुन्तै, एकै क्षणमा नै हुनेछ ।
ISA 29:6 सर्वशक्तिमान् परमप्रभु तँकहाँ गर्जन, भूकम्म, ठुलो आवाज, शक्तिशाली हावाहुरी र हिंस्रक आँधी र भष्‍म पार्ने आगोको ज्वालासहित आउनुहुनेछ ।
ISA 29:7 यो सपनाजस्तो अर्थात् रातको दर्शनजस्तो हुने छः सबै जातिहरूका हुलले अरीएल र त्यसको किल्ला विरुद्ध लडाइँ गर्नेछन् । त्यसमाथि दावाब पार्न तिनीहरूले त्यसलाई र त्यसका किल्लाहरूलाई आक्रमण गर्नेछन् ।
ISA 29:8 यो भोकाएको मानिसले खाइरहेको सपना देखेको, तर त्यो ब्युँझदा त्यसको पेट रित्तो भएजस्तै हुनेछ । यो तिर्खाएको मानिसले पानी पिइरहेको सपना देखेको, तर त्यो ब्युँझदा आफ्नो प्यास नमेटिएर छट्पटाइरहेको जस्तै हुनेछ । हो, सियोन पर्वतको विरुद्ध लडाइँ गर्ने धेरै जातिहरूलाई त्यस्तै हुनेछ ।
ISA 29:9 आफै चकित होओ र अचम्म मान । आफैलाई अन्धा बन र अन्धा होओ ! मतवाला होओ, तर दाखमद्यले होइन । लरखराओ, तर मद्यले होइन ।
ISA 29:10 किनकि परमप्रभुलले तिमीहरूमाथि गहिरो निद्राको आत्‍मा खन्याउनुभएको छ । उहाँले तिमीहरू अर्थात् अगमवक्ताहरूका आँखाहरू बन्द गर्नुभएको छ र तिमीहरू अर्थात् दर्शीहरूलाई शिरहरू ढाक्‍नुभएको छ ।
ISA 29:11 सबै प्रकाश तिमीहरूको निम्ति मोहोर लगाइएको एउटा पुस्तकजस्तो हुनेछ, जसलाई मानिसहरूले कोही जान्‍ने मानिसलाई “पढिदिनुहोस्” भन्‍दै देलान् । उसले पनि भन्छ, “म पढ्न सक्दिनँ, किनकि यसमा मोहोर लगाइएको छ ।”
ISA 29:12 कोही पढ्न नसक्‍नेलाई “यो पढिदिनुहोस्” भन्दै दिंदा, उसले भन्‍छ, “म पढ्न सक्दिनँ ।”
ISA 29:13 परमप्रभु भन्‍नुभयो, “यी मानिसहरू आफ्‍ना मुखले मेरो नजिक आउँछन् र आफ्‍ना ओठले मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढा छ । मेरो निम्ति तिनीहरूले गर्ने आदरचाहिं मानिसहरूले सिकाएका आज्ञा मात्र हुन् ।
ISA 29:14 यसकारण, हेर्, म यी मानिसहरूका माझमा अचम्‍मका कुरा, आश्‍चर्यमाथि आश्‍चर्य गर्नलाई अघि बढ्‍नेछु । तिनीहरूका बुद्धिमान् मानिसहरूका बुद्धि नष्‍ट हुनेछ र तिनीहरूका विवेकशील मानिसहरूका समझ लोप हुनेछ ।”
ISA 29:15 परमप्रभुबाट आफ्‍ना योजनाहरूलाई गहन रूपमा लुकाउनेहरू र अन्धाकारमा काम गर्नेहरूलाई धिक्‍कार ! तिनीहरू भन्छन्, “हामीलाई कसले देख्छ, र हामीलाई कसले चिन्छ?”
ISA 29:16 तिमीहरूले कुराहरूलाई उल्टा बनाउँछौ ! के कुमालेलाई माटोजस्तै ठान्‍ने, ताकि बनाइएको थोकले आफूलाई बनाउनेलाई यसो भनोस्, “त्यसले मलाई बनाएको होइन” वा बनाएको थोकले आफूलाई बनाउनेलाई भन्‍ने, “त्यसले मलाई बुझ्दैन”?
ISA 29:17 केही क्षणमा नै लेबनानलाई खेत बनाइनेछ र खेतचाहिं जङ्गल हुनेछ ।
ISA 29:18 त्यो दिनमा बहिराले वचनको पुस्तक सुन्‍नेछ र अन्‍धाका आँखाले गहन अन्धकारबाट देख्‍नेछ ।
ISA 29:19 अत्यचारमा परेकाहरूले फेरि परमप्रभुमा आनन्द मनाउनेछन् र मानिसहरू माझका भएका गरीबहरूले इस्राएलको परमपवित्रमा आनन्द मनाउनेछन् ।
ISA 29:20 किनभने निर्दयीहरूको अन्त हुनेछ र गिल्ला गर्नेहरू लप हुनेछन् । दुष्‍ट गर्न रुचाउनेहरू सबै जनालाई निर्मूल पारिनेछ,
ISA 29:21 जसले एक वचनले मानिसलाई दोष लगाउने बनाउँछ । तिनीहरूले न्याय खोज्ने व्यक्‍तिलाई ढोकामा पासो थाप्छन् र झुठ बोलेर धर्मीलाई तल खसाल्‍छन् ।
ISA 29:22 यसकारण, परमप्रभुले याकूबको घरानाको बारेमा, अब्राहमलाई उद्धार गर्नुहुने परमप्रभुले यसो भन्‍नुहुन्छ, “याकूब कुनै पनि हालतमा लज्‍जित हुनेछैन, न उसको मुहार नै पहेंलो हुनेछ ।
ISA 29:23 तर उसले आफ्ना छोराछोरी अर्थात् मेरा हातका कामलाई देख्‍छ, तब तिनीहरूले मेरो नाउँलाई पवित्र तुल्याउनेछन् । तिनीहरूले याकूबको परमपवित्रको नाउँलाई पवित्र तुल्याउनेछन् र तिनीहरू इस्राएलको परमेश्‍वरको भयमा खडा हुनेछन् ।
ISA 29:24 ती आत्मामा गल्ती गर्नेहरूले समझ प्राप्‍त गर्नेछन् र गनगन गर्नेहरूले ज्ञान सिक्‍नेछन् ।”
ISA 30:1 यो परमप्रभुको घोषणा हो, “धिक्‍कार विद्रोही छोराछोरीलाई ! तिनीहरू योजना बनाउँछन्, तर मबाट योजना होइन । तिनीहरूले अरू जातिहरूसँग मित्रता गाँस्छन्, तर तिनीहरू मेरो आत्माद्वारा निर्देशित भएनन्, त्यसैले तिनीहरूले पापमाथि पाप थप्छन् ।
ISA 30:2 तिनीहरू तल मिश्रदेशमा जान निस्कन्छन्, तर मेरो निर्देशन खोजेका छैनन् । तिनीहरूले फारोबाट सुरक्षा खोज्छन् र मिश्रदेशको छायामा शरण लिन्छन् ।
ISA 30:3 यसकारण फारोको सुरक्षा तिमीहरूको शर्म हुनेछ र मिश्रदेशको छायाको शरण तिमीहरूको अपमान हुनेछ,
ISA 30:4 यद्यपि तिनीहरूका शासकहरू सोअनमा र तिनीहरूका दूतहरू हानेसमा आएका छन् ।
ISA 30:5 आफूलाई सहायता गर्न नसक्‍ने मानिसहरूको कारणले तिनीहरू लज्‍जित हुनेछन्, जो न सहायता न मदत हुन्, तर शर्म र अपमान हुन्छन् ।”
ISA 30:6 नेगेवको घमण्डको बारेमा एउटा घोषणाः कष्‍ट र खतराको देशबाट भएर सिंहनी र सिंह, साप र उड्ने सर्प निस्कनेछन्, आफूलाई सहायता गर्न नसक्‍ने मानिसहरूकहाँ लैजानलाई तिनीहरूले गधाहरूलाई आफ्‍ना सम्पत्ति र ऊँटहरूलाई आफ्‍ना बहुमूल्य भण्डारहरू बोकाउँछन् ।
ISA 30:7 किनकि मिश्रदेशको सहायता व्यार्थ हुन्छ । यसकारण मैले त्यसलाई राहाब भने, जो चुपचाप बस्छ ।
ISA 30:8 अब जा, तिनीहरूको सामु यो एउटा पाटीमा लेख् र एउटा मुट्ठामा यो लेख्, ताकि आउने समयको निम्ति यो गवाहीको रूपमा सुरक्षित हुन सकोस् ।
ISA 30:9 किनकि यी विद्रोही मानिसहरू, झुट बोल्ने छोराछोरी, परमप्रभुको शिक्षा नसुन्‍ने छोराछोरी हुन् ।
ISA 30:10 तिनीहरूले दर्शीहरूलाई भन्छन्, “नहेर्नुहोस्,” र अगमवक्ताहरूलाई भन्छन्, “हामीलाई सत्य अगमवाणी नगर्नुहोस् । हाम्रा निम्‍ति चापलुसी कुरा गर्नुहोस्, भ्रम अगमवाणी गर्नुहोस् ।
ISA 30:11 मार्गबाट तर्की जानुहोस्, बाटोबाट हट्नुहोस् । इस्राएलका परमपवित्रलाई हाम्रो सामु नबोल्ने पार्नुहोस् ।”
ISA 30:12 यसकारण इस्राएलका परमपवित्र भन्‍नुहुन्छ, “तिमीहरूले यो वचन इन्कार गरेको र अत्यचार र छलमा भरोसा गरेको अनि त्‍यसमा अडेको छौ,
ISA 30:13 त्यसैले यो पाप खस्‍नलाई तयार भएको टुटेको थोकजस्तै, तुरुन्तै अचानक रूपमा खस्‍न लागेको अग्‍लो पर्खालको निस्केको भागजस्तै हुनेछ ।”
ISA 30:14 कुमालेको भाडा फुटेझैं उहाँले त्‍यसलाई फुटाउनुहुनेछ । उहाँले त्‍यसलाई छोड्नु हुनेछैन, ताकि त्यहाँ त्‍यसका टुक्रामध्येबाट चुल्होबाट आगो निकाल्ने वा इनारबाट पानी उबाउने टुक्रा पाइनेछैन ।
ISA 30:15 किनकि परमप्रभु इस्राएलका परमपवित्र परमेश्‍वर यसो भन्‍नुहुन्छ, “फर्कनु र विश्राम गर्नुले तिमीहरू बचाइनेछौ । चुपचाप बस्‍नु र भरोसा गर्नुले तिमीहरूले बल पाउनेछौ । तर तिमीहरू तत्पर भएनौ ।
ISA 30:16 तिमीहरूले भन्यौ, ‘होइन, किनकि हामी घोडामा भाग्‍नेछौं,' यसरी तिमीहरू भाग्‍नेछौ । अनि 'हामी छिटो दौडने घोडाहरूमा चढ्नेछौं,' त्यसैले तिमीहरूलाई खेद्‍नेहरू झन् छिटो हुनेछन् ।
ISA 30:17 एक जनाको धम्‍कीले एक हजार जना भाग्‍नेछन् । पाँच जनाको धम्‍कीले तिमीहरूका बाँकी रहेकाहरू डाँडाको टाकुराको झन्डाको डन्डा वा पर्वतमाथिको झन्डाजस्तो नभएसम्म भाग्‍नेछौ ।
ISA 30:18 तापनि परमप्रभुले तिमीहरू प्रति अनुग्रही हुनलाई आशा गरिरहनुभएको छ, यसकारण तिमीहरूलाई दया देखाउन उहाँ तयार हुनुहुन्छ । किनकि परमप्रभु न्यायको परमेश्‍वर हुनहुन्छ । उहाँको प्रतिक्षा गर्ने सबै जना धन्यका हुन् ।
ISA 30:19 किनकि मानिसहरू सियोनमा, यरूशलेमा बस्‍नेछन् र तिमीहरू फेरि रुनेछैनौ । तिमीहरूको रुवाइको आवाज सुन्‍दा उहाँ निश्‍चय नै अनुग्रही हुनुहुनेछ । जब उहाँले त्‍यो सुन्‍नुहुन्छ, तब उहाँले तिमीहरूलाई जवाफ दिनुहुनेछ ।
ISA 30:20 परमप्रभुलले दुःखको रोटी र कष्‍टको पानी दिनुभए तापनि, र त्‍यसो हुँदा पनि तिमीहरूका शिक्षक तिमीहरूबाट लुक्‍नुहुनेछैन, तर तिमीहरूले आफ्नो शिक्षकलाई आफ्नै आँखाले देख्‍नेछौ ।
ISA 30:21 जब तिमीहरू दाहिने फर्कन्‍छौ वा जब तिमीहरू देब्रे फर्कन्‍छौ, तब तिमीहरूका पछाडिबाट यसो भनिरहेको आवाज तिमीहरूका कानले सुन्‍नेछन् “बाटो यही हो, यसैमा हिंड ।”
ISA 30:22 तिमीहरूले आफ्‍ना खोपिएका चाँदीका र सुनले बनाइएका आकृतिहरूलाई अपवित्र तुल्याउनेछौ । तिमीहरूले महिनावारीको फोहर फालेझैं ती फाल्नेछौ । तिनलाई तिमीहरू भन्‍नेछौ, “यहाँबाट गइहाल ।”
ISA 30:23 तिमीहरूले जमिनमा बीउ छर्दा उहाँले तिमीहरूलाई वर्षा र जमिनबाट प्रशस्‍त रोटी दिनुहुनेछ, र अन्‍नहरू प्रशस्‍त हुनेछन् । त्यो दिनमा तिमीहरूका गाइवस्तु फराकिलो खर्कमा चर्नेछन् ।
ISA 30:24 जमिन जोत्‍ने गोरुहरू र गधाहरूले बेल्चा र नाङलोले निफनिएका दाना खानेछन् ।
ISA 30:25 धरहरा ढलेर ठुलो संहार भएको दिनमा, हरेक अग्लो पहाड र हरेक अग्लो डाँडामा, त्यहाँ बगिरहने खोलाहरू र खोल्‍साहरू हुनेछन् ।
ISA 30:26 चन्द्रमाको ज्योति सूर्यको ज्योतिजस्तै हुनेछ र सूर्यको ज्योति सात दिनको सूर्यको ज्योतिजस्तै सात गुणा बढी चहकिलो हुनेछ । परमप्रभुले आफ्ना मानिसहरूका घाउमा पट्टि लगाउनुहुनेछ र घाइतेहरूका चोटहरू निको पार्नुहुनेछ ।
ISA 30:27 हेर, परमप्रभुको नाउँ टाढाबाट उहाँको रिसले जलिरहेको र गाढा धूवाँमा आउँछ । उहाँका ओठहरू क्रोधले पुर्ण छन् र उहाँको जिब्रो विनाश गर्ने आगोजस्तै छ ।
ISA 30:28 उहाँको सास जातिहरूलाई विनाशको नाङ्लोले निफन्‍न घाँटीसम्म नै आउने उर्लंदो जलाधारजस्तै छ । उहाँको सास मानिसहरूलाई भर्माउन लगाउने मानिसहरूको बङ्गरामा लगाइएको लगामजस्तो छ ।
ISA 30:29 तिमीहरूले पवित्र चाड मनाउदा झैं रातमा पनि गीत गाउनेछौ र परमप्रभुको पर्वतमा अर्थात् इस्राएलको चट्टानकहाँ बाँसुरी बजाउँदै जाँदाको जस्तै मन खुसी हुनेछ ।
ISA 30:30 परमप्रभुले आफ्नो आवाजको प्रताप बनाउनुहुनेछ र उहाँको बाहुलीको चाललाई हावाहुरी, आँधीबतास र असिनासँगै रिसको आँधीमा र आगोको ज्वाला देखाउनुहुनेछ ।
ISA 30:31 किनकि परमप्रभुको आवाजमा अश्शूरलाई चूरचूर पारिनेछ । उहाँले तिनीहरूलाई लट्ठीले चुट्नुहुनेछ ।
ISA 30:32 तिनीसँग लड्दा र युद्ध गर्दा परमप्रभुले तिनीहरूलाई दिनुभएको हरेक प्रहारसँग खैंजडी र वीणाहरूको सङ्गितले साथ दिइनेछ ।
ISA 30:33 किनकि जल्नको निम्ति ठाउँ धेरै पहिला तयार पारिएको थियो । वास्तवमा, यो राजाको निम्ति तयार पारिन्छ र परमेश्‍वरले यसलाई गहिरो र फराकिलो बनाउनुभएको छ । त्यो आगो र धेरै दाउरासहित तयार छ । परमप्रभुको सासले गन्धकको नदीजस्तै यसलाई आगो सल्काउनेछ ।
ISA 31:1 सहायताको निम्ति मिश्रदेशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असंख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्‍कार ! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्‍ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन् ।
ISA 31:2 तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्‍नो वचनबाट उहाँ पछि हट्‍नुहुनेछैन । उहाँ दुष्‍ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।
ISA 31:3 मिश्रदेश मानिस हो र परमेश्‍वर होइन, तिनीहरूका घोडाहरू शरीर हुन् आत्मा होइनन् । जब परमप्रभुले आफ्‍नो हात पसार्नुहुन्छ, सहायता गर्नेले ठेस खानेछ र सहायता पाउनेचाहिं ढल्‍नेछ । दुवै एकसाथ नाश हुनेछन् ।
ISA 31:4 परमप्रभुले मलाई यसो भन्‍नुहुन्छ, “गोठालाहरूका समूह आफ्‍नो विरुद्धमा आउँदा पनि जसरी सिंह अर्थात् जवान सिंह आफ्‍नो शिकारमाथि गर्जेर झम्‍टन्‍छ तर तिनीहरूका सोर सुनेर डराउँदैन, न तिनीहरूका सोर सुनेर भाग्‍छ, त्‍यसरी नै सर्वशक्तिमान् परमप्रभु सियोन पर्वतमा अर्थात् त्यो पहाडमा लडाइँ गर्न ओर्लनुहुनेछ ।
ISA 31:5 गुँडको रक्षा गर्ने चराले झैं परमप्रभुले यरूशलेमको रक्षा गर्नुहुनेछ । उहाँ यसबाट भएर जानुहुँदा यसको सुरक्षा गर्नुहुनेछ र छुटकारा दिनुहुनेछ र यसको संरक्षण गर्नुहुनेछ ।
ISA 31:6 ए इस्राएलका मानिस हो, तिमीहरू जसबाट तर्किएका थियौ, उहाँतिर नै फर्क ।
ISA 31:7 किनकि त्यो दिनमा तिमीहरूका आफ्नै हातले पापपुर्ण किसिमले बनाएका चाँदीका मूर्तीहरू र सुनका मूर्तीहरूबाट प्रत्‍येक व्‍यक्‍ति मुक्‍त हुनेछ ।
ISA 31:8 अश्शूर तरवारले ढल्‍नेछ । मानिसले नचालाएको तरवारद्वारा त्यो नाश हुनेछ । त्यो तरवारबाट भाग्‍नेछ र त्यसका जवान मानिसहरूलाई सित्तैंका काम गर्न लगाइनेछ ।
ISA 31:9 त्रासको कारणले तिनीहरूले सबै दृढता गुमाउनेछन् र परमप्रभुको युद्धको झन्डा देखेर त्यसका शासकहरू डराउनेछन्— यो परमप्रभुको घोषणा हो— जसको आगो सियोनमा छ र जसको मकल यरूशलेममा छ ।”
ISA 32:1 हेर, एक जना राजाले धर्मिकतामा राज्‍य गर्नेछन् र शासकहरूले न्यायमा राज्‍य गर्नेछन् ।
ISA 32:2 प्रत्‍येक व्‍यक्‍ति हावाबाट बच्‍ने ठाउँजस्तै, र आँधीबाट शरण लिने ठाउँजस्तै, सुख्‍खा ठाउँको पानीको धारहरूजस्तै, थकानको देशमा भएको ठुलो चट्टानको छायाजस्तै हुनेछ ।
ISA 32:3 तब हेर्नेहरूका आँखा धमिलो हुनेछैनन् र सुन्‍नेहरूका कानले ध्यानपुर्वक सुन्‍नेछन् ।
ISA 32:4 हडबडेले समझदार भएर होसियारसाथ विचार गर्नेछ, अनि भकभकेले प्रष्‍टसँग र सजिलोसँग बोल्‍नेछ ।
ISA 32:5 मूर्खलाई कदापि आदरणीय भनिनेछैन न छलीलाई चरित्रवान भनिनेछ ।
ISA 32:6 किनकि मूर्खले मूर्खताको कुरा गर्छ, उसको मनले दुष्‍ट र अधर्मी कामहरूका योजना बनाउछ र उसले परमप्रभुको विरुद्धमा गलत किसिमले बोल्छ । उसले भोकाएकोलाई रित्तो बनाउँछ र तिर्खाएकोलाई पानीको कमी तुल्याउँछ ।
ISA 32:7 छलीका विधिहरू खराब हुन्‍छन् । गरीबले ठिक कुरा भने पनि उसले गरीबलाई विनाश पार्ने दुष्‍ट योजनाहरू बनाउँछ ।
ISA 32:8 तर आदरणीय मानिसले आदरणीय योजना बनाउँछ । अनि उसको आदरणीय कामहरूको कारणले नै ऊ खडा रहन्‍छ ।
ISA 32:9 ए चैनमा बसेका स्‍त्रीहरू, खडा होओ र मेरो सोरलाई सुन । ए चिन्‍ता नभएका छोरीहरू, मेरो कुरा सुन ।
ISA 32:10 किनकि ए चिन्‍ता नभएका स्‍त्रीहरू, एक वर्षभन्दा केही बढी समयमा तिमीहरूको दृढतालाई तोडिनेछ, किनकि दाखको कटनी बितेर जानेछ, फसल जम्‍मा गर्ने समय आउनेछैन ।
ISA 32:11 ए चैनमा बस्‍ने स्‍त्रीहरू, थरथर होओ । ए निर्धक्‍क हुनेहरू, घबराओ । आफ्ना राम्रा पोशाकहरू फुकाल र आफैलाई नाङ्गो पार । आफ्‍ना कम्मरको वरिपरि भाङ्ग्रा लगाओ ।
ISA 32:12 राम्रा खेतहरूका निम्ति र फलदायी दाखहरूका निम्ति तिमीहरूले विलाप गर्नेछौ ।
ISA 32:13 मेरा मानिसहरूका जमिनमा, कुनै बेलाका आनन्‍द गर्ने सहरका घरहरूमा समेत काँढाहरू र सिउँडीहरू उम्रिनेछन् ।
ISA 32:14 किनकि दरबारहरू त्यागिनेछन्, भीडको सहरलाई उजाड बनाइनेछ । पहाड र धरहरा सदाको निम्ति गुफाहरू, वन-गधाहरूका खुसी, गाइवस्तुका चरन हुनेछ ।
ISA 32:15 माथिबाट हामीमा आत्मा नखन्यासम्म र उजाड-स्‍थान एउटा फलदायी खेत नभएसम्म र फलदायी खेतलाई एउटा जङ्गझैं नसोचेसम्‍म ।
ISA 32:16 तब न्यान उजाड-स्‍थान बास गर्नेछ । अनि धार्मिकताचाहिं फलदायी खेतमा बास गर्नेछ ।
ISA 32:17 धार्मिकताको कामचाहिं शान्ति हुनेछ । अनि धार्मिकताको परिणामचाहिं सदासर्वदा शान्ति र दृढता हुनेछ ।
ISA 32:18 मेरा मानिसहरू शान्तिपुर्ण बासस्थानमा, सुरक्षित घरहरूमा र शान्तसित विश्राम गर्ने ठाउँहरूमा बास गर्नेछन् ।
ISA 32:19 तर असिना परे पनि र जङ्गल नाश भए पनि र सहरलाई पुर्ण रूपमा निर्मूल पारिए पनि,
ISA 32:20 तिमीहरू जसले नदीहरूका किनारहरूमा बीउ छरेका छौ, तिमीहरूका जसले आफ्‍ना गोरु र गधालाई चर्न पठाएका छौ, आशिषित्‌ हुनेछौ ।
ISA 33:1 विनाश नभएको विनाश पार्ने तँलाई धिक्‍कार ! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्‍कार ! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् ।
ISA 33:2 हे परमप्रभु, हामीप्रति अनुग्रही हुनुहोस् । हामी तपाईंको आशा गर्छौं । हरेक बिहान हाम्रो बहुली हुनुहोस्, कष्‍टको समयमा हाम्रो उद्धार हुनुहोस् ।
ISA 33:3 ठुलो आवाजमा मानिसहरू भाग्‍छन् । तपाईं उठ्नुहुँदा जातिहरू तितरबितर हुन्‍छन् ।
ISA 33:4 तपाईंको लूट सलहरूले जस्तै बटुलिन्‍छ । सलहहरू उफ्रेझैं मानिसहरू उफ्रन्छन् ।
ISA 33:5 परमप्रभु उच्‍च पारिनुभएको छ । उच्‍च स्थानमा उहाँ विराजमान हुनुहुन्छ । उहाँले सियोनलाई न्याय र धार्मिकता भर्नुहुनेछ ।
ISA 33:6 तिमीहरूका समयमा उहाँ स्थिरता, उद्धार, बुद्धि र ज्ञानको प्रचुरता हुनुहुनेछ । परमप्रभुको भय नै त्‍यसको भण्डार हो ।
ISA 33:7 हेर, तिनीहरूका दूतहरू सडकहरूमा कराउँछन् । शान्तिको आशा गर्ने कुटनितिज्ञहरू धुरुधुरु रुन्छन् ।
ISA 33:8 मुल बाटोहरू उजाड पारिएका छन् । त्यहाँ कुनै यात्रीहरू छैनन् । करारहरू तोडिएका छन्, गवाहीहरूको अवहेलना भएको छ र मानव जातिलाई आदर गरिंदैन ।
ISA 33:9 देशले विलाप गर्छ र ओइलाउँछ । लेबनान लज्‍जित हुन्छ र ओइलाउँछ । शारोन मरुभूमिको मैदानजस्तै हो । बाशान र कार्मेलले आफ्‍ना पातहरू हल्‍लाउँछन् ।
ISA 33:10 परमप्रभु भन्‍नुहुन्छ, “अब म उठ्नेछु, अब म उच्‍च पारिनेछु; म अब उचालिनेछु ।
ISA 33:11 तिमीहरूले भुस गर्भधारण गर्‍यौ र तिमीहरूले परालका ठुटाहरू जन्मायौ । तिमीहरूका सास तिमीहरूलाई भष्‍म पार्ने आगो हो ।
ISA 33:12 काँढाका झाडीहरू काटेर जलाएझैं मानिसहरूलाई चूनझैं जलाइनेछ ।
ISA 33:13 तिमीहरू टाढा हुनेहरू, मैले के गरेको छु सो सुन । अनि तिमीहरू नजिक हुनेहरू, मेरो शक्तिलाई स्वीकार गर ।
ISA 33:14 सियोनका पापीहरू भयभित भएका छन् । ईश्‍वरहीनहरू थरथराउने डरले समातेको छ । हामीमध्ये कोचाहिं बलिरहेको आगोसँग खेल्‍न सक्छ र? हामीमध्ये कोचाहिं अनन्त जलिरहने आगोसँग खेल्‍न सक्छ र?
ISA 33:15 त्यही नै जो धार्मिकतासाथ हिंड्छ र इमानदारसाथ बोल्छ । जसले अत्यचारको लाभलाई घृणा गर्छ, जसले घूस स्वीकार नगर्न आफ्नो हात टकटकाउँछ, रक्‍तपातको बारे सुन्‍नदेखि आफ्ना कानहरू बन्द गर्छ र जसले दुष्‍टता हेर्नदेखि आफ्ना आँखाहरू बन्‍द गर्छ—
ISA 33:16 यो त्‍यो मानिस हो जो उच्‍च स्थानहरूमा वास गर्नेछ, त्यसको सुरक्षाको स्थान भिरहरू माझको किल्लाहरूमा हुनेछ, त्यसको खाना दिइनेछ र त्यसको पानीको आपुर्ती निरन्‍तर हुनेछ ।
ISA 33:17 तेरा आँखाहरूले राजालाई उहाँको सुन्दरतामा देख्‍नेछ । तिनीहरू देशलाई टाढाको दुरीमा देख्‍नेछन् ।
ISA 33:18 तिमीहरूका मनले त्रासलाई याद गर्नेछ । शास्‍त्री कहाँ छ, पैसा तौलने कहाँ छ? धरहराहरूको गन्ती गर्ने कहाँ छ?
ISA 33:19 तिमीहरूले फेरि हठी मानिसहरू, तिमीहरूले नबुझ्‍ने भाषा बोल्‍ने अनौठो मानिसहरूलाई कदापि देख्‍नेछैनौ ।
ISA 33:20 सियोन, हाम्रो भोजको सहरलाई हेर । तिमीहरूका आँखाहरूले यरूशलेमलाई शान्त बासस्थानको रूपमा, नहटाइने पालको रूपमा देख्‍नेछौ, जसको किलाहरूलाई कदापि उखेलिनेछैन न यसको कुनै डोरीलाई चुडाइन्छ ।
ISA 33:21 बरु, परमप्रभु आफ्‍नो वैभवमा फराकिलो नदीहरू र खोलाहरूको ठाउँमा हामीसँग हुनुहुनेछ । पतवारले चलाइने कुनै पनि युद्धका पानी जहाजहरूले यात्रा गर्नेछैनन् र कुनै पनि ठुला पानी जहाजहरू जानेछैनन् ।
ISA 33:22 किनकि परमप्रभु हाम्रो न्यायकर्ता हुनुहुन्छ, परमप्रभु हाम्रो व्यवस्था दिने हुनुहुन्छ, परमप्रभु हाम्रा राजा हुनुहुन्छ । उहाँले हामीलाई बचाउनुहुने छ ।
ISA 33:23 तिमीहरूका जहाजका डोरीहरू खुकुलो छन् । तिनीहरूले मस्तुललाई पक्रन सक्दैनन् । तिनीहरू पाल टाँग्‍न सक्दैनन् । जब ठुलो लूट बाँडिन्छ, लङ्गडोले पनि लूटको माल घिसारेर लानेछ ।
ISA 33:24 बासिन्दाहरूले “म बरामी छु” भन्‍ने छैनन् । त्यहाँ बस्‍ने मानिसहरूलाई तिनीहरूको पाप क्षमा गरिनेछ ।
ISA 34:1 ए जातिहरू, नजिक आओ र सुन । ए मानिसहरू, ध्यान देओ । पृथ्वी र त्‍यसलाई भर्ने सबैले, संसार र त्‍यसबाट आएका सबै थोकले सुन्‍नुपर्छ ।
ISA 34:2 किनकि परमप्रभु सबै जातिसँग सबै जातिहरूसँग रिसाउनुभएको छ र तिनीहरूका सबै फौज विरुद्ध क्रोधित हुनुहुन्छ । उहाँले तिनीहरूलाई पुर्ण रूपमा विनाश पार्नुभएको छ, उहाँले तिनीहरूलाई संहारको निम्ति सम्पनुभएको छ ।
ISA 34:3 तिनीहरूका मृतकहरूका लाशहरू बाहिर फालिनेछन् । लाशहरूको दुर्गन्ध जताततै हुनेछ । अनि पर्वतहरूले तिनीहरूका रगत सोस्‍नेछ ।
ISA 34:4 आकाशका सबै ताराहरू विलीन हुनेछन् र आकाशचाहिं एउटा चर्मपत्रको मुट्ठाझैं बेह्रिनेछ । अनि दाखको पात झरेर ओइलाएझैं र अञ्‍जिरका गलेका अञ्‍जिर खसेझैं तिनीहरूका सबै ताराहरू विलीन हुनेछन् ।
ISA 34:5 किनकि जब मेरो तरवारले स्वर्गमा अघाउञ्‍जेल पिउनेछ । हेर, मैले विनाशको निम्ति अलग गरिरहेका मानिसहरू एदोममाथि त्‍यो आउनेछ ।
ISA 34:6 परमप्रभुको तरवारबाट रगत चुहिरहेको छ र बोसोले ढाकेको छ, थुमाहरू र बोकाहरूका रगत चुहिरहेको छ, भेडाहरूका मृगौलाको बोसोले ढाकिएको छ । किनकि बोज्रामा परमप्रभुको बलिदान छ र एदोममा ठुलो संहार छ ।
ISA 34:7 तिनीहरूसँगै जङ्गली साँढेहरू, अनि वृद्ध साँढेहरूसँगै जवानहरू ढल्नेछन् । तिनीहरूका देश रगतले मात्‍नेछ र तिनीहरूका माटो बोसोले मोटाउनेछ ।
ISA 34:8 किनकि परमप्रभुको निम्ति यो बदलाको दिन हुनेछ र उहाँले सियोनको निम्ति तिनीहरूसँग साटो फेर्ने एउटा वर्ष हुनेछ ।
ISA 34:9 एदोमका नदीहरू अकत्रामा, त्यसको माटो गन्धकमा परिणत हुनेछ र त्यसको देश जलिरहने अलकत्रा हुनेछ ।
ISA 34:10 त्‍यो रातदिन जल्‍नेछ । त्‍यसको धुवाँ सदासर्वदा माथि उठिरहनेछ । पुस्तादेखि पुस्‍तासम्म यो उजाड भूमी हुनेछ । सदासर्वदा यसबाट कोही पनि हिंड्‍नेछैन ।
ISA 34:11 तर जङ्गली चराहरू र जनावरहरू त्यहाँ बस्‍नेछन् । लाटोकोसेरो र कागले त्‍यसमा आफ्‍ना गुँड बनाउनेछन् । उहाँलले त्‍यसमाथि नाशको नाप्‍ने डोरी र विनाशको सहुल लगाउनुहुनेछ ।
ISA 34:12 राज्य भन्‍नलाई त्यसका भारदारसँग कुनै कुरा रहनछैन, र त्यसका सबै शासकहरू छन् भन्‍ने नै हुनेछन् ।
ISA 34:13 त्यसको दरबारमा काँढाहरू, अनि त्यसको किल्लाहरूमा सिस्‍नो र सिउँडीहरू उम्रिनेछन् । त्‍यो स्यालको बास र सुतुर्मुर्गको ठाउँ हुनेछ ।
ISA 34:14 त्यहाँ जङ्गली जनावरहरू र हुँडारहरू भेट्नेछन् अनि घोरलहरू एकआपसमा कराउनेछन् । रातका जनावरहरू त्यहाँ बस्‍नेछन् र तिनीहरूको निम्ति विश्रामको ठाउँ हुनेछ ।
ISA 34:15 लाटोकोसेराहरूले गुँड बनाउनेछन्, अण्डा पार्नेछन्‌ कोरल्नेछन् र तिनीहरूका बचेराहरूको संरक्षण गर्नेछन् । हो, त्यहाँ आ-आफ्ना जोडीसँग बाजहरू भेला हुनेछन् ।
ISA 34:16 परमप्रभुको चर्मपत्रको मुट्ठोभरि खोज । यिमध्ये एउटै पनि हराउनेछैन । कसैलाई पनि जोडीको कमी हुनेछैन । किनकि उहाँको मुखले यस्तो आज्ञा दिनुभएको छ र उहाँको आत्माले तिनीहरूलाई भेला गर्नुभएको छ ।
ISA 34:17 उहाँले नै तिनीहरूका ठाउँहरूका निम्ति चिट्ठा हाल्नुभएको छ र उहाँकै हातले तिनीहरूको निम्ति डोरीले नाप लिनुभएको छ । तिनीहरूले सदासर्वदा त्‍यसको अधिकार गर्नेछन् । पुस्तादेखि पुस्‍तासम्म तिनीहरू त्यहाँ बस्‍नेछन् ।
ISA 35:1 उजाड-स्‍थान र अरब खुसी हुनेछन् । मरुभूमी आनन्दित हुनेछ र फुल्नेछ । गुलाफजस्तै,
ISA 35:2 त्‍यो प्रशस्‍त गरी फुल्नेछ आनन्द र गीतले रमाउनेछ । लेबनानको गौरव, कार्मेलको र शारोनको प्रताप यसलाई दिइनेछ । तिनीहरूले परमप्रभुको महिमा, हाम्रा परमेश्‍वरको वैभव देख्‍नेछन् ।
ISA 35:3 कमजोर हातहरूलाई बलियो बनाओ र काँप्‍ने घुँडाहरूलाई सिधा पार ।
ISA 35:4 डराएका हृदय भएकाहरूलाई भन, “बलियो होओ, नडराओ ! हेर, तिमीहरूका परमेश्‍वर सट्टा लिएर, परमेश्‍वरको इनाम लिएर आउनुहुनेछ । उहाँ आउनुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ ।”
ISA 35:5 तब अन्‍धाहरूका आँखाहरूले देख्‍नछन् र बहिराहरूका कानले सुन्‍नेछन् ।
ISA 35:6 तब लङ्गडो मानिस हरिणझैं उफ्रनेछ र गूँगाहरूका जिब्रोले गाउनेछन्, किनकि अरबमा पानीको मुल फुट्नेछ र उजाड-स्‍थानमा खोलाहरू बग्‍नेछन् ।
ISA 35:7 जल्‍ने बालुवा तलाउ बन्‍नेछ र सुख्‍खा जमिन पानीको मुल हुनेछ । कुनै बेला स्यालहरू बस्‍ने ठाउँहरूमा नर्कट र काँशको घाँस हुनेछ ।
ISA 35:8 त्यहाँ पवित्र बाटो भनिने मुल बाटो हुनेछ । अवित्रहरूले त्‍यसमा यात्रा गर्नेछैनन् । तर यो यसमा हिंड्नेहरूका निम्ति हुनेछ । यसमा कुनै मूर्ख जानेछैन ।
ISA 35:9 त्यहाँ कुनै सिंह हुनेछैन, कुनै डरलाग्‍दो जङ्गली जनावर हुनेछैन । तिनीहरू त्यहाँ भेट्टइनेछैनन्, तर उद्धार पाएकाहरू त्यहाँ हिंड्नेछन् ।
ISA 35:10 परमप्रभुले मोल तिरेर छटकारा दिनुभएकाहरू फर्किनेछन् र गाउँदै सियोनमा आउनेछन्, अनि तिनीहरूको शिरमा अनन्तको आनन्द हुनेछ । खुसी र आनन्दले तिनीहरूमा वास गर्नेछ । कष्‍ट र सुस्‍केरा भाग्‍नेछ ।
ISA 36:1 हिजकिया राजाको चौधौं वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्लाबन्दी गरिएका सबै सहरहरूमा आक्रमण गरे र ति कब्जा गरे ।
ISA 36:2 तब अश्शूरका राजाले प्रमुख कमाण्‍डरलाई लाकीशबाट यरूशलेममा हिजकिया राजाकहाँ ठुलो फौजसहित पठाए । तिनी धोबीहरूको खेततिर जाने मुल बाटोमा माथिल्‍लो तलाउको नहर छेउमा खडा भए ।
ISA 36:3 तिनीहरूसँग कुरा गर्न जाने इस्राएली अधिकारीहरूमा दरबारका प्रशासक हिल्कियाहका छोरा एल्याकीम, राजाका सचिव शेब्‍ना र सरकारको निर्णय लेख्‍ने आसापका छोरा योआ थिए ।
ISA 36:4 प्रमुख कमाण्‍डरले तिनीहरूलाई भने, “हिजकियालाई भन कि अश्शूरका राजा महाराजाले भन्छन्, 'तिम्रो भरोसाको स्रोत के हो?
ISA 36:5 युद्धको निम्ति सल्लाह र सामर्थ्य छ भनी तिमीले व्यार्थका शब्दहरू मात्र बोल्छौ । अहिले तिमीले कसलाई भरोसा गरिरहेका छौ? मेरो विरुद्धमा विद्रोह गर्न तिमीलाई कसले आँट दिएको छ?
ISA 36:6 हेर, तिमीले मिश्रदेशमा भर पर्दैछौ, जुन फुटेको नर्कट हो, जसलाई तिमीले यसलाई हिंड्ने लट्ठीको रूपमा प्रयोग गर्छौ, तर एक जना मानिस यसमा ढल्किन्छ भने, त्यसको हातमा त्‍यसले घोच्‍नेछ र त्‍यसलाई छेड्नेछ । मिश्रदेशका राजा फारोमा भरोसा गर्नेहरूका निम्ति त्यो त्यस्तै नै हुनेछ ।
ISA 36:7 तर, “परमप्रभु हाम्रा परमेश्‍वरमा हामी भरोसा गरिरहेका छौं” बनेर तिमी मलाई भन्छौ भने, के त्‍यो उही होइन जसका उच्‍च स्थानहरू र वेदीहरूलाई हिजकियाले हटाएका छन्, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, “तिमीहरूले यरूशलेमको यस वेदीको सामु आराधना गर्नुपर्छ”?
ISA 36:8 यसकारण, अब मेरो मालिक अश्शूरका महाराजाको तर्फबाट म तिमीलाई असल कुरा दिन चाहन्छु । तिमीले घोडचडीहरू भेट्टउन सक्‍छौ भने, म तिमीलाई दुई हजार घोडाहरू दिनेछु ।
ISA 36:9 मेरो मालिकका सेवकहरूमध्‍ये सबाभन्दा सानो एक जना कप्‍तानको पनि तिमीले कसरी सामना गर्न सक्छौ र? तिमीले रथहरू र घोडचढीहरूका निम्ति मिश्रदेशमा भरोसा गरेका छौ ।
ISA 36:10 अब के मैले यहाँ यस देशको विरुद्ध युद्ध गर्न र यसलाई विनाश पार्न परमप्रभुविना नै आएको हुँ र? परमप्रभुले मलाई भन्‍नुभयो, “यो देशलाई आक्रमण गर् र त्‍यसलाई नाश गर् ।”
ISA 36:11 तब हिल्कियाहका छोरा एल्याकीम, शेब्‍ना र योआले प्रमुख कमाण्‍डरलाई भने, “कृपया, तपाईंका सेवकहरूसँग आरमेइक भाषा बोल्नुहोस्, किनकि हामी यो बुझ्‍छौं । पर्खालमा भएका यी मानिसहरूले सुन्‍ने गरी यहूदाको भाषामा नबोल्नुहोस् ।”
ISA 36:12 तर प्रमुख कमाण्‍डरले भने, “के तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्‍न मेरा मालिकले मलाई पठाउनुभएको हो र? के पर्खालमाथि बस्‍ने मानिसहरूलाई पनि यो कुरा भन्‍न उहाँले मलाई पठाउनुभएको होइन र, जसले तिमीहरूसँगै आफ्‍नो दिसा खानुपर्छ र आफ्‍नो पिसाब पिउनुपर्छ?”
ISA 36:13 तब प्रमुख कमाण्‍डर खडा भए र ठुलो सोरमा यहूदी भाषामा नै यसो भने, “महान् राजा, अश्शूरका महाराजाका कुरा सुन ।
ISA 36:14 महाराजा भन्‍नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई छल नगरोस्, किनकि त्यसले तिमीहरूलाई छुटकारा दिन सक्‍नेछैन ।
ISA 36:15 तिमीहरूलाई यसो भन्‍दै परमप्रभुमा भरोसा गर्ने बनाउन हिजकियालाई नदेओ, 'परमप्रभुले निश्‍चय पनि हामीलाई छुटकारा दिनुहुनेछ । यो सहर अश्शूरका राजाको हातमा दिइनेछैन' ।
ISA 36:16 हिजकियाको कुरा नसुन, किनकि अश्शूरका राजा यसो भन्‍नुहुन्छ, 'मसँग मिलाप गर र मकहाँ बाहिर आओ । तब तिमीहरूमध्‍ये हरेकले आ-आफ्नै दाख र अञ्जिरको रूखबाट खानेछ र आफ्नै इनारबाट पानी पिउनेछ ।
ISA 36:17 तिमीहरूको जस्तै देशमा, अन्‍न र नयाँ दाखमद्यको देशमा, रोटी र दाखबारीको देशमा म आएर मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसै गर्नेछौ ।'
ISA 36:18 हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा पार्न नदेओ, 'परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ' । के अश्शूरका राजाका हातबाट मानिसहरूका कुनै देवताहरूले तिनीहरूलाई छुटकारा दिएका छन् र?
ISA 36:19 हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेमका देवताहरू कहाँ छन्? के तिनीहरूले समरियालाई मेरो शक्तिबाट छुटकारा दिएका छन् र?
ISA 36:20 यी देशहरूका सबै देवताहरूमध्‍ये कुनै देवताले आफ्नो देशलाई मेरो शक्तिबाट छुटकारा दिएका छन् । के परमप्रभुले यरूशलेमलाई मेरो शक्तिबाट बचाउनुभयो भनेजस्तै कुरा गर्छौ?”
ISA 36:21 तर मानिसहरू चुपचाप बसे र कुनै जवाफ दिएनन्, किनकि “त्‍यसलाई जवाफ नदिनू” भन्‍ने राजाको हुकुम थियो ।
ISA 36:22 तब राजदरवारका निरीक्षक हिल्कियाहका छोरा एल्याकीम, शास्‍त्री शेब्‍ना र लेखक आसापका छोरा योआले आफ्‍ना लुगा च्यातेर हिजकियाकहाँ आए र प्रमुख कमाण्‍डरका कुरा तिनलाई सुनाए ।
ISA 37:1 हिजकिया राजाले तिनीहरूको कुरा सुनेपछि, तिनले आफ्ना लुगा च्याते, आफूलाई भाङ्ग्राले ढाके र परमप्रभुको मन्‍दिरमा गए ।
ISA 37:2 राजदरवारका निरीक्षक एल्याकीम, र शास्‍त्री शेब्‍ना र पुजारीहरूका धर्मगुरुहरूलाई सबैलाई भङ्ग्रा लगाएर तिनले आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए ।
ISA 37:3 तिनीहरूले उनलाई भने, “हिजकियाले भन्‍नुहुन्‍छ, 'आजको दिन बालक जन्माउनलाई प्रसव भएको, तर आफ्नो बलाक जन्माउन आमासँग कुनै बल नभएजस्तो दुःख, हप्‍की र अपमानको दिन हो ।
ISA 37:4 सायद तपाईंका परमप्रभु परमेश्‍वरले प्रमुख कमाण्‍डरका कुराहरू सुन्‍नुहुनेछ जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरको निन्दा गर्न पठाएका छन्, र परमप्रभु तपाईंको परमेश्‍वरले सुन्‍नुभएको कुराको निम्ति उहाँले हप्‍काउनुहुनेछ । अब अझै यहाँ बाँकी रहेकाहरूका निम्ति तपाईंले प्रार्थना गरिदिनुहोस् ।’”
ISA 37:5 त्यसैले हिजकियाले राजाका सेवकहरू यशैयाकहाँ आए,
ISA 37:6 र यशैयाले तिनीहरूलाई भने, “आफ्‍ना मालिकलाई भन, 'परमप्रभु भन्‍नुहुन्छ, “अश्शूरका राजाले मेरो अपमान गर्न पठाएका सेवकहरूले भनेका जुन तैंले सुनेको कुरादेखि तँ नडरा ।
ISA 37:7 हेर्, उसमा म एउटा आत्मा हालिदिनेछु, उसले एउटा खबर सुन्‍नेछ र ऊ फर्केर आफ्नै देशमा जानेछ । उसको आफ्नै देशमा म उसलाई तरवारले मार्नेछु ।”
ISA 37:8 तब प्रमुख कमाण्‍डर फर्के र अश्शूरका राजाले लिब्‍नासँग युद्ध गरिरहेको भेट्टाए, किनकि राजा लाकीशबाट गएका छन् भन्‍ने तिनले सुनेका थिए ।
ISA 37:9 तब कूशका राजा तिर्हाकाह र मिश्रदेशले सनहेरीबको विरुद्ध युद्ध सुरु गरे भन्‍ने तिनले सुने, त्यसैले तिनले हिजकियालाई यस्तो सन्देशसहित दूतहरू पठाएः
ISA 37:10 “यहूदाका राजा हिजकियालाई यसो भन, 'तिमीले भरोसा गर्ने परमेश्‍वरले तिमीलाई यसो भनेर छल नगरून्, 'यरूशलेमचाहिं अश्शूरका राजाको हातमा दिइने छैन' ।
ISA 37:11 हेर, अश्शूरका राजाले सबै देशहरूलाई पुर्ण रूपमा नष्‍ट पारेर के गरेका छन् भन्‍ने तिमीहरूले सुनेका छौ । त्यसैले के तिमीले चाहिं छुट्कारा पाउनेछौ र?
ISA 37:12 के मेरा पुर्खाहरूले नष्‍ट पारेका जातिहरूः गोजान, हारान, रेसेप र तेल-अस्सारका अदनका मानिसहरू देवताहरूले तिनीहरूलाई छुटकारा दिए?
ISA 37:13 हमातका राजा, अर्पादका राजा, सपर्बेम सहरहरूका, हेनाका र इव्वाका राजा कहाँ छन्?”
ISA 37:14 हिजकियाले दूतबाट त्‍यो पत्र प्राप्‍त गरे र त्‍यो पढे । अनि तिनी परमप्रभुको मन्‍दिरमा गए र त्‍यसलाई उहाँको सामु फिंजाए ।
ISA 37:15 हिजकियाले परमप्रभुसँग प्रार्थना गरे,
ISA 37:16 “हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर, तपाईं करूबहरूमाथि विराजमान हुनुहुन्छ, तपाईं नै पृथ्वीका सारा राज्यहरूमाथि एक मात्र परमेश्‍वर हुनुहुन्छ ।
ISA 37:17 हे परमप्रभु, तपाईंको कान फर्काउनुहोस् र सुन्‍नुहोस् । हे परमप्रभु तपाईंको आँखा खोल्नुहोस् र हेर्नुहोस्, अनि सनहेरीबका कुरा सुन्‍नुहोस्, जुन तिनले जीवित परमेश्‍वरको गिल्ला गर्न पठाएका छन् ।
ISA 37:18 हे परमप्रभु, यो सत्य हो, अश्शूरका राजाहरूले सबै जातिहरू र तिनीहरूका देशलाई विनाश गरेका छन् ।
ISA 37:19 तिनीहरूले उनीहरूका देवताहरूलाई आगोले जलाएका छन्, किनकि ति देवताहरू थिएनन् तर मानिसको हातले बनेका काठ र ढुङ्गाका काम मात्र थिए । त्यसैले अश्शूरीहरूले तिनीहरूलाई विनाश गरेका छन् ।
ISA 37:20 त्यसैले अब, हे परमप्रभु हाम्रो परमेश्‍वर हामीलाई त्‍यसको शक्तिबाट बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यले जानोस् कि तपाईं मात्र परमप्रभु हुनुहुन्छ ।”
ISA 37:21 तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ यसो भनेर सन्देश पठाए, “परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'तैंले अश्शूरका राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरेको हुनाले,
ISA 37:22 परमप्रभुले उसको बारेमा भन्‍नुभएको वचन यही होः “सियोनका कन्ये छोरीले तँलाई घृणा गर्छे र खिसी गर्न तँमा हाँस्छे । यरूशलेमकी छोरीले तँलाई आफ्‍नो टाउको हल्लाउँछे ।
ISA 37:23 तैंले कसको निन्दा र अपमान गरेको छस्? कसको विरुद्ध तैंले घमण्डमा आफ्‍ना आँखा उचालेको र आफ्‍नो सोर उच्‍च पारेको छस्? इस्राएलको परमपवित्रको विरुद्ध हो ।
ISA 37:24 तेरो सेवकहरूद्वारा तैंले परमप्रभुको निन्दा गरेको छस् र भनेको छस्, 'मेरा असंख्या रथहरूसहित पहाडहरूको उच्‍च स्थानहरूमा र लेबनानको उच्‍च ठाउँहरूमा म गएको छु । यसका अग्‍ला-अग्‍ला देवदारुहरू र यसका असल-असल सल्ला रूखहरूलाई म काट्नेछु र यसका सबभैभन्दा उच्‍च स्थानहरू, यसका सबभन्दा बढी फलदायी जङ्गलहरूमा म पस्‍नेछु ।
ISA 37:25 मैले इनारहरू खनेको छु र पानी पिएको छु । मिश्रदेशका सबै नदीहरूलाई मेरा गोडाको पैतालमुनि मैले सुकाएको छु ।
ISA 37:26 मैले यसलाई लामो समुअगि नै कसरी निश्‍चित गरेको छु र यसलाई प्राचीन समयमा नै गरेको छु भन्‍ने तैंले सुनेको छैनस्? अहिले म यसलाई पुरा गर्दैछु । तँ यहाँ अभेद्य सहरहरूलाई भग्‍नावशेष बनाउनलाई छस् ।
ISA 37:27 थोरै बल भएका तिनीहरूका बासिन्दाहरूलाई चूरचूर पारिन्छ र लज्‍जित हुन्छन् । तिनीहरू खेतका बिरुवाहरू, हरियो घाँस, पुर्वीय बतासअगिको छाना वा खेतमा भएका घाँस हुन् ।
ISA 37:28 तर तेरो बसाइ, तँ बाहिर गएको, भित्र आएको र तँ मेरो विरुद्ध रिसाएको मलाई थाहा छ ।
ISA 37:29 म विरुद्धको तेरो रिसको कारणले र तेरो अहङ्कार मेरो कानमा परेको हुनाले, तेरो नाकमा म आफ्‍नो बल्छी हाल्‍नेछु र म आफ्‍नो लगाम तेरो मुखमा हाल्नेछु । तँ जताबाट आएको हो तेतै म तँलाई फर्काउनेछु ।”
ISA 37:30 तेरो निम्ति चिन्ह यो हुनेछ, “यो वर्ष तैंले आफै उम्रेका कुरा खानेछस्, र दोस्रो वर्षमा त्यसबाट उम्रेका कुरा खानेछस् । तर तेस्रो वर्ष तैंले रोप्‍नुपर्छ र कटनी गर्नुपर्छ, दाखबारी रोप्‍नुपर्छ र तिनका फल खानुपर्छ ।
ISA 37:31 यहूदाको घरानाका बाँचेर बाँकी रहेकाहरूले फेरि जरा हाल्‍नेछन् र फल फलाउनेछन् ।
ISA 37:32 किनकि यरूशलेमबाट बाँकी रहेकाहरू आउनेछन् । सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोशले यो गर्नेछ ।”
ISA 37:33 यसकारण परमप्रभुले अश्शूरका राजाको बारेमा यसो भन्‍नुहुन्छ, “यो सहरभित्र ऊ आउनेछैन र उसेले यहाँ एउटा वाण पनि हान्‍नेछैन । यसको सामु ऊ ढाल लिएर आउनेछैन वा यसको विरुद्धमा घेरा-मचान बनाउनेछैन ।
ISA 37:34 जुन बाटोबाट ऊ आयो त्‍यही बाटोबाट ऊ नै जानेछ । यस सहरभित्र ऊ पस्‍नेछैन— यो परमप्रभुको घोषणा हो ।
ISA 37:35 किनकि मेरो निम्‍ति र मेरा सेवक दाऊदको निम्‍ति, म यो सहरको रक्षा गर्नेछु र यसलाई छुटकारा दिनेछु ।”
ISA 37:36 तब परमप्रभुको दूत गए र अश्शूरीको छाउनीमा आक्रमण गरेर १,८५,००० सिपाहीहरूलाई मारे । बिहान सबेरै मानिसहरू उठे, तब लाशहरू जताततै छरिएका थिए ।
ISA 37:37 त्यसैले अश्शूरका राजा सनहेरीबले इस्राएल छाडे र घर गए र निनवेमा नै बसे ।
ISA 37:38 पछि, उसले आफ्‍नो देवता निस्रोकको मन्‍दिरमा पुजा गरिरहँदा, उसको छोरा अद्रम्मेलेक र शरेसरले तिनलाई तरवारले मारे । त्‍यसपछि तिनीहरू आरारातको देशमा भागेर गए । त्यसपछि उसको ठाउँमा उसको छोरा एसरहदोनले राज्‍य गरे ।
ISA 38:1 ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्यको मुखैमा पुगे । त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्‍नुहुन्छ, 'आफ्नो घरको व्यवस्थापन गर् । किनभने तँ मर्नेछस्, बाँच्‍नेछैनस्' ।”
ISA 38:2 तब हिजकियाले आफ्नो मुख भित्तातिर फर्काए र परमप्रभुमा प्रार्थना चढाए ।
ISA 38:3 तिनले भने, “कृपया, हे परमप्रभु, म तपाईंको सामु कसरी सारा हृदयले विश्‍वासयोग्‍य भएर हिंडेको छु र मैले तपाईंको नजरमा जे असल छ सो कसरी गरेको छु सो सम्‍झनुहोस् ।” अनि हिजकिया धुरुधुरु रोए ।
ISA 38:4 तब यशैयाकहाँ परमप्रभुको वचन यसो भनेर आयो,
ISA 38:5 “जा, मेरा मानिसहरूका अगुवा हिजकियालाई यसो भन्, 'परमप्रभु, तेरो पुर्खा दाऊदका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तेरो प्रार्थना सुनेको छु, र मैले तेरो आँसु देखेको छु । हेर्, तेरो जीवनमा पन्ध्र वर्ष आयु मैले थप्‍न लागेको छु ।
ISA 38:6 तब म तँलाई र यस सहरलाई अश्शूरका राजाको हातबाट छुटकारा दिनेछु र म यो सहरको रक्षा गर्नेछु ।
ISA 38:7 मैले जे प्रतिज्ञा गरेको छु सो मैले गर्नेछु भन्‍ने कुराको परमप्रभुबाटको चिन्ह तँलाई यो हुनेछ ।
ISA 38:8 हेर, म आहाजको सिंढीको छायालाई दश कदम पछाडि जान लगाउनेछु ।” त्यसैले सिंढीको छाया दस कदम पढाडि गयो, जुन अगि बढेको थियो ।
ISA 38:9 यहूदाका राजा हिजकिया बिरामी भएर निको भएपछि तिनले लेखेको प्रार्थना यही थियो,
ISA 38:10 “मैले भनें मेरो आधा जीवनमा नै म चिहानको ढोकाभित्र जानेछु । मेरो बाँकी वर्षहरूका निम्ति मलाई त्यहाँ पठाइन्छ ।
ISA 38:11 मैले भनें परमप्रभुलाई म देख्‍नेछैन, जीवितहरूको देशमा म परमप्रभुलाई कदापि देख्‍नेछैन । मानवजाति वा संसारको बासिन्दालाई म फेरि देख्‍नेछैन ।
ISA 38:12 मेरो जीवन मबाट गोठालोको पालझैं बोकेर लगिएको छ र हटाइएको छ । मेरो जीवनलाई मैले एउटा जुलाहाले जस्तो बेह्रेको छु । तपाईंले मलाई तानबाट काट्दै हुनुहुन्‍छ । तपाईंले मेरो जीवनलाई दिन र रातको बीचमा अन्‍त गर्दै हुनुहुन्‍छ ।
ISA 38:13 मैले बिहानसम्म नै पुकारा गरें । उहाँले मेरा सबै हड्‍डीहरूलाई सिंहले झैं तोड्नुहुन्छ । तपाईंले मेरो जीवनलाई दिन रातको बीचमा अन्‍त गर्दै हुनुहुन्छ ।
ISA 38:14 गौंथलीझैं म चिरबिर गर्छु । ढुकुरझैं कुर्लिन्‍छु । माथितिर हेरेर मेरा आँखा थकित भएका छन् । हे परमप्रभु, म दुःखमा परेको छु । मलाई सहायता गर्नुहोस् ।
ISA 38:15 मैले के भन्‍न सक्‍छु र? उहाँ मसँग बोल्‍ने अनि त्‍यसलाई पुरा गर्ने दुवै गर्नुभएको छ । मेरा सबै वर्षहरूमा म बिस्तारै हिंड्नेछु किनभने म शोकले व्याकुल भएको छु ।
ISA 38:16 हे परमप्रभु, तपाईंले पठाउनुभएका दुःखकष्‍ट मेरो निम्ति असल छन् । मेरो जीवन मलाई फिर्ता दिइयोस् । तपाईंले मरो जीवन र स्वस्थ्यलाई पुनर्स्थापना गर्नुभएको छ ।
ISA 38:17 मेरै भलाइको निम्ति मैले यस्तो शोकको अनुभव गरें । तपाईंले मलाई विनाशको खाडलबाट छुटकारा दिनुभएको छ । किनकि तपाईंले मेरा सबै पापहरूलाई आफ्‍नो पछाडि फाल्‍नुभएको छ ।
ISA 38:18 किनकि चिहानले तपाईंलाई धन्यवाद दिंदैन । मृत्युले तपाईंको प्रशंसा गर्दैन । चिहानतिर जानेहरूले तपाईंको विश्‍वस्‍तताको आशा गर्दैनन् ।
ISA 38:19 जस्तो म आज गर्दैर्छु, जीवित व्यक्‍तिले, केवल जीवित व्यक्‍तिले मात्र तपाईंलाई धन्यवाद दिन्छ । पिताले तपाईंको विश्‍वस्‍तता छोराछोरीलाई भन्‍छन् ।
ISA 38:20 परमप्रभुले मलाई बचाउन लाग्‍नुभएको छ र हामीले परमप्रभुको मन्‍दिरमा हाम्रो सारा दिनहरूभरि भजन गाउँदै उत्सव मानउनेछौं।”
ISA 38:21 यति बेला यशैयाले भनेका थिए, “अञ्‍जिरको लेप लिनु र त्‍यसलाई त्‍यो घाउमा लगाउनु र उहाँ निको हुनुहुनेछ ।”
ISA 38:22 हिजकियाले पनि भनेका थिए, “म परमप्रभुको मन्‍दिरमा जानुपर्छ भन्‍ने कुराको लागि के चिन्‍ह हुनेछ?”
ISA 39:1 त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदकबलदानले हिजकियालाई पत्रहरू र उपहार पठाए । किनभने हिजकिया बिरामी भएका थिए र निको भए भनी उनले सुनेका थिए ।
ISA 39:2 यी कुराहरूमा हिजकिया प्रशन्‍न भएका थिए । ती दूतहरूलाई आफ्‍ना चाँदी, सुन, मसलाहरू र बहुमूल्य तेलका भण्‍डार, आफ्‍ना हतियारहरूका भण्डार र आफ्‍ना भण्डारमा भेट्टाएका सबै थोक तिनले देखाए । हिजकियाले तिनीहरूलाई नदेखाएका तिनक दरवारमा र राज्यमा कुनै पनि कुरा थिएन ।
ISA 39:3 त्यसपछि यशैया अगमवक्ता हिजकिया राजाकहाँ आए र तिनलाई सोधे, “यी मानिसहरूले तपाईंलाई के भने? तिनीहरू कहाँबाट आएका थिए?” हिजकियाले भने, “तिनीहरू बेबिलोनको टाढा देशबाट मकहाँ आएका हुन् ।”
ISA 39:4 यशैयाले सोधे, “तिनीहरूले तपाईंको दरवार के कुरा हेरेका छन्?” हिजकियाले जवाफ दिए, “तिनीहरूले मेरो दरवारका हरेक कुरा हेरेका छन् । मेरा बहुमूल्य थोकहरूमस तिनीहरूलाई मैले नदेखाएको कुनै पनि थोक छैन ।”
ISA 39:5 तब यशैयाले हिजकियालाई भने, “सर्वशक्तिमान् परमप्रभुको वचन सुन्‍नुहोस्,
ISA 39:6 ‘हेर्, यस्‍ता दिनहरू आउँदैछन् जति बेला तेरा दरवारमा भएका हरेक कुरा, आजको दिनसम्म तेरा पुर्खाहरूले भण्डारण गरेका कुराहरू बेबिलोनमा लगिनेछ । परमप्रभु भन्‍नुहुन्छ, कुनै कुरा पनि छोडिनेछैन ।
ISA 39:7 तँबाट जन्मिएका छोराहरू, जसका बाबु तँ आफैं होस्, तिनीहरूले नै ती लानेछन् र बेबिलोनका राजाको दरबारमा तिनीहरू नपुङ्सकहरू बन्‍नेछन् ।’”
ISA 39:8 तब हिजकियाले यशैयालाई भने, “तपाईंले भन्‍नुभएको परमप्रभुको वचन असल छ ।” किनकि तिनले सोचे, “मेरो जीवनकालभरि शान्ति र स्थिरता हुनेछ ।”
ISA 40:1 तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ, “सान्त्वना, मेरा मानिसहरू सान्त्वना ।
ISA 40:2 यरूशलेमसँग कोमलत भएर बोल । अनि त्यसलाई घोषणा गर, त्यसका युद्ध समाप्‍त भएको छ, त्यसका अधर्म क्षमा गरिएको छ, आफ्‍ना सबै पापहरूका निम्‍ति त्यसले परमप्रभुबाट दोब्बर पाएको छ ।”
ISA 40:3 एउटा आवाजले कराउँछ, “उजाड-स्‍थानमा परमप्रभुको बाटो तयार पार । अरबमा हाम्रा परमेश्‍वरको निम्ति मुल बाटो सोझो बनाओ ।”
ISA 40:4 हरेक मैदानलाई माथि उठाइनेछ, र हरेक पर्वत र डाँडालाई समतल पारिनेछ । खाल्टाखुल्टी जमिनलाई समतल बनाइनेछ र नमिलेको ठाउँहरूलाई मैदान बनाइनेछ ।
ISA 40:5 र परमप्रभुको महिमा प्रकट गरिनेछ र सबै मानिसहरूले एकसाथ यो देख्‍नेछन् । किनकि परमप्रभुको मुखले यो बोलेको छ ।
ISA 40:6 एउटा आवाजले भन्छ, “करा ।” अर्कोले जवाफ दिन्छ, “मैले के भनेर कराउने?” सबै प्राणी घाँस हो र तिनीहरूका विश्‍वस्‍तताका करार सबै खेतबारीका फुलजस्तै हो ।
ISA 40:7 यसमाथि परमप्रभुको सास पर्दा घाँस ओइलाउँछ र फुल सुक्छ । निश्‍चय नै मानवहरू घाँसै हुन् ।
ISA 40:8 घाँस ओइलाउँछ, फुल सुक्छ, तर हाम्रा परमेश्‍वरको वचन सदासर्वदा रहन्छ ।”
ISA 40:9 ए सुसमाचार ल्याउनेहरू हो, उच्‍च पहाड सियोनमाथि जाओ । हे यरूशलेम ठुलो सोरमा कराओ । ए सुसमाचार ल्याउनेहरू हो, आफ्ना सोर उचाल, नडराओ । यहूदाका सहरहरूलाई भन, “तिमीहरूका परमेश्‍वर यहाँ हुनुहुन्छ !”
ISA 40:10 हेर, परमप्रभु परमेश्‍वर विजयी योद्धाझैं आउनुहुन्छ र उहाँका शक्तिशाली बाहुलीले उहाँको निम्ति शासन गर्छ । हेर, उहाको इनाम उहाँसँगै छ र उहाँले उद्धार गर्नुभएकाहरू उहाँको अगि-अगि जान्छन् ।
ISA 40:11 एक जना गोठालोले झैं उहाँले आफ्ना बगाललाई खुवाउनुहुनेछ, उहाँले थुमाहरूलाई आफ्नो बाहुलीमा जम्‍मा गर्नुहुन्‍छ र तिनीहरूलाई आफ्‍ना हृदयको छेउमा बोक्‍नुहुन्‍छ, अनि पाठाहरूलाई दूध खुवाउने भेडाहरूलाई कोमल भएर डोर्‍याउनुहुन्‍छ ।
ISA 40:12 पानीलाई कसले आफ्नो हातमा नापेको छ, आकाशलाई कसले आफ्‍नो हातले नापेको छ, पृथ्वीको धूलोलाई कसले डालोमा राखेको छ, पहाडहरू वा पर्वतहरूलाई कसले तराजुमा जोखेको छ?
ISA 40:13 परमप्रभुको मनलाई कसले बुझेको छ, वा उहाँको सल्लाहकार भएर उहाँलाई कसले सिकाएको छ?
ISA 40:14 कसबाट उहाँले कुन बेला सुझाव पाउनुभयो? उहाँलाई कुराहरू गर्ने ठिक तरिका कसले सिकाएको छ, अनि उहालाई कसले ज्ञान सिकाएको वा उहाँलाई कसले समझको बाटो देखाएको छ?
ISA 40:15 हेर, जातिहरू बाल्टीमा एक थोपा पानीजस्तै हुन् र तराजुहरूमा धूलोजस्तै ठानिन्छ । हेर, उहाँलले टापुहरूलाई छेस्कोझैं जोख्‍नुहुन्छ ।
ISA 40:16 लेबनान दउराको निम्ति पर्याप्‍त छैन न त यसका जङ्गली जनावरहरू होम बलिको निम्ति पर्याप्‍त छन् ।
ISA 40:17 उहाँको सामु सबै जातिहरू अपर्याप्‍त छन् । उहाँले तिनीहरूलाई केही जस्‍तो पनि ठान्‍नुहुन्‍न ।
ISA 40:18 तब तिमीहरूले परमेश्‍वरलाई केसँग तुलना गर्नेछौ? तिमीहरूले उहाँलाई कुन मूर्तीसँग तुलना गर्नेछौ?
ISA 40:19 एउटा मूर्ती ! एक जना कारीगरले यसलाई बनाउँछः सुनारले यसमा सुनको जलप लगाउँछ र यसको निम्ति चाँदीको सिक्री बनाउँछ ।
ISA 40:20 बलि चढाउनलाई कसैले अग्राखकै दाउरा ल्‍याउँछ । नढल्ने मूर्ती बनाउन उसले एक जना निपुण कारीगर खोज्छ ।
ISA 40:21 के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के सुरुदेखि नै यो कुरा तिमीहरूलाई भनिएको छैन? पृथ्वीको जगहरू बसालेदेखि नै तिमिहरूले बुझेका छैनौ?
ISA 40:22 पृथ्वीको क्षितिजभन्‍दा माथि विराजमान हुनुहुने उहाँ नै हुनुहुन्छ । अनि यसका बासिन्दाहरू उहाँको सामु फट्याङ्ग्राहरू जस्तै छन् । आकाशहरूलाई उहाँले पर्दाझैं तन्काउनुहुन्छ र तिनीहरूलाई बस्‍ने पालझैं फिंजाउनुहुन्छ ।
ISA 40:23 उहाँले शासकहरूलाई बकामको बनाउनुहुन्छ र पृथ्वीका शासकहरूलाई नगन्‍य बनाउनुहुन्छ ।
ISA 40:24 ती रोपिनेबित्तिकै, छरिनेबित्तिकै, तिनका जरा जमिन पर्नेबित्तिकै, जब उहाँले तिमाथि फुक्‍नुहुन्‍छ, तब तिनीहरू ओइलाउँन्, र हावाले तिनलाई परालझैं लैजान्छ ।
ISA 40:25 परमपवित्र भन्‍नुहुन्छ, “तब तिमीहरूले मलाई कोसँग तुलना गर्छौ, म कोजस्तो छु?”
ISA 40:26 माथि आकाशमा हेर ! यी सबै ताराहरूलाई कसले सृजेका हुन्? उहाँले ती बनाउनलाई उहाँले नै नेतृत्व गर्नुहुन्छ र ती सबैको नाउँ काढेर बोलाउनुहुन्छ । उहाँको शक्तिको माहन्‌ता र उहाँको सामर्थ्यको शक्तिद्वारा एउटा पनि हराएका छैनन् ।
ISA 40:27 ए याकूब, तँ किन यसो भन्‍छस्, ए इस्राएल, तँ किन घोषणा गर्छस्, “मेरो बाटो परमप्रभुबाट लुकाइएको छ र मेरो परमेश्‍वरले मेरो बदलाको वास्ता गर्नुहुन्‍न”?
ISA 40:28 के तैंले जानेका छैनस्? के तैंले सुनेका छैनस्? परमप्रभु अनन्तका परमेश्‍वर, पृथ्वीको अन्तसम्मका सृष्‍टिकर्ता थकित वा हैरान बन्‍नुहुन्‍न । उहाँको समझको कुनै सिमा छैन ।
ISA 40:29 उहाँले थकितहरूलाई बल दिनुहुन्छ । अनि कमजोरहरूलाई उहाँले नयाँ ऊर्जा दिनुहुन्छ ।
ISA 40:30 जवान मानिसहरू पनि थकित र हैरान हुन्‍छन्, अनि जवानहरूले ठेस खान्‍छन् र ढल्‍छन्:
ISA 40:31 तर परमप्रभुमा आशा गर्नेहरूले आफ्‍नो बललाई नयाँ बनाउनेछन् । तिनीहरू चिलहरू झैं पखेटाहरूले माथि-माथि उड्नेछन् । तिनीहरू दौडनेछन् र हैरान हुनेछैनन् । तिनीहरू हिंड्नेछन् र मूर्छा पर्नेछैनन् ।
ISA 41:1 ए समुद्री किनारहरू, मेरो सामु चुपचाप सुन । जातिहरूले आफ्‍ना बल नयाँ बनाऊन् । तिनीहरू नजिक आऊन् र बोलून् । एउटा विवादको बारेमा बहस गर्न हामी एकसाथ भेला हौं ।
ISA 41:2 आफ्‍नो काम धार्मिकतामा गर्नलाई पुर्वको एक जनालाई बोलाएर कसले उत्तेजित पारेको छ? उहाँले जातिहरूलाई तिनीकहाँ सुम्‍पनुहुन्छ र राजाहरूलाई अधीन गर्न तिनलाई सहायता गर्नुहुन्छ । आफ्‍नो धनुको हावाले उडाएको पतकरझैं, तिनले उनीहरूलाई तरवारले जमिनमा ढाल्‍छन् ।
ISA 41:3 तिनले उनीहरूलाई लखेट्‍छन् र छिटो पुग्‍ने बाटोद्वारा आफ्‍ना खुट्टाले जमिन नछोएझैं गरी तिनले सुरक्षित रूपमा भेट्टाउँछन् ।
ISA 41:4 कसले यी कामहरू गरेको र पुरा गरेको छ? कसले सुरुदेखिका पुस्ताहरूलाई बलाएको छ? म, परमप्रभु पहिलो र अन्तिम म नै हुँ ।
ISA 41:5 टापुहरूले देखेका छन् र डराएका छन् । पृथ्वीका अन्तिम छेउहरू थरथर काम्छन् । तिनीहरू तयार हुन्‍छन् र आउँछन् ।
ISA 41:6 हरेकले आ-आफ्ना छिमेकीलाई सहायता गर्छ र हरेकले एकआपसमा भन्छन्, 'उत्साहित होओ ।'
ISA 41:7 त्यसैले सिकर्मीले सुनारलाई उत्साह दिन्छ, अनि घन चलाउनेले लिहीमा काम गर्नेलाई 'यो असल छ' भन्दै वेल्‍डिङ् गर्न उत्साह दिन्छ । तिनीहरूले त्‍यो काँटीले कस्छन्, ताकि यो नहल्लियोस् ।
ISA 41:8 तर तँ इस्राएल, मेरो सेवक, याकूब, जसलाई मैले चुनेको छु, मेरो मित्र अब्राहमको सन्तान,
ISA 41:9 तँ जसलाई म पृथ्वीको अन्तिम छेउबाट फर्काएर ल्याउँदैछु र जसलाई मैले टाढा ठाउँहरूबाट बोलाएँ, अनि जसलाई मैले भनें, 'तँ मेरो सेवक होस्।' मैले तँलाई चुनेको छु, र तँलाई इन्कार गरेको छैन ।
ISA 41:10 नडरा, किनकि म तँसँग छु । चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ । म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु ।
ISA 41:11 हेर, तँसँग रिसाएकाहरू सबै जना, तिनीहरू लज्‍जित र अपमानित हुनेछन् । तेरो विरोध गर्नेहरू, तिनीहरू बेकामको हुनेछन् र नाश हुनेछन् ।
ISA 41:12 तँसँग झगडा गर्नेहरूलाई तैंले खोज्‍नेछस् र पाउनेछैनस् । तँसँग युद्ध गर्नेहरू बेकामको हुनेछन् र पुर्ण रूपमा बेकामको हुनेछन् ।
ISA 41:13 किनकि म, परमप्रभु तेरो परमेश्‍वरले तेरो दाहिने हात समातेर यसो भन्‍नेछु, 'नडरा, म तँलाई सहायता गर्दैर्छु ।'
ISA 41:14 नडरा, ए किरा याकूब र इस्राएलका मानिसहरू, तँलाई म सहायात गर्नेछु— यो परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्रको घोषणा हो ।
ISA 41:15 हेर्, म तँलाई नयाँ र दुई धारहरू भएको एउटा अन्‍न कुट्ने हतियार बनाउँदैछु । तैंले पहाडहरूलाई कुट्नेछस् र तिनीहरूलाई कुल्चनेछस् । तैंले डाँडाहरूलाई भुसजस्तै बनाउनेछस् ।
ISA 41:16 तैंले तिनीहरूलाई निफन्‍नेछस् र हावाले तिनीहरूलाई उडाएर लानेछ । हावाले तिनीहरूलाई तितरबितर पार्नेछ । तँ परमप्रभुमा रमाउनेछस्, इस्राएका परमपवित्रमा तँ आनन्दित हुनेछस् ।
ISA 41:17 अत्यचारमा परेका र खाँचोमा परेकाहरूले पानी खोज्नेछन्, तर त्यहाँ हुनेछैन, अनि तिर्खाले गर्दा तिनीहरूको जिब्रो सुक्‍खा हुन्छन् । म, परमप्रभुले तिनीहरूको प्रार्थनाको जवाफ दिनेछु । म, इस्राएलका परमेश्‍वरले तिनीहरूलाई त्‍याग्‍नेछैन ।
ISA 41:18 ठाडो भिरमा म खोला बगाउनेछु र मैदानको माझमा मुल फुटाउनेछु । मरुभूमीमा पानीको तलाउ र सुख्‍खा जमिनमा पानीको मुल म बनाउनेछु ।
ISA 41:19 उजाड-स्‍थानमा म देवदारु, बबुल, मेंहदी र जैतूनको रूख रोप्‍नेछु । मैले धूपी र सल्लालाई उजाड मैदानमा म खडा गर्नेछु ।
ISA 41:20 परमप्रभुको हातले नै यसो गरेको छ, इस्राएलको परमपवित्रले नै यसलाई सृजनुभएको छ, भनेर मानिसहरूले हेरून्, चिनून् अनि बुझून् भन्‍ने उदेश्‍यले म यो गर्नेछु ।
ISA 41:21 परमप्रभु भन्‍नुहुन्छ, “तेरो मुद्दा पेस गर् ।” याकूबका राजा भन्‍नुहुन्छ, “तेरा मूर्तीहरूका निम्ति तेरा उत्तम बहसहरू पेस गर् ।”
ISA 41:22 तिनीहरूले आ-आफ्ना बहसहरू ल्याऊन् । तिनीहरू अघि आऊन् र के हुनेछ भनी बताऊन्, ताकि हामीले यी कुराहरू राम्ररी जान्‍न सक्‍छौं । तिनीहरूले हामीलाई सुरुका अगमवाणीका कुराहरू भनून्, ताकि हामीले तिनमा विचार गरौं र ती कसरी पुरा भए जानौं ।
ISA 41:23 भविष्यको बारेमा कुराहरू भन, ताकि तिमीहरू देवहरू हौ भनी हामी जान्‍न सकौं । कुनै असल वा खराब गर, ताकि हामी डराऔं वा प्रभावित बनौं ।
ISA 41:24 हेर्, मूर्तीहरू केही पनि होइनन्, र तिमीहरूका कामहरू केही पनि होइनन् । तिमीहरूलाई रोज्‍ने मानिस घृणित हुन्छ ।
ISA 41:25 उत्तरबाट मैले एक जनालाई खडा गरेको छु, र त्यो आउँछ । सुर्य उदय हुने दिशाबाट त्यसलाई म बोलाउँछु, जसले मेरो नाउँ पुकार्छ, अनि हिलोलाई झैं, माटोलाई कुल्चने कुमालेले झैं त्यसले शासकहरूलाई कुल्चनेछ ।
ISA 41:26 यसलाई कसले सुरुदेखि नै घोषणा गर्‍यौ, ताकि हामीले जान्‍न सकौं? “उहाँ ठिक हुनुहुन्छ” भनी हामीले भन्‍नुभन्‍दा पहिले ? वास्तवमा, तिनीहरू कसैले पनि यो घोषणा गरेनन्, हो, तिमीहरूले कुनै कुरा भनेको कसैले पनि सुनेन ।
ISA 41:27 मैले पहिले सियोनलाई भनें, “हेर, तिनीहरू यहाँ छन् ।” मैले यरूशलेममा एक जना दूतलाई पठाएँ ।
ISA 41:28 मैले हेर्दा त्यहाँ कोही पनि छैन, असल सल्लाह दिने तिनीहरूका माझमा कोही पनि छैन । मैले सोध्दा एक शब्द जवाफ दिने कोही छैन ।
ISA 41:29 हेर, ती सबै केही पनि होइनन्, अनि तिनीहरूका कामहरू केही पनि होइनन् । तिनीहरूका ढालेका धातुका आकृतिहरू हावा र रित्ता हुन् ।
ISA 42:1 हेर, मेरो सेवक, जसलाई म समर्थन गर्छु । मेरो चुनिएको मानिस, जसमा म खुसी हुन्छु । मेरो आत्मा मैले तिनमा हालेको छु । तिनले जातिहरूका माझमा न्याय ल्याउनेछन् ।
ISA 42:2 तिनी कराउनेछैनन् न चिच्याउनेछन्, न तिनको आवाज सडकहरूमा सुनाउनेछन् ।
ISA 42:3 तिनले फुटेको निगालोलाई भाँच्‍नेछैनन्, अनि मधुरो बत्तीलाई तिनले निभाउनेछैनन् : तिनले विश्‍वस्‍ततासाथ न्याय गर्नेछन् ।
ISA 42:4 पृथ्वीमा तिनले न्याय स्थापित नगरेसम्म तिनी मूर्छा पर्नेछैनन्, न निराश हुनेछन् । अनि समुद्र किनारहरूले तिनको न्यायको आशा गर्छन् ।
ISA 42:5 आकाश सृष्‍टि गर्नुहुने र त्यसलाई फिंजाउनुहुने, पृथ्वी र त्यसले उपन्‍न गर्ने सबै थोक बनाउनुहुने, त्‍यसमा मानिसहरूलाई सास दिनुहुने र त्‍यसमा बस्‍नेहरूलाई जीवन दिनुहुने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः
ISA 42:6 “म परमप्रभुले तिमीलाई धार्मिकतामा बोलाएको छु र तिम्रो हात समात्‍नेछु । म तिमीलाई सुरक्षा दिनेछु र मानिसहरूको निम्ति करारको रूपमा र जतिहरूका निम्ति ज्योतिको रूपमा खडा गर्नेछु,
ISA 42:7 अन्‍धाहरूका आँखा खोलिदिन, कालकोठरीबाट कैदीहरूलाई छुटकारा दिन र अन्धकारमा बस्‍नेहरूलाई बन्दीगृहबाट छुटकारा दिन ।
ISA 42:8 म परमप्रभु हुँ, मेरो नाउँत्यही हो । म आफ्‍नो महिमा अर्कोलाई दिनेछैन न म आफ्‍नो प्रशंसा मूर्तीहरूलाई दिन्‍छु ।
ISA 42:9 हेर, पहिलेका कुरा बितेर गए, अब म नयाँ घटनाहरूका घोषणा गर्न लागेको छु । ती सुरु हुनअगि नै तिनका बारेमा म तिमीलाई भन्‍नेछु ।”
ISA 42:10 परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ र पृथ्वीको अन्‍तिम छेउबाट उहाँको प्रशंसा गाओ । तिमीहरू जो तल समुद्रमा जान्छौ, र त्‍यसमा भएका सबैले, समुद्री किनारहरू र त्‍यहाँ बस्‍नेहरूले ।
ISA 42:11 मरुभूमि र सहरहरूले सोर निकालून्, केदार बसेका गाउँहरू आनन्दले कराऊन् ! सेला काबासिन्दाहरूले गाऊन्, पर्वतका चुचुराबाट तिनीहरू कराऊन् ।
ISA 42:12 तिनीहरूले परमप्रभुलाई महिमा दिऊन् र समुद्र किनारहरूमा उहाँको प्रशंसाको घोषणा गरून् ।
ISA 42:13 परमप्रभु एउटा युद्धाझैं बाहिर निस्कनुहुनेछ । एक जना योद्धाले झैं उहाँले आफ्नो जोश जगाउनुहुनेछ । उहाँ करानुहुनेछ, हो, उहाँले युद्धाको ध्वनि निकाल्नुहुनेछ । उहाँले आफ्ना शत्रुहरूलाई आफ्नो शक्ति देखाउनुहुनेछ ।
ISA 42:14 म लामो समयसम्म चुपचाप बसेको छु । म मौन रहेको छु र आफैंलाई थामेको छु । अब म प्रसव वेदनामा परेको स्‍त्रझैं कराउँछु । म स्वाँ-स्वाँ गर्छु र छिटो-छिटो सास फेर्छु ।
ISA 42:15 म पहाडहरू र पर्वतहरूलाई उजाड पारेर छोड्नेछु र तिनका सबै बोटबिरुवालाई सुख्‍खा बनाउनेछु । अनि नदीहरूलाई टापुहरूमा म परिणत गर्नेछु र सिमसारहरू सुख्‍खा हुनेछन् ।
ISA 42:16 अन्‍धाहरूले नचिनेका बाटोद्वारा म तिनीहरूले ल्याउनेछु । तिनीहरूलाई थाहा नभएका बाटोहरूमा म तिनीहरूलाई डोर्‍याउनेछु । तिनीहरूका सामु अन्धकारलाई म उज्यालोमा बद्लनेछु र बाङ्गोटिङ्गो ठाउँहरूलाई सोझो बनाउनेछु । यी कुराहरू म गर्नेछु र म तिनीहरूलाई त्यग्‍नेछैन ।
ISA 42:17 तिनीहरूलाई फर्काइनेछ, तिनीहरूलाई पुर्ण रूपमा लाजमा पारिनेछ, जसले कुँदिएको आकृतिहरूमा भरोसा गर्छन्, जसले धातुका आकृतिहरूलाई भन्छन्, “तपाईंहरू हाम्रा ईश्‍वरहरू हुनुहुन्छ” ।
ISA 42:18 ए बहिरा हो, सुन । अनि अन्धाहरूले हेर, ताकि तिमीहरूले देख्‍न सक ।
ISA 42:19 मेरो सेवकबाहेक को अन्धा छ? वा मैले पठाएको मेरो दूतबहेक को बहिरो छ? मेरो करारको साझेदारजस्तो बहिरो वा परमप्रभुको सेवकजस्तो अन्धा को छ?
ISA 42:20 तैंले धेरै थोक देख्छस्, तर बुझ्दैनस् । कानहरू खुल्‍ला छन्, तर कसैले सुन्दैन ।
ISA 42:21 आफ्‍नो न्यायको प्रशंसा गर्न र आफ्‍नो व्यावस्थालाई महिमित पार्न परमप्रभु खुसी हुनुहुन्छ ।
ISA 42:22 तर यिनीहरू ठगिएका र लुटिएका मानिसहरू हुन् । तिनीहरू सबै खल्डाहरूमा जाकिएका, कैदहरूमा राखिएका छन् । तिनीहरू कसैले उद्धार नगर्ने लूटका माल भएका छन् र कसैले यसो भन्‍दैन, “तिनीहरूलाई फिर्ता ल्‍याओ ।”
ISA 42:23 तिमीहरूमध्ये कसले यो सुन्‍नेछ? भविष्यमा कसले सुन्‍नेछ र ध्यान दिनेछ?
ISA 42:24 याकूबलाई कसले लुटेराको हातमा र इस्राएललाई लुटाहाको हातमा सुम्प्यो? के परमप्रभुले नै होइन, जसको विरुद्धमा हामीले पाप गरेका छौं, जसको बाटोमा हिंड्न तिनीहरू इन्कार गरे र जसको व्यावस्था पालन गर्न तिनीहरूले इन्कार गरे?
ISA 42:25 यसकारण उहाँले तिनीहरूमाथि आफ्‍नो डरलग्दो क्रोध र युद्धको हिंसा खन्याउनुभयो, त्‍यसको ज्वालाले तिनीहरूलाई घेर्‍यो, तापनि तिनीहरूले बुझेनन् । त्‍यसले तिनीहरूलाई भस्म पार्‍यो, तर तिनीहरूले त्‍यसलाई मनमा लिएनन् ।
ISA 43:1 तर अब ए याकूब तँलाई सृष्‍ट गर्नुहुने, अनि ए इस्राएल, तँलाई बनाउनुहुने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः “नडरा, किनकि मैले तँलाई उद्धार गरेको छु । तेरो नाउँ काढेर मैले तँलाई बोलाएको छु, तँ मेरै होस् ।
ISA 43:2 तँ पानीबाट भएर जाँदा, म तँसँग हुनेछु । अनि नदीहरूबाट भएर जाँदा तिनीहरूले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट भएर हिंड्दा तँ जल्नेछैनस् र ज्वालाहरूले तँलाई भस्म पार्नेछैनन् ।
ISA 43:3 किनकि म परमप्रभु तेरो परमेश्‍वर, इस्राएलको परमपवित्र तेरो उद्धारक हुँ । मैले मिश्रदेशलाई तेरो मूल्यको रूपमा दिएको छु, कूश र सेबालाई तेरो बद्लामा दिएको छु ।
ISA 43:4 तँ मेरो दृष्‍टिमा मूल्यवान र विशेष भएको हुनाले, म तँलाई प्रेम गर्छु । यसकारण तेरो सट्टामा म मानिसहरूलाई र जीवनको सट्टामा अरू मानिसहरूलाई तेरो दिने छु ।
ISA 43:5 नडरा, किनभने म तँसँग छु । तेरा सन्तानलाई म पुर्वबाट ल्याउनेछु र तँलाई पश्‍चिमबाट जम्‍मा पार्नेछु ।
ISA 43:6 म उत्तरलाई, 'तिनीहरूलाई सुम्‍पीदे,' र दक्षिणलाई, 'कुनैलाई पनि नरोक्,' भन्‍नेछु। मेरा छोराहरूलाई टाढाबाट र मेरी छोरीहरूलाई पृथ्वीको सुदूर क्षेत्रहरूबाट ल्‍याओ ।
ISA 43:7 मेरो नाउँद्वारा बोलाइएका सबैलाई, जसलाई मैले मेरो महिमाको निम्ति सृष्‍टि गरेको छु, जसलाई मैले आकार दिएँ, हो, जसलाई मैले बनाएँ ।
ISA 43:8 आफूसँग आँखा भएर पनि अन्धा मानिसहरू, र आफूसँग कान भएर पनि बहिराहरूलाई बहिर ल्‍याओ ।
ISA 43:9 सबै जातिहरू एकसाथ भेला हुन्छन् र मानिसहरू जम्‍मा हुन्छन् । तिनीहरूमध्ये कसले यो घोषणा गर्न सक्थ्यो र हामीलाई पहिलेको कुराहरू बताउन सक्थ्यो? तिनीहरूलाई ठिक साबित गर्न आ-आफ्ना गवाही ल्याऊन्, तिनीहरूले सुनून् र 'यो सत्य हो' भनी पुष्‍टि गरून् ।
ISA 43:10 परमप्रभु घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा गवाहीहरू हौ र मैले चुनेको मेरो सेवक हौ, ताकि तिमीहरूले मलाई चिन र ममा विश्‍वास गर र म उही हुँ भनी बुझ । मभन्‍दा पहिले त्यहाँ कुनै ईश्‍वर बनेको थिएन, र न मपछि कुनै ईश्‍वर हुनेछ ।
ISA 43:11 म, म परमप्रभु हुँ, र मबाहके कुनै उद्धारक छैन ।
ISA 43:12 मैले घोषणा गरेको छु, बचाएको छु र बताएको छु, तिमीहरूका माझमा अरू कुनै ईश्‍वर छैन । तिमीहरू मेरा गवाहीहरू हौ । म परमेश्‍वर हुँ,” परमप्रभु घोषणा गर्नुहुन्छ ।
ISA 43:13 आजको दिनदेखि म उही हुँ र कसैले पनि मेरो हातबाट कसैलाई छुट्टाउनेछैन । म काम गर्छु र कसले त्यो फर्काउन सक्छ र?”
ISA 43:14 परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्‍नुहुन्छ, “तिमीहरूका निम्‍ति म बेबिलोनमा पठाउँछु र तिनीहरू सबैलाई भगौडाहरूका रूपमा तल लानेछु, यसरी बेबिलोनीहरूका आनन्दको गीतलाई विलापको सोरमा बदली गर्नेछु ।
ISA 43:15 म परमप्रभु, तेरो परमपवित्र, इस्राएलको सृष्‍टिकर्ता, तेरो राजा हुँ ।”
ISA 43:16 ‍परमप्रभु यसो भन्‍नुहुन्छ, (जसले समुद्रमा बाटो र शक्तिशाली पानीमा गोरेटो खोल्नुभयो,
ISA 43:17 जसले रथ र घोडा र फौज र शक्तिशाली सेनालाई डोर्‍याउनुभयो । तिनीहरू एकसाथ ढले । तिनीहरू फेरि कहिल्यै उठ्नेछैनन् । बलिरहेका बत्ती निभाएझैं ती निभाइन्छन् ।)
ISA 43:18 “यी पहिलेका कुराहरूका बारेमा विचार नगर, न त धेरै पहिलेका कुराहरूका बारेमा विचार गर ।
ISA 43:19 हेर, मैले एउटा नयाँ कुरा गर्न लागेको छु । अब यो पुरा हुन सुरु हुन्छ । के तिमीहरूले यो बुझ्दैनौ? मरुभूमिमा म एउटा बाटो र उजाड-स्थानमा पानीका खोलाहरू बानउनेछु ।
ISA 43:20 खेतबारीका जङ्गली जनावरहरू, स्यालहरू र सुतुर्मुर्गहरूले मेरो आदर गर्नेछन्, किनभने मेरा चुनिएका मानिसहरूलाई पिउनको निम्ति म उजाड-स्थानमा पानी र मरुभुमिमा नदीहरू दिन्‍छु,
ISA 43:21 यी मानिसहरू जसलाई मैले आफ्‍नो निम्ति बनाएँ, ताकि तिनीहरूले मेरा प्रशंसाहरूको वर्णन गरून् ।
ISA 43:22 तर ए याकूब, तैंले मलाई पुकारको छैनस् । ए इस्राएल, तँ मसँग थकित भएको छस् ।
ISA 43:23 तैंले तेरो भेडाहरूमध्ये कुनैलाई पनि होमबलिको रूपमा मकहाँ ल्याको छैनस् न तेरा बलिदानहरूले मेरो आदर गरेको छस् । मैले तँमाथि अन्‍न बलिहरूको भार थोपारेको छैन न धूपहरूको माग गरेर तँलाई थकित बनाएको छु ।
ISA 43:24 तैंले मलाई पैसा हालेर सुगन्धित बोझो किनेको छैनस्, न तेरो बलिदानहरूको बोसो ममाथि खन्याएको छस् । तर तैंले मलाई आफ्‍ना पापहरूले भार थोपरेको छस्, तैंले मलाई आफ्‍ना दुष्‍ट कामहरू थकित बनाएको छस् ।
ISA 43:25 हो, म, म उही हुँ जसले तेरा अपराधहरूलाई मेरो आफ्‍नै निम्‍ति मेटिदिनेछु । अनि तेरा पापहरूलाई म फेरि कदापि आफ्‍नो मनमा राख्‍नेछैनँ ।
ISA 43:26 जे भएको थियो मेरो निम्ति याद गर । हामी एकसाथ बहस गरौं । तेरो मुद्दा पेस गर्, ताकि तँ निर्दोष साबित हुन सक्‍छस् ।
ISA 43:27 तेरो पहिलो बुबाले पाप गर्‍यो, अनि तेरा अगुवाहरूले मेरो विरुद्ध अपराद गरेका छन् ।
ISA 43:28 यसकारण म पवित्र अधिकारीहरूलाई अशुद्ध तुल्याउनेछु । म याकूबलाई पुर्ण विनाशको निम्ति र इस्राएललाई अपमानपुर्ण निन्‍दाको निम्ति सुम्पनेछु ।”
ISA 44:1 ए मेरो सेवक, याकूब, ए इस्राएल जसलाई मैले चुनेको छु, अब सुन्:
ISA 44:2 परमप्रभु जसले तँलाई गर्भमा बनाउनुभयो र आकार दिनुभयो, अनि जसले तँलाई सहायता गर्नुहुनेछः उहाँले यसको भन्‍नुहुन्छ, “ए याकूब, मेरो सेवक, नडरा । अनि ए यशूरून, जसलाई मैले चुनेको छु ।
ISA 44:3 किन सुकेको जमिनमाथि म पानी खन्याउनेछु र सुख्खा जमिनमाथि खोलाहरू बगाउनेछु । तेरो सन्तानमाथि मेरो आत्मा र तेरा छोराछोरीमाथि मेरो आशिष् म खन्याउनेछु ।
ISA 44:4 तिनीहरू घाँसहरू माझमा पानीको नदीको किनारको लहरे-पिपलहरू झैं उम्रनेछन् ।
ISA 44:5 कसैले भन्‍नेछ, “म परमप्रभुको हुँ,' अनि अर्कोले याकूबको नाउँ लिनेछ, र अर्कोले आफ्नो हातमा 'म परमप्रभुको हुँ,' भनी लेख्‍नेछ र आफैलाई इस्राएलको नाउँ दिनेछ ।”
ISA 44:6 इस्राएलका राजा, त्यसको उद्धारक, सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “म नै पहिलो हुँ र म नै अन्तिम हुँ । र मबाहेक अरू कुनै परमेश्‍वर छैन ।
ISA 44:7 मजस्तो को छ? आफ्‍ना प्राचीन मानिसहरूलाई मैले स्थापित गरेदेखि भएका घटनाहरू त्यसले मलाई घोषणा गरोस् र त्‍यो वर्णन गरोस्, अनि तिनीहरूले हुन आउने घटनाहरूका बारेमा घोषणा गरून् ।
ISA 44:8 नडरा अर्थात् भयभित हो । के मैले धेरै पहिले नै यो तँलाई घोषणा गरेको र सुचना दिएको होइन र? तिमीहरू मेरा गवाहीहरू हौः “के मबाहेक अरू कुनै परमेश्‍वर छ र? त्‍यहाँ अरू कुनै चट्टान छैन । म यस्ता कुनैलाई चिन्दिनँ ।”
ISA 44:9 मूर्तीहरू बनाउने सबै जना केही पनि होइनन् । तिनीहरू प्रशन्‍न हुने थोकहरू व्‍यर्थ हुन् । तिनीहरूका गवाहीहरूले कुनै कुरा पनि देख्‍न वा जान्‍न सक्दैनन् र तिनीहरू लजमा पारिनेछन् ।
ISA 44:10 कसले देवतालाई आकार दिन्‍छ वा व्यार्थको मूर्ती खोप्छ?
ISA 44:11 हेर, त्यसका सबै सहकर्मी लाजमा पारिनेछन् । कारीगरहरू मानिसहरू मात्र हुन् । तिनीहरूले एकसाथ आफ्ना अडान लेऊन् । तिनीहरू तर्सिनेछन् र लजज्‍जित हुनेछन् ।
ISA 44:12 सुनारले आफ्‍ना औजारहरूले भुङ्ग्रोमा काम गरेर त्‍यो बनाउँछ । उसले त्‍यसलाई घनले आकार दिन्छ र आफ्‍नो बलियो पाखुराले त्‍यसको काम गर्छ । ऊ भोकाउँछ र उसको बल घट्छ । उसले पानी पिउँदैन र मुर्छा पर्छ ।
ISA 44:13 सिकर्मीले काठलाई धागोले नाप्छ र कलमले त्‍यसमा चिन्ह लगाउँछ । उसले आफ्‍ना औजारहरूले त्‍यसलाई आकार दिन्छ र कम्‍पासले त्‍यसमा चिनो लगाउँछ । उसले त्‍यसलाई आकर्षक मानिसजस्‍तै मानिसको आकारमा बनाउँछ, ताकि त्‍यो घरमा नै रहोस् ।
ISA 44:14 उसले देवदारु काट्छ, वा सल्लाको रूख वा फलाँटको रूख छान्छ । उसले आफ्नो निम्ति वनका रूखहरू छान्‍छ । उसले सल्लाको रूख लगाउँछ र पानीले त्‍यसलाई बढाउँछ ।
ISA 44:15 अनि मानिसले त्‍यसलाई दाउरा बाल्न र आफूलाई न्यानो पार्न प्रयोग गर्छ । हो, उसले आगो बाल्छ र रोटी पकाउँछ । त्‍यसपछि उसले त्‍यसबाट एउटा देउता बनाउँछ र त्‍यसमा घोप्टो पर्छ । उसले एउटा मूर्ती बनाउँछ र त्‍यसमा घोप्टो पर्छ ।
ISA 44:16 आफूले खाने मासु पकाउँछ त्‍यो रूखका केही भागलाई उसले दाउरा बाल्‍छ । उसले खान्छ र तृप्‍त हुन्‍छ । उसले आफैलाई न्यानो बनाउँछ र भन्छ, “ओहो, म तातो भएको छु, मैले आगो देखेको छु ।”
ISA 44:17 बाँकी रहेको काठले उसले एउटा देउता अर्थात् आफ्‍नो खोपेको मूर्ती बनाउँछ । त्‍यसमा ऊ घोप्टो पर्छ र त्‍यसको आदर गर्छ, र यसो भन्‍दै त्‍यसमा प्रार्थना चढाउँछ, “मलाई बचाउनुहोस्, किनकि तपाईं मेरो ईश्‍वर हुनुहुन्छ ।”
ISA 44:18 तिनीहरूले जान्दैनन्, न तिनीहरूले बुझ्छन्, किनकि तिनीहरूका आँखा अन्धा छन् र देख्‍न सक्दैनन्, अनि तिनीहरूका हृदयहरूले बुझ्‍न नै सक्दैनन् ।
ISA 44:19 कसैले विचार गर्दैन, न तिनीहरूले बुझ्छन् र भन्छन्, “मैले रूखका केही भाग दाउरा बालें । हो, त्‍यसको भुङ्‍ग्रोमा मैले रोटी पनि पकाएको छु । त्‍यसको भुङ्‍ग्रोमा मैले मासुको सुकुटी पनि बनाएको र खाएको छु । अब के मैले त्‍यो रूखबाट बचेको अरू भागबाट पुजा गर्न घिन लाग्‍ने कुरा बनाउनू र? के म काठको टुक्रामा घोप्टो पर्नू र?”
ISA 44:20 यो त उसले खरानी खाएको जस्तो भयो । उसको छलमा परेको हृदयले उसलाई बहकाउँछ । उसले आफैलाई बचाउन सक्दैन, न उसले यसो भन्‍छ, “मेरो दाहिने हातमा भएको यो कुरा झुटो देवता हो ।”
ISA 44:21 ए याकूब र इस्राएल, यी कुराहरूका बारेमा विचार गर्, किनकि तँ मेरो सेवक होस्: “मैले तँलाई आकार दिएको हुँ । तँ मेरो सेवक होस्: ए इस्राएल, तँलाई बिर्सिइने छैन ।
ISA 44:22 तेरा विद्रोहका कामहरूलाई एउटा बाक्‍लो बादललाई झैं र तेरा पापहरूलाई एउटा बादललाई झैं मैले हटाएको छु । मकहाँ फर्की, किनकि मैले तँलाई उद्धार गरेको छु ।
ISA 44:23 ए आकाश गाओ, किनकि परमप्रभुले नै यसो गर्नुभएको हो । ए पृथ्वीका गहिराइ हो कराओ । ए पर्वतहरू, वनका सबै रूख हो, गीत गाओ । किनकि परमप्रभुले याकूबलाई उद्धार गर्नुभएको छ र इस्राएलमा आफ्‍नो महिमा प्रकट गर्नुहुनेछ ।
ISA 44:24 तँलाई गर्भमा आकार दिनुहुने परमप्रभु तेरा उद्धारक यसो भन्‍नुहुन्छः “म परमप्रभु हुँ, जसले हरेक कुरा बनाएँ, जसले आकाशलाई एक्‍लै फैलाएँ, जसले पृथ्वीलाई एक्‍लै बनाएँ ।
ISA 44:25 हात हेरेर फतफताउनेका खोक्रा कुरालाई व्यार्थ तुल्याउने म नै हुँ र हात हेर्ने कुरा पढ्‍नेलाई घृणा गर्ने म नै हुँ । यस्‍ता बुद्धिमान्‌हरूका बुद्धिलाई उल्टाउने र तिनीहरूका सल्लाहलाई मूर्ख बनाउने म नै हुँ ।
ISA 44:26 आफ्ना सेवकका वचनहरू पुरा गर्ने र आफ्ना दूतहरूका भविष्यवाणी पुरा गर्ने परमप्रभु म नै हुँ, जसले यरूशलेमलाई भन्छ, 'त्यसमा बसोवास गरिनेछ,' र यहूदाका नगरहरूका बारेमा भन्छ, 'तिनीहरूलाई फेरि निर्माण गरिनेछ र म तिनका भग्‍नावशेषहरूलाई खडा गर्नेछु ।'
ISA 44:27 जसले गहिरो समुद्रलाई भन्छ, 'सुक् र तेरा धारहरूलाई म सुकाउनेछु ।'
ISA 44:28 कोरेसलाई यसो भन्‍नुहुने परमप्रभु नै हुनुहुन्‍छ, 'त्यो मेरो गोठालो हो, त्यसले मेरा हेरक इच्छा पुरा गर्नेछ । त्यसले यरूशलेमको बारेमा, 'त्यसलाई पुननिर्माण गरिनेछ,' र मन्दिरको बारेमा, 'यसको जग बसालियोस्' भनेर आदेश दिनेछ ।”
ISA 45:1 आफ्नो अभिषिक्‍त कोरेसलाई परमप्रभुले यसो भन्‍नुहुन्छ, उसको सामु रहेका जातिहरूलाई अधीन गर्न, राजाहरूलाई निशस्‍त्र पार्न र ढोकाहरू खुल्‍ला रहून् भनेर उसको सामु भएका ढोकाहरू खोल्न, उसको दाहिने हातलाई म समात्छुः
ISA 45:2 “म तेरो अगि-अगि जानेछु र पर्वतहरूलाई समतल बनाउनेछु । काँसाका ढोकाहरूलाई म टुक्रा-टुक्रा बनाउनेछु र तिनीहरूका फलामे बारहरूलाई काटेर टुक्रा बनाउनेछु।
ISA 45:3 अनि अँध्यारोका भण्डारहरू र टाढा लुकाइएका धनहरू म तँलाई दिनेछु, जसले गर्दा तैंले जान्‍न सक्‍छस् कि म परमप्रभु इस्राएलका परमेश्‍वर हुँ जसले तेरो नाउँ काढेर तँलाई बोलाउँछ ।
ISA 45:4 मेरो सेवक याकूब र मेरो चुनिएको इस्राएलको निम्‍ति, मैले थोरै आदरको पद तँलाई दिएर तेरो नाउँ काढेर बोलाएको छु, तापनि तैंले मलाई चिन्दैनस् ।
ISA 45:5 म परमप्रभु हुँ र त्‍यहाँ अरू कुनै छैन । मबाहेक कोही परमेश्‍वर छैन । तैंले मलाई नचिनेको भए तापनि म तँलाई युद्धको निम्ति सुसज्‍जित पार्नेछु ।
ISA 45:6 ताकि सूर्य उदाउने ठाउँदेखि, र पश्‍चिमदेखि मानसिहरूले मबाहेक कुनै ईश्‍वर छैन भनी जानून्, म परमप्रभु हुँ र अरू कोही छैन ।
ISA 45:7 म नै ज्योति बनाउँछु र अन्धकारको सृष्‍टि गर्छु । म शान्ति ल्याउँछु र विपत्तिको सृजना गर्छु । यी सबै कुराहरू गर्ने परमप्रभु म नै हुँ ।
ISA 45:8 ए आकाश, माथिबाट वर्षा झार् ! आकाशले धार्मिकताको वर्षा गओस् । पृथ्वीले त्यो सोसेर लेओस् ताकि मुक्‍ति उम्रिहोस् र त्‍योसँगै धार्मिकता उम्रियोस् । म, परमप्रभुले नै ती दुवैको सृष्‍टि गरेको हो ।
ISA 45:9 त्यसलाई धिक्‍कार जसले आफूलाई बनाउनेसँग बहस गर्छ, जो जमिनमा भएका सबै माटोका भाँडाका माझमा अरू कुनै माटोको भाँडाजस्तै छ ! के माटोले कुमालेलाई यसो भन्‍छ, 'तैंले के बनाउँदैछस्' वा तैंले बनाएको भाँडोमा हत्ता नै छैन ?’
ISA 45:10 धिक्‍कार त्‍यसलाई जसले बुबालाई भन्छ, 'तपाईंले के जन्‍माउनुभयो?' वा आमालाई भन्छ, ‘तपाईंले के जन्‍म दिनुभयो ?'
ISA 45:11 इस्राएलका सृष्‍टिकर्ता परमपवित्र परमप्रभु यसो भन्‍नुहुन्छ, ‘मेरा छोराछोरीका बारेमा'मैले के गर्नेछु भनी तिमीहरूले किन प्रश्‍न सोध्छौ? के मेरो हातका कामको बारेमा मैले के गर्नुपर्छ भनी तिमीहरू सिकाउँछौ?'
ISA 45:12 मैले नै पृथ्वी बनाएँ, अनि त्‍यसमा मानिसको सृष्‍टि गरें । मेरै हातले आकाशलाई फैलाएँ, र सबै तारालाई देखा पर्ने आज्ञा मैले नै दिएँ ।
ISA 45:13 मैले नै कोरेसलाई धार्मिकतामा उत्तेजित पारें र त्यसका सबै मार्गलाई म नै सहज बनाइदिनेछु । त्यसले मेरो सहर निर्माण गर्नेछ । त्यसले मेरा निर्वासित मानिसहरूलाई घर जान दिनेछ, न कुनै मूल्य वा घूस लिनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ ।
ISA 45:14 परमप्रभु यसो भन्‍नुहुन्छ, “मिश्रदेशको कमाइ र शेबाका अग्‍ला कदका मानिसहरूसँग कूशको व्यापार तँकहाँ ल्याइनेछ । ती तेरै हुनेछन् । साङ्लामा तिनीहरू तेरो पछि-पछि आउनेछन् । तिनीहरू तेरो सामु घोप्टो पर्नेछन् र यसो भन्‍दै तँसँग बिन्ति गर्नेछन्, 'निश्‍चय पनि परमेश्‍वर तपाईंसँग हुनुहुन्छ र उहाँबाहेक अरू कोही छैन' ।”
ISA 45:15 हे इस्राएलका परमेश्‍वर, उद्धारक, साँच्‍चै तपाईं परमेश्‍वर हुनुहुन्छ, जसले आफैलाई लुकाउनुहुन्छ ।
ISA 45:16 तिनीहरू सबै एकसाथ लज्‍जित र अपमानित हुनेछन् । मूर्ती बनाउनेहरू अपमानमा हिंड्नेछन् ।
ISA 45:17 तर परमप्रभुले इस्राएललाई अनन्त उद्धारसहित बचाउनुहुनेछ । तँ फेरि कहिल्यै लज्‍जित वा अपमानित हुनेछैनस् ।
ISA 45:18 आकाशको सृष्‍टि गर्नुहुने परमप्रभु, पृथ्वीको सृष्‍टि गर्ने र त्‍यसलाई बनाउने र त्‍यसलाई स्थापित गर्ने साँचो परमेश्‍वर यसो भन्‍नुहुन्‍छ । उहाँले नै त्‍यसको सृष्‍टि गर्नुभयो, उजाड होइन, तर बसोवास गर्नलाई तयार पार्नुभयोः “म नै परमप्रभु हुँ र त्‍यहाँ अरू कोही छैन ।
ISA 45:19 मैले गुप्‍तमा अर्थात् कुनै लुकेको ठाउँमा बोलेको छैन । मैले याकूबका सन्तानलाई, ‘व्यार्थमा मेरो खोजी गर' भनेको छैन । म परमप्रभु हुँ, जसले विश्‍वस्‍ततासाथ बोल्छु । ठिक कुराहरूको घोषणा म गर्छु ।
ISA 45:20 आफूलाई भेला पार र आओ ! जातिहरूका माझबाटका आएका शरणार्थीहरू, एकसाथ भेला होओ ! तिनीहरूसँग ज्ञान नै छैन, जसले खोपेका मूर्तिहरू बोक्छन् र बचाउन नसक्‍ने देवताहरूसँग प्रार्थना गर्छन् ।
ISA 45:21 नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ? कसले यो घोषणा गर्‍यो? के यो म परमप्रभुले नै थिएनँ र? ‍मबाहेक त्‍यहाँ अरू कुनै परमेश्‍वर छैन, न्यायी परमेश्‍वर र उद्धारक । मबाहेक कुनै अरू छैन ।
ISA 45:22 ए पृथ्वीका अन्‍तिम छेउका हो, मतिर फर्क र बाँच । किनकि म नै परमेश्‍वर हुँ र त्‍यहाँ अरू कोही छैन ।
ISA 45:23 म आफैंमा शपथ खान्छु, मेरो न्यायी आदेश दिन्छु र यो फिर्ता हुनेछैन, 'मेरो सामु हरेक घुँडा टेक्‍नेछ, हरेक जिब्रोले स्‍विकार गर्नेछ ।
ISA 45:24 तिनीहरूले मेरो बारेमा यसो भन्‍नेछन्, “परमप्रभुमा मात्र उद्धार र शक्ति छ ।” उहाँसँग रिसाउनेहरू सबै लाजमा पर्नेछन् ।
ISA 45:25 परमप्रभुमा नै इस्राएलका सबै सन्तानहरू धर्मी ठहरिनेछन् । तिनीहरूले उहाँमा नै गर्व गर्नेछन् ।
ISA 46:1 बेल झुक्छ, नेबो निहुरिन्छ । तिनीहरूका मूर्तिहरूलाई जनावरहरू र भारी बोक्‍ने पशुहरूले बोक्छन् । तिमीहरूले बोक्‍ने यी मूर्तीहरू थकित पशुहरूका निम्ति गह्रौँ बारी हुन्छन् ।
ISA 46:2 तिनीहरू एकसाथ झुक्छन् र घुँडा टेक्छन् । तिनीहरूले मुर्तिहरूलाई छुटकारा दिन सक्दैनन् र तिनीहरू आफै कैदमा गएका छन् ।
ISA 46:3 ए याकूबको घराना, मेरो कुरा सुन्, ए इस्राएलका सबै बाँकी रहेकाहरू, जसलाई मैले तिमीहरूका जन्म हुनअगिदेखि अर्थात् गर्भदेखि नै बोकेको छु ।
ISA 46:4 तिमीहरूका बुढेसकालमा पनि उही हुँ र तिमीहरूका कपाल फुल्‍ने बेलामा पनि म तिमीहरूलाई बोक्‍नेछु । मैले तँलाई बनाएँ र म नै तँलाई बोक्‍नेछु । म तँलाई बोक्‍नेछु र म तँलाई छुटकारा दिनेछु ।
ISA 46:5 मलाई कोसँग तुलना गर्नेर्छस्? म कोजस्तो छु जस्तो लाग्छ ताकि हामीलाई तुलना गर्न सकियोस्?
ISA 46:6 मानिहरूले झोलाबाट सुन खन्याउँछन् र चाँदीलाई तराजुमा जोख्‍नेछन् । तिनीहरूले सुनारलाई ज्याला लिन्छन् र त्‍यसबाट उसले एउटा देवता बनाउँछ । तिनीहरू त्‍यसको सामु घोप्टो पर्छन् र त्‍यसको पुजा गर्छन् ।
ISA 46:7 तिनीहरूले त्‍यसलाई आफ्‍नो काँधमा राख्छन् र त्‍यो बोक्छन् । तिनीहरूले त्‍यसलाई एक ठाउँमा राख्छन् र त्‍यो त्‍यहाँ खडा हुन्‍छ र त्‍यो हलचल गर्दैन । तिनीहरू त्‍यससँग पुकारा गर्छन्, तर त्‍यसले जवाफ दिन सक्दैन न कुनै व्‍यक्‍तिको कष्‍टबाट उसलाई छुटकारा दिन नै सक्छ ।
ISA 46:8 ए विद्रोहीहरू, यी कुराहरूका बारेमा विचार गर । तिनलाई कदापि बेवास्त नगर ।
ISA 46:9 पहिलेका कुराहरू अर्थात् विगतका समयहरूका बारेमा विचार गर, किनकि म परमेश्‍वर हुँ र त्‍यहाँ अरू कोही छैन । म परमेश्‍वर हुँ र मजस्तो अरू कोही छैन ।
ISA 46:10 सुरुदेखि नै म अन्तको बारेमा, अनि अझसम्‍म नघटेको कुराका बारेमा पहिलेदेखि नै म भन्‍न सक्‍छु । म भन्छु, “मेरो योजना पुरा हुनेछ र मलाई जस्‍तो इच्छा लाग्‍छ त्‍यस्‍तै म गर्नेछु ।”
ISA 46:11 शिकारी चरालाई म पुर्वबाट बोलाउँछु, मैले रोजेको मानिसलाई म टाढा देशबाट बोलाउँछु । हो, मैले बोलेको छु । मैले यसलाई पुरा पनि गर्नेर्छु । मैले उद्देश्य राखेको छु, म त्‍यो पुरा गर्नेछु ।
ISA 46:12 ए हठी मानिसहरू, मेरो कुरा सुन, जो ठिक कुरा गर्नबाट टाढै बस्‍छौ ।
ISA 46:13 म आफ्‍नो धार्मिकता नजिक ल्याउँदैछु । त्‍यो टाढा छैन, र मेरो उद्धारले पर्खंदैन । अनि सियोनलाई मेरो उद्धार र इस्राएललाई मेरो सुन्‍दरता म दिनेछु ।
ISA 47:1 ए बेबिलोनकी कन्ये छोरी, तल आइज र धूलोमा बस् । ए कल्दीकी छोरी सिंहासनविना नै जमिनमा बस् । तँलाई कदापि सुकुमार र कोमल भनिनेछैन ।
ISA 47:2 जाँतो लि र पीठो पिंध् । तेरो घुम्टो हटा, तेरो लामो वस्‍त्र उतार, तेरा गोडाहरू नाङ्गो पार्, खोलाहरू तर् ।
ISA 47:3 तेरो नाङ्गोन देखिनेछ, हो, तेरो लाज देखिनेछ । म बद्ला लिनेछु र एक जना मानिसलाई पनि छोड्नेछैन ।
ISA 47:4 सर्वशक्तिमान् परमप्रभु हाम्रा उद्धारक, इस्राएलको परमपवित्र उहाँको नाउँ हो ।
ISA 47:5 कल्दीकी छोरी, शान्‍त बस् र अँध्यारोमा जा । किनकि तँलाई कदापि राज्यहरूको रानी भनिनेछैन ।
ISA 47:6 म आफ्‍ना मानिसहरूसित रिसाएको थिएँ । मैले मेरो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ र तिनीहरूलाई तेरो हातमा सुम्‍पें, तर तैंले तिनीहरूलाई कुनै दया देखाइनस् । वृद्ध मानिसहरूमाथि तैंले धेरै गह्रौं जुवा बोकाइस् ।
ISA 47:7 तैंले भनिस्, “म सदासर्वदा प्रभुत्‍वशाली रानी भएर राज्‍य गर्नेछु ।” यी कुराहरूलाई तैंले मनमा राखिनस्, न ती के हुनेछन् भनी तैंले विचार गरिस् ।
ISA 47:8 त्यसैले अब यो कुरा सुन, तिमीहरू जो विलासिता रुचाउँछौ र निष्फिक्रि बस्छौ । तिमीहरू जसले आफ्नो मनमा भन्छौ, “म अस्तित्वमा छु, र मजस्तो त्‍यहाँ अरू कोही छैन । म कहिल्यै विधवाझैं बस्‍नेछैन, न छोराछोरी नाश भएको अनुभव म कहिल्यै गर्नेछु ।”
ISA 47:9 तर यी दुई कुराहरू एकै दिनमा एकै छिनमा तँलाई हुनेछन्ः छोराछोरीको नाश र विधवापन । तँसँग मन्त्रतन्त्र, टुनामुना र जन्तरहरू भए पनि ती तँमाथि पुरा शक्‍किका साथ आउनेछन् ।
ISA 47:10 तैंले आफ्‍ना दुष्‍टतामा भरोसा गरिस् । तैंले भनेको छस्, “मलाई कसैले देख्दैन ।” तेरो बुद्धि र तेरो ज्ञानले तँलाई बहकायो तर तैंले आफ्‍नो मनमा भन्छस्, “म अस्तित्वमा छु, त्‍यहाँ मजस्‍तो अरू कोही छैन ।”
ISA 47:11 तँमाथि विपत्ति आइपर्नेछ । आफ्‍नो मन्त्रतन्त्रले तैंले त्‍यो धपाउन सक्‍नेछैनस् । तँमाथि विनाश आउनेछ । तैंले त्‍यसलाई तर्काउन सक्‍नेछैनस् । तैंले थाहा पाउनुअगि नै विपत्तिले तँलाई अचानक प्रहार गर्नेछ ।
ISA 47:12 आफ्‍नो तन्त्रमन्त्र र आफ्‍ना धेरै टुनामुनामा निरन्‍तर लाग्, जसलाई तैंले आफ्‍नो बाल्यकालदेखि नै विश्‍वस्‍ततासाथ उच्‍चारण गरेको छस् । सायद तँ सफल हुनेछस्, सायद तैंले विपत्तिलाई भगाउनेछस् ।
ISA 47:13 तेरा धेरै सल्लाहरूदेखि तँ थाकेको छस् । ती मानिसहरू खडा होऊन् र तँलाई बचाऊन्— तिनीहरू जसले आकाशको मानचित्र बनाउँछन्, र ताराहरू हेर्छन्, जसले औंसीको घोषणा गर्छन्— तँलाई जे हुनेछ सोबाट तिनीहरूले नै तँलाई बचाऊन् ।
ISA 47:14 हेर, ती परालको झ्‍यासझैं हुनेछन् । आगोले तिनलाई जलाउनेछ । ज्‍वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन् । तिनीहरूलाई न्यानो पर्न कुनै भुङ्ग्रो छैन र तिनीहरूले आगो ताप्‍नलाई आगो छैन !
ISA 47:15 तेरो निम्ति तिनीहरू यस्तै भएका छन्— जससँग तैंले काम गरेको छस्, अनि तिनीहरूसँग तैंले आफ्‍नो जवानीखि किनबेच गरेको छस्, तिनीहरू हरेक आ-आफ्नै निर्देशनमा भौंतारिए । तँलाई छुटकारा दिने सक्‍ने त्‍यहाँ कोही छैन ।”
ISA 48:1 ए याकूबको घराना, यो कुरा सुन जसलाई इस्राएलको नाउँले बोलाइन्छ र यहूदाको वीर्यबाट आएको छ । तिमीहरू जसले परमप्रभुको नाउँमा शपथ खान्छौ र इस्राएलको परमेश्‍वरलाई पुकार्छौ, तर साँचो रूपले गर्दैनौ न धार्मिक तरिकाले गर्छौ ।
ISA 48:2 किनकि तिनीहरूले आफूलाई पवित्र सहरका मानिसहरू भन्छन् र इस्राएलको परमेश्‍वरमा भरोसा गर्छन् । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
ISA 48:3 “मैले धेरै पहिलेदेखि नै घोषणा गरेको छु । तिनीहरू मेरो मुखबाट निस्के र मैले नै तिनीहरूलाई प्रकट गरें । तब मैले अचानक ती गरें र ती हुन आए ।
ISA 48:4 किनभने तिमीहरू हठी भएको म जान्दथें, तिमीहरूका गर्दनका मांशपेशी फलामजस्तै कडा थियो, अनि तिमीहरूका निधार काँसाजस्तै थियो,
ISA 48:5 यसकारण मैले यी कुराहरू तिमीहरूलाई पहिले नै बताएँ । ती हुनुअगि नै मैले तिमीहरूलाई जानकारी दिएँ, त्यसैले तिमीहरूले यसो भन्‍न सक्‍नेछैनौ, 'मेरो मूर्तीले त्‍यो गरेको छ,' वा 'मेरो खोपेको आकृति र मेरो धातुबाट बनाइएको आकृतिले यी कुराहरू ठहराए ।’
ISA 48:6 तिमीहरूले यी कुराहरूका बारेमा सुन्यौ । यी सबै प्रमाणलाई हेर । अनि के मैले जे भनें सो सत्‍य हो भनी तिमीहरू स्वीकार गर्नेछैनौ? अबदेखि, तिमीहरूले नजानेका नयाँ कुराहरू, लुकाइएका थोकहरू म तिमीहरूलाई देखाउँदैछु ।
ISA 48:7 अहिले र पहिलेदेखि होइन, तिनीहरू अस्तित्वमा आउँछन् र आजभन्दा पहिले तिनीहरूका बारेमा तिमीहरूले सुनेका छैनौ, त्यसैले तिमीहरूले यसो भन्‍न सक्‍दैनौ, 'हो, तिनीहरूका बारेमा मलाई थाहा थियो ।'
ISA 48:8 तिमीहरूले कहिल्यै सुनेनौ । तिमीहरूले जानेनौ । यी कुराहरू तिमीहरूका कानमा यसअघि भनिएको थिएन । किनकि तिमीहरू धेरै छली भएका छौ र जन्मैदेखि तिमीहरू विद्रोही भएका छौ भनी मलाई थाहा थियो ।
ISA 48:9 मेरै नाउँको निम्‍ति म आफ्‍नो क्रोधलाई ढिला गर्नेछु, मेरो इज्‍जतको निम्ति म तिमीहरूलाई नाश गर्न रोक्‍नेछु ।
ISA 48:10 हेर, तिमीहरूलाई मैले शुद्ध पारें, तर चाँदीलाई झैं होइन । तिमीहरूलाई मैले दुःखकष्‍टको भट्टीमा शुद्ध पारेको छु ।
ISA 48:11 मेरै निम्‍ति, मेरै निम्‍ति म काम गर्नेछु । किनकि मेरो नाउँलाई म कसरी अपवित्र हुन दिन सक्छु र? म आफ्‍नो महिमा अरू कसैलाई दिनेछैन ।
ISA 48:12 ए याकूब, मेरो कुरा सुन्, ए इस्राएल जसलाई मैले बोलाएँ: म उही हुँ । म पहिलो हुँ र म अन्तिम पनि हुँ ।
ISA 48:13 हो, मेरो हातले पृथ्वीको जग बसाल्यो र मेरो दाहिने हातले आकाश फिंजायो । जब म तिनीहरूलाई बोलाउँछु, तब तिनीहरू एकसाथ खडा हुन्‍छन् ।
ISA 48:14 तिमीहरू सबैले आफूलाई भेला पार र सुन ! तिमीहरूका माझमा कसले यी कुराहरू घोषणा गरेको छ? परमप्रभुको मित्रले बेबिलोनविरुद्ध उहाँको उद्देश्य पुरा गर्ने छ । कल्दीहरूका विरुद्धमा उसले परमप्रभुको इच्छा पुरा गर्नेछन् ।
ISA 48:15 म, मैले बोलेको छु, हो, मैले त्यसलाई बोलाएको छु, मैले त्यसलाई ल्याएको छु र त्यो सफल हुनेछ ।
ISA 48:16 मेरो नजिक आओ र यो कुरा सुनः “सुरुदेखि नै मैले गुप्‍तमा बोलेको छैन । जब यो हुन्छ, तब म त्यहाँ हुन्छु ।” अहिले परमप्रभु परमेश्‍वरले मलाई र उहाँको आत्मालाई पठाउनुभएको छ ।
ISA 48:17 परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्‍नुहुन्छ, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले कसरी सफल हुने भनी सिकाउँछ, जसले तिमीहरू जानुपर्ने बाटोमा डोर्‍याउँछ ।
ISA 48:18 तिमीहरूले मेरा आज्ञाहरू मात्र पालन गरेका भए । तिमीहरूका शान्ति र समृद्धि नदीझैं बग्‍ने थियो र तिमीहरूका उद्धार समुद्रको छालझैं हुनेथियो ।
ISA 48:19 तिमीहरूका सन्तानहरू बालुवाझैं असंख्या हुने थिए र तिमीहरूका गर्भबाट जन्‍मेका छोराछोरीका बलुवाका कणझैं अनगिन्ति हुने थिए । तिनीहरूका नाउँ मेरो सामुबाट काटिने वा मेटिने थिएन ।
ISA 48:20 बेबिलोनबाट बाहिर आओ ! कल्दीहरूबाट भाग ! गुञ्‍जयमान् आवाजसँगै यो घोषणा गर ! यसलाई प्रकट गर, यसलाई पृथ्वीको अन्तिम छेउसम्म जान देओ । यसो भन, 'परमप्रभुले आफ्नो सेवक याकूबलाई उद्धार गर्नुभएको छ ।'
ISA 48:21 उहाँले तिनीहरूलाई मरुभूमिमा डोर्‍याउनुहुँदा तिनीहरूलाइ तिर्खा लागेन । उहाँले तिनीहरूको निम्ति चट्टानबाट पानी बगाउनुभयो । उहाँले चट्टानलाई चिरा पार्नुभयो र पानी बाहिर बगेर आयो ।
ISA 48:22 त्‍यहाँ दुष्‍टहरूलाई शान्ति हुँदैन,’ परमप्रभु भन्‍नुहुन्छ ।”
ISA 49:1 ए समुद्र किनारमा बस्‍नेहरू हो, मेरो कुरा सुन ! ए टाढाका मानिसहरू हो, मेरो कुरामा ध्यान देओ । मेरो आमाले मलाई संसारमा ल्याउनुहुँदा नै परमप्रभुले मलाई मेरो नाउँ काढेर बोलाउनुभएको छ ।
ISA 49:2 उहाँले मेरो मुखलाई धारिलो तरवारजस्तो बनाउनुभएको छ । उहाँले मलाई आफ्‍नो हातको छायामा लुकाउनुभएको छ । उहाँले मलाई टल्काएको काँड बनाउनुभएको छ । उहाँले मलाई आफ्‍नो ठोक्रोमा लुकाउनुभएको छ ।
ISA 49:3 उहाँले मलाई भन्‍नुभयो, “ए इस्राएल, तँ मेरो सेवक होस्, जसद्वारा म आफ्‍नो महिमा देखाउँछु ।”
ISA 49:4 तर मैले जवाफ दिएँ, “मैले व्यार्थमा परिश्रम गरेको छु, मैले बेकाममा मेरो शक्ति खर्च गरेको छु भनी सोचें, तापनि मेरो न्याय परमप्रभुसित नै छ र मेरो इनाम मेरो परमेश्‍वरसँग छ ।”
ISA 49:5 अब परमप्रभु बोल्‍नुभएको छ—उहाँ नै हुनुहुन्‍छ जसले उहाँको सेवक हुन, याकूबलाई उहाँमा पुनर्स्थापन गर्न मलाई जन्मैदेखि बनाउनुभयो, ताकि इस्राएललाई उहाँमा जम्‍मा गर्न सकियोस्, किनकि परमप्रभुको दृष्‍टिमा मेरो इज्‍जत भएको छ र मेरो परमेश्‍वर नै मेरो बल हुनुभएको छ—
ISA 49:6 अनि उहाँ भन्‍नुहुन्छ, “याकूबको कुललाई पुनःस्थापित गर्न र इस्राएलका बचेकाहरूलाई पुनर्स्थापन गर्न मेरो सेवक हुनु तेरो निम्‍ति अति सानो कुरा हो । म तँलाई अरू जातिहरूका निम्ति ज्योति बनाउनेछु, ताकि पृथ्वीको अन्‍तिम छेउसम्‍म तँ नै मेरो उद्धार हुन सक्‍छस् ।”
ISA 49:7 जातिहरूले तुच्‍छ ठानेका, घृणा गरेका र शासकहरूका सेवकलाई इस्राएलको उद्धारक, तिनीहरूका परमपवित्र परमप्रभु यसो भन्‍नुहुन्छ, “विश्‍वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्‍नुभएको हुनाले राजाहरूले तँलाई देख्‍नेछन् र खडा हुनेछन्, अनि राजकुमारहरूले तँलाई देख्‍नेछन् र घोप्टो पर्नेछन् ।”
ISA 49:8 परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले आफ्‍नो कृपा देखाउन निश्‍चित गरेको समयमा म तँलाई जवाफ दिनेछु, अनि उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु । म तेरो सुरक्षा गर्नेछु र देशको पुनःनिर्माण गर्न र उजाड जमिनमा फेरि बस्‍ती बसाल्‍न तँलाई मानिसहरूका करारको रूपमा दिनेछु ।
ISA 49:9 तैंले कैदीहरूलाई, 'बाहिर आओ,' अँध्यारो कालकोठरीमा हुनेहरूलाई, 'आफूलाई देखाओ' भन्‍नेछस् । तिनीहरू सडकहरूको छेउतिर चर्नेछन् र सबै उजाड पाखाहरू तिनीहरूका खर्क हुनेछ ।
ISA 49:10 तिनीहरू तिर्काउने वा भोकाउने छैनन् । न तापले न घामले तिनीहरूलाई पोल्‍नेछ, किनकि जसले तिनीहरूलाई दया गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई डोर्‍याउनुहुनेछ । उहाँले तिनीहरूलाई पानीको मुहानहरूतिर लानुहुनेछ ।
ISA 49:11 तब आफ्‍ना सबै पर्वतलाई सडक र मेरा मुल बाटोहरूलाई समतल बनाउने छु ।”
ISA 49:12 हेर, यिनीहरू टाढाबाट, कोही उत्तर र पश्‍चिमबाट आउनेछन् । अनि अरूचाहिं आश्‍वासनको देशबाट आउनेछन् ।
ISA 49:13 ए आकाश गाओ र ए पृथ्वी आनन्दि होओ । ए पर्वतहरू, गीत गाओ ! किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ र उहाँका कष्ठमा परेकाहरूलाई दया गर्नुहुनेछ ।
ISA 49:14 तर सियोनले भन्यो, “परमप्रभुले मलाई त्यग्‍नुभएको छ, र परमप्रभुले मलाई बिर्सनुभएको छ ।”
ISA 49:15 “के स्‍त्रीले आफ्‍नो दूध खुवाइरहेको बालकलाई बिर्सन सक्छे, अनि तिनले जन्माएकी बलकलाई दया देखाउँदिनन् र? हो, तिनीहरूले बिर्सन सक्छन्, तर तँलाई म बिर्सनेछैन ।
ISA 49:16 हेर, मैले तेरो नाउँ आफ्‍नो हत्केलामा खोपेको छु । तेरा पर्खालहरू निरन्तर मेरो सामु छन् ।
ISA 49:17 तेरा छोराछोरी फर्कन हतारिंदैछन्, जबकि तिमीहरूलाई विनाश पार्नेहरू टाढा जाँदैछन् ।
ISA 49:18 वरिपरि हेर र देख्, तिनीहरू भेला हुँदैछन् र तँकहाँ आउँदैछन् । जस्तो म जीवित छु— यो परमप्रभुको घोषणा हो— तैंले तिनीहरूलाई गहनाझैं लगाउनेछस् र तैंले तिनीहरूलाई दुलहीले झैं लगाउनेछस् ।
ISA 49:19 तँ उजाड र निर्जन, भग्‍नावशेषको देश भए पनि अब बासिन्दाहरूका निम्ति तँ अति सानो हुनेछस् र तँलाई नाश पार्नेहरू टाढा हुनेछन् ।
ISA 49:20 शोकको अवधिमा जन्‍मेका छोराछोरीले तैंले सुन्‍ने गरी भन्‍नेछन्, 'यो ठाउँ हाम्रा निम्ति साँगुरो हुन्छ, ठाउँ तयार पार, ताकि हामी बस्‍न सकौं ।'
ISA 49:21 तब तैंले आफैलाई सोध्‍नेछस्, ' मेरो निम्ति यी छोराछोरी कसले जन्माएको हो ? म शोकमा र बाँझी, निर्वासित र त्‍यागिएकी थिएँ । यी छोराछोरीलाई कसले हुर्कायो? हेर, मलाई एक्‍लै छोडिएको थियो । यिनीहरू कहाँबाट आए ?’”
ISA 49:22 परमप्रभु परमेश्‍वरले यसो भन्‍नुहुन्छ, “हेर्, जातिहरूतिर म आफ्‍नो हात उठाउनेछु । मानिसहरूतिर म आफ्‍नो संकेतको झन्डा उठाउनेछु । तिनीहरूले तेरा छोराहरूलाई आफ्‍ना हातमा र तेरी छोरीहरूलाई आफ्‍ना काँधमा बोकेर ल्याउनेछन् ।
ISA 49:23 राजहरू तेरा धर्म-बुबाहरू र रानीहरू तेरा धाइ-आमाहरू हुनेछन् । तिनीहरूले आफ्‍ना मुहार भुइँमा घोप्टो पारेर तँलाई दण्डवत गर्नेछन् र तेरा खुट्टाका धूलो चाट्नेछन् । अनि म परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् । मेरो आशा गर्नेहरू लज्‍जित हुनेछैनन् ।”
ISA 49:24 के योद्धाहरूबाट लूटको माल लिन सकिन्छ, वा क्रूरबाट कैदीहरूलाई छुट्टाउन सकिन्छ?
ISA 49:25 तर परमप्रभु यसो भन्‍नुहुन्छ, “हो, योद्धाहरूबाट कैदीहरूलाई खोसिनेछ र लूटका मालहरू छुट्टाइनेछ । किनकि तेरो विरोधीलाई म विरोध गर्नेछु र तेरा छोराछोरीलाई बचाउनेछु ।
ISA 49:26 तेरा अत्याचारीहरूलाई तिनीहरूका आफ्नै मासु खुवाउनेछु । अनि तिनीहरू आफ्‍नै रगले दाखमद्यले झैं मात्‍नेछन् । तब म परमप्रभु, तेरो मुक्‍तिदाता र तेरा उद्धारक, याकूबको शक्तिशाली परमेश्‍वर हुँ भनी सारा मानवजातिले जान्‍नेछन् ।”
ISA 50:1 परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले तेरी आमालाई दिएको त्यागपत्रको प्रमाणपत्र कहाँ छ? मेरो कुनचाहिं ऋणीकहाँ मैले तँलाई बेचें? हेर, तिमीहरूका पापहरूका कारणले तिमीहरूलाई बेचियो र तिमीहरूका विद्रोहको कारणले तिमीहरूका आमालाई टाढा पठाइयो ।
ISA 50:2 म आउँदा त्यहाँ किन कोही पनि थिएन? मैले बोलाउँदा किन कसैले पनि जवाफ दिएन? के मोल तिरेर छुट्टाउन मेरो हात धेरै छोटो भएको थियो र? के तिमीहरूलाई छुट्टाउन ममा कुनै शक्ति थिएन र? हेर, मेरो हप्‍कीले म समुद्रलाई सुकाउँछु । म नदीलाई सुख्खा बनाउँछु । पानीको कमीले त्यहाँका माछाहरू मर्नेछन् र कुहिनेछन् ।
ISA 50:3 आकाशलाई म अन्धाकारले ढाक्‍नेछु । त्‍यसलाई म भाङ्ग्राले ढाक्‍नेछु।”
ISA 50:4 परमप्रभु परमेश्‍वरले मलाई सिकाइएको व्यक्‍तिको जस्तो जिब्रो दिनुभएको छ, ताकि थकितलाई म सम्भाल्‍ने वचनहरू बोलूँ । उहाँले मलाई बिहान-बिहान जगाउनुहुन्छ । सिकाइएकाहरूका जस्‍ता कुरा सुन्‍न उहाँले मेरा कानलाई खोल्‍नुहुन्छ ।
ISA 50:5 परमप्रभु परमेश्‍वरले मेरो कान खोल्नुभएको छ, र म विद्रोही थिइनँ, न मैले पिट्युँ नै फर्काएँ ।
ISA 50:6 मलाई पिट्नेहरूलाई मैले आफ्‍नो ढाड र मेरा दाह्री उखेल्‍नेहरूलाई आफ्‍ना गाला दिएँ । लाज र थुकाइका कामहरूबाट मैले आफ्‍नो मुख लुकाइन ।
ISA 50:7 किनकि परमप्रभु परमेश्‍वरले मलाई सहायता गर्नुहुनेछ । यसकारण म अपमानित भएको छैन । त्यसैले मैले आफ्‍नो मुहार चक्मक ढुङ्गाझैं बनाएको छु, किनकि म लाजमा पर्दिनँ भनी म जान्दछु ।
ISA 50:8 मलाई निर्दोष ठहराउनुहुने नजिकै हुनुहुन्छ । कसले मेरो विरोध गर्छ र? हामी खडा हौं र एक-अर्कासँग भिडौं । मलाई दोष लगाउने को हो? त्यो मेरो नजिक आओस् ।
ISA 50:9 हेर्, परमप्रभु परमेश्‍वरले मलाई सहायता गर्नुहुनेछ । मलाई कसले दोषी घोषणा गर्नेछ? हेर, ती सबै लुगाझैं फाटेर जानेछन् । किराले तिनलाई खानेछ ।
ISA 50:10 तिमीहरूमध्ये कसले परमप्रभुको भय मान्छ र? उहाँको सेवकको आवाज कसले पालन गर्छ र? घोर अन्धकारमा उज्‍यलोविना को हिंड्छ र? उसले परमप्रभुको नाउँमा भरोसा गर्नुपर्छ र आफ्‍नो परमेश्‍वरमा नै भर पर्नुपर्छ ।
ISA 50:11 हेर्, आगो बाल्‍ने र आफैलाई राँकोले सुसज्‍जित पार्ने तिमीहरू सबै जनाः आफ्‍नो आगोको उज्यालोमा र आफूले बालेका राँकोमा हिंड । तिमीहरूले मबाट यही कुरा पाएका छौः तिमीहरू पीडाको ठाउँमा ढल्‍किनेछौ ।
ISA 51:1 तिमीहरू जो धार्मिकताको पछि लाग्‍छौ, तिमीहरू जो परमप्रभुको खोजी गर्छौ, मेरो कुरा सुनः तिमीहरू निकालिएका चट्टानलाई र तिमीहरू काटिएका पत्थरलाई हेर ।
ISA 51:2 तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्माउने सारालाई हेर । किनकि ऊ एक्‍लै हुँदा मैले उसलाई बोलाएँ । मैले उसलाई आशिष् दिएँ र उसलाई धैरै बनाएँ ।
ISA 51:3 हो, परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ । उहाँले त्यसका सबै उजाड ठाउँहरूलाई सान्त्वना दिनुहुनेछ । त्यसको उजाड-स्‍थानलाई अदनझैं, अनि यर्दन नदी नजिकैको त्यसका मरुभूमिका मैदानहरूलाई परमप्रभुको बगैंचाझैं उहाँले बनाउनुभयो । त्यसमा खुसी र आनन्द, धन्यवाद र गीतको सोर हुनेछ ।
ISA 51:4 “ए मेरा मानिसहरू, मेरो कुरामा ध्यान देओ । अनि ए मेरा मानिसहरू, मेरा कुरा सुन । किनकि म एउटा आदेश जारी गर्नेछु र म आफ्‍नो न्यायलाई जातिहरूका निम्ति ज्योति बनाउनेछु ।
ISA 51:5 मेरो धार्मिकता नजिकै छ । मेरो उद्धार बाहिर जानेछ र मेरो बाहुलीले जातिहरूको न्याय गर्नेछ । समुद्र किनारहरूले मलाई पर्खिनेछन् । मेरो बाहुलीका निम्‍ति तिनीहरू उत्‍सुकतासाथ आशा गर्नेछन् ।
ISA 51:6 आफ्‍ना आँखा आकाशतिर उचाल र तल पृथ्वीमुनि हेर, किनकि आकाश धूँवाझैं हराएर जानेछ, पृथ्वी लुगाझैं फाटेर जानेछ र त्‍यसका बासिन्दाहरू झिंगाझैं मर्नेछन् । तर मेरो उद्धार सदासर्वदा निरन्तर रहनेछ र मेरो धार्मिकताले कदापि काम गर्न छोड्नेछैन ।
ISA 51:7 ठिक कुरा जान्‍ने, आफ्नो हृदयमा मेरो व्यवस्था राख्‍ने मानिसहरू, मेरो कुरा सुनः मानिसहरूका अपमानदेखि नडराओ, न तिनीहरूका दुराचारदेखि निराश होओ ।
ISA 51:8 किन लुगा खाएझैं कीराले तिनीहरूलाई खानेछ र ऊन खाएझैं औंसाले तिनीहरूलाई खानेछ । तर मेरो धआर्मिकता सदासर्वदा रहनेछ र मेरो उद्धार सबै पुस्ताहरूमा रहनेछ ।”
ISA 51:9 ए परमप्रभुका बाहुली हो, जाग, जाग, आफूमा सामर्थ्य धारण गर । पुराना दिनहरू र प्राचीन समयका पुस्ताहरूमा झैं जगा होओ । राहाबलाई कुल्चने तपाईं नै हुनुहुन्‍न र, जसले राक्षसलाई छेड्यो?
ISA 51:10 के तपाईंले समुद्रलाई अर्थात् गहिरो पानीलाई सुकाउनु भएन, र समुद्रको गहिराइलाई उद्धार गरिएकाहरूको निम्ति बाटो बनाउनु भएन र?
ISA 51:11 परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन् र आफ्‍ना शिरहरूमा सदाको निम्ति आनन्द र खुसीको सोर लिएर सियोनमा आउनेछन् । अनि खुसी र आनन्दले तिनीहरूलाई उछिन्‍नेछ, र कष्‍ट र शोक भाग्‍नेछन् ।
ISA 51:12 “तिमीहरूलाई सान्त्वना दिने म नै हुँ । तिमीहरू मानिसहरूसित किन डराउँछौ, मानिसहरूका छोराहरू, जो मर्ने छन्, जसलाई घाँसजस्तै बनाइने छन्?
ISA 51:13 परमप्रभु आफ्‍ना सृष्‍टिकर्तालाई तिमीहरूले किन बिर्सेका छौ, जसले आकाशलाई फिंजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो? अत्याचारीले तिमीहरूको नाश गर्ने निधो गर्दा, त्‍यसको कडा क्रोधको त्रासमा निरन्‍तर परेका छौ । अत्यचारीको क्रोध कहाँ छ?
ISA 51:14 जो झुकेका छ, परमप्रभुले मुक्‍त गर्न हतार गर्नुहुनेछ । ऊ मर्ने र तल खाडलमा जानेछैन, न रोटीको कमी हुनेछ ।
ISA 51:15 किनकि म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले समुद्रलाई घोल्‍नुहुन्छ ताकि त्‍यसको छालहरू गर्जून्— उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो ।
ISA 51:16 मैले आफ्‍नो वचन तेरो मुखमा हालेको छु, र आफ्‍नो हातको छायाले मैले तँलाई ढाकेको छु, ताकि मैले आकाशलाई राख्‍न सकुँ, पृथ्वीको जगहरू बसाल्न सकुँ र सियोनलाई, 'तिमीहरू मेरा मानिसहरू हौ' भन्‍न सकुँ ।
ISA 51:17 ए यरूशलेम जाग्, जाग्, खडा हो, तिमीहरू जसले परमप्रभुको हातको क्रोधको कचौरा पिएर मातेका छौ । तिमीहरू जसले कचौराबाट पिएका छौ र धरमराउने कचौराबाट रित्तिने गरी पिएका छौ ।
ISA 51:18 त्यसलाई डोर्‍याउन त्यसले जन्माएका सबै छोराहरूमध्ये कोही पनि छैनन् । हात समातेर त्यसलाई डोर्‍याउनलाई त्यसले हुर्काएको सबै छोरामध्ये कोही पनि छैनन् ।
ISA 51:19 तँमाथि वियोग र विनाश, अनिकाल र तरवार— यी दुई कष्‍टहरू आइपरेका छन्— तँसँग कसले शोक गर्नेछ? तँलाई कसले सान्त्वना दिनेछ?
ISA 51:20 तेरा छोराहरू मूर्छ परेका छन् । जालमा परेको चित्तलझैं तिनीहरू हरेक गल्‍लीको कुनाहरूमा ढल्‍नेछन् । परमप्रभुको क्रोध अर्थात् तिमीहरूका परमेश्‍वरको हप्‍कीले तिनीहरू भरिएका छन् ।
ISA 51:21 तर अब यो कुरा सुन्, ए अत्यचारमा परेकाहरू र मत्तिएकाहरू, तर दाखमद्यले मातिएकाहरू होइनन्:
ISA 51:22 परमप्रभु तेरा परमेश्‍वर, आफ्‍ना मानिसहरूका निम्‍ति बहस गर्नुहुने परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “हेर्, मैले तेरो हातबाट धरमराउने कचौरा— मेरो क्रोधको कचौरा— लिएको छु, ताकि तैंले फेरि त्‍यो पिउनेछैनस् ।
ISA 51:23 तँलाई सताउनेहरूका हातमा त्‍यो म राख्‍नेछु, जसले तँलाई भनेका छन्, 'भुइमा सुत्, ताकि तँमाथि हामी हिंड्नछौं ।' तिनीहरूलाई हिंड्न तैंले आफ्‍नो ढाडलाई जमिन र बाटोझैं बनाइस् ।”
ISA 52:1 ए सियोन, जाग्, जाग्, आफ्नो शक्ति धारण गर् । ए यरूशलेम, पवित्र सहर, आफ्‍नो सुन्दर पोशाक लगा । किनकि खतना नगरिएका वा अशुद्धचाहिं फेरि कहिल्यै तँभित्र पस्‍नेछैन ।
ISA 52:2 आफैबाट धूलो टक्टक्‍या । ए यरूशलेम उठ् र बस् । ए सियोनकी कैदी छोरी, आफ्‍नो घाँटीबाट साङ्ला निकाल् ।
ISA 52:3 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरू सित्तैंमा बेचिएका थियौ, अनि पैसाविना नै तिमीहरूको छुटकारा हुनेछ ।”
ISA 52:4 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, “सुरुमा मेरा मानिसहरू अस्थायी रूपमा बसोवास गर्न मिश्रदेशमा गए । अनि अश्शूरले तिनीहरूलाई कुनै ठिक कारणविना नै अत्याचार गर्‍यो ।
ISA 52:5 यो परमप्रभुको घोषणा हो, मेरा मानिसहरू सित्तैंमा लगिएको देख्‍दा, अब मसँग यहाँ के छ र? यो परमप्रभुको घोषणा हो, तिनीहरूमाथि शासन गर्नेहरूले तिनीहरूलाई खिसी गर्छन् र दिनभरि मेरो नाउँको निरन्तर निन्दा हुन्छ ।
ISA 52:6 यसकारण मेरा मानिसहरूले मेरो नाउँ जान्‍नेछन् । “हो, त्‍यो म नै हुँ” भन्‍ने म नै हुँ भनी तिनीहरूले त्यस दिन जान्‍नेछन् ।
ISA 52:7 असल समाचार ल्याउने दूतहरूका गोडाहरू पहडाहरूमाथि कति सुन्दर, जसले शन्तिको घोषणा गर्छन्, जसले असल समाचार ल्‍याउँछन्, जसले उद्धारको घोषणा गर्छन्, जसले सियोनलाई भन्छन्, “तेरो परमेश्‍वरले राज्‍य गर्नुहुन्छ !” ।
ISA 52:8 सुन्, तिमीहरूका रक्षकहरूले आफ्‍ना सोर उच्‍च पार्छन्, तिनीहरू आनन्दले कराउँछन्, किनकि आफ्‍ना हरेक आँखाले तिनीहरूले परमप्रभु सयोनमा फर्कनुभएको देख्‍नेछन् ।
ISA 52:9 ए यरूशलेमको भग्‍नावशेषहरू, आनन्दको गीत सँगसँगै गाओ । किनकि परमप्रभुले आफ्‍ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ । उहाँले यरूशलेमको उद्धार गर्नुभएको छ ।
ISA 52:10 परमप्रभुले आफ्नो पवित्र बाहुली सबै जातिहरूको दृष्‍टिमा प्रकट गर्नुभएको छ । सारा पृथ्वीले हाम्रा परमेश्‍वरको उद्धार देख्‍नेछ ।
ISA 52:11 छोड, छोड, त्यहाँबाट बाहिर जाओ । अशुद्ध कुनै कुरा नछोओ । त्यसको माझबाट जाओ । आफैलाई शुद्ध बनाओ, तिमीहरू जसले परमप्रभुको पात्रलाई बोक्‍छौ ।
ISA 52:12 किनकि तिमीहरू हतारमा बाहिर जानेछैनौ, न तिमीहरूले त्रासमा छोड्नेछौ । किनकि परमप्रभु तिमीहरूको अगि-अगि जानुहुनेछ । अनि इस्राएलको परमेश्‍वर नै तिमीहरू पछाडिको रक्षक हुनुहुनेछ ।
ISA 52:13 हेर, मेरो सेवकले बुद्धिमान् भएर काम गर्नेछ । ऊ उच्‍च हुनेछ र माथि उचालिनेछ र उसलाई उचालिनेछ ।
ISA 52:14 जसरी तँसँग धेरै जना त्रसित भएका थिए— उसको अनुहार कुनै मानिसको भन्दा धेरै कुरूप बनाइएको थियो, र उसको स्वरूप कुनै मानिसको जस्तो देखिएन ।
ISA 52:15 तापनि मेरो सेवकले धेरै जातिहरूलाई छर्कनेछ र उसको कारणले राजाहरूले आफ्‍ना मुख बन्‍द गर्नेछन् । किनकि तिनीहरूलाई नभनिएको कुरा तिनीहरूले देख्‍नेछन् र तिनीहरू नसुनेका कुरा तिनीहरूले बुझ्‍नेछन् ।
ISA 53:1 हामीबाट तिनीहरूले सुनेका कुरा कसले विश्‍वास गरेको छ, र कसलाई परमप्रभुको बाहुली प्रकट गरिएको छ?
ISA 53:2 किनकि कलिलो बिरूवाजस्तै र सुख्‍खा जमिनबाट उम्रेको टुसाजस्तै ऊ परमप्रभुको सामु बढ्यो । उसमा हेर्नलायक आकर्षण वा ऐश्‍वर्य थिएन । हामीले उसलाई हेर्दा, हामीलाई आकर्षण गर्ने कुनै सुन्दरता थिएन ।
ISA 53:3 मानिसहरूद्वारा उसलाई घृणा र तिरस्‍कार गरियो । दुखको मानिस र कष्‍टसँग परिचित । त्‍यस्‍तो जसबाट मानिसहरूले आफ्‍ना अनुहार लुकाउँछन्, उसलाई घृणा गरियो । अनि हामीले उसलाई तुच्‍छ ठान्यौं ।
ISA 53:4 तर निश्‍चय नै उसले हाम्रा रोगहरू बोकेको र हाम्रा कष्‍टहरू उठाएको छ । तापनि हामीले उसलाई परमेश्‍वरद्वारा दण्ड दिइएको, परमेश्‍वरद्वारा हिर्काइएको र कष्‍टमा परेको ठान्यौं ।
ISA 53:5 तर हाम्रा विद्रोहपूर्ण कामहरूका कारणले उसलाई घोचिएको थियो । हाम्रा पापहरूका कारणले उसलाई पेलिएको थियो । हाम्रो शान्तिको निम्ति उसमाथि दण्ड पर्‍यो र उसका घाउहरूले हामी निको भएका छौं ।
ISA 53:6 हामी सबै बह्रालिएका भेडाहरूजस्ता छौं । हामी प्रत्‍येक आ-आफ्नै मार्गतिर लागेका छौं र परमप्रभुले हामी सबैको अधर्म उसमाथि राख्‍नुभएको छ ।
ISA 53:7 उसलाई अत्याचार गरियो । तापनि उसले आफूलाई होच्याउँदा, उसले आफ्नो मुख खोलेन । जसरी मार्नलाई लगिएको थुमा र ऊन कत्रनेहरूका सामु भेडा चुपचाप बस्‍छ, त्‍यसरी उसले आफ्नो मुख खोलेन ।
ISA 53:8 जबर्जस्ती र इन्साफद्वारा उसलाई दोषी ठहर गरियो । त्यस पुस्ताबाट कसले उसको बारेमा विचार गर्‍यो र? तर उसलाई जीविहरूको देशबाट अलग गरियो । मेरा मानिसहरूले अपराधहरू गरेका कारणले उसलाई दण्‍ड दिइयो ।
ISA 53:9 उसले कुनै हिंसा गरेका थिएन, न त उसको मुखमा कुनै छल नै थियो, तापनि अपराधीहरूसँगै तिनीहरूले उसको चिहान बनाए । उसको मृत्युमा एक जना धनी मानिस थियो ।
ISA 53:10 तापनि उसलाई धुलो पार्ने र उसलाई बिरामी पार्ने परमप्रभुकै इच्छा थियो । जब उसले आफ्नो जीवनलाई पापको निम्ति बलिदान बनाउँछन्, उसले आफ्ना सन्तानहरू देख्‍नेछ, उसले आफ्‍नो समय बढाउनेछ र उसैद्वारा परमप्रभुको उद्देश्य पुरा हुनेछ ।
ISA 53:11 उसको जीवनको कष्‍टपछि उसले ज्योति देख्‍नेछ र आफ्‍नो ज्ञानद्वारा सन्तुष्‍ट हुनेछ । मेरो धर्मिक सेवकले धेरै जनालाई निर्दोष ठहराउनेछ । उसले तिनीहरूको अधर्म बोक्‍नेछ ।
ISA 53:12 यसकारण म भीडहरूका माझमा उसको भाग उसैलाई दिनेछु, उसले धेरै जनासित लूटको माल बाँड्नेछ, किनभने उसले आफूलाई मृत्युमा हाल्यो र अपराधीहरूसँगै गनियो । उसले धेरै जनाको पाप बोक्यो र अपराधीहरूका निम्ति मध्‍यस्‍थ-बिन्ती गर्‍यो ।
ISA 54:1 “ए बाँझी स्‍त्री, जसले जन्म दिएकी छैन, गीत गा । आनन्दको गीत गा, उच्‍च सोरमा करा, तँ जो कहिल्यै प्रसव वेदनामा परेकी छैन । किनकि बाँझी स्‍त्रीको सन्तानहरू विवाहित स्‍त्रीको भन्दा धेरै छन्,” परमप्रभु भन्‍नुहुन्छ ।
ISA 54:2 “उदार भएर, आफ्‍नो पाललाई अझ ठुलो बना र आफ्‍नो पालका पर्दाहरू तन्‍का । आफ्‍ना डोरीहरू लामो बना र आफ्‍ना किलाहरू बलियो पार् ।
ISA 54:3 किनकि तँ दाहिनेतिर र देब्रेतिर फैलिनेछस्, तेरा सन्तानहरूले जातिहरूलाई जित्‍नेछन् र उजाड सहरहरूमा पुनः बसोवास गर्नेछन् ।
ISA 54:4 नडरा, किनकि तँ लज्‍जित हुनेछैनस्, न त निराश हुनेछस्, किनकि तेरो अपमान गरिेनेछैन । आफ्‍नो जवानीको लाजलाई र आफ्‍नो त्‍यागिएको अवस्‍थाको अपमानलाई तैंले बिर्सनेछस् ।
ISA 54:5 किनभने तँलाई बनाउनुहुने तेरो स्‍वामी हुनुहुन्छ । उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो । इस्रएलको परमपवित्र तेरो उद्धारक हुनुहुन्छ । उहाँलाई सारा पृथ्वीको परमेश्‍वर भनिन्छ ।
ISA 54:6 किनकि त्यागिएकी र आत्मामा दुःखी पत्‍नीको रूपमा जवानीमा विवाह भएकी र तिरस्‍कृत स्‍त्रीलाई झैं परमप्रभुले तँलाई फिर्ता बोलाउनुभएको छ,” तेरो परमेश्‍वर भन्‍नुहुन्छ ।
ISA 54:7 “छोटो समयको निम्ति मैले तँलाई त्यागें, तर ठुलो दयासाथ म तँलाई भेला पार्नेछु ।
ISA 54:8 रिसको झोंकमा मैले क्षणिक रूपमा आफ्‍नो मुख तँबाट लुकाएँ । तर अनन्त करारको विश्‍वस्‍ततामा म तँमाथि दया गर्नेछु— तँलाई छुट्टाउनुहुने परमप्रभु भन्‍नुहुन्छ ।
ISA 54:9 किनकि यो मेरो निम्ति नोआको समयको पानीजस्तै होः जसरी नोआको पानीले पृथ्वीलाई फेरि कहिल्यै डुबाउनेछैन भनी मैले शपथ खाएँ, त्यसरी नै तँसँग कहिल्यै रिसाउँदिनँ वा तँलाई हप्‍काउँदिन भनी मैले शपथ खाएको छु ।
ISA 54:10 पर्वतहरू खसे र पहाडहरू थरथर भए पनि, मेरो अटल प्रेम तँबाट हट्‍नेछैन, न त मेरो शान्तिको करारको हल्‍लिनेछ— तँलाई दया गर्नुहुने परमप्रभु भन्‍नहुन्छ ।
ISA 54:11 ए कष्‍टमा परेका, आँधी-बेहरीले बत्ताइएका र सान्त्वना नपाएकाहरू हो, हेर, तेरो बाटोमा म फिरोजा पत्‍थरले जोड्नेछु र तेरो जगहरू नीरले बसाल्‍नेछु ।
ISA 54:12 म तेरो गजुरहरू रूबीले र तेरा ढोकाहरू चम्कने पत्थरहरूले र तेरो बाहिरी पर्खाल सुन्दर ढुङ्गाहरूले बनाउनेछु ।
ISA 54:13 अनि परमप्रभुद्वारा नै तेरा सबै छोराछोरीलाई सिकाइनेछ । अनि तेरा छोराछोरीका शान्ति महान् हुनेछ ।
ISA 54:14 धर्मिकतामा तँलाई स्थापित गरिनेछ, र अत्याचारबाट तँ टाढा हुनेछस्, किनकि तँ डराउने छैनस् । अनि त्रास तेरो नजिक आउनेछैन ।
ISA 54:15 हेर्, कसैले कष्‍ट ल्यायो भने, त्‍यो मबाट हुनेछैन । तँमाथि कष्‍ट ल्याउने जोसुकैले पराजय बेहोर्नेछ ।
ISA 54:16 हेर्, मैले कारीगरलाई सृष्‍टि गरेको छु, जसले भुङ्‍ग्रो फुक्‍छ र आफ्‍नो कामको रूपमा हतियार बनाउँछ, अनि नष्‍ट गर्नलाई मैले नष्‍ट गर्नेको सृष्‍टि गरेको छु ।
ISA 54:17 तेरो विरुद्धमा बनाइएका कुनै पनि हतियार सफल हुनेछैनन् । अनि तँलाई दोष लगाउने हरेकलाई तैंले दोषी ठहराउनेछस् । परमप्रभुका सेवकहरूका पैतृकसम्पत्ति र तिनीहरू निर्दोष छन् भनेर मैले दिने प्रमाण यही हो— यो परमप्रभुको घोषणा हो ।”
ISA 55:1 “आओ, हरेक व्‍यक्‍ति जो तिर्खाएको छौ आओ, पानीमा आओ, अनि तिमीहरू जोसँग पैसा छैन, आओ, किन र खाओ ! आओ, पैसाविना र मूल्यविना दाखमद्य र दूध किन ।
ISA 55:2 जे रोटी होइन त्यसको लागि किन चाँदी तौलन्छौ र जे कुराले सन्तुष्‍टि दिंदैन त्यसको निम्ति तिमिहरू किन परिश्रम गर्छौ? मेरो कुरा ध्यानसित सुन र जे असल छ सो खाओ, अनि मोटोपनमा आफूलाई खुसी पार ।
ISA 55:3 आफ्‍ना कान थाप र मकहाँ आओ । सुन, ताकि तिमीहरू बाँच्‍न सक्‍छौ । मैले दाऊदलाई प्रतिज्ञा गरेको मेरो भरपर्दो र विश्‍वायोग्य प्रेमले— तिमीहरूसँग म अनन्त करार गर्नेछु ।
ISA 55:4 हेर, मैले उसलाई जातिहरूका निम्ति गवाहीको रूपमा, मानिसहरूका निम्ति अगुवा र कमाण्‍डरको रूपमा राखेको छु ।
ISA 55:5 हेर, परमप्रभु तिमीहरूका परमेश्‍वर, इस्राएलको परमपवित्र, जसले तिमीहरूलाई महिमित पार्नुभएको छ, उहाँको कारणले तिमीहरूले नचिनेको जातिलाई बोलाउनेछौ, अनि तिमीहरूलाई नचिन्‍ने एउटा जाति तिमीहरूतिर दौडेर आउनेछ ।
ISA 55:6 जबसम्‍म परमप्रभुलाई भेट्टाउन सक्‍छौ, तबसम्‍म उहाँलाई खोज । उहाँ नजिक हुनुहुँदा नै उहाँको खोजी गर ।
ISA 55:7 दुष्‍टले आफ्नो बाटो र पापको मानिसले आफ्ना विचारहरू त्यागोस् । ऊ परमप्रभुमा फर्कोस्, र उहाँले उसलाई दया गर्नुहुनेछ र हाम्रा परमेश्‍वरमा जसले उसलाई प्रशस्‍त गरी क्षमा गर्नुहुनेछ ।
ISA 55:8 “किनभने मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन्, न त तिमीहरूका उपायहरू मेरा उपायहरू हुन्— यो पमरप्रभुको घोषणा हो—
ISA 55:9 किनकि जसरी पृथ्वीभन्दा आकाश उच्‍च छ, त्यसरी नै तिमीहरूका उपायहरूभन्‍दा मेरा उपायहरू र तिमीहरू विचारहरूभन्‍दा मेरा विचारहरू उच्‍च छन् ।
ISA 55:10 किनकि जसरी झरी र हिउँ आकाशबाट तल आउँछ, अनि जबसम्‍म तिनले पृथ्वीलाई भिजाउँदैनन्, र त्‍यसलाई उब्‍जाउने तथा उमार्ने बनाउँदैनन्, र छर्ने किसानलाई बीउ र खानेलाई रोटी दिंदैनन्, तबसम्‍म ती त्‍यहाँ फर्कंदैनन्,
ISA 55:11 त्‍यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ— त्‍यो मकहाँ रित्तै फर्कनेछैन, तर जुन उद्देश्यको निम्ति मैले त्‍यसलाई पठाएँ, त्‍यसमा त्‍यो सफल हुनेछ ।
ISA 55:12 किनकि तिमीहरू आनन्दमा जानेछौ र शन्तिसित डोर्‍याइनेछौ । तिमीहरूका सामु पर्वतहरू र पहाडहरू आनन्दको सोरमा गाउनेछन्, अनि मैदानका सबै रूखले आफ्‍ना हातले ताली बजाउनेछन् ।
ISA 55:13 काँढे झाडीको सट्टामा सल्ला उम्रनेछ । अनि सिउँडीको सट्टामा मेहँदी उम्रनेछ र यो परमप्रभुको निम्‍ति, उहाँको नाउँको निम्ति अनन्त चिन्हको रूपमा हुनेछ, जुन कहिल्यै काटिनेछैन ।
ISA 56:1 परमप्रभु यसो भन्‍नुहुन्छ, “जे ठिक छ सो गर, जे न्यायोचित छ सो गर । किनकि मेरो उद्धार नजिकै छ र मेरो धार्मिकता प्रकट हुनै लागेको छ ।
ISA 56:2 त्‍यसो गर्ने र त्‍यसलाई दह्रोसित समात्‍ने मानिस धन्यको हो । उसले शबाथ-दिनलाई अपवित्र नपारी त्‍यसको पालन गर्छ र कुनै खराबी गर्नबाट आफ्नो हातलाई अलग राख्छ ।
ISA 56:3 परमप्रभुको अनुसरण गर्ने कुनै परदेशीले यसो नभनोस्, “निश्‍चय नै परमप्रभुले मलाई आफ्‍ना मानिसहरूबाट बहिस्‍कार गर्नुहुनेछ ।” नपुङ्सकले यसो भन्‍नुहुँदैन, “हेर, म सुकेको रूख हुँ ।”
ISA 56:4 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “मेरा शबाथ-दिन पालन गर्ने र मलाई मन पर्ने कुरा गर्ने र मेरो करा बलियो गरी समात्‍ने नपुङ्सकहरूलाई,
ISA 56:5 आफ्‍नो मन्‍दिरमा र मेरा पर्खालहरूभित्र छोराहरू र छोरीहरू हुनेभन्दा असल स्मारकको रूपमा तिनीहरूलाई म खडा गर्नेछु । तिनीहरूलाई कहिल्यै नकाटिने अनन्तको स्मारक म दिनेछु ।
ISA 56:6 ती परदेशीहरू पनि जो परमप्रभुमा सहभागी हुन्‍छन्— उहाँको सेवा गर्न र उहाँको आराधना गर्न परमप्रभुको नाउँलाई प्रेम गर्नेहरू, हरेक व्‍यक्‍ति जसले शबाथ-दिन पालन गर्छ, र जसले त्‍यसलाई अपवित्र पार्दैन, अनि जसले मेरो करार बलियो गरी समाउँछ,
ISA 56:7 — म आफ्‍नो पवित्र पर्वतमा ल्याउनेछु र मेरो प्रार्थनाको घरमा तिनीहरूलाई आनन्दित बनाउनेछु । तिनीहरूका होमबलिहरू र बलिदानहरू मेरो वेदीमा स्वीकार गरिनेछ । किनकि मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर भनिनेछ,
ISA 56:8 यो इस्राएलबाट बहिष्कृत भएकाहरूलाई भेला पार्नुहुने परमप्रभु परमेश्‍वरको घोषणा हो— तिनीहरूबाहेक अरूलाई पनि म भेला पार्नेछु ।”
ISA 56:9 ए मैदानमा भएका सबै जङ्गली पशुहरू, वनका सबै जङ्गली पशुहरू आओ र खाओ !
ISA 56:10 तिनीहरूका सबै रक्षकहरू अन्‍धा छन्, तिनीहरूले बुझ्‍दैनन् । तिनीहरू सबै भुक्‍न नसक्‍ने शान्‍त कुकुरहरू हुन् । तिनीहरू सपना देख्छन् र तिनीहरू ढल्‍केर सुत्‍न मन पराउँछन् ।
ISA 56:11 ती कुकुरहरू निकै भोकाएका छन् । तिनीहरू कहिल्यै अघाउँदैनन् । तिनीहरू समझ नबइका गोठालाहरू हुन् । तिनीहरू आ-आफ्नै बाटोमा लागेका छन्, प्रत्‍येक व्‍यक्‍तिले अन्यायपुर्ण लाभको निम्‍ति लालच गर्छ ।
ISA 56:12 तिनीहरू भन्छन्, “आओ, हामी दाखमद्य र कडा मद्य पिऔं । भोलि पनि आजको जस्तै धेरै महान् दिन हुनेछ ।”
ISA 57:1 धर्मी नष्‍ट हुन्छ तर यो कुरा कसैले विचार गर्दैन, र करारको विश्‍वस्‍ततका मानसहरूलाई टाढा भेला पारिन्‍छ, दुष्‍टबाट धर्मीलाई टाढा लगिन्छन्, तर कसैले बुझ्‍दैन ।
ISA 57:2 ऊ शन्तिमा प्रवेश गर्छ । जो आफ्नो सोझोपनमा हिंड्छन् तिनीहरू आफ्ना ओछ्यानहरूमा आराम गर्छन् ।
ISA 57:3 तर तिमीहरू झँक्रेनीना छोराहरू, व्यभिचारी र आफूलाई वेश्या बनाउने स्‍त्रीको सन्तानहरू, यहाँ आओ ।
ISA 57:4 तिमीहरू खुसी हुँदै कसलाई गिल्‍ला गर्दैछौ? कसको विरुद्धमा तिमीहरूले मुख खोल्‍दैछौ र जिब्रो निकाल्दैछौ? के तिमीहरू विद्रोह र छलका छोराछोरी होइनौ र?
ISA 57:5 तिमीहरूले फलाँटका रूखहरूमुनि र हरेक हरियो रूखमुनि सँगै सुतेर आफैलाई यौनको उत्तेजनामा पार्छौ, तिमीहरू जसले आफ्ना छोराछोरीलाई सुख्खा नदीहरूमा, चट्टानका धाँदामुनि बलि गर्छौ ।
ISA 57:6 नदीको बेसीका चिल्ला थोकहरूमा तिमीहरूलाई दिइएका थोकहरू पनि पर्छन् । ती तिमीहरूले पुजा गर्ने वस्तुहरू हुन् । तिमीहरूले आफ्ना अर्घबलिहरू तिनीहरूमाथि खन्याउँछौ र अन्‍नबलिहरू चढाउँछौ । के यी कुराहरूमा म खुसी हुनू?
ISA 57:7 तिमीहरूले आफ्ना ओछ्यान उच्‍च पहाडमाथि बनाउँछौ । तिमीहरू बलिदानहरू चढाउन पनि त्यसमाथि गयौ ।
ISA 57:8 ढोका र चौकोसहरूका पछाडि तिमीहरूले चिन्हहरू खडा गर्‍यौ । तिमीहरूले मलाई त्याग्यौ, र आफैलाई नाङ्गो बनायौ र माथि गयौ । तिमीहरूले आफ्ना ओछ्यान फराकिलो बनायौ । तिमीहरूले तिनीहरूसित करार बाँध्यौ । तिमीहरूले तिनीहरूका ओछ्यानहरूलाई प्रेम गर्‍यौ । तिमीहरूले तिनीहरूका गुप्‍ताङ्गहरू देख्यौ ।
ISA 57:9 तिमीहरू मोलेककहाँ तेल लिएर गयौ । तिमीहरूले सुगन्धित तेल बढायौ । तिमीहरूले आफ्‍ना राजदूतहरूलाई टाढा पठायौ । तिमीहरू तल चिहान गयौ ।
ISA 57:10 तिमीहरू आफ्‍नो लामो यात्रबाट थकित भयौ, तर तिमीहरूले कहिल्यै भनेनौ, “यो आशाहीन छ ।” तिमीहरूले आफ्नो हातमा नै जीवन पायौ । यसकारण तिमीहरू कमजोर भएनौ ।
ISA 57:11 “तिमीहरू कसको विषयमा चिन्तित हुन्‍छौ? तिमीहरूले कसको भय यति धेरै मान्छौ, जसले तिमीहरूलाई यति धेरै धोकापुर्ण रूपमा काम गर्ने बनाएको छ, यति धेरै कि तिमीहरूले मेरो याद गर्दैनौ न त मेरो बारेमा विचार नै गर्छौ? म यति लामो समयसम्म मौन भएको हुनाले, मसँग तिमीहरू फेरि डराउँदैनौ ।
ISA 57:12 तिमीहरूका सबै धर्मिक कामहरू घोषणा म गर्ने र तिमीहरूले गरेका सबै कुरा भन्‍नेछु, तर तिनीहरूले तिमीहरूलाई सहायता गर्नेछैनन् ।
ISA 57:13 तिमीहरूले पुकारा गर्दा तिमीहरूले जम्‍मा गरेका मूर्तीहरूले नै तिमीहरूलाई बचाऊन् । बरु, हावाले तिनीहरू सबैलाई उडाएर लानेछ, सासले नै तिनीहरू सबैलाई उडाएर लानेछ । तापनि ममा शरण लिनेले देश अधिकार गर्नेछ र मेरो पवित्र पर्वतको अधिकारी हुनेछ ।
ISA 57:14 उहाँले भन्‍नुहुनेछ, 'बनओ, बनाओ ! बाटो सफा बनाओ ! मेरा मानिसहरूका बाटोबाट ठेस लाग्‍ने कुराहरू हटाओ' !”
ISA 57:15 उच्‍च र माथि उचालिले यसो भन्‍नुहुन्छ, जो अनन्तसम्म जिउनुहुने, जसको नाउँ पवित्र हो, “म उचालिएको र पवित्र स्थानमा बस्‍छु, साथै जसको तोडिएको र नम्र आत्मा हुन्‍छ, नम्रहरूका आत्मा जगाउन र पश्‍चात्तापीहरूका हृदयलाई जगाउन, तिनीहरूमा म पनि बस्‍छु ।
ISA 57:16 किनकि म सधैं दोष लगाउँदिनँ, न त म सधैं रिसाउँछु, किनकि त्‍यसो गरें भने, मानिसको आत्मा मेरो सामु मूर्छित हुन्‍छ, जुन जीवनहरू मैले नै बनाएको हो ।
ISA 57:17 हिंसाले लिएको फाइदाको कारणले, म रिसाएँ, र मैले त्यसलाई दण्ड दिएँ । मैले आफ्‍नो मुख लुकाएँ र रिसाएँ, तर ऊ आफ्नो हृदयको मार्गमा पछाडितिर गयो ।
ISA 57:18 मैले उसका बाटोहरू देखेको छु, तर म उसलाई निको पार्नेछु । म उसलाई डोर्‍याउनेछु, र उसको निम्ति शोक गर्नेहरूलाई सान्त्वना र सहानुभूति दिनेछु,
ISA 57:19 र म ओठको फल सृजना गर्छु । परमप्रभु भन्‍नुहुन्छ, शान्ति, शान्ति, जो टाढा छन् र जो नजिक छन्— म तिनीहरूलाई निको पार्नेछु ।
ISA 57:20 तर दुष्‍टहरू उर्लिएको समुद्रजस्तै हुन् जसले विश्राम गर्न सक्दैन र यसको पानीले हिलो र दलदल घोलिदिन्‍छ ।
ISA 57:21 दुष्‍टहरूको निम्ति कुनै शान्ति छैन— परमेश्‍वर भन्‍नुहुन्छ ।”
ISA 58:1 उच्‍च सोरमा करा, चुप नलाग् । तुरहीले झैं आफ्‍नो सोर उचाल् । मेरा मानिसहरूलाई तिनीहरूको विद्रोह र याकूबको घरानालाई तिनीहरूको पापहरूका सामना गर् ।
ISA 58:2 तापनि तिनीहरूले दैनिक रूपमा मलाई खोज्छन् र मेरा यपायहरूका ज्ञानमा खुसी हुन्‍छन्, जसरी एउटा जातिले धार्मिकताको अभ्यास गरे र आफ्‍ना परमेश्‍वरको व्यवस्था त्यागेनन् । तिनीहरूले मसँग धार्मिक न्यायको निम्ति बिन्ती गर्छन् । परमेश्‍वर नजिक आउनुहुने विचार गरेर तिनीहरू खुसी हुन्छन् ।
ISA 58:3 तिनीहरू भन्छन्, 'हामी उपवास बसेका छौं तर तपाईंले यसलाई किन देख्‍नुहुन्‍न? हामीले आफैलाई नम्र तुल्याएका छौं, तर तपाईंले किन हेर्नुहुन्‍न?' हेर, तिमीहरूले आफ्नो उपवासको दिनमा आफ्नै खुसी खोज्छौ र आफ्ना कामदारहरूलाई अत्‍याचार गर्छौ ।
ISA 58:4 हेर, तिमीहरू झगडा गर्न र लडाइँ गर्न र आफ्‍नो दुष्‍टताको मुक्‍‍काले हान्‍न उपवास बस्छौ । तिमीहरूले आफ्नो सोर माथि सुनाउनलाई उपवास बस्दैनौ ।
ISA 58:5 के मैले चाहेको उपवास यस्‍तै किसिमको हो र? एक दिन मात्र कसैले आफैलाई नम्र तुल्याउने, आफ्नो शिर निगालो झैं झुकाउने, र भाङ्ग्रा लगाउने र खरानीमा बस्‍ने हो र? के तिमीहरूले परमप्रभुलाई खुसी पार्ने उपवास यसैलाई भन्छौ?
ISA 58:6 के मैले चुनेको उपवास यो होइनः दुष्‍टताको बन्‍धनबाट मुक्‍त गर्नु, जुवाका डोरीहरू फुकाउनु, चूर्णभएकाहरूलाई स्वतन्त्र पार्नु र जुवालाई भाँच्‍नू?
ISA 58:7 आफ्‍नो भोजन भोकाएकाहरूलाई दिनु र गरीब र घरविहीनलाई तिमीहरूका घरमा ल्याउनु होइन र?” तिमीहरूले कसैलाई नाङ्गो देख्दा तिमीहरूले त्यसलाई लुगा लगाई दिनुपर्छ । अनि तिमीहरूले आफूलाई आफ्ना नातेदारदेखि लुकाउनुहुँदैन ।
ISA 58:8 तब तिमीहरूको ज्‍योति सूर्योदय हुँदाझैं खुल्नेछ र तिमीहरूको चङ्गाइ झट्टै आउनेछ । तिमीहरूको धार्मिकता तिमीहरूको अगि जानेछ र परमप्रभुको महिमा तिमीहरूको पछाडिको रक्षक हुनेछ ।
ISA 58:9 तब तिमीहरूले पुकार्नेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ । तिमीहरूले सहायताको निम्ति पुकारा गर्नेछौ र उहाँले भन्‍नुहुनेछ, “म यहाँ छु ।” तिमीहरूले आफ्‍ना माझबाट जुवा, दोष लगाउने औंला र दुष्‍ट बोली हटायौ भने,
ISA 58:10 तिमीहरू आफैले भोकालाई दिन्छौ र विपदग्रस्तको खाचो पुरा गर्छौ भने, तिमीहरूको ज्‍योति अन्धकारमा चम्‍किनेछ र तिमीहरूको अन्धकारचाहिं मध्ये दिनजस्तो हुनेछ ।
ISA 58:11 तब परमप्रभुलले तिमीहरूलाई निरन्तर रूपले डोर्‍यउनुहुनेछ र पानी नभएको क्षेत्रहरूमा तृप्‍त पार्नुहुनेछ र उहाँले तिमीहरूको हड्‍डीलाई बलियो पार्नुहुनेछ । तिमीहरू पानी हालिएको बगैंचाझैं र पानी कहिल्यै नसुक्‍ने पानीको मुलजस्तै हुनेछौ ।
ISA 58:12 तिमीहरूमध्ये केहीले प्राचीन भग्‍नावशेषको पुनःनिर्माण गर्नेछौ । धेरै पुस्ताको भग्‍नावशेषलाई खडा गर्नेछौ । तिमीहरूलाई यसो भनिनेछ, “पर्खाल मरम्मत गर्नेहरू,” बस्‍नलाई गल्‍लीहरू पुनःर्स्थापना गर्नेहरू।”
ISA 58:13 अब तिमीहरूले शबाथ-दिनमा यात्रा गर्नबाट आफ्नो पाउहरू फर्काउँछौ र मेरो पवित्र दिनमा तिमीहरूको आफ्नो खुसी गर्नबाट फर्कन्‍छौ । तिमीहरूले शबाथ-दिनलाई आनन्द भन्‍छौ र परमप्रभुको कुराहरूलाई पवित्र र आदरणिय भन्‍छौ । तिमीहरूका आफ्ना काम छोडेर, र तिमीहरूका आफ्नै खुसी गर्न छोडेर र तिमिहरूका आफ्‍नै शब्दहरू नबोलेर तिमीहरूले शबाथ-दिनलाई आदर गर्छौ भने ।
ISA 58:14 तब तिमीहरूले परमप्रभुमा आनन्द पाउनेछौ । अनि म तिमीहरूलाई पृथ्वीको उच्‍च स्थानहरूमा सवार गर्न लगाउनेछु । तिमीहरूका पुर्खा याकूबको उत्तराधिकारबाट म तिमीहरूलाई खान दिनेछु— किनकि परमप्रभुको मुखले बोलेको छ ।”
ISA 59:1 हेर, परमप्रभुको हात यति छोटो छैन कि त्‍यसले बचाउन सक्‍दैन । न त उहाँको कान यति मन्द नै छ कि त्‍यसले सुन्‍न सक्‍दैन ।
ISA 59:2 तापनि तिमीहरूका पापपुर्ण कामहरूले तिमीहरूलाई परमेश्‍वरबाट अलग गरेको छ, र तिमीहरूका पापहरूले तिमीहरूबाट र तिमीहरूका कुरा सुन्‍नबाट उहाँलाई आफ्नो मुख लुकाउने बनाएको छ ।
ISA 59:3 किनकि तिमीहरूका हातहरूमा रगतका र तिमीहरूको औंलाहरूमा पापका दाग छन् । तिमीहरूका ओठहरूले झुट बोल्छन् र तिमीहरूका जिब्राले छलपुर्वक बोल्छन् ।
ISA 59:4 कसैले पनि धार्मिकतामा पुकारा गर्दैन र कसैले पनि आफ्नो मुद्दाको निम्‍ति सत्यतामा बिन्‍ति गर्दैन । तिनीहरू रित्ता शब्दहरूमा भर पर्छन् र झुट बोल्छन् । तिनीहरूले कष्‍ट गर्भधारण गर्छन् र पाप जन्माउँछन् ।
ISA 59:5 तिनीहरूले विषालु सर्पको अण्डा ओथर्छन् र माकुराको जालो बुन्छन् । तिनीहरूका अण्डा जसले खान्छ त्‍यो मर्छ र एउटा अण्डा फुटाइयो भने, त्‍यसबाट विषलु सर्प निस्‍कन्‍छ ।
ISA 59:6 तिनीहरूका जालोहरू लुगाको निम्ति प्रयोग गर्न सकिंदैन, न त तिनीहरूले आफ्‍ना कामहरूले आफूलाई ढाक्‍न सक्छन् । तिनीहरूका कामहरू पापका कामहरू हुन् र तिनीहरूका हातहरूमा हिंसाका कामहरू छन् ।
ISA 59:7 तिनीहरूका पाउहरू दुष्‍टतातिर हतारिन्छ र तिनीहरू नोर्दोष रगत बगाउन दौडिन्छन् । तिनीहरूका विचारहरू पापका विचारहरू हुन् । हिंसा र विनाश तिनीहरूका बाटोहरू हुन् ।
ISA 59:8 शान्तिको बाटो तिनीहरूले जान्दैनन् र तिनीहरूका बाटोहरूमा न्याय हुँदैन । तिनीहरूले बाङ्गा बाटोहरू बनाएका छन् । यी बाटोहरूमा यात्रा गर्नेहरूले शान्ति जान्दैनन् ।
ISA 59:9 यसकारण न्याय हामीबाट टाढा छ, न त धार्मिकता हामीकहाँ आइपुग्छ । हामी ज्‍योतिको आशा गर्छौं, तर अन्धकार देख्‍छौं । हामी उज्‍यालोको प्रतिक्षा गर्छौं, तर हामी अन्‍धकारमा हिंड्‍छौं ।
ISA 59:10 अन्‍धाले झैं र देख्‍न नसक्‍नेहरूले झैं हामी भित्ता छाम्‍छौं । हामी मध्यदिनमा नै साँझमा झैं ठेस खान्छौं । बलियोहरूका माझमा हामी मरेका मानिसझैं छौं।
ISA 59:11 हामी भालुझैं कराउँछौं र ढुकुरझैं विलाप गर्छौं । हामी न्यायको आशा गर्छौं, तर त्यहाँ छैन । छुटकाराको खोज्‍छौं, तर त्‍यो हामीबाट टाढा छ ।
ISA 59:12 किनकि हाम्रा धेरै अपराधहरू तपाईंका सामु छन् र हाम्रा पापहरूले हाम्रा विरुद्धमा गवाही दिन्छन् । किनकि हाम्रा अपराधहरू हामीसँग छन् र हामी आफ्‍ना पापहरू जान्दछौं।
ISA 59:13 परमप्रभुलाई इन्कार गरेर र हाम्रा परमेश्‍वरको अनुसरण गर्न छाडेर हामीले विद्रोह गरेका छौं । हामीले झुट बोलेका छौं, अनि तर्किएर हृदय र झुटका शब्दहरूबाट गनगन गरेका छौं ।
ISA 59:14 न्याय हटाइएको छ र धार्मिका टाढै खडा हुन्‍छ । किनकि सत्यता खुल्ला ठाउँ ठेस खान्छ र ठिक कुरा आउन सक्‍दैन ।
ISA 59:15 भरोसा हराएको छ, र जो दुष्‍टताबाट फर्किन्‍छ उसले आफूलाई शिकार बनाउँछ । परमप्रभुले यो देख्‍नुभयो र त्‍यहाँ न्याय नदेखेर अप्रशन्‍न हुनुभयो ।
ISA 59:16 त्‍यहाँ उहाँले कुनै मानिसलाई देख्‍नुभएन र मध्यस्थ गर्ने कोही नभएकोमा उहाँ छक्‍क पर्नुभयो । यसकारण उहाँको आफ्नै बहुलीले उसको उद्धार गर्‍यो र उहाँको धार्मिकताले उसलाई सम्भाल्यो ।
ISA 59:17 उहाँले धार्मिकतालाई छातीपाताको रूपमा र आफ्‍नो शिरमा मुक्‍तिको टोप लगाउनुभयो । उहाँले आफूलाई बदलाको पोशाल पहिरनुभयो र जोशलाई आवरणको रूपमा लगाउनुभयो ।
ISA 59:18 आफ्‍ना विरोधीहरूलाई क्रोधको इन्साफले, आफ्‍ना शत्रुहरूलाई बदलाले, टापुहरूलाई तिनीहरूका इनामको रूपमा दण्डले, तिनीहरूले जे गरेका थिए, त्‍यसको प्रतिफल उहाँले तिनीहरूलाई दिनुभयो ।
ISA 59:19 त्यसैले तिनीहरूले पश्‍चिमदेखि परमप्रभुको नाउँको भय मान्‍नेछन् र सूर्योदयदेखि उहाँको महिमा देख्‍नेछन् । किनकि परमप्रभुको सासले डोर्‍याएर उहाँ उर्लंदो नदीझैं आउनुहुनेछ ।
ISA 59:20 “सियोनमा र याकूबका विद्रोही कामहरूबाट फर्कनेहरूकहाँ— एक जना उद्धारक आउनुहुने छ— यो परमप्रभुको घोषणा हो ।
ISA 59:21 परमप्रभु भन्‍नुहुन्छ— मेरो निम्‍ति, तिनीहरूसँग यो मेरो करार हो । मेरो आत्मा तँमाथि छ, र मेरो वचन मैले तेरो मुखमा राखेको छु, त्‍यो तेरो मुखबाट जानेछैन वा तेरा छोराछोरीका मुखबाट जानेछैन, अहिलेदेखि सदासर्वदासम्मै—परमप्रभु भन्‍नुहुन्छ ।
ISA 60:1 उठ्, प्रकाशमान् हो, किनकि तेरो प्रकाश आएको छ र परमप्रभुको महिमा तँमाथि उदाएको छ ।
ISA 60:2 पृथ्वीलाई अँध्यारोले र जातिहरूलाई बाक्‍लो अँध्यारोले ढाके तापनि, परमप्रभु तँमाथि उदाउनुहुनेछ र उहाँको महिमा तँमा देखिनेछ ।
ISA 60:3 जातिहरू तेरो प्रकाशमा आउनेछन् र राजाहरू उदाउँदै गरेको तेरो चहकिलो प्रकाशमा आउनेछन् ।
ISA 60:4 वरिपरि चारैतिर हेर् र देख् । तिनीहरू सबै आफै भेला हुन्छन् र तँकहाँ आउँछन् । तेरा छोराहरू टाढाबाट आउनेछन् र तिनीहरूका हातले तेरी छोरीहरूलाई बोकेर ल्‍याउनेछन् ।
ISA 60:5 तब तैंले हेर्नेछस्, प्रज्वलित हुनेछस्, तेरो हृदय आनन्‍दित हुनेछ र भरिएर पोखिनेछ, किनभने समुद्रको प्रशस्‍तता तँलाई खन्याइनेछ र जातिहरूका सम्पत्ति तँकहाँ आउनेछन् ।
ISA 60:6 ऊँटका बथानहरू, मिद्यान र एपाका सवार गर्ने ऊँटहरूले तँलाई ढाक्‍नेछन् । ती सबै शेबाबाट आउनेछन् । तिनीहरूले सुन र धूप ल्याउनेछन् र परमप्रभुको प्रशंसा गाउनेछन् ।
ISA 60:7 केदारका सबै भेडाबाख्रालाई तँकहाँ जम्‍मा पारिनेछन् । नबायोतका भेडाहरूले तेरो आवश्यक्‍ता पुरा गर्नेछन् । तिनीहरू मेरो वेदीमा स्वीकारयोग्य बलिदान हुनेछन् । अनि आफ्‍नो महिमित भवनलाई म महिमित बनाउनेछु ।
ISA 60:8 बादलझैं र ढुकुरहरू आफ्‍ना गुँडहरूमा गएझैं उड्ने यी को हुन्?
ISA 60:9 समुद्र किनारहरूले मेरो खोजी गर्छन् । टाढाबाट परमप्रभु तिमीहरूका परमेश्‍वर र इस्राएलका परमपवित्रको निम्ति तिमीहरूका छोराहरूलाई आफूसँग भएका सुन र चाँदीसँगै ल्याउनलाई तर्शीशका जहाजहरूले नेतृत्‍व गर्छन्, किनभने उहाँले तँलाई इज्‍जत गर्नुभएको छ ।
ISA 60:10 विदेशीहरूका छोराहरूले तेरा पर्खालहरू पुनःनिर्माण गर्नेछन् र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन् । मेरो क्रोधमा मैले तँलाई दण्ड दिए तापनि मेरो कृपामा म तँलाई दया देखाउनेछु ।
ISA 60:11 तेरा ढोकाहरू पनि निरन्‍तर रूपमा खुला रहनेछ । ती दिन वा रात कहिल्यै बन्द गरिनेछैन, ताकि जातिहरूका सम्पत्ति तिनीहरूका राजाहरूलाई अगि राखेर ल्याउन सकियोस् ।
ISA 60:12 वास्तवमा, तेरो सेवा नगर्ने जातिहरू र राज्यहरू नाश हुनेछन् । ती जातिहरू पुर्ण रूपमा नष्‍ट पारिनेछ ।
ISA 60:13 लेबनानको महिमा तँकहा आउनेछ । सल्‍लो र धूपीका रूखहरू मेरो पवित्रस्थानलाई सुन्दर बनाउन आउनेछन् । अनि म मेरो पाउ राख्‍ने ठाउँलाई महिमित तुल्याउनेछु ।
ISA 60:14 तँलाई तुच्छ पार्नेहरूका छोराहरू तँलाई दण्डवत गर्न आउनेछन् । तिनीहरूले तेरा पाउ ढोग्‍नेछन् । तिनीहरूले तँलाई परमप्रभुको सहर अर्थात् इस्राएलको परमपवित्रको सियोन भन्‍नेछन् ।
ISA 60:15 तँबाट भएर कोही नहिंड्ने गरी त्यागिएको र घृणा गरिएको अवस्‍थामा रहनुको साटोमा, म तँलाई सदाको निम्ति गौरवको वस्तु, पुस्तादेखि पुस्‍तासम्‍मको निम्ति आनन्द बनाउनेछु ।
ISA 60:16 तैंले जातिहरूको दूध पनि पिउनेछस् र राजहरूका दूध कानेछस् । म, परमप्रभु नै तेरो उद्धारक र मुक्‍तिदाता, याकूबको शक्तिशाली हुँ भन्‍ने तैंले जान्‍नेछस् ।
ISA 60:17 काँसाको सट्टामा म सुन ल्‍याउनेछु, फलामको सट्टामा म चाँदी ल्‍याउनेछु । काठको साटो काँसा र ढङ्गाको साटो फलाम ल्याउनेछु । शन्तिलाई म तेरो गभर्नर र न्यायलाई तेरो शासक नियुक्‍त गर्नेछु ।
ISA 60:18 तेरो देशमा हिंसा कदापि सुनिनेछैन, न त तेरो सिमानाभित्र विध्वांस वा तोडफोड सुनिनेछ, तर तैंले तेरा पर्खालहरूलाई मुक्‍ति र तेरा ढोकाहरूलाई प्रशंसा भन्‍नेछस् ।
ISA 60:19 सूर्य दिनमा तेरो प्रकाश हुनेछैन, न त चन्द्रमाको उज्यालो तँमाथि चम्किनेछ । तर परमप्रभु नै तेरो अनन्तको प्रकाश र तेरो परमेश्‍वर नै तेरो महिमा हुनुहुनेछ ।
ISA 60:20 तेरो सूर्य कहिल्यै अस्ताउनेछैन, न त तेरो चन्द्रमा पछि हट्ने र लोप हुनेछ । किनकि परमप्रभु नै तेरो अनन्तको प्रकाश हुनुहुनेछ र तेरा शोकका दिनहरू समाप्‍त हुनेछन् ।
ISA 60:21 तेरा सबै मानिस धर्मी हुनेछन् । तिनीहरूले सदाको निम्ति देश अधिकार गर्नेछन् । म महिमित हुन सकूँ भनेर ती मैले रोपेका बिरुवाका हाँगा र मेरा हातका काम हुन् ।
ISA 60:22 थोरैचाहिं एक हजार हुनेछ, सानो एउटा पनि बलियो जाति हुनेछ । जब समय आउँछ, तब म, परमप्रभुले यी कुराहरू चाँडै नै पुरा गर्नेछु ।
ISA 61:1 परमप्रभु परमेश्‍वरको आत्मा ममाथि हुनुहुन्छ, किनभने कष्‍टमा परेकाहरूलाई सुसमाचार घोषणा गर्न परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ । तोडिएका हृदय भएकाहरूलाई निको पार्न, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र बन्धनमा परेकाहरूलाई कैदबाट छुटकारा दिन उहाँले मलाई पठाउनुभएको छ ।
ISA 61:2 परमप्रभुको कृपाको वर्ष, हाम्रा परमेश्‍वरको बदलाको दिनको घोषणा गर्न र शोक गर्नेहरू सबैलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ ।
ISA 61:3 सियोनमा शोक गर्नेहरू, तिनीहरूलाई खरानीको सट्टामा एउटा मुकुट, शोकको सट्टामा आनन्दको तेल, निराशाको आत्माको सट्टामा प्रशंसाको आवरण दिन, तिनीहरूलाई धर्मिकताका फलाँटहरू, परमप्रभुको बिरुवा भन्‍न उहाँले मलाई पठाउनुभएको छ, ताकि उहाँलाई नै महिमा होस् ।
ISA 61:4 तिनी‍हरूले प्राचीन भग्‍नावशेषहरूको पुनःनिर्माण गर्नेछन् । तिनीहरूले पहिलेका उजाड अवस्‍थाहरूबाट पुनर्स्थापना गर्नेछन् । तिनीहरूले भग्‍नावशेष भएका सहरहरू र पुरानो पुस्‍ताका उजाड अवस्‍थाहरूबाट पुनर्स्थापना गर्नेछन् ।
ISA 61:5 विदेशीहरू खडा हुनेछन् र तिमीहरूका भेडाबाख्रा चराउनेछन्, र विदेशीका छोराहरूले तिमीहरूका खेतबारी र दाखबारीहरूमा काम गर्नेछन् ।
ISA 61:6 तिमीहरूलाई परमप्रभुको पुजारीहरू भनिनेछ । तिनीहरूले तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवकहरू भन्‍नेछन् । तिमीहरूले जातिहरूकि सम्पत्ति खानेछौ र तिनीहरूका धनहरूमा तिमीहरूले गर्व गर्नेछौ ।
ISA 61:7 तिमीहरूको शर्मको साटोमा तिमीहरूले दोब्‍बर पाउनेछौ । अनि अपमनाको साटोमा तिनीहरू आफ्‍ना अंशमा आनन्दित हुनेछन् । यसरी तिनीहरूले आफ्‍नो देशको दोब्‍बर अंश पाउनेछन् । अनन्तको आनन्द तिनीहरूकै हुनेछ ।
ISA 61:8 किनकि म परमप्रभुले न्यान मन पराउँछु र म डकैती र अन्यायलाई घृणा गर्छु । तिनीहरूलाई इमानदार भएर म प्रतिफल दिनेछु र तिनीहरूसित म अनन्तको करार बाँध्‍नेछु ।
ISA 61:9 तिनीहरूका सन्‍तानहरू जातिहरूका माझमा र तिनीहरूका सन्तानहरू मानिसहरूका बिचमा चिनिनेछन् । तिनीहरूलाई देख्‍ने सबैले तिनीहरू परमप्रभुले आशिष् दिनुभएका मानिसहरू हुन् भनी स्वीकार गर्नेछन् ।
ISA 61:10 परप्रभुमा म अत्यन्तै आनन्दित हुनेछु । मेरो परमेश्‍वरमा म धैरै खुसी हुनेछु । किनकि उहाँले मलाई उद्धारको पोशाक लगाउनुभएको छ । उहाँले मलाई धार्मिकताको वस्‍त्रले ढाक्‍नुभएको छ, जसरी एउटा दुलहाले आफूलाई मुकुटले सजाउँछ र एउटी दुलहीले आफूलाई गहनाहरूले सजाउँछे ।
ISA 61:11 किनकि जसरी पृथ्वीले आफ्‍ना बिरुवाहरू उमार्छ र जसरी बगैंचाले त्‍यसका बिरुवाहरू बढाउँछ, त्‍यसरी नै पमरमप्रभु परमेश्‍वरले सबै जातिहरूका सामु धार्मिकता र प्रशंसा निस्‍कने बनाउनुहुनेछ ।
ISA 62:1 किनकि सियोनको खातिर चूप लाग्‍नेछैन र यरूशलेमको खातिर म मौन रहनेछैन, जबसम्‍म त्यसको धार्मिकता चहकिलो रूपमा बढ्‍दैन र त्यसको उद्धार दन्केको एउटा राँकोझैं हुँदैन ।
ISA 62:2 जातिहरूले तेरो धार्मिकता र राजाहरूले तेरो महिमा देख्‍नेछन् । परमप्रभुले चुन्‍नुहुने नयाँ नाउँले तँलाई बोलाइनेछ ।
ISA 62:3 परमप्रभुको हातमा तँ एउटा सुन्दरताको मुकुट र आफ्‍नो परमेश्‍वरको हातमा राजकीय मुकुट हुनेछस् ।
ISA 62:4 तेरो बारेमा कदापि “त्यागिएकी” भनिनेछैनस् । न त तेरो देशलाई फेरि कहिलै “उजाडिएको” भनिनेछ । तँलाई साँच्‍चै, “त्‍योसँग म खुसी छु” र तेरो देशलाई “विवाहित” भनिनेछ, किनकि परमप्रभु तँमा खुसी हुनुहुन्छ र तेरो देश विवाहित हुनेछ ।
ISA 62:5 साँच्‍चै एक जना जवान मानिसले जवान स्‍त्रीलाई विवाह गरेझैं, तेरा छोराहरूले तँलाई विवाह गर्नेछन् । अनि एक जना दुलहा आफ्‍नी दुलहीसँग आनन्‍दित भएझैं तेरा परमेश्‍वर तँसित आनन्‍दित हुनुहुनेछ ।
ISA 62:6 ए यरूशलेम, मैले तेरा पर्खालहरूमा रक्षकहरू राखेको छु । तिनीहरू दिनरात चुप बस्दैनन् । तिमीहरू जो परमप्रभुलाई पुकार्छौ, विश्राम नलेओ ।
ISA 62:7 उहाँले यरूशलेमलाई पुनःस्थापना गरेर र पृथ्वीमा यसलाई प्रशंसा नबनाएसम्म उहाँलाई विश्राम गर्न नदेओ ।
ISA 62:8 परमप्रभुले आफ्नो दाहिने बाहुली र आफ्नो सामर्थ्यद्वारा शपथ खानुभएको छ, “निश्‍चय नै तेरो अन्‍न तेरो शत्रुहरूलाई म फेरि दिनेछैन । विदेशीहरूले तेरो नयाँ दाखमद्य पिउनेछैनन्, जसको निम्ति तैंले काम गरेको छस् ।
ISA 62:9 कटनी गर्नेहरूले त्‍यो खानेछन् र पमरप्रभुको प्रशंसा गर्नेछन् । अनि दाख टिप्‍नेहरूले मेरो पवित्रस्थानको चोकमा दाखमद्य पिउनेछन् ।”
ISA 62:10 ढोकाबाट आओ, ढोकाबाट आओ ! मानिसहरूको निम्ति बाटो तयार पार ! यसलाई निर्माण गर, मुल बाटो बनाओ ! ढुङ्गाहरू बटुल ! जातिहरूको निम्ति संकेतको झन्डा उठाओ ।
ISA 62:11 हेर, परमप्रभुले पृथ्वीको अन्तिम छेउसम्म घोषणा गर्नुहुन्छ, “सियोनकी छोरीलाई भनः हेर्, तेरो मुक्‍तिदाता आउँदैहुनुहुन्छ । हेर्, उहाँको इनाम उहाँसँगै छ र उहाँको प्रतिफल उहाँको अघि जाँदैछ ।”
ISA 62:12 तिनीहरूले तँलाई यसो भन्‍नेछन्, “पवित्र मानिसहरू । परमप्रभुले उद्धार गर्नुभएकाहरू,” अनि तँलाई “खोजिएको । नत्यागिएको सहर” भनिनेछ ।
ISA 63:1 उहाँ को हुनुहुन्‍छ जो एदोमबाट, बोज्राबाट रातो पहिरनमा आउनुहुन्‍छ? जो आफ्‍नो महान् सामर्थ्यको कारणले राजकीय पोशाकमा रवाफका साथ आउँदै हुनुहुन्‍छ? धार्मिकतामा बोल्ने र बचाउनलाई शक्तिशाली रूपमा सक्षम म नै हुँ?
ISA 63:2 तपाईंका पोशाकहरू किन राता छन् र तपाईंले दाखको कोलमा दाख पेल्नुभएको जस्तो ती किन देखिन्‍छन्?
ISA 63:3 मैले दाखको कोलमा एक्‍लै दाख पेलेको छु, र जातिहरूबाट कोही पनि मसँग सहभागी भएनन् । मैले आफ्‍नो क्रोधमा तिनीहरूलाई पेलें र आफ्‍नो रिसमा तिनीहरूलाई कुल्चें । तिनीहरूका रगत मेरो लुगाहरूमा छ्यापिएका छन् र मेरा सबै लुगाहरूमा दाख लागेको छ ।
ISA 63:4 किनकि मैले बदला लिने दिनको आशा गरें र मेरो उद्धारको वर्ष आइपुगेको थियो ।
ISA 63:5 मैले हेरें र सहायता गर्ने कोही एक जना पनि थिएन । सहयता गर्नलाई त्‍यहाँ कोही एक जना पनि नभएको देखेर म छक्‍क परें, तर मेरो आफ्नै हातले मेरो निम्‍ति विजय ल्‍यायो र मेरो कडा रिसले मलाई डोर्‍यायो ।
ISA 63:6 आफ्‍नो क्रोधमा मैले मानिसहरूलाई कुल्चें र तिनीहरूलाई मेरो क्रोधमा पिउन लगाएँ । अनि तिनीहरूका रगतलाई मैले पृथ्वीमा खन्याएँ ।
ISA 63:7 परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरू र परमप्रभुको प्रशंसायोग्य कामहरू म भन्‍नेछु । परमप्रभुले हाम्रा निम्‍ति गर्नुभएको सबै काम र इस्राएलको घरानाप्रति उहाँका महान् भलाइको बारेमा म भन्‍नेछु । उहाँको दया र करारको विश्‍वस्‍तताका धेरै वटा कामहरूका कारणले उहाँले यो दया हामीलाई देखाउनुभएको छ ।
ISA 63:8 किनकि उहाँले भन्‍नुभयो, “निश्‍चय नै तिनीहरू मेरा मानिसहरू हुन्, छोराछोरी जो बेइमान छैनन् ।” उहाँ तिनीहरूका मुक्‍तिदाता हुनुभयो ।
ISA 63:9 तिनीहरूका सबै कष्‍टहरूद्वारा उहाँले पनि कष्‍ट भोग्‍नुभयो, र उहाँको उपस्थितिको स्वर्गदूतले तिनीहरूलाई बचायो । आफ्‍नो प्रेम र दयामा उहाँले तिनीहरूलाई बचाउनुभयो र उहाँले तिनिहरूलाई माथि उठाउनुभयो र सारा प्राचीन समयभरि तिनीहरूलाई बोक्‍नुभयो ।
ISA 63:10 तर तिनीहरूले विद्रोह गरे र पवित्र आत्मालाई दुःखी तुल्याए । यसरी उहाँ तिनीहरूका शत्रु हुनुभयो र तिनीहरूका विरुद्धमा युद्ध गर्नुभयो ।
ISA 63:11 उहाँका मानिसहरूले मोशाको प्राचीन समयको बारेमा विचार गरे । तिनीहरूले भने, “ परमेश्‍वर कहाँ हुनुहुन्छ जसले आफ्‍ना बथानका गोठालाहरूसँगै तिनीहरूलाई समुद्रबाट ल्याउनुभयो? परमेश्‍वर कहाँ हुनुहुन्छ जसले आफ्‍नो पवित्र आत्मा तिनीहरूका बिचमा राख्‍नुभयो?
ISA 63:12 परमेश्‍वर कहाँ हुनुहुन्छ जसले मोशाको दाहिने हातसँगै आफ्‍नो महिमित शक्ति जान दिनुभयो र आफ्‍नो निम्ति अनन्तको नाउँ बनाउन तिनीहरूका सामु भएको पानीलाई विभाजन गर्नुभयो?
ISA 63:13 परमेश्‍वर कहाँ हुनुहुन्छ जसले तिनीहरूलाई गहिरो पानीबाट डोर्‍याउनुभयो? मैदानमा घोडा दौडेझैं, तिनीहरूले ठेस खाएनन् ।
ISA 63:14 गाइवस्तु बेसीमा झरेझैं, परमप्रभुको आत्माले तिनीहरूलाई विश्राम दिनुभयो । यसरी आफ्‍नो निम्‍ति प्रशंसाको नाउँ बनाउनलाई तपाईंले आफ्‍ना मानिसहरूलाई डोर्‍याउनुभयो?
ISA 63:15 स्वर्गबाट तल हेर्नुहोस् र आफ्‍नो पवित्र र महिमित वासस्थानबाट दृष्‍टि लगाउनुहोस् । तपाईंको जोश र तपाईंको शक्तिशाली कामहरू कहाँ छन्? तपाईंको दया र तपाईंको कृपापुर्ण कामहरू हामीबाट अलग राखिएका छन् ।
ISA 63:16 किनकि तपाईं हाम्रा पिता हुनुहुन्छ । अब्राहामले हामीलाई नचिने र इस्राएलले हामीलाई नचिने तापनि, तपाईं परमप्रभु हाम्रो पिता हुनुहुन्छ । प्राचीन समयदेखि तपाईंको नाउँ 'हाम्रा उद्धारक' हो ।
ISA 63:17 हे परमप्रभु, हामीलाई किन तपाईंको मार्गहरूबाट तर्कने र हाम्रा हृदयहरूलाई कठोर पार्ने बनाउनुहुन्छ, यसैले हामीले तपाईंका आज्ञा पालन गर्दैनौं? तपाईंको सेवक, तपाईंको उत्तराधिकारका कुलहरूका निम्‍ति फर्कनुहोस् ।
ISA 63:18 तपाईंका मानिसहरूले तपाईंको पवित्र ठाउँलाई छोटो समय अधिकार गरे, तर हाम्रा शत्रुहरूले त्‍यसलाई कुल्चे ।
ISA 63:19 हामी त तपाईंले हामीमाथि कहिल्यै शासन नगर्नुभएजस्तो र तपाईंको नाउँद्वारा कहिल्यै नबोलाइएजस्तै भएका छौं।”
ISA 64:1 ओहो, तपाईंले आकाशलाई चिरेर खोल्‍नुभएको र तल आउनुभएको भए त हुन्थ्यो ! तपाईंको उपस्थितिमा पहाडहरू काम्‍ने थिए,
ISA 64:2 जसरी आगोले अम्रिसो जलाउँछ वा आगोले पानी उमाल्छ । ओहो, तपाईंका विरोधीहरूले तपाईंको नाउँ जानेको भए त , तपाईंको उपस्थितिमा जातिहरू काम्‍ने थिए ।
ISA 64:3 पहिले हामीले आशा नै नगरेको अचम्मका कामहरू तपाईंले गर्नुहुँदा, तपाईं तल आउनुभयो र तपाईंको उपस्थितिमा पहडाहरू कामे ।
ISA 64:4 प्रचीन समयदेखि नै कसैले पनि सुनेको वा देखेको छैनन्, न त आँखाले तपाईंबाहेक अरू कुनै परमेश्‍वरलाई देखेको छन्, जसले आफ्‍नो आशा गर्नेहरूका निम्ति कामहरू गर्नुहुन्‍छ ।
ISA 64:5 जे ठिक छ त्यो गर्न खुसी हुने, तपाईंका मार्गहरू मनमा याद गर्ने र तिनीहरूलाई पालन गर्नेहरूलाई सहायता गर्न तपाईं आउनुहुन्छ । हामीले पाप गर्दा तपाईं रिसाउनुभयो । तपाईंका मर्गहरूमा हामी सधैं बचाइनेछौं।
ISA 64:6 किनकि हामी सबै अशुद्धझैं भएका छौं र हाम्रा सबै धार्मिक कामहरू महिनावारीको कपडाझैं भएका छन् । हामी सबै पातहरू झैं ओइलाएका छौं । हावाले झैं हाम्रा अपराधहरूले हामीलाई उडाएर दलान्छन् ।
ISA 64:7 तपाईंको नाउँ पुकार्ने कोही छैन, तपाईंलाई समात्‍ने कोसिस गर्ने कोही छैन । किनकि तपाईंले हामीबाट आफ्‍नो अनुहार लुकाउनुभएको छ र हाम्रा अधर्महरूका हातमा हामीलाई बेकम्‍मा बनाउनुभएको छ ।
ISA 64:8 तापनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ । हामी माटो हौं । तपाईं हाम्रो कुमाले हुनुहुन्छ । अनि हामी सबै तपाईंको हातका काम हौं ।
ISA 64:9 हे परमप्रभु, हामीसँग नरिसाउनुहोस्, न त तपाईंको मनमा हाम्रो विरुद्धमा निनुहोस् । कृपया हामी तपाईंका मानिसहरूलाई हेर्नुहोस् ।
ISA 64:10 तपाईंका पवित्र सहरहरू उजाड-स्थान भएका छन् । सियोन उजाड-स्थान, यरूशलेम निर्जन भएको छ ।
ISA 64:11 हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेको हाम्रो पवित्र र सुन्दर मन्दिर आगोले नष्‍ट भएको छ र ज्‍यादै प्रिय कुराहरू सबै भग्‍नावशेष भएका छन् ।
ISA 64:12 हे परमप्रभु, तपाईं कसरी अझै पछि हट्‍नुहुन्छ? तपाईं कसरी शान्‍त बस्‍न र हामीलाई निरन्तर अपमानित हुन हुन दिनुहुन्छ?”
ISA 65:1 “जसले सोधेनन् तिनीहरूद्वारा खोजिन म तयार थिएँ । जसले खोजेनन् तिनीहरूद्वारा भेट्टाइन म तयार थिएँ । मेरो नाउँ नपुकार्ने जातिलाई मैले भनें, 'म यहीं छु । म यहीं छु ।’
ISA 65:2 हठी मानिसहरूलाई दिनभरि मैले आफ्‍ना हातहरू फैलाएको छु, जो त्यस्ता मार्ग हिंड्छन् जुन असल छैन, जो तिनीहरूका आफ्नै विचारहरू र योजनाहरूमा हिंडेका छन् ।
ISA 65:3 तिनीहरूले मलाई बगैंचामा बलिदान चढाएर र इँटको वेदीमाथि धूप बालेर मलाई निरन्तर क्रोधित बनाए ।
ISA 65:4 तिनीहरू चिहानहरूका वरिपरि बस्छन् र रातभरि जाग्राम बस्छन् अनि आफ्‍ना भाँडाहरूमा अशुद्ध मासुको झोलसँगै सुँगुरको मासु खान्छन् ।
ISA 65:5 तिनीहरू भन्छन्, “टाढै खडा हो, मेरो नजिक नआइज, किनकि तँभन्दा म पवित्र छु ।' यी कुराहरू मेरो नाकमा दिनभरि बल्‍ने आगो धूँवा हुन् ।
ISA 65:6 हेर, मेरो सामु यस्तो लेखिएको छः म चूपचाप रहनेछैनँ, किनकि तिनीहरूलाई म साटो फेर्नेछु । तिनीहरूकै काखमा तिनीहरूलाई म बदला दिनेछु,
ISA 65:7 तिनीहरूका पापहरू र तिनीहरूका पुर्खाहरूका पापहरूको निम्ति एकसाथ,” परमप्रभु भन्‍नुहुन्छ । “डाँडाहरूमाथि धूप बालेको र पहाडहरूमाथि मेरो गिल्‍ला गरेकोमा म तिनीहरूसँग बदला लिनेछु । यसकारण तिनीहरूको विगतका कामहरूलाई तिनीहरूको काखमा म नापिदिनेछु ।”
ISA 65:8 परमप्रभु यसो यसो भन्‍नुहुन्छ, “दाखको झुप्‍पामा रस भेट्टाउँदा, एक जनाले 'यसलाई नाश नपार, किनकि यसमा असल कुरा छ' भने जस्तो हो । मेरो सेवकको खतिर म यसै गर्नेछुः तिनीहरू सबैलाई म नाश गर्नेछैन ।
ISA 65:9 याकूब र यहूदाका सन्तानहरूलाई म ल्याउनेछु, जसले मेरो पर्वतहरू अधिकार गर्नेछन् । मेरा चुनिएका जनहरूले देशलाई अधिकार गर्नेछन् र मेरा सेवकहरू त्यहाँ बस्‍नेछन् ।
ISA 65:10 मलाई खोज्‍ने मेरा मानिसहरूका निम्ति शारोन भेडाबाख्राको चरन र आकोरको बेसी गाईवस्तुको विश्राम गर्ने ठाउँ बन्‍नेछन् ।
ISA 65:11 तर तिमीहरू जसले परमप्रभुलाई त्याग्छौ, जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, जसले भाग्य-देवको निम्ति टेबल तयार पार्छौ र भावी-देवीको निम्ति मिसाएको मद्यका गिलासहरू भर्छौ ।
ISA 65:12 तिमीहरूलाई म तरवारको निम्ति खटाउनेछु र तिमीहरू सबै जना हत्‍यारा सामु घोप्‍टिनेछौ, किनभने मैले तिमीहरूलाई बोलाउँदा तिमीहरूले जवाफ दिएनौ । म बोल्दा तिमीहरूले सुनेनौ । तर तिमीहरूले मेरो दृष्‍टिमा जे खराब थियो त्यही गर्‍यौ र मलाई खसी नपार्ने काम गर्न रोज्‍यौ ।”
ISA 65:13 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, “हेर, मेरा सेवकहरूले खानेछन्, तर तिमीहरू भोकै हुनेछौ । मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरू तिर्खाउनेछौ । मेरा सेवकहरूले आनन्दित हुनेछन्, तर तिमीहरू लाजमा पर्नेछौ ।
ISA 65:14 हेर, हृदयको खुसीको कारणले मेरा सेवकहरू आनन्दसाथ कराउनेछन्, तर तिमीहरू हृदयको पीडाको कारणले कराउनेछौ र आत्माको पीडाको कारणले विलाप गर्नेछौ ।
ISA 65:15 मेरा चुनिएका जनहरूलाई बोल्न तिमीहरूले सरापको रूपमा आफ्‍ना नाउँ छोड्नेछौ । म परमप्रभु परमेश्‍वरले नै तिमीहरूलाई मार्नेछु । म मेरा सेवकहरूलाई म अर्कै नाउँले बोलाउनेछु ।
ISA 65:16 पृथ्वीमा आशिष् दिनेहरू मद्वारा अर्थात् सत्यताको परमेश्‍वरद्वारा आशिषित्‌ हुनेछन् । पृथ्वीमा शपथ लिनेले मेरो अर्थात् सत्यताको परमेश्‍वरको नाउँमा शपथ लिनेछ, किनभने पहिलेका कष्‍टहरू बिर्सिइनेछन्, किनकि ती मेरा दृष्‍टिबाट लुकाइनेछन् ।
ISA 65:17 किनकि हेर, मैले नयाँ आकाश र नयाँ पृथ्वी सृष्‍टि गर्न लागेको छु । अनि पहिले कुराहरू याद हुने वा मनमा आउनेछैन ।
ISA 65:18 तर मैले सृष्‍टि गर्न लागेको कुरामा तिमीहरू सदासर्वदा खुसी र आनन्दित हुनेछौ । हेर, यरूशलेमलाई आनन्दको रूपमा र त्यसका मानिसहरूलाई खुसीको रूपमा मैले सृष्‍टि गर्न लागेको छु ।
ISA 65:19 यरूशलेमसित म आनन्दित र मेरा मानिसहरूसित खुसी हुनेछु । त्यसमा रुवाइ र कष्‍टको सोर कदापि सुनिनेछैन ।
ISA 65:20 त्यहाँ बालक फेरि कहिल्यै केही दिन मात्र जिउनेछैन । न त वृद्ध मानिस अकालमा मर्नेछ । एक सय वर्षको उमेरमा मर्ने व्यक्‍तिलाई जवान भनिनेछ । एक सय वर्षको उमेरसम्म पुग्‍न नसक्‍ने कुनै पनि व्यक्‍ति श्रापित ठानिनेछ ।
ISA 65:21 तिनीहरूले घरहरू बनाउनेछन् र तिनमा बसोवास गर्नेछन् । तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनका फल खानेछन् ।
ISA 65:22 तिनीहरूले घर निर्माण गरेपछि फेरि त्‍यसमा अरू कोही बस्‍ने कुरा कदापि हुनेछैन । तिनीहरूले रोप्‍ने र फल अरूले खाने हुनेछैन, किनकि मानिसहरूका दिनहरू रूखहरूका दिनहरू जस्तै हुनेछ । मेरा चुनिएकाहरूले आफ्‍ना हातका कामको पुर्ण रूपमा उपभोग गर्नेछन् ।
ISA 65:23 तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न त निराशामा जन्‍म दिनेछन् । किनकि तिनीहरू र तिनीहरूसँगै तिनीहरूका सन्तानहरू पनि परमप्रभुद्वारा आशिष् दिइएका सन्तानहरू हुन् ।
ISA 65:24 तिनीहरूले पुकार्नअगि म जवाफ दिनेछु । अनि तिनीहरू बोल्दै गर्दा नै मैले सुन्‍नेछु ।
ISA 65:25 ब्वाँसो र थुमा सँगै चर्नेछन्, र सिंहले गोरूले झैं पराल खानेछ । तर सर्पको खाना धूलो हुनेछ । तिनीहरूले मेरो सबै पवित्र पहाडमाथि फेरि चोट पुर्‍याउनेछैनन् न त विनाश गर्नेछन्,” परमप्रभु भन्‍नुहुन्छ ।
ISA 66:1 परमप्रभु यसो भन्‍नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो र पृथ्वी मेरो पाउदान हो । तब तिमीहरूले मेरो निम्ति भवन कहाँ बनाउने छौ? मैले विश्राम गर्ने ठाउँ कहाँ छ?
ISA 66:2 यो परमप्रभुको घोषणा हो, “यी सबै कुराहरू मेरै हातले बनाएका हुन् । यसरी नै ती हुन आए ।” मैले स्‍याबसी दिने मानिस यही हो, जो आत्मामा तोडिएको र चूर्ण छ र जो मेरो वचनमा काम्दछ ।
ISA 66:3 जसले गोरु मार्छ त्यसले मानिसको हत्या पनि गर्छ । जसले थुमा बलि चढाउँछ, त्यसले कुकुरको घाँटी पनि भाँच्छ । जसले अन्‍नबलि चढाउँछ त्यसले सुँगुरको रगत पनि चढाउँछ । जसले सम्झना स्वरूप धूप चढाउँछ, त्यसले दुष्‍टतालाई पनि आशिष् दिन्‍छ । तिनीहरूले आफ्नै मार्गहरू रोजेका छन् र आफ्‍ना घृणित थोकहरूमा तिनीहरू रमाउँछन् ।
ISA 66:4 त्यसरी नै तिनीहरूको आफ्नो दण्ड म चुन्‍नेछु । तिनीहरूले जे कुराको डर मान्छन् त्यही नै म तिनीहरूमा ल्याउनेछु किनभने मैले बोलाउँदा कसैले जवाफ दिएन । मैले बोलाउँदा कसैले सुनेन । मेरो दृष्‍टिमा जे खराब थियो तिनीहरूले त्यही गरे र मलाई जे कुराले खुसी पर्दैन त्यही गरे ।”
ISA 66:5 परमप्रभुको वचनमा काम्‍नेहरू हो, उहाँको वचन सुन, “तिमीहरूलाई मेरो नाउँको कारणले घृणा गर्ने र बहिस्कार गर्ने तिमीहरूका भाइहरूले भनेका छन्, 'परमप्रभु महिमित हुनुभएको होस्, अनि हामीले तिमीहरूको आनन्द देख्‍नेछौँ,' तर तिनीहरू शर्ममा पारिनेछन् ।
ISA 66:6 सहरबाट युद्धको होहल्लाको आवाज आउँछ, मन्दिरबाट एउटा आवाज, परमप्रभुले आफ्‍ना शत्रुहरूलाई बदला लिनुभएको आवाज आउँछ ।
ISA 66:7 प्रसवको वेथा लाग्‍नुभन्‍दा पहिले नै त्यसले बालक जन्माउनेछे । त्यसमाथि पीडा आउनअगि नै त्यसले छोरा जन्माई ।
ISA 66:8 यस्तो कुरा कसले सुनेको छ? यस्तो कुरा कसले देखेको छ? के देश एकै दिनमा जन्मन्छ? के जाति एकै क्षणमा स्थापित हुन सक्छ? तापनि सियोन प्रसवको वेथामा जाने बित्तिकै, त्यसले आफ्‍ना छोराछोरी जन्माउँछे ।
ISA 66:9 परमप्रभु सोध्‍नुहुन्छ, “के म बालकलाई जन्मने समयमा ल्याउँ, अनि बालकलाई जन्मिन नदिऊँ? वा के म बालकलाई जन्‍मने क्षणमा ल्याउँ र त्‍यसलाई पछाडि धकेलूँ? तेरा परमेश्‍वर सोध्‍नुहुन्छ ।”
ISA 66:10 यरूशलेमसित आनन्दित होओ र त्यसको निम्ति खुसी होओ, तिमीहरू सबै जसले त्यसलाई प्रेम गर्छौ । त्यसको निम्ति विलाप गर्नेहरू सबै त्योसँगै आनन्दित होओ ।
ISA 66:11 किनकि तिमीहरू खानेछौ र तृप्‍त हुनेछौ । त्यसका स्तनहरूले तिमीहरूलाई सान्त्वना दिनेछ, किनकि तिमीहरू आघाउञ्‍जेल ती पिउनेछौ र त्यसको महिमाको प्रशस्ततासँगै खुसी हुनेछौ ।
ISA 66:12 परमप्रभु यसो भन्‍नुहुन्छ, “त्यसमाथि समृद्धिलाई नदीझैं र जातिहरूका धनलाई उर्लेको खोलाझैं मैले फिंजाउन लागेको छु । तिमीहरूले त्यसको तर्फबाट पालनपोषण गर्नेछौ, त्यसको बाहुलीमा बोकिनेछौ र त्यसको घुँडामा खेलाइनेछौ ।
ISA 66:13 आमाले आफ्‍नो बालकलाई सान्त्वना दिएझैं म तिमीहरूलाई सान्त्वना दिनेछु, र यरूशलेममा तिमीहरूले सान्त्वना पाउनेछौ ।”
ISA 66:14 तिमीहरूले यो देख्‍नेछौ र तिमीहरूको हृदय आनन्दित हुनेछ, तिमीहरूका हड्‍डीहरू कलिलो घाँसझैं पलाउनेछ । परमप्रभुको बाहुलीले आफ्‍ना सेवकहरूलाई प्रकट गर्नेछ, तर आफ्ना शत्रहरूका विरुद्धमा उहाँले आफ्‍नो रिस प्रकट गर्नुहुनेछ ।
ISA 66:15 हेर, परमप्रभु आगोसँगै आउँदै हुनुहुन्छ, र उहाँको क्रोधको ताप र आगोको ज्वालासँगै उहाँको हप्‍की ल्याउनलाई उहाका रथहरूचाहिं आँधीझैं आउँदैछन् ।
ISA 66:16 किनकि परमप्रभुले आगोद्वारा र आफ्‍नो तरवारले मानवजातिमाथि न्याय गर्नुहुन्छ । परमप्रभुद्वारा मारिनेहरू धैरै हुनेछन् ।
ISA 66:17 तिनीहरू आफैलाई पवित्र पार्छन् र आफैलाई शुद्ध पार्छन्, ताकि सुँगुरको मासु र मुसाजस्तै घिन लाग्‍दा थोकहरू खानेको पछि लागेर बगैंचाभित्र जान सकून् । तिनीहरूको अन्त्य हुनेछ— यो परमप्रभुको घोषणा हो ।
ISA 66:18 किनकि तिनीहरूका कामहरू र तिनीहरूका विचारहरू म जान्दछु । सबै जातिहरू र भाषाहरू मैले भेला पार्ने समय आउँदैछ । तिनीहरू आउनेछन् र मेरो महिमा देख्‍नेछन् ।
ISA 66:19 तिनीहरूको माझमा म आफ्‍नो एउटा शक्तिशाली चिन्ह खडा गर्नेछु । तब म तिनीहरूबाट बाँचेकाहरूलाई जातिहरूकहाँ: तर्शीश, पुट र लुड, आफ्‍ना धनु तान्‍ने धनुर्धारीहरू, तुबल, जावन र टाढाका समुद्रका किनारतिर पठाउनेछु जहाँ तिनीहरूले मेरो बारेमा सुनेका छैनन्, न त मेरो महिमा देखेका छैन् । तिनीहरूले जातिहरूका माझमा मेरो महिमाको घोषणा गर्नेछन् ।
ISA 66:20 तिनीहरूले तिमीहरूका सबै भाइहरूलाई परमप्रभुको निम्ति बलिदान झैं सबै जातिहरूबाट फिर्ता ल्याउनेछन् । तिनीहरू घोडाहरूमा, रथहरूमा, गाडाहरूमा, खच्‍चरहरूमा र ऊँटहरूमा चढेर मेरो पवित्र पर्वत यरूशलेममा आउनेछन्, परमप्रभु भन्‍नुहुन्छ । किनकि इस्राएलका मानिसहरूले परमप्रभुको भवनमा एउटा शद्ध भाँडामा अन्‍नबलि ल्याउनेछन् ।
ISA 66:21 यिनीहरूमध्ये कसैलाई म पुजारीहरू र लेवीहरूको रूपमा पनि चुन्‍नेछु, परमप्रभु भन्‍नुहुन्छ ।
ISA 66:22 किनकि, यो परमप्रभुको घोषणा हो, जसरी मैले बनाउने नयाँ आकाश र नयाँ पृथ्वी मेरो सामु रहनेछन्, त्यसरी नै तिमीहरूका सन्तानहरू र तिमीहरूको नाउँ मेरो सामु रहनेछ ।
ISA 66:23 एक महिनेदेखि अर्कोसम्‍म र एक शबाथ-दिनदेखि अर्कोसम्‍म सबै मानिसहरू मलाई दण्डवत गर्न आउनेछन्, परमप्रभु भन्‍नुहुन्छ ।
ISA 66:24 तिनीहरू बाहिर जानेछन् र मेरो विरुद्धमा विद्रोह गर्ने मानिसहरूको लासहरू हेर्नेछन्, किनकि तिनीहरूलाई खाने कीराहरू मर्नेछैनन् र तिनीहरूलाई जलाउने आगो निभ्‍नेछैन । यो सबै मानिसहरूका निम्ति एउटा घृणा हुनेछ ।"
JER 1:1 बेन्यामीनको क्षेत्रमा पर्ने अनातोतका पुजारीहरूमध्ये एक जना हिल्कियाहका छोरा यर्मियाका वचन यिनै हुन् ।
JER 1:2 यहूदाका राजा अमोनका छोरा योशियाहको शासनकालको तेह्रौं वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो ।
JER 1:3 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको समयदेखि यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको एघारौं वर्षको पाँचौं महिनासम्म, यरूशलेमका मानिसहरू कैदीका रूपमा नलगिएसम्‍म नै परमप्रभुको वचन आइरह्यो ।
JER 1:4 परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,
JER 1:5 “मैले तँलाई गर्भमा रच्नुभन्दा पहिले, मैले तँलाई चुनें । तँ गर्भबाट बाहिर आउनुअगि मैले तँलाई अलग गरें । मैले तँलाई जाति-जातिहरूका निम्ति अगमवक्ता बनाएँ ।
JER 1:6 मैले भनें, “हे परमप्रभु परमेश्‍वर, कसरी बोल्ने भनी मलाई थाहा छैन, किनकि म त धेरै सानो बालक छु ।”
JER 1:7 तर परमप्रभुले मलाई भन्‍नुभयो, “ यसो नभन्, 'म सानो बालक छु' । मैले पठाउने हरेक ठाउँमा तँ जानैपर्छ, र मैले तँलाई आज्ञा गर्ने हरेक कुरा तैंले भनैपर्छ ।
JER 1:8 तिनीहरूदेखि नडरा, किनकि तेरो उद्धार गर्न म तँसित छु, यो परमप्रभुको घोषणा हो ।”
JER 1:9 तब परमप्रभुले आफ्नो हात पसार्नुभयो, मेरो मुख छुनुभयो, र मलाई भन्‍नुभयो, “अब मैले तेरो मुखमा मेरो वचन हालिदिएको छु ।
JER 1:10 उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, बनाउन र रोप्न, आज मैले तँलाई जातिहरू र राज्यहरूमाथि नियुक्त गर्दैछु ।”
JER 1:11 परमप्रभुको वचन मकहाँ यसो भनेर आयो, “ए यर्मिया, तँ के देख्छस् ?” मैले भनें, “हाडे-बदामको एउटा हाँगा म देख्छु ।”
JER 1:12 परमप्रभुले मलाई भन्‍नुभयो, “तैंले राम्ररी देखेको छस्, किनकि आफ्‍नो वचन पुरा गर्नलाई म त्‍यसलाई नियालेर हेर्दैछु ।”
JER 1:13 परमप्रभुको वचन दोस्रो पटक मकहाँ यसो भनेर आयो, “तैंले के देख्छस् ?” मैले भनें, “म एउटा तताइएको भाँडो देख्छु जसको माथिल्लो सतह छचल्‍किएर उत्तर दिशाबाट घोप्टिहरेको छ ।”
JER 1:14 परमप्रभुले मलाई भन्‍नुभयो, “यस देशमा बस्‍ने सबैमाथि विपत्ति उत्तर दिशाबाट नै आउन सुरु हुनेछ ।
JER 1:15 किनकि मैले उत्तरी राज्यहरूका सबै कुललाई बोलाउँदैछु भनी यो परमप्रभुको घोषणा हो । तिनीहरू आउनेछन्, र यरूशलेमका मूल ढोकाहरूको प्रवेशद्वारमा आ-आफ्नो सिंहासन स्थापित गर्नेछन्, अनि तिनीहरू यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरको विरुद्धमा लाग्‍नेछन् ।
JER 1:16 अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।
JER 1:17 आफूलाई तयार पार! खडा हो, र मैले तँलाई जे आज्ञा गर्छु, त्यो तिनीहरूलाई भन् । तिनीहरूको सामु नडरा, अन्‍यथा तिनीहरूका सामु म तँलाई नै डरमा पार्नेछु ।
JER 1:18 हेर, सारा देश अर्थात् यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू र देशका मानिसको विरुद्धमा आज मैले तँलाई एउटा किल्लाबन्दी गरिएको सहर, फलामे खम्बा र काँसाको पर्खाल बनाएको छु ।
JER 1:19 तिनीहरू तेरो विरुद्धमा लड्नेछन्, तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तेरो उद्धार गर्न म तँसितै हुनेछु, यो परमप्रभुको घोषणा हो ।”
JER 2:1 परमप्रभुको वचन मकहाँ यसो भनेर आयो,
JER 2:2 “जा र यरूशलेमले सुन्‍ने गरी घोषणा गर् । यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्छः तेरो युवावस्थामा भएको करारको विश्‍वसनियता, हाम्रो मगनी भएको बेलाको तेरो प्रेम, बीउ नछरिएको त्यस देशको उजाड-स्थानमा तँ मेरो पछि लागेको समयलाई याद गर्न मैले तँलाई बोलाएको छु ।
JER 2:3 परमपप्रभुको फसलको अगौटे फल इस्राएललाई उहाँको निम्ति अलग गरियो । अगौटे फलबाट खाने सबै जना दोषी ठहरिए । तिनीहरूमाथि विपत्ति आइपर्‍यो, यो परमप्रभुको घोषणा हो ' ।”
JER 2:4 हे याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन ।
JER 2:5 परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूका पुर्खाहरूले ममा के गल्ति भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए ? तिनीहरू बेकम्मा मुर्तिहरूको पछि गए र आफै बेकम्मा भए ।
JER 2:6 तिनीहरूले यसो भनेनन्, 'हामीलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु कहाँ हुनुहुन्छ ? हामीलाई उजाड-स्थानमा, अराबाको देश र खाडलहरूमा, सुख्‍खा र घोर अन्धकारको देशमा, कोही नजाने र कोही नबस्‍ने देशमा अगुवाइ गर्नुहुने परमप्रभु कहाँ हुनुहुन्छ ?
JER 2:7 तर मैले तिमीहरूलाई कर्मेलको फल र अन्य असल खानेकुराहरू खान त्‍यस देशमा ल्याएँ । तापनि जब तिमीहरू आयौ, तिमीहरूले मेरो देशलाई दुषित पार्‍यौ । तिमीहरूले मेरो उत्तराधिकारलाई घृणित बनायौ ।
JER 2:8 पुजारीले सोधेन, 'परमप्रभु कहाँ हुनुहुन्छ ?', र व्यवस्थाका ज्ञाताहरूले मेरो बारेमा वास्तै गरेनन् । गोठालाहरूले मेरो विरुद्धमा अपराध गरे । अगमवक्ताहरूले बाल देवताको लागि अगमवाणी बोले, र व्यर्थैका कुराहरूको पछि लागे ।
JER 2:9 त्यसैले परमप्रभु घोषणा गर्नुहुन्छ, म अझै पनि तिमीहरूलाई दोष लगाउनेछु र तिमीहरूका छोराहरूलाई दोष लगाउनेछु ।
JER 2:10 किनकि कित्तीमका किनारहरू पार गर र हेर । केदारमा सन्देशवाहकहरू पठाओ र पत्ता लगाओ, र त्यहाँ यस्तो काम पहिले कहिल्यै भएको रहेछ कि भनी हेर ।
JER 2:11 के कुनै जातिले आफ्ना देवताहरू साटेका छन् ? यद्यपि ती देवताहरू नै थिएनन् । तर जुन कुराले मेरो जातिलाई मदत गर्न सक्दैन, तिनै कुरासित तिनीहरूले आफ्‍नो महिमालाई साटेका छन् ।
JER 2:12 यही कारणले गर्दा हे आकाशमण्डल, थरथर हो, चकित हो र डरले काँप, यो परमप्रभुको घोषणा हो ।
JER 2:13 किनकि मेरो जातिले मेरो विरुद्धमा दुईवटा दुष्‍ट काम गरेको छः तिनीहरूले जिउँदो पानीको मुललाई त्यागेका छन्, र तिनीहरूले आफ्नै निम्ति पानी चुहिने कुवाहरू खनेका छन् ।
JER 2:14 के इस्राएल दास हो ? के त्यो आफ्नो मालिकको घरमा जन्मेको थियो ? त्यसो भए, त्यो किन लुटको माल भएको छ त ?
JER 2:15 जवान सिंहहरू त्यसको विरुद्धमा गर्जे । तिनीहरूले ठुलो स्‍वरले गर्जेका छन्, र त्यसको देशलाई त्रसित पारेका छन् । त्यसका सहरहरू बासिन्दाहरू नरहने गरी नष्‍ट पारिएका छन् ।
JER 2:16 साथै, मेम्फिस र तहपनेसका मानिसहरूले तेरो शिर खौरिनेछन् ।
JER 2:17 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अगुवाइ गरिरहनुहुँदा तिमीहरूले उहाँलाई त्यागेर के यो तिमीहरू आफ्‍नै निम्‍ति गरेका होइनौ र ?
JER 2:18 त्यसैले अब, शिहोर नदीको पानी पिउन किन मिश्रदेशमा पुर्‍याउने बाटो भएर जान्छौ ? यूफ्रेटिस नदीको पानी पिउन किन अश्शूरमा पुर्‍याउने बाटो भएर जान्छौ ?
JER 2:19 तिमीहरूको दुष्‍टताले नै तिमीहरूलाई हप्काउँछ, र तिमीहरूको अविश्‍वासले नै तिमीहरूलाई दण्ड दिन्छ । त्यसैले यसबारे विचार गर, र बुझ, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यागेर उहाँको डर नमान्‍नु भनेको दुष्‍ट र तितो कुरा हो, यो सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।
JER 2:20 किनकि तँसित प्राचिन समयमा भएको तेरो जुवा मैले भाँचिदिएँ । मैले तेरा बन्धनहरू फुकाइदिएँ । तरै पनि तैंले भनिस्, 'म तपाईंको सेवा गर्नेछैनँ!' किनकि हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि तैंले आफ्‍नो शिर झुकाइस्, तँ वेश्‍या होस् ।
JER 2:21 मैले तँलाई पूर्ण रूपले शुद्ध बीउबाट असल दाखको बोटको रूपमा रोपेको थिएँ । तब तैंले आफैलाई भ्रष्‍ट र बेकम्मा दाखको बोटको रूपमा कसरी परिवर्तन गरिस् ?
JER 2:22 तैंले आफैलाई नदीमा सफा गरिस् वा साबुनले धोइस् भने पनि, तेरो अधर्म मेरो सामु दागझैं छ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
JER 2:23 'म बिटुलो पारिएको छैनँ! म बाल देवताको पछि लागेको छैनँ' भनी तैले कसरी भन्‍न सक्छस् ? तैंले उपत्यकाहरूमा के गरिस्, सो हेर् । तैंले गरेको कुरालाई विचार गर् । तँ यताउता कुदिहिंड्ने चञ्चल पोथी ऊँट हो,
JER 2:24 तँ उजाड-स्थानमा बस्‍न आदत भएको कामातुर भएर हावा सुँघ्‍दै हिंड्ने वन-गधैनी हो। त्यसको कामवासनालाई कसले नियन्त्रण गर्न सक्छ ? त्यसको पछि लाग्‍ने कुनै पनि गधा थकित हुनुपर्दैन । मैथुनको समयमा तिनीहरूले त्यसलाई फेला पार्नेछन् ।
JER 2:25 तेरो खुट्टालाई नाङ्गो हुनबाट र तेरो घाँटीलाई तिर्खाउनबाट तैंले नियन्त्रण गर्नुपर्छ । तर तैंले भनेको छस्, 'यो आशारहित छ! अहँ, म परदेशीहरूलाई प्रेम गर्छु र तिनीहरूकै पछि लाग्छु ।'
JER 2:26 चोर समातिंदा त्यो लज्‍जित भएझैं, इस्राएलको घराना लज्‍जित हुने छ । तिनीहरू, तिनीहरूका राजाहरू, तिनीहरूका राजकुमारहरू, र तिनीहरूका पुजारीहरू र तिनीहरूका अगमवक्ताहरू लज्‍जित हुनेछन् ।
JER 2:27 यी तिनै हुन् जसले रुखलाई भन्‍छन्, 'तिमी मेरा पिता हौ', र ढुङ्गालाई 'तिमीले मलाई जन्म दियौ' । किनकि तिनीहरूले मतर्फ पिठिउँ फर्काउँछन्, आफ्‍ना अनुहार होइन । तापनि सङ्कष्‍टको समयमा तिनीहरू भन्छन्, 'उठ्नुहोस् र हामीलाई बचाउनुहोस्!'
JER 2:28 तापनि तिमीहरूले आफ्ना निम्ति बनाएका देवताहरू कहाँ छन् ? तिमीहरूको सङ्कष्‍टको समयमा तिमीहरूलाई बचाउन तिनीहरूको इच्छा भए तिनीहरू उठून्, किनकि हे यहूदा, तेरा जति सहरहरू छन्, त्यति नै तेरा मुर्तिहरू छन् ।
JER 2:29 त्यसैले मैले गलत गरेको छु भनी मलाई किन दोष लगाउँछस् ? तिमीहरू सबैले मेरो विरुद्धमा पाप गरेका छौ, यो परमप्रभुको घोषणा हो ।
JER 2:30 मैले तेरो जातिलाई व्यर्थैमा दण्ड दिएको छु । तिनीहरूले अनुशासनलाई स्वीकार गर्दैनन् । तिमीहरूको तरवारले तिमीहरूका अगमवक्ताहरूलाई विनाश गर्ने सिंहले झैं निलेको छ ।
JER 2:31 हे यस पुस्ताका मानिस हो, मेरा वचन, परमप्रभुको वचनमा ध्यान देओ । के म इस्राएलको निम्ति उजाड-स्थान वा घोर अन्धकारको देश भएँ र ? किन मेरो जातिले यसो भन्छ, 'हामी वरिपरि घुम्‍न दिनुहोस्, हामी फेरि तपाईंकहाँ आउनेछैनौं' ?
JER 2:32 के कन्याले आफ्नो गरगहना, दुलहीले आफ्ना घुम्टो भुल्छे र ? तरै पनि मेरो जातिले मलाई गन्‍नै नसक्‍ने दिनदेखि भुलेको छ ।
JER 2:33 प्रेमको खोजी गर्न कसरी तैंले आफ्नो मार्ग बनाउँछेस् ? तैंले दुष्‍ट स्‍त्रीहरूलाई पनि आफ्ना मार्गहरू सिकाएको छेस् ।
JER 2:34 तेरा वस्‍त्रहरूमा निर्दोष गरिब मानिसहरूको जीवनको रगत भेट्टाइएको छ । यी मानिसहरू घरमा चिरी गरिरहँदा भेट्टाइएका होइनन् ।
JER 2:35 तरै पनि तँ भन्छेस्, 'म निर्दोष छु । निश्‍चय नै उहाँको क्रोध मबाट तर्केर गएको छ ।' तर हेर! 'मैले पाप गरेको छैनँ' भनी तैंले भनेको हुनाले म तँमाथि इन्साफ ल्याउनेछु ।
JER 2:36 तेरा मार्गमा यो बद्लाउलाई तँ किन निकै हलुकासित लिन्छेस् ? जसरी अश्शूरले तँलाई निरुत्साही पार्‍यो, त्यसै गरी मिश्रदेशले पनि तँलाई निरुत्साही पार्नेछ ।
JER 2:37 आफ्नो शिरमा आफ्ना हात राखेर तँ त्यहाँबाट दुःखी भएर जानुपर्ने हुन्छ, किनकि तैंले जस-जसमाथि भरोसा गरेको छेस्, तिनीहरूलाई परमप्रभुले इन्कार गर्नुभएको छ । त्यसैले तिनीहरूबाट तैंले मदत पाउनेछैनस् ।
JER 3:1 “कुनै पुरुषले आफ्नी पत्‍नीसित सम्बन्ध-विच्छेद गर्‍यो, र उसको जीवनबाट त्यो गई अनि अर्को पुरुषकी पत्‍नी भई भने, ऊ फेरि फर्केर त्योकहाँ जान्छ र ? के त्यो देश औधी दुषित हुँदैन र ? तँ धेरै प्रेमी भएकी वेश्याजस्तै भएर बसेको छेस् । के तँ मकहाँ फर्कन्छेस् ? यो परमप्रभुको घोषणा हो ।
JER 3:2 नाङ्गा डाँडाहरूतर्फ आफ्ना आँखा उठा र हेर् । के कुनै त्‍यस्तो ठाउँ छ, जहाँ तेरो अवैध यौनधन्‍दा छैन ? एक जना अरबी उजाड-स्थानमा बसेझैं तँ आफ्ना प्रेमीहरूको प्रतीक्षा गर्दै बाटोका किनारहरूमा बस्छेस् । तेरो वेश्यावृत्ति र दुष्‍टताले तैंले देशलाई दुषित पारेको छेस् ।
JER 3:3 त्यसैले वर्षा थामिएको छ, र वसन्त ऋतुको पानी परेको छैन । तरै पनि तँसित वेश्याको निधार छ । तँ लज्‍जित हुन इन्कार गर्छेस् ।
JER 3:4 के भर्खरै मात्र तैंले मलाई पुकारिनस्, “हे मेरा पिता, मेरो युवावस्थादेखिको मेरो घनिष्ठ मित्र ।
JER 3:5 के उहाँ सधैं रिसाउनुहुन्छ र ? के उहाँले आफ्‍नो क्रोधलाई सधैं अन्त्यसम्म राख्‍नुहन्‍छ र ?' हेर्! तैंले यसरी भनेको छेस्, तर तैंले त सके जति दुष्‍ट काम गर्छेस् ।”
JER 3:6 तब राजा योशियाहको शासनकालमा परमप्रभुले मलाई भन्‍नुभयो, “विश्‍वासहीन इस्राएलले के गरेको छ, तँ देख्छस् ? त्यो हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि गएकी छ, र त्यहाँ त्यसले वेश्याले झैं काम गरेकी छ ।
JER 3:7 मैले भनें, “यी सबै कुरा गरेपछि त्यो म कहाँ फर्कन्छे', तर त्यो फर्किन । तब त्यसकी विश्‍वासहीन बहिनी यहूदाले यी सबै देखी ।
JER 3:8 त्‍यसैले मैले देखेँ, त्यसरी नै त्यस विश्‍वासहीन इस्राएलले व्यभिचार गरेकी छे, र मैले त्यसलाई निकालेको छु, र त्यसको विरुद्धमा त्यागपत्र दिएको छु । त्यसकी विश्‍वासहीन बहिनी यहूदा डराइन । त्यो पनि गई र वेश्याले झैं काम गरी ।
JER 3:9 त्यसको वेश्यावृत्ति त्यसको लागि केहीजस्तो भएन । त्यसले देशलाई दुषित पारी, र त्यसले ढुङ्गा र रुखहरूसित व्यभिचार गरी ।
JER 3:10 यी सबै कुरापछि त्यसकी विश्‍वासहीन बहिनी यहूदा सारा हृदयले होइन तर झूट लिएर मकहाँ फर्की, यो परमप्रभुको घोषणा हो ।”
JER 3:11 तब परमप्रभुले मलाई भन्‍नुभयो, “विश्‍वासहीन इस्राएल विश्‍वासहीन यहूदाभन्दा बढी धर्मी भएको छ ।
JER 3:12 जा र उत्तरलाई यी वचन घोषणा गर्, “'हे विश्‍वासहीन इस्राएल, फर्की' यो परमप्रभु घोषणा हो, 'म तँसित सधैं रिसाउनेछैनँ ।' परमप्रभु घोषणा गर्नुहुन्छ, 'म विश्‍वासयोग्य भएको हुनाले म सदासर्वदा रिसाउनेछैन ।'
JER 3:13 तेरो अधर्मलाई स्वीकार गर्, किनकि परमप्रभु तेरा परमेश्‍वरको विरुद्धमा तैंले अपराध गरेको छस्, हरेक झ्याम्म परेको रुखमुनि तैंले परदेशीहरूसित तेरा मार्गहरू बाँडेको छस् । किनकि तैंले मेरो कुरा सुनेको छैनस्, यो परमप्रभुको घोषणा हो ।
JER 3:14 'ए विश्‍वासहीन जाति, फर्की' यो परमप्रभुको घोषणा हो, 'म तेरा पति हुँ ।' सहरबाट एक जना र एउटा परिवारबाट दुई जना गरी म तँलाई लिनेछु र म तँलाई सियोनमा ल्याउनेछु ।
JER 3:15 मेरै जस्‍तो हृदय भएका गोठालाहरू म तँलाई दिनेछु, र ज्ञान र अन्तर्दृष्‍टिले तिनीहरूले तेरो हेरचाह गर्नेछन् ।
JER 3:16 तब ती दिनमा देशमा तेरो वृद्धि हुनेछ, र तैले फल फलाउनेछस् भनी परमप्रभु घोषणा गर्नुहुन्‍छ । तिनीहरूले फेरि यसो भन्‍नेछैनन्, 'परमप्रभुको करारको सन्दुक' । फेरि यो विषय तिनीहरूका हृदयमा आउनेछैन, वा सम्झना हुनेछैन । यो गुम्‍नेछैन र अर्को बनाइनेछैन ।’
JER 3:17 त्यस बेला तिनीहरूले यरूशलेमको बारेमा घोषणा गर्ने छन्, 'यो परमप्रभुको सिंहासन हो ।' अनि अरू सबै जाति परमप्रभुको नाउँमा यरूशलेममा जम्मा हुनेछन् । अब उसो तिनीहरू तिनीहरूका दुष्‍ट हृदयको हठमा हिंड्नेछैनन् ।
JER 3:18 ती दिनमा यहूदाको घराना इस्राएलको घरानासँगै हिंड्नेछ । तिनीहरू उत्तरको देशबाट मैले तिनीहरूका पुर्खाहरूलाई पैतृक-सम्पत्तिको रूपमा दिएको देशमा सँगसँगै आउनेछन् ।
JER 3:19 मेरो बारेमा मैले भनें, 'मेरो छोरोको रूपमा म तिमीहरूलाई व्यवहार गर्न र तिमीहरूलाई मनमोहक देश दिन चाहन्छु । यो पैतृक-सम्पत्ति अन्य कुनै पनि जातिसित भएको भन्दा सुन्दर छ । मैले भन्‍ने थिएँ, ‘तिमीहरूले मलाई बोलाउनेछौ, 'हे मेरा पिता' । तिमीहरू मलाई पछ्याउनदेखि तर्कनेथिएनौ भनी मैले भन्‍ने थिएँ ।
JER 3:20 तर आफ्नो पतिको लागि विश्‍वासहीन भएकी स्‍त्रीझैं, ए इस्राएलका घराना हो, तैंले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो ।
JER 3:21 मैदानहरूमा इस्राएलका मानिसहरूको रुवाइ र चिच्‍च्याइको एउटा आवाज सुनिन्छ । किनकि तिनीहरूले आफ्ना मार्ग बद्लेका छन् । तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्सेका छन् ।
JER 3:22 “हे विश्‍वासहीन मानिस हो, फर्क । तिमीहरूको विश्‍वासघातलाई म निको पार्नेछु ।” “हेर्नुहोस्! हामी तपाईंकहाँ फर्कनेछौं किनकि तपाईं परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ ।
JER 3:23 निश्‍चय नै डाँडाहरूबाट झूट आउँछ र पर्वतहरूबाट अलमल पार्ने आवाज आउँछ । निश्‍चय नै परमप्रभु हाम्रा परमेश्‍वर इस्राएलको उद्धार हुनुहुन्छ ।
JER 3:24 तरै पनि लाजलाग्दा मूर्तिहरूले हाम्रा पुर्खाहरूले परिश्रम गरेका तिनीहरूका बगाल, बथान, तिनीहरूका छोराछोरीलाई भस्म पारेका छन् ।
JER 3:25 हामी लाजमा पल्टौं । हाम्रो लाजले हामीलाई ढाकोस्, किनकि हामीले परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा पाप गरेका छौं । हाम्रो युवावस्थादेखि आजको दिनसम्म हामी र हाम्रा पुर्खाहरूले परमप्रभु हाम्रा परमेश्‍वरको आवाजलाई सुनेका छैनौं ।”
JER 4:1 यो परमप्रभुको घोषणा हो, “ए इस्राएल, तँ फर्किस् भने तँ मतिरै फर्किनुपर्छ । तैंले मेरो सामुबाट घिनलाग्दा वस्तुहरू हटाइस् र फेरि मबाट तर्केर गइनस् भने,
JER 4:2 'परमप्रभुको नाउँमा' भनेर तैंले शपथ खाँदा तँ सत्य, न्यायी र धर्मी हुनुपर्छ। तब जाति-जातिहरू उहाँमा आशिषित हुनेछन्, र उहाँलाई नै तिनीहरूले महिमा दिनेछन् ।”
JER 4:3 यहूदा र यरूशलेममा भएका हरेक व्यक्तिलाई परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तिमीहरूको खेत जोत, र काँडाहरूका बिचमा बीउ नछर ।
JER 4:4 हे यहूदाका मानसिहरू र यरूशलेमका बासिन्दाहरू हो, परमप्रभुको निम्ति आफ्नो खतना गर, र तिमीहरूको हृदय छोप्‍ने छाला हटाओ, नत्रता तिमीहरूका कार्यको दुष्‍टताको कारणले कसैले निभाउन नसक्‍ने गरी बल्नेछ, मेरो क्रोध आगोझैं दन्कनेछ ।
JER 4:5 यहूदामा कराओ र यरूशलेममा सुनियोस् । यसो भन, 'देशमा तुरही फुक ।' यसो भनेर घोषणा गर, 'सँगैसँगै भेला होओ । हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔं ।'
JER 4:6 सङ्केत दिने झण्डा उठाओ र त्यसलाई सियोनतर्फ औंल्याओ, र सुरक्षाको लागि दौड । नबस, किनकि म उत्तरबाट ठुलो विनाश र विपत्ति ल्याउँदैछु ।
JER 4:7 आफ्नो झाडिबाट सिंह बाहिर आउँदैछ, र जाति-जातिहरूलाई नष्‍ट पार्ने व्यक्ति प्रस्थान गरिसकेको छ । तिमीहरूको देशमा त्रास ल्याउन, तिमीहरूका सहरहरूलाई कोही नबस्‍ने गरी भग्‍नावशेषमा परिणत गर्न त्यो आफ्नो ठाउँ छाडेर आउँदैछ ।
JER 4:8 यही कारणले गर्दा, आफैलाई भाङ्ग्राले बेर, विलाप गर र रोओ । किनकि परमप्रभुको रिसको शक्ति हामीबाट तर्केर गएको छैन ।
JER 4:9 यो परमप्रभुको घोषणा हो, “त्यस दिन राजा र तिनका अधिकारीहरूका हृदय काम्नेछन् । पुजारीहरू भयभीत हुनेछन्, र अगमवक्ताहरू त्रसित हुनेछन् ।”
JER 4:10 त्यसैले मैले भनें, “हाय, परमप्रभु परमेश्‍वर, 'तिमीहरूका लागि शान्ति हुनेछ' भनेर निश्‍चय नै तपाईंले यी मानिस र यरूशलेमलाई पूर्णतः धोका दिनुभएको छ । तापनि तरवारले तिनीहरूको जीवनको विरुद्धमा प्रहार गर्दैछ ।”
JER 4:11 त्यस बेला यरूशलेम र यस जातिको विषयमा यसो भनिनेछ, “मरुभूमिका मैदानहरूबाट आएको एउटा पोल्ने बतासले मेरो मानिसहरूका छोरीकहाँ आफ्नो मार्ग बनाउँछ । यसले तिनीहरूलाई निफन्‍ने वा शुद्ध पार्ने छैन ।
JER 4:12 मेरो आज्ञामा त्योभन्दा अझै प्रचण्ड बतास आउनेछ, र अब म तिनीहरूको विरुद्धमा दण्डाज्ञा ल्याउनेछु ।
JER 4:13 हेर, बादलले झैं उहाँले आक्रमण गर्दै हुनुहुन्छ, र उहाँका रथहरू आँधीजस्ता छन् । उहाँका घोडाहरू गरुडहरूभन्दा छिटो कुद्छन् । हामीलाई धिक्‍कार छ, किनकि हामी सर्वनाश हुनेछौं ।
JER 4:14 ए यरूशलेम, दुष्‍टताबाट आफ्‍नो हृदय शुद्ध पार् जसले गर्दा तँ बाँच्‍न सक्‍छस् । तेरा गहिरा-गहिरा विचारहरू कहिलेसम्म कसरी पाप गर्ने भन्‍ने विषयमा हुनेछ ?
JER 4:15 दानबाट एउटा आवाजले खबर ल्याउँदैछ, र एफ्राइमका पर्वतहरूबाट आउँदो विपत्ति सुनिंदैछ ।
JER 4:16 जाति-जातिहरूलाई यस विषयमा सोच्न लगाः हेर्, यहूदाका सहरहरूको विरुद्धमा युद्धको हल्‍ला मच्‍चाउन टाढाको देशबाट घेरा हाल्नेहरू आउँदैछन् भनी यरूशलेमलाई सुचना गर् ।
JER 4:17 तिनीहरू खनजोत गरिएको बारीको चारैतिर रुँग्‍नेहरूजस्तै हुनेछन्, किनकि त्यो मेरो विरुद्धमा बागी भएको छ, यो परमप्रभुको घोषणा हो,
JER 4:18 र तेरा चाल र कामहरूले तँमाथि यी कुरा ल्याएका छन् । यो तेरो दण्ड हुनेछ । यो कति भयानक हुनेछ! यसले तेरो हृदयलाई नै प्रहार गर्नेछ ।
JER 4:19 ए मेरो हृदय, मेरो हृदय! म आफ्‍नो हृदयको पीडामा छु । मेरो हृदय मभित्रै हल्लिएको छ । म चुप रहन सक्दिनँ किनकि मैले तुरहीको आवाज अर्थात् युद्धको ध्वनि सुनेको छु ।
JER 4:20 विपत्तिपछि विपत्ति आउनेछ । किनकि सारा देश भग्‍नावशेष हुन्छ । अकस्मात् मेरा पालहरू अनि मेरा पर्दाहरू एकै क्षणमा नष्‍ट पारिए ।
JER 4:21 मैले कहिलेसम्म शत्रुको यद्धको झण्डा हेर्ने ? के मैले तुरहीको आवाजलाई सुन्‍नेछु ?
JER 4:22 मेरो जातिको मूर्खताको कारणले तिनीहरूले मलाई चिन्दैनन् । तिनीहरू निर्बुद्धी मानिसहरू हुन्, र तिनीहरूको समझशक्ति छैन । तिनीहरूमा दुष्‍ट्याइँको सिप छ, तर भलाइ गर्न जान्दैनन् ।
JER 4:23 मैले देशलाई हेरें। हेर, यो आकारहीन र शून्य थियो । किनकि आकाशमण्डलको लागि कुनै ज्योति थिएन ।
JER 4:24 मैले पर्वतहरूलाई हेरें । हेर्, ती थरथर काँप्दै थिए, र सबै डाँडा यताउता हल्लिरहेका थिए ।
JER 4:25 मैले हेरें । हेर्, त्यहाँ कोही थिएन, र आकाशका सबै चरा उडेर भागेका थिए ।
JER 4:26 मैले हेरें । परमप्रभुको सामु, उहाँको भयानक क्रोधको सामु बगैँचा मरुभूमि भएको थियो, र सबै सहरहरू ध्वस्त भएका थिए ।
JER 4:27 परमप्रभु यसो भन्‍नुहुन्छ, “सारा देश ध्वस्त हुनेछ, तर म यसलाई पूर्ण रूपमा नष्‍ट पार्दिनँ ।
JER 4:28 यसकारण पृथ्वीले शोक गर्नेछ, र माथि आकाशमण्डल अँध्यारो हुनेछ । किनकि मैले आफ्‍नो मनको कुरा घोषणा गरेको छु । म त्यसलाई रोक्दिनँ । त्यसलाई कार्यान्वयन गर्नदेखि म तर्कन्‍नँ ।
JER 4:29 घोडचढीहरू र काँड बोकेका धनुर्धारीहरूको आवाज सुनेर हरेक सहर भाग्‍नेछ । तिनीहरू जङ्गलभित्र दौडनेछन् । हरेक सहर चट्टानका ठाउँहरूमा उक्लनेछ । सहरहरू त्यागिने छन्, किनकि तिनमा बसोबास गर्ने कोही हुनेछैन ।
JER 4:30 अब तँ उजाड पारिएकी छेस्, तब तँ के गर्नेछेस् ? तैंले रातो पोशाक पहिरिने, सुनका गरगहना लगाउने र तेरा आँखा गाजले ठुला बनाउने गरे तापनि तँसित कामवासनामा फसेका पुरुषहरूले नै अब तँलाई इन्कार गर्छन् । बरु, तिनीहरूले तेरो जीवन लिन खोज्दैछन् ।
JER 4:31 त्यसैले म पीडाको आवाज, पहिलो बच्‍चाको जन्ममा हुने प्रसव-वेदना र सियोनकी छोरीको चिच्‍याहट सुन्‍दैछु । त्यसले स्वाँ-स्वाँ गर्दै सास फेर्दैछे । त्यसले आफ्ना हात फैलाउँछे, 'मलाई धिक्‍कार छ! यी हत्याराहरूको कारणले गर्दा म मूर्छा परिरहेकी छु ।”
JER 5:1 “यरूशलेमका सडकहरूबाट छिटो जा । त्यसका चोकहरूमा पनि खोजी गर् । त्यसपछि हेरे अनि यस कुरा बारेमा विचार गर्: न्यायपूर्वक काम गर्ने र इमानदारीपूर्वक काम गर्न खोज्ने कुनै मानिस तैंले फेला पारिस् भने, म यरूशलेमलाई क्षमा दिनेछु ।
JER 5:2 तिनीहरू भन्‍छन्‍छन्, 'जीवित परमप्रभुको नाउँमा' तापनि तिनीहरूले झूटा शपथ खाँदैछन् ।”
JER 5:3 हे परमप्रभु, के तपाईंका आँखाले विश्‍वसनीयताको खोजी गर्दैनन् र ? तपाईंले मानिसहरूलाई प्रहार गर्नुभयो, तर तिनीहरूलाई पिडा महसुस हुँदैन । तपाईंले तिनीहरूलाई पूर्ण रूपमा पराजित गर्नुभएको छ, तर तिनीहरू अझै पनि अनुशासन मान्‍न इन्कार गर्छन् । तिनीहरूले आफ्ना अनुहार चट्टानभन्दा कडा बनाउँछन्, किनकि तिनीहरू पश्‍चात्ताप गर्न इन्कार गर्छन् ।
JER 5:4 त्यसैले मैले भनें, “निश्‍चय नै यिनीहरू मात्र दुःखी मानिसहरू रहेछन् । तिनीहरू मूर्ख छन्, किनकि तिनीहरू परमप्रभुका मार्ग जान्दैनन्, न त तिनीहरूका परमेश्‍वरका आज्ञाहरू जान्दछन् ।
JER 5:5 म ठुला मानिसहरूकहाँ जानेछु, र तिनीहरूलाई परमेश्‍वरको सन्देश घोषणा गर्नेछु, किनकि कमसेकम आफ्‍ना परमेश्‍वरका मार्ग, परमेश्‍वरका आज्ञाहरू तिनीहरूले त जान्दछन् ।” तर तिनीहरू सबैले आफ्‍ना जुवा सँगसँगै भाँचे । तिनीहरू सबैले आफूलाई परमेश्‍वरसित बाँध्‍ने बन्धनलाई चुँडाले ।
JER 5:6 त्यसैले झाडीबाट निस्केर आउने सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ । अराबाबाट आउने ब्वाँसोले तिनीहरूलाई नष्‍ट पार्नेछ । ढुकेर बस्‍ने चितुवा तिनीहरूका सहरहरूको विरुद्धमा आउनेछ । आफ्नो सहरबाहिर जाने कोही पनि टुक्राटुक्रा पारिनेछ । किनकि तिनीहरूका अपराध बढ्दो छन् । तिनीहरूका विश्‍वासहीन कामहरू असीमित छन् ।
JER 5:7 यी मानिसहरूलाई मैले किन क्षमा दिने ? तिमीहरूका छोराहरूले मलाई त्यागेका छन्, र तिनीहरूले त्‍यो नाउँमा शपथ खान्छन् जो ईश्‍वरहरू नै होइनन् । मैले तिनीहरूलाई पेटभरि खुवाएँ, तर तिनीहरूले व्यभिचार गरे, र ठुलो सङ्ख्यामा वेश्याहरूका घरहरूमा गए ।
JER 5:8 तिनीहरू कामवासनाले मस्‍त घोडाहरूजस्ता थिए । मैथुनको चाहनाले तिनीहरू चारैतिर डुल्दै थिए । प्रत्येक आफ्नो छिमेकीको पत्‍नीको लागि हिनहिनायो ।
JER 5:9 त्यसैले, यो परमप्रभुको घोषणा हो, के मैले तिनीहरूलाई दण्ड दिनुपर्दैन र, के मैले यस्तो जातिसित बदला लिनुपर्दैन र ? ।
JER 5:10 त्यसका दाखबारीका गराहरूमा जा र नष्‍ट गरिदे। तर तिनमा पूर्ण विनाश नगर । तिनका हाँगाहरू छिंवल, किनकि ती दाखका बोट परमप्रभुबाट आएका होइनन् ।
JER 5:11 किनकि इस्राएल र यहूदाका घरानाहरूले मलाई पूर्ण रूपमा धोका दिएक छन्, यो परमप्रभुको घोषणा हो ।
JER 5:12 तिनीहरूको परमप्रभुको बारेमा झूट बोलेका छन् र यसो भनेका छन्, “उहाँले केही गर्नुहुने छैन । हामीमाथि कुनै हानि आउनेछैन, र हामीले कुनै तरवार वा अनिकाल देख्‍ने छैनौं ।
JER 5:13 अगमवक्ताहरू हावा हुनेछन्, र तिनीहरूमा वचन छैन । त्यसैले तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै आइपरून् ।”
JER 5:14 त्यसैले सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, “तैंले यसो भनेको हुनाले हेर, म तेरो मुखमा मेरो वचन हाल्नै लागेको छु । यो आगोजस्तो हुनेछ, र यी मानिसहरू दाउराजस्ता हुनेछन् । किनकि यसले तिनीहरूलाई भस्म पार्ने छ ।
JER 5:15 हेर! ए इस्राएलको घराना हो, मैले तेरो विरुद्धमा धेरै टाढाबाट एउटा जातिलाई ल्याउनै लागेको छु, यो परमप्रभुको घोषणा हो, यो एउटा दिगो र प्राचीन जाति हो । यो एउटा त्‍यस्तो जाति हो जसको भाषा तैंले जान्दैनस्, न त तिनीहरूले के भन्‍छन् त्‍यो तैंले बुझ्नेछस् ।
JER 5:16 तिनीहरूका वाणका ठोक्राहरू खुला चिहानजस्तै छन् । तिनीहरू सबै सिपाही हुन् ।
JER 5:17 त्यसैले तिमीहरूका फसल, तिमीहरूका छोराछोरी अनि तिमीहरूका खानेकुरा स्वाहा पारिनेछन् । तिनीहरूले तिमीहरूका भेडा-बाख्रा र गाईवस्तु खानेछन् । तिनीहरूले तिमीहरूका दाखका बोट र अञ्जीरका बोटहरूका फल खानेछन् । तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्ला भएका सहरहरूलाई तिनीहरूले तरवारले नष्‍ट पार्नेछन् ।
JER 5:18 तर ती दिनमा पनि म तिमीहरूलाई पूर्ण रूपमा नाश पार्ने इच्छा गर्दिनँ, यो परमप्रभुको घोषणा हो ।
JER 5:19 जब तँ, इस्राएल र यहूदाले यसो भन्‍छस्, ‘परमप्रभु हाम्रा परमेश्‍वरले किन हामीलाई यी सबै कुरा गर्नुभएको?’ तब तँ यर्मियाले तिनीहरूलाई भन्‍नेछस्, “जसरी तिमीहरूले परमप्रभुलाई त्याग्‍यौ र आफ्‍नै देशमा विदेशी देवताहरूको सेवा गर्‍यौ, त्यसरी नै तिमीहरूले विदेशमा पनि विदेशीहरूको सेवा गर्नुपर्नेछ ।”
JER 5:20 याकूबको घरानामा यो प्रचार गर्, र यहूदामा यो सुनियोस् । यसो भन्,
JER 5:21 “हे समझ नभएको मूर्ख मानिस हो, यो कुरा सुन । तिमीहरूका आँखा छन्, तर देख्‍न सक्दैनौ, कान छन्, तर सुन्‍न सक्दैनौ ।
JER 5:22 मदेखि नडराओ, न त मेरो मुहारको सामु थरथर होओ, यो परमप्रभुको घोषणा हो । समुद्रलाई बालुवाको सिमाना राखेको छु जुन नभत्‍किने स्थायी, निरन्‍तर रहने आज्ञा हो, छाल ठोकिने र फर्किने भए तापनि त्‍यसले अझै भत्‍काउनेछैन । यसका तरङ्गहरू गर्जे तापनि तिनले यसलाई पार गर्दैनन् ।
JER 5:23 तर यी मानिसहरूको हठी हृदय छ । यो विद्रोहमा बरालिन्‍छ र टाढा जान्छ ।
JER 5:24 किनकि तिनीहरूले आफ्ना हृदयमा यसो भन्दैनन्, “हामी परमप्रभु हाम्रा परमेश्‍वरको भय मानौं जसले वर्षा ल्‍याउनुहुन्‍छ, हामीले खेति गर्नुपर्ने हप्‍ताहरूमा, ठिक समयमा अगिल्लो र पछिल्लो वर्षा दिनुहुन्‍छ।”
JER 5:25 तिमीहरूका अधर्महरूले गर्दा यी कुरा हुनबाट रोकिएका छन् । तिमीहरूका पापले गर्दा भलाइ तिमीहरूकहाँ आउन रोकिएको छ ।
JER 5:26 किनकि मेरा मानिसहरूसँगै दुष्‍ट मानिसहरू भेट्टाइएका छन् । कोही मानिस चरा समाउनलाई चुप बसेझैं तिनीहरू ढुकिबस्छन् । तिनीहरूले पासो थाप्‍छन् र मानिसहरू समात्छन् ।
JER 5:27 चराहरूले भरिएका पिंजराजस्तै तिनीहरूका घरहरू छलले भरिएका छन् । त्यसैले तिनीहरू ठुला र धनी भएका छन् ।
JER 5:28 तिनीहरू मोटाएका छन् । तिनीहरू सकुसल चिल्ला भएका छन् । तिनीहरूले दुष्‍टताको सबै सीमा पार गरेका छन् । तिनीहरूले मानिसहरू वा अनाथहरूको भलाइको निम्ति बिन्ती गर्दैनन् । तिनीहरूले खाँचोमा परेकाहरूलाई न्याय नदिए तापनि तिनीहरूको उन्‍नति हुन्‍छ ।
JER 5:29 के यी कुराको लागि मैले तिनीहरूलाई दण्ड नदिने त, के यस्तो जातिलाई मैले बदला नलिते त ? यो परमप्रभुको घोषणा हो ।
JER 5:30 यस देशमा बीभत्स र त्रासदीपूर्ण कामहरू भएका छन् ।
JER 5:31 अगमवक्ताहरूले छलपूर्ण अगमवाणी गर्छन्, र पुजारीहरूले आफ्नै शक्तिले शासन गर्छन् । मेरो मानिसहरूले यही तरिका मन पराउँछन्, तर अन्त्यमा के हुने छ ?”
JER 6:1 हे बेन्यामीनका मानिसहरू हो, यरूशलेमलाई छोडेर सुरक्षा खोज । तकोमा तुरही फुक । बेथहक्‍केरेममाथि सङ्केतबाट इशारा देओ, किनकि उत्तरबाट दुष्‍टता देखा पर्दैछ। एउटा ठुलो मिचाहा आउँदैछ ।
JER 6:2 सियोनकी सुन्दरी र कोमल छोरी नष्‍ट पारिन्छे ।
JER 6:3 गोठालाहरू र तिनका बगालहरू तिनीहरूकहाँ जानेछन् । तिनीहरूले चारैतिर त्यसको विरुद्धमा पालहरू टाँग्‍नेछन् । हरेक मानिसले आफ्नो हातले चराउनेछ ।
JER 6:4 “युद्धको लागि आफैलाई देवताहरूकहाँ अर्पण गर । उठ, हामी मध्यदिनमा आक्रमण गरौं । दिन ढल्कँदै जानु र बेलुकीको छायाँ पर्दै जानु धेरै नराम्रो कुरा हो ।
JER 6:5 तरै पनि हामी रातमा आक्रमण गरौं र त्यसको किल्लालाई नष्‍ट पारौं ।”
JER 6:6 किनकि सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “त्यसका रुखहरू काटिदे, र यरूशलेमको विरुद्धमा घेरामचानहरू बनाओ । आक्रमण गर्नलाई यो नै ठिक सहर हो, किनकि यो अत्याचारले भरिएको छ ।
JER 6:7 जसरी इनारले ताजा पानी दिन्छ, त्यसरी नै यो सहरले निरन्‍तर दुष्‍टता उत्पादन गर्छ । त्‍यसको भित्र हिंसा र उपद्रव सुनिन्छ । रोग र घाउहरू मेरो अनुहारको सामु निरन्तर छन् ।
JER 6:8 ए यरूशलेम, अनुशासनलाई स्वीकार गर्, नत्रता म तँबाट तर्कनेछु, र तँलाई कोही नबस्‍ने उजाड देश बनाउनेछु ।”
JER 6:9 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “निश्‍चय नै तिनीहरूले दाखबारीमा छाडिएका फललाई झैं इस्राएलमा छाडिएकाहरूलाई टिप्नेछन् । दाखका बोटहरूबाट दाख टिप्न फेरि तेरो हात पसार् ।
JER 6:10 म कसलाई घोषणा गरूँ र चेताउनी दिऊँ ताकि तिनीहरूले मेरो कुरा सुनून् ? हेर्, तिनीहरूका कान खतना गरिएका छैनन् । तिनीहरू ध्यान दिन सक्दैनन् । हेर्, तिनीहरूलाई सुधार्न परमप्रभुको वचन तिनीहरूकहाँ आएको छ, तर तिनीहरूले यसको इच्‍छा गर्दैनन् ।
JER 6:11 तर म परमप्रभुको क्रोधले भरिएको छु । यसलाई थामेर म थाकिसकेको छु । उहाँले मलाई भन्‍नुभयो, “सडकका बालबालिका र युवाहरूको समूहमा यसलाई खन्याइदे । किनकि हरेक पुरुषलाई त्यसकी पत्‍नीसँगै, अनि कान नसुन्‍ने हरेक बुढा मानिसलाई लगिनेछ ।
JER 6:12 तिनीहरूका घरहरू, खेतहरू र पत्‍नीहरू एकसाथ अरूलाई दिइनेछ । किनकि म आफ्‍नै हातले यस देशका बासिन्दाहरूलाई आक्रमण गर्नेछु, यो परमप्रभुको घोषणा हो ।
JER 6:13 सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी भएका छन्, यो परमप्रभुको घोषणा हो । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।
JER 6:14 शान्‍ति नै नहुँदा पनि, 'शान्ति, शान्ति' भन्दै, तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् ।
JER 6:15 तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए ? तिनीहरू लज्‍जित भएनन् । तिनीहरूलाई शर्म मान्‍न पनि आउँदैन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिंदा तिनीहरू तल खसालिनेछन्, परमप्रभु भन्‍नुहुन्छ ।
JER 6:16 परमप्रभु यसो भन्‍नुहुन्छ, “दोबाटोमा खडा हो र हेर् । प्राचीन मार्गहरू बारेमा सोधखोज गर् । 'यो असल मार्ग कहाँ छ ?' तब त्यसैमा हिंड, र आफ्नो लागि विश्रामस्थल पत्ता लगा । तर मानिसहरू भन्छन्, 'हामी जाने छैनौं ।'
JER 6:17 तुरहीको आवाज सुन्‍न मैले तिमीहरूका निम्ति पहरेदारहरू नियुक्त गरें । तर तिनीहरूले भने, 'हामी सुन्‍ने छैनौं ।'
JER 6:18 त्यसकारण हे जाति-जातिहरू हो, सुन । हे गवाही दिनेहरू हो, तिनीहरूलाई के हुने छ सो हेर ।
JER 6:19 हे पृथ्वी, सुन् । मैले यी मानिसहरूमाथि विपत्ति ल्याउनै लागेको छु, जुन तिनीहरूका विचारको नतिजा हो । तिनीहरूले मेरो वचन वा व्यवस्थालाई ध्यानै दिएनन्, तर तिनीहरूले यसलाई इन्कार गरे ।
JER 6:20 मेरो लागि शेबाबाट माथि गएको यस धुपको अर्थ के हो ? वा टाढाको देशबाट आएका यी सुगन्धको ? तिमीहरूका होमबलिहरू मेरो लागि स्वीकारयोग्य छैनन्, न त तिमीहरूका बलिदानहरू छन् ।
JER 6:21 त्‍यसैले परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर्, मैले यी मानिसको विरुद्धमा ठेस लाग्‍ने अवरोध राख्‍न लागेको छु । तिनीहरूका बाबुहरू र छोराहरू एकैसाथ त्‍यसमाथि ठक्‍कर खानेछन् । बासिन्दाहरू र तिनीहरू छिमेकीहरू पनि नष्‍ट हुनेछन् ।”
JER 6:22 परमप्रभु यसो भन्‍नुहुन्छ, ‘हेर्, उत्तर देशबाट एउटा जाति आउँदैछ, पृथ्वीको पल्लो भागबाट एउटा महान् जाति उत्तेजित हुँदैछ ।
JER 6:23 तिनीहरूले धनु र भालाहरू उठाउने छन् । तिनीहरू क्रुर छन् र दया नै छैन । तिनीहरूको आवाज समुद्रको गर्जनजस्तो छ, र तिनीहरू घोडाहरूमा सवार हुँदैछन् । हे सियोनकी छोरी, तेरो विरुद्धमा युद्ध गर्न तिनीहरू पङ्क्तिबद्ध भएर आउने मानिसहरूजस्तै अगाडि बढ्छन् ।”
JER 6:24 हामीले तिनीहरूका बारेमा खबरहरू सुनेका छौं, र निराश हुँदा हाम्रा हातहरू नै लत्रेका छन् । जन्म दिंदा स्‍त्रीलाई भएझैं सङ्कष्‍टले हामीलाई समात्छ ।
JER 6:25 बाहिर खेतबाट नजाओ, र सडकहरूमा नहिंड, किनकि शत्रुका तरवार र त्रास चारैतिर छन् ।
JER 6:26 हे मेरा मानिसकी छोरी, भाङ्ग्रा लगा र खरानीमा लडीबडी हो । एक मात्र छोरोको लागि विलाप गरेझैं शुँक-शुँक गरेर शोक गर, किनकि विनाशक हामीमाथि अकस्मात् आउनेछ ।
JER 6:27 “हे यर्मिया, तिनीहरूका मार्ग निरीक्षण गर्न र जाँच गर्न मैले तँलाई धातु जाँच गर्नेजस्तै मेरा मानिसहरूको जाँच गर्ने मानिस बनाएको छु ।
JER 6:28 तिनीहरू अति नै हठी मानिसहरू हुन् जो अरूहरूको बदख्याइँ गर्दै यताउता जान्छन् । तिनीहरू सबै भ्रष्‍टतापूर्वक काम गर्ने काँसा र फलाम हुन् ।
JER 6:29 आगोले भस्म गर्ने पदार्थलाई भस्म गर्न खलाँतीलाई जोडसित फुकिन्छ । आगोको रापमा फलाम पग्लन्छ । तिनीहरूका बिचमा शुद्देइँ जारी छ, तर यो अर्थहीन छ, किनकि दुष्‍ट्याइँलाई हटाइएको छैन ।
JER 6:30 तिनीहरू तिरस्‍कृत भएको चाँदी भनिनेछन् किनकि परमप्रभुले तिनीहरूलाई इन्कार गर्नुभएको छ ।”
JER 7:1 परमप्रभुको यो वचन यर्मियाकहाँ यसो भनेर आयो,
JER 7:2 “परमप्रभुको मन्दिरको मूल ढोकामा खडा हो र यो वचन घोषणा गर् । यसो भन्, 'परमप्रभुलाई आराधना चढाउन यी ढोकाहरूबाट प्रवेश गर्ने यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन ।
JER 7:3 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूका मार्ग र अभ्यास असल बनाओ, र म तिमीहरूलाई यस ठाउँमा बसिरहन दिनेछु ।
JER 7:4 छलपूर्ण वचनहरूमा आफू भर नपर र यसो नभन, 'परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर!'
JER 7:5 किनकि तिमीहरूले वास्तवमै तिमीहरूका मार्ग र अभ्यासहरू असल बनायौ भने, अनि तिमीहरूले मानिस र त्यसको छिमेकीको बिचमा न्यायलाई पूर्ण रूपमा कायम राख्यौ भने,
JER 7:6 तिमीहरूले देशमा बस्‍ने मानिस, अनाथ वा विधवालाई शोषण गरेनौ र यस ठाउँमा निर्दोषको रगत बगाएनौ र आफैलाई हानि पुर्‍याउन अरू देवताहरूको पछि लागेनौ भने,
JER 7:7 म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु, जुन देश मैले प्राचीन समयदेखि नै सदाको लागि तिमीहरूका पुर्खाहरूलाई दिएँ ।
JER 7:8 हेर! तिमीहरूले छलपूर्ण वचनहरूमाथि भरोसा गर्दैछौ जसले तिमीहरूको मदत गर्दैनन् ।
JER 7:9 के तिमीहरू चोर्छौ, मार्छौ, र व्यभिचार गर्छौ ? के तिमीहरू छलपूर्वक शपथ खान्‍छौ अनि बाल देवतालाई धुप चढाउँछौ र तिमीहरूले नचिनेका अरू देवताहरूको पछि लाग्छौ ?
JER 7:10 त्यसपछि तिमीहरू आउँछौ अनि मेरो नाउँले बोलाइने यस मन्‍दिरमा मेरो सामु खडा हुन्‍छौ र यसो भन्छौ, “हामी बचाइएका छौं”, यसरी तिमीहरू यी सबै घृणित कामहरू गर्न सक्‍छौ ?
JER 7:11 के मेरो नाउँले पुकारिने यो घर तिमीहरूको दृष्‍टिमा डाँकुहरूको ओडार हो ? तर हेर, मैले यो देखेको छु, यो परमप्रभुको घोषणा हो ।’
JER 7:12 ‘त्यसैले शीलोमा भएको मेरो ठाउँ जाओ, जहाँ सुरुमा मैले मेरो नाउँ रहने अनुमति दिएँ, र मेरो जाति इस्राएलको दुष्‍टताको कारणले मैले यसलाई के गरें त्‍यो हेर ।
JER 7:13 त्यसैले अब यो परमप्रभुको घोषणा हो, तिमीहरूका यी सबै अभ्यासको बारेमा तिमीहरूसित म बेलाबेलामा बोलेँ, तर तिमीहरूले सुनेनौ । मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफ दिएनौ ।
JER 7:14 त्यसकारण मैले शीलोलाई जे गरें, मेरो नाउँद्वारा बोलाइने यस मन्दिरलाई पनि म त्यसै गर्नेछु, तिमीहरूले भरोसा गरेको यो घर हो, जुन मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएँ ।
JER 7:15 जसरी मैले तिमीहरूका सबै दाजुभाइ अर्थात् एफ्राइमका सबै सन्तानलाई निकालेँ, त्यसरी नै मेरो सामुबाट म तिमीहरूलाई निकाल्नेछु ।”
JER 7:16 “ए यर्मिया, तैंलेचाहिं यी मानिसहरूको लागि प्रार्थना नगर्, र तिनीहरूको पक्षमा विलाप नगर्, न त बिन्ती चढा, किनकि म तेरो कुरा सुन्दिनँ ।
JER 7:17 यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा तिनीहरूले के गरिरहेका छन् भनी के तँ देख्दैनस् ?
JER 7:18 छोराछोरीले दाउरा बटुल्दैछन्, र बुबाहरू आगो बाल्दैछन् । तिनीहरूले मलाई चिढ्याउनलाई स्वर्गकी रानीको निम्ति फुरौला बनाउन स्‍त्रीहरू पिठो मुछ्दैछन्, र अरू देवताहरूका लागि अर्घबलि खन्याउँदैछन् ।
JER 7:19 के तिनीहरूले साँच्‍चै मलाई चिढ्याउँदै छन् त ? यो परमप्रभुको घोषणा हो, के लाज तिनीहरूमाथि नै आइपरोस् भनेर तिनीहरूले आफैलाई चिढ्याइरहेका होइनन् र ?
JER 7:20 त्यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, यस ठाउँमा मानिस र पशु दुवैमाथि, शेतबारीका रूखहरू र जमिनका फलमाथि मेरो रिस र क्रोधको ज्वाला फुट्नेछ । यसले जलाउनेछ, र कहिल्यै निभाइनेछैन ।”
JER 7:21 इस्राएलका सर्वशक्तिमान् परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीहरूका बलिदानहरूमा होमबलिहरू मिसाओ, र तीबाट मासु पनि मिसाओ ।
JER 7:22 किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउँदा तिमध्‍ये कुनै कुरा पनि मैले इच्‍छा गरिन । होमबलि र बलिदानहरूको विषयमा मैले तिनीहरूलाई कुनै आज्ञा दिइनँ ।
JER 7:23 मैले तिनीहरूलाई यो आज्ञा मात्र दिएँ, “मेरो आवाजलाई सुन, र म तिमीहरूका परमेश्‍वर हुनेछु, र तिमीहरू मेरा मानिसहरू हुनेछौ । त्यसैले तिमीहरूको भलो होस् भनेर मैले तिमीहरूलाई दिएका सबै आज्ञामा हिंड ।”
JER 7:24 तर तिनीहरूले सुनेनन्, वा ध्यान नै दिए । तिनीहरू आफ्‍ना दुष्‍ट हृदयका आफ्नै हठी योजनामुताबिक जिए । त्यसैले तिनीहरू पछिल्तिर गए, अगिल्तिर बढेनन् ।
JER 7:25 तिमीहरूका पुर्खाहरू मिश्रदेशबाट आएको समयदेखि आजको दिनसम्म मैले आफ्‍ना हरेक सेवक र अगमवक्ताहरू तिमीहरूकहाँ पठाएको छु । मैले तिनीहरूलाई पठाउन जोड गरिरहेँ ।
JER 7:26 तर तिनीहरूले मेरो कुरा सुनेनन् । तिनीहरूले ध्यानै दिएनन् । बरु, तिनीहरू अटेरी भए । आफ्‍ना पुर्खाहरूभन्दा तिनीहरू अझै दुष्‍ट भए ।’
JER 7:27 त्यसैले यी सबै वचन तिनीहरूलाई सुना, तर तिनीहरूले तेरो कुरा सुन्‍नेछैनन् । तिनीहरूलाई यी कुराको घोषणा गर्, तर तिनीहरूले तँलाई जवाफ दिनेछैनन् ।
JER 7:28 तिनीहरूलाई यसो भन्, “यो परमप्रभु आफ्ना परमेश्‍वरको आवाज नसुन्‍ने र अनुशासन पालन नगर्ने जाति हो । सत्यता नष्‍ट गरिएको छ, र तिनीहरूका मुखबाट बहिष्कृत गरिएको छ ।
JER 7:29 आफ्नो कपाल काट र आफूलाई खौरी । खुला ठाउँहरूमा मृत्‍यु संस्‍कारको गीत गा । किनकि परमप्रभुले आफ्नो क्रोधमा यस पुस्तालाई इन्कार गर्नुभएको छ र त्याग्‍नुभएको छ ।
JER 7:30 किनकि यहूदाका छोराहरूले मेरो दृष्‍टिमा दुष्‍ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो । मेरो नाउँद्वारा पुकारिने यस मन्दिरलाई अपवित्र तुल्याउनलाई तिनीहरूले त्‍यसमा घृणित कुराहरू राखेका छन् ।
JER 7:31 अनि बेन-हिन्‍नोमको बेँसीमा तिनीहरूले तोपेतका अग्ला ठाउँहरू बनाए । तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा जलाउन त्‍यो बनाए । यो कुरो मैले तिनीहरूलाई आज्ञा दिएको थिइनँ, न त मेरो मनमा नै पसेको थियो ।
JER 7:32 यसैले हेर, यस्‍ता दिनहरू आउँदैछन्, यो परमप्रभुको घोषणा हो, त्‍यसबेला त्‍यो फेरि तोपेत वा हिन्‍नोमको बेँसी भनिने छैनन् । त्‍यो हत्याको बेँसी भनिनेछ । तोपेतमा खाली ठाउँ रहुञ्जेलसम्म तिनीहरूले त्यहा लाशहरू गाड्नेछन् ।
JER 7:33 यो जातिका लाशहरू आकाशका चराहरू र जङ्गली जनावरहरूका लागि आहारा हुनेछन्, र तिनीहरूलाई तर्साएर लखेट्ने कोही पनि हुनेछैन ।
JER 7:34 यहूदाका सहरहरू र यरूशलेमका सडकहरूबाट हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको सोरलाई म अन्त्य गरिदिनेछु, किनकि यो देश उजाड हुनेछ ।”
JER 8:1 “यो परमप्रभुको घोषणा हो, त्यस बेला तिनीहरूले चिहानहरूबाट यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका बासिन्दाहरूका हड्‍डीहरू निकाल्नेछन् ।
JER 8:2 त्यसपछि तिनीहरूले सूर्य, चन्द्रमा र आकाशका सबै ताराको प्रकाशमा तिनलाई फैलाउनेछन् । तिनीहरूले आकाशका यी कुराहरूलाई पछ्याएका छन्, सेवा गरेका छन्, तिनको खोजी गरेका छन् र पुजा गरेका छन् । हड्‍डीहरू फेरि जम्मा गरिने र गाडिने छैनन् । ती जमिनको सतहमा मलझैं परिरहनेछन् ।
JER 8:3 हरेक बाँकी रहेको ठाउँ जहाँ मैले तनीहरूलाई धपाएको छु, त्यहाँ तिनीहरूले आफ्‍नो निम्‍ति जीवनको साटो मृत्यु रोज्नेछन्, यो सर्वशक्तिमान् परमप्रभुको घोषण हो ।
JER 8:4 त्यसैले तिनीहरूलाई भन्, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'के कोही लडेर उठ्दैन र ? के कोही हरायो भने त्यो फर्केर आउन खोज्दैन र ?
JER 8:5 यरूशलेमका मानिसहरू किन स्थायी विश्‍वासहीनतामा तर्केर गएका छन् त ? तिनीहरू विश्‍वासघातमा टाँसिरहन्छन्, र पश्‍चात्ताप गर्न इन्कार गर्छन् ।
JER 8:6 मैले ध्यान दिएँ, र सुनें, तर तिनीहरूले सही कुरा बोलेनन् । आफ्नो दुष्‍टताको लागि कोही पनि दुःखी भएन, 'मैले के गरेको छु ?' भनेर सोध्‍ने कुनै व्‍यक्‍ति छैन । घोडा युद्धमा गएझैं तिनीहरू सबै आफूलाई इच्छा लागेको ठाउँमा जान्छन् ।
JER 8:7 आकाशको सारस अनि ढुकुर, गौँथली र सारिका चरा पनि आफ्नो समय थाहा छ । तिनीहरू ठिक समयमा बसाइँ सर्छन्, तर मेरा मानिसहरूले परमप्रभुका आज्ञाहरू जान्दैनन् ।
JER 8:8 'परमप्रभुको व्यवस्था हामीसित भएको हुनाले हामी बुद्धिमान छौं' भनी तिमीहरू कसरी भन्‍न सक्छौ ? वास्तवमा, हेर, शास्‍त्रीहरूको छलपूर्ण कलमले धलको सृजना गरेको छ ।
JER 8:9 बुद्धिमान् मानिसहरू लज्‍जित हुनेछन् । तिनीहरू हताश भएका छन् र पासोमा परेका छन् । हेर, तिनीहरूले परमप्रभुको वचन इन्कार गर्छन्, यसैले तिनीहरूको बुद्धिको के काम ?
JER 8:10 त्यसैले म तिनीहरूका पत्‍नीहरू अरूलाई दिनेछु, र तिनीहरूका खेतबारी अधिकार गर्नेहरूलाई म ति दिनेछु, किनकि सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी छन् । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।
JER 8:11 शान्‍ति नै नहुँदा पनि 'शान्ति, शान्ति' भनेर तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् ।
JER 8:12 तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए ? तिनीहरू लज्‍जित भएनन् । कसरी शर्म मान्‍ने भन्‍ने कुरा पनि तिनीहरूलाई थाहा भएन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिइँदा तिनीहरू तल खसालिने छन्, परमप्रभु भन्‍नुहुन्छ ।
JER 8:13 म तिनीहरूलाई पूर्ण रूपमा हटाइदिने छु, यो परमप्रभुको घोषणा हो । दाखका बोटहरूमा दाख हुनेछैन, न त अञ्जीरका रुखहरूमा अञ्जीर हुनेछ । किनकि पात सुकेर जानेछ, र मैले तिनीहरूलाई दिएका कुरा हराएर जानेछ ।
JER 8:14 हामी किन यहाँ बसिरहेका छौं ? सँगसँगै आओ । हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔं, र त्यहाँ हामी मरेर चुप बनौं । किनकि परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई चुप पार्नुहुनेछ । उहाँले हामीलाई विष पिउन लगाउनुहुनेछ किनकि हामीले उहाँको विरुद्धमा पाप गरेका छौं ।
JER 8:15 हामी शान्तिको अपेक्षा गर्दैछौं, तर त्यहाँ कुनै असल कुरो हुनेछैन । हामी चङ्गाइको समयको आशा गर्दैछौं, तर त्यहाँ त्रास हुनेछ ।
JER 8:16 दानबाट त्यसका घोडाहरूको घ्वार-घ्वार आवाज सुनिन्छ । त्यसका शक्तिशाली घोडाहरूको हिनहिनाइको आवाजमा पुरै पृथ्वी हल्लिन्छ । किनकि तिनीहरू आउनेछन् र यो देश र यसको सम्पत्ति, सहर र यसमा बस्‍नेहरूलाई स्वाहा पार्नेछन् ।
JER 8:17 किनकि हेर, म तिमीहरूका बिचमा सर्पहरू, तिमीहरूका टुनामुनाले वशमा पार्न नसक्‍ने विषालु सर्पहरू पठाउँदैछु । तिनीहरूले तिमीहरूलाई डस्‍नेछन्, यो परमप्रभुको घोषणा हो ।
JER 8:18 मेरो शोकको कुनै अन्त छैन, र मेरो हृदय व्याकुल भएको छ ।
JER 8:19 हेर्नुहोस्, टाढाको देशमा भएका मेरो मानिसहरूको छोरीको क्रन्दन सुन्‍नुहोस् । के परमप्रभु सियोनमा हुनुहुन्‍न र ? के त्यसका राजा अहिले त्यहाँ हुनुहुन्‍न र ? त्यसो भए, तिनीहरूले आफ्ना खोपिएका मूर्तिहरू र बेकम्मा विदेशी देवताहरूले मलाई किन रिस उठाउँछन् त ?
JER 8:20 कटनीको समय बितेको छ, ग्रीष्म ऋतु पनि सकिएको छ । तरै पनि हामी बचाइएका छैनौं ।
JER 8:21 मेरा मानिसहरूको छोरीको चोटको कारणले मलाई मलाई चोट लागेको छ । त्यसलाई आइपरेका डरलाग्दा कुराहरूमा म शोक गर्छु । म लज्‍जित भएको छु ।
JER 8:22 के गिलादमा कुनै औषधी छैन ? के त्यहाँ कुनै निको पार्न व्‍यक्‍ति छैन ? मेरा मानिसहरूको छोरीको चोट किन निको भएको छैन त ?
JER 9:1 मेरो शिरले पानी उत्पादन गर्न सके हुन्‍थ्‍यो र मेरा आँखा आँसुको फुहारा भए हुन्‍थ्‍यो ! किनकि मेरा मानिसहरूका छोरीको बिचमा मारिएकाहरूका निम्ति म दिनरात रुने इच्‍छा गर्छु ।
JER 9:2 उजाड-स्थानमा यात्रुहरू बस्‍नका निम्ति कसैले मलाई एउटा ठाउँ दिए हुन्‍थ्‍यो, म आफ्‍ना मानिसहरूलाई त्‍याग्‍न त्यहाँ जान सक्‍थे । तिनीहरूलाई मैले छोड्‍न सके हुन्‍थ्‍यो, किनकि सबै व्यभिचारी, विश्‍वासघातीको जमात हुन् !
JER 9:3 परमप्रभु घोषणा गर्नुहुन्छ, “आफ्‍ना झूटका धनुहरूलाई तिनीहरूले आफ्ना जिब्राले दबाउँछन्, तर तिनीहरूको विश्‍वसनीयताको कारणले तिनीहरू पृथ्वीमा बलिया भएर बढ्ने होइनन् । तिनीहरू एउटा दुष्‍ट कामदेखि अर्को दुष्‍ट काम गर्छन् । तिनीहरूले मलाई चिन्दैनन् ।”
JER 9:4 तिमीकरू हरेक आ-आफ्नो छिमेकीदेखि होसियार बस, र आफ्नो कुनै भाइमाथि भरोसा नगर । किनकि हरेक भाइ निश्‍चय नै छली हो, र हरेक छिमेकी बदख्याइँ गर्दै हिंड्छ ।
JER 9:5 हरेक मानिसले आफ्नो छिमेकीको ठट्टा गर्छ, र साँचो बोल्दैन । तिनीहरूका जिब्राले छली कुराहरू सिकाउँछन् । तिनीहरू अपराध गर्दा-गर्दा थाकेका छन् ।
JER 9:6 तेरो बासस्थान छलको बिचमा छ । आफ्‍नो छलमा तिनीहरूले मलाई इन्कार गर्छन्, यो परमप्रभुको घोषणा हो ।
JER 9:7 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले तिनीहरूलाई खार्न र जाँच्न लागेको छु, किनकि मेरा मानिसहरूले जे गरेका छन्, त्यसको लागि म अरू के गर्न सक्छु र ?
JER 9:8 तिनीहरूका जिब्रा तिखा काँडहरू हुन् । तिनले विश्‍वास गर्न नसकिने कुराहरू बोल्छन् । आफ्ना मुखले आफ्ना छिमेकीहरूसित शान्तिको घोषणा तिनीहरूले गर्छन्, तर तिनीहरूका हृदयले चाहिं तिनीहरूलाई ढुकेर बस्छन् ।
JER 9:9 के यी कुराको काणले मैले तिनीहरूलाई दण्ड नदिने ? यो परमप्रभुको घोषणा हो, र के यस्तो जातिलाई म आफैले बदला नलिने त ?
JER 9:10 म शोकको गीत गाउनेछु, र पहाडहरूका निम्ति विलाप गर्नेछु, र खर्कहरूका निम्ति मृत्‍यु संस्‍कारको गीत गाइनेछ । किनकि ती जलाइएका छन्, यसैले कोही पनि त्यसबाट जान सक्दैन । तिनीहरूले कुनै पनि गाईवस्तुको आवाज सुन्‍नेछैनन् । आकाशका चराहरू र पशुहरू सबै भागेर गएका छन् ।
JER 9:11 त्यसैले म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको लुक्‍ने ठाउँ तुल्याउनेछु । म यहूदाका सहरहरूलाई मानिसहरू नबस्‍ने गरी उजाड तुल्याउनेछु ।”
JER 9:12 यसलाई बुझ्न कुनचाहिं मानिस साँच्‍चै बुद्धिमानी छ ? कसलाई परमप्रभुको मुखले बोल्नुभएको छ, र त्यसले यो घोषणा गर्नेछ ? यो देश किन नष्‍ट पारिएको छ र उजाड-स्थानजस्तै विनाश गरिएको छ जसबाट कोही पनि जान सक्दैन ?
JER 9:13 परमप्रभु भन्‍नुहुन्छ, “मैले तिनीहरूका सामु राखेको मेरो व्यवस्थालाई तिनीहरूले त्यागेका हुनाले, तिनीहरूले मेरो आवाज सुनेर त्यसद्वारा नहिंडेका हुनाले यस्तो भएको हो ।
JER 9:14 तिनीहरू आ-आफ्ना हठी हृदयद्वारा हिंडेका हुनाले र आफ्‍ना पुर्खाहरूले सिकाएझैं गरी तिनीहरूले बाल देवताहरूको अनुसरण गरेको हुनाले यस्तो भएको हो ।
JER 9:15 त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “हर, मैले यो जातिलाई ऐरेलु खुवाउन र विषालु पानी पियाउन लागेको छु ।
JER 9:16 त्यसपछि म तिनीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पार्ने छु, जसलाई न तिनीहरूले न त तिनीहरूका पुर्खाहरूले चिनेका छन् । मैल तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट नपारेसम्म म तिनीहरूको पछि तरवार पठाउनेछु ।”
JER 9:17 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “यस विषयमा विचार गरः मृत्‍यु संस्‍कारका गीत गाउनेहरूलाई बोलाओ । तिनीहरू आऊन् । विलाप गर्न सिपालु स्‍त्रीहरूलाई बोलाउन पठाओ । तिनीहरू आऊन् ।
JER 9:18 तिनीहरू हतार गरून्, र हाम्रा लागि शोकको गीत गाऊन्, ताकि हाम्रा आँखाबाट आँसु बगून् र हाम्रा परेलाबाट पानी बगून् ।
JER 9:19 किनकि सियोनमा विलापको सोर सुनिएको छ, 'हामी कसरी तहस-नहत भएका छौं । हामी ज्यादै लज्‍जित भएका छौं । तिनीहरूले हाम्रा घरहरू भत्काएको समयदेखि नै हामीले यो देश त्‍यागेका छौं ।'
JER 9:20 त्यसैले हे स्‍त्रीहरू हो, परमप्रभुको वचन सुन । उहाँको मुखबाट निस्कने सन्देशमा ध्यान देओ । तब आ-आफ्ना छोरीहरूलाई शोकको गीत र हरेक छिमेकी स्‍त्रीलाई मृत्‍यु संस्‍कारको गीत सिकाओ ।
JER 9:21 किनकि मृत्यु हाम्रा झ्यालबाट आएको छ । यो हाम्रा राजमहलहरूमा जान्छ । यसले बाहिरका बालबालिका र सहरका चोकहरूका युवाहरूलाई नष्‍ट पार्छ ।
JER 9:22 यसो भन, “यो परमप्रभुको घोषणा हो, मानिसहरूका लाशहरू खेतबारीका मलझैं र बाली काट्नेहरूले छाडेका सिलाबालाझैं छोडिनेछन्, र ति जम्मा गर्ने कोही हुनेछैन ।”
JER 9:23 परमप्रभु यसो भन्‍नुहुन्छ, “बुद्धिमान् मानिसले आफ्नो बुद्धिमा वा योद्धाले आफ्नो शक्तिमा घमण्ड गर्न नदेओ । धनी मानिसले आफ्ना धनमा घमण्ड गर्न नदेओ ।
JER 9:24 किनकि कुनै मानिसले कुनै कुरामा घमण्ड गर्छ भने, त्यसले यस कुरामा गरोस् कि उसित अन्तर्दृष्‍टि छ र मलाई चिन्‍छ । किनकि म परमप्रभु हुँ जसले पृथ्वीमा करारको बफादारी, न्याय र धार्मिकतामा काम गर्छु । किनकि यिनै कुरामा म प्रसन्‍न हुन्छु, यो परमप्रभुको घोषणा हो ।”
JER 9:25 यो परमप्रभुको घोषणा हो, हेर, दिनहरू आउँदैछन्, जति बेला म शरीरमा मात्र खतना भएकाहरू सबैलाई दण्ड दिनेछु ।
JER 9:26 म मिश्र, यहूदा, एदोम, अम्मोन, मोआब र शिरमा आफ्नो कपाल छोटो गरी काट्ने सबै मानिसलाई दण्ड दिनेछु । किनकि यी सबै जाति बेखतनाका हुन्, र इस्राएलका सबै घरानासित बेखतनको हृदय छ ।”
JER 10:1 हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई घोषणा गरिरहनुभएको वचन सुन ।
JER 10:2 परमप्रभु यसो भन्‍नुहुन्छ, “जाति-जातिहरूका चाल नसिक, र आकाशका चिन्हहरूदेखि भयभीत नहोओ किनकि जातिहरू यसबाट भयभीत हुन्छन् ।
JER 10:3 किनकि यी मानिसहरूका धार्मिक प्रचलनहरू बेकम्मा छन् । तिनीहरू जङ्गलमा भएको एउटा रुख काट्छन्, र कारीगरले काठको मूर्ति बनाउँछ ।
JER 10:4 त्यसपछि तिनीहरूले सुन र चाँदीले त्‍यसलाई सजाउँछन् । त्‍यो नढलोस् भनेर तिनीहरूले त्‍यसलाई घन र किल्लाले ठोक्दछन् ।
JER 10:5 तिनीहरूले हातले बनाएको कुरो काँक्रोको बारीमा राखिने पुतलाजस्तो हो, किनकि तिनीहरूले पनि केही भन्‍न सक्दैनन्, र तिनीहरू हिंड्न नसक्‍ने भएका हुनाले तिनलाई बोक्‍नुपर्छ । तिनीहरूदेखि नडराओ, किनकि तिनीहरूले खराबी ल्याउन सक्दैनन्, न त तिनीहरूले कुनै भलाइ नै गर्न सक्छन् ।”
JER 10:6 हे परमप्रभु, तपाईंजस्तो कोही पनि छैन । तपाईं महान् हुनुहुन्छ, र तपाईंको नाउँ शक्तिमा महान् छ ।
JER 10:7 हे जातिहरूका महाराजा, तपाईंदेखि को डराउँदैन र ? तपाईं यसैको लागि योग्य हुनुहुन्छ, किनकि जातिहरूका सबै बुद्धिमान् मानिसहरू र तिनीहरूका सबै राज्यहरूका बिचमा तपाईंजस्तो कोही पनि छैन ।
JER 10:8 तिनीहरू सबै उस्तै छन् । तिनीहरू बुद्धिहीन र मूर्ख छन् । तिनीहरू मूर्तीका चेलाहरू हुन् जुन काठबाहेक केही पनि होइन ।
JER 10:9 तर्शीशबाट पिटिएका चाँदी अनि उपज देशबाट सुनारहरू, शुद्ध पार्नेका हातद्वारा बनाइएका सुन तिनीहरूले ल्याउँछन्, तिनीहरूका वस्‍त्रहरू निलो र बैजनी कपडा हुन् । तिनीहरूका सिपालु मानिसहरूले यी सबै कुरा बनाए ।
JER 10:10 तर परमप्रभु नै साँचो परमेश्‍वर हुनुहुन्छ । उहाँ नै जीवित परमेश्‍वर र अनन्तका राजा हुनुहुन्छ । उहाँको रिसमा पृथ्वी हल्लिन्छ, र जातिहरूले उहाँको रिस सहन सक्दैनन् ।
JER 10:11 तपाईं तिनीहरूसित यसरी बोल्नुहुन्छ, “स्वर्ग र पृथ्वी नबनाउने देवताहरू पृथ्वीबाट र यी आकाशको तलबाट नष्‍ट हुनेछन् ।
JER 10:12 तर उहाँले पृथ्वीलाई आफ्नो शक्तिले बनाउनुभयो, र उहाँले आफ्नो बुद्धिले संसार स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले आकाशलाई फैलाउनुभयो ।
JER 10:13 उहाँको आवाजले आकाशमा पानीको गर्जन ल्याउँछ, र उहाँले पृथ्वीको कुनाबाट तुसारो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि चट्याङ पार्नुहुन्छ, र आफ्नो भण्डारबाट बतास पठाउनुहुन्छ ।
JER 10:14 हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ । धातुको काम गर्ने हरेक आफ्ना मूर्तिहरूबाट नै लाजमा परेको छ । किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन् । तिनमा जीवन छैन ।
JER 10:15 ती बेकम्मा छन्, गिल्ला गर्नेहरूको काम हुन् । तिनीहरूको दण्डको समयमा तिनीहरू नष्‍ट हुनेछन् ।
JER 10:16 तर परमेश्‍वर जो याकूबको हिस्सा हुनुहुन्छ, उहाँ तीजस्ता छैनन्, किनकि उहाँ त सबै कुराका निर्माणकर्ता हुनुहुन्छ । इस्राएल उहाँको उत्तराधिकारको कुल हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
JER 10:17 ए घेराबन्दीमा बाँचेका मानिसहरू हो, आ-आफ्नो पोकोपन्तरो जम्मा गर र देश छोड ।
JER 10:18 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर्, यस बेला यो देशका बासिन्दाहरूलाई मैले बाहिर फाल्‍न लागेको छु । म तिनीहरूमाथि सङ्कष्‍ट ल्याउनेछु, र तिनीहरूले यस्तै भएको भेट्टाउनेछन् ।”
JER 10:19 मलाई धिक्‍कार छ! मेरा हड्‍डी भाँचिएका हुनाले मेरो चोट सङ्क्रमित भएको छ । त्यसैले मैले भनें, “निश्‍चय नै यो वेदना हो, तर मैले त्‍यो सहनैपर्छ ।”
JER 10:20 मेरो पाल तहस-नहस पारिएको छ, र मेरा पालका सबै डोरी दुई टुक्रा पारेर काटिएका छन् । तिनीहरूले मेरा बालबालिकालाई मबाट टाढा लगेका छन्, त्‍यसैले तिनीहरू अब छैनन् । मेरो पाल टाँग्‍न वा मेरा पर्दाहरू उठाउन त्‍यहाँ अब फेरि कोही छैन ।
JER 10:21 किनकि गोठालाहरू मूर्ख छन्, र तिनीहरूले परमप्रभुको खोजी गर्दैनन् । त्यसैले तिनीहरूको उन्‍नति भएको छैन, र तिनीहरूका सबै बगाल तितर-बितर भएका छन् ।
JER 10:22 समाचारको खबर आएको छ, “हेर, यहूदाका सहरहरूलाई उजाड पारेर स्यालहरूका लुक्‍ने ठाउँ बनाउनलाई उत्तरको देशबाट एउटा ठुलो भूकम्प आउँदैछ ।”
JER 10:23 हे परमप्रभु, म जान्दछु, मानिसको चाल ऊ आफैबाट आउँदैन । हिंडिरहेको कुनै पनि व्यक्तिले आफ्ना कदमहरूलाई निर्देशन दिंदैन ।
JER 10:24 हे परमप्रभु, मलाई न्यायले अनुशासित गर्नुहोस्, तपाईंको रिसमा होइन, नत्रता तपाईंले मलाई नष्‍ट गर्नुहुनेछ ।
JER 10:25 तपाईंले नचिन्‍ने जातिहरू र तपाईंको नाउँ नपुकार्ने परिवारहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस् । किनकि तिनीहरूले याकूबलाई निलेका छन् र भष्‍म पारेका छन् यसरी उसलाई पूर्ण रूपमा नास पारेका र उसको बासस्थानलाई उजाड पारेका छन् ।
JER 11:1 परमप्रभुबाट यर्मियाकहाँ यसो भनेर वचन आयो,
JER 11:2 “यस करारका वचनहरूलाई सुन्, अनि यहूदाका हरेक मानिस र यरूशलेमका बासिन्दाहरूलाई ती घोषणा गर् ।
JER 11:3 तिनीहरूलाई भन्, 'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यस करारका वचनहरू नसुन्‍ने जोसुकै श्रापित होस् ।
JER 11:4 मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेश अर्थात् फलाम पगाल्ने भट्टीबाट ल्याएको दिनमा यो करारको पालन गर्न आज्ञा दिएको थिएँ । मैले भनें, 'मेरो आवाजलाई सुन र मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै कुरा पालन गर, किनकि तिमीहरू मेरो जाति हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।'
JER 11:5 मेरो आज्ञा पालन गर ताकि दूध र मह बग्‍ने देश दिनेछु भनी मैले तिमीहरूका पुर्खाहरूसित खाएको शपथ म पुरा गर्न सक्‍छु ।' तब म यर्मियाले जवाफ दिएँ र भनें, 'हे, परमप्रभु हवस् ।'
JER 11:6 परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर् । यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्यन गर ।
JER 11:7 किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याएको दिनदेखि वर्तमान समयसम्म निरन्तर रूपमा तिनीहरूलाई चेताउनी दिंदै र 'मेरो आवाज सुन,' भन्‍दै गम्भीर आज्ञाहरू दिंदै आएको छु ।
JER 11:8 तर तिनीहरूले सुनेनन्, वा ध्यानै दिएनन् । हरेक व्यक्ति आफ्नै दुष्‍ट हृदयको कठोरतामा हिंडिरहेको छ । त्यसैले यस करारमा मैले तिनीहरूलाई आज्ञा गरेका सबै श्राप मैले तिनीहरूका विरुद्धमा ल्याएँ । तर मानिसहरूले अझै पनि आज्ञा मानेनन् ।”
JER 11:9 त्यसपछि परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूका बिचमा भएको एउटा षड्यन्त्र पत्ता लागेको छ ।
JER 11:10 तिनीहरू आफ्‍ना पहिलेका पुर्खाहरूका अधर्मतर्फ लागेका छन् जसले मेरो वचन सुन्‍न इन्कार गरी अरू देवताहरूको पुजा गर्न तिनीहरूको पछि लागे । इस्राएलको घराना र यहूदाको घरानाले मैले तिनीहरूका पुर्खाहरूसित स्थापित गरेको मेरो करार तोडे ।
JER 11:11 त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिनीहरूमाथि यस्तो विपत्ति ल्याउनै लागेको छु, जुन विपत्तिबाट तिनीहरू भाग्‍न सक्‍ने छैनन् । तब तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म तिनीहरूको कुरा सुन्‍नेछैनँ ।
JER 11:12 यहूदाका सहरहरू र यरूशलेमका बासिन्दाहरू जानेछन्, र तिनीहरूले भेटी चढाएका देवताहरूलाई पुकार्नेछन्, तर तिनीहरूको विपत्तिको समयमा निश्‍चय पनि तिनीहरू ती देवताहरूद्वारा बचाइनेछैनन् ।
JER 11:13 किनकि तँ यहूदाले तेरा देवताहरूको सङ्ख्या वृद्धि गरेर तेरा सहरहरूको सङ्ख्या बराबर तुल्याएको छस् । तैंले यरूशलेममा त्यसका सडकहरूको सङ्ख्या जत्तिकै धेरै लज्‍जास्पद वेदीहरू, बाल देवताको निम्ति धुप बाल्ने वेदीहरू बनाएको छस् ।
JER 11:14 त्यसैले ए यर्मिया, तँ आफूले यी मानिसहरूको निम्ति प्रार्थना नचढा । तिनीहरूको पक्षमा तैंले विलाप वा बिन्ती गर्नहुँदैन । किनकि तिनीहरूले आफ्नो विपत्तिमा मलाई पुकारा गर्दा म तिनीहरूको पुकारा सुन्‍नेछैन्‍नँ ।
JER 11:15 मेरी प्रिय जससित धेरै दुष्‍ट मनसाय थिए, त्यो किन मेरो मन्दिरमा छे ? तेरा बलिदानहरूको मासुले तँलाई मदत गर्न सक्दैन । तेरा दुष्‍ट कामहरूको कारणले तँ आनन्द मनाउँछस् ।
JER 11:16 विगतमा परमप्रभुले तँलाई झ्याम्म परेको जैतूनको रुख, रहरलाग्दो फल भएको सुन्दर रुख भन्‍नुभयो । तर उहाँले यसमा आगो सल्काउनुहुनेछ, जुन आँधीबेहरीको गर्जनजस्तो सुनिनेछ । यसका हाँगाहरू भँचिनेछन् ।
JER 11:17 इस्राएलको घराना र यहूदाको घरानाले गरेका दुष्‍ट कामहरूको कारणले तिमीहरूलाई रोप्नुहुने सर्वशक्तिमान् परमप्रभुले तिमीहरूको विरुद्धमा विपत्तिको आदेश दिनुभएको छ— तिनीहरूले बाल देवतालाई भेटीहरू चढाएर मलाई रिस उठाएका छन् ।”
JER 11:18 परमप्रभुले मलाई यी कुराहरू अवगत गराउनुभयो, त्‍यसैले म यी जान्‍दछु । हे परमप्रभु, तपाईंले नै मलाई तिनीहरूका कामहरू देखाउनुभयो ।
JER 11:19 म त कसाइकहाँ लगिंदै गरेको अवोध थुमाजस्तै थिएँ । तिनीहरूले मेरो विरुद्धमा यस्तो योजना रचेका थिए भनी मलाई थाहा थिएन, “रुखलाई त्‍यसको फलसमेत नष्‍ट पारौं । फेरि त्यसको नाउँ नै नसम्झने गरी त्यसलाई जीवितहरूको देशबाट निष्काशित गरौं ।”
JER 11:20 तापनि सर्वशक्तिमान् परमप्रभु धार्मिक न्यायाधीश हुनुहुन्छ जसले हृदय र मनको जाँच गर्नहुन्छ । तिनीहरूको विरुद्धमा तपाईंको बदलाको म साक्षी बन्‍नेछु किनकि मैले मेरो विषय तपाईंको सामु पेस गरेको छु ।
JER 11:21 त्यसकारण परमप्रभु तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूको सम्बन्धमा यसो भन्‍नुहुन्छ, “तिनीहरू भन्छन्, 'तैंले परमप्रभुको नाउँमा अगमवाणी बोल्‍नुहँदैन, नत्रता तँ हाम्रा हातबाट मर्नेछस् ।'
JER 11:22 त्यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिनीहरूलाई दण्ड दिनै लागेको छु । तिनीहरूका हट्टाकट्टा युवाहरू तरवारले मारिनेछन् । तिनीहरूका छोराहरू र छोरीहरू अनिकालद्वारा मर्नेछन् ।
JER 11:23 तिनीहरूमध्‍ये कोही पनि छाडिनेछैन, किनकि म अनातोतका मानिसहरूको विरुद्धमा विपत्ति ल्याउँदैछु, जुन तिनीहरूको दण्डको वर्ष हुनेछ' ।”
JER 12:1 हे परमप्रभु, मैले तपाईंकहाँ विवाद ल्याउँदा तपाईं धर्मी हुनुहुन्छ । मैले गुनासो गर्नुपर्ने कारण निश्‍चय पनि मैले तपाईंलाई बताउनुपर्छः किन दुष्‍टका मार्गहरू सफल हुन्छन् ? सबै विश्‍वासहीन मानिस सफल छन् ।
JER 12:2 तपाईंले तिनीहरूलाई रोप्नुभयो, र तिनीहरूले जरा हाले । तिनीहरूले निरन्‍तर फल फलाउँछन् । तिनीहरूका मुखमा तपाईं तिनीहरूको नजिक हुनुहुन्छ, तर तिनीहरूका हृदयबाट धेरै टाढा हुनुहुन्छ ।
JER 12:3 तापनि हे परमप्रभु, तपाईंले मलाई जान्‍नुहुन्छ । तपाईंले मलाई देख्‍नुहुन्छ, र तपाईंप्रतिको मेरो हृदयलाई जाँच गर्नहुन्छ । मारिनलाई लगिने भेडाजस्तै तिनीहरूलाई लैजानुहोस्, र मारिने दिनको लागि तिनीहरूलाई अलग गर्नुहोस् ।
JER 12:4 देश कहिलेसम्म सुक्खा भइरहन्‍छ, यसका बासिन्दाहरूको दुष्‍टताको कारणले हरेक खेतका बोटबिरुवा ओइलाउँछन् ? पशुहरू र चराहरू लगिएका छन् । वास्तवमा मानिसहरू भन्छन्, “हामीमाथि के भएको छ, सो परमेश्‍वरले देख्‍नुहुन्‍न ।”
JER 12:5 परमप्रभुले भन्‍नुभयो, “वास्तवमा, तँ यर्मिया पैदल हिंड्ने सिपाहीहरूसित दगुरेको भए, र तिनीहरूले तँलाई थकाएका भए, तैंले कसरी घोडाहरूको विरुद्धमा प्रतिस्पर्धा गर्न सक्छन् ? तँ सुरक्षित पाखामा खसेको छस् भने, यर्दननेरका झाडीहरूमा तैंले के गर्नेछस् ?
JER 12:6 किनकि तेरै दाजुभाइ र तेरै बुबाको परिवारले तँलाई धोका दिएका अनि खुलेआम कराएर तँलाई इन्‍कार गरेका छन् । तिनीहरूले तँलाई राम्रा कुराहरू गरे तापनि तिनीहरूमाथि भरोसा नगर् ।
JER 12:7 मैले आफ्‍नो घरलाई त्यागेको छु । मैले मेरो पैतृक-सम्पत्तिलाई इन्‍कार गरेको छु । मैले मेरी प्रियलाई उसका शत्रुहरूका हातमा सुम्‍पेको छु ।
JER 12:8 मेरो उत्तराधिकार मेरो निम्‍ति झाडीमा भएको सिंहजस्तै भएको छ । त्यो आफ्‍नै आवाजले त्‍यसले मलाई गर्जन्‍छ, त्यसैले म त्यसलाई घृणा गर्छु ।
JER 12:9 के मैले मूल्‍य तिरेको उत्तराधिकार छिरबिरे सिकारी चराजस्तै बनेको छैन, जसका विरुद्धमा अरू सिकारी चराहरू आइलाग्‍छन् ? जा र सबै जङ्गली जनावरहरूलाई जम्मा गर्, र त्यसलाई निल्न तिनीहरूलाई लिएर आइज ।
JER 12:10 धेरै गोठालाहरूले मेरो दाखबारीलाई नष्‍ट पारेका छन् । तिनीहरूले मेरो खेतको भागलाई कुल्चेका छन् । मेरो खुशीको भागलाई उजाड-स्थान, तिनीहरूले निर्जन मरुभूमिमा परिणत गरेका छन् ।
JER 12:11 तिनीहरूले त्यसलाई उजाड पारेका छन् । म त्यसको निम्ति शोक गर्छु । त्यो उजाड छ । सारा देश उजाड पारिएको छ, किनकि यसलाई हृदयमा लिने कोही छैन ।
JER 12:12 विनाशकहरू उजाड-स्थानका सबै नाङ्गा स्थानहरूको विरुद्धमा आएका छन्, किनकि परमप्रभुको तरवारले तिनीहरूलाई देशको एउटा छेउदेखि अर्को छेउसम्म नाश पार्दैछ । देशमा कुनै पनि जीवित प्राणीको लागि सुरक्षा छैन ।
JER 12:13 तिनीहरूले गहुँ रोपेका छन्, तर काँढा कटनी गरेका छन् । तिनीहरू काम गरेर थकित भएका छन्, तर केही आर्जन गरेका छैनन् । त्यसैले परमप्रभुको क्रोधको कारणले तिमीहरूको आर्जनप्रति लज्‍जित होओ ।”
JER 12:14 मैले आफ्‍ना मानिस इस्राएललाई उत्तराधिकारको रूपमा दिएको कुरामा प्रहार गर्ने मेरा सबै दुष्‍ट छिमेकीका विरुद्धमा परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर, तिनीहरूको आफ्नै भूमिबाट जरैदेखि तिनीहरूलाई उखेल्ने लागेको मैले नै हो र यहूदाको घरानालाई म तिनीहरूका बिचबाट माथि तान्‍नेछु ।
JER 12:15 त्‍यसपछि म ती जातिहरूलाई जरैदेखि उखेलेपछि म तिनीहरूलाई दया देखाउनेछु, र तिनीहरूलाई फर्काएर ल्याउनेछु । म हरेक मानिसलाई त्यसको आफ्नै उत्तराधिकार र देशमा फर्काएर ल्याउनेछु ।
JER 12:16 तिनीहरूले मेरा मानिसहरूलाई बाल देवताको नाउँमा शपथ खान सिकाएझैं तिनीहरूले 'जीवित परमप्रभुको नाउँमा' शपथ खान सिकाएर ती जातिहरूले मेरा मानिसहरूका मार्गलाई होसियारीपूर्वक सिके भने, तिनीहरू मेरा मानिसहरूका बिचमा स्थापित हुनेछन् ।
JER 12:17 तर कुनै जातिले सुनेन भने म त्यसलाई जरैदेखि उखेल्नेछु । त्‍यो निश्‍चय नै जरैदेखि उखेलिनेछ, र नष्‍ट गरिनेछ, यो परमप्रभुको घोषणा हो ।
JER 13:1 परमप्रभुले मलाई यसो भन्‍नुभयो, “जा र एउटा सुतीको पटुका किन्, र यसलाई तेरो कम्मरको चारैतिर बाँध, तर त्यसलाई पहिले पानीमा नभिजा ।”
JER 13:2 परमप्रभुले निर्देशन दिनुभएझैं मैले एउटा पटुका किनें र त्यसलाई मेरो कम्मरको चारैतिर बह्रें ।
JER 13:3 तब दोस्रो पटक परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
JER 13:4 “तैंले किनेको पटुका जुन तेरो कम्मरको चारैतिर बाँधिएको छ, त्यसलाई निकाल्, र उठ र परातमा जा । त्यहाँ चट्टानको धाँदोमा त्यसलाई लुका ।”
JER 13:5 त्यसैले जसरी परमप्रभुले मलाई आज्ञा दिनुभएको थियो त्‍यसरी नै म गएँ र त्यसलाई परातमा लुकाएँ ।
JER 13:6 धेरै दिनपछि परमप्रभुले मलाई भन्‍नुभयो, “खडा हो र परातमा फर्केर जा । मैले तँलाई लुकाउन भनेको त्यो पटुका लिएर आइज ।”
JER 13:7 त्यसैले म परातमा फर्केर गएँ, र मैले लुकाएको ठाउँबाट त्यसलाई खनेर झिकेँ, र हेर, त्‍यो त नष्‍ट भएको र पूर्ण रूपमा बेकम्मा भएको थियो ।
JER 13:8 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
JER 13:9 “परमप्रभु यसो भन्‍नुहुन्छ, 'त्यसरी नै यहूदा र यरूशलेमको ठुलो अहंकारलाई म नाश गर्नेछु ।
JER 13:10 मेरो वचन सुन्‍न इन्कार गर्ने, आफ्नो हृदयको कठोरतामा हिंड्ने, अरू देवताहरूको पुजा गर्न तिनीहरूका पछि जाने र तिनीहरूको सामु निहुरने यो दुष्‍ट जाति त्यही पटुकाजस्तै हुनेछ, जसको कुनै काम छैन ।
JER 13:11 जसरी एउटा पटुका कसैको कम्मरमा कसिएको हुन्छ, त्यसरी नै मैले इस्राएलका सबै घराना र यहूदाका सबै घरानालाई मेरो जाति हुन, मेरो नाउँ राख्‍न, मलाई इज्‍जत, प्रशंसा र आदर गर्न ममा कसिन लगाएको छु, यो परमप्रभुको घोषणा हो । तर तिनीहरूले मेरो कुरा सुन्दैनन् ।
JER 13:12 त्यसैले तैंले यो वचन तिनीहरूलाई भन्‍नुपर्छ, 'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हरेक मशक दाखमद्यले भरिनेछ ।' तिनीहरूले तँलाई भन्‍नेछन्, 'हरेक मशक दाखमद्यले भरिनेछ भनेर के हामीलाई थाहा छैन र ?'
JER 13:13 त्यसैले तिनीहरूलाई भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः हेर, यस देशको हरेक बासिन्दा अर्थात् दाऊदको सिंहासनमा बस्‍ने राजाहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका सबै बासिन्दालाई मैले पियक्‍कडपनले भर्न लागेको छु ।
JER 13:14 तब प्रत्‍येक मानिसलाई अर्कोको विरुद्धमा, बुबाहरूलाई छोराछोरीका विरुद्धमा नष्‍ट पार्न लगाउनेछु, यो परमप्रभुको घोषणा हो, म तिनीहरूलाई दया देखाउने वा टिठ्यानेछैनँ, र तिनीहरूलाई विनाशबाट जोगाउनेछैनँ ।'
JER 13:15 सुन, र ध्यान देओ । अहङ्कारी नहोओ, किनकि परमप्रभुले बोल्नुभएको थियो ।
JER 13:16 परमप्रभु तिमीहरूका परमेश्‍वरले अन्धकार ल्याउनुअगि र उहाँले तिमीहरूका खुट्टा अँध्यारोमा पहाडहरूमा ठेस लगाउनु अगि उहाँलाई आदर देओ । किनकि तिमीहरू ज्योतिको खोजी गर्दैछौ, तर उहाँले त्यस ठाउँलाई घोर अन्धकार, बाक्लो बादलमा परिणत गर्नुहुनेछ ।
JER 13:17 त्यसैले तिमीहरूले सुनेनौ भने, तिमीहरूको अहङ्कारको कारणले म एक्लै रुनेछु । निश्‍चय नै म रुनेछु, र मेरा आँखाबाट आँसुका धारा बग्‍नेछ, किनकि परमप्रभुको बगाल कैदमा लगिएको छ ।
JER 13:18 “राजा र राजमातालाई भन्, 'आ-आफ्नो सिंहासनबाट ओर्लेर तल आओ, किनकि तिमीहरूका गौरवशाली मुकुटहरू तिमीहरूका शिरबाट खसेका छन् ।'
JER 13:19 नेगेवका सहरहरू थुनिने छन् । तिनलाई खोल्ने कोही हुनेछैन । सारा यहूदा कैदमा लगिनेछन् । पूर्ण रूपमा कैदमा लगिनेछन् ।
JER 13:20 आफ्ना आँखा उठाओ र उत्तरबाट आइरहेकाहरूलाई हेर् । उहाँले तँलाई दिनुभएको बगाल, तेरो लागि साह्रै सुन्दर बगाल कहाँ छ ?
JER 13:21 तैंले तालिम दिएकाहरूलाई नै तेरा खास मित्रहरू हुन परमेश्‍वरले तँमाथि राख्‍नुहुँदा तैंले के भन्‍नेछस् ? के यी एउटी स्‍त्रीले प्रसव-वेदनामा पीडा भोगेजस्तै तैंले भोग्‍ने पीडाको थालनी होइन र ?
JER 13:22 तब तैंले आफ्नो हृदयमा भन्लास्, 'यी कुरा ममाथि किन आइरहेका छन् ?' तेरा अपराधको थुप्रोको कारणले तेरो फरिया उचालिएको छ, र तँलाई कुव्यवहार गरिएको छ ।
JER 13:23 के कूशका मानिसहरूले आफ्‍नो छालाको रङ बद्लन सक्छन् र, वा चितुवाले आफ्नो छालाको थोप्ला बद्लन सक्छ र ? त्यसो हो भने, दुष्‍टताको निम्ति बानी परेको तैंले पनि भलाइ गर्न सक्छस् ।
JER 13:24 मरुभूमिको बतासमा उडाइने भुसजस्तै म तिनीहरूलाई तितर-बितर पार्नेछु ।
JER 13:25 मैले तँलाई यही कुरा दिएको छु, तेरो निम्‍ति मैले आदेश दिएको हिस्सा यही हो, यो परमप्रभुको घोषणा हो, किनकि तैंले मलाई भुलेको छस् र छलमाथि भरोसा गरेको छस् ।
JER 13:26 त्यसैले म आफैले पनि तेरो फरिया उठानेछु, र तेरो गुप्‍ताङ्‍ग देखिनेछ ।
JER 13:27 मैले तेरो व्यभिचार, हिनहिनाइ, डाँडाहरू र मैदानहरूमा भएको तेरो वेश्यावृत्तिको दुष्‍टता देखेको छु, र यी घृणित कुराहरू मैले देखेको छु । ए यरूशलेम, तँलाई धिक्‍कार! तँलाई फेरि शुद्ध हुन कति समय लाग्‍नेछ ?”
JER 14:1 खडेरीको सम्‍बन्‍धमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो,
JER 14:2 “यहूदाले शोक गरोस् । त्यसका मूला ढोकाहरू भाँचिऊन् । तिनीहरू देशको लागि विलाप गर्दैछन् । यरूशलेमको निम्ति तिनीहरूको क्रन्दन माथि जाँदैछ ।
JER 14:3 तिनीहरूका शक्तिशाली मानिसहरूले आफ्‍ना नोकरहरूलाई पानीको लागि बाहिर पठाउँछन् । जब तिनीहरू कुवामा जान्‍छन् तब तिनीहरूले पानी पाउन सक्‍दैनन् । तिनीहरू असफल भएर फर्कन्छन् । तिनीहरू लज्‍जित र बेइजत आफ्ना शिर ढाक्छन् ।
JER 14:4 देशमा पानी नपरेको हुनाले, जमिन चिराचिरा परेको छ । हलो जोत्‍नेहरू लज्‍जित भएका छन् र आफ्ना शिर ढाक्छन् ।
JER 14:5 घाँस नभएकोले मुडुली मृगले पनि आफ्ना बच्‍चाहरूलाई मैदानमा छोड्‍छ र तिनलाई त्‍यगिदिन्‍छ ।
JER 14:6 जङ्गली गधाहरू नाङ्गा मैदानहरूमा खडा हुन्छन्, र तिनीहरू स्यालझैं हाँप्छन् । हरियो खर्क नभएको कारणले तिनीहरूका आँखा तिरमिराउँछन् ।”
JER 14:7 हे परमप्रभु, हाम्रा अधर्मले हाम्रो विरुद्धमा गवाही दिए तापनि तपाईंकै नाउँको नाम्‍ति काम गर्नुहोस् । किनकि हाम्रा विश्‍वासहीन कामहरू वृद्धि हुन्छन् । हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।
JER 14:8 तपाईं नै इस्राएलको आशा हुनुहुन्छ, जसले सङ्कष्‍टको समयमा त्यसलाई बचाउनुहुन्छ । पाल टाँग्‍ने र एक रातको निम्ति मात्र बस्‍ने अपरिचित परदेशीजस्तै तपाईं यस देशमा किन बन्‍नुहुन्‍छ?
JER 14:9 तपाईं किन आश्‍चर्यमा परेको मानिसझैं व छुटकाराको निम्ति शक्ति नभएको योद्धाजस्तै हुनुहुन्छ ? हे परमप्रभु, तपाईं हाम्रा बिचमा हुनुहुन्छ, र हाम्रा बिचमा तपाईंकै नाउँ पुकारिन्छ । हामीलाई नत्‍याग्‍नुहोस् ।
JER 14:10 परमप्रभु आफ्‍ना मानिसलाई यसो भन्‍नुहुन्छ, “तिनीहरू बरालिन मन पराउने भएको हुनाले त्यसो गर्नदेखि तिनीहरूले आफ्ना खुट्टालाई रोकेका छैनन् ।” परमप्रभु तिनीहरूसित खुसी हुनुहुन्‍न । अब उहाँले तिनीहरूका अधर्म सम्झनुभएको छ, र तिनीहरूका पापलाई दण्ड दिनुभएको छ ।
JER 14:11 परमप्रभुले मलाई यसो भन्‍नुभयो, “यी मानिसहरूको पक्षमा भलाइको निम्ति प्रार्थना नगर् ।
JER 14:12 किनकि तिनीहरूले उपवास बसे भने म तिनीहरूका विलाप सुन्‍नेछैनँ, अनि तिनीहरूले होमबलि र अन्‍नबलि चढाए भने म तिनमा खुशी हुनेछैन । किनकि तरवार, अनिकाल र विपत्तिले म तिनीहरूको अन्त्य ल्याउनेछु ।”
JER 14:13 तब मैले भनें, “हे परमप्रभु परमेश्‍वर, हेर्नुहोस्, अगमवक्ताहरूले मानिसहरूलाई भन्दैछन्, 'तिमीहरूले तरवार देख्‍नेछैनौ । तिमीहरूका निम्ति अनिकाल पर्नेछैन, किनकि म यस ठाउँमा तिमीहरूलाई साँचो सुरक्षा दिनेछु' ।”
JER 14:14 परमप्रभुले मलाई भन्‍नुभयो, “अगमवक्ताहरूले मेरो नाउँमा छलको अगमवाणी बोल्छन् । मैले तिनीहरूलाई पठाइनँ, न मैले तिनीहरूलाई कुनै आज्ञा दिएँ वा तिनीहरूसित बोलेँ । तर छली दर्शन र बेकम्मा, छली मन्त्रतन्त्र तिनीहरूका आफ्नै समझबाट आएका हुन्, जुन तिनीहरूले तिमीहरूलाई अगमवाणी बोल्दैछन् ।”
JER 14:15 त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले नपठाएका अगमवक्ताहरू जसले मेरो नाउँमा अगमवाणी बोल्छन्, जसले यस देशमा कुनै तरवार वा अनिकाल पर्नेछैन भन्छन्, यी अगमवक्ताहरू तरवार र अनिकालले नष्‍ट पारिनेछन् ।
JER 14:16 त्यसपछि ती मानिसहरू जसलाई तिनीहरूले अगमवाणी बोले, तिनीहरू अनिकाल र तरवारको कारणले यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्, किनकि त्यहाँ तिनीहरू, तिनीहरूका पत्‍नीहरू, छोराछोरीलाई गाड्ने कोही हुने छैनन्, किनकि म तिनीहरूका दुष्‍टता तिनीहरूमाथि नै खन्याउनेछु ।
JER 14:17 तिनीहरूलाई यो वचन भन्, ‘मेरा आँखाबाट दिनरात आँसु बगिरहोस् । त्यसलाई नरोक्, किनकि मेरो जातिकी कन्याको ठुलो विनाश हुनेछ । त्यसले ठुलो र निको नहुने चोट पाउनेछ ।
JER 14:18 म मैदानमा गएँ भने, त्यहाँ तरवारले मारिएकाहरू हुन्छन् । म सहरमा आएँ भने, त्यहाँ अनिकालले ल्याएका रोगहरू हुन्छन् । अगमवक्ता र पुजारी दुवै देशको यताउता बरालिन्छन्, र तिनीहरूलाई थाहैछैन' ।”
JER 14:19 के तपाईंले यहूदालाई बिलकुलै इन्कार गर्नुभएको हो ? के तपाईं सियोनलाई घृणा गर्नुहुन्छ ? जब हामी निको हुनुछैन भने किन तपाईं हामीलाई कष्‍ट दिनुहुन्छ ? हामीले शान्तिको आशा गर्‍यौँ, तर त्यहाँ कुनै असल कुरा थिएन र निको हुने समय थिएन, तर हेर्नुहोस् त्‍यहाँ त्रास मात्र छ ।
JER 14:20 हे परमप्रभु, हामी हाम्रा दोष, हाम्रा पुर्खाहरूका अपराध स्वीकार गर्छौं, किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।
JER 14:21 हामीलाई नत्याग्‍नुहोस् । तपाईंको नाउँको निम्‍ति तपाईंको महिमित सिंहासनलाई अपमानित नगर्नुहोस् । हामीसित बाँध्‍नुभएको आफ्‍नो करार सम्झनुहोस्, र त्‍यसलाई नतोड्नुहोस् ।
JER 14:22 के जातिहरूका कुनै बेकम्मा मूर्तिले वर्षा ल्याउँछ सक्‍छ र ? वा के आकाश आफैले झरी पठाउँछ ? हे परमप्रभु तपाईं नै हाम्रा परमेश्‍वर हुनुहुन्‍न र ? हामीले तपाईंमा प्रतीक्षा गर्छौं, किनकि यी सबै कुरा गर्नुहुने तपाईं नै हुनुहुन्छ ।
JER 15:1 तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोशा र शमूएल मेरो सामु खडा भए तापनि म यी मानिसका पक्षमा खडा हुन्‍नँ । तिनीहरूलाई टाढा जानलाई मेरो सामुबाट तिनीहरूलाई हटाइदे ।
JER 15:2 यस्‍तो हुनेछ, तिनीहरूले तँलाई यसो भन्‍नेछन्, 'हामी कहाँ जाने ?' तब तैंले तिनीहरूलाई भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मृत्युको निम्ति साँचिएकाहरू मृत्युमा जानुपर्छ । तरवारको निम्ति साँचिएकाहरू तरवारमा जानुपर्छ । अनिकालको निम्ति साँचिएकाहरू अनिकालमा जानुपर्छ, र निर्वासनको निम्ति साँचिएकाहरू निर्वासनमा जानुपर्छ ।'
JER 15:3 म तिनीहरूलाई चारवटा समूहमा विभाजन गर्नेछु, यो परमप्रभुको घोषणा हो— केहीलाई मार्न तरवारलाई, केहीलाई घिसार्न कुकुरहरूलाई, केहीलाई स्वाहा पार्न र नष्‍ट पार्नलाई आकाशका चराहरू र जमिनका पशुहरूलाई ।
JER 15:4 यहूदाका राजा हिजकियाहका छोरा मनश्शेले यरूशलेममा जे गरेका थिए, त्यसैको कारणले म तिनीहरूलाई पृथ्वीका सबै राज्यका लागि एक डरलाग्दो कुरो तुल्याउनेछु ।
JER 15:5 ए यरूशलेम, तँलाई कसले दया देखाउने छ ? तेरो निम्ति कसले शोक गर्नेछ ?
JER 15:6 तैंले मलाई त्यागेको छस्, यो परमप्रभुको घोषणा हो— तँ मबाट फर्केर गएको छस् । त्यसैले म आफ्‍नो हातले तँलाई प्रहार गर्नेछु र तलाई नाश पार्नेछु । तँलाई दया देखाउँदा-देखाउँदा म थकित भइसकेको छु ।
JER 15:7 त्यसैल म तिनीहरूलाई देशका मूल ढोकाहरूमा नाङ्लोले निफन्‍नेछु । म तिनीहरूलाई शोकमा पार्नेछु । मेरा मानिसहरू आफ्ना मार्गबाट नफर्कने भएकाले म तिनीहरूलाई नष्‍ट पार्नेछु ।
JER 15:8 म तिनीहरूका विधवाहरूको सङ्ख्या समुद्रतटको बालुवाभन्दा धेरै बनाउनेछु । युवाहरूका आमाहरूको विरुद्धमा म दिउँसै विनाशक पठाउनेछु । शोक र त्रासलाई तिनीहरूमा अकस्मात् आउने म बनाउनेछु ।
JER 15:9 सात जना सन्तान जन्माउने आमा उजाड हुनेछे । त्‍यसले उफ् उफ् गर्नेछे । दिन छँदै त्यसको घाम अस्ताउनेछ । त्यो लज्‍जित र अपमानित हुनेछे, किनकि बाँकी रहेकाहरूलाई म तिनीहरूका शत्रुहरूको उपस्थितिमा तरवारलाई दिनेछु, यो परमप्रभुको घोषणा हो ।”
JER 15:10 हे मेरी आमा, मलाई धिक्‍कार छ! किनकि तपाईंले मलाई जन्म दिनुभयो, म जो देशैभरि तर्क र विवादको मानिस हुँ । मैले ऋण दिएको छैनँ, न कसैले मलाई ऋण दिएको छ, तर तिनीहरू सबैले मलाई श्राप दिन्छन् ।
JER 15:11 परमप्रभुले भन्‍नुभयो, “के म भलाइको लागि तँलाई छुटानेछैनँ र ? निश्‍चय नै सङ्कष्‍ट र विपत्तिको समयमा म तेरा शत्रुहरूलाई मदतको निम्ति तँसित बिन्ती गर्न लगाउनेछु ।
JER 15:12 के कसैले फलामलाई टुक्रा-टुक्रा पार्न सक्छ ? खास गरी, उत्तरबाट आउने काँसा मिसिएको फलामलाई ?
JER 15:13 म तेरा शत्रुहरूलाई तेरा धन-सम्पत्ति र खजाना सित्तैंमा लुटको मालको रूपमा दिनेछु । तेरा सबै सिमानभित्र गरिएका तेरा सबै पापको कारणले म यसो गर्नेछु ।
JER 15:14 त्यसपछि तैंले नचिन्‍ने देशमा म तँलाई तेरा शत्रुहरूको सेवा गर्न लगाउनेछु, किनकि तेरो विरुद्धमा मेरो रिसमा आगो दन्कने छ ।”
JER 15:15 हे परमप्रभु, तपाईं जान्‍नुहुन्छ । मलाई सम्झनुहोस्, र सहायता गर्नुहोस् । मलाई सतावट गर्नेहरूको विरुद्धमा मेरो पक्षमा बदला लिनुहोस् । तपाईं धैर्यवान् हुनुहुन्छ, तर मलाई टाढा लाने अनुमति तिनीहरूलाई नदिनुहोस् । तपाईंको निम्‍ति मैले निन्दा भोग्छु भनी जान्‍नुहोस् ।
JER 15:16 तपाईंका वचनहरू भेट्टाइएका छन्, र मैले ती खाएँ । तपाईंका वचनहरू मेरो लागि रमाहट बने, र मेरो हृदयको आनन्द बने, किनकि हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर म तपाईंको नाउँ लिन्‍छु ।
JER 15:17 म उत्सव मनाउने वा रमाहट गर्नेहरूका बिचमा बसिनँ । तपाईंको शक्तिशाली हातको कारणले म एकान्तमा बसेँ, किनकि तपाईंले मलाई क्रोधले भर्नुभयो ।
JER 15:18 किन मेरो पिडा निरन्‍तर छ, र मेरो चोट निको हुन नमान्‍ने, निको नहुने भएको छ ? के तपाईं मेरो लागि झुक्‍किने खोला, सुकेर जाने खोलाजस्तो बन्‍नुहुने छ र ?
JER 15:19 त्यसकारण परमप्रभुले यसो भन्‍नुभयो, “ए यर्मिया, तैंले पश्‍चात्ताप गरिस् भने म तँलाई पुनर्स्थापित गर्नेछु, र तँ मेरो सामु खडा हुनेछस् र मेरो सेवा गर्नेछस् । किनकि तैंले मूर्ख थोकहरूलाई मुल्यवान् थोकहरूबाट अलग गरिस् भने तँ मेरो मुखजस्तै हुनेछस् । मानिसहरू तँकहाँ फर्केर आउने छन्, तर तँ आफै भने तिनीहरूकहाँ जानुहुँदैन ।
JER 15:20 यी मानिसको निम्ति म तँलाई छेड्नै नसकिने काँसाको पर्खालजस्तै बनाउनेछु, र तिनीहरूले तेरो विरुद्धमा युद्ध छेड्नेछन् । तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तँलाई बचाउन र छुटकारा दिन म तँसितै हुन्‍छु, यो परमप्रभुको घोषणा हो ।
JER 15:21 किनकि म तँलाई दुष्‍टहरूको हातबाट बचाउनेछु, र निर्दयीको हातबाट छुटकारा दिनेछु ।”
JER 16:1 तब परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,
JER 16:2 “यो ठाउँमा आफ्नो लागि पत्‍नी नले, र आफ्नो लागि छोराछोरी नजन्मा ।
JER 16:3 किनकि यस ठाउँमा जन्मने छोराहरू र छोरीहरू, तिनीहरूलाई जन्माउने आमाहरू र तिनीहरूलाई यस देशमा जन्मने पार्ने बाबुलाई परमप्रभु यसो भन्‍नुहुन्छ,
JER 16:4 'तिनीहरू रोग लागेरले मर्नेछन् । तिनीहरूका निम्ति शोक गरिने वा गाडिनेछैन । तिनीहरू जमिनमा गोबरजस्तै हुनेछन् । किनकि तरवार र अनिकालले तिनीहरूको अन्त्य हुनेछ, र तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहार हुनेछन् ।'
JER 16:5 किनकि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “शोक भएको घरमा प्रवेश नगर् । तिनीहरूका निम्‍ति शोक गर्न वा सहानुभूति देखाउन नजा, किनकि यी मानिसबाट मैले आफ्‍नो शान्ति, मेरो अचुक प्रमे र कृपा लिएर गएको छु, यो परमप्रभुको घोषणा हो ।
JER 16:6 यस देशमा साना र ठुला दुवै मर्नेछन् । तिनीहरूलाई गाडिनेछैन, र कसैले पनि तिनीहरूको निम्ति शोक गर्ने वा आफूलाई काट्ने वा आफ्ना कपाल खौरनेछैन ।
JER 16:7 मृत्युको कारणले तिनीहरूलाई सान्त्वना दिन शोकमा कसैले पनि खानेकुरा नबाँडोस्, र तिनीहरूलाई सान्त्वना दिन कसैले पनि त्यसका बाबु वा त्यसकी आमालाई सान्त्वनाको कचौरा नदेओस् ।
JER 16:8 तँ खान र पिउनलाई तिनीहरूसँगै बस्‍न भोजको घरमा तैंले जानुहुँदैन ।'
JER 16:9 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, तेरै आँखाको सामु, तेरै समयमा यसै ठाउँमा मैले आनन्दको सोर, खुसीको सोर, दुलहीको सोर र दुलहाको सोरको अन्त्य गर्नै लागेकोछु ।'
JER 16:10 तब तैंले यी सबै वचन यी मानिसलाई भन्‍नेछस्, र तिनीहरूले तँलाई भन्‍नेछन्, 'परमप्रभुले किन हाम्रो विरुद्धमा यो सबै ठुला विपत्तिको आदेश दिनुभएको छ ? परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा हामीले गरेका अपराध र पाप के हो ?'
JER 16:11 त्यसैले तिनीहरूलाई यसो भन्, 'तिमीहरूका पुर्खाहरूले मलाई त्यागे र तिनीहरू अरू देवताहरूको पछि गए र पुजा गरे, र तिनीहरूको सामु निहुरे, यो परमप्रभुको घोषणा हो । तिनीहरूले मलाई त्यागे र र मेरो व्यवस्था पालन गरेका छैनन् ।
JER 16:12 तर तिमीहरूका पुर्खाहरूले भन्दा तिमीहरूले अझै धेरै दुष्‍ट काम गरेका छौ, किनकि हेर, प्रत्‍येक व्यक्ति आफ्‍नो दुष्‍ट हृदयको कठोरताद्वारा हिंडेको छ । मेरो कुरा सुन्‍ने कोही छैन ।
JER 16:13 त्यसैले यस देशबाट तिमीहरूले नचिनेको, न तिमीहरूले, न त तिमीहरूका पुर्खाहरूले चिनेको देशमा म तिमीहरूलाई फाल्‍नेछु, र त्यहाँ तिमीहरूले दिनरात अरू देवताहरूको पुजा गर्नेछौ, किनकि म तिमीहरूलाई कुनै कृपा गर्नेछैनँ ।'
JER 16:14 त्यसकारण, हेर, यो परमप्रभुको घोषणा हो, यस्‍ता दिन आउँदैछन्, जुन बेला फेरि यसो भनिनेछैन, 'मिश्रदेशबाट इस्राएलका मानिसहरूलाई ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।'
JER 16:15 तर यसो भनिनेछ, 'इस्राएलका मानिसहरूलाई उत्तरको देश र उहाँले तिनीहरूलाई तितर-बितर पार्नुभएका देशहरूबाट ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।' किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्‍याउनेछु ।
JER 16:16 हेर, म धेरै मछुवालाई पठाउनेछु, र यसरी तिनीहरूले मानिसहरूलाई पक्रनेछन्, यो परमप्रभुको घोषणा हो । यसपछि म धेरै सिकारीलाई पठाउनेछु, र तिनीहरूले पहाडहरू र पर्वतहरूका बिचमा अनि चट्टानका धाँदोमा तिनीहरूको सिकार गर्नेछन् ।
JER 16:17 किनकि मेरो दृष्‍टि तिनीहरूका सबै मार्गमा परेको छ । ति मेरो सामुबाट लुक्‍न सक्दैनन् । तिनीहरूका अधर्म मेरा आँखाको सामुबाट लुकाउन सकिंदैन ।
JER 16:18 तिनीहरूका अपराध र पापको निम्‍ति म तिनीहरूलाई दोब्बर दण्ड दिनेछु, किनकि तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरूले मेरो देश अपवित्र पारेका छन्, र मेरो उत्तराधिकारलाई आफ्ना घिनलाग्दा मूर्तिहरूले भरेका छन् ।”
JER 16:19 हे परमप्रभु, तपाईं मेरो किल्ला र मेरो शरणस्थान, सङ्कष्‍टको दिनमा मेरो सुरक्षाको स्थान हुनुहुन्छ । पृथ्वीका कुनाबाट जातिहरू तपाईंकहाँ आउनेछन् र भन्‍नेछन्, “निश्‍चय नै हाम्रा पुर्खाहरूले छललाई अधिकार गरे । तिनीहरू रित्ता छन् । तिनीहरूमा कुनै लाभ छैन ।
JER 16:20 के मानिसहरूले आफ्नै लागि ईश्‍वरहरू बनाउँछन् र ? तर ति त ईश्‍वरहरू नै होइनन् ।”
JER 16:21 त्यसकारण हेर्, यस पटक म तिनीहरूलाई जान्‍न लगाउनेछु । म तिनीहरूलाई मेरो हात र मेरो शक्ति जान्‍न लगाउनेछु, यसरी परमप्रभु नै मेरो नाउँ हो भनेर तिनीहरूले जान्‍नेछन् ।
JER 17:1 “यहूदाको पाप हिराको निब भएको फलामको कलमले लेखिएको छ । त्‍यसलाई तिनीहरूका हृदयका पाटी र तिनका वेदीहरूका सिङहरूमा कुँदिएको छ ।
JER 17:2 तिनीहरूका बालबालिकाले तिनीहरूका वेदीहरू र तिनीहरूका अशेराका खम्बाहरूलाई सम्झन्छन्, जुन झ्याम्म परेका रुखहरूका छेउमा र अग्ला पहाडहरूमा थिए ।
JER 17:3 आफ्‍ना सबै इलाकामा तिमीहरूले गरेका पापको कारणले तिमीहरूका अग्ला ठाउँहरूसँगै खुला देशमा भएको मेरो पर्वत र तिमीहरूका धन-सम्पत्ति र तिमीहरूका सबै खजाना म लुटको मालको रूपमा दिनेछु ।
JER 17:4 मैले तिमीहरूलाई दिएको उत्तराधिकार तिमीहरूले गुमाउने छौ । तिमीहरूले नचिनेको देशमा म तिमीहरूलाई आफ्‍ना शत्रुहरूको दास तुल्याउनेछु, किनकि तिमीहरूले मेरो क्रोधमा आगो सल्काएका छौ, जुन सदासर्वदा बल्‍नेछ ।”
JER 17:5 परमप्रभु भन्‍नुहुन्छ, “मानव-जातिमा भरोसा गर्ने व्यक्ति श्रापित होस् । त्यसले शरीरलाई आफ्नो शक्ति सम्झन्छ, तर आफ्नो हृदय परमप्रभुबाट टाढा लैजान्छ ।
JER 17:6 त्यो अराबाको पोथ्रोझैं हुनेछ, र त्यसले कुनै असल कुरो आइरहेको देख्‍ने छैन । त्यो बासिन्दा नभएको उजाडस्थान, सुख्‍खा भूमिका चट्टानहरूमा बस्‍नेछ ।
JER 17:7 तर परमप्रभुमा भरोस गर्ने व्यक्ति धन्यको हो, किनकि परमप्रभु नै त्यसको दृढताको कारण हुनुहुन्छ ।
JER 17:8 त्यो पानीको छेउमा रोपिएको बिरुवाजस्तै हुनेछ । यसका जरा खोलाको किनारमा फैलिएको हुनेछन् । जब ताप आउँछ तब त्‍यो डराउनेछैन, किनकि यसका पात सधैं हरिया हुन्छन् । खडेरीको वर्षमा यो चिन्तित हुँदैन, र यसले फल फलाउन छोड्‍दैन ।
JER 17:9 कुनै पनि कुराभन्दा हृदय बढी छली हुन्छ । यो रोगले ग्रस्त छ । यसलाई कसले बुझ्‍न सक्छ र ?
JER 17:10 मनको खोजी गर्ने, हृदयको जाँच गर्ने परमप्रभु म नै हुँ । हरेक व्यक्तिको आफ्नो चालअनुसार, त्यसका कामहरूको फलअनुसार म त्यसलाई इनाम दिन्छु ।
JER 17:11 तित्रोले आफूले नपारेको अण्डा ओथ्रने काम गर्छ । कोही मानिस अन्यायपूर्वक धनी बन्‍न सक्छ, तर त्‍यसका आधा उमेर सकिन्‍छन् तब ती धनले त्यसलाई छाड्नेछन्, र अन्त्यमा त्यो मूर्ख हुनेछ ।”
JER 17:12 सुरुदेखि नै उच्‍च पारिएको हाम्रो मन्दिरको ठाउँ एउटा महिमित सिंहासन हो ।
JER 17:13 परमप्रभु नै इस्राएलको आशा हुनुहुन्छ । तपाईंलाई त्याग्‍नेहरू सबै लाजमा पर्नेछन् । देशमा तपाईंबाट तर्केर जानेहरू धुलोमा लेखिनेछन्, किनकि तिनीहरूले परमप्रभु, जिउँदो पानीको मूललाई त्यागेका छन् ।
JER 17:14 हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु । मलाई छुटकारा दिनुहोस्, र मैले छुटकारा पाउनेछु । किनकि तपाईं नै मेरो प्रशंसाको गीत हुनुहुन्छ ।
JER 17:15 हेर्नुहोस्, तिनीहरू मलाई यसो भन्दैछन्, 'परमप्रभुको वचन कहाँ छ ? त्‍यो आओस् ।'
JER 17:16 मेरो बारेमा, म तपाईंको अनुसरण गरेर गोठालो हुनदेखि भागेर म गइन । मैले विपत्तिको समयको प्रतीक्षा गरिनँ । मेरो जिब्रोबाट निस्केको घोषणाहरू तपाईं जान्‍नुहुन्छ । ती तपाईंकै उपस्थितिमा गरिएका थिए ।
JER 17:17 मेरो लागि त्रास नबन्‍नुहोस् । सङ्कष्‍टको दिनमा तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ ।
JER 17:18 मेरो पिछा गर्नेहरू लाजमा परून्, तर मलाई लज्‍जित हुन नदिनुहोस् । तिनीहरू त्रासमा परून्, तर मलाई त्रासमा पर्न नदिनुहोस् । तिनीहरूको विरुद्धमा विपत्तिको दिन पठाउनुहोस्, र तिनीहरूलाई विनाशको दोब्बर भागले टुक्रा-टुक्रा पार्नुहोस् ।”
JER 17:19 परमप्रभुले मलाई यसो भन्‍नुभयो, “जा र मानिसहरूका मूल ढोकामा खडा हो, जहाँबाट यहूदाका राजाहरू प्रवेश गर्छन् र जहाँबाट तिनीहरू बाहिर निस्कन्छन् । त्यसपछि यरूशलेमका अन्य सबै ढोकामा खडा हो ।
JER 17:20 तिनीहरूलाई भन्, 'यी ढोकाहरूबाट आवातजावत गर्ने हे सबै यहूदाका राजा, यहूदाका सबै मानिस र यरूशलेमका हरेक बासिन्दा हो, परमप्रभुको वचन सुन ।
JER 17:21 परमप्रभु यसो भन्‍नुहुन्छः आफ्‍नो जीवनको निम्‍ति होसियार होओ, र यरूशलेमका ढोकाहरूमा ल्याउन शबाथ-दिनमा भारी नबोक ।
JER 17:22 शबाथ-दिनमा आफ्‍ना घरबाट भारी बोकेर बाहिर नल्याओ । मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेझैं, शबाथ-दिनमा कुनै काम नगर्नू, तर त्यसलाई अलग गर्नू ।'”
JER 17:23 तर तिनीहरूले सुनेनन् वा ध्यानै दिएनन् । तिनीहरूले मेरा कुरा सुन्‍न नसकून् न त अनुशासनलाई स्वीकार गरून् भनेर तिनीहरू अटेरी भए ।
JER 17:24 यो परमप्रभुको घोषणा हो, तिमीहरूले साँच्‍चै मेरो कुरा सुन्यौ र शबाथ-दिनमा यस सहरका ढोकाहरूसम्म भारी बोकेर ल्‍याएनौ तर शबाथ-दिनलाई परमप्रभुको निम्ति अलग गर्‍यौ र त्‍यसमा कुनै काम गरेनौ भने,
JER 17:25 राजाहरू, राजकुमारहरू, यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, तिनीहरूका अगुवाहरू र दाऊदको सिंहासनमा बस्‍नेहरू रथहरू र घोडाहरूमा चढेर यस सहरका ढोकाहरूमा आउनेछन्, अनि यो सहरमा सदासर्वदा मानिसको बसोबास हुनेछ ।
JER 17:26 तिनीहरू यहूदाका सहरहरूबाट, यरूशलेमका चारैतिरबाट, बेन्यामीन इलाका र तराइबाट, पहाडहरूबाट र नेगेवबाट आउनेछन्, र तिनीहरूले होमबलि र बलिदानहरू, अन्‍नबलि र धुप, धन्यवादका बलिहरू परमप्रभुको मन्दिरमा ल्याउनेछन् ।
JER 17:27 तर तिमीहरूले मेरो कुरा सुनेनौ, शबाथ-दिनलाई अलग गरेनौ र त्यस दिन गर्‍हौँ भारी नबोक भन्‍दा मानेनौ र यरूशलेमका ढोकाहरूभित्र प्रवेश गर्‍यौ भने, तब म यसका ढोकाहरूमा आगो सल्काउनेछु, र त्‍यसले यरूशलेमका किल्लाहरूलाई भस्म पार्नेछ, र त्‍यसलाई निभाउन सकिंदैन ।”
JER 18:1 परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
JER 18:2 “उठ् र कुमालेको घरमा जा, किनकि त्यहाँ म तँलाई मेरो वचन सुनाउनेछु ।”
JER 18:3 त्यसैले म कुमालेको घरमा गएँ र हेरें । कुमाले आफ्नो चक्‍कामा काम गरिरहेको थियो ।
JER 18:4 तर त्यसले बनाइरहेको माटोको भाँडो त्यसको आफ्नै हातमा बिग्रियो । त्यसैले उसले आफ्नो मन बद्ल्‍यो र आफ्‍नो दृष्‍टिमा असल लागेअनुसार अर्को भाँडो बनायो ।
JER 18:5 तब परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,
JER 18:6 “ए इस्राएलका घराना हो, के म तिमीहरूलाई यही कुमालेले जस्तै गर्न सक्दिनँ र ? यो परमप्रभुको घोषणा हो । हेर, ए इस्राएलका घराना हो, कुमालेको हातमा माटो भएझैं तिमीहरू मेरो हातमा तेस्‍तै छौ ।
JER 18:7 एक समय एक जाति वा राज्यलाई म धपाउनेछु, त्‍यसलाई तोड्नेछु वा नष्‍ट गर्नेछु भनी म घोषणा गर्न सक्छु ।
JER 18:8 तर मैले त्‍यस्तो घोषणा गरेको त्यो जाति दुष्‍ट्याइँबाट फर्कन्छ भने मैले त्यसमाथि ल्याउने योजना गरेको विपत्ति म ल्याउनेछैनँ ।
JER 18:9 अर्को समयमा मैले कुनै जाति वा राज्यलाई बनाउने वा रोप्नेछु भनी म घोषणा गर्न सक्छु ।
JER 18:10 तर मेरो कुरा नसुनेर त्‍यसले मेरो दृष्‍टिमा खराबी गर्छ भने, मैले त्यसलाई गर्नेछु भनेको घोषणाको भलाइ गर्न म रोक्‍नेछु ।
JER 18:11 त्यसैले अब, यहूदाका मानिसहरू र यरूसलेमका बासिन्दाहरूसित बोल् र भन्, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिमीहरूको विरुद्धमा विपत्तिको रचना गर्नै लागेको छु । मैले तिमीहरूको विरुद्धमा योजना बनाउने लागेको छु । तिमीहरूका चाल र तिमीहरूका अभ्यासहरूले तिमीहरूलाई भलो ल्‍याउने गरी हरेक व्यक्तिले आफ्नो दुष्‍ट चालबाट पश्‍चात्ताप गरोस् ।'
JER 18:12 तर तिनीहरू भन्छन्, 'यो व्यर्थ छ । हामी आफ्‍नै योजनाअनुसार काम गर्नेछौं । हामी हरेकले आफ्नै दुष्‍ट, हठी हृदयले इच्छा गरेअनुसार गर्नेछौं ।'
JER 18:13 त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, “जातिहरूलाई सोध्, यो जस्‍तो कुरो कसले कहिलै सुनेको छ ? इस्राएली कन्याले अति घृणित काम गरेकी छे ।
JER 18:14 के लेबनानको हिउँले कहिल्यै यसका चट्टानका पहाडहरूलाई छोड्छ र ? के टाढाबाट आउने पहाडका नदीहरू, ती चिसा नदीहरू कहिल्यै सुक्‍छन् र ?
JER 18:15 तापनि मेरा मानिसहरूले मलाई भुलेका छन् । तिनीहरूले बेकम्मा मूर्तिहरूलाई भेटी चढाएका छन्, र आफ्‍ना मार्गहरूमा ठक्‍कर खाएका छन् । कच्‍ची बाटोमा हिंड्न भनेर तिनीहरूले प्राचीन बाटोलाई छाडेका छन् ।
JER 18:16 तिनीहरूको देश त्रास बन्‍नेछ । सदासर्वदा गिल्लाको वस्तु बन्‍नेछ । त्यसबाट भएर जाने हरेक डराउनेछ, र टाउको हल्लाउनेछ ।
JER 18:17 तिनीहरूका शत्रुहरूकै सामु म तिनीहरूलाई पुर्वीय बतासझैं तितर-बितर पार्नेछु । तिनीहरूको विपत्तिको दिनमा म तिनीहरूलाई मेरो पिठिउँ फर्काउनेछु, मेरो मुहार होइन ।”
JER 18:18 त्यसैले मानिसहरूले भने, “आओ, हामी यर्मियाको विरुद्धमा षड्यन्त्रहरू रचौं, किनकि पुजारीहरूबाट व्यवस्था वा बुद्धिमान् मानिसहरूबाट सरसल्लाह वा अगमवक्ताहरूबाट वचन कहिल्यै नष्‍ट हुने छैनन् । आओ, हाम्रा वचनहरूले त्यसलाई आक्रमण गरौं, अनि अब फेरि त्यसले घोषणा गरेका कुराहरूमा हामी ध्यान नदिऊँ ।”
JER 18:19 हे परमप्रभु, मेरो कुरा ध्यानसित सुन्‍नुहोस्, र मेरा शत्रुहरूका आवाज सुन्‍नुहोस् ।
JER 18:20 म तिनीहरूका लागि असल भएको हुनाले के साँच्‍चै तिनीहरूबाट आउने विपत्ति मेरो इनाम हुनेछ ? किनकि तिनीहरूले मेरो लागि एउटा खाडल खनेका छन् । तिनीहरूबाट तपाईंको क्रोध हटाउन तिनीहरूको कल्याणको पक्षमा म कसरी तपाईंको सामु खडा भएको थिएँ भनी सम्झनुहोस् ।
JER 18:21 त्यसकारण तिनीहरूका सन्तानलाई अनिकालमा पर्न दिनुहोस्, र तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् । यसरी तिनीहरूका स्‍त्रीहरू शोकमा परून् र विधना होऊन्, अनि तिनीहरूका पुरुषहरू मारिऊन्, र तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन् ।
JER 18:22 तपाईंले तिनीहरूको विरुद्धमा एक्‍कासि आक्रमणकारीहरू ल्याउनुहुँदा तिनीहरूका घरहरूबाट रुवाबासीको सोर सुनियोस् । किनकि तिनीहरूले मलाई पक्रन एउटा खाडल खनेका छन्, र मेरो खुट्टाका लागि लुकाएर पासो थापेका छन् ।
JER 18:23 तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले मेरो विरुद्धमा बनाएका तिनीहरूका सबै योजना तपाईंलाई थाहा छ । तिनीहरूका अधर्म र पाप क्षमा नगर्नुहोस् । तिनीहरूका पाप तपाईंबाट नहटाउनुहोस् । बरु, तिनीहरू तपाईंकै सामु पराजित होऊन् । तपाईंको क्रोधको समयमा तिनीहरूको विरुद्धमा उत्रनुहोस् ।
JER 19:1 परमप्रभुले यसो भन्‍नुभयो, “जा र तँ मानिसहरू र पुजारीहरूका धर्म-गुरुहरूसित हुँदा कुमालेको माटोको भाँडो किन् ।
JER 19:2 त्यसपछि बेन-हिन्‍नोमको बेँसीमा भएको फुटेको भाँडाको ढोकामा जा र मैले तँलाई बताउने वचनहरू त्यहाँ घोषणा गर ।
JER 19:3 यसो भन्, 'हे यहूदाका राजाहरू र यरूशलेमका बासिन्दाहरू हो, परमप्रभुको वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यस ठाउँमाथि विपत्ति ल्याउनै लागेको छु, र यस विषयमा सुन्‍ने हरेकको कान झनझनाउने छ ।
JER 19:4 तिनीहरूले मलाई त्यागेका र यस ठाउँलाई अपवित्र तुल्याका हुनाले म यसो गर्ने छु । यही ठाउँमा आफूले नचिनेका अन्य देवताहरूलाई तिनीहरूले बलिदान चढाउँछन् । तिनीहरू, तिनीहरूका पिता-पुर्खाहरू र यहूदाका राजाहरूले यही ठाउँमा निर्दोष रगत पनि बगाएका छन् ।
JER 19:5 आफ्ना छोराहरू बाल देवतालाई आगोमा होमबलिको रूपमा चढाउन तिनीहरूले त्‍यसका अग्ला ठाउँहरू बनाए, यस्‍तो कुनै कुरो जुन मैले आज्ञा गरिनँ वा बताइनँ न त मेरो मनमा नै थियो ।
JER 19:6 त्यसकारण, यो परमप्रभुको घोषणा हो, हेर्, त्‍यस्‍ता दिनहरू आउँदैछन्, त्‍यति बेला यस ठाउँलाई तोपेत अर्थात् बेन-हिन्‍नोमको बेँसी भनिनेछैन, तर हत्याको बेँसी भनिनेछ ।
JER 19:7 यही ठाउँमा म यहूदा र यरूशलेमका योजनाहरूलाई बेकम्मा तुल्याउनेछु । म तिनीहरूका आफ्‍ना शत्रुको तरवार र तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातद्वारा नष्‍ट गर्नेछु । त्यसपछि म तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका जनावरहरूलाई आहाराको रूपमा दिनेछु ।
JER 19:8 अनि म यस सहरलाई भग्‍नावशेष र गिल्लाको वस्तु बनाउनेछु, किनकि यसबाट भएर जाने हरेकले यी सबै विपत्ति देखेर डराउनेछ र गिल्ला गर्नेछ ।
JER 19:9 तिनीहरूलाई आफ्नै छोराछोरीको मासु खाने म बनाउनेछु । तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूद्वारा ल्याइएको घेराबन्दी र सङ्कष्‍टमा हरेक मानिसले आफ्नै छिमेकीको मासु खानेछ ।”
JER 19:10 “तब तँसगै गएका मानिसहरूका आँखाकै सामु तैंले त्यो माटोको भाँडा फुटाइदे ।
JER 19:11 तैंले तिनीहरूलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः जसरी यो माटोको भाँडो फेरि मर्मत हुनै नसक्‍ने गरी यर्मियाले फुटाएको छ, त्यसरी नै म यी मानिस र यस सहरलाई गर्नेछु, यो परमप्रभुको घोषणा हो । अरू बढी लासहरू गाड्ने ठाउँ नभएसम्म नै मानिसहरूले तोपेतमा लासहरू गाड्नेछन् ।
JER 19:12 मैले यो सहरलाई तोपेतजस्तै बनाउँदा यो ठाउँ र यसका बासिन्दालाई म यसै गर्नेछु, यो परमप्रभुको घोषणा हो,
JER 19:13 यसरी, यरूशलेमका घरानाहरू र यहूदाका राजाहरू, ती सबै घर जसका कौसीहरूमा अशुद्ध मानिसहरूले आकाशमण्‍डलका सबै ताराहरूको पुजा गरे र अरू देवताहरूलाई अर्घबलि चढाए, तिनीहरू तोपेतजस्तै हुनेछन्' ।”
JER 19:14 तब यर्मिया तोपेतबाट गए, जहाँ अगमवाणी बोल्न परमप्रभुले तिनलाई पठाउनुभएको थियो । तिनी परमप्रभुको मन्दिरको चोकमा खडा भए र तिनले सबै मानिसलाई भने,
JER 19:15 “सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यो सहर र यसका सबै नगरहरूको विरुद्धमा घोषणा गरेका सबै विपत्ति ल्याउनै लागेकोछु, किनकि तिनीहरू अटेरी भए र मेरा वचन सुन्‍न इन्कार गरे' ।”
JER 20:1 यर्मियाले परमप्रभुको मन्दिरको सामु यी वचनहरू अगमवाणी गरिरहेका छन् भनेर इम्मेरका छोरा पुजारी पशहूर, एकजना मुख्‍य अधिकारीले सुने ।
JER 20:2 त्यसैले पशहूरले यर्मिया अगमवक्तालाई कुटे र त्‍यसपछि तिनलाई परमप्रभुको मन्दिरस्थित बेन्यामीनको माथिल्लो ढोकामा भएको ठिंगुरोमा हाले ।
JER 20:3 अर्को दिन पशहूरले यर्मियालाई ठिंगुरोबाट निकालेर ल्याए । तब यर्मियाले तिनलाई भने, “परमप्रभुले तिम्रो नाउँ पशहूर नभई मागोर-मिस्साबीब राख्‍नुभएको छ ।
JER 20:4 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर्, म तँ र तेरा सबै प्रियलाई त्रासको वस्‍तु बनाउनेछु, किनकि तिनीहरू आफ्‍ना शत्रुहरूका तरवारले ढालिनेछन्, र तेरै आँखाले यो देख्‍नेछस् । सारा यहूदालाई बेबिलोनका राजाको हातमा म दिनेछु । त्यसले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लानेछ वा तरवारले आक्रमण गर्नेछ ।
JER 20:5 म त्यसलाई यस सहरका सबै धनसम्पत्ति, यसका सबै बहुमूल्य थोकहरू र यहूदाका राजाहरूका सबै खजाना दिनेछु । म यी थोकहरू तेरा शत्रुहरूका हातमा राखिदिनेछु, र तिनीहरूले ती समात्‍नेछन् । तिनीहरूले तिनलाई लानेछन् र बेबिलोनमा पुर्‍याउनेछन् ।
JER 20:6 तर तँ पशहूर र तेरो घरानाका सबै बासिन्दा कैदमा लगिनेछन् । तँ बेबिलोनमा जानेछस् र त्यहीं मर्नेछस् । तँ र तेरा सबै प्रियहरू जसको निम्‍ति तैंले छली कुराहरूको अगमवाणी बोलेको छस्, त्यहीं गाडिनेछन्' ।”
JER 20:7 “हे परमप्रभु, तपाईंले मलाई धोका दिनुभयो, र म धोका दिइयो । मभन्दा तपाईं नै शक्तिशाली हुनुहुन्छ, र तपाईं ममाथि विजयी हुनुभयो । म दिनभरि नै हाँसोको वस्‍तु बनें । हरेकले मेरो गिल्ला गर्छ ।
JER 20:8 किनकि मैले जहिले बोले पनि मैले यसो भनेको र घोषणा गरेको छु, 'हिंसा र विनास ।' तब परमप्रभुको वचन मेरो लागि हरेक दिन निन्दा र ठट्टाको कारण भएको छ ।
JER 20:9 यसो भन्‍छु भने, 'म परमप्रभुको बारेमा फेरि विचार गर्दिन, म फेरि उहाँको नाउँमा बोल्दिनँ ।' तब त्यो मेरा हड्‍डीहरू भित्र थुनिराखेको, मेरो हृदयमा आगोजस्तो हुन्‍छ । त्‍यसैले म यसलाई भित्रै थुनिराख्‍न सङ्घर्ष गर्छु, तर म सक्दिनँ ।
JER 20:10 चारैतिर भएका धेरै जना मानिसबाट मैले त्रासको हल्ला सुनेको छु, 'खबर गर! हामीले यसबारे खबर गर्नुपर्छ!' मेरा नजिक हुनेहरू म पतन हुनेछु कि भनेर हेर्छन् । सायद त्‍यसलाई छल गर्न सकिन्‍छ । त्यसो भयो भने, हामीले त्यसलाई पराजित गर्न सक्छौं र त्यसमाथि हाम्रो बदला लिन सक्छौं ।'
JER 20:11 तर शक्तिशाली योद्धाझैं परमप्रभु मसित हुनुहुन्छ । त्यसैले मेरो पिछा गर्नेहरू ठेस खाएर लड्नेछन् । तिनीहरूले मलाई पराजित गर्नेछैनन् । तिनीहरू अत्यन्तै लज्‍जित हुनेछन्, किनकि तिनीहरू सफल हुनेछैनन् । तिनीहरूको लाजको अन्त्य हुनेछैन, त्‍यो कहिल्यै बिर्सिनेछैन ।
JER 20:12 तर हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले धर्मीहरूको जाँच गर्नुहुन्छ, अनि मन र हृदय देख्‍नुहुन्छ । मैले आफ्‍नो मामला तपाईंमा सुम्‍पेको हुनाले तिनीहरूमाथि तपाईंले लिनुहुने बदला मलाई देखाउनुहोस् ।
JER 20:13 परमप्रभुको निम्ति गाओ ! परमप्रभुको प्रशंसा गर ! किनकि उहाँले दुष्‍ट काम गर्नेहरूको हातबाट थिचोमिचोमा परेकाहरूको जीवनलाई बचाउनुभएको छ ।
JER 20:14 त्‍यो दिन श्रापित होस् जति बेला म जन्मेको थिएँ । मेरी आमाले मलाई जन्म दिएकी दिन आशिषित नहोस् ।
JER 20:15 मेरा बुबालाई यो खबर दिने मानिस श्रापित होस्, जसले यसो भनेर बडो आनन्द दियो, 'तपाईंको छोरो जन्मिएको छ' ।
JER 20:16 त्यो मानिस परमप्रभुले नष्‍ट गर्नुभएका सहरहरूजस्तो होस् जसलाई उहाँले दया देखाउनुभएन । त्यसले बिहानै मदतको गुहार र मध्यदिनमा युद्धको रोदन सुन्‍न परोस् ।
JER 20:17 किनकि त्यसले मेरी आमालाई नै मेरो चिहान बनाएर मलाई गर्भमै मारेन । त्यो गर्भ सधैं गर्भवती नै रहनेथियो ।
JER 20:18 सङ्कष्‍ट र वेदना हेर्न, यसरी मेरा दिनहरू लाजमा बिताउन म किन गर्भबाट बाहिर निस्केर आएँ ?”
JER 21:1 परमप्रभुको यो वचन यर्मियाकहाँ त्‍यति बेला आयो, जति बेला सिदकियाह राजाले मल्कियाहका छोरा पशहूर र मासेयाहका छोरा पुजारी सपन्याहलाई तिनीकहाँ पठाए, र तिनीहरूले भने,
JER 21:2 “हाम्रो पक्षमा परमप्रभुबाट सल्लाह खोज, किनकि बेबिलोनका राजा नबूकदनेसरले हामीमाथि युद्ध गर्देछन् । सायद विगतको समयमा जस्तै परमप्रभुले हाम्रो लागि आश्‍चर्यकर्म गर्नुहुनेछ र उसलाई हामीबाट फिर्ता जाने बनाउनुहुनेछ ।”
JER 21:3 त्यसैले यर्मियाले तिनीहरूलाई भने, “तिमीहरूले सिदकियाहलाई यसो भन्‍नुपर्छ,
JER 21:4 'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हेर्, तेरो हातमा लडाइँका जुन हतियारहरू छन्, जसद्वारा तैंले बेबिलोनका राजा र तँलाई पर्खालबाहिर घेराबन्दी गर्ने कल्दीहरूको विरुद्धमा लड्दैछस्, ती हतियारहरू म तेरै विरुद्धमा चलाउन लागेकोछु । किनकि म तिनलाई यस सहरको बिचमा जम्मा गर्नेछु ।
JER 21:5 तब पसारिएको हात, शक्तिशाली पाखुरा, क्रोध, बदला र भयङ्कर रिसले म आफै तेरो विरुद्धमा लड्नेछु ।
JER 21:6 किनकि म यस सहरका बासिन्दाहरू, मानिस जनावरहरू दुवैलाई आक्रमण गर्नेछु । भयङ्‍कर रुढीले तिनीहरू मर्नेछन् ।
JER 21:7 यो परमप्रभुको घोषणा हो, यसपछि यहूदाका राजा सिदकियाह, त्यसका सेवकहरू, मानिसहरू अनि रुढी, तरवार र अनिकालको प्रहारद्वारा पछि यस सहरमा बाँकी रहेकाहरू सबैलाई बेबिलोनका राजा नबूकदनेसर, र तिनीहरूको जीवन लिन खोज्ने तिनीहरूका शत्रुहरूको हातमा म दिनेछु । त्‍यसपछि उसले तिनीहरूलाई तरवारले मार्नेछ । उसले तिनीहरूलाई दया देखाउने, छोडिदिने वा कृपा गर्नेछैन ।'
JER 21:8 “यी मानिसलाई तैंले यसो भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः हेर, मैले तिमीहरूका सामु जीवनको मार्ग र मृत्यको मार्ग प्रस्‍तुत गर्न लागेको छु ।
JER 21:9 यस सहरमा बस्‍ने कुनै पनि व्‍यक्ति तरवार, अनिकाल र विपत्तिले मर्नेछ, तर यहाँबाट बाहिर निस्‍केर जाने र तिमीहरूका विरुद्धमा घेराबन्दी गर्ने कल्दीहरूका सामु आफ्‍ना घुँडा टेक्‍ने कुनै पनि व्‍यक्ति बाँच्नेछ । उसले आफ्नो प्राण बचाउनेछ ।
JER 21:10 किनकि भलाइ होइन र विपत्ति ल्याउनलाई मैले यस सहरको विरुद्धमा आफ्‍नो अनुहार फर्काएको छु, यो परमप्रभुको घोषणा हो । यसलाई बेबिलोनका राजाको हातमा दिइएको छ, र उसले यसमा आगो लगाउनेछ ।'
JER 21:11 “यहूदाका राजाको घरानाको विषयमा परमप्रभुको वचन सुन ।
JER 21:12 ए दाऊदका घराना हो, परमप्रभु भन्‍नुहुन्छ, 'बिहान न्याय कायम गर । अत्याचार गर्नेको हातबाट लुटिएको व्‍यक्‍तिलाई बचाओ, नत्रता मेरो क्रोध आगोझैं निस्केर जानेछ र जलाउनेछ, र तिमीहरूका दुष्‍ट कामहरूका कारणले यसलाई निभाउन सक्‍ने त्‍यहाँ कोही छैन ।
JER 21:13 ए बेँसीका बासिन्दा हो, मैदानका चट्टानमा बस्‍ने हो, म तिमीहरूको विरुद्धमा छु, यो परमप्रभुको घोषणा हो— यसो भन्‍ने कुनै पनि व्‍यक्‍तिको विरुद्धमा म छु, 'हामीलाई आक्रमण गर्नलाई को ओर्लेर आउनेछ र ?' वा 'हाम्रा घरहरूमा को पस्‍नेछ र ?'
JER 21:14 तिमीहरूका विरुद्धमा आउनलाई मैले तिमीहरूका अभ्यासको फल तोकेको छु, यो परमप्रभुको घोषणा हो— र झाडीहरूमा म आगो सल्काउनेछु, र त्‍यसले आफ्नो वरिपरि भएका हरेक कुरालाई भस्म पार्नेछ ।”
JER 22:1 परमप्रभु यसो भन्‍नुहुन्छ, “यहूदाको राजाको घरमा तल जा र त्यहाँ यो वचन घोषणा गर्,
JER 22:2 यसो भन, 'ए यहूदाका राजा, तँ जो दाऊदको सिंहासनमा बस्‍छस्, तँ र तेरा सेवकहरू र यी ढोकाहरूद्वारा आउने तेरा मानिसहरू हो, परमप्रभुको वचन सुन ।
JER 22:3 परमप्रभु यसो भन्‍नुहुन्छः न्याय र धार्मिकता कायम राख, अनि लुटिएको कुनै व्यक्तिलाई थिचोमिचो गर्नेको हातबाट छुटकारा देओ । तिमीहरूको देशमा भएका कुनै पनि विदेशी वा अनाथ वा विधवालाई दुर्व्यवहार नगर । यस ठाउँमा हिंसा नगर वा निर्दोष रगत नबगाओ ।
JER 22:4 तिमीहरूले साँच्‍चै यी कुरा गर्‍यौ भने, दाऊदको सिंहासनमा बस्‍ने राजाहरू, रथ र घोडाहरूमा सवार ऊ, उसका सेवकहरू र उसका मानिसहरू यी ढोकाहरूभित्र यो मन्‍दिरमा पस्‍नेछन् ।
JER 22:5 तर मैले घोषणा गरेका यी वचन तिमीहरूले सुन्‍दैनौ भने—यो राजदरबार भग्‍नावशेष हुनेछ, यो परमप्रभुको घोषणा हो' ।”
JER 22:6 किनकि यहूदाका राजाको घरानाको बारेमा परमप्रभु यसो भन्‍नुहुन्छ, 'तँ मेरो लागि गिलाद वा लेबनानको टाकुराजस्तै छस् । तापनि म तँलाई उजाड-स्थान, मानिसहरू नबस्‍ने सहरहरूजस्तै तुल्याउनेछु ।
JER 22:7 किनकि तेरो विरुद्धमा आउनलाई मैले विनाशकहरू तोकेको छु । मानिसहरूले आ-आफ्ना हतियारहरूले सबैभन्दा राम्रा-राम्रा देवदारुहरू काट्नेछन् र तिनलाई आगोमा जलाउने छन् ।
JER 22:8 तब धेरै जातिहरू त्यस सहर भएर जानेछन् । एउटाले अर्कोलाई सोध्‍ने छ, 'यस महान् सहरप्रति परमप्रभुले किन यसरी व्यवहार गर्नुभएको होला ?'
JER 22:9 तब अर्कोले जवाफ दिनेछ, 'किनकि तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको करारलाई त्यागे र अरू देवताहरूको सामु निहुरे र तिनीहरूको पुजा गरे ।”
JER 22:10 मृत्‍यु भएको व्यक्तिको निम्‍ति नरोओ वा त्यसको निम्तो शोक गर, तर टाढा लगिन लागेको व्यक्तिप्रति धुरुधुरु रोओ, किनकि त्यो फेरि कहिल्यै फर्किने अनि आफ्नो जन्मभूमि देख्‍नेछैन ।'
JER 22:11 किनकि यहूदाका राजा योशियाहका छोरा यहोआहाज जसले आफ्ना पिता योशियाहको सट्टामा राजा भई सेवा गरे, तिनको बारेमा परमप्रभु भन्‍नुहुन्छ, 'ऊ यस ठाउँबाट गएको छ, र फर्केर आउनेछैन ।
JER 22:12 जहाँ तिनीहरूले उसलाई कैद गरेर लगेका छन्, ऊ त्यहीं मर्नेछ, र उसले फेरि कहिल्यै यो देश देख्‍नेछैन ।'
JER 22:13 जसले आफ्नो घर अधार्मिकता, आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ, जसले आफ्नो छिमेकीलाई सित्तैमा काम लगाउँछ, अनि जसले उसलाई ज्याला दिंदैन, त्‍यसलाई धिक्‍कार छ ।
JER 22:14 उसले भन्छ, 'आफ्नो निम्ति माथिल्ला कोठाहरू फराकिलो भएको एउटा ठुलो महल म बनाउनेछु ।' त्यसले उसले त्‍यसको निम्‍ति ठुला-ठुला झ्यालहरू बनाउँछ र त्‍यसमा देवदारुका पल्लाहरू हाल्‍छ अनि उसले त्‍यसमा रातो रङ लगाऊँछ ।
JER 22:15 के यही कुराले तँलाई असल राजा बनाउँछन्, कि तैंले देवदारुका फल्याकहरू पाउने इच्‍छा गरिस् ? तेरा बाबुले पनि खाए र पिए, तापनि न्याय र धार्मिकता कायम राखे, होइन र ? त्यसको लागि असल कुराहरू नै भए ।
JER 22:16 उसले गरिबहरू र खाँचोमा परेकाहरूको पक्षमा न्याय गर्‍यो । त्यस बेला राम्रै भएको थियो । के मलाई चिन्‍नुको अर्थ यही होइन र ? यो परमप्रभुको घोषणा हो ।
JER 22:17 तर तेरो दृष्‍टि र हृदयमा बेइमान नाफा कमाउनु, निर्दोषहरूको रगत बगाउनु, अरूहरूलाई थिचोमिचो र अत्याचार गरेर कमाउनुबाहेक अरू केही छैन ।
JER 22:18 त्यसकारण यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छः 'हाय, मेरा दाजु! हाय मेरी बहिनी!' भन्दै तिनीहरूले त्यसको लागि विलाप गर्नेछैनन् । 'हाय, मेरा मालिक! हाय, उहाँको गौरव!' भन्दै तिनीहरूले त्यसको लागि विलाप गर्नेछैनन् ।
JER 22:19 त्यसलाई एउटा गधालाई गाडेझैं घिसारेर टाढा लगिन्‍छ र यरूशलेमका ढोकाहरूको बाहिर फ्याँकिनेछ ।
JER 22:20 लेबनानका पहाडहरूमा उक्लेर जा र चर्को गरी करा । बाशानमा तेरो सोर निकाल् । अबारीम पहाडहरूबट चर्को गरी करा, किनकि तेरा सबै मित्रहरू नष्‍ट गरिनेछन् ।
JER 22:21 तँ सुरक्षित हुँदा मैले तँसित बोलेँ, तर तैंले भनिस्, 'म सुन्‍ने छैनँ ।' तेरो युवावस्थादेखि यो तेरो चलन थियो, किनकि तैंले मेरो सोर सुनेको छैनस् ।
JER 22:22 बतासले तेरा सबै गोठालालाई उडाएर लैजानेछ, र तेरा मित्रहरू निर्वासनमा लगिनेछन् । तब तेरा सबै दुष्‍ट कामद्वारा तँ निश्‍चय नै लज्‍जित हुनेछस्, र अपमानित हुनेछस् ।
JER 22:23 तँ जो 'लेबनान' मा बस्‍छस्, जुन देवदारुले बनेका घरहरू हुन्, प्रसव-वेदनमा भएकी स्‍त्रीलाई जस्तै तँमाथि पीडा आउँदा तँ कसरी तँमाथि दया गरिनेछ र ।”
JER 22:24 “यो परमप्रभुको घोषणा हो, जस्तो म जीवित छु, ए यहूदाका राजा यहोयाकीमको छोरो यहोयाकीन, तँ मेरो हातको छाप-औंठी होस्, म तँलाई धुजाधुजा पार्नेछु ।
JER 22:25 किनकि मैले तँलाई तेरो ज्यान लिन खोज्नेहरूको हातमा र जससँग तँ डराउँछस् तिनीहरूकै हातमा, बेबिलोनका राजा नबूकदनेसर र कल्दीहरूको हातमा सुम्पिदिएको छु ।
JER 22:26 तँलाई र तँलाई जन्म दिने तेरी आमालाई म आर्को देशमा फल्‍नेछु, जुन देशमा तँ जन्‍मेको थिइनस् र त्यहाँ तिमीहरू मर्नेछौ ।
JER 22:27 यस देशको बारेमा जहाँ तिनीहरू फर्केर आउन इच्‍छा गर्नेछन्, तिनीहरू यहाँ फर्केर आउनेछैनन् ।
JER 22:28 के यो तिरस्कृत र टुक्रटुक्रा भएको भाँडो हो ? के यो मानिस यहोयाकीन एउटा त्‍यस्‍तो भाँडो हो जसले कसैलाई खुसी पार्दैन ? ऊ र उसका सन्तानहरूलाई किन तिनीहरूले बाहिर फालेका छन् र तिनीहरूले नचिनेका देशमा तिनीहरूलाई पठाएका छन् ?
JER 22:29 ए देश, ए देश, ए देश! परमप्रभुको वचन सुन् ।
JER 22:30 परमप्रभु यसो भन्‍नुहुन्छ, 'यो मानिस यहोयाकीनको बारेमा लेखः ऊ सन्तानहीन हुनेछ । उसको आफ्नो जीवनकालमा उसले उन्‍नति गर्नेछैन, र उसका सन्तानहरूमध्ये कसैले पनि सफलता हासिले गर्नेछैनन्, वा फेरि कहिल्यै दाऊदको सिंहासनमा बस्‍नेछन् र यहूदामाथि राज्‍य गर्नेछन् ।”
JER 23:1 यो परमप्रभुको घोषणा हो, “मेरो खर्कका भेडाहरूलाई नष्‍ट गर्ने र छरपष्‍ट पार्ने गोठालाहरूलाई धिक्‍कार!”
JER 23:2 त्यसकारण आफ्‍ना मानिसका रेखदेख गर्ने गोठालाहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “तिमीहरूले मेरो बगाललाई छरपष्‍ट पारेका छौ, र तिनीहरूलाई धपाइदिएका छौ । तिमीहरूले तिनीहरूको वास्ता गरेका छैनौ । त्‍यसैले तिमीहरूले गरेका दुष्‍ट्याइँको लागि मैले तिमीहरूलाई दण्ड दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो ।
JER 23:3 मेरो बगालका वचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशबाट म आफै जम्मा गर्नेछु, र म तिनीहरूलाई एउटा खर्कमा फर्काउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन् र बढ्नेछन् ।
JER 23:4 त्‍यसपछि म तिनीहरूको रेखदेख गर्ने गोठालाहरू खडा गर्नेछु जसले तिनीहरूलाई गोठाला गर्नेछन्, यसरी तिनीहरू फेरि डराउने वा छरपष्‍ट हुनेछैनन् । तिनीहरूमध्ये कोही पनि हराउनेछैनन्, यो परमप्रभुको घोषणा हो ।
JER 23:5 यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म दाऊदको लागि एउटा धार्मिक हाँगा खडा गर्नेछु । उसले राजाको रूपमा राज्य गर्नेछ । तिनले बुद्धिमानीपूर्वक काम गर्नेछ, र देशमा न्याय र धार्मिकता कायम राख्‍नेछ ।
JER 23:6 उसको दिनमा यहूदा यहूदा बचाइनेछ, र इस्राएल सुरक्षितसाथ जिउनेछ । तब यो नाउँले उसलाई बोलाइनेछः परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ ।
JER 23:7 यो परमप्रभुको घोषणा हो, यसकारण हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला तिनीहरूले फेरि यसो भन्‍ने छैनन्, 'इस्राएलका मानिसहरूलाई मिश्रदेशबाट ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।'
JER 23:8 त्‍यसको सटोमा, तिनीहरूले यसो भन्‍नेछन्, 'इस्राएलको घरानाका सन्तानहरूलाई उत्तर देश र जहाँ तिनीहरू धपाइए, ती सबै देशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।' तब तिनीहरूका आफ्नै देशमा तिनीहरू बस्‍नेछन् ।
JER 23:9 अगमवक्ताहरूको सम्बन्धमा मेरो हृदय टुटेको छ, र मेरा सबै हड्‍डी काम्दछन् । परमप्रभु र उहाँको पवित्र वचनको कारणले म एक जना मातेको मान्छेजस्तै भएको छु, जसलाई मदिराले नियन्त्रण गरेको हुन्‍छ ।
JER 23:10 किनकि देश व्यभिचारीहरूले भरिएको छ । यी कारणले गर्दा देश सुक्खा भएको छ । उजाड-स्थानमा भएको खर्क सुकेको छ । यी अगमवक्ताहरूका मार्गहरू दुष्‍ट छन् । तिनीहरूको शक्ति ठिक तरिकाले प्रयोग गरिएको छैन ।
JER 23:11 “अगमवक्ता र पुजारीहरू दुवै दुषित भएका छन् । मेरै मन्दिरमा पनि मैले तिनीहरूको दुष्‍टता भेट्टाएको छु,” यो परमप्रभुको घोषणा हो—
JER 23:12 त्यसकारण तिनीहरूको मार्ग अन्धकारमा चिप्लने ठाउँजस्तै हुनेछ । तिनीहरू धकेलिनेछन्, र तिनीहरू त्‍यसमा लोट्नेछन् । किनकि तिनीहरूको दण्डको वर्षमा म तिनीहरूको विरुद्धमा विपत्ती पठाउनेछु,” यो परमप्रभुको घोषणा हो ।
JER 23:13 “किनकि सामरियामा भएका अगमवक्ताहरूले घृणित कार्य गरेका मैले देखेको छुः तिनीहरूले बाल देवताको नाउँमा अगमवाणी बोले, र मेरो मानिस इस्राएललाई कुमार्गतिर डोर्‍याए ।
JER 23:14 यरूशलेमका अगमवक्ताहरूका बिचमा मैले अति घिनलाग्दा कुराहरू देखेको छु । तिनीहरू व्यभिचार गर्छन्, र झूटो चालमा हिंड्छन् । खराब काम गर्नेहरूका हात तिनीहरूले बलियो पार्छन्, र कोही पनि आफ्नो खराबीबाट पछि हट्दैन । मेरो लागि तिनीहरू सबै सदोमझैं र यसका बासिन्दाहरू गमोराझैं भएका छन् ।”
JER 23:15 त्यसकारण सर्वशक्तिमान् परमप्रभु अगमवक्ताहरूको विषयमा यसो भन्‍नुहुन्छ, “हेर, मैले तिनीहरूलाई ऐरेलु खुवानै लागेको छु, र विषालु पानी पियाउनै लागेको छु, किनकि यरूशलेमका अगमवक्ताहरूबाट प्रदुषण सबै देशमा फैलिएको छ ।”
JER 23:16 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूलाई अगमवाणी बोल्ने अगमवक्ताहरूका वचनहरू नसुन । तिनीहरूले तिमीहरूलाई भ्रमित तुल्याएका छन् । तिनीहरूले परमप्रभुको मुखबाट नभई आफ्नै समझबाट दर्शनहरूको घोषणा गर्दै छन् ।
JER 23:17 मेरो अनादर गर्नेहरूलाई तिनीहरूले निरन्तर यसो भनिरहेका छन्, 'तिमीहरूका निम्ति शान्ति हुने छ भनी परमप्रभु घोषणा गर्नुहुन्‍छ ।' आफ्नै हृदयको हठमा हिंड्ने हरेक व्‍यक्‍तिले भन्छ, 'तिमीहरूमाथि विपत्ति आउनेछैन ।'
JER 23:18 तापनि परमप्रभुको परिषद् सभामा को खडा भएको छ र ? उहाँको वचनलाई कसले देख्‍ने र कसले सुन्‍ने गर्छ र ? उहाँको वचनलाई कसले ध्यान दिने र सुन्‍ने गर्छ र ?
JER 23:19 हेर, परमप्रभुबाट आँधी-बेहरी आउँदैछ । उहाँको क्रोध बाहिर निस्केको छ, र तुफान वरिपरि चक्‍कर मार्दैछ । दुष्‍टहरूका शिरवरिपरि त्‍यसले चक्‍कर मार्दैछ ।
JER 23:20 परमप्रभुको क्रोध कार्यान्वयन हुने र उहाँको हृदयका मनसायहरू पुरा हुने नभएसम्म त्‍यो थामिने छैन । आखिरी दिनमा तिमीहरूले बुझ्नेछौ ।
JER 23:21 यी अगमवक्ताहरूलाई मैले पठाइनँ । तिनीहरू आफै देखा परे । तिनीहरूलाई मैले कुनै कुरा पनि घोषणा गरिनँ, तर तिनीहरूले अझै पनि अगमवाणी गरेका छन् ।
JER 23:22 किनकि तिनीहरू मेरो परिषद् सभामा खडा भए त तिनीहरूले मेरा मानिसहरूलाई मेरो वचन सुन्‍न लगाउनेथिए, तिनीहरूले उनीहरूका दुष्‍ट वचन र भ्रष्‍ट अभ्यासहरूबाट फर्कन लगाउनेथिए ।
JER 23:23 के म नजिक मात्र रहने तर टाढा नरहने परमेश्‍वर हुँ र ? यो परमप्रभुको घोषणा हो ।
JER 23:24 के मैले देख्‍न नसक्‍ने गरी कोही गुप्‍त ठाउँमा लुक्‍न सक्छ र ? यो परमप्रभुको घोषणा हो, र के स्वर्ग र पृथ्वीलाई म ढाक्दिनँ र ? यो परमप्रभुको घोषणा हो ।
JER 23:25 मेरो नाउँमा छलको अगमवाणी बोलिरहेका अगमवक्ताहरूले के भनेका छन्, त्‍यो मैले सुनेको छु । तिनीहरूले भने, 'मैले एउटा सपना देखेँ! मैले एउटा सपना देखेँ!'
JER 23:26 अगमवक्ताहरूले आफ्नै मनबाट झूटा कुराहरूको अगमवाणी बोल्‍ने, र तिनीहरूले आफ्ना हृदयबाट छली अगमवाणी बोल्‍ने कुरा कहिलेसम्म भइरहन्‍छ ?
JER 23:27 जसरी बाल देवताको नाउँमा मेरा मानिसहरूका पुर्खाहरूले मेरो नाउँ बिर्से, त्यसरी नै तिनीहरू प्रत्‍येकले आफ्नो छिमेकीलाई बताएका सपनाहरूद्वारा उनीहरूलाई मेरो नाउँ बिर्साउने योजना तिनीहरूले बनाउँदैछन् ।
JER 23:28 सपना देख्‍ने अगमवक्ताले, आफूले देखेको सपना बताओस् । तर जसलाई मैले कुनै कुराको घोषणा गरेको छु, त्यसले साँचो तवरले मेरो वचन घोषणा गरोस् । परालको अन्‍नसित के सरोकार छ ? यो परमप्रभुको घोषणा हो ।
JER 23:29 यो परमप्रभुको घोषणा हो, के मेरो वचन आगोजस्तै छैन र ? चट्टानलाई टुक्रा-टुक्रा पार्ने घनजस्तै छैन र ?
JER 23:30 त्यसैले, हेर, अर्को व्यक्तिबाट वचन चोर्ने र मबाट आएजस्तै गरी बोल्ने अगमवक्ताहरूको विरुद्धमा म हुन्‍छु, यो परमप्रभुको घोषणा हो ।
JER 23:31 हेर, म त्‍यस्‍ता अगमवक्ताहरूको विरुद्धमा हुन्‍छु, जसले, यो परमप्रभुको घोषणा हो, भनेर घोषणा गर्न आफ्‍नो जिब्रोलाई चलाउँछन् ।
JER 23:32 हेर, यो परमप्रभुको घोषणा हो, भनेर छलपूर्ण सपनाहरू देख्‍ने र त्‍यसपछि ती घोषणा गर्ने र यसरी आफ्‍ना छल र अहङ्कारले मेरा मानिसहरूलाई भ्रममा पार्ने अगमवक्ताहरूका विरुद्धमा म छु । म तिनीहरूको विरुद्धमा छु, किनकि मैले तिनीहरूलाई पठाएको होइन, न त तिनीहरूलाई आज्ञा दिएको छु । त्यसैले तिनीहरूले निश्‍चय नै यी मानिसलाई मदत गर्नेछैन, यो परमप्रभुको घोषणा हो ।
JER 23:33 यी मानिसहरू, वा अगमवक्ता वा पुजारीले तँलाई 'परमप्रभुको बोझ के हो ?' भनी सोधे भने तैंले तिनीहरूलाई भन्‍नेछस्, 'तिमीहरू नै बोझ हौ, र म तिमीहरूलाई निष्कासित गर्नेछु,' यो परमप्रभुको घोषणा हो ।
JER 23:34 ‘यो परमप्रभुको बोझ हो,’ भनिरहने अगमवक्ता, पुजारी र मानिसका सम्‍बन्‍धमा म त्‍यो मानिस र उसको घरानालाई दण्ड दिनेछु ।
JER 23:35 तिमीहरू हरेक व्‍यक्‍तिले आफ्नो छिमेकीलाई र हरेक मानिसले आफ्नो भाइलाई निरन्‍तर सोधिरहन्छौ, 'परमप्रभुले के जवाफ दिनुभयो ?' र 'परमप्रभुले के घोषणा गर्नुभयो ?' ।
JER 23:36 तर तिमीहरू फेरि 'परमप्रभुको बोझ' को बारेमा कुरा गर्नेछैनौ, किनकि बोझचाहिं हरेक मानिसको आफ्नै वचन हो, र तिमीहरूले जीवित परमेश्‍वर, सर्वशक्तिमान् परमप्रभु, हाम्रा परमेश्‍वरका वचनलाई बङ्ग्याएका छौ ।
JER 23:37 अगमवक्तालाई तैंले यसो भनेर सोध्‍नेछस्, 'परमप्रभुले तिमीलाई के जवाफ दिनुभयो ?' वा 'परमप्रभुले के भन्‍नुभयो ?'
JER 23:38 तर तिमीहरू भन्‍छौ, 'यो परमप्रभुको बोझ हो,' भने, परमप्रभु यसो भन्‍नुहुन्‍छः ‘यो परमप्रभुको बोझ हो,’ भनी तिमीहरूले भन्‍नेछैनौ भनेर मैले तिमीहरूलाई पठाउँदा पनि तिमीहरूले, ‘यो परमप्रभुको बोझ हो,’ भन्‍यौ,
JER 23:39 यसकारण, हेर, तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई मैले दिएको सहरसाँगै म तिमीहरूलाई समातेर मेरो उपस्थितिबाट टाढा फल्‍नै लागेको छु ।
JER 23:40 तब म तिमीहरूमाथि अनन्त लाज र अपमान हालिदिनेछु, जुन कहिल्यै बिर्सिने छैन ।”
JER 24:1 परमप्रभुले मलाई केही कुरो देखाउनुभयो । हेर, परमप्रभुको मन्दिरको सामु अञ्जीरका दुईवटा डाला राखिएका थिए । (बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन, यहूदाका अधिकारीहरू, कारीगरहरू, र धातुका काम गर्नेहरूलाई यरूशलेमबाट कैद गरेर लगेको र तिनीहरूलाई बेबिलोनमा ल्‍याएको समयपछि यो दर्शन देखियो ।)
JER 24:2 एउटा डालोमा भएका अञ्जीरहरू पहिले पाकेका अञ्जीरहरूजस्तै असाध्यै राम्रा थिए, तर अर्को डालोमा भएका अञ्जीरहरू असाध्यै खराब थिए, जसलाई खानै सकिंदैनथ्यो ।
JER 24:3 परमप्रभुले मलाई भन्‍नुभयो, “ए यर्मिया, तँ के देख्छस् ?” मैले भनें, “अञ्‍जीरहरू । अञ्जीरहरू जुन राम्रा छन् र अञ्जीरहरू जुन खानै नसकिने असाध्यै खराब छन् ।”
JER 24:4 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
JER 24:5 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले यस ठाउँबाट कल्दीको देशमा निष्कासित गरेका यहूदाका निर्वासितहरूलाई तिनीहरूको लाभको निम्‍ति यी राम्रा अञ्जीरहरूजस्तै गरी म हेर्नेछु ।
JER 24:6 तिनीहरूको भलाइको निम्ति म आफ्‍नो दृष्‍टि तिनीहरूमा लगाउनेछु, र तिनीहरूलाई यस देशमा पुनर्स्थापित गराउनेछु । म तिनीहरूलाई बनाउनेछु, र तिनीहरूलाई भत्काउनेछैनँ । म तिनीहरूलाई रोप्नेछु, र तिनीहरूलाई उखेल्नेछैनँ ।
JER 24:7 त्यसपछि मलाई चिन्‍ने हृदय म तिनीहरूलाई दिनेछु, किनकि म परमप्रभु हुँ । तिनीहरू मेरो मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु । यसरी तिनीहरू आफ्ना सारा हृदयसले मतिर फर्कनेछन् ।'
JER 24:8 तर परमप्रभु भन्‍नुहुन्‍छ, यहूदाका राजा सिदकियाह, त्यसका अधिकारीहरू र यस देशमा भएका यरूशलेममा रहेका र मिश्रदेशमा गएका बाँकी मानिसहरूसित म खानै नसकिने यी खराब अञ्जीरहरूझैं व्यवहार गर्नेछु ।
JER 24:9 पृथ्वीमा भएका सबै राज्यको दृष्‍टिमा मैले तिनीहरूलाई धपाएको हरेक ठाउँमा, म तिनीहरूलाई तर्साउने कुरा, विपत्ति, अपमान, घृणा, गिल्ला, हाँसो र सरापको पात्रमा परिणत गरिदिनेछु ।
JER 24:10 तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरू नष्‍ट नहुञ्जेल, म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र विपत्ति पठाउनेछु' ।”
JER 25:1 यहूदाका सबै मानिसको विषयमा यर्मियाकहाँ आएको वचन यही हो । यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा यो वचन आयो । त्यो बेबिलोनका राजा नबूकदनेसरको पहिलो वर्ष थियो ।
JER 25:2 यर्मिया अगमवक्ताले यो वचन यहूदाका सबै मानिस र यरूशलेमका सबै बासिन्दालाई घोषणा गरे ।
JER 25:3 तिनले भने, “यहूदाका राजा अमोनका छोरा योशियाहको तेह्रौं वर्षदेखि आजको दिनसम्म अर्थात् तेइस वर्षसम्म परमप्रभुको वचन मकहाँ आइरहेको छ, र मैले तिमीहरूसित पटक-पटक बोलेको छु, तर तिमीहरूले सुनेका छैनौ ।
JER 25:4 परमप्रभुले आफ्ना सबै दास, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पटक-पटक पठाउनुभयो, तर तिमीहरूले सुनेका वा ध्यान दिएका छैनौ ।
JER 25:5 यी अगमवक्ताहरूले भने, ‘हरेक मानिस आफ्नो दुष्‍ट चाल र आफ्ना भ्रष्‍ट अभ्यासहरूबाट फर्कोस्, अनि परमप्रभुले प्राचीन समयमा तिमीहरूका पिता-पुर्खाहरू र तिमीहरूलाई स्थायी उपहारको रूपमा दिनुभएको देशमा फर्कोस् ।
JER 25:6 त्यसैले अरू देवताहरूको पुजा गर्न वा तिनीहरूको सामु निहुरिन तिनीहरूको पछि नलाग, र उहाँले तिमीहरूको हानि गर्ने गरी तिमीहरूका हातले बनाएका कामबाट उहँलाई रिस नउठाओ ।”
JER 25:7 तर तिमीहरूले मेरो कुरा सुनेका छैनौ । त्‍यसैले तिमीहरूको हानि गर्न तिमीहरूका हातको कामले उहालाई रिस उठाएका छौ, यो परमप्रभुको घोषणा हो ।’
JER 25:8 त्यसैले सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तिमीहरूले मेरा वचन नसुनेका हुनाले,
JER 25:9 हेर्, मेरो दास बेबिलोनका राजा नबूकदनेसरसँगै उत्तरका सबै मानिसलाई जम्मा गर्न एउटा आदेश मैले दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो, तिनीहरूलाई म यस देश र यसका बासिन्दाहरूको विरुद्धमा र तिमीहरूका वरिपरि भएका सबै जातिको विरुद्धमा ल्याउनेछु । किनकि म तिनीहरूलाई विनाशको निम्ति अलग गर्नेछु । म तिनीहरूलाई त्रास, गिल्ला र अनन्तको विनाशको पात्रमा परिणत गरिदिनेछु ।
JER 25:10 म आनन्द र खुसीको सोर, दुलहा र दुलहीको सोर, जाँतो पिंधेको सोर र बत्तिको उज्यालोको अन्त्य गरिदिनेछु ।
JER 25:11 तब यो सारा देश उजाड र त्रासको पात्र हुनेछ, अनि सत्तरी वर्षसम्म यी जातिहरूले बेबिलोनका राजाको सेवा गर्नेछन् ।
JER 25:12 तब सत्तरी वर्ष पुरा भएपछि म बेबिलोनका राजा, र त्यो जाति र कल्दीहरूको देशलाई तिनीहरूको अधर्मको कारण दण्ड दिनेछु र त्‍यसलाई अनन्तको उजाड पार्नेछु, यो परमप्रभुको घोषण हो ।
JER 25:13 त्यसपछि मैले त्यस देशको विरुद्धमा बोलेका सबै वचन र यर्मियाले सबै जातिको विरुद्धमा बोलेका अगमवाणीका वचनहरू जुन यो पुस्तकमा लेखिएका छन्, ती सबै पुरा गर्नेछु ।
JER 25:14 किनकि अरू धेरै जातिहरू र महान् राजाहरूले यी जातिहरूका मानिसहरूलाई कमारा तुल्याउनेछन् । तिनीहरूका कामहरू र तिनीहरूका हातका कार्यहरूका कारण म तिनीहरूलाई बदला लिनेछु ।”
JER 25:15 किनकि परमप्रभु इस्राएलका परमेश्‍वरले मलाई यसो भन्‍नुभयो, “मेरो हातबाट क्रोधको मदिराले भरिएको यो कचौरा लि, र मैले तँकहाँ पठाउने सबै जातिलाई यो पिउन लगा ।
JER 25:16 तिनीहरूले पिउनेछन् र त्‍यसपछि धरमराउने छन्, र मैले तिनीहरूका बिचमा पठाएको तरवारको सामु बौलाहा हुनेछन् ।”
JER 25:17 त्यसैले मैले परमप्रभुको हातबाट कचौरा लिएँ, र ती सबै जाति जसकहाँ परमप्रभुले मलाई पठाउनुभएको थियो, मैले तिनीहरूलाई पिउन लगाएँ,
JER 25:18 अर्थात् तिनीहरू आजको दिनमा भएझैं तिनीहरूलाई विनाश, भय अनि गिल्ला र सरापको पात्र बनाउन यरूशलेम, यहूदाका सहरहरू, त्यसका राजाहरू र अधिकारीहरूलाई यो पिउन लगाएँ ।
JER 25:19 अरू जातिहरूले पनि यसलाई पिउनुपर्‍यो, अर्थात् मिश्रका राजा फारो, र उसका सेवकहरू, अधिकारीहरू र उसका सबै मानिस,
JER 25:20 विभिन्‍न जातका सबै मिश्रित मानिस, र ऊज देशका सबै राजा, पलिश्तीहरू अश्कलोन, गाजा, एक्रोन र अश्दोदका बाँकी रहेकाहरू सबै राजा,
JER 25:21 एदोम, मोआब र अम्मोनका मानिसहरू,
JER 25:22 टुरोस र सीदोनका राजाहरू, समुद्रपारि किनाराका सबै राजा,
JER 25:23 ददान, तेमा र बूज, तिनीहरूका शिरका किनाराहरूमा कपाल काट्नेहरू सबैले यसलाई पिउनुपर्‍यो ।
JER 25:24 यसबाहेक, अरबका सबै राजा, उजाड-स्थानमा बस्‍ने मिश्रित मानिसहरूका सबै राजा,
JER 25:25 जिम्रीका सबै राजा, एलामका सबै राजा, मादीका सबै राजा,
JER 25:26 उत्तरका, नजिक र टाढा बस्‍ने सबै राजा, पृथ्वीमा हुने सबै राज्यहरूले तिनीहरूका भाइसँगै परमप्रभुको हातको कचौरा पिउनुपर्‍यो । अन्त्यमा, बेबिलोनका राजाले पनि त्यस कचौरालाई पिउनेछ ।
JER 25:27 परमप्रभुले मलाई भन्‍नुभयो, “अब तैंले तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः पिओ र मात, अनि बान्त गर, लडिबडि गर, र मैले तिमीहरूका बिचमा पठाउँदै गरेको तरवारको सामु खडा नहोओ ।'
JER 25:28 तब तिनीहरूले पिउनलाई तेरो हातबाट कचौरा लिन इन्कार गरे भने, तैंले तिनीहरूलाई यसो भन्‍नू, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः तिमीहरूले निश्‍चय पनि यसलाई पिउनैपर्छ ।
JER 25:29 किनकि हेर, मेरो नाउँद्वारा कहलाइने सहरमाथि मैले विपत्ति ल्याउनै लागेको छु, र के तिमीहरू आफूचाहिं दण्डबाट उम्कने छौ र ? तिमीहरू उम्कने छैनौ, किनकि देशका सबै बासिन्दाको विरुद्धमा म एउटा तरवार पठाउँदैछु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।'
JER 25:30 तिनीहरूका विरुद्धमा तैंले यी सबै वचनको अगमवाणी बोल्‍नुपर्छ र तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'परमप्रभु उच्‍च ठाउँहरूबाट गर्जनुहुनेछ, र आफ्नो पवित्र बासस्थानबाट उहाँको स्‍वरले उहाँले चर्को गरी कराउनुहुनेछ, अनि आफ्ना जातिको विरुद्धमा उहाँ जोडसित गर्जनुहुनेछ, र अङ्गुर पेल्‍नेहरूजस्तै पृथ्वीमा बस्‍ने सबैको विरुद्धमा उहाँले चर्को गरी कराउनुहुनेछ ।
JER 25:31 युद्धको आवाज पृथ्वीको कुना-कुनासम्म गुन्‍जिनेछ, किनकि परमप्रभुले जाति-जातिहरूको विरुद्धमा अभियोग लगाउनुहुन्‍छ, र सबै मानिसमाथि इन्साप ल्याउनुहुने छ, अनि दुष्‍टहरूलाई उहाँले तरवारले काट्नुहुनेछ, यो परमप्रभुको घोषणा हो ।’
JER 25:32 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, विपत्ति एक जातिदेखि अर्को जातिकहाँ जाँदैछ, र पृथ्वीका पल्‍लो कुनाबाट प्रचण्ड आँधी सुरु हुँदैछ ।
JER 25:33 तब त्यस दिन परमप्रभुद्वारा मारिएकाहरू पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म हुनेछन् । तिनीहरूका निम्ति शोक गरिने, जम्मा गरने र गाडिनेछैन । तिनीहरू भुइँमा मलजस्तै हुनेछन् ।
JER 25:34 हे गोठालाहरू हो, विलाप गर, मदतको लागि कराओ । बगालका अगुवाहरू हो, धुलोमा लडीबडी गर, किनकि तिमीहरूको हत्या गरिने दिन आएको छ । तिमीहरू माटोको भाँडाझैं खस्दा छरपष्‍ट हुनेछौ ।
JER 25:35 गोठालाहरूका लागि कुनै शरणस्थान छैन । बगालका अगुवाहरूका लागि त्यहाँ भाग्‍ने ठाउँ हुनेछैन ।
JER 25:36 गोठालाहरूको रुवाइ र बगालका अगुवाहरूको विलाप सुन, किनकि परमप्रभुले तिनीहरूका खर्कहरू नष्‍ट पार्दै हुनुहुन्छ ।
JER 25:37 त्यसैले परमप्रभुको डरलाग्दो रिसको कारणले शान्तिमय खर्कहरू उजाड पारिनेछन् ।
JER 25:38 जवान सिंहले झैं उहाँले आफ्नो ठाउँ छाड्नुभएको छ, किनकि अत्याचारीको रिस र उहाँको बल्दो क्रोधको कारणले तिनीहरूको देश त्रासको ठाउँ हुनेछ ।
JER 26:1 योशियाहका छोरा यहोयाकीमको शासनकालको सुरुमा परमप्रभुको यो वचन मकहाँ आयो,
JER 26:2 “परमप्रभु यसो भन्‍नुहुन्छ, 'मेरो मन्दिरको चोकमा खडा हो र मेरो मन्दिरमा आराधना गर्ने आउने यहूदाका सबै सहरको बारेमा भन् । तिनीहरूलाई भन्‍न मैले तँलाई आज्ञा गरेका सबै वचन घोषणा गर् । एउटै शब्‍द पनि नछोड ।
JER 26:3 सयद तिनीहरूले सुन्‍नेछन्, अनि हरेक मानिस आफ्ना दुष्‍ट चालहरूबाट फर्कनेछन्, यसरी तिनीहरूका अभ्यासको दुष्‍टताको कारणले मैले तिनीहरूमाथि ल्याउने योजना गरेको विपत्ति ल्याउनबाट मैले आफ्‍नो मन म बद्लनेछु ।
JER 26:4 त्यसैले तैंले तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले तिमीहरूको अगि राखिदिएको मेरो व्यवस्थाअनुसार हिंड्नलाई तिमीहरूले मेरो कुरा सुनेनौ भने,
JER 26:5 मैले तिमीहरूकहाँ निरन्तर रूपमा पठाइरहेका मेरा दास, अगमवक्ताहरूका वचनहरू तिमीहरूले सुनेनौ भने, तर तिमीहरूले सुनेका छैनौ,
JER 26:6 तब म यो मन्दिरलाई शीलोजस्तै बनाउनेछु । म यस सहरलाई पृथ्वीका सबै जातिको दृष्‍टिमा श्रापको पात्र बनाउनेछु' ।”
JER 26:7 यर्मियाले परमप्रभुको मन्दिरमा यी वचन घोषणा गरेका पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसले सुने ।
JER 26:8 त्‍यसैले जब परमप्रभुले यर्मियालाई भन्‍नू भनी आज्ञा गर्नुभएका वचन तिनले घोषणा गरेर सके, तब पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसले तिनलाई समाते र भने, “तँ निश्‍चय नै मर्नेछस् ।
JER 26:9 यो मन्दिर शीलोझैं हुनेछ र यो सहर बासिन्दारहित उजाड हुनेछ भनेर किन परमप्रभुको नाउँमा अगमवाणी गरिस् ?” किनकि सबै मानिसले परमप्रभुको मन्दिरमा यर्मियाको विरुद्धमा भिड जम्मा गरेका थिए ।
JER 26:10 तब यहूदाका अधिकारीहरूले यो खबर सुने, र तिनीहरू राजाको महलदेखि परमप्रभुको मन्दिरमा गए । तिनीहरू परमप्रभुको मन्दिरको नयाँ मूल ढोकामा बसे ।
JER 26:11 पुजारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिससँग बोले । तिनीहरूले भने, “यो मानिसलाई मार्नु ठिक छ, किनकि यसले यो सहरको विरुद्धमा अगमवाणी बोलेका छ, जस्तो तपाईंहरूले आफ्नै कानले सुन्‍नुभएको छ ।”
JER 26:12 त्यसैले यर्मियाले सबै अधिकारी र सबै मानिससँग बोले र भने, “तपाईंहरूले सुन्‍नुभएका यी वचन भन्‍न परमप्रभुले मलाई यो मन्दिर र यो सहरको विरुद्धमा अगमवाणी बोल्न पठाउनुभएको छ ।
JER 26:13 त्यसैले अब, आ-आफ्ना चाल र अभ्यासहरू सुधार्नुहोस् र परमप्रभु तपाईंहरूका परमेश्‍वरको सोर सुन्‍नुहोस्, ताकि उहाँले तपाईंहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्तिको विषयमा उहाँले आफ्नो मन बद्लनुहुनेछ ।
JER 26:14 मेरो आफ्‍नै बारेमा, मलाई हेर्नुहोस्, म आफै तपाईंहरूकै हातमा छु । तपाईंहरूको दृष्‍टिमा जे ठिक र उचित लाग्छ, मलाई त्यही गर्नुहोस् ।
JER 26:15 तर तपाईंहरूले निश्‍चय नै जान्‍नुपर्छ, कि तपाईंहरूले मलाई मार्नुभयो भने, तब तपाईंहरूले निर्दोष रगतको दोष आफैमा, यो सहरमा र यहाँका बासिन्‍दाहरूमा ल्‍याउँदै हुनुहुन्‍छ, र किनकि तपाईंहरूले सुन्‍ने गरी यी वचन घोषणा गर्न साँच्‍चै नै परमप्रभुले मलाई तपाईंहरूकहाँ पठाउनुभएको हो ।”
JER 26:16 तब अधिकारीहरू र सबै मानिसले पुजारीहरू र अगमवक्ताहरूलाई भने, “यो मानिस मर्न लायक छैन, किनकि उसले परमप्रभु हाम्रा परमेश्‍वरको नाउँमा यी कुराहरूको घोषणा गरेको छ ।”
JER 26:17 तब देशका धर्म-गुरुहरूका माझबाट मानिसहरू खडा भए, र सारा मानिसहरूको सभालाई भने,
JER 26:18 तिनीहरूले भने “मोरेशेतका मीकाले यहूदाका राजा हिजकियाको शासनकालमा अगमवाणी बोल्दै थिए । तिनले यहूदाका सबै मानिससँग बोले र भने, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः सियोन जोतिएको खेतझैं हुनेछ, यरूशलेमचाहिं गिटीको थुप्रो हुनेछ र मन्दिरको डाँडाचाहिं झाडीझैं हुनेछ ।'
JER 26:19 के यहूदाका राजा हिजकिया र यहूदाका सारा मानिसले तिनलाई मारे त ? के तिनले परमप्रभुको भय मान्‍ने काम गरे र परमप्रभुले तिनीहरूमाथि ल्याउने घोषणा गर्नुभएको विपत्ति ल्याउनबाट उहाँको मन बद्लने गरी के तिनले परमप्रभुको मुहारलाई शान्त पारेनन् र ? यसरी हामी आफ्नै प्राणको विरुद्धमा अझै ठुलो दुष्‍ट काम गर्ने र ?”
JER 26:20 त्यसै बेला त्यहाँ परमप्रभुको नाउँमा अगमवाणी बोल्ने अर्का मानिस, किर्यत-यारीमा बस्‍ने शमायाहका छोरा उरियाह पनि थिए । यर्मियाका वचनहरूसित सहमत हुने गरी तिनले पनि यस सहर र यस देशको विरुद्धमा अगमवाणी बोले ।
JER 26:21 तर जब राजा यहोयाकीम, तिनका सबै सिपाही र अधिकारीहरूले तिनको वचन सुने, तब राजाले तिनलाई मार्न खोजे, तर उरियाहले यो कुरा सुने र तिनी डराए । त्यसैले तिनी भागे र मिश्रमा गए ।
JER 26:22 तब राजा यहोयाकीमले मिश्रमा अक्बोरका छोरा एल्नातान र त्यसका साथमा केही मानिसहरू उरियाहको पछिपछि मिश्रमा पठाए ।
JER 26:23 तिनीहरूले उरियाहलाई मिश्रबाट ल्‍याए र तिनलाई राजा यहोयाकीमकहाँ ल्याए । तब यहोयाकीमले तिनलाई तरवारले मारे, र तिनको लाशलाई साधारण मानिसका लाशहरू भएको ठाउँमा पठाए ।
JER 26:24 तर शापानका छोरा अहीकामको हात यर्मियासित थियो । त्यसैले तिनलाई मारिनलाई मानिसहरूका हातमा दिइएन ।
JER 27:1 यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको सुरुमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो ।
JER 27:2 परमप्रभुले मलाई यसो भन्‍नुभयो, “आफ्नो निम्ति डोरीहरू र एउटा जुवा बना । ती तेरो घाँटीमा बाँध् ।
JER 27:3 तब तिनलाई एदोमका राजा, मोआबका राजा, अम्मोनका मानिसहरूका राजा, टुरोसका राजा र सीदोनका राजाकहाँ पठा । यहूदाका राजा सिदकियाहकहाँ यरूशलेममा आउने ती राजाहरूका दूतहरूको हातद्वारा ती पठा ।
JER 27:4 तिनीहरूका मालिकहरूका लागि तिनीहरूलाई आज्ञा दे र यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूले आ-आफ्ना मालिकहरूलाई यसो भन्‍नुपर्छ,
JER 27:5 'मेरो महाशक्ति र पसारिएको पाखुराद्वारा म आफैले पृथ्वी बनाएँ । मैले पृथ्वीका मानिसहरू र जनावरहरू पनि बनाएँ, र मेरो दृष्‍टिमा ठिक लागेको जोकसैलाई म यो सुम्पिदिन्छु ।
JER 27:6 त्यसैले अब म आफैले यी सबै देश मेरो दास, बेबिलोनका राजा नबूकदनेसरको हातमा दिंदैछु । साथै, त्यसको सेवा गर्नलाई जमिनका जीवित प्राणीहरू पनि म त्यसलाई दिंदैछु ।
JER 27:7 किनकि उसको देशको निम्‍ति समय नआएसम्म सबै जातिले ऊ, उसको छोरो र उसको नातिको सेवा गर्नेछन् । त्यसपछि धेरै जातिहरू र महान् राजाहरूले त्यसलाई अधीन गर्नेछन् ।
JER 27:8 त्‍यसैले बेबिलोनका राजा नबूकदनेसरको सेवा नगर्ने जाति वा राज्य र बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध थाप्‍न नमान्‍ने जोकसैलाई उसको हातद्वारा त्‍यो नष्‍ट नहुञ्जेल म तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, यो परमप्रभुको घोषणा हो ।
JER 27:9 त्यसैले 'बेबिलोनका राजाको सेवा नगर्नू' भनेर तिमीहरूसँग बोलिरहने तिमीहरूका अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ खोल्नेहरू, भूतप्रेत खेलाउनेहरू र जादुगरी गर्नेहरूको कुरा नसुन्‍नू ।
JER 27:10 तिमीहरूलाई आफ्नो देशबाट टाढा पठाउन भनेर तिनीहरूले तिमीहरूलाई झूटा कुराको अगमवाणी बोल्दैछन्, किनकि म तिमीहरूलाई धपाउनेछु, र तिमीहरू मर्नेछौ ।
JER 27:11 तर बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध थाप्‍ने र उसको सेवा गर्ने जातिलाई चाहिं आफ्‍नै देशमा विश्राम गर्न म दिनेछु, यो परमप्रभुको घोषणा हो, र तिनीहरूले त्‍यसको खनजोत गर्नेछन्, र त्‍यहाँ आफ्ना घरहरू बनाउनेछन्' ।”
JER 27:12 त्यसैले यहूदाका राजा सिदकियाहसित मैले बोलें र तिनलाई यो सन्देश दिएँ, “आफ्‍नो काँधमा बेबिलोनका राजाको जुवा थाप र ऊ र उसका मानिसहरूको सेवा गर, अनि तिमी बाँच्नेछौ ।
JER 27:13 तिमी किन मर्ने—तिमी र तिम्रा मानिसहरू तरवार, अनिकाल र विपत्तिले किन मर्ने, जसरी बेबिलोनका राजाको सेवा गर्न इन्कार गर्ने जातिको विषयमा मैले घोषणा गरेको छु ?
JER 27:14 ती अगमवक्ताहरूको वचन नसुन जसले तिमीसित बोल्‍छन् र यसो भन्‍छन्, 'बेबिलोनका राजाको सेवा नगर,' किनकि तिनीहरूले तिमीलाई झूटो कुराको अगमवाणी बोल्दैछन् ।
JER 27:15 ‘किनकि यो परमप्रभुको घोषणा हो, मैले तिनीहरूलाई पठाएको छैनँ, किनकि तिनीहरूले मेरो नाउँमा झूटा कुरो अगमवाणी बोल्दैछन् जसको कारणले म तँलाई धपाउनेछु, अनि तिमी र तिम्रो निम्‍ति अगमवाणी बोलिरहने अगमवक्ताहरू दुवै मर्नेछौ' ।”
JER 27:16 मैले पुजारीहरू र सबै मानिसहरूलाई यो कुरा घोषणा गरें र यसो भनें, “परमप्रभु यसो भन्‍नुहुन्छः तिमीहरूका अगमवक्ताहरूको वचन नसुन जसले तिमीहरूका निम्‍ति अगमवाणी बोल्छन् र यसो भन्‍छन्, 'हेर, परमप्रभुको मन्दिरका सामानहरू अहिले बेबिलोनबाट फर्काइँदैछन् ।' तिनीहरूले तिमीहरूलाई झूटो कुरा अगमवाणी बोल्दै छन् ।
JER 27:17 तिनीहरूको कुरा नसुन्‍नू । तिमीहरूले बेबिलोनका राजाको सेवा गर्नुपर्छ र बाँच्नुपर्छ । यो सहर किन भग्‍नावशेष हुने ?
JER 27:18 तिनीहरू अगमवक्ताहरू हुन्, र परमप्रभुको वचन तिनीहरूकहाँ साँच्‍चै आएको हो भने, यस मन्दिर, यहूदाका राजाको महल र यरूशलेमका सामानहरू बेबिलोनमा नलान भनेर तिनीहरूले सर्वशक्तिमान् परमप्रभुलाई बिन्ती चढाऊन् ।
JER 27:19 स्तम्भहरू, 'खँड्कुलो' भनेर चिनिने विशाल बाटा र यसको आधार अनि यस सहरमा बाँकी रहेका सामानहरूका बबारेमा सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ—
JER 27:20 अर्थात् बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीनका साथमा यहूदा र यरूशलेका सबै कुलीनहरूलाई यरूशलेमबाट कैद गरेर बेबिलोनमा लैजाँदा तिनले नलगेका समानहरू ।
JER 27:21 परमप्रभुको मन्दिर, यहूदाका राजाको महल र यरूशलेममा बाँकी रहेका सामानहरूका विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ,
JER 27:22 'ती बेबिलोनमा लगिनेछन्, र ती फर्काइने दिन नआएसम्म ती त्यहीँ नै रहनेछन्, यो परमप्रभुको घोषणा हो । त्यसपछि म तिनलाई ल्याउनेछु, र तिनलाई यस ठाउँमा पुनर्स्थापित गराउनेछु' ।”
JER 28:1 त्यही वर्ष अर्थात् यहूदाका राजा सिदकियाहले राज्‍य गरेको चौथो वर्षको पाँचौं महिनामा अज्‍जूरका छोरा, गिबोनमा बस्‍ने अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा पुजारीहरू र सबै मानिसको सामु मसित बोले । तिनले भने,
JER 28:2 “सर्वशक्तिमान्, परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'बेबिलोनका राजाद्वारा लादिएको जुवा मैले भाँचेको छु ।
JER 28:3 बेबिलोनका राजा नबूकदनेसरले यस ठाउँबाट लगेको र बेबिलोनमा ओसारेको परमप्रभुको मन्दिरका सबै सामान म दुई वर्षभित्रमा यही ठाउँमा फर्काएर ल्याउनेछु ।
JER 28:4 त्यसपछि बेबिलोनमा पठाइएका यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका सबै बन्दीलाई म फर्काएर ल्याउनेछु, यो परमप्रभुको घोषणा हो, किनकि बेबिलोनका राजाको जुवालाई म भाँच्‍नेछु' ।”
JER 28:5 त्यसैले परमप्रभुको मन्दिरमा खडा भएका पुजारीहरू र सबै मानिसको सामु यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तासित बोले ।
JER 28:6 यर्मिया अगमवक्ताले भने, “परमप्रभुले यसै गरून्! तिमीले अगमवाणी बोलेका वचनहरू परमप्रभुले पुरा गरून्, अनि परमप्रभुको मन्दिरका सबै सामान र सबै बन्दीलाई बेबिलोनबाट यस ठाउँमा फर्काएर ल्याऊन् ।
JER 28:7 तापनि तिमीले सुन्‍ने गरी अनि सबै मानिसले सुन्‍ने गरी मैले घोषणा गरेको वचनलाई सुन ।
JER 28:8 तिमी र मभन्दा धेरै पहिलेका अगमवक्ताहरूले पनि धेरै जातिहरू, महान् राज्यहरू, युद्ध, अनिकाल र विपत्तिको विषयमा अगमवाणी बोले ।
JER 28:9 त्यसैले शान्ति हुनेछ भनी अगमवाणी बोल्ने अगमवक्ताले भनेको वचन पुरा भयो भने, त्यो वास्तवमै परमप्रभुद्वारा पठाइएको अगमवक्ता रहेछ भनी थाहा हुनेछ ।”
JER 28:10 तर हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट जुवा निकाले र त्यसलाई भाँचिदिए ।
JER 28:11 तब हनन्याहले सबै मनिसका सामु बोले र यसो भने, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'बेबिलोनका राजा नबूकदनेसरद्वारा लादिएको जुवा म हरेक जातिको काँधबाट दुई वर्षभित्रमा यसै गरी भाँचिदिनेछु' ।” तब यर्मिया अगमवक्ता आफ्नो बाटो लागे ।
JER 28:12 हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट जुवा निकालेर भाँचेपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
JER 28:13 “जा र हनन्याहसित बोल र यसो भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः तैंले त काठको जुवा भाँचिस्, तर यसको साटो म फलामको जुवा बनाउनेछु ।'
JER 28:14 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनका राजा नबूकदनेसरको सेवा गर्नलाई मैले यी सबै जातिको काँधमा फलामको जुवा राखेको छु, र तिनीहरूले उसको सेवा गर्नेछन् । शासन गर्नलाई मैले उसलाई जङ्गलका वन्यजन्तुहरू पनि दिएको छु' ।”
JER 28:15 अनि यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तालाई भने, “हे हनन्याह, सुन, परमप्रभुले तिमीलाई पठाउनुभएको होइन, तर तिमी आफैले यी मानिसलाई झूटो कुरामा विश्‍वास गर्न लगाएका छौ ।
JER 28:16 त्यसैले परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर्, तँलाई मैले पृथ्वीबाट हटाउनै लागेको छु । तैंले परमप्रभुको विरुद्धमा विद्रोही कुराको घोषणा गरेको हुनाले तँ यही वर्ष मर्नेछस्' ।”
JER 28:17 त्यही वर्षको सातौँ महिनामा हनन्याह अगमवक्ता मरे ।
JER 29:1 निर्वासितहरूका बिचमा बाँकी रहेका धर्म-गुरुहरू, पुजारीहरू, अगमवक्ताहरू र सबै मानिस जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए, तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको मुट्ठोमा लिखित वचनहरू यी नै हुन् ।
JER 29:2 राजा यहोयाकीन, राजमाता, उच्‍च अधिकारीहरू, यहूदाका र यरूशलेमका अगुवाहरू र कारीगरहरू यरूशलेमबाट निर्वासनमा लगिएपछि यो वचन लेखियो ।
JER 29:3 तिनले यो मुट्ठो शापानका छोरा एलासा र हिल्कियाहका छोरा गमर्याहको हातबाट पठाएका थिए, जसलाई यहूदाका राजा सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरकहाँ पठाएका थिए ।
JER 29:4 मुट्ठामा यस्तो लेखियो, “मैले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेका सबै कैदीलाई, म, सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍छु,
JER 29:5 'घरहरू बनाओ र तिनमा बस । बारीहरूमा बीउ रोप र तिनको फल खाओ ।
JER 29:6 बिहेबारी गर र छोराहरू र छोरीहरू जन्माओ । त्यसपछि आफ्ना छोराहरूका लागि पत्‍नीहरू ल्याओ, र आफ्ना छोरीहरू तिनीहरूका पतिहरूलाई देओ । तिनीहरूले छोराहरू र छोरीहरू जन्माऊन्, र त्यहाँ आफ्नो सङ्ख्या बढाओ, घटाउने होइन ।
JER 29:7 मैले तिमीहरूलाई जहाँ निर्वासित गरेको छु, त्यस सहरको शान्ति खोज, र यसको पक्षमा मलाई अन्तर-बिन्ती चढाओ, किनकि यो शान्तिमा रह्‍यो बने तिमीहरूलाई शान्ति हुनेछ ।'
JER 29:8 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूका बिचमा भएका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्, र तिमीहरू आफैले देखेका सपनाका कुराहरू नमान ।
JER 29:9 किनकि तिनीहरूले मेरो नाउँमा तिमीहरूलाई छलको अगमवाणी बोल्दैछन् । मैले तिनीहरूलाई पठाइनँ, यो परमप्रभुको घोषणा हो ।'
JER 29:10 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'बेबिलोनले तिमीहरूमाथि सत्तरी वर्षसम्म शासन गरिसकेपछि म तिमीहरूलाई मदत गर्नेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउछु भन्‍ने मेरो असल वचन पुरा गर्नेछु ।
JER 29:11 किनकि तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु, यो परमप्रभुको घोषणा हो, तिमीहरूलाई एउटा भविष्य र आशा दिनलाई ती शान्तिका योजनाहरू हुन्, विपत्तिका होइनन् ।
JER 29:12 तब तिमीहरूले मलाई पुकार्नेछौ, र जानेछौ र मलाई प्रार्थना चढाउनेछौ, र म तिमीहरूको प्रार्थना सुन्‍नेछु ।
JER 29:13 किनकि तिमीहरूले मलाई खोज्‍नेछौ र भेट्टाउनेछौ, किनभने तिमीहरूले मलाई आफ्‍ना सारा हृदयले खोज्नेछौ ।
JER 29:14 तब तिमीहरूले मलाई भेट्टाइनेछौ, यो परमप्रभुको घोषणा हो, र म तिमीहरूका सुदिन फर्काउनेछु । मैले तिमीहरूलाई छरपष्‍ट पारेका सबै जाति र ठाउँहरूबाट म तिमीहरूलाई जम्मा गर्नेछु, यो परमप्रभुको घोषणा हो, मैले तिमीहरूलाई जुन ठाउँबाट निर्वासित गरें, त्यहाँबाट म तिमीहरूलाई फर्काएर ल्याउनेछु ।'
JER 29:15 परमेश्‍वरले हाम्रा निम्ति बेबिलोनमा नै अगमवक्ताहरू खडा गर्नुभएको छ भनी तिमीहरूले भनेकको हुनाले,
JER 29:16 दाऊदको सिंहासनमा बस्‍ने राजा र त्यस सहरमा बसोबास गरेका सबै मानिसलाई परमप्रभु यसो भन्‍नुहुन्छ, तिमीहरूका दाजुभाइ जो तिमीहरूसँग निर्वासनमा गएका छैनन्—
JER 29:17 हेर, तिनीहरूकहाँ मैले तरवार, अनिकाल र विपत्ति ल्याउनै लागेको छु, सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ । किनकि म तिनीहरूलाई कुहेका अञ्जीरहरूजस्तै तुल्याउनेछु जुन खानलाई असाध्‍ये खराब हुन्‍छन्‌ ।
JER 29:18 त्‍यसपछि म तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले खेद्‍नेछु, अनि म तिनीहरूलाई पृथ्वीका सबै राज्यमा घृणाको दृश्‍य, मैले तिनीहरूलाई छरपष्‍ट पारेका सबै जातिका बिचमा तिनीहरूलाई त्रास, सराप र गिल्लाको पात्र र लाजका कुरा बनाउनेछु ।
JER 29:19 तिनीहरूकहाँ मेरा दासहरू र अगमवक्ताहरूमार्फत मैले पठाएको मेरो वचन तिनीहरूले नसुनेको कारणले यसो हुनेछ, यो परमप्रभुको घोषणा हो । मैले तिनीहरूलाई पटक-पटक पठाएँ, तर तिमीहरूले सुनेनौ, यो परमप्रभुको घोषणा हो ।'
JER 29:20 त्यसैले हे सबै निर्वासितहरू हो, जसलाई उहाँले यरूशलेमबाट बेबिलोनमा पठाउनुभएको छ, तिमीहरू आफूले भने परमप्रभुको वचन सुन ।
JER 29:21 'कोलायाहका छोरा आहाब र मासेयाहका छोरा सिदकियाह, जसले मेरो नाउँमा तिमीहरूलाई झूटा अगमवाणी बोल्‍छन्, हेर्, तिनीहरूको विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तिनीहरूलाई बेबिलोनका राजा नबूकदनेसरको हातमा दिनै लागेको छु । उसले तिनीहरूलाई तिमीहरूकै आँखाको सामु मार्नेछ ।
JER 29:22 त्‍यसपछि बेबिलोनमा भएका यहूदाका सबै निर्वासितद्वारा यी व्यक्तिहरूको बारेमा सरापको वचन बोलिनेछ । सराप यस्‍तो हुनेछ, 'परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबजस्तै बनाऊन्, जसलाई बेबिलोनका राजाले आगोमा पोलेका थिए ।
JER 29:23 तिनीहरूले आफ्ना छिमेकीहरूका पत्‍नीहरूसित व्यभिचार गरेर अनि मैले तिनीहरूलाई भन्‍नलाई कहिल्यै आज्ञा नगरेका झूटा कुराहरू मेरो नाउँमा घोषणा गरेर, तिनीहरूले इस्राएलमा गरेका लज्‍जित कुराहरूका कारणले यस्‍तो हुनेछ । किनकि मलाई यो कुरा थाहा छ, र म साक्षी हुँ, यो परमप्रभुको घोषणा हो ।
JER 29:24 नेहेलामवासी शमायाह बारेमा यसो भन्,
JER 29:25 “सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'यरूशलेमका सबै मानिस, पुजारी मासेयाहका छोरा सपन्याह र सबै पुजारीलाई तेरो आफ्‍नै नाउँमा चिट्ठीहरू लेखेर यसो भनिस्,
JER 29:26 'पुजारी यहोयादाको सट्टामा परमप्रभुले तिमीलाई परमप्रभुको मन्दिरको जिम्मा लिन पुजारी बनाउनुभएको छ । तिमी बरबराएर आफैलाई अगमवक्ताहरू बनाउने सबै मानिसको नियन्त्रणमा छौ । तिमीहरूले तिनीहरूलाई साङ्लाले बाँधेर ठिंगुरोमा हाल्नू ।
JER 29:27 त्यसैले अब, तिम्रो विरुद्धमा आफैलाई अगमवक्ता बनाउने अनातोतको यर्मियालाई किन हप्काएनौ ?
JER 29:28 किनकि बेबिलोनमा उसले हामीलाई यस्तो चिट्ठी पठाएको छ र भनेको छ, 'निर्वासन लामो समयसम्म हुनेछ । घरहरू बनाओ र तिनमा बस, र खेतबारीमा बीउ रोप र तिनको फल खाओ' ।”
JER 29:29 यर्मिया अगमवक्ताले सुन्‍ने गरी पुजारी सपन्याहले यो पत्र पढे ।
JER 29:30 तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
JER 29:31 “सबै निर्वासितकहाँ यो खबर पठा र यसो भन्, 'नेहेलामवासी शमायाहको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छः म आफैले शमायाहलाई नपठाउँदा पनि उसले तिमीहरूलाई अगमवाणी बोलेको र उसले तिमीहरूलाई झूटा कुराहरूमा विश्‍वास गर्न डोर्‍याएको छ,
JER 29:32 त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छः नेहेलामवासी शमायाह र त्यसका सन्तानहरूलाई मैले दण्ड दिनै लागेको छु । यस जातिको बिचमा बस्‍न त्यसको लागि कुनै मानिस हुनेछैन । मैले आफ्‍ना मानिसहरूलाई गर्ने भलाइ त्यसले देख्‍नेछैन, यो परमप्रभुको घोषणा हो, किनकि उसले परमप्रभुको विरुद्धमा विद्रोहको घोषणा गरेको छ' ।”
JER 30:1 परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
JER 30:2 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई भनेका सबै वचन एउटा मुट्ठामा लेख् ।
JER 30:3 किनकि यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म आफ्‍ना जाति, इस्राएल र यहूदाको सुदिन पुनर्स्थापित गराउनेछु, यो परमप्रभुको घोषणा हो । म परमप्रभुले नै यो भनेको हुँ । किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरूले त्‍यसमा अधिकार गर्नेछन् ।”
JER 30:4 इस्राएल र यहूदाको विषयमा परमप्रभुले घोषणा गर्नुभएका वचनहरू यी नै हुन्,
JER 30:5 “किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'हामीले त्रासको डरलाग्दो आवाज सुनेका छौं र शान्तिको होइन ।
JER 30:6 पुरुषले बच्‍चा जन्माउन सक्छ कि सक्दैन भनी सोध र हेर । किन हरेक जवान मानिस प्रसव-वेदनामा परेकी स्‍त्रीझैं आफ्नो हातले पेट समातेको म देख्छु त ? किन तिनीहरू सबैका अनुहार पहेंला भएका छन् त?
JER 30:7 हाय! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ । त्यस्तो अरू कुनै दिन हुनेछैन । यो याकूबको निम्ति दुःखकष्‍टको समय हुनेछ, तर त्यसबाट ऊ बचाइनेछ ।
JER 30:8 यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, कि त्यस दिन म तिमीहरूका काँधको जुवा भाँच्‍नेछु, र म तिमीहरूका साङ्लाहरू छिनाउनेछु, यसैले विदेशीहरूले तिमीहरूलाई फेरि कहिल्यै दास बनाउनेछैनन् ।
JER 30:9 तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्नेछन्, र तिनीहरूका राजा दाऊदको सेवा गर्नेछन् जसलाई म तिनीहरूमाथि राजा बनाउनेछु ।
JER 30:10 यो परमप्रभुको घोषणा हो, त्‍यसैले तँ, मेरो दास याकूब, नडरा, अनि इस्राएल, हताश नहो । किनकि हेर्, मैले तँलाई टाढा देशबाट र तेरा सन्तानलाई निर्वासनको देशबाट ल्याउनै लागेको छु । याकूब फर्कनेछ, र शान्तिमा रहनेछ । ऊ सुरक्षित हुनेछ, र त्यहाँ फेरि त्रास हुनेछैन ।
JER 30:11 किनकि तँलाई बचाउन म तँसितै छु, यो परमप्रभुको घोषणा हो । तब मैले तँलाई तितर-बितर पारेको सबै जतिका, सबैलाई म बिलकुलै खतम पार्नेछु । तर म निश्‍चय नै तँलाई खतम पार्ने छैनँ, यद्यपि म तँलाई न्यायपूर्वक अनुशासन गर्छु, र तँलाई दण्ड नदिई छोड्‍नेछैनँ ।'
JER 30:12 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'तेरो घाउलाई निको पार्न सकिंदैन । तेरो चोट सङ्क्रमित भएको छ ।
JER 30:13 तेरो विषयमा निम्ति बिन्ति गरिदिने कोही छैन । तेरो चोटलाई निको पार्नलाई तेरो निम्‍ति कुनै उपचार छैन ।
JER 30:14 तेरा सबै प्रेमीले तँलाई भुलेका छन् । तिनीहरूले तेरो खोजी गर्ने छैनन्, किनकि तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले, मैले तँलाई शत्रुको चोट र क्रुर मालिकको अनुशासनले चोट लगाएको छु ।
JER 30:15 तेरो घाउको लागि किन मदतको माग्‍दैछस् ? तेरो पीडालाई निको पार्न सकिंदैन । तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले मैले तँमाथि यी कुरा ल्याएको हुँ ।
JER 30:16 त्यसैले तँलाई निल्नेहरू सबै निलिनेछन्, र तेरा सबै वैरीहरू निर्वासनमा लगिनेछन् । किनकि जसले तँलाई लुटेका छन्, तिनीहरू लुटिनेछन्, र तँलाई लुट्‍नेहरू सबैको म बिगार गर्नेछु ।
JER 30:17 किनकि म तँलाई स्वास्थ्य बनाउनेछु । म तेरा चोटहरू निको पार्नेछु, यो परमप्रभुको घोषणा हो, तिनीहरूले तँलाई 'बहिष्कृत' भनेको हुनाले म यसो गर्नेछु । यस सियोनको लागि कसैले वास्ता गर्दैन ।”
JER 30:18 परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर, मैले याकूबका पालहरूको सूदिन फर्काउन लागेको छु र उसका घरहरूमा दया देखाउनै लागेको छु । त्यसपछि भग्‍नावशेषको थुप्रोमाथि सहर निर्माण हुनेछ, र पहिलेकै ठाउँमा किल्ला निर्माण हुनेछ ।
JER 30:19 तब तिनीहरूले प्रशंसाको गीत गाउनेछन्, र आनन्दको सोर निकाल्नेछन्, किनकि म तिनीहरूलाई बढाउनेछु, र घटाउने होइन । तिनीहरू अपमानित नहोऊन् भनेर म तिनीहरूको आदर गर्नेछु ।
JER 30:20 त्‍यति बेला तिनीहरूका मानिसहरू पहिलेजस्तै हुनेछन्, र तिनीहरूको सभा मेरो सामु स्थापित हुनेछ, जति बेला तिनीहरूलाई अहिले यातना दिने सबैलाई मैले दण्ड दिन्‍छु ।
JER 30:21 तिनीहरूका बीचबाटै तिनीहरूका अगुवा आउनेछ । मैले उसलाई नजिक ल्याउँदा र त्यो मतिर आउँदा त्यो तिनीहरूकै बिचबाट ऊ आउनेछ । मैले यसो गरिनँ भने, मेरो नजिक आउने साहस कसले गर्ला र ? यो परमप्रभुको घोषणा हो ।
JER 30:22 तब तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।
JER 30:23 हेर, परमप्रभुको आँधी, उहाँको क्रोध बाहिर निस्केको छ । यो आइरहने आँधी हो । यसले दुष्‍ट मानिसहरूका शिरमा चक्‍कर लगाउनेछ ।
JER 30:24 आफ्नो मनका उद्धेश्यहरू पुरा नहुञ्जेल परमप्रभुको क्रोध शान्त हुनेछैन । आखिरी दिनमा तिमीहरूले यो कुरा बुझ्नेछौ ।”
JER 31:1 यो परमप्रभुको घोषणा हो, “त्यस बेला म इस्राएलका सबै वंशको परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।”
JER 31:2 परमप्रभु यसो भन्‍नुहुन्छ, “तरवारबाट बाँचेका मानिसहरूले उजाड-स्थानमा निगाह प्राप्‍त गरेका छन् । इस्राएललाई विश्राम दिन म बाहिर निस्कनेछु ।”
JER 31:3 विगतमा परमप्रभु मकहाँ देखा पर्नुभयो र भन्‍नुभयो, “ए इस्राएल, मैले तँलाई अनन्त प्रेमले प्रेम गरेको छु । त्यसैले मैले तँलाई करारको विश्‍वसनीयताले मतिर खिँचेको छु ।
JER 31:4 ए कन्या इस्राएल, म तँलाई फेरि निर्माण गर्नेछु, यसरी तँ निर्माण हुनेछस् । तैंले फेरि आफ्ना खैँजडीहरू लिनेछस् र खुसीको नाचसहित बाहर निस्कनेछस् ।
JER 31:5 सामरियाका पहाडहरूमा तैंले फेरि दाखबारीहरू लगाउनेछस् । किसानहरूले रोप्नेछन्, र फललाई असलको उद्धेश्यको लागि प्रयोग गर्नेछन् ।
JER 31:6 किनकि एक दिन आउनेछ, जुन बेला एफ्राइमका पहाडहरूका पहरेदारहरूले घोषणा गर्नेछन्, 'उठ, हामी परमप्रभु हाम्रा परमेश्‍वरकहाँ सियोनमा जाऔं' ।”
JER 31:7 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “याकूबको निम्ति आनन्दले कराओ । जातिहरूका मानिसहरूका प्रमुखको लागि खुसीले चिच्‍च्याओ । प्रशंसा सुनियोस् । यसो भन, 'परमप्रभुले आफ्ना जाति, इस्राएलका बाँकी रहेकाहरूलाई उद्धार गर्नुभएको छ ।'
JER 31:8 हेर, मैले तिनीहरूलाई उत्तरी देशहरूबाट फर्काएर ल्याउनै लागेको छु । म तिनीहरूलाई पृथ्वीका पल्ला छेउहरूबाट जम्मा गर्नेछु । तिनीहरूका बिचमा दृष्‍टिविहीन र लङ्गडाहरू हुनेछन् । गर्भवती स्‍त्रीहरू र बच्‍चा जन्माउनै लागेकाहरू तिनीहरूसितै हुनेछन् । एउटा ठुलो समुदाय यहाँ फर्कनेछ ।
JER 31:9 तिनीहरू रुँदै आउनेछन् । तिनीहरूले आ-आफ्ना बिन्ती बिसाउँदा म तिनीहरूलाई अगुवाइ गर्नेछु । म तिनीहरूलाई सिधा मार्गमा पानीका खोलाहरूबाट यात्रा गराउनेछु । तिनीहरू यसमा ठोकिनेछैनन्, किनकि म इस्राएलको पिता हुनेछु, र एफ्राइम मेरो जेठो छोरा हुनेछ ।”
JER 31:10 “हे जातिहरू हो, परमप्रभुको वचन सुन । टाढाका समुद्रतटका देशहरूलाई घोषणा गर, जतिहरूले यसो भन्‍नुपर्छ, 'इस्राएललाई तितर-बितर पार्नुहुनेले तिनीहरूलाई जम्मा गर्दै हुनुहुन्छ र गोठालोलो आफ्ना भेडाहरूलाई रक्षा गरेझैं रक्षा गर्दै हुनुहुन्छ ।'
JER 31:11 किनकि परमप्रभुले याकूबलाई मोल तिरेर छुटाउनुभएको छ, र उसको भन्दा धेरै शक्तिशाली हातबाट उसलाई छुटकारा दिनुभएको छ ।
JER 31:12 तब तिनीहरू आउनेछन् र सियोनका पर्वतहरूमा रमाउनेछन् । मकै र नयाँ दाखमद्य, तेल र गाईवस्तुका बाछाहरू भेडा-बाख्राका पाठाहरूमाथि परमप्रभुको भलाइको कारणले, तिनीहरूका मुहार चम्कनेछन् । किनकि तिनीहरूको जीवन पानीले भिजेको बगैँचाजस्तै हुनेछ, र तिनीहरूले फेरि कहिल्यै दुःखको महसुस गर्नेछैनन् ।
JER 31:13 तब कन्याहरू नाच्दै रमाउनेछन्, र युवा अनि पाकाहरू एकै ठाउँमा आउनेछन् । किनकि तिनीहरूको शोकलाई म उत्सवमा परिणत गर्नेछु । म तिनीहरूमाथि दया देखाउनेछु, र शोक गर्नुको साटो आनन्द मनाउन लगाउनेछु ।
JER 31:14 तब पुजारीहरूका जीवनलाई म प्रशस्त मात्रामा परिपूर्ण पार्नेछु । मेरा मानिसहरू मेरो भलाइले भरिनेछ, यो परमप्रभुको घोषणा हो ।”
JER 31:15 परमप्रभु यसो भन्‍नुहुन्छ, “रामामा विलाप गरेको र धुरुधुरु रोएको एउटा सोर सुनिएको छ । राहेल आफ्ना सन्तानका लागि रुँदैछे । त्यसले सान्त्वना पाउनलाई इन्कार गरेकी छे, किनकि तिनीहरू अब फेरि जीवित छैनन् ।”
JER 31:16 परमप्रभु यसो भन्‍नुहुन्छ, “रुनदेखि आफ्नो सोर रोक, र आँखाबाट आँसु नखसाल । तिमीहरूको कामको लागि एउटा इनमा छ, यो परमप्रभुको हो, तिमीहरूका छोराछोरी शत्रुको देशबाट फर्कनेछन् ।
JER 31:17 तिमीहरूको भविष्यको लागि आशा छ, यो परमप्रभुको घोषणा हो, तिमीहरूका सन्तानहरू तिमीहरूका सिमानाहरूभित्र फर्कनेछन् ।”
JER 31:18 “निश्‍चय नै मैले एफ्राइमको शोक गरेको सुनेको छु, 'तपाईंले मलाई दण्ड दिनुभयो, र एउटा नदाएको बाछालाई झैं मलाई दण्ड दिइएको छ । मलाई फर्काएर ल्याउनुहोस्, र म फर्काइनेछु, किनकि तपाईं परमप्रभु मेरा परमेश्‍वर हुनुहुन्छ ।
JER 31:19 किनकि म तपाईंकहाँ फर्केपछि म दुःखित भएँ । मलाई तालिम दिइएपछि मैले आफ्नो तिघ्रामा हिर्काएँ । म लज्‍जित र अपमानित भएँ, किनकि मैले आफ्‍नो युवावस्थाको दोष बोकेको छु ।'
JER 31:20 के एफ्राइम मेरो बहुमूल्य बालक होइन र ? के त्यो मेरो प्रिय, आनन्दित छोरो होइन र ? किनकि मैले जहिलेसुकै त्यसको विरुद्धमा बोल्दा, म निश्‍चय नै त्यसलाई मेरो प्रेमिलो हृदयमा सम्झन्छु । यसरी मेरो हृदय त्यसको लागि लालायित हुन्छ । म निश्‍चय नै त्यसमाथि दया देखाउने छु, यो परमप्रभुको घोषणा हो ।”
JER 31:21 “आफ्ना लागि बाटो देखाउने सङ्केतहरू राख् । आफ्ना लागि खम्बाहरू खडा गर् । तेरो मन तँ हिंड्नुपर्ने ठिक मार्गमा लगा । ए कन्या इस्राएल, फर्केर आइज । तेरा यी सहरहरूमा फर्केर आइज ।
JER 31:22 ए विश्‍वासघाती छोरी, तँ कहिलेसम्म यताउता गरिबस्छेस् ? किनकि परमप्रभुले पृथ्वीमा केही नयाँ कुरो सृजनुभएको छ अर्थात् एक जना स्‍त्रीले एक जना बलियो पुरुषलाई घेर्छे ।”
JER 31:23 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “मैले यस जातिलाई तिनीहरूको देशमा फर्काएर ल्याउँदा तिनीहरूले यहूदा र यसका सहरहरूमा यसो भन्‍नेछन्, 'उहाँ बस्‍नुहुने ए धर्मी बासस्थान्, ए पवित्र पर्वत, परमप्रभुले तँलाई आशिष् देऊन् ।'
JER 31:24 किनकि किसानहरू र आफ्ना बगालहरूसित घुम्ने गोठालाहरूझैं यहूदा र यसका सहरहरू सँगसँगै त्‍यहाँ बस्‍नेछन् ।
JER 31:25 किनकि थाकेकाहरूलाई म पिउन लयाउनेछु, र मूर्छा खाएकाहरूलाई म सन्तुष्‍ट पार्नेछु ।”
JER 31:26 यसपछि म ब्युँझेँ, र मेरा भेडाहरू ताजा हुँदै गरेको मैले थाहा पाएँ ।
JER 31:27 यो परमप्रभुको घोषणा हो, “हेर्, यस्‍ता दिनहरू आउँदैछन्‌, जुन बेला इस्राएल र यहूदाका घरानाहरूलाई मान्छे र पशुका सन्तानहरूले म रोप्नेछु ।
JER 31:28 विगतमा मैले तिनीहरूलाई जरैदेखि उखेल्न, लछार्न, नष्‍ट पार्न र हानि गर्न तिनीहरूलाई मेरो निगरानीमा राखेँ । तर आउने दिनहरूमा, तिनीहरूलाई निर्माण गर्न र तिनीहरूलाई रोप्न, म तिनीहरूको रेखदेख गर्नेछु, यो परमप्रभुको घोषणा हो ।”
JER 31:29 “ती दिनमा कसैले पनि यसो भन्‍नेछैन, 'अमिलो अङ्गुर खानेचाहिं बुबा, तर दाँत कुँडिनेचाहिं छोराछोरीको!'
JER 31:30 किनकि हरेक मानिस आफ्नै अधर्ममा मर्नेछ । जसले अमिलो अङ्गुर खान्छ, त्यसकै दाँत कुँडिनेछ ।
JER 31:31 यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जुना बेला म इस्राएल र यहूदाका घरानासित एउटा नयाँ करार स्थापित गर्नेछु ।
JER 31:32 मैले तिनीहरूका पुर्खाहरूसित बाँधेको करारजस्तो यो हुनेछैन, जब मैले तिनीहरूलाई तिनीहरूका हात समातेर मिश्रदेशबाट बाहिर ल्याएँ, किनकि तिनीहरूले मेरो करार भङ्ग गरे तापनि म तिनीहरूका पति भएँ, यो परमप्रभुको घोषणा हो ।
JER 31:33 इस्राएलको घरानासित मैले बाँध्‍ने करार यही हो, यो परमप्रभुको घोषणा हो । यी दिनपछि म आफ्‍नो व्यवस्था तिनीहरूभित्र हाल्‍नेछु, र तिनीहरूका हृदयमा यो लेख्‍नेछु, किनकि म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।
JER 31:34 तब हरेक मानिसले फेरि आफ्नो छिमेकी वा हरेक मानिसले आफ्नो भाइलाई यसो भनेर सिकाउने छैन, 'परमप्रभुलाई चिन ।' किनकि सानादेखि ठुलासम्म तिनीहरू सबैले मलाई चिन्‍नेछन्‌, यो यो परमप्रभुको घोषणा हो । किनकि म तिनीहरूको अधर्म क्षमा दिनेछु, र फेरि तिनीहरूका पाप सम्झनेछैनँ ।”
JER 31:35 परमप्रभु यसो भन्‍नुहुन्छ, “दिनमा प्रकाश दिन सूर्य र रातमा प्रकाश दिन चन्द्रमा र ताराहरूलाई उहाँले नै निधो गर्नुहुन्छ । समुद्रका छाल गर्जनलाई उहाँले नै यसलाई गतिवान् बनाउनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।”
JER 31:36 यो परमप्रभुको घोषणा हो, “यी स्थायी थोकहरू मेरो दृष्‍टिबाट गायब भए भने मात्रै, इस्राएलका सन्तानहरू मेरो सामु सदा एउटा जाति हुनबाट खतम हुनेछ ।”
JER 31:37 परमप्रभु यसो भन्‍नुहुन्छ, “उच्‍चतम आकाशलाई नाप्न सकियो भने, अनि मुनि पृथ्वीको जगलाई पत्ता लगाउन सकियो भने मात्र, इस्राएलका सबै सन्तानले गरेका कुराको कारणले, म तिनीहरूलाई इन्कार गर्नेछु, यो परमप्रभुको घोषणा हो ।”
JER 31:38 यो परमप्रभुको घोषणा हो, “हेर्, यस्‍ता दिनहरू आउँदैछन्‌, जुन बेला यो सहर हननेलको धरहरादेखि कुने-ढोकसम्मै पुनर्निर्माण गरिनेछ ।
JER 31:39 तब नाप्ने डोरी फेरि अझै टाढा गारेब डाँडासम्म अनि घुमेर गोआसम्म जानेछ ।
JER 31:40 लाशहरू र खरानीको सारा उपत्यका अनि पूर्वतिर किद्रोन खोल्सासम्मका सबै खेत अश्‍व ढोकाको कुनासम्मको भाग परमप्रभुको निम्ति अलग गरिनेछ । त्यो सहर सदाको निम्‍ति फेरि कहिल्यै उखेलिने, वा भत्काइने छैन ।”
JER 32:1 यहूदाका राजा सिदकियाहको दसौं वर्ष, नबूकदनेसरको अठारौं वर्षमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो ।
JER 32:2 त्यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेमलाई घेराबन्दी गर्दै थियो, र यर्मिया अगमवक्ता यहूदाका राजमहलको गारदको चोकमा थुनामा राखिएका थिए ।
JER 32:3 यहूदाका राजा सिदकियाहले तिनलाई थुनामा राखे र भने, “तिमी किन यसो भन्दै अगमवाणी बोल्छौ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले यस सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु, र उसले यसलाई कब्जा गर्नेछ ।
JER 32:4 यहूदाका राजा सिदकियाह कल्दीहरूको हातबाट उम्कनेछैन, किनकि निश्‍चय नै ऊ बेबिलोनका राजाको हातमा दिइनेछ । उसले राजसित आमनेसामने कुरा गर्नेछ, र उसका आँखाले राजाका आँखालाई हेर्नेछन् ।
JER 32:5 त्यसले सिदकियाहलाई बेबिलोनमा लानेछ, र मैले त्यससित व्यवहार नगरेसम्म ऊ त्यहीँ रहनेछ, यो यो परमप्रभुको घोषणा हो । तैंले कल्दीहरूको विरुद्धमा लडाइँ गरे तापनि तँ सफल हुनेछैनस्' ।”
JER 32:6 यर्मियाले भने, “परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
JER 32:7 तेरो काका शल्लूमको छोरो हनमेल तँकहाँ आउँदैछ, र उसले यसो भन्‍नेछ, ‘अनातोतमा भएको मेरो खेत किन्‍नुहोस्, किनकि त्यो किन्‍ने हक तपाईंकै हो ।'
JER 32:8 परमप्रभुले घोषणा गर्नुभएझैं मेरो काको छोरा हनमेल गारदको चोकमा मकहाँ आयो, र उसले मलाई भन्‍यो, 'बेन्यामीनको इलाकामा पर्ने अनातोतमा भएको मेरो खेत किन्‍नुहोस्, किनकि यसको उत्तराधिकारको तपाईं नै हो, र त्‍यो किन्‍ने हक पनि तपाईंकै हो । आफ्नो लागि त्‍यो किन्‍नुहोस् ।' तब यो परमप्रभुकै वचन रहेछ भनी मैले थाहा पाएँ ।
JER 32:9 त्यसैले मेरो काकाको छोरो हनमेलबाट अनातोतमा भएको खेत मैले किनें, र त्यसलाई चाँदीको सत्र सेकेलको दाम जोखेर दिएँ ।
JER 32:10 तब मैले तमसुकमा सही गरी छाप लगाएँ, र मैले यसको लागि साक्षीहरू राखेँ । मैले तराजुमा चाँदी जोखेर दिएँ ।
JER 32:11 आज्ञा र विधानहरूको अनुसरण गरेर मैले छाप लगाइएको र नलागाइएको तमसुक लिएँ ।
JER 32:12 मेरो काकाको छोरो हनमेल, तमसुकका साक्षीहरू र गारदको चोकमा बसेका सबै यहूदीका सामुन्‍ने छाप लगाइएको तमसुक मैले नेरियाहका छोरा, मसेयाहका नाति बारूकलाई दिएँ ।
JER 32:13 तिनीहरूकै सामु मैले बारूकलाई आज्ञा दिएँ । मैले यसो भनें,
JER 32:14 “सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः छाप लगाइएको र नलगाइएको तमसुकका यी दुवै प्रतिका यी कागजपत्र समात् र यिनलाई एउटा माटोको भाँडोमा हाल्‌, यसरी लामो समयसम्म ती रहनेछन् ।
JER 32:15 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यस देशमा घरहरू, जमिनहरू र दाखबारीहरू फेरि किनिनेछन् ।”
JER 32:16 नेरियाहका छोरा बारूकलाई खेत किनेको तमसुक दिएपछि मैले परमप्रभुलाई प्रार्थना चढाएँ र यसो भने,
JER 32:17 “हे परमप्रभु परमेश्‍वर! हेर्नुहोस्, आफ्नो महाशक्ति र पसारिएको पाखुराद्वारा तपाईंले नै स्वर्ग र पृथ्वी सृजनुभयो । तपाईंले भन्‍नुहुने कुनै पनि कुरो गर्न तपाईंलाई कत्ति पनि कठिन हुँदैन ।
JER 32:18 हजारौंलाई तपाईंले करारको विश्‍वस्तता देखाउनुहुन्छ, र मानिसहरूका दोष तिनीहरूपछि तिनीहरूका छोराछोरीमाथि खन्याउनुहुन्छ । तपाईं महान् र शक्तिशाली परमेश्‍वर हुनुहुन्‍छ । सर्वशक्तिमान् परमप्रभु तपाईंको नाउँ हो ।
JER 32:19 तपाईं बुद्धिमा महान् र काममा शक्तिशाली हुनुहुन्छ, किनकि हरेक मानिसलाई त्यसका चाल र कामहरूको आधारमा उसलाई इनाम दिन, मानिसहरूका सबै चाल हेर्न तपाईंको दृष्‍टि खुला हुन्‍छन् ।
JER 32:20 मिश्रदेशमा तपाईंले चिन्ह र आश्‍चर्यहरू गर्नुभयो । आजको दिनसम्म यहाँ इस्राएलमा र सबै मानव-जातिका बिचमा तपाईंले आफ्नो नाउँ प्रसिद्ध तुल्याउनुभएको छ ।
JER 32:21 किनकि तपाईंले चिन्ह, आश्‍चर्य, शक्तिशाली हात, पसारिएको पाखुरा र भीषण त्रासले आफ्ना मानिस इस्राएललाई मिश्रदेशबाट निकालेर ल्याउनुभयो ।
JER 32:22 त्यसपछि तपाईंले तिनीहरूलाई दूध र मह बग्‍ने देश दिनुभयो, जुन दिनलाई तपाईंलै तिनीहरूका पुर्खाहरूसित शपथ खानुभएको थियो ।
JER 32:23 त्यसैले तिनीहरू यसभित्र पसे र यसको अधिकार गरे । तर तिनीहरूको तपाईंको कुरा मानेनन् वा तपाईंको व्यवस्थाअनुसार जिएनन् । तपाईंले तिनीहरूलाई आज्ञा गर्नुभएका कुनै पनि कुरा तिनीहरूले मानेनन्, त्यसैले तपाईंले तिनीहरूमाथि यी सबै विपत्ति ल्याउनुभयो ।
JER 32:24 हेर्नुहोस्, यो सहर कब्जा गर्नलाई घेर-मचान सहरसम्मै आइपुगेको छ । तरवार, अनिकाल, विपत्तिको कारणले यो सहरको विरुद्धमा लडाइँ गर्ने कल्दीहरूको हातमा यसलाई दिइएको छ । किनकि जे हुनेछ भनी तपाईंले भन्‍नुभयो, त्यो हुँदैछ, र तपाईंले त्‍यो हेर्दै हुनुहुन्‍छ ।
JER 32:25 तब तपाईं आफैले मलाई भन्‍नुभयो, “यो सहर कल्दीहरूको हातमा दिंदै गरेको भए तापनि चाँदीको दाम तिरेर तेरो निम्‍ति एउटा खेत किन र त्‍यसको निति साक्षीहरू राख ।”
JER 32:26 त्‍यसपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
JER 32:27 “हेर्, म परमप्रभु सबै मानव-जातिका परमेश्‍वर हुँ । के कुनै कुरा मैले गर्नै नसक्‍ने कठिन छ र ?
JER 32:28 त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, ‘ हेर्, यो सहरलाई कल्दीहरू र बेबिलोनका राजा नबूकदनेसरको हातमा मैले दिनै लागेको छु । उसले यो कब्जा गर्नेछ ।
JER 32:29 यस सहरको विरुद्धमा लडाइँ गरिरहेका कल्दीहरू आउनेछन्, र यस सहरलाई र मलाई रिस उठाउनलाई मानिसहरूले छानाहरूमा बाल देवताको पुजा गरेको र अरू देवताहरूलाई अर्घबलिहरू चढाएका घरहरूलाई समेत आगो लगाउनेछन् ।
JER 32:30 किनकि इस्राएल र यहूदाका मानिसहरूले आफ्‍ना युवावस्थादेखि नै मेरा आँखाकै सामु निश्‍चय नै दुष्‍ट काम गर्दै आएका मानिस भएका छन् । इस्राएलका मानिसहरूले निश्‍चय नै आफ्‍ना हातका अभ्यासहरूले मलाई चोट पुर्‍याएका छन्, यो यो परमप्रभुको घोषणा हो ।
JER 32:31 परमप्रभु घोषणा गर्नुहुन्छ, ‘तिनीहरूले यस सहरलाई बनाएको दिनदेखि यसले मेरो रिस र क्रोधको पाएको छ । आजको दिनसम्‍म पनि यस्‍तै भएको छ । त्यसैले म यसलाई मेरो मुहारबाट हटाउनेछु ।
JER 32:32 इस्राएल र यहूदाका मानिसहरूका, तिनीहरू, तिनीहरूका राजाहरू, राजकुमारहरू, पुजारीहरू, अगमवक्ताहरू अनि यहूदाको हरेक मानिस र यरूशलेमको हरेक बासिन्दाले मलाई रिस उठाउनलाई गरेका सारा दुष्‍ट कुराहरू कारणले म त्‍यो गर्नेछु ।
JER 32:33 मैले तिनीहरूलाई उत्सुकतापूर्वक सिकाए तापनि तिनीहरूले आफ्ना मुहार मतिर फर्काउनुको साटो पिठिउँ फर्काएका छन् । मैले तिनीहरूलाई सिकाउने कोसिस गरें, तर सुधारलाई स्वीकार गर्न तीमध्‍ये एक जनाले पनि ध्यान दिएन ।
JER 32:34 मेरो नाउँद्वारा कहलाइने मन्‍दिरलाई दुषित पार्न तिनीहरूले त्यसमा आफ्‍ना घिनलाग्दा मूर्तिहरू खडा गरे ।
JER 32:35 मोलोखको लागि आगोमा आफ्ना छोराछोरीलाई बलि गर्न तिनीहरूले बेन-हिन्‍नोमको बेँसीमा बाल देवताको लागि अग्ला वेदीहरू बनाए । त्‍यसो गर्न मैले तिनीहरूलाई कदापि आज्ञा दिइनँ । तिनीहरूले यस्‍ता घिनलाग्दो कुरा गर्नुपर्छ र यहूदालाई पाप गर्न लगाउनुपर्छ भनेर मेरो मनमा कदापि आएन ।’
JER 32:36 त्यसकारण अब, 'तरवार, अनिकाल, र विपत्तिद्वारा यो बेबिलोनका राजाको हातमा दिइएको छ,' भनेर तिमीहरूले भन्‍दै गरेको यस सहरको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।
JER 32:37 हेर्, मेरो रिस, क्रोध, गर्जन र ठुलो रिसले मैले तिनीहरूलाई धपाएको हरेको देशबाट मैले तिनीहरूलाई जम्मा गर्नै लागेको छु । तिनीहरूलाई यस ठाउँमा फर्काएर ल्याउन र तिनीहरूलाई सुरक्षितसाथ बस्‍नलाई मैले तिनीहरूलाई सक्षम पार्नै लागेको छु ।
JER 32:38 त्यसपछि तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु ।
JER 32:39 म तिनीहरूलाई हरेक दिन मेरो आदर गर्न एकै किसिमको हृदय र एउटा मात्र मार्ग दिनेछु, यसरी तिनीहरू र तिनीहरूपछि आउने तिनीहरूका सन्तानहरूका लागि भलो होस् ।
JER 32:40 तब म तिनीहरूसित एउटा अनन्त रहने करार बाँध्‍नेछु, जसअनुसार तिनीहरूको भलो गर्नदेखि म तर्कनेछैनँ । तिनीहरू कहिल्यै मबाट तर्केर नजाऊन् भनेर म तिनीहरूका हृदयमा मेरो निम्ति आदर हाल्‍नेछु ।
JER 32:41 तब तिनीहरूको भलो गर्नमा म आनन्दित हुनेछु । मेरा सारा हृदय र मेरा सारा जीवनले म विश्‍वासका साथ तिनीहरूलाई यस देशमा स्थापित गर्नेछु ।
JER 32:42 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'जसरी मैले यी मानिसहरूमाथि यी सबै डरलाग्दा विपत्ति ल्याएको छु, त्यसरी नै मैले तिनीहरूका निम्‍ति गर्छु भनेका सबै असल कुराहरू म तिनीहरूका निम्‍ति गर्नेछु ।
JER 32:43 तब यस देशमा जमिनहरू किनिनेछन्, जसको विषयमा तिमीहरू भन्दैछौ, 'यो उजाड पारिएको देश हो, जसमा न त मानिस छ, न पशु छ । यसलाई कल्दीहरूको हातमा दिइएको छ ।'
JER 32:44 तिनीहरूले चाँदीले जमिन किन्‍नेछन्, र मुट्ठो लेखेर छाप लगाउनेछन् । तिनीहरूले बेन्यामीनको इलाकामा, सारा यरूशलेमको चारैतिर, र यहूदाका सहरहरू, पहाडी देशहरूका सहरहरू र तराई र नेगेवका सहरहरूमा साक्षीहरू भेला गर्नेछन् । किनकि म तिनीहरूको सुदिन फर्काउनेछु, यो परमप्रभुको घोषणा हो ।”
JER 33:1 तब यर्मिया गारदको चोकमा थुनिएकै अवस्थामा परमप्रभुको वचन दोस्रो पटक तिनीकहाँ यसो भनेर आयो,
JER 33:2 “बनाउनुहुने परमप्रभु यसो भन्‍नुहुन्छ— सुदृढ गर्नाका लागि परमप्रभुले रचना गर्नुहुन्छ, परमप्रभु उहाँको नाउँ हो ।
JER 33:3 'मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु । म तँलाई महान् कुराहरू, तैंले नबुझ्ने रहस्यहरू देखाउनेछु ।'
JER 33:4 किनकि घेरा-मचान र तरवारको कारणले भत्काइएका यस सहरमा भएका घरहरू र यहूदाका राजाहरूका महलहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ,
JER 33:5 'मेरो क्रोध र मेरो रिसमा लडाइँ गर्न र मैले मार्ने मानिसहरूका लाशहरूले म ती घरहरू भरिदिन कल्दीहरू आउँदैछन्, जति बेला तिनीहरूका सबै दुष्‍टताको कारणले म यस सहरबाट आफ्‍नो अनुहार लुकाउनेछु ।
JER 33:6 तर हेर्, मैले निको पार्न र हेरविचार गर्नै लागेको छु, किनकि म तिनीहरूलाई निको पार्नेछु, र तिनीहरूकहाँ प्रचुरता, शान्ति र विश्‍वासयोग्यता ल्याउनेछु ।
JER 33:7 यहूदा र इस्राएलको सुदिन म फर्काउनेछु । सुरुमा जस्तै म तिनीहरूलाई निर्माण गर्नेछु ।
JER 33:8 तब तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अधर्मबाट म तिनीहरूलाई शुद्ध पार्नेछु । तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अधर्म र तिनीहरूले मेरो विरुद्धमा चालेका सबै विद्रोहलाई म क्षमा दिनेछु ।
JER 33:9 किनकि यो सहर मेरो लागि आनन्दको वस्तु अनि पृथ्वीका सबै जातिका लागि प्रशंसाको गीत र सम्मान हुनेछ । मैले यसको लागि गर्ने सबै असल कुराहरू तिनीहरूले सुन्‍ने छन् । त्यसपछि मैले यस सहरलाई दिने सबै असल कुरा र शान्तिको कारणले तिनीहरू डराउनेछन्, र थरथर काँम्‍नेछन् ।'
JER 33:10 परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तिमीहरूले यसो भनिरहेको यस ठाउँको विषयमा, “मानिस वा पशु नभएको यो उजाड-स्थान हो,” यहूदाका सहरहरू र न त मानिस नत पशु भएर भएर उजाड भएका यरूशलेमका सडकहरूमा, त्‍यहाँ फेरि पनि आवाज सुनिनेछ,
JER 33:11 आनन्द र हर्षको सोर, दुलहा र दुलहीको सोर अनि परमप्रभुको मन्दिरमा यसो भन्दै धन्यवादको बलि ल्याउनेहरूको सोर सुनिनेछ, 'सर्वशक्तिमान् परमप्रभुलाई धन्यवाद चढाओ, किनकि परमप्रभु असल हुनुहुन्छ, र उहाँको अचुक प्रेम सदासर्वदै रहिरहन्छ ।' किनकि यस देशको सुदिन पहिलेको जस्तै बनाएर पुनर्स्थापित गर्नेछु,’ परमप्रभु भन्‍नुहुन्छ ।
JER 33:12 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, 'अहिले न त मानिस न त पशु भएको यस उजाड-स्थानमा— यसका सबै सहरमा फेरि खर्कहरू हुनेछन्, जहाँ गोठालाहरूले आफ्ना बगालहरू चराउनेछन् ।
JER 33:13 पहाडी देशका सहरहरू, तराई र नेगेव, बेन्यामीनको इलाका र सारा यरूशलेमको चारैतिर, र यहूदाका सहरहरूमा बगालहरू तिनीहरूको गोठाला गर्नेहरूका हातले गनी-गनीकन चराउनेछन्,’ परमप्रभु भन्‍नुहुन्छ ।
JER 33:14 ‘हेर्, यो परमप्रभुको घोषणा हो, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला मैले इस्राएलको घराना र यहूदाको घरानालाई प्रतिज्ञा गरेको कुरा पुरा गर्नेछु ।
JER 33:15 ती दिनमा र त्यस बेला म दाऊदको निम्ति एउटा धार्मिक हाँगा लिकाल्‍नेछु, र तिनले देशमा न्याय र धार्मिकता कायम गर्नेछन् ।
JER 33:16 ती दिनमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षामा जिउनेछ, किनकि त्‍यसको नाउँ यो हुनेछ, 'परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ ।'
JER 33:17 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'इस्राएलको घरानाको सिंहासनमाथि बस्‍न दाऊदको वंशबाट कुनै मानिसको अभाव कदापि हुनेछैन,
JER 33:18 न त मेरो सामु हर समय होमबलि, अर्घबलि र अन्‍नबलिहरू चढाउन लेवी कुलका पुजारीहरूमा कुनै मानिसको कमी हुनेछ ।'”
JER 33:19 परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
JER 33:20 “परमप्रभु यसो भन्‍नुहुन्छ, 'तिमीहरूले दिन र रातसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्यौ, र तोकिएको समयमा फेरि दिन र रात भएनन् भने,
JER 33:21 तब तिमीहरूले मेरा दास दाऊदसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्‍नेछौ, जसको कारणले उसको सिंहासनमा बस्‍न उसको कुनै छोरो हुनेछैन, र लेवी कुलका पुजारीहरू अर्थात् मेरा दासहरूसित बाँधिएको मेरो करार पनि भङ्ग हुनेछ ।
JER 33:22 जसरी आकाशका ताराहरू गन्‍न सकिंदैन, र समुद्र किनारमा बालुवा जोखिन सकिंदैन, त्यसरी नै मेरा दास दाऊद र मेरो सामु सेवा गर्ने लेवीहरूका सन्तानहरूको सङ्ख्या म बढाउनेछु' ।”
JER 33:23 परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
JER 33:24 “के यी मानिसले भनेका कुरामा तैंले ध्यान दिएको छैनस् ? तिनीहरूले भनेका छन्, 'परमप्रभुले चुन्‍नुभएका दुईवटा परिवारलाई उहाँले अहिले त्याग्‍नुभएको छ ।' यसरी तिनीहरूले मेरो मानिसलाई तिरस्कार गर्छन् । तिनीहरूका दृष्‍टमा उनीहरू अब फेरि कुनै एउटा जातिको रूपमा हरेनन् भन्दैछन् ।
JER 33:25 म, परमप्रभु यसो भन्‍छु, 'मैले दिन र रातको करार स्थापित नगरेको भए, र मैले स्वर्ग र पृथ्वीका नियमहरू निधो नगरेको भए,
JER 33:26 मैले याकूब र मेरा दास दाऊदका सन्तानलाई इन्कार गर्नेथिएँ, र तिनीहरूबाट अब्राहाम, इसहाक र याकूबका सन्तानमाथि राज्‍य गर्न एक जना व्यक्तिलाई ल्याउनेथिइनँ । किनकि म तिनीहरूको सुदिन पुनर्स्थापित गर्नेछु, र तिनीहरूमाथि कृपा देखाउनेछु' ।”
JER 34:1 बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, तिनको अधीनका पृथ्वीमा भएका सबै राज्य र तिनमा भएका सबै मानिसले यरूशलेम र यसका सबै सहरको विरुद्धमा युद्ध सुरु गर्दा यर्मियाकहाँ परमप्रभुको वचन यसो भनेर आयोः
JER 34:2 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जा र यहूदाका राजा सिदकियाहसँग बोल र यसो भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, मैले यो सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु । उसले यसलाई जलाउनेछ ।
JER 34:3 तँ उसको हातबाट उम्कनेछैनस्, किनकि तँ निश्‍चय नै समातिनेछस् र उसको हातमा दिइनेछ । तेरा आँखाले बेबिलोनका राजाको आँखालाई हेर्नेछन् । तँ बेबिलोनमा जाँदा उसले तँसित सिधै कुरा गर्नेछ ।'
JER 34:4 ए यहूदाका राजा सिदकियाह, परमप्रभुको यो वचन सुन् । तेरो विषयमा परमप्रभु यसो भन्‍नुहुन्छ, 'तँ तरवारले मारिनेछैनस् ।
JER 34:5 तँ शान्तिमा मर्नेछस् । तेरा पुर्खाहरू अर्थात् तँभन्दा अगिका राजाहरूको मृत्यु संस्कारमा भएजस्तै तिनीहरूले तेरो लाश जलाउनेछन् । तिनीहरूले भन्‍नेछन्, 'हाय मालिक!' तिनीहरूले तेरो निम्ति विलाप गर्नेछन् । मैल यो कुरा भनेको छु, यो परमप्रभुको घोषणा हो ।”
JER 34:6 तब यर्मिया अगमवक्ताले यरूशलेममा यी सबै वचन यहूदाका राजा सिदकियाहलाई घोषणा गरे ।
JER 34:7 बेबिलोनका राजाका सेनाले यरूशलेम र यहूदाका बाँकी रहेका सबै सहरः लाकीश र आजेकाको विरुद्धमा युद्ध गरे । यहूदाका यी सहर किल्लाबन्दी गरिएका सहरको रूपमा बाँकी रहेका थिए ।
JER 34:8 राजा सिदकियाहले यरूशलेमका सबै मानिससित तिनीहरूको छुटकाराको घोषणा गर्ने करार बाँधेपछि यर्मियाकहाँ परमप्रभुको यो वचन आयो,
JER 34:9 हरेक मानिसले आ-आफ्ना हिब्रू कमारा-कमारीलाई फुक्‍का गर्नुपर्छ । कसैले पनि आफ्नो यहूदी दाजुभाइलाई कमारा राख्‍नुहुँदैनथ्यो ।
JER 34:10 त्यसैले सबै अगुवा र मानिसहरू यस करारमा संलग्‍न भए, जसमा तिनीहरू हरेकले आ-आफ्ना कमारा-कमारी फुक्‍का गर्नुपर्थ्यो, जसले गर्दा तिनीहरू फेरि कमारा हुनेछैनन् । तिनीहरूले पालन गरे र तिनीहरूलाई फुक्‍का गरे ।
JER 34:11 तर यसपछि तिनीहरूले आफ्नो मन बद्ले । तिनीहरूले फुक्‍का गरिदिएका कमारा-कमारीहरूलाई फर्काएर ल्याए, र तिनीहरूलाई फेरि कमारा-कमारी हुन जबरदस्ती गरे ।
JER 34:12 त्यसैले परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
JER 34:13 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेश अर्थात् दासत्वको देशबाट निकालेर ल्याएको दिनमा म आफैले तिनीहरूसित एउटा करार बाँधें । त्‍यसति बेला मैले भनेको थिएँ,
JER 34:14 'प्रत्येक सात वर्षको अन्त्यमा हरेक मानिसले आफ्नो हिब्रू दाजुभाइलाई मुक्त गरिदिनू, जसले आफैलाई तँकहाँ बेचेको छ र छ वर्षसम्म तेरो सेवा गरेको छ । त्यसलाई स्वतन्त्र गराएर पठाउनू ।' तर तिमीहरूका पुर्खाहरूले मेरो कुरा सुनेनन् वा मेरा कुरा सुन्‍नमा आफ्‍ना ध्यान लगानन् ।
JER 34:15 तर तिमीहरू आफैले चाहिं पश्‍चात्ताप गरेका र मेरो दृष्‍टिमा जे ठिक छ, सो गर्न थालेका छौ । तिमीहरू हरेकले आफ्नो छिमेकीलाई स्वतन्त्रताको घोषणा गर्‍यौ, र मेरो नाउँद्वारा कहलाइने मन्दिरमा तिमीहरूले मेरो सामु करार बाँध्यौ ।
JER 34:16 तर तिमीहरू तर्केर गयौ र मेरो नाउँलाई दुषित पार्‍यौ । तिमीहरूले हरेक मानिसलाई आ-आफ्ना कमारा-कमारी तिनीहरूका आफ्‍ना इच्‍छाले जहाँ गएका थिए त्‍यहाँबाट तिनीहरूलाई तिमीहरूले फिर्ता ल्याउन लगायौ । तिमीहरूले फेरि तिनीहरूलाई जबरदस्ती आफ्‍ना कमारा तुल्यायौ ।'
JER 34:17 त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, 'तिमीहरू आफूले पनि मेरो कुरा सुनेका छैनौ । तिमीहरू हरेकले आफ्ना दाजुभाइ र इस्राएली बन्‍धुलाई स्वतन्त्रताको घोषणा गर्नुपर्थ्यो । त्यसैले हेर्, अब मैले तिमीहरूका निम्ति स्वतन्त्रताको घोषणा गर्नै लागेको छु, यो परमप्रभुको घोषणा हो । तिमीहरूलाई तरवार, विपत्ति र अनिकालबाट मर्ने स्वतन्त्रताको घोषणा गर्दैछु, किनकि म तिमीहरूलाई पृथ्वीका हरेक राज्यको दृष्‍टिमा घिनलाग्दो पात्र बनाउनेछु ।
JER 34:18 त्यसपछि मेरो करार भङ्ग गरेका मानिसहरू, मेरो सामु गरेका करारका वचन पुरा नगर्ने ती मानिसहरूसँग म त्यही साँढेसित गरेजस्तै व्यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई फ्याक पारे र त्यसको बिचबाट हिंडे,
JER 34:19 र यहूदा र यरूशलेमका अगुवाहरू, नपुंसकहरू र पुजारीहरू अनि देशका सबै मानिस त्यही दुई फ्याक गरिएको साँढेको बिचबाट हिंडे ।
JER 34:20 म तिनीहरूलाई तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूका हातमा दिनेछु । तिनीहरूका लाश आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहारा हुनेछन् ।
JER 34:21 म यहूदाका राजा सिदकियाह र त्यसका अगुवाहरूलाई तिनीहरूका शत्रुहरूका हातमा, र तिनीहरूको ज्यान लिन खोज्नेहरूका हातमा र तिमीहरूका विरुद्धमा खडा भएका बेबिलोनका राजाका सेनाको हातमा दिनेछु ।
JER 34:22 यो परमप्रभुको घोषणा हो, हेर् मैले एउटा आज्ञा दिनै लागेको छु, र यस सहरको विरुद्धमा युद्ध गर्न र यसलाई कब्‍जा गर्न र यसलाई जलाउनलाई म तिनीहरूलाई यहाँ फर्काएर ल्याउन लागेको छु । किनकि म यहूदाका सहरहरूलाई भग्‍नावशेषको ठाउँ बनाउनेछु, जसमा बासिन्‍दाहरू हुनेछैनन् ।”
JER 35:1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालमा यर्मियाकहाँ यसो भनेर परमप्रभुको वचन आयो,
JER 35:2 “रेकाबीका परिवारहरूकहाँ जा र तिनीहरूसित बात गर् । त्यसपछि तिनीहरूलाई मेरो मन्दिरमा लिएर आइज, त्‍यहाँको एउटा कोठामा राख, र तिनहरूलाई दाखमद्य पिउन दे ।”
JER 35:3 त्यसैले मैले यर्मियाका छोरा, हबसिन्याहका नाति याजन्याह र तिनका भाइहरू, तिनका सबै छोरा र रेकाबीहरूका सबै परिवारलाई ल्‍याएँ ।
JER 35:4 मैले तिनीहरूलाई परमप्रभुको मन्दिरमा परमेश्‍वरका मानिस यिग्दल्याहका छोरा हानानका छोराहरूको कोठामा लगेँ । यी कोठाहरू अगुवाहरूको कोठाको छेउमा थिए, जुन शल्लूमका छोरा मासेयाह द्वारपालको कोठाको मास्तिर थियो ।
JER 35:5 तब मैले रेकाबीहरूका सामु दाखमद्यले भरिएका कचौरा र गिलासहरू राखिदिएँ, र तिनीहरूलाई भनें, “अलिकति दाखमद्य पिओ ।”
JER 35:6 तर तिनीहरूले भने, “हामी दाखमद्य पिउनेछैनौं, किनकि रेकाबका छोरा हाम्रा पुर्खा योनादाबले हामीलाई आज्ञा दिए, 'तिमीहरू र तिमीहरूका सन्तानले कहिल्यै पनि दाखमद्य नपिउनू ।’
JER 35:7 साथै, कुनै घरहरू नबनाओ, बीउ नरोप वा दाखबारी नलगाओ । यो तिमीहरूका लागि होइन । किनकि आफ्‍नो जीवनभर तिमीहरू पालमा बस्‍नुपर्छ, ताकि तिमीहरू विदेशीहरूको रूपमा बसिरहेका देशमा धेरै दिन बाँच्‍न सक्‍नेछौ ।'
JER 35:8 हामी, हाम्रा पत्‍नीहरू, हाम्रा छोराछोरीहरूले आफ्नो जीवनभरि कहिल्यै दाखमद्य पिउनुहुँदैन भन्‍ने हाम्रा पुर्खा रेकाबका छोरा योनादाबले हामीलाई दिएका सबै आज्ञा हामीले मानेका छौं ।
JER 35:9 बस्‍नको लागि हामी कहिल्यै घरहरू बनाउनेछैनौं, र हाम्रो सम्पत्तिको रूपमा दाखबारी, जग्गाजमिन वा बीउ हुनेछैन ।
JER 35:10 हामी पालमा बसेका छौं, र हाम्रा पुर्खा योनादाबले हामीलाई दिएका सबै आज्ञा हामीले पालन गरेका छौं ।
JER 35:11 तर जब बेबिलोनका राजा नबूकदनेसरले यस देशलाई आक्रमण गरे, तब हामीले भन्यौँ, 'आओ, कल्दी र अरामी सेनाबाट उम्कन हामी यरूशलेम जाऔं ।' त्यसैले हामी यरूशलेममा बसिरहेका छौं ।”
JER 35:12 तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
JER 35:13 “सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जा र यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दालाई यसो भन्, 'के तिमीहरू सुधारलाई स्वीकार गर्दैनौ र मेरा वचन सुन्दैनौ ? यो परमप्रभुको घोषणा हो ।
JER 35:14 दाखदमद्य नपिउनू भनेर रेकाबका छोरा योनादाबले आफ्ना छोराहरूलाई आज्ञाको रूपमा दिएको वचनलाई आजको दिनसम्म पालन गरिएको छ । तिनीहरूले आफ्ना पुर्खाहरूको आज्ञा मानेका छन् । तर मेरो विषयमा म आफैंले तिमीहरूका लागि निरन्तर घोषणा गरिरहेको छु तर तिमीहरू मेरा कुरा सुन्दैनौ ।
JER 35:15 मैले तिमीहरूकहाँ मेरा सबै दास, अगमवक्ताहरू पठाएँ । यसो भन्‍न मैले तिनीहरूलाई निरन्‍तर पठाएँ, 'हरेक मानिस आफ्नो दुष्‍ट चालबाट फर्कोस् र त्यसले असल कामहरू गरोस् । कोही पनि अरू देवताहरूको पछि लाग्‍ने र तिनीहरूको पुजा गर्ने काम नगरोस् । बरु, मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा फर्केर आओ ।' तापनि तिमीहरूले मेरो कुरा सुन्‍दैनौ वा ध्यानै दिंदैनौ ।
JER 35:16 रेकाबका छोरा योनादाबका सन्तानहरूले आफ्‍ना पुर्खाले तिनीहरूलाई दिएका आज्ञा मानेका छन्, तर यी मानिसले मेरो कुरा सुन्‍न इन्कार गर्छन् ।'”
JER 35:17 त्यसैले परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, यहूदा र यरूशलेममा बसोबास गर्ने हरेकमाथि मैले तिनीहरूको विरुद्धमा घोषणा गरेका विपत्तीहरू ल्याउँदैछु, किनकि मैले तिनीहरूलाई बोलें, तर तिनीहरूले सुनेनन् । मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफै दिएनन् ।'”
JER 35:18 यर्मियाले रेकाबीहरूको परिवारलाई भने, “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूले आफ्ना पुर्खा योनादाबका आज्ञाहरू सुनेका छौ र ती सबै पालन गरेका छौ— उसले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा तिमीहरूले पालन गरेका छौ—
JER 35:19 त्यसैले सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'रेकाबका छोरा योनादाबको वंशमा मेरो सेवा गर्न सधैं कोही न कोही हुनेछ' ।”
JER 36:1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो, अनि उहाँले भन्‍नुभयो,
JER 36:2 “आफ्नो निम्ति एउटा मुट्ठा लिएर आइज र इस्राएल, यहूदा र हरेक जातिको विषयमा मैले तँलाई भनेका सबै वचन त्यसमा लेख् । योशियाहको समयदेखि आजको दिनसम्म मैले तँलाई बताएको सबै कुरा लेख् ।
JER 36:3 सायद मैले यहूदाका मानिसहरूमाथि ल्याउन चाहेका सबै विपत्तिबारे तिनीहरूले सुन्‍नेछन् । सायद हरेक व्‍यक्‍ति आफ्नो दुष्‍ट मार्गबाट फर्कनेछ, यसरी मैले तिनीहरूको अधर्म र तिनीहरूको पाप क्षमा दिन सकूँ ।”
JER 36:4 तब यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए, र परमप्रभुले यर्मियासँग बोल्‍नभएको सबै वचनको आवाज तिनको मुखबाट सुनेर बारूकले एउटा मुट्ठोमा लेखे ।
JER 36:5 त्‍यसपछि यर्मियाले बारूकलाई एउटा आज्ञा दिए । तिनले भने, “म थुनामा छु, र परमप्रभुको मन्दिरमा जान सक्दिनँ ।
JER 36:6 त्यसैले तिमी जानुपर्छ र मेरो आवाज सुनेर तिमीले मुट्ठोमा लेखेका कुरा पढ्नुपर्छ । उपवासको दिनमा परमप्रभुको मन्दिरमा मानिसहरू सुन्‍ने गरी र यहूदाका सहरहरूबाट आएका सबैले सुन्‍ने गरी तिमीले परमप्रभुको वचन पढ्नुपर्छ । यी वचन तिनीहरूका लागि घोषणा गर ।
JER 36:7 सायद कृपाको लागि तिनीहरूको बिन्ती परमप्रभुको सामु आउनेछ । परमप्रभुले यस जातिको विरुद्धमा घोषणा गर्नुभएको रिस र क्रोध गम्‍भिर भएको हुनाले सायद हरेक व्यक्ति आफ्नो दुष्‍ट मार्गबाट फर्कनेछ ।”
JER 36:8 त्यसैले यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई दिएका आज्ञाका हरेक कुरा तिनले गरे । तिनले परमप्रभुको मन्दिरमा परमप्रभुका वचन चर्को सोरमा पढे ।
JER 36:9 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको पाँचौं वर्षको नवौँ महिनामा यरूशलेमका सबै मानिस र यहूदाका सहरहरूबाट यरूशलेम आएका सबै मानिसले परमप्रभुको सामु उपवासको घोषणा गरे ।
JER 36:10 माथिल्लो चोकमा, परमप्रभुको मन्दिरको नयाँ मूल ढोकाको छेउमा भएको सचिव शापानका छोरा गमर्याहको कोठाबाट बारूकले परमप्रभुको मन्दिरमा यर्मियाका वचनहरू चर्को सोरमा पढे । सबै मानिसले सुन्‍ने गरी तिनले यसो गरे ।
JER 36:11 गमर्याहका छोरा, शापानका नाति मीकायाले मुट्ठोमा लेखिएका परमप्रभुका सबै वचन सुने ।
JER 36:12 तिनी राजमहलमा भएको सचिवको कोठामा गए । हेर, त्यहाँ सबै अधिकारी अर्थात् सचिव एलीशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह र हनन्याहका छोरा सिदकियाह र अन्‍य सबै अधिकारी बसिरहेका थिए ।
JER 36:13 तब सबै मानिसले सुन्‍ने गरी बारूकले चर्को सोरमा पढेका सबै वचन जुन मीकायाले सुनेका थिए, तिनले तिनीहरूलाई ती बताइदिए ।
JER 36:14 त्यसैले सबै अधिकारीले नतन्याहका छोरा, शेलेम्याहका नाति, कूशीका पनाति यहूदीलाई बारूककहाँ पठाए । यहूदीले बारूकलाई भने, “सबै मानिसले सुन्‍ने गरी तिमीले पढेको मुट्ठो आफ्नो हातमा लेऊ र आऊ ।” त्यसैले नेरियाहका छोरा बारूकले आफ्नो हातमा मुट्ठा लिए र अधिकारीहरूकहाँ गए ।
JER 36:15 तब तिनीहरूले तिनलाई भने, “बस र यो हामीले सुन्‍ने गरी पढ ।” त्यसैले बारूकले मुट्ठो पढे ।
JER 36:16 जब तिनीहरूले यी सबै वचन सुने, तब डरले हरेक मानिसले एक-अर्कालाई हेर्न लागे, बारूकलाई भने, “निश्‍चय नै हामीले यी सबै वचन राजालाई बताउनैपर्छ ।”
JER 36:17 तब तिनीहरूले बारूकलाई सोधे, “हामीलाई बताऊ, तिमीले यर्मियाको आवाज सुनेर यी सबै वचन कसरी लेख्यौ ?”
JER 36:18 बारूकले तिनीहरूलाई भने, “तिनले यी सबै वचन मलाई बोले र मैले तिनलाई यस मुट्ठोमा मसीले लेखें ।”
JER 36:19 तब अधिकारीहरूले बारूकलाई भने, “जाऊ तिमी र यर्मिया पनि गएर लुक । तिमीहरू कहाँ छौ भनेर कसैले पनि थाहा नपाओस् ।”
JER 36:20 त्यसैले तिनीहरूले त्यस मुट्ठोलाई सचिव एलीशामाको कोठामा राखिदिए, र तिनीहरू चोकमा राजाकहाँ गए, अनि राजाले सुन्‍ने गरी हरेक कुरा तिनीहरूले बताए ।
JER 36:21 तब राजाले यहूदीलाई त्यो मुट्ठो लिन पठाए । यहूदीले सचिव एलीशामाको कोठाबाट त्‍यो मुट्ठो लिए । तब तिनले राजा र तिनको छेउमा उभिरहेका सबै अधिकारीले सुन्‍ने गरी त्‍यो पढे ।
JER 36:22 नवौँ महिनमा राजा हिउँदमा बस्‍ने महलमा बसिरहेका थिए, र तिनको सामु मकलमा आगो बलिरहेको थियो ।
JER 36:23 जब यहूदीले तिन वा चार खण्ड पढेर सकेका मात्र थिए, राजाले चक्‍कूले ती काटे र जम्मै मुट्ठो नष्‍ट नभएसम्म त्‍यसलाई बलिरहेको मकलमा फाले ।
JER 36:24 तर यी वचन सुन्‍ने न राजा न तिनका अधिकारीहरू डराए, न त तिनीहरूले आफ्ना लुगा नै च्याते ।
JER 36:25 एल्नातान, दलायाह र गमर्याहले राजालाई मुट्ठो नजलाउन बिन्ती गरेका पनि थिए तर तिनले उनीहरूका कुरा सुनेनन् ।
JER 36:26 तब राजाले एक जना आफन्त यरहमेल, अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्याहलाई सचिव बारूक र यर्मिया अगमवक्तालाई गिरफ्‍तार गर्ने हुकुम गरे, तर परमप्रभुले तिनीहरूलाई लुकाउनुभएको थियो ।
JER 36:27 तब मुट्ठो र त्‍यसमा भएको यर्मियाको आवाज सुनेर बारूकले लेखेका वचनहरू राजाले जलाएपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
JER 36:28 “फर्केर जा, आफ्‍नो निम्‍ति अर्को मुट्ठा लि, अनि यहूदाका राजा यहोयाकीमले जलाएको पहिलेको मुट्ठामा लेखिएका सबै वचन त्‍यसमा लेख् ।
JER 36:29 तब यहूदाका राजालाई तैंले यसो भन्‍नुपर्छ, 'तैंले त्यो मुट्ठोलाई यसो भनेर जलाइस्, “बेबिलोनका राजा निश्‍चय पनि आउनेछन् र यस देशलाई नष्‍ट पार्नेछन्, किनकि उसले मानिस र पशु दुवैलाई नष्‍ट पार्नेछन्” भनेर तैंले यसमा किन लेखेको छस् ?’
JER 36:30 त्यसकारण यहूदाका राजा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छः तेरो कुनै पनि सन्तान कहिल्यै पनि दाऊदको सिंहासनमा बस्‍नेछैन । तेरो विषयमाचाहिं, तेरो लाश दिउँसोको घाममा र रातीको शीतमा लडिरहने छ ।
JER 36:31 किनकि तिमीहरू सबैले गरेका अधर्मको दण्‍ड म तेरा सन्तानहरू र तेरा सेवकहरूलाई दिनेछु । तँ, यरूशलेमका सबै बासिन्‍दा र यहूदामा भएका हरेक व्यक्तिमाथि मैले ल्याउनेछु भनी घोषणा गरेका सबै विपत्ति म ल्याउनेछु, तर तैंले त्‍यसमा ध्यानै दिइनस्' ।”
JER 36:32 त्यसैले यर्मियाले अर्को मुट्ठो लिए र त्‍यो नेरियाहका छोरा सचिव बारूकलाई दिए । यहूदाका राजा यहोयाकीमद्वारा जलाइएको मुट्ठोमा यर्मियाको आवाज सुनेर बारूकले लेखेका सबै वचन त्‍यसमा लेखे । यसबाहेक, अन्य धेरै उस्तै वचनहरू पनि त्यस मुट्ठोमा थपिए ।
JER 37:1 यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा योशियाहका छोरा सिदकियाहले राजा भएर राज्‍य गरे । बेबिलोनका राजा नबूकदनेसरले सिदकियाहलाई यहूदा देशका राजा बनाएका थिए ।
JER 37:2 तर सिदकियाह, तिनका सेवकहरू र देशका मानिसले यर्मिया अगमवक्ताको हातद्वारा परमप्रभुले घोषणा गर्नुभएको उहाँको वचनलाई सुनेनन् ।
JER 37:3 त्यसैले राजा सिदकियाह, शेलेम्याहका छोरा यहूकल र मासेयाहका छोरा सपन्याह पुजारीले यर्मिया अगमवक्तालाई एउटा सन्देश पठाए । तिनीहरूले यसो भने, “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्‍वरसँग प्रार्थना गर ।”
JER 37:4 यस बेला यर्मिया मानिसहरूकहाँ आउने र जाने गर्थे, किनकि तिनलाई अझै पनि थुनामा राखिएको थिएन ।
JER 37:5 फारोको सेना मिश्रदेशबाट आयो, र यरूशलेमलाई घेराबन्दी गर्ने कल्दीहरूले तिनीहरूका बारेमा खबर सुने र यरूशलेम छाडे ।
JER 37:6 तब परमप्रभुको वचन यर्मिया अगमवक्ताकहाँ यसो भनेर आयो,
JER 37:7 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यहूदाका राजाले मबाट सल्लाह लिन तँकहाँ मानिसहरू पठाएको हुनाले तैंले उसलाई यसो भन्‍नेछस्, 'हेर्नुहोस्, तपाईंलाई मदत गर्न आएको फारोको सेना आफ्नै देश, मिश्रदेशमा फर्केर जानै लागेको छ ।
JER 37:8 कल्दीहरू फर्केर आउनेछन् । तिनीहरूले यस सहरको विरुद्धमा युद्ध गर्नेछन्, यसलाई कब्जा गर्नेछन्, र जलाउनेछन् ।'
JER 37:9 परमप्रभु यसो भन्‍नुहुन्छः यसो भनेर आफैलाई धोका नदिनुहोस्, 'निश्‍चय पनि कल्दीहरूले हामीलाई छाडेर जाँदैछन्,' किनकि तिनीहरू छोड्‍नेछैनन् ।
JER 37:10 तपाईंको विरुद्धमा लड्ने सम्पूर्ण कल्दी सेनालाई तपाईंले जितेको, जसले गर्दा पालहरूमा घाइते मानिसहरू मात्र छाडिएको भए पनि तिनीहरू उठ्‍नेछन् र यस सहरलाई जलाउनेछन् ।”
JER 37:11 त्‍यसैले फारोको सेना आउँदै गर्दा कल्दीको सेनाले यरूशलेम छाड्यो,
JER 37:12 तब यर्मिया यरूशलेमबाट प्रस्थान गरेर बेन्यामीनको इलाकामा गए । त्यहाँ तिनले आफ्ना मानिसहरूका बिचमा आफ्नो जग्गाको अंश लिन चाहन्थे ।
JER 37:13 जसै तिनी बेन्यामीनको मूल ढोकामा पुगे, त्यहाँ मुख्य पहरेदार थिए । तिनको नाउँ यिरियाह थियो, जो हनन्याहका नाति, शेलेम्याहका छोरा थिए । तिनले यर्मिया अगमवक्तालाई समाते र भने, “तिमी कल्दीहरूकहाँ भागेर जाँदैछौ ।”
JER 37:14 तर यर्मियाले भने, “त्यो साँचो होइन । म कल्दीहरूकहाँ भागेर जानेछैन ।” तर यिरियाहले तिनको कुरा सुनेनन् । तिनले यर्मियालाई समाते र अधिकारीहरूकहाँ लगे ।
JER 37:15 अधिकारीहरू यर्मियासित रिसाए । तिनीहरूले तिनलाई कुटे र थुनामा हाले जुन सचिव जोनाथनको घर थियो, किनकि तिनीहरूले यसलाई झ्यालखानामा परिणत गरेका थिए ।
JER 37:16 यसरी यर्मियालाई झ्यालखानाको कालकोठरीमा हालियो, जहाँ तिनी धेरै दिनसम्म रहे ।
JER 37:17 तब राजा सिदकियाहले कसैलाई पठाए जसले तिनलाई दरबारमा ल्याए । आफ्नो महलमा राजाले तिनलाई गुप्‍तमा सोधे, “के परमप्रभुबाट कुनै वचन आएको छ ?” यर्मियाले जवाफ दिए, “वचन छः तपाईंलाई बेबिलोनका राजाको हातमा दिइनेछ ।”
JER 37:18 तब यर्मियाले सिदकियाह राजालाई भने, “तपाईं, तपाईंका सेवकहरू र यी मानिसहरूको विरुद्धमा मैले कसरी पाप गरें जसको कारण तपाईंले मलाई झ्यालखानामा हाल्‍नुभयो ?
JER 37:19 तपाईंका ती अगमवक्ताहरू कहाँ छन् जसले तपाईंको निम्‍ति अगमवाणी बोले र यसो भने, कि बेबिलोनका राजा तपाईं र यस देशको विरुद्धमा आउनेछैनन् ?
JER 37:20 तर हे मेरा मालिक राजा, अब सुन्‍नुहोस् । मेरा बिन्ती हजुरको सामु राख्‍न दिनुहोस् । मलाई सचिव जोनाथनको घरमा नफर्काउनुहोस्, नत्रता म त्यहीँ मर्नेछु ।”
JER 37:21 त्यसैले राजा सिदकियाहले एउटा हुकुम दिए । तिनका अधिकारीहरूले यर्मियालाई गारदको चोकमा थुने । सहरमा सबै रोटी नसकुञ्जेलसम्म तिनलाई हरेक दिन एउटा रोटी दिइन्थ्यो । यसरी यर्मिया गारदको चोकमा रहे ।
JER 38:1 मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसलाई घोषणा गरिरहेका यी वचन सुने । तिनले भन्‍दै थिए,
JER 38:2 “परमप्रभु यसो भन्‍नुहुन्छः यस सहरमा बस्‍ने कुनै पनि व्‍यक्‍ति तरवार, अनिकाल र विपत्तिले मारिनेछ । तर निस्‍केर कल्दीहरूकहाँ जाने कुनै पनि व्‍यक्‍ति बाँच्नेछ । त्यसले आफ्नो प्राण बचाउनेछ, र जिउनेछ ।
JER 38:3 परमप्रभु यसो भन्‍नुहुन्छः यो सहर बेबिलोनका राजाको सेनाको हातमा दिइनेछ, र उसले यसलाई कब्जा गर्नेछ ।”
JER 38:4 त्यसैले अधिकारीहरूले राजालाई भने, “यो मान्छे मरोस्, किनकि यसरी यो मानिसले यस सहरमा बाँकी रहेका योद्धाहरू र सबै मानिसको हातलाई कमजोर पार्दै छ । त्यसले यी वचनहरू घोषणा गर्दैछ, किनकि मानिसहरूको सुरक्षाको लागि उसले केही गरिरहेको छैन, तर विपत्तिको घोषणा गर्दैछ ।”
JER 38:5 त्यसैले राजा सिदकियाहले भने, “तिमीहरूको विरोध गर्न कुनै राजाले पनि नसक्‍ने हुनाले ऊ तिमीहरूकै हातमा छ ।”
JER 38:6 तब तिनीहरूले यर्मियालाई लगे, र राजकुमार मल्कियाहको इनारमा फालिदिए । यो इनार गारदको चोकमा थियो । तिनीहरूले यर्मियालाई डोरीद्वारा तल झारे । इनारमा पानी थिएन, तर त्‍यसमा दलदले हिलो थियो, र तिनी हिलोमा गाडिए ।
JER 38:7 राजदरबारमा भएका नपुंसकमध्ये कूशी एबेद-मेलेक एक जना थिए । तिनीहरूले यर्मियालाई इनारमा राखे भनी तिनले सुने । त्यस बेला राजा बेन्यामीनको मूल ढोकामा बसिरहेका थिए ।
JER 38:8 त्यसैले एबेद-मेलेक राजदरबाट गए र राजासित बात गरे । तिनले भने,
JER 38:9 “हे मेरा मालिक राजा, यी मानिसहरूले यर्मिया अगमवक्तासँग जसरी व्‍यवहार गरे त्‍यो दुष्‍ट काम हो । सहरमा खानलाई अब कुनै कुरा नभएको हुनाले भोकले मर्नलाई तिनीहरूले तिनलाई इनारमा हाले ।”
JER 38:10 तब राजाले कूशी एबेद-मेलेकलाई हुकुम गरे । तिनले भने, “यहाँबाट तिस जना मानिस साथमा लिएर जाऊ र यर्मिया अगमवक्ता मर्नुअगि तिनलाई इनारबाट निकाल ।”
JER 38:11 त्यसैले एबेद-मेलेकले ती मानिसहरूलाई लिए र राजदरबारको एउटा भण्डर कोठामा गए । त्यहाँबाट तिनले थोत्रा र फाटेका कपडाहरू निकाले, र त्‍यसपछि तिनले इनारमा यर्मियाको लागि डोरीले बाँधेर ती झारिदिए ।
JER 38:12 कूशी एबेद-मेलेकले यर्मियालाई भने, “तिम्रा पाखुरा र डोरीहरूको माथिपट्टि यी थोत्रा र फाटेका लुगाहरू लगाऊ ।” यर्मियाले त्यसै गरे ।
JER 38:13 त्यसपछि तिनीहरूले यर्मियालाई डोरीको सहायताले ताने । यसरी तिनीहरूले तिनलाई इनारबाट बाहिर निकाले । यसरी यर्मिया गारदको चोकमा बसे ।
JER 38:14 तब राजा सिदकियाहले खबर पठाए र यर्मिया अगमवक्तालाई आफूकहाँ परमप्रभुको मन्दिरको तेस्रो प्रवेशद्वारमा ल्याए । राजाले यर्मियालाई भने, “म तिमीलाई केही कुरो सोध्‍न चाहन्छु । मबाट जवाफ नलुकाऊ ।”
JER 38:15 यर्मियाले सिदकियाहलाई भने, “मैले तपाईंलाई जवाफ दिएँ भने, के तपाईंले मलाई साँच्‍चै नै मार्नुहुन्‍न त ?” तर मैले तपाईंलाई सल्लाह दिएँ भने तपाईंले सुन्‍नुहुनेछैन ।”
JER 38:16 तर राजा सिदकियाहले यर्मियासित गुप्‍तमा वाचा बाँधे र भने, “हामीलाई बनाउनुहुने जीवित परमप्रभुको नाउँमा शपथ खाएर भन्दछु, कि म तिमीलाई मार्नेछैनँ वा तिम्रो ज्यान लिन खोज्नेहरूको हातमा सुम्पिदिनेछैनँ ।”
JER 38:17 त्यसैले यर्मियाले सिदकियाहलाई भने, “परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तँ वास्तवमै बेबिलोनका राजाका अधिकारीहरूकहाँ गइस् भने, तँ बाँच्नेछस्, र यो सहर जलाइनेछैन । तँ र तेरो परिवार बाँच्नेछन् ।
JER 38:18 तर तँ बेबिलोनका राजाका अधिकारीहरूकहाँ गइनस् भने, यो सहरलाई कल्दीहरूको हातमा दिइनेछ । तिनीहरूले यसलाई आगो लगाउनेछन्, र तँ तिनीहरूको हातबाट उम्कनेछैनस् ।”
JER 38:19 सिदकियाह राजाले यर्मियालाई भने, “तर कल्दीहरूकहाँ भागेर गएका यहूदाका मानिसहरूदेखि म डराएको छु, किनकि ममाथि खराब व्‍यवहार गर्नलाई मलाई तिनीहरूको हातमा सुम्‍पिएला ।”
JER 38:20 यर्मियाले भने, “तिनीहरूले तपाईंलाई उनीहरूका हातमा सुम्पिनेछैनन् । परमप्रभुबाट आएको सन्देशलाई मान्‍नुहोस्, जुन मैले तपाईंलाई बताउँदैछु जसले गर्दा तपाईंको भलो हुनेछ, र जसले गर्दा तपाईं बाँच्नुहुनेछ ।
JER 38:21 तर जान तपाईंले इन्कार गर्नुभयो भने त परमप्रभुले मलाई देखाउनुभएको कुरो यही हो ।
JER 38:22 हेर्नुहोस्, यहूदाका राजा अर्थात् तपाईंको महलमा छाडिएका सबै स्‍त्रीहरूलाई बेबिलोनका राजाका अधिकारीहरूकहाँ लगिनेछ । यी स्‍त्रीहरूले तपाईंलाई भन्‍नेछन्, 'तपाईंका मित्रहरूद्वारा तपाईं छलमा पर्नुभएको छ । तिनीहरूले तपाईंलाई नष्‍ट पारेका छन् । अब तपाईंका खुट्टा हिलोमा डुबेका छन्, र तपाईंका मित्रहरू भाग्‍नेछन् ।'
JER 38:23 किनकि तपाईंका सबै पत्‍नी र छोराछोरी कल्दीहरूकहाँ लगिनेछन्, र तपाईं आफै पनि तिनीहरूको हातबाट उम्कनुहुनेछैन । तपाईं बेबिलोनका राजाको हातबाट पक्राउ पर्नुहुनेछ, र यो सहरलाई जलाइनेछ ।”
JER 38:24 तब सिदकियाहले यर्मियालाई भने, “यी वचनको विषयमा कसैलाई नभन, जसले गर्दा तिमी मारिनेछैनौ ।
JER 38:25 मैले तिमीसित कुराकानी गरेको कुरा अधिकारीहरूले सुने र तिमीकहाँ आएर यसो भन्‍छन् भने, 'तिमीले राजालाई के भन्यौ, सो हामीलाई बताऊ, र हामीबाट त्‍यो नलुकाऊ, नत्र तिमीलाई हामी मर्नेछौ,'
JER 38:26 तब तिमीले तिनीहरूलाई यसो भन्‍नू, 'राजाले मलाई जोनाथनको घरमा मर्नलाई नपठाऊन् भनी मैले राजाको सामु विनम्र बिन्ती चढाएँ' ।”
JER 38:27 तब सबै अधिकारी यर्मियाकहाँ आए र तिनलाई प्रश्न गरे, यसैले राजाले तिनलाई निर्देशन दिएअनुसार तिनले उनीहरूलाई जवाफ दिए । उनीहरूले यर्मिया र राजाको बिचमा भएको बातचितलाई नसुनेका हुनाले उनीहरूले तिनीसित थप कुराकानी गरेनन् ।
JER 38:28 यसरी यरूशलेम कब्जा नभएसम्म यर्मिया गारदको चोकमा नै बसे ।
JER 39:1 यहूदाका राजाको नवौँ वर्षको दसौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर यरूशलेमका विरुद्धमा आफ्ना सबै सेना लिएर आए, र यसलाई घेराबन्दी गरे ।
JER 39:2 सिदकियाहको एघारौं वर्षको चौथो महिनाको नवौँ दिनमा सहरको पर्खाल भत्काइयो ।
JER 39:3 तब बेबिलोनका राजाका सबै अधिकारी अर्थात् नेबो-सर्सेकिम, सम्गर-नेबो र एक उच्‍च अधिकारी सर्सेचिम आएर मध्य ढोकामा बसे । नेबो-सर्सेकिम बेबिलोनका राजाका विशिष्‍ट अधिकारी थिए, र अरू बाँकी सबै अधिकारीहरू थिए ।
JER 39:4 जब यहूदाका राजा सिदकियाह र सबै योद्धाले तिनीहरूलाई देखे, तिनीहरू भागे । तिनीहरू रातमा दुई पर्खालको बिचमा भएको ढोकाबाट छिरेर राजको बगैँचाको बाटो भएर सहरबाट भागे । राजा अराबा जाने बाटोतिर लागे ।
JER 39:5 तर कल्दीहरूका सेनाले तिनीहरूलाई खेदे, र यरीहो नजिकै यर्दन नदीको बेँसीको मैदानमा सिदकियाहलाई भेट्टाए । तिनीहरूलाई तिनलाई पक्रे र हमात देशको रिब्ला भन्‍ने ठाउँमा बेबिलोनका राजा नबूकदनेसरकहाँ ल्याए, जहाँ नबूकदनेसरले तिनलाई दण्डाज्ञा दिए ।
JER 39:6 रिब्लामा बेबिलोनका राजाले सिदकियाहका आँखाकै सामु तिनका छोराहरूलाई मारे । तिनले यहूदाका सबै कुलीनहरूलाई पनि मारे ।
JER 39:7 तब तिनले सिदकियाहका आँखा निकाले, र तिनलाई बेबिलोनमा लान काँसाको साङ्लाले बाँधे ।
JER 39:8 अनि कल्दीहरूले राजदरबार र मानिसका घरहरू जलाए । तिनीहरूले यरूशलेमका पर्खालहरू पनि भत्काए ।
JER 39:9 राजाको अङ्गरक्षकका सेनापति नबूजरदानले सहरमा बाँकी रहेका मानिसहरूलाई निर्वासनमा लगे । कल्दीहरूकहाँ भागेर गएका र सहरमा छाडिएका बाँकी मानिसहरू सबै नै लगिए ।
JER 39:10 तर अङ्गरक्षकका कप्‍तापन नबूजरदानले केही नभएका सबैभन्दा गरिब मानिसहरूलाई यहूदा देशमा छाडे । त्यही दिन तिनले तिनीहरूलाई दाखाबारी र खेतहरू दिए ।
JER 39:11 बेबिलोनका राजा नबूकदेनसरले राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानलाई यर्मियाको विषयमा हुकुम दिएका थिए,
JER 39:12 “तिनलाई लेजाऊ र तिनको राम्रो हेरचाह गर । तिनलाई कुनै हानि नगर । त्यसले तिमीलाई भनेका हर कुरा गर्नू ।”
JER 39:13 त्यसैले राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदान, उच्‍च नपुंसक नबुशजबान, उच्‍च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै उच्‍च अधिकारीहरूले अरू मानिसहरूलाई बाहिर पठाए ।
JER 39:14 तिनीहरूका मानिसहरूले यर्मियालाई गारदको चोकबाट लिएर गए, र घरमा नै लैजान शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा जिम्मा दिए । यसरी यर्मिया मानिसहरूकै बिचमा बसे ।
JER 39:15 यर्मिया गारदको चोकमा गिरफ्तार भएकै बेलामा परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो,
JER 39:16 “कूशी एबेद-मेलेकलाई भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यस सहरको विरुद्धमा भलाई नभई विपत्ति ल्याएर मैले मेरा वचन पुरा गर्नै लागेको छु । त्यस दिन तेरै सामु यी सबै वचन पुरा हुनेछन् ।
JER 39:17 तर त्यस दिन म तँलाईचाहिं छुटकारा दिनेछु, यो परमप्रभुको घोषणा हो, र तँ जसदेखि डराउँछस्, म तँलाई तिनीहरूको हातमा दिनेछैनँ ।
JER 39:18 किनकि म निश्‍चय नै तँलाई छुटकारा दिनेछु । तँ तरवारले ढालिनेछैनस् । तैंले ममाथि भरोसा गरेको हुनाले तेरो जीवन जोगिनेछ, यो परमप्रभु घोषणा थियो' ।”
JER 40:1 रामामा राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानले यर्मियालाई मुक्त गरेपछि परमप्रभुबाट यर्मियाकहाँ यो वचन आयो । तिनले यर्मियालाई बेबिलोनमा निर्वासनमा लगिने यरूशलेम र यहूदाका सबै बन्दीका बिचमा साङ्लाले बाँधिएको भेट्टाए ।
JER 40:2 अङ्गरक्षकका कप्‍तानले यर्मियालाई लगे र भने, “परमप्रभु तिम्रा परमेश्‍वरले यस ठाउँको लागि यो विपत्तिको आज्ञा दिनुभयो ।
JER 40:3 त्यसैले परमप्रभुले नै यो विपत्ति ल्याउनुभयो । उहाँले भन्‍नुभएझैं उहाँले गर्नुभयो, किनकि तिमीहरूले उहाँको विरुद्धमा पाप गर्‍यौ, र उहाँको कुरा मानेनौ । त्यसकारण यो विपत्ति तिमीहरूमाथि आइपरेको हो ।
JER 40:4 तर अब हेर, तिम्रा हातमा भएका साङ्लाबाट मैले तिमीलाई आज मुक्त गरेको छु । तिम्रो दृष्‍टिमा मसितै बेबिलोन आउनु उचित हो भने आऊ, र म तिम्रो हेरचाह गर्नेछु । तर तिम्रो दृष्‍टिमा मसितै बेबिलोन आउनु उचित होइन भने, त्‍यसो नगर । तिम्रो सामु भएको सबै देशलाई हेर । तिम्रो दृष्‍टिमा जहाँ जान ठिक र उचित लाग्छ, त्यहीँ जाऊ ।”
JER 40:5 यर्मियाले जवाफ नदिएपछि नबूजरदानले भने, “शापानका नाति, अहीकामका छोरा गदल्याहकहाँ जाऊ, जसलाई बेबिलोनका राजाले यहूदाका सहरहरूको रेखदेख गर्ने जिम्मा दिएका छन् । मानिसहरूका बिचमा तिनीसँगै बस वा तिम्रो दृष्‍टिमा जहाँ जानु उचित लाग्छ, त्यहीँ जाऊ ।” राजाक अङ्गरक्षकका कप्‍तानले तिनलाई खाना र उपहार दिए, र त्‍यसपछि तिनलाई पठाए ।
JER 40:6 त्यसैले यर्मिया मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ गए । तिनी देशमा छाडिएका मानिसहरूकै बिचमा तिनीसित बसे ।
JER 40:7 बेबिलोनका राजाले अहीकामका छोरा गदल्याहलाई देशको गभर्नरमा नियुक्त गरेका थिए भनी गाउँबस्तीमा बाँकी रहेका यहूदी सिपाहीहरूका केही अधिकारीहरू र तिनीहरूका मानिसहरूले सुने । बेबिलोनमा निर्वासित नभएका सबैभन्दा गरिब पुरुषहरू, स्‍त्रीहरू, बालबालिकाहरूको जिम्मामा तिनलाई नियुक्त गरिएको थियो भनेर पनि तिनीहरूले सुने ।
JER 40:8 त्यसैले तिनीहरू मिस्पामा गदल्याहकहाँ गए । यी मानिसहरू यी नै थिएः नतन्याहका छोरा इश्माएल, कारेहका दुई छोरा योहानान र जोनाथन, तन्हूमेतका छोरा सरायाह, नतोपाती एफैका छोराहरू, माकातीका छोरा याजन्याह र यी सबैका मानिसहरू ।
JER 40:9 शापानका नाति, अहीकामका छोरा गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई शपथ खुवाए र तिनीहरूलाई भने, “कल्दी अधिकारीहरूको सेवा गर्नदेखि नडराओ । यही देशमा बसे र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ ।
JER 40:10 हामीकहाँ आउने कल्दीहरूसित भेट गर्न म मिस्पामा बस्दैछु । त्यसैले तिमीहरूले दाखमद्य, ग्रीष्म ऋतुका फलहरू र तेलको खेती गर र आफ्ना भाँडाहरूमा जम्मा गर । तिमीहरूले छानेका सहरहरूमा बस ।”
JER 40:11 तब मोआबमा भएका सबै यहूदी, अम्मोनीहरू र एदोमीहरूका बिचमा भएका र हरेक देशमा भएका यहूदीहरूले यो कुरा सुने, कि बेबिलोनका राजाले यहूदाका बाँकी रहेकाहरूलाई बस्‍न दिएका छन्, र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तिनीहरूमाथि अधिकारी नियुक्त गरेका छन् ।
JER 40:12 त्यसैले सबै यहूदी आफू छरपष्‍ट भएको हरेक ठाउँबाट फर्के । तिनीहरू यहूदाको देशको मिस्पामा गदल्याहकहाँ फर्केर आए । तिनीहरूले प्रचुर मात्रा दाखमद्य र ग्रीष्म ऋतुको फल उत्पादन गरे ।
JER 40:13 कारेहका छोरा योहानान र गाउँबस्तीमा भएका सेनाका अधिकृतहरू मिस्पामा गदल्याहकहाँ आए ।
JER 40:14 तिनीहरूले तिनलाई भने, “अम्मोनीहरूका राजा बालीसले नतन्याहका छोरा इश्माएललाई तपाईंको हत्या गर्न पठाएका छन् भन्‍ने कुरो तपाईंलाई थाहा छ ?” तर अहीकामका छोरा गदल्याहले तिनीहरूको कुरो विश्‍वास गरेनन् ।
JER 40:15 त्यसैले मिस्पामा कारेहका छोरा योहानानले गदल्याहलाई गुप्‍तमा कुरा गरे र भने, “नतन्याहको छोरो इश्माएललाई मार्न मलाई अनुमति दिनुहोस् । कसैले मलाई शङ्का गर्नेछैन । त्यसले तपाईंलाई किन मार्ने ? तपाईंकहाँ जम्मा भएका सबै यहूदीलाई किन तितर-बितर हुन दिने र यहूदाका बाँकी रहेकाहरूलाई किन नष्‍ट हुन दिने ?”
JER 40:16 तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, “यो कुरो नगर, किनकि तिमीले इश्माएलको विषयमा मसित झूट बोल्दैछौ ।”
JER 41:1 सातौँ महिनामा एलीशामाको नाति, नतन्याहको छोरो इश्माएल, जो राजकीय घरानाका थिए, तिनी राजाका दस जना अधिकारीसँगै मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ आए । मिस्पामा तिनीहरूले सँगसँगै खानपान गरे ।
JER 41:2 तर नतन्याहको छोरो इश्माएल र तिनीसित भएका दस जना मानिस उठे, र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले आक्रमण गरे । इश्माएलले गदल्याहलाई मारे, जसलाई बेबिलोनका राजाले देशको गभर्नर नियुक्त गरेका थिए ।
JER 41:3 त्यसपछि इश्माएलले मिस्पामा गदल्याहसित भएका सबै यहूदी र त्यहाँ भेट्टाइएका कल्दी योद्धाहरूलाई मारे ।
JER 41:4 तब गदल्याह मारिएको दोस्रो दिन भएको थयो तर पनि कसैलाई थाहा थिएन ।
JER 41:5 शकेम, शीलो र सामरियाबाट आ-आफ्ना दारी खौरेका, लुगा च्यातेका र शरीर चिरै-चिरा पारेका असी जना मानिस आ-आफ्ना हातमा खानाका भेटीहरू र धुप लिएर परमप्रभुको मन्दिरमा जानलाई आए ।
JER 41:6 तिनीहरू रुँदै जाँदै गर्दा नतन्याहको छोरो इश्माएल मिस्पाबाट तिनीहरूलाई भेट्न निस्के । तिनीहरूसित तिनको भेट हुँदा तिनले तिनीहरूलाई भने, “अहीकामका छोरा गदल्याहकहाँ आओ ।”
JER 41:7 जब तिनीहरू सहरभित्र प्रवेश गरे, तब नतन्याहको छोरो इश्माएलले तिनीहरूको हत्या गरे, तिनी र तिनका मानिसहरूका लाशलाई एउटा खाडलमा फाले ।
JER 41:8 तर तिनीहरूका बिचमा भएका दस जना यस्ता मानिस थिए जसले इश्माएललाई भने, “हामीलाई नमार्नुहोस्, किनकि हामीसित खेतमा लुकाइएका हाम्रा खाद्यपदार्थहरू अर्थात् गहूँ, जौ, तेल र मह छन् ।” त्यसैले तिनले तिनीहरू र तिनका साथीहरूलाई मारेनन् ।
JER 41:9 इश्माएलले हत्या गरी जुन इनारमा ती लाशहरू फलेका थिए, त्‍यो एउटा ठुलो इनार थियो जसलाई आसा राजाले इस्राएलका राजा बाशाको विरुद्धमा सुरक्षाको निम्ति खनेका थिए । नतन्याहको छोरो इश्माएलले यसलाई लाशहरूले भरे ।
JER 41:10 त्यसपछि इश्माएलले मिस्पामा भएका अरू सबै मानिस, राजाका छोरीहरू र अहीकामका छोरा गदल्याहको जिम्मामा अङ्गरक्षकका कप्‍तान नबूजरदानले मिस्पामा छाडेका सबै मानिसलाई समाते । यसरी नतन्याहको छोरो इश्माएलले तिनीहरूलाई कैद गरे र सिमाना पार गरेर अम्मोनका मानिसहरूकहाँ गए ।
JER 41:11 तर कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्‍तानले नतन्याहको छोरो इश्माएलले ल्याएका सबै हानिको विषयमा सुने ।
JER 41:12 त्यसैले तिनीहरूले आफ्ना सबै मानिसलाई लिए र नतन्याहको छोरो इश्माएलको विरुद्धमा युद्ध गर्न गए । तिनीहरूले तिनलाई गिबोनको ठुलो तलाउमा फेला पारे ।
JER 41:13 जब इश्माएलसित भएका सबै मानिसले कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्‍तानलाई देखे, तब तिनीहरू साह्रै खुसी भए ।
JER 41:14 इश्माएलले मिस्पामा समातेका सबै मानिस फर्के र कारेहका छोरा योहानानकहाँ गए ।
JER 41:15 तर नतन्याहको छोरो इश्माएल आठ जना मानिससँगै योहानानबाट भागे । तिनी अम्मेनका मानिसहरूकहाँ गए ।
JER 41:16 कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्‍तानले नतन्याहको छोरो इश्माएलबाट उद्धार गरिएका सबै मानिसलाई मिस्पाबाट लगे । यो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेपछिको कुरो थियो । योहानान र तिनका साथीहरूले गिबोनमा उद्धार गरिएका बलिया पुरुषहरू, योद्धाहरू, स्‍त्रीहरू, बालबालिका र नपुंसकहरूलाई लगे ।
JER 41:17 त्यसपछि तिनीहरू गए, र केही समय बेथलेहेम नजिकै गेरूथ-किम्हाममा बसे ।
JER 41:18 कल्दीहरूको कारणले तिनीहरू मिश्रदेश जाँदै थिए । तिनीहरू उनीहरूदेखि डराएका थिए, किनकि नतन्याहको छोरो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेका थिए, जसलाई बेबिलोनका राजाले देशको गभर्नर बनाएका थिए ।
JER 42:1 तब सेनाका सबै कप्‍तान र कारेहका छोरा योहानान, होशयाहका छोरा येजन्याह अनि सानादेखि ठुलासम्म सबै मानिसले यर्मिया अगमवक्ताकहाँ आए ।
JER 42:2 तिनीहरूले तिनलाई भने, “हाम्रो बिन्ती सुन्‍नुहोस् । परमप्रभु तपाईंका परमेश्‍वरलाई यी बाँकी रहेका मानिसहरूको पक्षमा बिन्ती चढाउनुहोस्, किनकि तपाईं देख्‍नुहुन्छ, हामी सङ्ख्यामा एकदम थोरै छौं ।
JER 42:3 हामीले जानुपर्ने बाटो हामीलाई देखाउन र हामीले के गर्नुपर्छ भनेर परमप्रभु तपाईंका परमेश्‍वरलाई सोध्‍नुहोस् ।”
JER 42:4 त्यसैले यर्मिया अगमवक्ताले तिनीहरूलाई भने, “मैले तिमीहरूको कुरा सुनेको छु । हेर, तिमीहरूले अनुरोध गरेझैं म परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रार्थना चढाउनेछु । परमप्रभुले जे जवाफ दिनुहुन्छ, म तिमीहरूलाई बताउनेछु । म तिमीहरूबाट कुनै कुरो लुकाउनेछैनँ ।”
JER 42:5 तिनीहरूले यर्मियालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले हामीलाई भन्‍नुभएअनुसार हामीले गरेनौं भने, परमप्रभु नै हाम्रा विरुद्धमा साँचो र विश्‍वासयोग्य साक्षी होऊन् ।
JER 42:6 असल होस् या खराब होस्, हामी परमप्रभु हाम्रा परमेश्‍वरको कुरा मान्‍नेछौं, जसकहाँ हामी तपाईंलाई पठाउँदैछौं, जसको कारण हामीले परमप्रभु हाम्रा परमेश्‍वरको कुरा मान्दा हाम्रो भलो होस् ।”
JER 42:7 दस दिनको अन्त्यमा परमप्रभुको वचन यर्मियाकहाँ आयो ।
JER 42:8 त्यसैले यर्मियाले कारेहका छोरा योहानान र तिनीसित भएका सेनाका सबै कप्‍तान र सानादेखि ठुलासम्म सबै मानिसलाई बोलाए ।
JER 42:9 तब तिनले उनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई तिमीहरूका बिन्ती राख्‍न पठायौ,
JER 42:10 'तिमीहरू फर्केर जान्‍छौ र यस देशमा बस्‍छौ भने, म तिमीहरूलाई निर्माण गर्नेछु, भत्काउनेछैनँ । म तिमीहरूलाई रोप्नेछु, उखेल्नेछैनँ, किनकि मैले तिमीहरूमाथि ल्याएको विपत्ति म हटाउनेछु ।
JER 42:11 बेबिलोनका राजा जसदेखि तिमीहरू डराउँदैछौ, अब त्यसदेखि नडराओ । उदेखि नडराओ, यो परमप्रभुको घोषणा हो, किनकि उसको हातबाट तिमीहरूको उद्धार गर्न र तिमीहरूलाई छुटकारा दिन म तिमीहरूसँगै छु ।
JER 42:12 किनकि म तिमीहरूलाई कृपा देखाउनेछु । म तिमीहरूमाथि दया देखाउनेछु, र म तिमीहरूलाई फर्काएर तिमीहरूकै देशमा ल्याउनेछु ।
JER 42:13 तर तिमीहरूले यसो भन्‍छौ, 'हामी यस देशमा बस्‍नेछैनौं'—अनि तिमीहरूले मेरो आवाज, परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज सुन्‍दैनौ ।
JER 42:14 तिमीहरूले यसो भन्‍छौ, 'हामी मिश्रदेशमा जानेछौं, जहाँ हामीले फेरि युद्ध देख्‍नेछैनौं, जहाँ हामीले तुरहीको आवाज सुन्‍नेछैनौं, र हामी खानाको लागि भोकाउनेछैनौं । हामी त्‍यहाँ बस्‍नेछौं' ।”
JER 42:15 ए यहूदामा बाँकी रहेका मानिसहरू हो, परमप्रभुको यो वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूले मिश्रदेशमा नै जाने, त्‍यहाँ जाने र बस्‍ने पक्‍का गरिसकेका छौ भने,
JER 42:16 तब जुन तरवारदेखि तिमीहरू डराउँछौ, त्यसले खेदेर तिमीहरूलाई मिश्रदेशमा भेट्टाउनेछ । तिमीहरू जुन अनिकालको विषयमा चिन्तित छौ, त्यसले नै तिमीहरूलाई मिश्रसम्म खेद्‍नेछ, र तिमीहरू त्यहीँ मर्नेछौ ।
JER 42:17 त्यसैले मिश्रमा गएर त्यहीँ बस्‍ने निधो गरेका सबै पुरुष तरवार, अनिकाल र विपत्तिले मर्नेछन् । तिनीहरूका बिचमा कोही पनि बाँच्नेछैन, मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट कोही पनि उम्कनेछैन ।
JER 42:18 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जसरी मेरो रिस र क्रोध यरूशलेमका बासिन्दाहरूमाथि खन्याइएको थियो, तिमीहरू मिश्रमा गयौ भने त्‍यसरी नै मेरो क्रोध खन्याइनेछ । तिमीहरू सराप र त्रासको पात्र, सराप खाने पात्र र अपमानको कुरा बन्‍नेछौ, र फेरि तिमीहरूले यो देश देख्‍नेछैनौ ।”
JER 42:19 तब यर्मियाले भने, “ए यहूदाका बाँकी रहेका मानिसहरू हो, तिमीहरूको विषयमा परमप्रभुले बोल्नुभएको छ । तिमीहरू मिश्रमा नजाओ । आज मैले तिमीहरूको विरुद्धमा गवाही दिएको छु भनी तिमीहरूलाई पक्‍का थाहा छ ।
JER 42:20 तिमीहरूले मलाई परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ यसो भनेर पठाउँदा तिमीहरूले आफैलाई घातक रूपमा धोका दियौ, 'हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्‍वरमा प्रार्थना गर्नुहोस् । परमप्रभु हाम्रा परमेश्‍वरले बताउनुहुने हरेक कुरा हामीलाई बताउनुहोस्, र हामी त्यो पूरा गर्नेछौं ।'
JER 42:21 किनकि मैले आज तिमीहरूलाई त्यो बताएको छु, तर तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको कुरा सुनेका छैनौ वा जे कुरा भन्‍नू भनी उहाँले मलाई तिमीहरूकहाँ पठाउनुभयो, त्यो तिमीहरूले मानेका छैनौ ।
JER 42:22 त्यसैले अब तिमीहरूले जुन ठाउँमा गएर बस्‍ने इच्छा गरेका छौ, त्यहाँ तिमीहरू तरवार, अनिकाल र विपत्तिले मर्नेछौ भन्‍ने कुरा तिमीहरूले पक्‍का रूपले जानिराख ।”
JER 43:1 परमप्रभु तिनीहरूका परमेश्‍वरले यर्मियालाई भन्‍न दिनुभएका परमप्रभु तिनीहरूका परमेश्‍वरका सबै वचन तिनले सबै मानिसहरूलाई भनेर सिद्ध्याए ।
JER 43:2 होशयाहका छोरा अजर्याह, कारेहका छोरा योहानान र सबै अहङ्कारी मानिसले यर्मियालाई भने, “तिमी झूट बोल्दैछौ । 'मिश्रदेशमा बसोबास गर्न त्‍यहाँ नजाओ' भनेर परमप्रभु हाम्रा परमेश्‍वरले तिमीलाई भन्‍न पठाउनुभएको छैन ।
JER 43:3 हामीलाई बेबिलोनमा बन्दी बनाएर लैजान र मार्नका लागि कल्दीहरूको हातमा सुम्पिदिन नेरियाहका छोरा बारूकले तिमीलाई हाम्रो विरुद्धमा उक्साउँदैछन् ।”
JER 43:4 त्यसैले कारेहका छोरा योहानान, सेनाका सबै अधिकृत र सबै मानिसले यहूदा देशमा बस्‍नू भन्‍ने परमप्रभुको आज्ञालाई इन्कार गरे ।
JER 43:5 कारेहका छोरा योहानान र सेनाका सबै कप्‍तानले यहूदमा बाँकी रहेका सबै मानिसलाई लिएर गए, जो छरपष्‍ट भएका सबै जातिकहाँबाट यहूदा देशमा बस्‍न आएका थिए ।
JER 43:6 तिनीहरूले पुरुषहरू र स्‍त्रीहरू, बालबालिका र राजाका छोरीहरू अनि राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानले शापानका नाति, अहीकामका छोरा गदल्याहसित बस्‍न अनुमति दिएका हरेक व्यक्तिलाई लगे । तिनीहरूले यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकलाई पनि लगे ।
JER 43:7 तिनीहरू मिश्र देशमा, तहपेनसमा गए किनभने तिनीहरूले परमप्रभुको आज्ञा मानेनन् ।
JER 43:8 त्यसैले तहपेनसमा परमप्रभुको वचन यसो भनेर आयो,
JER 43:9 “तेरा हातमा केही ठुला-ठुला ढुङ्गाहरू ले, र यहूदाका मानिसहरूको दृष्‍टिमा तहपेनसस्थित फारोको दरबारको प्रवेशद्वारमा इँटा छापेको बाटोमुनि तिनलाई गाड् ।”
JER 43:10 त्यसपछि तिनीहरूलाई भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले नबूकदनेसरलाई मेरो सेवकको रूपमा बोलाउन सन्देशवाहकहरू पठाउनै लागेको छु । यर्मियाले गाडेका ती ढुङ्गाहरूमाथि म त्यसको सिंहासन बसाल्नेछु । नबूकदनेसरले तीमाथि आफ्नो मण्डप खडा गर्नेछ ।
JER 43:11 किनकि ऊ आउनेछ, र मिश्रदेशलाई आक्रमण गर्नेछ । मृत्युको लागि निधो गरिएको व्यक्ति मृत्‍युलाई दिइनेछ । निर्वासनको लागि निधो गरिएको व्यक्ति निर्वासनमा लगिने छ । तरवारको लागि निधो गरिएको व्यक्ति तरवारको धारमा पर्नेछ ।
JER 43:12 त्यसपछि म मिश्रका देवताहरूका मन्दिरहरूमा आगो लगाउनेछु । नबूकदनेसरले तिनलाई जलाउने वा कब्जा गर्नेछ । गोठालाहरूले आफ्ना लुगाबाट उपियाँ निखारेझैं उसले मिश्रदेशलाई रित्तो पार्नेछ ।
JER 43:13 उसले मिश्र देशको हेलियोपोलिसमा भएका ढुङ्गाका मूर्तिहरू भत्कानेछ । उसले मिश्रका देवताहरूका मन्दिरहरू जलानेछ ।”
JER 44:1 मिश्रदेश बसोबास गरेका, मिग्दोल, तहपनेस, नोप र माथिल्लो मिश्रमा बसिरहेका सबै यहूदीको विषयमा यो वचन यर्मियाकहाँ आयोः
JER 44:2 “सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यरूशलेम र यहूदाका सबै सहरमाथि मैले ल्याएका विपत्तिहरू तिमीहरू आफैले देखेका छौ । हेर, आज ती भग्‍नावशेष भएका छन् । तिनमा बस्‍ने कोही छैन ।
JER 44:3 धुप बाल्न र अरू देवताहरूको पुजा गर्न गएर तिनीहरूले मलाई चोट पुर्‍याउनलाई गरेका तिनीहरूका दुष्‍ट कुराहरूले गर्दा यसो भएको हो । यी देवताहरूलाई न तिनीहरूले चिन्दथे, न तिमीहरू चिन्छौ, न त तिमीहरूका पुर्खाहरूले चिन्दथे ।'
JER 44:4 त्यसैले मैले बारम्‍बार मेरा दास अगमवक्ताहरूलाई तिनीहरूकहाँ पठाएँ । मैले तिनीहरूलाई यसो भन्‍न पठाएँ, 'मैले घृणा गर्ने यी घिनलाग्दा कुराहरू गर्न छोड ।’
JER 44:5 तर तिनीहरूले सुनेनन् । अरू देवताहरूलाई धुप बाल्ने तिनीहरूको दुष्‍टताबाट ध्‍यान हटाउने वा फर्कने कुरालाई तिनीहरूले इन्‍कार गरे ।
JER 44:6 त्यसैले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा मेरो रिस र क्रोध खन्याइयो, र आगो लगाइयो । ती उजाड र सर्वनाश भए, जस्तो आजको दिनसम्‍म छ ।'
JER 44:7 त्यसैले अब परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'आफ्नै विरुद्धमा तिमीहरू किन ठुला-ठुला दुष्‍ट काम गर्दैछौ ? यहूदाका पुरुषहरू, स्‍त्रीहरू, बालबालिका तथा दूधे बालकहरूबाट किन आफै बहिष्कृत हुँदैछौ ? तिमीहरूका कोही पनि बाँकी छाडिनेछैनौ ।
JER 44:8 तिमीहरूका हातका कामहरूद्वारा, तिमीहरू बस्‍न गएका मिश्रदेशमा अरू देवताहरूलाई धुप बालेर तिमीहरूका हातले गरेका कामका दुष्‍टता तिमीहरूले मलाई चोट पुर्‍याएका छौ । तिमीहरू नष्‍ट गरिन र पृथ्वीका सबै जातिका बिचमा सराप र निन्दाको पात्र बन्‍न तिमीहरू त्यहाँ गएका छौ ।
JER 44:9 तिमीहरूका पुर्खाहरू अनि यहूदाका राजाहरू र तिनीहरूका पत्‍नीहरूले गरेका दुष्‍टतालाई के तिमीहरूले बिर्सेका छौ ? यहूदा देशमा र यरूशलेमका सडकहरूमा तिमीहरू आफै र तिमीहरूका पत्‍नीहरूले गरेका दुष्‍ट कामलाई के तिमीहरूले बिर्सेका छौ ?
JER 44:10 आजको दिनसम्म पनि तिनीहरू नम्र भएका छैनन् । मैले तिनीहरू र तिनीहरूका पुर्खाहरूका सामु राखेको मेरा व्यवस्था वा विधानहरूलाई तिनीहरूले आदर गर्दैनन्, न त तिनीहरू तीअनुसार हिंड्छन् ।'
JER 44:11 त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, तिमीहरूमाथि विपत्ति ल्याउन र सारा यहूदालाई नष्‍ट गर्न मैले आफ्‍नो अनुहारलाई तिमीहरूबाट हटाउनै लागेको छु ।
JER 44:12 किनकि मिश्रदेशमा बस्‍न जाने निधो गरेका यहूदाका बाँकी रहेकाहरूलाई म नष्‍ट पार्नेछु । तिनीहरू सबै मिश्रदेशमा नष्‍ट होऊन् भनेर म यसो गर्नेछु । तिनीहरू सबै तरवार र अनिकालले ढल्नेछन् । सानादेखि ठुलासम्म तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछन् । तिनीहरू मर्नेछन्, अनि कसम, सराप, निन्दा र घृणाका पात्र बन्‍नेछन् ।
JER 44:13 जसरी मैले यरूशलेमलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिएँ, त्यसै गरी मिश्रदेशमा बसेका मानिसहरूलाई दण्ड दिनेछु,
JER 44:14 जसको कारणले मिश्रदेशमा बस्‍न गएका यहूदाका बाँकी रहेकाहरूमध्ये कोही पनि उम्कने वा बाँच्ने वा यहूदामा फर्कनेछैन, जहाँ फर्केर जाने र बस्‍ने तिनीहरूको इच्छा छ । अनि त्यहाँबाट भागेका थोरैबाहेक अरू कोही फर्कनेछैन' ।”
JER 44:15 तब आफ्‍ना पत्‍नीहरूले अरू देवताहरूलाई धुप बाल्दैथिए भनी थाहा पाएका त्यस ठुलो सभाका सबै मानिस र उक्‍त सभामा भएका सबै स्‍त्री अनि तल्लो र माथिल्लो मिश्रमा बस्‍ने सबै यहूदीले यर्मियालाई जवाफ दिए,
JER 44:16 तिनीहरूले भने, “परमप्रभुको नाउँमा तिमीले हामीलाई भनेका वचनका तिम्रा कुरा हामी सुन्‍नेछैनौं ।
JER 44:17 किनकि हामीले गर्नेछौं भनेका सबै कुरा हामी निश्‍चय नै गर्नेछौं, अर्थात् स्वर्गकी रानीलाई धुप बाल्नेछौं, अनि यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा हामी, हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अगुवाहरूले गरेझैं हामी तिनको निम्‍ति अर्घबलिहरू खन्याउनेछौं । तब हामी भोजनले भिपूर्ण हुनेछौं, र कुनै विपत्तिविना हाम्रो उन्‍नति हुनेछ ।
JER 44:18 हामीले स्वर्गकी रानीलाई धुप बाल्न र उनलाई अर्घबलिहरू खन्याउन छोड्दा हामी सबै जनाले गरिबी भोग्दै थियौँ अनि हामी तरवार र अनिकालले मर्दै थियौँ ।”
JER 44:19 स्‍त्रीहरूले भने, “हामीले स्वर्गकी रानीको सामु धुप बाल्दा र उनलाई अर्घबलिहरू खन्याउँदा, उनको प्रतिरूपका फुरौलाहरू बनाउँदा र उनलाई अर्घबलिहरू चढाउँदा के हामीले आफ्ना पतिहरूले भनेको नमानेर यी कुराहरू गर्‍यौँ र ?”
JER 44:20 तब यर्मियाले सबै मानिस अर्थात् पुरुषहरू र स्‍त्रीहरू अनि तिनलाई जवाफ दिने सबै मानिसहरूलाई तिनले घोषणा गरे र भने,
JER 44:21 “के तिमीहरू, तिमीहरूका पुर्खाहरू, तिमीहरूका राजाहरू, अगुवाहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा चढाएका धुपलाई परमप्रभुले सम्झनुभएन र ? किनकि परमप्रभुले यो सम्झनुहुन्छ । यो उहाँको विचारमा आउँछ ।
JER 44:22 तब तिमीहरूका दुष्‍ट अभ्यासहरूका कारणले र तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्‍नुभएन । तब तिमीहरूको देश उजाड, त्रास र सराप बन्यो, यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्‍दा छैन ।
JER 44:23 तिमीहरूले धुप बालेका र परमप्रभुको विरुद्धमा पाप गरेको कारणले अनि तिमीहरूले उहाँको स्‍वोर, उहाँको व्यवस्था, उहाँका विधानहरू वा उहाँका करारका आदेशहरू पालन नगरेको कारणले तिमीहरूको विरुद्धमा यो विपत्ति आएको हो, जस्तो आजको दिनसम्म छ ।”
JER 44:24 तब यर्मियाले सबै मानिस र सबै स्‍त्रीलाई भने, “हे मिश्रदेशमा भएका यहूदाका सबै मानिस हो, परमप्रभुको वचन सुन ।
JER 44:25 सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः 'स्वर्गकी रानीलाई पुजा गर्न र उनलाई अर्घबलिहरू चढाउन हामीले खाएका भाकलहरूलाई हामी निश्‍चय नै पुरा गर्नेछौं' भनी तिमीहरू र तिमीहरूका पत्‍नीहरू दुवैले तिमीहरूका मुखले भनेका थियौ र तिमीहरूले आफ्ना हातले पुरा गरेका छौ । अब तिमीहरूका भाकलहरू पुरा गर । तिनलाई निरन्‍तर गर ।’
JER 44:26 त्यसैले मिश्रदेशमा बस्‍ने सारा यहूदा हो, परमप्रभुको यो वचन सुन ‘हेर, मेरो महान् नाउँद्वारा मैले शपथ खाएको छु, परमप्रभु भन्‍नुहुन्‍छ । सारा मिश्र देशमा भएका यहूदाका मानिसको मुखले अहिले, 'जीवित परमप्रभुको नाउँमा' भनेरझैं फेरि मेरो नाउँ कहिलै पनि पुकार्नेछैनन् ।”
JER 44:27 हेर, मैले तिनीहरूलाई भलाइको निम्ति होइन, विपत्तिको निम्ति हेर्दैछु । मिश्रदेशमा भएको यहूदाको हरेक व्यक्ति सखाप नभएसम्म तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछ ।
JER 44:28 तब तरवारबाट बाँचेकामध्‍येका थोरै सङ्ख्या मात्र तिनीहरू मिश्रदेशबाट यहूदाको देशमा फर्कनेछन् । तब तिनीहरूको कि मेरो कसको वचन सत्य ठहर्दोरहेछ भनी मिश्रदेशमा बस्‍न गएका यहूदाका बाँकी भएकाहरूले जान्‍नेछन् ।
JER 44:29 यो परमप्रभुको घोषणा हो, तिमीहरूका विरुद्धमा मैले तिमीहरूलाई यो ठाउँमा दिने चिन्‍हचाहिं यो हुनेछ, यसैले कि मेरो वचनले निश्‍चय पनि तिमीहरूलाई विपत्तिले आक्रमण गर्नेछ भनी तिमीहरूलाई थाहा होस् ।
JER 44:30 परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मिश्रको राजा फारो होप्रालाई त्यसका शत्रुहरू र त्यसको ज्यान लिन खोज्नेहरूको हातमा मैले सुम्पिदिनै लागेको छु । यहूदाका राजा सिदकियालाई मैले त्यसको ज्यान लिन खोज्ने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पेको जस्‍तै त्‍यो हुनेछ ।’”
JER 45:1 यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई भनेका वचन यही हो । यर्मियाको आवज सुनेर तिनले यी वचन एउटा मुट्ठोमा लेखे— यो यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्ष थियो र तिनले भने,
JER 45:2 “बारूक, परमप्रभु इस्राएलका परमेश्‍वरले तिमीलाई यसो भन्‍नुहुन्छः
JER 45:3 तैंले भनिस्, 'धिक्‍कार छ मलाई! किनकि परमप्रभुले मलाई पीडामा वेदना थप्‍नुभएको छ । मेरो सुस्केराले मलाई थकाएको छ । मैले विश्राम पाइन ।'
JER 45:4 तैंले उसलाई यसो भन्‍नुपर्छ, ‘परमप्रभु यसो भन्‍नुहुन्छः हेर, जे मैले बनाएँ, त्‍यो म अब भत्काउँदैछु । जे मैले रोपेँ, त्‍यो अहिले म उखेल्दैछु— सारा पृथ्वीभरि नै म यसै गर्नेछु ।
JER 45:5 तर के तँचाहिं आफ्नै निम्ति ठुला-ठुला कुराहरूको आशा गर्छस् ? त्यसको आशा नगर् । किनकि हेर्, सारा मानव-जातिमाथि विपत्ति आउँदैछ, यो परमप्रभुको घोषणा हो— तर तँ जहाँ जानेछस्, त्यहाँ म तेरो जीवन तेरो लुटको रूपमा तँलाई नै दिनेछु' ।”
JER 46:1 जाति-जातिहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो ।
JER 46:2 मिश्र देशको विषयमाः “यो यूफ्रेटिस नदीको तीरमा अवस्थित कर्कमीशमा भएका मिश्रदेशका राजा फारो नेकोका सेनाको विषयमा हो । यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा यही सेनालाई बेबिलोनका राजा नबूकदनेसरले पराजित गरेका थिए ।
JER 46:3 साना र ठुला ढालहरू तयार पार, अनि युद्ध गर्नलाई अगाडि बढ ।
JER 46:4 घोडाहरूमा जीन-लगाम कस । घोडाहरूमा सवार होओ, र टोप लगाएर आफ्नो ठाउँमा खडा होओ । भालाहरू टल्काओ, र आ-आफ्नो कवच लगाओ ।
JER 46:5 म यहाँ के देख्दैछु ? तिनीहरू त्रासले भरिएका छन्, र टाढा भाग्दैछन्, किनकि तिनीहरूका सिपाहीहरू पराजित भएका छन् । सुरक्षाको लागि तिनीहरूको भाग्दैछन्, र पछाडि फर्केर हेरिरहेका छैनन् । त्रास चारैतिर छ, यो परमप्रभुको घोषणा हो—
JER 46:6 तीव्र गतिमा कुद्‍नेहरू भाग्‍न सक्दैनन्, र सिपाहीहरू उम्कन सक्दैनन् । तिनीहरू उत्तरमा ठक्‍कर खान्छन्, र यूफ्रेटिस नदीको छेउमा ढल्छन् ।
JER 46:7 नील नदीझैं बढेर आउने यो को हो, जसको पानी नदीको झैं उर्लन्छ र झर्छ ?
JER 46:8 मिश्रदेश नील नदीझैं बढेर आउँछ । त्‍यो नदीको पानीझैं उर्लन्छ र झर्छ । मिश्रदेशले भन्छ, 'म माथि जानेछु र पृथ्वीलाई ढाक्‍नेछु । सहरहरू र तिनका बासिन्दाहरूलाई म नष्‍ट पार्नेछु ।'
JER 46:9 ए घोडाहरू हो, माथि जाओ । ए रथहरू हो, रिसाओ । सिपाहीहरू बाहिर जाऊन्, ढाल बोक्‍ने कूश र पूतका निपुण मानिसहरू अनि लूदका बाण हान्‍न निपुण मानिसहरू हो, अगि बढ ।’
JER 46:10 त्यस दिन सर्वशक्तिमान् परमप्रभुको लागि प्रतिशोधको दिन हुनेछ, र उहाँले आफ्ना वैरीहरूलाई आफै बदला लिनुहुनेछ । तरवारले स्वाहा पार्नेछ, र त्यो सन्तुष्‍ट हुनेछ । यसले तिनीहरूको रगत पिउनेछ । किनकि यूफ्रेटिस नदीको किनारमा अवस्थित उत्तर देशमा सर्वशक्तिमान् परमप्रभुका लागि बलिदान चढाइनेछ ।
JER 46:11 ए मिश्रदेशका कन्या-छोरी हो, गिलादमा उक्लेर जाओ, र औषधी प्राप्‍त गर । तैंले धेरै औषधी लगाए तापनि त्यो व्यर्थ हुन्छ । तेरो लागि कुनै उपचार छैन ।
JER 46:12 जातिहरूले तेरो अपमानको बारेमा सुनेका छन् । पृथ्वी तेरो विलापले भरिएको छ, किनकि सिपाहीहरू एक-अर्कामा ठक्‍कर खान्‍छन् । तिनीहरू दुवै एकसाथ ढल्‍छन् ।”
JER 46:13 बेबिलोनका राजा नबूकदनेसर मिश्रदेशमा आउँदा र आक्रमण गर्दा परमप्रभुले यर्मिया अगमवक्तालाई भन्‍नुभएको वचन यही होः
JER 46:14 “मिश्रदेशमा सुचना दे, र मिग्दोल, मेम्फिस र तहपनेसमा यो घोषणा गर् । 'आ-आफ्नो ठाउँ लेओ र आफूलाई तयार राख, किनकि तिमीहरूको वरिपरि भएकाहरूलाई तरवारले स्वाहा पार्नेछ ।'
JER 46:15 तेरा शक्तिशाली मानिसहरू किन भुइँमा घोप्टो पर्छन् ? तिनीहरू खडा हुने छैनन्, किनकि म परमप्रभुले तिनीहरूलाई भुइँमा धकेलेको हुँ ।
JER 46:16 उहाँले ठक्‍कर खानेहरूको सङ्ख्या बढाउनुहुन्‍छ । हरेक सिपाही अर्कोमा ढल्‍नेछ । तिनीहरू भन्दैछन्, 'खडा होऊ । हामी घर जाऔं । हाम्रा आफ्नै मानिसहरूकहाँ, हाम्रो आफ्नै मातृभूमिमा जाऔं । हामीलाई प्रहार गर्ने यो तरवारलाई हामी छोडौं ।'
JER 46:17 तिनीहरूले त्यहाँ घोषणा गरे, 'मिश्रदेशका राजा फारो हल्ला गर्ने सोर मात्र हो, मौका पाएको व्‍यक्‍ति चिप्‍लेको छ ।'
JER 46:18 जस्‍तो म जीवित छु, सर्वशक्तिमान् परमप्रभु महाराजा घोषणा गर्नुहुन्‍छ— कोही एक जना तबोर पर्वतझैं र समुद्र किनारको कर्मेल पर्वतझैं आउनेछ ।
JER 46:19 ए मिश्रदेशमा बस्‍नेहरू हो, निर्वासनमा लानलाई आफ्ना निम्‍ति पोकापन्‍तरा बाँध । किनकि मेम्फिस उजाड हुनेछ । यो भग्‍नावशेष हुनेछ, र त्यहाँ कोही पनि बस्‍नेछैन ।
JER 46:20 मिश्रदेश एउटा सुन्दरी गाई हो, तर उत्तर दिशाबाट एउटा चिल्ने किरा आउँदैछ । त्‍यो आउँदैछ ।
JER 46:21 त्यसको बिचमा भएका ज्यालादार सिपाहीहरू पोसिएका साँढेहरूजस्तै हुन्, तर तिनीहरू पनि फर्केर भाग्‍नेछन् । तिनीहरू एकसाथ खडा हुनेछैनन्, किनकि तिनीहरूका विरुद्धमा तिनीहरूका विपत्तिको दिन, तिनीहरूको दण्डको समय आउँदैछ ।
JER 46:22 सर्पले झैं मिश्रदेशले आवाज निकाल्‍नेछ र घिस्रेर भाग्‍नेछ, किनकि त्यसका शत्रुहरू त्यसको विरुद्धमा अगि बढ्दैछन् । दाउरा काट्नेहरूले बन्‍चरो लिएर हिंडेझैं तिनीहरू त्यसतर्फ जाँदैछन् ।
JER 46:23 जङ्गल घना भए तापनि तिनीहरूले त्यसलाई काट्नेछन्, यो परमप्रभुको घोषणा हो । किनकि शत्रुहरू गन्‍नै नसकिने गरी सलहहरूभन्दा धेरै हुनेछन् ।
JER 46:24 मिश्रदेशकी छोरी लाजमा पारिनेछे । त्यसलाई उत्तरबाट आउने मानिसहरूको हातमा दिइनेछ ।”
JER 46:25 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “हेर, थेबेसको अमोन, फारो, मिश्रदेश र त्यसका देवताहरू, त्यसका राजा फारोहरू र तिनीहरूमाथि भरोसा गर्नेहरूलाई मैले दण्ड दिनै लागेको छु ।
JER 46:26 मैले तिनीहरूका ज्यान लिन खोज्नेहरू र बेबिलोनका राजा नबूकदनेसर र उसका सेवकहरूका हातमा तिनीहरूलाई दिन लागेको छु । त्यसपछि मिश्रदेश पहिलेझैं आबादी हुनेछ,’ यो परमप्रभुको घोषणा हो ।
JER 46:27 तर ए मेरो दास याकूब, तँ नडरा । ए इस्राएल, तँ हताश नहो, किनकि हेर्, मैले तँलाई धेरै टाढाबाट र तेरा सन्तानलाई तिनीहरूको निर्वासनको देशबाट फर्काएर ल्याउनै लागेको छु । तब याकूब फर्कनेछ, शान्ति पाउनेछ र सुरक्षित हुनेछ, र उसलाई आतङ्कित पार्ने कोही हुनेछैन ।
JER 46:28 ए मेरो दास याकूब, तँ नडरा, यो परमप्रभुको घोषणा हो— किनभने म तँसित छु, यसैले मैले तँलाई जहाँजहाँ छरपष्‍ट पारें त्‍यहाँका सबै जातिहरूको विरुद्धमा म पूर्ण विनाश ल्याउनेछु । तर म तँलाई भने पूर्ण रूपमा नष्‍ट गर्नेछैनँ । तापनि म तँलाई न्यायपूर्वक अनुशासन गर्नेछु, र म तँलाई निश्‍चय पनि दण्डविना छाड्नेछैनँ ।”
JER 47:1 पलिश्तीहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो । फारोले गाजालाई आक्रमण गर्नुअगि यो वचन तिनीकहाँ आयो ।
JER 47:2 “परमप्रभु यसो भन्‍नुहुन्छः उत्तरमा पानीको बाढी उर्लंदैछ । तिनीहरू बाढीको भलझैं हुनेछन् । तिनीहरूले यस देश र यसमा भएका हरेक थोक, यसका सहरहरू र यसका बासिन्दाहरूलाई डुबाउनेछन् । त्यसैले हरेको मदतको लागि गुहार माग्‍नेछ, र देशका सबै बासिन्दाले विलाप गर्नेछन् ।
JER 47:3 बलिया घोडाहरूको टापले फड्‍केको आवाजमा, तिनीहरूका रथका वेग र तिनीहरूका पाङ्ग्राका हल्लामा, बुबाहरूको आफ्नै कमजोरीको कारणले तिनीहरूले आफ्नै छोराछोरीलाई सहायता गर्नेछैनन् ।
JER 47:4 किनकि सारा पलिश्तीहरूको सर्वनाश हुने दिन आउँदैछ । बाँचेकाहरूमध्ये टुरोस र सीदोनलाई मदत गर्न चाहनेहरू बहिष्कृत हुने छन् । किनभने परमप्रभुले कप्‍तोरको टापुमा बाँकी रहेका पलिश्तीहरूलाई सर्वनाश पार्दै हुनुहुन्छ ।
JER 47:5 गाजाको तालु खुइलिनेछ । अश्कलोनको बेँसीमा बाँकी रहेका मानिसहरू मौन रहनेछन् । शोक गरेर कहिलेसम्म तिमीहरूले आ-आफ्नो शरीरलाई काट्नेछौ ?
JER 47:6 हाय परमप्रभुको तरवार! तँ मौन हुनलाई कति लामो समय लाग्‍नेछ ? तेरो म्यानमा फर्केर जा । रोकी र मौन हो ।
JER 47:7 अशक्लोन र समुद्र किनारका देशहरूलाई आक्रमण गर्न परमप्रभुले नै यसलाई आज्ञा दिनुभएको छ भने, यसले कसरी विश्राम गर्न सक्छ र ?
JER 48:1 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर मोआबलाई यसो भन्‍नुहुन्छः “नेबोलाई धिक्‍कार! किनकि यसलाई सर्वनाश पारिएको छ । कर्यातैमलाई अपमानित गरिएको छ र कब्जा गरिएको छ । त्यसका किल्लाहरू लाजमा पारिएका छन्, र भत्काइएका छन् ।
JER 48:2 फेरि मोआबको आदर गरिनेछैन । हेश्बोनमा भएका त्यसका शत्रुहरूले त्यसको विरुद्धमा विनाशको षड्यन्त्र रचेको छ । तिनीहरूले भने, 'आओ र जातिको रूपमा त्यसलाई नाश पारौं । बौलाहाहरू पनि नष्‍ट हुनेछन् । तरवाले तँलाई खेद्‍नेछ ।'
JER 48:3 सुन! होरोनैमबाट क्रन्दनको सोर आइरहेको छ, जहाँ भग्‍नावशेष र ठुलो विनाश छ ।
JER 48:4 मोआब नष्‍ट पारिएको छ । त्यसका बच्‍चाहरू चिच्‍च्याएको सोर सुनिन्छ ।
JER 48:5 तिनीहरू रुँदै लूहीतको डाँडामा जान्छन्, किनकि विनाशको कारण होरोनैमको ओह्रालोमा क्रन्दन सुनिन्छ ।
JER 48:6 भाग, आ-आफ्ना ज्यान बचाओ, र उजाड-स्थानमा पोथ्राजस्तै बन ।
JER 48:7 किनकि तिमीहरूका अभ्यास र धनमा भएको तिमीहरूको भरोसाको कारण तिमीहरू समातिनेछौ । तब कमोश त्यसका पुजारीहरू र अगुवाहरूसँगै निर्वासनमा लगिनेछ ।
JER 48:8 किनकि विनाशक हरेक सहरमा आउनेछ । कुनै पनि सहर उम्कनेछैन । त्यसैले बेँसी नष्‍ट हुनेछ, र मैदान सर्वनाश पारिनेछ जस्तो परमप्रभुले भन्‍नुभएको छ ।
JER 48:9 मोआबलाई पखेटा देओ, किनकि निश्‍चय नै त्‍यसले उड्‍नुपर्नेछ । त्यसका सहरहरू काम नलाग्‍ने भूमि हुनेछन्, जहाँ बस्‍ने कोही हुनेछैन ।
JER 48:10 परमप्रभुको काम गर्नमा अल्छे कुनै पनि व्यक्ति श्रापित होस् । रगत बगाउनदेखि आफ्नो तरवारलाई रोक्‍ने कुनै व्यक्ति श्रापित होस् ।
JER 48:11 आफ्नो युवावस्थादेखि नै मोआबले आफूलाई सुरक्षित ठानेको छ । त्यो एउटा भाँडोदेखि अर्को भाँडोमा कहिल्यै नखन्याइएको दाखमद्यजस्तो हो । त्यसलाई कहिल्यै निर्वासनमा लगिएको छैन । त्यसकारण त्यसको स्वाद सदा स्वादिष्‍ट हुन्छ । त्यसको बास्‍ना नबदी रहन्‍छ ।
JER 48:12 त्यसैले हेर, यो परमप्रभु घोषणा हो, यस्ता दिनहरू आउँदैछन् जति बेला म त्यसलाई ती मानिसहरूकहाँ पठाउनेछु, जसले त्यसमाथि भाँडा घोप्ट्याउनेछन्, र त्यसका सबै घैँटा रित्त्याउनेछन्, र त्यसका गाग्राहरू चूरचूर पारेर फुटाइदिनेछन् ।
JER 48:13 तब जसरी आफूले भरोसा गरेको बेथेलदेखि इस्राएलको घराना लाजमा परेको थियो, त्यसै गरी मोआब कमोशदेखि लाजमा पारिनेछ ।
JER 48:14 तँ कसरी यसो भन्‍न सक्छस्, 'हामी सिपाही, शक्तिशाली योद्धाहरू हौं’ ?
JER 48:15 मोआब सर्वनाश पारिनेछ, र यसका सहरहरू आक्रमणमा पर्नेछन् । किनकि यसका सबैभन्दा उत्तम युवाहरू हत्याको स्थानमा गएका छन् । यो महाराजको घोषणा हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
JER 48:16 मोआबको विनाश चाँडै आउँनेछ । विपत्ति झट्टै हतारिंदैछ ।
JER 48:17 मोआबको वरिपरि भएका तिमीहरू सबै विलाप गर, र यसको ख्याति जान्‍नेहरू सबै यसो भन्दै कराओ, 'धिक्‍कार शक्तिशाली लट्ठीलाई! त्यो गौरवको लौरो भाँचिएको छ ।'
JER 48:18 ए दीबोनकी छोरी हो, तेरो इज्‍जतदार ठाउँबाट तल झरेर आइज, र सुक्खा भुइँमा बस् । किनकि मोआबलाई नष्‍ट गर्नेले तँलाई आक्रमण गर्दैछ, जसले तेरा किल्लाबन्दी गरिएका सहरहरूलाई नष्‍ट गर्नेछ ।
JER 48:19 ए अरोएरमा बस्‍ने मानिसहरू हो, बाटोमा खडा होओ र हेर । भागिरहेका र उम्किरहेकाहरूला सोध, 'के भएको छ ?'
JER 48:20 मोआब लाजमा परेको छ, किनकि यसलाई चूरचूर पारिएको छ । रोओ र विलाप गर! मदतको लागि गुहार! मोआब सर्वनाश पारिएको छ भनी अर्नोन नदीको किनारमा बस्‍ने मानिसहरूलाई बताओ ।
JER 48:21 दण्ड पहाडी इलाकाहरूमा आएको छ– होलोन, यहसाह र मेपातमाथि,
JER 48:22 दीबोन, नेबो र बेथ-दिब्लातैममाथि,
JER 48:23 किर्यातैम, बेथ-गमूएल र बेथ-मोनमाथि,
JER 48:24 किर्योत, बोज्रा र मोआब देशका नजिक र टाढाका सबै सहरमाथि आएको छ ।
JER 48:25 मोआबको सिङ टुक्रा-टुक्रा पारिएको छ । यसको पाखुरा भाँचिएको छ, यो परमप्रभुको घोषणा हो ।
JER 48:26 त्यसलाई मत्त्याओ, किनकि त्यो परमप्रभुको विरुद्धमा अहङ्कारी भयो । मोआब आफ्नै बान्तामा लडीबडी खेलोस्, र त्यो हाँसोको पात्र बनोस् ।
JER 48:27 किनकि के इस्राएल तेरो लागि हाँसोको पात्र बनेको थिएन र ? के त्यसलाई चोरहरूका बिचमा पाइएको थियो ताकि तैंले त्यससित प्रायः कुरा गर्दा तैंले तेरो शिर हल्लाइस् ?
JER 48:28 ए मोआबका बासिन्दाहरू हो, सहरहरूलाई छोड र चट्टानहरूमा छाउनी हाल । चट्टानको दुलोको मुखमा गुँड लगाउने ढुकुरजस्तो होओ ।
JER 48:29 हामीले मोआबको घमण्ड अर्थात् त्यसको अहङ्कार, त्यसको हठ, त्यसको शेखी, त्यसको आत्मगौरव र त्यसको हृदयमा भएको छलको बारेमा सुनेका छौं ।
JER 48:30 यो परमप्रभुको घोषणा हो, त्यसको अटेरी बोली म आफैंलाई थाहा छ, जुन त्यसका कामहरूजस्तै व्यर्थको छ ।
JER 48:31 त्यसैले म मोआबको निम्ति विलाप गर्नेछु, र म सारा मोआबको लागि शोकमा काराउनेछु । म कीर-हरेशेतका मानिसहरूका लागि विलाप गर्नेछु ।
JER 48:32 ए सिब्माका दाखको बोट हो, याजेरको लागि रोएको भन्दा म तेरो लागि बढी रुनेछु । तेरा हाँगाहरू नुनको समुद्र पार गरी याजेरसम्मे पुगे । विनाशकहरूले तेरो ग्रीष्म ऋतुको फल र तेरो दाखमद्यलाई आक्रमण गरेका छन् ।
JER 48:33 मोआब देश र त्‍यसका फल फलाउने रुखहरूबाट उत्सव र रमाहट खोसिएको छ । तिनीहरूका दाखको कोलबाट दाखको रस मैले बन्द गरेको छु । तिनीहरू आनन्दले कराउँदै कुल्चनेछैनन् । कुनै पनि स्‍वर आनन्दको स्‍वर हुनेछैन ।
JER 48:34 तिनीहरू रोएको सोर हेश्बोनबाट एलालेसम्म र सोअरदेखि होरोनैम र एग्लत-शलीशियाहसम्मै सुनिएको छ, किनकि निम्रीमको पानी सुकिसकेको छ ।
JER 48:35 किनकि मोआबमा आफ्ना देवताहरूलाई उच्‍च स्थानहरूमा बलिदान चढाउने र धुप बाल्नेहरू जोकसैलाई म खतम पार्नेछु, यो परमप्रभुको घोषणा हो ।
JER 48:36 त्यसैले मेरो हृदयले मोआबको लागि बाँसुरीझैं विलाप गर्दैछ । कीर-हरेशेतका मानिसहरूका लागि मेरो हृदयले बाँसुरीझैं विलाप गर्दैछ । तिनीहरूले कमाएका धन-सम्पत्ति नष्‍ट भएका छन् ।
JER 48:37 किनकि हरेक तालु खुइलेको छ, र हरेक दारी खौरिएको छ । हरेकको हात काटेर चिरिएको छ, र तिनीहरूका कम्मरको चारैतिर भाङ्ग्रा छ ।
JER 48:38 मोआबको हरेक समतल कौसी र मोआबका चोकहरूमा जताततै शोक छ । किनकि मैले मोआबलाई कसैले नचाहने भाँडोलाई झैं नाश पारेको छु, यो परमप्रभुको घोषणा हो ।
JER 48:39 त्यो कस्तो चूरचूर पारिएको छ! आफ्‍नो विलापमा तिनीहरू कसरी रुन्छन्! मोआबले लाजमा आफ्नो पिठिउँ फर्काउँछ । त्यसैले आफ्नो वरिपरि भएका सबैका लागि मोआब हाँसो र त्रासको पात्र बन्‍नेछ ।”
JER 48:40 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “शत्रु मोआबमाथि आफ्नो पखेटा फैलाउँदै गरुडझैं उडेर आउनेछ ।
JER 48:41 किर्योत कब्जा गरिएको छ, र यसका किल्लाहरू घेरिएका छन् । किनकि त्यस दिन मोआबका सिपाहीहरूका हृदयहरू प्रसव-वेदनामा भएका स्‍त्रीहरूका हृदयझैं हुनेछन् ।
JER 48:42 त्यसैले मोआब पूर्ण रूपमा नष्‍ट पारिनेछ, र यो फेरि एउटा जाति रहनेछैन, किनकि परमप्रभुको विरुद्धमा यसले आफैलाई ठुलो बनायो ।
JER 48:43 ए मोआबका बासिन्दा हो, तँमाथि त्रास, खाडल र पासो आउँदैछन्, यो परमप्रभुको घोषणा हो ।
JER 48:44 त्रासको कारणले भाग्‍ने जो कोही पनि खाडलमा खस्‍नेछ, र खाडलबाट निस्केर आउने जो कोही पनि पासोमा पर्नेछ, किनकि म तिनीहरूमाथि मेरो बदलाको वर्षमा यी कुरा ल्याउनेछु, यो परमप्रभुको घोषणा हो ।
JER 48:45 भागेर जानेहरू ताकतविनै हेश्बोनको छायामा अडिनेछन्, किनकि हेश्बोनबाट आगो निस्कनेछ, सीहोनको बिचबाट ज्वाला आउनेछ । यसले मोआबको निधारलाई भस्म पार्नेछ, र घमण्डी मानिसहरूका शिरको थाप्लोलाई जलाइदिन्छ ।
JER 48:46 ए मोआब, तँलाई धिक्‍कार छ! कमोशका मानिसहरू नष्‍ट पारिएका छन्, किनकि तेरा छोराहरू कैदीको रूपमा लगिएका छन्, र तेरा छोरीहरू निर्वासनमा लगिएका छन् ।
JER 48:47 तर पछिल्ला दिनमा म मोआबको सुदिन फर्काइदिने छु, यो परमप्रभुको घोषणा हो । मोआबको इन्साफ यहीँ समाप्‍त हुन्छ ।
JER 49:1 अम्मोनीहरूको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छ, “के इस्राएलका छोराछोरी छैनन् र ? के इस्राएलमा कुनै उत्तराधिकारी छैन ? किन मोलोखले गाद कब्जा गर्छ र त्यसका मानिसहरू यसका सहरहरूमा बस्छन् त ?
JER 49:2 त्यसैले, यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म अम्मोनीहरूका बिचमा रब्बाको विरुद्धमा युद्ध-ध्वनीको लागि सङ्केतको आवाज निकाल्नेछु, यसरी यो भग्‍नावशेषको थुप्रो हुनेछ, र यसका गाउँहरूमा आगो लगाइनेछ । किनकि इस्राएललाई अधिकार गर्नेहरूलाई त्यसले अधिकार गर्नेछ,” परमप्रभु भन्‍नुहुन्छ ।
JER 49:3 ए हेश्बोन, विलापको आवाज निकाल्, किनकि ऐ सहरलाई सर्वानाश गरिनेछ । ए रब्बाकी छोरीहरू हो, चिच्‍च्याओ । भाङ्ग्रा लगाओ । विलाप गर, र व्यर्थैमा यताउता कुद, किनकि मोलोख त्यसका पुजारीहरू र अगुहरूसँगै निर्वासनमा लगिनेछ ।
JER 49:4 ए विश्‍वासहीन छोरी, तँ किन तेरा ज्यादै फलवन्त बेँसीहरूको विषयमा घमण्ड गर्छेस् ? आफ्नो धन-सम्पत्तिमा भरोसा गरी तँ भन्छस्, 'मेरो विरुद्धमा को आउनेछ ?'
JER 49:5 यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, हेर्, मैले तँमाथि त्रास ल्याउनै लागेको छु, यो त्रास तेरो वरिपरि भएका सबैबाट आउनेछ । यसको सामु तिमीहरू हरेक तितरबितर हुनेछौ । ती भाग्‍नेहरूलाई जम्मा गर्ने कोही पनि हुनेछैन ।
JER 49:6 तर यसपछि म अम्मोनका मानिसहरूको सुदिन फर्काउनेछु, यो परमप्रभुको घोषणा हो ।”
JER 49:7 एदोमको विषयमा सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “के तेमानमा अबदेखि कुनै बुद्धि पाइँदैन ? के समझदारहरूबाट असल सल्लाह गायब भएको छ ? के तिनीहरूको बुद्धि भ्रष्‍ट भएको छ ?
JER 49:8 ए ददानमा बासिन्दाहरू हो, भाग र फर्क, जमिनका गुफाहरूमा बस । किनकि मैले त्यसलाई दण्ड दिने बेलामा म त्यसमाथि एसावको विपत्ति ल्याउँदैछु ।
JER 49:9 दाख टिप्नेहरू तँकहाँ आए भने के तिनीहरूले केही दानाहरू छोड्‍दैनन् र ? रातमा चोरहरू आए भने के तिनीहरूले आफूले चाहे जति मात्र लैजाँदैनन् र ?
JER 49:10 तर मैले एसावलाई नाङ्गै पारेको छु । मैले त्यसका लुक्‍ने ठाउँहरू देखाएको छु, यसैले उसले आफैलाई लुकाउन सक्‍नेछैन । त्यसका छोराछोरी, दाजुभाइ र छिमेकीहरू नष्‍ट पारिएका छन्, र त्यो नष्‍ट भएको छ ।
JER 49:11 तेरा अनाथहरूलाई पछाडि छोड् । तिनीहरूका जीवनको हेरचाह म गर्नेछु, र तेरा विधवाहरूले ममाथि भरोसा गर्न सक्छन् ।”
JER 49:12 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर, कचौरा पिउनु नपर्नेले त निश्‍चय नै केही पिउनैपर्छ । के तँचाहिं दण्डविना उम्कन्छस् भनी सोच्छस् ? तँ उम्कने छैनस्, किनकि तैंले निश्‍चय नै पिउनेछस् ।
JER 49:13 यो परमप्रभुको घोषणा हो, म आफैले यो शपथ खाएको छु, कि बोज्रा त्रास, अपमान, उजाड र सरापको पात्र बन्‍नेछ । यसका सबै सहर सदाको लागि सर्वनाश पारिनेछन् ।
JER 49:14 मैले परमप्रभुबाट समाचार सुनेको छु, र जातिहरूकहाँ एक जना सन्देशवाहक पठाइएको छ, 'एकसाथ जम्मा होओ र त्यसलाई आक्रमण गर । युद्धको लागि तयार रहो ।'
JER 49:15 “किनकि हेर! अरू जातिहरूको तुलनामा मैले तँलाई सानो, मानिसहरूद्वारा घृणित तुल्याएको छु ।
JER 49:16 तेरो त्रासको विषयमा, ए चट्टानका ठाउँहरूमा बस्‍ने बासिन्दाहरू हो, तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ, गरुडले झैं तैंले आफ्नो गुँड अग्लो ठाउँमा बनाउन भनेर अग्ला डाँडाका टाकुराहरू ओगटेर बस्‍नेहरू हो, म त्यहाँबाट तँलाई तल झार्नेछु, यो परमप्रभुको घोषणा हो ।
JER 49:17 एदोमबाट भएर जाने हरेकको लागि यो त्रासको पात्र बन्‍नेछ । यसका सबै विपत्तिको कारण हरेक व्यक्ति तर्सनेछ र गिल्ला गर्नेछ ।
JER 49:18 जसरी सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूको पतन भयो,” परमप्रभु भन्‍नुहुन्‍छ, “त्यहाँ कोही पनि बस्‍नेछैन । कुनै पनि व्यक्ति त्यहाँ रहनेछैन ।
JER 49:19 हेर्, यर्दनका जङ्गलहरूबाट हरिया खर्कहरूमा सिंहझैं ऊ माथितिर उक्लनेछ । किनकि म एदोमलाई त्‍यहाँबाट तुरुन्‍तै भाग्‍ने बनाउने छु, र चुनिएको कुनै व्‍यक्‍तिलाई म त्‍यसको जिम्मा लगाउनेछु । किनकि मजस्तो को छ र कसले मलाई बोलाउनेछ ? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ ?”
JER 49:20 “त्यसैले परमप्रभुले एदोमको विरुद्धमा निधो गर्नुभएका योजनाहरू, तेमानका बासिन्दाहरूको विरुद्धमा बनाउनुभएका योजनाहरू सुन । निश्‍चय नै तिनीहरूका स-साना बगालका पनि घिस्याएर लगिनेछन् । तिनीहरूका खर्कहरू उजाड-स्थानमा परिणत हुनेछन् ।
JER 49:21 तिनीहरूको पतनको सोरमा पृथ्वी हल्लिन्छ । निराशाको चित्‍कारको सोर लाल समुद्रमा सुनिनेछ ।
JER 49:22 हेर्, कसैले बोज्रालाई गरुडझैं आक्रमण गर्नेछ, तलतिर बेग हानी यसमाथि आफ्ना पखेटा फैलाउनेछ । तब त्यस दिनमा एदोमका सिपाहीहरूका हृदयहरू प्रसव-वेदनामा भएकी स्‍त्रीको हृदयजस्तै हुनेछन् ।”
JER 49:23 दमस्कसको विषयमाः “हमात र अर्पाद लाजमा पर्नेछन्, किनकि तिनीहरूले विपत्तिको खबर सुनेका छन् । तिनीहरू पग्‍लेर जान्छन् । तिनीहरू शान्त नरहने समुद्रझैं छटपठीमा हुन्छन् ।
JER 49:24 दमस्कस साह्रै कमजोर भएको छ । यो भाग्‍नलाई फर्कन्छ । त्रासले यसलाई पक्रन्‍छ । प्रसव-वेदनामा भएकी स्‍त्रीझैं निराशा र पीडाले यसलाई पक्रन्छन् ।
JER 49:25 त्यो प्रशंसाको सहर अर्थात् मेरो आनन्दको नगर किन त्यागिएको छैन ?
JER 49:26 त्यसकारण त्यस दिन त्‍यसका युवाहरू सार्वजनिक ठाउँहरूमा ढल्नेछन्, र सबै योद्धा नष्‍ट हुनेछन्, यो सर्वशक्तिमान् यो परमप्रभुको घोषणा हो ।”
JER 49:27 “किनकि दमस्कसको पर्खालमा म आगो लगाउनेछु, र यसले बेन-हददका किल्लाहरूलाई भस्म पार्नेछ ।”
JER 49:28 केदार र हासोरका राज्यहरूको विषयमा परमप्रभु नबूकदनेसरलाई यसो भन्‍नुहुन्छ (यति बेला बेबिलोनका राजा नबूकदनेसरले यी ठाउँहरूलाई आक्रमण गर्न लागेका थिए): “उठ्, र केदारलाई आक्रमण गर्, अनि पूर्वका ती मानिसहरूलाई नष्‍ट पार् ।
JER 49:29 तिनीहरूका पाल र तिनीहरूका बगाल लगिनेछन्, साथमा तिनीहरूका पालका पर्दाहरू र तिनका सबै सरसामान पनि । तिनीहरूका ऊँटहरू तिनीहरूबाट लगिनेछन्, र मानिसहरू तिनीहरूमाथि चिच्‍याउनेछन्, 'त्रास जताततै छ!”
JER 49:30 ए हासोरका बासिन्दाहरू हो, भाग, धेरै टाढा जाओ, जमिनका गुफाहरूमा लुक, यो परमप्रभुको घोषणा हो— किनकि बेबिलोनका राजा नबूकदनेसरले तिमीहरूको विरुद्धमा योजना रच्दैछ । भाउ, पछि फर्क ।
JER 49:31 उठ्, आराम भएको जातिलाई आक्रमण गर, जुन सुरक्षामा बस्‍छ,” परमप्रभु भन्‍नुहुन्छ । “तिनीहरूका मूल ढोकाहरू वा तिनमा गजबारहरू छैनन्, अनि त्यसका मानिसहरू त्‍यत्तिकै बस्छन् ।
JER 49:32 किनकि तिनीहरूका ऊँटहरू लुटको माल बन्‍नेछन्, र तिनीहरूको प्रचुर धन-सम्पत्ति युद्धमा लुटिने माल बन्‍नेछन् । तब शोकमा आफ्‍ना कपाल काट्ने हरेकलाई म हावामा तितरबितर पार्नेछु, र तिनीहरूमाथि म हरेक कुनाबाट विपत्ति ल्याउनेछु, यो परमप्रभुको घोषणा हो ।
JER 49:33 हासोर स्यालहरूको अखडा अर्थात् सदाको निम्ति उजाड-स्थान बन्‍नेछ । त्यहाँ कोही बस्‍नेछैन । कुनै मानिस त्यहाँ रहनेछैन ।”
JER 49:34 एलामको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो । यहूदाका राजा सिदकियाहले राज्‍य गर्न सुरु गर्दा यो वचन आएको थियो, र तिनले भने,
JER 49:35 “सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, मैले एलामका धनुर्धारीहरूलाई तोड्नै लागेको छु, जुन तिनीहरूको शक्तिको मुख्य कुरा हो ।
JER 49:36 किनकि आकाशका चार कुनाबाट म चारवटा बतास ल्याउनेछु, र एलामका मानिसहरूलाई म ती सबै हावामा तितरबितर पार्नेछु । त्‍यहाँ कुनै राज्‍य नै हुनेछैन जहाँ एलामबाट छरिएकाहरू नपुगेको होस् ।
JER 49:37 यसरी एलामीहरूलाई म तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूको सामु चूरचूर पार्नेछु । किनकि म तिनीहरूको विरुद्धमा विपत्ति अर्थात् मेरो क्रोधको ज्वाला दन्काउनेछु— यो परमप्रभुको घोषणा हो— र मैले तिनीहरूलाई निमिट्ट्यान्‍न नपारेसम्म म तिनीहरूका पछि तरवार पठाउनेछु ।
JER 49:38 त्यसपछि एलाममा म आफ्‍नो सिंहासन स्थापित गर्नेछु, र त्‍यहाँबाट त्‍यसका राजाहरू र अगुवाहरूलाई नष्‍ट पार्नेछु— यो परमप्रभुको घोषणा हो—
JER 49:39 र यस्‍तो हुनेछ कि पछिल्ला दिनहरूमा म एलामको सुदिन फर्काउनेछु— यो परमप्रभुको घोषणा हो ।”
JER 50:1 यर्मिया अगमवक्ताको हातद्वारा कल्दीहरूको देश बेबिलोनको विषयमा परमप्रभुले घोषणा गर्नुभएको वचन यही हो,
JER 50:2 “जातिहरूलाई खबर गर र तिनीहरूलाई सुन्‍न लगा । सङ्केत उठा र तिनीहरूलाई सुन्‍न लगा । यसलाई नलुका । यसो भन्, 'बेबिलोनलाई लिइएको छ । बेललाई लाजमा पारिएको छ । मरोदक हताश भएको छ । यसका मूर्तिहरू लाजमा पारिएका छन् । यसका प्रतिमाहरू हताश पारिएका छन् ।'
JER 50:3 यसको विरुद्धमा उत्तरबाट एउटा जातिको उदय हुनेछ, र यसको देशलाई उजाड पार्नेछ । यसमा कोही बस्‍ने छैन । मानिस र पशु दुवै भाग्‍नेछन् ।
JER 50:4 यो परमप्रभुको घोषणा हो, ती दिनमा र त्‍यो समयमा इस्राएल र यहूदाका मानिसहरू रुँदैरुँदै जान र परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर्न सँगसँगै आउनेछन् ।
JER 50:5 तिनीहरूले सियोनतिर जाने बाटो सोध्‍नेछन्, र यसो भन्दै त्‍यतैतिर फर्कनेछन्, हामि जानेछौं र परमप्रभुसित कहिलै नबिर्सिने अनन्त करारमा सहभगी हुनेछौं ।”
JER 50:6 मेरा मानिसहरू एउटा हराएको बगाल भएको छ । तिनीहरूका गोठालाहरूले तिनीहरूलाई पहाडहरूमा बरालिदिएका छन् । तिनीहरूले उनीहरूलाई एउटा पहाडदेखि अर्को पडाहमा फर्काएका छन् । तिनीहरू गए, अनि आफू बसेको ठाउँ तिनीहरूले बिर्से ।
JER 50:7 तिनीहरूकहाँ जाने हरेकले तिनीहरूलाई निले । तिनीहरूका वैरीहरूले भने, 'हामी दोषी छैनौं, किनकि तिनीहरूले परमप्रभु, आफ्‍ना साँचो घर, आफ्‍ना पुर्खाहरूको आशाको विरुद्धमा पाप गरे ।'
JER 50:8 बेबिलोनको बिचबाट निस्केर आओ । कल्दीहरूको देशबाट बाहिर जाओ । बोकाहरूजस्ता होओ जुन अरू बगालभन्दा अगिअगि जान्‍छन् ।
JER 50:9 किनकि हेर, मैले काम गर्न र बेबिलोनको विरुद्धमा उत्तरबाट म महान् जातिहरूको समूहलाई खडा गर्न लागेको छु । तिनीहरू आफै त्यसको विरुद्धमा व्यवस्थित हुनेछन् । त्यहाँबाट बेबिलोन कब्जा गरिनेछ । तिनीहरूका काँडहरू निपुण योद्धाजस्ता छन् जो रित्तो हात फर्कँदैनन् ।
JER 50:10 कल्दी लुटको माल बन्‍नेछ । यसलाई लुट्नेहरू सबै सन्तुष्‍ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।
JER 50:11 तँ रमाउँछस् । मेरो उत्तराधिकारको लुटको मालमा तैंले उत्सव मनाउँछस् । खर्कमा नाच्ने बाछोझैं तँ वरिपरि उफ्रन्छस् । शक्तिशाली घोडाझैं तँ हिनहिनाउँछस् ।
JER 50:12 त्यसैले तेरी आमा अत्यन्तै लज्‍जित हुनेछे । तँलाई जन्म दिने शर्ममा पर्नेछे । हेर, त्‍यो जातिहरूका बिचमा नीच हुनेछे । त्यो उजाड, सक्खा भूमि र मरुभूमि हुनेछे ।
JER 50:13 परमप्रभुको क्रोधको कारणले बेबिलोनमा आबादी हुनेछैन, तर यो पूर्ण रूपमा सर्वनाश हुनेछ । बेबिलोनको कारणले यसबाट भएर जाने हरेक व्‍यक्‍ति तर्सनेछ, र यसका सबै चोटको कारण तिनीहरू गिल्‍ला गर्नेछन् ।
JER 50:14 बेबिलोनको चारैतिर भएकाहरू हो, यसको विरुद्धमा आफैलाई व्यवस्थित गर । धनु तन्काउने हरेकले यसलाई प्रहार गर्नुपर्छ । आफ्नो कुनै पनि काँड बाँकी नराख, किनकि त्यसले परमप्रभुको विरुद्धमा पाप गरेको छ ।
JER 50:15 चारैतिर त्यसको विरुद्धमा सोर उच्‍च पार । त्यसले आत्मसमर्पण गरेको छ । त्यसका धरहराहरू ढलेका छन् । त्यसका पर्खालहरू भत्काइएका छन्, किनकि यो परमप्रभुको बदला हो । त्यसमाथि बदला लेओ । त्यसले जस्‍तो गरेको छ तेस्तै त्यसलाई गर ।
JER 50:16 बेबिलोनमा बीउ छर्ने किसान र कटनीको समयमा हँसिया प्रयोग गर्ने दुवैलाई नाश पार । अत्याचारीको तरवारबाट हरेक व्यक्ति आफ्नै मानिसहरूकहाँ फर्कोस् । तिनीहरू आफ्नै देशमा फर्कून् ।
JER 50:17 इस्राएल सिंहहरूद्वारा तितरबितर पारिएको र लखेटिएको भेडा हो । पहिले अश्शूरका राजाले त्यसलाई खायो । त्यसपछि बेबिलोनका राजाले त्यसका हड्‍डीहरू भाँचिदियो ।
JER 50:18 त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हेर्, मैले बेबिलोनका राजा र त्यसको देशलाई दण्ड दिनै लागेको छु, जसरी मैले अश्शूरको देशलाई दण्ड दिएँ ।
JER 50:19 इस्राएललाई त्यसको मातृभूमिमा म पुनर्स्थापित गर्नेछु । ऊ कर्मेल र बाशानमा चर्नेछ । त्यसपछि ऊ एफ्राइम र गिलादका पहाडी इलाकामा सन्तुष्‍ट हुनेछ ।
JER 50:20 परमप्रभु भन्‍नुहुन्छ, ती दिनमा र त्यो समयमा इस्राएलमा अधर्मको खोजी गरिनेछ, तर केही पनि पाइनेछैन । यहूदाका पापको विषयमा म जाँचबुझ गर्नेछु, तर केही पनि पाइने छैन, किनकि मैले जोगाउने बाँकीहरूलाई म क्षमा दिनेछु ।”
JER 50:21 “मरातैम देश र पकोदका बासिन्दाहरूको विरुद्धमा खडा होओ । यो परमप्रभु घोषणा हो, तिनीहरूलाई तरवारमा राख, र विनाशको लागि तिनीहरूलाई अलग गर— मैले तिमीहरूलाई आज्ञा गरेझैं हरेक कुरा गर ।
JER 50:22 देशमा युद्धको ध्वनी र विशाल विनाशको सोर सुनिएको छ ।
JER 50:23 सबै देशका घन काटेर टुक्रा-टुक्रा पारेर नाश गरिएका छन् । जातिहरूका बिचमा बेबिलोनचाहिं एउटा नष्‍ट गरिएको ठाउँ भएको छ ।
JER 50:24 ए बेबिलोन, मैले तेरो लागि एउटा पासो थापेको छु, र तँ निर्वासनमा लगिइस् अनि तँलाई त्‍यसको बारेमा थाहा नै भएन । तँलाई भेट्टाइयो र कब्जा गरियो, किनकि तैंले परमप्रभुको विरोध गरिस् ।
JER 50:25 परमप्रभुले आफ्नो अस्‍त्रभण्‍डार खोल्‍नुभएको छ, र आफ्नो रिसले काम गर्ने उहाँले हातहतियार ल्याउँदै हुनुहुन्छ । कल्दीहरूको देशमा सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको काम छ ।
JER 50:26 टाढाबाट त्यसलाई आक्रमण गर । त्यसका अन्‍नका ढुकुटीहरू खुला गर, र त्यसलाई अन्‍नको थुप्रोझैं थुपार । त्यसलाई विनाशको लागि अलग गर । त्यसको बाँकी रहेको एउटैलाई पनि नछोड ।
JER 50:27 त्यसका सबै साँढेहरूलाई मार । तिनीहरूलाई काटिने ठाउँमा पठाओ । तिनीहरूलाई धिक्‍का छ! किनकि तिनीहरूका दिन— तिनीहरूका दण्डको समय आएको छ ।
JER 50:28 बेबिलोनको देशबाट भागिरहेकाहरू र त्‍यहाँ बाँचेकाहरूको आवाज सुनिन्छ । यिनीहरूले सियोनका लागि परमप्रभु हाम्रा परमेश्‍वरको बदला र उहाँको मन्दिरको बदलाको खबर दिनेछन् ।”
JER 50:29 “बेबिलोनको विरुद्धमा काँड हान्‍नेहरू, आफ्‍ना धनु तान्‍नेहरूलाई बोलाओ । त्यसको विरुद्धमा छाउनी हाल, र कोही पनि भाग्‍न नपाओस् । त्यसले गरेको कामअनुसार त्यसको बदला लेओ । त्यसले प्रयोग गरेको नापअनुसार त्यसलाई गर । किनभने त्यसले परमप्रभु, इस्राएलका परमपवित्रलाई दुषित पारेको थियो ।
JER 50:30 त्यसैले त्यसका युवाहरू सहरका चोकहरूमा ढल्‍नेछन्, र त्यस दिन त्यसका योद्धाहरू नष्‍ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।”
JER 50:31 “हेर्, अहङ्कारी, म तेरो विरुद्धमा छु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, किनकि ए अहंकारी, तँलाई दण्ड दिने तेरो दिन आइपुगेको छ, जति बेला म तँलाई दण्‍ड दिनेछु ।
JER 50:32 त्यसैले अहङ्कारीहरू ठक्‍कर खानेछन् र ढल्‍नेछन् । कसैले तिनीहरूलाई उठाउनेछैन । म तिनीहरूका सहरहरूमा आगो लगाउनेछु । त्‍यसले उसको वरिपरि भएको हरेक कुरोलाई भस्म पार्नेछ ।
JER 50:33 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः यहूदाका मानिसहरूसँगै इस्राएलका मानिसहरूलाई थिचोमिचो गरिएको छ । तिनीहरूलाई कब्जा गर्नेहरूले अझै पनि तिनीहरूलाई थुनिराखेका छन् । तिनीहरूले उनीहरूलाई जान दिन इन्‍कार गर्छन् ।
JER 50:34 तिनीहरूलाई छुटकारा दिने बलवान् हुनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो । देशमा चैन ल्याउन र बेबिलोनमा बस्‍नेहरूकहाँ द्वन्‍द ल्याउन उहाँले साँच्‍चै तिनीहरूको पक्षमा बोल्नुहुनेछ ।
JER 50:35 यो परमप्रभुको घोषणा हो, कल्दीहरूको विरुद्धमा र बेबिलोनका बासिन्दाहरू, त्‍यसका अगुवाहरू र यसका बुद्धिमानी मानिसहरूको विरुद्धमा एउटा तरवार छ ।
JER 50:36 व्यर्थका कुराहरू गर्नेहरूको विरुद्धमा तरवार छ । तिनीहरू मूर्ख हुनेछन् । त्यसका सिपाहीहरूको विरुद्धमा तरवार छ । तिनीहरू त्रासले भरिनेछन् ।
JER 50:37 तिनीहरूका घोडाहरू, तिनीहरूका रथहरू र बेबिलोनको बिचमा भएका सबै मानिसको विरुद्धमा तरवार छ, यसैले तिनीहरू स्‍त्रीहरूझैं हुनेछन् । त्यसका भण्डारहरूमा तरवार आउँदैछ, र ती लुटिनेछन् ।
JER 50:38 त्यसका नदीहरूमा खडेरी पर्दैछ, र ती सुक्‍नेछन् । किनकि त्यो बेकम्मा मूर्तिहरूको देश हो, र आफ्ना डरलाग्दा मूर्तिहरूद्वारा बौलाहा बनाइएका मानिसहरूले झैं तिनीहरू व्यवहार गर्छन् ।
JER 50:39 स्यालहरूसँगै मरुभूमिका जनावरहरू त्यहाँ बस्‍नेछन्, र अस्ट्रिचका बच्‍चाहरू त्यहाँ बस्‍नेछन् । किनकि त्यसमा फेरि कहिल्यै बासिन्‍दा बस्‍नेछैनन् । पुस्तादेखि पुस्तासम्म त्यहाँ कोही पनि बस्‍नेछैन ।
JER 50:40 जसरी परमेश्‍वरले सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूलाई नष्‍ट गर्नुभयो, त्यसरी नै त्यहाँ कोही बस्‍नेछैन, कुनै व्यक्ति त्यहाँ रहनेछैन, यो परमप्रभुको घोषणा हो ।”
JER 50:41 “हेर, उत्तरबाट एउटा जाति आउँदैछ । पृथ्वीको पल्लो छेउबाट एउटा जाति र धेरै राजाहरूलाई उत्तेजित पारिंदैछ ।
JER 50:42 तिनीहरूले धनु र भालाहरू उठाउनेछन् । तिनीहरू क्रुर छन् र दया देखाउँदैनन् । ए बेबिलोनकी छोरी हो, तिनीहरूको सोर समुद्रको गर्जनझैं छ, र युद्ध गर्न तयार मानिसहरूझैं तेरो विरुद्धमा तिनीहरू घोडामा सवार हुँदैछन् ।
JER 50:43 बेबिलोनका राजाले तिनीहरूको बारेमा खबर सुन्यो, र त्यसका हात चिन्ताले फतक्‍कै गले । प्रसव-वेदनामा परेकी स्‍त्रीझैं वेदनाले त्यसलाई समात्यो ।
JER 50:44 हेर्, त्यो यर्दनका जङ्गलहरूबाट सधैं हरिया रहने ठाउँमा सिंहझैं माथि उक्लनेछ । किनकि तिनीहरूलाई म तुरुन्‍तै त्यहाँबाट भाग्‍न लगाउनेछु, र यसको जिम्मामा म चुनिएको कसैलाई नियुक्त गर्नेछु । किनकि मजस्तो को छ अनि कसले मलाई बोलाउनेछ र ? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ ?
JER 50:45 त्यसैले परमप्रभुले बेबिलोनको विरुद्धमा निधो गर्नुभएका योजनाहरू, कल्दीहरूको देशको विरुद्धमा उहाँले रच्नुभएका योजनाहरू सुन । निश्‍चय नै स-साना बगालका पनि घिस्याएर लगिनेछन् । तिनीहरूका खर्कहरू उजाड-स्थानमा परिणत हुनेछन् ।
JER 50:46 बेबिलोन पराजित गरिएको सोरमा पृथ्वी हल्लिन्छ, र जातिहरूका बिचमा तिनीहरूको चिन्ताको सोर सुनिन्छ ।”
JER 51:1 “परमप्रभु यसो भन्‍नुहुन्छः ‘हेर्, बेबिलोनको विरुद्धमा र लेब-कमाइमा बस्‍नेहरूको विरुद्धमा समेत मैले विनाशको हुरीबतासलाई उत्तेजित पार्नै लागेको छु ।
JER 51:2 म बेबिलोनमा विदेशीहरू पठाउनेछु । तिनीहरूले त्‍यसलाई तितर-बितर पार्नेछन्, र त्यसको देशलाई सर्वनाश गर्नेछन्, किनकि विपत्तिको दिनमा तिनीहरू चारैतिरबाट त्यसको विरुद्धमा आउनेछन् ।
JER 51:3 धनुर्धारीहरूलाई आफ्ना धनु तान्‍न नदेओ । तिनीहरूलाई कवच लगाउन नदेओ । त्यसका युवाहरूलाई नजोगाऊ । त्यसका सम्पूर्ण सेनालाई विनाशको लागि अलग गर ।
JER 51:4 किनभने घाइते मानिसहरू कल्दीहरूको देशमा ढल्नेछन् । मारिएकाहरू त्यसका सडकहरूमा ढल्नेछन् ।
JER 51:5 किनभने इस्राएल र यहूदाको देश इस्राएलका परमपवित्रको विरुद्धमा गरिएको अपराधले भरिएको भए तापनि सर्वशक्तिमान् परमप्रभु तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई बिर्सनुभएको छैन ।
JER 51:6 बेबिलोनको बिचबाट भाग । हरेक मानिसलाई आफ्नै ज्यान बचाउन देओ । त्यसको अधर्ममा नष्‍ट नहोओ । किनकि यो परमप्रभुको बदलको समय हो । त्यसका सबै कुराको बदला उहाँले लिनुहुनेछ ।
JER 51:7 परमप्रभुको हातमा बेबिलोन एउटा सुनको कचौरा थियो जसले सारा संसारलाई मत्त्‍याएको थियो । जातिहरूले त्यसको दाखमद्य पिए र बौलाहा भए ।
JER 51:8 बेबिलोन अकस्मात् ढल्‍नेछ, र नष्‍ट हुनेछ । त्यसको लागि विलाप गर । त्यसको पीडाको लागि औषधी देओ । सायद त्यो निको हुनेछ ।
JER 51:9 'हामीले बेबिलोनलाई निको पार्न चाह्यौं, तर त्यो निको भएन । हामी सबैले त्यसलाई छोडौं र हाम्रो आफ्नै देशमा जाऔं । किनकि त्यसको दोष आकाशसम्मै पुगेको छ । यो बादलमा थुप्रिएको छ ।
JER 51:10 परमप्रभुले हामीलाई निर्दोष घोषणा गर्नुभएको छ । आओ, सियोनमा परमप्रभु हाम्रा परमेश्‍वरका कामहरू बताऔं ।'
JER 51:11 काँडहरू तिखा बनाओ र ढालहरू उठाओ । बेबिलोनलाई नष्‍ट गर्ने योजनामा परमप्रभुले मादीका राजाको आत्मालाई उत्तेजित पार्दै हुनुहुन्छ । यो परमप्रभुको बदला हो, उहाँको मन्दिरको विनाशको लागि लिइने बदला हो ।
JER 51:12 बेबिलोनका पर्खालहरूमा झण्डा फहराओ । गार्डहरूलाई सजग बनाओ । पहरेदारहरू खडा गर । लुकेर हमला गर्ने ठाउँहरू तयार गर । किनभने बेबिलोनको विषयमा परमप्रभुले जे भन्‍नुभएको छ, त्यो उहाँले गर्नुहुनेछ ।
JER 51:13 ए धेरै पानी भएको ठाउँनेर बस्‍ने मानिसहरू हो, ए धेरै धन-सम्पत्ति भएका मानिसहरू हो, तिमीहरूको अन्त्य आएको छ । तिमीहरूको जीवनको धागो अब काटेर छोटो पारिएको छ ।
JER 51:14 सर्वशक्तिमान् परमप्रभुले आफ्नै जीवनको शपथ खानुभएको छ, ‘सलहको हुलझैं म तिमीहरूका बिचमा मानिसहरूले भर्नेछु, र तिनीहरूले तिमीहरूको विरुद्धमा युद्धको सोर निकाल्ने छन् ।’
JER 51:15 उहाँले आफ्नै शक्तिले पृथ्वी बनाउनुभएको छ । उहाँले आफ्नै बुद्धिले संसारलाई त्‍यसको ठाउँमा राख्‍नुभयो । उहाँले आफ्नो समझशक्तिद्वारा उहाँले आकाशलाई तान्‍नुभयो ।
JER 51:16 उहाँ गर्जनुहुँदा आकाशमा पानीको गड्याङगुडुङ हुन्छ, किनकि उहाँले पृथ्वीको छेउबाट तुवाँलो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि बिजुली चम्काउनुहुन्छ, र आफ्नो भण्डारहरूबाट बतास पठाउनुहुन्छ ।
JER 51:17 हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ । हरेक सुनार उसका मूर्तिहरूद्वारा लाजमा पारिएको छ । किनभने उसले ढालेर बनाएका प्रतिमूर्तिहरू झूटा हुन्, र तिनमा जीवन हुँदैन ।
JER 51:18 ती बेकम्मा छन् । ती गिल्ला गर्नेहरूका काम हुन् । तिनीहरूको दण्डको समयमा ती नष्‍ट हुनेछन् ।
JER 51:19 तर परमेश्‍वर जो याकूबको हिस्सा हुनुहुन्छ, उहाँ यीजस्ता हुनुहुन्‍न, किनकि उहाँले नै सबै थोक बनाउनुहुन्छ । इस्राएल उहाँको उत्तराधिकारको कुल हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
JER 51:20 तँ मेरो युद्धको घन, युद्धको लागि मेरो हतियार हो । तँद्वारा नै म जातिहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र राज्यहरूलाई नष्‍ट पार्नेछु ।
JER 51:21 तँद्वारा नै म घोडाहरू र तिनमा सवार हुनेहरूलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म रथहरू र सारथीहरूलाई टुक्रा-टुक्रा पार्नेछु ।
JER 51:22 तँद्वारा नै म हरेक पुरुष र स्‍त्रीलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म पाकाहरू र बालबालिकालाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म युवाहरू र कन्या केटीहरूलाई टुक्रा-टुक्रा पार्नेछु ।
JER 51:23 तँद्वारा नै म गोठालाहरू र तिनीहरूका बगालहरूलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म जोत्‍ने मानिसहरू र तिनीहरूको समूहलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म गभर्नरहरू र अधिकारीहरूलाई टुक्रा-टुक्रा पार्नेछु ।
JER 51:24 तैंले देख्‍ने गरी म बेबिलोन र कल्दीका सबै बासिन्दालाई बदला लिनेछु, किनकि तिनीहरूले सियोनमा सारा किसिमका दुष्‍ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो ।
JER 51:25 ए विनाशको पहाड, म तेरो विरुद्धमा छु जसले सारा पृथ्वीलाई नष्‍ट पार्छ, यो परमप्रभुको घोषणा हो । तेरो विरुद्धमा म आफ्‍नो हात पसार्नेछु, र तँलाई भिरबाट तल खसाल्‍नेछु, र तँलाई डढेलो लागेको पहाड तुल्याउनेछु ।
JER 51:26 त्यसैले तिनीहरूले भवनको कुने-ढुङ्गो वा जग बसाल्न तँबाट कुनै कुनै ढुङ्गा लिनेछैनन् । किनकि तँ सदाको निम्ति सर्वानाश हुनेछस्, यो परमप्रभुको घोषणा हो ।
JER 51:27 पृथ्वीमा झण्ड फहराओ । जातिहरूका बिचमा तुरही फुक । त्यसलाई आक्रमण गर्न जातिहरू अर्थात् आरारात, मिन्‍नी र अशकनजलाई बोलाओ । त्यसलाई आक्रमण गर्न कमान्‍डर नियुक्त गर । सलहहरूको हुलझैं घोडाहरू ल्याओ ।
JER 51:28 त्यसलाई आक्रमण गर्न जातिहरूलाई तयार पार । मादीका राजाहरू, त्यसका गभर्नरहरू, त्यसका सबै अधिकारी र त्यसले शासन गरेका सबै देशलाई तयार पार ।
JER 51:29 किनकि देश हल्लिनेछ, र वेदनामा हुनेछ, किनकि कुनै बासिन्दा नबस्‍ने गरी बेबिलोनको देशलाई उजाड पार्ने परमप्रभुका योजनाहरू बेबिलोनका विरुद्धमा जारी छन् ।
JER 51:30 बेबिलोनका सिपाहीहरूले लडाइँ गर्न रोकेका छन् । तिनीहरू आ-आफ्ना किल्लाहरूमा बस्छन् । तिनीहरूको ताकत हराएर गएको छ । तिनीहरू स्‍त्रीझैं भएका छन् । त्यसका घरहरू आगो लगाइएका छन्, र त्यसका मूल ढोकाका गजबारहरू भाँचिएका छन् ।
JER 51:31 बेबिलोनका राजाको सहरको एउटा छेउदेखि अर्को छेउसम्म कब्जा गरिएको छ भनी राजालाई सुनाउन एउटा समाचारवाहक अर्को समाचारवाहककहाँ दौडन्छ, र एउटा धावकले अर्को धावकलाई बताउँछ ।
JER 51:32 नदीका जँघारहरू कब्जा गरिएका छन् । शत्रुले सिमसारहरूमा आगो लगाउँदैछ, र बेबिलोनका योद्धाहरू अलमलमा पारिएका छन् ।”
JER 51:33 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनकी छोरी खलाजस्तै छे । यो त्यसलाई कुल्चने समय हो । केही क्षणमा नै त्यसको कटनीको समय आउनेछ ।
JER 51:34 'बेबिलोनका राजा नबूकदनेसरले मलाई खाएको छ, उसले मलाई अलमलमा पारेको छ, र मलाई रित्तो भाँडो बनाएको छ । राक्षसले झैं त्यसले मलाई निलेको छ । मेरा स्वादिष्‍ट खानाले त्यसले आफ्‍नो पेट भरेको छ, र त्यसले मलाई बान्ता गरेर फालेको छ ।'
JER 51:35 सियोनमा बस्‍नेले भन्छ, 'म र मेरो विरुद्धमा गरिएको हिंसा बेबिलोनमाथि नै परोस् ।' यरूशलेमले भन्‍नेछ, 'मेरो रगत कल्दीका बासिन्दाहरूमाथि परोस्' ।”
JER 51:36 त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, मैले तेरो पक्ष लिन र तेरो लागि बदला लिन लागेको छु । किनकि म बेबिलोनको नदी सुकानेछु, र त्यसका पानीका मुहानहरू सुक्खा तुल्यानेछु ।
JER 51:37 बेबिलोन भग्‍नावशेषको थुप्रो, स्यालहरू ओडार, त्रास र गिल्लाको पात्र हुनेछ, जहाँ कोही बासिन्‍दा छैन ।
JER 51:38 बेबिलोनीहरू जवान सिंहहरूजस्तै गर्जन्छन् । तिनीहरू सिंहका बच्‍चाहरूजस्तै कराउँछन् ।
JER 51:39 तिनीहरू लोभले रिसाउँदा म तिनीहरूका निम्ति भोज तयार पार्नेछु । म तिनीहरूलाई मत्त्याउनेछु, यसैले कि तिनीहरू खुसी हुनेछन्, र तिनीहरू चिर निद्रामा सुत्‍नेछन्, अनि बिउँझने छैनन्, यो परमप्रभुको घोषणा हो—
JER 51:40 म तिनीहरूलाई मारिनलाई लगिएका थुमाहरू, बोकाहरूसँगै भेडाहरूझैं तल पठाउनेछु ।
JER 51:41 कसरी बेबिलोनलाई कब्जा गरिएको छ! सारा पृथ्वीको प्रशंसा पक्राउमा परेको छ । कसरी बेबिलोन जातिहरूका बिचमा भग्‍नावशेषको ठाउँ भएको छ!
JER 51:42 बेबिलोनको माथि समुद्र आएको छ । यसका उर्लंदा छालहरूले त्यो ढाकिएको छ ।
JER 51:43 त्यसका सहरहरू उजाड, सुक्खा भूमि र मरुभूमि भएका छन्, जहाँ कोही बस्दैन, र कुनै मानिस त्यताबाट जाँदैन ।
JER 51:44 त्यसैले म बेबिलोनमा नै बेललाई दण्ड दिनेछु । त्यसले आफ्नो मुखमा जे निलेको थियो, त्यो म बाहिर निकाल्नेछु, र जातिहरूले आ-आफ्ना उपहारहरू लिएर फेरि त्यसकहाँ ओइरिने छैनन् । बेबिलोनका पर्खालहरू ढल्नेछन् ।
JER 51:45 ए मेरा मानिसहरू हो, त्यसको बिचबाट बाहिर जाओ । मेरो क्रोधको ज्वालाबाट तिमीहरू हरेले आफ्नो प्राण बचाओ ।
JER 51:46 देशमा सुनिएको खबरले तिमीहरूको हृदयमा डर वा भय नहोस्, किनकि खबर एक वर्षसम्म आउनेछ । यसपछि अर्को वर्ष देशमा खबर र हिंसा हुनेछ । शासक शासकको विरुद्धमा हुनेछ ।
JER 51:47 त्यसकारण, हेर, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म बेबिलोनका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु । त्यसका सारा देश लाजमा पर्नेछन्, र त्यसका मारिएकाहरू सबै त्यसकै बिचमा ढल्नेछन् ।
JER 51:48 त्यसपछि स्वर्ग र पृथ्वी अनि तिनमा भएका सबै कुराले बेबिलोनमाथि रमाहट गर्नेछन् । किनकि त्यसका विनाशकहरू उत्तरबाट आउनेछन्— यो परमप्रभुको घोषणा हो ।
JER 51:49 जसरी बेबिलोनले इस्राएलका मारिएकाहरूलाई ढालेको छ, त्यसरी नै त्यस देशका मारिएकाहरू बेबिलोनमा ढल्‍नेछन् ।
JER 51:50 तरवारबाट बाँचेकाहरू हो, जाओ । अझै नबस । टाढा-टाढाबाट मनले परमप्रभुलाई पुकार । यरूशलेमको सम्झना गरियोस् ।
JER 51:51 हामी लज्‍जित छौं, किनकि हामीले अपमान सुनेका छौं । निन्दाले हाम्रा मुहार ढाकेको छ, किनकि विदेशीहरू परमप्रभुको मन्दिरको पवित्रस्थानमा छिरेका छन् ।
JER 51:52 त्यसकारण, हेर्, यो परमप्रभुको घोषणा हो, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म त्यसका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु, र त्यस देशका चारैतिर घाइते मानिसहरू पीडामा कराउनेछन् ।
JER 51:53 किनकि बेबिलोन स्वर्गसम्मै उक्ले वा त्यसका अग्ला-अग्ला किल्लाहरूलाई मजबुत बनाए तापनि, मबाट त्यसकहाँ विनाशकहरू आउनेछन्— यो परमप्रभुको घोषणा हो ।
JER 51:54 बेबिलोनबाट निराशाको चित्‍कार, कल्दीहरूको देशबाट ठुलो विनाश आयो ।
JER 51:55 किनकि परप्रभुले बेबिलोनलाई नाश पार्दै हुनुहुन्छ । उहाँले त्यसको ठुलो सोरलाई नष्‍ट पार्दै हुनुहुन्छ । तिनीहरूका शत्रुहरू धेरै पानीको छालझैं गर्जन्छन् । तिनीहरूको हल्ला अत्यन्तै बलियो हुन्छ ।
JER 51:56 किनकि विनाशकहरू बेबिलोनको विरुद्धमा आएका छन्, र त्यसका योद्धाहरू कब्जामा परेका छन् । तिनीहरूका धनुहरू भाँचिएका छन्, किनकि परमप्रभु बदलाको परमेश्‍वर हुनुहुन्छ । उहाँले निश्‍चय नै यो बदला लिनु नै हुनेछ ।
JER 51:57 किनकि म त्यसका राजकुमारहरू, बुद्धिमान् मानिसहरू, अधिकारीहरू र सिपाहीहरूलाई मत्त्याउनेछु, र तिनीहरू चिर निद्रामा सुत्‍नेछन् अनि कहिलै बिउँझने छैनन्—द यो महाराजाको घोषणा होः उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो ।
JER 51:58 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः बेबिलोनका चौडा पर्खालहरू पूर्ण रूपमा भत्काइनेछन्, र त्यसका अग्ला-अग्ला मूल ढोकाहरू जलाइनेछन् । तब त्यसलाई सहयोग गर्न आउने मानिसहरूले व्यर्थैमा परिश्रम गर्नेछन् । जातिहरूले त्यसको लागि गर्न खोज्ने हरेक कुरो जलाइनेछ ।”
JER 51:59 यहूदाका राजा सिदकियाहले राज्‍य सुरु गरेको चौथो वर्षमा तिनी बेबिलोनमा जाँदा यर्मिया अगमवक्ताले महसेयाहका नाति, नेरियाहका छोरा सरायाहलाई आज्ञा दिएका वचन यही हो । यति बेला सरायाह मुख्य अधिकारी थिए ।
JER 51:60 बेबिलोनमाथि आउन लागेका सबै विपत्तिको विषयमा यर्मियाले एउटा मुट्ठोमा लेखेका थिए । यी सबै वचन बेबिलोनको विषयमा लेखिएका थिए ।
JER 51:61 यर्मियाले सरायाहलाई भने, “तपाईं बेबिलोन जानुहुँदा तपाईंले यी वचन हेर्नुहुनेछ, र तपाईंले यी वचन चर्को सोरमा पढ्नुहुनेछ ।
JER 51:62 तब तपाईंले भन्‍नुहुनेछ, 'हे परमप्रभु, यस ठाउँलाई नष्‍ट गर्नेछु, र कुनै मानिस वा पशु यस ठाउँमा बस्‍नेछैन, र यो सदाको लागि उजाड हुनेछ भनी तपाईं आफैले घोषणा गर्नुभएको छ ।'
JER 51:63 तब तपाईंले यस मुट्ठाको वचनलाई पढेर सिद्ध्याउनुहुन्‍छ, तब यसमा एउटा ढुङ्गा बाँध्‍नुहोस् र यसलाई यूफ्रेटिस नदीको बिचमा फाल्‍नुहोस् ।
JER 51:64 यसो भन्‍नुहोस्, 'बेबिलोन यसरी नै डुब्नेछ । मैले यसको विरुद्धमा ल्याइरहेको विपत्तिको कारण यो उठनेछैन, र यसको पतन हुनेछ' ।” यर्मियाका वचनहरू यहाँ समाप्‍त हुन्‍छन् ।
JER 52:1 सिदकियाहले राज्‍य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । उनी लिब्नाका यर्मियाकी छोरी थिइन् ।
JER 52:2 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । यहोयाकीमले गरेका हरेक कुरा तिनले गरे ।
JER 52:3 परमप्रभुले आफ्नो सामुबाट तिनीहरूलाई नधपाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा घटे । तब सिदकियाह बेबिलोनको विरुद्धमा विद्रोह गरे ।
JER 52:4 राजा सिदकियाहको शासनकालको नवौं वर्षको दसौं महिनाको दसौं दिनमा बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्ना सबै सेनासँगै आए । तिनीहरूले यसको सामु छाउनी हाले, र तिनीहरूले यसको चारैतिर घेराबन्दी गरे ।
JER 52:5 यसरी राजा सिदकियाहको शासनकालको एघारौं वर्षसम्म सहरलाई घेराबन्दी गरियो ।
JER 52:6 चौथो महिनाको नवौं दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्‍यो, कि देशका मानिसहरूका लागि कुनै खानेकुरा नै थिएन ।
JER 52:7 तब सहरको पर्खाल भत्काइयो, र कल्दीहरू सहरको चारैतिर भए तापनि सहरको पर्खाललाई भत्काएर सबै योद्धा रातमा राजाको बगैंचानेर भएका दुईवटा पर्खालको बिचको ढोकाको बाटो भएर भागे । तिनीहरू अराबाको दिशातिर गए ।
JER 52:8 तर कल्दीहरूका सेनाले राजा सिदकियाहलाई खेदे, र यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा भेट्टाए । तिनका सबै सेना तिनीबाट तितर-बितर भए ।
JER 52:9 तिनीहरूले राजालाई समाते र हमात देशको रिब्लामा बेबिलोनका राजाकहाँ तिनलाई ल्याए जहाँ राजाले तिनलाई दण्डको फैसला सुनाए ।
JER 52:10 बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे, र रिब्लामा तिनले यहूदाका सबै अगुवालाई पनि मारे ।
JER 52:11 तब तिनले सिदकियाहका आँखा निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र बेबिलोनमा ल्याए । तिनको मृत्यु नभएसम्म नै बेबिलोनका राजाले तिनलाई झ्यालखानामा राखे ।
JER 52:12 अब बेबिलोनका राजा नबूकदनेसरको राज्‍य सुरु गरेको उन्‍नाइसौं वर्षको पाँचौं महिनाको दसौं दिनमा नबूजरदान यरूशलेममा आए । तिनी राजाका अङ्गरक्षकहरूका कमान्‍डर अनि बेबिलोनका राजाका सेवक थिए ।
JER 52:13 तिनले परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घर जलाए । अनि सहरमा भएका हरेक महत्त्वपूर्ण भवन तिनले जलाए ।
JER 52:14 यरूशलेमको वरिपरि भएका पर्खालहरूका सन्‍दर्भमा, अङ्गरक्षकहरूका कमान्‍डरको अधीनमा रहेका बेबिलोनका सबै सेनाले ती नष्‍ट पारे ।
JER 52:15 सबैभन्दा गरिब मानिसहरू, सहरमा बाँकी रहेका मानिसहरू, बेबिलोनका राजाकहाँ भागेर गएकाहरू र बाँकी रहेका कारीगरहरूका विषयमा, अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले तीमध्‍ये कसैलाई निर्वासनमा लगे ।
JER 52:16 तर अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले दाखबारी र खेतहरूमा काम गर्न देशका सबैभन्दा गरिबहरूलाई त्यहीं छोडे ।
JER 52:17 परमप्रभुको मन्दिरमा राखिएका काँसाका स्तम्भहरू, आधारहरू र काँसाको विशाल खड्कुँलो विषयमा कल्दीहरूले ती टुक्राटुक्रा पारे, र सबै काँसाचाहिं बेबिलोनमा लगे ।
JER 52:18 भाँडाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, चम्चाहरू र मन्दिरमा पुजारीहरूले सेवा गर्दा प्रयोग गरिने काँसाका सबै सामान पनि, कल्दीहरूले तीसबै लगे ।
JER 52:19 राजाका अङ्गरक्षकका कमान्‍डरले कञ्‍चन सुन वा चाँदीले बनेका स्‍नान-बाटाहरू, धुपौराहरू, छर्कने बाटाहरू, भाँडाहरू, सामदानहरू, अर्घ-बलिमा चढाइने कचौरा र बाटाहरू पनि लगे ।
JER 52:20 सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो भनेर चिनिने काँसाको बाटा, त्‍यसमुनि भएका बाह्रवटा काँसाका साँढे जोख्‍नै नसक्‍ने गरी धेरै काँसा थियो ।
JER 52:21 स्तम्भहरू प्रत्‍येकका उचाइ अठार हात थियो, र गोलाइ बाह्र हात थियो । प्रत्येकको मोटाइ चार अङ्गुल चौडा र खोक्रो थियो ।
JER 52:22 स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो । स्तम्भ-शिर पाँच हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो । अर्को स्तम्भ पनि त्यसका दारिमहरूसहित पहिलेको जस्तै थियो ।
JER 52:23 स्तम्भ-शिरका छेउ-छेउमा छयानब्‍बेवटा दारिम थिए । चारैतिर जालीलाई घेरिराखेका दारिमहरू जम्‍मा एक सयवटा थिए ।
JER 52:24 अङ्गरक्षकहरूका कमान्‍डरले मुख्य पुजारी बन्दी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए ।
JER 52:25 तिनले सिपाहीहरूको जिम्मामा भएका अधिकारी, सहरमा अझै बाँकी रहेका राजाका सात जना सल्लाहकारलाई सहरबाट कैद गरेर लगे । तिनले देशका मानिसहरूलाई सेनाम भर्ती गर्ने मुख्य अधिकारी र देशमा भएका अन्य साठी जना विशिष्‍ट मानिसलाई पनि कैद गरेर लगे ।
JER 52:26 तब अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले तिनीहरूलाई रिब्लामा बेबिलोनका राजाकहाँ लगे ।
JER 52:27 बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे । यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो ।
JER 52:28 नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरू यी नै थिएः सातौँ वर्षमा ३,०२३ जना यहूदी ।
JER 52:29 नबूकदनेसरको अठारौं वर्षमा तिनले यरूशलेमबाट ८३२ जना मानिसलाई लगे ।
JER 52:30 नबूकदनेसरको तेइसौं वर्षमा अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले यहूदाका ७४५ जना मानिसलाई लगे । निर्वासित भएका जम्मा मानिस ४,६०० जना थिए ।
JER 52:31 यहूदाका राजा यहोयाकीन निर्वासन भएको सैंतिसौं वर्षको बाह्रौं महिनाको पच्‍चिसौं दिनमा, बेबिलोनका राजा एबील-मरोदकले यहूदाका राजा यहोयाकीनलाई कैदबाट मुक्त गरे । एबील-मरोदकले राज्‍य सुरु गरेको वर्षमा यसो गरियो ।
JER 52:32 राजाले तिनीसित दयापूर्वक बोले, र बेबिलोनमा तिनीसित भएका अन्य राजाहरूलाई भन्दा तिनलाई प्रतिष्ठित स्थान दिए ।
JER 52:33 एबील-मरोदकले यहोयाकीनका कैदका लुगाहरू हटाए, र यहोयाकीनले आफ्नो बाँकी जीवनभर नियमित रूपमा राजाको टेबुलमा खानपान गरे,
JER 52:34 र तिनको मृत्यु नभएसम्म नै तिनको बाँकी जीवनभर हरेक दिन तिनलाई नियमित रूपमा खानाको भत्ता दिइयो ।
LAM 1:1 एक पटक मानिसहरूले भरिपूर्ण सहर अहिले सुनसान बसिरहेको छ । त्यो शक्तिशाली जाति भए तापनि विधवाजस्तै भएको छ । त्यो जाति-जातिहरूका बिचमा राजकुमारीजस्तै थियो, तर अहिले जबरजस्ती दासत्वमा लगिएको छ ।
LAM 1:2 त्यो रातमा रुन्छ र विलाप गर्छ, अनि त्यसको आँसुले गला भरिन्छ । त्यसको कुनै पनि प्रेमीले त्यसलाई सान्त्वना दिँदैन । त्यसका सबै मित्रले त्यसलाई धोका दिएका छन् । तिनीहरू त्यसका शत्रुहरू भएका छन् ।
LAM 1:3 गरिबी र वेदनापछि यहूदा निर्वासनमा गएको छ । त्यो जाति-जातिहरूका बिचमा बस्छ, र त्यसले चैन पाउँदैन । त्यसलाई खेद्‍नहरू सबैले त्यसको घोर निराशामा त्यसलाई पक्रे ।
LAM 1:4 सियोनका सडकहरूले शोक गर्छन्, किनकि कुनै पनि तोकिएका चाडहरूमा आउँदैन । त्यसका सबै मूल ढोका उजाड भएका छन् । त्यसका पुजारीहरू सुस्केरा हाल्दछन् । त्यसका कन्याहरू शोकित छन्, र त्यो आफै नै बिलकुल निराशामा छ ।
LAM 1:5 त्यसका वैरीहरू त्यसको मालिक भएका छन् । त्यसका शत्रुहरूको उन्‍नति हुन्छ । त्यसका धेरै पापको कारण परमप्रभुले त्यसलाई कष्‍ट दिनुभएको छ । त्यसका स-साना बालबच्‍चाहरू त्यसको वैरीकहाँ निर्वासनमा जान्छन् ।
LAM 1:6 सौन्दर्यले सियोनकी छोरीलाई छोडेको छ । त्यसका राजकुमारहरू खर्क पाउन नसक्‍ने मृगहरूजस्तै भएका छन्, र तिनीहरू दुर्बल भएर तिनीहरूलाई खेद्‍नेको अगिअगि भाग्छन् ।
LAM 1:7 त्यसले कष्‍ट पाएको र घरवारविहीन भएको दिनमा यरूशलेमले आफूसित अगिल्ला दिनमा भएका त्यसका सबै बहुमूल्य खजानाहरूलाई सम्झने छ । त्यसका मानिसहरू वैरीको हातमा पर्दा कसैले त्यसलाई सहायता गरेन । वैरीहरूले त्यसलाई देखे, र त्यसको विनाशमा हाँसे ।
LAM 1:8 यरूशलेमले घोर पाप गर्‍यो । त्यो अशुद्ध वस्तुजस्तै तिरस्कृत भएको छ । त्यसलाई आदर गर्ने सबैले अहिले त्यसलाई तिरस्कार गर्छ, किनकि तिनीहरूले त्यसको नग्‍नता देखेका छन् । त्यसले सुस्केरा हाल्छ, र भाग्‍ने कोसिस गर्छ ।
LAM 1:9 त्यसको फरियाभित्र त्यो अशुद्ध भएको छ । त्यसले आफ्नो भविष्यको विषयमा सोचेन । त्यसको पतन डरलाग्दो थियो । त्यसलाई सान्त्वना दिने कोही थिएन । त्यो चिच्‍च्यायो, “हे परमप्रभु, मेरो कष्‍टलाई हेर्नुहोस्, किनकि शत्रु अति महान् भएको छ ।”
LAM 1:10 वैरीले हाम्रा सबै बहुमूल्य खजानामा आफ्नो हात हालेको छ । तपाईंको पवित्र सभामा जाति-जातिहरू प्रवेश गर्नुहुँदैन भनी तपाईंले आज्ञा दिनुभए तापनि त्यसले आफ्नो पवित्रस्थानमा तिनीहरू प्रवेश गरेको देखेको छ ।
LAM 1:11 त्यसका सबै मानिसले रोटीको खोजी गर्दा तिनीहरू सुस्केरा हाल्छन् । आफ्ना प्राण बचाउनलाई खानाको लागि तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू दिएका छन् । हे परमप्रभु, हेर्नुहोस्, र मलाई विचार गर्नुहोस्, किनकि म बेकम्मा भएको छु ।
LAM 1:12 यताबाट भएर जाने तिमीहरू सबैलाई के यसको वास्ता छैन ? मलाई दिइएको शोकजस्तै कसैको शोक छ कि छैन भनेर हेर र विचार गर, किनकि परमप्रभुले आफ्नो भयङ्कर क्रोधको दिनमा मलाई यातना दिनुभएको छ ।
LAM 1:13 उहाँले उच्‍चबाट मेरा हड्‍डीमा आगो सल्काउनुभएको छ, र यसले तिनलाई जितेको छ । उहाँले मेरो खुट्टाको लागि जाल फिँजाउनुभएको छ, र मलाई फर्काउनुभएको छ । उहाँले मलाई निरन्तर रूपमा उजाड र कमजोर बनाउनुभएको छ ।
LAM 1:14 मेरा आज्ञा उल्लङ्घनहरूको जुवालाई उहाँको हातद्वारा बाँधिएको छ । ती सँगसँग बाँधिएर मेरो काँधमा राखिएका छन् । उहाँले मेरो बललाई असफल तुल्याइदिनुभएको छ । परमप्रभुले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ, र म खडा हुन सक्दिनँ ।
LAM 1:15 मेरो प्रतिरक्षा गर्ने मेरा सबै शक्तिशाली मानिसलाई परमप्रभुले एकातिर फ्याँकिदिनुभएको छ । मेरा हट्टाकट्टा मानिसहरूलाई धूलोपिठो पार्न उहाँले मेरो विरुद्धमा सभा बोलाउनुभएको छ । परमप्रभुले यहूदाका कन्या-छोरीहरूलाई दाखको कोलमा कुल्चिमिल्ची पार्नुभएको छ ।
LAM 1:16 यिनै कुराहरूको लागि म रुन्छु; मेरा आँखा आँसुको धारा बहन्छ । किनकि मलाई सान्त्वना दिने र मेरो जीवनलाई पुनर्स्थापित गर्ने मबाट निकै टाढा छ । शत्रुले मलाई परास्त गरेकोले मेरा बालबच्‍चा बेसहारा छन् ।
LAM 1:17 सियोनले आफ्ना हात फैलाएको छ । त्यसलाई सान्त्वना दिने कोही छैन । याकूबको वरिपरि हुनेहरू त्यसका वैरीहरू होऊन् भनी परमप्रभुले आज्ञा दिनुभएको छ । यरूशलेम तिनीहरूका लागि अशुद्ध छ ।
LAM 1:18 परमप्रभु धर्मी हुनुहुन्छ, किनकि म उहाँको आज्ञाको विरुद्धमा बागी भएको छु । हे सबै मानिस हो, सुन र मेरो शोकलाई विचार गर । मेरा कन्याहरू र हट्टाकट्टा मानिसहरू निर्वासनमा गएका छन् ।
LAM 1:19 मैले मेरा मित्रहरूलाई बोलाएँ, तर तिनीहरू मप्रति धोकेबाज निस्किए । मेरा पुजारीहरू र मेरा धर्म-गुरुहरूले आफ्ना प्राण बचाउनको लागि खानाको खोजी गर्दा तिनीहरू सहरमा नै नष्‍ट भए ।
LAM 1:20 हे परमप्रभु, हेर्नुहोस्, किनकि म निराशामा छु । मेरो पेट हुँडल्छ । मेरो हृदय मभित्रै छटपटिन्छ, किनकि म ज्यादै विद्रोही भएको छु । बाहिर तरवारले आमालाई नष्‍ट पार्छ, घरभित्र केवल मृत्यु छ ।
LAM 1:21 तिनीहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही छैन । मेरा सबै शत्रुले मेरो कष्‍टको विषयमा सुनेका छन्, र तपाईंले यसो गर्नुभएकोमा तिनीहरू खुसी छन् । तपाईंले प्रतिज्ञा गर्नुभएको दिन तपाईंले ल्याउनुभएको छ । अब तिनीहरू मजस्तै होऊन् ।
LAM 1:22 तिनीहरूका सबै दुष्‍टता तपाईंको सामु आऊन् । मेरा सबै आज्ञा उल्लङ्घनको कारणले तपाईंले मलाई व्यवहार गर्नुभएझैँ तिनीहरूसित व्यवहार गर्नुहोस् । मेरा सुस्केरा धेरै छन्, र मेरो हृदय मुर्छा परेको छ ।
LAM 2:1 परमप्रभुले सियोनकी छोरीलाई आफ्नो रिसको बादलमुनि ढाक्‍नुभएको छ । उहाँले इस्राएलको गौरवलाई स्वर्गबाट तल पृथ्वीमा फ्याँकिदिनुभएको छ । आफ्नो रिसको दिनमा उहाँले आफ्नो पाउदानको सम्झना गर्नुभएको छैन ।
LAM 2:2 परमरप्रभुले याकूबका सबै नगरलाई स्वाहा पार्नुभएको छ, र तिनलाई दया देखाउनुभएको छैन । उहाँको रिसको दिनमा उहाँले यहूदाकी छोरीका किल्लाबन्दी गरिएका सहरहरू भत्काइदिनुभएको छ । उहाँले राज्य र यसका शासकहरूलाई अपमानमा भुइँ ढाल्नुभएको छ ।
LAM 2:3 भयङ्कर रिसले उहाँले इस्राएलको हरेक सिङ काटिदिनुभएको छ । उहाँले शत्रुकै सामुन्‍ने आफ्नो दाहिने हात हटाउनुभएको छ । उहाँले याकूबलाई चारैतिर भस्म गर्ने दन्कँदो आगोले जलाउनुभएको छ ।
LAM 2:4 शत्रुले झैँ उहाँले धनु हामीतिर उठाउनुभएको छ । उहाँको दाहिने हात हान्‍नलाई तयार छ । सियोनकी छोरीको पालमा उहाँले आफूलाई प्रिय लाग्‍ने सबैलाई मार्नुभएको छ । उहाँले आफ्नो क्रोध आगोझैँ खन्याउनुभएको छ ।
LAM 2:5 परमप्रभु शत्रुझैँ हुनुभएको छ । उहाँले इस्राएललाई निल्नुभएको छ । उहाँले त्यसका सबै महललाई निल्नुभएको छ । उहाँले त्यसका किल्लाहरूलाई नष्‍ट पार्नुभएको छ । उहाँले यहूदाकी छोरीमा शोक र विलाप बढाउनुभएको छ ।
LAM 2:6 उहाँले आफ्नो पवित्र वासस्थानलाई बगैँचाको छाप्रोलाई झैँ आक्रमण गर्नुभएको छ । उहाँले पवित्र सभाको स्थानलाई नष्‍ट गर्नुभएको छ । परमप्रभुले सियोनमा पवित्र सभा र शबाथ दुवैलाई बिर्सन लगाउनुभएको छ, किनकि उहाँले आफ्नो भयानक रिसमा राजा र पुजारी दुवैलाई तिरस्कार गर्नुभएको छ ।
LAM 2:7 परमप्रभुले आफ्नो वेदीलाई तिरस्कार गर्नुभएको छ, र पवित्र वासस्थानलाई त्यागिदिनुभएको छ । उहाँले त्यसका महलहरूका पर्खालहरू शत्रुको हातमा सुम्पिदिनुभएको छ । तोकिएको चाडको दिनमा जस्तै तिनीहरूले परमप्रभुको मन्दिरमा विजयको ध्वनि लगाएका छन् ।
LAM 2:8 परमप्रभुले सियोनकी छोरीको सहरको पर्खाललाई नष्‍ट गर्ने निधो गर्नुभयो । उहाँले नाप्‍ने फित्ता तन्काउनुभयो, र पर्खाललाई नष्‍ट गर्नबाट आफ्नो हात रोक्‍नुभएको छैन । उहाँले गढी र पर्खाललाई विलाप गर्न लगाउनुभयो । ती सँगसँगै भत्के ।
LAM 2:9 त्यसका मूल ढोकाहरू भुइँमा ढलेका छन् । उहाँले त्यसका मूल ढोकाका गजबारहरू नष्‍ट गर्नुभएको छ, र भाँच्नुभएको छ । त्यसका राजा र राजकुमारहरू जाति-जातिहरूका बिचमा छन्, र व्यवस्था रहँदैन, अनि त्यसका अगमवक्ताहरूले परमप्रभुबाट कुनै दर्शन पाउँदैनन् ।
LAM 2:10 सियोनकी छोरीका धर्म-गुरुहरू चुप लागेर भुइँमा बस्छन् । तिनीहरूले आ-आफ्ना शिरमा धूलो हालेका छन्, र भाङ्ग्रा लगाएका छन् । यरूशलेमका कन्याहरूले भुइँमा आ-आफ्ना शिर झुकाएका छन् ।
LAM 2:11 तिनीहरूको आँसुले मेरा आँखा टट्टाइसक्यो । मेरो पेट हुँडल्छ । मेरा मानिसहरूकी छोरीको विनाशको कारण मेरा मेरो हृदय छियाछिया भयो । बालबच्‍चा र दुधे बालकहरू सहरका सडकहरूमा मुर्छा खान्छन् ।
LAM 2:12 तिनीहरूले आफ्ना आमाहरूलाई भन्छन्, “अन्‍न र दाखमद्य कहाँ छन् ?” तिनीहरू सहरका सडकहरूमा घाइतेझैँ मुर्छा पर्दा तिनीहरूका प्राण तिनीहरूका आमाहरूको काखमा शिथिल हुन्छन् ।
LAM 2:13 हे यरूशलेमकी छोरी, म तँलाई के भनूँ ? हे सियोनकी छोरी, तँलाई सान्त्वना दिन तँलाई म केसित तुलना गरूँ ? तेरो घाउ समुद्रजस्तै विशाल भएको छ । कसले तँलाई निको पार्न सक्छ ?
LAM 2:14 तेरा अगमवक्ताहरूले तेरो लागि झुटा र बेकम्मा दर्शनहरू देखेका छन् । तेरो सुदिन पुनर्स्थापित गर्न तिनीहरूले तेरो अधर्मको पर्दाफास गरेका छैनन्, तर तिनीहरूले तँलाई झुटा र गलत वचनहरू दिएका छन् ।
LAM 2:15 यस सडक भएर जानेहरू सबैले तँलाई देखेर थपडी मार्छन् । यरूशलेमकी छोरीको विरुद्धमा तिनीहरूले गिल्ला गर्छन्, र आफ्ना शिर हल्लाउँछन्, अनि भन्छन्, “के यो त्यही सहर हो जसलाई तिनीहरूले 'परम सुन्दरी' र 'सारा पृथ्वीको आनन्द' भन्थे ?”
LAM 2:16 तेरा सबै शत्रुले तेरो विरुद्धमा तिनीहरूका मुख खोल्छन् । तिनीहरूले खिसी गरेर रिसमा आफ्ना दाह्रा किट्छन्, र भन्छन्, “हामीले त्यसलाई निलेका छौँ । हामी यही दिनको प्रतीक्षामा थियौँ । यही हेर्न हामी बाँचेका छौँ ।”
LAM 2:17 परमप्रभुले जे गर्ने योजना बनाउनुभयो, त्यही गर्नुभएको छ । उहाँले आफ्नो वचन पुरा गर्नुभएको छ । उहाँले दया नदेखाइकन तँलाई फ्याँकिदिनुभएको छ, किनकि उहाँले तँलाई देखेर तेरो शत्रुलाई रमाउने अनुमति दिनुभएको छ । उहाँले तेरा शत्रुहरूको सिङ उठाउनुभएको छ ।
LAM 2:18 हे सियोनकी छोरीका पर्खालहरू हो, तिनीहरूका हृदयले परमप्रभुलाई पुकारे । दिनरात नदीझैँ तेरा आँसु बगा । कत्ति पनि विश्राम नले; तेरा आँखालाई विश्राम नदे ।
LAM 2:19 रातको हरेक पहरको सुरुमा उठेर चिच्‍च्या । परमप्रभुको मुहारको सामुन्‍ने तेरो हृदय पानीझैँ खन्या । हरेक सडकको कुनामा भोकले मुर्छा पर्ने तेरा बालबच्‍चाका प्राणको लागि तेरा हात उहाँतिर उठा ।
LAM 2:20 हे परमप्रभु, हेर्नुहोस्, र यसरी व्यवहार गर्नेहरूलाई विचार गर्नुहोस् । के स्‍त्रीहरूले आफ्नै गर्भको फल अर्थात् आफैले जन्माएका बालबच्‍चालाई खाने ? के पुजारी र अगमवक्ता परमप्रभुको पवित्र वासस्थानमा मारिने ?
LAM 2:21 युवाहरू र पाकाहरू सडकहरूका धूलोमा पस्रिन्छन् । मेरा युवतीहरू र युवाहरू तरवारले ढालिएका छन् । तिनीहरूलाई दया नदेखाइकन तपाईंले तिनीहरूलाई मार्नुभएको छ ।
LAM 2:22 चाडको दिनमा मानिसहरू भेला गरेँझैँ तपाईंले मेरो हरेक किनारामा मेरा त्रासहरूलाई बोलाउनुभएको छ । परमप्रभुको रिसको दिनमा कोही पनि उम्केन वा बाँचेन । मैले वास्ता गरेका र हुर्काएकाहरूलाई मेरो शत्रुले नष्‍ट पारेको छ ।
LAM 3:1 परमप्रभुको क्रोधको लाठोमुनि दुर्दशा देख्‍ने मानिस म नै हुँ ।
LAM 3:2 उहाँले मलाई खेद्‍नुभयो, र उज्यालोमा भन्दा पनि अँध्यारोमा हिँड्न लगाउनुभयो ।
LAM 3:3 निश्‍चय नै उहाँले मेरो विरुद्धमा पटक-पटक र दिनभरि आफ्नो हात पसार्नुभयो ।
LAM 3:4 उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ । उहाँले मेरा हाडहरू भाँचिदिनुभयो ।
LAM 3:5 उहाँले मेरो विरुद्धमा घेरा लगाउनुभयो, अनि तिक्तता र कठिनाइले मलाई घेर्नुभयो ।
LAM 3:6 उहाँले मलाई धेरै पहिले मर्नेहरूजस्तै अन्धकार ठाउँहरूमा बस्‍न लगाउनुभयो ।
LAM 3:7 उहाँले मरो चारैतिर पर्खाल लगाउनुभयो । त्यसैले म भाग्‍न सक्दिनँ । उहाँले मेरा साङ्लाहरू गह्रौँ बनाइदिनुभयो,
LAM 3:8 र मैले सहायताको लागि पुकारे र चिच्‍च्याए तापनि उहाँले मेरो प्रार्थना थुनिदिनुभयो ।
LAM 3:9 काटिएको ढुङ्गाको पर्खालले उहाँले मेरो बाटो थुनिदिनुभयो । उहाँले मेरा बाटाहरू बाङ्गो बनाइदिनुभयो ।
LAM 3:10 उहाँ आक्रमण गर्न ढुकेर बस्‍ने भालुजस्तो र लुकेर बस्‍ने सिंहजस्तो हुनुहुन्छ ।
LAM 3:11 उहाँले मेरा बाटाहरू उल्टो बनाइदिनुभयो । उहाँले मलाई बेसाहारा तुल्याइदिनुभयो ।
LAM 3:12 उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै काँडको निसाना बनाउनुभयो ।
LAM 3:13 उहाँले आफ्नो ठोक्रोका काँडहरूले मेरा मृगौला छेडिदिनुभयो ।
LAM 3:14 म मेरा सबै मानिसका लागि हाँसोको पात्र बनेँ, र दिनभरि तिनीहरूको ठट्टाको निसाना बनेँ ।
LAM 3:15 उहाँले मलाई तिक्तताले भरिदिनुभयो, र ऐरेलु पिउन लगाउनुभयो ।
LAM 3:16 उहाँले रोडाले मेरा दाँत पिँध्‍नुभयो, र खरानीमा कुल्चिमिल्ची पारिदिनुभयो ।
LAM 3:17 मेरो प्राण शान्तिबाट वञ्चित भएको छ । प्रसन्‍नता के हो भनी मैले बिर्सेको छु ।
LAM 3:18 त्यसैले म भन्छु, “मेरो धैर्य नष्‍ट भएको छ, र मेरो भरोसा परमप्रभुमा नै छ ।”
LAM 3:19 मेरो कष्‍ट र मेरो फिरन्तेपन, ऐरेलु र तिक्ततालाई सम्झनुहोस् ।
LAM 3:20 म निरन्तर यसलाई सम्झन्छु, र म मभित्रै हताश भएको छु ।
LAM 3:21 तर म यो स्मरण गर्दछु । त्यसैले म आशा गर्दछुः
LAM 3:22 परमप्रभुको अचुक प्रेम कहिल्यै समाप्‍त हुँदैन, र उहाँको दया कहिल्यै अन्त्य हुँदैन ।
LAM 3:23 ती हरेक बिहान नयाँ हुन्छन् । तपाईंको विश्‍वसनीयता महान् छ ।
LAM 3:24 मैले भनेँ, “परमप्रभु मेरो उत्तराधिकार हुनुहुन्छ ।” त्यसैले म उहाँमा नै आशा गर्दछु ।
LAM 3:25 परमप्रभुको प्रतीक्षा गर्नेहरू, उहाँको खोजी गर्नेहरूका निम्ति उहाँ भलो हुनुहुन्छ ।
LAM 3:26 मौन रूपमा परमप्रभुको उद्धारको प्रतीक्षा गर्नु राम्रो हुन्छ ।
LAM 3:27 आफ्नो युवावस्थामा जुवा बोक्‍नु मानिसको लागि राम्रो हुन्छ ।
LAM 3:28 त्यसमाथि यो राखिँदा त्यो एक्लै चुप लागेर बसोस् ।
LAM 3:29 त्यसले आफ्नो मुख धूलोमा लगाओस् । अझै पनि आशा बाँकी हुन सक्छ ।
LAM 3:30 त्यसलाई हिर्काउनेलाई त्यसले आफ्नो गाला पनि देओस्, र त्यो निन्दाले भरियोस् ।
LAM 3:31 किनकि परमप्रभुले हामीलाई सदासर्वदा त्याग्‍नुहुने छैन,
LAM 3:32 तर उहाँले शोक ल्याउनुभए तापनि उहाँको अचुक प्रेमको प्रचुरतामुताबिक उहाँले दया देखाउनुहुने छ ।
LAM 3:33 किनकि उहाँले हृदयबाट नै मानव-जातिका सन्तानलाई यातना दिनुहुन्‍न वा कष्‍ट दिनुहुन्‍न ।
LAM 3:34 पृथ्वीका सबै कैदीलाई खुट्टाले कुल्चिमिल्ची पार्ने,
LAM 3:35 सर्वोच्‍च परमेश्‍वरको उपस्थितिमा मानिसको न्यायलाई इन्कार गर्ने,
LAM 3:36 कुनै मानिसलाई न्यायबाट वञ्चित गर्नेजस्ता कुराहरू परमप्रभुले अनुमोदन गर्नुहुन्‍न ।
LAM 3:37 परमप्रभुले उर्दी नगर्नुभएसम्म कसले बोलेको कुरा पुरा भएको छ ?
LAM 3:38 के सर्वोच्‍च परमेश्‍वरको मुखबाट नै विपत्ति र राम्रा कुराहरू दुवै आउँदैनन् र ?
LAM 3:39 कुनै जीवित मानिस कसरी गनगनाउन सक्छ ? आफ्ना पापको लागि पाएको दण्डको विषयमा कुनचाहिँ व्यक्तिले गनगन गर्न सक्छ ?
LAM 3:40 हाम्रा मार्गको जाँच गरौँ, र तिनलाई जाँचेर परमप्रभुकहाँ फर्कौं ।
LAM 3:41 हाम्रा हृदय र हाम्रा हात स्वर्गमा हुनुहुने परमेश्‍वमा उठाऔँ, र भनौँ:
LAM 3:42 “हामीले आज्ञा उल्लङ्घन गरेका छौँ, र विद्रोह गरेका छौँ, अनि तपाईंले बिर्सनुभएको छैन ।
LAM 3:43 तपाईंले आफैलाई रिसले ढाक्‍नुभएको छ, र हाम्रो पिछा गर्नुभएको छ । तपाईंले मार्नुभएको छ, जोगाउनुभएको छैन ।
LAM 3:44 कुनै प्रार्थनाले नछेडोस् भनेर तपाईंले आफैलाई बादलले ढाक्‍नुभएको छ ।
LAM 3:45 तपाईंले जाति-जातिहरूका बिचमा हामीलाई फोहोरको थुप्रो र कसिङ्गर बनाउनुभएको छ ।
LAM 3:46 हाम्रा शत्रुहरूलाई हामीलाई सराप दिन अनुमति दिनुहोस् ।
LAM 3:47 आतङ्क र खतरा, उजाड र विनाश हामीमाथि आइपरेका छन् ।
LAM 3:48 मेरा जाति नष्‍ट गरिएकाले मेरा आँखाबाट आँसुको धारा बहन्छ ।
LAM 3:49 मेरा आँखाबाट नरोकिकन, विश्राम नगरीकन आँसु बहन्छ,
LAM 3:50 जबसम्म परमप्रभुले स्वर्गबाट तल हेर्नुहुन्‍न ।
LAM 3:51 मेरो सहरका सबै छोरीको कारण मेरा आँखाले मलाई शोकित तुल्याए ।
LAM 3:52 मेरा शत्रुहरूद्वारा मलाई चरालाई झैँ सिकार गरिएको छ । विनाकारण तिनीहरूले मेरो सिकार गरे ।
LAM 3:53 तिनीहरूले मलाई खाडलमा फ्याँके, र मलाई ढुङ्गाले हाने,
LAM 3:54 अनि मेरो शिर ढाक्‍ने गरी तिनीहरूले पानीको बाढी ल्याए । मैले भनेँ, “मेरो अन्त्य आइसकेको छ ।”
LAM 3:55 हे परमप्रभु, खाडलको गहिराइबाट मैले तपाईंको नाउँ पुकारेँ ।
LAM 3:56 “मैले मदतको लागि पुकार्दा तपाईंका कान बन्द नगर्नुहोस्” भनी मैले भन्दा तपाईंको मेरो सोर सुन्‍नुभयो ।
LAM 3:57 मैले पुकार गरेको त्यस दिनमा तपाईं नजिक आउनुभयो । तपाईंले भन्‍नुभयो, “नडरा ।”
LAM 3:58 हे परमप्रभु, तपाईं मेरो पक्षमा लड्नुभयो । तपाईंले मेरो ज्यान बचाइदिनुभयो ।
LAM 3:59 हे परमप्रभु, तिनीहरूले मलाई गरेका खराबी तपाईंले देख्‍नुभएको छ । मेरो मुद्दाको इन्साफ गरिदिनुहोस् ।
LAM 3:60 तिनीहरूले मलाई गरेका अपमान, मेरो विरुद्धमा रचेका सबै षड्यन्त्र तपाईंले देख्‍नुभएको छ ।
LAM 3:61 हे परमप्रभु, तिनीहरूले गरेका निन्दा र मेरो बारेमा भएका तिनीहरूका सबै योजना तपाईंले देख्‍नुभएको छ ।
LAM 3:62 मेरो विरुद्धमा मेरा शत्रुहरूका बोली र अभियोग दिनभरि आउँछन् ।
LAM 3:63 तिनीहरू कसरी बस्छन्, र उठ्छन्, हेर्नुहोस् । तिनीहरूका गीतले मेरो ठट्टा गर्छन् ।
LAM 3:64 हे परमप्रभु, तिनीहरूले गरेअनुसार तिनीहरूलाई बदला लिनुहोस् ।
LAM 3:65 तपाईंले तिनीहरूका हृदय लज्‍जित पर्न दिनुहुने छ । तपाईंको दण्डाज्ञा तिनीहरूमाथि परोस् ।
LAM 3:66 हे परमप्रभु, रिसमा तपाईंले तिनीहरूलाई खेद्‍नुहुन्छ, र स्वर्गबाट तिनीहरूलाई नष्‍ट पार्नुहुन्छ ।
LAM 4:1 सुनको चमक हराएको छ । कसरी निखुर सुन बद्लेको छ! पवित्र पत्थरहरू हरेक सडकको कुनामा छरपष्‍ट छन् ।
LAM 4:2 सियोनका मूल्यवान् छोराहरू निखुर सुनका तौलजत्तिकै योग्य थिए, तर अहिले तिनीहरू कुमालेको हातका काम अर्थात् माटोको भाँडाजत्तिकै पनि गनिएका छैनन्।
LAM 4:3 स्यालका माउहरूले पनि आफ्ना बच्‍चाहरूलाई थुन चुस्‍न दिन्छन्, तर मेरो जातिकी छोरी मरुभूमिका अस्ट्रिचहरूझैँ क्रुर भएकी छे ।
LAM 4:4 दूध चुस्‍ने शिशुको जिब्रो तिर्खाले गर्दा तालुमा टाँसिन्छ । बालबालिकाहरूले खानेकुरा माग्छन्, तर तिनीहरूका लागि केही छैन ।
LAM 4:5 मिठा-मिठा खानेकुरा खाएर भोज गर्नेहरू सडकहरूमा भोकले मर्छन् । वैजनी वस्‍त्र लगाएर हुर्काइएकाहरू अहिले खरानीको थुप्रोमा बस्छन् ।
LAM 4:6 मेरो जातिकी छोरीको दण्ड सदोमको भन्दा ठुलो छ, जसलाई एकै क्षणमा फ्याँकिएको थियो, र कसैको हातले त्यसलाई सहायता गरेको थिएन ।
LAM 4:7 त्यसका अगुवाहरू हिउँभन्दा शुद्ध, दूधभन्दा सेता थिए । तिनीहरूका शरीर मानिकभन्दा राता थिए; तिनीहरूका रूप नीरजस्तै थिए ।
LAM 4:8 अहिले तिनीहरू मुहार मोसोभन्दा कालो छ । तिनीहरू सडकहरूमा चिनिँदैनन् । तिनीहरूको छाला हड्‍डीहरूमा टाँसिएको छ । यो काठ जत्तिकै सुक्खा भएको छ ।
LAM 4:9 तरवारले मारिएकाहरू भोकले मरेकाहरूभन्दा खुसी थिए । जमिनको फसलको कमीको कारणले तिनीहरू भोकाएर सुक्दै जान्छन्।
LAM 4:10 दयालु स्‍त्रीहरूका हातले तिनीहरूका आफ्नै बालबच्‍चा पकाएका छन् । मेरो जातिकी छोरीलाई नष्‍ट पारिँदा ती बालबच्‍चा तिनीहरूको खानेकुरा बने ।
LAM 4:11 परमप्रभुले आफ्ना सबै क्रोध देखाउनुभयो । उहाँले आफ्नो भयङ्कर रिस खन्याउनुभयो । उहाँले सियोनमा आगो सल्काउनुभयो जसले त्यसका जगहरूलाई भस्म पार्‍यो ।
LAM 4:12 शत्रुहरू वा विरोधीहरू यरूशलेमका मूल ढोकाहरूभित्र प्रवेश गर्न सक्‍नेथिए भनी पृथ्वीका राजाहरूले विश्‍वास गरेनन्, न त संसारको कुनै बासिन्दाले विश्‍वास गर्‍यो ।
LAM 4:13 त्यसका अगमवक्ताहरू र त्यसका पुजारीहरूका अधर्मको कारणले यसो भएको थियो, जसले त्यसकै बिचमा धर्मीहरूको रगत बगाएका थिए ।
LAM 4:14 अन्धाहरूझैँ तिनीहरू सडकहरूमा यताउता हिँड्छन् । त्यस रगतद्वारा तिनीहरू यति दुषित पारिएका थिए, कि तिनीहरूका लुगा छुन कसैलाई अनुमति दिइएन ।
LAM 4:15 तिनीहरूलाई देखेर मानिसहरू चिच्‍च्याउँछन्, “भाग, हे अशुद्धहरू हो! भाग! भाग! नछोओ!” त्यसैले तिनीहरू यताउता भौँतारिए । मानिसहरूले जाति-जातिहरूका बिचमा भने, “अबदेखि उसो तिनीहरू यहाँ बस्‍न सक्दैनन् ।”
LAM 4:16 परमप्रभु आफैले तिनीहरूलाई तितरबितर पारिदिनुभयो । उहाँले फेरि तिनीहरूको वास्ता गर्नुहुन्‍न । तिनीहरूले पुजारीहरूको आदर गर्दैनन्, र तिनीहरूले धर्म-गुरुहरूलाई निगाह गरेनन् ।
LAM 4:17 सहायताको लागि प्रतीक्षा गर्दा-गर्दा हाम्रा आँखा व्यर्थमा टट्टाइसके । हाम्रा धरहराहरूबाट हामीले एउटा जातिको बाटो हेर्‍यौँ, जसले हामीलाई बचाउन सकेन ।
LAM 4:18 तिनीहरूले हाम्रा पाइलाहरू पछ्याए । हामी हाम्रा सडकहरूमा हिँड्न सकेनौँ । हाम्रो अन्त्य नजिकै थियो, र हाम्रा दिन गन्ती गरिए । हाम्रो अन्त्य आइसकेको थियो ।
LAM 4:19 हामीले खेद्‍नेहरू आकाशका चीलहरूभन्दा पनि छिटा थिए । तिनीहरूले हामीलाई पहाडहरूसम्मे खेदे, र उजाड-स्थानमा हामीलाई ढुकिबसे ।
LAM 4:20 परमप्रभुका अभिषिक्त जन अर्थात् हाम्रो प्राणधार तिनीहरूको पासोमा परे, जसको बारेमा यसो भनिएको थियो, “उहाँकै छायामुनि हामी जाति-जातिहरूका बिचमा बस्‍ने छौँ ।”
LAM 4:21 हे ऊज देशमा बस्‍ने एदोमकी छोरी, रमा, र खुसी हो । तर तँलाई त्यो कचौरा पनि दिइने छ । तँ मात्‍नेछेस्, र नाङ्गो पारिने छेस् ।
LAM 4:22 हे सियोनकी छोरी, तेरो दण्ड समाप्‍त हुने छ । उहाँले तेरो निर्वासनको समय लम्ब्याउनुहुने छैन । तर हे एदोमकी छोरी, उहाँले तँलाई दण्ड दिनुहुने छ । उहाँले तेरा पाप प्रकट गरिदिनुहुने छ ।
LAM 5:1 हे परमप्रभु, हामीमाथि जे भएको छ, सो सम्झनुहोस् । हाम्रो अपमान हेर्नुहोस्, र विचार गर्नुहोस् ।
LAM 5:2 हाम्रो उत्तराधिकार पराईहरू र हाम्रा घरहरू विदेशीहरूलाई दिइए ।
LAM 5:3 हामी अनाथ, पितृहीन भएका छौँ, र हाम्रा आमाहरू विधवाजस्ता छन् ।
LAM 5:4 हामीले पिउने पानीको लागि र हाम्रै दाउरा किन्‍न हामीले चाँदीको दाम तिर्नुपर्छ ।
LAM 5:5 हामीलाई पछ्याउनेहरू हाम्रो छेउमा छन् । हामी थाकेका छौँ, र हामीलाई चैन छैन ।
LAM 5:6 पर्याप्‍त खानाको लागि हामीले आफैलाई मिश्र र अश्शूरमा सुम्पिदिएका छौँ ।
LAM 5:7 हाम्रा पिता-पुर्खाहरूलेपाप गरे, र अब तिनीहरू छैनन्, र हामीले तिनीहरूका अधर्मको फल भोग्दछौँ ।
LAM 5:8 कमाराहरूले हामीमाथि शासन गर्छन्, र हामीलाई तिनीहरूको हातबाट छुटकारा दिने कोही छैन ।
LAM 5:9 उजाड-स्थानमा भएको तरवारको कारण हाम्रा जीवन जोखिममा पारेर मात्रै हामी रोटी पाउँछौँ ।
LAM 5:10 भोकको रापले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ ।
LAM 5:11 सियोनमा स्‍त्रीहरू र यहूदाका सहरहरूमा कन्याहरू बलत्कार गरिएका छन् ।
LAM 5:12 राजकुमारहरू तिनीहरूका आफ्नै हातद्वारा झुण्ड्याइएका छन्, र धर्म-गुरुहरूलाई कुनै आदर देखाइएको छैन ।
LAM 5:13 युवाहरू जाँतोमा अन्‍न पिँध्‍न बाध्य पारिएका छन्, र ठिटाहरू दाउराको भारीले थिचिएर लडबडाउँदै हिँड्छन् ।
LAM 5:14 धर्म-गुरुहरूले सहरको मूल ढोका छोडेका छन्, र युवाहरूले तिनीहरूको सङ्गीत छोडिदिएका छन् ।
LAM 5:15 हाम्रो हृदयको आनन्द हटेको छ, र हाम्रो नाच शोकमा परिणत भएको छ ।
LAM 5:16 मुकुट हाम्रो शिरबाट खसेको छ । हामीलाई धिक्‍कार छ! किनकि हामीले पाप गरेका छौँ ।
LAM 5:17 हाम्रो यो हृदय दुर्बल भएको छ, र यिनै कुराको कारण हाम्रो आँखा धमिलिएका छन् ।
LAM 5:18 सियोन पर्वत उजाड छ, जहाँ स्यालहरू घुमिहिँड्छन् ।
LAM 5:19 तर हे परमप्रभु, तपाईंले सदासर्वदा शासन गर्नुहुन्छ, र तपाईं पुस्तादेखि पुस्तासम्म आफ्नो सिंहासनमा विराजमान हुनुहुने छ ।
LAM 5:20 तपाईंले हामीलाई किन सदाको निम्ति बिर्सनुहुन्छ ? तपाईंले हामीलाई यति धेरै दिनसम्म किन त्याग्‍नुहुन्छ ?
LAM 5:21 हे परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस्, र हामी पुनर्स्थापित हुने छौँ ।
LAM 5:22 तपाईंले हामीलाई बिलकुलै इन्कार गर्नुभएको छैन, र सम्झनै नसक्‍ने गरी तपाईं हामीसित रिसाउनुभएको छैन भने धेरै पहिले भएजस्तै हाम्रा दिन नवीकरण गरिदिनुहोस् ।
EZE 1:1 तिसौं वर्षको चौथो महिनाको पाँचौं दिनमा जब म निर्वासितसँग कबार नहरको किनारमा बसिरहँदा यस्‍तो भयो । आकाश खोलियो र मैले परमेश्‍वरका दर्शनहरू देखें ।
EZE 1:2 त्‍यस महिनाको पाँचौं दिनमा— यहोयाकीन राजा निर्वासित भएको यो पाँचौं वर्ष थियो—
EZE 1:3 कल्दीहरूको देशमा कबार नहरको किनारमा परमप्रभुको वचन बूजीको छोरो इजकिएल पुजारीकहाँ आयो, र त्‍यहाँ परमप्रभुको हात तिनीमाथि थियो ।
EZE 1:4 तब मैले हेरें, र उत्तरबाट आँधीबेहरी आइरहेको थियो । एउटा विशाल बादल, बिजुलीको चमकसमेत, अनि त्‍यसको वरिपरि र भित्र चहकिलो उज्‍यालो थियो, र त्‍यस आगोको माझ जल्‍दो पहेंलो धातुझैं थियो ।
EZE 1:5 माझमा चार जीवित प्राणीहरूजस्ता थिए । तिनीहरूका स्‍वरूप यस्‍तो थियोः तिनीहरू मानिसको स्‍वरूपजस्‍ता थिए,
EZE 1:6 तर तिनीहरू हरेकका चारवटा मुहार थिए, र हरेकका प्राणीका चारवटा पखेटा थिए ।
EZE 1:7 तिनीहरूका गोडा सीधा थिए, तर तिनीहरूका खुट्टा बाछाका खुरजस्‍ता थिए जो टल्‍काइराखेका काँसाजस्‍तै टल्‍कन्‍थे ।
EZE 1:8 तापनि तिनीहरूका पखेटामुनि चारैतिर मानिसका हातहरू थिए । ती चारैका मुहार र पखेटाहरू यस्ता थिएः
EZE 1:9 एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो, कतै जाँदा तिनीहरू फर्कंदैन थिए । बरु, हरेक सोझै अगाडि हिंड्‌थ्‍यो ।
EZE 1:10 तिनीहरूका मुहार मानिसको झैं थियो । ती चारैको दाहिनेपट्टिको मुहार सिंहको जस्तो र देब्रेपट्टिको अनुहारचाहिं गोरुको जस्तो थियो । ती चारैवटाको चिलको जस्तो अनुहार पनि थियो ।
EZE 1:11 तिनीहरूका मुहार यस्‍तै थिए, र तिनीहरूका पखेटाचाहिं बाहिर मास्‍तिर फैलिएका थिए । हरेकका दुईवटा पखेटाले चाहिं एउटाले अर्काको पखेटालाई छोएका थिए, र दुईवटा पखेटाले आ-आफ्‍ना शरीर ढाकेका थिए ।
EZE 1:12 तिनीहरू हरेक सोझै हिंड्‌थे, ताकि आत्‍माले जता-जता लग्यो तिनीहरू त्‍यतै जान्‍थे, तिनीहरू यताउता नफर्की हिंड्‌थे ।
EZE 1:13 ती जीवित प्राणीहरूको आकृति जलिरहेको आगोको भुङ्‌ग्रोजस्तो, राँकोहरूजस्‍ता थिए । ती प्राणीहरूको बिचमा चम्किलो आगो यताउता जान्थ्यो, र त्‍यहाँ बिजुलीका चमकहरू थिए ।
EZE 1:14 ती जीवित प्राणीहरू तिव्र गतिले अघि पछि जान्थे, र तिनीहरू बिजुलीको चमकजस्ता देखिन्‍थे ।
EZE 1:15 तब मैले ती जीवित प्राणीहरूलाई हेरें र ती चारै मुहार भएका हरेक प्राणीको छेउमा मैले जमिनमा एउटा पाङ्‌ग्रा देखें ।
EZE 1:16 ती पाङ्‌ग्राहरूका आकार र बनावट यस्‍ता थिएः हरेक पाङ्ग्रा पीतमणिजस्‍तै थिए, र ती चारैवटा उस्‍तै किसिमका थिए । एउटा पाङ्‌ग्रो अर्को पाङ्‌ग्रोमा खप्टिएको भएझैं थियो ।
EZE 1:17 जसै ती हलचल गर्थे, तब कतै नफर्की ती चारैतिर हिंड्‌थे ।
EZE 1:18 तिनीहरूका घेरा अल्‍गा र डरलाग्‍दा थिए, किनकि ती चारै घेरा आँखाहरूले भरिएका थिए ।
EZE 1:19 जब ती जीवित प्राणीहरू चलहल गर्थे, तब ती पाङ्‌ग्राहरू पनि साथसाथै हिंड्‌थे । जब ती जीवित प्राणीहरू जमिनबाट माथि उठ्‌थे, तब ती पाङ्‌ग्राहरू पनि उठ्‌थे ।
EZE 1:20 आत्‍मा जता जानुहुन्‍थ्‍यो तिनीहरू त्‍यतै जान्‍थे, र ती पाङ्‌ग्राहरू पनि तिनीहरूसँगै उठ्थे, किनकि ती जीवित प्राणीहरूका आत्‍मा तिनै पाङ्‌ग्रामा थिए ।
EZE 1:21 जब ती प्राणीहरू चलहल गर्थे, तब पाङ्ग्राहरू पनि चलहल गर्थे । अनि जब ती प्राणीहरू ठिङ्ग उभिन्‍थे, तब ती पाङ्ग्राहरू पनि ठिङ्ग उभिन्‍थे । ती प्राणीहरू जमिनबाट उठ्‌दा यी पाङ्‌ग्रा पनि तिनीहरूसँगै उठेर जान्‍थे, किनभने ती जीवित प्राणीहरूका आत्‍मा ती पाङ्‌ग्रामा नै थिए ।
EZE 1:22 ती जीवित प्राणीहरूका शिरको मास्‍तिर विशाल अर्धगोलाकार क्षेत्रजस्‍तै थियो । त्यो तिनीहरूको शिरमाथिबाट फैलिएको भयावह स्फटिकझैं देखिन्थ्यो ।
EZE 1:23 त्‍यो विशाल अर्धगोलाकार क्षेत्र मुन्‍तिर ती हरेक प्राणीका पखेटाहरू सोझै फैलिएका थिए र एउटाको पखेटाले अर्काको पखेटालाई छुन्‍थ्‍यो । हरेक जीवित प्राणीका आफूलाई ढाक्‍ने एकजोडी पखेटा थिए । हरेकसित आफूलाई ढाक्‍ने जोडी थियो ।
EZE 1:24 तब मैले तिनीहरूका पखेटाको आवाज सुनें । त्यो आवाज धेरै पानीको हल्‍लाजस्तै थियो । जब तिनीहरू हलचल गर्थे, तब सर्वशक्तिमान्‌को आवाजजस्तो हुन्‍थ्‍यो । आँधीको वर्षाजस्‍तो थियो । सेनाको आवाजजस्तो थियो । जब तिनीहरू ठिङ्ग उभिन्‍थे, तब तिनीहरूले आफ्‍ना पखेटा तल झार्थे ।
EZE 1:25 जब तिनीहरू ठिङ्ग उभिए र आफ्‍ना पखेटा तल झारे, तब तिनीहरूका शिरहरू मास्‍तिरको विशाल अर्धगोलाकार क्षेत्रबाट एउटा आवाज आयो ।
EZE 1:26 तिनीहरू शिरमाथिका विशाल अर्धगोलाकार क्षेत्रमाथि एउटा सिंहासनजस्‍तो थियो जुन हेर्दा त्‍यो नीलमणीजस्‍तै देखिन्‍थ्‍यो, र त्‍यो सिंहासनजस्‍तोमा बस्‍नेको स्‍वरूप मानिसको जस्‍तो थियो ।
EZE 1:27 मैले उहाँको कम्‍मरदेखि मास्‍तिर जल्‍दो धातुजस्‍तै भएको एउटा आकृति देखें । उहाँको कम्‍मरदेखि मुन्‍तिरको आकृति पनि आगोजस्‍तै देखियो, र उहाँको वरिपरी चहकिलो उज्‍यालोले घेरिराखेको थियो ।
EZE 1:28 उहाँको वरिपरीको चम्किलो उज्यालो पानी परेको दिन बादलमा देखिने इन्‍द्रेनीको आकारझैं उज्‍ज्‍वल थियो । त्‍यो परमप्रभुका महिमासँग मिल्दो दोखिन्‍थ्‍यो । जब मैले त्‍यो देखें तब म घोप्‍टो परें, र एउटा बोलिरहेको आवाज मैले सुनें ।
EZE 2:1 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, आफ्‍ना गोडामा खडा हो । तब म तँसित कुरा गर्नेछु ।”
EZE 2:2 तब उहाँ मसित बोल्‍नुहुँदा, तब मभित्र आत्‍मा प्रवेश गर्नुभयो र मलाई आफ्‍ना खुट्टामा खडा गराउनुभयो, र उहाँले मसित कुरा बोलिरहनुभएको मैले सुनें ।
EZE 2:3 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, तँलाई म इस्राएलका मानिसहरूकहाँ पठाउँदैछु, एउटा विद्रोही जातिकहाँ, जसले मेरो विरुद्धमा विद्रोह गरेको छ—तिनीहरू र तिनीहरूका पुर्खाहरू दुवैले आजको दिनसम्‍मै मेरो विरुद्धमा पाप गरेका छन् ।
EZE 2:4 तिनका सन्तानहरूका हठी अनुहारहरू र कठोर हृदयहरू छन् । तँलाई म तिनीहरूकहाँ पठाउँदैछु, र तैंले तिनीहरूलाई भन्‍नेछस्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।'
EZE 2:5 तिनीहरूले सुन्‍नेछन् वा सुन्‍नेछैनन् । तिनीहरू विद्रोही घराना हुन्, तर तिनीहरूले कमसेकम आफ्‍ना बिचमा एक जना अगमवक्ता छन्‌ भनी जान्‍नेछन्‌ ।
EZE 2:6 ए मानिसको छोरो, तँचाहिं तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा । तँ सिउँडी र काँढा भए, अथवा तँ बिच्‍छीहरूका बिचमा बसे तापनि तँ नडरा । तिनीहरूका वचनहरूदेखि नडरा वा तिनीहरूका अनुहारहरूदेखि भयभीत नहो, किनकि तिनीहरू विद्रोही घराना हुन्‌ ।
EZE 2:7 तर तिनीहरूले सुनुन् वा नसुनुन् तिनीहरूलाई मेरो वचन तैंले बोल्‍नेछस्, किनकि तिनीहरू ज्‍यादै विद्रोही छन् ।
EZE 2:8 तर ए मानिसको छोरो, मैले तँलाई भनिरहेको कुरा सुन् । त्‍यो विद्रोही घरानाझैं तँ विद्रोही नहो । तेरो मुख खोल्, र मैले तँलाई जे दिन गइरहेको छु त्यो खा !”
EZE 2:9 तब मैले हेरें, र एउटा हात मतिर पसारिएको थियो । त्‍यसमा एउटा लेखिएको मुट्ठो थियो ।
EZE 2:10 उहाँले त्यसलाई मेरै सामु फिंजाउनुभयो । त्‍यसको अगाडि र पछाडि दुवैतिर लेखिएको थियो, र त्‍यसमा शोक, विलाप र विपत्तिका कुरा लेखिएका थिए ।
EZE 3:1 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, तैंले जे पाएको छस् त्‍यो खा । यो मुट्ठो खा, र गएर इस्राएलको घरानालाई भन् ।”
EZE 3:2 यसैले मैले आफ्‍नो मुख खोलें, र उहाँले त्‍यो मुट्ठो मलाई खुवाउनुभयो ।
EZE 3:3 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, मैले तँलाई दिएको त्‍यो मुट्ठो खा र यसले तेरो पेट भर ।” यसैले मैले त्‍यो खाएँ, र त्‍यो मेरो मुखमा महझैं गुलियो थियो ।
EZE 3:4 तब उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरो कुरा भन्‌ ।
EZE 3:5 किनकि तँ कुनै अनौठो बोली र कठिन भाषा बोल्‍ने मानिसहरूकहाँ पठाइएको छैनस्, तर इस्राएलको घरानाकहाँ—
EZE 3:6 अनौठो बोली र कठिन भाषा बोल्‍ने धैरै जना मानिसकहाँ होइन, जसको भाषा तैंले बुझ्‍दैनस्‌ । मैले तँलाई त्‍यस्‍ताहरूकहाँ पठाएको भए, उनीहरूले निश्‍चय नै तेरा कुरा सुन्‍नेथिए ।
EZE 3:7 तर इस्राएलका घरानाले त तेरो कुरा सुन्‍ने इच्‍छा गर्नेछैनन्, किनभने तिनीहरू मेरो कुरा सुन्‍न इच्‍छा गर्दैनन् । यसैले इस्राएलका सारा घराना नै अटेरी र कठोर हृदयका छन्‌ ।
EZE 3:8 हेर, मैले तेरो अनुहारलाई तिनीहरूका अनुहारजस्‍तै हठी र तेरो निधाारलाई तिनीहरूको निधारजस्तै कठोर तुल्‍याएको छु ।
EZE 3:9 मैले तेरो निधारलाई दर्शनढुङ्गाभन्‍दा कडा एउटा हिराजस्‍तै पारेको छु। तिनीहरू विद्रोही घराना भए तापनि तिनीहरूदेखि नडरा, न त तिनीहरूको अनुहार देखेर भयभीत हो ।”
EZE 3:10 अनि उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, मैले तँलाई भनेका सबै कुरा — ती आफ्‍नो मनमा राख् र ती आफ्ना कानले सुन् ।
EZE 3:11 त्‍यसपछि कैदमा परेका तेरा मानिसहरूकहाँ जा, र तिनीहरूलाई भन् । तिनीहरूले सुने पनि नसुने पनि तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ' ।”
EZE 3:12 तब आत्‍माले मलाई माथि उठाउनुभयो, र मैले आफ्‍नो पछिल्‍तिर ठुलो भुकम्पको आवाज सुनेंः “परमप्रभुको महिमा उहाँको वासस्‍थानमा धन्‍यको होस् !”
EZE 3:13 त्‍यो आवाज ती जीवित प्राणीहरूका पखेटाले एउटाले अर्कालाई छुँदा निस्‍केको र तिनीहरूसँग भएका ती पाङ्‌ग्राहरूका आवाज थियो, र एउटा ठुलो भुकम्पको आवाज थियो ।
EZE 3:14 आत्‍माले मलाई माथि उठाउनुभयो र मलाई टाढा लानुभयो, र म आफ्‍नो आत्‍माको क्रोधमा तीतोपन लिएर गएँ, किनकि परमप्रभुको बलिष्‍ठ बाहुलीले मलाई शक्तिसाथ थिचिरहेको थियो ।
EZE 3:15 तब म कबार नहरको नजिक बस्‍ने ती कैदीहरूकहाँ तेल-अबीबमा गएँ, र त्यहाँ सात दिनसम्‍म तिनीहरूसँग आश्‍चर्यले व्याकुल भएर म बसें ।
EZE 3:16 तब सात दिनको अन्‍त्‍यमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 3:17 “ए मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको रक्षक तुल्‍याएको छु, यसैले मैरो मुखको वचन सुन् र तिनीहरूलाई मेरो चेताउनी दे ।
EZE 3:18 जब म एक जना दुष्‍ट मानिसलाई 'तँ निश्‍चय नै मर्नेछस्‌' भन्‍छु, र त्‍यसको प्राण बचाउनलाई तैंले त्‍यसलाई चेताउनी दिइनस्, वा त्‍यसको दुष्‍ट चालको लागि त्‍यसको विरुद्ध सल्‍लाह दिइनस्‌—भने, त्‍यो मानिस पापको कारण मर्नेछ, तर म त्‍यसको रगत तेरो हातबाट लिनेछु ।
EZE 3:19 तर तैंले त्‍यस दुष्‍ट मानिसलाई चेताउनी दिइस्‌ र त्‍यो आफ्‍नो दुष्‍ट्याइँ अथवा आफ्‍नो दुष्‍ट कामहरूदेखि फर्कंदैन भने, त्‍यो आफ्‍नो पापको कारण मर्नेछ, तर तैंले चाहिं आफ्‍नो प्राण बचाएको हुनेछस्‌ ।
EZE 3:20 धर्मी मानिस आफ्‍नो धार्मिकताबाट फर्केर दुष्‍ट्याइँ गर्छ, र त्‍यसको लागि ठक्‍कर खाने ढुङ्गो मैले राखें भने त्‍यो मर्नेछ । तैंले त्‍यसलाई चेताउनी नदिएको हुनाले त्‍यो आफ्‍नै पापमा मर्नेछ, र त्‍यसले गरेका धर्मिक कामहरूको सम्‍झना म राख्‍नेछैन, तर त्‍यसका रगत लेखा म तेरो हातबाट लिनेछु ।
EZE 3:21 तर त्‍यस धर्मी मानिसलाई पाप नगर्‌ भनी तैंले चेताउनी दिइस्‌ ताकि त्‍यसले पाप गरेन भने, उसले चेतावनी पाएको कारणले त्‍यो निश्‍चय नै बाँच्‍नेछ । अनि तैंले आफ्‍नो प्राण बचाएको हुनेछस्‌ ।”
EZE 3:22 यसरी त्‍यहाँ परमप्रभुको हात ममाथि रह्‍यो र उहाँले मलाई भन्‍नुभयो, “उठ्, मैदानमा जा, र त्‍यहाँ म तँसित बोल्‍नेछु ।”
EZE 3:23 म उठें र बाहिर मैदानमा गएँ, र कबार नहरको किनारमा मैले देखेको जस्‍तो परमप्रभुको महिमा त्‍यहाँ पनि थियो । यसैले म घोप्‍टो परें ।
EZE 3:24 आत्‍मा ममा आउनुभयो, र मलाई खुट्टामा उभ्‍याउनुभयो; र उहाँले मसित बोल्‍नुभयो, र मलाई भन्‍नुभयो, “जा, र आफ्‍नो घरभित्र आफूलाई थुन्,
EZE 3:25 किनकि अब ए मानिसको छोरो, तिनीहरूले तँलाई डोरीले बाँध्‍नेछन्, र तँ बाँधिनेछस्, यसैले तँ तिनीहरूका बिचमा जान सक्दैनस् ।
EZE 3:26 तेरो जिब्रो म तेरो तालुमा टाँसिदिनेछु, यसरी तँ गूँगो हुनेछस्, र तैंले तिनीहरूलाई हप्‍काउन सक्‍नेछैनस्, किनकि तिनीहरू विद्रोही घरानाका हुन्‌ ।
EZE 3:27 तर जब म तँसित कुरा गर्छु, तब म तेरो मुख खोलिदिनेछु, यसरी तैंले तिनीहरूलाई भन्‍नेछस्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ।' सुन्‍ने व्‍यक्‍तिले सुन्‍नेछ । नसुन्‍ने व्‍यक्‍तिले सुन्‍नेछैन, किनकि तिनीहरू विद्रोही घरानाका हुन्‌ ।”
EZE 4:1 “तर ए मानिसको छोरो, आफ्नो निम्ति एउटा इँट लिएर त्‍यो तेरो सामु राख् । त्यसपछि त्‍यसमाथि यरूशलेमको नक्सा बना ।
EZE 4:2 तब त्‍यसका चारैतिर घेरा हाल्‌, र त्‍यसको विरुद्धमा किल्लाहरू बना । त्यसको वरिपरि घेरा-मचान खडा गर्, र त्‍सको वरिपरि छाउनी बना । त्‍यसलाई आक्रमण गरी भत्‍काउने मूढाहरू राख्‌ ।
EZE 4:3 तब आफ्‍नो निम्‍ति एउटा फलामको तावा लि र सहर र तेरो बिचमा एउटा फलामको पर्खालझैं त्‍यो खडा गर्‌ र तेरो मुहार सहरतिर फर्का, किनकि त्‍यो घेरा लाएको अवस्‍थामा हुनेछ, र तैंले त्‍यसलाई घेरा हाल्नुपर्छ । इस्राएलका घरानाको निम्‍ति यो एउटा चिन्‍ह हुनेछ ।
EZE 4:4 त्‍यसपछि तँ देब्रेतिर कोल्‍टे परेर सुत्‌, र इस्राएलका घरानाको पाप त्‍यसमाथि राख् । जति समयसम्‍म तँ यसरी इस्राएलको घरानाको विरुद्धमा कोल्‍टो परिरहन्‍छस्, त्‍यति दिनसम्‍म तैंले तिनीहरूको पाप बोक्‍नेछस्‌ ।
EZE 4:5 तिनीहरूको पापका वर्षको संख्‍याकै बराबर तेरो लागि दिनको संख्‍या तोकेको छुः तिन सय नब्‍बे दिन । यसरी तैंले इस्राएलका घरानाको पाप बोक्‍नेछस्‌ ।
EZE 4:6 जब तैंले ती दिन पुरा गर्नेछन्, तब दोस्रो पटक दाहिनेतिर कोल्‍टे पर्‌ र किनकि तैंले चालिस दिनसम्म यहूदाका घरानाको पाप बोक्‍नेछस् । मैले तँलाई प्रत्‍येक वर्षको लागि एक दिन तोकेको छु ।
EZE 4:7 तेरो अनुहार यरूशलेमको घेरातर्फ फर्काएर राख् र पाखुरा नाङ्गै राखेर त्‍यस सहरको विरुद्धमा अगमवाणी भन्‌ ।
EZE 4:8 किनभने हेर्! म तँलाई डोरीहरूले कसी राख्‍नेछु, यसरी तेरा घेराको दिन समाप्‍त नहोउञ्‍जेल तँ यताउता फर्कन सक्‍नेछैनस्‌ ।
EZE 4:9 त्‍यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँडामा हालेर तँ कोल्टे परेर सुत्‍ने दिनअनुसार तेरो लागि रोटी पका । ‌ तिन सय नब्‍बे दिनसम्‍म तैंले त्‍यो खानेछस् ।
EZE 4:10 तैंले खाने भोजनचाहिं तौलअनुसार हुनेछ, हरेक दिन बिस शेकेल दिनको र तोकिएको बेलामा तैंले त्‍यो खानेछस् ।
EZE 4:11 अनि तैंले एक माना पानी पिउनेछस्, त्यो तैंले तोकिएको तोकिएको बेलामा पिउनेछस् ।
EZE 4:12 जौका केकजस्‍तै बनाएर तैंले खानेछस्, तर तैंले मानिसहरूकै आँखाको सामुन्‍ने मानिसको दिसालाई दाउराको रूपमा प्रयोग गरेर त्‍यो पकाउनेछस् ।”
EZE 4:13 किनकि परमप्रभु भन्‍नुहुन्छ, “यसको अर्थ यही हो कि इस्राएलीहरूलाई जुन-जुन जातिकहाँ म धपाउनेछु, उनीहरूका बिचमा तिनीहरूले यसरी नै दूषित भोजन खानेछन्‌ ।”
EZE 4:14 तर मैले भनें, “धिक्‍कार, हे परमप्रभु परमेश्‍वर, म कहिले पनि अशुद्ध भएको छैनँ । युवावस्‍थादेखि अहिलेसम्‍म कहिल्‍यै आफै मरेको थोक अथवा पशुले मारेको कुरा वा दुषित मासु मैले कहिलै खाएको छैनँ ।”
EZE 4:15 यसैले उहाँले मलाई भन्‍नुभयो, “हेर, म तँलाई मानिसहरूका दिसाको सट्टा गोबर प्रयोग गरेर तेरो रोटी पकाउन दिनेछु, यसैले तैंले त्यसमाथि आफ्नो रोटी पकाउन सक्छस् ।
EZE 4:16 उहाँले मलाई यो पनि भन्‍नुभयो, “ए मानिसको छोरो, हेर, म यरूशलेमबाट अन्‍नको मूल बन्‍द गरिदिनेछु , र तिनीहरूले जोखी-जोखीकन चिन्‍तित भई तिनीहरूले रोटी खानेछन्, र जोखी-जोखीकन डराउँदै पानी पिउनेछन्‌ ।
EZE 4:17 किनकि तिनीहरूमा रोटी र पानीको अभाव हुनेछ, हरेक मानिसले आफ्नो दाजुभाइलाई देख्‍दा हताश हुनेछ र आफ्‍नो अधर्मले गर्दा तिनीहरू सुक्‍दैजानेछन्‌ ।'
EZE 5:1 “तब ए मानिसको छोरो, आफ्‍नो लागि हजामको छुराजस्‍तै एउटा धारिलो तरवार ली र त्‍यसको धारले आफ्‍नो कपाल र दाह्री खौरी, त्यसपछि जोख्‍नलाई तराजू ली, र तेरो कपाललाई भाग लगा ।
EZE 5:2 घेराबन्‍दीका दिन समाप्‍त हुन्‍छन्, तब रौंको एक तिहाइलाई सहरभित्र आगोमा जलाइदे, र अर्को एक तिहाइलाई चाहिं सहरका चारैतिर तरवारले टुक्रा-टुक्रा पारिदे । अनि बाँकी एक तिहाइचाहिं हावामा उडाइदे, र मानिसहरूलाई केद्‍न म तरवार थुत्‍नेछु ।
EZE 5:3 तर कपालको केही भाग लि र आफ्‍नो लुगामा ती बाँध् ।
EZE 5:4 तब तीबाट अझै केही कपाल लिएर आगोको बिचमा फ्याँकिदे । अनि त्‍यो आगोमा जलाइदे । त्यहाँबाट इस्राएलका सबै घरानामा एउटा आगो फैलिनेछ ।”
EZE 5:5 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “जातिहरूका बिचमा भएको यरूशलेम यही हो, जहाँ मैले त्यसलाई राखेको छु र जहाँ मैले त्‍यसलाई अरू देशहरूले घेरेको छु‌ ।
EZE 5:6 तर आफ्‍नो दुष्‍ट्याइँमा आफ्‍ना चारैतिर भएका जातिहरूले भन्दा बढी त्यसले मेरा नियमहरू र अन्य देशहरूले भन्‍दा बढी त्‍यसले मेरा विधिहरूलाई इन्कार गरेकी छे । मानिसहरूले मेरा फैसलाहरूलाई इन्कार गरेका छन् र मेरा विधिहरूमा हिंडेका छैनन् ।”
EZE 5:7 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “तिमीहरू आफ्‍ना चारैतिरका जातिहरूभन्‍दा अझ बढी बदमास भएका छौ, र मेरा विधिहरूमा चलेका छैनौ, वा मेरा नियमहरू पालन गरेका छैनौ, वा तिमीहरूका चारैतिर भएका जातिहरूका चालबमोजिम पनि चलेका छैनौ,”
EZE 5:8 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “हेर, म आफै तेरो विरुद्धमा हुनेछु । म स्‍वयम्‌ ती जातिहरूका सामुन्‍ने तँलाई दण्‍ड दिनेछु ।
EZE 5:9 तेरा घिनलाग्‍दा कामहरूको कारण तँलाई म यस्‍तो गर्नेछु, जो मैले अघि कहिल्‍यै गरेको थिइनँ र न म फेरि कहिल्‍यै गर्नेछु ।
EZE 5:10 यसकारण तेरै बिचमा बुबाहरूले छोराछोरीलाई र छोराहरूले आफ्‍ना बुबाहरूलाई खानेछन्‌, किनकि म तँमाथि दण्‍ड ल्‍याउनेछु र तेरा बाँचेकाहरू सबैलाई चारैतिर तितरबितर पारिदिनेछु ।
EZE 5:11 यसकारण जस्‍तो म जीवित छु—यो परमप्रभु परमेश्‍वरको घोषणा हो—तेरा सबै घृणित कुराहरू र तैंले गरेका सबै घिनलाग्‍दा कामहरूले मेरो पवित्रस्‍थानलाई तैंले बिटुलो पारेको हुनाले म आफै तेरो संख्‍या घटाउनेछु । मेरो आँखाले तँलाई टिठ्याउनेछैन, र म तँलाई छोड्नेछैनँ ।
EZE 5:12 तेरा मानिसमध्ये एक तिहाइ रूढीले मर्नेछौ, र तिमीहरूकै माझमा तिनीहरूलाई अनिकालले नष्‍ट गर्नेछ । एक तिहाइचाहिं तँलाई घेरा हालेका तरवारले मर्नेछन् । तब एक तिहाइलाई चाहिं म चारैतिर तितरबितर पार्नेछु, र तिनीहरूलाई खेद्‌न तरवार पनि थुत्‍नेछु ।
EZE 5:13 तब मेरो क्रोध पुरा हुनेछ , र तिनीहरूका विरुद्धमा भएको मेरो क्रोध शान्‍त हुनेछ । म सन्तुष्‍ट हुनेछु, र मेरो क्रोध शान्त भएपछि तिनीहरूले जान्‍नेछन्‌ कि म परमप्रभुले नै मेरो क्रोधमा यो कुरा भनेको हुँ ।
EZE 5:14 तँलाई चारैतिरका जातिहरूका बिचमा र तेरो छेउबाट भएर जानेहरू हरेक व्‍यक्‍तिका दृष्‍टिमा तँलाई म उजाड र खिसीको पात्र बनाउनेछु ।
EZE 5:15 यसैले यरूशलेम अन्य मानिसहरूको अघि घृणा, र खिसीको पात्र बन्‍नेछ र तेरा वरिपरीका जातिहरूका निम्ति चेतावनी र भयको पात्र बन्‍नेछ । म रिस, क्रोध र डरलाग्‍दो गालीसित तेरो न्याय गर्नेछु—म परमप्रभुले यो घोषणा गरेको हुँ ।
EZE 5:16 म तेरो विरुद्ध अनिकालको मेरा घातक र नष्‍टकारी काँणहरू छोड्‌नेछु, जुन तेरो सर्वनाशको कारण बन्‍नेछ । किनकि म तँमाथि अनिकाल बढाउनेछु र तेरो अन्‍नको मूल नै रोकिदिनेछु ।
EZE 5:17 तेरो विरुद्धमा म अनिकाल र प्रकोपहरू ल्याउनेछु, यसरी तँ बालकहिन हुनेछस् । रूढी र रक्तपात तेरो बिचबाट जानेछ, र म तेरो विरुद्ध तरवार ल्याउनेछु—म, परमप्रभुले नै यो घोषणा गरेको हुँ ।”
EZE 6:1 परमप्रभुको यो वचन मकहाँ यसो भनेर आयो,
EZE 6:2 “ए मानिसको छोरो, इस्राएलका पर्वतहरूतिर तेरो मुख फर्का र तिनीहरूका विरुद्धमा अगमवाणी गर् ।
EZE 6:3 यसो भन्, “ए इस्राएलका पर्वतहरू हो, परमप्रभु परमेश्‍वरको यो वचन सुन । पर्वतहरू र डाँडाहरू, खोल्‍साहरू र बेसीहरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर, तिमीहरूका विरुद्धमा म तरवार ल्‍याउँदैछु, र तिमीहरूका अल्‍गा-अल्‍गा ठाउँहरूलाई म नाश गर्नेछु ।
EZE 6:4 तब तिमीहरूका वेदीहरू उजाड हुनेछन्, र खम्‍बाहरू नाश पारिनेछ र तिमीहरूका मरेकाहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म फाल्नेछु ।
EZE 6:5 इस्राएलका मानिसहरूका लाशहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म राखिदिनेछु, र तिमीहरूका हड्‍डीहरू तिमीहरूकै वेदीहरूका चारैतिर छरपष्‍ट पारिदिनेछु ।
EZE 6:6 तिमीहरू जहाँ बसे तापनि तिमीहरूका नगरहरू उजाड पारिनेछन्, र अल्‍गा-अल्‍गा ठाउँहरू नष्‍ट हुनेछन्, ताकि तिमीहरूका वेदीहरू उजाड र नष्‍ट हुनेछन् । तब तिनीहरू चकनाचुर हुनेछन् र हराउनेछन्, तिमीहरूका खम्बाहरू काटिनेछन् र तिमीहरूका कामहरू लोप हुनेछन् ।
EZE 6:7 मृतहरू तिमीहरूकै माझमा ढल्‍नेछन्, र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
EZE 6:8 तर तिमीहरूका बिचमा बचेकालाई म जोगाएर राख्‍नेछु, र तिमीहरू देश-देशमा तितरबितर हुँदा, त्‍यहाँ जातिहरूका बिचमा तरवारबाट उम्‍केका कोही हुनेछन् ।
EZE 6:9 तब मबाट तर्केका तिनीहरूका व्‍यभिचारी हृदय र मूर्तिहरूका पछि लाग्‍ने तिनीहरूका कुदृष्‍टहरूले म दुःखित भएको थिएँ भनी ती बाँचेकाहरूले आफूलाई कैद गरिएका जातिहरूका बिचमा मेरो बारेमा विचार गर्नेछन् । तब तिनीहरूले गरेको दुष्‍टता र तिनीहरूका सबै घृणित कामहरूको कारण तिनीहरूले आफ्नो अनुहारमा घृणा देखाउनेछन् ।
EZE 6:10 यसरी तिनीहरूले जान्‍नेछन्, कि म नै परमप्रभु हुँ । यही कारणले म तिनीहरूमाथि हानि ल्‍याउँछु भनी मैले भनें ।
EZE 6:11 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “आफ्‍नो ताली बजा र आफ्‍ना खुट्टा बजार्! यसो भन् ‘इस्राएलका घरानाका सबै दुष्‍ट र घिनलाग्‍दा व्‍यवहारहरूका कारण, धिक्‍कार!’ किनभने तरवार, अनिकाल र रूढीले तिनीहरू नष्‍ट हुनेछन्‌ ।
EZE 6:12 टाढा हुने रूढीले मर्नेछन्, र नजिकमा हुने तरवारले ढल्‍नेछन् । छोडिएर बाँचेकाहरू अनिकालले मर्नेछन्‌ । यसरी तिनीहरूका विरुद्धमा भएको मेरो क्रोधलाई म पुरा गर्नेछु!
EZE 6:13 जब तिनीहरूका मूर्तिहरूका बिचमा, तिनीहरूका वेदीहरूका चारैतिर, सबै अल्‍गा-अल्‍गा ठाउँहरूमा, सबै पर्वतहरूका टाकुराहरूमाथि, सबै झ्‍याम्‍म परेका रूखहरूमुनि र सबै पात भएका बजराँटका रूखहरूमुनि— जहाँ-जहाँ तिनीहरूले आफ्‍ना मूर्तिहरूका निम्‍ति धूप बाल्‍थे, त्‍यहाँ-त्‍यहाँ जब तिनीहरूका मारिएकाहरू लडिरहनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।
EZE 6:14 अनि म आफ्‍नो हातले हिर्काउनेछु र उजाड-स्‍थानदेखि दिब्‍लासम्‍मै तिनीहरूका सबै बस्‍ने ठाउँहरू अर्थात्‌ तिनीहरूको देशलाई उजाड र सुनसान बनाइदिनेछु । तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।
EZE 7:1 परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 7:2 “ए मानिसको छोरो—इस्राएलको देशलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।“'अन्‍त्‍य! देशका चारै सिमानामा अन्‍त्‍य आइपुगेको छ ।
EZE 7:3 अब अन्‍त्‍य तँमाथि आएको छ, किनकि म आफ्‍नो क्रोध तँमाथि पठाउँदैछु, र तेरो चालअनुसार म तेरो न्‍याय गर्नेछु । तब तेरा सबै घिनलाग्‍दा कामहरू तँमाथि नै ल्याउनेछु ।
EZE 7:4 किनकि मेरा आँखाले तँलाई दया देखाउनेछैनन्, र म तँलाई छोड्नेछैन । बरु, तेरा कामहरू तँमाथि नै ल्याउनेछु, र तेरा घिनलाग्‍दा कामहरू तेरा माझमा हुनेछन्, यसरी म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌ ।
EZE 7:5 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः विपत्ति! विशेष विपत्ति! हेर्, त्‍यो आउँदैछ ।
EZE 7:6 अन्‍त्‍यचाहिं साँच्‍चै नै आउँदैछ । अन्‍त्‍य तिमीहरूका विरुद्धमा उठेको छ । हेर्, त्यो आउँदैछ!
EZE 7:7 तिमीहरू जो देशमा बस्‍छौ, तिमीहरूको सर्वनाश आउँदैछ । समय आएको छ । सर्वनाशको दिन नजिकै छ, र पर्वतहरू आनन्‍दित हुनेछैनन् ।
EZE 7:8 अब चाँडै मेरो क्रोध म तँमाथि पोखाउनेछु, र मेरो रिस तेरो विरिद्धमा खन्‍याउनेछु । तेरो चालअनुसार म न्‍याय गर्नेछु, र तेरा सबै घिनलाग्‍दा कामहरू तँमाथि ल्याउनेछु ।
EZE 7:9 किनकि मेरा आँखाले तँलाई दयापूर्वक हेर्नेछैनँ, र तँलाई म छोड्‍नेछैन । जस्‍तो तैंले गरेको छस् तेस्‍तै म तँलाई गर्नेछु । अनि तेरा घृणित कुराहरू तेरै माझमा हुनेछन् ताकि तँलाई दण्ड दिनेचाहिं म परमप्रभु नै हुँ भनी तैंले जान्‍नेछस्‌ ।
EZE 7:10 हेर्, त्‍यो दिन! हेर्, त्‍यो आउँदैछ । तेरो सर्वनाश निस्‍केर आएको छ । लट्ठी फुलेको छ, अहङ्कारको कोपिला लागेको छ!
EZE 7:11 हिंसा बढेर दुष्‍टताको लठ्ठी भएको छ—तिमध्‍ये कुनै पनि, ति भीडमध्‍ये कुनै पनि, तिनका धन-सम्‍पत्तिमध्‍ये केही पनि, र तिनीहरूका कुनै पनि बहुमूल्‍य चीज छोडिनेछैन!
EZE 7:12 समय आउँदैछ । दिन नजिकै आएको छ । किन्‍नेले आनन्‍द नगरोस्, बेच्‍नेले शोक नगरोस्, किनकि मेरो क्रोध जम्‍मै भीडमाथि परेको छ!
EZE 7:13 किनकि जहिलेसम्‍म ती दुवै बाँच्‍नेछन्, बेच्‍ने आफूले बेचेको जमिनमा फर्केर आउनेछैन, किनभने समस्‍त भीडको बारेमा यो दर्शन बद्‌लिनेछैन । अनि तिनीहरूका पापहरूका कारणले तिमध्ये कोही पनि बलियो पारिनेछैन!
EZE 7:14 तिनीहरूले तुरही फुकेका छन् र हरेक कुरा तयार पारेका छन्, तर कोही पनि युद्ध गर्न गइरहेको छैन । किनकि मेरो क्रोध ती जम्‍मै भीडमाथि छ ।
EZE 7:15 घर बाहिर तरवार अनि भित्र रूढी र अनिकाल छन्‌ । खेतमा हुनेहरू तरवारले मारिनेछन्‌, जबकी सहरमा हुनेचाहिं अनिकाल र रूढीले नष्‍ट हुनेछन्‌ ।
EZE 7:16 तर तिमध्येबाट केही बाँचेर उम्‍कनेछन्, र तिनीहरू पर्वतहरूमा जानेछन् । तिनीहरू सबैले बेसीका ढुकुरझैं शोक गर्नेछन्—हरेक मानिसले आ-आफ्‍ना अधर्मको निम्ति शोक गर्नेछ ।
EZE 7:17 हरेक हात शिथिल हुनेछ र हरेक घुँडा पानीझैं निर्बल हुनेछ,
EZE 7:18 र तिनीहरूले भाङ्‌ग्रा लाउनेछन्‌ र त्रासले तिनीहरूलाई ढाक्‍नेछ । हरेक अनुहारमा लाज हुनेछ, र तिनीहरू सबैका शिरमा कपाल हुनेछैन ।
EZE 7:19 तिनीहरूले आफ्‍ना चाँदी गल्‍लीहरूमा फाल्‍नेछन्, र तिनीहरूको सुन त्यागिएको चिजजस्‍तो हुनेछ । परमप्रभुका क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउन सक्‍नेछैनन्‌ । तिनीहरूको जीवन बचाइनेछैन, र तिनीहरूको भोक मेटिनेछैन, किनकि तिनीहरूको अधर्म ठेसलाग्‍ने ढुङ्गो बनेको छ ।
EZE 7:20 आफ्‍ना सुन्दर गरगहनामा तिनीहरूले घमण्‍ड गरे, र तीबाट तिनीहरूले आफ्‍ना घिनलाग्‍दा मूर्तिहरू र तिनीहरूका घृणित कुराहरू बनाए । यसकारण म यिनलाई तिनीहरूका निम्‍ति अशुद्ध थोकमा परिणत गरिदिनेछु ।
EZE 7:21 तब म ती थोकहरू विदेशीहरू र दुष्‍टका हातमा लुटका रूपमा दिनेछु, र उनीहरूले ती बिटुला पार्नेछन्‌ ।
EZE 7:22 तब तिनीहरूले मेरो वास्ता गरिएको ठाउँलाई बिटुलो पार्दा तिनीहरूदेखि म आफ्‍नो अनुहार फर्काउनेछु । लुटेराहरू त्‍यहाँ पस्‍नेछन् र त्‍यसलाई बिटुलो पार्नेछन्‌ ।
EZE 7:23 साङ्‌ला बनाओ, किनभने देश रगतको न्यायले भरिएको छ, र सहर हिंसाले भरिएको छ ।
EZE 7:24 यसैले म सबैभन्‍दा दुष्‍ट जातिलाई ल्याउनेछु, र तिनीहरूले यिनीहरूका घरहरूमाथि अधिकार गर्नेछन्, र बलिया मानिसहरूको घमण्‍ड म खतम गर्नेछु, किनकि तिनीहरूका पवित्र ठाउँहरू बिटुला पारिनेछन्‌ ।
EZE 7:25 त्रास आउनेछ । तिनीहरूले शान्ति खोज्‍नेछन्, तर त्‍यहाँ केही हुनेछैन ।
EZE 7:26 विपद्‌माथि विपद्‌ आउनेछ, र त्‍यहाँ हल्‍लामाथि हल्‍ला हुनेछ । तब तिनीहरूले अगमवक्ताबाट दर्शन खोज्‍नेछन्‌, तर पुजारीबाट व्‍यवस्‍था र धर्म-गुरुहरूबाट सल्‍लाह नष्‍ट हुनेछ ।
EZE 7:27 राजाले शोक गर्नेछन् र शासकले निराशको पोशाक पहिरिनेछ, जबकि देशका मानिसहरूका हात त्रासले काँप्‍नेछन्‌ । तिनीहरूका आफ्‍नै चालअनुसार तिनीहरूलाई म यसो गर्नेछु । म नै परमप्रभु हुँ भनी तिनीहरूले नजानेसम्म तिनीहरूकै मानकअनुसार म तिनीहरूको न्‍याय गर्नेछु ।
EZE 8:1 छैटौं वर्षको छैटौं महिनाको पाँचौं दिनमा जब म आफ्‍नो घरमा बसें र यहूदाका धर्म-गुरुहरू मेरो सामु बसे, तब त्‍यहाँ परमप्रभु परमेश्‍वरको बाहुली ममाथि पर्‍यो ।
EZE 8:2 तब मैले हेरें, र हेर, त्यहाँ मानिसको रूप भएको आकार थियो। तिनको कम्‍मरमुनि आगोजस्‍तो थियो । अनि तिनको कम्‍मरदेखि माथिचाहिं चम्किरहेको धातुजस्‍तो देखिन्‍थ्‍यो ।
EZE 8:3 तब तिनले हातजस्‍तै आकार पसारेर मेरो कपाल समातेर मलाई जुरुक्‍क उठाए । आत्‍माले मलाई पृथ्‍वी र स्‍वर्गको बिचमा उचाल्नुभयो, र परमेश्‍वरका दर्शनहरूमा यरूशलेममा मन्‍दिरको भित्री चोकमा प्रवेश गर्ने उत्तरपट्टिको मूल ढोकानेर उहाँले मलाई लग्‍नुभयो, जहाँ डाही बनाउने मूर्ति खडा थियो ।
EZE 8:4 तब हेर, मैले मैदानमा देखेको दर्शनअनुसार त्‍यहाँ इस्राएलका परमेश्‍वरको महिमा थियो ।
EZE 8:5 तब उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो! तेरो आँखाले उत्तरतिर हेर्‌ ।” यसैले मैले आँखाले उत्तरतिर हेरें, र वेदीतिर जाने ढोकाको उत्तर, त्‍यहाँ ढोकामा त्‍यो डाहको मूर्ति थियो ।
EZE 8:6 यसैले उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, तिनीहरू के गर्दैछन्, तँ देख्‍छस्? इस्राएलको घरानाले मलाई आफ्‍नो पवित्रस्‍थानबाट टाढा हटाउनलाई घिनलाग्‍दा काम यी नै हुन् । तर तँ फर्कनेछस् र अझ बढी घिनलाग्‍दा कामहरू देख्‍नेछस्‌ ।”
EZE 8:7 तब उहाँले मलाई चोकको ढोकामा ल्याउनुभयो, र मैले हेरें र त्‍यहाँ पर्खालमा प्वाल थियो ।
EZE 8:8 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, यो भित्ताभित्र खन्‌ ।” त्यसैले मैले त्‍यो भित्ताभित्र खनें, र त्‍यहाँ एउटा ढोका थियो ।
EZE 8:9 तब उहाँले मलाई भन्‍नुभयो, “जा र तिनीहरूले त्‍यहाँ गरिरहेका घिनलाग्‍दा दुष्‍ट कामहरू हेर्‌ ।”
EZE 8:10 यसैले म भित्र पसें र हेरें, र नियालें । त्‍यहाँ हरेक किसिमका घस्रने जन्‍तुहरू र घिनलाग्‍दा पशुहरू थिए! इस्राएलको घरानाका जम्‍मै मूर्तिहरूका चित्रहरू त्‍यहाँ भित्तामा चारैतिर बनाइएका थिए ।
EZE 8:11 त्यहाँ इस्राएलका घरानाका सत्तरी जना धर्म-गुरुहरू थिए र शापानको छोरो याजन्‍याह तिनीहरूका माझमा खडा थिए । तिनीहरू मूर्तिहरूका सामु खडा थिए, र धूपको धूवाँ मास्‍तिर जाओस् भनेर हरेकले हातमा आ-आफ्‍ना धुपौरो लिएर खडा थिए ।
EZE 8:12 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, इस्राएलका घरानाका धर्म-गुरुहरूले अँध्‍यारोमा के गरिरहेका के तँ देख्‍छस्? आफ्नो मूर्तिको गुप्‍त कोठामा तिनीहरू प्रत्‍येकले यसो गर्छन् किनकि तिनीहरू भन्‍छन्, 'परमप्रभुले हामीलाई देख्‍नुहुन्‍न। परमप्रभुले देशलाई त्‍याग्‍नुभएको छ' ।”
EZE 8:13 तब उहाँले मलाई भन्‍नुभयो, “फेरि फर्की र तिनीहरूले गरिरहेका अरू ठुला घिनलाग्‍दा कामहरू हेर् ।”
EZE 8:14 त्यसपछि उहाँले मलाई परमप्रभुका मन्‍दिरको उत्तरपट्टिका ढोकाको मुखमा लानुभयो र हेर, त्‍यहाँ स्‍त्रीहरू बसेर तम्‍मूज देवताको लागि रोइरहेका थिए ।
EZE 8:15 त्यसैले उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, के तँ यो देख्छस्? फर्की र यीभन्‍दा पनि बढी घिनलाग्‍दा कुराहरू हेर् ।”
EZE 8:16 उहाँले मलाई परमप्रभुका मन्‍दिरको भित्री चोकमा लानुभयो, र हेर, अनि त्‍यहाँ वेदी र दलानको बिचमा परमप्रभुको मन्‍दिरको ढोकामा करिब पच्‍चीस जना मानिस थिए, आफ्‍ना पिठ परमप्रभुको मन्‍दिरतिर र अनुहारचाहिं पूर्वपट्टि फर्काएर तिनीहरूले सूर्यको पुजा गरिरहेका थिए ।
EZE 8:17 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, के तँ यो देख्छस्? के तिनीहरूले यहाँ गरिरहेका यी घिनलाग्‍दा काम यहूदाका घरानाको लागि सानो कुरा हो र? किनकि तिनीहरूले देशलाई हिंसाले भरेका छन् र आफ्‍ना नाकमा हाँगा राखेर मलाई रिस उठाउनलाई तर्केका छन् ।
EZE 8:18 यसैले म पनि तिनीहरूको माझमा काम गर्नेछु । मेरा आँखामा दया हुनेछैन, र म तिनीहरूलाई छोड्नेछैनँ । तिनीहरू उच्‍च सोरले मेरो कानैमा कराए तापनि म तिनीहरूको कुरा सुन्‍नेछैनँ ।
EZE 9:1 तब उहाँले ठुलो सोरमा कराएर यसो भन्‍नुभएको मैले सुनें, “रक्षकहरू हरेकले आफ्‍ना हातमा नष्‍ट गर्ने हतियार लिएर सहरमा आऊन् ।”
EZE 9:2 तब हेर, छ जना मानिसहरू हरेकले आ-आफ्‍नो हातमा हत्‍या गर्ने हतियार लिएर उत्तरतिर फर्केको माथिल्‍लो ढोकाबाट आए । तिनीहरूका माझमा सूती कपडा लगाएका र कलम भिरेका एक जना मानिस थिए । यसरी तिनीहरू भित्र गए र काँसाको वेदीको छेउमा खडा भए ।
EZE 9:3 तब इस्राएलका परमेश्‍वरको महिमाचाहिं करूबहरूदेखि मास्‍तिर हटेर मन्‍दिरको सँघारमा पुगिसकेको थियो । तब परमप्रभुले त्‍यो सूती कपडा लगाएको र कलम भिरेको मानिसलाई आफ्‍नो छेउमा बोलाउनुभयो ।
EZE 9:4 परमप्रभुले तिनलाई भन्‍नुभयो, “सहरको बिचबाट— यरूशलेमको बिचबाट भएर जा र सहरमा गरिएका सबै घिनलाग्‍दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदारहरूमा एउटा चिन्‍ह लगा ।”
EZE 9:5 मैले सुनिरहँदा उहाँले अरूलाई भन्‍नुभयो, “उसको पछिपछि सहरभरि जाओ र मार । तिमीहरूका आँखामा दया आउन नदेओ, र नछोड,
EZE 9:6 वृद्ध मानिस, जवान मानिस, कन्‍या, साना बालकहरू र स्‍त्रीहरू । ती सबैलाई मार! तर निधारमा त्‍यो चिन्‍ह भएको कसैलाई पनि नछोओ । मेरो पवित्रस्‍थानदेखि नै सुरु गर ।” यसैले मन्‍दिरको सामु भएका धर्म-गुरुहरूदेखि नै तिनीहरूले सुरु गरे ।
EZE 9:7 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मन्‍दिर बिटुलो पार, र त्‍यसका चोकहरूलाई लाशहरूले भर । जाओ!” यसैले तिनीहरू गए र सहरलाई आक्रमण गरे ।
EZE 9:8 जब तिनीहरूले त्‍यसलाई आक्रमण गर्दैथिए, र मचाहिं एक्लै छोडिएँ, तब घोप्‍टो परें र रुँदै भनें, “हे परमप्रभु परमेश्‍वर, यरूशलेममाथि आफ्‍नो क्रोध खन्‍याउनुहुँदा इस्राएलका बचेकाहरू जम्‍मैलाई तपाईंले सर्वनाश गर्नुहुनेछ?”
EZE 9:9 उहाँले मलाई भन्‍नुभयो, “इस्राएल र यहूदाका घरानाको पाप असाध्‍य ठुलो छ । देश रक्तपातले भरिएको छ, र सहरचाहिं विकृतिले भरिपूर्ण छ, किनकि तिनीहरू भन्‍छन्, 'परमप्रभुले देशलाई त्‍याग्‍नुभएको छ, र ‘परमप्रभुले देख्‍नुहुन्‍न' ।
EZE 9:10 यसैले मेरा आँखामा दया हुनेछैनँ, र म तिनीहरूलाई छोड्‌नेछैनँ । बरु म ती सबै तिनीहरूकै शिरमा खन्‍याइदिनेछु ।”
EZE 9:11 हेर, त्‍यो सूती कपडा लगाएको र कम्‍मरमा कलम भिरेको मानिस आऐ । तिनले यसो भने, “तपाईंले मलाई आज्ञा गर्नुभएबमोजिम मैले गरेको छु ।”
EZE 10:1 जब मैले करूबहरूका शिरदेखि मास्‍तिर भएको अर्धगोलाकर क्षेत्रमा हेरें । तीभन्‍दा माथि सिंहासनजस्‍तो स्‍वरूपमा नीरजस्‍तो केही कुरा देखा पर्‍यो ।
EZE 10:2 तब परमप्रभुले ती सूती कपडा लगाएका मानिससँग बोल्‍नुभयो र यसो भन्‍नुभयो, “करूबहरूका मुन्‍तिर रहेका पाङ्‌ग्राहरूका बिचमा जा, र ती करूबहरूका बिचमा भएको जलिरहेको आगोको भुङ्‌ग्रो लिएर आफ्‍ना दुवै हातमा भर् र ती सहरको माथि छरिदे ।” तब मैले हेर्दाहेर्दै ती मानिस गए ।
EZE 10:3 ती मानिस भित्र जाँदा करूबहरूचाहिं मन्‍दिरको दाहिनेपट्टि खडा भए, र भित्री चोक बादलले भरियो ।
EZE 10:4 परमप्रभुको महिमा करूबहरूबाट मास्‍तिर उठ्यो र मन्‍दिरको सँघारमाथि गयो । यसले मन्‍दिरलाई बादलले भरिदियो, र चोकचाहिं परमप्रभुको महिमाको चमकले भरिपूर्ण भयो ।
EZE 10:5 करूबहरूका पखेटाको आवाजचाहिं बाहिरको चोकसम्‍मै सुनिन्‍थ्‍यो, जुन सर्वशक्तिमान्‌ परमेश्‍वर बोल्‍नुहुँदा सुनिने आवाज जस्‍तै थियो ।
EZE 10:6 यस्‍तो भयो, परमेश्‍वरले त्‍यो सूती कपडा लाउने मानिसलाई यसो भनेर आज्ञा दिनुहुँदा, “ती करूबहरूका माझमा भएका पाङ्‌ग्राहरूका बिचबाट आगो ले,” तब ती मानिस भित्र गए र एउटा पाङ्‌ग्राको छेउमा खडा भए ।
EZE 10:7 करूबहरूका बिचमा भएको त्‍यो आगोतिर करूबहरूका बिचबाट एउटा करूबले आफ्‍नो हात छिराए, र त्‍यो माथि उठाए र सूती कपडा लाउने मानिसको हातमा त्‍यो राखिदिए । ती मानिसले त्‍यो लिए र फर्केर बाहिर गए ।
EZE 10:8 ती करूबहरूका पखेटामुनि मैले एक जना मानिसके हातजस्‍तै केही कुरा देखें ।
EZE 10:9 अनि मैले हेरें, र देखें । करूबहरूका छेउमा चार वटा पाङ्‌ग्रा थिए— प्रत्‍येक करूबको छेउमा एउटा पाङ्‌ग्रा थियो, र ती पाङ्ग्रा पीतमणीजस्‍ता देखिन्‍थे ।
EZE 10:10 ती चारै पाङ्‌ग्राहरू एकै किसिमका थिए, एकअर्कामा खप्टिएका देखिन्थे ।
EZE 10:11 ती हलचल गर्दा चार दिशामा कुनै एक दिशातिर तिनीहरू जान्‍थे, तिनीहरू जाँदा फर्कंदैन थिए । तर तिनीहरू जता फर्केका थिए त्यतै जान्थे, तिनीहरू पनि त्‍यसैतिर नफर्की जान्‍थे ।
EZE 10:12 तिनीहरूका सम्‍पूर्ण शरीर, तिनीहरूका पीठ, हात र पखेटा, तिनीहरूका चारै वटा पाङ्‌ग्राहरूसमेत सम्‍पूर्ण आँखाले भरिएका थिए ।
EZE 10:13 मैले सुन्‍दा, ती पाङ्‌ग्राहरूलाई “घुम्‍ने पाङ्‌ग्रा” भनियो ।
EZE 10:14 ती हरेकका चार वटा अनुहार थिए । पहिलो अनुहार करूबको, दोस्रो अनुहार मानिसको, तेस्रो अनुहार सिंहको र चौथो अनुहार गरुडको जस्‍तै थियो ।
EZE 10:15 तब मैले कबार नहरको किनारमा देखेका करूबहरू अर्थात्‌ जीवित प्राणीहरू उठे ।
EZE 10:16 जब ती करूबहरू हलचल गर्थे, तब छेउका ती पाङ्‌ग्राहरू पनि तिनीहरूसितै जान्‍थे, र जब ती करूबहरू भूइँबाट माथि ऊठ्‍नलाई आफ्‍ना पखेटा फैलाउँथे, तब ती पाङ्‌ग्राहरू फर्कंदैन थिए । तिनीहरूकै छेउमा ती रहन्थे ।
EZE 10:17 जब ती करूबहरू ठिङ्ग खडा हुन्‍थे, तब ती पाङ्‌ग्राहरू पनि ठिङ्ग खडा नै रहन्‍थे, र जब ती माथि उठ्‌थे, तब ती पाङ्‌ग्राहरू पनि तिनीहरूसँगै माथि उठ्‌थे, किनकि ती जीवित प्राणीहरूका आत्‍मा ती पाङ्‌ग्राहरूमा थिए ।
EZE 10:18 तब परमप्रभुको महिमा मन्‍दिरको सँघारबाट निस्‍केर गयो र ती करूबहरूका माथि अडियो ।
EZE 10:19 ती करूबहरूले आ-आफ्‍ना पखेटाहरू फैलाएर माथि उठे र मैले हेर्दै गर्दा बाहिर गए, र ती पाङ्‌ग्राहरूले पनि तिनीहरूका पछिपछि त्‍यसै गरे । परमप्रभुका मन्दिरको पूर्वतिरका ढोकाको मुखैमा तिनीहरू खडा भए, र इस्राएलका परमेश्‍वरको महिमा माथिबाट तिनीहरूमा आयो ।
EZE 10:20 कबार नहरको किनारमा इस्राएलका परमेश्‍वरको मुन्‍तिर मैले देखेका ती जीवित प्राणीहरू यी नै थिए, यसैले तिनीहरू त करूबहरू रहेछन्‌ भनी मैले थाहा पाएँ ।
EZE 10:21 ती प्रत्‍येकका चार वटा अनुहार र चार वटा पखेटा थिए, र तीनका पखेटामुनि मानिसका हातहरूजस्‍तै देखिन्‍थे,
EZE 10:22 र तिनीहरूका अनुहारहरूका स्‍वरूप कबार नहरको किनारमा मैले देखेका अनुहारहरूजस्‍तै थिए, र तीमध्‍ये हरेक सिधै अगाडि हिंड्‌दथे ।
EZE 11:1 तब आत्‍माले मलाई माथि उठाउनुभयो र परमप्रभुका भवनको पूर्वतिरको ढोकामा लानुभयो, र त्‍यहाँ ढोकाको मुखैमा पच्‍चीस जना मानिस थिए । तिनीहरूका माझमा मैले मानिसहरूका अगुवाहरू, अज्‍जूरका छोरा याजन्‍याह र बनायाहका छोरा पलत्‍याहलाई देखें ।
EZE 11:2 परमेश्‍वरले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, यस सहरमा दुष्‍ट्याइँ गर्न षड्‌यन्‍त्र रच्ने र दुष्‍ट योजना बनाउने मानिसहरू यी नै हुन् ।
EZE 11:3 तिनीहरू भन्‍दैछन्, 'घरहरू निर्माण गर्ने समय अहिले होइन । यो सहर भाँडो हो र हामीहरू मासु हौं ।’
EZE 11:4 यसैकारण तिनीहरूका विरुद्धमा अगमवाणी गर । ए मानिसको छोरो, अगमवाणी गर ।”
EZE 11:5 तब परमप्रभुका आत्‍मा ममा आउनुभयो, र उहाँले मलाई यसो भन्‍न लाउनुभयोः “परमप्रभु यसो भन्‍नुहुन्‍छः हे इस्राएलका घराना, तिमीहरू यसो भन्दछौ । किनकि तिमीहरूका मनमा के आउँछ भन्‍ने मलाई थाहा छ ।
EZE 11:6 तिमीहरूले यस सहरमा मारेका मानिसहरूका सङ्ख्‍यालाई वद्धि गरेका छौ, र यसका गल्‍लीहरू तिनीहरूले भरेका छौ ।
EZE 11:7 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरूले मारेका मानिसहरू जसका लाशहरू तिमीहरूले यरूशलेमको बिचमा छाडेका छौ, ती मासु हुन्, र यो सहरचाहिं भाँडो हो । तर तिमीहरूचाहिं यस सहरका बिचबाट बाहिर निकालिनेछौ ।
EZE 11:8 तिमीहरू तरवारदेखि डराएका छौ । यसैले तिमीहरूका विरुद्धमा म तरवार ल्‍याउँदैछु । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 11:9 म तिमीहरूलाई सहरको बिचबाट बाहिर निकाल्‍नेछु, र तिमीहरूलाई विदेशीहरूका हातमा सुम्‍पिदिनेछु, किनकि तिमीहरूका विरुद्धमा म न्याय ल्याउनेछु ।
EZE 11:10 तिमीहरू तरवारले ढल्‍नेछौ । इस्राएलको सिमाना भित्र म तिमीहरूको न्‍याय गर्नेछु । यसरी म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
EZE 11:11 यो सहर तिमीहरूका लागि पकाउने भाँडो हुनेछैन, न त त्‍यसको बिचमा तिमीहरू मासु नै हुनेछौ । तिमीहरूको न्‍याय म इस्राएलको सिमाना भित्र नै गर्नेछु ।
EZE 11:12 तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ, जसका विधिहरूमा तिमीहरू हिंडेका, र जसका नियमहरू तिमीहरूले पालन गरेका छैनौ । बरु, तिमीहरूका वरिपरि भएका जातिहरूका विधिहरू तिमीहरू पालन गरेका छौ ।”
EZE 11:13 जब मैले अगमवाणी गरिरहेको थिएँ, तब बनायाहका छोरा पलत्‍याह मरे । तब म घोप्‍टो परें र चर्को सोरमा कराएँ र यसो भनें, “हाय, परमप्रभु परमेश्‍वर! के इस्राएलका बचेकाहरूलाई तपाईंले सम्‍पूर्ण रूपले सर्वनाश गर्नुहुन्‍छ?”
EZE 11:14 त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 11:15 “ए मानिसको छोरो, तेरा दाजुभाइ! तेरा दाजुभाइ! जो तेरा कुलका र इस्राएलका सारा घराना! यी सबै ती नै हुन्, जसका विषयमा यरूशलेमका बासिन्‍दाहरूले यसो भनेका थिए, 'यिनीहरू परमप्रभुदेखि टाढा भएका छन्‌ । यो देश हामीलाई अधिकार गर्न दिइएको थियो ।’
EZE 11:16 यसकारण यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मैले तिनीहरूलाई जातिहरूका बिचमा टाढा पठाए पनि र तिनीहरूलाई देश-देशमा तितरबितर पारे पनि, तिनीहरू गएका देशमा केही समयको निम्‍ति म तिनीहरूको पवित्रस्‍थान भएको छु ।’
EZE 11:17 यसकारण भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरूलाई म मानिसहरूबाट जम्‍मा गर्नेछु, र तिमीहरू तितरबितर भएका देशहरूबाट म तिमीहरूलाई जम्‍मा गर्नेछु र म तिमीहरूलाई इस्राएलको देश दिनेछु ।’
EZE 11:18 तब तिनीहरू त्‍यहाँ जानेछन्‌ र त्‍यो ठाउँबाट हरेक घृणित र घिनलाग्‍दा कुराहरू हटाउनेछन्‌ ।
EZE 11:19 म तिनीहरूलाई एउटै हृदय दिनेछु, र तिनीहरूमा म एउटा नयाँ आत्‍मा हालिदिनेछु । म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय दिनेछु,
EZE 11:20 ताकि तिनीहरू मेरा विधिहरूमा चल्‍नेछन्, र तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन् र तीअनुसार गर्नेछन् । तब तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु ।
EZE 11:21 तर आफ्‍ना घृणित प्रतिमाहरू र घिनलाग्‍दा मूर्तिहरूलाई भक्ति गर्ने हृदय भएकाहरूलाई चाहिं म तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूकै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”
EZE 11:22 ती करूबहरूले आफ्‍ना पखेटा र आफ्‍ना छेउमा भएका पाङ्‌ग्राहरू माथि उचाले र इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूका माथि थियो ।
EZE 11:23 तब सहरको बिचबाट परमप्रभुको महिमा माथि गयो, र सहरको पूर्वपट्टिको पर्वतमा अडियो ।
EZE 11:24 आत्‍माले मलाई माथि उठाउनुभयो र परमेश्‍वरका आत्‍माद्वारा दिइएको दर्शनमा कल्‍दीमा निर्वासित भएकाहरूकहाँ ल्‍याउनुभयो । तब मैले देखेको त्‍यो दर्शन मबाट मास्‍तिर गइहाल्‍यो ।
EZE 11:25 तब परमप्रभुले मलाई देखाउनुभएका सबै कुरा मैले निर्वासित भएकाहरूकहाँ घोषणा गरिदिएँ ।
EZE 12:1 परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 12:2 “ए मानिसको छोरो, तँ एउटा विद्रोही घरानाको बिचमा बस्छस्, जहाँ तिनीहरूका हेर्ने आँखा त छन्‌ तर तिनीहरू देख्‍दैनन् । अनि तिनीहरूका सुन्‍ने कान त छन्‌ तर सुन्‍दैनन्‌, किनभने तिनीहरू विद्रोही घराना हुन्‌ ।
EZE 12:3 यसकारण ए मानिसको छोरो, निर्वासित भएको व्‍यक्तिझैं आफ्ना सामान पोको पार्, र दिउँसै तिनीहरूले देख्‍ने गरी जान सुरु गर्, किनकि तिनीहरूकै सामु तँलाई म निर्वासित तुल्याउनेछु । तिनीहरू विद्रोही घराना भए तापनि शायद तिनीहरूले बुझ्‍लान्‌ ।
EZE 12:4 निर्वासनको लागि तेरा सामनाहरू दिउँसै तिनीहरूका आँखाकै सामुन्‍ने बाहिर निकाल्‍नेछस् । तिनीहरूका आँखाकै सामुन्‍ने कोही निर्वासनमा जानेझैं बेलुकी जानेछस् ।
EZE 12:5 तिनीहरूले देख्‍ने गरी पर्खालमा प्‍वाल पार्, र त्‍यसैबाट बाहिर निक्लेर जा ।
EZE 12:6 तिनीहरूले हेरिरहँदा तैंले आफ्‍नो सामान काँधमा उठा, र ती अँध्यारोमा बोकेर बाहिर लैजा । आफ्‍नो मुख छोप्‌, किनकि तैंले भुइँ देख्‍नुहुँदैन, किनभने इस्राएलका घरानाको निम्‍ति मैले तँलाई एउटा चिन्‍हको रूपमा अलग गरेको छु ।”
EZE 12:7 यसरी जस्‍तो मलाई आज्ञा गरियो त्‍यस्‍तै मैले गरें । निर्वासनको लागि मैले आफ्‍ना सामानहरू दिउँसो बाहिर निकालें, र बेलुका हातले पर्खालमा प्‍वाल पारें । मैले आफ्‍ना सामानहरू अँध्‍यारोमा बाहिर निकालें, र तिनीहरूले हेर्दाहेर्दै ती आफ्‍ना काँधमा बोकें ।
EZE 12:8 त्‍यसपछि बिहान परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 12:9 “ए मानिसको छोरो, के इस्राएलका घराना, त्‍यो विद्रोही घरानाले, 'तिमी यो के गर्दैछौ?' भनेर सोधेन?
EZE 12:10 तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यो भविष्‍य सुचक कामले यरूशलेमका शासक र सारा इस्राएलका घरानासित सम्बन्‍ध राख्‍छ ।’
EZE 12:11 यसो भन्, 'तिमीहरूका निम्‍ति म एउटा चिन्‍ह हुँ ।’ मैले जसो गरेको छु, तिनीहरूलाई त्‍यस्‍तै गरिनेछ । तिनीहरू निर्वासन र कैदमा जानेछन् ।
EZE 12:12 तिनीहरूका बिचमा हुने शासकले साँझमा आफ्‍नो काँधमा सामान बोक्‍नेछ, र पर्खालबाट बाहिर जानेछ । तिनीहरूले पर्खाल फोर्नेछन् र आफ्ना सामानहरू बाहिर निकाल्नेछन् । आफ्‍ना आँखाले भूइँ नदेखोस्‌ भनेर त्‍यसले आफ्‍नो मुख छोप्‍नेछ ।
EZE 12:13 म आफ्‍नो जाल त्‍यसमाथि फिंजाउनेछु, र त्‍यो मेरो पासोमा पर्नेछ । तब म त्‍यसलाई कल्‍दीहरूको देश बेबिलोनियामा लानेछु, तर त्‍यसले त्‍यो देख्‍नेछैन । त्‍यो त्‍यहीं मर्नेछ ।
EZE 12:14 त्‍यसका वरिपरि हुनेहरू जसले त्‍यसलाई मदत गर्छन् र त्‍यसका सम्‍पूर्ण फौजलाई म तितरबितर पार्नेछु, र तिनीहरूको पछि म तरवार पठाउनेछु ।
EZE 12:15 जब जातिहरूका बिचमा तिनीहरूलाई म छरपष्‍ट पार्नेछु र देश-देशमा तिनीहरूलाई तितरबितर पार्नेछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।
EZE 12:16 तर म तिनीहरूमध्‍येका थोरैलाई तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्‍यहाँका जातिहरूका बिचमा आफ्‍ना घिनलाग्‍दा व्‍यवहारहरूका लेखा तिनीहरूले राख्‍नेछन्, यसरी म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।”
EZE 12:17 परमेश्‍वरको वचन यसो भनेर मकहाँ आयो,
EZE 12:18 “ए मानिसको छोरो, आफ्‍नो भोजन थरथर हुँदै खा, र काम्दै र चिन्ता गर्दै पानी पी ।
EZE 12:19 अनि देशका मानिसहरूलाई यसो भन्‌: 'यरूशलेमका बासिन्‍दाहरू र इस्राएल देश बारेमा परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “तिनीहरूले आफ्‍नो भोजन काम्दै खानेछन्, र थरथर काम्दै तिनीहरूले आफ्‍नो पानी पिउनेछन्, किनकि त्‍यहाँ बस्‍नेहरूका हिंसाको कारणले त्‍यसमा भएका सबै कुरासमेत तिनीहरूका देश उजाड पारिनेछ ।
EZE 12:20 मानिसहरू बसेका सहरहरू उजाड हुनेछन्, र देश उजाड-स्‍थान हुनेछ । तब म नै परमप्रभु हुँ भी तिमीहरूले जान्‍नेछौ ।’”
EZE 12:21 फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 12:22 “ए मानिसको छोरो, ‘समय लामो पारिएको छ, र हरेक दर्शन फेल हुन्छ' भन्‍ने इस्राएलमा चल्‍दैआएको उखान के हो?
EZE 12:23 यसकारण तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म यस उखानको अन्‍त गरिदिनेछु, र इस्राएलका मानिसहरूले फेरि कहिल्‍यै यो प्रयोग गर्नेछैनन्‌ ।' तिनीहरूलाई यसो भन्, ‘समय नजिकै आएको छ, जति बेला हरेक दर्शन पुरा हुनेछ ।
EZE 12:24 किनकि अब फेरि कहिल्‍यै इस्राएलका मानिसहरूका बिचमा झूटा दर्शन र जोखना हेर्नेहरू हुनेछैनन्‌ ।
EZE 12:25 किनकि म परमप्रभु हुँ! म बोल्छु र आफूले बोलेका कुरा पुरा गर्छु । यो कुरा ढिलो हुनेछैन । किनकि ए विद्रोही घराना, तिमीहरूका समयमा नै मैले भनेको यो कुरा म पुरा गर्नेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”
EZE 12:26 फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 12:27 “ए मानिसको छोरो, हेर्, इस्राएलका घरानाले यसो भनेको छ, 'त्‍यसले देखेको दर्शन अबदेखि धेरै दिनसम्‍मको लागि हो र त्‍यसले बोलेको अगमवाणी धेरै समयपछिका लागि हो ।'
EZE 12:28 यसकारण तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मेरा वचन पुरा हुन अब ढिलो हुनेछैन, तर मैले बोलेका वचन पुरा हुनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 13:1 फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 13:2 “ए मानिसको छोरो, इस्राएलमा अगमवाणी बोलिरहेका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी बोल्, र आफ्‍नै कल्‍पनाहरूका अगमवाणी बोल्‍नेहरूलाई यसो भन्, 'परमप्रभुको वचन सुन ।
EZE 13:3 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्नै आत्‍माका कुरा पछ्याउने तर केही पनि नदेख्‍ने मूर्ख अगमवक्ताहरूलाई धिक्‍कार ।
EZE 13:4 ए इस्राएल, तिमीहरूका अगमवक्ताहरू त उजाड-स्‍थानहरूमा बस्‍ने स्‍यालहरूजस्‍ता भएका छन्‌ ।
EZE 13:5 परमप्रभुको दिनमा हुने युद्धमा सुरक्षा होस् भनेर इस्राएलका घरानाको वरिपरिका पर्खालमा भएका भत्‍केका ठाउँहरू मरम्‍मत गर्न पनि तिमीहरू गएका छैनौ ।
EZE 13:6 मानिसहरूसँग झूटा दर्शनहरू छन्‌ र तिनीहरू झुटा भविष्‍यवाणी गर्छन् । तिनीहरू यसो भन्‍छन्, “परमप्रभुको घोषणा यस्‍तो-यस्तो छ ।” परमप्रभुले तिनीहरूलाई पठाउनुभएको होइन । तापनि आफ्‍ना सन्‍देश पुरा हुनेछन् भनी तिनीहरूले मानिसहरूलाई आशा गर्ने बनाएका छन् ।
EZE 13:7 के तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा भविष्‍यवाणीहरू बोलेका होइनौ र, तिमीहरू जसले “परमप्रभु यस्‍तो-यस्तो भन्‍नुहुन्‍छ,” भन्‍दछौ, जबकि म आफैले ती भनेकै होइन?
EZE 13:8 यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः किनभने तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा बोलेको छौ । त्‍यसकारण तिमीहरूका विरुद्धमा परमप्रभु परमेश्‍वरको घोषणा यस्‍तो छः
EZE 13:9 मेरो हात ती अगमवक्ताहरूका विरुद्धमा हुनेछ, जसले असत्‍य दर्शनहरू देख्‍छन्‌ र झूटा जोखनाहरू भन्‍छन्‌ । तिनीहरू मेरो मानिसहरूका सभामा हुनेछैनन्, वा इस्राएलका घरानाको सूचीमा तिनका नाउँ लेखिनेछैनन् । तिनीहरू इस्राएल देशमा जानुहुँदैन । किनकि परमप्रभु परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
EZE 13:10 यो कारणले र तिनीहरूले मेरो मानिसहरूलाई टाढा लगेका र यसो भनेका कारणले, “शान्‍ति,” जब शान्‍ति नै छैन । तिनीहरू एउटा पर्खाल बनाउँदैछन् जसलाई तिनीहरूले चुन लगाउनेछन् ।'
EZE 13:11 ती पर्खालमा चुना लगाउनेहरूलाई यसो भन्, 'यो ढल्नेछ । घनघोर वृष्‍टि हुनेछ र यसलाई ढाल्नलाई ठुला असिना र यलाई नष्‍ट गर्नलाई आँधीबेहरी म पठाउनेछु ।
EZE 13:12 हेर, त्‍यो पर्खाल ढल्‍नेछ । के अरूले तिमीहरूलाई यसो भनेका छैनन् र, “तिमीहरूले पोतेको चुन कहाँ छ?”
EZE 13:13 यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म आफ्‍नो क्रोधमा एउटा डरलाग्‍दो आँधीबेहरी ल्याउनेछु, र मेरो रिसमा पानीको बाढी आउनेछन् । मेरो क्रोधको असिनाले त्यसलाई पूर्ण रूपमा भत्काउनेछ ।
EZE 13:14 किनकि तिमीहरूले चुना पोतेको त्‍यो पर्खाललाई भत्‍काउनेछु र त्‍यसलाई म भूइँसम्‍मै लडाउनेछु, र त्‍यसको जग देखाउनेछु । यसरी त्‍यो ढल्‍नेछ र तिमीहरू सबै पनि त्‍यसको माझमा नष्‍ट हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
EZE 13:15 किनकि म आफ्‍नो क्रोधमा त्यो पर्खाल र त्‍यसलाई चुनले पोत्‍नेहरूलाई नष्‍ट पार्नेछु । म तिमीहरूलाई भन्‍नेछु, “त्‍यो पर्खाल अब छैन न त त्‍यसलाई चुनले पोत्‍ने मानिसहरू नै छन्—
EZE 13:16 यरूशलेमको बारेमा अगमवाणी बोल्‍ने इस्राएलका यी अगमवक्ताहरू र त्‍यसको निम्‍ति शान्‍तिको दर्शन देख्‍नेहरू । तर त्यहाँ शान्ति नै छैन! यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।”
EZE 13:17 यसैले अब ए मानिसको छोरो, तेरा मानिसहरूका छोरीहरू, जसले आफ्‍नै कल्‍पनाको अगमवाणी बोल्‍नेहरूतिर तेरो मुख फर्का, रर तिनीहरूका विरुद्धमा अगमवाणी बोल् ।
EZE 13:18 यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः धिक्‍कार ती स्‍त्रीहरू, जसले आफ्‍ना हातका हरेक भागमा जादुका बुटीहरू बाँध्छन् र मानिसहरूको शिकार गर्न विभिन्‍न आकारका शिर ढाक्‍ने घुम्‍टा बनाउँछन्‌ । के तिमीहरूले मेरा मानिसहरूका शिकार गर्ने तर आफ्नै जीवनचाहिं बचाउने छौ र?
EZE 13:19 मर्नु नपर्ने मानिसहरूलाई मार्नलाई र बाँच्न नपर्नेहरूको जीवन बचाउनलाई तिमीहरूका कुरा सुन्‍ने मेरा मानिसहरूलाई झुटा कुरा गरेर र आफ्ना दुई-चार मुट्ठी जौ र रोटीका केही टुक्राहरूका निम्‍ति मेरो मानिसहरूका बिचमा तिमीहरूले मलाई बिटुलो पार्‍यौ ।
EZE 13:20 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म तिमीहरूका जादुका विरुद्धमा छु, जुन चरालाई झैं मानिसहरूलाई पासोमा पार्न तिमीहरूले प्रयोग गरेका छौ । साँच्‍चै ती म तिमीहरूका पाखुराहरूदेखि ती चुडाउँनेछु । अनि तिमीहरूले चरालाई झैं पासोमा पारेका मानिसहरूलाई म छुटकारा दिनेछु ।
EZE 13:21 म तिमीहरूका घुम्‍टा पनि च्‍यातिदिनेछु, र मेरो प्रजालाई तिमीहरूका हातदेखि छुटाउनेछु, यसरी तिनीहरू फेरि कहिल्‍यै तिमीहरूका हातमा पर्नेछैनन् । म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
EZE 13:22 किनकि तिमीहरूले झुटा बोलेर धर्मीहरूलाई निराश तुल्‍याएका हुनाले, जबकि मैले उसलाई निरास तुल्याउने इच्छा गरिनँ, र तिमीहरूले दुष्‍ट व्‍यक्‍तिका कामहरूलाई उत्‍साह दियौ ताकि आफ्‍नो प्राण बचाउन आफ्‍ना चालबाट ऊ फर्कनेछैन—
EZE 13:23 यसैकारण तिमीहरूले अब फेरि कहिल्‍यै झुटा दर्शन देख्‍नेछैनौ नत भविष्‍यवाणी गरिरहनेछौ, किनकि म आफ्‍ना मानिसहरूलाई तिमीहरूका हातदेखि बचाउनेछु । म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ।'”
EZE 14:1 इस्राएलका धर्म-गुरुमध्‍ये कोही मकहाँ आए र मेरो सामुन्‍ने बसे ।
EZE 14:2 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 14:3 “ए मानिसको छोरो, यी मानिसहरूले आफ्‍ना मूर्तिहरूलाई आफ्‍ना हृदयमा राखेका छन्, र आफ्‍नो अधर्मका ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नै अनुहारका सामु राखेका छन्‌ । के तिनीहरूले मेरो बारेमा सोध्‍न पाउँछन् र?
EZE 14:4 यसकारण तिनीहरू यो कुरा घोषणा गर र तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः इस्राएलका घरानाका हरेक मानिस जसले आफ्‍नो हृदयमा मूर्तिहरू राख्‍छन्, र आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नो अनुहारको सामुन्‍ने राख्‍छन्, र पनि अगमवक्ताकहाँ जान्‍छन्, म परमप्रभुले त्‍यसका मूर्तिहरूका संख्याअनुसार त्‍यसलाई जवाफ दिनेछु ।
EZE 14:5 आफ्‍ना मूर्तिहरूको कारण आफ्‍ना हृदयहरू मबाट टाढा भएका इस्राएलका घरानालाई मैले फर्काउन सकौं भनेर म यसो गर्नेछु ।’
EZE 14:6 यसकारण इस्राएलका घरानालाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः पश्‍चात्ताप गर र आफ्‍ना मूर्तिहरूदेखि फर्क । सबै घिनलाग्‍दा कुराबाट आफ्ना मुख फर्काओ ।
EZE 14:7 किनकि इस्राएलका घरानाको हरेक व्‍यक्‍ति र इस्राएलमा बस्‍ने हरेक विदेशी व्‍यक्‍ति जसले मलाई त्‍याग्‍छ, जसले आफ्‍ना मूर्तिहरू आफ्‍ना हृदयमा राख्‍छ र आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नै अनुहारको सामु राख्‍छ, र त्‍यसपछि मलाई खोज्‍न कुनै अगमवक्ताकहाँ जान्‍छ, त्‍यसलाई म परमप्रभु आफैले जवाफ दिनेछु ।
EZE 14:8 यसरी म आफ्‍नो मुख त्‍यस मानिसको विरुद्धमा लगाउनेछु, र त्‍यसलाई एउटा सङ्केत र उखानको पात्र बनाउनेछु, किनकि त्‍यसलाई म आफ्‍ना मानिसहरूका बिचदेखि बहिष्‍कार गर्नेछु र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
EZE 14:9 कुनै एक जना अगमवक्ता छलमा पर्छ र यस्‍तो सन्देश भन्‍छ भने, म परमप्रभुले त्‍यस अगमवक्ता छलमा पार्नेछु । म आफ्‍ना हात त्‍यसको विरुद्धमा पसार्नेछु, र मेरो मानिस इस्राएलको बिचबाट त्‍यसलाई नाश गर्नेछु ।
EZE 14:10 तिनीहरूका आफ्‍ना अपराध तिनीहरूले बोक्‍नेछन् । अगमवक्ताको अपराधचाहिं र उसँग सल्‍लाह लिनेको अपराधजस्‍तै हुनेछ ।
EZE 14:11 यसकारण, इस्राएलका घरानाले मलाई पछ्‍याउनदेखि फेरि कहिल्‍यै बरालिनेछैनन्‌ न त आफ्‍ना सबै पापहरूले तिनीहरूले फेरि कहिल्‍यै आफैलाई अपवित्र पार्नेछन्‌ । तिनीहरू मेरा मानिसहरू हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”
EZE 14:12 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 14:13 “ए मानिसको छोरो, कुनै देशले पाप गरेर मेरो विरुद्धमा पाप गर्छ, ताकि त्‍यसको विरुद्धमा आफ्‍नो हात पसारें र त्‍यसको खाद्य भण्‍डार म नाश गरें, र अनिकाल ल्‍याएँ र मानिस र पशु दुवैलाई नाश गरें भने,
EZE 14:14 तब नोआ, दानिएल र अय्‍यूब, यी तिन जना मानिसहरू त्‍यहाँ भए भने पनि तिनीहरूले आफ्‍नो धार्मिकताद्वारा आफ्‍नै प्राण मात्र बचाउन सक्‍छन् । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 14:15 मैले त्‍यस देशमा जङ्गली जनावरहरू पठाएँ, र तिनीहरूले त्‍यसलाई बाँझो तुल्‍याए र त्‍यो देश उजाड भयो, जहाँ जनावरहरूका कारणले कुनै मानिस गएन भने,
EZE 14:16 तब यी तिन जना मानिस त्‍यहाँ भए भने पनि, जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर घोषणा गर्नुहुन्छ, तिनीहरूले आफ्‍नै छोराछोरीलाई पनि बचाउन सक्‍दैनन् । तिनीहरूका आफ्‍नो जीवन मात्र बाँच्‍नेछ, तर देशचाहिं उजाड हुनेथियो ।
EZE 14:17 अथवा मैले त्‍यस देशको विरुद्धमा तरवार ल्‍याएँ र यसो भनें, 'ए तरवार, देशभरि जा र त्‍यहाँबाट मानिसहरू र जनावरहरू दुवैलाई काट् ।'
EZE 14:18 तब यी तिन जना मानिस त्‍यो दैशको बिचमा भए भने पनि, जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, तिनीहरूले आफ्‍ना छोराछोरीलाई बचाउन सक्‍दैनन् । तिनीहरूका आफ्‍नो जीवन मात्र बाँच्‍नेछ ।
EZE 14:19 अथवा मैले यो देशको विरुद्धमा रूढी पठाएँ र रगत बगाएर त्‍यसका मानिसहरू र पशुहरूलाई मारेर मैले आफ्‍नो क्रोध पोखाएँ भने,
EZE 14:20 तब नोआ, दानिएल र अय्‍यूब त्‍यो देशमा भए भने पनि, जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, तिनीहरूले आफ्‍ना छोराछोरीलाई बचाउन सक्‍दैनन् । तिनीहरूले आफ्‍नो धार्मिकताद्वारा आफ्‍नै प्राण मात्र बचाउन सक्‍छन् ।
EZE 14:21 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यरूशलेमको विरुद्धा मेरा चारवटा दण्‍डहरू— तरवार, अनिकाल, जङ्गली पशुहरू र रूढी पठाएर, त्‍यहाँका मानिस र पशुहरू दुवैलाई देशबाट नाश गरेर म धैरै खराब तुल्‍याउनेछु ।
EZE 14:22 तापनि हेर्, त्‍यसमा कोही बाँकी हुनेछन्‌, र बचेकाहरू आफ्‍ना छोराहरू र छोरीहरूका साथमा बाहिर निस्‍केर जानेछन्‌ । हेर्, तिनीहरू बाहिर तिमीहरूकहाँ आउनेछन्, र तिमीहरूले तिनीहरूका चालहरू र कामहरू हेर्नेछौ, र मैले यरूशलेममा ल्‍याएका ती दण्‍ड र देशको विरुद्ध मैले ल्याएका सबै कुराबाट तिमीहरूलाई सान्‍त्‍वना हुनेछ ।
EZE 14:23 बाँचेकाहरूका चाल र कामहरू देखेर तिमीहरूले सान्‍त्‍वना पाउनेछौ, यसरी मैले त्‍यसको विरुद्धमा गरेका यी सबै कुरा, र ती मैले व्‍यर्थमा गरिनँ भनी तिमीहरूले जान्‍नेछौ । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 15:1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 15:2 “ए मानिसको छोरो, वनका अरू कुनै रूखका हाँगाहरूभन्‍दा दाखका बोटको कसरी असल हुन्‍छ?
EZE 15:3 के मानिसहरूले दाखको बोटबाट केही चीज बनाउन काठ लिन्छन् र? के तिनीहरूले कुनै कुरा झुण्‍ड्याउनलाई त्‍यसबाट किला बनाउँछन्‌ र?
EZE 15:4 हेर्, त्यसलाई दाउराको रूपमा आगोमा हालियो भने र त्‍यसका दुई छेउ र बिचको भाग आगोले भस्‍म भयो भने, के त्‍यो कुनै कामको हुन्‍छ र?
EZE 15:5 हेर्, त्‍यो सिङ्गै हुँदा पनि केही कामको बन्‍न सकेन । निश्‍चय पनि आगोले भस्‍म भएपछि, अझै पनि त्‍यसबाट केही कामको कुरा बन्‍दैन ।
EZE 15:6 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः वनमा भएका रूखहरूभन्‍दा फरक गरी मैले दाखका बोटलाई आगोको लागि दाउरा हुन दिएँ । यरूशलेमका बसिन्‍दाहरूसित पनि म त्‍यसरी नै काम गर्नेछु ।
EZE 15:7 किनकि म आफ्‍नो अनुहार तिनीहरूका विरुद्धमा फर्काउनेछु । तिनीहरू आगोबाट बाहिर आए तापनि तिनीहरूलाई आगोले नै भस्‍म गर्नेछ । यसरी तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ जति बेला मैले आफ्‍नो अनुहार तिनीहरूका विरुद्धमा फर्काउनेछु ।
EZE 15:8 तब तिनीहरूले पाप गरेका हुनाले म तिनीहरूको देशलाई त्‍यागिएको उजाड-स्‍थान बनाउनेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”
EZE 16:1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 16:2 “ए मानिसको छोरो, यरूशलेमलाई त्‍यसका घिनलाग्‍दा कामहरूका बारेमा जानकारी दे,
EZE 16:3 र घोषणा भन्, 'यरूशलेमलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तेरो सुरु र तेरो जन्‍म कनानहरूको देशमा भएको हो । तेरो बुबा एक एमोरी थियो, र तेरी आमाचाहिं हित्ती थिई ।
EZE 16:4 जन्‍मँदा तेरी आमाले तेरो नाभि काटिन, न त त्यसले तँलाई सफा गर्नलाई पानीले नुहाइदिई वा तेरो शरीर नुनले दली, वा तँलाई लुगाले बेह्री ।
EZE 16:5 तँप्रति दयालु भएर तेरो निम्‍ति यी कुरामध्‍ये कुनै गर्न कोही मानिसका आँखामा दया थिएन । तँ जन्‍मेको दिनमा तेरो जीवनलाई घृणा गरेर तँलाई बाहिर मैदानमा फालियो ।
EZE 16:6 तर म तेरो छेउबाट गएँ, र मैले तँलाई तेरो आफ्‍नै रगतमा लट्‌पटिरहेको देखें । यसैले तेरो रगतमा मैले तँलाई भनें, “बाँच्‌ ।” तेरो रगतमा मैले तँलाई भनें, “बाँच्‌ ।”
EZE 16:7 मैले तँलाई मैदानको बोटजस्‍तै बढ्‌न लगाएँ । तँ बढिस् र ठुलो भइस्, र गहनाहरूको गहना भइस् । तँ नाङ्गो र वस्‍त्रहीन भए तापनि तेरा स्‍तनहरू कडा भए, र तेरो कपाल बक्‍लो भयो ।
EZE 16:8 म फेरि तेरो छेउबाट गएँ र मैले तँलाई देखें । हेर्, तेरो निम्‍ति प्रेम गर्ने समय आयो । यसैले मैले मेरो वस्‍त्रको छेउ तँमाथि ओढाएँ र तेरो नग्‍नता ढाकिदिएँ । तब मैले तँसित बाचा बाँधें र तँलाई करारमा ल्‍याएँ र तँ मेरो भइस्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 16:9 यसैले मैले तँलाई पानीले नुहाए र तेरो रगत तँबाट मिचेर धोइदिएँ, र तेलले तेरो अभिषेक गरें ।
EZE 16:10 तँलाई बुट्टादार वस्‍त्र पहिराएँ, र तेरो खुट्टामा छालाका जुत्ता लगाएँ । मैले तँलाई मलमलको कपडामा बेह्रें, र रेशमी लुगाले तँलाई ढाकें ।
EZE 16:11 त्यसपछि मैले तँलाई गरगहनाले आभूषित गरें, तेरा हातमा चुरा लगाएँ, र तेरो गलामा सिक्री पहिराएँ ।
EZE 16:12 मैले तेरो नाकमा नत्‍थ लगाएँ र कानमा लुर्का लगाएँ, तेरो शिरमा सुन्‍दर मुकुट पहिराएँ ।
EZE 16:13 यसरी तँ सुन र चाँदीले आभूषित भइस्, र तैंले मलमल र रेशमी र बुट्टादार कपडा लगाइस् । तैंले मसिनो पीठो, मह र भद्राक्षको तेल खाइस्, र तँ अत्‍यन्‍तै सुन्‍दरी थिइस्, र तँ रानी भइस्‌ ।
EZE 16:14 तेरो सौन्‍दर्यको कारणले तेरो ख्‍याति जातिहरूका बिचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्‍दर्य सिद्ध थियो—यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 16:15 तर तेरो आफ्‍नो सौन्‍दर्यमा तैंले भरोसा राखिस्‌ र तेरो ख्‍यातिको कारणले तैंले एक वेश्‍याले झैं काम गरिस्‌ । छेउबाट जाने जोसुकैलाई पनि तैंले वेश्याले झैं आफ्‍नो काम तैंले गरिस्, ताकि तेरो सौन्‍दर्य उसको भयो ।
EZE 16:16 तब आफ्‍ना केही वस्‍त्र लिएर तैंले राम्ररी सिङ्गारिएका डाँडाका थानहरू बनाइस्, र त्‍यहीं नै तैंले वेश्‍याले झैं व्यवहार गरिस् । यस्‍तो नहुनुपर्थ्‍यो । न त यस्तो कुराको अस्तित्वमा हुनुपर्थ्यो ।
EZE 16:17 मैले तँलाई दिएको सुन र चाँदीका गहना तैंले लिइस् र तैंले आफ्‍नो निम्‍ति पुरुष-मूर्तिहरू बनाइस् र तीसित तैंले वेश्‍याले झैं काम गरिस्‌ ।
EZE 16:18 तैंले आफ्‍ना बुट्टादार कपडाहरू लिइस् र तिनीहरूलाई ढाकिस् र मेरो तेल र अत्तर तैंले तिनीहरूका अगि चढाइस्‌ ।
EZE 16:19 मसिनो पीठो, तेल र महले बनेको मेरो रोटी मैले तँलाई दिएँ— सुगन्‍धित बास्‍ना हुनलाई तैंले ती तिनीहरूका अगि चढाइस्‌ किनकी यस्तै भएको छ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 16:20 अनि तैंले मेरो निम्‍ति जन्‍माएका तेरो छोराछोरीलाई तैंले लइस् र मूर्तिहरूका लागि खानेकुराको रूपमा तैंले तिनीहरूको बलि चढाइस्‌ । के तेरा वेश्‍यावृत्तिका कामहरू साना कुराहरू हुन्?
EZE 16:21 तैंले मेरा छोराछोरीलाई मूर्तिहरूका निम्‍ति मारिस् र तिनीहरूलाई आगोमा हिंड्न लगाइस् ।
EZE 16:22 तेरा यी सबै घृणित काम र वेश्‍यावृत्तिमा तैंले आफ्‍नो युवावस्‍थाका दिनहरू सम्‍झेको छैनस्‌, जति बेला तँ नाङ्गो, वस्‍त्रहीन र भएर आफ्‍नो रगतमा लट्‌पटिएकी थिइस्‌ ।
EZE 16:23 धिक्‍कार! तँलाई धिक्‍कार!— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— यसकारण, यी सबै दुष्‍टताका साथै
EZE 16:24 तँ आफैंले हरेक सर्वजनिक ठाउँमा गुमज पुजाकोठा बनाइस्‌ ।
EZE 16:25 हरेक चोकमा आफ्‍नो निम्‍ति एउटा अल्‍गो देवता-थान बनाइस्‌ र तैंले आफ्‍नो सुन्‍दताको अपमान गरिस्, अनि त्‍यहाँबाट जाने सबैलाई आफ्‍ना खुट्टाहरू फैलाइस् र तैंले आफ्‍नो वेश्‍यावृत्तिका कामहरू बढाइस्‌ ।
EZE 16:26 यौनले उन्‍मत्त तेरो मिश्रदेशका छिमेकीहरूसित पनि तैंले वेश्‍यावृत्ति गरेको छस्, र वेश्‍यावृत्तिका तेरा अरू धेरै कामले मलाई रिस उठाइस्‌ ।
EZE 16:27 हेर्, म आफ्‍नै हातले तँलाई हिर्काउनेछु र तेरो रोटी बन्‍द गर्नेछु । तेरो जीवन म तेरा शत्रुहरू, पलिश्‍तीहरूका छोरीहरूका हातमा सुम्पिदिनेछु जो तेरा घिनलाग्दा व्यवहार देखेर लज्‍जित भएका थिए ।
EZE 16:28 तैंले अश्‍शूरीहरूसित पनि वेश्‍यावृत्ति गरिस्, किनभने तँ तृप्‍त हुन सकिनस्‌ । तैंले वेश्याले झैं काम गरिस् र पनि तँ सन्तुष्‍ट भइनस् ।
EZE 16:29 कल्‍दीका व्‍यापारीहरूका देशमा पनि तैंले धैरै वेश्‍यावृत्तिका कामहरू गरिस्, र यसले पनि तँलाई सन्‍तुष्‍ट बनाएन ।
EZE 16:30 तेरो हृदय कति बिरामी छ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— कि एक निर्लज्‍ज वेश्‍याका कामहरू जस्‍ता यी सबै कुराहरू तैंले गरिस् ?
EZE 16:31 हरेक गल्‍लीको मोडमा आफ्‍नो डाँडाका थानहरू र हरेक सार्वजनिक ठाउँमा तैंले गुमज पुजाकोठा बनाइस् । तापनि तँ वेश्‍याजस्‍तो थिइनस्, किनभने ज्‍याला लिन तैंले इन्‍कार गरिस् ।
EZE 16:32 तँ व्‍यभिचारी स्‍त्री, तँ आफ्‍नो पतिको सट्टामा बिरानाहरूलाई स्वीकार गर्छेस् ।
EZE 16:33 मानिसहरूले त हरेक वेश्‍यालाई ज्‍याला दिन्‍छन्, तर तैंले चाहिं उल्‍टो आफ्‍ना सबै प्रेमीलाई ज्याला दिन्छेस् र तँसित वेश्‍यवृति गर्न चारैतिरबाट तिनीहरू तँकहाँ आऊन् भनेर घुस दिन्‍छेस्‌ ।
EZE 16:34 यसैले तँ र अरू स्‍त्रीहरूमा फरक छ । किनकि आफूसँग सुत भन्‍न कोही पनि तँकहाँ आउँदैन । बरु, तैंले तिनीहरूलाई ज्याला दिन्छेस् । कसैले पनि तँलाई ज्‍याला दिंदैन ।
EZE 16:35 यसकारण ए वेश्‍या, परमप्रभुको वचन सुन्‌ ।
EZE 16:36 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तैंले आफ्ना यौनको उत्तेजना पोखेको छस् र आफ्‍ना प्रेमीहरूसँगको तेरो वेश्यावृत्तिद्वारा आफ्नो नग्‍नता देखाएको छस्, र तेरा सबै घिनलाग्‍दा मूर्तिहरू बनाएको छस्, र तिनीहरूलाई तैंले आफ्‍ना छोराछोरीका रगत चढाएको छस्,
EZE 16:37 यसकारण हेर्, तैंले भेटेका सबै प्रेमीहरूलाई म भेला गर्नेछु, तैंले प्रेम गरेका सबै प्रेमीहरू र तैंले घृणा गरेका सबैलाई म भेला गर्नेछु, र तिनीहरूलाई म तेरा विरुद्धमा तेरो चारैतिर जम्‍मा गर्नेछु । तिनीहरूले तेरो नग्‍नता देखून् भनेर म तेरो नग्‍नता उघारिदिनेछु ।
EZE 16:38 किनकि व्यभिचार र रगतको बगाएको निम्‍ति म तँलाई दण्ड दिनेछु । अनि मेरो क्रोध र डाहको रक्तपात तँमाथि म ल्याउनेछु ।
EZE 16:39 तँलाई तिनीहरूका हातमा म सुम्‍पिदिनेछु, यसरी तिनीहरूले तेरा गुमज पुजाकोठा भत्‍काउनेछन्‌ र डाँडाका थानहरू ढाल्नेछन् र तिनीहरूले तेरा वस्‍त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन्‌ र तेरा सबै गरगहना लैजानेछन् । तिनीहरूले तँलाई नाङ्गो र उजाड छोडिदिनेछन्‌ ।
EZE 16:40 तब तिनीहरूले तेरो विरुद्धमा एउटा भीड ल्‍याउनेछन्, र तँलई ढुङ्गाले हान्‍नेछन्, र तिनीहरूले तँलाई आफ्‍ना तरवारहरूले टुक्रै-टुक्रा पार्नेछन्‌ ।
EZE 16:41 तिनीहरूले तेरा घरहरू जलाउनेछन्, र धेरै जना स्‍त्रीले देख्‍ने गरी तँलाई धेरै किसिमका दण्‍ड दिनेछन्‌, किनकि म तेरो वेश्‍यावृत्ति रोक्‍नेछु, र तैंले आफ्‍ना प्रेमीहरूलाई फेरि ज्‍याला दिनेछैनस्‌ ।
EZE 16:42 तब तेरो विरुद्धमा भएको मेरो क्रोध म शान्त पार्नेछु । मेरो रिसले तँलाई छोड्नेछ किनकि म सन्तुष्‍ट हुनेछु, र पेरि कहिलै रिसाउनेछैनँ ।
EZE 16:43 तैंले आफ्‍नो युवावस्‍थाका दिनलाई सम्‍झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्‍ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्‍ड म आफैं तेरो आफ्‍नै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्‍दा व्‍यवहारहरूमा वेश्‍यवृति पनि थपेको छैनस् र?
EZE 16:44 हेर्, उखान भन्‍ने हरेकले तेरो विषयमा यो उखान भन्‍नेछः “जस्‍तो आमा उस्‍तै छोरी ।”
EZE 16:45 तँ आफ्‍नी आमाकी छोरी होस्, जसले आफ्‍नै पति र छोराछोरीलाई घृणा गरी, अनि आफ्‍नी दिदीहरूकी बहिनी होस् जसले आफ्‍नै पति र छोराछोरीलाई घृणा गरे । तेरी आमा हित्ती थिई, र तेरा बुबा एमोरी थियो ।
EZE 16:46 तेरी दिदी सामरिया थिई र त्यसका छोरीहरू उत्तरमा बस्थे, तेरी बहिनीचाहिं तेरो दक्षिणपट्टि बस्थी, अर्थात् सदोम र त्यसका छोरीहरू थिए ।
EZE 16:47 तँ तिनीहरूका चालमा मात्र चलिनस्‌ र तिनीहरूका घिनलाग्‍दा व्‍यवहारहरू र अभ्‍यासहरू मात्र नक्‍कल गरिनस्‌ तर तेरा सबै चालमा तँ तिनीहरूभन्‍दा झन् भ्रष्‍ट भएको छस्‌ ।
EZE 16:48 जस्‍तो म जीवित छु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, तँ र तेरा छोरीहरूले जति धेरै दुष्‍टता गरेका छौ त्‍यति तेरी बहिनी सदोम र त्‍यसका छोरीहरूले गरेनन् ।
EZE 16:49 हेर्, तेरी बहिनी सदोमको पापचाहिं यो थियो, त्‍यो आफ्नो फुर्सदमा अहंकारी थिई, साथै लापरवाह र कुनै कुराको चिन्ता नगर्ने थई । त्यसले दरिद्र र खाँचोमा परेका मानिसहरूका हातहरू बलियो पारिन ।
EZE 16:50 त्यो अहंकारी थिई र मेरो सामु घिनलाग्‍दा काम गरी, यसैले मैले तिनीहरूलाई उठाएँ, जसरी तैंले देखिस् ।
EZE 16:51 सामरियाले पनि तैंले गरेका पापहारूका आधा पनि गरेन । त्‍यसको साटोमा, तिनीहरूले गरेको भन्‍दा ज्‍यादै धेरै घिनलाग्‍दा काम तैंले गरिस्, र तैंले गरेका यी सबै घिनलाग्‍दा कामका कारणले तेरा दिदी-बहिनी तँभन्दा असल थिए भनी तैंले देखाइस् ।
EZE 16:52 विशेषगरी तैंले आफ्नो निर्लज्‍जता देखाउँछेस् । यसरी तैंले गरेका यी सबै घिनलाग्दा पापहरूका कारणले तेरा दिदीबहिनी तँभन्‍दा असल थिए भन्‍ने तैंले देखाइस्‌ । तेरा दिदीबहिनी अब तँभन्दा असल देखिन्छन् । विशेषगरी तैंले आफ्नै निर्लज्‍जता देखाउँछेस्, किनकि यसरी तेरा दिदीबहिनी तँभन्‍दा असल थिए भनी तैंले देखाइस्‌ ।
EZE 16:53 किनकि म तिनीहरूका सुदिन— सदोम र त्‍यसका छोरीहरूका सुदिन र सामरिया र त्यसका छोरीहरूका सुदिन फर्काइदिनेछु । तर तेरो सुदिन तिनीहरूकै बिचमा हुनेछ ।
EZE 16:54 यी कुराहरूका कारणले तैंले आफ्‍ना लाज देखाउनेछस् । तैंले गरेका हरेक कुराको कारणले तेरो अपमान हुनेछ, र यसरी तिनीहरूका निम्ति तँचाहिं सान्त्वना हुनेछस् ।
EZE 16:55 तेरी बहिनी सदोम र त्यसका छोरीहरू पहिलेको अवस्थामा फर्किनेछन्, र सामरिया र त्‍यसका छोरीहरू आफ्‍नो पहिलेको अवस्‍थामा फर्किनेछन् । त्यसपछि तँ र तेरा छोरीहरू आफ्‍नो पहिलेको अवस्‍थामा फर्किनेछौ ।
EZE 16:56 तँ अहङ्कारी भएको दिनमा पनि तेरो मुखले तेरी बहिनी सदोमको सम्‍झना गरिनस्,
EZE 16:57 तेरो दुष्‍टता प्रकट हुनुअघि । तर अहिले तँ एदोमका छोरीहरू र त्‍यसका वरिपरिका पलिश्‍तीहरूका छोरीहरूका बिचमा गिल्लाको पात्र बनेको छस् । मानिसहरूले तँलाई घृणा गर्छन् ।
EZE 16:58 तैंले आफ्नो निर्लज्‍जता र घृणित व्यवहार देखाउनेछस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 16:59 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तँलाई जस्‍तो व्‍यवहार गर्नु उचित हुन्‍छ त्‍यस्‍तै व्‍यवहार म तँसित गर्नेछु । तैंले करार भङ्ग गरेर आफ्नो सपथलाई तुच्‍छ ठानेकी छस्‌ ।
EZE 16:60 तर तेरो जवानीको दिनमा मैले तँसित बाँधेको करारलाई म सम्झनेछु, र तँसँग म सदासर्वदाको करार गर्नेछु ।
EZE 16:61 तब तैंले आफ्‍ना चालहरू सम्‍झनेछस्‌ र दिदी-बहिनीहरू दुवैलाई तैंले ग्रहण गर्दा लज्‍जित हुनेछस् । ती म तँलाई छोरीहरूका रूपमा दिनेछु, तर तेरो करारको कारणले चाहिं होइन ।
EZE 16:62 म आफैं मेरो करार तँसित स्‍थापना गर्नेछु, र म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।
EZE 16:63 यी कुराहरूका कारणले, तैंले सबै कुरा सम्‍झनेछस्, र लज्‍जित हुनेछस्, यसरी आफ्‍नो लाजको कारण तैंले आफ्‍नो मुख फेरि कहिल्‍यै खोल्‍नेछैनस् । त्‍यति बेला तैंले गरेका सबै कुरालाई मैले क्षमा गरेको हुन्‍छु — यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 17:1 परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 17:2 “ए मानिसको छोरो, इस्राएलका घरानालाई एउटा उखान भन् र एउटा दृष्‍टान्‍त प्रस्‍तुत गर् ।
EZE 17:3 यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ठुला पखेटा र धैरै रङ्का लामा सुन्‍दर प्‍वाँखहरू भएको एउटा ठुलो चील उडेर लेबनानमा आयो, र देवदारुको टुप्‍पामा बस्‍यो ।
EZE 17:4 त्‍यसले हाँगाहरूका टुप्‍पाहरू भाँच्‍यो र ती कनान देशमा लिएर गयो । त्‍यसले त्‍यो व्यापारीहरूका एउटा सहरमा रोप्‍यो ।
EZE 17:5 त्‍यसले देशको केही बिउ लग्‍यो र ती मलिलो जमिनमा रोप्‍यो । त्‍यसले बैंसको बोटजस्‍तै प्रशस्‍त पानी भएको ठाउँमा त्‍यो रोप्‍यो ।
EZE 17:6 तब त्‍यो उम्‍य्रो र जमिनमा झुकेर फैलिएको दाखको बोटजस्‍तो भयो । त्‍यसका हाँगाहरू ऊतिर फर्किए र त्‍यसका जराहरूचाहिं भित्रै बढे । यसरी त्‍यो एउटा दाखको बटो भयो र त्‍यसका हाँगाहरू र मुनाहरू पलाए ।
EZE 17:7 तर त्यहाँ ठुला पखेटा र धेरै प्‍वाखले भएको अर्को एउटा ठुलो चील थियो । हेर, त्‍यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्‍ना जराहरू त्‍यो चीलतिर फर्कायो र आफ्‍ना हाँगाहरू त्‍यही चीलतिर नै फैलायो, यसरी त्‍यसले पानी पाउन सकोस् ।
EZE 17:8 प्रशस्‍त पानीको छेउमा एउटा राम्रो जमिनमा त्‍यो लगाइएको थियो, जसले गर्दा एउटा शानदार दाखको बोट हुनलाई त्‍यसमा हाँगाहरू पलाओस्, फलहरू पलोस् ।’
EZE 17:9 मानिसहरूलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः के त्‍यो सप्रला त? के त्‍यो जरैसमेत उखेलिंदैन र त्‍यसका फलहरू टिपिंदैनन्, र त्‍यो ओइलाउनेछैन र? त्‍यसलाई जरैसमेत उखेल्‍नलाई बलियो हात वा धेरै मानिसहरू आवश्‍यक हुनेछैन्‌ ।
EZE 17:10 यसैले हेर्, त्‍यसलाई रोपेपछि के त्‍यो बढ्छ र? पूर्वीय बतासले त्‍यसलाई हानेपछि के त्‍यो ओइलाउँदैन र? त्‍यो उम्रेकै बगैंचाको जमिनमा त्यो पूर्ण रूपमा सुक्छ' ।”
EZE 17:11 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 17:12 “विद्रोही घरानालाई भन्, 'यी कुराको अर्थ के हुन्‍छ भनी तिमीहरू जान्‍दैनौ? बेबिलोनको राजा यरूशलेममा आयो, र त्‍यसका राजा र शासकहरूलाई लियो र तिनीहरूलाई आफूसँग बेबिलोनमा लग्‍यो ।
EZE 17:13 तब त्‍यसले राजकीय वंशमध्‍येको एक जनालाई लियो, ऊसित एउटा करार गर्‍यो र उसलाई शपथले बाँध्यो । उसले देशका शक्तिशाली मानिसहरूलाई लग्‍यो,
EZE 17:14 यसरी त्‍यो राज्‍य निर्बल रहोस्‌ र फेरि खडा हुन नसकोस् । उसको करार पालन गरेर देश रहन सकोस्‌ ।
EZE 17:15 तर मिश्रदेशबाट घोडाहरू र फौज झिकाउनलाई यरूशलेमका राजाले उसको विरुद्धमा विद्रोह गरेर मिश्रदेशमा आफ्‍ना राजदूतहरू पठायो । के त्‍यो सफल हुनेछ र? के यस्‍ता कुराहरू गर्ने मानिस उम्‍कन सक्‍छ र? करार भङ्ग गरेपछि पनि के त्‍यो उम्‍कन सक्‍छ र?
EZE 17:16 जस्‍तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— उसलाई राजा बनाउने राजाको देशमा नै ऊ मर्नेछ, जुन राजाको शपथलाई उसले तुच्‍छ ठान्‍यो र जसको करारलाई उसले भङ्ग गर्‍यो । बेबिलोनको बिचमा ऊ मर्नेछ ।
EZE 17:17 फारोले आफ्ना शक्तिशाली फौज र ठुलो दलको साथमा लडाइँमा उसलाई सहायता गर्नेछैन । त्‍यति बेला धेरै जना मानिसलाई नाश गर्न ठुला घेरा-मचान तयार गरिन्‍छन्‌ र घेरा हाल्‍नलाई पर्खालहरू बनाइन्‍छन्‌ ।
EZE 17:18 किनकि त्‍यो राजाले करार भङ्ग गरेर उसको शपथलाई अपमान गर्‍यो । हेर, उसले प्रतिज्ञा गर्नको निम्ति आफ्‍नो हात पसार्‍यो तापनि उसले यी कामहरू गर्‍यो । ऊ उम्कनेछैन ।
EZE 17:19 यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जस्‍तो म जीवित छु, मेरो शपथलाई उसले अपमान गरेको र मेरो करारलाई उसले भङ्ग गरेको होइन र? त्यसैले उसको दण्ड म उसकै शिरमा खन्‍याइदिनेछु ।
EZE 17:20 म आफ्‍नो जाल त्‍यसमाथि फिंजाउनेछु र मेरो शिकारी जालमा ऊ पर्नेछ । तब म उसलाई बेबिलोनमा लानेछु, र उसले मलाई धोका दिंदा उसले मप्रति गरेको विद्रोहको निम्‍ति म उसको न्‍याय गर्नेछु ।
EZE 17:21 उसका शरणार्थी फौज सबै तरवारले मारिनेछन्, र बाँचेकाहरू चारैतिर तितरबितर हुनेछन्‌ । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् । यो हुनेछ भनी मैले घोषणा गरेको हुँ ।
EZE 17:22 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'यसैले त्‍यो देवदारुको सबैभन्‍दा टुप्‍पाको भाग म नै लिएर जानेछु, र म त्यसलाई त्यसका कोमल हाँगादेखि टाढा रोप्‍नेछु । त्यसलाई म भाँच्नेछु र त्यसलाई एउटा उच्‍च पर्वतमा रोप्‍नेछु ।
EZE 17:23 त्यसलाई इस्राएलको पर्वतहरूमा रोप्‍नेछु, ताकि त्‍यसमा हाँगाहरू पलाउनेछन् र फल फलाउनेछ, र त्‍यो एउटा सुन्‍दर देवदारु होस् ताकि पखेटा भएका हरेक चरा त्योमुनि बस्‍न सकोस् । त्यसका हाँगाहरूका छायामा तिनीहरूले गुँड लागाउन सकून् ।
EZE 17:24 तब मैदानका सबै रूखले म नै परमप्रभु हुँ भनी जान्‍नेछन् । म अग्‍लो रूखलाई होचो बनाउनेछु, र होचो रूखलाई अल्‍गो बनाउनेछु । पानी पाएको रूखलाई म सुकाइदिन्छु र सुकेको रूखलाई म हरियो बनाउँछु । म परमप्रभु हुँ । मैले नै यो कुरा हुनेछ भनी घोषणा गरेको छु । अनि मैले यो गरेको छु ।
EZE 18:1 फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 18:2 “इस्राएलका देशको बारेमा तैंले उखान भनेको अर्थ के होः “'बाबुहरू अमिलो अङ्‌गूर खाने र छोराछोरीका दाँत कुडिंने'?
EZE 18:3 जस्‍तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो—इस्राएलमा तिमीहरूलाई फेरि कहिल्‍यै यो उखान भन्‍ने अवसर हुनेछैन ।
EZE 18:4 हेर, हरेक जीवित प्राण मेरै हो— बुबा र छोरा दुवै मेरा हुन्‌ । जुन प्राणले पाप गर्छ, त्‍यही मर्नेछ ।
EZE 18:5 एक जना धर्मी र न्‍याय तथा धर्मिकता कायम राख्‍ने मानिसको बारेमा के भण्‍न सकिन्छ—
EZE 18:6 उसले डाँडाहरूमा खाँदैन, वा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन, र उसले आफ्‍नो छिमेकीकी पत्‍नीलाई अपवित्र पार्दैन, न त महिनावारीको समयमा कुनै स्‍त्रीकहाँ जान्‍छ । के ऊ धर्मी मानिस हो?
EZE 18:7 यस्तो मानिसको बारेमा के भन्‍न सकिन्छ, जसले कसैलाई थिचोमिचो गर्दैन, र लोन लिनेले धितो राखेको सामान लोन लिनेलाई उसले फर्काउँछ, र उसले चोरी गर्दैन, तर भोकालाई आफ्‍नो खानेकुरा दिन्‍छ, र नाङ्गालाई लुगा पहिराउँछ । के ऊ धर्मी मानिस हो?
EZE 18:8 यस्तो मानिसको बारेमा के भन्‍ने, जसले आफूले दिएको लोनको ब्‍याज धेरै लिंदैन, र आफूले बेचेको कुरामा धेरै नाफा लिंदैन? उसको बारेमा यसो भनिन्छ, उसले न्याय गर्छ र मानिसहरूका बिचमा विश्‍वस्‍तता कायम गर्छ ।
EZE 18:9 एक जना मानिस मेरा विधिहरू पालन गर्छ, र विश्‍वाससित मेरा नियमहरू मान्‍छ भने त्यो धर्मी मानिसको निम्ति प्रतिज्ञा यो होः त्‍यो निश्‍चय नै बाँच्‍नेछ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 18:10 तर मानौं, उसको एक जना हिंस्रक छोरो छ, जसले हत्‍या गर्छ र यी माथि उल्‍लेखित कुनै पनि काम गर्छ,
EZE 18:11 (उसका बुबाले यी कुरामध्‍ये एउटै पनि नगरेको भए पनि) । उसले डाँडाहरूमा खान्‍छ, र आफ्‍नो छिमेकीकी पत्‍नीलाई बिटुलो पार्छ । उसको बारेमा के भन्‍न सकिन्छ र?
EZE 18:12 यो मानिसले गरीब र दरिद्रमाथि थिचोमिचो गर्छ, र उसले लुट्‍छ र डकैती गर्छ र धितो फर्काउँदैन, अनि उसले आफ्‍ना आँखा मूर्तिहरूतिर उचाल्‍छ, र घिनलाग्‍दा कामहरू गर्छ,
EZE 18:13 र उसले महंगो ब्‍याजमा रुपियाँ दिन्‍छ र आफूले बेचेको कुरामा धेरै मुनाफा कमाउँछ । के यस्‍तो मानिस जीवित रहनुपर्छ ? ऊ निश्‍चय पनि जीवित रहँदैन । ऊ निश्‍चय मर्नेछ र उसको रगत उसकै शिरमाथि पर्नेछ किनभने उसले यी सबै घिनलाग्‍दा कुराहरू गरेको छ ।
EZE 18:14 तर हेर, मानौं एक जना मानिस छ र उसको एक जना छोरो छ, जसले आफ्‍ना बुबाले गरेका सबै पापहरू देख्‍छ, अनि उसले ती देखे तापनि उसले ती कुराहरू गर्दैन ।
EZE 18:15 त्‍यो छोरोले डाँडाका थानहरूमा खाँदैन, र उसले इस्राएलका घरानाका मूर्तिहरूतिर आफ्‍ना आँखा लगाउँदैन, र उसले आफ्‍नो छिमेकीकी पत्‍नीलाई बिटुलो पार्दैन । उसको बारेमा के भन्‍न सकिन्छ?
EZE 18:16 त्‍यो छोरोले कसैलाई थिचोमिचो गर्दैन, वा बन्‍धक खोस्‍दैन वा चोरीका सामानहरू लिंदैन, तर त्‍यसको साटोमा आफ्‍नो खानेकुरा भोकालाई दिन्‍छ, र नाङ्गालाई लुगाले ढाक्‍छ ।
EZE 18:17 त्‍यो छोरोले कसैलाई थिचोमिचो गर्दैन वा महंगो ब्याज लिंदैन वा लोनबाट धेरै मुनाफा कमाउँदैन, तर उसले मेरा नियमहरू मान्‍छ, र मेरा विधिहरूअनुसार हिंड्‍छ । त्‍यो छोरो आफ्‍नो बुबाका पापको कारण मर्नेछैनः ऊ निश्‍चय नै बाँच्‍नेछ ।
EZE 18:18 उसको बुबाले अरूबाट जबरदस्‍ती लिएर थिचोमिचो गरेको र आफ्‍नो भाइको डकैती गरेको, र आफ्ना मानिसहरूका माझमा जे असल छैन त्‍यही गरेको कारणले, हेर, ऊ आफ्‍नो अधर्ममा मर्नेछ ।
EZE 18:19 तर तिमीहरू भन्छौ, 'छोरोले आफ्‍नो बुबाको अधर्मको फल भोग्‍नु किन नपर्ने?' किनकि छोराले न्‍याय र धार्मिकता पुरा गर्छ र मेरा सबै विधिहरू पालन गर्छ । उसले ती पुरा गर्छ । ऊ निश्‍चय नै बाँच्‍नेछ ।
EZE 18:20 जसले पाप गर्छ, मर्नेचाहिं उही हो । छोरोले आफ्‍नो बुबाको अधर्मको फल भोग्‍नेछैन, र बुबाले आफ्‍नो छोराको अधर्मको फल भोग्‍नेछैन । ठिक काम गर्नेको धार्मिकता उसमाथि नै रहनेछ र दुष्‍टको दुष्‍ट्याइँ पनि उसमाथि नै रहनेछ ।
EZE 18:21 तर कुनै दुष्‍ट मानिसले आफूले गरेका सबै पापहरू त्‍याग्‍छ र मेरा सबै विधिहरू पालन गर्छ, र न्‍याय र धार्मिकता कायम गर्छ भने, ऊ निश्‍चय नै बाँच्‍नेछ, र मर्नेछैन ।
EZE 18:22 उसको विरुद्धमा उसले गरेको सारा अपराधको सम्‍झना फेरि गरिनेछैन । उसले अभ्‍यास गरेको धर्मिकताको कारणले ऊ बाँच्‍नेछ ।
EZE 18:23 के दुष्‍टको मृत्‍युमा म खुशी हुन्‍छु र—यो परमप्रभु परमेश्‍वरको घोषणा हो—र ऊ बाँचोस् भनी ऊ आफ्‍नो चाल छोडेर फर्केकोमा खुसी हुन्‍न र?
EZE 18:24 तर धर्मी मानिसले आफ्‍नो धार्मिकतालाई त्‍यागेर पाप गर्छ, र दुष्‍ट मानिसले गरेका घिनलाग्‍दा कामहरू गर्छ भने, के त्‍यो बाँच्‍नेछ र? उसले विद्रोह गरेर मलाई धोका दिएको कारणले उसले अघि गरेको कुनै पनि धर्मिकताको कामको सम्‍झना हुनेछैन । यसैले उसले गरेका पापहरूमा नै ऊ मर्नेछ ।
EZE 18:25 तर तिमीहरू भन्‍छौ, 'परमप्रभुको चाल न्‍यायपुर्ण छैन' । ए इस्राएलका घराना, सुन । के मेरो चालहरू न्‍यायपुर्ण छैनन्? अन्‍यायपुर्ण त तिमीहरूका चालहरू होइनन् र?
EZE 18:26 जब धर्मी मानिसले आफ्‍नो धार्मिकता त्‍याग्‍छ र अधर्म गर्छ, र तिनका कारणले मर्छ, तब ऊ आफैले गरको अधर्मको कारणले ऊ मर्छ ।
EZE 18:27 तर जब दुष्‍ट मानिसले आफूले गरेका दुष्‍ट कामबाट फर्कन्‍छ, र न्‍याय र धार्मिकता कायम गर्छ, तब उसले आफ्‍नो जीवन बचाउनेछ ।
EZE 18:28 किनकि आफूले गरेका सबै अपराधहरू उसले देखेको छ र तीबाट फर्केको छ । ऊ निश्‍चय नै बाँच्‍नेछ, र ऊ मर्नेछैन ।
EZE 18:29 तर इस्राएलको घरानाले भन्‍छ, 'परमप्रभुको चाल न्‍यायपुर्ण छैन' । ए इस्राएलको घराना, मेरो चाल कसरी न्‍यायपुर्ण छैन? तिमीहरूको चालचाहिं न्यायपुर्ण छैन ।
EZE 18:30 यसकारण, ए इस्राएलका घराना, म तिमीहरू हरेक मानिसको न्‍याय उसको चालअनुसार गर्नेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । पश्‍चात्ताप गर, आफ्‍ना सबै अपराधहरूबाट फर्क, ताकि तिमीहरूको पाप तिमीहरूको विरुद्ध ठेस लाग्‍ने ढुङ्गाहरू नबनून् ।
EZE 18:31 तिमीहरूले गरेका सबै अपराधहरू आफूलाई अलग गर । आफ्‍ना निम्‍ति नयाँ हृदय र नयाँ आत्‍मा बनाओ । तिमीहरू किन मर्छौ, ए इस्राएलका घराना?
EZE 18:32 किनकि मर्नेको मृत्‍युमा म खुसी हुन्‍न—यो परमप्रभु परमेश्‍वरको घोषणा हो—यसैले पश्‍चात्ताप गर, र बाँच ।
EZE 19:1 “अब तैंले इस्राएलका अगुवाहरूका विरुद्धमा विलाप गर्,
EZE 19:2 र भन्‌, 'तेरी आमा को थिई? एक सिंहिनी, त्यो सिंहका डमरुसँग बस्थी । त्यसले आफ्ना डमरुहरूलाई हुर्काउँदै तिनीहरूका बिचमा बस्थी ।
EZE 19:3 आफ्ना डमरुमध्‍ये एउटालाई हुर्काएर जवान बनाउने त्यो नै थिई । त्‍यो सिंह जसले आफ्नो शिकारलाई फहराउन सिक्‍यो र त्‍यसले मानिसहरूलाई खायो ।
EZE 19:4 तब जातिहरूले त्‍यसको बारेमा सुने । त्यो तिनीहरूको जालमा पर्‍यो, र तिनीहरूले त्यसलाई अङ्‌कुसेले समातेर मिश्रदेशमा लगे ।
EZE 19:5 त्‍यसले ऊ फर्केर आउँछ कि भनी आशा गरे तापनि आफ्‍नो आशा खेर गएको देखी । यसैले त्यसले आफ्नो अर्को डमरुलाई लिएर र त्यसलाई जवान सिंह हुनलाई हुर्काई ।
EZE 19:6 त्यो जवान सिंह अरू सिंहहरूका माझमा यताउता हिंड्‌डुल गर्न लाग्‍यो । त्‍यो एउटा बलियो जवान सिंह भएको थियो र त्‍यसले शिकारलाई फहराउन सिक्‍यो । त्‍यसले मानिसहरूलाई खान लाग्‍यो ।
EZE 19:7 त्‍यसले तिनीहरूका विधवाहरूलाई कब्जा गर्‍यो र तिनीहरूका सहरहरू उजाड पार्‍यो । त्‍यो गर्जेको आवाजले त्यो देश र त्‍यसको पूर्णतालाई त्यागियो ।
EZE 19:8 तर छेउछाउका इलाकाबाट जातिहरू त्‍यसको विरुद्धमा आए । तिनीहरूले त्‍यसमाथि पासो थापे । तिनीहरूको पासोमा त्‍यो पर्‍यो ।
EZE 19:9 अङ्‌कुसेले समातेर तिनीहरूले त्‍यसलाई एउटा खोरमा हाले, र तिनीहरूले त्‍यसलाई बेबिलोनको राजाकहाँ लगे । तिनीहरूले त्‍यसलाई किल्लाहरूमा ल्याए ताकि इस्राएलका डाँडाहरूमा त्‍यसको आवाज फेरि कहिल्‍यै सुनिनेछैन ।
EZE 19:10 तेरी आमा पानीको छेउमा तेरो रगतमा रोपिएको दाखको बोटजस्तै थिई । प्रशस्त पानीको कारणले त्यो फलवन्त र हाँगैहाँगाले पूर्ण थियो ।
EZE 19:11 त्‍यसका हाँगाहरू बलिया थिए, जसलाई शासकको राजदण्‍डको लागि प्रयोग गरिए, र त्यसको आकार हाँगाहरूभन्‍दा माथि उठ्‍यो, र त्‍यसको उचाइचाहिं त्‍यसका पातहरूमा देखिन्‍थ्‍यो ।
EZE 19:12 तर त्यो दाखको बोट क्रोधमा उखेलियो, र जमिनमा फालियो, र पूर्वीय बतासले त्‍यसका फललाई सुकाइदियो । त्‍यसका बलिया हाँगाहरू भाँचिए र सुके, र आगोले ती भस्‍म पारिए ।
EZE 19:13 यसैले अब त्‍यो उजाड-स्‍थानमा, सुक्‍खा र पानी नभएको ठाउँमा रोपियो ।
EZE 19:14 किनकि त्‍यसका ठुला हाँगाहरूबाट आगो निस्‍क्‍यो, र त्‍यसका फलहरू भस्‍म पार्‍यो । त्‍यसमा कुनै बलियो हाँगा बाँकी रहेन, शासन गर्ने राजदण्ड पनि रहेन ।' यो एउटा विलापको गीत हो, र विलापको गीतको रूपमा गाउनुपर्छ ।”
EZE 20:1 सातौं वर्षको पाँचौं महिनाको दशौं दिनमा इस्राएलका धर्म-गुरुहरू परमप्रभुसित सोधपूछ गर्न आए र मेरो सामु बसे ।
EZE 20:2 तब परमप्रभुको वचन यस भनेर मकहाँ आयो,
EZE 20:3 “ए मानिसको छोरो, इस्राएलका धर्म-गुरुहरूलाई घोषणा गर्‌ र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः के तिमीहरू मसित सोधपूछ गर्न आएका छौ? जस्‍तो म जीवित छु, तिमीहरूले मलाई सोधपूछ गर्नेछैनौ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।'
EZE 20:4 के तँ तिनीहरूको न्‍याय गर्नेछस्? ए मानिसको छोरो, के तँ तिनीहरूको न्‍याय गर्नेछस्‌? तिनीहरूका आफ्‍ना पुर्खाहरूका घिनलाग्‍दा कामको बारेमा तिनीहरूलाई जानकारी दे ।
EZE 20:5 तिनीहरूलाई भन्‌, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जुन दिन मैले इस्राएललाई छानें, र याकूबको घरानासित शपथ खानलाई मैले हात उचाले र मैले आफूलाई मिश्रदेशमा तिनीहरूका बिचमा प्रकट गरें । जति बेला तिनीहरूसित शपथ खान मैले आफ्‍नो हात उचालें । मैले भनें, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ”—
EZE 20:6 त्‍यस दिन मैले तिनीहरूसित यो शपथ खाएँ, कि म तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर मैले तिनीहरूका निम्‍ति मैले होसियारीसाथ छानेको देशमा ल्‍याउनेछु । त्‍यहाँ दूध र मह बग्‍दैथियो । यो सबै देशहरूभन्‍दा बढी सुन्‍दर गहना थियो ।
EZE 20:7 मैले तिनीहरूलाई भनें, “हरेक मानिसले आफ्‍ना दृष्‍टिबाट घिनलाग्‍दा कुराहरू र मिश्रदेशका मूर्तिहरू हटाओस् । आफूलाई अशुद्ध नपार । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।”
EZE 20:8 तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरे र मेरो कुरा सुन्‍न इच्छुक भएनन् । हरेक मानिसले आफ्‍ना दृष्‍टिबाट ती घिनलाग्‍दा कुराहरूलाई फालेनन् न त तिनीहरूले मिश्रदेशका मूर्तिहरूलाई नै त्‍यागे । यसैले मिश्रदेशको बिचमा तिनीहरूका माझमा मेरो क्रोध शान्त पार्नको निम्ति तिनीहरूमाथि मेरो रिस पोख्‍ने निश्‍चय मैले गरें ।
EZE 20:9 आफ्‍नो नाउँको खातिर मैले यो काम गरें, यसरी तिनीहरू बसोबास गरेका जातिहरूका दृष्‍टिमा मेरो नाउँ अपवित्र नहोस् । तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्‍याएर मैले आफूलाई तिनीहरूका अघि प्रकट गरें ।
EZE 20:10 यसैले मैले तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालें र तिनीहरूलाई उजाड-स्‍थान ल्‍याएँ ।
EZE 20:11 तब मैले तिनीहरूलाई मेरा विधिहरू दिएँ र मेरा नियमहरू तिनीहरूलाई प्रकट गरें । मानिसले ती पालन गर्‍यो भने त्‍यसद्वारा ऊ बाँच्‍नेछ ।
EZE 20:12 म परमप्रभु नै हुँ जसले तिनीहरूलाई पवित्र पार्छु भनी तिनीहरूले जानून्‌ भनेर तिनीहरू र मेरो बिचमा चिन्‍हको रूपमा मैले तिनीहरूलाई शबाथदिनहरू पनि दिएँ ।
EZE 20:13 तर इस्राएल घरानाले उजाड-स्‍थान मेरो विरुद्धमा विद्रोह गरे । तिनीहरू मेरो विधिहरूमा चलेनन् । बरु, तिनीहरूले मेरा नियमहरूलाई इन्‍कार गरे । मानिसले ती पालन गर्‍यो भने त्‍यसद्वारा ऊ बाँच्‍नेछ । तिनीहरूले मेरा शबाथहरूलाई एकदमै बिटुलो पारे । यसैले मैले भनें, म तिनीहरूको नाश गर्नलाई यही उजाड-स्‍थान तिनीहरूमाथि आफ्‍नो क्रोध पोखाउनेछु ।
EZE 20:14 तर जुन जातिहरूका दृष्‍टिमा मैले तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्‍याएँ, तिनीहरूका दृष्‍टिमा मेरो नाउँ अपवित्र नहोस्‌ भनेर मेरो नाउँको खातिर मैले काम गरें ।
EZE 20:15 यसैले मैले तिनीहरूलाई दिन लागेको देशमा म तिनीहरूलाई लानेछैनँ भनेर तिनीहरूसित उजाड-स्‍थान एउटा शपथ खानलाई म आफैले पनि आफ्‍नो हात उठाएँ । त्‍यो देश सबै देशहरूभन्‍दा सुन्‍दर गहनाको दूध र मह बग्‍ने देश हो ।
EZE 20:16 मैले यो शपथ खाएँ किनभने तिनीहरूले मेरा नियमहरूलाई इन्‍कार गरे र मेरा विधिहरूमा हिंडेनन्, र तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे, किनकि तिनीहरूका हृदय तिनीहरूका मूर्तिहरूका पछि लागेका थिए ।
EZE 20:17 तर तिनीहरूको सर्वनाश हुनबाट मैले तिनीहरूमा दया गरें, र मैले उजाड-स्‍थान तिनीहरूको अस्‍तित्‍व मेटाइन ।
EZE 20:18 उजाड-स्‍थान मैले तिनीहरूका छोराछोरीलाई भनें, “तिमीहरूका पुर्खाहरूका विधिहरूमा नहिंड न त तिनीहरूका नियमहरू पालन गर, न त तिनीहरूका मूर्तिहरूले आफूलाई बिटुलो पार्ने काम गर ।
EZE 20:19 म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, मेरा विधिहरूमा हिंड, र मेरा नियमहरू मान र पालन गर ।
EZE 20:20 मेरा शबाथहरूलाई पवित्र राख, ताकि मेरो र तिमीहरूका बिचमा ती एउटा चिन्‍ह हुनेछन्, ताकि म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ ।”
EZE 20:21 तर तिनीहरूका छोराछोरीले मेरो विरुद्धमा विद्रोह गरे । तिनीहरू मेरा उर्दीहरूमा हिंडेनन्, न त मेरा व्‍यवस्‍थाहरू पालन गरे । मानिसले ती पालन गर्‍यो भने त्‍यसद्वारा ऊ बाँच्‍नेछ । तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे, यसैले मेरो क्रोध शान्त पार्न मैले उजाड-स्‍थान आफ्‍नो रिस तिनीहरूका विरुद्धमा खन्‍याउने निश्‍चय गरें ।
EZE 20:22 तर मैले आफ्‍नो हात फर्काएँ, र मेरो नाउँको खातिर काम गरें यसरी मैले इस्राएलीहरूलाई निकालेर ल्‍याएको देखेका जातिहरूका दृष्‍टिमा त्‍यो अपवित्र नहोस्‌ ।
EZE 20:23 तिनीहरूलाई म जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पार्नेछु भनेर तिनीहरूसित उजाड-स्‍थान एउटा शपथ खानलाई म आफैले पनि आफ्‍नो हात उठाएँ ।
EZE 20:24 तिनीहरूले मेरा नियमहरू नमानेका हुनाले र तिनीहरूले मेरा विधिहरूलाई इन्‍कार गरेका र मेरा शबाथहरूलाई बिटुलो पारेका हुनाले मैले यसो गर्ने निर्णय गरें । तिनीहरूका आँखाहरूले आफ्‍ना पुर्खाहरूका मूर्तिहरूको लालसा गरे ।
EZE 20:25 तब मैले तिनीहरूलाई यस्‍ता विधानहरू पनि दिएँ जो असल थिएनन्, र यस्‍ता नियमहरू दिएँ जसद्वारा तिनीहरू बाँच्‍न सकेनन् ।
EZE 20:26 तिनीहरूका उपहारहरूद्वारा मैले तिनीहरूलाई अशुद्ध घोषणा गरें— तिनीहरूले गर्भका हरेक जेठोको बलिदान चढाए र तिनीहरूलाई आगोमा हिंड्न लगाए—कि मैले तिनीहरूलाई त्रसित बनाउन सकूँ यसरी म परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।’
EZE 20:27 यसकारण, ए मानिसको छोरो, इस्राएलका घरानासँग बोल् र तिनीहरूलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यसमा पनि तिमीहरूका पुर्खाहरू मप्रति विश्‍वासघाती बनेर मेरो निन्‍दा गरे ।
EZE 20:28 जब मैले शपथ खाएर तिनीहरूलाई दिन्‍छु भनेको देशमा मैले तिनीहरूलाई ल्‍याएँ, तब जहाँ तिनीहरूले कुनै अग्‍लो डाँडा वा कुनै झ्‍याम्‍म पातहरू भएको रूख देखे, त्‍यहाँ तिनीहरूले आफ्‍ना बलिदानहरू चढाए । अनि आफ्‍ना भेटीहरूद्वारा तिनीहरूले मलाई रिस उठाए, र त्‍यहाँ तिनीहरूले आफ्‍ना सुगन्‍धित धूप पनि बाले र आफ्‍ना अर्घ-बलि चढाए ।
EZE 20:29 तब मैले तिनीहरूलाई सोधें, “तिमीहरूले भेटी चढाउने गरेको अग्‍लो ठाउँ के हो?” आजको दिनसम्‍म त्‍यो ठाउँलाई बामा भनिन्‍छ ।
EZE 20:30 यसकारण इस्राएलको घरानालाई यसो भन्‌: 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरू आफ्‍ना पुर्खाहरूका चालमा हिंडेर तिमीहरू आफूलाई पनि किन बिटुलो पार्छौ? घिनलाग्‍दा कुराहरूको खोजी गरेर किन तिमीहरू वेश्याहरूझैं काम गर्छौ?
EZE 20:31 जब तिमीहरू आफ्‍ना उपहारहरू चढाउँछौ— जब तिमीहरू आफ्‍ना छोराहरूलाई आगोमा हिंड्न लगाउँछौ— तब आजको दिनसम्‍म पनि तिमीहरूले आफ्‍ना मूर्तिहरूको कारणले आफैलाई बिटुलो पार्छौ । यसैले ए इस्राएलको घराना, मसँग सोधपूछ गर्न मैले तिमीहरूलाई किन दिनु? जस्तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— तिमीहरूले मलाई सोधपूछ गर्न म दिनेछैनँ ।
EZE 20:32 तिमीहरूको मनमा उठेको विचार कहिले पुरा हुँनेछैन । तिमीहरू भन्‍छौ, “हामीहरू अरू जातिहरूजस्‍तै, काठ र ढुङ्गालाई पुज्ने अरू देशका जातिहरूजस्तै बनौं ।”
EZE 20:33 जस्‍तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— शक्तिशाली हात र पसारेको पाखुराद्वारा म तिमीहरूमाथि राज्‍य गर्नेछु र तिमीहरूमाथि क्रोध खन्‍याउनेछु ।
EZE 20:34 तिमीहरूलाई म अरू जातिहरूका बिचबाट निकालेर ल्‍याउनेछु , र तिमीहरू छरपष्‍ट भएका देशहरूबाट म तिमीहरूलाई भेला गर्नेछु । मेरो शक्तिशाली हातले म यसो गर्नेछु र क्रोध खन्‍याउनेछु ।
EZE 20:35 तब म तिमीहरूलाई जातिहरूको उजाड-स्‍थान ल्‍याउनेछु, र त्‍यहाँ म तिमीहरूको न्‍याय आमने-सामनेमा गर्नेछु ।
EZE 20:36 जसरी मिश्रदेशको उजाड-स्‍थान मैले तिमीहरूका पुर्खाहरूको न्‍याय गरें, त्‍यसरी नै म तिमीहरूको न्‍याय म गर्नेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 20:37 म तिमीहरूलाई मेरो लौरो मुनि छिर्न लाउनेछु, र तिमीहरूलाई करारमा भएका कुराहरू मान्‍न लगाउनेछु ।
EZE 20:38 तिमीहरूका माझबाट विद्रोह गर्नेहरू र मेरो विरुद्धमा अपराध गर्नेहरूलाई म हटाउनेछु । तिनीहरू प्रवासी भएर बसेको देशबाट म तिनीहरूलाई बाहिर पठाउनेछु, तर तिनीहरू इस्राएल देशमा पस्‍नेछैनन् । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
EZE 20:39 यसैले ए इस्राएलका घराना, परमप्रभु परमेश्‍वर तिमीहरूलाई यसो भन्‍नुहुन्‍छः तिमीहरू हरेक आ-आफ्‍नो मूर्तिहरूतिर जानुपर्छ । तिमीहरू मेरो कुरा सुन्‍न इन्‍कार गर्छौ भने तिनीहरूकै पुजा गर, तर आफ्‍ना उपहारहरू र मूर्तिहरूले मेरो पवित्र नाउँलाई तिमीहरूले अपवित्र पार्नुहुँदैन ।
EZE 20:40 किनकि मेरो पवित्र पर्वतमा, इस्राएलको पहाडको टाकुरामा— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— इस्राएलका जम्‍मै घरानाले त्‍यहाँ मेरो आराधना गर्नेछन् । त्‍यहीं नै म तिमीहरूका भेटीहरू, तिमीहरूका सबैभन्‍दा उत्तम उपहारहरू, तिमीहरूका सबै पवित्र थोकहरूको बलिदानहरू ग्रहण गर्नेछु ।
EZE 20:41 जब म तिमीहरूलाई मानिसहरूबाट निकालेर ल्‍याउँछ र तिमीहरू छरपष्‍ट भएका देशहरूबाट तिमीहरूलाई भेला गराउनेछु, तब म तिमीहरूलाई बास्‍ना आउने धूपझैं ग्रहण गर्नेछु । जातिहरूका दृष्‍टिमा म तिमीहरूका बिचमा आफैलाई पवित्र प्रकट गर्नेछु ।
EZE 20:42 जब म तिमीहरूलाई इस्राएल देशमा ल्‍याउनेछु, जुन देश तिमीहरूका पुर्खाहरूलाई दिन्‍छु भनी मैले आफ्‍ना हात उचालेर शपथ खाएको थिएँ, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ ।
EZE 20:43 आफ्‍ना जुन व्‍यवहार र कामहरूले तिमीहरूले आफूलाई अशुद्ध पार्‍यौ, ती त्‍यहाँ तिमीहरूले सम्‍झनेछौ, र तिमीहरूले गरेका सबै दुष्‍ट कामहरूका निम्‍ति आफ्‍नै दृष्‍टिमा तिमीहरूले आफूलाई तुच्‍छ ठान्‍नेछौ ।
EZE 20:44 यसरी, ए इस्राएलका घराना, तिमीहरूका दुष्‍ट कामहरू र तिमीहरूका भ्रष्‍टा कामहरूका कारणले होइन, तर मेरो नाउँको खातिर मैले तिमीहरूसित व्‍यवहार गर्दा, तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो'।”
EZE 20:45 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 20:46 ए मानिसको छोरो, आफ्‍नो अनुहार दक्षिण देशतिर फर्का र दक्षिणको विरुद्धमा बपल् । नेगेभको वनको विरुद्धमा अगमवाणी भन्‌ ।
EZE 20:47 नेगेभको वनलाई भन्‌, 'यो परमप्रभुको घोषणा हो— परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, म तेरो माझमा आगो सल्‍काउनेछु । त्यसले तेरा माझमा भएका हरेक हरिया रूख र हरेक सुकेका रूखलाई भष्‍म गर्नेछ । त्‍यो दन्‍केको ज्‍वाला निभाइनेछैन । दक्षिणदेखि उत्तरसम्‍मका हरेक अनुहार जल्‍नेछन् ।
EZE 20:48 जब म आगो सल्काउँछु र त्‍यसलाई निभइनेछैन, तब हरेक प्रणीले म परमप्रभुले हुँ भनी देख्‍नेछ ।’”
EZE 20:49 तब मैले भने, “धिक्‍कार! हे परमप्रभु परमेश्‍वर, तिनीहरूले मलाई यसो भन्‍दैछन्, ‘के उसले उखानहरू मात्र भनेको होइन र'?”
EZE 21:1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
EZE 21:2 “ए मानिसको छोरो, तेरो अनुहार यरूशलेमको विरुद्धमा फर्का र पवित्रस्‍थानहरूका विरुद्धमा बोल् । इस्राएल देशको विरुद्धमा अगमवाणी गर् ।
EZE 21:3 इस्राएल देशलाई यसो भन्, 'परमप्रभु यसो भन्‍नुहुन्‍छः हेर्, म तेरो विरुद्धमा छु । म आफ्‍नो तरवार त्‍यसको म्‍यानबाट थुत्‍नेछु र तेरा धर्मी मानिस र दुष्‍ट मानिस दुवैलाई काट्नेछु ।
EZE 21:4 धर्मी र दुष्‍ट दुवैलाई म खतम गर्नलाई दक्षिणदेखि उत्तरसम्‍म हरेक प्राणीको विरुद्ध मेरो तरवार म्‍यानबाट निस्‍कनेछ ।
EZE 21:5 तब सबै प्राणीले थाहा पाउनेछन्, कि म परमप्रभुले नै मेरो तरवार म्‍यानबाट झिकेको छु । त्‍यो फेरि म्‍यानमा हालिनेछैन' ।
EZE 21:6 तेरो बारेमा, ए मानिसको छोरो, तेरो पटुका चुडिंदा सुस्‍केरा हाल्‌ । तीतो मन लिएर तिनीहरूले देख्‍ने गरी सुस्‍केरा हाल्‌ ।
EZE 21:7 तब तिनीहरूले तँलाई सोध्‍नेछन्, ‘के कारणले तिमी सुस्‍केरा हाल्‍दैछौ?' अनि तैंले यसो भन्‍नेछस्, 'आएको समाचारको कारणले, किनकि हरेकको हृदयले मुर्छा खानेछ र हरेकको हात शिथिल हुनेछ । हरेकको आत्‍मा मुर्छित हुनेछ र हरेकको घुँडा पानीजस्‍तै कमजोर हुनेछ । हेर, त्‍यो आउँदैछ र त्‍यो यस्तो हुनेछ!— यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।”
EZE 21:8 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 21:9 “ए मानिसको छोरो, अगमवाणी बोल् र यसो भन्, 'परमप्रभु यसो भन्‍नुहुन्‍छः “भन्: एउटा तरवार, एउटा तरवार! त्‍यो धारिलो र चम्‍किलो हुनेछ ।
EZE 21:10 धेरै जनालाई काट्नलाई त्यसमा धार लगाइनेछ । बिजुलीझैं चम्‍कनलाई त्‍यसलाई टल्‍काइनेछ । के हामी मेरो छोराको राजदण्‍डमा आनन्‍दित हुनुपर्छ र? आउनेवाला तरवारले हरेक त्यस्ता राजदण्डलाई घृणा गर्छ ।
EZE 21:11 यसैले त्यो तरवारलाई टल्‍काउन दिइनेछ र तब हातले समाइनेछ । त्यो तरवार धारिलो बनाइएको छ र त्‍यो टल्‍काइएको छ र मार्ने व्‍यक्‍तिको हातमा त्‍यो दिइएको छ ।”
EZE 21:12 ए मानिसको छोरो, गुहार माग् र विलाप गर् । किनकि त्‍यो तरवार मेरा मानिसहरूका विरुद्धमा आएको छ । त्‍यो इस्राएलका सबै अगुवाको विरुद्धमा छ। तिनीहरूलाई मेरा मानिसहरूसँगै तरवारमा फालिएका छन् । यसकारण आफ्नो तिग्रा ठटा ।
EZE 21:13 किनकि जाँच आउनेछ, तर यहूदाको राजदण्‍ड रहेन भने नि?— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 21:14 अब ए मानिसको छोरो, अगमवाणी बोल् र आफ्‍ना हातले ताली बजा, किन तरवारले तेस्रो पल्‍ट पनि आक्रमण गर्नेछ । एक-एक जनालाई मार्ने तरवार । यो तरवार धेरै जनालाई मार्न र हरेक दिशाबाट तिनीहरूलाई छेड्‍नलाई हो ।
EZE 21:15 तिनीहरूका हृदयहरू गलाउन र तिनीहरूका ढल्नेहरूको संख्या बढाउन, तिनीहरूका सबै ढोकामा मैले मार्नलाई तरवार राखेको छु । बिजुलीजस्‍तै चम्‍कनलाई त्‍यो बनाइएको छ, मार्नलाई त्‍यो समातिएको छ ।
EZE 21:16 ए तरवार, दाहिनेतिर हान् । र देब्रेतिर प्रहार गर् । तेरो धार जता फर्काइन्‍छ त्‍यतै जा ।
EZE 21:17 किन म पनि आफ्‍ना दुई हातले ताली बजाउनेछु, र मेरो क्रोध शान्‍त पार्नेछु । म, परमप्रभुले यो घोषणा गर्छु ।”
EZE 21:18 परमप्रभुको वचन फेरि पनि यसो भनेर मकहाँ आयो,
EZE 21:19 “ए मानिसको छोरो, बेबिलोनका राजाको तरवार आउनलाई दुई वटा बाटो रोज् । ती दुवै बाटो एउटै देशबाट सुरु हुनेछन् र तीमध्ये एउटामा सहरतिर जाने चिन्ह हुनेछ ।
EZE 21:20 अम्‍मोनीहरूको सहर रब्‍बामा बेबिलोनी फौज आउनलाई एउटा बाटोमा निशाना बनाइदे । अर्कोमा तिनै फौजलाई यहूदामा र किल्‍ला भएको यरूशलेम सहरमा आउनलाई एउटा निशाना बनाइदे ।
EZE 21:21 किनभने बेबिलोनका राजा जोखना हेर्नलाई चौबाटोमा, दोबाटोमा खडा हुनेछ । त्‍यसले केही काँडहरू चालाउनेछ र मूर्तिहरूसित सल्‍लाह लिनेछ, र त्‍यसले कलेजो जाँच्‍नेछ ।
EZE 21:22 यसको विरुद्धमा भत्‍काउने मूढा राख्‍नलाई, गला खोलेर मार्ने हुकुम दिनलाई, युद्धको आवाज सुनाउलाई, मूल ढोका भत्‍काउने ठुला-ठुला मूढाहरू लाउनलाई, घेरा-मचान खडा गर्नलाई त्‍यसको दाहिने हातमा यरूशलेमको चिट्ठा पर्नेछ ।
EZE 21:23 युद्धको निम्‍ति राजासित मित्रताको शपथ खाने यरूशलेका मानिसहरूलाई त्‍यो बेकारको जोखना हेरेजस्‍तो देखिनेछ । तर राजाले तिनीहरूलाई घेरा हल्‍नलाई तिनीहरूले सम्झौता उलङ्घन गरे भनेर तिनीहरूलाई दोष लगाउनेछ ।
EZE 21:24 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरूले आफ्‍ना सबै पाप कामहरू देखिने गरी आफ्ना अपराधलाई प्रकट गरेर तिमीहरूका दोष मलाई सम्‍झना गराएका हुनाले— तिमीहरूले यसो गरेका हुनाले, तिमीहरू हातले समातिनेछौ ।
EZE 21:25 ए इस्राएल अपवित्र र दुष्‍ट शासक, जसको दण्‍डको दिन आएको छ, र जसको अपराध गर्ने समय सकिएको छ,
EZE 21:26 परमप्रभु परमेश्‍वर तँलाई यसो भन्‍नुहुन्‍छः फेटा हटा र मुकुट उतार् । कुराहरू फेरि त्यस्तै हुनेछैनन् । खसालिएको व्‍यक्‍तिलाई उठाइनेछ, र उच्‍च सम्‍झने व्‍यक्‍तिलाई खसालिनेछ ।
EZE 21:27 भग्‍नावशेष! भग्‍नावशेष! त्‍यसलाई म भग्‍नावशेष बनाउनेछु । न्याय गर्न नियुक्त व्‍यक्‍ति नआएसम्‍म त्‍यो फेरि पुनर्निर्माण गरिनेछैन ।
EZE 21:28 यसैले, ए मानिसको छोरो, तँ अगमवाणी बोल् र यसो भन्, 'अम्‍मोनका मानिसहरूमा आउन लागेको अपमानको बारेमा परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः एउटा तरवार, एउटा तरवार तरवार थुतिएको छ । नष्‍ट गर्नलाई त्‍यसमा धार लगाइएको छ । त्‍यसैले त्‍यो बिजुलीझैं हुनेछ!
EZE 21:29 अगमवक्ताहरूले तेरो विषयमा झूटो दर्शनहरू देखे तापनि, तेरो लागि झूटो धार्मिक विधिहरू गरे तापनि, यो तरवार मारिन लागेका दुष्‍टहरूको घाँटिमा पर्नेछ, जसको दण्डको दिन आएको छ र जसको अधर्मको समय सकिन लागेको छ ।
EZE 21:30 त्‍यो तरवारलाई त्‍यसको म्‍यानमा हाल्‌ । तँ सृष्‍ट गरिएको ठाउँमा, तेरा सुरुको देशमा म तेरो इन्‍साफ गर्नेछु ।
EZE 21:31 म मेरो क्रोध तँमाथि खन्‍याउनेछु! तेरो विरुद्धमा दन्‍केको मेरो रिस आगोझैं तँमाथि फुकिदिनेछु र तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्‍पिदिनेछु ।
EZE 21:32 तँ आगोको लागि दाउरा हुनेछस्‌ । तेरो रगत देशको माझमा बग्‍नेछ । तेरो सम्‍झना फेरि कहिल्‍यै हुनेछैन, किनकि म परमप्रभुले नै यो घोषणा गरेको छु' ।”
EZE 22:1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
EZE 22:2 “अब ए मानिसको छोरो, के तँ न्‍याय गर्छस्‌? के तँ त्‍यो रगतको सहरको न्‍याय गर्छस्‌? त्‍यसका सबै घृणित कुराहरू त्यसलाई जानकारी दे ।
EZE 22:3 तैंले यसको भन्‍नुपर्छ, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्‍नै अन्‍त्‍यको समय आओस् भनेर आफ्‍नो बिचमा रगत बगाउने सहर यही हो । आफूलाई बिटुलो पार्नलाई मूर्तिहरू बनाउने सहर यही हो ।
EZE 22:4 तैंले बगाएको रगतको कारणले तँ दोषी भएको छस्‌, र तैंले बनाएका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको छस्‌ । तैंले आफ्‍ना दिनहरूको अन्‍त्‍य गरेको छस्, र तेरा वर्षहरूको अन्‍त्‍य आएको छ । यसैकारण म तँलाई जातिहरूका बिचमा गिल्‍ला र सबै देशमा हाँसोको पात्र बनाउनेछु ।
EZE 22:5 तेरो नजिक हुनेहरू र टाढा हुनेहरू दुवैले तेरो गिल्‍ला गर्नेछन्— तँ अपवित्र सहर— अलमल पार्ने कुराहरूले भरिएको सहरको रूपमा चिनिएको छस् ।
EZE 22:6 हेर्, इस्राएलका शासहरू, रगत बगाउन हरेक व्‍यक्‍ति आफ्‍नै शक्तिले तँकहाँ आएका छन् ।
EZE 22:7 तँभित्रै तिनीहरूले माताहरू र बाबुहरूसँग अपमानको व्‍यवहार गरेका छन्‌, र तिनीहरूले तेरो बिचमा भएका विदेशीहरूमाथि अत्‍याचार गरेका छन् । तेरो बिचमा भएका टुहुरा-टुहुरी र विधवाहरूलाई तिनीहरूले दुर्व्‍यवहार गरेका छन्‌ ।
EZE 22:8 मेरा पवित्र कुराहरूलाई तैंले घृणा गरेको छस्‌ र मेरा शबाथहरूलाई अपवित्र पारेको छस्‌ ।
EZE 22:9 रगत बगाउनलाई हत्‍या गर्ने मानिसहरू तँभित्र आएका छन्, र तिनीहरूले डाँडाहरूमा खान्‍छन्‌ । तिनीहरूले तेरो बिचमा दुष्‍ट काम गर्छन्‌ ।
EZE 22:10 तेरो भित्र भएका मानिसहरूले आफ्‍ना पिताको नङ्नता प्रकट गर्छन्‌ । तेरो भित्र भएका मानिसहरूले रजस्‍वला भएकी स्‍त्रिसँग सम्‍भोग गरेर अशुद्ध भएका छन् ।
EZE 22:11 आफ्‍नो छिमेकीकी पत्‍नीसँग घिनलाग्‍दा काम गर्ने मानिसहरू, र आफ्‍नी बुहारीहरूलाई लाज हुने किसिमले अशुद्ध पार्ने मानिसहरू, आफ्‍नै बहिनीहरू—आफ्‍ना बुबाकी छोरीहरूलाई बिगार्ने मानिसहरू —यी सबै जना तँभित्रै छन् ।
EZE 22:12 तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्‍छन्‌ र तैंले बढी ब्‍याज लिएर र धेरै मुनाफा कमाएको छस् , र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्‍ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 22:13 हेर्, तैंले अन्‍यायसित नाफा गरेको र तेरो बिचमा भएको रक्तपातलाई मैले आफ्‍नो हातले प्रहार गरेको छु ।
EZE 22:14 मैले तँसित व्‍यवहार गरेको दिनमा के तेरो हृदय स्‍थिर रहला, अनि तेरो हात दह्रिलो होला र? म परमप्रभुले यो घोषणा गर्दैछु, र म त्‍यसै गर्नेछु ।
EZE 22:15 यसैले म तँलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु, र तँलाई देशहरूमा तितरबितर पार्नेछु । यसरी तँमा भएको अशुद्धताबाट तँलाई शुद्ध पार्नेछु ।
EZE 22:16 यसरी तँ जातिहरूका दृष्‍टिमा तँ अशुद्ध हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌' ।”
EZE 22:17 त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ भयो,
EZE 22:18 “ए मानिसको छोरो, इस्राएलको घराना मेरो निम्‍ति थेग्रो भएको छ । ती सबै जना तिमीहरूका बिचमा काँसा, जस्‍ता, फलाम र सीसाका उब्रेका कुरा भएका छन्‌ । तिनीहरू तेरो भट्टीमा चाँदीका थेग्राझैं हुनेछन् ।
EZE 22:19 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरू सबै जना थेग्राजस्‍ता भएका हुनाले, म तिमीहरूलाई यरूशलेमको बिचमा जम्‍मा गर्न लागेको छु ।
EZE 22:20 जसरी चाँदी, काँसा, फलाम, सीसा र जस्‍तालाई भट्टीमा गलाउनलाई मानिसहरूले जम्‍मा गर्छन्, त्‍यसरी नै म पनि मेरो रिस र मेरो क्रोधमा तिमीहरूलाई जम्‍मा गर्नेछु, र म तिमीहरूलाई त्‍यहाँ हाल्‍नेछु र तिमीहरूलाई गाल्‍नेछु ।
EZE 22:21 म तिमीहरूलाई भेला गर्नेछु, र मेरो क्रोधको आगोमा तिमीहरूलाई फुक्‍नेछु, र तिमीहरू त्‍यसैभित्र गल्‍नेछौ ।
EZE 22:22 जसरी भट्टीमा चाँदी गल्‍छ, र तिमीहरू त्‍यसभित्र गल्‍नेछौ, र म परमप्रभुले नै तिमीहरूमाथि आफ्‍नो क्रोध खन्‍याएको हुँ भनी तिमीहरूले जान्‍नेछौ' ।”
EZE 22:23 परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 22:24 “ए मानिसको छोरो, त्यसलाई भन्, 'तँ शुद्ध नगरिएको देश होस् । क्रोधको दिनमा त्‍यहाँ वर्षा हुँदैन ।
EZE 22:25 गर्जने सिंहले शिकार टुक्र्याएझैं त्‍यसको बिचमा भएका त्‍यसका अगमवक्‍ताहरूले एउटा षड्‌यन्‍त्र रच्छन् । तिनीहरूले मानिसहरूलाई निल्‍छन् र बहुमूल्‍य धन लुट्‌छन् । त्यसभित्र तिनीहरूले धेरै जनालाई विधवा बनाउँछन्‌ ।
EZE 22:26 त्‍यसका पुजारीहरूले मेरो व्‍यवस्‍था भङ्ग गर्छन्‌ र तिनीहरूले मेरा पवित्र चीजहरू तुच्‍छ ठान्‍छन्‌। तिनीहरूले पवित्र कुरा र तुच्‍छ कुराको बिचमा भिन्‍नता छुट्‍याउँदैनन्, अनि अशुद्ध र शुद्धको बिचको भिन्‍ता सिकाउँदैनन्। तिनीहरूले मेरा शबाथहरूबाट आफ्ना आँखा लुकाउँछन् ताकि तिनीहरूका बिचमा म तच्‍छ भएको छु ।
EZE 22:27 त्‍यसभित्र भएका त्‍यसका शासकहरू आफ्‍नो शिकार फहराउने ब्‍वाँसाहरूजस्‍ता छन्‌ । तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन्‌ ।
EZE 22:28 त्‍यसका अगमवक्ताहरूले तिनीहरूमाथि चुनले पोतेका छन्। तिनीहरूले असत्‍य दर्शन देख्छन् र तिनीहरूका निम्‍ति झूटा अगमवाणी बोल्‍छन् । तिनीहरू भन्‍छन्, “परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ,' जबकि परमप्रभु बोल्‍नुभएकै हुँदैन ।
EZE 22:29 देशका मानिसहरूले बलपूर्वक थिचोमिचो गरेका छन् र लुटपाट गरेर लूट मच्‍चाएका छन्, अनि तिनीहरूले गरीब र दरिद्रहरूमाथि दुर्व्‍यवहार गर्छन्, र विदेशीहरूसँग अन्‍यायपूर्वक थिचोमिचो गर्छन् ।
EZE 22:30 यसैले पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्‍ट नहोस्‌ भनी देशको लागि मेरो सामुन्‍ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बिचमा मैले हेरें, तर मैले कोही पनि पाइनँ ।
EZE 22:31 त्‍यसैले तिनीहरूमाथि म आफ्‍नो क्रोध खन्‍याउनेछु । मेरो रिसको आगोले म तिनीहरूलाई खत्तम गर्नेछु र तिनीहरूका चाल तिनीहरूकै थाप्‍लोमा हाल्‍नेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।"'
EZE 23:1 'परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 23:2 “ए मानिसको छोरो, एउटै आमाका दुई छोरीहरू त्‍यहाँ थिए ।
EZE 23:3 आफ्नो जवानी दिनमा तिनीहरूले मिश्रदेशमा वेश्‍यावृति गरे । तिनीहरूले त्यहाँ वेश्याको काम गरे । त्यहाँ तिनीहरूका स्‍तन मिचिए र तिनीहरूको कुमारी अवस्‍थाको मुन्टाहरू खेलाइए ।
EZE 23:4 तिनिहरूमा दिदीको नाउँ ओहोला र बहिनीको नाउँ ओहोलिबा थियो । तब तिनीहरू मेरा भए, र तिनीहरूले छोराछोरी जन्‍माए । तिनीहरूका नाउँको अर्थ यही होः ओहोलाको अर्थ सामरिया र ओहोलिबाको अर्थ यरूशलेम हो ।
EZE 23:5 तर मेरै भएको बेलामा पनि ओहोलाले वेश्‍यावृत्ति गरी । आफ्‍ना प्रेमी, प्रभावशाली अश्‍शूरीहरूसित त्‍यो मोहित भई,
EZE 23:6 नीलो वस्‍त्र लाउने गभर्नर र तिनका अधिकारीहरू, जो बलिया र सुन्दर थिए, ती सबै जना घोडा चढ्ने मानिसहरू थिए ।
EZE 23:7 यसरी तिनीहरू, सबै असल अश्‍शूरी मानिसहरूलाई त्यसले आफैलाई सुम्पिदिई, र त्‍यो मोहित भएका हरेक व्‍यक्‍तिसँग अनि तिनीहरूका सबै मूर्तिहरूसँग त्यसले आफैलाई अशुद्ध पारी ।
EZE 23:8 किनकि त्‍यसले मिश्रदेशमा हुँदा पनि त्‍यसको वेश्‍यावृतिको व्‍यवहार छाडेकी थिईन । जति बेला त्‍यो एउटी जवान केटी थिई, त्‍यति बेला तिनीहरू त्‍योसित सुतेका थिए । त्‍यति बेला तिनीहरूले पहिलो पल्‍ट त्‍यसका कन्‍या स्‍तनहरू खेलाएका थिए । त्‍यति बेला तिनीहरूले त्‍यससित आफ्‍ना यौनका छाडा व्‍यवहार गर्न सुरु गरेका थिए ।
EZE 23:9 यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्‍शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो मोहित भई ।
EZE 23:10 तिनीहरूले त्यसलाई नाङ्गो पारे, त्यसका छोराछोरीलाई लगे, त्यसलाई तरवारले मारे र अरू स्‍त्रीहरूका माझमा त्यो कुख्‍यात भई । यसरी तिनीहरूले त्यसलाई दण्ड दिए ।
EZE 23:11 त्‍यसकी बहिनी ओहोलिबाले त्‍यो कुरा देखी, तर त्‍यो झन् बढी कामुक भई र आफ्‍नी दिदीभन्‍दा पनि बढी वेश्‍यावृत्तिको काम गर्न लागी ।
EZE 23:12 अश्‍शूरीहरू, तिनका गभर्नरहरू र आकर्षक किसिमले वस्‍त्र पहिरिने अधिकारीहरूसँग त्यो कामुक भई, जो घोडा चढ्‍ने मानिसहरू थिए । ती सबै जना बलिया र सुन्दर मानिसहरू थिए ।
EZE 23:13 त्यसले आफैलाई अशुद्ध पारेकी मैले देखें । ती दुवै जना दिदीबहिनी उस्‍तै थिए ।
EZE 23:14 त्‍यसपछि त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन्‌ बढाई । भित्तामा कोरिएका मानिसहरू, भित्तामा रातो रङ्गले पेन्‍ट गरेर बनाइएका कल्‍दीहरूका चित्रहरू त्यसले देखी,
EZE 23:15 आफ्‍ना कम्‍मर वरिपरि पटुका बाँधेका र आफ्‍ना शिरमा लट्‌कने फेटा बाँधेका । ती सबै जना कल्‍दी फौजका रथी अधिकारीहरूजस्‍ता, बेबिलोनियाका छोराहरूजस्‍तै देखिन्‍थे, जसको आफ्‍नो देश कल्‍दीया हो ।
EZE 23:16 त्‍यसले उनीहरूलाई देख्‍ने बित्तिकै उनीहरूका निम्‍ति त्‍यो कामुक भई । यसैले कल्‍दिया देशमा उनीहरूकहाँ त्‍यसले दूतहरू पठाई ।
EZE 23:17 त्‍यसपछि बेबिलोनीहरू त्‍यसकहाँ त्‍यसको कामुक ओच्छ्यानमा आए र आफ्‍ना छाडा यौनले तिनीहरूले त्‍यसलाई अशुद्ध पारे । त्‍यसले जे गरेकी थिई त्‍यसद्वारा त्‍यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्‍यो उनीहरूसँग टाढा भई ।
EZE 23:18 जब त्‍यसले आफ्‍ना वेश्‍यावृत्तिका कामहरू गरी र आफ्‍नो नग्‍नता देखाई, तब जसरी मनमा घृणा बोकेर त्‍यसकी दिदीसँग म टाढा भएको थिएँ, त्‍यसरी नै म त्योसँग पनि टाढा भएँ ।
EZE 23:19 तब मिश्रदेशमा त्‍यो वेश्या हुँदाको, आफ्‍ना युवावस्‍थाका समयलाई सम्‍झेर त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन्‌ बढाई ।
EZE 23:20 यसरी त्‍यो आफ्‍ना प्रेमीहरूसित कामुक भई, जसका गुताङ्गहरू गधाहरूका जस्‍ता थिए, अनि जसका वीर्य घोडाहरूका झैं निस्‍कन्‍थ्‍यो ।
EZE 23:21 मिश्रीहरूले तेरा स्‍तनका मुन्‍टाहरू खेलाउँदा र तेरा जवानीका स्‍तनहरू मिच्‍दा, तैंले आफ्‍ना जवानीका लज्‍जापूर्ण कामहरू यसरी नै गरिस् ।
EZE 23:22 यसैकारण ए ओहोलिबा, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ‘हेर्, तेरा प्रेमीहरूलाई म तेरो विरुद्धमा उठाउनेछु । जसबाट तँ टाढा भईस्, उनीहरूलाई चारैतिरबाट म तेरो विरुद्धमा ल्‍याउनेछुः
EZE 23:23 बेबिलोनीहरू र सबै कल्‍दीहरू, पकोद, शोअ र कोअका मानिसहरू, र तिनीहरूसँगै सबै अश्‍शूरहरू, बलिया, सुन्‍दर मानिसहरू, गभर्नरहरू, कमाण्‍डरहरू, ती सबै जना अधिकारीहरू र इज्‍जतदार मानिसहरूलाई, घोडामा सवार सबै जना मानिसहरूलाई ।
EZE 23:24 उनीहरू तेरो विरुद्धमा हतियारहरू र रथहरू र गाडाहरू र मानिसहरूका ठुलो भीडलाई साथमा लिएर आउनेछन्‌ । ठुला ढालहरू, साना ढालहरू लिएर र टोप लाएर उनीहरूले तँलाई घेरा हाल्‍नेछन्‌ । तँलाई दण्‍ड दिने मौका उनीहरूलाई म दिनेछु, र उनीहरूले आफ्‍ना कामहरूले तँलाई दण्‍ड दिनेछन्‌ ।
EZE 23:25 मेरो डाहको रिस तँतिर म फर्काउनेछु, र क्रोधमा उनीहरूले तँसित व्‍यवहार गर्नेछन्‌ । उनीहरूले तेरा नाक र कान काट्‌नेछन्, र तेरा बाँचेकाहरू तरवारले ढल्‍नेछन्‌ । उनीहरूले तेरा छोराछोरीलाई लानेछन्, र तेरा बाँचेकाहरूलाई आगोले भस्‍म पार्नेछ ।
EZE 23:26 उनीहरूले तेरा वस्‍त्र उतारेर तँलाई नाङ्गै बनाउनेछन्, र तेरा सबै गहना लैजानेछन्‌ ।
EZE 23:27 यसरी तेरा लाजमर्दो व्यवहार र मिश्रदेशदेखि तैंले सुरु गरेका तेरा वेश्‍यावृत्तिका कामहरू तँबाट म हटाउनेछु । तैंले यी कुराहरूतिर आफ्‍ना कुदृष्‍टि लगाउनेछैनस्‌, र मिश्रदेशको सम्‍झना फेरि तैंले गर्नेछैनस्‌ ।'
EZE 23:28 किनभने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः 'हेर्, म तँलाई उनीहरूकै हातमा दिनेछु, जसलाई तँ घृणा गर्छेस्, उनीहरूकै हातमा जसबाट तँ टाढा भएकी थिइस् ।
EZE 23:29 उनीहरूले तँसित घृणापूर्वक व्‍यवहार गर्नेछन् । तेरा सबै धन-सम्‍पत्ति उनीहरूले लानेछन्‌, र तँलाई नाङ्गो र उजाड पारेर छोड्‌नेछन् । अनि तँ कामुक र वेश्‍यावृत्तिमा संलग्‍न हुँदा भएझैं तँलाई नाङ्गो पारिनेछ ।
EZE 23:30 वेश्‍याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन् ।
EZE 23:31 तँ आफ्‍नी दिदीकै चालमा हिंडेकी छेस्‌, यसैले त्‍यसको दण्‍डको कचौरा म तेरो हातमा दिनेछु ।'
EZE 23:32 परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘तैंले तेरी दिदीको कचौरा पिउनेछस्, जो ठुलो र गहिरो छ । तँ गिल्‍ला पात्र र हाँसोको विषय हुनेछेस्— यो कचौरामा धेरै अट्छ ।
EZE 23:33 मतवालापन र दुःखले, त्रास र विनाशको कचौराले तँ पूर्ण हुनेछेस्‌ । तेरी दिदी सामरियाको कचौरा ।
EZE 23:34 तैंले त्यो पिउनेछेस् र त्‍यसलाई रित्तो पार्नेछेस् । त्यसपछि तैंले त्‍यो कचौरा टुक्रा-टुक्रा पार्नेछेस्, र ती टुक्राले आफ्‍ना स्‍तनहरू काट्नेछेस् । किनकि मैले नै यो घोषणा गरेको हुँ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।'
EZE 23:35 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘तैंले मलाई बिर्सेको र मलाई तेरो पछाडि फालेको छस्, यसैले आफ्‍नो लज्‍जास्‍पद व्‍यवहार र यौनको अनैतिक कामहरूका दुष्‍परिणामहरू तैंले सहनुपर्नेछ' ।”
EZE 23:36 परमप्रभुले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, के तैंले ओहोला र ओहोलिबाको न्‍याय गर्नेछस्? त्‍यसैले तिनीहरूका घृणित कामहरूका तिनीहरूलाई विरोध गर,
EZE 23:37 किनकि तिनीहरूले व्‍यभिचार गरेका छन्, र तिनीहरूका हातहरूमा रगत छ । तिनीहरूले आफ्‍ना मूर्तिहरूसित व्‍यभिचार गरे, र तिनीहरूका मूर्तिहरूका प्रसादको रूपमा तिनीहरूले आफ्‍ना छोराहरूलाई आगोबाट हिंड्न पनि लगाएका छन् ।
EZE 23:38 त्यसपछि तिनीहरूले अहिले निरन्तर मलाई यसो गर्छन्‌: तिनीहरूले मेरो पवित्रस्‍थानलाई अशुद्ध पार्छन्, र त्यसै दिनमा तिनीहरूले मेरा शबाथहरूलाई अपवित्र पार्छन् ।
EZE 23:39 किनभने तिनीहरूले आफ्‍ना छोराछोरीलाई आफ्‍ना मूर्तिहरूका निम्‍ति बलि चढाएका, अनि त्‍यसै दिन तिनीहरू मेरो पवित्रस्‍थानलाई अशुद्ध पार्न त्‍यसभित्र आए । यसैले हेर्, तिनीहरूले मेरो मन्‍दिरको बिचमा यसो गरेका छन् ।
EZE 23:40 अब हेर— दूतहरूले पठाएका टाढाबाट आएका मानिसहरूलाई तैंले बोलाईस् । तिनीहरू साँच्‍चै आए जसका निम्‍ति तैंले नुहाईस्, आँखामा गाजल लगाईस् र आफूलाई गहनाले सिंगारिस्‌ ।
EZE 23:41 त्यहाँ तँ एउटा सुन्‍दर पलङ्गमा बसिस्, र त्‍यसको अगाडि सजाइएको टेबलमा मेरो धूप र मेरो तेल राखिस्‌ ।
EZE 23:42 यसैले हल्ला गर्ने भीड त्यसको वरिपरी थियो । तिनमा सबै किसिमका मानिसहरू, यतिसम्म कि उजाड-स्‍थानबाट साबीहरू पनि ल्याइए, र उनीहरूले आफ्‍ना हातमा चुराहरू लगाए र शिरमा सुन्दर मुकुटहरू लगाए ।
EZE 23:43 तब व्‍भिचारले दिक्‍क भएकी स्‍त्रीको विषयमा मैले यसो भनें, 'अब उनीहरू त्‍यससँग यौनका अनैतिक काम गर्नेछन्, र त्यसले उनीहरूसँग गर्नेछे ।’
EZE 23:44 जसरी मानिसहरू एउटी वेश्याकहाँ जान्‍छन् त्‍यसरी उनीहरू त्‍यसकहाँ गए र त्‍यससँग सुते । यसरी उनीहरू ती अनैतिक स्‍त्रीहरू, ओहोला र ओहोलिबासित सुते ।
EZE 23:45 तर धार्मिक मानिसहरूले न्‍याय गर्नेछन् र व्‍यभिचारिणीहरूका रूपमा तिनीहरूलाई दण्‍ड दिनेछन् अनि हत्‍या गर्नेहरूलाई सुनाउने दण्‍डले तिनीहरूले उनीहरूलाई दण्‍ड दिनेछन्, किनभने तिनीहरू व्‍यभिचारिणीहरू हुन्‌ र तिनीहरूका हातमा हत्‍याको रगत छ ।
EZE 23:46 यसैले परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म तिनीहरूका विरुद्धमा एउटा भीड खडा गर्नेछु र तिनीहरूलाई त्रास र लूटमा सुम्‍पिदिनेछु ।
EZE 23:47 तब त्यो भीडले तिनीहरूलाई ढुङ्गाले हान्‍नेछन्, र उनीहरूका तरवारले तिनीहरूलाई खत्तम पार्नेछन् । तिनीहरूका छोराछोरीलाई उनीहरूले मार्नेछन्‌ र तिनीहरूका घरहरू जलाउनेछन्‌ ।
EZE 23:48 किनकि देशबाट लज्‍जास्‍पद व्‍यवहारलाई म खतम गर्नेछु, र सबै स्‍त्रीलाई अनुशासनमा ल्याउनेछु ताकि तिनीहरू फेरि वेश्याको जस्तो काम नगरून् ।
EZE 23:49 यसरी उनीहरूले तेरा लाजमर्दा व्यवहारहरू तेरै विरूद्धमा खडा गर्नेछन् । तैंले आफ्‍ना मूर्तिहरूसित गरेका पापको दोष तैंले भोग्‍नेछेस्‌, र यसरी म नै परमप्रभु परमेश्‍वर हुँ भनी तैंले जान्‍नेछेस् ।
EZE 24:1 नवौं वर्षको दशौं महिनाको र महिनको दशौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 24:2 “ए मानिसको छोरो, आफ्‍नो निम्‍ति आजको दिन, आजकै मिति लेख्, किनकि आजकै दिन बेबिलोनको राजाले यरूशलेमलाई घेरा हालेको छ ।
EZE 24:3 यस विद्रोही घरानाको विरुद्धमा यो उपदेश, यो दृष्‍टान्त तिनीहरू भन्‌। तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः पकाउने भाँडो राख् । त्‍यसलाई राख्, र त्‍यसमा पानी हाल्‌ ।
EZE 24:4 त्‍यसभित्र भएका खानेकुरा, हरेक असल टुक्रा— तिघ्रा र ह्‍याकुलो जम्‍मा गर र त्‍यसलाई असल हाडहरूले भर्‌ ।
EZE 24:5 बगालको सबभन्‍दा असल पशु छान्, त्यसमुनि हाडको थुप्रो लगा । त्यसलाई उमाल्ने ठाउँमा ल्या र त्‍यसमा हाडहरू पका ।
EZE 24:6 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यो रगतको सहरलाई धिक्‍कार! त्‍यो खिया लागेको भाँडालाई र त्‍यसबाट त्‍यो खिया जानेछैन! त्‍यसमा भएका टुक्राबाट नछानिकन एक-एक गर्दै निकाल् ।
EZE 24:7 किनकि त्‍यसको रगत त्‍यसकै बिचमा छ । त्‍यसले त्‍यो रगत चिल्‍लो चट्टानमा बगाई । धूलाले ढाक्‍नलाई त्‍यसले त्‍यो रगत भूइँमा पोखाईन,
EZE 24:8 यसैले त्‍यसले साटो लिने क्रोध ल्‍याउँछ । त्‍यसको रगत ढाक्‍न नसकियोस् भनेर मैले चिल्लो चट्टानमा त्‍यो पोखाइन ।
EZE 24:9 यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः त्‍यस रगतको सहरलाई धिक्‍कार । म दाउराको थुप्रोलाई पनि बढाउनेछु ।
EZE 24:10 दाउरा थुपार्‌ र आगो सल्‍का । मासु राम्ररी पका, र मसला हाल र हाडहरू डड्न दे‌ ।
EZE 24:11 त्‍यसपछि त्यसलाई तताउन र तामालाई तताएर आगोजस्तै बनाउन भाँडो खाली गरेर भुङ्ग्रोमाथि राख्, ताकि त्यसभित्र भएको अशुद्धता पग्लोस्, र त्‍यसको थेग्रो डढेर जाओस्‌ ।’
EZE 24:12 परिश्रमको कारणलर त्यो थकित भएकी छे, तर त्‍यसको बाक्‍लो थेग्रो आगोले पनि गएन ।
EZE 24:13 तेरो लाजमर्दो व्यवहार तेरो अशुद्धताभित्र छ । किनभने मैले त तँलाई शुद्ध गर्ने कोशिश गरें, तर तेरो अशुद्धताबाट तँ अझै शुद्ध भइनस् । जबसम्‍म म आफ्‍नो क्रोध तेरो विरुद्धमा पोखाएर सन्‍तुष्‍ट हुन्‍नँ, तबसम्‍म तँ फेरि शुद्ध हुनेछैनस्‌ ।
EZE 24:14 म परमप्रभुले यो घोषणा गरेको हुँ, र म यो गर्नेछु । म पछि हट्‌नेछैनँ, न त म त्‍यसबाट आराम नै गर्नेछु । तेरा चाल र तेरा कामहरूले तिनीहरूले तेरो न्‍याय गर्नेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 24:15 त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
EZE 24:16 “ए मानिसको छोरो, हेर्, तेरो आँखाका इच्‍छालाई म विपतिबाट हटाउँदैछु, तर तैंले शोक गर्नुहुँदैन न त रुनु हुन्‍छ, र तेरा आँखाबाट आँसु झर्नुहुँदैन ।
EZE 24:17 तैंले चूपचाप सुस्‍केरा हाल्नुपर्छ । मृतकको अन्तेष्‍टि नगर्‌ । आफ्‍ना फेटा आफ्‍नो टाउकोमा बाँध र आफ्‍ना जुत्ता आफ्‍ना खुट्टामा लगा, तर आफ्नो मुखका रौं नढाक् वा आफ्ना पत्‍नीको मृत्युमा शोक गर्ने मानिसहरूका रोटी नखा ।”
EZE 24:18 यसैले बिहानै मैले यो कुरा मानिसहरूलाई भनें, र त्‍यही बेलुकी मेरी पत्‍नीको मृत्‍यु भयो । भोलिपल्‍ट बिहान मलाई जे गर्ने आज्ञा दिइएको थियो, मैले त्‍यही गरें ।
EZE 24:19 मानिसहरूले मलाई सोधे, “यी कुराहरू अर्थात्, तपाईंले गरेका कुराहरूको अर्थ के हो, हामीलाई भन्‍नुहुन्‍न?”
EZE 24:20 यसैले मैले तिनीहरूलाई भनें, “परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 24:21 ‘इस्राएलको घरानालाई यसो भन्‌: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, म आफ्‍नो पवित्रस्‍थान—तिमीहरूका शक्तिको गर्व, तिमीहरूका आँखाको खुसी, र तिमीहरूका प्राणको इच्छालाई अपवित्र तुल्‍याउनेछु, र तिमीहरूले छोडिराखेका तिमीहरूका छोराछोरी तरवारले मारिनेछन्‌ ।
EZE 24:22 तब मैले गरेझैं तिमीहरूले पनि गर्नेछौः तिमीहरूले आफ्‍नो अनुहारका रौं छोप्‍नेछैनौ, न त शोक गर्ने मानिसहरूका रोटी खानेछौ ।
EZE 24:23 त्‍यसको साटोमा, तिमीहरूका फेटा तिमीहरूका टाउकामा र तिमीहरूका जुत्ता तिमीहरूका खुट्टामा हुनेछन् । तिमीहरूले शोक गर्नेछैनौ न त रुनेछौ, किनकि तिमीहरू आफ्‍ना पापहरूको कारणले पग्लेर जानेछौ, र हरेक मानिसले आफ्ना भाइको निम्ति सुस्‍केरा हाल्‍नेछ ।
EZE 24:24 यसरी इजकिएलचाहिं तिमीहरूका निम्‍ति एउटा चिन्‍ह हुनेछ । उसले जे गरेको छ ती हरेक कुरा तिमीहरूले पनि गर्नेछौ । तब म नै परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ' ।”
EZE 24:25 “तर ए मानिसको छोरो, तिनीहरूका आनन्‍द, गर्व, तिनेहरूले हेर्ने र इच्‍छा गर्ने तिनीहरूका मन्‍दिरलाई मैले कब्जा गरेको दिनमा— र मैले तिनीहरूका छोराछोरी लिएर जाँदा—
EZE 24:26 त्‍यस दिनमा तँलाई समाचार दिनलाई एक जना शरणार्थी तँकहाँ आउनेछ ।
EZE 24:27 त्‍यो दिनमा त्यो शरणार्थीसँग तैंले मुख खोल्‍नेछस् र तँ बोल्नेछस्— तँ फेरि चूपचाप रहनेछैनस्‌ । तँ तिनीहरूका निम्‍ति एउटा चिन्‍ह हुनेछस्, ताकि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।”
EZE 25:1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 25:2 “ए मानिसको छोरो, अम्‍मोनका मानिसहरूतिर आफ्‍नो अनुहार फर्का, र तिनीहरूका विरुद्धमा अगमवाणी भन्‌ ।
EZE 25:3 अम्मोनका मानिसहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वरको वचन सुन । परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मेरो पवित्रस्‍थान तुच्‍छा पारिंदा त्‍यसको बारेमा, र इस्राएलको देश उजाड हुँदा र यहूदाका मानिसहरू निर्वासनमा जाँदा तिमीहरूले, “अहा!” भन्‍यौ,
EZE 25:4 यसकारण, हेर, म तिमीहरूलाई पूर्वका मानिसहरूकहाँ तिनीहरूका सम्‍पत्तिझैं सुम्‍पिदिनेछु । उनीहरूले तिमीहरूका विरुद्धमा छाउनी हाल्‍नेछन्, र तिमीहरूकै बिचमा आफ्‍ना पालहरू खडा गर्नेछन्‌ । उनीहरूले तिमीहरूका फल खानेछन्‌ र तिमीहरूको दूध पिउनेछन्‌ ।
EZE 25:5 म रब्‍बालाई ऊँटहरू चर्ने खर्क र अम्‍मोनका मानिसहरूलाई भेडाको मैदान बनाउनेछु । तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ ।
EZE 25:6 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः इस्राएल देशको विरुद्धमा तिमीहरूभित्रै सारा अपमान हुँदा पनि तिमीहरूले आफ्‍ना ताली बजाएका र आफ्‍ना खुट्टा बजारेका र आनन्‍दित बनेका छौ ।
EZE 25:7 यसकारण, हेर, म आफ्‍ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ' ।
EZE 25:8 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः 'किनभने मोआब र सेइरले यसो भन्छन्, “हेर, यहूदाको घरानाचाहिं अरू हरेक जातिजस्‍तै छ ।”
EZE 25:9 यसकारण, हेर्, सिमानामा भएका सहरहरूदेखि सुरु गरेर— बेथ-यशीमोत, बाल-मोन र किर्यातैमका गौरव— मोआबको भिरालो भागलाई म खुलस्‍त पार्नेछु—
EZE 25:10 अम्‍मोनका मानिसहरूको विरुद्धमा भएका पूर्व देशका मानिसहरूलाई । म तिनीहरूलाई सम्‍पत्तिको रूपमा दिनेछु, ताकि जातिहरूका बिचमा अम्मोनका मानिसहरूको सम्‍झना गरिनेछैन ।
EZE 25:11 यसैले मोआबको विरुद्धमा न्‍याय गर्नेछु,र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।
EZE 25:12 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'एदोमले यहूदाको घरानासित बदला लियो, र त्‍यसो गरेर त्यसले गलत गर्‍यो ।
EZE 25:13 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म आफ्नो हातले एदोमलाई हिर्काउनेछु, र त्‍यहाँ भएका हरेक मानिस र पशुको नाश गर्नेछु । तेमानदेखि ददानसम्‍मै म त्‍यसलाई भग्‍नावशेष, उजाड पार्नेछु । तिनीहरू तरवारले ढल्‍नेछन्‌ ।
EZE 25:14 मेरो मानिस इस्राएलकै हातद्वारा म एदोममाथि बदला लिनेछु, र यिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोममाथि व्‍यवहार गर्नेछन्‌, र तिनीहरूले मेरो बदला कस्‍तो रहेछ भनी जान्‍नेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।
EZE 25:15 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'पलिश्‍तीहरूले शत्रुतासाथ बदला लिएका छन्, र आफ्‍नो भित्रैदेखि तिनीहरूले यहूदालाई पटक-पटक सर्वनाश गर्न खोजे ।
EZE 25:16 यसैले परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छः हेर्, पलिश्‍तीहरूका विरुद्धमा आफ्‍नो हात म उठाउनेछु, र करेतीहरूलाई म खतम पार्नेछु, र समुद्र किनारमा बस्‍ने बाँकी रहेकाहरूलाई सर्वनाश गर्नेछु ।
EZE 25:17 किनकि तिनीहरूका विरुद्धमा क्रोधमा दण्‍ड दिंदै म ठुलो बदला लिनेछु । यसरी तिनीहरूमाथि मैले बदला लिंदा, तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”
EZE 26:1 यसैले यो एघारौं वर्षमा, महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 26:2 “ए मानिसको छोरो, किनभने यरूशलेमको विरुद्धमा टुरोस सहरले 'अहा! भनेको छ ।मानिसहरूका ढोकाहरू भत्‍केका छन् । त्‍यो मतिर फेर्केको छ । म भरपूर हुनेछु, किनभने त्‍यो भग्‍नावशेष भएको छ ।'
EZE 26:3 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘हेर्, ए टुरोस, म तेरो विरुद्धमा छु, र समुद्रमा छालहरू उठेझैं धेरै जातिहरूलाई तेरो विरुद्धमा म ल्‍याउनेछु ।
EZE 26:4 उनीहरूले टुरोसका पर्खालहरू भत्‍काउनेछन्, र त्‍यसका धरहराहरू ढाल्‍नेछन्‌ । म त्‍यसको धूलो उडाउनेछु र त्यसलाई उजाड चट्टान बनाउनेछु ।
EZE 26:5 त्‍यो समुद्रको बिचमा जालहरू सुकाउने ठाउँ हुनेछ, किनभने मैले नै यो घोषणा गरेको छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— र त्‍यो जातिहरूका निम्‍ति लूटको माल हुनेछ ।
EZE 26:6 मैदानहरूमा भएका त्यसका छोरीहरू तरवारले मारिनेछन्‌, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।
EZE 26:7 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, उत्तरबाट राजाहरूका राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, र घोडचढीहरू र धेरै जना मानिससहित म टुरोसको विरुद्धमा ल्‍याउनेछु ।
EZE 26:8 त्‍यसले मैदानहरूमा तेरा छोरीहरूलाई मार्नेछ । त्‍यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, र तेरा पर्खालहरूमा आड लाग्‍ने किल्‍ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ ।
EZE 26:9 तेरो पर्खालमा हिर्काउनलाई त्‍यसले मूढाहरू राख्‍नेछ, र त्‍यसका हतियारले तेरा धरहराहरू ढाल्‍नेछ ।
EZE 26:10 त्‍यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनका धूलोले तँलाई ढाक्‍नेछ । घोडचढीहरू, गाढाहरू र रथहरूको आवाजले तेरा पर्खालहरू हल्लिनेछन् । पर्खाल भत्‍केको कुनै सहरभित्र मानिसहरू पसेझैं गरी त्‍यो तेरा ढोकाहरूभित्र पस्‍छ ।
EZE 26:11 त्‍यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्‍चिनेछ । त्‍यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्‍नेछन्‌ ।
EZE 26:12 उनीहरूले तेरा धन-सम्‍पत्तिहरू लुट्‌नेछन्, र तेरा व्‍यापारका मालहरू लुट्‌नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्‍नेछन्‌ र तेरा आरामदायी घरहरू भत्‍काउनेछन्‌ । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्‍नेछन्‌ ।
EZE 26:13 तेरो गीतको हल्ला म बन्‍द गर्नेछु । तेरा वीणाहरूका आवाज फेरि कहिल्‍यै सुनिनेछैन ।
EZE 26:14 म तँलाई उजाड चट्टान बनाउनेछु । तँ जालहरू सुकाउने ठाउँ बन्‍नेछस्‌ । फेरि कहिल्‍यै तँलाई बनाइनेछैन, किनकि म परमप्रभु परमेश्‍वर नै बोलेको हुँ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 26:15 परमप्रभु परमेश्‍वर टुरोस सहरलाई यसो भन्‍नुहुन्‍छ, 'जब तेरो बिचमा डरलाग्दो मारकाट हुन्‍छ, तब ढलेहरूका सोर र घाइतेहरूले सुस्‍केराले के टापुहरू काम्‍नेछैनन्‌ र?
EZE 26:16 तब समुद्र किनारका सबै जना शासक आ-आफ्‍ना सिंहासनबाट ओर्लनेछन् र आ-आफ्‍नो पोशाक उतार्नेछन्, र बुट्टा भरिएका वस्‍त्रहरू फुकाल्‍नेछन्‌ । तिनीहरूले आफैंमा कम्पका पोशाक लगाउनेछन्, तिनीहरू भूइँमा बस्‍नेछन्, र हरेक क्षण काम्‍नेछन्, र तँलाई देखेर तिनीहरू भयभीत हुनेछन्‌ ।
EZE 26:17 तिनीहरूले तेरो विषयमा विलाप गर्नेछन्‌ र तँलाई यसो भन्‍नेछन्‌: नाविकहरू बसोबास गर्ने, तँ कसरी नष्‍ट भइस्‌ । शक्तिशाली र प्रसिद्ध सहर अब समुद्रबाट हराएको छ । त्यसका बासिन्‍दाहरूले आफ्‍ना नजिक बस्‍ने हरेकलाई कुनै बेला थर्कमान् पारेका थिए ।
EZE 26:18 अब तेरो पतनको दिनमा समुद्र-किनारका देशहरू काम्‍छन्‌ । तँ आफ्नो ठाउँमा नभए हुनाले टापूहरू त्रासमा परेका छन्‌ ।'
EZE 26:19 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जब मानिसहरू बसोबास नगरेको अरू सहरझैं म तँलाई एउटा उजाडिएको सहर तुल्‍याउँछु, र जब म गहिरो सागरलाई तेरो विरुद्ध उठाउनेछु, र जब ठुला छालहरूले तँलाई ढाक्‍छन्,
EZE 26:20 तब म तँलाई प्राचिन समयका मानिसहरूकहाँ ल्याउनेछु, अरू मानिसहरूझैं जो खाल्डोमा गएका छन् । किनभने म तँलाई पृथ्‍वीमुनि, प्राचीन भग्‍नावशेषमा जस्‍तै, मृत-लोकमा जानेहरूसित बस्‍न लाउनेछु । जसको कारण तँ फेरि कहिल्‍यै जीवितहरूको देशमा फर्केर बस्‍नेछैनस्‌ ।
EZE 26:21 तँमाथि म विपति ल्याउनेछु, र सधैंको निम्‍ति तँ फेरि कहिलै हुनेछैनस् । तब तेरो खोजी हुनेछ तर तँलाई फेरि कहिलै भेट्टाइनेछैन— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”
EZE 27:1 फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 27:2 “अब ए मानिसको छोरो, टुरोसको विषयमा विलाप सुरु गर्‌ ।
EZE 27:3 र समुद्रको ढोकामा हुने, धेरैवटा टापुमा बस्‍ने मानिसहरूमा व्‍यापार गर्ने टुरोसलाई यसो भन्, परमप्रभु परमेश्‍वर तिमीहरूलाई यसो भन्‍नुहुन्‍छः 'ए टुरोस, तैंले भनेको छस्, “म सुन्दरतामा सिद्ध छु ।'
EZE 27:4 तेरा सिमानाहरू समुद्रको बिचमा छन् । तँलाई निर्माण गर्नेहरूले तँलाई पूर्ण रूपले सुन्‍दर बनाए ।
EZE 27:5 तिनीहरूले तेरा सबै काठपात हर्मन पर्वतका सल्‍लाहरूबाट बनाए । तिनीहरूले तेरा लागि मस्‍तूल बनाउनलाई लेबनानको देवदारु ल्‍याए ।
EZE 27:6 तेरा पतवारहरू तिनीहरूले बाशानबाट ल्‍याएका फलाँटबाट बनाए । साइप्रसका सल्‍लाका काठले तिनीहरूले जहाजका तला बनाए, र त्‍यसलाई हस्‍ती-हाडको जलप लगाए ।
EZE 27:7 तेरो जहाजको पाल मिश्रदेशको मिहीन बुट्टादार सूती कपडाबाट बनेको थियो । त्‍यसैले तेरो झन्‍डाको काम गर्‍यो । एलीशाहको किनारका नीलो र बैजनी रङ्गका कपडा तेरो चँदुवाका निम्‍ति प्रयोग भए ।
EZE 27:8 सीदोन र अर्वादमा बस्‍ने मानिसहरू तेरा पतवार चलाउनेहरू थिए । टुरोसका ज्ञानीहरू तँसँग थिए । तिनीहरू तेरा नावीहरू थिए ।
EZE 27:9 गबालका दक्ष अनुभवी कारीगरहरू तँसित जहाजमा थिए । समुद्रका सबै जहाजहरू र तिनका नाविकहरूले व्यापारका निम्ति तेरा सामान ल्याउँथे ।
EZE 27:10 फारस, लूद र पूतका मानिसहरू तेरो फौजमा तेरा योद्धहरू थिए । तिनीहरूले आ-आफ्‍ना ढाल र टोप तँभित्रै टाँगे । तिनले तेरो गौरव दर्शाए ।
EZE 27:11 तेरा फौजका अर्वाद र हेलेकका मानिसहरू तेरा चारैतिरका पर्खालमाथि थिए । गमादका मानिसहरू तेरा धरहरामा थिए । तिनीहरूले आ-आफ्‍ना ढाल तेरा चारैतिरका पर्खालमा टाँगे । तिनीहरूले तेरो सुन्‍दरता पूर्ण बनाए ।
EZE 27:12 तँसँग बेच्नको निम्ति चाँदी, फलाम, जस्‍ता र सीसाजस्ता सामानका प्रशस्‍त धनसम्‍पत्ति भएको कारणले तर्शीश तेरो व्‍यापारको साझेदार थियो । तिनीहरूले तेरा मालसामान किने र बेचे ।
EZE 27:13 यावान, तूबल र मेशेकले तँसित कमारा-कमारी र काँसाका भाँडाहरूको व्‍यापार गरे । तिनीहरूले तेरा सामानका कारोबार गरे ।
EZE 27:14 बेथ-तोगर्माका मानिसहरूले तेरो व्‍यापारको सामानको रूपमा घोडाहरू, सुमारेका घोडाहरू र खच्‍चरहरू दिए ।
EZE 27:15 तेरा किनारहरूमा रोडसका मानिसहरू तेरा व्‍यापारीहरू थिए । व्यापारका सामानहरू तेरा हातमा थिए । तिनीहरूले तँलाई सीङ्, हस्‍ती हाड र अब्‍नुसको काठ दाम रूपमा दिए ।
EZE 27:16 तेरा धेरै उत्‍पादनमा अरामले व्‍यापार गर्‍यो । तिनीहरूले तँलाई फिरोजा, बैजनी, रङ्ग लगाइएका वस्‍त्र, मलमलका कपडा, मूगा-मोती र मानिक तेरा व्‍यापारका सामानको रूपमा उपलव्‍ध गराए ।
EZE 27:17 यहूदा र इस्राएलको देशले तँसित व्‍यापार गर्दैथिए । तिनीहरूले तँलाई मिन्‍नीतको गहूँ, रोटी, मह, तेल र लेप तेरा व्यापारका सामानका रूपमा उपलव्‍ध गराए ।
EZE 27:18 तेरा सबै उत्‍पादन, धेरै धन-सम्‍पत्ति, र हेलबोनको दाखमद्य र जाहारको ऊनको व्यापारी दमस्‍कस थियो ।
EZE 27:19 इजालका दान र यावानले तँलाई फलाम, तेजपात र बोझो दिए । यी तेरा व्यापारका माल बने ।
EZE 27:20 ददानले तँसित घोडाका जीनपोशको व्‍यापार गर्‍यो ।
EZE 27:21 अरब देश र केदारका सबै मुखियाहरू तँसँग व्‍यापार गरे । तिनीहरूले थुमा, भेडा र बाख्रा उपलब्ध गराए ।
EZE 27:22 हरेक असल मसला र सबै किसिमका बहुमूल्‍य रत्‍नहरू बेच्‍न शेबा र रामाहका व्‍यापारीहरू तँकहाँ आए । व्‍यापारका सामानको रूपमा तिनीहरूले तँलाई सुन दिए ।
EZE 27:23 शेबा, अश्‍शूर र किल्‍मदसँगै हारान, कन्‍नेह र अदनका व्‍यापारीहरूले तँसित व्‍यापार गरे ।
EZE 27:24 नीलो रङ्गका कपडा, बुट्टादार कपडाहरू,र डोरीहरूले बाँधेर रङ्गीचङ्गी र बुट्टादार राडीपाखी र राम्ररी बुनेका लुगा तेरा बजारमा बेच्‍नेहरू यिनीहरू नै थिए ।
EZE 27:25 तर्शीशका जहाजहरूले तेरा व्‍यापारका सामानहरू ढुवानी गर्थे । समुद्रका बिचमा व्‍यापारका सामानले तँ भरिपूर्ण, गह्रौं भएको थिइस् ।
EZE 27:26 तेरा नाविकहरूले तँलाई विशाल समुद्रमा लगेका छन् । पूर्वीय बतासले तँलाई समुद्रकै बिचमा ध्‍वंस पारेको छ ।
EZE 27:27 तेरा धन-सम्‍पत्ति, सामान र व्‍यापारका माल । तेरा माझीहरू र तेरा नावीहरू, र जहाज बनाउनेहरू । तेरा व्‍यापारीहरू र तँसँग भएका तेरा युद्धका योद्धाहरू, र जहाजमा हुने अरू सबै जना तेरो सर्वनाशको दिनमा समुद्रको गहिरोमा डुब्‍नेछन्‌ ।
EZE 27:28 समुद्रका सहरहरू तेरा नावीहरूका चित्‍कारको आवाजले थरथर हुनेछन्‌ ।
EZE 27:29 दाबिलो खियाउनेहरू सबै जना आफ्‍ना जहाजबाट तल आउनेछन् । माझी र समुद्रका सबै नावीहरू किनारमा खडा हुनेछन्‌ ।
EZE 27:30 तब तिनीहरूले आफ्‍ना सोर तँलाई सुनाउनेछन् र ठुलो स्‍वरले विलाप गर्नेछन्‌ । तिनीहरूले आफ्‍ना टाउकोमा धुलो हाल्‍नेछन् । तिनीहरू खरानीमा लडीबडी गर्नेछन्‌ ।
EZE 27:31 तिनीहरूले तेरो लागि आफ्‍नो कपाल मुण्‍डन गर्नेछन्, र आफूमा भाङ्‌ग्रा बाँध्‍नेछन्, अनि तँलाई हेरेर तिनीहरू धुरुधुरु रुनेछन् र तिनीहरू कराउनेछन्‌ ।
EZE 27:32 तेरो निम्‍ति तिनीहरूले विलाप गर्नेछन्, र तँलाई हेरेर तिनीहरूले शोकगीत गाउनेछन् । टुरोस जस्तै को छ, जो समुद्रको बिचमा चुप शान्‍त पारिएको छ ।
EZE 27:33 जब समुद्र किनारमा तेरा व्‍यापारका माल जान्‍थे, तिनले धेरै जना मानिसलाई सन्‍तुष्‍ट पार्थे । तेरा धेरै धन-सम्‍पत्ति र व्‍यापारका मालले तैंले पृथ्‍वीका राजाहरूलाई धनी तुल्‍याइस्‌ ।
EZE 27:34 तर समुद्रले गहिरो पानीले जब तँलाई ध्वंस पार्‍यो, तब तेरा तेरा मालहरू र तेरा सबै चालक दल डुबे ।
EZE 27:35 किनारका सबै बासिन्‍दा तँलाई देखेर तर्सेका थिए, र तिनीहरूका राजाहरू त्रासले थरथर भए । तिनीहरूका अनुहारहरू कामे ।
EZE 27:36 मानिसहरूका व्यापारीहरूले तँलाई खिसी गर्छन्‌ । तँ त्रास बनेको छस्, र तँ सदाको लागि फेरि कहिलै हुनेछैनस् ।
EZE 28:1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 28:2 “ए मानिसको छोरो, टुरोसको शासकलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तेरो हृदय अहंकारी छ । तैंले भनेको छस्, “म एक देवता हुँ । म समुद्रको बिचमा एक देवताको आसनमा बस्‍नेछु!” तँ एक जना मानिस मात्र होस्, र देवता होइनस्, तापनि तैंले आफ्नो हृदयलाई एक देवताको हृदय जत्तिकै बनाउँछस् ।
EZE 28:3 तँ आफैलाई दानिएलभन्‍दा पनि बुद्धिमान्‌ होस् र कुनै गुप्‍त कुराले तँलाई छक्‍क पार्दैन भनी सम्झन्छस् ।
EZE 28:4 तैंले बुद्धि र सिपले आफैंलाई सम्पन्‍न तुल्याएको छस् र आफ्‍नो भण्‍डारहरूमा सुन र चाँदी थुपारेको छस्‌ ।
EZE 28:5 ठुलो बुद्धि र आफ्‍नो व्यापारले तैंले आफ्‍नो धन-सम्‍पत्ति बढाएको छस् । यसैले आफ्‍नो धन-सम्‍पत्तिको कारणले तेरो हृदय अहंकारी छ ।
EZE 28:6 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तैंले आफ्नो हृदय देवताको हृदयजस्तै बनाएको कारणले,
EZE 28:7 विदेशीहरू, अरू जातिका डरलाग्‍दा मानिसहरूलाई म तेरो विरुद्धमा ल्‍याउनेछु । तिनीहरूले आफ्‍ना तरवार तेरो बुद्धिको सौन्‍दर्यको विरुद्धमा थुत्‍नेछन्, र तेरो गौरवलाई अपवित्र पार्नेछन् ।
EZE 28:8 तिनीहरूले तँलाई तल खाडलमा पुर्‍याउनेछन्, र समुद्रको बिचमा मर्नेहरूझैं तेरो मृत्‍यु हुनेछ ।
EZE 28:9 तँलाई मार्नेहरूका सामु के तँ अझै पनि “म देवता हुँ” भन्‍नेछस्‌ र? तँ मानिस होस्, र देवता होइन, र तँलाई छेड्नेहरूका हातमा तँ हुनेछस् ।
EZE 28:10 विदेशीहरूका हातबाट तँ खतना नगर्नेहरूझैं मर्नेछस्‌, किनकि मैले यो घोषणा गरेको छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।”
EZE 28:11 परमप्रभुको वचन फेरि मकहाँ यसो भनेर आयो,
EZE 28:12 “ए मानिसको छोरो, टुरोसका राजाको निम्‍ति विलाप गर्, र त्‍यसलाई भन्‌: 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तँ सिद्धताको नमूना, अनि बुद्धिले पूर्ण र सुन्‍दरमा सिद्ध थिइस् ।
EZE 28:13 परमेश्‍वरको बगैंचा अदनमा तँ थिइस्‌ । हरेक बहुमूल्‍य पत्‍थरले तँ सिंगारिएको थिइस्‌: मानिक, पुष्‍पराज, पन्‍ना, पीतमणि, आनिक्‍स, बिल्‍लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस्‌ । तेरा साज-सज्‍जा र प्रदर्शन सुनले बनेका थिए । तेरो सृष्‍टि भएको दिनमा नै ती तयार पारिएका थिए ।
EZE 28:14 मानिसहरूका सुरक्षा गर्न मैले तँलाई करूबलाई झैं अभिषेक गरेर मैले तँलाई परमेश्‍वरको पवित्र डाँडामा राखें । अग्‍निमय पत्‍थरहरूका बिचमा तँ थिइस्‌, जहाँ तँ हिंड्‍थिस् ।
EZE 28:15 तेरो सृष्‍ट गरिएको दिनदेखि तँमा अन्‍याय फेला नपरेसम्‍म, तेरो चालमा तँ दोषरहित थिइस्‌ ।
EZE 28:16 तेरा ठुलो व्‍यापारले तँ उपद्रवले भरिइस्, र तैंले पाप गरिस्‌ । यसैले अशुद्ध भएको व्‍यक्‍तिलाई झैं मैले तँलाई परमेश्‍वरको डाँडाबाट बाहिर फालें, र मैले तँलाई नष्‍ट गरें, ए अभिभावक करूब, र मैले तँलाई अग्‍निमय पत्‍थरहरूका बिचदेखि धपाएँ ।
EZE 28:17 तेरो सुन्‍दरताले गर्दा तेरो हृदय अहंकारी थियो । तेरो गौरवको कारणले तैंले आफ्‍नो बुद्धिलाई भ्रष्‍ट पारिस्‌ । मैले तँलाई जमिनमा फालेको छु । मैले तँलाई राजाहरूका अगि राखेको छु, यसरी तिनीहरूले तँलाई देख्‍नेछन् ।
EZE 28:18 तेरा धेरै पाप र बेईमान व्‍यापारको कारणले तैंले आफ्‍ना पवित्र ठाउँहरूलाई बिटुलो पारेको छस्‌ । यसैले मैले तँबाटै एउटा आगो निकालेको छु । त्‍यसले तँलाई भस्‍म पार्नेछ। तँलाई नियालेर हेर्नेहरू सबैका दृष्‍टिमा म तँलाई जमिनमा खरानी तुल्‍याउनेछु ।
EZE 28:19 मानिसहरूका माझमा तँलाई चिन्‍नेहरू तँलाई देखेर भयभीत हुनेछन्‌ । तिनीहरू डराउनेछन्, र तँ फेरि कहिल्‍यै रहनेछैनस्‌' ।”
EZE 28:20 त्यसपछि परमप्रभुको वचन मकहाँ यसो भनेर आयो,
EZE 28:21 “ए मानिसको छोरो, सीदोनतिर तेरो मुख फर्का, र त्‍यसको विरुद्धमा अगमवाणी गर् ।
EZE 28:22 यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, ए सीदोन, म तेरो विरुद्धमा छु । तेरो माझमा मेरो महिमा हुनेछ । मैले तँभित्र न्‍याय गर्दा, म नै परमप्रभु हुँ भनी तेरा मानिसहरूले जान्‍नेछन्‌ । तँभित्र म पवित्र प्रकट हुनेछु ।
EZE 28:23 तँभित्र एउटा रूढी पठाउने, र त्‍यसका गल्‍लीहरूमा रगत म बगाउनेछु । मारिनेहरू तेरो बिचमा ढल्‍नेछन् । जब चारैतिरबाट तेरो विरुद्धमा तरवारले आउनेछन्‌, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।
EZE 28:24 तब इस्राएलका घरानालाई, त्‍यसका मानिसहरूलाई घृणा गर्न त्‍यसका वरिपरि कसैबाट पनि दुःख दिने सिउँडी र तीखा काँढाहरू फेरि कहिल्‍यै हुनेछैनन्‌ । यसरी तिनीहरूले म नै परमप्रभु परमेश्‍वर हुँ भनी जान्‍नेछन्‌ ।
EZE 28:25 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘जब इस्राएलका घरानालाई तिनीहरू छरपष्‍ट भएका मानिसहरूका माझबाट म भेला गर्छु, र तब तिनीहरूलाई अलग गर्नेछु, यसरी जातिहरूले देख्‍न सक्‍छन् । त्‍यसपछि मेरो दास याकूबलाई मैले दिने देशमा तिनीहरूले आफ्‍ना मन्‍दिरहरू बनाउनेछन् ।
EZE 28:26 त्‍यसपछि तिनीहरू त्‍यसभित्र सुरक्षित रहनेछन्, र मन्‍दिरहरू बनाउनेछन्‌, दाखबारी लगाउनेछन्‌ । अनि तिनीहरूलाई घृणा गर्ने वरिपरिका सबैलाई मेले न्‍याय गर्दा, तिनीहरू त्‍यहाँ सुरक्षित रहनेछन्‌ । तब तिनीहरूले म नै परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन्‌' ।”
EZE 29:1 दशौं वर्षको दशौं महिनामा उक्‍त महिनाको बाह्रौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 29:2 “ए मानिसको छोरो, तेरो मुख मिश्रदेशको राजा फारोतिर फर्का । त्‍यसको विरुद्धमा र सारा मिश्रदेशको विरुद्धमा अगमवाणी भन्‌ ।
EZE 29:3 घोषणा गर र यसो भन्ः 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, ए मिश्रदेशको राजा फारो, म तेरो विरुद्धमा छु । आफ्‍नो नदीको बिचमा लडिरहने, ठुलो अजिङ्गर तँ यसो भन्‍छस्, “मेरो नदी मेरै हो । त्‍यो मैले आफ्‍नो निम्‍ति बनाएको हुँ ।”
EZE 29:4 किनभने म तेरो बङ्गारामा बल्‍छी लगाउनेछु, र तेरै कत्‍लाहरूमा तेरा नाइलका माछाहरू टाँसिनेछन् । तेरा कत्‍लाहरूमा टाँसिएका ती माछासमेत, म तँलाई तेरा नदीको बिचबाट तानेर निकाल्‍नेछु ।
EZE 29:5 तँ र तेरा नदीका सबै माछालाई म उजाड-स्‍थान फाल्‍नेछु । तँ खुला मैदानमा ढल्‍नेछस्‌ । तँलाई कसैले जम्‍मा गर्ने वा उठाउने छैन । पृथ्‍वीका प्राणीहरू र आकाशका चाराहरूका निम्‍ति आहारा हुन म तँलाई दिनेछु ।
EZE 29:6 तब मिश्रदेशमा बस्‍नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ । किनकि तिनीहरू इस्राएलका घरानाको निम्‍ति एउटा नर्कटको लट्ठी भएका छन् ।
EZE 29:7 जब तिनीहरूले तँलाई आफ्‍नो हातमा लिए, तब तैंले तिनीहरूका काँध भाँचिस् र च्‍यातिस् । अनि तिनीहरूले तँमा आड लिंदा, तँ भाँचिएको थिइस्, र तिनीहरूका खुट्टा लरबराउने बनाइस् ।
EZE 29:8 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, तेरो विरुद्धमा म तरवार ल्‍याउनेछु । तेरा मानिसहरू र पशुहरू दुवैलाई म खत्तम गर्नेछु ।
EZE 29:9 यसैले मिश्रदेश उजाड र बग्‍नावशेष हुनेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌, किनभने समुद्रको पशुले भनेको थियो, “नील नदी मेरै हो, किनकि मैले नै त्‍यो बनाएको हुँ ।”
EZE 29:10 यसकारण हेर्, म तेरो विरुद्धमा र तेरो नदीको विरुद्धमा छु, र मिश्रदेशलाई म उजाड र निर्जन बनाउनेछु, अनि मिग्‍दोलदेखि आश्‍वानसम्‍म र कूश देशको सिमानासम्‍म नै तँ उजाड-स्‍थान हुनेछस् ।
EZE 29:11 कुनै मानिसको खुट्टाले त्‍यहाँ टेक्‍नेछैन,अनि र कुनै पशुको खुट्टाले त्‍यहाँ टेक्‍नेछैन । चालीस वर्षसम्‍म त्‍यहाँ कोही बस्‍नेछैन ।
EZE 29:12 किनकि म मिश्रदेशलाई बस्‍ती नभएका देशहरूका बिचमा उजाड पार्नेछु, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा चालीस वर्षसम्‍मै उजाड रहनेछन्‌ । अनि म मिश्रीहरूलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु र देशहरूमा म तिनीहरूलाई तितरबितर पार्नेछु ।
EZE 29:13 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः चालीस वर्षको अन्‍तमा मिश्रीहरूलाई तिनीहरू छरपष्‍ट भएका मानिसहरूका बिचबाट म भेला गर्नेछु ।
EZE 29:14 म मिश्रदेशको सुदिन फर्काउनेछु र तिनीहरूलाई फारोको राज्‍यमा, तिनीहरूका सुरुको देशमा फर्काएर ल्‍याउनेछु । तब तिनीहरू त्‍यहाँ एक तुच्‍छ राज्‍य भएर बस्‍नेछन्‌ ।
EZE 29:15 त्‍यो सारा राज्‍यहरूमा सबैभन्‍दा तुच्‍छ हुनेछ, अनि त्‍यो फेरि जातिहरूका माझमा कहिल्‍यै उच्‍च पारिनेछैन । म त्‍यसलाई घटाउनेछु, जसले गर्दा तिनीहरूले फेरि कहिल्‍यै जातिहरूमाथि राज्‍य गर्नेछैनन् ।
EZE 29:16 इस्राएलका घरानाका निम्‍ति मिश्रदेश फेरि कहिल्‍यै दृढताको कारण हुनेछैन । बरु, इस्राएलले मिश्रदेशसित सहायता माग्‍न जाँदा त्‍यहाँ तिनीहरूले गरेको अपराधका सम्‍झना तिनीहरूलाई हुनेछ । तब तिनीहरूले म नै परमप्रभु परमेश्‍वर हुँ भनी जान्‍नेछन्‌' ।”
EZE 29:17 तब सत्ताइसौं वर्षको पहिलो महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 29:18 ए मानिसको छोरो, बेबिलोनको राजा नबूकदनेसरले टुरोसको विरुद्धमा कडा परिश्रम गर्नलाई आफ्‍नो फौजले तयार राख्‍यो । हरेकको टाउको तालु खुइले नभएसम्म दलियो र हरेक कुमलाई खस्रो पारियो । तापनि टुरोसको विरुद्धमा त्‍यसले गरेको परिश्रमको सट्टा त्‍यसले र त्‍यसको सेनाले केही इनाम पाउन सकेनन्‌ ।
EZE 29:19 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'हेर्, म मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु, र त्‍यसले उसका धन-सम्‍पत्ति, र भेट्टाएका जति सबै थोक लानेछ । त्‍यो त्‍यसको फौजको ज्‍याला हुनेछ ।
EZE 29:20 त्‍यसले मेरो निम्ति गरेको परिश्रमको ज्‍यालाको रूपमा मिश्रदेश मैले त्‍यसलाई दिएको छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 29:21 त्‍यस दिन म इस्राएलका घरानाको निम्‍ति एउटा सीङ उमार्नेछु, र तिनीहरूका बिचमा म तँलाई बोल्ने बनाउनेछु, ताकि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”
EZE 30:1 परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 30:2 “ए मानिसको छोरो, यो अगमवाणी गर र यसो भन्ः 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः विलाप गर्, “आउने दिनको निम्ति हाय।”
EZE 30:3 त्यो दिन नजिकै छ । परमप्रभुको निम्ति त्यो दिन नजिकै छ । जातिहरूका निम्‍ति त्यो बादल लागेको, अन्‍त्‍यको दिन हुनेछ ।
EZE 30:4 तब मिश्रदेशमाथि एउटा तरवार आउनेछ, र जब मारिएका मानिसहरू मिश्र देशमा ढल्‍नेछन् तब कूश देशमा पनि सङ्कष्‍ट आइपर्नेछ — जति बेला तिनीहरूले त्‍यसका धन-सम्‍पत्तिहरू लानेछन्, र जब त्‍यसका जगहरू भत्‍काइनेछन्‌ ।
EZE 30:5 कूश र पूत, लूद र सारा अरब देश,र लिबिया, करार गरिएका मानिसहरूसँगै तरवारले ढालिनेछन्‌ ।
EZE 30:6 परमप्रभु यसो भन्‍नुहुन्‍छः मिश्रदेशलाई सहयोग गर्नेहरूचाहिं पतन हुनेछन्, र त्‍यसको बलको घमण्‍ड तल जानेछ । मिग्‍दोलदेखि आश्‍वानसम्‍मै तिनीहरूका फौज तरवारले ढालिनेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 30:7 उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा हुनेछन्‌ ।
EZE 30:8 जब म मिश्रदेशमा आगो लगाउनेछु, र जब त्‍यसका सबै सहयोगी नाश हुनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।
EZE 30:9 त्‍यो दिन सुरक्षित कूशलाई त्रसित बनाउन म दूतहरू अघि पठाउनेछु र मिश्रदेशको अन्‍त्‍यको दिनमा तिनीहरूलाई वेदना हुनेछ । किनभने हेर्, त्‍यो आउँदेछ ।
EZE 30:10 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “'म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका भीडहरूलाई अन्‍त्‍य गरिदिनेछु ।
EZE 30:11 त्‍यो र त्‍यससँग भएको त्‍यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्‍याइनेछन्‌ । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्‍ना तरवार थुत्‍नेछन्, र मारिएकाहरूका सङ्‍ख्‍याले यो देशलाई भर्नेछन्‌ ।
EZE 30:12 नदीहरूका पानीलाई म सुकाइदिनेछु, र देशलाई म दुष्‍ट मानिसहरूका हातमा बेचिदिनेछु । त्‍यो देश र त्‍यसमा भएका सारा थोकहरूलाई विदेशीहरूका हातद्वारा म उजाड पार्नेछु— म परमप्रभुले यो भनेको हुँ ।
EZE 30:13 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसका व्‍यर्थका मूर्तिहरूको अन्‍त्‍य गर्नेछु । मिश्रदेशमा फेरि कहिल्‍यै शासक हुनेछैन, र यसरी म मिश्रदेशमा डर हालिदिनेछु ।
EZE 30:14 तब म फारोलाई निर्जन पारिदिनेछु र सोअनमा आगो लगाउनेछु, र थेबसमा म न्यायको फैसला गर्नेछु ।
EZE 30:15 किनकि मिश्रदेशको किल्‍ला, पेलुसियममाथि मेरो क्रोध खन्‍याउनेछु, र थेबसको सहरका धेरै भीडलाई नष्‍ट गर्नेछु ।
EZE 30:16 तब म मिश्रदेशमा आगो लगाउनेछु, र पेलुसियम ठुलो पीडामा पर्नेछ, थेबसलाई भत्काइनेछ, र मेम्फिसले हरेक दिन शत्रुहरूको सामना गर्नेछ ।
EZE 30:17 हेलीओपोलिस र बुबास्‍तीसका जवान मानिसहरू तरवारद्वारा मारिनेछन्, र तिनीहरूका सहरहरू कैदमा जानेछन् ।
EZE 30:18 तहपनेसमा जब म मिश्रदेशको जुवा भाँचिदिनेछु, तब त्‍यो दिनले आफ्‍नो उज्‍यालो दिनेछैन, र त्‍यसको बलको घमण्‍ड सकिनेछ । त्यसलाई एउटा बादलले ढाक्‍नेछ, र त्‍यसका छोरीहरू कैदमा जानेछन्‌ ।
EZE 30:19 म मिश्रदेशलाई दण्‍डको फैसला गर्नेछु, यसरी तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”
EZE 30:20 एघारौं वर्षको पहिलो महिनाको सातौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 30:21 “ए मानिसको छोरा, मैले मिश्रदेशको राजा फारोको हात भाँचेको छु । हेर्, त्‍यसमा बाँधेको वा पट्टीले निको पार्न खोजिएको छैन, जसले गर्दा तरवार समाउन त्‍यो बलियो होस् ।
EZE 30:22 यसकारण परमप्रभु परमेश्‍वर योस भन्‍नुहुन्छ, 'हेर्, म मिश्रदेशको राजा फारोको विरुद्धमा छु । किनकि म त्यसको बलियो र भाँचिएको दुबै हात भाँच्नेछु, र त्यसको तरवार हातबाट झर्ने म बनाउनेछु ।
EZE 30:23 तब मिश्रीलाई जातिहरूका बिचमा म छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु ।
EZE 30:24 म बेबिलोनको राजाका हात शक्तिशाली बनाउनेछु, र मेरो तरवार त्‍यसको हातमा दिनेछु ताकि म फारोको हात भाँच्‍न सकूँ । त्‍योचाहिं बेबिलोनको राजाको अगि मरणान्‍त चोट लागेको मानिसझैं पीडाले सुस्‍केरा हाल्‍नेछ ।
EZE 30:25 किनकि म बेबिलोनको राजाको हात शक्तिशाली बनाउनेछु, जबकी फारोका हात निर्बल हुनेछ । जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, किनकि त्‍यसले मिश्रदेशको विरुद्धमा त्‍योद्वारा आक्रमण गर्नेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।
EZE 30:26 यसरी मिश्रीलाई जातिहरूका बिचमा म छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”
EZE 31:1 एघारौं वर्षको तेस्रो महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 31:2 “ए मानिसको छोरा, मिश्रदेशको राजा फारो, र त्यसको वरिपरि भएका धेरै भीडलाई यसो भन्, ‘तेरो महान्‌तामा, तँ कोजस्तो छस्?
EZE 31:3 हेर्! लेबनानमा अश्शूर, सुन्दर हाँगाहरू भएको लेबनानको एउटा देवदारु थियो, जसले वनलाई छाया दियो, र त्यो उचाइमा सबैभन्दा अग्लो थियो, र त्यसका हाँगाहरू टुप्पोसम्म पुगेका थिए ।
EZE 31:4 धेरै पानीले त्यसलाई अग्लो बनायो । गहिरो पानीले त्यो विशाल भयो । त्यसको वरिपरिबाट नदीहरू बगे, र त्यसका धारहरू मैदानका सारा रूखहरूकहाँ फैलिए ।
EZE 31:5 मैदानका अरू सबै रूखभन्दा त्यसको उचाइ धेरै थियो, र त्यसका हाँगाहरू धेरै भए । पानी प्रशस्त भएको कारणले त्यसका हाँगाहरू लामा-लामा भए ।
EZE 31:6 आकाशका हरेक चराले त्यसका हाँगाहरूमा गुँड बनाए, र त्यसका शितल छहारीमा जमिनका सारा प्रानीले बच्‍चा जन्माए । धेरै जातिहरूका सबैले त्यसको छायामुनि बास गरे ।
EZE 31:7 त्यसको महान्‌तामा त्यो सुन्दर थियो र त्यसका हाँगाहरू लामा-लामा थिए, किनकि त्यसका जराहरू प्रशस्त पानीमा थिए ।
EZE 31:8 परमेश्‍वरका बगैंचाका देवदारुहरू पनि त्योबराबर थिएनन् । कुनै पनि सल्लाको रूखका हाँगाहरू त्यसकोझैं थिएनन्, र चिनारको रूख त्यसका हाँगाहरूसित दाँज्न सकिंदैनथ्यो । परमेश्‍वरको बगैंचामा त्यसको सुन्दरतासँग मेल गर्न सकिने कुनै अर्को रूख थिएन ।
EZE 31:9 मैले त्यसका धेरै हाँगासित त्यसलाई सुन्दर बनाएँ र परमेश्‍वरको बगैंचामा भएका अदनका सबै रूखले त्यसको डाह गर्थे ।
EZE 31:10 यसैकारण परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: त्यो उचाइमा अग्लो भएको कारण, र त्यसको टुप्पो त्यसका हाँगाहरूका बिचमा भएको हुनाले, आफ्नो उचाइको कारण त्यो घमण्डले फुल्यो ।
EZE 31:11 त्यसको दुष्‍टताअनुसार त्यसलाई व्यवहार गरियोस् भनेर मैले त्यसलाई जातिहरूका बिचमा एउटा शक्तिशाली व्‍यक्‍तिको हातमा दिएको छु । मैले त्यसलाई बाहिर फालेको छु ।
EZE 31:12 सारा जातिहरूका बिचमा आतङ्क ल्याउने विदेशीहरूले त्यसलाई काटेर ढाले र मर्नलाई छोडिदिए । पहाडहरू र सबै बेंसीतिर त्यसका हाँगाहरू खसे, र त्यसका ठुला-ठुला हाँगाहरू जमिनका खोल्साहरूमा भाँचिएर झरे । तब पृथ्वीका सारा जातिहरू त्यसको छायामुनिबाट बाहिर निस्के र तिनीहरू त्यसबाट टाढा गए ।
EZE 31:13 आकाशका सबै चरा त्यो ढलेको रूखको मुढोमाथि बसे, र जमिनका सबै पशु त्यसका हाँगाहरू भएको ठाउँमा आए ।
EZE 31:14 प्रशस्त पानीको छेउको त्यो अग्‍लो रूखभन्‍दा धेरै उचाइमा अरू कुनै रूखहरू नहून्, र त्यो उचाइसम्म पुग्‍नेगरी अरू कुनै रूख नबढून् भनेर यस्तो भयो । मृत्‍युमा जान, जमिनमा तल जान, मानिसका छोरा-छोरीध्ये खाडलमुनि जानेहरूसित जानलाई ती सबैलाई नियुक्त गरिएका छन् ।
EZE 31:15 परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: त्यो देवदारु चिहानमा गएको दिन, मैले पृथ्वीमा शोक ल्याएँ । मैले त्यसमाथि गहिरो पानीले ढाकें, र मैले समुद्रको पानी थुनें । मैले विशाल पानीलाई रोकें, र त्यसको कारण लेबनानमाथि मैले शोक ल्याएँ । यसैले त्यसको कारणले मैदानका सबै रूखले विलाप गरे ।
EZE 31:16 मैले त्यसलाई खाडलमा जानेहरूसँगै चिहानमा फ्याँकेपछि, त्यसको पतनको आवाजद्वारा मैले जातिहरूमा डर ल्याएँ । यसैले मैले पृथ्वीका तल्लो भागहरूमा अदनका सबै रूखलाई सान्त्वना दिएँ । यी लेबनानका चुनिएका र उत्कृष्‍ट रूखहरू थिए। ती प्रशस्त पानी पिएका रूखहरू थिए ।
EZE 31:17 किनकि तिनीहरू त्‍योसँगै तरवारद्वारा मारिएकाहरूकहाँ तल चिहानमा गए । यी त्यसका बलिया पाखुरा, अर्थात् त्यसका छायामुनि बसेका जातिहरू थिए ।
EZE 31:18 अदनको कुन चाहिं रूख महिमा र महान्‌तामा तेरो बराबर थियो र? किनकि अदनका रूखहरूसँगै तँ खतना नभएकाहरूका बिचमा पृथ्वीका तल्ला भागहरूमा खसालिनेछस् । तरवारद्वारा मारिएकाहरूसँगै तँ रहनेछस् ।’ यो फारो र त्यसका सबै भीड हो, यो परमप्रभु परमेश्‍वरको घोषणा गर्नुहुन्छ ।”
EZE 32:1 बाह्रौं वर्षको बाह्रौं महिनाको पहिलो दिनमा, परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 32:2 “मानिसको छोरा, मिश्रदेशको राजा फारोको सम्‍बन्‍धमा विलाप गर् । त्यसलाई यसो भन्, ‘तँ जातिहरूका बिचमा जवान सिंहझैं छस्, तर समुद्रमा तँ विशाल पशुझैं छस् । तैंले पानीलाई मन्थन गर्छस्, आफ्नो खुट्टाले पानीलाई हल्लाउँछस्, र तिनीहरूका पानीलाई हिलो बनाउँछस् ।
EZE 32:3 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः धेरै मानिसहरूका भीडमा म तँमाथि एउटा जाल फिंजाउनेछु, र तिनीहरूले तँलाई मेरो जालमा उठाउनेछन् ।
EZE 32:4 तँलाई म देशमा त्याग्‍नेछु । म तँलाई मैदानमा फल्‍नेछु र आकाशका सबै चरालाई तँमाथि बस्‍न लगाउनेछु । पृथ्वीका सारा जीवित पशुहरूको भोक तँद्वारा नै मेटिनेछ ।
EZE 32:5 किनकि पर्वतहरूमा म तेरो मासु छर्नेछु, र तेरो किरा-परेको लासहरूले बेसीहरूलाई भर्नेछु ।
EZE 32:6 तब पर्वतहरूमाथि म तेरो रगत खन्याउनेछु, र खोंचहरू तेरो रगतले भरिनेछ ।
EZE 32:7 त्‍यसपछि जब तँलाई म नष्‍ट गर्नेछु, तब म आकाश ढाक्‍नेछु र त्‍यसका ताराहरूलाई अँध्यारो पार्नेछु । म सूर्यलाई बादलले ढाक्‍नेछु, र चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन ।
EZE 32:8 आकाशमा भएका सबै चम्कने ज्योतिलाई म तँमाथि अँध्यारो पार्नेछु, र तेरो देशमाथि म अन्धकार ल्याउनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 32:9 यसरी जातिहरूका बिचमा, तैंले नजानेका देशहरूका बिचमा जब म तेरो सर्वनाश ल्‍याउनेछु, तब तँलाई थाहा नभएका देशहरूका धेरै जना मानिसका हृदयलाई म भयभीत पार्नेछु ।
EZE 32:10 तेरो विषयमा म धेरै जना मानिसलाई अचम्मित पार्नेछु । मैले तिनीहरूका अगि आफ्नो तरवार चलाउँदा, तेरो विषयमा तिनीहरूका राजाहरू डरले काँप्‍नेछन् । तेरो सर्वनाशको दिनमा, तेरो कारणले प्रत्‍येक व्‍यक्‍ति हर घडी काँप्‍नेछ ।
EZE 32:11 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ ।
EZE 32:12 तेरा धेरै जनालाई म योद्धाहरूका तरवारहरूले ढाल्‍नेछु । हरेक योद्धा जातिहरूका बिचमा आतंक बन्‍नेछ । यी योद्धाहरूले मिश्रदेशको घमण्डलाई तोड्नेछ र त्यसका सबै भिडलाई सर्वनाश गर्नेछ ।
EZE 32:13 किनकि प्रशस्त पानीको छेउमा भएका सारा पशुलाई म सर्वनाश गर्नेछु । मानिसको खुट्टाले अबदेखि कहिल्यै पानीलाई हल्लाउनेछैन, न त पशुहरूका खुरले त्यो हल्लाउनेछ ।
EZE 32:14 तब म तिनीहरूका पानीलाई शान्त पार्नेछु र तिनीहरूका नदीलाई तेलझैं बगाउनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 32:15 जब म मिश्र देशलाई त्यागिएको ठाउँ बनाउनेछु, जब त्यो देश आफ्नो प्रशास्तता उजाड बनाइनेछ, जब म त्यसका सारा बासिन्दालाई आक्रमण गर्नेछु, तब म परमप्रभु हुँ भनेर तिनीहरूले जान्‍नेछन् ।
EZE 32:16 त्यहाँ विलाप हुनेछ । जातिका छोरीहरूले त्यसमाथि विलाप गर्नेछन् । मिश्रदेश र त्यसका सारा भीडमाथि तिनीहरूले विलाप गर्नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”
EZE 32:17 अनि बाह्रौं वर्षमा, महिनाको पन्ध्रौं दिनमा, परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 32:18 “ए मानिसको छोरा, मिश्रदेश भीडका निम्ति रो, र त्यसलाई र वैभवशाली जातिहरूका छोरीहरूलाई तल खाडलमा गएकाहरूसँगै पृथ्वीको तल्लो भागमा लैजा ।
EZE 32:19 ‘के तँ अरू कुनै व्‍यक्‍तिभन्दा धेरै सुन्दर छस् र? तल जा र खतना नभएकाहरूसँग भुइँमा पल्टेर बस् ।’
EZE 32:20 तरवारद्वारा मारिएकाहरूका बिचमा तिनीहरू मर्नेछन् । तरवार थुतिएको छ! त्यो तरवारलाई दिइएको छ । तिनीहरूले त्यसलाई र त्यसका भिडलाई कब्‍जा गर्नेछन् ।
EZE 32:21 चिहानमा भएको सबैभन्दा शक्तिशाली योद्धाले मिश्रदेश र त्यसका मित्रराष्‍ट्रहरूका बारेमा यो घोषणा गर्नेछन्, ‘तिनीहरू यहाँ तल आएका छन्! तिनीहरू तरवारले मारिएका खतना नभएकाहरूसँग रहनेछन् ।’
EZE 32:22 अश्शूर देश आफ्ना सारा मानिससँगै त्यहाँ छ । त्यसको चिहानले त्यसलाई घेर्दछ । तिनीहरू सबै जना तरवारले मारिएका थिए ।
EZE 32:23 त्यो खाडलका भित्तामा चिहान भएकाहरू त्यसका सबै मानिससँगै त्यहाँ छन् । जीवितहरूका देशमा आतंक ल्याउने ती तरवारले मारिएकाहरू सबै जनालाई त्यसको चिहानले घेर्दछ ।
EZE 32:24 एलाम आफ्नो सबै भीडसँगै त्यहाँ छ । त्यसको चिहानले त्‍यसलाई घेर्दछ । ती सबै जना मारिएका थिए । तरवारले मारिएकाहरू, पृथ्वीका तल्ला भागहरूमा खतना नभई गएकाहरू, जीवितहरूको देशमा आतंक ल्याएकाहरू, र आफैलाई लाजमा पारेकाहरू खाडलमा जानेहरूसँगै तल जान्छन् ।
EZE 32:25 मारिएकाहरूका बिचमा तिनीहरूले एलाम र त्यसका सबै भीडका निम्ति एउटा विश्राम-स्थल तयार गरे । त्यसको चिहानले त्यसलाई घेर्छ । तिनीहरू सबै खतना नभएका, तरवारद्वारा घोचिएका हुन्, किनभने तिनीहरूले जीवितहरूका देशमा आतंक ल्याएका थिए । यसैले मारिएकाहरूका बिचमा तल खाडलमा जानेहरूसँगै तिनीहरूले आफ्नो लाज आफै बोक्छन् । एलाम मारिएकाहरूका बिचमा छ ।
EZE 32:26 मेशेक, तूबल, र तिनीहरूका सारा भीड त्यहाँ छन्! तिनीहरूका चिहानले तिनीहरूलाई घेर्छ । तिनीहरू सबै जना खतना नभएका र तरवारले मारिएकाहरू हुन्, किनभने तिनीहरूले जीवितहरूको देशमा आतंक ल्याएका थिए ।
EZE 32:27 युद्धका आफ्ना सारा हतियारहरू, र आफ्ना शिरमुनि राखेका तरवारहरू, र आफ्ना हड्‍डीहरूमाथि आफ्ना पापहरूसँगै तल चिहानमा गएका खतना नभएका मृत योद्धाहरूसँग तिनीहरू रहँदैनन् । किनकि तिनीहरू जीवितहरूको देशमा योद्धाहरूका आतंक थिए ।
EZE 32:28 यसैकारण तँ, मिश्रदेश, खतना नभएकाहरूका बिचमा टुक्रिनेछस्! तरवारले छेडिएकाहरूका छेउमा तँ रहनेछस् ।
EZE 32:29 एदोम आफ्ना राजाहरू र आफ्ना सबै अगुवासँगै त्यहाँ छ । तरवारले मारिएकाहरूसँगै तिनीहरूलाई तिनीहरूकै शक्तिमा राखिएको छ । खतना नभएकाहरू, तल खाडलमा गएकाहरूसँगै तिनीहरू रहन्छन् ।
EZE 32:30 उत्तरका शासकहरू सबै जना र छेडिएकाहरूसँगै तल गएका सबै सिदोनीहरू त्यहाँ छन् । तिनीहरू शक्तिशाली थिए र अरूलाई भयभीत पारे, तर अब खतना नभएकै अवस्थामा तरवारद्वारा छेडिएकाहरूसँगै तिनीहरू त्यहाँ लाजमा परेका छन् । तल खाडलमा जानेहरूसँगै तिनीहरू आफ्नो लाज आफैं बोक्छन् ।
EZE 32:31 फारोले हेर्नेछ, अनि त्यो र त्यसका सबै भीडले तरवारले छेडिएका सेनाहरूका खातिर सान्त्वना पाउनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 32:32 जीवितहरूका देशमा मैले त्यसलाई आतंक फैलाउनलाई राखें, तर त्यो र त्यसका भीड खतना नभएकाहरू, र तरवारले छेडिएकाहरूका बिचमा ढल्‍नेछन्, य परमप्रभु परमेश्‍वरको घोषणा हो ।”
EZE 33:1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 33:2 “ए मानिसको छोरा, तेरा मानिसहरूलाई यो घोषणा गर् । तिनीहरूलाई यसो भन्, ‘जब म आफ्नो तरवारलाई कुनै देशको विरुद्धमा उठाउँछु, तब त्यस देशका मानिसहरूले आफूमध्ये एक जनालाई लिन्‍छन् र उसलाई आफ्‍ना रक्षक बनाउँछन् ।
EZE 33:3 त्यसले देशमा तरवार आउँदा त्‍यसलाई हेर्छ, र मानिसहरूलाई सजग गराउन आफ्नो तुरही फुक्छ!
EZE 33:4 मानिसहरूले तुरहीको आवाज सुने तर पनि ध्यान दिंदैनन्, र तरवार आउँछ र तिनीहरूलाई मार्छ भने, ती प्रत्‍येकको रगत आफ्‍नै शिरमा पर्नेछ ।
EZE 33:5 कसैले तुरहीको आवाज सुन्‍छ र ध्यान दिंदैन भने, त्यसको रगतको जिम्मेवार त्यो आफै हुनेछ । तर त्यसले ध्यान दिन्छ भने त्यसले आफ्नो ज्यान बचाउनेछ ।
EZE 33:6 तर त्यो रक्षकले तरवार आउँदै गरेको देख्‍छ, तर त्‍यसले तुरही फुक्‍दैन, जसको कारणले मानिसहरूलाई सजग पारिंदैन, र तरवार आउँछ र कसैको जीवन लिन्‍छ भने, त्यो मानिस आफ्नै पापमा मर्छ, तर त्यसको रगतको सटो म त्‍यो रक्षकबाट लिनेछु ।’
EZE 33:7 अब, ए मानिसको छोरा, मैले तँलाई नै इस्राएलको घरानाको निम्‍ति रक्षक बनाएको छु । तैंले मेरो मुखबाट वचन सुन्‍नेछस् र तिनीहरूलाई मेरो तर्फबाट चेतावनी दिनेछस् ।
EZE 33:8 मैले दुष्‍ट मानिसलाई भनें ‘ए दुष्‍ट मानिस, तँ निश्‍चय नै मर्नेछस् ।’ तर त्यो दुष्‍ट मानिसलाई सजग गराउनलाई त्यसको चालको बारेमा तैंले त्यसलाई भनिनस् भने, त्यो दुष्‍ट मानिस आफ्नो पापमा मर्नेछ, तर त्यसको रगतको साटो म तँबाट लिनेछु ।
EZE 33:9 तर तैंले त्यो दुष्‍ट मानिस उसको दुष्‍ट चालको बारेमा बनिस् ताकि त्‍यसबाट त्‍यो फर्किन सकोस्, र त्यो आफ्नो चालबाट फर्केन भने, त्यो आफ्नो पापमा मर्नेछ, तर तँ आफूले आफ्नो प्राण बचाउनेछस् ।
EZE 33:10 यसैले, ए मानिसको छोरो, इस्राएलको घरानालाई भन्, ‘तिमीहरू यसो भन्छौ, “हाम्रा अपराधहरू र पापहरू हामीमाथि आएका छन्, र हामी तीनमा सडिरहेका छौं! हामी कसरी बाँच्‍न सक्छौं?”’
EZE 33:11 तिनीहरूलाई भन्, ‘यो परमप्रभु परमेश्‍वरको घोषणा हो, म जिउँदो भएको हुनाले, म दुष्‍टहरूको मृत्युमा प्रसन्‍न हुन्‍नँ, किनकि दुष्‍टले आफ्नो चालबाट पश्‍चात्ताप गरी फर्कन्छ भने त्यो बाँच्ने छ! पश्‍चात्ताप गर् । तेरा दुष्‍ट चालबाट पश्‍चात्ताप गर् । ए इस्राएलको घराना तँ किन मर्ने?’
EZE 33:12 यसैले, ए मानिसको छोरा, तेरा मानिसहरूलाई भन्, ‘धर्मी मानिसले पाप गर्छ भने त्यसको धार्मिकताले त्यसलाई बचाउनेछैन! दुष्‍ट मानिसले आफ्नो पापबाट पश्‍चात्ताप गर्छ भने त्यसको दुष्‍टताले त्यो नष्‍ट हुनेछैन! किन धर्मी मानिसले पाप गर्छ भने त्यो आफ्नो धार्मिकताको कारणले बच्नेछैन ।
EZE 33:13 मैले धर्मीलाई यसो भनें, “त्‍यो निश्‍चय नै बाँच्नेछस्!” र त्यसले आफ्नो धार्मिकतामा विश्‍वास गरेर अन्याय गर्छ भने, त्यसको कुनै पनि धार्मिकतालाई म सम्झना गर्नेछैनँ । त्यसले गरेको दुष्‍टताको कारणले त्यो मर्नेछ ।
EZE 33:14 यसैले मैले दुष्‍टलाई यसो भनें, “तँ निश्‍चय नै मर्नेछस्”, तर त्‍तसपछि त्यसले आफ्नो पापको पश्‍चात्ताप गर्छ र न्यायपूर्ण र ठिक काम गर्छ भने,
EZE 33:15 र त्यसले ऋणको निम्ति आफूले दुष्‍टतापूर्वक राखेको धितो फिर्ता गर्छ, वा त्यसले चोरेको कुरालाई फिर्ता गर्छ, र जीवन दिने विधिहरू पालना गर्छ र फेरि पाप गर्दैन भने, तब त्यो निश्‍चय नै जिउनेछ । त्यो मर्नेछैन ।
EZE 33:16 त्यसले गरेका कुनै पनि पापको सम्झना हुनेछैन । त्यसले न्यायपूर्ण र धार्मिक रूपमा काम गरेको छ र यसैले त्यो निश्‍चय नै जिउनेछ ।
EZE 33:17 तर तेरा मानिसहरू भन्छन्, “परमप्रभुको चाल न्यायपूर्ण छैन!” तर तिमीहरूका चाल पो न्यायपूर्ण छैनन्!
EZE 33:18 जब कुनै धर्मी मानिस आफ्नो धार्मिकताबाट तर्केर पाप गर्छ, तब त्यो त्यही पापमा मर्नेछ!
EZE 33:19 जब कुनै दुष्‍ट मानिस आफ्नो दुष्‍टताबाट फर्केर न्यायपूर्ण र धर्मी काम गर्छ भने, यी कुराहरूका कारणले त्यो जिउनेछ!
EZE 33:20 तर तिमीहरू भन्छौ, “परमप्रभुको चाल न्यायपूर्ण छैन!” ए इस्राएलको घराना, म तिमीहरूको चालअनुसार नै हरेकको न्याय गर्नेछु!’”
EZE 33:21 हाम्रो निर्वासनको बाह्रौं वर्षको दशौं महिनाको पाँचौं दिनमा, यरूशलेमबाट एक जना भगुवा मकहाँ आयो र भन्यो, “त्यो सहरलाई कब्जा गरिएको छ!”
EZE 33:22 त्यो भगुवा आउनभन्दा अगिल्‍लो साँझमा परमप्रभुको हात ममाथि थियो, र बिहानीको झिसमिसेमा त्यो मकहाँ आउँदासम्म मेरो मुख खोलिएको थियो । यसैले मेरो मुख खोलियो । म फेरि चुप भइनँ!
EZE 33:23 त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 33:24 “ए मानिसको छोरो, इस्राएलको भूमिमा भग्‍नावशेषमा बसोबास गर्नेहरू यसो भन्दैछन्, ‘अब्राहम मात्र एक जना मानिस थिए, र उनले यो देश अधिकार गरे, तर हामीहरू धेरै जना छौं! यो देश हामीलाई सम्पत्तिको रूपमा दिइएको छ ।’
EZE 33:25 यसकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरू रगत खान्छौ, र तिमीहरू आफ्ना मुर्तिहरूतिर आफ्ना आँखा उठाउँछौ, अनि तिमीहरू मानिसहरूका रगत बगाउँछौ । के तिमीहरूले यस देशमाथि अधिकार गर्ने?
EZE 33:26 तिमीहरू आफ्ना तरवारहरूमा भर परेका छौ र घिनलाग्दा कुरा गरेका छौ । हरेक मानिसले आफ्नो छिमेकीकी पत्‍नीलाई अशुद्ध पार्छ । के साँच्‍चै तिमीहरूले यस देशमाथि अधिकार गर्ने?’
EZE 33:27 तैंले तिनीहरूलाई यस्तो भन्‍नू, ‘परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: जस्‍तो म जीवित छु, भग्‍नावशेषमा जिउनेहरू तरवारद्वारा मारिनेछन्, र मैदानमा भएकाहरूलाई म जीवित पशुहरूकहाँ आहराको रूपमा दिनेछु, र किल्लाहरू र गुफाहरूमा भएकाहरू महामारीले मर्नेछन् ।
EZE 33:28 तब देशलाई म उजाड र त्रास तुल्याउनेछु, र त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ, किनकि इस्राएलका पर्वतहरू त्यागिनेछन्, र त्यहाँबाट भएर कोही पनि जानेछैन ।’
EZE 33:29 यसैले तिनीहरूले गरेका सबै घृणित कामका कारणले मैले देशलाई उजाड र बेकामको तुल्याएपछि तिनीहरूले म परमप्रभु हुँ भन्‍ने जान्‍नेछन् ।
EZE 33:30 यसैले, ए मानिसको छोरा, मन्‍दिरहरूका पर्खालहरू र ढोकाहरूका छेउमा तेरा मानिसहरू तेरो बारेमा कुरा गरिरहेका छन्, र हेरकले अर्को मानिस, र हरेक मानिसले आफ्नो भाइलाई यस्तो भन्छ, ‘जाऔं र परमप्रभुको मुखबाट निस्कने अगमवक्ताको वचन सुनौं!’
EZE 33:31 यसैले मानिसहरूले सधैं गरेझैं धेरै जना तँकहाँ आउनेछन्, र तेरो अगि बस्‍नेछन् र तेरा वचनहरू सुन्‍नेछन्, तर तिनीहरूले ती पालना गर्नेछैनन् । तिनीहरूका मुखमा ठिक शब्दहरू छन्, तर तिनीहरूका हृदयहरू अन्यायपूर्ण फाइदाको पछि छन् ।
EZE 33:32 किनकि तिनीहरूका निम्ति तँ मनपर्ने गीत, र बाजामा बजाइएको एउटा सुन्दर धुनझैं छस्, यसैले तिनीहरूका तेरा वचन सुन्‍नेछन्, तर तिनीहरू कसैले पनि ती पालना गर्नेछैनन् ।
EZE 33:33 यसैकारण यी सबै कुरा हुँदा – हेर, त्यो हुन आउनेछ – तब तिनीहरूका बिचमा एउटा अगमवक्ता रहेछन् भनी तिनीहरूले जान्‍नेछन् ।”
EZE 34:1 तब परमप्रभुको वचन यसो भेनर मकहाँ आयो,
EZE 34:2 “ए मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा अगमवाणी गर् । अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर गोठालाहरूलाई यसो भन्‍नुहुन्छ: इस्राएलका गोठालाहरूलाई धिक्‍कार जसले आफ्नै गोठालो गर्छन् । के गोठालाहरूले त बगालको सुरक्षा गर्नुपर्दैन र?
EZE 34:3 तिमीहरू बोसे भागहरू खान्छौ र तिमीहरू ऊनको वस्‍त्र लगाउँछौ । तिमीहरू बगालको मोटा-मोटा पशुलाई मार्छौ । तिमीहरूले गोठालाको काम गर्दै गर्दैनौ ।
EZE 34:4 रोगीहरूलाई तिमीहरूले बलियो पारेका छैनौ, न त बिरामीहरूलाई तिमीहरूले निको पारेका छौ । भाँचिएकाहरूलाई तिमीहरूले पट्टी बाँधेका छैनौ, र निर्वासितहरूलाई पुनर्स्थापित गरेका छैनौ वा हराएकालाई खोजेका छैनौ । त्‍यसको साटोमा, तिमीहरू तिनीहरूमाथि बल र हिंसामा शासन गर्छौ ।
EZE 34:5 तब तिनीहरू गोठालाबिना छरपष्‍ट भएका थिए, र तिनीहरू मैदानका जीवित पशुहरूका निम्ति आहारा बने ।
EZE 34:6 मेरो बगाल सारा पर्वतहरू र सबै अग्ला पहाडहरूमा भट्किन्छन्, र तिनीहरू पृथ्वी सारा सतहभरि नै छरिएका छन् । तापनि कसैले तिनीहरूको खोजी गर्दैन ।
EZE 34:7 यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः
EZE 34:8 यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, किनभने मेरो बागल लुटिएका र मैदानका सबै पशुका आहारा बनेका छन्, किनभने त्यहाँ कोही गोठाला थिएनन् र मेरा गोठालामध्‍ये कसैले पनि मेरो बगालको खोजी गरेनन्, तर ती गोठालाहरूले आफ्नै सुरक्षा गरे र मेरो बगालको सुरक्षा गरेनन् ।
EZE 34:9 यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः
EZE 34:10 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, म गोठालाहरूका विरुद्धमा छु, र म तिनीहरूका हातबाट आफ्नो बगाललाई लिनेछु । त्यसपछि तिनीहरूलाई बगालको सुरक्षा गर्ने कामबाट म हटाउनेछु । ती गोठालाहरूले अब उसो आफ्नै घोठालो पनि गर्नेछैनन् किनभने मैले मेरो बगाललाई म तिनीहरूका मुखबाट खोस्‍नेछु, ताकि मेरो बगाल तिनीहरूका निम्ति फेरि कहिल्यै आहारा हुनेछैनन् ।
EZE 34:11 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, मेरो बगालको खोजी म आफैं गर्नेछु र तिनीहरूको रेखदेख गर्नेछु,
EZE 34:12 जसरी गोठाला आफ्नो छरपष्‍ट भएको बगालको बिचमा भएको दिनमा उसले आफ्‍नो बगलाको खोजी गर्छ । त्‍यसरी नै म आफ्‍नो बगालको खोजी गर्नेछु, अनि बादल र अन्धकारको दिनमा तिनीहरू छरपष्‍ट भएका सबै ठाउँबाट म तिनीहरूलाई बचाउनेछु ।
EZE 34:13 तब तिनीहरूलाई मानिसहरूका बिचबाट म बाहिर ल्याउनेछु । तिनीहरूलाई देशहरूबाट भेला गराउनेछु र तिनीहरूलाई आफ्‍नै देशमा ल्‍याउनेछु । तिनीहरूलाई इस्राएलको पर्वतहरूमा भएका खर्कहरूमा, खोलाहरूका छेउमा, र देशका हरेक वस्तीहरूमा म राख्‍नेछु ।
EZE 34:14 तिनीहरूलाई असल खर्कमा म राख्‍नेछु । इस्राएलका अग्ला पर्वतहरू तिनीहरू चर्ने ठाउँहरू हुनेछन् । तिनीहरू असल ठाउँहरूमा र प्रशस्त खर्कहरूमा चर्नको निम्ति बस्‍नेछन्, र तिनीहरू इस्राएलका पहाडहरूमा चर्नेछन् ।
EZE 34:15 मेरो बगालको गोठालो म आफैंले गर्नेछु र तिनीहरूलाई म आफैंले बसाल्‍नेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो,
EZE 34:16 म हराएकाहरूलाई खोज्नेछु र निर्वासितहरूलाई पुनर्स्थापित गर्नेछु । भाँचिएका भेडालाई पट्टी बाँध्‍नेछु र बिरामी भेडालाई निको पार्नेछु तर मोटा र बलियालाई म नष्‍ट गर्नेछु । म न्यायको साथमा गोठालोको काम गर्नेछु ।
EZE 34:17 यसैले, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, अब ए मेरा बगाल, हेर, भेडा-भेडाको बिचमा, र भेडा र बोकाको बिचमा म एक जना न्यायकर्ता हुनेछु ।
EZE 34:18 के असल खर्कमा चर्नु पर्याप्‍त छैन र तिमीहरू खर्कमा बाँकी रहेको कुरालाई कुल्चन्छौ, अनि स्वच्छ पानीबाट पिउनु पर्याप्‍त छैन र नदीहरूलाई आफ्ना खुट्टाहरूले तिमीहरू धमिलो बनाउँछौ?
EZE 34:19 के तिमीहरूले आफ्ना खुट्टाहरूले कुल्चेको कुराबाट मेरा भेडाहरूले खानु, र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्छ?
EZE 34:20 यसकारण, परमप्रभु परमेश्‍वर तिनीहरूलाई यसो भन्‍नुहुन्छ: हेर, मोटा र दुब्‍ला भेडाहरूका बिचमा म आफैंले न्याय गर्नेछु,
EZE 34:21 किनकि तिमीहरूले तिनीहरूलाई आफ्ना कुइना र कुमले धकेल्छौ, अनि सबै कमजोरहरू देशबाट छरपष्‍ट नभएसम्म तिमीहरूले तिनीहरूलाई आफ्ना सिङ्ले हान्‍छौ ।
EZE 34:22 म आफ्‍नो बगाललाई बचाउनेछु, र तिनीहरू फेरि लुटिनेछैनन् अनि एउटा भेडा र अर्कोको बिचमा म न्याय गर्नेछु!
EZE 34:23 मेरो दास दाऊदलाई तिनीहरूमाथि म एक जना गोठालो नियुक्त गर्नेछु । त्यसले तिनीहरूको गोठालो गर्नेछ, त्‍यसले तिनीहरूलाई खुवाउनेछ, र त्यो नै तिनीहरूका गोठालो हुनेछ ।
EZE 34:24 किनकि म परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनेछु, र मेरो दास दाऊद तिनीहरूका बिचमा एउटा शासक हुनेछ । म, परमप्रभुले यो घोषणा गरेको छु ।
EZE 34:25 त्‍यसपछि म तिनीहरूसँग शान्तिको करार गर्नेछु र देशबाट दुष्‍ट जङ्गली पशुहरूलाई हटाउनेछु, ताकि तिनीहरू उजाड-स्‍थान सुरक्षित बस्‍नेछन् र जङ्गलहरूमा सुरक्षित सुत्‍नेछन् ।
EZE 34:26 तिनीहरूमाथि र मेरो पहाडको वरिपरिका ठाउँहरूमा म आफ्‍नो आशिष् ल्याउनेछु, किनकि म ठिक ऋतुमा झरी पठाउनेछु । यी आशिष्‌का झरी हुनेछन् ।
EZE 34:27 तब मैदानका रूखहरूले आफ्ना फल उब्‍जाउनेछन् र पृथ्वीले आफ्नो उब्जनी दिनेछ । मेरा भेडाहरू आफ्नै देशमा सुरक्षित हुनेछन् । जब तिनीहरूका जुवाको काठ म भाँचिदिन्‍छु र जब तिनीहरूलाई दास बनाउनेको हातबाट तिनीहरूलाई म बचाउँछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।
EZE 34:28 तिनीहरू फेरि जातिहरूका निम्‍ति लुट हुनेछैनन्, र पृथ्वीका जङ्गली पशुहरूले तिनीहरूलाई खानेछैनन् । किनकि तिनीहरू सुरक्षित बस्‍नेछन्, र तिनीहरूलाई कसैले पनि त्रासमा पार्नेछैन ।
EZE 34:29 किनकि प्रशस्त अन्‍न उब्जनी हुने देश म तिनीहरूलाई दिनेछु । यसरी तिनीहरू फेरि देशमा अनिकालको शिकार हुनेछैनन्, र तिनीहरूले जातिहरूको गिल्ला सहनुपर्नेछैन ।
EZE 34:30 तब तिनीहरूले म परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग छु भनी जान्‍नेछन् । इस्राएलको घराना मेरा मानिसहरू हुन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 34:31 किनकि तिमीहरू मेरा भेडा हौ, मेरो खर्कका बगाल, र मेरा मानिस हौ, र म तिमीहरूका परमेश्‍वर हुँ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”
EZE 35:1 त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 35:2 “ए मानिसको छोरो, सेइर पर्वतको विरुद्धमा आफ्‍नो मुख फर्का र त्यसको विरुद्धमा अगमवाणी गर् ।
EZE 35:3 त्यसलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर्, सेइर पर्वत, म तेरो विरुद्धमा छु, र तँलाई म आफ्‍नो हातले प्रहार गर्नेछु र तँलाई निर्जन र उजाड बनाउनेछु ।
EZE 35:4 तेरा सहरहरूलाई म भग्‍नावशेष बनाउनेछु, र तँ आफैचाहिं उजाड हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।
EZE 35:5 किनभने तैंले सधैं इस्राएलका मानिसहरूसँग शत्रुतापूर्ण व्यवहार गरिस्, र किनभने तिनीहरूका निराशाको समयमा, र तिनीहरूका ठुलो दण्‍डको समयमा तैंले तिनीहरूलाई तरवारको हातहरूमा सुम्पिस् ।
EZE 35:6 यसकारण, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, म तँलाई रक्तपातको निम्ति तयार गर्नेछु, र रक्तपातले तँलाई खेद्‍नेछ । तैंले रक्तपातलाई घृणा नगरेको कारणले रक्तपात तँलाई खेद्‍नेछ ।
EZE 35:7 सेइर पर्वतको नजिकबाट जाने र फेरि फर्किने कुनै पनि व्‍यक्‍तिलाई जब म हटाउँछु तब म त्यसलाई पूरा उजाड बनाउनेछु ।
EZE 35:8 मारिएकाहरूले म त्यसका पर्वतहरूलाई भरिदिनेछु । तरवारद्वारा मारिएकाहरूचाहिं तेरा अग्ला पहाडहरू र बेसीहरू र तेरा सबै खोलाहरूमा ढल्‍नेछन् ।
EZE 35:9 तँलाई म सधैंको निम्ति उजाड बनाउनेछु । तेरा सहरहरूमा कोही बास गर्नेछैनन्, तर म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।
EZE 35:10 तैंले यसो भनेको छस्, “यी दुई जाति र यी दुई देश मेरा हुनेछन्, र हामी तीमाथि अधिकार गर्नेछौं ।” तापनि परमप्रभु तिनीहरूसँग हुनुभयो ।
EZE 35:11 यसकारण यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, इस्राएलको बारेमा तेरो घृणामा भएको तेरो डाहअनुसार र तेरो रिसअनुसार म व्यवहार गर्नेछु, र मैले तेरो न्याय गर्दा म आफैलाई तिनीहरूकहाँ प्रकट गर्नेछु ।
EZE 35:12 यसरी म परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् । तैंले इस्राएलका पर्वतहरूको विरुद्धमा सबै अपमान्‌साथ यसो भन्‍दा, “तिनीहरू नष्‍ट भएका छन्, र तिनीहरूलाई सखाप पार्न हामीलाई सुम्पिएको छ,” मैले सुनेको छु ।
EZE 35:13 तैंले जे भनिस् त्‍यसले तैंले आफैलाई मेरो विरुद्ध उचालिस्, र मेरो विरुद्धमा तैंले भनेका कुरामा तैंले धेरै बढाइस् । अनि मैले ती सबै सुनें ।
EZE 35:14 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: सारा पृथ्वीले खुशी मनाइरहँदा म तँलाई उजाड बनाउनेछु ।
EZE 35:15 इस्राएलका मानिसको उत्तराधिकार उजाड भएको हुनाले जसरी तँ आनन्‍दित भइस्, तँलाई म त्यस्तै गर्नेछु । ए सेइर पर्वत, र सारा एदोम, तिमीहरू उजाड हुनेछस् । तब म परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।’”
EZE 36:1 “अब, ए मानिसको छोरा, इस्राएलका पर्वतहरूलाई अगमवाणी गर् र यसो भन्, ‘ए इस्राएलका पर्वतहरू, परमप्रभुको वचन सुन ।
EZE 36:2 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: शत्रुले तिमीहरूका बारेमा यसो भनेका छ, “आहा! प्राचीन अग्ला ठाउँहरू हाम्रा अधिकारमा भएका छन् ।”’
EZE 36:3 यसकारण अगमवाणी गर र यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरू उजाड भएका हुनाले र तिमीहरूमाथि चारैतिरबाट आक्रमण भएको हुनाले तिमीहरू अरू जातिहरूका अधिकारमा परेका छौ । तिमीहरू निन्दनीय ओठहरू र जिब्राहरू, अनि मानिसहरूका वर्णनका विषय बनेका छौ ।
EZE 36:4 यसकारण, ए इस्राएलका पर्वतहरू, परमप्रभु परमेश्‍वरको वचन सुनः पर्वतहरू र अग्ला पहाडहरू, खोलाहरू र बेसीहरू, तिनीहरूका वरिपरि भएका अरू जतिहरूका निम्‍ति लूट र हाँसोको विषय बनेका निर्जन उजाड-स्थानहरू र त्‍यागिएका सहरहरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ,
EZE 36:5 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः निश्‍चय नै अरू जातिहरूका विरुद्धमा, एदोम र मेरो देशलाई आफ्नो अधिकारमा लिने सबैका विरुद्धमा, र आफ्नै निम्ति मेरो देशको खर्कमाथि अधिकार गर्नलाई त्यो कब्जा गर्दा आफ्नो हृदयमा रमाहट गर्ने र आत्मामा घृणा बोकेका सबैको विरुद्धमा मेरो क्रोधको आगोमा मैले बोलेको छु ।’
EZE 36:6 यसकारण, इस्राएल देशलाई अगमवाणी गर र पर्वतहरू र अग्ला पहाडहरू, खोलाहरू र बेसीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर्, मेरो क्रोध र रिसमा म यो घोषणा गर्दैछु किनभने तिमीहरूले जातिहरूका अपमान सहेका छौ ।
EZE 36:7 यसकारण, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: म आफ्नो हात उठाएर यो शपथ खान्छु, कि तेरो वरिपरिका जातिहरूले आफ्नो लाज आफै बोक्‍नेछन् ।
EZE 36:8 तर, ए इस्राएलका पहाडहरू, तिमीहरूले हाँगाहरू बढाउनेछौ र तिमीहरूले मेरा मानिस इस्राएलका लागि फल दिनेछौ, किनभने तिनीहरू छिटै तिमीहरूकहाँ फर्केर आउनेछन् ।
EZE 36:9 किनकि हेर, म तिमीहरूका निम्ति हुँ, र म तिमीहरूलाई कृपा दृष्‍टिले व्यवहार गर्नेछु । तिमीहरूको खनजोत गरिने र बीउ छरिनेछ ।
EZE 36:10 यसैले तिमीहरूमाथि म मानिसहरूका सङ्‍ख्‍या, इस्राएलका सारा घरानालाई बढाउनेछु । सहरहरूमा बसोबास हुनेछ र भग्‍नावशेषहरू पुनःनिर्माण गरिनेछन् ।
EZE 36:11 ए पर्वतहरू, तिमीहरूमा मानिस र पशुका सङ्‍ख्‍यालाई म वृद्धि गराउनेछु ताकि तिनीहरू फल्दै-फुल्दै र वृद्धि हुँदै जानेछन् । त्‍यसपछि पहिलेझैं तिमीहरूमा म बसोबास गराउनेछु, र तिमीहरूको समृद्धि विगतमा भएको भन्दा बढी गराउनेछु, ककिनकि तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ ।
EZE 36:12 तिमीहरूमा हिंड्‍नलाई मेरा मानिसहरू अर्थात् इस्राएलीहरूलाई म ल्‍याउनेछु । तिनीहरूले तिमीहरूमाथि अधिकार गर्नेछन्, र तिमीहरू तिनीहरूका उत्तराधिकार हुनेछौ, र तिमीहरूले तिनीहरूका छोराछोरीलाई मर्न दिनेछैनौ ।
EZE 36:13 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: किनभने तिनीहरूले तिमीहरूलाई भनेका छन्, “तिमीहरूले मानिसहरू नष्‍ट गर्छौ, र आफ्नो जातिलाई शोकमा पार्छौ,”
EZE 36:14 यसकारण तिमीहरूले फेरि मानिसहरूलाई भष्‍म गर्नेछैनौ, र तिनीहरूले आफ्ना जातिलाई मृत्‍युको शोकमा पार्नेछैनौ । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 36:15 न त म तिमीहरूलाई जातिहरूको अपमान फेरि सुन्‍न दिनेछु । तिमीहरूले फेरि कहिल्यै मानिसहरूको लाजलाई सहनुपर्नेछैन न त तिमीहरूको जातिको पतन हुनेछ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”
EZE 36:16 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 36:17 “ए मानिसको छोरा, जब इस्राएलको घराना आफ्नो देशमा बसोबास गरे, तब तिनीहरूले त्यस देशलाई आफ्ना चालहरू र कामहरूले अशुद्ध पारे । मेरा सामु तिनीहरूका चालहरू स्‍त्रीको रजस्वलाको अशुद्धताझैं थिए ।
EZE 36:18 यसैले तिनीहरूले त्यो देशमा बगाएका रगत र आफ्‍ना मूर्तिहरूले अशुद्ध बनाएका कारणले मैले तिनीहरूका विरुद्धमा आफ्‍नो क्रोध खन्याएँ ।
EZE 36:19 मैले तिनीहरूलाई जातिहरूका बिचमा छरपष्‍ट पारें । तिनीहरू देशहरूमा तितरबितर भए । तिनीहरूका चालहरू र कामहरूअनुसार मैले तिनीहरूको न्याय गरें ।
EZE 36:20 त्यसपछि तिनीहरू जातिहरूकहाँ गए, र तिनीहरू जहाँ-जहाँ गए, तिनीहरूले मेरो नाउँलाई अशुद्ध पारे । मानिसहरूले तिनीहरूका विषयमा यसो भने, ‘के यिनीहरू साँच्‍चै नै परमप्रभुका मानिसहरू हुन्? किनकि यिनीहरू त उहाँको देशबाट बाहिर फालिएका छन् ।’
EZE 36:21 तर इस्राएलको घराना जातिहरूका बिचमा हुँदा तिनीहरूले मेरो नाउँलाई अशुद्ध पारेका हुनाले मेरो नाउँप्रति ममा दया जाग्‍यो ।
EZE 36:22 यसकारण इस्राएलको घरानालाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: ए इस्राएलको घराना, यो मैले तेरो निम्ति गरेको होइन, तर मेरो पवित्र नाउँको खातिर हो, जसलाई तिमीहरू जहाँ गयौ, त्‍यहाँ तिमीहरूले अशुद्ध पारेका छौ ।
EZE 36:23 किनकि तिमीहरूले जातिहरूका बिचमा अशुद्ध बनाएका मेरो महान् नाउँलाई म पवित्र बनाउनेछु । जातिहरूका बिचमा तिमीहरुले त्‍यसलाई अशुद्ध बनयौ । तब म पवित्र छु भनी तिमीहरूले देखेपछि ती जातिहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 36:24 तिमीहरूलाई जातिहरू निकाल्‍नेछु र हरेक देशबाट तिमीहरूलाई भेला पार्नेछु र तिमीहरूका आफ्नो देशमा तिमीहरूलाई म ल्याउनेछु ।
EZE 36:25 त्‍यसपछि तिमीहरूमाथि म पवित्र पानी छर्किनेछु, यसरी तिमीहरू आफ्‍ना सबै अशुद्धताबाट शुद्ध हुनेछौ, र तिमीहरूका सबै मूर्तिहरूबाट म तिमीहरूलाई शुद्ध पर्नेछु ।
EZE 36:26 तिमीहरूका अन्तस्करणमा म तिमीहरूलाई एउटा नयाँ हृदय र नयाँ आत्मा दिनेछु, र तिमीहरूका शरीरबाट ढुङ्गाको हृदय म निकाल्‍नेछु । किनभने म तिमीहरूलाई मासुको हृदय दिनेछु ।
EZE 36:27 तिमीहरूमा म आफ्‍नो आत्मा हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरूमा हिंड्न र मेरा आज्ञाहरू पालन गर्न सक्षम तुल्‍याउनेछु ।
EZE 36:28 तब मैले तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा तिमीहरू बसोबास गर्नेछौ । तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।
EZE 36:29 किनकि म तिमीहरूलाई सबै अशुद्धताबाट बचाउनेछु । म अन्‍नलाई आज्ञा गर्नेछु र त्‍यसलाई बढाउनेछु । तिमीहरूमा म अनिकाल पेरि कहिलै ल्याउनेछैनँ ।
EZE 36:30 रूखको फल र भूमिको उब्जनी म बढाउनेछु ताकि तिमीहरूले जातिहरूका बिचमा फेरि कहिल्यै अनिकालको लाज सहनेछैनौ ।
EZE 36:31 त्यसपछि आफ्ना दुष्‍ट चालहरू र आफ्‍ना कामहरू जो असल थिएनन् सो तिमीहरूले याद गर्नेछौ, र तिमीहरूका आफ्ना पापहरू र आफ्ना घिनलाग्दा कामहरूका कारणले तिमीहरूले आफ्‍ना अनुहारहरूमा घृणा प्रदर्शन गर्नेछौ ।
EZE 36:32 यो परमप्रभु परमेश्‍वरको घोषणा हो, यो तिमीहरूलाई थाहा होस् कि यो मैले तिमीहरूका निम्ति गरेको होइन । यसैले, ए इस्राएलको घराना, आफ्ना चालहरूका कारणले लज्‍जित र अपमानित होओ ।
EZE 36:33 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका सबै अपराधहरूबाट मैले तिमीहरूलाई शुद्ध पारेको दिनमा, म तिमीहरूलाई सहरहरूमा बसोबास गराउनेछु र भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्न लगाउनेछु ।
EZE 36:34 किनभने तिमीहरूले बाँझो जमिनलाई खनजोत गर्नेछौ र त्यसको नजिकबाट जानेहरूका आँखामा त्यो अब फेर बाँझो हुनेछैन ।
EZE 36:35 तब तिनीहरूले भन्‍नेछन्, “यो जमिन उजाड थियो, तर यो अब अदनको बगैंचाजस्‍तो भएको छ । भत्काइएका उजाड सहरहरू र निर्जन बाँझो जमिनहरू, अब किलाबन्दी गरिएका र बसोबास गर्छन् ।”
EZE 36:36 तब म नै परमप्रभु, मैले नै भग्‍नावशेषलाई बनाएँ र त्‍यागिएका ठाउँहरूलाई पुनः स्‍थापित गरें भनी तिमीहरूका वरिपरिका अरू जातिहरूले जान्‍नेछन् । म परमप्रभु हुँ । मैले यो घोषणा गरेको छु र म यो गर्नेछु ।
EZE 36:37 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: इस्राएलको घरानालाई मानिसहरूका बगालझैं वृद्धि गरिदिन तिनीहरूले मलाई फेरि बिन्ती गर्नेछन् ।
EZE 36:38 जस्‍तो बलिदानको निम्ति बगाललाई अलग गरिन्‍छ, जस्‍तो तोकिएका चाडहरूमा यरूशलेममा बगाल हुन्‍छन्, त्‍यस्‍तै भग्‍नावशेष भएका सहरहरू मानिसहरूका बगालले भरिनेछन् र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।’”
EZE 37:1 परमप्रभुको हात ममाथि थियो, र उहाँले मलाई परमप्रभुको आत्माले बाहिर ल्‍याउनुभयो र एउटा बेसीको बिचमा मलाई राख्‍नुभयो । त्‍यो हाडहरूले भरिएको थियो ।
EZE 37:2 त्‍यसपछि उहाँले मलाई ती वरिपरि घुमाउनुभयो । हेर, त्यहाँ बेसीमा तिनीहरूका सङ्‍ख्‍या धेरै थिए । हरे, ती धेरै सुक्खा थिए ।
EZE 37:3 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, के यी हाडहरू फेरि जीवित हुन सक्छन्?” यसैले मैले जवाफ दिएँ, “हे परमप्रभु परमेश्‍वर, यो त तपाईंले मात्र जान्‍नुहुन्छ ।”
EZE 37:4 तब उहाँले मलाई भन्‍नुभयो, “यी हाडहरूमाथि अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘ए सुक्खा हाडहरू, परमप्रभुको वचन सुन ।
EZE 37:5 परमप्रभु परमेश्‍वर यी हाडहरूलाई यसो भन्‍नुहुन्छ: हेर, मैले तिमीहरूभित्र सास हाल्‍न लागेको छु, र तिमीहरू जीवित हुनेछौ ।
EZE 37:6 म तिमीहरूमा नसाहरू राखिदिनेछु र तिमीहरूमा मासु भरिदिनेछु । म तिमीहरूलाई छालाले ढाक्‍नेछु र तिमीहरूमा सास हाल्‍नेछु, यसरी तिमीहरू जीवित हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।’”
EZE 37:7 यसैले जस्‍तो मलाई आज्ञा गरियो तेस्‍तै मैले अगमवाणी गरें । जसै मैले अगमवाणी गरें, हेर, थर्केको आवाज आयो । अनि हाडहरू नजीक आए—हाड-हाडसँग टाँसियो ।
EZE 37:8 मैले हेरें र हेर, तिनीहरूमा नसा आएका थिए र मासु बढ्‍यो र छालाले तिनीहरूलाई ढाके । तर तिनीहरूमा अझै पनि सास थिएन ।
EZE 37:9 तब परमप्रभुले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, सासको निम्ति अगमवाणी गर, र सासलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: ए सास, चारैतिरबाट बतास आइज, र यी मारिएकाहरूमाथि फुकिदे, यसरी तिनीहरू जीवित हुनेछन् ।’”
EZE 37:10 यसैले मलाई आज्ञा भएझैं मैले अगमवाणी गरें । तिनीहरूमा सास आयो र तिनीहरू जीवित भए । त्‍यसपछि तिनीहरू आफ्ना खुट्टामा, एउटा ठुलो फौज खडा भए ।
EZE 37:11 तब परमप्रभुले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो , यी हडाहरूचाहिं इस्राएलका सम्‍पूर्ण घराना हुन् । हेर, तिनीहरू यसो भन्दैछन्, ‘हाम्रा हाडहरू सुकेका छन्, र हाम्रा आशा हराएको छ । हामी बहिष्‍कृत भएका छौं ।’
EZE 37:12 यसकारण अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, ए मेरा मानिसहरू, म तिमीहरूका चिहान उघार्नेछु र त्यहाँबाट तिमीहरूलाई बाहिर निकाल्नेछु । तिमीहरूलाई म इस्राएल देशमा फर्काएर ल्‍याउनेछु ।
EZE 37:13 ए मेरा मानिसहरू, जब म तिमीहरूका चिहान उघार्नेछु र तिमीहरूलाई त्यहाँबाट बाहिर निकाल्‍नेछु, तब म नै परमप्रभु हुँ भनी तिमीहरू जान्‍नेछौ ।
EZE 37:14 तिमीहरूभित्र म आफ्‍नो आत्मा हालिदिनेछु, यसरी तिमीहरू जीवित हुनेछौ, र म नै परमप्रभु हुँ भनी जब तिमीहरूले जान्‍नेछौ, तब तिमीहरूलाई आफ्‍नै देशमा म विश्राम दिनेछु । म यो घोषणा गर्छु र यो गर्नेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”
EZE 37:15 अनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 37:16 “यसैले अब, ए मानिसको छोरो, आफ्नो निम्ति एउटा लौरो लि र त्यसमा लेख्, ‘यहूदा र त्यसका सहयोगी इस्राएलका मानिसहरूका निम्ति ।’ त्‍यसपछि अर्को लौरो लि र त्‍यसमा लेख्, ‘योसेफ, एफ्राइमको हाँगो र तिनीहरूका सहयोगी इस्राएलका मानिसहरूका निम्ति ।’
EZE 37:17 ती दुवै लौरोलाई जोडेर एउटै बना, ताकि ती तेरो हातमा एकै होऊन् ।
EZE 37:18 जब तेरा मानिसहरूले तँलाई खोज्‍छन् र यसो भन्छन्, ‘के यी कुराहरूको अर्थ तपाईं हामीलाई भन्‍नुहुन्‍न?’
EZE 37:19 तब तिनीहरूलाई यसो भन्, ‘परम्प्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, एफ्राइमको हातमा भएको योसेफको हाँगो र त्यसको सहयोगी इस्राएलका कुलहरूलाई लिएर म यहूदाको हाँगोसँग जोड्दैछु, ताकि तिनीहरू एकै हाँगो बनाउनेछन्, र तिनीहरू मेरो हातमा एक हुनेछन् ।’
EZE 37:20 तिनीहरूका आँखाका सामु तैंले लेखेका ती हाँगाहरूलाई आफ्नो हातमा समात् ।
EZE 37:21 तिनीहरूलाई घोषणा गर्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, इस्राएलका मानिसहरू गएका जातिहरूका बिचबाट म तिनीहरूलाई निकाल्‍दैछु । तिनीहरूलाई वरिपरिका देशहरूबाट म भेला गराउनेछु र तिनीहरूकै देशमा म तिनीहरूलाई ल्याउनेछु ।
EZE 37:22 देशमा, इस्राएलका पर्वतहरूमा म तिनीहरूलाई एउटा जाति बनाउनेछु, र एक मात्र राजा तिनीहरू सबैका राजा हुनेछ, र तिनीहरू फेरि दुई जाति हुनेछैनन् । तिनीहरू फेरि दुई राज्यमा विभाजित हुनेछैनन् ।
EZE 37:23 त्‍यसपछि आफ्ना मूर्तिहरू, घिनलाग्दा कुराहरू, वा तिनीहरूका अरू कुनै पापहरूले तिनीहरूले आफूलाई अशुद्ध पार्नेछैनन् । किनकि तिनीहरूले पाप गरेका सबै विश्‍वासहीन कामहरूबाट म तिनीहरूलाई बचाउनेछु, र तिनीहरूलाई म शुद्ध पार्नेछु, ताकि तिनीहरू मेरा मानिसहरू हुनेछन् र म तिनीहरूका परमेश्‍वर हुनेछु ।
EZE 37:24 मेरो दास दाऊद तिमीहरूका राजा हुनेछ । यसैले तिनीहरू सबैमाथि एक जना मात्र गोठालो हुनेछ, र तिनीहरू मेरा विधिअनुसार हिंड्नेछन्, र तिनीहरूले मेरा नियमहरू मान्‍नेछन्, र ती पालना गर्नेछन् ।
EZE 37:25 मेरो दास याकूबलाई मैले दिएको देशमा तिनीहरू बस्‍नेछन्, जहाँ तिनीहरूका पुर्खाहरू बसेका थिए । त्यहाँ तिनीहरू, तिनीहरूका छोरोछोरी, र नाता-नातिन सदाको निम्ति बसोबास गर्नेछन्, किनकि मेरो दास दाऊद सदाको निम्ति तिनीहरूको मुखिया हुनेछ ।
EZE 37:26 तिनीहरूसँग शान्तिको करार म स्थापित गर्नेछु । यो तिनीहरूसितको सदासर्वदाको करार हुनेछ । म तिनीहरूलाई स्थापित गर्नेछु र तिनीहरूको वृद्धि गर्नेछु र सदाको निम्ति तिनीहरूका बिचमा मेरो पवित्र स्थान राख्‍नेछु ।
EZE 37:27 मेरो बासस्थान तिनीहरूसँगै हुनेछ । म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।
EZE 37:28 तब इस्राएललाई अलग गर्ने परमप्रभु म नै हुँ भनी जातिहरूले जान्‍नेछन् । त्‍यति बेला मेरो पवित्र स्थान सदासर्वदाको निम्ति तिनीहरूका बिचमा स्थापित हुन्‍छ ।’”
EZE 38:1 परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
EZE 38:2 “ए मानिसको छोरो, मागोग देशको गोग, मेशेक र तूबलको प्रमुख शासकतिर आफ्नो मुख फर्का । अनि त्यसको विरुद्ध अगमवाणी गर् ।
EZE 38:3 यसो भन्, ‘परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: हेर्, मेशेक र तूबलको प्रमुख शासक गोग, म तेरो विरुद्धमा छु ।
EZE 38:4 यसैले तँलाई म फर्काउनेछु र तेरो बङ्‍ग्रामा बल्छी लगाउनेछु । तेरा फौज, घोडाहरू र घोडचढीहरू, सारा हतियारले सुसज्‍जित सबै जना, साना र ठुला ढालहरूका साथमा एउटा ठुलो दल, तरवारहरू बोकेका सबै जनासँगै तँलाई म बाहिर पठाउनेछु ।
EZE 38:5 फारस, कूश र लिबिया तिनीहरूसँगै हुनेछन् । ती सबै जनाले ढाल बोकेका र टोप लगाएका हुनेछन् ।
EZE 38:6 गोमर र त्यसका सबै फौज, र उत्तरका टाढा ठाउँहरूबाट बेथ-तोगर्मा, र त्यसका सबै फौज । धेरै जना मानिस तँसँग हुनेछन्!
EZE 38:7 तयार हो! आफूलाई र आफूसित भेला भएका तेरा फौजलाई तयार राख्, र तिनीहरूका कमाण्‍डर हो ।
EZE 38:8 धेरै दिनपछि तँलाई बोलाइनेछ, र धेरै वर्षपछि तँ त्यो देशमा जानेछस् जुन तरवारद्वारा प्राप्‍त भएको हो र जुन धेरै समयसम्म भग्‍नावशेष भएको इस्राएलका पहाडहरूमा धेरै जातिहरूद्वारा पुनः खडा भएको हो । तर त्यस देशका मानिसहरूलाई जातिहरूबाट बाहिर निकालेर ल्‍याइनेछ, र तिनीहरू सबै जना सुरक्षसाथ बस्‍नेछन् ।
EZE 38:9 यसैले जसरी आँधी माथि जान्‍छ त्‍यसरी तँ जानेछस् । तँ, तेरा सबै फौज, तँसँग भएका धेरै जना सिपाही त्यस देशलाई ढाक्‍ने बादलझैं हुनेछन् ।
EZE 38:10 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: त्यो दिन यसो हुनेछ, तेरो हृदयमा योजनाहरू बन्‍नेछन्, र तैंले दुष्‍ट युक्तिहरू रच्नेछस् ।’
EZE 38:11 तब तैंले यसो भन्‍नेछस्, ‘म त्यो खुला मैदानसम्म जानेछु । सुरक्षित बसिरहेका शान्त मानिसहरूकहाँ म जानेछु । त्‍यहाँ तिनीहरू सबै कुनै पर्खाल वा बारहरूबिना नै, र मूल ढोकाहरू नभइकन पनि बसिरहेका छन् ।
EZE 38:12 लूटका माल म कब्जा गर्नेछु र चोर्नेछु ताकि भर्खरै मात्र बसोबास गरिएका बाँझो जमिनका विरुद्धमा, र जातिहरूबाट भेला भएका मानिसहरू, गाईवस्तु र सम्पत्ति आर्जन गरिरहेका मानिसहरू र पृथ्वीको बिचमा बसोबास गरिरहेकाहरूका विरुद्ध म आफ्‍नो हात उठाउनेछु ।’
EZE 38:13 शेबा र ददान, र तर्शीशका व्यापारीहरूले आफ्‍ना जवान योद्धाहरूसँगै तँलाई यसो भन्‍नेछन्, ‘के तँ लुट्न आएको होस्? के तैंले तेरो फौजलाई लुटको माल, चाँदी र सुन, तिनीहरूका गाईवस्तु र सम्पत्ति जफत गर्न र लैजान भेला गराएको होस्?’
EZE 38:14 यसकारण, ए मानिसको छोरो , अगमवाणी गर् र गोगलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: त्यो दिन, जब मेरा मानिसहरू सुरक्षित बसेका हुन्‍छन्, के तैंले तिनीहरूका बारेमा जान्‍नेछैनस्?
EZE 38:15 तँ टाढा उत्तरको आफ्‍नो ठाउँबाट ठुलो फौजको साथमा, ती सबै जना घोडाहरूमा सवार हुने एउटा ठुलो दल, विशाल फौजसहित आउनेछस् ।
EZE 38:16 जमिनलाई बादलले ढाकेझैं तैंले मेरा मानिस अर्थात् इस्राएललाई आक्रमण गर्नेछस् । पछिल्ला दिनहरूमा म तँलाई मेरो देशको विरुद्ध ल्याउनेछु, ताकि मैले तँ, गोगद्वारा जातिहरूका आँखा अगाडि मलाई पवित्र प्रकट गर्दा तिनीहरूले मलाई जान्‍न सकून् ।
EZE 38:17 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: के तँ त्यही होइनस् जसको बारेमा मैले पुराना दिनामा मेरा दास, इस्राएलका अगमवक्ताहरूद्वारा बोलें र मैले तँलाई तिनीहरूका विरुद्धमा ल्याउने समयको बारेमा तिनीहरूले आफ्नै समयमा अगमवाणी गरे?
EZE 38:18 यसैले यो परमप्रभु परमेश्‍वरको घोषणा हो, गोगले इस्राएल देशलाई आक्रमण गर्ने दिनमा मेरो रिसको क्रोध दन्किनेछ ।
EZE 38:19 मेरो जोश र मेरो क्रोधको आगोमा, म यो घोषणा गर्छु, कि त्यस दिन इस्राएलमा एउटा ठुलो भूकम्प जानेछ ।
EZE 38:20 तिनीहरू सबै अर्थात् समुद्रका माछाहरू, आकाशका चाराहरू, जमिनका पशुहरू, र जमिनका घस्रने सबै प्राणीहरू, र जमिनको सतहमा भएका हरेक मानिस मेरो अगि थरथर काँम्‍नेछन् । हरेक पर्खालहरू जमिनमा नढलेसम्म सबै पर्वतहरू तल खसालिनेछन् र चट्टानहरू ढल्नेछन् ।
EZE 38:21 यो परमप्रभु परमेश्‍वरको घोषणा हो, मेरा सबै पर्वतहरूमा म त्यसको विरुद्ध एउटा तरवार पठाउनेछु । हरेक मानिसको तरवार त्यसको भाइको विरुद्ध हुनेछ ।
EZE 38:22 तब त्यसलाई म रूढी र रगतले न्‍याय गर्नेछु । अनि त्यो र त्यसका फौज र त्योसँगै भएका धेरै जातिहरूमाथि म घनघोर वर्षा र असिना र जलिरहेको गन्धक बर्साउनेछु ।
EZE 38:23 म आफ्नो महान्‌ता र आफ्‍नो पवित्रता देखाउनेछु र धेरै जातिहरूका दृष्‍टिमा म आफैंलाई चिनाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।’”
EZE 39:1 “अब, ए मानिसको छोरो, गोगको विरुद्ध अगमवाणी गर् र यसो भन्, ‘परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: हेर्, मेशेक र तूबलको मुखिया गोग, म तेरो विरुद्धमा छु ।
EZE 39:2 तँलाई म फर्काउनेछु र तँलाई लानेछु । टाढा उत्तरबाट म तँलाई माथि ल्याउनेछु र तँलाई इस्राएलका पर्वतहरूमा पुर्‍याउनेछु ।
EZE 39:3 तब तेरो देब्रे हातमा भएको धनुलाई म हिर्काउनेछु र तेरो दाहिने हातबाट काँडहरूलाई खसाल्‍नेछु ।
EZE 39:4 तँ र तेरा सबै फौज, अनि तँसँग भएका सिपाहीहरू इस्राएलका पर्वतहरूमा मर्नेछन् । तँलाई म शिकारी चराहरू र जमिनका जङ्गली पशुहरूलाई आहाराको निम्ति दिनेछु ।
EZE 39:5 यो परमप्रभु परमेश्‍वरको घोषणा हो, तँ खुला मैदानमा मर्नेछस्, किनकि म आफैंले यो घोषणा गर्छु ।
EZE 39:6 तब म मगोग र किनारहरूमा सुरक्षित बसेकाहरूमाथि आगो पठाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।
EZE 39:7 किनकि मेरा मानिस, अर्थात् इस्राएलका बिचमा आफ्‍नो पवित्र नाउँलाई चिनाउनेछु, र मेरो पवित्र नाउँलाई फेरि म अशुद्ध हुन दिनेछैन । जातिहरूले म नै परमप्रभु, इस्राएलमा परम पवित्र हो भनी जान्‍नेछन् ।
EZE 39:8 हेर्, त्यो दिन आउँदैछ, र त्‍यो हुनेछ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 39:9 इस्राएलका सहरहरूमा बस्‍नेहरू बाहिर जानेछन् र तिनीहरूले आगो सल्काउन र ती बाल्नको निम्ति हतियारहरू अर्थात् साना ढालहरू र ठुला ढालहरू, धनुहरू, काँडहरू, लाठीहरू र भालाहरू प्रयोग गर्नेछन् । तिनीहरूले सात वर्षसम्म यिनैले आगो बाल्नेछन् ।
EZE 39:10 तिनीहरूले मैदानबाट काठ बटुल्नेछैनन् वा जङ्गलबाट रूखहरू काट्नेछैनन्, किनभने तिनीहरूले हतियारहरू बाल्नेछन् । तिनीहरूबाट लान इच्‍छा गर्नेहरूबाट नै तिनीहरूले लिनेछन् । तिनीहरूलाई लुट्‍न इच्‍छा गर्नेहरूलाई नै तिनीहरूले लुट्नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”
EZE 39:11 त्‍यसपछि त्यो दिन यस्तो हुनेछ । गोगको निम्ति इस्राएलमा म एउटा चिहान तयार गर्नेछु जुनचाहिं समुद्रको पुर्वपट्टि यात्रा गर्नेहरूको निम्ति एउटा बेसी हो । त्यसले त्यहाँबाट भएर जान इच्छा गर्नेहरूको बाटो छेक्‍नेछ । त्यहाँ तिनीहरूले गोगलाई त्यसका सारा भीडसहित गाड्नेछन् । तिनीहरूले त्यसलाई हामोन-गोगको बेसी नामाकरण गर्नेछन् ।
EZE 39:12 किनकि देशलाई शुद्ध गर्नलाई इस्राएलको घरानाले तिनीहरूलाई सात महिनासम्म गाड्नेछन् ।
EZE 39:13 देशका सबै मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । म महिमित भएको त्यो दिन तिनीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 39:14 अनि तिनीहरूले मानिसहरूलाई निरन्तर त्यो देशबाट जानको निम्ति नियुक्त गर्नेछन् । तिनीहरूले त्यहाँबाट भएर जानेहरूको खोजी गर्नेछन् । भूमिलाई शुद्ध गर्नलाई तिनीहरूले त्यहाँ मरेका र त्यो देशमा रहेका लासहरूलाई खोजी गरेर गाड्नेछन् । सातौं महिनाको अन्त्यमा तिनीहरूले आफ्नो खोजी सुरु गर्नेछन् ।
EZE 39:15 यी मानिसहरू ती देशबाट हिंड्दा, जब तिनीहरूले मानिसको हाड देख्‍छन्, तब चिहान खन्‍नेहरू आएर त्यसलाई हामोन-गोगको बेसीमा लगेर नगाडेसम्‍मलाई त्यहाँ तिनीहरूले एउटा चिन्ह राख्‍नेछन् ।
EZE 39:16 त्यहाँ हामोनाहको नाउँमा एउटा सहर हुनेछ । यसरी तिनीहरूले देशलाई शुद्ध पार्नेछन् ।
EZE 39:17 ए मानिसको छोरो, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: पखेटा भएका सबै चराहरू र जमिनका सबै जङ्गली पशुहरूलाई यसो भन्, ‘एकसाथ भेला होओ र आओ । मैले तिमीहरूका निम्ति इस्राएलका पर्वतहरूमा गर्न गइरहेको ठुलो बलिदानको निम्ति सबै तिरबाट भेला होओ, ताकि तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ ।
EZE 39:18 तिमीहरूले योद्धाहरूको मासु खानेछौ र पृथ्वीका शासकहरूका रगत पिउनेछौ । ती बाशानमा मोटाएका भेडाहरू, थुमाहरू, बाकाहरू, र साँढेहरू हुनेछन् ।
EZE 39:19 तब तिमीहरू अघाउन्‍जेलसम्म बोसो खानेछौ । नमातेसम्म तिमीहरूले रगत पिउनेछौ । तिमीहरूको निम्ति मैले मार्ने बलिदान यो हुनेछ ।
EZE 39:20 तिमीहरू मेरो टेबलमा घोडा, रथ, योद्धा र युद्ध गर्ने मानिसहरूद्वारा तृप्‍त हुनेछौ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’
EZE 39:21 जातिहरूका बिचमा म आफ्‍नो महिमा स्‍थापित गर्नेछु र सबै जातिहरूले मैले गर्ने न्याय र तिनीहरूको विरुद्धमा मैले उठाएको मेरो हात देख्‍नेछन् ।
EZE 39:22 त्यो दिनदेखि इस्राएलको घरानाले म नै परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन् ।
EZE 39:23 जातिहरूले यो जान्‍नेछन्, कि इस्राएलको घरानाले आफ्ना अपराधले मलाई धोका दिएका हुनाले तिनीहरू कैदमा गए । यसैले मैले तिनीहरूबाट आफ्नो मुहारलाई लुकाएँ र तिनीहरूका शत्रुहरूका हातमा तिनीहरूलाई दिएँ, ताकि तिनीहरू सबै तरवारले मारिए ।
EZE 39:24 जब मैले आफ्‍नो मुहार तिनीहरूबाट लुकाएँ, तब मैले तिनीहरूकै अशुद्धता र पापअनुसार तिनीहरूसँग व्यवहार गरें ।
EZE 39:25 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: अब म आफ्‍नो पवित्र नाउँको निम्ति जोशसाथ काम गर्दा म याकूबको सुदिन फर्काउनेछु, र इस्राएलका सारा घरानामाथि दया देखाउनेछु ।
EZE 39:26 तब तिनीहरूका लाज र तिनीहरूले मलाई धोका दिएका सबै विद्रोह तिनीहरूले नै भोग्‍नेछन् । तिनीहरू आफ्नो देशमा सुरक्षित बसेको समयामा यी सबै तिनीहरूले बिर्सिनेछन् । त्यहाँ तिनीहरूलाई त्रसित गर्ने कोही हुनेछैन ।
EZE 39:27 जब मानिसहरूबाट म तिनीहरूलाई पुनःस्‍थापित गर्नेछु र तिनीहरूका शत्रुहरूका देशहरूबाट म तिनीहरूलाई भेला गराउनेछु, तब धेरै जातिहरूका नजरमा म आफैंलाई पवित्र देखाउनेछु ।
EZE 39:28 तब म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन्, किनकि मैले नै तिनीहरूलाई जातिहरूका बिचमा कैदमा पठाएँ, तर तिनीहरूलाई म तिनीहरूकै देशमा भेला गराउनेछु । तिमध्ये कसैलाई पनि म जातिहरूका बिचमा छोड्नेछैन ।
EZE 39:29 इस्राएलको घरानामा मैले आफ्‍नो आत्मा खन्याउँदा, म फेरि तिनीहरूबाट आफ्नो मुहार लुकाउनेछैनँ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”
EZE 40:1 हाम्रो निर्वासनको पच्‍चीसौं वर्षमा, वर्षको सुरुमा, महिनाको दसौं दिनमा, सहर कब्जा भएको चौधौं वर्षमा, त्‍यो दिनमा परमप्रभुको हात ममाथि थियो र उहाँले मलाई त्यहाँ लानुभयो ।
EZE 40:2 परमेश्‍वरबाट आएको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो । उहाँले मलाई अति उच्‍च पर्वतमा आराम गर्न लानुभयो । दक्षिणमा सहरका घरहरूजस्तै देखिएका थिए ।
EZE 40:3 अनि उहाँले मलाई त्यहाँ लानुभयो । हेर, एक जना मानिस । तिनी हेर्दा काँसाजस्ता देखिन्‍थे । तिनको हातमा सूतीको डोरी र नाप्‍ने लौरो थियो, र तिनी सहरको मूल ढोकामा खडा भए ।
EZE 40:4 ती मानिसले मलाई भने, “ए मानिसको छोरो, आफ्नो आँखाले हेर् र आफ्नो कानले सुन्, र मैले तँलाई प्रकट गर्न लागेका सबै कुरालाई आफ्‍नो मन लगा, किनकि तँलाई यहाँ ल्‍याइयो ताकि तँलाई म यी कुरा प्रकट गर्न सकूँ। तैंले देख्‍ने हरेक कुरा इस्राएलको घरानालाई बताइदे ।”
EZE 40:5 त्यहाँ मन्दिरको क्षेत्रलाई घेर्ने एउटा पर्खाल थियो । ती मानिसको हातमा भएको नाप्‍ने लौरोको लमाइ छ हात लामो थियो । हरेक हातमा एक हात लमाइ र चार औंला चौडाइ थियो । तिनले त्यो पर्खालको नाप लिए, र त्यो एक नाप्‍ने लौरोजति चौडा र एक लौरो अग्लो थियो ।
EZE 40:6 त्‍यसपछि तिनी पुर्व फर्किएको मन्दिरको ढोकामा गए । तिनी त्यसको खुट्किला चढेर माथि गए र ढोकाको सँघारलाई नापे, त्यो एक लौरो गहिरो थियो ।
EZE 40:7 रक्षक कोठाहरू हरेक एक लौरो लामो र एक लौरो चौडा थिए । दुई कोठाहरू बिचमा पाँच हातको दुरी थियो, र मन्दिरको दलानको छेउमा रहेको सँघार एक लौरो गहिरो थियो ।
EZE 40:8 तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो लामो थियो ।
EZE 40:9 तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो गहिरो थियो । ढोकाका चोकोसहरूचाहिं दुई हात चौडा थिए । योचाहिं मन्दिरतर्फ फर्किएको ढोकाको दलान थियो ।
EZE 40:10 त्यहाँ पूर्वपट्टिको ढोकाको दुवैतिर तिन वटा रक्षक कोठा थिए, र ती हरेकको एउटै नाप थियो, र तिनीहरूलाई अलग गर्ने पर्खालको पनि नाप एउटै थियो ।
EZE 40:11 त्‍यसपछि ती मानिसले ढोकाको चौडाइ नापे, त्यो दश हात थियो, र तिनले ढोकाको लमाइ नापे, त्‍यो तेह्र हात थियो ।
EZE 40:12 ती कोठाहरूका अगाडिको भागलाई विभाजन गरेको भित्ता तिनले नापे, त्‍यो एक हात उच्‍च थियो । दुवैपट्टिका कोठाहरूका नाप छ हात थिए ।
EZE 40:13 तिनले एउटा कोठाको छानोबाट अर्को कोठाको छानोसम्मको ढोकालाई नापे । पहिलो कोठाको ढोकादेखि दोस्रोसम्म पच्‍चीस हात थियो ।
EZE 40:14 रक्षक कोठाहरूका बिचबाट गएको पर्खाललाई तिनले नापे, त्यो साठी हात लामो थियो । तिनले ढोकाको दलानसम्मै नापे ।
EZE 40:15 ढोकाको अगाडिको भागदेखि दलानको अर्को छेउसम्म पचास हात थियो ।
EZE 40:16 ढोकाभित्र चारैतिर कोठाहरूतर्फ र खम्बाहरूतर्फ बन्द झ्यालहरू थिए । अनि कौसीहरूमा पनि त्यस्तै थिए । त्‍यहाँ भित्र सबैतिर झ्यालहरू थिए, र हरेक चौखटमा खजूरका बोटका चित्रले सजाइएका थिए ।
EZE 40:17 त्यसपछि ती मानिसले मलाई मन्दिरको बाहिरी चाकमा ल्याए । हेर, त्यहाँ कोठाहरू थिए, र चोकमा ढुङ्गाहरू छापिएको थियो, र ढुङ्गाहरू छापिएको ठाउँभन्दा उता त्यहाँ तिसवटा कोठा थिए ।
EZE 40:18 ढोकाहरूको छेउसम्म ती ढुङ्गाहरू छापिएका थिए, त्यसको चौडाइ ढोकाको लमाइझैं थियो । त्यो ढुङ्गाहरू छापिएका तल्लो भुइँ थियो ।
EZE 40:19 त्यसपछि ती मानिसले तल्लो ढोकाको अगाडिको भागदेखि भित्री ढोकाको अगाडिको भागसम्मको दुरी नापे । त्यो पूर्वपट्टि एक सय हात र उत्तरपट्टि पनि त्यति नै थियो ।
EZE 40:20 त्यसपछि तिनले बाहिरी चोकको उत्तरमा भएको ढोकाको लमाइ र चौडाइ नापे ।
EZE 40:21 त्यस ढोकाको दुवैपट्टि तिनवटा कोठा थिए, र त्यो ढोकाको र त्यसको दलानको नाप मुख्य ढोकाको बराबर थियो, जुन लमाइमा पचास हात र चौडाइमा पच्‍चीस हात थियो ।
EZE 40:22 त्यसका झ्यालहरू, दलान, कोठाहरू र त्‍यसका खजूरका रूखहरू पूर्वपट्टि फर्किएको ढोकासँग मिल्‍दो थियो । त्यहाँ र त्यसको दलानसम्म सात खुट्किला थिए ।
EZE 40:23 उत्तरपट्टि फर्किएको ढोकाको सामु भित्री चोकमा जाने एउटा ढोका थियो, जस्‍तो पूर्वमा पनि ढोका थियो । ती मानिसले एउटा ढोकादेखि अर्को ढोकासम्म नापे, त्यसको दुरी एकसय हात थियो ।
EZE 40:24 त्यसपछि ती मानिसले मलाई दक्षिणको ढोकामा ल्याए, र त्यसका पर्खाल र दलान अरू बाहिरी ढोका बराबर थिए ।
EZE 40:25 ढोकामा बन्द झ्यालहरू थिए र दलानमा पनि ढोकामा झैं झ्यालहरू थिए । दक्षिणको ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।
EZE 40:26 त्यो ढोकाको र दलानसम्म सात खुट्किला थिए, र दुवैपट्टि पर्खालहरूमा खजुरको रूखको चित्र खोपिएका थिए ।
EZE 40:27 दक्षिण भागमा भित्री चोकमा एउटा ढोकाको थियो, र ती मानिसले त्यो ढोकादेखि दक्षिण ढोकासम्म नापे, त्यो एक सय हात थियो ।
EZE 40:28 अनि ती मानिसले दक्षिणको ढोकाबाट मलाई भित्री चोकमा ल्याए, जसको नाप अरू ढोका बराबर थियो ।
EZE 40:29 त्यसका कोठा, पर्खाल, र दलानहरू अरू ढोका बराबर थिए । दलानमा चारैतिर झ्यालहरू थिए । भित्री ढोकाको र दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।
EZE 40:30 भित्री भित्ताका चारैतिर दलानहरू थिए । यी लमाइमा पच्‍चीस हात र चौडाइमा पाँच हात थिए ।
EZE 40:31 यो दलान बाहिरी चोकतिर फर्केको थियो, र त्यसका पर्खालहरूमा खजूरको रूखहरूका चित्र खोपिएका थियो र त्यहाँसम्म आठवटा खुट्किला थिए ।
EZE 40:32 तब ती मानिसले मलाई पूर्वी बाटोको भित्री चोकमा ल्याए र ढोकाको नाप लिए, जसको नाप अरू ढोका बराबर थियो ।
EZE 40:33 त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोकाको बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए । भित्री ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।
EZE 40:34 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो । त्यसको दुवैपट्टि खजुरको रूखहरूका चित्र थियो र त्यहाँसम्म आठ खुट्किला थिए ।
EZE 40:35 त्यसपछि ती मानिसले मलाई उत्तरी ढोकामा ल्याए र त्यसको नाप लिए । त्यसको नाप अरू ढोका बराबर थियो ।
EZE 40:36 त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोका बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए । ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।
EZE 40:37 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो, र त्यसको दुवै पट्टि खजूरको रूखहरूका चित्र थिए र त्यहाँसम्म आठ खुट्किला थिए ।
EZE 40:38 सबै भित्री ढोकाको छेउमा ढोका भएको कोठा थियो । त्यहाँ तिनीहरूले होमबलि धुन्थे ।
EZE 40:39 हरेक दलानको दुवैतिर दुई-दुईवटा टेबल थिए जहाँ होमबलि, पापबलि र दोषबलिलाई मारिन्थ्यो ।
EZE 40:40 चोकको पर्खालको छेउमा, उत्तरको ढोकातर्फ दुईवटा टेबल थिए । ढोकाको दलानको अर्कोपट्टि पनि दुईवटा टेबल थिए ।
EZE 40:41 ढोकाको छेउमा दुवैपट्टि चार-चारवटा टेबल थिए । त्यहाँ तिनीहरूले आठवटा टेबलमा पशुहरूलाई मार्थे ।
EZE 40:42 त्यहाँ होमबलिको निम्ति डेढ हात लामो, डेढ हात चौडा, र एक हात अग्लो काटिएका ढुङ्गाहरूले बनेका चारवटा टेबल थिए । त्यसमाथि तिनीहरूले ती सामानहरू राख्थे जसद्वारा तिनीहरूले बलिदानको निम्ति होमबलिलाई मार्थे ।
EZE 40:43 दलानको चारैतिर चार-अङ्कुल चौडा दुईवटा चुच्‍चा भएका अङ्कुसेहरू बाँधिएका थिए, र बलिको मासु टेबलहरूमाथि राखिन्थे ।
EZE 40:44 भित्री ढोकाको बाहिरी भागमा, भित्री चोकभित्र, गाउनेहरूका कोठाहरू थिए, एउटाचाहिं उत्तरमा दक्षिणतिर फर्केको, र अर्को चाहिं दक्षिणमा उत्तरतिर फर्केको थियो ।
EZE 40:45 तब ती मानिसले मलाई भने, “दक्षिणतिर फर्केको यो कोठाचाहिं पुजारीहरूका निम्ति हो जो मन्दिरमा काम गर्दै रहन्‍छन् ।
EZE 40:46 उत्तरतिर फर्केको कोठाचाहिं वेदीको जिम्मा पाएका पुजारीहरूका निम्ति हो । यी सादोकका छोराहरू हुन् जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । तिनीहरू लेवीहरूका छोराहरूमध्येका हुन् ।”
EZE 40:47 अनि तिनले चोकको नाप लिए । त्यो एक सय हात लामो र एक सय हात चौडा गरी वर्गाकार थियो, र वेदीचाहिं मन्‍दिरको अगाडि थियो ।
EZE 40:48 अनि ती मानिसले मलाई मन्‍दिरको दलानमा लगे र दलानका थामहरू नापे । ती दुवैपट्टि पाँच हात चौडा थिए । ढोकाचाहिं चौध हात चौडा थियो, र त्यसको सबैतिरका भित्ता तिन हात चौडा थिए ।
EZE 40:49 दलानको लमाइ बिस हात थियो, र त्यसको गहिराइ एघार हात थियो । त्यसमा जानलाई खुट्किलाहरू थिए र त्यसको दुवै पट्टि खम्बाहरू थिए ।
EZE 41:1 त्‍यसपछि ती मानिसले मलाई मन्दिरको पवित्र स्थानमा ल्याए र ढोकाका चौकोसहरू नापे । ती दुवैपट्टि छ हात चौडा थिए ।
EZE 41:2 ढोकाको चौडाइ दश हात थियो । हरेक तर्फको भित्ता पाँच हात थियो । तब ती मानिसले पवित्र स्थानको क्षेत्रफल नापे । त्यो चालिस हात लामो र बिस हात चौडा थियो ।
EZE 41:3 त्यसपछि ती मानिस महा-पवित्र स्थानभित्र गए र ढोकाको चौकोसहरू नापे । ती दुई हात थिए, र ढोकाको चौडाइ छ हात थियो । दुवैतिरका भित्ताका चौडाइ सात हात थियो ।
EZE 41:4 तब तिनले कोठाको लमाइ बिस हात नापे । मन्दिरको सभामन्‍दिरको अगाडिको भागसम्म त्यो बिस हात चौडा थियो । अनि तिनले मलाई भने, “यो महा-पवित्र स्थान हो ।”
EZE 41:5 त्‍यसपछि ती मानिसले मन्‍दिरको भित्ता नापे । त्यो छ हात बाक्लो थियो । मन्‍दिर वरिपरि भएका छेउका कोठाहरू चार हात चौडा थिए ।
EZE 41:6 छेउका कोठाहरू तिन तहमा थिए, एउटामाथि अर्को कोठा, र दुवैतिर तिस कोठा थिए । छेउका सबै कोठालाई टेवा दिनको निम्ति मन्‍दिर भित्तामाथि पालीहरू थिए, किनभने मन्‍दिरका भित्तामा टेवाको निम्ति केही पनि राखिएको थिएन ।
EZE 41:7 ती छेउका कोठाहरू जति माथि-माथि गए ती त्यति नै फराकिलो भए, र त्यो मन्‍दिर चारैतिर झन्-झन् अग्लो हुँदै गयो र मन्‍दिर जति अग्लो हुँदै गयो कोठाहरू पनि त्यति नै फराकिलो हुँदै गए, र तल्लो तहदेखि माथिल्लो तहसम्म एउटा भर्‍याङ थियो ।
EZE 41:8 अनि मैले मन्‍दिरको चारैतिर उठेको भाग देखें, जुन छेउका कोठाहरूका निम्ति जग थिए । त्यो एक लौरो अग्लो अर्थात् छ हात थियो ।
EZE 41:9 छेउका कोठाहरूका बाहिरी भागको चौडाइ पाँच हात थियो । पवित्र-स्थानमा यी कोठाहरूको बाहिरपट्टि खुला ठाउँ थियो ।
EZE 41:10 यस खुला ठाउँको अर्को पट्टि पुजारीहरूका बाहिरी भागका कोठाहरू थिए । पवित्र-स्थानभरि नै त्यसको चौडाइ बिस हात थियो ।
EZE 41:11 भित्री कोठाहरूका निम्ति अर्को खुला ठाउँबाट ढोकाहरू थिए । एउटा ढोकाको उत्तर भागमा थियो र अर्कोचाहिं दक्षिण भागमा । यो खुला ठाउँको चौडाइ चारैतिर पाँच हात थियो ।
EZE 41:12 पश्‍चिमबाट चोक तर्फ फर्केको भवन सत्तरी हात चौडा थियो । त्यसको भित्ता सबैतिर पाँच हात बाक्लो थियो, र त्यसको लमाइ नब्बे हात थियो ।
EZE 41:13 अनि ती मानिसले पवित्र-स्थानको नाप लिए । त्यसको लमाइ एक सय हात थियो । बेग्लै रहेको भवनको भित्ता र चोक पनि एक सय हात लामो थियो ।
EZE 41:14 पवित्र-स्थानको अगाडिको चोकको अगाडि भागको चौडाइ पनि एक सय हात थियो ।
EZE 41:15 अनि ती मानिसले पवित्र-स्थानको पछाडिको पश्‍चिममा रहेको भवन, र दुवैपट्टिको बार्दलीको लमाइ नापे, ती एक सय हात थिए । पवित्र-स्थान र दलान,
EZE 41:16 भित्री भित्ताहरू र झ्यालहरू, साना झ्यालहरू, र तिनै तहमा वरिपरि भएका बार्दलीहरू काठले मोहोरिएका थिए ।
EZE 41:17 भित्री पवित्र-स्थानको ढोकामाथि र भित्ताहरूमा भएका खाली ठाउँमा एउटा ढाँचा थियो ।
EZE 41:18 त्यो करूबहरू र खजूरका रूखहरूले सुसज्‍जित थिए । हरेक करूबका बिचमा एउटा खजूरको रूख थिए, र हरेक करूबका दुईवटा अनुहार थिएः
EZE 41:19 एकापट्टि मानिसको अनुहारले खजूरको रूखतिर हेरिरहेको थियो, र अर्को पट्टि जवान सिंहको अनुहारले खजूरको रूखतिर हेरिरहेको थियो । ती मन्‍दिरको सबैतिर खोपिएका थिए ।
EZE 41:20 जमिनदेखि माथि ढोकासम्म, करूबहरू र खजूरका रूखहरू मन्‍दिरको बाहिरी भित्तामा खोपिएका थिए ।
EZE 41:21 पवित्र-स्थानका ढोकाको चौकोस वर्गाकार थिए । हेर्दा तिनीहरूको बनावट,
EZE 41:22 पवित्र-स्थानको अगाडिको काठको वेदीजस्‍तो थियो, जुन सबैतिर तिन हात अग्लो र दुई हात लामो थियो । त्यसको कुनाका चौकोसहरू, आधार, र पाटाहरू काठले बनेका थिए । अनि ती मानिसले मलाई भने, “यो त्यो टेबल हो जुन परमप्रभुको सामु रहन्छ ।”
EZE 41:23 पवित्र-स्थान र महा-पवित्र स्थानका निम्ति दुईवटा ढोका थिए ।
EZE 41:24 यी ढोकाहरूमा दुईवटा खापा थिए, एउटा ढोकाको निम्ति दुई वटा खापा र अर्कोको निम्ति दुईवटा ।
EZE 41:25 पवित्र-स्थानका ढोकाहरूमा खोपिएका करूबहरू र खजूरका रूखहरू भित्ताहरूका जस्‍तै थिए, र अगाडिको भागमा दलानमाथि काठको पाली-छानो थियो ।
EZE 41:26 दलानको दुवै भागमा साँघुरा झ्यालहरू र खजूरका रूखहरू थिए । यी मन्‍दिरका छेउका कोठाहरू थिए, र यी कोठाहरूमा पनि पाली-छानोहरू थिए ।
EZE 42:1 त्यसपछि ती मानिसले मलाई उत्तरी भागको बाहिरी चोकमा लगे, र तिनले मलाई बाहिरी चोक र उत्तरतिरको बाहिरी भित्तामा भएका बर्दलीहरूमा मलाई ल्याए ।
EZE 42:2 यी बार्दलीहरूको लमाइ एक सय हात र चौडाइ पचास हात थियो ।
EZE 42:3 यी बार्दलीमध्ये केही भित्री चोकतिर फर्केका थिए र तिनीहरू पवित्र-स्थानबाट बिस हात टाढा थिए । त्यहाँ बार्दलीहरूका तिन तह थिए, र माथिहरू तलतिर फर्केका थिए, ती दुईको बिचमा खुला भाग थियो । केही बार्दलीहरूचाहिं बाहिरी चोक तिर फर्केका थिए ।
EZE 42:4 ती बार्दलीहरूका अगाडि दश हात चौडा र एक सय हात लामो बाटो थियो । ती बार्दलीहरूका ढोकाहरू उत्तरतर्फ थिए ।
EZE 42:5 तर माथिल्ला बार्दलीहरू साना थिए, किनभने बाटोहरूले भवनको तल्लो र बिचको तहमा भन्दा ती बार्दलीहरूले धेरै ठाउँ ओगटेको थियो ।
EZE 42:6 किनकि तेस्रो तल्लाका बार्दलीहरूमा खम्बाहरू थिएनन्, तर चोकमा भने खम्बाहरू थिए । यसकारण तल्लो र बिचको तहका बार्दलीहरूका तुलनामा माथिल्लो तल्लाका बार्दलीहरू साँघुरा थिए ।
EZE 42:7 बाहिरी भित्ता कोठाहरूबाट भएर बाहिरी चोकसम्म पुग्थे, र चोकचाहिं कोठाहरूको अगाडि थियो । त्यो भित्ताको लमाइ पचास हात थियो ।
EZE 42:8 बाहिरी चोकका कोठाहरूको लमाइ पचास हात थियो, र पवित्र-स्थानतिर फर्केका कोठाहरूको लमाइ एक सय हात थियो ।
EZE 42:9 पूर्वपट्टिबाट तल्ला कोठाहरूका निम्ति बाहिर चोकतिरबाट एउटा ढोका थियो ।
EZE 42:10 पवित्र-स्थानको भित्री चोकको अगाडिको बाहिरी चोकको पूर्वीय भागको चोकमा पनि कोठाहरू थिए ।
EZE 42:11 ती कोठाहरूका अगाडि बाटो थियो । ती कोठाहरूको वनावट उत्तरी भागका कोठाहरूजस्‍ता थिए । तिनीहरूका लमाइ, चौडाइ, बाहिर निस्कने ढोका, वनावट र ढोकाहरू उस्तै थिए ।
EZE 42:12 दक्षिण भागमा ती कोठाहरूमा जाने ढोकाहरू थिए जुन उत्तरका ढोकाहरूजस्‍तै थिए । भित्री बाटोको मुखमै एउटा ढोका थियो, र त्यो बाटो धेरै कोठाहरूसम्म पुग्थ्यो । पूर्वपट्टि एउटा छेउमा त्यस बाटोमा जाने ढोकाको थियो ।
EZE 42:13 तब ती मानिसले मलाई भने, “बाहिरी चोकको अगाडि भएका उत्तरी कोठाहरू र दक्षिणी कोठाहरू पवित्र कोठाहरू हुन् । त्‍यहाँ परमप्रभुसँग नजिकबाट काम गर्ने पुजारीहरूले अति पवित्र भोजन खान्छन् । त्यहाँ तिनीहरूले अति पवित्र कुराहरू अर्थात् अन्‍नबलि, पापबलि, र दोषबलि राख्‍छन्, किनकि यो पवित्र ठाउँ हो ।
EZE 42:14 पुजारीहरू त्यहाँ प्रवेश गरेपछि, आफूले सेवा गर्ने वस्‍त्रलाई नफुकाली पवित्र-स्थानबाट तिनीहरू बाहिरी चोकमा जानुहुँदैन, किनभने ती पवित्र छन् । यसरी तिनीहरू मानिसहरूका नजिक जानुभन्दा अगाडि अरू वस्‍त्र लगाउनुपर्छ ।”
EZE 42:15 ती मानिसले भित्री मन्‍दिर नापेर सके र मलाई पूर्वतिर फर्केको ढोकातर्फ लगे र त्यहाँ वरिपरिका क्षेत्र सबै नापे ।
EZE 42:16 तिनले पूर्वी भागलाई एउटा नाप्‍ने लौरोले नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
EZE 42:17 तिनले उत्तरी भागलाई नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
EZE 42:18 तिनले दक्षिणी भागलाई पनि नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
EZE 42:19 तिनी फर्केर पश्‍चिमी भागलाई पनि नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
EZE 42:20 तिनले त्यो चारैपट्टि नापे । पवित्र ठाउँलाई साधारण ठाउँबाट अलग गर्नको निम्ति त्यसको वरिपरि एउटा भित्ता थियो, जुन पाँच सय हात लामो र पाँच सय हात चौडा थियो ।
EZE 43:1 त्‍यसपछि ती मानिसले मलाई पूर्वपट्टि खोलिने ढोकामा लगे ।
EZE 43:2 हेर, इस्राएलका परमेश्‍वरको महिमा पूर्वबाट आयो । उहाँको आवाज धेरै पानीको झैं थियो, र पृथ्वीले उहाँको महिमाको प्रकाश दियो ।
EZE 43:3 त्योचाहिं मैले देखेको दर्शनअनुसार थियो, उहाँ सहरलाई नाश गर्न आउनुभएको बेलामा मैले देखेको दर्शनअनुसार थियो, र ती दर्शनहरू मैले कबार नदीको किनारमा देखेको दर्शनजस्‍तो थियो, र मैले आफ्‍नो शिर घोप्टो पारें ।
EZE 43:4 यसरी पूर्वपट्टि खोलिएको ढोकाको बाटोबाट परमप्रभुको महिमा मन्‍दिरभित्र आयो ।
EZE 43:5 तब आत्माले मलाई उचाल्‍नुभयो र मलाई भित्री चोकमा ल्याउनुभयो । हेर, परमप्रभुको महिमाले मन्‍दिरलाई भरिरहेको थियो ।
EZE 43:6 ती मानिस मेरो छेउमा खडा थिए, र मैले मन्‍दिरबाट अर्को कोही मसँग बोलिरहेका सुनें ।
EZE 43:7 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, यो मेरो सिंहासनको ठाउँ र मेरो पाउका पैताला रहने ठाउँ हो, जहाँ म इस्राएलका मानिसहरूका बिचमा सदासर्वदाको निम्ति रहनेछु । इस्राएलको घराना, अर्थात् तिनीहरू र तिनीहरूका राजाहरूले आफ्ना विश्‍वासहीनता वा उच्‍च ठाउँहरूमा तिनीहरूका राजाहरूका लाशद्वारा अबदेखि मेरो पवित्र नाउँलाई अशुद्ध पार्नेछैनन् ।
EZE 43:8 तिनीहरूको सँघारलाई मेरो सँघारको नजिक, र तिनीहरूको ढोकाका चौकोसहरूलाई मेरो ढोकाका चौकोसहरूका नजिक राखेर, अनि म र तिनीहरूका बिचमा एउटा भित्ता मात्र राखेर अबदेखि तिनीहरूले मेरो पवित्र नाउँलाई अशुद्ध पार्नेछैनन् । तिनीहरूले आफ्ना घिनलाग्दा कामहरूद्वारा मेरो नाउँलाई अशुद्ध बनाए, यसैले मैले तिनीहरूलाई आफ्‍नो क्रोधमा नाश गरें ।
EZE 43:9 अब तिनीहरूले आफ्ना विश्‍वासहीनता र तिनीहरूका राजाहरूका लाशहरूलाई मेरो नजिकबाट हटाऊन्, र म तिनीहरूका बिचमा सदासर्वदालाई रहनेछु ।
EZE 43:10 ए मानिसको छोरो, यस मन्‍दिरको विषयमा तँ आफैले इस्राएलको घरानालाई भन्‍नू ताकि तिनीहरू आफ्ना अपराधहरूका कारण शर्ममा परून् । तिनीहरूले यो वर्णनमाथि विचार गरून् ।
EZE 43:11 तिनीहरूले गरेका सबै कुराका निम्ति तिनीहरू लज्‍जित छन् भने यस मन्‍दिरको सारा संरचना, सबै विवरण, बाहिर जाने र भित्र आउने ढोकाहरू, र त्यसका सारा नमूना, र विधि र नियमहरू तिनीहरूलाई प्रकट गराउनू । अनि तिनीहरूका आँखा अगाडि यो लेख् ताकि तिनीहरूले त्यसको सारा संरचना र नियमहरूलाई सुरक्षित राखून्, यसरी ती पालना गरून् ।
EZE 43:12 मन्‍दिरको नियम यही हो: पहाडको टुप्पोदेखि त्यसको वरिपरिको क्षेत्र पवित्र हुनुपर्छ । हेर, मन्‍दिरको नियम यही नै हो ।
EZE 43:13 वेदीका नापहरू लामो हातको नापअनुसार यस्ता हुन्—लामो हातको नाप एक हात र चार अङ्कुलको चौडाइ बराबर हुन्छ । वेदीको वरिपरिको नाल एक हात गहिरो, र त्यसको चौडाइ एक हात हुनेछ । त्यसलाई घेर्ने बिटको नाप एक बित्ता हुनेछ । योचाहिं वेदीको आधार हो ।
EZE 43:14 भूँइको नालदेखि वेदीको तल्लो किनारसम्म दुई हात, र किनार आफैचाहिं एक हात चौडा छ । अनि वेदीको सानो किनारदेखि ठुलो किनारसम्म चार हात, र ठुलो किनारचाहिं एक हात चौडा छ ।
EZE 43:15 होमबलिको निम्ति वेदीको अगेनो चार हात अग्लो छ, र अगेनोमा माथि फर्केका चारवटा सिङ छन् ।
EZE 43:16 अगेनो बाह्र हात लामो र बाह्र बात चौडा, वर्गाकार छ ।
EZE 43:17 त्यसको चारैतिर त्यसको बिट चौध हात लामो र चौध हात चौडा छ, र त्यसको किनार आधा हात चौडा छ । नालचाहिं पूर्वतिर फर्केका खुट्किलासहित सबैतिर एक हात चौडा छ ।”
EZE 43:18 त्यसपछि तिनले मलाई भने, “ए मानिसको छोरो, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिनीहरूले वेदी बनाएको दिनमा, र त्यसमा होमबलि चढाउने, र रगत छर्किने विधिहरू यी नै हुन् ।
EZE 43:19 सादोकको वंशबाट मेरो सेवा गर्न मेरो नजिक आउने लेवी पुजारीहरूलाई पापबलिको रूपमा एउटा साँढे दिनू, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 43:20 तब तैंले त्यसको केही रगत लिनू र वेदीका चारवटा सिङ, वेदीको चार सीङ्, चार कुना र वरिपरिको किनारमा लगाउनू अनि त्यसलाई शुद्ध गरेर त्यसको निम्ति प्रायश्‍चित गर्नू ।
EZE 43:21 अनि तैंले साँढेलाई पापबलिको निम्ति लैजानू र पवित्र- स्थानको बाहिरपट्टि मन्दिरको तोकिएको ठाउँमा त्‍यसलाई जलाउनू ।
EZE 43:22 अनि दोस्रो दिनमा तैंले एउटा निष्खोट बोकोलाई पापबलिको रूपमा चढाउनु । पुजारीहरूले साँढेले वेदीलाई शुद्ध गरेजस्तै वेदीलाई शुद्ध गर्नेछन् ।
EZE 43:23 त्यसलाई तैंले शुद्ध गरिसकेपछि, बथानबाट एउटा निष्खोट साँढे र बगालबाट एउटा निष्खोट भेडो चढाउनु ।
EZE 43:24 ती परमप्रभुको अगि चढाउनु । पुजारीहरूले तीमाथि नून राख्‍नेछन् र परमप्रभुको निम्ति होमबलिझैं चढाउनेछन् ।
EZE 43:25 सात दिनसम्म तैंले पापबलिको निम्ति एउटा बोको दिनदिनै तयार गर्नू, र पुजारीहरूले पनि एउटा बथानका त्‍यो निष्खोट साँढे र बगालको त्‍यो निष्खोट भेडो तयार गरून् ।
EZE 43:26 तिनीहरूले वेदीको निम्ति सात दिनसम्म प्रायश्‍चित गरून् र त्यसलाई शुद्ध पारून् । यसरी तिनीहरूले त्यसलाई पवित्र पार्नुपर्छ ।
EZE 43:27 तिनीहरूले यी दिनहरू पुरा गर्नैपर्छ, र आठौं दिन र त्यसपछि पुजारीहरूले तिमीहरूका होमबलि र तिमीहरूका मेलबलिलाई वेदीमा तयार गर्नेछन्, र म तिमीहरूलाई ग्रहण गर्नेछु, यो परमप्रभु परमेश्‍वर घोषणा हो ।”
EZE 44:1 त्‍यसपछि ती मानिसले मलाई पूर्व फर्केको बाहिरी पवित्र स्थानको ढोकामा ल्याए । त्यो बलियो गरी बन्द थियो ।
EZE 44:2 परमप्रभुले मलाई भन्‍नुभयो, “यो ढोकाको बन्द गरी मोहर लगाइएको छ । यो खोलिनेछैन । कोही पनि मानिस त्यहाँबाट जानेछैन, किनकि परमप्रभु, इस्राएलका परमेश्‍वर त्यहाँबाट आउनुभएको छ, यसैले त्यो बलियो गरी बन्द गरिएको छ ।
EZE 44:3 इस्राएलको शासक परमप्रभुको अगि भोजन गर्नलाई त्यहाँ बस्‍नेछ । त्यो ढोकाको दलानबाट भित्र आउनेछ र त्यही बाटो बाहिर जानेछ ।”
EZE 44:4 तब तिनले मलाई उत्तरी ढोकाको बाटो हुँदै मन्दिरको अगाडि लगे । मैले हेरें, र हेर, परमप्रभुको महिमाले परमप्रभुको मन्‍दिरलाई ढाक्यो, र मैले आफ्‍नो शिर घोप्टो पारें ।
EZE 44:5 तब परमप्रभुले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, मैले तँलाई घोषणा गर्ने सबै कुरा, परमप्रभुको मन्‍दिरका सबै विधि र त्‍यसका सबै नियमतिर आफ्नो हृदयलाई तयार पार् र ती आफ्ना आँखाले हेर् र कानले सुन् । मन्‍दिरका भित्र आउने ढोकाको र बाहिर निस्कने ढोकाहरूका बारेमा विचार गर् ।
EZE 44:6 तब विद्रोही इस्राएलको घरानालाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: ए इस्राएलको घराना, तेरा सबै घिनलाग्दा कामहरू अब अति भएका छन्,
EZE 44:7 तिमीहरूले मलाई भोजन, बोसो र रगत चढाउँदा, खतना नभएका हृदय र खतना नभएका शरीरका परदेशीहरूलाई तिमीहरूले मेरो पवित्र-स्थानमा ल्याएर मेरो मन्‍दिरलाई अशुद्ध बनयौ । तिमीहरूका घिनलाग्दा कामहरूले तिमीहरूले मेरो करार भङ्ग गरेका छौ ।
EZE 44:8 मेरा पवित्र कुराहरूका बारेमा तिमीहरूले आफ्ना कर्तव्य पुरा गरेका छैनौ, तर तिमीहरूले आफ्ना कर्तव्यहरू पुरा गर्न अरू नियुक्त गर्‍यौ र तिमीहरूले तिनीहरूलाई नै मेरो पवित्र स्थानको रेखदेख गर्न लगायौ ।
EZE 44:9 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: इस्राएलका मानिसहरूका बिचमा बसोबास गर्ने कोही परदेशी जसको हृदय र शरीरको खतना भएको छैन, त्यो मेरो पवित्र ठाउँमा प्रवेश नगरोस् ।
EZE 44:10 तापनि लेवीहरू भने मबाट टाढा भए— आफ्ना मूर्तिहरूका पछि लागेर तिमीहरू मबाट टाढा भट्‍किए, तर तिनीहरूले आफ्ना पापको मोल तिर्नेछन् ।
EZE 44:11 तिनीहरू मेरो पवित्र-स्थानमा सेवकहरू हुन्, र तिनीहरूले मन्‍दिरका ढोकाहरूका रेखदेख गर्छन् र मन्‍दिरमा सेवा गर्छन् र तिनीहरूले होमबलि र मानिसहरूका बलिदानहरूलाई मार्छन्, र तिनीहरू मानिसहरूको अगि खडा हुन्‍छन् र तिनीहरूको सेवा गर्छन् ।
EZE 44:12 तर तिनीहरूले आफ्ना मूर्तिहरूका अगाडि बलिदान चढाएका हुनाले, इस्राएलको घरानाको निम्ति तिनीहरू पापको कारण बने । यसैकारण म आफ्नो हात उठाएर तिनीहरूको विरुद्ध शपथ खान्छु, कि तिनीहरूले आफ्नो दण्ड पाउनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 44:13 तिनीहरू मेरा पुजारीहरूको काम गर्न वा मेरा पवित्र, अति पवित्र कुराहरू भएको ठाउँमा मेरो नजिक आउनेछैनन् । बरु, तिनीहरूले गरेका घिनलाग्दा कामहरूको कारण तिनीहरूले निन्दा र दोष भोग्‍नेछन् ।
EZE 44:14 तर म तिनीहरूलाई मेरो मन्‍दिरमा त्यसका सारा कर्तव्यहरू र त्यहाँ गरिने सबै कुरामाथि जिम्मा दिनेछु ।
EZE 44:15 अनि इस्राएलका मानिसहरू मबाट टाढा भट्‍किरहेका बेलामा, मेरो पवित्र-स्थानका कर्तव्यहरूलाई पुरा गर्ने सादोकका छोराहरू अर्थात् लेवी पुजारीहरू मेरो अगि मेरो आराधना गर्न आउनेछन् । मलाई बोसो र रगत चढाउन तिनीहरू मेरो अगि खडा हुनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 44:16 तिनीहरू मेरो पवित्र-स्थानमा आउनेछन् । मेरो आराधना गर्न र मेरो निम्ति आफ्ना कर्तव्यहरू पुरा गर्न तिनीहरू मेरो टेबल नजिक आउनेछन् ।
EZE 44:17 यसरी तिनीहरू भित्री चोकका ढोकाहरूमा आउँदा, तिनीहरूले सूतिको कपडा लगाउनुपर्छ, किनभने चोकको ढोका र मन्‍दिरभित्र आउन तिनीहरूले ऊनको वस्‍त्र लगाउनुहुँदैन ।
EZE 44:18 तिनीहरूका शिरमा सूतिको फेटा र कम्मरमा सूतिको भित्री लुगा हुनुपर्छ । तिनीहरूले पसिना आउने कुनै पनि लुगा लगाउनुहुँदैन ।
EZE 44:19 जब तिनीहरू मानिसहरूकहाँ बाहिरी चोकमा जान्छन्, तब तिनीहरूले सेवा गर्दा लगाइरहेको वस्‍त्र खोल्‍नुपर्छ । तिनीहरूले ती खोल्‍नैपर्छ र ती पवित्र कोठामा राक्‍नुपर्छ, ताकि ती विशेष पहिरनको छुवाइले तिनीहरूले अरू मानिसहरूलाई पवित्र नबनाऊन् ।
EZE 44:20 तिनीहरू आफ्नो कपाल खौरिन पनि हुँदैन, न त ती खुला छोड्‍न हुन्‍छ, तर तिनीहरूले आफ्ना शिरका कपाललाई छोटो गरी काटून् ।
EZE 44:21 भित्री चोकमा आउँदा कुनै पनि पुजारीले दाखमद्य पिएको हुनुहुँदैन ,
EZE 44:22 त्यसले विधवा वा सम्‍बन्‍ध-विच्‍छेद भएकी स्‍त्रीलाई आफ्नी पत्‍नी बनाउनुहुँदैन, तर त्यसले इस्राएलको घरानाको कन्ये केटी वा पुजारीसँग विवाह गरेर विधवा भएकीसँग मात्र विवाह गरोस् ।
EZE 44:23 किनकि तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र अपवित्र बिचको भिन्‍नताबारे सिकाउनेछन् । तिनीहरूले उनीहरूलाई शुद्ध र अशुद्ध बारे चिनाउनेछन् ।
EZE 44:24 कुनै विवाद भएमा, तिनीहरूले मेरा विधिहरूअनुसार न्याय गर्नेछन् । तिनीहरू न्यायपूर्ण हुनुपर्छ । तिनीहरूले हरेक चाडमा मेरा नियम र विधिहरू पालना गर्नेछन्, र तिनीहरूले मेरा पवित्र शबाथहरू मनाउनेछन् ।
EZE 44:25 तिनीहरू अशुद्ध हुनलाई मरेको मानिसको अगाडि जानेछैनन्, तर आफ्‍ना बुबा, आमा, छोरो , छोरी, दाजुभाइ, वा कन्ये दिदीबहिनी भएमा तिनीहरू जान सक्छन् । नत्रता तिनीहरू अशुद्ध हुनेछन् ।
EZE 44:26 कुनै पुजारी अधुद्ध भएपछि, तिनीहरूले त्यसको निम्ति सात दिन गन्‍नेछन् ।
EZE 44:27 अनि त्यो पवित्र-स्थानमा, अर्थात् पवित्र-स्थानमा सेवा गर्नलाई भित्री चोकमा प्रवेश गर्ने दिनमा, त्यसले आफ्नो निम्ति पापबलि ल्याओस्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 44:28 तिनीहरूको उत्तराधिकार यही हुनेछ: म नै तिनीहरूको उत्तराधिकार हुँ, र इस्राएलमा तिमीहरूले तिनीहरूलाई कुनै सम्पत्ति नदिनू । म नै तिनीहरूको सम्पत्ति हुनेछु ।
EZE 44:29 तिनीहरूले अन्‍नबलि, पापबलि, र दोषबलिबाट खानेछन्, र इस्राएलमा परमप्रभुको निम्ति चढाइएको हरेक कुरा तिनीहरूकै हुनेछ ।
EZE 44:30 सबै कुराका पहिलो फलबाट असल फल र तिमीहरूका सबै उपहारहरू पुजारीहरूकै हुनेछन्, र तिमीहरूले तिमीहरूका भोजनबाट उत्कृष्‍ट अन्‍नबलि पुजारीहरूलाई दिनू ताकि तिमीहरूको घरमा आशिष् आओस् ।
EZE 44:31 जङ्गली पशुले मारेको चरा वा पशुको सिनुबाट पुजारीहरूले खानुहुँदैन ।
EZE 45:1 उत्तराअधिकारको रूपमा देशलाई भाग लगाउन जब तिमीहरूले चिठ्ठा हाल्‍छौ, तब तिमीहरूले परमप्रभुको निम्‍ति एउटा जग्‍गा अलग गर्नू । यो दानको जग्‍गा पच्‍चीस हजार हात लामो र दश हजार हात चौडा देशको एउटा पवित्र जमिन हुनेछ । त्यो र त्यसको वरिपरिको क्षेत्र सबै पवित्र हुनेछ ।
EZE 45:2 यसबाट पाँच सय हात लमाइ र चौडाइको वर्गाकार क्षेत्र हुनेछ जसले पवित्र स्थानलाई घेर्नेछ, र त्यसको वरिपरिको सिमाना पचास हात चौडा हुनेछ ।
EZE 45:3 यस क्षेत्रबाट तिमीहरूले पच्‍चीस हजार हात लमाइ र दश हजार हात चौडाइ नाप्‍नू । त्योचाहिं पवित्र-स्थान, र महा-पवित्र स्थान हुनेछ ।
EZE 45:4 योचाहिं परमप्रभुको सेवा गर्ने पुजारीहरूका निम्ति देशमा एउटा पवित्र ठाउँ हुनेछ, जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । यो तिनीहरूका निम्ति घरहरू र पवित्र ठाउँको निम्ति एउटा पवित्र क्षेत्र हुनेछ ।
EZE 45:5 यसरी त्यो पच्‍चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ, र त्यो मन्‍दिरमा सेवा गर्ने लेवीहरूका नगरहरूका निम्ति त्‍यो हुनेछ ।
EZE 45:6 सहरको लागि एउटा क्षेत्र अलग गर्नू जुन पाँच हजार हात चौडा र पच्‍चीस हजार हात लामो होस् । त्योचाहिं पवित्र ठाउँको निम्ति अलग गरिएको क्षेत्रको छेउमा हुनेछ । यो सहर इस्राएलका सबै घरानाको हुनेछ ।
EZE 45:7 शासकको जमिनचाहिं पवित्र-स्थान र सहरको निम्ति अलग गरिएको क्षेत्रको दुवैपट्टि हुनेछ । त्यो तिनीहरूको पश्‍चिम र पूर्वपट्टि हुनेछ । पूर्वदेखि पश्‍चिमसम्म यी भागहरूमध्ये एउटाको लमाइसँग बराबर लमाइ हुनेछ ।
EZE 45:8 यो जमिनचाहिं इस्राएलको शासकका सम्पत्ति हुनेछ । मेरा शासकहरूले अब मेरा मानिसहरूलाई थिचोमिचो गर्नेछैनन् । बरु, तिनीहरूले इस्राएलको घरानाका कुलहरूलाई त्यो जमिन दिनेछन् ।
EZE 45:9 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: अब अति भयो, इस्राएलका शासकहरू हो! हिंसा र झैं-झगडा हटाओ । न्याय गर र धार्मिकता देखाओ । मेरा मानिसहरूलाई निष्कासन गर्न छोडिदेओ! यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 45:10 तिमीहरूका नाप ठिक, ठिक एपा र ठिक बाथ हुनुपर्छ!
EZE 45:11 एपा र बाथको नाप बराबर हुनुपर्छ । यसैले एक बाथ होमेरको दश भागको एक भाग हुनेछ । एक एपा होमेरको दश भागको एक भाग हुनेछ । तिनीहरूका नाप होमेरसँग मिल्‍दो हुनेछ ।
EZE 45:12 शेकेलचाहिं बिस गेरा होस् । साठी शेकेलको एक मीना हुनेछ ।
EZE 45:13 तिमीहरूले दिनेपर्ने योगदान यही हो: गहुँको एक होमेरसँग एपाको छैटौंभाग, र जौको एक होमेरसँग एपाको छैटौंभाग तिमीहरूले दिनेछौ ।
EZE 45:14 तेलको तोकिएको भेटीचाहिं हरेक कोर वा हरेक होमेरको निम्ति बाथको दशौंभाग हुनेछ (एक कोर दश बाथ हुन्छ), किनभने एक होमेर भनेको पनि दश बाथ हो ।
EZE 45:15 इस्राएलका राम्रो पानी पाएका क्षेत्रहरूका हरेक दुई सय पशुहरूका निम्ति बगालबाट एउटा भेडो वा बोको मानिसहरूका निम्ति प्रायश्‍चित गर्नलाई होमबलि वा मेलबलिको निम्ति प्रयोग हुनेछ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 45:16 देशका सबै मानिसहरूले इस्राएलको शासकलाई यो उपहार दिनेछन् ।
EZE 45:17 चाडहरू र औंसीका उत्सवहरू र शबाथ दिनहरू—इस्राएलको घरानाका सबै तोकिएका चाडहरूमा होमबलि, अन्‍नबलि, र अर्घबलिका निम्ति पशुहरू तयार गर्ने जिम्मेवारी शासकको हुनेछ । तिनैले इस्राएलको घरानाको निम्ति प्रायश्‍चित गर्न पापबलि, अन्‍नबलि, होमबलि, र मेलबलिको प्रबन्‍ध गर्नेछन् ।
EZE 45:18 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: पहिलो महिनाको पहिलो दिनमा, तिमीहरूले बथानबाट एउटा निष्खोट साँढे लिनू र पवित्र-स्थानको निम्ति पापबलि चढाउनु ।
EZE 45:19 पुजारीले पापबलिको रगतबाट केही लिनेछन् र मन्‍दिरको ढोकाका चौकोसहरू, वेदीको सिमानाका चार किनारहरू, र भित्री चोकको ढोकाको चौकोसहरूमा लगाउनेछन् ।
EZE 45:20 हरेक मानिसबाट अजानमा वा अज्ञानतामा हुने पापको निम्ति महिनाको सातौं दिनमा यस्तो गर्नू । यसरी तिमीहरूले मन्दिरको निम्ति प्रायश्‍चत गर्नेछौ ।
EZE 45:21 पहिलो महिनाको चौधौं दिनमा, तिमीहरूको निम्ति सात दिनको एउटा पर्व हुनेछ । तिमीहरूले अखमिरी रोटी खानुपर्छ ।
EZE 45:22 त्यस दिनमा, शासकले आफ्नै निम्ति र देशका सबै मानिसहरूका निम्ति पापबलिको रूपमा एउटा साँढे तयार गर्नेछन् ।
EZE 45:23 सात दिनको पर्वमा, शासकले परमप्रभुको निम्ति होमबलि तयार गर्नेछन्: सात दिनसम्म हरेक दिन सातवटा साँढे र सात वटा निष्खोट भेडा, र हरेक दिन पापबलिको रूपमा एउटा बोको ।
EZE 45:24 अनि शासकले हरेक साँढेको निम्ति एक एपा र हरेक भेडोको निम्ति एक एपा अन्‍नबलि र हरेक एपाको निम्ति एक हीन तेल तयार गर्नेछ ।
EZE 45:25 सातौं महिनाको पन्ध्रौं दिनमा, चाडमा, शासकले यी सात दिनहरूमा यी बलिहरू चढाउनेछन्: पापबलि, होमबलि, अन्‍नबलि, र तेलको बलि ।
EZE 46:1 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: भित्री चोकको पूर्वपट्टि फर्किएको ढोका कामको हप्‍ताको छ दिनसम्म बन्द हुनेछ, तर शबाथको दिनमा त्यो खोलिनेछ र औंसीको दिनमा त्यो खोलिनेछ ।
EZE 46:2 बाहिरबाट ढोका र त्यसको दलान हुँदै शासक बाहिरी चोकमा आउनेछन्, र पुजारीहरूले होमबलि र मेलबलि चढाउँदा तिनी भित्री ढोकाको चौकोसको छेउमा खडा हुनेछन् । तब तिनले भित्री ढोकाको सँघारमा आराधना गर्नेछन् र बाहिर जानेछन्, तर त्यो ढोका भने साँझसम्म नै बन्द हुनेछैन ।
EZE 46:3 शबाथ र औंसीमा देशका मानिसहरूले पनि यही ढोकामा परमप्रभुको आराधना गर्नेछन् ।
EZE 46:4 शासकले परमप्रभुलाई शबाथ दिनमा चढाउने होमबलि छवटा निष्खोट थुमा र एउटा निष्खोट भेडो हुनेछ ।
EZE 46:5 भेडोसँग चढाइने अन्‍नबलि एक एपा हुनेछ, र थुमासँग चढाइने अन्‍नबलि तिनले दिन चाहेजति हुनेछ, र अन्‍नको हरेक एपासँग एक हीन तेल होस् ।
EZE 46:6 औंसीको दिनमा तिनले बथानबाट एउटा निष्खोट साँढे, छवटा थुमा, र एउटा निष्खोट भेडो चढाउन् ।
EZE 46:7 तिनले साँढेको निम्ति एक एपा, भेडोको निम्ति एक एपा, र थुमाहरूका निम्ति तिनले दिन चाहेजति अन्‍नबलि चढाउन्, र अन्‍नको हरेक एपाको निम्ति एक हीन तेल होस् ।
EZE 46:8 जब शासक ढोका र त्यसको दलानको बाटोबाट आउँछन्, तब तिनी त्यही बाटोबाट भएर बाहिर जानुपर्छ ।
EZE 46:9 तर जब देशका मानिसहरू तोकिएका चाडहरूमा परमप्रभुको सामु आउँछन्, तब उत्तरी ढोकाबाट आउनेहरू दक्षिणी ढोकाबाट बाहिर जानुपर्छ, र दक्षिणी ढोकाबाट आउनेहरू उत्तरी ढोकाबाट बाहिर जानुपर्छ । कोही पनि आफू भित्र पसेको ढोकातिर फर्कनुहुँदैन, किनकि त्यो सिधै अगाडि जानुपर्छ ।
EZE 46:10 शासक तिनीहरूका बिचमा हुनुपर्छ । तिनीहरू भित्र जाँदा उनी पनि भित्र जानुपर्छ, र तिनीहरू बाहिर निस्कँदा, उनी पनि बाहिर निस्कनुपर्छ ।
EZE 46:11 चाडहरूमा साँढेको निम्ति एक एपा, र भेडोको निम्ति एक एपा, र थुमाहरूका तिनले दिने गरेजति अन्‍नबलि होस्, र हरेक एपाको निम्त एक हीन तेल होस् ।
EZE 46:12 जब शासकले स्वइच्छा भेटी चढाउँछन्, चाहे त्यो परमप्रभुको निम्ति होमबलि होस् वा मेलबलि, पूर्वपट्टि फर्केको ढोका तिनको निम्ति खोलिनेछ । तिनले शबाथ दिनमा झैं होमबलि वा मेलबलि चढाउनुपर्छ । तब तिनी बाहिर जानुपर्छ, र तिनी बाहिर गएपछि, त्‍यो ढोका बन्द गरिनेछ ।
EZE 46:13 यसका अतिरक्‍त, तिमीहरूले दैनिक रूपमा परमप्रभुलाई एक वर्षे निष्खोट भेडो होमबलिको रूपमा चढाउनु । यो तिमीहरूले हरेक बिहान गर्नुपर्छ ।
EZE 46:14 त्योसँगै तिमीहरूले हरेक बिहान अन्‍नबलि चढाउनु, एक एपाको छैटौं भाग र परमप्रभुको निम्ति चढाइने अन्‍नबलिको पिठोलाई भिजाउनको निम्ति एक हीन तेलको एक-तिहाई भाग चढाउने अनन्तको विधि होस् ।
EZE 46:15 तिनीहरूले थुमा, अन्‍नबलि र तेललाई हरेक बिहान तयार गर्नेछन् । यो सधैंको होमबलि हुनेछ ।
EZE 46:16 परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: शासकले आफ्ना कुनै पनि छोरोलाई बकस दिन्‍छन् भने त्यो तिनको उत्तराधिकार हुनेछ । त्यो तिनका छोराहरूका सम्पत्ति, अर्थात् उत्तराधिकार हुनेछ ।
EZE 46:17 तर तिनले आफ्नो उत्तराधिकारबाट आफ्ना सेवकमध्ये एक जनालाई बकस दिन्‍छन् भने, स्वन्त्रताको वर्ष नभएसम्म त्यो त्यस सेवकको हुनेछ, र त्यसपछि त्‍यो उक्‍त शासकलाई फिर्ता हुनेछन् । तिनको उत्तराधिकार निश्‍चय पनि तिनका छोराहरूकै हुनेछ ।
EZE 46:18 शासकले मानिसहरूका उत्तराधिकार कब्‍जा गरेर तिनीहरूलाई आफ्नो सम्पत्तिबाट अलग गर्नुहुँदैन। तिनले आफ्ना छोराहरूलाई आफ्नै सम्पत्तिबाट दिनुपर्छ ताकि मेरा मानिसहरू आफ्नो सम्पत्तिबाट तितर-बितर हुनेछैनन् ।’”
EZE 46:19 त्यसपछि ती मानिसले मलाई ढोकाबाट पुजारीहरूका पवित्र कोठाहरूमा लगे, जुन उत्तरतर्फ फर्केका थिए । पश्‍चिमतर्फ एउटा ठाउँ थियो ।
EZE 46:20 तिनले मलाई भने, “यो त्यही ठाउँ हो जहाँ पुजारीहरूले पापबलि र दोषबलिलाई उमाल्छन् र जहाँ तिनीहरूले अन्‍नबलिलाई पोल्छन् । तिनीहरूले ती बलिहरूलाई बाहिरी चोकमा लानुहुँदैन, किनकि त्‍यसो गरे मानिसहरू पवित्र हुनेछन् ।”
EZE 46:21 तब तिनले मलाई बाहिरी चोकमा ल्याए र तिनले मलाई त्यस चोकका चार कुनाबाट हिंड्न लगाए, र मैले चोकका हरेक कुनामा अर्को एउटा चोक देखें ।
EZE 46:22 बाहिरी चोकको चार कुनामा चारवटा स-साना, चालिस हात लामो र तिस हात चौडा चोकहरू थिए । चारै चोकका एउटै नाप थियो ।
EZE 46:23 ती चारैको वरिपरि ढुङ्गाको एउटा लहर थियो, र ती ढुङ्गाको लहरमुनि चुलाहरू थिए ।
EZE 46:24 ती मानिसले मलाई भने, “यी ठाउँहरूमा मन्दिरका सेवकहरूले मानिसहरूका बलिहरूलाई उमाल्नेछन् ।”
EZE 47:1 त्यसपछि ती मानिसले मलाई फेरि मन्दिरको ढोकामा लगे, र पूर्वपट्टि मन्‍दिरको मन्दिरको सँघारमुनिबाट पानी बगिरहेको थियो, किनकि मन्दिरको अगाडिको भाग पूर्व फर्केको थियो, र पानीचाहिं मन्दिरको दक्षिणतिर, वेदीको दाहिनेतिर बगिरहेको थियो ।
EZE 47:2 यसैले तिनले मलाई उत्तरी ढोकाबाट बाहिर निकाले, र पूर्वपट्टि फर्किएको ढिकाको वरिपरि डोर्‍याए, र त्यो ढोकाबाट दक्षिणतिर पानी बगिरहेको थियो ।
EZE 47:3 ती मानिस पूर्वतिर गइरहँदा, तिनको हातमा एउटा नाप्‍ने टाँगो थियो । तिनले एक हजार हात नापे र तिनले मलाई त्यो पानीको बाटोहुँदै गोलिगाँठोसम्म पानी आउने ठाउँमा ल्याए ।
EZE 47:4 त्‍यसपछि तिनले फेरि एक हजार हात नापे र मलाई पानीको बाटोहुँदै घुँडासम्म पानी आउने ठाउँमा ल्याए । अनि तिनले अर्को एक हजार हात नापे र मलाई कम्मरसम्म पानी आउने ठाउँमा ल्याए ।
EZE 47:5 त्‍यसपछि तिनले एक हजार हात नापे, तर त्यहाँ एउटा नदी थियो जसलाई मैले तर्न सकिनँ किनभने पानी बढेको थियो र पौडिन मिल्‍ने गरी गहिरो थियो । त्यो तर्न नसकिने नदी थियो ।
EZE 47:6 ती मानिसले मलाई भने, “ए मानिसको छोरो, के तँ यो देख्‍न सक्छस्?” र तिनले मलाई बाहिर ल्याए र त्‍यो नदीको किनारमा हिंडाए ।
EZE 47:7 जब म हिंड्दै थिएँ, नदीको दुवैपट्टिको किनारमा धेरै वटा रूखहरू थिए ।
EZE 47:8 ती मानिसले मलाई भने, “यो पानी पूर्वी इलाकातिर र तल अराबामा जान्छ । यो पानी खारा समुद्रमा बगेर जान्छ र त्यसलाई ताजा बनाउँछ ।
EZE 47:9 झुण्डमा बस्‍ने हरेक जीवित प्राणी त्यो पानी जहाँ-जहाँ जान्छ त्यहीं नै बस्‍नेछ । त्यहाँ धेरै माछा हुनेछन्, किनकि यो पानी त्यहाँ बग्छ । त्यसले नुनिलो पानीलाई ताजा बनाउनेछ । त्यो नदी जहाँ-जहाँ जान्छ हरेक कुरा बाँच्‍नेछ ।
EZE 47:10 तब एन-गदीका जालहारीहरू त्यो पानीको छेउमा उभिनेछन्, र एन-एग्लैसम्म माछाको जाल सुकाउने ठाउँ हुनेछ । त्यो खारा समुद्रमा धेरै किसिमका माछा हुनेछन् जस्‍तो महासमुद्रमा प्रशस्‍त माछाहरू हुन्‍छन् ।
EZE 47:11 तर खारा समुद्रका दलदल र सिमसार भने ताजा बनाइनेछैन । तिनीहरू नून दिनका निम्ति रहनेछन् ।
EZE 47:12 यस नदीको छेउमा, दुवैपट्टिको किनारमा, फल फलाउने सबै प्रकारका रूखहरू बढ्नेछन् । तिनीहरूका पातहरू सुक्‍नेछैनन् र तिनीहरूका फल कहिल्यै पनि रोकिनेछैनन् । हरेक महिना रूखहरूले फल दिनेछन्, किनभने पवित्र-स्थानबाट पानी त्यहाँ बग्छ । तिनीहरूको फल भोजनको निम्ति हुनेछ, र तिनीहरूका पात निको पार्नको निम्ति हुनेछन् ।
EZE 47:13 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: इस्राएलका बाह्र कुलहरूका निम्ति देश विभाजन गर्ने तरिका यस्तो हुनेछ: योसेफलाई दुई भाग हुनेछ ।
EZE 47:14 मैले आफ्नो हात उठाएर तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गरेका देशलाई बराबर गरेर तिमीहरूले विभाजन गर्नुपर्छ । त्यो देश तिमीहरूका निम्ति उत्तराधिकार हुनेछ ।
EZE 47:15 महासमुद्रदेखि हेतलोनको बाटो भएर सदादसम्म उत्तरी भागमा देशको निम्ति सिमाना यही हुनेछ ।
EZE 47:16 अनि त्यो सिमाना बेरोतह हुँदै सिब्रैमसम्म जानेछ, जुन दमस्कस र हमातको बिचमा छ, अनि त्यसपछि हासेर हात्तीकनसम्मै जानेछ, जुन हौरानको सिमानाको छेउमा छ ।
EZE 47:17 यसैले त्यो सिमाना समुद्रदेखि दमस्कस हुँदै उत्तरमा हमात भएर हसर-एनानसम्म जानेछ । योचाहिं उत्तरी भाग हुनेछ ।
EZE 47:18 पूर्वपट्टि त्यो सिमाना हौरान र दमस्कसको बिचमा गिलाद र इस्राएल देशको बिचमा भएको यर्दन नदीको छेउमा हुनेछ । तिमीहरूले पूर्वी समुद्रको सिमानाबाट नाप्‍नुपर्छ । पूर्वी सिमानाचाहिं पूर्वी समुद्रसम्म हुनेछ ।
EZE 47:19 अनि दक्षिण भागमा त्यो सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्मै, त्‍यसपछि मिश्रदेशको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्म जानेछ । योचाहिं दक्षिणको सिमाना हुनेछ ।
EZE 47:20 अनि पश्‍चिमको सिमानाचाहिं लेबो-हमातको विपरित, महासमुद्रसम्म हुनेछ । योचाहिं पश्‍चिमको सिमाना हुनेछ ।
EZE 47:21 यसरी तिमीहरूले आफ्नो निम्ति, अर्थात् इस्राएलका कुलको निम्ति यो देशलाई विभाजन गर्नेछौ ।
EZE 47:22 यसरी तिमीहरूले उत्तराधिकार आफूलाई र तिमीहरूका बिचमा भएका परदेशीहरूलाई विभाजन गर्नेछौ, जसले तिमीहरूका बिचमा बालक जन्माएका छन्, जो इस्राएलमा जन्मिएका मानिसहरूझैं तिमीहरूका बिचमा छन् । तिमीहरूले इस्राएलका कुलहरूका निम्ति उत्तराधिकार पाउन चिठ्ठा हाल्नुपर्छ ।
EZE 47:23 अनि त्यो परदेशी त्यही कुलको हुनेछ जसको बिचमा त्यो बसोबास गरिरहेको हुन्छ । तिमीहरूले त्यसलाई पनि उत्तराधिकार दिनुपर्छ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”
EZE 48:1 कुलहरूका नाम यी नै हुन् । दानको कुलले देशको एक भाग पाउनेछ । त्यसको सिमाना इस्राएलको उत्तरी सिमाना भएर हेतलोन र लेबो-हमात हुँदै जानेछ । त्यसको सिमाना हसर-एनानसम्म र उत्तरमा दमस्कसको सिमाना र त्‍यसपछि हमातसम्म जानेछ । दानको सिमाना पूर्वदेखि महासमुद्रसम्म जानेछ ।
EZE 48:2 दानको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, आशेरले एक भाग पाउनेछ ।
EZE 48:3 आशेरको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, नप्‍तालीले एक भाग पाउनेछ ।
EZE 48:4 नाप्‍तालीको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, मनश्शेले एक भाग पाउनेछ ।
EZE 48:5 मनश्शेको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, एफ्राइमले एक भाग पाउनेछ ।
EZE 48:6 एफ्राइमको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, रूबेनले एक भाग पाउनेछ ।
EZE 48:7 रूबेनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, यहूदाले एक भाग पाउनेछ ।
EZE 48:8 तिमीहरूले पवित्र रूपमा अलग गर्नुपर्ने जमिन यहूदाको सिमानासँग जोडिएको हुनेछ र त्यो पूर्वदेखि पश्‍चिमसम्म जान्‍छ । त्यो पच्‍चीस हजार हात चौडा हुनेछ । त्यसको लमाइ एउटा कुलको पूर्वदेखि पश्‍चिमसम्मको भागसँग बराबर हुनेछ, र मन्दिरचाहिं त्यसको बिचमा हुनेछ ।
EZE 48:9 तिमीहरूले परमप्रभुको निम्‍ति पवित्र रूपमा अलग गर्ने यो जमिन पच्‍चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ ।
EZE 48:10 पवित्र रूपमा अलग यो जमिनको काम यस्‍तो हुनेछ: पुजारीहरूका लागि उत्तर भागमा पच्‍चीस हजार हात लामो, पश्‍चिममा दश हजार हात चौडा, पूर्वमा दश हजार हात चौडा र दक्षिणमा पच्‍चीस हजार हात लामो जमिन हुनेछ । त्यसको बिचमा परमप्रभुको पवित्र ठाउँ हुनेछ ।
EZE 48:11 सादोक वंशका पुजारीहरूका निम्‍ति यो पवित्र रूपमा अलग गरिनेछ, जसले विश्‍वस्‍ततासाथ मेरो सेवा गरेका छन् र इस्राएलका मानिसहरू अर्थात् लेवीहरूझैं तिनीहरू बरालिर गएनन् ।
EZE 48:12 तिनीहरूका निम्ति यो अति पवित्र रूपमा जमिनको एक भाग दानको रूपमा अलग हुनेछ । यो लेवीहरूको सिमानालाई छुनेछ ।
EZE 48:13 पुजारीहरूको जमिनको सिमानासँग जोडिएर लेवीहरूको जमिन पच्‍चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ । यी दुई जमिनका सम्पूर्ण क्षेत्र पच्‍चीस हजार हात लामो र बीस हजार हात चौडा हुनेछ ।
EZE 48:14 तिनीहरूले त्यो बेच्नु वा सट्‍नु हुँदैन । इस्राएलको जमिनको यी पहिलो फलहरूमध्ये एउटा पनि यी सिमानबाट छुट्‍याउनुहुँदैन, किनकि यो सबै परमप्रभुको निम्ति पवित्र छ ।
EZE 48:15 बाँकी जग्‍गामा, पाँच हजार हात चौडा र पच्‍चीस हजार हात लामो भागचाहिं, सहर, घरहरू र खर्कको जमिनको रूपमा प्रयोग हुनेछ । सहरचाहिं त्यसको बिचमा हुनेछ ।
EZE 48:16 सहरको नाप यी हुनेछन्: उत्तरतिर ४,५०० हात लामो हुनेछ । दक्षिणतिर ४,५०० हात लामो हुनेछ । पूर्वतिर ४,५०० हात लामो हुनेछ । अनि पश्‍चिमतिर ४,५०० हात लामो हुनेछ ।
EZE 48:17 सहरको निम्ति उत्तरतिर एउटा खर्क हुनेछ । त्यो उत्तरतिर २५० हात, दक्षिणतिर २५० हात, पूर्वतिर २५० हात, र पश्‍चिमतिर २५० हात हुनेछ ।
EZE 48:18 पवित्र रूपमा अलग गर्ने जमिनको बाँकी क्षेत्र पूर्वमा दश हजार हात र पश्‍चिममा दश हजार हात हुनेछ । त्यो अलग गरिएको पवित्र जमिनको सिमानसँग जोडिएर जानेछ, र त्यसको उब्जनी त्यस सहरमा काम गर्ने मानिसहरूका निम्ति भोजन हुनेछ ।
EZE 48:19 त्यस सहरमा काम गर्ने मानिसहरू अर्थात् इस्राएलका सबै कुलका मानिसहरूले त्यो जमिनमा खेती गर्नेछन् ।
EZE 48:20 पवित्र रूपमा अलग गरिएको सबै जमिनको नाप पच्‍चीस हजार लामो र पच्‍चीस हजार चौडा हुनेछ । यसरी सहरको लागि छुट्‍याइएको जमिनसँग जोडिएको जमिनलाई तिमीहरूले पवित्र रूपमा अलग गर्नेछौ ।
EZE 48:21 पवित्र रूपमा अलग जमिन र सहरको क्षेत्रको दुवैपट्टिको जमिनको बाँकी भाग शासकको निम्ति हुनेछ । पूर्वतिर शासकको जमिनको क्षेत्र पवित्र रूपमा अलग जमिनको सिमानाबाट पूर्वी सिमानासम्म पच्‍चीस हजार हात हुनेछ र पश्‍चिममा पश्‍चिमी सिमानासम्म पच्‍चीस हजार हात हुनेछ । बिचमा पवित्र रूपमा अलग जमिन हुनेछ, र त्यसको बिचमा पवित्र मन्दिर हुनेछ ।
EZE 48:22 लेवीहरूका जमिनदेखि फैलेको जमिन र त्‍यसको बीचको सहरको क्षेत्र शासकको निम्ति हुनेछ । त्यो यहूदाको सिमाना र बेन्यामीनको सिमानाको बिचमा हुनेछ । यो जमिन शासकको निम्ति हुनेछ ।
EZE 48:23 बाँकी रहेका कुलहरूका बारेमा तिनीहरूका भाग पनि पूर्व देखि पश्‍चिमसम्म रहनेछ । बेन्यामीनले एउटा भाग पाउनेछ ।
EZE 48:24 बेन्यामीनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, शिमियोनले एक भाग पाउनेछ ।
EZE 48:25 शिमियोनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, इस्साखारले एक भाग पाउनेछ ।
EZE 48:26 इस्साखारको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, जबूलूनले एक भाग पाउनेछ ।
EZE 48:27 जबूलूनको सिमानाको दक्षिणतिर, पूर्वदेखि पश्‍चिमसम्म, एक भाग गादको जमिन हुनेछ ।
EZE 48:28 गादको दक्षिणी सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्म, र मिश्रदेशका खोलाको छेउ-छेउ हुँदै महासमुद्रसम्म फैलिनेछ ।
EZE 48:29 जमिन यही हो जसको निम्‍ति तिमीहरूले चिठ्ठा हाल्नेछौ । यो इस्राएलका कुलहरूका निम्‍ति उत्तराधिकार हुनेछ । तिनीहरूका भाग यी नै हुन् । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
EZE 48:30 सहरका बाहिर निस्कने ढोकाहरू यी नै हुन्: उत्तरतिर ४,५०० हात लामो हुनेछ,
EZE 48:31 इस्राएलका कुलहरूका नाउँमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका रूबेन, अर्को ढोका यहूदा र अर्को ढोका लेवीको लागि हुनेछ ।
EZE 48:32 पूर्वतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका योसेफ, अर्को ढोका बेन्यामीन, र अर्को ढोका दानको लागि हुनेछ।
EZE 48:33 दक्षिणतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका शिमियोन, अर्को ढोका इस्साखार, र अर्को ढोका जबूलूनको लागि हुनेछ ।
EZE 48:34 पश्‍चिमतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका गाद, अर्को ढोका आशेर, र अर्को ढोका नाप्‍तालीको लागि हुनेछ ।
EZE 48:35 सहरको वरिपरिको दुरी अठार हजार हात लामो हुनेछ । त्यस दिनदेखि त्यो सहरको नाउँ हुनेछ, “परमप्रभु त्यहाँ हुनुहुन्छ ।”
DAN 1:1 यहूदाका राजा यहोयाकीमका शासनकालको तेस्रो वर्षमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आए र यसका सबै आपूर्तिहरू बन्द गर्न सहरलाई घेरा हाले ।
DAN 1:2 परमप्रभुले यहूदाका राजा यहोयाकीममाथि नबूकदनेसरलाई विजय दिनुभयो, र उहाँले परमेश्‍वरको मन्‍दिरबाट केही पवित्र थोकहरू तिनलाई दिनुभयो । ती तिनले बेबिलोनियाको देशको आफ्नो देवताको भवनमा ल्याए, र ती पवित्र थोकहरूलाई तिनले आफ्नो देवताको भण्डारमा राखे ।
DAN 1:3 राजाले आफ्ना प्रमुख अधिकारी अशपेनजलाई इस्राएलका राजकीय परिवार र कुलिनहरूबाट केही मानिसहरू ल्याउने हुकुम गरे—
DAN 1:4 खोटबिनाका जवान मानिसहरू, आकर्षक देखिनेहरू, सबै बुद्धिका सीप भएकाहरू, ज्ञान र समझले भरिएकाहरू, र राजाको दरवारमा सेवा पुर्‍याउनलाई योग्यहरू हुनुपर्थ्‍यो । तिनले उनीहरूलाई बेबिलोनका साहित्य र भाषा सिकाउनुपर्थ्‍यो ।
DAN 1:5 राजाले आफ्ना मीठा भोजन र आफूले पिउने दाखमद्यबाट तिनीहरूका निम्ति दैनिक भाग अलग गर्थे । ती जवान मानिसहरूलाई तिन वर्षसम्‍म तालिम दनुपर्थ्‍यो, र त्यसपछि, तिनीहरूले राजाको सेवा गर्नुपर्थ्‍यो ।
DAN 1:6 यहूदाका ती मानिसमध्‍ये कोही दानिएल, हनन्याह, मीशाएल र अजर्याह थिए ।
DAN 1:7 प्रमुख अधिकारीले तिनीहरूलाई यी नाउँहरू दिए: दानिएललाई तिनले बेलतसजर भने, हनन्याहलाई तिनले शद्रक भने, मीशाएललाई तिनले मेशक भने र अजर्याहलाई तिनले अबेद्‍नगो भने ।
DAN 1:8 तर दानिएलले राजाका मीठा भोजन र तिनले पिउने दाखमद्यले आफैंलाई अशुद्ध नपार्नलाई आफ्नो मनमा इच्‍छा गरे । यसैले तिनले आफैंलाई अशुद्ध पार्नु नपरोस् भनेर प्रमुख अधिकारीसँग तिनले अनुमति मागे ।
DAN 1:9 अब प्रमुख अधिकारीले दानिएललाई गरेको आदरद्वारा परमेश्‍वरले तिनलाई कृपा र सहानुभूति देखाउनुभयो ।
DAN 1:10 प्रमुख अधिकारीले दानिएललाई यसो भने, “म आफ्‍ना मालिक, महाराजादेखि डराउँछु । तिमीले के खाने र पिउने भन्‍ने बारेमा उहाँले आज्ञा गर्नुभएको छ । तिमीहरूकै उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू उहाँको सामु किन कमजोर देखिने?”
DAN 1:11 तब दानिएल, हनन्याह, मीशाएल र अजर्याहमाथि प्रमुख अधिकारीले खटाएका भण्‍डारेसँग दानिएलले कुरा गरे ।
DAN 1:12 तिनले भने, “कृपया, हामी तपाईंका सेवकहरूलाई दस दिनसम्म जाँच्नुहोस् । हामीलाई खानलाई सागपात र पिउनलाई पानी मात्र दिनुहोस् ।
DAN 1:13 त्‍यसपछि राजाका मिठा भोजन खाने जवान मानिसहरूका सामु हाम्रो अनुहार कस्‍तो देखिन्‍छ तुलना गरेर हेर्नुहोस्, र हामी तपाईंका सेवकहरूलाई तपाईंले जे देख्‍नुहुन्छ, त्यसअनुसार व्यवहार गर्नुहोस् ।”
DAN 1:14 यसैले भण्‍डारे तिनका कुरामा सहमत भए, र तिनले दस दिनसम्म तिनीहरूको जाँच गरे ।
DAN 1:15 दस दिनको अन्त्यमा, राजाका मीठा भोजन खाने सबै जवान मानिसहरूभन्दा तिनीहरूका अनुहार बढी स्वस्थ देखिए, र तिनीहरूले बढी पोषण पाएका देखा परे ।
DAN 1:16 यसैले ती भण्‍डारेले तिनीहरूका सबै राजकीय मीठा भोजन र दाखमद्य हटाइदिए, अनि तिनीहरूलाई सागपात मात्र दिए ।
DAN 1:17 यी चार जना जवान मानिसहरूका विषयमा परमेश्‍वरले तिनीहरूलाई सबै साहित्य र बुद्धिमा ज्ञान र अन्तर्दृष्‍टि दिनुभयो, अनि दानिएलले सबै किसिमका दर्शनहरू र सपनाहरू बुझ्‍न सक्‍थे ।
DAN 1:18 तिनीहरूलाई हाजिर गराउनलाई राजाले दिएका समयको अन्‍तमा, प्रमुख अधिकारीले तिनीहरूलाई भित्र नबूकदनेसरको सामु लगे ।
DAN 1:19 राजाले तिनीहरूसँग कुरा गरे, र दानिएल, हनन्याह, मीशाएल र अजर्याहसँग तुलना गर्नलाई सम्‍पूर्ण समूहमा अरू कोही भेटिएन । तिनीहरू राजाको सामु तिनको सेवा गर्न खडा भए ।
DAN 1:20 राजाले तिनीहरूलाई सोधेका ज्ञान र समझका सबै प्रश्नहरूमा, तिनको सारा राज्यमा भएका जादुगरहरू र मृतहरूसँग बातचित गर्न सक्छौं भनेर दावी सबै जनाभन्दा तिनीहरू दस गुणा असल थिए ।
DAN 1:21 राजा कोरेसको शासनकालको पहिलो वर्षसम्म दानिएल त्यहाँ थिए ।
DAN 2:1 नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा, तिनले सपनाहरू देखे । तिनको मन विचलित भयो, र तिनी सुत्‍न सकेनन् ।
DAN 2:2 त्यसपछि राजाले जादुगरहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई बोलाए । उनले जोखना हेर्नेहरू र बुद्धिमान्‌ मानिसहरूलाई पनि बोलाए । उनका सपनाहरूका अर्थ तिनीहरूले उनलाई बताऊन् भन्‍ने उनको इच्‍छा थियो । यसैले तिनीहरू भित्र आए र राजाको सामु खडा भए ।
DAN 2:3 राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखें, र त्यो सपनाको अर्थ के हुन सक्छ भनेर जान्‍नलाई मेरो मन विचलित भएको छ ।”
DAN 2:4 तब ती बुद्धिमान् मानिसहरूले आरमेइक भाषामा राजालाई भने, “महाराजा, अमर रहून्! हामी तपाईंका सेवकहरूलाई उक्‍त सपना भन्‍नुहोस्, र हामी त्यसको अर्थ खोल्‍नेछौं ।”
DAN 2:5 राजाले ती बुद्धिमान् मानिसहरूलाई जवाफ दिए, “निर्णय यो भएको छ । तिमीहरूले त्यो सपना मलाई प्रकट गरेनौ अनि त्यसको अर्थ खोलेनौ भने, तिमीहरूका शरीरहरू टुक्रा-टुक्रा पारिनेछन् र तिमीहरूका घरहरू भग्‍नावशेषको थुप्रो हुनेछन् ।
DAN 2:6 तर तिमीहरूले मलाई सपना र त्यसको अर्थ भन्‍यौ भने, तिमीहरूले मबाट उपहारहरू, इनाम अनि उच्‍च-सम्मान पाउनेछौ । यसैले उक्‍त सपना र त्यसको अर्थ मलाई भन ।”
DAN 2:7 तिनीहरूले फेरि जवाफ दिए र यसो भने, “महाराजाले हामी आफ्‍ना सेवकहरूलाई त्‍यो सपना भन्‍नुहोस् र तपाईंलाई हामी त्यसको अर्थ भन्‍नेछौं ।”
DAN 2:8 राजाले जवाफ दिए, “मलाई यो निश्‍चय थाहा छ, कि तिमीहरू धेरै समय चाहन्‍छौ किनकी यस विषयमा मेरो निर्णय कति दृढ छ भनी तिमीहरूले देखेका छौ।
DAN 2:9 तर तिमीहरूले मलाई सपना भनेनौ भने, तिमीहरूका निम्ति एउटै मात्र सजाय छ । मैले आफ्‍नो मन नबद्लेसम्‍म तिमीहरूले झुटो र छलपूर्ण शब्‍दहरू मलाई भन्‍ने तयारी गर्नलाई तिमीहरूले मिलेर निर्णय गरेका छौ । यसैले, मलाई सपना बताओ, र त्‍यसको अर्थ तिमीहरूले भन्‍न सक्छौ भनी मलाई थाहा हुनेछ ।”
DAN 2:10 ती बुद्धिमान् मानिसहरूले राजालाई जवाफ दिए, “महाराजाको माग पुरा गर्नलाई यस पृथ्वीमा कुनै मानिस छैन । कुनै यस्‍तो महान् र शक्तिशाली राजा पनि छैन जसले कुनै जादुगर, वा मृतसँग बोल्न सक्छु भनेर दावी गर्ने कुनै व्‍यक्‍ति, वा कुनै बुद्धिमान् मानिसबाट यस्तो कुराको माग गरेका छन् ।
DAN 2:11 महाराजाले जे माग गर्नुभएको छ त्यो अत्यन्तै कठिन छ, र यो कुरा महाराजालाई देवहरूले बाहेक अरू कसैले बताउन सक्दैन, र तिनीहरू मानिसहरूका बिचमा बस्दैनन् ।”
DAN 2:12 यस कुराले राजालाई रिस उठायो र अत्‍यन्‍तै क्रोधित बनायो, र तिनले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मार्ने एउटा आदेश दिए ।
DAN 2:13 यसैले आफूमा भएका बुद्धिको निम्‍ति प्रख्‍यात भएका सबै जनालाई मार्नको निम्ति उर्दी जारी भयो । यही उर्दीको कारणले, तिनीहरूले दानिएल र तिनका साथीहरूलाई पनि खोजे ताकि तिनीहरूलाई मार्न सकियोस् ।
DAN 2:14 तब बेबिलोनका आफूमा भएको बुद्धिको निम्‍ति प्रख्‍यात सबै जनालाई मार्नको निम्‍ति आएका राजाका अङ्गरक्षकका कमान्‍डर अर्योकलाई दानिएलले विवेकपूर्ण र बुद्धिमान् किसिमले जवाफ दिए ।
DAN 2:15 दानिएलले राजाका कमान्‍डरलाई सोधे, “किन महाराजाबाट तुरुन्तै यस्तो उर्दी आयो?” अनि अर्योकले जे भएको थियो त्‍यो दानिएललाई बताए ।
DAN 2:16 त्यसपछि दानिएल भित्र गए र राजासँग भेट गर्न दिन अनुरोध गरे जसले गर्दा तिनले सपनाको अर्थ राजालाई बताउन सकून्।
DAN 2:17 त्यसपछि दानिएल आफ्नो घरमा गए र जे भएको थियो त्यो हनन्याह, मीशाएल र अजर्याहलाई बताए ।
DAN 2:18 यो रहस्यको विषयमा स्वर्गका परमेश्‍वरको कृपा खोज्न तिनले उनीहरूलाई अनुरोध गरे, ताकि उनीहरू र तिनी बेबिलोनका अन्य ख्‍यातिप्राप्‍त बुद्धिमान् मानिसहरूसँगै नमारिऊन् ।
DAN 2:19 त्यो रात एउटा दर्शनमा दनिएललाई त्यो रहस्य प्रकट गरियो । तब दानिएलले स्वर्गका परमेश्‍वरको प्रशंसा गरे,
DAN 2:20 र यसो भने, “परमेश्‍वरको नाउँको सदासर्वदा प्रशंसा होस्, किनकि बुद्धि र शक्ति उहाँकै हुन् ।
DAN 2:21 उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ । उहाँले राजाहरूलाई हटाउनुहुन्छ र राजाहरूलाई सिंहासनमा राख्‍नुहुन्छ । उहाँले बुद्धिमान्‌लाई बुद्धि र समझदारहरूलाई ज्ञान दिनुहुन्छ ।
DAN 2:22 उहाँले गहिरा र लुकेका कुराहरू प्रकट गर्नुहुन्छ किनभने अन्धकारमा के छ भनी उहाँले जानुहुन्छ र उज्यालोले उहाँसँग वास गर्छ ।
DAN 2:23 हे मेरा पुर्खाहरूका परमेश्‍वर, म तपाईंलाई धन्यावाद दिन्छु र तपाईंको प्रशंसा गर्छु,किनकि तपाईंले मलाई बुद्धि र शक्ति दिनुभयो । हामीले तपाईंसँग जे बिन्‍ती गर्‍यौं त्‍यो तपाईंले मलाई प्रकट गर्नुभएको छ, राजाको चिन्‍ताको विषयलाई तपाईंले हामीलाई जानकारी गराउनुभएको छ ।”
DAN 2:24 त्यसपछि दानिएल अर्योकलाई भेट्न गए (जसलाई बेबिलोनका सबै बुद्धिमान्‌लाई मार्नलाई राजाले नियुक्त गरेका थिए) । तिनी गए र उनलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस् । मलाई राजाकहाँ लानुहोस् र राजाको सपनाको अर्थ म उहाँलाई खोलिदिनेछु ।”
DAN 2:25 त्यसपछि अर्योकले तुरुन्‍तै दानिएललाई राजाको सामु लगे र यसो भने, “मैले यहूदाका निर्वासितहरूका बिचमा एक जना मानिस भेट्टाएको छु जसले, महाराजाको सपनाको अर्थ खोल्नेछ ।”
DAN 2:26 राजाले दानिएललाई (जसको नाउँ बेलतसजर थयो) सोधे, “मैले देखेको सपना र त्यसको अर्थ के तिमी मलाई भन्‍न सक्छौ?”
DAN 2:27 दानिएलले राजालाई जवाफ दिए र यसो भने, “राजाले सोध्‍नुभएको रहस्यलाई बुद्धि भएकाहरूले प्रकट गर्न सक्‍दैनन्, न त मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूले, न त जादुगरहरूले र ज्योतिषीहरूले नै गर्न सक्‍छन् ।
DAN 2:28 तापनि, त्‍यहाँ एक यस्‍तो परमेश्‍वर हुनुहुन्‍छ जो स्वर्गमा वास गर्नुहुन्‍छ, जसले रहस्यहरू प्रकट गर्नुहुन्‍छ र आउने दिनहरूमा के हुनेछ भनी उहाँले हजुर महाराजा नबूकदनेसरलाई प्रकट गर्नुभएको छ । हजुर आफ्नो ओछ्यानमा पल्टनुहुँदा हजुरले देख्‍नुभएको सपना र हजुरका मनका दर्शनहरू यसप्रकार थिए ।
DAN 2:29 महाराजा, हजुरको सम्‍बन्‍धमा, ओछ्यानमा हुँदा हजुरमा भएका विचारहरू हुन आउने कुराहरूका बारेमा थिए, र भविष्‍यमा के हुँदैछ भनेर रहस्य खोल्नुहुनेले नै हजुरलाई प्रकट गर्नुभएको छ ।
DAN 2:30 मेरो बारेमा, अरू कुनै जीवित मानिसभन्दा धेरै बुद्धि मसँग भएको कारण मलाई त्यो रहस्य प्रकट भएको होइन । हजुर, महाराजाले त्यसको अर्थ बुझ्न सक्‍नुभएको होस्, र आफूभित्रका गहिरा कुराहरू हजुरले जान्‍न सक्‍नुभएको होस् भनेर हजुरलाई त्यो रहस्य प्रकट भएको हो ।
DAN 2:31 महाराजा, हजुरले माथि हेर्नुभयो र हजुरले एउटा ठुलो सालिक देख्‍नुभयो । त्यो धेरै शक्तिशाली र उज्यालो सालिक हजुरको सामु खडा भयो । त्यसको चमक डरलाग्‍दो थियो ।
DAN 2:32 त्यस सालिकको शिर निक्खर सुनले बनेको थियो । त्यसको छाती र हातहरू चाँदीका थिए । त्यसको पेट र तिघ्राहरू काँसाका थिए,
DAN 2:33 र त्यसका गोडाहरू फलामका थिए । त्यसका पाउहरू केही फलाम र केही माटोले बनेका थिए ।
DAN 2:34 हजुरले माथि हेर्नुभयो, र एउटा ढुङ्गो काटियो । तापनि त्यो मानिसको हातले होइन, अनि फलाम र माटोले बनेको सालिकको पाउहरूमा त्‍यो ठोक्‍कियो, र त्यसले ती चकनाचूर पार्‍यो ।
DAN 2:35 तब फलाम, माटो, काँसा, चाँदी र सुन सबै सँगै टुक्रा-टुक्रा भए र ती ग्रीष्म ऋतुमा अन्‍न चुट्ने खलाका भुसझैं भए । बतासले तिनलाई उडायो र त्यहाँ तिनका कुनै नाउँ निशाना रहेन । तर त्यो सालिकलाई हिर्काउने ढुङ्गोचाहिं एउटा ठुलो पर्वत बन्यो र त्यसले सम्‍पूर्ण पृथ्वीलाई ढाक्यो ।
DAN 2:36 हजुरको सपना यही थियो । अब हामी महाराजालाई अर्थ बताउँछौं।
DAN 2:37 महाराजा, हजुर राजाहरूका महाराजा हुनुहुन्छ जसलाई स्वर्गका परमेश्‍वरले राज्य, शक्ति, बल र सम्मान दिनुभएको छ ।
DAN 2:38 मानवजातिहरू बस्‍ने ठाउँ उहाँले हजुरका हातमा दिनुभएको छ । जमिनका पशुहरू र आकाशका चराहरू उहाँले हजुरका हातमा दिनुभएको छ, र ती माथि हजुरलाई शासन गर्ने बनाउनुभएको छ । हजुर नै त्यस सालिकको सुनको शिर हुनुहुन्छ ।
DAN 2:39 हजुरपछि, अर्को एउटा राज्य खडा हुनेछ जुन हजुरको भन्दा कमजोर हुनेछ, र त्यसपछि अझै काँसाको अर्को तेस्रो राज्यले सबै पृथ्वीमाथि शासन गर्नेछ ।
DAN 2:40 त्यहाँ फलामझैं बलियो चौथो राज्य हुनेछ, किनकि फलामले अरू कुराहरूलाई टुक्रा-टुक्रा पार्छ र हरेक कुरालाई चकनाचूर पार्छ । त्यसले यी सबै कुराहरूलाई चकनाचूर पार्नेछ र कुल्चनेछ ।
DAN 2:41 जसरी हजुरले देख्‍नुभयो, पाउहरू र बुढी औंलाहरू केही पाकेका माटो र केही फलामले बनेका थिए, त्‍यसरी नै त्यो एउटा विभाजित राज्य हुनेछ । त्यसमा केही फलामको शक्ति हुनेछ, जसरी हजुरले फलाम र नरम माटो मिसिएको देख्‍नुभयो ।
DAN 2:42 जसरी पाउहरूका बुढी औंलाहरू केही फलाम र केही माटोले बनेका थिए, त्‍यसरी नै त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रिने किसिमको हुनेछ ।
DAN 2:43 जसरी हजुरले फलामलाई नरम माटोसँग मिसिएको देख्‍नुभयो, त्‍यसरी नै मानिसहरू पनि मिश्रित हुनेछन् । तिनीहरू मिलेर बस्‍नेछैनन्, जसरी फलाम माटोसँग मिल्‍न सक्दैन ।
DAN 2:44 ती राजाहरूको समयमा, स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ ।
DAN 2:45 जसरी पर्वतबाट एउटा ढुङ्गो काटिएको हजुरले देख्‍नुभयो, तर मानिसको हातले होइन । त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई टुक्रा-टुक्रा पार्‍यो । महाराजा, महान् परमेश्‍वरले हजुरलाई यसपछि के हुनेछ भनेर बताउनुभएको छ । यो सपना साँचो हो र त्यसको अर्थ विश्‍वासयोग्य छ ।”
DAN 2:46 राजा नबूकदनेसर दानिएलको अगि घोप्टो परे र तिनको सम्मान गरे । तिनलाई भेटी चढाइयोस् र तिनको निम्ति धूप बालियोस् भनेर तिनले आज्ञा दिए ।
DAN 2:47 राजाले दानिएललाई भने, “साँच्‍चै नै तिम्रा परमेश्‍वरचाहिं देवताहरूका परमेश्‍वर, राजाहरूका परमप्रभु हुनुहुन्छ, र उहाँले रहस्यहरू प्रकट गर्नुहुन्‍छ, किनकि तिमीले यो रहस्य प्रकट गर्न सफल भएका छौ ।”
DAN 2:48 अनि राजाले दानिएललाई उच्‍च सम्मान दिए र तिनलाई धेरै असल उपहारहरू दिए । तिनले उनलाई बेबिलोनको सम्‍पूर्ण प्रदेशमाथि शासक बनाए । बेबिलोनका सबैभन्दा ज्ञानी मानिसहरूमाथि दानिएल प्रमुख गभर्नर भए ।
DAN 2:49 दानिएलले राजासँग एउटा अनुरोध गरे, र राजाले शद्रक, मेशक, र अबेद्‍नगोलाई बेबिलोनको प्रदेशमाथि प्रशासकहरू नियुक्त गरे । तर दानिएल राजाको दरवारमा नै रहे ।
DAN 3:1 नबूकदनेसर राजाले तिस मिटर अग्लो र तिन मिटर चौडा एउटा सुनको मूर्ति बनाए । तिनले त्यो बेबिलोन प्रदेशमा दूराको मैदानमा खडा गरे ।
DAN 3:2 त्यसपछि नबूकदनेसरले आफूले स्थापना गरेका मूर्ति अर्पण गर्नका निम्ति प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, र स्थानीय गभर्नरहरूका साथै सल्लाहकारहरू, कोषाध्यक्षहरू, न्यायाधीशहरू, जिल्‍ला अधिकारीहरू र सबै उच्‍च पदस्‍त अधिकारीहरूलाई भेला गराउन सन्देशहरू पठाए ।
DAN 3:3 तब प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, र स्थानीय गभर्नरहरूका साथै सल्लाहकारहरू, कोषाध्यक्षहरू, न्यायाधीशहरू, जिल्‍ला अधिकारीहरू र सबै उच्‍च पदस्‍त अधिकारीहरू नबूकदनेसरले स्थापना गरेका मूर्ति अर्पण गर्नका निम्ति एकसाथ भेला भए । तिनीहरू त्यसको सामु खडा भए ।
DAN 3:4 तब उद्घोषकले ठुलो सोरले कराएर भन्‍यो, “जाति-जातिका मानिसहरू र धेरै भाषाहरू बोल्‍ने, तपाईंहरूलाई यो हुकुम छ,
DAN 3:5 कि तपाईंहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्‍ने बित्तिकै तपाईंहरू सबै जनाले आफूलाई भुइँमा घोप्टो पार्नुपर्छ अनि नबूकदनेसर महाराजाले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु लम्‍पसार हुनुपर्छ ।
DAN 3:6 जसले भुइँमा घोप्टो पार्दैन र आराधना गर्दैन, उसलाई दन्किरहेको आगोको भट्टीमा फालिनछ ।”
DAN 3:7 यसैले जब मानिसहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुने, सबै मानिसहरू जातिहरू र भाषा बोल्नेहरू भुइँमा घोप्टो परे र नबूकदनेसर राजाले स्थापना गरेका सुनको मूर्तिको सामु आफूलाई लम्‍पसार भए ।
DAN 3:8 यति बेला केही कल्‍दीहरू आए र यहूदीहरूको विरुद्धमा अभियोगहरू लगाए ।
DAN 3:9 तिनीहरूले नबूकदनेसर राजालाई यसो भने, “महाराजा, अमर रहून्!
DAN 3:10 हजुर महाराजाले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्‍ने सबै मानिसहरू घोप्टो हुनुपर्छ र त्यो सुनको मूर्तिको सामु आफूलाई लम्पसार पार्नुपर्छ भनेर उर्दी निकाल्नुभएको छ ।
DAN 3:11 जसले भुइँमा घोप्टो पार्दैन र आराधना गर्दैन, उसलाई त्‍यसै बेला नै दन्किरहेको आगोको भट्टीमा फालिनुपर्छ ।
DAN 3:12 यति बेला त्यहाँ कोही यहूदीहरू छन् जसलाई हजुरले बेबिलोनको प्रदेशका मामिलाहरू हेर्न नियुक्त गर्नुभएको छ । तिनीहरूका नाउँ शद्रक, मेशक, र अबेद्‍नगो हुन् । हे महाराजा, यी मानिसहरूले हजुरका कुरामाथि ध्यान दिंदैनन् । तिनीहरूले हजुरका देवताहरूलाई दण्डवत् गर्दैनन् वा हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफूलाई लम्‍पसार पार्दैनन् ।”
DAN 3:13 त्यसपछि नबूकदनेसर रिस र क्रोधले चूर भए अनि शद्रक, मेशक, र अबेद्‍नगोलाई आफूकहाँ ल्याउने हुकुम दिए । यसैले तिनीहरूले यी मानिसहरूलाई राजाको सामु ल्याए ।
DAN 3:14 नबूकदनेसरले तिनीहरूलाई सोधे, “ए शद्रक, मेशक, र अबेद्‍नगो, के तिमीहरूले मेरा देवताहरूको पुजा नगर्ने वा मैले स्थापना गरेको सुनको मूर्तिको सामु आफूलाई लम्‍पसार नपार्ने निर्णय गरेका छौ?
DAN 3:15 अब तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्‍ने बित्तिकै घोप्टो पर्‍यौ र मैले बनाएको मूर्तिको सामु लम्‍पसार पर्‍यौ भने, सबै कुरा ठिक हुनेछ । तर तिमीहरूले पुजा गरेनौ भने, तिमीहरू तुरुन्‍तै दन्किरहेको आगोको भट्टीमा फालिनेछौ । त्‍यो कुन देवता होला जसले तिमीहरूलाई मेरा हातबाट बचाउन सक्‍छ?”
DAN 3:16 शद्रक, मेशक, र अबेद्‍नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, हामीले हजुरलाई यस बारेमा जवाफ दिनु आवश्यक छैन ।
DAN 3:17 त्यहाँ कुनै जवाफ छ भने, त्यो यही हो, कि हामीले सेवा गर्ने परमेश्‍वरले हामीलाई दन्किरहेको आगोको भट्टीबाट सुरक्षित राख्‍न सक्‍नुहुन्छ, र उहाँले नै हामीलाई हजुर महाराजाको हातबाट बचाउनुहुनेछ ।
DAN 3:18 तर उहाँले त्यस्तो गर्नुभएन भने पनि, महाराजालाई यो थाहा होस्, कि हामी हजुरका देवताहरूको पुजा गर्नेछैनौं र हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफैंलाई लम्‍पसार पार्नेछैनौं ।”
DAN 3:19 तब नबूकदनेसर रिसले चूर भए । शद्रक, मेशक, र अबेद्‍नगोप्रति तिनको अनुहार भाव बद्लियो । अनि तिनले आगोको भट्टीलाई साधारण रूपमा तताउनेभन्दा सात गुणा बढी तताउने आदेश दिए ।
DAN 3:20 तब तिनले आफ्ना सेनामा अत्यन्तै बलिया मानिसहरूलाई शद्रक, मेशक, र अबेद्‍नगोलाई बाँध्‍न र दन्किरहेको आगोको भट्टीमा फाल्न आदेश दिए ।
DAN 3:21 तिनीहरूका वस्‍त्रहरू, अलखाहरू, फेटाहरू र अन्य लुगाहरूसमेत तिनीहरूलाई बाँधियो, र तिनीहरूलाई दन्किरहेको भट्टीमा फालियो ।
DAN 3:22 राजाको आज्ञालाई सख्त रूपमा पालना गरिएको हुनाले र त्यो भट्टी अत्यन्तै तातो भएको हुनाले शद्रक, मेशक, र अबेद्‍नगोलाई त्यहाँ लाने मानिसहरू आगोको ज्वालाले मार्‍यो ।
DAN 3:23 यी तिन मानिस, शद्रक, मेशक, र अबेद्‍नगो बाँधिएकै अवस्थामा दन्किएको भट्टीमा फालिए ।
DAN 3:24 अनि राजा नबूकदनेसर आश्‍चर्यचकित भए र झट्टै खडा भए । तिनले आफ्ना सल्लाहकारहरूलाई सोधे, “के हामीले ती तिन जना मानिसहरूलाई बाँधेर आगोमा फालेका होइनौं र?” तिनीहरूले राजालाई जवाफ दिए, “निश्‍चय नै महाराजा ।”
DAN 3:25 तिनले भने, “तर चार जना मानिसलाई नबाँधिएर आगोमा हिंडिरहेका म देख्दैछु, र तिनीहरूलाई कुनै हानी भएको छैन । अनि चौथोचाहिं देवताहरूका पुत्रझैं चम्किरहेका छन् ।”
DAN 3:26 अनि नबूकदनेसर दन्किरहेको भट्टीको ढोका नजिक आए र बोलाए, “ए शद्रक, मेशक, र अबेद्‍नगो, अति उच्‍च, परमेश्‍वरका सेवकहरू, बाहिर निस्क! यहाँ आओ!” अनि शद्रक, मेशक, र अबेद्‍नगो आगोबाट बाहिर आए ।
DAN 3:27 त्यहाँ भेला भएका प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, अन्य गभर्नरहरू र राजाका सल्लाहकारहरूले यी मानिसहरूलाई देखे । आगोले तिनीहरूका शरीरलाई कुनै हानी गरेको थिएन । तिनीहरूका शिरको रौं खहरिएको थिएन । तिनीहरूका लुगालाई केही भएको थिएन । अनि तिनीहरूमा आगोको कुनै गन्ध नै थिएन ।
DAN 3:28 नबूकदनेसरले भने, “हामी शद्रक, मेशक, र अबेद्‍नगोका परमेश्‍वरको प्रशंसा गरौं, जसले आफ्नो सन्देशवाहक पठाउनुभएको छ र आफ्ना सेवकहरूलाई आफ्नो सन्देश दिनुभएको छ । तिनीहरूले मेरो आज्ञा नमानेर उहाँमा विश्‍वास गरे, र आफ्ना परमेश्‍वरबाहेक अरू कुनै देवताको पुजा गर्नु र तिनका सामु लम्‍पसार पर्नुको साटोमा तिनीहरूले आफ्ना शरीरलाई नै त्यागे ।
DAN 3:29 त्यसैले म एउटा उर्दी जारी गर्छु, कि शद्रक, मेशक, र अबेद्‍नगोका परमेश्‍वरको विरुद्ध बोल्ने कुनै जाति, राष्‍ट्र, वा कुनै भाषा बोल्ने जोसुकैलाई टुक्रा-टुक्रा पारिनेछ, र तिनीहरूका घरहरू भग्‍नावशेषका थुप्रो हुनेछन्, किनभने यसरी बचाउन सक्‍ने अरू कुनै देवता छैन ।”
DAN 3:30 त्यसपछि राजाले शद्रक, मेशक, र अबेद्‍नगोलाई बेबिलोनको प्रदेशमा पदोन्‍ननि गरिदिए ।
DAN 4:1 नबूकदनेसर राजाले पृथ्वीमा बस्‍ने सबै मानिसहरू जातिहरू, र भाषा बोल्नेहरूलाई यो उर्दी पठाए: तिमीहरूमा प्रशस्त शान्ति होस् ।
DAN 4:2 सर्वोच्‍च परमेश्‍वरले मेरो निम्ति गर्नुभएका चिन्हहरू र आश्‍चर्य कामहरू बारेमा तिमीहरूलाई बताउनु मलाई असल लागेको छ ।
DAN 4:3 उहाँका चिन्हहरू कति महान् छन्, र उहाँका आश्‍चर्य कामहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्‍तको राज्‍य हो, र उहाँको प्रभुत्व पुस्ता-पुस्तासम्म रहन्छ ।
DAN 4:4 म, नबूकदनेसर, मेरो महलमा खुशीसाथ बसिरहेको थिएँ, र म आफ्‍नो दरबारमा समृद्धिमा आनन्‍दित थिएँ ।
DAN 4:5 तर मैले देखेको एउटा सपनाले मलाई त्रसित बनायो । म त्‍यहाँ पल्टिरहँदा, मैले देखेका दृश्यहरू र मेरो मनका दर्शनहरूले मलाई व्याकुल बनाए ।
DAN 4:6 यसैले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मेरो सामु उपस्‍थित हुनलाई मैले एउटा उर्दी निकालें ताकि तिनीहरूले उक्‍त सपनाको अर्थ मलाई बताउन सकून् ।
DAN 4:7 त्‍यसपछि जादुगरहरू, मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू र ज्योतिषीहरू आए । मैले तिनीहरूलाई सपना सुनाएँ, तर तिनीहरूले त्यसको अर्थ मलाई भन्‍न सकेनन् ।
DAN 4:8 तर अन्तमा दानिएल आए— जसलाई मेरा देवताको नाउँ बेलतसजर दिइयो, र जसमा पवित्र देवहरूका आत्मा छन्— र मैले तिनलाई सपना सुनाएँ ।
DAN 4:9 “ए बेलतसजर, जादुगरहरूका प्रमुख, पवित्र देवताहरूका आत्मा तिमीमा छन् भनी म जान्‍दछु र तिम्रो निम्ति कुनै पनि रहस्य कठिन हुँदैन । मैले आफ्‍नो सपनामा के देखें र त्यसको अर्थ के हो सो मलाई बताऊ ।
DAN 4:10 म आफ्‍नो ओछ्यानमा पल्टिँदा मैले देखेका दर्शनहरू यी नै हुन्: मैले हेरें, र पृथ्वीको बिचमा एउटा रूख थियो, र त्यो अत्यन्तै अग्लो थियो ।
DAN 4:11 त्यो रूख बढ्यो र बलियो भयो । त्यसको टुप्पो आकाशसम्मै पुग्यो, र पृथ्वीको पल्‍लो छेउबाट पनि त्यो देख्‍न सकिन्थ्यो ।
DAN 4:12 त्यसका पातहरू सुन्दर थिए, त्यसका फल प्रशस्त थिए, र त्यसमा सबैको निम्ति खानेकुरो थियो । जङ्गली पशुहरूले त्यसमुनि छाहरी पाउँथे, र आकाशका चराहरूले त्यसका हाँगाहरूमा वास गर्थे । सबै जीवित प्राणीहरूले त्यसैबाट खान्थे ।
DAN 4:13 म आफ्‍नो ओछ्यानमा पल्टिरहँदा मैले यस्तो दर्शन देखें, अनि आकाशबाट एउटा पवित्र समाचारवाहक तल आए ।
DAN 4:14 तिनले ठुलो सोरमा कराए र यसो भने, ‘त्यो रूख र त्यसका हाँगाहरू काट, त्यसका पातहरू टिपेर फाल र त्यसका फललाई छरपष्‍ट पार । त्यसको छहारीमुनिबाट पशुहरू भागून् र चराहरू त्यसका हाँगाहरूबाट उडून् ।
DAN 4:15 तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधिएर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै रहोस् । आकाशका शीतले त्यो भिजोस् । त्यो जमिनका बोट-बिरुवाका बिचमा रहने पशुहरूसित रहोस् ।
DAN 4:16 त्यसको मनलाई मानिसको मनबाट बद्लियोस् र सातवर्ष नवितेसम्म त्यसलाई एउटा पशुको मन दिइयोस् ।
DAN 4:17 यो निर्णय समाचारवाहकले बताएका उर्दिअनुसार हो । यो निर्णय पवित्र जनहरूले गर्नुभएको हो, ताकि बाँचेकाहरूले यो जानून्, कि सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र तिनीहरूमाथि शासन गर्नका निम्ति जोसुकैलाई अर्थात् सबैभन्दा निम्‍न स्‍तरका मानिसहरूका अधिनमा पनि उहाँले ती दिनुहुन्छ ।’
DAN 4:18 म, राजा नबूकदनेसरले यो सपना देखें । अब तिमी बेलतसजर, मलाई यसको अर्थ बताऊ, किनभने मेरो राज्यका बुद्धिमान् मानिसहरू कसैले पनि मेरो निम्ति यसको अर्थ खोल्न सक्‍दैनन् । तर तिमीले यो गर्न सक्छौ, किनभने पवित्र देवताहरूका आत्मा तिमीमा छन् ।”
DAN 4:19 तब बेलतसजर भनिने दानिएल केही समय धेरै चिन्तित भए, र आफ्ना विचारहरूले तिनलाई त्रसित पार्‍यो । राजाले भने, “ए बेलतसजर, त्‍यो सपना वा त्यसको अर्थले तिमी त्रसित नहोऊ ।” बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यो सपना हजुरलाई घृणा गर्नेहरूका निम्ति होस्, र त्यसको अर्थ हजुरका शत्रुहरूका निम्ति होस् ।
DAN 4:20 हजुरले देख्‍नुभएको त्यो रूख, जुन बढेर धेरै बलियो भयो, र जसको टुप्पो आकाशसम्मै पुग्यो, र जुन पृथ्वीको छेऊबाट पनि देखिन्थ्यो,
DAN 4:21 र जसका पातहरू सुन्दर थिए, र जसको फल प्रशस्त थियो, जसले गर्दा सबैले यसैमा खानेकुरो पाउँथे, र यसको मुनि जमिनका पशुहरूले छहारी पाउँथे, र जसमा आकाशका चराहरूले वास गर्थे,
DAN 4:22 हे महाराजा, त्यो रूख हजुर नै हुनुहुन्छ, जो ज्‍यादै शक्तिशाली हुनुभएको छ । हजुरको महान्‌ता बढेर आकाशसम्म पुगेको छ, र हजुरको अधिकार पृथ्वीको पल्‍लो छेऊसम्मै पुगेको छ ।
DAN 4:23 हे महाराजा, हजुरले एउटा पवित्र सन्देशवाहकलाई स्वर्गबाट तल आएको अनि यसो भनेका देख्‍नुभयो, ‘त्यो रूखलाई काटेर ढाल र त्यसलाई नष्‍ट गर, तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधेर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै छोड । त्यो आकाशको शीतले भिजोस्, र सात वर्ष नवितेसम्म जमिनमै जङ्गली पशुहरूसँग रहोस् ।’
DAN 4:24 हे महाराजा, यसको अर्थचाहिं यो हो । यो सर्वोच्‍च परमेश्‍वरको घोषणा हो, जुन मेरा मालिक, महाराजा हजुरकहाँ आएको छ ।
DAN 4:25 हजुर मानिसहरूका बिचबाट हटाइनुहुनेछ, र हजुर जमिनमा हुने जङ्गली पशुहरूसँग बस्‍नुहुनेछ । गोरुले झैं हजुरले घाँस खानुपर्नेछ, र आकाशको शीतले हजुरलाई भिजाउनेछ, र सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्‍ने कुरा हजुरले स्वीकार गर्दासम्‍म सात वर्ष बित्‍नेछ ।
DAN 4:26 रूखको जरासहितको फेदलाई त्यहीं छोड्ने आज्ञा भएझैं, स्वर्गले शासन गर्नुहुन्‍छ भनेर हजुरले स्वीकार गरेपछि हजुरको राज्य हजुरलाई फर्काइनेछ ।
DAN 4:27 यसकारण, महाराजा, मेरो सल्लाह हजुरको निम्ति स्वीकारयोग्य होस् । पाप गर्न छोड्‍नुहोस् र जे ठिक छ त्यही गर्नुहोस् । थिचो-मिचोमा परेकाहरूलाई कृपा देखाएर आफ्ना अपराधहरूबाट मुक्त हुनुहोस्, र हजुरको समृद्धि अझै बढोस् ।”
DAN 4:28 यी सबै कुराहरू राजा नबूकदनेसरमाथि घट्यो ।
DAN 4:29 बाह्र महिनापछि, तिनी बेबिलोनमा एउटा दरबारको कौसीमा हिंडिरहेका थिए,
DAN 4:30 अनि तिनले भने, “के यो महान् बेबिलोन होइन, जुन मैले आफ्‍नो राजकीय निवास, र आफ्‍नो ऐश्‍वर्यको महिमाको निम्ति निर्माण गरें?”.
DAN 4:31 राजाका यी शब्दहरू तिनको ओठमै हुँदा नै, स्वर्गबाट यस्तो आवाज आयो, “राजा नबूकदनेसर, तँलाई यो घोषणा गरिन्छ, कि तँबाट यो राज्य खोसिएको छ ।
DAN 4:32 तँ मानिसहरूबाट निकालिनेछस्, र तेरो वासस्थान खेतमा वन-पशुहरूसँग हुनेछ । तैंले गोरुले झैं घाँस खानेछस् । सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्‍ने कुरा तैंले स्वीकार गर्दासम्‍म सात वर्ष बित्‍नेछ ।”
DAN 4:33 नबूकदनेसरको विरुद्धमा भएको यो आदेश तुरुन्‍तै पुरा भयो । तिनी मानिसहरूबाट निकालिए । तिनले गोरुले झैँ घाँस खाए, र तिनको शरीर आकाशको शीतले भिज्यो । तिनको केस चीलका प्वाँखहरूझैँ लामो भयो, र तिनको नङहरू चराका नङ्ग्राझैं भयो ।
DAN 4:34 ती दिनहरूको अन्तमा, म, नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ, र मेरो होश मलाई फिर्ता दिइयो । “मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरें, र सदासर्वदा रहनुहुनेलाई मैले सम्मान र महिमा दिएँ । किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ ।
DAN 4:35 सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गनिन्छन् । स्वर्गका सेनाहरू र पृथ्वीका मानिसहरूका बिचमा उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ । कसैले पनि उहाँलाई रोक्‍न वा उहाँलाई चुनौती दिन सक्दैन । कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?”
DAN 4:36 मेरो होश मलाई फिर्ता दिइएकै समयमा, मेरो राज्यको महिमाको निम्ति मेरो गौरव र वैभव मकहाँ फर्यो । मेरा सल्लाहकारहरू र भारदारहरूले मेरो कृपाको इच्‍छा गरे । मलाई आफ्‍नो सिंहासन फर्काइयो, र मलाई झनै धेरै महान्‌ता दिइयो ।
DAN 4:37 अब म, नबूकदनेसर, स्वर्गका राजाको प्रशंसा, स्तुति, र महिमा गर्दछु, किनकि उहाँका सबै कामहरू ठिक हुन्छन् र उहाँका मार्गहरू धर्मी हुन्‍छन् । आफ्नै घमण्डमा हिंड्नेहरूलाई उहाँले नम्र बनाउन सक्‍नुहुन्छ ।
DAN 5:1 बेलसजर राजाले आफ्ना एक हजार भारदारहरूका निम्ति एउटा ठुलो भोजको आयोजना गरे, र ती सबै एक हजार मानिसहरूका सामु तिनले दाखमद्य पिए ।
DAN 5:2 जब बेलसजरले दाखमद्ये चाखे, तिनले आफ्ना बुबा नबूकदनेसरले यरूशलेमको मन्दिरबाट निकालेर ल्‍याएका सुन वा चाँदीका भाँडाहरू ल्याउन आज्ञा दिए, जसबाट तिनी, तिनका भारदारहरू, तिनकी पत्‍नीहरू र उप-पत्‍नीहरूले पिउन सकून् ।
DAN 5:3 यरूशलेममा भएको परमेश्‍वरको मन्दिरबाट ल्‍याइएका सुनका भाँडाहरूलाई सेवकहरूले ल्याए । राजा, तिनका भारदारहरू, र तिनकी पत्‍नीहरू र उप-पत्‍नीहरूले ती भाँडाहरूबाट पिए ।
DAN 5:4 तिनीहरूले दाखमद्य पिएपछि सुन र चाँदी, काँसा, फलाम, काठ, र ढुङ्गाले बनेका आफ्‍ना मूर्तिहरूको प्रशंसा गरे ।
DAN 5:5 त्यही समय पानसको अगाडि एउटा मानिसको हातका औंलाहरू देखा परे र राजाको दरवारका लिपिएका भित्तामा लेख्‍न थाले । त्यो हातले लेख्दै गर्दा, राजाले त्‍यसको केही भाग देख्‍न सक्थे ।
DAN 5:6 तब राजाको अनुहार बद्लियो र तिनका आफ्ना विचारहरूले तिनलाई भयभीत बनाए । तिनका गोडाहरूले तिनलाई धान्‍न सकेनन्, र तिनका घुँडाहरू कामेर ठोक्‍किन थाले ।
DAN 5:7 मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूलाई भित्र ल्याउनको निम्ति राजाले आदेश दिए । बेबिलोनमा आफ्ना बुद्धिको निम्ति ख्‍याति पाएकाहरूलाई राजाले यसो भने, “जसले यो लेख र यसको अर्थ बताउन सक्छ उसलाई बैजनी लुगा पहिराइनेछ र उसको घाँटीमा सुनको सिक्री लगाइनेछ । त्यसलाई यस राज्यको तेस्रो उच्‍च शासकको अधिकार दिइनेछ ।”
DAN 5:8 अनि आफ्नो बुद्धिको निम्‍ति ख्‍याति पाएका राजाका सबै मानिसहरू आए, तर तिनीहरूले त्यो लेख पढ्न अनि राजालाई त्यसको अर्थ बताउन सकेनन् ।
DAN 5:9 अनि राजा बेलसजर धेरै डराए र तिनको अनुहारको स्‍वरूप परिवर्तन भयो । तिनका भारदारहरू अलमल्ल भए ।
DAN 5:10 राजा र तिनका भारदारहरूले भनेका कुरा सुनेर रानी भोजको घरमा आईन् । रानीले भनिन्, “राजा, अमर रहून्! हजुरका विचारहरूले हजुरलाई विचलित नपारोस् । हजुरको अनुहारको स्‍वरूपमा परिवर्तन नहोस् ।
DAN 5:11 हजुरको राज्यमा एक जना मानिस छन् जसमा पवित्र देवताहरूको आत्मा छ । हजुरका बुबाका समयमा, उनमा देवताहरूका जस्तै प्रकाश र समझ र बुद्धि पाइएको थियो । महाराजा नबूकदनेसर, हजुरका बुबा, महाराजाले उनलाई जादूगरहरू, मृतसँग बोल्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूका प्रमुख बनाउनुभयो ।
DAN 5:12 यी मानिस, दानिएलमा उत्कृष्‍ट आत्मा, ज्ञान, समझ, सपनाको अर्थ खोल्न सक्‍ने, अड्को फुकाउन सक्‍ने र समस्याहरू हल गर्न सक्‍ने विशेषताहरू थिए, जसलाई राजाले बेलतसजर नाउँ दिनुभयो । अब दानिएललाई बोलाउनुहोस् र लेखिएको कुराको अर्थ तिनले हजुरलाई बताउनेछन् ।”
DAN 5:13 तब दानिएललाई राजाको सामु ल्याइयो । राजाले तिनलाई भने, “तिमी यहूदाका निर्वासितमध्ये एक जना मानिस, त्यही दानिएल हौ, जसलाई मेरा बुबाले यहूदाबाट ल्याउनुभयो ।
DAN 5:14 देवताहरूका आत्मा र प्रकाश तथा समझ र उत्कृष्‍ट बुद्धि तिमीमा छन् भनेर मैले तिम्रो विषयमा सुनेको छु ।
DAN 5:15 बुद्धिको निम्ति ख्‍याति पाएका मानिसहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई यो लेख पढ्न र त्यसको अर्थ खोल्‍नलाई भित्र मेरो सामु ल्याइएको छ, तर तिनीहरूले त्यसको अर्थ जानकारी गराउन सकेनन् ।
DAN 5:16 तिमीले अर्थहरू खोल्न सक्छौ र समस्याहरू हल गर्न सक्छौ भनी मैले सुनेको छु । अब तिमीले यो लेख पढ्न सक्यौ र मलाई यसको अर्थ बतायौ भने, तिमीलाई बैजनी कपडा पहिराइनेछ र तिम्रो घाँटीमा सुनको सिक्री लगाइनेछ, र यस राज्यमा तिमीलाई तेस्रो उच्‍च शासकको अधिकार हुनेछ ।”
DAN 5:17 तब दनिएलले राजाको सामु जवाफ दिए, “हजुरका उपहारहरू हजुरकै निम्ति होऊन्, र हजुरका इनामहरू अर्को व्यक्तिलाई दिनुहोस् । तापनि, म यो लेख, महाराजा, हजुरको निम्ति पढिदिनेछु, र हजुरलाई यसको अर्थ बताउनेछु ।
DAN 5:18 हे महाराजाका, सर्वोच्‍च परमेश्‍वरले हजुरका पिता नबूकदनेसरलाई राज्य, महान्‌ता, आदर, र ऐश्‍वर्य दिनुभयो ।
DAN 5:19 परमेश्‍वरले उहाँलाई दिनुभएको महान्‌ताको कारणले, सबै मानिसहरू, जातिहरू र भाषा बोल्नेहरू थरथर भए र उहाँको भय माने । उहाँले जसको प्राण लिने इच्‍छा गर्नुभयो, त्‍यसको प्राण उहाँले लिनुभयो, र उहाँले जसलाई जीवित राख्‍ने इच्‍छा गर्नुभयो, त्‍यसलाई उहाँले जीवित राख्‍नुभयो । जसलाई उहाँले चाहनुभयो त्‍यसलाई उचाल्‍नुभयो, र जसलाई उहाँले इच्‍छा गर्नुभयो त्‍यसलाई उहाँले होच्‍याउनुभयो ।
DAN 5:20 तर जब उहाँको हृदयमा अहंकारी र उहाँको आत्मा कठोर भयो, जसको कारण उहाँले हठपूर्ण किसिमले काम गर्नुभयो, तब उहाँको आफ्नो राजकीय सिंहासनबाट उहाँलाई तल खसालियो, र तिनीहरूले उहाँको सबै ऐश्‍वर्य हटाए ।
DAN 5:21 उहाँ मानिसजातिबाट लखेटिनुभयो । उहाँमा पशुको मन थियो, र उहाँ जङ्गली गधाहरूसँग रहनुभयो । उहाँले गोरुले झैं घाँस खानुभयो । सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र उहाँले आफ्नो इच्छाअनुसार मानिसहरूमाथि शासक नियुक्त गर्नुहुन्छ भनेर उहाँले स्‍वीकार नगरेसम्‍म आकाशका शीतहरूले उहाँको शरीर भिज्यो ।
DAN 5:22 हजुर, बेलसजर, उहाँका छोराले यी सबै थाहा भएर पनि आफ्नो हृदयलाई नम्र बनाउनुभएको छैन ।
DAN 5:23 हजुरले आफैंलाई स्वर्गका परमप्रभुको विरुद्ध खडा गर्नुभएको छ । उहाँको भवनबाट तिनीहरूले ती भाँडाहरू ल्याए, जसबाट हजुर, हजुरका भारदारहरू, हजुरका पत्‍नीहरू, र उप-पत्‍नीहरूले दाखमद्य पिउनुभयो र हजुरले चादी र सुन, काँसा, फलाम, काठ र ढुङ्गाका मूर्तिहरूलाई पुज्नुभयो, ती मूर्तिहरू जसले देख्दैनन्, सुन्दैनन्, र केही पनि जान्दैनन् । हजुरको सास आफ्नो हातमा लिनुहुने र हजुरका सबै मार्ग जान्‍नुहुने परमेश्‍वरलाई हजुरले आदर गर्नुभएको छैन ।
DAN 5:24 अनि परमेश्‍वरले आफ्नो उपस्थितिबाट एउटा हात पठाउनुभयो र यो लेख लेखियो ।
DAN 5:25 त्यो लेखिएको कुरा यस्तो छः ‘मेने, मेने, टेकेल, पर्सिन ।’
DAN 5:26 यसको अर्थ यो होः ‘मेने,’ ‘परमेश्‍वरले हजुरको राज्यको गन्ती गर्नुभएको छ र त्यसको अन्त्य गर्नुभएको छ ।’
DAN 5:27 ‘टेकेल,’ ‘तराजुमा हजुरको नाप लिइयो र हजुरमा कमी भेट्टाइयो ।’
DAN 5:28 ‘पेरेस,’ ‘हजुरको राज्य विभाजित भएको छ र त्यो मादी र फारसीहरूलाई दिइएको छ ।’”
DAN 5:29 अनि बेलसजरले आज्ञा दिए, र दानिएललाई बैजनी कपडा पहिराइयो । उनको घाँटीमा सुनको सिक्री लगाइयो, र त्यस राज्यमा उनमा तेस्रो उच्‍च शासकको अधिकार हुनेछ भनेर राजाले घोषणा गरे ।
DAN 5:30 त्यही रात बेबिलोनका राजा बेलसजर मारिए,
DAN 5:31 अनि मादी दाराले करीब बैसठ्ठी वर्षको उमेरमा त्यो राज्य प्राप्‍त गरे ।
DAN 6:1 दारालाई १२० जना प्रान्‍तिय गभर्नरहरू नियुक्त गर्न मन लाग्यो, जसले सारा राज्यभरि शासन गर्नेछन् ।
DAN 6:2 तिनीहरूमाथि तिन जना प्रमुख प्रशासकहरू थिए, र तिनीहरूमध्ये दानिएल एक जना थिए । ती प्रमुख प्रशासकहरूले प्रान्‍तिय गभर्नरहरूको निगरानी गरून् जसले गर्दा राजालाई कुनै नोक्सान नहोस् भनेर तिनीहरूलाई नियुक्त गरिएको थियो ।
DAN 6:3 अन्य प्रमुख प्रशासकहरू र प्रान्‍तिय गभर्नरहरूभन्‍दा दानिएल विशिष्‍ट थिए, किनभने उनमा असाधारण आत्मा थियो । राजाले उनलाई सारा राज्यमा प्रमुख बनाउने योजना गर्दै थिए ।
DAN 6:4 अनि अरू प्रमुख प्रशासकहरू र प्रान्‍तिय गभर्नरहरूले त्यस राज्यको निम्ति दानिएलले गर्ने काममा त्रुटी खोज्न थाले, तर तिनीहरूले उनको काममा कुनै पनि भ्रष्‍टचार वा उनको जिम्मेवारीमा असफलता भेट्टाउन सकेनन्, किनभने उनी विश्‍वासयोग्य थिए । उनमा कुनै त्रुटी वा हेलचेक्र्याइँ भेट्टाइएन ।
DAN 6:5 अनि यी मानिसहरूले भने, “आफ्‍नो परमेश्‍वरको व्यवस्थासँगको दानिएलको सम्बन्धको कुरामा तिनको विरुद्ध केही खोट नदेखाएसम्म हामीले तिनको विरुद्ध अरू कुनै अभियोग लगाउन सक्दैनौं ।”
DAN 6:6 अनि यी मुख प्रशासकहरू र प्रान्‍तिय गभर्नरहरूले राजाको सामु एउटा योजना ल्याए । तिनीहरूले उनलाई भने, “महाराजा दारा, हजुर दिर्घायु हुनुहोस् !
DAN 6:7 राज्यका सबै प्रमुख प्रशासकहरू र क्षेत्रीय गभर्नरहरू र प्रदेशीय गभर्नरहरू, सल्लाहकारहरू, र अन्य गभर्नरहरूले एकसाथ सल्लाह गरी यो निर्णय गरेका छौं, कि राजाले एउटा यस्तो उर्दि निकाली त्यसलाई लागु गर्नुहोस्, र भन्‍नुहोस्, तिस दिनसम्म हजुरबाहेक अरू कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गर्‍यो भने, त्यो मानिस सिंहको खोरमा फालिनुपर्छ ।
DAN 6:8 अनि राजाले एउटा उर्दि निकाले र कागजातमा दस्तखत गरे, ताकि मादी र फारसीहरूका नियमअनुसार त्यो परिवर्तन नहोस्, यसरी त्‍यसलाई हेरफेर गर्न सकिन्‍न ।”
DAN 6:9 यसरी राजा दाराले कागजातमा दस्तखत गरेर त्यस उर्दिलाई ऐन बनाए ।
DAN 6:10 कागजातमा ऐन बनाउनलाई दस्तखत भएको छ भनी दानिएल थाहा पाएपछि, उनी आफ्नो घरमा गए (यरूशलेमतर्फ फर्केका उनको माथिल्लो कोठाका झ्यालहरू खुल्ला थिए), र जसरी उनले दिनको तिनपटक गर्ने गर्थे, त्‍यसरी नै उनले आफ्ना घुँडाहरू टेके, अनि उनले पहिले गरेझैं प्रार्थना गरे र आफ्ना परमेश्‍वरलाई धन्यवाद दिए ।
DAN 6:11 अनि यी एकसाथ मिलेर षड्यन्त्र गरेका मानिसहरूले दानिएलले परमेश्‍वरसँग बिन्ती गरेका र उहाँसँग मदत मागेका देखे ।
DAN 6:12 तब तिनीहरू राजाको नजिक गए र तिनको उर्दिको विषयमा तिनीसँग कुरा गरे: “हे महाराजा, के आउँदो तिस दिनसम्म हजुर, महाराजाबाहेक अरू कुनै देवता वा मानिसलाई प्रार्थना गर्ने मानिस सिंहको खोरमा फालिनुपर्छ भनेर हजुरले उर्दि निक्लनुभएको थिएन र?” राजाले जवाफ दिए, “मादी र फारसीहरूको ऐनअनुसार यो निश्‍चित छ, र यो हेरफेर हुन सक्दैन ।”
DAN 6:13 तब तिनीहरूले राजालाई जवाफ दिए, “यहूदाका निर्वासितहरूमध्ये एक जना ती दानिएलले हजुर, महाराजा, वा हजुरले दस्तखत गर्नुभएको उर्दिको वेवास्ता गर्छन् । तिनले आफ्नो परमेश्‍वरलाई दिनको तिन पटक प्रार्थना गर्छन् ।”
DAN 6:14 जबा राजाले यो कुरा सुने, तिनी धेरै विचलित भए, र दानिएललाई यस कानूनबाट बचाउन तिनले दिमाग लगाए । तिनले सूर्यास्तसम्मै दानिएललाई बचाउने हरसम्‍भव प्रयास गरे ।
DAN 6:15 त्‍यसपछि षड्यन्त्र रच्ने यी मानिसहरू एकसाथ राजाकहाँ भेला भए र तिनलाई भने, “हे महाराजा हजुरलाई यो थाहा होस्, कि यो मादी र फारसीहरूको ऐन हो, जसलाई राजाले जारी गर्ने अर्को कुनै उर्दि वा नियमले हेरफेर गर्न सक्दैन ।”
DAN 6:16 अनि राजाले आज्ञा दिए र तिनीहरूले दानिएललाई भित्र ल्याए र तिनीहरूले उनलाई सिंहको खोरमा फाले । राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गर्ने तिम्रो परमेश्‍वरले तिमीलाई बचाऊन् ।”
DAN 6:17 खोरको ढोकामा एउटा ढुङ्गो ल्याएर राखियो, र दानिएलको विषयमा केही पनि परिवर्तन नहोस् भनेर राजाले त्यसमा आफ्नो अनि आफ्‍ना भारदारहरूका औंठीको मोहर लगाए ।
DAN 6:18 त्‍यसपछि राजा आफ्नो महलमा गए र रातभरि उपवास बसे । तिनको अगि कुनै मनोरन्जनका कुरा ल्याइएन, र उनलाई कत्ति पनि निद्रा लागेन ।
DAN 6:19 अनि राजा बिहान सबेरै उठे र उनी झट्टै सिंहको खोरतर्फ गए ।
DAN 6:20 जसै तिनी खोरको नजिक आए, तिनले निरास भएको सोरले दानिएललाई यसो भनेर बोलाए, “ए दानिएल, जीवित परमेश्‍वरका सेवक, के तिमीले निरन्तर सेवा गर्ने तिम्रा परमेश्‍वरले तिमीलाई सिंहहरूबाट बचाउन सक्षम हुनुभएको छ?”
DAN 6:21 अनि दानिएलले राजालाई भने, “महाराजा, अमर रहून्!
DAN 6:22 मेरा परमेश्‍वरले आफ्नो सन्देशवाहक पठाउनुभएको अनि सिंहहरूका मुखहरूलाई बन्द गर्नुभएको छ, र तिनीहरूले मलाई कुनै हानी गरेका छैनन् । किनभने उहाँ अनि हजुर, महाराजाका सामु म दोषरहित भेट्टाइएँ, र मैले हजुरलाई कुनै हानी गरेको छैनँ ।”
DAN 6:23 अनि राजा अत्‍यन्‍तै खुशी भए । तिनले दानिएललाई खोरबाट माथि निकाल्ने आदेश दिए । यसैले दानिएललाई खोरबाट माथि निकालियो । उनमा कुनै पनि चोट भेट्टाइएन, किनभने उनले आफ्ना परमेश्‍वरमाथि भरोसा गरेका थिए ।
DAN 6:24 राजाले आदेश दिए र दानिएललाई दोष लगाउने मानिसहरूलाई तिनीहरूले ल्याए अनि तिनीहरू, तिनका छोराछोरी, र तिनका पत्‍नीहरूलाई सिंहहरूको खोरमा फालिदिए । तिनीहरू भुइँमा पुग्‍न नपाउँदै, सिंहहरूले तिनीहरूमाथि झम्टे, र तिनीहरूका हड्‍डीहरूलाई टुक्रा टुक्रा पारे ।
DAN 6:25 त्‍यसपछि राजा दाराले पृथ्वीमा बस्‍ने सबै मानिसहरू, जातिहरू, र भाषा बोल्नेहरूलाई यस्तो लेखे: “तिमीहरूमा प्रशस्त शान्ति होस् ।
DAN 6:26 म अब यो एउटा उर्दि जारी गर्छु, कि मेरो अधिराज्यमा रहने सबै मानिसले दानिएलका परमेश्‍वरको भय मान्‍नू र आदर गर्नू, किनभने उहाँ नै जीवित परमेश्‍वर हुनुहुन्छ र उहाँ सदासर्वदा रहनुहुन्छ, र उहाँको राज्य नष्‍ट हुनेछैन, र उहाँको प्रभुत्व अन्त्यसम्म रहनेछ ।
DAN 6:27 उहाँले हामीलाई सुरक्षित राख्‍नुहुन्छ र हामीलाई बचाउनुहुन्छ, अनि उहाँले स्वर्गमा र पृथ्वीमा चिन्हहरू र आश्‍चर्य कामहरू गर्नुहुन्छ । उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट सुरक्षित राख्‍नुभएको छ ।”
DAN 6:28 यसरी दाराको शासनकालमा अनि फारसी कोरेसको शासनकालमा दानिएल समृद्धि भयो ।
DAN 7:1 बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा, दानिएल आफ्नो ओछ्यानमा पल्टिरहँदा तिनले एउटा सपना र दर्शन देखे । अनि तिनले सपनामा देखेका कुरालाई लेखे । तिनले सबैभन्दा महत्त्वपूर्ण घटनाहरूलाई लेखेः
DAN 7:2 दानिएलले वर्णन गरे, “रातमा मैले देखेको दर्शनमा स्‍वर्गका चार बतासले महान् समुद्रलाई घोलिरहेको मैले देखें ।
DAN 7:3 प्रत्‍येक नै एक-अर्काबाट भिन्‍न चार विशाल पशु समुद्रबाट बाहिर आए ।
DAN 7:4 पहिलोचाहिं सिंहजस्‍तो देखिन्‍थ्‍यो तर त्‍यसका चीलका पखेटाहरू थिए । मैले हेर्दै गर्दा, त्यसका पखेटाहरू च्यातिए र जमिनबाट त्‍यसलाई माथि उठाइयो र मानिसझैं दुई खुट्टामा त्यसलाई खडा गरियो । त्यसलाई मानिसको मन दिइएको थियो ।
DAN 7:5 अनि त्‍यहाँ अर्को एउटा भालुजस्तो पशु थियो, र त्यो झुकिरहेको थियो । आफ्‍ना दाँतहरूका बिचमा त्‍यसले तिनवटा करङ थिए । त्यसलाई यसो भनियो, ‘उठ्‍ र धेरै जना मानिसलाई खा ।’
DAN 7:6 यसपछि मैले फेरि हेरें । त्यहाँ अर्को एउटा पशु थियो, जुन चितुवाजस्तो देखिन्थ्यो । त्यसको पछाडिपट्टि चराका जस्‍तै चारवटा पखेटा थिए, र त्यसका चारवटा टाउका थिए । राज्‍य गर्ने अधिकार त्यसलाई दिइएको थियो ।
DAN 7:7 त्यसपछि रातको दर्शनमा डरलाग्दो, भयङ्कर, र धेरै बलियो थियो एउटा चौथो पशु मैले देखें । त्यसका फलाममा ठुला-ठुला दाँत थिए । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीलाई खुट्टामुनि कुल्‍चियो । अरू पशुभन्दा त्यो फरक थियो, र त्यसका दशवटा सिङ थिए ।
DAN 7:8 जसै मैले ती सिङहरूका बारेमा विचार गर्दै थिएँ, मैले हेरें र ती सिङका बिचमा अर्को एउटा सानो सिङ बढ्‍दै गरेको देखें । पहिलो तिनवटा सिङ उखेलिएर झरे । यो सिङका आँखा मानिसका आँखाजास्‍ता भएको मैले देखें र त्यसको एउटा मुखले ठुला कुराहरूको सेखी गर्दै थियो ।
DAN 7:9 जसै मैले हेरें, सिंहासनहरू तयार पारिएका थिए, र दिनहरूभन्‍दा प्राचीनले चाहिं आफ्नो आशन ग्रहण गर्नुभयो । उहाँका वस्‍त्र हिउँझैं सेता थिए, र उहाँको शिरको कपाल शुद्ध ऊनजस्तो थियो । उहाँको सिंहासनमा आगोको ज्वाला थियो, र त्यसका चक्‍काहरू बलिरहने आगो थियो ।
DAN 7:10 उहाँको सामुबाट आगोको नदी बग्यो । लाखौं-लाखले उहाँको सेवा गरे, र दस करोडचाहिं उहाँको सामु खडा थिए । अदालतले न्यायको काम सुरु गर्‍यो, र पुस्तकहरू खोलिए ।
DAN 7:11 त्यो सिङले बोलेका अहङ्कारपुर्ण वचनहरूका कारणले मैले निरन्‍तर हेरें । त्यो पशु मारिएको र त्यसको शरीर नष्‍ट पारिएको, र त्यसलाई जलाउनलाई दिइएको मैले देखें ।
DAN 7:12 चारवटा पशुमध्‍येका अरू बाँकीका बारेमा, राज्‍य गर्ने अधिकार खोसियो, तर केही समयको निम्ति तिनीहरूका उमेर बढाइयो ।
DAN 7:13 त्यस रातको मेरा दर्शनहरूमा, आकाशका बादलहरूका साथमा मानिसका पुत्रजस्‍तै एक जना आउँदै गर्नुभएको मैले देखें । दिनहरूभन्‍दा प्राचीनकाहाँ उहाँ आउनुभयो र उहाँको सामु उपस्थित गराउनुभयो ।
DAN 7:14 राज्‍य गर्नलाई अधिकार र महिमा र राजकीय शक्ति उहाँलाई दिइयो, यसैले कि सबै मानिसहरू, जातिहरू, र भाषा बोल्नेहरूले उहाँको सेवा गरून् । राज्‍य गर्ने उहाँको अधिकारचाहिं सदासर्वदाको अधिकार हो जुन बितेर जानेछैन, अनि उहाँको राज्य त्‍यस्‍तो हो जुन कहिल्यै पनि नाश हुनेछैन ।
DAN 7:15 म दानिएलको बारेमा, मभित्र मेरो आत्मा दु:खित भयो, र मेरो मनमा मैले देखेका दर्शनहरूले मलाई विचलित बनाए ।
DAN 7:16 त्यहाँ खडा भएकामध्ये एक जनाको नजिक म गएँ र यी कुराहरूको अर्थ मलाई देखाउनलाई मैले तिनलाई बिन्‍ती गरें ।
DAN 7:17 ‘यी विशाल पशुका चारवटा सङ्ख्‍याले चार जना राजालाई जनाउँछन् जो पृथ्वीमा खडा हुनेहुन् ।
DAN 7:18 तर सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूले त्यो राज्य प्राप्‍त गर्नेछन्, र तिनीहरूले सदासर्वदाको निम्ति त्‍यसको अधिकार गर्नेछन् ।’
DAN 7:19 अनि त्‍यो चौथो पशुको बारेमा अझै धेरै जान्‍ने मलाई इच्‍छा भयो— त्‍यो अरूभन्दा धेरै फरक थियो र आफ्ना फलामका दाँत र काँसाका नङ्ग्राका कारणले त्‍यो धेरै डरलाग्‍दो थियो । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीमाथि खुट्टाले कुल्‍चियो ।
DAN 7:20 त्यसको शिरका दशवटा सिङ र नयाँ पलाएको अर्को सिङ जसको सामु तिनवटा सिङ उखेलिएर झरेको बारेमा जान्‍ने इच्‍छा मलाई भयो। आँखा भएका सिङ र ठुला कुराहरूको सेखी गर्ने मुखको बारेमा जान्‍ने इच्‍छा मलाई भयो, अनि त्‍यो आफ्‍ना मित्रहरूभन्दा महान् देखिन्थ्यो ।
DAN 7:21 जसै मैले हेरें, त्‍यो सिङले पवित्र मानिसहरूका विरुद्ध युद्ध सुरु गर्‍यो र तिनीहरूलाई पराजित गर्दै थियो,
DAN 7:22 जबसम्म दिनहरूभन्‍दा प्राचीन आउनुभएन, र सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूलाई न्याय दिनुभएन । तब समय आयो जब पवित्र मानिसहरूले राज्य प्राप्‍त गरे ।
DAN 7:23 ती मानिसले यसो भने, ‘चौथो पशुको बारेमा, त्‍यो पृथ्वीमा चौथो राज्य हुनेछ जुनचाहिं अरू सबै राज्यभन्दा फरक हुनेछ । त्यसले सारा पृथ्वीलाई नाश गर्नेछ र त्यसलाई कुल्चनेछ र त्यसलाई टुक्रा-टुक्रा पार्नेछ ।
DAN 7:24 दसवटा सिङका बारेमाचाहिं, यो राज्यबाट दस जना राजा खडा हुनेछन्, तिनीहरूभन्‍दा पछि अर्को खडा हुनेछ । पहिलेकाभन्दा ऊ फरक हुनेछ, र उसले तिन जना राजालाई पराजित गर्नेछ ।
DAN 7:25 उसले सर्वोच्‍च परमेश्‍वरका विरुद्ध बोल्नेछ र सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ । उसले चाडहरू र व्यवस्थालाई परिवर्तन गर्न कोसिस गर्नेछ । यी कुराहरूलाई उसको हातमा एक वर्ष, दुई वर्ष, र आधा वर्षको लागि दिइनेछ ।
DAN 7:26 तर अदालतले न्यायको काम सुरु गर्नेछ, र अन्त्यमा भष्‍म पारिन र नाश गरिनलाई तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्‍नेछन् ।
DAN 7:27 राज्य र प्रभुत्व, र सम्‍पूर्ण स्वर्गमुनिका राज्यहरूको महान्‌ता ती मानिसहरूलाई दिइनेछ जो सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरू हुन् । उहाँको राज्य सदासर्वदाको राज्‍य हो, र अरू सबै राज्यहरूले उहाँको सेवा गर्नेछन् र उहाँको आज्ञा मान्‍नेछन् ।’
DAN 7:28 कुराको अन्त यही हो । म, दानिएलको बारेमा, मेरा विचारहरूले मलाई धेरै भयभीत बनाए र मेरो अनुहारको स्‍वरूप परिवर्तन भयो । तर यी कुराहरू मैले आफूमा नै सिमित राखें ।”
DAN 8:1 राजा बेलसजरले राज्‍य गर्न सुरु गरेको तेस्रो वर्षमा, (मैले पहिला देखेको दर्शनपछि) म, दानिएलले अर्को दर्शन देखें ।
DAN 8:2 मैले हेरिरहँदा, दर्शनमा मैले आफूलाई एलाम प्रदेशको शूशनको किल्लामा भएको देखें । दर्शनमा म ऊलै नहरको छेउमा थिएँ ।
DAN 8:3 मैले माथि हेरें र मेरो सामु नहरको छेउमा दुईवटा सिङ भएको एउटा भेडालाई मैले देखें । एउटा सिङचाहिं अर्कोभन्दा लामो थियो, तर छोटोभन्दा लामो ढिला बढ्यो र छोटोले त्‍यसलाई जित्‍यो ।
DAN 8:4 अनि त्यो भेडाले पश्‍चिममा, त्‍यसपछि उत्तरमा, र त्यसपछि दक्षिणमा हानिरहेको मैले देखें । त्यसको सामु अरू कुनै पशु खडा हुन सकेन । तीमध्‍ये कुनैले पनि कसैलाई पनि त्यसको हातबाट बचाउन सकेन । आफूलाई जे मन लाग्‍यो, त्‍यसले त्‍यही गर्‍यो, र त्यो महान् भयो ।
DAN 8:5 जब मैले यसको बारेमा विचार गरिरहेको थिएँ, तब पश्‍चिमबाट आउँदै गरेको एउटा बोकोलाई मैले देखें, जो जमिनलाई नै नछोए जस्‍तो गरी द्रुत गतिमा दौडेर सम्‍पूर्ण पृथ्वीको सतहमा गयो । त्यो बोकोको आँखाहरूका बिचमा एउटा ठुलो सिङ थियो ।
DAN 8:6 दुईवटा सिङ भएको भेडाकहाँ त्यो आयो—त्यो भेडालाई नहरको किनारमा खडा भएको मैले देखेको थिएँ— र त्यो बोको उक्‍त भेडातर्फ शक्तिशाली क्रोधमा दौडियो ।
DAN 8:7 त्यो बोकोलाई उक्‍त भेडाको नजिक आएको मैले देखें । भेडासँग त्यो धेरै रिसाएको थियो, र त्यसले भेडालाई हिर्कायो र त्यसका दुईवटै सिङलाई भाँचिदियो । त्यसको सामु खडा हुनलाई त्यो भेडो शक्तिहीन थियो । बोकोले त्यसलाई भुइँमा ढाल्‍यो र त्यसलाई कुल्चियो । त्यसको शक्तिबाट त्यो भेडालाई बचाउने त्यहाँ कोही थिएन ।
DAN 8:8 तब त्यो बोको धेरै ठुलो भयो । तर जब त्यो शक्तिशाली भयो, त्यसको ठुलो सिङ भाँचियो, र त्यसको ठाउँमा अरू चार ठुला सिङ पलाए जसले आकाशका चारै बतासलाई देखाए ।
DAN 8:9 तीमध्येबाट अर्को एउटा सिङ पलायो, जुन पहिला सानो थियो, तर त्यो दक्षिणमा, पूर्वमा, र सुन्दरताको देशमा धेरै विशाल भयो ।
DAN 8:10 त्यो यति विशाल भयो, कि त्यो स्वर्गको सेनासँग युद्ध गर्न तयार भयो । ती सेनामध्ये कोही र केही ताराहरू पृथ्वीमा फालिए, र त्यसले तीमाथि कुल्चियो ।
DAN 8:11 त्यसले आफूलाई सेनाका कमान्‍डर जत्तिकै महान् बनायो । त्यसले उहाँबाट नियमित होमबलि खोसेर लग्यो, र उहाँको पवित्रस्थानलाई अशुद्ध पारियो ।
DAN 8:12 विद्रोहको कारणले, त्‍यो सेनालाई बोकोको सिङकहाँ सुम्पिइनेछ, र होमबलि रोकिनेछ । त्यो सिङले सत्यतालाई तल जमिनमा फाल्नेछ, र त्यसले जे गर्छ त्यसमा त्यो सफल हुनेछ ।
DAN 8:13 त्‍यसपछि एक जना पवित्र जनले बोल्‍दै गर्नुभएको र अर्को पवित्र जनले उहाँलाई यसो भनेर जवाफ दिंदै गर्नुभएको मैले सुनें, “यी दर्शनका कुराहरू रहने, होमबलि, सर्वनाश ल्याउने पाप, पवित्रस्थानको हस्तान्तरण, र स्वर्गका सेनाहरू कुल्चिइएका पूरा हुनलाई कहिलेसम्म लाग्‍छ ?”
DAN 8:14 उहाँले मलाई भन्‍नुभयो, “यो २,३०० साँझ र बिहानसम्म रहनेछ । त्यसपछि पवित्रस्थान फेरि शुद्ध पारिनेछ ।”
DAN 8:15 जब म, दानिएलले त्यो दर्शन देखें, तब मैले त्यो बुझ्ने कोसिस गरें । तब मेरो सामु एक जना खडा भए जो मानिसजस्तो देखिन्‍थे ।
DAN 8:16 ऊलै नहरको किनाराहरूका बिचबाट एक जना मानिसले यस्तो भन्दै गरेको आवाज मैले सुनें । उहाँले भन्‍नुभयो, “ए गाब्रिएल, यो दर्शन बुझ्‍नलाई यस मानिसलाई मदत गर ।”
DAN 8:17 यसैले तिनी म उभिएको ठाउँ नजिक आए । जब तिनी आए, म भयभीत भएँ र आफूलाई भुइँमा लम्‍पसार पारेर दण्डवत् गरें । तिनले मलाई भने, “ए मानिसको पुत्र, यो दर्शन अन्तको समयको निम्ति हो भन्‍ने कुरा बुझ ।”
DAN 8:18 तिनले मसँग बोलिरहँदा, मेरो अनुहार भुइँमा घोप्‍टो पारेर म गहिरो निद्रामा निदाएँ । तब तिनले मलाई छोए र मलाई खडा गराए ।
DAN 8:19 तिनले भने, “हेर, पछि क्रोधको समयमा के हुनेछ भनेर म तिमीलाई देखाउनेछु, किनभने यो दर्शन अन्त हुन तोकिएको समयको निम्ति हो ।
DAN 8:20 तिमीले देखेका भेडाको बारेमा, जसका दुई सिङ थिए, ती मादी र फारसका राजाहरू हुन् ।
DAN 8:21 त्यो बोकोचाहिं ग्रीसको राजा हो । त्यसका आँखाका बिचको सिङचाहिं पहिलो राजा हो ।
DAN 8:22 अनि जुन सिङ भाँचियो, जसको ठाउँमा चारवटा अरू उम्रे, उसको राज्यबाट चारवटा राज्‍य खडा हुनेछन्, तर उसको महान् शक्तिमा होइन ।
DAN 8:23 ती राज्यहरूको पछिल्लो समयमा, जब अपराधीहरूको पाप चरम सिमामा पुग्छ, एक जना हठी राजा खडा हुनेछ, जो धेरै बुद्धिमान् हुनेछ ।
DAN 8:24 उसको शक्ति महान् हुनेछ— तर उसको आफ्नै शक्तिले होइन । उसले जे कुराको विनाश गर्छ, त्‍यसमा ऊ अचम्ममा पर्नेछ । काम गर्नेछ र सफल हुनेछ । उसले शक्तिशाली मानिसहरू, अर्थात् पवित्र जनहरूका बिचमा भएका मानिसहरूलाई सर्वनाश गर्नेछ ।
DAN 8:25 आफ्नो धूर्तताले उसले आफ्नो हातमुनि छललाई सफल पार्नेछ । आफ्नै मनमा ऊ महान् हुनेछ । उसले अप्रत्‍यासित किसिमले धेरै मानिसहरूलाई नाश गर्नेछ । राजाहरूका राजाको विरुद्धमा पनि ऊ उठ्नेछ, र ऊ टुक्रा-टुक्रा पारिनेछ, तर मानिसका हातले होइन ।
DAN 8:26 साँझ र बिहानको विषयमा बताइएका यी दर्शनहरू सत्य हुन् । तर यो दर्शनलाई मोहर लगाई बन्द गर, किनकि यसले भविष्यका धेरै दिनहरूलाई जनाउँछ ।”
DAN 8:27 अनि, म दानिएल थकित भएँ र केही दिनसम्म कमजोर भएँ । त्यसपछि, म उठें, र राजाको कामधन्धामा लागें । तर म दर्शनको कारणले भयभीत भएँ, र यसलाई बुझ्ने त्यहाँ कोही थिएन ।
DAN 9:1 दारा मादी वंशका अहासूरसका छोरा थिए । यी तिनै अहासूरस थिए जसलाई बेबिलोनको राज्यमाथि राजा बनाइएको थियो ।
DAN 9:2 अब दाराले राज्‍य सुरु गरेको पहिलो वर्षमा, म दानिएलले, परमप्रभुको वचन पढ्दै थिएँ, जुन वचन यर्मियाकहाँ अगमवक्ता आएको थियो । यरूशलेम त्‍यागिएको अवस्‍थामा सत्तरी वर्षसम्म रहन्‍छ भनिएको मैले देखें ।
DAN 9:3 उपवाससहित प्रार्थना र बिन्ती गर्न, भाङ्ग्रा लगाउँदै र खरानीमा बस्‍दै परमप्रभु परमेश्‍वरको खोजी गर्न मैले आफ्‍नो अनुहार उहाँतर्फ फर्काएँ ।
DAN 9:4 परमप्रभु आफ्‍नो परमेश्‍वरसँग मैले प्रार्थना गरें, अनि मैले हाम्रा पापहरू स्वीकारें । मैले भनें, “कृपया, हे परमप्रभु, तपाईं महान् र भययोग्य परमेश्‍वर हुनुहुन्छ, तपाईंले आफ्नो करारको पालन गर्नुहुन्छ र तपाईंलाई प्रेम गर्ने र तपाईंका आज्ञाहरू मान्‍नेलाई प्रेम गर्न तपाईं विश्‍वासयोग्य हुनुहुन्छ ।
DAN 9:5 हामीले पाप गरेका छौं र गलत काम गरेका छौं। हामीले दुष्‍टतापुर्वक काम गरेका छौं र तपाईंका आज्ञा र विधिहरूबाट तर्केर हामीले बागी भएका छौं।
DAN 9:6 तपाईंका नाउँमा हाम्रा राजाहरू, अगुवाहरू, पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका तपाईंका सेवक अगमवक्ताहरूका वचन हामीले सुनेका छैनौं ।
DAN 9:7 हे परमप्रभु, धार्मिकता तपाईंको हो । तर आज, हाम्रो अनुहार, अनि यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरू, र सारा इस्राएलीहरू लाजमा परेका छन् । अनि तपाईंले विभिन्‍न ठाउँहरूमा छरपष्‍ट पार्नुभएका नजिक र टाढाका सबै मानिसहरू त्यसमा समावेश हुन्‍छन् । हामीले तपाईंको विरुद्धमा गरेका विश्‍वासघातको कारणले नै यस्‍तो भएको हो ।
DAN 9:8 हे परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका कारणले गर्दा, हामी, हाम्रा राजाहरू, अगुवाहरू, र पुर्खाहरूका अनुहार शर्ममा परेका छन् ।
DAN 9:9 दया र क्षमा परमप्रभु हाम्रा परमेश्‍वरका हुन्, किनकि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौं ।
DAN 9:10 आफ्‍ना सेवक अगमवक्ताहरूद्वारा परमप्रभुले हामीलाई दिनुभएका उहाँका व्यवस्थामा हिंड्नलाई हामीले उहाँको वचन मानेका छैनौं ।
DAN 9:11 तपाईंको वचन पालन गर्नलाई इन्‍कार गरेर सबै इस्राएलले तपाईंको व्यवस्थाको विरुद्धमा अपराध गरेका छन्। परमेश्‍वरका सेवक मोशाका व्यवस्थामा लेखिएका सराप र प्रतिज्ञा हामीमाथि खनिएका छन्, किनकि हामीले उहाँको विरुद्ध पाप गरेका छौं।
DAN 9:12 परमप्रभुले हामीमाथि ठुलो विपत्ति ल्याउनुभएर उहाँले हामी र हाम्रा शासकहरूका विरुद्धमा बोल्नुभएका वचनहरू पुरा गर्नुभएको छ । किनभने यरूशलेमलाई जे गरिएको छ सारा स्वर्गमुनि त्यस्तो कहिल्यै गरिएको छैन ।
DAN 9:13 मोशाको व्यवस्थामा लेखिएझैं सबै विपत्ति हामीमाथि आइपरेको छन्, तापनि आफ्ना पापबाट फर्केर र तपाईं परमप्रभु परमेश्‍वरका सत्यतामा ध्यान दिएर हामीले तपाईंबाट कृपा पाउन अझैसम्‍म बिन्ती गरेका छैनौं ।
DAN 9:14 यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्‍नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्‍वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं ।
DAN 9:15 अब हे परमप्रभु हाम्रा परमेश्‍वर, शक्तिशाली हातले तपाईंले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र आजको दिनसम्म तपाईंले आफ्नो नामको ख्याति कायम राख्‍नुभएको छ । तापनि हामीले अझै पाप गर्‍यौं, र हामीले दुष्‍ट काम गरेका छौं ।
DAN 9:16 हे परमप्रभु, तपाईंका सबै धार्मिक कामहरूका कारणले, तपाईंको सहर यरूशलेम, तपाईंको पवित्र पर्वतबाट तपाईंको रिस र क्रोध हटोस् । हाम्रा पापहरू र हाम्रा पुर्खाहरूका अपराधहरूका कारणले, यरूशलेम र हाम्रा वरिपरि भएका तपाईंका मानिस सबै घृणाका पात्र भएका छन् ।
DAN 9:17 अब हे हाम्रा परमेश्‍वर, तपाईंको दासको प्रार्थना र कृपाको निम्ति गरिएको उसको निवेदन सुन्‍नुहोस् । हे परमप्रभु, तपाईंको खातिर, उजाड भएको तपाईंको पवित्र स्थानमा आफ्नो अनुहार चम्काउनुहोस् ।
DAN 9:18 मेरा परमेश्‍वर, आफ्ना कान खोल्‍नुहोस् र सुन्‍नुहोस् । आफ्ना आँखा खोल्‍नुहोस् र हेर्नुहोस् । हामी तहस-नहस पारिएका छौं। तपाईंको नामद्वारा पुकारिने त्‍यो सहरलाई हेर्नुहोस् । हाम्रो धार्मिकताको कारणले होइन, तर तपाईंको महान् कृपाको कारणले तपाईंबाट सहायता पाउनलाई हामी बिन्ती गर्छौं ।
DAN 9:19 हे परमप्रभु सुन्‍नुहोस्! हे परमप्रभु क्षमा गर्नुहोस्! हे परमप्रभु ध्यान दिनुहोस् र काम गर्नुहोस् । हे मेरा परमेश्‍वर, तपाईंको आफ्नै निम्‍ति ढिला नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिस तपाईंकै नाउँले बोलाइन्‍छन् ।”
DAN 9:20 जब म बोलिरहेको, प्रार्थना गरिरहेको र आफू अनि आफ्‍ना मानिस इस्राएलका पाप स्‍विकार गरिरहेको थिएँ, र परमेश्‍वरको पवित्र पर्वत निम्‍ति परमप्रभु मेरा परमेश्‍वरको सामु मेरा बिन्‍तीहरू राख्दै थिएँ—
DAN 9:21 मैले प्रार्थना गरिरहँदा, मैले दर्शनमा पहिला देखेको मानिस, गाब्रिएल साँझको बलिदानको समयमा तिव्र वेगले उडेर तल मकाहाँ आए ।
DAN 9:22 उनले मलाई समझ दिए र मलाई भने, “ए दानिएल, तिमीलाई अन्तर्दृष्‍टि र समझ दिनलाई अहिले म आएको हुँ ।
DAN 9:23 तिमीले कृपाको निम्ति बिन्ती गर्न सुरु गर्दा, आज्ञा दिइयो र तिमीलाई जवाफको बारेमा बताउनलाई म आएको हुँ, किनकि तिमीलाई धेरै प्रेम गरिएको छ । यसकारण यो वचन विचार गर र प्रकट भएको कुरालाई बुझ ।
DAN 9:24 तिम्रा मानिसहरू र तिम्रो पवित्र सहरको दोषको अन्‍त्‍य गर्न र पापलाई अन्त्य गर्न, दुष्‍टताको निम्ति पश्‍चात्ताप गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई पुरा गर्न, र अति पवित्र स्थानलाई शुद्ध पार्नलाई सत्तरी सातहरूको आदेश दिइएको छ ।
DAN 9:25 यो जान र बुझ, कि यरूशलेमलाई पुनर्स्थापित र पुनर्निर्माण गर्ने आज्ञा दिएपछि, अभिषिक्त जनको (जो अगुवा हुनेछन्) आगमनसम्‍म त्यहाँ सात सातहरू र बैसठ्ठी सातहरू हुनेछन् । धेरै विपदका समयहरू हुने भए तापनि, सडकहरू र सुरुङहरूसहित यरूशलेमको पुनर्निर्माण हुनेछ ।
DAN 9:26 बैसठ्ठी सातहरूपछि, अभिषिक्त जनलाई नाश पारिनेछ र तिनीसँग केही पनि हुनेछैन । आउनेवाला शासकका सेनाले सहर र पवित्र स्थानलाई नाश गर्नेछ । बाढीसँगै त्यसको अन्त्य आउनेछ, र अन्त्‍यसम्मै युद्ध हुनेछ । सर्वनाश पार्ने आज्ञा दिइएको छ ।
DAN 9:27 एउटा सातको निम्‍ति तिनले धेरै जनासँग करार सदर गर्नेछन् । सातको बिचमा तिनले बलिदान र भेटीलाई समाप्‍त गर्नेछन् । घृणित कुराहरूको पखेटामा कोही व्‍यक्‍ति आउनेछ जसले सर्वनाश गर्नेछ । सर्वनाश गर्ने व्‍यक्‍तिलाई पूर्ण रूपमा खत्तम गर्ने र विनाश पार्ने आदेश भएको छ ।”
DAN 10:1 फारसका राजा कोरेसको तेस्रो वर्षमा दानिएललाई एउटा सन्देश प्रकट गरियो जसलाई बेलतसजर पनि भनिन्‍थ्‍यो। यो सन्देश साँचो थियो । यो एउटा ठुलो युद्धको विषयमा थियो । आफूले दर्शनबाट अन्तर्दृष्‍टि पाएपछि दानिएलले यो सन्देश बुझे ।
DAN 10:2 ती दिनहरूमा म दानिएल, तिन हप्‍तासम्म शोक गरिरहें ।
DAN 10:3 तिन हप्‍ता पुरै नबितेसम्म नै मैले कुनै मिठो खाना खाइनँ, न मासु खाएँ, न दाखमद्य पिएँ, न त मैले आफैंलाई तेलले अभिषेक गरें ।
DAN 10:4 पहिलो महिनाको चौबीसौं दिनमा, जब म त्यो विशाल नदी (अर्थात् टाइग्रिस) को छेउमा थिएँ,
DAN 10:5 मैले माथि हेरें र सूतीको लुगा लगाएका एक जना मानिसलाई देखें, जसको कम्मरमा उफाजको शुद्ध सुनले बनेको पेटी बाँधिएको थियो ।
DAN 10:6 तिनको शरीर पीतमणिजस्‍तो र तिनको अनुहार बिजुलीजस्‍तो थियो । तिनका आँखा बलिरहेका राँकोजस्‍ता थिए, र तिनका हात र खुट्टाहरू टल्‍काइएका काँसाजस्‍तै थिए । तिनको वचन आवाज एउटा ठुलो भीडको जस्‍तो थियो ।
DAN 10:7 म, दानिएल एक्‍लै त्यो दर्शन देखें, किनकि मसँगै भएका मानिसहरूले त्यो दर्शन देखेनन् । तपनि, तिनीहरूमा एउटा ठुलो त्रास पर्‍यो, र तिनीहरू आफू लुक्‍नलाई भागे ।
DAN 10:8 यसैले म एक्लै छोडिएँ र यो महान् दर्शन देखें । ममा बल बाँकी रहेन । मेरो उज्यालो अनुहार नै अँधयारो भयो, र ममा कुनै शक्ति नै रहेन ।
DAN 10:9 तब मैले तिनका शब्‍दहरू सुनें— र मैले ती सनिरहँदा, म जमिनमा घोप्टो परेर गहिरो निद्रामा निदाएँ ।
DAN 10:10 मलाई एउटा हातले छोयो, र त्‍यसले मेरा घुँडाहरू र हत्केलाहरूलाई थरथर काँम्‍ने बनायो ।
DAN 10:11 ती स्वर्गदूतले मलाई भने, “ए दानिएल, धेरै सम्‍मान पाएको मानिस, मैले तिमीलाई भनिरहेका वचनलाई बुझ । सिधा खडा होऊ, किनकि मलाई तिमीकहाँ पठाइएको छ ।” तिनले मलाई यो सन्देश बोलेको समयमा, थरथर काम्दै म उठें ।
DAN 10:12 अनि तिनले मलाई यसो भने, “ए दानिएल, नडराऊ । बुझ्न र आफ्‍नो परमेश्‍वरको सामु आफैंलाई नम्र बनाउन तिमीले प्रयास गरेका पहिलो दिनदेखि नै तिम्रा शब्दहरूको सुनुवाइ भएको छ, र तिम्रा शब्दहरूकै कारणले म आएको छु ।
DAN 10:13 तर फारस राज्यका राजकुमारले मेरो विरोध गर्‍यो, र मलाई एक्‍काइस दिनसम्म फारसका राजाहरूसँग राखियो । तर प्रधान राजकुमारहरूमध्ये एक, मिखाएल मलाई सहायता गर्न आए ।
DAN 10:14 तिम्रा मानिसहरूलाई अन्तका दिनमा के हुनेछ भनेर बुझ्न तिमीलाई मदत गर्न म आएको हुँ । किनकि यो दर्शनचाहिं अझै आउन बाँकी दिनको निम्ति हो ।”
DAN 10:15 जब तिनले यी शब्दहरूको प्रयोग गरी मसँग बोल्दै थिए, मैले मेरो मुहारलाई जमिनतर्फ झुकाएँ र म बोल्न सकिनँ ।
DAN 10:16 मानिसका पुत्रजस्‍तै देखिने एक जनाले मेरो ओठहरूमा छोए, र मैले आफ्‍नो मुख खोलें र मेरो सामु हुनेसँग बात गरें, “हे मेरा मालिक, दर्शनको कारणले गर्दा म वेदनामा परेको छु । मसँग बल छैन ।
DAN 10:17 म तपाईंको सेवक हुँ । कसरी म आफ्‍नो मालिकसँग बोल्न सक्छु? किनकि म जान्‍दछु कि मसँग बल छैन, र ममा सास पनि बाँकी छैन ।”
DAN 10:18 मानिसजस्ता देखिनेले मलाई फेरि छोए र मलाई शक्ति दिए ।
DAN 10:19 तिनले भने, “ए धेरै सम्‍मान पाएको मानिस, नडराऊ । तिमीलाई शान्ति होस् ! अब शाहसी होऊ, बलियो होऊ !” तिनी मसँग बोल्दै गर्दा, ममा बल आयो । मैले भनें, “ए मेरा मालिक बोल्नुहोस्, किनकि तपाईंले मलाई शक्ति दिनुभएको छ ।”
DAN 10:20 तिनले भने, “म तिमीकहाँ किन आएँ के तिमीलाई थाहा छ? म छिट्टै फारसका राजकुमारसँग यद्ध गर्नलाई फर्कनेछु । म गएपछि, ग्रीसका राजकुमार आउनेछन् ।
DAN 10:21 तर सत्यको पुस्तकमा के लेखिएको छ, म तिमीलाई बताउनेछु । तिम्रा राजकुमार मिखाएल बाहेक अरू कसैले पनि तिनीहरूका विरुद्ध मलाई शाहसी बनाउन सक्दैनन् ।”
DAN 11:1 मादी दाराको पहिलो वर्षमा, म आफैं मिखाएलको मदत र सुरक्षा गर्न आएँ ।
DAN 11:2 अब म तिमीलाई सत्य कुरा बताउँछु । फारसमा तिन जना राजा खडा हुनेछन्, र अरूभन्दा चौथोचाहिं धेरै धनी हुनेछ । आफ्नो धनदौलतबाट त्यसले शक्ति हासिल गरेपछि, त्यसले सबैलाई ग्रीस राज्यको विरुद्ध उत्तेजित गर्नेछ ।
DAN 11:3 एक जना शक्तिशाली राजा खडा हुनेछन्, जसले धेरै विशाल राज्यमा शासन गर्नेछन्, र आफ्नै इच्छाअनुसार तिनले काम गर्नेछन् ।
DAN 11:4 तिनी खडा भएपछि, तिनको राज्य टुक्राटुक्रा हुनेछ र स्वर्गका चार बतासतिर त्यो विभाजित हुनेछ, तर तिनका आफ्नै वंशमा होइन, अनि तिनले राज्य गरिरहँदाको शक्तिले तिनको शक्तिले होइन । किनकि तिनको राज्य तिनको वंशको निम्ति नभएर अरूका निम्ति उखेलिनेछ ।
DAN 11:5 दक्षिणको राजा धेरै शक्तिशाली हुनेछन्, तर तिनका कमान्‍डरमध्ये एकजना तिनीभन्दा शक्तिशाली हुनेछ र आफ्‍नो राज्यलाई ठुलो शक्तिले शासन गर्नेछ ।
DAN 11:6 केही वर्षपछि, ठिक समयमा, तिनीहरूले मित्रता कायम गर्नेछन् । सम्झौता पक्‍का गर्नलाई दक्षिणको राजाकी छोरी उत्तरको राजाकहाँ जान्छिन् । तर तिनको आफ्‍नो हातको बल कायम राख्‍न सक्‍नेछैनन्, न त उनले वा उनको हातले नै सक्‍नेछन् । तिनी र तिनलाई ल्‍याउनेहरू र तिनका पिता र ती समयमा तिनको समर्थन गर्ने सबै त्यागिनेछन् ।
DAN 11:7 तर तिनको ठाउँमा तिनका जराहरूबाट एउटा हाँगो पलाउनेछ । उनले उत्तरको राजाको सेनालाई आक्रमण गर्नेछन् र किल्लाभित्र प्रवेश गर्नेछन् । उनले तिनीहरूसित लडाइँ गर्नेछन् र तिनीहरूमाथि विजय पाउनेछन् ।
DAN 11:8 उनले तिनीहरूका देवताहरू र तिनीहरूका ढलौटे फलामका मूर्तिहरू र सुन र चाँदीका बहुमुल्य भाँडाहरू मिश्रदेशमा लानेछन् । केही वर्षसम्‍म उनी उत्तरका राजाबाट टाढा रहनेछन् ।
DAN 11:9 अनि उत्तरका राजाले दक्षिणको राजाको राज्यमाथि आक्रमण गर्नेछन्, तर तिनि आफ्नै देशमा फर्कनेछन् ।
DAN 11:10 तिनका छोराहरू तयार हुनेछन् र ठुलो सेनालाई भेला गर्नेछन् । त्यो निरन्‍तर अघि बढ्‍नेछ र बाढीले झैं हरेक कुरा बगाउनेछ । सबैलाई जित्‍दै त्‍यो उसको किल्लासम्मै पुग्‍नेछ ।
DAN 11:11 तब दक्षिणको राजा धेरै क्रुद्ध हुनेछन् । तिनी जानेछन् र उत्तरको राजाको विरुद्धमा लडाइ गर्नेछन् । उत्तरको राजाले एउटा ठुलो सेना खडा गर्नेछन्, तर त्यो सेनालाई दक्षिणको राजाको हातमा दिइनेछ ।
DAN 11:12 त्यो सेना लगिनेछ, र दक्षिणको राजाको हृदय घमण्डले फुल्नेछ, र तिनले दसौं हजारलाई मार्नेछन्, तर तिनी विजयी हुनेछैनन् ।
DAN 11:13 अनि उत्तरको राजाले पहिलेको धेरै भन्दा शक्तिशाली अर्को सेना खडा गर्नेछन् । केही वर्षपछि, उत्तरका राजा निश्‍चय नै शक्तिशाली सेनाका साथमा धेरै हतियारका साथमा आउनेछन् ।
DAN 11:14 ती समयमा धेरै जना दक्षिणको राजाको विरुद्धमा खडा हुनेछन् । दर्शन पुरा गर्नलाई तिम्रा मानिसहरूका बिचमा भएका हिंसात्‍मक छोराहरूले आफैंलाई तयार पार्नेछन्, तर तिनीहरू ठेस खानेछन् ।
DAN 11:15 उत्तरका राजा आउनेछन्, र घेरा मचान बनाउनलाई माटो थुपार्नेछन् र पर्खालले घेरिएको सहरलाई कब्जा गर्नेछन् । दक्षिणको शक्ति टिक्‍न सक्‍नेछैन, तिनीहरूका सर्वोत्कृष्‍ट सेना पनि टिक्‍न सक्दैन । खडा हुने शक्ति हुनेछैन ।
DAN 11:16 बरु, आउनेले चाहिं आफ्नो इच्छा अनुसार उनको विरुद्ध व्यवहार गर्नेर्छन् । तिनको मार्गमा कोही खडा हुनेछैन । सुन्दरताको देशमा तिनी खडा हुनेछन्, र विनाश तिनको हातमा हुनेछ ।
DAN 11:17 उत्तरको राजा आफ्नो सम्पूर्ण राज्यको शक्तिमा आउने निर्णय गर्नेछन्, र तिनीसित सम्झौताको एउटा दस्‍तावेज हुनेछ जुन तिनले दक्षिणको राजासँग गर्नेछन् । दक्षिणको राज्यलाई खत्तम गर्न तिनले एउटी स्‍त्रीको छोरीलाई उनीसित विवाहमा गरिदिनेछन् । तर त्यो योजनाले तिनलाई सफल वा मदत हुनेछैन ।
DAN 11:18 यसपछि, उत्तरको राजाले समुद्रतटका देसहरूमा ध्यान लगाउनेछ र तीमध्ये धेरैलाई अधीन गर्नेछन् । तर एक जना कमान्‍डरले तिनको घमण्डको अन्त्य गर्नेछन् र तिनको घमण्डलाई तिनैकहाँ फर्काउनेछन् ।
DAN 11:19 तब तिनले आफ्नै देशका किल्लाहरूतर्फ ध्यान दिनेछन्, तर तिनी ठेस खानेछन् र त्यो ढल्‍नेछन् । तिनी फेरि भेट्टाइनेछैनन् ।
DAN 11:20 तब तिनको ठाउँमा अरू कोही एक जना खडा हुनेछन् जसले राज्यको वैभवको निम्ति एक जना कर उठाउनेलाई घुसपैट गर्न लगाउनेछन् । तर केही दिनमा कुनै रिस वा युद्धविना नै तिनी टुक्रा-टुक्रा पारिनेछन् ।
DAN 11:21 तिनको ठाउँमा एक जना तुच्छ मानिस खडा हुनेछ जसलाई मानिसहरूले राजकीय शक्तिको सम्मान दिनेछैनन् । ऊ अचानक आउनेछ र छल गरेर उसले राज्यलाई कब्जा गर्नेछ ।
DAN 11:22 उसको सामु एउटा सेनालाई बाढीले झैं बगाउनेछ । करार सेना र अगुवा दुवै नष्‍ट हुनेछन् ।
DAN 11:23 ऊसित मित्रता गरेको समयदेखि नै उसले छलपूर्ण ढङ्गले काम गर्नेछ । थोरै मानिसको साथमा पनि ऊ शक्तिशाली हुनेछ ।
DAN 11:24 कुनै चेतावनीविना नै ऊ प्रदेशको सबैभन्दा सम्‍वृद्ध ठाउँमा आउनेछ, र उसको बुबा वा हजुरबुबाले नगरेका काम त्यसले गर्नेछ । उसले लुटका सामान र धन-सम्पत्ति आफ्ना अनुयायीहरूसँग बाँड्नेछ । उसले किल्लाहरूलाई हटाउने योजना गर्नेछ, तर केही समयको लागि मात्र हुनेछ ।
DAN 11:25 ऊ आफ्नो शक्ति र हृदयसहित ठुलो सेनाको साथमा दक्षिणको राजाको विरुद्धमा उठ्नेछ । दक्षिणको राजाले ठुलो, र धेरै शक्तिशाली सेनासँग युद्ध गर्नेछ, तर तिनको विरुद्धमा अरूले षड्यन्त्र गरेको कारणले गर्दा तिनी टिक्‍नेछैनन् ।
DAN 11:26 तिनको मिठा भोजन खानेहरूले समेत तिनलाई नाश गर्न खोज्नेछन् । बाढीले झैं तिनका सेना बगाइनेछ, र तीमध्‍ये धेरै जना मारिनेछन् ।
DAN 11:27 यी दुवै राजाहरू, आफ्नो हृदयमा एक-अर्काको विरुद्धमा दुष्‍टता लिएर, एउटै टेबिलमा बस्‍नेछन् र एक-अर्कालाई ढाँट्‍नेछन्, तर त्यो केही कामको हुनेछैन । किनभने तोकिएकै समयमा अन्त्य आउनेछ ।
DAN 11:28 अनि उत्तरका राजा धेरै धनदौलत लिएर, आफ्नो हृदयलाई पवित्र करारको विरुद्धमा उठाएर आफ्नै देशमा फर्कनेछ । उसले त्यस्तै काम गर्नेछ र आफ्नै देशमा फर्कनेछ ।
DAN 11:29 तोकिएको समयमा ऊ फर्कनेछ र दक्षिणको विरुद्धमा खडा हुनेछ । तर यस पटक पहिलाको झैं हुनेछैन ।
DAN 11:30 किनभने कित्तिमका जहाजहरू उसको विरुद्धमा आउनेछन्, र ऊ डराउनेछ र पछि हट्नेछ । त्यो पवित्र करारको विरुद्ध ऊ रिसले चूर हुनेछ, र पवित्र करारलाई त्याग्‍नेहरूलाई उसले समर्थन गर्नेछ ।
DAN 11:31 उसको सैन्य-बल उठ्नेछ र पवित्र-स्‍थानका किल्लाहरूलाई अशुद्ध पार्नेछ । तिनीहरूले दैनिक होमबलि हटाउनेछन्, र तिनीहरूले घृणित थोक स्थापना गर्नेछन् जसले विनाश ल्याउनेछ ।
DAN 11:32 अनि करारको विरुद्धमा दुष्‍टतापूर्ण काम गर्नेहरूलाई उसले तिनलाई धोका दिनेछ र तिनलाई भ्रष्‍ट पार्नेछ । तर आफ्ना परमेश्‍वरलाई चिन्‍ने मानिसहरू बलियै हुनेछन् र सोअनुसार काम गर्नेछन् ।
DAN 11:33 मानिसहरूमध्ये बुद्धिमान्‌ले धेरै जनालाई बुझाउनेछ । तर तरवार र आगोले तिनीहरू ढल्‍नेछन् । तिनीहरू कैदमा जानेछन् र धेरै दिनसम्म लुटिनेछन् ।
DAN 11:34 तिनीहरू ढलेका अवस्‍थामा, तिनीहरूलाई थोरै सहायता मिल्नेछ । कपट गरेर धेरै जनाले तिनीहरूसँग मिलाप गर्नेछन् ।
DAN 11:35 बुद्धिमान्‌मध्‍ये कोही-कोहीले ठेस खानेछन्, जसले गर्दा तिनीहरू अन्तको समयसम्म खारिनेछन्, शुद्ध पारिनेछन्, र दागरहित हुनेछन् । किनभने तोकिएको समय आउन अझै बाँकी हुन्‍छ ।
DAN 11:36 राजाले आफ्नो इच्छाहरूअनुसार काम गर्नेछ । उसले आफैंलाई उठाउनेछ र सारा देवहरूमाथि आफूलाई महान् बनाउनेछ । देवहरूका परमेश्‍वरको विरुद्धमा उसले आश्‍चर्यलाग्दा कुराहरू भन्‍नेछ, किनभने क्रोधको समय पूरा नभएसम्म ऊ सफल हुनेछ । किनभने जे आदेश दिइएको छ, त्यो पूरा भएरै छोड्‍नेछ ।
DAN 11:37 आफ्ना पुर्खाका देवहरू वा स्‍त्रीहरूले रुचाएका देवप्रति पनि उसले ध्यान दिनेछैन । न त उसले अन्य देवहरूप्रति ध्यान दिनेछ । किनभने सबैभन्दा माथि उसले आफैंलाई महान् बनाउनेछ ।
DAN 11:38 यीभन्दा किल्लाहरूका देवलाई उसले सम्मान गर्नेछ । उसले पुर्खाहरूले नमान्‍ने देवलाई उसले सुन र चाँदी, र बहुमुल्य पत्थरहरू, अनि महत्त्वपूर्ण उपहारहरूले सम्मान गर्नेछ ।
DAN 11:39 सबैभन्दा बलिया किल्लाहरूलाई उसले पराई देवको सहायताले आक्रमण गर्नेछ । उसका कुरा मान्‍ने हरेकलाई उसले धेरै सम्मान दिनेछ । उसले तिनीहरूलाई धेरै मानिसहरूका शासकहरू बनाउनेछ, र त्यो देशलाई उसले इनामको रूपमा विभाजन गर्नेछ ।
DAN 11:40 अन्त्यको समयमा, दक्षिणका राजाले आक्रमण गर्नेछन् । उत्तरको राजाले दक्षिणको राजाको विरुद्ध रथहरू र घोडचडीहरू, र धेरै जहाजहरूको साथमा आँधीझैं युद्ध गर्नेछ । ऊ धेरै देशहरूका विरुद्ध जानेछ, र तिनीहरूलाई बाढीले झैं बगाउनेछ र अगि बढ्नेछ ।
DAN 11:41 ऊ सुन्दारताको देशमा जानेछ, र दशौं हजार इस्राएलीहरू मर्नेछन् । तर त्यसका हातबाटः एदोम, मोआब, र अम्मोनका मानिसमद्‍ये बाँकी रहेकाहरू उम्‍कनेछन् ।
DAN 11:42 उसले देशहरूमाथि आफ्नो अधिकार फैलाउनेछ । अनि मिश्रदेश बचाइनेछैन ।
DAN 11:43 सुन र चाँदीका, र मिश्रदेशका सारा धन-सम्पत्तिमा उसले नियन्त्रण गर्नेछ । लिबियाली र कूशीहरू उसका पाउँमुनि हुनेछन् ।
DAN 11:44 तर पूर्व र उत्तरबाट आउने समाचारले उसलाई भयभीत बनाउनेछ, र पूर्ण रूपमा नाश गर्न र धेरैलाई विनाशको निम्ति अलग गर्न ऊ क्रोधित भएर जानेछ ।
DAN 11:45 उसले समुद्रहरू र पवित्रताको सुन्दरताको पर्वतको बिचमा आफ्‍नो राजकीय वासस्थानको पाल खडा गर्नेछ । उसको अन्त्य हुनेछ, र उसको निम्ति त्यहाँ सहायता गर्ने कोही पनि हुनेछैन ।
DAN 12:1 “त्यो समयमा, तिम्रा मानिसहरूको रक्षा गर्ने महान् राजकुमार, मिखाएल खडा हुनेछन् । त्यहाँ विपत्तिको समय हुनेछ, जुन कुनै पनि जातिको सुरुदेखि त्यो समयसम्‍म कहिल्यै भएको थिएन । त्यो समयमा तिम्रा मानिसमध्‍ये हरेक, जसका नाम पुस्तकमा लेखिएका पाइनेछ, ती बचाइनेछन् ।
DAN 12:2 पृथ्वीको माटोमा सुतेकाहरूमध्‍ये धेरै जना, कोही अनन्तको जीवनको निम्ति, अनि कोही लाज र अनन्तको निन्दाको निम्ति फेरि उठ्नेछन् ।
DAN 12:3 बुद्धिमान् मानिसहरू माथि आकाशको उज्यालोझैं चम्कनेछन्, र धेरैलाई धार्मिकतामा डोर्‍याउनेहरू सदाको निम्ति ताराहरूझैं हुनेछन् ।
DAN 12:4 तर तिमी दानिएल, यी वचनलाई बन्द गर । अन्तको समयसम्म त्यो पुस्तकलाई मोहर लगाई राख । धेरै जना यता-उता दौडनेछन्, र ज्ञान बढ्नेछ ।”
DAN 12:5 तब, म, दनिएलले हेरें, र त्यहाँ अरू दुई जना खडा थिए । एक जना नदीको यतापट्टिको किनारमा, र एक जना नदीको अर्कोपट्टिको किनारमा खडा थिए ।
DAN 12:6 तीमध्ये एक जनाले नदीको माथि भएका मलमलको लुगा लगाउने मानिसलाई सोधे, “यी अचम्मका घटनाहरू पूरा हुन कति समय लाग्‍नेछ?”
DAN 12:7 नदीमाथि भएका मलमलको लुगा लगाउने मानिसको आवाज मैले सुनें— तिनले आफ्नो दाहिने र देब्रे हात स्वर्गतिर उचाले र अनन्तसम्म रहनुहुनेको नाउँमा सपथ खाएर भने, कि त्यो एक वर्ष, दुई वर्ष, र आधा वर्षसम्म हुनेछ । आखिरीमा जब पवित्र मानिसहरूका शक्ति तोडिनेछ, तब यी सबै कुराहरू पूरा हुनेछन् ।
DAN 12:8 मैले सुनें, तर मैले बुझिनँ । यसैले मैले सोधें, “ए मेरा मालिक, यी सबै कुराहरूको परिणाम के हुनेछ?”
DAN 12:9 तिनले भने, “ए दानिएल, तिमी आफ्नो बाटो लाग, किनभने अन्तको समय नभएसम्म यी वचनलाई बन्द गरिएका र मोहर लगाइएका छन् ।
DAN 12:10 धेरै जना शुद्ध पारिनेछन्, दागरहित बनाइनेछन्, र खारिनेछन्, तर दुष्‍टहरूले दुष्‍ट काम गर्नेछन् । दुष्‍टहरूमध्‍ये कसैले पनि बुझ्नेछैन, तर बुद्धिमान्‌हरूले बुझ्नेछन् ।
DAN 12:11 दैनिक होमबलि हटाइएको र पूर्ण विनाश ल्याउने घृणित थोकको स्‍थापना गरिएको समयदेखि, त्‍यहाँ १,२९० दिन हुनेछन् ।
DAN 12:12 त्‍यो मानिस धन्यको जो १,३३५ दिनहरूका अन्त्यसम्म पर्खकन्‍छ ।
DAN 12:13 अन्तसम्म तिमी आफ्नै बाटो लाग, र तिमीले विश्राम पाउनेछौ । दिनहरूका अन्तमा तिमीलाई दिइएको ठाउँमा तिमी खडा हुनेछौ ।”
HOS 1:1 यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज र हिजकिया अनि येहोआशका छोरा इस्राएलका राजा यारोबामको समयमा बेरीको छोरो होशेकहाँ आऐको परमप्रभुको वचन यही हो,
HOS 1:2 जब परमप्रभु पहिलो पटक होशेद्वारा बोल्‍नुभयो, तब उहाँले तिनलाई यसो भन्‍नुभयो, “जा अनि एउटा वेश्‍यालाई आफ्नो पत्‍नी बना । त्यसले आफ्नो वेश्‍यागमनको फलस्वरूप छोराछोरी जन्माउनेछे । किनकि देशले परमप्रभुलाई त्यागेर ठुलो वेश्‍यागमन गरिरहेको छ ।”
HOS 1:3 यसैले होशे गएर दिब्‍लैमकी छोरी गोमेरलाई विवाह गरे, र त्‍यो गर्भवती भई र तिनको निम्ती एउटा छोरो जन्माई ।
HOS 1:4 परमप्रभुले होशेलाई भन्‍नुभयो, “उसको नाउँ यिजरेल राख् । किनकि केही समयमा नै, म येहूको घरानालाई यिजरेलमा बगाएको रगतको कारण दण्ड दिनेछु र इस्राएलको घरानाको राज्यलाई म अन्‍त गर्नेछु ।
HOS 1:5 त्यस दिनमा यिजरेलको बेसीमा म इस्राएलको धनु भाँचिदिनेछु ।”
HOS 1:6 गोमेर फेरि गर्भवती भई र एउटी छोरी जन्माई । तब परमप्रभुले होशेलाई भन्‍नुभयो, “त्यसको नाउँ लो-रूहामा राख्, किनकि इस्राएलको घरानालाई म फेरि कृपा गर्ने छैनँ, तिनीहरूलाई म कुनै किसिमले पनि क्षमा गर्ने छैनँ ।
HOS 1:7 तापनि यहूदाको घरानामाथि म कृपा गर्नेछु, र म परमप्रभु तिनीहरूका परमेश्‍वर आफैले तिनीहरूलाई बचाउनेछु । धनु, तरवार, युद्ध, घोडाहरू, वा घोडचढीहरूले, म तिनीहरूलाई बचाउनेछैन ।”
HOS 1:8 गोमेरले लो-रूहामालाई दूध छुटाएपछि, त्यो गर्भवती भई र अर्को एउटा छोरो जन्माई ।
HOS 1:9 तब परमप्रभुले भन्‍नुभयो, “त्यसको नाउँ लो-अम्मी राख, किनकि तिमीहरू मेरा मनिसहरू होइनौ, र म तिमीहरूका परमेश्‍वर होइनँ ।
HOS 1:10 तापनि इस्राएलका मानिसहरूको सङ्ख्या समुद्रको किनारको बालुवा जत्तिकै हुनेछ, जसलाई नाप्‍न वा गन्‍न सकिंदैन । त्‍यो त्‍यहीं हुनेछ जहाँ तिनीहरूलाई भनिएको थियो, ‘तिमीहरू मेरा प्रजा होइनौ’, तिनीहरूलाई यसो भनिनेछ, ‘तिमीहरू जीवित परमेश्‍वरका मानिसहरू हौ ।’
HOS 1:11 यहूदाका मानिसहरू र इस्राएलका मानिसहरू, एकसाथ भेला पारिनेछन् । तिनीहरूले आफ्ना निम्ति एक जना अगुवालाई नियुक्‍त गर्नेछन्, र तिनीहरू त्यस देशबाट माथितर्फ जानेछन् किनकि यिजरेलको दिन महान् हुनेछ ।
HOS 2:1 आफ्‍ना दाजुभाइलाई ‘मेरा मानिसहरू’ र आफ्ना दिदीबहिनीलाई ‘तिमीहरूलाई कृपा गरिएको छ’ भन ।”
HOS 2:2 आफ्नी आमाको विदरुद्धमा एउटा मुद्धा हाल, एउटा मुद्धा हाल, किनकि त्यो मेरी पत्‍नी होइन, र न त म त्यसको पति हुँ । त्यसले आफ्नो सामनेबाट आफ्‍नो वेश्‍यागमन, र आफ्ना स्‍तनहरूको बिचबाट आफ्‍नो व्यभिचारका कामहरूलाई हटाओस् ।
HOS 2:3 होइन भने, म त्यसलाई नाङ्गो पार्नेछु र त्यो जन्‍मको दिनमा झैं म त्यसको नग्‍नता देखाउनेछु । उजाड-स्‍थानजस्‍तै, एउटा सुख्‍खा लागेको देशजस्‍तै, म त्यसलाई बनाउनेछु, र त्यसलाई तिर्खाले मर्ने म बानउनेछु ।
HOS 2:4 त्यसका छोराछोरीलाई म कृपा देखाउनेछैनँ, किनकि ती वेश्‍यागमनका सन्‍तान हुन् ।
HOS 2:5 किनकि तिनीहरूकी आमा वेश्‍या थिई, र तिनीहरूलाई गर्भधारण गर्नेले लज्‍जास्‍पद किसिमले काम गरेकी छे । त्यसले भनी, “म आफ्‍ना प्रमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।”
HOS 2:6 यसकारण त्यसको मार्ग रोक्‍नलाई म काँडे झाडीका बार लगाउनेछु । त्यसले आफ्नो बाटो पत्ता नलगाओस् भनेर, म त्यसको विरुद्ध पर्खाल लगाउनेछु ।
HOS 2:7 त्यो आफ्ना प्रेमीहरूको पछि लाग्‍नेछ, तर त्यसले तिनीहरूलाई भेट्‍टाउनेछैन । त्यसले तिनीहरूलाई खोज्‍नेछ, तर त्यसले तिनीहरूलाई पाउनेछैन । अनि त्यसले भन्‍नेछ, “म आफ्‍नो पहिलो पतिकहाँ नै फर्कनेछु, किनभने अहिलेभन्दा त्यो नै मेरो निम्ति असल थियो ।”
HOS 2:8 किनकि त्यसलाई अन्‍न, नयाँ दाखमद्य र तेल दिने, म नै थिएँ भनी त्यसलाई थाहा भएको थएन,र जसले त्यसलाई प्रशस्‍त चाँदी र सुन दियो जसलाई तिनीहरूले त्‍यस बेला बालको निम्ती प्रयोग गरे ।
HOS 2:9 यसैले फसलको समयमा म त्यसको अन्‍न, र दाखमद्यको मौसममा म त्‍यो फिर्ता लिनेछु । त्यसको नग्‍नतालाई ढाक्‍न प्रयोग भएका, मेरो ऊन र सूतीको कपडा म फिर्ता लिनेछु ।
HOS 2:10 तब त्यसका प्रेमीहरूकै सामु म त्यसलाई नाङ्गो बनाउनेछु, र मेरो हातबाट त्यसलाई कसैले बचाउनेछैन ।
HOS 2:11 त्यसका सबै उत्‍सवहरू, त्‍यसका भोजहरू, त्‍यसका औँसीका उत्‍सवहरू, त्‍यसका शबाथहरू, र त्यसका निर्धारित सबै चाडलाई म अन्‍त गरिदिनेछु ।
HOS 2:12 “म त्यसका दाखका बोटहरू र अन्जीरका रुखहरूलाई नष्‍ट गरिदिनेछु, जसका विषयमा त्यसले भन्‍थी, ‘मेरा प्रेमीहरूले मलाई दिएका ज्याला यी नै हुन् ।’ तिनलाई म झाडी तुल्‍याउनेछु, र मैदानका पशुहरूले ती खानेछन् ।
HOS 2:13 बाल देवताका भोजका दिनका निम्ति म त्यसलाई दण्ड दिनेछु, जति बेला त्यसले तिनीहरूका निम्ति धूप बाली, जति बेला त्यसले आफ्ना औँठीहरू र गहनाले आफूलाई सुसज्‍जिए पारी, अनि त्यो आफ्ना प्रेमीहरूको पछि गई र मलाई बिर्सी, यो परमप्रभुको घोषणा हो ।”
HOS 2:14 यसैले म त्यसलाई फकाउन जानेछु । म त्यसलाई उजाड-स्‍थानमा ल्याउनेछु र त्योसँग कोमल भएर बोल्‍नेछु ।
HOS 2:15 त्यसका दाखबारीहरू र आशाको ढोकाको रूपमा आकोरको बेसी, म त्यसलाई फिर्ता गरिदिनेछु । त्यसको जवानीका दिनहरूमा झैं, र मिश्रदेशबाट बाहिर आएको दिनहरूमा झैं, त्यसले मलाई त्यहाँ जवाफ दिनेछ ।
HOS 2:16 “यो परमप्रभुको घोषणा हो, त्यो दिन यस्‍तो हुनेछ, तैंले मलाई ‘मेरो पति’ भन्‍नेछस्, अनि फेरि मलाई ‘मेरो बाल’ भन्‍नेछैनस् ।
HOS 2:17 किनकि म त्यसको मुखबाट बालको नाउँ हटाइदिनेछु, र तिनका नाउँ फेरि कहिल्यै सम्झना हुनेछैन ।”
HOS 2:18 “त्यस दिन मैदानका पशुहरूसँगै, आकाशका चराहरूसँगै, अनि जमिनमा घस्रने जीवजन्‍तुसँगै, म तिनीहरूसँग एउटा करार बाँध्‍नेछु । म देशबाट धनु, तरवार, र युद्धलाई हटाउनेछु, र म तँलाई सुरक्षासाथ पल्‍टिन दिनेछु ।
HOS 2:19 सदासर्वदाको निम्‍ति तेरो पति हुने प्रतिज्ञा म गर्नेछु । धार्मिकता, न्याय, करारको विश्‍वस्तता र कृपामा तेरो पति हुने प्रतिज्ञा म गर्नेछु ।
HOS 2:20 विश्‍वस्ततामा प्रतिज्ञा गरेर म आफैंलाई तँकहाँ सुम्‍पनेछु, र तैंले परमप्रभुलाई चिन्‍नेछस् ।
HOS 2:21 त्यो दिनमा जवाफ दिनेछु, यो परमप्रभुको घोषणा हो, म आकाशमण्‍डललाई जवाफ दिनेछु, र तिनले पृथ्‍वीलाई जवाफ दिनेछन् ।
HOS 2:22 पृथ्‍वीले अन्‍न, नयाँ दाखमद्य र तेललाई जवाफ दिनेछ र तिनले यिजरेललाई जवाफ दिनेछन् ।
HOS 2:23 आफ्‍नो निम्ति म त्यसलाई जमिनमा रोप्‍नेछु, र मैले लो-रूहामामाथि कृपा गर्नेछु । लो-अम्‍मीलाई म भन्‍नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ’ र तिनीहरूले मलाई भन्‍नेछन्, ‘तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ ।’”
HOS 3:1 परमप्रभुले मलाई भन्‍नुभयो, “फेरि जा, आफ्नो पतिले प्रेम गरेकी एक जना स्‍त्रीलाई प्रेम गर्, तर त्‍यो एक जना व्यभिचारिणी हो । इस्राएलका मानिसहरू अन्‍य देवतातर्फ लागे र तिनीहरूले पवित्र दाखका केकहरू मन पराए तापनि, जसरी म परमप्रभुले तिनीहरूलाई प्रेम गरें, त्‍यसरी नै त्यसलाई प्रेम गर् ।”
HOS 3:2 यसैले मैले त्यसलाई मेरो निम्ति पन्ध्र शेकेल चाँदी र अढाइ मुरी जौ तिरेर किनें ।
HOS 3:3 मैले त्यसलाई भनें, “तिमी मसँग धेरै दिन बस्‍नुपर्छ । तिमी अब वेश्‍या हुनेछैनौ र कुनै अर्को पुरुषको हुनेछैनौ । त्‍यसरी नै म पनि तिमीसँगै रहनेछु ।”
HOS 3:4 किनकि इस्राएलका मानिसहरू राजा, राजकुमार, बलिदान, ढुङ्गाको स्तम्भ, एपोद र घरघरका मूर्तिहरूविना धेरै दिनसम्म रहनेछन् ।
HOS 3:5 त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन् र परमप्रभु आफ्‍ना परमेश्‍वर र आफ्‍ना राजा दाऊदलाई खोज्‍नेछन्, र अन्तका दिनहरूमा, तिनीहरु परमप्रभु र उहाँको भलाइको सामु भयसाथ आउँछन् ।
HOS 4:1 ए इस्राएलका मानिस हो, परमप्रभुको वचन सुन । यस देशका वासिन्दाहरूको विरुद्धमा परमप्रभुको एउटा मुद्धा छ, किनभने देशमा सत्यता, करारको विश्‍वस्‍तता, परमप्रभुको ज्ञान छैन ।
HOS 4:2 त्यहाँ सराप, झुटो बोली, हत्या, चोरी र व्यभिचार छ । मानिसहरूले सबै सीमा तोडेका छन्, र रगत बगेपछि रगत बगेको छ ।
HOS 4:3 यसैले त्यो देश सुख्‍खा हुँदैछ, र त्यहाँ बसोबास गर्ने सबै खेर जाँदैछन् । मैदानका पशुहरू, आकाशका चराहरू, र समुद्र भएका माछासमेत मारिंदैछन् ।
HOS 4:4 तर कसैलाई मुद्धा ल्‍याउन नदेओ । कसैले कसैलाई पनि दोष नलगाओस् । किनकि मैले दोष लगाइरहेको तिमी, पुजारीहरूलाई नै हो ।
HOS 4:5 तिमी पुजारीहरू दिनमा ठेस खानेछौ । तिमीहरूसँगै अगमवक्ताहरू पनि रातमा ठेस खानेछन्, र तिमीहरूकी आमालाई म नष्‍ट गर्नेछु ।
HOS 4:6 मेरा मानिसहरू ज्ञानको कमिले गर्दा नष्‍ट भइरहेका छन् । तिमी पुजारीहरूले ज्ञानलाई इन्कार गरेको कारणले, तिमीहरूलाई मेरो पुजारी हुनबाट म पनि इन्कार गर्नेछु ।तिमीहरूले मेरो व्यवस्थालाई बिर्सेका कारणले, म तिमीहरूका परमेश्‍वर भए पनि म तिमीहरूका छोराछोरीलाई बिर्सनेछु ।
HOS 4:7 पुजारीहरूका सङ्ख्या जति धैरै वृद्धि भयो,त्‍यति नै धेरै तिनीहरूले मेरो विरूद्धमा पाप गरे । आफ्नो आदरलाई तिनीहरूले लाजसँग साटे ।
HOS 4:8 मेरा मानिसहरूको पापमा तिनीहरू पोसिन्‍छन्, र उनीहरूले धेरै दुष्‍टता गरून् भन्‍ने तिनीहरूको इच्‍छा हुन्‍छ ।
HOS 4:9 पुजारीहरूलाई जस्‍तो गरियो मानिसहरूलाई त्‍यस्‍तै गरिनेछः तिनीहरूका अभ्‍यासहरूका निम्‍ति म तिनीहरू सबैलाई दण्ड दिनेछु, तिनीहरूका कामहरूको बदला म तिनीहरूलाई दिनेछु ।
HOS 4:10 तिनीहरूले खानेछन् तर तिनीहरूसँग येथेष्‍ट हुनेछैन, तिनीहरूले वेश्‍यागमन गर्नेछन् तर वृद्धि हुनेछैन, किनभने तिनीहरू परमप्रभुबाट धेरै टाढा गएका छन् ।
HOS 4:11 तिनीहरूलाई यौनको छाडापन, दाखमद्य र नयाँ मद्य मन पर्छ, जसले तिनीहरूका समझलाई नाश पारेका छन् ।
HOS 4:12 मेरा मानिसहरूले काठका मूर्तिहरूसँग सल्लाह लिन्छन्, र तिनीहरूका लौरोले तिनीहरूलाई अगमवाणीहरू दिन्छन् । किनभने यौनको छाडापनको विचारले तिनीहरूलाई भ्रममा पारेको छ, र आफ्‍ना परमेश्‍वरमा विश्‍वसयोग्‍य हुन छोडेर वेश्‍याहरूले जस्‍तो व्यवहार तिनीहरूले गरेका छन् ।
HOS 4:13 पर्वतका टाकुराहरूमा तिनीहरूले बलि चढाउँछन् र पहाडहरूमा, फलाँट, लहरे-पीपल र तारपीनका फेदमा धूप बाल्छन्, किनभने छाया शितल हुन्छ । यसैले तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्छन्, अनि तिमीहरूका बुहारीहरूले व्यभिचार गर्छन् ।
HOS 4:14 तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्दा म तिनीहरूलाई दण्ड दिनेछैन, न त तिमीहरूका बुहारीहरूले व्यभिचार गर्दा तिनीहरूलाई दण्ड दिनेछु । किनकि पुरुषहरूले पनि आफैंलाई वेश्‍याहरूकहाँ दिन्छन्, र पवित्र वेश्‍याहरूसँग तिनीहरूले अनैतिक काम गर्न सकून् भनेर तिनीहरू बलिदानहरू चढाउँछन् । यी मानिसहरू जसले बुझ्‍दैनन्, तिनीहरू तल फालिनेछन् ।
HOS 4:15 तँ इस्राएलले व्यभिचार गरेको भए पनि, यहूदाचाहिं दोषी नहोस् । ए मानिस हो, तिमीहरू गिलगालमा नजाओ माथि बेथ-आवनमा नजाओ, र “परमप्रभु जिउँदो हुनुभएझैं” भनेर शपथ नखाओ ।
HOS 4:16 किनकि एउटी अटेरी साँडी-गाईले झैं इस्राएलले अटेरी भएर व्यवहार गरेको छ । भेडाहरूलाई घाँसे-मैदानमा लगेझैं परमप्रभुले कसरी तिनीहरूलाई खर्कमा लान सक्‍नुहुन्‍छ?
HOS 4:17 एफ्राइमले आफूलाई मूर्तिहरूसँग मिलाएको छ । त्यसलाई वास्‍तै नगर ।
HOS 4:18 तिनीहरूका कडा दाखमद्यले छोड्दा पनि, तिनीहरू निरन्‍तर व्यभिचारमा गर्छन् । र त्यसको शासकहरूले आफ्‍नो लज्‍जास्‍पद कुरालाई ज्यादै मन पराउँछन् ।
HOS 4:19 हावाले त्यसलाई आफ्ना पखेटामा बेर्नेछ, र आफ्ना बलिदानहरूका कारणले तिनीहरू शर्ममा पर्नेछन् ।
HOS 5:1 “ए पुजारीहरू हो, यो कुरा सुन! ए इस्राएलको घराना, ध्यान देओ! ए राजाको घराना, सुन! किनकि तिमीहरू सबैका विरुद्ध न्‍याय आउँदैछ । तिमीहरू मिस्‍पामा पासो, र तबोरमाथि फैलिएको जाल भएका छौ ।
HOS 5:2 विद्रोहीहरू मारकाटमा साह्रै नै संलग्‍न हुन्‍छन्, तर म तिनीहरू सबैलाई दण्ड दिनेछु ।
HOS 5:3 एफ्राइम र इस्राएल मबाट लुकेका छैनन् भनी म जान्‍दछु । ए एफ्राइम, तँ अब वेश्‍याझैं भएको छस् । इस्राएल अपवित्र पारिएको छ ।
HOS 5:4 तिनीहरूका कामहरूले तिनीहरूलाई परमेश्‍वरतर्फ फर्कन दिंदैनन्, किनकि तिनीहरूमा व्यभिचारको मन छ, र तिनीहरूले परमप्रभुलाई चिन्दैनन् ।
HOS 5:5 इस्राएलको घमण्डले उसकै विरुद्ध गवाही दिन्छ । यसैले इस्राएल र एफ्राइम आफ्‍नै दोषमा ठेस खानेछन्, र यहूदा पनि तिनीहरूसँगै ठेस खानेछ ।
HOS 5:6 आफ्ना बगाल र बथानसँग परमप्रभुको खोजी गर्न तिनीहरू जानेछन्, तर तिनीहरूले उहाँलाई भेट्‍टाउने छैनन्, किनकि उहाँले आफैंलाई तिनीहरूबाट टाढा लानुभएको छ ।
HOS 5:7 तिनीहरू परमप्रभुप्रति विश्‍वासघाती भए, किनकि तिनीहरूले अवैधानिक छोराछोरी जन्माएका छन् । अब औंसीका पर्वहरूले तिनीहरूका भूमिसँगै तिनीहरूलाई पनि निलिदिनेछ ।
HOS 5:8 गिबामा तुरही र रामामा बिगुल फुक । बेथ-आवनमा युद्ध-ध्वनि बजाओः ‘ए बेन्यामीन, हामी तेरो पछि लाग्‍छौं!’
HOS 5:9 न्यायको दिनमा एफ्राइम निर्जन हुनेछ । इस्राएलका कुलहरू बिचमा निश्‍चय हुन आउने कुरा मैले घोषणा गरेको छु ।
HOS 5:10 यहूदाका अगुवाहरू त्‍यस्‍ता हुन् जसले सिमानाको ढुङ्गा सार्छ । पानी खन्याएझैं तिनीहरूमाथि म आफ्‍नो क्रोध खन्याउनेछु ।
HOS 5:11 एफ्राइम कुल्चिएको छ, त्यो न्यायमा कुल्चिएको छ, किनभने त्यो आफ्नै इच्‍छामा मूर्तिहरूको पछि लागेको छ ।
HOS 5:12 यसैले एफ्राइमको निम्ति म कपडा काट्ने किराझैं हुनेछु र यहूदाको घरानाको निम्ति सडाउने कुराझैं हुनेछु ।
HOS 5:13 जब एफ्राइमले आफ्नो रोग देख्‍यो, र यहूदाले आफ्नो घाउ देख्‍यो, तब एफ्राइम अश्‍शूरमा गयो, र यहूदाले महान् राजाकहाँ सन्देशवाहक पठायो । तर त्यसले तेरा मानिसहरूलाई निको पार्न वा तिमीहरूका घाउ निको पार्न सकेन ।
HOS 5:14 यसैले एफ्राइमको निम्ति म सिंहझैं हुनेछु, र यहूदाको घरानाको निम्ति जवान सिंहझैं हुनेछु । मैले नै तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र जानेछु । म तिनीहरूलाई बोकेर लानेछु, र तिनीहरूलाई बचाउने कोही पनि हुनेछैन ।
HOS 5:15 तिनीहरूले आफ्ना दोष स्‍वीकार गरेर मेरो खोजी नगरेसम्म, र आफ्‍ना दु:खको समयमा मलाई तत्परतासाथ नखोजेसम्म, म जानेछु र आफ्नै ठाउँमा फर्कनेछु ।”
HOS 6:1 “आओ, हामी परमप्रभुतर्फ फर्कौं । किनकि उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ । उहाँले हामीलाई घाइते बनाउनुभएको छ, तर उहाँले हाम्रो घाउमा पट्‍टी लगाउनुहुनेछ ।
HOS 6:2 दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ । तेस्रो दिनमा उहाँले हामीलाई उठाउनुहुनेछ, र हामीहरू उहाँको सामु जिउनेछौं ।
HOS 6:3 हामी परमप्रभुलाई चिनौं । परमप्रभुलाई चिन्‍नुपर्ने दवावमा हामी परौं । झिसमिसे बिहानीझैं उहाँको आगमन निश्‍चित छ । उहाँ हामीकहाँ झरीझैं, जमिनलाई भिजाउने बसन्‍त ऋतुको झरीझैं आउनुहुनेछ ।”
HOS 6:4 ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो विश्‍वस्‍तता बिहानीको बादलझैं, चाँडै हराएर जाने शीतझैं छ ।
HOS 6:5 यसैले तिनीहरूलाई मैले अगमवक्ताहरूद्वारा टुक्रा-टुक्रा पारेको छु, तिनीहरूलाई मैले आफ्‍नो मुखको वचनले मारेको छु । तिमीहरूका आदेशहरू चम्किने बिजुलीझैं छन् ।
HOS 6:6 किनकि म बलिदान होइन, विश्‍वस्‍तता चाहन्छु, र होमबलिहरूभन्दा धैरे परमेश्‍वरको ज्ञान भएको चाहन्छु ।
HOS 6:7 आदमले झैं तिनीहरूले करार तोडेका छन्, तिनीहरू मप्रति विश्‍वासहीन भएका छन् ।
HOS 6:8 गिलादचाहिं दुष्‍ट काम गर्नेहरूको सहर हो, जसका पाइलाहरूमा रगत छ ।
HOS 6:9 डाँकुहरूका समुहले कसैलाई पर्खिरहेझैं, शकेम जाने बाटोमा पुजारीहरू मार्नलाई समुहमा बस्छन् । तिनीहरूले लज्‍जास्‍पद अपराधहरू गरेका छन् ।
HOS 6:10 इस्राएलको घरानामा मैले घिनलाग्‍दो कुरा देखेको छु । त्यहाँ एफ्राइमको वेश्‍यागमन छ, र इस्राएल अशुद्ध भएको छ ।
HOS 6:11 ए यहूदा तेरो निम्ति पनि कटनी तोकिएको छ, जति बेला म आफ्‍ना मानिसहरूको सुदिन पुनर्स्थापना गर्नेछु ।
HOS 7:1 मैले इस्राएललाई निको पार्ने इच्‍छा गर्दा, एफ्राइमको पाप र सामरियाका दुष्‍ट कामहरू प्रकट हुन्छन्, किनकि तिनीहरू धोकापूर्ण काम गर्छन् । एक जना चोर भित्र प्रवेश गर्छ, र डाँकूहरूको समुहले सडकमा आक्रमण गर्छ ।
HOS 7:2 तिनीहरूका सबै दुष्‍ट कामलाई मैले याद गर्छु, भनी तिनीहरूले आफ्नो हृदयहरूमा महसुस नै गर्दैनन् । अब तिनीहरूका कामहरूले तिनीहरूलाई नै घेर्छन् । ती मेरो अनुहारको सामु छन् ।
HOS 7:3 तिनीहरूले आफ्ना दुष्‍टताले राजालाई, र आफ्ना झुटले अधिकारीहरूलाई खुशी बनाउँछन् ।
HOS 7:4 रोटी बनाउनेले तताएको तावाजस्‍तै, जसले पिठो मुछेर नफुलेसम्म आगो बाल्‍दैन, तिनीहरू सबै व्यभिचारीहरू हुन् ।
HOS 7:5 हाम्रा राजाको दिनमा अधिकारीहरूले आफैंलाई दाखमद्यको मातले बिरामी पार्छन् । ठट्टा गर्नेहरूसँग उसले आफ्नो हात मिलायो ।
HOS 7:6 किनकि एउटा तावाजस्‍तो हृदयहरूले, तिनीहरू आफ्ना छलपूर्ण योजना बनाउँछन् । तिनीहरूको रिस रातभरि दन्किन्छ । बिहान त्यो ज्वालामय आगोझैं बल्दछ ।
HOS 7:7 तिनीहरू सबै तावाजस्‍तै तातो छन्, र आफूमाथि शासन गर्नेलाई तिनीहरू भस्म पार्छन् । तिनीहरूका सबै राजा पतित भएका छन् । तीमध्‍ये कसैले मलाई पुकारा गर्दैनन् ।
HOS 7:8 एफ्राइमले आफैंलाई अरू मानिसहरूसँग मिसाएको छ । नफर्काइएको रोटीजस्‍तै एफ्राइम छ ।
HOS 7:9 परदेशीहरूले उसको शक्तिलाई नष्‍ट गरेको छ, तर उसलाई त्यो थाहा नै छैन । उसमा यताउता केश फुलेका छन्, तर उसलाई त्यो थाहा छैन ।
HOS 7:10 इस्राएलको घमण्डले आफ्‍नै विरुद्ध गवाही दिन्छ, तापनि तिनीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरतिर फर्केका छैनन्, न त यी सबै कुरापछि पनि तिनीहरूले उहाँलाई खोजेका छन् ।
HOS 7:11 एफ्राइमचाहिं सजिलै छकाउन सकिने र विवेकहीन ढुकुरजस्‍तो छ, मिश्रदेशलाई पुकारा गर्दैछ, त्‍यसपछि अश्‍शूरतिर उड्दैछ ।
HOS 7:12 जब तिनीहरू जान्छन्, तब तिनीहरूमाथि म आफ्‍नो जाल फैलाउनेछु, आकाशका चराहरूझैं तिनीहरूलाई म तल खसाल्‍नेछु । तिनीहरू एकसाथ जम्‍मा हुँदा म तिनीहरूलाई दण्ड दिनेछु ।
HOS 7:13 तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरू मबाट टाढा बहकिएका छन् । तिनीहरूमाथि विनाश आउँदै छ ! तिनीहरूले मेरो विरुद्ध विद्रोह गरेका छन्! मैले तिनीहरूलाई बचाउन सक्‍थें, तर तिनीहरूले मेरो विरुद्धमा झुट बोले ।
HOS 7:14 आफ्ना सारा हृदयले, तिनीहरूले मसँग पुकारा गरेका छैनन्, तर आफ्ना ओछ्यानमा तिनीहरू विलाप गर्छन् । अन्‍न, र नयाँ दाखमद्यको निम्ति तिनीहरू एकसाथ भेला हुन्छन्, र तिनीहरू मबाट टाढा जान्छन् ।
HOS 7:15 मैले तिनीहरूलाई तालिम दिएँ र तिनीहरूका पाखुराहरूलाई सशक्‍त बनाएँ, तापनि अहिले तिनीहरू मेरो विरुद्धमा नै खराब षड्‌यन्‍त्र रच्‍छन् ।
HOS 7:16 तिनीहरू फर्कन्छन्, तर म, अर्थात् सर्वोच्‍चतिर भने फर्कंदैनन् । तिनीहरू धोका दिने धनुझैं छन् । आफ्ना जिब्रोको निर्लज्‍जताका कारणले, तिनीहरूका अधिकारीहरू तरवारले मारिनेछन् । मिश्रदेशमा यही तिनीहरूको उपहास हुनेछ ।
HOS 8:1 “तुरही फुक्‍न तयार होओ! परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन् ।
HOS 8:2 तिनीहरू मलाई पुकारा गर्छन्, ‘हे मेरा परमेश्‍वर, इस्राएलीमा हामी तपाईंलाई चिन्दछौं ।’
HOS 8:3 तर इस्राएलले जे असल छ त्यो इन्‍कार गरेको छ, र सत्रुले त्यसलाई खेद्‍नेछ ।
HOS 8:4 मैले नचुनेका राजाहरूलाई, तिनीहरूले स्थापित गरेका छन् । तिनीहरूले मलाई नसोधी राजकुमारहरू नियुक्‍त गरेका छन् । आफ्‍ना चाँदी र सुनले, आफ्नै निम्ति तिनीहरूले मूर्तिहरू बनाएका छन्, तर तिनीहरूको विनाश हुनलाई नै यसो भयो ।”
HOS 8:5 “ए समारिया, तेरो बाछो तिरस्‍कृत भएको छ । यी मानिसहरूका विरूद्धमा मेरो क्रोध जल्‍दैछ । किनकि कहिलेसम्म तिनीहरू दोषी रहनेछन्?
HOS 8:6 किनकि यो मूर्ति इस्राएलबाट आएको हो । एउटा कारिगरले त्‍यो बनायो । त्यो परमेश्‍वर होइन! सामरियाको बाछोलाइ टुक्रा-टुक्रा पारिनेछ ।
HOS 8:7 किनकि मानिसहरूले बतास छर्छन्, र आँधिको कटनी गर्छन् । खडा बालीमा बालाहरू छैनन्, र त्यसले केही फसल दिंदैन । त्यसमा फसल लाग्‍यो भने, परदेशीहरूले त्यो सखाप पार्नेछन् ।
HOS 8:8 इस्राएल निलिएको छ । अब जातिहरूमा बिचमा ती काम नलाग्‍ने वस्तुझैं रहन्‍छन् ।
HOS 8:9 किनकि वन-गधा एक्लै गएझैं, तिनीहरू अश्‍शूरसम्‍म गए । एफ्राइमले आफ्नै निम्ति प्रेमीहरू नियुक्‍त गरेको छ ।
HOS 8:10 तिनीहरूले जातिहरूका बिचमा प्रेमीहरू नियुक्‍त गरे तापनि, अब तिनीहरूलाई म एकसाथ भेला गराउनेछु । राजकुमारहरूका राजाको दमनको कारणले, तिनीहरू दुःखी हुन लाग्‍नेछन् ।
HOS 8:11 किनकि पापबलिहरूका निम्ति एफ्राइमले वेदीहरूको सङ्ख्या बढाएका छन्, तर झन् पाप गर्ने वेदीहरू ती भएका छन् ।
HOS 8:12 तिनीहरूका निम्ति मैले आफ्‍नो व्यवस्थालाई दस हजारपल्‍ट लेखे पनि, तिनीहरूले त्यसलाई कुनै नयाँ कुराजस्‍तो गरी हेर्छन् ।
HOS 8:13 मेरा भेटीहरूका बलिदानको बारेमा, तिनीहरूले मासु चढाउँछन् र त्यो खान्‍छन्, तर म, परमप्रभुले त्यो ग्रहण गर्दिनँ । अब म तिनीहरूका अधर्मका बारेमा विचार गर्नेछु, र तिनीहरूका पापलाई दण्ड दिनेछु । तिनीहरू मिश्रदेशमा फर्कनेछन् ।
HOS 8:14 इस्राएलले आफ्‍ना सृष्‍टिकर्ता, मलाई बिर्सेको छ, र दरबारहरू बनाएका छ । यहूदाले धेरै सहरहरूलाई किल्‍लाबन्‍दी गरेको छ, तर त्यसका सहरहरूमा म आगो पठाउनेछु, र त्यसले उसका किल्‍लाहरू भष्‍म पार्नेछ ।
HOS 9:1 ए इस्राएल, अरू मानिसहरूझैं आनन्दित नहोओ । किनकि आफ्ना परमेश्‍वरलाई त्यागेर, तिमीहरूले विश्‍वासहीन भएका छौ । अन्‍नका सबै खलामा वेश्‍यालाई तिर्नुपर्ने ज्याला तिर्न तिमीहरू मन पराउँछौ ।
HOS 9:2 तर अन्‍नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन, र नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्‍त हुनेछैन ।
HOS 9:3 तिनीहरू परमप्रभुको देशमा सधैंभरि रहनेछैनन्, बरु, एफ्राइम मिश्रदेशमा फर्कनेछ, र एक दिन तिनीहरूले अश्‍शूरमा अशुद्ध भोजन खानेछन् ।
HOS 9:4 तिनीहरूले परमप्रभुलाई दाखमद्यको भेटी चढाउनेछैनन्, न त तिनीहरूले उहाँलाई प्रसन्‍न तुल्याउनेछन् । तिनीहरूका बलिदानहरू तिनीहरूका निम्ति शोक गर्नेको भोजनझैं हुनेछ । जतिले त्यो खान्छन् ती सबै अशुद्ध हुनेछन् । किनकि तिनीहरूका भोजन तिनीहरूकै निम्ति मात्र हुनेछ । त्यो परमप्रभुको मन्‍दिरमा आउनेछैन ।
HOS 9:5 तोकिएको चाडको दिनमा, परमप्रभुको निम्ति चाडको दिनमा तिमीहरू के गर्नेछौ?
HOS 9:6 किनकि, हेर, तिनीहरू विनाशबाट उम्के भने, मिश्रदेशले तिनीहरूलाई एकसाथ भेला गर्नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । तिनीहरूका चाँदीका धन काँढाघारीले ढाक्‍नेछ, र तिनीहरूका पालहरू काँढाका झाँगहरूले भरिनेछ ।
HOS 9:7 दण्डका दिनहरू आउँदैछन् । बदलाका दिनहरू आउँदैछन् । सबै इस्राएलीहरूले यी कुरा जानून् । तिमीहरूका घोर अधर्म र वैरभावका कारणले, अगमवक्ता मुर्ख हुन्‍छ र प्रेरणा पाएको मानिसचाहि बौलाह हुनेछ ।
HOS 9:8 अगमवक्ताचाहिं एफ्राइममाथि मेरा परमेश्‍वरको निम्ति रेखदेख गर्ने व्‍यक्‍ति हो । तर त्यसका सबै मार्गहरूमा चराको पासो थापिएको छ, र त्‍यसको परमेश्‍वरको मन्‍दिरमा त्योप्रति शत्रुता छ ।
HOS 9:9 गिबाका दिनहरूमा झैं, तिनीहरूले आफैंलाई भित्री रूपमा भ्रष्‍ट पारेका छन् । तिनीहरूको अधर्म परमेश्‍वरले सम्झना गर्नुहुनेछ र उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ ।
HOS 9:10 परमप्रभु भन्‍नुहुन्छ, “मैले इस्राएललाई भेट्‍टाउँदा, त्‍यो उजाड-स्‍थानमा दाख पाएको जस्‍तै थियो । नेभाराको बोटमा ऋतुको पहिलो फलझैं, मैले तिमीहरूका पुर्खाहरूलाई भेट्‍टाएँ । तर तिनीहरू बाल-पोरमा गए, र तिनीहरूले आफैंलाई त्यस लज्‍जास्पद मूर्तिकहाँ अर्पण गरे । तिनीहरूले प्रेम गर्ने मूर्तिहरूझैं तिनीहरू पनि घृणित भए ।
HOS 9:11 एफ्राइमको बारेमाचाहिं, तिनीहरूको महिमा चराझैं उडिजानेछ । त्यहाँ कुनै जन्‍म, कुनै गर्ववास, र कुनै गर्भधारण हुनेछैन ।
HOS 9:12 तिनीहरूले छोराछोरीलाई हुर्काएको भए पनि, एउटै पनि बाँकी नरहने गरी म तिनीहरूलाई लैजानेछु । तिनीहरूबाट म फर्कँदा, तिनीहरूलाई धिक्‍कार होस् ।
HOS 9:13 मैले एफ्राइमलाई टुरोसजस्तै सुन्दर मैदानमा रोपिएको देखेको छु, तर एफ्राइमले आफ्ना छोराछोरीलाई त्यसकहाँ लानेछ, जसले तिनीहरूको हत्‍या गर्नेछ ।”
HOS 9:14 हे परमप्रभु, तिनीहरूलाई दिनुहोस्— तपाईंले तिनीहरूलाई के दिनुहुन्छ ? तिनीहरूलाई तुहिने गर्भ र दूध नआउने स्तन दिनुहोस् ।
HOS 9:15 “तिनीहरूले गिलगालमा गरेका सबै दुष्‍टताका कारणले, तिनीहरूलाई मैले त्‍यहाँ घृणा गर्न सुरु गरें । तिनीहरूका पापी कामहरूका कारणले, मेरो मन्‍दिरबाट म तिनीहरूलाई धपाउनेछु । म तिनीहरूलाई फेरि प्रेम गर्नेछैनँ । तिनीहरूका सबै अधिकारीहरू विद्रोहीहरू हुन् ।
HOS 9:16 एफ्राइम रोगले ग्रस्‍त भएको छ, र तिनीहरूको जरा सुकेका छ । तिनीहरूले फल दिंदैनन् । तिनीहरूका छोराछोरी भए पनि, तिनीहरूका अति प्रिय छोराछोरीलाई म मार्नेछु ।”
HOS 9:17 मेरा परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुहुन्छ किनभने तिनीहरूले उहाँको आज्ञा मानेका छैनन् । जातिहरूका बिचमा तिनीहरू फिरन्‍तेहरू हुनेछन् ।
HOS 10:1 इस्राएल एउटा मौलाएको दाखको बोट हो जसले फल फलाउँछ । त्यसको फलको जति बढ्यो, त्यसले त्‍यति नै धेरै वेदी बनायो । त्यसको देशले जति धेरै उब्‍जनी दियो, त्यसले त्‍यति नै धेरै स्‍तम्‍भ खडा गर्‍यो ।
HOS 10:2 किनकि तिनीहरूको हृदय छलपूर्ण छ । अब तिनीहरूले आफ्नो दोषको दण्ड भोग्‍नैपर्छ । परमप्रभुले तिनीहरूका वेदीहरू भत्‍काउनुहुन्छ, तिनीहरूका स्‍तम्‍भहरू नाश गर्नुहुन्छ ।
HOS 10:3 किनकि तब तिनीहरूले यसो भन्‍नेछन्, “हाम्रा राजा छैनन्, किनकि हामीले परमप्रभुको भय मानेनौं, अनि राजा भए पनि उनले हाम्रो निम्ति के गर्न सक्‍थे र?”
HOS 10:4 तिनीहरू फोस्रा शब्‍दहरू बोल्छन्, र झुटो कसम खाएर करार बाँध्‍छन् । यसैले जोतेको डोबहरूमा विषालु झारहरू उम्रेझैं, न्याय बढ्नेछ ।
HOS 10:5 बेथ-आवनका बाछाहरूका कारणले, सामरियामा बसोबास गर्नेहरू डराउँनेछन् । त्यसका मानिसहरूले तिनीहरूका निम्ति विलाप गरे, अनि तीमाथि र तिनका गौरवमा, आनन्द मनाउने ती मूर्तिपुजक पुजारीहरूले पनि विलाप गरे, तर तिनीहरू अब त्यहाँ छैनन् ।
HOS 10:6 महान् राजाका निम्ति उपहारको रूपमा, तिनीहरू अश्‍शूरमा लगिनेछन् । एफ्राइम अपमान हुनेछ, र इस्राएल आफ्नो मूर्तिको लागि लाजमा पर्नेछ ।
HOS 10:7 पानीको सतहमाथिको काठको एउटा टुक्राझैं, सामरियाका राजा नष्‍ट पारिनेछ ।
HOS 10:8 दुष्‍टताका उच्‍च ठाउँहरू नष्‍ट हुनेछ । यो इस्राएलको पाप हो! तिनीहरूका वेदीहरूमाथि काँडाहरू र सिउँढीहरू पलाउनेछन् । मानिसहरूले पर्वतहरूलाई, “हामीलाई छोप!” अनि पहाडहरूलाई, “हामीमाथि खस!” भन्‍नेछन् ।
HOS 10:9 “ए इस्राएल, तैंले गिबाको दिनदेखि नै पाप गरेको छस् । तँ अहिले त्‍यहाँ नै बसेको छस् । के गिबामा खराब गर्नेहरूका छोराहरूलाई युद्धले सखाप पार्नेछैन र?
HOS 10:10 जब म चाहन्‍छु, तब म तिनीहरूलाई अनुशासित गर्नेछु । तिनीहरूका विरूद्ध जातिहरू एकसाथ भेला हुनेछन् अनि तिनीहरूको दोब्‍बर अधर्मको निम्‍ति तिनीहरूलाई बन्धनमा राख्‍नेछन् ।
HOS 10:11 एफ्राइम दाइँ गर्न मनपराउने दाइएको बाछोझैं हो, यसैले त्यसको सुन्दर काँधमा म एउटा जुवा हाल्‍नेछु । म एफ्राइमको काँधमा म एउटा जुवा राख्‍नेछु, यहूदाले हलो जोत्‍नेछ । र याकूब आफैले लिंड्‍को लगाउनेछ ।”
HOS 10:12 आफ्ना निम्ति धार्मिकता छर, अनि करारको विश्‍वस्‍तताको फल कटनी गर । आफ्‍नो बाँझो बारी जोत, किनकि परमप्रभु आएर तिमीहरूमाथि धार्मिकता नबर्षाउनुभएसम्म यो उहाँको खोजी गर्ने समय यही हो ।
HOS 10:13 तिमीहरूले दुष्‍टता जोतेका छौ, अनि तिमीहरूले अन्यायको कटनी गर्‍यौ । तिमीहरूले छलको फल खाएका छौ, किनभने तिमीहरूले आफ्ना योजनाहरू, र आफ्‍ना धेरै सिपाहीहरूमा भर पर्‍यौ ।
HOS 10:14 यसैले तिमीहरूका मानिसहरूमा युद्धको गर्जन हुनेछ, र तिमीहरूका किल्‍लाबन्‍दी गरिएका सहरहरू नष्‍ट हुनेछन् । युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैं त्‍यो हुनेछ, जुन बेला आमाहरूलाई आफ्‍ना छोराछोरीसितै टुक्रा-टुक्रा पारिएको थियो ।
HOS 10:15 यसैले ए बेथेल, तेरो ठुलो दुष्‍टताको कारणले, तँलाई पनि यस्तै हुनेछ । झिसमिसेमा इस्राएलका राजा पूर्ण रूपले नाश पारिनेछ ।
HOS 11:1 “जब इस्राएल जवान मानिस थियो, तब मैले त्यसलाई प्रेम गरें, र मैले मेरो पुत्रलाई मिश्रबाट बाहिर ल्याएँ ।
HOS 11:2 जति धेरै तिनीहरूलाई बोलाइयो, तिनीहरू मबाट त्यति नै टाढा गए । तिनीहरूले बाल देवतालाई बलिदान चढाए, र मूर्तिहरूलाई धूप बाले ।
HOS 11:3 तापनि एफ्राइमलाई हिंड्न सिकाउने म नै थिएँ । तिनीहरूका हात समतेर तिनीहरूलाई उठाउने म नै थिएँ, तर मैले तिनीहरूको वास्ता गरें भन्‍ने कुरा तिनीहरूलाई थाहै भएन ।
HOS 11:4 तिनीहरूलाई मानवताका डोरीहरू र प्रेमको बन्धनहरूले मैले डोर्‍याएँ । तिनीहरूका काँधका जुवालाई सजिलो पारिदिने कोही व्‍यक्‍ति जस्तै म तिनीहरूका निम्‍ति थिएँ, र तिनीहरूका अगि म झुकें र तिनीहरूलाई खुवाएँ ।
HOS 11:5 के तिनीहरू मिश्रदेशमा फर्कने छैनन् र? तिनीहरू मकहाँ फर्कन नमानेका हुनाले, के अश्‍शूरले तिनीहरूमाथि राज्‍य गर्ने छैन र?
HOS 11:6 तिनीहरूका सहरहरूमा तरवार चल्‍नेछ र तिनीहरूका मुख्य ढोकाका बारहरूलाई नष्‍ट गर्नेछ । तिनीहरूका आफ्‍नै योजनाहरूका कारणले, त्यसले तिनीहरूलाई नष्‍ट गर्नेछ ।
HOS 11:7 मबाट तर्केर जानलाई मेरा मानिसहरूले निश्‍चित गरेका छन् । तिनीहरूले सर्वोच्‍चलाई पुकारे पनि, कसैले पनि तिनीहरूलाई सहायता गर्नेछैन ।
HOS 11:8 ए एफ्राइम, म कसरी तँलाई त्याग्‍न सक्‍छु? ए इस्राएल, म कसरी तँलाई अरूकहाँ सुम्‍पिन सक्‍छु र? म तँलाई कसरी अदमाझैं बनाउन सक्छु? म तँलाई कसरी सबोयीमझैं बनाउन सक्छु? मेरो हृदय मभित्र परिवर्तन भएको छ, र मेरो सम्पूर्ण दया जागेको छ ।
HOS 11:9 म आफ्‍नो प्रचण्ड क्रोधलाई प्रयोग गर्नेछैनँ । म फेरि एफ्राइमलाई नष्‍ट गर्नेछैनँ । किनकि म परमेश्‍वर हुँ र म मानिस होइनँ । तिमीहरूका बिचमा म परमपवित्र हुँ, र म क्रोधमा आउनेछैनँ ।
HOS 11:10 तिनीहरूले परमप्रभुको अनुसरण गर्नेछन्, र उहाँ सिंहझैं गर्जनुहुनेछ । जब उहाँ गर्जनुहुन्छ, उहाँका छोराछोरी पश्‍चिमबाट थरथर काम्दै आउनेछन् ।
HOS 11:11 तिनीहरू मिश्रदेशबाट चराझैं र अश्‍शूरबाट ढुकुरझैं काम्दै आउनेछन् । तिनीहरूका आफ्‍नै घरमा बस्‍ने म तिनीहरूलाई बनाउनेछु— यो परमप्रभुको घोषणा हो ।
HOS 11:12 एफ्राइमले झुटले, अनि इस्राएलको घरानाले छलले मलाई घेर्छ । तर यहूदाचाहिं अझै पनि म, परमेश्‍वरसँग हिंड्‍दैछ, र म, परमपवित्रमा विश्‍वासयोग्‍य छ ।”
HOS 12:1 एफ्राइमले हावा खान्‍छ र त्यसले पूर्वीय बतासको पछि लाग्‍छ । त्यसले झुट र हिंसालाई निरन्तर बढाउँछ । तिनीहरूले अश्‍शूरसँग करार बाँध्‍दछन् र मिश्रदेशमा जैतूनको तेल लान्छन् ।
HOS 12:2 यहूदाको विरुद्ध परमप्रभुसँग एउटा मुद्धा छ र याकूबले जे गरेको छ, त्यसको लागि दण्ड दिनुहुनेछ । त्यसका कामहरूका निम्‍ति उहाँले त्यसलाई बदला दिनुहुनेछ ।
HOS 12:3 गर्भमा नै याकूबले आफ्नो दाजुको कुर्कुच्‍चा समाते, र आफ्नो जवान अवस्थामा तिनले परमेश्‍वरसँग लडन्‍त गरे ।
HOS 12:4 तिनले स्वर्गदूतसँग लडन्‍त गरे र जिते । तिनी रोए र उहाँको निगाहको निम्ति बिन्ती गरे । तिनले बेथेलमा परमेश्‍वरलाई भेटे । त्यहाँ तिनीसँग परमेश्‍वर बोल्‍नुभयो ।
HOS 12:5 उहाँ सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर हुनुहुन्छ । पुकारा गर्नुपर्ने उहाँको नाउँ “परमप्रभु” हो ।
HOS 12:6 यसैले आफ्नो परमेश्‍वरकहाँ फर्क । करारको विश्‍वस्‍तता र न्याय कायम राख र आफ्नो परमेश्‍वरमा निरन्तर पर्ख ।
HOS 12:7 व्यापारीहरूका हातमा छलको तराजु रहेको छ, तिनीहरूलाई छल गर्न मन पराउँछन् ।
HOS 12:8 एफ्राइमले भन्‍यो, “निश्‍चय नै म धेरै धनी भएको छु । आफ्‍नो निम्ति मैले धनसम्पत्ति पाएको छु । मेरो सबै काममा कुनै अपराध हुने कुरा, पाप हुने कुनै कुरा तिनीहरूले भेट्‍टाउनेछैनन् ।”
HOS 12:9 “मिश्रदेशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । तोकिएको चाडका दिनहरूमा झैं, तिमीहरूलाई फेरि म पालहरूमा बस्‍ने बनाउनेछु ।
HOS 12:10 म अगमवक्ताहरूसँग बोलें, र तिमीहरूका निम्ति मैले तिनीहरूलाई धेरै दर्शनहरू दिएँ । अगमवक्ताहरूका हातद्वारा मैले दृष्‍टान्‍तहरू दिएँ ।”
HOS 12:11 गिलादमा दुष्‍टता छ भने, निश्‍चय नै त्यहाँका मानिसहरू बेकामका छन् । गिलगालमा तिनीहरू साँढेहरू बलि चढाउँछन् । तिनीहरूका वेदीहरू जोतेको खेतमा ढुङ्गाका थुप्रोझैं हुनेछन् ।
HOS 12:12 याकूब अरामको देशमा भागे । एक जना पत्‍नी पाउनलाई इस्राएलले काम गरे, र एक जना पत्‍नी पाउनलाई तिनले भेडाका बगालको रेखदेख गरे ।
HOS 12:13 परमप्रभुले एक जना अगमवक्ताद्वारा इस्राएललाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र एक जना अगमवक्ताद्वारा नै उहाँले तिनीहरूको रेखदेख गर्नुभयो ।
HOS 12:14 एफ्राइमले परमप्रभुलाई अत्यन्तै क्रोधित पारेको छ । यसैले त्यसका परमप्रभुले त्यसको रगतको दोष त्यसमाथि नै छोड्नुहुनेछ र त्यसको अपमान त्‍यसैलाई फर्काउनुहुनेछ ।
HOS 13:1 “जब एफ्राइम बोल्‍थ्‍यो, तब त्यहाँ कम्पन हुन्थ्यो । त्यसले आफैंलाई इस्राएलमा उच्‍च पार्‍यो, तर बाल देवताको उपासना गरेको कारणले त्यो दोषी ठहरियो, र त्यो मर्‍यो ।
HOS 13:2 अब तिनीहरू झन् धेरै पाप गर्छन् । आफ्ना चाँदीलाई ढालेर तिनीहरू मूर्तिहरू बनाउँछन्, सकेसम्‍म राम्रो सिपले ती मूर्तिहरू बनाउँछन्, र ती सबै शिल्पकारका काम हुन् । मानिसहरूले तिनीहरूका बारेमा भन्छन्, ‘बलिदान चढाउने यी मानिसहरूले बाछाहरूलाई चुम्बन गर्छन् ।’
HOS 13:3 यसैले तिनीहरू बिहानको बादलझैं, चाँडै नै बिलाइजाने शितझैं, खलाबाट हुरीले टाढा उडाएको भुसझैं, र चिम्नीबाट निस्‍कने धूवाँझैं हुनेछन् ।
HOS 13:4 तर मिश्रदेशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । मबाहेक अर्को कुनै परमेश्‍वर छैन भनी तिमीहरूले स्‍वीकार गर्नुपर्छ । र मबाहेक कुनै अर्को उद्धारकर्ता छैन भनी तिमीहरूले स्‍वीकार गर्नुपर्छ ।
HOS 13:5 उजाड-स्‍थानमा, अति सुक्‍खा भूमिमा नै, मैले तिमीहरूलाई चिनें ।
HOS 13:6 जब तिमीहरूले खर्कमा खायौ, तब तिमीहरू भरपेट भयौ, र जब तिमीहरूको पेट भरियो, तब तिमीहरूका हृदयमा घमण्ड पलायो । त्यही कारणले तिमीहरूले मलाई भुल्यौ ।
HOS 13:7 तिनीहरूका निम्ति म एउटा सिंहझैं हुनेछु, र चितुवाझैं म तिनीहरूको बाटोभरि ढुक्‍नेछु ।
HOS 13:8 छाउराहरू खोसिएको माउ भालूले झैं म तिनीहरूलाई आक्रमण गर्नेछु । तिनीहरूका छातीहरूलाई म च्यात्‍नेछु, र त्यहाँ म तिनीहरूलाई सिंहले झैं निल्‍नेछु जसरी जङ्गली पशुले तिनीहरूलाई टुक्रा-टुक्रा पार्छ ।
HOS 13:9 ए इस्राएल, म तँलाई नष्‍ट गर्नेछु । कसले तँलाई सहायता गर्नेछ?
HOS 13:10 तेरो राजा कहाँ छ, जसले तँलाई सबै सहरहरूमा बचाउन सक्‍ला? तेरा शासकहरू कहाँ छन्, जसको विषयमा तैंले मलाई भनिस्, ‘मलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्’?
HOS 13:11 मैले आफ्‍नो क्रोधमा तँलाई एउटा राजा दिएँ, र मेरो क्रोधमा त्यसलाई मैले हटाएँ ।
HOS 13:12 एफ्राइमको अपराध थुप्रिएको छ । त्यसको पाप थुप्रिएको छ ।
HOS 13:13 प्रसवको पीडा त्यसमाथि आउनेछ, तर त्यो एउटा मूर्ख छोरा हो, किनकि जन्मने समय हुँदा पनि त्यो कोखबाट बाहिर आउँदैन ।
HOS 13:14 के म तिनीहरूलाई चिहानको शक्तिदेखि बचाउनेछु र? के म तिनीहरूलाई मृत्‍युबाट बचाउनेछु र? ए मृत्‍यु, तेरा विपत्तिहरू कहाँ छन्? ए चिहान, तेरो विनाश कहाँ छ? मेरा आँखाबाट दया लुकेको छ ।”
HOS 13:15 एफ्राइम आफ्ना दाजुभाइका बिचमा समृद्ध भए पनि, पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास उजाड-स्‍थानबाट बहनेछ । एफ्राइमको मुहान सुक्‍नेछ, र त्यसको इनारमा पानी हुनेछैन । त्यसका हरेक बहुमुल्य थोकको भण्डारलाई त्यसको शत्रुले लुट्‍नेछ ।
HOS 13:16 सामरिया दोषी ठहरिनेछ, किनकि त्यसले आफ्नो परमेश्‍वरको विरुद्धमा विद्रोह गरेको छ । तिनीहरू तरवारद्वारा मारिनेछन्, र तिनीहरूका जवान छोराछोरीलाई पछारेर टुक्रा-टुक्रा पारिनेछ, र तिनीहरूका गर्भवती स्‍त्रीहरूका पेट चिरिनेछन् ।
HOS 14:1 ए इस्राएल, परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्क, किनकि आफ्ना अपराधको कारणले तिमीहरू पतित भएका छौ ।
HOS 14:2 आफ्नो साथमा वचन लेओ र परमप्रभुकहाँ फर्क । उहाँलाई भन, “हाम्रा सबै अपराध क्षमा गर्नुहोस् र जे असल छ त्यो ग्रहण गर्नुहोस्, ताकि तपाईंलाई हामी आफ्‍ना ओठको फल चढाउन सकौं ।
HOS 14:3 अश्‍शूरले हामीलाई बचाउनेछैन । हामी युद्ध गर्नलाई घोडाहरूमा सवार हुनेछैनौं । न त आफ्‍ना हातले बनाएका कुरालाई हामी यसो भन्‍नेछौं, ‘तपाईं हाम्रा देवता हुनुहुन्‍छ,’ किनकि तपाईंमा नै टुहुरोले दया पाउँछ ।”
HOS 14:4 “तिनीहरू तर्केका भए पनि म निको पार्नेछु, म तिनीहरूलाई सित्तैंमा प्रेम गर्नेछु, किनकि त्यसप्रतिको मेरो रिस मरेको छ ।
HOS 14:5 इस्राएलको निम्ति म शीतझैं हुनेछु । लिली फूलझैं त्यो फुल्नेछ र लेबनानको देवदारुझैं त्यसले जरा गाड्नेछ ।
HOS 14:6 त्यसका हाँगाहरू फैलिनेछन् । त्यसको सुन्दरता जैतूनको रूखझैं हुनेछ, र त्यसको सुगन्ध लेबनानको देवदारुझैं हुनेछ ।
HOS 14:7 त्यसको छहारीमा बस्‍ने मानिसहरू फर्कनेछन् । तिनीहरू अन्‍नझैं बढ्नेछन् र दाखको बोटझैं फुल्नेछन् । त्यसको ख्याति लेबनानको दाखमद्यझैं हुनेछ ।
HOS 14:8 ए एफ्राइम, मूर्तिहरूसँग मेरो अरू के काम छ? म त्यसलाई जवाफ दिनेछु र त्यसको वास्ता गर्नेछु । म सल्‍लोको रूखझैं हुँ, जसका पातहरू सधैं हरिया हुन्छन्, र मबाट नै तेरो फल आउँछ ।”
HOS 14:9 को बुद्धिमान छ, जसले यी कुराहरू बुझ्‍न सक्‍छ? कसले कुराहरू बुझ्‍छ जसले गर्दा उसले ती जान्‍न सक्‍छ? किनकि परमप्रभुका मार्गहरू ठिक हुन्‍छन्, र धर्मीचाहिं तिनमा हिँड्छन्, तर विद्रोह गर्नेहरूचाहिं तिनमा ठेस खानेछन् ।
JOE 1:1 पतुएलका छोरा योएलकहाँ आएको परमप्रभु वचन यही हो ।
JOE 1:2 ए धर्मगुरुहरू हो, यो कुरा सुन, र ए देशका सबै बासिन्दाहरू हो ध्यानसँग सुन । तिमीहरूका दिनमा वा तिमीहरूका पुर्खाहरूका दिनमा कहिल्यै यस्तो भएको छ?
JOE 1:3 यसको विषयमा आफ्ना छोराछोरीलाई भन, र तिमीहरूका छोराछोरीले आफ्‍ना छोराछोरीलाई भनून्, र तिनीहरूका छोराछोरीले अर्को पुस्तालाई भनून् ।
JOE 1:4 बथानमा हिंड्ने सलहहरूले जे बाँकी छोडेका छन्, ती ठुला सलहले खाएका छन्, ठुला सलहले जे बाँकी छोडेका छन् ती फट्‍याङ्‍ग्राले खाएका छन्, र फट्‍याङ्‍ग्राले जे बाँकी छोडेका छन् ती झुसिल्‍किराले खाएका छन् ।
JOE 1:5 ए मद्यले मातेकाहरू हो, उठ र रोओ! ए दाखमद्य पिउनेहरू, सबै विलाप गर, किनभने मिठो दाखमद्यलाई तिमीहरूबाट खोसिएको छ ।
JOE 1:6 किनकि मेरो देशमा एउटा जाति आएको छ, बलियो र अनगिन्ती छ । त्यसका दाँत सिंहका दाँतझैं छन्, र त्यसका दाह्रा सिंहनीका झैं छन् ।
JOE 1:7 त्यसले मेरो दाखबारीलाई उजाड ठाउँ बनाएको छ र मेरो नेभाराका बोटलाई लाछेर नाङ्गो पारेको छ । त्यसका बोक्राहरू त्यसले ताछेको छ र टाढा फालेको छ, र हाँगाहरू केवल सेता मात्र छन् ।
JOE 1:8 आफ्नो भर्खरको पतिको मृत्यु भएर भाङ्‍ग्रा लगाएकी कन्या केटीले झैं विलाप गर ।
JOE 1:9 परमप्रभुको मन्‍दिरबाट अन्‍नबलि र अर्घबलि हटाइएका छन् । परमप्रभुको सेवा गर्ने पुजारीहरू विलाप गर्छन् ।
JOE 1:10 खेतहरू सखाप पारिएका छन्, र अन्‍नहरू नष्‍ट पारिएका हुनाले भूमिले विलाप गर्दैछ । नयाँ दाखमद्य सुकेको छ, तेल बाँकी छैन ।
JOE 1:11 ए किसानहरू हो, लज्‍जित होओ, र दाखबारी लगाउनेहरू हो, विलाप गर । किनभने भूमिको उब्जनी नष्‍ट भएको छ । गहुँ र जौका बढिरहेका छैनन् ।
JOE 1:12 दाखका बोटहरू ओइलाएका छन् र नेभाराका बोटहरू सुकेका छन्, र अनार बोटहरू, खजूर बोटहरू र स्याउको बोटहरू, खेतबारीका सबै बोटहरू ओइलाएका छन् । किनभने मानवजातिका सन्तानबाट आनन्द विलाएर गएको छ ।
JOE 1:13 ए पुजारीहरू हो, भाङ्‍ग्रा लगाओ र विलाप गर! वेदीमा सेवा गर्नेहरू हो, विलाप गर । ए मेरा परमेश्‍वरका सेवा गर्नेहरू हो, आओ, र रातभर भाङ्‍ग्रा लगाएर बस । किनभने तिमीहरूका परमेश्‍वरको मन्‍दिरबाट अन्‍नबलि र अर्घबलि हटाइएका छन् ।
JOE 1:14 पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्‍हान गर । परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्दाहरूलाई भेला गराओ र, अनि परमप्रभुमा पुकार ।
JOE 1:15 हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ । त्योसँगै सर्वशक्तिमान्‌बाट विनाश आउनेछ ।
JOE 1:16 के हाम्रै आँखाका सामु खानेकुरा, अनि हाम्रा परमेश्‍वरको मन्‍दिरबाट आनन्द र रमाहट रोकिएको छैन र?
JOE 1:17 माटोका डल्‍लामुनि बीउहरू सडे, भण्‍डारहरू उजाड भए, र अन्‍नका भकारीहरू भत्‍काइए, किनकि अन्‍न सुकेको छ ।
JOE 1:18 पशुहरू कसरी विलाप् गर्छन्! पाल्‍तु पशुका बथानहरूले कष्‍ट भोग्‍दैछन्, किनकि तिनीहरूका निम्ति खर्क छैन । साथै, भेडाका बगालहरू पनि कष्‍ट भोग्‍दैछन् ।
JOE 1:19 हे परमप्रभु, म तपाईंमा पुकारा गर्दछु । किनकि उजाड-स्‍थानका खर्कहरूलाई आगोले भस्म पारेका छ, र खेतका सबै रूखहरूलाई आगोले जलाएको छ ।
JOE 1:20 जमिनका पशुहरू पनि तपाईंका निम्ति तड्‍पिन्‍छन्, किनकि पानीका खोलाहरू सुकेका छन्, र उजाड-स्‍थानका खर्कहरूलाई आगोले भस्‍म पारेको छ ।
JOE 2:1 सियोनमा तुरही फुक, र मेरो पवित्र पर्वतमा चेतावनी ध्वनि बजाओ! देशका सबै बासिन्दाहरू डरले थरथर होऊन्, किनकि परमप्रभुको दिन आउँदैछ, वास्तवमा, त्यो नजिकै छ ।
JOE 2:2 यो अन्धकार र उदासको दिन हो, बादलहरू र बाक्‍लो अन्धकारको दिन हो । जसरी पर्वतहरूमा झिसमिसे बिहानी फैलिन्‍छ, त्‍यसरी नै एउटा ठुलो र शक्तिशाली सेना नजिक आउँदैछ । त्‍यस्‍तो सेना पहिले कहिल्यै थिएन, अनि पुस्तौं-पुस्ता पछिसम्म पनि, त्‍यहाँ त्‍यस्‍तो फेरि कहिल्यै हुनेछैन ।
JOE 2:3 त्यसको अगाडिका सबै कुरालाई आगोले भष्‍म पार्दैछ, र त्यसको पछाडि आगोको ज्वाला बलिरहेको छ । त्यसको अगाडिको देश अदनको बगैंचाजस्‍तो छ, तर त्यसको पछाडि एउटा नाश भएको उजाड-स्‍थान छ । त्यसबाट कुनै कुरा फुत्‍कनेछैन ।
JOE 2:4 त्‍यो सेना घोडाहरूझैं देखा पर्छ, र तिनीहरू घोडचढीहरूझैं दौडन्‍छन् ।
JOE 2:5 पर्वतहरूका टाकुराहरूमा रथहरूले गरेझैं, झिंजाहरू भस्‍म पार्ने भयङ्कर ज्वालाको आवाजझैं, युद्धको निम्ति तयार भएको शक्तिशाली सेनाझैं, आवाज गरेर तिनीहरू उफ्रन्‍छन् ।
JOE 2:6 तिनीहरूको उपस्थितिले मानिसहरू वेदनामा पर्छन्, अनि तिनीहरूका सम्‍पूर्ण अनुहार पहेंलो हुन्छ ।
JOE 2:7 शक्तिशाली लडाकुहरूझैं तिनीहरू दौडन्‍छन्, सेनाहरूझैं तिनीहरू पर्खालहरूमा चढ्‍छन्, तिनीहरू हरेक व्‍यक्‍ति पङ्तिवद्ध भएर हिंड्‍छन्, र आफ्नो पङ्तिलाई बिगार्दैनन् ।
JOE 2:8 न त एउटाले अर्कालाई धक्‍का दिन्छन् । तिनीहरू प्रत्‍येक नै आ-आफ्नै बाटोमा हिंड्छन् । तिनीहरू सुरक्षाबलहरूलाई तोड्‍दै अघि बढ्छन्, र आफ्नो लाइनभन्‍दा बाहिर पुग्दैनन् ।
JOE 2:9 तिनीहरूले सहरलाई आक्रमण गर्छन्, तिनीहरू पर्खालमा दौडन्‍छन्, तिनीहरू घरहरूमाथि चढ्छन्, र चोरहरूझैं तिनीहरू झ्यालहरूबाट भित्र जान्‍छन् ।
JOE 2:10 तिनीहरूको अगि पृथ्वी काम्छ, आकाश थरथर हुन्‍छ, सूर्य र चन्द्रमा अँध्यारो हुन्छन्, अनि ताराहरू चम्कन छोड्‍छन् ।
JOE 2:11 परमप्रभुले आफ्‍नो सेनाको सामु ठुलो सोरले कराउनुहुन्छ, किनकि उहाँका योद्धाहरू असङ्ख्‍य छन्, किनकि उहाँका आज्ञा पालन गर्नेहरू, ती बलिया छन् । किनकि परमप्रभुको दिन महान् र अत्यन्तै भयानक हुन्‍छ । त्‍यसबाट को बाँच्‍न सक्छ र?
JOE 2:12 परमप्रभु भन्‍नुहुन्छ “अहिले पनि, आफ्‍ना सारा हृदयले मकाहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर ।”
JOE 2:13 आफ्ना लुगामात्र होइन तर आफ्ना हृदय पनि धुजाधुजा पार, र परमप्रभु आफ्‍ना परमेश्‍वरकाहाँ फर्क । किनकि उहाँ अनुग्रही र कृपापूर्ण, रिसाउनमा ढिला र करारको विश्‍वसततामा प्रशस्‍त हुनुहुन्छ, र दण्डको पिडा दिनबाट उहाँ पर्कन चाहनुहुन्‍न ।
JOE 2:14 कसले जान्दछ? सायद उहाँ पर्कनुहुन्छ, र दया देखाउनुहुन्छ, र आफ्‍नो पछि आशिष् छोड्‍नुहुन्‍छ, तिमीहरूका परमप्रभु परमेश्‍वरका निम्ति अन्‍नबलि र अर्घबलि दिनुहुन्छ कि?
JOE 2:15 सियोनमा तुरही फुक, पवित्र उपवासको आव्‍हान गर, र पवित्र सभा बोलाओ ।
JOE 2:16 मानिसहरूलाई भेला गराओ, पवित्र सभा बोलाओ । धर्मगुरुहरूलाई भेला गर, बालबालिका र दूधे बालकहरूलाई भेला गराओ । दुलहाहरू आफ्ना कोठाहरूबाट बाहिर आऊन्, अनि दुलहीहरू आफ्ना सृङ्गारका कोठाहरूबाट बाहिर आऊन् ।
JOE 2:17 पुजारीहरू, परमप्रभुका सेवकहरू, दलान र वेदीको बिचमा रोऊन् । तिनीहरूले यसो भनून्, “हे परमप्रभु, आफ्‍ना मानिसहरू बाँकी राख्‍नुहोस्, र आफ्नो उत्तराधिकारलाई घृणाको पात्र बन्‍न नदिनुहोस्, र जातिहरूले तिनीहरूको गिल्ला नगरून् । तिनीहरूले जातिहरूका बिचमा यस्तो किन भन्‍नू, ‘तिनीहरूका परमेश्‍वर कहाँ छ?’”
JOE 2:18 आफ्नो देशको निम्‍ति परमप्रभु डाही हुनुभयो र आफ्ना मानिसहरूलाई दया देखाउनुभयो ।
JOE 2:19 परमप्रभुले आफ्ना मानिसहरूलाई जवाफ दिनुभयो, “हेर, म तिमीहरूका निम्ति अन्‍न, नयाँ दाखमद्य, र तेल पठाउनेछु । ती कुराहरूले तिमीहरू सन्तुष्‍ट हुनेछौ, र तिमीहरूलाई फेरि म जातिहरूका बिचमा अपमानित तुल्‍याउनेछैनँ ।
JOE 2:20 उत्तरबाट आक्रमण गर्नेहरूलाई म तिमीहरूबाट टाढा हटाइदिनेछु, र तिनीहरूलाई एउटा सुक्‍खा र त्‍यागिएको देशमा लखेटिदिनेछु । तिनीहरूको सेनाको अग्रपङ्क्ति पूर्वीय समुद्रमा, अनि पछिल्लो पङ्क्तिचाहिं पश्‍चिमी समुद्रमा जानेछ । त्यसको दुर्गन्ध माथि उठ्नेछ, त्यसको सडेको दुर्गन्ध माथि उठ्नेछ ।” निश्‍चय नै उहाँले महान् काम गर्नुभएको छ ।
JOE 2:21 ए देश, नडरा, रमाहट गर र आनन्दित हो, किनकि परमप्रभुले महान् काम गर्नुहुनेछ ।
JOE 2:22 ए मैदानका पशुहरू हो, नडराओ, किनकि उजाड-स्‍थानका खर्कहरूमा पलाउनेछन्, र बोटहरूले आफ्‍ना फलहरू दिनेछन्, र नेभाराका बोटहरू र दाखका बोटहरूले आ-आफ्ना फसल पुरा रूपमा दिनेछन् ।
JOE 2:23 ए सियोनका मानिस हो, खुशी होओ, आफ्‍ना परमप्रभु परमेश्‍वरमा आनन्दित होओ । किनकि उहाँले ठिक समयमा चाँडै शरदको वर्षा दिनुहुनेछ, र तिमीहरूका निम्ति झरी पार्नुहुनेछ, पहिलेझैं नै शरद् र बसन्तका दुवै झरी हुनेछन् ।
JOE 2:24 खलाहरू गहुँले भरिनेछन्, र घ्‍याम्‍पोहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन् ।
JOE 2:25 “बथानमा हिंड्ने सलहले— ठुला सलह, सखाप पार्ने सलह र नाश गर्ने सलहले — मैले तिमीहरूका बिचमा पठाएको मेरो शक्तिशाली सेनाले, वर्षौंदेखि खाएको बालीको म तिमीहरूलाई क्षतिपुर्ति दिनेछु ।
JOE 2:26 तिमीहरू प्रशस्‍त गरी खानेछौ र भरपेट हुनेछौ, र आफ्‍ना परमप्रभु परमेश्‍वरको नाउँको प्रशंसा गर्नेछौ, जसले तिमीहरूका बिचमा अचम्‍मका काम गर्नुएको छ, र म कहिल्यै आफ्‍ना मानिसहरूमा जाल ल्याउनेछैनँ ।
JOE 2:27 म इस्राएलको बिचमा छु भनी तिमीहरूले जान्‍नेछौ, र म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, र त्यहाँ अर्को कोही पनि छैन, र म कहिल्यै आफ्‍ना मानिसहरूमा लाज ल्याउनेछैनँ ।
JOE 2:28 केही समयपछि सबै मानिसमाथि, म आफ्‍नो आत्मा खन्याउनेछु, र तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन् । तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन्, र तिमीहरूका जवान मानिसहरूले दर्शनहरू देख्‍नेछन् ।
JOE 2:29 साथै ती दिनहरूमा दासहरू र दासीहरूमा, म आफ्‍नो आत्माबाट खन्याउनेछु ।
JOE 2:30 आकाश र पृथ्वीमा अचम्‍मका कामहरू, रगत, आगो, र धूँवाका मुस्लाहरू म देखाउनेछु ।
JOE 2:31 परमप्रभुको त्यो महान् र भयानक दिन आउनुअघि, सूर्य अन्धकारमा अनि चन्द्रमा रगतमा परिवर्तन हुनेछ ।
JOE 2:32 परमप्रभुको नाउँ पुकार्ने हरेक व्‍यक्‍ति बचाइनेछ । किनकि जस्‍तो परमप्रभुले भन्‍नुभएको छ, सियोन पर्वतमा र यरूशलेममा छुटकारा पाएका मानिसहरू हुनेछन्, जसलाई परमप्रभुले बोलाउनुहुन्छ ।
JOE 3:1 हेर, ती दिनमा र त्‍यो समयमा, यहूदा र यरूशलेमका निर्वासितहरूलाई मैले फर्काउँदा,
JOE 3:2 सबै जातिहरूलाई म भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेंसीमा तल लैजानेछु । मेरा मानिसहरू र मेरो उत्तराधिकार इस्राएलको कारणले, जसलाई तिनीहरूले जातिहरूका बिचमा छरपष्‍ट पारेको, र मेरो देशलाई तिनीहरूले भाग-भागको पारेको कारणले, त्यहाँ म तिनीहरुको न्‍याय गर्नेछु ।
JOE 3:3 तिनीहरूले मेरा मानिसहरूका निम्ति चिट्‍ठा हाले, एउटी वेश्‍या पाउनलाई केटालाई बेचे, र दाखमद्य पिउनलाई केटीलाई बेचे, यसरी तिनीहरूले जाँड-रक्‍सी पिए ।
JOE 3:4 अब, टुरोस, सीदोन र पलिश्‍तीका सबै क्षेत्रहरू, तिमीहरू किन मसँग रिसाउँछौ? के तिमीहरूले मलाई बदला लिन सक्छौ? तिमीहरूले मलाई बदला लियौ भने पनि, तिमीहरूको बदलालाई म तुरुन्तै तिमीहरूकै थाप्‍लोमा फर्काउनेछु ।
JOE 3:5 किनकि तिमीहरूले मेरो चाँदी र सुन लग्‍यौ, र मेरा बहुमुल्य धनसम्पत्ति तिमीहरूले आफ्ना मन्दिरहरूमा लग्‍यौ ।
JOE 3:6 यहूदा र यरूशलेमका मानिसहरूलाई तिनीहरूका इलाकाबाट टाढा हटाउनलाई, तिमीहरूले तिनीहरूलाई ग्रीकहरूका हातमा बेचिदियौ ।
JOE 3:7 हेर, तिमीहरूले तिनीहरूलाई बेचेका ठाउँबाट, म तिनीहरूलाई माथि उठाउनेछु, र तिमीहरूकै टाउकोमा त्‍यसको मुल्‍य चुकाउनेछु ।
JOE 3:8 यहूदाका मानिसहरूका हातद्वारा, तिमीहरूका छोराहरू र छोरीहरूलाई म बेचिदिनेछु । टाढाको जाति शबाहरूका हातमा, तिनीहरूले उनीहरूलाई बेच्नेछन्, किनकि परमप्रभुले बोल्‍नुभएको छ ।”
JOE 3:9 जातिहरूका बिचमा यो कुरा घोषणा गर, “युद्धको निम्ति आफैंलाई तयार गर, शक्तिशाली मानिसहरूलाई जगाओ, तिनीहरूलाई नजिक आउन देओ, युद्धका सबै मानिसहरू माथि आऊन् ।
JOE 3:10 आफ्ना फालीहरू पिटेर तरवारहरू बनाओ र छिमल्ने खुकुरीहरू पिटेर भालाहरू बनाओ । कमजोरले भनोस्, ‘म बलियो छु ।’
JOE 3:11 ए सबै नजिकका जातिहरू, हतार गर र आओ, आफूलाई एकसाथ त्यहाँ भेला पार । हे परमप्रभु, आफ्‍ना शक्तिशाली योद्धाहरूलाई तल ल्याउनुहोस् ।
JOE 3:12 जातिहरूले आफैंलाई जगाऊन् र यहोशापातको बेसीमा उक्‍लेर आऊन् । किनकि वरिपरिका सबै जातिको न्‍याय गर्न, म त्यहीं बस्‍नेछु ।
JOE 3:13 हँसिया बोक, किनकि फसल पाकेको छ । आओ, दाखहरूलाई पेल, किनको दाखको कोल भरिएको छ । घ्‍याम्‍पोहरू भरिएर पोखिन्‍छन्, किनकि तिनीहरूका दुष्‍टता विशाल छ ।”
JOE 3:14 त्‍यहाँ होहल्‍ला छ, इन्साफको बेसीमा कोलाहल छ । किनकि इन्साफको बेसीमा परमप्रभुको दिन नजिकै छ ।
JOE 3:15 सुर्य र चन्द्रमा अन्धकार हुन्छन्, र ताराहरूले आफ्नो चमक लुकाउँछन् ।
JOE 3:16 सियोनबाट परमप्रभु गर्जनुहुन्छ, र यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुन्छ । आकाश र पृथ्‍वी थरथर काम्‍नेछन्, तर परमप्रभु आफ्‍ना मानिसहरूका निम्ति शरणस्थान, र इस्राएलका मानिसहरूका निम्ति किल्‍ला हुनुहुनेछ ।
JOE 3:17 “यसैले, परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ, म आफ्‍नो पवित्र पर्वत सियोनमा बास गर्छु । तब यरूशलेम पवित्र हुनेछ, र त्यसबाट फेरि कहिलै कुनै सेना हिंड्‍नेछैन ।
JOE 3:18 त्यो दिनमा यस्‍तो हुनेछ, पहाडहरूबाट मिठो दाखमद्य चुहिनेछ, डाँडाहरूबाट दूध बग्‍नेछ, यहूदाका सबै खोलाहरूमा पानी बग्‍नेछ, र परमप्रभुको मन्‍दिरबाट मूल फुट्नेछ, र शित्तिमको उपत्यकालाई भिजाउनेछ ।
JOE 3:19 यहूदाका मानिसहरूमाथि अत्याचार गरिएको हुनाले, तिनीहरूले आफ्नो देशमा निर्दोष रगत बगाएको हुनाले, मिश्र त्‍यागिएर उजाड हुनेछ, र एदोमचाहिं त्यागिएको उजाड-स्‍थान हुनेछ ।
JOE 3:20 तर यहूदामा सधैं मानिसहरू बसोबास गर्नेछन्, र यरूशलेममा चाहिं पुस्तादेखि पुस्तासम्म बसोबास हुनेछ ।
JOE 3:21 मैले बदला नलिएको रगतको म बदला लिनेछु, किनकि परमप्रभु सियोनमा बास गर्नुहुन्‍छ ।”
AMO 1:1 तकोका गोठालामध्‍ये एक जना आमोसले इस्राएलका विषयमा प्रकाशमा पाएका कुराहरू यी नै हुन् । भुकम्प जानुभन्दा दुई वर्षअगाडि यहूदाका राजा उज्‍जियाहका दिनमा, र येहोआशका छोरा इस्राएलका राजा यारोबामका दिनमा पनि तिनले यी कुराहरू प्राप्‍त गरे ।
AMO 1:2 तिनले भने, “परमप्रभु सियोनबाट गर्जनुहुनेछ । उहाँले यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुनेछ । गोठालाहरूका खर्कहरू सुक्‍नेछन् । कार्मेलको टाकुरो ओइलाउनेछ ।”
AMO 1:3 परमप्रभु यसो भन्‍नुहुन्छः “दमस्कसका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले गिलादलाई फलामका औजारहरूले नाश पारे ।
AMO 1:4 हजाएलको घरानामा म आगो पठाउनेछु, र त्यसले बेन-हददका किल्लाहरू भस्म पार्नेछ ।
AMO 1:5 म दमस्कसका मूल ढोकाका गजबारहरू भाँच्‍नेछु र आवन उपत्यकामा राज्‍य गर्नेलाई, र बेथ-अदनमा राजदण्ड लिनेलाई समेत म टुक्राटुक्रा पार्नेछु । अरामका मानिसहरू निर्वासित भएर कीरमा जानेछन्,” परमप्रभु भन्‍नुहुन्छ ।
AMO 1:6 परमप्रभु यसो भन्‍नुहुन्छ, “गाजाका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले सम्‍पूर्ण मानिसलाई कैदी बनाएर, एदोमको हातमा सुम्‍पन लगे ।
AMO 1:7 गाजाका पर्खालहरूमा म आगो पठाउनेछु र त्यसले त्यसका किल्लाहरू भस्म पार्नेछ ।
AMO 1:8 अश्‍दोदमा बस्‍ने मानिस, र अश्‍कलोनको राजदण्ड लिने मानिसलाई म टुक्राटुक्रा पार्नेछु । एक्रोनको विरुद्ध म आफ्ना हात उठाउनेछु, र बाँकी रहेका पलिश्‍तीहरू नाश हुनेछन्,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ ।
AMO 1:9 परमप्रभु यसो भन्‍नुहुन्छः “टुरोसका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले सम्‍पूर्ण मानिसलाई एदोममा सुम्‍पेका छन्, र आफ्‍नो भ्रातृत्‍व करार तिनीहरूले तोडेका छन् ।
AMO 1:10 टुरोसका पर्खालहरूमा म आगो पठाउनेछु, र त्यसले उसका किल्लाहरूलाई भस्म पार्नेछ ।”
AMO 1:11 परमप्रभु यस्तो भन्‍नुहुन्छ, “एदोमका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने त्यसले आफ्नो भाइलाई तरवारले खेद्‍यो, र सबै दयालाई त्यागिदियो । त्यसको रिस निरन्तर बढ्यो, र त्यसको क्रोध सदाको निम्ति रह्‍यो ।
AMO 1:12 तेमानमा म आगो पठाउनेछु, र त्यसले बोज्राका दरबारहरूलाई भस्म पार्नेछ ।”
AMO 1:13 परमप्रभु यसो भन्‍नुहुन्छ, “अम्‍मोनका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले आफ्नो सीमा बढाउन सकून् भनेर, गिलादका गर्भवती स्‍त्रीहरूका पेट चिरे ।
AMO 1:14 रब्बाका पर्खालहरूमा म आगो बाल्‍नेछु, र युद्धको दिनको चिच्‍याहट, र हुरीबतासमा हुने आँधीको दिनको, आवाज निकालेर दरबारहरूलाई भस्म पार्नेछ ।
AMO 1:15 तिनीहरूका राजा, त्योसँगै त्यसका अधिकारीहरू समेत कैदमा जानेछन्,” परमप्रभु भन्‍नुहुन्छ ।
AMO 2:1 परमप्रभु यस्तो भन्‍नुहुन्छः “मोआबका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने त्यसले एदोमका राजालाई जलाएर चून बनायो ।
AMO 2:2 मोआबमा म आगो पठाउनेछु, र त्यसले किर्योतका किल्लाहरूलाई भस्म पार्नेछ । चिच्‍याहट र तुरहीको आवाजमा, ठुलो गर्जनसहित मोआबचाहिं मर्नेछ ।
AMO 2:3 त्यसको न्यायकर्तालाई म नष्‍ट गर्नेछु र त्यसका सबै राजकुमारलाई म मार्नेछु,” परमप्रभु भन्‍नुहुन्छ ।
AMO 2:4 परमप्रभु यस्तो भन्‍नुहुन्छः “यहूदाका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले परमप्रभुको व्यवस्थालाई तिरस्‍कार गरे, र उहाँका विधिहरू पालना गरेनन् । तिनीहरूका झुटले तिनीहरूलाई भ्रममा पार्‍यो, जसका पछि तिनीहरूका पुर्खाहरू पनि हिंडेका थिए ।
AMO 2:5 यहूदामा म आगो पठाउनेछु, र त्यसले यरूशलेमका किल्लाहरूलाई भस्म पार्नेछ ।”
AMO 2:6 परमप्रभु यस्तो भन्‍नुहुन्छः “इस्राएलका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले निर्दोषहरूलाई चाँदीमा, अनि दरिद्रहरूलाई एक जोर जुत्तामा बेचे ।
AMO 2:7 मानिसहरूले भुइँमा भएको धुलोलाई कुल्चेझैँ, तिनीहरूले गरिबहरूका शिरहरू कुल्चन्‍छन् । तिनीहरूले थिचोमिचोमा परेकालाई पर धकेल्‍छन् । एक जना मानिस र उसका बाबु एउटै केटीसँग सुत्‍छन्, र यसरी मेरो पवित्र नाउँलाई अशुद्ध पार्छन् ।
AMO 2:8 तिनीहरूले बन्धकको रूपमा लिएका लुगाहरूमाथि नै हरेक वेदीको छेउमा पल्टिन्‍छन्, र जरिमानामा लिएको दाखमद्य नै तिनीहरूले आफ्‍नो परमेश्‍वरका मन्दिरमा पिउँछन् ।
AMO 2:9 तापनि तिनीहरूका सामु मैले एमोरीलाई नाश गरें, जसका उचाइ देवदारुहरूका उचाइझैं थियो । त्यो फलाँटको रूख जत्तिकै बलियो थियो । तापनि मैले त्यसको माथिको फल, अनि त्यसको मुनिका जराहरूलाई नाश गरें ।
AMO 2:10 साथै मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर माथि ल्याएँ, र एमोरीहरूको देश कब्जा गर्नलाई, चालिस वर्षसम्म तिमीहरूलाई मरुभूमिमा डोर्‍याएँ ।
AMO 2:11 तिमीहरूका छोराछोरीका बिचबाट अगमवक्ताहरू, र तिमीहरूका जवान मानिसहरूबाट नाजिरीहरू मैले खडा गरें । ए इस्राएलका मानिस हो, के यो सत्य होइन? — यो परमप्रभुको घोषणा हो ।
AMO 2:12 तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन प्रेरित गर्‍यौ, अनि अगमवक्ताहरूलाई अगमवाणी नबोल्‍ने आज्ञा दियौ ।
AMO 2:13 हेर, अन्‍न भरिएको गाडाले कसैलाई कुल्चेझैं, म तिमीहरूलाई कुल्चनेछु ।
AMO 2:14 तेज दौडने उम्केर जान सक्‍नेछैन, र बलियोले आफ्‍नो बलमाथि बल पाउनेछैन, न त शक्तिशालीले आफैंलाई बचाउन सक्‍नेछ ।
AMO 2:15 धनुधारी खडा हुनेछैन । तीव्र गतिमा दौडने उम्कने छैन । घोडचडीले आफैंलाई बचाउन सक्‍नेछैन ।
AMO 2:16 त्यस दिनमा सबैभन्दा साहसी योद्धाहरू पनि नाङ्गै भाग्‍नेछन् — यो परमप्रभुको घोषणा हो ।”
AMO 3:1 ए इस्राएलका मानिस हो, तिमीहरूका विरूद्धमा, मिश्रदेशबाट मैले निकालेर ल्याएको सम्‍पूर्ण परिवारको विरुद्धमा परमप्रभुले बोल्नुभएको यो वचन सुनः
AMO 3:2 “पृथ्वीमा भएका सबै परिवारहरूबाट, मैले केवल तिमीहरूलाई छानेको छु । त्यसकारण तिमीहरूका सबै पापहरूका निम्‍ति, म तिमीहरूलाई दण्ड दिनेछु ।”
AMO 3:3 सहमत नभएसम्म दुई जना सँगै हिंड्छन् र ?
AMO 3:4 जङ्गलको सिंहले कुनै सिकार नपाउँदा पनि, के त्यो गर्जन्छ र? जवान सिंहले आफ्नो ओडारमा केही फेला नपारेसम्म, के त्यो ङ्‍यार्रङ्‍यार् गर्छ र?
AMO 3:5 चराको निम्ति चारो नराखेसम्म के त्यो भुइँमा भएको पासोमा पर्छ र? पासोले केही कुरा समाउन नपाउँदा पनि के त्यो भुइँबाट माथि उफ्रिन्‍छ र?
AMO 3:6 सहरमा तुरही बज्यो भने, के त्यहाँका मानिसहरू थर-थर काम्दैनन् र? सहरलाई प्रकोपले नाश गर्दा, त्यो परमप्रभुले नै पठाउनुभएको होइन र?
AMO 3:7 निश्‍चय नै परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूलाई आफ्नो योजना प्रकट नगर्नुभएसम्म उहाँले केही पनि गर्नुहुनेछैन ।
AMO 3:8 सिंह गर्जेको छ । को डराउनेछैन र? परमप्रभु परमेश्‍वर बोल्‍नुभएको छ । कसले अगमवाणी बोल्दैन र?
AMO 3:9 अश्‍दोदमा भएका किल्लाहरूमा, र मिश्रदेशमा भएका किल्लाहरूमा यो कुरा घोषणा गर । यसो भन, “सामरियाका पहाडहरूमा आफैलाई भेला पार र त्यहाँ के ठुलो भ्रम छ र के अत्याचार छ त्‍यो हेर ।
AMO 3:10 किनभने ठिक काम कसरी गर्ने सो तिनीहरू जान्दैनन् — यो परमप्रभुको घोषणा हो— तिनीहरूले आफ्ना किल्लाहरूमा हिंसा र विनाश संचित गर्छन् ।”
AMO 3:11 यसैकारण, परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “एउटा शत्रुले देशलाई घेर्नेछ, र तिमीहरूका गढहरूलाई नाश गर्नेछ र तिमीहरूका किल्लाहरूलाई लुट्नेछ ।”
AMO 3:12 परमप्रभु यस्तो भन्‍नुहुन्छः “जसरी गोठालाले सिंहको मुखबाट दुईवटा खुट्टा, वा कानको एक टुक्रामात्र छुटाउँछ, यसरी नै सामरियामा बस्‍ने मानिसहरूलाई पनि छुटाइनेछ । तिनीहरूसित केवल पलङ्गको एउटा कुना वा खाटको एक टुक्रा मात्र छोडिनेछ ।”
AMO 3:13 याकूबका घरानाका विरुद्धमा सुन र गवाही देओ— यो सर्वशक्‍तमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।
AMO 3:14 “किनभने मैले इस्राएलका पापको दण्ड दिने दिनमा, म बेथेलका वेदीहरूलाई पनि दण्‍ड दिनेछु । वेदीका सिङहरू काटिनेछन् र भुइँमा खस्‍नेछन् ।
AMO 3:15 म हिउँदमा बस्‍ने घरलाई गर्मीमा बस्‍ने घरसँगै नाश गर्नेछु । हस्तिहाडका घरहरू नाश हुनेछन्, र ठुला-ठुला घरहरू लोप हुनेछन् — यो परमप्रभुको घोषणा हो ।”
AMO 4:1 ए बाशानका गाईहरू, यो वचन सुन, तिमीहरू जो सामरियाको पहाडमा बस्‍छौ, तिमीहरू जसले गरिबहरूलाई थिचोमिचो गर्छौ, तिमीहरू जसले दरिद्रहरूलाई कुल्‍चिन्‍छौ, तिमीहरू जसले आफ्ना पतिहरूलाई भन्‍छौ, “हामीलाई मद्य ल्याउनुहोस्” ।
AMO 4:2 परमप्रभुले आफ्नो पवित्रताद्वारा प्रतिज्ञा गर्नुभएको छ, “हेर, तिमीहरूमाथि यस्ता दिनहरू आउनेछन् जति बेला तिमीहरूलाई तिनीहरूले अंकुसेले, र तिमीहरूमध्‍ये अन्‍तिम बचेकाहरूलाई बल्छीले लैजानेछन् ।
AMO 4:3 तिमीहरू सहरका पर्खालका धाँदाहरूका बिचबाट जानेछौ, तिमीहरू हरेक व्‍यक्‍ति सिधै त्यहाँबाट जानेछौ, र तिमीहरू हर्मोनतिर फालिनेछौ —यो परमप्रभुको घोषणा हो ।”
AMO 4:4 “बेथेलमा जाओ र पाप गर, गिलगालमा जाओ अनि धेरै पाप बढाओ, हरेक बिहान आफ्ना बलिदानहरू, हरेक तिन दिनमा आफ्‍ना दशांशहरू ल्याओ ।
AMO 4:5 रोटीले धन्यवादको बलिदान अर्पण गर, स्वइच्‍छा भेटीको घोषणा गर । तीबारे घोषणा गर, किनकि यस कुराले तिमीहरू, इस्राएलका मानिसहरूलाई खुसी तुल्‍याउँछ, — यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
AMO 4:6 मैले तिमीहरूका सबै सहरहरूमा तिमीहरूका भोको पेट दिएँ र तिमीहरूका सबै ठाउँहरूमा रोटीको अभाव पारें । तापनि तिमीहरू मकहाँ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।”
AMO 4:7 फसल काट्‍नलाई तिन महिना बाँकी हुँदा नै मैले पनि तिमीहरूबाट वर्षालाई रोकें । एउटा सहरमा मैले पानी पर्न दिएँ र अर्को सहरमा मैले पानी पर्न दिइनँ । जमिनको एक भागमा पानी पर्‍यो, तर जमिनको जुन भागमा पानी परेन त्यो सुक्‍यो ।
AMO 4:8 दुई वा तिनवटा सहर पानी पिउनको निम्ति अर्को सहरतर्फ धर्मराउँदै हिंडे, तर तृप्‍त भएनन् । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।
AMO 4:9 डढुवा र ओसले मैले तिमीहरूलाई कष्‍ट दिएँ । तिमीहरूका असङ्ख्‍य बगैँचाहरू, तिमीहरूका दाखबारीहरू, तिमीहरूका नेभाराका रूखहरू, र जैतूनका रूखहरू, सलहले ती सबैलाई सखाप पारे । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।
AMO 4:10 मैले मिश्रमा झैं तिमीहरूका बिचमा विपत्ति पठाएँ । तिमीहरूका जवान मानिसहरूलाई मैले तरवारले मारें, तिमीहरूका घोडाहरूलाई लिएर गएँ, र तिमीहरूका छाउनीको दुर्गन्ध तिमीहरूको नाकसम्म आउने पारें । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।
AMO 4:11 मैले तिमीहरूका बिचमा भएका सहरहरू नाश पारें, जसरी परमेश्‍वरले सदोम र गमोरालाई नाश पार्नुभएको थियो । तिमीहरू आगोबाट बाहिर तानिएका अगुल्‍टाहरूझैं थियौ । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।
AMO 4:12 त्यसैले, ए इस्राएल, म तेरो बिचमा केही डरलाग्दो कुरा गर्नेछु । र मैले तिमीहरूका बिचमा केही डरलाग्दो गर्ने हुनाले, ए इस्राएल, आफ्नो परमेश्‍वरलाई भेट्न तयार हो !
AMO 4:13 किनकि, हेर, जसले पहाडहरू बनाउनुहुन्छ, उहाँले नै बतास पनि सृष्‍टि गर्नुहुन्छ, आफ्ना विचारहरू मानिसजातिकहाँ प्रकट गर्नुहुन्छ, बिहानको उज्‍यालोलाई अन्धकार बनाउनुहुन्छ, र पृथ्वीका उच्‍च ठाउँहरूलाई कुल्‍चिनुहुन्छ । परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर, उहाँको नाउँ हो ।”
AMO 5:1 ए इस्राएलको घराना, तिमीहरूका विषयमा मेरो यो विलापको वचन सुन ।
AMO 5:2 कुमारी इस्राएल पतन भएकी छ, त्यो फेरि उठ्‍नेछैन, त्यो आफ्नै भूमिमा त्यागिएकी छ, त्यसलाई उठाउने त्यहाँ कोही छैन ।
AMO 5:3 किनभने परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छः “इस्राएलको घरानामा भएकाका, एक हजार जना लिएर निस्केको सहरमा सय जना बाँकी हुनेछन्, र सय जना लिएर निस्केको सहरमा दस जना बाँकी हुनेछन् ।”
AMO 5:4 किनभने इस्राएलको घरानालाई परमप्रभु यस्तो भन्‍नुहुन्छः “मेरो खोजी गर र जीवित रहो!
AMO 5:5 बेथेलको खोजी नगर, न त गिलगालमा प्रवेश गर, बेर्शेबातर्फ यात्रा नगर । किनभने गिलगाल निश्‍चय नै कैदमा जानेछ, र बेथेल शून्‍य हुनेछ ।
AMO 5:6 परमप्रभुको खोजी गर र जीवित रहो, नत्रता उहाँ योसेफको घरानामा आगोझैं दन्‍कनुहुनेछ । त्यसले भस्म पार्नेछ र बेथेलमा त्यसलाई निभाउने कुनै व्‍यक्‍ति हुनेछैन ।
AMO 5:7 ती मानिसहरूले इन्साफलाई एउटा तितो कुरामा परिणत गर्छन् र धार्मिकतालाई भुइँमा फालिदिन्‍छन् !”
AMO 5:8 परमेश्‍वरले किरकिटी र मृगशिरालाई बनाउनुभयो । उहाँले अन्धकारलाई बिहानमा परिणत गर्नुहुन्छ । उहाँले दिनलाई रातको अन्‍धकार बनाउनुहुन्छ र समुद्रको पानीलाई बोलाउनुहुन्छ । उहाँले त्यसलाई पृथ्वीको सतहमा खन्याउनुहुन्छ । उहाँको नाउँ परमप्रभु हो ।
AMO 5:9 उहाँले बलियामाथि एक्‍कासि विनाश ल्यानुहुन्छ, जसले गर्दा किल्लाहरूमा विनाश आउँछन् ।
AMO 5:10 सहरको मूलद्वारमा तिनीहरूलाई ठिक कुरा सिकाउनेलाई तिनीहरू घृणा गर्छन्,र सत्य बोल्नेलाई कुनै पनि व्‍यक्‍तिलाई तिनीहरू उपहास गर्छन् ।
AMO 5:11 किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्‍छौ र ऊबाट गहुँको भाग लिन्‍छौ— तिमीहरूले कँदेका ढुङ्गाले घरहरू बनाएको भए तापनि, तिमीहरू त्यसमा बस्‍नेछैनौ । तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन्, तर तिमीहरूले त्यसको दाखमद्य पाउनेछैनौ ।
AMO 5:12 किनकि तिमीहरूका अपराधहरू कति छन् अनि तिमीहरूका पाप कति ठुला छन् भनी म जान्‍दछु— तिमीहरू जसले धर्मीलाई कष्‍ट दिन्छौ, घूस लिन्छौ, र सहरको मूलद्वारका दरिद्रहरूको न्‍यायहरण गर्छौ
AMO 5:13 यसकारण यस्तो समयमा विवेकी मानिस पनि चूपै लाग्छ, किनभने यो खराब समय हो ।
AMO 5:14 असल कुराको खोजी गर, खराबको होइन, जसले गर्दा तिमीहरू बाँच्‍नेछौ । यसरी तिमीहरूले भनेझैं, परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर, साँच्‍चै नै तिमीहरूसँग हुनुहुनेछ ।
AMO 5:15 दुष्‍टतालाई घृणा गर, असल कुरालाई प्रेम गर, सहरको मूलद्वारमा न्याय कायम गर । सायद परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर योसेफका बाँकी रहेकाहरूसँग अनुग्रही हुनुहुनेछ ।
AMO 5:16 यसकारण, परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “सबै चोकहरूमा रुवाबासी हुनेछ, र तिनीहरूले सबै सडकहरूमा यस्तो भन्‍नेछन्, ‘धिक्‍कार ! धिक्‍कार !’ तिनीहरूले किसानहरूलाई विलाप गर्न र मलामीहरूलाई शोक गर्न बोलाउनेछन् ।
AMO 5:17 सबै दाखबारीहरूमा रुवाबासी हुनेछ, किनकि म तिमीहरूका बिचबाट भएर जानेछु,” परमप्रभु भन्‍नुहुन्छ ।
AMO 5:18 परमप्रभुको दिन चाहना गर्नेहरूलाई धिक्‍कार ! तिमीहरू किन परमप्रभुको दिनको चाहना गर्दछौ? त्यो उज्यालो होइन तर अन्धकार हुनेछ,
AMO 5:19 जसरी कोही मानिस एउटा सिंहबाट भाग्‍छ र एउटा भालुले उसलाई भेटाउँछ, अर्थात्‌ ऊ कुनै घरभित्र जान्‍छ र आफ्नो हात भित्तामा राख्‍छ अनि एउटा सर्पले उसलाई डस्‍छ ।
AMO 5:20 के परमप्रभुको दिन उज्यालो नभई अन्धकार हुनेछैन र? अन्धकार र कुनै उज्‍यालो नभएको ?
AMO 5:21 “म तिमीहरूका चाडहरूलाई घृणा गर्दछु, म तिरस्कार गर्दछु, तिमीहरूका धार्मिक सभाहरूमा म खुसी हुन्‍नँ ।
AMO 5:22 तिमीहरूले मलाई होमबलि र अन्‍नबलि चढाए तापनि, म ती ग्रहण गर्नेछैनँ, न त तिमीहरूका मोटा पशुहरूको मेलबलि नै म हेर्नेछु ।
AMO 5:23 तिमीहरूका गीतहरूको हल्‍ला मबाट हटाओ । तिमीहरूका वीणाहरूका धुन म सुन्‍नेछैनँ ।
AMO 5:24 बरु, इन्साफ पानीझैं बगोस्, र धार्मिकताचाहिं निरन्तर बगिरहने खोलाझैं होस् ।
AMO 5:25 ए इस्राएलको घराना, चालिस वर्ष मरुभूमिमा हुँदा, के तिमीहरूले मेरो निम्ति बलिदानहरू र भेटीहरू ल्यायौ र ?
AMO 5:26 तिमीहरूले आफ्ना राजा सिक्‍कुथ, र आफ्‍ना तारा-देवता काइवानको मूर्ति खडा गरेका छौ, जसलाई तिमीहरूले आफ्ना निम्‍ति बनायौ ।
AMO 5:27 यसकारण म तिमीहरूलाई दमस्मसभन्दा पर निर्वासनमा पठाउनेछु,” परमप्रभु भन्‍नुहुन्छ, जसको नाउँ सर्वशक्तिमान् परमेश्‍वर हो ।
AMO 6:1 सियोनमा आरामसित बस्‍नेहरूलाई धिक्‍कार, र सामरियाको पहाडी मुलुकमा सुरक्षित भएकाहरू, जातिहरूका उत्कृष्‍टहरूमध्ये विशिष्‍ट मानिसहरू, जसकहाँ इस्राएलको घराना सहायताको निम्ति आउँछन् ।
AMO 6:2 तिमीहरूका अगुवाहरू यसो भन्छन्, “कल्‍नेहमा जाओ र हेर । त्यहाँबाट महान् सहर हामातमा जाओ, अनि त्यसपछि पलिश्‍तीहरूको गातमा जाओ । के तिमीहरूका दुई राज्यभन्दा ती असल छन् र? के तिनका सिमाना तिमीहरूका सिमानाभन्दा ठुलो छ?”
AMO 6:3 विनाशको दिनलाई पन्‍छाउने मानिसहरू, र हिंसाको सिंहासनलाई नजिक तुल्याउनेहरूलाई धिक्‍कार ।
AMO 6:4 तिनीहरू हस्तिहाडको ओछ्‍यानमा सुत्‍छन् र आ-आफ्‍ना पलङ्हरूमा आराम गर्छन् । तिनीहरू बगालबाट भेडाका पाठाहरू र गोठबाट बाछाहरू खान्छन् ।
AMO 6:5 तिनीहरू वीणाको सङ्गीतमा मूर्खताका गीतहरू गाउँछन्, दाऊदले झैं तिनीहरू बाजाहरूले नयाँ सङ्गीत बनाउँछन् ।
AMO 6:6 तिनीहरू कचौराबाट दाखमद्य पिउँछन् र उत्तम तेलहरूले आफूलाई अभिषेक गर्छन्, तर योसेफको विनाशमा तिनीहरू शोक गर्दैनन् ।
AMO 6:7 यसैले सुरुमा निर्वासित हुनेहरूसँगै तिनीहरू निर्वासित हुनेछन्, र मोज-मज्‍जा गर्नेहरूको भोजको अन्‍त हुनेछ ।
AMO 6:8 “म, परमप्रभुले आफैंसित यो प्रतिज्ञा गरेको छु — यो परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर घोषणा हो, म याकूबको घमण्डलाई घृणा गर्छु, म त्यसका किल्लाहरूलाई घृणा गर्छु । यसकारण म त्यो सहरमा भएका सबै थोकसँगै त्‍यसलाई सुम्पिदिनेछु ।”
AMO 6:9 यस्‍तो हुनेछ कि एउटा घरमा दश जना मानिस बाँकी छन् भने तिनीहरू सबै मर्नेछन् ।
AMO 6:10 जब कुनै मानिसको आफन्‍त तिनीहरूका लासहरू निकाल्‍न आउँछ— जसले ती लासहरू घरबाट बाहिर निकालेर तिनलाई जलाउँछ— उसले त्‍यस घरमा भएको मानिसलाई सोध्‍छ, “के तिमीसँग अरू कोही बाँकी छ?” तब त्‍यो मानिसले भन्छ, “छैन ।” त्‍यसपछि उसले भन्‍नेछ, “चुप लाग, किनकि हामीले परमप्रभुको नाउँ लिनुहुँदैन ।”
AMO 6:11 किनकि, हेर, परमप्रभुले एउटा आज्ञा दिनुहुनेछ, र ठुलो घर टुक्रा-टुक्रा हुनेछ, र सानो घरचाहिं धूलोपिठो हुनेछ ।
AMO 6:12 के घोडाहरू ठाडो चट्टानहरूमा दौडन्‍छन् र? के कसैले त्यहाँ गोरू जोत्‍छ? तापनि तिमीहरूले न्यायलाई विष अनि धार्मिकताको फललाई तिक्‍ततामा परिणत गरेका छौ ।
AMO 6:13 लो-देबारको पराजयमा आनन्द मनाउनेहरू, जसले भन्छन्, “के हामीले आफ्नै शक्तिले कार्नैमलाई लिएनौं र ?”
AMO 6:14 “तर ए इस्राएलका घराना, हेर, म तिमीहरूका विरुद्धमा एउटा जातिलाई खडा गर्नेछु— परमप्रभु सर्वशक्‍तमान् परमेश्‍वरको घोषणा हो । तिनीहरूले तिमीहरूलाई लेबो-हमातदेखि अराबाको खोलासम्मै पीडा दिनेछन् ।”
AMO 7:1 परमप्रभु परमेश्‍वरले मलाई यो कुरा देखाउनुभयो । हेर, बसन्‍त ऋतुको बाली मौलाउनै लाग्‍दा, उहाँले सलहको बथान तयार गर्नुभयो, अनि हेर, योचाहिं राजाको कटनी पछिको बाली थियो ।
AMO 7:2 जब तिनीहरूले भूमिको बालीनाली खाएर सके, अनि त्‍यसपछि मैले भनें, “परमप्रभु परमेश्‍वर, कृपया क्षमा गर्नुहोस् । याकूब कसरी बाँच्‍नेछ? किनकि त्यो त धेरै सानो छ ।”
AMO 7:3 परमप्रभु यस विषयमा नरम हुनुभयो । उहाँले भन्‍नुभयो, “यस्तो हुनेछैन ।”
AMO 7:4 अनि परमप्रभु परमेश्‍वरले मलाई यस्तो देखाउनुभयोः हेर, परमप्रभु परमेश्‍वरले न्याय गर्नलाई आगो बोलाउनुभयो । त्यसले पृथ्वीमुनिको गहिरो विशाल पानीलाई सुकायो र त्यसले जमिनलाई पनि भष्‍म पार्न सक्थ्यो ।
AMO 7:5 तर मैले भनें, “परमप्रभु परमेश्‍वर, कृपया रोक्‍नुहोस् । याकूब कसरी बाँच्‍नेछ? किनकि त्यो त धेरै सानो छ ।”
AMO 7:6 परमप्रभु यस विषयमा नरम हुनुभयो । परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “यो पनि हुनेछैन ।”
AMO 7:7 उहाँले मलाई यो कुरा देखाउनुभयोः हेर, परमप्रभु हातमा साहुल लिएर एउटा पर्खालको छेउमा उभिनुभयो ।
AMO 7:8 परमप्रभुले मलाई भन्‍नुभयो, “आमोस, तैंले के देखिस्?” मैले भनें, “एउटा साहुल ।” परमप्रभुले भन्‍नुभयो, “हेर, इस्राएलका मेरा मानिसहरूका बिचमा म एउटा साहुल राख्‍नेछु । म तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ ।
AMO 7:9 इसहाकका उच्‍च ठाउँहरू नष्‍ट पारिनेछन्, इस्राएलका पवित्र स्थानहरू तहस-नहस पारिनेछन्, र म तरवार लिएर यारोबामको घरानाको विरुद्ध खडा हुनेछु ।”
AMO 7:10 तब बेथेलका पुजारी अमस्‍याहले इस्राएलका राजा यारोबामलाई यो सन्देश पठाएः “इस्राएलको घरानाको बिचमा आमोसले तपाईंको विरुद्धमा षड्‌यन्‍त्र रचेको छ । यस देशले त्यसका सबै बोली सहन सक्‍दैन ।
AMO 7:11 किनकि आमोसले यसो भन्‍यो, ‘यारोबाम तरवारद्वारा मर्नेछ, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट टाढा निर्वासनमा जानेछ ।’”
AMO 7:12 अमस्‍याहले आमोसलाई भने, “ए दर्शी, दौडेर यहूदाको देशमा जाऊ, र त्यहाँ रोटी खाऊ अनि अगमवाणी गर ।
AMO 7:13 तर यहाँ बेथेलमा अरू धेरै अगमवाणी नगर, किनकि यो राजाको पवित्र-स्थान र एउटा राजकीय घराना हो ।”
AMO 7:14 अनि आमोसले अमस्‍याहलाई भने, “म अगमवक्ता होइनँ, न त अगमवक्ताका छोरा हुँ । म त एउटा गोठालो हुँ, र म त अन्जीरका रूखहरूको रेखदेख गर्छु ।
AMO 7:15 तर परमप्रभुले मलाई बगालको हेरचाह गर्नबाट पर लानुभयो र मलाई भन्‍नुभयो, ‘जा, मेरा मानिस, इस्राएलको निम्ति अगमवाणी गर ।’
AMO 7:16 अब परमप्रभुको वचन सुन । तिमी भन्छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर, र इसहाकको घरानाको विरुद्धमा नबोल ।’
AMO 7:17 यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तेरी पत्‍नी सहरमा वेश्‍या हुनेछे, तेरा छोराहरू र तेरा छोरीहरू तरवारद्वारा मारिनेछन्, तेरो देश नापिनेछ र विभाजन गरिनेछ, तँ एउटा अशुद्ध देशमा मर्नेछस्, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट निर्वासनमा जानेछ ।’”
AMO 8:1 परमप्रभु परमेश्‍वरले मलाई यो कुरा देखाउनुभयो। ग्रीष्‍म ऋतुको फलको एउटा डालो हेर ।
AMO 8:2 उहाँले भन्‍नुभयो, “आमोस, तँ के देख्‍छस्?” मैले भनें, “ग्रीष्‍म ऋतुको फलको एउटा डालो ।” तब परमप्रभुले मलाई यसो भन्‍नुभयो, “मेरा मानिस, इस्राएलको निम्ति अन्‍त्‍य आएको छ । म तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ ।
AMO 8:3 यो परमप्रभु परमेश्‍वरको घोषणा हो, त्यो दिनमा मन्दिरका गीतहरू रुवाबासीमा बद्लिनेछन्, धेरै लासहरू जता-ततै फलिनेछन्! शान्‍त हो!”
AMO 8:4 खाँचोमा परेकाहरूलाई थिचोमिचो गर्नेहरू, र गरीबहरूलाई देशबाट हटाउनेहरू, यो सुन ।
AMO 8:5 तिनीहरू भन्छन्, “औंसी कहिले समाप्‍त हुन्छ, ताकि हामीहरूले फेरि अन्‍न बेच्‍न सकौं? शबाथ दिन कहिले समाप्‍त हुन्छ, ताकि हामीले गहुँ बेच्‍न सकौं? हामीले झुटो नापले ठगी गर्दा, हामी मानालाई सानो बनाउनेछौं र मुल्यलाई बढाउनेछौं ।
AMO 8:6 यसरी नै हामीले खराब गहुँ बेच्‍न सक्‍छौं, गरीबलाई चाँदीले, र खाँचोमा परेकाहरूलाई एक जोर जुत्ताले किन्‍न सक्‍छौं ।”
AMO 8:7 परमप्रभुले याकूबको घमण्डमा यसरी शपथ खानुभएको छ, “निश्‍चय नै तिनीहरूका कुनै पनि कामहरू म कदापि बिर्सनेछैनँ ।”
AMO 8:8 यसको निम्‍ति जमिन काम्‍नेछैन, अनि त्यसमा बसोबास गर्ने हरेकले विलाप गर्नेछैनन् र? त्यसको सबै थोक नील नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं त्यो छचल्‍किनेछ र डुब्‍नेछ ।
AMO 8:9 “यो परमप्रभु परमेश्‍वरको घोषणा हो— त्यो दिन यस्‍तो हुनेछ, सुर्यलाई दिउँसै अस्ताउनेछु म बनाउनेछु, र पृथ्वीलाई मध्यदिनमा नै अँध्यारो म बनाउनेछु ।
AMO 8:10 तिमीहरूका चाडहरूलाई विलापमा, अनि तिमीहरूका सबै गीतलाई रुवाईमा म बद्लिनेछु । तिमीहरू सबैलाई भाङ्‍ग्रा लाउने, र हरेकले कपाल खौरन म बनाउनेछु । एक मात्र छोराको निम्ति विलाप गरेझैं, र त्यसको अन्‍त्‍यमा तीतो म बनाउनेछु ।
AMO 8:11 हेर्, यस्‍ता दिनहरू आउँदैछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जति बेला देशमा म अनिकाल पठाउनेछु, त्‍यो रोटीको अनिकाल होइन, न त पानीको तिर्खाको हो, तर त्‍यो परमप्रभुको वचन सुन्‍ने कुराको हो।
AMO 8:12 परमप्रभुको वचनको खोज्‍नलाई तिनीहरू एक समुद्रदेखि अर्को समुद्रसम्‍म धर्मराउनेछन्, र उत्तरदेखि पूर्वसम्म दौडनेछन्, तर तिनीहरूले त्यो भेट्टाउनेछैनन् ।
AMO 8:13 त्यो दिनमा सुन्दरी कुमारीहरू र जवान मानिसहरू तिर्खाले मूर्छा हुनेछन् ।
AMO 8:14 सामरियाको पापमा शपथ खानेहरू र ‘ए दान, तेरो देवता जीवित भएझैं,’ र ‘बेर्शेबाको देवता जीवित भएझैं,’ भनेर भन्‍नेहरू, तिनीहरू पतन हुनेछन् र फेरि कहिल्यै उठ्नेछैनन् ।”
AMO 9:1 मैले परमप्रभुलाई वेदीको छेऊमा खडा हुनुभएको देखें, र उहाँले भन्‍नुभयो, “स्तम्भहरूका टुप्‍पाहरूमा हिर्का ताकि त्यसका जगहरू हल्लिऊन् । तिनलाई ती सबै जनाका शिरहरूमा टुक्रा-टुक्रा पार्, र तीमध्‍ये आखिरी बचेकोलाई म तरवारले मार्नेछु । तीमध्‍ये एक जना पनि निस्‍कनेछैनन्, तीमध्‍ये एक जना पनि भाग्‍नेछैन ।
AMO 9:2 तिनीहरूले खनेर पातालमा गए भने पनि, त्यहाँबाट मेरा हातले तिनीहरूलाई निकाल्‍नेछन् । तिनीहरू माथि स्वर्गमा चढे भने पनि, त्यहाँबाट म तिनीहरूलाई तल झार्नेछु ।
AMO 9:3 तिनीहरू कर्मेलको टुप्‍पोमा लुके भने पनि, त्यहाँ म तिनीहरूलाई खोज्‍नेछु र निकाल्‍नेछु । तिनीहरू मेरो दृष्‍टिबाट समुद्रको पिंधमा लुके भने पनि, त्यहाँ म सर्पलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई डस्‍नेछ ।
AMO 9:4 तिनीहरू आफ्ना शत्रुहरूद्वारा निर्वासनमा लगिए भने पनि, त्यहाँ म तरवारलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ । असल निम्ति होइन तर खराबको निम्‍ति म तिनीहरूमाथि आफ्‍ना आँखा लगाउनेछु ।”
AMO 9:5 सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले भूमिलाई छुनुहुन्छ र त्यो पग्‍लिन्छ, त्यसमा बसोबास गर्ने सबै जना विलाप गर्छन् । त्यसका सबै कुरा नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं फेरि तल डुब्‍नेछन् ।
AMO 9:6 उहाँले आकाशमा आफ्नो महल बनाउनुहुन्छ, र पृथ्वीमा आफ्नो जग बसाल्‍नुहुन्छ । उहाँले समुद्रको पानीलाई बोलाउनुहुन्छ, र पृथ्वीको सतहमा खन्‍याउनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो ।
AMO 9:7 “यो परमप्रभुको घोषणा हो, ए इस्राएलका मानिसहरू हो, के तिमीहरू मेरो निम्ति कूशका मानिसहरू जस्तै होइनौ? के मैले इस्राएलीहरूलाई मिश्रदेशबाट, पलिश्‍तीहरूलाई कप्‍तोरबाट, र अरामीहरूलाई कीरबाट बाहिर ल्याइनँ र?
AMO 9:8 हेर्, परमप्रभु परमेश्‍वरको आँखा पापी राज्यमाथि पर्छ, र म त्यसलाई पृथ्वीको सतहबाट विनाश गर्नेछु, तर म याकूबको घरानालाई पूर्ण रूपमा नाश गर्नेछैनँ, यो परमप्रभुको घोषणा हो ।
AMO 9:9 हेर्, म एउटा आज्ञा दिनेछु, र कसैले अन्‍नलाई एउटा नाङ्लोमा निफनेझैं, सबै जातिहरूका बिचमा म इस्राएलको घरानालाई हल्‍लाउनेछु, ताकि सबभन्दा सानो ढुङ्गा पनि जमिनमा खस्‍नेछैन ।
AMO 9:10 ‘विपत्तिले हामीलाई उछिन्‍ने वा छुनेछैन’ भन्‍नेहरू, मेरा मानिसहरूमध्येका सबै पापीहरू तरवारद्वारा मारिनेछन् ।
AMO 9:11 त्यो दिनमा म दाऊदको ढलेको पाललाई खडा गर्नेछु, र त्यसका प्वालहरू टाल्‍नेछु । त्यसका भग्‍नावशेषहरूलाई म उठाउनेछु, र बितेका दिनमा झैं त्यसको पुनर्निर्माण गर्नेछु,
AMO 9:12 ताकि तिनीहरूले एदोमको बाँकी रहेकाहरू, र मेरो नाउँद्वारा बोलाइएका सबै जातिहरूमाथि अधिकार गरून्, यो परमप्रभुको घोषणा हो, उहाँले यसो गर्नुहुन्‍छ ।
AMO 9:13 यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउनेछन्, जति बेला हलो जोत्‍नेले कटनी गर्नेलाई उछिन्‍नेछ, र दाख पेल्‍नेले बीउ छर्नेलाई उछिन्‍नेछ । पर्वतहरूले मिठो दाखमद्य चुहाउनेछ, र सबै पहाडहरू त्योसँगै बग्‍नेछन् ।
AMO 9:14 मेरा मानिस, इस्राएललाई म निर्वासनबाट फिर्ता ल्याउनेछु । तिनीहरूले भत्‍केका सहरहरूलाई निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्, तिनीहरू दाखबारीहरू लगाउनेछन् र तिनका दाखमद्य पिउनेछन्, र तिनीहरूले बगैंचा लगाउनेछन् र तिनका फल खानेछन् ।
AMO 9:15 म तिनीहरूलाई आफ्‍नै देशमा बसाल्‍नेछु, र तिनीहरूलाई मैले दिएको देशबाट, तिनीहरू फेरि कहिल्यै पनि उखेलिनेछैनन्,” परमप्रभु तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ ।
OBA 1:1 ओबदियाले देखेका दर्शन । एदोमको विषयमा परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: “हामीले परमप्रभुबाट एउटा सन्देश सुनेका छौं, र जातिहरूका बिचमा एक जना राजदूतलाई यसो भनेर पठाइएको छ, ‘उठ! हामी युद्धको निम्ति त्यसको विरुद्धमा उठौं!’
OBA 1:2 हेर्, म तिमीहरूलाई जाति-जातिका बिचमा सानो तुल्याउनेछु, तिमीहरू अति घृणित हुनेछौ ।
OBA 1:3 ए चट्टानका छेदहरूमा, आ-आफ्ना अग्ला घरहरूमा बस्‍नेहरू हो । आ-आफ्ना हृदयमा यसो भन्‍नेहरू “कसले मलाई तल जमिनमा खसाल्‍छ र?” तिमीहरूको हृदयको घमण्डले तिमीहरूलाई धोका दिएको छ ।
OBA 1:4 तिमीहरू गरूडझैं उचाइमा उडे पनि र तिमीहरूको गुँड ताराहरूका बिचमा भए पनि, तिमीहरूलाई त्यहाँबाट म तल ल्याउनेछु, परमप्रभु भन्‍नुहुन्छ ।
OBA 1:5 तिमीहरूकहाँ चोरहरू आउँदा, रातमा डाँकुहरू आउँदा— तिमीहरूको कस्तो सर्वनाश होला!— के तिनीहरूले आफूलाई चाहिने जति मात्र चोरेर लाँदैनन् र? दाख बाटुल्‍नेहरू तिमीहरूकहाँ आए भने, तिनीहरूले अलिअलि सिलाहरू छोड्‍दैनन् र?
OBA 1:6 तर एसाव कसरी लुटिएको छ, त्यसका लुकाइएका धनसम्पत्तिको खोजिनेछ ।
OBA 1:7 तेरा मित्रराष्‍ट्रका सबै मानिसहरूले तँलाई सिमाना कटाउनेछन् । तँसँग मिलापमा भएका मानिसहरूले तँलाई धोका दिएका छन्, र तेरो विरूद्धमा प्रबल भएका छन् । तेरो रोटी खानेहरूले नै तेरोमुनि पासो थापेका छन् । उसमा कुनै सुझबुझ नै छैन ।
OBA 1:8 परमप्रभु भन्‍नुहुन्छ, “त्यो दिनमा के म एदोमबाट बुद्धिमान् मानिसहरूलाई र एसावका पहाडबाट समझदारलाई नाश गर्नेछैनँ र?”
OBA 1:9 ए तेमान, तेरा बलवान मानिसहरू निराश हुनेछन्, जसको कारणले एसावका पहाडबाट सबै मानिसहरू काटिएर सखाप हुनेछन् ।
OBA 1:10 तेरो भाइ याकूबमाथि गरिएको क्रूरताको कारणले, तँ शर्ममा पर्नेछस्, र तँ सधैंको निम्ति नाश हुनेछस् ।
OBA 1:11 तँ एक्‍लै खडा भएको दिनमा, अनजान मानिसहरूले त्यसको धन खोसेर लगेका र परदेशीहरू त्यसका मूल ढोकाहरूभित्र पसेका र यरूशलेमको निम्ति चिट्ठा हालेका दिनमा, तँ पनि तीमध्‍ये एकझैं थिइस् ।
OBA 1:12 तर आफ्नो भाइको दुर्भाग्यको दिनमा हर्षित नहो, र यहूदाका मानिसहरूको विनाशको दिनमा तिनीहरूमाथि आनन्दित नहो । तिनीहरूको विपत्तिको दिनमा घमण्ड नगर् ।
OBA 1:13 मेरा मानिसहरूको विपत्तिको दिनमा तिनीहरूका मूल ढोकाभित्र प्रवेश नगर् । तिनीहरूको आपदको दिनमा तिनीहरूको कष्‍टमाथि हर्षित नहो । तिनीहरूको विनाशको दिनमा तिनीहरूको धन-सम्पत्ति नलुट् ।
OBA 1:14 त्यसका भगुवाहरूलाई काट्नलाई दोबाटोमा खडा नहो, र विपत्तिको दिनमा त्यसका बाँकी बचेकाहरूलाई नसुम्‍पी ।
OBA 1:15 किनकि सबै जातिहरूमाथि परमप्रभुको दिन नजिकै छ । तैंले जस्तो गरेको छस्, तँलाई त्यस्तै गरिनेछ । तेरा कामहरू तेरो आफ्‍नै थाप्‍लोमा फर्किनेछन् ।
OBA 1:16 किनकि जसरी तैंले मेरो पवित्र पर्वतमा पिएको छस्, त्‍यसरी नै सारा जातिहरूले त्यहाँ सधैं पिउनेछन् । तिनीहरूले पिउनेछन् र निल्‍नेछन् अनि तिनीहरू कहिल्यै अस्तित्वमा नभएझैं हुनेछन् ।
OBA 1:17 तर भाग्‍न सफल भएकाहरू सियोन पर्वतमा रहनेछन् र त्यो पवित्र हुनेछ । अनि याकूबको घरानाले तिनीहरूका आ-आफ्ना सम्पत्तिको अधिकार गर्नेछन् ।
OBA 1:18 याकूबको घराना आगो हुनेछ, र योसेफको घराना ज्वाला हुनेछ, र एसावको घराना झिंजाहरू हुनेछ, र तिनीहरूले त्यसलाई जलाउनेछन् र भस्म पार्नेछन् । एसावको घरानामा कोही पनि बाँच्‍नेछैन, किनकि परमप्रभुले नै यसो भन्‍नुभएको छ ।”
OBA 1:19 नेगेवका मानिसहरूले एसावको डाँडामा अधिकार गर्नेछन् र शेपेलाका मानिसहरूले पलिश्‍तीहरूको देशमा अधिकार गर्नेछन् । तिनीहरूले एफ्राइम र सामरियाका देशमा अधिकार गर्नेछन् । अनि बेन्यामीनले गिलादमा अधिकार गर्नेछ ।
OBA 1:20 निर्वासनमा गएको इस्राएलका मानिसहरूको समुहले कनान देशदेखि सारपतसम्मका देश अधिकार गर्नेछ । सपारादमा भएका यरूशलेमका निर्वासितहरूले नेगेवका सहरहरूमा अधिकार गर्नेछन् ।
OBA 1:21 उद्धार गर्नेहरू एसावको पहाडी देशमा शासन गर्नलाई सियोन पर्वतसम्म जानेछन्, र त्यो राज्य परमप्रभुको हुनेछ ।
JON 1:1 अब अमित्तैका छोरा योनाकहाँ परमप्रभुको वचन यसो भनेर आयो,
JON 1:2 “उठ्‍ र त्यो ठुलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा बोल्, किनभने मेरो सामु तिनीहरूको दुष्‍टता अति धेरै भएको छ ।”
JON 1:3 तर परमप्रभुको उपस्थितिबाट भाग्‍न, र तर्शीशतिर जानलाई योना उठे । तिनी तल योप्‍पामा गए र तर्शीशतिर जाने एउटा पानी-जहाज फेला पारे । त्यसैले तिनले जहाजको भाडा तिरे र परमप्रभुको उपस्थितिबाट टाढा तर्शीशमा तिनीहरूसितै जानलाई त्यही जहाजमा चढे ।
JON 1:4 तर परमप्रभुले समुद्रमा एउटा ठुलो बतास पठाउनुभयो र त्यो समुद्रमा एउटा शक्तिशाली आँधी बन्यो । जहाज चाँडै नै नष्‍ट हुन लाग्‍दैछ भन्‍ने थाहा भयो ।
JON 1:5 तब नावीकहरू धेरै डराए र हरेक मानिसले आ-आफ्नै देवतालाई पुकार्‍यो । जहाजलाई हलुको बनाउनका निम्ति त्यसका मालसामान तिनीहरूले समुद्रमा फाले । तर योनाचाहिं जहाजको भित्री भागमा तल गएका थिए, र तिनी त्‍यहाँ मस्त निद्रामा सुतिरहेका थिए ।
JON 1:6 यसैले जहाजका कप्‍तान तिनीकहाँ आए र तिनलाई भने, “तिमी यहाँ सुतेर के गरिरहेका छौ? उठ! आफ्नो देवतालाई पुकार! सायद तिम्रा देवताले हाम्रो वास्ता गर्नेछन् र हामी नष्‍ट हुनेछैनौं ।”
JON 1:7 तिनीहरू सबैले एकआपसमा यसो भने, “आओ, हामी चिट्ठा हालौं, यसरी हामीमाथि आइपरेको यस खराबीको कारण को हो भन्‍ने कुरा हामीले जान्‍नेछौं ।” यसैले तिनीहरूले चिट्ठा हाले, र त्यो चिट्ठा योनाको नाउँमा पर्‍यो ।
JON 1:8 तब तिनीहरूले योनालाई भने, “कृपागरी, हामीमाथि आइपरेको यस खराबीको कारण को हो, हामीलाई बताऊ । तिमी के काम गर्छौ, र तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो, र तिमी कुन मानिसबाट हौ?”
JON 1:9 योनाले तिनीहरूलाई जवाफ दिए, “म एक जना हिब्रू हुँ । अनि परमप्रभु स्वर्गका परमेश्‍वरको भय म मान्‍छु जसले समुद्र र सुख्खा जमिन बनाउनुभएको छ ।”
JON 1:10 त्‍यसपछि ती मानिसहरू झन् धेरै डराए र योनालाई भने, “तिमीले गरेको यो के हो?” तिनी परमप्रभुको उपस्थितिबाट टाढा भागिरहेका थिए भनी ती मानिसहरूले थाहा पाए, किनभने तिनले उनीहरूलाई त्‍यसै भनेको थिए ।
JON 1:11 तब तिनीहरूले योनालाई भने, “तिमीलाई हामी के गरौं, जसले गर्दा समुद्र शान्‍त होस्?” किनकि समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।
JON 1:12 योनाले तिनीहरूलाई भने, “मलाई उठाओ र समुद्रमा मलाई फालिदेओ । त्‍यसपछि तिमीहरूका निम्‍ति यो समुद्र शान्‍त हुनेछ, किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो ठुलो आँधी चल्‍दैछ भनी म जान्‍दछु ।”
JON 1:13 तापनि, ती मानिसहरूले जहाजलाई जमिनमा लानलाई सकसपुर्वक खियाए, तर तिनीहरूले त्‍यसो गर्न सकेनन्, किनकि तिनीहरूको विरुद्ध समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।
JON 1:14 यसकारण तिनीहरूले परमप्रभुलाई पुकारा गरे र यसो भने, “हे परमप्रभु, हामी तपाईंसँग बिन्ती गर्छौं, यस मानिसको प्राणको कारणले हामीलाई नष्‍ट हुन नदिनुहोस्, र यस मानिसको मृत्युको दोष हामीमाथि नहालिदिनुहोस्, किनभने तपाईं, परमप्रभुलाई जे गर्ने इच्‍छा भयो, त्यही तपाईंले गर्नुभयो ।”
JON 1:15 यसैले तिनीहरूले योनालाई उठाए र तिनलाई समुद्रमा फालिदिए, र समुद्र उथल-पुथल हुन छाड्‍यो ।
JON 1:16 त्यसपछि ती मानिसहरूले परमप्रभुको भय अत्‍यन्‍तै माने । तिनीहरूले परमप्रभुलाई बलिदानहरू चढाए र उहाँमा भाकलहरू गरे ।
JON 1:17 यति बेला योनालाई निल्‍नको निम्ति परमप्रभुले एउटा ठुलो माछालाई तयार पार्नुभएको थियो, र तिन दिन र तिन रातसम्म योना माछाको पेटमा नै रहे ।
JON 2:1 तब योनाले त्यस माछाको पेटबाट आफ्ना परमप्रभु परमेश्‍वरसँग प्रार्थना गरे ।
JON 2:2 तिनले भने, “मेरो सङ्कष्‍टको बारेमा मैले परमप्रभुलाई पुकारें र उहाँले मलाई जवाज दिनुभयो । चिहानको गर्भबाट मैले सहायताको निम्ति पुकारें! तपाईंले मेरो सोर सुन्‍नुभयो ।
JON 2:3 तपाईंले मलाई गहिरा ठाउँहरूमा, समुद्रको अन्‍तस्‍करणमा नै फाल्‍नुभएको थियो, अनि धारहरूले मलाई घेरे, र तपाईंका सबै छालहरू र लहरहरू ममाथि भए ।
JON 2:4 मैले भनें, ‘तपाईंको नजरबाट म हटाइएको छु, अझै म फेरि तपाईंको पवित्र मन्दिरतिर आफ्ना आँखा लगाउनेछु ।’
JON 2:5 पानीले मेरा घाँटीसम्म नै भर्‍यो । र मेरो सबैतिर समुद्रको गहिराइ थियो, र मेरो टाउकोमा समुद्रका झारहरू बेहेरिए ।
JON 2:6 पहाडका फेदहरूमा म तल गएँ, र पृथ्वीले आफ्ना घेराहरूले सदाको निम्ति मलाई थुनिदियो । तापनि हे परमप्रभु, मेरा परमेश्‍वर, तपाईंले मेरो जीवनलाई खाडलबाट माथि ल्‍याउनुभयो ।
JON 2:7 जब मेरो प्राणले मभित्रै मुर्छा खायो, तब मैले परमप्रभुलाई याद गरें, अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरमा आयो ।
JON 2:8 तिनीहरूले प्रेमपुर्ण विश्‍वस्ततालाई प्रेम गर्न छोड्‍दा, तिनीहरूले बेकारका देवताहरूमाथि ध्यान लगाए ।
JON 2:9 तर मेरो बारेमा, उच्‍च सोरले म तपाईंलाई धन्यवादको बलिदान चढाउँछु । मैले गरेको भाकल म पुरा गर्नेछु । मुक्‍ति परमप्रभुबाट नै आउँछ!”
JON 2:10 त्यसपछि परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यसले योनालाई सुख्खा जमिनमा उकेलिदियो ।
JON 3:1 परमप्रभुको वचन योनाकहाँ दोस्रो पटक यसो भनेर आयो,
JON 3:2 “उठ्‍, र त्यस ठुलो सहर निनवेमा जा र त्‍यसलाई दिनलाई मैले तँलाई आज्ञा गरेको सन्देश घोषणा गर् ।”
JON 3:3 यसैले योना उठे र परमप्रभुको वचनमा आज्ञाकारी भएर निनवेमा गए । त्‍यस बेला निनवे अत्यन्‍तै ठुलो सहर थियो । त्यहाँ पुग्‍न तिन दिनको यात्रा गर्नुपर्थ्‍यो ।
JON 3:4 योना सहरभित्र प्रवेश गर्न थाले र एक दिनको यात्रापछि उनले कराए र यसो भने, “अबको चालीस दिनमा निनवे नाश हुनेछ ।”
JON 3:5 निनवेका मानिसहरूले परमेश्‍वरलाई विश्‍वास गरे र तिनीहरूले उपवासको घोषणा गरे । तिमध्‍ये ठुलादेखि लिएर सानासम्म सबैले भाङ्‍ग्रा लगाए ।
JON 3:6 त्यो खबर चाँडै नै निनवेका राजाकहाँ पुग्‍यो । तिनी आफ्ना सिंहासनबाट उठे, आफ्नो वस्‍त्र उतारे, आफूलाई भाङ्‍ग्रा ढाके, र खरानीमा बसे ।
JON 3:7 तिनले एउटा यस्तो घोषणाको सन्‍देश पठाए, “निनवेमा, राजा र भारदारहरूको अधिकारले, कुनै मानिस वा गाईबस्‍तु वा भेडाबाख्राले कुनै कुरा खानेछैनन् । तिनीहरूले खाना नखाऊन्, न पानी पिऊन् ।
JON 3:8 तर मानिस र पशु दुबैले भाङ्‍ग्राले ढाकून्, र तिनीहरूले ठुलो सोरले परमेश्‍वारमा पुकारा गरून् । हरेक व्‍यक्‍ति आफ्ना दुष्‍ट मार्ग र आफ्ना हातले हिंसात्‍मक कामबाट फर्कून् ।
JON 3:9 कसलाई जान्‍दछ? परमेश्‍वर नरम बन्‍न र आफ्नो मनलाई बद्लन र आफ्नो भयङ्कर क्रोधबाट फर्कन सक्‍नुहुन्‍छ, जसले गर्दा हामी नष्‍ट हुनेछैनौं ।”
JON 3:10 तिनीहरूले जे गरे त्‍यो परमेश्‍वरले देख्‍नुभयो । यसरी तिनीहरू आफ्ना दुष्‍ट मार्गहरूबाट फर्के । यसैले परमेश्‍वरले तिनीहरूलाई दिन्‍छु भन्‍नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो, र उहाँले त्यसो गर्नुभएन ।
JON 4:1 तर यो कुराले योनालाई अप्रसन्‍न बनायो र तिनी धेरै रिसाए ।
JON 4:2 यसैले योनाले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे परमप्रभु, के म आफ्नो देशमा हुँदा मैले यही कुरा भनेको थिइनँ र? यसकारण म तर्शीशमा भागेर जाने प्रयत्‍न गरें, किनभने मलाई थाहा थियो, कि तपाईं अनुग्रही परमेश्‍वर हुनुहुन्छ, दयाले पूर्ण, रिसाउनमा ढिलो र प्रतिज्ञामा विश्‍वसनीय हुनुहुन्छ, र तपाईंले विपत्ति पठाउन रोक्‍नुहुन्‍छ ।
JON 4:3 यसकारण, अब हे परमप्रभु, तपाईंसँग म बिन्ती गर्छु, मबाट मेरो प्राण लिनुहोस्, किनकि मेरो निम्ति जिउनुभन्दा मर्नु नै असल छ ।”
JON 4:4 परमप्रभुले भन्‍नुभयो, “के तँ यति धेरै रिसाउनु ठिक हुन्‍छ र?”
JON 4:5 तब योना त्‍यस सहरबाट बाहिर गए र सहरको पुर्वपट्टि बसे । त्यहाँ उनले एउटा छाप्रो बनाए र त्यसको छायामा बसे जसले गर्दा त्‍यो सहरलाई के हुँदोरहेछ भनी तिनले हेर्न सक्‍थे।
JON 4:6 परमप्रभु परमेश्‍वरले एउटा बिरुवा उमार्नुभयो र त्यसलाई योनाको माथि बढाउनुभयो, जसले गर्दा तिनको कष्‍ट कम गर्न त्‍यसले तिनको शिरमा छाया प्रदान गरोस् । त्यो बिरुवाको कारणले योना असाध्‍ये खुशी भए ।
JON 4:7 तर अर्को बिहानीको सुर्योदयमा परमप्रभुले एउटा कीरा खटाउनुभयो । त्यो बिरुवालाई त्यसले काटिदियो, र त्यो बिरुवा सुक्‍यो ।
JON 4:8 अर्को बिहानी सुर्योदय हुँदा यसो भयो । परमप्रभुले तातो पुर्वी हावा पठाउनुभयो । अनि योनाको टाउकोमाथि टन्टलापुर घाम पर्‍यो र उनी मुर्छै पर्न लागे । तब योनाले आफू मर्न पाए हुन्‍थ्‍यो भनी इच्‍छा गरे । तिनले आफैलाई भने, “मेरो निम्ति त जिउनुभन्दा मर्नु नै बेस हुन्छ ।”
JON 4:9 तब परमप्रभुले योनालाई भन्‍नुभयो, “के तँ यो बिरुवाको निम्ति धेरै रिसाउनु ठिक हुन्‍छ र?” तब योनाले भने, “म मरुन्जेलसम्म पनि रिसाउन ठिक हुन्‍छ ।”
JON 4:10 परमप्रभुले भन्‍नुभयो, “तैंले मेहनत नै नगरेको, र तैंले नहुर्काएको बिरुवाको तँलाई यति धेरै माया लाग्यो । त्यो एक रातमै बढ्यो र एक रातमै मर्‍यो ।
JON 4:11 यसैले मेरो बारेमा, क मैले त्‍यो ठुलो सहर निनवेलाई दया नदेखाउनू, जसमा एक लाख बिस हजारभन्‍दा धेरै मानिसहरू बस्‍छन्, जसलाई आफ्नो दाहिने र देब्रे हात बिचको भिन्‍नता थाहा छैन, र धेरै गाई-वस्तुहरू छन्?”
MIC 1:1 यरूशलेमका राजाहरू योताम, आहाज, र हिजकियाको समयमा मोरेशेतका निवासी मीकाकहाँ परमप्रभुको यस्तो वचन आयो, जुन उनले सामरिया र यरूशलेमको विषयमा देखेका थिए ।
MIC 1:2 सारा जातिका मानिस, यो सुन । पृथ्वी र त्यसमा भएका सबैले यो सुन । परमप्रभु परमेश्‍वर उहाँको पवित्र मन्दिरबाट तिमीहरूका विरुद्ध गवाही बनून् ।
MIC 1:3 हेर, परमप्रभु आफ्नो वासस्थानबाट बाहिर आउनुहुन्छ; उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्‍च स्थानहरूमा आफ्नो पाउ राख्‍नुहुनेछ ।
MIC 1:4 मैन आगोको सामु पग्‍लिएझैँ, र भिरालो ठाउँबाट पानी बगेझैँ उहाँको चरणमुनि हिमालहरू पग्‍लन्‍छन्, र उपत्यकाहरू टुक्रिन्‍छन् ।
MIC 1:5 यो सबै याकूबको अपराध र इस्राएलको घरनाका पापको कारणले भएको हो । याकूबको अपराध के हो? के त्यो सामरिया होइन? यहूदाको उच्‍च स्थान के हो? के त्यो यरूशलेम होइन?
MIC 1:6 “म सामरियालाई भग्‍नावशेषको थुप्रो, र दाखबारी लगाउने स्थान बनाइदिनेछु, र म त्यसका ढुङ्गाहरूलाई तल उपत्यकामा फ्याँकिदिनेछु र म त्यसका जगहरूलाई नाङ्गा बनाइदिनेछु ।
MIC 1:7 त्यसका सबै हातले बनाइएका चिजहरू टुक्रा-टुक्रा पारिनेछन्, र त्यसले पाएका सबै उपहारहरूलाई आगोद्धारा जलाइनेछ, र त्यसका सबै मुर्तिहरूलाई म नष्‍ट गर्नेछु । त्यसले आफ्ना उपहारहरू वेश्याको ज्यालाबाट संचय गरेको हुनाले, ती फेरि वेश्याकै ज्याला बन्‍नेछन् ।”
MIC 1:8 यसैकारण म विलाप गर्नेछु र रुनेछु; म खाली खुट्टा र नाङ्गै जानेछु । म स्यालहरूझैँ चिच्‍याउनेछु र लाटोकोसेरोझैँ शोक गर्नेछु ।
MIC 1:9 किनभने त्यसको घाउ निको हुँदैन, किनकि त्यो यहूदासम्म आएको छ । त्यो मेरा मानिसको प्रवेशद्धार, अर्थात् यरूशलेम पुगिसकेको छ ।
MIC 1:10 गातमा यस विषयमा केही नबताओ, रुँदै नरोओ । बेथ-ओप्रामा म आफैँ धुलोमा लत्‍पतिन्छु ।
MIC 1:11 शाफीरका निवासीहरू, नग्‍नता र शर्ममा हिँड । सानानका निवासीहरू बाहिर ननिस्‍क । बेथ एजेल विलाप गर्दछ, किनकि तिनीहरूको सुरक्षा-स्थान खोसिएको छ ।
MIC 1:12 किनभने मरोतका निवासीहरू असल समाचारको निम्ति व्याकुल भएर पर्खन्छन्, किनभने परमप्रभुबाट यरूशलेमका प्रवेशद्धारहरुमा विनाश आएको छ ।
MIC 1:13 लाकीशका निवासीहरू, रथलाई घोडाहरूका समुहमा बाँध । ए लाकीश, सियोनकी छोरीको निम्ति तँ नै पापको सुरुवात थिइस्, किनकि तँमा नै इस्राएलका अपराधहरू भेटिएका थिए ।
MIC 1:14 यसैकारण तिमीहरूले मोरेशेत-गातलाई बिदाईको उपहार दिनेछौ । अक्‍जीबको नगरले इस्राएलका राजाहरूलाई निराश बनाउनेछन् ।
MIC 1:15 मारेशाका निवासीहरू, म तिमीहरूको विरुद्धमा एउटा विजेता ल्याउनेछु । इस्राएलको वैभव अदुल्‍लाममा आउनेछ ।
MIC 1:16 तिमीहरू हर्षित हुने आफ्ना छोराछोरीहरूका निम्ति आफ्नो केश खौर । आफैँलाई गिद्धझैँ तालुखुइले बनाओ, किनभने तिमीहरूका छोराछोरीहरू तिमीहरूबाट टाढा निर्वासनमा जानेछन् ।
MIC 2:1 धिक्‍कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्‍ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ ।
MIC 2:2 तिनीहरू भुमिहरूको लोभ गर्छन् र ती आफ्नो कब्जामा गर्छन्; तिनीहरू घरहरूको लोभ गर्छन् र ती आफ्नो बनाउँछन् । तिनीहरूले मानिस र त्यसको घर अनि त्यसको उत्तराधिकारमाथि शासन गर्छन् ।
MIC 2:3 यसैकारण परमप्रभु यस्तो भन्‍नुहुन्छ, “हेर, यस वंशको विरुद्ध म सर्वनाश ल्याउँदै छु, र त्यसबाट तिमीहरू उम्कन सक्‍नेछैनौ । तिमीहरू घमण्डसाथ हिँड्नेछैनौ, किनकि त्यो खराब समय हुनेछ ।
MIC 2:4 त्यस दिन मानिसहरूले तिमीहरूबारे गीत गाउनेछन्, र विलापको रुवाबासीसहित तिनीहरू विलाप गर्नेछन् । तिनीहरू यसरी गाउनेछन्, ‘हामी इस्राएलीहरू पूर्ण रूपमा नष्‍ट भएका छौँ । परमप्रभुले मेरा मानिसहरूको इलाका परिवर्तन गर्नुहुन्छ । उहाँले कसरी त्यो मबाट हटाउनुहुनेछ? उहाँले हाम्रो भुमि धोका दिनेहरूलाई बाँडिदिनुहुनेछ!’”
MIC 2:5 यसैकारण, परमप्रभुको समुदायमा चिट्ठा हालेर आफ्नो इलाका बाँड्नको निम्ति धनी मानिसहरूसँग उत्तराधिकारीहरू हुनेछैनन् ।
MIC 2:6 “अगमवाणी नगर” भनेर तिनीहरू भन्‍नेछन् । “तिनीहरूले यस्ता कुराहरूको अगमवाणी गर्नुहुँदैन; तिरस्कार हामीमाथि आउनेछैन ।”
MIC 2:7 याकूबको घराना, के साँच्‍चै यस्तो भनिनुपर्छ, “के परमप्रभुको आत्मा रिसाउनुभएको छ? के यी उहाँका कामहरू हुन्?” के सिधा हिँड्ने मानिसको निम्ति मेरो वचनले असल काम गर्दैन र?
MIC 2:8 अहिले मेरा मानिसहरू शत्रुझैँ जागेका छन् । युद्धबाट फर्केका सैनिकहरू तिनीहरूले सुरक्षित ठानेको ठाउँमा गएझैँ शङ्का नगरी नजिकबाट जानेहरूबाट तिमीहरू तिनीहरूको वस्‍त्र अर्थात् लबेदा खोस्छौ ।
MIC 2:9 तिमीहरूले मेरा मानिसहरूका स्‍त्रीहरूलाई तिनीहरूका सुखद घरहरूबाट निकाल्‍दछौ; तिनीहरूका साना छोराछोरीहरूबाट मेरो आशिषलाई तिमीहरू सदाको निम्ति खोस्दछौ ।
MIC 2:10 उठ र जाओ, किनभने त्यसको अशुद्धताको कारण यो ठाउँ तिमीहरू बस्‍न मिल्‍ने ठाउँ होइन । त्यो पूर्ण रूपमा सर्वनाश भएको छ ।
MIC 2:11 यदि कोही झुट र असत्यताको आत्मामा तिमीहरूकहाँ आएर “म मद्य र कडा मदिराको विषयमा तिम्रो निम्ति अगमवाणी बोल्‍नेछु,” भनेर भन्दछ भने त्यसका मानिसहरूको निम्ति त्यो अगमवक्‍ता हुनेछ ।
MIC 2:12 याकूब, म निश्‍चय नै तिमीहरू सबैलाई एकसाथ भेला गराउनेछु । म निश्‍चय नै इस्राएलका बाँकी रहेकाहरूलाई एकसाथ भेला गराउनेछु । गोठको भेडाझैँ, तिनीहरूको खर्कको बिचमा भएको बगालझैँ म तिनीहरूलाई एकसाथ ल्याउनेछु । मानिसहरूको ठुलो सङ्ख्याको कारण त्यहाँ ठुलो आवाज हुनेछ ।
MIC 2:13 तिनीहरूका निम्ति मार्ग खुला गरिदिनेचाहिँ तिनीहरूभन्दा अगि जानेछ । तिनीहरू ढोका भत्‍काएर बाहिर जान्छन्, र तिनीहरूका राजा तिनीहरूभन्दा अगाडि जानेछन् । तिनीहरू सबैभन्दा अगाडि परमप्रभु हुनुहुनेछ ।
MIC 3:1 मैले भनेँ, “अब सुन, ए याकूबका अगुवाहरू र इस्राएलका घरानाका शासकहरू, के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन र?
MIC 3:2 तिमीहरू जसले असल कुरालाई घृणा गर्छौ र दुष्‍टलाई रुचाउँछौ, तिमीहरू जसले तिनीहरूका छालालाई काढ्‍दछौ, र तिनीहरूका हड्‍डीबाट मासुलाई अलग गर्दछौ,
MIC 3:3 तिमीहरु जसले मेरा मानिसहरूका मासु खान्छौ, र तिनीहरूका छाला काढ्छौ, तिनीहरूका हड्‍डी भाँच्‍छौ, र तिनीहरूलाई भाँडोमा राख्‍ने मासु, र खड्कुँलोमा पकाउने मासुझैँ टुक्रा-टुक्रा गर्दछौ ।
MIC 3:4 त्यसपछि तिमी शासकहरूले परमप्रभुलाई पुकार्नेछौ, तर उहाँले तिमीहरूलाई जवाज दिनुहुनेछैन । त्यस बेला उहाँले आफ्नो मुहार तिमीहरूदेखि लुकाउनुहुनेछ किनभने तिमीहरूले दुष्‍ट कामहरू गरेका छौ ।”
MIC 3:5 परमप्रभु यस्तो भन्‍नुहुन्छ, “मेरा मानिसहरूलाई गलत मार्गमा हिँडाउने अगमवक्ताहरू, कसैले तिनीहरूलाई केही खान दिए भने, तिनीहरू ‘शान्ति होस्’ भनेर घोषणा गर्दछन् । तर यदि त्यसले तिनीहरूलाई केही खान दिएन भने, तिनीहरू त्यसको विरुद्ध युद्ध गर्नको निम्ति लागिपर्दछन् ।
MIC 3:6 यसैकारण, तिमीहरूका निम्ति त्यो दर्शनविनाको रात हुनेछ । अनि त्यो यस्तो अन्धकार हुनेछ, कि तिमीहरूले कुनै भविष्यवाणी गर्नेछैनौ । अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ, र तिनीहरूमाथि दिन पनि अन्धकार हुनेछ ।
MIC 3:7 दर्शन देख्‍नेहरू शर्ममा पर्नेछन्, र भविष्यवक्ताहरू भ्रमित हुनेछन् । तिनीहरू सबैले आफ्ना मुख छोप्‍नेछन्, किनभने मबाट कुनै जवाफ आउनेछैन ।”
MIC 3:8 तर याकूबलाई त्यसको अपराध र इस्राएललाई त्यसको पापको घोषणा गर्न मचाहिँ परमप्रभुको आत्माद्वारा शक्ति, न्याय र पराक्रमले भरिपूर्ण छु ।
MIC 3:9 अब, न्यायलाई घृणा गर्ने, र सबै असल कुरालाई भ्रष्‍ट गर्ने ए याकूबका घरानाका अगुवाहरू, र इस्राएलका घरानाका शासकहरू, यो सुन ।
MIC 3:10 तिमीहरूले सियोनलाई रगतद्धारा र यरूशलेमलाई अधर्मद्धारा निर्माण गर्छौ ।
MIC 3:11 तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्‍न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”
MIC 3:12 यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्‍नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।
MIC 4:1 तर अन्त्यका दिनहरूमा परमप्रभुको घरानाको पर्वत अरू पर्वतहरूमाथि स्थापित हुनेछ । त्यो पहाडहरूभन्दा माथि उचालिनेछ र जाति-जातिहरू त्यसतर्फ जानेछन् ।
MIC 4:2 धेरै जातिहरू गएर भन्‍नेछन्, “आओ, परमप्रभुको पर्वत, अर्थात् याकूबका परमेश्‍वरको वासस्थानसम्म जाऔँ । उहाँले हामीलाई उहाँका मार्ग सिकाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिँड्नेछौँ ।” किनभने सियोनबाट व्यवस्था र यरूशलेमबाट परमप्रभुको वचन बाहिर निस्कनेछ ।
MIC 4:3 उहाँले धेरै जातिहरूको न्याय गर्नुहुनेछ र टाढा-टाढा भएका धेरै जातिहरूका विषयमा निर्णय गर्नुहुनेछ । तिनीहरूले आफ्ना तरवारहरूलाई पिटेर हलोका फाली र आफ्ना भालाहरूलाई छिमल्ने हँसिया बनाउँनेछन् । एउटा जातिले अर्को जातिको विरुद्ध तरवार उठाउने छैन, नत तिनीहरूले अबदेखि युद्धको निम्ति तालिम लिनेछन् ।
MIC 4:4 बरु, तिनीहरूले हरेक मानिसलाई उहाँको दाखको बोटमुनि र उहाँको नेभाराको रूखमुनि राख्‍नेछन् । कसैले पनि तिनीहरूलाई भयभीत बनाउनेछैन, किनभने सेनाहरूका परमप्रभु बोल्नुभएको छ ।
MIC 4:5 किनभने हरेक जातिहरू तिनीहरूका ईश्‍वरहरूका नाममा हिँड्छन् । तर हामी हाम्रा परमेश्‍वर परमप्रभुको नाउँमा सदा सर्वदा हिँड्नेछौँ ।
MIC 4:6 परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिनमा, म लङ्गडाहरू भेला गराउनेछु र निर्वासितहरूलाई एकसाथ ल्याउनेछु, तिनीहरू जसलाई मैले पीडा दिएको छु ।
MIC 4:7 म लङ्गडोलाई बाँकी जाति र निर्वासितहरूलाई एउटा बलियो जाति बनाउनेछु, र म, परमप्रभुले सदा सर्वदा तिनीहरूमाथि सियोन पर्वतमा शासन गर्नेछु ।
MIC 4:8 ए बगालको धरहरा, सियोनकी छोरीको पर्वत, तेरो पहिलेको राज्य अर्थात् यरूशलेमकी छोरीको राज्य पुनर्स्थापित हुनेछ ।
MIC 4:9 अब, तिमीहरू किन ठुलो सोरमा कराउँछौ? के तिमीहरूका बिचमा कोही राजा छैन? के तिमीहरूको सल्लाहकार मरिसक्‍यो? के यही कारणले प्रसववेदनाकी स्‍त्रीलाई झैँ पीडाले तिमीहरूलाई पक्रेको छ?
MIC 4:10 सियोनकी छोरी, प्रसववेदनाकी स्‍त्रीझैँ बच्‍चा जन्माउनको निम्ति पीडा र वेदनामा पर् । किनभने अब तँ सहरबाट बाहिर जानेछस्, मैदानमा बस्‍नेछस्, र बेबिलोनमा जानेछस् । त्यहाँ तँलाई बचाइनेछ । त्यहाँ परमप्रभुले तिमीहरूका शत्रुका हातबाट तिमीहरूलाई बचाउनुहुनेछ ।
MIC 4:11 अब धेरै जातिहरू तिमीहरूका विरुद्धमा एक भएका छन् । तिनीहरू भन्छन्, ‘त्यसलाई अपवित्र रहन देओ, हाम्रा आँखाले सियोनमाथि नजर लगाइरहून् ।’
MIC 4:12 तिनीहरू परमप्रभुका विचार जान्दैनन्, नत तिनीहरू उहाँका योजनाहरू बुझ्‍छन्, किनभने उहाँले तिनीहरूलाई खलाको निम्ति तयार गरिएको अन्‍नका बिटाझैँ बटुल्नुभएको छ ।
MIC 4:13 ए सियोनकी छोरी उठ्‍ र दाइँ गर्, किनभने म तेरो सिङ्लाई फलाम र तेरा खुरलाई काँसा बनाउनेछु । तिमीहरूले धेरै जातिहरूलाई कुल्चनेछौ र तिनीहरूका अन्यायपूर्ण धन समस्त पृथ्वीका परमप्रभुकहाँ सुम्पनेछौ ।”
MIC 5:1 अब, ए सेनाहरूका छोरी, युद्धको निम्ति पङ्क्तिमा आओ, किनभने सेनाहरूले सहरको वरिपरि घेरा लगाएका छन्, र तिनीहरूले इस्राएलका न्यायकर्ताको गालामा छडीले हिर्काउनेछन् ।
MIC 5:2 तर, बेथलेहेम एप्राता, तँ यहूदाका वंशहरूमा सानो भए तापनि, तेरै बिचबाट एक जना इस्राएलमा शासन गर्न मकहाँ आउनेछ, जसको सुरुवात प्राचीन समयदेखि, अर्थात् सदादेखि नै भएको थियो ।
MIC 5:3 यसैकारण प्रसववेदनामा भएकीले बच्‍चा नजन्माएसम्म, र त्यसका बाँकी रहेकाहरू इस्राएलका मानिसकहाँ नफर्केसम्म परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुहुनेछ ।
MIC 5:4 परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्‍वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ । तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ ।
MIC 5:5 किनभने हाम्रो शान्तिचाहिँ यो हुनेछ - जब अश्शूरीहरू हाम्रो देशभित्र प्रवेश गर्नेछन्, र जब तिनीहरू हाम्रा किल्लाहरूतर्फ अगि बढ्‍छन्, त्यसबेला हामी तिनीहरूका विरुद्ध सात गोठाला र मानिसहरूमाथि आठ अगुवा खडा गर्नेछौँ ।
MIC 5:6 तिनीहरूले अश्शूर देश र निम्रोदको देशलाई तिनीहरूको प्रवेशद्धारमा तरवारद्धारा नियन्त्रण गर्नेछन् । अश्शूरीहरू हाम्रो देशमा आउँदा, र तिनीहरू हाम्रो सिमानाभित्र अगि बढ्दा उहाँले हामीलाई तिनीहरूबाट बचाउनुहुनेछ ।
MIC 5:7 याकूबका बाँकी रहेकाहरू धेरै जातिहरूका माझमा हुनेछन् । तिनीहरू परमप्रभुबाटको शीत, र घाँसमा पर्ने झरीझैँ हुन् जसले कुनै मानिस, वा मानिस जातिका सन्तानलाई पर्खंदैनन् ।
MIC 5:8 याकूबका बाँकी रहेकाहरू राष्‍ट्रहरू र जातिहरूका माझमा हुनेछन् । तिनीहरू जङ्गलका पशुहरूका बिचमा भएको एउटा सिंहझैँ, र भेडाहरूको बगालमा एउटा जवान सिंहझैँ हुन् । जब त्यो तिनीहरूका बिचबाट जान्छ, त्यसले तिनीहरूलाई कुल्चनेछ र तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछ, अनि तिनीहरूलाई बचाउने त्यहाँ कोही हुनेछैन ।
MIC 5:9 तेरो हात तेरा शत्रुहरूका विरुद्ध उठ्नेछन् र त्यसले तिनीहरूलाई सर्वनाश गर्नेछ ।
MIC 5:10 परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिन यस्तो हुनेछ । म तिमीहरूका बिचमा तिमीहरूका घोडाहरूलाई नाश गर्नेछु र तिमीहरूका रथहरू भत्‍काइदिनेछु ।
MIC 5:11 तेरो भुमिका सहरहरूलाई म नाश गर्नेछु र तिमीहरूका गढीहरूलाई भत्काइदिनेछु ।
MIC 5:12 म तिमीहरूका बिचमा भएको तन्त्रमन्त्र नष्‍ट पार्नेछु, र तिमीहरूका बिचमा कोही पनि भविष्यवक्ताहरू हुनेछैनन् ।
MIC 5:13 म तिमीहरूले हातले बनाएका मुर्तिहरू र तिमीहरूका ढुङ्गाका स्तम्भहरूलाई नाश गर्नेछु । अबदेखि तिमीहरूले आफ्ना हातले बनाएका वस्तुहरूलाई पुज्नेछैनौ ।
MIC 5:14 म तिमीहरूका बिचबाट अशेराका खम्बाहरू उखेलिदिनेछु, र म तिमीहरूका सहरहरू नाश गर्नेछु ।
MIC 5:15 मेरा कुराहरू नसुन्‍ने जातिहरूमा म रिस र क्रोधमा प्रतिशोद ल्याउनेछु ।”
MIC 6:1 अब परमप्रभु के भन्‍नुहुन्छ त्यो सुन, “उठ र आफ्नो विषयमा पर्वतहरूलाई बताओ; पहाडहरूले तिमीहरूको आवाज सुनून् ।
MIC 6:2 ए पर्वतहरू र पृथ्वीका बलिया जगहरू परमप्रभुको अभियोगलाई सुन । किनभने आफ्ना मानिसहरूको विरुद्ध परमप्रभुको एउटा अभियोग छ, र उहाँ इस्राएलको विरुद्ध न्यायलयमा लड्नुहुनेछ ।”
MIC 6:3 “मेरा मानिस हो, मैले तिमीहरूलाई के गरेको छु? मैले तिमीहरूलाई कसरी थकित पारेको छु? मेरो विरुद्धमा साक्षी देओ!
MIC 6:4 किनभने मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ र दासत्वको घरबाट बचाएँ । मैले मोशा, हारून, र मिरियमलाई तिमीहरूकहाँ पठाएँ ।
MIC 6:5 मेरा मानिस हो, तिमीहरू शित्तीमदेखि गिलगालसम्म जाँदा, मोआबका राजा बालाकले कल्पना गरेका कुरा, र बओरको छोरो बालामले कसरी जवाफ दिएका थिए त्यो सम्झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरू जान्‍न सक ।”
MIC 6:6 उच्‍च परमेश्‍वरकहाँ म निहुरिँदा, मैले परमप्रभुकहाँ के लैजाऊँ? के म उहाँकहाँ एक वर्षे बाछाहरूका होमबलि लिएर आऊँ?
MIC 6:7 के परमप्रभु हजारौँ भेडाहरुद्धारा, वा तेलका दश हजार नदीहरुद्धारा प्रसन्‍न हुनुहुन्छ? के मेरा अपराधहरूका निम्ति र मेरो आफ्नै पापको निम्ति मेरो जेठो छोरो, मेरो शरीरको फल चढाऊँ?
MIC 6:8 ए मानिस, उहाँले तँलाई जे असल छ त्यो, र तँबाट परमप्रभुले चाहनुभएको कुरा बताउनुभएको छ । न्यायपूर्ण काम गर, कृपालाई प्रेम गर, र आफ्ना परमेश्‍वरसँग नम्र भएर हिँड ।
MIC 6:9 परमप्रभुको आवाजले सहरलाई एउटा घोषणा गर्दै छ - विवेकले तपाईंको नाउँलाई स्वीकार्दछ: “छडीलाई र त्यो ठाउँमा राख्‍नेलाई ध्यान देओ ।
MIC 6:10 बेइमान दुष्‍टका घरानाहरूमा सम्पत्तिहरू छन्, र त्यहाँ झुटा कुराहरू छन्, जुन घृणास्पद छन् ।
MIC 6:11 यदि कसैले छलपूर्ण तराजू र कपटपूर्ण ढक प्रयोग गर्छ भने के मैले त्यसलाई निर्दोष मान्‍ने?
MIC 6:12 धनी मानिसहरू हिंसाले भरिएका छन्, त्यसका निवासीहरू झुट बोल्छन्, र तिनीहरूका मुखमा तिनीहरूका जिब्रा छलपूर्ण छन् ।
MIC 6:13 यसैकारण म तिमीहरूलाई भयङ्कर रूपमा प्रहार गर्नेछु, र तिमीहरूका पापको कारण म तिमीहरूलाई उजाड बनाउनेछु ।
MIC 6:14 तिमीहरूले खानेछौ तर तृप्‍त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ । तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु ।
MIC 6:15 तिमीहरूले छर्नेछौ तर कटनी गर्नेछैनौ । तिमीहरूले जैतूनको तेल निकाल्नेछौ तर त्यस तेलले आफैँलाई अभिषेक गर्नेछैनौ । तिमीहरूले दाख पेल्नेछौ तर मद्य भने पिउनेछैनौ ।
MIC 6:16 ओम्रीका नियमहरू, र आहाबका घरानाका सबै कामहरू पालना भएका छन् । यसैकारण म तिमीहरूको सहरलाई भग्‍नावशेष बनाउनेछु, र त्यहाँका बासिन्दाहरूलाई खिसीको पात्रो बनाउनेछु, र मेरा मानिसहरूबाट तिमीहरूले निन्दा सहनेछौ ।”
MIC 7:1 हाय म! म ग्रीष्म ऋतुमा बटुलिएको फलझैँ भएको छु, र रस निकालिएको दाखझैँ भएको छु । त्यहाँ खानलाई दाखको झुप्पा छैन, र मेरो प्राणले इच्छा गरेकोजस्तो पहिले नै पाकेको अन्जीर पनि छैन ।
MIC 7:2 भुमिबाट विश्‍वसनीय मानिसहरू बिलिन भएका छन् । सारा मानवजातिमा कोही सोझो मानिस छैन । तिनीहरू सबै रक्तपातको निम्ति पर्खिरहन्छन् । हरेकले आफ्नो दाजुभाइलाई जालले शिकार गर्दछ ।
MIC 7:3 तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्‍त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् ।
MIC 7:4 तिनीहरूमध्येको उत्कृष्‍टचाहिँ काँडाझैँ छ, सबैभन्दा सोझोचाहिँ काँडाको झाँगभन्दा पनि खराब छ । तिमीहरूका पहरेदारहरूले पहिले नै बताएको दिन, तिमीहरूको दण्डको दिन यही हो । अब यो तिनीहरूको भ्रमको समय हो ।
MIC 7:5 कुनै पनि छिमेकीमाथि विश्‍वास नगर्नू । कुनै साथिमाथि भरोसा नगर्नू । तिम्रा अङ्गालोमा बस्‍ने स्‍त्रीसँग पनि होसियारसँग बोल्नू ।
MIC 7:6 किनभने छोरोले आफ्ना बुबाको अनादर गर्दछ, छोरी आफ्नी आमाको विरुद्धमा उठ्छे, र बुहारी सासूको विरुद्ध । मानिसको शत्रु आफ्नै घरका मानिसहरू हुन् ।
MIC 7:7 तर मचाहिँ परमप्रभुतर्फ आँखा लगाउँछु । म मेरो मुक्तिको परमेश्‍वरको पर्खाइमा छु, मेरा परमेश्‍वरले मलाई सुन्‍नुहुन्छ ।
MIC 7:8 ए मेरो शत्रु, मलाई देखेर रमाहट नगर् । म लडेपछि, फेरि उठ्नेछु । जब म अन्धकारमा बस्दछु, परमप्रभु मेरो निम्ति ज्योति हुनुहुनेछ ।
MIC 7:9 मैले परमप्रभुको विरुद्ध पाप गरेको कारणले, उहाँले मेरो विषयमा वकालत नगर्नुभएसम्म, र मेरो निम्ति इन्साफ नगर्नुभएसम्म मैले उहाँको क्रोध सहनेछु ।
MIC 7:10 अनि मेरो शत्रुले त्यो देख्‍नेछ, र “परमप्रभु तेरो परमेश्‍वर कहाँ छ?” भनेर भन्‍नेलाई शर्मले ढाक्‍नेछ । मेरा आँखाले त्यसलाई हेर्नेछन् । सडकहरूका माटोझैँ त्यो कुल्चिनेछे ।
MIC 7:11 तिमीहरूका पर्खालहरू निर्माण गर्ने दिन आउनेछ । त्यस दिनमा सिमानाहरू टाढा-टाढासम्म विस्तार हुनेछन् ।
MIC 7:12 त्यस दिन अश्शूर र मिश्रका शहरहरुबाट, मिश्रदेखि यूफ्रेटिस नदीसम्म, समुद्रदेखि समुद्रसम्म, र पर्वतदेखि पर्वतसम्म मानिसहरू तिमीहरूकहाँ आउनेछन् ।
MIC 7:13 तर भुमि भने त्यसमा बसोबास गर्ने मानिसहरूका कारण, र तिनीहरूका कामका प्रतिफलको कारण उजाड हुनेछ ।
MIC 7:14 आफ्ना मानिसहरू, अर्थात् तपाईंका उत्तराधिकारको बगाललाई आफ्नो छडीले नियन्त्रण गर्नुहोस् । तिनीहरू एक्लै खर्कको बिचमा, र जङ्गलमा बस्छन् । पुराना दिनहरूमा झैँ तिनीहरूलाई बाशान र गिलादमा चर्न दिनुहोस् ।
MIC 7:15 मिश्रको भुमिबाट तिमीहरू बाहिर आएका दिनमा झैँ, म तिनीहरूलाई आश्‍चर्य कामहरू देखाउनेछु ।
MIC 7:16 जाति-जातिहरूले यो देख्‍नेछन् र आफ्ना शक्तिमाथि लज्‍जित हुनेछन् । तिनीहरूले केही बोल्नेछैनन्, र तिनीहरू बहिरा हुनेछन् ।
MIC 7:17 तिनीहरूले सर्पले झैँ धुलो चाट्नेछन्, माटोमा घस्रने प्राणीझैँ तिनीहरूले गर्नेछन् । तिनीहरू आफ्ना गुफाहरूबाट डरसाथ निस्कनेछन् । परमप्रभु, हाम्रा परमेश्‍वर, तपाईंकहाँ तिनीहरू डरसाथ आउनेछन्, र तिनीहरू तपाईंको कारण भयभीत हुनेछन् ।
MIC 7:18 तपाईंझैँ परमेश्‍वर को छ, जसले पापलाई मेटाउनुहुन्छ, र आफ्नो उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध क्षमा गर्नुहुन्छ? उहाँ सदाको निम्ति रिसाउनुहुन्‍न, किनभने उहाँ आफ्नो करारको विश्‍वसनीयतामा खुशी हुनुहुन्छ ।
MIC 7:19 तपाईंले फेरि हामीमाथि दया देखाउनुहुनेछ । तपाईंले हाम्रा अपराधहरूलाई आफ्ना पाऊमुनि कुल्चनुहुनेछ । तपाईंले हाम्रा सबै पापहरूललाई समुद्रको गहिराइमा फ्याँकिदिनुहुनेछ ।
MIC 7:20 प्राचीन दिनहरूमा तपाईंले हाम्रा पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएझैँ तपाईंले याकूबलाई सत्यता र अब्राहामलाई करारको विश्‍वसनीयता दिनुहुनेछ ।
NAH 1:1 निनवेको विषयमा भएको घोषणा । एल्कोशी नहूमको दर्शनको पुस्तक ।
NAH 1:2 परमप्रभु डाही परमेश्‍वर हुनुहुन्छ र उहाँले बदला लिनुहुन्छ । परमप्रभुले बदला लिनुहुन्छ र उहाँ क्रोधले भरिनुभएको छ । उहाँले आफ्ना विरोधीहरूसँग बदला लिनुहुन्छ र आफ्ना शत्रुहरूप्रति उहाँको रिस रहिरहन्छ ।
NAH 1:3 परमप्रभु रिसाउनमा ढिला र शक्तिमा महान् हुनुहुन्छ । उहाँले दुष्‍टलाई दण्डबाट उम्कन दिनुहुन्‍न । परमप्रभुले भुमरी र आँधीमा आफ्नो मार्ग तयार गर्नुहुन्छ, र बादलहरू उहाँका पाउका धुलो हुन् ।
NAH 1:4 उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुक्खा बनाउनुहुन्छ । उहाँले सबै नदीहरूलाई सुकाइदिनुहुन्छ । बाशान र कर्मेल कमजोर छन् । लेबनानका फूलहरू कमजोर छन् ।
NAH 1:5 पर्वतहरू उहाँको उपस्थितिमा काँप्छन्, र पहाडहरू पग्लिन्‍छन् । उहाँको उपस्थितिमा पृथ्वी, सारा संसार र त्यसमा बसोबास गर्ने सबै मानिस नष्‍ट हुन्छन् ।
NAH 1:6 उहाँको क्रोधको अगाडि को खडा हुन सक्छ? उहाँको क्रोधको प्रचण्डता कसले सहन सक्छ? उहाँको क्रोध आगोझैँ खन्याइन्‍छ, र उहाँद्धारा चट्टानहरू टुक्रा-टुक्रा पारिन्छन् ।
NAH 1:7 परमप्रभु असल हुनुहुन्छ, र कष्‍टको समयमा उहाँ बलियो गढ हुनुहुन्छ, र उहाँमा शरण लिनेको निम्ति उहाँ विश्‍वसनीय हुनुहुन्छ ।
NAH 1:8 तर उहाँले महान् बाढीले आफ्ना शत्रुहरूको अन्त गर्नुहुनेछ, र उहाँले तिनीहरूलाई अन्धकारमा लानुहुनेछ ।
NAH 1:9 तिमीहरूले परमप्रभुको विरुद्ध के षड्यन्त्र गर्दैछौ? उहाँले पूर्णरूपमा त्यो अन्त गर्नुहुनेछ । समस्या दोस्रो पटक आइपर्नेछैन ।
NAH 1:10 किनभने तिनीहरू काँढाघारीहरूझैँ अल्झिनेछन् । तिनीहरू आफ्नै पेय पदार्थले भरपेट हुनेछन् । तिनीहरू सुकेका ठोसाहरूझैँ आगोद्धारा पूर्ण रूपमा भस्म हुनेछन् ।
NAH 1:11 निनवे, तिमीहरूका बिचमा कोही खडा भयो, जसले परमप्रभुको विरुद्धमा योजना बनायो, र त्यसले दुष्‍टतालाई बढुवा दियो ।
NAH 1:12 परमप्रभु यस्तो भन्‍नुहुन्छ, “तिनीहरू आफ्ना पूर्ण शक्ति र पूर्ण सङ्ख्याको अवस्थामा भए तापनि तिनीहरू काटिनेछन्, र तिनीहरूका मानिसहरू बाँकी रहनेछैनन् । तर यहूदा, मैले तँलाई पीडा दिएको भए तापनि अब म तँलाई पीडा दिनेछैनँ ।
NAH 1:13 अब म मानिसहरूका जुवा भाँची तँबाट निकालिदिनेछु, तेरा बन्धनहरूलाई म तोडिदिनेछु ।”
NAH 1:14 निनवे, तेरो विषयमा परमप्रभुले एउटा आज्ञा दिनुभएको छ, “अब तेरो नाम बोक्‍ने कोही वंश बाँकी रहनेछैन । कलात्मक रूपमा हातले बनाइएका र फलाम गालेर बनाइएका मुर्तिहरूलाई तिमीहरूका देवताहरूका घरबाट म हटाइदिनेछु । म तेरो चिहान तयार गर्नेछु, किनकि तँ तुच्छ छस् ।”
NAH 1:15 हेर, असल समाचार ल्याउनुहुने, र शान्ति घोषणा गर्नुहुनेका पाउ पर्वतहरूमा छन् । यहूदा, आफ्ना चाडहरू मनाओ, र आफ्ना प्रतिज्ञाहरू पुरा गर, किनकि दुष्‍टले अब तँलाई आक्रमण गर्नेछैन, त्यो पूर्णरूपमा नाश भएको छ ।
NAH 2:1 तँलाई टुक्रा-टुक्रा पार्नुहुने तेरो विरुद्धमा आउँदै हुनुहुन्छ । सहरहरूका पर्खालहरूमा मानिसहरू खटाओ, बाटोहरूलाई पहरा देओ, आफैँलाई बलिया बनाओ, आफ्ना सेनाहरूलाई एकठ्ठा गर ।
NAH 2:2 लुटेराहरूले तिनीहरूलाई तहस-नहस गरे तापनि, र तिनीहरूका दाखका हाँगाहरूलाई नष्‍ट गरे तापनि, परमप्रभुले इस्राएलको गौरवझैँ याकूबको गौरव पुनर्स्थापित गर्दै हुनुहुन्छ ।
NAH 2:3 त्यसका शक्तिशाली मानिसहरूका रक्षा कवचहरू राता छन्, र त्यसका सैनिकहरू वैजनी रङ्गका पोशाकमा छन् । तिनीहरूका रथहरू तयार भएका दिनमा तिनीहरूका धातुद्धारा चम्किन्छन्, र सल्लोका भालाहरू हावामा लहराइन्‍छन् ।
NAH 2:4 ती रथहरू सडकहरूबाट तीव्र गतिमा अगि बढ्छन्, फराकिला सडकहरूमा ती अगाडि र पछाडि दौडन्‍छन् । तिनीहरू राँकाझैँ देखिन्छन्, र तिनीहरू बिजुलीझैँ दौडन्‍छन् ।
NAH 2:5 तँलाई टुक्रा-टुक्रा पार्नेले आफ्ना अधिकारीहरूलाई बोलाउँछ, तर तिनीहरू हिँड्ने क्रममा एक आपसमा ठेस खाई लड्छन् । तिनीहरू सहरको पर्खाललाई आक्रमण गर्न हतारिन्छन् । यी आक्रमण गर्नेहरूलाई बचाउनको निम्ति ठुलो रक्षा कवच बनाइन्छ ।
NAH 2:6 नदीका बाँधहरू खुला पारिन्छन्, र दरबारचाहिँ नाश हुनेछ ।
NAH 2:7 हुज्‍जाबका वस्‍त्र फुकालिएकाछन् र त्यो निर्वासनमा लगिनेछे । त्यसका कमारीहरू छाती पिट्दै ढुकुरहरूझैँ विलाप गर्छन् ।
NAH 2:8 निनवे चुहिरहेको पोखरीझैँ हो, जसका मानिसहरू जोडले बगिरहेको पानीझैँ भागिरहेका छन् । अरूहरूले ठुलो सोरमा भन्छन्, “रोक, रोक,” तर कसैले पनि पछि फर्केर हेर्दैन ।
NAH 2:9 चाँदी र सुनका लुटका सामान लेओ, किनभने निनवेका सबै सुन्दर कुराहरूका वैभवको कुनै अन्त्य छैन ।
NAH 2:10 निनवे रित्तो र नष्‍ट भएको छ । सबैका हृदय पग्लिन्‍छन्, सबैका घुँडाहरू एक आपसमा ठोकिन्छन्, र पीडा सबैमा छ, तिनीहरू सबैका अनुहारहरू पहेँला छन् ।
NAH 2:11 सिंहको गुफा, जहाँ जवान सिंहहरूलाई खुवाइन्थ्यो, जहाँ सिंह र सिंहनी आफ्ना डमरुहरूसँग हिँड्थे, जहाँ तिनीहरू कोहीसँग डराउँदैनथे, त्यो ठाउँ कहाँ छ?
NAH 2:12 सिंहले आफ्ना डमरुहरूका निम्ति त्यसका शिकारहरूलाई टुक्रा-टुक्रा गर्‍यो । त्यसले आफ्ना सिंहनीहरूका निम्ति शिकारको घाँटी निमोठी मार्‍यो, र आफ्नो गुफालाई शिकारहरूले , र आफ्नो ओडारलाई टुक्रा-टुक्रा पारिएका सिनुहरूले भर्‍यो ।
NAH 2:13 सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्धमा छु । म तेरा रथहरूलाई जलाएर धुँवा बनाउनेछु र तेरा जवान सिंहहरूलाई तरवारले नष्‍ट पार्नेछ । तेरो भुमिबाट तेरो शिकारलाई म हटाइदिनेछु र तेरा समाचारबाहकहरूका आवाज अब कहिल्यै सुनिनेछैन ।”
NAH 3:1 रगतले भरिएको सहरलाई धिक्‍कार! त्यो झूट र लूटको सम्पत्तिले भरिएको छ । त्यसका शिकारहरू सधैँ त्यहीँभित्र छन् ।
NAH 3:2 तर अब त्यहाँबाट कोर्राहरूको, तेज पाङ्ग्राहरू, उफ्रदै गरेका घोडाहरू, र रथहरूको कुदाइको आवाज आउँछन् ।
NAH 3:3 आक्रमण गर्ने घोडचढीहरू, टल्कने तरवारहरू, चम्कने भालाहरू, लास र मुर्दाहरूको थुप्रो त्यहाँ छन् । त्यहाँ अनगिन्ती लाशहरू छन् । त्यसलाई आक्रमण गर्नेहरू लाशमा ठोकर खाँदै हिँड्छन् ।
NAH 3:4 टुनामुनामा निपुण, त्यो सुन्दर वेश्या, जसले आफ्नो, र टुनामुनाले जाति-जातिहरूलाई बेच्छे, त्यसको कामवासनापूर्ण कामहरूका कारण यो भइरहेको छ ।
NAH 3:5 सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्ध छु । म तेरो फरियालाई तेरो अनुहारभन्दा माथिसम्म उचालिदिनेछु र तेरा गुप्‍तांगहरू जाति-जातिहरूलाई, र तेरो शर्म राज्यहरूलाई देखाइदिनेछु ।
NAH 3:6 म तँमाथि घिनलाग्दो फोहोर फ्याँक्‍नेछु र तँलाई घृणित बनाइदिनेछु । म तँलाई यस्तो बनाउनेछु, कि सबैले तँलाई हेर्नेछन् ।
NAH 3:7 तँलाई हेर्ने सबै तँबाट टाढा भाग्‍नेछन् र भन्‍नेछन्, ‘निनवे नष्‍ट भएको छ, त्यसको निम्ति कसले विलौना गर्ला?’ तँलाई शान्त्वना दिने मैले कहाँ पाउन सक्छु?”
NAH 3:8 निनवे, के तँ नील नदीको किनारमा बनाइएको नो शहरभन्दा असल छस्, त्यो शहर जसको वरिपरि पानी थियो, जसको सुरक्षा सागर, र जसको पर्खाल समुद्र थियो?
NAH 3:9 कूश र मिश्र त्यसका शक्ति थिए, र त्यसको कुनै अन्त थिएन । पूत र लिबिया त्यसका मित्रराष्‍ट्रहरू थिए ।
NAH 3:10 तथापि नो शहर निर्वासनमा लगियो, त्यो दासत्वमा लगियो, त्यसका छोराछोरीहरू हरेक सडकहरूका मुखमा टुक्रा-टुक्रा पारिए । त्यसका शत्रुहरूले त्यसका भारदारहरूका निम्ति चिट्ठा हाले, र त्यसका सबै महान् मानिसहरू साङ्लाले बाँधिए ।
NAH 3:11 तँ मतवाला हुनेछस्, तँ लुक्‍न कोसिस गर्नेछस्, र तैँले आफ्नो शत्रुबाट भाग्‍नलाई शरणस्थान खोज्नेछस् ।
NAH 3:12 तेरा सबै किल्लाहरू पहिले नै फल पाकेका अन्जिरका रूखहरूझैँ हुनेछन् । ती हल्लाइए भने, त्यसका सबै फल खानेवालाको मुखमा झर्नेछन् ।
NAH 3:13 हेर्, तेरा बिचमा भएका मानिसहरू स्‍त्रीहरू मात्र छन् । तेरो देशका प्रवेशद्धारहरु शत्रुहरूका निम्ति खुला भएका छन् । आगोले त्यसका गजबारहरू भस्म पारेको छ ।
NAH 3:14 घेरावन्दीको दिनको निम्ति पानी भर्, आफ्ना किल्लाहरू बलियो पार् । हिलोमा जा, र त्यसलाई कुल्ची । इट बनाउने भाँडो बोक् ।
NAH 3:15 आगोले तँलाई त्यहाँ भस्म पार्नेछ, र तरवारले तँलाई नाश गर्नेछ । सलहहरूले सबै कुरा सखाप पारेझैँ त्यसले तँलाई सखाप पार्नेछ । फटेङ्ग्राहरू जस्ता अनगिन्ती हो, र सलाहहरूझैँ संख्यामा बढ्‍ ।
NAH 3:16 तैँले आफ्ना व्यापारीहरूलाई आकाशका ताराहरूभन्दा पनि धेरै बनाएको छस्, तर तिनीहरू सलहहरूझैँ हुन्, तिनीहरूले भुमिलाई लुटेर उडिजान्छन् ।
NAH 3:17 तेरा राजकुमारहरू सलहहरूझैँ धेरै छन्, र तेरा अधिकारीहरू सलहका बथानझैँ छन्, जो चिसो दिनमा पर्खालहरूमा बस्छन् । तर घाम उदाएपछि ती कहाँ उडेर जान्छन् भन्‍ने नै थाहा हुँदैन ।
NAH 3:18 अश्शूरको राजा, तेरा गोठालाहरू सुतेका छन्, तेरा शासकहरू विश्राम गर्दै पल्टेका छन् । तेरा मानिसहरू पर्वतहरूमा छरिएका छन्, र तिनीहरूलाई त्यहाँ भेला गर्ने कोही छैन ।
NAH 3:19 तेरा घाउहरू निको हुँदैनन् । ती गहिरा छन् । तेरो विषयमा सुन्‍ने सबैले रमाहटले ताली बजाउँछन् । तेरो लगातारको दुष्‍टताबाट को भागेको छ र?
HAB 1:1 अगमवक्ता हबकूकले पाएका सन्देश,
HAB 1:2 “परमप्रभु, म कति समय अझै सहायताको निम्ति पुकारूँ, तर तपाईंले सुन्‍नुहुन्‍न? म ‘हिंसा’ भनेर तपाईंलाई पुकार्दछु, तर तपाईंले बचाउनुहुन्‍न ।
HAB 1:3 मलाई किन अपराध र दुष्कर्म देखाउनुहुन्छ? सर्वनाश र हिंसा मेरो सामुन्‍ने छन् । त्यहाँ झैँ-झगडा छ, र विवाद चर्किंदै छ ।
HAB 1:4 यसैकारण कानून-व्यवस्था कमजोर भएको छ, र न्याय अब छैन । किनकि दुष्‍टले धर्मीलाई घेर्दछ । यसैकारण इन्साफ झुटो भएको छ ।” परमप्रभु हबकूकलाई जवाफ दिनुहुन्छ ।
HAB 1:5 “जाति-जातिहरूलाई हेर् र तिनीहरूको जाँच गर्, अचम्मित, र आश्‍चर्यचकित हो! किनभने निश्‍चय नै तेरै समयमा म यस्तो काम गर्दै छु जसको विषयमा तँलाई बताइँदा तँलाई विश्‍वास लाग्‍नेछैन ।
HAB 1:6 किनभने हेर्, म बेबिलोनीहरूलाई उठाउँदै छु, त्यो भयानक र उग्र जाति । तिनीहरू सारा भुमिमा अर्काको बासस्थान खोस्‍नको निम्ति अगि बढिरहेका छन् ।
HAB 1:7 तिनीहरू डरलाग्दा र भयानक छन् । न्याय र वैभव तिनीहरूबाटै अगाडि बढ्छ ।
HAB 1:8 तिनीहरूका घोडाहरू चितुवाभन्दा तेज, र साँझका ब्वाँसाहरूभन्दा द्रुत छन् । यसैकारण तिनीहरूका घोडाहरूले जमिनमा कुल्चन्‍छन्, र तिनीहरूका घोडचढीहरू टाढा-टाढाबाट आउँछन्, र तिनीहरू शिकारलाई खानको निम्ति आतुर भएको गरुडझैँ उड्छन् ।
HAB 1:9 तिनीहरू सबै हिंसाको निम्ति आउँछन् । तिनीहरूको समुहहरू मरुभूमिको हुरीझैँ जान्छन्, र बालुवासरह कैदीहरू ल्याउँछन् ।
HAB 1:10 यसैकारण तिनीहरूले राजाहरूलाई जिस्काउँछन्, र शासकहरू तिनीहरूका निम्ति हाँसोका पात्र मात्र हुन् । हरेक किल्लाहरू देखेर तिनीहरू हाँस्‍छन्, किनभने तिनीहरूले माटोको ढिस्को बनाएर ती लैजान्छन् ।
HAB 1:11 अनि बतास आउनेछ र दोषी मानिसहरूबाट त्यो जानेछ, ती मनिसहरू जसको सामर्थ्य तिनीहरूको देवता हो ।” हबकूकले परमप्रभुलाई अर्को प्रश्न गर्छन्,
HAB 1:12 “परमप्रभु मेरा परमेश्‍वर, मेरा एक मात्र पवित्र परमेश्‍वर, के तपाईं प्राचीन समयदेखि नै हुनुहुन्‍न र? हामी मर्नेछैनौँ । परमप्रभुले तिनीहरूलाई न्यायको निम्ति नियुक्त गर्नुभएको छ, र हे चट्टान, तपाईंले तिनीहरूलाई सुधारको निम्ति स्थापित गर्नुभएको छ ।
HAB 1:13 तपाईंका आँखा यति शुद्ध छन्, कि तपाईं दुष्‍टलाई हेर्नुहुन्‍न, र तपाईंले गलत काम गर्नेलाई कृपाले हेर्न सक्‍नुहुन्‍न । त्यसोभए किन तपाईंले धोका दिनेलाई कृपाले हेर्नुभएको छ? दुष्‍टहरूले तिनीहरूको आफ्नो सङ्ख्याभन्दा धेरै धर्मीहरूलाई निल्दा तपाईं किन चुप बस्‍नुभएको छ?
HAB 1:14 तपाईंले मानिसलाई समुद्रका माछाझैँ बनाउनुहुन्छ, घस्रने जीवहरूझैँ जसको कुनै शासक छैन ।
HAB 1:15 त्यसले सबैलाई बल्छीले ल्याउँछ । त्यसले मानिसहरूलाई माछी-जालमा पारेर पर लैजान्छ । त्यसले महाजालमा सबैलाई थुपार्छ, अनि त्यो खुशी हुन्छ र रमाहट गर्दछ ।
HAB 1:16 त्यसैकारण त्यसले आफ्नो माछी-जालमा बलि चढाउँछ र महाजालमा धूप बाल्छ, किनभने आफ्नो जालद्धारा त्यो विलासितामा जिउँछ, र त्यसको भोजन उत्तम हुन्छ ।
HAB 1:17 के त्यसले यसैकारण आफ्नो जाल रित्त्याउँदै जान्छ, र जाति-जातिहरूलाई निर्दयतापूर्वक काटिरहन्छ?”
HAB 2:1 म मेरो सुरक्षा-कक्षमा उभिनेछु र पहरा-पर्खालमा म बस्‍नेछु, र उहाँले मलाई के भन्‍नुहुनेछ, र म कसरी आफ्नो अभियोगबाट फर्कूँ भनेर हेर्नलाई म ध्यान दिनेछु ।
HAB 2:2 परमप्रभुले मलाई जवाफ दिनुभयो, “यस दर्शनलाई पाटीहरूमा प्रष्‍टसँग लेख्, ताकि यो पढ्नेचाहिँ दौडोस् ।
HAB 2:3 किनभने यो दर्शन भविष्यको समयको निम्ति हो र त्यो अन्ततः बोल्नेछ र विफल हुनेछैन । त्यसले ढिलाइ गरे तापनि, त्यसको प्रतीक्षा गर् । किनभने त्यो निश्‍चय नै आउनेछ र त्यसले बिलम्ब गर्नेछैन ।
HAB 2:4 हेर्, गलत इच्छा गर्नेचाहिँ घमण्डले फुलेको छ । तर धर्मीचाहिँ आफ्नो विश्‍वासले जिउनेछ ।
HAB 2:5 किनकि घमण्डी जवान मानिसको निम्ति मद्य विश्‍वासघाती हुन्छ, र यसैकारण त्यसले सहन सक्दैन, तर त्यसले आफ्ना इच्छाहरूलाई चिहानझैँ बढाउँछ,र त्यो मृत्युझैँ कहिल्यै सन्तुष्‍ट हुँदैन । त्यसले आफ्नो निम्ति सारा जाति र मानिसहरूलाई भेला गराउँछ ।
HAB 2:6 के यी सबैले त्यसको ठट्टा गर्ने एउटा यस्तो भनाइ र त्यसको विषयमा हाँसोको रूपमा यस्तो गीत सृजना गर्दैन र, ‘धिक्‍कार त्यसलाई जसले जे आफ्नो होइन त्यो थुपार्छ । कहिलेसम्म तैँले आफूले बन्धकमा लिएका कुराहरूको वजन बढाउँदै जान्छस्?’
HAB 2:7 के तँलाई टोक्‍नेहरू अचानक उठ्नेछैनन्, अनि तँलाई त्रासमा राख्‍नेहरू जाग्‍नेछैनन्? तँ तिनीहरूका निम्ति शिकार बन्‍नेछस् ।
HAB 2:8 तैँले धेरै जातिहरूलाई लुटेको हुनाले, जाति-जातिहरूमा बाँकी रहेकाहरू सबैले तँलाई लुट्नेछन् । किनभने तैँले मानिसहरूका रगत बगाएको छस्, र देश, शहरहरु, र त्यसमा बसोबास गर्ने सबैको विरुद्ध हिंसात्मक काम गरेको छस् ।
HAB 2:9 ‘धिक्‍कार त्यसलाई जसले दुष्‍टको हातबाट आफैँलाई सुरक्षित राख्‍नलाई आफ्नो गुँड उच्‍च स्थानमा बनाउन सकोस् भनेर आफ्नो घरको निम्ति दुष्‍टताका मुनाफाबाट चीजहरू बनाउँछ ।’
HAB 2:10 तैँले धेरै मानिसहरूलाई सर्वनाश गरेर आफ्नो घरानाको निम्ति शर्म ल्याएको छस्, र आफ्नै विरुद्ध पाप गरेको छस् ।
HAB 2:11 किनभने भित्ताबाट ढुङ्गाहरूले पुकार्नेछन्, र काठका दलिनहरूले तिनीहरूलाई जवाफ दिनेछन्,
HAB 2:12 ‘धिक्‍कार त्यसलाई जसले रगतले शहर बनाउँछ, र जसले अधर्ममा नगर स्थापना गर्दछ ।’
HAB 2:13 के सेनाहरूका परमप्रभुले यो भन्‍नुभएको छैन र, जातिहरू आगोको निम्ति परिश्रम गर्दछन् र अरू सबै जातिहरू व्यर्थमा थकित हुन्छन्?
HAB 2:14 तथापि समुद्रलाई पानीले ढाकेझैँ सारा भुमि परमप्रभुको महिमाको ज्ञानले भरिनेछ ।
HAB 2:15 ‘धिक्‍कार त्यसलाई जसले आफ्नो छिमेकीलाई मद्य पियाउन जोड गर्छ । तैँले आफ्नो रिस पोख्‍नलाई, र तिनीहरूको नग्‍नता हेर्नको निम्ति तिनीहरूलाई मद्यले टिल्ल पार्छस् ।’
HAB 2:16 तँ महिमाले होइन तर शर्मले भरिनेछस् । अब यो तेरो पालो हो! पिई र आफ्नो गुप्‍तांग देखा! परमप्रभुको दाहिने हातमा भएको कचौरा तँकहाँ आउँदै छ, र कलंकले तेरो महिमालाई ढाक्‍नेछ ।
HAB 2:17 लेबनानमाथि गरिएको हिंसाले तँलाई ढाक्‍नेछ र पशुहरूको सर्वनाशले तँलाई आतंकित बनाउनेछ । किनभने तैँले मानिसहरूका रगत बगाएको छस्, र देश, शहरहरु, र त्यसमा बसोबास गर्ने सबैको विरुद्ध तैँले हिंसक काम गरेको छस् ।
HAB 2:18 खोपेर बनाएको मुर्तिले तँलाई के लाभ हुन्छ? किनभने त्यो मुर्तिलाई खोपेर बनाउने, वा धातुलाई पगालेर मुर्ति बनाउनेचाहिँ झुटको शिक्षक हो, किनभने त्यसले यी बोल्न नसक्‍ने देवताहरू बनाएर आफ्नै हातका कलामाथि विश्‍वास गर्दछ ।
HAB 2:19 ‘धिक्‍कार त्यसलाई जसले काठलाई उठ भन्छ, वा बोल्न नसक्‍ने ढुङ्गालाई जाग भन्छ ।’ के यी कुराहरूले सिकाउन सक्छन्? हेर्, त्यो सुन र चाँदीले मोहोरिएको छ, तर त्यसभित्र सास नै छैन ।
HAB 2:20 तर परमप्रभु उहाँको पवित्र मन्दिरमा हुनुहुन्छ । ए सारा भुमि उहाँको अगि शान्त होओ ।”
HAB 3:1 अगमवक्ता हबकूकको प्रार्थना ।
HAB 3:2 परमप्रभु मैले तपाईंको बयान सुनेको छु, र म भयभीत भएको छु । परमप्रभु, यी समयहरूको बिचमा आफ्नो काम पुनर्जीवित पार्नुहोस् । यी समयहरूको बिचमा ती परिचित बनाउनुहोस् । तपाईंको क्रोधको समयमा कृपा गर्न सम्झनुहोस् ।
HAB 3:3 परमेश्‍वर तेमानबाट आउनुभयो, र एकमात्र पवित्रचाहिँ पारान पर्वतबाट आउनुभयो । सेला उहाँको महिमाले आकाशहरू ढाके, र पृथ्वी उहाँको प्रशंसाले भरिएको छ ।
HAB 3:4 प्रकाशझैँ चम्किलो, दुईवटा किरण उहाँको हातबाट चम्कियो, र उहाँले आफ्नो शक्ति त्यहाँ लुकाउनुहुन्छ ।
HAB 3:5 उहाँभन्दा अगि घातक रोग फैलियो, र महामारीले उहाँलाई पछ्यायो ।
HAB 3:6 उहाँ उभिनुभयो र पृथ्वीको नाप लिनुभयो । उहाँले हेर्नुभयो अनि राष्‍ट्रहरूलाई हल्लाउनुभयो । सनातनका पर्वतहरू चकनाचुर भए, र स्थायी पहाडहरू झुके । उहाँको मार्ग अनन्तसम्म रहिरहन्छ ।
HAB 3:7 मैले कूशनका पालहरूलाई दु:खमा देखेँ, र मिद्दानको भुमिमा भएका पालहरूका रचनाहरूलाई काँपिरहेको देखेँ ।
HAB 3:8 के परमप्रभु नदीहरूसँग रिसाउनुभएको थियो? तपाईं घोडाहरूमाथि र विजयी रथहरूमाथि चढ्नुहुँदा के तपाईंको क्रोध नदीहरूको विरुद्धमा थियो, वा तपाईंको रिस समुद्रको विरुद्धमा थियो?
HAB 3:9 तपाईंले आफ्नो नाङ्गो धनु बाहिर निकाल्नुभएको छ, र तपाईंले आफ्नो धनुमा तिर राख्‍नुहुन्छ! सेला तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो ।
HAB 3:10 पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए । तिनीहरूमाथि मुसलधार पानी पर्‍यो । गहिरो समुद्रले आफ्नो आवाज उठायो । त्यसले आफ्ना छालहरू उठायो ।
HAB 3:11 तपाईंका तिरहरू उडेर चम्किँदा, तपाईंको चम्किलो भालाको चमक आउँदा, सूर्य र चन्द्र तिनीहरूकै उच्‍च स्थानमा अडिरहे ।
HAB 3:12 तपाईं पृथ्वीमाथि क्रोधमा हिँड्नुभएको छ । क्रोधमा तपाईंले जाति-जातिहरूलाई दाइँ गर्नुभएको छ ।
HAB 3:13 तपाईं आफ्ना मानिसहरूको मुक्ति, आफ्नो अभिषिक्त जनको मुक्तिको निम्ति निस्कनुभयो । दुष्‍टको घरानाको मुखियालाई तपाईंले चकनाचुर पार्नुभयो र त्यसको खुट्टादेखि घाँटीसम्म त्यसलाई नाङ्गो पारिदिनुभयो । सेला
HAB 3:14 तपाईंले त्यसका लडाकुहरूका शिरलाई तिनीहरूकै तिरले छेडिदिनुभयो किनभने तिनीहरू हामीलाई तितरबितर गर्न आँधीझैँ आए, शरणस्थानमा दरिद्रहरूलाई भस्म पार्नेको झैँ तिनीहरूको नजर थियो ।
HAB 3:15 तपाईं आफ्ना घोडाहरूमा समुद्रमाथि हिँड्नुभएको छ, र समुद्रमाथि तपाईंले कुल्चनुभएको छ ।
HAB 3:16 मैले सुनेँ, र मेरा भित्री अङ्गहरू काँपे! त्यो आवाजमा मेरा ओठ थर-थर काँपे । हामीलाई आक्रमण गर्ने मानिसहरूमाथि आउने संकटको दिनलाई शान्त भएर पर्खिंदा मेरा हड्‍डीहरू मक्‍किन्छन्, र म भित्र-भित्रै काँप्‍छु ।
HAB 3:17 अन्जिरका रूखहरूमा मुना नलागेपनि, र दाखका बोटहरूमा कुनै फल नलागेपनि, र जैतूनको रूखले केही नफलाए पनि, र भुमिले केही भोजन नदिएपनि, र खोरबाट बगाल हटाइएपनि, र गोठमा कुनै गाइवस्तु नभएपनि, म यही गर्नेछु ।
HAB 3:18 म अझै पनि परमप्रभुमा रमाहट गर्नेछु । मेरो मुक्तिको परमेश्‍वरको कारण म खुशी हुनेछु ।
HAB 3:19 परमप्रभु परमेश्‍वर मेरो शक्ति हुनुहुन्छ र उहाँले मेरा खुट्टालाई हरिणका झैँ बनाउनुहुन्छ । उहाँले मलाई उच्‍च स्थानहरू अगि जान दिनुहुन्छ । सङ्गीत निर्देशकको निम्ति, मेरा तार- वाद्दहरुमा बजाइने राग ।
ZEP 1:1 अमोनका छोरा, यहूदाका राजा योशियाहको समयमा हिजकियाका जनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको परमप्रभुको वचन यही हो ।
ZEP 1:2 “म निश्‍चय नै यस पृथ्वीबाट सबै कुरा नाश गर्नेछु,परमप्रभु घोषणा गर्नुहुन्छ ।
ZEP 1:3 म मानिस र पशु दुवैलाई सर्वनाश गर्नेछु । आकाशका चराहरू, र समुद्रका माछा, दुष्‍टहरू लगायत ढुङ्गाको रास सबैलाई म नष्‍ट गर्नेछु । किनभने म मानिस जातिलाई पृथ्वीबाट सखाप पार्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ ।
ZEP 1:4 यहूदा र यरूशलेमका सबै वासिन्दाहरूमाथि म मेरो हात पसार्नेछु । यस ठाउँबाट बालका बाँकी रहेका सबैलाई र पूजाहारीहरुमध्ये मूर्तिपुजकहरूका नामलाई सखाप पार्नेछु,
ZEP 1:5 र घरका माथिल्लो भागमा बसेर नक्षत्रहरूको पूजा गर्नेहरू, र ती मानिसहरू जसले परमप्रभुको आराधना गर्छन् र उहाँको शपथ खान्छन् तर आफ्ना राजाको शपथ पनि खान्छन्, तिनीहरूलाई पनि म नाश गर्नेछु ।
ZEP 1:6 परमप्रभुलाई पछ्याउन छोडेर उहाँबाट टाढा हुनेहरू, र उहाँको खोजी नगर्ने र उहाँको निर्देशन नखोज्नेहरूलाई पनि म सखाप पार्नेछु ।”
ZEP 1:7 परमप्रभु परमेश्‍वरको सामु शान्त रहो, किनभने परमप्रभुको दिन नजिकै छ । परमप्रभुले बलिदान तयार पार्नुभएको छ र आफ्ना पाहुनाहरूलाई अलग्गै राख्‍नुभएको छ ।
ZEP 1:8 “परमप्रभुको बलिदानको दिनमा, म राजकुमारहरू र राजाका छोराहरू, र विदेशी पहिरन लगाएका सबैलाई दण्ड दिनेछु ।
ZEP 1:9 त्यस दिन सँघारमा खुट्टा नटेक्‍नेहरू सबैलाई, र आफ्ना मालिकका घरलाई हिंसा र छलले भर्ने सबैलाई म दण्ड दिनेछु ।
ZEP 1:10 अनि त्यो दिन यस्तो हुनेछ भनेर परमप्रभु घोषणा गर्नुहुन्छ । माछा ढोकाबाट कष्‍टको रुवाबासी, नयाँ टोलबाट विलाप, र पहाडहरूबाट ठुलो धमाकाको आवाज आउनेछ ।
ZEP 1:11 ए बजारहरूमा बस्‍नेहरू, रोओ, किनभने सबै व्यापारीहरू तहस-नहस हुनेछन्, र चाँदीका व्यापारीहरू सखाप पारिनेछन् ।
ZEP 1:12 त्यस बेला म बत्तीहरू बालेर यरूशलेमको खोजी गर्नेछु र त्यसको मद्यमा प्रसन्‍न भएका र आफ्नो हृदयमा ‘परमप्रभुले असल वा खराब केही पनि गर्नुहुनेछैन’ भनेर भन्‍ने मानिसहरूलाई सजाय दिनेछु ।
ZEP 1:13 तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्‍नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन् ।
ZEP 1:14 परमप्रभुको त्यो महान् दिन नजिकै छ, नजिक र चाँडै आउँदै छ । परमप्रभुको दिनको आवाज चिच्याई-चिच्याई रोइरहेको योद्धाको झैँ हुनेछ ।
ZEP 1:15 त्यो दिन क्रोधको दिन, संकट र पीडाको दिन, आँधी र विनाशको दिन, अन्धकार र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन हुनेछ ।
ZEP 1:16 त्यो दिन किल्ला भएका शहरहरु र उच्‍च धरहराहरूको विरुद्ध तुरही र चेतावनीको सोरको दिन हुनेछ ।
ZEP 1:17 किनभने म मानवजातिमाथि संकट ल्याउनेछु, अनि तिनीहरूले परमप्रभुको विरुद्ध पाप गरेका हुनाले तिनीहरू अन्धा मानिसहरूझैँ हिँड्नेछन् । तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका भित्री अङ्गहरू लादीझैँ बाहिर फ्याँकिनेछन् ।
ZEP 1:18 परमप्रभुको क्रोधको दिनमा न त तिनीहरूको चाँदी न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्‍नेछ । उहाँको डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ, किनभने उहाँले पृथ्वीका सारा वासिन्दाहरूको पूर्ण र भयानक अन्त गर्नुहुनेछ ।”
ZEP 2:1 निर्लज्‍ज जाति, एकठ्ठा होओ, जम्मा होओ,
ZEP 2:2 आज्ञा लागु हुनुभन्दा अगि र भुसझैँ त्यो दिन बितिजानभन्दा अगि, परमप्रभुको भयङ्कर क्रोध तिमीहरूमाथि आउनअगि, परमप्रभुको क्रोधको दिन तिमीहरूमाथि आउन अघि ।
ZEP 2:3 उहाँका आज्ञाहरू पालन गर्ने पृथ्वीका सबै नम्र मानिसहरू, परमप्रभुको खोजी गर । धार्मिकताको खोजी गर, नम्रताको खोजी गर, र सायद परमप्रभुको क्रोधको दिनमा तिमीहरू सुरक्षित हुनेछौ ।
ZEP 2:4 किनभने गाजा त्यागिनेछ, र अश्कलोन सर्वनाश हुनेछ । तिनीहरूले मध्यदिनमा नै अश्दोदलाई लखेट्नेछन्, र तिनीहरूले एक्रोनलाई उखेल्नेछन् ।
ZEP 2:5 ए सुमुद्रको किनारमा बस्‍ने करेती जाति, तिमीहरूलाई धिक्‍कार । ए पलिश्तीहरूको देश कनान, परमप्रभु तिमीहरूका विरुद्धमा बोल्नुभएको छ । कोही पनि नरहने गरी म तँलाई नाश गर्नेछु ।
ZEP 2:6 यसैकारण सामुद्रको किनार गोठालाहरूका निम्ति खर्क र भेडाहरूका निम्ति बस्‍ने ठाउँ हुनेछ ।
ZEP 2:7 तटीय क्षेत्र यहूदाका घरानाका बाँकी रहेकाहरूको हुनेछ, जसले आफ्ना बागललाई त्यहाँ चराउनेछन् । तिनीहरूका मानिसहरू साँझमा अश्कलोनका घरहरूमा पल्टिनेछन्, किनभने तिनीहरूका परमप्रभु परमेश्‍वरले तिनीहरूको वास्ता गर्नुहुनेछ र तिनीहरूका सौभाग्य फर्काइदिनुहुनेछ ।
ZEP 2:8 “मैले मोआबको उपहास र अम्मोनीहरूको तिरस्कारलाई सुनेको छु, जब तिनीहरूले मेरा मानिसलाई उपहास गरेका थिए र आफ्ना सिमानाहरू तोडेका थिए ।
ZEP 2:9 यसैकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यो घोषणा गर्नुहुन्छ, म जीवित रहेझैँ, मोआब सदोमझैँ हुनेछ, र अम्मोनीहरू गमोराझैँ अर्थात् काँडाहरू र नुनको खाडल भएको ठाउँझैँ हुनेछन्, जो सधैँको निम्ति त्यागिएका छन् ।”
ZEP 2:10 तिनीहरूको घमण्डको कारण मोआब र अम्मोनलाई यस्तो हुनेछ, किनभने तिनीहरूले सेनाहरूका परमप्रभुका मानिसहरूको उपहास र खिल्ली गरे ।
ZEP 2:11 अनि तिनीहरूले परमप्रभुको भय मान्‍नेछन्, किनभने उहाँले पृथ्वीका सबै ईश्‍वरहरूको उपहास गर्नुहुनेछ । सबैले आ-आफ्नो ठाउँबाट, र हरेक समुद्र किनारबाट उहाँको आराधना गर्नेछन् ।
ZEP 2:12 ए कूशी, तिमीहरूलाई पनि मेरो तरवारद्धारा प्रहार हुनेछ,
ZEP 2:13 र परमेश्‍वरको हातले उत्तरलाई आक्रमण गर्नेछ र अश्शूरलाई सर्वनाश गर्नेछ, अनि निनवे त्यागिएको र सर्वनाश हुनेछ, र मरुभूमिझैँ उजाड हुनेछ ।
ZEP 2:14 त्यसपछि सबै पशुका बगाल त्यहाँ पल्टिनेछन्, मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेरो त्यसका स्तम्भहरूका टुप्पोमा बस्‍नेछन् । झ्यालहरूबाट एउटा पुकाराको गीत सुनिनेछ, ढोका अगाडि भग्‍नावशेष हुनेछ, त्यसका देवदारुका कुँदिएका दलिनहरू प्रकट गरिनेछन् ।
ZEP 2:15 यो त्यो उल्लासित सहर हो, जो कुनै भयबिना नै जिउँथ्यो, र आफ्नो हृदयमा भन्थ्यो, “म हुँ, र मेरो बराबर केही छैन ।” त्यो अब पशुहरू बस्‍ने भयानक ठाउँ बनेको । त्यसको नजिकबाट जाने हरेकले त्यसको गिल्ला गर्दै मुक्‍का देखाउँनेछन् ।
ZEP 3:1 धिक्‍कार त्यो बागी शहर! त्यो हिंसक शहर अशुद्ध भएको छ ।
ZEP 3:2 त्यसले परमेश्‍वरको आवाज सुनेको छैन, न त त्यसले परमप्रभुबाटको सुधारलाई ग्रहण गर्‍यो । त्यसले परमप्रभुमा विश्‍वास गर्दैन र त्यो आफ्नो परमेश्‍वरको समिप जाँदैन ।
ZEP 3:3 त्यसको माझमा त्यसका राजकुमारहरू गर्जने सिंहझैँ छन् । त्यसका न्यायकर्ताहरू साँझमा आउने ब्वाँसाहरूझैँ छन् जसले बिहानसम्म खानको निम्ति केही पनि बाँकी राख्दैनन् ।
ZEP 3:4 त्यसका अगमवक्ताहरू ढीट र विश्‍वासघाती मानिसहरू हुन् । त्यसका पूजाहारीहरुले पवित्र कुरालाई अशुद्ध बनाएका छन् र व्यवस्थाको विरुद्ध हिंसा गरेका छन् ।
ZEP 3:5 त्यसको बिचमा परमप्रभु धार्मिक हुनुहुन्छ । उहाँले कुनै खराबी गर्नुहुन्‍न । हरेक बिहानी उहाँले आफ्नो न्याय प्रदान गर्नुहुन्छ । त्यो प्रकाशमा लुक्‍नेछैन, तर पनि अधर्मीहरूलाई कुनै शर्म छैन ।
ZEP 3:6 “मैले जाति-जातिहरूलाई नष्‍ट पारेको छु । तिनीहरूका किल्लाहरू ध्वस्त भएका छन् । मैले तिनीहरूका सडकहरूलाई भग्‍नावशेष बनाइदिएको छु, अनि तीबाट भएर कोही पनि जाँदैनन् । तिनीहरूका शहरहरु नष्‍ट पारिएका छन्, अनि त्यहाँ कोही मानिस बसोबास गर्दैनन् ।
ZEP 3:7 मैले भनेँ, ‘निश्‍चय नै तैँले मेरो भय मान्‍नेछस् । मेरो सुधारलाई स्वीकार गर् र मैले तेरो विरुद्धमा गरिदिनेछु भनी योजना गरेझैँ, तँ तेरो घरबाट बहिष्कार हुनेछैनस् ।’ तर तिनीहरू हरेक बिहानीलाई भ्रष्‍ट कामहरुद्धारा सुरुवात गर्न आतुर हुन्छन् ।
ZEP 3:8 त्यसैकारण जुन दिनसम्म म शिकारलाई पक्रनको निम्ति उठ्दिनँ, त्यस बेलासम्म मलाई पर्ख, परमप्रभु घोषणा गर्नुहुन्छ । किनकि मेरो निर्णय जाति-जातिहरूलाई एकठ्ठा गर्ने, राज्यहरूलाई जम्मा गर्ने, र तिनीहरूमाथि मेरो क्रोध, मेरो सम्पूर्ण ज्वलन्त क्रोध खन्याउने हो, किनभने मेरो डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ ।
ZEP 3:9 तर त्यसपछि म मानिसहरूका ओठहरूलाई शुद्ध पार्नेछु, ताकि तिनीहरू सबैले काँधमा काँध मिलाएर परमप्रभुको सेवा गर्नको निम्ति उहाँको नाउँ पुकारून् ।
ZEP 3:10 कूशका नदीहरूको पारिबाट मेरो आराधना गर्नेहरू, र तितरबितर भएका मेरा मानिसहरूले मेरो निम्ति बलिदानहरू ल्याउनेछन् ।
ZEP 3:11 त्यस दिन तैँले मेरो विरुद्ध गरेका सबै कामहरूको कारण तँ शर्ममा पारिनेछैनस्, किनभने त्यस समयमा तेरो घमण्डको उत्सव मनाउनेहरूलाई तेरो बिचबाट म हटाइदिनेछु, र मेरो पवित्र पर्वतमा अबदेखि उसो तैँले अहङ्कारी भएर काम गर्नेछैनस् ।
ZEP 3:12 तर तेरो बिचमा म नम्र र गरीब मानिसहरूलाई छोडिदिनेछु, र तिनीहरूले परमप्रभुको नाउँमा शरण पाउनेछन् ।
ZEP 3:13 इस्राएलका बाँकी रहेकाहरूले अब उसो अन्याय गर्नेछैनन् वा झुटो बोल्नेछैनन्, र तिनीहरूको मुखमा छलपूर्ण जिब्रो पाइनेछैन । यसैकारण तिनीहरू खानेछन् र पल्टिनेछन्, र तिनीहरू भयभीत हुनेछैनन् ।”
ZEP 3:14 ए सियोनकी छोरी, गा! इस्राएल, उच्‍च सोरमा करा । यरूशलेमकी छोरी आनन्दित हो र आफ्नो सारा हृदयले रमाहट गर् ।
ZEP 3:15 परमप्रभुले तेरो दण्ड तँबाट टाढा गरिदिनुभएको छ, तेरा शत्रुहरूलाई धपाइदिनुभएको छ । तेरो बिचमा परमप्रभु इस्राएलका राजा हुनुहुन्छ । अबदेखि उसो तैँले दुष्‍टको भय मान्‍नेछैनस् ।
ZEP 3:16 त्यस दिन तिनीहरूले यरूशलेमलाई भन्‍नेछन्, “ए सियोन, नडरा । तेरा हात कमजोर हुन नदे ।
ZEP 3:17 परमप्रभु तिमीहरूका परमेश्‍वर तेरो बिचमा हुनुहुन्छ, जो तँलाई बचाउन सामर्थी हुनुहुन्छ । उहाँले तेरो निम्ति आनन्द मनाउनुहुन्छ । उहाँ आफ्नो प्रेममा तँसित शान्त हुनुहुन्छ । उहाँ आनन्दको सोरले तँसित रमाउनुहुनेछ ।
ZEP 3:18 नियुक्त गरिएका भोजहरूमा उपस्थित हुन नसकेर शोक गर्नेहरूलाई म भेला गराउनेछु, यसैकारण अबदेखि तँ त्यसको निम्ति शर्ममा पर्नेछैनस् ।
ZEP 3:19 हेर्, तँलाई दमन गर्नेहरूसँग म लेखा लिनेछु । त्यसबेला, म लङ्गडालाई बचाउनेछु र बहिष्कृतहरूलाई भेला गराउनेछु । म तिनीहरूलाई मान-सम्मान दिनेछु, र तिनीहरूको शर्मलाई सारा पृथ्वीभरि प्रसिद्धिमा परिणत गरिदिनेछु ।
ZEP 3:20 त्यसबेला, म तिमीहरूको नेतृत्व गर्नेछु, र तिमीहरूलाई भेला गराउनेछु । जब म तिमीहरूलाई पुनर्स्थापित गर्नेछु, म पृथ्वीका सारा जातिहरूलाई तिमीहरूको सम्मान र प्रशंसा गर्न लगाउनेछु,” परमप्रभु भन्‍नुहुन्छ ।
HAG 1:1 दारा राजाको दोस्रो बर्षको छैटौँ महिनाको पहिलो दिनमा, शालतिएलका छोरा यहूदाका राज्यपाल यरुबाबेल, र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूकहाँ अगमवक्ता हाग्गैद्धारा परमप्रभुको यस्तो वचन आयो,
HAG 1:2 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: यी मानिसहरू भन्छन्, ‘हामी आएर परमप्रभुको भवन निर्माण गर्ने समय अझै आएको छैन’ ।”
HAG 1:3 त्यसपछि अगमवक्ता हाग्गैद्धारा परमप्रभुको यस्तो वचन आयो,
HAG 1:4 “यो मन्दिर ध्वस्त हुँदा के यो तिमीहरू आफ्ना सुन्दर घरहरूमा बस्‍ने समय हो?
HAG 1:5 यसैकारण सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: आफ्ना मार्गहरूमाथि ध्यान देओ!
HAG 1:6 तिमीहरूले प्रशस्त बीऊ छरेका छौ, तर फसल भने थोरै मात्र ल्याउँछौ, तिमीहरू खान्छौ तर तिमीहरूसँग पर्याप्‍त छैन । तिमीहरू पिउँछौ, तर प्रशस्त मद्य तिमीहरूसँग छैन । तिमीहरू लुगा लगाउँछौ तर आफैँलाई तातो राख्‍न सक्दैनौ, र ज्यालादारीमा काम गर्नेहरूले पैसा कमाउँछन् तर तिनीहरूले ती प्वालहरू भएका झोलामा राख्दछन् ।”
HAG 1:7 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: “आफ्ना मार्गहरूमाथि ध्यान देओ ।
HAG 1:8 माथि पर्वतमा जाओ, काठहरू ल्याओ, र मेरो भवन बनाओ, अनि म त्यसमा आनन्द मनाउनेछु, र म महिमित हुनेछु - परमप्रभु भन्‍नुहुन्छ ।”
HAG 1:9 “तिमीहरूले धेरै कुराको खोजी गर्‍यौ, तर हेर! तिमीहरूले घरमा थोरै कुरा ल्यायौ, कनभने मैले ती उडाइदिएँ । किन?” सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । “किनभने मेरो भवन भग्‍नावशेषको बिचमा छ, तर तिमीहरू हरेक भने आफ्नै घर बनाउन लागिपरेका छौ ।
HAG 1:10 यसैकारण आकाशले आफ्नो शीत रोकिदिनेछ, र पृथ्वीले आफ्नो उब्जनी दिनेछैन ।
HAG 1:11 मैले भूमि, पर्वतहरू, अन्‍न, नयाँ मद्य, तेल, पृथ्वीका उब्जनीहरू, मानिसहरू, पशुहरू, र तिमीहरूका हातका परिश्रममाथि अनिकाल बोलाएको छु ।”
HAG 1:12 अनि शालतिएलका छोरा यरुबाबेल, र येहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूले, बाँकी रहेका सबै मानिसका साथमा तिनीहरूका परमेश्‍वर परमप्रभुको आवाज र अगमवक्ता हाग्‍गैका वचनलाई पालन गरे, किनभने तिनीहरूका परमेश्‍वर परमप्रभुले तिनलाई पठाउनुभएको थियो र मानिसहरूले परमप्रभुको भय मान्थे ।
HAG 1:13 त्यसपछि परमप्रभुका समाचारवाहक, हाग्‍गैले मानिसहरूलाई यसो भनी परमप्रभुको सन्देश सुनाए, “म तिमीहरूसँग छु - परमप्रभु घोषणा गर्नुहुन्छ ।”
HAG 1:14 यसकारण परमप्रभुले यहूदाका राज्यपाल, शालतिएलका छोरा यरुबाबेल, येहोसादाकका छोरा प्रधान पुजारी यहोशू, र सबै बाँकी रहेका मानिसहरूका आत्मालाई उत्तेजित गरिदिनुभयो, अनि तिनीहरू गए र तिनीहरूका परमेश्‍वर सेनाहरूका परमप्रभुको भवनमा काम गरे ।
HAG 1:15 दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा यो भयो ।
HAG 2:1 सातौँ महिनाको एक्‍काईसौँ दिनमा, अगमवक्ता हाग्गैद्धारा परमप्रभुको यस्तो वचन आयो,
HAG 2:2 यहूदाका राज्यपाल, शालतिएलका छोरा यरुबाबेल, र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू, र बाँकी रहेका मानिसहरूलाई यस्तो भन् ।
HAG 2:3 ‘तिमीहरूमध्ये को बाँकी छ जसले यो भवनलाई त्यसको पहिलेको महिमामा देखेको थियो? अहिले तिमीहरूले यो कस्तो देख्छौ? के तिमीहरूका नजरमा यो केही मोल नभएको जस्तो छैन र?
HAG 2:4 अब, यरुबाबेल साहसी हो! - परमप्रभु घोषणा गर्नुहुन्छ, र यहोसादाकका छोरा यहोशू साहसी हो, र भूमिका सबै मानिसहरू, साहसी होओ! - परमप्रभु घोषणा गर्नुहुन्छ- र काम गर्, किनकि म तिमीहरूसँग छु! यो सेनाहरूका परमप्रभुको घोषणा हो ।
HAG 2:5 यो त्यही करार हो जुन मैले तिमीहरू मिश्रदेशबाट बाहिर आउँदा तिमीहरूसँग स्थापित गरेको थिएँ, र मेरो आत्मा तिमीहरूसँग छ । नडराओ!
HAG 2:6 किनभने सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: केही समयमा, म फेरि आकाश र पृथ्वी, र समुद्र र सुक्खा भूमिलाई हल्लाउनेछु!
HAG 2:7 म हरेक जातिलाई हल्लाउनेछु, र हरेक जातिले तिनीहरूका बहुमुल्य थोकहरू मकहाँ ल्याउनेछन्, अनि म यो भवनलाई महिमाले भर्नेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
HAG 2:8 चाँदी र सुन मेरै हुन्! - सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ ।
HAG 2:9 यस भवनको महिमा सुरुवातको समयको भन्दा पछि अति महान् हुनेछ, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ, र म यस ठाउँमा शान्ति दिनेछु - सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ ।”
HAG 2:10 दाराको दोस्रो वर्षको नवौँ महिनाको चौबीसौँ दिनमा, अगमवक्ता हाग्गैद्धारा परमप्रभुको यस्तो वचन आयो,
HAG 2:11 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: व्यवस्थाको विषयमा पूजाहारीहरुलाई सोध्,
HAG 2:12 ‘परमप्रभुको निम्ति अलग गरिएको मासुलाई कसैले आफ्नो लुगामा पोको पारेर लग्यो, र त्यो पोकोले रोटी वा सुरुवा, मद्य वा तेल, वा कुनै भोजनलाई छोयो भने, के त्यो पवित्र हुन्छ?’” पूजाहारीहरुले यस्तो जवाफ दिए, “हुँदैन ।”
HAG 2:13 अनि हाग्‍गैले भने, “मरेको मानिस छोएर अशुद्ध भएको कोहीले यी कुराहरू छोयो भने, के ती अशुद्ध हुन्छन्?” पूजाहारीहरुले जवाफ दिए, “हो, ती अशुद्ध हुन्छन् ।”
HAG 2:14 यसैकारण हाग्‍गैले जवाफ दिए, “यसैकारण मेरो अगि यी मानिसहरू र यो जाति, र तिनीहरूका हातले गरेका सबै कुरा यस्तै छन्! - परमप्रभु घोषणा गर्नुहुन्छ । तिनीहरूले मलाई अर्पण गरेका कुरा अशुद्ध छन्!
HAG 2:15 यसैकारण अब, आजको दिनसम्म पुर्‍याउने बितेको समयको बारेमा विचार गर । परमप्रभुको मन्दिरमा एउटा ढुङ्गामाथि अर्को ढुङ्गा राख्‍नअगि त्यो कस्तो थियो?
HAG 2:16 तिमीहरू बिस मुरी अन्‍नको छेऊमा आउँदा, त्यहाँ दश मात्र थिए, र तिमीहरू पचास लिटर दखमद्य लिन कोलमा आउँदा, त्यहाँ बिसमात्र थिए ।
HAG 2:17 मैले तिमीहरू र तिमीहरूका सबै कामहरूलाई शीत र ढुसीले सताएँ, तर पनि तिमीहरू मकहाँ फर्केनौ, परमप्रभु घोषणा गर्नुहुन्छ ।
HAG 2:18 नवौँ महिनाको चौबीसौँ दिनबाट उसो परमप्रभुको मन्दिरको जग बसालिएको कुरामाथि ध्यान देओ ।
HAG 2:19 के भण्डारमा अझै बीउ छ? दाखको बोट, अन्जिरको रूख, अनार, र जैतूनको रूखले फल दिएको छैन । तर यस दिनदेखि म तिमीहरूलाई आशिष् दिनेछु!”
HAG 2:20 त्यस महिनाको चौबीसौँ दिनमा परमप्रभुको यस्तो वचन फेरि एक पटक हाग्‍गैकहाँ आयो,
HAG 2:21 “‘मैले आकाश र पृथ्वी हल्लाउनेछु भनी यहूदाका राज्यपाल यरुबाबेललाई भन् ।
HAG 2:22 किनभने म जाति-जातिहरूका राज्यहरूको सिंहासनलाई पल्टाइदिनेछु र तिनीहरूका शक्तिलाई नष्‍ट गर्नेछु । रथहरू र तिनीहरूमा सवारहरूलाई म पल्टाइदिनेछु । घोडाहरू र तिनमा सवारहरू आफ्ना दाजुभाइहरूका तरवारद्धारा तल खस्‍नेछन् ।
HAG 2:23 सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ, त्यस दिन ए शालतिएलका छोरा यरुबाबेल, म तँलाई मेरो दास बनाउनेछु । म तँलाई छाप-औँठीझैँ बनाउनेछु, किनभने मैले तँलाई चुनेको छु! परमप्रभु घोषणा गर्नुहुन्छ!’”
ZEC 1:1 दाराको शासनकालको दोस्रो वर्षको आठौँ महिनामा, अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा जकरियाकहाँ परमप्रभुको यस्तो वचन आय।
ZEC 1:2 “परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूसँग अत्यन्तै रिसाउनुभएको थियो!
ZEC 1:3 तिनीहरूलाई भन्, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: मतिरफर्क!- परमप्रभु घोषणा गर्नुहुन्छ- र म तिमीहरूतिर फर्कनेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
ZEC 1:4 तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्‍ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’”
ZEC 1:5 तिमीहरूका पिता-पुर्खाहरू कहाँ छन्? अगमवक्ताहरू कहाँ छन्, के तिनीहरूयहाँ सधैँ रहन्छन्?
ZEC 1:6 तर मैले मेरा दास अगमवक्ताहरूलाई आज्ञा गरेका मेरा वचन र निर्णयहरूले के तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेकाछैनन् र? यसैकारण तिनीहरूले पाश्‍चाताप गरे र भने, ‘हाम्रा चाल र कामहरूअनुसारसुहाउँदो सेनाहरूका परमप्रभुले हामीसँग जस्तो व्यवहार गर्ने योजना गर्नुभयो, उहाँले हामीसित त्यस्तै गर्नुभएको छ ।’”
ZEC 1:7 दाराको शासनकालको दोस्रो वर्षको एघारौँ महिनाको चौबिसौँ दिन, अर्थात् शेबातको महिनामा, अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा जकरियाकहाँ परमप्रभुको यस्तो वचन आयो,
ZEC 1:8 “मैले रातमा यस्तो देखेँ! एउटा मानिस रातो घोडामा सवार थिए, र तिनी बेँसीको असारे-फूलका रूखहरूका माझमा थिए, र उनको पछाडि रातो, रातो-खैरो, र सेतो घोडाहरू थिए ।”
ZEC 1:9 मैले भनेँ, “परमप्रभु, यी कुराहरू के हुन्?” अनि मसँग बोलिरहेका स्वर्गदूतले मलाई भने, “यी कुराहरू के हुन्, म तिमीलाई देखाउनेछु ।”
ZEC 1:10 ती असारे-फूलका रूखहरूबिचमा उभिरहेका मानिसले जवाफ दिए, “यी तिनै हुन् जसलाई परमप्रभुले पृथ्वीभरि घुमफिर गर्नको निम्ति पठाउनुभएको छ ।”
ZEC 1:11 असारे-फूलका रूखहरूकाबिचमा बसेका परमप्रभुका स्वर्गदूतलाई तिनीहरूले यस्तो जवाफ दिए, “हामी सारा पृथ्वीभरि धुमिरहेका छौँ । हेर्नुहोस्, सारा पृथ्वी शान्त र आराम गरिरहेको छ ।”
ZEC 1:12 अनि परमप्रभुका स्वर्गदूतले यस्तो जवाफ दिए, सेनाहरूका परमप्रभु, यरूशलेम र यहूदाका सहरहरूप्रति तपाईंले कहिलेसम्म दया देखाउनुहुनेछैन, जससँग तपाईं सत्तरी वर्षदेखि रिसाउनुभएको छ?”
ZEC 1:13 मसँग कुरा गरेका स्वर्गदूतसँग परमप्रभुले असल शब्दहरू, सान्त्वनाका शब्दहरूमा बोल्नुभयो ।
ZEC 1:14 यसैकारण मसँग कुरा गरेका स्वर्गदूतले मलाई भने, “उच्‍च सोरमा भन, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म यरूशलेम र सियोनको निम्ति अत्यन्तै डाही भएको छु!
ZEC 1:15 सुख-चैनमा बसिरहेका जातिहरूसँग म धेरै रिसाएको छु । जब म तिनीहरूसँग थोरै मात्र रिसाएको थिएँ, तिनीहरूले विपत्तिलाई झन् खराब बनाइदिए ।
ZEC 1:16 यसकारण सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म यरूशलेममा दयासाथ फर्केको छु । मेरो भवन त्यसभित्र निर्माण हुनेछ र यरूशलेममाथि नाप्ने डोरी तन्काइनेछ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ ।’
ZEC 1:17 उच्‍च सोरमा फेरि यस्तो भन, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: मेरा सहरहरू फेरि असल कुराहरूले भरिएर पोखिनेछ, र परमप्रभुले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र उहाँले फेरी यरूशलेमलाई चुन्‍नुहुनेछ ।’”
ZEC 1:18 अनि मैले आफ्ना आँखाहरू माथि उठाएँ र चारओटा सीङ देखें!
ZEC 1:19 मसँग बोलिरहेका स्वर्गदूतसँग म बोलें, “यी के हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदा, इस्राएल, र यरूशलेमलाई तितर-बितर पारे ।”
ZEC 1:20 अनि परमप्रभुले मलाई चार जना कारीगरहरु देखाउनुभयो ।
ZEC 1:21 मैले भनें, “यी मानिसहरू के गर्न आएका हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदालाई तितर-बितर पारे ताकि कोही मानिसले पनि आफ्नो शिर उठाउन नसकोस् । तर ती कारीगरहरु तिनीहरूलाई त्रासित गर्न, र यहूदालाई तितर-बितर गर्नको निम्ति त्यसको विरुद्ध सीङ उठाएका जातिहरूका सीङहरूलाई पराजित गर्न आएका हुन् ।”
ZEC 2:1 अनि मैले माथितिर हेरें र एउटा मानिसले आफ्नो हातमा नाप्ने डोरी लिएको देखें ।
ZEC 2:2 मैले भनें, “तपाईं कहाँ जाँदैहुनुहुन्छ?” उहाँले मलाई भन्‍नुभयो, यरूशलेमलाई नाप्न, त्यसको लमाइ र चौडाइ थाहा गर्न” ।”
ZEC 2:3 त्यसपछि मसँग कुरा गरिरहेका स्वर्गदूत त्यहाँबाट गए र अर्को एउटा स्वर्गदूत उनलाई भेट्न निस्के ।
ZEC 2:4 दोस्रो स्वर्गदूतले उनलाई भने, “दौडेर जाऊ र त्यस जवान मानिसलाई यस्तो भन, ‘यरूशलेमभित्रका मानिसहरू र पशुहरूको ठुलो संख्याको कारण त्यो पर्खालविनाको देश हुनेछ ।
ZEC 2:5 किनभने म त्यसको वरिपरि आगोको पर्खाल हुनेछु, र त्यसभित्रको महिमा म नै हुनेछु, परमप्रभु घोषणा गर्नुहुन्छ ।
ZEC 2:6 जाओ, जाओ, उत्तरको देशबाट भाग - परमप्रभु घोषणा गर्नुहुन्छ, किनभने मैले तिमीहरूलाई आकाशका चार बतासझैँ तितर-बितर पारेको छु - परमप्रभु घोषणा गर्नुहुन्छ ।
ZEC 2:7 ए बेबिलोनकी छोरीसँग बस्‍ने हो, जाओ, भागेर सियोनमा जाओ!’”
ZEC 2:8 किनकि सेनाहरूका परमप्रभुले मलाई सम्मानित गर्नुभएर तिमीहरूलाई लुट्ने जातिहरूको विरुद्ध मलाई पठाउनुभएपछि (किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले परमेश्‍वरका आँखाको नानीलाई छुन्छ!) उहाँले भन्‍नुभयो,
ZEC 2:9 “तिनीहरूमाथि म आफैँ आफ्ना हात टक्‍टक्याउनेछु, र तिनीहरूका आफ्नै दासहरूले तिनीहरूलाई लुट्नेछन्।” त्यसपछि सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।
ZEC 2:10 “सियोनकी छोरी, रमाहटको गीत गाऊ, किनकि म आफैँ नै आएर तिमीहरूका बिचमा वास गर्नेछु!- परमप्रभु घोषणा गर्नुहुन्छ ।”
ZEC 2:11 त्यसपछि त्यस दिन महान् जातिहरू परमप्रभुकहाँ मिल्न आउनेछन् । उहाँ भन्‍नुहुन्छ, “अनि तिमीहरू मेरा मानिस हुनेछौ, किनकि म तिमीहरूका बिचमा वास गर्नेछु,” र सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।
ZEC 2:12 किनकि पवित्र भूमिमा परमप्रभुले यहूदालाई आफ्नो उत्तराधिकारझैँ प्राप्‍त गर्नुहुनेछ र उहाँले फेरि पनि यरूशलेमलाई आफ्नो निम्ति चुन्‍नुहुनेछ ।
ZEC 2:13 सारा मानिस हो, परमप्रभुको अगि शान्त होओ, किनकि उहाँ आफ्नो पवित्र सहरबाट जागिउठ्नुभएको छ ।
ZEC 3:1 त्यसपछि परमप्रभुले मलाई प्रधान पुजारी यहोशू परमप्रभुको स्वर्गदूतको अगि उभिएका देखाउनुभयो र शैतान तिनलाई पापको दोष लगाउनको निम्ति तिनको दाहिने हात तिर उभिरहेको थियो ।
ZEC 3:2 परमप्रभुका स्वर्गदूतले शैतानलाई भने, “ए शैतान, परमप्रभुले तँलाई हप्काऊन् । यरूशलेमलाई चुन्‍नुहुने परमप्रभुले तँलाई हप्काऊन्! के यो मानिस आगोबाट निकालिएको अगुल्टो होइन र?”
ZEC 3:3 स्वर्गदूतको अगि उभिँदा यहोशूले फोहोर लुगा लगाएका थिए ।
ZEC 3:4 अनि स्वर्गदूतले आफ्नो अगि उभिरहेकाहरूलाई भने, “त्यसबाट ती फोहोर लुगाहरू फुकालिदेओ ।” अनि तिनले यहोशूलाई भने, “हेर! मैले तिम्रा पाप तिमीबाट अलग गराइदिएको छु र म तिमीलाई असल लुगा लगाइदिनेछु ।”
ZEC 3:5 त्यसपछि मैले भनें, “तिनीहरूले तिनको शिरमा एउटा सफा फेटा लगाइदिऊन्!” यसैले परमप्रभुका स्वर्गदूत उभिरहँदा नै तिनीहरूले यहोशूको शिरमा सफा फेटा लगाइदिए र तिनलाई सफा लुगा पहिराइदिए ।
ZEC 3:6 त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूलाई यस्तो कडा आज्ञा दिए,
ZEC 3:7 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ, तँ मेरा मार्गमा हिँडिस्, र मेरा आज्ञाहरू पालन गरिस् भने, तैंले मेरो भवनको जिम्मा लिनेछस् र मन्दिरको सुरक्षा गर्नेछस्, किनकि यहाँ मेरो सामु उभिएकाहरूमध्ये म तँलाई भित्र आउन र बाहिर जान दिनेछु ।
ZEC 3:8 प्रधान पुजारी यहोशू, र तँसँगै बस्‍ने तेरा साथीहरू, सुन! किनकि यी मानिसहरू चिन्ह हुन्, तर म आफैँले नै मेरा दास अर्थात् हाँगोलाई ल्याउनेछु ।
ZEC 3:9 अब मैले यहोशूको सामु राखिदिएको ढुङ्गोलाई हेर् । यो एउटा ढुङ्गोमा सात आँखाहरू छन्, र म एउटा शिलालेख खोप्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ, अनि म एक दिनमा नै यस भूमिबाट पाप मेटाउनेछु।
ZEC 3:10 त्यस दिनमा हरेक मानिसले आफ्नो छिमेकीलाई आफ्नो दाखको बोट र अन्जिरको रूखमुनि बस्‍न निम्तो दिनेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ ।”
ZEC 4:1 त्यसपछि मसँग कुरा गरिरहेका स्वर्गदूत फर्के र मलाई निन्द्राबाट जगाइएको मानिसझैँ जगाए ।
ZEC 4:2 तिनले मलाई भने, “तिमीले के देख्दैछौ?” मैले भनें, “मैले पूर्ण रूपमा सुनले बनेको एउटा सामदान देख्दैछु, र त्यसको टुप्पोमा एउटा बटुको रहेको छ । त्यसमा सातओटा बत्ती छन् र हरेक बत्तीको टुप्पोमा सातओटा नली छन् ।
ZEC 4:3 बटुकोको दाहिनेपट्टि एउटा जैतूनको रूख र देब्रेपट्टि अर्को जैतूनको रूख रहेका छन् ।”
ZEC 4:4 अनि मसँग कुरा गरिरहेका स्वर्गदूतसँग मैले फेरि भनें, “मेरा मालिक, यी कुराहरूको अर्थ के हो?”
ZEC 4:5 मसँग कुरा गरिरहेका स्वर्गदूतले मलाई जवाफ दिए, “के तिमीलाई यी कुराहरूको अर्थ थाहा छ?” मैले भनें, “अँहँ, मेरा मालिक ।”
ZEC 4:6 यसैले तिनले मलाई भने, “यो यरुबाबेलको निम्ति परमप्रभुको वचन हो: न त बलले, न शक्तिले, तर मेरो आत्माले, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
ZEC 4:7 महान् पर्वत, तँ के होस्? यरुबाबेलको अगि तँ समतल जमिन हुनेछस्, र उहाँले टुप्पोको ढुङ्गोलाई ‘अनुग्रह! त्यसलाई अनुग्रह’ भन्‍ने सोरहरूको बिचमा ल्याउनुहुनेछ ।”
ZEC 4:8 परमप्रभुको यस्तो वचन मकहाँ आयो,
ZEC 4:9 “यरुबाबेलका हातले यस भवनको जग बसाल्यो, र त्यसकै हातले यो पूर्ण गर्नेछ ।” अनि सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूले थाहा गर्नेछौ ।
ZEC 4:10 साना कुराहरूका दिनलाई कसले तुच्छ ठानेको छ? यी मानिसहरूले रमाहट गर्नेछन् र यरुबाबेलको हातमा तिनीहरूले साहुल देख्‍नेछन् । (यी सात बत्तीहरू परमप्रभुका आँखा हुन् जुन सारा पृथ्वीभरि घुमिरहन्छन् ।)
ZEC 4:11 त्यसपछि मैले स्वर्गदूतलाई सोधें, “सामदानको दाहिने र देब्रेपट्टि रहेका जैतूनका यी दुइ रूखहरू के हुन्?”
ZEC 4:12 मैले फेरि तिनलाई सोधें, “सुनको तेल बगरहने यी दुइ सुनका नलीहरूका छेउमा भएका जैतूनका यी दुइ हाँगाहरू के हुन्?”
ZEC 4:13 अनि तिनले मलाई भने, “के तिमीलाई यी कुराहरू के हुन् भन्‍ने थाहा छ?” मैले भनें, “अँहँ, मेरा मालिक ।”
ZEC 4:14 अनि तिनले भने, “यी दुइ नयाँ जैतूनकोतेलका छोराहरू हुन् जो सारा पृथ्वीका परमप्रभुको अगि खडा हुन्छन् ।”
ZEC 5:1 अनि म फर्कें र मेरो नजर उठाएर हेर्दा मेरोअगि एउटा चर्मपत्रको मुट्ठो उडिरहेको देखें ।
ZEC 5:2 स्वर्गदूतले मलाई भने, “तिमी के देख्दैछौ?” मैले जवाफ दिएँ, “मैले नौ मिटर लामो र साढे चार मिटर चौडा चर्मपत्रको मुट्ठो उडिरहेको देख्दै छु ।”
ZEC 5:3 अनि तिनले मलाई भने, “यो त्यो सराप हो जुन सारा भूमिमा जानेछ । किनकि यसको एकापट्टि जे भनिएको छ त्यसको आधारमा हरेक चोर बहिष्कृत हुनेछ, र अर्कापट्टि जे भनिएको छ त्यसको आधारमा झुटो शपथ खाने हरेक बहिष्कृत हुनेछ ।”
ZEC 5:4 “म यो पठाउनेछु, अनि त्यो चोरको घरमा र मेरो नाउँको झुटो शपथ खानेको घरमा जानेछ, परमप्रभु घोषणा गर्नुहुन्छ । त्यो त्यस घरभित्रै रहनेछ र त्यसका काठहरू र ढुङ्गाहरूलाई ध्वस्त पार्नेछ ।”
ZEC 5:5 त्यसपछि मसँग बोलिरहेका स्वर्गदूत बाहिर निस्के अनि मलाई भने, “आफ्नो नजर उठाउ र आउन लागेको कुरा हेर!”
ZEC 5:6 मैले भनें, “त्यो के हो?” तिनले भने, “यो एउटा नाप्ने डालो हो । सारा भूमिमा तिनीहरूका पाप यही हो ।”
ZEC 5:7 अनि त्यस डालोको ढक्‍कन उठाइयो र त्यस डालोभित्र एउटी स्‍त्री थिई ।
ZEC 5:8 स्वर्गदूतले भने, “योचाहिँ दुष्‍टता हो!” तिनले त्यस स्‍त्रीलाई त्यस डालोभित्र फ्याँकिदिए, र त्यसको ढक्‍कन लगाइदिए ।
ZEC 5:9 मैले आफ्नो नजर उठाएँ अनि दुई जना स्‍त्री मतिर आइरहेको देखें, र बतास तिनीहरूका पखेटामा थियो, किनकि तिनीहरूका पखेटा सारसका पखेटाझैँ थिए । तिनीहरूले त्यो डालोलाई पृथ्वी र आकाशको बिचमा पुर्‍याए ।
ZEC 5:10 यसैले मसँग बोलिरहेका स्वर्गदूतलाई मैले भनें, “तिनीहरूले त्यो डालो कहाँलैजाँदै छन्?”
ZEC 5:11 तिनले मलाई भने, “त्यसको निम्ति बेबिलोनिया देशमा मन्दिर बनाउनको निम्ति ।मन्दिर तयार भएपछि, डालो राख्‍नको निम्ति बनाइएको स्थानमा त्यो राखिनेछ ।”
ZEC 6:1 अनि मैले फर्केर आफ्नो नजर उठाएँ र दुइओटा पर्वतका बिचबाट चारओटा रथ बाहिर आउँदै गरेको देखें; र ती पर्वतहरू काँसाका थिए ।
ZEC 6:2 पहिलो रथमा रातो रङ्गका घोडाहरू, दोस्रोमा कालो रङ्गका घोडाहरू,
ZEC 6:3 तेस्रो रथमा सेतो रङ्गका घोडाहरू, र चौथो रथमा पाटे खरानी रङ्गका घोडाहरू थिए ।
ZEC 6:4 यसैकारण मसँग बोलिरहेका स्वर्गदूतलाई मैले जवाफ दिएँ, “यी के हुन्, मेरा मालिक?”
ZEC 6:5 ती स्वर्गदूतले मलाई जवाफमा भने, “यी आकाशका चारओटा बतास हुन् र ती सारा पृथ्वीका परमप्रभुको अगि खडाभएर त्यहाँबाट बाहिर निस्कनेछन् ।
ZEC 6:6 कालो रङ्गका घोडाहरू भएको रथचाहिँ उत्तरको देशमा जानेछ, सेतो रङ्गका घोडाहरू भएको रथचाहिँ पश्‍चिमको देशमा, र पाटे खरानी रङ्गका घोडाहरू भएको रथ चाहिँ दक्षिणको देशमा जानेछ ।”
ZEC 6:7 यी बलिया घोडाहरू बाहिर निस्के र पृथ्वीमाथि परिवहन गर्न थाले, यसैले स्वर्गदूतले भने, “जाओ र पृथ्वीमाथि घुम!” र तिनीहरू सबै पृथ्वीतिर गए ।
ZEC 6:8 त्यसपछि तिनले मलाई बोलाएर भने, “उत्तरको देशमा गइरहेकालाई हेर, तिनीहरूले त्यहाँ मेरो आत्मालाई प्रसन्‍न बनाएका छन् ।”
ZEC 6:9 यसैकारण परमप्रभुको यस्तो वचन मकहाँ आयो,
ZEC 6:10 “निर्वासनमा गएकाहरू हेल्दै, तोबियाह र यदायाहबाट एउटा भेटी लिएर सोही दिन बेबिलोनबाट आएका सपन्याहको छोरो योशियाहको घरमा लैजा ।
ZEC 6:11 अनि चाँदी र सुन लिएर एउटा मुकुट बना, र प्रधान पुजारी यहोसादाकको छोरो यहोशूको शिरमा लगाइदे ।
ZEC 6:12 त्यसलाई यस्तो भन्‍नू, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: यो मानिसको नाउँ हाँगा हो! यो त्यसको आफ्नै ठाउँमा बढ्नेछ र त्यसले परमप्रभुको मन्दिर बनाउनेछ!
ZEC 6:13 त्यो त्यही हो जसले परमप्रभुको मन्दिर बनाउनेछ, र त्यो राजकीय वैभवले पहिराइनेछ, त्यो आफ्नो सिंहासनमा विराजमान भएर शासन गर्नेछ । त्यो आफ्नो सिंहासनमा एउटा पुजारी हुनेछ, र दुईको बिचमा मिलाप गराउनेछ ।
ZEC 6:14 मुटुकचाहिँ हेल्दै, तोबियाह, यदायाह, र सपन्याहको छोरो हेनलाई परमप्रभुको मन्दिरमा सम्झनाको निम्ति दिइनेछ ।
ZEC 6:15 टाढा-टाढा भएकाहरू आएर परमप्रभुको मन्दिर बनाउनेछन्, अनि सेनाहरूहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूलाई थाहा हुनेछ । किनकि तिमीहरूले साँचो रूपमा परमप्रभु आफ्ना परमेश्‍वरको आवाज सुन्यौ भने, यो हुनेछ ।’”
ZEC 7:1 दारा राजाले चार वर्ष शासन गरिसकेपछि, किसलेव (अर्थात् नवौँ महिना) को चौथो दिनमा, परमप्रभुको वचन जकरियाकहाँ आयो ।
ZEC 7:2 बेथेलका मानिसहरूले शरेसेर र रेगेम-मेलक र तिनीहरूका मानिसहरूलाई परमप्रभुको सामु बिन्ती गर्न पठाए ।
ZEC 7:3 तिनीहरूले सेनाहरूका परमप्रभुका भवनमा भएका पुजारीहरू र अगमवक्ताहरूलाई यस्तो भने, “मैले बितेका वर्षहरूमा गर्आएकोझैँ, के म पाचौँ महिनामा उपवास बसेर विलाप गरूँ?”
ZEC 7:4 यसैकारण सेनाहरूका परमप्रभुको यस्तो वचन मकहाँ आयो,
ZEC 7:5 “भूमिका सबै मानिसहरू र पुजारीहरूलाई यस्तो भन्, ‘यी सत्तरी वर्षसम्म तिमीहरूले पाचौँ र सातौँ महिनामा उपवास बस्दा र विलाप गर्दा, के तिमीहरू साँच्‍चै मेरो निम्ति उपवास बसिरहेका थियौ?
ZEC 7:6 तिमीहरूले खाँदा र पिउँदा, के तिमीहरूले आफ्नै निम्ति खाएनौ र आफ्नै निम्ति पिएनौ?
ZEC 7:7 तिमीहरू यरूशलेम र आसपासका सहरहरूमा सम्पन्‍नतामाबसोबास गरिरहँदा र तिमीहरू नेगेव, र पश्‍चिमका पहाडहरूको फेदमा अवस्थित हुँदा, के अगिल्ला अगमवक्ताहरूका मुखबाट परमप्रभुले घोषणा गर्नुभएका वचन यी नै थिएनन् र?’”
ZEC 7:8 परमप्रभुको यस्तो वचन जकरियाकहाँआयो,
ZEC 7:9 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ, ‘साँचो न्याय, करारको विश्‍वसनीयता, र अनुग्रहद्वारा इन्साफ गर । हरेक मानिसले आफ्नो दाजुभाइको निम्ति यस्तो गरोस् ।
ZEC 7:10 विधवा र टुहुरा, परदेशी, र गरिब मानिसमाथिअत्याचार नगर, र कसैले पनि आफ्नो हृदयमा अर्काको विरुद्ध खराबीको योजना नबनाओस् ।’
ZEC 7:11 तर तिनीहरूले ध्यान दिएनन् र हठी भएर आफ्नो पीठ फर्काए । तिनीहरूले आफ्ना कान थुने र केही पनि सुनेनन् ।
ZEC 7:12 व्यवस्था वा सेनाहरूका परमप्रभुको वचन नसुन्‍नको निम्ति तिनीहरूले आफ्ना हृदयलाई चट्टानझैँ कडा बनाए । पहिलेका समयमा, उहाँले यी सन्देशहरू आफ्ना मानिसहरूकहाँ आफ्नो आत्माद्वारा, अगमवक्ताहरूका ओठद्वारा पठाउनुभयो । तर ती मानिसहरूले सुन्‍न इन्कार गरे, यसैकारण सेनाहरूका परमप्रभु तिनीहरूसँग धेरै रिसाउनुभयो ।
ZEC 7:13 उहाँले बोलाउनुहुँदा, तिनीहरूले सुनेनन् । त्यसरी नै तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म त्यो सुन्‍नेछैनँ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
ZEC 7:14 “किनकि म आँधीबेहरीद्वारा तिनीहरूलाई तिनीहरूले नदेखेकाजातिहरूका बिचमा तितर-बितर पार्नेछु, र तिनीहरूपछि त्यो भूमि निर्जन हुनेछ । किनकि कोही पनि त्यो देशबाट भएर जानेछैन न त कोही त्यहाँ फर्कनेछ किनभने मानिसहरूले आफ्नो सुन्दर भूमिलाई उजाड बनाएका छन् ।”
ZEC 8:1 परमप्रभुको यस्तो वचन मकहाँ आयो,
ZEC 8:2 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म सियोनको निम्ति साह्रै डाही भएको छु र म त्यसको निम्ति डाही भएर अत्यन्तै रिसाएको छु!
ZEC 8:3 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म सियोनमा फर्कनेछु र यरूशलेममा वास गर्नेछु, किनकि यरूशलेम सत्यको सहर भनिनेछ र सेनाहरूका परमप्रभुको पर्वतचाहिँ पवित्र पर्वत भनिनेछ!
ZEC 8:4 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: यरूशलेमका सडकहरूमा फेरि वृद्ध पुरुष र स्‍त्रीहरू हुनेछन्, र हरेक मानिस धेरै वृद्ध भएको हुँदा उसलाई आफ्नो हातमा एउटा लौरो आवश्यक पर्नेछ ।
ZEC 8:5 त्यस सहरका सडकहरू खेल्ने केटा-केटीहरूले भरिनेछन् ।
ZEC 8:6 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: ती दिनहरूमा बाँकी रहेका यी मानिसहरूका आँखामा केही कुरा असम्भव देखिएमा, के ती मेरो नजरमा पनि असम्भव हुन्छन् र? - परमप्रभु घोषणा गर्नुहुन्छ ।
ZEC 8:7 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: हेर, सुर्योदय हुने र सुर्यास्त हुने भूमिबाट मैले मेरा मानिसहरूलाई बचाउन लागेको छु!
ZEC 8:8 किनभने म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरू यरूशलेममा वास गर्नेछन्, अनि तिनीहरू फेरि मेरा मानिसहरू हुनेछन्, र सत्यता र धार्मिकतामा म तिनीहरूका परमेश्‍वर हुनेछु ।
ZEC 8:9 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: मेरो यस घरको जग बसालिँदा अगमवक्ताहरूको ओठबाट निस्केका वचनहरू जसले अहिले सुन्दछन्, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ: आफ्ना हातहरू बलिया बनाओ, ताकि त्यो मन्दिर निर्माण गर्न सकियोस् ।
ZEC 8:10 किनकि ती दिनहरूभन्दा पहिले कोहीले पनि फसल बटुल्दैन थिए, मानिस वा पशुको निम्ति त्यहाँ कुनै मुनाफा थिएन, र आउने र जाने कसैलाई पनि शत्रुहरूबाट शान्ति थिएन । मैले हरेक मानिसलाई त्यसको छिमेकीको विरुद्ध खडा गरेको थिएँ ।
ZEC 8:11 तर म अब पहिलेका दिनमाझैँ हुन्‍न, म यी बाँकी रहेका मानिसहरूसँग हुनेछु - सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ ।
ZEC 8:12 किनभने शान्तिको बीउ छरिनेछ; माथि बढ्दै गरेको दाखले आफ्नो फल दिनेछ र पृथ्वीले आफ्नो उब्जनी: आकाशले शीत दिनेछ, किनभने यी बाँकी रहेका मानिसहरूलाई म यी सबै कुराहरू उत्तराधिकारमा दिनेछु ।
ZEC 8:13 ए यहूदा र इस्राएलको घराना,अन्य श्रापित जातिहरूमा तिमीहरू एउटा उदाहरण थियौ । यसैकारण म तिमीहरूलाई बचाउनेछु र तिमीहरू आशिषको कारण हुनेछौ । नडराओ; तिमीहरूका हात बलियो बनाओ!
ZEC 8:14 किनभने सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका पिता-पुर्खाहरूले मलाई रिस उठाउँदा मैले तिनीहरूलाई हानी पुर्‍याउने योजना गरेर तिनीहरूप्रति दया देखाइनँ - परमप्रभु घोषणा गर्नुहुन्छ,
ZEC 8:15 यी दिनहरूमा पनि म यरूशलेम र यहूदाको घरानालाई भलाइ गर्ने योजना गर्नेछु! नडराओ!
ZEC 8:16 तिमीहरूले यी कामहरू गर्नुपर्छ: हरेक मानिसले आफ्नो छिमेकीसँग सत्य बोलोस् । आफ्नो इलाकामा सत्य, न्याय, र शान्तिसँग इन्साफ गर ।
ZEC 8:17 आफ्नो हृदयमा एक अर्काको विरुद्धमा खराबी गर्ने योजना नबनाओ, र झुटा शपथलाई प्रेम नगर - किनभने यी कुराहरूलाई म घृणा गर्दछु! – परमप्रभु घोषणा गर्नुहुन्छ ।”
ZEC 8:18 अनि सेनाहरूका परमप्रभुको यस्तो वचन मकहाँ आयो,
ZEC 8:19 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: चौथो, साथौँ, र दशौँ महिनाका उपवासहरू यहूदाका घरानाको निम्ति आनन्द, हर्ष, र खुशीका पर्वहरूका समय हुनेछन्! यसैले सत्य र शान्तिलाई प्रेम गर!
ZEC 8:20 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: विभिन्‍न सहरहरूमा बस्‍ने सबै मानिसहरू फेरि आउनेछन् ।
ZEC 8:21 एउटा सहरका वासिन्दाहरू अर्को सहरमा जानेछन् र भन्‍नेछन्, ‘हामी तुरुन्तै परमप्रभुको सामु बिन्ती गर्न र सेनाहरूका परमप्रभुको खोजी गर्न जाऔँ! हामीहरू आफैँ पनि जाँदै छौँ ।’
ZEC 8:22 धेरै मानिसहरू र धेरै जातिहरू यरूशलेममा सेनाहरूका परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्‍त गर्न आउनेछन्!
ZEC 8:23 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: ती दिनहरूमा हरेक भाषा र जातिबाट दश जना मानिसहरूले तिम्रो लबेदाको छेउ समातेर यसो भन्‍नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्, किनभने परमेश्‍वर तपाईंसँग हुनुहुन्छ भन्‍ने हामीले सुनेका छौँ!’”
ZEC 9:1 “हद्राकको देशको विषयमा परमप्रभुको यस्तो वचन घोषणा भयो, र उहाँको वचन दमस्कसको विषयमा पनि आयो, किनभने सबै मनुष्यजाति र इस्राएलका सबै कुलहरूका आँखा परमप्रभुतिर छन् ।
ZEC 9:2 दमस्कसको सिमानामा भएको हमात, र टुरोस र सीदोनको निम्ति पनि यो घोषणा हो, किनकि तिनीहरू धेरै बुद्धिमान छन् ।
ZEC 9:3 टुरोसले आफैँ एउटा गढी बनाएको छ, र त्यसले सडकहरूमा धुलोसरह चाँदी र माटोसरह निखुर सुन थुपारेको छ ।
ZEC 9:4 हेर! परमप्रभुले त्यसबाट सबै खोस्‍नुहुनेछ र त्यसको बललाई समुद्रमा नष्‍ट गर्नुहुनेछ, अनि त्यो आगोले भस्म हुनेछ ।
ZEC 9:5 अश्कलोनले त्यो देख्‍नेछ र डराउनेछ! गाजा पनि थर-थर काँप्नेछ! एक्रोनको आशा निराशामा परिणत हुनेछ । गाजाबाट राजा नष्‍ट हुनेछ, र अश्कलोनमा कोही वास गर्नेछैन!
ZEC 9:6 अश्दोदमा परदेशीहरूले घर बसाल्नेछन्, र म पलिश्तीहरूको घमण्ड तोडिदिनेछु ।
ZEC 9:7 किनकि म तिनीहरूका मुखबाट रगत र तिनीहरूका दाँतबाट घिनलाग्दा कुराहरू हटाइदिनेछु । तिनीहरू हाम्रा परमेश्‍वरको निम्ति बाँकी रहेकाहरू, यहूदाको एउटा कुलझैँ हुनेछन्, र एक्रोन यबूसीजस्तै हुनेछ ।
ZEC 9:8 शत्रुका सेनाहरूको विरुद्ध म मेरो भूमिवरिपरि छाउनी लगाउनेछु, ताकि त्यहाँबाट न त कोही छिरोस् वा निस्कोस्, किनकि कोही अत्याचारीले पनि तिनीहरूलाई कुल्चनेछैन, किनभने म मेरै आँखाले नजर लगाउनेछु!
ZEC 9:9 ए सियोनकी छोरी अति धेरै आनन्दले कराऊ! यरूशलेमकी छोरी खुशीले कराऊ! हेर! तिम्रा राजा धार्मिकतामा तिमीकहाँ तिमीलाई बचाउन आउँदै हुनुहुन्छ । उहाँ नम्र हुनुहुन्छ र उहाँ गधामाथि, अर्थात् गधाको बछेडामाथि सवार हुनुहुन्छ ।
ZEC 9:10 अनि म एफ्राइमबाट रथ र यरूशलेमबाट घोडा हटाइदिनेछु, र युद्धबाट धनु हटाइनेछन्, किनभने उहाँले जाति-जातिमा शान्ति घोषणा गर्नुहुनेछ, र एउटा समुद्रदेखि अर्कोसम्म, र नदीदेखि पृथ्वीको छेउ-छेउसम्म उहाँको प्रभुत्व रहनेछ!
ZEC 9:11 तँसँग मेरो करारको रगतको कारण, ती सुक्खा खाडलबाट म तेरा कैदीहरूलाई मुक्त गरिदिनेछु ।
ZEC 9:12 आशा भएका कैदीहरू, गढीमा फर्क! आज म यो घोषणा गर्दै छु, कि म तिमीहरूलाई दोब्बर फिर्ता गरिदिनेछु,
ZEC 9:13 किनभने मैले यहूदालाई मेरो धनुझैँ बङ्गाएको छु । मैले मेरो तूणलाई एफ्राइमले भरेको छु । ए सियोन, मैले तेरा छोराहरूलाई ग्रीसका छोराहरूको विरूद्ध उक्साएको छु, र सियोन, मैले तँलाई योद्धाको तरवारझैँ बनाएको छु!”
ZEC 9:14 परमप्रभु तिनीहरूकहाँ देखापर्नुहुनेछ, उहाँको काँड बिजुलीझैँ निस्कनेछ! किनकि मेरा परमप्रभु परमेश्‍वरले तुरही फुक्‍नुहुनेछ र उहाँ तेमानबाट आँधीको साथ अगि बढ्नुहुनेछ ।
ZEC 9:15 सेनाहरूका परमप्रभुले तिनीहरूको सुरक्षा गर्नुहुनेछ, र तिनीहरूले उनीहरूलाई नाश गर्नेछन् र घुयेँत्रोका ढुङ्गाहरूलाई पराजय गर्नेछन् । तिनीहरूले पिउनेछन् र मद्यले मातेका मानिसहरुझैँ ठुलो सोरमा कराउनेछन्, र तिनीहरू बटुकाझैँ, र वेदीका छेउहरूझैँ मद्येले भरिनेछन् ।
ZEC 9:16 यसैकारण परमप्रभु तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई त्यस दिन आफ्ना मानिसहरूको बागललाईझैँ बचाउनुहुनेछ । तिनीहरू उहाँको देशमा चम्कने मुकुटका रत्‍नहरू हुन् ।
ZEC 9:17 तिनीहरू कत्ति असल र कति सुन्दर हुनेछन्! जवान मानिसहरू अन्‍नले र कन्याहरू नयाँ मद्यले हृष्‍टपुष्‍ट हुनेछन् ।
ZEC 10:1 वसन्त ऋतुको मौसममा परमप्रभुबाट वर्षा माग, परमप्रभु जसले आकाशमा बिजुली र आँधी बनाउनुहुन्छ, अनि उहाँले सबैलाई वर्षाको झरी र भूमिमा उब्जनी दिनुहुनेछ ।
ZEC 10:2 किनकि घरका मूर्तिहरू झुट बोल्छन्, र भविष्य बताउनेहरू झुटा दर्शनहरू देख्‍छन् । तिनीहरू छलपूर्ण सपनाहरू बताउँछन् र व्यर्थका सान्त्वना दिन्छन् ।यसैकारण तिनीहरू भेडाझैँ बरालिन्छन् र गोठालो नभएकोले समस्यामा पर्छन् ।
ZEC 10:3 “मेरो क्रोध गोठालाहरूमाथि खनिन्छ । भाले बोको, अर्थात् अगुवाहरूलाई म दण्ड दिनेछु । सेनाहरूका परमप्रभुले उहाँको बगाल अर्थात् यहूदाको घरानाको हेरचाह गर्नुहुनेछ र तिनीहरूलाई युद्धको घोडाझैँ बनाउनुहुनेछ!
ZEC 10:4 कुने-ढुङ्गो यहूदाबाट आउनेछ । पालको कीला त्यसबाट आउनेछ, अनि युद्धको धनु र हरेक शासक एकसाथ त्यसैबाट आउनेछ ।
ZEC 10:5 युद्दको मैदानको माटोमा आफ्ना शत्रुहरूलाई कुल्चने योद्धाहरूझैँ तिनीहरू हुनेछन् । तिनीहरूले युद्ध गर्नेछन्, किनकि परमप्रभु तिनीहरूसँग हुनुहुन्छ, र तिनीहरूले युद्धका घोडा चढ्नेहरूलाई शर्ममा पार्नेछन् ।
ZEC 10:6 म यहूदाको घरानाललाई बलियो बनाउनेछु र योसेफको घरानालाई बचाउनेछु, किनकि म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु र तिनीहरूमाथि दया देखाउनेछु । तिनीहरू वहिष्कृत नभएकाहरूझैँ हुनेछन्, किनकि म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ, र म तिनीहरूलाई उत्तर दिनेछु ।
ZEC 10:7 अनि एफ्राइम योद्धाझैँ हुनेछ, र तिनीहरूका हृदय मद्यले झैँ आनन्दित हुनेछ । तिनीहरूका छोराछोरीहरूले यो देखेर आनन्द मनाउनेछन् । तिनीहरूका हृदय ममा आनन्दित हुनेछन्!
ZEC 10:8 म तिनीहरूलाई सुस्केराले बोलाउनेछु र तिनीहरूलाई भेला गराउनेछु । म तिनीहरूलाई बचाउनेछु, र तिनीहरू पहिलेको झैँ महान् हुनेछन्!
ZEC 10:9 मैले तिनीहरूलाई मानिसहरूका बिचमा छरेँ, तर तिनीहरूले मलाई टाढा-टाढाका देशहरूमा सम्झनेछन्, यसैकारण तिनीहरू र तिनीहरूका छोराछोरीहरू बाँच्नेछन् र फर्कनेछन् ।
ZEC 10:10 किनकि म तिनीहरूलाई मिश्र देशबाट पुनर्स्थापित गर्नेछु र तिनीहरूलाई अश्शूर देशबाट भेला गराउनेछु । गिलाद र लेबनानमा तिनीहरूका निम्ति ठाउँ बाँकी नरहेसम्म म तिनीहरूलाई त्यहाँ लानेछु ।
ZEC 10:11 म तिनीहरूको पीडाको समुद्रबाट भएर जानेछु । म त्यस समुद्रका छालहरूलाई प्रहार गर्नेछु र नील नदीका सबै गहिराइलाई सुकाइदिनेछु । अश्शूरको गौरव घटाइनेछ, र मिश्रको राजदण्ड मिश्रीहरूबाट टाढा जानेछ ।
ZEC 10:12 तिनीहरूलाई म ममा नै बलियो बनाउनेछु, र तिनीहरू मेरो नाउँमा हिँड्नेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ ।”
ZEC 11:1 ए लेबनान तेरा ढोकाहरू खोल्, ताकि आगोले तेरा देवदारुहरूलाई भस्म पारोस्!
ZEC 11:2 ए सल्लोको रूख, विलाप गर्, किनकि देवदारुका रूखहरू ढलेका छन्! सुन्दर र महान् भनिएका कुराहरू ध्वस्त भएका छन्! ए बाशानका फलाँटका रूखहरू, विलाप गर, किनभने त्यो ठुलो जङ्गल सखाप भएको छ ।
ZEC 11:3 गोठालाहरू वेदनामा रुन्छन्, किनभने तिनीहरूको महिमा नष्‍ट पारिएको छ! जवान सिंहहरू गर्जन्छन्, किनकि यर्दन नदीको घमण्ड नष्‍ट पारिएको छ ।
ZEC 11:4 परमप्रभु मेरा परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “गोठालाले झैँ काटिनको निम्ति अलग गरिएको बगालको हेरचाह गर्!
ZEC 11:5 ती किन्‍नेहरूले तिनीहरूलाई काट्छन् र तिनीहरूलाई सजाय दिइँदैन, र तिनीहरूलाई बेच्नेहरूले भन्छन्, ‘परमप्रभुको प्रशंसा होस्! म धनी भएको छु!’ किनकि बगालका मालिकहरूका निम्ति काम गर्ने गोठालाहरूले तिनीहरूमाथि दया देखाएनन् ।
ZEC 11:6 किनकि अब म भूमिमा बसोबास गर्नेहरूलाई दया देखाउनेछैनँ! - परमप्रभु घोषणा गर्नुहुन्छ । हेर, म हरेक मानिसलाई त्यसको छिमेकी र त्यसको राजाको हातमा सुम्पन लाग्दै छु, अनि तिनीहरूले भूमिलाई नष्‍ट गर्नेछन् र तिनीहरूका हातबाट म कसैलाई पनि छुटाउनेछैन ।”
ZEC 11:7 यसैकारण म काटिनको निम्ति चिन्ह लगाइएको भेडाको बगालको गोठालो बनेँ । मैले दुईवटा लौरो लिएँ: एउटा लौरोलाई मैले “अनुग्रह” नाउँ दिएँ र अर्कोलाई“एकता” नाउँ दिएँ । यसरी मैले बगालको हेरचाह गरेँ ।
ZEC 11:8 एक महिनामा मैले तिनवटा गोठालालाई नाश गरेँ । म तिनीहरूप्रति धैर्य भइनँ, र तिनीहरूले मलाई घृणा गरे ।
ZEC 11:9 अनि मैले मालिकहरूलाई भनेँ, “म अब तिमीहरूका निम्ति गोठालोको रूपमा काम गर्नेछैनँ । मर्न लागेका भेडाहरू मरून्, नष्‍ट भइरहेका भेडाहरूलाई नष्‍ट हुनदेऊ । बाँकी रहेको भेडोलेचाहिँ आफ्नो छिमेकीको मासु खाओस् ।”
ZEC 11:10 यसैकारण मैले आफ्नो लौरो “अनुग्रह” लिएँ अनि आफ्ना सबै कुलहरूसँग गरेको करार तोड्नको निम्ति त्यो भाँचिदिएँ ।
ZEC 11:11 त्यस दिन त्यो करार तोडियो, र भेडाको हेरचाह गर्नेहरू र मलाई हेर्नेहरूले परमप्रभु बोल्नुभएको थाहा पाए ।
ZEC 11:12 मैले तिनीहरूलाई भनेँ, “यदि तिमीहरूलाई यो असल लागे, मलाई मेरो ज्याला देओ । तर तिमीहरूलाई असल नलागे, नदेओ ।” यसैले तिनीहरूले मेरो ज्याला चाँदीका तिस टुक्रा हिसाब गरे ।
ZEC 11:13 अनि परमप्रभुले मलाई भन्‍नुभयो, “तिनीहरूले तेरो मुल्य तय गरेको उत्कृष्‍ट मोलमा त्यो चाँदी भण्डारमा जम्मा गर्!” यसैकारण मैले ती तिस टुक्रा चाँदी लिएर परमप्रभुको भवनमा भण्डारमा जम्मा गरेँ ।
ZEC 11:14 अनि यहूदा र इस्राएलबिचको दाजुभाइको नातालाई तोड्नको निम्ति मैले मेरो दोस्रो लौरो “एकता” पनि भाँचे ।
ZEC 11:15 परमप्रभुले मलाई भन्‍नुभयो, “फेरि, मूर्ख गोठालोको उपकरण तेरो निम्ति ली,
ZEC 11:16 किनभने हेर्, म भूमिमा एउटा गोठालो नियुक्त गर्दैछु । त्यसले हराउँदै गरेको भेडाको वास्ता गर्नेछैन । हराएको भेडालाई त्यो खोज्न जानेछैन, न त घाइते भेडालाई निको पार्नेछ । त्यसले स्वस्थ भेडाहरूलाई खुवाउनेछैन, तर मोटो भेडाको मासु खानेछ र तिनीहरूका खुरलाई च्यात्‍नेछ ।
ZEC 11:17 धिक्‍कार, आफ्नो बगाललाई त्याग्‍ने बेकामको गोठालो! त्यसको पाखुरा र दाहिने आँखाको विरुद्ध तरवार चलाइयोस्! त्यसको पाखुरा सुकोस् र त्यसको दाहिने आँखा अन्धो होस्!”
ZEC 12:1 इस्राएलको विषयमा परमप्रभु यस्तो घोषणा गर्नुहुन्छ, जसले आकाश बनाउनुभयो र पृथ्वीको जग बसाल्नुभयो, जसले मानिसको आत्मालाई त्यसभित्र रच्नुभयो,
ZEC 12:2 “हेर, म यरूशलेमलाई एउटा कचौरा तुल्याउँदै छु जसको कारण त्यसको वरिपरिका सबै धरमराउनेछन् । यरूशलेमको विरुद्ध घेरावन्दी हुँदा यहूदाको निम्ति पनि त्यस्तै हुनेछ ।
ZEC 12:3 त्यस दिन, म सबै जातिहरूका निम्ति यरूशलेमलाई एउटा गह्रौँ ढुङ्गो तुल्याउनेछु । त्यो ढुङ्गोलाई उठाउन खोज्ने सबैलाई गहिरो चोट लाग्‍नेछ, र पृथ्वीका सबै जातिहरू त्यस सहरको विरुद्धमा एक हुनेछन् ।
ZEC 12:4 त्यस दिन, म हरेक घोडालाई भ्रमले र त्यसमा सवारलाई पागलपनले प्रहार गर्नेछु - परमप्रभु घोषणा गर्नुहुन्छ। यहूदाको घरानामाथि म मेरो नजर लगाउनेछु, तर जाति-जातिहरूका हरेक घोडालाई म अन्धोपनले प्रहार गर्नेछु ।
ZEC 12:5 अनि यहूदाका अगुवाहरूले आफ्ना हृदयमा यस्तो भन्‍नेछन्, ‘सेनाहरूका परमप्रभु, तिनीहरूका परमेश्‍वरको कारण यरूशलेमका वासिन्दाहरू हाम्रो बल भएका छन् ।’
ZEC 12:6 त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको बिचको आगोको मकलझैँ र बिटाहरूको बिचमा बलिरहेको राँकोझैँ तुल्याउनेछु, किनकि तिनीहरूले वरिपरिका सबै मानिसहरूलाई आफ्नो दाहिने र देब्रेपट्टि सखाप पार्नेछन् । यरूशलेम फेरि आफ्नै ठाउँमा बस्‍नेछ ।”
ZEC 12:7 दाऊदको घराना र यरूशलेममा बस्‍नेहरूको गौरव यहूदाका बाँकी रहेकाहरूको भन्दा बढ्ता नहोस् भनेर परमप्रभुले पहिला यहूदाको पाललाई बचाउनुहुनेछ ।
ZEC 12:8 त्यस दिन, परमप्रभु नै यरूशलेमका वासिन्दाहरूको रक्षक हुनुहुनेछ, र त्यस दिन तिनीहरूका कमजोरहरू दाऊदझैँ हुनेछन्, अनि दाऊदको घरानाचाहिँ परमेश्‍वरझैँ, तिनीहरूको अगि परमप्रभुका स्वर्गदूतझैँ हुनेछ ।
ZEC 12:9 “त्यसदिन यरूशलेमको विरुद्ध खडा हुने सबै जातिहरूलाई म सर्वनाश गर्न थाल्नेछु ।
ZEC 12:10 तर दाऊदको घराना र यरूशलेमका वासिन्दाहरूमाथि म अनुग्रह र नम्र-निवेदन गर्ने आत्मा खन्याउनेछु, अनि तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले नै घोचेका छन् । एक मात्र छोरोको लागि शोक गरेझैँ, तिनीहरू मेरो निम्ति शोक गर्नेछन् । आफ्नो पहिलो पुत्रको निम्ति शोक गरेझैँ तिनीहरूले उनको लागि अत्यन्तै विलाप गर्नेछन् ।
ZEC 12:11 त्यस दिन यरूशलेमको विलाप मगिद्दोको बेँसीमा हदद-रिम्मोनको विलापझैँ हुनेछ ।
ZEC 12:12 भूमि विलाप गर्नेछ, हरेक कुलले अलग-अलग विलाप गर्नेछन् । दाऊदको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् । नातानको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् ।
ZEC 12:13 लेवीको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् । शिमीको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् ।
ZEC 12:14 बाँकी रहेका कुलहरूको हरेक वंश अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् ।”
ZEC 13:1 “त्यस दिन दाऊदको घराना र यरूशलेमका वासिन्दाहरूका पाप र अशुद्धताको कारण तिनीहरूका निम्ति पानीको छहरा खोलिनेछ ।
ZEC 13:2 त्यस दिन, म भूमिबाट मूर्तिहरूका नाउँ मेटाइदिनेछु र तिनीहरूको कहिल्यै सम्झना हुनेछैन, परमप्रभु घोषणा गर्नुहुन्छ । म भूमिबाट अगमवक्ताहरू र अशुद्धताका आत्मालाई हटाइदिनेछु ।
ZEC 13:3 कुनै मानिसले अझै अगमवाणी गरेमा, त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसलाई भन्‍नेछन्, ‘तँ बाँच्नेछैनस्, किनभने तैँले परमप्रभुको नाउँमा झुटो बोल्छस्!’ अनि त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसले अगमवाणी बोल्दा त्यसलाई छेडिदिनेछन् ।
ZEC 13:4 त्यस दिन हरेक अगमवक्ता, अगमवाणी गर्न लाग्दा आफ्नो दर्शनको कारण शर्ममा पर्नेछ । यी अगमवक्ताहरूले अब मानिसहरूलाई धोकामा पार्न रौँ भएका लबेदा लगाउनेछैनन् ।
ZEC 13:5 किनभने हरेकले भन्‍नेछ, ‘म अगमवक्ता होइनँ! म त माटोमा काम गर्ने मानिस हुँ, किनकि म जवान हुँदादेखि नै भूमिमा नै मैले काम गर्न थालेँ!’
ZEC 13:6 तर कसैले त्यसलाई भन्‍नेछ, ‘तेरा हातहरूका बिचमा भएका यी घाउ के हुन्?’ र त्यसले जवाफ दिनेछ, ‘म आफ्ना साथीभाइको घरमा हुँदा मलाईती चोट लागेका थिए ।’”
ZEC 13:7 “ए तरवार! मेरो गोठालोको विरुद्ध उठ्, जो मेरो नजिक उभिएको छ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । गोठालोलाई प्रहार गर्, र बगाल तितर-बितर हुनेछ! किनभने तल्लो वर्गकाहरूका विरुद्ध म मेरो हात उठाउनेछु ।
ZEC 13:8 र साराभूमिमा यस्तो हुनेछ - परमप्रभु घोषणा गर्नुहुन्छ, कि त्यसको दुई-तिहाइ भाग नाश हुनेछ! ती मानिसहरू नष्‍ट हुनेछन्, र एक-तिहाइमात्र बाँकी रहनेछ ।
ZEC 13:9 म ती एक-तिहाइलाई आगोबाट लैजानेछु र तिनीहरूलाई चाँदीलाई झैँ निखार्नेछु । सुनलाई झैँ म तिनीहरूको परिक्षण गर्नेछु । तिनीहरूले मेरो नाउँ पुकार्नेछन्, र म तिनीहरूलाई जवाफ यस्तो दिनेछु, ‘यी मेरा मानिस हुन्!’ र तिनीहरूले भन्‍नेछन्, ‘परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ!’”
ZEC 14:1 हेर! परमप्रभुको त्यो दिन आउँदै छ जब तिमीहरूको लुटको सम्पत्ति तिमीहरूका माझमा बाँडिनेछ ।
ZEC 14:2 किनभने म यरूशलेमको विरुद्ध युद्ध गर्नको निम्ति सारा जातिलाई तयार गर्नेछु र त्यो सहर कब्जा हुनेछ । घरहरू लुटिनेछन् र स्‍त्रीहरूको इज्‍जत लुटिनेछ । आधा सहर निर्वासनमा जानेछ, तर बाँकी रहेका मानिसहरू सहरबाट बहिष्कृत हुनेछैनन् ।
ZEC 14:3 तर परमप्रभु बाहिर निस्कनुहुनेछ र यूद्धको दिनमा झैँ ती जातिहरूको विरूद्ध लडाइँ सुरु गर्नुहुनेछ।
ZEC 14:4 त्यस दिन उहाँले यरूशलेमको पूर्वतिर भएको जैतून डाँडामा आफ्ना खुट्टा टेक्‍नुहुनेछ । जैतून डाँडाको पूर्व र पश्‍चिम एउटा ठुलो बेँसीद्वारा दुई भाग हुनेछ र त्यस डाँडाको आधा भाग उत्तरतिर जानेछ र आधा भाग दक्षिणतिर जानेछ ।
ZEC 14:5 अनि तिमीहरू परमप्रभुका पर्वतहरूको बिचको बेँसीतर्फ भाग्‍नेछौ, किनकि ती पर्वतहरूका बिचको बेँसी आसेलसम्म पुग्दछ । यहूदाका राजा उज्‍जियाहका दिनमा भूकम्पबाट भागेझैँ तिमीहरू भाग्‍नेछौ । त्यसपछि परमप्रभु मेरा परमेश्‍वर आउनुहुनेछ र सबै पवित्र जनहरू उहाँसँग हुनेछन् ।
ZEC 14:6 त्यस दिन त्यहाँ उज्यालो हुनेछैन, न त चिसो हुनेछ, न तुसारो पर्नेछ ।
ZEC 14:7 त्यस दिन, जुन दिनको विषयमा परमप्रभुलाई मात्र थाहा छ, दिन वा रात हुनेछैन, किनभने साँझचाहिँ उज्यालोको समय हुनेछ ।
ZEC 14:8 त्यस दिन यरूशलेमबाट जिउँदो पानी बग्‍नेछ । गर्मीमा र जाडोमा, आधाचाहिँ पूर्वीय समुद्रतिर र आधाचाहिँ पश्‍चिमी समुद्रतिर बग्‍नेछ ।
ZEC 14:9 परमप्रभु सारा पृथ्वीका राजा हुनुहुनेछ । त्यस दिन एक मात्र परमेश्‍वर परमप्रभु हुनुहुनेछ, र उहाँको नाउँ मात्र रहनेछ ।
ZEC 14:10 गेबादेखियरूशलेमको दक्षिण रिम्मोनसम्म सारा भूमि अराबाजस्तै हुनेछ । यरूशलेम निरन्तर माथि उठाइनेछ र बेन्यामीनको ढोकादेखि पहिलो ढोकाको ठाउँसम्म, कुने ढोकासम्म, र हननेलको बुर्जादेखि राजाको दाखको कोलसम्म त्यो आफ्नै ठाउँसम्म रहनेछ ।
ZEC 14:11 मानिसहरू यरूशलेममा बस्‍नेछन् र परमेश्‍वरद्वारा तिनीहरूको पूर्ण विनाश हुनेछैन । यरूशलेम सुरक्षित रहनेछ ।
ZEC 14:12 यरूशलेमको विरुद्ध युद्ध सुरु गर्ने सबै जातिहरूलाई परमप्रभुले यस्तो महामारीद्वारा प्रहार गर्नुहुनेछः तिनीहरू आफ्ना खुट्टा उभिरहँदा पनि तिनीहरूको मासु कुहेर जानेछ । तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहुनेछन्, र तिनीहरूका जिब्रा तिनीहरूकै मुखमा कुहुनेछन् ।
ZEC 14:13 त्यस दिन तिनीहरूका बिचमा परमप्रभुको त्यो महान् भय छाउनेछ । हरेकले अर्को व्यक्तिको हात समाउनेछ, र एउटाको हात अर्काको विरुद्ध उठ्नेछ ।
ZEC 14:14 यहूदा पनि यरूशलेमको विरुद्ध लडाइँ गर्नेछ । तिनीहरूले वरपरका सबै जातिहरूका सम्पत्तिहरू-सुन, चाँदी, र असल लुगाहरू प्रशस्त मात्रामा बटुल्नेछन् ।
ZEC 14:15 घोडाहरू र खच्‍चरहरू, ऊँटहरू र गधाहरू, र ती छाउनीहरूमा भएका सबै पशुहरूमा त्यही महामारी फैलिनेछ ।
ZEC 14:16 यरूशलेमको विरुद्धभएका तीजातिहरूका सबै बाँकी रहेकाहरू वर्षेनी राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न, र छाप्रो-वासको पर्व मनाउन माथि जानेछन् ।
ZEC 14:17 ती सारा जातिहरूमध्ये कोही राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न माथि यरूशलेममा गएनन् भने, परमप्रभुले तिनीहरूमाथि झरी वर्षाउनुहुनेछैन ।
ZEC 14:18 यदि मिश्रदेशका मानिसहरू माथि गएनन् भने, त्यहाँ वर्षात हुनेछैन । छाप्रो-बासको पर्व मनाउन माथि नजाने जातिहरूमाथि परमप्रभुको महामारीको प्रहार हुनेछ ।
ZEC 14:19 छाप्रो-बासको पर्व मनाउन माथि नजाने मिश्रको निम्ति र हरेक जातिको निम्ति यही दण्ड हुनेछ ।
ZEC 14:20 तर त्यस दिन, घोडाहरूका घन्टीमा यस्तो लेखिएको हुन्छ, “परमप्रभुको निम्ति अलग गरिएको,” र परमप्रभुको घरानाका बाटाहरू वेदीसामुका कचौराहरूझैँ हुन्छन् ।
ZEC 14:21 किनकि यरूशलेम र यहूदाका हरेक भाँडाहरू सेनाहरूका परमप्रभुको निम्ति अलग गरिनेछन् र बलिदान ल्याउने सबैले तीबाटै खानेछन् र तिनमा नै पकाउनेछन् । त्यस दिन सेनाहरूका परमप्रभुको भवनमा कोही व्यापारीहरू बाँकी हुनेछैनन् ।
MAL 1:1 इस्राएलको विषयमा मलाकीद्दारा भएको परमप्रभुको वचनको घोषणा ।
MAL 1:2 “मैले तिमीहरूलाई प्रेम गरेको छु,” परमप्रभु भन्‍नुहुन्छ । तर तिमीहरू भन्छौ, “तपाईंले हामीलाई कसरी प्रेम गर्नुभएको छ?” “के एसाव याकूबको दाजु थिएन र?” परमप्रभु घोषणा गर्नुहुन्छ । “तथापि मैले याकूबलाई प्रेम गरेको छु,
MAL 1:3 तर मैले एसावलाई घृणा गरेको छु । मैले त्यसका पर्वतहरूलाई त्यागिएको बनाएको छु, र मैले त्यसको उत्तराधिकारलाई मरुभूमिका स्यालहरूका वासस्थान बनाइदिएको छु ।”
MAL 1:4 “हामीहरू कुल्चिएकाछौँ, तर हामी हाम्रा भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्नेछौँ,” भनेर एदोमले भनेमा, परमप्रभुले भन्‍नुहुनेछ, “तिनीहरूले पुनर्निर्माण गर्लान्, तर म फेरि तल झारिदिनेछु । अरूहरूले तिनीहरूलाई ‘दुष्‍टताको देश’ र ‘परमप्रभुले सदाको निम्ति श्रापित गर्नुभएको जाति’ भनेर भन्‍नेछन् ।
MAL 1:5 तिमीहरूका आफ्नै आँखाले यो देख्‍नेछन्, अनि तिमीहरूले भन्‍नेछौ, ‘इस्राएलका सिमानाहरूभन्दा बाहिर पनि परमप्रभु महान् हुनुहुन्छ ।’”
MAL 1:6 “छोरोले आफ्नो बुबाको आदर गर्दछ, र दासले आफ्नो मालिकको । यदि, यसैकारण, म पिता हुँ भने, मेरो आदर कहाँ छ? म मालिक हुँ भने, मेरो निम्ति श्रद्धा कहाँ छ?” सेनाहरूका परमप्रभु तिमी पुजारीहरूलाई भन्‍नुहुन्छ, जसले मेरो नाउँको तिरस्कार गर्दछौ । “तर तिमीहरू भन्छौ, ‘हामीले कसरी तपाईंको नाउँको तिरस्कार गरेका छौँ?’
MAL 1:7 तिमीहरूले मेरो वेदीमा अशुद्ध रोटी अर्पण गर्छौ । तर तिमीहरू परमप्रभुको टेबिल तुच्छ छ भनेर यसो भन्दछौ, ‘हामीहरूले कसरी तपाईंलाई अशुद्ध बनाएका छौँ?’
MAL 1:8 जब तिमीहरू बलिदानको निम्ति अन्धा पशुहरू चढाउँछौ, के त्यो खराब होइन र? जब तिमीहरू लङ्गडो र रोग लागेका पशु चढाउँछौ, के त्यो बेठिक होइन र? त्यो तिमीहरूका राज्यपाललाई चढाएर हेर! के तिनले तिमीहरूलाई स्वीकार गर्लान्, वा के तिनले तिमीहरूको शिर माथि उठाउलान्?” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
MAL 1:9 उहाँ तिमीहरूप्रति अनुग्रही होऊन् भनेर तिमीहरू उहाँको मुहारको खोजी गर्छौ । तर सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ, तिमीहरूका हातमा त्यस्तो भेटी लिएर, के उहाँले तिमीहरूका शिर उठाउनुहुन्छ?
MAL 1:10 “तिमीहरूले मेरो वेदीमा व्यर्थै आगो नबालोस् भनेर, तिमीहरूमध्ये कोही एकले मन्दिरका ढोकाहरू बन्द गरोस् भन्‍ने म इच्छा गर्दछु! म तिमीहरूमा प्रसन्‍न हुन्‍नँ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ, “र म तिमीहरूका हातबाट कुनै बलिदान अर्पण गर्नेछैनँ ।
MAL 1:11 किनभने सूर्योदयदेखि सूर्यास्तसम्‍म जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ र हरेक ठाउँमा मेरो नाउँमा धूप र शुद्ध भेटीहरू अर्पण गरिनेछन् । किनभने जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
MAL 1:12 “तर तिमीहरूले परमप्रभुको टेबिल अशुद्ध छ, र त्यसमा भएका फलफुल र रोटी घृणायुक्त छन् भनेर त्यो अपवित्र बनाउँछौ ।
MAL 1:13 तिमीहरू यसो पनि भन्छौ, ‘यो कति थकानयुक्त छ,’ र आफ्नो नाक बङ्गाउँछौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “जङ्गली पशुले लगेका र लङ्गडो वा रोग लागेको पशु तिमीहरू ल्याउँछौ, र तिमीहरू यी आफ्नो भेटीस्वरूप ल्याउँछौ । के म ती तिमीहरूका हातबाट अर्पण गरूँ?” परमप्रभु भन्‍नुहुन्छ ।
MAL 1:14 “छलगर्नेचाहिँ श्रापित होस् जसले आफूसँग आफ्नो बगालमा भएको नर-पशु मलाई दिने प्रतिज्ञा गर्दछ, तर त्यसले परमप्रभुलाई खोट भएको पशु चढाउँछ! किनभने म महान् राजा हुँ, र सारा जातिहरूबिच मेरो नाउँको आदर हुनेछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
MAL 2:1 ए पुजारी हो, यो आज्ञा तिमीहरूका निम्ति हो ।
MAL 2:2 “यदि मेरो नाउँलाई आदर गर्न तिमीहरूले सुन्दैनौ र त्यो हृदयमा राख्दैनौ भने, म तिमीहरूकहाँ सराप पठाउनेछु, र तिमीहरूका आशिषलाई पनि सराप दिनेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । साँच्‍चै, मैले तिनीहरूलाई सराप दिइसकेको छु, किनभने तिमीहरूले मेरो आज्ञालाई आफ्नो हृदयमा राखेनौ ।
MAL 2:3 हेर, म तिमीहरूका सन्ततिलाई हप्काउन जाँदैछु, र म तिमीहरूका अनुहारमा गोबर छरिदिनेछु, तिमीहरूका चाड-पर्वहरूको गोबर, र त्योसँगै त्यसले तिमीहरूलाई लैजानेछ ।
MAL 2:4 यो आज्ञा मैले नै तिमीहरूलाई दिएको हुँ, र मेरो करार लेवीसँग रहिरहनेछ भनेर तिमीहरूले जान्‍नेछौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
MAL 2:5 “त्यससँग मेरो करार जीवन र शान्तिको थियो, र मैले ती तिनीहरूलाई दिएँ । मैले त्यसलाई डर दिएँ, र त्यसले मेरो भय राख्यो, मेरो नाउँको भयमा त्यो उभियो ।
MAL 2:6 त्यसको मुखमा साँचो शिक्षा थियो, र त्यसको ओठमा कुनै झुट पाइएन । त्यो मसँग शान्ति र सत्यतामा हिँड्यो र त्यसले धेरैलाई पापबाट टाढा राख्यो ।
MAL 2:7 किनभने पूजारीको ओठमा ज्ञान हुनुपर्छ र मानिसहरूले त्यसको मुखबाट शिक्षा खोज्नुपर्छ, किनभने त्यो सेनाहरूका परमप्रभुको समाचारवाहक हो ।
MAL 2:8 तर तिमीहरू साँचो मार्गबाट टाढा गएका छौ । तिमीहरूका शिक्षाले धेरैलाई ठेस लागेको छ । तिमीहरूले लेवीको करारलाई तोडेका छौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
MAL 2:9 “यसैले मैले पनि तिमीहरूलाई सारा मानिसहरूका अगाडि तुच्छ र निंदनीय बनाएको छु, किनभने तिमीहरू मेरा मार्गमा हिँडेका छैनौ, तर शिक्षा दिइएका कुराहरूमा पक्षपात गरेका छौ ।”
MAL 2:10 के हामीहरू सबैका निम्ति एउटै पिता हुनुहुन्‍न र? के एउटै परमेश्‍वरले हामीलाई बनाउनुभएको होइन र? हामीहरू हरेक किन आफ्नो दाजुभाइको विरुद्धमा विश्‍वासहीन हुन्छौँ, र हाम्रा पितापुर्खाका नाउँलाई अपमानित गर्दछौ?
MAL 2:11 यहूदा विश्‍वासहीन भएको छ । इस्राएल र यरूशलेममा घिनलाग्दो काम भएको छ । परमप्रभुले प्रेम गर्नुहुने पवित्र ठाउँलाई यहूदाले अपवित्र बनाएको छ, र त्यसले पराई ईश्‍वरकी छोरीसँग विहे गरेको छ ।
MAL 2:12 यसो गर्ने मानिस, जो बिउँझेको छ र जसले उत्तर दिन्छ, त्यसले सेनाहरूका परमप्रभुकहाँ भेटी अर्पण गर्ने भए तापनि, परमप्रभुले त्यसलाई याकूबका पालहरूबाट बहिष्कृत गरून् ।
MAL 2:13 तिमीहरू यसो पनि गर्दछौ: तिमीहरू परमप्रभुको वेदीलाई आँसु, रोदन र विलापले ढाक्छौ, किनभने तिमीहरूका हातका भेटीलाई उहाँले कृपासित ग्रहण गर्नुहुन्‍न, न त त्योतिर ध्यान नै दिनुहुन्छ ।
MAL 2:14 तर तिमीहरू भन्छौ, “उहाँले किन गर्नुहुन्‍न?” किनभने परमप्रभु तिमीहरू र तिमीहरूका जवानीपनकी पत्‍नीबिच साक्षी हुनुहुन्थ्यो, र त्यो तेरी जीवनसाथी र करारअनुसार तेरी पत्‍नी हुँदाहुँदै पनि त्यसको विरुद्ध तिमीहरू विश्‍वासहीन भयौ ।
MAL 2:15 के उहाँले आफ्नो आत्मामा तिनीहरूलाई एक बनाउनुभएको होइन र? त्यसोभए किन उहाँले तिमीहरूलाई एक बनाउनुभयो? किनभने उहाँले परमेश्‍वरको सन्तान खोज्नुभएको थियो । त्यसैले आफैँलाई आफ्नो आत्मामा रखवाली गर र आफ्नो जवानी अवस्थाकी पत्‍नीसँग अविश्‍वासी नहोओ ।
MAL 2:16 “किनभने म सम्बन्धविच्छेदलाई घृणा गर्दछु,” इस्राएलका परमेश्‍वर, परमप्रभु भन्‍नुहुन्छ, “र त्यसलाई पनि जसले आफ्नो वस्‍त्रलाई हिंसाले ढाक्दछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “यसैकारण आफैँलाई आत्मामा रखवाली गर र विश्‍वासहीन नहोओ ।”
MAL 2:17 तिमीहरूले आफ्ना बोलीले परमप्रभुलाई थकित तुल्याका छौ । तर तिमीहरू भन्छौ, “हामीले उहाँलाई कसरी थकित तुल्याएका छौँ?” यसो भनेर, “दुष्‍ट काम गर्ने सबै परमप्रभुको दृष्‍टिमा असल छ, र उहाँ तिनीहरूमा खुशी हुनुहुन्छ,” वा “न्यायका परमेश्‍वर कहाँ हुनुहुन्छ?”
MAL 3:1 “हेर, म आफ्नो समाचारवाहक पठाउँदै छु, र तिनले मेरो अगि बाटो तयार पार्नेछन् । अनि तिमीहरूले खोजेका प्रभु एक्‍कासी आफ्नो मन्दिरमा आउनेछन् । करारका समाचारवाहक जसमा तिमीहरू रमाहट गर्दछौ, हेर, तिनी आउनेछन्,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
MAL 3:2 तर उहाँको आगमनको दिन कसले सहन सक्छ र? उहाँ आउनुहुँदा को खडा हुन सक्छ र? किनभने उहाँ सुनारको आगो र धोबीको साबूनझैँ हुनुहुनेछ ।
MAL 3:3 उहाँ चाँदी खार्ने र सफा गर्नेझैँ गरी बस्‍नुहुनेछ, र उहाँले लेवीका छोराहरूलाई शुद्ध पार्नुहुनेछ । उहाँले तिनीहरूलाई सुन र चाँदीलाई झैँ खार्नुहुनेछ, र तिनीहरूले धार्मिकताका भेटीहरू परमप्रभुकहाँ ल्याउनेछन् ।
MAL 3:4 त्यसपछि यहूदा र यरूशलेमको भेटी, पुराना दिनमा झैँ, र प्राचीन वर्षहरूमा झैँ परमप्रभुको निम्ति प्रसन्‍न तुल्याउने किसिमको हुनेछ ।
MAL 3:5 “अनि न्यायको निम्ति म तिमीहरूको नजिक आउनेछु । टुनामुना गर्नेहरू, व्यभिचारीहरू, झुटा साक्षी दिनेहरू, ज्यालादारीमा काम गर्ने श्रमिक, विधवा र टुहुरा-टुहुरीलाई दमन गर्नेहरू, परदेशीहरूलाई सहायता नगर्नेहरू, र मलाई आदर नगर्नेहरूका विरुद्ध म नै साक्षी हुनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
MAL 3:6 “किनभने म, परमप्रभु परिवर्तन भएको छैनँ, यसैकारण याकूबका सन्तान हो, तिमीहरू नष्‍ट भएका छैनौ ।
MAL 3:7 तिमीहरूका पिता-पुर्खाका समयदेखि नै तिमीहरू मेरा आज्ञाहरूबाट टाढा गएका छौ र ती पालना गरेका छैनौ । मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामी कसरी फर्कने?’
MAL 3:8 के कुनै मानिसले परमेश्‍वरलाई लुट्छ? तर तिमीहरूले मलाई लुटिरहेका छौ । तर तिमीहरू भन्छौ, ‘हामीले कसरी तपाईंलाई लुटेका छौँ?’ दशांश र भेटीमा ।
MAL 3:9 तिमीहरू श्रापित भएका छौ, किनभने तिमीहरू सारा जातिले मलाई लुटिरहेका छौ ।
MAL 3:10 भण्डारमा पूर्ण दशांश ल्याओ, ताकि मेरो भवनमा भोजन होस्, र मैले स्वर्गका ढोकाहरू खोलेर तिमीहरूकहाँ राख्‍ने ठाउँ नहुनेसम्‍म गरी तिमीहरूमाथि आशिष् खन्याउँछु, कि खन्याउँदिन, यसमा मलाई जाँचेर हेर,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
MAL 3:11 “तिमीहरूका बालीहरू नष्‍ट गर्नेहरूको विरुद्ध म बोल्नेछु, ताकि तिनीहरूले तिमीहरूका भूमिको जम्‍मै फसल नष्‍ट नगरून् । भूमिका तिमीहरूका दाखको बोटले आफ्ना फल गुमाउनेछैनन्,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
MAL 3:12 “सारा जातिहरूले तिमीहरूलाई आशिषित् भन्‍नेछन्, किनभने तिमीहरू रमाहटको देश हुनेछौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
MAL 3:13 “मेरो विरूद्ध तिमीहरूका वचन कडा भएका छन्,” परमप्रभु भन्‍नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामीहरूले हाम्रो बिचमा तपाईंको विरुद्ध के भनेका छौँ?’
MAL 3:14 तिमीहरूले भनेका छौ, ‘परमेश्‍वरको सेवा गर्नु व्यर्थ छ । हामीले उहाँले भनेअनुसार गरेर वा सेनाहरूहरूका परमप्रभुको अगि विलाप गर्दै हिँडेर हामीलाई के लाभ?
MAL 3:15 यसैकारण अब हामी हठीहरूलाई नै आशिषित् भन्छौँ । दुष्‍ट काम गर्नेहरू सफल मात्र हुँदैनन्, तर तिनीहरूले परमेश्‍वरलाई जाँच गरेर उम्कन्छन् ।’”
MAL 3:16 अनि परमप्रभुको भय मान्‍नेहरू एक-आपसमा बोले । परमप्रभुले ध्यान दिनुभयो र सुन्‍नुभयो, र परमप्रभुको भय मान्‍ने र उहाँको नाउँलाई आदर गर्नेहरूका विषयमा उहाँकै सामु सम्झनाको पुस्तक लेखियो ।
MAL 3:17 “मैले काम गर्ने दिनमा, तिनीहरू मेरा हुनेछन्, मेरो आफ्नै धन-सम्पत्ति हुनेछन्,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । बुबाको सेवा गर्ने छोरोमाथि त्यो बुबाले दया देखाएझैँ, म तिनीहरूमाथि दया देखाउनेछु ।
MAL 3:18 अनि फेरि एकपटक तिमीहरूले धर्मी र दुष्‍ट बिच भिन्‍नता गर्नेछौ, तिनीहरूबिच जसले परमेश्‍वरको आराधना गर्छन् र जसले उहाँको आराधना गर्दैनन् ।
MAL 4:1 किनभने हेर, त्यो दिन आउँदै छ, जुन दिन भट्टीझैँ दन्कनेछ । त्यस दिन सबै हठी र दुष्‍ट काम गर्नेहरू ठुटाझैँ हुनेछन् । आउन लागेको दिनले तिनीहरूलाई जलाई भस्म गर्नेछ, र तिनीहरूको न त जरा न हाँगा बाँकी रहनेछ, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
MAL 4:2 तर मेरो नाउँको भय मान्‍नेहरूका निम्ति भने, धार्मिकताको सूर्य निको पार्दै आफ्ना पखेटामा उदाउनेछ । तिमीहरू बाहिर जानेछौ, र गोठबाट निस्केका बाछाझैँ उफ्रनेछौ ।
MAL 4:3 त्यस दिन तिमीहरूले दुष्‍टलाई कुल्चनेछौ, किनभने मैले काम गर्ने दिनमा तिनीहरू, तिमीहरूका पाउमुनिका खरानीझैँ हुनेछन्, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
MAL 4:4 “मेरा दास मोशाका शिक्षालाई याद गर, जुन विधि र नियमहरू मैले त्यसलाई सारा इस्राएलीहरूका निम्ति होरेब पर्वतमा दिएको थिएँ ।
MAL 4:5 हेर, परमप्रभुको महान् र भयानक दिन आउनुअगि म अगमवक्ता एलियालाई तिमीहरूकहाँ पठाउनेछु ।
MAL 4:6 त्यसले बुबाहरूका हृदयलाई छोराछोरीहरूतर्फ, र छोराछोरीहरूका हृदयलाई तिनीहरूका बुबाहरूतर्फ फर्काउनेछन्, अनि म आएर देशलाई आक्रमण गरी पूर्ण रूपमा नाश गर्नेछैनँ ।”
MAT 1:1 दाऊदका पुत्र अब्राहामका पुत्र येशू ख्रीष्‍टको वंशावलीको पुस्तक ।
MAT 1:2 अब्राहाम इसहाकका पिता थिए, र इसहाक याकूबका पिता थिए, र याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता थिए ।
MAT 1:3 यहूदा तामारद्वारा फारेस र जाहेरका पिता थिए, फारेस हेस्रोनका पिता, र हेस्रोन आरामका पिता थिए ।
MAT 1:4 आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, र नहशोन सल्मोनका पिता थिए ।
MAT 1:5 सल्मोन राहाबद्वारा बोअजका पिता, बोअज रूथद्वारा ओबेदका पिता, ओबेद यिशैका पिता थिए,
MAT 1:6 यिशै दाऊद राजाका पिता थिए । दाऊद उरियाहकी पत्‍नीद्वारा सोलोमनका पिता थिए ।
MAT 1:7 सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता थिए ।
MAT 1:8 आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, र यहोराम उज्जियाहका पिता थिए ।
MAT 1:9 उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता थिए ।
MAT 1:10 हिजकिया मनश्‍शेका पिता, मनश्‍शे अमोनका पिता, अमोन योशियाहका पिता थिए ।
MAT 1:11 बेबिलोनमा निर्वासनको समयमा योशियाह यकोनियास र तिनका दाजुभाइहरूका पिता भए ।
MAT 1:12 र बेबिलोनमा निर्वासनपछि यकोनियास शालतिएलका पिता भए, शालतिएल यरुबाबेलका पूर्वज थिए ।
MAT 1:13 यरुबाबेल अबिउदका पिता, अबिउद एल्याकीमका पिता, र एल्याकीम आजोरका पिता थिए ।
MAT 1:14 आजोर सादोकका पिता, सादोक आखिमका पिता, र आखिम एलिउदका पिता थिए ।
MAT 1:15 एलिउद एलाजारका पिता, एलाजार मत्तानका पिता, र मत्तान याकूबका पिता थिए ।
MAT 1:16 याकूब तिनै मरियमका पति योसेफका पिता थिए, जसबाट येशू जन्मनुभयो, जसलाई ख्रीष्‍ट भनिन्छ ।
MAT 1:17 अब्राहामदेखि दाऊदसम्म जम्मा पुस्ता चौध पुस्ता, दाऊददेखि बेबिलोनको निर्वासनसम्म चौध पुस्ता र बेबिलोनको निर्वासनदेखि येशू ख्रीष्‍टसम्म चौध पुस्ता थिए ।
MAT 1:18 येशू ख्रीष्‍टको जन्म यस प्रकारले भयो । उहाँकी आमा मरियमको योसेफसँग विवाहको निम्ति मगनी भएको थियो, तर उनीहरूको सहवास हुनुभन्दा अगाडि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा हुन आयो ।
MAT 1:19 तिनका पति योसेफ धर्मी मानिस थिए र उनले तिनलाई सबैका सामु शर्ममा पार्न चाहेनन् । यसैले, उनले गोप्य प्रकारले तिनीसँगको मगनीलाई रद्द गर्ने निर्णय गरे ।
MAT 1:20 जसै उनले यी कुराहरूको बारेमा विचार गरे, सपनामा परमप्रभुका एक जना स्वर्गदूत उनको सामु देखा परे र यसो भने, “हे दाऊदका पुत्र योसेफ, मरियमलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार्न नडराऊ, किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको हो ।
MAT 1:21 तिनले एक जना पुत्र जन्माउनेछिन् र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।”
MAT 1:22 अगमवक्‍ताद्वारा परमप्रभुले बोल्नुभएको यस्तो भनाइ पुरा हुनलाई यी सबै भए,
MAT 1:23 “हेर, कन्या गर्भवती हुनेछिन् र एक जना पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्‍नेछन्”, जसको अर्थ हुन्छ, “परमेश्‍वर हामीसँग ।”
MAT 1:24 योसेफ निद्राबाट ब्युँझे र उनले परमप्रभुका दूतले आज्ञा गरेअनुसार गरे र उनले तिनलाई उनकी पत्‍नीको रूपमा स्वीकारे ।
MAT 1:25 तर, तिनले पुत्रलाई जन्म नदिएसम्म उनले तिनीसँग शारीरिक सम्बन्ध राखेनन् । र उनले उहाँको नाउँ येशू राखे ।
MAT 2:1 यहूदियाको बेथलेहेममा राजा हेरोदको समयमा येशूको जन्म भएपछि पूर्वबाट ज्ञानी मानिसहरू यरूशलेममा आएर यसो भन्‍न लागे,
MAT 2:2 “यहूदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ ? हामीले उहाँको तारा पूर्वमा देख्यौँ र उहाँलाई दण्डवत् गर्न आएका छौँ ।”
MAT 2:3 जब हेरोद राजाले यो सुने, उनी र उनीसँगै सारा यरूशलेम बेचैन भए ।
MAT 2:4 हेरोदले सबै मुख्य पुजारी र मानिसहरूका शास्‍त्रीहरूलाई भेला गराए, र उनले तिनीहरूलाई सोधे, “जन्मने भनिएका ख्रीष्‍ट कहाँ छन् ?”
MAT 2:5 तिनीहरूले उनलाई भने, “यहूदियाको बेथलेहेममा किनकि अगमवक्‍ताद्वारा यस्तै लेखिएको थियो,
MAT 2:6 ‘र यहूदाको देशमा, ए बेथलेहम, यहूदाका शासकहरूभन्दा तँ कुनै कम छैनस्, किनकि तँबाट एक जना शासक आउनुहुनेछ जसले मेरा मानिस इस्राएलको हेरचाह गर्नुहुनेछ’ ।”
MAT 2:7 त्यसपछि ठिक कुन समयमा तारा देखा परेको थियो भनी सोध्‍न हेरोदले गुप्‍त रूपमा ती ज्ञानी मानिसहरूलाई बोलाए ।
MAT 2:8 उनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, “जाओ र राम्रोसँग त्यस बालकलाई खोज । जब उनलाई भेट्टाउनेछौ, मलाई खबर गर ताकि म पनि गएर उनलाई दण्डवत् गर्न सकूँ ।”
MAT 2:9 तिनीहरूले राजाले भनेका कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे अनि तिनीहरूले पूर्वमा देखेका तारा तिनीहरूका अगि-अगि गए, र सानो बालक भएको ठाउँमा आइपुग्दा त्यो तारा त्यही ठाउँमाथि रोकियो ।
MAT 2:10 जब तिनीहरूले त्यो तारा देखे, तिनीहरू हर्षले अति आनन्दित भए ।
MAT 2:11 तिनीहरू घरभित्र पसे र सानो बालकलाई उहाँकी आमा मरियमको साथमा देखे । तिनीहरूले दण्डवत् गरे र उहाँको आराधना गरे । तिनीहरूले आफ्ना बहुमूल्य कुराहरू निकाले र उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका उपहारहरू चढाए ।
MAT 2:12 परमेश्‍वरले तिनीहरूलाई हेरोदकहाँ फर्की नजानू भनी सपनामा चेतावनी दिनुभयो । त्यसैले, तिनीहरू अर्कै बाटो भएर आ-आफ्नै देशमा गए ।
MAT 2:13 तिनीहरू गइसकेपछि परमप्रभुका एउटा दूत योसेफकहाँ सपनामा देखा परे र भने, “उठ, सानो बालक र उहाँकी आमालाई लिएर मिश्र देशमा भागेर जाऊ । मैले नभनेसम्म त्यहीँ बस, किनकि हेरोदले सानो बालकलाई मार्न उहाँलाई खोज्नेछ ।”
MAT 2:14 त्यो रात योसेफ उठे र सानो बालक र उहाँकी आमालाई लिए अनि मिश्रदेशतर्फ प्रस्थान गरे ।
MAT 2:15 हेरोदको मृत्यु नभएसम्म उनी त्यहीँ बसे । अगमवक्‍ताद्वारा परमप्रभुले भन्‍नुभएको कुरा यसरी पुरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएको छु ।”
MAT 2:16 त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, उनी औधी रिसाए । ती ज्ञानी मानिसहरूबाट उनले निर्धारण गरेका समयअनुसार त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्योभन्दा मुनिका बालकहरूलाई र बेथलेहेमका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए ।
MAT 2:17 यसरी यर्मिया अगमवक्‍ताद्वारा जे भनिएको थियो, त्यो पुरा भयो,
MAT 2:18 “रामामा एउटा आवाज सुनियो, रोदन र ठुलो विलाप, बालकहरूका निम्ति राहेलको रोदन, र सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन् ।”
MAT 2:19 जब हेरोद मरे, हेर, परमप्रभुका एक जना दूत मिश्रमा योसेफकहाँ सपनामा देखा परे अनि उनलाई भने,
MAT 2:20 “उठ, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा जाऊ, किनकि जसले बालकलाई मार्न चाहेका थिए, तिनीहरू मरिसकेका छन् ।”
MAT 2:21 योसेफ उठे, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा आए ।
MAT 2:22 तर जब यहूदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले शासन गरिरहेका उनले सुने, उनी त्यहाँ जान डराए । परमप्रभुले सपनामा चेतावनी दिनुभएपछि उनी गालीलको क्षेत्रतिर लागे,
MAT 2:23 र नासरत भनिने सहरमा गएर बसे । “उहाँलाई नासरी भनिनेछ” भनेर अगमवक्‍ताहरूद्वारा बोलिएको वचन यसरी पुरा भयो ।
MAT 3:1 ती दिनमा बप्‍तिस्‍मा-दिने यूहन्‍ना यहूदियाको उजाड-स्थानमा यसो भनेर प्रचार गर्दै आए,
MAT 3:2 “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिकै छ ।”
MAT 3:3 किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्‍ताद्वारा यसो भनिएको थियो, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझा बनाओ’ ।”
MAT 3:4 अब यूहन्‍नाले उँटको रौँका वस्‍त्र र कम्मरको वरिपरि छालाको पेटी लगाउँथे । उनका खानेकुरा सलह र वन-मह थिए ।
MAT 3:5 त्यसपछि यरूशलेम, सारा यहूदिया र यर्दन नदी वरपरका सबै क्षेत्रका मानिसहरू उनीकहाँ आए ।
MAT 3:6 तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्‍तिस्मा लिए ।
MAT 3:7 तर जब तिनले धेरै फरिसीहरू र सदुकीहरू बप्‍तिस्‍माको निम्ति तिनीकहाँ आएको देखे, तब तिनले तिनीहरूलाई भने, “विषालु सर्पका सन्तान हो, आउन लागेको क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेतावनी दियो ?
MAT 3:8 पश्‍चात्तापको निम्ति सुहाउँदो फल फलाओ ।
MAT 3:9 र आफ्नै बिचमा यस्तो विचार नगर, ‘अब्राहाम नै हाम्रा पिता हुन् ।’ किनकि म तिमीहरूलाई यो भन्दछु, कि अब्राहामका निम्ति परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्‍न गराउन सक्‍नुहुन्छ ।
MAT 3:10 रुखहरूको फेदमा बन्चरो अगि नै परिसकेको छ । यसकारण, असल फल नफलाउने हरेक रुख काटी ढालिनेछ, र आगोमा फ्याँकिनेछ ।
MAT 3:11 म तिमीहरूलाई पश्‍चात्तापको निम्ति पानीले बप्‍तिस्‍मा दिन्छु । तर मपछि आउनुहुनेचाहिँ मभन्दा शक्‍तिशाली हुनुहुन्छ, र म उहाँका चप्पलहरू बोक्‍न पनि योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ ।
MAT 3:12 उहाँको खलालाई राम्ररी सफा गर्न र धनसारमा उहाँको गहुँ थुपार्न उहाँको निफन्‍ने नाङ्लो उहाँको हातमा छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोले डढाइदिनुहुनेछ ।”
MAT 3:13 त्यसपछि यूहन्‍नाबाट बप्‍तिस्‍मा लिनको निम्ति येशू गालीलबाट यर्दन नदीमा आउनुभयो ।
MAT 3:14 तर यूहन्‍नाले यसो भन्दै उहाँलाई रोक्‍न खोजिरहे, “मैले पो तपाईंबाट बप्‍तिस्‍मा लिनुपर्नेमा के तपाईंचाहिँ म कहाँ आउनुहुन्छ ?”
MAT 3:15 येशूले जवाफ दिँदै तिनलाई यसो भन्‍नुभयो, “अहिलेलाई यस्तै हुन देऊ, किनकि सबै धार्मिकता पुरा गर्नु हाम्रो निम्ति उपयुक्त छ ।” तब यूहन्‍नाले उहाँलाई बप्‍तिस्‍मा लिन दिए ।
MAT 3:16 उहाँको बप्‍तिस्‍मा भइसकेपछि येशू तुरुन्तै पानीबाट बाहिर निस्केर आउनुभयो, र हेर, उहाँको निम्ति स्वर्ग उघारियो । उहाँले परमेश्‍वरका आत्मा ढुकुरजस्तै गरी तल झर्दै आफूमाथि आइरहनुभएको देख्‍नुभयो ।
MAT 3:17 हेर, स्वर्गबाट यसो भन्‍ने एउटा आवाज आयो, “यिनी मेरा अति प्रिय पुत्र हुन् । म यिनीसँग अत्यन्त प्रसन्‍न छु ।”
MAT 4:1 त्यसपछि दुष्‍टबाट परीक्षित हुनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा डोर्‍याइनुभयो ।
MAT 4:2 चालिस दिन र चालिस रात उहाँ उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो ।
MAT 4:3 परीक्षा गर्ने आएर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटी हुने आज्ञा गर्नुहोस् ।”
MAT 4:4 तर येशूले उत्तर दिनुभयो र त्यसलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ‘मानिस केवल रोटीले मात्र बाँच्दैन, तर परमेश्‍वरको मुखबाट निस्कने हरेक वचनद्वारा बाँच्छ’ ।”
MAT 4:5 त्यसपछि दुष्‍टले उहाँलाई पवित्र सहरमा लग्यो अनि उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा राख्यो,
MAT 4:6 अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, तल हाम फाल्नुहोस्, किनकि यसो लेखिएको छ, ‘तपाईंको हेरचाह गर्न उहाँले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’ अनि, ‘तपाईंका खुट्टा ढुङ्गामा नबजारिऊन् भनेर तिनीहरूले तपाईंलाई आफ्ना हातले माथि उठाउनेछन्’ ।”
MAT 4:7 येशूले त्यसलाई भन्‍नुभयो, “फेरि यस्तो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्’ ।”
MAT 4:8 फेरि, त्यो दुष्‍टले उहाँलाई एउटा अग्लो स्थानमा लग्यो र संसारका सबै वैभवसहित त्यहाँका राज्यहरू देखायो ।
MAT 4:9 त्यसले उहाँलाई भन्यो, “यदि तपाईंले घोप्‍टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु ।”
MAT 4:10 त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “शैतान, यहाँबाट गइहाल् ! किनकि यसो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरको मात्र आराधना गर्नेछस्, र तैँले उहाँको मात्र सेवा गर्नेछस्’ ।”
MAT 4:11 अनि त्यो दुष्‍ट उहाँको सामुबाट गयो, र हेर, स्वर्गदूतहरू आएर उहाँको सेवा गरे ।
MAT 4:12 अनि जब यूहन्‍ना पक्राउमा परेको येशूले सुन्‍नुभयो, उहाँ गालीलमा फर्कनुभयो ।
MAT 4:13 उहाँले नासरत छोड्नुभयो र उहाँ कफर्नहुममा जानुभयो र त्यहाँ बस्‍नुभयो, जुन जबूलून र नप्‍तालीका क्षेत्रहरूमा, गालील समुद्रको छेवैमा थियो ।
MAT 4:14 यशैया अगमवक्‍ताद्वारा भनिएका कुराहरू पुरा हुनको निम्ति यस्तो भयो,
MAT 4:15 “गैरयहूदीहरूको गालील, यर्दनपारि, समुद्रतर्फ, जबूलूनको भूमि र नप्‍तालीको भूमि !
MAT 4:16 अन्धकारमा बसेका मानिसहरूले महान् ज्योति देखेका छन्, र त्यस क्षेत्रमा र मृत्युको छायामा बसेकाहरूमाथि एउटा ज्योति उदाएको छ ।”
MAT 4:17 त्यस समयदेखि येशूले प्रचार गर्न थाल्नुभयो अनि भन्‍नुभयो, “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ ।”
MAT 4:18 जब उहाँ गालीलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो, किनकि उनीहरू मछुवाहरू थिए ।
MAT 4:19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।”
MAT 4:20 तुरुन्तै उनीहरूले जाल छाडे र उहाँको पछि लागे ।
MAT 4:21 जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो उहाँले अर्का दुई दाजुभाइलाई देख्‍नुभयो । उनीहरू जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्‍ना थिए । उनीहरू आफ्ना पिता जब्दियासँग डुङ्गामा जालहरूको मर्मत गर्दै थिए । उहाँले तिनीहरूलाई बोलाउनुभयो,
MAT 4:22 र उनीहरूले तुरुन्तै उनीहरूका डुङ्गा र बुबालाई छोडी उहाँको पछि लागे ।
MAT 4:23 येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बिचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो ।
MAT 4:24 उहाँको बारेमा भएको समाचार सिरियाभरि फैलियो, र उहाँको अगि मानिसहरूले तिनीहरू सबैलाई ल्याए जो बिरामी थिए, विभिन्‍न रोगहरू र दुःखाइले ग्रस्त थिए, र जो भूतहरूद्वारा वशमा पारिएका थिए र तिनीहरू जो छारे रोग लागेका थिए र पक्षाघातीहरू थिए ।
MAT 4:25 गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिबाट आएको ठुलो भिड उहाँको पछि लाग्यो ।
MAT 5:1 जब येशूले भिडलाई देख्‍नुभयो, उहाँ डाँडामाथि जानुभयो । उहाँ तल बस्‍नुभएपछि उहाँका चेलाहरू उहाँकहाँ आए ।
MAT 5:2 उहाँले आफ्नो मुख खोल्नुभयो र तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो,
MAT 5:3 “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।
MAT 5:4 धन्य हुन् तिनीहरू जसले शोक गर्दछन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन् ।
MAT 5:5 धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।
MAT 5:6 धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त पारिनेछन् ।
MAT 5:7 धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन् ।
MAT 5:8 धन्य आत्मामा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन् ।
MAT 5:9 धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका सन्तान कहलाइनेछन् ।
MAT 5:10 धन्य धार्मिकताका निम्ति सताइएकाहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।
MAT 5:11 तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्‍ट दिन्छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्‍ट कुराहरू भन्दछन् ।
MAT 5:12 आनन्दित होओ र निकै खुसी होओ, किनकि स्वर्गमा तिमीहरूका इनाम ठुलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अगिका अगमवक्‍ताहरूलाई मानिसहरूले सताएका थिए ।
MAT 5:13 तिमीहरू यस पृथ्वीका नून हौ । तर यदि नूनले आफ्नो स्वाद गुमायो भने, यसलाई फेरि कसरी नुनिलो बनाउने ? यसलाई बाहिर फ्याँक्‍न र मानिसहरूका खुट्टाले कुल्चनबाहेक अरू कुनै पनि कामको निम्ति त्यो उपयोगी हुँदैन ।
MAT 5:14 तिमीहरू यस संसारका ज्योति हौ । डाँडामाथि बसालिएको सहर कहिल्यै पनि लुक्‍न सक्दैन ।
MAT 5:15 न त मानिसहरूले बत्ती बालेर डालोमुनि राख्दछन्, बरु त्यसलाई सामदानमाथि राख्दछन्, र घरमा भएका प्रत्येकको निम्ति त्यसले उज्यालो दिन्छ ।
MAT 5:16 मानिसहरूका बिचमा तिमीहरूको ज्योति यसरी चम्कियोस्, कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गरून् ।
MAT 5:17 म अगमवक्‍ताहरू वा व्यवस्थालाई नष्‍ट गर्न आएको हुँ भनी नसोच । म तिनलाई नष्‍ट गर्न होइन, तर पुरा गर्न आएको हुँ ।
MAT 5:18 किनकि म तिमीहरूलाई साँचो रूपमा भन्दछु, कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै कुरा पुरा नभएसम्म, व्यवस्थाको एउटै पनि कुरा वा बिन्दु बितेर जानेछैन ।
MAT 5:19 त्यसकारण, जसले यी आज्ञाहरूका सानाभन्दा साना कुरालाई भङ्ग गर्दछ र अरूलाई पनि त्यसो गर्न सिकाउँदछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा तुच्छ ठहरिनेछ । तर जसले यी कुराहरूलाई मान्दछ र त्यही गर्न सिकाउँदछ, ऊ स्वर्गको राज्यमा सबैभन्दा उच्‍च ठहरिनेछ ।
MAT 5:20 किनकि म तिमीहरूलाई भन्दछु, कि तिमीहरूको धार्मिकता फरिसी र शास्‍त्रीहरूको भन्दा बढी भएन भने, तिमीहरू कुनै रीतिले परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछैनौ ।
MAT 5:21 प्राचीन समयमा तिनीहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘हत्या नगर’ र ‘हत्या गर्नेचाहिँ इन्साफको जोखिममा पर्नेछ ।’
MAT 5:22 तर म तिमीहरूलाई भन्दछु, आफ्नो भाइसँग रिसाउने जो कोही इन्साफको जोखिममा पर्नेछ । र जो कसैले आफ्नो भाइलाई ‘तँ काम नलाग्‍ने मानिस !’ भनेर भन्छ भने, त्यो न्यायालयमा उभ्याइने जोखिममा पर्नेछ । र जो कसैले ‘तँ मूर्ख !’ भन्दछ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ ।
MAT 5:23 त्यसकारण, यदि तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो भाइसँग तिम्रो विरुद्धमा केही कुरा छ भन्‍ने कुरा तिमीलाई याद आयो भने,
MAT 5:24 तिम्रो भेटी त्यही वेदीको अगाडि छोड र आफ्नो बाटो लाग । पहिले आफ्नो भाइसँग मिलाप गर, र तब आऊ र आफ्नो भेटी चढाऊ ।
MAT 5:25 तिमीलाई दोष लगाउनेसँग अदालतको बाटोमा तिनीसँगै जाँदै गर्दा नै छिट्टै मिलाप गर, नत्रता तिमीलाई दोष लगाउनेले तिमीलाई न्यायकर्ताको हातमा सुम्पिदेला, र न्यायकर्ताले अधिकारीको हातमा सुम्पिदेलान्, र तिमीलाई झ्यालखानामा फ्याँकिदेलान् ।
MAT 5:26 साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूको ऋणको एक-एक पैसा चुक्ता नगरुन्जेलसम्म तिमीहरू त्यहाँबाट कहिल्यै बाहिर आउनेछैनौ ।
MAT 5:27 तिमीहरूले यसरी भनिएको सुनेका छौ, ‘व्यभिचार नगर ।’
MAT 5:28 तर म तिमीहरूलाई भन्दछु, कि यदि कसैले एउटी स्‍त्रीलाई अभिलाषाको दृष्‍टिले हेर्दछ भने, त्यसले आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ ।
MAT 5:29 र यदि तिम्रो दाहिने आँखाको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई निकलिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा फ्याँकिनुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ ।
MAT 5:30 र यदि तिम्रो दाहिने हातको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई काटिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा जानुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ ।
MAT 5:31 यसो पनि भनिएको थियो, ‘जसले आफ्नी पत्‍नीलाई त्याग्दछ, उसले तिनलाई पारपाचुकेको प्रमाण पत्र देओस् ।’
MAT 5:32 तर म तिमीहरूलाई भन्दछु, कि कामुक अनैतिकताको कारणबाहेक आफ्नी पत्‍नीलाई त्याग्‍नेले तिनलाई व्यभिचारिणी तुल्याउँदछ । र तिनको पारपाचुकेपछि तिनीसँग विवाह गर्नेले व्यभिचार गर्दछ ।
MAT 5:33 फेरि, तिमीहरूले प्राचीन समयमा भएकाहरूलाई यसो भनिएको सुनेका छौ, ‘झुटो शपथ नखा, तर परमप्रभुमा ती शपथहरू पुरा गर् ।’
MAT 5:34 तर म तिमीहरूलाई भन्दछु, कि शपथ खाँदै नखाओ, न त स्वर्गको, किनकि त्यो परमेश्‍वरको सिंहासन हो;
MAT 5:35 न त पृथ्वीको, किनकि त्यो उहाँको निम्ति पाउदान हो; न त यरूशलेमको, किनकि त्यो महान् राजाको सहर हो;
MAT 5:36 न त आफ्नो शिरको शपथ खाओ, किनकि तिमीहरूले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ ।
MAT 5:37 तर तिमीहरूको बोली ‘होलाई हो नै’, वा ‘होइनलाई होइन नै’ भन्‍ने होस् । त्योभन्दा बढी जुनसुकै कुरा पनि दुष्‍टबाट आएको हुन्छ ।
MAT 5:38 तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आँखाको सट्टामा आँखा, र दाँतको सट्टामा दाँत ।’
MAT 5:39 तर म तिमीहरूलाई भन्दछु, जो दुष्‍ट छ त्यसलाई प्रतिरोध नगर । त्यसको सट्टामा, जसले तिम्रो दाहिने गालामा हिर्काउँछ, उसलाई तिम्रो अर्को गाला पनि थापिदेऊ ।
MAT 5:40 र यदि कसैले तिमीसँग अदालतमा जान चाहन्छ, र तिम्रो दौरा लिएर जान्छ भने, त्यसलाई तिम्रो खास्टो पनि देऊ ।
MAT 5:41 र जसले तिमीलाई एक किलोमिटर जानको लागि बाध्य गराउँछ, उसँग दुई किलोमिटर जाऊ ।
MAT 5:42 तिमीहरूसँग माग्‍ने जो कोहीलाई देओ, र तिमीहरूसँग उधारो माग्‍न चाहनेहरूलाई इन्कार नगर ।
MAT 5:43 तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आफ्नो छिमेकीलाई तिमीहरूले प्रेम गर र शत्रुलाई घृणा गर ।’
MAT 5:44 तर म तिमीहरूलाई भन्दछु, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, “तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष् देओ, र तिमीहरूलाई घृणा गर्नेहरूका निम्ति असल काम गर”
MAT 5:45 ताकि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका छोराहरू कहलाइन सक । किनकि उहाँले असल र दुष्‍ट दुवैका लागि आफ्नो घामलाई उदाउन लगाउनुहुन्छ अनि धर्मी र अधर्मी दुवैका लागि झरी पठाइदिनुहुन्छ ।
MAT 5:46 किनकि यदि तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूले के इनाम पाउँछौ र ? के कर उठाउनेहरूले पनि त्यसै गर्दैनन् र ?
MAT 5:47 र यदि तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्दछौ भने, अरूहरूले भन्दा तिमीहरूले के बढी गर्‍यौ र ? के गैरयहूदीहरूले पनि त्यस्तै गर्दैनन् र ?
MAT 5:48 त्यसकारण, जसरी तिमीहरूका स्वर्गीय पिता सिद्ध हुनुहुन्छ, त्यसरी नै तिमीहरू पनि सिद्ध हुनुपर्दछ ।
MAT 6:1 तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्‍ने तिनीहरूले देखून् भनेर नगर्न सावधान रहो, नत्रता स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ ।
MAT 6:2 त्यसैले, जब तिमीहरूले कसैलाई केही दान दिन्छौ, तब मानिसहरूबाट प्रशंसा पाउनको निम्ति पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा गरेजस्तै आफ्नैअगि तुरही नफुक । साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
MAT 6:3 तर जब तिमीहरू केही दान दिन्छौ, तब तिमीहरूको दाहिने हातले जे गर्दै छ, त्यो तिमीहरूको देब्रे हातले थाहा नपाओस्,
MAT 6:4 ताकि तिमीहरूको दान गुप्‍तमा होस् । त्यसपछि गुप्‍तमा देख्‍नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
MAT 6:5 अनि जब तिमीहरू प्रार्थना गर्छौ, तब पाखण्डीहरूजस्ता नहोओ, किनकि मानिसहरूले उनीहरूलाई देखून् भनेर उनीहरू सभाघरहरू र बाटोका छेउमा उभिएर प्रार्थना गर्न मन पराउँछन् । साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
MAT 6:6 तर जब तिमीहरू प्रार्थना गर्छौ, तब आफ्नो भित्री कोठामा जाओ । ढोका बन्द गर र आफ्ना पितासँग प्रार्थना गर जो गुप्‍तमा रहनुहुन्छ । त्यसपछि गुप्‍तमा देख्‍नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
MAT 6:7 अनि जब तिमीहरू प्रार्थना गर्छौ, व्यर्थमा नबरबराओ, जसरी गैरयहूदीहरूले गर्छन्, किनकि धेरै बोल्नाले तिनीहरूको सुनाइ हुन्छ भनी तिनीहरू ठान्दछन् ।
MAT 6:8 त्यसैकारण, तिनीहरू जस्ता नहोओ, किनकि तिमीहरूले माग्‍नुभन्दा अगि नै तिमीहरूलाई के कुराको खाँचो छ भनी तिमीहरूका पिता जान्‍नुहुन्छ ।
MAT 6:9 त्यसैले, यसरी प्रार्थना गरः ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्,
MAT 6:10 तपाईंको राज्य आओस् । तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पुरा होस् ।
MAT 6:11 हामीलाई आज दिनभरिको भोजन दिनुहोस् ।
MAT 6:12 हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौँ ।
MAT 6:13 र हामीलाई परीक्षामा नडोर्‍याउनुहोस्, तर दुष्‍टबाट छुटकारा दिनुहोस् । किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन ।’
MAT 6:14 किनकि यदि तिमीहरूले मानिसहरूका पापलाई क्षमा गर्‍यौ भने, तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुनेछ ।
MAT 6:15 तर यदि तिमीहरूले उनीहरूका पापलाई क्षमा गरेनौ भने, तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन ।
MAT 6:16 साथै, जब तिमीहरू उपवास बस्दछौ, तब पाखण्डीहरूले गरेजस्तै उदास अनुहार नबनाओ, किनकि तिनीहरू मानिसहरूका अगि उपवास बसेको जस्तो देखिन सकियोस् भनेर तिनीहरूले आफ्ना अनुहारलाई बिगार्छन् । साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
MAT 6:17 तर तिमीहरू जब उपवास बस्छौ, आफ्ना अनुहार पखाल र आफ्ना शिरलाई अभिषेक गर ।
MAT 6:18 यसरी मानिसहरूका नजरमा तिमीहरू उपवास बसिरहेका जस्तो देखिँदैनौ, तर गुप्‍तमा हुनुहुने तिमीहरूका पितालाई मात्र त्यो थाहा हुन्छ । अनि गुप्‍तमा देख्‍नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
MAT 6:19 पृथ्वीमा आफ्नो निम्ति धन सम्‍पत्ति नथुपार, जहाँ किरा र खियाले त्यसलाई नष्‍ट गर्छन्, र जहाँ चोरहरूले घर फोरेर चोर्छन् ।
MAT 6:20 बरु, आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ न त खिया वा किराले नष्‍ट गर्दछ, न त चोरले चोरेर लैजान्छ ।
MAT 6:21 किनकि जहाँ तिमीहरूको धन सम्पत्ति हुन्छ, त्यहाँ तिमीहरूको मन पनि हुनेछ ।
MAT 6:22 आँखा शरीरको निम्ति बत्ती हो । त्यसैकारण, यदि तिमीहरूका आँखा असल छन् भने, सम्पूर्ण शरीर नै प्रकाशले भरिनेछ ।
MAT 6:23 तर यदि तिमीहरूका आँखा खराब छन् भने, तिमीहरूका सम्पूर्ण शरीर नै अँध्यारोले भरिन्छ । त्यसैकारण, यदि तिमीहरूमा भएको ज्योति वास्तवमा अँध्यारो भयो भने, त्यो अन्धकार कति ठुलो होला !
MAT 6:24 कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्दछ, वा एउटाप्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्दछ । तिमीहरूले परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्दैनौ ।
MAT 6:25 त्यसैकारण, म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना जीवनको बारेमा के खाउँला वा के पिउँला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउँला भनेर चिन्ता नगर । के जीवन भोजनभन्दा र शरीर वस्‍त्रभन्दा मूल्यवान् हुँदैन र ?
MAT 6:26 आकाशका चराहरूलाई हेर ! तिनीहरूले न त छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन्, तरै पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ । के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ र ?
MAT 6:27 अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्‍न सक्छ र ?
MAT 6:28 अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ ? मैदानका लिली फुलहरूलाई हेर, ती कसरी उम्रन्छन् । तिनीहरूले न त काम गर्छन्, न कपडा नै बुन्छन् ।
MAT 6:29 र पनि म तिमीहरूलाई भन्छु, सोलोमन पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरूले जस्तै गरी आभुषित थिएनन् ।
MAT 6:30 यदि परमेश्‍वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने, तिमीहरूलाई त झन् कति बढी पहिराउनुहुनेछ, ए अल्प-विश्‍वासीहरू हो ?
MAT 6:31 त्यसैकारण, चिन्तित भएर यसरी नभन, ‘हामी के खाउँला ?’ वा ‘हामी के पिउँला ?’ वा ‘हामी के लगाउँला ?’
MAT 6:32 किनकि यी सबै कुरा त गैरयहूदीहरूले खोज्छन् र यी कुराहरू तिमीहरूलाई आवश्यक छ भन्‍ने कुरा तिमीहरूका स्वर्गीय पिताले जान्‍नुहुन्छ ।
MAT 6:33 तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ ।
MAT 6:34 त्यसैकारण, भोलिको निम्ति चिन्ता नगर, किनकि भोलिको चिन्ता त्यो आफैँले गर्नेछ । हरेक दिनको आफ्नै पर्याप्‍त चिन्ता रहेको छ ।
MAT 7:1 इन्साफ नगर, र तिमीहरूको पनि इन्साफ हुनेछैन ।
MAT 7:2 किनकि जुन इन्साफले तिमीहरूले इन्साफ गर्छौ, त्यही इन्साफले तिमीहरूको पनि इन्साफ हुनेछ । जुन नापले तिमीहरूले नाप्छौ, त्यही नापले तिमीहरू पनि नापिनेछौ ।
MAT 7:3 र किन तिमीहरूले आफ्नो भाइका आँखामा भएको परालको सानो टुक्रालाई देख्छौ, तर आफ्नै आँखामा भएको मुढालाई तिमीहरू ख्याल गर्दैनौ ?
MAT 7:4 तिमीले आफ्नो भाइलाई, ‘मलाई तिम्रो आँखामा भएको परालको टुक्रा निकाल्न देऊ’ भनेर कसरी भन्‍न सक्छौ, जब कि मुढाचाहिँ तिम्रो आफ्नै आँखामा छ ?
MAT 7:5 ए कपटी, पहिले तिम्रो आफ्नै आँखामा भएको मुढालाई निकाल, र तिमीले आफ्नो भाइको आँखामा भएको परालको टुक्रा निकाल्न तिमीले स्पष्‍टसँग देख्‍न सक्छौ ।
MAT 7:6 जे कुरा पवित्र छ त्यो कुकुरहरूलाई नदेऊ, र आफ्ना मोतीहरू सुङ्गुरहरूको अगाडि नफाल । नत्रता तिनीहरूले त्यसलाई खुट्टाले कुल्चेलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान् ।
MAT 7:7 माग, र त्यो तिमीहरूलाई दिइनेछ । खोज, र तिमीहरूले भेट्टाउनेछौ । ढकढक्याऊ, र तिमीहरूका निम्ति उघारिनेछ ।
MAT 7:8 किनकि माग्‍ने सबैले पाउँछन् । र खोज्ने सबैले भेट्टाउँछन् । र ढकढक्याउने व्यक्तिको निम्ति त्यो उघारिनेछ ।
MAT 7:9 वा, तिमीहरूमध्ये यस्तो मानिस कोही छ जसले आफ्नो छोराले उसलाई रोटी माग्दा ढुङ्गा देला ?
MAT 7:10 वा, उसले माछा माग्दा उसलाई सर्प देला ?
MAT 7:11 यसकारण, तिमीहरू दुष्‍ट भएर पनि आफ्ना छोराछोरीलाई कसरी असल थोक दिने भनी जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्‍नेहरूलाई कति बढ्ता गरेर दिनुहुन्छ ?
MAT 7:12 त्यसकारण, मानिसहरूले तिमीहरूको निम्ति जस्तो गरेको चाहन्छौ, तिमीहरूले तिनीहरूसँग त्यस्तै गर्नुपर्छ । त्यो नै व्यवस्था र अगमवक्‍ताहरूको शिक्षा हो ।
MAT 7:13 साँघुरो ढोकाबाट भित्र पस । किनभने विनाशमा पुर्‍याउने ढोका र बाटो फराकिलो हुन्छन्, र त्यस बाटोबाट जाने मानिसहरू धेरै छन् ।
MAT 7:14 किनकि जीवनमा डोर्‍याउने ढोका र बाटो साँघुरो हुन्छन्, र त्यो भेट्टाउने थोरै मात्र छन् ।
MAT 7:15 झुटा अगमवक्‍ताहरूदेखि होसियार बस, जो भेडाको भेषमा आउँदछन्, तर वास्तवमा तिनीहरू भोका ब्‍वाँसाहरू हुन् ।
MAT 7:16 तिनीहरूका फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ । के मानिसहरूले काँडाको झाडीबाट अङ्गुर बटुल्छन्, वा काँडाको बिरुवाबाट अन्जीर टिप्छन् र ?
MAT 7:17 यसरी नै, हरेक असल रुखले असलै फल फलाउँछ, तर खराब रुखले खराबै फल फलाउँछ ।
MAT 7:18 एउटाअ सल रुखले खराब फल फलाउन सक्दैन, न त खराब रुखले असल फल नै फलाउन सक्छ ।
MAT 7:19 हरेक रुख जसले असल फल फलाउँदैन, त्यो काटिनेछ र आगोमा फालिनेछ ।
MAT 7:20 यसकारण, तिनीहरूका फलहरूद्वारा नै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ ।
MAT 7:21 ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ ।
MAT 7:22 त्यस दिन धेरै मानिसले मलाई भन्‍नेछन्, ‘हे प्रभु, हे प्रभु, के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेका थिएनौँ र ? के तपाईंको नाउँमा भूतहरू धपाएनौँ र ? र तपाईंको नाउँमा धेरै शक्‍तिशाली कामहरू गरेका थिएनौँ र ?’
MAT 7:23 तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ ! ए दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल् !’
MAT 7:24 त्यसकारण, हरेक जसले मेरा वचन सुन्छ र ती पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो ।
MAT 7:25 पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो, तर त्यो घर ढलेन, किनकि त्यो घर चट्टानमाथि बनाइएको थियो ।
MAT 7:26 तर हरेक जसले मेरा वचन सुन्छ र पालन गर्दैन, त्यो मूर्ख मानिसजस्तै हो जसले आफ्नो घर बालुवामाथि बनायो ।
MAT 7:27 पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो । र त्यो ढल्यो र पूर्ण रूपमा नष्‍ट भयो ।”
MAT 7:28 जब येशूले यी वचन भनेर सक्‍नुभयो, भिड उहाँको शिक्षा सुनेर साह्रै अचम्मित भयो,
MAT 7:29 किनकि उहाँले तिनीहरूका शास्‍त्रीहरूले जस्तो गरी होइन, तर तिनीहरूलाई अधिकारसहित सिकाउनुभयो ।
MAT 8:1 जब येशू डाँडाबाट तल ओर्लनुभएको थियो, ठुलो भिडले उहाँलाई पछ्यायो ।
MAT 8:2 हेर, एक जना कुष्‍ठरोगी उहाँको नजिक आयो र उहाँको अगि घोप्‍टो पर्‍यो, र भन्यो, “हे प्रभु, तपाईंले इच्‍छा गर्नुभयो भने, मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ ।”
MAT 8:3 येशूले आफ्नो हात पसार्नुभयो र उसलाई छुनुभयो, र भन्‍नुभयो, “म चाहन्‍छु । तिमी शुद्ध होऊ ।” तब तुरून्‍तै आफ्नो कुष्‍ठरोगबाट ऊ शुद्ध भयो ।
MAT 8:4 येशूले उसलाई भन्‍नुभयो, “हेर, कुनै पनि मानिसलाई केही नभन्‍नू । आफ्नो बाटो लाग; आफैँलाई पुजारीकहाँ प्रकट गराऊ र तिनीहरूको अगि गवाही होस् भनेर मोशाले आज्ञा गरेअनुसार भेटी चढाऊ ।”
MAT 8:5 जब येशू कर्फनहुममा प्रवेश गर्नुभएको थियो, एक जना कप्‍तान उहाँकहाँ आएर उहाँलाई सोधे,
MAT 8:6 “हे प्रभु, मेरो एक जना नोकर पक्षाघातले ग्रसित भएर घरमा पल्टिरहेको छ र ऊ भयानक पीडामा छ ।”
MAT 8:7 येशूले तिनलाई भन्‍नुभयो, “म आएर उसलाई निको पार्नेछु ।”
MAT 8:8 कप्‍तानले जवाफ दिए र भने, “प्रभु, तपाईं मेरो घरको छानामुनि आउनको निम्ति म योग्‍यको छैनँ । तपाईंले केवल वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ ।
MAT 8:9 किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन्‌ । म एक जनालाई ‘जाऊ’ भन्‍छु र ऊ जान्‍छ, र अर्कोलाई ‘आऊ’ भन्‍छु र ऊ आउँछ, अनि मेरो नोकरलाई ‘त्‍यो गर’ भन्‍छु र उसले त्‍यो गर्छ ।”
MAT 8:10 जब येशूले यो सुन्‍नुभयो, उहाँ छक्‍क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, इस्राएलमा पनि मैले यस्तो विश्‍वास भएको कोही पाएको थिइनँ ।
MAT 8:11 म तिमीहरूलाई भन्‍छु, धेरै जना पूर्व र पश्‍चिमबाट आउनेछन्, अनि तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग स्‍वर्गीय राज्‍यको भोजमा बस्‍नेछन् ।
MAT 8:12 तर राज्‍यका छोराहरू बाहिर अन्‍धकारमा फालिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।”
MAT 8:13 येशूले त्यस कप्‍तानलाई भन्‍नुभयो, “जाऊ । तिमीले विश्‍वास गरेजस्‍तै तिम्रो निम्ति गरियोस् ।” अनि त्‍यही घडी तिनको नोकर निको भयो ।
MAT 8:14 जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्‍वरोले बिरामी भई थला परिरहेकी देख्‍नुभयो ।
MAT 8:15 येशूले तिनको हातमा छुनुभयो, अनि ज्‍वरोले तिनलाई छोड्‌यो । त्‍यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन् ।
MAT 8:16 जब साँझ पर्‍यो, मानिसहरूले भूतात्‍मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्‍याए । उहाँले एउटै वचनबाट भूतात्‍माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो ।
MAT 8:17 यसरी यशैया अगमवक्‍ताद्वारा भनिएको यस्तो वचन पुरा भयो, “उहाँ आफैँले नै हाम्रा बिमारीहरू लिनुभयो र हाम्रा रोगहरू वहन गर्नुभयो ।”
MAT 8:18 जब येशूले भिडलाई आफ्नो वरिपरि देख्‍नुभयो, उहाँले गालील समुद्रको अर्कोपट्टि जानको निम्ति निर्देशन दिनुभयो ।
MAT 8:19 त्‍यसपछि एक जना शास्‍त्री आएर उहाँलाई भने, “गुरुज्‍यू, तपाईं जहाँ जानुहुन्‍छ म तपाईंलाई त्यहीँ पछ्याउनेछु ।”
MAT 8:20 येशूले तिनलाई भन्‍नुभयो, “स्‍यालहरूका दुला छन्‌, र आकाशका चराचुरूङ्गीहरूका गुँडहरू छन्‌, तर मानिसका पुत्रको त आफ्नो शिर राख्‍ने ठाउँ कहीँ छैन ।”
MAT 8:21 चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, पहिले मलाई गएर मेरो बुबालाई गाड्न दिनुहोस्‌ ।”
MAT 8:22 तर येशूले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले नै मुर्दालाई गाड्‌न छोडिदेऊ ।”
MAT 8:23 जब येशू डुङ्गामा चढ्नुभएको थियो, उहाँका चेलाहरूले पनि उहाँलाई भित्रसम्म पछ्याए ।
MAT 8:24 हेर, समुद्रमा प्रचण्ड आँधीबेहरी चल्‍यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो । तर येशू सुतिरहनुभएको थियो ।
MAT 8:25 चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्‌, हामी मर्नै लागेका छौँ !”
MAT 8:26 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए अल्‍पविश्‍वासीहरू, तिमीहरू किन डराउँछौँ ?” त्‍यसपछि उहाँ उठ्‌नुभयो अनि आँधी र समुद्रलाई हकार्नुभयो । त्‍यसपछि त्यहाँ पुरै शान्ति छायो ।
MAT 8:27 ती मानिसहरू छक्‍क परे र भने, “उहाँ कस्‍तो मानिस हुनुहुन्छ, कि समुद्र र आँधीले पनि उहाँको आज्ञा मान्छन् ?”
MAT 8:28 जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुई जना भूतात्‍मा लागेका मानिसले उहाँलाई भेटे । तिनीहरू चिहानबाट निस्‍केर आइरहेका थिए र धेरै हिंसात्मक थिए । त्‍यसकारण, त्‍यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो ।
MAT 8:29 हेर, तिनीहरूले ठुलो स्‍वरले कराए र भने, “हे परमेश्‍वरका पुत्र, तपाईंसँग हाम्रो के सरोकार ? के तोकिएको समयभन्दा पहिले नै तपाईं यहाँ हामीलाई दुःख दिन आउनुभएको हो ?
MAT 8:30 त्‍यहाँ नजिकै धेरै सुँगुरहरूको एउटा बथान चरिरहेको थियो ।
MAT 8:31 ती भूतात्‍माहरूले उहाँलाई बिन्‍ती गरिरहे र भने, “यदि तपाईंले हामीलाई बाहिर निकाल्‍नुहुन्‍छ भने, हामीलाई सुँगुरहरूको बथानमा पठाइदिनुहोस्‌ ।”
MAT 8:32 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जा !” ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरूभित्र पसे । अनि हेर, सबै सुँगुर त्यो भिरालो पहाडको तल दौडे र समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे ।
MAT 8:33 सुँगुरहरू चराइरहेका मानिसहरू त्यहाँबाट दौडेर गए । अनि जब तिनीहरू सहरमा गए, तिनीहरूले सबै कुरा बताइदिए, र विशेष गरी भूतात्मा लागेका मानिसहरूलाई के भएको थियो सो बताइदिए ।
MAT 8:34 हेर, पुरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्‍यहाँबाट जान अनुरोध गरे ।
MAT 9:1 येशू एउटा डुङ्गाभित्र प्रवेश गर्नुभयो, पारिपट्टि जानुभयो, र आफ्नो सहरमा आइपुग्‍नुभयो ।
MAT 9:2 हेर, तिनीहरूले उहाँकहाँ ओछ्यानमा सुतिरहेको एउटा पक्षाघातीलाई ल्याए । तिनीहरूको विश्‍वास देखेर येशूले त्यो पक्षाघात भएको व्यक्‍तिलाई भन्‍नुभयो, “छोरा आनन्दित होऊ । तिम्रा पाप क्षमा भएका छन् ।”
MAT 9:3 हेर, त्यहाँका केही शास्‍त्रीहरूले तिनीहरूका माझमा यसो भने, “यो मानिसले ईश्‍वर-निन्दा गरिरहेको छ ।”
MAT 9:4 येशूले तिनीहरूको विचारलाई थाहा पाउनुभयो र भन्‍नुभयो, “किन तिमीहरू आफ्ना हृदयमा दुष्‍ट विचार गरिरहेका छौ ?
MAT 9:5 कुन कुराचाहिँ भन्‍न सजिलो छ, ‘तिम्रा पाप क्षमा भएका छन् भन्‍न कि उठ र हिँड भन्‍न ?’
MAT 9:6 तर मानिसका पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भन्‍ने कुरा तिमीहरूले जान्‍न सक ।” उहाँले त्यस पक्षाघातीलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ ।”
MAT 9:7 त्यसपछि त्यो मानिस उठ्यो र आफ्नो घरतर्फ गयो ।
MAT 9:8 जब भिडले यो देख्यो, तिनीहरू छक्‍क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्‍वरको प्रशंसा गरे ।
MAT 9:9 येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्‍तिलाई देख्‍नुभयो, जो कर उठाउने ठाउँमा बसिरहेका थिए । उहाँले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।” तिनी उठे र उहाँको पछि लागे ।
MAT 9:10 जब येशू खाना खान घरमा बस्‍नुभयो, हेर, धेरै कर उठाउने र पापी मानिसहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाए ।
MAT 9:11 जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन् ?”
MAT 9:12 जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “शरीरमा बलियो भएकाहरूलाई वैद्यको खाँचो पर्दैन, केवल तिनीहरूलाई मात्र खाँचो हुन्छ जो बिरामी छन् ।”
MAT 9:13 जाओ र यसको अर्थ के हो सिक, ‘म दया चाहन्छु, तर बलिदान होइन ।’ किनकि म, धर्मीहरूलाई पश्‍चात्ताप गर्नलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ ।
MAT 9:14 त्यसपछि बप्‍तिस्मा-दिने यूहन्‍नाका चेलाहरू उहाँकहाँ आए, र भने, “किन हामी र फरिसीहरू प्रायः उपवास बस्तछौँ, तर तपाईंका चेलाहरू उपवास बस्दैनन् ?”
MAT 9:15 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के विवाहमा आएकाहरू, दुलहा तिनीहरूका साथमा हुँदा-हुँदै दुःखी हुन्छन् र ? तर ती दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट टाढा लगिनेछ, र तिनीहरू उपवास बस्‍नेछन् ।
MAT 9:16 कसैले पनि पुरानो वस्‍त्रमा नयाँ कपडाको टुक्रा जोड्दैन, किनकि त्यो टुक्रा वस्‍त्रबाट च्यातिनेछ, र त्यहाँ झन् नराम्रो दुलो हुनेछ ।
MAT 9:17 न त कसैले पुरानो मद्यको मशकमा नयाँ दाखमद्य राख्दछ । तिनीहरूले त्यसो गरे भने, त्यो मशक फुट्नेछ र सबै दाखमद्य पोखिनेछ, र मद्यको मशक नष्‍ट हुनेछ । त्यसको सट्टामा, तिनीहरूले नयाँ दाखमद्यलाई नयाँ मद्यको मशकमा रख्दछन्, र दुवै सुरक्षित रहन्‍छन् ।”
MAT 9:18 जब येशूले तिनीहरूलाई यो कुरा भनिरहनुभएको थियो, हेर, एउटा अधिकारी आए र येशूलाई दण्डवत् गरे । तिनले भने, “मेरी छोरी भर्खरै मरेकी छन्, तर आएर तपाईंले तिनको शिरमाथि हात राखिदिनुहोस् र तिनी फेरि जीवित हुनेछिन् ।”
MAT 9:19 त्यसपछि येशू उठ्नुभयो र तिनको पछि लाग्‍नुभयो र उहाँका चेलाहरू पनि पछि लागे ।
MAT 9:20 हेर, बाह्र वर्षदेखि धेरै रगत बग्‍ने एक जना स्‍त्री येशूको पछाडि आइन्, र उहाँको वस्‍त्रको छेउ छोइन् ।
MAT 9:21 किनकि तिनले आफैँलाई यसो भनेकी थिइन्, “मैले उहाँको वस्‍त्र मात्र छोएँ भने पनि, म निको पारिनेछु ।”
MAT 9:22 तर येशू पछाडि फर्कनुभयो र तिनलाई देख्‍नुभयो, र भन्‍नुभयो “छोरी, साहस गर । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” अनि ती स्‍त्री तुरुन्तै निको भइन् ।
MAT 9:23 जब येशू त्यस अधिकारीको घरमा आउनुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भिडले ठुलो हल्ला गरिरहेका देख्‍नुभयो ।
MAT 9:24 उहाँले भन्‍नुभयो, “पर जाओ, किनकि यी युवती मरेकी छैनन्, तर यिनी निदाएकी छन् ।” तर तिनीहरू उहाँको गिल्ला गरेर हाँसे ।
MAT 9:25 जब भिडलाई बाहिर पठाइएको थियो, उहाँ कोठाभित्र जानुभयो र उहाँले तिनका हात समात्‍नुभयो, र ती युवती उठिन् ।
MAT 9:26 यो खबर त्यस क्षेत्रको चारैतिर फैलियो ।
MAT 9:27 जब येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो, दुई जना दृष्‍टिविहीनले उहाँलाई पछ्याए । तिनीहरू ठुलो स्वरले कराइरहे र यसो भनिरहे, “दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस् ।”
MAT 9:28 जब येशू घरभित्र आउनुभयो, ती दृष्‍टिविहीनहरू उहाँकहाँ आए । येशूले तिनीहरूलाई भन्‍नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्‍वास गर्छौ ?” तिनीहरूले उहाँलाई भने “ज्यू, प्रभु ।”
MAT 9:29 त्यसपछि येशूले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूले विश्‍वास गरेअनुसार तिमीहरूका निम्ति यो गरियोस् ।”
MAT 9:30 अनि तिनीहरूका आँखा खोलिए । त्यसपछि येशूले तिनीहरूलाई कडासाथ आज्ञा गर्नुभयो र भन्‍नुभयो, “ख्याल गर, कि यो कुराबारे कसैलाई पनि थाहा नहोस् ।”
MAT 9:31 तर ती दुई जना मानिस बाहिर निस्के र यो खबर त्यो क्षेत्रभरि नै फैलाए ।
MAT 9:32 जब ती दुई जना मानिस जाँदै थिए, हेर, एक जना भूतात्मा लागेको बोल्न नसक्‍ने व्यक्‍तिलाई येशूकहाँ ल्याइयो ।
MAT 9:33 जब त्यो भूतात्मा धपाइयो, तब त्‍यो व्यक्‍ति बोल्यो । भिडहरू छक्‍क परे र भने, “इस्राएलमा यस्तो कहिल्‍यै देखिएको थिएन !”
MAT 9:34 तर फरिसीहरूले यसो भनिरहेका थिए, “यसले भूतहरूको मालिकद्वारा भूतहरू निकाल्दछ ।”
MAT 9:35 येशू सारा सहरमा र गाउँहरूमा जानुभयो । उहाँले राज्‍यको सुसमाचार प्रचार गर्दै र सबै किसिमका रोग र बिमारीहरूलाई निको पार्दै तिनीहरूका सभाघरहरूमा सिकाइरहनुभयो ।
MAT 9:36 जब उहाँले भिडलाई देख्‍नुभयो, उहाँ तिनीहरूका निम्ति दयाले भरिनुभयो, किनभने तिनीहरू विचलित र निराश थिए । तिनीहरू गोठालाविनाका भेडाहरूजस्‍तै थिए ।
MAT 9:37 उहाँले चेलाहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्‍त छन्, तर खेतालाहरू थोरै छन् ।
MAT 9:38 यसकारण फसलका प्रभुलाई चाँडै प्रार्थना गर, ताकि उहाँले आफ्‍नो फसलका निम्ति खेतालाहरू पठाइदिनुभएको होस् ।”
MAT 10:1 येशूले आफ्ना बाह्र जना चेलालाई एकै ठाउँमा बोलाउनुभयो र तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो अनि हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्ने अधिकार पनि दिनुभयो ।
MAT 10:2 यी बाह्र जना प्रेरितका नाम यस प्रकार छ । पहिलो, सिमोन (जसलाई उहाँले पत्रुस पनि भनेर बोलाउनुहुन्थ्यो), र तिनका भाइ अन्द्रियास; जब्दियाका छोरा याकूब, र तिनका भाइ यूहन्‍ना;
MAT 10:3 फिलिप र बारथोलोमाइ; थोमा र कर उठाउने मत्ती, अल्फयसका छोरा याकूब र थेदियस;
MAT 10:4 सिमोन कनानी र यहूदा इस्करियोत, जसले येशूलाई पक्राइदिने थियो ।
MAT 10:5 यी बाह्रै जनालाई येशूले बाहिर पठाउनुभयो । उहाँले तिनीहरूलाई निर्देशन दिनुभयो र भन्‍नुभयो, “गैरयहूदीहरू बस्‍ने कुनै पनि ठाउँमा नजाओ, र सामरीहरूको कुनै पनि सहरमा प्रवेश नगर ।”
MAT 10:6 यसको सट्टा, इस्राएलको घरानाको हराएको भेडाकहाँ जाओ ।
MAT 10:7 अनि जसै तिमीहरू जान्छौ, ‘स्वर्गको राज्य नजिकै आइसकेको छ’ भनी प्रचार गर ।
MAT 10:8 रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्‍ठरोगीहरूलाई शुद्ध पार र भूतात्माहरूलाई धपाओ । तिमीहरूले सित्तैँमा पाएका छौ, सित्तैँमा देओ ।
MAT 10:9 तिमीहरूका थैलीमा कुनै पनि सुन, चाँदी वा पित्तल नबोक ।
MAT 10:10 तिमीहरूका यात्राको निम्ति झोला वा फाल्तु दौरा वा जुत्ता वा लौरो नबोक, किनकि खेतालाले आफ्नो भोजन पाउनुपर्छ ।
MAT 10:11 तिमीहरू जुनसुकै सहर वा गाउँमा प्रवेश गर्छौ, त्यहाँ को योग्यको छ भनी पत्ता लगाओ र नगइन्जेलसम्म तिमीहरू त्यहीँ बस ।
MAT 10:12 जब तिमीहरू घरमा पस्छौ, तब त्यसलाई अभिवादन गर ।
MAT 10:13 यदि त्यो घर योग्यको छ भने, तिमीहरूको शान्ति त्यसमाथि आओस् । तर यदि त्यो योग्यको छैन भने, तिमीहरूका शान्ति तिमीहरूकहाँ नै फर्केर आओस् ।
MAT 10:14 जसले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूका वचन सुन्दैन, तिमीहरू त्यस सहर वा गाउँबाट निस्केर जाँदा, तिमीहरूका खुट्टाबाट धुलो टकटक्याइदेओ ।
MAT 10:15 साँच्‍चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ ।
MAT 10:16 हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाझैँ पठाउँदै छु । यसकारण, सर्पझैँ चनाखो र ढुकुरझैँ सोझो होओ ।
MAT 10:17 मानिसहरूदेखि होसियार बस ! तिनीहरूले तिमीहरूलाई परिषद्हरूमा सुम्पिदिनेछन् र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कोर्रा लगाउनेछन् ।
MAT 10:18 अनि शासकहरू र राजाहरू र अन्यजातिहरूका निम्ति गवाहीको रूपमा मेरो खातिर तिमीहरू तिनीहरूका सामु ल्याइनेछौ ।
MAT 10:19 जब तिनीहरूले तिमीहरूलाई सुम्पिदिनेछन्, तब तिमीहरूले कसरी वा के बोल्ने भन्‍ने विषयमा चिन्ता नगर, किनकि तिमीहरूलाई बोल्नुपर्ने कुरा सोही घडी दिइनेछ ।
MAT 10:20 किनकि बोल्ने तिमीहरू होइनौ, तर तिमीहरूमा बोल्नुहुने तिमीहरूका पिताका आत्मा हुनुहुन्छ ।
MAT 10:21 दाजुले भाइलाई मृत्युको निम्ति पक्राइदिनेछ, र बुबाले आफ्नो छोरालाई । छोराछोरीहरू आफ्ना बुबा-आमाका विरुद्धमा उठ्नेछन् र मृत्युका निम्ति तिनीहरूलाई सुम्पिदिनेछन् ।
MAT 10:22 मेरो नाउँको खतिर तिमीहरू सबैबाट घृणित हुनेछौ । तर जसले अन्तिम घडीसम्म सहन्छ, त्यस व्यक्‍तिको उद्धार हुनेछ ।
MAT 10:23 जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन्, अर्को सहरमा भाग, किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, मानिसका पुत्र नआउञ्‍जेलसम्म तिमीहरू इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ ।
MAT 10:24 चेला आफ्नो गुरुभन्दा श्रेष्‍ठ हुँदैन, न त नोकर आफ्नो मालिकभन्दा ठुलो हुन्छ ।
MAT 10:25 चेला आफ्नो गुरु र नोकर आफ्नो मालिकजस्तो हुनु नै उसको निम्ति पर्याप्‍त हुन्छ । यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, तिनीहरूले उनका घरानालाई झन् कति बढी बदनाम गर्लान् !
MAT 10:26 त्यसकारण, तिनीहरूसँग नडराओ, किनकि कुनै कुरा पनि ढाकिएको छैन जुन प्रकट हुनेछैन, र कुनै कुरा पनि लुकाइएको छैन जुन थाहा हुनेछैन ।
MAT 10:27 जे म तिमीहरूलाई अँध्यारोमा भन्दछु, त्यो उज्यालोमा भनिदेओ र जे तिमीहरूले आफ्नो कानमा मधुर रूपमा सुन्छौ, त्यो घरको धुरीबाट घोषणा गर ।
MAT 10:28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्‍ट गर्न सक्‍नुहुनेसँग डराओ ।
MAT 10:29 के सानो सिक्‍कामा दुईवटा भङ्गेरा बिक्दैनन् र ? तापनि तिमीहरूका पिताको इच्छाविना तीमध्ये एउटा पनि भुइँमा खस्दैन ।
MAT 10:30 तर तिमीहरूका शिरका केशहरू पनि गन्ती भएका छन् ।
MAT 10:31 नडराओ । तिमीहरू धेरै भङ्गेराभन्दा बढी मूल्यवान् छौ ।
MAT 10:32 यसकारण, जसले मलाई मानिसहरूका सामुन्‍ने ग्रहण गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु ग्रहण गर्नेछु ।
MAT 10:33 तर जसले मानिसहरूका सामुन्‍ने मलाई इन्कार गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु ।
MAT 10:34 म पृथ्‍वीमा शान्‍ति ल्याउन आएँ भनी विचार नगर । म शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएँ ।
MAT 10:35 किनकि म मानिसलाई उसको पिताको विरुद्ध र छोरीलाई उसकी आमाको विरुद्ध र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ ।
MAT 10:36 मानिसका शत्रुहरू उसको आफ्नै घरानाभित्रका हुनेछन् ।
MAT 10:37 जसले मलाई भन्दा आफ्नो बुबा वा आमालाई प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन । र जसले आफ्नो छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्छ, ऊ मेरो निम्ति योग्यको हुँदैन ।
MAT 10:38 जसले आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन, ऊ मेरो निम्ति योग्यको हुँदैन ।
MAT 10:39 जसले आफ्नो जीवन भेट्टाउँछ, उसले त्यो गुमाउनेछ । तर जसले मेरो खतिर आफ्नो जीवन गुमाउँछ, उसले जीवन पाउनेछ ।
MAT 10:40 जसले तिमीहरूलाई स्वागत गर्दछ, उसले मलाई स्वागत गर्दछ र जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ ।
MAT 10:41 जसले अगमवक्‍तालाई तिनी अगमवक्‍ता भएको कारणले स्वागत गर्दछ, उसले अगमवक्‍ताको इनाम पाउनेछ । अनि जसले धर्मी मानिसलाई तिनी धर्मी भएको कारणले स्वागत गर्दछ, उसले धर्मी मानिसको इनाम पाउनेछ ।
MAT 10:42 जसले यी सानाहरूमध्ये कसैलाई चेला भएको कारणले एक कचौरा चिसो पानी मात्र पनि पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्दछु, उसले कुनै रीतिले आफ्नो इनाम गुमाउनेछैन् ।
MAT 11:1 येशूले आफ्ना बाह्र जना चेलालाई शिक्षा दिइसक्‍नुभएपछि तिनीहरूका सहरहरूमा सिकाउन र प्रचार गर्न उहाँ त्यहाँबाट जानुभयो ।
MAT 11:2 अनि जब यूहन्‍नाले झ्यालखानाबाट ख्रीष्‍टले गर्नुभएका कामहरूको बारेमा सुने, उनले आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए,
MAT 11:3 र उनलाई भने, “के आउनुहुनेवाला तपाईं नै हुनुहुन्छ, वा कोही अर्कै मानिस हुनुहुन्छ जसको हामीले प्रतीक्षा गर्नुपर्छ ?”
MAT 11:4 येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्‍नालाई बताइदेओ ।
MAT 11:5 दृष्‍टिविहीनहरूले दृष्‍टि पाइरहेका छन्; लङ्गडा मानिसहरू हिँडिरहेका छन्; कुष्‍ठरोगीहरू शुद्ध पारिएका छन्; बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्; मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको छ, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदै छ ।
MAT 11:6 अनि तिनीहरू धन्यका हुन् जसले मलाई तिनीहरूका निम्ति कुनै बाधा सम्झँदैनन् ।”
MAT 11:7 जसै यी मानिसहरू आफ्नो बाटो लागे, येशूले भिडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गयौ– हावाले हल्लाइरहेको निगालोलाई ?
MAT 11:8 तिमीहरू के हेर्न बाहिर गयौ– मलमलको लुगा लगाउने मानिसलाई ? वास्तवमा मलमलको कपडा लगाउने व्यक्‍ति त राजाहरूका दरबारहरूमा बस्छ ।
MAT 11:9 तर तिमीहरू के हेर्न बाहिर गयौ– के अगमवक्‍तालाई ? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्‍ताभन्दा पनि महान् व्यक्‍तिलाई ।
MAT 11:10 उनी तिनै हुन् जसको बारेमा यस्तो लेखिएको छ, ‘हेर, म तिमीहरूको अगि-अगि मेरा समाचारवाहकलाई पठाउँदै छु, जसले म आउनुभन्दा अगाडि तिमीहरूका निम्ति बाटो तयार पार्नेछन् ।’
MAT 11:11 साँच्‍चै म तिमीहरूलाई भन्दछु, स्‍त्रीबाट जन्मेकाहरूमा बप्‍तिस्मा-दिने यूहन्‍नाभन्दा महान् अरू कोही छैन । तरै पनि स्वर्गको राज्यमा सबैभन्दा कम महत्त्‍वको मानिस उनीभन्दा महान् हुन्छन् ।
MAT 11:12 बप्‍तिस्मा-दिने यूहन्‍नाको दिनदेखि अहिलेसम्म स्वर्गको राज्यले तीव्रता भोगिरहेको छ, र उग्र मानिसहरूले यसलाई बलपूर्वक पक्रन्छन् ।
MAT 11:13 किनकि यूहन्‍ना नआन्जेलसम्म सबै अगमवक्‍ता र व्यवस्थाले अगमवाणी गरिरहेका थिए ।
MAT 11:14 अनि यदि तिमीहरूले एलियालाई पाउने इच्छा गरिरहेका छौ भने, आउनुपर्ने एलिया उनी नै हुन् ।
MAT 11:15 जससँग सुन्‍ने कान छ, त्यसले सुनोस् ।
MAT 11:16 यस पुस्तालाई म केसँग तुलना गरूँ ? यो त बजारमा खेलिरहेका बालकहरूजस्तै छ, जो बस्दछ र एक अर्कालाई बोलाउँदछ,
MAT 11:17 र भन्दछ, ‘हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ । हामीले शोक गर्‍यौँ, र तिमीहरू रोएनौ ।’
MAT 11:18 किनकि यूहन्‍ना रोटी खाँदै अथवा दाखमद्य पिउँदै आएनन्, अनि तिनीहरू भन्छन्, ‘त्यसलाई भूत लागेको छ ।’
MAT 11:19 मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, ऊ एउटा घिचुवा मान्छे हो अनि पियक्‍कड, कर उठाउनेहरू र पापीहरूको मित्र हो !’ तर बुद्धिचाहिँ तिनको कामहरूले सिद्ध हुन्छ ।”
MAT 11:20 तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्‍तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्‍चात्ताप गरेका थिएनन् ।
MAT 11:21 “धिक्‍कार तँलाई, ए खोराजीन ! धिक्‍कार तँलाई, ए बेथसेदा ! यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू टुरोस र सीदोनमा गरिएका भए, तिनीहरूले धेरै पहिले नै भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसकेका हुने थिए ।
MAT 11:22 न्यायको दिनमा तिमीहरूका निम्ति भन्दा टुरोस र सीदोनको निम्ति इन्साफ अझ बढी सहनीय हुनेछ ।
MAT 11:23 तँ कफर्नहुम, के तँ स्वर्गमा उचालिनेछस् भनी सम्झन्छस् । होइन, तँलाई तल पातालमा झारिनेछ । किनकि यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू सदोममा गरिएका भए, त्यो आजसम्म पनि रहिरहने थियो ।
MAT 11:24 तर म तिमीहरूलाई भन्दछु, कि इन्साफको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ ।”
MAT 11:25 त्यस बेला येशूले भन्‍नुभयो, “पिता, म तपाईंको प्रशंसा गर्दछु । हे स्वर्ग र पृथ्वीका मालिक, किनभने तपाईंले यी कुराहरू बुद्धिमानी र समझदारहरूबाट लुकाउनुभयो, र ती अनपढलाई प्रकट गराउनुभयो जो साना बालकहरूजस्ता छन् ।
MAT 11:26 हो, पिता, किनकि तपाईंको दृष्‍टिमा यही नै मनपर्दो थियो ।
MAT 11:27 मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ । अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्‍तिले बाहेक पितालाई कसैले चिन्दैन ।
MAT 11:28 मकहाँ आओ, तिमीहरू सबै जसले परिश्रम गर्दछौ र गह्रौँ बोझले लादिएका छौ, अनि म तिमीहरूलाई विश्राम दिनेछु ।
MAT 11:29 मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ ।
MAT 11:30 किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ ।”
MAT 12:1 त्यति बेला शबाथको दिनमा येशू अन्‍नका खेतहरू हुँदै जानुभयो । उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्‍न टिप्दै खान लागे ।
MAT 12:2 तर जब फरिसीहरूले त्यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।”
MAT 12:3 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दाऊदले उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्‍ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ ?
MAT 12:4 कसरी उनी परमेश्‍वरको भवनमा पसेर उहाँको उपस्थितिको रोटी खाए, जुन उनी र उनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो तर त्यो पुजारीहरूका लागि मात्रै उचित थियो ?
MAT 12:5 र शबाथमा पुजारीहरूले त्यस दिनलाई अपवित्र गर्छन्, तरै पनि उनीहरू दोषरहित हुन्छन् भन्‍ने कुरा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ र ?
MAT 12:6 तर म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान् एक जना यहाँ हुनुहुन्छ ।
MAT 12:7 ‘म कृपा चाहन्छु र बलिदान होइन’ भन्‍ने कुराको अर्थ यदि तिमीहरूले बुझेका भए तिमीहरूले निर्दोषको निन्दा गर्ने थिएनौ ।
MAT 12:8 किनभने मानिसका पुत्र शबाथका प्रभु हुन् ।”
MAT 12:9 त्यसपछि येशू त्यहाँबाट अलग्गिनुभयो र तिनीहरूका सभाघरहरूमा जानुभयो ।
MAT 12:10 हेर, त्यहाँ एक जना हात सुकेको व्यक्‍ति थियो । येशूलाई पापको दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे, “के शबाथमा निको पार्नु उचित छ ?”
MAT 12:11 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूका बिचमा यस्तो व्यक्‍ति होला जोसँग एउटा मात्र भेडा छ, र यदि शबाथमा त्यो भेडा गहिरो खाल्डोमा खस्यो भने, उसले त्यसलाई समातेर बाहिर ननिकाल्ला ?
MAT 12:12 त्यसो भए, एउटा मानिसको मूल्य त्यो भेडाभन्दा कति बढी छ ! त्यसैले, शबाथमा असल गर्नु न्यायसङ्गत छ ।”
MAT 12:13 अनि येशूले त्यस व्यक्‍तिलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” उसले आफ्नो हात पसार्‍यो, र उसको त्यो हात अर्को हातजस्तै निको भयो ।
MAT 12:14 तर ती फरिसीहरू बाहिर गए र षड्‍यन्‍त्र रच्‍न थाले । तिनीहरूले उहाँलाई कसरी मार्न सकिन्छ भनेर मौका खोज्न थाले ।
MAT 12:15 अनि जब येशूले यो थाहा पाउनुभयो, उहाँ त्यहाँबाट निस्कनुभयो । धेरै मानिसले उहाँलाई पछ्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो ।
MAT 12:16 उहाँको बारेमा अरूहरूलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आदेश दिनुभयो,
MAT 12:17 ताकि यशैया अगमवक्‍ताद्वारा यसो भनिएको कुरा सत्य साबित होस्,
MAT 12:18 “हेर, मेरो दास जसलाई मैले छानेको छु; मेरा अति प्रिय, जसमा मेरो प्राण प्रसन्‍न छ । म उनमा मेरा आत्मा खन्याउनेछु, अनि उनले गैरयहूदीहरूलाई न्यायको घोषणा गर्नेछन् ।
MAT 12:19 उनले सङ्घर्ष गर्नेछैनन्, न त ठुलो स्वरले कराउनेछन्, न त कसैले गल्लीहरूमा उनको स्वर सुन्‍नेछ ।
MAT 12:20 उनले कुनै फुटेको नरकटलाई भाँच्‍नेछैनन्; उनले न्यायलाई विजयमा नपुर्‍याएसम्म उनले कुनै पनि धिपधिप बलिरहेको सलेदोलाई निभाउनेछैनन् ।
MAT 12:21 अनि उनको नाउँमा गैरयहूदीहरूले विश्‍वास गर्नेछन् ।”
MAT 12:22 अनि भूतात्माले सताएको एक जना अन्धो र बोल्न नसक्‍ने व्यक्‍ति येशूकहाँ ल्याइयो । उहाँले त्यसलाई निको पार्नुभयो र फलस्वरूप त्यो बोल्न नसक्‍ने व्यक्‍ति बोल्न सक्‍ने र देख्‍न सक्‍ने भयो ।
MAT 12:23 सबै भिड छक्‍क परे र भने, “के यी मानिस दाऊदका पुत्र हुन सक्छन् ?”
MAT 12:24 तर जब फरिसीहरूले यस आश्‍चर्यकर्मको बारेमा सुने, तिनीहरूले भने, “यो मानिसले अरू केही होइन, तर भूतात्माहरूको राजकुमार बालजिबुलद्वारा भूतहरू निकाल्दछ ।”
MAT 12:25 तर येशूले तिनीहरूको विचार जान्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “आफैँमा विभाजित भएको हरेक राज्यलाई उजाड पारिनेछ, अनि आफैँमा विभाजित भएको हरेक सहर वा घराना टिक्‍नेछैन ।”
MAT 12:26 यदि शैतानले नै शैतानलाई निकाल्दछ भने, त्यो आफैँमा विभाजित हुन्छ । त्यसको राज्य कसरी टिक्ला ?
MAT 12:27 अनि म बालजिबुलद्वारा भूतात्माहरू निकाल्छु भने, तिमीहरूलाई पछ्याउनेहरूले कोद्वारा तिनीहरूलाई निकाल्छन् त ? यसकारण, तिनीहरू तिमीहरूका न्यायाधीश हुनेछन् ।
MAT 12:28 तर यदि म परमेश्‍वरको आत्माद्वारा भूतात्माहरू निकाल्छु भने, परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ ।
MAT 12:29 र कुनै मानिसले एक बलियो व्यक्‍तिलाई पहिले नबाँधेसम्म उसको घरमा छिरेर उसका सामानहरू कसरी चोर्न सक्छ ? त्यस बलियो व्यक्‍तिलाई बाँधेपछि उसको घरका सामानहरू त्यसले चोर्छ ।
MAT 12:30 जो मसित छैन ऊ मेरो विरुद्धमा हुन्छ, अनि जसले मसित बटुल्दैन उसले छरपष्‍ट पार्छ ।
MAT 12:31 त्यसैले म भन्दछु, मानिसले गरेको हरेक पाप र ईश्‍वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन ।
MAT 12:32 अनि जसले परमेश्‍वरका पुत्रको विरुद्धमा कुनै वचन बोल्छ भने उसलाई क्षमा गरिनेछ । तर जो कोहीले पवित्र आत्माको विरुद्धमा बोल्छ त्यसलाई न यो संसारमा न त आउने संसारमा क्षमा गरिनेछ ।
MAT 12:33 कि त रुखलाई असल बनाओ र त्यसको फललाई पनि असल बनाओ, वा कि त त्यो रुखलाई खराब बनाओ र त्यसको फललाई पनि खराब बनाओ, किनकि रुख त्यसको फलद्वारा चिनिनेछ ।
MAT 12:34 ए सर्पका सन्तानहरू, तिमीहरू दुष्‍ट छौ त कसरी असल कुरा बोल्न सक्छौ ? किनकि हृदयमा जे छ, त्यही मुखबाट निस्कन्छ ।
MAT 12:35 एउटा असल व्यक्‍तिले आफ्नो हृदयमा रहेको असल कुराले जे असल छ त्यो नै बाहिर ल्याउँछ, अनि एउटा दुष्‍ट व्यक्‍तिले आफ्नो हृदयमा रहेको दुष्‍ट कुराले जे दुष्‍ट छ त्यो नै बाहिर ल्याउँछ ।
MAT 12:36 र म तिमीहरूलाई भन्दछु, कि न्यायको दिनमा मानिसहरूले आफूले बोल्ने हरेक व्यर्थ वचनको निम्ति लेखा दिनेछन् ।
MAT 12:37 किनकि तिमीहरूका वचनद्वारा नै तिमीहरूको न्याय हुनेछ, अनि तिमीहरूकै वचनद्वारा तिमीहरू दोषी ठहरिनेछौ ।”
MAT 12:38 त्यसपछि केही शास्‍त्रीहरू र फरिसीहरूले येशूलाई उत्तर दिँदै भने, “गुरु, हामी तपाईंबाट केही चिन्हहरू हेर्न चाहन्छौँ ।”
MAT 12:39 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ । तर त्यसलाई योना अगमवक्‍ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन ।
MAT 12:40 किनकि जसरी योना तिन दिन र तिन रात माछाको पेटमा थिए, त्यसरी नै मानिसका पुत्र तिन दिन र तिन रात पृथ्वीको गर्भभित्र रहनेछन् ।
MAT 12:41 निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्तासँग खडा हुनेछन् र यस जातिको निन्दा गर्नेछन् । किनकि योनाको सन्देश सुनेर तिनीहरूले पश्‍चात्ताप गरेका थिए, र हेर, योनाभन्दा अझै महान् कोही यहाँ छन् ।
MAT 12:42 दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्यायको दिनमा उठ्नेछिन् र यसको निन्दा गर्नेछिन् । तिनी पृथ्वीका कुनाबाट सोलोमनका ज्ञानका कुराहरू सुन्‍न आइन्, तर हेर, सोलोमनभन्दा महान् कोही यहाँ छन् ।
MAT 12:43 जब कुनै अशुद्ध आत्माले मानिसलाई छोड्छ, त्यो पानी नभएको ठाउँ हुँदै जान्छ र त्यसले आराम खोज्छ, तर त्यसले त्यो भेट्टाउँदैन ।
MAT 12:44 अनि त्यसले भन्छ, ‘म मेरो घरमा फर्कनेछु जहाँबाट म आएँ ।’ फर्किएपछि त्यसले आफ्नो घर सफा गरिएको र मिलाएर राखिएको भेट्टाउँछ ।
MAT 12:45 त्यसपछि त्यो गएर आफूभन्दा दुष्‍ट अरू सात आत्मालाई बटुल्छ अनि तिनीहरू सबै त्यहाँभित्र बस्‍न आउँछन् । अनि त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ । यस दुष्‍ट पुस्ताको निम्ति ठिक यस्तै हुनेछ ।”
MAT 12:46 जब येशू भिडसँग बोल्दै हुनुहुन्थ्यो, हेर, उहाँकी आमा र उहाँको भाइ उहाँसँग बोल्नको निम्ति बाहिर पर्खिरहे ।
MAT 12:47 कसैले उहाँलाई भन्यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंसँग बोल्न बाहिर पर्खिरहनुभएका छन् ।”
MAT 12:48 तर येशूले उत्तर दिनुभयो र त्यसो भन्‍ने व्यक्‍तिलाई भन्‍नुभयो, “मेरी आमा को हुन् ? र मेरा भाइहरू को हुन् ?”
MAT 12:49 अनि उहाँले आफ्नो हात उहाँका चेलाहरूतर्फ पसारेर भन्‍नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन् !
MAT 12:50 किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार गर्दछ, त्यो मानिस नै मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन् ।”
MAT 13:1 त्यस दिन येशू घरबाट बाहिर निस्केर जानुभयो र समुद्रको छेउमा बस्‍नुभयो ।
MAT 13:2 उहाँको वरिपरि एउटा ठुलो भिड जम्मा भयो । त्यसैले, उहाँ एउटा डुङ्गाभित्र जानुभयो र त्यहाँ बस्‍नुभयो । सबै भिड समुद्रको किनारमा उभियो ।
MAT 13:3 तब येशूले दृष्‍टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो ।
MAT 13:4 जसै उनले छरे, केही बिउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बिउलाई निलिदिए ।
MAT 13:5 अरू बिउहरूचाहिँ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन । ती तुरुन्तै उम्रे, किनकि त्यहाँ माटो गहिरो थिएन ।
MAT 13:6 तर जब चर्को घाम लाग्यो, ती डढे किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले ।
MAT 13:7 अरू बिउहरू काँडाघारी माझमा परे । ती काँडाका बोटहरू बढेर आए र तिनलाई निसासिदिए ।
MAT 13:8 अरू बिउहरू असल माटोमा परे र केहीले सय गुणा, केहीले साठी गुणा र केहीले तिस गुणा अन्‍न उब्जाए ।
MAT 13:9 जोसँग कान छ, उसले सुनोस् ।”
MAT 13:10 चेलाहरू आएर येशूलाई भने, “तपाईं भिडहरूसँग किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ ?”
MAT 13:11 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्‍ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन ।
MAT 13:12 किनकि जोसँग छ, उसलाई अझ धेरै दिइनेछ, अनि ऊसँग प्रशस्त हुनेछ । तर जोसँग छैन, ऊसँग भएको पनि उसबाट लिइनेछ ।
MAT 13:13 त्यसैले, तिनीहरूसँग म दृष्‍टान्तमा बोल्दछु, किनकि तिनीहरूले देखे तापनि तिनीहरूले वास्तवमा देख्दैनन् । अनि तिनीहरूले सुने तापनि वास्तवमा तिनीहरूले सुन्दैनन्, न त तिनीहरूले बुझ्दछन् ।
MAT 13:14 तिनीहरूका निम्ति यशैया अगमवक्‍ताको अगमवाणी पुरा हुन्छ, जसले यसो भन्छन्, ‘सुनिरहेका हुँदा त तिमीहरूले सुन्छौ, तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ; हेरिरहेका हुँदा त तिमीहरूले हेर्छौ, तर तिमीहरूले कुनै रीतिले देख्दैनौ ।
MAT 13:15 किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन्, र तिनीहरू सुन्‍नलाई कठोर भएका छन्, र तिनीहरू फेरि फर्केलान्, र मैले तिनीहरूलाई निको पार्ने थिए भनेर तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन् । यसैले, तिनीहरूले आफ्ना आँखाले देख्दैनन्, वा तिनीहरूले आफ्ना कानले सुन्दैनन्, वा तिनीहरूले आफ्ना हृदयले बुझ्दैनन् ।’
MAT 13:16 तर धन्यका हुन तिम्रा आँखा, किनकि तिनले देख्छन्; र तिम्रा कान, किनकि तिनले सुन्दछन् ।
MAT 13:17 साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूले जे देखेका छौ धेरै अगमवक्‍ताहरू र धर्मी मानिसहरूले ती हेर्ने इच्छा गरे, र तिनीहरूले ती देखेनन् । तिमीहरूले जे सुनेका छौ तिनीहरूले ती सुन्‍ने इच्छा गरे, तर तिनीहरूले ती सुनेनन् ।
MAT 13:18 तब बिउ छर्नेको दृष्‍टान्त सुन ।
MAT 13:19 जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन, तब दुष्‍ट आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ । योचाहिँ त्यो बिउ हो जुन बाटोको छेउमा छरिएको थियो ।
MAT 13:20 ढुङ्गेनी माटोमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र तुरुन्तै खुसीसाथ त्यसलाई ग्रहण गर्छ ।
MAT 13:21 तर ऊ आफैँमा जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्छ । तर जब वचनको कारण सतावट वा कष्‍ट आउँछ, उसले तुरुन्तै ठेस खान्छ ।
MAT 13:22 काँडाघारीमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर संसारको वास्ता र धनीहरूको कपटले वचनलाई निसासिदिन्छ, अनि ऊ निष्फल हुन्छ ।
MAT 13:23 असल माटोमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ । त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तिस गुणा फल फलाउँछ ।”
MAT 13:24 येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्य यस्तो मानिसजस्तो हो जसले आफ्नो जमिनमा असल बिउ छर्‍यो ।
MAT 13:25 तर जब मानिसहरू सुते, उसको शत्रु आयो, र गहुँ बारीमा सामा पनि छारिदिएर गयो ।
MAT 13:26 जब बोट देखा पर्‍यो र तिनीहरूले अन्‍न फलाउन थाले, तब सामाहरू पनि देखा परे ।
MAT 13:27 त्यस जग्गाका मालिकका दासहरू आए र तिनलाई भने, ‘हजूर, के तपाईंको बारीमा असल बिउ मात्र छर्नुभएको थिएन र ? अहिले यिनमा सामाहरू कसरी आए ?’
MAT 13:28 तिनले उनीहरूलाई भने, ‘यो एउटा शत्रुले गरेको हो ।’ ती दासहरूले तिनलाई भने, ‘के हामी गएर त्यसलाई उखालेको तपाईं चाहनुहुन्छ ?’
MAT 13:29 त्यस जमिनका मालिकले भने, ‘होइन, जब तिमीहरूले सामाहरूलाई उखेल्छौ, तिमीहरूले तीसँगै गहुँलाई पनि उखेलौला ।
MAT 13:30 कटनी गर्ने समयसम्म यी दुवैलाई सँगै हुर्कन देओ । कटनीको समयमा फसल कटनी गर्नेहरूलाई म भन्‍नेछु, “पहिले सामाहरूलाई उखेल र त्यसलाई जलाउनलाई मुठाहरूमा बाँध, तर गहुँलाई मेरो ढुकुटीमा जम्मा गर’ ।”
MAT 13:31 त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्यचाहिँ रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्‍यो ।
MAT 13:32 यो बिउ अरू सबै बिउभन्दा सानो हुन्छ । तर जब यो हुर्कन्छ, यो बगैँचामा भएका सबै बोटभन्दा ठुलो हुन्छ । यो एउटा रुख बन्छ, अनि आकाशका चराहरू आउँछन् र यसका हाँगाहरूमा गुँड बनाउँछन् ।”
MAT 13:33 त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो, “स्वर्गको राज्यचाहिँ खमिरजस्तो हो जुन एउटी स्‍त्रीले लिइन् र तिन कचौरा पिठोमा त्यो नफुलेसम्म मिसाइन् ।”
MAT 13:34 येशूले यी सबै कुरा भिडलाई दृष्‍टान्तहरूमा भन्‍नुभयो । अनि दृष्‍टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन ।
MAT 13:35 योचाहिँ अगमवक्‍ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, जब उहाँले भन्‍नुभयो, “म मेरो मुख दृष्‍टान्तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।”
MAT 13:36 तब येशूले भिडलाई छोड्नुभयो र घरभित्र जानुभयो । उहाँका चेलाहरू उहाँकहाँ आएर भने, “खेतका सामाहरूको बारेमा भनिएको दृष्‍टान्त हामीलाई व्याख्या गरिदिनुहोस् ।”
MAT 13:37 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “जसले बारीमा असल बिउ छरे उनीचाहिँ मानिसका पुत्र हुन् ।
MAT 13:38 बारीचाहिँ संसार हो; अनि असल बिउचाहिँ राज्यका पुत्रहरू हुन् । अनि सामाहरूचाहिँ दुष्‍टका छोराहरू हुन्,
MAT 13:39 र त्यो शत्रु जसले ती सामाहरू छरे, त्योचाहिँ दुष्‍ट हो । फसलको कटनी संसारको अन्त हो, र कटनी गर्नेहरूचाहिँ स्वर्गदूतहरू हुन् ।
MAT 13:40 त्यसैले, जसरी सामाहरू बटुलिन्छन् र आगोमा जलाइन्छन्, यो संसारको अन्तमा यस्तै हुनेछ ।
MAT 13:41 मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्, र तिनीहरूले उनको राज्यबाट पाप ल्याउने सबै थोक र पाप गर्ने सबै जनालाई बटुल्नेछन् ।
MAT 13:42 तिनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
MAT 13:43 तब धर्मी मानिसहरू उनीहरूका पिताको राज्यमा सूर्यझैँ चम्कनेछन् । जससँग कान छ, उसले सुनोस् ।
MAT 13:44 स्वर्गको राज्यचाहिँ जमिनमा लुकाइएको धनजस्तै हो । एक जना मानिसले त्यो भेट्टायो अनि त्यसलाई लुकायो । उसको आनन्दमा ऊ जान्छ, उसँग भएका सबैथोक बेच्छ, अनि उसले त्यो जमिन किन्छ ।
MAT 13:45 फेरि, स्वर्गको राज्य एक जना व्यापारीले मूल्यवान् मोतीहरू खोजेजस्तै हो ।
MAT 13:46 जब उसले धेरै मूल्य भएको एउटा मोती भेट्टायो, ऊ गयो र उसँग भएका सबै थोक बेच्यो र त्यो किन्यो ।
MAT 13:47 फेरि, स्वर्गको राज्य समुद्रमा फ्याँकिएको जालजस्तो हो, अनि त्यसले सबै खालका प्राणीलाई बटुल्यो ।
MAT 13:48 जब त्यो भरियो, जालाहारीहरूले त्यसलाई समुद्रको किनारमा ताने । तब उनीहरू बसे अनि राम्रा कुराहरू भाँडाहरूमा बटुले । तर काम नलाग्‍ने चिजहरूलाई फ्याँकिदिए ।
MAT 13:49 संसारको अन्तमा यस्तै हुनेछ । स्वर्गदूतहरू आउनेछन् र धर्मीहरूका माझबाट दुष्‍टहरूलाई छुट्‌ट्याउनेछन् ।
MAT 13:50 उनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
MAT 13:51 के तिमीहरूले यी सबै कुराहरू बुझेका छौ ?” चेलाहरूले उहाँलाई भने, “बुझेका छौँ ।”
MAT 13:52 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसकारण, स्वर्गको राज्यको चेला बनेको हरेक शास्‍त्री एउटा मानिसजस्तो हो जो घरको मालिक हो, जसले भण्डारबाट नयाँ र पुराना चिजहरू निकाल्छ ।”
MAT 13:53 येशूले यी दृष्‍टान्तहरू सक्‍नुभएपछि उहाँ त्यस ठाउँबाट जानुभयो ।
MAT 13:54 तब येशू आफ्नै नगरमा प्रवेश गर्नुभयो अनि मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो । परिणामचाहिँ यस्तो भयो, कि तिनीहरू आश्‍चर्य चकित भए र भने, “यी मानिसले उनको ज्ञान र आश्‍चर्यकर्महरू कहाँबाट पाउँछन् ?
MAT 13:55 के यी मानिस सिकर्मीका छोरा होइनन् र ? के उनकी आमा मरियम होइनन् र ? अनि उनका भाइहरू, याकूब, योसेफ, सिमोन र यहूदा होइनन् र ?
MAT 13:56 अनि उनका सबै बहिनी हाम्रै माझमा छैनन् र ? त्यसैले, यी मानिसले यी सबै कुरा कहाँबाट पाउँछन् त ?”
MAT 13:57 तिनीहरू उहाँबाट अप्रसन्‍न भए । तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्‍ताको आदर नहुने भनेको उनको आफ्नै परिवार र आफ्नै देशमा मात्र हो ।”
MAT 13:58 र तिनीहरूको अविश्‍वासको कारण उहाँले त्यहाँ धेरै आश्‍चर्यकर्महरू गर्नुभएन ।
MAT 14:1 त्यस समयमा शासक हेरोदले येशूको बारेमा समाचार सुने ।
MAT 14:2 उनले आफ्ना नोकरहरूलाई भने, “यिनी बप्‍तिस्मा-दिने यूहन्‍ना हुन् जो मरेकाहरूबाट फेरि जीवित भएका छन् । त्यसकारण, यी शक्‍तिहरूले उनमा काम गरिरहेका छन् ।”
MAT 14:3 किनकि हेरोदले आफ्ना भाइ फिलिपकी पत्‍नी हेरोदियासको कारण यूहन्‍नालाई समाती उनलाई बाँधेर झ्यालखानामा हालेका थिए ।
MAT 14:4 किनकि यूहन्‍नाले तिनलाई भनेका थिए, “तिनलाई आफ्नी पत्‍नीको रूपमा राख्‍नु तपाईंको निम्ति उचित छैन ।”
MAT 14:5 हेरोदले उनलाई मार्न सक्थे, तर उनी मानिसहरूसँग डराए, किनभने मानिसहरूले यूहन्‍नालाई अगमवक्‍ता मान्थे ।
MAT 14:6 तर जब हेरोदको जन्म दिन आयो, हेरोदियासकी छोरीले मानिसहरूका माझमा नाचिन् र हेरोदलाई प्रसन्‍न बनाइन् ।
MAT 14:7 त्यसको प्रतिक्रियामा तिनलाई जे मागे पनि दिनेछु भनेर हेरोदले वाचा गर्दै शपथ खाए ।
MAT 14:8 आफ्नी आमाले सिकाएपछि तिनले भनिन्, “मलाई यहाँ एउटा थालमा बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर दिनुहोस् ।”
MAT 14:9 राजा तिनको बिन्‍तीबाट निकै निराश भए, तर उनको आफ्नो शपथको कारण र उनीसँग रात्री भोजमा सामेल भएका सबै मानिसको कारणले गर्दा राजाले यस्तै होस् भनेर आज्ञा दिए ।
MAT 14:10 हेरोदले मानिसहरू पठाए र झ्यालखानामा यूहन्‍नाको शिर काटिदिए ।
MAT 14:11 अनि उनको शिर थालमा राखेर ल्याइयो र त्यस ठिटीलाई दिइयो र तिनले त्यो आफ्नी आमाकहाँ लगिन् ।
MAT 14:12 अनि उनका चेलाहरू आई उनको शवलाई लगेर गाडे । त्यसपछि तिनीहरू गए, र येशूलाई बताइदिए ।
MAT 14:13 जब येशूले यो कुरा सुन्‍नुभयो, उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो । जब भिडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए ।
MAT 14:14 त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्‍नुभयो । उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो ।
MAT 14:15 जब साँझ पर्‍यो, चेलाहरू उहाँकहाँ आएर भने, “यो त एउटा उजाड-स्थान हो र दिन बितिसक्यो । भिडलाई बिदा गरिदिनुहोस्, ताकि तिनीहरू गाउँहरूमा जान सकून् र आ-आफ्ना निम्ति खानेकुराहरू किन्‍न सकून् ।”
MAT 14:16 तर येशूले उनीहरूलाई भन्‍नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन । यिनीहरूलाई तिमीहरूले केही खान देओ ।”
MAT 14:17 उनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन् ।”
MAT 14:18 येशूले भन्‍नुभयो, “ती मकहाँ ल्याओ ।”
MAT 14:19 अनि येशूले भिडलाई चौरमा बस्‍नको लागि आदेश दिनुभयो । उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो । माथि स्वर्गमा हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटीलाई भाँच्‍नुभयो अनि चेलाहरूलाई ती दिनुभयो । चेलाहरूले ती भिडहरूलाई दिए ।
MAT 14:20 तिनीहरू सबैले खाए र टन्‍न भए । त्यसपछि उनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले ।
MAT 14:21 त्यहाँ खाएकाहरूमध्ये महिला र बालबालिकाहरूबाहेक झन्डै पाँच हजार मानिस थिए ।
MAT 14:22 उहाँले आफ्ना चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढेर उहाँभन्दा अगि अर्को पट्टि जान लगाउनुभयो, जब कि भिडलाई चाहिँ उहाँ आफैँले बिदा गर्न चाहनुभयो ।
MAT 14:23 उहाँले भिडलाई पठाइसक्‍नुपछि उहाँ आफैँ डाँडामा प्रार्थना गर्न जानुभयो । जब पूर्ण रूपमा साँझ भयो, उहाँ त्यहाँ एकलै हुनुहुथ्यो ।
MAT 14:24 तर त्यस बेला डुङ्गा भने समुद्रको बिचमा थियो, बतास विपरीत दिशाबाट आएको कारण छालले त्यो अनियन्‍त्रित भयो ।
MAT 14:25 बिहान तिन बजेतिर येशू समुद्रमा हिँड्दै तिनीहरूका नजिक जानुभयो ।
MAT 14:26 जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, तिनीहरू भयभीत भए र भने, “यो त भूत हो” र तिनीहरू डरले चिच्‍च्‍याउन थाले ।
MAT 14:27 तर येशू तिनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “ढाडस गर ! मै हुँ ! नडराओ ।”
MAT 14:28 पत्रुसले उहाँलाई जवाफ दिए र भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमा आउनलाई आदेश दिनुहोस् ।”
MAT 14:29 येशूले भन्‍नुभयो, “आऊ ।” त्यसैले, पत्रुस डुङ्गाबाट बाहिर आए र येशूकहाँ जान पानीमा हिँडे ।
MAT 14:30 तर जब पत्रुसले बतासलाई देखे, उनी डराए । जब उनी डुब्‍न थाले, उनले चिच्‍च्‍याउँदै भने, “प्रभु, मलाई बचाउनुहोस् !”
MAT 14:31 येशूले तुरुन्तै आफ्नो हात फैलाउनुभयो; पत्रुसलाई समात्‍नुभयो र उनलाई भन्‍नुभयो, “ए अल्पविश्‍वासी ! तिमीले किन शङ्का गर्‍यौ ?”
MAT 14:32 त्यसपछि जब येशू र पत्रुस डुङ्गामा जानुभयो, तब बतास रोकियो ।
MAT 14:33 त्यसपछि डुङ्गामा रहेका चेलाहरूले येशूको आराधना गरे र भने, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”
MAT 14:34 जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गनेसरेतको भूमिमा आइपुग्‍नुभयो ।
MAT 14:35 जब त्यस ठाउँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले वरपरका सबै क्षेत्रमा त्यो समाचार फैलाए र तिनीहरूले बिरामी भएकाहरू सबैलाई उहाँकहाँ ल्याए ।
MAT 14:36 तिनीहरूले उहाँको कपडाको एउटा छेउ मात्र छुन पाऊँ भनी उहाँलाई बिन्ती गरे, र जतिले छोए सबै जना निको भए ।
MAT 15:1 त्यसपछि केही फरिसीहरू र शास्‍त्रीहरू यरूशलेमबाट येशूकहाँ आए । तिनीहरूले भने,
MAT 15:2 “किन तपाईंका चेलाहरूले अगुवाहरूको नियमलाई उल्लङ्घन गर्दछन् ? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन् ?”
MAT 15:3 येशूले उत्तर दिनुभयो र उनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले चाहिँ किन आफ्ना परम्पराहरूका निम्ति परमेश्‍वरको आज्ञालाई उल्लङ्घन गर्दछौ ?
MAT 15:4 किनकि परमेश्‍वरले भन्‍नुभयो, ‘आफ्नी आमा र आफ्नो बुबालाई आदर गर’ र ‘जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्दछ, त्यो निश्‍चय नै मर्नेछ ।’
MAT 15:5 तर तिमीहरू भन्छौ, ‘जसले आफ्नो बुबा र आमालाई, “जे जति सहयोग तपाईंले मबाट प्राप्‍त गर्नुपर्ने थियो, त्यो अब परमेश्‍वरको निम्ति उपहार हो’ भनेर भन्दछ भने,
MAT 15:6 त्यस व्यक्‍तिले आफ्नो बुबाको आदर गर्नुपर्दैन । यसरी तिमीहरूले आफ्ना परम्पराहरूका खातिर परमेश्‍वरको वचनलाई बेकम्मा बनाएका छौ ।
MAT 15:7 ए पाखण्डीहरू हो, यशैयाले तिमीहरूका विषयमा ठिकै अगमवाणी गरेर यसो भने,
MAT 15:8 ‘यी मानिसहरूले आफ्ना ओठले मलाई आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट धेरै टाढा छन् ।
MAT 15:9 तिनीहरू मलाई व्यर्थमा आराधना गर्दछन्, किनकि तिनीहरूले आफ्ना सिद्धान्तहरूलाई मानिसहरूले आज्ञा गरेअनुसार सिकाउँदछन्’ ।”
MAT 15:10 त्यसपछि उहाँले भिडलाई आफ्नो नजिक बोलाउनुभयो र भन्‍नुभयो, “सुन र बुझ–
MAT 15:11 मुखबाट भित्र पस्‍ने कुनै कुराले मानिसलाई अपवित्र बनाउँदैन । बरु, जुन कुरा मुखबाट बाहिर आउँछ, त्यसले मानिसलाई अपवित्र बनाउँदछ ।”
MAT 15:12 त्यसपछि चेलाहरू आए र येशूलाई भने, “जब फरिसीहरूले यो वाक्य सुने, तब तिनीहरू चिढिएका थिए भन्‍ने कुरा के तपाईंलाई थाहा छ ?”
MAT 15:13 येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्‍नुभएको छैन, त्यो उखेलिनेछ ।
MAT 15:14 तिनीहरूलाई एकलै छोडिदेओ, तिनीहरू दृष्‍टिविहीन अगुवाहरू हुन् । यदि एउटा अन्धोले अर्को अन्धो मानिसलाई डोर्‍याउँछ भने, दुवै जना खाल्डोमा खस्‍नेछन् ।”
MAT 15:15 पत्रुसले उत्तर दिए र येशूलाई भने, “यस दृष्‍टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस् ।”
MAT 15:16 येशूले भन्‍नुभयो, “के तिमी अझै अबुझ छौ ?
MAT 15:17 के तिमीलाई थाहा छैन, कि जुन कुरा मुखबाट भित्र पस्दछ त्यो पेटमा जान्छ र त्यो शौचालयमा बाहिर निस्कन्छ ।
MAT 15:18 तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट आउँछन् । यी कुराहरू ती हुन् जसले मानिसलाई अपवित्र तुल्याउँदछन् ।
MAT 15:19 किनकि दुष्‍ट विचारहरू, हत्या, व्यभिचार, कामुक अनैतिकता, चोरी, झुटो गवाही र अपमान हृदयबाट निस्कन्छन् ।
MAT 15:20 यी कुराहरूले मानिसलाई अपवित्र तुल्याउँदछन् । तर हात नधोई खाना खाँदा त्यसले मानिसलाई अपवित्र बनाउँदैन ।”
MAT 15:21 त्यसपछि येशू त्यहाँबाट जानुभयो र टुरोस र सीदोन सहरहरूका क्षेत्रहरूतर्फ लाग्‍नुभयो ।
MAT 15:22 र हेर, एउटी कनानी स्‍त्री त्यस क्षेत्रबाट बाहिर आइन् । तिनी चिच्‍च्‍याएर कराइन् र भनिन्, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्; मेरी छोरी दुष्‍टात्माद्वारा धेरै नै सताइएकी छन् ।”
MAT 15:23 तर येशूले एउटै पनि शब्द बोल्नुभएन । उहाँका चेलाहरू आए र उहाँलाई यसो भन्दै बिन्‍ती गरे, “तिनलाई यहाँबाट पठाइदिनुहोस्, किनकि तिनी हाम्रो पछि चिच्‍च्‍याइरहेकी छन् ।”
MAT 15:24 तर येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “मलाई इस्राएलको घरको हराएको भेडाकहाँ बाहेक कसैकहाँ पनि पठाइएको होइन ।”
MAT 15:25 तर तिनी आइन् र उहाँको अगाडि घोप्‍टो पर्दै भनिन्, “प्रभु, मलाई सहायता गर्नुहोस् ।”
MAT 15:26 उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, “आफ्ना छोराछोरीहरूको रोटी लिएर साना कुकुरहरूकहाँ फालिदिनु उचित हुँदैन ।”
MAT 15:27 तिनले भनिन्, “हो, प्रभु, तर ती साना कुकुरहरूले पनि आफ्नो मालिकको टेबुलबाट खसेका केही स-साना टुक्राहरू खाँदछन् ।”
MAT 15:28 त्यसपछि येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “स्‍त्री, तिम्रो विश्‍वास महान् छ । तिमीले इच्छा गरेअनुसार तिम्रो निम्ति गरियोस् ।” र त्यही घडी तिनकी छोरी निको भइन् ।
MAT 15:29 येशूले त्यो ठाउँ छोड्नुभयो र गालील समुद्रको नजिक जानुभयो । त्यसपछि उहाँ डाँडामाथि जानुभयो र त्यहीँ बस्‍नुभयो ।
MAT 15:30 ठुलो भिड उहाँकहाँ आयो । उनीहरूले आफ्ना साथमा लङ्गडा, दृष्‍टिविहीन, गुँगा, र लुला मानिसहरू, र बिरामी भएका धेरैलाई ल्याए । उनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
MAT 15:31 गुँगा मानिसहरू बोलेका, लुलाहरू निको पारिएका, लङ्गडाहरू हिँडेका, र दृष्‍टिविहीनहरूले देखेका जब भिडले देख्यो तब तिनीहरू अचम्मित भए । तिनीहरूले इस्राएलको परमेश्‍वरलाई धन्यवाद दिए ।
MAT 15:32 येशूले आफ्ना चेलाहरूलाई उहाँकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “मलाई यो भिडमाथि दया लागेको छ, किनकि तिनीहरू तिन दिनदेखि मसँग बसेका छन् र तिनीहरूसँग खानको निम्ति केही पनि छैन । म तिनीहरूलाई केही नख्वाईकन यहाँबाट पठाउन चाहन्‍नँ, अनि तिनीहरू बाटोमा मुर्छा पर्नेछैनन् ।”
MAT 15:33 चेलाहरूले उहाँलाई भने, “यस्तो मरुभूमि ठाउँमा यत्रो भिडलाई सन्तुष्‍ट पार्न हामीले कहाँबाट पर्याप्‍त रोटी पाउन सक्छौँ ?”
MAT 15:34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन् ?” तिनीहरूले भने, “सातवटा र केही स-साना माछा छन् ।”
MAT 15:35 त्यसपछि येशूले भिडलाई भुइँमा बस्‍नलाई आज्ञा गर्नुभयो ।
MAT 15:36 उहाँले ती सातवटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिनुभएपछि ती रोटीहरू भाँच्‍नुभयो र चेलाहरूलाई दिनुभयो । अनि चेलाहरूले ती भिडलाई दिए ।
MAT 15:37 मानिसहरू सबैले खाए र सन्तुष्‍ट भए । र उनीहरूले बाँकी रहेका टुक्रा-टाक्री खाना जम्मा गरेर सात डाला भरे ।
MAT 15:38 स्‍त्रीहरू र बालबालिकाहरूबाहेक जतिले खाए, तिनीहरू चार हजार मानिस थिए ।
MAT 15:39 त्यसपछि येशूले भिडलाई पठाउनुभयो र डुङ्गामा चढ्नुभयो र मगादानको क्षेत्रतर्फ जानुभयो ।
MAT 16:1 फरिसीहरू र शास्‍त्रीहरू आए र उनीहरूलाई आकाशबाट चिन्ह देखाउन माग गर्दै उहाँको परीक्षा गरे ।
MAT 16:2 तर उहाँले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “जब साँझ हुन्छ, तिमीहरू भन्छौ, ‘मौसम सफा हुनेछ, किनकि आकाश रातो छ ।’
MAT 16:3 र बिहान तिमीहरू भन्छौ, ‘आज मौसम नराम्रो हुनेछ, किनकि आकाश रातो र बादलले ढाकिएको छ ।’ आकाशको अवस्था हेरेर कसरी अर्थ लगाउने भनेर तिमीहरू जान्दछौ, तर तिमीहरूले समयका चिन्हहरूको अर्थ लगाउन सक्दैनौ ।
MAT 16:4 एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्हको खोजी गर्छ, तर योनाको चिन्हबाहेक अरू कुनै चिन्ह त्यसलाई दिइनेछैन ।” त्यसपछि येशूले तिनीहरूलाई छोड्नुभयो र त्यहाँबाट टाढा जानुभयो ।
MAT 16:5 चेलाहरू अर्को छेउमा आए, तर उनीहरूले साथमा रोटी ल्याउन बिर्से ।
MAT 16:6 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”
MAT 16:7 चेलाहरूले एक आपसमा कुरा गर्दै यसो भन्‍न थाले, “हामीले रोटी नल्याएको कारण उहाँले यसो भन्दै हुनुहुन्छ ।”
MAT 16:8 येशूले यो कुरा थाहा पाउनुभयो र भन्‍नुभयो, “अल्प-विश्‍वासीहरू हो, आपसमा किन कुरा गर्छौ र तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भनेँ भनेर भन्दछौ ?
MAT 16:9 पाँच हजार जनाको निम्ति पाँचवटा रोटी र तिमीहरूले कति टोकरी बटुलेको कुरा के तिमीहरूलाई अझै सम्झना छैन वा तिमीहरूले बुझेका छैनौ ?
MAT 16:10 अथवा चार हजार जनाको निम्ति सातवटा रोटी र तिमीहरूले कति टोकरी उठायौ ?
MAT 16:11 मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्‍ने कुरा तिमीहरू कसरी बुझ्दैनौ ? ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”
MAT 16:12 त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे ।
MAT 16:13 जब येशू कैसरिया फिलिप्पीको इलाकाहरूमा आइपुग्‍नुभयो, उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्‍नुभयो, “मानिसका पुत्र को हो भनी मानिसहरूले भन्छन् ?”
MAT 16:14 उनीहरूले भने, “कोही भन्छन् बप्‍तिस्मा-दिने यूहन्‍ना, कोहीले एलिया, र अरूले यर्मिया वा अगमवक्‍ताहरूमध्ये एक हुन् भनेर भन्दछन् ।”
MAT 16:15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर म को हुँ भनेर तिमीहरू भन्छौ ?”
MAT 16:16 सिमोन पत्रुसले उत्तर दिँदै भने, “तपाईं जीवित परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्छ ।”
MAT 16:17 येशूले उत्तर दिनुभयो र उनलाई भन्‍नुभयो, “योनाका छोरा सिमोन तिमी धन्यका हौ, किनकि शरीर र रगतले यो कुरा तिमीलाई प्रकट गरेको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो ।
MAT 16:18 म तिमीलाई यो पनि भन्दछु, कि तिमी पत्रुस हौ, र यस चट्टानमाथि म मेरो मण्डली निर्माण गर्नेछु । नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन् ।
MAT 16:19 म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु । तिमीले पृथ्वीमा जे कुरा बाँध्‍नेछौ, त्यो स्वर्गमा बाँधिनेछ, र जे कुरा तिमीले पृथ्वीमा फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ ।”
MAT 16:20 त्यसपछि उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा कसैलाई नभन्‍नू भनी येशूले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभयो ।
MAT 16:21 त्यस समयदेखि येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेम जानुपर्छ, धर्म-गुरुहरू र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातबाट धेरै कुरा भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवनमा उठाइनुहुन्छ भनी बताउन थाल्नुभयो ।
MAT 16:22 तब पत्रुसले उहाँलाई एकातिर लागे र यसो भन्दै हप्काए, “प्रभु, यो तपाईंबाट टाढा रहोस्; यस्तो तपाईंलाई कहिल्यै नहोस् ।”
MAT 16:23 तर येशू फर्कनुभयो र पत्रुसलाई भन्‍नुभयो, “शैतान, मबाट टाढा होइजा ! तँ मेरो लागि बाधा होस्, किनकि तैँले परमेश्‍वरका कुराहरूलाई ध्यान दिँदैनस् तर मानिसहरूका कुराहरूमा ध्यान लगाउँछस् ।”
MAT 16:24 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने, उसले आफैँलाई इन्कार गर्नुपर्छ; आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ ।
MAT 16:25 किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ उसले त्यो गुमाउनेछ र जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ त्यसले त्यो प्राप्‍त गर्नेछ ।
MAT 16:26 किनकि एउटा मानिसले सारा जगत् प्राप्‍त गरेर आफ्नो जीवनचाहिँ गुमायो भने उसलाई के लाभ हुन्छ र ? एउटा मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ ?
MAT 16:27 किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन् । त्यसपछि उनले हरेक व्यक्‍तिलाई उसको कामअनुसारको प्रतिफल दिनेछन् ।
MAT 16:28 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा भएकाहरूमध्ये तिमीहरू कोही छौ, जसले मानिसका पुत्रलाई उनको राज्यमा आउँदै गरेका नदेखुन्जेलसम्म मृत्यु चाख्‍नेछैन ।”
MAT 17:1 छ दिनपछि येशूले पत्रुस, याकूब र उनका भाइ यूहन्‍नालाई उहाँसँग लैजानुभयो, र तिनीहरूलाई मात्र एउटा अग्लो पहाडमा लैजानुभयो ।
MAT 17:2 उनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो । उहाँको मुहार सूर्यझैँ चम्किलो भयो, र उहाँको वस्‍त्र प्रकाशझैँ उज्यालो भयो ।
MAT 17:3 हेर, त्यहाँ मोशा र एलिया उहाँसँग बोलिरहेका उनीहरूले देखे ।
MAT 17:4 पत्रुसले जवाफ दिए र येशूलाई भने, “प्रभु, हामीलाई यहीँ रहनु असल हुन्छ । तपाईं चाहनुहुन्छ भने, म यहाँ तिनवटा वासस्‍थान बनाउनेछु– एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।”
MAT 17:5 जब उनी बोलिरहेका थिए, तब हेर, चम्किलो बादलले उनीहरूलाई ढाक्यो, र हेर, त्यहाँ बादल भित्रबाट यस्तो आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्‍न छु । यिनको कुरा सुन ।”
MAT 17:6 जब चेलाहरूले यो सुने, उनीहरूले आफ्नो मुहार लुकाएर साह्रै भयभीत भए ।
MAT 17:7 अनि येशू आउनुभयो र उनीहरूलाई छुनुभयो र भन्‍नुभयो, “उठ र नडराओ ।”
MAT 17:8 त्यसपछि उनीहरूले माथि हेरे, तर येशूलाई बाहेक अरू कसैलाई देखेनन् ।
MAT 17:9 जब उहाँहरू पहाडबाट तल झर्दै हुनुहुन्थ्यो, येशूले उनीहरूलाई यसो भन्दै आज्ञा दिनुभयो, “मानिसका पुत्र मृतकहरूबाट जीवित भई नउठेसम्म यो दर्शनको विषयमा कसैलाई नबताउनू ।”
MAT 17:10 उहाँका चेलाहरूले उहाँलाई यसो भनेर सोधे, “त्यसो भए, एलिया पहिले आउनुपर्छ भनेर शास्‍त्रीहरू किन भन्छन् त ?”
MAT 17:11 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “एलिया अवश्य आउनेछन् र सबै कुराको पुनर्स्थापना गर्नेछन् ।
MAT 17:12 तर म तिमीहरूलाई भन्दछु, एलिया पहिले नै आइसकेका छन्, तर तिनीहरूले उनलाई चिनेनन् । त्यसको बदला, तिनीहरूले उनीमाथि जे मन लाग्यो त्यही गरे । त्यसै गरी, मानिसका पुत्रले पनि तिनीहरूका हातबाट दुःख भोग्‍नेछन् ।”
MAT 17:13 अनि उहाँले बप्‍तिस्मा-दिने यूहन्‍नाको विषयमा तिनीहरूसँग बोलिरहनुभएको थियो भन्‍ने कुरा चेलाहरूले बुझे ।
MAT 17:14 जब उहाँहरू भिड भएको ठाउँमा आउनुभयो, एक जना मानिस उहाँकहाँ आई उहाँको सामु घुँडा टेकेर भन्यो,
MAT 17:15 “प्रभु, मेरो छोरामाथि कृपा गर्नुहोस्, किनकि उसलाई छारे रोग लागेको छ र उसले कठोर रूपमा दुःख भोगिरहन्छ । किनकि ऊ प्रायः आगो वा पानीमा खस्दछ ।
MAT 17:16 मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर उनीहरूले उसलाई निको पार्न सकेनन् ।”
MAT 17:17 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “हे अविश्‍वासी र भ्रष्‍ट पुस्ता हो, कहिलेसम्म म तिमीहरूसँग बस्‍ने ? कहिलेसम्म मैले तिमीहरूलाई साथ दिने ? उसलाई यता मकहाँ ल्याओ ।”
MAT 17:18 येशूले उसलाई हकार्नुभयो र भूतात्मा उसबाट बाहिर निस्क्यो । त्यो केटा त्यही घडीबाट निको भयो ।
MAT 17:19 त्यसपछि चेलाहरू गुप्‍तमा येशूकहाँ आए र भने, “हामीले किन त्यसलाई बाहिर निकाल्न सकेनौँ ?”
MAT 17:20 येशूले उनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको कमजोर विश्‍वासको कारण । किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूसँग रायोको दाना जत्तिकै मात्र विश्‍वास छ भने पनि, यो पहाडलाई तिमीहरूले ‘यहाँबाट हटेर त्यहाँ जा’ भन्यौ भने पनि त्यो जानेछ र तिमीहरूका निम्ति कुनै पनि कुरा असम्भव हुनेछैन ।
MAT 17:21 तर यस्तो किसिमको भूतात्माचाहिँ प्रार्थना र उपवासविना बाहिर निस्कँदैन ।”
MAT 17:22 जब उहाँहरू गालीलमा बस्‍नुभयो, येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् ।
MAT 17:23 र तिनीहरूले उनलाई मार्नेछन् र उनी तेस्रो दिनमा उठाइनेछन् ।” चेलाहरू औधी दुःखित भए ।
MAT 17:24 जब उहाँहरू कफर्नहुममा आउनुभएको थियो, आधा सेकेल कर उठाउने मानिसहरू पत्रुसकहाँ आए र भने, “के तिमीहरूका शिक्षकले आधा सेकेल कर तिर्दैनन् ?”
MAT 17:25 उनले भने, “तिर्छन् ।” तर जब पत्रुस घरभित्र गए, येशू पहिले उनीसँग बोल्नुभयो र भन्‍नुभयो, “सिमोन, तिम्रो विचार के छ ? पृथ्वीका राजाहरूले कोबाट कर वा महसुल पाउँछन् ? तिनीहरूका प्रजाबाट कि परदेशीहरूबाट ?”
MAT 17:26 जब पत्रुसले “परदेशीहरूबाट” भनेर भने, येशूले उनलाई भन्‍नुभयो, “त्यसो भए, प्रजाहरूचाहिँ कर तिर्नबाट मुक्त हुन्छन् ।
MAT 17:27 हामीले कर उठाउनेहरूलाई पाप गर्न बाध्य नगराऔँ भनेर समुद्रमा जाऊ, बल्छी हान, र जुन माछा पहिले पर्छ त्यसलाई तान । तिमीले त्यसको मुख खोलेपछि तिमीले एक सेकेल भेट्टाउनेछौ । त्यो लेऊ अनि मेरो र तिम्रो निम्ति कर उठाउनेहरूलाई देऊ ।”
MAT 18:1 त्यही समयमा येशूका चेलाहरू उहाँकहाँ आएर भने, “स्वर्गको राज्यमा सबैभन्दा ठुलो को हो ?”
MAT 18:2 येशूले आफ्नो नजिक एउटा सानो बालकलाई बोलाउनुभयो, र उसलाई उनीहरूका बिचमा राख्‍नुभयो,
MAT 18:3 र भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्‍चात्ताप गरेर यी बालकजस्तो नभएसम्म, तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ ।
MAT 18:4 त्यसैले, जसले यी सानो बालकले झैँ आफूलाई नम्र तुल्याउँछ, त्यो मानिस नै स्वर्गको राज्यमा सबैभन्दा महान् हुन्छ ।
MAT 18:5 अनि जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई अपनाउँछ, उसले मलाई अपनाउँछ ।
MAT 18:6 तर ममा विश्‍वास गर्ने यी सानाहरूमध्ये एउटैलाई पनि जसले पाप गर्न लगाउँछ, त्यसको गलामा एउटा ठुलो ढुङ्गो झुण्ड्याइ समुद्रको गहिराइमा फालिदिनु असल हुने थियो ।
MAT 18:7 कठिनाइको समयको कारण यस संसारलाई धिक्‍कार ! किनकि यस्तो समय आउनु आवश्यक छ, तर त्यस मानिसलाई धिक्‍कार जसद्वारा यस्तो समय आउँछ !
MAT 18:8 यदि तिम्रो हात अथवा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई काटिदेऊ र त्यसलाई तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै हात वा दुवै खुट्टा भएर अनन्तको आगोमा फालिनुभन्दा लुलो वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ ।
MAT 18:9 यदि तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई निकाल, र तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै आँखा भएर अनन्तको आगोमा फालिनु भन्दा एउटा आँखाको लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ ।
MAT 18:10 होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ ।
MAT 18:11 किनकि मानिसका पुत्र हराएकाहरूलाई बचाउन आएका हुन् ।
MAT 18:12 तिमीहरू के विचार गर्छौ ? यदि कुनै मानिससँग एक सयवटा भेडा छन्, अनि तीमध्ये एउटा हरायो भने, के उसले ती उनान्सयलाई डाँडाको एक छेउमा छोडेर त्यस हराएकोलाई खोज्‍न हिँड्दैन र ?
MAT 18:13 अनि साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि उसले त्यो हराएको भेडालाई भेट्टायो भने, ऊसँग भएका ती उनान्सय भेडाभन्दा त्यस एउटाको निम्ति उसले बढी रमाहट गर्दछ ।
MAT 18:14 त्यसरी नै, यी सानाहरूमध्ये एउटै पनि नाश होस् भनी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्छा गर्नुहुन्‍न ।
MAT 18:15 यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्छ भने, जाऊ, र एकलै भेटेर उसलाई उसको गल्ती देखाइदेऊ । यदि उसले तिम्रो कुरा सुन्छ भने, तिमीले आफ्नो भाइलाई प्राप्‍त गर्नेछौ ।
MAT 18:16 तर यदि उसले तिम्रो कुरा सुन्दैन भने, अरू एक वा दुई जना भाइलाई तिमीसँगै लैजाऊ, ताकि दुई वा तिन जना साक्षीको बोलीद्वारा हरेक शब्द सत्य ठहरिओस् ।
MAT 18:17 र यदि उसले तिनीहरूको कुरा पनि सुन्‍न इन्कार गर्दछ भने, यो विषय मण्डलीलाई बताऊ । यदि उसले मण्डलीलाई पनि सुन्‍न इन्कार गर्दछ भने, ऊ तिम्रो निम्ति गैरयहूदी वा कर उठाउने सरह होस् ।
MAT 18:18 साँच्‍चै म तिमीहरूलाई भन्दछु, जे कुराहरू तिमी संसारमा बाँध्छौ, त्यो स्वर्गमा पनि बाँधिनेछ । अनि जे कुराहरू तिमी संसारमा फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ ।
MAT 18:19 अझ म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमध्ये दुई जनाले तिनीहरूले मागेका जुनसुकै कुरामा यस संसारमा सहमत हुन्छन् भने, स्वर्गमा हुनुहुने मेरा पिताद्वारा तिनीहरूका निम्ति त्यो गरिनेछ ।
MAT 18:20 किनकि जहाँ दुई वा तिन जना मेरो नाउँमा भेला हुन्छन्, म तिनीहरूका माझमा हुनेछु ।”
MAT 18:21 अनि पत्रुस आए र येशूलाई भने, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा कति पटक पाप गर्‍यो भने मैले उसलाई क्षमा गरूँ ? के सात पल्टसम्म ?”
MAT 18:22 येशूले उनलाई भन्‍नुभयो, “म तिमीलाई सात पटक भनेर भन्दिनँ, तर सत्तरी गुणा सात पल्टसम्म ।
MAT 18:23 यसैकारण, स्वर्गको राज्यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे ।
MAT 18:24 जब तिनले हिसाब लिन थाले, एउटा नोकर तिनको अगाडि ल्याइयो जसले तिनलाई दस हजार सुनका सिक्‍का तिर्नुपर्ने थियो ।
MAT 18:25 तर त्यस नोकरसित त्यो चुक्ता गर्ने केही उपाय नभएकोले, त्यसका मालिकले त्योसहित त्यसकी पत्‍नी, त्यसका बालबच्‍चा र सबथोक बेचेर त्यो तिर्न आदेश दिए ।
MAT 18:26 त्यसैले, त्यस नोकर घुँडा टेक्दै तिनको अगि घोप्‍टो पर्‍यो, अनि भन्यो, ‘मालिक, मसँग धैर्य गर्नुहोस्, अनि म हजुरलाई सब थोक तिर्नेछु ।’
MAT 18:27 त्यसैले, त्यस नोकरका मालिक दयाले भरिएको कारण तिनले त्यसलाई छोडिदिएर ऋणमुक्त गरिदिए ।
MAT 18:28 तर त्यस नोकर बाहिर गयो र त्यसले आफ्नो सहकर्मी एउटा नोकर भेट्टायो जसले त्यसलाई एक सय दिनार तिर्नुपर्ने थियो । त्यसले उसलाई पक्रियो, र घाँटीमा समात्यो, र भन्यो, ‘तैँले मलाई जे तिर्नुपर्नेछ, त्यो तिरिहाल ।’
MAT 18:29 तर त्यसको नोकरले घुँडा टेक्यो र त्यसलाई बिन्ती गर्‍यो, ‘मसँग धैर्य गर्नुहोस्, अनि म तपाईंलाई सबै ऋण तिरिदिनेछु ।’
MAT 18:30 तर त्यो पहिलो नोकरले इन्कार गर्‍यो । बरु, त्यो गयो र उसले तिर्नुपर्ने ऋण चुक्ता नगरेसम्म उसलाई झ्यालखानामा हालिदियो ।
MAT 18:31 जब त्यसका अरू सहकर्मी नोकरहरूले जे भएको थियो त्यो देखे, उनीहरू अत्यन्तै निराश भए । उनीहरू आए, र जे भएको थियो त्यो सबै उनीहरूका मालिकलाई सुनाइदिए ।
MAT 18:32 त्यसपछि त्यस नोकरका मालिकले त्यसलाई बोलाए र भने, ‘तँ दुष्‍ट नोकर, तैँले मलाई बिन्ती गरेको हुनाले मैले तेरा सबै ऋण तँलाई माफ गरिदिएँ ।
MAT 18:33 मैले तँमाथि दया गरेझैँ के तैँले पनि आफ्नो सहकर्मी नोकरमाथि दया गर्नु पर्दैनथ्यो ?’
MAT 18:34 त्यसका मालिक रिसाए र त्यसले तिर्नुपर्ने सबै ऋण चुक्ता नगरेसम्म त्यसलाई सताउनेहरूका हातमा सुम्पिदिए ।
MAT 18:35 यदि तिमीहरू हरेकले आफ्नो हृदयबाट आफ्नो भाइलाई क्षमा गरेनौ भने, मेरा स्वर्गीय पिताले पनि तिमीहरूसित यस्तै गर्नुहुनेछ ।
MAT 19:1 जब येशूले यी कुराहरू भनेर सिद्ध्यानुभयो, उहाँ गालीलबाट निस्कनुभयो, र यर्दन नदीको पारि यहूदियाको सिमानासम्म आउनुभयो ।
MAT 19:2 एउटा ठुलो भिडले उहाँलाई पछ्यायो, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
MAT 19:3 फरिसीहरू उहाँकहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने, “के मानिसले कुनै कारणले उसकी पत्‍नीलाई त्याग्‍नु उसको निम्ति न्यायसङ्गत हुन्छ ?”
MAT 19:4 येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले पढेका छैनौ, कि जसले तिनीहरूलाई बनाउनुभयो, उहाँले सुरुदेखि नै तिनीहरूलाई पुरुष र स्‍त्री गरी बनाउनुभयो ?”
MAT 19:5 अनि जसले तिनीहरूलाई बनाउनुभयो उहाँले यस्तो पनि भन्‍नुभयो, ‘यसै कारणले मानिसले उसका बुबा र आमालाई छोड्नेछ र उसकी पत्‍नीसँग मिल्नेछ र ती दुवै जना एउटै शरीर हुनेछन् ।’
MAT 19:6 यसैकारण तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन् । त्यसैकारण जे परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, तिनीहरूलाई कसैले पनि नछुट्‌ट्याओस् ।”
MAT 19:7 तिनीहरूले उहाँलाई भने, “त्यसो भए मोशाले हामीलाई त्यागपत्र लेखेर त्याग्‍ने आज्ञा किन दिए त ?”
MAT 19:8 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको हृदयको कठोरताको कारणले मोशाले तिमीहरूलाई तिमीहरूका पत्‍नीहरू त्याग्‍न अनुमति दिए, तर सुरुदेखि त यस्तो थिएन ।
MAT 19:9 म तिमीहरूलाई भन्दछु, जसले कामुक अनैतिकताको कारणले बाहेक आफ्नी पत्‍नीलाई त्याग्छ, र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ । र जुन मानिसले त्यस त्यागिएकी स्‍त्रीसँग विवाह गर्दछ उसले पनि व्यभिचार गर्दछ ।”
MAT 19:10 चेलाहरूले येशूलाई भने, “यदि पतिको आफ्नी पत्‍नीसँग यस्तो अवस्था हुन्छ भने, विवाह नगर्नु नै असल हो ।”
MAT 19:11 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “सबै व्यक्‍तिले यस शिक्षालाई ग्रहण गर्न सक्दैनन्, तर तिनीहरूले मात्र जसलाई यो ग्रहण गर्नको निम्ति दिइएको छ ।
MAT 19:12 किनकि केही नपुंसकहरू छन् जो आफ्नी आमाको गर्भदेखि नै त्यस्तै जन्मे । र केही नपुंसकहरू छन् जो मानिसहरूद्वारा नपुंसक बनाइएका थिए । र केही नपुंसकहरू छन् जसले स्वर्गको राज्यको निम्ति आफैँलाई नपुंसक बनाए । जसले यो शिक्षालाई ग्रहण गर्न सक्षम हुन्छ, उसले ग्रहण गरोस् ।”
MAT 19:13 त्यसपछि येशूले आफ्ना हात राखेर प्रार्थना गरिदिऊन् भनी उहाँकहाँ केही स-साना बालकहरूलाई ल्याइयो, तर चेलाहरूले तिनीहरूलाई हप्काए ।
MAT 19:14 तथापि येशूले भन्‍नुभयो, “साना बालकहरूलाई अनुमति देओ र तिनीहरूलाई मकहाँ आउन नरोक किनभने स्वर्गको राज्य यिनीहरूकै हो ।”
MAT 19:15 अनि उहाँले तिनीहरूमाथि आफ्ना हात राख्‍नुभयो, र त्यसपछि त्यहाँबाट निस्कनुभयो ।
MAT 19:16 हेर, एक जना मानिस येशूकहाँ आयो र भन्यो, “गुरुज्यू, मैले अनन्त जीवन प्राप्‍त गर्न के असल काम गर्नुपर्छ ?”
MAT 19:17 येशूले उसलाई भन्‍नुभयो, “असल के हो भनेर तिमी मलाई किन सोध्छौ ? एक मात्र असल हुनुहुन्छ, तर यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने, आज्ञाहरू पालन गर ।”
MAT 19:18 त्यो मानिसले उहाँलाई भन्यो, “कुन आज्ञाहरू ?” येशूले भन्‍नुभयो, “हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू,
MAT 19:19 आफ्ना बुबा र आमालाई आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू ।”
MAT 19:20 त्यो जवान मानिसले उहाँलाई भन्यो, “यी सबै कुरा त मैले पालना गरेकै छु । मैले अझै के गर्न आवश्यक छ ?”
MAT 19:21 येशूले उसलाई भन्‍नुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने, जाऊ, र तिमीसँग जे-जति छ त्यो बेच, र ती गरिबहरूलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्‍त गर्नेछौ । त्यसपछि आएर मलाई पछ्याऊ ।”
MAT 19:22 तर जब त्यस जवान मानिसले येशूले भन्‍नुभएको कुरा सुन्यो, ऊ साह्रै दुःखित भएर गइहाल्यो, किनभने ऊ धेरै सम्‍पत्ति भएको मानिस थियो ।
MAT 19:23 येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न धेरै कठिन हुन्छ ।
MAT 19:24 म फेरि तिमीहरूलाई भन्दछु, “धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नु भन्दा त उँटलाई सियोको नाथ्रीबाट प्रवेश गर्न सजिलो हुन्छ ।”
MAT 19:25 जब चेलाहरूले यो सुने, तिनीहरू सार्‍है छक्‍क परे र भने, “त्यसो भए को बचाइन सक्छ ?”
MAT 19:26 येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्‍वरको निम्ति सबै कुरा सम्भव छन् ।”
MAT 19:27 त्यसपछि पत्रुसले जवाफ दिए र उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै थोक त्यागेका छौँ र तपाईंलाई पछ्याएका छौँ । तब हामीले के पाउनेछौँ ?”
MAT 19:28 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरू जसले मलाई पछ्याएका छौ, नयाँ जन्ममा जब मानिसका पुत्र इस्राएलका बाह्र कुलको न्याय गर्दै आफ्नो महिमाको सिंहासनमा बस्छन्, तिमीहरू पनि बाह्रवटा सिंहासनमा बस्‍नेछौ ।
MAT 19:29 प्रत्येक जसले मेरो नामको खातिर घरबार, दाजुभाइ, दिदी-बहिनीहरू, बुबा, आमा, बालबच्‍चाहरू वा देश त्यागेको छ, उसले सय गुणा प्राप्‍त गर्नेछ र अनन्त जीवनको अधिकार पाउनेछ ।
MAT 19:30 तर धेरै जना जो अहिले पहिला छन्, तिनीहरू पछि पर्नेछन्, र धेरै जना जो पछि परेका छन्, तिनीहरू पहिला हुनेछन् ।
MAT 20:1 किनकि परमेश्‍वरको राज्य एक जना जमिन मालिकजस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए ।
MAT 20:2 ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए ।
MAT 20:3 उनी नौ बजे बाहिर गए र बजारमा अरू कामदारहरूलाई केही काम नगरी उभिरहेको देखे ।
MAT 20:4 उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु ।’ यसैकारण तिनीहरू काम गर्न गए ।
MAT 20:5 फेरि उनी बार्‍ह बजे र तिन बजे बाहिर गए र त्यसै गरे ।
MAT 20:6 एक पटक फेरि उनी पाँच बजे बाहिर गए र अरूहरूलाई केही काम नगरी उभिरहेको भेट्टाए । उनले तिनीहरूलाई भने, ‘तिमीहरू दिनभरि नै यहाँ किन व्यर्थमा केही काम नगरी बसिरहेका छौ ?’
MAT 20:7 तिनीहरूले उनलाई भने, ‘किनकि कसैले पनि हामीलाई काममा लगाएको छैन ।’ उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ ।’
MAT 20:8 जब साँझ पर्‍यो, ती दाखबारीका मालिकले उनका व्यवस्थापकलाई भने, ‘ती कामदारहरूलाई बोलाऊ र अन्तिममा आएकोबाट सुरु गर्दै तिनीहरूलाई तिनीहरूका ज्याला तिरिदेऊ ।’
MAT 20:9 जब पाँच बजे काममा लगाइएका कामदारहरू आए, तिनीहरू सबैले एक दिनार पाए ।
MAT 20:10 जब सुरुका कामदारहरू आए, तिनीहरूले धेरै पाउनेछन् भनी तिनीहरूले विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनार नै प्राप्‍त गरे ।
MAT 20:11 जब तिनीहरूले आफ्ना ज्यालाहरू प्राप्‍त गरे, तिनीहरूले त्यस जमिन मालिकको विरुद्धमा गनगन गरे ।
MAT 20:12 तिनीहरूले भने, ‘यी अन्तमा आएका कामदारहरूले एक घण्टा मात्र काममा बिताएका थिए, तर तपाईंले उनीहरूलाई हामी समान बनाउनुभएको छ, हामीहरू जसले सारा दिनको बोझ र पोल्ने घामलाई सह्‍यौँ ।’
MAT 20:13 तर ती मालिकले जवाफ दिए र तिनीहरूमध्ये एक जनालाई भने, ‘मित्र, मैले तिमीलाई कुनै खराबी गरेको छैनँ । के तिमी मसँग एक दिनारमा मञ्जुर भएका थिएनौ र ?
MAT 20:14 जे तिम्रो हो त्यो लेऊ र आफ्नो बाटो लाग । मैले तिमीलाई दिए जत्तिकै म यी अन्त्यमा काममा लगाइएका कामदारहरूलाई पनि दिने इच्छा गर्दछु ।
MAT 20:15 के मैले मेरो आफ्नो सम्‍पत्तिलाई मैले चाहना गरेजस्तो गर्नु न्यायसङ्गत होइन र ? वा म असल भएको कारणले तिम्रा आँखा दुष्‍ट भएको हो ?’
MAT 20:16 यसैले पछिल्लो पहिलो हुनेछ, र पहिलोचाहिँ पछिल्लो हुनेछ । बोलाइएका धेरै छन्, तर चुनिएका थोरै मात्र छन् ।”
MAT 20:17 जसै येशू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो, उहाँले ती बार्‍है जना चेलालाई अलग्गै राख्‍नुभयो, र बाटोमा जाँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो,
MAT 20:18 “हेर, हामीहरू यरूशलेमतर्फ जाँदै छौँ, र मानिसका पुत्र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछन् । तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन्,
MAT 20:19 र उहाँको ठट्टा गर्न, उहाँलाई कोर्रा लगाउन, र क्रुसमा झुण्ड्याउनको लागि तिनीहरूले उनलाई गैरयहूदीहरूका हातमा सुम्पनेछन् । तर उनी तेस्रो दिनमा उठाइनेछन् ।”
MAT 20:20 त्यसपछि जब्दियाका छोराहरूकी आमा आफ्ना दुई छोराका साथमा येशूकहाँ आइन् । तिनी उहाँको अगाडि घोप्‍टो परिन् र उहाँबाट केही कुरा पाउनलाई उहाँसँग बिन्ती गरिन् ।
MAT 20:21 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले के कुराको चाहना गर्छौ ?” तिनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा यी मेरा दुई जना छोरामध्ये एउटा तपाईंको दायाँ हातपट्टि र अर्को बायाँ हातपट्टि बसून् भनेर आज्ञा गर्नुहोस् ।”
MAT 20:22 तर येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरूलाई थाहा छैन । के मैले पिउन गइरहेको कचौराबाट पिउन तिमीहरू सक्षम छौ र ?” तिनीहरूले उहाँलाई भने, “हामीहरू सक्षम छौँ ।”
MAT 20:23 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मेरो कचौराबाट त पिउनेछौ । तर मेरो दाहिने हातपट्टि र मेरो देब्रे हातपट्टि बस्‍न दिने मैले होइन, तर यो तिनीहरूका निम्ति हो, जसका निम्ति मेरा पिताद्वारा तयार पारिएको छ ।”
MAT 20:24 जब अरू दस जना चेलाले यो कुरालाई सुने, तिनीहरू यी दुई जना दाजुभाइसँग अति नै रुष्‍ट भए ।
MAT 20:25 तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “तिमीहरू जान्दछौ, कि गैरयहूदीहरूका शासकहरूले तिनीहरूलाई अधीनमा राख्छन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्दछन् ।
MAT 20:26 तर तिमीहरूका बिचमा यस्तो हुनुहुँदैन । बरु, जो तिमीहरूका बिचमा महान् हुने चाहना गर्दछ, ऊ तिमीहरूको सेवक हुनुपर्दछ ।
MAT 20:27 र जो तिमीहरूका बिचमा पहिलो हुने इच्छा गर्दछ, ऊ तिमीहरूको दास हुनुपर्दछ,
MAT 20:28 जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन्, र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन् ।”
MAT 20:29 जसै तिनीहरू यरीहोबाट बाहिर गए, एउटा ठुलो भिड उहाँको पछि लाग्यो ।
MAT 20:30 र दुई जना दृष्‍टिविहीन बाटोको छेउमा बसिरहेका थिए । येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्छ भन्‍ने कुरा जब तिनीहरूले सुने, तिनीहरू चिच्‍च्‍याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”
MAT 20:31 तिनीहरूलाई चुप रहन भन्दै भिडले तिनीहरूलाई हप्कायो, तर तिनीहरू अझै बढी कराएर भन्यो, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”
MAT 20:32 तब येशू उभिनुभयो र तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्छौ ?”
MAT 20:33 तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रा आँखा खोलिऊन् ।”
MAT 20:34 तब येशू दयाले भरिनुभएर तिनीहरूका आँखा छुनुभयो । तिनीहरूले त्यत्तिखेरै आफ्ना दृष्‍टि प्राप्‍त गरे र उहाँलाई पछ्याए ।
MAT 21:1 जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्‍नुभयो र जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्‍नुभयो, तब येशूले दुई जना चेलालाई पठाउनुभयो,
MAT 21:2 र यसो भन्‍नुभयो, “तिमीहरू सामुन्‍नेको गाउँमा जाओ, र तिमीहरूले त्यहाँ पुग्‍ने बित्तिकै बाँधेर राखिएको एउटा गधा, र त्यससँग एउटा बछेडा भेट्टाउनेछौ । तिनीहरूलाई फुकाओ र मकहाँ ल्याओ ।
MAT 21:3 यदि यसको विषयमा कसैले केही भन्यो भने तिमीहरूले यसो भन, ‘प्रभुलाई यसको आवश्यक परेको छ’ र त्यस मानिसले तुरुन्तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन् ।”
MAT 21:4 अगमवक्‍ताद्वारा भनिएको कुरा पुरा हुनलाई यस्तो हुन आयो । उहाँले भन्‍नुभयो,
MAT 21:5 “‘सियोनकी छोरीलाई भन, हेर, विनम्र भई र गधामाथि सवार भएर अनि गधाको बच्‍चा अर्थात् एउटा बछेडामाथि चढेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ ।’”
MAT 21:6 तब चेलाहरू गए र येशूले जस्तो निर्देशन दिनुभएको थियो, त्यस्तै गरे ।
MAT 21:7 तिनीहरूले गधा र बछेडालाई ल्याए र तिनीहरूमाथि आफ्ना कपडाहरू बिछ्याइदिए, र येशू ती कपडाहरूमाथि बस्‍नुभयो ।
MAT 21:8 भिडमा भएकाहरू धेरैले आफ्ना कपडाहरू बाटोमा बिछ्याइदिए, र अरूहरूले रुखका हाँगाहरू भाँचे र ती बाटोमा फैलाइदिए ।
MAT 21:9 येशूको अगि गएका र उहाँलाई पछ्याएका सबै भिडले यसो भन्दै चिच्‍च्‍याए, “दाऊदका पुत्रलाई होसन्‍ना ! उहाँ धन्यको हुनुहुन्छ जो परमेश्‍वरको नाउँमा आउनुहुन्छ ! उच्‍चमा विराजमान हुनुहुनेलाई होसन्‍ना !”
MAT 21:10 जब येशू यरूशलेमभित्र आउनुभएको थियो, सारा सहरमा हलचल भयो र तिनीहरूले भने, “यिनी को हुन् ?”
MAT 21:11 भिडले जवाफ दियो, “उहाँ येशू हुनुहुन्छ, गालीलको नासरतबाट आउनुभएका अगमवक्‍ता ।”
MAT 21:12 त्यसपछि येशू मन्दिरभित्र प्रवेश गर्नुभयो । उहाँले मन्दिरभित्र खरिद गर्ने र बेच्ने सबैलाई बाहिर निकालिदिनुभयो, र पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्‍नेहरूका आसनहरू पल्टाइदिनुभयो ।
MAT 21:13 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ,’ तर तिमीहरूले यसलाई डाँकुहरूका अड्‌डा बनाउँछौ ।”
MAT 21:14 तब दृष्‍टिविहीनहरू र लङ्गडाहरू मन्दिरभित्र आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
MAT 21:15 तर जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्‍ना” भनेर चिच्‍च्‍याइरकेका सुने, तिनीहरू रिसले चुर भए ।
MAT 21:16 तिनीहरूले उहाँलाई भने, “के यी मानिसहरूले जे भनिरहेका छन्, तिमी सुन्‍न सक्छौ ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “हो ! तर के तिमीहरूले कहिल्यै पढेका छैनौ, ‘दूधे बालक र शिशुहरूको मुखबाट उहाँले पूर्ण प्रशंसा लिनुभएको छ’ ?”
MAT 21:17 त्यसपछि येशू तिनीहरूबाट बिदा हुनुभयो र बेथानीको सहरमा जानुभयो र उहाँले त्यो रात त्यहीँ बिताउनुभयो ।
MAT 21:18 बिहान जब उहाँ सहरमा फर्कनुभयो, उहाँ भोकाउनुभएको थियो ।
MAT 21:19 उहाँले बाटोको छेउमा एउटा अन्जीरको बोट देख्‍नुभयो, उहाँ त्यसको नजिक जानुभयो र त्यसमा पातहरूबाहेक अरू केही भेट्टाउनुभएन । उहाँले त्यसलाई भन्‍नुभयो, “तँबाट अब कहिल्यै पनि फेरि कुनै फल नआओस् ।” र त्यो अन्जीरको बोट तुरुन्तै सुकिहाल्यो ।
MAT 21:20 जब चेलाहरूले यो देखे, तिनीहरू अचम्मित भए र भने, “यति चाँडै यो बोट कसरी सुकेर गयो ?”
MAT 21:21 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमा विश्‍वास छ र शङ्का गरेनौ भने यस अन्जीरको बोटलाई जे गरिएको थियो त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई, ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने पनि त्यसै हुनेछ ।
MAT 21:22 तिमीहरूले विश्‍वास गरेर जेसुकै कुरा प्रार्थनामा माग्छौ, त्यो तिमीहरूले पाउनेछौ ।”
MAT 21:23 जब येशू मन्दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू र मानिसका अगुवाहरू उहाँकहाँ आएर भने, “तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ ? र तिमीलाई यो अधिकार कसले दियो ?”
MAT 21:24 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍नेछु । यदि तिमीहरूले मलाई त्यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्‍ने कुरा म तिमीहरूलाई बताउनेछु ।
MAT 21:25 यूहन्‍नाको बप्‍तिस्‍मा कहाँबाट आएको हो ? स्वर्गबाट हो या मानिसहरूबाट ?” तिनीहरूले एक आपसमा यस्तो भन्दै छलफल गरे, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, उसले हामीलाई ‘त्यसो भए, तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ ?’ भनेर भन्‍नेछन् ।
MAT 21:26 तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, हामी भिडसँग डराउँदछौँ, किनकि तिनीहरू सबैले यूहन्‍नालाई एक अगमवक्‍ताको रूपमा हेर्दथे ।”
MAT 21:27 तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन ।” उहाँले पनि तिनीहरूलाई भन्‍नुभयो “म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिनँ ।
MAT 21:28 तर तिमीहरू के विचार गर्दछौ ? एक जना मानिसका दुई जना छोरा थिए । उनी पहिलोकहाँ गएर भने, ‘छोरा आज दाखबारीमा गएर काम गर ।’
MAT 21:29 त्यो छोराले जवाफ दियो र भन्यो, ‘म जान्‍नँ,’ तर केही समयपछि उसले आफ्नो मन बद्‌ल्यो र गयो ।
MAT 21:30 र त्यो मानिस आफ्नो दोस्रो छोराकहाँ गए र त्यही कुरा भने । यो छोराले जवाफ दियो र भन्यो, ‘हजुर, म जानेछु,’ तर त्यो गएन ।
MAT 21:31 यी दुई जनामध्ये कुनचाहिँ छोराले आफ्नो बुबाको इच्छा पुरा गर्‍यो ?” तिनीहरूले भने, “पहिलो चाहिँले ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूभन्दा पहिले कर उठाउनेहरू र यौनकर्मीहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछन् ।
MAT 21:32 किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको बाटोमा आए, तर तिमीहरूले उनलाई विश्‍वास गरेनौ, जब कि कर उठाउनेहरू र यौनकर्मीहरूले उनलाई विश्‍वास गरे । र तिमीहरूले जब यो भइरहेको देख्यौ, उनमा विश्‍वास गर्नलाई पछि तिमीहरूले पश्‍चात्ताप पनि गरेनौ ।
MAT 21:33 अर्को दृष्‍टान्त सुन । एक जना मानिस थिए, जो जमिन मालिक थिए । उनले त्यहाँ दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए; त्यहाँ दाख पेल्ने कोल बनाए; रेखदेखको निम्ति एउटा धरहरा बनाए; र खेतालाहरूलाई त्यसको ठेक्‍का दिए । त्यसपछि उनी अर्कै देशमा गए ।
MAT 21:34 जब दाखको फसलको समय आयो, उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए ।
MAT 21:35 तर दाखबारीका खेतालाहरूले उनका नोकरहरूलाई वशमा लिए; एउटालाई पिटे; अर्कोलाई मारे, र अर्कोलाई चाहिँ ढुङ्गाले हिर्काए ।
MAT 21:36 फेरि, मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए, तर ती दाखबारीमा काम गर्नेहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे ।
MAT 21:37 त्यसपछि मालिकले यसो भन्दै आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, ‘तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन् ।’
MAT 21:38 तर जब दाखबारीमा काम गर्नेहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, ‘यो त उत्तराधिकारी हो । आओ, हामी यसलाई मारौँ र यसको उत्तराधिकार लिऔँ ।’
MAT 21:39 यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे ।
MAT 21:40 जब त्यस दाखबारीका मालिक आउँछन्, तिनले ती दाखबारीमा काम गर्नेहरूलाई के गर्लान् ?”
MAT 21:41 तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्‍ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् र त्यो दाखबारी ती मानिसहरूलाई ठेक्‍कामा दिनेछन्, जसले फल पाकिसकेपछि त्यसको निम्ति मोल तिर्दछन् ।”
MAT 21:42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्‍त्रमा पढेनौ, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो । यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा यो आश्‍चर्यपूर्ण छ ? ’
MAT 21:43 यसकारण, म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य तिमीहरूबाट टाढा लगिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले आफ्नो फल फलाउनेछ ।
MAT 21:44 जो यस ढुङ्गामा खस्दछ, त्यो टुक्रा-टुक्रा पारिनेछ । तर जसमाथि यो खस्दछ, त्यो कुल्चिनेछ ।”
MAT 21:45 जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँका दृष्‍टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्‍ने तिनीहरूले बुझे ।
MAT 21:46 तिनीहरूले उहाँलाई पक्रनचाहन्थे, तर मानिसहरूले उहाँलाई अगमवक्‍ता मान्‍ने हुनाले तिनीहरू भिडसँग डराए ।
MAT 22:1 तिनीहरूसँग यसो भन्दै येशू दृष्‍टान्तमा बोल्नुभयो,
MAT 22:2 “स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे ।
MAT 22:3 उनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन् ।
MAT 22:4 फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ‘ती निम्त्याइएकाहरूलाई यसो भन्‍नू, ‘मैले मेरो भोज तयार पारेको छु । मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्, र सबै कुरा तयार छन् । विवाहको भोजमा आओ ।’
MAT 22:5 तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी, र अर्को आफ्नो व्यवसायतिर लाग्यो ।
MAT 22:6 अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रे; तिनीहरूसँग लाजमर्दो व्यवहार गरे, र तिनीहरूलाई मारे ।
MAT 22:7 तर राजा रिसाए । उनले आफ्ना सेनाहरू पठाए; ती हत्याराहरूलाई मारे, र तिनीहरूको सहर जलाइदिए ।
MAT 22:8 त्यसपछि उनले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको निम्ति सबै तयार छन्, तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन् ।
MAT 22:9 त्यसैले, तिमीहरू सडकहरूमा जाओ र तिमीहरूले सक्‍ने जति सबै मानिसलाई विवाह भोजमा सहभागी हुन बोलाओ ।’
MAT 22:10 ती नोकरहरू सडकहरूमा गए र तिनीहरूले भेट्टाए जति असल र खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे । त्यसैले, विवाहको घर पाहुनाहरूले भरियो ।
MAT 22:11 तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, त्यहाँ एक जना मानिस विवाहको पोशाक नलगाईकन भोजमा आएको उनले देखे ।
MAT 22:12 राजाले उसलाई भने, ‘मित्र, विवाहको पोशाक नलगाईकन तिमी यहाँ भित्र कसरी आयौ ?’ अनि त्यस व्यक्‍तिले केही बोल्न सकेन ।
MAT 22:13 त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’
MAT 22:14 किनकि बोलाइएकहरू धेरै छन्, तर चुनिएकाहरू थोरै छन् ।”
MAT 22:15 त्यसपछि फरिसीहरू त्यहाँबाट गए, र येशूले भन्‍नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्‍ने बारेमा योजना बनाए ।
MAT 22:16 त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू र हेरोदी दलका केही मानिसहरूलाई उहाँकहाँ पठाए । तिनीहरूले येशूलाई भने, “गुरुज्यू, हामीलाई थाहा छ, कि तपाईं सत्य हुनुहुन्छ, र तपाईंले परमेश्‍वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ । तपाईं कसले के सोच्छ भन्‍ने कुरालाई वास्ता गर्नुहुन्‍न, र मानिसहरूका बिचमा तपाईंले पक्षपात गर्नुहुन्‍न ।
MAT 22:17 त्यसैले, हामीलाई भन्‍नुहोस्, कि तपाईं के भन्‍नुहुन्छ ? कैसरलाई कर तिर्नु उचित हो कि होइन ?”
MAT 22:18 तर येशूले तिनीहरूको दुष्‍टता थाहा पाउनुभयो, र भन्‍नुभयो, “पाखण्डी हो, “तिमीहरू मलाई किन जाँच्दछौ ?
MAT 22:19 कर तिर्ने सिक्‍का मलाई देखाओ ।” त्यसपछि तिनीहरूले उहाँकहाँ एक दिनार ल्याए ।
MAT 22:20 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यी कसका नाम र छाप हुन् ?”
MAT 22:21 तिनीहरूले उहाँलाई भने, “कैसरको ।” त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए, जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्‍वरका हुन्, ती परमेश्‍वरलाई देओ ।”
MAT 22:22 जब तिनीहरूले यो सुने, तिनीहरू छक्‍क परे । त्यसपछि तिनीहरू उहाँबाट अलग्गिएर त्यहाँबाट गए ।
MAT 22:23 त्यही दिनमा केही सदुकीहरू उहाँकहाँ आए, जसले पुनरुत्थान हुँदैन भनेर भन्दथे । तिनीहरूले उहाँलाई सोधे,
MAT 22:24 “गुरुज्यू, मोशाले भनेका थिए, ‘यदि कुनै पुरुष बालक नजन्माईकन मर्‍यो भने, उसको भाइले त्यसकी पत्‍नीलाई विवाह गर्नुपर्छ र आफ्ना दाजुको निम्ति सन्तान जन्माउनुपर्छ ।
MAT 22:25 तिनीहरू सात जना दाजुभाइ थिए । पहिलोले विवाह गर्‍यो । कुनै पनि सन्तान नभईकन उसले आफ्नी पत्‍नी आफ्नो भाइलाई छोड्यो ।
MAT 22:26 त्यसपछि दोस्रो भाइले त्यस्तै गर्‍यो, त्यसपछि तेस्रोले, र सातौँ भाइसम्म यस्तै हुँदै गयो ।
MAT 22:27 तिनीहरू सबै मरेपछि त्यो स्‍त्री पनि मरी ।
MAT 22:28 अब पुनरुत्थानमा ती सात दाजुभाइमध्ये त्यो स्‍त्री कुन चाहिँको पत्‍नी हुन्छे ? किनकि तिनीहरू सबैले ऊसँग विवाह गरिसकेका छन् ।”
MAT 22:29 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तिमीहरू भुलमा परेका छौ, किनभने तिमीहरू धर्मशास्‍त्र वा परमेश्‍वरको शक्‍तिलाई जान्दैनौ ।
MAT 22:30 किनकि पुनरुत्थानमा तिनीहरू न त विवाह गर्दछन्, न त तिनीहरूलाई विवाहको निम्ति दिइन्छ । बरु, तिनीहरू स्वर्गमा हुने दूतहरूजस्तै हुन्छन् ।
MAT 22:31 तर मृतकहरूको पुनरुत्थानको बारेमा परमेश्‍वरद्वारा यसरी तिमीहरूलाई भनिएको के तिमीहरूले पढेका छैनौ,
MAT 22:32 ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ ?’ परमेश्‍वर मृतकहरूको परमेश्‍वर हुनुहुन्‍न, तर उहाँ जीवितहरूका परमेश्‍वर हुनुहुन्छ ।”
MAT 22:33 जब भिडले यो सुन्यो, तिनीहरू उहाँको शिक्षामा छक्‍क परे ।
MAT 22:34 तर येशूले सदुकीहरूलाई चुप पार्नुभएको जब फरिसीहरूले सुने, तिनीहरू भेला भए ।
MAT 22:35 तिनीहरूमध्येका एक जना व्यवस्थाका गुरुले उहाँको जाँच गर्दै एउटा प्रश्‍न सोधे,
MAT 22:36 “गुरुज्यू, व्यवस्थामा सबैभन्दा महान् आज्ञाचाहिँ कुन हो ?”
MAT 22:37 येशूले उनलाई भन्‍नुभयो, “तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नू ।
MAT 22:38 योचाहिँ पहिलो र महान् आज्ञा हो ।
MAT 22:39 अनि दोस्रो आज्ञा पनि यस्तै छ– ‘तैँले आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू ।’
MAT 22:40 सारा व्यवस्था र अगमवक्‍ताहरू यी दुईवटा आज्ञामाथि आधारित छन् ।”
MAT 22:41 फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्‍न सोध्‍नुभयो ।
MAT 22:42 उहाँले भन्‍नुभयो, “तिमीहरू ख्रीष्‍टको बारेमा के विचार गर्दछौ ? ख्रीष्‍ट कसका पुत्र हुन् ?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र ।”
MAT 22:43 येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए, दाऊद पवित्र आत्माले भरिँदा तिनले किन उहाँलाई यसरी प्रभु भनी पुकारे,
MAT 22:44 ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस ।’ ?”
MAT 22:45 यदि दाऊदले ख्रीष्‍टलाई ‘प्रभु’ भन्दछन् भने, उनी कसरी दाऊदका पुत्र हुन सक्छन् त ?”
MAT 22:46 तिनीहरू कसैले पनि जवाफमा एउटा शब्द पनि बोल्न सकेन, र त्यस दिनपछि उहाँलाई कसैले पनि अरू प्रश्‍नहरू सोध्‍ने साहस गरेन ।
MAT 23:1 त्यसपछि येशू भिडहरू र आफ्ना चेलाहरूसँग बोल्नुभयो ।
MAT 23:2 उहाँले भन्‍नुभयो, “शास्‍त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्छन् ।”
MAT 23:3 यसकारण, तिनीहरूले तिमीहरूलाई जे गर भनी आज्ञा गर्दछन्, ती कुरा गर र तिनीहरूलाई पालन गर । तर तिनीहरूका कामहरूको अनुसरण नगर, किनकि तिनीहरू कुराहरूचाहिँ गर्दछन्, तर पछि आफैँले ती गर्दैनन् ।
MAT 23:4 हो, तिनीहरूले बोक्‍न कठिन हुने गह्रौँ भारीहरू बाँधिदिन्छन्, अनि तिनीहरूले ती मानिसहरूका काँधहरूमा राखिदिन्छन् । तर तिनीहरू आफैँले भने ती बोक्‍नलाई एउटा औँला पनि चलाउँदैनन् ।
MAT 23:5 तिनीहरूले सबै काम मानिसहरूले देखून् भनेर गर्छन् । किनकि तिनीहरूले आफ्ना निधारमा र नाडीमा राखिने व्यवस्था-पत्रीहरू ठुलो बनाउँछन्, र तिनीहरूले आफ्ना वस्‍त्रका झुम्काहरू लामो पार्दछन् ।
MAT 23:6 तिनीहरूले भोजमा मुख्य स्थानहरू र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्,
MAT 23:7 अनि बजारहरूमा विशेष अभिवादन गरिएको र मानिसहरूद्वारा ‘रब्बी’ भनी सम्बोधन गरिएको चाहन्छन् ।
MAT 23:8 तर तिमीहरूलाई ‘रब्बी’ भनी सम्बोधन गरिनुहुँदैन, किनकि तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्छ, र तिमीहरू सबै दाजुभाइहरू हौ ।
MAT 23:9 अनि पृथ्वीमा कुनै पनि मानिसलाई पिता भनी नपुकार, किनकि तिमीहरूका एक मात्र पिता हुनुहुन्छ, र उहाँ स्वर्गमा हुनुहुन्छ ।
MAT 23:10 न त ‘गुरुज्यू’ भनी कसैले तिमीहरूलाई बोलाऊन्, किनकि ख्रीष्‍ट तिमीहरूका एक मात्र गुरु हुनुहुन्छ ।
MAT 23:11 तर जो तिमीहरूका माझमा सबैभन्दा महान् छ, ऊ तिमीहरूका दास हुनेछ ।
MAT 23:12 जसले आफूलाई उच्‍च पार्दछ, त्यसलाई होच्याइनेछ । अनि जसले आफूलाई होच्याउँछ, त्यसलाई उच्‍च पारिनेछ ।
MAT 23:13 तर धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! तिमीहरू मानिसहरूका सामुन्‍ने स्वर्गको राज्यलाई बन्द गर्दछौ । किनकि तिमीहरू यसमा आफैँ प्रवेश गर्दनौ, अनि न त प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ ।
MAT 23:14 धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि तिमीहरू विधवाहरूका घरहरू नष्‍ट गर्दछौ, जब कि लामो-लामो प्रार्थना गरी देखाउँदछौ । यसकारण, तिमीहरूले अझ बढी दण्ड पाउनेछौ ।
MAT 23:15 धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि एक जनालाई आफ्नो मतमा ल्याउनलाई तिमीहरू समुद्र र जमिन चहार्दछौ । जब त्यो तिमीहरूको मतमा आउँछ, त्यसलाई आफूभन्दा दोब्बर नरकको पुत्र बनाउँछौ ।
MAT 23:16 धिक्‍कार तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो, तिमीहरू जसले भन्दछौ, ‘कसैले मन्दिरको शपथ खान्छ भने, केही पनि हुँदैन । तर जसले मन्दिरको सुनको शपथ खान्छ, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’
MAT 23:17 ए दृष्‍टिविहीन मूर्खहरू हो ! कुनचाहिँ ठुलो हो– सुन कि त्यस सुनलाई परमेश्‍वरकहाँ अर्पण गर्ने मन्दिर ?
MAT 23:18 अनि, ‘कसैले वेदीको शपथ खान्छ भने, केही पनि हुँदैन । तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खान्छ भने, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’
MAT 23:19 ए अन्धा मानिसहरू हो, कुनचाहिँ ठुलो हो– भेटी कि त्यस भेटीलाई परमेश्‍वरकहाँ अर्पण गर्ने वेदी ?
MAT 23:20 अनि जसले वेदीको शपथ खान्छ, उसले त्यस वेदी र त्यसमाथि भएका सबै थोकको शपथ खान्छ ।
MAT 23:21 अनि जसले मन्दिरको शपथ खान्छ, उसले त्यस मन्दिर र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ ।
MAT 23:22 अनि जसले स्वर्गको शपथ खान्छ, उसले परमेश्‍वरको सिंहासन र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ ।
MAT 23:23 धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि तिमीहरू पुदिना, सुप र जिराका दशांश दिन्छौ, तर व्यवस्थाका गहन कुराहरू अर्थात् न्याय, कृपा र विश्‍वासलाई बेवास्ता गरेका छौ । तर यी कुराहरू तिमीहरूले गर्नुपर्ने थियो र यी अरू कामहरूलाई अवहेलना नगर्नुपर्ने थियो ।
MAT 23:24 ए अन्धा अगुवाहरू हो, तिमीहरू जो भुसुनालाई चाल्दछौ, तर उँटलाई चाहिँ निल्दछौ !
MAT 23:25 धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! तिमीहरू कचौराहरू र थालहरूको बाहिरपट्टि धुन्छौ, तर भित्रपट्टि तिनीहरू अन्यायपूर्ण माग र लोभले भरिएका छन् ।
MAT 23:26 ए अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा गर, ताकि त्यसको बाहिरपट्टि पनि सफा होस् ।
MAT 23:27 धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि तिमीहरू चुनले पोतेका चिहानहरूजस्ता छौ, जुन बाहिरपट्टि सुन्दर देखा पर्दछन्, तर भित्रपट्टि चाहिँ मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका छन् ।
MAT 23:28 यसै गरी, तिमीहरू पनि बाहिर मानिसहरूका सामुन्‍ने धर्मी देखा पर्दछौ, तर भित्रपट्टि तिमीहरू कपट र दुष्‍टताले भरिएका छौ ।
MAT 23:29 धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि तिमीहरू अगमवक्‍ताहरूका चिहानहरू बनाउँदछौ र धर्मीहरूका चिहानहरूलाई सिङ्गार्दछौ ।
MAT 23:30 तिमीहरू भन्छौ, ‘यदि हामीहरू हाम्रा पुर्खाहरूको समयमा जिएका भए, अगमवक्‍ताहरूको रगत बगाउने काममा तिनीहरूसँग सहभागी हुने थिएनौँ ।’
MAT 23:31 यसकारण, तिमीहरू आफैँले तिमीहरू तिनीहरूका सन्तान हौ भनी गवाही दिन्छौ जसले अगमवक्‍ताहरूको हत्या गरे ।
MAT 23:32 तिमीहरूले आफ्ना पुर्खाहरूको कामलाई पनि पुरा गर्छौ ।
MAT 23:33 ए सर्पहरू हो, साँपका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ ?
MAT 23:34 त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्‍ताहरू, बुद्धिमान् मानिसहरू र शास्‍त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्‍नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ ।
MAT 23:35 यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्‍यौ ।
MAT 23:36 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन् ।
MAT 23:37 ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्‍ताहरूलाई मार्छस् र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस् ! कति पटक मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरेँ, जसरी एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई त्यसको पखेटामुनि बटुल्छ, तर तैँले इच्छा गरिनस् ।
MAT 23:38 हेर, तिमीहरूका घर तिमीहरूका सामु उजाड पारिएका छन् ।
MAT 23:39 किनकि म तिमीहरूलाई भन्दछु, ‘परमप्रभुको नाउँमा आउने धन्यका हुन्’ भनी तिमीहरूले नभनेसम्म, अबदेखि तिमीहरूले मलाई देख्‍नेछैनौ ।”
MAT 24:1 ययेशू मन्दिरबाट बाहिर जानुभयो र उहाँ आफ्नो बाटोमा जाँदै हुनुहुन्थ्यो । उहाँलाई मन्दिरका भवनहरू देखाउन उहाँका चेलाहरू उहाँकहाँ आए ।
MAT 24:2 तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले यी सबै कुरा देख्दैनौ ? साँच्‍चै म तिमीहरूलाई भन्दछु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिनेछैन, सबै भत्काइनेछन् ।”
MAT 24:3 जब उहाँ जैतून डाँडामा वस्‍नुभयो, चेलाहरू उहाँकहाँ सुटुक्‍कै आए र भने, “हामीलाई भन्‍नुहोस्, यी कुराहरू कहिले हुनेछन् ? तपाईंको आगमन र संसारको अन्तको चिन्ह के हुनेछ ?”
MAT 24:4 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “होसियार रहो, कसैले तिमीहरूलाई नभड्काओस् ।”
MAT 24:5 किनकि मेरो नाउँमा धेरै जना आउनेछन् । किनकि तिनीहरूले भन्‍नेछन्, ‘म नै ख्रीष्‍ट हुँ !’ र धेरैलाई भड्काउनेछन् ।
MAT 24:6 तिमीहरूले लडाइँ र लडाइँका हल्ला सुन्‍नेछौ । तर तिमीहरू, विचलित नहोओ, किनकि यी कुराहरू हुनैपर्छ; तर अझै अन्त आइसकेको हुँदैन ।
MAT 24:7 किनकि जातिको विरुद्धमा जाति खडा हुनेछ, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । विभिन्‍न ठाउँमा अनिकाल हुनेछ र भूकम्पहरू जानेछन् ।
MAT 24:8 तर यी सबै कुरा प्रसव-वेदनाको सुरुवात मात्र हो ।
MAT 24:9 तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्पनेछन् र तिमीहरूलाई मार्नेछन् । मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ ।
MAT 24:10 तब धेरै जनाले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन्, एक अर्कालाई घृणा गर्नेछन् ।
MAT 24:11 धेरै झुटा अगमवक्‍ता खडा हुनेछन् र धेरै जनालाई बहकाउनेछन् ।
MAT 24:12 किनभने अधर्मको वृद्धि हुनेछ; धेरै जनाको प्रेम सेलाउनेछ ।
MAT 24:13 तर जो अन्तसम्म स्थिर रहन्छ, उसले उद्धार पाउनेछ ।
MAT 24:14 राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिलाई साक्षीको रूपमा प्रचार गरिनेछ । तब अन्त आउनेछ ।
MAT 24:15 त्यसकारण, जब तिमीहरूले दानिएल अगमवक्‍ताले भनेका जस्तै त्यस विनाशकारी घृणित व्यक्‍तिलाई पवित्र स्थानमा उभिएको देख्छौ (पाठकले आफैँ बुझोस),
MAT 24:16 जो यहूदियामा छन्, तिनीहरू पहाडहरूतिर भागून्,
MAT 24:17 जो घरको छानामाथि छ, ऊ घरबाट कुनै सामान लिन तल नझरोस् ।
MAT 24:18 र जो खेतमा छ, ऊ आफ्नो खास्टो लिन नफर्कोस् ।
MAT 24:19 तर ती दिनमा हाय तिनीहरूलाई जो गर्भवती छन् र जसले शिशुहरूलाई दूध चुसाउँछन् !
MAT 24:20 हिउँदमा वा शबाथको दिनमा तिमीहरू भाग्‍न नपरोस् भनी प्रार्थना गर ।
MAT 24:21 किनकि त्यस बेला महासङ्कष्‍ट हुनेछ, जुन संसारको सुरुदेखि अहिलेसम्म कहिल्यै भएको छैन, न त कहिल्यै फेरि हुनेछ ।
MAT 24:22 ती दिनहरू नघटाइएसम्म कुनै शरीर पनि बच्नेछैन । तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन् ।
MAT 24:23 तब यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन् !’ वा, ‘ख्रीष्‍ट त्यहाँ छन् !’ भन्छ भने त्यसलाई विश्‍वास नगर ।
MAT 24:24 किनकि झुटा ख्रीष्‍टहरू र झुटा अगमवक्‍ताहरू आउनेछन् र हुन सके, चुनिएकाहरूलाई समेत बहकाउनलाई ठुला-ठुला चिन्हहरू र चमत्कारहरू देखाउनेछन् ।
MAT 24:25 हेर, मैले यी अगाडि नै तिमीहरूलाई बताएको छु ।
MAT 24:26 त्यसकारण, यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उहाँ उजाड-स्थानमा हुनुहुन्छ’ भनेर भन्छन् भने, उजाड-स्थानतिर नजाओ । वा ‘हेर, उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भनेर भन्छन् भने, त्यसलाई विश्‍वास नगर ।
MAT 24:27 किनकि जसरी बिजुली पूर्वबाट चम्कन्छ र पश्‍चिमसम्मै त्यसको उज्यालो पुग्दछ, मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ ।
MAT 24:28 जहाँ सिनो छ, त्यहाँ गिद्धहरू भेला हुनेछन् ।
MAT 24:29 तर ती दिनमा सङ्कष्‍ट आए लगत्तै सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; ताराहरू आकाशबाट खस्‍नेछन्, र स्वर्गका शक्‍तिहरू डगमगाउनेछन् ।
MAT 24:30 तब मानिसका पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, अनि पृथ्वीका सबै जातिले विलाप गर्नेछन् । तिनीहरूले मानिसका पुत्रलाई आकाशको बादलमा शक्‍ति र ठुलो महिमासाथ आउँदै गरेको देख्‍नेछन् ।
MAT 24:31 उहाँले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजका साथ पठाउनुहुनेछ, अनि तिनीहरूले उहाँका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गराउनेछन् ।
MAT 24:32 अन्जीरको बोटबाट पाठ सिक । जब त्यसका हाँगाहरू कलिला हुन्छन् र पातहरू पलाउँछन्, तब ग्रीष्म ऋतु आउँदै छ भनेर तिमीहरूले थाहा पाउँछौ ।
MAT 24:33 त्यसरी नै, जब तिमीहरूले पनि यी सबै कुरा देख्छौ, उहाँ नजिकै अर्थात् ढोकाकै छेउमा हुनुहुन्छ भनी तिमीहरूले जान्‍नुपर्छ ।
MAT 24:34 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन ।
MAT 24:35 स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन् ।
MAT 24:36 तर त्यस दिन र घडीको विषयमा कसैलाई पनि थाहा छैन, न त स्वर्गका स्वर्गदूतहरूलाई, न पुत्रलाई, तर पितालाई मात्र थाहा छ ।
MAT 24:37 मानिसका पुत्रको आगमन पनि नोआका दिनमा जस्तै हुनेछ ।
MAT 24:38 किनकि ती दिनहरूमा जलप्रलय आउनुभन्दा अगि नोआ जहाजभित्र नपसुन्जेल तिनीहरू खाँदै र पिउँदै, विवाह गर्दै र विवाह गराउँदै थिए,
MAT 24:39 अनि प्रलय आएर तिनीहरू सबैलाई नलगुन्जेलसम्म तिनीहरूलाई केही पनि थाहा थिएन । मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ ।
MAT 24:40 तब खेतमा दुई जना हुनेछन्– एक जना लगिनेछ, र अर्को यहीँ छोडिनेछ ।
MAT 24:41 दुई जना स्‍त्री जाँतो पिँधिरहेका हुनेछन्– एउटी लगिनेछ र अर्की त्यहीँ छोडिनेछ ।
MAT 24:42 त्यसकारण, तिमीहरू जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनुहुनेछ भन्‍ने कुरा तिमीहरूलाई थाहा छैन ।
MAT 24:43 तर यो जान, कि रातको कुन समयमा चोर आउँदै छ भन्‍ने कुरा घरको धनीलाई थाहा भएको भए, ऊ जागा बस्‍ने थियो र चोरलाई उसको घर फोर्न दिने थिएन ।
MAT 24:44 त्यसकारण, तिमीहरू पनि तयार हुनुपर्छ, किनकि मानिसका पुत्र तिमीहरूले आशा नगरेको बेलामा आउनुहुनेछ ।
MAT 24:45 त्यसैले, विश्‍वासयोग्य र बुद्धिमान् नोकर को हो, जसलाई उसको मालिकले आफ्नो घरका मानिसहरूलाई तिनीहरूका खाना ठिक समयमा तिनीहरूलाई दिनलाई नियुक्त गरेको छ ?
MAT 24:46 त्यो नोकर धन्य हो, जसलाई उसको मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ ।
MAT 24:47 साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि मालिकले उसित भएका सबै कुराको जिम्मा उसलाई दिनेछ ।
MAT 24:48 तर यदि दुष्‍ट नोकरले त्यसको मनमा, ‘मेरो मालिक ढिला हुनुभएको छ’ भनी भन्दछ,
MAT 24:49 अनि उसले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्न थाल्छ, र मतवालाहरूसँग खान्छ र पिउँछ भने,
MAT 24:50 त्यस नोकरले आशा नगरेको दिनमा र त्यसलाई थाहा नभएको घडीमा त्यस नोकरको मालिक आउनेछ ।
MAT 24:51 त्यसको मालिकले त्यसलाई दुई टुक्रा पारी काट्नेछ र त्यसको दशा ती पाखण्डीहरूको जस्तै हुनेछ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
MAT 25:1 तब स्‍वर्गको राज्‍य ती दस कन्‍याजस्‍तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्‌न गए ।
MAT 25:2 तिनीहरूमध्ये पाँच जना निर्बुद्धि र पाँच जना बुद्धिमती थिए ।
MAT 25:3 किनकि जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए, तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन् ।
MAT 25:4 तर बुद्धिमती कन्‍याहरू प्रत्‍येकले बत्तीहरूसँगै आ-आफ्ना तेलका भाँडाहरू पनि लगे ।
MAT 25:5 दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्‍द्रामा परे र सुते ।
MAT 25:6 तर मध्‍यरातमा एउटा आवाज आयो, ‘हेर, दुलहा ! बाहिर जाऊ अनि उनलाई भेट ।’
MAT 25:7 त्‍यसपछि ती सबै कन्‍या उठे र आ-आफ्ना बत्तीहरूलाई ठिक्‍क पारे ।
MAT 25:8 निर्बुद्धि कन्‍याहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका केही तेल देऊ किनभने हाम्रा बत्तीहरू निभ्‍न लागेका छन् ।’
MAT 25:9 तर बुद्धिमती कन्‍याहरूले जवाफ दिए र भने, ‘तिमीहरू र हामी दुवैलाई प्रशस्‍त पुग्‍ने तेल नभएकोले, तेल बेच्नेहरूकहाँ जाओ र आफ्नो लागि तेल किन ।’
MAT 25:10 जब तिनीहरू तेल किन्‍न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्‍द गरियो ।
MAT 25:11 केही समयपछि अरू कन्‍याहरू पनि आएर भने, ‘प्रभु, प्रभु, हाम्रो लागि खोलिदिनुहोस्‌ ।’
MAT 25:12 तर उनले जवाफ दिएर भने, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, म तिमीहरूलाई चिन्‍दिनँ ।’
MAT 25:13 त्‍यसकारण, जागा रहो, किनकि त्‍यो दिन वा घडी तिमीहरूलाई थाहा छैन ।
MAT 25:14 किनकि यो परदेश जानै लागेको मानिसजस्‍तै हो । उसले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्‍पत्तिको जिम्‍मा दिए ।
MAT 25:15 उनले तिनीहरूमध्ये एक जनालाई पाँच सिक्‍का दिए; अर्कोलाई दुई सिक्‍का र फेरि अर्कोलाई उनले एक सिक्‍का दिए । प्रत्‍यकले आफ्नो क्षमताअनुसार ती रकमहरू लिए, अनि त्‍यो मानिस तुरुन्तै आफ्नो यात्रामा हिँड्यो ।
MAT 25:16 पाँच सिक्‍का पाउने तुरुन्तै गयो र उसले त्यसलाई लगानी गर्‍यो, र त्‍यसबाट अर्को पाँच सिक्‍का कमायो ।
MAT 25:17 त्यसै गरी, जसले दुई सिक्‍का पाएको थियो, उसले पनि त्‍यसबाट अर्का दुई सिक्‍का कमायो ।
MAT 25:18 तर एउटा मात्र सिक्‍का पाएको नोकर गयो र उसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो ।
MAT 25:19 अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए ।
MAT 25:20 पाँच सिक्‍का पाएको नोकर आयो र उसले अर्को पाँचवटा सिक्‍का ल्यायो । उसले भन्यो, ‘मालिक, तपाईंले मलाई पाँचवटा सिक्‍का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्का पाँचवटा सिक्‍का कमाएको छु ।’
MAT 25:21 उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर ! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’
MAT 25:22 दुईवटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मालिक तपाईंले मलाई दुईवटा सिक्‍का दिनुभएको थियो । हेर्नुहोस्‌, मैले अर्का दुईवटा सिक्‍का कमाएको छु ।’
MAT 25:23 उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर ! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ ।’
MAT 25:24 त्यसपछि एउटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मलाई थाहा छ, कि तपाईं कडा स्‍वभावको मानिस हुनुहुन्‍छ । तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ ।
MAT 25:25 मलाई डर थियो । त्‍यसकारण, म गएँ र तपाईंको सिक्‍कालाई जमिनमुनि लुकाइराखेँ । ‘हेर्नुहोस्, जे तपाईंको हो यसलाई लिनुहोस् ।’
MAT 25:26 तर उसको मालिकले जवाफ दिए र भने, ‘ए दुष्‍ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो ।
MAT 25:27 त्यसकारण, तैँले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्‍याजसहित पाउने थिएँ ।
MAT 25:28 त्‍यसकारण, त्योसँग भएको एक सिक्‍का लेओ र जुन नोकरसँग दस सिक्‍का छ त्‍यसलाई देओ ।
MAT 25:29 किनकि जससँग छ त्‍यसलाई अझ धेरै दिइनेछ अर्थात् अझ प्रशस्त गरी दिइनेछ । तर जससँग छैन, त्‍यससँग भएको पनि त्यसबाट खोसिनेछ ।
MAT 25:30 त्यो बेकम्मा नोकरलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’
MAT 25:31 जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्‍वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् ।
MAT 25:32 उनको सामुन्‍ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्‍यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन् ।
MAT 25:33 उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्‍नेछन् ।
MAT 25:34 त्‍यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्‍टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्‍यलाई अधिकार गर ।
MAT 25:35 किनकि म भोकाएको थिएँ, अनि तिमीहरूले मलाई खान दियौ; म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ;
MAT 25:36 म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्‍ता गर्‍यौ; म झ्‍यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’
MAT 25:37 त्‍यसपछि धर्मी जनहरूले जवाफ दिई भन्‍नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्‍यौँ र तपाईंलाई खुवायौँ ? वा तिर्खाउनुभएको देख्यौँ र तपाईंलाई पिउन दियौँ ?
MAT 25:38 र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्‍यौँ र तपाईंलाई भित्र ल्यायौँ ?
MAT 25:39 र हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानामा कहिले देख्यौँ र हामी तपाईंकहाँ आयौँ ?’
MAT 25:40 र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्‍दा सानोलाई जे-जति गर्‍यौ, त्यो मेरो निम्ति नै गर्‍यौ ।’
MAT 25:41 त्‍यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन दुष्‍ट र त्यसका दूतहरूका लागि तयार गरिएको हो,
MAT 25:42 किनभने म भोकाएको थिएँ, तर तिमीहरूले मलाई खान दिएनौ; म तिर्खाएको थिएँ, तर तिमीहरूले मलाई पिउन दिएनौ;
MAT 25:43 म परदेशी थिएँ, तर तिमीहरूले मलाई भित्र लगेनौ; नाङ्गो थिएँ, तर तिमीहरूले मलाई पहिराएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ, तर तिमीहरूले मेरो वास्ता गरेनौ ।’
MAT 25:44 त्‍यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्‍नेछन्, ‘प्रभु, हामीले तपाईंलाई भोकाउनुभएको, वा तिर्खाउनुभएको, वा परदेशी, वा नाङ्गो, वा बिरामी हुनुभएको, वा झ्यालखानामा कहिले देख्‍यौँ र हामीले तपाईंको सेवा गरेनौँ ?’
MAT 25:45 अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्‍दा सानोलाई तिमीहरूले जे गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’
MAT 25:46 यिनीहरू अनन्‍तको दण्‍डमा जानेछन् तर धर्मीहरूचाहिँ अनन्‍त जीवनमा प्रवेश गर्नेछन् ।”
MAT 26:1 येशूले यी सबै वचन भनिसक्‍नुभएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
MAT 26:2 “तिमीहरूलाई थाहा छ, कि दुई दिनपछि निस्तार-चाड आउँदै छ, र मानिसका पुत्र क्रुसमा टाँगिनको निम्ति सुम्पिनेछ ।”
MAT 26:3 त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू तथा मानिसहरूका एल्डरहरू एकसाथ भेला भए ।
MAT 26:4 तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्यन्‍त्र गरे ।
MAT 26:5 किनकि तिनीहरूले यसरी भनिरहेका थिए, “चाडको बेलामा भने होइन, ताकि मानिसहरूका माझ खैलाबैला नमच्‍चियोस् ।”
MAT 26:6 अनि जब येशू बेथानियामा सिमोन भन्‍ने एक जना कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो,
MAT 26:7 उहाँ एउटा टेबुलमा अडेस लगाएर बसिरहनुहुँदा अति बहुमूल्य अत्तरको सिङ्गमरमरको एउटा शीशी बोकेकी एउटी स्‍त्री उहाँकहाँ आई, र उसले त्यसलाई उहाँको शिरमा खन्याइदिई ।
MAT 26:8 तर जब उहाँका चेलाहरूले यो देखे, तिनीहरू रिसाएर भने, “यसरी नोक्सानी गर्नुको कारण के हो ?
MAT 26:9 यसलाई ठुलो रकममा बेच्न सकिन्थ्यो, र गरिबलाई दिन सकिन्थ्यो ।”
MAT 26:10 तर येशूले यो जानेर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यी स्‍त्रीलाई किन दुःख दिइरहेका छौ ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छन् ।
MAT 26:11 गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ रहनेछैन ।
MAT 26:12 किनकि जब यी स्‍त्रीले यो अत्तर मेरो शरीरमाथि खन्याइन्, यिनले मेरो दफनको निम्ति यो गरिन् ।
MAT 26:13 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यो सुसमाचार संसारको जुनसकै ठाउँमा प्रचार गरिँदा, यी स्‍त्रीले जे गरेकी छन्, तिनको सम्झनामा यो चर्चा गरिनेछ ।”
MAT 26:14 त्यसपछि बाह्र जनामध्येको एक जसको नाउँ यहूदा इस्करियोत थियो, ऊ मुख्य पुजारीहरूकहाँ गयो,
MAT 26:15 र भन्यो, “उहाँलाई तपाईंहरूकहाँ पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ ?” तिनीहरूले उसको निम्ति तिसवटा चाँदीका सिक्‍का छुट्‌ट्याइदिए ।
MAT 26:16 त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्‍यो ।
MAT 26:17 अब अखमिरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशूकहाँ आएर भने, “हामीले तपाईंको निम्ति निस्तार-चाडको भोज कहाँ तयार पारेको तपाईं चाहनुहुन्छ ?”
MAT 26:18 उहाँले भन्‍नुभयो, “सहरमा एक जना व्यक्‍तिकहाँ जाओ र उसलाई भन, ‘गुरुले भन्‍नुहुन्छ, मेरो समय नजिकै आइपुगेको छ । म तिम्रो घरमा चेलाहरूसँगै निस्तार-चाड मनाउन चाहन्छु ।’”
MAT 26:19 येशूले जस्तो निर्देशन दिनुभएको थियो, चेलाहरूले त्यस्तै गरे, र उनीहरूले निस्तार-चाडको निम्ति तयारी गरे ।
MAT 26:20 जब साँझ पर्‍यो, उहाँ आफ्ना बाह्र चेलासँग भोज खानलाई बस्‍नुभयो ।
MAT 26:21 जब उहाँ र चेलाहरू खाइरहनुभएको थियो, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ ।”
MAT 26:22 उनीहरू सबै अति दुःखित भए, र हरेकले उहाँलाई यसरी सोध्‍न थाले, “प्रभु, म त निश्‍चय नै होइन होला ?”
MAT 26:23 उहाँले जवाफ दिनुभयो, “जसले मसँगै यस कचौरामा हात डुबाउँछ, उसले नै मलाई धोका दिनेछ ।
MAT 26:24 मानिसका पुत्र त्यहीअनुसार नै जानेछन् जसरी उनको बारेमा लेखिएको छ । तर धिक्‍कार त्यस व्यक्‍तिलाई जसको कारण मानिसका पुत्रलाई धोका हुन्छ ! त्यो व्यक्‍ति त नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो ।”
MAT 26:25 यहूदा जसले उहाँलाई धोका दिनेवाला थियो, उसले भन्यो, “रब्बी, के त्यो म हुँ ?” उहाँले त्यसलाई भन्‍नुभयो, “तिमी आफैँले त्यो भनेका छौ ।”
MAT 26:26 उहाँ र चेलाहरूले खाइरहनुहुँदा येशूले रोटी लिनुभई धन्यवाद दिनुभयो र त्यो भाँच्‍नुभयो । उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “लेओ, खाओ । यो मेरो शरीर हो ।”
MAT 26:27 उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो, अनि त्यो उनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “तिमीहरू सबैले यसलाई पिओ ।
MAT 26:28 किनकि यो करारमा भएको मेरो रगत हो जुन धेरैका पापको क्षमादानको निम्ति बगाइएको छ ।
MAT 26:29 तर म तिमीहरूलाई भन्दछु, म यस बोटको फलबाट अब फेरि पिउनेछैन, जबसम्म मेरा पिताको राज्यमा म तिमीहरूसँग नयाँ गरी पिउँदिन ।”
MAT 26:30 उहाँहरू सबैले भजन गाइसक्‍नुभएपछि उहाँहरू जैतून डाँडातर्फ लाग्‍नुभयो ।
MAT 26:31 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “आज राती मेरो कारण तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई प्रहार गर्नेछु र बथानका सबै भेडा तितरबितर हुनेछन् ।’
MAT 26:32 तर म उठाइएपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।”
MAT 26:33 तर पत्रुसले उहाँलाई भने, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैनँ ।”
MAT 26:34 येशूले उनलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आज राती भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।”
MAT 26:35 पत्रुसले उहाँलाई भने, “म तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” अनि अरू सबै चेलाले पनि त्यसै भने ।
MAT 26:36 त्यसपछि येशू उनीहरूसँगै गेतसमनी भन्‍ने ठाउँमा जानुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “म अलि पर गएर प्रार्थना गर्छु, तर तिमीहरूचाहिँ यहीँ बस ।”
MAT 26:37 उहाँले पत्रुस र जब्दियाका दुई छोरालाई आफूसँग लिएर जानुभयो, र शोकित र व्याकुल हुन थाल्नुभयो ।
MAT 26:38 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो आत्मा अत्यधिक शोकले भरिएर मरेतुल्य भएको छ । यहीँ बस र मसँगै जागा रहो ।”
MAT 26:39 उहाँ अलि पर जानुभयो, आफ्ना घुँडा टेक्दै घोप्‍टो पर्नुभयो र प्रार्थना गर्नुभयो । उहाँले भन्‍नुभयो, “हे मेरा पिता, सम्भव भए, यो कचौरा मबाट हटिजाओस् । तर, मैले इच्छा गरेजस्तो होइन, तपाईंको इच्छाजस्तो होस् ।”
MAT 26:40 उहाँ चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, र उहाँले पत्रुसलाई भन्‍नुभयो, “के तिमीहरू मसँग एक घण्टाको लागि पनि जागा रहन सकेनौ ?
MAT 26:41 जागा रहो र परीक्षामा नपर्नको निम्ति प्रार्थना गर । आत्मा त तयार छ, तर शरीर भने कमजोर छ ।”
MAT 26:42 उहाँ दोस्रो पटक पनि पर जानुभयो र प्रार्थना गर्नुभयो, र भन्‍नुभयो, “हे मेरा पिता, यदि मैले नपीकन यो हुँदैन भने, तपाईंकै इच्छा पुरा होस् ।”
MAT 26:43 उहाँ फेरि आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए ।
MAT 26:44 त्यसपछि उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र पर जानुभयो । उहाँले तेस्रो पल्ट प्रार्थना गर्नुभयो र उही वचन दोहोर्‍याउनुभयो ।
MAT 26:45 त्यसपछि येशू चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै पनि सुतिरहेका छौ र आराम गरिरहेका छौ ? हेर, त्यो घडी आइसकेको छ, र मानिसका पुत्रलाई पापीहरूको हातमा धोकासाथ सुम्पिँदै छ ।
MAT 26:46 उठ, अब हामी जाऔँ । हेर, मलाई धोका दिनेचाहिँ नजिकै छ ।”
MAT 26:47 जब उहाँ बोलिरहनुभएको थियो, बाह्रमध्ये एक जना अर्थात् यहूदा आए । मुख्य पुजारीहरू र मानिसहरूका एल्डरहरूको एउटा ठुलो भिड ऊसँगै आयो । तिनीहरू लाठीहरू र तरवारहरू बोकेर आए ।
MAT 26:48 अब जुन व्यक्‍तिले येशूलाई धोका दिन लागेको थियो, त्यसले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन् । उनलाई नै पक्रनू ।”
MAT 26:49 तुरुन्तै ऊ येशूकहाँ आयो र भन्यो, “रब्बी, अभिवादन !” अनि उसले उहाँलाई चुम्बन गर्‍यो ।
MAT 26:50 येशूले उसलाई भन्‍नुभयो, “मित्र, तिमीले जे गर्न आएका छौ त्यो गरिहाल ।” त्यसपछि तिनीहरू आए, र येशूमाथि हात राखे, र उहाँलाई पक्रे ।
MAT 26:51 हेर, येशूसँग भएकाहरूमध्ये एक जनाले आफ्नो हात उठायो; आफ्नो तरवार थुत्यो, र मुख्य पुजारीको एउटा नोकरमाथि प्रहार गर्‍यो, अनि उसको कान काटिदियो ।
MAT 26:52 त्यसपछि येशूले उसलाई भन्‍नुभयो, “आफ्नो तरवारलाई त्यसको स्थानमा राख, किनकि ज-जसले तरवार उठाउँछन् तिनीहरू तरवारद्वारा नै नष्‍ट पारिनेछन् ।
MAT 26:53 के तिमीहरू विचार गर्दछौ, कि मैले मेरा पितालाई पुकार्न सक्दिनँ र ? के उहाँले मेरो निम्ति स्वर्गदूतहरूका बाह्र पल्टन पठाइदिनुहुन्‍न र ?
MAT 26:54 तर यस्तो हुनुपर्छ भनी धर्मशास्‍त्रले भनेको कसरी पुरा हुने थियो त ?”
MAT 26:55 त्यति बेला येशूले भिडलाई भन्‍नुभयो, “के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैँ मलाई पक्रन आएका छौ ? म दिनहुँ मन्दिरमा सिकाउँदै बसेँ, अनि तिमीहरूले मलाई पक्रेनौ ।
MAT 26:56 तर यी सबै कुरा भए, ताकि अगमवक्‍ताहरूले लेखेका कुरा पुरा हुन सकून् ।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे ।
MAT 26:57 जसले येशूलाई पक्रेका थिए तिनीहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ शास्‍त्रीहरू र एल्डरहरू एकसाथ भेला भएका थिए ।
MAT 26:58 तर पत्रुसले प्रधान पुजारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे । उनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे ।
MAT 26:59 अब मुख्य पुजारीहरू र सम्पूर्ण परिषद्ले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झुटो गवाही खोजिरहेका थिए ।
MAT 26:60 थुप्रै झुटा गवाह अगि आए तापनि उनीहरूले कुनै प्रमाण भेट्टाएनन् । तर पछि दुई जना अगि आए,
MAT 26:61 र भने, “यो मानिसले यसो भन्यो, ‘मैले परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तिन दिनमा पुनर्निर्माण गर्न सक्छु’ ।”
MAT 26:62 प्रधान पुजारी उभिए र उहाँलाई भने, “के तिमीसँग कुनै उत्तर छैन ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो ?”
MAT 26:63 तर येशू चुप रहनुभयो । प्रधान पुजारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हौ ?”
MAT 26:64 येशूले तिनलाई जवाफ दिनुभयो, “त्यो तपाईं आफैँले नै भन्‍नुभएको छ । तर म तपाईंलाई भन्दछु, कि अबदेखि उसो तपाईंले मानिसका पुत्रलाई सर्वशक्‍तिमान्‌को दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्‍नुहुनेछ ।”
MAT 26:65 त्यसपछि प्रधान पुजारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्‍वर-निन्दा गरेको छ । अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्‍यो ? हेर्नुहोस्, अब तपाईंहरूले यिनको ईश्‍वर-निन्दा सुन्‍नुभएको छ ।
MAT 26:66 तपाईंहरू के विचार गर्नुहुन्छ ?” उनीहरूले जवाफ दिएर भने, “यो मारिनको लागि योग्य छ ।”
MAT 26:67 त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई पिटे, र तिनीहरूका हातले उहाँलाई हिर्काए,
MAT 26:68 र भने, “हे ख्रीष्‍ट, अब हामीलाई अगमवाणी गरी भन्, तँलाई हिर्काउने को हो ?”
MAT 26:69 अब पत्रुसचाहिँ बाहिर आँगनमा बसिरहेका थिए र एउटी दासी उनीकहाँ आई र भनी, “तिमी पनि यी गालीलका येशूसँग थियौ, होइन र ?”
MAT 26:70 तर उनले तिनीहरू सबैका अगि यसो भन्दै यस कुरालाई इन्कार गरे, “तिमीले केको बारेमा कुरा गरिरहेका छौ, मलाई त्यो थाहा छैन ।”
MAT 26:71 जब उनी ढोकातिर बाहिर गए, अर्की दासीले उनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी, “यो व्यक्‍ति पनि नासरतको येशूसँग थियो ।”
MAT 26:72 अनि उनले पुनः शपथ खाँदै इन्कार गरे, “म यी मानिसलाई चिन्दिनँ ।”
MAT 26:73 त्यसको केही समयपछि त्यहाँ उभिरहेका मानिसहरू आए र पत्रुसलाई भने, “निश्‍चय नै तिमी पनि तिनीहरूमध्ये कै एक हौ, किनकि तिम्रो बोलीले नै यो सङ्केत गर्दछ ।”
MAT 26:74 त्यसपछि उनले सराप्‍न र शपथ खान लागे, “म यी मानिसलाई चिन्दिनँ,” अनि तुरुन्तै भाले बास्यो ।
MAT 26:75 अनि येशूले भन्‍नुभएको वचनलाई पत्रुसले सम्झे, “भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।” त्यसपछि उनी बाहिर गए र धुरुधुरु रोए ।
MAT 27:1 अब जब बिहान भयो, सबै मुख्य पुजारीहरू र मानिसका एल्डरहरूले येशूलाई मार्न उहाँको विरुद्ध षड्यन्त्र रचे ।
MAT 27:2 तिनीहरूले उहाँलाई बाँधेर त्यहाँबाट लागे, र हाकिम पिलातसकहाँ सुम्पिदिए ।
MAT 27:3 त्यसपछि जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डाज्ञा भएको देख्यो, त्यसलाई पछुतो लाग्यो र मुख्य पुजारीहरू र एल्डरहरूलाई ती चाँदीका तिसवटा सिक्‍का फर्काइदियो,
MAT 27:4 र भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु” । तर तिनीहरूले भने, “हामीलाई त्यसको के सरोकार ? तिमी आफैँ जान ।”
MAT 27:5 अनि त्यसले ती चाँदीका सिक्‍काहरू मन्दिरमा फ्याँकेर त्यहाँबाट बाहिर गयो र झुण्डिएर मर्‍यो ।
MAT 27:6 ती मुख्य पुजारीहरूले चाँदीका सिक्‍काहरू लिए र भने, “यसलाई ढुकुटीमा राख्‍न न्यायसङ्गत हुँदैन, किनकि यो रगतको मोल हो ।”
MAT 27:7 तिनीहरूले आपसमा यसबारे छलफल गरे र त्यस पैसाले परदेशीहरूलाई दफन गर्न कुमालेको जमिन किने ।
MAT 27:8 यही कारणले त्यस जमिनलाई आजको दिनसम्‍म पनि “रगतको जमिन” भनिन्‍छ ।
MAT 27:9 यसरी यर्मिया अगमवक्‍ताले भनेका वचन पुरा भयो, “इस्राएलका मानिसहरूले उहाँको निम्ति तोकेका मूल्‍य अर्थात् चाँदीका तिसवटा सिक्‍का तिनीहरूले लिए,
MAT 27:10 र परमप्रभुले मलाई निर्देशन दिनुभएअनुसार तिनीहरूले कुमालेको जमिनको निम्ति त्यो दिए ।”
MAT 27:11 अब येशू ती हाकिमको अगाडि उभिनुभयो, र हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंले नै त्यसो भन्‍नुहुन्छ ?”
MAT 27:12 तर जब मुख्य पुजारीहरू र एल्डरहरूद्वारा उहाँलाई दोष लगाइयो, उहाँले केही जवाफ दिनुभएन ।
MAT 27:13 अनि पिलातसले उहाँलाई भने, “के तिम्रो विरुद्धमा लगाइएका सबै अभियोग तिमीले सुनेनौ ?”
MAT 27:14 तर उहाँले एउटै पनि जवाफ दिनुभएन । त्यसकारण, ती हाकिम बडो आश्‍चर्यचकित भए ।
MAT 27:15 अब चाडको दिनमा भिडद्वारा चुनिएको एक जना कैदीलाई छोडिदिने हाकिमको प्रथा थियो ।
MAT 27:16 त्यस समयमा तिनीहरूसँग बारब्बा नाम गरेको एउटा कुख्यात कैदी थियो ।
MAT 27:17 त्यसैले, जब तिनीहरू आपसमा भेला भए, पिलातसले तिनीहरूलाई भने, “मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरिदिएको तिमीहरू चाहन्छौ– बारब्बा कि येशू जसलाई ख्रीष्‍ट भनिन्छ ?”
MAT 27:18 किनकि उनलाई थाहा थियो, कि तिनीहरूले उहाँलाई तिनीकहाँ ईर्ष्याको कारणले गर्दा सुम्पेका थिए ।
MAT 27:19 जब उनी न्यायकर्ताको आसनमा बसिरहेका थिए, उनकी पत्‍नीले उनलाई सन्देश पठाइन् र भनिन्, “ती निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि उनको कारणले गर्दा आज मैले सपनामा निकै दुःख भोगेकी छु ।”
MAT 27:20 तब मुख्य पुजारीहरू र एल्डरहरूले बारब्बालाई छोड्न र येशूलाई मार्नको निम्ति भिडलाई राजी गराए ।
MAT 27:21 ती हाकिमले तिनीहरूलाई सोधे, “यी दुईमध्ये मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरेको तिमीहरू चाहन्छौ ?” तिनीहरूले भने, “बारब्बा ।”
MAT 27:22 पिलातसले तिनीहरूलाई भने, “ख्रीष्‍ट भनिने येशूलाई चाहिँ म के गरूँ ?” तिनीहरू सबैले जवाफ दिए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।”
MAT 27:23 र उनले भने, “किन, उनले के अपराध गरेका छन् ?” तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।”
MAT 27:24 जब, पिलातसले आफूले केही गर्न नसक्‍ने देखे, बरु खैलाबैला मच्‍चिन लागेको थाहा पाएर, उनले पानी लिई भिडको सामु आफ्ना हात धोए र भने, “यी निर्दोष मानिसको रगतदेखि म निर्दोष छु । तिमीहरू आफैँ जान ।”
MAT 27:25 सबै मानिसले भने, “उसको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस् ।”
MAT 27:26 अनि उनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए, तर उनले येशूलाई कोर्रा लगाए र क्रुसमा झुन्ड्याउनको निम्ति सुम्पिदिए ।
MAT 27:27 अनि ती हाकिमका सेनाहरूले येशूलाई महलमा लगे र सेनाहरूको सारा पल्टनलाई भेला गराए ।
MAT 27:28 तिनीहरूले उहाँको वस्‍त्र खोलिदिए र उनलाई लाल वस्‍त्र लगाइदिए ।
MAT 27:29 तिनीहरूले काँडाहरूको एउटा मुकुट बनाए र उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा एउटा लौरो राखिदिए । तिनीहरूले उहाँको सामु घुँडा टेके र यसो भन्दै उहाँको गिल्ला गरे, “यहूदीहरूका राजालाई प्रणाम !”
MAT 27:30 तिनीहरूले उहाँलाई थुके, र तिनीहरूले लौरो लिए र उहाँको शिरमा हिर्काए ।
MAT 27:31 तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको वस्‍त्र खोलिदिए र उहाँको आफ्नै लुगा लगाइदिए, र उहाँलाई क्रुसमा झुन्ड्याउन त्यहाँबाट लगे ।
MAT 27:32 जब तिनीहरू बाहिर आए, तिनीहरूले सिमोन नाउँ गरेको कुरेनीको एक जना मानिसलाई भेट्टाए, जसलाई उनीहरूसँग जान तिनीहरूले कर गरे ताकि उसले उहाँको क्रुस बोकोस् ।
MAT 27:33 तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसको अर्थ “खोपडीको स्थान” हो ।
MAT 27:34 तिनीहरूले उहाँलाई पित्त मिसिएको दाखमद्य पिउन दिए । तर जब उहाँले त्यो चाख्‍नुभयो, उहाँले त्यो पिउनुभएन ।
MAT 27:35 जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्‍त्रहरूलाई भाग लगाए ।
MAT 27:36 अनि तिनीहरू बसे र उहाँलाई हेरे ।
MAT 27:37 उहाँको शिरमाथि यसो भनिएको अभियोग लेखिएको थियो, “यिनी येशू हुन्, यहूदीहरूका राजा ।”
MAT 27:38 दुई जना डाँकु उहाँसँगै क्रुसमा टाँगिएका थिए– एउटा उहाँको दायाँपट्टि र अर्को उहाँको बायाँपट्टि ।”
MAT 27:39 जो त्यो बाटो भएर जान्थे, तिनीहरूले यसो भन्दै टाउको हल्लाएर उहाँको गिल्ला गर्थे,
MAT 27:40 “तिमी जसले मन्दिरलाई भत्काएर तिन दिनमा बनाउन गइरहेका थियौ, आफैँलाई बचाऊ ! यदि तिमी परमेश्‍वरका पुत्र हौ भने, क्रुसबाट तल ओर्ल !”
MAT 27:41 यसरी नै मुख्य पुजारीहरूले पनि शास्‍त्रीहरू र एल्डरहरूसँगसँगै उहाँको गिल्ला गरे र भने,
MAT 27:42 “उसले अरूहरूलाई बचायो, तर आफैँलाई भने बचाउन सक्दैन । ऊ इस्राएलको राजा हो । ऊ क्रुसबाट तल आओस्, अनि त्यसपछि हामी उसमाथि विश्‍वास गर्नेछौँ ।
MAT 27:43 उसले परमेश्‍वरमा विश्‍वास गर्छ । र परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले नै उसलाई बचाऊन्, किनकि उसले यस्तो भनेको थियो, ‘म परमेश्‍वरका पुत्र हुँ ।’”
MAT 27:44 र उहाँसँगै क्रुसमा टाँगिएका डाँकुहरूले पनि उस्तै तरिकाले उहाँको गिल्ला गरे ।
MAT 27:45 अब मध्यान्‍नदेखि दिउँसो तिन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो ।
MAT 27:46 तिन बजे येशू ठुलो स्वरले कराउनुभयो र भन्‍नुभयो, “इलोई, इलोई लामा सबखथनी ?” जसको अर्थ हो, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको छ ?”
MAT 27:47 जब त्यहाँ उभिरहेकाहरूमध्ये केहीले यो सुने, तिनीहरूले भने, “यसले एलियालाई बोलाउँदै छ ।”
MAT 27:48 झट्टै तिनीहरूमध्ये एक जना दौडेर गयो र एउटा स्पन्ज लियो, त्यसलाई अमिलो दाखमद्यले भर्‍यो, त्यसलाई निगालोमा राखी उहाँलाई पिउन दियो ।
MAT 27:49 अरूहरूले चाहीँ भने, “उसलाई एकलै छोडिदेऊ । उसलाई बचाउन एलिया आउँछन् कि आउँदैनन् हामीलाई हेर्न देऊ ।”
MAT 27:50 त्यसपछि येशू फेरि ठुलो स्वरले कराउनुभयो र आफ्नो प्राण त्याग्‍नुभयो ।
MAT 27:51 हेर, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुई भाग भएर च्यातियो । र पृथ्वी हल्लियो र चट्टानहरू टुक्रिए ।
MAT 27:52 चिहानहरू उघारिए, र धेरै पवित्र जनहरूका मृत शरीरहरू उठाइए, जो निन्द्रामा परेका थिए ।
MAT 27:53 उहाँको पुनरुत्थानपछि तिनीहरू चिहानबाट बाहिर निस्के; पवित्र सहरमा प्रवेश गरे, र धेरैका माझमा देखा परे ।
MAT 27:54 अब जब कप्‍तान र येशूलाई हेरिरहेकाहरूले भूकम्प गएको र त्यहाँ भएका घटनाहरू देखे, तिनीहरू धेरै भयभीत भए र भने, “साँच्‍चै यिनी त परमेश्‍वरका पुत्र रहेछन् ।”
MAT 27:55 गालीलबाट येशूको हेरचाह गर्न उहाँलाई पछ्याइरहेका धेरै महिलाहरूले टाढाबाट त्यो हेरिरहेका थिए ।
MAT 27:56 तिनीहरूमध्ये मरियम मग्दलिनी, याकूब र योसेफकी आमा मरियम, र जब्दियाका छोराहरूकी आमा थिए ।
MAT 27:57 जब साँझ पर्‍यो, अरिमाथियाबाट एक जना धनी मानिस आए, जसको नाम योसेफ थियो, जो येशूका चेला थिए ।
MAT 27:58 तिनी पिलातसकहाँ गए र तिनले येशूको शरीर मागे । अनि पिलातसले सो तिनलाई दिइयोस् भनेर आदेश दिए ।
MAT 27:59 योसेफले शरीर लिए, र त्यसलाई सफा मलमलको कपडामा बेरे,
MAT 27:60 र उनले आफैँले चट्टान खोपेर बनाएका नयाँ चिहानमा राखे । अनि उनले चिहानको मुखमा एउटा ठुलो ढुङ्गा गुडाइदिएर तिनी त्यहाँबाट गए ।
MAT 27:61 मरियम मग्दिलिनी र अर्की मरियम पनि त्यही चिहानको अर्कोपट्टि बसिरहेका थिए ।
MAT 27:62 अर्को दिन जुन तयारीको दिनको भोलिपल्ट थियो, मुख्य पुजारीहरू र फरिसीहरू पिलातससँग भेला भएका थिए ।
MAT 27:63 तिनीहरूले भने, “हजुर, हामीलाई सम्झना छ, कि त्यो ठगाहा जिउँदो हुँदा त्यसले भनेको थियो, ‘तिन दिनपछि म फेरि उठ्नेछु ।’
MAT 27:64 त्यसकारण, तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्‍नलाई हुकुम गर्नुहोस् । नत्रता त्यसका चेलाहरू आउलान् र उनलाई चोरेर लगेर मानिसहरूलाई भन्लान्, ‘उहाँ मृतकहरूबाट जीवित हुनुभएको छ ।’ अनि यो अन्तिम धोका पहिलेको भन्दा झन् नराम्रो हुनेछ ।”
MAT 27:65 पिलातसले तिनीहरूलाई भने, “एक जना पहरेदार लेऊ । जाऊ र त्यसलाई तिमीहरूले सकेसम्म सुरक्षित राख ।”
MAT 27:66 त्यसैले, तिनीहरू गए र ढुङ्गामा मोहर लगाए र पहरेदारहरू खटाएर चिहानलाई सुरक्षित राखे ।
MAT 28:1 अब शबाथको समय सकिनै लाग्दा हप्‍ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्दलिनी र मरियम नाउँ गरेकी अर्की स्‍त्री चिहान हेर्न आए ।
MAT 28:2 हेर, त्यहाँ विशाल भूकम्प गयो, किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले; अनि ढुङ्गा हटाए, र त्यसमाथि बसे ।
MAT 28:3 तिनको रूप बिजुलीजस्तो थियो, र पहिरन हिउँजस्तै सेतो थियो ।
MAT 28:4 पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरूजस्तै भए ।
MAT 28:5 स्वर्गदूतले ती स्‍त्रीहरूलाई सम्बोधन गरे र भने, “भयभीत नहोओ, किनकि मलाई थाहा छ, कि तिमीहरूले क्रुसमा टाँगिनुभएका येशूलाई खोज्दै छौ ।
MAT 28:6 उहाँ यहाँ हुनुहुन्‍न, तर जस्तो उहाँले भन्‍नुभएको थियो, उहाँ जीवित भई उठ्नुभएको छ । आएर प्रभुलाई राखिएको ठाउँ हेर ।
MAT 28:7 झट्टै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएको छ । हेर, उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । त्यहीँ नै तिमीहरूले उहाँलाई देख्‍नेछौ ।’ हेर, मैले तिमीहरूलाई बताइदिएको छु ।”
MAT 28:8 ती स्‍त्रीहरू तुरुन्तै डर र आनन्दका साथ चिहानबाट निस्के, अनि उहाँका चेलाहरूलाई यो बताउनको निम्ति दौडे ।
MAT 28:9 हेर, येशूले तिनीहरूलाई भेट्नुभयो र भन्‍नुभयो, “सबैलाई अभिवादन छ ।” ती स्‍त्रीहरू आए, उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे ।
MAT 28:10 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्यहाँ तिनीहरूले मलाई भेट्नेछन् ।”
MAT 28:11 जब ती स्‍त्रीहरू जाँदै थिए, हेर, केही पहरेदारहरू सहरमा गए र मुख्य पुजारीहरूलाई त्यहाँ भएका सबै घटना बताइदिए ।
MAT 28:12 जब पुजारीहरूले एल्डरहरूलाई भेटे र ती सबै घटनाको बारेमा तिनीहरूसँग छलफल गरे, तिनीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए,
MAT 28:13 र तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूलाई यस्तो भन, ‘हामी सुतिरहेका बेला येशूका चेलाहरू आए र उनको मृत शरीरलाई चोरेर लगे ।’
MAT 28:14 यदि यो खबर हाकिमकहाँ पुग्यो भने, हामी उहाँलाई राजी गराउनेछौँ र तिमीहरूलाई कुनै समस्यामा पर्न दिनेछैनौँ ।”
MAT 28:15 अनि ती सिपाहीहरूले पैसा लिए र उनीहरूलाई जस्तो निर्देशन दिइएको थियो, त्यस्तै गरे । यही खबर यहूदीहरूका माझमा सर्वत्र फैलियो र आजको दिनसम्म पनि यही कायम छ ।
MAT 28:16 तर एघार जना चेला गालीलको त्यस डाँडामा गए जहाँ येशूले जानू भनी तिनीहरूलाई निर्देशन दिनुभएको थियो ।
MAT 28:17 जब उनीहरूले उहाँलाई देखे, उनीहरूले उहाँलाई दण्डवत् गरे, तर कतिले चाहिँ शङ्का गरे ।
MAT 28:18 येशू उनीहरूकहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ ।
MAT 28:19 यसकारण, जाओ र सबै देशका जातिलाई चेला बनाओ । पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ ।
MAT 28:20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । र हेर, यस संसारको अन्तसम्म पनि म सधैँ तिमीहरूको साथमा छु ।”
MAR 1:1 यो परमेश्‍वरको पुत्र प्रभु येशू ख्रीष्‍टको सुसमाचारको सुरुवात हो ।
MAR 1:2 जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरा समाचारवाहकलाई तिम्रोअगि पठाउँदै छु, जसले तिम्रो बाटो तयार पार्नेछ ।”
MAR 1:3 “उजाड-स्थानमा कोही बोलाउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ’ ।”
MAR 1:4 यूहन्‍ना उजाड-स्थानमा बप्‍तिस्मा दिँदै र पाप-क्षमाको निम्ति पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए ।
MAR 1:5 यहूदियाको पुरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्मा लिए ।
MAR 1:6 यूहन्‍नाले ऊँटको रौँबाट बनेको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्‍थे र तिनले सलहहरू र वन मह खान्थे ।
MAR 1:7 उनले प्रचार गरे र भने, “मपछि कोही आउँदै हुनुहुन्छ जो मभन्दा शक्‍तिशाली हुनुहन्छ, र म त उहाँको चप्पलको फित्ता फुकाल्न निहुरन योग्य पनि छैन ।
MAR 1:8 मैले तिमीहरूलाई पानीले बप्‍तिस्मा दिएँ, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ ।”
MAR 1:9 ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिनुभयो ।
MAR 1:10 जसै येशू पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरहनुभएको देख्‍नुभयो ।
MAR 1:11 अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ । तिमीसँग म अति प्रसन्‍न छु ।”
MAR 1:12 त्यसपछि पवित्र आत्माले उहाँलाई उजाड-स्थानमा जान बाध्य गराउनुभयो ।
MAR 1:13 उहाँ शैतानद्वारा परीक्षित हुँदै चालिस दिनसम्म उजाड-स्थानमा रहनुभयो । उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा गरे ।
MAR 1:14 अब यूहन्‍ना पक्राउ परेपछि परमेश्‍वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो ।
MAR 1:15 र भन्‍नुभयो, “समय पुरा भएको छ, र परमेश्‍वरको राज्य नजिकै छ । पश्‍चात्ताप गर र सुसमाचारमा विश्‍वास गर ।
MAR 1:16 गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्‍नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए ।
MAR 1:17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।”
MAR 1:18 तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे ।
MAR 1:19 जसै येशू हिँडेर अलि अगाडि पुग्‍नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र उनका भाइ यूहन्‍नालाई देख्‍नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए ।
MAR 1:20 उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले तिनीहरूको पितालाई भाडाका नोकरहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे ।
MAR 1:21 र उहाँहरू कफर्नहुममा आउनुभयो, अनि शबाथ-दिनमा येशू सभाघरमा जानुभयो र शिक्षा दिनुभयो ।
MAR 1:22 तिनीहरू उहाँको शिक्षामा छक्‍क परे, किनकि उहाँले तिनीहरूलाई शास्‍त्रीहरूले जस्तो होइन, तर अधिकार भएको व्यक्‍तिले जस्तै सिकाइरहनुभएको थियो ।
MAR 1:23 त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्यो चिच्‍च्यायो र
MAR 1:24 भन्‍यो, “हे नासरतका येशू, तपाईंसँग हाम्रो के सरोकार ? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो ? तपाईं को हुनुहुन्छ भनी म चिन्छु । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ ।”
MAR 1:25 येशूले भूतलाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग्, र त्यसबाट निस्की आइज !”
MAR 1:26 अनि अशुद्ध आत्माले त्यसलाई पछार्‍यो, र त्यो अशुद्ध आत्मा ठुलो स्वरमा चिच्‍च्याउँदै त्यसबाट निस्कियो ।
MAR 1:27 अनि सबै मानिस छक्‍क परेर एक आपसमा भन्‍न लागे, “यो के हो ? अधिकारसहितको एउटा नयाँ शिक्षा ! उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा मान्छन् !”
MAR 1:28 उहाँको बारेमा भएको समाचार तुरुन्तै गालीलका सबै क्षेत्रमा जताततै फैलियो ।
MAR 1:29 सभाघरबाट बाहिर निस्‍कनुभएपछि उहाँहरू याकूब र यूहन्‍नासँगै सिमोन र अन्द्रियासको घरमा जानुभयो ।
MAR 1:30 अब सिमोनकी सासू जरो आएर सुतिरहेकी थिइन् । तिनीहरूले तिनको विषयमा येशूलाई बताए ।
MAR 1:31 यसकारण, उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो; जरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन् ।
MAR 1:32 त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए ।
MAR 1:33 सारा सहर नै त्यो घरको ढोकामा भेला भए ।
MAR 1:34 उहाँले विभिन्‍न प्रकारका रोगी र बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूत निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे ।
MAR 1:35 उहाँ बिहान सबेरै अँध्यारो हुँदा नै उठ्नुभयो; र उहाँ एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो ।
MAR 1:36 सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे ।
MAR 1:37 तिनीहरूले उहाँलाई भेट्टाए र भने, “सबैले तपाईंलाई खोजिरहेका छन् ।”
MAR 1:38 उहाँले भन्‍नुभयो, “हामी कतै वरिपरि सहरहरूमा जाऔँ, ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ । त्यसैको लागि म यहाँ आएँ ।
MAR 1:39 उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो ।
MAR 1:40 एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो । त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो; त्यसले घुँडा टेक्‍यो र उहाँलाई भन्यो, “यदि तपाईंले चाहनुभयो भने, तपाईंले मलाई शुद्ध गर्न सक्‍नुहुन्छ ।”
MAR 1:41 येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्‍नुभयो, “म चाहन्छु । तिमी शुद्ध होइजाऊ ।”
MAR 1:42 तुरुन्तै कुष्‍ठ रोगले त्यसलाई छोड्‍यो र त्यो शुद्ध भयो ।
MAR 1:43 येशूले त्यसलाई कडाइका साथ चेतावनी दिनुभयो र त्यसलाई पठाउनुभयो ।
MAR 1:44 उहाँले त्यसलाई भन्‍नुभयो, “कसैलाई केही नभन, तर जाऊ र पुजारीकहाँ आफैँलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम तिनीहरूलाई गवाहीको रूपमा तिम्रो शुद्धिकरणको निम्ति बलि चढाऊ ।”
MAR 1:45 तर त्यो व्‍यक्‍ति गयो र सबैलाई भन्‍न थाल्यो अनि कुरा यति धेरै फैलियो, कि येशू कुनै पनि सहरमा खुलमखुला जान सक्‍नुभएन । यसकारण, उहाँ एकान्त ठाउँहरूमा बस्‍नुभयो, र मानिसहरू उहाँकहाँ आए ।
MAR 2:1 केही दिनपछि जब येशू कफर्नहुममा फर्केर आउनुभयो, उहाँ घरमा हुनुहुन्छ भन्‍ने सुनियो ।
MAR 2:2 यति धेरै मानिसहरू भेला भए, कि त्यहाँ ढोकामा समेत पनि कुनै खाली ठाउँ थिएन अनि येशूले तिनीहरूलाई वचन प्रचार गर्नुभयो ।
MAR 2:3 केही मानिसहरू उहाँकहाँ आए, जसले एक जना पक्षाघातीलाई ल्याइरहेका थिए; चार जना मानिसले त्यसलाई बोकिरहेका थिए ।
MAR 2:4 भिडले गर्दा तिनीहरू उहाँको नजिक जान सकेनन् । तिनीहरूले उहाँ हुनुभएको ठिक माथि छानो हटाए, र तिनीहरूले यसमा प्वाल पारे, अनि तिनीहरूले त्यस पक्षाघाती सुतेको ओछ्यानलाई तल झारे ।
MAR 2:5 तिनीहरूको विश्‍वास देखेर येशूले पक्षाघाती मानिसलाई भन्‍नुभयो, “छोरो, तिम्रा पापहरू क्षमा भएका छन् ।”
MAR 2:6 तर त्यहाँ बसिरहेका शास्‍त्रीहरूमध्ये केहीले तिनीहरूका मनमा तर्क वितर्क गरे ।
MAR 2:7 “यो मानिसले कसरी यसरी बोल्न सक्छ ? यसले त ईश्‍वर-निन्दा गर्‍यो ! परमेश्‍वरले बाहेक कसले पाप क्षमा गर्न सक्‍छ ?”
MAR 2:8 तिनीहरूले के सोचिरहेका छन् भन्‍ने येशूले आफ्‍नो आत्मामा तुरुन्तै थाहा पाउनुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले आफ्नो हृदयमा किन यस्तो विचार गर्छौ ?”
MAR 2:9 पक्षाघाती मानिसलाई के भन्‍न सजिलो हुन्छ, ‘तिम्रा पापहरू क्षमा भयो’ भन्‍नु कि ‘उठ र आफ्नो ओछ्यान बोक र हिँड’ भन्‍नु ?”
MAR 2:10 तर तिमीहरूले यो जान्‍न सक, कि पृथ्वीमा मानिसका पुत्रसँग पाप क्षमा गर्ने अधिकार छ ।” उहाँले पक्षाघातीलाई भन्‍नुभयो,
MAR 2:11 “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोक र तिम्रो घर जाऊ ।”
MAR 2:12 त्यो मानिस उठ्‍यो र तुरुन्तै आफ्नो ओछ्यान बोक्यो र सबै मानिसको अगाडिबाट नै घर गयो । त्यसैले, तिनीहरू छक्‍क परे, र परमेश्‍वरलाई महिमा दिए, अनि तिनीहरूले भने, “हामीले यस्तो कहिल्यै देखेका थिएनौँ ।”
MAR 2:13 फेरि उहाँ तालको छेउ भएर जानुभयो र सबै भिड उहाँकहाँ आए र उहाँले तिनीहरूलाई सिकाउनुभयो ।
MAR 2:14 उहाँ जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवी कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो र उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तिनी उठे, र उहाँको पछि लागे ।
MAR 2:15 जब येशूले लेवीको घरमा खाना खाँदै हुनुहुन्थ्यो, धेरै पापीहरू, कर उठाउनेहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाइरहेका थिए, किनकि त्यहाँ धेरै जना थिए र तिनीहरूले उहाँलाई पछ्याएका थिए ।
MAR 2:16 जब शास्‍त्रीहरू, जो फरिसीहरू थिए, तिनीहरूले येशू पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहेको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने “उहाँले किन पापीहरू र कर उठाउनेहरूसँग खानुहुन्छ ?”
MAR 2:17 जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जो मानिस शरीरमा बलियो छ, त्यसलाई वैद्यको आवश्यक पर्दैन; तर बिमारीलाई मात्र वैद्यको आवश्‍यक पर्छ । म धर्मीहरूलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ ।”
MAR 2:18 यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बसिरहेका थिए । केही मानिसहरू आए र उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन् ?”
MAR 2:19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के जन्ती दुलहाको साथमा हुँदा विवाहमा आउनेहरू उपवास बस्‍छन् र ? दुलहा तिनीहरूसँग भएसम्म तिनीहरू उपवास बस्‍न सक्दैनन् ।
MAR 2:20 तर दिन आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, ती दिनमा तिनीहरू उपवास बस्‍नेछन् ।
MAR 2:21 कसैले पनि पुरानो लुगालाई नयाँ कपडाले टाल्दैन, नत्रता त्यो टालेको कपडा यसबाट अर्थात् पुरानोबाट नयाँ च्यातेर जानेछ, अनि उक्‍त फटाइ झनै नराम्रो हुनेछ ।
MAR 2:22 कसैले पनि नयाँ दाखरस पुरानो मशकमा हाल्दैन, नत्रता दाखमद्यले छालालाई फटाउँछ अनि दाखमद्य र मशक दुवै गुम्‍नेछन् । बरु नयाँ दाखमद्य नयाँ मशकमा हाल ।”
MAR 2:23 शबाथ-दिन येशू अन्‍नको खेतबाट भएर जानुभयो र उहाँका चेलाहरूले अन्‍नका बाला टिप्‍न थाले ।
MAR 2:24 अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले शबाथ-दिनमा किन अनुचित कुरा गरिरहेका छन् ?”
MAR 2:25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनीहरूले के गरे भन्‍ने के तिमीहरूले कहिल्यै पढेका छैनौ ?”
MAR 2:26 अबियाथार प्रधान पुजारी हुँदा तिनी कसरी परमेश्‍वरको भवनभित्र गए र उपस्थितिको रोटी खाए, जुन पुजारीबाहेक अरू कसैले खानु हुँदैनथ्यो, अनि केही तिनीसँग हुनेहरूलाई पनि दिए ?
MAR 2:27 येशूले भन्‍नुभयो, “शबाथ मानव-जातिको निम्ति बनाइएको थियो, मानव-जाति शबाथको निम्ति बनाइएको होइन ।
MAR 2:28 यसकारण मानिसका पुत्र शबाथको पनि प्रभु हो ।”
MAR 3:1 उहाँ फेरि सभाघरभित्र जानुभयो, र त्यहाँ एक जना हात सुकेको मानिस थियो ।
MAR 3:2 उहाँले त्यसलाई शबाथको दिनमा निको पार्नुहुन्छ, कि भनेर केही मानिसहरूले चेवा गरे, ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् ।
MAR 3:3 येशूले हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र यहाँ सबैका माझमा खडा होऊ ।”
MAR 3:4 तब उहाँले मानिसहरूलाई भन्‍नुभयो, “शबाथ-दिनमा असल गर्नु वा हानि गर्नु के उचित हुन्छ; जीवन बचाउनु वा मार्नु के उचित हुन्छ ?” तर उनीहरू चुप लागे ।
MAR 3:5 तिनीहरूका कठोर हृदयको कारण दुःखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो, र उहाँले मानिसहरूलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” त्यसले हात पसार्‍यो र येशूले त्यसका हातलाई पहिलेको जस्तै बनाइदिनुभयो ।
MAR 3:6 तुरुन्तै फरिसीहरू गए र तिनीहरूले उहाँलाई मार्न हेरोदीहरूसँग उहाँको विरुद्धमा षड्यन्त्र रचे ।
MAR 3:7 तब येशू उहाँका चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि जब तिनीहरूले उहाँले गरिरहनुभएका सबै कुरा सुने तब गालील, यहूदिया,
MAR 3:8 यरूशलेम, इदुमिआ, यर्दन पारी, टुरोस र सीदोन वरिपरिबाट आएका मानिसहरूको ठुलो भिड पछि लाग्यो र उहाँकहाँ आयो ।
MAR 3:9 भिडको कारण उहाँले आफ्ना चेलाहरूलाई आफ्नो लागि एउटा सानो डुङ्गा तयार गर्न लाउनुभयो, ताकि तिनीहरूले उहाँलाई नकुल्चून् ।
MAR 3:10 किनभने उहाँले धेरैलाई निको पार्नुभयो । त्यसैले, कष्‍टमा परेकाहरू उहाँलाई छुन उत्सुकतासाथ उहाँको नजिक गए ।
MAR 3:11 जब अशुद्ध आत्माहरूले उहाँलाई देख्‍थे उहाँको सामु ढल्थे र चिच्‍च्याउँथे, अनि तिनीहरूले भन्थे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”
MAR 3:12 उहाँलाई नचिनाउन उहाँले तिनीहरूलाई कडा आज्ञा दिनुभयो ।
MAR 3:13 उहाँ डाँडामाथि जानुभयो, र उहाँले चाहनुभएकाहरूलाई बोलाउनुभयो, अनि तिनीहरू उहाँकहाँ आए ।
MAR 3:14 उहाँले बाह्र जनालाई नियुक्‍त गर्नुभयो, (जसलाई उहाँले प्रेरित नाउँ दिनुभयो), ताकि तिनीहरू उहाँसँग रहन सकून् र उहाँले तिनीहरूलाई प्रचार गर्न पठाउन सक्‍नुभएको होस्,
MAR 3:15 अनि भूतहरूलाई निकाल्ने अधिकार होस् ।
MAR 3:16 अनि उहाँले यी बाह्र जनालाई नियुक्‍त गर्नुभयोः सिमोन, जसलाई उहाँले पत्रुस नाउँ दिनुभयो;
MAR 3:17 जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्‍ना, जसलाई उहाँले बोअनर्गेश अर्थात् गर्जनका छोराहरू नाउँ दिनुभयो;
MAR 3:18 अनि अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन कनानी,
MAR 3:19 अनि यहूदा इस्करयोत, जसले उहाँलाई धोखा दिने थियो ।
MAR 3:20 तब उहाँ घर जानुभयो, र फेरि धेरै भिड जम्मा भए । त्यसकारण, उहाँले खानसम्म पनि पाउनुभएन ।
MAR 3:21 जब उहाँको परिवारले यसबारे सुन्यो, तिनीहरू उहाँलाई पक्रन गए, किनकि तिनीहरूले भने, “उहाँको दिमाग बिग्रेको छ ।”
MAR 3:22 यरूशलेमबाट आएका शास्‍त्रीहरूले भने, “त्यसलाई बालजिबुल लागेको छ” र “त्यसले भूतहरूका शासकद्वारा भूतहरू निकाल्छ ।”
MAR 3:23 येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई दृष्‍टान्तमा भन्‍नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्‍न सक्छ ?”
MAR 3:24 यदि राज्य आफैँमा विभाजित हुन्छ भने, त्यो राज्य टिक्‍न सक्दैन ।
MAR 3:25 यदि घर आफैँमा विभाजित हुन्छ भने, त्यो घर टिक्‍न सक्दैन ।
MAR 3:26 यदि शैतान आफ्नै विरुद्धमा खडा भएको छ भने त्यो टिक्‍न सक्दैन, तर त्यसको अन्त आएको हुन्छ ।
MAR 3:27 तर कसैले पनि पहिले बलियो मानिसलाई नबाँधीकन त्यसको घरमा पस्‍न र त्यसका सम्पत्ति चोर्न सक्दैन, त्यसपछि त्यसले त्यसको घर लुट्नेछ ।
MAR 3:28 म तिमीहरूलाई साँचो साँचो भन्दछु, कि मानिसहरूका सन्तानहरूका सबै पाप क्षमा गरिनेछन्, तिनीहरूले गरेका सबै ईश्‍वर-निन्दा पनि क्षमा गरिनेछन्,
MAR 3:29 तर पवित्र आत्माको विरुद्धमा गरिने ईश्‍वर-निन्दा कहिल्यै क्षमा हुनेछैन, तर त्यो अनन्त पापको दोषी हुन्छ ।
MAR 3:30 येशूले यसो भन्‍नुभयो, किनकि तिनीहरूले यसो भनिरहेका थिए, “त्योसँग अशुद्ध आत्मा छ ।”
MAR 3:31 उहाँकी आमा र उहाँका भाइहरू आए र बाहिर उभिए अनि उहाँलाई बोलाउन पठाए ।
MAR 3:32 एउटा भिड उहाँको वरिपरि बस्यो, र तिनीहरूले उहाँलाई भने, “तपाईंका आमा र भाइहरू बाहिर छन्, अनि उहाँहरूले तपाईंलाई खोजिरहेका छन् ।”
MAR 3:33 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा आमा र भाइहरू को हुन् ?”
MAR 3:34 उहाँले उहाँका वरिपरि गोलाकारमा बसिरहेकाहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यहाँ छन् !”
MAR 3:35 जसले परमेश्‍वरको इच्छालाई पालन गर्छ, तिनीहरू नै मेरा भाइहरू र बहिनीहरू र मेरी आमा हुन् ।”
MAR 4:1 फेरि उहाँले समुद्रको छेउमा सिकाउन थाल्नुभयो । अनि धेरै ठुलो भिड उहाँको वरिपरि भेला भयो । त्यसैले, उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र बस्‍नुभयो । सबै भिड समुद्र किनारको छेउमा थिए ।
MAR 4:2 उहाँले तिनीहरूलाई धेरै कुरा दृष्‍टान्तमा सिकाउनुभयो र सिकाउँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो,
MAR 4:3 “सुन, बिउ छर्ने बिउ छर्न निस्क्यो ।
MAR 4:4 त्यसले बिउ छर्दा केही बिउ बाटोमा परे र चराहरू आएर ती बिउहरू खाइदिए ।
MAR 4:5 अरू बिउहरूचाहिँ त्यति माटो नभएको ढुङ्गेनी जमिनमा परे । तिनीहरू तुरुन्तै उम्रिए, किनभने त्यहाँ माटो गहिरो थिएन ।
MAR 4:6 तर जब घाम लाग्यो, तिनीहरू ओइलाए, अनि तिनीहरूको जरा नभएकोले र ती सुकिहाले ।
MAR 4:7 अरू बिउहरू काँढाका झाङहरूमा परे । काँढाका झाङहरू बढे, र ती निसासिए, अनि तिनीहरूले कुनै फल फलाएनन् ।
MAR 4:8 अरू बिउहरू असल जमिनमा परे, र यो बढ्दै र हुर्कंदै गर्दा फल फलाए, केहीले तिस गुणा, साठी गुणा र सय गुणाभन्दा बढी फल फलाए ।”
MAR 4:9 अनि उहाँले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्यसले सुनोस् ।”
MAR 4:10 येशू एकलै हुनुहुँदा उहाँका नजिकका मानिसहरू र बाह्र जना चेलाले उक्‍त दृष्‍टान्तको बारेमा उहाँसँग सोधे ।
MAR 4:11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, तिमीहरूलाई परमेश्‍वरको राज्यको रहस्य दिइएको छ । तर बाहिरकाहरूलाई हरेक कुरा दृष्‍टान्तहरूमा दिइएको छ ।
MAR 4:12 त्यसैले, जब तिनीहरूले हेर्छन्, हो, तिनीहरूले हेर्छन्, तर देख्दैनन्, र जब तिनीहरूले सुन्छन्, हो, तिनीहरूले सुन्छन्, तर बुझ्दैनन्, नत्रता तिनीहरू फर्कन्थे र परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो ।”
MAR 4:13 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले यो दृष्‍टान्त बुझ्दैनौ ? त्यसो भए, तिमीहरूले अरू दृष्‍टान्तहरू कसरी बुझ्‍नेछौ ?”
MAR 4:14 बिउ छर्नेले वचन छर्छ ।
MAR 4:15 वचन छर्दा बाटोतिर परेका केही बिउ यी नै हुन् । जब तिनीहरूले वचन सुन्छन्, र तुरुन्तै शैतान आउँछ र तिनीहरूमा छरिएका वचन खोसेर लैजान्छ ।
MAR 4:16 ढुङ्गेनी जमिनमा छरिएका केही बिउचाहिँ यी नै हुन्, जब तिनीहरूले वचन सुन्छन्, तिनीहरूले यसलाई तुरुन्तै आनन्दसाथ ग्रहण गर्छन् ।
MAR 4:17 तिनीहरूको आफ्‍नो कुनै जरा हुँदैन, तर केही समयसम्म मात्र टिक्छन् । वचनको कारणले सङ्कष्‍ट वा सतावट आउँदा तिनीहरूले तुरुन्तै ठेस खान्छन् ।
MAR 4:18 अरूहरूचाहिँ ती हुन्, जो काँढाका झाङहरूका माझमा छरिएका छन् । तिनीहरूले वचन सुन्छन्,
MAR 4:19 तर संसारको फिक्री, धन-सम्पत्तिको छल र अन्य कुराहरूको लालसा प्रवेश गर्छन् जसले वचनलाई निसासिदिन्छन् र यो फलदायी हुँदैन ।
MAR 4:20 असल जमिनमा छरिएका बिउहरूचाहिँ ती नै हुन् । तिनीहरूले वचन सुन्छन्; यसलाई ग्रहण गर्छन् अनि केहीले तिस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा फल फलाउँछन् ।”
MAR 4:21 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले बत्तीलाई पाथीमुनि अथवा खाटमुनि राख्‍न घरभित्र ल्याउँछौ ? तिमीहरूले यसलाई ल्याउँछौ र सामदानमाथि राख्छौ ।
MAR 4:22 किनभने प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन, र खुलस्त नै नहुने कुनै पनि गुप्‍त कुरा छैन ।
MAR 4:23 यदि कसैको सुन्‍ने कान छ भने, त्यसले सुनोस् ।”
MAR 4:24 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे सुन्छौ, किनभने त्यसमा ध्यान देओ, किनभने जुन नापले तिमीहरू नाप्‍छौ, त्यही नापले तिमीहरूलाई पनि नापिनेछ (मापन गरिनेछ), र यो तिमीहरूलाई थपिनेछ ।
MAR 4:25 किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।”
MAR 4:26 येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य जमिनमा बिउ छर्ने मानिसजस्तो हो ।
MAR 4:27 ऊ रातमा सुत्छ अनि दिन भएपछि उठ्छ, अनि कसरी भयो भन्‍ने उसले नजाने पनि बिउ उम्रन्छ र बढ्छ ।
MAR 4:28 जमिन आफैँले अन्‍न (फल) फलाउँछः पहिला टुसा पलाउँछ, त्यसपछि बाला लाग्छ अनि बालामा अन्‍न पाक्छ ।
MAR 4:29 जब अन्‍न पाक्छ, तुरुन्तै उसले त्यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ ।”
MAR 4:30 उहाँले भन्‍नुभयो, “हामीले परमेश्‍वरको राज्यलाई केसँग तुलना गर्ने अथवा यसलाई व्याख्या गर्न कुन दृष्‍टान्त प्रयोग गर्न सकिन्छ ?
MAR 4:31 यो रायोको (तोरीको) बिउजस्तो हो । यसलाई छर्दा पृथ्वीका बिउहरूमध्ये यो सबैभन्दा सानो हुन्छ ।
MAR 4:32 तैपनि यसलाई छरेपछि यो बढ्छ र बगैँचाका सबै बिरुवाभन्दा ठुलो हुन्छ । यसमा ठुला हाँगाहरू पलाउँछ, ताकि आकाशमा उड्ने चराहरूले त्यसको छहारीमा गुँड बनाउन सकून् ।
MAR 4:33 यस्ता धेरै दृष्‍टान्तद्वारा तिनीहरूले बुझ्‍न सक्‍नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनुभयो ।
MAR 4:34 अनि उहाँले दृष्‍टान्तविना केही बताउनुभएन । तर उहाँ गुप्‍तमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो ।
MAR 4:35 त्यो दिन जब साँझ पर्‍यो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तालको पारिपट्टि जाऔँ ।”
MAR 4:36 त्यसैले, तिनीहरूले येशूलाई साथैमा लिएर त्यो भिडलाई छोडी राखेर गए, किनकि उहाँ पहिले नै डुङ्गामा हुनुहुन्थ्यो । उहाँसँग अरू डुङ्गाहरू पनि साथमा थिए ।
MAR 4:37 त्यहाँ भयङ्कर आँधी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्‍न लागे, अनि डुङ्गा पानीले भरिन लाग्यो ।
MAR 4:38 तर येशू डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर मस्‍त निदाउनुभएको थियो । तिनीहरूले भने, “गुरुज्यू, हामी मर्न लागिसक्दा पनि तपाईंलाई वास्ता छैन ?”
MAR 4:39 अनि उहाँ ब्युँझनुभयो र बतासलाई हप्काउनुभयो अनि समुद्रलाई भन्‍नुभयो, “शान्त हो र रोकिजा ।” अनि बतास चल्न रोकियो र त्यहाँ सन्‍नाटा छायो ।
MAR 4:40 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन डराएको ? के तिमीहरूसँग अझै विश्‍वास छैन ?”
MAR 4:41 तिनीहरू साह्रै डराए र एकले अर्कालाई भने, “यिनी को हुन्, किनभने बतास र समुद्रले पनि यिनले भनेको मान्छन् ?”
MAR 5:1 उहाँहरू समुद्रको पारिपट्टि गदरिनीहरूको क्षेत्रमा आउनुभयो ।
MAR 5:2 जब येशू डुङ्गाबाट ओर्लंदै हुनुहुन्थ्यो, अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट उहाँकहाँ आयो ।
MAR 5:3 त्यो मानिस चिहानमा बस्थ्‍यो । कसैले पनि त्यसलाई रोक्‍न सकेको थिएन; त्यसलाई साङ्लाले बाँधेर राख्‍न पनि सकेको थिएन ।
MAR 5:4 त्यसलाई धेरै पटक साङ्लाहरूले बाँधेको र ठिँगुरो लगाएर राखोएको थियो । त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिँगुरोलाई तोडिदिन्थ्यो । त्यसलाई वशमा राख्‍ने सामर्थ्य कसैमा थिएन ।
MAR 5:5 हरेक दिन र रात डाँडाहरूमा र त्यो चिहान घारीमा चिच्‍च्याउँथ्यो र त्यसले धारिलो ढुङ्गाहरूले आफैँलाई काटेर चोट पार्थ्यो ।
MAR 5:6 जब त्यसले येशूलई टाढैबाट देख्यो, त्यो दौडेर उहाँकहाँ गयो, अनि उहाँको अगि घोप्‍टो पर्‍यो ।
MAR 5:7 त्यसले ठुलो स्वरमा कराए भन्यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, मेरो तपाईंसँग के सम्बन्ध छ ? म परमेश्‍वरको नाउँमा बिन्ती गर्छु, कि मलाई नसताउनुहोस् ।”
MAR 5:8 किनभने येशूले त्यसलाई भनिरहनुभएको थियो, “तँ अशुद्ध आत्मा, त्यो मानिसबाट बाहिर निस्किआइज ।”
MAR 5:9 उहाँले त्यसलाई सोध्‍नुभयो, “तेरो नाम के हो ?” त्यसले उहाँलाई भन्यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौँ ।”
MAR 5:10 त्यसले उहाँलाई त्यस क्षेत्रबाट बाहिर नपठाउन बारम्बार बिन्ती गर्‍यो ।
MAR 5:11 त्यहाँ सुँगुरको एउटा ठुलो बथान डाँडामा चरिरहेको थियो,
MAR 5:12 अनि तिनीहरूले यसो भन्दै उहाँसँग बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्; हामीलाई तिनीहरूमा पस्‍न दिनुहोस् ।”
MAR 5:13 उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडतिर समुद्रभित्र हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे ।
MAR 5:14 अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए, र तिनीहरूले त्यहाँ घटेको घटनाबारे सहर र गाउँघरतिर बताए अनि के भएकोरहेछ भनी हेर्न धेरै मानिसहरू गए ।
MAR 5:15 तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए ।
MAR 5:16 भूत लागेको मानिसलाई के भएको थियो भनी देख्‍नेहरूले त्यसलाई र सुँगुरहरूको बारेमा के भएको थियो भनी तिनीहरूलाई बताए ।
MAR 5:17 अनि तिनीहरूले येशूलाई तिनीहरूको क्षेत्रबाट जान आग्रह गरे ।
MAR 5:18 जब येशू डुङ्‍गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै जान उहाँलाई बिन्ती गर्‍यो ।
MAR 5:19 तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन । उहाँले भन्‍नुभयो, “तिम्रो जाति र तिम्रो घरमा जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कस्तो अनुग्रह गर्नुभयो, सो उनीहरूलाई भन ।”
MAR 5:20 त्यसकारण, त्यो मानिस गयो र डेकापोलिसमा येशूले त्यसको निम्ति गर्नुभएका महान् कुराहरू बताउन थाल्यो, अनि तिनीहरू सबै छक्‍क परे ।
MAR 5:21 येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्‍नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भिड भेला भयो ।
MAR 5:22 यहूदी सभाघरका याइरस नाउँ गरेका एक जना अगुवा आए । जब उनले येशूलाई देखे, तब उहाँको पाउमा परे ।
MAR 5:23 उनले यसो भन्दै बारम्बार बिन्ती गरे, “मेरी सानी छोरी मृत्युको मुखमा परेकी छे । म तपाईंलाई बिन्ती गर्छु, कि आउनुहोस् र उनीमाथि हात राखिदिनुहोस्, ताकि उनी ठिक हुन सकून् र बाँच्‍न सकून् ।”
MAR 5:24 त्यसैले, उहाँ तिनीसँग जानुभयो, अनि ठुलो भिडले उहाँलाई पछ्यायो, अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे ।
MAR 5:25 त्यहाँ बाह्र वर्षदेखि रगत बग्‍ने रोगले ग्रस्त भएकी एक महिला थिइन् ।
MAR 5:26 तिनले धेरै डाक्टरकहाँ गएर धेरै दुःख कष्‍ट भोगेकी थिइन् अनि तिनीसँग भएका सबै थोक तिनले खर्च गरिसकेकी थिइन् । तैपनि तिनलाई कुनै पनि कुराले सहायता पुर्‍याएन, बरु तिनको अवस्था झनझन नराम्रो मात्र हुँदै गयो ।
MAR 5:27 तर तिनले येशूको बारेमा सुनेकी थिइन् । त्यसैले, उहाँ भिडमा हिँडिरहनुभएको बेला तिनी उहाँको पछाडि आइन्, अनि तिनले उहाँको खास्टो छोइन् ।
MAR 5:28 किनकि तिनले भनिन्, “यदि मैले उहाँको खास्टो छोएँ भने म निको हुनेछु ।”
MAR 5:29 जब तिनले उहाँलाई छोइन्, रगत बग्‍न रोकियो, अनि तिनले आफू आफ्‍नो कष्‍टबाट निको भएकी महसुस गरिन् ।
MAR 5:30 येशूले आफूबाट शक्‍ति निस्‍केर गएको तुरुन्तै थाहा पाउनुभयो । अनि उहाँ भिडतिर फर्केर भन्‍नुभयो, “कसले मेरो लुगा छोयो ?”
MAR 5:31 उहाँका चेलाहरूले उहाँलाई भने, “तपाईंको वरिपरि ठेलमठेल गरेको भिडलाई देख्‍नुहुन्छ, अनि तपाईं भन्‍नुहुन्छ ‘मलाई कसले छोयो’ ?”
MAR 5:32 तर येशूले यो कसले गरेको थियो भनी देख्‍न वरिपरि हेर्नुभयो ।
MAR 5:33 ती स्‍त्रीले आफूलाई के भएको थियो भन्‍ने कुरा थाहा पाइन्, अनि तिनी डरले कामिन् । तिनी उहाँको सामु घोप्टो परिन् र सबै सत्यता उहाँलाई बताइन् ।
MAR 5:34 उहाँले तिनलाई भन्‍नुभयो, “हे छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्तिसाथ जाऊ र तिम्रो रोगबाट निको होऊ ।”
MAR 5:35 उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाको घरबाट केही मानिसहरू यसो भन्दै आए, “तपाईंकी छोरी मरी । अब गुरुलाई किन दुःख दिने ?”
MAR 5:36 तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्‍नुभयो, उहाँले सभाघरका अगुवालाई भन्‍नुभयो, “नडराऊ । विश्‍वास मात्र गर ।”
MAR 5:37 उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन ।
MAR 5:38 उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला अर्थात् रोइरहेको र विलाप गरिरहेको देख्‍नुभयो ।
MAR 5:39 जब उहाँ घरभित्र पस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन निरास छौ र रुन्छौ ? बालिका मरेकी छैनन्, सुतेकी मात्र हो ।”
MAR 5:40 उहाँको कुरामा तिनीहरू हाँसे, तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो, अनि उहाँले बालिकाका बाबु र आमा अनि उहाँसँग आएकाहरूलाई लिएर उहाँ ती बालिका भएको ठाउँमा आउनुभयो ।
MAR 5:41 उहाँले बालिकालाई हात समातेर तिनलाई भन्‍नुभयो, “तालिता कूमी”, जसको अर्थ हुन्छ, “सानी नानी, म तिमीलाई भन्दछु, उठ ।”
MAR 5:42 तुरुन्तै बालिका उठिन् अनि हिँडिन् (उनी बाह्र वर्षकी थिइन्) । अनि तिनीहरू अत्यन्तै चकित भए ।
MAR 5:43 उहाँले त्यस बारेमा कसैलाई थाहा नदिन कडा आज्ञा दिनुभयो । अनि उहाँले ती बालिकालाई केही खाने कुरा दिनुभयो ।
MAR 6:1 उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि चेलाहरूले उहाँलाई पछ्याए ।
MAR 6:2 जब विश्रामको दिन आयो उहाँले सभाघरमा सिकाउनुभयो । धेरैले उहाँको शिक्षा सुने र छक्‍क परे । तिनीहरूले भने, “यिनले यी शिक्षाहरू कहाँबाट पाए ? यिनलाई कस्तो बुद्धि दिइएको रहेछ ? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन् ?”
MAR 6:3 “के यिनी सिकर्मी होइनन् र ? के यिनी मरियमका पुत्र अनि याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन् र ? के यिनका बहिनीहरू हामीसित छैनन् र ?” र तिनीहरू येशूद्वारा क्रुद्ध पारिए ।
MAR 6:4 येशूले तिनीहरूलाई भन्‍नुभयो, “एउटा अगमवक्‍ताको आफ्नो गाउँ, नातेदार र आफ्नो घर परिवारबाहेक कहीँ पनि अनादर हुँदैन ।”
MAR 6:5 केही बिरामी मानिसहरूमा हात राखेर निको बनाउनुबाहेक त्यहाँ उहाँले कुनै शक्‍तिशाली कामहरू गर्न सक्‍नुभएन ।
MAR 6:6 तिनीहरूको अविश्‍वासले उहाँलाई अच्‍चम्मित तुल्यायो । अनि उहाँ गाउँहरूभरि शिक्षा दिँदै हिँड्नुभयो ।
MAR 6:7 उहाँले बाह्र जनालाई बोलाउनुभयो, र अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो र दुई-दुई जना गरी तिनीहरूलाई पठाउनुभयो ।
MAR 6:8 र उहाँले यात्रामा एउटा लट्ठीबाहेक न रोटी न झोला र कम्मरमा पैसा नै बोक्‍न दिनुभयो ।
MAR 6:9 तर उहाँले चप्पल लगाउन र दुई ओटा दौरा नलगाउनलाई निर्देशन दिनुभयो ।
MAR 6:10 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब तिमीहरू कुनै घरभित्र पस्छौ, त्यो ठाउँ नछोडेसम्‍म त्यहीँ बस ।
MAR 6:11 यदि कुनै नगरले तिमीहरूलाई स्वागत गरेन भने त्यो ठाउँ छोड, र तिनीहरूका निम्ति गवाहीको रूपमा आफ्नो पैतालाको धुलो टकटकाइदिनू ।”
MAR 6:12 तिनीहरू त्यहाँबाट बाहिर गए र मानिसहरू आफ्नो पापबाट फर्केर आउनुपर्छ भनी घोषणा गरे ।
MAR 6:13 तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे र निको पारे ।
MAR 6:14 हेरोद राजाले यो सुने, किनभने येशूको नाउँ प्रसिद्ध भएको थियो । केहीले भनिरहेका थिए, “बप्‍तिस्मा-दिने यूहन्‍ना मृत्युबाट जीवित भई उठे । त्यसैले, यी आश्‍चर्यकर्महरू उहाँद्वारा हुँदै छन् ।”
MAR 6:15 अरूहरूले भने, “यिनी एलिया हुन्”, अझ हरूहरूले भने, “यिनी प्राचीन समयका एक जना अगमवक्‍ताहरूमध्ये एक हुन् ।”
MAR 6:16 तर जब हेरोदले यो सुने, तिनले भने, “यूहन्‍ना, जसको मैले टाउको कटाएको थिएँ, तिनी जीवित भई उठेछन् !”
MAR 6:17 किनभने हेरोदले यूहन्‍नालाई हेरोदियास (तिनको भाइकी पत्‍नी) को कारण गिरफ्तार गर्न र कैदमा हाल्न लगाए, किनभने तिनले उनलाई विवाह गरेका थिए ।
MAR 6:18 किनभने यूहन्‍नाले हेरोदलाई भने, “आफ्नो भाइकी पत्‍नीलाई विवाह गर्न तिनलाई उचित छैन भनेका थिए ।”
MAR 6:19 तर हेरोदियासले वैरभाव राखेकि थिइन् र तिनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्,
MAR 6:20 किनभने हेरोद यूहन्‍नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्‍ने तिनलाई थाहा थियो, अनि हेरोदले उनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्दा हेरोद अशन्त हुन्थे, तरै पनि खुसीसाथ सुन्थे ।
MAR 6:21 त्यसपछि एउटा उपयुक्‍त मौका मिल्यो । हेरोदले तिनको जन्म दिनमा आफ्ना भारदारहरू, कप्‍तानहरू र गालीलका अगुवाहरूलाई भोज दिए ।
MAR 6:22 हेरोदियासकी छोरी आफैँ आइन् र तिनीहरूको लागि नाचिन् अनि तिनले हेरोद र उनका पाहुनाहरूलाई प्रशन्‍न तुल्याइन् । राजाले त्यस केटीलाई भने, “तिमीलाई जे इच्छा लाग्‍छ सो माग, म तिमीलाई दिनेछु ।”
MAR 6:23 तिनले शपथ खएर भने, “तिमीले मसित जे माग्छौ, म तिमीलाई मेरो राज्यको आधा भागसम्म पनि दिनेछु ।”
MAR 6:24 तिनी बाहिर निस्किन् र आफ्नी आमालाई भनिन्, “म तिनीसित के मागौँ ?” र तिनले भनिन्, “बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर ।”
MAR 6:25 तिनी तुरुन्तै राजाकहाँ आइन् र यसो भन्दै मागिन्, “मलाई झट्टै बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर थालीमा दिनुहोस् भन्‍ने म चाहन्छु ।”
MAR 6:26 राजा निकै दुःखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले तिनको बिन्‍ती इन्कार गर्न सकेनन् ।
MAR 6:27 त्यसैले, राजाले आफ्ना रक्षकहरूमध्ये एक जना सिपाहीलाई यूहन्‍नाको शिर ल्याउने आदेश दिएर पठाए । सुरक्षाकर्मी गए र झ्यालखानामा उनको टाउको काटे ।
MAR 6:28 सिपाहीले थालमा उनको टाउको ल्याए र ती केटीलाई दिए, र ती केटीले आफ्नी आमालाई दिइन् ।
MAR 6:29 त्यो सुनेर यूहन्‍नाका चेलाहरू आए, र उनको लासलाई चिहानमा राखे ।
MAR 6:30 अनि प्रेरितहरू येशूको वरिपरि भेला भए, र तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई बताए ।
MAR 6:31 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफैँ निर्जन स्थानमा आओ र केही समय आराम गर ।” किनभने धेरै जना आउने र जाने गरिरहेका थिए र तिनीहरूसँग खाना खाने समय पनि थिएन ।
MAR 6:32 त्यसैले, उहाँहरू डुङ्गा चढेर निर्जन स्थानतिर जानुभयो ।
MAR 6:33 तर तिनीहरूले उहाँहरू गइरहेको देखे अनि उहाँहरूलाई चिने र तिनीहरू सबै नगरबाट दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे ।
MAR 6:34 जब उहाँहरू समुयद्र तटमा आउनुभयो, उहाँले ठुलो भिड देख्‍नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, किनकि उनीहरू गोठालाविनाका भेडाहरूजस्तै थिए । अनि उहाँले धेरै कुरा सिकाउन थाल्नुभयो ।
MAR 6:35 जब ढिला भयो, उहाँका चेलाहरू उहाँकहाँ आए र भने “यो निर्जन स्थान हो र समय गइसकेको छ ।
MAR 6:36 उनीहरूलाई पठाउनुहोस्, ताकि उनीहरू नजिकैको गाउँघरतिर जाऊन् र उनीहरूका निम्ति केही खानेकुराहरू किन्‍न सकून् ।”
MAR 6:37 तर उहाँले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै उनीहरूलाई केही खानेकुरा देओ ।” तिनीहरूले उहाँलाई भने, “के हामी दुई सय दिनारी वराबरको रोटी किन्‍न जाऊँ र उनीहरूलाई खान दिऊँ ?”
MAR 6:38 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन् ? जाओ र हेर ।” जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, “पाँच रोटी र दुई माछा छन् ।”
MAR 6:39 उहाँले सबै मानिसलाई हरियो घाँसमाथि समूह-समूहमा मिलेर बस्‍ने आज्ञा गर्नुभयो ।
MAR 6:40 उनीहरू सय र पचासको समूह- समूहमा बसे ।
MAR 6:41 जब उहाँले पाँच रोटी र दुईवटा माछा लिनुभयो, स्वर्गतिर हेरर आशिष्‌‌ दिनुभयो, र भाँच्‍नुभयो अनि त्यो भिडलाई बाँडिदिन चेलाहरूलाई दिनुभयो । अनि उहाँले दुईवटा माछा पनि सबै जनालाई बाँडिदिनुभयो ।
MAR 6:42 तृप्‍त नहुन्जेल उनीहरू सबै जनाले खाए ।
MAR 6:43 तिनीहरूले बाह्र डालाभरी टुक्रा रोटीहरू बटुले र माछाका टुक्राहरू पनि बटुले ।
MAR 6:44 त्यहाँ रोटी खानेहरू पाँच हजार जना थिए ।
MAR 6:45 उहाँका चेलाहरूलाई डुङ्गामा चढ्न लगाएर उहाँले भिडलाई पारिपट्टि बेथसेदातिर उहाँभन्दा अगि जना लगाउनुभयो ।
MAR 6:46 जब तिनीहरू गए, त्यसपछि उहाँ डाँडातिर प्रार्थना गर्न जानुभयो ।
MAR 6:47 साँझ पर्‍यो, र अब डुङ्गा समुद्रको बिचमा थियो, र उहाँ जमिनमा एकलै हुनुहुन्थ्यो ।
MAR 6:48 तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्‍नुभयो, किनभने हावा उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो । लगभग रातको चौथो पहरमा समुद्रमाथि हिँडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्‍न चाहनुभयो ।
MAR 6:49 तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, उहाँ भूत हुनुहन्थ्यो भनेर तिनीहरू चिच्‍च्याए,
MAR 6:50 किनभने तिनीहरूले उहाँलाई देखे र भयभीत भए । अनि तुरुन्तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साहसी होओ । म नै हुँ । नडराओ ।”
MAR 6:51 उहाँ तिनीहरूसँगै डुङ्गामा चढ्नुभयो, र बतास चल्न छोड्यो । तिनीहरू पूर्ण रूपमा अचम्मित भए ।
MAR 6:52 किनभने तिनीहरूले रोटीको अर्थ के हो भनी बुझेका थिएनन् । बरु तिनीहरूका हृदय कठोर पारिएको थियो ।
MAR 6:53 जब उहाँहरू पारी तरे, उहाँहरू गनेसरेतमा आए, र डुङ्गालाई त्यहीँ अड्‍याए ।
MAR 6:54 जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो, तिनीहरूले उहाँलाई तुरुन्तै चिने ।
MAR 6:55 तिनीहरू सबै क्षेत्रमा गए, र उहाँ जहाँ-जहाँ आउँदै हुनुहुन्छ भनी तिनीहरूले सुने तिनीहरूले त्यहाँ-त्यहाँ बिरामीहरूलाई उहाँकहाँ ओछ्यानसँगै ल्याउन थाले ।
MAR 6:56 जहाँ-जहाँ उहाँ गाउँहरूमा, सहरहरूमा, वा ग्रामीण ठाउँहरू भएर जानुहुन्थ्यो उनीहरूले बिरामीहरूलाई बजार क्षेत्रहरूमा राख्थे र उनीहरूले उहाँको कपडाको छेउ मात्र भए पनि छुन दिइयोस् भनी बिन्ती गर्थे । र जतिले छोए, तिनीहरू निको हुन्थे ।
MAR 7:1 यरूशलेमबाट आएका फरिसीहरू र केही शास्‍त्रीहरू उहाँको वरिपरि भेला भए ।
MAR 7:2 तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले खाएको देखे ।
MAR 7:3 (फरिसी र सबै यहूदी आफ्ना हात राम्ररी नधोउन्जेल केही खाँदैनन्, तिनीहरू आफ्ना धार्मिक अगुवाहरूको परम्परामा लागि पर्छन्,
MAR 7:4 जब फरिसीहरू बजारबाट आउँछन्, तिनीहरू आफैँ ननुहाईकन केही खाँदैनन् । कचौरा, भाँडाहरू, काँसाका भाँडाहरू र खानलाई बस्‍ने ठाउँहरू धुनेलगायत धेरै नियम तिनीहरू कडाइका साथ पालन गर्छन् ।)
MAR 7:5 फरिसी र शास्‍त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धार्मिक अगुवाहरूको परम्पराअनुसार चल्दैनन्, किनकि तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन् ?”
MAR 7:6 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यशैयाले तिमी पाखण्डीहरूको विषयमा राम्ररी भविष्यवाणी गरे, उनले लेखे, ‘यी मानिसहरूले मलाई तिनीहरूका ओठले आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढिएको छ ।’
MAR 7:7 तिनीहरूको शिक्षाको रूपमा मानिसहरूका नियमहरूलाई सिकाउँदै तिनीहरूले मलाई खोक्रो आराधना चढाउँछन् ।
MAR 7:8 तिमीहरू परमेश्‍वरको आज्ञालाई त्याग्दछौ र मानिसहरूको परम्परालाई पक्री राख्छौ ।”
MAR 7:9 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू परमेश्‍वरको आज्ञालाई सहजै इन्कार गर्दछौ, कि तिमीहरूले आफ्नो परम्परा पालन गर्न सक !
MAR 7:10 किनभने मोशाले भने, ‘तिम्रो बुबा र आमाको आदर गर’, र ‘जसले आफ्ना बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्छ, त्यो निश्‍चय नै मारिनेछ ।’
MAR 7:11 तर तिमीहरू भन्छौ, ‘यदि एउटा मानिसले आफ्नो बुबा वा आमालाई भन्छ, “तपाईंहरूले मबाट जति सहायता पाउनुपर्थ्यो त्यो त कुर्बान हो’ (अर्थात् परमेश्‍वरलाई दिइएको छ) ।”
MAR 7:12 तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिँदैनौ ।
MAR 7:13 तिमीहरूले परमेश्‍वरको आज्ञालाई चल्दै आएको आफ्नो परम्पराले व्यर्थ तुल्याएका छौ । र तिमीहरू त्यस्तै धेरै काम गर्छौ ।”
MAR 7:14 उहाँले भिडलाई फेरि बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मेरो कुरा सुन, र बुझ ।
MAR 7:15 व्यक्‍तिलाई बाहिरबाट त्यसभित्र पसेर त्यसलाई नै अशुद्ध पार्न सक्‍ने त्यस्तो कुनै कुरा छैन । व्यक्‍तिबाट बाहिर निस्कने कुराले नै त्यसलाई अशुद्ध पार्छ ।”
MAR 7:16 (नोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा १६ पद हटाइएको छ) यदि कुनै मानिससित सुन्‍ने कान छ भने त्यसले सुनोस् ।
MAR 7:17 जब येशूले भिडहरूलाई छोडेर घरभित्र पस्‍नु‍भयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे ।
MAR 7:18 येशूले भन्‍नुभयो, “के तिमीहरूले अझ पनि बुझेका छैनौ ? के तिमीहरू देख्‍दैनौ, कि बाहिरबाट मानिसभित्र पस्‍ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन,
MAR 7:19 किनकि यो उसको हृदयमा जान सक्दैन, तर उसको पेटमा जान्छ र निस्‍केर शौचालयमा पुग्‍छ ?” यो भनाइद्वारा येशूले सबै भोजनलाई शुद्ध तुल्याउनुभयो ।
MAR 7:20 उहाँले भन्‍नुभयो, “मानिसको भित्रबाट जुन कुरा बाहिर निस्कन्छ त्यसले नै त्यसलाई अशुद्ध पार्छ ।
MAR 7:21 किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्‍ट विचार, यौन अनैतिकता, चोरी, हत्या,
MAR 7:22 व्यभिचार, लोभ, दुष्‍टता, धोखा, कामुकता, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन् ।
MAR 7:23 यी सबै खराबी भित्रबाट नै आउँछन्, र यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छन् ।”
MAR 7:24 उहाँ त्यहाँबाट उठ्नुभयो र त्यहाँबाट टुरोस र सीदोनको क्षेत्रतिर जानुभयो । उहाँ एउटा घरभित्र आउनुभयो र उहाँ त्यहाँ हुनुहुन्छ भनी कसैले थाहा नपाऊन् भन्‍ने उहाँ चाहनुहुन्थ्यो, तैपनि उहाँ लुक्‍न सक्‍नुभएन ।
MAR 7:25 तर तुरुन्तै एउटा स्‍त्रीले उहाँको बारेमा सुनिन् र त्यहाँ आईन् जसकी सानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो । तिनी उहाँको पाउमा घोप्‍टो परिन् ।
MAR 7:26 ती स्‍त्री एक ग्रिक र सिरियाको फोनिकेमा जन्मेकी थिइन् । तिनले आफ्नी छोरीबाट भूत निकाली दिनलाई उहाँसँग बिन्ती गरिन् ।
MAR 7:27 उहाँले तिनलाई भन्‍नुभयो, “छोराछोरीहरूलाई पहिले खुवाइयोस् । किनकि छोराछोरीहरूको रोटी खोसेर कुकुरहरूलाई दिनु ठिक होइन ।”
MAR 7:28 तर तिनले जवाफ दिएर उहाँलाई भनिन् “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूको टेबलबाट झरेको रोटीका टुक्राहरू त खान्छन् नि ।”
MAR 7:29 उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले यसो भनेकी हुनाले तिमी जानलाई स्वतन्‍त्र छौ । तिम्री छोरीबाट भूत निस्केर गएको छ ।”
MAR 7:30 तिनी आफ्नो घर फर्केर गइन् र आफ्नी छोरी ओछ्यानमा पल्टिरहेकी पाइन्, र भूत निस्केर गएको थियो ।
MAR 7:31 उहाँ फेरि टुरोसको क्षेत्रबाट निस्केर सिदोन हुँदै डेकापोलिसको प्रदेश भएर गालील समुद्रतिर जानुभयो ।
MAR 7:32 तिनीहरूले सुन्‍न नसक्‍ने र बोल्‍न कठिनाइ भएको कसैलाई उहाँकहाँ ल्याए र तिनीहरूले त्यसमाथि हात राखिदिनु हुन अनुरोध गरे ।
MAR 7:33 उहाँले त्यसलाई भिडबाट एकातिर एकान्तमा लैजानुभयो र त्यसको कानमा औला हाल्नुभयो र थुकिसकेपछि उहाँले त्यसको जिब्रो छुनुभयो ।
MAR 7:34 उहाँले स्वर्गतिर हेर्नुभयो; सुस्केरा हाल्‍नुभयो र त्यसलाई भन्‍नुभयो, “इफ्फाता” जसको अर्थ हुन्छ, “खोलिजा ।”
MAR 7:35 तुरुन्तै त्यसको कान खोलियो, र त्यसको जिब्रोलाई बाधा दिने कुरा नष्‍ट भयो र त्यसले प्रस्टसँग बोल्न सक्यो ।
MAR 7:36 उहाँले कसैलाई केही पनि नभन्‍नू भनी तिनीहरूलाई आज्ञा गर्नुभयो । तर उहाँले जति धेरै तिनीहरूलाई त्यस्तो आज्ञा दिनुभयो त्यति धेरै तिनीहरूले यसलाई बताए ।
MAR 7:37 तिनीहरू अत्यन्तै अचम्मित भए र भने, “उहाँले सबै कुरा असल गर्नुभएको छ । उहाँले बहिरालाई सुन्‍ने र गुँगोलाई बोल्ने पनि बनाउनुहुन्छ ।”
MAR 8:1 ती दिनमा त्यहाँ फेरि एउटा ठुलो भिड भेला भयो, र तिनीहरूसँग खानको लागि केही थिएन । येशूले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो,
MAR 8:2 “यो भिडमाथि मलाई दया लागेको छ, किनकि तिनीहरू मसँग निरन्तर तिन दिनसम्म रहेका छन् र तिनीहरूसँग कुनै खानेकुरा छैन ।
MAR 8:3 यदि मैले तिनीहरूलाई केही नखुवाईकन पठाएँ भने तिनीहरू बाटोमा मुर्छा पर्न सक्छन् । तिनीहरूमध्ये कोही धेरै टाढाबाट आएका छन् ।”
MAR 8:4 उहाँका चेलाहरूले उहाँलाई जवाफ दिए, “यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्‍त पार्न सक्‍ने पर्याप्‍त रोटी हामी कहाँ पाउन सक्छौँ ?”
MAR 8:5 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन् ?” तिनीहरूले भने “सातवटा ।”
MAR 8:6 उहाँले भिडलाई भुइँमा बस्‍न आज्ञा दिनुभयो । उहाँले ती सातवटा रोटी लिनुभयो; धन्यवाद दिनुभयो; तिनलाई भाँच्‍नुभयो । उहाँले मानिसहरूका अगाडि राखून् भनी ती उहाँका चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगाडि राखिदिए ।
MAR 8:7 तिनीहरूसँग थोरै स-साना माछा पनि थिए । त्यसको लागि धन्यवाद दिनुभएपछि उहाँले त्यो पनि बाँडिदिन चेलाहरूलाई आज्ञा गर्नुभयो ।
MAR 8:8 तिनीहरूले खाए र अघाए । अनि तिनीहरूले खाएर उब्रेका सात टोकरी रोटीका टुक्रा-टाक्रीहरू बटुले ।
MAR 8:9 त्यहाँ लगभग चार हजार जना पुरुष थिए । येशूले तिनीहरूलाई पठाउनुभयो ।
MAR 8:10 त्यसपछि तुरुन्तै उहाँ चेलाहरूसँग डुङ्गामा चढ्नुभयो र दलमनुथाको क्षेत्रमा जानुभयो ।
MAR 8:11 तब फरिसीहरू आए, र उहाँसँग वादविवाद गर्न थाले । तिनीहरूले उहाँको जाँच गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे ।
MAR 8:12 उहाँले आत्मामा सुस्केर हाल्‍नुभयो र भन्‍नुभयो, “यो पुस्ताले किन चिन्हको खोजी गर्छ ? साँचो साँचो म तिमीहरूलाई भन्दछु, यो पुस्तालाई कुनै चिन्ह दिइनेछैन ।”
MAR 8:13 त्यसपछि उहाँले तिनीहरूलाई छोड्नुभयो, फेरि डुङ्गामा चढ्नुभयो र तालको अर्को भागतिर जानुभयो ।
MAR 8:14 अहिले चेलाहरूले तिनीहरूसँग रोटी ल्याउन बिर्सेका थिए । तिनीहरूसँग डुङ्गामा एउटाभन्दा बढी रोटी थिएन ।
MAR 8:15 उहाँले तिनीहरूलाई चेतावनी दिनुभयो, र भन्‍नुभयो, “फरिसी र हेरोदको खमिरदेखि सचेत रहो र होसियार बस ।”
MAR 8:16 चेलाहरूले एक आपसमा बहस गरे, “हामीसँग रोटी नभएकोले हो ।”
MAR 8:17 येशू यसप्रति सजग हुनुहुन्थ्यो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ ? के तिमीहरू अझै महसुस गर्दैनौ ? के तिमीहरू बुझ्दैनौ ? तिमीहरूका हृदय यति बोधो भएका छन् ?
MAR 8:18 तिमीहरूसँग आँखा छन्, के तिमीहरू देख्दैनौ ? तिमीहरूसँग कान छन्, के तिमीहरू सुन्दैनौ ? के तिमीहरूले सम्झदैनौ ?
MAR 8:19 जब मैले पाँच हजारका सामु पाँच वटा रोटी भाँच्दा रोटीका कति टोकरी टुक्राहरू तिमीहरूले बटुलेका थियौ ?” तिनीहरूले उहाँलाई भने, “बाह्र टोकरी ।”
MAR 8:20 “अनि जब मैले चार हजारका बिचमा सातवटा रोटी भाँच्दा कति टोकरी तिमीहरूले बटुल्यौ ?” तिनीहरूले उहाँलाई भने, “सात टोकरी ।”
MAR 8:21 उहाँले भन्‍नुभयो, “के तिमीहरू अझै पनि बुझ्दैनौ ?”
MAR 8:22 उहाँहरू बेथसेदामा आउनुभयो । त्यहाँ मानिसहरूले एउटा दृष्‍टिविहीन मानिसलाई उहाँकहाँ ल्याए र त्यसलाई छोइदिनुहोस् भनी येशूसँग बिन्ती गरे ।
MAR 8:23 येशूले त्यस दृष्‍टिविहीनलाई हातमा समाउनुभयो, र गाउँबाहिर लैजानुभयो । जब उहाँले त्यसको आँखामा थुक्‍नुभयो, र त्यसमाथि आफ्नो हात राख्‍नुभयो, उहाँले त्यसलाई सोध्‍नुभयो, “के तिमीले कुनै कुरा देख्छौ ?”
MAR 8:24 त्यसले हेर्‍यो र भन्यो, “म मानिसहरू रुखहरूजस्तै हिँडेको देख्‍छु ।”
MAR 8:25 उहाँले फेरि आफ्नो हात त्यसका आँखामा राख्‍नुभयो, र त्यस मानिसले त्यसका आँखा खोल्यो अनि त्यसको दृष्‍टि पुनः प्राप्‍त भयो र त्यसले सबै थोक स्पष्‍टसँग देख्यो ।
MAR 8:26 येशूले त्यसलाई त्यसको घर पठाउनुभयो र भन्‍नुभयो, “त्यस सहरमा नपस ।”
MAR 8:27 येशू आफ्ना चेलाहरूसँगै कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो । बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले म को हुँ भन्छन् ?”
MAR 8:28 तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “बप्‍तिस्मा-दिने यूहन्‍ना । अरूहरूले, ‘एलिया’ र अरूले भने ‘अगमवक्‍ताहरूमध्ये एक’ भन्छन् ।”
MAR 8:29 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भन्छौ ?” पत्रुसले उहाँलाई भने, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ”
MAR 8:30 येशूले उहाँको विषयमा कसैलाई पनि नभन्‍नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो ।
MAR 8:31 उहाँले मानिसका पुत्रले धेरै कुरा भोग्‍नुपर्छ, र धर्म-गुरुहरू, मुख्य पुजारीहरू र शास्‍त्रीहरूबाट तिरस्कृत हुनेछ, मारिनेछ र तिन दिनपछि फेरि मृत्युबाट जीवित भई उठ्नेछ भनी तिनीहरूलाई सिकाउन थाल्नुभयो ।
MAR 8:32 उहाँले यो स्पष्‍टसँग भन्‍नुभयो । तब पत्रुसले उहाँलाई एकातिर लगे र उहाँलाई हपार्न थाले ।
MAR 8:33 तर येशू आफ्ना चेलाहरूतिर फर्कनुभयो अनि पत्रुसलाई हप्काउनुभयो र भन्‍नुभयो, “मबाट पछि हट् शैतान ! तैँले परमेश्‍वरको कुरालाई ख्याल गर्दैनस्, तर तैँले मानिसको कुरालाई ख्याल गर्छस् ।”
MAR 8:34 त्यसपछि उहाँले भिड र उहाँका चेलाहरूलाई सँगै बोलाउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने, त्यसले आफैँलाई इन्कार गर्नुपर्छ, त्यसको क्रुस बोक्‍नुपर्छ र मलाई पछ्याउनुपर्छ ।
MAR 8:35 किनकि जसले आफ्नो जीवन बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, र जसले मेरो र सुसमाचारको खातिर आफ्‍नो जीवन गुमाउँछ, त्यसले यसलाई बचाउनेछ ।
MAR 8:36 मानिसले सारा संसार प्राप्‍त गरेर आफ्नै जीवन गुमायो भने उसलाई के लाभ हुन्छ र ?
MAR 8:37 मानिसले आफ्नो जीवनको बद्लामा के दिन सक्छ र ?
MAR 8:38 यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरो वचनसँग शर्माउँछ, मानिसका पुत्र पनि पवित्र स्वर्गदूतहरूसँग पिताको महिमामा आउँदा त्यससँग शर्माउनेछ ।”
MAR 9:1 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमा तिमीहरूमध्ये केहीले परमेश्‍वरको राज्य शक्‍तिसित आएको देख्‍नुअगि मृत्यु चाख्‍नेछैनन् ।
MAR 9:2 ६ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्‍नालाई आफ्नो साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो । त्यसपछि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो ।
MAR 9:3 उहाँका लुगाहरू एकदमै चहकिलो, अति सेतो भयो, यति सेतो भयो कि पृथ्वीका कसैले पनि त्यतिको सेतो बनाउन सक्दैनथ्यो ।
MAR 9:4 त्यसपछि एलिया र मोशा उहाँहरूकहाँ देखा परे । तिनीहरूले येशूसँग कुरा गरिरहेका थिए ।
MAR 9:5 पत्रुसले जवाफ दिए र येशूलाई भने, “गुरुज्यू, हामीलाई यहाँ बस्‍न राम्रो छ । त्यसैले, यहाँ हामी तिनवटा बस्‍ने ठाउँ बनाऔँ: एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।”
MAR 9:6 (तिनले के भन्‍ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए ।)
MAR 9:7 बादल आयो र उहाँहरूलाई छोप्‍यो । तब बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन् र यिनले भनेका कुरा सुन ।”
MAR 9:8 अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे, तिनीहरूले तिनीहरूसँग येशूबाहेक अरू कसैलाई पनि देखेनन् ।
MAR 9:9 उहाँहरू पहाडबाट तल ओर्लंदै गर्नुहुँदा मानिसका पुत्र मृत्युबाट जीवित भएर नउठेसम्‍म कसैलाई केही पनि नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो ।
MAR 9:10 त्यसैले, ती कुराहरू तिनीहरूले आफैँसँग राखे, तर तिनीहरूले “मृत्युबाट जीवित भई उठ्नु” को अर्थ के हो भनी तिनीहरूले आपसमा छलफल गरे ।
MAR 9:11 तिनीहरूले उहाँलाई सोधे “शास्‍त्रीहरूले किन एलिया नै पहिला आउनुपर्छ भनेका त ?”
MAR 9:12 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “वास्तवमा सबै थोकलाई पुनर्स्थापना गर्न एलिया नै पहिले आउनुपर्छ । मानिसका पुत्रले धेरै कष्‍ट भोग्‍नुपर्छ र घृणित हुनेछ भनी किन लेखिएको त ?”
MAR 9:13 तर म तिमीहरूलाई यो भन्छु, कि एलिया आइसकेका छन्, र वचनमा तिनको बारेमा लेखिएअनुसार तिनीहरूले एलियालाई जे चाहे त्‍यही गरे ।”
MAR 9:14 जब उहाँ चेलाहरूकहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि ठुलो भिड देख्‍नुभयो, र शास्‍त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए ।
MAR 9:15 जब तिनीहरूले उहाँलाई देखे, सबै भिड छक्‍क परे र सबै उहाँलाई अभिवादन गर्न दौडेर गए ।
MAR 9:16 उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ ?”
MAR 9:17 भिडमध्येका कसैले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएँ । त्यसलाई भूत लागेको छ जसले त्यसलाई बोल्न दिँदैन,
MAR 9:18 र यसले यसलाई पक्रन्छ, पछार्छ मुखमा फिँज काढ्छ र दाह्रा किट्छ र अरट्ठ पर्छ । मैले तपाईंका चेलाहरूलाई यसलाई निकाल्नलाई बिन्ती गरेँ, तर तिनीहरूले निकाल्न सकेनन् ।”
MAR 9:19 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हे अविश्‍वासी पुस्ता हो, कति समयसम्म म तिमीहरूसँग बस्‍नुपर्नेछ ? कति समयसम्म म तिमीहरूलाई सहनु ? त्यसलाई मकहाँ ल्याओ ।”
MAR 9:20 तिनीहरूले त्यस केटोलाई उहाँकहाँ ल्याए । जब दुष्‍ट आत्माले येशूलाई देख्यो, त्यो आत्माले त्यस केटोलाई जोरले काम्‍न लगायो । त्यो केटो भुइँमा लड्‍यो र मुखमा फिँज काढ्यो ।
MAR 9:21 येशूले त्यसको बुबालाई सोध्‍नुभयो, “यस्तो भएको कति भयो ?” बुबाले भने, “बाल्यकालदेखि नै हो ।
MAR 9:22 यसले उसलाई प्रायः आगो वा पानीमा फ्याँकेको छ र उसलाई मार्न खोज्थ्यो । यदि तपाईंले कुनै कुरा गर्न सक्‍नुहुन्छ भने हामीमाथि दया देखाउनुहोस् र सहायता गर्नुहोस् ।”
MAR 9:23 येशूले तिनलाई भन्‍नुभयो, “‘यदि तपाईंले गर्न सक्‍नुहुन्छ भने’ ? विश्‍वास गर्नेको निम्ति सबै कुरा सम्भव छ ।”
MAR 9:24 तुरुन्तै त्यस बालकको बुबा चिच्‍च्याए र भने, “म विश्‍वास गर्छु ! मेरो अविश्‍वासमा सहायता गर्नुहोस् ।”
MAR 9:25 जब येशूले भिड दौडदै उहाँहरूतिर आइरहेको देख्‍नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्‍नुभयो, “तँ गुँगा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर ।”
MAR 9:26 यो चिच्‍च्यायो र डरलाग्‍दो गरी लछारपछार गर्‍यो अनि निस्क्यो । त्यो केटा मरेकोजस्तै देखियो । त्यसैले, धेरैले भने, “ऊ मर्‍यो ।”
MAR 9:27 तर येशूले त्यस केटालाई हातले समातेर उठाउनुभयो, र त्यो केटा उभियो ।
MAR 9:28 जब येशू घरभित्र पस्‍नुभयो, चेलाहरूले उहाँलाई गुप्‍तमा सोधे, “हामीले यसलाई किन निकाल्न सकेनौँ ?”
MAR 9:29 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्‍न सकिँदैन ।”
MAR 9:30 उहाँहरू त्यहाँबाट जानुभयो र गालील हुँदै जानुभयो । उहाँहरू कहाँ हुनुहुन्छ कसैलाई थाहा नहोस् भन्‍ने उहाँले चाहनुभयो,
MAR 9:31 किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछ र तिनीहरूले उसलाई मार्नेछन् । जब उसलाई मारिनेछ त्यसको तिन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ ।”
MAR 9:32 तर तिनीहरूले यो भनाइलाई बुझेनन् र उहाँलाई सोध्‍न तिनीहरू डराए ।
MAR 9:33 अनि उहाँहरू कफर्नहुममा आइपुग्‍नुभयो । जब उहाँ घरमा हुनुहुन्थ्यो उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ ?”
MAR 9:34 तर सबै चुपचाप भए । किनभने तिनीहरूले “कोचाहिँ सबैभन्दा ठुलो हो” भनी बहस गरिरहेका थिए ।
MAR 9:35 उहाँ बस्‍नुभयो र बाह्र जनालाई बोलाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा अन्तिम र सबैको दास हुनुपर्छ ।”
MAR 9:36 उहाँले एउटा सानो बालकलाई लिएर तिनीहरूका माझमा राख्‍नुभयो । उहाँले त्यसलाई हातमा लिनुभयो र तिनीहरूलाई भन्‍नुभयो,
MAR 9:37 “जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ, उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने उसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्छ ।”
MAR 9:38 यूहन्‍नाले उहाँलाई भने, “गुरुज्यू, हामीले कसैलाई तपाईंको नाममा भूतात्मा धपाउँदै गरेको देख्यौँ र हामीले त्यसलाई रोक्यौँ, किनकि त्यसले हामीलाई पछ्याउँदैन ।”
MAR 9:39 तर येशूले भन्‍नुभयो, “त्यसलाई नरोक, किनकि कसैले पनि मेरो नाउँमा शक्‍तिशाली काम गरेर तत्कालै मेरो बारेमा कुनै खराब कुरा भन्‍न सक्दैन ।
MAR 9:40 जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो हो ।
MAR 9:41 तिमीहरू ख्रीष्‍टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँचो साँचो म भन्दछु, कि उसले आफ्नो इनाम गुमाउनेछैन ।
MAR 9:42 ममा विश्‍वास गर्ने यी सानामध्ये एक जनालाई ठेस खान लगाउनुभन्दा त, त्यसलाई त्यसको घाँटीमा ठुलो जाँतोको ढुङ्गा बाँधेर समुद्रमा फ्याँक्‍नु राम्रो हुने थियो ।
MAR 9:43 यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा हात लिएर कहिल्यै ननिभ्‍ने आगोको नरकमा जानुभन्दा अपाङ्ग भएर जीवनमा प्रवेश गर्नु नै राम्रो हुन्छ ।
MAR 9:44 (नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूले पद ४४ र ४६ बाट यस वाक्यांशलाई हटाएको छ) “जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन ।”
MAR 9:45 यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ ।
MAR 9:46 (४४ पदको टिप्पणीलाई हेर्नुहोस् ।)
MAR 9:47 यदि तिम्रा आँखाले तिमीलाई ठेस खान लगाउँछ भने, यसलाई निकालेर फालिदेऊ । दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु नै असल हुन्छ ।
MAR 9:48 जहाँ किराहरू मर्दैनन् र आगो पनि निभ्दैन ।
MAR 9:49 किनकि सबैलाई आगोले नुनिलो पार्नेछ ।
MAR 9:50 नुन असल हो, तर यदि नुनले आफ्नो नुनिलोपना गुमाउँछ भने यसलाई फेरि कसरी नुनिलो बनाउने ? आफू-आफूमा नुन राख र एक-आपसमा शान्तिमा बस ।
MAR 10:1 येशू त्यो ठाउँ छोडेर यहूदियाको प्रान्त र यर्दन नदि पारिको क्षेत्रमा जानुभयो अनि भिड फेरि उहाँकहाँ आयो । उहाँले गर्नुभएझैँ उहाँले तिनीहरूलाई सिकाउँदै हुनुहुन्थ्यो ।
MAR 10:2 अनि फरिसीहरू उहाँलाई जाँच्‍न उहाँकहाँ आए र सोधे, “के कुनै पतिले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्नु उचित हो ?”
MAR 10:3 उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन् ?”
MAR 10:4 तिनीहरूले भने, “मोशाले पत्‍नीलाई त्यागपत्र दिन र त्यसलाई पठाइदिन अनुमति दिए ।”
MAR 10:5 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका कठोर हृदयको कारण तिनले तिमीहरूका लागि यो व्यवस्था लेखेका हुन् ।”
MAR 10:6 तर सृष्‍टिको सुरुदेखि नै ‘परमेश्‍वरले तिनीहरूलाई पुरुष र स्‍त्री बनाउनुभयो ।’
MAR 10:7 यही कारणले गर्दा पुरुषले आफ्ना बुबा र आमालाई छोडेर आफ्नी पत्‍नीसँग लागिरहन्छ,
MAR 10:8 र दुई जना एउटै शरीर हुन्छन् ।’ त्यसैले, तिनीहरू दुई होइनन्, तर एउटै शरीर हुन् ।
MAR 10:9 त्यसकारण, जसलाई परमेश्‍वरले एक पार्नुभएको छ, त्यसलाई कुनै मानिसले अलग नगरोस् ।”
MAR 10:10 उहाँहरू घरभित्र हुनुहुँदा चेलाहरूले उहाँलाई यसको बारेमा फेरि सोधे ।”
MAR 10:11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्छ र अर्की महिलासँग विवाह गर्छ, उसले त्यसको विरुद्धमा व्यभिचार गर्छ ।
MAR 10:12 र यदि तिनले आफ्नो पतीसँग विवाहविच्छेद गर्छ र अर्को पुरुषससँग विवाह गर्छ भने, त्यसले व्यभिचार गर्छ ।”
MAR 10:13 अनि उहाँले छोइदिनुभएको होस् भनी मानिसहरूले आफ्ना स-साना बालबालिकाहरूलाई उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हप्काए ।
MAR 10:14 तर जब येशूले यो देख्‍नुभयो, उहाँ तिनीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “स-साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई मनाही नगर, किनभने परमेश्‍वरको राज्य यस्तैहरूको हो ।”
MAR 10:15 साँचो साँचो, म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यलाई यो सानो बालकको रूपमा ग्रहण गर्दैन, त्यो निश्‍चय नै यसभित्र प्रवेश गर्नेछैन ।”
MAR 10:16 त्यसपछि उहाँले बालबालिकाहरूलाई आफ्नो अङ्गालोमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हातमा लिएर आशिष्‌‌ दिनुभयो ।
MAR 10:17 उहाँले यात्रा सुरु गर्न लाग्‍नुहुँदा एक जना मानिस दौडेर आई उहाँको सामु घुँडा टेकेर बिन्ती गर्‍यो, “हे असल गुरु, अनन्त जीवनको हकदार हुन मैले के गर्नुपर्छ ?”
MAR 10:18 येशूले भन्‍नुभयो, “किन तिमी मलाई असल भन्दछौ ? परमेश्‍वरबाहेक कोही पनि असल छैन ।
MAR 10:19 तिमी यी आज्ञाहरू जान्दछौः हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू, ठगी नगर्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू ।”
MAR 10:20 त्यो मानिसले भन्यो, “गुरुज्यू, ती सबै त मैले बाल्यकालदेखि नै पालन गरेको छु ।”
MAR 10:21 येशूले त्यसलाई हेर्नुभयो र प्रेम गर्नुभयो । उहाँले त्यसलाई भन्‍नुभयो, “तिमीमा एउटा कुराको कमी छ । तिमीले आफूसँग भएका सबै थोक बेच्‍नुपर्छ र ती गरिबहरूलाई दिनुपर्छ, अनि स्वर्गमा तिम्रो धन हुनेछ । त्यसपछि आऊ र मेरो पछि लाग ।”
MAR 10:22 तर यो भनाइको कारण त्यो निरुत्साहित भयो; त्यो धेरै दुःखित भएर त्यहाँबाट गयो, किनभने त्यससँग धेरै धन सम्पत्ति थियो ।
MAR 10:23 येशूले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न अति कठिन छ !”
MAR 10:24 चेलाहरू उहाँका वचनहरूमा छक्‍क परे । तर येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “बालकहरू हो, परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नु अति गाह्रो छ !”
MAR 10:25 धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ ।”
MAR 10:26 तिनीहरू अति चकित भए र एक-आपसमा भन्‍न लागे, “त्यसो हो भने, कसले उद्धार पाउन सक्छ त ?”
MAR 10:27 येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “मानिसहरूका लागि यो असम्भव हुन्छ, तर परमेश्‍वरको लागि होइन । परमेश्‍वरको निम्ति सबै कुरा सम्भव छ ।”
MAR 10:28 पत्रुसले उहाँसँग कुरा गर्न थाले, “हेर्नुस्, हामीले सबै थोक त्यागेर तपाईंलाई पछ्याएका छौँ ।”
MAR 10:29 येशूले भन्‍नुभयो, “साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइहरू वा दिदी बहिनीहरू वा आमा वा बुबा वा छोरा-छोरीहरू वा जग्गा जमिन त्याग्छ,
MAR 10:30 त्यसले यही संसारमा अहिले नै सतावटको साथै यसको सय गुणा घरहरू, दाजुभाइहरू, दिदी बहिनीहरू, आमाहरू, छोराछोरीहरू र आउने संसारमा अनन्त जीवन पाउनेछ ।
MAR 10:31 तर धरै जना जो पहिला हुनेहरू पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरू पहिला हुनेछन् ।”
MAR 10:32 उहाँहरू यरूशलेम जाने बाटोमा जाँदै हुनुहुन्थ्यो, र येशू तिनीहरूका अगि-अगि जाँदै हुनुहुन्थ्यो । चेलाहरू छक्‍क परिरहेका थिए र तिनीहरूलाई पछ्यानेहरूचाहिँ डराएका थिए । अनि येशूले फेरि ती बाह्र जनालाई अलग्गै लानुभयो र आब चाँडै उहाँलाई के हुने थियो, सो बताउन थाल्नुभयो ।
MAR 10:33 “हेर, हामी यरूशलेमतिर जाँदै छौँ, र मानिसका पुत्रलाई त्यहाँ मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछ । तिनीहरूले उसलाई मृत्यदण्डको दोष लगाउनेछन् र गैरयहूदीहरूकहाँ सुम्पिदिनेछन् ।
MAR 10:34 तिनीहरूले उसको गिल्ला गर्नेछन्, र थुक्‍नेछन् र कोर्रा लगाउनेछन् र मृत्युमा पुर्‍याउनेछन् । तर तिन दिनपछि ऊ जीवित भई उठ्नेछ ।”
MAR 10:35 जब्दियाका छोराहरू याकूब र यूहन्‍ना उहाँकहाँ आए र उहाँलाई भने, “गुरुज्यू, हामीले तपाईंसँग जे माग्‍छौँ सो हाम्रो निम्ति गरिदिनुहोस् भन्‍ने हामी चाहन्छौँ ।”
MAR 10:36 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका लागि के गरेको तिमीहरू चाहन्छौ ?”
MAR 10:37 तिनीहरूले भने, “तपाईंको महिमामा हामीमध्ये एउटालाई तपाईंको दायाँपट्टि र अर्कोलाई बायाँपट्टि बस्‍न दिनुहोस् ।”
MAR 10:38 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरू जान्दैनौ । के तिमीहरू मैले पिउन लागेको कचौरा पिउन सक्छौ वा मैले लिने बप्‍तिस्मा तिमीहरू सहन सक्छौ ?”
MAR 10:39 तिनीहरूले उहाँलाई भने, “हामी सक्छौँ ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले पिउने कचौरा तिमीहरूले पिउनेछौ । र मैले लिने बप्‍तिस्मा तिमीहरूले पनि लिनेछौ ।
MAR 10:40 तर मेरो दाहिनेपट्टि वा देब्रेपट्टि बस्‍नुचाहिँ मैले दिने कुरा होइन, तर यो जसको निम्ति तयार पारिएको छ, तिनीहरूका निम्ति नै हो ।”
MAR 10:41 जब अरू दस जना चेलाले यसबारे सुने, तिनीहरू याकूब र यूहन्‍नासँग निकै रिसाउन थाले ।
MAR 10:42 येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “गैरयहूदीहरूका शासकहरू मानिनेहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्छन् भन्‍ने तिमीहरू जान्दछौ ।
MAR 10:43 तर तिमीहरूका माझमा यस्तो हुनेछैन । तिमीहरूका माझमा जो महान् हुने इच्छा गर्छ, त्यो तिमीहरूका सेवक हुनुपर्छ ।
MAR 10:44 र तिमीहरूमध्ये जो पहिलो हुने इच्छा गर्छ, त्यो सबैको दास हुनुपर्छ ।
MAR 10:45 किनभने मानिसका पुत्र सेवा पाउन होइन, तर सेवा गर्नका निम्ति र धेरैको छुटकाराको मोलको रूपमा आफ्नो जीवन दिन आयो ।
MAR 10:46 उहाँहरू यरीहोमा आउनुभयो । र उहाँ आफ्ना चेलाहरू र ठुलो भिडसँगै यरीहोबाट जानुहुँदा तिमैको छोरा बारतिमै दृष्‍टिविहीन भिखारी बाटोमा बसेको थियो ।
MAR 10:47 जब त्यसले येशू नासरी भन्‍ने सुने, त्यो कराउन थाल्यो र भन्यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् !”
MAR 10:48 धेरैले चुप लाग भनी त्यो दृष्‍टिविहीन मानिसलाई हप्काए । तर त्यो झन् ठुलो स्वरले करायो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”
MAR 10:49 येशू रोकिनुभयो र त्यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो । तिनीहरूले यसो भनेर त्यसलाई बोलाए, “साहस गर ! खडा होऊ ! उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ ।”
MAR 10:50 त्यसले आफ्नो खास्टो एकातिर फाल्यो, र उफ्रेर येशूकहाँ आयो ।
MAR 10:51 येशूले त्यसलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ ?” त्यो दृष्‍टिविहीन मानिसले भन्यो, “रब्बी, म मेरो दृष्‍टि प्राप्‍त गर्न चाहन्छु ।”
MAR 10:52 येशूले त्यसलाई भन्‍नुभयो, “जाऊ ! तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” त्यो तुरुन्तै फेरि देख्‍न सक्यो र त्यो उहाँको पछिपछि गयो ।
MAR 11:1 जब उहाँहरू यरूशलेम आउनुभयो उहाँहरू बेथफागे र बेथानीको नजिक जैतून डाँडामा आइपुग्‍नुभयो । येशूले उहाँका दुई जना चेलालाई पठाउनुभयो ।
MAR 11:2 र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू हाम्रो सामुन्‍नेको गाउँमा जाओ । तिमीहरू पस्‍ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।
MAR 11:3 कसैले तिमीहरूलाई ‘तिमीहरूले किन यसो गरिरहेका छौ ?’ भनेर सोध्यो भने, तिमीहरूले भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ, र उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ’ ।”
MAR 11:4 तिनीहरू गए र खुल्ला गल्लीमा ढोका बाहिर बाँधिएको एउटा बछेडो भेटे र तिनीहरूले यसलाई फुकाए ।
MAR 11:5 त्यहाँ केही मानिसहरू उभिरहेका थिए जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यो बछेडोलाई फुकाएर के गर्न लागिरहेका छौ ?”
MAR 11:6 तिनीहरूले उनीहरूलाई येशूले तिनीहरूलाई भन्‍नुभएझैँ भने, अनि मानिसहरूले तिनीहरूलाई जान दिए ।
MAR 11:7 दुई जना चेलाले बछेडोलाई ल्याए र येशू त्यसमाथि चढेर जान सक्‍नुभएको होस् भनी तिनीहरूले आफ्ना कपडा त्यसमाथि राखे ।
MAR 11:8 धेरै मानिसले तिनीहरूका कपडा बाटोभरि ओछ्याए र अरूहरूले खेतबाट काटेर ल्याएका रुखका हाँगाहरू बिछ्याए ।
MAR 11:9 उहाँको अगिअगि जाने र उहाँका पछिपछि आउनेहरूले यसरी ठुलो सोरमा कराए, “होसन्‍ना ! परमप्रभुको नाउँमा आउने धन्यका होऊन् ।
MAR 11:10 हाम्रा पिता दाऊदको आउने राज्य धन्यको होस् ! सर्वोच्‍चमा होसन्‍ना !”
MAR 11:11 त्यसपछि येशू यरूशलेम प्रवेश गर्नुभयो र मन्दिरभित्र जानुभयो अनि वरिपरि सबैतिर हेर्नुभयो । अहिले, अबेर भइरहेको थियो । उहाँ बाह्र चेलासँग बेथानियातिर जानुभयो ।
MAR 11:12 अर्को दिन, जब उहाँहरू बेथानियाबाट फर्कनुभयो, उहाँ भोकाउनुभयो ।
MAR 11:13 उहाँले पातसहितको अञ्‍जीरको बोट टाढैबाट देख्‍नुभयो । यसमा कुनै कुरा पाइन्थ्यो कि भनी उहाँ हेर्न जानुभयो । जब उहाँ त्यहाँ आउनुभयो उहाँले पातबाहेक केही पनि पाउनुभएन, किनभने यो अञ्‍जीर फल्ने समय थिएन ।
MAR 11:14 उहाँले त्यसलाई भन्‍नुभयो, “तेरो फल फेरि कसैले कहिल्यै पनि खानेछैन ।” उहाँका चेलाहरूले यो सुने ।
MAR 11:15 उहाँहरू यरूशलेम आउनुभयो र उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो अनि उहाँले त्यहाँका किन्‍ने र बेच्‍नेहरूलाई बाहिर खेद्‍न थाल्‍नुभयो । उहाँले पैसा साट्नेहरूका टेबल र परेवा बेच्‍नेहरूको बस्‍ने मेचलाई पल्टाइदिनुभयो ।
MAR 11:16 उहाँले कसैलाई पनि मन्दिर भएर बेच्‍न सकिने कुनै पनि थोक बोकेर लान दिनुभएन ।
MAR 11:17 उहाँले तिनीहरूलाई सिकाउनुभयो र भन्‍नुभयो, “के यस्तो लेखिएको छैन, ‘मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर हुनेछ ?’ तर तिमीहरूले यसलाई डाँकुहरूको ओढार बनाएका छौ ।”
MAR 11:18 उहाँले भन्‍नुभएको कुरा मुख्य पुजारीहरू र शास्‍त्रीहरूले सुने र उहाँलाई मार्ने उपाय खोजे । उहाँको शिक्षामा सम्पूर्ण भिड नै छक्‍क परेका हुनाले तिनीहरू डराए ।
MAR 11:19 जब साँझ पर्‍यो, उहाँहरू सहर छोडेर जानुभयो ।
MAR 11:20 जब उहाँहरू बिहान त्यही बाटो भएर जानुभयो, तिनीहरूले अञ्‍जीरको रुख जरैदेखि सुकेको देखे ।
MAR 11:21 पत्रुसले सम्झे र भने, “गुरुज्यू, हेर्नुहोस् त ! तपाईंले सराप दिनुभएको अञ्‍जीरको रुख त सुकेछ ।”
MAR 11:22 “परमेश्‍वरमा विश्‍वास गर” भनेर येशूले उत्तर दिनुभयो ।
MAR 11:23 साँचो साँचो म भन्दछु, जसले यो पहाडलाई, ‘उठ् र समुद्रमा झर्’ भन्‍छ, अनि त्यसले आफ्नो हृदयमा कुनै शङ्का गर्दैन, तर त्यसले मागेको कुरा हुन्छ भनी विश्‍वास गर्छ, परमेश्‍वरले त्यही नै गर्नुहुनेछ ।
MAR 11:24 त्यसकारण म तिमीहरूलाई भन्दछुः तिमीहरूले जुन कुराको निम्ति प्रार्थना गर्छौ र माग्छौ, यो तिमीहरूले पाएका छौ र तिमीहरूको हुनेछ भनी विश्‍वास गर ।
MAR 11:25 जब तिमी खडा हुन्छौ र प्रार्थना गर्छौ, तिमीहरूसँग कसैको विरुद्धमा कुनै कुरा छ भने तिमीहरूले क्षमा दिनुपर्छ, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले तिमीहरूका अपराधहरू क्षमा गरिदिऊन् ।”
MAR 11:26 [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूले यो पदलाई समावेश गरेका छैनन् (मत्ती ६:१५ हेर्नुहोस्) मर्कूस ११:२६] तर यदि तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन ।
MAR 11:27 उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जब येशू मन्दिरमा घुमिरहनुभएको थियो, मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए ।
MAR 11:28 तिनीहरूले उहाँलाई भने, “कसको अधिकारले तिमीले यी कुराहरू गर्छौ ? र ती गर्न तिमीलाई कसले अधिकार दियो ?”
MAR 11:29 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु । मलाई भन र मैले यी सबै कुन अधिकारले गर्छु भनी सो बताउनेछु ।
MAR 11:30 यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाट भएको हो कि मानिसहरूबाट भएको हो ? मलाई जवाफ देओ ।”
MAR 11:31 तिनीहरू एक-आपसमा छलफल र बहस गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने उहाँले भन्‍नुहुनेछ, ‘त्यसो भए, किन उनलाई विश्‍वास गर्दैनौ ?’
MAR 11:32 तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, तिनीहरू मानिसहरूसित डराउँथे, किनभने उनीहरूले यूहन्‍ना अगमवक्‍ता हुन् भनी मान्थे ।
MAR 11:33 त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए र भने, “हामीलाई थाहा छैन ।” त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “न त मैले यी कुराहरू कसको अधिकारले गर्छु भनी तिमीहरूलाई बताउनेछु ।”
MAR 12:1 त्यसपछि येशूले तिनीहरूलाई दृष्‍टान्तमा सिकाउन थाल्नुभयो । उहाँले भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । उनले त्यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्यसपछि उनी यात्रामा लागे ।
MAR 12:2 ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए ।
MAR 12:3 तर तिनीहरूले त्यसलाई समातेर पिटे र केही पनि नदिईकन पठाइदिए ।
MAR 12:4 फेरि उनले अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि टाउकोमा चोट पुर्‍याए र लज्‍जास्पद रूपमा व्यवहार गरे ।
MAR 12:5 अझै पनि उनले अर्कोलाई पठाए र त्यसलाई तिनीहरूले मारे । तिनीहरूले अरू धेरैलाई पनि त्यस्तै व्‍यवहार गरे, कसैलाई कुटे र अरूलाई मारे ।
MAR 12:6 उनीसँग पठाउन अझै पनि एक जना व्यक्‍ति अर्थात् प्यारो छोरा थिए । उनले तिनीहरूकहाँ पठाउन त्यो नै अन्तिम व्यक्‍ति थियो । उनले भने, “तिनीहरूले मेरो छोरालाई आदर गर्नेछन् ।”
MAR 12:7 तर मोहीहरूले एक-आपसमा भने, “यो त उत्तराधिकारी हो । आओ, यसलाई मारौँ र सम्पत्ति हाम्रो हुनेछ ।”
MAR 12:8 तिनीहरूले उसलाई पक्रे; उसलाई मारे र उसलाई दाखबारी बाहिर फालिदिए ।
MAR 12:9 यसकारण, दाखबारीको मालिकले के गर्नेछ ? उनी आउनेछन् र ती दाख उमार्नेहरूलाई नाश गर्नेछन् र दाखबारी अरूहरूलाई दिनेछन् ।
MAR 12:10 के तिमीहरूले यो धर्मशास्‍त्र पढेका छैनौ ? ‘जुन ढुङ्गालाई निर्माणकर्ताहरूले अस्वीकार गरे, त्यही नै कुने-ढुङ्गो भएको छ ।’
MAR 12:11 त्यो परमप्रभुबाट थियो र यो हाम्रो दृष्‍टिमा आश्‍चर्यजनक छ ।”
MAR 12:12 तिनीहरूले येशूलाई पक्रन खोजे, तर तिनीहरू भिडसित डराए, किनभने उहाँले यो दृष्‍टान्त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने । त्यसैले, तिनीहरूले उहाँलाई छाडे र गए ।
MAR 12:13 अनि तिनीहरूले उहाँलाई उहाँकै वचनहरूमा फसाउन हेरोदियासहरू र केही फरिसीहरू पठाए ।
MAR 12:14 तिनीहरू आए र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौँ, कि तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्‍न, र तपाईंले मानिसहरूबिच कुनै भेदभाव गर्नुहुन्‍न । तपाईंले साँच्‍चै परमेश्‍वरको मार्ग सिकाउनुहुन्छ । कैसरलाई कर तिर्नु उचित हो वा होइन ? हामी कर तिरौँ कि नतिरौँ ?”
MAR 12:15 तर येशूले तिनीहरूको कपटलाई जान्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मलाई किन जाँच्छौ ? मलाई एउटा सिक्‍का ल्याओ ताकि मैले हेर्न सकौँ ।”
MAR 12:16 तिनीहरूले एउटा सिक्‍का येशूकहाँ ल्याए । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो कसको स्वरूप र छाप हो ?” तिनीहरूले भने, “कैसरको हो ।”
MAR 12:17 येशूले भन्‍नुभयो, “कैसरका चिजहरू कैसरलाई नै देओ र परमेश्‍वरका चिजहरू परमेश्‍वरलाई नै ।” तिनीहरू चकित भए ।
MAR 12:18 त्यसपछि पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ आए । तिनीहरूले उहाँलाई यसो भनेर सोधे,
MAR 12:19 “गुरुज्यू, मोशाले हाम्रो लागि लेखे, ‘यदि कुनै मानिसको दाजु कुनै बालबच्‍चा नभईकन मर्छ भने, त्यो मानिसले आफ्‍नो दाजुकी पत्‍नीलाई विवाह गरेर आफ्नो दाजुको लागि बच्‍चा जन्माउनुपर्छ ।’
MAR 12:20 त्यहाँ सात जना दाजुभाइ थिए, पहिलोले आफ्नी पत्‍नी ल्याए र बच्‍चा नभई मरे ।
MAR 12:21 दोस्रोले दाजुकी पत्‍नी लगे र कुनै बालबच्‍चा नभई तिनी मरे । अनि तेस्रोलाई पनि त्यस्तै भयो ।
MAR 12:22 अनि सातै जना कुनैको पनि बालबच्‍चा भएन । अन्तमा ती स्‍त्री पनि मरिन् ।
MAR 12:23 पुनरुत्थानमा जब तिनीहरू फेरि जीवित भई उठ्नेछन्, तिनी कसकी पत्‍नी हुनेछिन् ? किनभने ती सातै दाजुभाइले तिनलाई पत्‍नीको रूपमा लिए ।
MAR 12:24 येशूले भन्‍नुभयो, “तिमीहरूले न त धर्मशास्‍त्र न परमेश्‍वरको शक्‍तिको बारेमा जानेका हुनाले नै के तिमीहरूले गल्ती गरेका होइनौ र ?
MAR 12:25 किनभने जब तिनीहरू मृत्युबाट जीवित भई उठ्नेछन्, तिनीहरूले न विवाह गर्छन् न त विवाह गर्न नै दिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुनेछन् ।
MAR 12:26 तर जीवित भई उठ्ने मृतकहरूको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा झाडीको विवरणमा परमेश्‍वर उनीसँग कसरी बोल्नुभयो र, ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ’ भन्‍नुभयो भन्‍ने पढेका छैनौ ?”
MAR 12:27 उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ । तिमीहरू गलत छौ ।”
MAR 12:28 शास्‍त्रीहरूमध्येका एक जना आए र तिनीहरूका छलफल सुने । येशूले तिनीहरूलाई राम्रो जवाफ दिनुभएको तिनले देखे । तिनले उहाँलाई सोधे, “सबैभन्दा महत्त्‍वपूर्ण आज्ञा कुन हो ?”
MAR 12:29 येशूले जवाफ दिनुभयो, “सबैभन्दा महत्त्‍वपूर्णचाहिँ यो हो, ‘सुन, हे इस्राएल, परमप्रभु हाम्रा परमेश्‍वर, परमप्रभु एक मात्र हुनुहुन्छ ।
MAR 12:30 तिमीले आफ्ना परमप्रभु परमेश्‍वरलाई आफ्ना सारा हृदय, सारा प्राण, सारा मन र सारा शक्‍तिले प्रेम गर्नुपर्दछ ।’
MAR 12:31 दोस्रो आज्ञा यो हो, ‘आफ्नो छिमेकीलाई आफुलाई जस्तै प्रेम गर्नुपर्छ ।’ योभन्दा अरू कुनै ठुलो आज्ञा छैन ।”
MAR 12:32 शास्‍त्रीले भने, “हे असल गुरुज्यू ! परमेश्‍वर एक मात्र हुनुहुन्छ र उहाँबाहेक अरू कोही पनि छैन भनी तपाईंले साँचो भन्‍नुभएको छ ।
MAR 12:33 उहाँलाई सारा हृदय, सारा समझ र सारा शक्‍तिले प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू होमबलि र बलिदानहरूभन्दा पनि महान् हो ।”
MAR 12:34 जब तिनले बुद्धिमत्तापूर्वक जवाफ दिएको येशूले देख्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमी परमेश्‍वरको राज्यबाट टाढा छैनौ ।” त्यसपछि कसैले पनि येशूलाई अरू प्रश्‍न गर्ने आँट गरेन ।
MAR 12:35 येशूले मन्दिरमा सिकाउँदै गर्नुहुँदा उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, “शास्‍त्रीहरूले ख्रीष्‍टलाई कसरी दाऊदका पुत्र भन्छन् ?
MAR 12:36 दाऊद आफैँले पवित्र आत्माद्वारा यसो भने, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, मेरो दाहिने हातमा बस, जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टामुनि ल्याउँदिनँ ।’
MAR 12:37 दाऊद आफैँले उहाँलाई ‘प्रभु’ भन्छन् भने मसीह कसरी दाऊदका पुत्र हुन सक्छन् त ?” ठुलो भिडले उहाँको कुरा खुसीसाथ सुन्यो ।
MAR 12:38 येशूले उहाँको शिक्षामा भन्‍नुभयो, “शास्‍त्रीहरूदेखि होसियार बस, जसले लामो वस्‍त्र लगाएर हिँड्न र बजारमा अभिवादन गरेको,
MAR 12:39 अनि सभाघरमा भोजमा प्रमुख आसनहरू र भोजहरूमा प्रमुख स्थानहरू रुचाउँछन् ।
MAR 12:40 तिनीहरूले विधवाहरूको घर खान्छन् र मानिसहरूले देखून् भनी लामो प्रार्थना गर्छन् । यी मानिसहरूले अझ ठुलो दण्ड पाउनेछन् ।”
MAR 12:41 त्यसपछि येशू मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्‍ने बस्‍नुभयो । मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो । धेरै धनी मानिसले ठुलो रकम हाले ।
MAR 12:42 त्यसपछि त्यहाँ एक जना गरिब विधवा आइन् र दुई सिक्‍का हालिन् ।
MAR 12:43 उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यी गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छन् ।
MAR 12:44 किनभने सबैले आ-आफ्ना प्रशस्‍तताबाट दिए । तर यी विधवाले आफ्नो गरिबीबाट तिनी जिउनुपर्ने सबै पैसा हालिन् ।”
MAR 13:1 जसै येशू मन्दिरबाट जाँदै हुनुहुन्थ्यो, उहाँका चेलाहरूमध्ये एक जनाले भन्यो, “गुरुज्यू, हेर्नुहोस् त कति राम्रा ढुङ्गाहरू र भवनहरू !”
MAR 13:2 उहाँले तिनलाई भन्‍नुभयो, “के तिमी यी भव्य भवनहरू देख्छौ ? यिनीहरू नभत्काइएर एउटामाथि अर्को ढुङ्गा रहने एउटा पनि हुनेछैन ।”
MAR 13:3 जब उहाँ मन्दिरको सामुन्‍ने पर्ने जैतूनको डाँडामा बस्‍नुभयो, पत्रुस, याकूब, यूहन्‍ना र अन्द्रियासले उहाँलाई गुप्‍तमा सोधे,
MAR 13:4 “हामीलाई भन्‍नुहोस्, कि यी कुराहरू कहिले हुनेछन् ? यी सबै कुरा हुन लाग्‍दा कस्ता-कस्ता चिन्हहरू हुनेछन् ?”
MAR 13:5 येशूले तिनीहरूलाई भन्‍न सुरु गर्नुभयो, “होसियार रहो, कसैले पनि तिमीहरूलाई नबहकाओस् ।”
MAR 13:6 मेरो नाउँमा धेरै जना आउनेछन् र भन्‍नेछन् ‘म उही हुँ’ र तिनीहरूले धेरैलाई भड्काउनेछन् ।
MAR 13:7 जब तिमीहरूले युद्ध र युद्धको हल्ला सुन्‍नेछौ, चिन्ता नगर; यी कुराहरू हुनैपर्छ, तर अन्त्य अझै आइसकेको हुँदैन ।
MAR 13:8 किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । धेरै ठाउँमा भूकम्प र अनिकालहरू हुनेछन् । यी प्रसव-वेदनाको सुरुवात हुन् ।
MAR 13:9 आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई परिषद्‌हरूको हातमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । मेरा साक्षीको रूपमा तिमीहरू शासक र राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ ।
MAR 13:10 तर सबै जातिलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ ।
MAR 13:11 जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनभने त्यो समय तिमीहरूले के बोल्नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; त्यस बेला बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ ।
MAR 13:12 दाजुले भाइलाई र बुबाले आफ्नो छोरोलाई मृत्यको लागि सुम्पिनेछन् । छोराछोरीहरू आफ्ना बुबा-आमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्‍याउनेछन् ।
MAR 13:13 मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ । तर जो अन्त्यसम्म रहनेछ, त्यो मानिस बचाइनेछ ।
MAR 13:14 जब तिमीहरूले विनाशकारी घृणित थोक खडा नहुनुपर्ने ठाउँमा खडा भइरहेको देख्छौ (पाठकले बुझोस्), यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् ।
MAR 13:15 घरको छतमा हुनेहरू तल नओर्लून् वा उसले घरभित्रबाट केही पनि ननिकालोस्,
MAR 13:16 र खेतमा हुनेहरू आफ्नो खास्टो लिन नआऊन् ।
MAR 13:17 तर हाय, ती दिनमा बालक भएकाहरू र दूध खुवाउने आमाहरू !
MAR 13:18 यो हिउँदमा नपरोस् भनी प्रार्थना गर ।
MAR 13:19 किनकि त्यस बेला ठुलो महासङ्कष्‍ट हुनेछ । यस्तो त परमेश्‍वरले संसार सृष्‍टि गर्नुभएको दिनको सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ ।
MAR 13:20 परमप्रभुले ती दिनलाई नघटाउनुभएको भए, कुनै पनि प्राणी बाँच्‍ने थिएन, तर चुनिएकाहरूका खातिर, जसलाई उहाँले छान्‍नुभएको छ, उहाँले दिनहरूको सङ्ख्या घटाई दिनुभयो ।
MAR 13:21 यदि कसैले तिमीहरूलाई, हेर ख्रीष्‍ट यहाँ हुनुहुन्छ ! वा हेर उहाँ त्यहाँ हुनुहुन्छ भन्यो भने विश्‍वास नगर ।
MAR 13:22 किनकि झुटा ख्रीष्‍ट र अगमवक्‍ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएकाहरूलाई पनि तिनीहरूले धोखा दिन चिन्ह र आश्‍चर्यकर्महरू गर्नेछन् ।
MAR 13:23 सचेत रहो ! मैले तिमीहरूलाई समय आउनुअगि नै यी सबै कुरा बताइदिएको छु ।
MAR 13:24 तर ती दिनको महासङ्कष्‍टपछि सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन;
MAR 13:25 ताराहरू आकाशबाट खस्‍नेछन्, र स्वर्गमा भएका शक्‍तिहरू हल्लिनेछन् ।
MAR 13:26 त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई बादलमा महान् शक्‍ति र महिमामा आउँदै गरेको देख्‍नेछन् ।
MAR 13:27 तब उसले आफ्ना स्वर्गदूहरूलाई पठाउनेछन् र उसले चारै दिशाबाट, पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउबाट आफ्ना चुनिएकाहरूलाई जम्मा गर्नेछ ।
MAR 13:28 अञ्‍जीरको रुखबाट पाठ सिक । जब हाँगाहरूमा मुना पलाउँछ र पातहरू लाग्छन्, तिमीहरू ग्रीष्म नजिकै छ भनी जान्दछौ ।
MAR 13:29 त्यसै गरी, जब तिमीहरूले यी सबै कुराह घटिरहेको देख्छौ, उहाँ नजिकै हुनुहुन्छ, ढोकाकै नजिक हुनुहुन्छ भनी तिमीहरूले जान ।
MAR 13:30 साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्‍म यो पुस्ता बितेर जानेछैन ।
MAR 13:31 स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन कहिल्यै बितेर जानेछैन ।
MAR 13:32 तर त्यस दिन र घडीको विषयमा पितालाई बाहेक कसैलाई पनि थाहा छैन, न स्वर्गदूतहरूलाई, न त पुत्रलाई ।
MAR 13:33 सचेत रहो ! होसियार होओ, किनभने यो कुन समयमा हुन्छ भनी तिमीहरू जान्दैनौ । (टिपोटः केही प्राचीन प्रामाणिक लेखहरूले यसलाई यसरी उल्लेख गर्छन्‌: होसियार रहो, जागा रहो र प्रार्थना गर किनकि ...)
MAR 13:34 यो यात्रामा गएका एक जना मानिसजस्तो होः उसले आफ्नो घर छोड्छ र उसका नोकरहरू हरेकलाई आ-आफ्‍नो कामसहित उसको घरको जिम्मा दिन्छ । अनि उसले पहरेदारलाई जागा रहन आज्ञा दिन्छ ।
MAR 13:35 त्यसकारण, जागा रहो ! किनकि घरको मालिक साँझ वा मध्यरात वा भाले बास्दा वा बिहान कुन समयमा आउँछन् भनी तिमीहरू जान्दैनौ ।
MAR 13:36 यदि उनी अचानक आइपुगे भने, उनले तिनीहरूलाई सुतिरहेको नभेट्टाऊन् ।
MAR 13:37 जे म तिमीहरूलाई भन्छु, त्यो म सबैलाई भन्छु, जागा रहो !”
MAR 14:1 यो निस्तार र अखमरी रोटीको चाडभन्दा दुई दिनअगि थियो । मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई कसरी गुप्‍त रूपमा गिरफ्‍तार गर्ने र मार्ने भनी विचार गरिरहेका थिए ।
MAR 14:2 किनकि तिनीहरूले भनिरहेका थिए, “चाडको समयमा होइन, ताकि मानिसहरूमाझ दङ्गा उत्पन्‍न नहोस् ।”
MAR 14:3 जब येशू बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो, उहाँ टेबुलमा अडेस लागेर बसिरहनुहुँदा एक जना स्‍त्री अति मूल्यवान् तरल पदार्थ सिङ्गमरमरको शिशीमा लिएर येशूकहाँ आइन्, जुन शुद्ध जटामसी थियो । तिनले त्यो शिशीलाई फुटाइन् र उहाँको टाउकोमा खन्याइन्
MAR 14:4 तर त्यहाँका कोही-कोही रिसाए । तिनीहरूले आपसमा कुरा गरे र भने, “के कारणको लागि यो खेर फालिँदै छ ?
MAR 14:5 यो अत्तरलाई तिन सय चाँदीका सिक्‍काभन्दा बढीमा बेच्‍न सकिन्थ्यो र गरिबहरूलाई दिन सकिन्थ्यो ।” र तिनीहरूले तिनलाई गाली गर्दै थिए ।
MAR 14:6 तर येशूले भन्‍नुभयो, “तिनलाई छोडिदेओ । तिमीहरूले तिनलाई किन दुःख दिइरहेका छौ ? तिनले मेरो निम्ति सुन्दर काम गरेकी छन् ।
MAR 14:7 गरिबहरू तिमीहरूसँग सधैँ हुन्छन्, र तिमीहरू जहिले चाहन्छौ तिनीहरूको निम्ति गर्न सक्छौ, तर म त तिमीहरूसित सधैँ हुनेछैन ।
MAR 14:8 तिनले जे गर्न सक्थिन् त्‍यही गरिन्ः तिनले मेरो शरीरलाई दफनको निम्ति अभिषेल गरेकी छन् ।
MAR 14:9 साँच्‍चै, म तिमीहरूलाई भन्दछु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ यी स्‍त्रीले गरेकी काम तिनको सम्झनामा बताइनेछ ।
MAR 14:10 अनि बाह्रमध्येका एक जना यहूदा इस्करियोत मुख्य पुजारीहरूकहाँ गयो, ताकि त्यसले उहाँलाई तिनीहरूका हातमा सुम्पन सकोस् ।
MAR 14:11 जब मुख्य पुजारीहरूले यो सुने, तिनीहरू खुसी भए र त्यसलाई पैसा दिने वाचा गरे । उसले येशूलाई तिनीहरूका हातमा सुम्पनलाई अवसर हेर्न थाल्यो ।
MAR 14:12 अखमिरी रोटीको पहिलो दिन उनीहरूले निस्तारको थुमा चढाउने बेला उहाँका चेलाहरूले उहाँलाई भने, “हामी कहाँ गएर तयारी गरेको तपाईं चाहनुहुन्छ, ताकि तपाईंले निस्तारको खाना खान सक्‍नुभएको होस् ?”
MAR 14:13 उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई पठाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “सहरमा जाओ र एक जना पानीको गाग्रो बोक्‍ने मानिसले तिमीहरूलाई भेट्नेछ र उसलाई पछ्याओ ।
MAR 14:14 जुन घरभित्र ऊ पस्छ, उसलाई पछ्याओ र त्यस घरको मालिकलाई भन, “गुरुज्यू भन्‍नुहुन्छ, मेरो पाहुना कोठा कहाँ छ जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खानेछु ?”
MAR 14:15 उनले तिमीहरूलाई एउटा तयार भएको ठुलो माथिल्लो तलाको कोठा देखाउनेछन् । त्यहाँ नै हाम्रो निम्ति तयारी गर्नू ।”
MAR 14:16 चेलाहरू निस्के र सहरतिर लागे । तिनीहरूले उहाँले तिनीहरूलाई भन्‍नुभएजस्तै पाए र तिनीहरूले निस्तार-चाडको तयारी गरे ।
MAR 14:17 जब साँझ पर्‍यो, उहाँ आफ्ना बाह्र जना चेलासँग आउनुभयो ।
MAR 14:18 जब उहाँहरू टेबुलमा अडेस लागेर खाँदै हुनुहुन्थ्यो, येशूले भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, मसँग खाइरहेकाहरूमध्ये एक जनाले मलाई धोखा दिनेछ ।”
MAR 14:19 उनीहरू सबै एकदमै निराश भए, र तिनीहरू एक-एक जनाले उहाँलाई भने, “के म त होइन ?”
MAR 14:20 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “यी बाह्र जनामध्येका एक हुन्, जसले मसँग अहिले कचौरामा रोटी चोपिरहेको छ ।
MAR 14:21 मानिसका पुत्र धर्मशास्‍त्रमा उसको बारेमा लेखिएबमोजिम जानेछ । तर धिक्‍कार ! जसद्वारा मानिसका पुत्रलाई धोखा दिइनेछ । त्यसको निम्ति त्यो त नजन्मेको भए नै असल हुने थियो ।”
MAR 14:22 तिनीहरूले खाँदै गर्दा येशूले रोटी लिनुभयो; आशिष्‌‌ दिनुभयो, र भाँच्‍नुभयो । उहाँले यो तिनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “यो लेओ । यो मेरो शरीर हो ।”
MAR 14:23 उहाँले कचौरा लिनुभयो; धन्यवाद दिनुभयो; तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए ।
MAR 14:24 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो करारको मेरो रगत हो । यो रगत धेरैका निम्ति बगाइएको छ ।”
MAR 14:25 साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यो दाखको फलबाट तबसम्म पिउनेछैनँ जबसम्म मैले परमेश्‍वरको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ ।
MAR 14:26 जब उहाँहरूले एउटा भजन गाउनुभयो, उहाँहरू जैतून डाँडामा जानुभयो ।
MAR 14:27 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबै मेरो कारणले पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई हिर्काउनेछु र भेडाहरू छरपष्‍ट हुनेछन् ।’ [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा “मेरो कारणले” भन्‍ने पदावली छैन ।]
MAR 14:28 तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।”
MAR 14:29 पत्रुसले उहाँलाई भने, “सबै जना पछि हटे पनि म पछि हट्नेछैनँ ।”
MAR 14:30 येशूले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्दछु, कि यस रात भाले दुई पल्ट बास्‍नुअगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।”
MAR 14:31 तर पत्रुसले भने, “यदि म तपाईंसँगै मर्नुपर्छ भने पनि म तपाईंलाई इन्‍कार गर्नेछैनँ ।” तिनीहरू सबैले उही प्रतिज्ञा गरे ।
MAR 14:32 उहाँहरू गेतसमनी भन्‍ने ठाउँमा आइपुग्‍नुभयो र येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मैले प्रार्थना गर्दा यहाँ बस ।”
MAR 14:33 उहाँले पत्रुस, याकूब र यूहन्‍नालाई आफूसँग लानुभयो, र उहाँ दुःखित र अति व्याकुल हुनुभयो ।
MAR 14:34 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण मरेजतिकै गहिरो वेदनामा छ । यहाँ बस र जागा रहो ।”
MAR 14:35 येशू अलि परतिर जानुभयो, भुइँमा लम्पसार पर्नुभयो र प्रार्थना गर्नुभयो, कि यदि यो सम्भव थियो भने यो घडी उहाँबाट हटेर जाओस् ।
MAR 14:36 उहाँले भन्‍नुभयो, “हे अब्बा, पिता तपाईंमा सबै थोक सम्भव छ । यो कचौरा मबाट हटाउनुहोस् । तर मेरो इच्छा होइन, तपाईंको इच्छा पुरा होस् ।”
MAR 14:37 उहाँ फर्केर आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्‍नुभयो, “सिमोन, के तिमी पनि मस्त निद्रामा छौ ? के एक घण्टा पनि जागा रहन सकेनौ ?
MAR 14:38 जागा रहो र परीक्षामा नपरौँ भनी प्रार्थना गर । वास्तवमा आत्मा त तत्पर छ, शरीर कमजोर छ ।”
MAR 14:39 उहाँ फेरि जानुभयो अनि प्रार्थना गर्नुभयो र उहाँले उही वचनहरू प्रयोग गर्नुभयो ।
MAR 14:40 फेरि उहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा लोलाएका थिए र उहाँलाई के भन्‍ने भनी तिनीहरूले जानेनन् ।
MAR 14:41 उहाँ तेस्रो पल्ट आउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका छौ र आराम गरिरहेका छौ ? भयो ! समय आएको छ । हेर ! मानिसका पुत्र पापीहरूको हातमा सुम्पिँदै छ ।
MAR 14:42 उठ र जाऔँ । हेर, मलाई धोखा दिने नजिकै छ ।”
MAR 14:43 उहाँ बोल्दै गर्नुहुँदा बाह्र जनामध्येको यहूदा आइपुग्यो अनि त्योसँग मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरूबाट आएका तरवार र लाठा बोकेको एउटा ठुलो हुल थियो ।
MAR 14:44 अब, उहाँलाई विश्‍वासघात गर्नेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जसलाई मैले चुम्बन गर्छु, ऊ त्‍यही हो । उसलाई समात र सुरक्षा घेरामा लैजाओ ।”
MAR 14:45 जब यहूदा आयो, तुरुन्तै त्यो येशूकहाँ आयो र भन्यो, “रब्बी !” र त्यसले उहाँलाई चुम्बन गर्‍यो ।
MAR 14:46 त्यसपछि तिनीहरूले उहाँमाथि हात हाले र पक्रे ।
MAR 14:47 तर त्यहाँ उभिनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुते र मुख्य पुजारीका नोकरको कान काटिदिए ।
MAR 14:48 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू डाँकुको विरुद्धमा आएझैँ तरवार र भाला लिएर आउँछौ ?
MAR 14:49 जब म तिमीहरूसँग दैनिक हुन्थेँ र मैले मन्दिरमा सिकाइरहेको थिएँ, तिमीहरूले मलाई गिरफ्तार गरेनौ । तर धर्मशास्‍त्र पुरा होस् भनेर यस्तो भयो ।”
MAR 14:50 अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे ।
MAR 14:51 एक जना जवान मानिस उहाँको पछि लाग्यो जसले सूतीको कपडा मात्र लगाएका थिए जसलाई तिनको कम्मरमा बेह्रिएको थियो; तिनीहरूले त्यसलाई पक्रे, तर
MAR 14:52 उसले त्यो सूतीको कपडा त्यहीँ नै छाडे र नाङ्गै भागे ।
MAR 14:53 तिनीहरूले उहाँलाई प्रधान पुजारीकहाँ लगे । त्यहाँ तिनीसँग मुख्य पुजारीहरू, धर्म-गुरुहरू र शास्‍त्रीहरू भेला भएका थिए ।
MAR 14:54 अब पत्रुसले चाहिँ टाढैबाट उहाँलाई प्रधान पुजारीको घरको आँगनसम्म पछ्याए । तिनी पहरेदारहरूसँगै बसे, जसले न्यानो हुन आगो ताप्दै थिए ।
MAR 14:55 अब, मुख्य पुजारीहरू र सबै यहूदी परिषद्‍ले येशूको विरुद्धमा गवाही खोजिरहेका थिए, ताकि तिनीहरूले उहाँलाई मृत्युदण्ड दिन सकून् । तर तिनीहरूले कुनै पनि कुरा भेट्टाएनन् ।
MAR 14:56 किनभने धेरैले उहाँको विरुद्धमा झुटो गवाही ल्याए, तर तिनीहरूका गवाही मिलेन ।
MAR 14:57 कोही खडा भए र उहाँको विरुद्धमा झुटो गवाही ल्याए; तिनीहरूले भने,
MAR 14:58 “यसले यसो भनेको हामीले सुन्यौँ, ‘हातद्वारा बनाइएका यो मन्दिर मैले नष्‍ट गर्नेछु, र तिन दिनमा हातविना नै बनाइएको अर्को मन्दिर मैले बनाउनेछु ।’”
MAR 14:59 तापनि तिनीहरूको गवाही एकै मतको भएन ।
MAR 14:60 प्रधान पुजारी तिनीहरूका बिचमा उभिए र येशूलाई सोधे, “के तिमी कुनै जवाफ दिँदैनौ ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिएका गवाही के हुन् नि ?”
MAR 14:61 तर उहाँ चुपचाप रहनुभयो, र जवाफ दिनुभएन । प्रधान पुजारीले उहाँलाई फेरि प्रश्‍न गरे र भने, “के तिमी धन्यका पुत्र ख्रीष्‍ट हौ ?”
MAR 14:62 येशूले भन्‍नुभयो, “म हुँ । र तिमीहरूले मानिसका पुत्रलाई शक्‍तिको दाहिने हातपट्टि बसेको र आकाशको बादलसँग आएको देख्‍नेछौ ।”
MAR 14:63 प्रधान पुजारीले आफ्नो लुगा च्याते र भने, “के हामीलाई अझै गवाहीको आवश्यक पर्छ र ?
MAR 14:64 तपाईंहरूले ईश्‍वर-निन्दा सुन्‍नुभएकै छ । तपाईंहरूको के निर्णय छ ?” अनि तिनीहरू सबैले मृत्युको योग्य भएकालाई झैँ दोष लगाए ।
MAR 14:65 केहीले उहाँलाई थुक्‍न र उहाँको अनुहार छोप्‍न र हिर्काउन थाले र भने, “भविष्‍यवाणी गर् !” अनि अधिकारीहरूले उहाँलाई लगे र पिटे ।
MAR 14:66 पत्रुस तल आँगनमा हुँदा प्रधान पुजारीका नोकर्नीहरूमध्ये एक जना तिनीकहाँ आई ।
MAR 14:67 त्यो न्यानो हुन आगोको नजिक उभिँदा त्यसले पत्रुसलाई देखी र उनलाई नियालेर हेरी । त्यसले भनी, “तिमी पनि येशू नासरीसँग थियौ ?”
MAR 14:68 तर उनले इन्कार गरे र भने, “तिमीले के भनिरहेका छौ, मैले न बझ्छु न जान्दछु । त्यसपछि उनी आँगनमा गए । [टिपोटः केही प्राचीन प्रतिलिपिहरूले “अनि भाले बास्यो” भनी थप्छन्, तर उत्कृष्‍ट प्राचीन प्रितिलिपिहरूले यसलाई समावेश गरेका छैनन् ।]
MAR 14:69 तर नोकर्नीले उनलाई त्यहाँ देखी र ती उभिएकाहरूलाई फेरि भन्‍न थाली, “यो मान्छे पनि तिनीहरूमध्येकै एक जना हो ।”
MAR 14:70 तर उनले फेरि पनि इन्कार गरे । केही समयपछि त्यहाँ उभिनेहरूले पत्रुसलाई भने, “निश्‍चय नै, तिमी पनि तिनीहरूमध्येकै एक हौ, किनकि तिमी पनि गालीली नै हौ ।”
MAR 14:71 तर उनले आफैँलाई सराप्‍न र किरिया हालेर भन्‍न लागे, “तिमीहरूले कुरा गरिरहेका यी मानिसबारे मलाई केही थाहा छैन ।”
MAR 14:72 तुरुन्तै भाले दोस्रो चोटि बास्यो । त्यसपछि पत्रुसले येशूले उनलाई भन्‍नुभएका वचनहरू स्मरण गरेः “दुई चोटि भाले बास्‍नुअगि तिमीले मलाई तिन पटक इन्कार गर्नेछौ ।” र उनी धुरुधुरु रोए ।
MAR 15:1 बिहान सबेरै मुख्य पुजारीहरूसँगै धर्म-गुरुहरू, शास्‍त्रीहरू र सम्पूर्ण यहूदी परिषद्‍सँगै भेला भए । अनि तिनीहरूले येशूलाई बाँधे र लिएर गए । तिनीहरूले उहाँलाई पिलातसकहाँ सुम्पिदिए ।
MAR 15:2 पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?” उहाँले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्‍नुहुन्छ ।”
MAR 15:3 मुख्य पुजारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेस गरिरहेका थिए ।
MAR 15:4 पिलातसले फेरि पनि येशूलाई सोधे, “किन तिमी जवाफ दिँदैनौ ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै अभियोग ल्याइरहेका छन् ?”
MAR 15:5 तर येशूले पिलातसलाई कुनै जवाफ दिनुभएन, र जसले गर्दा तिनी छक्‍क परे ।
MAR 15:6 अब चाडको समयमा पिलातसले सामान्यतया तिनीहरूले अनुरोध गरेअनुसार एउटा कैदीलाई मुक्‍त गर्थे ।
MAR 15:7 विद्रोहमा विद्रोहीहरूसँगै सहभागी भएका हत्याराहरूमध्ये त्यहाँ झ्यालखानामा बारब्बा नाउँ गरेका एक जना मानिस कैदमा थिए ।
MAR 15:8 भिड पिलातसकहाँ आयो र तिनले विगतमा गरेझैँ तिनीहरूका निम्ति गर्नलाई अनुरोध गर्न थाले ।
MAR 15:9 पिलातसले तिनीहरूलाई जवाफ दिए र भने, “के तिमीहरू मैले यहूदीहरूका राजालाई मुक्‍त गरेको चाहन्छौ ?”
MAR 15:10 किनभने डाहको कारणले गर्दा नै मुख्य पुजारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्‍ने तिनलाई थाहा थियो ।
MAR 15:11 तर मुख्य पुजारीहरूले भिडलाई बरु बारब्बालाई नै मुक्‍त गरिनुपर्छ भनी कराउन उक्साएका थिए ।
MAR 15:12 पिलातसले तिनीहरूलाई फेरि जवाफ दिए र भने, “त्यसो भए यहूदीहरूका राजालाई म के गरूँ त ?”
MAR 15:13 तिनीहरू फेरि चिच्‍च्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस् !”
MAR 15:14 पिलातसले तिनीहरूलाई भने, “त्यसले के गल्ती गरेको छ र ?” तर तिनीहरू झन् ठुलो स्वरमा चिच्‍च्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस् ।”
MAR 15:15 पिलातसले भिडलाई सन्तुष्‍ट पार्न चाहे । त्यसैले, तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए । तिनले येशूलाई कोर्रा लगाए र क्रुसमा टाँग्‍नको निम्ति सुम्पिदिए ।
MAR 15:16 सिपाहीहरूले उहाँलाई (ब्यारेकभित्रको) चोकमा लगे र तिनीहरूले सिपाहीहरूको सम्पूर्ण जत्थालाई सँगै बोलाए ।
MAR 15:17 तिनीहरूले येशूलाई बैजनी रङको पोशाक पहिराइदिए र तिनीहरूले काँडाको मुकुट बनाएर उहाँको टाउकोमा लगाइदिए ।
MAR 15:18 तिनीहरूले “हे यहूदीहरूका राजा” भनी उहाँलाई सलाम गर्न थाले ।
MAR 15:19 तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए र उहाँलाई थुके । तिनीहरूले सम्मानमा उहाँको सामु घुँडा टेके ।
MAR 15:20 जब तिनीहरूले उहाँको गिल्ला गरे, तिनीहरूले बैजनी रङको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए र उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए ।
MAR 15:21 तिनीहरूले गाउँबाट आइरहेका (अलेक्जेन्डर र रुफसका बुबा) कुरेनीका सिमोन नाउँ गरेका एउटा बटुवालाई सेवा गर्न दबाब दिए; तिनीहरूले तिनलाई येशूको क्रुस बोक्‍न कर लगाए ।
MAR 15:22 सिपाहीहरूले येशूलाई गलगथा भनिने ठाउँमा ल्याए ( जसको अर्थ हुन्छः “खप्परको ठाउँ”) ।
MAR 15:23 तिनीहरूले उहाँलाई सिर्का मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले त्यो पिउनुभएन ।
MAR 15:24 तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए ।
MAR 15:25 तिनीहरूले उहाँलाई क्रुसमा टाँग्‍दा तेस्रो पहर भएको थियो ।
MAR 15:26 तिनीहरूले उहाँको विरुद्धमा यस्‍तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा ।”
MAR 15:27 तिनीहरूले उहाँसँग दुई जना डाँकुलाई क्रुसमा टाँगेः एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि ।
MAR 15:28 [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा २८ पदलाई हटाइएको छ (लूका २२:३ लाई हेर्नुहोस्) पद २८] अनि “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्‍ने धर्मशास्‍त्रको वचन पुरा भयो ।
MAR 15:29 त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे, “आहा ! तिमीले त मन्दिरलाई नष्‍ट गरेर तिन दिनभित्र नै निर्माण गर्थ्यौ त,
MAR 15:30 आफैँलाई बचाऊ र क्रुसबाट ओर्लेर आऊ !”
MAR 15:31 त्यसै गरी, मुख्य पुजारीहरूले शास्‍त्रीहरूसँग मिलेर एक-आपसमा यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “त्यसले अरूहरूलाई त बचायो, तर आफैँलाई बचाउन सक्दैन ।
MAR 15:32 इस्राएलका राजा ख्रीष्‍ट क्रुसबाट तल ओर्लेर आओस्, ताकि हामी देखेर विश्‍वास गर्न सकौँ ।” अनि उहाँसँगै क्रुसमा टाँगिएकाहरूले पनि उहाँको गिल्‍ला गरे ।
MAR 15:33 छैटौँ घडीदेखि नवौँ घडीसम्म सारा जगत्‌मा अन्धकार छायो ।
MAR 15:34 नवौँ घडीमा येशू ठुलो स्वरमा यसो भन्दै कराउनुभयो, “इलोई, इलोई, लामा सबख‍थनी ?” जसको अर्थ, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, मलाई किन त्याग्‍नुभएको ?” भन्‍ने हुन्छ ।
MAR 15:35 त्यहाँ उभिएकाहरूमध्ये केहीले यो सुनेर भने, “हेर, त्यसले एलियालाई बोलाउँदै छ ।”
MAR 15:36 कोही दौडेर गए एउटा स्पन्जमा सिर्का हाले, र यसलाई निगालोको लट्ठीमा राखे, अनि उहाँलाई दिए । त्यो मानिसले भने, “उसलाई तल झर्न एलिया आउँछन् कि हेरौँ है त ।”
MAR 15:37 तब येशू ठुलो सोरले कराउनुभयो र प्राण त्याग्‍नुभयो ।
MAR 15:38 मन्दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा चिरियो ।
MAR 15:39 जब त्यहाँ उभिएर येशू यसरी मर्नुभएको देख्‍ने कप्‍तानले यो देखे, तिनले भने, “साँच्‍चै, यी मानिस परमेश्‍वरका पुत्र नै थिए ।”
MAR 15:40 त्यहाँ टाढाबाटै हेर्ने स्‍त्रीहरू पनि थिए । तिनीहरूमध्ये मरियम मग्दलिनी, मरियम (सानो याकूब र योसेफकी आमा), र सलोमी थिए ।
MAR 15:41 उहाँ गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याए र उहाँको सेवा गरे । अरू धेरै स्‍त्री पनि उहाँसँग यरूशलेम आएका थिए ।
MAR 15:42 जब साँझ पर्‍यो, यो तयारी गर्ने दिन अर्थात् शबाथ-दिनको अगिल्लो दिन भएको हुनाले
MAR 15:43 अरिमाथियाका योसेफ त्यहाँ आए । तिनी परिषद्का आदरणीय व्‍यक्‍ति थिए, जसले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए । तिनी साहसका साथ पिलातसकहाँ गए, अनि येशूको लास मागे ।
MAR 15:44 येशू पहिले नै मरिसक्‍नुभएको थियो भनी सुन्दा पिलातस छक्‍क परे; तिनले कप्‍तानलाई बोलाए र येशू मर्नुभएको थियो वा थिएन भनी सोधे ।
MAR 15:45 जब तिनले येशू मरिसक्‍नुभएको कुरा कप्‍तानबाट थाहा पाए, तिनले येशूको शरीर योसेफलाई दिए ।
MAR 15:46 योसेफले मलमलको कपडा ल्याएका थिए । तिनले उहाँलाई क्रुसबाट तल झारे; उहाँलाई मलमलको कपडाले बेह्रे, अनि चट्टान काटेर बनाइएको चिहानमा उहाँलाई राखे । तब तिनले चिहानको मुखमा एउटा ढुङ्गालाई गुडाएर छोपे ।
MAR 15:47 मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्‍ने देखेका थिए ।
MAR 16:1 जब शबाथ-दिन सकियो, मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित मसला ल्याए, कि तिनीहरू आउन सकून् र येशूको शरीर अभिषेक गर्न सकून् ।
MAR 16:2 हप्‍ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए ।
MAR 16:3 तिनीहरूले एक आपसमा भन्‍दै थिए, “चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला ?”
MAR 16:4 जब तिनीहरूले माथि हेरे र उनीहरूले ढुङ्गा हटाइसकेको देखे, किनभने ढुङ्गा धेरै ठुलो थियो ।
MAR 16:5 उनीहरू चिहानभित्र प्रवेश गरे र एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेका देखे, र तिनीहरू छक्‍क परे ।
MAR 16:6 तिनले तिनीहरूलाई भने, “नडराओ ।” तिमीहरूले येशू नासरीलाई खोज्दै छौ जसलाई क्रुसमा टाँगिएको थियो । उहाँ जीवित भई उठ्नुभएको छ ! उहाँ यहाँ हुनुहुन्‍न । तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर ।
MAR 16:7 तर जाओ, पत्रुस र उहाँका चेलाहरूलाई भनिदेओ, कि उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । उहाँले भन्‍नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्‍नेछौ ।
MAR 16:8 तिनीहरू बाहिर निस्के र चिहानबाट दौडेर गए; तिनीहरू कामिरहेका थिए र छक्‍क परे । तिनीहरूले कसैलाई केही पनि भनेनन्, किनकि तिनीहरू डराएका थिए ।
MAR 16:9 [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] हप्‍ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो ।
MAR 16:10 उनी गइन् र उनीसँग भएका सबैलाई बताइन् । त्यस बेला तिनीहरूले विलाप गर्दै रोइरहेका थिए ।
MAR 16:11 तिनीहरूले सुने कि उहाँ जीवित हुनुहन्छ र उनले उहाँलाई देखिन्, तर तिनीहरूले विश्‍वास गरेनन् ।
MAR 16:12 [टिपोटः पद ९ को टिप्पणी हेरौँ) त्यसपछि उहाँ दुई जना मानिससँगै अर्कै बाटोमा हिँडिरहनुभएको थियो ।
MAR 16:13 तिनीहरू गएर अरू चेलाहरूलाई बताए, तर उनीहरूले तिनीहरूलाई विश्‍वास गरेनन् ।
MAR 16:14 [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] पछि येशू एघार जनाकहाँ तिनीहरू टेबुलमा अडेस लगाएर बसिँरहँदा देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्‍वास र कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि तिनीहरूले उहाँलाई देख्‍नेहरूका कुरा विश्‍वास गरेनन् ।
MAR 16:15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्‍टिलाई सुसमाचार प्रचार गर ।
MAR 16:16 जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्‍वास गर्दैन त्यो दोषी ठहरिनेछ ।
MAR 16:17 [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] जसले विश्‍वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् ।
MAR 16:18 तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि यसले तिनीहरूलाई कुनै हानि गर्नेछैन । तिनीहरूले बिरामीमाथि हात राख्‍नेछन् र तिनीहरू निको हुनेछन् ।
MAR 16:19 [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] प्रभु तिनीहरूसँग बोलिसक्‍नुभएपछि उहाँ स्वर्गमा उचालिलगिनुभयो र परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो ।
MAR 16:20 चेलाहरू गए, र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका आश्‍चर्य चिन्हहरूले वचनलाई पुष्‍टि गर्नुभयो ।
LUK 1:1 धेरैले हाम्रा बिचमा घटेका र पुरा भएका यी घटनाहरूको विवरण लेख्‍ने प्रयास गरेका छन् ।
LUK 1:2 तिनीहरूले यी कुरा हामीलाई भर्खरै सुम्‍पिदिए, जो सुरुदेखि नै प्रत्यक्षदर्शी र वचनका सेवकहरू भएका छन् ।
LUK 1:3 सम्मानित थियोफिलस, त्यसैले मलाई पनि यी सबै कुराहरूलाई अनुसन्धान गरी ठिकसित क्रमबद्ध रूपमा सुरुदेखि घटेका घटनाहरूलाई लेख्‍न असल लाग्यो ।
LUK 1:4 त्यसैले, तपाईंलाई सिकाइएको सत्‍यताबारे यी कुराहरू तपाईंलाई थाहा होस् ।
LUK 1:5 यहूदाका राजा हेरोदको समयमा, त्यहाँ जकरिया नाउँ गरेका एक जना पुजारी थिए जो अबियाको कुलका थिए । उनकी पत्‍नी हारुन कुलकी छोरी थिइन् जसको नाउँ एलीशिबा थियो ।
LUK 1:6 परमेश्‍वरको दृष्‍टिमा तिनीहरू दुवै धर्मी थिए । तिनीहरूले परमेश्‍वरका सबै आज्ञाहरू पालना गर्दथे र निर्दोष जीवन जिउँथे ।
LUK 1:7 तर तिनीहरूको कुनै सन्तान थिएन, किनकि एलीशिबा बाँझी थिइन् र तिनीहरू दुवै जना वृद्ध भइसकेका थिए ।
LUK 1:8 एक दिन आफ्नो कुलको पालोअनुसार जकरिया पुजारी सेवा गर्न परमेश्‍वरको उपस्थितिमा थिए ।
LUK 1:9 त्यहाँको परम्पराअनुसार चिट्ठाद्वारा पुजारीहरू आफ्नो सेवा गर्ने पालोअनुसार परमप्रभुको मन्दिरभित्र धूप बाल्नलाई छानिन्थे । त्यसैले, उनको नाउँ पर्‍यो ।
LUK 1:10 जब तिनी धूप बाल्दै थिए, बाहिर त्यही समयमा मानिसको पुरै भिडले प्रार्थना गरिरहेको थियो ।
LUK 1:11 ठिक त्यसै बेला परमप्रभुका एउटा दूत उनीकहाँ देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए ।
LUK 1:12 जब जकरियाले स्वर्गदूतलाई देखे, तब उनी साह्रै डराए र आत्तिए ।
LUK 1:13 तर स्वर्गदूतले उनलाई भने, “जकरिया नडराऊ, किनकि तिम्रो प्रार्थनाको सुनाइ भएको छ । तिम्री पत्‍नी एलीशिबाले तिम्रो लागि एउटा छोरा जन्माउनेछिन् र तिमीले उनको नाउँ यूहन्‍ना राख्‍नेछौ ।
LUK 1:14 तिमीमा खुसी र आनन्द हुनेछ र उनको जन्ममा धेरै मानिसहरू आनिन्दित हुनेछन् ।
LUK 1:15 परमप्रभुको दृष्‍टिमा उनी महान् हुनेछन् र उनले दाखमद्य पिउनेछैनन् । उनी आमाको गर्भमा नै पवित्र आत्माले भरिनेछन् ।
LUK 1:16 अनि उनले इस्राएलका धेरै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काउनेछन् ।
LUK 1:17 उनी एलियाको आत्माको शक्‍तिमा परमप्रभुको अगि-अगि जानेछन् । उनले बुबाहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउनेछन् र अनाज्ञाकारीहरूलाई बुद्धि र धार्मिकतामा हिँडाउनेछन् । उनले मानिसहरूलाई परमप्रभुको निम्ति तयार गर्नका लागि त्यसो गर्नेछन् ।”
LUK 1:18 जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा पुरा हुनेछ भनी मैले कसरी थाहा पाउने ?” किनकि म बुढो भइसकेँ र मेरी पत्‍नी पनि बुढी भइसकिन् ।”
LUK 1:19 तब स्वर्गदूतले जवाफ दिए र उनलाई भने, म गब्रिएल हुँ, जो परमेश्‍वरको उपस्थितिमा उभिन्‍छु । तिम्रो निम्ति बोल्न र शुभ खबर दिन मलाई पठाइएको हो ।”
LUK 1:20 हेर, ती कुरा हुने समयसम्म तिमी शान्त रहनेछौ र बोल्न सक्‍ने छैनौ, किनकि तिमीले मेरो वचनमा विश्‍वास गरेनौ, जुन ठिक समयमा पुरा हुनेछ ।”
LUK 1:21 अनि जकरियाले लामो समयसम्म मन्दिरमा समय बिताइरहेकाले मानिसहरू अचम्म मान्दै पर्खिरहेका थिए ।
LUK 1:22 तर, जब तिनी बाहिर आए, तब उनी तिनीहरूसँग बोल्न सकेनन् र उनले मन्दिरभित्र एउटा दर्शन देखे भनी तिनीहरूले महसुस गरे । उनले तिनीहरूलाई इसारा मात्र गरे, तर बोल्न सकेनन् ।
LUK 1:23 जब तिनको सेवाको समय समाप्‍त भयो, तब तिनी आफ्नो घरमा फर्किए ।
LUK 1:24 ती दिनहरूपछि, तिनकी पत्‍नी एलीशिबा गर्भवती भइन् । पाँच महिनासम्म उनले यसो भन्दै आफूलाई लुकाइन् ।
LUK 1:25 “परमप्रभु परमेश्‍वरले मेरो लागि यो गर्नुभएको छ, उहाँले ममाथि निगाह गर्नुभयो र मानिसहरूका बिचबाट मेरो निन्दा हटाउनुभयो ।
LUK 1:26 एलीशिबा गर्भवती भएको छैठौँ महिनामा, परमेश्‍वरले गालीलको सहर नासरतमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो ।
LUK 1:27 परमेश्‍वरले तिनलाई एउटा कन्याकहाँ पठाउनुभयो जसको योसेफ भन्‍ने मानिससँग मगनी भएको थियो । तिनी दाऊदका वंशका थिए र कन्याको नाउँ मरियम थियो ।
LUK 1:28 उनी तिनीकहाँ आए र भने, “तिमीलाई अभिवादन ! तिमीले परमेश्‍वरबाट धेरै निगाह पाएकी छ्यौ ।”
LUK 1:29 तर उनको वचन सुनेर तिनले यो कस्तो प्रकारको अभिवादन हो भनी तिनी विचलित भइन् र चकित परिन् ।
LUK 1:30 तब स्वर्गदूतले उनलाई भने, “मरियम, तिमी नडराऊ । किनकि तिमीले परमेश्‍वरबाट निगाह प्राप्‍त गरेकी छ्यौ ।
LUK 1:31 हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ । तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्यौ ।
LUK 1:32 उहाँ महान हुनुहुनेछ र उहाँ सर्बोच्च परमेश्‍वरको पुत्र भनेर चिनिनु हुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पिता दाऊदको सिंहासन दिनुहुनेछ ।
LUK 1:33 उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्‍च परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ ।
LUK 1:34 तब मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ जब कि अहिलेसम्म म कुनै मानिससँग सुतेकै छैन ?”
LUK 1:35 अनि स्वर्गदूतले जवाफ दिए, र उनलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्‍चका परमेश्‍वरको शक्‍तिले तिमीलाई ढाक्‍नेछ । त्यसैले, जो पवित्र जन्मनुहुनेछ उहाँलाई परमेश्‍वरका पुत्र भनेर बोलाइनेछ ।
LUK 1:36 अनि हेर, तिम्री नातेदार एलीशिबाले पनि उनको वृद्धावस्थामा एउटा छोरा जन्माउन गर्भवती भएकी छन् । उनलाई बाँझी भनिए तापनि उनी अहिले ६ महिनाको गर्भवती अवस्थामा छिन् ।
LUK 1:37 परमेश्‍वरको लागि कुनै पनि कुरा असम्भव हुनेछैन ।”
LUK 1:38 मरियमले भनिन्, “हेर, म परमप्रभुकी दासी एक स्‍त्री हुँ । तपाईंको सन्देशअनुसार नै मेरो निम्ति होस् ।” त्यसपछि स्वर्गदूत उनीबाट बिदा भए ।
LUK 1:39 त्यसपछि मरियम ती दिनहरूमा हतारिँदै यहूदाको पहाडी देशको एउटा सहरमा गइन् ।
LUK 1:40 जहाँ उनी जकरियाको घरमा गइन् र एलीशिबालाई अभिवादन गरिन् ।
LUK 1:41 जब एलीशिबाले मरियमको अभिवादन सुनिन्, उनको गर्भमा भएको बालक उफ्रियो र एलीशिबा पवित्र आत्माले भरिइन् ।
LUK 1:42 तिनले ठुलो आवाजले उनलाई यसो भनिन्, “स्‍त्रीहरूमा तिमी धन्यकी हौ र तिम्रो गर्भको फल धन्यको होस् ।”
LUK 1:43 तब यो कसरी हुन कि सक्छ मेरा प्रभुकी आमा मकहाँ आउनुभयो ?
LUK 1:44 तब हेर, जब तिम्रो अभिवादनको आवाज मेरो कानमा आयो, मेरो गर्भमा भएको बालक आनन्दले उफ्रियो ।
LUK 1:45 अनी जसले विश्‍वास गरेकी छिन्, धन्यकी हुन् किनकि जुन कुराहरू उनलाई परमप्रभुबाट भनिएको थियो ती पुरा हुनेछन् ।”
LUK 1:46 मरियमले भनिन्, “मेरो प्राण परमभुमा आनन्दित छ ।
LUK 1:47 र मेरो आत्मा परमप्रभु मेरो उद्धारकमा आनन्दित हुँदछ ।
LUK 1:48 किनकि उहाँले आफ्नी दासी स्‍त्रीको नीच अवस्थामा ध्यान दिनुभएको छ । अब हेर, अहिलेबाट सबै पुस्ताहरूले मलाई धन्यकी भन्‍नेछन् ।
LUK 1:49 किनकि सर्वशक्‍तिमान्‌ले मेरो लागि महान् कार्य गर्नुभएको छ, र उहाँको नाउँ पवित्र छ ।
LUK 1:50 जसले उहाँलाई आदर गर्छ, एउटा पुस्तादेखि एर्को पुस्तसम्म उहाँको दया रहिरहन्‍छ ।
LUK 1:51 उहाँका बाहुलीले शक्‍तिशाली कामहरू गरेका छन् । आफ्नो हृदयमा घमण्ड विचार भएकाहरूलाई उहाँले तितर-बितर पार्नुभएको छ ।
LUK 1:52 उहाँले राजकुमारहरूलाई तिनीहरूका सिंहासनबाट खसाल्नुभएको छ । अनि तल्लो अवस्थाकाहरूलाई उठाउनुभएको छ ।
LUK 1:53 उहाँले भोकाहरूलाई असल थोकहरूले भरिदिनुहुन्छ, तर धनीहरूलाई रित्तै हात पठाउनुहुन्छ ।
LUK 1:54 त्यसकारण, आफ्नो दयालाई सम्झना गरेर, उहाँले आफ्नो दास इस्राएललाई सहायता दिनुभएको छ ।
LUK 1:55 जसरी उहाँले हाम्रा पुर्खाहरूलाई भनेजस्तै, अब्राहाम र उनका वंशसँग सदासर्वदा गर्नुहुनेछ ।”
LUK 1:56 मरियम झन्डै तिन महिना एलीशिबासँग बसिन् र अनि आफ्नो घरमा फर्किन् ।
LUK 1:57 अब एलीशिबाको बालक जन्माउने बेला आयो, र तिनले एउटा छोरा जन्माइन् ।
LUK 1:58 जब तिनका छिमेकी र नातेदारहरूले परमप्रभुले तिनीमाथि महान् दया गर्नुभएको कुरा सुने, तब उनीहरू तिनीसँग आनन्दित भए ।
LUK 1:59 अब बालक जन्मेको आठौँ दिनमा तिनीहरू बालकको खतना गर्न गए र तिनीहरूले उनलाई आफ्ना पिताको नाउँबाट नै जकरिया भनेर बोलाउन सक्थे ।
LUK 1:60 तर उनकी आमाले जवाफ दिएर भनिन्, “होइन, उनलाई यूहन्‍ना भनेर बोलाइनेछ ।”
LUK 1:61 तिनीहरूले तिनलाई भने, “तिम्रा नातेदारहरूका बिचमा यो नाउँ भएको त्यहाँ कोही पनि छैन ।”
LUK 1:62 तिनीहरूले उनको बुबासँग इसारा गरेर बालकको नाउँ के राख्‍न चाहेका छन् भनेर तिनलाई सोधे ।
LUK 1:63 उनले लेख्‍नका लागि पाटी मागे, र त्यसमा “तिनको नाउँ यूहन्‍ना हो” भनेर लेखे । त्यो देखेर तिनीहरू सबै अचम्मित भए ।
LUK 1:64 तुरुन्तै उनको मुख खुल्यो र जिब्रोको बन्धन टुट्यो, अनि तिनले बोल्न सुरु गरे र परमेश्‍वरको प्रशंसा गरे ।
LUK 1:65 तिनीहरूका वरिपरि बस्‍नेहरूको बिचमा भय उत्पन्‍न भयो र त्यहाँ भएका कुराहरू यहूदाको पहाडी मुलुकभरि नै फैलियो ।
LUK 1:66 त्यसपछि यी कुरा सुन्‍ने सबैले आफ्नो हृदयमा राख्‍दै भने, “त्यसो भए, अब यो बालक कस्तो हुनेछ ?” किनकि परमप्रभुको हात त्यस बालकसँग थियो ।
LUK 1:67 उनका पिता जकरिया पवित्र आत्माले भरिए र यसो भन्दै अगमवाणी गरे,
LUK 1:68 “इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा होस्, किनभने उहाँले आफ्ना मानिसहरूका लागि सहायता र उद्धारको काम गर्नुभएको छ ।
LUK 1:69 उहाँले हाम्रा निम्ति मुक्‍तिको सिङ्लाई उहाँका दास दाऊदको घरानाबाट शक्‍तिशाली रूपमा खडा गर्नुभएको छ ।
LUK 1:70 प्राचीन कालमा उहाँका पवित्र अगमवक्‍ताहरूका मुखद्वारा बोल्नुभए झैँ भयो ।
LUK 1:71 उहाँले हाम्रा शत्रुहरू र हामीलाई घृणा गर्नेहरूबाट छुटकारा दिनुहुनेछ ।
LUK 1:72 यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्नलाई गर्नुभएको छ ।
LUK 1:73 त्यो करारचाहिँ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको शपथ हो ।
LUK 1:74 उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट मुक्‍त गर्न र उहाँको सम्मुख हाम्रो सारा जीवनभर
LUK 1:75 पवित्रता र धार्मिकतामा उहाँको सेवा गर्नलाई योग्यको बनाउने शपथ खानुभयो ।
LUK 1:76 हो, बालक तिमी, सर्वोच्‍चका अगमवक्‍ता कहलाइनेछौ, किनभने तिमी मानिसहरूका निम्ति मार्ग तयार पार्न प्रभुको अगि-अगि जानेछन् ।
LUK 1:77 तिनीहरूका पाप-क्षमाद्वारा उहाँले आफ्ना मानिसहरूलाई मुक्‍तिको ज्ञान दिनुभएको छ ।
LUK 1:78 हाम्रा परमेश्‍वरले उहाँको कोमल कृपाको कारणले हामीलाई क्षमा गर्नुहुनेछ । यही कृपाद्वारा उहाँ हामीकहाँ बिहानको सूर्यझैँ आउनुहुनेछ ।
LUK 1:79 मृत्युको अन्धकारको छायाँमा बस्‍ने मानिसहरूमाथि उहाँ चम्कनुहुनेछ । उहाँले हाम्रा गोडाहरूलाई शान्तिको मार्गतिर डोर्‍याउनुहुन्छ ।”
LUK 1:80 त्यसपछि बालक हुर्के र आत्मामा बलियो भए, र उनी इस्राएलमा देखा नपरेसम्म उजाड-स्थानमा नै बसे ।
LUK 2:1 ती दिनहरूमा रोमी साम्राज्यभित्र बस्‍ने सबै जनाको जनगणना गर्नू भनी कैसर अगस्टसले उर्दी जारी गरे ।
LUK 2:2 कुरेनियस सिरियाका हाकिम हुँदाको यो पहिलो जनगणना थियो ।
LUK 2:3 त्यसैले, सबै जना आ-आफ्ना गाउँमा जनगणनाका लागि नाउँ दर्ता गर्न गए ।
LUK 2:4 योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेममा गए, जुन ठाउँ दाऊदको सहरको नामले चिनिन्‍थ्‍यो, किनभने उनी दाऊदको वंशका थिए ।
LUK 2:5 उनी मरियमसँगै दर्ता गर्न त्‍यहाँ गएका थिए, जससँग उनको मगनी भएको थियो र तिनले एउटा बालकको आशा गरेका थिए ।
LUK 2:6 तिनीहरू त्यहीँ छँदा मरियमको बालक जन्माउने समय आयो ।
LUK 2:7 उनले आफ्नो पहिलो छोरा जन्माइन्, र कपडाले बेह्रिन् अनि जनावरहरूले खाने ठाउँमा राखिन् । किनभने तिनीहरूका निम्ति धर्मशालामा कुनै ठाउँ थिएन ।
LUK 2:8 त्यस इलाकाको चौरमा राती आ-आफ्ना भेडाका रखवाली गर्दै गोठालाहरू बसिरहेका थिए ।
LUK 2:9 एक्‍कासि, तिनीहरूकहाँ परमप्रभुका एउटा दूत देखा परे, र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्किरहेको थियो, र तिनीहरू साह्रै भयभीत भए ।
LUK 2:10 तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार घोषणा गर्छु, जसले सबै मानिसहरूलाई ठुलो आनन्द दिनेछ ।
LUK 2:11 आज तिमीहरूका निम्ति दाऊदको सहरमा एउटा मुक्‍तिदाताको जन्म भएको छ । उहाँ ख्रीष्‍ट प्रभु हुनुहुन्छ ।
LUK 2:12 तिमीहरूलाई चिह्नचाहिँ यो दिइएको छ, कि तिमीहरूले बालकलाई कपडाले बेह्रेरेर जनावरहरूलाई खुवाउने डुँडमा सुताइरहेको भेट्टाउनेछौ ।”
LUK 2:13 एक्‍कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठुलो दल देखा पर्‍यो र तिनीहरूले यसो भन्‍दै परमेश्‍वरको प्रंशसा गरे ।
LUK 2:14 “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ, तिनीहरूलाई शान्ति ।”
LUK 2:15 जब परमप्रभुका स्वर्गदूतहरू स्वर्ग फर्के, तब गोठालाहरूले एक-अर्कालाई भने, “परमप्रभुबाट हामीलाई प्रकट गरिएको र घटेको यस घटनालाई बताउन बेथलेहेममा जाऊँ र हेरौँ ।”
LUK 2:16 तब तिनीहरू हतार-हतार गर्दै त्यहाँ गए, अनि योसेफ र मरियमलाई भेटे । तिनीहरूले बालकलाई दाना खुवाउने डुँडमा सुताइरहेको देखे ।
LUK 2:17 तिनीहरूले यसलाई देखे पछि, बालकको बारेमा बताइएका सबै कुरा मानिसहरूलाई बताए ।
LUK 2:18 गोठालाहरूद्वारा भनिएका कुरा सुन्‍नेहरू जति सबै जना आश्‍चर्य चकित भए ।
LUK 2:19 तर मरियमले सुनेका सबै कुराहरूको बारेमा सोच्दै गरिन् र उनले आफ्नो मनमै राखिन् ।
LUK 2:20 तिनीहरूलाई भनेअनुसार सुनेका र देखेका हरेक कुराका निम्ति परमेश्‍वरलाई महिमा दिँदै र प्रशंसा गर्दै फर्के ।
LUK 2:21 जब आठौँ दिन भयो, तब बालकको खतना गर्ने समय भयो । तिनीहरूले उहाँको नाउँ येशू राखे, जुन नाउँ स्वर्गदूतद्वारा उहाँ गर्भधारण हुनुभन्दा अगि दिइएको थियो ।
LUK 2:22 मोशाको व्यवस्थाअनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि, योसेफ र मरियमले सानो बालकलाई परमप्रभुको उपस्थितिमा यरूशलेममा ल्याए ।
LUK 2:23 परमप्रभुको व्यवस्थामा लेखिएझैँ “पहिलो जन्मेको प्रत्येक पुरुष परमप्रभुमा अर्पण गर्नुपर्थ्यो ।”
LUK 2:24 तिनीहरूले परमप्रभुको व्यवस्थामा भनेअनुसार “एक जोडी ढुकुर र दुईवटा परेवा बलिदान चढाउन लिएर आए ।”
LUK 2:25 हेर, यरूशलेममा एक जना सिमियोन नाउँ गरेका व्यक्‍ति थिए । उनी धर्मी र ईश्‍वरभक्‍त मानिस थिए । उनले इस्राएलका सान्त्वना दाताको प्रतीक्षा गरिराखेका थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्‍यो ।
LUK 2:26 पवित्र आत्माद्वारा उनलाई यो प्रकट गराइएको थियो कि परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्म उनको मृत्यु हुनेछैन ।
LUK 2:27 एक दिन तिनी मन्दिरमा पवित्र आत्माको अगुवाइमा आए । व्यवस्थाले जे माग गरेको थियो, त्यो पुरा गर्न आमाबुबाद्वारा बालक येशूलाई मन्दिरमा ल्याइयो ।
LUK 2:28 त्यसपछि शिमियोनले बालक येशूलाई काखमा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने,
LUK 2:29 “तपाईंको वचनअनुसार, अब हे परमप्रभु, आफ्ना दासलाई शान्‍तिसँग बिदा दिनुहोस् ।
LUK 2:30 किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्,
LUK 2:31 जुन तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार गर्नुभएको छ ।
LUK 2:32 तपाईंका जन इस्राएलीहरूका महिमा र अन्यजातिहरूलाई प्रकाश दिने ज्योति हुनुहुन्छ ।”
LUK 2:33 बालकका बुबाआमा बालकका विषयमा भनिएका कुरामा अचम्मित भए ।
LUK 2:34 त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, “होसियारीसँग सुन, यो बालक इस्राएलमा धेरैको उत्थान र पतनका निम्ति र धेरैको विरुद्धमा बोलिने चिह्नको निम्ति नियुक्‍त गरिएको छ ।
LUK 2:35 साथै तरवारले तिम्रो आफ्नै प्राण छेड्नेछ, ताकि धेरैका हृदयका विचारहरू प्रकट होऊन् ।”
LUK 2:36 एक जना हन्‍ना नामकी अगमवादिनी पनि त्यहाँ थिइन् । उनी आशेर कुलकी फनुएलकी छोरी थिइन् । उनी धेरै वृद्ध भइसकेकी थिइन् । विवाहपछि उनी जम्मा सात वर्ष आफ्ना पतिसँग बसेकी थिइन् ।
LUK 2:37 त्यसपछि उनी चौरासी वर्ष विधवा नै रहिन् । उनले मन्दिर कहिल्यै नछोडी निरन्तर दिनरात प्रार्थना र उपवास गर्दै परमेश्‍वरको आराधना गर्दै रहिन् ।
LUK 2:38 त्यही समयमा उनी त्यहाँ आइन् र परमेश्‍वरलाई धन्यवाद चढाउन थालिन् । यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई उनले बालकको बारेमा बताइन् ।
LUK 2:39 परमप्रभुको व्यवस्थाले बताएबमोजिम जब तिनीहरूले सबै काम सिद्धयाए, उनीहरू आफ्नै सहर गालीलको नासरतमा फर्के ।
LUK 2:40 बालक बुद्धिमा र कदमा बढ्दै जानुभयो, र परमप्रभुको अनुग्रह उहाँमाथि थियो ।
LUK 2:41 उहाँका आमाबुबा निस्तार-चाड मनाउनका निम्ति हरेक वर्ष यरूशलेममा जान्थे ।
LUK 2:42 जब उहाँ बाह्र वर्षको हुनुहुन्‍थ्‍यो, तिनीहरू सधैँझैँ चाड मनाउनका निम्ति फेरि गए ।
LUK 2:43 चाडका पुरा दिनहरू त्यहाँ बिताएपछि तिनीहरू आफ्ना घर फर्किन थाले, तर बालक येशू यरूशलेममा नै रहनुभयो जुन कुरा उहाँका बुबाआमालाई थाहा थिएन ।
LUK 2:44 तर तिनीहरूले बालक येशू यात्रीहरूकै दलमा हुनुहुन्छ भनी विचार गरे र एक दिनको यात्रा गरी सिद्धायाए । त्यसपछि उनीहरूले उहाँलाई नातेदार र साथीहरूको बिचमा खोज्‍न थाले ।
LUK 2:45 जब उनीहरूले उहाँलाई भेट्टाएनन्, यरूशलेममा फर्केर उहाँलाई खोज्‍न थाले ।
LUK 2:46 तिन दिनपछि, उनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा सुन्दै र तिनीहरूलाई प्रश्‍न गर्दै गरेको भेट्टाए ।
LUK 2:47 जतिले उहाँका कुरा सुन्थे, उहाँको समझशक्‍ति र जवाफमा आश्‍चर्य चकित हुन्थे ।
LUK 2:48 जब उनीहरूले उहाँलाई देखे, तब अचम्मित भए । उहाँकी आमा मरियमले उहाँलाई भनिन् “छोरा, किन तिमीले हामीसँग यस्तो व्यवहार गर्‍यौ ? सुन ! तिम्रा बुबा र मैले कति चिन्तित हुँदै तिमीलाई खोजिरहेका थियौँ ।”
LUK 2:49 उहाँले उनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनुभएको ? म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा छैन ?”
LUK 2:50 तर उहाँले उनीहरूलाई के भन्‍नुभएको थियो भनी उनीहरूले बुझ्‍न सकेनन् ।
LUK 2:51 त्यसपछि उहाँ तिनीहरूसँग आफ्नो घर नासरत फर्कनुभयो र आज्ञाकारी भई रहनुभयो । उहाँकी आमाले यी सबै कुरा मनमै राखिन् ।
LUK 2:52 तर येशू बुद्धिमा, कदमा र परमेश्‍वर अनि मानिसको निगाहमा निरन्तर बढ्दै जानुभयो ।
LUK 3:1 कैसर तिबेरियसको पन्ध्रौँ वर्षमा, जति बेला पन्तियस पिलातस यहूदियाका शासक थिए, हेरोद गालीलका शासक र उनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए । लुसानियास अबिलेनेका शासक थिए ।
LUK 3:2 हन्‍नास र कैयाफा प्रधान पुजारी भएको समयमा, जकरियाका छोरा यूहन्‍नाकहाँ उजाड-स्थानमा परमेश्‍वरको वचन आयो ।
LUK 3:3 उनले पाप क्षमाका निम्ति बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदी वरपरिका क्षेत्रहरूमा प्रचार गर्दै हिँडे ।
LUK 3:4 जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “उजाड-स्थानमा कसैको आवाजले बोलाइरहेको छ, प्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझो बनाऊ ।
LUK 3:5 हरेक उपत्यका बनाइनेछ, हरेक पहाड र डाँडाहरू समतल पारिनेछ, बाङ्गा बाटाहरू सोझो हुन आउनेछन् र नराम्रा बाटोहरू राम्रा बनाइनेछन् ।
LUK 3:6 सबै मानिसहरूले परमेश्‍वरको उद्धारलाई देख्‍नेछन् ।”
LUK 3:7 यसकारण, यूहन्‍नाले उनीकहाँ बप्‍तिस्‍मा लिन आइरहेको ठुलो भिडलाई भने, “हे विषालु सर्पका सन्तान हो, कसले तिमीहरूलाई परमेश्‍वरको आउँदै गरेको क्रोधबाट भाग्‍नलाई चेताउनी दियो ?
LUK 3:8 पश्‍चात्ताप योग्यको फल फलाओ र आफ्नो मनमा हाम्रा पिता त अब्राहाम हुन् भन्‍न छोड, किनभने परमेश्‍वरले यी चट्टानहरूबाट पनि अब्राहामको निम्ति सन्तान खडा गर्न सक्‍नुहुन्छ ।
LUK 3:9 रुखहरूको जरामा बन्चरो परिसकेको छ । त्यसैले, असल फल नफलाउने हरेक रुख काटिनेछ र आगोमा फालिनेछ ।”
LUK 3:10 तब भिडबाट मानिसहरूले यसो भन्दै सोधे, “त्यसो भए हामीले के गर्ने त ?”
LUK 3:11 उनले तिनीहरूलाई जवाफ दिए, “दुई जोर दौरा हुनेले नहुनेलाई दिओस् । त्यसै गरी, जससँग खानेकुरा छ, त्यसले नहुनेलाई दिओस् ।”
LUK 3:12 त्यसपछि केही कर उठाउनेहरू पनि उनीकहाँ बप्‍तिस्मा लिन आए र भने, “गुरु, हामीले के गर्ने नि ?”
LUK 3:13 उनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूले उठाउनुपर्ने भन्दा बढी पैसा नउठाउनू ।”
LUK 3:14 केही सिपाहीहरू पनि आएर सोधे, “हाम्रो बारेमा नि ? हामीले के गर्ने ?” उनले तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूबाट जबरजस्ती पैसा नलेओ र कसैलाई पनि झुटो दोष नलगाओ, तर आफ्ना तलबमा नै सन्तुष्‍ट होओ ।”
LUK 3:15 तब मानिसहरूले ख्रीष्‍ट आउनुहुन्छ भनेर उत्सुकतासाथ प्रतीक्षा गरिरहेका थिए, कतै यूहन्‍ना नै पो ख्रीष्‍ट हुन् कि भनेर हरेकको मनमा दोधार भइरहेको थियो ।
LUK 3:16 यूहन्‍नाले तिनीहरू सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु, तर मभन्दा अर्का शक्‍तिशाली व्यक्‍ति आउनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न पनि म योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ ।
LUK 3:17 उहाँको खला सफा गर्न र अन्‍नलाई भण्डारमा जम्मा गर्नलाई उहाँको हातमा निफन्‍ने नाङ्लो छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ ।
LUK 3:18 उहाँले मानिसहरूलाई अझ धेरै उत्साह दिँदै सुसमाचार प्रचार गर्नुभयो ।
LUK 3:19 यूहन्‍नाले हेरोदलाई उनका भाइकी पत्‍नी हेरोदियासलाई विवाह गरेको साथै उनले गरेको अन्य खराबीहरूका निम्ति पनि हप्काए ।
LUK 3:20 तर हेरोदले अझ बढी दुष्‍ट काम गरे । किनभने उनले यूहन्‍नालाई जेलमा हालेका थिए ।
LUK 3:21 यूहन्‍नाले मानिसहरूलाई बप्‍तिस्‍मा दिँदै गर्दा, येशूलाई पनि बप्‍तिस्‍मा दिइयो । जब उहाँले प्रार्थना गर्दै हुनुहुन्‍थ्‍यो, तब स्वर्ग खुल्यो ।
LUK 3:22 पवित्र आत्मा उहाँमाथि ढुकुरजस्तै ओर्लनुभयो । त्यसै बेला स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, म तिमीसँग प्रसन्‍न छु ।”
LUK 3:23 येशूले आफैँ सिकाउन सुरु गर्नुहुँदा उहाँ तिस वर्षको हुनुहुन्थ्यो । उहाँ योसेफका छोरा (जस्तो सोचिएको थियो) हुनुहुन्थ्यो, योसेफ एलीका छोरा थिए ।
LUK 3:24 मत्तातका छोरा एली, लेवीका छोरा मत्तात, मल्कीका छोरा लेवी, यान्‍नाका छोरा मल्की, योसेफका छोरा यान्‍ना,
LUK 3:25 मत्ताथियासका छोरा योसेफ, आमोसका छोरा मत्ताथियास, नहूमका छोरा आमोस, इसलीका छोरा नहूम र इसली नग्गैका छोरा थिए,
LUK 3:26 माथका छोरा नग्गै, मत्ताथियासका छोरा, माथ मत्ताथियासका छोरा, सेमैनका छोरा मत्ताथियास, योसेखका छोरा सेमैन, योदाका छोरा योसेख थिए,
LUK 3:27 योआनानका छोरा योदा, रेसाका छोरा योआनान, यरुबाबेलका छोरा रेसा, शालतिएलका छोरा यरुबाबेल, नेरीका छोरा शालतिएल,
LUK 3:28 मल्कीका छोरा नेरी, अद्दीका छोरा मल्की, कोसामका छोरा अद्दी, एलमादमका छोरा कोसाम, एर्‍का छोरा एलमादम थिए,
LUK 3:29 यहोशूका छोरा एर्, एलिएजरका यहोशू, योरीमका छोरा एलिएजर, मत्तातका छोरा योरीम, लेवीका छोरा मत्तात थिए,
LUK 3:30 शिमियोनका छोरा लेवी, यहूदाका छोरा शिमियोन, योसेफका छोरा यहूदा, योनानका छोरा योसेफ, एल्याकीमका छोरा योनान,
LUK 3:31 मलेआका छोरा एल्याकीम, मिन्‍नाका छोरा मलेआ, मत्ताथाका छोरा मिन्‍ना, नातानका छोरा मत्ताथा, दाऊदका छोरा नातान,
LUK 3:32 यिशैका छोरा दाऊद, ओबेदका छोरा यिशै, बोअजका छोरा ओबेद, सल्मोनका छोरा बोअज, नहशोनका छोरा सल्मोन,
LUK 3:33 अम्मीनादाबका छोरा नहशोन, आरामका छोरा अम्मीनादाब, हेस्रोनका छोरा आराम, फारेसका छोरा हेस्रोन, यहूदाका छोरा फारेस,
LUK 3:34 याकूबका छोरा यहूदा, इसहाकका छोरा याकूब, अब्राहामका छोरा इसहाक, तेरहका छोरा अब्राहाम, नाहोरका छोरा तेरह,
LUK 3:35 सरूगका छोरा नाहोर रऊका छोरा सरूग, पेलेगका छोरा रऊ, एबेरका छोरा पेलेग, शेलहका छोरा एबेर,
LUK 3:36 केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ,
LUK 3:37 मतूशेलहका छोरा लेमेख, हनोकका छोरा मतूशेलह, येरेदका छोरा हनोक, महलालेलका छोरा येरेद, केनानका छोरा महलालेल,
LUK 3:38 एनोशका छोरा केनान, शेतका छोरा एनोश, आदमका छोरा शेत आदम परमेश्‍वरका छोरा थिए ।
LUK 4:1 तब पवित्र आत्माले भरिएर येशू यर्दन नदीबाट फर्कनुभयो, अनि आत्माद्वारा उजाड-स्थानमा डोर्‍याइनुभयो ।
LUK 4:2 त्‍यहाँ उहाँ चालिस दिनसम्म दियाबलसद्वारा परीक्षामा पर्नुभयो । ती दिनहरूमा उहाँले केही पनि खानुभएको थिएन, र त्‍यो समयको अन्त्‍यमा उहाँ भोकाउनुभएको थियो ।
LUK 4:3 तब शैतानले येशूलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यो ढुङ्गालाई रोटी हुन आज्ञा दिनुहोस् ।”
LUK 4:4 येशूले जवाफ दिनुभयो, “लेखिएको छ, मानिस रोटीले मात्र बाँच्‍न सक्दैन ।”
LUK 4:5 त्यसपछि, शैतानले उहाँलाई उच्‍च स्थानमा लगेर संसारका सबै राज्यहरूलाई छिनभरमै देखायो ।
LUK 4:6 शैतानले उहाँलाई भन्यो, “म तपाईंलाई यी सबै राज्यहरू र यसको वैभवमाथि शासन गर्ने अधिकार दिनेछु । म यो गर्न सक्छु, किनकि यी सबैमाथि शासन गर्ने अधिकार मलाई दिइएको छ, मैले जसलाई चाहन्छु त्यसलाई दिन सक्छु ।
LUK 4:7 यसकारण यदि तपाईंले मलाई दण्डवत् गरी आराधना गर्नुभयो भने, यी सबै तपाईंकै हुनेछन् ।”
LUK 4:8 तर येशूले जवाफ दिनुभयो र त्‍यसलाई भन्‍नुभयो, “लेखिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्‍वरको मात्र आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।”
LUK 4:9 त्यसपछि शैतानले येशूलाई यरूशलेम मन्‍दिरको उच्‍च स्थानको टुप्‍पामा लगेर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम्फाल्नुहोस् ।
LUK 4:10 किनभने लेखिएको छ, तपाईंको सुरक्षा र वास्ता गर्न ‘उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ ।’
LUK 4:11 अनि तिनीहरूले तपाईंलाई हात हातै थाम्‍नेछन्, त्यसकारण तपाईंका खुट्टा ढुङ्गामा ठोकिने छैनन् ।”
LUK 4:12 येशूले जवाफ दिँदै त्यसलाई भन्‍नुभयो, “यस्तो भनिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्‍वरको परीक्षा नगर्नू ।”
LUK 4:13 अनि शैतानले येशूको परीक्षा गरिसकेपछि उहाँलाई अर्को समय नआएसम्म छोडेर गयो ।
LUK 4:14 त्यसपछि पवित्र आत्माको शक्‍तिद्वारा येशू गालीलमा फर्कनुभयो र उहाँको विषयमा भएको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो ।
LUK 4:15 उहाँले तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो र हरेकले उहाँको प्रशंसा गरे ।
LUK 4:16 एक दिन येशू नासरतमा आउनुभयो, जुन सहरमा येशू हुर्कनुभएको थियो । उहाँको रीतिअनुसार उहाँ यहूदी सभाघरमा प्रवेश गरी विश्रामको दिनमा खडा भई धर्मशास्‍त्र पाठ गर्नुभयो ।
LUK 4:17 उहाँलाई यशैया अगमवक्‍ताको चर्मपत्रको मुट्ठो दिइयो । त्यसपछि उहाँले मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो ।
LUK 4:18 “परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्‍त्रता प्रदान गर्न,
LUK 4:19 र परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनुभएको छ ।”
LUK 4:20 त्यसपछि उहाँले चर्मपत्रको मुट्ठोलाई बन्‍द गर्नुभयो र सभाघरको मुख्य सेवकलाई फिर्ता गर्नुभयो र उहाँ बस्‍नुभयो । सभाघरमा उपस्थित भएका सबै मानिसहरूको हेराइ उहाँमाथि पर्‍यो ।
LUK 4:21 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आज तिमीहरूले यी वचनहरू सुन्दा सुन्दै यो पुरा भएको छ ।”
LUK 4:22 उहाँले बोल्नुभएको वचनको सबैजना साक्षी भए र सबै मानिसहरू उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्‍चर्य चकित भए । उनीहरू यसो भन्दै थिए, “के यी मानिस ‍योसेफका छोरा होइनन् र ?
LUK 4:23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “निश्‍चय नै तिमीहरूले मलाई यो उखान भन्‍नेछौ, ए वैद्य तिमी आफैँलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तपाईंले गर्नुभयो त्यो हामीले सुनेका छौँ, ती कार्यहरू तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर ।”
LUK 4:24 साँच्‍चै म तिमीलाई भन्दछु, “कुनै पनि अगमवक्‍तालाई आफ्नो ठाउँमा स्वीकार गरिँदैन ।
LUK 4:25 तर म तिमीहरूलाई सत्य भन्दछु, तिन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्‍टि रोकिँदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए ।
LUK 4:26 तर एलियालाई अन्य कुनै व्यक्‍ति र स्थानहरूमा नपठाई सिदोन नगरमा भएकी सारपतकी विधवाकहाँ पठाइयो ।
LUK 4:27 अगमवक्‍ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्‍ठरोगीहरू थिए, तर सिरियाली नामानबाहेक कोही पनि निको पारिएन ।
LUK 4:28 जब सभाघरमा भएका सबै मानिसहरूले यी सबै कुराहरू सुने, तब उनीहरू रिसले चुर भए ।
LUK 4:29 तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्‍न गरे ।
LUK 4:30 तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्‍नुभयो ।
LUK 4:31 त्यसपछि उहाँ गालील सहरको कफर्नहुममा जानुभयो । विश्राम दिनमा उहाँले मानिसहरूलाई सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो ।
LUK 4:32 तिनीहरू उहाँको शिक्षामा आश्‍चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभएको थियो ।
LUK 4:33 त्यस दिन सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस त्यहाँ थियो, र उसले ठुलो स्वरले चिच्याउँदै भन्यो,
LUK 4:34 “नासरतका येशू, हामीहरूसँग तपाईंको के सरोकार छ ? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो ? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ ।”
LUK 4:35 येशूले दुष्‍टात्मालाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग् र त्यसबाट बाहिर निस्किजा ।” त्यसले तिनीहरूका बिचमा उसलाई लडायो र कुनै पनि हानि नोक्सानी नगरीकन उसबाट निस्केर गयो ।
LUK 4:36 सबै मानिसहरू अति आश्‍चर्य चकित भए र उनीहरू एक अर्कामा यो विषयमा छलफल गर्न लागे । उनीहरूले भने, “यी वचनहरू कस्ता हुन् ? उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्‍तिसाथ आज्ञा गर्नुहुन्छ र तिनीहरू बाहिर निस्केर जान्छन् ?”
LUK 4:37 उहाँको विषयमा भएका समाचारहरू वरिपरिका सबै क्षेत्रहरूमा चारैतिर फैलियो ।
LUK 4:38 त्यसपछि येशू सभाघरबाट निस्केर सिमोनको घरमा पस्‍नुभयो । सिमोनकी सासुलाई उच्‍च ज्वरोले सताएको थियो र उनीहरूले उनको पक्षमा उहाँसँग बिन्ती गरे ।
LUK 4:39 उहाँ उनको छेउमा उभिनुभयो र ज्वरोलाई हकार्नुभयो र ज्वरोले उनलाई छोड्यो । तुरुन्तै उनी उठिन् र उहाँहरूको सेवा गर्न थालिन् ।
LUK 4:40 साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशूकहाँ ल्याइयो । उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्‍नुभयो र सबैलाई निको पार्नुभयो ।
LUK 4:41 तिनीहरूमध्ये धेरैबाट भूत आत्मा चिच्याउँदै बाहिर निस्केर यसो भन्यो, “तपाईं जीवित परमेश्‍वरका पुत्र हुनुहुन्छ ।” येशूले भूत आत्माहरूलाई हकार्नुभयो र तिनीहरूलाई बोल्न दिनुभएन, किनभने उहाँ ख्रीष्‍ट हुनुहुन्थ्यो भनी तिनीहरूलाई थाहा थियो ।
LUK 4:42 जब बिहान भयो, उहाँ एकान्त ठाउँमा जानुभयो । ठुलो भिडले उहाँलाई खोजी राखेको थियो र उहाँ जहाँ हुनुहुन्थ्यो, भिड त्यहीँ नै आइपुग्यो र तिनीहरूले उहाँलाई अन्‍त जानबाट रोक्‍ने कोसिस गरे ।
LUK 4:43 तर येशूले भन्‍नुभयो, “मैले अन्य सहरहरूमा पनि राज्यको सुसमाचार प्रचार गर्नुपर्छ, किनभने म यसैको लागि पठाइएको हुँ ।”
LUK 4:44 त्यसपछि यहूदियाका सबै प्रान्तका सभाघरहरूमा उहाँले निरन्तर प्रचार गर्नुभयो ।
LUK 5:1 जब मानिसहरू येशूकहाँ परमेश्‍वरको वचन सुन्‍नको लागि जम्मा भए, त्यो समयमा येशू गनेसरेतको तालमा उभिनुभएको थियो ।
LUK 5:2 उहाँले तालको किनारमा दुईवटा डुङ्गा राखेको देख्‍नुभयो । जालहारीहरूले बाहिर निस्‍केर आफ्ना जालहरू धोइरहेका थिए ।
LUK 5:3 येशू तीमध्ये एउटा डुङ्गामा चढ्नुभयो जुनचाहिँ सिमोनको थियो र उनलाई जमिनभन्दा पर पानी भएको ठाउँतिर लैजान भन्‍नुभयो । त्यसपछि उहाँले डुङ्गामा बसेर मानिसहरूलाई सिकाउनुभयो ।
LUK 5:4 उहाँले बोलिसक्‍नुभएपछि सिमोनलाई भन्‍नुभयो, “माछाहरू समात्‍नलाई तिम्रो डुङ्गा गहिरो पानीतिर लैजाऊ र जाल हान ।”
LUK 5:5 सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि जाल हान्यौँ, तर केही पनि पक्रन सकेनौँ । तरै पनि तपाईं भन्‍नुहुन्छ भने म जाल हान्‍नेछु ।”
LUK 5:6 जब तिनीहरूले यसो गरे, तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले र तिनीहरूको जाल फाट्न लागिरहेको थियो ।
LUK 5:7 त्यसैले, तिनीहरूले आफ्ना डुङ्गाका अरू साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र सबै डुङ्गाहरू भरे अनि ती डुब्‍न थाले ।
LUK 5:8 तर सिमोन पत्रुसले जब यो देखे, येशूको अगाडि घुँडा टेकेर भने, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी हुँ ।”
LUK 5:9 तिनीहरूले माछा समातेको देखेर उनी र तिनीसँग भएका सबै जना आश्‍चर्य चकित भए ।
LUK 5:10 यस कार्यमा जब्दियाका छोराहरू याकूब र यूहन्‍ना पत्रुससँग साझेदार थिए । येशूले पत्रुसलाई भन्‍नुभयो, “नडराऊ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ ।”
LUK 5:11 जब तिनीहरूले आफ्नो डुङ्गालाई जमिनमा ल्याए, उनीहरूले आफूसँग भएका सबै कुरा छोडेर उहाँको पछि लागे ।
LUK 5:12 जब उहाँ सहरहरूमध्ये एउटा सहरमा जाँदै गर्नुहुँदा उहाँले कुष्‍ठरोगीलाई देख्‍नुभयो । जब कुष्‍ठरोगीले येशूलाई देख्यो, उसले घोप्‍टो परेर दण्डवत् गर्‍यो र भन्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्छ ।”
LUK 5:13 येशूले हात पसारेर छुनुभयो र भन्‍नुभयो, “म चाहन्छु कि तिमी शुद्ध होऊ ।” अनि तत्कालै कुष्‍ठरोगले उसलाई छोड्यो ।
LUK 5:14 उहाँले यो कुरा कसैलाई नभन्‍नू भनी आज्ञा गर्नुभयो र भन्‍नुभयो, “आफ्नो बाटो लाग र मोशाको व्यवस्थाबमोजिम आफैँलाई पुजारीकहाँ देखाऊ । तिम्रो शुद्धताको लागि बलि चढाऊ र तिनीहरूलाई तिमी कसरी निको भयौ भनी गवाही देऊ ।”
LUK 5:15 तर यो कुरा चारैतिर फैलियो र भिडहरू त्यो कसरी निको भयो भनी सिकाएको सुन्‍न र आ-आफ्नो रोगबाट निको हुन आए ।
LUK 5:16 तर उहाँ प्रायः गरेर उजाड-स्थानतिर गएर प्रार्थना गर्नुहुन्थ्यो ।
LUK 5:17 एक दिन उहाँले शिक्षा दिइरहनुभएको बेलामा, त्यहाँ फरिसीहरू र व्यवस्‍थाका शिक्षकहरू पनि बसिरहेका थिए, जो गालील र यहूदाका विभिन्‍न गाउँ र इलाकाहरूबाट अनि यरूशलेमको सहरबाट आएका थिए । निको पार्नका लागि परमेश्‍वरको शक्‍ति उहाँसँग थियो ।
LUK 5:18 केही मानिसहरूले एक जना पक्षाघाती मानिसलाई गुन्‍द्रिमा बोकेर त्यहाँ आए । उसलाई येशूको अगाडि भित्र लगेर राख्‍नका लागि लैजाने बाटो खोजे ।
LUK 5:19 तर भिडको कारणले गर्दा तिनीहरूले उसलाई येशूकहाँ लैजान सकेनन् । त्यसैले, तिनीहरू घरको छानामाथि चढे र छाना खोलेर तिनीहरूले त्यो मानिसलाई येशू भएको ठाउँको अगाडि ओछ्यानसहित झारिदिए ।
LUK 5:20 येशूले तिनीहरूको विश्‍वासलाई देख्‍नुभयो र भन्‍नुभयो, “हे मानिस, तिम्रो विश्‍वासको कारण तिम्रा पाप क्षमा भएका छन् ।”
LUK 5:21 शास्‍त्री र फारिसीहरूले प्रश्‍न गर्न थाले, “यो ईश्‍वर-निन्दा गर्ने को हो ? परमेश्‍वरबाहेक कसले पापको क्षमा दिन सक्छ ?”
LUK 5:22 येशूले तिनीहरूले आपसमा के विचार गरेका थिए भन्‍ने कुरा जान्‍नुभयो र भन्‍नुभयो, “तिमीहरू आफ्नो हृदयमा किन यस्तो प्रश्‍न गर्दछौ ?
LUK 5:23 कुन कुरा सजिलो छ ‘तिम्रा पाप क्षमा भए भन्‍नु वा उठेर हिँड् भन्‍नु ?‘
LUK 5:24 तिमीहरूलाई थाहा होस् कि मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ । म तिमीलाई भन्दछु, ‘उठ, तिम्रो आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ‘ ।”
LUK 5:25 तुरुन्तै तिनीहरूको सामुन्‍ने ऊ उठ्यो र आफ्नो ओछ्यान उठाएर परमेश्‍वरको महिमा गर्दै आफ्नो घरतर्फ लाग्यो ।
LUK 5:26 सबै जना अचम्मित भए र परमेश्‍वरलाई महिमा दिए । तिनीहरू डरले भरिएर भने, “आज हामीले असाधारण काम देखेका छौँ ।
LUK 5:27 यसपछि येशू त्यहाँबाट जानुभयो र लेवी नाउँ गरेको कर उठाउने व्यक्‍तिलाई कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो । उहाँले उसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।”
LUK 5:28 त्यसैले, लेवीले सब थोक छाडेर उठे अनि उहाँलाई पछ्याए ।
LUK 5:29 तब लेवीले येशूको निम्ति उसको घरमा एउटा ठुलो भोज दिए, जहाँ धेरै कर उठाउनेहरू पनि थिए अनि अन्य मानिसहरूले पनि टेबलमा अडेस लगाएर तिनीहरूसँगै खाइरहेका थिए ।
LUK 5:30 तर फरिसीहरू र तिनीहरूका शास्‍त्रीहरूले उहाँका चेलाहरूसँग यसरी गुनासो गरिरहेका थिए, “तिमीहरू किन कर उठाउनेहरू र अरू पापीहरूसँग बसेर खान्‍छौँ ?”
LUK 5:31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “असल स्वस्थ हुने मानिसलाई वैद्यको आवश्यकता पर्दैन, बिरामीलाई मात्र यसको आवश्यकता पर्छ ।”
LUK 5:32 म धर्मी मानिसलाई पश्‍चात्तापको लागि बोलाउन आएको होइनँ, तर पापीहरूलाई पश्‍चात्तापको निम्ति बोलाउन आएको हुँ ।
LUK 5:33 तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू प्रायः उपवास बस्छन् र प्रार्थना गर्छन् अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरू खान्छन् र पिउँछन् ।”
LUK 5:34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के विवाह भोजमा दुलहा त्यहाँ तिनीहरूकासाथमा हुँदा विवाह भोजमा उपस्थित हुनेहरू उपवास बस्‍छन् र ?”
LUK 5:35 तर तिनीहरूबाट दुलहालाई लगिने समय आउनेछ,तब मानिसहरू ती दिनहरूमा उपवास बस्‍नेछन् ।”
LUK 5:36 त्यसपछि येशूले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो, “कसैले पनि पुरानो कपडा टाल्नलाई नयाँ कपडा च्यात्दैन । उसले त्यसो गर्‍यो भने, उसले त्यो नयाँ कपडालाई च्यातेको हुन्छ, तर त्यो नयाँ कपडाको टुक्रा पुरानो कपडासँग पनि मिल्दैन ।
LUK 5:37 साथै कसैले पनि पुरानो मशकमा नयाँ दाखमद्य हाल्दैन । उसले त्यसो गर्‍यो भने नयाँ दाखमद्यले पुरानो मशकलाई फुटाउनेछ र दाखमद्य पोखिन्छ र मशक पनि नष्‍ट हुनेछ ।
LUK 5:38 तर नयाँ दाखमद्य नयाँ मशकमा नै राख्‍नुपर्छ ।
LUK 5:39 पुरानो दाखमद्य पिएर कसैले पनि नयाँ दाखमद्यको चाह गर्दैन, किनभने उसले “पुरानो नै असल छ भन्छ ।”
LUK 6:1 अब विश्रामको दिनमा यस्तो भयो कि येशू चेलाहरूसँग अन्‍नको खेतको बाटो भएर जाँदै गर्नुहुँदा तिनीहरूले हातले अन्‍नका बाला टिप्दै र तिनीहरूका हातमा माडिरहेका र अन्‍न खाइरहेका थिए ।
LUK 6:2 तर केही फरिसीहरूले भने, “किन तिमीहरूले विश्रामको दिनमा व्यवस्थाअनुसार गर्न नहुने काम गरिरहेका छौ ?”
LUK 6:3 येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ ?
LUK 6:4 तिनी परमेश्‍वरको भवनभित्र पसेर पूजारीहरूले बाहेक अरूले खान निषेध गरिएको परमेश्‍वरको उपस्थितिको रोटीबाट आफूले केही खाए र केही आफूसँग भएका मानिसहरूलाई पनि दिए ।”
LUK 6:5 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र विश्राम दिनको पनि प्रभु हो ।”
LUK 6:6 अर्को विश्राममा यसो भयो कि उहाँ सभाघरमा जानुभयो र त्यहाँ भएका मानिसहरूलाई सिकाउनुभयो । त्यहाँ दाहिने हात सुकेको एक जना मानिस थियो ।
LUK 6:7 उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर शास्‍त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई नियाली राखेका थिए ताकि तिनीहरूले उहाँलाई केही गल्ती गरेको कारण दोष भेट्टाउन सकियोस् ।
LUK 6:8 तर तिनीहरूले के सोचिरहेका थिए भनी उहाँलाई थाहा थियो, र हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र सबैका बिचमा खडा होऊ ।” त्यसकारण, त्यो मानिस उठ्यो र त्यहाँ सबैका बिचमा उभियो ।
LUK 6:9 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा कसैको असल गर्नु वा हानि गर्नु, जीवन बचाउनु वा नाश गर्नु कुन ठिक हो ?”
LUK 6:10 तब उहाँले तिनीहरूका वरिपरि हेर्नुभयो र त्यस मानिसलाई भन्‍नुभयो, “तेरो हात पसार् ।” उसले त्यसै गर्‍यो र उसको हात पहिलाको जस्तै भयो ।
LUK 6:11 तर तिनीहरू रिसले चूर भए र येशूको बारेमा के गर्न सकिन्छ भनी एक अर्कामा कुराकानी गरे ।
LUK 6:12 उहाँ डाँडामा प्रार्थना गर्न जानुभएको बेला ती दिनहरूमा यसो भएको हो । उहाँले परमेश्‍वरसँग रातभर निरन्तर प्रार्थनामा बिताउनुभयो ।
LUK 6:13 जब उज्यालो भइसकेको थियो । उहाँले चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूमध्येबाट बाह्र जनालाई चुन्‍नुभयो जसलाई “प्रेरित” नाउँ दिनुभयो ।
LUK 6:14 पप्रेरितहरूका नाउँहरू थिएः सिमोन (जसलाई उहाँले पत्रुस भनी नाउँ दिनुभयो) र उनका भाइ अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ,
LUK 6:15 मत्ती, थोमा, अल्फयासका छोरा याकूब, सिमोन जसलाई विद्रोही भनिन्थ्यो,
LUK 6:16 याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो एक धोकेबाज हुन पुग्यो ।
LUK 6:17 त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र समथर ठाउँमा उभिनुभयो । त्यहाँ उहाँका चेलाहरूको ठुलो भिड थियो र त्यसै गरी ठुलो सङ्ख्यामा यहूदिया, र यरूशलेम, र सिदोन, टुरोसको समुद्री तटका बासिन्दाहरू पनि थिए ।
LUK 6:18 तिनीहरू उहाँका वचन सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए । अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए ।
LUK 6:19 भभिडमा भएका सबैले उहाँलाई छुन खोजे, किनभने निको पार्ने शक्‍ति उहाँबाट गइहेको थियो र उहाँले सबैलाई निको पार्नुभयो ।
LUK 6:20 उहाँले चेलाहरूतर्फ हेर्नुभयो र भन्‍नुभयो, “धन्य तिमीहरू जो दीन छौ, परमेश्‍वरको राज्य तिमीहरूकै हो ।
LUK 6:21 धन्य तिमीहरू जो अहिले भोकाउँदछौ, तिमीहरू तृप्‍त हुनेछौ । धन्य तिमीहरू जो अहिले रुन्छौ, तिमीहरू हाँस्‍नेछौ ।
LUK 6:22 जब मानिसका पुत्रका खातिर बहिष्कार गरी साथीहरूबाट अलग गरेर तिमीहरूलाई निकाल्दछन् र दुष्‍ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्दछन् । धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई घृणा गर्दछन् ।
LUK 6:23 त्यसदिन तिमीहरू रमाओ र आनन्दले उफ्र, किनकि निश्‍चय नै स्वर्गमा तिमीहरूका लागि ठुलो इनाम हुनेछ । किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्‍ताहरूलाई त्यसै गरेका थिए ।
LUK 6:24 तर धिक्‍कार तिमीहरू जो धनी छौ ! तिमीहरूले आफ्ना सान्त्वना पाइसकेका छौ ।
LUK 6:25 धिक्‍कार तिमीहरूलाई जो आहिले तृप्‍त छौ ! तिमीहरू पछि भोकाउनेछौ । धिक्‍कार तिमीहरू जो अहिले हाँस्‍छौ ! तिमीहरू पछि रुनेछौ र विलाप गर्नेछौ ।
LUK 6:26 धिक्‍कार तिमीहरू मानिसहरूबाट प्रशंसा पाउनेहरू ! तिम्रा पुर्खाहरूले झुटा अगमवक्‍ताहरूलाई पनि त्यसै गरेका थिए ।
LUK 6:27 तर म तिमीहरूलाई भन्दछु जसले सुनिरहेका छौ, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर ।
LUK 6:28 तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष्‌‌ देऊ र तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर ।
LUK 6:29 तिम्रो एउटा गालामा हिर्काउनेलाई अर्को पनि थापिदेऊ । यदि कसैले तिम्रो कोट खोस्‍छ भने उसलाई दौरा पनि दिइहाल ।
LUK 6:30 तिमीसँग माग्‍ने सबैलाई देऊ । यदि कसैले तिम्रो केही कुरा लगेमा त्यससँग फिर्ता नमाग ।
LUK 6:31 मानिसहरूले तिमीलाई जसो गरेको चाहन्छौ, तिमीले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ ।
LUK 6:32 तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने के लाभ भयो र ? किनकि पापीहरूले पनि तिनीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छन् ।
LUK 6:33 यदि तिमीहरूलाई असल गर्नेलाई मात्र असल गर्छौ भने के लाभ भयो र ? पापीहरूले पनि त त्यसै गर्छन् ।
LUK 6:34 यदि तिमीले तिनीहरूले फिर्ता गर्न सक्छन् भन्‍ने आशामा मात्र ऋण दिन्छौ भने तिमीलाई के लाभ भयो र ? पापीहरूले पनि पापीहरूलाई ऋण दिन्छन् र उत्तिकै मात्रामा फिर्ता पाउने आशा राख्दछन् ।
LUK 6:35 तर तिम्रा शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर । पैँचो माग्‍नेहरूलाई केही पनि फिर्ता पाउने आशा नगरीकन देऊ ताकि तिम्रो इनाम ठुलो हुनेछ । तिमी सर्वोच्‍चका छोराहरू हुनेछौ, किनकि उहाँ आफैँ अधन्यवादी र खराब मानिसहरूप्रति कृपालु हुनुहुन्छ ।
LUK 6:36 तिम्रा पिता कृपालु हुनुभएझैँ तिमी पनि कृपालु होऊ ।
LUK 6:37 कसैको न्याय नगर र तिम्रो न्याय गरिनेछैन । दोष नलगाऊ र तिमी दोषी ठहरिनेछैनौ; अरूलाई क्षमा देऊ र तिमीलाई पनि क्षमा गरिनेछ ।
LUK 6:38 अरूहरूलाई देऊ र तिमीहरूलाई पनि दिइनेछ । प्रशस्त परिमाणमा खाँदी-खाँदी, हल्लाई-हल्लाई पोखिने गरी, तिनीहरूले तिमीहरूका पोल्टामा खन्याउनेछन् । जुन नापले तिमीहरू नाप्‍तछौ, त्यहीँ नापले तिमीहरू पनि नापिनेछौ ।”
LUK 6:39 त्यसपछि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त पनि भन्‍नुभयो, “के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्‍याउन सक्छ ? त्यसो गरे दुवै जना खाल्डोमा पर्दैनन् र ?
LUK 6:40 एउटा चेला आफ्नो गुरुभन्दा महान् हुन सक्दैन । तर हेरक जसले तालिम प्राप्‍त गर्छ, तब ऊ आफ्नो गुरुजस्तै हुनेछ ।
LUK 6:41 तिमीले तिम्रो भाइको आँखामा मात्र किन सानो कसिङ्गर देख्‍तछौ तर आफ्नै आँखामा भएको मुढाचाहिँ किन देख्दैनौ ?
LUK 6:42 कसरी तिमीले आफ्नो भाइलाई भन्‍न सक्छौ, भाइ मलाई तिम्रा आँखामा भएको कसिङ्गर निकाल्न देऊ जब कि तिमीले आफ्नै आँखामा भएको मुढा देख्दैनौ ? हे पाखण्डी हो ! पहिले तिम्रा आँखाबाट मुढा निकाल तब तिमीले तिम्रो भाइको आँखामा भएको कसिङ्गर निकाल्न स्पष्‍टसँग देख्‍नेछौ ।
LUK 6:43 किनकि कुनै असल रुखले कुहिएको फल फलाउँदैन, न त कुहिएको रुखले असल फल फलाउन सक्छ ।
LUK 6:44 किनभने प्रत्येक रुख त्यसको फलले नै चिनिन्छ । किनकि काँडाको रुखबाट कसैले अञ्‍जीर बटुल्न सक्दैन, न त काँडे झाडीबाट अङ्गुर बटुल्न सक्छ ।
LUK 6:45 असल मान्छेले आफ्नो हृदयको भण्डारबाट असल कुरा निकाल्छ र खराब मान्छेले आफ्नो हृदयको भण्डारबाट खराब कुरा नै निकाल्दछ । किनकि उसले आफ्नो हृदयको प्रशस्तबाट त्यही बोल्दछ र जे भण्डार गरी राखेको छ, त्यहीँ निकाल्छ ।
LUK 6:46 तिमीहरू मलाई किन “प्रभु, प्रभु” भन्दछौ, जब कि मैले भनेका कुराहरूचाहिँ तिमीहरूले पालना गर्दैनौ ?
LUK 6:47 हरेक व्यक्‍ति जो मकहाँ आउँछ र मेरा वचन सुन्छ र पालन गर्छ, म तिमीहरूलाई भन्दछु, ऊ कस्तो मानिस हो ।
LUK 6:48 ऊ एक जना घर बनाउने मानिसजस्तो हो, जसले जमिन गहिरो गरी खन्यो र घरको जग बलियो चट्टानमाथि बसाल्यो । जब जलप्रवाह भयो, तब बाढी उर्ली आएर त्यस घरलाई प्रहार गर्‍यो, तर त्यसलाई हल्लाउन सकेन, किनभने त्यो राम्ररी बनाइएको थियो ।
LUK 6:49 तर एक जना मानिस जसले मेरा वचनहरू सुन्छ र पालन गर्दैन्, त्यो मानिस जमिनमाथि विनाजग घर बनाउने मानिसजस्तो हो । जब जलप्रवाह उर्ली आयो र त्यस घरलाई प्रहार गर्‍यो तब त्यो घर तुरुन्तै ढली हाल्यो र त्यस घरको पुरै विनाश भयो ।
LUK 7:1 सुनिरहेका मानिसहरूलाई सबै कुरा भनेर सक्‍नुभएपछि येशू कफर्नहुममा प्रवेश गर्नुभयो ।
LUK 7:2 एउटा कप्‍तानको दास जो उनका लागि अति नै महत्त्वपूर्ण थियो, ऊ साह्रै बिरामी भएर मर्नै आँटेको थियो ।
LUK 7:3 तर उनले येशूको बारेमा सुनेको हुनाले कप्‍तानले यहूदीहरूका धर्म-गुरुहरूलाई येशूकहाँ गएर उहाँ आएर आफ्नो दासलाई मर्नदेखि बचाइ दिनुहोस् भनी पठायो ।
LUK 7:4 जब तिनीहरू येशूको नजिक आए, तब तिनीहरूले उहाँसँग यसो भन्दै बिन्ती गरे, तिनी योग्यका छन् यो तिनका निम्ति तपाईंले गरिदिनुहोस् ।
LUK 7:5 किनकि उनले हाम्रा जातिहरूलाई प्रेम गर्छन् र उनी तिनै नै हुन् जसले हाम्रा लागि सभाघर पनि निर्माण गरिदिएका छन् ।”
LUK 7:6 त्यसैले, येशू तिनीहरूसँगै सरासर बाटो लाग्‍नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्‍तानले साथीहरू पठाएर उहाँलाई यसो भन्‍न लगाए, “प्रभु तपाईंले आफैँलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्न योग्यको छैनँ ।
LUK 7:7 यही कारणले मैले आफैँलाई तपाईंकहाँ आउने प्रर्याप्‍त योग्यको ठानिनँ, तर वचन बोली दिनुहोस् र मेरो दास निको हुनेछ ।
LUK 7:8 किनकि म पनि एउटा अधिकार पाएको मानिस हुँ र मेरोमुनि सिपाहीहरू छन् । मैले एउटलाई जा भन्छु र त्यो जान्छ र अर्कोलाई आइज भन्छु र त्यो आउँछ र मेरो दासलाई ‘यसो गर भन्छु,‘ त्यसले त्यो गर्छ ।”
LUK 7:9 जब येशूले त्यो सुन्‍नुभयो, उहाँ अचम्मित हुनुभयो र भिडतिर फर्केर उनलाई देखाउँदै भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, कि इस्राएलमा पनि मैले कसैमा यस्तो विश्‍वास भेट्टाएको छैन ।”
LUK 7:10 तब ती पठाइएका मानिसहरू घरमा फर्केर आए र दासलाई स्वस्थ अवस्थामा भेट्टाए ।
LUK 7:11 त्यसको केही समयपछि येशू नाइन भन्‍ने सहरमा यात्रा गरिरहनुभएको थियो । मानिसहरूको एउटा ठुलो भिडसँगै उहाँका चेलाहरू पनि उहाँसँगै थिए ।
LUK 7:12 जब उहाँ सहरको मूल ढोकानजिक पुग्‍नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो । त्यो उसकी आमाको एक मात्र छोरो थियो । तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो ।
LUK 7:13 तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्‍नुभयो, “नरोऊ ।”
LUK 7:14 तब उहाँ अगाडि आउनुभयो र मृतकलाई छुनुभयो र शरीरलाई बोक्‍नेहरू टक्‍क अडिए । उहाँले भन्‍नुभयो, “जवान मानिस, म तिमीलाई भन्दछु, उठ ।”
LUK 7:15 मृत मानिस उठ्यो र बोल्न थाल्यो । तब येशूले उसलाई उसकी आमालाई सुम्पनुभयो ।
LUK 7:16 तब तिनीहरू सबै डराए । तिनीहरूले यसो भन्दै परमेश्‍वरको प्रशंसा गरिरहे, “हाम्रा बिचमा एउटा महान् अगमवक्‍ता खडा भएका छन् र परमेश्‍वरले आफ्ना मानिसहरूलाई हेर्नुभएको छ ।”
LUK 7:17 येशूले गर्नुभएका यस कार्यको खबर सारा यहूदियाभरि र सबै छिमेकी इलाकाहरूमा चारैतिर फैलियो ।
LUK 7:18 यूहन्‍नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए ।
LUK 7:19 तब यूहन्‍नाले आफ्ना दुई जना चेलाहरूलाई बोलाएर प्रभुकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्‍ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ ?
LUK 7:20 जब तिनीहरू येशूको नजिक गए, तब तिनीहरूले यसो भने, बप्‍तिस्‍मा-दिने यूहन्‍नाले हामीलाई तपाईंकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्‍ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ ?”
LUK 7:21 त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग, दुःखकष्‍ट र दुष्‍टात्माबाट निको पार्नुभयो र उहाँले धेरै दृष्‍टिविहीन मानिसहरूलाई देख्‍न सक्‍ने क्षमता दिनुभयो ।
LUK 7:22 येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्‍नालाई बताइदेओ । दृष्‍टिविहीनहरूले दृष्‍टि पाइराखेका छन्, लङ्गडाहरू हिँडिराखेका छन्, कुष्‍ठरोगीहरू शुद्ध भइराखेका छन्, कान नसुन्‍नेहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन् र आवश्यकतामा परेका मानिसहरूलाई सुसमाचार सुनाइएको छ ।
LUK 7:23 मेरो क्रियाकलापको कारणले मलाई विश्‍वास गर्न नछोड्ने त्यो मानिस धन्यको हो ।
LUK 7:24 यूहन्‍नाका समाचार वाहकहरू गइसकेपछि येशूले भिडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमी उजाड-स्थानमा के हेर्नलाई गयौ, के बतासले हल्लाइराखेको निगालोलाई ?
LUK 7:25 तर के हेर्नलाई तिमी गयौ, मलमलको कपडा लगाएको एउटा मानिसलाई ? हेर, राम्रा सुन्दर कपडा लगाएका मानिसहरू राजाका दरबारमा भोगविलाससाथ जिउँछन् ।
LUK 7:26 तर के हेर्नलाई तिमीहरू बाहिर गयौ, एउटा अगमवक्‍तालाई ? हो, म तिमीहरूलाई भन्दछु, र एउटा अगमवक्‍ताभन्दा पनि महान् यहाँ छ ।
LUK 7:27 यो जसको बारेमा लेखिएको छ, हेर, म मेरा सन्‍देशवाहकलाई तिम्रो अगि-अगि पठाउँदै छु ।
LUK 7:28 म तिमीहरूलाई भन्दछु, स्‍त्रीहरूबाट जन्मेकाहरूमध्येमा, बप्‍तिस्मा-दिने यूहन्‍नाभन्दा महान् कोही छैन, तापनि परमेश्‍वरको राज्यमा सबभन्दा कम महत्त्‍वको मानिस पनि उनीभन्दा महान् हुन्छ ।”
LUK 7:29 जब सबै मानिसहरूले यो सुने, तब कर उठाउनेहरूसमेत, तिनीहरूले यो घोषणा गरे कि परमेश्‍वर धर्मी हुनुहुन्छ, जसले बप्‍तिस्मा-दिने यूहन्‍नासँगै बप्‍तिस्‍मा लिएका थिए ।
LUK 7:30 तर फरिसीहरू र यहूदीहरूका व्यवस्थाका पण्डितहरू, जसले उनीबाट बप्‍तिस्‍मा लिएका थिएनन्, तिनीहरू आफैँले आफ्ना निम्ति परमेश्‍वरको बुद्धिलाई इन्कार गरे ।
LUK 7:31 यस पुस्ताका मानिसहरूलाई मैले केसित तुलना गरूँ ? तिनीहरू केजस्ता छन् ?
LUK 7:32 तिनीहरू बजार क्षेत्रमा खेलिरहने बालबालिकाहरूजस्ता छन्, जो बस्दछन् र एक अर्कोलाई यसो भन्दै बोलाउँछन्, “हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, तर तिमीहरू नाचेनौ । हामीले विलाप गर्‍यौँ, तर तिमीहरू रोएनौ ।”
LUK 7:33 किनकि बप्‍तिस्मा-दिने यूहन्‍ना न रोटी खाँदै आए न त दाखमद्य नै पिउदै आए र पनि तिमीहरू भन्छौ कि उसलाई भूत लागेको छ ।
LUK 7:34 मानिसका पुत्र खाँदै र पिउँदै आए र तिमीहरू भन्छौ, “हेर, ऊ त एउटा घिचुवा र पियक्‍कड मानिस, कर उठाउने र पापीहरूका मित्र हो ।”
LUK 7:35 तर बुद्धि तिनका सबै सन्तानहरूद्वारा प्रमाणित हुन्छ ।”
LUK 7:36 अहिले एक जना फरिसीले येशूलाई ऊसँग भोजन गर्नका लागि अनुरोध गरिरहेको थियो । त्यसपछि येशू फरिसीको घरमा प्रवेश गर्नुभयो, भोजन खानलाई टेबुलमा गएर बस्‍नुभयो ।
LUK 7:37 हेर, त्यस सहरमा एउटी स्‍त्री थिइन् जो पापी थिइन्, तिनले पत्ता लगाइन् कि उहाँ फरिसीको घरमा बस्‍नुभएको छ र तिनले सिङ्गमरमरको बोतलमा अत्तर ल्याइन् ।
LUK 7:38 तिनी उहाँका पाउको नजिक पछाडिपट्टि उभिइन् र रोइन् । तब तिनले उहाँको पाउ आफ्ना आँसुले भिजाउन थालिन् र टाउकाको कपालले उहाँका पाउ पुछिन्, उहाँका पाउमा म्वाइ खाइन् र पाउमा अत्तर घसिन् ।
LUK 7:39 जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तब उसले आफूले विचार गर्दै भन्यो, “यदि यी मानिस एउटा अगमवक्‍ता भएको भए, तब उनले जान्‍ने थिए कि को र कस्ती प्रकारकी स्‍त्रीले उहाँलाई छोइरहेकी छे र त्यो एउटी पापी स्‍त्री हो भनेर ।”
LUK 7:40 येशूले जवाफ दिएर उसलाई भन्‍नुभयो, “सिमोन मैले तिमीलाई केही भन्‍नु छ ।” उसले भन्यो, “गुरुज्यू, भन्‍नुहोस् ।”
LUK 7:41 येशूले भन्‍नुभयो, “दुई जना मानिसले एक जना साहुबाट ऋण लिएका थिए । एउटाले पाँच सय दिनार ऋण, र अर्कोले पचास दिनार ऋण लिएको रहेछ ।
LUK 7:42 तिनीहरूसँग तिर्ने नभएकोले साहुले ती दुवै जनालाई माफ गरिदिए । त्यसकारण, तिनीहरूमध्ये कुनचाहिँले उनलाई बढी प्रेम गर्नेछ ?”
LUK 7:43 सिमोनले उहाँलाई जवाफ दिए र भने, “म विचार गर्छु कि जसलाई उनले बढी माफ गरे । येशूले उसलाई भन्‍नुभयो तिमीले ठिकसित न्याय गर्‍यौ ।”
LUK 7:44 येशू स्‍त्रीतिर फर्केर सिमोनलाई भन्‍नुभयो, “तिमी यो स्‍त्रीलाई देख्दछौ । म तिम्रो घरभित्र प्रवेश गरेँ । तिमीले मेरो पाउ धुनलाई पानीसम्म दिएनौँ, तर तिनले त आफ्नो आँसुले मेरा पाउ भिजाइन्, र कपालले मेरा पाउ पुछिन् ।
LUK 7:45 तिमीले मलाई म्वाइँ खाएनौ, तर तिनले म यहाँभित्र पसेको समयदेखि मेरा पाउमा म्वाइँ खान छोडेकी छैनन् ।
LUK 7:46 तिमीले मेरो शिर तेलले अभिषेक गरेनौ, तर तिनले मेरा पाउमा अत्तर घसिन् ।
LUK 7:47 यो घटनाको कारणले म तिमीलाई भन्दछु, कि जसका धेरै पाप थिए र बढी क्षमा गरिएको छ, तिनले धेरै प्रेम गरेकी छन् । तर जसलाई थोरै मात्र क्षमा गरिएको छ, उसले थोरै नै मात्र प्रेम गर्छ ।”
LUK 7:48 तब उहाँले तिनलाई भन्‍नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन् ।”
LUK 7:49 त्यहाँ एकसाथ बसिरहेकाहरूले एक-अर्कामा भन्‍न थाले, ‘पाप क्षमा गर्ने यी को हुन् र ?‘
LUK 7:50 तब येशूले स्‍त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ, शान्तिसँग जाऊ ।”
LUK 8:1 यसपछि छिट्टै प्रभु येशू आफ्ना बाह्र जना चेलाका साथमा वरपरका सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै जानुभयो ।
LUK 8:2 केही स्‍त्रीहरू जो दुष्‍टात्मा र रोगहरूबाट निको भएका थिए, तिनीहरू पनि उहाँहरूसँगै थिए । तिनीहरू मरियम जसलाई मग्दलनी भनिन्थ्यो, जसबाट सातवटा भूतात्मा निकालिएका थिए ।
LUK 8:3 हेरोदका कारिन्दा खुजासकी पत्‍नी योअन्‍ना र सुसन्‍ना, यिनीहरू र अरूहरू आफ्ना भौतिक स्रोतहरूबाट उहाँहरूका निम्ति जुटाई दिन्थे ।
LUK 8:4 अब मानिसहरूको एउटा ठुलो भिड एकसाथ भेला भएको थियो, साथै धेरै विभिन्‍न सहरबाट मानिसहरूसमेत उहाँकहाँ आइरहेका थिए । उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो ।
LUK 8:5 “एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो । उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए ।
LUK 8:6 अरू बिउ ढुङ्गेनी जमिनमा परे र चाँडै ती बोटको रूपमा बढे र सुकिहाले, किनकि त्यो जमिन ओबानो थियो ।
LUK 8:7 अझै अरू बिउहरू काँढाँका बिरुवाहरूमा परे, र बिउहरू सँगसँगै बिरुवाहरू पनि बढे र बिउहरूलाई काँढे झाडीले निसासिदियो ।
LUK 8:8 तर केही बिउहरू असल जमिनमा परे र सय गुणा फल फलाए ।” येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले बोलाउनुभयो, जससँग सुन्‍ने कानहरू छन् त्यसले सुनोस् ।
LUK 8:9 त्यसपछि उहाँका चेलाहरूले उहाँलाई यो दृष्‍टान्तको अर्थ के हुन सक्छ भनी सोधे ।
LUK 8:10 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई परमेश्‍वरका राज्यका रहस्यका कुराहरू बुझ्‍ने अवसर दिइएको छ, तर बाँकी मानिसहरूलाई दृष्‍टान्तमा सिकाइने छ । त्यसकारण ‘वास्तवमा तिनीहरूले हेरेर पनि देख्‍नेछैनन्, सुनेर पनि बुझ्‍नेछैनन् ।’
LUK 8:11 अब दृष्‍टान्तको अर्थ यही होः बिउ परमेश्‍वरको वचन हो ।
LUK 8:12 बाटोको किनारमा परेका बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, तर दुष्‍ट आउँछ र तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्छ ताकि तिनीहरूले विश्‍वास नगरून् र नबाँचून् ।
LUK 8:13 त्यसपछि ढुङ्गेनी जमिनमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन्, तर तिनीहरूको गहिराइ नभएकोले केवल एक क्षणका लागि मात्र विश्‍वास गर्छन् र जाँचको समयमा तिनीहरू पतन भएर जान्छन् ।
LUK 8:14 काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा, संसारका धन सम्पत्तिको फिक्री, सुख विलासका कारण निसासिएर परिपक्‍व फल फलाउन सक्दैनन् ।
LUK 8:15 तर असल जमिनमा परेका बिउ ती मानिसहरूजस्तउ हुन्, जसले इमानदार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् ।
LUK 8:16 अनि बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन, बरु यसलाई उसले सामदानमा राख्छ, ताकि भित्र पस्‍ने सबैले उज्यालो देखून् ।
LUK 8:17 किनभने कुनै पनि कुरालाई प्रकट हुन नसक्‍ने गरी लुकाउन सकिँदैन, न त कुनै पनि गोप्य कुरा प्रकट नै हुन नसक्‍ने र ज्योतिमा आउन नसक्‍ने हुन्छ ।
LUK 8:18 त्यसैकारण, तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार होओ, किनभने जससँग छ त्यसलाई धेरै दिइनेछ, जससँग छैन उसले आफूसँग जे छ भनी सोचेको छ त्योसमेत उसबाट खोसिनेछ ।”
LUK 8:19 त्यसपछि येशूकी आमा र भाइहरू उहाँकहाँ आए, तर भिडको कारणले गर्दा उहाँको नजिक आउन सकेनन् ।
LUK 8:20 र उहाँलाई यसो भनिएको थियो, “तपाईंकी आमा र भाइहरू तपाईंलाई भेट्ने इच्छा गरी बाहिर पर्खिरहेका छन् ।”
LUK 8:21 तर येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “मेरा आमा र भाइहरू भनेका ती हुन्, जसले मेरो वचन सुन्छन् र पालना गर्छन् ।”
LUK 8:22 अब ती दिनहरूमा एक दिन येशू र उहाँका चेलाहरू डुङ्गामा चढ्नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामी तालको पल्लोपट्टि जाऔँ ।” तब उहाँहरू डुङ्गामा चढ्नुभयो ।
LUK 8:23 तर उहाँहरू यात्रामा हुनुहुँदा, प्रभु येशू निदाउनुभयो र त्यस तालमा धेरै ठुलो आँधीबेहरी आयो अनि तिनीहरूको डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू डरलाग्दो खतरामा थिए ।
LUK 8:24 त्यसपछि येशूका चेलाहरू उहाँकहाँ आए र यसो भन्दै उहाँलाई ब्युँझाए, “प्रभु, प्रभु, हामी त मर्नै लाग्यौँ ।” उहाँ उठ्नुभयो, र बतासलाई हप्काउनुभयो, पानीको बेग थामियो र त्यहाँ सुनसान भयो ।
LUK 8:25 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कहाँ छ ?” डराएर तिनीहरू अचम्मित हुँदै एक-अर्कालाई भन्दै थिए “उहाँ को हुनुहुन्छ, जसले आँधी र पानीलाई हप्काउनुहुन्छ र तिनले उहाँको आज्ञा मान्छन् ?”
LUK 8:26 उहाँहरू गेरासेनसको इलाकामा आइपुग्‍नुभयो, जुन गालीलको पारीपट्टि पर्छ ।
LUK 8:27 जब प्रभु डुङ्गाबाट पाखामा उत्रनुभयो, एउटा सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्यो र त्यस मानिसमा दुष्‍टात्माहरू थिए । किनभने लामो समयदेखि त्यस मानिसले कपडाहरू लगाएको थिएन र घरमा बस्दैनथ्यो, बरु चिहानहरूमा नै बस्दथियो ।
LUK 8:28 जब उसले येशूलाई देख्यो, ऊ चिच्‍च्‍यायो, उहाँको सामु लड्यो र उसले उच्‍च स्वरमा भन्यो, “सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईंसँग मेरो के सरोकार ? म बिन्ती गर्छु कि मलाई नसताउनुहोस् ।”
LUK 8:29 किनभने येशूले त्यो मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्दै हुनुहुन्थ्यो, किनकि धेरै पटक यसले उसलाई पक्रेर राखेको थियो । ऊ साङ्ग्ला र नेलले बाँधिएर पहरामा राखिएको भए तापनि उसले ती छिनालिहाल्थ्यो र दुष्‍ट आत्माद्वारा मरुभूमितिर डोर्‍याइन्थ्यो ।
LUK 8:30 त्यसपछि येशूले त्यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो ?” र त्यसले भन्यो, “फौज ।” किनभने धेरै दुष्‍ट आत्माहरू त्यसभित्र पसेका थिए ।
LUK 8:31 तिनीहरूलाई अगाध खाँदमा नपठाउनुहोस् भनी तिनीहरूले उहाँलाई निरन्तर बिन्ती गरे ।
LUK 8:32 अब त्‍यहाँ नजिकै डाँडामा सुँगुरको एक बथान चरिरहेको थियो र दुष्‍ट आत्माहरूले उहाँलाई सुँगुरको बथानमा पठाइदिन भनी बिन्ती गरे । उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभयो ।
LUK 8:33 त्यसैले, त्यस मानिसबाट दुष्‍ट आत्माहरू निस्की सुँगुरको बथानमा पसे, र त्यो बथान भिरालोबाट हुर्रिंदै गएर समुद्रमा डुबेर मरे ।
LUK 8:34 सुँगुर चराइरहेका मानिसहरूले जे भइरहेको थियो त्यो देखेपछि तिनीहरू भाग्दै सहर र वरपरका ठाउँहरूमा गए र त्यो कुरो बताए ।
LUK 8:35 त्यसकारण, मानिसहरू जसले यसबारे सुने, के भएको थियो सो हेर्नलाई तिनीहरू येशूकहाँ आए र त्यस मानिस जसबाट दुष्‍ट आत्माहरू निस्केर गएका थिए, त्यसलाई कपडा लगाएर राम्रो अवस्थामा येशूको चरणमा बसिरहेको भेट्टाए र तिनीहरू डराए ।
LUK 8:36 तब जुन घटना घटेको ती मानिसहरूले देखेका थिए अर्थात् कसरी दुष्‍ट आत्माहरूद्वारा नियन्‍त्रित मानिस बचाइको थियो, सो तिनीहरूले अरूहरूलाई भने ।
LUK 8:37 गेरासेन र वरपरका सबै मानिसहरूले येशूलाई तिनीहरूबाट जान आग्रह गरे, किनभने तिनीहरू साह्रै डराएका थिए ।
LUK 8:38 तर दुष्‍ट आत्माहरू निस्केर गएको मानिसले येशूसँगै जानलाई उहाँलाई बिन्ती गर्‍यो, तर येशूले यसो भन्दै उसलाई पठाउनुभयो,
LUK 8:39 “आफ्नो घर फर्क र परमेश्‍वरले तिम्रो निम्ति गर्नुभएका महान् कार्यहरूको स्मरण गर ।”
LUK 8:40 जब येशू फर्कनुभयो, भिडले उहाँलाई स्वागत गर्‍यो, किनकि तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए ।
LUK 8:41 हेर, याइरस नाउँ गरेका एक जना मानिस त्यहाँ आए, जो सभाघरका अगुवाहरूमध्ये एक थिए । याइरस प्रभु येशूका पाउमा घोप्‍टो परे र उहाँलाई उनको घरमा आउन बिन्ती गरे ।
LUK 8:42 किनभने उनको एउटै मात्र बाह्र वर्षकी छोरी मर्नै लागेकी थिइन् । तर उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भिडले उहाँलाई घचेटिरहेको थियो ।
LUK 8:43 त्यहाँ एउटी बाह्र वर्षसम्म रगत बग्‍ने समस्या भएकी स्‍त्री थिइन् । तिनले आफ्नो सम्पूर्ण पैसा डाक्टरहरूकहाँ औषधी उपचारमा खर्चे गरिसकेकी थिइन्, तर तिनीहरूमध्ये कसैले पनि निको पार्न सकेका थिएनन् ।
LUK 8:44 तिनी येशूको पछिल्तिर आइन् र उहाँको कपडाको छेऊ छोइन् र तुरुन्तै तिनको रक्‍तश्राव रोकियो ।
LUK 8:45 येशूले भन्‍नुभयो, “मलाई कसले छोयो ?” जब सबैले यसलाई इन्कार गरे, पत्रुसले भने, “प्रभु मानिसहरूको भिडले तपाईंलाई घेरेर घचेट्दै छन् ।”
LUK 8:46 तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोयो, किनभने शक्‍ति मबाट बाहिर गइरहेको मैले थाहा पाएँ ।”
LUK 8:47 जब त्यस स्‍त्रीले आफूले गरेको कुरा लुकाउन नसक्‍ने देखिन्, तब काँप्दै येशूको चरणमा घोप्‍टो परिन्, तिनले येशूलाई छुनुको कारण र कसरी तुरुन्तै निको भइन् सबै मानिसहररूका सामु बताइन् ।
LUK 8:48 त्यसपछि उहाँले तिनलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्तिसँग जाऊ ।”
LUK 8:49 जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो, सभाघरका अगुवाको घरबाट एक जना आएर भने, “तिम्री छोरी मरिसकिन् । गुरुलाई दुःख नदेऊ ।”
LUK 8:50 तर जब येशूले त्यो सुन्‍नुभयो, उहाँले उसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्‍वास मात्र गर र तिनी बचाइनेछिन् ।”
LUK 8:51 जब उहाँ घरमा आउनुभयो, तब पत्रुस, यूहन्‍ना र याकूब, केटीको बुबा र आमाबाहेक अरू कसैलाई पनि भित्र पस्‍ने अनुमति दिनुभएन ।
LUK 8:52 अनि त्यहाँ सबै मानिसहरू ती केटीका निम्ति रुँदै र विलाप गर्दै थिए । तर उहाँले भन्‍नुभयो, “नरोऊ, तिनी मरेकी छैनन्, तर निदाएकी मात्र छिन् ।”
LUK 8:53 तर तिनीहरू केटी मरेको थाहा पाएर, येशूलाई गिल्ला गर्दै हाँसे ।
LUK 8:54 तर उहाँले केटीलाई हातमा लिएर यसो भनेर बोलाउनुभयो, “नानी उठ ।”
LUK 8:55 तिनको आत्मा फर्क्यो, र तिनी तुरुन्तै उठिन् । उहाँले तिनलाई केही खान दिनका लागि आज्ञा दिनुभयो ।
LUK 8:56 तिनका बुबा-आमा अचम्मित भए, तर त्यहाँ जे भएको थियो त्यो कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो ।
LUK 9:1 उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने अधिकार र शक्‍ति दिनुभयो ।
LUK 9:2 उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो ।
LUK 9:3 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यात्राका निम्ति केही नलैजाओ न त लौरो, न त थैली, न त रोटी, न त पैसा, न त दुईवटा दौरा लैजाओ ।
LUK 9:4 तिमीहरू जुन घरमा पस्छौ, त्यस ठाउँलाई नछोडेसम्म त्यहीँ बस ।
LUK 9:5 कसैले तिमीहरूलाई ग्रहण गर्दैन भने, जब तिमीहरू त्यस सहरलाई छोडछौ, तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलोसमेत टकटकाइदेओ ।”
LUK 9:6 तब तिनीहरू सुसमाचारको घोषणा गर्दै हिँडे र हरेक ठाउँका रोगी मानिसहरूलाई निको पार्दै गाउँहरूतिर गए ।
LUK 9:7 अनि शासक हेरोदले जे भइरहेको थियो, त्यो सुनेर उनी अन्योलमा परे, कारण बप्‍तिस्मा-दिने यूहन्‍ना जीवित भएका छन् भनेर कसैले उनलाई सुनाइदिएको थियो ।
LUK 9:8 र कसैले एलिया देखा परेका छन्, र अरूहरूले पुराना अगमवक्‍ताहरूमध्ये एक जना फेरि पुनर्जीवित भएका छन् भने ।
LUK 9:9 हेरोदले भने, “मैले यूहन्‍नाको टाउको काटेँ, तर यो को हो जसको बारेमा म यस्तो कुरा सुन्दै छु ?” र हेरोदले येशूलाई हेर्ने बाटो खोज्‍ने कोसिस गरे ।
LUK 9:10 जब पठाइएकाहरू फर्केर आए, तिनीहरूले गरेका सबै कुरा उहाँलाई तिनीहरूले बताए । तिनीहरूलाई उहाँसँगै लगेर, बेथसेदा भनिने सहरमा आफैँ तिनीहरूसँग जानुभयो ।
LUK 9:11 तर भिडले यो सुन्यो र उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो र जसलाई निको हुन आवश्यक थियो, तिनीहरूलाई निको पार्नुभयो ।
LUK 9:12 दिन ढल्किन लाग्दा बाह्रै जना उहाँकहाँ आए र भने, “यस भिडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले गाउँहरूतिर र वरिपरिका ठाउँहरूमा गएर बास बस्‍न र खान पाउन सकून्, किनकि हामी यहाँ मरुभूमिको ठाउँमा छौँ ।”
LUK 9:13 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन । मानिसहरूको यो ठुलो भिडलाई गएर खाना किन्‍नबाहेक अर्को उपाय छैन ।”
LUK 9:14 त्यहाँ पाँच हजारभन्दा बढी मानिस थिए । उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, तिनीहरूलाई पचास-पचास जनाको समूहमा बस्‍न लगाओ ।”
LUK 9:15 अनि तिनीहरूले त्यसै गरे, र सबै मानिसहरू बसे ।
LUK 9:16 उहाँले पाँचवटा रोटी र दुईवटा माछालाई हातमा लिनुभयो र स्वर्गतिर आँखा उठाउँदै, तिनीहरूलाई आशीर्वाद दिनुभयो, र तिनलाई भाँचेर टुक्रा-टुक्रा पार्नुभयो, र भिडको सामु बाँड्नलाई चेलाहरूलाई दिनुभयो ।
LUK 9:17 तिनीहरू सबैले खाए र सन्तुष्‍ट भए र उब्रेका सबै रोटीका टुक्राहरू बटुले र बाह्र डाला भरे ।
LUK 9:18 जब उहाँ एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू पनि उहाँसँग थिए । उहाँले तिनिहरूलाई प्रश्‍न गर्दै भन्‍नुभयो, “भिडले म को हुँ भनी भन्दछ ?”
LUK 9:19 तिनीहरूले जवाफ दिँदै भने, “बप्‍तिस्मा-दिने यहून्‍ना, तर अरूले भन्छन् एलिया र अरूहरूले फेरि उदाएका पुरानो समयका एक जना अगमवक्‍ता हुन् भनी भन्दछन् ।”
LUK 9:20 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ तर तिमीहरूचाहिँ म को हुँ भनी भन्दछौ ?” पत्रुसले जवाफ दिँदै भने, “परमेश्‍वरबाट आउनुभएका ख्रीष्‍ट ।”
LUK 9:21 तर तिनीहरूलाई चेताउनी दिँदै येशूले तिनीहरूलाई यो कसैलाई पनि नभन्‍नू भनी शिक्षा दिनुभयो ।
LUK 9:22 निश्‍चय नै मानिसका पुत्रले धेरै कुरामा दुख सहनु, बुढापाकाहरू, मुख्य पुजारीहरू र शास्‍त्रीहरूबाट तिरष्कृत हुनु छ र तिनी मारिनेछन् र तेस्रो दिनमा जीवनमा फर्की आउनेछन् ।
LUK 9:23 उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्छ भने, उसले आफैँलाई इन्कार गरोस्, दिनहुँ आफ्नो क्रुस उठाओस् र मलाई पछ्याओस् ।
LUK 9:24 जसले आफ्नो जीवनलाई बचाउने प्रयास गर्दछ, उसले त्यसलाई गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ ।
LUK 9:25 सारा संसार हात पारेर पनि उसले आफैँलाई नाश गर्छ वा गुमाउँछ भने, मानिसलाई के लाभ हुन्छ र ?
LUK 9:26 जो मेरा वचनहरू र मसँग शर्माउँछ, महिमाका पिता र पवित्र दूतहरूका सामु मानिसका पुत्र पनि आफ्नो महिमामा आउँदा तिनीहरूसँग शर्माउँनेछन् ।
LUK 9:27 तर म तिमीहरूलाई साँचो भन्दछु, यहाँ तिमीहरूमध्ये उभिनेहरू कोही छन् जसले मृत्युको स्वाद चाख्‍नअगि परमेश्‍वरको राज्य देख्‍नेछैनन् ।
LUK 9:28 लगभग आठ दिनपछि येशूले उहाँसँग प्रार्थना गर्न पत्रुस, यूहन्‍ना र याकूबलाई सँगै लिएर जाँदा यी कुराहरू भन्‍नुभएको थियो ।
LUK 9:29 जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहार परिवर्तन भयो, र उहाँको वस्‍त्र सेतो र चम्किलो भयो ।
LUK 9:30 हेर, त्यहाँ दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए ! तिनीहरू मोशा र एलिया थिए,
LUK 9:31 जो महिमित देखिए । तिनीहरू उहाँको उठाइबारे कुरा गरिरहेका थिए, जुन यरूशलेममा पुरा हुन लागेको थियो ।
LUK 9:32 अब पत्रुस र तिनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए । तर जब तिनीहरू पूर्ण रूपले ब्युँझे, तिनीहरूले उहाँसँगै उभिरहेका दुई जना मानिस र उहाँको महिमालाई देखे ।
LUK 9:33 तिनीहरू येशूबाट टाढा जाँदै गर्दा, पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामी यहाँ तिन वटा टहरा बनाऔँ, यो हाम्रो लागि असल छ । एउटा तपाईंको लागि, अर्को मोशाको लागि र एउटा एलियाको लागि ।” उहाँले केको बारेमा भन्दै हुनुहुन्थ्यो भन्‍ने कुरा उनले बुझेनन् ।
LUK 9:34 जब तिनले यी कुराहरू भन्दै थिए, बादल आयो र तिनीहरूलाई ढाक्यो र तिनीहरूका वरिपरि बादलले ढाकेको देखेर तिनीहरू अत्तालिए ।
LUK 9:35 बादलबाट यसो भन्दै एउटा आवाज आयो, “यिनी मेरा चुनिएका पुत्र हुन् । यिनको कुरा सुन ।”
LUK 9:36 जब त्यो आवाज बन्द भयो, येशू एकलै हुनुभयो । तिनीहरू चुप भए र ती दिनमा जुन कुरा तिनीहरूले देखेका थिए, कसैलाई पनि भनेनन् ।
LUK 9:37 तिनीहरू पहाडबाट तल ओर्लेर आएको भोलिपल्ट मानिसहरूको ठुलो भिडले उहाँलाई भेट्यो ।
LUK 9:38 हेर, भिडबाट एक जना मानिस यसो भन्दै चिच्यायो, “गुरुज्यू, म बिन्ती गर्छु, कि तपाईंले मेरो छोरालाई हेर्नुहोस्, किनभने ऊ मेरो एउटै मात्र छोरा हो ।
LUK 9:39 हेर्नुहोस, उसलाई आत्माले समात्छ, र ऊ अचानक चिच्‍च्‍याउँछ, यसले उसको मुखमा फिज काढेर उसलाई काम्‍न लगाउँछ । यो उसबाट मुस्किलले जान्छ, जब यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ ।
LUK 9:40 मैले ऊबाट यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरेँ, तर तिनीहरूले सकेनन् ।”
LUK 9:41 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “हे अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म तिमीहरूसँग कति समयसम्म रहनु र तिमीहरूलाई सहनु ? तिम्रो छोरालाई यहाँ लेऊ ।”
LUK 9:42 त्यो केटो आउँदै थियो, भूतले उसलाई भुइँमा पछार्‍यो, र भयानक तवरले कमायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटालाई निको पार्नुभयो र उसको बुबालाई फिर्ता दिनुभयो ।
LUK 9:43 तिनीहरू परमेश्‍वरको महानतामा चकित भए । तर सबै जना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
LUK 9:44 “यी वचनहरू तिमीहरूका कानका गहिराइसम्म पुगून्, किनभने, मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् ।”
LUK 9:45 तर तिनीहरूले यस भनाइलाई बुझेनन् र यो तिनीहरूबाट लुकाइएको थियो । त्यसैले, तिनीहरूले यसलाई बुझ्‍न सकेनन् । तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्‍न डराए ।
LUK 9:46 तब तिनीहरूबिच सबैभन्दा ठुलो को हुने हो भनी विवाद चल्यो ।
LUK 9:47 तर येशूले तिनीहरूले हृदयमा के विचार गरिरहेका छन् भन्‍ने थाहा पाएर उहाँले एउटा बालकलाई लिएर उहाँको छेउमा राख्‍नुभयो,
LUK 9:48 र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मेरो नाउँमा सानो बालकलाई झैँ ग्रहण गर्छ भने उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने, उसले मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्दछ । किनभने तिमीहरूमध्ये सबैभन्दा सानो नै सबैभन्दा महान् हो ।”
LUK 9:49 यूहन्‍नाले जवाफ दिए र भने, “प्रभु, हामीले कसैले तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्यौँ । र उसलाई हामीले रोक्यौँ, किनकि उसले हामीलाई पछ्याएन ।”
LUK 9:50 तर येशूले तिनलाई भन्‍नुभयो, “उसलाई नरोक, किनभने जो तिम्रो विरुद्धमा हुँदैन, त्यो तिम्रो पक्षमा हुन्छ ।”
LUK 9:51 जब उहाँ स्वर्गतिर जाने समय नजिक आउँदै थियो, उहाँले यरूशलेमतिर जाने अठोट लिनुभयो ।
LUK 9:52 उहाँले आफूभन्दा अगि सन्‍देशवाहकहरूलाई पठाउनुभयो र तिनीहरू गए र उहाँका निम्ति तयारी गर्ने सामरीहरूको गाउँमा प्रवेश गरे ।
LUK 9:53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गरेनन्, किनभने उहाँले यरूशलेमतिर जाने अठोट लिनुभएको थियो ।
LUK 9:54 जब उहाँका चेलाहरू यूहन्‍ना र याकूबले यो देखे, तिनीहरूले भने, “प्रभु के स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्‍ट गर्न हामी आज्ञा गरौँ ?”
LUK 9:55 तर उहाँ फर्केर तिनीहरूलाई हप्काउनुभयो ।
LUK 9:56 तब उहाँहरू अर्को गाउँतिर जानुभयो ।
LUK 9:57 जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो, तब कसैले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई पछ्यानेछु ।”
LUK 9:58 येशूले उसलाई भन्‍नुभयो, “फ्याउराहरूका दुला छन् र आकासका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको टाउको लुकाउने ठाउँ पनि छैन ।”
LUK 9:59 तब उहाँले अर्को मानिसलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तर उसले भन्यो, “प्रभु, मलाई पहिले मेरा बुबालाई गाड्न दिनुहोस् ।”
LUK 9:60 तर उहाँले उसलाई भन्‍नुभयो, “मृतकहरूलाई नै तिनीहरूको मृत शरीर गाड्न देऊ, तर तिमी जाऊ र जताततै परमेश्‍वरको राज्यको घोषणा गर ।”
LUK 9:61 अर्को मानिसले पनि भन्यो, “प्रभु म तपाईंलाई पछ्याउँछु, तर पहिले मेरो घरमा भएकाहरूसँग बिदा माग्‍न दिनुहोस् ।”
LUK 9:62 तर येशूले उसलाई भन्‍नुभयो, “हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्‍वरको राज्यको योग्य हुँदैन ।”
LUK 10:1 अब यी कुराहरूपछि, प्रभुले अरू सत्तरी जनालाई नियुक्‍त गर्नुभयो, र जहाँ उहाँ आफैँ जान चाहनुहुन्थ्यो हरेक सहर र ठाउँमा तिनीहरूलाई उहाँको अगि-अगि जोडी-जोडी बनाएर पठाउनुभयो ।
LUK 10:2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन् । यसकारण फसलका प्रभुसँग जरुरी प्रार्थना गर, ताकि उहाँले खेतालाहरूलाई उहाँको फसलमा पठाऊन् ।
LUK 10:3 तिम्रो मार्गमा गई राख । हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाजस्तै पठाउँदै छु ।
LUK 10:4 पैसाको थैली नबोक, यात्राको निम्ति झोला नबोक, न त फाल्तु चप्पलहरू, र बाटोमा कसैलाई अभिवादन नगर ।
LUK 10:5 तिमीहरू जुन घरमा पस्छौ, पहिला यसो भन “यस घरमा शान्ति होस् ।”
LUK 10:6 यदि एउटा शान्तिको मानिस त्यहाँ छ भने, तिमीहरूको शान्ति उसँग रहनेछ, तर यदि होइन भने, यो तिमीहरूमा नै फर्कनेछ ।
LUK 10:7 तिनीहरूले जे दिन्छन्, त्यहीँ खादै र पिउँदै त्यही घरमा रहो, किनकि खेताला उसको ज्यालाको योग्य हुन्छ । एउटा घरबाट अर्को घरमा नजाओ ।
LUK 10:8 तिमीहरू जुन सहरमा जान्छौ, त्यहाँ तिनीहरूले स्वागत गरे भने तिमीहरूका अगि जे राखिएको छ खाओ,
LUK 10:9 र त्यहाँ भएका बिरामीहरूलाई निको पार । तिनीहरूलाई भन, “परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ ।”
LUK 10:10 तर तिमीहरू जुन सहरमा प्रवेश गर्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गरेनन् भने, त्यस सहरका सडकहरूमा गएर यसो भन,
LUK 10:11 “तिमीहरूको सहरबाट हाम्रा खुट्टाहरूमा टाँसिएका धुला पनि तिमीहरूको विरुद्ध टकटकाउदँ छौ । तर यो जान कि परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ ।”
LUK 10:12 म तिमीहरूलाई भन्दछु, कि न्यायको दिन त्यस सहरलाई भन्दा सदोमका निम्ति सह्‍य हुनेछ ।
LUK 10:13 खोराजीन, तँलाई धिक्‍कार छ ! बेथसेदा, तँलाई पनि धिक्‍कार छ ! यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए, तिनीहरूले भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसक्थे ।
LUK 10:14 तर न्यायको दिनमा तिमीहरूलाई भन्दा टुरोस र सदोमलाई बढी सहज हुनेछ ।
LUK 10:15 तँ कफर्नहुम, के तँ स्वर्गतिर उचालिन्छस् जस्तो लाग्छ ? होइन, तँलाई पातालमा ल्याइनेछ ।
LUK 10:16 जसले तिमीहरूले भनेको सुन्छ, त्यसले मैले भनेको सुन्छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ ।
LUK 10:17 सत्तरी जना आनन्दित हुँदै फर्के र भने, “प्रभु, तपाईंको नाउँमा भूतहरू पनि हाम्रो वशमा आउँछन् ।”
LUK 10:18 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुलीजस्तै खसेको देखिरहेको थिएँ ।
LUK 10:19 हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्‍तिमाथि कुल्चने अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि पुर्‍याउनेछैन ।
LUK 10:20 तथापि आत्माहरू तिमीहरूको वशमा पर्छन् भनेर मात्र नरमाओ, तर तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी आनन्दित होओ ।”
LUK 10:21 त्यही समय उहाँ पवित्र आत्मामा आनन्दित हुनुभयो, “हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईंको प्रशंसा गर्छु, किनभने तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो । हे पिता, किनभने यो नै तपाईंको दृष्‍टिमा असल थियो ।”
LUK 10:22 सबै कुराहरू पिताबाट मलाई सुम्पिएको छ र पितालेबाहेक पुत्र को हो भनी कसैले जान्दैन र पुत्रले उहाँलाई प्रकट गर्ने इच्छा गरेकोले बाहेक पिता को हो भनी कसैले जान्दैन ।”
LUK 10:23 चेलाहरूतिर फर्केर उहाँले गुप्‍त रूपले भन्‍नुभयो, “तिमीहरूले देखेका कुरा देख्‍नेहरू धन्यका हुन् ।
LUK 10:24 म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्‍ताहरू र राजाहरूले तिमीहरूले देखेको कुरा देख्‍ने इच्छा गरे र तिनीहरूले देखेनन्, तिमीहरूले सुनेको कुरा सुन्‍ने इच्छा गरे र पनि तिनीहरूले सुनेनन् ।”
LUK 10:25 हेर, एउटा यहूदी व्यवस्थाका शिक्षक खडा भएर यसो भन्दै उहाँलाई जाँचे “गुरु, मैले अनन्त जीवन पाउन के गर्नुपर्छ ?”
LUK 10:26 येशूले तिनलाई भन्‍नुभयो, “व्यवस्थामा के लेखिएको छ ? तिमीहरू यसलाई कसरी पढ्छौ ?”
LUK 10:27 तिनले जवाफ दिँदै भने, “तिमीले आफ्ना सारा हृदयले, आफ्ना सारा प्राणले, आफ्ना सारा सामर्थ्यले र आफ्ना सारा मनले परमेश्‍वरलाई प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर्नू ।”
LUK 10:28 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले ठिकसँग जवाफ दियौ । यसै गर, र तिमी बाँच्‍नेछौ ।”
LUK 10:29 तर ती व्यवस्थाको शिक्षकले आफैँलाई धर्मी ठहराउने विचारले येशूलाई यसो भने, “मेरो छिमेकी को हो ?”
LUK 10:30 येशूले जवाफ दिँदै भन्‍नुभयो, एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदै थियो । ऊ लुटेराहरूको हातमा पर्‍यो, जसले उसका सम्पत्तिहरू लुटे र उसलाई पिटे, अनि उसलाई अर्ध-मृत अवस्थामा छोडे ।
LUK 10:31 त्यसै बेला एक जना पुजारी त्यही बाटो भएर झरे र जब उनले त्यसलाई देखे, तिनी अर्को छेउबाट भएर गए ।
LUK 10:32 यसै गरी, एक जना लेवी पनि त्यस ठाउँमा आइपुगे र त्यसलाई देखे र अर्को छेउबाट भएर गए ।
LUK 10:33 तर एक जना सामरी पनि यात्रा गर्दा त्यो भएको ठाउँमा आइपुगे । जब उनले त्यसलाई देखे, उनी दयाले भरिए ।
LUK 10:34 उनी त्यसको नजिक गए र उसको घाउमा पट्टी बाँधिदिए अनि तेल र दाखमद्य लगाइदिए । उनले आफ्नो जनावरमाथि राखेर त्यसलाई धर्मशालामा ल्याए र उसको हेरचाह गरे ।
LUK 10:35 अर्को दिन उनले दुई दिनार झिकेर धर्मशालाका चौकीदारलाई दिएर भने, “यसको हेरचाह गर, तिमीले गरेको अन्य खर्च पछि म फर्कंदा तिमीलाई तिर्नेछु ।”
LUK 10:36 यी लुटेराहरूको हातमा पर्नेको छिमेकी यी तिनजनामध्ये कुनचाहिँ हो जस्तो तिमीलाई लाग्छ ?”
LUK 10:37 ती शिक्षकले भने, “जसले त्यसलाई दया देखायो ।” येशूले तिनलाई भन्‍नुभयो, “जाऊ र तिमीले पनि त्यसै गर ।”
LUK 10:38 जब तिनीहरू यात्रा गरिरहेका थिए, उहाँ एउटा गाउँमा पस्‍नुभयो, र मार्था नाउँ गरेकी एउटी स्‍त्रीले उहाँलाई तिनको घरमा स्वागत गरिन् ।
LUK 10:39 मरियम नाउँ गरेकी तिनकी एउटी बहिनी थिइन्, जो प्रभुको चरणमा बसेर उहाँका वचन सुन्दथिन् ।
LUK 10:40 तर मार्था खाना पकाउने काममा अत्ति नै व्यस्त थिइन् । तिनी येशूकहाँ आइन्, र भनिन्, “प्रभु, मेरी बहिनीले पकाउने काममा मलाई एकलै छोडेकी तपाईंलाई थाहा छैन ? त्यसकारण, मलाई सहायता गर्न तिनलाई भनिदिनुहोस् ।”
LUK 10:41 तर प्रभुले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराको बारेमा चिन्ता गर्दछ्यौ ।
LUK 10:42 तर एउटा मात्र कुरा आवश्यक छ । मरियमले सबैभन्दा असल कुरा चुनेकी छिन् जुन कुरा तिनीबाट खोसिनेछैन ।”
LUK 11:1 उहाँले प्रार्थना गरिसक्‍नुपछि उहाँका चेलाहरूमध्ये एक जनाले भने, “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् जसरी यूहन्‍नाले आफ्नो चेलालाई सिकाएका थिए ।”
LUK 11:2 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब तिमीहरूले प्रार्थना गर्छौ, यसो भन्‍नू, ‘हे पिता, तपाईंको नाउँ पवित्र गरियोस् । तपाईंको राज्य आओस् ।
LUK 11:3 हामीलाई हाम्रो प्रत्येक दिनको रोटी दिनुहोस् ।
LUK 11:4 हाम्रा पापहरू क्षमा गर्नुहोस, जसरी हामीले हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौँ । हामीलाई परीक्षामा नडोर्‍याउनुहोस् ।’
LUK 11:5 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिम्रो यस्तो मित्र होला जसले मध्य-रातमा गएर तिमीलाई भन्‍नेछ ‘हे मित्र, मलाई तिनवटा रोटी सापट दिनुहोस् ।
LUK 11:6 मेरा एउटा मित्र घुम्दै गर्दा मकहाँ आइपुग्‍नुभयो र उहाँलाई दिनका लागि मसित केही पनि छैन ।’
LUK 11:7 त्यसपछि भित्रबाट यस्तो उत्तर आउन सक्छ, ‘मलाई दिक्‍क नबनाउनुहोस् । ढोका पहिले नै लगाइसकिएको छ, मेरा नानीहरू मसँगै ओछ्यानमा सुतिराखेका छन् । त्यसैले, म उठेर तपाईंलाई रोटी दिन सक्दिनँ ।’
LUK 11:8 म तिमीलाई भन्दछु, कि उसले उठेर तिमीलाई रोटी नदिए तापनि तिमी उनको मित्र भएकोले गर्दा र लगातार मागिरहेको कारणले ऊ उठ्नेछ र तिमीलाई आवश्यक पर्ने रोटीहरू दिनेछ ।
LUK 11:9 म तिमीलाई भन्दछु, “माग, र तिमीलाई यो दिइनेछ; खोज, र तिमीले भेट्टाउनेछौ; ढकढक्याऊ, र तिम्रो लागि यो उघारिनेछ ।
LUK 11:10 माग्‍ने हरेकले यो पाउनेछ; र खोज्‍ने व्यक्‍तिले भेट्टाउनेछ; र ढकढक्याउने व्यक्‍तिका लागि उघारिनेछ ।
LUK 11:11 तिमीहरूमध्ये को यस्तो बाबु होला जसले आफ्नो छोराले रोटी माग्दा ढुङ्गा देला अथवा माछा माग्दा सर्प देला र ?
LUK 11:12 अथवा उसले अन्डा माग्दा, तिमीले बिच्छी दिन्छौ र ?
LUK 11:13 त्यसैकारण, तिमीहरू दुष्‍ट भएर पनि आफ्ना नानीहरूलाई असल चिजहरू दिन जान्दछौ भने, तिमीहरूका स्वर्गका पिताले उहाँसँग माग्‍नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछैन र ?”
LUK 11:14 त्यसपछि, येशूले बोल्न नसक्‍ने मानिसबाट भूतात्मा निकाल्नुभयो । जब भुतात्मा ऊबाट निस्क्यो र ऊ बोल्न थाल्यो । यो देखेर मानिसहरूको भिड छक्‍क पर्‍यो ।
LUK 11:15 त्यहाँ भएका केही मानिसहरूले आपसमा भने, “शैतानहरूको शासक बालजिबुलले भूतात्मालाई निकाल्यो ।”
LUK 11:16 तर कतिले उहाँलाई परीक्षा गर्नका लागि स्वर्गको कुनै एउटा चिह्न देखाउन भन्यो ।
LUK 11:17 तर येशूले तिनीहरूले के सोचिरहेका छन् भनी जान्‍नुभयो र भन्‍नुभयो, हरेक राज्य एक-अर्काको विरुद्धमा विभाजन गरिनेछ र घरहरू एक-आपसको विरुद्धमा खडा हुनेछ ।
LUK 11:18 यदि शैतानहरू एक आपसमा विभाजित हुन्छन् भने, कसरी तिनीहरूको राज्य रहन सक्दछ ? तिमीहरूले भन्छौ, मैले बालजिबुलको नाउँमा भूतात्मालाई धपाउँछु ।
LUK 11:19 यदि मैले बालजिबुलको नाउँमा भूतहरूलाई धपाएँ भने, तिमीहरूका चेलाले कसको नाउँबाट धपाउलान् त ? किनकि, तिनीहरू तिम्रो न्याय गर्नेहरू हुनेछन् ।
LUK 11:20 तर यदि मैले परमेश्‍वरको हातबाट भूतहरू निकालेँ भने, परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ ।
LUK 11:21 जब कुनै बलियो मानिसले हातहतियारसहित आफ्नो घरको सुरक्षा गर्दछ भने, त्यसको कारणले गर्दा उसका सामानहरू सुरक्षित हुन्छन् ।
LUK 11:22 तर कुनै अझ बलियो मानिसले उसलाई हराउँछ भने मानिसहरूका हातहतियारहरू कब्जा गर्दछन् र मानिसका धन सम्पत्तिहरू लुट्ने छन् ।
LUK 11:23 मसगँ नहुने, मेरो विरुद्धमा हुन्छ, र मसँगै जम्मा नगर्नेले छरपस्ट पार्छ ।
LUK 11:24 जब अशुद्ध आत्मा मानिसबाट निस्केर गयो, यो पानी नभएको ठाउँ भएर गयो र यसले आरामको लागि ठाउँ खोजेको छ । त्यसले कुनै ठाउँ पनि बस्‍नका लागि पाएन र त्यसले भन्यो, म जहाँबाट आएको हुँ म त्यहीँ फर्कीजानेछु ।
LUK 11:25 फर्की सकेपछि, त्यसले आफ्नो घर सफासँग व्यवस्थित पारेर राखिएको देख्यो ।
LUK 11:26 त्यसपछि, ऊ जानेछ र अन्य सातवटा भूतात्मालाई पनि बोलाउनेछ र तिनीहरूसँगै बस्‍नेछ र त्यो मानिसको अवस्था अझ खराब हुनेछ ।
LUK 11:27 उहाँले यो कुरा भन्दै गर्नुहुँदा, एउटी स्‍त्रीले भिडबाट कराएर उहाँलाई भनी “त्यो कोख धन्यको हो जसले तपाईंलाई जन्माइन् र दूध चुसाइन् र हुर्काइन् ।”
LUK 11:28 तर उहाँले भन्‍नुभयो, “त्योभन्दा पनि, ती मानिसहरू धन्यका हुन् जसले परमेश्‍वरका वचन सुन्दछन् र त्यसलाई पालन गर्दछन् ।”
LUK 11:29 जब अझ धेरै मानिसहरू जम्मा भए, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो पुस्ता दुष्‍ट पुस्ता हो, यिनीहरूले चिह्न खोज्‍नेछन्, तर योनाको चिह्नबाहेक तिमीहरूलाई कुनै चिह्न दिइनेछैन ।
LUK 11:30 जसरी निनवेका मानिसहरूका लागि योना चिह्न थिए, त्यसै गरी यो पुस्ताका लागि पनि मानिसका पुत्र चिह्न हुनेछ ।
LUK 11:31 दक्षिणकी रानी मानिसको विरुद्धमा दोष लगाउनका लागि उठ्नेछिन्, किनकि उनी पृथ्वीको पल्लो कुनाबाट सोलोमनको ज्ञानको बारेमा सुन्‍न आएकी थिइन् र हेर, सोलोमनभन्दा पनि महान् यहाँ हुनुहुन्छ ।
LUK 11:32 निनवेका मानिसहरू यो पुस्ताका मानिसहरूसँगै न्यायमा उभिनेछन् र यिनीहरूलाई दोष लगाउनेछन् । तिनीहरूले योनाको प्रचार सुनेर पश्‍चात्ताप गरे र हेर, योनाभन्दा पनि महान् कोही यहाँ हुनुहुन्छ ।
LUK 11:33 कसैले बत्ती बालेर टोकरीले छोपेर राख्दैन, तर त्यसलाई सामदानमा राख्दछ, ताकि त्यो भएर जाने हरेकलाई उज्‍जालो होस् ।
LUK 11:34 तिम्रा आँखा तिम्रो शरीरको लागि ज्योति हो । तिम्रा आँखा असल छन् भने, तिम्रो पुरै शरीरले ज्योति पाउनेछ । तर तिम्रा आँखा खराब छन् भने, तिम्रो पुरै शरीरलाई अन्धकारले छोप्‍नेछ ।
LUK 11:35 त्यसैकारण, होसियार रहो, कि तिमीमा भएको ज्योति अन्धकार नहोस् ।
LUK 11:36 यदि त्यसो भए, तिम्रो पुरै शरीर ज्योति हो, यसको कुनै पनि भाग अन्धकारमा रहेको छैन, त्यसपछि तिम्रो पुरै शरीर बत्तीको चमकजस्तै तिमीमा चम्कोस् ।
LUK 11:37 उहाँले बोलिसक्‍नुभएपछि, फरिसीहरूले उहाँलाई आफ्नो घरमा खाना खानलाई बोलाए । त्यसपछि येशू जानुभयो र ढल्केर बस्‍नुभयो ।
LUK 11:38 खाना खानुभन्दा पहिले हात नधोएको कारणले गर्दा फरिसीहरू छक्‍क परे ।
LUK 11:39 तर प्रभुले तिनीहरूलाई भन्‍नुभयो, “तिमी फरिसीहरू गिलास र कचौराको बाहिर सफा गर्दछौ, तर तिमीहरू भित्रपट्टि लोभ र खराब कुराले भरिएका छौ ।
LUK 11:40 हे मूर्ख मनिसहरू हो, जसले बाहिर बनायो के उसले भित्र पनि बनाउँदैन र ?
LUK 11:41 तिमीभित्र जे छ, त्यो कुरा गरिबलाई देओ र त्यो कुरा तिम्रो निम्ति सबै शुद्ध हुनेछन् ।
LUK 11:42 धिक्‍कार तिमी फरिसीहरू, किनभने तिमीहरूले पुदिना, सुप र जडीबुटीको दशांश त दिन्छौ, तर परमेश्‍वरको प्रेम र धार्मिकतालाई बेवास्ता गर्छौ । तर तिमीहरूले परमेश्‍वरको प्रेम र धार्मिकताबमोजिम काम गर्नुपर्ने हो । यी काम गर्न असफल नहोओ ।
LUK 11:43 धिक्‍कार फरिसीहरू, तिमीहरूले सभाघरको अगाडि बस्‍ने मानिसहरूलाई सहरहरूमा आदर र इज्‍जत गर्दछौ ।
LUK 11:44 तिमीहरूलाई धिक्‍कार होस्, तिमीहरू चिह्न नलगाइएको चिहानजस्तै छौ । मानिसहरू केही थाहा नपाईकन हिँड्ने छन् ।”
LUK 11:45 अनि केही यहूदी व्यवस्थाका शिक्षकहरूले जवाफ दिँदै भने, “गुरु, तपाईं हामीलाई किन अपमान गर्नुहुन्छ ।”
LUK 11:46 येशूले भन्‍नुभयो, “तिमीहरूलाई धिक्‍कार व्यवस्थाका शिक्षकहरू, तिमीहरू मानिसहरूलाई व्यवस्थाको भार उठाउन लगाउँदछौ, तर तिमीहरूले आफ्नो एउटा औँलाले पनि त्यस्तो व्यवस्थाका सारा भारलाई उठाउँदैनौ ।
LUK 11:47 तिमीहरूलाई धिक्‍कार, किनभने तिमीहरूले अगमवक्‍ताहरूको चिहानको स्मरणको लागि निर्माण गर्‍यौ, तर तिनीहरूलाई मार्ने तिमीहरूकै पुर्खाहरू हुन् ।
LUK 11:48 त्यसैले, तिमीहरूले तिम्रा पुर्खाहरूको काममा गवाही दियौ र सहमति जनायौ, किनकि वास्तवमा तिनीहरूले त्यस समयका अगमवक्‍ताहरूलाई मारेका थिए र जसको चिहान तिमीहरूले आज सम्झनाको लागि बनाएका छौ ।
LUK 11:49 त्यसैकारणले गर्दा, परमेश्‍वरको विवेकले भन्दछ, “म तिमीहरूलाई अगमवक्‍ता र प्रेरितहरूकहाँ पठाउनेछु र तिमीहरूले तिनीहरूलाई सताउनेछन् र यीमध्ये कतिलाई मार्नेछन् ।
LUK 11:50 तब यो पुस्ताको लागि संसारको सुरुदेखि अगमवक्‍ताहरूको रगतमा तिमीहरू जिम्मेवार छौ ।
LUK 11:51 म तिमीहरूलाई भन्दछु, कि हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्मको दोष लागि यो पुस्ता जिम्मेवार छ ।
LUK 11:52 यहूदी व्यवस्थाका शिक्षकहरू तिमीहरूलाई धिक्‍कार छ, किनभने तिमीहरूले बुद्धिको साँचोलाई तिमीहरूबाट टाढा लग्यौ । तिमीहरू आफैँ यो परिस्थिति भएर गएनौ र तिमीहरू तिनीहरूबाट लुक्यौ ।
LUK 11:53 येशू त्यहाँबाट गइसक्‍नुभएपछि, शास्‍त्रीहरू र फरिसीहरू एक-आपसमा धेरै कुराका लागि बहस गर्न लागे ।
LUK 11:54 तिनीहरूले येशूलाई आफ्नो वचनको कारण परीक्षामा पार्ने कोसिस गरे ।
LUK 12:1 त्यसै बेला, जब हजारौँ मानिस एकै ठाउँमा जम्मा भएका थिए । उनीहरूको सङ्ख्या अत्यधिक भएको कारण एउटाले अर्कोलाई कुल्चिरहेका थियो । उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍न सुरु गर्नुभयो, “फरिसीहरूको खमिरबाट सावधान रहो, जुनचाहिँ पाखण्डीपना हो ।
LUK 12:2 तर कुनै पनि कुराहरू यसरी गुप्‍त छैनन् जुन प्रकट हुनै सक्दैनन् र कुनै पनि कुराहरू लुकेका छैनन् जुन कुरा थाहा नहोस् ।
LUK 12:3 यसकारण, तिमीले जे कुराहरू अन्धकारमा भनेका छौ, त्यो ज्योतिमा सुनिनेछ र जे कुरा तिमीले भित्री कोठामा कानमा भनेका छौ, त्यो घरको धुरीबाट घोषणा गरिनेछ ।
LUK 12:4 मेरा मित्रहरू, म तिमीलाई भन्दछु कि शरीरलाई मार्नेहरूसँग नडराओ किनकि त्यसपछि तिनीहरूले केही गर्न सक्दैनन् ।
LUK 12:5 तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु । त्यो व्यक्‍तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ ।
LUK 12:6 के पाँचवटा भङ्गेरा दुई सिक्‍कामा बेचिँदैनन् र ? परमेश्‍वरको दृष्‍टिबाट एउटा पनि बिर्सेको हुँदैन ।
LUK 12:7 तर उहाँले तिम्रा कपालका सबै रौँको पनि गणना गर्नुभएको छ । उहाँसित नडराओ, किनकि तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ ।
LUK 12:8 म तिमीलाई भन्दछु, कि हरेक जसले मानिसहरूका अगि मलाई स्वीकार गर्दछ, परमप्रभुका दूतहरूका अगि मानिसका पुत्रले पनि उसलाई स्वीकार गर्नेछन् ।
LUK 12:9 तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्दछ, परमप्रभु परमेश्‍वरका दूतहरूले उसलाई पनि इन्कार गर्नेछन् ।
LUK 12:10 हरेक जसले परमेश्‍वरका पुत्रको विरुद्धमा बोल्दछ, उसलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, उसलाई क्षमा गरिनेछैन ।
LUK 12:11 जब तिनीहरूले तिमीहरूलाई सभाघरको शासक र अधिकारीहरूको अगि ल्याउनेछन, कसरी प्रतिकार गर्ने र के बोल्ने भन्‍ने विषयमा चिन्तित नहोओ ।
LUK 12:12 पवित्र आत्माले तिमीहरूलाई त्यही घडी के भन्‍नुपर्ने हो भनी सिकाउनुहुनेछ ।
LUK 12:13 त्यसपछि भिडबाट एक जनाले उहाँलाई यसो भन्यो, “गुरुज्यू, मेरो भाइलाई सम्पत्तिको भागबन्डा गरिदिनुहोस् भनी बताइदिनुहोस् ।”
LUK 12:14 येशूले त्यसलाई भन्‍नुभयो, “हे मानिस, कसले मलाई तिमीहरूमाथि न्यायधीश र मध्यस्तकर्ता बनायो ?”
LUK 12:15 र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर आफैँलाई लोभी इच्छाहरूबाट अलग राख, किनभने कसैको पनि जीवन उसको प्रशस्त धन सम्पत्तिको कारणले गर्दा जीवन प्रशस्ततामा रहन सक्दैन ।”
LUK 12:16 तब येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो,
LUK 12:17 र उसले मनमनै भन्‍न लाग्यो, ‘म के गरूँ, किनकि मसँग अन्‍नको भण्डारण गर्ने प्रशस्त ठाउँ छैन ?‘
LUK 12:18 उसले भन्यो, ‘म भकारीहरूलाई भत्काउनेछु र ठुलो बनाउनेछु । त्यहीँ नै सबै अन्‍नहरू र अन्य सामग्री भण्डारण गर्नेछु ।’
LUK 12:19 म मेरो प्राणलाई भन्‍नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर, खा, पी र आनन्दित हो ।’
LUK 12:20 तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने, तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ ?’
LUK 12:21 यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्‍वरकहाँ पुग्दैन ।”
LUK 12:22 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको विषयमा के खाऔँला वा के पहिरौँला भनी चिन्ता नगर ।
LUK 12:23 जीवन खानेकुरा भन्दा र शरीर लगाउने कुराभन्दा अझ बढी उत्तम छ ।
LUK 12:24 कागहरूलाई विचार गर, तिनीहरूले न त छर्छन् न त बटुल्दछन् । उनीहरूका भण्डारणहरू छैनन् अथवा भकारी पनि छैन, तर परमेश्‍वरले उनीहरूलाई खुवाउनुहुन्छ । तिमी चराहरूभन्दा धेरै मूल्यवान् छौ ।
LUK 12:25 र के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो जीवनको आयुमा एकपल पनि थप्‍न सक्छौ र ?
LUK 12:26 तिमीहरू सबैभन्दा सानो काम गर्न योग्यका छैनौ भने बाँकी कुराहरूको लागि किन चिन्तित हुन्छौ ?
LUK 12:27 मैदानका लिली फुलहरूलाई विचार गर, तिनीहरू कसरी बढ्छन् ? न त तिनीहरूले परिश्रम गर्छन्, न त मेहनत नै गर्छन, म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरूझैँ आभूषित थिएनन् ।
LUK 12:28 यदि परमेश्‍वरले जमिनका घाँसलाई सुशोभित पार्नुहुन्छ जुन आज अस्तित्वमा छ, तर भोली आगोमा फालिनेछ भने, हे अल्प विश्‍वासी हो, त्यो भन्दाबढी तिमीहरूलाई कति धेरै सशोभित गर्नुहुनेछ ।
LUK 12:29 के खाऔँला र के पिऔँला भनी नभौतारिओ र चिन्ता नगर ।
LUK 12:30 संसार भरका सबै राष्‍ट्रहरूले यही कुराको खोजी गर्दछन् र तिम्रा पिताले तिम्रा सबै आवश्‍यकताहरू जान्‍नुहुन्छ ।
LUK 12:31 तर उहाँको राज्यको खोजी गर, र यी सबै थोकहरू तिमीलाई थपिनेछन् ।
LUK 12:32 सानो बगाल हो, नडराओ, किनकि तिम्रा पिताले तिमीलाई राज्य दिन अति खुसी हुनुहुन्छ ।
LUK 12:33 आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । तिनलाई नखिइने थैलीभित्री राख; स्वर्गमा धन संचय गर, जहाँ चोरले चोर्न सक्दैन, र किराले हानि पुर्‍याउँदैन, न त खिया नै लाग्दछ ।
LUK 12:34 जहाँ तिम्रो धन छ, त्यहीँ नै तिम्रो मन पनि हुनेछ ।
LUK 12:35 तिम्रो लामो पोसाक कम्मरको पेटीसम्म होस् र तिम्रा बत्तीहरू बलिरहून् ।
LUK 12:36 आफ्नो मालिक विवाहको भोजबाट फर्केर आउने प्रतीक्षामा रहेका मानिसहरूझैँ होओ । जब मालिक आउँछ र ढोका ढकढकाउँदछ, तिनीहरूले तुरुन्तै ढोका खोल्नेछन् ।
LUK 12:37 धन्य हुन् ती सेवकहरू, जो आफ्नो मालिक फर्केर आउँदा उसले जागा रहेको भेट्टाउनेछ । म तिमीहरूलाई साँचो भन्दछु, कि उसले आफ्नो लामो वस्‍त्रलाई पेटीले कसेर भित्री भागमा सुरक्षित राखी खानामा बसाल्दछ र आएर उनीहरूको सेवा गर्नेछ ।
LUK 12:38 यदि मालिक दोस्रो पटक रातको समय आयो भने पनि वा तेस्रो चोटि हेर्न आयो भने पनि तिनीहरू जागा भेट्टाइए भने, तिनीहरू धन्यका हुन् ।
LUK 12:39 तर पनि यो जानी राख, कि यदि घरको मालिकलाई चोर कुन बेला आउँछ भन्‍ने थाहा भएको भए उसले आफ्नो घर फोर्नबाट बचाउने थियो ।
LUK 12:40 जागा रहो, किनभने तिमीहरूलाई मानिसका पुत्र कुन घडीमा आउँछ भन्‍ने कुरा थाहा छैन ।”
LUK 12:41 पत्रुसले भने, “प्रभु, के तपाईंले यो दृष्‍टान्‍त हामीलाई मात्रै भन्‍नुभएको हो, कि सबैलाई ?”
LUK 12:42 प्रभुले भन्‍नुभयो, “विश्‍वासयोग्य र बुद्धिमान् व्यवस्थापकलाई मालिकले आफूमुनिका सेवकहरूलाई उनीहरूको भागको खाना ठिक समयमा खाना दिन्छन् ।
LUK 12:43 धन्य हो त्यो सेवक, जसले आफ्नो मालिक फर्कंदा यी कार्यहरू गरिरहेको भेट्टाउनेछ ।
LUK 12:44 म साँचो भन्दछु, कि उसले सबै सम्पत्तिको हक उसलाई दिनेछ ।
LUK 12:45 तर यदि सेवकले आफ्नो हृदयमा यसो भन्दछ भने, मेरो मालिक फर्की आउन ढिलो गर्नुहुनेछ भनी स्‍त्री तथा पुरुष सेवकहरूलाई दुर्व्यवहार गरी कुटपिट गर्दछ अनि खाँदै, पिउँदै दाखमद्यले मातिन्छ ।
LUK 12:46 त्यस सेवकले नचिताएको बेलामा मालिक फर्की आउनेछ, जुन घडी उसलाई थाहै हुनेछैन । आफ्नो मालिकले उसलाई भेटेर टुक्रा-टुक्रा गरी काट्नेछ र अविश्‍वासीहरूका लागि तयार पारेको ठाउँमा उसको नियुक्‍ति हुनेछ ।
LUK 12:47 त्यस सेवकलाई आफ्नो मालिकले यस्तै गर्नेछन भन्‍ने थाहा हुँदाहुँदै पनि आफैँलाई तयार नगरी वा आफ्नो इच्छाअनुसार गरेको कारण उसलाई धेरै मुक्‍का हानिनेछ ।
LUK 12:48 तर जसले थाहै नभईकन मुक्‍का पाउने योग्यको काम गर्दछ, उसलाई थोरै मात्र मुक्‍काहरू दिइनेछ । हरेक जसलाई धेरै दिइएको छ, उसबाट पनि चाहिए जति असुलिने छ, जसलाई तिनीहरूले धेरै जिम्मा दिइएको छ उसबाट धेरै नै फिर्ता मागिनेछ ।
LUK 12:49 म पृथ्वीमा आगो वर्षाउन आएको हुँ र म जे चाहन्छु त्यो भइसकेको छ ।
LUK 12:50 तर मैले एउटा बप्‍तिस्‍मा लिनुपर्नेछ, यो पुरा नहुन्जेलसम्म मैले कष्‍ट भोग्‍नुपर्छ ।
LUK 12:51 के म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी सोच्द्छौ ? होइन, म तिमीहरूलाई भन्दछु, कि म बरु विभाजन ल्याउन आएँ ।
LUK 12:52 अब परिवारमा भएका पाँच जना मानिसमध्ये तिन जना दुई जनाको विरुद्धमा वा दुई जना तिन जनाको विरुद्धमा हुनेछन् ।
LUK 12:53 त्यहाँ विभाजन हुनेछ । बाबुको विरुद्धमा छोरा र छोराको विरुद्धमा बाबु हुनेछ; आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, सासू बुहारीको विरुद्धमा र बुहारी सासूको विरुद्धमा हुनेछिन् ।
LUK 12:54 येशूले भिडलाई पनि यसो भनिरहनुभएको थियो, “जब तिमीहरूले पश्‍चिम दिशामा बादल उठेको देख्दछौ र तुरुन्तै भन्दछौ, ‘वृष्‍टि हुनेछ र त्यस्तै हुनेछ ।’
LUK 12:55 जब दक्षिणबाट बतास बहन्छ, तिमीहरू भन्दछौ, ‘त्यो एकदमै प्रचण्ड तातो हुनेछ र त्यस्तै हुनेछ ।’
LUK 12:56 पाखण्डीहरू हो, तिमीहरू जान्दछौ कि पृथ्वी र स्वर्गमा भएका चिह्नहरूलाई हेरेर, के हुँदै छ त्यो भन्‍न सक्दछौ, तर अहिलेको वर्तमान समयको विषयमा केही भन्‍न सक्दैनौँ ?
LUK 12:57 तिम्रो आफ्नै लागि जे कुरा ठिक छ, त्यसमा किन न्याय गर्दैनौ ?
LUK 12:58 तिमी आफ्नो विरोधीसँग प्रशासककहाँ जाँदा, बाटोमा नै आफ्नो मुद्दा मिलाऊ ताकि उसले तिमीलाई न्यायमा नडोर्‍याओस् र हाकिमकहाँ नसुम्पोस्, नत्रता हाकिमले तिमीलाई झ्यालखानामा हाल्नेछ ।
LUK 12:59 म तिमीलाई भन्दछु, “तिमी कहिल्यै पनि त्यहाँबाट मुक्‍त भएर आउन सक्दैनौ जबसम्म तिमीले त्यसको पैसा चुक्‍ता गर्दैनौँ ।”
LUK 13:1 त्यस बेला, केही मानिसहरूले उहाँलाई पिलातसले तिमीहरूको रगत तिनीहरूको आफ्नै बलिदानसँग मिसाइदिएका गालीलीहरूबारे बताए ।
LUK 13:2 येशूले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो, “के ती गालीलीहरूले यस्तो भोगेकाले तिनीहरू अरू गालीलीहरूभन्दा पापी थिए भन्‍ने तिमीहरू सोच्छौँ ?
LUK 13:3 होइन, म तिमीहरूलाई भन्छु । तर यदि तिमीहरूले पनि पश्‍चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्‍ट हुनेछौ ।
LUK 13:4 वा सिलोआमको धरहरा भत्केर मरेका अठार जना मानिस, यरूशलेमका अरू मानिसहरूभन्दा बढी पापी थिए भन्‍ने लाग्छ ?
LUK 13:5 म भन्छु, होइन । तर यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्‍ट हुनेछौ ।
LUK 13:6 येशूले यो दृष्‍टान्त भन्‍नुभयो, “कसैले उसको दाखबारीमा दाख रोप्‍न लगायो र त्यसमा केही फलहरू खोज्‍न आयो, तर उसले केही पनि पाएन ।
LUK 13:7 त्यो मानिसले त्यसको हेरचाह गर्नेलाई भन्यो, ‘हेर, मैले यो दाखको रुखमा तिन वर्षदेखि फल खोजेको छु, तर कुनै पनि फल पाइनँ । यसलाई ढाल । जमिनलाई किन खेर फाल्ने ?’
LUK 13:8 त्यसको हेरचाह गर्नेले जवाफ दिएर भन्यो, ‘यस वर्ष यसै होस् । म यसको वरिपरि खनेर मल हाल्नेछु ।
LUK 13:9 यसले अर्को वर्ष फल फलायो भने, ठिक छ; तर यदि फल फलाएन भने, ढाल्नुहोस्’ ।”
LUK 13:10 यस बेला येशू विश्रामको समयमा एउटा सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो ।
LUK 13:11 हेर, त्यहाँ अठार वर्षदेखि दुर्बलताको अशुद्ध आत्माले सताएइकी एउटी स्‍त्री थिइन् र तिनी कुप्रो भएर पूर्ण रूपमा उभिन सक्दिन थिइन् ।
LUK 13:12 जब येशूले तिनलाई देख्‍नुभयो, उहाँले तिनलाई बोलाउनुभयो र भन्‍नुभयो, “तिम्रो दुर्बलताबाट छुटकारा पाऊ ।”
LUK 13:13 उहाँले तिनीमाथि हात राख्‍नुभयो र तिनी तत्कालै सोझो भएर उभिन् र परमेश्‍वरको महिमा गरिन् ।
LUK 13:14 तर सभाघरका शासकहरू क्रूद्ध भए, किनभने येशूले विश्रामको दिनमा निको पार्नुभएको थियो । त्यसैले, शासकले जवाफ दिएर भिडलाई भने, “काम गर्नको निम्ति छ दिन छन् । यसैले, विश्रामको दिन होइन, अरू दिनमा आओ र निको होओ ।”
LUK 13:15 प्रभुले जवाफ दिएर भन्‍नुभयो, “पाखण्डीहरू हो ! के तिमीहरू हरेकले विश्रामको दिनमा तिमीहरूका गधा वा गाईलाई फुकाएर पानी खुवाउन लाँदैनौ र ?
LUK 13:16 त्यसैले, यी अब्राहामकी छोरी जसलाई अठार वर्षदेखि शैतानले बन्धनमा पारेको छ, के तिनको बन्धन विश्रामको दिनमा नै फुकाल्नु पर्दैन र ?”
LUK 13:17 जब उहाँले यी कुराहरू भन्‍नुभयो, उहाँका विरोध गर्नेहरू सबै लज्‍जित भए, तर सम्पूर्ण भिड उहाँले गर्नुभएका यी सबै महिमामय कार्यहरूमा आनन्दित भए ।
LUK 13:18 तब येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य केजस्तो छ र म यसलाई केसँग तुलना गर्न सक्छु ?
LUK 13:19 यो एउटा रायोको बिउजस्तो हो, जसलाई एउटा मानिसले उसको करेसाबारीमा लगेर छरे र यो एउटा ठुलो बिरुवा भयो र आकाशका चराहरूले यसका हाँगाहरूमा गुँड बनाए ।”
LUK 13:20 उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु ?
LUK 13:21 यो एउटा स्‍त्रीले खमिरलाई लिएर तिन मुठी पिठोमा यसलाई नफुलेसम्म मिसाएजस्तो हो ।”
LUK 13:22 येशू यरूशलेम जाने बाटोमा पर्ने हरेक सहर र गाउँमा घुम्‍नुभयो र तिनीहरूलाई सिकाउनुभयो ।
LUK 13:23 कसैले उहाँलाई भन्यो, “प्रभु, के थोरै मानिसहरू मात्र बचाइन्छन् त ?” त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो,
LUK 13:24 “साँगुरो ढोका भएर पस्‍ने कोसिस गर, किनभने धेरैले प्रयास गर्नेछन्, तर पस्‍न सक्षम हुनेछैनन् ।
LUK 13:25 एक पटक घरको मालिक उठेर ढोका थुनेपछि, तिमीहरू बाहिर उभिएर ढोका ढक्ढक्याउँदै यसो भन्‍नेछौ, ‘प्रभु, हामीलाई भित्र आउन दिनुहोस् ।’ अनि उहाँले जवाफ दिएर तिमीहरूलाई भन्‍नुहुनेछ, ‘म तिमीहरूलाई चिन्दिनँ अर्थात् तिमी कहाँबाट आएको ?’
LUK 13:26 तब तिमीहरूले भन्‍नेछौ, ‘हामीले तपाईंसँगै खायौँ, पियौँ र तपाईंले हाम्रा गल्लीहरूमा सिकाउनुभयो ।’
LUK 13:27 तर उहाँले जवाफ दिनुहुनेछ, ‘म तिमीहरूलाई भन्दछु, कि तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ । दुष्‍टहरू हो, मबाट गइहाल् ।’
LUK 13:28 जब तिमीहरूले परमेश्‍वरको राज्यमा अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्‍ताहरूलाई देख्‍नेछौ, तिमीहरूलाई बाहिर फ्याँकिनेछ जहाँ रुवाइ र दाँत किटाइ हुनेछ ।
LUK 13:29 तिनीहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आइपुग्‍नेछन् र परमेश्‍वरको राज्यको भोजमा रमाउनेछन् ।
LUK 13:30 र अब, यो जान कि अन्तिमको पहिलो हुनेछ र पहिलोचाहिँ अन्तिम हुनेछ ।
LUK 13:31 लगतै केही फरिसीहरू आए र उहाँलाई भने, “यहाँबाट जानुहोस्, यसलाई छोड्नुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन् ।”
LUK 13:32 येशूले भन्‍नुभयो, “जाऊ र त्यो फ्याउरोलाई भन, हेर, मैले आज र भोलि भूतहरू निकाल्छु र निको पार्नेछु र तेस्रो दिन मेरो लक्ष्य पुरा गर्नेछु ।
LUK 13:33 आज, भोलि र पर्सि मैले निरन्तरता दिनु आवश्यक छ, किनभने यरूशलेमबाट टाढामा एउटा अगमवक्‍ताहरूलाई मार्नु ग्रहणयोग्य हुँदैन ।
LUK 13:34 त्यहाँ पठाइएका अगमवक्‍ताहरूलाई मार्ने, ढुङ्गाले हान्‍ने हे यरूशलेम ! मैले एउटा पोथीले आफ्ना चल्लाहरूलाई बटुलेझैँ तेरा सन्तानहरूलाई बटुल्न कति पटक इच्छा गरेँ, तर तैँले मानिनस् ।
LUK 13:35 हेर, तेरो घर त्यागिएको छ । म तिमीहरूलाई भन्छु, तिमीहरूले यसो नभनेसम्म तिमीहरूले मलाई देख्‍नेछैनौ, “परमप्रभुको नाउँमा आउने धन्यको हो ।”
LUK 14:1 एउटा विश्राम दिनमा जब उहाँ फरिसीहरूका एक जना अगुवाको घरमा रोटी खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए ।
LUK 14:2 हेर, त्यहाँ उहाँको अगाडि एउटा मानिस थियो जो छारे रोगबाट ग्रसित थियो ।
LUK 14:3 येशूले यहूदी व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “विश्राम दिनमा निको पार्नु उचित छ वा छैन ?
LUK 14:4 तर तिनीहरू मौन रहे । त्यसैले, येशूले त्यसलाई समातेर निको पार्नुभयो र उसलाई पठाइदिनुभयो ।
LUK 14:5 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये कसले आफ्नो छोरा अथवा गोरुलाई विश्राम दिनको दिन इनारमा खसेको देख्दा तुरुन्तै बाहिर निकाल्दैन र ?”
LUK 14:6 तिनीहरूले ती कुराहरूको जवाफ दिन सकेनन् ।
LUK 14:7 जब येशूले ख्याल गर्नुभयो कि कसरी ती जो बोलाइएकाहरूले आदरको आसन छान्‍ने गर्दथे, तिनीहरूलाई उहाँले एउटा उखान भन्‍नुभयो ।
LUK 14:8 “जब तिमीहरूलाई कसैले विवाह भोजमा बोलाउँछ, आदरको ठाउँमा नबस किनकि तिमीभन्दा अझै आदरको मानिसलाई बोलाएको हुन सक्दछ ।
LUK 14:9 जब बोलाइएका दुवै जना आउँदछन्, उसले तिमीलाई भन्दछ, ‘तपाईं बसेको यो ठाउँ उहाँका लागि छोडिदिनुहोस्‘ भन्ला र लाजकासाथ तिमीले त्यो ठाउँ छोडेर तल्लो ठाउँमा बस्‍नुपर्ने हुन्छ ।
LUK 14:10 तर जब तिमीलाई निमन्‍त्रणा गरिन्छ, गएर कम महत्त्‍वको ठाउँमा बस, ताकि तिमीलाई बोलाउने मानिस आएर साथी माथिल्लो स्थानमा गएर बस्‍नुहोस् भनेर भनोस् । तब तिम्रो टेबलमा बस्‍नेहरूका बिचमा तिम्रो आदर हुनेछ ।
LUK 14:11 हरेक जसले आफूलाई उचाल्दछ त्यसलाई होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ त्यो उच्‍च पारिनेछ ।
LUK 14:12 उहाँलाई बोलाउनुभएको मानिसलाई येशूले भन्‍नुभयो, “जब तिमीले कसैलाई खाना खान बोलाउँछौ, तब आफ्ना साथीहरू वा आफ्ना दाजुभाइहरू वा आफ्ना नातेदारहरू वा आफ्ना धनी छिमेकीहरूलाई नबोलाऊ किनकि तिनीहरूले पनि तिमीलाई त्यसको बदला बोलाउन सक्दछन् ।
LUK 14:13 तर जब तिमीले भोज दिन्छौ, गरिब, लुला-लङ्गडा र दृष्‍टिविहीनहरूलाई बोलाऊ ।
LUK 14:14 र तिमी आशिषित् हुनेछौ, किनकि तिनीहरूले तिमीलाई तिम्रो गुणा फिर्ता गर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुण तिरिनेछ ।”
LUK 14:15 येशूसँगै टेबुलमा बस्दा तिनीहरूमध्ये एक जना जसले यी कुराहरू सुन्यो, जब उसले उहाँलाई भन्यो, “त्यो धन्यको हो जसले परमेश्‍वरको राज्यमा रोटी खानेछ ।”
LUK 14:16 तर येशूले त्यसलाई भन्‍नुभयो, “एक जना मानिसले ठुलो भोजको आयोजना गर्‍यो र धेरैलाई निम्तो दियो ।
LUK 14:17 जब भोज तयार भयो, तब उसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई बोलाउन पठायो ‘आउनुहोस् सबै कुरा तयार भइसक्यो ।’
LUK 14:18 तिनीहरू सबैले फरक-फरक किसिमको बहाना बनाउन थाले । पहिलोले भन्यो, ‘मैले भर्खर खेत किनेको छु र मैले गएर त्यो हेर्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’
LUK 14:19 र अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र मैले तिनीहरूलाई जोत्‍नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’
LUK 14:20 र अर्को मानिसले भन्यो, ‘मैले श्रीमती विवाह गरेको छु, त्यसकारण म आउन सक्दिनँ ।’
LUK 14:21 त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र सेवकलाई भने, ‘छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिब, लुला, लङ्गडा, दृष्‍टिविहीनहरूलाई यहाँ ल्याऊ ।’
LUK 14:22 तब सेवकले भन्यो, ‘मालिक, तपाईंको आदेशअनुसार सबै कुरा भयो, तरै पनि त्यहाँ अझै ठाउँ बाँकी छ ।’
LUK 14:23 मालिकले सेवकलाई भने, ‘राजमार्गहरू, गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन अनुरोध गर, ताकि मेरो घर भरिएको होस् ।
LUK 14:24 किनकि म तिमीलाई भन्दछु, पहिला बोलाएकाहरू कसैले पनि मेरो भोज चाख्‍न पाउने छैन ।’
LUK 14:25 ठुलो भिड उहाँसँग गइराखेको थियो, र उहाँ तिनीहरूतिर फर्केर भन्‍नुभयो,
LUK 14:26 “यदि कोही मेरो पछि आउँछ भने र आफ्नो आमा, बुबा, श्रीमती, छोराछोरी, दाजुभाइ र दिदी-बहिननी, र आफ्नै जीवनलाई पनि इन्कार गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।
LUK 14:27 जसले आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन सक्दैन ।
LUK 14:28 तिमीहरूमध्ये को होला, जसले एउटा धरहरा बनाउने इच्छा गर्दछ र पहिला बसेर निर्माण सम्पन्‍न गर्न सक्‍ने रुपियाँ-पैसा छ कि छैन भनेर त्यसको हिसाब गर्दैन र ?
LUK 14:29 नत्रभने, उसले जग बसालिसकेपछि निर्माण सम्पन्‍न गर्न सकेन भने, यसलाई देख्‍ने सबैले उसको गिल्ला गर्नेछन् र
LUK 14:30 भन्‍नेछन्, ‘यो मानिसले निर्माण गर्न त सुरु गर्‍यो तर सिद्धयाउन सकेन ।’
LUK 14:31 अथवा त्यो कस्तो राजा हो, जसले आफूसँग भएको दस हजार मानिसका साथ अर्को बिस हजार मानिस भएको राजासँग सामना गर्न सक्छु कि सक्दिनँ भनी पहिला बसेर सल्लाह लिँदैन ?
LUK 14:32 र यदि सक्दैन भने, अर्को सेना टाढा हुदाँ नै उसको राजदूत पठाएर शान्तिको शर्त राख्‍न सक्छ ।
LUK 14:33 त्यसैले, तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्‍न सक्‍दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।
LUK 14:34 नुन असल हो, तर यदि नुनले यसको स्वाद गुमायो भने, यसलाई कसरी फेरि नुनिलो बनाउने ?
LUK 14:35 यो जमिनको लागि काम लाग्दैन वा मलको थुप्रोको लागि पनि । यो कुल्चन र फ्याँक्‍न को लागि मात्र हुन्छ । जसको कान छ,त्यसले सुनोस् ।”
LUK 15:1 अब सबै कर उठाउनेहरू र पापीहरू उहाँकहाँ वचन सुन्‍नलाई आउँदै थिए ।
LUK 15:2 फरिसीहरू र शास्‍त्रीहरू एक-अर्कासँग गनगन गर्न थाले र भने, “यस मानिसले पापीहरूलाई स्वागत गरी तिनीहरूसँग खाने गर्दछ ।”
LUK 15:3 येशूले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो,
LUK 15:4 “तिमीहरूमध्ये कुनचाहिँ होला, यदि उसका सयवटा भेडा छन् र त्यसमध्ये एउटा हराएमा, उनान्‍सयवटा भेडालाई उजाड-स्थानमा छोडेर हराएको एउटा भेडालाई नभेट्टाउन्जेल खोज्दैन ?
LUK 15:5 त्यसपछि जब उसले भेट्टाउँछ, उसलाई काँधमा राखेर रमाउँछ ।
LUK 15:6 जब ऊ घर आउँछ, उसले आफ्ना साथीहरू र छिमेकीहरूलाई बोलाउँछ र यसो भन्छ, ‘मसँग आनन्दित हुनुहोस्, किनभने मैले मेरो हराएको भेडालाई भेट्टाएको छु ।’
LUK 15:7 म पनि तिमीहरूलाई भन्दछु, कि उनान्सय जना पश्‍चात्ताप गर्न नपर्ने धर्मी मानिसहरूभन्दा पश्‍चात्ताप गर्नुपर्ने एक जना पापी मानिसको खातिर स्वर्गमा ठुलो रमाहट हुनेछ ।
LUK 15:8 अथवा कुन स्‍त्री होला जससँग दसवटा चाँदीका सिक्‍काहरूमध्ये एउटा हराएमा, बत्ती बालेर, घर बढारेर र सिक्‍का नभेट्टाइन्जेल दिलोज्यानसाथ खोज्दिनन् र ?
LUK 15:9 जब तिनले भेट्टाउँछिन्, तब तिनले अफ्ना सबै साथीहरू र छिमेकीहरूलाई यसो भनी बोलाउँछिन्, ‘मसँग रमाओ, किनभने मैले हराएको सिक्‍का भेट्टाएकी छु ।’
LUK 15:10 त्यसै गरी, म तिमीहरूलाई भन्दछु, कि एक जना पश्‍चात्ताप गर्ने पापीका खातिर परमेश्‍वरका दूतहरूका उपस्थितिमा स्वर्गमा ठुलो आनन्द हुनेछ ।”
LUK 15:11 त्यसपछि येशूले भन्‍नुभयो, “एक जना मानिसका दुई जना छोरा थिए,
LUK 15:12 र कान्छाले उसका बुबालाई भन्यो, ‘बुबा मैले पाउनुपर्ने सम्पत्तिको अंश अब मलाई दिनुहोस् ।’ त्यसैले, तिनीहरूका बिचमा उनले सम्पत्ति बाँडिदिए ।
LUK 15:13 धेरै दिन नबित्दै, कान्छा छोराले आफ्ना सर सामान तयार गरी टाढा देश जान यात्रा सुरु गरे र उनले अनाअवश्यक थोकहरू किनेर त्यहाँ उनले जथाभावी रुपियाँ-पैसा खर्च गरे ।
LUK 15:14 जब उनले सबै खर्च गरी सिध्याए, त्यहाँ देशभरि ठुलो अनिकाल पर्न सुरुभयो र उनी निकै खाँचोमा पर्न थाले ।
LUK 15:15 उनी त्यस देशको एक जना नागरिककहाँ गए र काम खोजे, ती नागरिकले उनलाई सुँगुरहरू चराउन पठाए ।
LUK 15:16 उनलाई कसैले केही पनि खानेकुरा नदिएका कारण सुँगुरहरूले खाने दानाले उनले आफ्‍नो पेट भर्न चाहन्थे ।
LUK 15:17 तर जब कान्छा छोरा आफैँले विचार गरे र भने, ‘मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छ, तर म भने यहाँ भोकभोकै मरिरहेको छु !
LUK 15:18 म यस ठाउँलाई छोडेर मेरा बुबाकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु ।
LUK 15:19 म तपाईंको छोरा भनिनयोग्य छैनँ; मलाई तपाईंका सेवकहरूमध्ये एक नोकर बनाउनुहोस् ।’
LUK 15:20 यसरी कान्छो छोराले त्यस ठाउँ छाडे र आफ्ना बुबाको घरतर्फ लागे । उनी टाढै छँदा बुबाले उनलाई देखे र दयाले भरिएर दौडे र अँगालो हालेर म्वाँइ खाए ।
LUK 15:21 छोराले बुबालाई भन्यो, ‘बुबा मैले स्वर्ग र तपाईंको दृष्‍टिमा पाप गरेको छु र म तपाईंको छोरा भनी बोलाइन योग्यको छैनँ ।’
LUK 15:22 बुबाले सेवकहरूलाई भने, ‘तुरुन्तै उत्तम वस्‍त्रहरू ल्याओ र उनलाई लगाइदेओ, उनको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ ।’
LUK 15:23 त्यसपछि मोटो पशु मार । हामी खाऔँ र उत्सव मनाऔँ ।
LUK 15:24 किनकि मेरा छोरा मरेका थिए, अब जीवित भएका छन्; हराएका थिए, तर अब भेटिएका छन् । तिनीहरूले उत्सव मनाउन सुरु गरे ।’
LUK 15:25 अब उनको जेठो छोरा खेतमा थियो, ऊ जब घरको नजिकै आइपुग्यो, उनले नाचगानहरू भैरहेको सुने ।
LUK 15:26 उनले सेवकहरूमध्ये एक जनालाई बोलाएर के कुराहरू भइराखेको होला भनेर सोधे ।
LUK 15:27 सेवकले उनलाई भने, तपाईंका भाइ आउनुभएको छ, र तपाईंको बुबाले मोटो पशु मार्नुभएको छ, किनकि उहाँ सुरक्षित फर्कनुभयो ।
LUK 15:28 जेठो छोरो रिसाएको थियो र भित्र पसेन र उनका बुबा बाहिर आएर उसलाई मनाउन थाले ।
LUK 15:29 तर जेठा छोराले जवाफ दिएर उनका बुबालाई भने, ‘हेर्नुहोस्, यति धेरै वर्ष मैले तपाईंको सेवकझैँ काम गरेँ, मैले कहिल्यै तपाईंको एउटा नियम पनि तोडिनँ, तर तपाईंले मलाई कहिल्यै मेरा साथीहरूसँग आनन्द मनाउन एउटा पाठो पनि दिनुभएन,
LUK 15:30 तर जब तपाईंको छोरा आयो, जसले सम्पत्ति वेश्याहरूसँग सखाप पारेको थियो, त्यसको लागि तपाईंले मोटो पशु मार्नुभयो ।’
LUK 15:31 बुबाले उनलाई भने, ‘छोरा, तिमी त मसँग सधैँ छौ र मसँग भएका सबै थोक तिम्रै हुन् ।
LUK 15:32 तर अहिले हामीलाई उत्सव मनाउन र खुसी हुनु उचित छ, किनभने तिम्रो भाइ मरेका थिए र अहिले जीवित भएका छन्; र उनी हराएका थिए र अहिले भेटिएका छन्‘ ।”
LUK 16:1 येशूले आफ्ना चेलाहरूलाई यसो पनि भन्‍नुभयो, “कोही एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकले तिनको धन फजुल खर्च गरिरहेको छ भनी तिनलाई सुनाइदिए ।
LUK 16:2 तब ती धनी मानिसले उसलाई बोलाएर भने, ‘तिम्रो बारेमा म यो के सुन्दै छु ? तिम्रो व्यवस्थापनको बारेमा हिसाब देऊ । अब उप्रान्त तिमी व्यवस्थापक रहन सक्दैनौ ।’
LUK 16:3 त्यो व्यवस्थापकले आफैँसँग भन्यो, ‘मेरा मालिकले अब मलाई व्यवस्थापकको कामबाट हटाउन लागेका छन्, म के गरूँ ? मेरो खन्‍ने तागत छैन; मलाई माग्‍न पनि लाज लाग्दछ ।
LUK 16:4 मैले के गर्नेछु भन्‍ने कुरा मलाई थाहा छ । मलाई व्यवस्थापकको कामबाट हटाइएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा निम्त्याऊन् भनी म यसो गर्नेछु ।’
LUK 16:5 तब त्यस व्यवस्थापकले उसका मालिकका ऋणीहरू प्रत्येकलाई बोलायो र पहिलो चाहिँलाई भन्यो, ‘तिमीले मेरा मालिकलाई कति तिर्नु छ ? ’
LUK 16:6 उसले भन्यो, ‘एक सय माना जैतूनको तेल ।’ उसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, तुरुन्तै बसेर पचास लेख ।’
LUK 16:7 तब त्यस व्यवस्थापकले अर्कोलाई भन्यो, ‘तिम्रोचाहिँ ऋण कति छ ?’ उसले भन्यो, ‘एकसय माना गहुँ ।’ उसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक ल्याऊ र असी लेख ।’
LUK 16:8 तब ती मालिकले त्यस अधर्मी व्यवस्थापकको प्रशंसा गरे किनकि उसले चतुर्‍याइँसँग काम गरेको थियो । किनकि आफ्ना मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा यस संसारका सन्तानहरू बढी चतुर हुन्छन् ।
LUK 16:9 म तिमीहरूलाई भन्दछु, अधर्मी धनले तिमीहरूले अफ्ना लागि मित्र बनाओ, र यो धन सकिएपछि तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून् ।
LUK 16:10 जो अत्यन्तै थोरैमा विश्‍वासयोग्य हुन्छ, त्यो धेरैमा पनि विश्‍वासयोग्य हुन्छ र जो अत्यन्तै थोरैमा अधर्मी हुन्छ, त्यो धेरैमा पनि अधर्मी हुन्छ ।
LUK 16:11 त्यसकारण, तिमीहरू अधर्मी सम्पत्ति प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएनौ भने, साँचो सम्पत्तिमा तिमीहरूलाई कसले भरोसा गर्ला र ?
LUK 16:12 त्यस्तै अरू मानिसहरूको सम्पत्तिमा तिमीहरू विश्‍वासयोग्य भएनौ भने, तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले देला र ?
LUK 16:13 कुनै पनि सेवकले दुई जना मालिकको सेवा गर्न सक्दैन, किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ अथवा एउटाप्रति भक्‍ति देखाउनेछ र अर्कोलाई तुच्छ ठान्‍नेछ । तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्दैनौ ।”
LUK 16:14 अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने र तिनीहरूले उहाँको गिल्ला गरे ।
LUK 16:15 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको दृष्‍टिमा तिमीहरूले आफैँलाई धर्मी ठहर्‍याउँछौ, तर परमेश्‍वरले तिमीहरूका हृदयहरू जान्‍नुहुन्छ । जो मानिसहरूका माझमा उच्‍च हुन्छ, त्यो परमेश्‍वरको नजरमा घृणित हुन्छ ।
LUK 16:16 यूहन्‍ना आउनअगि अगमवक्‍ता र व्यवस्थाले काम गर्दथे । त्यस समयदेखि, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिएको छ र यसमा सबै जना बलजफ्तीसँग प्रवेश गर्न कोसिस गर्छन् ।
LUK 16:17 स्वर्ग र पृथ्वी बितेर जान सक्ला तर व्यवस्थाको वचनबाट एउटा अक्षरको थोप्लो पनि रद्द हुनेछैन ।
LUK 16:18 प्रत्येक जसले आफ्नी पत्‍नीलाई छोडपत्र दिन्छ र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ र जसले आफ्नो पतिसँग छोडपत्र गरेकीसँग विवाह गर्छ त्यसले पनि व्यभिचार गर्छ ।
LUK 16:19 अब कोही एक जना धनी मानिस थियो र उसले सधैँ मसिनो मलमल र वैजनी वस्‍त्र पहिरन्थ्यो र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गर्दथ्यो ।
LUK 16:20 लाजरस नाम गरेको, घावैघाउ भएको कोही एक जना मानिसलाई ल्याएर उसको ढोकामा राखिदिन्थे ।
LUK 16:21 उसले त्यस धनी मानिसको टेबलबाट झरेका टुक्राटाक्रीले आफ्नो पेट भर्ने इच्छा गर्थ्‍यो र त्यसबाहेक, कुकुरहरू आएर उसका घाउहरू चाट्ने गर्थे ।
LUK 16:22 यसपछि त्यो भिखारी मर्‍यो र स्वर्गदूतहरूले उसलाई उठाएर अब्राहामकहाँ लगे । त्यो धनी मानिस पनि मर्‍यो र गाडियो ।
LUK 16:23 र नरकमा कष्‍ट भोगिरहेको बेला, उसले आफ्ना आँखा उठाएर हेर्‍यो र टाढामा अब्राहामलाई र तिनको छातीमा आड लागेको लाजरसलाई देख्यो ।
LUK 16:24 अनि उसले कराएर भन्यो, ‘पिता अब्राहाम, ममाथि कृपा गर्नुहोस् र लाजरसलाई पठाइदिनुहोस् । उसको औँलाले पानीको थोपा चुहाई देओस् र मेरो जिब्रो शितल हुनेछ किनभने म यस ज्वालाको पीडामा छु ।’
LUK 16:25 तर अब्राहामले भने, ‘बाबु आफ्नो जीवनकालमा तिमीले असल कुराहरू पायौ र त्यसै गरी लाजरसले खराब कुराहरू पायो भन्‍ने कुरा याद राख । तर अहिले ऊ यहाँ आराममा छ र तिमी पीडामा छौ ।
LUK 16:26 र यी सबै बाहेक तिम्रो र हाम्रो बिचमा र मानिसहरू यताबाट उता र उताबाट यता आउन नसकून् भनेर ठुलो खाडल राखिएको छ ।’
LUK 16:27 धनी मानिसले भन्यो, ‘म बिन्ती गर्छु पिता अब्राहाम, उसलाई मेरा पिताको घरमा पठाइदिनुहोस् ।
LUK 16:28 किनकि मेरा पाँच जना भाइ छन् । उसले तिनीहरूलाई चेताउनी दिओस् र तिनीहरू यस डरलाग्दो ठाउँमा आउनु नपरोस् ।’
LUK 16:29 तर अब्राहामले भने, ‘तिनीहरूसँग मोशा र अगमवक्‍ताहरू छन् । तिनीहरूले उनीहरूका कुरा सुनून् ।’
LUK 16:30 धनी मानिसले उत्तर दियो, ‘होइन पिता अब्राहाम, मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने, तिनीहरूले पश्‍चात्ताप गर्ने थिए ।’
LUK 16:31 अब्राहामले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्‍ताका कुरा सुनेनन् भने कोही मृत्युबाट उठेको मानिसको कुरा पनि मान्‍ने छैनन्’ ।”
LUK 17:1 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “पाप गर्न लगाउने कुराहरू निश्‍चय नै हुनेछन्, तर त्यस व्यक्‍तिलाई धिक्‍कार छ जसद्वारा यो आउँदछ ।
LUK 17:2 उसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनुभन्दा त उसको घाँटीमा ढुङ्गा झुन्डाएर उसलाई समुद्रमा फालिदिएको भए उसको लागि असल हुने थियो ।
LUK 17:3 आफ्नो बारेमा होसियार रहो । तिम्रो भाइले पाप गर्छ भने उसलाई हप्काऊ र उसले क्षमा माग्छ भने उसलाई क्षमा गर ।
LUK 17:4 यदि उसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्दछ भने र सातै पटक तिमीकहाँ फर्की आएर, ‘म पश्‍चात्ताप गर्छु’ भन्यो भने तिमीले उसलाई क्षमा गर्नुपर्छ ।
LUK 17:5 प्रेरितहरूले प्रभुलाई भने “हाम्रो विश्‍वास बढाइदिनुहोस् ।”
LUK 17:6 प्रभुले भन्‍नुभयो “यदि तिमीसँग रायोको बिउजत्रो विश्‍वास छ भने नेभाराको रुखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्‍नेछ ।
LUK 17:7 तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्‍नेछ, तत्कालै आउनुहोस् र खाना खानलाई बसौँ ।”
LUK 17:8 मेरो लागि खानको लागि खानेकुरा तयार पार, र कम्मरमा पटुका कस र मैले नसकुन्जेल मेरो सेवा गर भनेन भने, के तिमीले त्यसपछि केही कुरा खाने र पिउने गर्दछौ र ?
LUK 17:9 उसले आफ्नो नोकरलाई स्याबासी दिनेछैन किनकि हामीले केही आज्ञा नगरी के उसले हाम्रो निम्ति गर्नेछ ?
LUK 17:10 तिमीले अर्‍हाएको कुरा मात्र गर्दछौ भने तिमीले यसो पो भन्‍नुपर्ने हो, “हामी अयोग्य नोकरहरू हौँ, हामीले गर्नुपर्ने मात्र गरेका छौँ ।”
LUK 17:11 यो भन्दै गर्दा तिनीहरू यरूशलेमको यात्रा गर्दै थिए । त्यस बेला उहाँ सामरिया र गालील हुँदै यात्रा गर्नुभयो ।
LUK 17:12 एउटा गाउँमा पुगेपछि, उहाँले दस जना कुष्‍ठरोग लागेका मानिसलाई भेट्नुभयो । तिनीहरू उहाँभन्दा टाढा उभिए ।
LUK 17:13 र तिनीहरूले चर्को स्वरले भने, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।”
LUK 17:14 जब उहाँले तिनीहरूलाई देख्‍नुभयो र भन्‍नुभयो, “जाओ र आफैँलाई पुजारीकहाँ देखाओ । र तिनीहरू गए अनि निको भए ।”
LUK 17:15 जब तीमध्ये एक जनाले आफू निको भएको महसुस गर्‍यो, ऊ चर्को स्वरले परमेश्‍वरको महिमा गर्दै फर्कियो ।”
LUK 17:16 उसले येशूको चरणमा पर्दै, उहाँलाई धन्यवाद चढायो । ऊ एउटा सामरी थियो ।
LUK 17:17 येशूले उत्तर दिँदै भन्‍नुभयो, “के त्यहाँ दस जना निको भएका होइनन् ? अरू नौ जना कहाँ गए ?
LUK 17:18 के यो परदेशीबाहेक निको भएकाहरू फर्केर परमेश्‍वरलाई महिमा दिनुपर्ने होइन र ?
LUK 17:19 उहाँले त्यसलाई भन्‍नुभयो, “उठ र आफ्नो बाटो जाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।”
LUK 17:20 फरिसीहरूले परमेश्‍वरको राज्य कहिले आउँछ भनी सोधे । येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “परमेश्‍वरको राज्य तिमीहरूले देखेको जस्तै होइन,
LUK 17:21 न त तिनीहरूले भन्‍नेछन्, ‘यता हेर ! वा उता हेर !’ किनभने परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ ।”
LUK 17:22 येशूले चेलाहरूलाई भन्‍नुभयो, “त्यो दिन आउनेछ जब तिमीहरूले मानिसका पुत्रलाई हेर्ने इच्छा गरौला तर तिमीहरूले देख्‍नेछैनौ ।
LUK 17:23 तिनीहरूले तिमीलाई भन्‍नेछन्, ‘यता हेर ! उता हेर !’ तर तिमीहरूले नहेर, न त तिनीहरूलाई पछ्याओ ।
LUK 17:24 आकाशमा एउटा कुनामा बिजुली चम्कदा अर्को कुनामा देखिएजस्तै मानिसका पुत्रको आगमनको दिनमा त्यस्तै हुनेछ ।
LUK 17:25 तर उहाँ पहिले विभिन्‍न थोकहरूबाट सताइनुहुनेछ र यो पुस्ताद्वारा अस्वीकार गरिनुहुनेछ ।
LUK 17:26 यस्ता घटनाहरू नोआको समयमा पनि भएको थिए र मानिसका पुत्रको समयमा पनि ती कुराहरू हुनेछन् ।
LUK 17:27 नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरू खाँदै, पिउँदै, र विवाहमा सहभागी भएका थिए । त्यसपछि बाढी आयो र सबै कुरालाई विनाश गर्‍यो ।
LUK 17:28 यस्तै घटनाहरू लोतको समयमा पनि घटेको थियो । त्यस समयमा तिनीहरूले खाँदै, पिउँदै, किन्दै, बेच्दै, र ती विभिन्‍न कुराहरूको निर्माण गर्दै थिए ।
LUK 17:29 तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्‍ट गर्‍यो ।
LUK 17:30 अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् ।
LUK 17:31 त्यस दिनमा घरको माथिल्लो तल्‍लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ । र कोही खेतमा छ भने, नफर्क ।
LUK 17:32 लोतकी पत्‍नीलाई सम्झ ।
LUK 17:33 जसले आफ्नो प्राण बचाउन खोज्ला उसले त्यो गुमाउनेछ, तर जसले गुमाउला, उसको बचाइनेछ ।
LUK 17:34 म तिमीलाई भन्‍नेछु, रातको समयमा दुई जना एकै ठाउँमा सुत्‍नेछन् ।
LUK 17:35 तिनीहरूमध्ये एक जना लगिनेछ, र अर्को छोडिनेछ ।
LUK 17:36 (खेतमा दुई जना हुनेछन् तिनीहरूमध्ये एक जना लगिनेछ र अर्को छोडिनेछ । )
LUK 17:37 तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु ?” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन् ।”
LUK 18:1 तब तिनीहरूले कसरी सधैँ प्रार्थना गर्नुपर्छ र निरुत्साह हुनुहुँदैन भन्‍ने सम्बन्धमा उहाँले तिनीहरूसँग दृष्‍टान्तमा बोल्नुभयो ।
LUK 18:2 उहाँले भन्‍नुभयो, “कुनै एउटा सहरमा एक जना न्यायाधीश बस्दथे, जसले परमेश्‍वरको भय मान्दैनथे र मानिसहरूको पनि आदर गर्दैनथे ।
LUK 18:3 त्यस सहरमा एक जना विधवा बस्थिन् र बारम्बार ती अधर्मी न्यायाधीशकहाँ आउँथिन् र भन्थिन्, ‘मलाई सहायता गर्नुहोस् र मेरो वादीको विरुद्ध मलाई न्याय दिलाउनुहोस् ।’
LUK 18:4 लामो समयसम्म उनले ती विधवालाई सहायता गर्ने इच्छा गरेनन्, तर केही समयपछि उनले मनमनै भने, ‘मैले परमेश्‍वरको भय मान्दिनँ र मानिसहरूको पनि आदर गर्दिनँ,
LUK 18:5 तर यस विधवाले मलाई सताउँछे । त्यसैले, मकहाँ बारम्बार आएर यसले मलाई नसताओस् भनेर, म उसलाई न्याय दिलाउनेछु’ ।”
LUK 18:6 तब प्रभुले भन्‍नुभयो, “ती अन्यायी न्यायाधीशले के भन्छन्, सुन ।
LUK 18:7 के परमेश्‍वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्याय गरिदिनुहुन्‍न र ? के उहाँ तिनीहरूप्रति धैर्यवान् हुनुहुन्‍न र ?
LUK 18:8 म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूलाई तुरुन्तै न्याय दिलाउनुहुनेछ । तर जब मानिसका पुत्र आउनेछन्, के उनले पृथ्वीमा विश्‍वास भेट्टाउनेछन् र ?”
LUK 18:9 त्यसपछि उहाँले आफैँलाई धर्मी ठान्‍ने र अरूलाई तुच्छ ठान्‍ने कतिपय मानिसहरूलाई यो दृष्‍टान्त पनि भन्‍नुभयो,
LUK 18:10 “दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए– एक जना फरिसी र अर्को कर उठाउने ।
LUK 18:11 फरिसीले उभिएर यसो भनेर आफ्नै बारेमा प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु कि म अरू चोरहरूजस्तो छैनँ, अधर्मीहरूजस्तो छैनँ, व्यभिचारीजस्तो पनि छैनँ, यही कर उठाउनेजस्तो पनि छैनँ ।
LUK 18:12 म हरेक हप्‍ता दुई पटक उपवास बस्दछु । म आफूले पाएका सबै थोकको दशांश दिन्छु ।’
LUK 18:13 तर कर उठाउने मानिसले टाढैबाट उभिएर, स्वर्गतिर पनि नहेरीकन आफ्नो छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्‍वर म पापीमाथि कृपालु हुनुहोस् ।’
LUK 18:14 म तिमीहरूलाई भन्दछु, कि यो मानिस अर्को मानिसभन्दा बढी धर्मी ठहरिएर आफ्नो घर फर्क्यो, किनभने हरेक जसले आफूलाई उचाल्दछ त्यो होच्याइनेछ र जसले आफैँलाई होच्याउँछ त्यो उचालिनेछ ।
LUK 18:15 उहाँले तिनीहरूलाई छोइदिऊन् भनी मानिसहरूले बालबालिकाहरूलाई पनि उहाँकहाँ ल्याए, तर यो यो देखेर चेलाहरूले तिनीहरूलाई हकारे ।
LUK 18:16 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यस्तैहरूको हो ।
LUK 18:17 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि कसैले परमेश्‍वरको राज्यलाई बालकले झैँ ग्रहण गर्दैन भने त्यो निश्‍चय नै स्वर्गमा प्रवेश गर्नेछैन ।”
LUK 18:18 एक जना शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ ?”
LUK 18:19 येशूले तिनलाई भन्‍नुभयो, “किन मलाई असल भन्दछौ, एक परमेश्‍वरबाहेक कोही पनि असल छैन ।
LUK 18:20 तिमीलाई आज्ञाहरू थाहा छ– तैँले व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झुटो गवाही नदिनू, आफ्ना आमाबुबाको आदर गर्नू ।”
LUK 18:21 ती शासकले भने, “यी सब कुराहरू त मैले आफ्नो जवान अवस्थादेखि नै पालन गरिरहेको छु ।”
LUK 18:22 जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमीमा अझै एउटा कुराको कमी छ । तिमीले आफ्नो सारा सम्पत्ति बेच्‍नुपर्छ र गरिबहरूलाई दिनुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ । त्यसपछि आऊ र मेरोपछि लाग ।”
LUK 18:23 तर जब धनी मानिसले यो कुरा सुने, तिनी अति नै दुःखित भए, कारण तिनी धेरै धनी थिए ।
LUK 18:24 तब येशूले तिनलाई हेरेर अति दुःखित हुँदै भन्‍नुभयो, “धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति गाह्रो छ !
LUK 18:25 धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्नुभन्दा बरु उँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ !”
LUK 18:26 त्यो सुन्‍नेहरूले यसो भने, “त्यसो भए को बचाइनेछ त ?”
LUK 18:27 येशूले जवाफ दिनुभयो, “मानिसको निम्ति जुन कुरा असम्भव छ, त्यो परमेश्‍वरमा सम्भव छ ।”
LUK 18:28 पत्रुसले जवाफ दिए, “हामीले आफ्ना सबै कुराहरू त्यागेर तपाईंको पछि लागेका छौँ ।”
LUK 18:29 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यको खातिर घर, श्रीमती वा दाजुभाइ, आमाबुबा वा छोराछोरीलाई त्याग्दछन्,
LUK 18:30 तिनीहरूले यस संसारमा अझै धेरै पाउनेछन् अनि आउने संसारमा अनन्त जीवन पाउनेछन् ।”
LUK 18:31 बाह्र जनालाई आफूकहाँ भेला गरेर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर, हामी यरूशलेमतर्फ जाँदै छौँ, अनि मानिसका पुत्रको बारेमा अगमवक्‍ताहरूले लेखेका सबै कुरा पुरा हुनेछन् ।
LUK 18:32 किनकि उनी अन्यजातिहरूका हातमा सुम्पिइनेछन् र मनिसहरूले उनलाई गिल्ला गर्नेछन् र अपमानजनक व्यवहार गर्नेछन् र उनलाई थुक्‍नेछन् ।
LUK 18:33 उनलाई दण्ड दिइसकेपछि तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी मृत्युबाट जीवित भई उठ्नेछन् ।”
LUK 18:34 उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन् र यो वचन उनीहरूबाट लुकाइएका थिए, यसकारण भनिएका कुनै पनि कुराहरू उनीहरूको समझमा आएन ।
LUK 18:35 येशू यरीहो नजिक आउनुहुँदा, एक जना दृष्‍टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो ।
LUK 18:36 त्यो बाटो भएर ठुलो भिड गइरहेको कुरा सुनेर उसले सोध्यो, “यहाँ के हुँदै छ ?”
LUK 18:37 तिनीहरूले उसलाई भने, “नासरतका येशू यो बाटो भएर जाँदै हुनुहुन्छ ।”
LUK 18:38 त्यसपछि त्यो दृष्‍टिविहीन मानिसले चिच्याउँदै भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस् ।”
LUK 18:39 भिडको अगिअगि हिँडिरहेका मानिसहरूले त्यो दृष्‍टिविहीन मानिसलाई हकारेर चुप लाग्‍न भने, तर उसले झन् चर्को स्वरले कराउँदै भन्यो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”
LUK 18:40 येशू टक्‍क उभिनुभयो र त्यस दृष्‍टिविहीन मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्यस दृष्‍टिविहीन मानिस येशूको नजिक आयो, येशूले उसलाई सोध्‍नुभयो,
LUK 18:41 “मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ ?” उसले भन्यो, “प्रभु, म देख्‍न चाहन्छु ।”
LUK 18:42 येशूले भन्‍नुभयो, “तिमी देख्‍ने भइ जाऊ । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।”
LUK 18:43 तुरुन्तै उसले देख्‍न सक्यो र परमेश्‍वरको महिमा गर्दै उहाँलाई पछ्यायो । यो देखेर सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे ।
LUK 19:1 येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो ।
LUK 19:2 हेर, त्यहाँ जखायस नाउँ गरेका एक जना मानिस थिए । उनी कर उठनेहरूका मुख्य र धनी मानिस थिए ।
LUK 19:3 उनले येशू को हुनुहुन्छ भनी हेर्न कोसिस गरिरहेका थिए, तर भिडको कारणले गर्दा हेर्न सकेनन्, किनकि उनी होचा थिए ।
LUK 19:4 त्यसैले उनी भिडका मानिसहरूभन्दा अगाडि दौडे र उहाँलाई हेर्नको लागि नेभाराको रुखमा चढे, किनभने येशू त्यही बाटो भएर जाँदै हुनुहुन्थ्यो ।
LUK 19:5 जब येशू उनी भएको ठाउँ नजिक आइपुग्‍नुभयो, उहाँले मास्तिर हेरेर भन्‍नुभयो, “जखायस छिटो ओर्ली आऊ, किनकि आज मलाई तिम्रो घरमा बस्‍नु छ ।”
LUK 19:6 त्यसैले उनी हतार-हतार ओर्ली आए र उहाँलाई खुसीसाथ स्वागत गरे ।
LUK 19:7 जब तिनीहरू सबैले यो देखे, तब उनीहरूले यसो भन्दै गनगन गर्न थाले, “उहाँ पापी मानिसकहाँ बस्‍नको लागि जानुभयो ।”
LUK 19:8 जखायस खडा भएर भने, “हेर्नुहोस् प्रभु, मसँग भएका जे-जति छन् त्यसको आधा म गरिबहरूलाई दिनेछु र यदि मैले कसैलाई ठगेर कसैबाट केही कुरा लिएको छु भने त्यसको चार गुणा फिर्ता दिनेछु ।”
LUK 19:9 येशूले तिनलाई भन्‍नुभयो, “आज यो घरमा मुक्‍ति आएको छ, किनकि यिनी पनि अब्राहामका पुत्र हुन् ।
LUK 19:10 किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्‍न र बचाउनको लागि आएका हुन् ।”
LUK 19:11 तिनीहरूले यी कुरा सुन्दै गर्दा, उहाँले अर्को दृष्‍टान्त पनि भन्‍नुभयो, किनभने तिनीहरू यरूशलेमको नजिक थिए र तिनीहरूले परमेश्‍वरको राज्य तुरुन्तै देखा पर्न लागेको छ भन्‍ने सोचेका थिए ।
LUK 19:12 त्यसकारण, उहाँले भन्‍नुभयो, “एउटा भलादमी मानिस आफ्नो राज्य प्राप्‍त गर्नको निम्ति एउटा टाढा देशमा गएर फर्की आउनलाई गए ।
LUK 19:13 उनले आफ्ना दस जना नोकरलाई बोलाए र तिनीहरूलाई दस सिक्‍का दिँदै भने, ‘म फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ ।’
LUK 19:14 तर उनका मानिसहरूले घृणा गर्दै यसो भन्‍ने सन्देश दिएर दूतहरू पठाए, ‘यो मानिसले हामीमाथि शासन गरेको हामी चाहँदैनौँ ।’
LUK 19:15 तब राज्य प्राप्‍त गरी फर्केर आएपछि उनले सिक्‍का पाएका नोकरहरूलाई बोलाए र तिनीहरूले व्यापारबाट कति आर्जन गरे भनेर जान्‍ने इच्छा गरे ।
LUK 19:16 पहिलो नोकर उनको अगाडि आयो र भन्यो, ‘मालिक, मैले तपाईंको सिक्‍काबाट अरू दस सिक्‍का कमाएँ ।’
LUK 19:17 ती भलादमी मानिसले त्यसलाई भने, ‘स्याबास, असल नोकर । तिमी धेरै सानो कुरामा विश्‍वासयोग्य भयौ, त्यसकारण तिमीले दसवटा सहर अधिकार गर्नेछौ ।’
LUK 19:18 दोस्रो नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्‍काबाट मैले पाँच सिक्‍का कमाएँ ।’
LUK 19:19 ती भलादमी मानिसले त्यस नोकरलाई भने, ‘तिमीले पाँचवटा सहरमा राज्य गर्नेछौ ।’
LUK 19:20 अनि अर्को नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्‍का यहाँ छ, जसलाई मैले कपडाभित्र सुरक्षितसाथ राखेको थिएँ ।
LUK 19:21 किनकि म डराएँ, किनभने तपाईं कठोर मानिस हुनुहुन्छ । तपाईंले जे राख्‍नुभएको छैन, त्यो कुरा लिनुहुन्छ र जे छर्नुभएको छैन, त्यही कटनी गर्नुहुन्छ ।’
LUK 19:22 ती भलादमी मानिसले त्यसलाई भने, ‘तँ दुष्‍ट नोकर, म तँलाई तेरो आफ्नै वचनले न्याय गर्नेछु । जहाँ राखेको छैन त्यहाँबाट लिन खोज्‍ने र जहाँ छरेको छैन त्यहाँबाट कटनी गर्न खोज्‍ने म कठोर मानिस हुँ भनी तँलाई थाहा थियो ।
LUK 19:23 त्यसो भए, तैँले मेरो सिक्‍का किन बैङ्कमा राखिनस्, ताकि फर्की आउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ ?’
LUK 19:24 ती भलादमी मानिसले त्यहाँ उभिएका मानिसहरूलाई भने, ‘योसँग भएको सिक्‍का खोसेर जससँग दस सिक्‍का छ, त्यसलाई देओ ।’
LUK 19:25 तिनीहरूले उसलाई भने, ‘मालिक उसँग त दस सिक्‍का छ ।’
LUK 19:26 ‘म तिमीलाई भन्दछु, जससँग छ त्यसलाई अझ धेरै दिइने छ, तर जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।
LUK 19:27 तर, मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा यी शत्रुहरूलाई यहाँ ल्याओ र मेरो अगाडि मार’ ।”
LUK 19:28 यी कुराहरू भनिसक्‍नुभएपछि, उहाँ यरूशलेमतिर जानुभयो ।
LUK 19:29 बेथफागे र बेथानियाबाट जैतून भनिने डाँडा नजिक पुग्‍नुभएपछि उहाँले आफना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो,
LUK 19:30 “नजिकैको गाउँमा जाओ । त्यहाँ पस्दै गर्दा, तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।
LUK 19:31 यदि कसैले तिमीहरूलाई, ‘यसलाई किन फुकाउँदै छौ ?’ भनेर सोध्यो भने यसो भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ’ ।”
LUK 19:32 पठाइएकाहरू गए र तिनीहरूले येशूले भन्‍नुभएजस्तै बछेडो पाए ।
LUK 19:33 तिनीहरूले बछेडालाई फुकाल्दै गर्दा, त्यसका मालिकले तिनीहरूलाई भने, “तिमीहरूले यस बछेडालाई किन फुकाउँदै छौ ?”
LUK 19:34 तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ ।”
LUK 19:35 तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए र तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्यसमाथि येशूलाई बसाले ।
LUK 19:36 उहाँ जाँदै गर्नुहुँदा, तिनीहरूले बाटोमा कपडा ओछ्याए ।
LUK 19:37 उहाँ जैतून डाँडाको ओरालोको नजिकै आइपुग्‍नुहुँदा, उहाँका चेलाहरूको ठुलो भिडले उहाँले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न लागे ।
LUK 19:38 तिनीहरूले यसो भन्‍न लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन् ! स्वर्गमा शान्ति र सर्वोच्‍चमा महिमा !”
LUK 19:39 त्यो भिडमा भएका केही फरिसीहरूले उहाँलाई यसो भने, “गुरुज्यू, तपाईंका चेलाहरू चुप बसून् भनी हप्काउनुहोस् ।”
LUK 19:40 येशूले जवाफ दिँदै भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, तिनीहरू चुप लागे भने, यी ढुङ्गाहरू नै कराउनेछन् ।”
LUK 19:41 जब येशू सहरको नजिक पुग्‍नुभयो, उहाँ त्यसलाई देखेर यसो भन्दै रुनुभयो,
LUK 19:42 “यदि तैँले यो दिनको बारेमा थाहा पाएको भए, तँलाई शान्ति दिने कुरालाई जानेको भए ! तर अहिले यी कुराहरू तेरो नजरबाट लुकाइएका छन् ।
LUK 19:43 किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन् ।
LUK 19:44 तिनीहरूले तँलाई र तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्, किनभने परमेश्‍वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्‍नलाई तैँले बुझिनस् ।
LUK 19:45 येशू मन्दिरभित्र छिर्नुभयो र त्यहाँ व्यापार गरिरहेका मानिसहरूलाई यसो भन्दै खेद्नुभयो,
LUK 19:46 “यसो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकुहरूको अड्डा बनाएका छौ ।”
LUK 19:47 येशूले मन्दिरमा दिनहुँ शिक्षा सिकाउनुहुन्थ्यो । मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूले उहाँलाई मार्न चाहन्थे ।
LUK 19:48 तर तिनीहरूले त्यसो गर्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनभने मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए ।
LUK 20:1 येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्‍त्रीहरू येशूकहाँ आए ।
LUK 20:2 तिनीहरूले उहाँलाई भने, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ ? अथवा कसले तिमीलाई यो अधिकार दियो ?”
LUK 20:3 उहाँले जवाफ दिएर भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु ।
LUK 20:4 यूहन्‍नाको बप्‍तिस्‍माको बारेमा मलाई बताओ । यो स्वर्गबाट थियो कि मानिसहरूबाट ?”
LUK 20:5 उनीहरूले आपसमा भने, “यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले यसो भन्ला ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ ?’
LUK 20:6 तर यदि हामीले मानिसबाट हो भन्यौँ भने, ‘सबै मानिसले हामीलाई ढुङ्गाले हान्‍नेछन्, किनभने उनीहरूले यूहन्‍नालाई अगमवक्‍ता हो भनी विश्‍वास गरेका छन्’ ।”
LUK 20:7 यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।”
LUK 20:8 येशूले तिनीहरूले भन्‍नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।”
LUK 20:9 उहाँले मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए ।
LUK 20:10 तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती कामदारहरूकहाँ पठाए । तर ती कामदारहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए ।
LUK 20:11 तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटेर बेइज्‍जत गरी रित्तै हात पठाए ।
LUK 20:12 तिनले तेस्रो नोकरलाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकाली दिए ।
LUK 20:13 त्यसकारण, दाखबारीका मालिकले भने, ‘अब म के गरूँ ? म आफ्नो प्यारो छोरालाई पठाउनेछु सायद उसलाई त तिनीहरूले आदर गर्लान् कि ।’
LUK 20:14 तर कामदारहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो । हामी यसलाई मारौँ र सम्पत्तिको हक हाम्रो हुनेछ ।’
LUK 20:15 अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे । अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान् ?
LUK 20:16 उनी आएर ती कामदारहरूलाई मार्नेछन् र दाखाबरी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस् !”
LUK 20:17 तर येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “यो धर्मशास्‍त्रको भनाइको अर्थ के हो, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्यही नै कुने-ढुङ्गो बन्यो ?’
LUK 20:18 त्यस ढुङ्गामाथि खस्‍ने हरेक चकनाचुर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यसले त्यसलाई धुलोपिठो पार्नेछ ।”
LUK 20:19 त्यसकारण, शास्‍त्री र मुख्य पुजारीहरूले त्यति नै बेला उहाँलाई पक्रन खोजे । किनकि तिनीहरूलाई थाहा भयो कि उहाँले यो दृष्‍टान्त तिनीहरूकै विरुद्धमा भन्‍नुभएको थियो । तर तिनीहरू मानिसहरूसँग डराउँथे ।
LUK 20:20 तिनीहरूले मौका हेर्न लागे र येशूले भन्‍नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए ।
LUK 20:21 उनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौँ कि तपाईं ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्‍न तर परमेश्‍वरको मार्गको सत्यता सिकाउनुहुन्छ ।
LUK 20:22 हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन ?”
LUK 20:23 येशूले उनीहरूको धूर्त्याइँलाई बुझेर भन्‍नुभयो,
LUK 20:24 “मलाई एउटा सिक्‍का देखाओ, यसमा कसको नाम र चित्र खोपिएको छ ?” उनीहरूले भने, “कैसरको ।”
LUK 20:25 उहाँले उनीहरूलाई भन्‍नुभयो, “त्यसो भए जे कैसर को हो, कैसरलाई देओ र जे परमेश्‍वरको हो परमेश्‍वरलाई देओ ।”
LUK 20:26 मानिसहरूको सामुन्‍ने उहाँले बोल्नुभएका कुरामा शास्‍त्री र मुख्य पुजारीहरूले उहाँलाई फसाउन सकेनन् । उहाँको जवाफमा उनीहरू छक्‍क परे र केही पनि भन्‍न सकेनन् ।
LUK 20:27 त्यसपछि मृतकहरूबाट पुनरुत्थान हुँदैन भन्‍ने सदूकीहरू उहाँकहाँ आए,
LUK 20:28 र उहाँलाई सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निसन्तान भयो भने भाइले त्यसकी पत्‍नीलाई विवाह गरी दाजुको लागि सन्तान खडा गरिदिनुपर्छ ।
LUK 20:29 सात भाइ थिए । जेठोले एउटी पत्‍नी ल्यायो र निसन्तान मर्‍यो
LUK 20:30 अनि माहिलाले पनि त्यसलाई विवाह गर्‍यो र निसन्तान मर्‍यो ।
LUK 20:31 साहिँलाले पनि त्यसलाई विवाह गर्‍यो अनि त्यसरी नै ती सातै जना निसन्तान मरे ।
LUK 20:32 पछिबाट त्यो स्‍त्री पनि मरी ।
LUK 20:33 यसकारण, मृतकबाट पुनरुत्थान हुँदा त्यो स्‍त्री तिनीहरूमध्ये कसकी पत्‍नी हुनेछे ? किनकि ती सातै जनाले त्यसलाई पत्‍नीको रूपमा लिएका थिए ।”
LUK 20:34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्छन् ।
LUK 20:35 तर मृतकबाट जीवित भई उठ्न र अनन्त जीवन प्राप्‍त गर्न योग्य ठहरिनेहरूले न विवाह गर्दछन् न त विवाह गरेर पठाइन्छन् ।
LUK 20:36 तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूत समान हुन् र पुनरुत्‍थानका सन्तान भएकाले परमेश्‍वरका सन्तान हुन् ।
LUK 20:37 तर मृतकहरू जीवित भई उठ्नेछन् भन्‍नेकुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर भनेर पुकार्दा देखाइदिए ।
LUK 20:38 उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जिउँछन् ।”
LUK 20:39 अनि शास्‍त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले सही जवाफ दिनुभयो ।”
LUK 20:40 उनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्‍न सोध्‍ने आँट गरेनन् ।
LUK 20:41 येशूले उनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दाऊदका पुत्र हुन् भनेर तिनीहरूले कसरी भन्दछन् ?
LUK 20:42 किनकि भजनको पुस्तकमा दाऊद आफैँले भन्दछन्, परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस,
LUK 20:43 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ ।’
LUK 20:44 यसकारण, दाऊदले ख्रीष्‍टलाई प्रभु भन्दछन् भने फेरि उनी कसरी दाऊदका पुत्र भए ?”
LUK 20:45 सबै मानिसहरूले सुन्‍ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
LUK 20:46 “शास्‍त्रीहरूदेखि होसियार रहो जो लामा वस्‍त्रहरूमा सजिएर बजारमा अभिवादन गरिएको मन पराउँछन् अनि सभाघर र भोजहरूमा प्रमुख स्थान चाहन्छन् ।
LUK 20:47 तिनीहरूले विधवाहरूको घर हडप्छन् र लामो-लामो प्रार्थना गरेर देखाउँछन् । तिनीहरूले नै अझै ठुलो दण्ड पाउनेछन् ।”
LUK 21:1 येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेको देख्‍नुभयो ।
LUK 21:2 उहाँले एक जना गरिब विधवाले दुई पैसा भेटी हालेको हेर्नुभयो ।
LUK 21:3 यसैले, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनीहरू सबैले भन्दा यस विधवाले बढी दिई ।
LUK 21:4 यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए । तर यस विधवाले आफू गरिब भएर पनि, ऊ बाँच्‍नका लागि जे-जति थियो सबै दिई ।”
LUK 21:5 अब कसैले मन्दिरको बारेमा भने, “दानहरू र सुन्दर-सुन्दर ढुङ्गाहरूले सजाइएको हेर्नुहोस् ।” उहाँले भन्‍नुभयो,
LUK 21:6 “जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ, यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्गा रहनेछैन, सबै भत्किनेछन् ।”
LUK 21:7 त्यसकारण, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन् ? र यी सबै घटनाहरू हुँदा के-कस्ता चिह्नहरू हुनेछन् ?”
LUK 21:8 येशूले जवाफ दिनुभयो, “होसियार रहो ताकि तिमीहरू धोकामा नपर । धेरै जना मेरो नाउँमा यसो भन्दै आउनेछन्, ‘म उही हुँ र समय नजिक आएको छ ।’ तिमीहरू तिनीहरूका पछि नजाओ ।
LUK 21:9 जब तिमीहरूले लडाइँ र झैझगडाहरू सुन्‍नेछौ, तब भयभीत नहोओ, यी कुराहरू पहिले हुनैपर्छ, तर अन्त्य भने तुरुन्तै हुनेछैन ।”
LUK 21:10 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राज्य-राज्यको विरुद्धमा र देश-देशको विरुद्धमा उठ्नेछन् ।
LUK 21:11 त्यहाँ धेरै भूकम्पहरू जानेछन्, र धेरै ठाउँमा महामारी र अनिकालहरू हुनेछन् । त्यहाँ डरलाग्दा घटनाहरू हुनेछन् र आकाशमा ठुला-ठुला चिह्नहरू हुनेछन् ।
LUK 21:12 तर यी सबै कुरा हुन अगाडि, तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन् र तिनीहरूले तिमीहरूलाई सताउनेछन्, सभाघरमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन् ।
LUK 21:13 यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्‍याउनेछ ।
LUK 21:14 त्यसकारण, तिमीहरूले बचाउको लागि के भन्‍ने भनेर अगिबाटै हृदयमा नसोच ।
LUK 21:15 तिमीहरूका विरोधीहरूले सबै कुराको खण्डन गर्न नसकून् भनेर म तिमीहरूलाई वचन र बुद्धि दिनेछु ।
LUK 21:16 तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिमीहरूमध्ये केही मृत्युका लागि सुम्पिनेछौ ।
LUK 21:17 मेरो नाउँको खातिर सबैले तिमीहरूलाई घृणा गर्नेछन् ।
LUK 21:18 तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्‍ट हुनेछैन ।
LUK 21:19 तिमीहरूको सहनशीलतामा तिमीहरूले प्राण प्राप्‍त गर्नेछौ ।
LUK 21:20 जब तिमीहरूले यरूशलेमलाई सेनाले घेरेको देख्‍नेछौ, तब त्यसको विनाश नजिकै छ भनी जान ।
LUK 21:21 तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् र जो सहरको बिचमा छन् तिनीहरू सहर बाहिर भागून्, र बाहिर हुनेहरू सहरभित्र नपसून् ।
LUK 21:22 यी दिनहरू बदला लिने दिनहरू हुनेछन्, यसैले लेखिएका सबै कुराहरू पुरा हुनेछन् ।
LUK 21:23 हाय ती दिनमा गर्भवती र दूध चुसाउने स्‍त्रीहरू ! त्यस देशमाथि महासङ्कष्‍ट आउनेछ, र ती मानिसहरूमाथि क्रोध आइपर्नेछ ।
LUK 21:24 तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी भएर जानेछन्, र गैरयहूदीहरूको समय पुरा नभएसम्म गैरयहूदीहरूले यरूशलेम नै कैदी बनाएर राख्‍नेछन् ।
LUK 21:25 सूर्य, चन्द्रमा र ताराहरूमा चिह्नहरू देखा पर्नेछन् । अनि समुद्रका गर्जनहरू र छालहरूबाट पृथ्वीमा भएका राष्‍ट्रहरू कष्‍टमा पर्नेछन् ।
LUK 21:26 संसारमा आइपर्न लागेका घटनाहरूका आशङ्काले मानिसहरू मुर्छित हुनेछन्, किनकि आकाशका शक्‍तिहरू डग्मगाउनेछन् ।
LUK 21:27 त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई ठुलो शक्‍ति र महामहिमाका साथ बादलमा आउँदै गरेको देख्‍नेछन् ।
LUK 21:28 जब यी कुरा हुन आउनेछन्, उठ र आफ्ना शिरहरू ठाडो पारेर हेर, तिमीहरूको उद्धारको दिन नजिकै छ ।”
LUK 21:29 येशूले उनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “नेभाराको रुखलाई हेर र अरू सबै रुखहरूलाई पनि ।
LUK 21:30 जब तिनहरूले पालुवा फेरेको तिमीहरूले देख्छौ, तब गृष्म ऋतु नजिकै छ भनी तिमीहरू आफैँले थाहा पाउनेछौ ।
LUK 21:31 त्यसैले पनि, जब तिमीले यी थोकहरू भएको देख्‍नेछौ, परमेश्‍वरको राज्य नजिकै छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।
LUK 21:32 तिमीहरूलाई म साँचो भन्दछु, यी सब कुराहरू पुरा नभइन्जेलसम्म यो पुस्ता बितेर जानेछैन ।
LUK 21:33 स्वर्ग र पृथ्वी टलेर जानेछ, तर मेरा वचनहरू कहिल्यै टल्नेछैनन् ।
LUK 21:34 तर तिमीहरू आफैँ होसियार रहो । त्यसकारण तिमीहरूको हृदय विलास, मतवालापान र जीवनको चिन्ताले नभरियोस् । नत्रभने, त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला ।
LUK 21:35 यसरी नै सारा पृथ्वी भरि जिउने हरेकमाथि त्यो पासोझैँ आइपर्नेछ ।
LUK 21:36 तर हर समय सतर्क रहो, र हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कनलाई बलियो हुन सक र मानिसका पुत्रका अगाडि खडा हुनलाई प्रार्थना गर्दै रहो ।”
LUK 21:37 दिउँसोको समयमा उहाँले मन्दिरमा सिकाउनुहुन्थ्यो र साँझमा उहाँ बाहिर जानुहुन्थ्यो, र डाँडामा रात बिताउनुहुन्थ्यो जसलाई जैतून भनिन्छ ।
LUK 21:38 सबै मानिसहरू उहाँका कुरा सुन्‍न बिहानै मन्दिरमा आउँथे ।
LUK 22:1 अखमिरी रोटीको चाड नजिक थियो, जसलाई निस्तार-चाड भनिन्छ ।
LUK 22:2 मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए ।
LUK 22:3 बाह्र जनामध्ये एउटा यहूदा इस्करियोतमा शैतान पस्यो ।
LUK 22:4 येशूलाई कसरी तिनीहरूकहाँ सुम्पन सकिन्छ भन्‍ने बारेमा छलफल गर्न यहूदा मुख्य पुजारीहरू र कप्‍तानहरूसँगै गयो ।
LUK 22:5 तिनीहरू खुसी भए र उसलाई पैसा दिन सहमत भए ।
LUK 22:6 ऊ सहमत भयो र उसले उहाँलाई भिडबाट टाढा बनाएर तिनीहरूकहाँ सुम्पने उचित अवसर खोज्यो ।
LUK 22:7 अखमिरी रोटीको चाडको दिन आयो जुन दिन निस्तार-चाडको थुमा बलिदान चढाउनै पर्थ्यो ।
LUK 22:8 येशूले पत्रुस र यूहन्‍नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रो निम्ति निस्तार-चाडको भोज तयार पार, ताकि हामीले खान सकौँ ।”
LUK 22:9 तिनीहरूले उहाँलाई सोधे, “हामीले कहाँ तयार परेको तपाईं चाहनुहुन्छ ?”
LUK 22:10 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “सुन, जब तिमीहरू सहरभित्र पस्तछौँ, तिमीहरूले एउटा पानीको गाग्रो बोकिरहेको मानिस भेट्टाउनेछौ । ऊ जाने घरभित्र उनलाई तिमीहरूले पछ्याओ ।
LUK 22:11 तब घरको मालिकलाई भन, गुरुले तपाईंलाई भन्‍नुहुन्छ, ‘पाहुना कोठा कहाँ छ, जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाड खानेछु ?’
LUK 22:12 उनले तिमीहरूलाई एउटा ठुलो सजाइएको माथिल्लो तलाको कोठा देखाउनेछन् । त्यहीँ तयारी गर ।”
LUK 22:13 त्यसैले, तिनीहरू गए र उहाँले तिनीहरूलाई भनेझैँ हरेक थोक भेट्टाए । तब तिनीहरूले निस्तार-चाडको भोज तयार पारे ।
LUK 22:14 जब समय आयो, उहाँ प्रेरितहरूसँगै बस्‍नुभयो ।
LUK 22:15 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले कष्‍ट भोग्‍नअगि तिमीहरूसँग निस्तार-चाड खाने ठुलो इच्छा गरेको छु ।
LUK 22:16 किनभने म तिमीहरूलाई भन्दछु, यो परमेश्‍वरको राज्यमा पुरा नभएसम्म मैले फेरि खानेछैनँ ।”
LUK 22:17 तब येशूले कचौरा लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, उहाँले भन्‍नुभयो, “यो लेऊ, र तिमीहरूका बिचमा बाँड ।
LUK 22:18 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य नआएसम्म म फेरि अङ्गुरको फलको रस पिउनेछैनँ ।”
LUK 22:19 तब उहाँले रोटी लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, र उहाँले रोटी भाँच्‍नुभयो, र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । मेरो सम्झनामा यो गर्ने गर ।”
LUK 22:20 भोज खानुभएपछि त्यसै गरी उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन तिमीहरूका निम्ति बगाइन्छ ।
LUK 22:21 तर ध्यान देओ । मलाई धोखा दिनेचाहिँ यही टेबलमा नै छ ।
LUK 22:22 किनभने मानिसका पुत्र त निश्‍चय गरेअनुसार जानुपर्छ । तर त्यो मानिसलाई धिक्‍कार होस् जसद्वारा उनलाई विश्‍वासघात गरिन्छ ।”
LUK 22:23 र तिनीहरूमध्ये कसले यो गर्ला भनी तिनीहरूबिच आफैँमा प्रश्‍न गर्न लागे ।
LUK 22:24 तब तिनीहरूमध्ये को सबैभन्दा ठुलो भन्‍नेबारे तिनीहरूबिच झगडा उब्जियो ।
LUK 22:25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँदछन्, र तिनीहरूमाथि अधिकार जमाउनेलाई आदरणीय शासकहरू भनिन्छ ।
LUK 22:26 तर तिमीहरूमा यस्तो हुनुहुँदैन । बरु, तिमीहरूमध्ये सबैभन्दा ठुलोचाहिँ सबैभन्दा सानोजस्तो होस् । र जो सबैभन्दा महत्त्‍वपूर्ण छ, त्यो सेवा गर्नेजस्तो होस् ।
LUK 22:27 किनभने टेबलमा खान बस्‍ने कि वा सेवा गर्ने कुनचाहिँ ठुलो हो ? टेबलमा खान बस्‍ने होइन र ? तर म त तिमीहरूका बिचमा एक सेवा गर्नेजस्तै छु ।
LUK 22:28 तर मेरो परीक्षामा निरन्तर मसँग रहने तिमीहरू नै हौ ।
LUK 22:29 जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभएको छ, म तिमीहरूलाई एउटा राज्य दिन्छु ।
LUK 22:30 मेरो राज्यमा तिमीहरूले मसँगै टेबलमा खान र पिउन सक्‍नेछौ । र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनमा बस्‍नेछौ ।
LUK 22:31 सिमोन, हे सिमोन, होसियार होऊ, शैतानले तिमीलाई हात पार्न खोज्यो ताकि उसले तिमीलाई गहुँलाई जस्तै निफन्‍न पाओस् ।
LUK 22:32 तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु, ताकि तिम्रो विश्‍वास नचुकोस् । तिमी फेरि फर्केपछि तिम्रा भाइहरूलाई बलियो बनाओ ।
LUK 22:33 पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग जेल र मृत्युसम्म जानको निम्ति तयार छु ।”
LUK 22:34 येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्छु, तिमीले मलाई चिन्दिनँ भनेर तिन पटक इन्कार नगरेसम्म, यो दिन भाले बास्‍नेछैन ।”
LUK 22:35 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई पैसाको थैलो, खानेकुरा, वा जुत्ताहरूविना पठाउँदा, के तिमीहरूलाई केही कुराको खाँचो पर्‍यो र ?” र तिनीहरूले जवाफ दिए, “खाँचो परेन ।”
LUK 22:36 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर अहिले जोसँग पैसाको थैली छ, उसलाई बोक्‍न देऊ र खानेकुरा बोक्‍ने झोला पनि । जससँग तरवार छैन, त्यसले आफ्नो ओढ्ने बेचोस् र एउटा किनोस् ।
LUK 22:37 किनकि म तिमीहरूलाई भन्दछु, मेरो बारेमा जे लेखिएको छ त्यो पुरा हुनेछ, ‘र उसलाई दुष्‍टलाई जस्तै व्यवहार गरिनेछ । किनकि मेरो बारेमा जे अगमवाणी गरिएको छ त्यो पुरा भइरहेको छ ।”
LUK 22:38 तब तिनीहरूले भने, “प्रभु, हेर्नुहोस ! यहाँ दुईवटा तरवार छन् ।” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो पर्याप्‍त छ ।”
LUK 22:39 भोजनपछि, येशूले प्रायः गर्नेजस्तै गर्नुभयो, उहाँ जैतून डाँडातिर जानुभयो, र चेलाहरूले उहाँलाई पछ्याए ।
LUK 22:40 जब तिनीहरू आइपुगे, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपर ।”
LUK 22:41 उहाँ तिनीहरूबाट टाढा ढुङगा फ्याक्‍न सकिने ठाउँसम्म जानुभयो, र उहाँले घुँडा टेकेर प्रार्थना गर्नुभयो,
LUK 22:42 “हे पिता, यदि तपाईं चाहनुहुन्छ भने, यो कचौरा मबाट हटाइदिनुहोस् । तथापि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पुरा होस् ।”
LUK 22:43 तब स्वर्गबाट एउटा स्वर्गदूत उहाँकहाँ देखा परे र उहाँलाई शक्‍ति दिए ।
LUK 22:44 पीडामा परेर पनि उहाँले जोसिलो प्रकारले प्रार्थना गर्नुभयो, अनि उहाँका पसिना रगतको ठुला-ठुला थोपाजस्तै भुइँमा खसिरहेका थिए ।
LUK 22:45 जब उहाँ प्रार्थना गरेर उठ्नुभयो, उहाँ चेलाहरूकहाँ आउनुभयो, र तिनीहरूका दुःखको कारणले गर्दा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो ।
LUK 22:46 र उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “किन तिमीहरू निदाइरहेका छौ ? उठ र प्रार्थना गर, ताकि तिमीहरू परीक्षामा पर्नु नपरोस् ।”
LUK 22:47 हेर, उहाँ बोलिरहनु हुँदा, बाह्र जनामध्ये एउटा अर्थात् यहूदाको अगुवाइमा एउटा भिड देखा पर्‍यो । ऊ येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो,
LUK 22:48 तर येशूले उसलाई भन्‍नुभयो, “यहूदा, के तिमीले मानिसका पुत्रलाई एउटा चुम्बनले विश्‍वासघात गर्दछौ ?”
LUK 22:49 जब येशूको वरिपरि भएकाहरूले जे भइरहेको थियो, त्यो देखे, तिनीहरूले भने, “प्रभु, के हामीले तरवारले प्रहर गर्नुपर्छ ?”
LUK 22:50 तिनीहरूमध्ये एक जनाले प्रधान पुजारीको नोकरलाई प्रहार गरे, र उसको दाहिने कान काटिदिए ।
LUK 22:51 येशूले भन्‍नुभयो, “यति नै हुनदेऊ ।” र उहाँले उनको कान छुनुभयो, र निको पार्नुभयो ।
LUK 22:52 येशूले उहाँ विरुद्ध आउने मुख्य पुजारीहरू, मन्दिरको कप्‍तान र अगुवाहरूलाई भन्‍नुभयो, “के तिमीहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू र लाठीहरू लिएर आउँछौ ?
LUK 22:53 जब म तिमीहरूसँगै मन्दिरमा दिनहुँ हुँदा, तिमीहरूले ममाथि हात हालेनौँ । तर यो तिमीहरूको समय र अन्धकारको अधिकारको समय हो ।”
LUK 22:54 तिनीहरूले उहाँलाई गिरफ्तार गरेर प्रधान पुजारीको घरभित्र ल्याए । तर पत्रुसले टाढैबाट उहाँलाई पछ्याए ।
LUK 22:55 त्यसपछि तिनीहरूले आँगनको बिचमा आगो बाले र सँगै बसे, पत्रुस तिनीहरूका बिचमा बसे ।
LUK 22:56 पत्रुस आगोको उज्यालोमा बस्दा एउटी नोकर्नीले उनीतिर सोझै हेरेर भनी, “यी मानिस पनि उनीसँगै थिए ।”
LUK 22:57 तर पत्रुसले यसलाई इन्कार गर्दै भने, “नारी, म उहाँलाई चिन्दिनँ ।”
LUK 22:58 केही बेरपछि अरू कसैले देखेर भन्यो, “तिमी पनि तिनीहरूमध्ये एक हौ ।” तर पत्रुसले भने, “हे मानिस, म होइनँ ।”
LUK 22:59 लगभग एक घण्टापछि अर्को मानिसले जिद्दी गर्दै भन्‍यो, “साँच्‍चै यी मानिस पनि उनीसँगै थिए, किनभने उनी पनि एक गालीलबासी हुन् ।”
LUK 22:60 तर पत्रुसले भने, “हे मानिस, तिमीले के भनिरहेछौ, म जान्दिनँ ।” र उनले बोल्दै गर्दा भाले तुरुन्तै बास्यो ।
LUK 22:61 प्रभुले पत्रुसतिर फर्केर हेर्नुभयो । र पत्रुसलाई उहाँले भन्‍नुभएको वचनलाई सम्झे, “भाले बास्‍नअगि तिमीले मलाई तिन पटक इन्कार गर्नेछौ ।”
LUK 22:62 पत्रुस बाहिर गएर धुरुधुरु रोए ।
LUK 22:63 तब येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई गिज्याए र कुटे ।
LUK 22:64 उहाँका आँखामा पट्टी बाँधेर, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “भविष्यवाणी गर् ! तँलाई कुट्ने को हो ?”
LUK 22:65 येशूको विरुद्धमा तिनीहरूले अरू धेरै कुराहरू बोले र उहाँलाई ईश्‍वर-निन्दाको दोष लगाए ।
LUK 22:66 बिहान हुनेबितिकै, मुख्य पुजारीहरू र शास्‍त्रीहरू दुवै मानिसहरूका धर्म-गुरुहरू सँगै भेला भए । तिनीहरूले उहाँलाई परिषद्‍मा लगे र
LUK 22:67 भने, “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन् ।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि मैले तपाईंहरूलाई भने पनि तपाईंहरूले विश्‍वास गर्नुहुनेछैन,
LUK 22:68 र मैले तपाईंहरूलाई सोधेँ भने, तपाईंहरूले जवाफ दिनुहुनेछैन ।
LUK 22:69 तर अहिलेबाट, मानिसका पुत्र परमेश्‍वरको शक्‍तिको दाहिने हातपट्टि विराजमान हुनेछ ।”
LUK 22:70 तिनीहरू सबैले भने, “त्यसो भए के तँ परमेश्‍वरका पुत्र होस् ?” र येशूले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरू नै भन्‍नुहुन्छ, म उही हुँ ।”
LUK 22:71 तिनीहरूले भने, “अब हामीलाई किन अझ साक्षीहरूको आवश्यक पर्छ र ? किनभने हामी आफैँले उसको आफ्नै मुखबाट सुनिसक्यौँ ।”
LUK 23:1 तिनीहरूका सबै दल उठे, र येशूलाई पिलातसका सामु ल्याए ।
LUK 23:2 तिनीहरूले उहाँलाई यसो भन्दै दोष लगाउन सुरु गरे, “हामीले यस मानिसलाई हाम्रो देश भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैँलाई ख्रीष्‍ट राजा भनेको भेट्टायौँ ।”
LUK 23:3 पिलातसले उहाँलाई यसो भन्दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तपाईंले नै त्यसो भन्दै हुनुहुन्छ ।”
LUK 23:4 पिलातसले मुख्य पुजारीहरू र भिडलाई भने, “यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिनँ ।”
LUK 23:5 तर तिनीहरूले जबरजस्ती भनिरहेका थिए, “यसले गालीलबाट सुरु गरेर सारा यहूदाभरि यस ठाँउसम्म मानिसहरूलाई भड्काउँदै छ ।”
LUK 23:6 त्यसकारण जब पिलातसले यो सुने, तब उनले उहाँ गालीली हुनुहुन्थ्यो कि भनी सोधे ।
LUK 23:7 जब उनले उहाँ त हेरोदको अधिकारमुनि हुनुहुन्छ भन्‍ने थाहा पाए, उनले येशूलाई हेरोदकहाँ पठाए जो ती दिनहरूमा यरूशलेममा नै थिए ।
LUK 23:8 जब हेरोदले येशूलाई देखे, उनी धेरै खुसी भए, किनकि उनले उहाँलाई धेरै अगाडिदेखि हेर्ने इच्छा गरेका थिए । उनले उहाँको बारेमा धेरै कुराहरू सुनेका थिए र उहाँद्वारा केही आश्‍चर्यकर्महरू गरिएको हेर्न चाहन्थे ।
LUK 23:9 हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्‍न गरे, तर येशूले उनलाई कुनै पनि जवाफ दिनुभएन ।
LUK 23:10 मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई जोड्दार दोष लगाउँदै उभिएका भए ।
LUK 23:11 हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे र उहाँलाई गिल्ला गरे अनि असल पोशाक पहिर्‍याएर येशूलाई पिलातसकहाँ फर्काइदिए ।
LUK 23:12 हेरोद र पिलातस त्यसै दिनदेखि एक-अर्कासँग साथी भए (त्यस अगि उनीहरू शत्रु थिए) ।
LUK 23:13 तब पिलातसले मुख्य पुजारीहरू र शासकहरू र मानिसहरूका भिडलाई बोलाए,
LUK 23:14 र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई खराब काम गर्न मानिसहरूलाई अगुवाइ गर्ने व्यक्‍तिको रूपमा मकहाँ ल्यायौ, र हेर, तिमीहरूकै सामुन्‍ने यी मानिसलाई मैले प्रश्‍न गरेँ । तर तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ ।”
LUK 23:15 हेरोदले पनि दोषी भेट्टाएनन्, किनकि उनले हामीकहाँ फिर्ता पठाए । र हेर, यिनले मृत्युदण्ड पाउनेयोग्य कुनै काम गरेका छैनन् ।
LUK 23:16 यसकारण म यिनलाई सजाय दिनेछु र छोडिदिन्छु ।”
LUK 23:17 अब चाडको समयमा पिलातसले यहूदीका निम्ति एक जना कैदीलाई छोडिदिनुपर्थ्यो ।
LUK 23:18 तर तिनीहरू एकैसाथ कराउँदै यसो भने, “यस मानिसलाई हाम्रा बिचबाट हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस् ।”
LUK 23:19 बारब्बा सहरमा विद्रोह र हत्याको कारण गर्दा झ्यालखानमा राखिएको एक मानिस थिए ।
LUK 23:20 येशूलाई छोड्ने इच्छा गरी फेरि पिलातसले तिनीहरूलाई सम्बोधन गरे ।
LUK 23:21 तर तिनीहरूले चिच्‍च्‍याउँदै यसो भने, “त्यसलाई क्रुसमा झुन्ड्याओ, क्रुसमा झुन्ड्याओ ।”
LUK 23:22 पिलातसले तेस्रो पटक तिनीहरूलाई भने, “किन, यो मानिसले के दुष्‍ट काम गरेको छ र ? मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ । यसकारण, यसलाई सजाय दिएर छोडिदिन्छु ।”
LUK 23:23 तर तिनीहरू उच्‍च स्वरमा येशूलाई क्रुसमा टाँग्‍ने माग गर्दै लागि परे । र पिलातसलाई उनीहरूका आवाजले विश्‍वस्त तुल्यायो ।
LUK 23:24 त्यसकारण, पिलातसले उनीहरूका माग पुरा गरिदिने निर्णय गरे ।
LUK 23:25 त्यसैले तिनीहरूले माग गरेअनुसार पिलातसले बारब्बालाई छोडिदिए जसद्वारा सहरमा हत्या र आतङ्क भएको थियो, तर येशूलाई तिनीहरूको इच्छाअनुसार सुम्पिदिए ।
LUK 23:26 तिनीहरूले उहाँलाई टाढा लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर येशूलाई पछ्याउदै उहाँको क्रुस बोक्‍न लगाए ।
LUK 23:27 मानिसहरूको एउटा ठुलो भिड, उहाँका लागि विलाप गर्ने र दुःखित हुने स्‍त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए ।
LUK 23:28 तर तिनीहरूतिर फर्केर येशूले भन्‍नुभयो, “यरूशलेमका छोरीहरू हो, मेरो लागि नरोऊ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ ।
LUK 23:29 किनभने हेर, दिनहरू आउँदै छन् र तिनीहरूले भन्‍नेछन्, ‘हे बाँझीहरू, नजन्माउने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन् ।’
LUK 23:30 त्यसपछि तिनीहरूले पहाडहरूलाई भन्‍न थाल्नेछन्, ‘हामीमाथि खस,’ र डाँडाहरूलाई भन्‍नेछन्, ‘हामीलाई छोप ।’
LUK 23:31 यदि रुख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने, सुख्खा हुँदा के गर्लान् ?”
LUK 23:32 उहाँसँगै अरू दुई जना अपराधीलाई पनि मृत्युदण्ड दिनलाई लगिएको थियो ।
LUK 23:33 जब तिनीहरू खप्परे भन्‍ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँ र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे ।
LUK 23:34 येशूले भन्‍नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्‍त्रहरू भाग गर्नलाई चिट्ठा हाले ।
LUK 23:35 मानिसहरूले उभिएर हेरिरहेका थिए, जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्दै गिल्ला हेरिरहेका थिए, “यो परमेश्‍वरको चुनिएको ख्रीष्‍ट हो भने यसले अरूलाई त बचायो, अब आफैँलाई बचाओस् ।”
LUK 23:36 अनि सिपाहीहरूले पनि सिर्का दिँदै यसो भनी गिल्ला गरे,
LUK 23:37 “यदि तिमी यहूदीहरूका राजा हौ भने, आफैँलाई बचाओ ।”
LUK 23:38 “यो यहूदीहरूका राजा हो भनी” त्यहाँ उहाँको माथि एउटा चिह्न पनि थियो ।
LUK 23:39 क्रुसमा टाँगिएको एक जना अपराधीले उहाँको गिल्ला गर्दै यसो भन्यो, “के तिमी ख्रीष्‍ट होइनौ ? हामीलाई र आफैँलाई बचाऊ ।”
LUK 23:40 तर अर्कोले त्यसलाई हप्काउँदै जवाफ दियो, “के तँ परमेश्‍वरको डर मान्दैनस्, तँ आफैँ यस्तो अवस्थामा छस् ?
LUK 23:41 हामी वास्तवमा यहाँ न्यायोचित रूपले छौँ, हामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौँ । तर यी मानिसले त कुनै गल्ती काम गरेका छैनन् ।”
LUK 23:42 र उसले थप्यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस् ।”
LUK 23:43 येशूले त्यसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ ।”
LUK 23:44 यो छैठौँ घडीको बेला थियो, र नवौँ घडीसम्म सारा देशभरि अन्धकारले ढाक्यो ।
LUK 23:45 सूर्यले प्रकाश दिन छोड्यो । त्यसपछि मन्दिरको पर्दा बिचबाट च्यातियो ।
LUK 23:46 येशूले उच्‍च स्वरमा कराएर भन्‍नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु । यसो भनेर उहाँले प्राण त्याग्‍नुभयो ।”
LUK 23:47 जब कप्‍तानले जे भइरहेको थियो सो देखे, उनले यसो भन्दै परमेश्‍वरको महिमा गरे, “निश्‍चय नै यिनी एक धार्मिक मानिस थिए ।”
LUK 23:48 यस ठाउँमा आएका सबै भिडले त्यहाँ भएका घटनाहरूलाई देखेपछि तिनीहरू आफ्नो छाती पिट्दै फर्के ।
LUK 23:49 तर उहाँका चिनाजानीका मानिसहरू र गालीलबाट उहाँलाई पछ्याउने स्‍त्रीहरू टाढै उभिएर यी कुराहरू हेरिरहेका थिए ।
LUK 23:50 हेर, त्यहाँ एक जना योसेफ नाउँ गरेका मानिस थिए । तिनी महासभाका सदस्य थिए, जो एक असल र धार्मिक मानिस थिए ।
LUK 23:51 (उनी तिनीहरूका निर्णय र क्रियाकलापसँग सहमत थिएनन्), उनी यहूदिया सहर अरिमाथियाका थिए, जसले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए ।
LUK 23:52 यी मानिसले पिलातसकहाँ गएर येशूको शरीर मागे ।
LUK 23:53 उनले तल लगे र सफा मलमलको कपडामा बेह्रेर चट्टानमा कपेर बनाइएको चिहानमा राखे, जहाँ कहिल्यै कसैलाई राखिएको थिएन ।
LUK 23:54 यो तयारीको दिन थियो, र विश्राम दिन सुरु हुनै लागेको थियो ।
LUK 23:55 गालीलदेखि पछ्याउँदै आएका स्‍त्रीहरूले पनि चिहानमा उहाँको शरीर कसरी राखिएको थियो, त्यसलाई हेरे ।
LUK 23:56 तिनीहरू फर्के र सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे । त्यसपछि आज्ञाअनुसार विश्राम दिनमा तिनीहरूले विश्राम गरे ।
LUK 24:1 हप्‍ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए ।
LUK 24:2 तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए ।
LUK 24:3 तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन् ।
LUK 24:4 जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलोवस्‍त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए ।
LUK 24:5 ती स्‍त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्‍त्रीहरूलाई भने, “किन तिमीहरूले जीवितलाई मृतकहरूका बिचमा खोज्छौ ?”
LUK 24:6 उहाँ यहाँ हुनुहुन्‍न, तर जीवित हुनुभएको छ ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्‍नुभएको थियो, सो सम्झ ।
LUK 24:7 मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ ।”
LUK 24:8 तब ती स्‍त्रीहरूले उहाँका वचनलाई सम्झे ।
LUK 24:9 र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र अरू सबैलाई बताइदिए ।
LUK 24:10 अब मरियम मग्दलिनी, योअन्‍ना, याकूबकी आमा मरियम र उनीहरूसँग अरू स्‍त्रीहरू पनि थिए र प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए ।
LUK 24:11 तर यो सन्‍देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लग्यो, र तिनीहरूले स्‍त्रीहरूको कुरामा विश्‍वास गरेनन् ।
LUK 24:12 यथापि पत्रुस उठे, र चिहानतिर दौडेर गए र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे । तब पत्रुस आश्‍चर्य चकित हुँदै के भएको होला भन्दै आफ्नो घर तर्फलागे ।
LUK 24:13 हेर, तिनीहरू दुई जना त्यही दिन इम्माउस नाउँ भएको गाउँतिर गइराखेका थिए, जुन यरूशलेमबाट साठी किलोमिटर टाढा थियो ।
LUK 24:14 जे भएको थियो, ती सबै कुराको विषयमा तिनीहरूले एक-अर्कामा छलफल गरे ।
LUK 24:15 तिनीहरू छलफल र एकसाथ प्रश्‍न गरिरहेका बेलामा येशू आफैँ तिनीहरूको नजिक आउनुभयो र तिनीहरूसँगै जानुभयो ।
LUK 24:16 तर तिनीहरूका आँखा उहाँलाई नचिन्‍ने बनाइएका थिए ।
LUK 24:17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू दुवै जना हिँड्दै गर्दा के को विषयमा कुरा गरिरेहेका थियौ ?” उदास भएर तिनीहरू त्यहाँ उभिए ।
LUK 24:18 तिनीहरूमध्ये क्लेओपास नाउँ गरेका एक जनाले उहाँलाई जवाफ दिए, ”यी दिनहरूमा यरूशलेममा भएका कुराहरू थाहा नपाउने व्यक्‍ति के तपाईं मात्रै एक हुनुहुन्छ ?”
LUK 24:19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के कुराहरू ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्‍ता हुनुहुन्थ्यो, सबै मानिसहरू र परमेश्‍वरको अगाडि काम र वचनमा शक्‍तिशाली हुनुहुन्थ्यो ।
LUK 24:20 र कसरी मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रुसमा टाँगे ।
LUK 24:21 तर उहाँले नै इस्राएललाई स्वतन्‍त्र गर्नुहुने थियो भनी हामीले आशा राखेका थियौँ । र यी सबै कुराबाहेक, यी सबै कुरा हुन आएको आज तेस्रो दिन भइसक्यो ।
LUK 24:22 तरै पनि, बिहान सबेरै उहाँको चिहानमा गएर, हाम्रो समूहका केही स्‍त्रीहरूले हामीलाई आश्‍चर्य चकित पारेका छन्, ।
LUK 24:23 जब तिनीहरूले उहाँको शरीरलाई भेट्टाएनन्, तब यसो भन्दै तिनीहरू आए, तिनीहरूले स्वर्गदूतहरूको दर्शन पनि देखे जसले उहाँ जीवित हुनुभएको थियो भने ।
LUK 24:24 हामीसँग भएका केही मानिसहरू चिहानमा गए, र थाहा पाए कि स्‍त्रीहरूले भनेजस्तै भएको थियो । तर तिनीहरूले उहाँलाई देखेनन् ।”
LUK 24:25 येशूले तिनीहरूलाई भन्‍नुभयो, “हे मूर्ख मानिसहरू र विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्‍ताहरूले बोलेका थिएनन् र ?
LUK 24:26 के ख्रीष्‍टले यी सबै कुराहरूमा दुःख कष्‍ट भोग्‍न र उसको महिमामा प्रवेश गर्न आवश्यक थिएन र ?”
LUK 24:27 तब मोशादेखि लिएर सबै अगमवक्‍ताहरूद्वारा सबै धर्मशास्‍त्रमा येशूको विषयमा भनिएका कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गरिदिनुभयो ।
LUK 24:28 तिनीहरू जुन गाउँतिर गइरहेका थिए, तिनीहरू त्यसको नजिकै पुग्‍न लाग्दा येशूले अझै टाढा जानेजस्तै गरी व्यवहार गर्नुभयो ।
LUK 24:29 तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, “हामीसँगै बस्‍नुहोस् किनकि साँझ परिसक्यो र लगभग दिन बितिसक्यो ।” त्यसैले, येशू तिनीहरूसँगै बस्‍न जानुभयो ।
LUK 24:30 जब उहाँ तिनीहरूसँग खान बस्‍नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष्‌‌ माग्‍नुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो ।
LUK 24:31 तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने, र उहाँ तिनीहरूका दृष्‍टिबाट हराउनुभयो ।
LUK 24:32 तिनीहरूले एक अर्कोलाई भने, बाटोमा उहाँ हामीसँग बोल्नुँहुदा उहाँले हामीलाई धर्मशास्‍त्र खोलिदिनुहुँदा के हाम्रा हृदयभित्र जलन भइराखेको थिएन र ?”
LUK 24:33 त्यसै घडी तिनीहरू उठे, र यरूशलेममा फर्के । तिनीहरूले एघार जना एक आपसमा र उनीहरूसँग भएकाहरू पनि जम्मा भइराखेको भेट्टाए,
LUK 24:34 तिनीहरूले भने, “प्रभु जीवित हुनुभएको रहेछ, र सिमोनकहाँ देखा पर्नुभएको रहेछ ।”
LUK 24:35 त्यसकारण, बाटोमा जे भएको थियो, ती कुराहरू तिनीहरूले बताए र कसरी येशूले रोटी भाँच्‍ने बेलामा तिनीहरूलाई आफूलाई प्रकट गर्नुभयो, सो पनि बताए ।
LUK 24:36 जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् ।”
LUK 24:37 तर तिनीहरू भयभीत भए र डरले भरिए, र हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे ।
LUK 24:38 येशूले तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ ? किन तिमीहरूका हृदयमा प्रश्‍न उठाउँछौ ?
LUK 24:39 मेरा हात र खुट्टा हेर, त्यो म आफैँ हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ ।”
LUK 24:40 जब उहाँले यो भनी सक्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो ।
LUK 24:41 तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ ?”
LUK 24:42 तिनीहरूले उहाँलाई एउटा पकाएको माछा दिए ।
LUK 24:43 येशूले त्यसलाई लिनुभयो, र तिनीहरूकै सामु खानुभयो ।
LUK 24:44 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्‍ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।”
LUK 24:45 तब तिनीहरूले धर्मशास्‍त्र बुझ्‍न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो ।
LUK 24:46 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ख्रीष्‍टले कष्‍ट भोग्‍नु, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नु आवश्यक छ ।
LUK 24:47 र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्‍चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
LUK 24:48 तिमीहरू यी कुराहरूका साक्षी छौ ।
LUK 24:49 हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँछु, तर माथिबाट शक्‍ति प्राप्‍त नगरेसम्म तिमीहरू यही सहरमा पर्खेर बस ।”
LUK 24:50 त्यसपछि तिनीहरू बेथानी नपुगेसम्म उहाँले तिनीहरूलाई अगुवाइ गर्नुभयो । उहाँले आफ्ना हातहरू उचालेर तिनीहरूलाई आशिष्‌‌ दिनुभयो ।
LUK 24:51 त्यसपछि, जब उहाँले तिनीहरूलाई आशिष्‌‌ दिँदै हुनुहुन्थ्यो, उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो ।
LUK 24:52 त्यसैले, तिनीहरूले उहाँको आराधना गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के ।
LUK 24:53 तिनीहरू निरन्तर परमेश्‍वरलाई धन्यको भन्दै मन्दिरमा रहे ।
JOH 1:1 सुरुमा वचन हुनुहुन्‍थ्‍यो । वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो । अनि वचन नै परमेश्‍वर हुनुहुन्‍थ्‍यो ।
JOH 1:2 उहाँ सुरुदेखि नै परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो ।
JOH 1:3 सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै पनि थोक उहाँविना बनिएन ।
JOH 1:4 उहाँमा जीवन थियो, अनि त्‍यो जीवन सबै मानिसहरूका लागि ज्‍योति थियो ।
JOH 1:5 ज्‍योति अन्धकारमा चम्‍किन्छ, अनि अन्धकारले यसलाई जितेन ।
JOH 1:6 परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो ।
JOH 1:7 उहाँद्वारा सबैले विश्‍वास गरून् भनेर उहाँ ज्‍योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आउनुभयो ।
JOH 1:8 यूहन्‍ना ज्‍योति थिएनन्, तर ज्‍योतिको बारेमा गवाही दिन भनेर उनी आए ।
JOH 1:9 उहाँ सबै मानिसहरूलाई ज्योति दिनुहुने र संसारमा आउनुहुने सत्‍य ज्‍योति हुनुहुन्थ्यो ।
JOH 1:10 उहाँ संसारमा हुनुहुन्थ्यो र संसार उहाँद्वारा नै बनियो, तर संसारले उहाँलाई चिनेन ।
JOH 1:11 उहाँ आफ्नैहरूकहाँ आउनुभयो, तर उहाँलाई आफ्नैहरूले स्‍वीकार गरेनन् ।
JOH 1:12 तर जतिले उहाँलाई स्‍वीकार गरे अर्थात् उहाँको नाउँमा विश्‍वास गरे उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्तानहरू हुने अधिकार दिनुभयो ।
JOH 1:13 यिनीहरू न रगतले, न शारीरिक इच्छाअनुसार, न मानिसको इच्छाअनुसार नै जन्‍मेका थिए, तर परमेश्‍वरबाट जन्‍मेका थिए ।
JOH 1:14 अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ ।
JOH 1:15 यूहन्‍नाले उहाँको बारेमा गवाही दिए, र ठुलो सोरले यसो भने, “मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको व्‍यक्‍ति उहाँ नै हुनुहुन्‍छ ।”
JOH 1:16 किनकि उहाँको पूर्णताबाट हामी सबैले अनुग्रहमाथि अनुग्रह पाएका छौँ ।
JOH 1:17 किनकि व्‍यवस्‍था मोशाद्वारा दिइयो । अनुग्रह र सत्‍यता येशू ख्रीष्‍टद्वारा आयो ।
JOH 1:18 कसैले पनि परमेश्‍वरलाई कहिल्‍यै देखेको छैन । पिताको छातीमा अडेस लाग्‍नुहुने एक मात्र परमेश्‍वरले उहाँलाई चिनाउनुभएको छ ।
JOH 1:19 यहूदीहरूले यरूशलेमबाट पुजारीहरू र लेवीहरूलाई “तिमी को हौ ?” भनी सोध्‍न पठाउँदा यूहन्‍नाको गवाही यही हो ।
JOH 1:20 उनले खुला भएर भने, र इन्कार गरेनन्, तर जवाफ दिए, “म ख्रीष्‍ट होइनँ ।”
JOH 1:21 त्‍यसकारण, तिनीहरूले उनलाई भने, “त्‍यसो भए तिमी को हौ त ? के तिमी एलिया हौ ?” उनले भने, “होइनँ ।” तिनीहरूले भने, “के तिमी अगमवक्‍ता हौ ?” उनले जवाफ दिए, “होइनँ ।”
JOH 1:22 तब तिनीहरूले उनलाई भने, “तिमी को हौ, ताकि हामीलाई पठाउनेहरूलाई हामीले जवाफ दिन सकौँ ? तिमी आफ्नै बारेमा के भन्‍छौ ?”
JOH 1:23 उनले भने, “म मरुभूमिमा कराइरहेको एउटा आवाज हुँ । ‘परमप्रभुको निम्‍ति बाटो सोझो बनाओ’ जस्तो यशैया अगमवक्‍ताले भने ।”
JOH 1:24 ती पठाइएकाहरू फरिसीहरूबाटका थिए ।
JOH 1:25 तिनीहरूले उनलाई सोधे र भने, “तिमी न ख्रीष्‍ट, न एलिया, न अगमवक्‍ता नै हौ भने किन बप्‍तिस्‍मा दिन्‍छौ ?”
JOH 1:26 अनि यूहन्‍नाले तिनीहरूलाई यसो भनेर जवाफ दिए, “म पानीले बप्‍तिस्‍मा दिन्‍छु । तर तिमीहरूका माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्‍छ,
JOH 1:27 उहाँ जो मपछि आउनुहुन्‍छ, म उहाँको जुत्ताको फित्ता खोल्‍न लायकको छैनँ ।”
JOH 1:28 यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए ।
JOH 1:29 अर्को दिन यूहन्‍नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्‍वरका थुमा !
JOH 1:30 मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको उहाँ नै हुनुहुन्छ ।
JOH 1:31 म उहाँलाई चिन्‍दिनथेँ, तर उहाँलाई इस्राएलीहरूप्रति प्रकट गराउन सकियोस् भनी म पानीले बप्‍तिस्‍मा दिँदै आएँ ।”
JOH 1:32 यूहन्‍नाले यसरी गवाही दिए, “मैले पवित्र आत्‍मा स्‍वर्गबाट ढुकुरझैँ ओर्लिरहनुभएको र उहाँमाथि बस्‍नुभएको देखेँ ।
JOH 1:33 मैले उहाँलाई चिन्दिनथेँ, तर पानीमा बप्‍तिस्‍मा दिन पठाउनुहुनेले मलाई भन्‍नुभयो, ‘तिमीले जसमाथि पवित्र आत्‍मा ओर्लिरहनुभएको र उहाँमाथि रहनुभएको देख्छौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँले नै हुनुहुन्छ ।’
JOH 1:34 मैले देखेको, र उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनेर गवाही दिएको छु ।”
JOH 1:35 फेरि अर्को दिन यूहन्‍ना आफ्ना दुई जना चेलासँग उभिरहँदा,
JOH 1:36 तिनीहरूले येशू त्यही बाटो भएर हिँडिरहनुभएको देखे, र यूहन्‍नाले भने, “हेर, परमेश्‍वरका थुमा !”
JOH 1:37 यी दुई चेलाले यूहन्‍नाले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्याए ।
JOH 1:38 तब येशूले तिनीहरूले उहाँलाई पछ्याइरहेका देख्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू के चाहन्‍छौ ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “रब्बी (जसको अर्थ हो, गुरु), तपाईं कहाँ बस्दै हुनुहुन्छ ?”
JOH 1:39 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आऊ अनि देख्छौ ।” तब उनीहरू आए र उहाँ कहाँ बसिरहनुभएको थियो भनी देखे । त्‍यस दिन तिनीहरू उहाँसँगै बसे, किनभने दसौँ पहर हुन लागेको थियो ।
JOH 1:40 यूहन्‍नाले भनेको सुन्‍ने र येशूलाई पछ्याउनेहरू यी दुई जनामध्‍ये एक जना सिमोन पत्रुसका भाइ अन्‍द्रियास थिए ।
JOH 1:41 अन्‍द्रियासले आफ्ना भाइ सिमोनलाई भेट्टाएर भने, “हामीले मसीह (जसलाई ख्रीष्‍ट भनिन्छ) लाई भेट्टाएका छौँ ।”
JOH 1:42 उनले आफ्ना भाइलाई येशूकहाँ ल्‍याए । अनि येशूले उनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी यूहन्‍नाका छोरा सिमोन हौ । तिमीलाई केफास (जसको अर्थ पत्रुस हो ) भनिनेछ ।
JOH 1:43 अर्को दिन जब येशू गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्‌नुभयो र उनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।”
JOH 1:44 फिलिप बेथसेदाका थिए जुन अन्‍द्रियास र पत्रुसको सहर थियो ।
JOH 1:45 फिलिपले नथानेललाई भेटे र उनलाई भने, “मोशाको व्‍यवस्‍थामा र अगमवक्‍ताहरूले लेखेका अर्थात् नासरतका योसेफका छोरो येशूलाई हामीले भेट्टाएका छौँ ।”
JOH 1:46 नथानेलले उनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्‍छ र ?” फिलिपले उनलाई भने, “आएर हेर !”
JOH 1:47 येशूले नथानेललाई आफूकहाँ आइरहेको देख्‍नुभयो र उनलाई उनको बारेमा भन्‍नुभयो, “हेर, कुनै छल नभएका एक इस्राएली !”
JOH 1:48 नथानेलले उहाँलाई भने, “तपाईं मलाई कसरी चिन्‍नुहुन्‍छ ?” येशूले उनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “फिलिपले बोलाउनुभन्‍दा पहिले तिमी नेभाराको रुखमुनि हुँदा नै मैले तिमीलाई देखेँ ।”
JOH 1:49 नथानेलले जवाफ दिए, “रब्‍बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ ! तपाईं इस्राएलका राजा हुनुहुन्‍छ !”
JOH 1:50 येशूले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “‘मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ भनेको कारण, के तिमी मलाई विश्‍वास गर्छौ ? तिमीले योभन्‍दा ठुला-ठुला कुराहरू देख्‍नेछौ ।”
JOH 1:51 येशूले भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्‍दछु, “तिमीहरूले स्‍वर्ग उघ्रिएको, अनि परमेश्‍वरका स्‍वर्गदूतहरू मानिसका पुत्रमाथि ओर्लिरहेका र उक्‍लिरहेका देख्‍नेछौ ।”
JOH 2:1 तिन दिनपछि गालीलको कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन् ।
JOH 2:2 विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो ।
JOH 2:3 जब दाखमद्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन ।”
JOH 2:4 येशूले जवाफ दिनुभयो, “हे नारी, तपाईं किन मकहाँ आउनुहुन्छ ? मेरो समय अझ आइसकेको छैन ।”
JOH 2:5 उहाँकी आमाले नोकरहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे गर भन्‍नुहुन्छ, त्यही गर” ।
JOH 2:6 त्यहाँ यहूदी विधिअनुसार शुद्धिकरणको लागि हरेकमा झण्डै एक सय लिटर अटाउने छ वटा ढुङ्गाका भाँडाहरू थिए ।
JOH 2:7 येशूले तिनीहरूलाई भन्‍नुभयो, “भाँडाहरूमा पानी भर ।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए ।
JOH 2:8 तब उहाँले नोकरहरूलाई भन्‍नुभयो, “अब अलिकति लगेर मुख्य व्यक्‍तिलाई देऊ” । तिनीहरूले त्यसै गरे ।
JOH 2:9 मुख्य व्यक्‍तिले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्‍ने उनलाई थाहा थिएन (तर पानी भर्ने नोकरहरूलाई थाहा थियो) । तब उनले दुलहालाई बोलाए
JOH 2:10 र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र उनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् । तर तिमीले त असल दखमद्य अझसम्म राखेका छौ ।”
JOH 2:11 गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिह्न थियो, र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि त्यसैले उहाँका चेलाहरूले उहाँलाई विश्‍वास गरे ।
JOH 2:12 यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ उनीहरू केही दिनसम्म बसे ।
JOH 2:13 यहूदीहरूको निस्तार-चाड आउन लागेको थियो, र येशू यरूशलेम जानुभयो ।
JOH 2:14 उहाँले त्यहाँ गोरुहरू, भेडाहरू र परेवाहरू बेच्‍नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू पनि त्यहाँ बसिरहेका थिए ।
JOH 2:15 त्यसकारण, उहाँले डोरीको कोर्रा बनाएर भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो । उहाँले पैसा साट्नेहरूको पैसा छरपष्‍ट पारिदिनुभयो र तिनीहरूका टेबलहरू पल्टाइदिनुभयो ।
JOH 2:16 परेवा बेच्‍नेहरूलाई उहाँले भन्‍नुभयो, “यिनीहरूलाई यहाँबाट लैजाओ । मेरा पिताको घरलाई बजार बनाउन छोड ।”
JOH 2:17 उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे, “तपाईंको घरको जोसले मलाई जलाउँछ ।”
JOH 2:18 तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र यसो भने, “तिमीले यी कुराहरू गरिरहेका हुनाले तिमीले हामीलाई के चिह्न‍ देखाउँछौ ?”
JOH 2:19 येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तिन दिनमा म यसलाई खडा गर्नेछु ।”
JOH 2:20 तब यहूदी अधिकारीहरूले भने, “यो मन्दिर बनाउन छयालिस वर्ष लाग्यो र तिमीले यसलाई तिन दिनमा बनाउने ?”
JOH 2:21 तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो ।
JOH 2:22 त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा, उहाँले भन्‍नुभएको यो कुरा उहाँका चेलाहरूले सम्‍झे र तिनीहरूले धर्मशास्‍त्र र येशूले भन्‍नुभएको यो भनाइमाथि विश्‍वास गरे ।
JOH 2:23 उहाँ निस्तार-चाडको अवधिभर यरूशलेममा हुनुहुन्थ्यो । उहाँले गर्नुभएको चिह्न‍हरू देखेर धेरै जनाले उहाँको नाउँमा विश्‍वास गरे ।
JOH 2:24 तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन, किनभने उहाँले तिनीहरू सबैलाई चिन्‍नुहुन्थ्यो,
JOH 2:25 किनकि मानिसको बारेमा उहाँलाई कसैले गवाही दिनुपर्दैनथ्यो, किनभने त्यसभित्र के छ भन्‍ने उहाँ जान्‍नुहुन्थ्यो ।
JOH 3:1 अब त्यहाँ निकोदेमस नाउँ गरेका एक जना यहूदी अगुवा थिए ।
JOH 3:2 यी मानिस राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौँ, कि तपाईं परमेश्‍वरबाट आउनुभएका एक जना शिक्षक हुनुहुन्छ, किनकि तपाईंले गर्नुभएका यी चिह्न‍हरू परमेश्‍वर त्यससँग नभईकन कसैले पनि गर्न सक्दैन ।”
JOH 3:3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही फेरि नजन्मिएसम्म, त्यसले परमेश्‍वरको राज्य देख्‍न सक्दैन ।”
JOH 3:4 निकोदेमसले उहाँलाई भने “मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ ? ऊ फेरि दोस्रो पल्ट उसकी आमाको गर्भमा पस्‍न, र जन्मन सक्दैन, सक्छ त ?
JOH 3:5 येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही पनि पानी र आत्माबाट नजन्मेसम्म ऊ परमेश्‍वरको राज्यमा पस्‍न सक्दैन ।
JOH 3:6 शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो ।
JOH 3:7 मैले तिमीलाई, ‘तिमी फेरि जन्मनुपर्छ’ भनेकोमा अचम्म नमान ।
JOH 3:8 हावा जता चाहन्छ त्यतै बहन्छ; तिमीले यसको आवाज सुन्छौ; तर यो कहाँबाट आउँछ, र कतातिर गइरहेको छ तिमी जान्दैनौ । पवित्र आत्माबाट जन्मेका सबै त्यस्तै हुन्छन् ।”
JOH 3:9 निकोदेमसले जवाफ दिए, र उहाँलाई भने, “यी कुराहरू कसरी हुन सक्छन्” ?
JOH 3:10 येशूले तिनलाई जवाफ दिनुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ ?
JOH 3:11 साँचो, साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौँ, त्यहीँ भन्छौँ, र हामीले जे देखेका छौँ, त्यसैको गवाही दिन्‍छौँ । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।
JOH 3:12 यदि मैले तिमीलाई पृथ्‍वीको कुरा भनेँ भने तिमीहरू विश्‍वास गर्दैनौ, यदि मैले स्वर्गका कुराहरू भनेँ भने तिमीले कसरी विश्‍वास गर्छौ ?
JOH 3:13 स्वर्गबाट ओर्लिआउनुभएका मानिसका पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन ।
JOH 3:14 जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसै गरी मानिसका पुत्र पनि उचालिनुपर्छ,
JOH 3:15 ताकि उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन् ।
JOH 3:16 किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा ‍विश्‍वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् ।
JOH 3:17 किनकि परमेश्‍वरले यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो ।
JOH 3:18 उहाँमा विश्‍वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्‍वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्‍वरका एक मात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन ।
JOH 3:19 न्यायको कारण यही होः ज्योति संसारमा आउनुभएको छ, र मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै रुचाए, किनभने तिनीहरूका कामहरू दुष्‍ट थिए ।
JOH 3:20 किनकि दुष्‍ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् ।
JOH 3:21 तापनि सत्य काम गर्ने ज्योतिमा आउँछ, ताकि परमेश्‍वरमा गरिएका त्यसका कामहरू प्रकट होऊन् ।
JOH 3:22 त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्‍तिस्मा दिनुभयो ।
JOH 3:23 अहिले यूहन्‍नाले पनि सालीम नजिकैको एनोनमा बप्‍तिस्मा दिइरहेका थिए, किनभने त्यहाँ धेरै पानी थियो । मानिसहरू उनीकहाँ आइरहेका थिए, र तिनीहरूले बप्‍तिस्मा लिँदै थिए ।
JOH 3:24 किनकि यूहन्‍ना यस बेलासम्म झ्यालखानामा परेका थिएनन् ।
JOH 3:25 त्यहाँ यूहन्‍नाका केही चेलाहरू र एक जना यहूदीबिच विधिवत् शुद्धिकरणको विषयमा विवाद भयो ।
JOH 3:26 तिनीहरू यूहन्‍नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्‍तिले बप्‍तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”
JOH 3:27 यूहन्‍नाले जवाफ दिए “मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै पनि कुरा प्राप्‍त गर्न सक्दैन ।
JOH 3:28 तिमीहरू आफैँ गवाही दिन सक्‍छौ, कि मैले भनेँ, ‘म ख्रीष्‍ट होइनँ,’ तर बरु ‘म उहाँभन्दा अगि पठाइएको हुँ ।’
JOH 3:29 दुलहीचाहिँ दुलहाको नै हो । दुलहाको छेउमा खडा हुने र उहाँको आवाज सुन्‍ने साथी दुलहाको आवाज सुनेर धेरै आनन्दित हुन्छ । तब मेरो आनन्द पुरा हुनेछ ।
JOH 3:30 उहाँ बढ्नुपर्छ र म घट्नुपर्छ ।
JOH 3:31 माथिबाट आउनुहुने सबैभन्दा माथि हुनुहुन्छ । जो पृथ्‍वीबाटको हो त्यो पृथ्वीकै हो, र त्यसले पृथ्‍वीका कुराहरू बोल्दछ । जो स्वर्गबाट आउनुहुन्छ, उहाँ सबैभन्दा माथि हुनुहुन्छ ।
JOH 3:32 उहाँले जे देख्‍नु र सुन्‍नुभएको छ, त्यसको गवाही दिनुहुन्छ, तर उहाँको गवाही कसैले स्वीकार गर्दैन ।
JOH 3:33 उहाँको गवाही ग्रहण गर्नेले परमेश्‍वर सत्य हुनुहुन्छ भन्‍ने पुष्‍टि गरेको छ ।
JOH 3:34 किनकि परमेश्‍वरले जसलाई पठउनुभएको छ, त्यसले उहाँको वचन बोल्छ । किनकि उहाँले पवित्र आत्मा नापतौल गरेर दिनुहुन्‍न ।
JOH 3:35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ ।
JOH 3:36 पुत्रमा विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्‍नेछैन, तर त्यसमाथि परमेश्‍वरको क्रोध पर्नेछ ।”
JOH 4:1 अब जब यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्‍थ्‍यो र बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍थ्‍यो भनी फरिसीहरूले सुने भन्‍ने उहाँले थाहा गर्नुभयो,
JOH 4:2 (यद्यपि येशू आफैँले बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍नथ्यो, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिँदै थिए)
JOH 4:3 उहाँ यहूदिया छोडेर गालीलतिर जानुभयो ।
JOH 4:4 तर उहाँ सामरिया भएर जानु आवश्‍यक थियो ।
JOH 4:5 त्‍यसैले, उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्‍गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो ।
JOH 4:6 त्यहाँ याकूबको इनार थियो । येशू आफ्नो यात्राले थाक्‍नुभयो र इनारको छेउमा बस्‍नुभयो । यो छैठौँ घडीतिरको कुरा थियो ।
JOH 4:7 एक जना सामरी स्‍त्री पानी लिन आइन् र येशूले तिनलाई भन्‍नुभयो, “मलाई पिउन थोरै पानी देऊ ।”
JOH 4:8 किनभने उहाँका चेलाहरू खानेकुरा किन्‍न सहरतिर गएका थिए ।
JOH 4:9 त्‍यसपछि सामरी स्‍त्रीले उहाँलाई भनिन्, “तपाईं एक जना यहूदी भएर पनि म एउटी सामरी स्‍त्रीसँग कसरी पिउने कुरा माग्‍नुभएको ?” किनकि यहूदीहरूले समारीहरूसँग कुनै किसिमको लेनदेन गर्दैनन् ।
JOH 4:10 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरको वरदानलाई चिनेकी भए र ‘मलाई पिउन देऊ’ भनिरहनुहुनेलाई चिनेकी भए, तिमीले चाहिँ उनीसँग माग्‍ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिने थिए ।”
JOH 4:11 स्‍त्रीले उहाँलाई जवाफ दिइन्, “महाशय, तपाईंसित बाल्‍टिन छैन; इनार पनि गहिरो छ । अनि तपाईंसँग जिउँदो पानी कहाँ छ त ?
JOH 4:12 के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा महान् हुनुहुन्‍छ जसले हामीलाई इनार दिनुभयो र उहाँ आफैँले पनि यही इनारबाट पानी पिउनुभयो र उहाँका सन्‍तानहरू र उहाँका गाईवस्‍तुहरूले पनि पिए ?”
JOH 4:13 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “हरेक जस‍ले यो पानी पिउँछ, त्यो फेरि तिर्खाउनेछ,
JOH 4:14 तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्‍यसको अन्‍तस्‍करणमा अनन्‍त जीवनसम्‍मै उम्रिरहने पानीको मूल बन्‍नेछ ।”
JOH 4:15 स्‍त्रीले उहाँलाई भनिन्, “महाशय, मलाई यो पानी दिनुहोस्, ताकि म फेरि तिर्खाउनेछैन र यहाँ पानी लिन आउनुपर्नेछैन ।”
JOH 4:16 येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो लोग्‍नेलाई बोलाऊ, र यहाँ आऊ ।”
JOH 4:17 स्‍त्रीले उहाँलाई जवाफ दिइन् र भनिन्, “मेरो लोग्‍ने छैन ।” येशूले जवाफ दिनुभयो, “‘मेरो लोग्‍ने छैन’ भनी तिमीले साँचो भनेकी छ्यौ ।
JOH 4:18 किनकि तिम्रा पाँच जना लोग्‍ने भइसकेका छन् र अहिले भएको पनि तिम्रो लोग्‍ने होइन । तिमीले भनेकी कुरो साँचो हो ।”
JOH 4:19 स्‍त्रीले उहाँलाई भनिन्, “महाशय, तपाईं अगमवक्‍ता हुनुहुन्छ भनी म देख्‍छु ।
JOH 4:20 हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे, तर मानिसहरूले आराधना गर्नुपर्ने स्‍थान यरूशलेम नै हो भनी तपाईंहरू भन्‍नुहुन्छ ।”
JOH 4:21 येशूले तिनलाई भन्‍नुभयो, “हे नारी, मलाई विश्‍वास गर । समय आइरहेको छ, तिमीहरूले पितालाई न यो पर्वतमा न त यरूशलेममा नै आराधना गर्नेछौ ।
JOH 4:22 तिमीहरूले जे जान्दैनौ, त्यसैको आराधना गर्छौ । हामी जे जान्दछौँ, त्यसैको आराधना गर्छौं, किनकि उद्धार यहूदीहरूबाट नै आउँछ ।
JOH 4:23 तापनि, साँचा आराधकहरूले पितालाई आत्‍मा र सत्‍यतामा आराधना गर्ने बेला आइरहेको छ र त्यो अहिले नै हो, किनकि पिताले आफ्ना आराधकहरू हुन यस्‍ता मानिसहरूको खोजी गर्दै हुनुहुन्‍छ ।
JOH 4:24 परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ र उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ ।”
JOH 4:25 स्‍त्रीले उहाँलाई भनिन्, “(ख्रीष्‍ट भनिने) मसीह आउँदै हुनुहुन्‍छ भन्‍ने मलाई थाहा छ, जब उहाँ आउनुहुन्‍छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ ।”
JOH 4:26 येशूले त्यसलाई भन्‍नुभयो, “तिमीसँग कुराकानी गरिरहने, म उही नै हुँ ।”
JOH 4:27 त्‍यही बेला उहाँका चेलाहरू आइपुगे । उहाँ स्‍त्रीसित किन कुराकानी गर्दै हुनुहुन्‍थ्यो भनी तिनीहरू चकित भइरहेका थिए, तर “तपाईं के चाहनुहुन्‍छ ?” वा “किन तपाईं त्‍यससँग कुराकानी गर्दै हुनुहुन्‍छ ?” भनी कसैले पनि भनेन ।
JOH 4:28 त्‍यसैले, ती स्‍त्रीले आफ्नो गाग्रो छोडेर सहरतिर गइन् र मानिसहरूलाई भनिन्,
JOH 4:29 “आओ, मैले गरेका सबै कुराहरू मलाई बताइदिनुहुने मानिसलाई हेर । उहाँ नै ख्रीष्‍ट हुन सक्छ, हुन सक्दैन त ?”
JOH 4:30 तिनीहरू सहरबाट उहाँकहाँ आए ।
JOH 4:31 त्‍यसै बेला चेलाहरूले उहाँलाई यसो भन्‍दै अनुरोध गरिरहेका थिए, “रब्‍बी, खानुहोस् ।”
JOH 4:32 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानेकुरा छ जुन तिमीहरू जान्दैनौ ।”
JOH 4:33 त्‍यसकारण, चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्‍याएको छैन, ल्‍याएको छ र ?”
JOH 4:34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जसले मलाई पठाउनुभयो, उहाँको इच्‍छा र उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो ।
JOH 4:35 अझ पनि चार महिना छ र त्‍यसपछि कटनी गर्ने समय आउनेछ भनी के तिमीहरू भन्‍दैनौ ? म तिमीहरूलाई भन्‍दै छु, हेर र खेतलाई देख, किनकि तिनीहरू कटनीको निम्‍ति अगि नै पाकिसकेका छन् ।
JOH 4:36 जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्‍त जीवनको निम्‍ति फल बटुल्‍छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् ।
JOH 4:37 किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्‍ने यो भनाइ यसैमा साँचो छ ।
JOH 4:38 तिमीहरूले काम नगरेका कुरा कटनी गर्न मैले तिमीहरूलाई पठाएँ । अरूहरूले काम गरेका छन्, र तिमीहरू उनीहरूका श्रममा प्रवेश गरेका छौ ।”
JOH 4:39 “मैले गरेका सबै कुरा उहाँले मलाई भन्‍नुभयो” भनी स्‍त्रीले दिएको गवाहीले गर्दा त्‍यस सहरमा बसोबास गर्ने धेरै सामरीहरूले उहाँमा विश्‍वास गरे ।
JOH 4:40 त्यसैले, जब सामरीहरू उहाँकहाँ आए, तिनीहरूले उनीहरूसँग बस्‍न आग्रह गरे र उहाँ त्‍यहाँ दुई दिन बस्‍नुभयो ।
JOH 4:41 उहाँको वचनको कारणले गर्दा धेरै जनाले विश्‍वास गरे ।
JOH 4:42 तिनीहरूले ती स्‍त्रीलाई भने, “तिमीले भनेकी कारणले हामी विश्‍वास गर्दैनौँ, किनकि हामी आफैँले सुनेका छौँ र हामी जान्दछौँ, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्‍छ ।”
JOH 4:43 दुई दिनपछि उहाँ त्‍यहाँबाट गालील प्रस्थान गर्नुभयो ।
JOH 4:44 किनकि येशू आफैँले घोषणा गर्नुभयो, कि अगमवक्‍तालाई उसको आफ्नै गाउँमा आदर गरिँदैन ।
JOH 4:45 जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्‍वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए ।
JOH 4:46 अब उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको गालीलको काना सहरमा उहाँ फेरि आउनुभयो । त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थिए ।
JOH 4:47 जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनका मर्न लागेका छोरालाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्‍ती गरे ।
JOH 4:48 तब येशूले तिनलाई भन्‍नुभयो, “चिह्न‍हरू र आश्‍चर्यकर्महरू नदेखेसम्‍म तिमीहरूले विश्‍वास गर्नेछैनौ ।”
JOH 4:49 ती अधिकारीले उहाँलाई भने, “महाशय, मेरो छोरो मर्नुअगावै आउनुहोस् ।”
JOH 4:50 येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो छोरा बाँच्‍छ ।” येशूले तिनलाई भन्‍नुभएको वचन तिनले विश्‍वास गरे, र तिनी आफ्नो बाटो लागे ।
JOH 4:51 तिनी जाँदै गर्दा, तिनका छोरो जीवित भए भन्दै तिनका नोकरहरूले तिनलाई भेटे ।
JOH 4:52 यसकारण, उसको सुधार कति बेलादेखि भएको थियो भनी तिनले तिनीहरूलाई सोधे । तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौँ घडीमा उसलाई ज्‍वरोले छोड्यो ।”
JOH 4:53 त्‍यसपछि यो येशूले “तिम्रो छोरा बाँच्‍छ” भन्‍नुभएको घडी थियो भन्‍ने ती बुबाले महसुस गरे । यसकारण तिनी र तिनका आफ्ना सम्‍पूर्ण घरानाले विश्‍वास गरे ।
JOH 4:54 येशू यहूदियाबाट गालीलमा आउँनुहुँदा उहाँले गर्नुभएको यो दोस्रो चिह्न‍ थियो ।
JOH 5:1 यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेम जानुभयो ।
JOH 5:2 यरूशलेमको भेडा-ढोका नजिकै एउटा तलाउ छ जसलाई हिब्रूमा बेथस्दा भनिन्छ जसको छानासहितका पाँचवटा दलान छन् ।
JOH 5:3 त्यहाँ ठुलो सङ्ख्यामा बिरामीहरू, अन्धा, लङ्गडा र पक्षाघातीहरू त्यो तलाउको नजिक पडिरहेका थिए । (नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपीहरूबाट यो पदावलीलाई हटाइएको छ) । ३ तिनीहरूले पानी छचल्किएको पर्खिरहेका थिए ।
JOH 5:4 (नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपीहरूले पद ४ लाई हटाएको छ) । ४ “परमेश्‍वरका स्वर्गदूत तल ओर्लिएर पानीलाई कुनै समयमा हल्लाइदिन्थे र त्यो पानी छचल्किरहँदा जो पहिले पानीमा पस्थ्यो त्यसको जस्तोसुकै रोग भए तापनि निको भइहाल्थ्यो ।
JOH 5:5 त्यहाँ अठतिस वर्षदेखि रोगले ग्रसित भएको कुनै एक जना मानिस थियो ।
JOH 5:6 जब येशूले त्यसलाई त्यहाँ पल्टिरहेको देख्‍नुभयो र उहाँले त्यो मानिस त्यहाँ धेरै समयदेखि रहेको थियो भनी महसुस गर्नुभयो, तब उहाँले त्यसलाई भन्‍नुभयो, “के तिमी स्वस्थ हुन चाहन्छौ ?”
JOH 5:7 त्यो बिरामी मानिसले जवाफ दियो, “महाशय, पानी छचल्किँदा मलाई पानीमा राखिदिने मेरो कोही पनि छैन । म आउँदा मभन्दा अगि अर्को पसिहाल्छ ।”
JOH 5:8 येशूले त्यसलाई भन्‍नुभयो, “उठ, आफ्नो चकटी लेऊ, र हिँड ।”
JOH 5:9 त्यो मानिस तुरुन्तै निको भयो र त्यसले आफ्नो ओछ्यान उठायो, र हिँड्यो । अब त्यो विश्रामको दिन थियो ।
JOH 5:10 त्यसैले, यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “यो विश्रामको दिन हो, र तिमीलाई तिम्रो चकटी बोकेर हिँड्ने अनुमति छैन ।”
JOH 5:11 त्यसले जवाफ दियो, “जसले मलाई स्वस्थ बनाउनुभयो, उहाँले नै मलाई ‘तिम्रो चकटी उठाऊ र हिँड’ भन्‍नुभयो ।”
JOH 5:12 उनीहरूले त्यसलाई भने, “तिमीलाई ‘तिम्रो यो उठाऊ र हिँड’ भन्‍ने त्यो मानिस को हो ?”
JOH 5:13 तापनि येशू सुटुक्‍क गइसक्‍नुभएकोले जो निको भएको थियो, त्यसलाई उहाँ को हुनुहुन्थ्यो भन्‍ने थाहा थिएन, किनकि त्यहाँ भिड लागेको थियो ।
JOH 5:14 पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाउनुभयो र भन्‍नुभयो, “हेर, तिमी स्वस्थ भएका छौ । अब पाप नगर, ताकि तिमीमाथि योभन्दा झन् खराबी आइनपरोस् ।”
JOH 5:15 त्यो मानिस गयो र त्यसलाई स्वस्थ बनाउने येशू हुनुहुँदोरहेछ भनी त्यसले यहूदीहरूलाई बतायो ।
JOH 5:16 अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए, किनकि उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभएको थियो ।
JOH 5:17 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा पिताले अहिले पनि काम गरिरहनुभएको छ र म पनि काम गरिरहेको छु ।”
JOH 5:18 यसले गर्दा यहूदीहरूले उहाँलाई झनै मार्न खोजे, किनकि उहाँले विश्राम दिन मात्र तोड्नुभएन, तर आफैँलाई परमेश्‍वर समान तुल्याएर परमेश्‍वरलाई पिता भन्‍नुभयो ।
JOH 5:19 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो, पिताले गरिरहनुभएको देख्‍नु बाहेक पुत्र आफैँले केही गर्न सक्दैन, किनकि पिताले जे गरिरहनुभएको छ पुत्रले पनि त्यही कुराहरू गर्छ ।
JOH 5:20 किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ अनि उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुन सक ।
JOH 5:21 किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ, र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छ त्यसलाई जीवन दिन्छ ।
JOH 5:22 किनकि पिताले कसैको न्याय गर्नुहुन्‍न, तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ ।
JOH 5:23 त्यसैले, तिनीहरूले पितालाई आदर गरेझैँ, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उहाँलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन ।
JOH 5:24 साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ ।
JOH 5:25 साँचो, साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र ती सुन्‍नेहरू बाँच्‍नेछन् ।
JOH 5:26 किनकि जसरी पिता आफैँसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि ऊ आफैँसँग जीवन होस्,
JOH 5:27 र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ । किनकि ऊ मानिसका पुत्र हो ।
JOH 5:28 यस कुरामा तिमीहरू अचम्म नमान, किनकि चिहानमा हुनेहरूले उसको सोर सुन्‍ने समय आइरहेको छ,
JOH 5:29 र तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्‍ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति ।
JOH 5:30 म आफैँले केही गर्न सक्दिनँ । म जस्तो सुन्छु त्यस्तै न्याय गर्छु र मेरो न्याय धार्मिक हुन्छ, किनकि मैले आफ्नो इच्छा खोजिरहेको छैनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोजिरहेको छु ।
JOH 5:31 यदि म आफैँले आफ्नै बारेमा गवाही दिने हो भने मेरो गवाही सत्य हुँदैनथ्यो ।
JOH 5:32 मेरो बारेमा गवाही दिनुहुने अर्को एक जना हुनुहुन्छ, र म जान्दछु, कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ ।
JOH 5:33 तिमीहरूले यूहन्‍नाकहाँ पठाएका छौ र उनले सत्य गवाही दिएका छन् ।
JOH 5:34 तर मैले प्राप्‍त गर्ने त्यो गवाही मानिसबाट आएको होइन । तिमीहरूलाई बचाइयोस् भनी म यी कुराहरू भन्छु ।
JOH 5:35 यूहन्‍ना बोलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरू उनको ज्योतिमा केही क्षणका लागि आनन्द मनाउन तत्पर थियौ ।
JOH 5:36 तैपनि मसँग भएको गवाही त्योभन्दा पनि महान् छ, किनकि पिताले मलाई पुरा गर्न दिनुभएका कामहरू र मैले गर्ने कामहरूले नै मलाई पिताले पठाउनुभएको हो भन्‍ने गवाही दिन्छन् ।
JOH 5:37 मलाई पठाउनुहुने पिता आफैँले मेरो विषयमा गवाही दिनुभएको छ । तिमीहरूले न उहाँको सोर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ ।
JOH 5:38 तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गरिरहेका छैनौ ।
JOH 5:39 तिमीहरू धर्मशास्‍त्रमा खोज्दछौ, किनकि तिनमा तिमीहरूको निम्ति अनन्त जीवन छ भन्‍ने सोच्दछौ र यी नै धर्मशास्‍त्रहरूले मेरो विषयमा गवाही दिन्छन्,
JOH 5:40 र तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ ।
JOH 5:41 म मनिसहरूबाट प्रशंसा प्राप्‍त गर्दिनँ,
JOH 5:42 तर म जान्दछु, तिमीहरू आफैँमा परमेश्‍वरको प्रेम छैन ।
JOH 5:43 म मेरा पिताको नाउँमा आएको छु, र तिमीहरू मलाई स्‍वीकार गर्दैनौ । यदि आफ्नै नाउँमा अर्को कोही आउने हो भने तिमीहरूले त्यसलाई स्वीकार गर्छौ ।
JOH 5:44 एक अर्कोबाट प्रशंसा खोज्‍ने तर परमेश्‍वरबाट मात्र आउने प्रशंसा नखोज्‍नलाई तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ ?
JOH 5:45 पिताको सामु तिमीहरूलाई म आफैँले दोष लगाउँछु भन्‍ने तिमीहरू नसोच । तिमीहरूले आशा राखेका मोशाले नै तिमीहरूलाई दोष लगाउँछन् ।
JOH 5:46 यदि तिमीहरूले मोशामा विश्‍वास गर्थ्यौ भने तिमीहरूले ममा पनि विश्‍वास गर्ने थियौ, किनकि उनले मेरो विषयमा लेखे ।
JOH 5:47 यदि तिमीहरूले उनले लेखेका कुराहरूमा विश्‍वास गर्दैनौ भने तिमीहरूले मेरो वचनमा कसरी विश्‍वास गर्छौ र ?”
JOH 6:1 यी कुराहरूपछि येशू गालील समुद्र अर्थात् तिबेरियास समुद्रको पारिपट्टि जानुभयो ।
JOH 6:2 एउटा ठुलो भिडले उहाँलाई पच्छ्याइरहेको थियो, किनकि बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएको चिह्न‍हरू तिनीहरूले देखेका थिए ।
JOH 6:3 येशू पर्वतमाथि जानुभयो, र त्यहाँ उहाँका चेलाहरूसँग बस्‍नुभयो ।
JOH 6:4 (यहूदीहरूको निस्तार-चाड नजिकै थियो । )
JOH 6:5 येशूले माथितिर हेर्नुभयो र एउटा ठुलो भिड आफूतर्फ आइरहेको देख्‍नुभयो, अनि उहाँले फिलिपलाई भन्‍नुभयो, “यिनीहरूको लागि खानलाई रोटी किन्‍न हामी कहाँ जाने ?”
JOH 6:6 (तर येशूले फिलिपलाई जाँच्‍न यसो भन्‍नुभएको थियो, किनकि उहाँ आफैँले के गर्न गइरहनुभएको थियो सो उहाँ आफैँलाई थाहा थियो ।)
JOH 6:7 फिलिपले उहाँलाई जवाफ दिए, “दुई सय चाँदीका सिक्‍काको रोटी पनि हरेकलाई थोरै-थोरै दिनलाई पर्याप्‍त हुँदैन ।”
JOH 6:8 चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियासले येशूलाई भने,
JOH 6:9 “यहाँ एक जना केटोसँग जौका पाँचवटा रोटी र दुईवटा माछा छन्, तर यत्ति धेरैका बिचमा यी कति नै हुन्छन् र ?”
JOH 6:10 येशूले भन्‍नुभयो, “मानिसहरूलाई बस्‍न लगाऊ ।” (त्यस ठाउँमा धेरै घाँस थियो ।) त्यसैले झण्डै पाँच हजार जति सङ्ख्यामा मानिसहरू बसे ।
JOH 6:11 तब येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहे जति दिनुभयो र उहाँले माछा पनि त्यसै गर्नुभयो ।
JOH 6:12 जब मानिसहरू भर पेट भए, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “बाँकी रहेका टुक्रा-टाक्री सबै बटुल, ताकि कुनै पनि थोक खेर नजाओस् ।”
JOH 6:13 यसैले तिनीहरूले बटुले, र पाँचवटा जौका रोटीबाट बाँकी रहेका टुक्रा-टाक्री अर्थात् तिनीहरूले खाएर बचेका टुक्राहरू बार्‍ह डाला भरे ।
JOH 6:14 जब मानिसहरूले उहाँले गर्नुभएका यी चिह्न‍हरू देखे, तिनीहरूले भने, “उहाँ साँच्‍चै यो संसारमा आउनुपर्ने अगमवक्‍ता हुनुहुन्छ ।”
JOH 6:15 जब उहाँलाई पक्रेर बलजफतीसँग राजा बनाउन तिनीहरू आउन लागेका थिए भन्‍ने उहाँले महसुस गर्नुभयो, उहाँ फेरि पनि एकलै डाँडातर्फ लाग्‍नुभयो ।
JOH 6:16 जब साँझ पर्‍यो, उहाँका चेलाहरू समुद्रतिर झरे ।
JOH 6:17 तिनीहरू एउटा डुङ्गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए । यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन ।
JOH 6:18 र ठुलो आँधीबेहरी चलिरहेको थियो र समुद्रका छालहरू उर्लंदै थिए ।
JOH 6:19 जब तिनीहरू डुङ्गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए, तिनीहरूले येशूलाई समुद्रमा हिँडिरहनुभएको र उहाँ डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए ।
JOH 6:20 तर पनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ, नडराओ ।”
JOH 6:21 तब तिनीहरू उहाँलाई डुङ्गामा ल्याउन तत्पर भए, र डुङ्गा जमिनमा तुरुन्तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए ।
JOH 6:22 अर्को दिन, समुद्रको पारिपट्टि उभिरहेको भिडले त्यहाँ त्यो एउटा डुङ्गाबाहेक अरू कुनै पनि डुङ्गा थिएन, र त्यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको र उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएका थिए भन्‍ने देखे ।
JOH 6:23 तापनि प्रभुले धन्यवाद चढाएर तिनीहरूले रोटी खाएका नजिकैको ठाउँ तिबेरियासबाट आएका केही डुङ्गाहरू त्यहाँ थिए ।
JOH 6:24 जब त्यस भिडले न येशू न उहाँका चेलाहरू नै त्यहाँ थिए भन्‍ने कुरा पत्ता लगाए, तिनीहरू आफैँ डुङ्गा चढे र येशूलाई खोज्दै कफर्नहुमतिर गए ।
JOH 6:25 तिनीहरूले उहाँलाई त्यस समुद्रको पारिपट्टि भेटेपछि उहाँलाई भने “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो ?”
JOH 6:26 येशूले तिनीहरूलाई यसो भनेर जवाफ दिनुभयो, “साँचो, साँचो, तिमीहरूले चिह्न‍हरू देखेको कारणले तिमीहरूले मलाई खोजेका होइनौ, तर तिमीहरूले केही रोटी खाएर अघाएकाले गर्दा हो ।
JOH 6:27 नष्‍ट हुने खानाको निम्ति काम नगर, तर मानिसका पुत्रले तिमीहरूलाई दिने अनन्त जीवनसम्म रहने खानाको निम्ति काम गर, किनकि परमेश्‍वर पिताले आफ्नो मोहोर उहाँमा लगाउनुभएको छ ।”
JOH 6:28 तब तिनीहरूले उहाँलाई भने, “परमेश्‍वरका कामहरू गर्न हामीले के गर्नुपर्छ ?”
JOH 6:29 येशूले जवाफ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको काम यही होः उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्नू ।”
JOH 6:30 यसैले तिनीहरूले उहाँलाई भने, “तपाईंले कस्तो किसिमको चिह्न‍ गर्नुहुनेछ, ताकि हामीले देख्‍न र तपाईंलाई विश्‍वास गर्न सकौँ ? तपाईंले के गर्नुहुनेछ ?
JOH 6:31 हाम्रा पिताहरूले मरुभूमिमा मन्‍न खाए । यस्तो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानको निम्ति स्वर्गबाट रोटी दिनुभयो’ ।”
JOH 6:32 तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो स्वर्गबाट तिमीहरूलाई रोटी दिने मोशा थिएनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिइरहनुहुने मेरा पिता हुनुहुन्छ ।
JOH 6:33 किनकि परमेश्‍वरको रोटी त्यही हो, जो स्वर्गबाट आउँछ र संसारलाई जीवन दिँदछ ।”
JOH 6:34 यसैले तिनीहरूले उहाँलाई भने, “महाशय, हामीलाई यो रोटी सदैव दिनुहोस् ।”
JOH 6:35 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म जीवनको रोटी हुँ, जो मकहाँ आउँछ त्यो कहिल्यै भोकाउनेछैन र जसले मलाई विश्‍वास गर्छ त्यो कहिल्यै तिर्खाउनेछैन ।
JOH 6:36 तर वास्तवमा तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भनेँ र पनि तिमीहरू विश्‍वास गर्दैनौ ।
JOH 6:37 पिताले मलाई दिनुभएका सबै मकहाँ आउनेछन् र जो मकहाँ आउँछ म निश्‍चय नै त्यसलाई बाहिर फ्याँक्‍नेछैनँ ।
JOH 6:38 किनकि म स्वर्गबाट आएको छु, मेरो आफ्नो इच्छा पुरा गर्नलाई होइन, तर मलाई पठाउनुहुनेको इच्छा पुरा गर्नलाई हो ।
JOH 6:39 र मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका सबैमध्ये एक जना पनि मैले नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ ।
JOH 6:40 किनकि मेरा पिताको इच्छा यही हो, कि पुत्रलाई देख्‍ने र उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन् र अन्तिम दिनमा तिनीहरूलाई म जीवित पारूँ ।”
JOH 6:41 तब यहूदीहरूले उहाँको बारेमा गनगन गरे, किनकि उहाँले यसो भन्‍नुभएको थियो, “म स्वर्गबाट आएको रोटी हुँ ।”
JOH 6:42 तिनीहरूले भने, “के यिनी योसेफका पुत्र येशू होइनन्, जसका बुबा र आमालाई हामी चिन्छौँ ? तब ‘म स्वर्गबाट आएको हुँ’ भनी अहिले यसले कसरी भन्‍न सक्छ ?”
JOH 6:43 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू माझ गनगन गर्न छोड ।”
JOH 6:44 मलाई पठाउनुहुने पिताले नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन र त्यसलाई अन्तिम दिनमा म जीवित पार्नेछु ।
JOH 6:45 अगमवक्‍ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको छ, ‘सबैलाई परमेश्‍वरद्वारा सिकाइनेछ ।’ जसले सुनेका छन् र पिताबाट सिकेका छन्, सबै मकहाँ आउँछन् ।
JOH 6:46 परमेश्‍वरबाट आएकाले बाहेक कसैले पनि परमेश्‍वरलाई देखेको छैन, उसैले पितालाई देखेको छ ।
JOH 6:47 साँचो, साँचो, जसले विश्‍वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ ।
JOH 6:48 म जीवनको रोटी हुँ ।
JOH 6:49 तिमीहरूका पिताहरूले मरुभूमिमा मन्‍न खाए, र तिनीहरू मरे ।
JOH 6:50 यो नै स्वर्गबाट आएको रोटी हो, ताकि एक व्यक्‍तिले यसको केही भाग खाओस्, र त्यो नमरोस् ।
JOH 6:51 स्वर्गबाट ओर्लिआएको जीवित रोटी म नै हुँ । यदि कसैले यो रोटीको केही भाग खान्छ भने, त्यो सदासर्वदा जिउनेछ । मैले दिने रोटी संसारको जीवनको निम्ति दिने मेरो देह नै हो ।”
JOH 6:52 यहूदीहरू रिसाए र यसो भनेर वादविवाद गर्न थाले, “यो मानिसले कसरी हामीलाई उसको देह खान दिन सक्छ ?”
JOH 6:53 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो, तिमीहरूले मानिसका पुत्रको देह नखाएसम्म र उसको रगत नपिएसम्म, तिमीहरू आफैँमा जीवन हुनेछैन ।
JOH 6:54 मेरो शरीर खाने र रगत पिउनेसँग अनन्त जीवन हुन्छ र त्यसलाई अन्त्यको दिनमा म जीवित पार्नेछु ।
JOH 6:55 किनकि मेरो देह साँचो खाना हो, र मेरो रगत साँचो पिउने कुरा हो ।
JOH 6:56 मेरो देह खाने र मेरो रगत पिउने ममा रहन्छ, र म त्यसमा रहन्छु ।
JOH 6:57 जसरी जीवित पिताले मलाई पठाउनुभयो र म जसरी पिताको कारणले जिउँछु, यसरी नै मलाई खाने पनि मेरो कारणले जिउनेछ ।
JOH 6:58 स्वर्गबाट ओर्लिआएको रोटी यही हो, जुन पिताहरूले खाएर मरेजस्तो होइन । यो रोटी खाने सदासर्वदा जिउनेछ ।”
JOH 6:59 तर येशूले यी कुराहरू कफर्नहुमको सभाघरमा सिकाइरहनुहुँदा भन्‍नुभयो ।
JOH 6:60 यो सुन्‍ने जति उहाँका धेरै चेलाहरूले भने, “यो एउटा कठिन शिक्षा हो, यसलाई कसले स्‍वीकार गर्न सक्छ ?”
JOH 6:61 उहाँका चेलाहरू यसमा गनगन गरिरहेका थिए भन्‍ने कुरा येशूले थाहा पाउनुभएकोले तिनीहरूलाई भन्‍नुभयो, “के यसले तिमीहरूलाई अप्रसन्‍न तुल्याउँछ ?”
JOH 6:62 त्यसो भए यदि तिमीहरूले मानिसका पुत्रलाई पहिला भएकैतिर गइरहेका देखौ भने नि ?
JOH 6:63 जीवन दिनुहुने त आत्मा नै हुनुहुन्छ, देहले त कुनै पनि लाभ दिँदैन । मैले तिमीहरूलाई बोलेका वचनहरू आत्मा हुन् र तिनीहरू जीवन हुन् ।
JOH 6:64 तैपनि तिमीहरूमध्ये कति जनाले विश्‍वास गर्दनौँ ।” किनकि क-कसले विश्‍वास गर्दैनथे र उहाँलाई धोका दिने को हो भन्‍ने येशूलाई सुरुदेखि नै थाहा थियो ।
JOH 6:65 उहाँले भन्‍नुभयो, “यही कारणले पिताले उसलाई नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन भनी मैले तिमीहरूलाई भनेँ ।”
JOH 6:66 यसले गर्दा उहाँका धेरै जना चेलाहरू गए र उहाँसँग कहिल्यै पनि हिँडेनन् ।
JOH 6:67 तब येशूले ती बाह्र जनालाई भन्‍नुभयो, “तिमीहरूचाहिँ जान चाहँदैनौ, चाहन्छौ त ?”
JOH 6:68 सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु ? अनन्त जीवनको वचन तपाईंसँग छ ।
JOH 6:69 र हामीले विश्‍वास गरेका छौँ र तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले जानेका छौँ ।”
JOH 6:70 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू बाह्र जनालाई मैले नै चुनेको होइनँ, र पनि तिमीहरूमध्ये एक जनाचाहिँ दुष्‍ट छ ?”
JOH 6:71 अब उहाँले सिमोन इस्करियोतका छोरा यहूदाको बारेमा भन्‍नुभएको थियो, किनकि येशूलाई धोका दिने बाह्र जनामध्ये एक जना उही नै थियो ।
JOH 7:1 अनि यी कुराहरू भएपछि येशू गालीलभरि यात्रा गर्नुभयो, किनभने यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका हुनाले उहाँ यहूदियामा जान चाहनुभएन ।
JOH 7:2 यहूदीहरूको छाप्रो-वास चाड नजिकै आएको थियो ।
JOH 7:3 यसकारण, उहाँका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छोडेर यहूदियामा जानुहोस्, ताकि तपाईंका चेलाहरूले पनि तपाईंले गर्नुहुने कामहरू देख्‍न सकून् ।
JOH 7:4 यदि उसले आफैँलाई खुला रूपमा चिनाउन चाहन्छ भने कसैले पनि कुनै कुरा गुप्‍तमा गर्दैन । यदि तपाईंले यी कुराहरू गर्नहुन्छ भने आफूलाई संसारमा देखाउनुहोस् ।”
JOH 7:5 किनकि उहाँका भाइहरूले पनि उहाँलाई विश्‍वास गर्दैनथे ।
JOH 7:6 त्यसकारण येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो समय अझै आएको छैन, तर तिमीहरूको समय सधैँ तयार छ ।
JOH 7:7 संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर यसले मलाई घृणा गर्छ, किनभने यसको काम खराब छ भनेर यसको बारेमा म गवाही दिन्छु ।
JOH 7:8 तिमीहरू चाडमा जाओ, म यो चाडमा जाँदिनँ, किनभने मेरो समय अहिलेसम्म पुरा भएको छैन ।”
JOH 7:9 उहाँले तिनीहरूलाई यी कुराहरू भन्‍नुभएपछि उहाँ गालीलमा नै बस्‍नुभयो ।
JOH 7:10 तर जब उहाँका भाइहरू चाडमा गए, तब उहाँ पनि खुलमखुल्ला होइन, तर गोप्य तरिकाले जानुभयो ।
JOH 7:11 यहूदीहरूले उहाँलाई चाडमा खोजिरहेका थिए र भने, “उनी कहाँ छन् ?”
JOH 7:12 त्यहाँ भिडहरूमा उहाँको बारेमा धेरै बहस भएको थियो । कसैले भने, “उनी असल मानिस हुन् ।” अरूहरूले भने, “होइन, यसले भिडहरूलाई बहकाउँछ ।”
JOH 7:13 तैपनि यहूदीहरूको डरको कारणले कसैले पनि खुलमखुल्ला बोलेन ।
JOH 7:14 जब चाड आधा सिद्धिएको थियो, येशू मन्दिरमा जानुभयो र सिकाउन सुरु गर्नुभयो ।
JOH 7:15 यहूदीहरू अचम्मित भएर यसो भने, “यो मानिसले कसरी यति धेरै जान्दछ ? यसलाई त कहिल्यै पनि शिक्षा दिइएको छैन ।”
JOH 7:16 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले दिएको शिक्षा मेरो होइन, तर उहाँको हो जसले मलाई पठाउनुभयो ।
JOH 7:17 यदि कसैले उहाँको इच्छा पालन गर्ने इच्छा गर्छ भने यो परमेश्‍वरबाट आएको हो वा म मेरो आफ्नै तर्फबाट बोल्छु भनी त्यसले यो शिक्षाबारे जान्‍नेछ ।
JOH 7:18 आफ्नै तर्फबाट बोल्नेले उसको आफ्नै महिमा खोज्दछ, तर जसले आफूलाई पठाउनुहुनेको महिमा खोज्दछ, त्यो व्‍यक्‍ति सत्य हो र उसमा कुनै अधार्मिकता हुँदैन ।
JOH 7:19 के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र ? तैपनि तिमीहरू कसैले व्यवस्था पालन गर्दैनौ । तिमीहरू मलाई किन मार्न चाहन्छौ ?”
JOH 7:20 भिडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ । तिमीलाई कसले मार्न खोज्छ ?”
JOH 7:21 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले एउटा काम गरेँ, र यसको कारण तिमीहरू सबै चकित हुन्छौ ।
JOH 7:22 मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो) अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ ।
JOH 7:23 मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि एक जना मानिसले विश्रामको दिनमा खतना गर्न स्‍वीकार गर्छ भने तब मैले विश्रामको दिनमा एक जना मानिसलाई पूर्ण रूपमा स्वस्थ बनाएकोमा तिमीहरू मसँग किन रिसाउँछौ ?”
JOH 7:24 बाहिरी रूप हेरेर न्याय नगर, तर धार्मिकतापूर्वक न्याय गर ।
JOH 7:25 यरूशलेमबाट आएका केहीले भने, “के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन् ?
JOH 7:26 अनि हेर, यिनी खुलमखुला बोल्छन् र तिनीहरू यिनलाई केही पनि भन्दैनन् । वास्तवमा शासकहरूले यिनी नै ख्रीष्‍ट हुन् भन्‍ने जान्‍न सक्दैनन्, जान्‍न सक्छन् त ?
JOH 7:27 तापनि यो मानिस कहाँबाट आएको हो हामी जान्दछौँ । तर जब ख्रीष्‍ट आउनुहुन्छ उहाँ कहाँबाट आउनुहुन्छ कसैले पनि जान्‍नेछैन ।”
JOH 7:28 त्यसपछि येशूले मन्दिरमा सिकाइरहनुहुँदा ठुलो सोरमा यसो भन्‍नुभयो, “तिमीहरूले मलाई र म कहाँबाट आएको भनी दुवै जान्दछौ । म आफ्नै तर्फबाट आएको होइन, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ जसलाई तिमीहरू चिन्दैनौँ ।
JOH 7:29 म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएको हुँ र उहाँले मलाई पठाउनुभयो ।”
JOH 7:30 तिनीहरूले उहाँलाई पक्रन कोसिस गरिरहेका थिए, तर उहाँमाथि कसैले पनि हात हालेन, किनभने उहाँको समय अझ पनि आएको थिएन ।
JOH 7:31 तर भिडका धेरैले उहाँमाथि विश्‍वास गरे, र तिनीहरूले भने, “के ख्रीष्‍ट आउनुहुँदा उहाँले यो मानिसले गरेको भन्दा धेरै चिह्न‍हरू गर्नुहुनेछ र ?”
JOH 7:32 भिडले येशूको बारेमा यी कुराहरूबारे खासखुस गरेको फरिसीहरूले सुने, अनि मुख्य पुजारी र फरिसीहरूले उहाँलाई पक्रन अधिकारीहरूलाई पठाए ।
JOH 7:33 त्यसपछि येशूले भन्‍नुभयो, “म अझै केही समयसम्म तिमीहरूसँगै हुन्छु, र त्यसपछि म मलाई पठाउनुहुनेकहाँ जान्छु ।
JOH 7:34 तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ ।”
JOH 7:35 त्यसकारण यहूदीहरूले तिनीहरू माझमै भने, “यी मानिस कहाँ जानेछन्, कि हामी यिनलाई भेट्न नसकौँ ? के यिनी ग्रिकहरूका बिचमा छरपष्‍ट भएकाहरूकहाँ जानेछन् र ग्रिकहरूलाई सिकाउनेछन् ?”
JOH 7:36 यिनले ‘तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ’ भनेको वचन के हो ?”
JOH 7:37 चाडको अन्तिम महान् दिनमा येशू खडा हुनुभयो र ठुलो सोरमा भन्‍नुभयो, “यदि कोही तिर्खाएको छ भने त्यो मकहाँ आओस् र पिओस् ।
JOH 7:38 धर्मशास्‍त्रले भनेझैँ जसले मलाई विश्‍वास गर्छ त्यसको पेटबाट जीवित पानीका नदीहरू बग्‍नेछन् ।”
JOH 7:39 तर उहाँले यो पवित्र आत्माको बारेमा भन्‍नुभएको थियो जसलाई उहाँमा विश्‍वास गर्नेहरूले प्राप्‍त गर्थे । पवित्र आत्मा अझ पनि दिइएको थिएन, किनभने येशू अझ पनि महिमित हुनुभएको थिएन ।
JOH 7:40 जब तिनीहरूले यी वचनहरू सुने भिडका केहीले भने, “यिनी साँच्‍चै अगमवक्‍ता नै हुन् ।”
JOH 7:41 अरूहरूले भने, “यिनी ख्रीष्‍ट हुन् ।” तर कोहीले भने, “के ख्रीष्‍ट गालीलबाट आउँछन् त ?
JOH 7:42 के धर्मशास्‍त्रले ख्रीष्‍ट बेथलेहम अर्थात् दाऊद बसेका गाउँबाट र दाऊदका सन्तानहरूबाट नै आउनुहुनेछ भनेको छैन र ?”
JOH 7:43 यसरी त्यहाँ उहाँको कारणले भिडहरूमा विभाजन आयो ।
JOH 7:44 तिनीहरूमध्ये कतिले उहाँलाई पक्रे, तर कसैले पनि उहाँमाथि हात हालेन ।
JOH 7:45 त्यसपछि अधिकारीहरू मुख्य पुजारीहरू र फरिसीहरूकहाँ फर्केर आए, जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यसलाई किन ल्याएनौ ?”
JOH 7:46 अधिकारीहरूले जवाफ दिए, “कोही मानिसले पनि कहिल्यै यसरी बोलेको छैन ।”
JOH 7:47 त्यसकारण फरिसीहरूले तिनीहरूलाई जवाफ दिए, “के तिमीहरू पनि छलियौ ?
JOH 7:48 के कुनै शासकहरू वा फरिसीहरू कसैले त्यसमाथि विश्‍वास गरेका छन् ?
JOH 7:49 तर यो भिडले व्यवस्था जान्दैन, तिनीहरू श्रापितहरू हुन् ।”
JOH 7:50 निकोदेमस (पहिला नै येशूकहाँ आउने एक जना फरिसी) ले तिनीहरूलाई भने,
JOH 7:51 “के हाम्रो व्यवस्थाले एउटा मानिसलाई त्यसबाट सुन्‍न र त्यसले के गर्छ भनी जान्‍न अगि न्याय गर्छ र ?”
JOH 7:52 तिनीहरूले जवाफ दिए र उनलाई भने, “के तिमी पनि गालीलबाट आएका हौ ? खोज र हेर गालीलबाट कुनै पनि अगमवक्‍ता आउँदैन ।”
JOH 7:53 (नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपीहरूले यूहन्‍ना ७:५३-८:११लाई हटाएका छन् । ) [तब सबै जना आ-आफ्नो घरतिर गए । ]
JOH 8:1 [नोटः यूहन्‍ना ७:५३-८:११ को टिप्पणीबारे माथि हेर्नुहोस्, येशू जैतून डाँडामा जानुभयो । ]
JOH 8:2 बिहानै सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्‍नुभयो, र तिनीहरूलाई सिकाउनुभयो ।
JOH 8:3 शास्‍त्री र फरिसीहरूले व्यभिचारको काममा पक्राउ परेकी एउटी स्‍त्री ल्याए । तिनीहरूले त्यसलाई बिचमा राखे ।
JOH 8:4 [नोटः यूहन्‍ना ७:५३-८:११ को टिप्‍णीबारे माथि हेर्नुहोस्], त्यसपछि तिनीहरूले येशूलाई भने, “गुरुज्यू, यो स्‍त्री व्यभिचारको काममा पक्राउ परेकी छे ।
JOH 8:5 व्यवस्थामा मोशाले यस्ता मानिसलाई ढुङ्गाले हान्‍ने आज्ञा दिएका छन्; यिनको विषयमा तपाईं के भन्‍नुहुन्छ ?”
JOH 8:6 तिनीहरूले येशूलाई फन्दामा पार्नलाई यसो भनेका थिए, ताकि तिनीहरूले उहाँलाई केही कुराको बारेमा दोष लगाउन सकून्, तर येशू निहुरेर आफ्नो औँलाले जमिनमा लेख्‍नुभयो ।
JOH 8:7 [नोट यूहन्‍ना ७:५३-८:११ को टिप्‍णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले उहाँलाई निरन्तर सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये पापविनाको जो छ ढुङ्गाले हान्‍नमा त्यही नै पहिलो होस् ।”
JOH 8:8 उहाँ फेरि निहुरनुभयो र आफ्नो औँलाले जमिनमा लेख्‍नुभयो ।
JOH 8:9 [नोट यूहन्‍ना ७:५३-८:११ को टिप्‍णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । अन्तमा माझमा राखिएकी ती स्‍त्रीसँग येशू मात्र छोडिनुभएको थियो ।
JOH 8:10 येशू खडा हुनुभयो र त्यसलाई भन्‍नुभयो, “हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन् ? के कसैले तिमीलाई दण्‍ड दिएन ?”
JOH 8:11 त्यसले भनी, “कसैले दिएन, प्रभु” येशूले भन्‍नुभयो, “न त म पनि तिमीलाई दण्ड दिन्छु । जाऊ, र कुनै पाप नगर ।” ]
JOH 8:12 फेरि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्‌डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।”
JOH 8:13 फरिसीहरूले उहाँलाई भने, “तिमी आफैँ आफ्नो बारेमा गवाही दिइरहेका छौ; तिम्रो गवाही सत्य होइन ।”
JOH 8:14 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “म आफैँले आफ्नो बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य छ । म जान्दछु, कि म कहाँबाट आएँ र म कहाँ जाँदै छु, तर म कहाँबाट आएँ र कहाँ जाँदै छु, तिमीहरू जान्दैनौ ।
JOH 8:15 तिमीहरू शरीरअनुसार न्याय गर्छौ, तर म कसैको न्याय गर्दिनँ ।
JOH 8:16 तैपनि मैले न्याय गरेँ भने मेरो न्याय सत्य हुन्छ, किनकि म एकलै छैनँ, तर म मलाई पठाउनुहुने पितासँग छु ।
JOH 8:17 हो, दुई जना मानिसको गवाही सत्य हुन्छ भनी तिमीहरूको व्यवस्थामा लेखिएको छ ।
JOH 8:18 मेरो आफ्नैबारे गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ ।”
JOH 8:19 तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन् ?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न मलाई न त मेरा पितालाई चिन्छौ, तिमीहरूले मलाई चिनेका थियौ भने तिमीहरूले मेरा पितालाई पनि चिनेका हुन्थ्यौ ।”
JOH 8:20 उहाँले मन्दिरमा सिकाउनुहुँदा यी वचनहरू ढुकुटीमा भन्‍नुभयो र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन ।
JOH 8:21 त्यसैले, उहाँले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदै छु; तिमीहरूले मलाई खोज्‍नेछौ । र तिमीहरूको पापमा मर्नेछौ । जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।”
JOH 8:22 यहूदीहरूले भने, “के यसले आफैँलाई मार्नेछ ? के यसले त्यसैले ‘म जहाँ जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भनेको हो ?”
JOH 8:23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलका हौ, म माथिको हुँ । तिमीहरू यस संसारका हौ, म यस संसारको होइनँ ।
JOH 8:24 यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्नो पापमा नै मर्नेछौ, किनभने म उही हुँ भनी तिमीहरूले विश्‍वास नगरेसम्म तिमीहरू आफ्नो पापमा नै मर्नेछौ ।”
JOH 8:25 यसकारण तिनीहरूले उहाँलाई भने “तिमी को हौ ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई सुरुदेखि जे भनेको छु, म उही हुँ ।
JOH 8:26 मैले तिमीहरूबारे भन्‍नु र न्याय गर्नु धेरै छ, तापनि मलाई पठाउनुहुने सत्य हनुहुन्छ, र मैले उहाँबाट सुनेका यी कुराहरू नै म संसारलाई भन्छु ।”
JOH 8:27 उहाँले पिताको बारेमा कुरा गर्दै हुनुहुन्छ भनी तिनीहरूले बुझेनन् ।
JOH 8:28 येशूले भन्‍नुभयो, “तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेपछि म उही हुँ र म आफैँ केही पनि गर्दिनँ भन्‍ने तिमीहरूले जान्‍नेछौ । जसरी पिताले मलाई यी कुराहरू सिकाउनुभयो, त्यसरी नै म यी कुराहरू बोल्छु ।
JOH 8:29 मलाई पठाउनुहुने मसँग हुनुहुन्छ, र उहाँले मलाई एकलै छाड्नुभएको छैन, किनभने म सदैव उहाँलाई प्रसन्‍न पार्ने काम गर्छु ।”
JOH 8:30 येशूले यी कुराहरू भन्दै गर्नुहुँदा धेरैले उहाँमा विश्‍वास गरे ।
JOH 8:31 येशूले उहाँमा विश्‍वास गर्ने यहूदीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै मेरा चेलाहरू हौ;
JOH 8:32 र तिमीहरूले सत्य जन्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्‍त्र पार्नेछ ।”
JOH 8:33 तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्तानहरू हौँ र कहिल्यै कसैको दास भएका छैनौँ; ‘तिमीहरू स्वतन्‍त्र पारिनेछौ’ भनी तिमीले कसरी भन्‍न सक्‍छौ ।”
JOH 8:34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्‍छु, प्रत्येक जसले पाप गर्छ, त्यो पापको दास हो ।
JOH 8:35 दास सधैँभरि घरमा रहँदैन, तर पुत्र भने सधैँभरि नै रहन्छ ।
JOH 8:36 यसकारण, पुत्रले तिमीहरूलाई स्वतन्‍त्र पार्‍यो भने तिमीहरू साँच्‍चै स्वतन्‍त्र हुनेछौ ।
JOH 8:37 म जान्दछु, कि तिमीहरू अब्राहामका सन्तानहरू हौ र तिमीहरू मलाई मार्न खोज्छौ, किनभने तिमीहरूमा मेरो वचनको निम्ति ठाउँ छैन ।
JOH 8:38 मैले मेरा पितासँग जे देखेको छु म त्यही भन्छु, र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुनेका छौ त्यही गर्दछौ ।”
JOH 8:39 तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “हाम्रा पिता अब्राहाम हुन् ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तानहरू हुँदा हौ त, तिमीहरूले अब्राहामका कामहरू गर्ने थियौ ।
JOH 8:40 तैपनि अहिले तिमीहरू मलाई अर्थात् तिमीहरूलाई परमेश्‍वरबाट सुनेको सत्य बताउने मानिसलाई मार्न खोज्दछौ । अब्राहामले यस्तो गरेनन् ।
JOH 8:41 तिमीहरू तिमीहरूका पिताका कामहरू गर्छौ ।” तिनीहरूले उहाँलाई भने, “हामीहरू व्यभिचारमा जन्मिएका थिएनौँ; हाम्रा एक पिता परमेश्‍वर हुनुहुन्छ ।”
JOH 8:42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि परमेश्‍वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्‍वरबाट आएँ, र यहाँ छु, म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो ।
JOH 8:43 तिमीहरू मेरा वचनहरू किन बुझ्दैनौ ? किनभने तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ ।
JOH 8:44 तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू तिमीहरूका पिताको इच्छा पुरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनकि त्यसमा सत्य छैन । जब त्यसले झुट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्यो झुट र झुटको पिता हो ।
JOH 8:45 म सत्य बोल्छु, तापनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ ।
JOH 8:46 तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ ? यदि म सत्य बोल्छु भने, तिमीहरू मलाई किन विश्‍वास गर्दैनौ ?
JOH 8:47 जो परमेश्‍वरको हो त्यसले परमेश्‍वरको वचन सुन्छ; तिमीहरू ती सुन्दैनौ, किनभने तिमीहरू परमेश्‍वरका होइनौ ।”
JOH 8:48 यहूदीहरूले जवाफ दिए, र उहाँलाई भने, “के ‘तिमी सामरी हौ, र तिमीलाई भूत लागेको छ’ भनी हामीले भनेको साँचो होइन र ?”
JOH 8:49 येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म मेरा पितालाई आदर गर्छु, र तिमीहरू मलाई अनादर गर्छौ ।
JOH 8:50 म आफ्नो महिमा खोज्दिनँ; खोज्‍ने र न्याय गर्ने एक जना हुनुहुन्छ ।
JOH 8:51 म तिमीहरूलाई साँचो, साँचो भन्दछु, यदि कसैले मेरो वचन पालना गर्छ भने, त्यसले कहिल्यै मृत्यु देख्‍नेछैन ।”
JOH 8:52 यहूदीहरूले उहाँलाई भने, “अब हामी जान्दछौँ, कि तिमीलाई भूत लागेको छ । अब्राहाम र अगमवक्‍ताहरू मरे, तर तिमी भन्छौ ‘यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु चाख्‍नेछैन ।’
JOH 8:53 तिमी हाम्रा मरेका पिता अब्राहामभन्दा महान् होइनौ, हौ त ? अगमवक्‍ताहरू पनि मरे । तिमी आफैँचाहिँ को हुँ भनी ठान्छौ ?”
JOH 8:54 येशूले जवाफ दिनुभयो, “यदि म आफैँले आफ्नो महिमा गरेँ भने मेरो महिमा केही पनि होइन । मलाई महिमित पार्नुहुने मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू तिमीहरूका परमेश्‍वर भन्दछौ ।
JOH 8:55 तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु । यदि मैले ‘म उहाँलाई चिन्दिनँ’ भन्छु भने म झुटजस्तै हुन्थेँ । तापनि म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु ।
JOH 8:56 तिमीहरूका पिता अब्राहाम मेरा दिन देखेर रमाए र उनले यो देखे, र खुसी भए ।
JOH 8:57 यहूदीहरूले उहाँलाई भने, “तिमी पचास वर्ष पनि भएका छैनौ, र के तिमीले अब्राहामलाई देखेका छौ ?”
JOH 8:58 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँचो, साँचो भन्दछु, अब्राहाम हुनुभन्दा अगिदेखि नै म छँदै छु ।”
JOH 8:59 तब तिनीहरूले उहाँलाई हान्‍नलाई ढुङ्गा टिपे, तर येशू आफैँ लुक्‍नुभयो, र मन्दिरबाट बाहिर जानुभयो ।
JOH 9:1 येशू त्यही बाटो हुँदै जानुहुँदा जन्मैदेखिको एक जना मानिसलाई देख्‍नुभयो ।
JOH 9:2 उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, यो मानिस, कि यसका आमाबुबा कसले पाप गर्‍यो र यो अन्धो जन्मिएको ?”
JOH 9:3 येशूले जवाफ दिनुभयो, “न त यो मानिसले पाप गर्‍यो, न यसका आमाबुबाले नै पाप गरे, तर परमेश्‍वरको काम त्यसमा प्रकट होस् भनेर यसो भएको हो ।
JOH 9:4 मलाई पठाउनुहुनेका कामहरू हामीले दिन हुँदै गर्नुपर्छ । रात आउँदै छ, तब कसैले पनि काम गर्न सक्दैन ।
JOH 9:5 म संसारमा हुँदा म संसारको ज्योति हुँ ।”
JOH 9:6 येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले भुइँमा थुक्‍नुभयो र ‍थुकले माटो मुछ्नुभयो, अनि त्यसको आँखामा पोतिदिनुभयो ।
JOH 9:7 उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको तलाउमा धोऊ (जसको अर्थ हुन्छ, ‘पठाइएको ।’) । त्यसैले त्यो गयो, धोयो र देख्‍ने भएर आयो ।
JOH 9:8 त्यसपछि त्यसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्‍नेहरूले भने, “त्यो बसेर भिख माग्‍ने गर्ने के यही नै होइन ?”
JOH 9:9 केहीले भने, “यही हो ।” अरूहरूले भने, “होइन, यो त्यहीजस्तो देखिन्छ ।” तर त्यसले भन्यो, “म त्यही हुँ ।”
JOH 9:10 तिनीहरूले त्यसलाई भने, “अनि तिम्रा आँखा कसरी खोलिए त ?”
JOH 9:11 त्यसले जवाफ दियो, “येशू भनिने मानिसले माटो मुछ्नुभयो, मेरो आँखामा पोतिदिनुभयो र मलाई भन्‍नुभयो ‘सिलोआममा जाऊ र धोऊ ।’ त्यसकारण म गएँ र धोएँ अनि मैले मेरो दृष्‍टि पाएँ ।”
JOH 9:12 तिनीहरूले त्यसलाई भने, “उनी कहाँ छन् ? ” उसले जवाफ दियो, “मलाई थाहा छैन ।”
JOH 9:13 तिनीहरूले पहिले अन्धो भएको त्यो मानिसलाई फरिसीहरूकहाँ ल्याए ।
JOH 9:14 येशूले माटो मुछेर त्यसको आँखामा खोल्नुभएको दिन विश्रामको दिन थियो ।
JOH 9:15 तब त्यसले त्यसका दृष्‍टि कसरी प्राप्‍त गरेका थिए भनी फरिसीहरूले फेरि सोधे ? त्यसले तिनीहरूलाई भने, “उहाँले मेरा आँखामा हिलो लगाई दिनुभयो, मैले धोएँ र अहिले म देख्‍न सक्‍छु ।”
JOH 9:16 केही फरिसीहरूले भने, “यो मानिस परमेश्‍वरबाट आएको होइन, किनकि यसले विश्राम दिन पालना गर्दैन ।” अरूहरूले भने, “एउटा पापी मानिसले यस्ता चिह्न‍हरू कसरी गर्न सक्छ ?” त्यसैले, तिनीहरूका बिचमा विभाजन आयो ।
JOH 9:17 त्यसकारण, तिनीहरूले त्यो अन्धो मानिसलाई फेरि सोधे, “उसको विषयमा तिमी के भन्छौ, किनकि उसले तिम्रा आँखा खोलिदियो ?” अन्धो मानिसले भन्यो, “उहाँ एक अगमवक्‍ता हुनुहुन्छ ।”
JOH 9:18 यहूदीहरूले आफ्नो दृष्‍टि प्राप्‍त गर्नेका आमाबुबालाई नबोलाएसम्म त्यो अन्धो थियो, र त्यसले दृष्‍टि प्राप्‍त गरेको थियो भन्‍ने तिनीहरूले अझै विश्‍वास गरेनन् ।
JOH 9:19 तिनीहरूले आमाबुबालाई सोधे, “तिमीहरूले जन्मिँदै अन्धो थियो भनेका तिमीहरूका छोरो के यही हो ? अनि अहिले यसले कसरी देख्‍छ त ?”
JOH 9:20 त्यसैले, त्यसका आमाबुबाले तिनीहरूलाई जवाफ दिए, “यो हाम्रो छोरो हो, र यो जन्मिँदै अन्धो थियो भनी हामी जान्दछौँ ।
JOH 9:21 अहिले यसले कसरी देख्‍छ, हामी जान्दैनौँ, र यसका आँखा कसले खोलिदियो सो पनि हामी जन्दैनौँ । यसैलाई सोध्‍नुहोस्, यो वयस्क मानिस हो । यसले आफ्नो विषयमा आफैँ बोल्न सक्छ ।
JOH 9:22 त्यसका आमाबुबाले यी कुराहरू भने, किनभने तिनीहरू यहूदीहरूसँग डराएका थिए । यदि कसैले येशूलाई ख्रीष्‍ट भनी स्वीकार गरे भने तिनीहरूलाई सभाघरबाट बाहिर निकालिनेछन् भनी यहूदीहरू अगिबाटै सहमत भएका थिए ।
JOH 9:23 त्यसैले गर्दा त्यसका आमाबुबाले “यो वयस्क मानिस हो, त्यसैलाई सोध्‍नुहोस्” भने ।
JOH 9:24 त्यसैले, जो पहिला अन्धो थियो त्यो मानिसलाई तिनीहरूले दोस्रो पटक बोलाए, र त्यसलाई भने, “परमेश्‍वरलाई महिमा दे । हामी जान्दछौँ यो मानिस पापी हो ।”
JOH 9:25 तब त्यो मानिसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्‍न, म जान्दिनँ । तर म एउटा कुरो जान्दछुः म अन्धो थिएँ र अहिले म देख्‍छु ।”
JOH 9:26 तब तिनीहरूले त्यसलाई भने, “उसले तिम्रो निम्ति के गर्‍यो ? उसले तिम्रा आँखा कसरी खोलिदिए ?”
JOH 9:27 त्यसले जवाफ दियो, “मैले तपाईंहरूलाई पहिले नै बताइसकेँ, अनि तपाईंहरूले सुन्‍नुभएन । तपाईंहरू यसलाई फेरि किन सुन्‍न चाहनुहुन्छ ? तपाईंहरू त उहाँका चेलाहरू बन्‍न चाहनुहुन्‍न, चाहनुहुन्छ त ?
JOH 9:28 तिनीहरूले त्यसलाई अपमान गरे, र भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेलाहरू हौँ ।
JOH 9:29 हामी जान्दछौँ, कि परमेश्‍वर मोशासँग बोल्नुभयो, तर यो मानिस कहाँबाट आएको हो, हामी जान्दैनौँ ।”
JOH 9:30 त्यो मानिसले तिनीहरूलाई जवाफ दिए, र भने, “उहाँले मेरा आँखा खोलिदिनुभो, तैपनि उहाँ कहाँबाट आउनुभएको तपाईंहरू जान्‍नुहुन्‍न, यो त अचम्म भो !
JOH 9:31 हामी जान्दछौँ, कि परमेश्‍वरले पापीहरूको कुरा सुन्‍नुहुन्‍न, तर यदि कोही भक्‍त हो, र उहाँको इच्छा पुरा गर्छ भने उहाँले त्यसको कुरा सुन्‍नुहुन्छ ।
JOH 9:32 संसारको सुरु भएदेखि नै अन्धो जन्मिएको मानिसका आँखा कसैले खोलिदिएको कुरो कहिल्यै सुनिएको छैन ।
JOH 9:33 यदि यो मानिस परमेश्‍वरबाट आएको होइन भने उहाँले केही पनि गर्न सक्‍नुहुन्‍नथ्यो ।”
JOH 9:34 तिनीहरूले जवाफ दिए र त्यसलाई भने, “तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदै छस् ?” त्यसपछि तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए ।
JOH 9:35 तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए भन्‍ने येशूले सुन्‍नुभयो । उहाँले त्यसलाई भेटाउनुभयो र भन्‍नुभयो, “के तिमी मानिसका पुत्रमा विश्‍वास गर्छौ ?”
JOH 9:36 त्यसले जवाफ दियो, र भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ, कि मैले विश्‍वास गर्न सकौँ ?”
JOH 9:37 येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले उसलाई देखेका छौ, तिमीसँग बोल्दै गर्ने उही हो ।”
JOH 9:38 त्यो मानिसले भन्यो, “प्रभु, म विश्‍वास गर्छु” तब त्यसले उहाँको आराधना गर्‍यो ।
JOH 9:39 येशूले भन्‍नुभयो, “न्यायको निम्ति म यस संसारमा आएँ, ताकि जसले देख्‍दैनन् तिनीहरूले देखून् र जसले देख्‍छन्, तिनीहरू अन्धो होऊन् ।”
JOH 9:40 उहाँसँग हुने केही फरिसीहरूले यी कुराहरू सुने र उहाँलाई सोधे, “के हामी पनि अन्धा हौँ त ?”
JOH 9:41 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अन्धा भएका भए तिमीहरूमा कुनै पाप हुने थिएन, तर तिमीहरू ‘हामीले देख्छौँ’ भन्छौ, त्यसैले तिमीहरूमा पाप रहन्छ ।
JOH 10:1 “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जो भेडाको खोरको ढोकाबाट प्रवेश गर्दैन, तर अरू नै मार्गहरूबाट चढ्छ, त्यो मानिस चोर र डाँकु हो ।
JOH 10:2 ढोकाबाट प्रवेश गर्ने नै भेडाको गोठालो हो ।
JOH 10:3 ढोकाको पालेले उसको निम्ति ढोका खोलिदिन्छ । भेडाहरूले उसको सोर सुन्छन् र उसले आफ्ना भेडाहरूलाई नाउँ काढेर बोलाउँछन् र बाहिर लान्छन् ।
JOH 10:4 उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालेपछि, ऊ तिनीहरूको अगिअगि जान्छ र भेडाहरूले उसलाई पछ्याउँछ्न्, किनकि तिनीहरूले उसको सोर चिन्‍छन् ।”
JOH 10:5 तिनीहरूले अपरिचित मानिसलाई पछ्याउनेछैनन्, बरु तिनीहरू त्योदेखि टाढिनेछन्, किनकि तिनीहरूले अपरिचितको सोर चिन्दैनन् ।”
JOH 10:6 येशूले यो दृष्‍टान्त उनीहरूलाई सुनाउनुभयो, तर उहाँले तिनीहरूलाई बताइरहनुभएका कुराहरू के थिए भनी तिनीहरूले बुझेनन् ।
JOH 10:7 त्यसपछि येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, म नै भेडाहरूको ढोका हुँ ।”
JOH 10:8 मभन्दा अगि आउनेहरू सबै चोर र डाँकु हुन्, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन् ।
JOH 10:9 म ढोका हुँ । यदि कोही मद्वारा भएर भित्र पस्छ भने, त्यो बचाइनेछ; त्यो भित्र र बाहिर जानेछ र त्यसले चर्ने मैदान भेट्टाउनेछ ।
JOH 10:10 यदि चोरले नचोर्ने, नमार्ने र नष्‍ट नगर्ने भए, त्यो आउँदैन नै । म आएको छु, ताकि तिनीहरूले जीवन पाऊन् र यो प्रशस्त मात्रामा पाऊन् ।
JOH 10:11 म असल गोठालो हुँ । असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ ।
JOH 10:12 भाडामा लिएको नोकर गोठालो हुँदैन, र त्यसका भेडाहरू हुँदैनन् । त्यसले ब्वाँसाहरू आउँदै गरेको देख्छ, अनि भेडाहरूलाई छोड्छ, र भाग्छ । अनि ब्‍वाँसाहरूले तिनीहरूलाई पक्रन्छन् र तिनीलाई तितर बितर पार्छन् ।
JOH 10:13 त्यो भाडामा लिएको हुनाले भाग्छ र त्यसले भेडाहरूको हेरचाह गर्दैन ।
JOH 10:14 म असल गोठालो हुँ र मैले मेरा आफ्नालाई चिन्छु र मेरा आफ्नाले मलाई चिन्छ्न् ।
JOH 10:15 पिताले मलाई चिन्‍नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु ।
JOH 10:16 मेरा अरू भेडाहरू छन् जो यो भेडाको खोरका होइनन् । मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो सोर सुन्‍नेछन्, ताकि त्यहाँ एउटै बगाल र एउटै गोठालो हुन सकोस् ।
JOH 10:17 त्यसैकारण, पिताले मलाई प्रेम गर्नुहुन्छः म मेरो ज्यान पनि दिन्छु, ताकि मैले यसलाई फेरि लिन सकूँ ।
JOH 10:18 यो मबाट कसैले खोसेर लान सक्दैन, तर यो म आफैँ अर्पण गर्छु । यसलाई अर्पण गर्ने अधिकार मसँग छ, र यसलाई फेरि लिने अधिकार मसँग छ । यो आज्ञा मैले मेरा पिताबाट पाएको छु ।”
JOH 10:19 यी वचनहरूको कारण फेरि यहूदीहरू माझ विभाजन देखियो ।
JOH 10:20 तिनीहरूमध्ये धेरैले भने, “यसलाई भूत लागेको छ र यो पागल हो । तिमीहरू उसको कुरा किन सुन्छौ ?”
JOH 10:21 अरूहरूले भने, “यी वचनहरू भूत लागेका व्यक्‍तिका होइनन् । के भूतले कसैका आँखा खोलिदिन सक्छ र ?”
JOH 10:22 त्यसपछि यरूशलेममा समर्पणको चाडको समय थियो ।
JOH 10:23 यो हिउँदको समय थियो र येशू मन्दिरमा सोलोमनको दलानमा हिँडिरहनुभएको थियो ।
JOH 10:24 तब यहूदीहरूले उहाँलाई घेरे र भने, “तपाईंले हामीलाई कहिलेसम्म दोधारमा राख्‍नुहुनेछ ? यदि तपाईं ख्रीष्‍ट हुनुहुन्छ भने हामीलाई खुलमखुला बताउनुहोस् ।”
JOH 10:25 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई बताइसकेँ, तर तिमीहरू विश्‍वास गर्दैनौ । मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्‍छन् ।
JOH 10:26 तरै पनि तिमीहरू विश्‍वास गर्दैनौ, किनकि तिमीहरू मेरा भेडाहरू होइनौ ।
JOH 10:27 मेरा भेडाहरूले मेरो सोर सुन्‍छन्, म तिनीहरूलाई चिन्‍छु र तिनीहरूले मलाई पछ्याउँछन् ।
JOH 10:28 म तिनीहरूलाई अनन्‍त जीवन दिन्‍छु; तिनीहरू कहिल्‍यै मर्नेछैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजान सक्‍नेछैन ।
JOH 10:29 तिनीहरू मलाई दिनुहुने मेरा पिता अरूहरू सबैभन्‍दा महान् हुनुहुन्‍छ, र कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन ।
JOH 10:30 म र पिता एक हौँ ।”
JOH 10:31 तब यहूदीहरूले उहाँलाई हान्‍न फेरि ढुङ्गाहरू टिपे ।
JOH 10:32 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले पिताका धेरै असल कामहरू तिमीहरूलाई देखाएको छु । ती कुनचाहिँ कुराहरूका लागि तिमीहरू मलाई ढुङ्गाले हान्‍दै छौ ?”
JOH 10:33 यहूदीहरूले उहाँलाई जवाफ दिए, “हामी तिमीलाई कुनै पनि असल कामहरूका लागि ढुङ्गाले हान्दै छैनौँ, तर ईश्‍वर-निन्दाको निम्ति हो, किनकि तिमी मानिस भएर आफैँलाई परमेश्‍वर बनाइरहेका छौ ।”
JOH 10:34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “‘मैले भनेँ, ‘तिमीहरू ईश्‍वरहरू हौ’ भन्‍ने के तिमीहरूका व्यवस्थामा लेखिएको छैन ?”
JOH 10:35 यदि उहाँले तिनीहरूलाई ईश्‍वरहरू भन्‍नुभयो भने परमेश्‍वरको वचन कसकहाँ आयो ? (अनि धर्मशास्‍त्रलाई भङ्ग गर्न सकिँदैन ।)
JOH 10:36 के तिमीहरू पिताले अलग गर्नुभएको, र संसारमा पठाउनुभएको जनलाई मैले, ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोले ‘तैँले ईश्‍वर-निन्दा गरिरहेको छस्’ भन्छौ ?
JOH 10:37 यदि मैले पिताका कामहरू गरिरहेको छैनँ भने मलाई विश्‍वास नगर ।
JOH 10:38 तर यदि मैले ती काम नै गरिरहेको छु भने, तिमीहरूले मलाई विश्‍वास नगरे तापनि कामहरूमा त विश्‍वास गर, ताकि पिता ममा हुनुहुन्छ र म पितामा छु भन्‍ने तिमीहरूले जान्‍न र बुझ्‍न सक ।”
JOH 10:39 तिनीहरूले उहाँलाई फेरि पनि पक्रने प्रयास गरे, तर उहाँ तिनीहरूका हातबाट फुत्कनुभयो ।
JOH 10:40 उहाँ फेरि यूहन्‍नाले पहिलो पटक बप्‍तिस्‍मा दिएको ठाउँ यर्दनको पारिपट्टि जानुभयो र उहाँ त्यहीँ रहनुभयो ।
JOH 10:41 धेरै मानिसहरू उहाँकहाँ आए, र तिनीहरूले भने, “वास्तवमा यूहन्‍नाले चिह्न‍हरू देखाएनन्, तर उनले यी मानिसबारे भनेका सबै कुराहरू सत्य रहेछन् ।”
JOH 10:42 त्यहाँ धेरैले उहाँमाथि विश्‍वास गरे ।
JOH 11:1 लाजरस नाम गरेका मानिस बिरामी थिए । तिनी तिनकी दिदीहरू मरियम र मार्थाको गाउँ बेथानियाका थिए ।
JOH 11:2 यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् र उहाँका खुट्टा आफ्नो कपालले पुछेकी थिइन्, जसका भाइ लाजरस बिरामी थिए ।
JOH 11:3 यी दुई दिदी-बहिनीले येशूलाई बोलाउन पठाए “प्रभु, हेर्नुहोस्, तपाईंले जसलाई माया गर्नुहुन्छ तिनी बिरामी छन् ।”
JOH 11:4 जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “यस बिरामीले मृत्युमा पुर्‍याउँदैन, तर बरु यो परमेश्‍वरको महिमाको निम्ति हो, ताकि परमेश्‍वरका पुत्र यसद्वारा महिमित हुन सकून् ।”
JOH 11:5 येशूले मार्था र तिनकी बहिनी अनि लाजरसलाई माया गर्नुहुन्थ्यो ।
JOH 11:6 त्यसैले, जब येशूले लाजरस बिरामी भएको सुन्‍नुभयो, उहाँ अरू दुई दिन त्यही ठाउँमा बस्‍नुभयो जहाँ उहाँ हुनुहुन्थ्यो ।
JOH 11:7 यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “फेरि यहूदियातिर जाऔँ ।”
JOH 11:8 चेलाहरूले उहाँलाई भने, “रब्बी, अहिले नै यहूदीहरूले तपाईंलाई ढुङ्गा हान्‍न खोजिरहेका थिए र तपाईं फेरि त्यहीँ फर्केर जाँदै हुनुहुन्छ ?”
JOH 11:9 येशूले जवाफ दिनुभयो, “के दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र ? यदि कोही दिनको समयमा हिँड्छ भने त्यसलाई ठेस लाग्दैन, किनकि त्यसले यस संसारको उज्यालोको सहायताले देख्छ ।
JOH 11:10 तापनि त्यो राति हिँड्छ भने त्यसलाई ठेस लाग्छ, किनकि त्यसमा उज्यालो हुँदैन ।”
JOH 11:11 उहाँले यी कुराहरू उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रा साथी लाजरस मस्त निद्रामा परेका छन्, तर म जाँदै छु, ताकि म तिनलाई निद्राबाट बिउँझाउन सकूँ ।”
JOH 11:12 यसकारण चेलाहरूले उहाँलाई भने, “प्रभु, यदि तिनी निद्रामा परेका छन् भने तिनी होसमा आउनेछन् ।”
JOH 11:13 अहिले येशूले तिनको मृत्युको बारेमा बोल्नुभएको थियो, तर उहाँ आरामको निद्राको बारेमा बोलिरहनुभएको छ भन्‍ने तिनीहरूले सोचे ।
JOH 11:14 त्यसपछि येशूले तिनीहरूलाई स्पष्‍ट रूपमा भन्‍नुभयो, “लाजरस मरेको छ ।
JOH 11:15 म त्यहाँ नभएकोमा तिमीहरूका खातिर म खुसी छु, ताकि तिमीहरूले विश्‍वास गर्न सक । तिनीकहाँ जाऔँ ।”
JOH 11:16 दिदुमस भनिने थोमाले उनका सङ्गी चेलाहरूलाई भने, “हामी पनि जाऔँ, कि हामी पनि येशूसँगै मर्न सकौँ ।”
JOH 11:17 जब येशू आउनुभयो, लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको उहाँले पाउनुभयो ।
JOH 11:18 बेथानिया यरूशलेमबाट नजिकै करिब तिन किलोमिटर दुरीमा पर्थ्यो ।
JOH 11:19 धेरै यहूदीहरू मरियम र मार्थाकहाँ तिनीहरूका भाइको बारेमा तिनीहरूलाई सान्त्वना दिन आएका थिए ।
JOH 11:20 जब मार्थाले येशू आउँदै हुनुहुन्छ भन्‍ने सुनिन्, तिनी उहाँलाई भेट्न गइन्, तर मरियमचाहिँ घरमा नै बसिरहेकी थिइन् ।
JOH 11:21 त्यसपछि मार्थाले येशूलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन् ।
JOH 11:22 म जान्दछु, कि अहिले पनि तपाईंले परमेश्‍वरसँग जे माग्‍नुहुन्छ सो उहाँले तपाईंलाई दिनुहुनेछ ।”
JOH 11:23 येशूले तिनलाई भन्‍नुभयो, “तिम्रा भाइ फेरि जीवित हुनेछन् ।”
JOH 11:24 मार्थाले उहाँलाई भनिन्, “म जान्दछु, कि तिनी अन्त्यको दिनको पुनरुथानमा फेरि जीवित हुनेछन्” ।
JOH 11:25 येशूले तिनलाई भन्‍नुभयो, “पुनरुथान र जीवन म नै हुँ; जसले मलाई विश्‍वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ ।
JOH 11:26 जसले मलाई विश्‍वास गर्छ र ममा जिउँछ त्यो कहिल्यै मर्नेछैन । के तिमी यो विश्‍वास गर्छ्यौ ?”
JOH 11:27 तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्‍वास गर्छु, तपाईं नै संसारमा आइरहनुभएका परमेश्‍वरका पुत्र अर्थात् ख्रीष्‍ट हुनुहुन्छ ।”
JOH 11:28 जब तिनले यो भनिन्, तिनी त्यहाँबाट गइन् र तिनकी बहिनी मरियमलाई सुटुक्‍क बोलाइन् । तिनले भनिन्, “गुरुज्यू यहाँ हुनुहुन्छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ ।”
JOH 11:29 जब तिनले यो सुनिन्, तिनी झट्टै उठिन् र उहाँकहाँ गइन् ।
JOH 11:30 येशू अझै पनि त्यस गाउँभित्र आउनुभएको थिएन, तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन् ।
JOH 11:31 त्यसैले, तिनीसँग घरमा भएका र तिनलाई सान्त्वना दिइरहेका यहूदीहरूले जब मरियम झट्टै उठेर बाहिर गइरहेकी देखे, तिनीहरूले तिनी चिहानमा रुन गइरहेकी छन् भन्‍ने सोची तिनीहरू पनि तिनको पछि लागे ।
JOH 11:32 त्यसपछि जब मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तिनी उहाँको पाउमा घोप्‍टो परिन्, र उहाँलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन् ।”
JOH 11:33 जब येशूले तिनी र तिनीसँग आएका यहूदीहरू पनि रोइरहेको देख्‍नुभयो, उहाँ आत्मामा अति विचलित हुनुभयो, र दुःखित हुनुभयो ।
JOH 11:34 उहाँले भन्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ ?” उनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।”
JOH 11:35 येशू रुनुभयो ।
JOH 11:36 त्यसपछि यहूदीहरूले भने, “हेर, उहाँले लाजरसलाई कति माया गर्नुहुन्थ्यो !”
JOH 11:37 तर तिनीहरूमध्ये केहीले भने, “के अन्धाका आँखा खोल्ने यी मानिसले यस मानिसलाई पनि नमर्ने तुल्याउने बनाउन सक्दैनथ्यो र ?”
JOH 11:38 त्यसपछि फेरि येशू आत्मामा आफैँ अति विचलित हुनुभयो, र चिहानतिर जानुभयो । यो एउटा गुफा थियो र यसलाई एउटा ढुङ्गाले ढाकेको थियो ।
JOH 11:39 येशूले भन्‍नुभयो, “ढुङ्गा हटाऊ ।” लाजरस जो मरेका थिए, तिनकी दिदी मार्थाले येशूलाई भनिन्, “प्रभु, अहिलेसम्म त शरीर कुहिसकेको हुनेछ, किनकि तिनी मरेको चार दिन भइसक्यो ।”
JOH 11:40 येशूले तिनलाई भन्‍नुभयो, “के मैले तिमीलाई भनिनँ, कि यदि तिमीले विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्‍नेछौ ?”
JOH 11:41 त्यसैले, तिनीहरूले ढुङ्गा हटाए । येशूले आफ्ना आँखा माथितिर उठाउनुभयो, र भन्‍नुभयो, “हे पिता, मेरो बिन्ती सुन्‍नुभएकोमा म तपाईंलाई धन्यवाद दिन्छु ।
JOH 11:42 म जान्दथेँ, तपाईंले मेरो बिन्ती सधैँ सुन्‍नुहुन्छ, तर मेरो वरिपरि उभिरहेका यो भिडको कारण मैले यो भनेँ, ताकि तपाईंले मलाई पठाउनुभएको छ भन्‍ने तिनीहरूले विश्‍वास गर्न सकून् ।”
JOH 11:43 उहाँले यी कुराहरू भन्‍नुभएपछि उहाँले ठुलो सोरमा भन्‍नुभयो, “लाजरस, बाहिर आऊ !”
JOH 11:44 मरेको मानिस बाहिर आयो, त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए; त्यसको अनुहार कपडाले बेह्रिएको थियो । येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसलाई खोलिदेओ, र त्यसलाई जान देओ ।”
JOH 11:45 त्यसपछि मरियमकहाँ आएका र येशूले जे गर्नुभयो सो दखेका धेरै यहूदीहरूले उहाँमा विश्‍वास गरे ।
JOH 11:46 तर तिनीहरूमध्ये केही फरिसीहरूकहाँ गए र येशूले गर्नुभएका ती कुराहरू तिनीहरूलाई बताइदिए ।
JOH 11:47 त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले परिषद्‌का सदस्यहरूलाई भेला पारे, र भने, “हामीले के गर्ने ? यस मानिसले धेरै चिह्न‍हरू गर्छन् ।
JOH 11:48 यदि हामीले यसलाई यसरी नै छोडिदियौँ भने सबैले यसलाई विश्‍वास गर्नेछन्; रोमीहरू आउनेछन् अनि हाम्रो ठाउँ र हाम्रो जाति दुवै लिनेछन् ।”
JOH 11:49 तैपनि तिनीहरूमध्ये कैयाफा नामका मानिस जो त्यस वर्ष प्रधान पुजारी थिए तिनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्दैनौ ।
JOH 11:50 सम्पूर्ण राष्‍ट्र नै नष्‍ट हुनुभन्दा मानिसहरूका निम्ति एक जना मर्नु नै तिमीहरूका निम्ति उत्तम हो भन्‍ने तिमीहरू ठान्दैनौ ।”
JOH 11:51 अब यो तिनले आफ्नै तर्फबाट भनेका थिएनन् । बरु उनी त्यस वर्षका प्रधान पुजारी भएको कारणले येशू राष्‍ट्रको निम्ति मर्नुपर्छ भनी तिनले अगमवाणी गरेका थिए ।
JOH 11:52 राष्‍ट्रको निम्ति मात्र होइन, तर छरपष्‍ट भएका परमेश्‍वरका सन्तानहरूसँगै एक होऊन् भनेर पनि हो ।
JOH 11:53 त्यसैले, त्यस दिनदेखि उनीहरूले येशूलाई कसरी मार्ने भनी योजना बनाउन थाले ।
JOH 11:54 येशू यहूदीहरू माझ खुलमखुला हिँड्‍डुल गर्नुभएन, तर उहाँ त्यहाँबाट उजाड-स्थान नजिकैको गाउँमा रहेको एफ्राइम भनिने सहरमा जानुभयो । त्यहाँ उहाँ चेलाहरूसँग बस्‍नुभयो ।
JOH 11:55 अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो र धेरै जना आफैँलाई शुद्ध पार्न गाउँहरूबाट निस्तार-चाड अगि नै यरूशलेम गए ।
JOH 11:56 तिनीहरूले येशूलाई खोजिरहेका थिए । तिनीहरू मन्दिरमा खडा भइरहँदा एक-अर्कामा भन्दै थिए, “तिमीहरूलाई कस्तो लाग्छ ? उनी चाडमा आउने छैनन् र ?”
JOH 11:57 अहिले मुख्य पुजारीहरू र फरिसीहरूले यो उर्दी जारी गरेका थिए, कि यदि कसैले येशू कहाँ हुनुहुन्थ्यो भनी जान्दथ्यो भने, त्यसले त्यो भन्‍नुपर्छ ताकि तिनीहरूले उहाँलाई पक्रन सकून् ।
JOH 12:1 निस्तार-चाडको छ दिन अगाडि येशू बेथानिया आउनुभयो, जहाँ उहाँले मृत्युबाट जीवित पार्नुभएका लाजरस थिए ।
JOH 12:2 त्यसकारण, तिनीहरूले उहाँको लागि बेलुकीको खाना तयार पारे । मार्थाले सेवा-सत्कार गरिरहेकी थिइन् र लाजरस येशूसँगै टेबलमा ढल्किरहेकाहरूमध्ये एक जना थिए ।
JOH 12:3 तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन्, र येशूको पाउ अभिषेक गरिन्, अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन् । त्यो घर अत्तरको सुगन्धले भरियो ।
JOH 12:4 उहाँका चेलाहरूमध्ये एक जना यहूदा स्करियोत जसले उहाँलाई विश्‍वासघात गर्ने थियो, त्यसले भन्यो,
JOH 12:5 “यो अत्तर तिन सय चाँदीका सिक्‍कामा बेचेरे गरिबहरूलाई किन दिइएन ?”
JOH 12:6 त्यसले यो कुरा गरिबहरूको वास्ता गरेर भनेको थिएन, तर त्यो चोर भएकोले भनेको हो । त्यससँग पैसाको थैलो हुन्थ्यो र यसमा राखिएकोबाट चोर्ने गर्थ्यो ।
JOH 12:7 येशूले भन्‍नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्यो राख्‍न देऊ ।
JOH 12:8 गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ हुनेछैनँ ।”
JOH 12:9 अब यहूदीहरूको ठुलो भिडले येशू त्यहाँ हुनुहुन्छ भन्‍ने थाहा पायो र तिनीहरू येशूको निम्ति मात्र होइन, तर लाजरसलाई हेर्न पनि आए, जसलाई येशूले मृत्युबाट जीवित पार्नुभएको थियो ।
JOH 12:10 मुख्य पुजारीहरूले सँगसँगै षड्‍यन्‍त्र रचे, ताकि तिनीहरूले लाजरसलाई पनि मार्न सकेको होस् ।
JOH 12:11 किनकि तिनको कारण धेरै यहूदीहरू भड्‌किएका थिए र येशूमा विश्‍वास गरेका थिए ।
JOH 12:12 अर्को दिन चाडमा ठुलो भिड आयो । जब येशू यरूशलेममा आउँदै हुनुहुन्छ भन्‍ने तिनीहरूले सुने,
JOH 12:13 तिनीहरूले खजुरको बोटका हाँगाहरू लिए र उहाँलाई भेट्न गए, अनि उच्‍च सोरमा यसो भने, “होसन्‍ना ! इस्राएलका राजा अर्थात् परमप्रभुको नाउँमा आउनुहुने धन्यको हुनुहुन्छ ।”
JOH 12:14 येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्यसमाथि चढ्नुभयो, जस्तो यो लेखिएको थियो,
JOH 12:15 “सियोनकी छोरी नडराऊ, हेर, तिम्रा राजा गधामा चढेर आउँदै हुनुहुन्छ ।”
JOH 12:16 उहाँका चेलाहरूले सुरुमा यी कुराहरू बुझेनन्, तर जब येशू महिमित हुनुभयो तब उहाँको विषयमा लेखिएका थिए र यी सबै कुराहरू तिनीहरूले उहाँकै निम्ति गरेका थिए भनी उनीहरूले सम्झे ।
JOH 12:17 उहाँले अहिले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भिडले गवाही दियो ।
JOH 12:18 यही कारणले गर्दा पनि भिडहरू उहाँलाई भेट्न गए, किनकि उहाँले यो चिह्न‍ गर्नुभयो भन्‍ने तिनीहरूले सुने ।
JOH 12:19 यसकारण फरिसीहरूले एक-आपसमा भने, “हेर, तिमीहरू केही पनि गर्न सक्दैनौ; हेर, सारा संसारै त्यसको पछि लागेको छ ।”
JOH 12:20 अहिले चाडमा आराधना गर्न माथि गइरहेका तिनीहरूमध्ये केही ग्रिकहरू पनि थिए ।
JOH 12:21 यिनीहरू फिलिपकहाँ गए जो गालीलको बेथसेदाका थिए र तिनलाई भने, “महाशय, हामी येशूलाई भेट्न चाहन्छौँ ।”
JOH 12:22 फिलिपले गएर अन्द्रियासलाई भने । अनि अन्द्रियास फिलिपसँग गए, र तिनीहरूले येशूलाई भने ।
JOH 12:23 येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मानिसका पुत्रको निम्ति महिमित हुने समय आएको छ ।
JOH 12:24 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना जबसम्म माटोमा झरेर मर्दैन, यो आफैँ एकलो रहन्छ, तर यदि त्यो मर्छ भने यसले धेरै फल फलाउनेछ ।
JOH 12:25 जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले यो अनन्त जीवनको लागि जोगाइराख्‍नेछ ।
JOH 12:26 यदि कसैले मेरो सेवा गर्छ भने, त्यसले मलाई पछ्याओस्, र म जहाँ हुन्छु त्यहाँ मेरो सेवक पनि हुनेछ । यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको आदर गर्नुहुनेछ ।
JOH 12:27 अहिले मेरो प्राण दुःखित भएको छः म के भनूँ ? हे पिता, मलाई यो घडीबाट बचाउनुहोस् ? तर यही कारणको निम्ति म यो घडीमा आएँ ।
JOH 12:28 हे पिता, तपाईंको नाउँ महिमित पार्नुहोस् ।” तब स्वर्गबाट एउटा आवाज आयो, र भन्‍यो, “मैले यिनलाई महिमित पारेको छु र म फेरि महिमित पार्नेछु ।”
JOH 12:29 तब उहाँको छेउमा उभिने भिडले यो आवाज सुने, र तिनीहरूले मेघ गर्ज्यौ भने । अरूहरूले भने, “स्वर्गदूत उहाँसँग बोलेको हो ।”
JOH 12:30 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “यो आवाज मेरो निम्ति होइन, तर तिमीहरूका निम्ति आएको हो ।”
JOH 12:31 अब यो संसारको न्याय हुन्छ, अब यस संसारको शासक फ्याँकिनेछ ।
JOH 12:32 अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबैलाई आफूतिर खिँच्‍नेछु ।”
JOH 12:33 कस्तो किसिमको मृत्यु मर्दै हुनुहुन्छ भन्‍ने सङ्केत गर्न उहाँले यो कुरा भन्‍नुभएको थियो ।
JOH 12:34 भिडले उहाँलाई जवाफ दियो, “हामीले व्यवस्थाबाट सुनेका छौँ, कि ख्रीष्‍ट सधैँ रहनुहुनेछ । तपाईं कसरी भन्‍नुहुन्छ, ‘मानिसका पुत्र उचालिनुपर्छ ?’ यो मानिसका पुत्र को हो ?”
JOH 12:35 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्योति हुँदा हिँड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् । जो अन्धकारमा हिँड्छ त्यो कहाँ जाँदै छ भनी त्यसलाई थाहा हुँदैन ।
JOH 12:36 तिमीसँग ज्योति हुँदा नै त्यो ज्योतिमा विश्‍वास गर, ताकि तिमीहरू ज्योतिको सन्तान हुन सक ।” येशूले यी कुराहरू भन्‍नुभयो र त्यसपछि उहाँ त्यहाँबाट प्रस्थान गर्नुभयो र उहाँ तिनीहरूबाट लुकेर बस्‍नुभयो ।
JOH 12:37 तिनीहरूको सामु येशूले यति धेरै चिह्न‍हरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्‍वास गरेनन् ।
JOH 12:38 यशैया अगमवक्‍ताको वचन पुरा होस् भनेर यसो भएको थियो । तिनी भन्दछन्, “प्रभु, हाम्रो समाचार कसले विश्‍वास गरेको छ ? र परमेश्‍वरको बाहुली कसलाई प्रकट गरिएको छ ?”
JOH 12:39 यसैकारण, तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनकि यशैयाले यसो पनि भने,
JOH 12:40 “उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ; नत्रता तिनीहरूका आँखाले देख्‍ने थिए र उनीहरूका हृदयले बुझ्‍ने थिए र फर्किने थिए, अनि म तिनीहरूलाई निको पार्ने थिएँ ।”
JOH 12:41 यशैयाले यी कुराहरू भने, किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले ।
JOH 12:42 तरै पनि शासकहरूमध्ये धेरैले येशूमा विश्‍वास गरे, तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यसलाई स्वीकार गरेनन्, ताकि तिनीहरूलाई सभाघरमा रोक नलगाइयोस् ।
JOH 12:43 तिनीहरूले परमेश्‍वरबाट आउने प्रशंसाभन्दा मानिसहरूबाट आउने प्रशंसा बढी रुचाए ।
JOH 12:44 येशूले ठुलो सोरमा भन्‍नुभयो, “जसले ममाथि विश्‍वास गर्छ त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेमाथि पनि विश्‍वास गर्छ,
JOH 12:45 र जसले मलाई देख्‍छ त्यसले मलाई पठाउनुहुनेलाई देख्‍छ ।”
JOH 12:46 म संसारमा ज्योतिको रूपमा आएको छु ताकि जसले मलाई विश्‍वास गर्छ त्यो अन्धकारमा नरहोस् ।
JOH 12:47 यदि कसैले मेरो वचन सुन्छ, तर त्यसको पालना गर्दैन भने म त्यसको न्याय गर्दिनँ, किनकि म संसारको न्याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ ।
JOH 12:48 जसले मलाई इन्कार गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छः मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ ।
JOH 12:49 किनकि म मेरो आफ्नै तर्फबाट बोलिनँ, तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्छ, जसले मैले के बोल्ने र के भन्‍ने विषयमा आज्ञा दिनुभएको छ ।
JOH 12:50 म जान्दछु, कि उहाँको आज्ञा अनन्त जीवन हो । त्यसैले, म त्यही भन्छुः पिता मसँग जस्तो बोल्नुभएको छ, म त्यस्तै बोल्छु ।
JOH 13:1 अब निस्तार-चाडअगि येशू जान्‍नुहुन्थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो, यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो ।
JOH 13:2 अहिले दियाबलसले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्‍वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो ।
JOH 13:3 येशूले जान्‍नुहुन्थ्यो, कि पिताले सबै थोक उहाँको हातमा दिनुभएको थियो, उहाँ पिताबाट नै आउनुभएको थियो र फेरि परमेश्‍वरकहाँ नै फर्केर जाँदै हुनुहुन्थ्यो ।
JOH 13:4 उहाँ बेलुकीको खाना खाएर उठ्नुभयो र उहाँको बाहिरी वस्‍त्र फुकाल्नुभयो । त्यसपछि उहाँले एउटा तौलिया लिनुभयो, र आफ्नो कम्मरमा बेर्नुभयो ।
JOH 13:5 त्यसपछि उहाँले बाटामा पानी हाल्नुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो ।
JOH 13:6 उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, र पत्रुसले उहाँलाई भने, “प्रभु, के तपाईं मेरा गोडा धुँदै हुनुहुन्छ ?”
JOH 13:7 येशूले जवाफ दिनुभयो, र तिनलाई भन्‍नुभयो, “म के गरिरहको छु, तिमी अहिले यसलाई बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्‍नेछौ ।”
JOH 13:8 पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन ।” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन ।”
JOH 13:9 सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, मेरा गोडा मात्र होइन, मेरा शिर र हातहरू पनि धोइदिनुहोस् ।”
JOH 13:10 येशूले तिनलाई भन्‍नुभयो, “जो नुहाएको छ, त्यसका गोडाबाहेक अरू केही धुनुपर्दैन र त्यो पूर्ण रूपमा शुद्ध हुन्छ; तिमी शुद्ध छौ, तर तिमीहरू सबै जना नै त छैनौ ।”
JOH 13:11 (किनकि कसले उहाँलाई विश्‍वासघात गर्थ्यो भन्‍ने येशूलाई थाहा थियो, त्यसैले उहाँले भन्‍नुभयो, “तिमीहरू सबै जना त शुद्ध छैनौ ।” )
JOH 13:12 त्यसैले, जब येशूले तिनीहरूका गोडा धुनुभयो र उनीहरूका लुगा लगाउनुभयो, र फेरि बस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको छु भन्‍ने के तिमीहरू जान्दछौ ?”
JOH 13:13 तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनकि म त्यही हुँ ।
JOH 13:14 तब म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ ।
JOH 13:15 किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक ।
JOH 13:16 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ ।
JOH 13:17 यदि तिमीहरूले यी कुराहरू जान्यौ, र ती गर्‍यौ भने तिमीहरू धन्यका हुनेछौ ।
JOH 13:18 म तिमीहरू सबै जनाको बारेमा बोलिरहेको छैनँ; मैले जसलाई छानेको छु म तिनीहरूलाई चिन्छु, तर यो यसैले हो, कि धर्मशास्‍त्र पुरा होस्ः जसले मेरो रोटी खायो, त्यसले नै ममाथि लात उठायो ।
JOH 13:19 म यो घटनअगि नै तिमीहरूलाई भन्छु, ताकि जब यो घटन आउँछ, म उही हुँ भनी तिमीहरूले विश्‍वास गर्न सक ।
JOH 13:20 म साँचो, साँचो तिमीहरूलाई भन्दछु, जसले मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ ।
JOH 13:21 जब येशूले यो भन्‍नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो, उहाँले गवाही दिनुभयो, र भन्‍नुभयो, “साँ‍चो, साँचो म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई विश्‍वासघात गर्नेछ ।”
JOH 13:22 उहाँले कसको बारेमा कुरा गर्दै हुनुहुन्छ भनेर छक्‍क पर्दै चेलाहरूले एक आपसमा हेराहेर गर्न थाले ।
JOH 13:23 उहाँका चेलाहरूमध्ये एक जना जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो तिनी टेबलमा येशूको छातीमा अडेस लगेर ढल्किरहेका थिए ।
JOH 13:24 यसकारण सिमोन पत्रुसले यो चेलालाई इसारा गरेर भने, “उहाँले हामीमध्ये कसको बारेमा भन्दै हुनुहुन्छ, हामीलाई भन ।”
JOH 13:25 त्यसैले, तिनी येशूको छातीमा ढल्किएर बसे, र उहाँलाई भने, “प्रभु, यो को हो ?”
JOH 13:26 त्यसपछि येशूले जवाफ दिनुभयो, “त्यो त्यही हो, जसलाई म यो रोटीको टुक्रा चोपेर दिन्छु ।” त्यसपछि उहाँले रोटीको टुक्रा चोप्‍नुभयो र सिमोनको छोरा यहूदालाई दिनुभयो ।
JOH 13:27 र रोटी दिइसक्‍नुभएपछि शैतान त्यसभित्र पस्यो । त्यसैले, येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले जे गरिरहेका छौ, सो छिटो गरी हाल ।”
JOH 13:28 अब उहाँले त्यसलाई किन यसो भन्‍नुभएको भन्‍ने त्यहाँ टेबलमा ढल्किरहेका कसैलाई पनि थाहा भएन ।
JOH 13:29 केहीले यहूदासँग पैसाको थैलो भएको हुनाले येशूले त्यसलाई, “चाडको निम्ति हामीलाई आवश्‍यक पर्ने सामानहरू किन” वा त्यसले गरिबहरूलाई दिनुपर्छ भन्‍नुभएको होला भन्‍ने सोचे ।
JOH 13:30 जब यहूदाले रोटी खायो, त्यो तुरुन्तै त्यहाँबाट हिँडी हाल्यो । यो रातको समय थियो ।
JOH 13:31 जब यहूदा त्यहाँबाट गयो, येशूले भन्‍नुभयो, “मानिसका पुत्रलाई महिमित तुल्याइन्छ, र उसमा परमेश्‍वरलाई महिमित तुल्याइन्छ ।
JOH 13:32 परमेश्‍वरले आफैँमा उसलाई महिमित पार्नुहुनेछ र उहाँले उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ ।
JOH 13:33 साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । मैले यहूदीहरूलाई भनेझैँ, अहिले म तिमीहरूलाई यो पनि भन्छु, तिमीहरूले मलाई खोज्‍नेछौ, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’
JOH 13:34 म तिमीहरूलाई नयाँ आज्ञा दिइरहेको छु, कि तिमीहरू एकले अर्कोलाई प्रेम गर्नुपर्छ, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु । त्यसैले पनि तिमीहरू एकले अर्कालाई प्रेम गर्नुपर्छ ।
JOH 13:35 यदि तिमीहरूले एकले अर्कालाई प्रेम गर्‍यौ भने यसैद्वारा तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले जान्‍नेछन् ।
JOH 13:36 सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ ?” येशूले जवाफ दिनुभयो, “म जहाँ जाँदै छु, तिमी अहिले पछ्याउन सक्दैनौ, तर तिमीले पछि पछ्याउनेछौ ।”
JOH 13:37 पत्रुसले उहाँलाई भने, “प्रभु, मैले तपाईंलाई अहिले नै किन पछ्याउन सक्दिनँ ? म तपाईंको लागि मेरो ज्यान पनि दिनेछु ।”
JOH 13:38 येशूले जवाफ दिनुभयो, “के तिमीले मेरो निम्ति आफ्नो ज्यान नै दिनेछौ त ? साँचो, साँचो म तिमीलाई भन्दछु, कि तिमीले मलाई तिन पल्ट इन्कार गरेपछि मात्र भाले बास्‍नेछ ।”
JOH 14:1 “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौ, ममा पनि विश्‍वास गर ।
JOH 14:2 मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्‍ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु ।
JOH 14:3 म जान्छु, र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र म आफैँसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ ।
JOH 14:4 तिमीहरूले म जहाँ गइरहेको त्यो बाटो चिन्छौ ।”
JOH 14:5 थोमाले येशूलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौँ; हामीले बाटो कसरी चिन्‍ने ?”
JOH 14:6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्य र जीवन मै नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।
JOH 14:7 यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्‍ने थियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिनेका छौ र उहाँलाई देखेका छौ ।”
JOH 14:8 फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाउनुहोस्, त्यो नै हामीलाई पर्याप्‍त हुनेछ ।”
JOH 14:9 येशूले तिनलाई भन्‍नुभयो, “म तिमीहरूसँग यति लामो समयसम्म रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्‍न सक्‍छौ ?”
JOH 14:10 म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमीहरू विश्‍वास गर्दैनौ ? मैले तिमीहरूलाई बोलेका वचनहरू, म आफ्नै अधिकारले बोल्दिनँ । योचाहिँ ममा रहनुहुने पिता नै हुनुहुछ जसले आफ्नो काम गरिरहनुभएको छ ।
JOH 14:11 म पितामा छु, र पिता ममा हुनुहुन्छ भन्‍ने विश्‍वास गर; नत्र कामहरूकै खातिर पनि विश्‍वास गर ।
JOH 14:12 साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्‍वास गर्छ त्यसले मैले गर्ने कामहरू पनि गर्नेछ र त्यसले यीभन्दा पनि ठुल्ठुला कामहरू गर्नेछ, किनकि म पिताकहाँ गइरहेको छु ।
JOH 14:13 तिमीहरूले मेरो नाउँमा जे माग्छौ, सो म गर्नेछु, ताकि पुत्रमा पिता महिमित हुनुभएको होस् ।
JOH 14:14 यदि तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने सो म गर्नेछु ।
JOH 14:15 यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ ।
JOH 14:16 अनि म पितासँग प्रार्थना गर्नेछु, अनि उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, ताकि उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ, जो
JOH 14:17 सत्यका आत्मा हुनुहुन्छ । संसारले उहाँलाई ग्रहण गर्न सक्दैन, किनकि यसले उहाँलाई देख्‍दैन वा उहाँलाई चिन्दैन । तर तिमीहरू उहाँलाई चिन्दछौ, किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र तिमीहरूमा हुनुहुनेछ ।
JOH 14:18 म तिमीहरूलाई एकलै छोड्नेछैनँ; म तिमीहरूकहाँ फर्की आउनेछु ।
JOH 14:19 तैपनि केही समय मात्र हो, अनि संसारले मलाई देख्‍नेछैन, तर तिमीहरू मलाई देख्‍छौ । किनकि म जिउँछु, तिमीहरू पनि जिउनेछौ ।
JOH 14:20 त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ ।
JOH 14:21 जोसँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्छन्, मलाई प्रेम गर्ने त्यही हो, अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ, र म त्यसलाई प्रेम गर्नेछु र म आफैँ त्यसकहाँ देखा पर्छु ।”
JOH 14:22 यहूदाले (स्करियोत होइन) येशूलाई भने, “प्रभु, किन यस्तो, हामीकहाँ चाहिँ तपाईं आफैँ देखा पर्नुहुन्छ र संसारकहाँ चाहिँ देखा पर्नुहुन्‍न ?”
JOH 14:23 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग हामी हाम्रो बासस्‍थान बनाउनेछौँ ।”
JOH 14:24 जसले मलाई प्रेम गर्दैन, त्यसले मेरो वचन पालन गर्दैन । तिमीहरूले सुनेका वचन मबाट आएको होइन, तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो ।
JOH 14:25 म तिमीहरूसँग रहिरहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।
JOH 14:26 तापनि सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।
JOH 14:27 म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्‍नँ । तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस् ।
JOH 14:28 मैले तिमीहरूलाई भनेको सुनेका छौ, “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनकि म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ ।
JOH 14:29 अहिले मैले तिमीहरूलाई यो हुन अगाडि नै बताएको छु, ताकि जब यो हुन आउँछ तिमीहरूले विश्‍वास गर्न सक ।
JOH 14:30 म तिमीहरूसँग धेरै बोल्दिनँ, किनकि यस संसारको शासक आउँदै छ । त्यसको ममाथि केही शक्‍ति छैन,
JOH 14:31 तर म पितालाई प्रेम गर्छु भन्‍ने संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौँ, र यहाँबाट जाऔँ ।”
JOH 15:1 म साँचो दाख हुँ र मेरा पिता दाखबारीका किसान हुनुहुन्छ ।
JOH 15:2 ममा भएका फल नफलाउने हरेक हाँगालाई उहाँले छाँट्नुहुन्छ र उहाँले फल फलाउने हरेक हाँगालाई पनि छिँवल्नुहुन्छ, ताकि यसले अझ धेरै फल फलाओस् ।
JOH 15:3 मैले तिमीहरूलाई भनेको सन्देशले तिमीहरू अगि नै शुद्ध भइसकेका छौ ।
JOH 15:4 ममा रहो र म तिमीहरूमा रहनेछु । जसरी दाखको बोटमा नरहेसम्म हाँगा आफैँले फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू पनि ममा नरहेसम्म फल फलाउन सक्दैनौ ।
JOH 15:5 म दाखको बोट हुँ, र तिमीहरू त्यसका हाँगाहरू हौ । जो ममा रहन्छ र म त्यसमा रहनेछु, त्यसले धैरै फल फलाउँछ, किनकि मविना तिमीहरू केही पनि गर्न सक्दैनौ ।
JOH 15:6 यदि कोही ममा रहँदैन भने त्यसलाई हाँगालाई झैँ फालिन्छ र त्यो सुक्‍छ; अनि तिनीहरूले हाँगाहरूलाई बटुल्छन् र आगोमा हाल्छन्, अनि तिनीहरूलाई जलाइन्छ ।
JOH 15:7 यदि तिमीहरू ममा रह्‍यौ र मेरा वचनहरू तिमीहरूमा रहे भने, तिमीहरू जे इच्छा गर्छौ सो माग, र यो तिमीहरूका निम्ति गरिनेछ ।”
JOH 15:8 मेरा पिता यसमा महिमित तुल्याइनुहुनेछः तिमीहरू धेरै फल फलाउन सक र तिमीहरू मेरा चेलाहरू होओ ।
JOH 15:9 जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु; मेरो प्रेममा रहो ।
JOH 15:10 तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने जसरी मैले मेरा पिताको आज्ञा पालन गरेको छु र उहाँको प्रेममा रहेको छु, त्यसरी नै तिमीहरू मेरो प्रेममा रहनेछौ ।
JOH 15:11 मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द पूर्ण होस् ।
JOH 15:12 यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरेँ तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर ।
JOH 15:13 आफ्नो मित्रको लागि आफ्नो ज्यानै दिनुभन्दा अर्को कुनै महान् प्रेम छैन ।
JOH 15:14 यदि तिमीहरूले मैले आज्ञा गरेका कुराहरू गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ ।
JOH 15:15 म तिमीहरूलाई नोकरहरू भन्‍दिनँ, किनकि त्यसका मालिकले के गरिरहेछ सो नोकरले जान्दैन । मैले तिमीहरूलाई मित्र भनेको छु, किनकि मैले मेरा पिताबाट सुनेका सबै कुरा तिमीहरूलाई प्रष्‍ट पारेको छु ।
JOH 15:16 तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनेँ, र तिमीहरूलाई नियुक्‍त गरेँ, ताकि तिमीहरू जाओ, र फल फलाओ अनि तिमीहरूका फल रहनुपर्छ । त्यसैले तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, सो उहाँले तिमीहरूलाई दिनुहुनेछ ।
JOH 15:17 म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छुः कि तिमीहरूले एक अर्कालाई प्रेम गर्नेछौ ।
JOH 15:18 यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको छ ।
JOH 15:19 यदि तिमीहरू संसारका थियौ त, संसारले तिमीहरूलाई आफ्नैझैँ प्रेम गर्ने थियो । तर तिमीहरू संसारका होइनौ, र मैले तिमीहरूलाई संसारबाट चुनेँ, यसकारण संसारले तिमीहरूलाई घृणा गर्छ ।
JOH 15:20 मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् । यदि तिनीहरूले मेरो वचन पालन गरेका थिए भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।”
JOH 15:21 तिनीहरू मेरो नाउँको कारणले तिमीहरूलाई यी सबै कुराहरू गर्नेछन्, किनकि मलाई पठाउनुहुनेलाई तिनीहरू चिन्दैनन् ।
JOH 15:22 यदि म आएको थिइनँ, र तिनीहरूसँग बोलेको थिइनँ भने त, उनीहरूमा पाप हुने थिएन, तर अब त तिनीहरूसित आफ्नो पापको लागि कुनै बहाना छैन ।
JOH 15:23 जसले मलाई घृणा गर्छ, त्यसले मेरा पितालाई पनि घृणा गर्छ ।
JOH 15:24 यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू गरेको थिइनँ भने तिनीहरूमा कुनै पाप हुने थिएन, तर अहिले तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन्, र घृणा गरेका छन् ।
JOH 15:25 तर यो तिनीहरूको व्यवस्थामा लेखिएको वचन पुरा हुनलाई हो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे ।’
JOH 15:26 जब सल्लाहकार आउनुहुन्छ जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात् सत्यको आत्मा जो पिताबाट जानुहुन्छ, उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ ।
JOH 15:27 तिमीहरूले पनि गवाही दिइरहेका छौ, किनकि तिमीहरू मसँग सुरुदेखि नै छौ ।
JOH 16:1 तिमीहरू पछि नहट भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।
JOH 16:2 तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन् । तर यस्तो समय आउँदै छ कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्‍वरको सेवा गरिरहेका छन् भनी ठान्‍नेछन् ।
JOH 16:3 तिनीहरूले यी कुराहरू गर्नेछन्, किनकि तिनीहरूले न त पितालाई न मलाई नै चिनेका छन् ।
JOH 16:4 मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि त्यो घडी आउँदा मैले तिमीहरूलाई तिनीहरूको बारेमा भनेको कुरा तिमीहरूले सम्झन सक । मैले तिमीहरूलाई यी कुराहरू पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै नै थिएँ ।
JOH 16:5 तर अहिले म मलाई पठाउनुहुनेकहाँ जाँदै छु, तर पनि तिमीहरू कसैले पनि ‘तपाईं कहाँ जाँदै हुनुहन्छ ?’ भनी मलाई सोध्दैनौ ।
JOH 16:6 तर मैले तिमीहरूलाई यी कुराहरू भनेको कारण, तिमीहरूको हृदय निराशाले भरिएको छ ।
JOH 16:7 म तिमीहरूलाई साँचो भन्दछुः म जानु नै तिमीहरूको निम्ति असल छ । किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु ।
JOH 16:8 जब सल्लाहकार आउनुहुन्छ, उहाँले संसारलाई पाप र धार्मिकता र न्यायको बारेमा गलत साबित गर्नुहुनेछ–
JOH 16:9 पापको बारेमा, किनभने तिनीहरूले ममा विश्‍वास गर्दैनन्;
JOH 16:10 धार्मिकताको बारेमा, किनकि म पिताकहाँ जाँदै छु र अब उप्रान्त तिमीहरूले मलाई देख्‍नेछैनौ;
JOH 16:11 अनि न्यायको बारेमा, किनकि यस संसारको शासकको न्याय गरिएको छ ।
JOH 16:12 मैले तिमीहरूलाई धेरै कुरा भन्‍नु छ, तर तिमीहरू अहिल्यै ती कुराहरू बुझ्दैनौ ।
JOH 16:13 तर जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्‍याउनुहुनेछ, किनकि उहाँ आफ्नो निम्ति बोल्नुहुनेछैन । तर उहाँले जे सुन्‍नुहुन्छ, त्यही बोल्नुहुनेछ र के हुनेछ भनी उहाँले तिमीहरूलाई बताउनुहुनेछ ।
JOH 16:14 उहाँले मलाई महिमित तुल्याउनुहुनेछ, किनकि उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले ती तिमीहरूलाई बताउनुहुनेछ ।
JOH 16:15 पितासँग भएका सबै थोक मेरा हुन् । यसकारण उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले यो तिमीहरूलाई बताउनुहुनेछ भनी मैले भनेको हुँ ।
JOH 16:16 अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।
JOH 16:17 तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदै छु’ भनेर उहाँले हामीलाई के भन्‍नुभएको हो ?”
JOH 16:18 त्यसैले तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर के भन्‍नुभएको ? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ ? सो हामी जान्‍दैनौ ।”
JOH 16:19 तिनीहरूले येशूलाई सोध्‍न चाहेको उहाँले देख्‍नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले एक आपसमा सोधेको कुरा यही हो कि जसको बारेमा मैले भनेँ ‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ’ ।”
JOH 16:20 म तिमीहरूलाई साँचो साँचो भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ; तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको निराशा आनन्दमा बद्‌लिनेछ ।
JOH 16:21 जब स्‍त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनकि तिनको समय आएको छ, तर जब तिनले बच्‍चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्‍ने आनन्दले तिनलाई पीडाको सम्झना हुँदैन ।
JOH 16:22 त्यसैले तिमीहरू पनि अहिले निराश हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु; अनि तिमीहरूको हृदय खुसी हुनेछ र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्‍नेछैन ।
JOH 16:23 त्यस दिन तिमीहरूले मलाई कुनै पनि कुरा माग्‍नेछैनौ । साँचो साँचो म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले मेरो नाउँमा मेरा पितासँग कुनै थोक माग्यौ भने यो उहाँले तिमीहरूलाई दिनुहुनेछ ।
JOH 16:24 अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग र तिमीहरूले पाउनेछौ, ताकि तिमीहरूको आनन्द पूर्ण होस् ।
JOH 16:25 मैले तिमीहरूलाई यी कुराहरू आलङ्कारिक भाषामा भनेको छु, तर मैले आलङ्कारिक भाषा नबोली तिमीहरूलाई पिताको बारेमा स्पष्‍ट रूपमा बताउने समय आउँदै छ ।
JOH 16:26 त्यस दिन तिमीहरूले मेरो नाउँमा माग्‍नेछौ, र म तिमीहरूको निम्ति पितासँग प्रार्थना गर्नेछु भनेर म तिमीहरूलाई भन्दिनँ,
JOH 16:27 किनकि तिमीहरूले मलाई प्रेम गरेका हुनाले र म पिताबाट आएँ भनी तिमीहरूले विश्‍वास गरेका हुनाले पिता आफैँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ ।
JOH 16:28 म पिताबाट आएँ । म संसारमा आएको छु । फेरि म संसार छोड्दै छु, र म पिताकहाँ जाँदै छु ।”
JOH 16:29 उहाँका चेलाहरूले भने, “हेर्नुहोस्, अहिले तपाईं स्पष्‍ट रूपमा बोल्दै हुनुहुन्छ अनि तपाईंले आलङ्कारिक भाषा प्रयोग गरिरहनुभएको छैन ।
JOH 16:30 अब हामी जान्दछौँ, कि तपाईं सबै थोक जन्‍नुहुन्छ, अनि कसैले तपाईंलाई प्रश्‍न सोध्‍नु आवश्यक छैन । त्यही कारणले हामी विश्‍वास गर्छौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएको हो ।”
JOH 16:31 येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्‍वास गर्छौ ?
JOH 16:32 हेर, तिमीहरू छरपष्‍ट हुने अर्थात् सबै आ-आफ्नो घरतिर जाने, र मलाई एकलै छोड्ने समय आउँदै छ, । वास्तवमा त्यो समय आइसकेको छ । तरै पनि म एकलो हुन्‍नँ, किनभने पिता मसँग हुनुहुन्छ ।
JOH 16:33 मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु ।
JOH 17:1 येशूले यी कुराहरू भनिसक्‍नुभएपछि स्वर्गतिर आफ्ना आँखा उचालेर भन्‍नुभयो, “पिता, समय आएको छ; आफ्ना पुत्रलाई महिमित पार्नुहोस्, ताकि पुत्रले तपाईंलाई महिमित पारोस्,
JOH 17:2 जसरी तपाईंले पुत्रलाई सारा शरीरमाथि अधिकार दिनुभयो, ताकि जसलाई तपाईंले तिनलाई दिनुभएको छ तिनीहरू सबैलाई अनन्त जीवन मिलोस् ।
JOH 17:3 यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचा परमेश्‍वर, र जसलाई तपाईंले पठाउनुभएको छ अर्थात् येशू ख्रीष्‍टलाई चिनून् ।
JOH 17:4 मैले संसारमा तपाईंलाई महिमित तुल्याएको छु । तपाईंले मलाई गर्न दिनुभएको काम मैले सिद्‌ध्याएको छु ।
JOH 17:5 अब, हे पिता, संसार बनिनुभन्दा अगि नै मसँग तपाईंमा भएको महिमाले मलाई तपाईंसँगै महिमित पार्नुहोस् ।
JOH 17:6 तपाईंले मलाई संसारबाट दिनुभएका मानिसहरूकहाँ मैले तपाईंको नाउँ प्रकट गरेँ । तिनीहरू तपाईंका थिए, र तपाईंले तिनीहरू मलाई दिनुभयो, अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन् ।
JOH 17:7 अब तपाईंले मलाई दिनुभएका सबै थोक तपाईंबाट नै आउँदछन् भनी तिनीहरू जान्दछन्,
JOH 17:8 किनकि मैले सबै वचनहरू तिनीहरूलाई दिएको छु जुन तपाईंले मलाई दिनुभयो । तिनीहरूले ती ग्रहण गरे र म तपाईंबाटै आएको हुँ भनेर तिनीहरूले साँच्‍चै जाने र तपाईंले नै मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्‍वास गरे ।
JOH 17:9 म तिमीहरूका लागि प्रार्थना गर्दछु । म संसारको निम्ति प्रार्थना गर्दिनँ, तर तपाईंले मलाई दिनुभएकाहरूका निम्ति प्रार्थना गर्छु, किनकि तिनीहरू तपाईंका हुन् ।
JOH 17:10 सबै जो मेरा हुन्, ती तपाईंका हुन् र तपाईंका सबै मेरा हुन्; म तिनीहरूमा महिमित हुन्छु ।
JOH 17:11 अब उप्रान्त म संसारमा हुन्‍नँ, तर यी मानिसहरू संसारमा छन् र म तपाईंकहाँ आउँदै छु । हे पवित्र पिता, यिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिनुहोस् जसलाई तपाईंले मलाई दिनुभएको छ, ताकि जसरी हामी एक छौँ त्यसरी नै तिनीहरू एक होऊन् ।
JOH 17:12 म तिनीहरूसँग हुँदा मैले तिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिएँ, जसलाई तपाईंले मलाई दिनुभएको छ । मैले तिनीहरूलाई सुरक्षा दिएँ, र विनाशको पुत्रबाहेक तिनीहरूमध्ये कोही पनि नष्‍ट भएन, ताकि धर्मशास्‍त्र पुरा होस् ।
JOH 17:13 अब म तपाईंकहाँ आउँदै छु, तर म यी कुराहरू संसारमा नै भनिरहेको छु, ताकि तिनीहरूले मेरो आनन्द तिनीहरूमा पुरा गरून् ।
JOH 17:14 मैले तिनीहरूको वचन दिएको छु, संसारले तिनीहरूलाई घृणा गरेको छ, किनभने जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन् ।
JOH 17:15 तपाईंले तिनीहरूलाई संसारबाट लैजानु होस् भनेर होइन, तर तिनीहरूलाई दुष्‍टबाट बचाउनुहोस् भनी म तपाईंसँग बिन्ती गर्दछु ।
JOH 17:16 जस्तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन् ।
JOH 17:17 तिनीहरूलाई सत्यतामा आफ्नै लागि समर्पण गर्नुहोस् । तपाईंको वचन सत्य छ ।
JOH 17:18 जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, त्यसरी नै मैले तिनीहरूलाई संसारमा पठाएको छु ।
JOH 17:19 तिनीहरूका खातिर म आफैँलाई समर्पण गर्दछु, ताकि तिनीहरू आफैँ पनि सत्यतामा तपाईंमा समर्पण गरिनेछन् ।
JOH 17:20 म यिनीहरूका लागि मात्र होइन तर तिनीहरूका लागि पनि प्रार्थना गर्दछु जसले तिनीहरूको वचनद्वारा मलाई विश्‍वास गर्नेछन्,
JOH 17:21 ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् । म यो प्रार्थना गर्दछु, कि तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गरोस् ।
JOH 17:22 तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन् ।
JOH 17:23 म तिनीहरूमा छु, र तपाईं ममा हुनुहुन्छ, ताकि तिनीहरू एक भएर पूर्ण होऊन्, ताकि तपाईंले मलाई पठाउनुभएको थियो भनी संसारले जानोस्, अनि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै मैले तिनीहरूलाई पनि प्रेम गरेँ ।
JOH 17:24 हे पिता, जसलाई तपाईंले मलाई दिनुभएको छ तिनीहरू म जहाँ छु त्यहीँ होऊन् भन्‍ने म चाहन्छु, ताकि तिनीहरूले मेरो महिमा देखून् जुन तपाईंले मलाई दिनुभएको छ । किनभने तपाईंले मलाई संसारको सृष्‍टिअगि देखि नै प्रेम गर्नुभएको छ ।
JOH 17:25 हे धर्मी पिता, यो संसारले तपाईंलाई चिनेन, तर म तपाईंलाई चिन्दछु; र तपाईंले मलाई पठाउनुभयो भनी यिनीहरू जान्दछन् ।
JOH 17:26 मैले तपाईंको नाउँलाई तिनीहरूका बिचमा परिचित तुल्याएको छु र मैले यसलाई परिचित तुल्याउनेछु, ताकि जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभयो, त्यो तिनीहरूमा रहोस् र म तिनीहरूमा रहनेछु ।
JOH 18:1 यी कुराहरू बोलिसक्‍नुभएपछि येशू आफ्ना चेलाहरूसित किद्रोन उपत्यकाको अर्कोपट्टि जानुभयो । त्यहाँ एउटा बगैँचा थियो जसमा उहाँ र उहाँका चेलाहरू प्रवेश गर्नुभयो ।
JOH 18:2 उहाँलाई विश्‍वासघात गर्ने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो, किनकि येशू आफ्ना चेलाहरूसित प्रायः त्यस बगैँचामा जानुहुन्थ्यो ।
JOH 18:3 अनि मुख्य पुजारीहरू, फरिसीहरू र अधिकारीहरूसहित सिपाहीहरूको एक समूह लिएर यहूदा लालटिन, राँको र हतियारहरूसहित त्यहाँ आए ।
JOH 18:4 के भइरहेको थियो भनी सबै थोक जान्‍नुहुने येशू अगाडि आउनुभयो र भन्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ ?”
JOH 18:5 तिनीहरूले उहाँलाई जवाफ दिए, “नासरतका येशूलाई ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म उही हुँ ।” उहाँलाई विश्‍वासघात गर्ने यहूदा पनि सिपाहीहरूसँगै उभिरहेको थियो ।
JOH 18:6 त्यसैले, जब येशूले “म उही हुँ” भन्‍नुभयो तिनीहरू पछाडि हटे अनि जमिनमा ढले ।
JOH 18:7 अनि उहाँले तिनीहरूलाई फेरि सोध्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई ।”
JOH 18:8 येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनेँ, म उही हुँ । त्यसैले, यदि तिमीहरू मलाई खोजिरहेका छौ भने, यिनीहरूलाई जान देओ ।”
JOH 18:9 यो “तपाईंले मलाई दिनुभएकाहरूमध्‍ये, मैले कसैलाई पनि गुमाइनँ” भनी उहाँले भन्‍नुभएको वचन पुरा हुनको निम्ति थियो ।
JOH 18:10 तब सिमोन पत्रुस जससँग तरवार थियो, तिनले त्यो थुतेर प्रधान पुजारीका नोकरलाई प्रहार गरे, र उसको दायाँ कान काटिदिए । त्यस नोकरको नाम माल्खस थियो ।
JOH 18:11 येशूले पत्रुसलाई भन्‍नुभयो, “तरवारलाई म्यानमा नै राख । के पिताले मलाई दिनुभएको कचौरा मैले पिउनु पर्दैन र ?”
JOH 18:12 त्यसैले, सिपाहीहरूको समूह, कप्‍तान र यहूदी अधिकारीहरूले येशूलाई पक्रे र बाँधे ।
JOH 18:13 तिनीहरूले पहिले उहाँलाई हन्‍नासकहाँ लगे, किनकि तिनी कैयाफाका ससुरा थिए जो त्यस वर्षका प्रधान पुजारी थिए ।
JOH 18:14 मानिसहरूको निम्ति एक जना मर्नु उत्तम हुन्छ भनी यहूदीहरूलाई सल्लाह दिने व्यक्‍ति कैयाफा नै थिए ।
JOH 18:15 सिमोन पत्रुस येशूको पछिपछि लागे, र अर्का चेलाले पनि त्यसै गरे । ती चेलाको प्रधान पुजारीसँग चिनजान थियो, र तिनी येशूसँगै प्रधान पुजारीका आँगनभित्र पसे ।
JOH 18:16 तर पत्रुसचाहिँ बाहिर ढोकामा नै उभिरहेका थिए । त्यसैले, प्रधान पुजारीसँग चिनजान भएका अर्का चेला बाहिर गए र ढोकाकी महिला पालेसँग कुरा गरे, र पत्रुसलाई भित्र ल्याए ।
JOH 18:17 तब महिला दासी अर्थात् ढोकाकी पालेले पत्रुसलाई भनिन्, “के तिमी पनि यी मानिसका चेलाहरूमध्ये एक जना होइनौ र ?” तिनले भने, “म होइनँ ।”
JOH 18:18 अब नोकरहरू र अधिकारीहरू त्यहाँ उभिरहेका थिए, र तिनीहरूले आगोको भुङ्‌ग्रो बनाएका थिए, किनकि जाडो थियो, अनि तिनीहरूले आफैँलाई न्यानो बनाइराखेका थिए । आफूलाई न्यानो पार्दै पत्रुस पनि तिनीहरूसँगै उभिरहेका थिए ।
JOH 18:19 प्रधान पुजारीले येशूलाई उहाँका चेलाहरू र उहाँको शिक्षाको बारेमा सोधपुछ गरे ।
JOH 18:20 येशूले तिनलाई जवाफ दिनुभयो, “म संसारसँग खुल्लमखुल्ला बोलेको छु । मैले सधैँ मन्दिर र सभाघरहरूमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन् । मैले कुनै पनि कुरा गुप्‍तमा भनेको छैन ।
JOH 18:21 तपाईंहरूले मलाई किन सोध्‍नुहुन्छ ? तिनीहरूलाई नै सोध्‍नुहोस् जसले मैले भनेको सुनेका छन् । हेर, मैले भनेका कुरा यी मानिसहरूले जान्दछन् ।”
JOH 18:22 जब येशूले यो कुरा भन्‍नुभयो, त्यहाँ उभिरहेकाहरूमध्ये एक जनाले येशूलाई एक मुक्‍का हाने, र भने, “के प्रधान पुजारीलाई जवाफ दिने तेरो तरिका त्यही हो ?”
JOH 18:23 येशूले त्यसलाई जवाफ दिनुभयो, “यदि मैले गलत तवरले बोलेँ भने, त्यो गलत कुराको गवाही देऊ, तर यदि मैले ठिकसँग बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ ?”
JOH 18:24 अनि हन्‍नासले येशूलाई बाँधेकै अवस्थामा प्रधान पुजारी कैयाफाकहाँ पठाए ।
JOH 18:25 अब सिमोन पत्रुसचाहिँ उभिएर आफूलाई न्यानो पार्दै थिए । अनि मानिसहरूले तिनलाई भने, “के तिमी पनि त्यसका चेलाहरूमध्येका एक जना होइनौ ?” तिनले यसलाई इन्कार गरे, र भने, “म होइनँ ।”
JOH 18:26 अनि प्रधान पुजारीका नोकरहरूमध्ये पत्रुसले कान काटिदिएका नोकरका एक जना नातेदारले भने, “के मैले तिमीलाई बगैँचामा तिनीसित देखिनँ र ?”
JOH 18:27 पत्रुसले फेरि इन्कार गरे र तुरुन्तै भाले बास्यो ।
JOH 18:28 त्यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट राज्यपालको महलमा लगे । बिहान सबेरै थियो, तिनीहरू राज्यपालको महलमा पसेनन्, ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार-चाड खान सकून् ।
JOH 18:29 त्यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदै छौ ?”
JOH 18:30 तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिसले खराबी नगरेको भए हामीले यसलाई तपाईंकहाँ सुम्‍पने थिएनौँ ।”
JOH 18:31 त्यसकारण, पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले यिनलाई लैजाऊ र आफ्नो व्यवस्थाअनुसार यिनको न्याय गर ।” अनि यहूदीहरूले तिनलाई भने, “कुनै मानिसलाई मृत्युदण्ड दिनु हाम्रो लागि न्यायसङ्गत छैन ।
JOH 18:32 उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्‍नुभएको उहाँको वचन पुरा होस् भनेर यसो भएको थियो ।
JOH 18:33 त्यसपछि पिलातस फेरि राज्यपालको महलभित्र पसे, अनि येशूलाई बोलाए र तिनले उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ ?”
JOH 18:34 येशूले जवाफ दिनुभयो, “तपाईं आफैँले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो ?”
JOH 18:35 पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र ? तिम्रा आफ्‍नै मानिसहरू र तिम्रा मुख्य पुजारीहरूले नै तिमीलाई मकहाँ सुम्‍पेका छन् । तिमीले के गर्‍यौ ?”
JOH 18:36 येशूले जवाफ दिनुभयो, “मेरो राज्य यो संसारको होइन । यदि मेरो राज्य यस संसारको हिस्सा थियो भने, मेरा सेवकहरू लड्ने थिए, ताकि मलाई यहूदीहरूको हातमा सुम्पियोस् । तर मेरो राज्य यस संसारको होइन ।”
JOH 18:37 तब पिलातसले उहाँलाई भने, “त्यसो भए तिमी राजा नै हौ त ?” येशूले जवाफ दिनुभयो, “तपाईं नै मलाई राजा भन्‍नुहुन्छ । म यही उद्देश्‍यको निम्ति जन्मिएको हुँ, अनि म यही उद्देश्‍यको निम्ति म यस संसारमा आएको छु, ताकि मैले सत्यको गवाही दिऊँ । सत्यका सबैले मेरो आवाज सुन्छन् ।”
JOH 18:38 पिलातसले उहाँलाई भने, “सत्य के हो ?” जब तिनले यसो भने, तिनी फेरि यहूदीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “म यस मानिसमा कुनै अपराध पाउँदिन ।”
JOH 18:39 तर निस्तार-चाडमा मैले तिमीहरूका निम्ति एक जनालाई छोडिदिने तिमीहरूको प्रचलन छ । त्यसैले, के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडी दिऊँ भन्‍ने तिमीहरू चाहन्छौ ?”
JOH 18:40 तब तिनीहरूले फेरि कराए, र भने, “यस मानिसलाई होइन, तर बारब्बालाई छोडिदिनुहोस् ।” बारब्बाचाहिँ एक डाँकु थिए ।
JOH 19:1 तब पिलातसले येशूलाई लगे र उहाँलाई कोर्रा लगाए ।
JOH 19:2 सिपाहीहरूले काँडाको मुकुट बनाए । तिनीहरूले यसलाई येशूको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी रङको वस्‍त्र पहिर्‍याइदिए ।
JOH 19:3 तिनीहरू उहाँकहाँ आए, र भने, “यहूदीहरूका राजाको जय होस् !” अनि तिनीहरूले उहाँलाई मुक्‍का हाने ।
JOH 19:4 तब पिलातस फेरि बाहिर गए, र तिनीहरूलाई भने, “हेर, मैले यिनलाई तिमीहरूकहाँ बाहिर ल्याउँदै छु, ताकि मैले यिनमा कुनै दोष पाउँदिनँ भन्‍ने तिमीहरूले जान्‍न सक ।”
JOH 19:5 त्यसैले, येशू बाहिर आउनुभयो । उहाँले काँडाको मुकुट र बैजनी रङको वस्‍त्र लगाउनुभएको थियो । तब पिलातसले तिनीहरूलाई भने, “यी मानिसलाई हेर !”
JOH 19:6 जब मुख्य पुजारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्‍च सोरले कराए, र भने, “त्यसलाई क्रुसमा टाँग, त्यसलाई क्रुसमा टाँग !” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले लैजाओ र यिनलाई क्रुसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ ।”
JOH 19:7 यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्छ ।”
JOH 19:8 जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए,
JOH 19:9 अनि तिनी फेरि राज्यपालको महलभित्र पसे, र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ ?” तर येशूले तिनलाई जवाफ दिनुभएन ।
JOH 19:10 तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ ? मसित तिमीलाई छोडिदिने र क्रुसमा टाँग्‍ने शक्‍ति छ भन्‍ने के तिमीलाई थाहा छैन ?”
JOH 19:11 येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्‍ति छैन । यसकारण, जसले मलाई तपाईंको हातमा सुम्प्यो त्यसको पाप अझ ठुलो हुन्छ ।”
JOH 19:12 यस जवाफमा पिलातसले उहाँलाई छोड्ने कोसिस गरे, तर यहूदीहरू यसो भन्दै कराए, “तपाईंले यो मानिसलाई छोड्नुभयो भने तपाईं कैसरको मित्र हुनुहुन्‍नः जसले आफैँलाई राजा तुल्याउँछ, त्यो कैसरको विरुद्ध बोल्छ ।”
JOH 19:13 जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्गाको पेटी” (हिब्रूमा “गब्बथा”) भनिने ठाउँको न्याय आसनमा बसे ।
JOH 19:14 निस्तारको तयारीको दिनको करिब छैठौँ पहर भएको थियो । पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ !”
JOH 19:15 तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रुसमा टाँग्‍नुहोस् !” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्‍नुपर्ने हो ?” मुख्य पुजारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन ।”
JOH 19:16 तब पिलातसले क्रुसमा टाँग्‍नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे ।
JOH 19:17 तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्‍नो क्रुस आफैँ बोकी, “खप्परे ठाउँ” भन्‍ने ठाउँतिर जानुभयो, जसलाई हिब्रूमा “गलगथा” भनिन्छ ।
JOH 19:18 त्यहाँ तिनीहरूले येशूलाई क्रुसमा टाँगे, उहाँसँगै अरू दुई जना मानिसलाई पनि येशूलाई बिचमा पारेर दुवैपट्टि एक-एक जनालाई क्रुसमा टाँगे ।
JOH 19:19 पिलातसले एउटा चिन्ह पनि लेखे र क्रुसमाथि राखे । त्यहाँ यस्तो लेखिएको थियोः नासरतका येशू, यहूदीहरूका राजा ।
JOH 19:20 यहूदीहरूमध्ये धेरैले यो चिन्ह पढे, किनभने येशूलाई टाँगिएको ठाउँ सहरको नजिकै थियो । यो चिन्ह हिब्रू, ल्याटिन र ग्रिकमा लेखिएको थियो ।
JOH 19:21 तब यहूदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई भने, “यहूदीहरूका राजा नलेख्‍नुहोस् बरु यसले, ‘म यहूदीहरूका राजा हुँ’ भनेको थियो भनी लेख्‍नुहोस् ।”
JOH 19:22 पिलातसले जवाफ दिए, “मैले जे लेखेँ सो लेखेँ ।”
JOH 19:23 सिपाहीहरूले येशूलाई क्रुसमा टाँगेपछि तिनीहरूले उहाँको वस्‍त्र लिए अनि चार भाग बनाए । हरेक सिपाहीको लागि एक-एक भाग पर्‍यो र लबेदा पनि । अब लबेदाचाहिँ सिउनीविनाको माथिदेखि पुरै बुनेको थियो ।
JOH 19:24 तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौँ, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौँ ।” धर्मशास्‍त्रको वचन पुरा होस् यसो भएको थियो, “तिनीहरूले मेरो वस्‍त्र आपसमा भाग लगाए; तिनीहरूले मेरो वस्‍त्रको लागि चिट्ठा हाले ।”
JOH 19:25 सिपाहीहरूले यी कुराहरू गरे । येशूकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्‍नी मरियम र मरियम मग्दलिनी येशूको क्रुसको छेउमा उभिरहेका थिए ।
JOH 19:26 जब येशूले आफ्नी आमा र आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिएको देख्‍नुभयो, उहाँले आफ्नी आमालाई भन्‍नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंका छोरा !”
JOH 19:27 तब उहाँले ती चेलालाई भन्‍नुभयो, “हेर, तिम्री आमा !” त्यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे ।
JOH 19:28 यसपछि येशूले सबै थोक पुरा गरिएको थियो भन्‍ने जान्‍नुभएको हुनाले धर्मशास्‍त्र पुरा हुनको लागि उहाँले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो ।”
JOH 19:29 अमिलो मद्यले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो । त्यसैले, तिनीहरूले अमिलो दाखमद्यले भरिएको स्पन्जलाई हिसपको हाँगामा चोपेर उहाँको मुखमा राखिदिए ।
JOH 19:30 जब येशूले अमिलो लिनुभयो, उहाँले भन्‍नुभयो, “सिद्धियो ।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्मा त्याग्‍नुभयो ।
JOH 19:31 यो तयारीको दिन भएको, र शबाथको अवधिमा शरीर क्रुसमा नरहोस् भन्‍ने हेतुले (किनकि शबाथ महत्त्‍वपूर्ण दिन थियो), यहूदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे ।
JOH 19:32 तब सिपाहीहरू आए, र येशूसँगै क्रुसमा टाँगिएका पहिलो र दोस्रो मानिसका खुट्टा भाँचीदिए ।
JOH 19:33 जब तिनीहरू येशूकहाँ आए, तिनीहरूले उहाँको मृत्यु अगि नै भइसकेको देखे । त्यसैले, तिनीहरूले उहाँका खुट्टा भाँचेनन् ।
JOH 19:34 तापनि सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखमा भालाले घोचे, र तत्कालै रगत र पानी निस्क्यो ।
JOH 19:35 जसले यो देखे तिनले यो गवाही दिएका छन्, र तिनको गवाही सत्य छ । तिनले भनेको सत्य हो भनी तिनी जान्‍दछन् छन्, र तिमीहरूले विश्‍वास गर ।
JOH 19:36 यी कुराहरू यस हेतुले भए, ताकि धर्मशास्‍त्र पुरा होस्, “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन ।”
JOH 19:37 फेरि, अर्को धर्मशास्‍त्रले भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे ।”
JOH 19:38 यी कुराहरूपछि अरिमाथियाका योसेफ येशूका चेला भएका हुनाले (तर यहूदीहरूको डरले तिनी गुप्‍तमा मात्र चेला थिए) तिनले येशूको शरीरलाई लान पाऊँ भनी पिलातससँग अनुरोध गरे । पिलातसले तिनलाई अनुमति दिए । त्यसकारण योसेफ आए, र उहाँको शरीर लगे ।
JOH 19:39 निकोदेमस पनि आए जो पहिले येशूकहाँ राति आएका थिए । तिनले झण्डै तेत्तिस किलो मूर्र र एलवाको मिश्रण ल्याए ।
JOH 19:40 त्यसैले, तिनीहरूले येशूको शरीरलाई लगे र दफनको निम्ति यहूदीहरूको चलनअनुसार मसलासहित सुती कपडाले बेह्रे ।
JOH 19:41 अब उहाँलाई क्रुसमा झुण्ड्याइएको ठाउँमा एउटा बगैँचा थियो, र त्यो बगैँचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कुनै व्यक्‍तिलाई गाडिएको थिएन ।
JOH 19:42 यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यसैमा राखे ।
JOH 20:1 हप्‍ताको पहिले दिन सबेरै अँध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन्, र तिनले चिहानबाट ढुङ्गा हटाइएको देखिन ।
JOH 20:2 यसकारण तिनी दौडिन्, अनि सिमोन पत्रुस र येशूले प्रेम गर्नुभएका अर्का चेलाकहाँ आइन्, र तिनले तिनीहरूलाई भनिन्, “तिनीहरूले हाम्रा प्रभुलाई चिहानबाट निकालेर लगेछन्, अनि तिनीहरूले कहाँ राखेका छन्, हामी जान्दैनौँ ।”
JOH 20:3 तब पत्रुस र ती अर्का चेला बाहिर निस्के र तिनीहरू चिहानतिर गए ।
JOH 20:4 तिनीहरू दुवै जना सँगसँगै दौडे, अर्का चेला चाँडै पत्रुसभन्दा अगि दौडे, अनि चिहानमा पहिले आइपुगे ।
JOH 20:5 तिनले निहुरिएर चिहानभित्र हेरे; तिनले सुतीका कपडाहरू पडिरहेको देखे, तर तिनी भित्र पसेनन् ।
JOH 20:6 सिमोन पत्रुस तिनीपछि आइपुगे र चिहानभित्र गए । तिनले त्यहाँ सुतीका कपडाहरू पडिरहेका देखे,
JOH 20:7 अनि उहाँको शिरको कपडा पनि देखे । यो पडिरहेका कपडाहरूसँग थिएन, तर अलग्‍गै पट्‌ट्याइएको थियो ।
JOH 20:8 त्यसपछि चिहानमा पहिला आइपुग्‍ने ती अर्का चेला पनि भित्र गए, अनि तिनले देखे र विश्‍वास गरे ।
JOH 20:9 त्यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भनी तिनीहरूले अझै पनि धर्मशास्‍त्र बुझेनन् ।
JOH 20:10 यसकारण चेलाहरू फेरि घर गए ।
JOH 20:11 तर मरियमचाहिँ रुँदै चिहानबाहिर उभिएरहेकी थिइन्; तिनले रुँदै निहुरिएर चिहानभित्र हेरिन् ।
JOH 20:12 तिनले सेतो पहिरनमा येशूको शरीर राखिएको शिरपट्टि एक र पाउपट्टि अर्को गरी दुई जना स्वर्गदूत बसिरहेका देखिन् ।
JOH 20:13 तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन् ।”
JOH 20:14 जब तिनले यसो भनिन्, तिनी फर्किन्, अनि तिनले त्यहाँ येशू उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनी तिनले चिनिनन् ।
JOH 20:15 येशूले तिनलाई भन्‍नुभयो, “ए नारी ! तिमी किन रोइरहेकी छ्यौ ? तिमी कसलाई खोज्दै छ्यौ ?” तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन्, र तिनले भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्‍नुभएको छ, र म उहाँलाई लिएर जानेछु ।”
JOH 20:16 येशूले तिनलाई भन्‍नुभयो, “मरियम !” तिनी फर्किन्, र आरमेइक भाषामा उहाँलाई भनिन् “रब्बोनी” (जसको अर्थ हुन्छ, “गुरु” ) ।
JOH 20:17 येशूले तिनलाई भन्‍नुभयो, “मलाई नछोऊ, किनभने म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जानेछु ।”
JOH 20:18 मरियम मग्दलिनी चेलाहरूकहाँ आइन्, र तिनलाई उहाँले भन्‍नुभएका यी कुराहरू बताइन् र भनिन्, “मैले प्रभुलाई देखेँ ।”
JOH 20:19 हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्यसका ढोकाहरू बन्द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति !”
JOH 20:20 जब उहाँले तिनीहरूलाई यो भन्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो । चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए ।
JOH 20:21 तब येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् । जसरी पिताले मलाई पठाउनुभएको छ त्यसरी नै म तिमीहरूलाई पनि पठाउँदै छु ।”
JOH 20:22 जब येशूले यसो भन्‍नुभयो उहाँले तिनीहरूमाथि सास फुक्‍नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “पवित्र आत्मा लेओ ।
JOH 20:23 तिमीहरूले जसका पापहरू क्षमा गर्छौ ती तिनीहरूका निम्ति क्षमा गरिन्छन्; जसका पापहरू तिमीहरू कायम राख्‍छौ, ती कायम राखिन्छन् ।”
JOH 20:24 येशू आउनुहुँदा बाह्र जना चेलामध्ये दिदुमस भनिने थोमाचाहिँ तिनीहरूसँग थिएनन् ।
JOH 20:25 पछि अरू चेलाहरूले “हामीले प्रभुलाई देख्यौँ” भनी तिनलाई बताए । तिनले तिनीहरूलाई भने, “मैले उहाँका हातका काँटीहरूका डोबहरू नदेखेसम्म र मेरो औँला त्यहाँ नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्‍वास गर्नेछैनँ ।”
JOH 20:26 आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए, र थोमा पनि तिनीहरूसँगै थिए । ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति !”
JOH 20:27 त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रा औला यहाँ हाल, र मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्‍वासी नहोऊ, तर विश्‍वास गर ।”
JOH 20:28 थोमाले जवाफ दिए, र उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्‍वर !”
JOH 20:29 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारणले विश्‍वास गरेका छौ । धन्य हुन् तिनीहरू जसले देखेका छैनन् र पनि विश्‍वास गरेका छन् ।”
JOH 20:30 यस पुस्तकमा नलेखिएका अरू धेरै चिन्हहरू येशूले चेलाहरूको उपस्थितिमा गर्नुभयो,
JOH 20:31 तर यीचाहिँ लेखिएका छन्, ताकि येशू नै ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्‍वास गर्न सक र विश्‍वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक ।
JOH 21:1 यी कुराहरूपछि येशू आफैँ फेरि तिबेरियास समुद्रमा चेलाहरूकहाँ देखा पर्नुभयो, उहाँ यसरी देखा पर्नुभयो ।
JOH 21:2 सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानाका नथानेल, जब्दियाका छोराहरू, र येशूका अरू दुई चेलासँगै थिए ।
JOH 21:3 सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदै छु ।” तिनीहरूले तिनलाई भने, “हामी पनि तिमीसँगै आउनेछौँ ।” तिनीहरू गए, र डुङ्गामा चढे, तर रातभरिमा तिनीहरूले कुनै पनि माछा पक्रेनन् ।
JOH 21:4 अब बिहान सबेरै थियो । येशू समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन् ।
JOH 21:5 त्यसैले, येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ ?” उनीहरूले उहाँलाई जवाफ दिए, “छैन ।”
JOH 21:6 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” त्यसैले, तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्‍न सकेनन् ।
JOH 21:7 तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्‍ने सुने, तिनले तिनको बाहिरी वस्‍त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा आफैँ हाम्फाले ।
JOH 21:8 अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए ।
JOH 21:9 जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे ।
JOH 21:10 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ ।”
JOH 21:11 तब सिमोन पत्रुस गए, र एक सय त्रिपन्‍नवटा ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए । त्यहाँ यति धैरै माछाहरू थिए, तर पनि जाल च्यातिएन ।
JOH 21:12 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, र खाजा खाओ ।” कुनै पनि चेलाले “तपाईं को हुनुहुन्छ ?” भनी उहाँलाई सोध्‍ने साहस गरेन ।
JOH 21:13 येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो ।
JOH 21:14 मृत्युबाट जीवित हुनुभएपछि येशूले आफूलाई चेलाहरूकहाँ प्रकट गर्नुभएको यो तेस्रो पटक थियो ।
JOH 21:15 तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्‍नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ ।”
JOH 21:16 उहाँले तिनलाई फेरि दोस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूको हेरचाह गर ।”
JOH 21:17 उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ ?” भनी तेस्रो पटक सोध्‍नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।”
JOH 21:18 साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैँ कपडा लगाउँथ्यौ र जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ ।
JOH 21:19 पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्‍वरलाई महिमा दिन्छ भनी सङ्केत गर्न येशूले यसो भन्‍नुभयो । उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।”
JOH 21:20 पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्‍ने र उहाँलाई, “प्रभु, तपाईंलाई विश्‍वासघात गर्ने को हो ?” भनी सोध्‍ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे ।
JOH 21:21 पत्रुसले तिनलाई देखे, र येशूलाई भने, “प्रभु, यी मानिसले चाहिँ के गर्नेछन् ?”
JOH 21:22 येशूले तिनलाई भन्‍नुभयो, “यदि म नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त ? मलाई पछ्याऊ ।”
JOH 21:23 त्यसैले, ती चेला मर्नेछैनन् भन्‍ने यो भनाइ भाइहरूमाझ फैलियो । तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्‍नुभएन, तर “यदि म नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त ?” भन्‍नुभएको थियो ।
JOH 21:24 यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्‍ने यिनै चेला हुन्, र हामी जान्‍दछौँ, कि तिनको गवाही सत्य छ ।
JOH 21:25 येशूले गर्नुभएका अरू धेरै कुराहरू पनि छन् । यदि ती सबै लेखिएका भए, मलाई लाग्छ, ती लेखिएका पुस्तकहरू संसारमा पनि अटाउने थिएनन् ।
ACT 1:1 थियोफिलस, मैले पहिला लेखेको पुस्तकले येशूलाई माथि नलगिएसम्म उहाँले गर्न र सिकाउन थाल्नुभएका सबै कुरा बताएको छ ।
ACT 1:2 उहाँले चुन्‍नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा उहाँले आज्ञा दिनुभएपछि यसो भएको थियो ।
ACT 1:3 उहाँको कष्‍टभोगपछि उहाँले धेरै विश्‍वसनीय प्रमाणसहित आफैँलाई तिनीहरूकहाँ जीवित प्रस्तुत गर्नुभयो । उहाँ चालिस दिनसम्म उनीहरूकहाँ देखा पर्नुभयो र परमेश्‍वरको राज्यको बारेमा बताउनु भयो ।
ACT 1:4 उहाँले तिनीहरूसँग भेटघाट गरिरहँदा उहाँले तिनीहरूलाई यरूशलेम नछोड्न, तर पिताको प्रतिज्ञाको प्रतीक्षा गर्नलाई आज्ञा दिनुभयो । त्यसको बारेमा उहाँले भन्‍नुभयो, “तिमीहरूले मबाट सुन्यौ
ACT 1:5 कि वास्तवमा यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर केही दिनमा नै तिमीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ ।
ACT 1:6 तिनीहरू सँगै भेलाहुँदा, तिनीहरूले उहाँलाई सोधे, “प्रभु, के तपाईंले इस्राएल राज्य पुनर्स्थापना गर्नुहुने समय यही हो ?”
ACT 1:7 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “पिताले उहाँको अधिकारद्वारा तोक्‍नुभएको समय र ऋतुहरू जान्‍ने काम तिमीहरूको होइन ।
ACT 1:8 तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्‍त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।”
ACT 1:9 येशूले यी कुराहरू भनिसक्‍नुभएपछि, तिनीहरूले माथि हेरिरहँदा उहाँलाई माथि उठाइयो, र बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो ।
ACT 1:10 उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले स्वर्गतिर उत्कटतापूर्वक हेरिररहेका बेला सेतो वस्‍त्र पहिरेका दुई जना मानिस अचानक तिनीहरूका छेउमा खडा भए ।
ACT 1:11 तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, तिमीहरू यहाँ उभिएर किन स्वर्गतिर हेरिरहन्छौ ? स्वर्ग आरोहण हुनुभएका यी येशूलाई तिमीहरूले जसरी स्वर्गतिर गइरहेका देखेका छौ, उहाँ त्यसरी नै फर्कनुहुनेछ ।
ACT 1:12 त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक शबाथ दिनको यात्रा जति टाढा थियो ।
ACT 1:13 तिनीहरू आइपुगेपछि तिनीहरू बसिरहेका माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्‍ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र यकूबका छोरा यहूदा थिए ।
ACT 1:14 तिनीहरू एकै मनको भएर प्रार्थनामा यत्‍नपूर्वक लागिरहे । त्यहाँ येशूकी आमा मरियम लगायत अन्य महिलाहरू र उहाँका भाइहरू पनि थिए ।
ACT 1:15 ती दिनहरूमा झण्डै १२० जना भाइका माझमा पत्रुस खडा भए र भने,
ACT 1:16 “भाइहरू हो, येशूलाई पक्राऊ गर्नलाई अगुवाइ गर्ने यहूदाको बारे दाऊदको मुखबाट पवित्र आत्माले पहिला नै बोल्नुभएको धर्मशास्‍त्र पुरा हुनु आवश्यक थियो ।
ACT 1:17 किनभने त्यो हामीमध्ये एक जना थियो र त्यसले आफ्नो सेवाकाइको हिस्सा प्राप्‍त गर्‍यो ।”
ACT 1:18 (यो मानिसले उसको दुष्‍ट कर्मको कमाइबाट एउटा खेत किन्यो । त्यसपछि, उसको टाउको तल पारेर खस्यो, उसको शरीर फुट्यो, र उसको सबै आन्द्रा-भुँडी निस्क्यो ।
ACT 1:19 यो कुरा यरूशलेममा बस्‍ने सबैले सुने त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम अखेल्दमा राखे जसको अर्थ “रगतको खेत” हुन्छ । )
ACT 1:20 “किनभने भजनसंग्रहको पुस्तकमा लेखिएको छ, ‘त्यसको खेत उजाड बनाइयोस् र त्यहाँ कोही एक जना पनि नबसोस्’ र ‘त्यसको नेतृत्वको पद अरू कसैले लिओस् ।’
ACT 1:21 यसकारण यो आवश्यक छ कि, यूहन्‍नाको बप्‍तिस्माको दिनदेखि उहाँलाई हामीबाट माथि लगिएको दिनसम्म, प्रभु येशू हाम्रो माझमा भित्र-बाहिर गर्नुहुँदा सधैँभरि हामीलाई साथ दिने मानिसहरूमध्येबाट एक जना हामीसँगै उहाँको उहाँको पुनरुत्थानको साक्षी भएको हुनुपर्छ ।”
ACT 1:23 तिनीहरूले बरब्बा भनिने योसेफ जसको नाउँ युस्तस पनि थियो र मतियास दुई जनालाई अगि सारे ।
ACT 1:24 तिनीहरूले प्रार्थना गरे र भने, “तपाईं प्रभुले सबै मानसिहरूको हृदय जान्‍नु हुन्छ, त्यसैले यी दुई जनामध्ये कसलाई चुन्‍नुभएको छ प्रकट गर्नुहोस्
ACT 1:25 यहूदाले अपराध गरेर उसको ठाउँमा गएपछि खाली भएको यो सेवाकाइ र प्रेरितको पद तिनले लिऊन् ।”
ACT 1:26 उनीहरूले तिनीहरूको निम्ति चिट्ठा हाले; र चिट्ठा मतियासको नाममा पर्‍यो र तिनलाई एघार जना प्रेरितसँगै गनियो ।
ACT 2:1 जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै जना एकै ठाउँमा थिए ।
ACT 2:2 एक्‍कासि स्वर्गबाट जोडसँग शक्तिशाली हावाको झोक्‍का जस्तै आवाज आयो र तिनीहरू बसिरहेको पुरै घर भरियो ।
ACT 2:3 आगोका जिब्राहरू जस्ता तिनीहरूकहाँ देखा परे र भागभाग भएर तिनीहरू हरेकमाथि बसे ।
ACT 2:4 तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले ।
ACT 2:5 यरूशलेममा स्वर्गमुनि भएका हरेक जातिबाट आएका ईश्‍वरभक्त यहूदीहरू बसिरहेका थिए ।
ACT 2:6 जब यो आवाज सुनियो मानिसहरूका भिड एकसाथ आए र अन्योलमा परे किनभने हरेकले तिनीहरू तिनीहरूका आफ्नै भाषामा बोलिरहेका सुने ।
ACT 2:7 तिनीहरू छक्‍क र चकित भए र तिनीहरूले भने, “साँच्‍चै, के यी बोलिरहनेहरू गालीलीहरू होइनन् ?
ACT 2:8 त्यसो भए किन तिनीहरूले हाम्रो आफ्नै भाषाहरूमा नै बोलिरहेका हामी हरेकले सुनिरहेका छौँ ?
ACT 2:9 पार्थीहरू र मादीहरू र एलामीहरू र मेसोपोटामिया, यहूदिया र कापाडोकिया, पोन्टस र एसिया
ACT 2:10 फ्रिगिया र पाम्फिलिया, मिश्र र कुरेनी नजिकका लिबियाका भागहरूका बासिन्दाहरू, र रोमका आगन्तुकहरू,
ACT 2:11 यहूदीहरू र यहूदी मत मान्‍नेहरू, क्रेट निवासी र अरबीहरू छौँ । तिनीहरूले परमेश्‍वरका महान् कामहरूका बारेमा हाम्रै भाषामा बताइरहेका हामीले सुन्दैछौँ ।”
ACT 2:12 तिनीहरू सबै जना चकित र जिल्ल परेर तिनीहरूले एकअर्कालाई भने, “यसको तात्पर्य के हो ?”
ACT 2:13 तर अरूले चाहिँ गिज्याए र भने, “तिनीहरू नयाँ मद्यले टन्‍न भएका छन् ।”
ACT 2:14 तर पत्रुस एघार जनासँगै खडा भएर उच्‍च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्‍ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरो कुरा ध्यान दिएर सुन्‍नुहोस् ।
ACT 2:15 किनभने तपाईंहरूले ठान्‍नुभएजस्तो यी मानिसहरू मातेका छैनन्, कारण अहिले दिनको तेस्रो प्रहर मात्र भएको छ ।
ACT 2:16 तर अगमवक्‍ता योएलद्वारा यो कुरा बोलिएको छः
ACT 2:17 ‘परमेश्‍वर भन्‍नुहुन्छ, “अन्त्यका दिनहरूमा यस्तो हुनेछ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु, तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन् ।
ACT 2:18 ती दिनहरूमा मेरा दास र दासीहरूमाथि म मेरो आत्मा खन्याउनेछु र तिनीहरूले अगमवाणी बोल्नेछन् ।
ACT 2:19 म माथि स्वर्गमा अचम्मका कुराहरू र तल पृथ्वीमा रगत, आगो, र धुवाँको मुस्लोका चिन्हहरू देखाउनेछु ।
ACT 2:20 परमप्रभुको महान् र असाधारण दिन आउनअगि सूर्य अँध्यारोमा र चन्द्रमा रगतमा परिणत हुनेछ ।
ACT 2:21 यस्तो हुनेछ कि परमेश्‍वरको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ ।
ACT 2:22 हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्‍नुहोस्∶ परमेश्‍वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्‍वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ ।
ACT 2:23 परमेश्‍वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो, र तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो ।
ACT 2:24 उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्‍वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।
ACT 2:25 किनभने दाऊदले उहाँको बारेमा भनेकाछन्, ‘परमप्रभुलाई मैले सधैँ मेरो मुहार अगाडि देखेँ । उहाँ मेरो दाहिने हात नजिक हुनुहुन्छ, यसकारण म नडगमगाउनु पर्दैन ।
ACT 2:26 यसकारण मेरो हृदय आनन्दित थियो र मेरो जिब्रोले आनन्द मनायो । मेरो शरीरले पनि दृढतामा वास गर्नेछ ।
ACT 2:27 किनभने तपाईंले मेरो प्राणलाई पातालमा त्याग्‍नुहुनेछैन न त तपाईंले तपाईंका पवित्रजनलाई कुहिन दिनुहुनेछ ।
ACT 2:28 तपाईंले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो । तपाईंले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ ।
ACT 2:29 हे दाजुभाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा दृढतासाथ बोल्न सक्छु∶ तिनी मरे र गाडिए र तिनको चिहान आजको दिनसम्म हामीसँग छ ।
ACT 2:30 यसकारण तिनी एक अगमवक्‍ता थिए र परमेश्‍वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुने थियो भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो ।
ACT 2:31 तिनले यो कुरा पहिला नै देखे र ख्रीष्‍टको पुनरुथानको बारेमा यसरी बताए, ‘उहाँ नत पातालमा त्यागिनु भयो नत उहाँको शरीर नै कुहियो ।’
ACT 2:32 यी नै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो जसको हामी सबै जना साक्षी छौँ ।
ACT 2:33 यसकारण उहाँ परमेश्‍वरको दाहिने हातपट्टि उठाइनुभयो र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाएर, उहाँले यो खन्याउनुभएको छ जुन तपाईंहरू सुन्‍नु र देन्‍नु हुन्छ ।
ACT 2:34 दाऊद आफैँ स्वर्ग चढेनन् तर तिनी भन्‍छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “मेरो दाहिने हातपट्टि बस,
ACT 2:35 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन ।”’
ACT 2:36 यसकारण इस्राएलका सबै घरानाले यो निश्‍चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रुसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट दुवै बनाउनु भयो ।
ACT 2:37 जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छिया-छिया भयो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, “भाइहरू हो, हामी के गरौँ ?”
ACT 2:38 अनि पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ ।
ACT 2:39 यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्‍वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।”
ACT 2:40 अरू धेरै वचनहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई आग्रह गरे । तिनले भने, “यो दुष्‍ट पुस्ताबाट तिमीहरूले आफैँलाई बचाओ ।”
ACT 2:41 तब तिनीहरूले तिनको वचन ग्रहण गरे र बप्‍तिस्मा लिए र झन्डै तिन हजार प्राणहरू त्यस दिन थपिए ।
ACT 2:42 तिनीहरू प्रेरितहरूको शिक्षा र सङ्गति, रोटी भाँच्‍ने कार्य र प्रार्थनामा लागिरहे ।
ACT 2:43 हरेक व्यक्तिमाथि डर छायो र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए ।
ACT 2:44 विश्‍वास गर्नेहरू सबै जना सँगसँगै बस्थे र तिनीहरूका सबै चिज साझा थिए ।
ACT 2:45 र तिनीहरूले आफ्ना सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचे र विश्‍वासीहरूको आवश्यकता अनुसार एकअर्कामा बाँडचुँड गरे ।
ACT 2:46 यसरी तिनीहरू दिनहुँ एकै उद्देश्यसहित मन्दिरमा भेला हुन्थे र तिनीहरूले घरघरमा रोटी भाँच्थे र हृदयको नम्रता र आनन्दसाथ एकअर्कामा भोजन बाँडचुँड गर्थे ।
ACT 2:47 तिनीहरूले परमेश्‍वरको महिमा गर्थे र सबै मानिसहरूमाझ शुभेच्छा थियो । प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्‍नुभयो ।
ACT 3:1 अब पत्रुस र यूहन्‍ना प्रार्थना गर्ने समयको नवौँ घडीमा मन्दिरतिर जाँदै थिए ।
ACT 3:2 त्यहाँ एक जना जन्मैदेखि हिँड्न नसक्‍ने मानिसलाई हरेक दिन ल्याउने गरिन्थ्यो र तिनलाई मन्दिरको सुन्दर नाउँको ढोकामा राखिन्थ्यो, ताकि ती व्यक्तिले त्यस मन्दिरमा गएका मानिसहरूसँग भिक्षा माग्‍न सकून् ।
ACT 3:3 जब तिनले पत्रुस र यूहन्‍नालाई त्यस मन्दिरमा जान लागेका देखे, तिनले उनीहरूसँग भिक्षा मागे ।
ACT 3:4 पत्रुस र यूहन्‍नाले तिनीतर्फ नजर अडाएर भने, “हामीलाई हेर ।”
ACT 3:5 ती मानिसले उनीहरूबाट केही चिज प्राप्‍त गर्ने आशा राखेर उनीहरूलाई हेरे ।
ACT 3:6 तर पत्रुसले भने “मसँग सुन र चाँदी छैन, तर जे मसँग छ त्यो मैले तिमीलाई दिनेछु । नासरतका येशू ख्रीष्‍टको नाउँमा हिँड ।”
ACT 3:7 पत्रुसले तिनको दाहिने हात समाए र तिनलाई उठाए र तुरुन्तै तिनको गोडा र गोलिगाँठोको हड्डीमा बल प्राप्‍त भयो ।
ACT 3:8 ती मानिस उफ्रँदै उठे र हिँड्नलाई सुरु गरे, अनि पत्रुस र यूहन्‍नासँगै हिँड्दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै मन्दिरभित्र प्रवेश गरे ।
ACT 3:9 सबै मानिसहरूले तिनलाई हिँडिरहेको र परमेश्‍वरको प्रशंसा गरिरहेको देखे ।
ACT 3:10 तिनीहरूले देखे कि तिनी त्यही मानिस थिए जो त्यस मन्दिरको सुन्दर ढोकामा भिक्षा माग्‍नलाई बस्दै आइरहेका थिए र तिनमा भएका कुराले तिनीहरू आश्‍चर्य र विस्मयले भरिएका थिए ।
ACT 3:11 तिनले पत्रुस र यूहन्‍नाको हात समाइरहँदा, सबै मानिसहरू अति चकित हुँदै तिनीहरू भएका सोलोमनको दलानतर्फ दगुरे ।
ACT 3:12 जब पत्रुसले यो देखे, तब उनले मानिसहरूलाई जवाफ दिए, “हे इस्राएलका मानिसहरू हो, तपाईंहरू किन आश्‍चर्यचकित हुनुभएको छ ? किन तपाईंहरूले तिनलाई हामीले आफ्नै शक्ति वा धार्मिकताले हिँड्ने बनाएको जस्तै गरी हामीलाई एक टकले हेरिरहनुभएको छ ?
ACT 3:13 अब्राहाम, इसहाक र याकूब हाम्रा पूर्खाका परमेश्‍वरले उहाँका सेवक येशूलाई महिमित पार्नुभएको छ । उहाँ नै हुनुहुन्छ जसलाई तपाईंहरूले पिलातसकहाँ सुम्पनुभयो र तिनले उहाँलाई छोड्ने निर्णय गर्दा पनि तपाईंहरूले तिनको सामु उहाँलाई इन्कार गर्नुभयो ।
ACT 3:14 तपाईंले पवित्र र धर्मी जनलाई इन्कार गर्नुभयो र उहाँको सट्टामा तपाईंहरूले एउटा हत्यारालाई छोडिदिन आग्रह गर्नुभयो ।
ACT 3:15 तपाईंहरूले जीवनका राजकुमारको हत्या गर्नुभयो जसलाई परमेश्‍वरले मृत्युबाट उठाउनुभयो, र हामी यसको साक्षी छौँ ।
ACT 3:16 अब उहाँको नाउँमाथिको विश्‍वासले यी मानिसलाई बलियो बनायो, जसलाई तपाईंले देख्‍नु र जान्‍नुहुन्छ । येशूप्रति यिनको विश्‍वासले यिनलाई तपाईंहरू सबैको सामुन्‍ने पूर्ण स्वास्थ्य प्रदान गरेको छ ।
ACT 3:17 अब भाइहरू हो, तपाईंहरूले तपाईंका शासकहरूलेझैँ अज्ञानतामा कार्य गर्नुभएको कुरा म जान्दछु ।
ACT 3:18 तर उहाँका ख्रीष्‍टले दु∶ख भोग्‍नुपर्छ भनी ती सबै अगमवक्‍ताहरूका मुखबाट परमेश्‍वरले पहिले नै बताउनुभएको थियो जुन कुरा उहाँले अहिले पुरा गर्नुभएको छ ।
ACT 3:19 त्यसकारण, पश्‍चाताप गर्नुहोस् र फर्कनुहोस् ताकि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट ताजा बनाउने समय आओस् ।
ACT 3:20 र उहाँले नियुक्त भइसक्‍नुभएका ख्रीष्‍ट येशूलाई तपाईंहरूका निम्ति पठाउन सक्‍नुहुनेछ ।
ACT 3:21 सबै कुराहरूको पुनर्स्थापना नभएसम्म उहाँलाई स्वर्गले ग्रहण गर्नुपर्छ, जसको बारेमा परमेश्‍वरले उहाँका पवित्र अगमवक्‍ताहरूद्वारा धेरै पहिले देखि बोल्नु भयो ।
ACT 3:22 वास्तवमा मोशाले यसो भने, ‘परमप्रभुले तिमीहरूका दाजुभाइहरूका बिचबाट मजस्तै अगमवक्‍तालाई खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई भन्‍नुहुने सबै कुराहरू तिमीहरूले सुन्‍नुपर्छ ।
ACT 3:23 ती अगमवक्‍ताले भनेको नसुन्‍ने हरेक व्यक्तिलाई मानिसहरूका बिचबाट पूर्ण रूपमा नाश गरिनेछ ।’
ACT 3:24 हो, शमूएलदेखिका र उनीपछि आएका सबै अगमवक्‍ताहरूले यी दिनहरूका बारेमा घोषणा गरे ।
ACT 3:25 तपाईंहरू अगमवक्‍ताका र परमेश्‍वरले तपाईंहरूका पुर्खाहरूसँग गर्नुभएको करारका पुत्रहरू हुनुहुन्छ, जसरी उहाँले अब्राहामलाई भन्‍नुभयो, ‘तिम्रो सन्तानद्वारा नै यस पृथ्वीका सबै परिवारहरू आशिषित हुनेछन् ।’
ACT 3:26 परमेश्‍वरले आफ्ना सेवकलाई उठाउनु भएपछि तपाईंहरूमध्ये हरेकलाई तपाईंहरूको दुष्‍टताबाट फर्काएर तपाईंहरूलाई आशिष् दिनलाई उहाँलाई पहिला तपाईंहरूकहाँ पठाउनुभयो ।”
ACT 4:1 जब पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोलिरहेका थिए, पूजाहारीहरू, मन्दिरका मुख्य व्यक्ति र सदूकीहरू तिनीहरूकहाँ आए ।
ACT 4:2 पत्रुस र यूहन्‍नाले मानिसहरूलाई येशूको बारेमा सिकाइरहेका र उहाँको मृत्युबाट पुनरुत्थान हुनुभएको घोषणा गरिरहेका कारण उनीहरूलाई साह्रै गाह्रो भयो ।
ACT 4:3 उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्यतिबेला साँझ परिसकेको थियो ।
ACT 4:4 तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्‍वास गरे र विश्‍वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो ।
ACT 4:5 अर्को दिन तिनीहरूका शासकहरू, एल्डरहरू र शास्‍त्रीहरू यरूशलेममा जम्मा भए ।
ACT 4:6 प्रधान पूजाहारी हन्‍नास, कैयाफा, यूहन्‍ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका अरू सबै आफन्तहरू त्यहाँ थिए ।
ACT 4:7 जब उनीहरूले पत्रुस र यूहन्‍नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले कुन शक्ति वा कुन नाउँमा यसो गरेका हौ ?”
ACT 4:8 अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे जनताहरूका शासकहरू र एल्डरहरू हो,
ACT 4:9 यदि यो मानिसलाई कसरी ठिक पारियो भनी यो बिरामी मानिसलाई गरेको असल कामको बारेमा आज हामीलाई नै प्रश्‍न गरिदैँछ भने,
ACT 4:10 तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि, तपाईंहरूले क्रुसमा टाँग्‍नुभएका र परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्‍टको नाउँद्वारा नै भएको हो कि यो मानिस तपाईंहरूको बिचमा यहाँ स्वस्थ भएर उभिएको छ ।
ACT 4:11 येशू ख्रीष्‍ट त्यो ढुङ्गा हुनुहुन्छ जसलाई तपाईं घर निर्माणकर्ताहरूले इन्कार गर्नुभयो तर उहाँ नै मुख्य कुनेढुङ्गा हुनुभयो ।
ACT 4:12 अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”
ACT 4:13 जब तिनीहरूले पत्रुस र यूहन्‍नाको साहस देखे र महसुस गरे कि उनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्‍ना येशूसँगै रहने गर्दथे भन्‍ने कुरा थाहा पाएर तिनीहरू छक्‍क परे ।
ACT 4:14 उनीहरूले त्यो निको भएको मानिस तिनीहरूसँगै उभिरहेको देखेको कारण तिनीहरूका विरुद्ध केही बोल्न सकेनन् ।
ACT 4:15 तर प्रेरितहरूलाई परिषद् बैठक छोड्न आज्ञा दिएपछि उनीहरू एकआपसमा कुरा गर्न थाले ।
ACT 4:16 उनीहरूले भने, “यी मानिसहरूलाई हामी के गरौँ ? किनकि तिनीहरूद्वारा गरिएको उल्लेखनीय आश्‍चर्यकर्मको वास्तविकता यरूशलेममा बस्‍ने हरेक मनिसलाई थाहा छ; हामी यसलाई इन्कार गर्न सक्दैनौँ ।
ACT 4:17 तर यो कुरा अझ बढी मानिसहरू बिचमा नफैलियोस् भनेर तिनीहरूलाई यो नाउँमा अब उसो कसैसँग पनि नबोल्नू भनी चेताउनी दिऔँ ।”
ACT 4:18 तिनीहरूले पत्रुस र यूहन्‍नालाई भित्र बोलाए र येशूको नाउँमा बोल्दै नबोल्नू न त शिक्षा नै दिनू भनी आज्ञा दिए ।
ACT 4:19 तर पत्रुस र यूहन्‍नाले उनीहरूलाई जवाफ दिए र भने, “परमेश्‍वरको नजरमा उहाँको भन्दा बढी तपाईंहरूको आज्ञापालन गर्नु उचित हो कि होइन, तपाईंहरू नै न्याय गर्नुहोस् ।
ACT 4:20 किनकि हामीले देखेका र सुनेका कुराहरूको बारेमा हामी नबोली रहन सक्दैनौँ ।”
ACT 4:21 अझ बढी चेताउनी दिएपछि उनीहरूले पत्रुस र यूहन्‍नालाई जान दिए । उनीहरूले तिनीहरूलाई दण्ड दिनको निम्ति कुनै पनि दोष भेट्टाउन सकेनन्, किनभने तिनीहरूले जे गरेका थिए त्यसको निम्ति मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए ।
ACT 4:22 यो चंगाइको आश्‍चर्यकर्म अनुभव गर्ने मानिस चालिस वर्षभन्दा माथिका थिए ।
ACT 4:23 तिनीहरूलाई स्वतन्‍त्र छोडेपछि, पत्रुस र यूहन्‍ना आफ्नै मानिसहरूकहाँ आए र प्रधान पूजाहारीहरू र एल्डरहरूले तिनीहरूलाई भनेका सबै कुराको प्रतिवेदन दिए ।
ACT 4:24 तिनीहरूले यो सुनेपछि आफ्ना आवाज परमेश्‍वरमा एकसाथ उचाले र भने, “हे प्रभु, तपाईं जसले आकास र पृथ्वी र समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो,
ACT 4:25 तपाईं जो पवित्र आत्माद्वारा तपाईंका सेवक हाम्रा पिता दाऊदको मुखद्वारा बोल्नुभयो, ‘अरू जातिहरू किन क्रोधित भए र मानिसहरूले अर्थहीन कुराहरू कल्पना गरे ?
ACT 4:26 परमप्रभु र उहाँका ख्रीष्‍टको विरुद्धमा पृथ्वीका राजाहरू एक मत भए र शासकहरू एकसाथ भेला भए ।
ACT 4:27 वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए ।
ACT 4:28 तपाईंको बाहुली र इच्छाले यो हुनुभन्दा पहिले नै निर्णय गर्नुभएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए ।
ACT 4:29 हे प्रभु, अब तिनीहरूका चेताउनीलाई हेर्नुहोस् र तपाईंका सेवकहरूलाई तपाईंको वचन पुरा साहससित बोल्न दिनुहोस् ।
ACT 4:30 ताकि जब तपाईंले निको पार्नका लागि आफ्नो हात पसार्नुहुन्छ तपाईंका पवित्र सेवक येशूको नाउँद्वारा चिन्हहरू र आश्‍चर्यहरू होऊन् ।”
ACT 4:31 तिनीहरूले प्रार्थना गरेर सिध्याएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो र तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्‍वरको वचन साहससित बोले ।
ACT 4:32 विश्‍वास गर्नेहरूको त्यो ठुलो समूह एउटै हृदय र आत्माका थिए; तिनीहरूमध्ये कसैले पनि आफूसँग भएको कुनै पनि थोक वास्तवमा उसको आफ्नो हो भनेनन्, तर तिनीहरूका सबै थोक साझा थिए ।
ACT 4:33 ठुलो शक्तिसाथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको बारेमा गवाही घोषणा गर्दैथिए र उनीहरू सबैमाथि ठुलो अनुग्रह थियो ।
ACT 4:34 तिनीहरूमध्ये कुनै थोकको अभाव भएको कुनै एक व्यक्ति पनि थिएन किनभने तिनीहरू सबैले आफूसँग भएका जग्गाहरू र घरहरू बेचेर आएका पैसा ल्याउँथे
ACT 4:35 र प्रेरितहरूका पाउमा राखिदिन्थे र आवश्यकतापरेअनुसार हरेक विश्‍वसीलाई वितरण गरिन्थ्यो ।
ACT 4:36 साइप्रसबाट आएका योसेफ नाउँका एक जना मानिस थिए जो लेवी कुलका थिए जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हुन्छ) नाउँ राखिदिएका थिए ।
ACT 4:37 उनीसँग भएको जमिन उनले बेचे र त्यसको पैसा ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।
ACT 5:1 अब एक जना हननिया नाउँ गरेका मानिसले आफ्नी पत्‍नी सफिरासँग मिलेर एक टुक्रा जमिन बेचे ।
ACT 5:2 र उनले त्यो पैसाको केही अंश आफूसँगै राखे (यो कुरा उनकी पत्‍नीलाई पनि थाहा थियो) र यसको बाँकी अंश ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।
ACT 5:3 तर पत्रुसले भने, “हननिया, पवित्र आत्मालाई झुट बोल्न र त्यस जमिनको मूल्यको केही अंश राख्‍नलाई तिम्रो हृदयलाई शैतानले किन भर्‍यो ?
ACT 5:4 यसलाई बिक्री नगर्दा पनि के यो तिम्रो आफ्नो थिएन र ? अनि यसलाई बेचिसकेपछि पनि यो तिम्रो आफ्नै नियन्‍त्रणमा नै थिएन र ? तिमीले तिम्रो हृदयमा यस्तो कुरा कसरी सोच्यौ ? तिमीले मानिसहरूलाई होइन तर परमेश्‍वरलाई झुट बोलेका छौ ।
ACT 5:5 यी कुराहरू सुनेर हननिया भुइँमा लडे र उनको मृत्यु भयो र यो कुरा सुन्‍नेहरू सबैमा ठुलो डर छायो ।
ACT 5:6 जवान मानिसहरू अगाडि आए र उनलाई कपडाले बेह्रे र तिनीहरूले उनलाई बोकेर बाहिर लगे र गाडे ।
ACT 5:7 त्यसको झण्डै तिन घण्टापछि उनकी पत्‍नी त्यहाँ के भएको थियो भन्‍ने थाहै नपाई भित्र आइन् ।
ACT 5:8 पत्रुसले उनलाई भने, “तिमीहरूले सो जमिनलाई त्यत्ति नै मूल्यमा बेचेका हौ या होइनौ, मलाई बताऊ ।” उनले भनिन्, “हो, त्यत्तिमा नै हो ।”
ACT 5:9 तब पत्रुसले उनलाई भने, “तिमीहरू परमप्रभुको आत्मालाई जाँच गर्न कसरी सँगै सहमत भयौ ? हेर, तिम्रो पतिलाई गाड्नेहरूका पाउ ढोकामा नै छन् र तिनीहरूले तिमीलाई पनि बोकेर बाहिर लानेछन् ।
ACT 5:10 तिनी तुरुन्तै उनको पाउमा लडिन् र तिनको मृत्यु भयो र ती जवान मानिसहरू भित्र आए र तिनलाई मृत भेट्टाए; तिनीहरूले तिनलाई बोकेर बाहिर लगे र तिनलाई तिनको पतिको नजिकै गाडिदिए ।
ACT 5:11 पुरै मण्डलीमा र यी कुराहरू सुन्‍ने सबैमा ठुलो डर छायो ।
ACT 5:12 प्रेरितहरूको हातद्वारा मानिसहरूका बिचमा धेरै चिह्न र आश्‍चर्यकर्महरू भइरहेका थिए । तिनीहरू सबै सोलोमनको दलानमा सँगै थिए ।
ACT 5:13 तिनीहरूलाई मानिसहरूद्वारा उच्‍च सम्मान मिलेको भए तापनि कसैले पनि तिनीहरूसँगै सामेल हुन साहस गरेनन् ।
ACT 5:14 अझ धेरै विश्‍वासीहरू अर्थात् असंख्य स्‍त्रीहरू र पुरुषहरू प्रभुमा थपिँदै थिए ।
ACT 5:15 पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे ।
ACT 5:16 त्यहाँ यरूशलेम वरिपरिका सहरहरूबाट पनि बिरामी र अशुद्ध आत्माले सताइएका मानिसहरू ठुलो संख्यामा आए र तिनीहरू सबैले निको भए ।
ACT 5:17 तर प्रधान पूजाहारी र उनीसँग रहनेहरू सबै जना (जुन सदूकीहरूको सम्प्रदाय हो) उठे र तिनीहरू ईर्ष्याले भरिए ।
ACT 5:18 तिनीहरूले प्रेरितहरूमाथि हात हाले र तिनीहरूलाई सार्वजनिक झ्यालखानामा थुनिदिए ।
ACT 5:19 तर रातको समयमा परमप्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलिदिए र तिनीहरूलाई बाहिर लगे र भने,
ACT 5:20 “जाओ र त्यस मन्दिरमा खडा होओ र यस जीवनका सबै वचनहरू मानिसहरूलाई बताओ ।”
ACT 5:21 जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू सबेरै मन्दिरभित्र प्रवेश गरे र शिक्षा दिए । तर प्रधान पूजाहारी र तिनीहरूसँग भएकाहरू आए र परिषद्लाई इस्राएलका मानिसहरूका एल्डरहरूसँगै बोलाए र प्रेरितहरूलाई ल्याउन लगाउनलाई झ्यालखानामा पठाए ।
ACT 5:22 तर ती गएका अधिकारीहरूले तिनीहरूलाई झ्यालखानामा भेट्टाएनन् र तिनीहरू फर्केर आए र प्रतिवेदन दिए ।
ACT 5:23 “हामीले झ्यालखानालाई राम्ररी बन्द गरिएको पायौँ र पहरेदारहरू ढोकामा उभिरहेका थिए, तर त्यसलाई खोल्दा हामीले भित्र कोही पनि भेट्टाएनौँ ।”
ACT 5:24 जब मन्दिरका कप्‍तान र मुख्य पूजाहारीहरूले यी कुराहरू सुने, के हुने होला भनी तिनीहरू अन्योलमा परे ।
ACT 5:25 तब कोही तिनीहरूकहाँ आए र तिनीहरूलाई भने, “तपाईंहरूले झ्यालखानामा राख्‍नुभएका ती मानिसहरू, मन्दिरमा खडा भएर मानिसहरूलाई सिकाइरहेका छन् ।”
ACT 5:26 त्यसैले, कप्‍तान हाकिमहरूसँगै गए र तिनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए । किनकि तिनीहरू मानिसहरूले ढुङ्गाले हान्लान् भनी डराए ।
ACT 5:27 तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई सभाको अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे,
ACT 5:28 “हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।”
ACT 5:29 तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्नु पर्छ ।
ACT 5:30 हाम्रा पितापुर्खाका परमेश्‍वरले येशूलाई मृत्युबाट उठाउनु भयो, जसलाई तपाईंहरूले रुखमा झुण्ड्याएर मार्नुभयो ।
ACT 5:31 परमेश्‍वरले इस्राएललाई पश्‍चात्ताप गर्न र पापको क्षमा प्रदान गर्न उहाँलाई राजकुमार र मुक्तिदाता हुनलाई आफ्नो दाहिने हाततर्फ उचाल्नु भयो ।
ACT 5:32 हामीहरू यी कुराहरूका साक्षी छौँ र पवित्र आत्मा पनि यसको साक्षी हुनुहुन्छ जसलाई परमेश्‍वरले उहाँको आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ ।”
ACT 5:33 जब परिषद्का सदस्यहरूले यो सुने तब तिनीहरू क्रुद्ध भए र प्रेरितहरूलाई मार्ने चाहना गरे ।
ACT 5:34 तर गमलिएल नाउँ गरेका फरिसी र व्यवस्थाका एक जना शिक्षक थिए जो सबै मानिसहरूद्वारा सम्मानित थिए । उनी उभिए र केही समयको लागि प्रेरितहरूलाई बाहिर रहनलाई आज्ञा गरे ।
ACT 5:35 तब उनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, तपाईंहरूले यी मानिसहरूलाई जे गर्नलाई प्रस्ताव गर्नुभएको छ, त्यसमा राम्ररी ध्यान दिनुहोस् ।
ACT 5:36 केही समयअगि, थूदास केही हुँ भन्‍ने दाबी गर्दै खडा भयो, र झण्डै चार सय जना मानिस त्योसँगै लागे । त्यो मारियो र त्यसका आज्ञा पालन गर्नेहरू सबै तितरवितर भए र त्यो सब छरपस्ट भयो ।
ACT 5:37 त्यो मानिसपछि जनगणनाको समयमा गालीलको यहूदा खडा भयो र कतिपय मानिसहरूलाई आफ्नो पछि खिँच्यो । त्यो पनि नष्‍ट भयो र उसका आज्ञा पालन गर्दै आइरहेकाहरू सबै छरपस्ट भए ।
ACT 5:38 अब म तपाईंहरूलाई भन्छु कि यी मानिसहरूबाट टाढै रहनुहोस् र यिनीहरूलाई छोडिदिनुहोस् किनकि यदि यो योजना वा काम मानिसहरूको हो भने, यो पतन हुनेछ ।
ACT 5:39 तर यदि यो परमेश्‍वरको हो भने, तपाईंहरूले तिनीहरूलाई पतन गराउन सक्‍नुहुन्‍न र तपाईंहरूले आफैँलाई परमेश्‍वरको विरुद्धमा लडिरहेको पाउनु हुनेछ ।” यसरी तिनीहरूले तिनको कुरा माने ।
ACT 5:40 तब तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र उनीहरूलाई कुटे र येशूको नाउँमा नबोल्नलाई आज्ञा गरे र तिनीहरूलाई जान दिए ।
ACT 5:41 तिनीहरू त्यस नाउँको निम्ति अपमान भोग्‍न योग्यका गनिएकामा तिनीहरूले अनान्दित हुँदै त्यो परिषद् छाडे ।
ACT 5:42 त्यसपछि हरेक दिन मन्दिर र घर-घरमा, तिनीहरूले निरन्तर येशूलाई नै ख्रीष्‍टको रूपमा सिकाइरहेका र प्रचार गरिरहेका थिए ।
ACT 6:1 ती दिनमा जब चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा बढ्दै गयो ग्रिक भाषा बोल्ने यहूदीहरूले हिब्रूहरूको विरुद्धमा गनगन गर्न थाले किनकि तिनीहरूका विधवाहरूलाई दैनिक खाद्य वितरणमा वेवास्ता गरिँदै थियो ।
ACT 6:2 बाह्र प्रेरितले चेलाहरूको समूहलाई बोलाएर भने, “खुवाउने-पियाउने काममा अल्झिन हामीले परमेश्‍वरको वचनलाई वेवास्ता गर्नु उपयुक्त हुँदैन ।
ACT 6:3 यसकारण भाइ हो, तपाईंहरूमध्येबाट सात जना मानिसलाई छान्‍नुहोस् जो नाउँ चलेका, बुद्धि र पवित्र आत्माले भरिएका होऊन् जसलाई हामी यस कामको लागि नियुक्त गर्न सकौँ ।
ACT 6:4 हाम्रो सम्बन्धमा भन्‍नुपर्दा, हामी निरन्तर रूपमा प्रार्थना र वचनको सेवामा लागिरहनेछौँ ।”
ACT 6:5 तिनीहरूको भनाइ पुरै समुदायलाई मन पर्‍यो । त्यसैले, तिनीहरूले विश्‍वास र पवित्र आत्माले भरिएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी-मत मान्‍ने निकोलाउसलाई छाने ।
ACT 6:6 विश्‍वासीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामु ल्याए जसले प्रार्थना गरे र तिनीहरूमाथि हात राखे ।
ACT 6:7 यसरी परमेश्‍वरको वचन फैलियो र यरूशलेममा चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा वृद्धि भयो । र धेरै पूजाहारीहरूले यस विश्‍वासलाई स्वीकार गरे ।
ACT 6:8 अब अनुग्रह र शक्तिले भरिएर स्तिफनसले मानिसहरूका बिचमा महान् आश्‍चर्य र चिन्हहरू देखाउँदै थिए ।
ACT 6:9 तर त्यहाँ स्वतन्‍त्र दल नामक सभाघरका मानिसहरू, कुरेनीहरू, अलेक्ज्यान्ड्रियाका बासिन्दाहरू र किलिकियासाथै एसियाका केही मानिसहरू खडा भए । यी मानिसहरू स्तिफनससित वादविवाद गर्दै थिए ।
ACT 6:10 तर स्तिफनसले जुन बुद्धि र पवित्र आत्माको शक्तिमा बोलेका थिए तिनीहरूले त्यसको सामना गर्न सकेनन् ।
ACT 6:11 त्यसपछि तिनीहरूले केही मानिसहरूलाई गुप्‍तमा मनाई यसो भन्‍न लगाए, “हामीले स्तिफनसले मोशा र परमेश्‍वरको विरुद्धमा ईश्‍वर-निन्दक वचनहरू बोलेका सुनेका छौँ ।”
ACT 6:12 तिनीहरूले मानिसहरू, एल्डरहरू, शास्‍त्रीहरूलाई उक्साए अनि स्तिफनससित मुकाबला गरे; तिनलाई पक्रे र परिषद्‍मा ल्याए ।
ACT 6:13 तिनीहरूले झुटा साक्षीहरू पेस गरे जसले भने, “यो मानिसले यस पवित्रस्थान र व्यवस्थाको विरुद्धमा बोल्न छाड्दैन ।
ACT 6:14 नासरतको यो येशूले यस स्थानलाई नष्‍ट पार्नेछ र मोशाले हामीलाई सुम्पेका चलनहरूलाई बद्लनेछ भनी त्यसले बोलेको हामीले सुनेका छौँ ।”
ACT 6:15 परिषद्‍मा जम्मा भएका हरेकको आँखा तिनमा केन्द्रित भयो र तिनको मोहोडा स्वर्गदूतको झैँ देखियो ।
ACT 7:1 प्रधान पूजाहारीले भने, “के यी कुराहरू साँचा हुन् ?”
ACT 7:2 स्तिफनसले भने, “दाजुभाइ तथा पिताहरू हो, मेरो कुरा सुन्‍नुहोस्ः हाम्रा पिता अब्राहाम हारानमा बस्‍नुअगि महिमाका परमेश्‍वर मेसोपोटामियामा तिनीकहाँ देखा पर्नुभयो ।
ACT 7:3 उहाँले तिनलाई भन्‍नुभयो, “तिम्रो देश र तिम्रा नातेदारहरूलाई छाड र मैले देखाउने देशमा जाऊ ।”
ACT 7:4 त्यसपछि तिनी कल्दीहरूको देशबाट प्रस्थान गरे अनि तिनी हारानमा आएर बसे । त्यहाँ तिनका पिताको मृत्यु भएपछि परमेश्‍वरले तिनलाई यस देशमा ल्याउनुभयो जहाँ अहिले तपाईंहरू बस्‍नुहुन्छ ।
ACT 7:5 उहाँले तिनलाई कुनै पनि कुरा पैत्तृक सम्पत्तिको रूपमा दिनुभएन, यहाँसम्म कि पर्याप्‍त पाइला राख्‍ने ठाउँसम्म पनि दिनुभएन । तर अब्राहामको कुनै सन्तान नहुँदा पनि उहाँले त्यो देश तिनलाई सम्पत्तिको रूपमा दिनुहुनेथियो र त्यसपछि तिनका सन्तानहरूलाई दिनुहुनेथियो भनी तिनीसित प्रतिज्ञा गर्नुभयो ।
ACT 7:6 परमेश्‍वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्‍नेथिए र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेथिए र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेथिए ।
ACT 7:7 परमेश्‍वरले भन्‍नुभयो, “तिनीहरू जुन जातिको अधीनमा कमारा हुनेछन् म तिनीहरूको न्याय गर्नेछु र त्यसपछि तिनीहरू त्यहाँबाट बाहिर निस्‍केर आई यस ठाउँमा मेरो आराधना गर्नेछन् ।”
ACT 7:8 अनि उहाँले अब्राहामसित खतनाको करार बाँध्‍नुभयो । त्यसैले, अब्राहाम इसहाकका पिता बने र तिनले आठौँ दिनमा उनको खतना गरे । इसहाक याकूबका पिता बने र याकूब बाह्र कुलका पिता बने ।
ACT 7:9 कुलपतिहरूले योसेफको विरुद्धमा डाह गरे र तिनलाई मिश्रमा बेचिदिए । तर परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो ।
ACT 7:10 र उहाँले तिनलाई सबै दुःखकष्‍टबाट छुटाउनुभयो र मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो । तब फारोले तिनलाई मिश्र र तिनका सारा घरानाका शासक बनाए ।
ACT 7:11 त्यस बेला सारा मिश्र र कनानभरि अनिकाल पर्‍यो र ठुलो सङ्कष्‍ट आइपर्‍यो । परिणाम स्वरूप हाम्रा पुर्खाहरूले कुनै खाना पाएनन् ।
ACT 7:12 तर जब मिश्रमा अन्‍न पाईंदोरहेछ भनी याकूबले सुने तिनले पहिले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए ।
ACT 7:13 दोस्रो पटकको भेटघाटमा योसेफले आफूलाई आफ्ना दाजुहरूकहाँ प्रकट गरे, र योसेफको परिवारलाई फारोकहाँ परिचित गराइयो ।
ACT 7:14 आफ्ना पिता याकूब र तिनका सबै नातेदारहरू अर्थात् पचहत्तर प्राणीलाई मिश्रमा आउनुहोस् भनी तिनले आफ्ना दाजुहरूमार्फत खबर पठाए ।
ACT 7:15 त्यसैले याकूब मिश्रमा गए । त्यहाँ तिनको मृत्यु भयो र हाम्रा पुर्खाहरू पनि त्यहीँ नै मरे ।
ACT 7:16 तिनीहरूका मृत शरीर शकेममा लगिए र अब्राहामले शकेममा हमोरका छोराहरूबाट चाँदीको मूल्यमा किनेको चिहानमा तिनीहरूलाई गाडियो ।
ACT 7:17 परमेश्‍वरले अब्राहामसित प्रतिज्ञा गर्नुभएको समय नजिकिँदै गर्दा मानिसहरू मिश्रमा गुणात्मक रूपमा बढे ।
ACT 7:18 त्यसपछि मिश्रमा अर्का राजाको उदय भयो जसले योसेफलाई चिन्दैनथ्ये ।
ACT 7:19 ती राजाले हाम्रा मानिसहरूलाई छलगरे र हाम्रा पुर्खाहरूलाई यसरी दुर्व्यवहार गरे कि आफैँलाई बचाउन तिनीहरूले आफ्ना शिशुहरूलाई बाहिर फाल्नुपर्थ्यो ।
ACT 7:20 त्यही बेला मोशाको जन्म भयो । तिनी परमेश्‍वरको सामु सुन्दर थिए र तिन महिनासम्म तिनका पिताको घरमा तिनको स्याहार गरियो ।
ACT 7:21 जब तिनलाई फ्याँकियो फारोकी छोरीले तिनलाई उठाइन् र तिनलाई आफ्नै छोरासरह हुर्काइन् ।
ACT 7:22 मोशालाई मिश्रका सारा विद्यामा शिक्षा दिइयो र तिनी आफ्ना वचन र कर्ममा शक्तिशाली बने ।
ACT 7:23 तर जब तिनी करिब चालिस वर्ष पुगे, तिनलाई आफ्ना दाजुहरू अर्थात् इस्राएलीहरूलाई भेट गर्न मन लाग्यो ।
ACT 7:24 एक जना इस्राएलीमाथि अन्याय भएको देखेर तिनले उसको रक्षा गरे र अत्याचार गर्ने मिश्रीलाई मारिदिए ।
ACT 7:25 परमेश्‍वरले तिनीद्वारा तिनका दाजुभाइहरूको छुट्कारा गर्न खोज्दै हुनुहुन्थ्यो भन्‍ने कुरा तिनीहरूले बुझ्लान् भनी तिनले सोचे, तर तिनीहरूले त्यो कुरा बुझेनन् ।
ACT 7:26 अर्को दिन तिनी केही इस्राएलीहरूकहाँ आए जहाँ तिनीहरू एक आपसमा झगडा गरिरहेका थिए । तिनले तिनीहरूको झगडा मिलाउन खोजे र भने, “तपाईंहरू दाजुभाइ हुनुहुन्छ । किन एकअर्काको विरुद्धमा लड्नुहुन्छ ?”
ACT 7:27 तर जसले आफ्नो छिमेकीलाई हानि पुर्‍याएको थियो त्यसले तिनलाई धकेलेर भन्यो, “तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता तुल्यायो ?
ACT 7:28 हिजो तिमीले त्यस मिश्रीलाई मारेझैँ के तिमी मलाई पनि मार्न चाहन्छौ ?”
ACT 7:29 यो सुनेर मोशा भागे । तिनी मिद्यान देशमा परदेशी बने जहाँ तिनी दुई छोराका पिता बने ।
ACT 7:30 चालिस वर्ष बितेपछि सीनै पर्वतको उजाड–स्थानमा जलिरहेको आगोको पोथ्रामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे ।
ACT 7:31 मोशाले ज्वालालाई देखेपछि तिनी छक्‍क परे । त्यसलाई हेर्न तिनी नजिक जाँदा त्यहाँ परमप्रभुको आवाज आयो,
ACT 7:32 “तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर मै हुँ ।” मोशा काँपे र तिनले हेर्ने साहस गरेनन् ।
ACT 7:33 परमप्रभुले तिनलाई भन्‍नुभयो, “तिम्रा जुत्ता फुकाल किनकि तिमी उभिएको ठाउँ पवित्र भूमि हो ।
ACT 7:34 निश्‍चय नै मैले मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्‍टलाई देखेको छु । मैले तिनीहरूको क्रन्दन सुनेको छु र म तिनीहरूलाई छुट्कारा दिन तल ओर्लीआएको छु । म तिमीलाई मिश्रमा पठाउनेछु ।”
ACT 7:35 यी मोशा जसलाई तिनीहरूले इन्कार गरेका थिए, जसलाई तिनीहरूले भनेका थिए, “कसले तिमीलाई शासक र न्यायकर्ता तुल्यायो ?”, तिनैलाई परमेश्‍वरले शासक र उद्धारकर्ता दुवै बनाएर पठाउनुभयो । पोथ्रामा मोशाकहाँ देखा पर्ने स्वर्गदूतद्वारा परमेश्‍वरले तिनलाई पठाउनुभयो ।
ACT 7:36 मिश्र, लाल समुद्रसाथै उजाड–स्थानमा चालिस वर्षसम्म आश्‍चर्यकर्म र चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए ।
ACT 7:37 यी तिनै मोशा थिए जसले इस्राएलीहरूलाई भनेका थिए, “परमेश्‍वरले तिमीहरूका दाजुभाइहरूकै बिचबाट मजस्तै एक जना अगमवक्‍ता खडा गर्नुहुनेछ ।”
ACT 7:38 यी तिनै मानिस हुन् जो उजाड-स्थानमा भएको समुदायसित स्वर्गदूतसँगै थिए जो सीनै पर्वतमा तिनीसित बोलेका थिए । यी तिनै मानिस थिए जो हाम्रा पुर्खाहरूसित थिए; यी तिनै मानिस थिए जसले हामीलाई दिन जीवित वचनहरू प्राप्‍त गरे ।
ACT 7:39 यी तिनै मानिस थिए जसप्रति हाम्रा पुर्खाहरू आज्ञाकारी बनेनन्; तिनीहरूले तिनलाई पन्छाए र तिनीहरू आफ्ना हृदयमा मिश्रमा फर्कने चाहना गरे ।
ACT 7:40 त्यस बेला तिनीहरूले हारूनलाई भने, “हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस् । हामीलाई मिश्र देशबाट अगुवाइ गरेर ल्याउने यी मोशालाई के भयो हामीलाई थाहा छैन ।”
ACT 7:41 ती दिनमा तिनीहरूले एउटा बाछोको मूर्ति बनाए र तिनीहरूले त्यसलाई बलिदान चढाए र तिनीहरू आफूले गरेको काममा रमाए ।
ACT 7:42 तर परमेश्‍वर तिनीहरूबाट तर्कनुभयो र तिनीहरूलाई आकाशका ताराहरूको सेवा गर्न छाडिदिनुभयो जस्तो अगमवक्‍ताका पुस्तकहरूमा लेखिएको छः “इस्राएलका घराना हो, के तिमीहरूले मलाई चालिस वर्षसम्म उजाड-स्थानमा पशुबलि र बलिदानहरू चढायौ र ?”
ACT 7:43 तिमीहरूले मोलोखको पवित्र वासस्थान र रेफन देवताको तारा र आफूले पूजा गर्न बनाएका मूर्तिहरूलाई स्वीकार गर्‍यौ । यसकारण म तिमीहरूलाई बेबिलोनभन्दा पर निर्वासनमा लैजानेछु ।”
ACT 7:44 उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन परमेश्‍वरले मोशालाई आज्ञा गर्नुभएमुताबिक उहाँले देखाउनुभएको नमुनाबमोजिम बनाइएको थियो ।
ACT 7:45 हाम्रा पुर्खाहरूको पालोमा तिनीहरूले यस पाललाई यहोशूसँगै यस देशमा ल्याए । हाम्रा पुर्खाहरूको उपस्थितिमा परमेश्‍वरले ती जातिहरूलाई बाहिर निकाली तिनीहरूको देश हाम्रा पुर्खाहरूको हातमा दिनुहुँदा यो घटना भएको थियो । दाऊदको समयसम्म यस्तै भयो,
ACT 7:46 जसले परमेश्‍वरको दृष्‍टिमा निगाह पाए र तिनले याकूबका परमेश्‍वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे ।
ACT 7:47 तर सोलोमनले परमेश्‍वरको निम्ति एउटा भवन बनाए ।
ACT 7:48 तथापि सर्वोच्‍च परमेश्‍वर हातले बनाएका घरहरूमा बस्‍नुहुन्‍न जस्तो अगमवक्‍ताले भनेका छन्ः
ACT 7:49 ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरा खुट्टाको पाउदान । तिमीहरूले मेरो निम्ति कस्तो किसिमको घर बनाउन सक्छौ ?’ परमप्रभु भन्‍नुहुन्छ । वा मेरो विश्राम स्थान कहाँ छ ?
ACT 7:50 के यी सबै कुराहरू मेरै हातले बनाएका होइनन् र ?’
ACT 7:51 हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ । तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ ।
ACT 7:52 तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्‍तालाई सताएनन् ? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्‍वासघाती र उहाँका हत्यारा बन्‍नु भएको छ ।
ACT 7:53 तपाईंहरूले स्वर्गदूतहरूद्वारा स्थापित व्यवस्था पाउनुभयो तर त्यसको पालना गर्नुभएन ।”
ACT 7:54 जब परिषद्का सदस्यहरूले यी कुराहरू सुने तिनीहरू स्तिफनसको विरुद्धमा क्रूद्ध बने र तिनीहरूले दाह्रा किटे ।
ACT 7:55 तर तिनले पवित्र आत्माले भरिएर एकटकले स्वर्गतिर हेरे र परमेश्‍वरको महिमा साथै येशूलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे ।
ACT 7:56 स्तिफनसले भने, “हेर्नुहोस्, म स्वर्ग उघ्रेको र मानिसका पुत्रलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देख्दछु ।”
ACT 7:57 तर परिषद्का सदस्यहरू ठुलो सोरले चिच्‍च्याए; तिनीहरूले आफ्ना कान थुने र तिनीहरू तिनीमाथि जाइलागे ।
ACT 7:58 तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साए । साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्‍त्रहरू खोलेर राखे ।
ACT 7:59 तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बसाईरहँदा तिनले निरन्तर रूपमा प्रभुको पुकारा गरे र भने, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस् ।”
ACT 7:60 तिनले घुँडा टेकी ठुलो सोरले चिच्‍च्याए, “हे प्रभु, तिनीहरूलाई यो पापको दोष नलागोस् ।” यति भनेपछि तिनले आफ्नो प्राण त्यागे ।
ACT 8:1 तिनको हत्यामा शाऊल पनि सहमत थिए । त्यही दिन यरूशलेमको मण्डलीको विरुद्धमा ठुलो सतावट सुरु भयो र प्रेरितहरूबाहेक अन्य विश्‍वासीहरू यहूदिया र सामारियाका क्षेत्रहरूमा तितर-बितर भएर गए ।
ACT 8:2 ईश्‍वरभक्त मानिसहरूले स्तिफनसलाई गाडे र तिनको लागि बेसरी विलाप गरे ।
ACT 8:3 तर शाऊलले मण्डलीलाई औधी हानि पुर्‍याए । तिनी घरैपिच्छे जान्थे र तिनले पुरुष र स्‍त्रीहरूलाई घिसारेर ल्याउँथे र तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे ।
ACT 8:4 तथापि छरपष्‍ट भएका विश्‍वासीहरूले चारैतिर वचन बाँड्दै गए ।
ACT 8:5 फिलिप सामरियाको सहरमा गए र तिनले तिनीहरूलाई ख्रीष्‍टको बारेमा प्रचार गरे ।
ACT 8:6 जब भिडले फिलिपले गरेका चिन्हहरू देखे तब तिनीहरूले ध्यान दिएर तिनका कुरा सुने ।
ACT 8:7 किनकि तिनीहरूमध्ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्‍च्याउँदै निस्किआए र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए ।
ACT 8:8 र त्यस सहरमा बडो आनन्द भयो ।
ACT 8:9 तर त्यस सहरमा सिमोन नाउँ गरेको एक जना मानिस थियो जसले पहिले जादुगरी गर्ने गर्थ्यो । त्यसले एक प्रभावशाली मानिस थिए भन्‍ने दाबी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्‍क पार्ने गर्थ्यो ।
ACT 8:10 सबैभन्दा सानादेखि सबैभन्दा ठुलासम्मका सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे । तिनीहरूले भन्थे, “यी मानिस परमेश्‍वरका ती शक्ति हुन् जसलाई महान् भनिन्छ ।”
ACT 8:11 तिनीहरूले त्यसका कुरा सुन्थे किनकि त्यसले आफ्नो जादुगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो ।
ACT 8:12 तर जब फिलिपले परमेश्‍वरको राज्य र येशू ख्रीष्‍टको सुसमाचारको बारेमा जे प्रचार गरे तिनीहरूले त्यसमाथि विश्‍वास गरे अनि पुरुष र स्‍त्रीहरू दुवैले बप्‍तिस्मा लिए ।
ACT 8:13 सिमोन आफैँले पनि विश्‍वास गर्‍यो र बप्‍तिस्मा लियो । त्यो फिलिपसँगै लागिरह्‍यो । चिन्हहरू र उदेकका कामहरू देखेर त्यो छक्‍क परे ।
ACT 8:14 सामरियाका मानिसहरूले परमेश्‍वरको वचनलाई ग्रहण गरे भन्‍ने कुरा जब यरूशलेमका प्रेरितहरूले सुने, तिनीहरूले पत्रुस र यूहन्‍नालाई उनीहरूकहाँ पठाए ।
ACT 8:15 तिनीहरू आएपछि तिनीहरूले उनीहरूले पवित्र आत्मा पाउन सकून् भनी उनीहरूका निम्ति प्रार्थना गरे ।
ACT 8:16 किनकि त्यस बेलासम्म पवित्र आत्मा उनीहरूमध्ये कसैमाथि पनि आउनुभएको थिएन, प्रभु येशूको नाउँमा मात्र उनीहरूको बप्‍तिस्मा भएको थियो ।
ACT 8:17 त्यसपछि पत्रुस र यूहन्‍नाले उनीहरूमाथि आफ्ना हात राखे र उनीहरूले पवित्र आत्मा पाए ।
ACT 8:18 प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाईंदोरहेछ भनी जब सिमोनले देख्यो त्यसले तिनीहरूलाई रूपैयाँ-पैसा दिन लाग्यो ।
ACT 8:19 त्यसले भन्यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाउन सकोस् ।”
ACT 8:20 तर पत्रुसले भने, “तेरो रूपैयाँ-पैसा तैँसित नष्‍ट होस् किनकि तैँले परमेश्‍वरको वरदानलाई रूपैयाँ-पैसाले प्राप्‍त गर्न सकिँदोरहेछ भनी ठानिस् ।
ACT 8:21 यस विषयमा तेरो कुनै हिस्सा वा भाग छैन किनकि तिम्रो हृदय परमेश्‍वरसित ठिक छैन ।
ACT 8:22 त्यसकारण, तेरो दुष्‍टताको लागि पश्‍चात्ताप गरी प्रभुलाई प्रार्थना चढा, कतै उहाँले तँलाई क्षमा गरिदिनुहुन्छ कि ।
ACT 8:23 किनभने म देख्दछु कि तँ तिक्ताको विष र पापको बन्धनमा छस् ।”
ACT 8:24 सिमोनले जवाफ दियो, “मेरो निम्ति प्रार्थना गरिदिनुहोस् ताकि तपाईंले भन्‍नुभएको कुनै पनि कुरा ममाथि आइनपरोस् ।”
ACT 8:25 पत्रुस र यूहन्‍नाले साक्षी दिई परमप्रभुको वचन बोलेपछि तिनीहरू यरूशलेम फर्के र बाटोमा सामरियाका धेरै गाउँहरूमा तिनीहरूले सुसमाचार प्रचार गरे ।
ACT 8:26 अब परमप्रभुका एउटा दूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर जाऊ जहाँ यरूशलेमदेखि गाजासम्म जाने बाटो छ (यो बाटो उजाड-स्थानमा पर्दछ) ।”
ACT 8:27 तिनी उठे र गए । त्यहाँ इथियोपियाका एक जना नपुंसक थिए जो इथियोपिया देशकी रानी कन्दाकीका पदाधिकारी थिए । तिनी उनका सारा सम्पत्तिको कोषाध्यक्ष थिए । तिनी आराधनाको लागि यरूशलेम आएका थिए ।
ACT 8:28 फर्कंदै गर्दा तिनले रथमा यशैया अगमवक्‍ताको पुस्तक पढिरहेका थिए ।
ACT 8:29 पवित्र आत्माले फिलिपलाई भन्‍नुभयो, “माथि जाऊ र त्यस रथको साथ लाग ।”
ACT 8:30 त्यसैले, फिलिप तिनीकहाँ दौडेर गए र तिनले यशैया अगमवक्‍ताबाट पढेको सुनेर फिलिपले सोधे, “के तपाईंले पढिरहनुभएको कुरा बुझ्‍नुहुन्छ ?”
ACT 8:31 इथियोपियालीले भने, “कसैले मलाई नबुझाएसम्म म कसरी बुझ्‍न सक्छु र ?” तिनले फिलिपलाई तिनीसँगै रथमा बस्‍न अनुरोध गरे ।
ACT 8:32 इथियोपियालीले पढेको धर्मशास्‍त्रको खण्ड थियोः “काटिने थुमाजस्तै उसलाई लगियो; जसरी थुमा ऊन कत्रनेको सामु मौन हुन्छ त्यसै गरी उसले आफ्नो मुख खोल्दैन ।”
ACT 8:33 उसको विनम्रतामा उसको न्याय खोसियो । कसले उसको पुस्ताको घोषणा गर्ने ? किनकि उसको जीवन यस पृथ्वीबाट हरण गरियो ।”
ACT 8:34 त्यसैले, नपुंसकले फिलिपलाई सोधे, “मलाई बताइदिनुस् कि अगमवक्‍ताले कसको बारेमा भन्दै छन्— आफ्नै बारेमा वा अरू कसैको बारेमा ?”
ACT 8:35 फिलिपले बताउन थाले । तिनले उनलाई येशूको बारेमा बताउन यशैयाको यस खण्डबाट सुरु गरे ।
ACT 8:36 तिनीहरू जाँदै गर्दा तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे । नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी छ । मलाई बप्‍तिस्मा लिनदेखि केले रोक्छ ?”
ACT 8:37 त्यसैले, ती इथियोपियालीले रथ रोक्‍न आज्ञा दिए अनि फिलिप र नपुंसक दुवै जना पानी भएको ठाउँमा गए र फिलिपले तिनलाई बप्‍तिस्मा दिए ।
ACT 8:39 तिनीहरू पानीबाट बाहिर आएपछि परमप्रभुका आत्माले फिलिपलाई लैजानुभयो । नपुंसकले तिनलाई फेरि देखेनन् र तिनी रमाउँदै आफ्नो बाटो लागे ।
ACT 8:40 तर फिलिप अश्दोदमा देखा परे । तिनी कैसरिया नपुगुञ्‍जेलसम्म तिनले सबै सहरहरूमा सुसमाचार सुनाए ।
ACT 9:1 तर शाऊल अझै प्रभुका चेलाहरूको विरुद्धमा हत्याको धम्की दिँदै प्रधान पूजाहारीकहाँ गए
ACT 9:2 र त्यस मार्गका पुरुष होस् या स्‍त्री जोसुकैलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी तिनले दमस्कसका सभाघरहको नाउँमा पत्र मागे ।
ACT 9:3 तिनी जाँदै गर्दा जब तिनी दमस्कस नजिकै आइपुगे तब अकस्मात् तिनको वरिपरि स्वर्गबाट आएको ज्योति चम्क्यो ।
ACT 9:4 तिनी भुइँमा ढले र तिनले यसो भन्‍ने आवाज सुने, “ए शाऊल, ए शाऊल, किन तिमी मेरो खेदो गर्दैछौ ?”
ACT 9:5 शाऊलले जवाफ दिए, “प्रभु, तपाईं को हुनुहुन्छ ?” प्रभुले भन्‍नुभयो, “म येशू हुँ जसको तिमी खेदो गर्दैछौ ।
ACT 9:6 तर उठ र सहरमा जाऊ र तिमीले के गर्नुपर्छ भनी तिमीलाई बताइनेछ ।”
ACT 9:7 शाऊलसँगै यात्रा गर्ने मानिसहरूले आवाजचाहिँ सुने तर तिनीहरूले कसैलाई देखेनन् र तिनीहरू अवाक् भई उभिरहे ।
ACT 9:8 शाऊल भुइँबाट उठे र तिनले आफ्ना आँखा खोल्दा तिनले केही देखेनन् । त्यसैले, तिनीहरूले हात समातेर तिनलाई दमस्कस पुर्‍याए ।
ACT 9:9 तिनी तिन दिनसम्म दृष्‍टिविहीन भए र तिनले न खाए न पिए ।
ACT 9:10 दमस्कसमा हननिया नाउँ गरेका चेला थिए । प्रभुले दर्शनमा तिनलाई भन्‍नुभयो, “ए हननिया” तिनले भने, “प्रभु, म यहीँ छु ।”
ACT 9:11 प्रभुले तिनलाई भन्‍नुभयो, “उठ र सोझो भनिने गल्लीमा जाऊ र त्यहाँ यहूदाको घरमा टार्ससका शाऊल नाउँ गरेका मानिसको खोजी गर । किनकि तिनी प्रार्थना गर्दैछन् ।
ACT 9:12 र तिनले दृष्‍टि पाउन सकून् भनेर तिनले दर्शनमा हननिया नाउँका मानिसले तिनीमाथि हात राखेको देखेका छन् ।”
ACT 9:13 तर हननियाले जवाफ दिए, “प्रभु, तिनले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्‍याएका छन् भन्‍ने बारेमा मैले धेरै मानिसहरूबाट सुनेको छु ।
ACT 9:14 तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।”
ACT 9:15 तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्यजातिहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन् ।
ACT 9:16 किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।”
ACT 9:17 त्यसैले, हननिया गए र त्यस घरभित्र प्रवेश गरे । तिनीमाथि आफ्ना हात राख्दै उनले भने, “भाइ शाऊल, तिमीले आफ्नो दृष्‍टि पाउन सक र पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको छ ।”
ACT 9:18 तुरुन्तै शाऊलका आँखाबाट पाप्राजस्ता केही खसे र तिनले दृष्‍टि पाए । तिनी उठे र बप्‍तिस्मा लिए ।
ACT 9:19 तिनले केही खाएपछि तिनमा ताकत आयो । तिनी केही दिनसम्म दमस्कसका चेलाहरूसँगै बसे ।
ACT 9:20 तुरुन्तै येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे ।
ACT 9:21 तिनका कुरा सुन्‍नेहरू सबै छक्‍क परे र तिनीहरूले भने, “यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्‍ट गर्ने मानिस यिनी नै होइनन् र ? के तिनी उनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान यहाँ आएका होइनन् र ?”
ACT 9:22 तर प्रचारको लागि शाऊल अझै शक्तिशाली बने र येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाण दिएर दमस्कसमा बस्‍ने यहूदीहरूलाई तिनले अकमक्‍क पारिदिए ।
ACT 9:23 धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्यन्‍त्र रचे ।
ACT 9:24 तर शाऊलले तिनीहरूको षड्यन्‍त्र थाहा पाए । तिनलाई मार्ने उद्देश्यले तिनीहरू दिनरात ढोकाहरूमा चेवा गरेर बस्थे ।
ACT 9:25 तर तिनका चेलाहरूले तिनलाई राती नै पर्खालबाट टोकरीमा हालेर खसालिदिए ।
ACT 9:26 शाऊल यरूशलेममा आएपछि तिनी चेलाहरूसँग मिल्न खोजे । तर तिनी चेला हुन् भन्‍ने कुरा नपत्याएर तिनीहरू सबै तिनीदेखि डराए ।
ACT 9:27 तर बारनाबासले तिनलाई चेलाहरूकहाँ ल्याए । दमस्कसको बाटोमा कसरी शाऊलले प्रभुलाई देखे र प्रभु तिनीसित बोल्नुभयो अनि दमस्कसमा कसरी तिनले साहसपूर्वक येशूको नाउँ प्रचार गरे भनी तिनले उनीहरूलाई बताए ।
ACT 9:28 यरूशलेमको भित्र-बाहिर गर्दा तिनले उनीहरूलाई भेटे । तिनले साहसपूर्वक प्रभु येशूको नाउँमा बोले ।
ACT 9:29 र तिनले ग्रिक-यहूदीहरूसित वादविवाद गरे । तथापि उनीहरूले तिनलाई मार्न खोजिरहे ।
ACT 9:30 भाइहरूले यो कुरा थाहा पाएर तिनलाई कैसरिया ल्याए र त्यहाँबाट तिनलाई टार्सस पठाइदिए ।
ACT 9:31 यसरी सारा यहूदिया, गालील र सामरियाभरिका मण्डलीमा शान्ति छायो र मण्डली मजबुत भयो । परमप्रभुको भय र पवित्र आत्माको सान्त्वनामा मण्डली सङ्ख्यामा बढ्दै गयो ।
ACT 9:32 पत्रुस पुरै इलाकामा जाने क्रममा तिनी लुड्‌डा नगरमा बस्‍ने परमेश्‍वरका मानिसहरूकहाँ पनि आइपुगे ।
ACT 9:33 तिनले त्यहाँ एनियास नाउँका कोही एक जना मानिसलाई भेट्टाए जो आठ वर्षसम्म ओछ्यानमा थिए किनकि तिनलाई पक्षाघात भएको थियो ।
ACT 9:34 पत्रुसले तिनलाई भने, “ए एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको पार्नुहुन्छ । उठ र तिम्रो ओछ्यान मिलाऊ ।” तिनी तुरुन्तै उठे ।
ACT 9:35 लुड्‌डा र शारोनमा बस्‍ने सबैले ती मानिसलाई देखे र तिनीहरू प्रभुमा आए ।
ACT 9:36 अब योप्पामा तबीता (ग्रिकमा डोरकास) नाउँकी एक जना चेली थिइन् । यी स्‍त्री असल काम र कृपापूर्ण कार्यले भरिएकी थिइन् र उनले गरिबहरूको हेरचाह गर्थिन् ।
ACT 9:37 ती दिनमा उनी बिरामी परिन् र मरिन् । तिनीहरूले उनको मृत शरीरलाई धोएर माथिल्लो कोठामा राखे ।
ACT 9:38 लुड्‌डा योप्पाबाट नजिकै भएकोले र पत्रुस त्यहाँ थिए भनी चेलाहरूले सुनेकाले तिनीहरूले यस्तो अनुरोध गर्न तिनीकहाँ दुई जना मानिस पठाए, “विलम्ब नगरीकन हामीकहाँ आइदिनुहोस् ।”
ACT 9:39 पत्रुस उठे र तिनीहरूसँगै गए । तिनी आइपुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे । पत्रुसको नजिकै बसेका सबै विधवाहरू रुँदै थिए र तिनीहरूले डोरकास तिनीहरूसँग छँदा उनले बनाएका वस्‍त्रहरू र अरू पोशाकहरू तिनलाई देखाउँदै थिए ।
ACT 9:40 पत्रुसले सबैलाई कोठाबाट बाहिर पठाए र घुँडा टेकी प्रार्थना गरे । मृतकपट्टि फर्केर तिनले भने, “ए तबीता, उठ ।” उनले आफ्ना आँखा खोलिन् र पत्रुसलाई देखेपछि उनी बसिन् ।
ACT 9:41 त्यसपछि पत्रुसले उनलाई आफ्ना हातले उठाए । तिनले विश्‍वासीहरू र विधवाहरूलाई डाके र तिनीहरूको उपस्थितिमा उनलाई जीवित प्रस्तुत गरे ।
ACT 9:42 यो खबर सारा योप्पाभरि फैलियो र धेरै मानिसहरूले प्रभुमा विश्‍वास गरे ।
ACT 9:43 पत्रुस धेरै दिनसम्म योप्पामा सिमोन नाउँ गरेका चर्मकारसँग बसे ।
ACT 10:1 कैसरिया सहरमा कर्नेलियस नाउँका एक जना मानिस थिए जो इटालिया नामक पल्टनका कप्‍तान थिए ।
ACT 10:2 तिनी ईश्‍वरभक्त मानिस थिए । तिनी र तिनका सारा घरानाले परमेश्‍वरको आराधना गर्थे । तिनले यहूदीहरूलाई धेरै रूपैयाँ-पैसा सहयोग गरे र तिनले सधैँ परमेश्‍वरलाई प्रार्थना चढाइरहन्थे ।
ACT 10:3 दिउँसो तिन बजेतिर तिनले दर्शनमा परमेश्‍वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे । स्वर्गदूतले भने, “ए कर्नेलियस ”
ACT 10:4 कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे र भयभीत हुँदै भने, “हजुर, भन्‍नुहोस् ।” स्वर्तदूतले तिनलाई भने, “तिम्रा प्रार्थना र तिमीले गरिबहरूलाई दिएका दान सम्झनायोग्य बलिको रूपमा परमेश्‍वरको उपस्थितिमा पुगेका छन् ।
ACT 10:5 पत्रुस पनि भनेर चिनिने सिमोन भनिने मानिसलाई ल्याउन योप्पा शहरमा मानिसहरू पठाऊ ।
ACT 10:6 तिनी सिमोन नामक चर्मकारसित बसिरहेका छन् जसको घर समुद्रको छेउमा छ ।”
ACT 10:7 आफूसित बोल्ने स्वर्गदूत गएपछि कर्नेलियसले आफ्नो घरका दुई जना नोकर र तिनको सेवा गर्ने सिपाहीहरूमध्ये परमेश्‍वरलाई पुज्‍ने एक जना सिपाहीलाई बोलाए ।
ACT 10:8 कर्नेलियसले तिनीहरूलाई सबै कुरा बताएर तिनीहरूलाई योप्पा पठाए ।
ACT 10:9 भोलिपल्ट लगभग दिउँसोको बाह्र बजेको थियो । तिनीहरू यात्रा गरेर शहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले ।
ACT 10:10 तिनी भोकाए र तिनलाई केही खान मन लाग्यो । तर मानिसहरूले खानेकुरा पकाइरहँदा तिनीले एउटा दर्शन देखे ।
ACT 10:11 तिनले आकास खुलेको र एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे जुन चारै कुनामा बाँधिएको एउटा ठुलो तन्‍नाजस्तो थियो ।
ACT 10:12 त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू, पृथ्वीमा घस्रने जन्तुहरू र आकासका चराचुरुङ्गीहरू थिए ।
ACT 10:13 त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “पत्रुस, उठ अनि मारेर खाऊ ।”
ACT 10:14 तर पत्रुसले भने, “हुँदैन प्रभु । किनकि मैले कहिल्यै अशुद्ध र अपवित्र कुराहरू खाएको छैनँ ।”
ACT 10:15 तर त्यो आवाज दोस्रो पटक पनि तिनीकहाँ आयोः “परमेश्‍वरले जेलाई शुद्ध पार्नुभएको छ तिमीले त्यसलाई अशुद्ध नभन ।”
ACT 10:16 तिन पटकसम्म यसै भयो । त्यसपछि त्यो तन्‍नाजस्तो वस्तु तुरुन्तै आकासतिर लगियो ।
ACT 10:17 आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस अन्योलमा परिरहँदा कर्नेलियसले पठाइएका मानिसहरू ढोकाको सामु खडा भए । तिनीहरू घर खोज्दै त्यहाँ आइपुगेका थिए ।
ACT 10:18 पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि छैनन् भनी तिनीहरूले सोधे ।
ACT 10:19 पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्‍नुभयो, “हेर, तिन जना मानिसले तिम्रो खोजी गर्दैछन् ।
ACT 10:20 उठ र तल जाऊ अनि तिनीहरूसँगै लाग । तिनीहरूसँगै जानदेखि नडराऊ किनकि मैले नै तिनीहरूलाई पठाएको हुँ ।”
ACT 10:21 त्यसैले, पत्रुस ती मानिसहरूकहाँ ओर्ले र तिनले भने, “तपाईंहरूले खोजिरहनुभएको व्यक्ति मै हुँ । तपाईंहरू किन आउनुभएको ?”
ACT 10:22 तिनीहरूले भने, “परमेश्‍वरको आराधना गर्ने कर्नेलियस नाउँ गरेका कप्‍तान धर्मी मानिस हुनुहुन्छ जो सारा यहूदी जातिको बिचमा प्रसिद्ध हुनुहुन्छ । परमेश्‍वरका पवित्र स्वर्गदूतले तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई आज्ञा दिए ताकि उहाँले तपाईंको सन्देश सुन्‍न सकून् ।”
ACT 10:23 त्यसैले, पत्रुसले तिनीहरूलाई भित्र आई तिनी र तिनका मानिसहरूसित बस्‍न निमन्‍त्रणा दिए । भोलिपल्‍ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए । योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे ।
ACT 10:24 अर्को दिन तिनीहरू कैसरिया आइपुगे । कर्नेलियसले तिनीहरूको प्रतीक्षा गर्दै थिए । तिनले आफ्ना नातेदारहरूसाथै घनिष्‍ठ मित्रहरूलाई पनि बोलाएका थिए ।
ACT 10:25 पत्रुस भित्र पसेपछि कर्नेलियसले तिनलाई स्वागत गरे र तिनको सम्मान गर्दै तिनले दण्डवत् गरे ।
ACT 10:26 तर पत्रुसले तिनलाई उठाएर भने, “उठ्नुहोस् । म आफैँ पनि केवल मानिस हुँ ।”
ACT 10:27 पत्रुस तिनीसित बातचित गरिरहँदा तिनी भित्र प्रवेश गरे र धेरै मानिसहरू जम्मा भएका देखे ।
ACT 10:28 पत्रुसले तिनीहरूलाई भने, “तपाईंहरूलाई थाहा छ कि एउटा यहूदीले अर्को जातिका मानिसहरूसित सङ्गत गर्नु वा तिनीहरूलाई भेटघाट गर्नु अनुचित कार्य हो । तर मैले कुनै पनि मानिसलाई अशुद्ध वा अपवित्र भन्‍नु हुँदैन भनी परमेश्‍वरले मलाई देखाउनुभएको छ ।
ACT 10:29 त्यसकारण, मलाई बोलाइँदा म गनगन नगरीकन आएँ । तपाईंहरूले मलाई किन बोलाउनुभएको ?”
ACT 10:30 कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा दिउँसो तिन बजे प्रार्थना गरिरहँदा सेतो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए ।
ACT 10:31 तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानको सम्झना गर्नुभएको छ ।
ACT 10:32 त्यसैले, कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् जुन समुद्रको छेउमा पर्छ ।’
ACT 10:33 त्यसैले, तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं गनगन नगरीकन आइदिनुभयो । अब परमप्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्‍न हामी सबै यहाँ परमेश्‍वरको उपस्थितिमा छौँ ।”
ACT 10:34 तब पत्रुसले आफ्नो मुख खोलेर भनेः “साँच्‍चै म जान्दछु कि परमेश्‍वरले कसैको पक्षपात गर्नुहुन्‍न ।
ACT 10:35 बरु, हरेक जातिमा उहाँको आराधना गर्ने र धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अगि स्वीकारयोग्य हुन्छ ।
ACT 10:36 परमेश्‍वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ । उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्‍टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो ।
ACT 10:37 यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ ।
ACT 10:38 ती घटनाहरू नासरतका येशूको बारेमा हुन् जसलाई परमेश्‍वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको थियो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्‍वर उहाँसित हुनुहुन्थ्यो ।
ACT 10:39 यहूदीहरूको देश र यरूशलेम दुवैमा उहाँले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौँ । यही येशूलाई तिनीहरूले काठमा झुण्ड्याएर मारे ।
ACT 10:40 परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र प्रकट गराउनुभयो,
ACT 10:41 सबैकहाँ होइन तर परमेश्‍वरले पहिले नै छान्‍नुभएका साक्षीहरूकहाँ । हामी नै ती साक्षीहरू हौँ जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौँ र पियौँ ।
ACT 10:42 परमेश्‍वरले उहाँलाई नै जिउँदा र मरेकाहरूको न्यायकर्ता हुन चुन्‍नुभएको छ भनी मानिसहरूलाई प्रचार गर्न र गवाही दिन उहाँले हामीलाई आज्ञा दिनुभयो ।
ACT 10:43 सबै अगमवक्‍ताहरूले उहाँको गवाही दिएका छन् ताकि उहाँमाथि विश्‍वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस् ।”
ACT 10:44 पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्‍नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो ।
ACT 10:45 पत्रुससँगै आएका यहूदी विश्‍वासीहरू छक्‍क परे किनकि पवित्र आत्माको वरदान अन्यजातिहरूलाई पनि दिइएको थियो ।
ACT 10:46 किनभने तिनीहरूले यी अन्यजातिहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्‍वरको प्रशंसा गरेका सुने । तब पत्रुसले जवाफ दिए,
ACT 10:47 “हामीले जस्तै पवित्र आत्मा प्राप्‍त गर्ने यी मानिसहरूलाई पानीको बप्‍तिस्मा लिनदेखि कसैले रोक्‍न सक्छ ?”
ACT 10:48 तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिनू भन्‍ने आज्ञा दिए । तिनीहरूले तिनलाई केही दिन तिनीहरूसँगै बस्‍न अनुरोध गरे ।
ACT 11:1 अहिले यहूदीयामा भएका प्रेरितहरू र भाइहरूले गैरयहूदीहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेका थिए भन्‍ने सुने ।
ACT 11:2 जब पत्रुस यरूशलेममा आए, खतनाको समूहका मानिसहरूले तिनकोको आलोचना गरे ।
ACT 11:3 तिनीहरूले भने, “तपाईं बेखतनाका मानसिहरूसँग बस्‍नुभयो र तिनीहरूसँग खानुभयो ।”
ACT 11:4 तर पत्रुसले तिनीहरूलाई त्यो कुरा विस्तृत रूपमा वर्णन गर्न सुरु गरे; उनले भनेः
ACT 11:5 ‘म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ, र मैले एउटा दर्शन देखेँ जसमा स्वर्गबाट एउटा ठूलो तन्‍ना जस्तो तलतिर झरिएको थियो । यो मकहाँ आयो ।
ACT 11:6 मैले यसलाई एक टक लगाएर हेरेँ र यस बारे सोचेँ । मैले पृथ्वीको चारखुट्टे जनावरहरू, जङ्गली जन्तुहरू, घस्रने जन्तुहरू, र आकासमा उड्ने चराहरू देखेँ।
ACT 11:7 त्यसपछि मैले एउटा आवाजले मलाईं भनेको सुने, “पत्रुस उठ अनि तिनीहरूलाई मारे र खाऊ ।”
ACT 11:8 मैले भने, “प्रभु, यसो होइन, किनभने अहिलेसम्म अपवित्र र अशुद्ध थोक मेरो मुखमा परेकै छैनन् ।”
ACT 11:9 तर स्वर्गबाट फेरि उत्तर आयो, “परमेश्‍वरले जुन कुराहरूलाई शुद्ध घोषणा गर्नुभएको छ, अशुद्ध नभन ।’’
ACT 11:10 यो तिन पल्टसम्म भयो, त्यसपछि सबै कुरा स्वर्गतिर फेरि उठाइ लगियो ।
ACT 11:11 हेर्नुहोस्, हामी बसको घर अगाडि तिन जना मानिस उभिरहेका थिए । उनीहरूलाई कैसरियाबाट मकहाँ पठाइएको थियो ।
ACT 11:12 पवित्र आत्माले मलाईं उनीहरूसँग जानु र मैले तिनीहरूको सम्बन्धमा कुनै विभेद गर्नुहुँदैन भनी आज्ञा दिनुभयो । यी छ जना भाइहरू मसँग गए र हामी त्यो मानिसको घरभित्र गयौँ ।
ACT 11:13 उनले स्वर्गदूत तिनको घरमा उभिरहेको कसरी देखेका थिए, र तिनले उनलाई यसो भने भनी हामीलाई बताए, “योप्पामा मानिसहरूलाई पठाऊ र सिमोनलाई फर्काएर ल्याऊ, जसको अर्को नाउँ पत्रुस हो ।
ACT 11:14 उनले तिम्रो लागि एउटा सन्देश बताउने छन् जसद्वारा तिमी बचाइनेछौ, तिमी र तिम्रो सबै घराना ।”
ACT 11:15 जब म तिनिहरूसँग बोल्न थालेँ, तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो, जसरी सुरुमा हामीमाथि आउनुभएको थियो ।
ACT 11:16 कसरी उहाँले भन्‍नुभएको थियो, तब मैले प्रभुका वचनहरूलाई सम्झेँ, ‘‘यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर तिमीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ ।’’
ACT 11:17 हामीले प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास गर्दा उहाँले हामीलाई दिनुभएको त्यही वरदान उहाँले तिनीहरूलाई दिनुभयो भने, परमेश्‍वरको विरोध गर्ने म को थिएँ र ?’’’
ACT 11:18 जब तिनीहरूले यी कुराहरू सुने, तिनीहरूले कुनै पनि प्रतिकृया जनाएनन् । तर तिनीहरूले परमेश्‍वरको प्रशंसा गरे र भने, ‘‘परमेश्‍वरले गैर-यहूदीहरूलाई पनि जीवनको निम्ति पश्‍चात्ताप दिनुभएको छ ।’’
ACT 11:19 त्यसकारण स्तिफनसको मृत्युसँगै सुरु भएको कष्‍ट भोगिरहेका विश्‍वासीहरू यरूशलेमबाट छरपस्ट भए । यी विश्‍वासीहरू फोनेसिया, साइप्रस र एन्टिओखियासम्म गए । उनीहरूले येशूको बारेमा सन्देश अरू कसैलाई नबताई यहूदीहरूलाई मात्र बताए ।
ACT 11:20 तर तिनीहरूमध्ये केही मानिसहरू साइप्रस र कुरेनीबाटका एन्टिओखियामा आए र ग्रिकहरूसँग पनि बोले र प्रभु येशूको प्रचार गरे ।
ACT 11:21 र तिनीहरूसँग प्रभुको हात थियो, ठुलो संख्यामा मानिसहरूले विश्‍वास गरे र प्रभुतिर फर्के ।
ACT 11:22 तिनीहरूको बारेको खबर यरूशलेमको मण्डलीको कानमा आइपुग्यो र तिनीहरूले बारनाबासलाई एन्टिओखियासम्म पठाए ।
ACT 11:23 जब उनी आए र परमेश्‍वरको वरदानलाई देखे, तब उनी खुसी भए, र तिनीहरूको सम्पूर्ण हृदयले प्रभुसँगै रहिरहन उनले उत्साह दिए ।
ACT 11:24 बारनाबास एक असल र पवित्र आत्माले भरिएका र विश्‍वासमा परिपक्‍व मानिस थिए, र प्रभुमा धेरै मानिसहरू थपिए ।
ACT 11:25 तब बारनाबास शाऊललाई खोज्‍नका निम्ति टार्ससतिर गए ।
ACT 11:26 जब उनले तिनलाई भेटाए, तब उनले तिनलाई एन्टिओखियामा ल्याए । तिनीहरू पुरै वर्षभरी नै मण्डलीमा सँगसँगै भेला भए र धेरै मानिसहरूलाई सिकाए । एन्टिओखियामा नै पहिलोपल्ट चेलाहरूलाई ख्रीष्‍टियान भनियो ।
ACT 11:27 अब यी दिनहरूमा केही अगमवक्‍ताहरू यरूशलेमबाट तल एन्टिओखियामा आए ।
ACT 11:28 तिनीहरूमध्ये एक जना अगाबस नाउँ गरेका उभिएर संसारभरि नै ठुलो अनिकाल आउन लागेको छ भनी आत्माले देखाउनुभयो । क्लाउडियसका दिनहरूमा यस्तो भयो ।
ACT 11:29 त्यसैले सक्‍ने जति हरेक चेलाहरूले यहूदियामा भएका भाइहरूलाई सहायता पठाउने निर्णय गरे ।
ACT 11:30 तिनीहरूले त्यसो गरेपछि, तिनीहरूले शाऊल र बारनाबासको हातमा एल्डरहरूकहाँ पैसा पठाए ।
ACT 12:1 त्यसै समयमा हेरोद राजाले केही मानिसहरूमाथि हात हाल्न र समूहका केहीलाई दुर्व्यवहार समेत गर्न थाले ।
ACT 12:2 उनले यूहन्‍नाको भाइ याकूबलाई तरवारले मारे ।
ACT 12:3 त्यसपछि यस कुराले यहूदीहरूलाई प्रसन्‍न पारेको देखेपछि, उनी पत्रुसलाई पनि पक्रन अगि बढे । यो अखमिरी रोटीको चाडको समय थियो ।
ACT 12:4 उनलाई पक्रेपछि, तिनले झ्यालखानामा हाले र उनलाई सुरक्षा गर्न चारवटा सैनिक दललाई खटाए । निस्तार चाडपछि उनलाई मनिसहरूका बिचमा ल्याउने तिनले विचार गरिरहेका थिए ।
ACT 12:5 त्यसकारण पत्रुस झ्यालखानामा हालिए, तर उनको निम्ति समूहले यत्‍नपूर्वक परमेश्‍वरसँग प्रार्थना गरेका थिए ।
ACT 12:6 हेरोदले तिनलाई बाहिर ल्याउन खोजेको अघिल्लो दिन, त्यस रातमा पत्रुस दुई जना सिपाहीका बिचमा दुईवटा साङ्लाले बाँधिएर सुतिरहेका थिए । ढोकाको अगाडि पहरेदारहरूले झ्यालखानाको सुरक्षा दिइरहेका थिए ।
ACT 12:7 तब अचानक तिनको छेउमा प्रभुका दूत देखा परे र त्यस कोठामा ज्योति चम्क्यो । उनले पत्रुसको कोखामा हिर्काएर तिनलाई उठाए र भने, “छिटो उठ ।” त्यसपछि तिनका हातहरूबाट साङ्लाहरू झरे ।
ACT 12:8 स्वर्गदूतले तिनलाई भने, “तिमी आफैँले कपडाहरू र चप्पलहरू लगाऊ ।” पत्रुसले त्यसै गरे । स्वर्गदूतले तिनलाई भने, “आफ्ना बाहिरी वस्‍त्रहरू लगाऊ र मलाई पछ्याऊ ।’’
ACT 12:9 त्यसकारण पत्रुसले स्वर्गदूतलाई पछयाए र बाहिर गए । स्वर्गदूतले जुन काम गरेका थिए त्यो वास्तविक थियो भन्‍ने कुरा पत्रुसलाई थाहा नै थिएन । उनले दर्शन देखिरहेको छु भनी विचार गरे।
ACT 12:10 त्यसपछि पहिलो र दोस्रो पहरेदारलाई पार गरी सकेपछि, तिनीहरू सहरतिर डोर्‍याउने फलामे ढोकामा आइपुगे; यो तिनीहरूका निम्ति आफैँ खोलियो । तिनीहरू बाहिर गए र तलतिरको गल्लीमा गए र ठिक त्यही समयमा स्वर्गदूतले तिनलाई छाडेर गए ।
ACT 12:11 जब पत्रुस आफ्नो होशमा आए, उनले भने, “अहिले मलाई साँच्‍चै थाहा भयो कि प्रभुले आफ्ना स्वर्गदूत पठाएर हेरोदको हातबाट यहूदी मानिसहरूले आशा गरेको कुराबाट मलाई छुटकारा दिनुभयो ।”
ACT 12:12 उनले यो महसुस गरेपछि, उनी मर्कूस उपनाउँ गरेका यूहन्‍नाकी आमाको घरमा आए; त्यहाँ धेरै विश्‍वासीहरू भेला भएर प्रार्थना गरिरहेका थिए ।
ACT 12:13 जब उनले ढोका ढकढक्याए, तब रोधा नाउँ गरेकी एकजना दासी केटी ढोका खोल्न आइन् ।
ACT 12:14 जब तिनले पत्रुसको आवाजलाई चिनिन्, तब आनन्दले भरिएर ढोका खोल्नै भुलिन् अनि कुद्दै कोठाभित्र आइन् र पत्रुस ढोकानिर उभिरहेका थिए भनी सुनाइन् ।
ACT 12:15 त्यसैले तिनीहरूले तिनलाई भने, “तिमी बहुलाएकी छौ ।” यो त्यस्तै नै थियो भनी तिनले जिद्दी गरिन् । तिनीहरूले भने, “यो उनको स्वर्गदूत हो ।”
ACT 12:16 तर पत्रुसले निरन्तर ढोका ढकढक्याइरहे र जब तिनीहरूले ढोका खोले, तिनीहरूले उनलाई देखे र चकित भए ।
ACT 12:17 पत्रुसले तिनीहरूलाई चुप रहन हातले इसारा गरे र प्रभुले उनलाई कसरी कैदबाट बाहिर ल्याउनुभयो तिनीहरूलाई भने । उनले भने, “याकूब र भाइहरूलाई यी कुराहरू बताइदेओ ।” त्यसपछि उनले त्यो ठाउँ छाडे र अर्को ठाउँतिर गए ।
ACT 12:18 जब उज्यालो भयो, पत्रुसलाई के भयो होला भनी त्यहाँ सिपाहीहरूको माझमा कम्ति उत्तेजना भएन ।
ACT 12:19 हेरोदले उनलाई खोजे र भेटाउन नसकेपछि, तिनले पहरेदारहरूलाई प्रश्‍न गरे र तिनीहरूलाई मृत्युदण्डको हुकुम दिए । त्यसपछि तिनी यहूदियाबाट कैसरियामा झरे र त्यहीँ बसे ।
ACT 12:20 हेरोद सीदोन र टुरोसका मानिसहरूसँग साह्रै रिसाएका थिए । तिनीहरू उनीकहाँ सँगै गए । तिनीहरूलाई सहयोग गर्नका निम्ति राजाका सहायक बलस्तसलाई मनाए । अनि तिनीहरूले शान्तिको लागि बिन्ती गरे, किनभने तिनीहरूको देशले राजाको देशबाट खाद्यान्‍न प्राप्‍त गर्ने गर्दथ्यो ।
ACT 12:21 एउटा तोकिएको दिनमा राजकीय पहिरन पहिरिएर हेरोद सिंहासनमा बसे, उनले तिनीहरूलाई भाषण दिए ।
ACT 12:22 मानिसहरूले यसो भन्दै चिच्‍च्‍याए “यो त ईश्‍वरको अवाज हो, मानिसको होइन ।”
ACT 12:23 तिनले परमेश्‍वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे, अनि किरा परेर तिनी तिनी मरे ।
ACT 12:24 तर परमेश्‍वरको वचन वृद्धि र गुणात्मक हुँदै गयो ।
ACT 12:25 शाऊल र बारनाबासले यरूशलेमको तिनीहरूको मिसन पुरा गरेपछि, तिनीहरूले आफूसँगै यूहन्‍नालाई लिएर गए, जसको अर्को नाउँ मर्कूस थियो ।
ACT 13:1 एन्टिओखियाको सभामा त्यहाँ केही अगमवक्‍ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्‍थ्यो), कुरेनीका लुसियस मनेन (जो पालनपोषण गरेर हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए ।
ACT 13:2 जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्‍नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”
ACT 13:3 सभाले उपवास प्रार्थना गरिसकेपछि, र तिनीहरूले यी मानिसहरूमाथि हातहरू राखेर प्रार्थना गरे र उनीहरूलाई पठाइदिए ।
ACT 13:4 त्यसकारण पवित्र आत्माको आज्ञा शाऊल र बारनाबासले माने र तल सिलुसियामा गए, अनि त्यहाँबाट जहाज चढी साइप्रसको टापुतिर गए ।
ACT 13:5 सलामिस सहरमा हुँदा, उनीहरूले यहूदीहरूको सभाघरमा वचन घोषणा गरे र सहायताका लागि यूहन्‍ना मर्कूस पनि उनीहरूसँगै थिए ।
ACT 13:6 उनीहरू पुरै टापु पार गरेर पाफोस पुगेपछि एक जना जादुगर यहूदी झुटा अगमवक्‍तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो ।
ACT 13:7 यो जादुगर त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित थियो, जो एक विद्वान मानिस थिए । उनले शाऊल र बारनाबासलाई बोलाए किनभने तिनी परमेश्‍वरको वचन सुन्‍न चाहन्थे ।
ACT 13:8 तर इलुमास, ‘‘जादुगर’’ ले तिनीहरूको विरोध गर्‍यो (यसरी नै उसको नाउँ अनुवाद गरिन्छ); उसले प्रान्तीय शासक सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन प्रयास गर्‍यो ।
ACT 13:9 तर शाऊल जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर, उसलाई एकटक लाएर हेरे
ACT 13:10 र भने, तँ शैतानको छोरो, तँ छल र दुष्‍टताले भरिएको छस् । तँ हरेक प्रकारको धार्मिकताको शत्रु होस् । तैले प्रभुको सोझो बाटोलाई बड्ग्याउन कहिल्यै छोड्दैनस्, छोड्छस् र ?
ACT 13:11 अब हेर्, प्रभुको हात तँमाथि परेको छ र तँ अन्धो हुनेछस् । केही समयका लागि तैँले घाम देख्‍ने छैनस् ।’’ तुरुन्तै त्यहाँ बाक्लो तुवाँलो र अन्धकारले एलुमासलाई ढाक्यो र हात समातेर डोर्‍याइदिऊन् भन्दै यताउति मानिसहरूलाई आग्रह गर्न थाल्यो ।
ACT 13:12 प्रान्तीय शासकले जे भएको थियो त्यो देखेपछि उनले विश्‍वास गरे, किनभने उनी प्रभुको शिक्षाबारे चकित भएका थिए ।
ACT 13:13 अब त्यसपछि पावल र उनका साथीहरू पाफोसबाट पानीजहाजमा चढी पाम्फिलियाको पर्गामा आए । तर यूहन्‍नाले उनीहरूलाई छोडेर यरूशलेमतिर फर्के ।
ACT 13:14 पावल र उनका साथीहरू पर्गाबाट यात्रा गर्दै पिसिदियाको एन्टीओखियामा आइपुगे। त्यहाँ उनीहरू विश्राम दिनमा सभा घरमा गए र बसे ।
ACT 13:15 अनि व्यवस्था र अगमवक्‍ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले उनीहरूलाई यसो भनेर सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्‍नुहोस् ।”
ACT 13:16 त्यसकारण पावल उठे र हातले इसारा गर्दै उनले भने, “इस्राएलका मानिसहरू र जसले परमेश्‍वरलाई आदर गर्नुहुन्छ, सुन्‍नुहोस् ।
ACT 13:17 इस्राएलका यी मानिसहरूका परमेश्‍वरले हाम्रा पितापुर्खाहरूलाई चुनेर र मिश्रदेशमा रहँदा तिनीहरूलाई संख्यामा धेरै बढाउनुभयो र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।”
ACT 13:18 उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो।
ACT 13:19 कनानमा भएका सातवटा जातिहरूलाई उहाँले नास गरिसकेपछि हाम्रा मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो उत्तराधिकारका लागि दिनुभयो ।
ACT 13:20 यी सबै घटनाहरू हुन चारसय पचास वर्षको अवधिमा भएका हुन् । यी सबै कुरापछि परमेश्‍वरले शमूएल अगमवक्‍ताको समयसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो ।
ACT 13:21 त्यसपछि, मानिसहरूले एउटा राजाको माग गरे, त्यसैले परमेश्‍वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति दिनुभयो ।
ACT 13:22 तब परमेश्‍वरले शाऊललाई राजाबाट हटाउनुभएपछि, उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो । परमेश्‍वरले यी नै दाऊदको बारेमा भन्‍नुभएको थियो, ‘यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएँ र मैले चाहेको हरेक काम उनले गर्नेछन् ।’
ACT 13:23 यिनै मानिसका सन्तानहरूबाट उहाँले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार परमेश्‍वरले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको छ ।
ACT 13:24 येशू आउनुभन्दा अगाडि नै यो हुन थाल्यो, जब यूहन्‍नाले पहिला इस्राएलका सबै मानिसहरूलाई पश्‍चात्तापको बप्‍तिस्माको बारेमा घोषणा गरे ।
ACT 13:25 जसरी यूहन्‍नाले आफ्नो काम पुरा गर्दै गर्दा उनले भने, ‘तिमीहरू म को हुँ भनी विचार गर्दछौ ? म त्यो होइनँ । तर सुन, मपछि एकजना आउँदैहुनुहुन्छ, जसको खुट्टाको जुत्ताको तुना फुकाल्न म योग्यको छैनँ ।’
ACT 13:26 भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्‍वरलाई आराधना गर्नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ ।
ACT 13:27 यरूशलेममा बस्‍नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई वास्तमै चिनेनन्, न त हरेक शबाथमा पढिने अगमवक्‍ताहरूको आवजलाई नै बुझे । त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्‍ताको भविष्यवाणीलाई पुरा गरे ।
ACT 13:28 उहाँलाई मृत्यु दण्डका निम्ति कुनै पनि दोष नभेट्टाए तापनि तिनीहरूले पिलातससँग उहाँलाई मार्न माग गरे ।
ACT 13:29 जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पुरा गरे, तिनीहरूले उहाँलाई रुखबाट ओराले र चिहानमा राखे ।
ACT 13:30 तर परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो ।
ACT 13:31 गालीलदेखि यरूशलेमसम्म उहाँसँगै आएका मानिसहरूकहाँ उहाँ धेरै दिनसम्म देखापर्नु भयो । अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन् ।
ACT 13:32 यसकारण हाम्रा पितापुर्खाहरूलाई प्रतिज्ञा गरिएको असल समाचार हामीले तपाईंहरूकहाँ ल्याएकाछौँ ।
ACT 13:33 परमेश्‍वरले येशूलाई मृत्युबाट जीवित पार्नुहुँदा, हामी तिनीहरूका सन्तानहरूका निम्ति उहाँले यी प्रतिज्ञाहरू पुरागरिदिनुभयो । जसरी यो दोस्रो भजनमा पनि लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।’
ACT 13:34 उहाँको शरीर नकुहोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्‍ने तथ्यबारे उहाँले यसरी बोल्नुभएको छ, ‘म तिमीलाई दाऊदको पवित्र र निश्‍चित आशिष् दिनेछु ।’
ACT 13:35 यसैकारणले गर्दा उहाँले अर्को भजन पनि यसरी भन्‍नुभएको छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिन दिनुहुनेछैन ।’
ACT 13:36 किनभने दाऊदले उनको पुस्तामा परमेश्‍वरको इच्छाअनुसार सेवा गरेपछि, उनको मृत्य भयो र उनलाई उनका पितापुर्खाहरूसँगै राखियो र उनको शरीर कुहियो ।
ACT 13:37 तर जसलाई परमेश्‍वरले जीवित पार्नुभयो उहाँलको शरीर कुहिएन ।
ACT 13:38 त्यसैले भाइहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा तपाईंहरूलाई पाप क्षमाको घोषणा गरिन्छ ।
ACT 13:39 विश्‍वास गर्ने हरेक उहाँद्वारा सबै थोकहरूबाट धर्मी ठहरिइन्छ, जसबाट मोशाको व्यवस्थाले तपाईंहरूलाई धर्मी ठहराउन सकेको थिएन ।
ACT 13:40 यसैकारण होसियार हुनुहोस्, अगमवक्‍ताले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्:
ACT 13:41 ‘घृणा गर्नेहरू हो, हेर र छक्‍क पर, र नष्‍ट भइजाओ, तिमीहरूको समयमा मैले काम गरिरहेको छु, यदि कसैले तिमीहरूलाईं यसबारे घोषणा गरे पनि तिमीहरू कहिल्यै विश्‍वास गर्ने छैनौ ।’”
ACT 13:42 पावल र बारनाबास त्यहाँबाट जान लाग्दा मानिसहरूले यी नै वचनहरू अर्को विश्राममा आएर बोलिदिनुहोस् भनी तिनीहरूलाई बिन्ती गरे ।
ACT 13:43 जब सभाघरको सभा अन्त्य भयो, तब धेरै यहूदीहरू र यहूदी मत मान्‍ने भक्तहरू पावल र बारनाबासको पछि लागे । तिनीहरूले परमेश्‍वरको अनुग्रहमा निरन्तर रहिरहन उनीहरूलाई उत्साह दिए ।
ACT 13:44 अर्को विश्राममा, लगभग पुरै सहर नै प्रभुको वचन सुन्‍नलाई सँगसँगै भेलाभएको थियो ।
ACT 13:45 जब यहूदीहरूले भिडलाई देखे, तिनीहरू डाहले भरिए, र पावलले भनेका कुराहरूको बिरुद्धमा बोल्न थाले र उनको अपमान गरे।
ACT 13:46 तर पावल र बारनाबासले साहससित बोल्दै भने, “परमेश्‍वरको वचन पहिले तपाईंहरूकहाँ नै बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट धकेलिएको देखेर आफूले आफैँलाई अनन्त जीवन प्राप्‍त गर्नदेखि अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौँ ।
ACT 13:47 किनभने परमेश्‍वरले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेकोछु, र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनु पर्छ ।”
ACT 13:48 जब गैरयहूदीहरूले यो सुने, तिनीहरू खुसी भए र परमेश्‍वरको वचनको महिमा गरे । अनन्त जीवनका लागि नियुक्त गरिएका जतिले विश्‍वास गरे ।
ACT 13:49 त्यस सम्पूर्ण क्षेत्रभरि नै प्रभुको वचन फैलियो ।
ACT 13:50 तर यहूदीहरूले भक्त र महत्त्वपूर्ण स्‍त्रीहरू र साथ-साथै सहरका मुख्य मानिसहरूसँग पावल र बारनाबासको विरुद्धमा अनुरोध गरे । तिनीहरूले पावल र बारनाबासलाई दण्डित गरे उनीहरूलाई तिनीहरूको सहरको सिमाना कटाए ।
ACT 13:51 तर पावल र बारनाबासले आफ्नो खुट्टामा लागेको धुलो तिनीहरूका विरुद्धमा टकटक्याए । त्यसपछि तिनीहरू आइकोनियम सहरमा गए ।
ACT 13:52 अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरपुर भए ।
ACT 14:1 आइकोनियममा आइसकेपछि पावल र बारनाबास सँगसँगै यहूदीहरूको सभाघरमा गए र यसरी बोले जसको कारण यहूदीहरू र ग्रिकहरू दुवैका ठुलो भिडले विश्‍वास गरे ।
ACT 14:2 तर अनाज्ञाकारी यहूदीहरूले गैरयहूदीहरूका मनहरूलाई खल्बल्याइदिए र दाजुभाइहरूको विरुद्धमा तितो बनाइदिए ।
ACT 14:3 त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभएकाले प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे । उहाँले यो परमेश्‍वरले पावल र बारनाबासका हातहरूद्वारा यी चिह्नहरू र अचम्मका कामहरू दिएर गर्नुभयो ।
ACT 14:4 तर सहरका अधिकांश मानिसहरू विभाजित भए । कोही मानिसहरू यहूदीहरूका पक्षमा र कोही प्रेरितहरूका पक्षमा लागे ।
ACT 14:5 जब यहूदीहरू र गौरयहूदीहरू दुवैले तिनीहरूका अगुवाहरूलाई पावल र बारनाबासलाई दुर्व्यवहार गर्न र ढुङ्गाले हान्‍न मनाउन प्रयास गरे,
ACT 14:6 यो कुरा थाहापाएपछि तिनीहरू लुकोनिया, लुस्‍त्रा, र डर्बी सहरहरू र वरिपरिका क्षेत्रतिर भागेर गए
ACT 14:7 र त्यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिरहे ।
ACT 14:8 लुस्‍त्रामा एकजना मानिस बसिरहेको थियो जसको खुट्टा शक्तिहीन् र आमाको गर्भमै लङ्गडो थियो र ऊ कहिलै हिँडेको थिएन ।
ACT 14:9 पावलले बोलिरहेको त्यो मानिसले सुन्यो । पावलले आफ्ना आँखा उसलाई एकटक लगाएर हेरे र त्यो मानिसमा निको हुनसक्‍ने विश्‍वास भएको देखे ।
ACT 14:10 यसकारण उनले ठुलो स्वरमा त्यसलाई भने, “आफ्नो खुट्टामा उठ ।” अनि त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो ।
ACT 14:11 जब भिडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्‍चालेर कराउँदै लुकोनियाको भाषामा भने, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्ली आएछन् ।”
ACT 14:12 तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने किनकि उनी चाहिँ प्रमुख वक्ता थिए ।
ACT 14:13 जिउसका पूजाहारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले र भिडले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए, किनभने तिनीहरूले बलिदान चढाउन चाहन्थे ।
ACT 14:14 तर जब प्रेरित पावल र बारनाबासले यो सुने, र तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै कराउँदै मानिसहरूका भीडतिर गए ।
ACT 14:15 र भने, “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनु भएको छ ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौँ । हामीले तपाईंहरूलाई अर्थविहीन् कुराहरूबाट ती जीवित परमेश्‍वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौँ जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो ।
ACT 14:16 विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिँड्न अनुमति दिनुभयो ।
ACT 14:17 तथापि उहाँले आफैँलाई गवाहीबिना छोड्नु भएन त्यसका निम्ति उहाँले असल गर्नुभयो र तपाईंहरूलाई स्वर्गबाट वर्षा, र फलदायी ऋतुहरू अनि भोजन र आनन्दले तपाईंहरूका हृदयलाई भर्नुभएको छ ।’’
ACT 14:18 यी वचनहरूले पनि पावल र बारनाबासले तिनीहरूले भिडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके ।
ACT 14:19 तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भिडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले ।
ACT 14:20 तर पनि चेलाहरू उनको वरिपरि उभिरहँदा, उनी उठे र सहरभित्र पसे । अर्को दिन बारनाबाससँग उनी डर्बीतिर गए ।
ACT 14:21 सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे र धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्‍त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए ।
ACT 14:22 तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्‍वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्यमा पस्‍नुपर्छ भनी बताए ।
ACT 14:23 जब तिनीहरूले विश्‍वासीहरूको हरेक समूहमा एल्डरहरू नियुक्त गरे र उपवाससहित प्रार्थना गरे अनि तिनीहरूले विश्‍वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए ।
ACT 14:24 त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए ।
ACT 14:25 पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे ।
ACT 14:26 त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ उनीहरूले भर्खरै पुरा गरेका कामको निम्ति परमेश्‍वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए ।
ACT 14:27 तिनीहरू एन्टिओखियामा आइपुगेपछि सभा बोलाए अनि तिनीहरूले परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका कामहरू र गैरयहूदीहरूका बिचमा कसरी उहाँले विश्‍वासको ढोका खोलिदिनुभयो, सोबारे सबै कुरा बताए ।
ACT 14:28 तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे ।
ACT 15:1 यहूदियाबाट केही मानिसहरू आए र भाइहरूलाई यसो भन्दै सिकाए, “जबसम्म तपाईंहरूले मोशाको विधिअनुसार खतना गर्नुहुन्‍न, तबसम्म तपाईंहरू बाँच्‍न सक्‍नुहुन्‍न ।”
ACT 15:2 जब पावल र बारनाबासको तिनीहरूसँग विरोध र विवाद भयो तब यस प्रश्‍नलाई लिएर पावल, बारनाबास र अरू केही मानिस यरूशलेममा प्रेरित र एल्डरहरूकहाँ जानुपर्छ भनी भाइहरूले निर्णय गरे ।
ACT 15:3 त्यसकारण उनीहरू मण्डलीद्वारा पठाइए अनि फोनिसिया र सामरिया भएर गए र गैरयहूदीहरू विश्‍वासमा आएका कुरा घोषणा गरे । उनीहरूले सबै दाजुभाइहरूमा ठुलो आनन्द ल्याए ।
ACT 15:4 जब उनीहरू यरूशलेममा आए, उनीहरूलाई मण्डली, प्रेरितहरू र एल्डरहरूद्वारा स्वागत गरियो, र यसरी उनीहरूसँग परमेश्‍वरले गर्नुभएका सबै कामहरूको प्रतिवेदन उनीहरूलाई सुनाए ।
ACT 15:5 फरिसी दलबाट विश्‍वास गरेका केही मानिसहरू उठे र भने, “तिनीहरूलाई खतना गर्न र मोशाको व्यवस्था पालन गर्न आज्ञा दिनु आवश्यक छ ।”
ACT 15:6 त्यसैले यस विषयमा विचार गर्न प्रेरितहरू र एल्डरहरू भेला भए ।
ACT 15:7 धेरै छलफलपछि, पत्रुस उठे र तिनीहरूलाई भने, “भाइहरू, केही समय अगाडि परमेश्‍वरले तपाईंहरूको माझमा गर्नुभएको एउटा छनौट तपाईंहरूलाई थाहै छ कि मेरो मुखद्वारा गैरयहूदीहरूले सुसमाचारको वचन सुन्‍न सकून् र विश्‍वास गरून् ।
ACT 15:8 मानिसहरूका हृदय जान्‍नुहुने परमेश्‍वरले हामीलाई जस्तै तिनीहरूलाई पवित्र आत्मा दिएर तिनीहरूलाई गवाही दिनुहुन्छ ।
ACT 15:9 विश्‍वासद्वारा तिनीहरूका हृदय शुद्ध गर्नुभएर उहाँले हामीहरू र तिनीहरूका बिचमा कुनै भेदभाव गर्नुभएन ।
ACT 15:10 अब यसकारण हाम्रा पिताहरूले र हामीहरूले बोक्‍न नसकेको जुवा चेलाहरूको घाँटीमा राख्‍नैपर्छ भनी तपाईंहरू किन परमेश्‍वरको परीक्षा गर्नुहुन्छ ?
ACT 15:11 तर हामी विश्‍वास गर्दछौँ कि हामीहरू प्रभु येशूको अनुग्रहद्वारा बचाइनेछौँ, जसरी तिनीहरू पनि बचाइए ।’’
ACT 15:12 तिनीहरूले पावल र बारनाबासद्वारा गैरयहूदीहरूका माझमा परमेश्‍वरले गर्नुभएका चिह्न र आश्‍चर्यकर्महरूको विवरण सुनिरहँदा सारा भिड चुपचाप रह्‍यो ।
ACT 15:13 तिनीहरूले बोल्न छोडेपछि, याकूबले जवाफ दिँदै भने, “भाइहरू हो, मेरा कुरा सुन्‍नुहोस् ।
ACT 15:14 परमेश्‍वरले आफ्नो नाउँको खातिर तिनीहरूबाटै एक जाति लिनलाई कसरी पहिले गैरयहूदीहरूलाई कृपादृष्‍टिकासाथ सहायता गर्नुभयो भनी सिमोनले बताएका छन् ।
ACT 15:15 यससँग अगमवक्‍ताका वचनहरू सहमत छन्, किनकि यसरी लेखिएको छ,
ACT 15:16 यी कुराहरूपछि म फर्केर आउनेछु, र म दाऊदको ढलेको पाल फेरि निर्माण गर्नेछु, यसका भग्‍नावशेषहरूलाई म उठाउनेछु र फेरी पुनर्स्थापित गर्नेछु ।
ACT 15:17 ताकि बाँकी रहेको मानिसहरू र सबै गैरयहूदीहरू लगायत मेरो नाउँद्वारा बोलाइएकाहरूले प्रभुलाई खोज्‍न सकून्।
ACT 15:18 , जसले यी प्राचीन समयदेखि थाहा कुराहरू गर्नुहुने प्रभुले यसरी भन्‍नुहुन्छ ।
ACT 15:19 त्यसकारण मेरो विचार यो छ कि परमेश्‍वरतिर फर्कने गैरयहूदीहरूलाई हामीले दुःख दिनुहुँदैन ।
ACT 15:20 तर हामीले तिनीहरूलाई यो लेख्छौँ कि तिनीहरू मूर्तिहरूको अशुद्धताबाट, व्यभिचारबाट र घाँटी अठ्याएर मारेको मासु र रगतबाट अलग रहून् ।
ACT 15:21 किनभने हरेक सहरमा मोशाको व्यवस्थाका कुराहरू हरेक सबाथमा पुस्तौंदेखि मानिसहरूले सभाघरहरूमा प्रचार गर्दै र पढ्दै आएका छन् ।”
ACT 15:22 त्यसपछि मण्डलीका अगुवाहरू यहूदा बरसाबास र सिलासलाई छानेर पावल र बारनाबासका साथमा तिनीहरूलाई एन्टिओखिया पठाउने कुरा सबै प्रेरितहरू, एल्डरहरू र सारा मण्डलीसहितलाई कुरा असल लाग्यो ।
ACT 15:23 तिनीहरूले यो लेखे, “एन्टिओखिया, सिरिया र किलिकियामा भएका गैरयहूदी भाइहरू, प्रेरितहरू, एल्डरहरू, भाइहरूलाई अभिवादन ।
ACT 15:24 हामीले त्यस्तो गर्ने आज्ञा नगरेका केही मानिसहरू हाम्रो बिचबाट तपाईंहरूकहाँ आएर तपाईंहरूको आत्मालाई दु:खित पार्ने खालका शिक्षाहरू दिएर तपाईंहरूलाई दुःख दिइरहेका छन् ।
ACT 15:25 त्यसैकारण हाम्रा प्रिय पावल र बारनाबासका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौँ र यो हामी सबैलाई असल लाग्यो ।
ACT 15:26 यी हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका मानिसहरू हुन् ।
ACT 15:27 त्यसैले हामीले यहूदा र सिलासलाई पठाएका छौँ, जसले तिमीहरूलाई त्यही कुराहरू बताउनेछन् ।
ACT 15:28 किनभने यी आवश्यक कुराहरूभन्दा बढि ठुलो भार तपाईंहरूमाथि नबोकाउन पवित्र आत्मा र हामीलाई असल लाग्यो ।
ACT 15:29 तपाईंहरू मूर्तिहरूलाई चढाइएका बलिदानका कुराहरू, रगत, घाँटी अठ्याएर मारेको थोकहरू र यौन अनैतिकताबाट अलग रहनुहोस् । यदि तपाईंहरूले आफैँलाई यी कुराहरूबाट अलग राख्‍नुभयो भने तपाईंहरूलाई भलो हुनेछ । बिदा ।”
ACT 15:30 जब उनीहरू बिदा भएर एन्टिओखियामा आए । तिनीहरूलेभिडलाई एकसाथ भेला पारेपछि पत्र दिए ।
ACT 15:31 जब तिनीहरूले यसलाई पढे, उत्साहको कारण तिनीहरू आनन्दित भए ।
ACT 15:32 यहूदा र सिलास पनि अगमवक्‍ताहरू भएकोले धेरै वचनहरूद्वारा भाइहरूलाई उत्साह दिए र तिनीहरूलाई बलियो पारे ।
ACT 15:33 उनीहरूले त्यहाँ केही समय बिताइसकेपछि भाइहरूको बिचबाट उनीहरूलाई पठाउनेहरूकहाँ शान्तिसाथ पठाइयो ।
ACT 15:34 (टिप्पणी: सबैभन्दा उत्तम प्राचीन पाण्डुलिपिहरूले “३४” पदलाई छोडेका छन् (प्रेरित १५ :४० हेर्नुहोस्) तर सिमोनलाई त्यहाँ रहन नै असल लाग्यो ।
ACT 15:35 तर पावल र बारनाबास अरु धेरैकासाथ एन्टिओखियामा बसे । जहाँउनी सिकाए र प्रभुको वचन प्रचार गरे ।
ACT 15:36 केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔँ र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौँ, र उनीहरू कस्ता छन हेरौँ ।
ACT 15:37 बारनाबासले मर्कूस भनिने यूहन्‍नालाई पनि तिनीहरूसँगै लैजान चाहन्थे ।
ACT 15:38 तर पावलले मर्कूसलाई लिएर जान ठिक छैन भनी विचार गरे । किनभने पाम्फिलियामा हुँदा उनी तिनीहरूबाट छुट्टिएर उनीहरूसँग काममा अगाडि गएनन् ।
ACT 15:39 तब त्यहाँ कडा असहमति उत्पन्‍न भयो । त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए । अनि बारनाबासले मर्कूसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्रयात्रा गरे ।
ACT 15:40 तर पावलले सिलासलाई छाने । भाइहरूद्वारा प्रभुको अनुग्रहमा सुम्पिएपछि उनी त्यहाँबाट बिदा भए ।
ACT 15:41 र उनी मण्डलीहरूलाई बलियो पार्दै सिरिया र किलिकिया भएर गए ।
ACT 16:1 पावल डर्बी र लुस्‍त्रामा पनि आए, त्यहाँ तिमोथी नाउँ गरेका एक जना चेला पनि थिए । उनी एउटी विश्‍वासी यहूदी स्‍त्रीका छोरा थिए भने उनका बाबुचाहिँ ग्रीक थिए ।
ACT 16:2 लुस्‍त्रा र आइकोनियमका भाइहरूले तिमोथीका बारेमा असल कुरा भन्थे ।
ACT 16:3 पावलले तिमोथीलाई आफूसँगै यात्रामा लान चाहन्थे, यसकारण उनले तिमोथीलाई आफूसँगै लगे र तिनको खतना गरे किनभने ती इलाकाहरूमा यहूदीहरू पनि थिए र उनका बाबु ग्रीक हुन् भनेर तिनीहरू सबैलाई थाहा थियो ।
ACT 16:4 ती सहरहरूको यात्रा गर्दैजाँदा उनीहरूले मण्डलीहरूमा पालन गर्नुपर्ने निर्देशनहरू दिए जुन निर्देशनहरू प्रेरितहरूले र अगुवाहरूले यरूशलेममा लेखेर दिएका थिए ।
ACT 16:5 यसरी मण्डलीहरू विश्‍वासमा बलियो हुँदै र दिन प्रतिदिन संख्यामा वृद्धि हुँदै गइरहे ।
ACT 16:6 एसियामा वचन प्रचार गर्न उनीहरूलाई पवित्र आत्माले मनाही गर्नुभएको हुँदा, पावल र उनका साथीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरू हुँदै अगि बढे ।
ACT 16:7 जब उनीहरू माइसियाको नजिक आइपुगे उनीहरूले बिथिनिया जान प्रयास गरे, तर येशूका आत्माले उनीहरूलाई रोक्‍नुभयो ।
ACT 16:8 त्यसैले माइसियाहुँदै अगाडि बढ्दै जाँदा, उनीहरू त्रोआस सहरमा झरे ।
ACT 16:9 रातको समयमा पावलले एउटा दर्शन देखे जसमा माकेडोनियाका एकजना व्यक्ति उभिएर उनलाई यसो भनिरहेका थिए, “माकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस् ।”
ACT 16:10 पावलले त्यो दर्शन देखेपछि, परमेश्‍वरले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्‍ने निष्कर्ष निकालेर हामीहरू तुरुन्तै माकेडोनियाको बाटोतर्फ लाग्यौँ ।
ACT 16:11 त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौँ र अर्को दिन हामी नियापोलिस पुग्यौँ,
ACT 16:12 त्यहाँबाट रोमी उपनिवेशको एकदमै महत्त्वपूर्ण जिल्लाको फिलिप्पी गयौँ जुनचाहिँ माकेडोनियाको एउटा सहर हो । हामी त्यस सहरमा धेरै दिनसम्म बस्यौँ ।
ACT 16:13 सबाथ-दिनमा हामी सहरको ढोकाबाट बाहिर नदी किनारमा पुग्यौँ जहाँ प्रार्थना गर्ने ठाउँ होला भन्‍ने हामीले ठान्यौँ । हामी बस्यौँ र जम्मा भएका स्‍त्रीहरूसँग कुरा गर्‍यौँ ।
ACT 16:14 त्यहाँ थिआटिरा सहरमा बसोबास गर्ने लिडिया नाउँ गरेकी एउटी स्‍त्री थिइन् जो वैजनी रङको वस्‍त्रको व्यापारी थिइन् । जसले परमेश्‍वरको आराधना गर्थिन् र हाम्रो कुरालाई ध्यान दिएर सुनिन् । पावलले भनेका कुरा तिनले ध्यानपूर्वक सुनून् भनेर परमप्रभुले तिनको हृदय खोलिदिनुभयो ।
ACT 16:15 तिनी र तिनका परिवार सबैजनालाई बप्‍तिस्‍मा दिएपछि तिनले हामीलाई यसो भन्दै आग्रह गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्‍वासयोग्य ठान्‍नुहुन्छ भने मेरो घरमा आएर बस्‍नुहोस् ।” भनी हामीलाई मनाइन् ।
ACT 16:16 हामीहरू प्रार्थना गर्ने स्थानतर्फ जाँदै गर्दा, जोखना हेर्ने एउटी जवान स्‍त्रीसँग हाम्रो सामना भयो । त्यसले जोखना हेरेर आफ्ना मालिकहरूका निम्ति धेरै धन कमाइदिन्थी ।
ACT 16:17 त्यो स्‍त्री यसो भन्दै पावल र हाम्रो पछि लागी, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन् । यिनीहरूले तपाईंहरूलाई मुक्तिको बाटो घोषणा गर्छन् ।”
ACT 16:18 त्यसले धेरै दिनसम्म त्यसो गरिरही । तर त्यसबाट धेरै झिजो मानेर पावलले पछाडितिर फर्केर त्यो आत्मालाई भने, “येशू ख्रीष्‍टको नाउँमा म तँलाई यसबाट निस्केर जाने आज्ञा दिन्छु ।” र त्यो तुरुन्तै निस्केर गयो ।
ACT 16:19 जब त्यस स्‍त्रीका मालिकहरूले आफ्नो कमाइको आशा गुम्‍नेभयो भन्‍ने थाहा पाए, तिनीहरूले पावल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे ।
ACT 16:20 तिनीहरूले पावल र सिलासलाई न्यायाधीशहरूकहाँ ल्याएर भने, “यिनीहरू यहूदीहरू हुन् र हाम्रो सहरमा एकदमै समस्या खडा गरिरहेका छन् ।
ACT 16:21 यिनीहरूले कानुन विपरित शिक्षाहरू सिकाइरहेका छन्, जुन हामी रोमीहरूका लागि ग्रहण गर्न वा पालन गर्न योग्यका छैनन् ।”
ACT 16:22 त्यसपछि मानिसहरूको भिड पावल र सिलास माथि खनिए; अनि न्यायाधीशहरूले उनीहरूको कपडा च्यातिदिए र उनीहरूलाई लहुराले हिर्काउने आदेश दिए ।
ACT 16:23 तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र उनीहरूमाथि कडा निगरानी राख्‍न झ्यालखानाका हाकिमलाई आदेश दिए ।
ACT 16:24 आदेश पाउने बित्तिकै झ्यालखानाका हाकिमले उनीहरूलाई भित्री कोठामा थुने र उनीहरूका खुट्टाहरू ठिँगुरामा हालेर बाँधे ।
ACT 16:25 मध्यरातमा पावल र सिलास परमेश्‍वरसँग प्रार्थना गर्दै र भजन गाउँदै थिए र अरू कैदीहरूले पनि त्यो कुराहरू सुनिरहेका थिए ।
ACT 16:26 अचानक त्यहाँ एउटा ठुलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए । तुरन्तै झ्यालखानाका सबै ढोकाहरू खोलिए अनि सबैका साङ्लाहरू आफैँ खोलिए ।
ACT 16:27 झ्यालखानाका हाकिम आफ्नो निद्राबाट ब्युँझिए र झ्यालखानाका सबै ढोकाहरू खुल्ला देखे । तब सबै कैदीहरू भागिसके भन्‍ने ठानेर उनले आफ्नो तरवार निकालेर आफूलाई मार्नै लागेका थिए ।
ACT 16:28 तर पावलले चर्को सोरले कराएर भने, “आफूलाई हानि नगर्नुहोस् किनकि हामी सबैजना यहीँ छौँ ।”
ACT 16:29 झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डराउँदै पावल र सिलासको सामु भुइँमा लम्पसार परे ।
ACT 16:30 अनि उनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ ?”
ACT 16:31 उनीहरूले भने, “प्रभु येशूमा विश्‍वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुने छ, तपाईं र तपाईंको परिवारले ।”
ACT 16:32 उनीहरूले प्रभुको वचन तिनलाई र तिनका घर-परिवारका सबैलाई सुनाए ।
ACT 16:33 तब रातको त्यही घडी झ्यालखानाका हाकिमले उनीहरूलाई निकालेर लगे अनि उनीहरूका घाउचोटहरू सफा गरिदिए र झ्यालखानाका हाकिम र उनका सबै घरानालाई तुरुन्तै बप्‍तिस्‍मा दिइयो ।
ACT 16:34 उनले पावल र सिलासलाई आफ्नो घरमा लिएर गए र तिनीहरूलाई खाना खुवाए । उनी उनका सबै घराना निकै रमाए किनभने उनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गरेका थिए ।
ACT 16:35 भोलिपल्ट बिहान न्यायाधीशहरूले झ्यालखानाका सिपाहीहरूलाई यसो भन्दै सन्देश पठाए, “ती मानिसहरूलाई छाडिदेओ ।”
ACT 16:36 यसकारण झ्यालखानाका हाकिमले पावललाई भने, “न्यायाधीशहरूले तपाईंहरूलाई छाडिदिनू भनेर आदेश दिएका छन्, त्यसैले तपाईंहरू बाहिर आउनुहोस् र शान्तिसँग जानुहोस् ।”
ACT 16:37 तर पावलले तिनीहरूलाई भने, “हामी निर्दोष रोमी नागरिक भए तापनि तिनीहरूले हामीलाई सार्वजनिक स्थलमा पिटेका छन् र हामीलाई झ्यालखानामा हालेका छन्; र अहिले हामीलाई सुटुक्‍क पठाउन खोज्दैछन् ? वास्तवमा त्यसो होइन, तिनीहरू आफैँ आएर र हामीलाई छुटाएर लैजाउन् ।”
ACT 16:38 तब झ्यालखानाका सिपाहीहरूले गएर न्यायाधीशहरूलाई यी कुरा सुनाए; अनि तिनीहरूले पावल र सिलास रोमी हुन् भन्‍ने थाहा पाएपछि न्यायाधीशहरू डराए ।
ACT 16:39 न्यायाधीशहरू आफैँ आएर बिन्ति गरे र पावल र सिलासलाई झ्यालखानाबाट बाहिर निकाले अनि सहर छाडेर जान आग्रह गरे ।
ACT 16:40 अनि पावल र सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा गए । जब पावल र सिलासले दाजुभाइहरूलाई देखे, उनीहरूले तिनीहरूलाई प्रोत्साहन दिए र त्यस सहरबाट आफ्नो बाटो लागे ।
ACT 17:1 अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनिया सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिके सहरमा आइपुगे ।
ACT 17:2 पावलले आफ्नो आदतअनुसार उनीहरूकहाँ गए र तिनवटा विश्राम दिनसम्म त्यहाँका मानिसहरूसँग धर्मशास्‍त्रबाट तर्क गरे ।
ACT 17:3 उनले धर्मशास्‍त्र खोल्दै ख्रीष्‍टले दुःख भोग्‍नु र मृत्युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गरे । उनले भने, “यिनै येशू जसलाई मैले तपाईंहरूका बिचमा घोषणा गरेको छु, उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ ।”
ACT 17:4 केही यहूदीहरू साथै ईश्‍वरभक्त ग्रीकहरू, धेरै अगुवा स्‍त्रीहरू र ठुलो भिडले पावल र सिलासको कुरामा विश्‍वास गरे ।
ACT 17:5 तर अविश्‍वासी यहूदीहरू ईर्ष्याले भरिए र बजारका चोकबाट केही दुष्‍ट मानिसहरूलाई जम्मा गरे र ठुलो भिड बनाएर सहरमा होहल्ला मच्‍चाए । तिनीहरूले यासोनको घरमा आक्रमण गरेर पावल र सिलासलाई मानिसहरूका बिचमा बाहिर ल्याउन चाहन्थे ।
ACT 17:6 तर जब तिनीहरूले पावल र सिलासलाई भेटाएनन्, तब यासोन र केही भाइहरूलाई घिसार्दै सहरका अधिकारीहरूकहाँ ल्याए । तिनीहरूले कराएर भने, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् ।”
ACT 17:7 यासोनले स्वागत गरेका यी मानिसहरूले कैसरको आदेश विपरित काम गर्छन् र भन्छन्, “येशू भन्‍ने अर्को एकजना राजा पनि छन् ।”
ACT 17:8 यी कुराहरू सुनेर मानिसहरूका भिड र सहरका हाकिमहरू आत्तिए ।
ACT 17:9 तिनीहरूले यासोन र अरू भाइहरूबाट जरिवानाको रकम लिइसकेपछि उनीहरूलाई जान दिए ।
ACT 17:10 त्यही रात भाइहरूले पावल र सिलासलाई बेरियामा पठाइदिए । त्यहाँ आइपुगेपछि उनीहरू यहूदीहरूको सभाघरमा पसे ।
ACT 17:11 थेसलोनिकेमा भएका मानिसहरूभन्दा यहाँका मानिसहरू असल थिए किनभने यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्‍त्रबाट जाँच्दै खुल्ला रूपमा परमेश्‍वरको वचनलाई ग्रहण गर्थे ।
ACT 17:12 यसकारण तिनीहरूमध्ये केही प्रभावशाली ग्रीक स्‍त्रीहरू लगायत धेरै पुरुषहरूले प्रभुमा विश्‍वास गरे ।
ACT 17:13 तर जब पावलले परमेश्‍वरको वचन बेरियामा पनि घोषणा गर्दैछन् भनी थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तिनीहरू त्यहाँ गएर भिडहरूलाई उक्साए र खलबल मच्‍चाउन लगाए ।
ACT 17:14 त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीँ बसे ।
ACT 17:15 पावललाई डोर्‍याइरहेका मानिसहरूले उनलाई एथेन्स सहरसम्म लगे । पावललाई त्यहाँ छोडेर फर्कंदा पावलले तिनीहरूसँग सिलास र तिमोथीलाई जति सक्दो छिट्टो उनीकहाँ आउनू भन्‍ने निर्देशन दिएर पठाए ।
ACT 17:16 पावलले सिलास र तिमोथीलाई एथेन्समा पर्खंदै गर्दा, त्यो सहर मूर्ती नै मूर्तीले भरिएको देखेर उनको आत्मा उनीभित्र वेचैन भयो ।
ACT 17:17 यसैकारण उनले यहूदीहरू र परमेश्‍वरको आराधना गर्नेहरूसँग सभाघरहरूमा र बजारमा दिनहुँ भेटिने मानिसहरूसँग पनि यसको बारेमा बहस गरे ।
ACT 17:18 तर त्यहाँ कतिजना एपिक्युरी र स्तोइकी दार्शनिकहरूसँग पनि उनको विवाद भयो । र केहीले यसो भने, “यो बकबकेले के भन्‍न खोज्दैछ ?” अरूहरूले भने, “ऊ त विदेशी देवताहरूको प्रचारक जस्तो देखिन्छ ।” किनभने उनले येशू र उहाँको पुनरुत्थानको बारेमा प्रचार गर्दै थिए ।
ACT 17:19 तिनीहरूले पावललाई अरिओपागसमा ल्याए, र उनलाई सोधे, “के हामी तपाईंले बताइरहनुभएको नयाँ शिक्षाको बारेमा जान्‍न सक्छौँ ?
ACT 17:20 किनभने तपाईंले केही अनौठा कुराहरू हाम्रो कानमा ल्याउँदै हुनुहुन्छ । त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्‍न चाहन्छौँ ।”
ACT 17:21 (अब सबै एथेन्सबासीहरू र त्यहाँ बस्‍ने परदेशीहरूले अरूलाई नयाँ कुराहरू बताउने र नयाँ कुराहरूको बारेमा सुन्‍ने बाहेक अन्य केही कुरामा समय बिताउँदैनथे । )
ACT 17:22 त्यसैले पावल अरिओपागसको बिचमा उभिए र यसो भने, “एथेन्सबासी हो, तपाईंहरू हरेक क्षेत्रमा धार्मिक हुनुहुन्छ भन्‍ने कुरा मैले देखेँ ।
ACT 17:23 किनिक यहाँ हिँड्दै गर्दा मैले तपाईंहरूले पुज्‍ने वस्तुहरू देखेँ । मैले यस्तो एउटा वेदी पनि देखेँ, जसमा ʻअज्ञात ईश्‍वरका निम्तिʼ भन्‍ने कुँदिएको थियो । यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्‍नुहुन्छ, तिनै ईश्‍वरको बारेमा म तपाईंहरूलाई बताउँछु ।
ACT 17:24 परमेश्‍वर जसले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्दिरहरूमा बस्‍नुहुन्‍न ।
ACT 17:25 न त उहाँलाई केही कुराको खाँचो परेजस्तै मानिसका हातद्वारा सेवा गरिनुपर्छ, किनकि उहाँले नै मानिसहरूलाई जीवन, सास र सबै थोक दिनुहुन्छ ।
ACT 17:26 उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्‍ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो ।
ACT 17:27 यसैकारण उनीहरूले तिनै परमेश्‍वरलाई खोजून् र सायद तिनीहरूले उहाँलाई खोजेर पाउनेछन् । वास्तवमा उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न ।
ACT 17:28 किनकि हामी उहाँमा नै जिउँछौँ र हिँडडुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ, जसरी तपाईंहरूका आफ्नै कविहरूले भनेका छन्: ʻकिनकि हामीहरू पनि उहाँकै सन्तान हौँ ।ʼ
ACT 17:29 यसकारण हामी परमेश्‍वरका सन्तान भएका हुनाले परमेश्‍वरलाई मानिसको कला वा विचारअनुसार सुन वा चाँदी वा ढुङ्गाबाट खोपेर बनाइएको चीज हो भनी ठान्‍नु हुँदैन ।
ACT 17:30 यसकारण परमेश्‍वरले पहिलेको अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले परमेश्‍वरले सबै ठाउँका सारा मानिसहरूलाई आफ्नो पापको पश्‍चात्ताप गर्ने आज्ञा गर्नुहुन्छ ।
ACT 17:31 किनभने उहाँले एक दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले चुन्‍नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको छ ।”
ACT 17:32 जब एथेन्सका मानिसहरूले मृत्त व्यक्तिको पुनरुत्थानको बारेमा सुने, कसै-कसैले पावललाई गिज्याए तर अरूहरूले यसो भने, “हामी यो विषयमा तपाईंबाट फेरि सुन्‍नेछौँ ।”
ACT 17:33 त्यसपछि पावलले तिनीहरूलाई छोडेर गए ।
ACT 17:34 तर अरियोपागसका डायनोसियस, दामारिस नाउँ गरेकी एक स्‍त्री र अरू कतिपय मानिसहरू पावललाई भेट्न आए र उनको कुरामा विश्‍वास गरे ।
ACT 18:1 यी कुराहरूपछि पावल एथेन्स छोडेर कोरिन्थमा गए ।
ACT 18:2 त्यहाँ उनले इटालीबाट आएका अकिला नाउँ गरेका पोन्टस निवासी एक यहूदी र तिनकी पत्‍नी प्रिस्किलालाई भेटे । किनभने क्लाउडियसले यहूदीहरूलाई रोम छाड्न आदेश दिएका थिए; र पावल तिनीहरूकहाँ आए ।
ACT 18:3 पावल तिनीहरूसँगै बसे र काम गरे किनकि उनीहरूको पेसा मिल्दथ्यो । तिनीहरूले पाल बनाउँथे ।
ACT 18:4 तब पावल हरेक सबाथ-दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवै समुदायका मानिसहरूसँग बहस गर्न थाले ।
ACT 18:5 तर जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावललाई पवित्र आत्माले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा यहूदीहरूलाई बताउन लगाउनु भयो ।
ACT 18:6 तर जब यहूदीहरूले पावलको विरोध गरे, तब आफ्नो कपडा टकटक्याउँदै पावलले तिनीहरूलाई यसो भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म अन्यजातिहरूकहाँ जानेछु ।”
ACT 18:7 तब उनी त्यो ठाउँ छाडेर तीतस युस्तसको घरमा गए जसले परमेश्‍वरको आराधना गर्दथे । उनको घर सभाघरको छेउमा पर्दथ्यो ।
ACT 18:8 सभाघरका अगुवा क्रिस्पस र तिनका सारा परिवारले प्रभुमा विश्‍वास गरे । पावलका कुरा सुन्‍ने कोरिन्थका धेरै मानिसहरूले विश्‍वास गरे र बप्‍तिस्मा लिए ।
ACT 18:9 राति दर्शनमा प्रभुले पावललाई भन्‍नुभयो, “नडराऊ, तर बोल र चुप नलाग ।
ACT 18:10 किनकि म तिमीसँग छु र तिमीलाई कसैले हानि गर्न सक्‍नेछैन किनकि यस सहरमा मेरा थुप्रै मानिसहरू छन् ।”
ACT 18:11 त्यस ठाउँमा पावल एक वर्ष छ महिनासम्म बसे र तिनीहरूका बिचमा परमेश्‍वरको वचन सिकाए ।
ACT 18:12 तर जब गालियो अखैयाका शासक बने तब यहूदीहरू एक भई पावलको विरुद्धमा उठे र फैसला गर्न पावललाई न्याय आसनको सामु ल्याए ।
ACT 18:13 तिनीहरूले भने, “यस मानिसले व्यवस्थाको विपरित परमेश्‍वरको आराधना गर्न लगाउँछ ।”
ACT 18:14 तर जब पावलले बोल्नै लागेका थिए, गालियोले यहूदीहरूलाई भने, “तिमी यहूदीहरू; यदि यो कुनै गल्ति वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुने थियो ।
ACT 18:15 तर यी शब्दहरू र नाउँहरू त तिमीहरूका आफ्नै व्यवस्थासँग सम्बन्धित विषयमा भएकाले तिमीहरू आफैँ मिलाऊ । यी विषयहरूमा म न्याय गर्न चाहन्‍नँ ।”
ACT 18:16 तब गालियोले तिनीहरूलाई न्याय आसन छोडेर जाने आदेश दिए ।
ACT 18:17 तर तिनीहरू सबैले सभाघरका शासक सोस्थेनसलाई समातेर न्याय आसनको अगाडि नै पिटे । तर गालियोले तिनीहरूले गरेका कुराको वास्तै गरेनन् ।
ACT 18:18 धेरै दिन त्यहाँ बसेपछि पावलले भाइहरूलाई छोडे अनि अकिला र प्रिस्किलालाई साथमा लिएर जहाज चढी सिरियातिर अगि बढे । बन्दरगाह छोड्नुभन्दा पहिले किंक्रियामा पावलले आफ्नो कपाल खौरे किनकि उनले नाजरी भाकल गरेका थिए ।
ACT 18:19 जब उनीहरू एफिससमा आइपुगे तब पावलले अकिला र प्रिस्किलालाई त्यहीँ छोडे । तर उनीचाहिँ सभाघरमा गए र यहूदीहरूसँग बहस गरे ।
ACT 18:20 तिनीहरूले पावललाई अझै केही समय बस्‍न अनुरोध गरे तर उनले इन्कार गरे ।
ACT 18:21 तर तिनीहरूसँग बिदा लिँदै उनले भने, “यदि परमेश्‍वरको इच्छा भएमा म तपाईंहरूकहाँ फर्किआउनेछु ।” त्यसपछि उनी जहाज चढेर एफिससतर्फ लागे ।
ACT 18:22 कैसरियामा जहाजबाट उत्रेपछि पावल उक्लेर यरूशलेममा गए र त्यहाँको मण्डलीलाई अभिवादन गरे अनि एन्टिओखियातर्फ झरे ।
ACT 18:23 त्यहाँ केही समय बिताएपछि पावल त्यहाँबाट फ्रिगिया र गलातिया क्षेत्रका सबै चेलाहरूलाई उत्साह दिँदै गए ।
ACT 18:24 अब अपोलोस नाउँ गरेका एक जना यहूदी जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए, उनी पनि एफिससमा आए । उनी धर्मशास्‍त्रीय ज्ञानमा र बोल्नमा दक्ष थिए ।
ACT 18:25 अपोलोस प्रभुको वचनका बारेमा ज्ञान पाएका व्यक्ति थिए । आत्मामा जोशिलो हुँदै येशू ख्रीष्‍टको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे तर उनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्र ज्ञान थियो ।
ACT 18:26 अपोलोसले सभाघरहरूमा बडो साहसका साथ बोल्न थाले । जब अकिला र प्रिस्किलाले उनको बारेमा सुने तब तिनीहरू उनको साथ लागे र उनलाई परमेश्‍वरको वचनको बारेमा अझै ठिकसँग बताइदिए ।
ACT 18:27 जब उनले अखैया हुँदै जाने इच्छा गरे, भाइहरूले उनलाई त्यहाँ जान प्रोत्साहन दिए र अखैयाका चेलाहरूले उनलाई ग्रहण गरून् भनेर पत्र लेखे । त्यहाँ आइपुगेपछि उनले अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई ठूलो मद्दत गरे ।
ACT 18:28 धर्मशास्‍त्रद्वारा येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा सबैका सामु प्रमाणित गरेर देखाउन सक्‍ने अपोलोको शक्ति र सीप देखेर यहूदीहरू नाजवाफ भए ।
ACT 19:1 अपोलोस कोरिन्थमा भएको बेला पावल माथिल्लो भूभागको बाटोहुँदै एफिसस सहर आइपुगे र त्यहाँ कतिपय चेलाहरूलाई भेटे ।
ACT 19:2 पावलले तिनीहरूलाई सोधे, “के तिमीहरूले विश्‍वास गर्दा पवित्र आत्मा पायौ त ?” तर तिनीहरूले उनलाई भने, “होइन, हामीले त पवित्र आत्माको बारेमा अहिलेसम्म सुनेका समेत छैनौँ ।”
ACT 19:3 पावलले भने, “त्यसो भए तिमीहरूले केमा बप्‍तिस्मा लियौ त ?” तिनीहरूले भने, “यूहन्‍नाको बप्‍तिस्मामा ।”
ACT 19:4 त्यसैले पावलले जवाफ दिए, “यूहन्‍नाले दिने बप्‍तिस्माचाहिँ पश्‍चात्तापको हो । उनले मानिसहरूलाई भनेका थिए कि उनीहरूले तिनीभन्दा पछि आउनुहुनेमाथि अर्थात् येशूमाथि विश्‍वास गर्नुपर्छ ।”
ACT 19:5 मानिसहरूले त्यो कुरा सुनेपछि उनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्मा लिए ।
ACT 19:6 त्यसपछि पावलले उनीहरूमाथि हात राखे र पवित्र आत्मा उनीहरूमाथि आउनुभयो अनि उनीहरूले अन्यभाषाहरूमा बोले र अगमवाणी गरे ।
ACT 19:7 उनीहरू जम्मा बाह्र जना जति मानिसहरू थिए ।
ACT 19:8 पावलले सभाघरमा गएर साहससाथ प्रचार गर्दै तीन महिना बिताए । उनले परमेश्‍वरको राज्यको बारेमा मानिसहरूसँग बहस गरे र विश्‍वास दिलाए ।
ACT 19:9 तर केही यहूदीहरूले हृदय कठोर पारे र अनाज्ञाकारी भए, अनि तिनीहरूले ख्रीष्‍टको मार्गको विरुद्धमा भिडहरूका सामु दुष्‍ट कुरा बोल्न थाले । यसकारण पावलले उनीहरूलाई छोडे र विश्‍वासहरूलाई लिएर त्यहाँबाट गए । उनले टुरान्‍नसको प्रवचन कक्षमा हरेक दिन बोल्न थाले ।
ACT 19:10 यो प्रक्रिया दुई वर्षसम्म चल्यो र यसरी एसियामा भएका यहूदी र ग्रीकहरू दुवैले प्रभुको वचन सुने ।
ACT 19:11 पावलको हातबाट परमेश्‍वरले महान् कामहरू गर्नुभयो ।
ACT 19:12 पावलको शरीरमा रुमाल र कपडालाई छुवाएर लगेर बिरामीहरूलाई छुवाइदिँदा समेत तिनीहरू निको भए र दुष्‍ट आत्माहरू तिनीहरूका शरीरबाट निस्केर गए ।
ACT 19:13 तर त्यस इलाकामा येशूको नाउँलाई आफू अनुकुल प्रयोग गर्ने केही यहूदी झारफुक गर्नेहरू पनि थिए । तिनीहरूले भूतात्मा लागेकाहरूलाई यसो भन्‍ने गर्थे, “पावलले प्रचार गरेको येशूको नाउँमा निक्ली जान म तँलाई आज्ञा गर्छु ।”
ACT 19:14 त्यस्तो गर्नेमा एक जना यहूदी प्रधान पूजाहारी स्केवाका सातजना छोराहरू थिए ।
ACT 19:15 एउटा दुष्‍ट आत्माले तिनीहरूलाई यसो भनेर जवाफ दियो, “येशूलाई म चिन्छु; पावललाई पनि चिन्छु, तर तँचाहिँ को होस् ?”
ACT 19:16 त्यो दुष्‍ट आत्मा लागेको मानिस तिनीहरूमाथि झम्ट्यो र तिनीहरूलाई लछारपछार गरेर पिट्यो । तब तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे ।
ACT 19:17 एफिससमा बस्‍ने यहूदी र ग्रीक सबै विश्‍वासीहरूलाई यो कुरा थाहा भयो । यसले गर्दा उनीहरूमा ठुलो भय उत्त्पन्‍न भयो अनि प्रभु येशूको नाउँको महिमा भयो ।
ACT 19:18 साथै धेरै विश्‍वासीहरू आएर आफूले गरेका दुष्‍ट कामहरू स्वीकार गरे ।
ACT 19:19 टुनामुना गर्नेहरू धेरै जनाले आफ्ना पुस्तकहरू ल्याई सबैको सामुन्‍ने जलाए । तिनीहरूले यी सबैको मूल्याङ्कन गर्दा पचास हजार चाँदीका सिक्‍का बराबर भयो ।
ACT 19:20 यसरी प्रभुको वचन धेरै शक्तिशाली रूपमा फैलियो ।
ACT 19:21 अब पावलले एफिससमा अफ्नो सेवा-कार्य पुरा गरिसकेपछि पवित्र आत्माको अगुवाइमा उनले माकेडोनिया र अखैया हुँदै यरूशलेमतर्फ जाने निर्णय गरे । उनले भने, “यरूशलेम पुगेपछि म रोममा पनि जानै पर्छ ।”
ACT 19:22 पावलले आफ्ना दुई जना चेलाहरू तिमोथी र एरास्तसलाई माकेडोनिया पठाए जसले उनलाई सहयोग गरेका थिए । तर पावल आफैँचाहिँ केही समय एसियामै बसे ।
ACT 19:23 त्यसैबेला एफिससमा यो मार्गको विषयमा ठुलो खैलाबैला मच्‍चियो ।
ACT 19:24 डायनाको चाँदीका मूर्तिहरू बनाउने चाँदीका सिल्पकार डेमेत्रियसले कारीगरहरूलाई धेरै व्यापार जुटाइदिन्थे ।
ACT 19:25 त्यसैकारण ती मानिसहरूलाई भेला गरेर तिनले भने, “साथीहरू, यो व्यापारबाट हामीले धेरै पैसा कमाइरहेका छौँ ।
ACT 19:26 तर तपाईंहरूले देख्दै र सुन्दै हुनुहुन्छ कि एफिससमा मात्र नभएर एसियामा भएका सबै ठाउँहरूमा पावलले कसरी धेरै मानिसहरूलाई यी कुराहरूबाट फर्काएको छ । उसले हातले बनाएका कुराहरूलाई ईश्‍वरहरू होइनन् भनिरहेछ ।
ACT 19:27 त्यसले गर्दा हाम्रो व्यापारमा नोक्सानी हुने मात्र होइन तर हाम्री महान् देवी डायनाको मन्दिर र तिनीप्रति मानिसहरूको आस्था पनि अब एसिया र संसारबाटै हराउनेछ ।”
ACT 19:28 यो कुरा सुनेपछि, तिनीहरू रिसाएर यसो भन्दै चिच्याए, “एफिसीहरूकी देवी डायना महान् छिन् !”
ACT 19:29 यसरी सहरका सबै मानिसहरू अलमलमा परे । अनि पावलसँग माकेडोनियाबाट यात्रा गरी आएका गायस र अरिस्तार्खसलाई लिएर तिनीहरू सबै रङ्गशालाभित्र दौडे ।
ACT 19:30 पावल पनि त्यस भिडमा जान चाहन्थे, तर चेलाहरूले उनलाई रोके ।
ACT 19:31 साथै कतिपय स्थानीय अधिकारीहरू जो पावलका मित्र थिए तिनीहरूले उनलाई त्यस भिडमा नआउन अनुरोध गर्दै खबर पठाए ।
ACT 19:32 केही मानिसहरू एउटा कुरा भन्दै थिए भने अरूले चाहिँ अर्कै कुरा गर्थे, कारण भिडका मानिसहरू अलमलमा थिए । धेरै मानिसहरूलाई त तिनीहरू त्यहाँ किन भेला भएका थिए भन्‍ने कुरा समेत थाहा थिएन ।
ACT 19:33 यहूदीहरूले एलेक्जेन्डरलाई भिडको पंक्तिमा ल्याए र तिनले आफ्ना हातद्वारा इशारा गरेर भिडलाई केही कुरा बुझाउन बोल्न लागे ।
ACT 19:34 तर जब तिनीहरूले अलेक्जेन्डर पनि यहूदी हुन् भन्‍ने थाहा पाए, तब तिनीहरू सबैले एउटै स्वरमा दुई घण्टासम्म “एफिसीहरूकी देवी डायना महान् छिन् !” भन्दै चिच्याए ।
ACT 19:35 तब नगर-सचिवले भिडलाई शान्त गराएर भने, “एफिससका मानिसहरू हो ! एफिसीहरूको सहर महान् डायनाको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र ?
ACT 19:36 यसरी यी कुराहरूलाई इन्कार गर्न सकिँदैन, यसकारण तपाईंहरू शान्त रहनुपर्छ र हतारमा केही गर्नुहुँदैन ।
ACT 19:37 किनकि तपाईंहरूले ल्याएका यी मानिसहरूले न त मन्दिर लुटेका छन् न त हाम्री देवीको विरुद्धमा ईश्‍वरनिन्दा नै गरेका छन् ।
ACT 19:38 त्यसकारण, डेमेत्रियस र उसका कारीगरहरूसँग कसैको विरुद्धमा केही भएमा अदालतहरू खुल्ला छन् र त्यहाँ न्यायाधीशहरू छन् । त्यहाँ तिनीहरूले उजुरी दिऊन् ।
ACT 19:39 तर यदि अरू कुराहरू भएमा नियमित सभामा निर्णय लिइने छ ।
ACT 19:40 किनभने आजको यस खैलाबैलाको दोष हामीलाई लाग्‍ने खतरा छ । यो बिनाकारणको हो र यसको व्याख्या गर्न हामी सक्दैनौँ ।”
ACT 19:41 यति भनेपछि उनले सभालाई विसर्जन गरे ।
ACT 20:1 खैलाबैला सकिएपछि, पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए । तब तिनीहरूबाट बिदा भएर उनी माकेडोनिया जानका लागि हिँडे ।
ACT 20:2 उनी ती क्षेत्रहरू भएर जाँदा त्यहाँका विश्‍वासीहरूलाई धेरै उत्साह दिँदै गए, त्यसपछि उनी ग्रीसतर्फ लागे ।
ACT 20:3 उनले त्यहाँ तिन महिना बिताइसकेपछि जब उनी जहाजद्वारा यात्रा गरेर सिरियातर्फ लाग्‍ने तरखर गर्दै थिए, तब यहूदीहरूले उनको विरुद्धमा एउटा षडयन्‍त्र रचे । त्यसैले उनी माकेडोनिया भएर फर्किने निर्णय गरे ।
ACT 20:4 उनलाई एसियासम्म बेरिया निवासी पुरोसका छोरा सोपात्रोस, थेसलोनिकेका विश्‍वासीहरूबाट दुई जना अरिस्तार्खस र सिकन्दस; डर्बीका गायस; तिमोथी; अनि एसियाबाट तुखिकस र त्रोमिफसले साथ दिए ।
ACT 20:5 तर यी मानिसहरू हामीभन्दा अगि गएका थिए र त्रोआसमा हामीलाई पर्खिरहेका थिए ।
ACT 20:6 अखमिरी रोटीको चाडपछि हामी फिलिप्पीबाट जहाजमा चढेर हिँड्यौँ र पाँच दिनमा हामी त्रोआसमा तिनीहरूकहाँ आयौँ । त्यहाँ हामी सात दिनसम्म बस्यौँ ।
ACT 20:7 हप्‍ताको पहिलो दिन जब हामी रोटी भाँच्‍नलाई भेला भएका थियौँ, तब पावल विश्‍वासीहरूसँग बोल्न थाले । उनले त्यहाँबाट अर्को दिन हिँड्ने योजना गरेकाले उनी मध्यरातसम्मै बोलिरहे ।
ACT 20:8 हामीहरू भेला भएको माथिल्लो कोठामा धेरै बत्तीहरू थिए ।
ACT 20:9 युटिकस नाउँको एक जना जवान मानिस झ्यालमा बसिरहेको थियो, र त्यो गहिरोमा निद्रमा पर्यो । पावलले अझै बोल्दै जाँदा निद्रामा परेको त्यो जवान मानिस तेस्रो तल्लाबाट झर्यो र तिनीहरूले त्यसलाईलाई मृत अवस्थामा उठाए ।
ACT 20:10 तर पावल तल गएर त्यसतिनीमाथि लम्पसार परे र त्यसलाई अँगालोमा हाले । त्यसपछि उनले भने “चिन्तित नहुनुहोस् किनभने ऊ जीवितै छन् ।”
ACT 20:11 त्यसपछि उनी फेरि माथिल्लो तल्लामा गए र रोटी भाँचे र खाए । झिसमिसे उज्यालो हुदाँसम्म पनि उनले तिनीहरूसँग कुराकानी गरिरहे र त्यसपछि त्यहाँबाट हिँडे ।
ACT 20:12 तिनीहरूले ती ठिटालाई जीवितै ल्याए र धेरै सान्त्वना पाए ।
ACT 20:13 हामी पावलभन्दा अगि जहाजमा चढेर आस्सोसतिर लाग्यौँ, जहाँ हामीले पावललाई जहाजमा ल्याउने योजना गर्‍यौँ । उनी आफैँले यस्तो चाहना गरे किनकि उनले जमिनको बाटो भएर जाने योजना गरेका थिए ।
ACT 20:14 उनले हामीलाई आस्सोसमा भेटेपछि, हामीले उनलाई जहाजमा लियौँ अनि मिटिलेने गयौँ ।
ACT 20:15 त्यसपछि हामी त्यहाँबाट यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्‍ने आइपुग्यौँ । भोलिपल्ट सामोस टापुमा पुग्यौँ अनि अर्को दिन हामी मिलेटस सहरमा आयौँ ।
ACT 20:16 सम्भव भएसम्म पावल पेन्तिकोसको दिनमा यरूशलेममा पुग्‍नलाई हतार गरिरहेका थिए, त्यसैले उनले एसियामा कुनै समय नबिताइकन एफिसस भएर यात्रा गर्ने निर्णय गरे ।
ACT 20:17 मिलेटसबाट उनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाए ।
ACT 20:18 तिनीहरू उनीकहाँ आएपछि, उनले तिनीहरूलाई भने, “तपाईंहरू आफैँ जान्‍नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैँ तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ ।
ACT 20:19 यहूदीहरूका षड्यन्‍त्रहरूका बिचमा मैले मनको सारा नम्रतामा, आँशु बगाउँदै र कष्‍टहरूमा समेत प्रभुको सेवा गरिरहेँ ।
ACT 20:20 कुनै पनि भलाइको कुरा तपाईंहरूको बिचमा घोषणा गर्नदेखि मैले आफैँलाई रोकिनँ अनि सार्वजनिक रूपमा र घर-घरमा गएर मैले कसरी तपाईंहरूलाई शिक्षा दिएँ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ ।
ACT 20:21 तपाईंहरूलाई थाहै छ कि मैले कसरी यहूदी र ग्रीकहरू दुवैलाई परमेश्‍वरतिर फर्कन पश्‍चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्‍वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेँ ।
ACT 20:22 अब हेर्नुहोस्, म पवित्र आत्मामा बाध्य भएर यरूशलेममा जाँदैछु, त्यहाँ मलाई के-कस्तो हुन आउने हो त्यो मलाई थाहा छैन ।
ACT 20:23 केवल पवित्र आत्माले मलाई यो गवाही दिनुहुन्छ कि हरेक सहरमा साङ्‍लाहरू र कष्‍टहरूले मलाई पर्खिरहेका छन् ।
ACT 20:24 तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, ताकि परमेश्‍वरको अनुग्रहको सुसमाचारको गवाही बन्‍नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्‍त भएको सेवा-कार्य पुरा गर्न सकूँ ।
ACT 20:25 र अब हेर्नुहोस्, मलाई थाहा छ कि तपाईंहरू सबै जसलाई मैले राज्यको प्रचार गरेँ, तपाईंहरूले अब उसो मेरो मुहार कहिल्यै देख्‍नुहुनेछैन ।
ACT 20:26 त्यसकारण तपाईंहरूलाई आजको दिन म यो गवाही दिन्छु कि म कुनै मानिसको रगतदेखि निर्दोष छु ।
ACT 20:27 किनकि मैले तपाईंहरूलाई परमेश्‍वरको सम्पूर्ण इच्छा घोषणा गर्नेदेखि आफैँलाई रोकिनँ ।
ACT 20:28 त्यसकारण तपाईंहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होसियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई देखरेख गर्ने तुल्याउनु भयो ताकि प्रभुले आफ्नै रगतले किन्‍नुभएका उहाँको बगालका गोठाला भई तपाईंहरू काम गर्नुहोस् ।
ACT 20:29 मलाई थाहा छ कि म यहाँबाट गएपछि, खतरनाक ब्वाँसाहरू तपाईंहरूका बिचमा प्रवेश गर्नेछन् र बगाललाई बाँकी राख्‍ने छैनन् ।
ACT 20:30 मलाई थाहा छ कि तपाईंहरूमध्येबाटै केही मानिसहरू आउनेछन् र चेलाहरूलाई आफ्नोपछि तान्‍नका लागि भ्रष्‍ट कुराहरू गर्नेछन् ।
ACT 20:31 त्यसैले होसियार हुनुहोस् । यो सम्झना गर्नुहोस् कि तिन वर्षसम्म दिन र रात आँशु बगाउँदै तपाईंहरू हरेक जनालाई निर्देशन दिन म पछि परिनँ ।
ACT 20:32 र अब म तपाईंहरूलाई परमेश्‍वरमा र उहाँको अनुग्रहको वचनमा सुम्पिन्छु, जुन तपाईंहरूलाई निर्माण गर्न र परमेश्‍वरमा समर्पित भएकाहरू सबैका माझमा तपाईंहरूलाई उत्तराधिकार दिन सक्षम छ ।
ACT 20:33 मैले कुनै मानिसको सुन, चाँदी वा कपडाको लोभ गरिनँ ।
ACT 20:34 तपाईंहरू आफैँ जान्‍नुहुन्छ कि यी हातहरूले मेरा आफ्नै र मसँग भएकाहरूका आवश्यकताहरू पुरा गरेका छन् ।
ACT 20:35 सबै कुरामा मैले तपाईंहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ र प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्‍ने उदाहरण दिएको छु, जसरी उहाँ आफैँले यी वचनहरू भन्‍नुभयो, ʻलिनुभन्दा दिनु अझ बढी आशिष्‌को कुरो हो ।ʼ”
ACT 20:36 उनले यसरी बोलिसकेपछि उनले घुँडा टेके र सबै जनासँग प्रार्थना गरे ।
ACT 20:37 तिनीहरू सबै जना धेरै रोए र उनलाई अँगालो हाले र चुम्बन गरे ।
ACT 20:38 तिनीहरूले उनको मुहार फेरि कहिल्यै पनि देख्‍ने छैनन् भनी उनले भनेका हुनाले तिनीहरू धेरै जना दु:खित भए । तब तिनीहरूले उनलाई जहाजसम्म पुर्‍याए ।
ACT 21:1 जब हामी उनीहरूबाट छुट्टिएर जहाजमा यात्रा सुरु गर्‍यौँ, हामी सिधै कोस सहरतिर लाग्यौँ । त्यसपछि हामी अर्को दिन रोडस सहरतिर र त्यहाँबाट पटारा सहरतिर लाग्यौँ ।
ACT 21:2 जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्यौँ, हामी त्यही जहाजमा चढेर यात्रा सुरु गर्‍यौँ ।
ACT 21:3 हामी साइप्रसको टापु नजिक आइपुग्दा, हामीले त्यसलाई बायाँतर्फ पारेर सिरियातर्फ लाग्यौँ, र टुरोस सहरमा उत्र्यौँ, किनभने त्यस जहाजले ल्याएको मालसमान त्यहाँ झार्नु पर्थ्यो ।
ACT 21:4 हामीले चेलाहरूलाई भेट्टाएपछि हामी त्यहाँ सात दिनसम्म बस्यौँ । ती चेलाहरूले पवित्र आत्माद्वारा पावलले यरूशलेममा पाइला राख्‍नुहुँदैन भने ।
ACT 21:5 जब हामीले त्यहाँ केही दिन बितायौँ, हामी त्यहाँबाट बिदा भएर हामीले हाम्रो यात्रालाई निरन्तरता दियौँ । हामी सहरबाहिर नआईपुगेसम्म तिनीहरू, तिनीहरूका पत्‍नीहरू र छोराछोरीहरू सबै बाटोमा सँगै आए । हामीले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्‍यौँ, र एक अर्कासँग बिदा भयौँ ।
ACT 21:6 हामी जहाजमा चढेर निरन्तर रूपमा अगाडि बढ्यौँ, अनि उनीहरू पनि आफ्ना घरतर्फ लागे ।
ACT 21:7 जब हामीले टुरोसबाटको जलयात्रा सिध्‍याएका थियौँ, हामी टोलेमाइसमा आइपुग्यौँ । त्यहाँ हामीले भाइहरूलाई अभिवादन गर्‍यौँ, र उनीहरूसँगै त्यहाँ एक दिन बस्यौँ ।
ACT 21:8 अर्को दिन हामी बिदा भयौँ, र कैसरियातिर लाग्यौँ । हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौँ, जो सात जना मध्येका एक जना थिए । हामी उनीसँगै बस्यौँ ।
ACT 21:9 यी मानिसका चार जना कुमारी छोरी थिए, जसले अगमवाणी गर्थे ।
ACT 21:10 हामी त्यहाँ केही दिन बस्दा, त्यहाँ यहूदियाबाट अगाबस भन्‍ने कोही एक जना अगमवक्‍ता आए ।
ACT 21:11 तिनी हामीकहाँ आए, र पावलको पेटी लिए । त्यो पेटीले उनले आफ्ना हात र खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्‍नुहुन्छ, ʻयरूशलेमका यहूदीहरूले यस पटुकाको मालिकलाई यसरी नै बाँध्‍नेछन्, र तिनीहरूले उसलाई अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्ʼ ।”
ACT 21:12 जब हामीले यस्ता कुराहरू सुन्यौँ, हामी र त्यस ठाउँमा बस्‍ने मानिसहरू दुवैले पावललाई यरूशलेममा नजान बिन्ती गर्‍यौँ ।
ACT 21:13 त्यसपछि पावलले जवाफ दिए, “मलाई जानदेखि निरुत्साही पार्न रोएर रोक्‍ने कोसिस नगर्नुहोस् । किनकि म प्रभु येशूको नाउँको खातिर बाँधिन मात्र होइन, यरूशलेममा मर्न पनि तयार छु ।”
ACT 21:14 पावलले फर्किने इच्छा नगरेपछि हामीले कोसिस गर्न छाड्यौँ, र भन्यौँ, “प्रभुको इच्छा पुरा होस् ।”
ACT 21:15 ती दिनपछि हामीले आफ्ना झोलाहरू लियौँ, र यरूशलेमतर्फ लाग्यौँ ।
ACT 21:16 कैसरियाबाट केही चेलाहरू पनि हामीसँगै गए । उनीहरूले साइप्रस टापुबाट आएका मनासोन नामका एक जना पुराना चेलालाई ल्याए, जससँग हामी बस्यौँ ।
ACT 21:17 जब हामी यरूशलेममा आइपुग्यौँ, दाजुभाइहरूले हामीलाई खुसीसाथ स्वागत गरे ।
ACT 21:18 अर्को दिन पावल हामीसँगै याकूबकहाँ पुगे, जहाँ सबै अगुवाहरू उपस्थित थिए ।
ACT 21:19 जब पावलले उनीहरूलाई अभिवादन गरे, उनले आफ्‍नो सेवा-कार्यद्वारा परमेश्‍वरले अन्यजातिहरूका माझमा गर्नुभएका कुराहरू एक-एक गरेर तिनीहरूलाई प्रतिवेदन दिए ।
ACT 21:20 उनीहरूले यो सुनेपछि उनीहरूले परमेश्‍वरको प्रशंसा गरे, र उनीहरूले तिनलाई भने, “हेर भाइ, हजारौँ यहूदीले विश्‍वास गरेका छन् । उनीहरू व्यवस्था पालना गर्नमा दृढ छन् ।
ACT 21:21 तपाईंले अन्यजातिहरूका माझमा बस्‍ने सारा यहूदीहरूलाई मोशालाई त्याग्‍न भनी सिकाउनुहुन्छ, र आफ्ना बच्‍चाहरूको खतना नगर्नू र पुराना रीतिरिवाज नमान्‍नू भन्‍नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ ।
ACT 21:22 हामीले के गर्नुपर्छ ? अवश्‍य, उनीहरूले तपाईं यहाँ आउनुभएको छ भन्‍ने सुन्‍नेछन् ।
ACT 21:23 त्यसैले, अब हामीले जे भन्छौँ तपाईंले त्यही गर्नुहोस् । हामीसँग भाकल गरेका चार जना मानिस छन् ।
ACT 21:24 यी चार जना मानिसलाई लैजानुहोस्, र उनीहरूसँगै आफैँलाई शुद्धिकरण गर्नुहोस्, र उनीहरूको खर्च तिरिदिनुहोस् ताकि उनीहरूले आफ्नो कपाल खौरिऊन् । यसरी, उनीहरूलाई तपाईंको बारेमा भनिएका कुराहरू झुटा हुन् भनी सबैले जानून् । तपाईं व्यवस्था पालना गर्ने मनसायले नै जिउनुहुँदोरहेछ भनी तिनीहरूले जानून् ।
ACT 21:25 तर विश्‍वास गर्ने अन्यजातिहरूको सम्बन्धमा, उनीहरूले आफैँलाई मूर्तिलाई बलि चढाएका कुराहरू, रगत, घाँटी निमोठेर मारेको कुरा, र व्यभिचारबाट अलग रहनुपर्छ भनी हामीले लेख्यौँ, र निर्देशन दियौँ ।”
ACT 21:26 त्यसपछि पावलले ती मानिसहरूलाई लिए, र अर्को दिन तिनीहरू हरेकको निम्ति भेटी नचढाएसम्म, शुद्धिकरणको अवधि घोषणा गर्दै, तिनीहरूसँगै आफैँलाई मन्दिरमा शुद्ध पारे ।
ACT 21:27 सात दिनको समय पुरा हुन लाग्दा, एसियाबाट आएका केही यहूदीहरूले पावललाई मन्दिरमा देखे, र सबै भिडलाई नै उत्तेजित बनाए, र उनीमाथि हात हाले ।
ACT 21:28 उनीहरू चिच्‍च्‍याउँदै थिए, “हे इस्राएलका मानिसहरू हो, हामीलाई सहायता गर्नुहोस् । मानिसहरू, व्यवस्था र यस ठाउँको विरुद्धका कुराहरू जताततै सबै मानिसहरूलाई सिकाउने मानिस यिनै हुन् । साथै यिनले ग्रिकहरूलाई पनि मन्दिरभित्र ल्याएका छन्, र यो पवित्र ठाउँलाई अशुद्ध तुल्याएका छन् ।”
ACT 21:29 किनभने तिनीहरूले एफिससका त्रोफिमसलाई उनीसँग सहरमा देखेका थिए, र पावलले नै उनलाई मन्दिरभित्र ल्याएका थिए भन्‍ने सोचे ।
ACT 21:30 सारा सहर नै उत्तेजित भयो, र सबै मानिसहरू सँगै दौडे, र तिनीहरूले पावललाई समाते । तिनीहरूले उनलाई घिसार्दै मन्दिर बाहिर ल्याए, र ढोकाहरू तुरुन्तै थुनिए ।
ACT 21:31 तिनीहरूले उनलाई मार्न कोसिस गरिरहँदा, सारा यरूशलेम नै खलबलिएको थियो भन्‍ने खबर सुरक्षाकर्मीहरूका प्रमुख कप्‍तानकहाँ आयो ।
ACT 21:32 तुरुन्तै सिपाहीहरू र कप्‍तानहरू लिएर तिनी त्यस भिडतिर दौडे । जब मानिसहरूले प्रमुख कप्‍तान र सिपाहीहरूलाई देखे, उनीहरूले पावललाई कुट्न छोडे ।
ACT 21:33 त्यसपछि प्रमुख कप्‍तान नजिक गए, र पावललाई समाते, र तिनलाई दुईवटा सिक्रीले बाँध्‍न आदेश दिए । तिनले उनी को थिए, र उनले के गरेका थिए भनी सोधे ।
ACT 21:34 भिडमा केही मानिसहरू एउटा कुरा भन्दै चिच्‍च्याए, भने अरूहरू अर्कै कुरा भन्दै चिच्‍च्याए । यी सबै हल्लाले गर्दा कप्‍तानले केही पनि भन्‍न सकेनन्, र पावललाई किल्लामा ल्याउनलाई आदेश दिए ।
ACT 21:35 जब पावल सिँढीमा आए, भिडको हिंसाले गर्दा उनी सेनाहरूद्वारा लगिए ।
ACT 21:36 मानिसको भिड पछि-पछि लाग्यो, र तिनीहरू यसरी चिच्‍च्याइ रहे, “तिनीबाट अलग बस !”
ACT 21:37 पावललाई किल्लाभित्र ल्याउन लाग्दा, तिनले प्रमुख कप्‍तानलाई भने, “के म तपाईंलाई केही कुरा भनूँ ?” कप्‍तानले सोधे, “के तिमी ग्रिक बोल्छौ ?
ACT 21:38 के तिमी त्यही मिश्री होइनौ र जसले पहिले विद्रोहको नेतृत्व गरी चार हजार आतङ्ककारीलाई उजाड-स्थानतिर लग्यौ ?”
ACT 21:39 पावलले भने, “म किलिकियाको टार्सस सहरको एक यहूदी हुँ । म एउटा महत्त्वपूर्ण सहरको नागरिक हुँ । म तपाईंलाई आग्रह गर्छु कि, मलाई यी मानिसहरूसँग बोल्न दिनुहोस् ।”
ACT 21:40 जब कप्‍तानले पावललाई अनुमति दिए, तिनी सिँढीमाथि चढे, र तिनले मानिसहरूतिर हात हल्लाए । जब त्यहाँ गहन मौनता छायो, उनले तिनीहरूसँग हिब्रूमा बोले । उनले भने,
ACT 22:1 “मेरा दाजुभाइहरू र बुबाहरू हो, मेरो बचाउको कुरा सुन्‍नुहोस्, जुन मैले अहिले तपाईंहरूलाई बताउनेछु ।”
ACT 22:2 पावलले तिनीहरूसँग हिब्रू भाषामा बोलेको भिडले सुनेपछि भिड चुप लाग्यो । उनले भने,
ACT 22:3 “म किलिकियाको टार्ससमा जन्मेको एक यहूदी हुँ, तर यही सहरमा गमलिएलको चरणमा शिक्षा पाएको व्यक्ति हुँ । मलाई हाम्रा पुर्खाहरूको व्यवस्थाको कडा नियमहरूअनुसार शिक्षा दिइएको थियो । आज यहाँहरूजस्तै म पनि परमेश्‍वरको निम्ति जोसिलो भएको छु ।
ACT 22:4 मैले यस मार्गलाई मृत्युसम्मै सताएँ । मैले स्‍त्रीहरू र पुरुषहरू दुवैलाई बाँधेँ, र तिनीहरूलाई झ्यालखानामा सुम्पिदिएँ ।
ACT 22:5 मलाई दमस्कसमा यात्रा गर्नलाई त्यहाँका भाइहरूका लागि मैले प्रधान पूजाहारी र सबै धर्म-गुरुहरूबाट पत्र पनि पाएको थिएँ, जसको गवाही उहाँहरूले नै दिन सक्‍नुहुन्छ । मैले यस मार्गकाहरूलाई बाँधेर दण्ड दिनको लागि यरूशलेममा ल्याउनुपर्थ्यो ।
ACT 22:6 म यात्रा गर्दै दमस्कसको नजिकै पुग्दा, मध्यान्हतिर अचानक स्वर्गबाट एउटा विशाल ज्योति मेरो वरिपरि चम्किन लाग्यो ।
ACT 22:7 म भुइँमा लडेँ, र मलाई यस्तो भनेको आवाज सुनेँ, ʻए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँदै छौ ? ʼ
ACT 22:8 मैले जवाफ दिएँ, “तपाईं को हुनुहुन्छ, प्रभु ?” उहाँले मलाई भन्‍नुभयो, ʻम नासरतको येशू हुँ, जसलाई तिमी सताउँदै छौ ।ʼ
ACT 22:9 मसँग भएकाहरूले त्यो ज्योति त देखे, तर मसँग बोल्नुहुनेको आवाजलाई भने सुनेनन् ।
ACT 22:10 मैले भनेँ, ʻप्रभु, मैले के गर्नुपर्छ ? ʼ प्रभुले मलाई भन्‍नुभयो, ʻउठ, र दमस्कसमा जाऊ । त्यहीँ नै तिमीले गर्नुपर्ने सबै कुरा तिमीलाई बताइनेछ” ।
ACT 22:11 मैले त्यो ज्योतिको चमकले गर्दा देख्‍न सकिनँ । त्यसैले, मसँग भएका मानिसहरूका हातबाट डोर्‍याइएर म दमस्कस गएँ ।
ACT 22:12 मैले त्यहाँ व्यवस्थाअनुसार भक्तिपूर्ण जीवन जिएका र त्यहाँ बस्‍ने सबै यहूदीहरूबाट सम्मान र आदर पाएका हननिया नाउँ गरेका मानिसलाई भेटेँ ।
ACT 22:13 उनी मकहाँ आए, र मेरो छेउमा उभिए, र भने, ʻभाइ शाऊल, दृष्‍टि प्राप्‍त गर ।ʼ त्यत्तिखेरै, मैले तिनलाई देखेँ ।
ACT 22:14 तब तिनले भने, ʻहाम्रा पितापुर्खाहरूका परमेश्‍वरले उहाँको इच्छा जान्‍नको लागि धार्मिक जनलाई देख्‍न र उहाँको आफ्नै मुखबाट निस्केको आवाजलाई सुन्‍न तिमीलाई छान्‍नुभएको छ ।
ACT 22:15 किनभने तिमीले देखेका र सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्‍नेछौ ।
ACT 22:16 अब तिमी किन पर्खिंदै छौ ? उठ, बप्‍तिस्मा लेऊ, र उहाँको नाउँ पुकारेर आफ्ना पापहरू पखाल ।
ACT 22:17 म यरूशलेम फर्केपछि मैले मन्दिरमा प्रार्थना गरिरहँदा, म अर्धचेत अवस्थामा पुगेँ ।
ACT 22:18 उहाँले मलाई यसो भन्‍नुभएको मैले देखेँ, ʻछिटो गर, र चाँडै यरूशलेम छोड । किनभने तिनीहरूले मेरोबारे तिम्रो गवाही ग्रहण गर्नेछैनन् ।ʼ
ACT 22:19 मैले भनेँ, ʻहे प्रभु, तिनीहरू आफैँलाई थाहा छ, कि मैले कसरी तपाईंमा विश्‍वास गर्नेहरूलाई हरेक सभाघरमा पसेर पिटेँ, र जेलमा हालेँ ।
ACT 22:20 तपाईंका साक्षी स्तिफनसको रगत बगाइँदा, म पनि नजिकै उभिएर सहमत हुदै थिएँ, र उनलाई मार्नेहरूको कपडा कुरिरहेको थिएँ ।
ACT 22:21 तर उहाँले मलाई भन्‍नुभयो, ʻगइहाल, किनभने म तिमीलाई अन्यजातिहरूकहाँ पठाउनेछुʼ ।”
ACT 22:22 मानिसहरूले उनलाई यतिबेलासम्म बोल्न दिए । तर त्यसपछि तिनीहरू चिच्‍च्याए र भने, “यस्ता मानिसलाई पृथ्वीबाट हटाइदेओ, उनी बाँच्‍नु ठिक छैन ।”
ACT 22:23 तिनीहरू कराउँदै, आफ्ना लुगाहरू फाल्दै, हावामा धुलो उडाउँदै गर्दा,
ACT 22:24 सेनापतिले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे । उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू उनको विरुद्ध किन त्यसरी चिच्‍च्याइरहेका थिए भनी उनी आफैँले थाहा पाउन सकून् ।
ACT 22:25 जब तिनीहरूले पावललाई डोरीले बाँधे, तब पावलले नजिकै उभिरहेका कप्‍तानलाई भने, “के एक रोमी नागरिक र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपाईंको निम्ति न्यायसङ्गत छ र ?”
ACT 22:26 जब कप्‍तानले यो सुने, तब उनी सेनापतिकहाँ गए, र उनलाई भने, “तपाईंले यी मानिसलाई के गर्न लाग्दै हुनुहुन्छ ? किनभने यी मानिस त रोमी नागरिक पो रहेछन् ।”
ACT 22:27 सेनापति आए, र उनलाई भने, “मलाई भन कि, के तिमी रोमी नागरिक हौ ?” अनि पावलले भने, “हजुर, हुँ ।”
ACT 22:28 सेनापतिले जवाफ दिए, “मैले धेरै ठुलो धनराशी खर्च गरेर मात्र नागरिकता पाएको थिएँ ।” तर पावलले भने, “म त रोमी नागरिक भएरै जन्मेको हुँ ।”
ACT 22:29 त्यसपछि पावललाई सोधपुछ गर्न गइरहेका मानिसहरू तुरुन्तै छोडेर गए । पावल रोमी नागरिक रहेछन् भनी थाहा पाएपछि सेनापति पनि डराए, किनभने उनले तिनलाई बाँधेका थिए ।
ACT 22:30 भोलिपल्ट मुख्य कप्‍तानले पावलको विरुद्धमा यहूदीहरूले लगाएको अभियोगको सत्यता जान्‍न चाहे । त्यसैले, उनले आफ्नो दलबललाई एकत्रित गरे, र प्रधान पूजाहारीहरूसाथै महासभाका सबै मानिसहरूलाई भेला हुनलाई आदेश दिए । त्यसपछि तिनले पावललाई तल ल्याए, र उनीहरूका बिचमा राखे ।
ACT 23:1 पावलले महासभाका मानिसहरूलाई सिधा हेरेर भने, “हे दाजुभाइहरू हो, आजको दिनसम्म म परमेश्‍वरको अगि सबै असल विवेकमा जिएको छु ।
ACT 23:2 प्रधान पूजाहारी हननियाले नजिकमा उभिरहेकाहरूलाई पावलको मुखमा हिर्काउन आज्ञा गरे ।
ACT 23:3 त्यसपछि पावलले तिनलाई भने, “परमेश्‍वरले तपाईं चुन पोतेको पर्खाललाई पनि प्रहार गर्नुहुनेछ । तपाईं व्यवस्थाद्वारा मेरो न्याय गर्न बसिरहनुभएको छ, र पनि व्यवस्थाको विरुद्धमा गएर मलाई हिर्काउने आज्ञा दिनुहुन्छ ?”
ACT 23:4 ती नजिकमा उभिरहेकाहरूले भने, “के तँ परमेश्‍वरका प्रधान पूजाहारीको यसरी निन्दा गर्छस् ?”
ACT 23:5 पावलले भने, “दाजुभाइहरू हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्‍ने मलाई थाहा थिएन । किनभने यस्तो लेखिएको छ, ʻतिमीले तिम्रा मानिसहरूका शासकहरूबारे खराब कुरा बोल्नुहुदैन‘ ।”
ACT 23:6 जब पावलले परिषद्को एक भाग सदूकीहरू र अर्को भाग फरिसीहरू रहेछन् भनी देखे, तब उनले परिषद्‍मा ठुलो सोरले भने, “दाजुभाइहरू हो, म फरिसीका छोरा एक फरिसी हुँ । मृतकहरूको पुनरुत्थानमा दृढ आशा भएकै कारणले मलाई न्याय गरिँदै छ ।”
ACT 23:7 उनले यो कुरा भनेपछि सदूकी र फरिसीहरूका बिचमा वादविवाद सुरु भयो, र सभा विभाजित भयो ।
ACT 23:8 किनकि ती सदूकीहरूले पुनरुथान हुँदैन, स्वर्गदूतहरू छैनन् र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू अस्तित्वमा छन् भन्छन् ।
ACT 23:9 त्यसैले, त्यहाँ ठुलो होहल्ला भयो, अनि कतिपय फरिसीहरूमध्येका शास्‍त्रीहरू उठे, र यसो भन्दै तर्क गरे, “यी मानिसमा हामी कुनै गल्ती भेट्टाउँदैनौँ । यदि आत्मा वा स्वर्गदूतले नै तिनीसँग बोलेका हुन् भने, के गर्ने त ?”
ACT 23:10 जब त्यहाँ अझै ठुलो विवाद उठ्यो, तिनीहरूले पावललाई टुक्रा-टुक्रा पार्लान् कि भनेर मुख्य कप्‍तान डराए । त्यसैले, उनले तल गएर परिषद्का सदस्यहरूका बिचबाट पावललाई जबरजस्ती सेनाको किल्लामा ल्याउन सेनाहरूलाई आदेश दिए ।
ACT 23:11 अर्को रात परमेश्‍वर उनको छेउमा आएर उभिनुभयो, र भन्‍नुभयो, “नडराऊ, किनकि जसरी तिमीले मेरो बारेमा यरूशलेममा गवाही दिएका छौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ ।”
ACT 23:12 जब उज्यालो भयो, केही यहूदीहरूले मतो गरे, र तिनीहरू आफैँमाथि श्राप घोषणा गरेः तिनीहरूले यसो भने, कि तिनीहरूले पावललाई नमारेसम्म न केही खानेछन्, न त पिउनेछन् ।
ACT 23:13 यसरी षड्‍यन्‍त्र गर्नेहरू चालिस जनाभन्दा बढी थिए ।
ACT 23:14 तिनीहरू प्रधान पूजाहारीहरू र अगुवाहरूकहाँ गएर भने, “हामीले पावललाई नमारेसम्म केही नखाने र केही नपिउने भनी ठुलो भाकल गरेका छौँ ।
ACT 23:15 त्यसैले, उनको मुद्दालाई अझ ठिक प्रकारले निर्णय गर्ने गरी परिषद्ले मुख्य कप्‍तानलाई पावललाई तल ल्याउनलाई भनोस् । हामीचाहिँ तिनी यहाँ आउनुअगावै तिनलाई मार्न तयार हुन्छौँ ।”
ACT 23:16 तर तिनीहरूले उनलाई मार्न पर्खिरहेका थिए भनी पावलको भान्जाले सुने । त्यसैले, ऊ सेनाको किल्लाभित्र प्रवेश गरी पावललाई त्यो कुरा बताइदियो ।
ACT 23:17 पावलले सेनाहरूमध्ये एक जना कप्‍तानलाई बोलाएर भने, “यो जवान केटालाई मुख्य कप्‍तानकहाँ लगिदिनुहोस्, किनभने उसँग उहाँलाई भन्‍ने केही कुरा छ ।”
ACT 23:18 त्यसैले, उनले जवान केटोलाई मुख्य कप्‍तानकहाँ लगे, र उनले भने, “कैदी पावलले मलाई बोलाए, र यो केटोलाई तपाईंकहाँ लैजान भने । उसँग तपाईंलाई भन्‍ने केही कुरा छ ।”
ACT 23:19 मुख्य कप्‍तानले त्यो केटोलाई हातले समातेर गोप्य ठाउँमा लगेर उसलाई सोधे, “तिमीले मलाई के भन्‍नु छ ?”
ACT 23:20 त्यो जवान मानिसले भन्यो, “तिनीहरूले उनको मुद्दालाई अझ ठिकसँग सोधपुछ गर्ने गरी ती यहूदीहरूले भोलि पावललाई तल परिषद्‌मा ल्याउनका लागि तपाईंलाई अनुरोध गर्न सहमत भएका छन् ।
ACT 23:21 तर पावललाई उनीहरूको हातमा नसुम्पनुहोस्, किनभने त्यहाँ चालिसभन्दा बढी मानिस उनलाई मार्न पर्खेर बसिरहेका छन् । उनीहरूले पावललाई नमारेसम्म खाना पनि नखाने र केही पनि नपिउने भनी भाकल गरेका छन् ।”
ACT 23:22 त्यसैले, प्रमुख कप्‍तानले त्यो जवान मानिसलाई यस्तो निर्देशन दिएर जान दिए, “तिमीले मलाई भनेका यी कुराहरू अरू कसैलाई पनि नभन्‍नू ।”
ACT 23:23 त्यसपछि तिनले दुई जना कप्‍तानलाई बोलाए, र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो पहरमा हिडँनुपर्नेछ ।”
ACT 23:24 अनि उनले पावलले चढ्न सक्‍ने जनावरहरू उपलब्ध गराउन र उनलाई शासक फेलिक्सकहाँ सुरक्षित पुर्‍याउनलाई आज्ञा गरे ।
ACT 23:25 त्यसपछि उनले यस्तो चिट्ठी लेखे ।
ACT 23:26 “क्लाउडियस लुसियसबाट, माननीय राज्यपाल फेलिक्सलाई अभिवादन ।
ACT 23:27 यी मानिस यहूदीहरूबाट पक्रिएका थिए र तिनीहरूले यिनलाई मार्नै लागेका थिए । जब मैले सैन्‍यदलसहित गएर यी मानिसको उद्धार गरेँ, त्यसपछि तिनी रोमी नागरिक रहेछन् भन्‍ने कुरा थाहा पाएँ ।
ACT 23:28 यिनीहरूले यी मानिसलाई किन दोष लगाएका रहेछन् भनी जान्‍नको लागि मैले तिनलाई तिनीहरूको परिषद्‌मा ल्याएँ ।
ACT 23:29 मैले थाहा पाएँ, कि उनीहरूले उनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा यी मानिसलाई दोष लगाएका रहेछन् । तर मृत्युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने तिनको विरुद्धमा त्यस्तो कसुर भएको मैले देखिनँ ।
ACT 23:30 र मलाई यो पनि जानकारी गराइयो, कि त्यहाँ यी मानिसलाई मार्नको लागि षड्‌यन्‍त्र गरिएको थियो । त्यसकारण, मैले तुरुन्तै यी मानिसलाई तपाईं समक्ष पठाइदिएको छु, र दोष लगाउने मानिसहरूलाई पनि यिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्‍नू भनी निर्देशन दिएको छु । बिदा !”
ACT 23:31 यसरी सिपाहीहरूले तिनीहरूलाई दिइएको आज्ञाअनुसार पावललाई लगे, र उनलाई सोही रात एन्टिपाट्रिस ल्याए ।
ACT 23:32 अर्को दिन धेरैजसो सिपाहीहरूले पावललाई घोडचढीहरूसँग छोडेर उनीहरूचाहिँ सैन्य किल्लामा फर्के ।
ACT 23:33 जब घोडचढीहरू कैसरिया पुगे, र तिनीहरूले शासकलाई पत्र हस्तान्तरण गरे, तिनीहरूले पावललाई पनि तिनीकहाँ बुझाए ।
ACT 23:34 जब शासकले चिट्ठी पढे, उनले पावल कुन प्रान्तबाट आएका हुन् भनी सोधे । तिनी किलिकियाबाट आएको कुरा थाहा पाएर
ACT 23:35 उनले भने, “तिमीलाई दोष लगाउने मानिसहरू आएपछि म पूर्ण रूपमा तिम्रो कुरा सुन्‍नेछु ।” तब उनले पावललाई हेरोदको दरबारमा राख्‍ने आज्ञा गरे ।
ACT 24:1 पाँच दिनपछि, प्रधान पूजाहारी हननिया, केही एल्डरहरू र तर्तुलस नाउँ गरेका कुशलवक्ता त्यहाँ गए । यी मानिसहरूले शासककहाँ पावलको विरुद्धमा दोष लगाए ।
ACT 24:2 जब पावल शासकका अगाडि उभिए, ततुर्लसले तिनलाई दोष लगाउन थाल्यो र शासकलाई भन्यो, “तपाईंको कारणले हामीलाई ठूलो शान्ति मिलेको छ; तपाईंको दूरदृष्‍टिले हाम्रो देशमा असल सुधार ल्याउँछ ।
ACT 24:3 त्यसकारण अतिउच्‍च फेलिक्स, सबै धन्यवादका साथ तपाईंले गर्नुभएको हरेक कुरालाई हामी स्वागत गर्छौं ।
ACT 24:4 त्यसैले म तपाईंलाई अल्झाउँदिनँ, मेरो कुरा छोटकरीमा दया गरी सुनिदिनलाई आग्रह गर्छु ।
ACT 24:5 किनभने हामीले यस मानिसलाई दु:ख दिने र सारा संसारभरिका यहूदीहरूलाई विद्रोह गर्न लगाउने व्यक्तिको रूपमा पाएका छौँ । ऊ नाजरी सम्प्रदायको एउटा अगुवा हो ।
ACT 24:6 उसले मन्दिरलाई अशुद्ध पार्न पनि प्रयास गर्‍यो, त्यसैले उसलाई हामीले पक्र्यौँ ।
ACT 24:7 तर जब सैनिक अधिकृत आइपुगे, तिनले पावललाई हाम्रो हातबाट बलजफ्ति गरेर खोसेर लगे ।
ACT 24:8 जब तपाईंले यी सबै कुराहरू बारे पावललाई प्रश्‍न गर्नुहुन्छ, हामीले उसलाई दोष लगाएको कुराको बारेमा तपाईं आफैँले थाहा पाउनुहुनेछ ।
ACT 24:9 यहूदीहरूले पनि एकैसाथ पावललाई दोष लगाए र यी कुराहरू सत्य हुन् भने ।
ACT 24:10 तर जब शासकले पावललाई बोल्नका लागि इशारा गरे, पावलले जवाफ दिए, “म बुझ्छु कि तपाईं यस जातिको निम्ति धेरै वर्षदेखि न्यायकर्ता हुनुभएको छ, र यसैले म आफैँलाई तपाईंको सामु खुसीसाथ बयान गर्छु ।”
ACT 24:11 तपाईं आफैँले प्रमाणित गर्न सक्‍नु हुन्छ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन ।
ACT 24:12 र जब तिनीहरूले मलाई मन्दिरमा भेट्टाए, मैले कसैसँग विवाद गरिनँ, र मैले सभाघरहरू वा सहरहरूमा भिडलाई उक्साइनँ ।
ACT 24:13 र तिनीहरूले मेरो विरुद्धमा जुन दोष लगाएका छन् त्यो तपाईंको अगाडि अहिले प्रमाणित गर्न सक्दैनन् ।
ACT 24:14 तर तपाईंसँग म यो स्वीकार गर्छु कि तिनीहरूले पन्थ भन्‍ने गरेको मार्गअनुसार नै म मेरा पुर्खाहरूका परमेश्‍वरको सेवा गर्छु । व्यवस्थामा भएका सबै कुराप्रति र अगमवक्‍ताहरूले लेखेका पुस्तकहरूप्रति म विश्‍वासयोग्य छु ।
ACT 24:15 यी मानिसहरूले दुवै धर्मी र अधर्मी मृतकहरूको पुनरुत्थानको प्रतीक्षा गरेजस्तै, परमेश्‍वरमा मेरो पनि त्यस्तै दृढ विश्‍वास छ ।
ACT 24:16 र यसमा नै परमेश्‍वर र मानिसहरूको सामु सबै कुराहरूद्वारा विनादोषको विवेक पाउन म काम गर्छु ।
ACT 24:17 अहिले धेरै वर्षपछि म यहाँ मेरो जातिलाई सहायता र पैसाको उपहारहरू ल्याउन आएँ ।
ACT 24:18 जब मैले यो गरेँ, एसियाका केही यहूदीहरूले मलाई शुद्धिकरणको समारोहमा मन्दिरमा भेट्टाए, जहाँ कुनै भिडभाड वा होहल्ला थिएन ।
ACT 24:19 ती मानिसहरू अहिले तपाईंको अगाडि हुनुपर्दथ्यो । अनि यदि मेरो विरुद्धमा तिनीहरूको केही थियो भने भन्‍नुपर्दथ्यो ।
ACT 24:20 नत्र भने म यहूदी परिषदअगि खडा हुँदा तिनीहरूले ममा के गल्ती भेट्टाए, यिनै मानिसहरूले भन्‍नुपर्छ ।
ACT 24:21 मैले उनीहरूको माझमा खडा भएर ठुलो स्वरमा यतिमात्र भनेर कराएको थिएँ, ʻमृतकहरूको पुनरुत्थान बारेको कुराले नै आज तपाईंद्वारा मेरो इन्साफ गरिदैँछ ।”
ACT 24:22 फेलिक्स यो मार्गको बारेमा जानकार थिए, त्यसैले उनले यहूदीहरूलाई पर्खन लगाए । तिनले भने “यरूशलेमबाट सेनापति लुसियस तल आएपछि म तिम्रो मुद्दाको फैसला गर्नेछु ।”
ACT 24:23 त्यसपछि उनले कप्‍तानलाई पावललाई पहरा दिने आज्ञा दिए, तर उनीसँग सदासयताको साथ व्यवहार गर र उनका कुनै साथीहरूबाट सहायता लिन वा भेटघाट गर्नलाई कसैले नरोक्‍नू भनी आदेश दिए ।
ACT 24:24 केही दिनपछि, फेलिक्स आफ्नी श्रीमती द्रुसिल्लासँग फर्के, तिनी यहूदी थिईन्, अनि उनले पावललाई बोलाए, र उनबाट ख्रीष्‍ट येशूप्रतिको विश्‍वासको बारेमा सुने ।
ACT 24:25 तर जब पावलले उनलाई धार्मिकता, संयमता र आउँदै गरेको न्यायको बारे उनीसँग बहस गरे, फेलिक्स भयभीत भए; अनि उनले जवाफ दिए, “अहिलेलाई जाऊ, तर जब मलाई फेरि समय मिल्छ, म तिमीलाई बोलाउनेछु ।”
ACT 24:26 त्यही समयमा, पावलले तिनलाई पैसा दिन्छन् कि भनी तिनले आशा गरिरहेका थिए, त्यसैले तिनले पावललाई प्रायः बोलाउँथे र तिनीसँग कुरा गर्दथे ।
ACT 24:27 तर जब दुई वर्ष बित्यो, फेलिक्सपछि पर्सिअस फेस्तस शासक बने, तर फेलिक्सले यहूदीहरूको समर्थन प्राप्‍त गर्न चाहन्थे, त्यसैले उनले पावललाई निरन्तर पहरामा नै छोडिराखे ।
ACT 25:1 अब, फेस्तस त्यस प्रान्तमा प्रवेश गरेको तीन दिनपछि, उनी कैसरियाबाट यरूशलेमस पुगे ।
ACT 25:2 प्रधान पूजाहारी र विशिष्‍ट यहूदीहरूले फेस्तसकहाँ पावलका विरुद्ध अभियोगहरू प्रस्तुत गरे, र तिनीहरूले फेस्तससँग कडा रूपमा कुरा गरे ।
ACT 25:3 र तिनीहरूले पावलको विषयमा सहायताको निम्ति फेस्तससँग अनुरोध गरे, कि तिनले उनलाई यरूशलेममा बोलाउन्, ताकि तिनीहरूले उनलाई बाटोमा नै मर्न सकून् ।
ACT 25:4 तर पावल कैसरियाको कैदी थिए, र तिनी आफैँ पनि चाँडै त्यहाँ फर्कनु थियो भनी फेस्तसले जवाफ दिए ।
ACT 25:5 उनले भने “यसकारण जान सक्‍नेहरू हामीसँगै जानुपर्छ । यदि त्यो मनिसमा कुनै गल्ती छन् भने, तिमीहरूले दोष लगाउनुपर्छ ।”
ACT 25:6 आठ वा दश दिन अझ बसेपछि फेस्तस कैसरियातिर गए । र अर्को दिन उनी न्यायको आसनमा बसे र पावललाई तिनीकहाँ ल्याइयोस् भनी आदेश दिए ।
ACT 25:7 जब उनी आइपुगे यरूशलेमका यहूदीहरू नजिकै उभिए र तिनीहरूले साबित नै गर्न नसक्‍ने गम्भीर अभियोगहरू ल्याए ।
ACT 25:8 पावलले आफ्नो बचाउ गरे र भने, “यहूदीहरूको नामको विरुद्ध होइन, नत कुनै मन्दिरको विरुद्धमा र न त कैसरको विरुद्धमा, मैले कसैको विरुद्धमा गल्ति गरेको छैनँ ।”
ACT 25:9 तर फेस्तसले यहूदीको समर्थन पाउन चाहन्थे र उनले पावललाई जवाफ दिए र भने, “के तिमी यरूशलेम गएर यी कुराहरूको इन्साफ मद्वारा गरिएको चाहन्छौ ?”
ACT 25:10 पावलले भने, “म कैसरको न्यायको आसनको सामु खडा छु, जहाँ मेरो इन्साफ गरिनुपर्छ । जसरी तपाईंलाई पनि थाहा छ कि मैले कुनै पनि यहूदीलाई खराबी गरेको छैनँ ।
ACT 25:11 तैपनि यदि मैले गल्ती गरेको छु र यदि मैले मृत्युको योग्य केही कुरा गरेको छु भने, म मर्नलाई इन्कार गर्दिनँ । तर यदि तिनीहरूका आरोपहरू केही पनि छैनन् भने, कसैले पनि मलाई तिनीहरूको हातमा सुम्पन सक्दैन । म कैसरलाई गुहार्छु ।
ACT 25:12 त्यसपछि फेस्तसले परिषद्‌मा कुरा गरे र जवाफ दिए, “तिमीले कैसरसँग गुहार माग्यौ; तिमी कैसरकहाँ नै जानेछौ ।”
ACT 25:13 अब केही दिनपछि राजा अग्रिपा र बर्निकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे ।
ACT 25:14 उनी त्यहाँ धेरै दिनसम्म बसेपछि, फेस्तसले पावलका मुद्दाहरू राजाका अघि प्रस्तुत गरे । तिनले भने, “फेलिक्सले एक जना मानिसलाई कैदीको रूपमा छोडेका थिए ।
ACT 25:15 जब म यरूशलेममा थिएँ, मुख्य पूजाहारी र यहूदीहरूका अगुवाहरूले यो मानिसको विरुद्ध मकहाँ आरोपहरू ल्याए, र तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे ।
ACT 25:16 यसमा मैले यस्तो जवाफ दिएँ, “एउटा मानिसलाई कृपाको रूपमा कसैलाई सुम्पने रोमी प्रचलन छैन, बरु, दोष लगाइएको मानिसले उसलाई दोष लगाउनेहरूको सामना गर्न र आरोपहरूको विरुद्ध बचाउ गर्ने मौका पाउनु पर्छ ।”
ACT 25:17 यसकारण जब तिनीहरू सँगै यहाँ आए, मैले पर्खिनँ, अर्को दिन म न्याय आसनमा बसेँ र त्यो मानिसलाई भित्र ल्याउने आदेश दिएँ ।
ACT 25:18 जब अभियोक्ताहरू उठे र अभियोग लगाए, तिनीहरूले ऊसको विरुद्ध लागाएको कुनै पनि आभियोगहरू मलाई गम्भीर लागेन ।
ACT 25:19 यसको सट्टामा, तिनीहरूको आफ्नै धर्म सम्बन्धी र मरेको कोही येशूको बारे तिनीहरूको विवाद थियो जसलाई पावलले जीवित छन् भनी दावी गर्थ्यो ।
ACT 25:20 म यो कुरामा कसरी अनुसन्धान गर्ने भनी अन्योलमा परेँ, र यी कुराहरूको बारेमा इन्साफ गरिनको निम्ति ऊ यरूशलेम जान्छ कि भनी मैले उसलाई सोधेँ ।
ACT 25:21 तर पावलले सम्राटको फैसलाको निम्ति सुरक्षा पहरामा राखिनलाई इच्छा गरेपछि, मैले उसलाई कैसरकहाँ नपठाएसम्म राख्‍नलाई आदेश दिएँ ।”
ACT 25:22 अग्रिप्पाले फेस्तससँग भने, “म पनि यो मानिसका कुराहरू सुन्‍न चाहन्छु ।” फेस्तसले भने, “उसको कुरा तपाईंले भोलि सुन्‍नुहुनेछ ।”
ACT 25:23 यसरी अर्को दिन अग्रिप्पा र बर्निकी भव्य समारोहसँग आए; उनीहरू भवनभित्र सैनिक अधिकृतहरू र सहरका विशिष्‍ट व्यक्तिहरूसँग आए । र फेस्तसले आदेश दिएपछि पावललाई तिनीहरूकहाँ ल्याइयो ।
ACT 25:24 फेस्तसले भने, “राजा अग्रिप्पा, यहाँ हामीसँग हुनुभएका सबै मानिसहरू, तपाईंले यो मानिसलाई देख्‍नु हुन्छ; यरूशलेममा र यहाँ पनि कैयौँ यहूदीहरूले मसँग छलफल गरे, र ऊ जीवित रहनु हुँदैन भनी मसँग कराए ।
ACT 25:25 तर मैले थाहा पाएँ कि यो मानिसले मृत्युको लायकको त्यस्तो कुनै गल्ती गरेका छैन; तर उसले सम्राटकहाँ जाने अपिल गरेकाले, मैले उसलाई पठाउने निर्णय गरेँ ।
ACT 25:26 तर मसँग सम्राटलाई लेख्‍ने कुनै निश्‍चित कुराहरू छैन । यसकारण मैले उसलाई तपाईंहरूकहाँ ल्याएको छु, विशेषगरी राजा अग्रिप्पाकहाँ, ताकि मसँग मुद्दाको बारेमा लेख्‍ने केही कुराहरू होस् ।
ACT 25:27 किनभने एउटा कैदीलाई पठाउनु र उसको विरुद्धको आरोपहरू उल्लेख नगर्नु मलाई अनुपयुक्त जस्तो लाग्छ ।”
ACT 26:1 यसरी अग्रिपासले पावललाई भने, “तिमी आफ्नो निम्ति बोल्न सक्छौ ।” तब पावलले उनका हातहरू पसारे, र उनको बचाउ गरे ।
ACT 26:2 “यी यहूदीहरूले लगाएका सबै दोषहरूको विरुद्धमा मेरो मुद्दालाई राजा अग्रिपास तपाईंको आगाडि राख्‍न पाउँदा म आफै खुसी भएको महसुस गर्दछु ।
ACT 26:3 खास गरी, किनकि तपाईं यी सबै यहूदी रीतिरिवाजहरू र प्रश्‍नहरूबारे ज्ञाता हुनुहुन्छ । त्यसैले, तपाईंले मेरो कुरा धैर्यपूर्वक सुनिदिनुहोस् भनेर म बिन्ती गर्दछु ।
ACT 26:4 साँच्‍चै, यी सबै यहूदीहरूले जान्दछन्, कि म कसरी मेरो जवानीदेखि मेरो आफ्नै देशमा र यरूशलेममा जिएँ ।
ACT 26:5 तिनीहरूले मलाई सुरुबाट नै जान्दथे, र मैले फरिसीको रूपमा जिएको कुरा तिनीहरूले स्वीकार गर्नुपर्दछ, जुन हाम्रो धर्मको अति कठोर सम्प्रदाय हो ।
ACT 26:6 अब म यहाँ न्यायको लागि उभिन्छु, किनकि म परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको आशा राख्दछु ।
ACT 26:7 यसैकारणले गर्दा, हाम्रा बाह्र कुलले उत्कटतासाथ दिन-रात परमेश्‍वररको सेवा गरे, र हामी पनि यसमा पुग्‍ने आशा राख्छौँ । हे राजा, त्यही आशाको कारणले यहूदीहरू मलाई दोष लगाउँछन् ।
ACT 26:8 मृतकहरूलाई जीवित बनाउने कुरा परमेश्‍वरको लागि अपत्यारिलो छ भनेर तपाईंहरू किन विचार गर्नुहुन्छ ?
ACT 26:9 एक समय येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्‍ने म आफैँले पनि विचार गरेँ ।
ACT 26:10 मैले यरूशलेममा यी कामहरू गरेँ; मैले धेरै सन्तहरूलाई झ्यालखानामा थुनेँ, र मैले यसो गर्ने अधिकार मूख्य पूजाहारीहरूबाट पाएँ । जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत पनि जाहेर गरेँ ।
ACT 26:11 मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ, र मैले तिनीहरूलाई ईश्‍वरको निन्दा गर्ने बनाउन कोसिस गरेँ । म तिनीहरूसित अति नै रिसाएँ, र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ ।
ACT 26:12 यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट पाएको आज्ञा र अधिकार लिएर म दमस्कसमा गएँ ।
ACT 26:13 अनि बाटोमा, मध्यदिनमा, हे राजा, मैले स्वर्गबाट आएको ज्योति देखेँ, जुन सूर्यभन्दा पनि चम्किलो थियो, र त्यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो ।
ACT 26:14 जब हामीहरू सबै जना भुइँमा लड्यौँ, मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनेँ, “ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ ? सुइरोमा लात हान्‍नु तिमीलाई कठिन हुन्छ ।”
ACT 26:15 तब मैले भनेँ, ʻतपाईं को हुनुहुन्छ, प्रभु ? ʼ प्रभुले जवाफ दिनुभयो, ʻम येशू हुँ, जसलाई तिमी सताउँछौ ?
ACT 26:16 अब तिमी उठ, र तिम्रो पाउमा खडा होऊ, किनकि म तिमीलाई सेवक र अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू र पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बन्‍नको लागि नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेँ l
ACT 26:17 म तिमीलाई मानिसहरूबाट र गैरयहूदीहरूबाट उद्धार गर्नेछु, जसकहाँ मैले तिमीलाई पठाइरहेको छु ।
ACT 26:18 तिनीहरूका आँखा खोल्न र तिनीहरूलाई अन्धकारबाट ज्योतिमा फर्काउन र शैतानको शक्तिबाट परमेश्‍वरमा फर्काउनको लागि, ताकि तिनीहरूले परमेश्‍वरबाट पापको क्षमा र मैले ममाथिको विश्‍वासद्वारा मेरो आफ्नै निम्ति अलग गरेकाहरूलाई मैले दिने उत्तराधिकार प्राप्‍त गर्न सकून् ।
ACT 26:19 त्यसकारण, राजा अग्रिपास, मैले त्यो स्वर्गीय दर्शनको अवाज्ञा गरिनँ ।
ACT 26:20 तर पहिले दमस्कसमा भएकाहरूकहाँ, त्यसपछि यरूशलेममा र यहूदियाको देशभरि रहनेहरू, र गैरयहूदीहरूकहाँ पनि तिनीहरूले पश्‍चात्ताप गरेर परमेश्‍वरमा फर्कनुपर्छ र पश्‍चात्ताप योग्यका कार्यहरू गर्नुपर्छ भनेर प्रचार गरेँ ।
ACT 26:21 यसैकारण, यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मलाई मार्ने प्रयास गरे ।
ACT 26:22 परमेश्‍वरले अहिलेसम्म मलाई सहायता गर्नुभएको छ । यसैकारण म खडा भएर साधारण मानिसहरू र ठुला मानिसहरूलाई अगमवक्‍ताहरू र मोशाले जे हुने थिए भनेका थिए ती कुराहरूभन्दा बढी कुनै पनि कुराको गवाही दिन्‍नँ ।
ACT 26:23 कि ख्रीष्‍टले दु:ख भोग्‍नुपर्छ, र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्छ, र यहूदीहरूसाथै गैरयहूदी मानिसहरूमा ज्योतिको घोषणा गर्ने जन हुनुहुनेछ ।
ACT 26:24 पावलले उनको बचाउलाई पुरा गरिसकेपछि फेस्तसले उच्‍च सोरमा भने, “पावल, तिमी पागल भएका छौ, तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ ।”
ACT 26:25 तर पवालले भने, “म पागल होइनँ, सम्माननीय फेस्तस, तर म साहसकासाथ यी सत्य र गम्भीर वचनहरू बोल्छु ।”
ACT 26:26 किनकि राजाले यी कुराहरूको बारेमा जान्‍नुहुन्छ, र यसैले म उहाँसँग खुलेर बोल्छु, किनकि मलाई विश्‍वास छ, कि उहाँबाट यीमध्ये कुनै पनि कुराहरू लुकेका छैनन्, किनकि यो कुरा गुपचुपमा गरिएको छैन ।
ACT 26:27 राजा अग्रिपास, के तपाईं अगमवक्‍ताहरूमा विश्‍वास गर्नुहुन्छ ? म यो कुरा जान्दछु, कि तपाईंले विश्‍वास गर्नुहुन्छ ।”
ACT 26:28 अग्रिपासले पवाललाई भने, “के तिमी छोटो समयमा मलाई फकाएर ख्रीष्‍टियान बनाउन चाहन्छौ ?”
ACT 26:29 पावलले भने, “चाहे छोटो समयमा होस्, या लामो समयमा होस्, तपाईं मात्र होइन तर आज मेरो कुरा सुन्‍ने जति सबै यी झ्यालखानाका साङ्लाहरूबाहेक अरू कुरामा म जस्तै होऊन् भनी म परमेश्‍वरमा प्रार्थना गर्छु ।”
ACT 26:30 त्यसपछि राजा उठे, र शासक, बरनिकी र तिनीहरूसँग बसिरहेकाहरू पनि उठे ।
ACT 26:31 तिनीहरू सभा भवनबाट बाहिरिँदा, तिनीहरूले एक अर्कामा कुराकानी गरे, र भने, “यी मानिसले मृत्यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन् ।”
ACT 26:32 अग्रिपासले फेस्तसलाई भने, “यदि तिनले कैसरकहाँ अपील नगरेको भए यी मानिसलाई छाड्न सकिन्थ्यो ।”
ACT 27:1 जब हामीले इटालीको यात्रा गर्नुपर्छ भन्‍ने निर्णय गरियो, तिनीहरूले पावल र केही कैदीहरूलाई अगस्टसको फौजको कप्‍तान युलियसको जिम्मा लगाइदिए ।
ACT 27:2 हामी एड्रामिटेनोसबाट जहाजमा चढ्यौँ, जुन एसियाको समुद्रीतट भएर जान लाग्दै थियो । त्यसैले, हामी समुद्रतिर गयौँ । माकेडोनियामा पर्ने थेसेलोनिकेका अरिस्तार्खस हामीसँगै गए ।
ACT 27:3 अर्को दिन हामी जहाजबाट सिदोन सहरमा उत्रियौँ, जहाँ युलियसले पावललाई दयापूर्ण व्यवहार गरे, र उनलाई उनका साथीहरूकहाँ जान अनुमति दिए ताकि उनले तिनीहरूबाट वास्ता पाउन सकून् ।
ACT 27:4 त्यहाँबाट हामी समुद्रतिर लाग्यौँ, अनि बतासबाट सुरक्षित भएको साइप्रसको टापु नजिक जहाजमा यात्रा गर्‍यौँ, किनभने बतास हाम्रो विपरीत दिशाबाट चलेको थियो ।
ACT 27:5 किलिकिया र पामफिलियाको नजिकैबाट जहाजमा यात्रा गर्दै हामी लुकिया सहरको माइरा आइपुग्यौँ ।
ACT 27:6 त्यहाँ सिपाहीका कप्‍तानले इटाली गइरहेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाए । उनले हामीलाई त्यसमा चढाइदिए ।
ACT 27:7 जब हामी धेरै दिन यात्रा गर्दै बिस्तारै र कष्‍टसाथ अन्तमा क्‍निडस नजिकै आइपुग्यौँ, बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन । त्यसैले, हामीले सल्मोनको सामुन्‍ने रहेको क्रेटको आड लिएर यात्रा गर्‍यौँ ।
ACT 27:8 समुद्रीतट भएर लासिया सहरको नजिकै रहेको सुन्दर बन्दरगाह भन्‍ने ठाउँसम्म नपुगेसम्म हामीले कष्‍टसाथ यात्रा गर्‍यौँ ।
ACT 27:9 हामीले ज्यादै धेरै समय लगायौँ । यहूदी उपवासको समय पनि बितिसकेको थियो । सामुद्रिक यात्रा खतरनाक भएको थियो । त्यसैले, पावलले तिनीहरूलाई चेताउनी दिए,
ACT 27:10 र भने, “मानिसहरू हो, हामीले सुरु गर्न लागेको सामुद्रिक यात्रामा हाम्रा सामानहरू र जहाजलाई मात्र होइन, हामीलाई पनि ठुलो चोटपटक लाग्‍नेछ र नोक्सानी हुनेछ भन्‍ने म देख्छु ।”
ACT 27:11 तर सिपाहीका कप्‍तानले पावलले बोलेका कुरामा भन्दा जहाजका चालक र जहाजको मालिकको कुरामा बढ्ता ध्यान दिए ।
ACT 27:12 किनभने जाडो समयमा त्यो बन्दरगाहमा समय बिताउन सजिलो थिएन । त्यसैले, जहाज चालकहरूमध्ये धेरै जनाले जसरी भएपनि फोनिक्स सहरमा पुगेर जाडो बिताउनको लागि त्यहाँबाट यात्रा गर्न सल्लाह दिए । फोनिक्स क्रेटको एउटा बन्दरगाह हो, जुन उत्तर-पूर्व र दक्षिण-पूर्वपट्टि फर्केको छ ।
ACT 27:13 जब दक्षिणी बतास मन्द रूपले बहन थाल्यो, तब जहाज चालकहरूले जे चाहेका थिए त्यो प्राप्‍त गरे भनी उनीहरूले सोचे । त्यसकारण, तिनीहरूले लङ्गर निकाली समुद्रमा खसाले, र क्रेटको समुद्र किनार हुँदै यात्रा गरे ।
ACT 27:14 तर त्यसको केही समयपछि डरलाग्दो उत्तर-पूर्वी नामक तुफान चल्यो र त्यो सम्पूर्ण टापुभरि हामीमाथि बज्रन थाल्यो ।
ACT 27:15 जहाजले त्यस आँधीको सामना गर्न नसकेपछि हामीले हार मान्यौँ, र त्यसले जता लैजान्थ्यो, त्यतै गयौँ ।
ACT 27:16 हामी क्लौडा नाउँ गरेको एउटा सानो टापुको सुरक्षित स्थान हुँदै लाग्यौँ, अनि बडो कष्‍टका साथ पानी जहाजमा रहेको सानो डुङ्गालाई जोगाउन सक्षम भयौँ ।
ACT 27:17 जब तिनीहरूले यसलाई माथि उचाले, त्यसपछि त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्‍नको लागि प्रयोग गरे । हामीहरू सिरटिसको बलौटे धापमा फस्छौँ कि भनेर तिनीहरू डराएका थिए । त्यसैले, तिनीहरूले लङ्गरहरू झारिदिए, र जहाज आफैँ तैरन थाल्यो ।
ACT 27:18 हामी आँधीद्वारा धेरै धकेलियौँ । त्यसकारण, अर्को दिन जहाज चालकहरूले जहाजमा राखिएका समानहरू समुद्रमा फाल्न लागे ।
ACT 27:19 तेस्रो दिन जहाज चालकहरूले जहाजलाई नियन्‍त्रण गर्न सामान पुन: फाले ।
ACT 27:20 जब धेरै दिनसम्म सूर्य र ताराहरू हाम्रामाझ चम्किएनन्, र ठुलो आँधी हामीमाथि बज्रिरह्‍य ो, तब हामीले बच्‍न सक्छौँ कि भन्‍ने आशा नै त्यागेका थियौँ ।
ACT 27:21 जब तिनीहरूले खानाविना धेरै दिन बिताइसकेका थिए, त्यसपछि पावल जहाज चालकहरूका माझमा खडा भए, र भने, “मानिसहरू हो, यो चोट र हानि नभोग्‍नलाई मेरो कुरा मानेर क्रेटबाट यात्रा नगरेको भए असल हुने थियो ।
ACT 27:22 अब म तपाईंहरूलाई साहसी बन्‍न उत्साह दिन्छु, किनभने तपाईंहरूका माझमा कुनै पनि मानवीय क्षति हुनेछैन, जहाजको मात्रै क्षति हुनेछ ।
ACT 27:23 किनभने गएको रात मैले आराधना गर्ने परमेश्‍वर जसको म हुँ, उहाँका एक स्वर्गदूत मेरो छेउमा उभिए
ACT 27:24 र भने, “नडराऊ, पावल । तिमी कैसरको अगाडि उभिनु पर्छ र हेर परमेश्‍वरले आफ्नो कृपामा तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनु भएको छ ।
ACT 27:25 त्यसकारण, मानिसहरू, साहसी हुनुहोस् किनभने म परमेश्‍वरलाई भरोसा गर्दछु, कि मलाई जे भनिएको छ त्यस्तै हुनेछ ।
ACT 27:26 तर हाम्रो जहाज भने कुनै टापुमा पुगेर क्षतिग्रस्त हुनुपर्नेछ ।”
ACT 27:27 जब चौधौँ रात आयो, हामी यताउता गर्दै भएर एड्रियाटिक समुद्रमा यात्रा गरिरहेका थियौँ, मध्यरातमा जहाज चालकहरूले कुनै जमिन नजिक पुगिरहेका छौँ भन्‍ने विचार गरे ।
ACT 27:28 तिनीहरूले गहिराइ नापे र गहिराइ लगभग छत्तिस मिटर भएको पत्ता लगाए, केही समय पछि फेरि उनीहरूले नाप लिए र गहिराइ सत्ताइस मिटर भएको पत्ता लगाए ।
ACT 27:29 हामीहरू चट्टानहरूमा ठोकिएर दुर्घटनामा पर्छौं कि भनेर तिनीहरू डराए, त्यसैले तिनीहरूले जहाजको पछाडि पट्टिबाट चारवटा लंगर तल खसालेर चाँडै बिहान होस् भनेर प्रार्थना गरे ।
ACT 27:30 जहाज चालकहरूले त्यो जहाजलाई त्याग्‍नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्गा समुद्रमा तल झारे अनि जहाजको अगाडिको भागबाट लंगरहरू तल खसाल्छौँ भनी बहाना बनाए ।
ACT 27:31 तर पावलले सिपाहीहरू र उनीहरूका कप्‍तानलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू जीवित रहन सक्‍नुहुने छैन ।”
ACT 27:32 त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई त्यही पानीमा नै बगेर जान दिए ।
ACT 27:33 जब बिहानको हुनै लागेको थियो, पावलले ती सबैलाई खाना खान बिन्ती गरे । उनले भने, “तपाईंहरूले खाना नखाई पर्खिएको आज यो चौधौँ दिन हो, तपाईंहरूले केही पनि खानु भएको छैन ।
ACT 27:34 त्यसैले तपाईंहरूले केही खानुहोस् किनकि यो तपाईंहरूलाई बाँच्‍नको लागि हो र तपाईंहरूको टाउकोको एउटै रौँ पनि नष्‍ट हुन पाउने छैन ।”
ACT 27:35 त्यति भनिसकेपछि, उनले रोटी लिए र सबैको सामु परमेश्‍वरलाई धन्यवाद दिए । त्यसपछि उनले त्यो रोटी भाँचे अनि खान सुरु गरे ।
ACT 27:36 त्यसपछि तिनीहरू सबै उत्साहित भए र खाना खाए ।
ACT 27:37 हामी जहाजमा 276 जना मानिस थियौँ ।
ACT 27:38 जब उनीहरूले पर्याप्‍त खाना खाए, त्यसपछि तिनीहरूले गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए ।
ACT 27:39 जब उज्यालो भयो, तिनीहरूले जमिनलाई चिन्‍न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे ।
ACT 27:40 त्यसैले तिनीहरूले लंगरहरू काटेर र समुद्रमा नै छोडिदिए । त्यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू खोलि दिए अनि बतासतिर जहाजका पालहरू फर्काए, र त्यसपछि तिनीहरू समुद्र किनारतिर अगि बढे ।
ACT 27:41 तर तिनीहरू दुईओटा पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भासियो । जहाजको अगाडिको भाग त्यहीँ अड्‌कियो र जहाज हलचल गर्न सकेन । तर प्रचण्ड बतासको कारणले जहाजको पछाडिको भाग भाँचिन सुरु भयो ।
ACT 27:42 कैदीहरू पौडेर नाभागून् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना गरे l
ACT 27:43 तर सिपाहीको कप्‍तानले पावललाई बचाउने चाहना गरे, त्यसकारण उनले तिनीहरूको योजनालाई रोके, र जसलाई पौडी खेल्न आउँछ तिनीहरूले पहिले जहाजबाट हाम फालेर उत्रून् र जमिनमा जाऊन् भन्‍ने आदेश दिए ।
ACT 27:44 त्यसपछि तिनले बाँकी मानिसहरू जाऊन्, कोही काठका तख्ताहरूमा र केही जहाजका अन्य सामानहरूमा चढेर जाऊन् भने । यसरी हामी सबै जना जमिनमा सुरक्षित आइपुग्यौँ ।
ACT 28:1 हामीलाई सुरक्षित तरिकाले ल्याइएको टापुको नाम माल्टा रहेछ भन्‍ने कुरा हामीले जान्यौँ ।
ACT 28:2 ती स्थानीय मानिसहरूले सामान्य खालको दया मात्र देखाएनन्, निरन्तर पानी परेर जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामी सबै जनालाई स्वागत पनि गरे ।
ACT 28:3 तर जब पावलले एक बिटा दाउरा जम्मा गरे, र त्यसलाई आगोमा हाले, तापले गर्दा एउटा विषालु सर्प निस्केर उनको हातमा बेरियो ।
ACT 28:4 जब त्यहाँको स्थानीय मानिसहरूले उनको हातमा त्यो प्राणी झुण्डीरहेको देखे, तब तिनीहरूले एक आपसमा यसो भने, “यो मानिस पक्‍का पनि हत्यारा हो, जो समुद्रबाट उम्केको थियो, तापनि इन्साफले उसलाई जिउन दिएन ।
ACT 28:5 तब उनले त्यो प्राणीलाई आगोमा झट्कारी दिए र कुनै हानी भोगेनन् ।
ACT 28:6 तिनीहरूले उनलाई हनहनी ज्‍वरो आउँछ होला भनेर हेरिरहेका थिए, वा तिनी अचानक मर्छन् होला भन्‍ने ठानेका थिए । तर तिनीहरूले उनलाई लामो समयसम्म हेरिसकेपछि, उनलाई कुनै पनि असामान्य कुरा नभएको देखे, र तिनीहरूले आफ्नो विचारलाई परिवर्तन गरेर उनी त ईश्‍वर रहेछन् भने ।
ACT 28:7 त्यसको नजिकैको स्थानमा, पब्लियस नाम गरेको त्यस टापुको मुख्य मानिसको जमिन थियो । उनले हामीलाई स्वागत गरे, र दयाका साथ हामीलाई तिन दिनसम्म बन्दोबस्त गरिदिए ।
ACT 28:8 पब्लियसका बुबा ज्‍वरो र आऊँले गर्दा बिरामी परेका थिए । जब पावल उनी भएको ठाउँमा गए, उनले प्रार्थना गरे, उनी माथि हात राखे र उनलाई निको पारे ।
ACT 28:9 यस्तो घटना भइसके पछि, त्यस टापुमा रहेका बिरामी मानिसहरू पनि उनीकहाँ आए, र सबै निको पारिए ।
ACT 28:10 ती मानिसहरूले धेरै सम्मानका साथ हाम्रो आदर गरे । जब हामीले जहाजको यात्राको लागि तयारी गरिरहेका थियौँ, तिनीहरूले हामीलाई खाँचो परेका सबै थोकहरू दिए ।
ACT 28:11 तिन महिना पछि त्यस टापुमा हामीले अलेक्जेन्ड्रियाको जहाजमा यात्रा सुरू गर्‍यौँ, जुन हिउँदमा यसै टापुमा थियो, र त्यसमा जुम्ल्याहा दाजुभाइको तस्विर थियो ।
ACT 28:12 साइराक्युस शहरमा पुगिसकेपछि त्यहाँ हामी तीन दिन बस्यौँ ।
ACT 28:13 हामी त्यहाँबाट यात्रा गरेर रेगीयमको शहरमा आइपुग्यौँ । त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो, र त्यसको दुई दिनपछि पटेओली भन्‍ने शहरमा आइपुग्यौँ।
ACT 28:14 त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौँ, जसले हामीलाई सात दिनसम्म त्यहाँ रहनको लागि निमन्‍त्रणा दिए । यसरी हामी रोम आइपुग्यौँ ।
ACT 28:15 हाम्रो बारेमा सुनेर त्यहाँ रहेका दाजुभाइहरू हामीलाई भेट्न आप्पियासको बजार र तिन भट्टीसम्म आए । जब पावलले ती दाजुभाइहरूलाई देखे, उनले परमेश्‍वरलाई धन्यवाद दिए र उत्साहित भए ।
ACT 28:16 जब हामी रोममा प्रवेश गर्‍यौँ, पावललाई एक जना सिपाहीको रेखदेखमा एक्लै बस्‍ने अनुमति दिइयो ।
ACT 28:17 तब यसको तिन दिनपछि, पावलले यहूदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरूसँगसँगै आइपुगे उनले तिनीहरूलाई भने, “दाजुभाइ हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ ।
ACT 28:18 तिनीहरूले मलाई प्रश्‍न गरिसकेपछि, तिनीहरूले मलाई स्वतन्‍त्र गर्न चाहे, किनकि ममा मृत्युदण्डको सजाय पाउनु पर्ने कुनै पनि कारण थिएन ।
ACT 28:19 तर जब यहूदीहरूले तिनीहरूको चाहना विरुद्धमा बोले, तब कैसरकहाँ अपिल गर्न म बाध्य भएँ, तथापि यो मैले मेरो जातिको विरुद्धमा कुनै पनि दोष लगाइरहेको जस्तो थिएन ।
ACT 28:20 तब मेरो अपिलको कारणले गर्दा मैले तपाईंहरूलाई भेट्न, र कुराकानी गर्न बोलाएको हुँ । इस्राएल जे कुराको निम्ति दृढ छ, त्यसैको निम्ति म साङ्लाले बाँधिएको छु ।
ACT 28:21 तब तिनीहरूले उनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्‍त गर्‍यौँ, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे ।
ACT 28:22 तर हामीले यस पन्थको बारेमा के विचार गर्नुहुन्छ भन्‍ने कुरा तपाईंबाट सुन्‍न चाहन्छौँ, किनकि यसको विरुद्धमा बोलिन्छ भनेर हामीहरूले जन्दछौँ ।
ACT 28:23 जब उनीहरूले उनको निम्ति एक दिन तोकिदिए, तब उनको बासस्थानमा धेरै मानिसहरू आए । उनले त्यस विषयलाई उनीहरूको सामु प्रस्तुत गरे, र परमेश्‍वरको राज्यको बारेमा गवाही दिए । उनले तिनीहरूलाई येशू ख्रीष्‍टको बारेमा मोशा र अगमवक्‍ताको पुस्तक दुवैबाट बिहानदेखि बेलुकासम्म विश्‍वस्त पार्ने कोसिस गरे ।
ACT 28:24 कति जना भनिएको कुरामा विश्‍वस्त भए भने कतिले विश्‍वास गरेनन् ।
ACT 28:25 जब तिनीहरू एक अर्कामा सहमत भएनन् तब पावलले यो एउटा वचन बोलिसकेपछि तिनीहरू गए, “पवित्र आत्माले यशैया अगमवक्‍ताद्वारा तिम्रा पितापुर्खाहरूसँग ठिकै कुरा बोल्नुभयो ।
ACT 28:26 उनले भने, “यी मानिसहरूकहाँ जा, र भन्, ‘ सुन्‍न त तिमीहरू सुन्‍नेछौ तर बुझ्दैनौ, देखेर देख्‍नेछौ तर सजग हुनेछैनौ ।
ACT 28:27 किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन् । तिनीहरूको कानले मुश्किलसाथ सुनेका छन् । तिनीहरूले आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूको आँखा सजग हुने थिए, र तिनीहरूका कानले सुन्‍ने थिए, र तिनीहरूका हृदयले बुझ्‍ने थिए, र फर्कने थिए र म तिनीहरूलाई निको पार्ने थिएँ ।’
ACT 28:28 त्यसकारण, तिमीले जान्‍नुपर्ने हुन्छ, कि परमेश्‍वरको मुक्‍तिलाई अन्यजातिहरूका निम्ति पठाईएको छ,र तिनीहरूले सुन्‍नेछन् ।
ACT 28:29 (टिपोट: प्रेरित २८:२९- उत्तम प्राचिन पाण्डुलिपिहरूले २९ पदलाई हटाएका छन् ) जब उनले यी कुराहरू भनिसके, तब ती यहूदीहरू ठूलो वाद-विवाद गर्दै बिदा भए ।
ACT 28:30 पावल आफ्नो भाडामा लिएको घरमा पुरा दुई वर्षसम्म बसे, र उनीकहाँ आउने सबैलाई स्वागत गरे ।
ACT 28:31 उनले परमेश्‍वरको राज्यको प्रचार गरिरहेका थिए, र ठुलो साहसका साथ प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिइरहेका थिए । कसैले पनि उनलाई रोकेन ।
ROM 1:1 प्रेरित हुनको निम्ति बोलाइएका र सुसमाचारको कामको निम्ति अलग गरिएका, येशू ख्रीष्‍टका दास पावल ।
ROM 1:2 उहाँले आफ्ना अगमवक्‍ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्‍त्रमा प्रतिज्ञा गर्नुभएको सुसमाचार यही हो ।
ROM 1:3 यो शरीरअनुसार दाऊदको वंशबाट जन्मनुभएका उहाँका पुत्रको बारेमा हो ।
ROM 1:4 मृतकहरूबाट पुनरुत्‍थान हुनुभएर उहाँलाई पवित्रताको आत्माद्वारा शक्‍तिशाली परमेश्‍वरका पुत्र हुन घोषणा गरिनुभएका उहाँ हाम्रा प्रभु येशू ख्रीष्‍ट हुनुहुन्छ ।
ROM 1:5 उहाँको नाउँको खातिर सबै जातिमाझ विश्‍वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको सेवा पाएका छौँ ।
ROM 1:6 यी जातिहरूमध्ये तिमीहरू पनि येशू ख्रीष्‍टका हुन बोलाइएका छौ ।
ROM 1:7 यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्‍वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ । हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् ।
ROM 1:8 पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्‍टद्वारा म परमेश्‍वरलाई धन्यवाद चढाउँछु, किनकि तिमीहरूको विश्‍वास सारा संसारभरि घोषणा गरिएको छ ।
ROM 1:9 किनकि म तिमीहरूको नाउँ कत्तिको लिइरहन्छु भनी परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ । उहाँका पुत्रको सुसमाचारमा म मेरो आत्माले (जोसका साथ) उहाँको सेवा गर्छु ।
ROM 1:10 परमेश्‍वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैँ मेरो प्रार्थनामा अनुरोध गर्छु ।
ROM 1:11 म तिमीहरूलाई भेट्ने इच्छा गर्छु, ताकि तिमीहरूलाई बलियो बनाउनको लागि म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकूँ ।
ROM 1:12 अर्थात् तिमीहरू र मेरो एक-अर्काका विश्‍वासद्वारा म पारस्परिक रूपमा प्रोत्साहित हुने उत्कट इच्छा गर्छु ।
ROM 1:13 मैले प्रायः तिमीहरूकहाँ आउने इच्छा गरेँ भन्‍ने कुरामा तिमीहरू अनभिज्ञ होऊ भन्‍ने म चाहन्‍नँ, तर मलाई अहिलेसम्म रोकिएको छ । मैले बाँकी गैरयहूदीहरूका माझमा झैँ तिमीहरूका माझमा पनि केही फल पाउनको लागि यो चाहेको हुँ ।
ROM 1:14 म यहूदीहरू र विदेशीहरू, बुद्धिमान्‌हरू र मूर्खहरू दुवैप्रति ऋणी छु ।
ROM 1:15 त्यसैले, मेरो हकमा म तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु ।
ROM 1:16 म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्‍वास गर्ने सबैको निम्ति परमेश्‍वरको मुक्‍तिको शक्‍ति हो, पहिलो यहूदी र त्यसपछि ग्रिकहरूका निम्ति ।
ROM 1:17 किनकि यसैमा परमेश्‍वरको धार्मिकता विश्‍वासबाट विश्‍वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मीहरू विश्‍वासद्वारा नै जिउनेछन् ।”
ROM 1:18 किनभने सबै भक्‍तिहीनता र मानिसहरूको अधार्मिक्‍ता विरुद्ध परमेश्‍वरको क्रोध स्वर्गबाट प्रकट भएको छ जसले भक्‍तिहीनताद्वारा सत्यतालाई रोकेको छ ।
ROM 1:19 यो परमेश्‍वरबारे अज्ञात भएको कुरा तिनीहरूलाई दृश्‍य भएको हुनाले हो । किनभने परमेश्‍वरले तिनीहरूलाई प्रकाश दिनुभएको छ ।
ROM 1:20 किनकि संसारको उत्‍पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्‍ट रूपमा दृश्‍य भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभावहरू हुन् । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन ।
ROM 1:21 यो तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो । बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए ।
ROM 1:22 तिनीहरूले बुद्धिमान्‌ भएको दाबी गरे, तापनि तिनीहरू मूर्ख नै भए ।
ROM 1:23 तिनीहरूले अविनाशी परमेश्‍वरको महिमालाई नाश हुने मानिस, चराचुरुङ्गी, चार खुट्टे जनावरहरू र घस्रने जन्तुहरूको प्रतिमासँग साटे ।
ROM 1:24 त्यसकारण, परमेश्‍वरले तिनीहरूलाई अशुद्धताको निम्ति अर्थात् तिनीहरूका बिचमा नै तिनीहरूका शरीरको अनादर होस् भनी तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो ।
ROM 1:25 परमेश्‍वरको सत्यतालाई झुटसँग साट्ने र सदासर्वदा प्रशंसा गरिनुपर्ने सृष्‍टिकर्तालाई आराधना गर्नुको सट्टा सृष्‍टि गरिएका थोकहरूको सेवा गर्ने तिनीहरू नै हुन् । आमेन ।
ROM 1:26 यसैले, परमेश्‍वरले तिनीहरूलाई लाजमर्दो अभिलाषाहरूमा छाडिदिनुभयो, किनकि तिनीहरूका स्‍त्रीहरूले प्राकृतिक स्वभावलाई प्रकृति विरुद्धको अस्वाभाविक कार्यहरूसँग साटे ।
ROM 1:27 त्यसै गरी, पुरुषहरूले पनि स्‍त्रीहरूसँगको स्वाभाविक कार्यलाई छोडे, र एक-अर्काप्रतिको कामुकताले जले । पुरुषहरूसँग अश्‍लील कार्य गर्ने र तिनीहरूका भ्रष्‍टताअनुसारको दण्ड पाउने पुरुषहरू यिनीहरू नै थिए ।
ROM 1:28 तिनीहरूको सजगतामा पनि तिनीहरूले परमेश्‍वर हुनुभएकोमा सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई तिनीहरूका निम्ति अनुचित कुरा गर्नलाई भ्रष्‍ट मनमा छोडिदिनुभयो ।
ROM 1:29 तिनीहरू अधार्मिकता, दुष्‍टता, लालच, र द्वेषले भरिएका छन् । तिनीहरू ईर्ष्या, हत्या, कलह, छल र दुष्‍ट विचारले पूर्ण छन् ।
ROM 1:30 तिनीहरू कुरौटे, निन्दा गर्ने, र परमेश्‍वरलाई घृणा गर्नेहरू हुन् । तिनीहरू हिंस्रक, घमण्डी र अहङ्कारी छन् । तिनीहरू दुष्‍ट थोकहरूका आविष्कारकहरू हुन् र आफ्ना आमाबुबाप्रति अनाज्ञाकारी भएका छन् ।
ROM 1:31 तिनीहरूमा समझ छैन, तिनीहरू अविश्‍वासयोग्य, स्वाभाविक प्रेमविनाका, र कृपारहित छन् ।
ROM 1:32 यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्‍ने परमेश्‍वरको नियमलाई तिनीहरू जान्दछन् । तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन् ।
ROM 2:1 यसकारण, तिमीहरूलाई कुनै बहाना छैन । ए मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ ।
ROM 2:2 तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्याय हुँदा सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौँ ।
ROM 2:3 तर ए मानिस, यसलाई विचार गर कि तिमी आफैँले पनि त्यही गर्छौ यद्यपि तिमीले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ । के तिमी परमेश्‍वरको इन्साफबाट उम्कनेछौ र ?
ROM 2:4 अथवा के तिमी उहाँको कृपाको प्रशस्तता, उहाँको दण्डको ढिलाइ र उहाँको धैर्यलाई तुच्छ ठन्छौ ? के उहाँको भलाइ तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याउनलाई हो भन्‍ने तिमीहरू जान्दैनौ ?
ROM 2:5 तर तिमीहरूको कठोर र अपश्‍चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ ।
ROM 2:6 परमेश्‍वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः
ROM 2:7 अटुट रूपमा सुकर्म गर्दै प्रशंसा, इज्‍जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ ।
ROM 2:8 तर आफ्नै मात्र भलाइ खोज्‍ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकताप्रति आज्ञाकारी हुनेहरूमाथि क्रोध र भयङ्कर रिस आइपर्नेछ ।
ROM 2:9 परमेश्‍वरले दुष्‍ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्कट र दुःख ल्याउनुहुनेछ, पहिले यहूदीमाथि अनि ग्रिकहरूमाथि ।
ROM 2:10 तर असल काम गर्नेहरूमाथि प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ, पहिले यहूदी र त्‍यसपछि ग्रिकहरूमाथि ।
ROM 2:11 किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न ।
ROM 2:12 किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् ।
ROM 2:13 किनकि परमेश्‍वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्‍नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन् ।
ROM 2:14 किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन् । तिनीहरू आफ्ना निम्ति आफैँ नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन ।
ROM 2:15 यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्‍ने देखाउँछ । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ र तिनीहरूका आफ्नै विचारले कि तिनीहरू आफैँलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ ।
ROM 2:16 अनि परमेश्‍वरप्रति पनि यही कुरो लागु हुन्छ । त्यो मेरो सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन हुनेछ ।
ROM 2:17 मानौँ, व्यवस्थामाथि भर परेर तिमी आफैँलाई यहूदी भन्छौ, परमेश्‍वरमा गर्वका साथ रमाउँछौ,
ROM 2:18 उहाँको इच्छा जान्दछौ र व्यवस्थाका शिक्षा पाएर त्यसबाट फरक भएका कुराहरूको जाँच गर्दछौ ।
ROM 2:19 मानौँ, कि तिमी आफैँ अन्धाहरूका अगुवा हौ, र अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ,
ROM 2:20 मूर्खलाई सुधार गर्ने, शिशुहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्यताको स्वरूप व्यवस्थामा छ ।
ROM 2:21 अनि तिमी जसले अरूलाई सिकाउँछौ, के तिमी आफैलाई चाहिँ सिकाउँदैनौ ? तिमी जसले चोरी नगर्नू भनी सिकाउँछौ, के तिमी नै चोरी गर्छौ ?
ROM 2:22 तिमी जसले व्‍यभिचार नगर्नू भन्‍छौ, के तिमीले नै व्‍यभिचार गर्छौ ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ, के तिमी मन्‍दिरहरू लुट्छौ ?
ROM 2:23 तिमी जो परमेश्‍वरको व्‍यवस्‍थामा गर्वका साथ रमाउँछौ, के तिमीले व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अपमान गर्छौ ?
ROM 2:24 किनकि जसो लेखिएको छ, “तिमीहरूले गर्दा गैरयहूदीहरूका माझमा परमेश्‍वरको नाउँको अनादर भएको छ ।”
ROM 2:25 यदि तिमीहरूले व्‍यवस्‍था पालन गर्छौ भने वास्‍तवमा खतनाले तिमीहरूलाई लाभ दिन्‍छ, तर यदि तिमीहरू व्‍यवस्‍था भङ्‌ग गर्नेहरू हौ भने, तिमीहरूको खतना बेखतना हुन्‍छ ।
ROM 2:26 यदि बेखतने व्यक्‍तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने, के त्‍यसको बेखतना खतना नै ठानिनेछैन र ?
ROM 2:27 यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पुरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र ? तिमीहरूसँग लिखित धर्मशास्‍त्र र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्‍लङ्घन गर्ने भएकाले यसो भएको हो ।
ROM 2:28 किनकि त्यो यहूदी होइन जो बाहिरी रूपले मात्र यहूदी हो; न त केवल बाहिरी शरीरको खतना नै खतना हो ।
ROM 2:29 तर त्यही यहूदी हो जो भित्री रूपमा यहूदी हो र अक्षरमा होइन तर आत्‍माद्वारा हृदयको खतना नै खतना हो । यस्‍तो व्यक्‍तिको प्रशंसा मानिसबाट होइन, तर परमेश्‍वरबाट आउँछ ।
ROM 3:1 त्यसो भए यहूदीलाई के फाइदा छ त ? अनि खतनाको के फाइदा छ त ?
ROM 3:2 यो हरतरहले महान् छ । सर्वप्रथम त परमेश्‍वरको प्रकाश यहूदीलाई सुम्पिएको थियो ।
ROM 3:3 किनकि केही यहूदीहरू विनाविश्‍वासका भए भन्दैमा के भयो त ? के तिनीहरूको अविश्‍वासले परमेश्‍वरको विश्‍वासयोग्यतालाई अमान्य तुल्याउँछ र ?
ROM 3:4 कहिल्यै यस्तो नहोस् । यसको सट्टा, सबै मानिस झुटा ठहरिए तापनि परमेश्‍वर नै सत्य भेट्टाइनुभएको होस् । यस्तो लेखिएको छ, “तपाईंलाई आफ्ना वचनहरूमा धर्मी देखाइयोस्, अनि न्यायको दिनमा आउनुहुँदा तपाईं विजय हुनसक्‍नुभएको होस् ।”
ROM 3:5 तर यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्‍न सक्छौ र ? परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुहुँदा उहाँ अधर्मी ठहरिनुहुन्‍न, के अधर्मी ठहरिनुहुन्छ त ? म मानवीय तर्कअनुसार बोलिरहेको छु ।
ROM 3:6 कहिल्यै यस्तो नहोस् ! किनकि त्यसो भए त परमेश्‍वरले कसरी संसारको न्याय गर्नुहुन्छ ?
ROM 3:7 तर यदि मेरो झुटद्वारा परमेश्‍वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त ?
ROM 3:8 किन नभनौँ, जसरी हामीलाई झुटो रूपमा आरोप लगाइन्छ, र केहीले पुष्‍टि गर्छन्, कि हामी भन्छौँ, “दुष्‍ट काम गरौँ, ताकि असल आओस् ।” तिनीहरूमाथिको न्याय उचित छ ।
ROM 3:9 त्यसो भए के त ? के हामी आफैँले आफ्‍नो सफाइ दिँदै छौँ ? त्यसो नहोस् ! किनकि यहूदीहरू र ग्रिकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौँ ।
ROM 3:10 यस्तो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन ।
ROM 3:11 बुझ्ने कोही पनि छैन । परमेश्‍वरलाई खोज्‍ने कोही पनि छैन ।
ROM 3:12 तिनीहरू सबै तर्केर गएका छन् । तिनीहरू सबै जना एकैसाथ अनुपयोगी भएका छन् । असल गर्ने कोही पनि छैन, अहँ, एक जना पनि छैन ।
ROM 3:13 तिनीहरूको घाँटी खुल्ला चिहान हो । तिनीहरूका जिब्राले छल गरेका छन् । तिनीहरूका ओठहरूमा सर्पको विष छ ।
ROM 3:14 तिनीहरूका मुख श्राप र तिक्‍तताले भरिएका छन् ।
ROM 3:15 तिनीहरूका खुट्टा रगत बगाउनमा द्रूत छन् ।
ROM 3:16 विनाश र कष्‍ट तिनीहरूका मार्गहरूमा छन् ।
ROM 3:17 यी मानिसहरूले शान्तिको मार्ग जानेका छैनन् ।
ROM 3:18 तिनीहरूका आँखाको सामुन्‍ने परमेश्‍वरको डर छैन ।
ROM 3:19 अब हामी जान्दछौँ, कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्‍नेहरू कै लागि भन्छ । यो हरेक मुख बन्द होस् भन्‍नाका लागि हो, ताकि सारा संसार परमेश्‍वरप्रति जवाफदेही हुन सकून् ।
ROM 3:20 उहाँको दृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।
ROM 3:21 तर अब व्यवस्थाविना नै परमेश्‍वरको धर्मीकता प्रकट गरिएको छ । यसलाई व्यवस्था र अगमवक्‍ताहरूद्वारा साक्षी दिइएको छ,
ROM 3:22 अर्थात् यो विश्‍वास गर्ने सबैका निम्ति येशू ख्रीष्‍टमा विश्‍वासद्वारा आउने परमेश्‍वरको धार्मिकता हो । किनकि त्यहाँ कुनै भेदभाव छैन ।
ROM 3:23 किनकि सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमासम्म पुग्‍न चुकेका छन् ।
ROM 3:24 ख्रीष्‍टमा भएको छुटकाराद्वारा तिनीहरू सित्तैँमा धर्मी ठहराइन्छन् ।
ROM 3:25 किनकि परमेश्‍वरले येशू ख्रीष्‍टको रगतमा विश्‍वासद्वारा प्रायश्‍चित्तको रूपमा उहाँलाई अर्पण गर्नुभयो । उहाँको धैर्यमा विगतका पापको बेवास्ता गर्नुभएकोले उहाँले ख्रीष्‍टलाई उहाँको न्यायको प्रमाणको रूपमा अर्पण गर्नुभयो ।
ROM 3:26 यी सबै कुरा वर्तमान समयमा उहाँको धार्मिकता प्रदर्शन गर्नका निम्ति भएका थिए । उहाँ आफैँलाई न्यायी प्रमाणित गर्न सक्‍नुभएको होस् र उहाँले येशूमाथिको विश्‍वासले कुनैलाई पनि धर्मी ठहराउनुहुन्छ भन्‍ने देखाउन यसो भयो ।
ROM 3:27 घमण्ड कहाँ गर्ने ? यो त हटाइएको छ । केको आधारमा ? कामहरूको आधारमा ? होइन, तर विश्‍वासको आधारमा हो ।
ROM 3:28 तब हामी निचोडमा आउँछौँ, कि कुनै पनि व्यक्‍ति व्यवस्थाका कामहरूविना नै विश्‍वासद्वारा धर्मी ठहरिन्छ ।
ROM 3:29 अथवा के परमेश्‍वर यहूदीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ त ? के उहाँ गैरयहूदीहरूका परमेश्‍वर हुनुहुन्‍न र ? हो, उहाँ गैरयहूदीहरूका पनि परमेश्‍वर हुनुहुन्छ ।
ROM 3:30 यदि वास्तवमै परमेश्‍वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्छ, र खतना नभएकाहरूलाई पनि विश्‍वासद्वारा नै धर्मी ठहराउनुहुन्छ ।
ROM 3:31 के हामीले विश्‍वासद्वारा व्यवस्थालाई रद्द गर्छौं त ? कहिल्यै यस्तो नहोस् ! बरु, हामीले व्यवस्थालाई कायम पो राख्‍छौँ ।
ROM 4:1 तब हामी के भनौँ त ? हाम्रा पुर्खा अब्राहामले शरीरअनुसार के पाए त ?
ROM 4:2 यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए, उनले घमण्ड गर्ने कारण हुन्थ्यो, तर परमेश्‍वरको सामु त होइन ।
ROM 4:3 किनकि धर्मशास्‍त्रले के भन्छ ? “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो ।”
ROM 4:4 अब जसले काम गर्छ, त्यसको ज्यालालाई अनुग्रहको रूपमा गनिँदैन, तर पाउनुपर्ने कुराको रूपमा गनिन्छ ।
ROM 4:5 तर त्यसको निम्ति जसले काम गर्दैन, तर त्यसको सट्टा अधर्मीलाई धर्मी ठहराउनुहुनेमा विश्‍वास गर्छ, त्यसको विश्‍वासलाई धार्मिकताको रूपमा गनिन्‍छ ।
ROM 4:6 दाऊदले पनि कामविना नै परमेश्‍वरले धार्मिकता गान्‍नुभएको मानिसलाई आशिष्‌‌ घोषणा गर्छन् ।
ROM 4:7 उनले भने, “ती धन्य हुन्, जसका अधर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन् ।”
ROM 4:8 त्यो मानिस धन्यको हो, जसको विरुद्धमा परमेश्‍वरले पापको लेखा राख्‍नुहुन्‍न ।”
ROM 4:9 तब के यो आशिष्‌‌ केवल ती खतना भएकाहरूका लागि मात्रै भनिएको हो वा ती खतना नगरिएकाहरूका लागि पनि भनिएको हो ? किनकि हामी भन्छौँ, “अब्राहामको निम्ति विश्‍वास धार्मिकताको रूपमा गनियो ।”
ROM 4:10 त्यसो हो भने, यो कसरी गनियो त ? अब्राहाम खतनामा हुँदा वा बेखतना हुँदा ? यो खतनामा हुँदा भएको थिएन, तर बेखतनामा हुँदा भएको थियो ।
ROM 4:11 अब्राहामले खतनाको चिन्ह पाए । यो विश्‍वासको धार्मिकताको छाप थियो, जुन उनी बेखतनाको हुँदा नै पाइसकेका थिए । यो चिन्हको परिणामचाहिँ तिनीहरू बेखतनामै भए तापनि उनी विश्‍वास गर्ने सबैका पिता भए । यसको मतलब यो हो, कि त्यो धार्मिकता तिनीहरूको निम्ति धार्मिकता गनिनेछ ।
ROM 4:12 यसको अर्थ यो हो, कि अब्राहाम खतनाबाट आएकाहरूका निम्ति मात्र होइन, तर हाम्रा पिता अब्राहामको कदम पछ्याउनेहरूका निम्ति पनि पिता भए । र उनी बेखतनामा हुँदा नै उनीसँग विश्‍वास थियो ।
ROM 4:13 किनकि अब्राहाम र उनका सन्तानहरूलाई दिइएको प्रतिज्ञा अर्थात् तिनीहरू संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा दिइएको थिएन । बरु, यो विश्‍वासको धार्मिकताद्वारा थियो ।
ROM 4:14 किनकि यदि ती व्यवस्थाकाहरू उत्तराधिकारीहरू हुन् भने विश्‍वासीलाई त रित्तो बनाइयो र प्रतिज्ञालाई रद्द गरियो ।
ROM 4:15 किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अनाज्ञाकारिता हुँदैन ।
ROM 4:16 यसैले, यो विश्‍वासद्वारा हुन्छ, ताकि त्यो अनुग्रहद्वारा हुन सकोस् । परिणामस्वरूप, प्रतिज्ञा सारा सन्तानहरूका निम्ति निश्‍चित छ । अनि यी सन्तानहरूले केवल व्यवस्था जान्‍नेहरूलाई मात्र होइन, तर ती अब्राहामको विश्‍वासबाट आएकाहरूलाई पनि समेट्छन् । किनकि उनी हामी सबैका पिता हुन् ।
ROM 4:17 जस्तो लेखिएको छ, “मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु ।” अब्राहाम आफूले भरोसा गरेका परमेश्‍वरको उपस्थितिमा थिए, जसले मरेकालाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई अस्तित्वमा ल्याउन सक्‍नुहुन्छ ।
ROM 4:18 यी सारा बाहिरी परिस्थितिहरूका बाबजुद पनि भविष्यको निम्ति अब्राहामले परमेश्‍वरमा दृढतासाथ भरोसा गरे । त्यसैले, उनी “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनिएअनुसार धेरै जातिहरूका पिता बने ।
ROM 4:19 उनी विश्‍वासमा कमजोर थिएनन् । अब्राहामले बुझे, कि उनको शरीर बालक जन्माउन समर्थ थिएन (किनकि उनी करिब एक सय वर्ष पुगेका थिए) । साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्‍ने पनि उनले स्वीकार गरे ।
ROM 4:20 तर परमेश्‍वरको प्रतिज्ञाका कारण, अब्राहाम अविश्‍वासमा रोकिएनन् । बरु, उनलाई विश्‍वासमा बलियो बनाइयो र उनले परमेश्‍वरको प्रशंसा गरे ।
ROM 4:21 परमेश्‍वरले जे कुरा प्रतिज्ञा गर्नुभएको थियो, त्यो उहाँ पुरा गर्न सक्षम पनि हुनुहुन्थ्यो भनी उनी पूर्ण रूपमा विश्‍वस्त थिए ।
ROM 4:22 त्यसकारण, यो उनको निम्ति धार्मिकता गनियो ।
ROM 4:23 अब यो केवल उनको भलाइको निम्ति गनिएको थिएन ।
ROM 4:24 यो हाम्रो निम्ति पनि लेखिएको थियो, जसको निम्ति यो गनिनेछ, हामी जसले हाम्रा येशू प्रभुलाई मृत्युबाट जीवित पार्नुहुनेमा विश्‍वास गर्छौं ।
ROM 4:25 यो उहाँ नै हुनुहुन्छ जसलाई हाम्रा अपराधका लागि सुम्पिएको थियो, र हामीलाई धर्मी ठहराउन जीवित पारिएको थियो ।
ROM 5:1 हामी विश्‍वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामी परमेश्‍वरसँग शान्‍तिमा छौँ ।
ROM 5:2 हामीले उहाँप्रतिको विश्‍वासद्वारा यो अनुग्रहमा प्रवेश पाएका छौँ जसमा हामी खडा छौँ । हामी परमेश्‍वरले हामीलाई भविष्यको निम्ति दिनुहुने दृढता अर्थात् हामी परमेश्‍वरको महिमामा सहभागी हुनेछौँ भन्‍ने दृढतामा रमाउँछौँ ।
ROM 5:3 यति मात्र होइन, तर हामी हाम्रो कष्‍टमा पनि रमाउँछौँ । हामी जान्दछौँ, कि कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ ।
ROM 5:4 सहनशीलताले सहमति उत्पन्‍न गराउँछ र सहमतिले भविष्यको निम्ति भरोसा उत्पन्‍न गराउँछ ।
ROM 5:5 यो भरोसाले निराश पार्दैन, किनभने हामीलाई दिइएको पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्‍याइएको छ ।
ROM 5:6 किनकि हामी कमजोर हुँदा नै ख्रीष्‍ट अधर्मीको निम्ति ठिक समयमा मर्नुभयो ।
ROM 5:7 एक जना धर्मी मानिसको लागि मुस्‍किलले कोही मर्नेछ । अर्थात् एक जना असल मानिसको लागि सायद कोहीले मर्ने साहस गर्थ्यो ।
ROM 5:8 तर परमेश्‍वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्‍छ, किनकि हामी पापी हुँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो ।
ROM 5:9 अहिले हामी उहाँको रगतद्वारा अझ धेरै धर्मी ठहराइएका छौँ, अनि हामी उहाँको क्रोधबाट बचाइनेछौँ ।
ROM 5:10 हामी शत्रु हुँदा नै हामीलाई उहाँका पुत्रको मृत्‍युद्वारा परमेश्‍वरसँग मिलाप गराइयो; मिलाप भएपछि उहाँको जीवनद्वारा हामी अझ धेरै बचाइनेछौँ ।
ROM 5:11 यति मात्र होइन, तर हामी हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरमा रमाउँछौँ, जसद्वारा हामीले यो मिलाप प्राप्‍त गरेका छौँ ।
ROM 5:12 यसकारण, एक जना मानिसद्वारा संसारमा पाप प्रवेश गर्‍यो, यसरी पापद्वारा मृत्‍यु प्रवेश गर्‍यो । अनि मृत्यु सबै मानिसमा फैलियो, किनभने सबैले पाप गरे ।
ROM 5:13 किनकि व्‍यवस्‍था नहुँदा पनि संसारमा पाप थियो, तर व्‍यवस्‍था नहुँदा पापको निम्ति कुनै लेखा हुँदैन ।
ROM 5:14 तथापि, मृत्‍युले आदमदेखि मोशासम्‍म र आदमले झैँ अनाज्ञाकारिताको पाप नगर्नेमाथि पनि राज्‍य गर्‍यो जो आउनु पर्थ्यो त्यसको प्रतिरूप थियो ।
ROM 5:15 तरै पनि यो सित्तैँको वरदान अधर्म जस्‍तो होइन । एक जनाको अधर्मले धेरै जना मरे, परमेश्‍वरको अनुग्रहले अझ धेरै गर्‍यो र एक जना मानिस अर्थात् येशू ख्रीष्‍टको अनुग्रहद्वारा आउने वरदान धेरैका निम्ति प्रशस्त होस् ।
ROM 5:16 किनकि वरदान एक जनाले पाप गरेको परिणामजस्तो होइन । एकातिर, एक जना ‍मानिसको अपराधले दण्डको न्‍याय आयो । अर्कोतिर, सित्तैँको वरदान धेरै अपराधपछि धर्मीकरणको परिणाममा आयो ।
ROM 5:17 एक जनाको अपराधद्वारा अर्थात् एक जनाद्वारा मृत्‍युले राज्‍य गर्‍यो, अनुग्रह र धार्मिकताको वरदानको प्रशस्तता प्राप्‍त गर्नेले एक जना अर्थात् येशू ख्रीष्‍टको जीवनद्वारा अझ धेरै राज्‍य गर्नेछ ।
ROM 5:18 यसरी एउटा अपराधद्वारा सबै मानिस दण्डको भागीदार हुन आए र एउटा धार्मिकताको कामद्वारा सबै मानिसको निम्ति धर्मीकरण आयो ।
ROM 5:19 जसरी एक जना मानिसको अनाज्ञाकारिताद्वारा धेरै जनालाई पापी बनाइयो, त्यसरी नै एक जनाको आज्ञाकारिताद्वारा धेरै जनालाई धर्मी बनाइनेछ ।
ROM 5:20 तर व्‍यवस्‍था आयो ताकि अपराध बढोस् । तर जहाँ पाप बढ्‌यो, त्‍यहाँ अनुग्रह पनि झन् बढ्‌यो ।
ROM 5:21 ताकि जसरी पापले मृत्युद्वारा राज्‍य गर्‍यो, त्यसरी नै अनुग्रहले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा अनन्‍त जीवनको निम्ति धार्मिकताद्वारा राज्‍य गरोस् ।
ROM 6:1 हामी अब के भनौँ त ? के अनुग्रह प्रशस्त होस् भनेर हामीले पाप गरिरहने त ?
ROM 6:2 यस्तो कहिल्यै नहोस् । हामी जो पापप्रति मर्‍यौँ हामी यसमा कसरी जिउने ?
ROM 6:3 के जतिलाई ख्रीष्‍ट येशूमा बप्‍तिस्मा दिइएका छन् उनीहरूलाई उहाँको मृत्युमा बप्‍तिस्मा दिइएका छन् भन्‍ने तिमीहरू जान्दैनौ ?
ROM 6:4 हामी बप्‍तिस्माद्वारा मृत्युमा उहाँसँगै गाडियौँ । ताकि जसरी ख्रीष्‍ट पिताको महिमाद्वारा मृतकहरूबाट जीवित पारिनुभयो, त्यसरी नै हामी जीवनको नवीनतामा हिँड्न सकौँ ।
ROM 6:5 किनकि यदि हामी उहाँको मृत्युको स्वरूपमा एक भएका छौँ भने हामी उहाँको पुनरुत्थानमा पनि एक हुनेछौँ ।
ROM 6:6 हामी जन्दछौँ, कि हाम्रो पुरानो मनुष्यत्वलाई उहाँसँगै क्रुसमा टाँगिएको थियो, ताकि पापको शरीरलाई नाश गर्न सकियोस्; ताकि हामी पापको दास बन्‍न नपरोस् ।
ROM 6:7 जो मरेको छ, पापको सम्बन्धमा त्यसलाई धर्मी घोषित गरिन्छ ।
ROM 6:8 तर यदि हामी ख्रीष्‍टसँग मरेका छौँ भने, हामी विश्‍वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौँ ।
ROM 6:9 हामी जान्दछौँ, कि ख्रीष्‍ट मृतकबाट जीवित पारिनुभएको छ र अब उहाँ मृत हुनुहुन्‍न । अब मृत्युले उहाँमाथि राज्य गर्दैन ।
ROM 6:10 मृत्युको विषयमा उहाँ पापको लागि मर्नुभयो, उहाँ एकै पल्ट हामी सबैका लागि मर्नुभयो । तथापि जुन जीवन उहाँ जिउनुहुन्छ, त्यो उहाँले परमेश्‍वरको निम्ति जिउनुहुन्छ ।
ROM 6:11 त्यसै गरी, तिमीहरूले पनि पापको निम्ति मरेको, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरमा जीवित ठान्‍नुपर्छ ।
ROM 6:12 त्यसकारण, तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ, ताकि तिमीहरूले त्यसको अभिलाषालाई मान्‍न परोस् ।
ROM 6:13 आफ्नो शरीरका अङ्गहरूलाई अधार्मिकताका साधनहरूको रूपमा प्रयोग गर्न नदेओ । तर आफैँलाई परमेश्‍वरको निम्ति अहिले जिइरहेको मृतकको रूपमा देओ । अनि आफ्नो शरीरका अङ्गहरूलाई परमेश्‍वरको लागि धार्मिक साधनको रूपमा प्रयोग गर्नलाई देओ ।
ROM 6:14 पापलाई आफूमाथि राज्य गर्न नदेओ । किनकि तिमीहरू व्यवस्थामा छैनौ, तर अनुग्रहमा छौ ।
ROM 6:15 त्यसो भए के त ? के हामी व्यवस्थामा छैनौँ, तर अनुग्रहमा छौँ भनेर हामी पाप गरौँ त ? कहिल्यै यस्तो नहोस् ।
ROM 6:16 के तिमीहरू जान्दैनौ, जसको निम्ति तिमीहरूले आफैँलाई नोकरको रूपमा दिन्छौ त्यसप्रति तिमीहरू आज्ञाकारी हुनुपर्छ अर्थात् त्यसको आज्ञा पालन गर्नुपर्छ ? यो सत्य हो, कि या तिमीहरू मृत्युमा पुर्‍याउने पापका नोकरहरू हौ या धार्मिकतामा पुर्‍याउने आज्ञाकारिताका सेवकहरू हौ ।
ROM 6:17 तर परमेश्‍वरलाई धन्यवाद होस् ! तिमीहरू पापका नोकरहरू थियौ, तर तिमीहरूले आफूलाई दिइएको शिक्षाको ढाँचालाई आफ्नो हृदयदेखि नै पालन गर्‍यौ ।
ROM 6:18 तिमीहरूलाई पापबाट छुटकारा दिइएको छ र तिमीहरूलाई धार्मिकताको सेवक बनाइएको छ ।
ROM 6:19 म तिमीहरूको शरीरको कमजोरीको कारणले बोल्‍ने मानिसझैँ बोल्छु । किनकि जसरी तिमीहरूले आफ्नो शरीरका अङ्गहरू अशुद्धता र दुष्‍टका नोकरहरूको रूपमा दियौ; त्यसरी नै अब शुद्धिकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको सेवकको रूपमा देओ ।
ROM 6:20 किनकि तिमीहरू पापका दासहरू हुँदा, तिमीहरू धार्मिकताबाट स्वतन्त्र थियौ ।
ROM 6:21 त्यति बेला अहिले तिमीहरू लज्‍जित हुनुपर्ने थोकहरूका कस्ता-कस्ता फलहरू तिमीहरूसित थिए ? किनकि ती कुराहरूको परिणाम मृत्यु हो ।
ROM 6:22 तर अब तिमीहरूलाई पापबाट मुक्त गराइएको छ, अनि परमेश्‍वरको दास बनाइएको छ र तिमीहरूसित शुद्धिकरणको फल छ ।
ROM 6:23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको सित्तैँको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्‍टमा अनन्त जीवन हो ।
ROM 7:1 भाइ हो, के तिमीहरूलाई थाहा छैन (किनकि म व्यवस्था जान्‍नेहरूसित बोल्दै छु), कि व्‍यवस्थाले मानिस जीवित रहँदासम्म मात्र नियन्‍त्रण गर्छ ?
ROM 7:2 किनकि एक विवाहित स्‍त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि उसको पति मर्‍यो भने ऊ त्यो विवाहको व्यवस्थाबाट मुक्त हुन्छे ।
ROM 7:3 त्यस्तै, उसको पति जीवित हुँदा ऊ अर्को पुरुषसँग बसी भने, उसलाई व्यभिचारिणी स्‍त्री भनिनेछ । तर उसको पति मर्‍यो भने, ऊ त्यस व्यवस्थाबाट मुक्त हुन्छे, अनि अर्को पुरुषसँग बसी भने पनि ऊ व्यभिचारिणी हुँदिन ।
ROM 7:4 त्यसैले, मेरा भाइहरू हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ । हामीले परमेश्‍वरको निम्ति फल फलाउन सकौँ भनेर तिमीहरू अर्कैसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सक्यौ ।
ROM 7:5 किनकि जब हामी शरीरमा थियौँ, व्यवस्थाद्वारा मृत्युको निम्ति फल फलाउन हाम्रा अङ्गहरूमा पापमय स्वभावहरू सक्रिय गराइए ।
ROM 7:6 तर अब हामी व्यवस्थाबाट स्वतन्त्र पारिएका छौँ । हामीलाई जुन कुराले बाँधेको थियो, त्यसको निम्ति हामी मरेका छौँ । हामीले पुरानो विधानमा होइन, तर पवित्र आत्माको नयाँपनमा सेवा गर्न सकौँ भनेर यसो भएको हो ।
ROM 7:7 त्यसो भए, हामी के भनौँ त ? के व्यवस्था आफैँ पाप हो ? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्‍ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैँले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्‍ने थिइनँ ।
ROM 7:8 तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो । किनकि व्यवस्थाविना पाप मरेतुल्य हुन्छ ।
ROM 7:9 एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो र म मरेँ ।
ROM 7:10 जीवन ल्याउनुपर्ने आज्ञा मेरो निम्ति मृत्युमा परिणत हुन पुग्यो ।
ROM 7:11 किनकि पापले यी आज्ञाद्वारा मौका छोप्यो र मलाई छल गर्‍यो । नियमहरूद्वारा यसले मलाई मार्‍यो ।
ROM 7:12 त्यसैले, व्यवस्था पवित्र छ, अनि आज्ञा पवित्र, धार्मिक र असल छ ।
ROM 7:13 त्यसैले, के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो ? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा ममा मृत्यु ल्याइयो । आज्ञाद्वारा यस्तो भयो, ताकि पाप अत्यधिक पापमय बन्‍न सकोस् ।
ROM 7:14 हामी जान्दछौँ, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमा बेचिएको छु ।
ROM 7:15 किनभने म जे गर्छु, त्यो म वास्तवमा बुझ्दिनँ । किनकि म जे गर्न चाहन्छु, त्यो म गर्दिनँ; अनि म जेलाई घृणा गर्छु, म त्यही गर्छु ।
ROM 7:16 तर म जे चाहँदिनँ म त्यही गर्छु भने, व्यवस्था असल हो भनी म व्यवस्थासँग सहमत हुन्छु ।
ROM 7:17 तर अब यो गर्ने म होइन, तर ममा रहने पाप हो ।
ROM 7:18 किनकि म जान्दछु, कि ममा अर्थात् मेरो शरीरमा कुनै पनि असल थोक बास गर्दैन । किनकि ममा असल गर्ने इच्छा छ, तर म यो गर्न सक्दिनँ ।
ROM 7:19 किनकि मैले चाहेको असल थोक म गर्दिनँ, तर म जुन खराब कुरो गर्न चाहन्‍नँ, म त्यही गर्छु ।
ROM 7:20 अब म जे गर्न चाहँदिनँ त्यही गर्छु भने, यो गरिरहने म होइन, तर ममा बास गर्ने पाप हो ।
ROM 7:21 तब मैले ममा असल गर्ने सिद्धान्त भेट्टाउँछु, तर ममा दुष्‍ट वास्तवमै उपस्थित भएको पाउँछु ।
ROM 7:22 किनकि म भित्री मनुष्यत्वसँगै परमेश्‍वरको व्यवस्थामा आनन्द मनाउँछु ।
ROM 7:23 तर मैले मेरा अङ्गहरूमा फरक सिद्धान्त देख्छु । यसले मेरो मनको नयाँ सिद्धान्तसँग लड्छ । मेरा अङ्गहरूमा भएको सिद्धान्तद्वारा यसले मलाई पापको कैदी बनाउँछ ।
ROM 7:24 म दुःखि मानिस हुँ ! मलाई यो मृत्युको शरीरबाट कसले छुटकारा देला ?
ROM 7:25 तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई धन्यवाद होस् ! त्यसैले, म आफैँले मेरो मनले परमेश्‍वरको व्यवस्थाको सेवा गर्छु । तापनि शरीरले म पापको सिद्धान्तको सेवा गर्छु ।
ROM 8:1 त्यसकारण, अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन ।
ROM 8:2 किनकि ख्रीष्‍ट येशूमा जीवनको आत्माको सिद्धान्तले मलाई पाप र मृत्युको सिद्धान्तबाट स्वतन्‍त्र बनाएको छ ।
ROM 8:3 जुन कुरा गर्न व्यवस्था असमर्थ थियो, सो परमेश्‍वरले गर्नुभयो, किनकि यो शरीरद्वारा कमजोर थियो । उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलिदान हुन पठाउनुभयो र उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो ।
ROM 8:4 हामीमा व्यवस्थाको मापदण्ड पुरा हुन सकोस् भनेर उहाँले यसो गर्नुभयो, ताकि हामी शरीरअनुसार होइन, तर आत्माअनुसार चल्न सकौँ ।
ROM 8:5 जो शरीरअनुसार जिउँछन्, तिनीहरूले शरीरको कुरामा ध्यान दिन्छन्, तर जो आत्माअनुसार जिउँछन्, तिनीहरूले आत्माको कुरामा ध्यान दिन्छन् ।
ROM 8:6 शरीरको मानसिकता मृत्यु हो, तर आत्माको मानसिकता जीवन र शान्ति हो ।
ROM 8:7 शरीरको मानसिकता परमेश्‍वरप्रति शत्रुता हो, किनकि यो परमेश्‍वरको व्यवस्थाको अधीनमा छैन, न यो बस्‍न नै समर्थ हुन्छ ।
ROM 8:8 जो शरीरमा छन्, उनीहरू परमेश्‍वरलाई खुसी तुल्याउन सक्षम छैनन् ।
ROM 8:9 तापनि तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ, यदि यो सत्य हो भने परमेश्‍वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ । तर यदि कसैसँग ख्रीष्‍टका आत्मा हुनुहुन्‍न भने, त्यो उहाँको होइन ।
ROM 8:10 यदि तिमीहरूमा ख्रीष्‍ट हुनुहुन्छ भने, पापको निम्ति शरीर मृत हुन्छ, तर धार्मिकताको निम्ति आत्मा जीवित हुन्छ ।
ROM 8:11 येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ जसले ख्रीष्‍टलाई मृतकहरूबाट जीवित पार्नुभयो भने, उहाँले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ ।
ROM 8:12 त्यसकारण, भाइ हो, हामी ऋणी छौँ, तर शरीरअनुसार जिउन शरीरप्रति ऋणी छैनौँ ।
ROM 8:13 तिमीहरू शरीरअनुसार जिउँछौ भने, तिमीहरू मर्न लागेका छौ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरूलाई मार्छौ भने तिमीहरू जिउनेछौ ।
ROM 8:14 किनकि जति परमेश्‍वरका आत्माद्वारा डोर्‍याइएका छन्, तिनीहरू नै परमेश्‍वरका छोराछोरीहरू हुन् ।
ROM 8:15 किनकि तिमीहरूले डरको लागि दासत्वको आत्मा पाएका छैनौ । बरु, तिमीहरूले धर्मपुत्रको आत्मा पाएका छौ जसद्वारा हामी “अब्बा, पिता !” भनी पुकार्छौं ।
ROM 8:16 हामी परमेश्‍वरका सन्तान हौँ भनी पवित्र आत्मा स्वयम्‌ले हाम्रो आत्मालाई गवाही दिनुहुन्छ ।
ROM 8:17 यदि हामी सन्तानहरू हौँ भने त हामी उत्तराधिकारीहरू पनि हौँ अर्थात् परमेश्‍वरका उत्तराधिकारीहरू हौँ । अनि हामी ख्रीष्‍टसँगै साझे-उत्तराधिकारीहरू हौँ । वास्तवमा हामीले उहाँसँगै कष्‍ट भोग्यौँ भने, हामी पनि उहाँसँगै महिमित हुन सक्छौँ ।
ROM 8:18 यो वर्तमान समयका कष्‍टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्‍ने म ठान्छु ।
ROM 8:19 किनकि सृष्‍टिको उत्कट आशा परमेश्‍वरका पुत्रहरूको प्रकटीकरणको प्रतीक्षामा छ ।
ROM 8:20 किनकि सृष्‍टिलाई व्यर्थताको वशमा सुम्पिएको छ; यसको आफ्नै इच्छामा होइन, तर यसलाई वशमा राख्‍नुहुनेको इच्छामा । यो दृढ निश्‍चयता हो,
ROM 8:21 कि सृष्‍टि स्वयम्‌लाई विनाशको दासत्वबाट मुक्‍त गरिनेछ, र यसलाई परमेश्‍वरका सन्तानहरूका महिमाको स्वतन्‍त्रतामा ल्याइनेछ ।
ROM 8:22 हामी जन्दछौँ, कि सारा सृष्‍टि अहिले पनि एकसाथ क्रन्दन र प्रसव वेदनामा छ ।
ROM 8:23 यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैँ पनि हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षामा हामी आफैँभित्र क्रन्दनमा छौँ ।
ROM 8:24 किनकि हामीलाई यही भरोसाद्वारा बचाइएको थियो । तर जे हुनेछ भनी हामी विश्‍वस्त छौँ, त्यो अझ देखिएको छैन, किनकि अगाडि नै देखिएको कुराको निम्ति कसले दृढतासाथ प्रतीक्षा गर्छ र ?
ROM 8:25 तर यदि हामी अझैसम्म नदेखिएका कुरामा विश्‍वस्त छौँ भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौँ ।
ROM 8:26 त्यसै गरी, पवित्र आत्माले पनि हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ । किनकि कसरी प्रार्थना गर्ने भनी हामी जान्दैनौँ, तर पवित्र आत्माले व्यक्त गर्न नसकिने क्रन्दनमा हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ ।
ROM 8:27 जसले हृदयको खोजी गर्नुहुन्छ उहाँले पवित्र आत्माको विचार जान्‍नुहुन्छ, किनकि उहाँले परमेश्‍वरको इच्छाअनुसार विश्‍वासीहरूको तर्फबाट अन्तरबिन्‍ती गर्नुहुन्छ ।
ROM 8:28 हामी जान्दछौँ, कि परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ अर्थात् (नोटः केही पुरानो संस्करणमा यस्तो छ) सबै थोकले एकसाथ भलाइको निम्ति नै काम गर्छन् ।
ROM 8:29 किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्‍नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्‍ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍ति गर्नुभयो ।
ROM 8:30 जसलाई उहाँले पहिले नै नियुक्‍ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्‍याउनुभयो । जसलाई उहाँले धर्मी ठर्‍याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।
ROM 8:31 त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त ? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र ?
ROM 8:32 जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्‍नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैँमा दिनुहुन्‍न र ?
ROM 8:33 परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले दोष ल्याउने ? धर्मी तुल्याउनुहुने त परमेश्‍वर नै हुनुहुन्छ ।
ROM 8:34 दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ ? हाम्रो निम्ति मर्नुहुने त ख्रीष्‍ट नै हुनुहुन्छ, अनि त्यसभन्दा बढी उहाँ जीवित भई उठ्नु पनि भयो । उहाँले आदरको स्थानमा रहेर परमेश्‍वरसँग शासन गर्दै हुनुहुन्छ, र हाम्रा लागि मध्यस्थता गरिरहनुहुने उहाँ नै हुनुहुन्छ ।
ROM 8:35 हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्न सक्‍नेछ ? सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले ?
ROM 8:36 जस्तो लेखिएको छ, “तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौँ । हामीलाई मारिने भेडाहरूझैँ ठानियो ।”
ROM 8:37 यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौँ ।
ROM 8:38 किनकि म विश्‍वस्त भएको छु, कि न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न शासकहरूले, न वर्तमानका कुराहरूले, न आउने कुराहरूले,
ROM 8:39 न उचाइले, न गहिराइले, न सृष्‍टि गरिएको कुनै थोकले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ ।
ROM 9:1 म येशू ख्रीष्‍टमा साँचो भन्दछु । म ढाँट्‌दिनँ, र मेरो विवेकले पवित्र आत्मामा मसँगै साक्षी दिन्छ,
ROM 9:2 कि मेरो लागि मेरो हृदयमा असाध्य कष्‍ट र अटुट पीडा छ ।
ROM 9:3 म इच्छा गर्थें, कि मेरा भाइहरू अर्थात् शरीरअनुसार आफ्नै जातिका खातिर म आफैँचाहिँ श्रापित होऊँ र ख्रीष्‍टबाट अलग गरिऊँ ।
ROM 9:4 तिनीहरू इस्राएलीहरू हुन् । धर्मपुत्र हुने अधिकार, महिमा, करारहरू, व्यवस्थाको उपहार, परमेश्‍वरको आराधना र प्रतिज्ञाहरू उनीहरूकै हुन् ।
ROM 9:5 ख्रीष्‍टको शरीरअनुसार ख्रीष्‍ट आउनुभएका पुर्खाहरू तिनीहरूकै हुन् । उहाँ नै सबैका परमेश्‍वर हुनुहुन्छ । सदासर्वदा उहाँको प्रशंसा भइरहोस् । आमेन ।
ROM 9:6 तर यो परमेश्‍वरका प्रतिज्ञाहरू चुकेकोजस्तो होइन, किनकि इस्राएलका सबै साँचो रूपमा इस्राएलका होइनन् ।
ROM 9:7 न त अब्राहामका सबै सन्तानहरू साँचो रूपमा उनका सन्तानहरू नै हुन् । तर, “इसहाकबाट नै तेरा सन्तानहरू भनिनेछन् ।”
ROM 9:8 अर्थात् शरीरबाट जन्मेका सन्तानहरू परमेश्‍वरका सन्तानहरू होइनन् । तर प्रतिज्ञाका सन्तानहरू नै सन्तानहरूका रूपमा गनिन्छन् ।
ROM 9:9 किनकि प्रतिज्ञाको वचन यही हो, “म यही समयमा आउनेछु र सारालाई एउटा छोरो दिइनेछ ।”
ROM 9:10 यति मात्र होइन, तर रिबेका पनि एक जना व्यक्‍ति अर्थात् हाम्रा पिता इसहाकबाट गर्भवती भएपछि–
ROM 9:11 किनकि सन्तानहरू अझ जन्मेका थिएनन् र उनीहरूले कुनै असल वा खराब केही गरेका थिएनन्, ताकि परमेश्‍वरको उद्देश्य कर्महरूका कारण होइन, तर बोलाउनुहुनेको कारणले चुनाउअनुसार ठहरियोस् भनेर
ROM 9:12 तिनलाई यसो भनियो, “जेठोले कान्छोको सेवा गर्नेछ ।”
ROM 9:13 जस्तो लेखिएको थियो, “मैले याकूबलाई प्रेम गरेँ, तर एसावलाई घृणा गरेँ ।”
ROM 9:14 त्यसो हो भने, हामी के भनौँ त ? के परमेश्‍वरसित अधार्मिकता छ त ? कहिल्यै यस्तो नहोस् ।
ROM 9:15 किनकि उहाँ मोशालाई भन्‍नुहुन्छ, “जसमाथि म दया देखाउन चाहन्छु, त्यसमाथि म दया देखाउँछु, र जसमाथि म करुणा देखाउन चाहन्छु, त्यसमाथि म करुणा देखाउँछु ।”
ROM 9:16 त्यसैले, यो इच्छा गर्नेको कारणले होइन, न त दौडनेको कारणले नै हो, तर दया देखाउनुहुने परमेश्‍वरको कारणले नै हो ।
ROM 9:17 किनकि धर्मशास्‍त्रले फारोलाई भन्छ, “यही उद्देश्यको निम्ति मैले तँलाई खडा गरेँ, ताकि मैले तँमा मेरो शक्‍ति प्रदर्शन गर्न सकूँ, र सारा पृथ्वीमा मेरो नाउँ घोषणा गरियोस् ।”
ROM 9:18 त्यसैले, परमेश्‍वरले जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई दया गर्नुहुन्छ र जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई कठोर पनि बनाउनुहुन्छ ।
ROM 9:19 तब तिमीहरूले मलाई भन्‍नेछौ, “उहाँले किन अझ पनि गल्ती नै भेट्टाउनुहुन्छ त ?”
ROM 9:20 त्यसको विपरीत, हे मानिस, परमेश्‍वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ ? के आकार दिइएको थोकले आकार दिनेलाई यसो भन्छ, “तिमीले मलाई किन यस्तो बनाएको ? ”
ROM 9:21 के कुमालेसित उही माटोको डल्लोबाट विशेष प्रयोगको निम्ति प्रयोग गरिने भाँडो र दैनिक प्रयोगको निम्ति प्रयोग गरिने भाँडो बनाउने अधिकार हुँदैन र ?
ROM 9:22 परमेश्‍वरले नै उहाँको क्रोध प्रकट गर्न र विनाशको निम्ति तयार पारिएका भाँडाहरूलाई निकै धैर्यसाथ सहिरहने इच्छा गरिरहनुभएको छ भने के त ?
ROM 9:23 यदि उहाँले पहिलेबाट नै महिमाको निम्ति तयार पार्नुभएको दयाका भाँडाहरूमाथि उहाँको महिमा प्रकट गर्न यसो गर्नुभएको हो भने के त ?
ROM 9:24 यदि उहाँले यो हाम्रो निम्ति अर्थात् यहूदीहरूबाट मात्र होइन, तर गैरयहूदीहरूबाट बोलाउनुभएकाहरूका निम्ति यो गर्नुभएको हो भने के त ?
ROM 9:25 जसरी उहाँ होशेको पुस्तकमा भन्‍नुहुन्छ, “जो मेरा मानिसहरू थिएनन्, म तिनीहरूलाई मेरा मानिसहरू भन्‍नेछु, र जो प्रिय थिएनन् तिनलाई प्रिय भन्‍नेछु ।
ROM 9:26 र त्यस्तो हुनेछ, कि जहाँ तिनीहरूलाई भनियो, ‘तिमीहरू मेरा मानिसहरू होइनौ’, त्यहाँ तिनीहरू ‘जीवित परमेश्‍वरका छोराहरू’ भनिनेछन् ।”
ROM 9:27 यशैया इस्राएलको विषयमा भन्छन्, “यदि इस्राएलका सन्तानहरूको सङ्ख्या समुद्रको बालुवाजत्ति थिए भने बचाइएकाहरू बाँकी रहेकाहरू मात्र हुनेछन् ।
ROM 9:28 किनभने प्रभुले आफ्नो वचन पृथ्वीमा चाँडै र पूर्ण रूपमा पुरा गर्नुहुनेछ,
ROM 9:29 अनि यशैयाले अगाडि नै भने, “यदि सेनाहरूका प्रभुले हाम्रा निम्ति सन्तानहरू छोड्नुभएको थिएन भने, हामी सदोम र गमोराजस्ता हुने थियौँ ।”
ROM 9:30 त्यसो भए, हामी के भनौँ त ? गैरयहूदीहरू जसले धार्मिकतालाई पछ्याइरहेका थिएनन्, तिनीहरूले धार्मिकता अर्थात् विश्‍वासद्वारा आउने धार्मिकता प्राप्‍त गरे ।
ROM 9:31 तर इस्राएलीहरू, जो व्यवस्थाको धार्मिकताको पछि लागे, तिनीहरू यसमा आइपुगेनन् ।
ROM 9:32 किन पाएनन् त ? किनकि तिनीहरूले विश्‍वासद्वारा खोजेनन्, तर कर्मद्वारा खोजे । तिनीहरू ठेस लाग्‍ने ढुङ्गामा ठेस खाए,
ROM 9:33 जस्‍तो लेखिएको छ, “हेर, मैले सियोनमा एउटा ठेस लाग्‍ने ढुङ्गा र चोट लाग्‍ने चट्टान राख्‍दै छु । जसले यसमा विश्‍वास गर्छ त्यो लज्‍जित हुनेछैन ।”
ROM 10:1 भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्‍वरलाई मेरो बिन्ती तिनीहरूका लागि र तिनीहरूको उद्धारको निम्ति हो ।
ROM 10:2 किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु, कि तिनीहरूसँग परमेश्‍वरको निम्ति जोस छ, तर ज्ञानअनुसार छैन ।
ROM 10:3 किनकि तिनीहरूले परमेश्‍वरको धार्मिकता जान्दैनन्, र तिनीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोज्छन् । तिनीहरू परमेश्‍वरको धार्मिकताप्रति समर्पित भएनन् ।
ROM 10:4 विश्‍वास गर्ने सबैको निम्ति ख्रीष्‍ट नै धार्मिकताको निम्ति व्यवस्थाको समाप्‍ति हुनुहुन्छ ।
ROM 10:5 किनकि मोशा व्यवस्थाबाट आउने धार्मिकताको विषयमा लेख्‍छन्, “व्यवस्थाको धार्मिकता पालन गर्ने मानिस, यो धार्मिकताद्वारा नै जिउनेछ ।”
ROM 10:6 तर विश्‍वासद्वारा आउने धार्मिकताले यसो भन्छ, “आफ्नो हृदयमा यसो नभन, ‘स्वर्गमा को उक्लने ?’ (अर्थात् ख्रीष्‍टलाई तल ल्याउन) ।
ROM 10:7 र यसो नभन, ‘तल पातालसम्म को ओर्लने ?’ (अर्थात् ख्रीष्‍टलाई मरेकाहरूबाट ल्याउन),
ROM 10:8 तर यसले के भन्छ ? “वचन तिमीहरूको नजिकै छ, तिमीहरूको मुख र हृदयमा नै छ ।” त्यो विश्‍वासको वचन हो, जुन हामी घोषणा गर्छौं ।
ROM 10:9 यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ र परमेश्‍वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्‍वास गर्छौ भने, तिमी बचाइनेछौ ।
ROM 10:10 किनकि मानिसले धार्मिकताको निम्ति आफ्नो हृदयले विश्‍वास गर्छ, र उसले उद्धारको निम्ति आफ्नो मुखले स्वीकार गर्छ ।
ROM 10:11 किनकि धर्मशास्‍त्रले भन्छ, “हरेक जसले उहाँमा विश्‍वास गर्छ, त्यो शर्ममा पारिनेछैन ।”
ROM 10:12 किनकि यहूदी र ग्रिकहरूबिच कुनै भिन्‍नता छैन । किनकि उही प्रभु नै सबैका प्रभु हुनुहुन्छ र उहाँलाई पुकार्ने सबैको लागि उहाँ प्रशस्त हुनुहुन्छ ।
ROM 10:13 किनकि प्रभुको नाम पुकार्ने सबै बचाइनेछन् ।
ROM 10:14 त्यसो हो भने, जसमाथि तिनीहरूले विश्‍वास गरेका छैनन् उहाँलाई कसरी पुकार्ने ? र जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्‍वास गर्ने ? र प्रचारकविना तिनीहरूले कसरी सुन्‍न सक्छन् ?
ROM 10:15 र जबसम्म तिनीहरू पठाईंदैनन् तिनीहरूले कसरी प्रचार गर्छन् र ? जस्तो लेखिएको छ, “असल कुराहरूबारे खुसीको सन्देश प्रचार गर्नेहरूका पाउ कति राम्रा ?”
ROM 10:16 तर तिनीहरू सबैले सुसमाचार सुनेनन् । किनकि यशैया भन्छन्, “हे प्रभु, हाम्रो सन्देश कसले विश्‍वास गरेको छ ?”
ROM 10:17 त्यसकारण, विश्‍वास सुनाइबाट आउँछ, र सुनाइ ख्रीष्‍टको वचनद्वारा आउँछ ।
ROM 10:18 तर म भन्छु, “के तिनीहरूले सुनेनन् ?” हो, निश्‍चय नै । “तिनीहरूको आवाज सारा पृथ्वीभरि र तिनीहरूका शब्दहरू पृथ्वीको अन्त्यसम्म नै पुगेका छन् ।”
ROM 10:19 यसको अतिरिक्‍त, म भन्छु, “के इस्राएलले जानेन ?” पहिले मोशा भन्छन्, “म तिमीहरूलाई एउटा जाति नै नभएको समूहद्वारा डाही तुल्याउँछु । समझविनाको जातिद्वारा म तिमीहरूलाई क्रोधित तुल्याउनेछु ।”
ROM 10:20 यशैया निकै साहसी छन् र भन्छन्, “जसले मलाई खोजेनन्, तिनीहरूले मलाई भेट्टाए । जसले मलाई बिन्ती गरेनन्, म तिनीहरूकहाँ देखा परेँ ।”
ROM 10:21 तर इस्राएललाई उहाँ भन्‍नुहुन्छ, “मैले मेरा हात दिनभरि अनाज्ञाकारी र हठी जातितिर फैलाएँ ।”
ROM 11:1 त्यसो भए म भन्छु, के परमेश्‍वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो त ? किनकि म पनि अब्राहामका सन्तान, बेन्यामीन कुलका एक इस्राएली हुँ ।
ROM 11:2 परमेश्‍वरले अघिबाटै पहिचान गर्नुभएको आफ्नो जातिलाई इन्कार गर्नुभएन । एलियाको बारेमा धर्मशास्‍त्रले के भन्छ अर्थात् तिनले इस्राएलको बारेमा परमेश्‍वरसँग कसरी बिन्ती गरे भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन ?
ROM 11:3 “हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्‍ताहरूलाई मारेका छन्, तिनीहरूले तपाईंका वेदीहरूलाई भत्काएका छन् । म मात्र छोडिएको छु, र तिनीहरूले मेरो पनि ज्यान लिन खोजी गरिरहेका छन् ।”
ROM 11:4 तर परमेश्‍वरको जवाफले तिनलाई के भन्छ ? “बाल देवतासामु आफ्ना घुँडा नटेकेका सात हजार मानिसलाई मेरो निम्ति साँचेर राखेको छु ।”
ROM 11:5 त्यसो भए, अनुग्रहको छनोटको कारण वर्तमान समयमा पनि बाँकी रहेकाहरू छन् ।
ROM 11:6 तर यो अनुग्रहद्वारा हो भने यो कामद्वारा होइन । नत्रता अनुग्रह अनुग्रह नै हुने थिएन । (नोटः केही पुरानो प्रतिलिपिमा यस्तो छ, तर यदि यो कर्महरूद्वारा हो भने यो अनुग्रह हुँदै होइन; नत्र कर्म हुँदै हुँदैन ।)
ROM 11:7 त्यसो भए के त ? इस्राएलले जे खोजिरहेको थियो, यसले पाएन, तर चुनिएकाहरूले त्यो पाए र बाँकी रहेकाहरूलाई चाहिँ कठोर बनाइयो ।
ROM 11:8 जस्तो लेखिएको छ, “परमेश्‍वरले तिनीहरूलाई बोधो आत्मा दिनुभएको छ, ताकि आजको दिनसम्म पनि तिनीहरूका आँखा छन् र पनि तिनीहरूले देख्‍न नसकून् अनि कान छन् र पनि तिनीहरूले सुन्‍न नसकून् ।”
ROM 11:9 अनि दाऊद भन्छन्, “तिनीहरूका भोजनको टेबल तिनीहरूका निम्ति पासो, जाल, बाधा र तिनीहरूका विरुद्धमा प्रतिशोध बनोस् ।
ROM 11:10 तिनीहरूका आँखा अँध्यारो होस्, ताकि तिनीहरूले नदेखून् । तिनीहरूका ढाड सधैँ कुप्रो होस् ।”
ROM 11:11 त्यसो भए म भन्छु, “के तिनीहरू पतन हुनका लागि ठक्‍कर खाएका हुन् ?” त्यस्तो कहिले नहोस् । बरु, तिनीहरूका असफलताद्वारा तिनीहरूलाई डाही तुल्याउनको निम्ति गैरयहूदीहरूकहाँ मुक्‍ति आएको छ ।
ROM 11:12 अब यदि तिनीहरूको असफलता संसारको निम्ति धन हो र यदि तिनीहरूको नोक्सानी गैरयहूदीहरूका निम्ति लाभ हो भने, तिनीहरूको पूर्णता झनै कति ठुलो हुन्छ होला ?
ROM 11:13 अनि अहिले म गैरयहूदीहरूसँग बोलिरहेको छु । जबसम्म म गैरयहूदीहरूको प्रेरित हुन्छु, म मेरो सेवा-कार्यमा गर्व गर्छु ।
ROM 11:14 सायद मेरा आफ्नैहरूलाई म डाही तुल्याउनेछु । सायद हामीले तिनीहरूमध्ये केहीलाई बचाउनेछौँ ।
ROM 11:15 किनकि यदि तिनीहरूको इन्कार संसारको मिलाप हो भने, तिनीहरूको स्वीकार मृतकहरूबाट जीवित पारिनुबाहेक के हुनेछ र ?
ROM 11:16 यदि अगौटे फलहरूलाई बचाएर राखिन्छ भने मुछेको पिठोको ढिक्‍कालाई पनि त्यसै गरिन्छ । यदि जरालाई बचाएर राखिन्छ भने हाँगाहरूलाई पनि त्यसै गरिन्छ ।
ROM 11:17 तर यदि केही हाँगाहरू भाँचिएका थिए भने तिमी जङ्गली जैतूनको हाँगालाई तिनीहरूसँग कलमी बाँधिएका थियौ भने, र तिमीहरू जैतूनको उर्बर जरामा तिनीहरूसँग सहभागी भयौ भने
ROM 11:18 हाँगाहरू भएकोमा घमण्ड नगर । तर यदि तिमीले गर्व गर्छौ भने, जरालाई थाम्‍ने तिमी होइनौ, तर जराले तिमीलाई थाम्छ ।
ROM 11:19 तब तिमीले भन्‍नेछौ, “हाँगाहरू भाँचिएका थिए, ताकि ममा कलमी बाँधियोस् ।”
ROM 11:20 त्यो सत्य हो । तिनीहरूको अविश्‍वासले तिनीहरू काटिए, तर तिमीहरू तिमीहरूको विश्‍वासले खडा छौ । आफैँलाई अति उच्‍च नठान, तर भय मान ।
ROM 11:21 किनकि परमेश्‍वरले प्राकृतिक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन ।
ROM 11:22 तब परमेश्‍वरको दयाका कामहरू र कठोरतालाई हेर । एकातिर, पतन भएका यहूदीहरूमाथि परमेश्‍वरको कठोरता आइपर्‍यो । तर अर्कोतिर, यदि तिमीहरू उहाँको भलाइमा लागिरह्‍यौ भने तिमीहरूमाथि परमेश्‍वरको भलाइ आउँछ । नत्रता तिमीहरू पनि काटिनेछौ ।
ROM 11:23 अनि त्यसरी नै, यदि तिनीहरू आफ्ना अविश्‍वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन् ।
ROM 11:24 यदि तिमीहरू स्वभावैले जङ्गली जैतूनबाट काटियौ र आफ्नो स्वभाव विपरीत असल जैतूनमा कलमी बाँधियौ भने, यी यहूदीहरू जो प्राकृतिक हाँगाहरू हुन्, यिनीहरू आफ्नै जैतूनको रुखमा कति धेरै कलमी बाँधिनेछन् ?
ROM 11:25 किनकि भाइहरू हो, तिमीहरू यो रहस्यबारे अन्जान रहो भन्‍ने म चाहन्‍नँ, ताकि तिमीहरू आफ्‍नै विचारमा बुद्धिमानी नहोऊ । यो रहस्यचाहिँ गैरयहूदीहरू आउने काम पुरा नभएसम्म इस्राएलमा आंशिक रूपमा कठोर पार्ने काम भएको छ ।
ROM 11:26 त्यसैले, सबै इस्राएली बचाइनेछन् जस्तो लेखिएको छ, “सियोनबाट एक जना उद्धारकर्ता आउनुहुनेछ । उहाँले याकूबबाट सबै अधर्महरू हटाइदिनुहुनेछ ।
ROM 11:27 अनि तिमीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पापहरू उठाई लानेछु ।”
ROM 11:28 एकातिर, सुसमाचारको सम्बन्धमा तिमीहरूका तर्फबाट तिनीहरू शत्रु हुन् । अर्कोतिर, परमेश्‍वरको चुनाउअनुसार पुर्खाहरूको खातिर तिनीहरू प्रियहरू हुन् ।
ROM 11:29 किनकि परमेश्‍वरका वरदानहरू र बोलावट अपरिवर्तनशील हुन्छन् ।
ROM 11:30 किनकि तिमीहरू पहिला परमेश्‍वरप्रति अनाज्ञाकारी थियौ, तर तिनीहरूका अनाज्ञाकारिताले अहिले तिमीहरूले दया प्राप्‍त गरेका छौ ।
ROM 11:31 त्यसरी नै, अहिले यी यहूदीहरू अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूलाई देखाइएको दयाद्वारा तिनीहरूले पनि दया प्राप्‍त गर्न सकून् ।
ROM 11:32 किनकि परमेश्‍वरले सबैलाई अनाज्ञाकारिताभित्र बन्द गर्नुभएको छ, ताकि उहाँले सबैलाई दया देखाउन सक्‍नुभएको होस् ।
ROM 11:33 ओहो ! परमेश्‍वरका बुद्धि र ज्ञान दुवै कति गहन ! उहाँका न्यायहरू कति अगम्य र उहाँका मार्गहरू खोज्‍न नै नसकिने छन् !
ROM 11:34 “किनकि परमेश्‍वरको मनलाई कसले जानेको छ र ? अथवा उहाँको सल्लाहकार को भएको छ र ?
ROM 11:35 अथवा कसले परमेश्‍वरलाई पहिले कुनै कुरा दिएको छ, ताकि त्यसलाई यो फर्काइयोस् ?”
ROM 11:36 किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन ।
ROM 12:1 यसकारण, भाइहरू हो, परमेश्‍वरको कृपाद्वारा म तिमीहरूलाई बिन्‍ती गर्दछु, कि आ-आफ्ना शरीरलाई पवित्र र परमेश्‍वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर । यो नै तिमीहरूको उचित सेवा हो ।
ROM 12:2 यस संसारको ढाँचाअनुसार नचल, तर आफ्‍नो मनलाई नयाँ बनाई पूर्ण रूपमा परिवर्तित होओ । परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो भनी जान्‍न यसो गर ।
ROM 12:3 किनभने मलाई दिइएको अनुग्रहअनुसार म यो कुरा भन्छु, कि तिमीहरूमध्‍ये कसैले पनि आफूलाई जस्तो ठान्‍नुपर्ने हो सोभन्दा बढी नठानोस् । बरु, परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम बुद्धिमानी ढङ्गले सोच्नुपर्छ ।
ROM 12:4 किनभने हाम्रो एउटा शरीरमा धेरै अङ्गहरू छन्, तर अङ्गहरूको काम एउटै हुँदैन ।
ROM 12:5 त्यसरी नै, हामीहरू जो धेरै छौँ ख्रीष्‍टमा एउटै शरीर हौँ, र हामी सबै एक-अर्काका अङ्गहरू हौँ ।
ROM 12:6 हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग फरक-फरक वरदानहरू छन् । यदि कसैको वरदान अगमवाणी हो भने, उसको विश्‍वासको परिमाणअनुसार गरोस् ।
ROM 12:7 यदि कसैको वरदान सेवाको हो भने, त्यसले सेवा गरोस् । यदि कसैसँग सिकाउने वरदान छ भने, त्यसले सिकाओस् ।
ROM 12:8 यदि कसैको वरदान उत्साह दिने हो भने, त्यसले उत्साह देओस् । यदि कसैको वरदान दिने छ भने, त्यसले उदारतासाथ गरोस् । यदि कसैको वरदान अगुवाइ गर्ने हो भने, त्यसले होसियारीसाथ गरोस् । यदि कसैको वरदान दया गर्ने हो भने, त्यसले यो प्रसन्‍न भएर गरोस् ।
ROM 12:9 प्रेम निष्कपट होस् । जे खराब छ, त्यसलाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो ।
ROM 12:10 दाजुभाइहरूबिच हुने प्रेमको सम्बन्धमा चाहिँ एक-अर्काप्रति स्‍नेही बन । आदर गर्ने सम्बन्धमा एक-अर्कालाई आदर गर ।
ROM 12:11 लगनशीलताको सम्बन्धमा नहिच्‌किचाओ । आत्माको सन्बन्धमा उत्सुक होओ । प्रभुको सम्बन्धमा उहाँको सेवा गर ।
ROM 12:12 तिमीहरूमा भएको भविष्यप्रतिको निश्‍चयताको बारेमा आनन्द मनाओ । दुःखमा धैर्य गर । निरन्तर प्रार्थना गर्दै रहो ।
ROM 12:13 विश्‍वासीहरूका खाँचाहरूमा बाँड-चुँड गर । अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर ।
ROM 12:14 तिमीहरूलाई सताउनेहरूलाई आशिष्‌‌ देओ; श्राप नदेओ ।
ROM 12:15 आनन्द गर्नेहरूसँग आनन्द मनाओ; रुनेहरूसँग रोओ ।
ROM 12:16 एक अर्काप्रति एउटै मनका होओ । अभिमानी तरिकाले नसोच, तर नम्रहरूलाई स्वीकार गर । आफ्नै विचारमा बुद्धिमान्‌ नहोओ ।
ROM 12:17 खराबीको सट्टा खराबी नगर । सबै मानिसको नजरमा असल गर ।
ROM 12:18 सम्भव भए, तपाईंको हकमा भएसम्म सबैसँग शान्तिमा बस ।
ROM 12:19 प्रिय हो, आफैँले बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु”, परमप्रभु भन्‍नुहुन्छ ।
ROM 12:20 “तर तिम्रो शत्रु भोकाएको छ भने, उसलाई खान देऊ । ऊ तिर्खाएको छ भने, उसलाई पिउन देऊ । किनकि तिमीले यसो गर्‍यौ भने तिमीले उसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउनेछौ ।”
ROM 12:21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित ।
ROM 13:1 हरेक व्यक्‍ति उच्‍च अख्तियारको अधीनतामा रहोस्, किनभने परमेश्‍वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन । जुन अधिकारीहरू छन्, तिनीहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका हुन् ।
ROM 13:2 यसकारण, जसले उक्‍त अधिकारीहरूको प्रतिरोध गर्छ, त्यसले परमेश्‍वरको विरोध गर्दछ; जसले यसलाई विरोध गर्छ, तिनीहरूले आफैँमाथि न्याय गर्छन् ।
ROM 13:3 असल कामहरूका निम्ति होइन, तर दुष्‍ट कामहरूका निम्ति शासकहरूको डर मानिन्छ । के तिमी अधिकारीप्रति निर्भय हुने इच्छा गर्छौ ? जे असल छ त्यही गर, र तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ ।
ROM 13:4 किनकि भलाइको निम्ति तिनी तिम्रो लागि परमेश्‍वरका सेवक हुन् । तर यदि तिमीले खराबी गर्‍यौ भने भयभीत होऊ; किनकि तिनले विनाकारण तरवार भिर्दैनन् । किनकि तिनी परमेश्‍वरका एक सेवक हुन् अर्थात् खराबी गर्नेमाथि बदला लिने व्यक्‍ति हुन् ।
ROM 13:5 यसकारण, क्रोधको कारणले मात्र होइन, तर विवेकको खातिर पनि तिमीले आज्ञा पालन गर्नुपर्छ ।
ROM 13:6 तसर्थ, तिमी कर पनि तिर्छौ । अधिकारीहरू यिनै कुराहरूको निरन्तर रूपमा हेरचाह गर्ने परमेश्‍वरका सेवकहरू हुन् ।
ROM 13:7 तिर्नु पर्नेलाई तिर; कर तिर्नुपर्नेलाई कर र महसुल दिनुपर्नेलाई महसुल देऊ; डर मान्‍नुपर्नेको डर मान; जसको इज्‍जत गर्नुपर्ने हो, उसको इज्‍जत गर ।
ROM 13:8 एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्था पालना गरेको हुन्छ ।
ROM 13:9 किनकि, “तिमीले व्यभिचार नगर, तिमीले हत्या नगर, तिमीले नचोर, तिमीले लालच नगर” र यदि अरू आज्ञाहरू पनि छन् भने यसलाई यही वाक्यमा सारांशमा ल्याउन सकिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।”
ROM 13:10 प्रेमले आफ्नो छिमेकीलाई हानि गर्दैन । त्यसकारण, प्रेममा नै व्यवस्था पुरा हुन्छ ।
ROM 13:11 यसकारण, तिमीहरूले समय जान्दछौ, निन्द्राबाट ब्युँझने समय अघि नै भइसकेको छ । किनकि हामीले पहिले विश्‍वास गरेको भन्दा अहिले हाम्रो मुक्‍ति अझ नजिक छ ।
ROM 13:12 रात बितिसकेको छ र दिन नजिकै आइपुगेको छ । त्यसकारण, अन्धकारका कामहरू त्यागौँ, र ज्योतिका हातहतियार धारण गरौँ ।
ROM 13:13 उद्दण्ड उत्सवहरू वा मतवालीपनमा होइन, दिनमा जस्तै उचित तवरले हिडौँ । अनि यौन अनैतिकता वा अनियन्त्रित कामवासनामा नहिँडौँ, न त झगडा र ईर्ष्यामा नै हिँडौँ ।
ROM 13:14 तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र शरीर अर्थात् यसका अभिलाषाहरूका निम्ति कुनै स्थान नदेऊ ।
ROM 14:1 बहसहरूको बारेमा न्याय नगरीकनै विश्‍वासमा कमजोर हुनेलाई ग्रहण गर ।
ROM 14:2 एक जनासँग कुनै पनि थोक खाने विश्‍वास हुन्छ, अर्को जो कमजोर छ, त्यसले सागसब्जी मात्र खान्छ ।
ROM 14:3 सबै थोक खानेले सबै थोक नखानेलाई घृणा नगरोस् । अनि सबै थोक नखानेले सबै थोक खानेको न्याय नगरोस् । किनकि उसलाई परमेश्‍वरले ग्रहण गर्नुभएको छ ।
ROM 14:4 अरूको नोकरको न्याय गर्ने तिमी को हौ ? यो त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ । तर त्यसलाई खडा गराइनेछ, किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ ।
ROM 14:5 एक जनाले कुनै दिनलाई अर्कोभन्दा मूल्यको मान्छ । अर्कोले हरेक दिनलाई समान रूपमा लिन्छ । हेरक आ-आफ्नै मनमा विश्‍वस्त होस् ।
ROM 14:6 जसले कुनै दिन पालन गर्छ, त्यसले प्रभुकै निम्ति पालन गर्छ, र जसले खान्छ, त्यसले प्रभुकै निम्ति खान्छ, किनकि त्यसले परमप्रभुलाई धन्यवाद दिन्छ । जसले खाँदैन, त्यसले प्रभुकै निम्ति खानबाट आफूलाई रोक्‍छ ।
ROM 14:7 किनकि हामी कोही पनि आफ्नै लागि जिउँदैनौँ र कोही पनि आफ्नै निम्ति मर्दैनौँ ।
ROM 14:8 किनकि यदि हामी जिउँछौँ भने, प्रभुकै निम्ति जिउँछौँ र यदि हामी मर्छौं भने, हामी प्रभुकै निम्ति मर्छौं । त्यसैले, हामी चाहे जिऔँ वा मरौँ, हामी प्रभुकै हौँ ।
ROM 14:9 यही उद्देश्यको निम्ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँ मरेका र जीवितहरू दुवैका प्रभु हुन सक्‍नुभएको होस् ।
ROM 14:10 तर तिमीहरू किन आफ्नो भाइको न्याय गर्छौ ? अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ ? किनकि हामी सबै परमेश्‍वरको न्याय आसनको सामु खडा हुनेछौँ ।
ROM 14:11 किनकि यस्तो लेखिएको छ, परमप्रभु भन्‍नुहुन्छ, “जस्तो म जीवित छु, मेरो निम्ति हरेक घुँडा टेक्‍नेछ र हरेक जिब्रोले परमप्रभुको प्रशंसा गर्नेछ ।”
ROM 14:12 यसैले, हामी हरेकले परमेश्‍वर स्वयम्‌लाई लेखा दिनुपर्नेछ ।
ROM 14:13 यसकारण, एक-अर्काको न्याय नगरौँ, तर बरु, यो अठोट गरौँ, कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौँ ।
ROM 14:14 म यो जान्दछु र म प्रभु येशूमा विश्‍वास गर्दछु, कि कुनै पनि थोक आफैँ अशुद्ध हुँदैन । जसले कुनै थोकलाई अशुद्ध भनी ठान्छ, त्यसको निम्ति मात्र यो अशुद्ध हुनेछ ।
ROM 14:15 यदि खानाले गर्दा तिम्रो भाइलाई चोट पुग्छ भने, तिमी प्रेममा चलिरहेका छैनौ । जसको निम्ति ख्रीष्‍ट मर्नुभयो त्यसलाई तिम्रो खानाले नष्‍ट नपार ।
ROM 14:16 यसैले, तिम्रा असल कार्यहरूले तिनीहरूलाई गिल्ला गर्ने नतुल्याओस् ।
ROM 14:17 किनकि परमेश्‍वरको राज्य खाने र पिउनेबारे होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दबारे हो ।
ROM 14:18 किनकि यसरी ख्रीष्‍टको सेवा गर्ने व्यक्‍ति परमेश्‍वरको निम्ति ग्रहणयोग्य र मानिसहरूद्वारा समर्थन गरिएको हुन्छ ।
ROM 14:19 यसैले, शान्तिका कुराहरूका र एक-अर्कालाई निर्माण गर्ने कुराहरूका पाछि लागौँ ।
ROM 14:20 खानाको कारणले परमेश्‍वरको कामलाई नष्‍ट नगर । वास्तवमा सबै थोक शुद्ध छन्, तर जसले खान्छ र त्यसलाई ठेस खान लगाउँछ, त्यसको निम्ति यो दुष्‍टता हो ।
ROM 14:21 मासु नखानु, मद्यपान नगर्नु, र आफ्नो भाइलाई चोट पुर्‍याउने कुनै पनि कुरा नगर्नु असल हो ।
ROM 14:22 तिमीसँग यी विशेष विश्‍वासहरू छन्, तिनीहरूलाई आफू र परमेश्‍वरको बिचमा नै राख । आफैँ मञ्‍जुर भएको कुरामा आफैँलाई दोषी नतुल्याउने मानिस धन्यको हो ।
ROM 14:23 जसले शङ्का गरेर खान्छ, यो विश्‍वासबाट नभएको हुनाले त्यो दोषी ठहरिन्छ । अनि जे विश्‍वासबाट आएको होइन, त्यो पाप हो ।
ROM 15:1 अब हामी जो बलिया छौँ, हामीले दुर्बलहरूका कमजोरीलाई सहनुपर्छ, र आफैँलाई मात्र खुसी पार्नु हुँदैन ।
ROM 15:2 जे असल छ त्यसको निम्ति त्यसलाई निर्माण गर्नको लागि हरेकले आफ्नो छिमेकीलाई खुसी पारोस् ।
ROM 15:3 किनकि ख्रीष्‍टले पनि उहाँ आफैँलाई खुसी पार्नुभएन । बरु, यो लेखिएको जस्तै थियो, “तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि पर्‍यो ।”
ROM 15:4 किनकि पहिले जे लेखिएका थिए, ती कुराहरू हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, ताकि धर्मशास्‍त्रको धैर्य र उत्साहद्वारा हामीसँग भरोसा होस् ।
ROM 15:5 अब धैर्य र उत्साहका परमेश्‍वरले ख्रीष्‍ट येशूअनुसार तिमीहरू एक-अर्कासँग एकै मनको हुन दिऊन् ।
ROM 15:6 उहाँले यो गर्नुभएको होस्, ताकि तिमीहरूले एकै मनको भएर एकै मुखले परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टको पिताको प्रशंसा गर्न सक ।
ROM 15:7 त्यसकारण, प्ररमेश्‍वरको प्रशंसाको निम्ति ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभए झैँ तिमीहरूले पनि एक-अर्कालाई ग्रहण गर ।
ROM 15:8 म भन्छु, कि परमेश्‍वरको सत्यताको तर्फबाट ख्रीष्‍टलाई खतनाको एक सेवक बनाइएको छ । उहाँले यसो गर्नुभयो, ताकि उहाँले पुर्खाहरूलाई दिनुभएका प्रतिज्ञाहरूलाई पक्‍का गर्न,
ROM 15:9 अनि गैरयहूदीहरूका निम्ति परमेश्‍वरको दयाको निम्ति उहाँको महिमा गर्न सक्‍नुभएको होस् । यस्तो लेखिएको छ, “यसकारण म गैरयहूदीहरूका माझमा तपाईंको प्रशंसा गर्नेछु, अनि तपाईंको नाउँको स्तुति गाउनेछु ।”
ROM 15:10 यसले फेरि भन्छ, “हे गैरयहूदीहरू हो, उहाँका मानिसहरूसँग आनन्द मनाओ ।”
ROM 15:11 अनि फेरि पनि “हे सबै गैरयहूदी हो, सबै मानिसहरूले उहाँको प्रशंसा गरून् ।”
ROM 15:12 यशैया फेरि भन्छन्, “त्यहाँ यिशैको जरा हुनेछ र एक जना जसले गैरयहूदीहरूमाथि शासन गर्नुहुनेछ । गैरयहूदीहरूले उहाँमा भरोसा गर्नेछन् ।
ROM 15:13 अब भरोसाका परमेश्‍वरले विश्‍वास गर्नको निम्ति तिमीहरूलाई आनन्द र शान्तिले भरून्, ताकि पवित्र आत्माको शक्‍तिद्वारा तिमीहरू भरोसामा प्रशस्त होऊन् ।
ROM 15:14 मेरा भाइहरू हो, म आफैँ पनि तिमीहरूको बारेमा विश्‍वस्त छु । म विश्‍वस्त छु, कि तिमीहरू आफैँ पनि भलाइले पूर्ण र सबै ज्ञानले भरिएका छौ । म विश्‍वस्त छु, कि तिमीहरू एक-अर्कालाई अर्ती दिन पनि समर्थ छौ ।
ROM 15:15 तर मलाई परमेश्‍वरद्वारा दिइएको वरदानको कारण म तिमीहरूलाई फेरि याद दिलाउनको लागि केही कुराहरूको बारेमा अझ साहससित लेखिरहेको छु ।
ROM 15:16 यो वरदानचाहिँ पुजारीको रूपमा परमेश्‍वरको सुसमाचार दिन गैरयहूदीहरूकहाँ पठाइनलाई म ख्रीष्‍ट येशूको सेवक बन्‍नुपर्छ भन्‍ने थियो । मैले यो गर्नुपर्छ, ताकि पवित्र आत्माद्वारा परमेश्‍वरलाई अर्पण गरिएको गैरयहूदीहरूको भेटी ग्रहणयोग्य होस् ।
ROM 15:17 त्यसैले, मेरो आनन्द ख्रीष्‍ट येशू र परमेश्‍वरका कुराहरूमा छ ।
ROM 15:18 किनकि गैरयहूदीहरूका आज्ञाकारिताको निम्ति ख्रीष्‍टले मद्वारा पुरा गर्नुभएको कुराबाहेक अरू कुनै कुरामा पनि बोल्न म साहस गर्नेछैनँ । यिनीहरू वचन र कामद्वारा,
ROM 15:19 चिन्हहरू र चमत्कारहरूको शक्‍तिद्वारा अनि पवित्र आत्माको शक्‍तिद्वारा गरिएका हुन् । मैले यरूशलेम र वरिपरिको क्षेत्रदेखि इल्लुरिकनसम्म ख्रीष्‍टको सुसमाचार पूर्ण रूपमा प्रचार गर्न सकूँ भनेर यसो भएको हो ।
ROM 15:20 यसरी सुसमाचार घोषणा गर्ने मेरो इच्छा भएको छ, तर ख्रीष्‍टको नाउँ चिनिएका ठाउँहरूमा होइन, ताकि अरू मानिसहरूले बसालेको जगमाथि मैले निर्माण नगरौँ ।
ROM 15:21 जस्तो लेखिएको छ, “जसकहाँ उहाँको समाचार आएन तिनीहरूले उहाँलाई देख्‍नेछन्, अनि जसले उहाँको समाचार सुनेका छैनन्, तिनीहरूले बुझ्‍नेछन् ।”
ROM 15:22 यसकारण, तिमीहरूकहाँ आउन मलाई धेरै पल्ट रोकिएको छ ।
ROM 15:23 तर अब यी क्षेत्रहरूमा मेरो निम्ति कुनै पनि ठाउँ छैन, र धेरै वर्षदेखि म तिमीहरूकहाँ आउने चाह गरिरहेको छु ।
ROM 15:24 त्यसैले, जब म स्पेन जान्छु, त्यहाँ जाँदै गर्दा म तिमीहरूलाई भेट्ने र केही समयको निम्ति तिमीहरूसँग आनन्द मनाएपछि तिमीहरूद्वारा मलाई मेरो यात्रामा पठाइने आशा गर्छु ।
ROM 15:25 तर अहिले म विश्‍वासीहरूको सेवा गर्न यरूशलेमतिर गइरहेको छु ।
ROM 15:26 किनकि यरूशलेमका विश्‍वासीहरूमध्ये गरिबहरूलाई केही योगदान दिने माकेडोनिया र अखैयाको शुभेच्छा थियो ।
ROM 15:27 हो, यो तिनीहरूको शुभेच्छा थियो, र वास्तवमै तिनीहरू तिनीहरूका ऋणी छन् । किनकि यदि गैरयहूदीहरू तिनीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् भने तिनीहरूलाई भौतिक थोकहरूमा सेवा गर्न पनि तिनीहरू ऋणी छन् ।
ROM 15:28 यसकारण, जब म यो काम पुरा गर्छु र तिनीहरूलाई यो फल आधिकारिक रूपमा दिन्छु, म तिमीहरूको बाटो हुँदै स्पेन जानेछु ।
ROM 15:29 म जान्दछु, कि जब म तिमीहरूकहाँ आउँछु, म ख्रीष्‍टको आशिष्‌को पूर्णतामा‌ आउनेछु ।
ROM 15:30 भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा र पवित्र आत्माको प्रेमद्वारा बिन्ती गर्छु, कि मेरो निम्ति परमेश्‍वरसित तिमीहरूको प्रार्थनामा तिमीहरूले मसँग सङ्घर्ष गर ।
ROM 15:31 यो प्रार्थना गर, कि म यहूदियामा भएका अनाज्ञाकारी मानिसहरूबाट जोगिन सकूँ, र यरूशलेमको निम्ति मेरो सेवा विश्‍वासीहरूलाई ग्रहणयोग्य हुन सकोस् ।
ROM 15:32 प्रार्थना गर, कि म परमेश्‍वरको इच्छाद्वारा तिमीहरूकहाँ आनन्दसित आउन सकूँ र तिमीहरूसँगै विश्राम पाउन सकूँ ।
ROM 15:33 शान्तिका परमेश्‍वर तिमीहरू सबैसँग रहून् । आमेन !
ROM 16:1 किंक्रियामा भएको मण्डलीकी सेविका हाम्री बहिनी फिबीको म तिमीहरू समक्ष प्रशंसा गर्छु ।
ROM 16:2 ताकि तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर । यो विश्‍वसीहरूलाई सुहाउँदो प्रकारले गर अनि तिनलाई जे कुरामा तिमीहरूको खाँचो पर्छ, तिनलाई सहायता गर । किनकि तिनी आफैँ नै धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छन् ।
ROM 16:3 ख्रीष्‍ट येशूमा मेरा सहकर्मी प्रिस्का र अकिलासलाई अभिवादन गर,
ROM 16:4 जसले मेरो जीवनको निम्ति तिनीहरूको जीवन जोखिममा पारेका थिए । म तिनीहरूलाई धन्यवाद दिन्छु, मैले मात्र होइन, तर गैरयहूदीहरूका सबै मण्डलीहरूले धन्यवाद दिन्छन् ।
ROM 16:5 तिनीहरूका घरमा भएको मण्डलीलाई अभिवादन देओ । मेरा प्रिय इपेनितसलाई अभिवादन देओ, जो ख्रीष्‍टमा एसियाको पहिलो फल हुन् ।
ROM 16:6 मरियमलाई अभिवादन देओ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरेकी थिइन् ।
ROM 16:7 एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र मेरा सङ्गी कैदीहरूलाई अभिवादन भनिदेओ । तिनीहरू प्रेरितहरूमध्ये विशिष्‍ट छन्, जो मभन्दा पहिले नै ख्रीष्‍टमा थिए ।
ROM 16:8 प्रभुमा मेरा प्रिय एम्प्लीआतसलाई मेरो अभिवादन भन ।
ROM 16:9 उर्बानस, ख्रीष्‍टमा हाम्रा सहकर्मी र मेरा प्रिय स्ताखुसलाई अभिवादन देओ ।
ROM 16:10 ख्रीष्‍टमा समर्थन गरिएका अपेल्लेसलाई अभिवादन देओ । अरिस्तोबुलसका घरानाकाहरूलाई अभिवादन देओ ।
ROM 16:11 मेरा आफन्त हेरोदियनलाई अभिवादन देओ । प्रभुमा भएका नर्किससका घरानाकाहरूलाई अभिवादन भनिदेओ ।
ROM 16:12 प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन देओ । परसीसलाई अभिवादन देओ, जसले प्रभुमा धेरै काम गरेका छन् ।
ROM 16:13 प्रभुमा चुनिएका रूफस र तिनकी आमा जो मेरो पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन देओ ।
ROM 16:14 असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास र उनीहरूसित भएका भाइहरूलाई अभिवादन देओ ।
ROM 16:15 फिलोलोगस र युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्पास र तिनीहरूसित भएका सबै विश्‍वासीहरूलाई अभिवादन देओ ।
ROM 16:16 एक आपसमा पवित्र चुम्बनले अभिवादन गर । ख्रीष्‍टका सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
ROM 16:17 अब भाइ हो, जसले विभाजन र बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस ।
ROM 16:18 किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा गर्दैनन्, तर तिनीहरूले आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूका चिप्ला कुरा र चापलुसीले निर्दोषहरूको हृदयलाई छल्छ ।
ROM 16:19 किनकि तिमीहरूका आज्ञाकारिताको उदाहरण सबैकहाँ पुग्छ । त्यसकारण, तिमीहरूमा म आनन्द मनाउँछु, तर जुन कुरो असल छ त्यसमा बुद्धिमानी होओ, र जुन कुरा खराब छ त्यसमा निर्दोष होओ भन्‍ने म चाहन्छु ।
ROM 16:20 शान्तिका परमेश्‍वरले चाँडै नै शैतानलाई तिमीहरूको पैतालामुनि कुच्‍च्याउनुहुनेछ । हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसित रहोस् ।
ROM 16:21 मेरा सहकर्मी तिमोथी र मेरा आफन्त लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
ROM 16:22 यो पत्र लेख्‍ने म तर्तियसले प्रभुमा अभिवादन गर्दछु ।
ROM 16:23 गायस जसले मलाई र सम्पूर्ण मण्डलीलाई उहाँको घरमा राखेका छन्, उनले तिमीहरूलाई अभिवादन भनेका छन् । सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्‍वार्टसले तिमीहरूलाई अभिवादन गरेका छन् ।
ROM 16:24 [नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपीहरूले यो पदलाई हटाएका छन् (रोमी १६∶२० हेर्नुहोस्) पद २४] । हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् ।
ROM 16:25 अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्‍टको सन्देशअनुसार अर्थात् धेरै अगाडिदेखि गुप्‍त रहेको रहस्यको प्रकाशअनुसार जो तिमीहरूलाई खडा राख्‍न सक्षम हुनुहुन्छ,
ROM 16:26 तर अब सारा गैरयहूदीहरूका बिचमा विश्‍वासको आज्ञाकारिताको निम्ति अनन्त परमेश्‍वरको आज्ञाअनुसार अगमवाणीका धर्मशास्‍त्रहरूद्वारा त्यसलाई प्रकट गरिएको र जनाइएको छ,
ROM 16:27 एक मात्र बुद्धिमान्‌ परमेश्‍वरलाई, येशू ख्रीष्‍टद्वारा सदासर्वदा महिमा होस् । आमेन !
1CO 1:1 परमेश्‍वरको इच्छाद्वारा येशूका प्रेरित हुन बोलाइएका पावल र हाम्रा भाइ सोस्थेनसबाट ।
1CO 1:2 कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई, ख्रीष्‍ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई । हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्‍टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौँ, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ ।
1CO 1:3 हाम्रा परमेश्‍वर पिता र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
1CO 1:4 ख्रीष्‍ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्‍वरको अनुग्रहको निम्ति म परमेश्‍वरलाई सधैँ धन्यवाद दिन्छु ।
1CO 1:5 उहाँले तिमीहरूलाई सारा बोली र ज्ञानमा हर प्रकारले धनी बनाउनुभएको छ ।
1CO 1:6 ख्रीष्‍टको विषयमा भएको गवाही सत्य छ भनेर तिमीहरूका माझमा पुष्‍टि भएको छ,
1CO 1:7 ताकि तिमीहरूले उत्सुकतासाथ हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा आत्मिक वरदानहरूको अभाव नहोस् ।
1CO 1:8 तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा निर्दोष हुन सक भन्‍ने हेतुले उहाँले तिमीहरूलाई अन्तिमसम्म नै सुदृढ राख्‍नुहुनेछ ।
1CO 1:9 परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्‍ट हाम्रा प्रभुको सङ्गतिमा बोलाउनुभयो ।
1CO 1:10 अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस् । म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ ।
1CO 1:11 किनकि तिमीहरूका माझमा गुटबन्दी छ भन्‍ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन् ।
1CO 1:12 मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले “म पावलको हुँ”, कसैले “म अपोल्लोसको हुँ”, कसैले “म केफासको हुँ” र कसैले “म ख्रीष्‍टको हुँ” भन्छौ ।
1CO 1:13 के ख्रीष्‍ट बाँडिनुभएको छ र ? के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिए र ? के तिमीहरूले पावलको नाउँमा बप्‍तिस्मा लियौ र ?
1CO 1:14 म परमेश्‍वरलाई धन्यवाद दिन्छु कि मैले क्रिस्पस र गायसबाहेक अरू कसैलाई पनि बप्‍तिस्मा दिइनँ ।
1CO 1:15 तिमीहरूले मेरो नाउँमा बप्‍तिस्मा लियौ भनी कसैले भन्‍न सक्दैन ।
1CO 1:16 (मैले स्तिफनसको परिवारलाई पनि बप्‍तिस्मा दिएँ । त्योभन्दा बढी अरू व्यक्‍तिलाई मैले बप्‍तिस्मा दिएको मलाई सम्झना छैन ।)
1CO 1:17 किनकि येशूले मलाई बप्‍तिस्मा दिनलाई होइन, तर प्रचार गर्नलाई पठाउनुभयो । ख्रीष्‍टको क्रुस शक्‍तिहीन नबनाइयोस् भनेर उहाँले मलाई मानवीय बुद्धिका वचनहरूद्वारा प्रचार गर्न पठाउनुभएन ।
1CO 1:18 किनकि क्रुसको सन्देश मरिरहेकाहरूका निम्ति मूर्खता हो, तर परमेश्‍वरले बचाइरहनुभएका मानिसहरूका लागि शक्‍ति हो ।
1CO 1:19 किनकि यस्तो लेखिएको छ, “म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट गर्नेछु । म चतुरहरूको समझलाई बेकम्मा तुल्याउनेछु ।”
1CO 1:20 बुद्धिमान् कहाँ छ ? शिक्षित कहाँ छ ? यो संसारको तर्क गर्ने कहाँ छ ? के परमेश्‍वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र ?
1CO 1:21 संसारले आफ्नो बुद्धिले परमेश्‍वरलाई चिनेन । यसको ज्ञानले उहाँलाई चिन्‍न नसकेको हुनाले विश्‍वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्‍वरलाई उचित लाग्यो ।
1CO 1:22 किनकि यहूदीहरू चिन्ह माग्छन्, र ग्रिकहरू ज्ञानको खोजी गर्छन् ।
1CO 1:23 तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्‍ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो ।
1CO 1:24 तर तिनीहरू अर्थात् यहूदी र ग्रिक दुवै जसलाई परमेश्‍वरले बोलाउनुभएको छ, तिनीहरूका माझमा हामी ख्रीष्‍टलाई परमेश्‍वरको शक्‍ति र बुद्धिको रूपमा प्रचार गर्छौं ।
1CO 1:25 किनकि परमेश्‍वरको मूर्खता मानिसभन्दा बुद्धिमानी छ, र परमेश्‍वरको दुर्बलता मानिसभन्दा शक्‍तिशाली छ ।
1CO 1:26 भाइहरू हो, आफ्नो बोलावटलाई हेर । तिमीहरूमध्ये धेरै जना मानिसको स्तरको मापमा बुद्धिमान् थिएनौ । तिमीहरूमध्ये धेरै जना शक्‍तिशाली थिएनौ । तिमीहरूमध्ये धेरै जनाको जन्म महान् थिएन ।
1CO 1:27 तर परमेश्‍वरले बुद्धिमान्‌हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो । संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्‍वरले दुर्बल कुरालाई छान्‍नुभयो ।
1CO 1:28 परमेश्‍वरले संसारमा भएको नीच र तुच्छ ठहरिएको कुरालाई छान्‍नुभयो । उहाँले नगण्य कुराहरू मूल्यवान् ठहरिऊन् भनेर नगण्य कुराहरूलाई छान्‍नुभयो ।
1CO 1:29 उहाँको अगि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो ।
1CO 1:30 परमेश्‍वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्‍टमा छौ, जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्‍नुभयो ।
1CO 1:31 यसैले धर्मशास्‍त्र भन्दछ, “गर्व गर्नेले परमेश्‍वरमा नै गर्व गरोस् ।”
1CO 2:1 भाइहरू हो, गुप्‍तमा रहेका परमेश्‍वरका सत्यताहरूको घोषणा गर्न म तिमीहरूकहाँ आउँदा कुशल वक्‍ता र बुद्धिका साथमा आइनँ ।
1CO 2:2 तिमीहरूका माझमा हुँदा येशू ख्रीष्‍ट र क्रुसमा टाँगिनुभएका येशूलाई बाहेक मैले कुनै पनि कुरा नजान्‍ने निर्णय गरे ।
1CO 2:3 अनि कमजोरी, डर र धेरै कम्पसाथ म तिमीहरूसित थिएँ ।
1CO 2:4 र मेरा सन्देश र घोषणा ज्ञानको आकर्षक वचनहरूमा थिएनन् । बरु, ती पवित्र आत्मा र शक्‍तिको प्रदर्शनमा थिए ।
1CO 2:5 तिमीहरूको विश्‍वास मानिसहरूको बुद्धिमा होइन, तर परमेश्‍वरको शक्‍तिमा भएको होस् ।
1CO 2:6 अब, परिपक्‍वहरूका बिचमा हामी बुद्धिका कुरा गर्दछौँ, तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन जो बितेर जाँदै छन् ।
1CO 2:7 बरु, लुकाइएका सत्यतामा हामी परमेश्‍वरको बुद्धिको प्रचार गर्छौं, लुकेको बुद्धि जो परमेश्‍वरले हाम्रो महिमाको निम्ति युगको अगिबाटै नियुक्‍त गर्नुभयो ।
1CO 2:8 यस युगका कुनै पनि शासकहरूले यो ज्ञानलाई जानेनन्, तर तिनीहरूले त्यस समयमा यो कुरा बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्‍ने थिएनन् ।
1CO 2:9 तर यसो लेखिएको छ, “आँखाले नदेखेका, कानले नसुनेका, मनले विचारै नगरेका कुराहरू उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्‍वरले तयार पार्नुभएको छ ।”
1CO 2:10 परमेश्‍वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ । किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ, उहाँले परमेश्‍वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ ।
1CO 2:11 मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्‍न सक्छ ? यसरी नै, परमेश्‍वरका आत्माबाहेक कसैले पनि परमेश्‍वरका गहिरा कुराहरू बुझ्दैन ।
1CO 2:12 तर हामीले संसारको आत्मा पाएका छैनौँ, तर परमेश्‍वरका आत्मा पाएका छौँ, ताकि परमेश्‍वरले हामीलाई सित्तैँमा दिनुभएका कुराहरू हामीले जान्‍न सकौँ ।
1CO 2:13 हामी यी कुराहरू मानिसको बुद्धिले सिकाउन नसक्‍ने वचनहरूमा बोल्छौँ, तर आत्माले हामीलाई सिकाउनुहुन्छ । आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले प्रकाश पार्नुहुन्छ ।
1CO 2:14 परमेश्‍वरका आत्माका कुराहरू अनात्मिक व्यक्‍तिले ग्रहण गर्दैन, किनकि तिनीहरू त्यसका निम्ति मूर्खता हुन्छन् । उसले तिनीहरूलाई बुझ्‍न सक्दैन किनभने तिनीहरूलाई आत्मिक रूपले जाँच्‍न सकिन्छ ।
1CO 2:15 आत्मिक व्यक्‍तिले सबै कुराहरू जाँच गर्दछ, तर ऊचाहिँ अरूद्वारा जाँचिदैन ।
1CO 2:16 किनाकि “कसले परमेश्‍वरको मनलाई जान्दछ ? र कसले उहाँलाई अर्ती दिन सक्छ ?” तर हामीसँग ख्रीष्‍टको मन छ ।
1CO 3:1 अनि भाइहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसित बोलेझैँ बोल्न सकिनँ, तर शारीरिक मानिसहरू अर्थात् ख्रीष्‍टमा बालकहरूसित बोलेझैँ बोलेँ ।
1CO 3:2 मैले तिमीहरूलाई दूध खुवाएँ, मासु होइन, किनकि तिमीहरू मासु खानको लागि तयार थिएनौ ।
1CO 3:3 किनभने तिमीहरू अझै सांसारिक नै छौ । यदि तिमीहरूका माझमा डाह र झगडा छँदै छ भने के तिमीहरू सांसारिक तवरले जिइरहेका छैनौ र ? वा के तिमीहरू मानवीय मापदण्डअनुसार जिइरहेका छैनौ र ?
1CO 3:4 किनकि जब एक जनाले “म पावललाई पछ्याउँछु” भन्छ र अर्कोले “म अपोल्लोसलाई पछ्याउँछु” भन्छ भने के तिमीहरू सांसारिक तरिकाले जिइरहेका हुँदैनौ र ?
1CO 3:5 त्यसो भए अपोल्लोस को हो ? अनि पावल को हो ? सबै परमेश्‍वरका सेवकहरू हुन्, जसले परमेश्‍वरले दिनुभएका कामहरूअनुसार गरे र त्यही माध्यमद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ ।
1CO 3:6 मैले रोपेँ, अनि अपोल्लोसले पानी हाले, तर परमेश्‍वरले नै बढाउनुभयो ।
1CO 3:7 त्यसैले, रोप्‍ने र पानी हाल्ने केही होइन । तर परमेश्‍वर जसले बढाउनुहुन्छ, उहाँ नै महान् हुनुहुन्छ ।
1CO 3:8 अब रोप्‍ने र पानी हाल्ने एकै हुन्, ती हरेकले आफ्नो कामको परिश्रमअनुसार ज्याला पाउनेछन् ।
1CO 3:9 किनकि हामीहरू परमेश्‍वरका सहकर्मी हौँ । तिमीहरू परमेश्‍वरका बगैँचा र उहाँका भवनहरू हौ ।
1CO 3:10 परमेश्‍वरको अनुग्रहअनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसालेँ, र अर्कोले त्यसमाथि घर बनाउँदै छ । तर हरेक व्यक्‍तिले कसरी बनाउँदै छ भन्‍ने बारेमा सावधान रहनुपर्छ ।
1CO 3:11 किनकि जुन जग बसालिएको छ, त्यो बाहेक कसैले पनि अर्को जग बसाल्न सक्दैन, जुन जग ख्रीष्‍ट हुनुहुन्छ ।
1CO 3:12 यदि त्यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, वा परालको प्रयोग गरेर निर्माण गर्छ भने
1CO 3:13 उसको काम दिनमा प्रकट गरिनेछ, किनकि दिनको उज्यालोले त्यो प्रकट गर्नेछ । किनकि त्यो आगोमा प्रकट हुनेछ । हरेकको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ ।
1CO 3:14 यदि कसैले गरेको काम रहिरह्‍यो भने त्यसले इनाम प्राप्‍त गर्नेछ ।
1CO 3:15 तर यदि कसैको काम जलेर नष्‍ट भयो भने त्यसले नोक्सानी भोग्‍नुपर्नेछ । तर ऊ आफैँचाहिँ आगोबाट फुत्केझैँ बचाइनेछ ।
1CO 3:16 के तिमीहरूलाई थाहा छैन, कि तिमीहरू परमेश्‍वरका मन्दिर हौ, र पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ ?
1CO 3:17 यदि कसैले परमेश्‍वरको मन्दिरलाई नाश गर्छ भने उहाँले त्‍यसलाई पनि नाश गर्नुहुनेछ । किनकि परमेश्‍वरको मन्दिर पवित्र छ, र तिमीहरू पनि त्यस्तै छौ ।
1CO 3:18 कसैले आफैँलाई धोका नदेओस् । यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” सम्झोस्, र त्यो बुद्धिमान् हुनेछ ।
1CO 3:19 किनकि संसारको ज्ञान परमेश्‍वरको निम्ति मूर्खता हो । किनकि यस्तो लेखिएको छ, “उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ ।”
1CO 3:20 धर्मशास्‍त्रमा यस्तो पनि लेखिएको छ, “परमेश्‍वर जान्‍नुहुन्छ कि संसारमा भएका ज्ञानीहरूको तर्क व्‍यर्थ छ ।”
1CO 3:21 त्यसैले, तिमीहरू मानिसहरूका निम्ति घमण्ड नगर ! किनकि सबै कुरा तिमीहरूकै हुन्,
1CO 3:22 चाहे पावल वा अपोल्लोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा वर्तमानका कुराहरू वा आउने कुराहरू सबै तिमीहरूकै हुन्,
1CO 3:23 अनि तिमीहरूचाहिँ ख्रीष्‍टका हौ, र ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्छ ।
1CO 4:1 यसरी कुनै व्यक्‍तिले हामीलाई ख्रीष्‍टका सेवकहरू र परमेश्‍वरको गोप्य सत्यताको भण्डारे ठान्‍नुपर्छ ।
1CO 4:2 यस सम्बन्धमा, भण्डारेहरू विश्‍वासयोग्य हुन आवश्‍यक छ ।
1CO 4:3 तर म तिमीहरूबाट र मानिसको अदालतबाट जाँचिनु मेरो निम्ति अति सानो कुरा हो । किनकि म आफैँ पनि मेरो जाँच गर्दिनँ ।
1CO 4:4 मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन, तर यसको अर्थ म निर्दोष छु भन्‍ने चाहिँ होइन । परमेश्‍वरले नै मेरो न्याय गर्नुहुन्छ ।
1CO 4:5 यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्‍वरबाट आफ्नो प्रशंसा पाउनेछ ।
1CO 4:6 अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्‍लोसले यी सिद्धान्तहरू प्रयोग गर्‍यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्‍ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो ।
1CO 4:7 किनकि कसले तिमीहरू र अरू मानिसहरूका बिचमा फरक देख्छ ? तिमीहरूसँग भएको कुन कुरा तिमीहरूले सितैँमा पाएका होइनौ र ? तिमीहरूले त्यो सितैँमा पाएका छौ भने तिमीहरूले त्यसरी नपाएको झैँ गरेर किन घमण्ड गर्छौ ?
1CO 4:8 तिमीहरूले चाहने कुराहरू तिमीहरूले अगाडि नै पाइसकेका छौ ! तिमीहरू अगिबाटै धनी भएका छौ ! तिमीहरूले हामीविना नै शासन गर्न सुरु गरेका छौ ! वास्तवमा, तिमीहरूले शासन गर भन्‍ने म चाहन्छु ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सकौँ ।
1CO 4:9 किनकि मलाई यस्तो लाग्छ कि परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै मारिनेको भिडको पछिल्लो लहरमा प्रदर्शनमा राख्‍नुभएको छ । हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बिचमा तमाशा भएका छौँ ।
1CO 4:10 हामी ख्रीष्‍टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमानी छौ । हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ ।
1CO 4:11 यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौँ; हाम्रा कपडाहरू फाटिएका छन्; हामी नराम्ररी कुटिएका छौँ; हामी घरवारविहीन भएका छौँ ।
1CO 4:12 हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ । मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष्‌‌ दिन्छौँ । सतावटमा पर्दा हामी सहन्छौँ ।
1CO 4:13 मानिसले हामीलाई निन्‍दा गर्दा हामी दयापूर्वक बोल्‍छौँ । हामी संसारले इन्‍कार गरेको फोहोर कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरूजस्‍ता भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्छ ।
1CO 4:14 तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई सुधार गर्नको निम्ति लेख्छु ।
1CO 4:15 किनकि ख्रीष्‍टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि तिमीहरूका धेरै जना पिता छैनन् । किनकि सुसमाचारद्वारा म ख्रीष्‍टमा तिमीहरूका पिता बनेँ ।
1CO 4:16 त्यसैले, मेरो अनुकरण गर्ने होओ भनी म तिमीहरूलाई आग्रह गर्छु ।
1CO 4:17 यसकारण, मैले तिमीहरूकहाँ मेरा प्रिय र प्रभुमा विश्‍वासयोग्य बालक तिमोथीलाई पठाएँ । मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाएबमोजिम ख्रीष्‍टमा मेरो जीवन कस्तो छ सो उनले तिमीहरूलाई सम्झना गराउनेछन् ।
1CO 4:18 म फेरि तिमीहरूकहाँ आउँदिनँ भन्‍ने ठानेर तिमीहरूमध्ये कोही अहङ्कारी भएका छन् ।
1CO 4:19 तर यदि परमेश्‍वरको इच्छा भयो भने म त्यहाँ चाँडै नै आउनेछु । त्यसपछि म ती अहङ्कारीहरूको कुरा मात्र होइन, तर तिनीहरूको शक्‍ति हेर्नेछु ।
1CO 4:20 किनकि परमेश्‍वरको राज्य कुरामा होइन, तर शक्‍तिमा छ ।
1CO 4:21 तिमीहरू के चाहन्छौ ? म तिमीहरूकहाँ कसरी आऊँ, छडी लिएर वा प्रेम र नम्रताको आत्मामा ?
1CO 5:1 तिमीहरूका बिचमा व्यभिचार छ भन्‍ने हामीले खबर पाएका छौँ । यस्तो खालको व्यभिचार त अन्यजातिहरूमा पनि स्वीकार्य हुँदैन । तिमीहरूमध्ये एक जना आफ्‍नै बुबाकी पत्‍नीसँग सुतिरहेको छ भन्‍ने खबर हामीले पाएका छौँ ।
1CO 5:2 तिमीहरू यति अहङ्कारी छौ ! के तिमीहरूले शोक गर्नुपर्ने होइन र ? यस्तो काम गर्ने व्यक्‍तिलाई तिमीहरूका माझबाट हटाइनुपर्दछ ।
1CO 5:3 किनभने शरीरमा म अनुपस्थित भए तापनि आत्मामा म तिमीहरूसँगै उपस्थित छु; त्यस्तो काम गर्नेलाई म त्यहीँ भएजस्तै गरेर मैले अगिबाटै न्याय गरिसकेको छु ।
1CO 5:4 जब तिमीहरू येशू प्रभुको नाउँमा एक साथ भेला हुन्छौ, येशू प्रभुको शक्‍तिमा मेरो आत्मा त्यहाँ उपस्थित हुन्छ; त्यस मानिसलाई मैले अगि नै न्याय गरेको छु ।
1CO 5:5 शरीरको विनाशको निम्ति त्यस मानिसलाई मैले शैतानको हातमा सुम्‍पेको छु, ताकि प्रभुको दिनमा त्यस मानिसको आत्माचाहिँ बाँचोस् ।
1CO 5:6 तिमीहरूको घमण्ड ठिक होइन । के थोरै खमिरले पुरै रोटीलाई खमिरी बनाउँछ भन्‍ने तिमीहरू जान्दैनौ ?
1CO 5:7 पुराना खमिरबाट आफैलाई शुद्ध गर ताकि तिमीहरू नयाँ मुछेको पिठो बन्‍न सक; फलस्वरूप तिमीहरू अखमिरी रोटी बन्‍न सक । किनभने हाम्रा निस्तार-चाडको थुमा ख्रीष्‍टको बलिदान भइसकेको छ ।
1CO 5:8 त्यसैकारण, पुरानो खमिर अर्थात् दुष्‍टता तथा खराब आचरणसाथ होइन, बरु इमानदार तथा सत्यताको अखमिरी रोटीका साथ चाड मनाऔँ ।
1CO 5:9 मेरो पत्रमा मैले तिमीहरूलाई यौनसम्बन्धी अनैतिक मानिसहरूसँग घुलमिल नहुनु भनेर लेखेँ ।
1CO 5:10 त्यसको अर्थ, संसारमा भएका अनैतिक मानिसहरू वा लोभीहरू वा ठगाहाहरू वा मूर्तिपूजकहरूसँग बिल्कुलै सङ्गत नगर्नू भनेको होइन, किनभने तिनीहरूबाट टाढा रहनको निम्ति तिमीहरू यस संसारबाट नै निस्केर जानुपर्ने हुन्छ ।
1CO 5:11 तर अहिले आफैलाई प्रभुमा भाइ ठान्‍ने तर यौन अनैतिक वा लोभी वा मूर्तिपूजक वा गालीगलौज गर्ने वा पियक्‍कड वा ठगाहासँग सङ्गत नगर्नू भनेर लेखिरहेछु । यस्ता मानिसहरूसँग बसेर खानसमेत नखाओ ।
1CO 5:12 किनभने म किन मण्डली बाहिरकाहरूको न्याय गर्ने काममा संलग्‍न हुनु ? बरु, के तिमीहरूले नै मण्डलीभित्र हुनेहरूको न्याय गर्नुपर्ने होइन र ?
1CO 5:13 तर बाहिरकाहरूको न्याय परमेश्‍वरले गर्नुहुन्छ । “तिमीहरूका माझबाट दुष्‍ट व्यक्‍तिलाई हटाओ ।”
1CO 6:1 तिमीहरूमध्ये एक जनाको अर्को भाइसँग झगडा छ भने के त्यसले न्यायको लागि विश्‍वासीहरूको अगाडि नगएर विश्‍वास नगर्ने न्यायाधीशको अगाडि जाने आँट गर्छ ?
1CO 6:2 के विश्‍वासीहरूले संसारको न्याय गर्छन् भन्‍ने तिमीहरूलाई थाहा छैन ? अनि तिमीहरूले संसारको न्याय गर्ने हो भने महत्त्वहीन कुराहरूलाई मिलाउन सक्दैनौ र ?
1CO 6:3 के हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भन्‍ने तिमीहरूलाई थाहा छैन ? त्यसो भए, यस जीवनका मामलाहरूलाई हामीले कति बढी न्याय गर्न सक्छौँ ?
1CO 6:4 त्यसो हो भने तिमीहरूले नै दैनिक जीवनसित सम्बन्धित कुराहरूको न्याय गर्नुपर्छ । त्यस्ता मुद्धाहरू किन ती मानिसहरूका अगाडि राख्छौ, जसको मण्डलीमा कुनै प्रतिष्‍ठा छैन ।
1CO 6:5 तिमीहरूलाई शर्ममा पार्न म यसो भन्दछु । के तिमीहरूको माझमा दाजुभाइका बिचमा भएका झगडाहरू मिलाउन सक्‍ने बुद्धिमान् मानिस कोही छैन ?
1CO 6:6 तर यस्‍तो भएको छ, एक विश्‍वासी अर्को विश्‍वासीको विरुद्धमा अदालत जान्‍छ र अविश्‍वासी न्‍यायाधीशको अगि मुद्धा राख्‍दछ ।
1CO 6:7 वास्तवमा ख्रीष्‍टियानहरूका बिचमा कुनै पनि झगडा हुनु नै तिमीहरूको हार हो । बरु, किन अन्याय नसहनु ? बरु, किन आफैँलाई ठगिन नदिनु ?
1CO 6:8 तर तिमीहरूले अरूको अन्याय गरेका र ठगेका छौ, अनि तिनीहरू तिमीहरूका आफ्नै दाजुभाइहरू हुन् !
1CO 6:9 अधर्मीहरूले परमेश्‍वरको राज्यमा उत्तराधिकार पाउदैनन् भनेर के तिमीहरूलाई थाहा छैन ? झुटको विश्‍वास नगर । अनैतिक यौन-सम्बन्धहरू मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू,
1CO 6:10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, र ठगहरू कोही पनि परमेश्‍वरको राज्यको उत्तराधिकारी हुनेछैनन् ।
1CO 6:11 अनि तिमीहरूमध्ये कोही यस्तै थियौ । तर तिमीहरू शुद्ध परिएका छौ, तर तिमीहरू परमेश्‍वरमा अर्पण गरिएका छौ, येशू ख्रीष्‍टको नाउँमा हाम्रा परमेश्‍वरको आत्माद्वारा तिमीहरू परमेश्‍वरमा धर्मी ठहराइएका छौ ।
1CO 6:12 “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्”, तर सबै कुरा फाइदाजनक छैनन् । “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्”, तर म तिनीहरूमध्ये कुनै कुराको अधीनमा हुन्‍नँ ।
1CO 6:13 “खाना पेटको निम्ति हो, र पेट खानको निम्ति हो”, तर परमेश्‍वरले ती दुवैलाई नाश गर्नुहुनेछ । शरीर अनैतिक यौन सम्बन्धको लागि होइन । यसको साटो शरीर प्रभुको लागि हो, र प्रभुले शरीरको लागि जुटाउनुहुन्छ ।
1CO 6:14 परमेश्‍वरले प्रभुलाई जीवित पार्नुभयो र हामीलाई पनि उहाँको शक्‍तिद्वारा जीवित पार्नुहुनेछ ।
1CO 6:15 तिमीहरूका शरीरहरू ख्रीष्‍टका अङ्गहरू हुन् भन्‍ने के तिमीहरूलाई थाहा छैन ? तब के मैले ख्रीष्‍टका अङ्गहरूलाई छुटाएर तिनीहरूलाई वेश्यासँग जोडौँ ? त्यसो नहोस् !
1CO 6:16 वेश्यासँग जोडिने व्यक्‍ति त्यससँग एउटै शरीर हुन्छ भन्‍ने के तिमीहरूलाई थाहा छैन ? धर्मशास्‍त्रले भन्‍छ, “दुई जना एउटै शरीर हुन्‍छन् ।”
1CO 6:17 प्रभुसित जोडिने व्यक्‍ति उहाँसँग आत्मामा एउटै हुन्छ ।
1CO 6:18 यौन अनैतिकतादेखि भाग ! कुनै पनि व्यक्‍तिले गरेका अन्य सबै पापहरू शरीरदेखि बाहिर गर्दछ, तर यौन अनैतिकताको पाप गर्नेले उसको आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ ।
1CO 6:19 तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन, जो तिमीहरूभित्र रहनुहुन्छ, जसलाई तिमीहरूले परमेश्‍वरबाट पाएका छौ ? तिमीहरू आफ्नै होइनौ भन्‍ने के तिमीहरूलाई थाहा छैन ?
1CO 6:20 किनकि तिमीहरू मोल तिरेर किनिएका थियौ । त्यसकारण, तिमीहरूको शरीरमा परमेश्‍वरलाई महिमा देओ ! [टिपोटः केही पुराना प्रतिलिपिहरूमा यस्तो लेखिएको छ] यसकारण तिमीहरूको शरीर र आत्मामा परमेश्‍वरको महिमा गर, जुन परमेश्‍वरको हो । तर उत्तम प्रतिलिपिहरूमा यो छैन ।
1CO 7:1 अब तिमीहरूले लेखेका यी कुराहरूका विषयमा भन्‍नुपर्दा पुरुषको लागि स्‍त्रीलाई नछुनु नै असल हो ।
1CO 7:2 तर धेरै अनैतिक कामहरूका अनेक परीक्षाहरूको कारणले गर्दा हरेक मानिसको आफ्नै पत्‍नी होस् र हरेक स्‍त्रीको आफ्नै पति होस् ।
1CO 7:3 पतिले पत्‍नीलाई उसको वैवाहिक हक देओस् र त्यसरी नै पत्‍नीले पनि आफ्नो पतिलाई ।
1CO 7:4 आफ्नो शरीरमाथि पत्‍नीको अधिकार हुँदैन; उसको पतिको हुन्छ । र यसरी नै आफ्नो शरीरमाथि पतिको आफ्नो अधिकार हुँदैन, तर पत्‍नीको भने हुन्छ ।
1CO 7:5 पारस्परिक सहमतिमा केही समयको निम्ति बाहेक एक अर्कालाई वञ्‍चित नगर, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक । त्यसपछि तिमीहरू फेरि एकसाथ हुनुपर्दछ, ताकि तिमीहरूका आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा पार्न नसकोस् ।
1CO 7:6 म तिमीहरूलाई यी कुराहरू आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दछु ।
1CO 7:7 सबै जना मजस्तै भएको म इच्छा गर्दछु । तर हरेकले परमेश्‍वरबाट आ-आफ्नो वरदान पाएको छ । एक जनाले एक प्रकारको वरदान र अर्कोले अर्कै प्रकारको वरदान पाएको छ ।
1CO 7:8 अविवाहित र विधवाहरूलाई म भन्दछु कि तिनीहरू मजस्तै अविवाहित रहन्छन् भने यो तिनीहरूका लागि असल हुन्छ ।
1CO 7:9 तर यदि तिनीहरूले आफूलाई वशमा राख्‍न सक्दैनन् भने तिनीहरूले विवाह गरून् । कामुकतामा जल्नुभन्दा तिनीहरूका निम्ति विवाह गर्नु असल हो ।
1CO 7:10 अब विवाहितका निम्ति म यो आज्ञा दिन्छु । मैले होइन, तर प्रभुले दिनुहुन्छः
1CO 7:11 तर यदि तिनी आफ्‍नो पतिबाट अलग हुन्छिन भने, तिनी विवाह नगरी बसून् कि त उनीसँग मिलाप गर्नुपर्दछ । अनी “पतिले आफ्नी पत्‍नीसँग सम्बन्ध विच्‍छेद गर्नुहुदैन ।”
1CO 7:12 तर बाँकीलाई म भन्दछु (मैले होइन तर प्रभुले भन्‍नुहुन्छ) कि यदि कुनै भाइसँग अविश्‍वासी पत्‍नी छ र तिनी ऊसँग बस्‍नलाई सन्तुष्‍ट छिन् भने उसले तिनीसँग सम्बन्ध विच्छेद नगरोस् ।
1CO 7:13 यदि पत्‍नीसँग अविश्‍वासी पति छ भने र ऊ तिनीसँग सन्तुष्‍ट छ भने, तिनले ऊसँग सम्बन्ध विच्छेद नगरुन् ।
1CO 7:14 किनकि अविश्‍वासी पति पत्‍नीद्वारा पवित्र ठहरिन्छ र अविश्‍वासी पत्‍नी विश्‍वासी पतिको कारण पवित्र ठहरिन्छे, नत्रता तिमीहरूका छोरा छोरीहरू अपवित्र हुनेछन्, तर वास्तवमा तिनीहरू पवित्र छन् ।
1CO 7:15 तर यदि अविश्‍वासी जीवन साथी छुट्टिन्छ भने, त्यसलाई जान देऊ । यस्तो अवस्थामा भाइ वा बहिनी तिनीहरूका प्रतिज्ञामा बाँधिनेछैन । परमेश्‍वरले हामीलाई शान्तिमा बस्‍न बोलाउनुभएको छ ।
1CO 7:16 स्‍त्री हो, तिमीलाई के थाहा सायद तिमीले आफ्नो पतिलाई बचाउन सक्छ्यौ कि ? अथवा पुरुष हो, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्‍नीलाई बचाउन सक्छौ कि ?
1CO 7:17 प्रभुले खटाएबमोजिम र परमेश्‍वरले बोलाएबमोजिम हरेकले आफ्नो जीवन जिओस्, । सबै मण्डलीहरूका निम्ति मेरो नियम यही नै हो ।
1CO 7:18 के विश्‍वासको लागि बोलावट हुनुअगि नै कसैको खतना भएको थियो ? उसले आफूलाई खतना नभएको जस्तो नदेखाओस् । विश्‍वासको निम्‍ति बोलावट हुँदा खतना नगर्ने कोही थियो ? उसले खतना नगरोस् ।
1CO 7:19 न खतना केही हो न त बेखतना नै । प्रमुख कुरा परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै हो ।
1CO 7:20 परमेश्‍वरले बोलाउनुहुँदा कुनै व्यक्‍ति जस्तो अवस्थामा थियो, हरेक त्यही बोलावटमा रहोस् ।
1CO 7:21 के परमेश्‍वरले बोलाउनुहुँदा तिमीहरू कमारा थियौ ? यसको बारेमा तिमी फिक्री नगर । तर तिमीहरू स्वतन्‍त्र हुन सक्छौ भने यसको फाइदा उठाओ ।
1CO 7:22 किनकि दासको रूपमा हुँदा प्रभुले कसैलाई बोलाउनुभएको छ भने ऊ प्रभुको स्वतन्‍त्र मानिस हो । यसरी नै कसैलाई बोलाउँदा कोही स्वतन्‍त्र थियो भने ऊ ख्रीष्‍टको दास हो ।
1CO 7:23 तिमीहरू दाम तिरी किनिएका हौ, त्यसैले मानिसहरूको दास नबन ।
1CO 7:24 भाइहरू हो, हामीलाई विश्‍वास गर्न बोलावट हुँदा हामी जस्तो अवस्थामा थियौँ, हामी त्यही अवस्थमा रहौँ ।
1CO 7:25 अब कहिल्यै विवाह नगरेकाहरूको सम्बन्धमा मसँग प्रभुबाट केही पनि आज्ञा छैन । तर प्रभुको कृपाद्वारा विश्‍वासयोग्य ठहरिएको व्यक्‍तिको रूपमा म मेरो राय दिन्छु ।
1CO 7:26 त्यसकारण, आउन लागेको सङ्कष्‍टको कारणले गर्दा जुन व्यक्‍ति जस्तो अवस्थामा छ, त्यही अवस्थामा बस्‍नु असल हुन्छ ।
1CO 7:27 के तिमी कुनै स्‍त्रीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ ? तिनीबाट स्वतन्‍त्र हुन नखोज । के तिमी अविवाहित छौ ? पत्‍नीको खोजी नगर ।
1CO 7:28 तर तिमीले विवाह गर्‍यौ भने पनि तिमीले पाप गर्दैनौ । कुनै कन्या केटीले विवाह गर्छ भने तिनले पाप गरेकी हुँदिन । तापनि विवाह गर्नेहरूले जीवन जिउने क्रममा धेरै दुःखकष्‍ट भोग्‍नेछन् र म तिमीहरूलाई तीबाट बचाउन चाहन्छु ।
1CO 7:29 तर भाइहरू हो, म यो भन्छु कि समय छोटो छ । अब उप्रान्त पत्‍नी हुनेहरू पत्‍नी नभएजस्तो गरी जिऊन् ।
1CO 7:30 रुनेहरू नरोएको जस्तै गरी बसून्; खुसी हुनेहरू खुसी नभएझैँ गरी बसून र किनमेल गर्नेहरूले तिनीहरूसँग केही नभएझैँ गरून् ।
1CO 7:31 अनि संसारसित व्यवहार गर्नेहरूले यससँग पूर्ण रूपमा नभएझैँ व्यवहार गरून्, किनकी यो संसारको प्रणालीको अन्त्य हुँदै छ र यो बितेर जाँदै छ ।
1CO 7:32 तिमीहरू निस्फिक्री होओ भन्‍ने म चाहन्छु । अविवाहित पुरुषले प्रभुलाई कसरी खुसी पार्ने भनी उहाँका कुराहरूका बारेमा चिन्ता गर्दछ ।
1CO 7:33 तर विवाहित पुरुषले आफ्नी पत्‍नीलाई कसरी प्रसन्‍न पार्ने भनी संसारका कुराहरूमा फिक्री गर्दछ ।
1CO 7:34 ऊ दोहोरो मनको हुन्छ । अविवाहित स्‍त्री वा कन्याले शरीरमा र आत्मामा कसरी पवित्र हुन सक्छु भनी प्रभुका कुराहरूका फिक्री गर्दछ । तर विवाहित स्‍त्रीले आफ्नो पतिलाई कसरी प्रसन्‍न पार्न सकिन्छ भनी संसारका कुराहरूको चिन्ता गर्दछे ।
1CO 7:35 म तिमीहरूको आफ्नै भलाइका निम्ति भन्‍दछु, तिमीहरूलाई प्रतिबन्ध लगाउन होइन । जे ठिक छ म त्यही भन्दछु ताकि तिमीहरू बाधाबिना एक चित्तका भई भक्तिका साथ प्रभुमा लागिरहन सक ।
1CO 7:36 कसैले विचार गर्दछ कि उसले मगनी भएकी आफ्नी कन्यासँग राम्रो व्यवहार गरिरहेको छैन भन्‍ने ठान्छ र तिनको विवाह गर्ने उमेर बितिसकेको छ भने चाहेबमोजिम उसले गरोस् ।
1CO 7:37 तर यदि ऊ हृदयमा पक्‍का छ, ऊ कुनै करकापमा परेको छैन भने र उसले आफ्नो इच्छा वशमा राख्‍न सक्छ, र उसले आफ्नो हृदयमा यसो गर्ने अर्थात् आफ्नी मगनी भएकी कन्यालाई कुमारी नै राख्‍ने निर्णय गरिसकेको छ भने उसले असल नै गर्दछ ।
1CO 7:38 त्यसैले, जसले आफ्नी कन्यासँग विवाह गर्दछ उसले असल नै गर्दछ, र जसले विवाह नगर्ने इच्छा गर्दछ भने उसले अझ बढी राम्रो गर्दछ ।
1CO 7:39 स्‍त्री तिनको पति बाँचुञ्‍जेलसम्म बन्धनमा बाँधिएकी हुन्छिन् । तर तिनको पतिको मृत्यु भयो भने तिनी जोसँग विवाह गर्न चाहन्छिन् त्यससँग विवाह गर्न स्वतन्‍त्र हुन्छिन्, तर त्यो व्यक्‍ति प्रभुमा हुनुपर्छ ।
1CO 7:40 तापनि मेरो विचारमा यदि तिनी त्यस्तै अवस्थामा बस्छिन् भने तिनी अझ धेरै प्रसन्‍न रहन्छिन् । अनि मसँग पनि परमेश्‍वरको आत्मा छ भनी म विचार गर्दछु ।
1CO 8:1 मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा भन्‍नुपर्दा हामीलाई थाहा छ कि “हामी सबैसँग ज्ञान छ ।” ज्ञानले घमण्ड ल्याउँदछ, तर प्रेमले उन्‍नति गराउँछ ।
1CO 8:2 यदि कसैले केही जान्दछु र म कोही हुँ भनी विचार गर्छ भने त्यो व्यक्‍तिले जति जान्‍नुपर्ने हो त्यति जानेको हुँदैन ।
1CO 8:3 तर यदि कसैले परमेश्‍वरलाई प्रेम गर्छ भने त्यो व्यक्‍ति उहाँद्वारा चिनिएको हुन्छ ।
1CO 8:4 त्यसकारण, मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा हामीलाई थाहा छ कि “यस संसारमा भएको मूर्ति केही पनि होइन” र एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ ।
1CO 8:5 धेरै देवताहरू र प्रभुहरू भएजस्तै आकाशमा वा पृथ्‍वीमा नाम मात्रका देवताहरू होलान् ।
1CO 8:6 तर हाम्रा निम्ति “परमेश्‍वर पिता एक मात्र हुनुहुन्छ, जसबाट नै सबै कुरा हुन आए, र हामी उहाँकै निम्ति जिउँछौ; र एउटै प्रभु येशू ख्रीष्‍ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौँ ।”
1CO 8:7 तापनि यो ज्ञान सबैमा हुँदैन । कति जनाले पहिले मूर्तिपूजा गर्थे र तिनीहरूले यो खानेकुरा मूर्तिलाई नै चढाइएको मानेर खान्छन् । तिनीहरूको विवेक कमजोर भएको कारण भ्रष्‍ट भएको छ ।
1CO 8:8 तर खानेकुराले हामीलाई परमेश्‍वरमा स्वीकारयोग्य बनाउँदैन । हामीले यो खाँदैमा बढी असल हुँदैनौँ र नखाँदैमा बढी खराब पनि हुँदैनौँ ।
1CO 8:9 तर होसियार होओ । तिम्रो स्वतन्‍त्रता कमजोर विश्‍वास भएकाहरूलाई ठेसको कारण नबनोस् ।
1CO 8:10 मानौँ, जो कोही ज्ञान भएको व्यक्‍तिले तिमीले मन्दिरमा बसेर खानेकुरा खाइरहेको देख्यो भने के उसको कमजोर विवेकले त्यो उसलाई मूर्तिलाई चढाइएको खानेकुरा खान आँट नदेला ?
1CO 8:11 मूर्तिहरूको वास्तविक प्रकृतिको बारेमा तिमीहरूको समझको कारणले गर्दा कमजोर भाइ नष्‍ट हुन्छ, जसको निम्ति ख्रीष्‍ट मर्नुभयो ।
1CO 8:12 त्यसैले, जब तिमीले आफ्नो भाइको विरुद्धमा पाप गरेर उनीहरूको कमजोर विवेकलाई चोट पुर्‍याउँछौ, तिमीले ख्रीष्‍टको विरुद्धमा पाप गर्छौ ।
1CO 8:13 त्यसकारण, यदि मैले खाएको खाना मेरो भाइलाई ठेसको कारण बन्छ भने, म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म मेरो भाइको पतनको कारण नबनूँ ।
1CO 9:1 के म स्वतन्‍त्र छैनँ ? के म प्रेरित होइनँ ? के मैले येशू हाम्रा प्रभुलाई देखेको छैनँ ? के तिमीहरू परमप्रभुमा मेरा हातका सिप होइनौ र ?
1CO 9:2 म अरूको लागि प्रेरित नभए तापनि तिमीहरूको लागि त हुँ । तिमीहरू नै परमप्रभुमा मेरो प्रेरितको कामको प्रमाण हौ ।
1CO 9:3 यो मलाई जाँच्न खोज्नेहरूलाई जवाफ होः
1CO 9:4 के हामीलाई खाने र पिउने अधिकार छैन ?
1CO 9:5 के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले गरेजस्तै हामीले पनि आफूसँग विश्‍वासी पत्‍नी लिएर हिँड्ने अधिकार छैन ?
1CO 9:6 अथवा के बारनाबास र मैले मात्र काम गर्नु पर्छ ?
1CO 9:7 कसले आफ्नै खर्चमा सिपाहीको रूपमा सेवा गर्छ ? कसले दाखबारी लगाएर त्यसको फल खाँदैन र ? कसले गाईवस्तु पालेर तिनीहरूबाट दूध पिउँदैन र ?
1CO 9:8 के मैले यी कुराहरू मानवीय अधिकारको आधारमा भनिरहेको छु ? के व्यवस्थाले पनि यसै गर भन्दैन र ?
1CO 9:9 मोशाको व्यवस्थामा यस्तो लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोला नलगाओ ।” के परमेश्‍वरले साँच्‍चै गोरुहरूको मात्र वास्ता गर्नुहुन्छ ?
1CO 9:10 के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनुभएको छैन र ? यो हाम्रो निम्ति लेखिएको हो । किनभने खेत जोत्‍नेले बालीको आशा राखेर नै जोत्‍नुपर्छ र बाली चुट्नेले पनि बाली भित्र्याउने आशले नै चुट्नुपर्छ ।
1CO 9:11 यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्‍यौँ भने तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम अति भयो र ?
1CO 9:12 यदि तिमीहरूबाट अरूहरूले हकको दाबी गर्छन् भने के हामीलाई त्योभन्दा बढता हक छैन र ? तापनि हामीले यो हकको दाबी गरेनौँ । बरु, ख्रीष्‍टको सुसमाचारमा बाधा नबनौँ भनेर हामीले सबै सह्‍यौँ ।
1CO 9:13 के मन्दिरमा सेवा गर्नेले मन्दिरबाट नै खानेकुरा पाउँछन् भन्‍ने तिमीहरूलाई थाहा छैन ? वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्सा पाउँछ भन्‍ने तिमीहरूलाई थाहा छैन र ?
1CO 9:14 त्यसरी नै सुसमाचार प्रचार गर्नेले त्यसैबाट जीविका चलाओस् भनेर परमप्रभुले आज्ञा गर्नुभयो ।
1CO 9:15 तर मैले यी कुनै पनि हकहरूको दाबी गरिनँ । र मेरो लागि केही गरियोस् भनेर म यो लेख्दिनँ । यो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्‍चित गर्छ भने म बरु मर्न तयार छु ।
1CO 9:16 मैले सुसमाचार प्रचार गरेँ भनेर मैले घमण्ड गर्ने कारण नै छैन, किनभने मैले यो गर्नुपर्छ । यदि मैले सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्‍कार छ ।
1CO 9:17 किनकि यदि मैले आफूखुसी यसो गरेको छु भने मैले इनाम पाउँछु । तर यो आफूखुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझ पनि मसँग बाँकी नै छ ।
1CO 9:18 त्यसो भए मेरो इनाम के हो ? यही हो कि जब म प्रचार गर्छु, सित्तैँमा सुसमाचार प्रचार गरूँ र सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ ।
1CO 9:19 किनकि म सबै कुरामा स्वतन्‍त्र भए तापनि धेरैलाई जित्‍न सकौँ भनेर म सबैको दास भएँ ।
1CO 9:20 यहूदीहरूलाई जित्‍नको लागि म यहूदीजस्तै बनेँ । व्यवस्थाको अधीनमा भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाको अधीनमा भएको जस्तै बनेँ । म आफैँ व्यवस्थाको अधीनमा नभए तापनि मैले यसो गरेँ ।
1CO 9:21 म आफैँ परमेश्‍वरको व्यवस्थाबाट बाहिर नभएर ख्रीष्‍टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाबाट बाहिर भएजस्तै बनेँ । व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍न सकूँ भनेर मैले यसो गरेँ ।
1CO 9:22 कमजोरहरूलाई जित्‍न सकूँ भनेर कमजोरहरूको लागि म कमजोर बनेँ । सबै उपायहरूद्वारा केहीलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु ।
1CO 9:23 सुसमाचारको खातिर म सबै कुराहरू गर्छु ताकि यसका आशिष्‍हरूमा म सहभागी हुन सकूँ ।
1CO 9:24 दौडमा सबै मानिसहरू दौडिन्छन्, तर एक जनाले मात्र पुरस्कार पाउँछ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन ? त्यसैले, पुरस्कार पाउने गरी दौड ।
1CO 9:25 एउटा खेलाडी सबै तालिमहरूमा आत्मसंयमी हुन्छ । तिनीहरूले नाश हुने माला पाउनको लागि यसो गर्छन्, तर हामी नाश नहुने माला पाऔँ भनेर दौडन्छौँ ।
1CO 9:26 त्यसैले, म बिनाउदेश्य वा हावामा दौडन्‍नँ ।
1CO 9:27 तर म आफ्‍नो शरीरलाई वशमा राख्छु र यसलाई दासजस्‍तै बनाउँछु, ताकि प्रचार गरेपछि म आफैँचाहिँ अयोग्य नबनूँ ।
1CO 10:1 भाइहरू हो, तिमीहरूले यो जान भनी म चाहन्छु, कि हाम्रा पिता पुर्खाहरू सबै बादलमुनि थिए र सबै समुद्रको बिचबाट भएर गए ।
1CO 10:2 सबैले बादल र समुद्रमा मोशामा बप्‍तिस्मा पाएका थिए,
1CO 10:3 र सबैले एउटै आत्मिक भोजन खाए ।
1CO 10:4 सबैले उस्तै आत्मिक पानी पिए । किनकि तिनीहरूले आत्मिक चट्टानबाट पिए, अनि त्यो चट्टान ख्रीष्‍ट हुनुहुन्थ्यो ।
1CO 10:5 तर तिनीहरूमध्ये धेरै जनासित परमेश्‍वर प्रसन्‍न हुनुभएन, र तिनीहरूका लासहरू उजाड-स्थानभरि छरिएका थिए ।
1CO 10:6 तिनीहरूले जस्तै हामीले दुष्‍ट कुराहरूको इच्छा नगरौँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए ।
1CO 10:7 तिनीहरूमध्ये धेरै झैँ तिमीहरू मूर्तिपूजक नहोओ । यस्तो लेखिएको छ, “मानिसहरू खान र पिउन बसे अनि खेल्नलाई उठे ।”
1CO 10:8 तिनीहरू धेरैले गरेझैँ हामीले यौन अनैतिक कार्य नगरौँ, जुन कारणले गर्दा एकै दिनमा तिनीहरूमध्‍ये तेइस हजार मरे ।
1CO 10:9 हामीले ख्रीष्‍टको परीक्षा गर्नुहुँदैन जसरी तिनीहरूले गरे र सर्पहरूद्वारा नष्‍ट भए ।
1CO 10:10 तिनीहरूमध्ये धेरै जसोले गनगन गरेझैँ हामीले नगरौँ, जसले गर्दा तिनीहरू मृत्युको दूतद्वारा नष्‍ट भएका थिए ।
1CO 10:11 हाम्रो निम्ति उदाहरणको लागि तिनीहरूमाथि यी कुराहरू भए । यी हाम्रो शिक्षाको निम्ति लेखिएका हुन्– हाम्रो निम्ति जसमा युगको अन्त्य आएको छ ।
1CO 10:12 यसैकारण, कसैले म खडा छु भनी सोच्छ भने होसियार रहोस् ताकि ऊ नलडोस् ।
1CO 10:13 मानव-जातिमा आउने परीक्षाभन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौँ । तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ । उहाँले तिमीहरूलाई तिमीहरूको शक्‍तिभन्दा बाहिरको परीक्षामा पर्न दिनुहुन्‍न । तिमीहरूले तिनलाई सहन सक भनेर उहाँले परीक्षाको साथमा त्यसबाट उम्किने उपाय पनि प्रदान गर्नुहुन्छ ।
1CO 10:14 त्यसकारण, मेरा प्रियहरू हो, मूर्तिपूजाबाट अलग बस ।
1CO 10:15 म समझदार मानिसहरूसित बोलेजस्तै तिमीहरूसित बोल्दछु, ताकि तिमीहरूले मैले भनेको कुरा जाँच गर्न सक ।
1CO 10:16 हामीले आशिष् दिने आशिष्‌को कचौरा ख्रीष्‍टको रगतमा भएको सहभागिता होइन र ? हामीले भाँच्ने रोटी ख्रीष्‍टको शरीरमा भएको सहभागिता होइन र ?
1CO 10:17 रोटीको टुक्रा एउटै भएकोले हामी धेरै भए तापनि एउटै शरीर हौँ । हामी सबैले एकसाथ एउटै रोटीबाट खान्छौँ ।
1CO 10:18 इस्राएलका मानिसहरूलाई हेरः के वेदीमा चढाइएको बलि खानेहरू वेदीका सहभागी होइनन् र ?
1CO 10:19 त्यसो भए, म के भन्दै छु ? के त्यो मूर्ति कुनै कुरा हो ? अथवा मूर्तिमा चढाइएको बलिदान केही कुरा हो ?
1CO 10:20 तर म अन्यजाति मूर्तिपूजकहरूको बलिदानको बारेमा भन्दछु, कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्‍वरलाई होइन ! तिमीहरू भूतहरूसँग सहभागी होओ भन्‍ने म चाहन्‍नँ ।
1CO 10:21 तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौरा दुवैबाट पिउन सक्दैनौ । तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुल दुवैमा सङ्गति गर्न सक्दैनौ ।
1CO 10:22 अथवा के हामीले प्रभुलाई डाही बनाउने ? के हामी उहाँभन्दा बलिया छौँ ?
1CO 10:23 “हरेक कुरा न्यायसङ्गत छ”, तर सबै कुरा फाइदाजनक छैनन् । “सबै कुरा न्यायसङ्गत छन्”, तर सबै कुराले मानिसको निर्माण गर्दैनन् ।
1CO 10:24 कसैले पनि आफ्नै भलाइ मात्र नखोजोस् । बरु, हरेकले आफ्नो छिमेकीको भलाइ खोजोस् ।
1CO 10:25 तिमीहरूले बजारमा जे बेचिन्छ त्यसलाई विवेकका खातिर कुनै प्रश्‍न नगरी खान सक्छौ ।
1CO 10:26 किनकि “पृथ्‍वी प्रभुको हो र त्यसमा भएका सबै कुरा उहाँकै हुन् ।”
1CO 10:27 तिमीहरूलाई विश्‍वास नगर्ने कुनै व्यक्‍तिले खानलाई निम्तो दिन्छ र तिमीहरू जान इच्छा गर्छौ भने तिमीहरूको अगाडि खानलाई राखिएको कुरा विवेकको खातिर पनि प्रश्‍न नसोधी खाओ ।
1CO 10:28 तर कसैले तिमीहरूलाई “यो खाना मूर्तिपूजामा चढाइएको खाना हो” भन्यो भने त्यो नखाओ । योचाहिँ जसले तिमीहरूलाई जानकारी दियो उसको र तिमीहरूको विवेकको खातिर हो ।
1CO 10:29 मैले तिमीहरूको आफ्नो विवेकको बारेमा भनेको होइनँ, तर अरू व्यक्‍तिको विवेकको बारेमा भनेको हुँ । किनकि अरूको विवेकलाई मेरो स्वतन्‍त्रताको न्याय हुन किन दिने र ?
1CO 10:30 म कृतज्ञतासाथ खानामा सहभागी हुन्छु भने मैले धन्यवाद दिएको कुरामा म किन निन्दित हुने ?
1CO 10:31 त्यसकारण, तिमीहरूले जे खान्छौ वा पिउँछौ, वा तिमीहरू जे गर्छौ, सबै परमेश्‍वरको महिमाको निम्ति गर ।
1CO 10:32 तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्‍वरको मण्डलीको अपमान नगर ।
1CO 10:33 म सबै मानिसहरूलाई सबै कुरामा खुसी पार्ने कोसिस गर्छु । म आफ्नो भलाइ खोज्दिनँ, तर धेरैको भलाइ खोज्छु । धेरैले उद्धार पाऊन् भनेर म यो गर्दछु ।
1CO 11:1 मेरो अनुकरण गर्नेहरू होओ, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु ।
1CO 11:2 म तिमीहरूको प्रशंसा गर्दछु किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्छौ । म तिमीहरूको प्रशंसा गर्दछु, किनकि मैले सिकाएका शिक्षा तिमीहरूले कायम राख्छौ ।
1CO 11:3 म तिमीहरूले यो बुझ भन्‍ने चाहन्छु कि येशू ख्रीष्‍ट प्रत्येक मानिसको शिर हुनुहुन्छ, मानिस स्‍त्रीको शिर हो, र परमेश्‍वरचाहिँ ख्रीष्‍टको शिर हुनुहुन्छ ।
1CO 11:4 कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रर्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्‍वरको अपमान गर्छ ।
1CO 11:5 तर यदि कुनै स्‍त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने उसले आफ्नो शिरको अपमान गर्छे । किनकि यसो गर्नु भनेको उसले आफ्नो केश खौरेको जस्तै हो ।
1CO 11:6 यदि कुनै स्‍त्रीले आफ्नो शिर ढाक्दिन भने, उसले आफ्नो केश छोटो गरी काटोस् । यदि कपाल काट्नु उसको लागि शर्मको कुरा हो भने उसले आफ्नो शिर ढाकोस् ।
1CO 11:7 पुरुषले आफ्नो शिर नढाकोस् किनकि ऊ परमेश्‍वरको प्रतिरूप र गौरव हो । तर स्‍त्रीचाहिँ पुरुषको गौरव हो ।
1CO 11:8 किनकी पुरुष स्‍त्रीबाट बनिएको होइन, तर स्‍त्री पुरुषबाट बनिएकी हो ।
1CO 11:9 न त पुरुष स्‍त्रीको निम्ति सृष्‍टि गरिएका हो, तर स्‍त्री पुरुषको निम्ति बनिएकी हो ।
1CO 11:10 यसै कारणले स्वर्गदूतहरूका खातिर स्‍त्रीले आफ्नो शिरमा अधिकारको चिह्न लगाउनुपर्छ ।
1CO 11:11 तापनि प्रभुमा स्‍त्री पुरुषबाट स्वतन्‍त्र हुन्‍न न त स्‍त्रीबाट पुरुष नै ।
1CO 11:12 किनकि जसरी स्‍त्री पुरुषबाट आउँछे त्यसरी नै पुरुष पनि स्‍त्रीबाट आउँछ । र सबै कुरा परमेश्‍वरबाट आउँछन् ।
1CO 11:13 तिमीहरू आफैँ विचार गरः के स्‍त्रीले आफ्नो शिर नढाकी परमेश्‍वरसँग प्रार्थना गर्नु उपयुक्त हो ?
1CO 11:14 कुनै पुरुषले लामो केश पाल्नु उसको निम्ति शर्मको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र ?
1CO 11:15 कुनै स्‍त्रीको लामो केश हुनु, उसको निम्ति गौरवको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र ?
1CO 11:16 तर यदि कोही यस विषयमा बहस गर्न चाहन्छ भने हामीसँग अर्को कुनै प्रथा छैन, न परमेश्‍वरको मण्डलीसँग छ ।
1CO 11:17 यी निर्देशनहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ । किनकि तिमीहरू असलको निम्ति होइन तर खराबको निम्ति भेला हुन्छौ ।
1CO 11:18 पहिलो कुरा त तिमीहरू मण्डलीमा भेला हुँदा, तिमीहरूमा फाटो हुन्छ भन्‍ने म सुन्छु र म केही हदसम्म विश्‍वास पनि गर्छु ।
1CO 11:19 तिमीहरूका माझमा स्वीकृत भएका व्यक्‍तिहरू चिनिनको लागि पनि तिमीहरूका माझमा गुटबन्दी हुनु आवश्यक छ ।
1CO 11:20 तिमीहरू भेला भएर खाएको कुरा प्रभु-भोज होइन ।
1CO 11:21 जब तिमीहरू खान्छौ, अरूले आफ्नो भोजन खानुअगि हरेकले आफ्नो खाना खान्छ । एक जना भोकै हुन्छ र अर्को मातेको हुन्छ ।
1CO 11:22 के खान र पिउनको लागि तिम्रो आफ्नै घर छैन र ? के तिमीहरू केही नभएकाहरूलाई अपमान गर्छौ र परमेश्‍वरको मण्डलीलाई तुच्छ ठान्छौ ? म तिमीहरूलाई के भनूँ ? के तिमीहरूको प्रशंसा गरूँ ? यसको निम्ति म तिमीहरूको प्रशंसा गर्दिनँ ।
1CO 11:23 मैले जे परमेश्‍वरबाट पाएँ त्यो मैले तिमीहरूलाई सुम्पिदिएँ, कि प्रभु येशू ख्रीष्‍टले धोका पाएको त्यो रात रोटी लिनुभयो ।
1CO 11:24 धन्यवाद दिनुभएपछि उहाँले रोटी भाँच्‍नुभयो र भन्‍नु भयो, “यो मेरो शरीर हो; यो तिमीहरूको निम्ति हो । मेरो सम्झनाको निम्ति यो गर ।”
1CO 11:25 त्यसरी नै खाइसक्‍नुभएपछि कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जब तिमीहरू पिउँछौ, मेरो सम्झना गर्ने गर ।”
1CO 11:26 जब जब तिमीहरूले यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्‍जेलसम्म प्रभुको मृत्युको घोषणा गर्छौ ।
1CO 11:27 यसकारण जसले अयोग्य रीतिले रोटी खान्छ र कचौराबाट पिउँछ, ऊ प्रभुको शरीर र रगतको दोषी हुनेछ ।
1CO 11:28 कुनै व्यक्‍तिले पहिले आफैँलाई जाँचोस् र रोटी खाओस् र कचौरबाट पिओस् ।
1CO 11:29 किनकि जसले शरीरको वास्ता नाराखीकन रोटी खान्छ र कचौराबाट पिउँछ, उसले खाएको र पिएको कारण आफूमाथि न्यायको दण्ड ल्याउँछ ।
1CO 11:30 त्यसकारण, तिमीहरूमध्ये धेरै जना रोगी र बिमारी छन् र कोही त मरिसकेका छन् ।
1CO 11:31 तर यदि हामीले आफैँलाई जाँच गर्‍यौँ भने हामी न्यायमा पर्नेछैनौँ ।
1CO 11:32 तर जब हामी परमेश्‍वरबाट जाँचिन्छौँ हामी अनुशासित हुनेछौँ, र संसारसँगै दोषी ठहरिनेछैनौँ ।
1CO 11:33 त्यसकारण, मेरा भाइहरू हो, जब तिमीहरू खानको लागि भेला हुन्छौ एकले अर्कालाई पर्ख ।
1CO 11:34 यदि कोही भोकाएको छ भने त्यसले घरैमा खाओस्, ताकि तिमीहरू भेला हुँदा तिमीहरू न्यायमा पर्नेछैनौ । र तिमीहरूले लेखेका अन्य विषयहरूको बारेमा म आएपछि निर्देशनहरू दिनेछु ।
1CO 12:1 भाइहरू हो, आत्मिक वरदानहरूको बारेमा तिमीहरू अनभिज्ञ रहेको म चाहन्‍नँ ।
1CO 12:2 तिमीहरूलाई थाहै छ कि कुनै बेला तिमीहरू मूर्तिपूजक थियौ । तिमीहरू कुनै न कुनै प्रकारले बोल्न नसक्‍ने मूर्तितिर बहकाइएका थियौ ।
1CO 12:3 त्यसकारण, तिमीहरूले यो जान भन्‍ने म चाहन्छु कि परमेश्‍वरका आत्माद्वारा बोल्ने कसैले पनि “येशू श्रापित होस् भन्दैन ।” पवित्र आत्माद्वारा बाहेक कसैले पनि “येशू नै प्रभु हुनुहुन्छ” भन्‍न सक्दैन ।
1CO 12:4 वरदानहरू फरक फरक भए तापनि प्रभु त एउटै हुनुहुन्छ ।
1CO 12:5 सेवाका कार्यहरू फरक फरक छन्, तर प्रभु एउटै हुनुहुन्छ ।
1CO 12:6 कामहरू विभिन्‍न किसिमका छन्, तर तिनीहरूलाई हरेकको जीवनमा सम्भव तुल्याउनुहुने परमेश्‍वर एउटै हुनुहुन्छ ।
1CO 12:7 सबैको भलाइको निम्ति हरेकलाई आत्माको बाहिर देखिने चिह्न दिइएको छ ।
1CO 12:8 किनभने एउटालाई आत्माद्वारा बुद्धिको कुरा बोल्ने वरदान दिइएको छ भने उही आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा गर्ने वरदान दिइएको छ ।
1CO 12:9 त्यसरी नै कसैलाई एउटै पवित्र आत्माद्वारा विश्‍वासको वरदान दिइएको छ भने अझ अर्कोलाई उही आत्माद्वारा निको पर्ने वरदान दिइएको छ ।
1CO 12:10 एउटालाई शक्‍तिको काम गर्ने वरदान दिइएको छ भने अर्कोलाई अगमवाणीको । एउटालाई आत्माहरू छुट्‌ट्याउने वरदान दिइएको छ भने अर्कोलाई भाषाहरूमा बोल्ने अनि कसैलाई भाषाहरूको अर्थ खोल्ने वरदान दिइएको छ ।
1CO 12:11 तर यिनीहरू सबैमा एउटै आत्माले काम गर्नुहुन्छ । उहाँको इच्छाबमोजिम उहाँले हरेकलाई व्यक्‍तिगत रूपमा वरदानहरू दिनुहुन्छ ।
1CO 12:12 जसरी शरीर एउटै हुन्छ र अङ्गहरू धेरै हुन्छन् अनि ती सबै अङ्ग एउटै शरीरको भएझैँ ख्रीष्‍टमा पनि त्यस्तै हुन्छ ।
1CO 12:13 किनभने एउटै आत्माद्वारा हामीहरू सबैको एउटै शरीरमा बप्‍तिस्मा भएको थियो, यहूदी वा ग्रिक, कमारा वा स्वतन्‍त्र; सबैलाई एउटै आत्माबाट पिउन दिइएको छ ।
1CO 12:14 किनकि शरीर एउटै अङ्गले मात्र होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ ।
1CO 12:15 यदि खुट्टाले “म हात होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा कम ठहरिँदैन ।
1CO 12:16 र त्यसरी नै कानले “म शरीरको आँखा होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा काम ठहरिँदैन ।
1CO 12:17 यदि सम्पूर्ण शरीर नै आँखा हुँदो हो त सुन्‍ने कहाँबाट ? यदि सम्पूर्ण शरीर आँखा भइदिएको भए सुँघ्‍ने कहाँबाट ?
1CO 12:18 तर परमेश्‍वरले शरीरको स्वरूप निर्माण गर्दा नै यसका अङ्गहरू मिलाएर राख्‍नुभयो ।
1CO 12:19 यदि सबै अङ्गहरू एउटै भइदिएको भए शरीर कहाँ हुन्थ्‍यो र ?
1CO 12:20 यसकारण अङ्गहरू धेरै भए तापनि शरीर एउटै छ ।
1CO 12:21 आँखाले हातलाई, “मलाई तिम्रो खाँचो छैन” भन्‍न सक्दैन । न टाउकोले खुट्टालाई “मलाई तिम्रो खाँचो छैन” भन्छ ।
1CO 12:22 बरु कमजोर ठानिएका शरीरका अङ्गहरू अत्यावश्यक हुन्छन् ।
1CO 12:23 अनि हामीले कम आदरका ठान्‍ने शरीरका अङ्गहरूलाई हामी झन् बढी नै आदर गर्दछौँ र देखाउन नमिल्ने अङ्गहरूलाई झनै बढी भद्रतासाथ राख्छौँ ।
1CO 12:24 देखाउन मिल्ने अङ्गहरूलाई इज्जत गरिरहनु आवश्यक छैन किनभने तिनीहरूले अगिबाट नै इज्‍जत पाएका छन् । तर परमेश्‍वरले सम्पूर्ण अङ्गहरूलाई सँगै जोड्नुभएको छ र कम आदर पाएकाहरूलाई झन् बढ्ता आदर दिनुभएको छ ।
1CO 12:25 शरीरमा कुनै विभाजन नहोस्, बरु हरेक अङ्गले उही स्‍नेहसाथ एक अर्कोलाई वास्ता गरून् भनेर उहाँले यसो गर्नुभएको हो ।
1CO 12:26 कुनै एउटा अङ्गले दुःख पाउँदा सबै अङ्गहरूले सँगै दुःख भोग्छन् । अथवा कुनै एउटा अङ्गको आदर हुँदा सबै अङ्गहरू सँगै आनन्दित हुन्छन् ।
1CO 12:27 अब तिमीहरू ख्रीष्‍टका शरीर हौ अनि व्यक्‍तिगत रूपले यसका अङ्ग हौ ।
1CO 12:28 अनि परमेश्‍वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्‍ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि शक्‍तिशाली कार्य गर्नेहरू, निको पार्ने वरदान पाएका व्यक्‍तिहरू, मदत गर्नेहरू, प्रशासन चलाउनेहरू र विभिन्‍न भाषाका वरदान पाएकाहरूलाई नियुक्‍त गर्नुभएको छ ।
1CO 12:29 के तिनीहरू सबै प्रेरितहरू हुन् ? के सबै अगमवक्‍ताहरू हुन् ? के सबै शिक्षकहरू हुन् ? के हामी सबैले शक्‍तिशाली कार्यहरू गर्छौं ?
1CO 12:30 के तिनीहरू सबैसँग निको पार्ने वरदान छन् ? के तिनीहरू सबै अन्य भाषाहरूमा बोल्छन् ? के तिनीहरू सबैले अन्य भाषाहरूको अर्थ खोल्छन् ?
1CO 12:31 जोसिलो भई अझ ठुला वरदानहरूको खोजी गर । अनि म तिमीहरूलाई अझ उत्तम मार्ग देखाउनेछु ।
1CO 13:1 मानौँ, म मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोल्छु, तर मसँग प्रेम छैन भने म हल्ला मच्‍चाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु ।
1CO 13:2 मानौँ, मसँग अगमवाणी गर्ने वरदान छ र म लुकेका रहस्यहरू बुझ्‍न सक्छु र मसँग पहाडहरू हटाउन सक्‍ने सम्मको विश्‍वास छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ ।
1CO 13:3 र मानौँ, मसँग भएका सबै थोकहरू गरिबहरूलाई खुवाउनको लागि दिन्छु अनि मेरो शरीरलाई जलाउन दिन्छु, तर मसँग प्रेम छैन भने मलाई केही पनि फाइदा हुँदैन ।
1CO 13:4 प्रेम सहनशील र दयालु हुन्छ । प्रेमले डाह वा घमण्ड गर्दैन । यो अहङ्कारी हुँदैन ।
1CO 13:5 वा प्रेम रुखो हुँदैन । यसले आफ्नै स्वार्थ खोज्दैन । यो सजिलै रिसाउँदैन न त यसले खराबीको हिसाब राख्छ ।
1CO 13:6 प्रेम अधार्मिकतामा खुसी हुँदैन । बरु, यो सत्यतामा रमाउँछ ।
1CO 13:7 प्रेमले सबै कुरा सहन्छ; सबै कुरामा विश्‍वास गर्छ; सबै कुरामा आत्मविश्‍वासी हुन्छ अनि सबै कुरामा स्थिर रहन्छ ।
1CO 13:8 प्रेमको कहिलै अन्त्य हुँदैन । अगमवाणीहरू बितेर जानेछन् । भाषाहरू बन्द हुनेछन् । अनि ज्ञान बितेर जानेछ ।
1CO 13:9 किनकि हामी थोरै जान्दछौँ र थोरै अगमवाणी बोल्छौँ ।
1CO 13:10 तर जब सिद्ध आउँछ अनि अपूर्ण कुरा बितेर जानेछ ।
1CO 13:11 जब म बालक थिएँ बालकले जस्तै बोलेँ र बालकले जस्तै सोचेँ अनि बालकले जस्‍तै तर्कहरू गरेँ । जब वयस्क भएँ बालकका चालहरू छोडी दिएँ ।
1CO 13:12 किनकि अहिले हामी ऐनामा अप्रत्यक्ष देख्छौँ, तर त्यस बेला आमने-सामने देख्‍नेछौँ । अहिले म थोरै जान्दछु, तर त्यस बेला म पूर्ण रूपमा जान्‍नेछु, जसरी म पूर्ण रूपमा जानिएको छु ।
1CO 13:13 तर अब यी तिनवटा कुरा रहन्छन्: विश्‍वास, भविष्‍‍यको निश्‍चयता र प्रेम । तर यी सबैमा सर्वोत्तमचाहिँ प्रेम नै हो ।
1CO 14:1 प्रेममा लागिरहो र आत्मिक वरदानहरूका लागि जोसिलो होओ, विशेष गरी अगमवाणी बोल्ने चाहना गर ।
1CO 14:2 किनभने अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्दछ । उसले गुप्‍त कुराहरूलाई आत्मामा बोल्दछ र उसको कुरा कसैले पनि बुझ्‍न सक्दैन ।
1CO 14:3 तर अगमवाणी गर्नेले मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्दछ ।
1CO 14:4 अन्य भाषामा बोल्नेले आफैँलाई निर्माण गर्छ तर अगमवाणी गर्नेले मण्डलीलाई निर्माण गर्दछ ।
1CO 14:5 तिमीहरू सबै जना अन्य भाषा बोल भन्‍ने म चाहना गर्दछु । तर त्योभन्दा पनि अझ बढी अगमवाणी गर भन्‍ने म चाहना गर्दछु । (मण्डली वृद्धि होस् भनेर कसैले त्यसको अर्थ नखोलेसम्म) अन्य भाषा बोल्नेभन्दा पनि अगमवाणी गर्ने महान् हुन्छ ।
1CO 14:6 तर भाइहरू हो, यदि म तिमीहरूकहाँ अन्य भाषामा बोल्दै आएँ भने मैले तिमीहरूलाई कसरी फाइदा पुर्‍याउँछु र ? जबसम्म मैले प्रकाश वा ज्ञानमा वा अगमवाणी वा शिक्षाको लागि मा तिमीहरूसँग बोल्दिनँ तबसम्म फाइदा पुर्‍याउँदिनँ ।
1CO 14:7 यदि मुरली वा वीणाजस्ता निर्जीव साधनहरूले फरक खालका आवाजहरू निकाल्दैनन् भने कसैले कसरी कुनचाहिँ साधन बजाइएको हो भनेर जान्‍न सक्छ ?
1CO 14:8 यदि तुरहीलाई नचिनिने आवाजमा बजाउने हो भने कसरी कसैले लडाइँको लागि तयार हुने समय हो भनेर जान्‍ने ?
1CO 14:9 तिमीहरूका लागि पनि त्यस्तै हो । यदि तिमीहरूले नबुझिने तरिकाले बोल्यौ भने तिमीहरूले बोलेका कुरा कसरी बुझ्ने ? तिमीहरू बोलिरहन्छौ र कसैले पनि तिमीहरूको कुरा बुझ्‍नेछैन ।
1CO 14:10 संसारमा धेरै भाषाहरू छन् भन्‍ने कुरामा कुनै शङ्का छैन र कुनै पनि अर्थ बिनाका छैनन् ।
1CO 14:11 तर यदि मैले भाषाको अर्थ बुझिनँ भने म त्यस व्यक्‍तिको लागि र त्यो व्यक्‍ति मेरो लागि विदेशी हुनेछ ।
1CO 14:12 तिमीहरूका निम्ति पनि यस्तै हो । तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैँ मण्डलीलाई निर्माण गर्ने कार्यमा जोसिलो बन ।
1CO 14:13 यसरी नै अन्य भाषामा बोल्ने व्यक्‍तिले त्यसको अर्थ खोल्न सकोस् भनेर प्रार्थना गरोस् ।
1CO 14:14 किनकि यदि मैले अन्य भाषामा प्राथना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो दिमागचाहिँ निष्फल हुन्छ ।
1CO 14:15 मैले के गर्ने त ? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म मेरो दिमागले पनि प्रार्थना गर्नेछु । म मेरो आत्माले गाउनेछु र म मेरो दिमागले पनि गाउनेछु ।
1CO 14:16 नत्रता यदि तिमीले आत्मामा धन्यवाद दिँदा यदि तिमीले भनेका कुरा बाहिरकाहरूले बुझेनन् भने कसरी तिनीहरूले आमेन भन्‍ने ?
1CO 14:17 किनकि तिमीले त निश्‍चय नै प्रशस्‍त मात्रामा धन्यवाद दिन्छौ, तर त्यसले अर्को व्यक्‍तिको वृद्धि गर्दैन ।
1CO 14:18 म परमेश्‍वरलाई धन्‍यवाद दिन्छु कि म तिनीहरू सबैभन्दा बढी नै अन्य भाषाहरूमा बोल्दछु ।
1CO 14:19 तर म मण्डलीमा अन्य भाषामा दस हजारवटा शब्द बोल्नुको साटो आफ्नै समझमा पाँचवटा शब्द बोल्न चाहन्छु ।
1CO 14:20 भाइहरू हो, आफ्नो सोचाइमा बालक नबन । खराबीको निम्ति बालक बन । तर आफ्नो सोचाइमा परिपक्‍व बन ।
1CO 14:21 व्‍यवस्थामा यस्तो लेखिएको छ “अनौठो भाषामा बोल्ने मानिसहरूद्वारा र विदेशीहरूका ओठद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तर पनि तिनीहरूले मलाई सुन्‍नेछैनन्” परमप्रभु भन्‍नुहुन्छ ।
1CO 14:22 त्यसकारण, अन्य भाषा विश्‍वास नगर्नेहरूको लागि चिह्न हो, विश्‍वासीहरूको लागि होइन । तर अगमवाणीचाहिँ विश्‍वासीहरूका लागि चिह्न हो, विश्‍वास नगर्नेहरूका लागि होइन ।
1CO 14:23 त्यसकारण, यदि सम्पूर्ण मण्डली भेला हुँदा सबै जनाले अन्य भाषा बोल्दा बाहिरकाहरू तथा विश्‍वास नगर्नेहरू त्यहाँ आउँदा तिनीहरूले तिमीहरू पागल हौ भनेर भन्दैनन् र ?
1CO 14:24 तर तिनीहरू सबै जनाले नै अगमवाणी गर्छौ र कोही अविश्‍वासी वा बाहिरको व्यक्‍ति भित्र आयो भने उसले सुनेको कुराले उसलाई पापको बोध हुनेछ । भनिएका सबै कुराहरूद्वारा ऊ जाँचिनेछ ।
1CO 14:25 उसको हृदयका गोप्य कुराहरू प्रकट हुन्छन् । परिणामस्वरूप, उसले परमेश्‍वरको सामु घोप्टो परी आराधना गर्नेछ । उसले परमेश्‍वर साँच्‍चै तिनीहरूका बिचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ ।
1CO 14:26 भाइहरू हो, अब के त ? जब तिमीहरू भेला हुन्छौ, तब कसैसँग भजन, शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोल्ने काम हुन्छ । सबै कुरा मण्डलीको वृद्धिको लागि गर ।
1CO 14:27 यदि कसैले अन्य भाषामा बोल्छ भने दुई वा तिनले पालैपालो बोलून् । र कसैले बोलिएको कुराको अर्थ खोलोस् ।
1CO 14:28 तर यदि त्यहाँ अर्थ खोल्ने कोही पनि छैन भने मण्डलीमा रहेको हरेक व्यक्‍ति चुप बसोस् । ऊ आफैँ र परमेश्‍वरसँग एकलै बोलोस् ।
1CO 14:29 दुई वा तिन जना अगमवक्‍ता बोलून् र अरूले त्यो भनिएको कुरालाई ध्यानसँग त्यसको जाँच गर्दै सुनून् ।
1CO 14:30 तर यदि त्‍यो सेवामा बसिरहेको कसैलाई अन्‍तर्दृष्‍टि प्राप्‍त भयो भने बोलिरहेको व्यक्‍ति चुप लागोस् ।
1CO 14:31 किनकि तिमीहरू एक-एक गरेर हरेक व्यक्‍तिले अगमवाणी गर्न सक्छौ ताकि हरेकले सिक्‍न सकोस् र सबै जना नै उत्साहित बनून् ।
1CO 14:32 अगमवक्‍ताका आत्माहरू अगमवक्‍ताकै नियन्‍त्रणमा हुन्छन् ।
1CO 14:33 किनकि परमेश्‍वर अन्योलका होइन तर शान्तिका परमेश्‍वर हुनुहुन्छ । विश्‍वासीहरूका अन्य मण्डलीहरूमा भएजस्तै
1CO 14:34 स्‍त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ ।
1CO 14:35 यदि तिनीहरूले केही सिक्‍ने चाहना गर्छन् भने तिनीहरूले आफ्ना घरमा तिनीहरूका पतिहरूलाई सोधून् । किनकि स्‍त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो ।
1CO 14:36 के परमेश्‍वरको वचन तिमीहरूबाट आएको थियो ? के यो तिमीहरूकहाँ मात्र आएको थियो ?
1CO 14:37 यदि कसैले आफैँलाई अगमवक्‍ता वा आत्मिक सम्झन्छ भने मैले तिमीलाई लेखेका कुराहरू परमप्रभुका आज्ञाहरू हुन् भनी उसले स्वीकार गर्नुपर्छ ।
1CO 14:38 तर यदि कसैले यसलाई स्वीकार गर्दैन भने उसलाई पनि स्वीकार नगरियोस् ।
1CO 14:39 यसैले भाइहरू हो, अगमवाणी गर्ने दृढ चाहना गर र कसैलाई पनि अन्य भाषा बोल्नदेखि नरोक ।
1CO 14:40 तर सबै कामहरू उचित तरिकाले र व्यवस्थित रूपमा गर ।
1CO 15:1 भाइहरू हो, तिमीहरूका माझमा मैले घोषणा गरेको सुसमाचार तिमीहरूलाई म स्मरण गराउँछु जुन तिमीहरूले पायौ र तिमीहरू त्यसैमा रहन्छौ ।
1CO 15:2 मैले प्रचार गरेको वचनमा अटल रह्‍यौ भने यही सुसमाचारद्वारा तिमीहरू बचाइन्छौ । नत्रता तिमीहरूले व्यर्थमा विश्‍वास गर्‍यौ ।
1CO 15:3 किनकि मैले जे पाएँ ती तिमीहरूलाई अति महत्त्वका साथ सुम्पिदिएः धर्मशास्‍त्रअनुसार ख्रीष्‍ट हाम्रा पापका लागि मर्नुभयो,
1CO 15:4 उहाँ गाडिनुभयो अनि धर्मशास्‍त्रअनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो ।
1CO 15:5 त्यसपछि उहाँ केफास र बाह्र जना चेलाकहाँ देखा पर्नुभयो ।
1CO 15:6 त्यसपछि उहाँ एकसाथ पाँचसय भाइहरूकहाँ देखा पर्नुभयो । तीमध्ये धेरै जना अहिलेसम्म जीवित छन्, तर कतिचाहिँ मरिसकेका छन् ।
1CO 15:7 त्यसपछि उहाँ याकूब र बाँकी रहेका सबै प्रेरितहरूका माझमा देखा पर्नुभयो ।
1CO 15:8 अन्त्यमा उहाँ असमयमा जन्मेको बालककहाँ जस्तै गरी मकहाँ देखा पर्नुभयो ।
1CO 15:9 किनकि म प्रेरितहरूमध्ये सबैभन्दा तुच्छ हुँ । म प्रेरित कहलाइन योग्य छैनँ किनकि मैले परमेश्‍वरको मण्डलीलाई सताएँ ।
1CO 15:10 तर म जे छु परमेश्‍वरको अनुग्रहमा छु र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन । बरु, मैले तिनीहरू सबैले भन्दा बढी परिश्रम गरेँ । तरै पनि त्यो मैले होइनँ तर ममा काम गर्नुहुने परमेश्‍वरको अनुग्रहले थियो ।
1CO 15:11 यसैकारण, म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्‍वास गर्‍यौ ।
1CO 15:12 अब यदि ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्‍न सक्छौ ?
1CO 15:13 तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन ।
1CO 15:14 र यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने हाम्रो प्रचार पनि व्यर्थ हुन्छ र तिमीहरूको विश्‍वास पनि व्यर्थ हुन्छ ।
1CO 15:15 अनि परमेश्‍वरले ख्रीष्‍टलाई जीवित नपारीकन उहाँले जीवित पार्नुभयो भनेर उहाँको विरुद्धमा झुटो गवाही दिएको कारण हामी झुटा गवाह हुन्छौँ ।
1CO 15:16 यदि मरेकाहरू जीवित पारिँदैनन् भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन ।
1CO 15:17 तर यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने तिमीहरूको विश्‍वास व्यर्थ हुन्छ र तिमीहरू अझै पनि पापमा नै छौ ।
1CO 15:18 तब ख्रीष्‍टमा मर्नेहरू पनि नष्‍ट भएका छन् ।
1CO 15:19 यदि यस जीवनको लागि मात्र हामीले ख्रीष्‍टमा भविष्यको निश्‍चयता पाएका छौँ भने त हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौँ ।
1CO 15:20 तर अब ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको छ र यसरी मरेकाहरूबाट जीवित भई उठ्नेमा उहाँ पहिलो फल हुनुभएको छ ।
1CO 15:21 किनकि मृत्यु एक जना मानिसबाट आयो र मृतकहरूको पुनरुत्थान पनि एक जना मानिसबाट नै आयो ।
1CO 15:22 किनकि जसरी आदममा सबैको मृत्यु हुन्छ, त्यसरी नै ख्रीष्‍टमा सबै जीवित परिनेछन् ।
1CO 15:23 तर प्रत्येक कुरा आफ्नै क्रमअनुसार हुनेछः ख्रीष्‍ट पहिलो फल हुनुहुन्छ र त्यसपछि ख्रीष्‍टमा भएकाहरू उहाँको आगमनमा जीवित पारिनेछन् ।
1CO 15:24 त्यसपछि अन्त्य आउनेछ, जुन बेला ख्रीष्‍टले राज्यलाई परमेश्‍वर पिताको हातमा सुम्पिदिनुहुनेछ । त्यस बेला उहाँले सबै शासन, सारा अख्तियार र सबै सामर्थ्यलाई उन्मूलन गरिदिनुहुनेछ ।
1CO 15:25 किनकि आफ्ना सबै शत्रुहरूलाई आफ्ना खुट्टामुनि नपारुञ्‍जेलसम्म उहाँले शासन गर्नुहुनेछ ।
1CO 15:26 नष्‍ट गर्नुपर्ने अन्तिम शत्रु मृत्यु हो ।
1CO 15:27 किनकि “उहाँले सबै कुरालाई उहाँको आफ्नो पाउमुनि ल्याउनुहुनेछ ।” तर “उहाँले सबै कुरा आफ्नो अधीनमा राख्‍नुभएको छ” भन्‍नाले यसको अर्थ हुन्छ कि सबै कुरा उहाँको अधीनमा राख्‍नेचाहिँ यसमा पर्नुहुन्‍न ।
1CO 15:28 जब सबै कुरा उहाँको अधीनमा राखिन्छन्, तब पुत्रको अधीनमा सबै कुराहरू राखिदिनेको अधीनमा उहाँ आफैँ आउनुहुनेछ । परमेश्‍वर पिता सबै कुरामा सर्वोच्‍च ठहरिन सक्‍नुभएको होस् भनेर यसो हुनेछ ।
1CO 15:29 नत्रता मरेकाहरूको निम्ति बप्‍तिस्मा लिनेहरूले के गर्ने त ? यदि मरेकाहरू जीवित नपारिने हो भने किन तिनीहरूका निम्ति उनीहरूले बप्‍तिस्मा लिए ?
1CO 15:30 र किन हामी हरपल खतरामा छौँ ?
1CO 15:31 म प्रतिदिन मर्दछु । भाइहरू हो, म तिमीहरूमा गर्व गर्दछु, जुन मैले येशू ख्रीष्‍ट हाम्रा प्रभुमा पाएको छु ।
1CO 15:32 यदि मरेकाहरू जीवित भई उठ्दैनन् भने एफिससमा मैले मेरो ज्यानलाई नै जोखिममा पारेर जङ्गली जनावरसँग गरेको लडाइँले मानवीय दृष्‍टिबाट मलाई के लाभ हुन्छ र ? त्यसैले, “हामी खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ ।”
1CO 15:33 भर्ममा नपर “खराब सङ्गतले असल चरित्रलाई बिगार्छ ।”
1CO 15:34 धोका नखाओ ! धार्मिकतामा जिओ ! पाप गरी नरहो । किनकि तिमीहरूमध्ये कतिलाई त परमेश्‍वरको कुनै ज्ञानै छैन । तिमीहरूलाई लज्जित पार्न म यो भन्दछु ।
1CO 15:35 तर कसैले यसरी भन्‍नेछ, “मरेकाहरू कसरी जीवित पारिन्छन् ? अनि कस्तो शरीर लिएर तिनीहरू आउनेछन् ?”
1CO 15:36 तिमीहरू अति अन्जान छौ ! जे रोप्छौ सो नमरेसम्म उम्रन थाल्नेछैन,
1CO 15:37 अनि तिमीहरूले जे रोप्छौ त्यो पछि हुने शरीर होइन, तर बिउ मात्र हो । त्यो गहुँ या अन्य कुनै कुरा बन्‍न सक्छ ।
1CO 15:38 तर परमेश्‍वरले चाहेअनुसारको शरीर त्यसलाई दिनुहुनेछ र प्रत्येक बिउलाई त्यसको आफ्नै शरीर दिनुहुनेछ ।
1CO 15:39 सबै शरीर उस्तै हुँदैनन् । मानवीय शरीर एक किसिमको हुन्छ भने पशुको शरीर अर्को किसिमको र त्यसरी नै चराहरू वा माछाहरूको शरीर अर्कै किसिमको हुन्छ ।
1CO 15:40 त्यसरी नै स्वर्गीय तथा पार्थिव शरीरहरू हुन्छन् । तर स्वर्गीय शरीरको महिमा एक किसिमको र पार्थिव शरीरको महिमा अर्कै हुन्छ ।
1CO 15:41 सूर्यको महिमा एक किसिमको हुन्छ र चन्द्रमाको अर्कै र त्यसरी नै ताराहरूको महिमा फरक हुन्छ । किनकि एउटा ताराको महिमा अर्को ताराको भन्दा फरक हुन्छ ।
1CO 15:42 मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो । रोपिएको कुरा नष्‍ट भएर जानेछ र उठाइएको कुरा नष्‍ट हुनेछैन ।
1CO 15:43 त्यसलाई अनादरमा रोपिन्छ र महिमामा उठाइन्‍छ; त्यसलाई कमजोरीमा रोपिन्छ र शक्‍तिमा उठाइनेछ ।
1CO 15:44 त्यसलाई प्राकृतिक शरीरमा रोपिन्छ र आत्मिक शरीरमा उठाइन्छ । यदि प्राकृतिक शरीर हुन्छ भने आत्मिक शरीर पनि हुन्छ ।
1CO 15:45 त्यसैले, यस्तो पनि लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राण बन्यो ।” अन्तिम आदम जीवन दिने आत्मा बन्‍नुभयो ।
1CO 15:46 तर पहिले आएकोचाहिँ आत्मिक होइन, तर प्राकृतिक थियो त्यसपछि आत्मिक आयो ।
1CO 15:47 पहिलो मानिस भूमिको माटोबाट बनाइएको पृथ्वीको हो । दोस्रो मानिस स्वर्गबाट आएको हो ।
1CO 15:48 माटोबाट बनेको मानिसजस्तो हो; माटोबाट बनिएकाहरू पनि त्यस्तै हुन् । र स्वर्गको मानिस जस्तो छ, स्वर्गकाहरू पनि त्यस्तै हुन्छन् ।
1CO 15:49 जसरी हामी सबैले माटोबाट बनेको मानिसको रूप धारण गरेका छौँ, त्यसरी नै स्वर्गबाट आउनुभएका मानिसको रूपलाई धारण गरेका छौँ ।
1CO 15:50 त्यसैले, अब भाइहरू हो म भन्छु कि मासु र रगत परमेश्‍वरको राज्यको हकदार हुन सक्‍नेछैन, न त विनाशी अविनाशिको हकदार हुन सक्छ ।
1CO 15:51 हेर ! म तिमीहरूलाई गोप्य सत्य बताउँछुः हामी सबै मर्नेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ ।
1CO 15:52 हामीहरू एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको अन्तिम आवाजमा परिवर्तन हुनेछौँ । किनकि तुरही बज्‍नेछ र मरेकाहरू अविनाशी शरीरमा जीवित पारिनेछन् र हामी परिवर्तन हुनेछौँ ।
1CO 15:53 किनकि विनाशीले शरीरले अविनाशी शरीरलाई धारण गर्नुपर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ ।
1CO 15:54 यो विनाशी शरीरले अविनाशीलाई धारण गर्नेछ र यो मरणशील शरीरले अमरत्व धारण गरेपछि यसरी लेखिएको वचन पुरा हुन आउनेछः “मृत्यु विजयमा निलिएको छ ।”
1CO 15:55 “हे मृत्यु तेरो विजय कहाँ छ ? मृत्यु तेरो खिल कहाँ छ ?”
1CO 15:56 मृत्युको खिल पाप हो र पापको शक्‍ति व्यवस्था हो ।
1CO 15:57 तर येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा हामीलाई विजय दिने परमेश्‍वरलाई धन्यवाद होस् !
1CO 15:58 त्यसैकारण, मेरा प्रिय भाइहरू हो, स्थिर र अटल रहो । सधैँ परमेश्‍वरको काममा व्यस्त रहो, किनकि परमेश्‍वरमा तिमीहरूको काम व्यर्थ हुँदैन ।
1CO 16:1 अब विश्‍वासीहरूका निम्ति भेटीको बारेमा गलातीका मण्डलीहरूलाई मैले निर्देशन दिएअनुसार तिमीहरूले गर्नू ।
1CO 16:2 हप्‍ताको पहिलो दिन तिमीहरूको दक्षताअनुसार हरेकले केही जम्मा गरेर एक ठाउँमा भेला गर, ताकि म आउँदा भेटी उठाउन नपरोस् ।
1CO 16:3 र जब म आइपुग्छु, तिमीहरूले समर्थन गरेका व्यक्‍तिको हातमा पत्र लेखेर तिमीहरूको भेटीलाई यरूशलेममा पठाइदिनेछु ।
1CO 16:4 र म पनि जानको निम्ति उचित भयो भने, तिनीहरू मसँगै जानेछन् ।
1CO 16:5 तर माकेडोनियाको यात्रा गरिसकेपछि म तिमीहरूकहाँ आउनेछु, किनकि म माकेडोनिया भएर जानेछु ।
1CO 16:6 सायद म तिमीहरूसँगै बस्‍नेछु अथवा पुरै हिउँद बिताउनेछु, ताकि तिमीहरूले मेरो यात्रामा म जहाँ जान्छु त्यहाँ सहायता गर्न सक ।
1CO 16:7 किनकि अब म छोटो समयको निम्ति मात्र तिमीहरूलाई भेट्न चाहन्‍नँ । यदि परमेश्‍वरले मलाई अनुमति दिनुभयो भने मैले तिमीहरूसँग केही समय बिताउने आशा राखेको छु ।
1CO 16:8 तर म पेन्तिकोससम्म एफिससमा नै बस्‍नेछु ।
1CO 16:9 किनकि मेरो निम्ति फराकिलो ढोका खोलिएको छ, तर त्यहाँ धेरै विरोधीहरू पनि छन् ।
1CO 16:10 तिमोथी त्यहाँ आउँदा तिनलाई तिमीहरूसँग बिनाडर बस्‍न देओ, किनकि तिनी पनि मैले जस्तै परमेश्‍वरको सेवा गर्दछन् ।
1CO 16:11 कसैले पनि तिनको अवहेलना नगरोस् । शान्तिसँग तिनको यात्रामा सहायता गर, ताकि तिनी मकहाँ आउन सकून् । किनकि तिनी अरू भाइहरूसँगै आउनेछन् भनी मैले आशा गरिरहेको छु ।
1CO 16:12 अब हाम्रा भाइ अपोल्लोसको बारेमा भन्‍नुपर्दा मैले तिनलाई भाइहरूका साथ तिमीहरूकहाँ भेटघाटमा जानको निम्ति धेरै आग्रह गरेँ । तिनलाई तिमीहरूकहाँ आउन मन भएन । तापनि ठिक समयमा तिनी तिमीहरूकहाँ आउनेछन् ।
1CO 16:13 सतर्क रहो; विश्‍वासमा दृढ बस; मानिसजस्तै बन र सामर्थी बन ।
1CO 16:14 तिमीले जे गर्छौ, सबै प्रेममा गर ।
1CO 16:15 स्तिफनासको घरानालाई तिमी जान्दछौ जो अखैयाका पहिलो विश्‍वासी हुन् । तिनीहरूले विश्‍वासीहरूको सेवाको निम्ति आफैँलाई समर्पित गरेका छन् । भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्दछु कि
1CO 16:16 त्यस्ता मानिसहरू र हामीलाई काममा सहायता गर्ने अनि हामीसँग परिश्रम गर्नेहरूको अधीनमा रहो ।
1CO 16:17 स्तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित हुन्छु । तिनीहरूले तिमीहरूको अनुपस्थितिलाई पुरा गरिदिए ।
1CO 16:18 किनकि तिनीहरूले मेरो र तिमीहरूको आत्मालाई ताजा पारिदिएका छन् । त्यसैले गर्दा मानिसहरूको कदर गर ।
1CO 16:19 एसियामा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । अकिलास र प्रिस्काले र तिनीहरूको घरमा भएको मण्डलीले पनि तिमीहरूलाई प्रभुमा अभिवादन पठाएका छन् ।
1CO 16:20 सबै भाइहरूले अभिवादन पठाएका छन् । एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।
1CO 16:21 म पावल, मेरो आफ्नै हातले यो पत्र लेख्छु ।
1CO 16:22 यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने ऊ श्रापित होस् । हाम्रा प्रभु, आउनुहोस् ।
1CO 16:23 हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस् ।
1CO 16:24 ख्रीष्‍ट येशूमा तिमीहरू सबैलाई मेरो प्रेम छ ।
2CO 1:1 पावल, परमेश्‍वरको इच्छा अनुसार येशू ख्रीष्‍टका प्रेरित, र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्‍वरको मण्डली र अखैया प्रान्तमा रहेका सम्पूर्ण विश्‍वासीहरूलाई ।
2CO 1:2 हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहेको होस् ।
2CO 1:3 हाम्रा पिता परमेश्‍वर येशू ख्रीष्‍टलाई प्रशंसा भएको होस् । उहाँ दयाका पिता र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ ।
2CO 1:4 परमेश्‍वरले हाम्रा सारा दुःख कष्‍टमा हामीलाई सान्त्वना दिनुहुन्छ । त्यसैले, हामी पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सक्छौँ । परमेश्‍वरले हामीलाई सान्त्वना दिनको निम्ति प्रयोग गर्नुभएको सान्त्वनाद्वारा नै हामी अरूलाई सान्त्वना दिन्छौँ ।
2CO 1:5 जसरी हाम्रो निम्ति ख्रीष्‍टको कष्‍ट प्रशस्त छ, त्यसरी नै ख्रीष्‍टद्वारा हाम्रो सान्त्वना प्रशस्त हुन्छ ।
2CO 1:6 तर यदि हामीले दुःख भोग्यौँ भने यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो । र यदि हामीले सान्त्वना पायौँ भने यो तिमीहरूको सान्त्वनाको निम्ति हो । तिमीहरू हाम्रो दुःखमा धैर्यसाथ सहभागी हुँदा तिमीहरूको सान्त्वनाले प्रभावकारी रूपले काम गरिरहेको हुन्छ ।
2CO 1:7 तिमीहरूको निम्ति हाम्रो आशा दृढ छ । तिमीहरू दुःखमा सहभागी हुँदा सान्त्वनामा पनि सहभागी हुन्छौ भन्‍ने हामीलाई थाहा छ ।
2CO 1:8 भाइहरू हो, हामीले एसियामा भोगेका दुःखको बारेमा तिमीहरू अजान रहो भन्‍ने हामी चाहन्‍नौँ । हामीले सहन नसक्‍ने किसिमले हामी मिचिएका थियौँ, यति साह्रो कि हामीले बाँच्ने आशा नै मारेका थियौँ ।
2CO 1:9 वास्तवमा, हामीमाथि मृत्युदण्ड थियो । तर त्यो हामी आफैँमा होइन, मृतकहरूलाई जीवन दिनुहुने परमेश्‍वरमाथि भरोसा गर्न सकौँ भनेर भएको थियो ।
2CO 1:10 उहाँले हामीलाई त्यस्तो घातक जोखिमबाट बचाउनुभयो र फेरि पनि उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ भन्‍ने हामीले उहाँमा आशा राखेका छौँ ।
2CO 1:11 उहाँले यसो गर्नुहुनेछ जसरी तिमीहरूले पनि हामीलाई आफ्ना प्रार्थनाद्वारा मदत गर्छौ । त्यसपछि धेरैको प्रार्थनाद्वारा हामीलाई दिइएको अनुग्रही कृपाको लागि धेरैले हाम्रो तर्फबाट धन्यवाद दिनेछन् ।
2CO 1:12 हाम्रो अन्तस्करणको गवाहीमा हामी गर्व गर्छौं । किनकि यो परमेश्‍वरबाट आउने शुद्ध प्रेरणा र इमानदारीमा छ जसअनुसार हामी यो संसारमा चलेका छौँ । विशेष गरी, हामीले यो तिमीहरूसँग अझ बढी गरेका छौँ, सांसारिक ज्ञानमा होइन, तर परमेश्‍वरको अनुग्रहमा ।
2CO 1:13 हामी तिमीहरूले पढ्न र बुझ्न नसक्‍ने गरी केही पनि लेख्दैनौँ । म आशा गर्छु, कि तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ ।
2CO 1:14 जसरी अहिले तिमीहरूले हामीलाई केही मात्रमा बुझ्यौ । येशू ख्रीष्‍टको दिनमा हामी तिमीहरूका निम्ति गर्व गर्ने कारण बन्‍नेछौँ, जसरी तिमीहरू हाम्रा कारण बन्‍नेछौ ।
2CO 1:15 यो कुरामा म निर्धक्‍क भएको कारण, तिमीहरूले दुईवटा भेटको लाभ उठाउन सक भनेर म तिमीहरूकहाँ अगाडि नै आउन चाहन्थेँ ।
2CO 1:16 माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्ने मैले योजना बनाउँदै थिएँ । माकेडोनियाको यात्रापछि म फेरि तिमीहरूलाई भेट्न चाहन्थेँ, र तिमीहरूले मलाई यहूदियाको बाटो हुँदै पठाएको चाहन्थेँ ।
2CO 1:17 जब मैले यस तरिकाले सोच्दै थिएँ, तब के म हिच्किचाएँ र ? के मैले मानवीय मापनअनुसार योजनाहरू बनाएँ कि मैले एकै समयमा “हो” र “होइन” भनेँ र ?
2CO 1:18 तर जसरी परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, हामी एकैसाथ “हो” र “होइन” भन्दैनौँ ।
2CO 1:19 किनकि परमेश्‍वरका पुत्र येशू ख्रीष्‍ट जसलाई सिलास, तिमोथी र मैले तिमीहरूमाझ घोषणा गर्‍यौँ, जो चाहिँ “हो” र “होइन” हुनुहुन्‍न । बरु, उहाँ सदा “हो” हुनुहुन्छ ।
2CO 1:20 किनकि परमेश्‍वरका सबै प्रतिज्ञा उहाँमा “हो” नै हुन्छन् । यसैले, उहाँद्वारा नै हामीले परमेश्‍वरको महिमालाई “आमेन” भनेका छौँ ।
2CO 1:21 अब परमेश्‍वर जसले हामीलाई तिमीहरूसँग ख्रीष्‍टमा दरिला पार्नुहुन्छ, उहाँले हामीलाई नियुक्ति गर्नुभयो ।
2CO 1:22 उहाँले आफ्नो छाप हामीमा लगाउनुभयो र हामीलाई पछि दिने कुराको बैनाको रूपमा हाम्रो हृदयमा पवित्र आत्मा दिनुभयो ।
2CO 1:23 बरु, मैले परमेश्‍वरलाई मेरो गवाहीको लागि पुकारेँ । त्यसैले, तिमीहरूलाई बचाउन सकूँ भनेर म कोरिन्थमा आइनँ ।
2CO 1:24 तिमीहरूको विश्‍वास कस्तो हुनुपर्छ भनेर हामीले नियन्‍त्रण गर्ने प्रयास गरेको कारण यसो भएको होइन । बरु, हामी तिमीहरूको आनन्दको निम्ति तिमीहरूसँग काम गरिरहेका छौँ जसरी तिमीहरू आफ्नो विश्‍वासमा अटल रहन्छौ ।
2CO 2:1 तिमीहरूको दुःखपूर्ण अवस्थामा म फेरि तिमीहरूकहाँ नआउने निर्णय मैले गरेँ ।
2CO 2:2 यदि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने, मैले जसलाई दुःखित तुल्याएँ उसले बाहेक अरू कसले मलाई खुसी तुल्याउन सक्छ र ?
2CO 2:3 मैले जे लेखेँ, त्यो यसकारण लेखेँ कि म तिमीहरूकहाँ आउँदा जुन व्यक्‍तिहरूद्वारा मैले आनन्द पाउनुपर्ने थियो तिनीहरूद्वारा म दुःखित नहोऊँ । मेरो आनन्द तिमीहरू सबैमा भएको जस्तै छ भन्‍ने कुरामा म निश्‍चित छु ।
2CO 2:4 किनकि मैले ठुलो कष्‍ट, हृदयको पीडा र धेरै आँशुका साथमा तिमीहरूलाई लेखेँ । म तिमीहरूलाई कष्‍ट दिन चाहन्‍न थिएँ । बरु, तिमीहरूप्रति भएको मेरो प्रेमको गहिराइ तिमीहरूले थाहा पाओ भन्‍ने म चाहन्थेँ ।
2CO 2:5 यदि कसैले दुःख दिएको छ भने, त्यसले मलाई मात्र छैन, तर केही हदसम्म (यसलाई कडा गरी नभन्‍ने हो भने) तिमीहरू सबैलाई पनि दुःखित तुल्याएको छ ।
2CO 2:6 त्यो व्यक्‍तिलाई बहुमतद्वारा दिइएको सजाय पर्याप्‍त छ ।
2CO 2:7 त्यसैले, अब सजायको साटो उसलाई क्षमा र सान्त्वना देओ । उसले धेरै दुःखबाट हरेस नखाओस् भनेर यसो गर ।
2CO 2:8 उसको निम्ति गरेको तिमीहरूको प्रेम सार्वजनिक रूपमा प्रकट गर ।
2CO 2:9 तिमीहरूलाई जाँच गर्न सकूँ र तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ भनी मैले बुझ्‍न सकूँ भनेर मैले तिमीहरूलाई लेखेँ ।
2CO 2:10 यदि तिमीहरूले कसैलाई क्षमा दियौ भने, म पनि त्यस व्यक्‍तिलाई क्षमा दिनेछु । यदि मैले केही क्षमा दिएको छु भने, यो येशूको उपस्थितिमा तिमीहरूका निम्ति हो ।
2CO 2:11 यसैले, शैतानले हामीलाई छक्याउने छैन । किनकि हामी त्यसका योजनाहरूको विषयमा अजान छैनौँ ।
2CO 2:12 जब म ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआस सहर आएँ, त्यहाँ मेरो लागि प्रभुले ढोका खोलिदिनुभएको थियो ।
2CO 2:13 तापनि, मलाई मनमा शान्ति मिलेन, किनकि मैले मेरा भाइ तीतसलाई त्यहाँ भेटिनँ । त्यसैले, उनीहरूलाई छोडेर म माकेडोनिया फर्कें ।
2CO 2:14 तर परमेश्‍वरलाई धेरै धन्यवाद होस्, जसले हामीलाई सधैँ विजयमा अगुवाइ गर्नुहुन्छ । हामीद्वारा उहाँले सबैतिर ज्ञानको मिठो सुबास्‍ना छर्नुहुन्छ ।
2CO 2:15 किनकि हामी परमेश्‍वरको निम्ति उद्धार पाएकाहरू र नष्‍ट भइरहेकाहरूका निम्ति ख्रीष्‍टका सुबास्‍ना हौँ ।
2CO 2:16 नष्‍ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको सुबास्‍ना हो । अनि बचाइएकाहरूको लागि हामी जीवनदेखि जीवनसम्मको सुबास्‍ना हो । यी कुराहरूका लागि को योग्यको छ ?
2CO 2:17 हामी नाफाको लागि परमेश्‍वरको वचन बेच्‍ने धेरै मानिसहरूजस्ता होइनौँ । बरु, हामी ख्रीष्‍टमा शुद्ध अभिप्रायले परमेश्‍वरको दृष्‍टिमा उहाँले पठाउनुभएको जस्तै गरी बोल्दछौँ ।
2CO 3:1 के हामी फेरि आफ्नो प्रशंसा आफैँ गर्न लागिरहेका छौँ ? केही मानिसहरूलाई जस्तै हामीलाई पनि तिमीहरू समक्ष वा तिमीहरूबाट सिफारिस पत्रको जरुरी छैन, छ र ?
2CO 3:2 तिमीहरू नै हाम्रो लागि हृदयमा लेखिएको सिफारिस पत्र हौ जसलाई सबै मानिसले पढेका र जानेका छन् ।
2CO 3:3 र तिमीहरू हामीद्वारा वितरण गरिएका ख्रीष्‍टका पत्र हौ भन्‍ने तिमीहरूले नै देखाउँछौ । यो मसीले होइन, तर जीवित परमेश्‍वरको आत्माबाट लेखिएको थियो । यो ढुङ्गाको पाटीमा लेखिएको थिएन, तर मानिसहरूका हृदयका पाटीमा लेखिएको थियो ।
2CO 3:4 र यो ख्रीष्‍ट येशूद्वारा परमेश्‍वरमा भएको हाम्रो आत्मविश्‍वास हो ।
2CO 3:5 कुनै पनि कुरा हामीबाट आइरहेको छ भनेर दाबी गर्न हामी आफैँ योग्य छैनौँ । बरु, हाम्रो योग्यता परमेश्‍वरबाट आएको हो ।
2CO 3:6 परमेश्‍वरले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभएको छ । यो करार अक्षरबाट होइन, तर आत्माबाट हो । किनकि अक्षरले मार्दछ, तर आत्माले जीवन दिन्छ ।
2CO 3:7 अब ढुङ्गामा कुँदिएको मृत्यु ल्याउने अक्षर यस्तो महिमासँग इस्राएलीहरूको बिचमा आयो कि इस्राएलीहरूले मोशाको अनुहार सिधै हेर्न सकेनन् । यो उनको अनुहारको महिमाको कारणले गर्दा हो, जुन महिमा मन्द हुँदै थियो ।
2CO 3:8 पवित्र आत्माको काम झन् कति धेरै महिमित होला ?
2CO 3:9 यदि निन्दापूर्ण सेवाको महिमा थियो भने धार्मिकताको सेवा अझ कति धेरै महिमित हुन्छ !
2CO 3:10 किनकि वास्तवमा जुन एक समय महिमित पारिएको थियो, यसलाई माथ गर्ने अर्को महिमाको कारण अहिले त्यो महिमित छैन ।
2CO 3:11 यदि बितेर जानेको कुराको महिमा थियो भने सधैँको लागि रहने कुराको झन् कति धेरै महिमा हुनेछ !
2CO 3:12 हामीसँग यस्तो आशा भएको कारण हामी साहसी छौँ ।
2CO 3:13 हराउँदै गरेको महिमाको अन्त्य इस्राएलीहरूले सिधै देख्‍न नसकून् भनेर हामी आफ्नो अनुहारमा घुम्टो लगाउने मोशाजस्ता छैनौँ ।
2CO 3:14 तर तिनीहरूका मन कठोर पारिएका थिए । पुरानो करार पढ्दा आजको दिनसम्म पनि त्यो घुम्टो रहिरहन्छ । त्यो खोलिएको छैन, किनकि ख्रीष्‍टमा मात्र यो खोलिन्छ ।
2CO 3:15 तर आज पनि जब मोशाको बारेमा पढिन्छ, तिनीहरूको हृदयमा घुम्टो रहन्छ ।
2CO 3:16 तर जब कोही व्यक्‍ति परमप्रभुमा फर्किन्छ, तब घुम्टो हटाइन्छ ।
2CO 3:17 परमप्रभु आत्मा हुनुहुन्छ । जहाँ परमप्रभुको आत्मा छ, त्यहाँ स्वतन्‍त्रता हुन्छ ।
2CO 3:18 अब हामी सबै घुम्टो हटाइएको अनुहारले परमप्रभुको महिमालाई हेर्छौं । हामी एक महिमादेखि अर्को महिमामा उक्लँदै त्यही महिमामा बद्‌लिँदै छौँ । यो परमप्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ ।
2CO 4:1 त्यसकारण, हामीसँग यो सेवा-कार्य भएको र हामीले यो दया पाएको कारणले गर्दा हामी निराश हुँदैनौँ ।
2CO 4:2 बरु, हामीले गोप्य र लाजमर्दा मार्गहरू त्यागेका छौँ । हामी धूर्ततामा जिउँदैनौँ र हामी परमेश्‍वरको वचनलाई गलत तरिकाले चलाउँदैनौँ । सत्यता प्रस्तुत गर्दै परमेश्‍वरको नजरमा प्रत्येकको विवेकप्रति हामी आफैँलाई सिफारिस गर्दछौँ ।
2CO 4:3 यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको छ भने, त्यो विनाश भइरहेकाहरूका निम्ति मात्र ढाकिएको छ ।
2CO 4:4 तिनीहरूको विषयमा भन्‍ने हो भने, यस संसारको देवले तिनीहरूको अविश्‍वासी मनहरू अन्धो तुल्याइदिएको छ । फलस्वरूप, तिनीहरू ख्रीष्‍टको महिमाको सुसमाचारको प्रकाश देख्‍न सक्दैनन्, जो परमेश्‍वरको स्वरूप हुनुहुन्छ ।
2CO 4:5 किनकि हामी आफैँलाई होइन, तर ख्रीष्‍टको खातिर तिमीहरूका सेवकको रूपमा रहेर ख्रीष्‍ट येशूलाई घोषणा गर्छौं जो प्रभु हुनुहुन्छ ।
2CO 4:6 किनकि परमेश्‍वरले भन्‍नुभयो, “अन्धकारबाट ज्योति चम्कनेछ ।” येशू ख्रीष्‍टको उपस्थितिमा परमेश्‍वरको महिमाको ज्ञानको ज्योति दिन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ ।
2CO 4:7 यो अति नै महान् शक्‍ति हामीसँग होइन, तर परमेश्‍वरसँग छ भन्‍ने स्पष्‍ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ ।
2CO 4:8 हामी सबैतिरबाट कष्‍टित भएका छौँ, तर निराश भएका छैनौँ ।
2CO 4:9 हामी सताइएका छौँ, तर त्यागिएका छैनौँ । हामी हिर्काइएका छौँ, तर नाश पारिएका छैनौँ ।
2CO 4:10 येशूको जीवन हाम्रा शरीरमा देखियोस् भनेर हामी हाम्रा शरीरमा सधैँ येशूको मृत्युलाई बोकिहिँड्छौँ ।
2CO 4:11 हाम्रा मानवीय शरीरहरूमा येशूको जीवन देखा परोस् भनेर जीवित भएका हामीहरू येशूको खातिर सधैँ मृत्युमा सुम्पिइँदै छौँ ।
2CO 4:12 यही कारणले, हामीमा मृत्युले काम गर्दछ, तर जीवनले तिमीहरूमा ।
2CO 4:13 “मैले विश्‍वास गरेँ, यसैले मैले बोलेँ ।” भनेर लेखिएजस्तै हामीसँग विश्‍वासको उस्तै आत्मा छ ।
2CO 4:14 हामीलाई थाहा छ, कि जसले प्रभु येशूलाई पुनः जीवित पार्नुभयो, उहाँले हामीलाई पनि उहाँसँगै पुनः जीवित पार्नुहुनेछ । हामीलाई थाहा छ, कि उहाँले हामीलाई तिमीहरूसँगै उहाँको उपस्थितिमा ल्याउनुहुनेछ ।
2CO 4:15 हरेक कुरा तिमीहरूको निम्ति हो ताकि जसरी धेरै मानिसहरूमा अनुग्रह फैलिएको छ, त्यसरी नै परमेश्‍वरको महिमाको लागि धन्यवाद दिने काम पनि वृद्धि होस् ।
2CO 4:16 त्यसकारण हामी निराश हुँदैनौँ । हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि, भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौँ ।
2CO 4:17 किनकि यो क्षणिक छ, हलुका कष्‍टले हामीलाई सबै नापलाई माथ गर्ने वजनदार अनन्त महिमाको लागि तयार पारिरहेको छ ।
2CO 4:18 किनकि हामीले देखिने कुराहरूको होइन, तर नदेखिने कुराहरूको प्रतीक्षा गरिरहेका छौँ । देखिने कुराहरू क्षणिक हुन्छन् र नदेखिने कुराहरू अनन्तसम्म रहन्छन् ।
2CO 5:1 हामी जान्दछौँ, कि हामीले बास गरेको यो यो पार्थिव शरीर नष्‍ट भयो भने पनि हामीसँग परमेश्‍वरले दिनुभएको भवन छ । यो मानिसको हातले बनाएको घर होइन, तर स्वर्गमा रहेको अनन्तसम्म रहने घर हो ।
2CO 5:2 किनकि हाम्रो स्वर्गीय बासस्थानको पोशाक पहिरिने आशामा हामी यो पालमा पीडाले आर्तनाद गर्छौं ।
2CO 5:3 हामी यसको इच्छा गर्छौं किनकि यसलाई पहिरिएपछि हामी नाङ्गा हुनेछैनौँ ।
2CO 5:4 किनकि जबसम्म हामी यस पालमा छौँ, बोझले भरिएर हामी आर्तनाद गर्छौं । हामी निर्वस्‍त्र हुन चाहँदैनौँ । तर जे मरणशील छ , त्यो जीवनमा समावेश होस् भनेर हामी वस्‍त्र पहिरन चाहन्छौँ ।
2CO 5:5 हामीलाई यसको निम्ति तयार गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ, जसले हाम्रो निम्ति पछि आउने कुराको बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ ।
2CO 5:6 त्यसैले, सधैँ विश्‍वस्त रहो । यो जानी राख कि जब हामी हाम्रो शारीरिक घरमा रहन्छौँ, हामी परमेश्‍वरबाट टाढा रहन्छौँ ।
2CO 5:7 हामी विश्‍वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन ।
2CO 5:8 त्यसैले, हामी विश्‍वस्‍त छौँ । हामी शरीरबाट टाढा रहेर प्रभुसँग हुन रुचाउँछौँ ।
2CO 5:9 त्यसैले, घरमा वा त्यसबाट टाढा जहाँ रहे पनि हाम्रो उद्देश्य उहाँलाई प्रसन्‍न पार्नु हो ।
2CO 5:10 किनकि हामी सबै ख्रीष्‍टको न्याय आसनको अगाडि खडा हुनुपर्छ, ताकि हरेकले शरीरमा हुँदा गरेको असल वा खराब कार्यको निम्ति प्रतिफल पाओस् ।
2CO 5:11 त्यसकारण, परमेश्‍वरको भय जानेर नै हामी मानिसहरूलाई मनाउँछौँ । हामी को हौँ भन्‍ने कुरा परमेश्‍वरलाई थाहा छ । म आशा गर्छु कि तिमीहरूको विवेकमा यो कुरा स्पष्‍ट छ ।
2CO 5:12 हामीलाई तिमीहरूले इमानदार ठान भनेर हामीले तिमीहरूलाई मनाउन खोजिरहेका छैनौँ । बरु, हामी तिमीहरूलाई हामीमाथि गर्व गर्ने कारण दिँदै छौँ ताकि हृदयका भन्दा बाहिरी रूपको धाक लगाउनेहरूलाई जवाफ दिन सक ।
2CO 5:13 किनकि यदि हाम्रो मन ठिक छैन भने पनि त्यो परमेश्‍वरको लागि हो । तर यदि हाम्रो मन ठिक छ भने त्यो तिमीहरूको खातिर हो ।
2CO 5:14 किनकि ख्रीष्‍टको प्रेमले हामीलाई बाध्य पार्छ र हामीलाई यो निश्‍चय छ कि सबैको निम्ति एक जना मर्नुभएको हुनाले सबै मरेका छन् ।
2CO 5:15 अनि ख्रीष्‍ट हामी सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू आफ्नो लागि नबाँचून् । बरु, तिनीहरू उहाँको निम्ति जिउनुपर्छ, जो मर्नुभयो र फेरि जीवित पारिनुभयो ।
2CO 5:16 त्यसैले, हामीले एक चोटि ख्रीष्‍टलाई त्यसै गरेका भए तापनि अब उसो हामी कसैलाई मानिसको दृष्‍टिकोणअनुसार मूल्याङ्कन गर्दैनौँ । अब हामी कसैलाई कदापि त्यसरी हेर्दैनौँ ।
2CO 5:17 किनभने कोही ख्रीष्‍टमा छ भने ऊ नयाँ सृष्‍टि हो । पुराना कुरा बितेर गएका छन् । हेर, ती नयाँ भएका छन् ।
2CO 5:18 यी सबै कुरा परमेश्‍वरबाट भएका हुन् । उहाँले हामीलाई ख्रीष्‍टद्वारा उहाँसँगै मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभएको छ ।
2CO 5:19 अर्थात् तिनीहरूका पापका लेखा नलिएर परमेश्‍वरले ख्रीष्‍टद्वारा संसारलाई आफूसित मिलापमा ल्याउँदै हुनुहुन्छ । उहाँले मिलापको सन्देशको जिम्मा हामीलाई सुम्पनुहुँदै छ ।
2CO 5:20 त्यसैले, परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभए झैँ गरेर हामी ख्रीष्‍टका दूतको रूपमा नियुक्त गरिएका छौँ । “परमेश्‍वरमा मिलापमा आओ !” भनेर हामी तिमीहरूसित ख्रीष्‍टको खातिर अनुरोध गर्छौं ।
2CO 5:21 उहाँले ख्रीष्‍टलाई हाम्रा पापको निम्ति बलि बन्‍न लगाउनुभयो । उहाँले कहिल्यै पाप गर्नुभएन । हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौँ भनेर उहाँले यसो गर्नुभयो ।
2CO 6:1 र यसकारण, उहाँको अनुग्रहमा सँगसँगै काम गर्दै हामी तिमीहरूलाई अनुरोध गर्दछौँ कि उहाँको अनुग्रहलाई व्यर्थमा नलेओ ।
2CO 6:2 उहाँ यसरी भन्‍नुहुन्छ, “मैले उपयुक्त समयमा तिम्रो वास्ता गरेँ, र मुक्‍तिको दिनमा मैले तिम्रो सहायता गरेँ ।” हेर, यो मुक्‍तिको दिन यो ।
2CO 6:3 हामी कसैको अगाडि ठेस लाग्‍ने कुराहरू राख्दैनौँ, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्‍नौँ ।
2CO 6:4 बरु, हामी आफैँलाई परमेश्‍वरका सेवकहरू हौँ भनी हाम्रो कामबाट प्रमाणित गर्छौं । हामी धैर्य धारणमा, कष्‍टमा, विपत्तिमा, कठिनाइमा,
2CO 6:5 पिटाइमा, कैदी अवस्थामा, हुलदङ्गामा, कडा परिश्रममा, अनिदा रातमा, भोकमा
2CO 6:6 शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्मामा, असल प्रेममा उहाँका सेवकहरू हौँ ।
2CO 6:7 हामीहरू परमेश्‍वरको शक्‍तिमा, वचनको सत्यतामा सेवकहरू हौँ । हामीसँग हाम्रो दायाँ र बायाँ हातमा धार्मिकताको हतियार छन् ।
2CO 6:8 हामी मान र अपमान, निन्दा र प्रशंसामा काम गर्दछौँ । हामीलाई ठगाहा छौँ भन्‍ने आरोप लगाइन्छ, तथापि हामी साँचा छौँ ।
2CO 6:9 हामी नचिनिएका व्यक्‍तिहरूले झैँ गर्छौं तापनि हामी चिनिएका छौँ । हामी मरे जस्तो काम गर्छौं, तर हामी अझै जीवितै छौँ । हामीहरू हाम्रा कार्यहरूको निम्ति दण्डित भए जस्तै गरी काम गर्छौं, तर मृत्युदण्ड पाए जस्तै गरी होइन ।
2CO 6:10 हामी अफसोसी भएर काम गर्छौं, तर सधैँ आनन्दमा रमाइरहेका छौँ । हामी गरिब भएर काम गर्छौं, तर धेरैलाई धनी बनाउँछौँ । हामी केही नभए जस्तो गरी काम गर्छौं, तापनि सबै थोकहरू पाएका छौँ ।
2CO 6:11 हे कोरिन्थका विश्‍वासीहरू हो, हामीले तिमीहरूलाई सबै साँचा कुराहरू बताएका छौँ र हाम्रा हृदयहरू खुला छन् ।
2CO 6:12 तिमीहरूका हृदय हामीबाट नियन्‍त्रित छैनन्, तर तिमीहरूका आफ्नै भावनाद्वारा नियन्‍त्रित छन् ।
2CO 6:13 अब यसको सट्टामा, म बालकहरूसँग झैँ बोल्दछु, कि आफ्नो हृदयलाई खुला राख ।
2CO 6:14 अविश्‍वासीहरूसँगै ननारिओ । किनकि धार्मिकताको व्यवस्थाविहीनहरूसित के सहभागिता ? अनि ज्योतिको अन्धकारसित के सङ्गति ?
2CO 6:15 ख्रीष्‍टको झुटा बोल्नेहरूसित के सम्झौता ? अर्थात्, विश्‍वासीहरूको अविश्‍वासीहरूसँग के सहभागिता ?
2CO 6:16 र परमेश्‍वरको मन्दिर र मूर्तिहरूबिच के सम्झौता ? त्यसकारण, हामीहरू जीवित परमेश्‍वरका मन्दिर हौँ, जसरी उहाँले भन्‍नुभएको छः “म तिनीहरूका बिचमा हिँड्नेछु र बास गर्नेछु । म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।”
2CO 6:17 त्यसकारण, ‘तिनीहरूका माझबाट बाहिर निस्केर आओ र आफूलाई अलग गर,’ परमप्रभु भन्‍नुहुन्छ । अशुद्ध चिजहरूलाई नछोओ र म तिमीहरूलाई अपनाउनेछु ।
2CO 6:18 म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ,” सर्वशक्‍तिमान् परमेश्‍वर भन्‍नुहुन्छ ।
2CO 7:1 प्रियहरू, हामीसँग यी प्रतिज्ञाहरू भएका कारण हाम्रो शरीर र आत्मामा हामीलाई अशुद्ध पार्ने कुराहरूबाट आँफैलाई शुद्ध पारौँ । परमेश्‍वरको भयमा पवित्रतालाई पछ्याऔँ ।
2CO 7:2 हाम्रा निम्ति ठाउँ बनाओ ! हामीले कसैको खराबी गरेका छैनौँ । हामीले कसैलाई हानि पुर्‍याएका छैनौँ, न त कसैको फाइदा नै लिएका छौँ ।
2CO 7:3 मैले तिमीहरूलाई दोषी ठहर्‍याउन यो भनेको होइनँ । किनकि मैले अघि नै भनिसकेको छु कि तिमीहरू हाम्रा हृदयमा छौ, सँगै मर्न र बाँच्नको निम्ति ।
2CO 7:4 तिमीहरूमाथि मेरो ठुलो भरोसा छ र म तिमीहरूमा गर्व गर्छु । म सान्त्वनाले भरिएको छु । हाम्रा सबै कष्‍टमा पनि म आनन्दले भरिएको छु ।
2CO 7:5 हामी माकेडोनिया आउँदा हाम्रो शरीरले आराम पाएन । बरु, बाहिरका सङ्घर्षहरू र भित्रका भयहरूबाट हामी हरतरहले सताइएका थियौँ ।
2CO 7:6 तर निरुत्साहितहरू लाई सान्त्वना दिनुहुने परमेश्‍वरले तीतसको आगमनबाट हामीलाई सान्त्वना दिनुभयो ।
2CO 7:7 तिनको आगमनले मात्र हामीलाई परमेश्‍वरले सान्त्वना दिनुभएन । तर तीतसले तिमीहरूबाट प्राप्‍त गरेको सान्त्वनाबाट पनि हो । तिनले तिमीहरूको महान् प्रेम, दुःख र मेरो निम्ति तिमीहरूको गहिरो चिन्ताको बारेमा बताए । यसकारण, म अझ धेरै आनन्दित भएँ ।
2CO 7:8 मेरो पत्रले तिमीहरूलाई दुःखित तुल्याएको भए तापनि म यसको लागि पछुताउँदिनँ । मेरो पत्रले तिमीहरूलाई दुःखित बनाएको मैले देख्दा म पछुताएँ । तर तिमीहरू केही समयको लागि मात्र दुःखित भयौ ।
2CO 7:9 तिमीहरू सताइएको कारणले होइन, तर तिमीहरूको दुःखले तिमीहरूलाई पश्‍चात्तापसम्म डोर्‍याएको कारणले अब म खुसी छु । तिमीहरूले ईश्‍वरीय शोकको महसुस गर्‍यौ । हाम्रो कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौ ।
2CO 7:10 किनकि ईश्‍वरीय शोकले पश्‍चात्ताप ल्याउँछ जसले पछुतोविना नै मुक्‍तिको काम पुरा गर्छ । तर सांसारिक शोकले मृत्यु ल्याउँछ ।
2CO 7:11 हेर, यस ईश्‍वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्कल्प उत्पन्‍न गरायो । आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्कल्प थियो । तिमीहरूका क्रोध, डर, तृष्‍णा, जोस र न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठुलो ! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ ।
2CO 7:12 मैले तिमीहरूलाई लेखे तापनि त्यो खराबीग र्ने वा खराबी भोग्‍नेको खातिर मैले लेखिनँ । हामीप्रति भएको तिमीहरूको गम्भीरता परमेश्‍वरको सामु थाहा पाउन सकूँ भनेर मैले लेखेँ ।
2CO 7:13 यही कारणले हामी उत्साहित हुन्छौँ । हाम्रा सान्त्वनासाथै हामी तीतसको आनन्दमा अझै रमायौँ किनकि तिमीहरूद्वारा तिनको प्राणलाई स्फूर्ति मिलेको छ ।
2CO 7:14 किनकि तिनीसँग तिमीहरूको बारेमा गर्व गर्दा म शर्माइनँ । यसको विपरीत, जसरी तिमीहरूलाई हामीले भनेका सबै कुरा साँचा थिए, त्यसरी नै तिमीहरूको बारेमा हामीले तीतससँग गरेको गर्व पनि सत्य ठहरियो ।
2CO 7:15 तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले तिनलाई डर र कम्पसाथ गरेको स्वागत सम्झेर तिमीहरूप्रति तिनको स्‍नेह अझ बढ्छ ।
2CO 7:16 म रमाउँछु, किनकि तिमीहरूमाथि मेरो पूर्ण भरोसा छ ।
2CO 8:1 भाइहरू हो, माकेडोनियाका मण्डलीहरूलाई परमेश्‍वरले दिनुभएको अनुग्रहको बारेमा तिमीहरूले थाहा पाएको हामी चाहन्छौँ ।
2CO 8:2 कष्‍टको भयङ्कर परीक्षाको समयमा पनि तिनीहरूको प्रशस्तताको शान्ति र घोर दरिद्रताले तिनीहरूमा उदारताको ठुलो धन उत्पन्‍न गरायो ।
2CO 8:3 म साक्षी छु, कि तिनीहरूले जति सके दिए, र दिन सक्‍नेभन्दा पनि बढ्ता र आफ्नो स्वेच्छाले दिए ।
2CO 8:4 तिनीहरूले विश्‍वासीहरूका बिचको सेवामा सहभागिताको अवसरको लागि हामीहरूसँग धेरै बिन्‍ती गरे ।
2CO 8:5 यो हामीले आशा गरेबमोजिम भएन । बरु, तिनीहरूले पहिले आफैँलाई प्रभुमा सुम्पिदिए । त्यसपछि परमेश्‍वरको इच्छाअनुसार आफैँलाई हामीकहाँ सुम्पिदिए ।
2CO 8:6 त्यसपछि तीतसले यो काम अघिबाटै सुरु गरेको हुनाले उदारताको यो काम तिमीहरूका माझमा पनि पुरा गरुन् भनेर हामीले तिनलाई अनुरोध गर्‍यौँ ।
2CO 8:7 तर तिमीहरू सबै कुरामा बढेर गएका छौ, अर्थात् विश्‍वासमा, बोलीवचनमा, ज्ञानमा, सबै लगावमा र हामी प्रतिको प्रेममा । त्यसकारण, उदारको यो काममा पनि तिनीहरू बढेर जाने कुरामा ख्याल राख ।
2CO 8:8 म यसलाई आज्ञाको रूपमा भन्दिनँ । बरु, अरू मानिसहरूको तत्परतासँग तिमीहरूको इमानदारी तुलना गरेर जाँच्नको निम्ति म यो भन्छु ।
2CO 8:9 किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूलाई थाहा छ । उहाँ धनी हुनुभए तापनि तिमीहरूका खातिर गरिब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरू धनी बन्‍न सक ।
2CO 8:10 यस कुरामा म तिमीहरूलाई सल्लाह दिन्छु जसले तिमीहरूलाई सहयोग मिल्नेछ । एक वर्षअघि तिमीहरूले केही कुरा सुरु मात्र गरेनौ, तर त्यो गर्ने चाहना पनि गर्‍यौ ।
2CO 8:11 अब यसलाई पुरा गर । जसरी त्यस बेला तिमीहरूमा केही गर्ने इच्छा र चाहना थियो, तिमीहरूले त्यसलाई पुरा गर्न पनि जति सक्दो प्रयास गर ।
2CO 8:12 किनकि यदि तिमीहरू यो काम गर्न इच्छुक छौ भने, यो असल र ग्रहणयोग्य कुरा हो । यो कुनै व्यक्‍तिसँग भएको कुरामा त्यसमा भर पर्नुपर्छ, उसँग नभएको कुरामा होइन ।
2CO 8:13 किनकि यो काम तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर होइन । बरु, निष्पक्षता हुनुपर्छ ।
2CO 8:14 तिमीहरूमा अहिले भएको प्रशस्तताले तिनीहरूको आवश्यकता पुरा गर्नेछ । यो यसकारणले पनि हो कि तिनीहरूका प्रशस्तताबाट तिमीहरूका आवश्यकताहरू पुरा हुन सकोस् र समानता कायम होस् ।
2CO 8:15 यसरी लेखिएको छः “धेरै हुनेसँग केही बाँकी रहेन, र थोरै हुनेसँग कुनै अभाव भएन ।”
2CO 8:16 तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले तीतसको हृदयमा पनि मेरो जस्तै साँचो फिक्रीको मन हालिदिनुभयो ।
2CO 8:17 किनकि तिनले हाम्रो अनुरोधलाई ग्रहण मात्र गरेनन्, तर उनी यसप्रति धेरै उत्साहित पनि भए । तिनी आफ्नै स्वतन्त्र इच्छाले तिमीहरूकहाँ आए ।
2CO 8:18 सुसमाचार प्रचार गर्ने काममा सबैका माझमा प्रख्यात भएका एक भाइलाई पनि हामीले तिनको साथमा पठाएका छौँ ।
2CO 8:19 त्यति मात्र होइन, तिनी हाम्रो यो उदारताको काममा हामीसँगै यात्रा गर्नको निम्ति मण्डलीहरूद्वारा छानिएका थिए । यो परमेश्‍वरको आफ्नै आदर र सहयोग गर्ने हाम्रो उत्कट इच्छाको निम्ति हो ।
2CO 8:20 हामीले गरिरहेको यो उदारताको कामको विषयमा कसैले गर्ने उजुरीको सम्भावनालाई हामी पन्छाइरहेका छौँ ।
2CO 8:21 हामी परमप्रभुको अगाडि मात्र होइन, तर मानिसहरूका अघि पनि आदरणीय भएको कुरा गर्ने कुरामा ख्याल राख्छौँ ।
2CO 8:22 हामी अर्को भाइलाई पनि तिनीहरूसँग पठाउँदै छौँ । हामीले तिनको धेरै पल्ट जाँच गर्‍यौँ र हामीले तिनलाई धेरै काममा जोसिलो भएको भेट्टायौँ । तिमीहरूप्रति भएको भरोसाको कारण तिनी अहिले झन् मेहनती भएका छन् ।
2CO 8:23 तीतसको सन्दर्भमा भन्‍नुपर्दा, तिमीहरूको निम्ति तिनी मेरा साझेदार र सहकर्मी हुन् । भाइहरूचाहिँ मण्डलीहरूबाट पठाइएका हुन् । तिनीहरू ख्रीष्‍टका महिमा हुन् ।
2CO 8:24 त्यसैले, तिनीहरूलाई तिमीहरूको प्रेम देखाओ, र तिमीहरूका विषयमा गरिएको हाम्रो गर्वको कारण मण्डलीहरूलाई देखाओ ।
2CO 9:1 विश्‍वासीहरूको सेवा-कार्यको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ ।
2CO 9:2 तिमीहरूमा भएको चाहना मलाई थाहा छ, जसको बारेमा माकेडोनियामा भएका मानिसहरूलाई मैले गर्वका साथ बताएँ । गएको वर्षदेखि अखैयामा तयार हुँदै आइरहेको छ भनेर मैले तिनीहरूलाई भनेँ ।
2CO 9:3 तिमीहरूका निम्ति हामीले गरेको गर्व व्यर्थ नहोस्, र तिमीहरू पनि मैले भने जस्तै गरी तयार होओ भनेर मैले भाइहरूलाई तिमीहरूकहाँ पठाएको छु ।
2CO 9:4 नत्रता, यदि माकेडोनियाका कोही मसँगै आउँदा तिमीहरू तयार नभएको पाए भने, हामी शर्ममा पर्नेछौँ । तिमीहरूमाथि धेरै भरोसा भएको हुनाले तिमीहरूको बारेमा म केही पनि भन्दिनँ ।
2CO 9:5 त्यसैले, भाइहरूलाई तिमीहरूकहाँ पठाउनलाई आवश्‍यक ठानेर बिन्ती गरेको छु ताकि तिमीहरूले प्रतिज्ञा गरेको उपहारहरू अगाडि नै प्रबन्ध गर्न सक । यो भेटी करकापले होइन, तर आशिष्‌को रूपमा तयारी हुन सकोस् भनेर यसो गरिएको हो ।
2CO 9:6 यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष्‌‌ पाउने उद्देश्यले छर्नेले आशिष्‌कै‌ कटनी गर्छ ।
2CO 9:7 हरेकले आफ्नो हृदयमा सङ्कल्प गरेअनुसार देओस् । दुःखित भएर र करकापमा परेर कसैले पनि नदेओस् । खुसीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ ।
2CO 9:8 र परमेश्‍वरले हरेक आशिष्‌लाई तिमीहरूको निम्ति वृद्धि गर्न सक्‍नुहुन्छ, ताकि तिमीहरूलाई चाहिने सबै कुरा तिमीहरूले सधैँ प्राप्‍त गर्न सक । तिमीहरूका असल कामहरू वृद्धि हुन् भनेर यसो हुनेछ ।
2CO 9:9 यस्तो लेखिएको छः “उहाँले आफ्नो सम्‍पत्ति बाँडेर गरिबहरूलाई दिनुभएको छ । उहाँको धार्मिकता सधैँभरि रहन्छ ।”
2CO 9:10 छर्नेलाई बिउ र खानाको निम्ति रोटी उपलब्ध गराउनुहुनेले तिमीहरूको बिउ उपलब्ध गराएर वृद्धि पनि गराउनुहुनेछ । उहाँले तिमीहरूको धार्मिकताको फसल प्रशस्ततासँग वृद्धि गराउनुहुनेछ ।
2CO 9:11 तिमीहरूले उदारसँग दिन सक भनेर तिमीहरू हर किसिमले धनी तुल्याइनेछौ । यसले हामीद्वारा परमेश्‍वरप्रति चढाउने धन्यवाद उत्पन्‍न गराउनेछ ।
2CO 9:12 किनकि सेवाको काम गर्दा विश्‍वासीहरूको खाँचो मात्र पुरा हुँदैन । यसले परमेश्‍वरलाई धन्यवाद दिने काममा वृद्धि गराउँछ ।
2CO 9:13 सेवाको कामले तिमीहरू जाँचिदा र प्रमाणित हुँदा येशू ख्रीष्‍टको सुसमाचारलाई स्वीकार गर्ने आज्ञाकारिताको कारण तिमीहरूले परमेश्‍वरलाई पनि महिमित तुल्याउनेछौ । तिमीहरूले तिनीहरूलाई र सबैलाई उदारसँग दिएको भेटीका कारण पनि परमेश्‍वरलाई महिमित तुल्याउनेछौ ।
2CO 9:14 तिनीहरूले तिमीहरूको चाहना गरेका छन् र तिमीहरूको निम्ति प्रार्थना गरिरहेका छन् । परमेश्‍वरको महान् अनुग्रहको कारण तिनीहरू यसो गर्छन्, जुन अनुग्रह तिमीहरूमा पनि छ ।
2CO 9:15 व्यक्त गर्न नसकिने वरदानको लागि परमेश्‍वरलाई महिमा भएको होस् ।
2CO 10:1 म पावल आफैँ तिमीहरूलाई येशू ख्रीष्‍टको नम्रता र विनम्रतामा आग्रह गर्दछु । म तिमीहरूको उपस्थितिमा हुँदा नम्र हुन्छु, तर जब म टाढा हुन्छु, तब म तिमीहरूप्रति साहसी हुन्छु ।
2CO 10:2 म तिमीहरूसँग बिन्‍ती गर्दछु, कि तिमीहरूसँग म उपस्थित हुँदा, मलाई आत्म-विश्‍वासका साथ साहसी हुन आवश्यक पर्नेछैन । तर मेरो विचारमा हामी शरीरअनुसार बाँचिरहेका छौँ भनी ठान्‍नेहरूको विरोध गर्दा म साहसी हुन आवश्यक पर्नेछ ।
2CO 10:3 हामी शरीरमा हिँडे तापनि हामी शरीरअनुसार युद्ध लड्दैनौँ ।
2CO 10:4 हामीले लडाइँ लड्ने हतियार शारीरिक होइन, बरु तिनीहरूसँग किल्लाहरू नष्‍ट गर्न सक्‍ने ईश्‍वरीय शक्‍ति छ । तिनीहरूले बहकाउने विवादहरूलाई बेकारको तुल्याउँछन् ।
2CO 10:5 हामी पनि परमेश्‍वरको ज्ञानको विरुद्धमा खडा हरेक उच्‍च कुरालाई नष्‍ट गर्दछौँ । हामी हरेक विचारलाई ख्रीष्‍टको आज्ञाकारितामा कैद गर्छौं ।
2CO 10:6 तिमीहरूको आज्ञाकारिता पुरा हुनासाथ हामी हरेक अनाज्ञाकारिताका कामहरूलाई दण्ड दिन तयार हुँदै छौँ ।
2CO 10:7 जे कुरा तिमीहरूको अगाडि स्पष्‍ट छ, त्यसलाई हेर । यदि कसैले ऊ ख्रीष्‍टको हो भन्‍ने कुरामा विश्‍वस्त छ भने, ऊ ख्रीष्‍टको भए जस्तैहामी पनि ख्रीष्‍टका हौँ भन्‍ने कुरा आफैँलाई याद दिलाओस् ।
2CO 10:8 किनकि जसले तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न हामीलाई प्रभुले दिनुभएको हाम्रो अधिकारको बारेमा मैले केही ज्यादा नै घमण्ड गरेँ भने पनि म लज्‍जित हुनेछैन ।
2CO 10:9 मेरा पत्रहरूद्वारा म तिमीहरूलाई भयभीत तुल्याउँदै छु भन्‍ने देखाउन चाहन्‍नँ ।
2CO 10:10 तर केही मानिसहरू भन्छन्, “त्यसका पत्रहरू गम्भीर र शक्‍तिशाली छन्, तर त्यो शारीरिक रूपमा कमजोर छ । त्यसका वचनहरू सुन्‍न योग्यका छैनन् ।”
2CO 10:11 त्यस्ता मानिसहरू यो कुरामा सचेत रहून्, कि हाम्रो अनुपस्थितिमा हाम्रा पत्रहरूका वचनमा हामी जस्ता छौँ हामी त्यहाँ हुँदा पनि हाम्रा कामद्वारा हामी त्यस्तै हुनेछौँ ।
2CO 10:12 हामी आफ्नो प्रशंसा आफैँ गर्ने मानिसहरूको समूहमा रहन वा तिनीहरूसँग आफैँलाई तुलना गर्ने हदसम्म हामी जाँदैनौँ । तर जब तिनीहरूले आफैँलाई एक अर्कासँग नापेर हेर्छन्, र एक अर्कासँग तुलना गर्दछन्, तिनीहरूसँग अन्तर्दृष्‍टि हुँदैन ।
2CO 10:13 तर हामी सीमाभन्दा बाहिर गएर घमण्ड गर्नेछैनौँ । बरु, परमेश्‍वरले नियुक्त गरिदिनुभएका सीमाहरूभित्र मात्र हामी त्यसो गर्दछौँ, जुन सीमा तिमीहरूसम्म पुग्दछ ।
2CO 10:14 किनकि तिमीहरूकहाँ आउँदा हामीले आफैँलाई बढी ठानेनौँ । सुसमाचार लिएर तिमीहरूकहाँ पहिलो पटक आउने हामी नै थियौँ ।
2CO 10:15 हामीले अरूको परिश्रमको बारेमा सीमाभन्दा बढी घमण्ड गरेका छैनौँ । बरु, हामी आशा गर्छौं, कि तिमीहरूको विश्‍वास बढ्दा हाम्रो कामको दायरा पनि बृहत् रूपमा फैलनेछ, तापनि यो उचित सीमाभित्र नै रहनेछ ।
2CO 10:16 हामी यसको आशा गर्दछौँ, ताकि तिमीहरूभन्दा परका क्षेत्रहरूमा पनि हामी सुसामाचार प्रचार गर्न सकौँ । अरूको क्षेत्रमा भइरहेको कामको बारेमा हामी घमण्ड गर्दैनौँ ।
2CO 10:17 “तर घमण्ड गर्नेले परमप्रभुमा घमण्ड गरोस् ।”
2CO 10:18 किनकि आफ्नो सिफारिस आफैँ गर्ने मानिसलाई स्वीकार गरिँदैन । बरु, परमप्रभुले सिफारिस गरेको मानिसलाई स्वीकार गरिन्छ ।
2CO 11:1 मेरा केही मूर्खताहरू तिमीहरूले सहिदिए हुन्थ्यो भन्‍ने मेरो इच्छा छ । तर वास्तवमा तिमीहरूले सहिरहेका पनि छौ !
2CO 11:2 किनकि म तिमीहरूप्रति डाही भएको छु । तिमीहरूलाई एउटै पतिसँग विवाह गरिदिने प्रतिज्ञा गरिदिएपछि म ईश्‍वरीय डाहले डाही भएको छु । मैले तिमीहरूलाई एक शुद्ध कन्याको रूपमा ख्रीष्‍टमा प्रस्तुत गर्ने प्रतिज्ञा गरेँ ।
2CO 11:3 तर सर्पले हव्वालाई आफ्नो धूर्तताद्वारा झुक्याए जस्तै गरी ख्रीष्‍टप्रति भएको तिमीहरूको निष्कपट र शुद्ध आराधनाबाट तिमीहरूका विचार टाढा लगिन्छ कि भनेर मलाई डर लागेको छ ।
2CO 11:4 किनकि मानौँ, यदि कोही आएर हामीले प्रचार गरेको येशूभन्दा अर्को येशू छ भनेर प्रचार गर्छ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको आत्माभन्दा छुट्टै आत्मा प्राप्‍त गर्‍यौ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको सुसमाचारभन्दा फरक सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ भने तिमीहरूले यी कुराहरूलाई राम्ररी सहने गर्‍यौ !
2CO 11:5 किनकि म विचार गर्दछु, कि ती सर्वोच्‍च प्रेरितहरू भनाउदाहरूभन्दा म कुनै पनि हिसाबले कम छैनँ ।
2CO 11:6 तर भाषण गर्नमा तालिम प्राप्‍त नभए पनि, म ज्ञानमा अनभिज्ञ छैनँ । हामीले सबै कुरामा हर किसिमले तिमीहरूलाई यो कुरा थाहा दिएका छौँ ।
2CO 11:7 के मैले तिमीहरूलाई उच्‍च पार्नको निम्ति आफैँलाई नम्र पारेर पाप गरेँ ? किनकि मैले तिमीहरूलाई सित्तैँमा सुसमाचार प्रचार गरेँ ।
2CO 11:8 तिमीहरूलाई सेवा दिन सकूँ भनेर मैले अरू मण्डलीबाट सहयोग स्वीकार गरेर तिनीहरूलाई लुटेँ ।
2CO 11:9 तिमीहरूको साथमा हुँदा म खाँचोमा थिएँ, म कसैको बोझ भइनँ । किनकि माकेडोनियबाट आएका भाइहरूबाट मेरा खाँचोहरू पुरा भए । सबै कुरामा मैले आफैँलाई तिमीहरूको बोझ बन्‍नबाट टाढा राखेँ, र म यो कुरालाई निरन्तरता दिनेछु ।
2CO 11:10 ख्रीष्‍टको सत्यता मभित्र भएको हुनाले अखैयामा मेरो गर्व रोकिनेछैन ।
2CO 11:11 किन ? किनकि म तिमीहरूलाई प्रेम गर्दिनँ र ? परमेश्‍वर जान्‍नुहुन्छ ।
2CO 11:12 तर म जे गरिरहेको छु, त्यो म गर्नेछु । म यो गर्नेछु किनकि हाम्रो स्थानमा आएर स्थापित हुन खोज्दै जे कुरामा तिनीहरू घमण्ड गरिरहेका छन्, तिनीहरूको त्यो मौकालाई म बन्द गर्न चाहन्छु ।
2CO 11:13 किनकि त्यस्ता मानिसहरू झुटा प्रेरितहरू र छली काम गर्नेहरू हुन् । तिनीहरूले ख्रीष्‍टको प्रेरितको भेस धारण गर्छन् ।
2CO 11:14 र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतको भेस धारण गर्छ ।
2CO 11:15 यदि त्यसका सेवकहरूले पनि धार्मिकताको सेवकको रूपमा भेस धारण गरे भने, यो अचम्मको कुरा होइन । तिनीहरूको अन्त्य तिनीहरूको कामअनुसार नै हुनेछ ।
2CO 11:16 म फेरि भन्दछुः मलाई कसैले मूर्ख नसम्झोस् । तर यदि तिमीहरूले सम्झन्छौ भने पनि मलाई मूर्खकै रूपमा ग्रहण गर, ताकि म अलिकति भए पनि घमण्ड गर्न सकूँ ।
2CO 11:17 मैले भनेको यो घमण्डको निश्‍चयतालाई परमप्रभुले स्वीकार गर्नुभएको छैन, तर म मूर्खझैँ बोल्दै छु ।
2CO 11:18 धेरै मानिस शरीरअनुसार घमण्ड गर्दछन्, म पनि घमण्ड गर्नेछु ।
2CO 11:19 किनकि तिमीहरू खुसीसाथ मूर्खहरूको सहन गर्छौं । तिमीहरू आफैँ बुद्धिमानी छौ !
2CO 11:20 किनकि तिमीहरू त्यसलाई सहन्छौ जसले तिमीहरूलाई दास बनाउँछ; बर्बाद गर्छ; तिमीहरूबाट फाइदा उठाउँछ; आफूलाई तिमीहरूभन्दा असल ठान्छ र तिमीहरूलाई थप्पड पनि लाउँछ ।
2CO 11:21 म हाम्रै शर्ममा यो भन्दछु, कि हामीहरू ती सब गर्न नसक्‍ने गरी दुर्बल थियौ । तर यदि कसैले घमण्ड गर्छ भने, म एक मूर्खजस्तो बोल्दै छु, म पनि घमण्ड गर्नेछु ।
2CO 11:22 के तिनीहरू हिब्रूहरू हुन् ? म पनि हुँ । के तिनीहरू इस्राएली हुन् ? म पनि इस्राएली हुँ । के तिनीहरू अब्राहामका सन्तान हुन् ? म पनि हुँ ।
2CO 11:23 के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन् ? (म पागल भएको जस्तै गरी बोल्छु ।) म अझै बढ्ता हुँ । मैले अझ धेरै परिश्रम गरेको छु; अझ धेरै झ्यालखानामा बसेको छु; मापन गर्न नै नसकिने गरी कुटाइ खाएको छु; मृत्युका धेरै खतराहरूको सामना गरेको छु ।
2CO 11:24 यहूदीहरूबाट मैले पाँच पल्ट “एक कम चालिस कोर्रा खाएको छु ।”
2CO 11:25 मलाई तिन पल्ट लौराले पिटियो । एक पल्ट मलाई ढुङ्गाले हानियो । तिन पल्ट म पानी जहाज दुर्घटनामा परेँ । मैले एक दिन र एक रात खुला समुद्रमा बिताएको छु ।
2CO 11:26 नदीहरूका खतरामा, डाँकुहरूका खतरामा, मेरा आफ्नै मानिसहरूका खतरामा, अन्यजातिहरूका खतरामा, सहर भित्रका खतरामा, उजाड-स्थानहरूका खतरामा, समुद्रका खतरामा, झुटा भाइहरूका खतरामा मैले बारम्बार यात्राहरू गरेको छु ।
2CO 11:27 धेरै अनिदोका रातहरूमा, भोक र तिर्खामा, प्राय उपवासमा, नाङ्गोपन र जाडोमा म कडा परिश्रम र कठिनाइमा परेको छु ।
2CO 11:28 यी कुराहरूबाहेक सबै मण्डलीको फिक्रीको बोझ पनि ममाथि छ ।
2CO 11:29 को कमजोर छ, र म कमजोर छैनँ ? कसले ठक्‍कर खाएको छ र मचाहिँ थकित हुन्‍नँ ?
2CO 11:30 यदि मैले घमण्ड गर्नैपर्छ भने, मेरा कमजोरीहरू देखाउने कुरामा घमण्ड गर्छु ।
2CO 11:31 प्रभु येशूका पिता र सदासर्वदा प्रशंसा गरिनुहुने परमेश्‍वरलाई थाहा छ कि मैले ढाँटेको छैन !
2CO 11:32 दमस्कसका राजा अरितसको मातहतमा रहेका हाकिमले मलाई गिरफ्तार गर्नको निम्ति सहरलाई पहरा दिइरहेका थिए ।
2CO 11:33 तर मलाई पर्खालको झ्यालबाट टोकरीमा हालेर तल झारियो र म तिनको हातबाट उम्केँ ।
2CO 12:1 मैले गर्व गर्नैपर्छ, तर यसबाट केही लाभ हुँदैन । तर प्रभुको दर्शन र प्रकाशहरूमा म लागिरहन्छु ।
2CO 12:2 म ख्रीष्‍टमा एक जना मानिसलाई चिन्छु जो चौध वर्ष अगाडि तेस्रो स्वर्गसम्म उचाली लगियो, शरीरमा वा शरीरविनै मलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ ।
2CO 12:3 र मलाई थाहा छ, त्यो मानिस शरीरमा वा शरीरविनै हो, मलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ ।
2CO 12:4 कि ऊ स्वर्गमा उचालि लगियो र उसले कसैले उच्‍चारण नै गर्न नसक्‍ने अति पवित्र कुराहरू सुन्यो ।
2CO 12:5 त्यस मानिसको तर्फबाट म गर्व गर्छु । तर म आफ्नै दुर्वलताबाहेक अरू कुरामा गर्व गर्नेछैन ।
2CO 12:6 यदि मैले गर्व नै गर्न चाहेको भए तापनि म मूर्ख बन्‍नेछैन किनकि मैले सत्य बोलिरहेको छु । तर कसैले पनि मबाट देखेको वा सुनेका कुरा भन्दा बढि मलाई नसोचोस् भनेर म गर्व गर्नदेखि थामिन्छु ।
2CO 12:7 आश्‍चर्यजनक प्रकाशहरूको कारण म गर्व गर्नदेखि थामिन्छु । त्यसकारण, म घमण्डले नफूलूँ भनेर एउटा काँढो मेरो शरीरमा दिइएको छ । म धेरै घमण्डी नहूँ भनेर शैतान तर्फको दूत मलाई दुःख दिनको निम्ति दिइएको छ ।
2CO 12:8 मबाट यो काँढो निकालिदिनुभएको होस् भनेर मैले प्रभुसित तिन पटक बिन्‍ती गरेँ ।
2CO 12:9 अनि उहाँले मलाई भन्‍नुभयो, “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनकि दुर्बलतामा नै शक्‍ति सिद्ध हुन्छ ।” यसैले, ख्रीष्‍टको शक्‍ति ममा बास गरोस् भनेर म मेरो दुर्बलतामा गर्व गर्नेछु ।
2CO 12:10 त्यसकारण, म ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, निन्दाहरूमा, समस्याहरूमा, सतावटहरूमा, कष्‍टपूर्ण अवस्थाहरूमा खुसी रहन्छु ।
2CO 12:11 म मूर्ख भएको छु ! तिमीहरूले मलाई यसो गर्न कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो । किनकि म केही नभए तापनि ती सर्वोच्‍च प्रेरितहरूभन्दा तुच्छ छैनँ ।
2CO 12:12 सारा धैर्य, चिह्नहरू र शक्‍तिशाली कामहरूद्वारा साँचा प्रेरितहरूका लक्षणहरू तिमीहरूका माझमा प्रदर्शन गरिएका थिए ।
2CO 12:13 म तिमीहरूको बोझ नभएको कुरा बाहेक कसरी तिमीहरू अरू मण्डलीहरूभन्दा कम महत्त्वका भयौ र ?” यो गल्तीको निम्ति मलाई क्षमा देओ ।
2CO 12:14 हेर ! म तिमीहरूकहाँ तेस्रो पटक आउन इच्छुक छु । तिमीहरूका निम्ति म बोझ बन्‍न चाहन्‍नँ, किनकि म तिमीहरूसँग भएका कुराहरू चाहन्‍नँ । म तिमीहरूलाई चाहन्छु । किनकि छोराछोरीहरूले आमा बाबुको निम्ति बचत गर्दैनन् । बरु, आमा बाबुले छोराछोरीको निम्ति बचत गर्नुपर्छ ।
2CO 12:15 म तिमीहरूका प्राणको निम्ति ज्यादै खुसीसाथ खर्च गर्नेछु र स्वयम् आफैँ पनि खर्चनेछु । यदि म तिमीहरूलाई बढी प्रेम गर्छु भने के मैलेचाहिँ कम माया पाउने र ?
2CO 12:16 यसो भए तापनि म तिमीहरूमाथि बोझ बनिनँ । तर म धूर्त भएको कारण मैले नै छलद्वारा तिमीहरूलाई फसाएँ ।
2CO 12:17 के मैले पठाएका कोहीमार्फत मैले तिमीहरूको फाइदा उठाएँ र ?
2CO 12:18 मैले बिन्‍ती गरेर तीतससँग केही भाइहरूलाई तिमीहरूकहाँ पठाएँ । के तीतसले तिमीहरूबाट केही फाइदा लिए र ? के हामी पनि यसरी नै चलेनौँ र ? के हामीले पनि यसरी नै पाइला चालेनौँ र ?
2CO 12:19 के यतिञ्‍जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाइ दिइरहेका थियौँ भन्‍ने तिमीहरू सोच्छौ ? परमेश्‍वरको दृष्‍टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति सबै कुरा ख्रीष्‍टमा बोलिरहेका छौँ ।
2CO 12:20 किनकि म तिमीहरूकहाँ आउँदा तिमीहरूलाई मैले चाहेजस्तै पाउँदिनँ कि भनेर म डराउँछु । मलाई तिमीहरूले चाहेजस्तै नपाऔला भनेर म डराउँछु । त्यहाँ वादविवाद, ईर्ष्या, रिसहरू पोख्‍ने काम, व्यक्‍तिगत स्वार्थ, कुरा काट्ने, घमण्ड र गडबडी होला भनेर म डराउँछु ।
2CO 12:21 म तिमीहरूकहाँ फेरि फर्केर आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूका सामु विनम्र पार्नुहोला भनेर मलाई डर लाग्छ । त्यस्ता धेरै मानिसहरू जसले अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाबाट पश्‍चात्ताप गरेका छैनन्, तिनीहरूको कारण मैले शोक पर्नुपर्ला कि भनेर मलाई डर लाग्छ ।
2CO 13:1 म तेस्रो पटक तिमीहरूकहाँ आउँदै छु । “हरेक आरोपलाई दुई वा तिन जना साक्षीद्वारा प्रमाणित गरिनुपर्छ ।”
2CO 13:2 म दोस्रो पटक त्यहाँ हुँदा नै पाप गर्नेहरू र बाँकीलाई भनिसकेको छु र फेरि पनि भन्दछुः म फेरि आउँदा तिनीहरूलाई छोड्नेछैन ।
2CO 13:3 तिमीहरूलाई म यो भन्छु, किनकि तिमीहरू मद्वारा ख्रीष्‍ट बोल्नुभएको कुराको प्रमाण खोज्छौ । उहाँ तिमीहरूप्रति कमजोर हुनुहुन्‍न । तर उहाँ तिमीहरूमा शक्‍तिशाली हुनुहुन्छ ।
2CO 13:4 किनकि उहाँ दुर्बलतामा क्रुसमा टाँगिनुभयो, तर परमेश्‍वरको शक्‍तिद्वारा जीवित हुनुभयो । किनकि हामी पनि उहाँमा दुर्बल छौँ, तर तिमीहरूका बिचमा हामी परमेश्‍वरको शक्‍तिद्वारा उहाँमा जिउँछौँ ।
2CO 13:5 तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी आफैँले जाँच । आफैँलाई जाँच । येशू ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ भन्‍ने तिमीहरूले महसुस गरेका छैनौ ? उहाँ हुनुहुन्छ, नत्रता तिमीहरू स्वीकृत हुँदैनौ ।
2CO 13:6 र म निश्‍चित छु, कि तिमीहरूले हामी अस्वीकृत नभएका पाउनेछौ ।
2CO 13:7 तिमीहरूले केही खराबी गर्नेछैनौ भनी हामी परमेश्‍वरसँग प्रार्थना गर्दछौँ । हामी जाँचमा सफल भएका छौँ भन्‍ने देखाउनको निम्ति म प्रार्थना गर्दिनँ । बरु, हामी जाँचमा असफल भएको जस्तो देखिए तापनि तिमीहरूले जे असल छ त्यही गर्न सक भनेर हामी प्रार्थना गर्छौं ।
2CO 13:8 किनकि हामी सत्यको विरुद्ध केही पनि गर्न सक्दैनौ, केवल सत्यको निम्ति मात्र गर्न सक्छौँ ।
2CO 13:9 किनकि हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी रमाउँछौँ । तिमीहरू पूर्ण होओ भनी हामी प्रार्थना गर्छौं ।
2CO 13:10 म टाढा हुँदा यी कुराहरू तिमीहरूलाई लेख्दै छु, ताकि म तिमीहरूमा रहँदा निर्दयतासाथ व्यवहार गर्नु नपरोस् । मैले प्रभुबाट पाएको अधिकार तिमीहरूको निर्माण गर्नको निम्ति प्रयोग गर्न सकूँ, भत्काउन होइन ।
2CO 13:11 अन्तमा भाइ हो, आनन्द गर ! पुनर्निर्माणको निम्ति काम गर; उत्साहित होओ; एक अर्कासँग सहमत होओ; शान्तिमा बस । अनि प्रेम र शान्तिका परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ ।
2CO 13:12 एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।
2CO 13:13 सबै विश्‍वासीले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
2CO 13:14 प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम, अनि पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून् ।
GAL 1:1 म पावल एक प्रेरित हुँ । म कुनै मानिस वा व्यक्‍तिद्वारा प्रेरित भएको होइन, तर येशू ख्रीष्‍ट र परमेश्‍वर पिताद्वारा भएको हुँ जसले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो ।
GAL 1:2 मसँग भएका सबै भाइहरूका साथ म यो पत्र गलातियाका सबै मण्डलीहरूलाई लेखिरहेको छु ।
GAL 1:3 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्,
GAL 1:4 जसले हाम्रा परमेश्‍वर र पिताको इच्छाअनुसार यस वर्तमान दुष्‍ट संसारबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैँलाई अर्पण गर्नुभयो ।
GAL 1:5 उहाँलाई नै सदासर्वदा महिमा होस् ।
GAL 1:6 तिमीहरू यति छिटै फरक सन्देशतिर फर्किएको देख्दा म चकित परेको छु । ख्रीष्‍टको अनुग्रहद्वारा तिमीहरूलाई बोलाउनुहुनेबाट तिमीहरू टाढिएको देख्दा म चकित परेको छु ।
GAL 1:7 अरू कुनै सुसमाचार छैन, तर केही यस्ता मानिसहरू छन् जसले तिमीहरूलाई समस्यामा पार्न र ख्रीष्‍ट येशूको सुसमाचारलाई विकृत गर्न चाहन्छन् ।
GAL 1:8 तर हामीले तिमीहरूका माझमा जुन सुसमाचार घोषणा गर्‍यौँ, त्योभन्दा बाहेक अरू कुनै सन्देशलाई यदि हामी वा स्वर्गबाट आएका स्वर्गदूतले नै प्रचार गरे तापनि त्यो श्रापित होस् ।
GAL 1:9 हामीले पहिले नै भनिसकेका छौँ र म अहिले फेरि पनि भन्दछु, “कसैले तिमीहरूले स्वीकार गरेको भन्दा बाहेक तिमीहरूका सामु अर्को सन्देशको घोषणा गर्दछ भने, त्यो श्रापित होस् ।”
GAL 1:10 के मैले अहिले मानिसहरू वा परमेश्‍वरको समर्थन खोजिरहेको छु र ? के मैले मानिसहरूलाई खुसी पार्न खोजिरहेको छु र ? यदि मैले अझै पनि मानिसहरूलाई खुसी पार्ने प्रयास गरिरहेको छु भने, म ख्रीष्‍टको दास होइनँ ।
GAL 1:11 भाइहरू हो, तिमीहरूले यो कुरा जान भन्‍ने म चाहन्छु, कि मैले घोषणा गरेको सुसमाचार मानिसहरूबाट मात्र आएको होइन ।
GAL 1:12 मैले यो कुनै मानिसबाट प्राप्‍त गरेको होइन, न त मलाई यो सिकाइएको थियो । बरु, मलाई यो येशू ख्रीष्‍टको प्रकाशद्वारा दिइएको थियो ।
GAL 1:13 म यहूदी हुदाँ मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ, कि कसरी मैले परमेश्‍वरको मण्‍डलीलाई हिंसात्‍मक रूपले अत्यधिक सताइरहेको थिएँ र त्‍यसलाई नष्‍ट गरिरहेको थिएँ ।
GAL 1:14 म यहूदी धर्मकर्ममा मेरा आफ्नै मानिसहरूका कैयौँ सहकर्मीहरूभन्दा धेरै अगि बढिरहेको थिएँ । मेरा पुर्खाहरूका परम्पराहरूका निम्ति म अत्यन्तै उत्साहित थिएँ ।
GAL 1:15 तर मेरी आमाको गर्वदेखि नै मलाई चुन्‍नको निम्ति परमेश्‍वर खुसी हुनुभयो ।
GAL 1:16 मैले गैरयहूदीहरूका माझमा उहाँलाई घोषणा गर्न सकूँ भनेर उहाँका पुत्रलाई ममा प्रकट गर्नको निम्ति उहाँको अनुग्रहद्वारा उहाँले मलाई बोलाउनुभयो । मैले तुरुन्तै शरीर र रगतको सल्लाह लिइनँ,
GAL 1:17 र मभन्दा अगि प्रेरित भएकाहरूकहाँ म यरूशलेममा गइनँ । बरु, म अरबतिर गएँ र त्यसपछि दमस्कसमा फर्किएँ ।
GAL 1:18 अनि तिन वर्षपछि केफासलाई भेट्न म यरूशलेम गएँ र त्यहाँ उनीसँग पन्ध्र दिनसम्म बसेँ ।
GAL 1:19 तर मैले प्रभुका भाइ याकूबलाई बाहेक अरू कसैलाई भेटिनँ ।
GAL 1:20 हेर, मैले जे लेखेको छु, परमेश्‍वरको अगि मैले तिमीहरूलाई ढाँटेको छैन ।
GAL 1:21 त्यसपछि म सिरिया तथा किलिकियाका क्षेत्रहरूतिर गएँ ।
GAL 1:22 ख्रीष्‍टमा भएका यहूदियाका मण्डलीहरूमा म अझैसम्म चिनिएको थिइनँ,
GAL 1:23 तर उनीहरूले सुनेका थिएँ, “एक पटक हामीलाई सताउने व्यक्‍तिले अहिले त्यही विश्‍वासको घोषणा गरिरहेका छन् जुन विश्‍वासलाई कुनै समय उनले नष्‍ट गरिरहेका थिए ।”
GAL 1:24 मेरो कारण तिनीहरूले परमेश्‍वरको महिमा गरिरहेका थिए ।
GAL 2:1 अनि चौध वर्षपछि म बारनाबाससँग फेरि यरूशलेम गएँ । मैले तीतसलाई पनि साथमा लगेँ ।
GAL 2:2 परमेश्‍वरले म जानुपर्छ भनी मलाई प्रकट गराउनुभएको कारण म त्यहाँ गएँ । मैले गैरयहूदीहरूका माझमा घोषणा गरेको सुसमाचार तिनीहरूका अगि राखेँ । (तर जो महत्त्वपूर्ण अगुवाहरू जस्तो देखिन्थे तिनीहरूसँग म व्यक्‍तिगत रूपमा बोलेँ) । म व्यर्थमा दौडिरहेको छैनँ, वा दौडिन भनेर सुनिश्‍चित गर्नको निम्ति मैले यो गरेँ ।
GAL 2:3 तर तीतस, जो मसँगै थिए, जो एक ग्रिक थिए, तिनलाई समेत खतना गर्न कर लगाइएन ।
GAL 2:4 ख्रीष्‍ट येशूमा हामीसँग भएको स्वतन्‍त्रताको जासुसी गर्न गुप्‍त रूपमा आएका झुटा दाजुभाइहरूका कारण यो विषय उठ्यो । तिनीहरूले हामीलाई व्यवस्थाका दासहरू बनाउन चाहे ।
GAL 2:5 तिमीहरूका निम्ति सुसमाचारको सत्यता अपरिवर्तित रहिरहोस् भनेर हामी तिनीहरूका कुरामा एक घण्टा पनि झुकेनौँ ।
GAL 2:6 तर महत्त्वपूर्ण देखिएकाहरूले मलाई केही पनि सहयोग गरेनन् । तिनीहरू जो भए तापनि मलाई केही फरक पर्दैन । मानिसले मन पराएकाहरूलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्‍न ।
GAL 2:7 त्यसको सट्टामा, तिनीहरूले यो देखे, कि खतना नभएकाहरूलाई सुसमाचार घोषणा गर्नको निम्ति मलाई जिम्मेवारी सुम्पिएको थियो । जसरी पत्रुसले खतना भएकाहरूका बिचमा सुसमाचार घोषणा गर्नुपर्ने थियो, यो पनि त्यस्तै हो ।
GAL 2:8 किनकि खतना भएकाहरूलाई प्रचार गर्नको निम्ति पत्रुसमा काम गर्नुभएका परमेश्‍वरले नै गैरयहूदीहरूका बिचमा प्रचार गर्नलाई ममा काम गर्नुभयो ।
GAL 2:9 जब मण्डली निर्माण गर्नेहरू भनेर चिनिएका याकूब, केफास र यूहन्‍नाले मलाई दिइएको अनुग्रहलाई बुझे, तिनीहरूले बारनाबास र मलाई सङ्गतिको अधिकार दिए । हामी गैरयहूदीहरूका माझमा जान सकौँ र उनीहरू खतना भएकाहरूका माझमा जान सकून् भनेर उनीहरूले यसो गरे ।
GAL 2:10 हामीले गरिबहरूको सम्झना गरेको पनि उनीहरू चाहन्थे । म पनि त्यो कुरा गर्न इच्छुक थिएँ ।
GAL 2:11 जब पत्रुस एन्टिओखियामा आए, मैले उनलाई आमने-सामने विरोध गरेँ किनकि उनी गलत थिए ।
GAL 2:12 याकूबबाट केही मानिसहरू आउनुअगि पत्रुस गैरयहूदीहरूसँग बसेर खाँदै थिए । तर जब यी मानिसहरू आए, उनले यो रोके र उनी गैरयहूदीहरूबाट टाढिए । उनी यी खतना गर्नैपर्ने मानिसहरूसँग डराए ।
GAL 2:13 बाँकी यहूदीहरूले पनि पत्रुसको यस कपटपूर्ण काममा साथ दिए । यसको परिणाम स्वरूप बारनाबास पनि उनीहरूको कपटपूर्ण कामको कारण भड्‌किए ।
GAL 2:14 जब मैले तिनीहरूले सुसमाचारको सत्यता नपछ्याइरहेको देखेँ, मैले तिनीहरू सबैका सामुन्‍ने पत्रुसलाई भनेँ, “तिमी यहूदी भएर पनि यहूदी स्वभावको सट्टा गैरयहूदी स्वभावमा जिइरहेका छौ भने, तिमीले कसरी गैरयहूदीहरूलाई यहूदीहरू जस्तो गरी जिउनको निम्ति कर लगाउन सक्छौ ?”
GAL 2:15 हामी जो जन्मसिद्ध यहूदीहरू हौँ र “गैरयहूदी पापीहरू होइनौँ”,
GAL 2:16 व्यवस्थाद्वारा कोही पनि धर्मी हुन सक्दैन भन्‍ने कुरा हामी जान्दछौँ । त्यसको सट्टा, तिनीहरू येशू ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन्छन् । हामी ख्रीष्‍ट येशूमा विश्‍वासमा आयौँ ताकि हामी ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन सकौँ र व्यवस्थाअनुसारका कामहरूद्वारा होइन । किनकि व्यवस्थाअनुसारका कामहरूद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन ।
GAL 2:17 तर यदि हामी ख्रीष्‍टमा परमेश्‍वरद्वारा धर्मी हुन खोज्छौँ भने, हामीले आफैँलाई पापी भएको पनि पाउँछौ । के त्यसो भए ख्रीष्‍ट पापको दास हुनुभयो त ? त्यस्तो होइन !
GAL 2:18 व्यवस्थालाई पुरा गर्नुपर्छ भन्‍ने कुरामा मैले मेरो विश्‍वासलाई पुनर्निर्माण गरेँ, त्यो विश्‍वास जुन मैले भङ्ग गरिसकेको थिएँ । म आफैँलाई व्यवस्था भङ्ग गर्ने मानिस तुल्याउँछु ।
GAL 2:19 व्यवस्थाद्वारा व्यवस्थाको निम्ति म मरेँ, ताकि म परमेश्‍वरको निम्ति बाँच्‍न सकूँ ।
GAL 2:20 म ख्रीष्‍टसँगै क्रुसमा टाँगिएको छु । अब उसो जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्छ । अब जुन जीवन म शरीरमा जिउँछु, म परमेश्‍वरका पुत्रको विश्‍वासमा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैँलाई मेरो निम्ति दिनुभयो ।
GAL 2:21 म परमेश्‍वरको अनुग्रहलाई इन्कार गर्दिनँ, किनकि यदि व्यवस्थाद्वारा धार्मिकता आउने भए, ख्रीष्‍ट व्यर्थैमा मर्नुभयो ।
GAL 3:1 हे मूर्ख गलातीहरू ! कसको दुष्‍ट आँखाले तिमीहरूलाई नोक्सानी गर्‍यो ? के तिमीहरूका आँखाको अगाडि येशू ख्रीष्‍ट क्रुसमा टाँगिनुभएको कुरा दर्शाइएको थिएन र ?
GAL 3:2 म तिमीहरूबाट यो कुरा मात्र बुझ्‍न चाहन्छु । के तिमीहरूले पवित्र आत्मालाई व्यवस्था अनुसारका कामहरू गरेर पाएका हौ कि तिमीहरूले सुनेका कुरामा विश्‍वास गरेर पाएका हौ ?
GAL 3:3 के तिमीहरू यति धेरै मूर्ख भएका छौ ? के अब केवल शरीरमा अन्त हुन तिमीहरूले आत्मामा सुरु गरेका थियौ ?
GAL 3:4 यदि त्यो साँच्‍चै निरर्थक थियो भने के तिमीहरूले व्यर्थमा यति धेरै कुराहरूको अनुभव गर्‍यौ त ?
GAL 3:5 त्यसो भए, जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्छ र तिमीहरूका बिचमा शक्‍तिशाली कार्यहरूद्वारा काम गर्नुहुन्छ, के उहाँले यो व्यवस्था अनुसारका कामहरूका कारण गर्नुभएको हो कि विश्‍वास गरेर सुनेका कारणले ?
GAL 3:6 अब्राहामले “परमेश्‍वरलाई विश्‍वास गरे अनि यो उनको निम्ति धार्मिकता गनियो ।”
GAL 3:7 त्यसो भए, यसै गरी यो बुझ, कि विश्‍वास गर्नेहरू नै अब्राहामका सन्तान हुन् ।
GAL 3:8 धर्मशास्‍त्रले पहिले नै यो देखेको थियो, कि परमेश्‍वरले गैरयहूदीहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्छ । अब्राहामलाई अगाडि नै सुसमाचार दिइएको थियो, “तँबाट नै पृथ्वीमा हुने सबै जातिहरू आशिषित हुनेछन् ।”
GAL 3:9 त्यसैकारण, जोसँग विश्‍वास छ, तिनीहरू अब्राहामसँगै आशिषित हुन्छन्, तिनै अब्राहाम जससँग पनि विश्‍वास थियो ।
GAL 3:10 व्यवस्था अनुसारका कामहरूमा भर पर्नेहरू श्रापित हुन्छन् । किनकि यसरी लेखिएको छ “व्यवस्थामा लेखिएका सबै कुराहरू पालन नगर्ने सबै श्रापित हुन्छन् ।”
GAL 3:11 अब यो स्पष्‍ट छ, कि परमेश्‍वरले कसैलाई पनि व्यवस्थाद्वारा धर्मी ठहराउनुहुन्‍न, किनकि “धर्मी मानिस विश्‍वासद्वारा नै जिउनेछ ।”
GAL 3:12 व्यवस्था विश्‍वासबाट आएको होइन, तर त्यसको सट्टामा, “जसले व्यवस्थामा भएका कुराहरू गर्दछ त्यो व्यवस्थाअनुसार नै जिउनेछ ।”
GAL 3:13 हाम्रो निम्ति ख्रीष्‍ट श्रापित हुनुभएर उहाँले हामीलाई व्यवस्थाको श्रापबाट मुक्त गराउनुभयो । किनकि यसरी लेखिएको छ, “काठमा झुण्डिने हरेक श्रापित हुन्छ ।”
GAL 3:14 यसको उद्देश्य यही थियो, कि अब्राहाममा भएको आशिष् ख्रीष्‍ट येशूद्वारा गैरयहूदीहरूमाझ आउन सकोस्, ताकि हामीले विश्‍वासद्वारा पवित्र आत्माको प्रतिज्ञा प्राप्‍त गर्न सकौँ ।
GAL 3:15 भाइहरू हो, म मानवीय शब्दहरूमा बोल्दछु । एक पटक पक्‍का भइसकेको मानिसले बनाएको इच्छा-पत्र त न कसैले रद्द गर्छ न त त्यसमा केही थपिन्छ ।
GAL 3:16 अब यी प्रतिज्ञाहरू अब्राहाम र उनको सन्तानलाई दिइएको थियो । यसले धेरै मानिसहरूलाई जनाउने गरी “सन्तानहरूलाई” भन्दैन, तर यसको सट्टामा “तिम्रो सन्तानलाई” भनेर यसले एक जनालाई मात्र जनाउँछ, जो ख्रीष्‍ट हुनुहुन्छ ।
GAL 3:17 अब म यो भन्दछु । परमेश्‍वरले पहिले नै स्थापना गर्नुभएको करारलाई ४३० वर्षपछि आएको व्यवस्थाले रद्द गर्दैन ।
GAL 3:18 किनकि उत्तराधिकार व्‍यवस्थाद्वारा आएको हो भने, यो अहिले प्रतिज्ञाद्वारा आउने थिएन । तर परमेश्‍वरले प्रतिज्ञाद्वारा अब्राहामलाई यो सित्तैँमा दिनुभयो ।
GAL 3:19 त्यसो भए व्यवस्था किन दिइयो त ? ती प्रतिज्ञा गरिएकाहरूकहाँ अब्राहामका सन्तान नआउन्जेलसम्म अपराधको कारणले व्यवस्था थपियो । यो व्यवस्था एउटा मध्यस्तकर्ताको हातद्वारा स्वर्गदूतहरूमार्फत लागु गरिएको थियो ।
GAL 3:20 अहिले मध्यस्तकर्ताले एकभन्दा बढी व्यक्‍तिलाई बुझाउँछ, तापनि परमेश्‍वर एउटै हुनुहुन्छ ।
GAL 3:21 त्यसो भए, के व्यवस्था परमेश्‍वरका प्रतिज्ञाहरूको विरुद्धमा छ त ? कदापि होइन ! किनकि यदि जीवन दिन सक्‍ने व्यवस्था दिइएको भए, निश्‍चय नै त्यही व्यवस्थाद्वारा धार्मिकता आउने थियो ।
GAL 3:22 तर त्यसको सट्टामा, पापको अधीनमा रहेका सबै कुरालाई धर्मशास्‍त्रले कैदमा राख्यो । परमेश्‍वरले यो गर्नुभयो ताकि येशू ख्रीष्‍टमा विश्‍वासद्वारा हामीलाई बचाउने उहाँको प्रतिज्ञालाई विश्‍वास गर्नेहरूलाई दिन सकियोस् ।
GAL 3:23 तर ख्रीष्‍टमा विश्‍वास आउनुभन्दा अगाडि विश्‍वासको प्रकाश नआउन्जेलसम्म हामी व्यवस्थाद्वारा कैदमा थियौँ र सीमित थियौँ ।
GAL 3:24 त्यसकारण, हामी विश्‍वासद्वारा धर्मी ठहरिनको निम्ति ख्रीष्‍ट नआउन्जेलसम्मको लागि व्यवस्था हाम्रो संरक्षक बन्यो ।
GAL 3:25 अब विश्‍वास आइसकेकोले हामी कुनै संरक्षकको अधीनमा छैनौँ ।
GAL 3:26 किनकि ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा तिमीहरू सबै परमेश्‍वरका पुत्रहरू हौ ।
GAL 3:27 तिमीहरूमध्ये सबै जतिको ख्रीष्‍ट येशूमा बप्‍तिस्मा भयो, तिमीहरू आफैँले ख्रीष्‍टलाई पहिरिएका छौ ।
GAL 3:28 अब न त यहूदी छ, न ग्रिक, न कमारा छ न फुक्‍का, न पुरुष छ न स्‍त्री, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एक हौ ।
GAL 3:29 यदि तिमीहरू ख्रीष्‍टका हौ भनेता तिमीहरू अब्राहामका सन्तानहरू हौ र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ ।
GAL 4:1 मैले यो भनिरहेको छु, कि उत्तराधिकारी बालकै भएसम्म ऊ सारा सम्पत्तिको मालिक भए तापनि ऊ कमारो भन्दा फरक हुँदैन ।
GAL 4:2 बरु, उसको बुबाले निर्धारण गरेको समयसम्म ऊ अभिभावकहरू र संरक्षकहरूको मुनि हुन्छ ।
GAL 4:3 यसरी नै, हामीहरू पनि जब बालक थियौँ, यस जगत्‌का आधारभूत सिद्धान्तहरूको बन्धनमा थियौँ ।
GAL 4:4 तर जब ठिक समय आयो, तब परमेश्‍वरले व्यवस्थाअनुसार स्‍त्रीबाट जन्मनुभएका उहाँका पुत्रलाई पठाउनुभयो ।
GAL 4:5 हामी धर्मपुत्रको रूपमा स्वीकारिऔँ भनेर उहाँले व्यवस्थामुनि भएकाहरूलाई छुटकारा दिनको निम्ति यसो गर्नुभयो ।
GAL 4:6 तिमीहरू पुत्रहरू भएका हुनाले परमेश्‍वरले उहाँका पुत्रको आत्मालाई हाम्रा हृदयहरूमा पठाउनुभयो, त्यो आत्मा जसले, “अब्बा, पिता” भनेर पुकार्नुहुन्छ ।
GAL 4:7 यसैकारणले गर्दा, अब तिमी दास होइनौ, तर पुत्र हौ । यदि तिमी पुत्र हौ भने, तिमी परमेश्‍वरको एक उत्तराधिकारी पनि हौ ।
GAL 4:8 तर पहिले जब तिमीहरूले परमेश्‍वरलाई चिन्दैन थियौ, तिमीहरू तिनीहरूका दास थियौ जो स्वभावैले ईश्‍वरहरू होइनन् ।
GAL 4:9 तर अहिले तिमीहरूले परमेश्‍वरलाई चिन्दछौ वा निश्‍चय नै तिमीहरू परमेश्‍वरद्वारा चिनिएका छौ भने, किन तिमीहरू फेरि कमजोर र मूल्यहीन आधारभूत सिद्धान्तहरूतर्फ फर्किरहेका छौ ? के तिमीहरू फेरि दास हुने चाहना गर्छौ ?
GAL 4:10 तिमीहरूले ध्यानपूर्वक विशेष दिनहरू, औँसी, ऋतुहरू र वर्षहरूलाई मान्दछौ ।
GAL 4:11 म तिमीहरूका लागि चिन्ता गर्दछु । म यो चिन्ता गर्दछु, कि मैले तिमीहरूमाथि व्यर्थमा मेहनत गरेँ ।
GAL 4:12 भाइहरू हो, म यो बिन्ती गर्दछु, कि म जस्तो छु तिमीहरू पनि त्यस्तै होओ, किनकि म पनि तिमीहरूजस्तै भएको छु । तिमीहरूले मप्रति कुनै खराबी गरेका छैनौ ।
GAL 4:13 तर तिमीहरू यो कुरा जान्दछौ, कि मेरो शारीरिक बिमारीको कारण मैले तिमीहरूलाई पहिलो पटक सुसमाचार घोषणा गरेँ ।
GAL 4:14 मेरो शारीरिक अवस्थाले तिमीहरूलाई परीक्षा ल्याए तापनि तिमीहरूले मेरो उपेक्षा गरेनौ वा मलाई इन्कार गरेनौ । त्यसको सट्टामा, तिमीहरूले म नै ख्रीष्‍ट येशू भएझैँ गरी मलाई परमेश्‍वरका स्वर्गदूतको रूपमा स्वीकार गर्‍यौ ।
GAL 4:15 त्यसकारण, अब तिमीहरूको आनन्द कहाँ छ ? किनकि तिमीहरूको विषयमा म यो गवाही दिन्छु, कि सम्भव भए त तिमीहरूले मलाई आफ्नो आँखा निकालेर दिने थियौ ।
GAL 4:16 मैले तिमीहरूलाई सत्यता बताएको कारण, के म अब तिमीहरूको शत्रु भएँ त ?
GAL 4:17 तिनीहरूले तिमीहरूलाई उत्कट इच्छाले खोज्दछन्, तर कुनै भलाइको लागि होइन । तिमीहरूले तिनीहरूलाई पछ्याउनेछौ भनेर तिनीहरूले मबाट तिमीहरूलाई अलग गर्न चाहन्छन् ।
GAL 4:18 म तिमीहरूको उपस्थितिमा रहँदा मात्र नभएर सधैँ नै असल अभिप्रायको निम्ति उत्कट इच्छा राख्‍नु असल हुन्छ ।
GAL 4:19 मेरा साना बालकहरू हो, तिमीहरूभित्र ख्रीष्‍ट नबनिनुभएसम्म मैले फेरि तिमीहरूका निम्ति प्रसव वेदनाको पीडा भोगिरहेको छु ।
GAL 4:20 म अब तिमीहरूकहाँ उपस्थिति हुन चाहन्छु र मेरो बोलीलाई परिवर्तन गर्न चाहन्छु, किनकि म तिमीहरूको विषयमा अन्योलमा परेको छु ।
GAL 4:21 तिमीहरू जो व्यवस्थाको अधीनमा रहने इच्छा गर्दछौ, मलाई यो बताओ, कि व्यवस्थाले के भन्दछ भन्‍ने कुरा के तिमीहरूले सुन्दैनौ ?
GAL 4:22 किनकि यस्तो लेखिएको छ, कि अब्राहामका दुई जना छोरा थिए, एक जना दासी स्‍त्रीबाट र अर्कोचाहिँ स्वतन्‍त्र स्‍त्रीबाट ।
GAL 4:23 तथापि, दासीबाटको चाहिँ केवल शरीरद्वारा जन्मिएको थियो, तर स्वतन्‍त्र स्‍त्रीबाटको चाहिँ प्रतिज्ञाद्वारा जन्मिएको थियो ।
GAL 4:24 यी कुराहरूलाई एउटा रूपक दृष्‍टान्तद्वारा वर्णन गर्न सकिन्छ, किनकि यी दुई स्‍त्री दुईवटा प्रतिज्ञाझैँ हुन् । तिनीहरूमध्ये एक जनाचाहिँ सीनै पर्वतबाट हो । तिनले यस्ता छोराछोरीहरू जन्माउँछिन्, जो दासहरू हुन् । तिनी हागार हुन् ।
GAL 4:25 अहिले हागारचाहिँ अरबको सीनै पर्वत हो । तिनले वर्तमान यरूशलेमको सङ्केत गर्छिन्, किनकि तिनी तिनका छोराछोरीहरूसँगै दासत्वमा छिन् ।
GAL 4:26 तर माथि रहेको यरूशलेम स्वतन्‍त्र छ, जोचाहिँ हाम्री आमा हुन् ।
GAL 4:27 किनकि यस्तो लेखिएको छ, “ए बाँझी स्‍त्री, जसले जन्म दिन सक्दिनन्, आनन्द मनाओ । तिमी जसले बालक जन्माउने अनुभव पाएकी छैनौ, मन खोल र आनन्दले कराऊ । किनकि त्यस बाँझीका पति भएकाहरूका भन्दा पनि धेरै छोराछोरीहरू छन् ।”
GAL 4:28 भाइहरू हो, अब तिमीहरू पनि इसहाकजस्तै प्रतिज्ञाका छोराछोरीहरू हौ ।
GAL 4:29 त्यो समयमा शरीरअनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सतायो । अहिले पनि यस्तै नै छ ।
GAL 4:30 धर्मशास्‍त्रले के भन्दछ ? “दासी स्‍त्री र तिनको पुत्रलाई निकालिदेओ । किनकि दासी स्‍त्रीको पुत्रले स्वतन्‍त्र स्‍त्रीको पुत्रसँगै समान उत्तराधिकार प्राप्‍त गर्नेछैन ।”
GAL 4:31 त्यसकारण, भाइहरू हो, हामी दासी स्‍त्रीका छोराछोरीहरू होइनौँ, तर स्वतन्‍त्र स्‍त्रीका छोराछोरीहरू हौँ ।
GAL 5:1 स्वतन्‍त्रताको निम्ति ख्रीष्‍टले हामीलाई मुक्त गराउनुभएको हो । यसैकारण, स्थिर होओ र फेरि बन्धनको जुवामुनि नपर ।
GAL 5:2 हेर ! म पावल तिमीहरूलाई भन्दछु, कि तिमीहरूको खतना भए तापनि ख्रीष्‍टमा तिमीहरूलाई केही फाइदा हुनेछैन ।
GAL 5:3 फेरि, खतना गरिएका सबै मानिसलाई म यो गवाही दिन्छु, कि सबै व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ ।
GAL 5:4 जो व्यवस्थाबाट धर्मी ठहराइएका छौ, तिमीहरू ख्रीष्‍टबाट अलग गरिएका छौ । तिमीहरू अनुग्रहबाट टाढा गएका छौ ।
GAL 5:5 किनकि आत्माद्वारा विश्‍वासबाट हामीले धार्मिकताको आशाको प्रतीक्षा गरिरहेका छौँ ।
GAL 5:6 ख्रीष्‍ट येशूमा न खतना न बेखतना कुनै मूल्यको हुन्छ । केवल प्रेमद्वारा काम गर्ने विश्‍वासको मात्र मूल्य हुन्छ ।
GAL 5:7 तिमीहरू असल रूपमा दौडिरहेका थियौ । सत्यताको पालन गर्न तिमीहरूलाई कसले रोक्यो ?
GAL 5:8 यो काम गर्नको निम्ति आएको प्रोत्साहन तिमीहरूलाई बोलाउनुहुने बाटको होइन ।
GAL 5:9 थोरै खमिरले पुरै आटाको डल्लोलाई फुलाउँछ ।
GAL 5:10 प्रभुमा म तिमीहरूमा भरोसा गर्दछु, कि तिमीहरूले अर्को तरिकाले विचार गर्दैनौ । तिमीहरूलाई अलमलमा पार्ने जोसुकै भए तापनि त्यसले आफ्नो दण्ड पाउनेछ ।
GAL 5:11 मेरा भाइहरू हो, यदि म अझै पनि खतनाको प्रचार गर्दछु भने, अझै पनि म किन सताइएको छु ? त्यसो हो भनेता क्रुसको बाधा नष्‍ट हुने थियो ।
GAL 5:12 तिमीहरूलाई बहकाउनेहरूले त आफैँलाई नपुङ्सक तुल्याओस् ।
GAL 5:13 किनकि मेरा भाइहरू हो, परमेश्‍वरले तिमीहरूलाई स्वतन्‍त्रताको निम्ति बोलाउनुभएको छ । आफ्नो स्वतन्‍त्रतालाई शरीरको निम्ति अवसरको रूपमा मात्र प्रयोग नगर । बरु, प्रेमद्वारा एक अर्कालाई सेवा पुर्‍याओ ।
GAL 5:14 किनकि सारा व्यवस्था एउटै आज्ञामा पुरा हुन्छ, “तिमीहरूले आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर्नुपर्छ ।”
GAL 5:15 तर यदि तिमीहरूले एक अर्कालाई टोक्‍ने र निल्ने गर्छौ भने, ध्यान देओ, तिमीहरू आफैँ एक अर्काबाट नष्‍ट हुन नपरोस् ।
GAL 5:16 म भन्दछु, आत्माद्वारा हिँड, अनि तिमीहरूले शरीरका अभिलाषाहरूलाई पुरा गर्नेछैनौ ।
GAL 5:17 किनकि शरीरका अभिलाषाहरू आत्माको विरुद्धमा हुन्छन्, र आत्माको इच्छा शरीरको विरुद्धमा हुन्छ । किनकि यी एक अर्काका विपरीत हुन्छन् । यसको परिणामचाहिँ यही हो, कि तिमीहरूले गर्न चाहेका कुराहरू तिमीहरूले गर्दैनौ ।
GAL 5:18 तर यदि आत्माले तिमीहरूलाई अगुवाइ गर्नुहुन्छ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ ।
GAL 5:19 शरीरका कामहरू प्रत्यक्ष देख्‍न सकिने हुन्छन् । ती कामुक अनैतिकता, अपवित्रता, कामवासना,
GAL 5:20 मूर्तिपूजा, तन्‍त्रमन्‍त्र, दुश्मनी, झैँझगडा, ईर्ष्या, क्रोध, स्वार्थ, फुट, गुटबन्दी,
GAL 5:21 डाह, पियक्‍कडपन, मोजमज्जा र अरू यस्तै कुराहरू हुन् । मैले तिमीहरूलाई पहिले पनि चेतावनी दिएझैँ म फेरि चेतावनी दिन्छु, कि जसले यी कुराहरू गर्छन्, तिनीहरू परमेश्‍वरको राज्यका हकदार हुनेछैनन् ।
GAL 5:22 तर पवित्र आत्माका फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्‍वास,
GAL 5:23 नम्रता र संयम हुन् । यी कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन ।
GAL 5:24 तिनीहरू जो ख्रीष्‍ट येशूका हुन् उनीहरूले आफ्ना शरीरलाई त्यसका लालसा र दुष्‍ट अभिलाषाहरूसहित क्रुसमा टाँगेका हुन्छन् ।
GAL 5:25 यदि हामी आत्माद्वारा जिउँछौँ भने, हामी आत्माद्वारा नै हिँडौँ ।
GAL 5:26 हामी अहङ्कारी नबनौँ; एक अर्कालाई रिस नउठाऔँ; वा एक अर्काको ईर्ष्या नगरौँ ।
GAL 6:1 भाइहरू हो, यदि कुनै मानिसले पाप गरेको फेला परेमा, तिमीहरूमध्येका आत्मिक व्यक्‍तिहरूले चाहिँ नम्रताको आत्मामा त्यस व्यक्‍तिलाई पुनर्स्थापित गर्नुपर्छ । तिमीहरू आफैँ परीक्षामा नपर्नको निम्ति आफ्नो ख्याल गर ।
GAL 6:2 एक अर्काको भार उठाओ, र यसरी तिमीहरूले ख्रीष्‍टको व्यवस्थालाई पुरा गर्नेछौ ।
GAL 6:3 किनकि यदि कसैले आफू कुनै महत्त्वको नहुँदा नहुँदै पनि केही हुँ भनी ठान्दछ भने, त्यसले आफैँलाई धोका दिन्छ ।
GAL 6:4 हरेकले आफ्नो कामको जाँच गर्नुपर्छ । तब मात्रै अरू कसैसँग तुलना नगरिकन पनि ऊ आफैँसँग गर्व गर्ने केही कारण हुन्छ ।
GAL 6:5 किनकि हरेकले आफ्नो भार आफैँ उठाउनेछ ।
GAL 6:6 जसलाई वचन सिकाइएको छ, उसले शिक्षकसँग सबै असल कुराहरू बाँड्नुपर्छ ।
GAL 6:7 धोकामा नपर । परमेश्‍वरको ठट्टा हुँदैन । मानिसले जे रोप्दछ, त्यसले त्यही नै कटनी गर्नेछ ।
GAL 6:8 किनकि जसले आफ्नै पाप-स्वभावमा बिउ छर्दछ, त्यसले विनाशको कटनी गर्नेछ, तर जसले आत्मामा बिउ छर्दछ, त्यसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ ।
GAL 6:9 हामी असल काम गर्न थकित नहोऔँ, किनकि यदि हामीले हरेस खाएनौँ भने ठिक समयमा हामीले फसलको कटनी गर्नेछौँ ।
GAL 6:10 त्यसकारण, हामीले मौका पाउन साथ, सबैको निम्ति भलाइ गरौँ । विशेष गरी विश्‍वासको परिवारको निम्ति हामीले भलाइ गरौँ ।
GAL 6:11 हेर मैले आफ्नै हातले कति ठुला-ठुला अक्षरहरूमा तिमीहरूलाई लेखिरहेछु ।
GAL 6:12 शारीरिक रूपमा प्रभाव पार्न चाहनेहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन् । ख्रीष्‍टको क्रुसको खातिर सतावट भोग्‍नु नपरोस् भनेर मात्र तिनीहरूले यसो गर्छन् ।
GAL 6:13 किनकि खतना भएकाहरूले नै व्यवस्थाको पालन गरेका हुँदैनन् । बरु, तिमीहरूका शरीरका विषयमा घमण्ड गर्न सकून् भनेर तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन् ।
GAL 6:14 हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस् । उहाँद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रुसमा टाँगिएको छ ।
GAL 6:15 किनकि न त खतना न बेखतना कुनै मूल्यको हो । बरु, नयाँ सृष्‍टि महत्त्‍वपूर्ण छ ।
GAL 6:16 यही नियमअनुसार जिउने सबैमा अनि परमेश्‍वरको इस्राएलमा शान्ति र कृपा रहोस् ।
GAL 6:17 अब उप्रान्त मलाई कसैले दु:ख नदेओस्, किनकि म आफ्नो शरीरमा येशूका चिन्हहरू धारण गर्दछु ।
GAL 6:18 भाइहरू हो, तिमीहरूका आत्मामा हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह रहोस् । आमेन ।
EPH 1:1 पावल, परमेश्‍वरको इच्छाद्वारा येशू ख्रीष्‍टको एक प्रेरितबाट परमेश्‍वरका निम्ति अलग गरिएका एफिससमा भएकाहरू र ख्रीष्‍ट येशूमा विश्‍वासयोग्य भएकाहरूलाई,
EPH 1:2 हाम्रा पिता परमेश्‍वर र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
EPH 1:3 परमेश्‍वर हाम्रा प्रभु येशू ख्रीष्‍टका पिताको प्रशंसा होस् । जसले हामीलाई हर प्रकारको आत्मिक आशिषले ख्रीष्‍टमा स्वर्गीय स्थानहरूमा आशिषित पार्नुभयो ।
EPH 1:4 यस संसारको सृष्‍टिभन्दा पहिले नै हामी ख्रीष्‍टमा विश्‍वास गर्नेहरूलाई परमेश्‍वरले चुन्‍नुभयो । उहाँको दृष्‍टिमा पवित्र र दोषरहित हुन सकौँ भनेर उहाँले हामीलाई चुन्‍नुभयो ।
EPH 1:5 प्रेममा परमेश्‍वरले हामीलाई येशू ख्रीष्‍टद्वारा आफ्नै निज पुत्रहरूका रूपमा ग्रहण गर्नको निम्ति पूर्णनिर्धारण गर्नुभयो । उहाँले यसो गर्नुभयो किनकि उहाँले योजना गर्नुभएको कुरा गर्न उहाँ प्रसन्‍न हुनुभयो ।
EPH 1:6 नतिजा यो हो, कि परमेश्‍वरको महिमामय अनुग्रहको कारण सबैले उहाँको प्रशंसा गर्छन् । यो अनुग्रह उहाँले आफ्नो प्रियद्वारा सित्तैमा हामीलाई दिनुभएको छ ।
EPH 1:7 अपार अनुग्रहद्वारा उहाँको प्रिय पुत्रमा हामीले रगतबाट छुटकारा अनि पापको क्षमा पाउदछौँ ।
EPH 1:8 पुरा बुद्धि र समझको पूर्णतामा उहाँले यस अनुग्रहचाहिँ प्रश‍स्त मात्रामा हामीलाई दिनुभएको थियो ।
EPH 1:9 परमेश्‍वरले आफ्नो इच्छा अनुसार ख्रीष्‍टमा प्रकाशमा ल्याउनुभएको उहाँको योजनाको गुप्‍त सत्यतालाई हाम्रो निम्ति प्रकट गर्नुभयो ।
EPH 1:10 उहाँको योजनाको पूर्णताको समय जब पूरा हुन्छ, तब ख्रीष्‍टमा परमेश्‍वरले स्वर्ग र पृथ्वीका सबै थोकलाई एक साथ ल्याउनुहुनेछ ।
EPH 1:11 येशू ख्रीष्‍टमा हामी परमेश्‍वरका सन्तानको रूपमा चुनिएका थियौँ । सबै कुरा आफ्नो इच्छा अनुसार गर्नुहुनेको योजनामा हामी अगिबाटै चुनिएका थियौँ ।
EPH 1:12 उहाँको महिमाको प्रशंसाको निम्ति अस्तित्वमा रहन सकौँ भनेर परमेश्‍वरले यो गर्नुभयो । हामी ख्रीष्‍टमा भरोसा राख्‍ने पहिलो व्‍यक्तिहरू थियौँ ।
EPH 1:13 ख्रीष्‍टमा तिमीहरूले सत्य वचन, तिमीहरूको छुट्काराको सुसमाचार सुनिसकेपछि, उहाँमा नै तिमीहरूले विश्‍वास गरेका छौ र प्रतिज्ञा सहितको पवित्र आत्माको छाप लगाइएका थियौ ।
EPH 1:14 हामीले हाम्रो उत्तराधिकार प्राप्‍त नगरून्जेल सम्म पवित्र आत्मा हाम्रो उत्तराधिकारको निश्‍चयताको प्रमाण हुनुहुन्छ । यो उहाँको महिमाको प्रशंसाको लागि हो ।
EPH 1:15 यसकारण प्रभु येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वासको बारेमा र उहाँको लागि छुट्टयाइएकाहरूका लागि तिमीहरूको प्रेमको सम्बन्धमा मैले सुनेको समय देखि,
EPH 1:16 मैले तिमीहरूको लागि परमेश्‍वरमा धन्यवाद दिन र मेरो प्रार्थनामा तिमीहरूलाई सम्झिन रोकेको छैन ।
EPH 1:17 म यो प्रार्थना गर्दछु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश दिऊन् ।
EPH 1:18 म यो प्रार्थना गर्दछु, कि हाम्रो बोलावटको निश्‍चयता के हो भनेर जान्‍नको निम्ति तिमीहरूका हृदयका आँखाहरू प्रज्वलित होऊन्, र उहाँको निम्ति अलग गरिएकाहरूका बिचमा उहाँको उत्तराधिकारको महिमाको प्रशस्तता के हो सो तिमीहरूले जान्‍न सकोस् ।
EPH 1:19 हामी विश्‍वास गर्नेहरूमा उहाँको शक्तिको अत्याधिक महानताको विषयमा तिमीहरूले जान्‍न सकोस् भनेर म प्रार्थना गर्दछु । यो महानता उहाँको शक्तिको तीव्रताको कार्य अनुसारको हो ।
EPH 1:20 यो यही शक्ति हो जुन परमेश्‍वरले ख्रीष्‍ट येशूलाई मृत्‍युबाट जीवित पार्नुभएको र स्वर्गीय स्थानहरूमा उहाँको दाहिने बाहुलीमा येशूलाई बसाल्नुभएको समयमा येशू ख्रीष्‍टमा कार्य गर्दैथियो ।
EPH 1:21 उहाँले येशूलाई सबै शासन, सबै अधिकार, शक्ति, प्रभुत्त्वहरू र हरेक नामभन्दा माथि राख्‍नुभयो । यस युगको लागि मात्र होइन, तर आउने युगको लागि पनि उहाँले ख्रीष्‍टलाई राख्‍नुभएको छ ।
EPH 1:22 परमेश्‍वरले सबै कुराहरू येशू ख्रीष्‍टको पाउमा सुम्पनुभएको छ र उहाँलाई नै मण्डलीमा सबै कुराहरू माथि शिर बनाउनुभएको छ ।
EPH 1:23 उहाँले सबै तरिकामा सबै कुरा पूरा गर्नुहुन्छ, र उहाँको पूर्णता उहाँको शरीर, मण्डली हो ।
EPH 2:1 तिमीहरू त आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौ ।
EPH 2:2 यस संसारको रीतिअनुसार तिमीहरू यस्ता कुराहरूमा एकपल्ट हिँडेका थियौ । आकाशको शक्तिको शासक अनुसार तिमीहरू हिँडेका थियौ । यो त्यसको आत्मा हो, जो अनाज्ञाकारीताका सन्तानहरूमा काम गर्दछ ।
EPH 2:3 हामी एकपल्ट यी सबै अविश्‍वासीहरू सँगै थियौँ । हाम्रो शरीरको खराब इच्छा अनुसार हामी चल्थ्यौँ र शरीर र मनका इच्छा अनुसार काम गर्ने गर्‍थ्‍यौँ । हामी अरू मानिसहरू जस्तै स्वभावले क्रोधका सन्तान थियौँ ।
EPH 2:4 तर परमेश्‍वरले आफ्नो महान् प्रेमले हामीलाई प्रेम गर्नुभएको कारण उहाँ दयामा धनी हुनुहुन्छ ।
EPH 2:5 जब हामी आफ्ना अपराधहरूमा मरेका थियौँ, उहाँले हामी सबैलाई सँगै ख्रीष्‍टमा नयाँ जीवनमा ल्याउनुभयो । उहाँको अनुग्रहद्वारा तिमीहरू बचाइएका छौ ।
EPH 2:6 ख्रीष्‍ट येशूमा हामीलाई परमेश्‍वरले उठाउनुभएको छ र स्वर्गीय स्थानहरूमा उहाँसँगै बसाल्नुभएको छ ।
EPH 2:7 आउँदा दिनहरूमा उहाँको अनुग्रहको प्रशस्तता हामीलाई प्रकट गराउने हेतुले उहाँले यसो गर्नुभयो । ख्रीष्‍ट येशूमा उहाँको दयाद्वारा उहाँले यो देखाउनुहुन्छ ।
EPH 2:8 किनकि तिमीहरू अनुग्रहबाट विश्‍वासद्वारा बचाइएका छौ, र यो तिमीहरूबाट आएको होइन तर यो परमेश्‍वरको उपहार हो ।
EPH 2:9 कामहरूबाट यो होइन, यसैकारण कसैले घमण्ड गर्न सक्दैन ।
EPH 2:10 किनकि हामीहरू परमेश्‍वरले धेरै पहिले देखि नै योजना गर्नुभएको असल काम गर्नको निम्ति र हामीहरू ती बमोजिम हिडौँ भनेर ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँको हातका सिप हौँ ।
EPH 2:11 त्यसकारण यो कुरा सम्झ, कि एक समय तिमीहरू शरीरमा गैरयहूदीहरू थियौ । मानिसहरूका हातहरूबाट शरीरमा खतना भएकाहरूले तिमीहरूलाई “बेखातनाको” भनेर बोलाउँथे ।
EPH 2:12 किनकि त्यो समयमा तिमीहरू ख्रीष्‍टबाट अलगिएका थियौ । इस्राएलका मानिसहरूका निम्ति तिमीहरू परदेशी थियौ । तिमीहरू प्रतिज्ञाका करारबाट बिराना थियौ । तिमीहरूको भविष्‍यको कुनै निश्‍चयता थिएन । तिमीहरू परमेश्‍वर बिना यस संसारमा थियौ ।
EPH 2:13 तिमीहरू एक समय परमेश्‍वरबाट टाढा भएकाहरू, अब येशू ख्रीष्‍टको रगतद्वारा ख्रीष्‍ट येशूमा परमेश्‍वरसँग नजिक ल्याइएका छौ ।
EPH 2:14 किनकि उहाँ हाम्रो शान्ति हुनुहुन्छ । उहाँले दुईलाई एक बनाउनुभयो । हामीलाई एक अर्कामा विभाजन गर्ने शत्रुताका पर्खालहरू उहाँको शरीरद्वारा भत्काइएका छन् ।
EPH 2:15 अर्थात्, उहाँमा नै एउटा नयाँ मानिस सृष्‍टि गर्न, उहाँले नियमहरू र आज्ञाहरूका कानुनलाई खारेज गरिदिनुभयो । उहाँले मिलाप गराउनुभयो ।
EPH 2:16 उहाँको क्रूसद्वारा दुई मानिसलाई परमेश्‍वरमा शरीरमा एक बनाउनको निम्ति उहाँले यो गर्नुभयो । क्रुससँगै उहाँले शत्रुतालाई नाश गर्नुभयो ।
EPH 2:17 येशू आउनुभयो र धेरै टाढा र नजिक भएकाहरूलाई उहाँले शान्तिको घोषणा गर्नुभयो ।
EPH 2:18 किनकि येशूद्वारा हामी दुवै एउटै आत्मामा पिताकहाँ जान सक्छौँ ।
EPH 2:19 त्यसकारण, तिमी यहूदीहरू कोहीपनि नौलो मानिस वा परदेशी छैनौ । तर सबै परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सँगै उहाँको राज्यको सँगी नागरिकहरू हौ र परमेश्‍वरको परिवारका सदस्यहरू हौ ।
EPH 2:20 तिमीहरू प्रेरित र अगमवक्ताहरूको जग माथि बसालेर निर्माण गरिएका हौ । ख्रीष्‍ट येशू आफैँ कुने-ढुङ्गो हुनुहुन्छ ।
EPH 2:21 येशू ख्रीष्‍टमा उहाँको सारा निर्माण मिल्दै जान्छ र प्रभुमा एउटै मन्दिरको रूपमा बढ्दै जान्छ ।
EPH 2:22 अनि उहाँमा नै तिमीहरू पनि पवित्र आत्मामा परमेश्‍वरको वासस्थानको रूपमा सँगै निर्माण भइरहेका छौ ।
EPH 3:1 यसैकारण, म पावल, तिमी गैरयहूदीहरूका निम्ति येशू ख्रीष्‍टको एक कैदी हुँ ।
EPH 3:2 तिमीहरूका निम्ति परमेश्‍वरले मलाई दिनुभएको उहाँको अनुग्रहको कार्यको विषयमा तिमीहरूले सुनेका छौ भनी म विचार गर्दछु ।
EPH 3:3 मलाई दिइएको प्रकाश अनुसार म यी कुराहरू लेख्दै छु । मेरो अर्को पत्रमा मैले सम्क्षिप्‍त रूपमा लेखेको कुरा एउटा गुप्‍त सत्यता हो ।
EPH 3:4 जब तिमीहरू यसको बारेमा पढ्छौ, तब ख्रीष्‍टको लुकिएको सत्यताको बारेमा मसँग भएको अन्तर्दृष्‍टिको बारेमा तिमीहरूले बुझ्‍न सक्‍ने छौ ।
EPH 3:5 यो सत्यता अरू पुस्ताहरूको मानिसहरूलाई बताइएको थिएन । तर अहिले उहाँमा समर्पित प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा यो प्रकट गराइएको छ ।
EPH 3:6 यो गुप्‍त सत्यता यही हो, कि गैरयहूदीहरू सँगी उत्तराधिकारीहरू र उहाँको शरीरका सँगी सदस्यहरू हुन् । यो सुसमाचारद्वारा ख्रीष्‍ट येशूमा भएको प्रतिज्ञाका तिनीहरू सँगी भागेदारहरू हुन् ।
EPH 3:7 उहाँको शक्तिको कामद्वारा मलाई दिइएको परमेश्‍वरको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक भएको छु ।
EPH 3:8 परमेश्‍वरका निम्ति अलग गरिएकाहरू मध्ये म सबै भन्दा सानो भएतापनि, उहाँले मलाई यो वरदान दिनुभयो । गैरयहूदीहरूलाई ख्रीष्‍ट येशूको अचिन्तनीय सम्पत्तिको विषयमा सुसमाचार घोषणा गर्नको निम्ति यो वरदान मलाई दिइयो ।
EPH 3:9 सबै मानिसहरूलाई परमेश्‍वरको गुप्‍त योजनाको बारेमा मैले स्पष्‍ट गर्नुपर्छ । पहिले, यो योजना सबै कुरालाई सृष्‍टि गर्नुहुने परमेश्‍वरद्वारा पुस्तौँसम्म लुकाइएको थियो ।
EPH 3:10 परिणाम स्वरूप, अब मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूले परमेश्‍वरको विवेकको बहुपक्षिय प्रवृत्तिबारे थाहा पाउनेछन् ।
EPH 3:11 हाम्रा प्रभु, ख्रीष्‍ट येशूमा उहाँले पूरा गर्नुभएको अनन्त योजना अनुसार यो हुनेछ ।
EPH 3:12 किनभने ख्रीष्‍टमा, उहाँमाथि हाम्रो विश्‍वासको कारण हामीले साहस र आत्मविश्‍वास पाएका छौँ ।
EPH 3:13 यसकारण, तिमीहरूका निम्ति मैले गरेका दुःखहरूमा तिमीहरू निरुत्साहित नहुन म आग्रह गर्दछु । त्यो तिमीहरूका निम्ति महिमा हो ।
EPH 3:14 यही कारण म पिताको सामु मेरा घुँडा टेक्दछु,
EPH 3:15 जसको पछाडि स्वर्ग र पृथ्वीमा भएका सबै परिवारको नाउँ राखिएको छ ।
EPH 3:16 उहाँको महिमाको प्रशस्तता अनुसार तिमीहरूमा बास गर्नुहुने उहाँको आत्माको शक्तिद्वारा उहाँले तिमीहरूलाई मजबूत गराऊन् भनेर म प्रार्थना गर्दछु ।
EPH 3:17 तिमीहरूको विश्‍वासद्वारा येशू ख्रीष्‍ट तिमीहरूका हृदयमा वास गरून् भनेर म प्रार्थना गर्दछु । उहाँको प्रेममा तिमीहरूले जरा गाडी जग बसाल्न सकोस् भनेर म प्रार्थना गर्दछु ।
EPH 3:18 ताकि, उहाँको प्रेममा सबै विश्‍वासीहरू सँगै ख्रीष्‍टको प्रेमको चौडाई, लम्बाई, उचाई र गहिराई तिमीहरूले बुझ्‍न सकोस् ।
EPH 3:19 तिमीहरूले ख्रीष्‍टको प्रेमको महानतालाई बुझ्‍न सकोस् भनेर म प्रार्थना गर्दछु, जुन ज्ञान भन्दा उत्तम छ । तिमीहरू परमेश्‍वरको समपूर्णताले भरिन सक भनेर यसो गर ।
EPH 3:20 अब हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार, हामीले माग्‍ने वा विचार गर्ने सबै कुराभन्दा धेरै माथि सबै थोक गर्न सक्‍नुहुने उहाँलाई,
EPH 3:21 ख्रीष्‍ट येशूमा भएका सबै पुस्ताहरूद्वारा र मण्डलीमा उहाँलाई सदासर्वदा युग-युग सम्म महिमा होस् ! आमेन ।
EPH 4:1 यसकारण, प्रभुको निम्ति कैदी भएको नाताले तिमीहरूलाई जुन बोलावटमा बोलाइएको छ, त्यस बोलावटमा उचित ढंगले चल्नको निम्ति म तिमीहरूलाई आग्रह गर्दछु ।
EPH 4:2 ज्यादै विनम्रता र कोमलता र धैर्यतामा जिओ । एकले अर्कालाई प्रेममा स्वीकार गर ।
EPH 4:3 आत्माको एकतालाई शान्तिको बन्धनमा राख्‍नलाई उत्कृष्‍ट तरिकाले प्रयत्‍न गर ।
EPH 4:4 शरीर एउटै छ र आत्मापनि एउटै हुनुहुन्छ, जसरी तिमीहरू पनि एउटै निश्‍चित आशामा बोलाइएका थियौ ।
EPH 4:5 प्रभु एउटै हुनुहुन्छ, विश्‍वास एउटै हो, र बप्‍तिसमा पनि,
EPH 4:6 र सबैका पिता, परमेश्‍वर पनि एउटै हुनुहुन्छ । उहाँ सबै कुरामाथि, सबै कुराभित्र र सबै कुरामा हुनुहुन्छ ।
EPH 4:7 हामी हरेकलाई ख्रीष्‍टको वरदानको नापअनुसार वरदान दिइएको छ ।
EPH 4:8 जसरी धर्मशास्‍त्रले भन्दछः “जब उहाँ उच्‍च स्थानमा जानुभयो, उहाँले कैदीहरूलाई दासत्वमा राख्‍नुभयो । उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।”
EPH 4:9 “उहाँ उच्‍च स्थानमा जानुभयो” भन्‍ने भनाइको अर्थ के हो त, यस बाहेक उहाँ पृथ्वीका गहिराइहरूमा पनि ओर्लनुभयो ?
EPH 4:10 उहाँ जो तल ओर्लनुभयो, उहाँ नै सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनुभयो । उहाँले सबै कुराहरूलाई पूर्ण गर्नको निम्ति यो गर्नुभयो ।
EPH 4:11 ख्रीष्‍टले यस्ता वरदानहरू दिनुभयोः प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरू ।
EPH 4:12 ख्रीष्‍टको शरीरलाई निर्माण गर्ने सेवाको कार्यको निम्ति विश्‍वासीहरूलाई निपुण गर्नलाई उहाँले यो गर्नुभयो ।
EPH 4:13 विश्‍वासको एकता र परमेश्‍वरका पुत्रको ज्ञानमा हामी नपुगेसम्म उहाँले यो गर्नुहुन्छ । ख्रीष्‍टको उचाइमा पूर्ण रूपमा पुगेकाहरू झैँ हामी परिपक्व नभएसम्म उहाँले यो गर्नुहुन्छ ।
EPH 4:14 हामी अब बालकहरू जस्तै नहोऔँ भनेर यो जरूरी छ । हामी अब उसो यता-उता नबरालिऔँ भनेर यो जरूरी छ । सबै शिक्षाको बेगसँगै र मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा हामी नबहकिऔँ भनेर यो जरूरी छ ।
EPH 4:15 बरु हामी प्रेममा सत्य बोल्नेछौँ र हाम्रो शिर, ख्रीष्‍टमा हामी सबै क्षेत्रमा वृद्धि हुनेछौँ ।
EPH 4:16 ख्रीष्‍टले विश्‍वासीहरूको शरीरलाई सँगै जोड्नुहुन्छ । प्रेममा सम्पूर्ण शरीरको विकास होस् र आफैँ वृद्धि होस् भनेर, त्यो हरेक सहयोगी तन्तुहरूद्वारा सँगै गाँसिएको हुन्छ ।
EPH 4:17 त्यसैले म तिमीहरूलाई भन्दछु र प्रभुमा उत्साह दिन्छुः गैरयहूदीहरू आफ्ना विचारहरूको व्यर्थतामा हिँडे झैँ अबदेखि तिमीहरू चाहिँ हिँड्नु पर्दैन ।
EPH 4:18 तिनीहरू विचारमा अन्धा भएका छन् । तिनीहरूका हृदयको कठोरताको कारण तिनीहरूमा भएको अज्ञानताले तिनीहरू परमेश्‍वरको जीवनबाट अलग गरिएका छन् ।
EPH 4:19 तिनीहरूमा शर्म छैन । अशुद्ध कुराहरूमाथि कामुकता र हर किसिमका लालचमा तिनीहरूले आफैँलाई सुम्पिदिएका छन् ।
EPH 4:20 तर तिमीहरूले यस्तो तरिकाले ख्रीष्‍टको बारेमा जानेका होइनौ ।
EPH 4:21 तिमीहरूले येशूको बारेमा सुनेका छौ भनी म ठान्दछु । ख्रीष्‍टमा नै सत्यता भएको हुनाले तिमीहरू उहाँमा नै सिकाइएका छौ भनी म ठान्दछु ।
EPH 4:22 तिमीहरूका पुराना आचरण, पुरानो मनुष्यताअनुसार गरिएका सबै कुराहरू तिमीहरूले त्याग्‍नुपर्छ । यही पुरानो मनुष्यताको कपटी अभिलाषाहरूका कारण तिमीहरू नष्‍ट भइरहेका छौ ।
EPH 4:23 तिमीहरू आफ्नो विचारको आत्मामा पुनः नयाँ हुनको निम्ति आफ्नो पुरानो मनुष्यतालाई त्याग ।
EPH 4:24 परमेश्‍वरले चाहनुभएअनुसार नयाँ मनुष्यता धारण गर्नको निम्ति यस्तो गर । यो नयाँ मनुष्यतालाई धार्मिकता र सत्यताको पवित्रतामा सृजना गरिएको हो ।
EPH 4:25 त्यसैले असत्यतालाई त्याग । “सबैले आफ्नो छिमेकीसँग सत्य बोलोस्,” किनभने हामी एकअर्काका सदस्यहरू हौँ ।
EPH 4:26 “रिस गर, तर पाप नगर ।” तिम्रो रिससँगै घामलाई अस्ताउन नदेओ ।
EPH 4:27 दुष्‍टलाई मौका नदेओ ।
EPH 4:28 चोर्नेले अब उसो नचोरोस् । बरु उसले परिश्रम गरोस् । आवश्‍यकतामा रहेका मानिसहरूलाई सहायता गर्नको निम्ति उसले आफ्ना हातहरूलाई उपयोगी काममा लगाओस् ।
EPH 4:29 तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस् । तर यसको सट्टामा, आवश्यताहरू पूरा गर्ने र सुन्‍ने मानिसहरूलाई लाभ हुने शब्दहरू तिम्रा मुखबाट निस्कून् ।
EPH 4:30 र परमेश्‍वरको पवित्र आत्मालाई दुःखित नतुल्याओ । छुटकाराको दिनको निम्ति उहाँद्वारा नै तिमीहरूमा छाप लगाइएको छ ।
EPH 4:31 सबै किसिमका तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण दुष्‍टता तिमीहरूले त्याग्‍नुपर्छ ।
EPH 4:32 एकअर्का प्रति दयालु होओ । कृपालु मनका होओ । जसरी ख्रीष्‍टमा परमेश्‍वरले तिमीहरूलाई क्षमा दिनुभयो त्यसरी नै तिमीहरूले पनि एकअर्कालाई क्षमा देओ ।
EPH 5:1 त्यसकारण परमेश्‍वरका प्रिय छोरा-छोरीहरू झैँ उहाँको अनुकरण गर्ने होओ ।
EPH 5:2 र ख्रीष्‍टले हामीलाई प्रेम गर्नुभएर आफैँलाई हाम्रो निम्ति दिनुभए झैँ तिमीहरू प्रेममा हिँड । परमेश्‍वरको निम्ति सुगन्धित सुवास्‍ना हुनको निम्ति उहाँ एक भेटी र बलिदान हुनुहुन्थ्यो ।
EPH 5:3 जस्तो विश्‍वासीहरूका लागि उपयुक्त हुन्छ, तिमीहरूको बिचमा कामुक अनैतिकता वा कुनै अशुद्धता वा कामवासनाको लालसाको बारेमा चर्चा नहोस् ।
EPH 5:4 नकि अश्‍लिलता, मूर्ख बोली वा अपमानजनक ठट्यौलीहरू होस् जुनचाहिँ अनुचित छन् । बरु धन्यवाद दिने काम होस् ।
EPH 5:5 तिमीहरूले यो निश्‍चय गर, कि कुनै कामुक रूपमा अनैतिक, अशुद्ध, वा लालसित व्यक्तिले ख्रीष्‍ट र परमेश्‍वरको राज्यमा कुनै उत्तराधिकार पाउँदैन, किनकि त्यो मूर्तिपूजक हो ।
EPH 5:6 तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस् । यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्‍वरको क्रोध आउनेछ ।
EPH 5:7 यसैले गर्दा तिनीहरूसँग सहभागी नहोओ ।
EPH 5:8 किनकि तिमीहरू एकचोटी अन्धकार थियौ, तर अब तिमीहरू परमप्रभुमा ज्योति भएका छौ । यसैले ज्योतिका सन्तान जस्तै गरी हिँड ।
EPH 5:9 किनकि ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ ।
EPH 5:10 परमप्रभुलाई खुशी तुल्याउने कुराहरू पत्ता लगाऊ ।
EPH 5:11 अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ । बरु, तिनीहरूलाई प्रकट गर ।
EPH 5:12 किनकि तिनीहरूद्वारा गोप्यमा गरिएका कार्यहरू वर्णन गर्न पनि लाजमर्दो छ ।
EPH 5:13 सबै थोक जब ज्योतिमा आउँछन्, तब ती प्रकट हुन्छन्,
EPH 5:14 किनकि प्रकट भएका सबै कुरा ज्योतिमा प्रकाशमान हुन्छन् । त्यसकारण यस्तो भनिएको छ कि, “सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्‍ट तिमीमा चम्कनुहुनेछ ।”
EPH 5:15 त्यसकारण तिमी कसरी हिँड्छौ भन्‍ने कुरामा होसियार होओ, मूर्ख जस्तो होइन तर बुद्धिमानजस्तो ।
EPH 5:16 समयलाई बचाओ, किनकि दिनहरू खराब छन् ।
EPH 5:17 मूर्ख नबन । बरु, प्रभुको इच्छा के हो, सो बुझ ।
EPH 5:18 र दाखमद्यले नमात्तीओ, किनकि त्यसले विनाशतर्फ डोर्‍याउँछ । तर त्यसको सट्टामा, पवित्र आत्माले भरिओ ।
EPH 5:19 एक-अर्कामा भजनहरूमा र आत्मिक गीतहरूमा बोल । परमप्रभुको निम्ति तिमीहरूका हृदयमा गीतहरू गाउँदै प्रशंसा गर ।
EPH 5:20 येशू ख्रीष्‍टको नाउँमा, सधैँ सबै कुराहरूको निम्ति पिता परमेश्‍वरलाई धन्यवाद चढाओ ।
EPH 5:21 ख्रीष्‍टको आदरको लागि एकअर्काको अधिनमा रहो ।
EPH 5:22 पत्‍नीहरू हो, प्रभुको अधीनमा रहे जस्तो आफ्ना पतिहरूको अधीनमा बस ।
EPH 5:23 किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट पनि मण्डलीको शिर हुनुहुन्छ । उहाँ शरीरको उद्धारकर्ता हुनुहुन्छ ।
EPH 5:24 तर जसरी मण्डली ख्रीष्‍टप्रति समर्पित छ, त्यसरी नै पत्‍नीहरूलेपनि आफ्ना पतिहरूप्रति सबैथोकमा त्यसै गर्नुपर्दछ ।
EPH 5:25 पतिहरू हो, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र आफैँलाई तिनको निम्ति समर्पित गर्नुभयो, त्यसरी नै आफ्ना पत्‍नीहरूलाई प्रेम गर ।
EPH 5:26 उहाँले तिनलाई पवित्र गर्न यसो गर्नुभयो । उहाँले तिनलाई वचनमा पानीले धोएर शुद्ध पार्नुभयो ।
EPH 5:27 दागरहित वा चाउरी नभएको वा अन्य यस्ता कुनै थोक नभएको, तर पवित्र र दोषरहित, महिमित मण्डली आफ्नै निम्ति प्रस्तुत गर्नको निम्ति उहाँले यस्तो गर्नुभयो ।
EPH 5:28 यस्तै प्रकारले पतिहरूले तिनीहरूका आफ्ना पत्‍नीहरूलाई आफ्ना शरीरलाई जस्तै प्रेम गर्नुपर्छ । आफ्नो पत्‍नीलाई प्रेम गर्नेले आफैँलाई प्रेम गर्छ ।
EPH 5:29 कहिल्यै पनि कसैले आफ्नो शरीरलाई घृणा गरेको छैन । बरु, उसले यसलाई पालन-पोषण गरेर प्रेम गर्दछ, जसरी ख्रीष्‍टले पनि मण्डलीलाई प्रेम गर्नुहुन्छ ।
EPH 5:30 किनकि हामी उहाँका शरीरका सदस्यहरू हौँ ।
EPH 5:31 “यसैकारणले गर्दा एकजना मानिसले उसको बुबा र आमालाई छोड्नेछ र उसको पत्‍नीसँग मिल्नेछ, र ती दुई एउटै शरीर हुनेछन् ।”
EPH 5:32 यो एउटा महान् गुप्‍त सत्यता हो, तर मैले ख्रीष्‍ट र उहाँको मण्डलीको बारेमा बताइरहेको छु ।
EPH 5:33 तथापि, तिमीहरू प्रत्येकले आफ्ना पत्‍नीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ, र पत्‍नीले पतिलाई सम्मान गर्नुपर्छ ।
EPH 6:1 छोराछोरीहरू हो, प्रभुमा तिमीहरूका आमाबुबाको आज्ञा पालन गर, किनकि यो उचित छ ।
EPH 6:2 “आफ्ना आमाबुबालाई आदर गर” (जुन प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), ।
EPH 6:3 “ताकि यसो गर्नाले तिमीहरूलाई राम्रो होस् र तिमीहरू यस पृथ्वीमा धेरै समय बाच्‍न सक ।”
EPH 6:4 र बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ । बरु, अनुशासनमा र प्रभुको शिक्षा अनुसार अगि बढाओ ।
EPH 6:5 दासहरू हो, संसारका मालिकहरूसँग गहिरो आदर र डरका साथ तिमीहरूका हृदयको इमान्दारितामा आज्ञाकारी बन । ख्रीष्‍टसँग आज्ञाकारी भए झैँ तिनीहरूसँग आज्ञाकारी बन ।
EPH 6:6 आफ्ना मालिकले देख्‍ने समयमा मात्रै तिनीहरूलाई खुशी तुल्याउन आज्ञाकारी नबन । बरु, ख्रीष्‍टका दासहरू झैँ आज्ञाकारी बन । तिमीहरूका हृदयबाट परमेश्‍वरको इच्छालाई पूरा गर ।
EPH 6:7 मानिसहरूलाई सेवा पुर्याए झैँ होइन तर आफ्ना सारा हृदयले परमप्रभुको सेवा गरे झैँ सेवा गर ।
EPH 6:8 तिमीहरूले यो जान, कि मानिसले गर्ने सबै असल कामको निम्ति उसले परमप्रभुबाट इनाम पाउनेछ, चाहे त्यो मानिस दास होस् वा मुक्त होस् ।
EPH 6:9 र मालिकहरू हो, आफ्ना दासहरूका निम्ति त्यस्तै व्यवहार गर । तिनीहरूलाई धम्की नदेओ । यो जान कि तिमीहरू दुवैको मालिक स्वर्गमा हुनुहुन्छ । उहाँमा कुनै भेदभाव छैन भन्‍ने कुरा जान ।
EPH 6:10 अन्त्यमा, प्रभुमा र उहाँको सामर्थ्‍यको शक्तिमा बलियो होओ ।
EPH 6:11 परमेश्‍वरका सम्पूर्ण हात-हतियारहरू धारण गर, ताकि तिमीहरू शैतानको धूर्त युक्तिहरूको विरूद्धमा खडा हुन सक ।
EPH 6:12 किनकि हाम्रो लडाइ शरीर र रगतको विरूद्धमा होइन । तर, यो त शासकहरू र आत्मिक अधिकारीहरू र अन्धकारको राज्यको शासकहरू र स्वर्गीय स्थानहरूमा भएका दुष्‍टात्माहरूको विरूद्धमा हो ।
EPH 6:13 यसकारण परमेश्‍वरको सबै हातहतियार धारण गर, ताकि यस दुष्‍ट समयमा दुष्‍टको सामना गर्न तिमीहरू स्थिर भइ खडा हुन सक । यी सबै कुराहरू गरेपछि तिमीहरू स्थिर हुनेछौ ।
EPH 6:14 यसकारण स्थिर भइ खडा होओ । सत्यताको कम्‍मरपेटी कसेर धार्मिकताको छातिपाता लगाए पछि यस्तो गर ।
EPH 6:15 आफ्ना खुट्टाहरूमा शान्तिको सुसमाचार प्रचारको लागि तत्परता धारण गरेपछि यस्तो गर ।
EPH 6:16 सबै परिस्थितिहरूमा विश्‍वासको ढाल बोक, जसद्वारा तिमीहरूले दुष्‍टका सबै अग्‍निवाणहरू निभाउन सक्‍नेछौ ।
EPH 6:17 र मुक्तिको टोप लगाऊ र आत्माको तरवार बोक, जुन परमेश्‍वरको वचन हो ।
EPH 6:18 सबै प्रार्थना र बिन्तीद्वारा, हरसमय पवित्र आत्मामा प्रार्थना गर । विश्‍वासीहरू सबैका लागि प्रार्थना र निरन्तर प्रयत्‍नसाथ यही मन सँगै सतर्क भइराख ।
EPH 6:19 र मेरो निम्ति प्रार्थना गर, ताकि मैले आफ्नो मुख खोल्दा, मलाई सन्देश दिइयोस् । सुसमाचारको गुप्‍त सत्यतालाई मैले दृढतापूर्वक अरूलाई बताउन सकूँ भनेर प्रार्थना गरिदेऊ ।
EPH 6:20 सुसमाचारको निम्ति साङ्ग्लाले बाँधिएको म एक राजदूत हुँ, र मैले बोल्नुपर्ने समयमा म आँटिलो भएर यस विषयमा बोल्न सकूँ ।
EPH 6:21 तर तिमीहरूलाई पनि मेरो अवस्थाको बारेमा र मलाई कस्तो छ भनी थाहा होस् भन्‍नको निम्ति, प्रभुमा प्रिय भाइ र विश्‍वासीलो चेला तुखिकसले तिमीहरूलाई सबैकुरा बुझाउनेछन् ।
EPH 6:22 मैले उनलाई तिमीहरूकहाँ यही उद्धेश्यसाथ पठाएको छु, ताकि तिमीहरूले हाम्रो बारेमा जान्‍न सक र उनले तिमीहरूका हृदयलाई सान्त्वना दिन सकून् ।
EPH 6:23 परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट भाइहरूलाई विश्‍वास सहितको प्रेम र शान्ति होस् ।
EPH 6:24 कहिल्यै अन्त नहुने प्रेमद्वारा हाम्रा प्रभु येशू ख्रीष्‍टलाई प्रेम गर्नेहरू सबैमाथि अनुग्रह रहोस् ।
PHI 1:1 ख्रीष्‍ट येशूका दासहरू पावल र तिमोथीबाट, फिलिप्‍पीमा भएका ख्रीष्‍ट येशूमा अलग गरिएकाहरू सबै, अनि बिशप र डिकनहरूलाई ।
PHI 1:2 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
PHI 1:3 हर समय तिमीहरूको सम्झना गर्दा, म मेरा परमेश्‍वरलाई धन्यवाद दिन्छु ।
PHI 1:4 तिमीहरू सबैका निम्ति मेरो हरेक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु ।
PHI 1:5 पहिलो दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूको सहभागिताको लागि म धन्यवाद दिन्छु ।
PHI 1:6 म यो कुरामा निश्‍चित छु, कि तिमीहरूमा यो असल कामलाई प्रारम्भ गर्नुहुनेले येशू ख्रीष्‍टको दिनसम्म यसलाई पुरा गर्न निरन्तरता दिनुहुनेछ ।
PHI 1:7 तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनकि मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु । मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्‍चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ ।
PHI 1:8 किनकि ख्रीष्‍ट येशूको प्रेमको गहिराइमा म तिमीहरूका निम्ति कति तृष्णा गर्दछु भन्‍ने कुरामा परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ ।
PHI 1:9 र मैले यस्तो भन्दै प्रार्थना गरिरहेको छु, कि ज्ञान र सम्पूर्ण समझमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस् ।
PHI 1:10 म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्‍न सक । म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्‍टको दिनमा इमानदार र दोषरहित रहन सक ।
PHI 1:11 यो यसको निम्ति पनि हो, ताकि परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति, येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताको फलद्वारा तिमीहरू भरिन सक ।
PHI 1:12 भाइ हो, अब तिमीहरूलाई यो थाहा होस् भन्‍ने म चाहन्छु, कि मलाई भएका यी सबै कुराहरूले सुसमाचारलाई धेरै अगाडि बढाउने काम भएको छ ।
PHI 1:13 किनकि ख्रीष्‍टमा मेरा साङ्लाहरूका विषयमा महलभरिका सारा रक्षकदेखि अरू सबै मानिसलाई थाहा भएको छ ।
PHI 1:14 र परमप्रभुमा भएका धेरै भाइहरू मेरा साङ्लाहरूका कारण निडर भएर वचन बोल्ने आँट गर्न झनै बढी उत्साहित भएका छन् ।
PHI 1:15 कसै-कसैले त ईर्ष्या र बेमेलमा, र अरूहरूले सद्‌भावले पनि ख्रीष्‍टको प्रचार गरेका छन् ।
PHI 1:16 प्रेमले ख्रीष्‍टको प्रचार गर्नेहरूले सुसमाचारको समर्थन गरेको कारण मलाई यहाँ राखिएको छ भन्‍ने कुरा जान्दछन् ।
PHI 1:17 तर अरूहरूले ख्रीष्‍टको प्रचार स्वार्थ र निष्‍ठाहीन उद्देश्यले गर्दछन् । मेरा यी साङ्लाहरूका अवस्थामा तिनीहरूले मलाई अझै कष्‍ट दिइरहेका छन् भनी तिनीहरू विचार गर्छन् ।
PHI 1:18 त्यसो भए के त ? चाहे बहानामा होस् वा सत्यतामा दुवै तरिकाले ख्रीष्‍टको प्रचार हुन्छ, र म यसैमा रमाउँदछु । हो, म रमाउनेछु ।
PHI 1:19 किनकि मलाई थाहा छ, कि परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ । तिमीहरूको प्रार्थना र येशू ख्रीष्‍टको आत्माको सहायताको कारण यो हुनेछ ।
PHI 1:20 मेरो विश्‍वस्त आशा र निश्‍चयताअनुसार, म शर्ममा पर्नेछैनँ । बरु, सारा साहससँगै सधैँ जस्तै र अहिले पनि, चाहे मेरो जीवनद्वारा वा मृत्युद्वारा, ख्रीष्‍ट मेरो शरीरमा उचालिनुहुनेछ भन्‍ने म आशा गर्दछु ।
PHI 1:21 किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो ।
PHI 1:22 तर शरीरमा जिउनाले मेरो परिश्रमबाट प्रतिफल आउँछ भने, कुन कुरालाई चुन्‍ने भन्‍ने कुरा मलाई थाहा छैन ।
PHI 1:23 किनकि मैले चयन गर्नुपर्ने यी दुवै कुराद्वारा म बिचमा परेको छु । म बिदा भएर ख्रीष्‍टसँग हुने इच्छा गर्दछु, जुनचाहिँ झनै असल कुरा हो ।
PHI 1:24 तर तिमीहरूका निम्ति शरीरमा रहनुचाहिँ धेरै आवश्यक छ ।
PHI 1:25 यस कुरामा म निश्‍चित भएको कारणले म जान्दछु, कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म तिमीहरू सँग-सँगै रहेर निरन्तरता दिनेछु ।
PHI 1:26 परिणामस्वरूप, तिमीहरूकहाँ मेरो पुनः उपस्थितिको कारण तिमीहरूले ख्रीष्‍ट येशूलाई मेरो निम्ति महिमा दिने काम अझ धेरै प्रशस्त हुनेछ ।
PHI 1:27 ख्रीष्‍टको सुसमाचारको निम्ति योग्य हुने किसिमले मात्र आफ्नो जीवनयापन गर । चाहे म तिमीहरूलाई भेट्न आऊँ वा म उपस्थित नहोऊँ, यो गर, ताकि तिमीहरू एउटै आत्मामा दृढ भएर खडा भएका छौ भनेर तिमीहरूका विषयमा मैले सुन्‍न पाऊँ । सुसमाचारको विश्‍वासको निम्ति तिमीहरू मिलेर एउटै प्राणको भएर कडा परिश्रम गरिरहेका छौ भनेर सुन्‍ने मेरो चाहना छ ।
PHI 1:28 र तिमीहरूका शत्रुहरूले गरेका कुनै कुराहरूबाट भयभीत नहोओ । यो तिनीहरूका निम्ति तिनीहरूको विनाशको चिह्न हो । तर तिमीहरूका निम्ति यो तिमीहरूको मुक्‍तिको चिह्न हो, र यो परमेश्‍वरबाट आएको हो ।
PHI 1:29 किनकि ख्रीष्‍टको निम्ति यो तिमीहरूलाई दिइएको छ, उहाँमाथि विश्‍वास गर्न मात्र होइन, तर उहाँको निम्ति कष्‍ट भोग्‍न पनि ।
PHI 1:30 किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्दछौ, त्यही सङ्घर्ष तिमीहरूसँग छ ।
PHI 2:1 यसकारण म मान्दछु, कि ख्रीष्‍टमा उत्साह छ । म मान्दछु, कि त्यहाँ आत्माको सङ्गति छ । म मान्दछु, कि उहाँको प्रेमबाट सान्त्वना मिल्दछ । म मान्दछु, कि त्यहाँ स्‍नेही करुणा र सहानुभूति छ ।
PHI 2:2 तिमीहरू एउटै मनका भएर, एउटै प्रेम धारण गरेर, आत्मामा एक भएर, र एउटै उद्देश्य राखेर मेरो आनन्दलाई पुरा गर ।
PHI 2:3 स्वार्थ र रित्तो अहङ्कारमा केही नगर । बरु नम्रतामा आफूलाईभन्दा अरूहरूलाई उच्‍च ठान ।
PHI 2:4 आफ्ना आवश्यकताहरूमा मात्र ध्यान नदेओ, तर अरूहरूका आवश्यकताहरूमा पनि ध्यान लगाओ ।
PHI 2:5 त्यही शैलीमा विचार गर, जुन ख्रीष्‍ट येशूमा पनि थियो ।
PHI 2:6 उहाँ परमेश्‍वरको स्वरूपमा हुनुहुन्थ्यो, तर पनि परमेश्‍वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्‍ने वस्तुझैँ ठान्‍नुभएन ।
PHI 2:7 बरु, उहाँले आफैँलाई रित्त्याउनुभयो । उहाँले कमराको रूप धारण गर्नुभयो । उहाँ मानिसको स्वरूपमा आउनुभयो । मानिसकै स्वरूपमा उहाँ रहनुभयो ।
PHI 2:8 उहाँले आफूलाई नम्र तुल्याउनुभयो, र मृत्यु अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो ।
PHI 2:9 यसकारण, परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो । परमेश्‍वरले उहाँलाई सबै नाउँभन्दा उच्‍च नाउँ दिनुभयो ।
PHI 2:10 उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडाहरू टेकिऊन्ः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू ।
PHI 2:11 र उहाँले यो गर्नुभयो, ताकि परमेश्‍वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस् ।
PHI 2:12 यसकारण, मेरा प्रियहरू हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गर्ने गरेका छौ, अब मेरो उपस्थितिमा मात्र होइन तर मेरो अनुपस्थितीमा झन् बढी डर र कम्पसाथ आफ्ना मुक्‍तिको काम पुरा गर ।
PHI 2:13 किनकि परमेश्‍वरको प्रसन्‍नताको निम्ति तिमीहरूलाई दुवै इच्छा र काम गर्न लगाउनलाई तिमीहरूमा काम गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
PHI 2:14 गनगन नगरी र तर्क वितर्कविना सबै कामहरू गर ।
PHI 2:15 यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू कुनै कलङ्कविना परमेश्‍वरका निर्दोष र इमानदार छोराछोरी हुन सक । यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू धूर्त र बरालिएका पुस्ताकाबिच यस संसारमा ज्योतिझैँ चम्कन सक ।
PHI 2:16 जीवनको वचनलाई बलियो गरी पक्र ताकि ख्रीष्‍टको दिनमा मसँग महिमा गर्ने कारण होस् । किनभने त्यस दिन म व्यर्थमा दौडिनँ र मेरो परिश्रम व्यर्थको भएन भन्‍ने म जान्‍नेछु ।
PHI 2:17 तर तिमीहरूको विश्‍वासको त्याग र सेवामा म बलिदानको रूपमा अर्पित हुनुपरे तापनि, म आनन्द मनाउँछु, र म तिमीहरू सबैसँग आनन्दित हुन्छु ।
PHI 2:18 त्यसै गरी, तिमीहरू पनि आनन्दित होओ, र मसँगै आनन्दित होओ ।
PHI 2:19 तर तिमोथीलाई तिमीहरूकहाँ छिट्टै पठाउनको निम्ति मैले प्रभु येशूमा आशा राख्दछु, ताकि तिनीबाट तिमीहरूका विषयमा जान्दा म प्रोत्साहित हुन सकूँ ।
PHI 2:20 किनकि तिनको जस्तै मन भएको, र तिनीजस्तै तिमीहरूका निम्ति साँचो रूपमा उत्सुक हुने मसँग अरू कोही पनि छैन ।
PHI 2:21 किनकि तिनीहरू सबैले येशू ख्रीष्‍टका कुराहरूभन्दा आफ्नै इच्छाको खोजी गर्दछन् ।
PHI 2:22 तर तिमीहरूलाई तिनको योग्यता थाहै छ, किनकि जसरी बालकले आफ्ना पिताको सेवा गर्दछ, त्यसरी नै सुसमाचारमा मलाई तिनले सेवा गरेका छन् ।
PHI 2:23 यसकारण, मेरो निम्ति के हुनेछ भनेर मैले थाहा पाउनासाथ जति सक्दो चाँडो म तिमोथीलाई तिमीहरूकहाँ पठाउने आशा गर्दछु ।
PHI 2:24 तर म आफैँ तिमीहरूका माझमा छिट्टै आउनेछु भन्‍ने कुरामा प्रभुमा निर्धक्‍क छु ।
PHI 2:25 तर इपाफ्रोडिटसलाई तिमीहरूकहाँ फिर्ता पठाउन म आवश्यक ठान्दछु । तिनी मेरा भाइ र सहकर्मी र सङ्गी सिपाही, र तिमीहरूका सन्देशवाहक तथा मेरा आवश्यकताहरूका निम्ति सेवक हुन् ।
PHI 2:26 किनकि तिनी बिरामी भएको कुरा तिमीहरूले थाहा पाएकाले तिनी धेरै व्याकुल भएका थिए, र तिमीहरूसँग हुनको निम्ति तिनले तृष्णा गरेका थिए ।
PHI 2:27 किनकि तिनी साँच्‍चै यति बिरामी थिए, कि तिनी मरणासन्‍न अवस्थामा पुगेका थिए । तर परमेश्‍वरले तिनीमाथि कृपा गर्नुभयो, र उनमा मात्र नभएर शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया देखाउनुभयो ।
PHI 2:28 यसकारण, अझै धेरै उत्सुकतासाथ म तिनलाई तिमीहरूकहाँ पठाउँदै छु, ताकि जब तिमीहरूलेतिनलाई फेरि देख्छौ, तिमीहरू आनन्दित हुन सक र म चिन्ताबाट मुक्‍त हुनेछु ।
PHI 2:29 त्यसैले, सारा आनन्दसाथ प्रभुमा इपाफ्रोडिटसलाई स्वागत गर । तिनीजस्ता मानिसलाई आदर गर ।
PHI 2:30 किनकि ख्रीष्‍टको कार्यको निम्ति तिनी मृत्युको नजिक पुगे । मलाई सेवा पुर्‍याउन र तिमीहरूले मेरो सेवामा गर्न नसकेका कामलाई पुरा गर्न तिनले आफ्नो जीवन जोखिममा पारे ।
PHI 3:1 अन्त्यमा मेरा भाइहरू हो, परमप्रभुमा आनन्द गर । तिमीहरूलाई बारम्बार एउटै कुरा लेखिरहनु मेरो निम्ति झर्कोलाग्दो कुरो होइन । यी कुराहरूहरूले तिमीहरूलाई सुरक्षित राख्‍नेछन् ।
PHI 3:2 कुकुरहरूदेखि होसियार रहो । खराब काम गर्नेहरूदेखि होसियार रहो । अङ्ग कटाइ गर्नेहरूदेखि होसियार रहो ।
PHI 3:3 किनकि खतना हामीहरू नै हौँ । हामीहरू नै परमेश्‍वरका आत्माद्वारा आराधना गर्दछौँ । हामीहरू नै ख्रीष्‍ट येशूमा गर्व गर्दछौँ, र शरीरमा कुनै भरोसा राख्दैनौँ ।
PHI 3:4 यद्यपि, म आफैँले शरीरमा भरोसा राख्‍न सक्थे । यदि कसैले आफ्नो शरीरमा भरोसा राख्‍ने विचार गर्छ भने, त्योभन्दा बढी म गर्न सक्छु ।
PHI 3:5 मेरो आठौँ दिनमा खतना गराइएको थियो, म इस्राएलका मानिसहरूमध्ये एक, बेन्यामीन कुलमा जन्मेको, हिब्रूहरूका हिब्रू हुँ; व्यवस्थाको विषयमा चाहिँ, एक फरिसी ।
PHI 3:6 मैले जोसिलो रूपमा मण्डलीलाई सताएँ । व्यवस्थाको धार्मिकताको विषयमा चाहिँ म दोषरहित थिएँ ।
PHI 3:7 तर मेरो निम्ति लाभदायक भएका सबै कुराहरू, ख्रीष्‍टको खातिर मैले हानि नै सम्झेको छु ।
PHI 3:8 वास्तवमा, मेरा प्रभु ख्रीष्‍ट येशूको ज्ञानको श्रेष्‍ठताको कारण अब म सबै कुराहरूलाई हानि नै सम्झन्छु । उहाँको निम्ति मैले सबै कुराहरूलाई त्यागेको छु । मैले ती कुराहरूलाई काम नलाग्‍ने ठान्दछु ताकि मैले ख्रीष्‍टलाई हासिल गर्न सकूँ,
PHI 3:9 र उहाँमा स्थापित हुन सकूँ । व्यवस्थाबाट मैले आफैँले प्राप्‍त गरेको धार्मिकता मसँग छैन । बरु, ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा प्राप्‍त गरेको धार्मिकता मसँग छ, जुन धार्मिकता विश्‍वासमा आधारित परमेश्‍वरबाट मैले प्राप्‍त गरेको हुँ ।
PHI 3:10 यसैकारण, अब म उहाँ र उहाँको पुनरुत्थानको शक्‍तिलाई जान्‍न चाहन्छु र उहाँका कष्‍टहरूमा सहभागी हुन चाहन्छु । उहाँको मृत्युको समरूपतामा म बद्‌लिन चाहन्छु,
PHI 3:11 ताकि मैले मरेकाहरूबाटको पुनरुत्‍थानको कुनै किसिमले अनुभव गर्न सकूँ ।
PHI 3:12 मैले यी सबै कुराहरू प्राप्‍त गरिसकेको छु, वा म पूर्ण भइसकेको छु भन्‍ने कुरा साँचो होइन । तर जे कुराको निम्ति म ख्रीष्‍टद्वारा चुनिएको थिएँ, ती मैले पक्रन सकूँ भनेर म जोड दिन्छु ।
PHI 3:13 भाइहरू हो, मैले यी सबै कुराहरू पक्रिसकेको छु भनी म ठान्दिनँ । तर एउटा कुराचाहिँ मैले पक्रन सकेकेछुः म पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूका निम्ति परिश्रम गर्दछु ।
PHI 3:14 म ख्रीष्‍ट येशूमा परमेश्‍वरको माथिल्लो बोलावटको इनाम जित्‍ने लक्ष्यतर्फ अगाडि बढ्नमा जोड दिन्छु ।
PHI 3:15 यसकारण, हामी परिपक्‍व भएकाहरू सबैले यसरी विचार गरौँ । यदि तिमीहरूले कुनै कुरालाई भिन्‍न प्रकारले विचार गर्दछौ भने परमेश्‍वरले ती कुराहरूलाई पनि तिमीहरूका निम्ति प्रकट गर्नुहुनेछ ।
PHI 3:16 तथापि, हामीले जे प्राप्‍त गरिसकेका छौँ, हामी त्यसमा अडिग रहौँ ।
PHI 3:17 भाइहरू हो, मेरो अनुकरण गर्नेहरू होओ । हामीमा तिमीहरूले पाएका उदाहरणअनुसार हिँड्नेहरूलाई ध्यान दिएर हेर ।
PHI 3:18 ती धेरै व्यक्‍तिहरू जसको विषयमा मैले तिमीहरूलाई बारम्बार बताएको थिएँ, र अहिले आँसुका साथ म बताउँदै छु, कि तिनीहरू ख्रीष्‍टको क्रुसका शत्रुहरूझैँ हिँडिरहेका छन् ।
PHI 3:19 तिनीहरूको नतिजा विनाश हो । किनकि तिनीहरूको ईश्‍वर तिनीहरूको पेट हो, र तिनीहरूको शर्ममा तिनीहरूको घमण्ड छ । तिनीहरू सांसारिक कुराहरूका बारेमा विचार गर्दछन् ।
PHI 3:20 तर हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी मुक्‍तिदाता प्रभु येशू ख्रीष्‍टको प्रतीक्षा गर्दछौँ ।
PHI 3:21 उहाँले हाम्रो क्षुद्र शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेछ, जुन शरीर सबै कुराहरू उहाँको अधीनमा ल्याउनको निम्ति उहाँको शक्‍तिद्वारा बनाइएको छ ।
PHI 4:1 यसकारण मेरा प्रिय भाइहरू हो, जसको म चाहना गर्दछु, मेरो आनन्द र मुकुट, मेरा प्रिय साथीहरू, यस्तै गरी प्रभुमा स्थिर रहो ।
PHI 4:2 म इयोदिया र सुन्तुखेलाई प्रभुमा एउटै मनको हुन निवेदन गर्दछु ।
PHI 4:3 वास्तवमा, एउटै जुवामा भएको मेरो साँचो सहकर्मी, म तिमीलाई यो पनि बिन्ती गर्छु, कि यी महिलाहरूलाई सहायता गर । किनभने तिनीहरूले म, क्लेमेन्ट र मेरा बाँकी सहकर्मीहरूसँग सुसमाचार प्रचार गर्न परिश्रम गरेका छन्, जसका नामहरू जीवनको पुस्तकमा छन् ।
PHI 4:4 प्रभुमा सधैँ आनन्द गर । म फेरि पनि भन्दछु, आनन्द गर ।
PHI 4:5 तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस् । प्रभु नजिकै हुनुहुन्छ ।
PHI 4:6 कुनै कुरामा चिन्तित नहोओ । बरु, हरेक कुरामा प्रार्थना र नम्र निवेदनद्वारा, र धन्यवादसाथ तिमीहरूका निवेदन परमेश्‍वरमा जाहेर होऊन् ।
PHI 4:7 र हाम्रा सबै समझभन्दा उच्‍च परमेश्‍वरको शान्तिले ख्रीष्‍ट येशूमा तिमीहरूका हृदय र विचारहरूलाई रक्षा गर्नेछ ।
PHI 4:8 अन्तमा भाइहरू हो, जे कुराहरू सत्य छन्, जे कुराहरू आदरणीय छन्, जे कुराहरू न्यायसङ्गत छन्, जे कुराहरू शुद्ध छन्, जे कुराहरू प्रेमयोग्य छन्, जे कुराहरू असल नामका छन्, यदि केही श्रेष्‍ठता छ र प्रशंसा गरिनुपर्ने केही कुराहरू छन् भने, यी नै कुराहरूका बारेमा विचार गर ।
PHI 4:9 जुन कुराहरू तिमीहरूले मबाट सिक्यौ र प्राप्‍त गर्‍यौ र मबाट सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर । र शान्तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ ।
PHI 4:10 म प्रभुमा अत्यन्तै आनन्दित छु किनकि अहिले अन्तमा तिमीहरूले म प्रतिको आफ्नो वास्तालाई नयाँ गरेका छौ । तिमीहरूले वास्तवमा पहिला पनि मेरो निम्ति वास्ता गरेका थियौ, तर त्यस समय तिमीहरूसँग मलाई सहायता गर्ने अवसर थिएन ।
PHI 4:11 म अहिले आवश्यकतामा परेकोले मैले यो भनिरहेको होइनँ । मैले सबै परिस्थितिहरूमा सन्तुष्‍ट हुन सिकेको छु ।
PHI 4:12 मलाई गरिबी के हो भन्‍ने कुरा थाहा छ, र मलाई प्रशस्त हुनु भनेको के हो पनि थाहा छ । सबै किसिमले र सबै कुराहरूमा कसरी परिपूर्ण हुनु वा भोकप्यासमा रहनु, र कसरी प्रशस्तता प्राप्‍त गर्नु वा आवश्यकतामा हुनु भन्‍ने कुरा मैले सिकेको छु ।
PHI 4:13 जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारा नै म सबै कुराहरू गर्न सक्दछु ।
PHI 4:14 तथापि, तिमीहरूले मेरा कठिन परिस्थितिहरूमा सहभागी भएर असल गर्‍यौ ।
PHI 4:15 तिमी फिलिप्पीहरू यो जान्दछौ, कि सुसमाचारको सुरुआतमा जब म माकेडोनियाबाट निस्केँ, तिमीहरूबाहेक कुनै मण्डलीले दिने र लिने विषयमा मलाई सहायता गरेनन् ।
PHI 4:16 म थेसलोनिकेमा हुँदा पनि मेरा आवश्यकताहरूका निम्ति तिमीहरूले एक पटकभन्दा धरै सहायता पठायौ ।
PHI 4:17 मैले उपहार खोजेको भने होइनँ । बरु, म तिमीहरूको हिसाबमा बढ्दै जाने फल खोज्दछु ।
PHI 4:18 मैले सबै कुराहरू प्राप्‍त गरेको छु, र मसँग ती प्रशस्त छन् । म पूर्ण रूपमा भरिएको छु । तिमीहरूले इपाफ्रोडिटससँग पठाएका सामानहरू मैले पाएँ । ती सुगन्धित वासना आउने ग्रहणयोग्य बलिदान हुन् जसले परमेश्‍वरलाई प्रसन्‍न पार्दछ ।
PHI 4:19 र मेरा परमेश्‍वरले ख्रीष्‍ट येशूमा उहाँको महिमाको प्रशस्तताअनुसार तिमीहरूका सबै आवश्यकताहरू पुरा गरिदिनुहुनेछ ।
PHI 4:20 अब हाम्रा परमेश्‍वर र पितालाई सदासर्वदा महिमा होस् । आमेन ।
PHI 4:21 ख्रीष्‍ट येशूमा भएका हरेक विश्‍वासीलाई अभिवादन गर । मसँग भएका भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
PHI 4:22 यहाँ भएका सबै विश्‍वासीहरू, र विशेष गरेर कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
PHI 4:23 प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस् । आमेन ।
COL 1:1 पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका एक प्रेरित र हाम्रा भाइ तिमोथीबाट
COL 1:2 कलस्सेमा ख्रीष्‍टमा भएका विश्‍वासीहरू र विश्‍वसनीय भाइहरू, परमेश्‍वर हाम्रा पिताबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
COL 1:3 हामी परमेश्‍वर हाम्रा प्रभु येशू ख्रीष्‍टका पितालाई धन्यवाद दिन्छौँ र तिमीहरूका निम्ति सधैँ प्रार्थना गर्छौं ।
COL 1:4 येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वास तथा परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सबैका लागि तिमीहरूको प्रेमको बारेमा हामीले सुनेका छौँ ।
COL 1:5 स्वर्गमा तिमीहरूका लागि सुरक्षित रहेको निश्‍चित आशाको कारण तिमीहरूले यो प्रेम धारण गरेका हौ । सत्यको वचन, अर्थात् सुसमाचारमा तिमीहरूले पहिलो पटक यो निश्‍चित आशाबारे सुन्यौ,
COL 1:6 जुन तिमीहरूकहाँ आयो । यस सुसमाचारले फल फलाउँदै छ र यो संसारभरि फैलिँदै छ । अनि तिमीहरूले यसलाई सुनेका तथा सत्यतामा परमेश्‍वरको अनुग्रहलाई जानेका दिन देखि नै तिमीहरूमा पनि यो बढिरहेको छ ।
COL 1:7 यो सुसमाचार तिमीहरूले इपाफ्रासबाट सिकेको जस्तै हो, जो हाम्रा प्रिय मित्र तथा हाम्रो निम्ति ख्रीष्‍टको विश्‍वसनीय सेवक हुन् ।
COL 1:8 इपाफ्रासले हामीलाई पवित्र आत्मामा तिमीहरूको प्रेमको विषयमा देखाए ।
COL 1:9 यस प्रेमको कारणले गर्दा, हामीले यो सुनेको दिनदेखि नै तिमीहरूका निम्ति प्रार्थना गर्न हामी रोकिएका छैनौँ । सबै ज्ञान र आत्मिक समझमा, तिमीहरू उहाँको इच्छाअनुसारको ज्ञानमा पूर्ण होओ भनेर हामीले बिन्ती गरिरहेका छौँ ।
COL 1:10 हामीले प्रार्थना गरिरहेका छौँ, कि तिमीहरू परमप्रभुलाई पूर्ण रूपले प्रसन्‍न पार्न योग्य चालमा चल्न सक । हरेक असल कार्यमा तिमीहरूले फल फलाउने छौ र परमेश्‍वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौँ ।
COL 1:11 सबै सहनशीलता र धैर्यमा, उहाँको महिमाको शक्‍तिले प्रत्येक दक्षतामा तिमीहरू बलिया होओ भनी हामी प्रार्थना गर्छौं ।
COL 1:12 हामी यो प्रार्थना गर्छौं, कि तिमीहरूले आनन्दसाथ पितालाई धन्यवाद दिनेछौ, जसले तिमीहरूलाई ज्योतिमा विश्‍वासीहरूको उत्तराधिकारमा सहभागी हुनको लागि योग्य बनाउनुभएको छ ।
COL 1:13 उहाँले हामीलाई अन्धकारको शक्‍तिबाट छुटकारा दिनुभएको छ र हामीलाई उहाँका प्रिय पुत्रको राज्यमा सार्नुभएको छ ।
COL 1:14 उहाँका पुत्रमा हामीले उद्धार अर्थात् पापको क्षमा पाएका छौँ ।
COL 1:15 पुत्र अदृश्य परमेश्‍वरका प्रतिरूप हुनुहुन्छ । उहाँ सबै सृष्‍टिमा जेष्‍ठ हुनुहुन्छ ।
COL 1:16 किनकि पृथ्वीमा तथा स्वर्गमा भएका सबै दृश्य र अदृश्य कुराहरू उहाँद्वारा सृष्‍टि गरिएका थिए । चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू, सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्‍टि गरिएका थिए ।
COL 1:17 उहाँ सबैथोकहरूभन्दा अगि हुनुहुन्छ र उहाँमा सबै कुराहरू एकसाथ रहेका छन् ।
COL 1:18 र उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ । उहाँ नै सुरुआत हुनुहुन्छ र मरेकाहरूबाट जीवित हुनेमा पहिलो हुनुहुन्छ, यसैले सबै कुराहरूमा उहाँको प्रथम स्थान रहेको छ ।
COL 1:19 किनकि आफ्ना सारा पूर्णता ख्रीष्‍टमा बास गरेकोमा,
COL 1:20 अनि पुत्रद्वारा सबै कुराहरू उहाँमा पुनर्मिलापमा ल्‍याउनको निम्ति उहाँ प्रसन्‍न हुनुभयो । उहाँको क्रुसको रगतद्वारा परमेश्‍वरले शान्ति ल्याउनुभयो । चाहे स्‍वर्गका कुराहरू होऊन् वा पृथ्‍वीका कुराहरू, सबैलाई परमेश्‍वरले उहाँमा पुनर्मिलापमा ल्याउनुभयो ।
COL 1:21 अनि एकसमय तिमीहरू पनि परमेश्‍वरका निम्ति बिरानाहरू थियौ र मनमा र आफ्ना दुष्‍ट कामहरूमा तिमीहरू उहाँका शत्रुहरू थियौ ।
COL 1:22 तर अब परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टको शरीरले मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ । तिमीहरूलाई परमेश्‍वरले आफ्नो अगि पवित्र, दोषरहित तथा निर्दोष साबित गर्नको निम्ति यो गर्नुभयो,
COL 1:23 तिमीहरू स्थापित र बलियो हुँदै, तिमीहरूले सुनेका सुसमाचारको निश्‍चित आशाबाट टाढा नगई विश्‍वासमा निरन्तर अगाडि बढ्नुपर्छ । यो त्यही सुसमाचार हो जुन स्वर्गमुनि सृष्‍टि गरिएका सबै व्यक्‍तिलाई घोषणा गरिएको थियो । यो त्यही सुसमाचार हो, जसको म पावल दास भएको छु ।
COL 1:24 तिमीहरूका लागि मेरो कष्‍टमा म अब आनन्द मनाउँछु । ख्रीष्‍टका कष्‍टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर म मेरो शरीरमा पुरा गर्दछु ।
COL 1:25 परमेश्‍वरको वचनलाई पुरा गर्नको लागि तिमीहरूका खातिर मलाई परमेश्‍वरबाट दिइएको जिम्मेवारीअनुसार म यसै मण्डलीको एक सेवक हुँ ।
COL 1:26 यो युगौँ र पुस्तौँसम्म लुकाइएको गुप्‍त सत्यता हो । तर अहिले उहाँमा विश्‍वास गर्नेहरूका लागि यो प्रकट गरिएको छ ।
COL 1:27 यो तिनीहरूका निम्ति हो जसलाई परमेश्‍वरले अन्यजातिहरूका बिचमा यस रहस्यको महिमाको सम्पत्ति के हो, सो थाहा गराउन चाहनुभयो । यो रहस्य त्यही हो, कि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ, र यो भविष्यको महिमाको निश्‍चयता हो ।
COL 1:28 उहाँ त्यही व्यक्‍ति हुनुहुन्छ जसलाई हामी घोषणा गर्छौं । प्रत्येक व्यक्‍तिलाई ख्रीष्‍टमा पूर्ण प्रकारले प्रस्तुत गर्न सकियोस् भनी सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह दिन्छौँ र सिकाउछौँ ।
COL 1:29 मेरो जीवनमा शक्‍तिशाली रूपमा काम गरिरहनुहुने उहाँको सामर्थ्यअनुसार म परिश्रम गर्छु र अगि बढ्छु ।
COL 2:1 किनकि मैले तिमीहरू अर्थात् लाउडिकियामा भएकाहरू र शरीरमा मेरो अनुहार नदेखेकाहरू सबैका निम्ति गरेको धेरै ठुलो सङ्घर्षबारे तिमीहरूले जानेको म चाहन्छु ।
COL 2:2 प्रेम र समझको पूर्ण निश्‍चयताको प्रशस्ततामा र परमेश्‍वरको गुप्‍त सत्यताको ज्ञान अर्थात् ख्रीष्‍टमा तिनीहरूका हृदयहरू एक साथ ल्याइएर तिनीहरू उत्साहित होऊन् भनेर म काम गर्दछु ।
COL 2:3 ज्ञान र बुद्धिका सबै सम्पत्तिहरू उहाँमा लुकाइएका छन् ।
COL 2:4 म यो भन्छु, कि बहकाउने बोलीले कसैले पनि तिमीहरूलाई नछलोस् ।
COL 2:5 र म तिमीहरूसँग शरीरमा नभए तापनि, म तिमीहरूसँग आत्मामा छु । म तिमीहरूका सुव्यवस्था र ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको शक्‍तिलाई देखेर आनन्दित हुन्छु ।
COL 2:6 तिमीहरूले येशू ख्रीष्‍टलाई जुन प्रकारले प्राप्‍त गर्‍यौ, सोही प्रकारले उहाँमा हिँड ।
COL 2:7 तिमीहरूलाई सिकाइएको जस्तै गरी उहाँमा बलियोसँग जरा गाड, उहाँमा निर्माण हुँदै जाओ, विश्‍वासमा स्थापित होओ, र प्रशस्तसँग धन्यवाद देओ ।
COL 2:8 तिमीहरूलाई कसैले पनि दर्शनद्वारा र ख्रीष्‍टअनुसार नभई यस संसारका तत्त्वहरूअनुसार मानिसहरूका परम्पराको रित्तोपनको धोकाबाट वशमा पार्न नदेओ ।
COL 2:9 किनकि उहाँमा परमेश्‍वरको पूर्णता शरीरमा बास गर्दछ ।
COL 2:10 र तिमीहरू उहाँमा पूर्ण रूपमा भरिएका छौ । उहाँ नै सबै शक्‍ति र अधिकारको शिर हुनुहुन्छ ।
COL 2:11 उहाँमा नै तिमीहरूको खतना भएको थियो, जुन खतना मानिसहरूद्वारा मासुको शरीरमा गरिएको थिएन, तर यो ख्रीष्‍टमा गरिएको थियो ।
COL 2:12 तिमीहरू उहाँसँगै बप्‍तिस्मामा गाडिएका थियौ । र उहाँलाई मृतकहरूबाट ब्युँताउनुहुने परमेश्‍वरको शक्‍तिमाथि विश्‍वासद्वारा तिमीहरू उहाँसँगै ब्युँताइएका थियौ ।
COL 2:13 र जब तिमीहरू आफ्ना पाप र शरीरको बेखतनामा मरेका थियौ, उहाँले तिमीहरूलाई उहाँसँग जीवित पार्नुभयो र हाम्रा सबै पापहरूलाई क्षमा गर्नुभयो ।
COL 2:14 उहाँले हाम्रो विरुद्धमा लगाइएका ऋणका लिखित अभियोगहरूलाई र त्यसका विनियमहरूलाई हटाइदिनुभयो । उहाँले यी सबैलाई हटाउनुभयो र क्रुसमा टाँगिदिनुभयो ।
COL 2:15 उहाँले शक्‍तिहरू र अधिकारवालाहरूलाई हटाउनुभयो । उहाँले तिनीहरूलाई खुल्ला रूपमा प्रकट गर्नुभयो र उहाँको क्रुसको माध्यमद्वारा तिनीहरूलाई विजय समारोहमा डोर्‍याउनुभयो ।
COL 2:16 यसैकारण, अब कसैले तिमीहरूलाई खानेकुरा वा पिउनेकुरा वा चाडको दिनको बारेमा वा औंसी वा शबाथ-दिनको विषयमा दोष लगाउन नदेओ ।
COL 2:17 यिनीहरू आउनेवाला थोकहरूका छायाँ मात्र हुन् तर वास्तविकता ख्रीष्‍ट हुनुहुन्छ ।
COL 2:18 नम्रताको चाहना र स्वर्गदूतहरूको आराधनाद्वारा कसैको इनाम नखोसिएको होस् । यस्तो व्यक्‍तिले उसले देखेका कुराहरूमा मन लगाउँछ र उसको शारीरिक विचारद्वारा घमण्डी बन्दछ ।
COL 2:19 उसले शिरलाई पक्री राख्दैन । शिरबाट नै जोर्नीहरू र ग्रन्थिहरू हुँदै सम्पूर्ण शरीरमा आवश्यक तत्त्वहरू फैलाइन्छ र तिनीहरूलाई एकसाथ राखिन्छ; र शरीर परमेश्‍वरले दिनुभएको वृद्धिअनुसार बढ्दछ ।
COL 2:20 यदि यस संसारका तत्त्वहरूप्रति तिमीहरू ख्रीष्‍टसँगै मरेका छौ भने, किन तिमीहरू यस संसारमा समर्पित भएर जिउँछौ ?
COL 2:21 “नसमात, नचाख, नछोऊ ।”
COL 2:22 मानिसहरूका निर्देशनहरू र शिक्षाहरूअनुसार, यी सबै कुराहरू प्रयोगसँगै नष्‍ट हुन्छन् ।
COL 2:23 यी नियमहरूमा मानिस आफैँले बनाएका धर्म र नम्रता र शरीरको कठोरताका ज्ञान छन् । तर शरीरको विलासिताको विरुद्धमा यिनीहरूको कुनै मोल छैन ।
COL 3:1 यदि परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै उठाउनुभएको छ भने माथिका कुराहरूलाई खोज, जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने बाहुलीतर्फ बस्‍नुभएको छ ।
COL 3:2 माथिका कुराहरूमा विचार गर, तर पृथ्वीका कुरामा ध्यान नलगाओ ।
COL 3:3 किनकि तिमीहरू मरेका छौ, र तिमीहरूका जीवन परमेश्‍वरमा ख्रीष्‍टसँगै लुकाइएको छ ।
COL 3:4 जब ख्रीष्‍ट प्रकट हुनुहुनेछ जो तिमीहरूका जीवन हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ ।
COL 3:5 त्यसकारण, संसारका स्वभावहरू अर्थात् कामुक अनैतिकता, अशुद्धता, कामवासना, खराब इच्छा र लोभको अन्त्य गर, जुन मूर्तिपूजा हो ।
COL 3:6 यी कुराहरू गर्ने अनाज्ञाकारीका छोराहरूमाथि परमेश्‍वरको क्रोध आउँछ ।
COL 3:7 तिमीहरू पनि यी कुराहरूमा जिउँदा एक समय यसरी नै हिँड्थ्यौ ।
COL 3:8 तर अब यी कुराहरू तिमीहरूले त्याग्‍नुपर्छ– रिस, क्रोध, खराब इच्छा, डाह र निन्दा, तिम्रो मुखबाट निस्कने फोहोर बोली ।
COL 3:9 एक अर्कालाई नढाँट; कारण तिमीहरूले पुरानो मनुष्यत्वलाई त्यसको व्यवहारसमेत त्यागेका छौ ।
COL 3:10 तिमीहरूले नयाँ मनुष्यत्व धारण गरेका छौ, जुन त्यसलाई सृष्‍टि गर्नुहुनेको प्रतिरूप अनुसारको ज्ञानमा नवीकरण गरिएको छ ।
COL 3:11 यस ज्ञानमा, कोही ग्रिक वा यहूदी, खतना वा बेखतनाका, अशिक्षित, असभ्य, कमारा, फुक्‍का हुँदैन, तर ख्रीष्‍ट नै सबै कुरा हुनुहुन्छ र सबै कुरामा हुनुहुन्छ ।
COL 3:12 त्यसकारण, परमेश्‍वरका चुनिएकाहरू, पवित्र र प्रियहरू, करुणामय हृदय, दया, नम्रता, दीनता, र धैर्य धारण गर ।
COL 3:13 एक अर्कालाई सहने गर । एक अर्कासँग कृपालु होओ । यदि कसैको विरुद्धमा कसैको उजुरी भएमा, परमप्रभुले तिमीहरूलाई क्षमा गर्नुभए जसरी क्षमा गर ।
COL 3:14 यी सबै कुराहरूभन्दा माथि प्रेम धारण गर, जुनचाहिँ पूर्णताको बन्धन हो ।
COL 3:15 तिमीहरूका हृदयमा ख्रीष्‍टको शान्तिले राज्य गरोस् । यही शान्तिको निम्ति तिमीहरू एक शरीरमा बोलाइएका थियौ, र धन्यवादी होओ ।
COL 3:16 ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्त मात्रामा रहोस् । सारा बुद्धिले एक अर्कालाई भजन, गीत र आत्मिक गानहरूले शिक्षा र अर्ती देओ । तिमीहरूका हृदयमा परमेश्‍वरका निम्ति धन्यवादका गीतहरू गाओ ।
COL 3:17 अनि जे तिमीहरूले वचन वा काममा गर्छौ, ती सबै प्रभु येशूको नाउँमा गर । परमेश्‍वर पितालाई उहाँद्वारा धन्यवाद देओ ।
COL 3:18 पत्‍नीहरू, पतिहरूका अधीनमा बस जुन कुरा प्रभुमा सुहाउँदो छ ।
COL 3:19 पतिहरू, आफ्ना पत्‍नीहरूलाई प्रेम गर र उनीहरूप्रति कठोर नहोओ ।
COL 3:20 छोराछोरीहरू, सबै कुरामा आफ्ना बाबुआमाप्रति आज्ञाकारी होओ, किनकि यो कुराले प्रभुलाई खुसी बनाउँछ ।
COL 3:21 बुबाहरू, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, कारण त्यसले गर्दा उनीहरू निराश बन्‍नेछन् ।
COL 3:22 दासहरू, शरीरअनुसार आफ्ना मालिकहरूप्रति सबै कुराहरूमा आज्ञाकारी होओ, मानिसहरूलाई खुसी तुल्याउनेहरूजस्तो गरी आँखाको अगाडि मात्र होइन, तर इमानदार हृदयसाथ गर । परमप्रभुको भय मान ।
COL 3:23 तिमीहरूले जे-जे गर्छौ, मानिसको निम्ति गरेजस्तो गरी होइन, तर प्रभुको निम्ति आत्मादेखि नै गर ।
COL 3:24 तिमीहरू जान्दछौ, कि तिमीहरूले परमप्रभुबाट उत्तराधिकारको इनाम पाउनेछौ । तिमीहरूले जसको सेवा गर्दछौ, उहाँ प्रभु ख्रीष्‍ट हुनुहुन्छ ।
COL 3:25 किनकि अधार्मिकता गर्नेले उसले गरेको अधार्मिकताको कारण दण्ड पाउनेछ, र त्यसमा कुनै पक्षपात हुनेछैन ।
COL 4:1 मालिक हो, आफ्ना नोकरहरूलाई जे सही र उचित छ त्यही देओ । तिमीहरू यो जान्दछौ, कि तिमीहरूका पनि मालिक स्वर्गमा हुनुहुन्छ ।
COL 4:2 दृढतापूर्वक निरन्तर प्रार्थनामा लागिरहो, र धन्यवादसाथ प्रार्थनामा जागा रहो ।
COL 4:3 हाम्रो निम्ति पनि सँगसँगै प्रार्थना गर, ताकि ख्रीष्‍टको गुप्‍त सत्यताको वचन बोल्नको निम्ति परमेश्‍वरले ढोका खोलिदिनुभएको होस् । यही वचनको कारण, म बाँधिएको छु ।
COL 4:4 जसरी मैले बोल्नुपर्ने हो, त्यसरी नै मैले यसलाई स्पष्‍टपार्न सकूँ भनेर प्रार्थना गर ।
COL 4:5 बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर्दै हिँड, अनि तिमीहरूको समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर ।
COL 4:6 तिमीहरूका वचनहरू सधैँ अनुग्रहसहित होस् । तिनीहरू नुनले स्वादिलो पारिएको जस्तै होऊन्, र हरेक मानिसलाई तिमीहरूले कसरी जवाफ दिनुपर्छ, सो तिमीहरूले जान्‍न सक ।
COL 4:7 तुखिकसले मेरो बारेमा सबै कुराहरू तिमीहरूलाई बताउनेछन् । तिनीचाहिँ मेरा प्रिय भाइ, विश्‍वासयोग्य दास र प्रभुमा सङ्गी सेवक हुन् ।
COL 4:8 यही कार्यको निम्ति मैले तिनलाई तिमीहरूकहाँ पठाएँ, ताकि तिमीहरूले हामीहरूको विषयमा जान्‍न सक, र तिनले तिमीहरूका हृदयलाई प्रोत्साहित पार्न सकून् ।
COL 4:9 तिमीहरूमध्येका एक, विश्‍वासयोग्य र प्रिय भाइ ओनेसिमससँगै मैले तिनलाई तिमीहरूकहाँ पठाएँ । तिनीहरूले यहाँ भएका सबै कुराहरू तिमीहरूलाई बताउँनेछन् ।
COL 4:10 मेरा सङ्गी कैदी अरिस्तार्खसले तिमीहरूलाई आफ्नो अभिवादन पठाएका छन्, र बारनाबासका भानिज मर्कूसको पनि अभिवादन छ, जसको बारेमा तिमीहरूले आदेश पाइसकेका छौ, “यदि उनी तिमीहरूकहाँ आए भने उनलाई स्वागत गर,”
COL 4:11 र युस्तस भनिने येशूले पनि अभिवादन पठाएका छन् । परमेश्‍वरको राज्यका निम्ति खतनाका मेरा सहकर्मीहरू यिनीहरू मात्रै हुन् । तिनीहरू मेरा निम्ति सान्त्वनाका पात्र भएका छन् ।
COL 4:12 इपाफ्रासले तिमीहरूलाई अभिवादन गरेका छन् । यिनी पनि तिमीहरूमध्येकै एक जना हुन् र ख्रीष्‍ट येशूका दास हुन् । यिनी तिमीहरूका निम्ति सधैँ प्रार्थनामा परिश्रमसाथ लागिरहन्छन्, ताकि परमेश्‍वरको इच्छाअनुसार तिमीहरू सम्पूर्ण रूपले निश्‍चित भई खडा हुन सक ।
COL 4:13 यो कुरामा म तिनको साक्षी भएको छु, कि उनी तिमीहरूका लागि र लाउडिकियामा भएकाहरू अनि हिरापोलिसमा भएकाहरूका खातिर कडा परिश्रम गर्छन् ।
COL 4:14 प्रिय चिकित्सक लूका र डेमासले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
COL 4:15 लाउडिकियामा भएका भाइहरू, र नुम्फास, र तिनको घरमा भएको मण्डलीलाई पनि अभिवादन गर ।
COL 4:16 जब यो पत्र तिमीहरूका बिचमा पढिनेछ, त्यसपछि लाउडिकियाको मण्डलीमा पनि यो पढ्नू र लाउडिकियाबाट आउने पत्र पनि तिमीहरूले पढ्नू ।
COL 4:17 अर्खिप्पसलाई भन, “तिमीले प्रभुमा पाएको सेवा-कार्य र यसलाई पुरा गर्नुपर्ने कुरालाई ध्यान देऊ ।”
COL 4:18 यो अभिवादनको पत्र म पावलको आफ्नै हातले लेखेको हुँ । मेरा साङ्लाहरूलाई याद गर । तिमीहरूमा अनुग्रह होस् ।
1TH 1:1 पावल, सिलास र तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा अनुग्रह र शान्ति ।
1TH 1:2 तिमीहरू सबैका लागि हामी परमेश्‍वर पितालाई धन्यवाद चढाउछौँ र हाम्रो प्रार्थनामा तिमीहरूलाई याद गर्दछौँ ।
1TH 1:3 हामी निरन्तर रूपमा तिमीहरूको विश्‍वासको काम, प्रेमको परिश्रम र आत्मविश्‍वासको धैर्यलाई सम्झना गर्दछौँ जुन परमेश्‍वर पिताको सामु हाम्रा प्रभु येशू ख्रीष्‍टमा भएको भविष्यको कारणले गर्दा हो ।
1TH 1:4 परमेश्‍वरबाट प्रेम पाएका भाइहरूलाई, तिमीहरूको बोलावट हामीलाई थाहा छ ।
1TH 1:5 हाम्रो सुसमाचार तिमीहरूकहाँ कसरी आयो, वचनमा मात्र होइन, तर शक्तिमा, पवित्र आत्मामा, र धेरै निश्‍चयतामा । तिमीहरूका खातिर हामी कस्ता मानिसहरू हौँ, सो तिमीहरूलाई थाहा छ ।
1TH 1:6 तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्‍टमा वचन पायौ र आनन्द र पवित्र आत्मामा ग्रहण गर्‍यौ ।
1TH 1:7 त्यसैले, तिमीहरू सबै माकेडोनिया र अखैयामा विश्‍वास गर्नेहरू सबैका बिचमा उदाहरण भयौ ।
1TH 1:8 तिमीहरूबाट परमेश्‍वरको वचन माकेडोनिया र अखैयामा मात्र प्रचार भएको होइन, तर तिमीहरूको विश्‍वास हरेक ठाउँमा फैलिएको छ । त्यसैले, हामीलाई केही भन्‍नु आवश्यक छैन ।
1TH 1:9 हाम्रो विषयमा तिनीहरू आफैले भन्दछन्, कि हामीलाई तिमीहरूले कस्तो प्रकारले स्वीकार गरेका थियौ र कसरी तिमीहरू मूर्तिपूजा गर्न छोडेर जीवित र साँचो परमेश्‍वरको सेवा गर्न फर्क्यौ ।
1TH 1:10 र उहाँका पुत्र आकाशमा आउने समयलाई पर्खिराखेका छौ, जसलाई उहाँले मृतकबाट जीवित पार्नुभयो । उहाँ येशू हुनुहुन्छ जसले हामीलाई आउने वाला क्रोधबाट छुटकारा दिनुहुन्छ ।
1TH 2:1 भाइहरू हो, तिमीहरू आफैलाई थाहा छ कि तिमीहरूमा हाम्रो आगमन बेकम्मा थिएन,
1TH 2:2 तर तिमीहरूलाई थाहा छ, हामीले पहिला नै कष्‍ट भोग्यौँ र फिलिप्पिमा हामीलाई निर्लज्जपूर्वक व्यवहार गरियो । हामी ठुलो विवादको बिचमा पनि तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बताउन परमेश्‍वरमा साहसी भयौँ ।
1TH 2:3 किनभने हाम्रो उत्साह गलत कुराबाट होइन न त अशुद्ध, न छलबाट नै आएको हो,
1TH 2:4 तर जसरी परमेश्‍वरले हामीहरूलाई सुसमाचार सुम्पिएको व्यक्तिको रूपमा स्वीकृति दिनुभएको छ, त्यसैले हामी मानिसलाई होइन तर हाम्रो हृदय जाँच्‍नुहुने परमेश्‍वरलाई खुसी पार्नलाई बोल्छौँ ।
1TH 2:5 तिमीहरूलाई थाहा छ र परमेश्‍वर पनि साक्षी हुनुहुन्छ कि हामीले कुनै पनि बेला चाप्लुसी गरेनौँ, न त लोभको निम्ति बहाना नै बनायौँ,
1TH 2:6 न त हामीले मानिसहरूबाट महिमा खोज्यौँ, न त तिमीहरूबाट या अरूहरूबाट नै, जब कि हामीले ख्रीष्‍टको प्रेरितहरूको रूपमा विशेष सुविधाहरूको दाबी गर्न सक्थ्यौँ । s5
1TH 2:7 यसको सट्टा हामीहरू तिमीहरूका माझमा एउटा आमाले आफ्ना बाल बच्‍चालाई सान्त्वना दिएजस्तै भद्र भयौँ ।
1TH 2:8 यसरी तिमीहरूप्रति हाम्रो गहिरो प्रेम थियो, हामी तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बाँड्न मात्र होइन, तर हाम्रो जीवन बाँड्न पनि खुसी थियौँ किनभने तिमीहरू हाम्रो निम्ति अति प्रिय भएका छौ ।
1TH 2:9 किनभने भाइहरू हो, तिमीहरूलाई हाम्रो परिश्रम र काम याद छ, कि हामीले तिमीहरूलाई परमेश्‍वरको सुसमाचार प्रचार गर्दै हामी तिमीहरू कसैलाई बोझ नबनौँ भनेर हामीले दिनरात काम गर्‍यौँ ।
1TH 2:10 हामीले तिमीहरू विश्‍वास गर्नेहरूसित कति पवित्रता, धार्मिकता र कपटरहित व्यवहार गर्‍यौँ भन्‍ने कुराको साक्षी तिमीहरू छौ र परमेश्‍वर पनि हुनुहुन्छ,
1TH 2:11 तिमीहरूलाई पनि थाहा छ, कि हामीले तिमीहरू हरेकलाई कसरी एउटा बुबाले आफ्ना छोराछोरीलाई गरे झैँ तिमीहरूलाई उत्साह, सान्त्वना दियौँ र गवाही दियौँ,
1TH 2:12 कि तिमीहरू परमेश्‍वरको योग्यको भएर हिँड्न सक जसले तिमीहरूलाई उहाँको राज्य र महिमामा बोलाउनुहुन्छ ।
1TH 2:13 यही कारणको निम्ति हामी परमेश्‍वरलाई निरन्तर धन्यवाद दिन्छौँ । किनभने तिमीहरूले जब हामीबाट परमेश्‍वरको वचन, सन्देशको वचन पायौ तिमीहरूले मानिसको वचनको रूपमा मात्र ग्रहण गरेनौ, तर साँच्‍चै परमेश्‍वरको वचनको रूपमा नै ग्रहण गर्‍यौ
1TH 2:14 किनभने भाइहरू हो, तिमीहरू ख्रीष्‍ट येशूमा भएका यहूदियाका मण्डलीबिच तिमीहरू परमेश्‍वरको मण्डलीको नक्‍कल गर्नेहरू भएका छौ किनभने तिनीहरूले यहूदीहरूबाट सतावट पाएजस्तै तिमीहरू पनि आफ्नै मानिसहरूबाट सताइएका छौ ।
1TH 2:15 जसले प्रभु येशू र अगमवक्‍ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्‍वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् ।
1TH 2:16 तिनीहरू सदैव तिनीहरूका पापहरूबाट भरिन हामीहरूलाई गैरयहूदीहरूले उद्धार पाऊन् भनेर बोल्न दिँदैनन् । तिनीहरूमाथि क्रोध चरम रूपमा आएको छ ।
1TH 2:17 भाइहरू हो, हामीहरू छोटो समयको निम्ति हृदयमा होइन, तर उपस्थितिमा छुट्‌ट्याइएका थियौँ र हामीले तिमीहरूलाई भेट गर्नलाई सक्दो तीव्र इच्छा गर्‍यौँ ।
1TH 2:18 किनभने हामी तिमीहरूकहाँ आउन चाहन्थ्यौँ । म पावलले बारम्बार कोसिस गरेँ, तर शैतानले हामीलाई बाधा दियो ।
1TH 2:19 किनभने हाम्रा प्रभु येशूको आगमनमा उहाँको सामु हाम्रो भविष्यको निम्ति दृढ आनन्द वा महिमाको मुकुट अरूहरू जति नै तिमीहरू नै होइनौ र ?
1TH 2:20 किनभने तिमीहरू हाम्रो महिमा र आनन्द हौ ।
1TH 3:1 यसकारण जब हामीले अरू धेरै सहन सकेनौँ, तब एथेन्समा एकलै रहन उचित ठान्यौँ ।
1TH 3:2 तिमीहरूको विश्‍वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौँ जो ख्रीष्‍टका सुसमाचार र परमेश्‍वरका सेवक हुन् ।
1TH 3:3 यी कष्‍टहरूबाट कोही नखल्बलियोस्, किनकि यसैको खातिर हामी नियुक्त भएका छौँ ।
1TH 3:4 साँच्‍चै हामीहरू तिमीहरूका बिचमा रहँदा पहिले नै भनेका थियौँ कि हामी कष्‍टका नजिक छौँ, तिमीहरूलाई थाहा नै छ यो हुन आयो ।
1TH 3:5 यसैकारण, जब मैले सहनै सकिन तिमीहरूको विश्‍वासबारे जान्‍न र परीक्षा गर्नेवालाले तिमीहरूलाई परीक्षामा पारेर हाम्रो मेहनत व्यर्थमा जान्छ कि भनेर मैले उनलाई पठाएँ ।
1TH 3:6 जब तिमोथी तिमीहरू कहाँबाट विश्‍वास र प्रेमको सुसमाचार लिएर आए कि तिमीहरूसँग सधैँ हामीसँगका असल क्षणहरूको सम्झना छ र जसरी हामी तिमीहरूलाई भेट्न उत्कट इच्छा गर्छौं त्यसै गरी तिमीहरू पनि हामीलाई हेर्न उत्कट इच्छा गर्छौ ।
1TH 3:7 यसैले गर्दा, भाइहरू हो, हाम्रा सबै निराश र कष्‍टकर अवस्थामा तिमीहरूको विश्‍वासद्वारा हामीलाई सान्त्वना मिलेको छ ।
1TH 3:8 यदि तिमीहरू प्रभुमा स्थिर रह्‍यौ भने, अब हामी साँच्‍चै जिउदछौँ ।
1TH 3:9 तिमीहरूका कारण हामीमा भएको आनन्दको खातिर परमेश्‍वरको सामु हामी कसरी परमेश्‍वरलाई धन्यवाद चढाऔँ ?
1TH 3:10 तिमीहरूको मुहार हेर्न र तिमीहरूको विश्‍वासमा जुन कुराको कमी छ, सो दिन सकौँ भनेर दिनरात हामी कडा मेहनतसाथ प्रार्थना गर्दछौँ ।
1TH 3:11 हाम्रा परमेश्‍वर, र पिता आफैले र हाम्रा प्रभु येशूले, तिमीहरूकहाँ आउने ढोका खोलिदिऊन्,
1TH 3:12 र प्रभुले तिमीहरूलाई एक अर्काप्रति र सबै मानिसहरूप्रति प्रेममा प्रशस्त गरी बढ्दै जान दिऊन् जसरी हामी तिमीहरूप्रति गर्दछौ ।
1TH 3:13 हाम्रा प्रभु येशू उहाँका पवित्र जनहरूसँग आउनुहुँदा उहाँले हाम्रा पिताका सामु तिमीहरूलाई पवित्रतामा निष्‍‍कलङ्क बनाऊन् ।
1TH 4:1 अन्तमा भाइहरू हो, येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौँ, जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने र परमेश्‍वरलाई रिजाउनुपर्ने हो भन्‍ने अर्ती पायौ र त्यसरी नै तिमीहरू चलेका छौ र त्यसभन्दा बढी पनि गरेका छौ ।
1TH 4:2 किनकि तिमीहरूलाई थाहा छ, हामीले प्रभु येशू ख्रीष्‍टद्वारा तिमीहरूलाई के अर्ती दियौँ ।
1TH 4:3 यो परमेश्‍वरको इच्छा हो, तिमीहरू आफैलाई पवित्र पार, यौन क्रियाकलापको अनैतिकताबाट टाढै बस ।
1TH 4:4 ताकि कसरी आदर र सम्मानसाथ आफ्नै पत्‍नीलाई लिनुपर्छ भनी तिमीहरू हरेकले जान्‍न सक ।
1TH 4:5 (परमेश्‍वरलाई नचिन्‍ने अन्यजातिले जस्तै) कामवासनामा जलेर होइन ।
1TH 4:6 यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दिइसकेका छौँ ।
1TH 4:7 किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको लागि बोलाउनुभएको होइन, तर पवित्रताको लागि हो ।
1TH 4:8 त्यसकारण, जसले यो इन्कार गर्दछ त्यसले मानिसलाई होइन तर परमेश्‍वरलाई इन्कार गर्दछ, जसले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ ।
1TH 4:9 भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्‍न जरुरी छैन । एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्‍वरबाट सिकाइएका छौ ।
1TH 4:10 वास्तवमा तिमीहरूले माकेडोनियामा भएका सबै दाजुभाइहरूलाई गरेका छौ, तर हामी तिमीहरूलाई अर्ती दिन्छौँ कि भाइहरू हो, अझै बढी गर ।
1TH 4:11 हामीले तिमीहरूलाई आज्ञा गरेझैँ शान्त रहने, आफ्नै धन्दामा मन लगाउने र आफ्नै हातले परिश्रम गर्ने अर्ती दिन्छौँ ।
1TH 4:12 यसो गर ताकि विश्‍वासभन्दा बाहिर भएकाहरूका खातिर तिमीहरू ठिक प्रकारले जिउन सक कि तिमीहरूलाई कुनै कुराको अभाव नहोस् ।
1TH 4:13 भाइहरू हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अन्जान बस भन्‍ने हामी चाहन्‍नौँ ताकि आशा नहुने मानिसहरूले जस्तो तिमीहरूले शोक गर्न नपरोस् ।
1TH 4:14 येशू मर्नुभयो र जीवित हुनुभयो भनी हामी विश्‍वास गर्छौं भने परमेश्‍वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ ।
1TH 4:15 परमेश्‍वरको वचनद्वारा हामी तिमीलाई यसो भन्छौँ कि हामी जो जीवित छौँ र प्रभुको आगमनसम्म बाँचिरहन्छौँ, हामीले कुनै हालतमा पनि मरिगएकाहरूलाई उछिन्‍नेछैनौँ ।
1TH 4:16 प्रभु आफै स्वर्गबाट ठुलो प्रशंसा, प्रधान स्वर्गदूतको आवाज र तुरहीको गर्जनसहित आउनुहुनेछ र ख्रीष्‍टमा मरेकाहरू पहिले बिउँतनेछन् ।
1TH 4:17 तब हामी जो जीवित छौँ उठाई लगिएकाहरूसँग एकसाथ बादलमा प्रभुलाई भेट्नेछौँ र हामी सदासर्वदा प्रभुसँगै हुनेछौँ ।
1TH 4:18 त्यसकारण, यी वचनले एक अर्कालाई सान्त्वना देऊ ।
1TH 5:1 भाइहरू हो, तिमीहरूलाई समय र ऋतुहरूको बारेमा कुनै कुरा लेखिरहनु जरुरत छैन ।
1TH 5:2 किनकि तिमीहरू आफैले राम्ररी जान्दछौ कि प्रभुको आगमनको समय राती आउने चोरको जस्तै हुनेछ ।
1TH 5:3 तिनीहरूले “शान्ति र सुरक्षा” भन्दै गर्दा गर्भवती स्‍त्रीलाई प्रसव-वेदना भएझैँ तिनीहरूमाथि अचानक विनाश आइपर्छ र तिनीहरू कुनै पनि किसिमले उम्कनेछैनन् ।
1TH 5:4 तर भाइहरू हो, त्यो दिन तिमीहरूमाथि चोरझैँ आइपर्नलाई तिमीहरू अन्धकारमा छैनौ ।
1TH 5:5 किनभने तिमीहरू सबै प्रकाशका सन्तानहरू र दिनका सन्तानहरू हौ । हामी रातका सन्तान होइनौँ, न त अन्धकारका नै ।
1TH 5:6 त्यसैले, हामी बाँकी अरूहरूझैँ नसुतौँ, तर जागा रहौँ र गम्भीर हौँ ।
1TH 5:7 किनभने सुत्‍नेहरू रातमा नै सुत्छन् र पिएर मात्‍नेहरू रातमा नै मात्दछन् ।
1TH 5:8 तर हामी दिनका सन्तानहरू हौँ । त्यसैले, गम्भीर हौँ, विश्‍वास र प्रेमको छाती-पाता लगाऔँ र भावी मुक्‍तिको टोप पनि लगाऔँ ।
1TH 5:9 किनभने परमेश्‍वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्‍तिको निम्ति चुन्‍नुभयो ।
1TH 5:10 उहाँ हाम्रो निम्ति मर्नुभयो ताकि हामी जागा हौँ वा निन्द्रामा हामी सबै उहाँसँग जिउन सकौँ ।
1TH 5:11 यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर ।
1TH 5:12 भाइहरू हो, हामीले तिमीहरूमाझ परिश्रम गर्नेहरूप्रति र तिमीहरूलाई उत्साह दिनेलाई प्रभुमा तिमीहरूभन्दा माथि भएकाहरूप्रति कृतज्ञ हुनलाई आग्रह गर्छौं ।
1TH 5:13 हामीले तिनीहरूलाई तिनीहरूको कामको खातिर प्रेममा उच्‍च आदरको सम्झनलाई पनि आग्रह गर्छौं । तिमीहरू आपसमा शान्तिमा रहो ।
1TH 5:14 भाइहरू हो, हामी तिमीहरूलाई गोलमाल गर्नेहरूलाई चेतावनी दिन, निरुत्साहित भएकाहरूलाई उत्साह दिन, कमजोरलाई समर्थन गर्न र सबैसँग धैर्यवान् हुनलाई उत्साह दिन्छौँ ।
1TH 5:15 हेर, कसैले खराबीको बदला खराबी नगरोस्, तर सदैव एक अर्कामा र सबैलाई असल गर्न प्रयत्‍न गर ।
1TH 5:16 सदैव आनन्द गर,
1TH 5:17 नरोकी प्रार्थना गरिरहो,
1TH 5:18 हरेक कुरामा धन्यवाद देओ किनभने यो तिमीहरूको निम्ति ख्रीष्‍ट येशूमा परमेश्‍वरको इच्छा हो ।
1TH 5:19 पवित्र आत्मालाई ननिभाओ ।
1TH 5:20 अगमवाणीलाई अवहेलना नगर ।
1TH 5:21 सबै कुराको जाँच गर, जे असल छ त्यसमा लागिरहो ।
1TH 5:22 सबै किसिमको खराबीलाई त्याग ।
1TH 5:23 शान्तिका परमेश्‍वर आफैले तिमीहरूलाई पूर्ण रूपमा शुद्ध पारून्, र तिमीहरूका सम्पूर्ण आत्मा, प्राण, र शरीरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा दोषरहित राखून् ।
1TH 5:24 तिमीहरूलाई बोलाउनुहुने इमानदार हुनुहुन्छ । उहाँले नै यो पनि गर्नुहुनेछ ।
1TH 5:25 भाइहरू हो, हाम्रो निम्ति पनि प्रार्थना गर ।
1TH 5:26 सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर ।
1TH 5:27 म प्रभुद्वारा तिमीहरूलाई बिन्ती गर्दछु, कि यो पत्र सबै भाइहरूका निम्ति पनि पढियोस् ।
1TH 5:28 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस् ।
2TH 1:1 पावल, सिलास र तिमोथीबाट परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्डलीलाई,
2TH 1:2 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति ।
2TH 1:3 भाइहरू हो, हामीले तिमीहरूका लागि परमेश्‍वरलाई सधैँ धन्यवाद दिनुपर्छ । किनभने यो उचित छ, किनभने तिमीहरूको विश्‍वास धेरै बढिरहेको छ र तिमीहरूमध्ये हरेकको प्रेम एक अर्काप्रति प्रशस्त छ ।
2TH 1:4 त्यसैले, हामीहरू तिमीहरूको धैर्य र विश्‍वासको बारेमा परमेश्‍वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने तिमीहरूका सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौँ ।
2TH 1:5 यो परमेश्‍वरको धार्मिक न्यायको प्रष्‍ट चिन्ह हो, जसको कारणले तिमीहरू परमेश्‍वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू दुःख पनि भोग्दछौ ।
2TH 1:6 तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्‍वरको धार्मिकता हो,
2TH 1:7 र येशू ख्रीष्‍ट स्वर्गबाट स्वर्गदूतहरूका शक्‍तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ ।
2TH 1:8 जसले परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ ।
2TH 1:9 तिनीहरूले प्रभु र उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन्,
2TH 1:10 तिमीहरूले हाम्रो गवाहीमा विश्‍वास गर्‍यौ । त्यसै गरी विश्‍वास गर्ने सबैद्वारा अचम्मित पार्नलाई र सबै सन्तहरूद्वारा महिमित हुनलाई उहाँ त्यो दिनमा आउनुहुन्छ ।
2TH 1:11 यसको निम्ति हामी निरन्तर तिमीहरूका लागि प्रार्थना गर्दछौँ, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई तिमीहरूको बोलावटको योग्य ठानून्, र भलाइको निम्ति तिमीहरूको प्रत्येक चाहना र विश्‍वासको हरेक काम शक्‍तिद्वारा पुरा गरून् ।
2TH 1:12 हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।
2TH 2:1 अब भाइहरू हो, हाम्रा प्रभु येशूको आगमन र हाम्रो उहाँसँग एकसाथ भेट गर्ने सम्बन्धमा हामी अनुरोध गर्दछौँ,
2TH 2:2 कि प्रभुको दिन आइसकेको छ भनी तिमीहरूको मन सजिलै नधर्मराओस्, न त विचलित होस्, न आत्माद्वारा, न वचन न त हाम्रो पत्रद्वारा । प्रभुको आगमन पहिल्यै भइसकेको छ भनेर
2TH 2:3 तिमीहरूलाई कसैले कुनै प्रकारले छल्न नपाओस् । किनकि पतित, पापमय विनाशको छोरो, अधर्मी मानिस प्रकट नहोऊन्जेलसम्म यो हुन आउनेछैन ।
2TH 2:4 यो त्यो हो जसले आफैलाई उचाल्दछ र परमेश्‍वरको विरोध गर्दछ र आफैलाई परमेश्‍वरको रूपमा प्रस्तुत गरेर महिमित हुन चाहन्छ र उहाँको मन्दिरमा बस्छ ।
2TH 2:5 म तिमीहरूसँग हुँदा मैले तिमीहरूलाई ज भनेँ के तिमीहरू त्यो सम्झदैनौ ?
2TH 2:6 अब तिमीहरू जान्दछौ कि कुनै कुराले उसलाई रोक्दछ, ताकि ऊ ठिक समयमा मात्र प्रकट हुनेछ ।
2TH 2:7 किनभने, पापको रहस्यले पहिले देखि नै काम गरिरहेको छ जबसम्म जसले उसलाई थामिराख्‍नुभएको छ उहाँले उसका मार्गबाट हटाउनुहुन्‍न ।
2TH 2:8 त्यसपछि पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले मार्नुहुनेछ र उहाँका आगमनले उसको अन्त हुनेछ ।
2TH 2:9 शैतानका सबै शक्‍तिशाली काम, चिन्हहरू र झुटा आश्‍चर्यकर्महरूको कारण पापको मानिसको आगमन हुनेछ ।
2TH 2:10 त्यो अधार्मिकताका सबै छलका साथ आउनेछ । यी कुराहरू नाश हुनेहरूका निम्ति हुनेछन् जसले बचाइनको लागि परमेश्‍वरको प्रेमको सत्यतालाई ग्रहण गरेनन् ।
2TH 2:11 यसकारण, तिनीहरूले झुटो विश्‍वास गरून् भनी परमेश्‍वरले भ्रमको काम पठाई रहनुभएको छ,
2TH 2:12 ताकि अधार्मिकतामा रमाउने तर सत्यतालाई विश्‍वास नगर्ने सबैको न्याय होस् ।
2TH 2:13 प्रभुका प्रिय भाइहरू हो, हामीले प्रभुलाई तिमीहरूका लागि धन्यवाद दिनुपर्छ किनभने परमेश्‍वरले आत्माको शुद्धतामा र सत्यताको विश्‍वासमा उद्धारको पहिलो फलझैँ तिमीहरूलाई चुन्‍नुभयो,
2TH 2:14 हाम्रा सुसमाचारद्वारा प्रभु येशूको महिमा प्राप्‍त गर्न सक भनी उहाँले तिमीहरूलाई यसतर्फ बोलाउनुभयो ।
2TH 2:15 यसैले अब भाइहरू हो, स्थिर रहो, वचन या हाम्रा पत्रद्वारा तिमीहरूलाई सिकाएका परम्पराहरूलाई पक्रिराख ।
2TH 2:16 अब हामीलाई प्रेम गर्नुहुने अनुग्रहद्वारा अनन्तको सान्त्वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैले तथा परमेश्‍वर हाम्रा पिताले,
2TH 2:17 हरेक असल काम र वचनमा तिमीहरूका हृदयलाई सान्त्वना र स्थिर गराऊन् ।
2TH 3:1 अब भाइहरू हो, हाम्रो निम्ति प्रार्थना गर, ताकि हाम्रा प्रभुको वचन द्रुत गतिमा फैलियोस् र महिमित होस्, जसरी तिमीहरूका माझमा पनि भएको थियो ।
2TH 3:2 र हामी दुष्‍ट र ईश्‍वरहीन मानिसहरूबाट छुटकारा हुन सकौँ, किनकि सबैसँग विश्‍वास छैन ।
2TH 3:3 तर हाम्रा प्रभु विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई स्थापना गर्नुहुन्छ र दुष्‍टताबाट सुरक्षा प्रदान गर्नुहुन्छ ।
2TH 3:4 हामी तिमीहरूप्रति प्रभुमा विश्‍वस्त छौँ कि तिमीहरू दुवैले हामीले आज्ञा गरेका कामहरू गर्नेछौ र निरन्तरता दिइरहनेछौ ।
2TH 3:5 प्रभुले तिमीहरूका हृदयलाई परमेश्‍वरको प्रेम, ख्रीष्‍टको सहनशीलतातर्फ अगुवाइ गर्नुभएको होस् ।
2TH 3:6 अब हाम्रा प्रभु येशूको नाउँमा भाइहरूलाई आज्ञा गर्दछौँ कि, तिमीहरूले अल्छे भाइहरूलाई अलग गर जसले हामीले सिकाएको परम्परालाई कार्यान्वयन गर्दैनन् जुन कुराहरू तिमीहरूले हामीबाट ग्रहण गरेका छौ ।
2TH 3:7 तिमीहरू आफैलाई थाहा छ, कि कसरी तिमीहरूले हाम्रो अनुकरण गरेका छौ जसरी हामीले तिमीहरूका बिचमा अल्छीपना देखाएनौँ,
2TH 3:8 न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ, तर त्यसको सट्टामा हामी कसैको भार बनेनौँ भनेर हामीले मेहनत गर्‍यौँ, रातदिन काम गर्‍यौँ ।
2TH 3:9 यसको अर्थ हामीसँग अधिकार छैन भनेको होइन, तर हामी तिमीहरूको निम्ति उदाहरण भयौँ ताकि तिमीले हाम्रो अनुकरण गर्न सक ।
2TH 3:10 हामी तिमीहरूसँग हुँदा आज्ञा गरेका थियौँ, “यदि कसैले काम गर्न चाहँदैन भने, उसले खाना पनि नखाओस्” ।
2TH 3:11 किनकि हामीले सुन्यौँ कोही-कोही अल्छी भएर काम नगरीकन तिमीहरूको माझमा हिँड्दछन्, तिनीहरू काम गर्दैनन् तर अर्काको काममा हात लगाउनेहरू भएका छन् ।
2TH 3:12 यस्ताहरूलाई हामी ख्रीष्‍ट येशूमा उत्साह र आज्ञा दिँदछौँ, ताकि तिनीहरू शान्तसँग काम गरून् र आफ्नै मेहनतद्वारा जीविकोपार्जन गरून् ।
2TH 3:13 तर तिमी भाइहरू हो, हृदयलाई जे असल छ त्यो गर्नबाट वञ्‍चित नगर,
2TH 3:14 यदि कसैले यो पत्रमा लेखिएको आज्ञालाई पालना गर्दैन भने, उसको विषयमा ख्याल गर र उसलाई सहभागी नगराओ ताकि ऊ शर्ममा परोस् ।
2TH 3:15 उसलाई शत्रुलाई झैँ व्यवहार नगर तर आफ्नो भाइ सम्झेर सुझाव देओ ।
2TH 3:16 शान्तिका परमेश्‍वर आफैँले तिमीहरूलाई सदासर्वदाका लागि शान्ति प्रदान गरून् ।
2TH 3:17 यो मेरो अभिवादन हो, म पावल आफ्नै हातले हरेक पत्रहरू लेखेको हो भन्‍ने चिन्ह हो ।
2TH 3:18 हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरू सबैमा रहोस् ।
1TI 1:1 हाम्रा मुक्तिदाता परमेश्‍वर र हाम्रो आशा ख्रीष्‍ट येशूको आज्ञा अनुसार येशू ख्रीष्‍टको प्रेरित पावल,
1TI 1:2 विश्‍वासमा साँचो पुत्र तिमोथीलाई, हाम्रो परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह, कृपा र शान्ति ।
1TI 1:3 मैले म्‍याकेडोनिया जाँदै गर्दा तिमीलाई अनुरोध गरेँ जस्तै एफिससमा नै बस ताकि तिमीले भिन्‍न सिद्धान्त सिकाउनेहरूलाई आज्ञा दिन सक्‍छौ ।
1TI 1:4 नत तिनीहरूले कथाहरू र अनन्त वंशावलीहरूतिर ध्यान दिऊन, जसले विश्‍वासद्वारा आउने परमेश्‍वरको योजनालाई सहायता पुर्‍याउनु साटो विवाद उत्पन्‍न गर्छ ।
1TI 1:5 तर आज्ञाको लक्ष्यचाहिँ विशुद्ध हृदय, असल विवेक र निष्‍कपट विश्‍वासबाट आउने प्रेम हो ।
1TI 1:6 केही मानिसहरू यसबाट बरालिएर खोक्रा कुराहरूतिर फर्केका छन् ।
1TI 1:7 तिनीहरू व्यवस्थाको शिक्षकहरू बन्‍न चाहन्छन्, तर तिनीहरूले जे भन्‍छन वा जे कुरामा जोड दिन्‍छन तिमीहरूले नै बुझ्दैनन् ।
1TI 1:8 तर यदि कसैले न्यायसँगत तवरले प्रयोग गर्छ भने व्यवस्था असल छ भन्‍ने हामीलाई थाहा छ ।
1TI 1:9 हामी यो पनि जान्दछौँ कि व्यवस्था धर्मी मानिसको निम्ति बनाइएको होइन, तर व्‍यावस्‍थाविहीन र विद्रोही मानिसहरूको निम्ति, अधर्मी र पापीहरूको निम्ति, ईश्‍वरहिन र अपवित्र हुनेहरूको निम्ति, आफ्ना बावुहरू र आमाहरूलाई मार्नेहरूको निम्ति, हत्याराहरूका निम्ति,
1TI 1:10 अनैतिक यौनसम्‍बन्‍ध राख्‍ने मानिसहरूका निम्ति, समलिंगीहरूका निम्ति, दास बनाउनको लागि अपहरण गर्नेहरूका निम्ति, झूट बोल्नेहरूका निम्ति, झूटो गवाही दिनेहरूका निम्ति, र विश्‍वासयोग्य शिक्षाको विरूद्धमा हुनेहरूको निम्ति हो ।
1TI 1:11 यो मलाई सुम्पिएको धन्य परमेश्‍वरको महिमित सुसमाचार अनुसार छ ।
1TI 1:12 र म ख्रीष्‍ट येशू हाम्रो प्रभुलाई धन्यवाद दिन्छु, जसले मलाई शक्ति दिनुभयो, किनभने उहाँले मलाई विश्‍वासयोग्य ठानेर सेवामा नियुक्‍त गर्नुभयो ।
1TI 1:13 म पहिला ईश्‍वरनिन्दा गर्ने, सताउने र एउटा हिंस्रक मानिस थिएँ । तर ती मैले अन्‍जानमा र अविश्‍वासमा गरेको कारण मैले कृपा प्राप्‍त गरेँ ।
1TI 1:14 तर हाम्रो प्रभुको अनुग्रह ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेमको साथ हाम्रा परमप्रभुको अनुग्रह प्रशस्तमात्रामा आयो ।
1TI 1:15 यो सन्‍देश विश्‍वासयोग्य र सर्वस्वीकारयोग्य छ, कि ख्रीष्‍ट येशू पापीहरूलाई बचाउनलाई यस संसारमा आउनुभयो । म यी सबैभन्दा तुच्छ हुँ ।
1TI 1:16 तर यही कारणको निम्ति मलाई पहिला दया गरियो ताकि अनन्त जीवनको लागि उहाँमाथि विश्‍वास गर्नेहरूको निम्ति एउटा उदाहरणस्‍वरूप म सबैभन्दा तुच्‍छ मानिसमा ख्रीष्‍ट येशूले आफ्नो सारा धैर्यता प्रकट गर्न सक्‍नु भएको होस् ।
1TI 1:17 अब युगहरूका राजा, अविनाशी, अदृश्य, एकमात्र परमेश्‍वरलाई सदासर्वदा आदर र महिमा होस् । आमिन ।
1TI 1:18 मेरो छोरो तिमोथी, तिम्रो बारेमा पाहिला गरिएको अगमवाणीसँग सहमत हुँदै तिमीलाई यो आज्ञा दिन्‍छु ताकि तिमी असल लडाइँ लड्‍न सक ।
1TI 1:19 यसैले तिमीले विश्‍वास र असल विवेक कायम गर । केही मानिसहरूले यी कुराहरूलाई इन्कार गरेर विश्‍वासमा नष्‍ट भएका छन् ।
1TI 1:20 हुमेनियस र अलेक्जेन्डर जस्‍ता मानिसहरुलाई मैले शैतानको हातमा सुम्पेकोछु ताकि तिनीहरूले निन्दा गर्नुहुँदैन भनेर सिकून् ।
1TI 2:1 यसकारण, सर्वप्रथम म आग्रह गर्दछु कि सबै मानिसहरूको निम्‍ति अनुरोधहरू, प्रार्थनाहरू, अन्तरबिन्तीहरू र धन्यवाद चढाइऊन्,
1TI 2:2 राजाहरूका लागि र अधिकारमा हुनेहरूका लागि पनि ताकि हामीले हरप्रकारले धार्मिक र मर्यादापूर्वक आदरणीय र शान्तिपूर्ण जीवन जिउन सकौँ ।
1TI 2:3 यो परमेश्‍वर हाम्रा मुक्तिदाताको सामु असल र ग्रहणयोग्य छ ।
1TI 2:4 उहाँले सबै मानिसहरू बाचून् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ ।
1TI 2:5 किनभने परमेश्‍वर एकमात्र हुनुहुन्छ, मानिस र परमेश्‍वरको बीच केवल एकमात्र मध्यस्तकर्ता, मानिस ख्रीष्‍ट येशू हुनुहुन्छ ।
1TI 2:6 जसले आफैँलाई सबैका छुटकाराको मोलको स्वरूप दिनुभयो, जुन ठीक समयमा दिइएको थियो ।
1TI 2:7 यसै उद्देश्यसको लागी एक सन्‍देशवाहक बनाइएँ । म साँचो बोल्छु; म ढाँट्दिन । म विश्‍वास र सत्यतामा अन्यजातीहरूको शिक्षक हुँ ।
1TI 2:8 यसकारण, म सबै ठाउँमा पुरुषहरूले विना क्रोध र शंका, पवित्र हात उचाल्दै प्रार्थना गरेको चाहन्छु ।
1TI 2:9 यसै गरी म महिलाहरूले सरलता, भद्रता र आत्मसंयमताकासाथ वस्‍त्र पहिरुन्, कपालको सृंगारपटार वा सुन वा मोती वा बहुमूल्य वस्‍त्र पहिरेर होइन,
1TI 2:10 तर महिलालाई सुहाउने भक्ति देकखाउने असल कामहारूद्वारा सुसज्जित होऊन ।
1TI 2:11 एउटा स्‍त्रीले सारा आज्ञापालन चुपचापसित सिकून् ।
1TI 2:12 म स्‍त्रीलाई सिकाउन र पुरुषमाथि अधिकार गर्न अनुमति दिन्‍न तर तिनी चुपचाप रहून् ।
1TI 2:13 किनभने आदम पहिले सृष्‍टि भएका थिए त्यसपछि हव्वा
1TI 2:14 र आदम छलिएका थिएन तर स्‍त्री पूर्ण रूपले अपराधमा छलिएकी थिइन् ।
1TI 2:15 तरै पनि, यदि तिनीहरू भद्रतासाथ विश्‍वास, प्रेम र पवित्र आत्मामा लागि रहे भने बालक जन्माउदा तिनीहरू बचाइनेछन् ।
1TI 3:1 यो भनाइ भरोसायोग्य छ, यदि कसैले बिशप हुने इच्छा गर्छ भने उसले असल कामको इच्छा गर्दछ ।
1TI 3:2 तसर्थ, बिशपचाहिँ दोषरहित होस् । र एउटा पत्‍नीको पति, संयमी, समझदार, व्‍यवस्‍थित, अथिति सत्कार गर्ने, सिकाउन सक्‍ने,
1TI 3:3 मतवाला र रिसाहा होइन तर भद्र, नम्र, शान्तिप्रिय, रूपैयाँपैसाको लोभ नगर्ने ।
1TI 3:4 तिनले आफ्नो घरबार राम्रोसँग व्यवस्थापन गर्नुपर्छ । र उसका छोराछोरीले तिनको आज्ञापालन पुरा आदरका साथ गर्नु पर्छ ।
1TI 3:5 तर यदि एउटा मानिसले आफ्नो घरलाई राम्रोसँग व्यवस्थापन गर्न जान्दैन भने उसले कसरी परमेश्‍वरको मण्डलीको वास्‍ता गर्न सक्दछ ?
1TI 3:6 तिनी नयाँ विश्‍वासी हुनुहुँदैन ताकि तिनी घमण्डी भएर शैतानझैँ दण्डमा नपरून् ।
1TI 3:7 तिनी बाहिरको मानिसहरूको दृष्‍टिकोणमा पनि प्रतिष्‍ठित हुनुपर्दछ । ताकि तिनी शर्ममा र दुष्‍टको पासोमा नपरून् ।
1TI 3:8 त्‍यसैगरी डिकनहरू पनि प्रतिष्‍ठित होऊन, दुई-जिब्रे, धेरै मद्य पिउने्, र लोभी नहून् ।
1TI 3:9 तिनीहरूले प्रकट गरिइएको विश्‍वासको सत्यतालाई शुध्‍द विवकले कायम राख्‍नु पर्छ ।
1TI 3:10 पहिले स्‍विकृत भएपछि तिनिहरूले सेवामा गर्नुपर्छ किनभने तिनीहरू कलंकित हुनुहुँदैन ।
1TI 3:11 त्‍यसैगरी स्‍त्रीहरू पनि प्रतिष्‍ठित होऊन्, निन्‍दा नगर्ने, न्रम र सबै कुरामा विश्‍वासयोग्‍य हुनुपर्दछ ।
1TI 3:12 डिकनहरू एउटा पत्‍नीको पति र आफ्नो छोराछोरीहरू र घरलाई राम्रोसँग व्‍यवस्‍थापान गर्ने हुनुपर्दछ ।
1TI 3:13 किनभने तिनीहरू जसले असल सेवा गरेकाछन् तिनीहरूले आफ्नो निम्ति प्रतिष्‍ठा र ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा ठुलो भरोसा पाउँछन् ।
1TI 3:14 म तिमीलाई यी कुराहरू लेख्छु र म तिमी कहाँ चाँडै आउने आशा गर्दछु ।
1TI 3:15 तर यदि मैले ढिलो गरेँ भने परमेश्‍वरको घराना जुन जीवित परमेश्‍वरको मण्डली, सत्यताको खाँबो र आड हो, त्‍यो सही बाटोमा डोर्‍याइनु पर्छ तिमीले जान भन्‍ने हेतुले म तिमीलाई लेख्‍दैछु ।
1TI 3:16 र सँगै हामी, सहमत हुन्‍छौँ, “कि धार्मिकताको प्रकटित सत्‍याता महान छः उहाँ शरीरमा प्रकट हुनुभयो, पवित्र-आत्माद्वारा धर्मी ठहरिनुभयो, “स्वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूको माझमा घोषणा गरिनु भयो, संसारमा विश्‍वास गरिनुभयो”, र “महिमामा माथि लगिनु भयो ।”
1TI 4:1 अहिले आत्माले प्रष्‍टसँग भन्‍नुहुन्छ कि पछि आउने समयमा केही मानिसहरूले विश्‍वासलाई त्याग्‍नेछन् र छली आत्माहरू र भूतप्रेतका शिक्षाहरू तिर ध्यान दिनेछन् ।
1TI 4:2 झूटा कपटहरू ध्‍यान दिनेछन् । तिनीहरूको आफ्नै विवेक तातो फलामले दामिनेछ ।
1TI 4:3 तिनीहरूले विवाह गर्न र खाना खान मनाही गर्नेछन् जून कुरा सत्यलाई जान्‍ने विश्‍वासीहरूको बीचमा धन्यवाद दिएर बाँडचुड गर्नलाई परमेश्‍वरले सृष्‍टि गर्नुभयो ।
1TI 4:4 किनकि परमेश्‍वरले सृष्‍टि गर्नुभएको हरेक चिज असल छ । हामीले धन्यवाद दिएर लिएका कुनै कुराहरू इन्कार गरिनु हुन्‍न ।
1TI 4:5 किनकि यो परमेश्‍वरको वचन र प्रार्थनाद्वारा त्यसलाई समर्पित गरिएको छ ।
1TI 4:6 यदि तिमीले यी कुराहरू दाजुभाइहरूको अगाडि राखीदियौ भने, तिमी येशू ख्रीष्‍टको असल सेवक हुनेछौ । किनकि तिमी विश्‍वासको वचन र तिमीले पछ्याएको असल शिक्षाद्वारा पोषित हुनेछौ ।
1TI 4:7 तर वृद्ध स्‍त्रीहरूबाट प्रेम गरे गरिएका संसारिक कथाहरू अस्वीकार । बरू आफैँलाई भक्तिमा तालिम देऊ ।
1TI 4:8 किनकि शारीरिक तालिम केही उपयोगी हुन्छ तर भक्तिचाहिँ सबै कुराको लागि उपयोगी हुन्छ । यसमा यो अहिलेको जीवन र आउने जीवनको लागि प्रतिज्ञा रहेको हुन्छ ।
1TI 4:9 यो सन्‍देश भरोसायोग्य र पुरा स्वीकारको योग्य छ ।
1TI 4:10 किनकि हामी यसैको लागि हामी संघर्ष र कठिन परिश्रम गर्छौँ । किनभने हामीलाई जीवित परमेश्‍वरमा भरोसा छ, जो सबै मानिसहरू, विशेष गरी विश्‍वासीहरूका उद्धारकर्ता हुनुहुन्छ ।
1TI 4:11 यी कुराहरू घोषणा गर र सिकाऊ ।
1TI 4:12 कसैले पनि तिम्रो जवानीलाई तुच्‍छ नठानोस् बरू, तिमी विश्‍वास गर्नेहरूको लागि वचनमा, व्यवहारमा, प्रेममा, विश्‍वासमा, र पवित्रतामा उदाहरण होऊ ।
1TI 4:13 म नआउदासम्म वचन पढाईमा, अर्ति दिने कुरामा, र शिक्षा दिने कुरामा ध्‍यान देऊ ।
1TI 4:14 तिमीमा भएको वरदानलाई हेला नगर, जुन वरदान एल्‍डरहरूले हात राखेर अगमवाणीद्वारा तिमीलाई दिइएको थियो ।
1TI 4:15 यी कुराहरूको ख्याल राख । तिनीहरूमा लागिबस, ताकि तिम्रो प्रगति सबै मानिसहरूको सामू प्रकट होस् ।
1TI 4:16 आफैँलाई र आफ्‍नो शिक्षालाई होसियारीसाथ ध्यान देऊ । यी कुराहरूमा निरन्तर ध्यान देऊ किनकि यसो गर्नाले तिमीले आफुलाई र तिम्रो वचन सुन्‍नेहरूलाई बचाउने छौ ।
1TI 5:1 वृद्धमानिसलाई नहाप्काऊ । बरू आफ्नै बाबुलाई झैँ सम्‍झाऊ । जवानहरूलाई आफ्नै भाइझैँ सम्‍झाऊ ।
1TI 5:2 वृद्ध स्‍त्रीहरूलाई आमालाई झैँ र जवान स्‍त्रीहरूलाई सारा शुद्धतामा दिदीबहिनीलाई झैँ सम्‍झाऊ ।
1TI 5:3 जो साँचो विधवाहरू हुन् तिनीहरूको आदर गर ।
1TI 5:4 तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला आदर देखाउन सिकून । तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिँ परमेश्‍वरलाई खुसी तुल्‍याउने कुरा हो ।
1TI 5:5 तर वास्तविक विधवा एक्लै छोडिन्‍छन् । तिनको आत्‍मा भरोसा परमेश्‍वरमा नै हुन्छ । तिेनी रातदिन बिन्ती र प्रार्थनामा रहन्‍छिन् ।
1TI 5:6 तैपनि मोजमस्तीको लागि जिउने स्‍त्री जीउदै मरेकी जस्‍तै हुन्‍छिन ।
1TI 5:7 र यी कुराहरूको प्रचार गर ताकि तिनीहरू निन्दारहित होऊन् ।
1TI 5:8 तर यदि कसैले आफ्ना नातेदारहरू विशेषगरी आफ्नै घरानाहरूको लागि जुटाउदैन भने उसले विश्‍वासलाई इन्कार गरेको हुन्छ र एउटा विश्‍वास नगर्ने भन्दा पनि खराब हुन्छ ।
1TI 5:9 साठी वर्ष भन्दा कम उमेर नभएका एउटै पतिको पत्‍नी भएर बसेकी स्‍त्रीलाई मात्र विधवाको सूचीमा राख्‍नु ।
1TI 5:10 तिनी असल कामहरूले चिनिएको हुनुपर्छ चाहे तिनले छोराछोरीहरूको वास्ता गरेकी हुन् वा परदेशीहरूको सत्कार गरेकी हुन्, वा विश्‍वासीहरूका खुट्टा धोएकी हुन् वा जुनसुकै काममा समर्पित भएकी हुन् ।
1TI 5:11 तर जवान बिधवाहरुलाई सूचीमा लेख्‍न इन्कार गर । किनभने जब तिनीहरूलाई ख्रीष्‍ट विरूद्ध शारीरिक अभिलाषाको अघि हार खान्‍छन्, तिनीहरूले विवाह गर्ने इच्छा गर्छन् ।
1TI 5:12 यसरी तिनीहरूले पहिलेको प्रतिबद्धता तोडेर दोषको वशमा पर्छन् ।
1TI 5:13 तिनीहरू अल्छी गर्ने पनि हुन्छन् । तिनीहरू अल्छी गर्ने मात्र होइन तर कुरौटे र अर्काको काममा हस्‍तक्षेप गर्ने पनि बन्‍छन् । तिनीहरूल भन्‍न नहुने कुरा भन्छन् ।
1TI 5:14 यसकारण म चाहन्छु जवान स्‍त्रीहरूले हाम्रा विरोधीहरूलाई हामीले खराबी गरेकोमा दोष लगाउने मौका नदिनको लागि विवाह गरून्, बालबच्‍चा जन्माउन, घरवार चलाऊन् ।
1TI 5:15 किनभने कोही त अघि नै शैतानको पछि लागिसकेका छन् ।
1TI 5:16 यदि कोही विश्‍वासी स्‍त्रीसँग बिधवाहरू छन् भने तिनले तिनीहरूलाई सहायता गरून्, ताकि मण्डलीलाई बोझ नहोस्, ताकि यसले वास्तविक बिधुवाहरूको सहायता गर्न सकोस् ।
1TI 5:17 असल तरिकाले प्रशासन चलाउने एल्डरहरू दोब्बर आदरकायोग्य ठानिऊन् ।
1TI 5:18 किनभने पवित्रशास्‍त्र भन्छ, “तिमीहरूले दाँइ गर्दै गरेको गोरुको मुखमा मोहोलो नलगाऔ” र “कामदार उसको ज्यालाको योग्य हुन्छ ।”
1TI 5:19 दुई वा तीन जना साक्षीहरू बिना एउटा एल्डरको विरूद्ध लगाइएको आरोप स्वीकार नगर ।
1TI 5:20 पापीहरूलाई सबैको सामु सुधार गर ताकि बाकी रहेकाहरू पनि डराऊन् ।
1TI 5:21 परमेश्‍वरको, ख्रीष्‍ट येशूको र चुनिएको स्वर्गदूतहरूको सामु म तिमीलाई निष्‍ठापूर्वक आज्ञा दिन्छु कि यी नियमहरू बिना भेदभाव पालना गर र तिमीले कुनै पनि कुरामा पक्षपात नगर ।
1TI 5:22 कसैमाथि पनि हात राख्‍न हतार नगर । अरूको पापमा सहभागी नहोऊ । तिमीले आफैँलाई पवित्र राख्‍नु पर्छ ।
1TI 5:23 तिमीले पानी मात्र नपिउनू बरू त्‍यसको सट्टा पेट र तिम्रो घरिघरि हुने बिमारको निम्ति थोरै दाखमद्य खाने गर ।
1TI 5:24 केही मानिसहरूका पापहरू स्पष्‍ट देखिने हुन्छन् र ती पापहरू तिनीहरू अघि नै न्यायमा जान्छन् । तर केही पापहरू पछि मात्र जान्छन् ।
1TI 5:25 त्यसैगरी केही असल कामहरू स्पष्‍ट हुन्छन्, तर अरूहरू पनि लुकाउन सकिन्‍नन् ।
1TI 6:1 दासत्वको जुवामूनि भएका सबैले आफ्‍ना मालिकहरूलाई पुरा सम्मानको योग्य सम्‍झून् । तिमीहरूले त्‍यसो गर्नुपर्छ ताकिे परमेश्‍वरको नाउँ र शिक्षा निन्‍दित नहोस् ।
1TI 6:2 विश्‍वास गर्ने मालिक भएको नोकरले तिनीहरू दाजुभाइ हुन् भन्‍दैमा अवहेलना गर्नु हुँदैन । बरू तिनीहरूले अझ बढी सेवा गर्नुपर्छ ।
1TI 6:3 मानौँ की कसैले फरक तरिकाले शिक्षा दिन्‍छ र वचन हाम्रो विश्‍वासयोग्य शिक्षा, अर्थात हाम्रो प्रभु येशू ख्रीष्‍टको वचनलाई स्‍वीकार गर्दैन । मानौँ कि तिमीलेहरूले भक्तितर्फ डोर्‍याउने शिक्षालाई स्‍वीकार गर्दैनन् ।
1TI 6:4 त्‍यो व्‍याक्ति घमण्डी हो र केही पनि जान्दैन, बरु ऊ विवादहरू र शब्दहरूको बरेमा गरिने तर्कहरूले झगडा गर्छ,जेलिएको हुन्छ । ती शब्दहरूले डाह, कलह, बदनामी, खराब शंकाहरू र,
1TI 6:5 भ्रष्‍ट वुद्धि भएका मानिसहरूले बीचमा वादविवाद उत्‍पन्‍न गराउँछन् । तिनीहरू सत्यताबाट टाढा जान्‍छन् । तिनीहरू भक्तिलाई धनी हुने बाटो सम्‍झन्‍छन ।
1TI 6:6 अब सन्तुष्‍टि सहितको भक्ति ठूलो लाभ हो ।
1TI 6:7 किनभने हामीले संसारमा केही ल्‍याउनौँ । न त केही लान नै सक्‍ने छौँ ।
1TI 6:8 बरू हामीसँग भएको खानेकुरा र कपडाहरूमा सन्तुष्‍ट होऔँ ।
1TI 6:9 अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्‍छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन् ।
1TI 6:10 रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो । यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैलाइ घोचेको छन् ।
1TI 6:11 तर तिमी, परमेश्‍वरका जन, यी कुराहरूबाट भाग । धार्मिकता, भक्ति, विश्‍वासयोग्यता, प्रेम, धैर्यता र नम्रताको पछि लाग ।
1TI 6:12 विश्‍वासको उत्तम लडाई लड । अनन्त जीवनलाई पक्री राख जसका लागि तिमी बोलाइएका थियौ । यो धेरै गवाहाहरूको सामु जे असल छ त्‍यसको बारेमा तिमीले गवाहीको बारेमा थियो ।
1TI 6:13 सबै कुराहरूलाई अस्‍तित्वमा ल्‍याउनु हुने परमेश्‍वर र पन्‍तियस पिलातसको अघि सत्‍य कुरा बोल्‍नुहुने ख्रीष्‍ट येशूको अगाडि म तिमिलाई यो आज्ञा गर्दछु ।
1TI 6:14 यस आज्ञालाई हाम्रा प्रभु येशू ख्रीष्‍ट देखा नपरुन्जेल सिद्ध र दोषरहित राख ।
1TI 6:15 अनि धन्य सर्वशक्‍तिमान, राज्‍य गर्ने राजा, शासन गर्ने परमप्रभु परमेश्‍वार उपयुक्त समयमा उहाँको आगमनलाई प्रकट गर्नु हुनेछ ।
1TI 6:16 केवल उहाँ मात्र अमर हुनुहुन्छ र कोही पनि जान नसक्‍ने ज्योतिमा वास गर्नुहुन्छ । नत उहाँलाई कसैले देखेको छ नत देख्‍न सक्दछ । उहाँलाई नै आदर र अनन्त शक्‍ति होस् । आमिन ।
1TI 6:17 यस संसारका धनीहरूलाई भन, यस संसारका धनमा गर्व नगर्न भन, र अनिश्‍चित सम्पत्तिमा आशा नगर्न भन । बरु तिनीहरूले परमेश्‍वरमा आशा राखून् । उहाँले हामीलाई सबै साँचो सम्पत्तिहरू हाम्रा आनन्दका लागि दिनुहुन्छ ।
1TI 6:18 तिनीहरूलाई असल काम गर्न, तिनीहरू असल काममा धनी हुन, उदार हुन र बाडचुड गर्ने इच्छा गर्न भन ।
1TI 6:19 यसरी तिनीहरूले आउने कुराको लागि असल जग भण्‍डार गर्नेछन्, यसैले तिनीहरूले साँचो जीवनलाई पक्रनेछन् ।
1TI 6:20 तिमोथी, तिमीलाई दिइएको कुरा सुरक्षित राख । मूर्खतापूर्ण वातचित र विरोधाभाषपूर्ण वादविवाद जुन झुटो ज्ञान हो, तीबाट अलग बस ।
1TI 6:21 कोही मानिसहरू यी कुराहरूको घोषणा गर्छन् र यसरी तिनीहरू विश्‍वासबाट चुकेका छन् । तिमीसँग अनुग्रह रहिरहोस् ।
2TI 1:1 ख्रीष्‍ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित पावल,
2TI 1:2 मेरा प्रिय बालक तिमोथीलाईः पिता परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको अनुग्रह, कृपा र शान्ति ।
2TI 1:3 मैले दिन-रात तिमीलाई निरन्तर मेरो प्रार्थनामा सम्झिरहँदा म परमेश्‍वरलाई धन्यवाद चढाँउदछु, जसको सेवा मेरा पुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु ।
2TI 1:4 तिम्रो आँसुको सम्झना गर्दै म तिमीलाई भेट्न चाहन्छु, ताकि म आनन्दले भरिन सकूँ ।
2TI 1:5 सुरुमा तिम्रा हजुरआमा लोइस र आमा युनिसमा भएको तिम्रो असल विश्‍वासको सम्झना गर्दै, त्यो विश्‍वास तिमीमा पनि छ भन्‍ने कुरामा म विश्‍वस्त छु ।
2TI 1:6 यही कारणले गर्दा मैले तिमीमाथि हात राखेर तिमीले प्राप्‍त गरेको परमेश्‍वरको वरदानलाई फेरि प्रज्वलित पार ।
2TI 1:7 परमेश्‍वरले हामीलाई डरको आत्मा होइन तर प्रेम, शक्‍ति र अनुशासनको आत्मा दिनुभएको छ ।
2TI 1:8 तब हाम्रा प्रभुको बारेमा गवाही दिन नसर्माऊ, र मेरो बारेमा पनि । म पावल उहाँका एक कैदी हुँ, तर परमेश्‍वरको शक्‍तिद्वारा कष्‍टमा पनि सुसमाचार प्रचार गर,
2TI 1:9 जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो, हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार जुन हामीलाई ख्रीष्‍ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभएको थियो ।
2TI 1:10 तर अहिले परमेश्‍वरको मुक्‍ति ख्रीष्‍ट येशूको आगमनले प्रकट गरिदिएको छ, जसले मृत्युलाई नाश पार्नुभयो, सुसमाचारद्वारा कहिल्यै अन्त नहुने जीवन ल्याउनुभयो ।
2TI 1:11 त्यसैको निम्ति म प्रचारक, प्रेरित र शिक्षक हुन नियुक्‍त भएको छु ।
2TI 1:12 यसको निम्ति म सतावटमा परेको छु, तरै पनि म शर्माऊँदिनँ । किनकि म उहाँलाई जान्दछु र विश्‍वास गर्दछु, साथै म विश्‍वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्‍नुहुनेछ ।
2TI 1:13 ख्रीष्‍ट येशूको प्रेम र विश्‍वासमा मबाट सुनेको विश्‍वसनीय निर्देशनहरूको अनुसरण गर ।
2TI 1:14 जुन-जुन असल कुराहरू परमेश्‍वरले तिमीलाई सुम्पनुभएको छ, त्यसलाई हामीभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख ।
2TI 1:15 तिमीलाई यो थाहा छ, कि एसियामा हुनेहरू सबै मबाट तर्केर गएका छन्; यो समूहमा फुगेलस र हर्मोगेनस पर्छन् ।
2TI 1:16 परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले मलाई उत्साह दिए, मेरा साङ्लाहरूको शर्म मानेनन् ।
2TI 1:17 तर जब तिनी रोममा आए तिनले परिश्रमपूर्वक खोजेर मलाई भेट्टाए ।
2TI 1:18 त्यस दिनमा परमप्रभुले तिनलाई कृपा प्रदान गर्नुभएको होस् र तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए ।
2TI 2:1 त्यसैकारण, मेरा बालक, येशू ख्रीष्‍टमा भएको अनुग्रहमा बलियो होऊ ।
2TI 2:2 र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ ।
2TI 2:3 येशू ख्रीष्‍टको असल सिपाहीझैँ मसँग कष्‍ट भोग ।
2TI 2:4 सेनामा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि उसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् ।
2TI 2:5 कोही खेलमा भाग लिन्छ भने, उसले नियमअनुसार नखेली मुकुट जित्‍न सक्दैन ।
2TI 2:6 परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिले भाग प्राप्‍त गर्नुपर्छ ।
2TI 2:7 मैले भनेका कुरामा विचार गर, किनकि परमेश्‍वरले तिमीलाई सबै कुरामा समझशक्‍ति दिनुहुनेछ ।
2TI 2:8 मैले सुसमाचारको सन्देशमा भनेअनुसार दाऊदको वंशबाट आउनुभएका येशू ख्रीष्‍टको सम्झना गर ।
2TI 2:9 जुन कुराको लागि मैले अपराधीझैँ बन्धनमा पर्ने अवस्थासम्म कष्‍ट भोगेँ । तर परमेश्‍वरको वचन बन्धनमा परेको छैन ।
2TI 2:10 त्यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्छु, ताकि तिनीहरूले अनन्तको महिमाका साथ येशू ख्रीष्‍टमा भएको मुक्‍ति प्राप्‍त गरून् ।
2TI 2:11 यो भनाइ भरोसायोग्य छः “हामी उहाँसँगै मर्‍यौँ भने, हामी उहाँसँगै जीवित पनि हुनेछौँ ।
2TI 2:12 हामीले सह्‍यौँ भने, हामीले उहाँसँगै राज्य गर्नेछौँ । हामीले उहाँलाई इन्कार गर्‍यौँ भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुन्छ ।
2TI 2:13 हामी उहाँमा विश्‍वासयोग्य भएनौँ भने, उहाँ विश्‍वासयोग्य हुनुहुन्छ, किनकि उहाँले आफैलाई इन्कार गर्नुहुन्‍न ।
2TI 2:14 तिनीहरूलाई यी कुराहरूको निरन्तर सम्झना दिलाऊ । शब्दहरूमा तर्क-वितर्क नगर भनी तिनीहरूलाई परमेश्‍वरको अगाडि चेतावनी देओ, किनभने तिनीहरूले केही फाइदा गर्दैनन् र यी कुराहरू सुन्‍नेहरूलाई नोक्सान मात्र पुग्‍छ ।
2TI 2:15 सत्यको वचनलाई होसियारीसाथ प्रयोग गर्ने शर्माउन नपर्ने कामदारजस्तै परमेश्‍वरको उपस्थितिमा स्वीकारयोग्य हुन भरमग्दुर प्रयत्‍न गर ।
2TI 2:16 भक्‍तिहीन कुरालाई त्याग, जसले तिमीहरूलाई अझ धेरै भक्‍तिहीनतातर्फ डोर्‍याउँछ ।
2TI 2:17 तिनीहरूको वचन निको नहुने सइनको घाउजस्तै फैलिनेछ । तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन् ।
2TI 2:18 ती मानिसहरू सत्यताबाट टाढा हराइरहेका छन् र तिनीहरूले येशूको पुनरुत्थान पहिले नै भइसकेको छ भनेर भन्दछन्, र तिनीहरूमध्‍ये कतिको विश्‍वासलाई खल्बल्याइरहेका छन् ।
2TI 2:19 तथापि यस छाप सहितको परमेश्‍वरको दृढ जग स्थिर रहन्छ, “प्रभुले आफ्नाहरूलाई चिन्‍नुहुन्छ” र “जसले उहाँको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहोस्” ।
2TI 2:20 सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुदैनन्, तर त्यहाँ माटा र काठका भाँडा पनि हुन्छन्, र कति आदर र कति अनादरको निम्ति प्रयोग हुन्छन् ।
2TI 2:21 कसैले अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ भने, ऊ अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ ।
2TI 2:22 जवानीको अभिलाषाबाट अलग बस, र शुद्ध हृदयले परमेश्‍वरलाई पुकार्नेहरूसँगै धार्मिकता, विश्‍वास, प्रेम, शान्तिको खोजी गर ।
2TI 2:23 तर मूर्ख र अज्ञानी प्रश्‍नहरूले वादविवाद ल्याउँछन् भन्‍ने जानेर तिनबाट अलग बस ।
2TI 2:24 परमेश्‍वरका सेवकहरूले झगडा गर्नुहुँदैन, तर तिनीहरू सबैका लागि दयालु, सिकाउन सक्‍ने र धैर्यवान् हुनुपर्दछ ।
2TI 2:25 उहाँका विरोधीहरूलाई विनम्रतामा सुधार्ने हुनुपर्छ । सायद परमेश्‍वरले तिनीहरूलाई सत्यताको ज्ञानको लागि पश्‍चात्ताप दिनुहुनेछ ।
2TI 2:26 अनि दुष्‍टले आफ्नो इच्छा पुरा गर्नको लागि पारेको पासोबाट उम्किएर तिनीहरूको चेतना फर्किनेछ ।
2TI 3:1 तर यो जान कि अन्तिम दिनहरूमा खतरापूर्ण समय आउनेछ ।
2TI 3:2 किनकि मानिसहरू आफैलाई प्रेम गर्नेहरू, धनका प्रेमी, घमण्डी, हठी, अरूको निन्दा गर्ने, आमा बुबाले भनेको नमान्‍ने, कृतघ्‍न, अपवित्र,
2TI 3:3 स्वाभाविक प्रेमरहित, कठोर, निन्दा गर्नेहरू, आत्म-नियन्त्रण गर्न नसक्‍ने, विद्रोही, असल नरुचाउने,
2TI 3:4 ठगाहा, जिद्धिवाल, घमण्डी, परमेश्‍वरको प्रेमको साटो सुखविलास रुचाउने हुनेछन् ।
2TI 3:5 तिनीहरू भक्‍तिमय देखिनेछन्, तर यसको शक्‍तिलाई भने इन्कार गर्नेछन् । यस्ता मानिसहरूबाट अलग बस ।
2TI 3:6 यी मानिसहरूमध्ये केही मानिसहरू घर-घरमा पसेर मूर्खताले भरिएका विभिन्‍न पाप-स्वभावले थिचिएका र धेरै अभिलाषाले प्रभावित स्‍त्रीहरूलाई अधीनमा पार्छन ।
2TI 3:7 यी स्‍त्रीहरू सधैँ नयाँ कुरा सिक्‍न प्रयास गरिरहेका हुन्छन्, तर कहिल्यै सत्यको ज्ञानमा आउन सक्दैनन् ।
2TI 3:8 जसरी यान्‍नेस र याम्ब्रेस मोशाको विरुद्धमा खडा भए, त्यसरी नै यी झुटा शिक्षकहरू सत्यको विरुद्धमा खडा हुन्छन् । तिनीहरूको मन भ्रष्‍ट भएको छ, र तिनीहरूले विश्‍वासलाई इन्कार गरेका छन् ।
2TI 3:9 यी मानिसहरू धेरै अगाडि जान सक्दैनन्, किनकि तिनीहरूको मूर्खता यी दुई मानिसको जस्तै सबै मानिसहरूलाई थाहा हुनेछ ।
2TI 3:10 तर तिमीहरूले मेरो शिक्षा, आचरण, उद्देश्य, विश्‍वास, धैर्य धारण, प्रेम, सहनशक्‍ति,
2TI 3:11 सतावट, दुःखभोग अनि एन्टिओखिया, आइकोनियन र लुस्‍त्रामा ममाथि आइपरेका कुराको अनुकरण गर्‍यौ । मैले त्यस्ता सतावटहरू सहेँ र प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो ।
2TI 3:12 ख्रीष्‍ट येशूको भक्‍तिमा जिउन चाहने मान्छे सधैँ सतावटमा पर्छ ।
2TI 3:13 दुष्‍ट मानिस र ठगाहाहरू अझ खराब हुनेछन्, तिनीहरूले अरूलाई पथभ्रष्‍ट बनाउँछन्, र आफू पनि अरूद्वारा पथभ्रष्‍ट पारिन्छन् ।
2TI 3:14 तर तिमीचाहिँ सिकेका र बलियोसँग विश्‍वास गरेको कुरामा लागि राख, यो जानेर कि ती कुराहरू तिमीले कसबाट सिकेका हौ ।
2TI 3:15 तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्‍त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ ।
2TI 3:16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरबाट भएको हो र यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्‍याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ,
2TI 3:17 ताकि परमेश्‍वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून् ।
2TI 4:1 परमेश्‍वर र येशू ख्रीष्‍टको सामने जसले जिउँदा र मरेकाहरूको न्याय गर्न लाग्‍नुभएको छ, र उहाँको प्रकटीकरण र राज्यलाई ध्यानमा राखेर म तिमीहरूलाई कडा आज्ञा दिन्छुः
2TI 4:2 वचन प्रचार गर, सजिलो र असजिलो दुवै अवस्थामा तयार बस । सबै प्रकारका धैर्य र शिक्षाद्वारा सुधार गर, हप्काऊ र अर्ती देऊ ।
2TI 4:3 त्यस्तो समय आउनेछ जब मानिसहरूले असल शिक्षा सहने छैनन् । तर तिनीहरू आफ्नो अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूबाट घेरिनेछन् । यसरी तिनीहरूले आफूलाई मन परेको कुरा मात्र सुन्दछन् ।
2TI 4:4 तिनीहरूले सत्यताबाट आफ्नो कान फर्काउनेछन् र दन्त्य कथातिर लगाउनेछन् ।
2TI 4:5 तर तिमी सबै कुरामा सचेत होऊ; कष्‍ट भोग; प्रचारकको काम गर; आफ्नो सेवा पुरा गर ।
2TI 4:6 म अगिबाट नै बलिको रूपमा अर्पित भइरहेको छु, मेरो बिदाइको समय आएको छ ।
2TI 4:7 मैले राम्रो प्रतिस्पर्धामा भाग लिएको छु; मैले दौड सिध्याएको छु; मैले विश्‍वासलाई जोगाइराखको छु ।
2TI 4:8 मेरो लागि धर्मिकताको मुकुट राखिएको छ, जुन त्यस दिनमा धार्मिक न्यायाधीश प्रभुले मलाई त्यो मुकुट दिनुहुनेछ, मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रिय ठान्‍ने सबैलाई ।
2TI 4:9 जतिसक्दो छिटो मकहाँ आऊ ।
2TI 4:10 किनकि डेमासले मलाई छोडिदिए । यस वर्तामान संसारलाई प्रेम गरेर तिनी थेसलोनिकेमा गएका छन् । क्रेसेन्स गलातियामा गएका छन् भने तीतसचाहिँ दलमातियामा ।
2TI 4:11 लूका मात्र मसँग छन् । मर्कूसलाई तिमीसँगै लिएर मकहाँ आऊ, किनकि काममा तिनी मेरो लागि उपयोगी हुनेछन् ।
2TI 4:12 तुखिकसलाई मैले एफिससमा पठाएको छु ।
2TI 4:13 तिमी आउँदा मैले त्रोआसमा कार्पससित छाडेका कपडा र किताबहरू, विशेष गरी चर्मपत्रका मुट्ठाहरू लिएर आऊ ।
2TI 4:14 तमौटे अलेक्जेन्डरले मप्रति खराब व्यवहार गरेको छ । प्रभुले त्यसलाई त्यसको कामअनुसारको इनाम दिनुहुनेछ ।
2TI 4:15 तिमी पनि त्यससँग होसियार होऊ, किनकि त्यो हाम्रो वचनको विरुद्धमा जोडदारसँग खडा भयो ।
2TI 4:16 मेरो पहिलो प्रतिरक्षामा कसैले मलाई साथ दिएन, तर सबैले मलाई छाडे । तिनीहरूको विरुद्धमा यसो नभएको होस् ।
2TI 4:17 तर प्रभु मसँग उभिनुभयो र मलाई बल दिनुभयो, ताकि मद्वारा सुसमाचारको घोषणा पूर्ण रूपमा पुरा हुन सकोस् र सबै गैरयहूदीहरूले सुन्‍न पाऊन् । यसैले, मैले सिंहको मुखबाट छुटकारा पाएँ ।
2TI 4:18 परमेश्‍वरले मलाई सबै दुष्‍ट कामबाट छुटकारा दिनुहुन्छ, र उहाँको स्वर्गीय राज्यको लागि बचाउनुहुनेछ । उहाँलाई सदासर्वदा महिमा होस् । आमेन
2TI 4:19 प्रिस्किला, अकिलास र ओनेसिफरसको घरानालाई अभिवादन सुनाइदेऊ ।
2TI 4:20 इरास्तस कोरिन्थमा नै बसे, तर त्रोफिमसलाई मैले बिरामी अवस्थामा मिलेटसमा छोडेँ ।
2TI 4:21 हिउँद लाग्‍नुभन्दा अगाडि नै मकहाँ आउने कोसिस गर । युबुलसले तिमीलाई अभिवादन पठाएका छन् र पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि ।
2TI 4:22 प्रभु तिम्रो आत्मामा हुनुभएको होस् । तिमीसँग अनुग्रह रहोस् । आमेन ।
TIT 1:1 परमेश्‍वरका सेवक र येशू ख्रीष्‍टका प्रेरित पावल परमेश्‍वरद्वारा चुनिएका मानिसहरूको विश्‍वासलाई स्थापित गर्न र सत्यताको ज्ञानलाई स्थापित गर्न जुन भक्‍तिसित सहमत हुँदछ,
TIT 1:2 अनन्त जीवनको निश्‍चयतामा, झुटरहित परमेश्‍वरले समयका सबै युगभन्दा पहिले प्रतिज्ञा गर्नुभयो ।
TIT 1:3 ठिक समयमा, हाम्रा मुक्‍तिदाता परमेश्‍वरको आदेशअनुसार मलाई प्रचार गर्न सुम्पिएको सन्देशद्वारा उहाँले आफ्नो वचन प्रस्ट पार्नुभयो ।
TIT 1:4 हाम्रो साझा विश्‍वासमा साँचा छोरा तीतसलाई । पिता परमेश्‍वर र हाम्रा मुक्‍तिदाता येशू ख्रीष्‍टबाट अनुग्रह, कृपा र शान्ति ।
TIT 1:5 अझै पुरा नभएका कुराहरूलाई तिमीले व्यवस्थित गर र मैले तिमीलाई निर्देशन गरेबमोजिम हरेक सहरमा एल्डरहरू नियुक्‍त गर भन्‍ने उद्देश्यले मैले तिमीलाई क्रेटमा छोडेँ ।
TIT 1:6 एल्डर दोषरहित, एकै पत्‍नीका पति, दुष्‍ट वा अनुशासनहीनहरूको सूचीमा नपर्ने विश्‍वासयोग्य छोराछोरीहरू भएको हुनुपर्छ ।
TIT 1:7 परमेश्‍वरको घरानाका व्यवस्थापकको रूपमा बिशप हुनका लागि दोषरहित, नझर्कने वा नियन्‍त्रित, क्रोधित नहुने, मद्यको लत नलागेको, झैझगडा नगर्ने र लोभ नगर्ने हुनु आवश्‍यक छ ।
TIT 1:8 तर तिनी अतिथि सत्कार गर्ने, जे असल छ सोको मित्र, संवेदनशील, धर्मी, भक्‍त र आत्म-संयमी हुनुपर्छ ।
TIT 1:9 तिनी भरोसा गर्न सक्‍ने वचनको सिद्धान्तमा दह्रोसँग लाग्‍नुपर्छ, ताकि तिनले जे उचित छ त्यस सिद्धान्तद्वारा उत्साह दिन सकून् र तिनको विरोध गर्नेहरूलाई हप्‍काउन सकून् ।
TIT 1:10 किनकि त्यहाँ धेरै अनुसाशनहीन मानिसहरू छन्, विशेष गरी ती खतना गरेकाहरू । तिनीहरूका वचनहरू मूल्यहीन छन् । तिनीहरूले मानिसहरूलाई छल गर्दछन् र गलत मार्गमा डोर्‍याउँछन् ।
TIT 1:11 तिनीहरूलाई रोक्‍न आवश्यक छ । तिनीहरूले निर्लज्‍ज लाभका निम्ति सिकाउनु नहुने कुरा सिकाउँछन् र सम्पूर्ण परिवारलाई बर्वाद पारि दिन्छन् ।
TIT 1:12 तिनीहरूमध्येका बुद्धिमान मानिसले भनेका छन्, “क्रेटका मानिसहरू नरोकिकन झुटो बोल्नेहरू, खराब र खतरनाक जनावर अर्थात् अल्छी पेट भएकाहरू हुन् ।”
TIT 1:13 यो भनाई सत्य छ, तिनीहरूलाई कडाइका साथ सुधार, ताकि तिनीहरू विश्‍वासमा ठिक हुन सकून् ।
TIT 1:14 यहूदीहरूका दन्त्य कथामा र सत्यताबाट तर्केर गएका मानिसहरूका आदेशहरूमा समय खेर नफाल ।
TIT 1:15 शुद्ध हुनेहरूका निम्ति सबै थोक शुद्ध हुन्छन्, तर प्रदूषित र विश्‍वास नगर्नेहरूका निम्ति भने केही पनि शुद्ध हुदैन । बरु तिनीहरूका निम्ति मन र विवेक समेत प्रदूषित भएका हुन्छन् ।
TIT 1:16 तिनीहरूले परमेश्‍वरलाई चिनेको छु त भन्छन्, तर तिनीहरूका कामले उहाँलाई इन्कार गर्दछ । तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन् अनि कुनै पनि असल कामका लागि योग्यका ठहरिदैनन् ।
TIT 2:1 तर तिमीले उचित सिद्धान्तसँग मिल्ने कुरो मात्र भन्‍नू ।
TIT 2:2 वृद्ध पुरुषहरू संयम्, प्रतिष्‍ठित, समझदार, विश्‍वासमा, प्रेममा र धैर्यमा पक्‍का हुनुपर्छ ।
TIT 2:3 त्यसैगरी वृद्धा स्‍त्रीहरू कुरौटे होइन, सदैव आफैँलाई आदरणीय प्रस्तुत गर्नुपर्छ । तिनीहरूले मद्य पिइरहनु हुदैन ।
TIT 2:4 तजवान स्‍त्रीहरूलाई तिनीहरूको सोचमा सन्तुलित हुन आह्वान गर्न, तिनीहरूका आफ्ना पतिहरू र बालबालिकाहरूलाई प्रेम गर्न उत्साह दिन, समझदार हुन,
TIT 2:5 शुद्ध, असल गृहिणी र तिनीहरूका पतिहरूका आज्ञा पालन गर्न तिनीहरूले जे असल छ त्यही सिकाउनुपर्छ, ताकि परमेश्‍वरको वचनको निन्दा नगरियोस् ।
TIT 2:6 त्यसै गरी जवान पुरुषहरूलाई समझदार हुनलाई आह्वान गर ।
TIT 2:7 सबै कुरामा आफैलाई असल कामहरूको एउटा नमुनाको रूपमा प्रस्तुत गर, तिमीले सिकाउँदा शुद्धता, प्रतिष्‍ठा र निन्दा गर्न नसक्‍ने बोली-वचन देखाऊ ।
TIT 2:8 सच्याउनु नै नपर्ने शब्दहरू बोल, तर यदि उनले तिम्रो विरोध गर्न प्रयास गरे भने हामी बारे भन्‍ने कुनै पनि खराब कुरा नभएकोले त्यसले कसैमाथि शर्म ल्याओस् ।
TIT 2:9 दासहरूले हरेक कुरामा तिनीहरूका मालिकहरूका आज्ञा पालन गरून् । तिनीहरूले उनीहरूलाई खुसी पार्न प्रयास गर्नुपर्छ, र तिनीहरूसँग विवाद नगरून्,
TIT 2:10 र कुनै पनि थोक नचोरून्, तर तिनीहरूले असल विश्‍वास प्रकट गरून्, ताकि तिनीहरूले हाम्रा मुक्‍तिदाता परमेश्‍वरबारेको हाम्रो शिक्षालाई हरतरहले आकर्षक बनाऊन् ।
TIT 2:11 हेर, हामीले खुसीसाथ आशा गरिरहेका अर्थात् हाम्रा महान् परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको महिमा प्रकट हुने कुरालाई हामीले प्राप्‍त गर्न प्रतिक्षा गर्दा, हरेककहाँ मुक्‍ति ल्याउन सक्षम परमेश्‍वरको अनुग्रह देखा परेको छ,
TIT 2:12 र हामीलाई अधार्मिकता र संसारिक इच्छाहरूलाई इन्कार गर्न अनि यस युगमा समझदार,
TIT 2:13 धार्मिक र ईश्‍वरीय जीवन जिउन तालिम दिन्छ ।
TIT 2:14 येशूले हामीलाई अधार्मिकताबाट स्वतन्‍त्र पार्न, र आफ्नै निम्ति जे असल छ त्यही गर्न इच्छुक मूल्यवान मानिसहरू अर्थात् शुद्ध बनाउन आफैँलाई हाम्रो निम्ति दिनुभयो ।
TIT 2:15 यी कुराहरू भन, र उत्साह देऊ, र सारा अधिकारसहित सच्याऊ । तिमीलाई कसैले अनादर नगरोस् ।
TIT 3:1 शासकहरू र अधिकारीहरूका अधिनमा रहन, तिनीहरूका आज्ञा मान्‍न र हरेक असल कामका लागि तयार बस्‍न,
TIT 3:2 कसैको निन्दा गर्न, तर्कवितर्कबाट अलग रहन, अरू मानिसहरूलाई आ-आफ्ना मार्गमा चल्न दिन र सबै मानिसहरूप्रति नम्रता देखाउन याद दिलाऊ ।
TIT 3:3 किनभने एक पटक हामीहरू पनि लापरवाह, अनाज्ञाकारी थियौँ । हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौँ । हामी दुष्‍टता र ईर्ष्यामा जिउँथ्यौँ । हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौँ ।
TIT 3:4 तर जब परमेश्‍वर हाम्रा उद्धारकको दया र मानवजातिप्रति उहाँको प्रेम देखा पर्‍यो,
TIT 3:5 हामीले धार्मिकतामा गरेका कामहरूद्वारा होइन, तर उहाँको कृपाअनुसार नयाँ जन्मको स्‍नान र पवित्र आत्माको नविकरणद्वारा उहाँले हामीलाई बचाउनुभयो ।
TIT 3:6 परमेश्‍वरले हाम्रा उद्धारक येशू ख्रीष्‍टद्वारा हामीमाथि पवित्र आत्मा प्रशस्त मात्रामा खन्याउनुभयो ।
TIT 3:7 ताकि उहाँको अनुग्रहद्वारा धर्मी ठहरिएर हामी अनन्त जीवनको पक्‍का उत्तराधिकारीहरू भयौँ ।
TIT 3:8 यी वचनहरू विश्‍वासयोग्य छन् । तिमी यी कुराहरूबारे ‍दृढतासाथ बलेको म चाहन्छु, ताकि परमेश्‍वरमा भरोसा गर्नेहरूले उहाँले तिनीहरूका सामु राख्‍नुभएको असल कामहरूतिर तिनीहरूका मन लगाऊन् । यी कुराहरू सबै मानिसहरूका लागि असल र फाइदाजनक छन् ।
TIT 3:9 तर व्यवस्थाबारेको मूर्खतापूर्ण वादविवादहरू, वंशावलीहरू, झगडा र द्वन्दबाट अलग रहनू । ती कुराहरू मूल्यहीन र बेफाइदाका छन् ।
TIT 3:10 एक या दुई पटकको चेतावनी पश्‍चात तिमीहरूका बिचमा विभाजन गराउने जो-कोहीलाई इन्कार गर,
TIT 3:11 र जान, कि यस्तो मनिस सही मार्गबाट भड्केको छ, पाप गर्दै छ र आफैँलाई दोष्याउँछ ।
TIT 3:12 जब म अर्तिमास वा तुखिकसलाई तिमीकहाँ पठाउँछु, चाँडो गर, र निकोपोलिसमा आऊ, जहाँ मैले हिउँद बिताउने निर्णय गरेको छु ।
TIT 3:13 चाँडो गर, र कानुनका ज्ञाता जेनास र अपोल्‍लोसलाई तिनीहरूलाई चाहिने सबै थोक दिएर पठाऊ ।
TIT 3:14 हाम्रा मानिसहरू अत्यावश्‍यक खाँचाहरू पुरा गर्ने असल कामहरूमा आफैँ लाग्‍न सिक्‍नुपर्छ, ताकि तिनीहरू निष्फल नहोऊन् ।
TIT 3:15 मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन् । विश्‍वासमा हामीलाई प्रेम गर्नेहरूलाई अभिवादन भनिदेऊ । तिमीहरू सबैसँग अनुग्रह रहोस् । आमेन् ।
PHM 1:1 ख्रीष्‍ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय साथी तथा सङ्गी-सहकर्मी फिलेमोनलाई,
PHM 1:2 अनि हाम्री बहिनी अप्फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरमा भएको मण्डलीलाई,
PHM 1:3 परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति !
PHM 1:4 तिमीलाई प्रार्थनामा सम्झना गर्दा म सधैँ परमेश्‍वरलाई धन्यवाद दिन्छु ।
PHM 1:5 प्रभु येशूमा भएको तिम्रो विश्‍वास र प्रेम र अरू विश्‍वासीहरूप्रति भएको तिम्रो प्रेमको बारेमा मैले सुनेको छु ।
PHM 1:6 म प्रार्थना गर्छु, कि ख्रीष्‍टमा हामीमा भएको हरेक असल कुराको ज्ञानको निम्ति तिम्रो विश्‍वासको सहभागिता प्रभावकारी हुन सकोस् ।
PHM 1:7 किनकि तिम्रो प्रेमले मलाई ज्यादै आनन्द र सान्त्वना दिएको छ, किनभने भाइ, तिमीले विश्‍वासीहरूका हृदयलाई ताजा बनाएका छौ ।
PHM 1:8 यसकारण, तिमीले के गर्नुपर्छ, त्यो कुरा तिमीलाई आज्ञा दिनको निम्ति ख्रीष्‍टमा ममा साहस भए, तापनि
PHM 1:9 प्रेमको कारणले म वृद्ध पावल, येशूको निम्ति एउटा कैदी, म तिमीलाई बिन्ती गर्छु,
PHM 1:10 म मेरा छोरा ओनेसिमसको निम्ति बिन्ती गरिरहेछु, जसको म कारागारमा हुँदा बुबा बनेँ ।
PHM 1:11 किनकि एक पटक ऊ तिम्रो निम्ति काम नलाग्‍ने व्‍यक्‍ति थियो, तर अहिले ऊ तिमी र म दुवैको निम्ति काम लाग्‍ने भएको छ ।
PHM 1:12 म उसलाई, जो मेरो हृदय हो, तिमीकहाँ पठाउँदै छु ।
PHM 1:13 म सुसमाचारको निम्ति कारागारमा हुँदा उसले तिम्रो सट्टामा मेरो सेवा गर्न सक्‍ने थियो भनेर मैले उसलाई मसँगै राख्‍न चाहन्थेँ ।
PHM 1:14 तर म तिम्रो अनुमतिविना केही गर्न चाहन्‍नँ, किनभने म तिमीलाई मेरो निम्ति केही असल काम गर्न जबरजस्ती गर्दिनँ, तर तिमी आफैँले राजीखुसीले गरेको म चाहन्छु ।
PHM 1:15 सायद अब तिमीले सदाको लागि उसलाई फिर्ता पाउन सकोस् भनेर नै ऊ केही समयको निम्ति तिमीबाट अलग भएको थियो ।
PHM 1:16 अब एक दासको रूपमा होइन, तर दासभन्दा अधिक एउटा प्रिय भाइको रूपमा ग्रहण गर । म उसलाई माया गर्छु र तिमीले पनि उसलाई प्रेम गर । तिमीले उसलाई शरीरमा र प्रभुमा भाइको रूपमा प्रेम गर ।
PHM 1:17 त्यसैले, यदि मलाई सहकर्मी मानेर स्वीकार गर्छौ भने उसलाई पनि मलाई जस्तै गरी स्वीकार गर ।
PHM 1:18 तर यदि उसले कुनै भुल गरेको छ भने मलाई दोष लगाऊ र केही तिर्नुपर्ने छ भने मेरो हिसाबमा राखिदेऊ ।
PHM 1:19 म पावल, आफ्नै हातले यो कुरा लेख्‍दै छु, कि त्यो म तिमीलाई तिरिदिनेछु । म यो उल्‍लेख गर्दिनँ, कि तिमी आफ्नो जीवनको निम्ति मप्रति कति ऋणी छौ ।
PHM 1:20 हो, भाइ, मेरो आनन्दको निम्ति प्रभुमा केही गरिदेऊ; ख्रीष्‍टमा मेरो हृदयलाई ताजा पारिदेऊ ।
PHM 1:21 तिमीले मेरो आज्ञा पालन गर्छौ भन्‍ने निश्‍चयतासाथ म तिमीलाई यो पत्र लेख्दै छु । मलाई विश्‍वास छ, कि तिमीले मैले भनेको भन्दा पनि बढी गर्नेछौ ।
PHM 1:22 साथै, मेरो निम्ति एउटा कोठा तयार गर, किनकि म आशा गर्दछु, कि तिम्रो प्रार्थनाले गर्दा चाँडै नै म तिमीलाई भेट्न आउन सक्‍नेछु ।
PHM 1:23 ख्रीष्‍टको निम्ति मसित कैदी भएका इपाफ्रासले पनि तिमीलाई अभिवादन पठाएका छन् ।
PHM 1:24 साथै मेरा सहकर्मीहरू मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन् ।
PHM 1:25 हाम्रा येशू ख्रीष्‍टको अनुग्रह तिम्रो आत्मासित रहोस् । आमेन ।
HEB 1:1 प्राचीन कालमा परमेश्‍वर विभिन्‍न समयमा विभिन्‍न प्रकारले हाम्रा पिता पुर्खाहरूसँग अगमवक्‍ताहरूद्वारा बोल्नुभयो ।
HEB 1:2 तर यी अन्तिम दिनहरूमा उहाँ हामीहरूसँग पुत्रद्वारा बोल्‍नुभएको छ, जो सबै कुराका निम्ति उत्तराधिकारी नियुक्त गरिनुभएको छ । परमेश्‍वरले उहाँद्वारा नै सबै कुरा पनि बनाउनुभयो ।
HEB 1:3 उहाँ नै परमेश्‍वरलको स्वभावको सार र महिमाको चमक हुनुहुन्छ । आफ्नो शक्‍तिको वचनद्वारा उहाँले सबै कुरा सँगै पक्रिराख्‍नुभएको छ । उहाँले पापको शुद्धेइँ गर्नुपछि उहाँ उच्‍च सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
HEB 1:4 उहाँ स्वर्गदूतहरूभन्दा महान् हुनुहुन्छ, किनभने जुन नाउँ उहाँले प्राप्‍त गर्नुभएको छ, त्यो तिनीहरूलाई दिइएको नाउँभन्दा उत्तम छ ।
HEB 1:5 के परमेश्‍वरले स्वर्गदूतहरूमध्ये कसैलाई कहिल्यै यसो भन्‍नुभयो र ? “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु ?” र फेरि, “म उनका लागि पिता हुनेछु, र उनी मेरा लागि पुत्र हुनेछन् ?”
HEB 1:6 फेरि, जब परमेश्‍वरले पहिले जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ भन्‍नुहुन्छ, “परमेश्‍वरका सबै स्वर्गदूतले उहाँलाई आराधना गर्नैपर्छ ।”
HEB 1:7 स्वर्गदूतहरूका विषयमा उहाँ यसो भन्‍नुहुन्छ, “उहाँ जसले आफ्ना दासहरूलाई आगोको ज्वाला र उहाँका स्वर्गदूतहरूलाई आत्माहरू बनाउनुहुन्छ ।”
HEB 1:8 तर पुत्रको विषयमा उहाँ यसो भन्‍नुहुन्छ, “हे परमेश्‍वर, तपाईंको सिंहासन सधैँभरि रहिरहने छ । तपाईंको राजदण्ड नै तपाईंको राज्यको न्यायको राजदण्ड हुनेछ ।
HEB 1:9 तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र अधर्मलाई घृणा गर्नुहुन्छ । त्यसकारण, हे परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई आनन्दको तेलले अभिषेक गर्नुभएको छ र सहयोगी बनाउनुभएको छ ।”
HEB 1:10 “हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् ।
HEB 1:11 तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ । तिनीहरू लगाइने कपडाका टुक्राझैँ झुत्रा हुनेछन् ।
HEB 1:12 तपाईंले तिनीहरूलाई लबेदाजस्तै बेर्नुहुनेछ, र तिनीहरू कपडाको टुक्राझैँ परिवर्तन हुनेछन् । तर तपाईं सधैँ उस्तै हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुँदैन ।”
HEB 1:13 तर कुनचाहिँ स्वर्गदूतलाई परमेश्‍वरले कहिल्‍यै यस्तो भन्‍नुभएको छ, “मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ ?”
HEB 1:14 के सबै स्वर्गदूतहरू मुक्‍ति पाउनेहरूको वास्ता र सेवा गर्न पठाइएका आत्माहरू होइनन् र ?
HEB 2:1 त्यसकारण, हामीले जे सुनेका छौँ त्यसमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ । त्यसैले, यसबाट बहकिएर हामी टाढा जानुहुँदैन ।
HEB 2:2 यदि स्वर्गदूतहरूद्वारा बोलिएको सन्देशको मान्यता भयो भने, र हरेक आज्ञा उल्लघङ्न गर्ने र अनाज्ञाकारीहरूले ठिक सजाय पाउँछन् भने र
HEB 2:3 हामीले यति ठुलो मुक्‍तिको बेवास्‍ता गर्‍यौँ भने, तब हामी कसरी उम्कन सक्छौँ र ? यो मुक्‍ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो र जसले यो सुने हाम्रा निम्ति त्यो पक्‍का गरियो ।
HEB 2:4 त्यही समयमा परमेश्‍वरले यसलाई चिह्नहरू, अचम्मका काम र विभिन्‍न शक्‍तिशाली कामहरूबाट अनि उहाँको आफ्नै इच्छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा प्रमाणित गरिदिनुभयो ।
HEB 2:5 हामीले कुरा गरिराखेको आउँदो संसारलाई परमेश्‍वरले स्वर्गदूतहरूको अधीनमा राख्‍नुभएन ।
HEB 2:6 त्यसको सट्टामा, कसैले कुनै ठाउँमा यसरी गवाही दिएको छ, “मानिस के हो, तपाईं त्यसको ख्याल गर्नुहुन्छ ? वा मानिसको छोरो के हो जसका निम्ति तपाईं वास्ता गर्नुहुन्छ ?
HEB 2:7 तपाईंले मानिसलाई स्वर्गदूतभन्दा अलि कम बनाउनुभएको छ; तपाईंले उसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ । (नोटः केही पुरानो संस्करणले थप्छ) र तपाईंले उसलाई तपाईंका हातका कामहरूमाथि राख्‍नुभएको छ ।
HEB 2:8 तपाईंले हरेक कुरा उहाँको अधीनमा राख्‍नुभएको छ ।” किनभने परमेश्‍वरले सबै कुरा मानव-जातिको अधीनतामा राख्‍नुभएको थियो । उहाँले कुनै पनि थोक मानिसबाट बाहिर रहन दिनुभएन । तर आज हामी कुनै पनि चिज मानिसको अधीनमा रहेको देख्दैनौँ ।
HEB 2:9 तर, उहाँलाई केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइएको हामीले देखेका छौँ । उहाँ येशू हुनुहुन्छ । किनभने उहाँका दुःख र मृत्युको कारणले येशू ख्रीष्‍टलाई महिमा र आदरको मुकुट पहिराइएको छ । त्यसकारण, अहिले परमेश्‍वरको अनुग्रहबाट येशू ख्रीष्‍टले हरेक मानिसका निम्ति मृत्यु चाख्‍नुभयो ।
HEB 2:10 यो परमेश्‍वरका निम्ति उपयुक्त थियो, किनभने हरेक थोक उहाँका निम्ति र उहाँद्वारा अस्तित्वमा आएको छ । धेरै छोराहरू महिमामा ल्याइँदा उहाँको दुःखद्वारा तिनीहरूको मुक्‍तिलाई पुरा गर्न उहाँ एक अगुवा बनाइनुभयो ।
HEB 2:11 किनकि समर्पण गर्ने र समर्पण गरिएकाहरू दुवै एउटै स्रोतबाट आउँछन् । त्यसैकारण, उहाँ तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्‍न ।
HEB 2:12 उहाँ भन्‍नुहुन्छ, “म तपाईंको नाउँ मेरा दाजुभाइहरूलाई घोषणा गर्नेछु; म सभाको बिचबाट तपाईंको गीत गाउनेछु ।”
HEB 2:13 र फेरि, “म उहाँमा भरोसा गर्नेछु ।” र फेरि, “हेर, यहाँ म र मेरा छोराछोरीहरू जसलाई परमेश्‍वरले मलाई दिनुभएको छ ।”
HEB 2:14 त्यसकारण, पहिले नै परमेश्‍वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो । त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्‍ट पार्नुभयो ।
HEB 2:15 मृत्युको डरद्वारा र सधैँ शैतानका दास भएर जिएकाहरूको लागि स्वतन्त्रता दिन उहाँले त्यसो गर्नुभयो ।
HEB 2:16 किनकि वास्तवमा उहाँले स्वर्गदूतहरूको वास्ता गर्नुहुन्‍न; बरु, उहाँले वास्ता गर्ने त अब्राहामका सन्तानको हो ।
HEB 2:17 त्यसैले, उहाँका भाइहरूजस्तै बन्‍न उहाँका निम्ति सबै क्षेत्रमा आवश्यक थियो । त्यसकारण, उहाँ परमेश्‍वरका कुराहरूसम्बन्धी दयापूर्ण र विश्‍वासयोग्य हुनुभई परमेश्‍वरका महान् पुजारी हुनुभयो । त्यसैले, उहाँले सबै मानिसका पापको क्षमा ल्याउन सक्‍नुभयो ।
HEB 2:18 किनभने येशू आफैँले दुःख भोग्‍नुभयो, र परीक्षित हुनुभयो; उहाँले परीक्षामा पर्नेहरूलाई सहायता गर्न सक्‍नुहुन्छ ।
HEB 3:1 त्यसकारण, पवित्र भाइहरू हो, तिमीहरू स्वर्गीय बोलावटमा साझेदार हुन बोलाइएका हाम्रा प्रधान पुजारी, प्रेरित र येशू ख्रीष्‍टलाई विचार गर ।
HEB 3:2 जसले उहाँलाई नियुक्त गर्नुभयो, उहाँ परमेश्‍वरप्रति विश्‍वास योग्य हुनुहुन्थ्यो, जसरी मोशा पनि परमेश्‍वरको घरानामा विश्‍वासयोग्य थिए ।
HEB 3:3 परमेश्‍वरले मोशालाई भन्दा येशूलाई योग्य र महान् महिमा दिनुभएको थियो । किनभने घर आफैँलाई भन्दा घर बनाउनेको बढी आदर हुन्छ ।
HEB 3:4 हरेक घर कोही न कोहीद्वारा बनाइएको हुन्छ, तर हरेक थोक बनाउने परमेश्‍वर नै हुनुहुन्छ ।
HEB 3:5 एकातिर, मोशा परमेश्‍वरका सारा घरानामा विश्‍वासयोग्य सेवकजस्तै भएर भविश्यमा बोलिने कुराहरूका बारेमा उनी एक गवाही थिए ।
HEB 3:6 तर परमेश्‍वरको घरानाको जिम्मा पुत्र ख्रीष्‍टले लिनुभएको छ । यदि हामी निश्‍चयतासाथ उहाँलाई पक्री रहन्छौँ भने हामी गर्वसाथ भन्‍न सक्छौँ, कि हामी उहाँका घराना हौँ ।
HEB 3:7 त्यसकारण, जसरी पवित्र आत्मा भन्‍नुहुन्छ, “आज, यदि तिमीले उहाँको सोर सुन्यौ भने,
HEB 3:8 उजाड-स्थानमा परीक्षाको समयमा विद्रोह गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार ।
HEB 3:9 चालिस वर्षसम्म मैले गरेको काम तिनीहरूले देखे र पनि तिम्रा पुर्खाहरूले विद्रोह गरेर मेरो परीक्षा गरे ।
HEB 3:10 त्यसकारण म त्यस पुस्तासँग अप्रसन्‍न भए । मैले भनेँ, ‘तिनीहरू जहिले पनि आफ्ना हृदयबाट तर्किएर गएका छन् । अनि तिनीहरूलाई मेरो बाटो नै थाहा छैन ।’
HEB 3:11 मेरो क्रोधमा मैले शपथ खाएः ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा प्रवेश गर्न पाउनेछैनन्’ ।”
HEB 3:12 भाइहरू हो, होसियार बस । त्यसैले, तिमीहरूमध्ये कोही पनि दुष्‍ट हृदय र अविश्‍वासी नहोस्, जुन हृदयले जीवित परमेश्‍वरबाट तर्काएर टाढा नलैजाओस् ।
HEB 3:13 बरु, जबसम्म “आजको दिन” भन्‍ने कुरा छ, दिनहुँ एकले अर्कोलाई उत्साह देओ । त्यसकारण, तिमीहरूमध्ये कसैले पनि छलकपटको पापद्वारा हृदय कठोर नपारोस् ।
HEB 3:14 यदि हामीले सुरुदेखि अन्त्यसम्मै उहाँमा राखेको हाम्रो भरोसालाई निश्‍चयतासाथ बलियोसँग पक्री राख्यौँ भने, ख्रीष्‍टसँगै हामी साझेदार भएका हुन्छौँ ।
HEB 3:15 यसको बारेमा यस्तो भनिएको थियो, “आज, यदि तिमीहरूले उहाँको सोर सुन्यौ भने, विद्रोहमा गरेजस्तै तिमीहरूले हृदय कठोर नपार ।”
HEB 3:16 ती को थिए जसले परमेश्‍वरको आवाज सुने र उहाँको विरोध गरे ? के ती सबै मोशाले मिश्र देशबाट निकालेर ल्याएकाहरू नै होइनन् र ?
HEB 3:17 जोसँग उहाँ चालिस वर्षसम्म रिसाउनुभएको होइन र ? के ती पाप गर्नेहरूसित होइन जसका मृत शरीरहरू उजाड-स्थानमा छरिएका थिएनन् र ?
HEB 3:18 तिनीहरू उहाँको विश्राममा पस्‍न पाउनेछैनन् भनी कोसँग उहाँले शपथ खानुभएको थियो, के ती उहाँका आज्ञा नमान्‍नेहरू होइनन् र ?
HEB 3:19 र अविश्‍वासको कारणले नै तिनीहरू उहाँको विश्राममा पस्‍न नसकेको हामी देख्दछौ ।
HEB 4:1 यसकारण, हामी निकै होसियार होऔँ ताकि हामीमध्ये कोही पनि परमेश्‍वरको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा हुँदा हुँदै विश्राम गर्नदेखि वञ्‍चित हुन नपरोस् ।
HEB 4:2 किनभने तिनीहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको थियो । तर सुनेको वचनले तिनीहरूलाई कुनै पनि फाइदा भएन । किनकि सुन्‍नेहरूले विश्‍वाससाथ स्वीकार गरेनन् । (नोटः अरू संस्करणमा पढ्छौँ) तर त्यो सन्देश सुन्‍नेहरू जसले विश्‍वासविना नै सहभागी भए तिनीहरूलाई फाइदा भएन ।
HEB 4:3 किनकि हामी जसले विश्‍वास गरेका छौँ त्यस विश्राममा हामी प्रवेश गर्नेछौँ, जसरी उहाँले भन्‍नुभयो, “जसरी मैले मेरो क्रोधमा शपथ खाएँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा प्रवेश गर्नेछैनन्’ ।” उहाँले यसो भन्‍नुभयो, यद्यपि संसारको उत्‍पत्तिमा नै उहाँका सृष्‍टिका कामहरू पुरा भइसकेका थिए ।
HEB 4:4 किनकि सातौँ दिनको विषयमा उहाँले केही भन्‍नुभएको छ, “परमेश्‍वरले सातौँ दिनमा आफ्ना सबै कामबाट विश्राम लिनुभयो ।”
HEB 4:5 फेरि उहाँले भन्‍नुभएको छ, “तिनीहरू मेरो विश्राममा कहिल्यै प्रवेश गर्नेछैनन् ।”
HEB 4:6 त्यसकारण, उहाँको विश्राममा प्रवेश गर्न अझै कसैका लागि बाँकी नै छ, र धेरै इस्राएलीहरूले सुसमाचार सुने, तर तिनीहरूले आज्ञापालन नगरेको कारण यस विश्राममा प्रवेश गर्न सकेनन् ।
HEB 4:7 “आज” भनेर परमेश्‍वरले फेरि एउटा निश्‍चित दिन ठहराउनुभएको छ । धेरै दिनपछि उहाँ दाऊदद्वारा बोल्नुभयो, जसरी यो अगिबाटै भनिएको थियो, “आज तिमीहरूले उहाँको आवाजलाई सुन्यौ भने, तिमीहरूका हृदय कठोर नपार ।”
HEB 4:8 किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्‍वरले अर्को दिनको विषयमा बोल्नुहुने थिएन ।
HEB 4:9 यसकारण, परमेश्‍वरका मानिसहरूका निम्ति एउटा विश्राम दिनको विश्राम अझै बाँकी छ ।
HEB 4:10 किनकि जसले परमेश्‍वरको विश्राममा प्रवेश गर्दछ, त्यो आफैँले पनि आफ्ना कामहरूबाट विश्राम लिन्छ, जसरी परमेश्‍वरले उहाँका कामहरूबाट विश्राम लिनुभयो ।
HEB 4:11 त्यसकारण, हामी त्यस विश्राममा प्रवेश गर्नका निम्ति प्रयत्‍न गरौँ, ताकि कोही पनि त्यस प्रकारको अनाज्ञाकारितामा नपरोस् जसरी तिनीहरू परे ।
HEB 4:12 किनभने परमेश्‍वरको वचन जीवित र क्रियाशील अनि दुईधारे तरवारभन्दा पनि धारिलो छ । यसले आत्मा, प्राण र मासीलाई अलग गर्दछ र छेड्दछ अनि यो हृदयका भावना र विचारहरूको जाँच गर्न सक्षम छ ।
HEB 4:13 सृष्‍टिको कुनै पनि थोक परमेश्‍वरको दृष्‍टिमा लुकेको छैन । बरु, उहाँको दृष्‍टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ ।
HEB 4:14 त्यसकारण, हामीसँग महान् प्रधान पुजारी हुनुहुन्छ जो स्वर्ग भएर जानुभएको छ । उहाँ परमेश्‍वरका पुत्र येशू हुनुहुन्छ । तसर्थ, हामी हाम्रो विश्‍वासलाई दृढतासाथ थामिराखौँ ।
HEB 4:15 किनकि हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सान्त्वना दिन नसक्‍ने एक जना प्रधान पुजारी हुनुहुन्‍न । त्यसको सट्टामा, हामीसँग एक जना हुनुहुन्छ जो हामीजस्तै परीक्षामा भएर जानुभयो, तरै पनि उहाँ पापरहित हुनुहुन्छ ।
HEB 4:16 तब हामी परमेश्‍वरको अनुग्रहको सिंहासनमा साहसपूर्वक जाऔँ, ताकि खाँचोको समयमा हामीले कृपा र अनुग्रह पाउन सकौँ ।
HEB 5:1 किनकि प्रत्येक प्रधान पुजारी मानिसहरूकै बिचबाट छानिएको हुन्छ । परमेश्‍वरका थोकहरूसम्बन्धी काम गर्न मानिसहरूका सट्टामा तिनलाई नियुक्त गरिएको हो । त्यसकारण, तिनले पापहरूका निम्ति बलि र उपहारहरू दुवै बलिदानका काम गर्न सक्छन् ।
HEB 5:2 तिनले अजान र कमजोरहरूसँग नम्रतापूर्वक व्यवहार गर्नुपर्दछ, किनकि तिनी आफैँ पनि कमजोरीबाट घेरिएका छन् ।
HEB 5:3 यसकारणले गर्दा, जसरी तिनले मानिसहरूका पापको निम्ति बलि चढाउँछन्, त्यसरी नै तिनलाई पनि आफ्नो पापका निम्ति बलिदान चढाउन माग गरिएको छ ।
HEB 5:4 र कुनै पनि मानिस आफैँले आफ्नो आदर लिन सक्दैन । त्यसको सट्टामा, हारूनलाई जस्तै उसलाई परमेश्‍वरद्वारा बोलाइएको हुन्छ ।
HEB 5:5 त्यसै गरी, ख्रीष्‍टलाई प्रधान पुजारी बनाइएको कारणले न त उहाँले आफैँलाई उचाल्नुभयो । बरु, उहाँसँग बोलिरहनुहुनेले भन्‍नुभयो, “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु ।”
HEB 5:6 अर्को ठाउँमा पनि उहाँले यसरी भन्‍नुभएको छ, “तिमी सधैँका निम्ति मल्कीसेदेकको दर्जाअनुसारको पुजारी हौ ।”
HEB 5:7 उहाँ शरीरमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्‍नुहुने परमेश्‍वरसँग उहाँले ठुलो सोरमा क्रन्दन र आँशुकासाथ प्रार्थना र निवेदन गर्नुभयो । उहाँको आदरको कारणले गर्दा उहाँले सुन्‍नुभयो ।
HEB 5:8 उहाँ एक पुत्र हुनुभएर पनि आफूले भोगेको कष्‍टबाट उहाँले आज्ञापालन गर्न सिक्‍नुभयो ।
HEB 5:9 उहाँ सिद्ध बनाइनुभएपछि उहाँमा आज्ञाकारी हुने हरेकका निम्ति उहाँ अनन्त मुक्‍तिको कारण बन्‍नुभयो ।
HEB 5:10 मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पुजारी हुनलाई परमेश्‍वरले उहाँलाई नियुक्त गर्नुभयो ।
HEB 5:11 हामीसँग येशूको बारेमा भन्‍नुपर्ने धेरै कुरा छन्, तर तिमीहरू सुन्‍नमा मन्द भएकाले यसलाई व्याख्या गर्न गाह्रो छ ।
HEB 5:12 किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्‍नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्‍वरको वचनका साधारण सिद्धान्तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको आवश्‍यक छ ।
HEB 5:13 किनकि दूध मात्र पिएर जिउने कसैले पनि धार्मिकताको वचनसँग अनुभव गर्न सक्दैन, किनकि ऊ अझसम्म बालकै हुन्छ ।
HEB 5:14 तर खँदिलो भोजन परिपक्‍वहरूका लागि हो । किनकि तिनीहरूको परिपक्‍वताको बुझाइको तालिमले तिनीहरू दुष्‍टबाट असल छुट्‌ट्याउन सक्‍ने भएका हुन्छन् ।
HEB 6:1 त्यसकारण, सुरुमा सिकेको ख्रीष्‍टको वचनलाई छोडेर हामी परिपक्‍वतातिर अगाडि बढौँ । परमेश्‍वरमा विश्‍वास र मरेका कामहरूबाट पश्‍चात्तापको जग बसाल्ने काम फेरि नगरौँ,
HEB 6:2 न त बप्‍तिस्माबारे शिक्षाको जग, हात राख्‍ने काम, मरेका मानिसहरूको पुनरुत्थान, र अनन्त न्यायको जग बसालौँ ।
HEB 6:3 यदि परमेश्‍वरले अनुमति दिनुभयो भने हामीले पनि यो गर्नेछौँ ।
HEB 6:4 किनकि जसले एक चोटि ज्योति पाएर स्वर्गको वरदान चाखेका थिए, जो पवित्र आत्मामा सहभागी भएका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो ।
HEB 6:5 र जसले परमेश्‍वरको असल वचन र आउने युगको शक्‍तिको स्वाद चाखेका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो ।
HEB 6:6 तर जो पतित भएको छ, तिनीहरूलाई फेरि पश्‍चात्तापमा ल्याउन असम्भव छ । किनकि तिनीहरूले फेरि आफ्नै निम्ति परमेश्‍वरका पुत्रलाई क्रुसमा टाँग्दछन्, र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्दछन् ।
HEB 6:7 किनकि जमिनले आफूमाथि बर्सिने जुन पानी पिउँछ, जसमा बारम्बार पानी पर्छ र त्यसले जमिनमा काम गर्नेहरूका लागि उपयुक्त अन्‍न उत्पादन गर्दछ, त्यस जमिनले परमेश्‍वरबाट आशिष् प्राप्‍त गर्दछ ।
HEB 6:8 तर यदि त्यसले काँडा र सिउँडीहरू फलाउँछ भने, त्यो मूल्यहीन हुन्छ र यो श्रापको नजिक पुग्दछ, र अन्त्यमा त्यसलाई जलाइन्छ ।
HEB 6:9 हामीले यस प्रकारले बोले, तापनि प्रिय हो, हामीलाई तिमीहरूका असल थोकहरूले प्रभावित परेका छन्, र त्यो कुरा उद्धारको विषयमा हो ।
HEB 6:10 किनकि तिमीहरूले उहाँको नाउँका खातिर देखाएको काम र प्रेमलाई बिर्सेने परमेश्‍वर अधर्मी हुनुहुन्‍न, किनभने तिमीहरूले विश्‍वासीहरूको सेवा गरेका थियौ र अझै पनि तिनीहरूको सेवा गर्दै छौ ।
HEB 6:11 अनि हामी उत्कट इच्छा गर्दछौँ, कि तिमीहरू हरेकले अन्त्यसम्मै आफ्नो भरोसाका निम्ति त्यही पूर्ण निश्‍चयता देखाओ ।
HEB 6:12 त्यसैले, तिमीहरू अल्छे नहोओ, तर विश्‍वास र धैर्यद्वारा प्रतिज्ञाहरूको हकदार हुनेहरूका देखासेखी गर्नेहरू होओ ।
HEB 6:13 किनकि परमेश्‍वरले अब्राहामलाई आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँभन्दा ठुलो अरू कोही नभएकाले गर्दा उहाँ आफैँले शपथ खानुभयो ।
HEB 6:14 उहाँले भन्‍नुभयो, “निश्‍चय नै म तँलाई आशिष्‌‌ दिनेछु, र तँलाई ज्यादै वृद्धि गराउनेछु ।”
HEB 6:15 यसरी, अब्राहामले धैर्यसाथ पर्खे र जे प्रतिज्ञा गरिएको थियो, सो प्राप्‍त गरे ।
HEB 6:16 किनकि मानिसहरूले आफूभन्दा ठुलाहरूद्वारा शपथ खान्छन्, र शपथले अन्त्यमा तिनीहरूको वादविवाद मिलाउन निश्‍चयता दिन्छ ।
HEB 6:17 परमेश्‍वरले उहाँको प्रतिज्ञाको अपरिवर्तनशील स्वभावको प्रतिज्ञाका हकदारहरूलाई स्पष्‍ट रूपले देखाउन निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै पक्‍का गर्नुभयो ।
HEB 6:18 त्यसैले, यी दुईवटा अपरिवर्तनशील कुराद्वारा उहाँले यसो गर्नुभयो जसद्वारा परमेश्‍वरलाई झुट बोल्न असम्भव छ, ताकि हामी, जो शरणको लागि भाग्‍नेहरूले, हाम्रो अगाडि राखिदिएको निश्‍चयतालाई बलियो गरी समात्‍नलाई दह्रो उत्साह पाउन सकौँ ।
HEB 6:19 हामीसित हाम्रो आत्मा सुरक्षित र भरपर्दो निश्‍चयतामा गाडिएको छ, यस्तो निश्‍चयता जुन भित्रको पर्दाभित्र पनि पस्दछ ।
HEB 6:20 मल्कीसेदेकको दर्जाअनुसार उहाँ सधैँका निम्ति प्रधान पुजारी हुनुभएकाले हाम्रा अग्रदूतको रूपमा येशू हामीभन्दा पहिले त्यस ठाउँमा गएर बसिसक्‍नुभएको छ ।
HEB 7:1 यिनै मल्कीसेदेक शालेमका राजा, सर्वोच्‍च परमेश्‍वरका पुजारी थिए । अब्राहाम लडाइँ जितेर फर्की रहेको बेलामा मल्कीसेदेकले तिनलाई भेटेर आशीर्वाद दिए ।
HEB 7:2 अब्राहामले मल्कीसेदेकलाई सबै कुराको दशांश दिए । मल्कीसेदेक नाउँको अर्थ हुन्छ, “धार्मिकताका राजा ।” तिनको अर्को पद “शालेमका राजा” हो, अर्थात् “शान्तिका राजा ।”
HEB 7:3 उनी विनापिता, विनामाता, विनापिता-पुर्खाहरू र जीवनको सुरु वा अन्त्य नभएका व्यक्‍ति हुन् । बरु, उनी परमेश्‍वरका पुत्रजस्तै सदाकालका पुजारी हुनुहुन्छ ।
HEB 7:4 हेर, यिनी कस्ता महान् व्यक्‍ति थिए । हाम्रा पुर्खा अब्राहामले तिनलाई लडाइँमा जितेर ल्याएका सबै कुराको दशांश दिए ।
HEB 7:5 एकातिर, लेवीका छोराहरू जसले पुजारी पदलाई प्राप्‍त गरेका छन्, तिनीहरूलाई मानिसहरू अर्थात् आफ्नै भाइहरूबाट दशांश लिने आज्ञा व्यवस्थाले दिएको छ, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तानबाट आएका हुन् ।
HEB 7:6 तर अर्कोतिर, मल्कीसेदेक जसका वंशावली तिनीहरूबाटका थिएनन्, जसले अब्राहामबाट सबै दशांश प्राप्‍त गरे, र तिनले जसलाई प्रतिज्ञाहरू गरिएको थियो उनलाई आशिष्‌‌ दिए ।
HEB 7:7 ठुला मानिसले दिएको आशीर्वादलाई साना मानिसले इन्कार गर्ने कुनै कारण छैन ।
HEB 7:8 यस अवस्थामा मरणशील मानिसहरूले दशांश प्राप्‍त गर्दछन् भने, अर्कोतिर त्यस सन्दर्भमा उनी जीवित रहन्छन् भनी यसले प्रमाणित गर्दछ ।
HEB 7:9 र यस सन्दर्भमा भन्‍नुपर्दा, अब्राहामद्वारा दशांश पाउने लेवीले पनि दशांश दिए,
HEB 7:10 किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवी पनि आफ्ना पुर्खाकै शरीरमा थिए ।
HEB 7:11 अब यदि लेवीको पुजारी पदद्वारा पूर्णताको सम्भव भएको भए (किनकि जसबाट मानिसहरूले व्यवस्था प्राप्‍त गर्दछन्), हारूनको दर्जाबमोजिम नभएर मल्कीसेदेकको दर्जाअनुसार अर्को पुजारी स्थापित गर्न किन आवश्यक पर्थ्यो ?
HEB 7:12 किनकि जब पुजारी पद परिवर्तन हुन्छ, तब व्यवस्था पनि परिवर्तन हुनुपर्दछ ।
HEB 7:13 किनकि एक जना जसको बारेमा यी कुराहरू भनिएका छन्, उहाँ अर्कै कुलका हुनुहुन्छ, जसबाट कहिल्यै कसैले वेदीमा सेवा गरेका छैनन् ।
HEB 7:14 अब यो स्पष्‍ट छ, कि यहूदाको कुलबाट हाम्रा प्रभु जन्मनुभएको थियो, तर मोशाले पुजारीहरूका बारेमा कहिल्यै उल्लेख गरेका छैनन् ।
HEB 7:15 यदि मल्कीसेदेकजस्तै अर्को स्वरूपमा पुजारी खडा हुन्छ भने, हामीले जे भनिरहेका छौँ, त्यो स्पष्‍ट छ ।
HEB 7:16 उहाँ शारीरिक पुर्खाहरूका नियमका आधारमा पुजारी हुनुभएको होइन, तर बरु उहाँ अविनाशी जीवनको शक्‍तिमा पुजारी हुनुभयो ।
HEB 7:17 किनकि उहाँको बिषयमा धर्मशास्‍त्रले यसरी गवाही दिन्छः “मल्कीसेदेकको दर्जाजस्तै तिमी सधैँका निम्ति पुजारी हौ ।”
HEB 7:18 किनभने पहिलेको आज्ञा रद्द भएको छ, कारण त्यो कमजोर र काम नलाग्‍ने थियो ।
HEB 7:19 किनकि व्यवस्थाले कुनै पनि कुरालाई सिद्ध बनाएन । तथापि, भविष्यको निम्ति उत्तम निश्‍चयता छ, जसद्वारा हामी परमेश्‍वरको नजिक पुग्‍न सक्छौँ ।
HEB 7:20 अनि यो शपथविना भएको होइन । एकातिर, ती अरूहरू शपथविना नै पुजारीहरू भएका थिए ।
HEB 7:21 तर अर्कोतिर भने, यी येशू शपथविना नै पुजारी हुनुभयो, जसको बारेमा परमेश्‍वर यसो भन्‍नुहुन्छ, “परमप्रभुले प्रतिज्ञा गर्नुभएको छ, र उहाँले आफ्नो मन परिवर्तन गर्नुहुन्‍न, ‘तिमी सदाकाल पुजारी हुनेछौ’ ।”
HEB 7:22 जसद्वारा येशूलाई उत्तम करारको निश्‍चयता दिइएको छ ।
HEB 7:23 एकातिर, धेरै पुजाहारीहरू भएका छन्, तर मृत्युको कारणले गर्दा तिनीहरूलाई निरन्तर पुजारीको कार्यमा लागि रहन दिएन ।
HEB 7:24 तर अर्कोतिर भने, येशू सदासर्वदा रहिरहनुहुन्छ, उहाँसँग एउटा स्थायी पुजारी पद छ ।
HEB 7:25 यसकारण, येशूद्वारा परमेश्‍वरको नजिक आउने मानिसहरूलाई बचाउनका निम्ति उहाँ पूर्ण रूपमा सामर्थी हुनुहुन्छ, किनभने उहाँ तिनीहरूका निम्ति अन्‍तर-बिन्‍ती गर्नलाई सधैँ जीवित हुनुहुन्छ ।
HEB 7:26 किनकि यस्तै प्रकारको प्रधान पुजारी हाम्रा निम्ति सुहाउँदो छ । उहाँ पापरहित हुनुहुन्छ; उहाँ दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिनुभएका र आकाशभन्दा उच्‍च हुनुभएको छ ।
HEB 7:27 प्रधान पुजारीले जस्तै पहिले आफ्नै पापका निम्ति र त्यसपछि मानिसहरूका पापका निम्ति उहाँले दिनहुँ बलिदान चढाई रहनुपर्दैन । जब उहाँले आफैँलाई अर्पण गर्नुभयो, तब उहाँले यो एकै पटक सधैँका निम्ति गर्नुभयो ।
HEB 7:28 किनकि व्यवस्थाले मानिसहरूलाई प्रधान पुजारीको रूपमा नियुक्त गर्‍यो, जससँग कमजोरी हुन्थे । तर उहाँ व्यवस्थापछि आएको शपथको वचनले नियुक्त हुनुभएका पुत्र हुनुहुन्छ जो सदाकालका निम्ति सिद्ध बनाइनुभएको छ ।
HEB 8:1 अब हामीले भनिरहेको कुरा यही होः हामीसँग एक जना प्रधान पुजारी हुनुहुन्छ जो स्‍वर्गको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ ।
HEB 8:2 मानिसले बनाएको होइन, तर परमेश्‍वरले बनाउनुभएको साँचो पवित्र बासस्थानमा उहाँ एक सेवक हुनुहुन्छ ।
HEB 8:3 किनकि हरेक प्रधान पुजारी भेटीहरू र बलिदानहरू दुवै चढाउन नियुक्त गरिएको हुन्छ । त्‍यसकारण, केही कुरा चढाउन आवश्‍यक छ ।
HEB 8:4 अब यदि ख्रीष्‍ट पृथ्‍वीमा हुनुभएको भए, उहाँ सबैका पुजारी हुनुहुने थिएन किनकि त्‍यहाँ व्‍यवस्‍थाअनुसार भेटी चढाउनेहरू छँदै छन् ।
HEB 8:5 तिनीहरूले स्‍वर्गीय कुराहरूको नक्‍कल र छायाँको मात्र सेवा गर्दछन् । जसरी मोशाले बासस्थान बनाउन लाग्दा परमेश्‍वरद्वारा मोशालाई चेतावनी दिइयो, परमेश्‍वरले भन्‍नुभयो, “हेर, तिमीलाई पहाडमा देखाइएको नमुनाबमोजिम तिमीले हरेक थोक बनाउनू ।”
HEB 8:6 तर अहिले ख्रीष्‍टले प्राप्‍त गर्नुभएको सेवा-कार्य अझ धेरै उत्तम छ । किनभने उहाँले मध्‍यस्‍थता गर्नुभएको करार धेरै उत्तम छ, जुनचाहिँ उत्तम प्रतिज्ञाहरूमा स्‍थापना गरिएको छ ।
HEB 8:7 किनकि यदि पहिलो करार दोषरहित भएको भए, दोस्रो करारको आवश्‍यकता नै पर्दैन थियो ।
HEB 8:8 किनकि जब परमेश्‍वरले मानिसको दोष भेट्टाउनुभयो, तब उहाँले भन्‍नुभयो, “हेर, परमप्रभु भन्‍नुहुन्‍छ, ती दिन आउँदै छन्, जब म यहूदा र इस्राएलका घरानासँग नयाँ करार स्‍थापना गर्नेछु ।
HEB 8:9 यो करार तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको जस्‍तो हुनेछैन, एक दिन मैले तिनीहरूको हात समातेर तिनीहरूलाई मिश्र देशबाट डोर्‍याएर ल्‍याएँ । किनकि तिनीहरूले मेरो करारलाई अटुट रूपमा पछ्याएनन्, र परमप्रभु भन्‍नुहुन्‍छ, मैले तिनीहरूको बेवास्‍ता गरे ।
HEB 8:10 परमप्रभु भन्‍नुहुन्‍छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु । म मेरो व्‍यवस्‍था तिनीहरूको मनमा राखिदिनेछु, र म तिनीहरूका हृदयमा पनि ती लेखिदिनेछु । म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् ।
HEB 8:11 तिनीहरूले हरेक आफ्नो छिमेकीलाई सिकाउनेछैनन्,र आफ्नो हरेक भाइलाई परमप्रभुलाई चिन भन्‍नुपर्दैन । किनकि तिनीहरूमध्येका सानादेखि लिएर ठुलासम्‍म सबैले मलाई चिन्‍नेछन् ।
HEB 8:12 किनकि तिनीहरूले गरेका अपराधहरूप्रति म अनुग्रह देखाउनेछु, र तिनीहरूले गरेका पापहरूको सम्झना म कहिल्यै गर्नेछैनँ ।”
HEB 8:13 “नयाँ” भन्‍नुहुँदा उहाँले पहिलो करारलाई पुरानो बनाउनुभयो । र जुन काम नलाग्‍ने र पुरानो भएको छ, त्यो हराएर जानै लागेको छ ।
HEB 9:1 अब पहिलेको करारमा आराधनाका निम्ति नियमहरू र सांसारिक बासस्‍थान थिए ।
HEB 9:2 किनकि एउटा बासस्‍थान तयार गरिएको थियो जसको पहिलो कोठाभित्र सामदान, टेबुल, र उपस्थितिको रोटी थिए, त्यसलाई पवित्रस्थान भनिन्थ्यो ।
HEB 9:3 पर्दाको पछाडितिर अर्को दोस्रो कोठा थियो, जसलाई महा-पवित्रस्थान भनिन्थ्यो ।
HEB 9:4 यसमा धूपको निम्ति एउटा सुनको वेदी थियो । यसमा करारको सन्दुक पनि थियो, जुन पूर्ण रूपले सुनले मोहोरिएको थियो । यसको भित्रपट्टि रहेको सुनको भाँडोमा मन्‍न राखिएको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिलालेखहरू थिए ।
HEB 9:5 करारको सन्दुकको माथि ईश्‍वरीय महिमाका करूबहरूले प्रायश्‍चित्तको ढकनीलाई ढाकेका थिए, जसको बारेमा हामी अहिले पूर्ण रूपले वर्णन गर्न सक्दैनौँ ।
HEB 9:6 यी थोकहरूलाई तयार गरिसकेपछि पुजारीहरू नियमित रूपमा बासस्‍थानको बाहिरी कोठामा सधैँ आफ्ना सेवाको काम गर्न प्रवेश गर्दथे ।
HEB 9:7 तर प्रधान पुजारी मात्रै हरेक वर्षको एक पल्ट दोश्रो कोठामा प्रवेश गर्दथे । उनले रगत लिएर आफ्नै निम्ति र मानिसहरूले अजानमा गरेका अपराधहरूका निम्ति बलि चढाउँछन् ।
HEB 9:8 पवित्र आत्माले देखाउनुभयो, कि पहिलो पवित्रस्‍थान रहुञ्‍जेलसम्म महा-पवित्रस्थानमा जाने मार्ग प्रकट गरिएको थिएन ।
HEB 9:9 वर्तमान समयका लागि यो एक उदाहरण थियो । चढाइएका भेटी र बलिदानहरू दुवैले आराधकको विवेकलाई सिद्ध गर्न सकेनन् ।
HEB 9:10 ती विभिन्‍न किसिमका उत्सवका शुद्धिकरणहरू खाने र पिउने कुरासँग मात्रै सम्बन्धित छन् । ती सबै शरीरका निम्ति नियमहरू मात्रै थिए, जसलाई नयाँ प्रकारले सृजना नगरेसम्म क्रमिक रूपमा राखिएको थियो ।
HEB 9:11 ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीको रूपमा आउनुभयो । उहाँ अझ बढी महान् र सिद्ध पवित्रस्थानमा प्रवेश गर्नुभयो, जुन मानवीय हातद्वारा बनाइएको होइन, जुन यस सृजित संसारको होइन । (नोटः अन्य संस्करणहरूमा लेखिएको छ) ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीजस्तै भएर आउनुभयो ।
HEB 9:12 बोका र बाछाहरूको रगतले नभई उहाँ आफ्नै रगतद्वारा सबैका निम्ति एकै चोटि त्यस महा-पवित्रस्थानभित्र प्रवेश गर्नुभयो र हाम्रो अनन्तको छुटकारलाई सुरक्षित गर्नुभयो ।
HEB 9:13 किनकि यदि बोका र साँढेहरूको रगत अनि कोरेलीको खरानीले छर्किंदा तिनीहरू अशुद्ध हुन्छन् र तिनीहरूका शरीरलाई शुद्ध पार्न तिनीहरू परमेश्‍वरमा समर्पित हुनुपर्छ भने,
HEB 9:14 झन् कति धेरै ख्रीष्‍टको रगतले हाम्रा विवेकलाई मृत कामहरूबाट शुद्ध पार्दछ र जीवित परमेश्‍वरको सेवा गर्न जसले अनन्त आत्माद्वारा दोषरहित प्रकारले आफैँलाई अर्पण गर्नुभयो ?
HEB 9:15 यसै कारणले गर्दा, उहाँ नयाँ करारको मध्यस्तकर्ता हुनुहुन्छ । यो मृत्युको कारणले गर्दा स्वतन्‍त्र गराइएकाहरू तिनीहरूका पापको सजायबाट पहिलो करारमा रहन्छन् ताकि परमेश्‍वरद्वारा बोलाइएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकारलाई प्राप्‍त गर्न सकून् ।
HEB 9:16 किनकि जहाँ इच्छा हुन्छ, त्यहाँ त्यो बनाउने व्यक्‍तिको मृत्युलाई प्रमाणित गर्नुपर्ने हुन्छ ।
HEB 9:17 किनकि एउटा इच्छा तब मात्र लागु हुन्छ, जब त्यहाँ मृत्यु भएको हुन्छ, किनभने जबसम्म यसलाई बनाउने जीवित हुन्छ, तबसम्म यसको कुनै जोड हुँदैन ।
HEB 9:18 त्यसैले, पहिलो करार पनि रगतविना स्थापित भएको थिएन ।
HEB 9:19 किनकि जब मोशाले मानिसहरूलाई व्यवस्थामा भएका हरेक आज्ञा दिए, उनले बाछा र बोकाहरूको रगत, पानी, रातो उन र हिसप लिएर त्यस मुट्ठा र सबै मानिस दुवैलाई छर्के ।
HEB 9:20 तब उनले भने, “यो करारको रगत हो, जुन परमेश्‍वरले तिमीहरूका निम्ति आज्ञा गर्नुभएको थियो ।”
HEB 9:21 यसरी नै, उनले पवित्रस्‍थान र सेवामा प्रयोग हुने सबै भाँडामा रगत छर्के ।
HEB 9:22 अनि व्यवस्थाअनुसार रगतले हरेक थोकलाई शुद्ध पार्दछ । रगत नबगाइकन क्षमा हुँदैन ।
HEB 9:23 त्यसकारण, स्वर्गमा भएका थोकहरूका नक्‍कलहरूलाई जनावरहरूको बलिदानद्वारा शुद्ध पारिनुपर्थ्यो भने स्वर्गमा भएका थोकहरू आफैँलाई झन् कति धेरै उत्तम बलिदानद्वारा शुद्ध पार्न आवश्यक पर्‍यो ।
HEB 9:24 किनकि ख्रीष्‍ट हातद्वारा बनाइएको महा-पवित्रस्थानमा प्रवेश गर्नुभएन, जुनचाहिँ सत्यताको एक नक्‍कल मात्र हो । बरु, उहाँ आफैँ स्वर्गमा प्रवेश गर्नुभयो, अनि हाम्रा निम्ति अहिले उहाँ परमेश्‍वरको सामु उपस्थित हुनुहुन्छ ।
HEB 9:25 उहाँ आफ्नै निम्ति घरिघरि बलि चढाउनका निम्ति त्यहाँ जानुभएको होइन, जसरी प्रधान पुजारीले हरेक वर्ष अर्काको रगत लिएर महा-पवित्रस्थानभित्र प्रवेश गर्दछन् ।
HEB 9:26 त्यसो भएको भए, संसारको उत्पत्तिदेखि नै उहाँले धेरै पल्ट दुःख भोग्‍नुपर्ने हुन्थ्यो । तर यस युगको अन्त्यमा एक पल्ट उहाँको आफ्नै बलिद्वारा पापलाई हटाउन उहाँ सधैँका निम्ति एकै पल्ट प्रकट हुनुभएको हो ।
HEB 9:27 हरेक व्यक्‍ति एक पटक मर्न निश्‍चित छ, र त्यसपछि न्याय आउँदछ ।
HEB 9:28 त्यसरी नै, ख्रीष्‍ट पनि धेरै जनाका पाप बोक्‍नलाई सधैँका निम्ति एकै पल्ट बलि हुनुभयो । पापसँग सामना गर्नलाई दोस्रो पल्ट उहाँ देखा पर्नुहुने होइन, तर मुक्‍तिका लागि धैर्यसाथ उहाँका निम्ति पर्खिरहनेहरूका लागि हो ।
HEB 10:1 किनकि व्यवस्था हुन आउने असल कुराहरूको एक छायाँ मात्र हो, ती आफैँमा सत्य थोकहरू भने होइनन् । पुजारीहरूले वर्षैपिच्छे लगातार रूपमा चढाउने यस्ता बलिहरूले परमेश्‍वरको नजिक जान कहिल्यै पूर्ण बनाउन सकेन् ।
HEB 10:2 नत्रता के बलि चढाउने काम बन्द हुने थिएन र ? त्यसो हुँदो हो त, आराधकहरू एकै पल्टमा सधैँका लागि शुद्ध हुने थिए, तिनीहरूलाई थप पापको चेतना हुने थिएन ।
HEB 10:3 तर ती बलिदानहरूले वर्षैपिच्छे पापहरूको सम्झना गराउँछन् ।
HEB 10:4 किनभने साँढे र बोकाहरूको रगतले पाप हटाउन असम्भव छ ।
HEB 10:5 जब ख्रीष्‍ट संसारमा आउनुभयो, उहाँले भन्‍नुभयो, “तपाईंले भेटीहरू र बलिदानहरू चाहनुभएन, बरु तपाईंले मेरो लागि एउटा शरीर तयार पारिदिनुभएको छ ।
HEB 10:6 पापका लागि न त पुरै होमबलि न बलिदानहरूमा तपाईं प्रसन्‍न हुनुभयो ।”
HEB 10:7 तब मैले भनेँ, “हेर्नुहोस्, पुस्तकको मुट्ठोमा मेरो बिषयमा लेखिएजस्तै तपाईंको इच्छा पुरा गर्न म यहाँ छु ।”
HEB 10:8 उहाँले पहिला भन्‍नुभयो, “पापका निम्ति न त बलिदानहरू, न भेटीहरू र होमबलिहरू नै तपाईंले चाहनुभयो, न त ती कुराहरूमा तपाईं प्रसन्‍न हुनुभयो ।” (यी त व्यवस्थाअनुसार चढाइन्छन् ) ।
HEB 10:9 तब उहाँले भन्‍नुभयो, “हेर्नुहोस्, म तपाईंकै इच्छा पुरा गर्न आएको छु ।” दोस्रो अभ्यासलाई स्थापित गर्न उहाँले पहिलो अभ्यासलाई रद्द गर्नुहुन्छ ।
HEB 10:10 दोस्रो अभ्यासमा हामी उहाँको इच्छाबाट सधैँका निम्ति येशू ख्रीष्‍टको शरीरको बलिदानद्वारा परमेश्‍वरमा समर्पित भएका छौँ ।
HEB 10:11 अर्कोतिर, हरेक पुजारी दिनहुँ परमेश्‍वरको सेवा गर्न खडा भइरहन्छ । उसले सधैँ उस्तै भेटीहरू चढाइरहेको हुन्छ, त्यसले कहिल्यै पनि पापलाई उठाई लान सक्दैन ।
HEB 10:12 अर्कोतिर, ख्रीष्‍टले पापका निम्ति सधैँको लागि एउटै बलिदान चढाएर उहाँ परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभएको छ ।
HEB 10:13 उहाँका शत्रुहरूलाई आफ्नो पाउदानमा नपारेसम्म उहाँ पर्खिरहनुहुन्छ ।
HEB 10:14 किनकि उहाँले एउटै बलिद्वारा परमेश्‍वरमा समर्पित भएकाहरूलाई सदाका निम्ति सिद्ध पार्नुभएको छ ।
HEB 10:15 र पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ, किनभने पहिला उहाँले भन्‍नुभयो,
HEB 10:16 “मैले तिनीहरूसँग बाँध्‍ने करार यही हो, ती दिनहरूपछि, परमप्रभु भन्‍नुहुन्छ । तिनीहरूका हृदयमा म मेरो व्यवस्था रखिदिनेछु, र तिनीहरूको मनमा पनि लेखिदिनेछु ।”
HEB 10:17 म कहिल्यै पनि तिनीहरूका पाप र दुष्कर्महरू सम्झनेछैनँ ।”
HEB 10:18 अब जहाँ यी कुराहरूको क्षमा हुन्छ, त्यहाँ पापका निम्ति कुनै बलिदानको खाँचो पर्दैन ।
HEB 10:19 यसकारण, भाइहरू हो, हामीसँग येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र प्रवेश गर्ने साहस छ ।
HEB 10:20 पर्दा अर्थात् उहाँको आफ्नो शरीरद्वारा उहाँले हाम्रा लागि नयाँ र जीवित बाटो खोलिदिनुभएको छ ।
HEB 10:21 र परमेश्‍वरको घरमा हामीसँग महान् पुजारी हुनुभएकोले
HEB 10:22 हाम्रो हृदयका अशुद्ध विवेकलाई छिट्काउद्वारा हाम्रो शरीरलाई शुद्ध पानीले धोएर विश्‍वासको सम्पूर्ण निश्‍चयतासाथ हामी साँचो हृदय लिएर नजिक जाऔँ ।
HEB 10:23 हामीले स्वीकार गरेको आशालाई दृढतासाथ बलियोसँग थामी राखौँ, किनकि प्रतिज्ञा गर्नुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ ।
HEB 10:24 हामीले एक अर्कालाई प्रेम र असल कामहरूले कसरी उत्साह दिने भन्‍ने कुरालाई विचार गरौँ ।
HEB 10:25 हामी एक-अर्कामा सँगसँगै भेला हुन नछोडौँ, जसरी कतिले छोडेका छन् । बरु, दिन नजिकै आएको हुनाले जतिसक्दो एकले अर्कालाई झन् बढी उत्साह देओ ।
HEB 10:26 किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामी जानिबुझिकन पाप गरिरहन्छौँ भने, पापका लागि कुनै बलिदान बाँकी रहँदैन ।
HEB 10:27 त्यसको सट्टामा, न्यायको डरलाग्दो प्रतीक्षा र परमेश्‍वरका शत्रुहरूलाई भस्म पार्ने क्रोधको डरलाग्दो आगो मात्र रहनेछ ।
HEB 10:28 मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने जो कोही पनि दुई वा तिन जना साक्षीको गवाहीमा दयाविना नै मर्दछ ।
HEB 10:29 परमेश्‍वरका पुत्रलाई खुट्टाले कुल्चने, परमेश्‍वरमा समर्पित गरिएको करारको रगतलाई अपवित्र तुल्याउने र अनुग्रहको आत्मालाई अपमान ठान्‍ने जो कोहीले झन् कति बढी सजाय पाउँछ होला ।
HEB 10:30 किनकि यसो भन्‍नुहुनेलाई हामी जान्दछौँ, “बदला लिने काम मेरो हो; म बदला लिनेछु ।” र फेरि, “परमप्रभुले उहाँका मानिसहरूको न्याय गर्नुहुनेछ ।”
HEB 10:31 जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्दो कुरा हो ।
HEB 10:32 तर तिमीहरूले ज्योति पाएपछि पनि दुःखको कठिन घडीमा कसरी सह्‍यौ, ती अघिका दिनहरूको सम्झना गर ।
HEB 10:33 तिमीहरू सबैका सामु अपमानित र तिरस्कृत भएका थियौ, र त्यस्तै समस्यामा परेकाहरूसँगै तिमीहरू सहभागी भयौ ।
HEB 10:34 किनकि कैदमा हुनेहरूलाई तिमीहरूले दया देखायौ; आफ्नो सम्‍पत्ति खोसिँदा पनि त्यसलाई सहर्ष स्वीकार गर्‍यौ; यो जानेर कि तिमीहरूसँग अझ उत्तम र रहिरने आफ्नै सम्‍पत्ति छ ।
HEB 10:35 त्यसकारण, आफ्नो निश्‍चयतालाई नगुमाओ, जसको ठुलो इनाम छ ।
HEB 10:36 तिमीहरूलाई धैर्यको खाँचो छ । त्यसकारण, परमेश्‍वरले तिमीहरूलाई जे प्रतिज्ञा गर्नुभएको थियो, उहाँको इच्छालाई पुरा गरेपछि, सो प्राप्‍त गर्नेछौ ।
HEB 10:37 “किनकि केही बेरमा जो आउँदै हुनुहुन्छ, उहाँ अवश्य आउनुहुनेछ र ढिलाउनु हुनेछैन ।
HEB 10:38 मेरा धर्मी जन विश्‍वासद्वारा जिउनेछ, यदि ऊ पछि फर्कन्छ भने, म उसँग प्रसन्‍न हुनेछैन ।”
HEB 10:39 तर हामी नाश हुनेहरूमध्येका होइनौँ, जो विनाशतिर फर्कन्छ । बरु, ती मध्येका हौँ जसले हाम्रो आत्मालाई बचाइराख्‍ने विश्‍वास छ ।
HEB 11:1 अब विश्‍वासचाहिँ आशा गरिएका कुराहरूको बारेमा भएको निश्‍चयता हो; अहिलेसम्म नदेखेका घटनाहरूको बारेमा भएको प्रमाण हो ।
HEB 11:2 किनकि हाम्रा पुर्खाहरू तिनीहरूको विश्‍वासका निम्ति यसरी नै प्रमाणित भएका थिए ।
HEB 11:3 विश्‍वासद्वारा हामी बुझ्न सक्छौँ, कि सारा विश्‍व परमेश्‍वरको आज्ञाद्वारा सृष्‍टि भएको थियो । त्यसकारण, जे देखिन्छन् ती देखिने कुराहरूबाट बनाइएका होइनन् ।
HEB 11:4 विश्‍वासद्वारा नै हाबिलले कयिनले भन्दा उत्तम बलिदान चढाए । यसकारण, तिनी धर्मी हुन पुगे । यसरी, परमेश्‍वरप्रति तिनको भेटीको कारणले गर्दा तिनले सर्मथन पाए । त्यसैकारण, हाबिल मरे तापनि तिनी अझ बोलिरहेका छन् ।
HEB 11:5 विश्‍वासद्वारा नै हनोक माथि उठाई लगिए र तिनले मृत्यु देखेनन् । “तिनी भेटिएनन्, किनकि परमेश्‍वरले तिनलाई उठाउनुभयो ।” कारण तिनी उठाइनुभन्दाअघि तिनले परमेश्‍वरलाई प्रसन्‍न पारेको प्रमाणित भएको थियो ।
HEB 11:6 विनाविश्‍वास परमेश्‍वरलाई प्रसन्‍न पार्न असम्भव छ । किनकि जो परमेश्‍वरकहाँ आउँछ उसले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्नैपर्छ र उहाँलाई जसले खोज्छ त्यसले इनाम पाउनेछ भनी विश्‍वास गर्नुपर्छ ।
HEB 11:7 विश्‍वासद्वारा नै नोआलाई अहिलेसम्म नदेखेका कुराहरूका बारेमा ईश्‍वरीय सन्देश दिइएको थियो । तिनले भक्तिमय सम्मानसाथ एउटा पानी जहाज बनाए र आफ्नो घरानालाई बचाए । यसो गरेर तिनले संसारलाई दोषी ठहराए र विश्‍वासअनुसार तिनी धार्मिकताका उत्तराधिकारी भए ।
HEB 11:8 अब्राहामलाई बोलाइँदा विश्‍वासद्वारा नै तिनले आज्ञापालन गरे र तिनी उत्तराधिकारको रूपमा पाउनुपर्ने ठाउँतिर गए । आफू कहाँ जाँदै छु भन्‍ने कुरा थाहै नपाए तापनि तिनी गए ।
HEB 11:9 तिनी विश्‍वासद्वारा नै प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे । तिनी पालहरूमा इसहाक र याकूबसँगै उही प्रतिज्ञाको सङ्गी उत्तराधिकारीको रूपमा बसे ।
HEB 11:10 किनकि तिनले जगहरू भएको सहरलाई हेरिरहेका थिए, जुन सहरको रचनाकार र निर्माणकर्ता परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ ।
HEB 11:11 सारा बाँझी भए तापनि अब्राहामले गर्भधारण गराउने शक्‍ति विश्‍वासद्वारा नै प्राप्‍त गरे । तिनी एकदमै वृद्ध भइसक्दा यसो भएको थियो । तिनीहरूलाई प्रतिज्ञा दिनुहुनेप्रति तिनीहरू विश्‍वासयोग्य भइरहे ।
HEB 11:12 त्यसैकारण, मरेतुल्य यिनै एक जना मानिसबाट आकाशका असङ्ख्य तारा र समुद्री किनारका असङ्ख्य बालुवासरह सन्तानहरू जन्मिए, जसलाई गन्‍नै सकिँदैन ।
HEB 11:13 यी सबै प्रतिज्ञालाई प्राप्‍त नगरिकनै यिनीहरू सबैले टाढैबाट स्वागत गरे । पृथ्वीमा परदेशी र निर्वासितहरू मात्र हौँ भन्‍ने कुरा स्वीकार गर्दै तिनीहरू विश्‍वासमा नै मरे ।
HEB 11:14 किनकि जसले यस्ता कुराहरू भन्दछन् तिनीहरूले एउटा स्वदेश खोजिरहेका छन् भन्‍ने कुरा स्पष्‍ट हुन्छ ।
HEB 11:15 साँच्‍चै नै तिनीहरूले आफू निस्केर गएको देशका लागि सोचिरहेका भए, तिनीहरूले फर्केर जाने मौका पाउने थिए ।
HEB 11:16 तर तिनीहरू अझ उत्तम देश अर्थात् स्वर्गीय देशको चाहना गर्दछन् । त्यसकारण, परमेश्‍वर तिनीहरूका परमेश्‍वर हुन लजाउनुहुन्‍न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ ।
HEB 11:17 आफ्नो जाँच हुँदा विश्‍वासद्वारा नै अब्राहामले इसहाकलाई बलि चढाए, जो उनको एक मात्र छोरा थिए जसलाई उनले बलिदान चढाए । उनले नै प्रतिज्ञाहरू प्राप्‍त गरेका थिए ।
HEB 11:18 यिनी तिनै अब्राहाम थिए जसलाई यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ ।”
HEB 11:19 परमेश्‍वरले इसहाकलाई मृत्युबाट जीवित पार्न सक्‍नुहुने थियो भन्‍ने कुरा अब्राहामलाई थाहा थियो, र साङ्केतिक अर्थमा भन्‍नुपर्दा उनले तिनिहरूबाट आफ्ना छोरालाई फिर्ता पाएका थिए ।
HEB 11:20 आउन लागेका थोकहरूको बारेमा इसहाकले विश्‍वासद्वारा नै याकूब र एसावलाई आशिष्‌ दिए ।
HEB 11:21 याकूब मर्नै लागेका बेलामा विश्‍वासद्वारा नै उनले योसेफका हरेक छोरालाई आशिष्‌‌ दिए । लौरोको टुप्पोमा अडेस लागेर याकूबले आराधना गरे ।
HEB 11:22 योसेफको अन्त्य नजिकिँदा विश्‍वासद्वारा नै तिनले मिश्रबाट इस्राएलीहरू प्रस्थान हुने विषयमा बोलेका थिए र तिनका अस्थिहरूको बारेमा तिनीहरूलाई आदेश दिएका थिए ।
HEB 11:23 मोशा जन्मँदा तिनी सुन्दर भएको कारणले गर्दा उनका आमाबुबाले विश्‍वासद्वारा नै तिनलाई तिन महिनासम्म लुकाएर राखे र तिनीहरू राजाको आदेशसित डराएनन् ।
HEB 11:24 मोशा हुर्केपछि विश्‍वासद्वारा नै तिनले फारोकी छोरीको छोरा कहलाइनलाई इन्कार गरे ।
HEB 11:25 त्यसको सट्टामा, तिनले पापको क्षणिक सुख भोग्‍नुभन्दा बरु परमेश्‍वरका मानिसहरूसँगै दुःख भोग्‍ने कुरालाई छाने ।
HEB 11:26 मिश्रको सम्‍पत्तिमा भन्दा ख्रीष्‍टलाई पछ्याउँदा सहनुपर्ने अपमानलाई नै उनले बहुमूल्यको ठाने । कारण उनले आफ्ना आँखालाई इनाममाथि केन्द्रित गराएका थिए ।
HEB 11:27 विश्‍वासद्वारा नै मोशाले मिश्रदेश छोडे । उनी राजाको क्रोधदेखि डराएनन्, किनकि एक जो अदृश्यलाई देखेजस्तै गरी उनले सही रहे ।
HEB 11:28 त्यसकारण, नाश गर्नेले इस्राएलीहरूका पहिले जन्मिएका जेठा छोराहरूलाई छुन नसकोस् भनी विश्‍वासद्वारा नै उनले निस्तार-चाड र रगतको छिट्काउको पालन गरे ।
HEB 11:29 विश्‍वासद्वारा नै उनले सुख्खा जमिनमा हिँडेजस्तै गरी लाल समुद्र पार गरे । जब मिश्रीहरूले पनि यसै गर्न खोजे, तब तिनीहरू डुबे ।
HEB 11:30 तिनीहरूले सात दिनसम्म यरीहो पर्खालको वरिपरि घुमेपछि विश्‍वासद्वारा नै यो ढल्यो ।
HEB 11:31 राहाब वेश्याले विश्‍वासद्वारा नै जासुसहरूलाई शान्तिसाथ सत्कार गरेकीले हुनाले तिनी अनाज्ञाकारीहरूसँगै नष्‍ट भइनन् ।
HEB 11:32 अनि योभन्दा बढी म के भनौँ ? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दाऊद, शमूएल र अगमवक्‍ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्दैन ।
HEB 11:33 विश्‍वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे; र प्रतिज्ञाहरू प्राप्‍त गरे । तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए ।
HEB 11:34 तिनीहरूले आगोको ज्वालालाई निभाए; तरवारको धारबाट भागे; रोगहरूबाट निको पारिए; युद्धमा शक्‍तिशाली भए; र विदेशी सेनाहरूलाई भगाए ।
HEB 11:35 स्‍त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्‍त गरे । अरूले अझ उत्तम पुनरुत्थान प्राप्‍त गर्नलाई तिनीहरूले छुटकारालाई स्वीकार गरेनन् । त्यसैले, तिनीहरूले दण्ड भोगे ।
HEB 11:36 अरूहरूले निन्दा, कोर्रा, साङ्‌ला र कैदजस्ता आदि कुराहरू सहे ।
HEB 11:37 तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग हुने गरी चिरियो । तिनीहरूलाई तरवारले मारियो । तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्‍यो र विभिन्‍न किसिमका दुःख, निर्दयता र अमानवीय कुराहरू सहनुपर्‍यो ।
HEB 11:38 यो संसार तिनीहरूका लागि योग्य थिएन । तिनीहरू मरुभूमि, पहाड, गुफा र जमिनका ओडारहरूतिर तितर-बितर हुनुपर्‍यो ।
HEB 11:39 यहाँसम्म यी सबै मानिसहरू तिनीहरूका विश्‍वासको कारण परमेश्‍वरद्वारा प्रमाणित भए, तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्‍त गर्न सकेनन् ।
HEB 11:40 हामीविना तिनीहरू सिद्ध नहोऊन् भनी परमेश्‍वरले हाम्रा लागि अझ उत्तम कुरा अघिबाटै योजना गरिदिनुभएको थियो ।
HEB 12:1 यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हर प्रकारका बोझ र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाऔँ । हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दोडौँ ।
HEB 12:2 विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्‍द्रित गरौँ, जसले आफ्नो सामुन्‍ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्‍नुभयो, अनि उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
HEB 12:3 त्यसैले, पापीहरूबाट उहाँको विरुद्धमा भएका वादविवाद सहनुहुनेलाई विचार गर । त्यसकारण, तिमीहरू आफ्ना हृदयमा शिथिल नहोओ र हरेस नखाओ ।
HEB 12:4 तिमीहरूले पापको विरुद्धमा अझसम्‍म रगत बगाउनुपर्ने अवस्था आएको छैन वा यसको लागि सङ्घर्ष गर्नुपरेको छैन ।
HEB 12:5 अनि तिमीहरूलाई छोराहरूसरह उत्‍साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः “हे मेरो छोरा, परमेश्‍वरको अनुशासनलाई हलुका नसम्‍झ । जब उहाँद्वारा तिमी सुधारिन्छौ, तब हरेस नखाऊ ।
HEB 12:6 किनकि परमप्रभुले जसलाई प्रेम गर्नुहुन्‍छ ती हरेकलाई अनुशासनमा राख्‍नुहुन्छ । अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्‍छ ।”
HEB 12:7 कष्‍टलाई अनुशासनझैँ सहो । परमेश्‍वरले तिमीहरूसित छोराहरूलाई जस्‍तै व्‍यवहार गर्नुहुन्‍छ । किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्‍छ र ?
HEB 12:8 तर यदि तिमीहरू अनुशसानविनाका छौ भने तिमीहरू अवैध भयौ, उहाँका छोराहरू भएनौ ।
HEB 12:9 यो भन्दा बढी, हामीलाई अनुशासन गर्ने हाम्रा संसारिक बुबाहरू अनुशासनकर्ताका रूपमा थिए, जसलाई हामीले आदर गर्‍यौँ । यसकारण, के हामीले हाम्रा आत्‍माका पिताको झन् बढी आज्ञा पालन गर्नुपर्दैन र ?
HEB 12:10 किनकि एकातिर, हाम्रा बाबुहरूले केही दिनसम्‍म हामीलाई अनुशसानमा राखे जुन त्यसो गर्न तिनीहरूलाई उचित लाग्यो । तर अर्कोतिर, हामीले उहाँको पवित्रतालाई बाँड्न सकौँ भनेर परमेश्‍वरले हाम्रै भलाइका लागि त्यसो गर्नुहुन्छ ।
HEB 12:11 यस समयमा कुनै पनि अनुशासन आनन्दको हुँदैन, तर दुःखदायी नै हुन्‍छ । तथापि जे भए तापनि यसद्वारा तालिम प्राप्‍त गरेकाहरूका निम्ति भने अन्त्यमा गएर यसले धार्मिकताको शान्‍तिपूर्ण फल फलाउँदछ ।
HEB 12:12 त्यसकारण, लत्रेका हातहरू र र्दुबल घुँडाहरू बलियो बनाओ ।
HEB 12:13 आफ्ना खुट्टाका लागि बाटो सिधा बनाओ । त्यसैले, जे लङ्गडो छ, त्यो नखुस्कियोस्, बरु निको होस् ।
HEB 12:14 हरेकसित शान्‍तिमा बस्‍ने प्रयत्‍न गर, र पवित्रताविना कसैले पनि परमप्रभुलाई देख्‍न सक्दैन ।
HEB 12:15 होसियार रहो, ताकि परमेश्‍वरको अनुग्रहबाट कोही पनि वञ्‍चित हुन नपरोस्, र तिक्तताको जरा उम्रिएर कसैलाई पनि दुःख नदियोस्, र यसले धेरैलाई दोषी नबनाओस् ।
HEB 12:16 होसियार रहो । कोही पनि एक छाक खानाको लागि आफ्‍नो जन्‍माधिकार बेच्‍ने एसावजस्‍तो अधर्मी नहोस् वा यौन अनैतिक नहोस् ।
HEB 12:17 किनकि तिमीहरूलाई थाहै छ, कि पछि गएर उनले त्‍यो आशिष्‌को उत्तराधिकार प्राप्‍त गर्ने इच्‍छा गर्दा उनलाई अस्‍वीकार गरियो, किनभने उनले विलाप गर्दा आँशुका साथ पश्‍चात्ताप गर्ने मौकासमेत पाएन, यद्यपि उनले यसलाई चाहेका थिए ।
HEB 12:18 किनकि तिमीहरू जलिरहेको पहाड, अन्धकार, बादल र छुन नसक्‍ने पहाडमा आएका छैनौ ।
HEB 12:19 तिमीहरू तुरही फुकिएको चर्को आवाज भएको ठाउँमा पनि आएका छैनौ, न त त्यस्तो आवाज सुन्‍ने ठाउँमा आएका छौ जसलाई सुनेर तिनीहरूले अर्को शब्द सुन्‍नु नपरोस् भनी बिन्‍ती गरेका थिए ।
HEB 12:20 किनकि “यदि कुनै जनावरले त्यस पहाडलाई छोयो भने त्यसलाई ढुङ्गाले हान्‍नैपर्छ” भन्‍ने आज्ञालाई तिनीहरूले सहन सकेनन् । (नोटः केही पुरानो संस्करणमा लेखिएको छः एउटा जनावरले त्यस पहाडलाई छोयो भने, तापनि त्यसलाई ढुङ्गा वा तीरले हान्‍नैपर्छ) ।”
HEB 12:21 मोशाले भने कि त्यो दृश्य एकदमै डरलाग्दो थियो, “म डराएँ र म डरले काम्दै छु ।”
HEB 12:22 त्यसको सट्टामा, तिमीहरू सियोन पहाड र जीवित परमेश्‍वरको सहर स्वर्गीय यरूशलेम अनि दसौँ हजार स्वर्गदूतको उत्सवमा आएका छौ ।
HEB 12:23 तिमीहरू स्वर्गमा नाउँ दर्ता गरिएका पहिले जन्मेकाहरूको सभामा, सबैका न्यायकर्ता परमेश्‍वरकहाँ, अनि सिद्ध पारिएका धर्मी जनका आत्माहरूकहाँ आएका छौँ ।
HEB 12:24 अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ र हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने रगतको छिट्काउमा आएका छौ ।
HEB 12:25 हेर, तिमीहरूसित बोल्दै गर्नुहुनेलाई इन्कार नगर । किनकि यदि पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनेलाई इन्कार गर्नेहरू त उम्केनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेदेखि हामी तर्कीनेहरू झन् कसरी उम्कन सक्छौँ र ?
HEB 12:26 कुनै समय उहाँको आवाजले पृथ्वी हल्लायो । तर अहिले उहाँले प्रतिज्ञा गर्नुभयो र भन्‍नुभयो, “अझ एक पटक म पृथ्वी मात्र होइन, तर स्वर्गहरूलाई पनि हल्लाउनेछु ।”
HEB 12:27 “अझ एक पटक” भन्‍ने यी शब्दहरूको अर्थ हुन्छ कि हल्लाउन सकिने थोकहरू जो सृष्‍टि गरिएका छन्, सबै निकालिनेछन् र हल्लाउन नसकिने थोकहरू स्थिर रहनेछन् ।
HEB 12:28 त्यसकारण, एउटा हल्लाउन नसकिने राज्य प्राप्‍त गरेकोमा हामी कृतज्ञ होऔँ र यस प्रकारले आदर र श्रद्धासाथ परमेश्‍वरलाई आराधना गरौँ ।
HEB 12:29 किनकि हाम्रा परमेश्‍वर भस्म पार्ने आगो हुनुहुन्छ ।
HEB 13:1 भ्रातृ-प्रेम बनिरहोस् ।
HEB 13:2 अपरिचितहरूलाई अतिथि सत्कार गर्न नबिर्स । किनकि थाहा नै नपाइकन कति जनाले स्वर्गदूतहरूको अतिथि सत्कार गरेका थिए ।
HEB 13:3 तिमी आफैँ पनि कारागारमा तिनीहरूसँगै बाँधिएजस्तै सम्झना गर । जसले तिनीहरूलाई दुर्व्यवहार गरे तिमी पनि तिनीहरूको शरीरमा भएजस्तै तिनीहरूको सम्झना गर ।
HEB 13:4 हरेकले विवाहलाई आदर गरोस् । विवाहको ओछ्यान नबिटुलियोस्, किनकि यौन दुराचारी मानिस र व्‍यभिचारीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ ।
HEB 13:5 तिमीहरूका चालचलनलाई रुपियाँ-पैसाको प्रेमबाट अलग राख । तिमीहरूसँग भएका थोकहरूमा सन्‍तुष्‍ट होओ । किनकि परमेश्‍वर आफैँले यसो भन्‍नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्याग्‍नेछु ।”
HEB 13:6 हामी सन्तुष्‍ट होऔँ । त्यसकारण, हामी साहससाथ भन्‍न सक्छौँ, “परमप्रभु मेरा सहायक हुनुहुन्छ म डराउनेछैनँ । मानिसले मलाई के गर्न सक्छ र ?”
HEB 13:7 तिमीहरूलाई परमेश्‍वरको वचन सुनाउने तिम्रा अगुवाहरूलाई विचार गर, र तिनीहरूका रहनसहनको परिणामलाई विचार गर र तिनीहरूका विश्‍वासको देखासिखी गर ।
HEB 13:8 येशू ख्रीष्‍ट हिजो, आज र सधैँभरि एक समान हुनुहुन्छ ।
HEB 13:9 विभिन्‍न प्रकारका र अनौठा शिक्षाहरूले तिमीहरूलाई टाढा नलैजाओस् । तर भोजनसम्बन्धी विधिद्वारा जिउनेहरूलाई यसले केही सहायता गर्दैन, किनकि अनुग्रहद्वारा निर्माण भएको ह्रदय असल हुन्छ ।
HEB 13:10 हामीसँग एउटा वेदी छ, जसबाट पवित्रस्‍थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन ।
HEB 13:11 किनकि पाप क्षमाका निम्ति प्रधान पुजारीद्वारा पशुहरूको रगत पवित्रस्थानमा ल्याइन्थ्यो । तर तिनीहरूको शरीरलाई भने छाउनीबाहिर जलाइन्‍थ्‍यो ।
HEB 13:12 त्यसकारण, येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई समर्पण गर्नका खातिर सहरको ढोकाबाहिर दुःख भोग्‍नुभयो ।
HEB 13:13 त्यसैले, हामी पनि उहाँसँगै छाउनीबाहिर जाऔँ, र उहाँको निन्दामा सहभागी होऔँ ।
HEB 13:14 किनकि हामीसँग यहाँ कुनै स्थायी सहर छैन । बरु, हामी आउनेवाला सहरको प्रतीक्षामा छौँ ।
HEB 13:15 त्यसैले, उहाँद्वारा परमेश्‍वरलाई महिमा दिन हामी सधैँ बलिदान चढाऔँ, उहाँको नाउँलाई थाहा गर्दै महिमा दिनु हाम्रो ओठको फल हो ।
HEB 13:16 अनि हामीले एक अर्कालाई भलाइ गर्न र सहायता गर्न नबिर्सौं । किनकि यस्तै बलिदानहरूसँग परमेश्‍वर अति प्रसन्‍न हुनुहुन्छ ।
HEB 13:17 तिमीहरूका अगुवाहरूको अधीनमा बस र आज्ञा मान, किनभने जसले हिसाब दिनुपर्नेले जस्तै गरी तिनीहरूले तिमीहरूका आत्माको रेखदेख गर्दछन् । आज्ञा मान ताकि तिम्रा अगुवाहरूले आनन्‍दसाथ तिमीहरूको वास्ता गरून्, दुःखसँग होइन, जुन तिमीहरूका लागि प्रयोगयोग्य छैन ।
HEB 13:18 हाम्रा लागि प्रार्थना गर, किनकि हामीमा सफा विवेक छ भनी निश्‍चित हुन सकौँ र सबै कुरामा ठिक प्रकारले जिउन सकौँ ।
HEB 13:19 अझ धेरै काम गर भनेर म तिमीहरूलाई उत्साह दिन्छु । त्यसकारण, म तिमीहरूकहाँ चाँडै फर्केर आउनेछु ।
HEB 13:20 अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूको अनन्त करारको रगतद्वारा मृत्‍युबाट जीवनमा ल्याउनुहुने शान्तिका परमेश्‍वरले,
HEB 13:21 उहाँको इच्‍छा पुरा गर्न तिमीहरू हरेकलाई सुसज्जित पारून् । परमेश्‍वरको दृष्‍टिमा जे कुरा ग्रहणयोग्य छ ख्रीष्‍ट येशूद्वारा त्यही गर । उहाँलाई नै सधैँभरि महिमा भइरहोस् । आमेन ।
HEB 13:22 अब भाइहरू हो, म तिमीहरूलाई उत्साह दिन्छु, कि यी उत्साहका वचनहरूलाई पालन गर, जुन मैले छोटकरीमा तिमीहरूलाई लेखेको छु ।
HEB 13:23 तिमीहरूलाई यो थाहा होस्, कि हाम्रा भाइ तिमोथी स्‍वतन्‍त्र पारिएका छन् । यदि उनी छिट्टै आए भने, म तिमीहरूलाई उनीसँगै देख्‍नेछु ।
HEB 13:24 तिम्रा सबै विश्‍वासी र अगुवाहरूलाई अभिवादन गर । इटालियाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
HEB 13:25 तिमीहरू सबैसँग अनुग्रह रहोस् ।
JAM 1:1 परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टका सेवक याकूबबाट, छरपष्‍ट भएका बाह्र कुललाई अभिवादन ।
JAM 1:2 मेरा भाइहरू हो, तिमीहरूले अनेकौँ किसिमका समस्याहरूको अनुभव गर्दा त्यसलाई पूर्ण रूपमा आनन्द सम्झ,
JAM 1:3 तिमीहरू जान्दछौ, कि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँदछ ।
JAM 1:4 धैर्यलाई पूर्ण रूपमा काम गर्न देओ, ताकि तिमीहरू सम्पूर्ण रूपमा सुधारिएको र पूर्ण हुन सक र तिमीहरूमा कुनै कुराको कमी नहोस् ।
JAM 1:5 तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्‍ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्‍वरसँग उसले मागोस् र उहाँले उसलाई त्यो दिनुहुनेछ ।
JAM 1:6 तर उसले शङ्का नगरी विश्‍वाससाथ मागोस् । किनभने शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्‍तो हुन्छ ।
JAM 1:7 त्यस्तो व्यक्‍तिले परमप्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस् ।
JAM 1:8 त्यस्तो व्यक्‍ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा ऊ अस्थिर हुन्छ ।
JAM 1:9 दीन भाइले आफ्नो उच्‍च अवस्थामा गर्व गरोस्,
JAM 1:10 तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने ऊ घाँसमा फलेको जङ्गली फुलझैँ ओइलाएर बितिजानेछ ।
JAM 1:11 किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ । फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ । त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ ।
JAM 1:12 त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ । किनभने परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ ।
JAM 1:13 परीक्षामा पर्दा “यो परीक्षा परमेश्‍वरबाट आएको हो” भनी कसैले पनि नभनोस् किनभने दुष्‍टबाट परमेश्‍वरको परीक्षा हुँदैन र उहाँ आफैँले पनि कसैको परीक्षा गर्नुहुन्‍न ।
JAM 1:14 तर हरेक व्यक्‍ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ, जसले उसलाई बहकाउँछ र प्रलोभनमा पार्दछ ।
JAM 1:15 अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ । अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ ।
JAM 1:16 मेरा प्रिय भाइहरू हो, धोकामा नपर ।
JAM 1:17 हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँ बद्‌लिरहने छायाजस्तो बद्‌लिनुहुन्‍न ।
JAM 1:18 उहाँले सृष्‍टि गर्नुभएका सबै कुरामध्‍ये हामी पहिलो फलझैँ हुन सकौँ भनेर परमेश्‍वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्‍नुभयो ।
JAM 1:19 मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्‍दछौः हरेक मानिस सुन्‍नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् ।
JAM 1:20 किनभने मानिसको रिसले परमेश्‍वरको धार्मिकताको काम गर्दैन ।
JAM 1:21 यसकारण, सबै पापमय घिनलाग्‍दा कुरा र दुष्‍टताको प्रचुरतालाई मिल्‍काइदेओ । रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्‍छ ।
JAM 1:22 आफैँलाई धोका दिने गरी वचन सुन्‍ने मात्र होइन, तर पालन पनि गर ।
JAM 1:23 किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने ऊ ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो ।
JAM 1:24 उसले आफैँलाई जाँच्छ र गइहाल्छ र ऊ कस्‍तो थियो भन्‍ने कुरा तुरुन्तै बिर्सिहाल्‍छ ।
JAM 1:25 तर सुनेर बिर्सने व्यक्‍ति मात्र नभई स्‍वतन्‍त्रताको सिद्ध व्‍यवस्‍थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्‍तिचाहिँ उसले गर्ने कामहरूमा आशिषित हुनेछ ।
JAM 1:26 यदि कसैले आफैँलाई धार्मिक ठान्दछ, तर उसले आफ्नो जिब्रोलाई नियन्‍त्रण गर्दैन भने उसले आफ्‍नो हृदयलाई धोका दिन्छ र उसको धर्म व्यर्थको हुन्‍छ ।
JAM 1:27 हाम्रा परमेश्‍वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही होः अनाथ र विधवाहरूको कष्‍टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैँलाई संसारबाट दोषरहित राख्‍नु ।
JAM 2:1 मेरा भाइहरू हो, केही मानिसहरूप्रति पक्षपात गर्दै महिमाका प्रभु हाम्रा प्रभु येशू ख्रीष्‍टमा तिमीहरूले विश्‍वास नगर ।
JAM 2:2 विचार गर कि कोही मानिस तिमीहरूको सभामा सुनका औँठीहरू र राम्रा-राम्रा लुगाहरू लगाएर प्रवेश गर्‍यो र त्यहाँ एउटा गरिब मानिस पनि फोहोर पहिरनमा आयो ।
JAM 2:3 यदि तिमीहरूले त्यस राम्रा-राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ र “कृपया यहाँ यस राम्रो स्थानमा बस्‍नुहोस्” भनेर भन्छौ, तर तिमीहरूले त्यस गरिब मानिसलाई “तँ यहीँ उभी” वा “मेरो पाउनेर बस्” भनेर भन्छौ भने,
JAM 2:4 के तिमीहरूले आफैँबिच न्याय गरिरहेका छैनौ र ? के तिमीहरू दुष्‍ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ र ?
JAM 2:5 मेरा प्रिय भाइहरू हो, सुन, के परमेश्‍वरले संसारका गरिबहरूलाई विश्‍वासमा धनी हुनको निम्ति र उहाँलाई प्रेम गर्नेहरूका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारीहरू हुनलाई चुन्‍नुभएन र ?
JAM 2:6 तर तिमीहरूले गरिबहरूलाई अनादर गरेका छौ । के तिमीहरूमाथि दमन गर्ने धनीहरू नै होइनन् र ? र तिमीहरूलाई अदालतमा तानेर लैजाने तिनीहरू नै होइनन् र ?
JAM 2:7 तिमीहरू जसका हौ, उहाँको सुनामलाई तिनीहरूले नै अपमान गर्दैनन् र ?
JAM 2:8 तथापि, यदि तिमीहरूले “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्‍ने धर्मशास्‍त्रको राजकीय व्यवस्थालाई पुरा गर्दछौ भने, तिमीहरूले असलै गर्दछौ ।
JAM 2:9 तर यदि तिमीहरूले कोही मानिसहरूप्रति भेदभाव देखायौ भने, तिमीहरूले पाप गरेका हुन्छौ, र तिमीहरू व्यवस्थाद्वारा व्यवस्थाको उल्लङ्घन गर्नेहरू भनी दोषी ठहरिन्छौ ।
JAM 2:10 किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर एउटै कुरामा मात्र ठक्‍कर खान्छ भने, त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ ।
JAM 2:11 किनभने जसले “व्यभिचार नगर” भनेर भन्‍नुभयो उहाँले “हत्या नगर” पनि भन्‍नुभयो । यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरूले व्यवस्थाको उल्लङ्घन गर्छौ ।
JAM 2:12 यसकारण, स्वतन्‍त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैँ गरी बोल र व्यवहार गर ।
JAM 2:13 किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँदछ । कृपा न्यायमाथि विजयी हुन्छ ।
JAM 2:14 मेरा भाइहरू हो, यदि कोही मानिसले उसित विश्‍वास छ भनी भन्दछ तर उसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ ? के त्यस विश्‍वासले उसलाई बचाउन सक्छ र ?
JAM 2:15 विचार गर, कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र उसको निम्ति दैनिक भोजनको अभाव छ ।
JAM 2:16 विचार गर, कि तिमीहरूमध्ये कसैले उसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिँ तिनीहरूलाई दिँदैनौ भने, त्यसबाट के लाभ भयो र ?
JAM 2:17 यसै गरी, विश्‍वासले पनि काम गर्दैन भने त्यो मरेतुल्य हुन्छ ।
JAM 2:18 तर पनि कसैले यसो भन्ला, “तिमीहरूसँग विश्‍वास छ, र मसँग कामहरू छन् ।” कामविना तिमीहरूको विश्‍वास मलाई देखाऊ र मैले मेरा कामहरूद्वारा आफ्नो विश्‍वास तिमीहरूलाई देखाउनेछु ।
JAM 2:19 परमेश्‍वर एउटै हुनुहुन्छ भनेर तिमीहरू विश्‍वास गर्दछौ; तिमीहरूले त्यो असल गर्दछौ । तर भूतात्माहरूले पनि विश्‍वास गर्दछन्, र तिनीहरू थरथर काम्छन् ।
JAM 2:20 मूर्ख मानिस हो, के तिमी यो जान्‍न चाहन्छौ, कि कामविनाको विश्‍वास व्यर्थ हुन्छ ?
JAM 2:21 जब हाम्रा पुर्खा अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे, के उनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र ?
JAM 2:22 तिमीहरू देख्दछौ, कि उनका कामहरूसँगै विश्‍वासले कार्य गर्‍यो, र कामहरूद्वारा नै उनको विश्‍वास पूर्ण भयो ।
JAM 2:23 धर्मशास्‍त्रको यस्तो भन्‍ने वचन पुरा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो ।” र उनि परमेश्‍वरको मित्र कहलिए ।
JAM 2:24 तिमीहरू देख्दछौ, कि कामद्वारा मानिस धर्मी ठहरिन्छ, विश्‍वासद्वारा मात्र होइन ।
JAM 2:25 त्यसै गरी, राहाब वेश्याले पनि गुप्‍तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिँदा, के तिनी कामद्वारा नै धर्मी ठहरिएकी होइनन् र ?
JAM 2:26 जसरी आत्मादेखि अलग हुँदा शरीर मर्दछ, त्यसै गरी कामबाट अलग हुँदा विश्‍वास पनि मर्दछ ।
JAM 3:1 मेरा भाइहरू हो, धेरै जना शिक्षक बन्‍नु हुँदैन । हामीले यो जान्‍नुपर्छ, कि हामीहरूको अझ धेरै कडा इन्साफ हुनेछ ।
JAM 3:2 किनकि हामी धेरै किसिमले ठेस खान्छौँ । यदि कोही वचनमा ठक्‍कर खाँदैन भने, ऊ पूर्ण रूपमा परिपक्‍व मानिस हो, जसले उसको सारा शरीरलाई नै नियन्‍त्रण गर्न सक्छ ।
JAM 3:3 आज्ञा पालन गराउनको निम्ति अब यदि हामीले घोडाको मुखमा लगाम लगायौँ भने, हामीले त्यसको सारा शरीरलाई नै नियन्‍त्रण गर्न सक्छौँ ।
JAM 3:4 पानी जहाजहरूलाई ख्याल गर, तिनीहरू धेरै ठुला हुन्छन् र तिनीहरू तेज बतासले चलाइँदा पनि धेरै सानो पतवारद्वारा चालकले जहाँ लैजान चाहन्छ त्यो त्यहीँ लगिन्छ ।
JAM 3:5 त्यसै गरी, जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तरै पनि त्यसले ठुला कुराहरूको शेखी गर्दछ । हेर, एउटा सानो आगोको झिल्कोले कसरी ठुलो जङ्गलमा डढेलो लगाउँछ ।
JAM 3:6 जिब्रो पनि आगो नै हो, हाम्रा शरीरका अङ्गहरूमध्ये यो अधर्मको दुनियाँ नै हो । यसले सम्पूर्ण शरीरलाई अशुद्ध तुल्याउँछ र जीवनको मार्गमा आगो लगाउँछ । नरकद्वारा यो आफैँ आगोले सल्किएको छ ।
JAM 3:7 किनकि सबै किसिमका जङ्‍गली जनावरहरू, चराचुरुङ्गीहरू, घस्रने जन्तुहरू, र समुद्रमा भएका प्राणीहरूलाई वशमा राखिएको छ र ती मानव-जातीद्वारा नै वशमा राखिएको छ ।
JAM 3:8 तर मानिसमध्ये कसैले पनि जिब्रोलाई वशमा राख्‍न सकेको छैन । यो घातक विषले भरिएको र नियन्‍त्रण गर्न नसकिने दुष्‍ट हो ।
JAM 3:9 यही जिब्रोले हामी परमप्रभु र पिताको प्रशंसा गर्छौ, र यसैले हामी परमेश्‍वरको स्वरूपमा बनाइएका मानिसहरूलाई सराप्छौँ ।
JAM 3:10 एउटै मुखबाट आशिष् र अपशब्द निक्लन्छन् । मेरा भाइहरू हो, यस्ता कुराहरू हुनुहुँदैन ।
JAM 3:11 के एउटा छहराको मुखबाट त्यसले मिठो र तितो पानी दुवै निकाल्दछ र ?
JAM 3:12 मेरा भाइहरू हो, के अन्जीरको बोटले जैतून फलाउँदछ र ? वा दाखको बोटले अन्जीर फलाउँदछ ? न त नुनिलो पानीले मिठो पानी निकाल्न सक्छ ।
JAM 3:13 तिमीहरूका माझमा बुद्धिमान् र समझदार को छ ? त्यस व्यक्‍तिले बुद्धिको नम्रतामा आफ्ना कामहरूद्वारा एउटा असल जीवन जिएर देखाओस् ।
JAM 3:14 तर यदि तिमीहरूको हृदयमा तितो ईर्ष्‍या र अभिलाषा छ भने, सत्यको विरुद्धमा शेखी नगर र झुटो नबोल ।
JAM 3:15 यो माथिबाट तल आउने विवेक होइन । बरु, यो त सांसारिक, अनात्मिक र शैतानिक हो ।
JAM 3:16 किनकि जहाँ ईर्ष्‍या र अभिलाषा हुन्छ, त्यहाँ भ्रम र हरेक किसिमको दुष्‍ट काम हुन्छ ।
JAM 3:17 तर स्वर्गबाट आउने विवेकचाहिँ सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, कमजोर नबनाउने र निष्कपट हुन्छ ।
JAM 3:18 अनि धार्मिकताको फलचाहिँ शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिएको छ ।
JAM 4:1 तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ ? के त्यो तिमीहरूका सदस्यहरूका बिचमा सङ्घर्ष ल्याउने तिमीहरूका अभिलाषाहरूबाट आउँदैन र ?
JAM 4:2 तिमीहरू इच्छा गर्दछौ, र तिमीहरूसँग हुँदैन । तिमीहरू हत्या गर्दछौ र लालच गर्दर्छौ, र तिमीहरू प्राप्‍त गर्न सक्षम हुँदैनौ । तिमीहरू लड्दछौ र झगडा गर्दछौ । तिमीहरूसँग छैन किनभने तिमीहरू माग्दैनौ ।
JAM 4:3 तिमीहरू माग्दछौ र पाउँदैनौ किनभने तिमीहरूले आफ्ना अभिलाषाको निम्ति प्रयोग गर्न सकियोस् भनेर खराब नियतले माग्दछौ ।
JAM 4:4 तिमी व्‍यभिचारीहरू हो ! संसारसितको मित्रता परमेश्‍वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन ? त्यसकारण, जसले संसारको मित्र हुने इच्छा गर्दछ, उसले आफैँलाई परमेश्‍वरको शत्रु बनाउँछ ।
JAM 4:5 वा धर्मशास्‍त्रले, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुभएको छ” भनेर व्यर्थमा भन्दछ भनी के तिमीहरू ठान्दछौ ?
JAM 4:6 तर परमेश्‍वरले अझ बढी अनुग्रह दिनुहुन्छ, यसैकारण धर्मशास्‍त्रले भन्दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ ।”
JAM 4:7 त्यसकारण, परमेश्‍वरमा आफैँलाई समर्पण गर । शैतानको विरोध गर, र त्यो तिमीहरूबाट भाग्‍नेछ ।
JAM 4:8 परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ । ए पापीहरू हो, तिमीहरूका हात सफा पार, र ए दोमनकाहरू हो, तिमीहरूका हृदय शुद्ध पार ।
JAM 4:9 दुःखी होओ; विलाप गर; र रोओ ! तिमीहरूका हाँसो दुःखमा र तिमीहरूको आनन्द निराशामा परिणत होस् ।
JAM 4:10 प्रभुको सामु तिमीहरू आफैँलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ ।
JAM 4:11 भाइहरू हो, एक अर्काको विरुद्धमा नबोल । कुनै एक जना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्‍तिले व्यवस्थाको विरुद्धमा बोल्दछ र व्यवस्थाको न्याय गर्दछ । यदि तिमीहरू व्यवस्थाको न्याय गर्दछौ भने, तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ, तर न्यायकर्ता पो हुन्छौ ।
JAM 4:12 व्यवस्था दिने र न्यायकर्ता एक जना मात्र हुनुहुन्छ । बचाउन र नाश गर्न सक्‍नुहुने उहाँ मात्र एक हुनुहुन्छ । आफ्नो छिमेकीको इन्साफ गर्ने तिमीहरू को हौ ?
JAM 4:13 अब सुन, तिमीहरू जसले, “आज वा भोलि हामी सहरभित्र प्रवेश गर्नेछौँ, र त्यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ” भनेर भन्छौ ।
JAM 4:14 भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो हुनेछ भन्‍ने कुरा कसलाई थाहा छ ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ ।
JAM 4:15 यसको साटो तिमीहरूले यस्तो भन्‍नुपर्ने हो, “यदि परमेश्‍वरले इच्छा गर्नुभयो भने, हामी जिउनेछौँ र यो वा त्यो गर्नेछौँ ।”
JAM 4:16 तर अहिले तिमीहरू आफ्ना अभिमानी योजनाहरूका विषयमा शेखी गरिरहेका छौ । यस्ता सबै शेखी खराब हुन् ।
JAM 4:17 त्यसकारण, जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने त्यो त्यसको निम्ति पाप हुन्छ ।
JAM 5:1 अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आउन लागेका कष्‍टहरूको कारण रोओ र विलाप गर ।
JAM 5:2 तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् ।
JAM 5:3 तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ । तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ । त्यसले तिमीहरूका शरीरलाई आगोले झैँ नाश पार्नेछ । तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ ।
JAM 5:4 हेर, ती खेतालाहरूको ज्याला उच्‍च सोरमा कराइरहेको छ– त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको छ ।
JAM 5:5 तिमीहरू पृथ्‍वीमा सुख विलासमा बसेका छौ र आफैँलाई तृप्‍त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्‍टपुष्‍ट पारेका छौ ।
JAM 5:6 तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन ।
JAM 5:7 त्यसकारण, भाइहरू हो, प्रभुको आगमनसम्म धैर्य धारण गर । किसानले जमिनबाट मूल्यवान् फसल पाउनलाई प्रतीक्षा गरेको हेर । त्यसले अगिल्लो र पछिल्लो वर्षा नपाएसम्म उसले त्यो धैर्यसँग प्रतीक्षा गरिरहन्छ ।
JAM 5:8 तिमीहरू पनि धैर्य धारण गर । तिमीहरूको हृदयलाई बलियो बनाओ, किनभने प्रभुको आगमन नजिकै छ ।
JAM 5:9 भाइहरू हो, तिमीहरूको इन्साफ नहोस् भनेर एक अर्काको विरुद्धमा गनगन नगर । हेर, न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ ।
JAM 5:10 भाइहरू हो, प्रभुको नाममा बोल्ने अगमवक्ताहरूको कष्‍ट र धैर्यबाट एउटा उदाहरण लेओ ।
JAM 5:11 हेर, जसले धैर्य धारण गरे हामी तिनीहरूलाई आशिषित मान्छौँ । तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ, र प्रभु कति धेरै दयालु र कृपालु हुनुहुन्छ भन्‍ने विषयमा प्रभुको उद्देश्य तिमीहरूलाई थाहा छ ।
JAM 5:12 यी सबै कुराभन्दा माथि, मेरा भाइहरू हो, स्वर्गद्वारा वा पृथ्वीद्वारा वा कुनै पनि कुराद्वारा शपथ नखाओ । बरु, तिमीहरू इन्साफमा नपर्नको निम्ति तिमीहरूको “हो” को अर्थ चाहिँ “हो” र “होइन” को अर्थ चाहिँ “होइन” नै होस् ।
JAM 5:13 के तिमीहरूका माझमा कसैले कष्‍ट भोगिरहेको छ ? उसले प्रार्थना गरोस् । के कोही आनन्दित छ ? उसले प्रशंसाको गीत गाओस् ।
JAM 5:14 के तिमीहरूका माझमा कोही बिरामी छ ? उसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, अनि उनीहरूले त्यसलाई प्रार्थना गरून् । प्रभुको नाममा उनीहरूले उसलाई तेलले अभिषेक गरून् ।
JAM 5:15 विश्‍वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले उसलाई माथि उठाउनुहुनेछ । यदि उसले पाप गरेको छ भने, परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछ ।
JAM 5:16 त्यसकारण, एक अर्कामा आफ्ना पापहरू मानिलेओ, र एक अर्काका निम्ति प्रार्थना गर, ताकि तिमीहरू निको हुन सक । धर्मी मानिसको प्रार्थना आफ्नो काममा धेरै शक्‍तिशाली हुन्छ ।
JAM 5:17 एलिया पनि हामीजस्तै मानिस थिए । पानी नपरोस् भनी उनले नम्रतापूर्वक प्रार्थना गरे, र देशमा तिन वर्ष र छ महिनासम्म पानी परेन ।
JAM 5:18 अनि एलियाले फेरि प्रार्थना गरे । आकाशले पानी दियो र पृथ्वीले त्यसको फल उब्जायो ।
JAM 5:19 मेरा भाइहरू हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट तर्किएर जान्छ, र कसैले उसलाई फर्काएर ल्याउँछ भने,
JAM 5:20 त्यस व्यक्‍तिले यो थाहा गरोस्, कि जसले कुनै पापीलाई त्यसको भड्‌किएको मार्गबाट फर्काउँछ, उसले त्यसलाई मृत्युबाट बचाउनेछ, र असङ्ख्य पापलाई ढाक्‍नेछ ।
1PE 1:1 पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई येशू ख्रीष्‍टका प्रेरित पत्रुसबाट ।
1PE 1:2 येशू ख्रीष्‍टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू । तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस् ।
1PE 1:3 परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्यको हुनुभएको होस् । उहाँको महान् दयामा मृतकहरूबाट येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा ईश्‍वरीय उत्तराधिकारको निश्‍चयतको लागि हामीलाई नयाँ जन्म दिनुभयो ।
1PE 1:4 किनकि कहिल्यै नष्‍ट नहुने ईश्‍वरीय उत्तराधिकारमा कहिल्यै दाग लाग्दैन र यो कहिल्यै बिलाएर पनि जाँदैन । यो तिमीहरूका निम्ति स्वर्गमा संरक्षित छ ।
1PE 1:5 अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्‍वासद्वारा परमेश्‍वरको शक्‍तिले सुरक्षित राखिएका छौ ।
1PE 1:6 अहिले तिमीहरूले विभिन्‍न किसिमका धेरै कष्‍टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ ।
1PE 1:7 तिमीहरूको विश्‍वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्‍वास आगोमा नष्‍ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ । येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूको विश्‍वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्‍न गरोस् भनेर यसो भएको हो ।
1PE 1:8 तिमीहरूले उहाँलाई देखेका छैनौ, तर तिमीहरू उहाँलाई प्रेम गर्छौ । तिमीहरू अहिले उहाँलाई देख्‍दैनौ, तर तिमीहरू उहाँमा विश्‍वास गर्छौ र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिमीहरू धेरै खुसी छौ ।
1PE 1:9 अहिले तिमीहरूले आफ्नै निम्ति तिमीहरूको विश्‍वासको प्रतिफल पाइरहेका छौ, जुनचाहिँ तिमीहरूका प्राणको मुक्ति हो ।
1PE 1:10 अगमवक्ताहरूले तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा यही मुक्तिको विषयमा ध्यानसित खोजतलास गरेका थिए ।
1PE 1:11 तिनीहरूले कस्तो प्रकारको मुक्ति आउँदै छ भनी खोजी गरे । तिनीहरूमा हुनुभएका ख्रीष्‍टका आत्माले कुन समयको विषयमा बोलिरहनुभएको छ भन्‍ने कुराको पनि तिनीहरूले खोजी गरे । यो कार्य त्यति बेला भइरहेको थियो जति बेला उहाँले अगाडिबाट नै तिनीहरूलाई येशू ख्रीष्‍टका कष्‍टहरू र त्यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो ।
1PE 1:12 यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि । यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ । यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन् ।
1PE 1:13 त्यसकारण, तिमीहरूका मनलाई बाँध । आफ्नो सोचाइमा संयमी होओ । येशू ख्रीष्‍ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख ।
1PE 1:14 आज्ञाकारी छोराछोरीहरू भएकाले तिमीहरूसँग अन्जान हुँदा तिमीहरूले पछ्याएका इच्छाहरूमा नचल ।
1PE 1:15 तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू पनि आ-आफ्ना जीवनका सबै व्यवहारमा पवित्र होओ ।
1PE 1:16 किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनकि म पवित्र छु ।”
1PE 1:17 जसले प्रत्येक व्‍यक्तिलाई उसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई तिमीहरू “पिता” भन्छौ भने, आफ्नो यात्राको समय आदरमा बिताओ ।
1PE 1:18 तिमीहरूलाई थाहा छ, कि तिमीहरूले तिमीहरूका सांसारिक पिताहरूबाट सिकेका मूर्ख बानीहरूबाट नष्‍ट भएर जाने चाँदी वा सुनबाट छुटकारा पाएका होइनौ ।
1PE 1:19 तर तिमीहरूले येशू ख्रीष्‍टको आदरयोग्य रगतद्वारा छुटकारा पाएका छौ, जो दोषरहित र दागरहित थुमा हुनुहुन्छ ।
1PE 1:20 येशू संसारको जग बसालिनुभन्दा पहिले नै छानिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभएको छ ।
1PE 1:21 तिमीहरू उहाँद्वारा परमेश्‍वरमा विश्‍वास गर्छौ, जसलाई तिमीहरूका विश्‍वास र आशा परमेश्‍वरमा रहून् भनेर परमेश्‍वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो ।
1PE 1:22 सत्यताको आज्ञाकारिताद्वारा निष्कपट भातृ-प्रेमको निम्ति तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ । त्यसैले, आफ्नो हृदयबाट एक-अर्कालाई प्रेम गर ।
1PE 1:23 तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्‍वरको वचनको अविनाशी वीर्यबाट ।
1PE 1:24 किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका फुलजस्तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ ।”
1PE 1:25 तर परमेश्‍वरको वचन सदासर्वदा रहिरहन्छ । सुसमाचारको रूपमा यही सन्देशलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो ।
1PE 2:1 त्यसकारण सबै दुष्‍ट्याइँ, छल, पाखण्डीपन, डाहा र बदख्वाइँलाई टाढै राख ।
1PE 2:2 नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक,
1PE 2:3 यदि प्रभु भला हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ भने,
1PE 2:4 उहाँमा आओ, जो मानिसहरूद्वारा इन्कार गरिनुभएका जीवित पत्थर हुनुहुन्छ, तर त्यही पत्थर नै परमेश्‍वरबाट चुनिएको छ र उहाँका निम्ति बहुमूल्य पत्थर हुनुभएको छ ।
1PE 2:5 तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पुजारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ ।
1PE 2:6 धर्मशास्‍त्रले भन्दछ, “हेर म सियोनमा एउटा कुने-ढुङ्गो बसाल्नेछु, जुन मुख्य, चुनिएको र बहुमूल्य हुनेछ । जसले उहाँमाथि विश्‍वास गर्छ, त्यो शर्ममा पर्नेछैन ।”
1PE 2:7 त्यसैले, तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूको निम्ति आदर छ । तर, “त्यो ढुङ्गो जसलाई निर्माणकर्ताहरूले इन्कार गरे त्यो नै कुनाको शिर-ढुङ्गा भयो ।”
1PE 2:8 र “एउटा ठक्‍कर लाग्‍ने ढुङ्गा र एउटा ठक्‍कर लाग्‍ने चट्टान ।” वचन उल्लङ्घन गरेको कारण तिनीहरू ठक्‍कर खान्छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए ।
1PE 2:9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्‍चर्यकर्महरूको घोषणा गर्न सक ।
1PE 2:10 तिमीहरू एक समय परमेश्‍वरका थिएनौ, तर अब परमेश्‍वरका प्रजाहरू हौ । तिमीहरूले कृपा पाएका थिएनौ, अहिले परमेश्‍वरको कृपा पाएका छौ ।
1PE 2:11 हेर, तिमीहरूका आत्माको विरुद्धमा लडाइँ गर्ने पापमय इच्छाबाट टाढा रहनको निम्ति परदेशीहरू र प्रवासीहरूलाई झैँ म तिमीहरूलाई बोलाउँछु ।
1PE 2:12 अरू जातिहरूका बिचमा तिमीहरूको व्यवहार असल होस् ताकि तिमीहरूले दुष्‍ट काम गरेका छौ भनेर तिनीहरूले भने तापनि तिमीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्‍वरको प्रशंसा गरून् ।
1PE 2:13 प्रभुको खातिर सबै मानवीय अधिकारलाई स्वीकार गर चाहे ती सर्वोच्‍च राजा हुन्,
1PE 2:14 या शासकहरू जो नराम्रो काम गर्नेहरूलाई सजाय दिन र असल काम गर्नेहरूको प्रशंसा गर्न उत्साह दिन पठाइएका हुन् ।
1PE 2:15 किनकि परमेश्‍वरको इच्छा यही हो कि असल काम गरेर तिमीहरूले मूर्ख मानिसहरूका अज्ञानतालाई चुप लगाउनुपर्छ ।
1PE 2:16 स्वतन्त्र मानिसहरूझैँ तिमीहरूको स्वतन्‍त्रता दुष्‍टतालाई ढाक्‍नको निम्ति प्रयोग नगर, तर परमेश्‍वरका दासहरूजस्तै बन ।
1PE 2:17 सबै मानिसको आदर गर । भातृत्वलाई प्रेम गर । परमेश्‍वरको भय मान । राजाको आदर गर ।
1PE 2:18 कमारा हो, सम्पूर्ण आदरसाथ आफ्नो मालिकको अधीनमा बस; असल र भला मालिकहरूसँग मात्र होइन, तर दुष्‍टहरूसँग पनि ।
1PE 2:19 किनकि कोही व्यक्‍तिको विवेक परमेश्‍वरप्रति भएको कारण उसले असल काम गरे पनि कष्‍ट सहन्छ भने त्यो परमेश्‍वरमा प्रशंसनीय कुरो हो ।
1PE 2:20 यदि तिमीले पाप गरेर सहन्छौ भने त्यो कुन ठुलो कुरा भयो र ? तर यदि तिमीले असल गरेर पनि सहन्छौ भने त्यो परमेश्‍वरमा प्रशंसनीय हुनेछ ।
1PE 2:21 यसैको निम्ति तिमीहरू बोलाइएका थियौ, किनकि तिमीहरूले उहाँका पाइला पछ्याओ भनेर ख्रीष्‍टले पनि दुःख भोग्‍नुभयो र तिमीहरूका निम्ति उदाहरण छोड्नुभयो ।
1PE 2:22 उहाँले कुनै पाप गर्नुभएन, न उहाँका मुखमा कुनै छलको कुरो पाइयो ।
1PE 2:23 उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन । उहाँले दुःख भोग्‍नुहुँदा पनि आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ सुम्पिनुभयो ।
1PE 2:24 हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो । उहाँका चोटले तिमीहरू निको भएका छौ ।
1PE 2:25 तिमीहरू सबै हराएका भेडाझैँ भौतारिँदै थियौ, तर अब तिमीहरू आत्माका गोठालो र संरक्षककहाँ फर्किएका छौ ।
1PE 3:1 यसरी नै पत्‍नीहरू हो, तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो, ताकि यदि कोही वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्‍नीहरूको आचरणको कारण तिनीहरूलाई वचनैविना जित्‍न सकिन्छ ।
1PE 3:2 किनकि तिनीहरूले तिमीहरूका शुद्ध आचरणलाई आफ्नो सम्मानको रूपमा देख्‍नेछन् ।
1PE 3:3 यसको लागि केशको शृङ्गार, सुनका गरगहनाहरू, शृङ्गारका वस्‍त्रहरूजस्ता बाहिरी सजावट नगर ।
1PE 3:4 तर तिमीहरूका भित्री हृदयबाट र सदैव रहने भलो र शान्त आत्माद्वारा परमेश्‍वरको दृष्‍टिमा अनमोल हुने किसिमले यसो गर ।
1PE 3:5 किनकि पहिलेका पवित्र स्‍त्रीहरूले यसरी नै आफ्नो शृङ्गार गर्थे । तिनीहरूले परमेश्‍वरमा आशा राख्थे र आफ्ना पतिहरूका अधीनमा बस्दथे ।
1PE 3:6 यसरी नै सारा अब्राहामप्रति आज्ञाकारी हुन्थिन् र तिनलाई “स्वामी” भनेर बोलाउँथिन् । अब यदि तिमीहरूले जे असल छ त्यही गर्‍यौ र समस्याहरूसँग डराएनौ भने तिमीहरू तिनकै छोरीहरू ठहरिन्छौ ।
1PE 3:7 त्यसरी नै पतिहरू हो, आफ्ना पत्‍नीहरूलाई अबला र जीवनका वरदानहरू प्राप्‍त गर्ने साझेदार सम्झी तिनीहरूसँग बस । तिमीहरूका प्रार्थनामा अवरोध नहोस् भनेर यसो गर ।
1PE 3:8 अन्त्यमा तिमीहरू सबै एकै मनका, दयावान्, भातृत्वलाई प्रेम गर्ने, कोमल हृदयका र नम्र होओ ।
1PE 3:9 खराबीको बदला खराबी र अपमानको बदला अपमान नगर । तर त्यसको विपरीत निरन्तर आशीर्वाद देओ किनकि आशिष्‌मा सहभागी हुन सक भनेर तिमीहरू यसैको निम्ति बोलाइएका हौ ।
1PE 3:10 “जसले आफ्नो जीवनलाई प्रेम गर्न चाहन्छ र असल दिनहरू देख्‍ने इच्छा गर्दछ उसले आफ्नो जिब्रोलाई खराबबाट र उसको ओठलाई छल कुरा गर्नबाट रोकोस् ।
1PE 3:11 ऊ खराब कुराहरूबाट फर्की जे असल छ त्यही गरोस् । उसले शान्तिको खोजी गरोस् र त्यसैमा लागिरहोस् ।
1PE 3:12 परमेश्‍वरका आँखाले धर्मी जनलाई देख्छन्; उहाँका कानले तिनीहरूका निवेदनहरू सुन्छन् । तर परमेश्‍वरको मुहार खराबी गर्नेहरूको विरुद्धमा हुन्छ ।”
1PE 3:13 तिमीहरूले असल गर्ने चाहना गर्दा तिमीहरूलाई कसले खराबी गर्छ ?
1PE 3:14 तर यदि तिमीहरू धार्मिकताको लागि सताइन्‍छौ भने तिमी आशिषित् हुनेछौ । तिनीहरू डराउने कुरादेखि तिमीहरू नडराओ । हतास नहोओ ।
1PE 3:15 बरु, प्रभु येशूलाई पवित्र मानेर तिमीहरूका हृदयमा राख । तिमीहरू किन परमेश्‍वरमा आशा राख्छौ भनेर कसैले सोधेमा त्यसको जवाफ दिन सधैँ तयार बस ? यो काम नम्रता र आदरपूर्वक गर ।
1PE 3:16 असल विवेक कायम राख ताकि ख्रीष्‍टमा तिमीहरूका असल जीवनको निन्दा गर्न खोज्‍नेहरू लाजमा परून्, किनकि तिनीहरूले दुष्‍ट मानिसहरूको रूपमा तिमीहरूको विरुद्धमा कुरा गरिरहेका छन् ।
1PE 3:17 परमेश्‍वरले इच्छा गर्नुभयो भने तिमीहरूले खराब काम गरेर दुःख भोग्‍नुभन्दा असल काम गरेर दुःख भोग्‍नु असल हुन्छ ।
1PE 3:18 ख्रीष्‍टले पनि पापका निम्ति एक पटक दुःख भोग्‍नुभयो । धर्मी भएर पनि उहाँले हामीलाई परमेश्‍वरमा ल्याउनको निम्ति हामी अधर्मीहरूका लागि दुःख भोग्‍नुभयो । उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो, तर उहाँ आत्मामा जीवित पारिनुभयो ।
1PE 3:19 उहाँ आत्मामा जानुभयो र कैदमा परेका आत्माहरूलाई प्रचार गर्नुभयो ।
1PE 3:20 नोआको समयमा जहाज बनाइँदा परमेश्‍वरले धैर्य गरेर पर्खिरहेको बेला तिनीहरू आज्ञाकारी भएनन्, र परमेश्‍वरले पानीबाट आठ जना आत्मा बचाउनुभयो ।
1PE 3:21 यो अहिले तिमीहरूलाई बचाउने बप्‍तिस्माको एउटा सङ्केत हो जुनचाहिँ शरीरको फोहोर सफा गरेजस्तो नभई येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा परमेश्‍वरमा असल विवेकको निवेदनको रूपमा हो ।
1PE 3:22 उहाँ परमेश्‍वरको दाहिने हातपट्टि हुनुहुन्छ । उहाँ स्वर्गमा जानुभयो । स्वर्गदूतहरू, अधिकारहरू र शक्‍तिहरू सबै उहाँमा झुक्‍नुपर्छ ।
1PE 4:1 यसैकारण, जसरी ख्रीष्‍टले शरीरमा कष्‍ट भोग्‍नुभयो, तिमीहरूले पनि त्यस्तै उद्देश्य धारण गर । जसले शरीरमा कष्‍ट भोगेको छ उसले पाप गर्न छोडेको हुन्छ ।
1PE 4:2 यो व्यक्‍तिले अब उसो मानवीय अभिलाषामा होइन, तर आफ्नो बाँकी जीवन परमेश्‍वरको इच्छाको निम्ति जिउँछ ।
1PE 4:3 किनकि अन्यजातिले इच्छा गरेजस्तो कामुकता, कुवासना, मद्यपान, मोजमज्‍जा, पियक्‍कडपन, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरूमा धेरै समय खर्च भइसकेको छ ।
1PE 4:4 तिमीहरू यी कुरामा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन् । त्यसैले, तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन् ।
1PE 4:5 तिनीहरूले जीवित र मरेकाहरूको न्याय गर्न तयार हुनुहुनेलाई लेखा दिनेछन् ।
1PE 4:6 त्यसैले, मरिसकेकाहरूलाई यो वचन प्रचारिएको थियो । शरीरमा मानिसको रूपमा तिनीहरूको न्याय गरिएको भए तापनि आत्मामा तिनीहरू परमेश्‍वरअनुसार जिऊन् ।
1PE 4:7 सबै कुराको अन्त्य आउँदै छ । त्यसैले, आफ्नो मन ठिक ठाउँमा लगाओ र तिमीहरूका प्रार्थनाको खातिर आफ्नो विचारमा सचेत रहो ।
1PE 4:8 सबै कुराभन्दा बढी एक-अर्कालाई उत्कट प्रेम गर, किनकि प्रेमले एक-अर्काको दोष पत्ता लगाउँदैन ।
1PE 4:9 गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर,
1PE 4:10 जसरी तिमीहरू हरेकले वरदान पाएका छौ । परमेश्‍वरले दिनुभएका सित्तैँका वरदानहरू उहाँको असल भण्डारेजस्तै एक-अर्काको सेवाको लागि प्रयोग गर ।
1PE 4:11 यदि कोही बोल्‍छ भने उसले परमेश्‍वरको मुखबाट निस्केको कुरा बोलोस्; यदि कसैले सेवा गर्छ भने उसले परमेश्‍वरले दिनुहुने शक्‍तिमा गरोस्, ताकि सबै कुरामा ख्रीष्‍टद्वारा परमेश्‍वर महिमित हुनुभएको होस् । महिमा र शक्‍ति सदासर्वदा उहाँकै हुन् । आमेन ।
1PE 4:12 प्रिय हो, तिमीहरूलाई जाँच गर्नको निम्ति कुनै अग्‍निमय परीक्षा आइपरेमा त्यसलाई अनौठो नसम्झ ।
1PE 4:13 तर जति तिमीहरू ख्रीष्‍टको दुःख भोग्‍छौ, त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्द मनाउन सक्‍नेछौँ ।
1PE 4:14 तिमीहरू ख्रीष्‍टको नाउँको कारण अपमानित भयौ भने तिमीहरू धन्यका हौ, किनकि महिमाका आत्मा र परमेश्‍वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ ।
1PE 4:15 तर तिमीहरू कसैले पनि हत्यारा, चोर, खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्‍तिको रूपमा दुःख भोग्‍नु नपरोस् ।
1PE 4:16 तरै पनि ख्रीष्‍टियान भएको कारणले कसैले पीडा भोग्छ भने उसले लाज नमानोस्, तर त्यही नाममा परमेश्‍वरको महिमा गरोस् ।
1PE 4:17 किनकि यो परमेश्‍वरको परिवारबाट न्याय सुरु हुने समय हो । अनि यदि न्याय हामीबाट सुरु हुन्छ भने, परमेश्‍वरको वचन नमान्‍नेको अवस्था कस्तो होला ?
1PE 4:18 अनि “धर्मी जनको उद्धारचाहिँ उसको कठिनाइले हुन्छ भने, अधर्मी र पापीको अवस्था के होला ?”
1PE 4:19 त्यसैले परमेश्‍वरको इच्छामा दुःख भोग्‍नेहरूले असल काम गर्दै आफ्नो आत्मा सृष्‍टिकर्तालाई सुम्पून् ।
1PE 5:1 सङ्गी-एल्डर र ख्रीष्‍टका कष्‍ट अनि प्रकट हुने महिमामा सहभागी भएको व्यक्‍तिको हैसियतले म तिमीहरूका माझमा भएका एल्डरहरूलाई आग्रह गर्दछु ।
1PE 5:2 त्यसकारण, म एल्डरहरूलाई आग्रह गर्दछु, तिमीहरूका माझमा भएका परमेश्‍वरको बगालको हेरचाह गर, करले होइन तर तिमीहरूका आफ्नै र परमेश्‍वरको इच्छाअनुसार । बेइमानीपूर्वक कमाइने पैसाको लागि होइन, तर स्वेच्छाले ।
1PE 5:3 तिमीहरूको हेरचाहमा रहेका मानिसहरूमाथि मालिकजस्तो व्यवहार नगर, तर बगालको लागि उदाहरण बन ।
1PE 5:4 मुख्य गोठालो प्रकट हुनुहुँदा तिमीहरूले कहिल्यै नाश नहुने महिमित मुकुट पाउनेछौ ।
1PE 5:5 त्यसै गरी, तिमी युवकहरू वृद्धहरूको अधीनमा बस । तिमीहरू सबैले विनम्रताको वस्‍त्र धारण गर र एक-अर्काको सेवा गर किनकि परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ ।
1PE 5:6 त्यसकारण, आफैँलाई उहाँको शक्‍तिशाली बाहुलीमुनि नम्र तुल्याओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुभएको होस् ।
1PE 5:7 तिम्रा सबै चिन्ता-फिक्री उहाँमा सुम्पिदेओ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ ।
1PE 5:8 सचेत र जागा रहो । तिमीहरूको शत्रु दियाबलस कसैलाई भेटेर निल्नको निम्ति गर्जने सिंहझैँ खोजिरहेको छ ।
1PE 5:9 त्यसको विरुद्धमा खडा होओ । तिमीहरूको विश्‍वासमा दह्रिलो बन । यो जान कि संसारमा भएका तिमीहरूका भाइहरूले पनि यस्तै कष्‍टहरू भोगिरहेका छन् ।
1PE 5:10 तिमीहरूको केही समयको कष्‍टपछि तिमीहरूलाई ख्रीष्‍टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्‍वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ ।
1PE 5:11 सबै शक्‍ति सदा सर्वदा उहाँकै होस् । आमेन ।
1PE 5:12 म सिलासलाई विश्‍वासयोग्य भाइको रूपमा लिन्छु र तिनीबाट मैले तिमीहरूलाई केही कुरा छोटकरीमा लेखेको छु । म तिमीहरूलाई आग्रह गर्छु र तिमीहरूलाई साक्षी दिन्छु कि मैले लेखेको कुरा परमेश्‍वरको साँचो अनुग्रह हो । त्यसमा खडा होओ ।
1PE 5:13 तिमीहरूसँगै चुनिएकी बेबिलोनमा भएकीले र मेरो छोरो मर्कूसले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
1PE 5:14 प्रेमको पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गर । ख्रीष्‍ट येशूमा हुने तिमीहरू सबैलाई शान्ति होस् ।
2PE 1:1 येशू ख्रीष्‍टका दास र प्रेरित सिमोन पत्रुसबाट, हाम्रा परमेश्‍वरको धार्मिकता र मुक्तिदाता येशू ख्रीष्‍टमा हाम्रो जस्तै मूल्यवान् विश्‍वास प्राप्‍त गरेकाहरूलाई ।
2PE 1:2 तिमीहरूलाई अनुग्रह होस्; हाम्रा परमेश्‍वर र येशू ख्रीष्‍टको ज्ञानद्वारा तिमीहरूमा शान्ति प्रशस्त हुँदै जाओस् ।
2PE 1:3 आफ्नै महिमा र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्‍वरको ज्ञानद्वारा हामीलाई ईश्‍वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको छ ।
2PE 1:4 यी कुराहरूद्वारा उहाँले हामीलाई बहुमूल्य र महान् प्रतिज्ञाहरू दिनुभएको छ । तिमीहरू संसारका कुइच्छाबाट आउने भ्रष्‍टताबाट उम्केर ईश्‍वरीय स्वभावमा सहभागी हुन सक भनेर उहाँले यस्तो गर्नुभयो ।
2PE 1:5 यसैकारण, तिमीहरूको विश्‍वासद्वारा सद्गुण, सद्गुणद्वारा ज्ञान थप्‍न सक्दो प्रयत्‍न गर ।
2PE 1:6 तिमीहरूको ज्ञानद्वारा आत्मसंयम र आत्मसंयमद्वारा सहनशीलता अनि सहनशीलताद्वारा ईश्‍वरभक्ति ।
2PE 1:7 तिमीहरूको ईश्‍वरभक्तिद्वारा भातृ-स्‍नेह, र भातृ-स्‍नेहद्वारा प्रेम ।
2PE 1:8 यदि यी कुरा तिमीहरूमा छन्, र तिमीहरूमा प्रशस्त हुँदै जान्छन् भने प्रभु येशू ख्रीष्‍टको ज्ञानमा तिमीहरू बाँझो वा निष्फल हुनेछैनौ ।
2PE 1:9 तर जोसँग यी कुराको घटी छ र नजिकको वस्तु मात्र देख्छ भने, ऊ अन्धो हो । उसले पुरानो पापबाट धोइएको कुरालाई बिर्सेको हुन्छ ।
2PE 1:10 त्यसकारण भाइ हो, आफ्नो बोलावट र चुनाउ निश्‍चित गर्नको लागि सक्दो प्रयास गर । तिमीहरूले त्यो गर्‍यौ भने, तिमीहरू लोट्नेछैनौ ।
2PE 1:11 त्यसकारण, हाम्रा प्रभु येशू ख्रीष्‍टको अनन्त राज्यमा प्रवेशको निम्ति तिमीहरूले प्रशस्त अनुमति पाउनेछौ ।
2PE 1:12 यसैले, तिमीहरूलाई यी कुराहरू थाहा भएर अहिले तिमीहरू यो सत्यतामा बलियो भए तापनि म तिमीहरूलाई यी कुराहरू सम्झाउन सधैँ तयार छु ।
2PE 1:13 जबसम्म म यो शरीररूपी पालमा छु तिमीहरूलाई जागा राख्‍नु र यी कुराहरूको बारेमा तिमीहरूलाई सम्झाउनु मेरो निम्ति असल हुन्छ भन्‍ने मलाई लाग्छ ।
2PE 1:14 किनकि मैले यो पाललाई चाँडै त्याग्दै छु भन्‍ने मलाई थाहा छ जुन कुरा हाम्रा प्रभु येशू ख्रीष्‍टले यो मलाई देखाउनुभएको छ ।
2PE 1:15 मेरो प्रस्थानपछि पनि तिमीहरूले यी कुराहरू सधैँ सम्झन सक भनेर म सक्दो प्रयास गर्नेछु ।
2PE 1:16 किनकि हामीले येशू ख्रीष्‍टको शक्‍ति र आगमनको बारेमा तिमीहरूलाई बताउँदा धूर्ततासँग रचिएका दन्त्यकथाहरूलाई पछ्याएनौँ, तर हामी उहाँको वैभवको प्रत्यक्ष साक्षी थियौँ ।
2PE 1:17 उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा प्राप्‍त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, जोसित म धेरै खुसी छु ।”
2PE 1:18 हामी उहाँसित पवित्र डाँडामा हुँदा हामीले स्वर्गबाट आएको त्यो आवाज सुन्यौँ ।
2PE 1:19 हामीसँग भएको अगमवाणीको वचन अझ निश्‍चित भएको छ, जसलाई तिमीहरू पालना गर्न उत्तम प्रयास गर्छौ । यो उज्यालो नहुञ्‍जेल र तिमीहरूका हृदयमा बिहानको तारा नआउञ्‍जेल अन्धकारमा चम्कने बत्तीजस्तै छ ।
2PE 1:20 तिमीहरूले पहिले यो जान कि लेखिएको भविष्यवाणी अगमवक्ताको आफ्नै तर्कबाट आउँदैन ।
2PE 1:21 किनकि कुनै पनि अगमवाणी मानिसहरूको इच्छाबाट आएन, तर परमेश्‍वरको तर्फबाट बोल्ने पवित्र आत्माद्वारा डोर्‍याइएका मानिसहरूबाट आयो ।
2PE 2:1 इस्राएलीहरूकहाँ झुटा अगमवक्ताहरू आए, अनि तिमीहरूकहाँ पनि झुटा शिक्षकहरू आउनेछन् । तिनीहरूले आफूसँग गोप्य रूपमा विनाशसकारी झुटा शिक्षाहरू ल्याउनेछन् र तिनीहरूलाई उद्धार गर्नुहुने गुरुलाई पनि इन्कार गर्नेछन् । तिनीहरूले आफूमाथि चाँडै विनाश ल्याउनेछन् ।
2PE 2:2 धेरैले तिनीहरूको विलासी आचरणको अनुसरण गर्नेछन् र तिनीहरूद्वारा सत्यताको मार्ग निन्दित हुनेछ ।
2PE 2:3 लोभको कारण तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूबाट फाइदा उठाउनेछन् । तिनीहरूको विरुद्धमा श्राप आउन लामो समय लाग्दैन । तिनीहरूको विनाश निष्क्रिय छैन ।
2PE 2:4 किनकि परमेश्‍वरले पाप गर्ने स्वर्गदूतहरूलाई त छोड्नुभएन । बरु, तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो र इन्साफ नहुन्जेलसम्म साङ्लाले बाँधेर घोर अन्धकारमा राखिदिनुभयो ।
2PE 2:5 अनि उहाँले प्राचीन संसारलाई पनि बाँकी राख्‍नुभएन । बरु, धार्मिकताका दूत नोआ र अरू सात जनालाई बचाउनुभयो र जल प्रलयद्वारा अधर्मी संसारको विनाश गर्नुभयो ।
2PE 2:6 अनि अधर्मीहरूमाथि के आइपर्नेछ भन्‍ने कुराको उदाहरणको निम्ति परमेश्‍वरले सदोम र गमोरा सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो र तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो ।
2PE 2:7 तर उहाँले त्यसो गर्दा धर्मी लोतलाई बचाउनुभयो, जो अराजक र घिनलाग्दा मानिसहरूको व्यवहारको कारण निकै दुःखी थिए ।
2PE 2:8 किनकि तिनीहरूसँग दिनदिनै बस्दा, तिनीहरूका बिचमा देखेका र सुनेका कुराहरूको कारण ती धर्मी मानिस आत्मामा व्याकुल भएका थिए ।
2PE 2:9 त्यसैले, धर्मीहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ र अधर्मीहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्‍नुपर्छ भन्‍ने उहाँ जान्‍नुहुन्छ ।
2PE 2:10 यो विशेष गरी शरीरका भ्रष्‍ट इच्छाहरूमा जिउने र अधिकारलाई तुच्छ ठान्‍नेहरूको निम्ति हो । तिनीहरू हठी र स्वेच्छाचारी थिए । तिनीहरू महिमितहरूको निन्दा गर्न डराउँदैनन् ।
2PE 2:11 स्वर्गदूतहरूसँग मानिसहरूसित भन्दा धेरै शक्‍ति र दक्षता छ, तर उनीहरूले प्रभुको अगाडि तिनीहरूको विरुद्धमा निन्दापूर्ण न्याय ल्याउँदैनन् ।
2PE 2:12 तर यी अज्ञानी पशुहरू स्वाभाविक रूपमा नाश र नियन्त्रणको निम्ति बनाइएका हुन् । तिनीहरूले जे कुराको निन्दा गर्छन् त्यो जान्दैनन् । तिनीहरू नष्‍ट पारिनेछन् ।
2PE 2:13 आफैँले गरेका गलत कामहरूका परिणामले तिनीहरूलाई क्षति पुर्‍याउनेछ । तिनीहरू दिनमा आनन्दित रहन्छन् । तिनीहरू धब्बा र दागहरू हुन् । तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना छलमा आनन्द मनाउँछन् ।
2PE 2:14 तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् । तिनीहरूले अस्थिर मनलाई नराम्रो काममा लोभ्याउँछन्; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् र तिनीहरू श्रापित सन्तान हुन् ।
2PE 2:15 तिनीहरूले सही मार्गलाई त्यागेका छन् । तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लाग्छन् ।
2PE 2:16 तर त्यसले आफ्नै अपराधको निम्ति हप्की पायो । एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर अगमवक्ताको पागलपनलाई रोकिदियो ।
2PE 2:17 यी मानिसहरू मूलविनाको पानीजस्ता छन् । तिनीहरू आँधीले उडाई लैजाने बादलजस्ता छन् । तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको छ ।
2PE 2:18 तिनीहरू खोक्रो अहङ्कारसाथ बोल्छन् । तिनीहरू शारीरिक वासनाद्वारा मानिसहरूलाई प्रलोभनमा पार्छन् । खराबी गर्नेहरूदेखि भाग्‍न खोज्‍नेहरूलाई तिनीहरू प्रलोभनमा पार्छन् ।
2PE 2:19 उनीहरूले तिनीहरूलाई छुटकारा दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफैँ भ्रष्‍टताका दास हुन् । किनकि मान्छेलाई जुन कुराले जित्छ, ऊ त्यसैको दास बन्छ ।
2PE 2:20 यदि कसैले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर यस संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि पनि फेरि त्यहीँ फर्कन्छ भने त्यसको अवस्था पहिलेको भन्दा खराब हुन्छ ।
2PE 2:21 धार्मिकताको मार्गलाई जानेर तिनीहरूलाई दिइएको पवित्र आज्ञाहरूबाट फर्कनुभन्दा त तिनीहरूले धार्मिकताको मार्ग नै नजानेको भए असल हुने थियो ।
2PE 2:22 तिनीहरूका निम्ति यो उखान सत्य छः “कुकुर आफ्नै बान्तामा फर्किन्छ । नुहाइदिएको सुँगुर हिलैमा फर्किन्छ ।”
2PE 3:1 प्रिय हो, तिमीहरूका निष्कपट मनलाई उत्साहित तुल्याउन म यो दोस्रो पत्र लेख्दै छु,
2PE 3:2 ताकि तिमीहरूले पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताका आज्ञाहरूको याद गर्न सक ।
2PE 3:3 पहिले यो कुरा जान कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू तिमीहरूलाई गिल्ला गर्दै र आफ्नै इच्छामा हिँड्दै आउनेछन् ।
2PE 3:4 अनि यसो भन्दै आउनेछन्, “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो ? हाम्रा पुर्खाहरू बितेर गए, तर सृष्‍टिको सुरुदेखि नै सबै चिज उस्तै छन् ।” s5
2PE 3:5 धेरै वर्षअगि वचनद्वारा नै स्वर्ग र पृथ्वी पानीबाट बनाइएका थिए भन्‍ने कुरा तिनीहरू स्वेच्छाले बिर्सन्छन् ।
2PE 3:6 अनि त्यस बेलाको पृथ्वी उहाँको वचन र जल प्रलयद्वारा नष्‍ट भयो
2PE 3:7 अनि स्वर्ग र पृथ्वी आगोको न्यायको निम्ति र दुष्‍टहरूको विनाशको लागि त्यही वचनद्वारा सुरक्षित राखिएको छ ।
2PE 3:8 प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैँ हुन्छ ।
2PE 3:9 अरूले सोचेजस्तै परमेश्‍वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्‍न, तर तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ । उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्‍ने चाहनुहुन्‍न, तर उहाँले सबैलाई पश्‍चात्ताप गर्ने समय दिने चाहना गर्नुहुन्छ ।
2PE 3:10 तर परमेश्‍वरको समय चोरजस्तै गरी आउनेछ । ठुलो आवाजसहित आकाश बितेर जानेछ । आगोले तत्त्वहरू पगाल्नेछ र पृथ्वी अनि यसमा भएका कामहरू प्रकट हुनेछन् ।
2PE 3:11 सबै कुरा यसरी नै नाश गरिनेछन् भने तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो ? तिमीहरूले पवित्र र धर्मी जीवन जिउनुपर्छ ।
2PE 3:12 तिमीहरूले व्यग्रतासाथ परमेश्‍वरको आगमनको लागि आशा गर्नुपर्छ । त्यस दिन आकाशहरू आगोद्वारा नष्‍ट गरिनेछ र तत्त्वहरूलाई प्रचण्ड तापले पगाल्नेछन् ।
2PE 3:13 तर उहाँको प्रतिज्ञाअनुसार हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको पर्खाइमा छौँ, जहाँ धार्मिकताले बास गर्छ ।
2PE 3:14 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू गरेका हुनाले दागरहित र खोटरहित अनि उहाँको शान्तिमा हुनको निम्ति सक्दो प्रयास गर ।
2PE 3:15 र हाम्रा प्रभुको धैर्यलाई मुक्ति ठान, जसरी हाम्रा प्रिय भाइ पावलले उनलाई दिइएको ज्ञानद्वारा तिमीहरूलाई लेखेका छन् ।
2PE 3:16 पावलले उनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा उल्लेख गरेका छन्, जहाँ बुझ्न कठिन हुने कुराहरू पनि छन् । अनुशासनहीन र अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्ग्‍याउँछन् जसरी तिनीहरूले धर्मशास्‍त्रका अरू वचनहरूलाई बङ्ग्याउँदै आफ्नो विनाश निम्त्याउँछन् ।
2PE 3:17 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू जानेको हुनाले आफैँलाई सुरक्षित राख ताकि व्‍यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्‍वासयोग्यतालाई नगुमाओ ।
2PE 3:18 तर हाम्रा प्रभु र मुक्तिदाता येशूको अनुग्रह र ज्ञानमा बढेर जाओ । उहाँलाई अहिले र सदासर्वदा महिमा होस् ! आमेन ।
1JO 1:1 सुरुदेखि नै हुनुभएको जीवनको वचनको बारेमा, जुन हामीले सुनेका छौँ, हाम्रा आफ्नै आँखाले देखेका छौँ, हामीले विचार गरेका छौँ र हाम्रा आफ्नै हातहरूले छोएका छन्
1JO 1:2 (अनि जीवन प्रकट गरियो र हामीले देखेका छौँ, गवाही दिन्छौँ, अनि तिमीहरूलाई अनन्त जीवन घोषणा गर्छौं जुन पितासँग थियो, र हामीलाई प्रकट गरिएको थियो);
1JO 1:3 जुन हामीले देखेका र सुनेका छौँ, हामी तिमीहरूलाई पनि घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस् । हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशू ख्रीष्‍टसँग हुन्छ ।
1JO 1:4 र तिमीहरूको आनन्‍द पुरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्छौँ ।
1JO 1:5 हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्छौं, कि परमेश्‍वर ज्योति हुनुहुन्छ र उहाँमा कुनै अन्धकार छैन ।
1JO 1:6 हामीले उहाँसँग सगङ्‌ति गर्छौं भनी भन्‍छौँ र अन्धकारमा हिँड्छौँ भने, हामी झुट बोल्छौँ र सत्य व्यवहार गर्दैनौँ ।
1JO 1:7 तर उहाँ ज्योतिमा हुनुभएझैँ हामी ज्योतिमा हिँड्छौँ भने, हामी एक अर्कासँग सङ्‌गति गर्छौं, र उहाँका पुत्र येशू ख्रीष्‍टको रगतले हामीलाई हाम्रा सबै पापबाट शुद्ध पार्छ ।
1JO 1:8 यदि हामीले हामीसँग पाप छैन भन्‍छौँ भने, हामीले आफैँलाई धोका दिन्छौँ, र हामीसँग सत्य हुँदैन ।
1JO 1:9 तर यदि हामीले आफ्ना पापहरू स्वीकार‍ गर्छौं भने उहाँ हामीलाई हाम्रा पापहरू क्षमा गर्न र सबै अधर्मबाट हामीलाई शुद्ध पार्न विश्‍वासयोग्य र धर्मी हुनुहुन्छ ।
1JO 1:10 यदि हामीले पाप गरेका छैनौँ भन्छौँ भने हामीले उहाँलाई झुटा तुल्‍याउँछौँ, र उहाँको वचन हामीमा हुँदैन ।
1JO 2:1 मेरा प्रिय बालकहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्‍छु । तर यदि कसैले पाप गर्छ भने हाम्रो निम्‍ति पितासँग वकालत गर्ने एक जना अर्थात् धर्मी येशू ख्रीष्‍ट हुनुहुन्छ ।
1JO 2:2 उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्‍चित्त हुनुहुन्छ, र हाम्रो लागि मात्र होइन, तर सारा संसारको लागि पनि हो ।
1JO 2:3 यदि हामीले उहाँको आज्ञा पालन गर्छौं भने यसैद्वारा हामी जान्दछौँ कि हामी उहाँलाई चिन्‍छौँ ।
1JO 2:4 जसले “म परमेश्‍वरलाई चिन्छु “ भन्‍छ, तर उहाँको आज्ञा पालन गर्दैन भने त्‍यो झुटो हो, र त्‍यसमा सत्‍य हुँदैन ।
1JO 2:5 तर जसले उहाँको वचन पालन गर्छ, साँच्‍चै त्‍यो व्‍यक्‍ति परमेश्‍वरको प्रेमले सिद्ध भएको हुन्छ । हामी उहाँमा छौँ भन्‍ने हामी यसैद्वारा थाहा पाउनेछौँ ।
1JO 2:6 परमेश्‍वरमा रहन्छु भन्‍ने व्यक्‍ति आफैँ पनि येशू ख्रीष्‍ट जिउनु भएझैँ जिउनुपर्छ ।
1JO 2:7 प्रिय हो, मैले तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छैनँ, तर तिमीहरूसँग सुरुदेखि भएको पुरानो आज्ञा नै हो । तिमीहरूले सुनेको वचन पुरानो आज्ञा नै हो ।
1JO 2:8 तापनि म तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छु, जुन ख्रीष्‍टमा र तिमीहरूमा सत्‍य छ, किनभने अन्‍धकार बितिरहेको छ, र साँचो ज्‍योति अगिदेखि नै चम्किरहेको छ ।
1JO 2:9 जसले ज्‍योतिमा छु भन्छ र आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझ पनि अन्‍धकारमा नै छ ।
1JO 2:10 जसले आफ्नो भाइलाई प्रेम गर्छ त्‍यो ज्‍योतिमा रहन्‍छ, र त्यसलाई ठेस लाग्‍ने कुनै अवसर हुँदैन ।
1JO 2:11 तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझै अन्‍धकारमा नै हुन्छ र अन्‍धकारमा हिँड्छ । त्यो कहाँ गइरहेको छ भनी त्यसलाई थाहा पाउँदैन, किनभने अन्‍धकारले त्यसको आँखा अन्‍धो तुल्‍याएको छ ।
1JO 2:12 मेरा प्रिय बालकहरू, म तिमीहरूलाई लेख्छु, किनभने तिमीहरूका पाप ख्रीष्‍टको नाउँको खातिर क्षमा गरिएका छन् ।
1JO 2:13 बुबाहरू हो, म तपाईंहरूलाई लेख्‍छु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तपाईंहरू चिन्‍नुहुन्छ । जवानहरू हो, म तिमीहरूलाई लेख्‍छु, किनभने तिमीहरूले दुष्‍टलाई जितेका छौ । साना बालकहरू हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू पितालाई चिन्छौ ।
1JO 2:14 बुबाहरू, मैले तपाईंहरूलाई लेखेको छु, किनभने तपाईंहरूले सुरुदेखि हुनुहुनेलाई चिन्‍नुहुन्छ । जवानहरू, मैले तिमीहरूलाई लेखेको छु, किनकि तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्‍छ, र तिमीहरू दुष्‍टमाथि विजय भएका छौ ।
1JO 2:15 संसारलाई प्रेम नगर, न त संसारमा भएका थोकहरूलाई नै । कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्‍यसमा हुँदैन ।
1JO 2:16 किनभने संसारमा भएका सबै थोकहरू अर्थात् शरिरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन् ।
1JO 2:17 संसार र यसका इच्‍छाहरू बितेर जाँदै छन् । तर जसले परमेश्‍वरको इच्‍छाअनुसार गर्छ, त्‍यो सदासर्वदा रहिरहन्‍छ ।
1JO 2:18 साना बालकहरू हो, यो आखिरी घडी हो । तिमीहरूले ख्रीष्‍ट विरोधी आइरहेको छ भनी सुन्दै छौ, अहिले पनि धेरै ख्रीष्‍ट विरोधीहरू आइसकेका छन् । यसद्वारा नै यो आखिरी घडी हो भन्‍ने हामी जान्दछौँ ।
1JO 2:19 तिनीहरू हामीबाट बाहिर गए, तर तिनीहरू हाम्रा थिएनन्‌ । यदि तिनीहरू हाम्रा भएका भए तिनीहरू हामीहरूसँगै रहिरहने थिए, तर तिनीहरू हाम्रा होइनन् भन्‍ने देखाउन तिनीहरू गए ।
1JO 2:20 तर तिमीहरूसँग पवित्र हुनुहुनेबाटको अभिषेक छ, र तिमीहरू सबैले सत्‍य जान्दछौ ।
1JO 2:21 तिमीहरूले सत्‍य जानेका छैनौ भनेर मैले लेखेको होइनँ, तर तिमीहरूले यो जानेका हुनाले र कुनै पनि झुट सत्य नहुने हुनाले हो ।
1JO 2:22 येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी इन्‍कार गर्नेबाहेक अर्को झुट को हुन्छ ? यो व्‍यक्‍ति नै ख्रीष्‍ट विरोधी हो, किनभने त्‍यसले पिता र पुत्रलाई इन्‍कार गर्छ ।
1JO 2:23 पुत्रलाई इन्‍कार गर्ने कोहीसँग पनि पिता हुनुहुन्‍न; पुत्रलाई स्वीकार गर्नेसँग पिता पनि हुनुहुन्छ ।
1JO 2:24 तिमीहरूका हकमा, तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहोस् । तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहन्छ भने तिमीहरू पनि पिता र पुत्रमा रहन्‍छौ ।
1JO 2:25 उहाँले हामीलाई प्रतिज्ञा गर्नुभएको कुरा अर्थात् अनन्‍त जीवन यही हो ।
1JO 2:26 तिमीहरूलाई बहकाउनेहरूको बारेमा मैले यी कुराहरू तिमीहरूलाई लेखिसकेको छु ।
1JO 2:27 तिमीहरूका हकमा, तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्‍छ र तिमीहरूलाई सिकाउन कसैको आवश्‍यक पर्दैन । तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्छ, अनि त्‍यो सत्‍य हो, झुटो होइन । उहाँले तिमीहरूलाई सिकाउनुभएअनुसार, उहाँमा रहो ।
1JO 2:28 अब मेरा प्रिय बालकहरू हो, उहाँमा रहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा साहस होस्‌ र उहाँको आगमनमा उहाँको सामु लज्‍जित हुनु नपरोस्‌ ।
1JO 2:29 यदि उहाँ धर्मी हुनुहुन्‍छ भनी तिमीहरूले जान्दछौ भने धार्मिक व्यवहार गर्ने हरेक उहाँबाट जन्मेको हो भन्‍ने तिमीहरूले जान्दछौ ।
1JO 3:1 हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्‍वरको सन्तान भनियोस् र हामी यही हौँ । यसैकारण, संसारले हामीलाई चिन्दैन, किनकि संसारले उहाँलाई चिनेन ।
1JO 3:2 प्रिय हो, अब हामी परमेश्‍वरका सन्तानहरू हौँ, र हामी के हुनेछौँ भन्‍ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौँ, कि जब येशू देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौँ, किनकि उहाँजस्तो हुनुहुन्छ त्‍यस्तै हामी उहाँलाई देख्‍नेछौँ ।
1JO 3:3 उहाँमा यो दृढता हुने हरेकले आफूलाई उहाँ जस्तो शुद्ध हुनुहुन्छ त्यस्तै शुद्ध पार्छ ।
1JO 3:4 पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्छ, पाप व्यवस्था भङ्ग हो ।
1JO 3:5 पापहरू हटाई लानलाई नै ख्रीष्‍ट प्रकट हुनुभयो भन्‍ने तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन ।
1JO 3:6 उहाँमा रहनेले पाप गर्दैन । पाप गर्नेले न उहाँलाई देखेको छ न चिनेको नै हुन्छ ।
1JO 3:7 प्रिय बालकहरू हो, तिमीहरूलाई कसैले नबहकाओस् । जस्तो ख्रीष्‍ट धर्मिक हुनुहुन्छ त्यस्तै धार्मिकता गर्ने नै धर्मी हो ।
1JO 3:8 जसले पाप गर्छ, त्यो शैतानको हो, किनभने शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण, परमेश्‍वरको पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्‍ट गर्नुभएको होस् ।
1JO 3:9 जो परमेश्‍वरबाट जन्मेको छ त्यसले पाप गर्दैन, किनकि परमेश्‍वरको स्वभाव त्यसमा रहन्छ, र उसले पाप गर्न सक्दैन, किनकि त्यो परमेश्‍वरबाट जन्मेको हो ।
1JO 3:10 यसैमा परमेश्‍वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन् । जसले धार्मिकता गर्दैन त्यो परमेश्‍वरको होइन, न आफ्नो भाइलाई प्रेम नगर्ने नै हो ।
1JO 3:11 तिमीले सुरुदेखि सुनेको सन्देश यही नै हो, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।
1JO 3:12 कयिनजस्तो होइन जो दुष्‍टको थियो र त्यसले आफ्नो भाइलाई मार्‍यो । अनि उसले आफ्नो भाइको हत्या किन गर्‍यो ? किनकि उसका कामहरू दुष्‍ट थिए र उसको भाइका काम धार्मिक थिए ।
1JO 3:13 मेरा भाइहरू, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरू अचम्म नमान ।
1JO 3:14 हामी जान्दछौँ, कि हामी मृत्यु पार गरेर जीवनमा सरेका छौँ, किनकि हामी दाजुभाइहरूलाई प्रेम गर्छौं । जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहन्छ ।
1JO 3:15 जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो । अनि तिमीहरू जान्दछौ, कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन ।
1JO 3:16 यसैद्वारा हामी प्रेम थाहा पाउँछौँ, किनकि ख्रीष्‍टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ ।
1JO 3:17 तर जससँग संसारका थोकहरू छन्, जसले आफनो भाइ खाँचोमा परेको देखेर पनि दयाको हृदय त्यसबाट बन्द गर्छ भने कसरी परमेश्‍वरको प्रेम त्यसमा रहन्छ ?
1JO 3:18 मेरा प्रिय बालकहरूल हो, हामी वचन र मुखले मात्र प्रेम नगरौँ, तर सत्यता र कामले प्रेम गरौँ ।
1JO 3:19 यसैद्वारा हामी सत्यका हौँ भन्‍ने जान्दछौँ र हाम्रो हृदयलाई उहाँको सामुन्‍ने निश्‍चय गर्छौं ।
1JO 3:20 किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै थोक जान्‍नुहुन्छ ।
1JO 3:21 प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने हामी परमेश्‍वरप्रति दृढ छौँ ।
1JO 3:22 अनि हामीले जे माग्छौँ त्यो हामी उहाँबाट पाउँछौँ, किनकि हामीले उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको दृष्‍टिमा असल हुने थोकहरू गर्छौं ।
1JO 3:23 अनि यो उहाँको आज्ञा हो, जस्तो उहाँले हामीलाई यो आज्ञा दिनुभयो, हामीले उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ र एक अर्कोलाई प्रेम गर्नुपर्छ ।
1JO 3:24 जसले परमेश्‍वरका आज्ञाहरू पालन गर्छ, त्यो उहाँमा रहन्छ र परमेश्‍वर त्यसमा रहनुहुन्छ । अनि यसैद्वारा हामी जान्दछौ, कि हामीलाई दिनुभएको पवित्र आत्माद्वारा उहाँ हामीमा रहनुहुन्छ ।
1JO 4:1 प्रिय हो, हरेक आत्मालाई विश्‍वास नगर, तर ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर, किनभने धेरै झुटा अगमवक्‍ताहरू संसारमा आइसकेका छन् ।
1JO 4:2 यसैद्वारा तिमीहरूले परमेश्‍वरको आत्मालाई चिन्‍नेछौः येशू ख्रीष्‍ट शरीरमा आउनुभयो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्‍वरको हो ।
1JO 4:3 अनि येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्‍वरको होइन । यो ख्रीष्‍ट विरोधी आत्मा हो, जुन तिमीहरूले संसारमा आउँदै छ भनी सुनेका छौ, र त्यो संसारमा अगिदेखि नै छ ।
1JO 4:4 मेरा प्रिय बालकहरू हो, तिमीहरू परमेश्‍वरका हौ, र तिमीहरूले ती आत्माहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ ।
1JO 4:5 ती आत्माहरू संसारका हुन्, यसकारण, तिनीहरूले भनेका कुराहरू संसारकै हुन्, र संसारले तिनीहरूको कुरा सुन्छ ।
1JO 4:6 हामी परमेश्‍वरका हौँ । जसले परमेश्‍वरलाई चिन्छ, त्यसले हाम्रो कुरा सुन्छ । जो परमेश्‍वरका होइनन्, त्यसले हाम्रो कुरा सुन्दैन । यसैद्वारा हामी सत्यको आत्मा र झुटको आत्मालाई चिन्छौँ ।
1JO 4:7 प्रिय हो, एक अर्कालाई प्रेम गरौँ, किनकि प्रेम परमेश्‍वरको हो, र हरेक जसले प्रेम गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो र त्यसले परमेश्‍वरलाई चिन्छ ।
1JO 4:8 जसले प्रेम गर्दैन, त्यसले परमेश्‍वरलाई चिन्दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्छ ।
1JO 4:9 यसैमा परमेश्‍वरको प्रेम हामीहरूमाझ प्रकट भएको छ, कि जसद्वारा हामी जिउन सकौँ भनेर परमेश्‍वरले संसारमा उहाँका एक मात्र पुत्र पठाउनुभएको छ ।
1JO 4:10 यसैमा उहाँको प्रेम छ, हामीले परमेश्‍वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभएको छ, अनि हाम्रा पापहरूका लागि प्रायश्‍चित्त हुन उहाँका पुत्र पठाउनुभयो ।
1JO 4:11 प्रिय हो, परमेश्‍वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ ।
1JO 4:12 परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन । यदि हामी एक अर्कालाई प्रेम गर्छौं भने परमेश्‍वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ ।
1JO 4:13 यसैद्वारा हामी जान्दछौँ, कि हामी उहाँमा रहन्छौँ र उहाँ हामीमा रहनुहुन्छ, किनभने उहाँले हामीलाई उहाँका आत्मा दिनुभएको छ ।
1JO 4:14 अनि हामीले देखेका छौँ र गवाही दिएका छौँ, कि पिताले संसारको मुक्‍तिदाता हुन पुत्रलाई पठाउनुभएको छ ।
1JO 4:15 जसले येशू परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, परमेश्‍वर त्यसमा रहनुहुन्छ र त्यो परमेश्‍वरमा रहन्छ ।
1JO 4:16 अनि हामीप्रति परमेश्‍वरले गर्नुभएको प्रेमलाई हामीले जानेका छौँ र विश्‍वास गरेका छौँ । परमेश्‍वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ, त्यो परमेश्‍वरमा रहन्छ, र परमेश्‍वर त्यसमा रहनुहुन्छ ।
1JO 4:17 न्यायको दिनमा हामीमा दृढता होस् भनेर यसैमा प्रेम हामीमाझ सिद्ध बनाइएको छ, किनभने उहाँ जस्तो हुनुहुन्छ, हामी यस संसारमा त्यस्तै छौँ ।
1JO 4:18 प्रेममा कुनै डर हुँदैन । तर सिद्ध प्रेमले डरलाई हटाउँछ, किनभने डरले दण्डसँग सरोकार राख्छ । तर जो डराउँछ, त्यो प्रेममा सिद्ध बनाइएको हुँदैन ।
1JO 4:19 हामी प्रेम गर्दछौँ, किनभने परमेश्‍वरले हामीलाई पहिले प्रेम गर्नुभयो ।
1JO 4:20 कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झुटो हो, किनकि त्यसले देखेको आफ्नो भाइलाई प्रेम गर्दैन भने त्यसले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन ।
1JO 4:21 अनि उहाँबाटको यो आज्ञा हामीसँग छ, कि जसले परमेश्‍वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ ।
1JO 5:1 जसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी विश्‍वास गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हुन्छ । र जसले पितालाई प्रेम गर्छ, त्यसले उहाँबाट जन्मनुहुनेलाई पनि प्रेम गर्छ ।
1JO 5:2 जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, यसैद्वारा हामी परमेश्‍वरका सन्तानहरूलाई प्रेम गर्छौं भनी जान्दछौँ ।
1JO 5:3 किनकि उहाँका आज्ञाहरू पालन गर्नु नै परमेश्‍वरको निम्ति प्रेम हो । अनि उहाँका आज्ञाहरू बोझिला छैनन् ।
1JO 5:4 किनकि परमेश्‍वरबाट जन्मेको हरेकले संसारलाई जित्छ । अनि संसारलाई जित्‍ने विजय हाम्रो विश्‍वास हो ।
1JO 5:5 येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्नेबाहेक संसारमाथि विजय हासिल गर्ने को हो ?
1JO 5:6 उहाँ यही हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयो । येशू ख्रीष्‍ट पनि पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो ।
1JO 5:7 किनकि गवाही दिनेहरू तिन छन्,
1JO 5:8 आत्मा, पानी र रगत अनि यी तिनै सहमत हुन्छन् ।
1JO 5:9 हामीले मानिसहरूको गवाही स्वीकार गर्छौं भने परमेश्‍वरको गवाही त झनै महान् हुन्छ । किनकि परमेश्‍वरको गवाही यही हो, कि उहाँले आफ्ना पुत्रको बारेमा गवाही दिनुभएको छ ।
1JO 5:10 जसले परमेश्‍वरका पुत्रमा विश्‍वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ । जसले परमेश्‍वरलाई विश्‍वास गर्दैन, त्यसले उहाँलाई झुटो बनाएको छ, किनभने परमेश्‍वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्‍वास गरेको छैन ।
1JO 5:11 अनि गवाही यही हो, कि परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ ।
1JO 5:12 जससँग पुत्र छ, त्यससँग जीवन छ; जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यससँग जीवन हुँदैन ।
1JO 5:13 मैले यी कुराहरू परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्ने अर्थात् तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्त जीवन छ भन्‍ने तिमीहरूले जान्‍न सक ।
1JO 5:14 अनि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौँ भने, उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ । उहाँको सामुन्‍ने हामीसँग भएको दृढता यही हो ।
1JO 5:15 अनि यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुनुहुन्छ भनी हामी जान्दछौँ भने हामीले उहाँसँग मागेका नम्र-निवेदनहरू हामीसँग छन् भनेर पनि हामी जान्दछौँ ।
1JO 5:16 यदि कसैले त्यसको भाइले मृत्युमा नपुर्‍याउने पाप गरिरहेको देख्छ भने त्यसले प्रार्थना गर्नुपर्छ, र मृत्युमा नपुर्‍याउने पाप गर्ने त्यसलाई परमेश्‍वरले क्षमा दिनुहुनेछ । मृत्युमा पुर्‍याउने पाप छ । त्यसले त्यसबारे बिन्ती चढाउनुपर्छ भनी म भन्दिनँ ।
1JO 5:17 सबै अधार्मिकता पाप हो, तर मृत्युमा नपुर्‍याउने पाप पनि छ ।
1JO 5:18 हामी जान्दछौँ, कि जो परमेश्‍वरबाट जन्मेको छ त्यसले पाप गर्दैन; तर जो परमेश्‍वरबाट जन्मेको छ, परमेश्‍वरले त्यसलाई सुरक्षित राख्‍नुहुन्छ, र दुष्‍टले त्यसलाई छुँदैन ।
1JO 5:19 हामी जान्दछौँ, कि हामी परमेश्‍वरका हौँ, र सारा संसार दुष्‍टको नियन्‍त्रणमा परेको छ ।
1JO 5:20 तर हामी जान्दछौँ, कि परमेश्‍वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्‍ति दिनुभएको छ, कि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिनौँ, र जो सत्य हुनुहुन्छ हामी उहाँमा र उहाँका पुत्र येशू ख्रीष्‍टमा पनि छौँ । उहाँ साँचो परमेश्‍वर र अनन्त जीवन हुनुहन्छ ।
1JO 5:21 प्रिय बालकहरू हो, तिमीहरू आफैँलाई मूर्तिहरूबाट अलग राख ।
2JO 1:1 एल्डरबाट चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई, जसलाई म सत्यतामा प्रेम गर्दछु- र मैले मात्र होइन तिनीहरू सबैले पनि प्रेम गर्छन् जसले सत्यता जानेका छन्-
2JO 1:2 हामीभित्र जुन सत्यता छ र हामीसँग सदासर्वदा रहनेछ त्यही सत्यताले गर्दा प्रेम गर्छौं ।
2JO 1:3 परमेश्‍वर पिता र येशू ख्रीष्‍ट अर्थात् पिताको पुत्रबाट हामीमा अनुग्रह, दया र शान्ति सत्यता र प्रेममा रहोस् ।
2JO 1:4 जसरी हामीले यो आज्ञा पिताबाट प्राप्‍त गर्‍यौँ त्यसरी नै तिम्रा केही छोराछोरीहरू सत्यतामा हिडेको मैँले भेट्टाएर म अति आनन्दित छु ।
2JO 1:5 अब हे महिला, म तिमीलाई बिन्ती गर्दछु- मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको जस्तो होइन, तर हामीसँग सुरुदेखि भएको नै हो- कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।
2JO 1:6 र प्रेम यो हो, कि हामी उहाँको आज्ञाहरूअनुसार हिड्नुपर्छ । तिमीले सुरुदेखि नै सुनेजस्तै आज्ञा यही हो कि तिमी यसमा हिड्नुपर्छ ।
2JO 1:7 किनकि धेरै छलीहरू संसारमा गएका छन्, जसले येशू शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन् । यो नै छली र ख्रीष्‍ट विरोधी हो ।
2JO 1:8 आफैँलाई हेर, कि तिमीले ती कुराहरू नगुमाऊ जसको लागि हामी सबैले परिश्रम गरेका छौँ, तर तिमीले पूरा इनाम पाउन सक ।
2JO 1:9 जो अगाडि बढिरहन्छ र ख्रीष्‍टको शिक्षामा रहँदैन त्यससँग परमेश्‍वर हुनुहुन्‍न । जो शिक्षामा रहन्छ योसँग पिता र पुत्र दुवै हुनुहुन्छ ।
2JO 1:10 यदि कोही तिमीकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्यसलाई तिम्रो घरमा स्वागत नगर र त्यसलाई अभिवादन पनि नगर ।
2JO 1:11 किनकि जसले त्यसलाई अभिवादन गर्छ त्यो त्यसको दुष्‍ट कामहरूमा सहभागी हुन्छ ।
2JO 1:12 मैले तिमीलाई धेरै कुराहरू लेख्‍नु छ, तर मैले ती कुराहरू कागज र मसीले लेख्‍ने इच्छा गरिन । तर पनि म तिमीकहाँ आउने आशा गर्छु, ताकि हाम्रो आनन्द पूर्ण होस् ।
2JO 1:13 तिम्री चुनिएकी बहिनीका छोराछोरीहरूले तिमीलाई अभिवादन गर्छन् ।
3JO 1:1 प्रिय एल्डर गायसलाई, जसलाई म सत्यतामा प्रेम गर्छु ।
3JO 1:2 प्रिय, म प्रार्थना गर्छु, कि जसरी तिम्रो प्राणको उन्‍नति हुन्छ त्यसरी नै तिमीले सबै कुराहरूमा उन्‍नति गर र स्वस्थ्य होओ ।
3JO 1:3 किनकी जसरी तिमी सत्यमा हिँड्छौ त्यस्तै जब भाइहरू आएर तिम्रो सत्यताप्रति गवाही दिए म अति आनन्दित भएँ ।
3JO 1:4 योभन्दा अर्थात् मेरा छोराछोरीहरू सत्यतामा हिँड्छन् भनी सुन्‍नुभन्दा अरू कुनै ठूलो आनन्द मसँग हुँदैन ।
3JO 1:5 प्रिय, भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ,
3JO 1:6 जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्‍वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ,
3JO 1:7 किनकि अन्यजातिहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू गए ।
3JO 1:8 त्‍यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौँ ।
3JO 1:9 मैले मण्डलीको निम्ति केही लेखेँ, तर डियोत्रिफस जसले तिनीहरूमा पहिलो हुन रुचाउछन् तिनले हामीलाई स्वीकार गर्दैन ।
3JO 1:10 यसकारण यदि म आएँ भने त्यसले गर्ने कामहरू अर्थात् त्यसले कुवाक्यहरूसहित हाम्रो विरुद्ध कसरी हाँस्यास्पद कुराहरू भन्छ म सम्झनेछु । यी कुराहरूले मात्र सन्तुष्‍ट नभएर, त्यो आफैँले भाइहरूलाई स्वीकार गर्दैन । यसो गर्न इच्छा गर्नेहरूलाई पनि त्यसले निषेध गर्छ र तिनीहरूलाई मण्डलीबाट निकाली दिन्छ ।
3JO 1:11 प्रिय, जे खराब छ त्यसको अनुकरण नगर, तर जे असल छ त्यसको अनुरण गर । जसले असल गर्दछ त्यो परमेश्‍वरको हो; जसले दुष्‍ट कर्म गर्छ त्यसले परमेश्‍वरलाई देखेको छैन ।
3JO 1:12 डेमेत्रियसको बारेमा सबैद्वारा र सत्यता आफैँद्वारा पनि गवाही दिइन्छ । हामी पनि गवाही दिन्छौँ, र तिमी जान्दछौ, कि हाम्रो गवाही सत्य छ ।
3JO 1:13 मैले तिमीलाई लेख्‍नु धेरै कुराहरू छन्, तर मैले तिनीहरूलाई कागज र मसीले लेख्‍ने इच्छा गर्दिनँ ।
3JO 1:14 तर तिमीलाई छिट्टै भेट्ने आशा गर्छु, र हामी आमने सामने कुरा गर्नेछौँ ।
3JO 1:15 तिमीलाई शान्ति होस् । मित्रहरूले तिमीलाई अभिवादन गर्छन् । मित्रहरूलाई नाउँद्वारा अभिवादन गर ।
JUD 1:1 येशू ख्रीष्‍टका एक सेवक र याकूबका भाइ यहूदाबाट, बोलाइएकाहरू र परमेश्‍वर पितामा प्रिय अनि येशू ख्रीष्‍टको निम्ति राखिएकाहरूलाई,
JUD 1:2 अनुग्रह, शान्ति र प्रेम तिमीहरूका निम्ति प्रशस्त हुँदै जाओस् ।
JUD 1:3 प्रियहरू, हाम्रो साझा मुक्तिको विषयमा मैले तिमीहरूलाई लेख्‍न प्रयत्‍न गर्दा, विश्‍वासीहरूलाई सधैँको निम्ति दिइएको विश्‍वासको लागि साँचो रूपमा सङ्घर्ष गर्न उपदेश दिनलाई मैले तिमीहरूलाई यो लेख्‍न आवश्यक भयो ।
JUD 1:4 किनकि तिमीहरूका माझमा कोही मानिसहरू गुप्‍त रूपमा घुसेका छन् । यी ती मानिसहरू हुन् जो दण्डको निम्ति चुनिएका थिए । यी परमेश्‍वरको भय नमान्‍ने मानिसहरू हुन् जसले परमेश्‍वरको अनुग्रहलाई कामुकताको निम्ति भ्रष्‍ट पार्दछन्, र हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्‍टलाई इन्कार गर्दछन् ।
JUD 1:5 तिमीहरूले एक पटक यसलाई पूर्ण रूपमा जानेका भए, तापनि अब म तिमीहरूलाई यो सम्झना दिलाउन चाहन्छु, कि परमेश्‍वरले मिश्र देशबाट मानिसहरूलाई बचाउनुभयो, तर पछि विश्‍वास नगर्नेहरूलाई उहाँले नष्‍ट गर्नुभयो ।
JUD 1:6 आफ्नो अधिकारको प्रतिष्‍ठालाई कायम नगरेका तर आफ्नो उचित बासस्थानलाई त्यागेका स्वर्गदूतहरूलाई परमेश्‍वरले अनन्तका साङ्लाहरूमा त्यस महान् दिनमा इन्साफको निम्ति पूर्ण अन्धकारमा राख्‍नुभएको छ ।
JUD 1:7 यो त सदोम र गमोरा र वरपरका सहरहरूजस्तै हो, जसले आफैँलाई कामुक अनैतिकतामा संलग्‍न गराए र तिनीहरू अस्वाभाविक अभिलाषाहरूको निम्ति लागिपरे । अनन्तको आगोमा दण्ड भोग्‍नेहरूको उदाहरणको रूपमा तिनीहरू प्रकट गरिए ।
JUD 1:8 तर यस्तै प्रकारले, यी सपना देख्‍नेहरूले पनि आ-आफ्ना शरीरहरूलाई दूषित गर्दछन् । तिनीहरूले अधिकारलाई इन्कार गर्दछन्, र महिमितहरूको विरुद्धमा निन्दा गर्ने कुराहरू भन्दछन् ।
JUD 1:9 तर प्रधान दूत मिखाएलले पनि दुष्‍टसँग बहस गर्दा र मोशाको शरीरको विषयमा त्यससँग विवाद गर्दा, त्यसको विरुद्धमा निन्दा गर्ने इन्साफ ल्याउने साहस गरेनन् । बरु तिनले भने, “परमप्रभुले तँलाई हप्काऊन् !”
JUD 1:10 तर यी मानिसहरूले आफूले नबुझ्ने कुराहरूको विरुद्धमा निन्दा गर्दछन् । र यिनीहरूले बुझ्ने कुराहरू जुन विवेकहीन पशुहरूले स्वाभाविक रूपमा जान्‍दछन् यी कुराहरूले नै यिनीहरूलाई नष्‍ट गरेका छन् ।
JUD 1:11 धिक्‍कार तिनीहरूलाई ! किनकि तिनीहरू कयिनको मार्गमा हिँडेका छन्, र लाभको निम्ति बालामले गरेको भुलमा सामेल भएका छन् । तिनीहरू कोरहको विद्रोहमा नष्‍ट भएका छन् ।
JUD 1:12 तिमीहरूका प्रेम भोजहरूमा लुकेका कलङ्कहरू यिनीहरू नै हुन् । तिनीहरू केवल आफ्नै निम्ति मात्र निर्लज्‍ज रूपमा भोज खान्छन् । तिनीहरू पानी नभएका बादलहरू हुन्, जसलाई हुरीले उडाएर लैजान्छन् । तिनीहरू शरद ऋतुका निष्फल रुखहरू हुन्, जो दुई पटक मरिसकेका छन्, र जराहरूसितै उखेलिएका छन् ।
JUD 1:13 तिनीहरू समुद्रका भयङ्कर छालहरू हुन्, जसले आफ्ना निर्लज्‍जताको फिँज निकाल्दछन् । तिनीहरू बत्तिएका ताराहरू हुन्, जसको निम्ति अनन्त अँध्यारोको घोर अन्धकार साँचेर राखिएको छ ।
JUD 1:14 आदमदेखि सातौँ पुस्ताका हनोकले तिनीहरूको विषयमा यसो भनी अगमवाणी गरेका थिए, “हेर ! परमप्रभु उहाँका हजारौँ पवित्र जनसँग आउँदै हुनुहुन्छ ।
JUD 1:15 उहाँ सबैको इन्साफ गर्न आउँदै हुनुहुन्छ । परमेश्‍वरको भय नमान्‍नेहरूले ईश्‍वरहीन रूपमा गरेका सबै काम, र परमेश्‍वरको भय नमान्‍ने पापीहरूले उहाँको विरुद्धमा बोलेका कठोर बोलीको दोष लगाउन उहाँ आउँदै हुनुहुन्छ ।”
JUD 1:16 यिनीहरू असन्तोषीहरू, गनगन गर्नेहरू हुन् जसले आफ्ना दुष्‍ट अभिलाषाहरूलाई पछ्याउँछन् । यिनीहरू ठुला-ठुला शेखी गर्नेहरू हुन् जसले आफ्नै फाइदाको निम्ति अरूहरूको चापलुसी गर्दछन् ।
JUD 1:17 तर प्रिय हो, तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले पहिले बोलेका वचनहरूलाई स्मरण गर ।
JUD 1:18 उनीहरूले तिमीहरूलाई यसो भने, “अन्त्यको समयमा गिल्ला गर्नेहरू हुनेछन् जसले आफ्नै ईश्‍वरहीन अभिलाषाहरूलाई पछ्याउँछन् ।”
JUD 1:19 यी फुट ल्याउने मानिसहरू हुन् । तिनीहरू सांसारिक हुन् र तिनीहरूसँग पवित्र आत्मा छैन ।
JUD 1:20 तर मेरा प्रियहरू, तिमीहरू आफैँलाई सबैभन्दा पवित्र विश्‍वासमा निर्माण गर, र पवित्र आत्मामा प्रार्थना गर ।
JUD 1:21 तिमीहरू आफैँलाई परमेश्‍वरको प्रेममा राख, हाम्रा प्रभु येशू ख्रीष्‍टको कृपाको निम्ति प्रतिक्षा गर जसले तिमीहरूकहाँ अनन्त जीवन ल्याउँदछ ।
JUD 1:22 शङ्का गर्नेहरूसँग दयालु होओ ।
JUD 1:23 अरूहरूलाई आगोबाट बाहिर निकालेर बचाओ । अरूहरूसँग होसियारीसाथ दयालु होओ । शरीरद्वारा कलङ्‌कित भएको वस्‍त्रलाई समेत घृणा गर ।
JUD 1:24 अब तिमीहरूलाई लडखडाउनदेखि जोगाउन सक्‍नुहुने र उहाँको महिमामय उपस्थितिको सामु निष्कलङ्क बडो रमाहटसँग तिमीहरूलाई खडा हुन सक्षम बनाउनुहुने,
JUD 1:25 हाम्रा उद्धारक एक मात्र परमेश्‍वरलाई सारा समयभन्दा पहिलेदेखि, अहिले र अनन्तसम्म हाम्रा प्रभु येशू ख्रीष्‍टबाट महिमा, गरिमा, प्रभुत्व र शक्‍ति रहिहोस् । आमेन ।
REV 1:1 परमेश्‍वरले आफ्ना सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू प्रकट गर्नुभएको यो येशू ख्रीष्‍टको प्रकाश हो । उहाँले यो कुरा आफ्ना स्वर्गदूत पठाउनुभई उहाँका सेवक यूहन्‍नालाई प्रकट गराउनुभयो ।
REV 1:2 परमेश्‍वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा र येशू ख्रीष्‍टको बारेमा यूहन्‍नाले गवाही दिएका छन् ।
REV 1:3 अगमवाणीको यो वचन जसले चर्को स्वरमा पढ्छ र जसले सुन्छ र यसमा लेखिएका कुराहरू पालन गर्छ, त्यो मानिस धन्यको हो, किनकि समय नजिक छ ।
REV 1:4 यूहन्‍नाबाट एसियामा भएका सातवटा मण्डलीलाईः जो हुनुहुन्छ, हुनुहुन्थ्यो अनि हुन आउनुहुनेछ उहाँबाट अनुग्रह र शान्ति, र उहाँको सिंहासनका सामु भएका सातवटा आत्मा,
REV 1:5 अनि येशू ख्रीष्‍टबाट, जो विश्‍वासयोग्य गवाही हुनुहुन्छ, मृतकहरूमध्येबाट जीवित पारिनुभएका पहिलो र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ; उहाँ जसले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँको रगतद्वारा हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुभयो ।
REV 1:6 उहाँले हामीलाई एउटा राज्य बनाउनुभएको छ, अनि उहाँका पिता र परमेश्‍वरका निम्ति पुजारीहरू, जसलाई सदासर्वदा महिमा र शक्‍ति होस् । आमेन ।
REV 1:7 हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ । हरेक आँखाले उहाँलाई देख्‍नेछ, उहाँलाई घोच्‍नेहरूले पनि । अनि उहाँको कारण पृथ्वीका सबै कुलले बिलौना गर्नेछन् । यसै होस्, आमेन ।
REV 1:8 सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “अल्फा र ओमेगा म नै हुँ”, “उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ ।” [टिपोटः केही संस्करणमा लेखिएको छ] “अल्फा र ओमेगा, सुरु र अन्त म नै हुँ”, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ ।
REV 1:9 म तिमीहरूका दाजु यूहन्‍ना र जसले राज्य र कष्‍टहरूमा धैर्यसाथै सहनशीलता जुन येशूमा थिए, तिमीहरूसँगै परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको गवाहीका निम्ति पत्मोस भनिने टापुमा थिएँ ।
REV 1:10 प्रभुको दिनमा म आत्मामा थिएँ । मैले मेरो पछाडि चर्को स्वरमा तुरहीको जस्तै एउटा आवाज सुने ।
REV 1:11 “त्यसले भन्यो, ‘तिमीले जे देख्छौ, सो एउटा पुस्तकमा लेख र सातवटा मण्डली अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाऊ’ ।”
REV 1:12 कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले हेर्दा सातवटा सुनका सामदान देखेँ ।
REV 1:13 सामदानहरूका माझमा पाउसम्मै पुग्‍ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्‍नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो ।
REV 1:14 उहाँको शिर र कपाल ऊन अनि हिउँजस्तै सेता र उहाँका आँखा आगोको ज्वालाजस्तै थिए ।
REV 1:15 उहाँका पाउहरू भट्टीमा चम्किएका काँसाजस्ता थिए र उहाँको सोर उर्लंदो पानीको आवाजजस्तै थियो ।
REV 1:16 उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो ।
REV 1:17 जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्‍नुभयो र भन्‍नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ ।
REV 1:18 म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् ।
REV 1:19 त्यसकारण, जे अहिले छ, र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ, सो लेख ।
REV 1:20 मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा तारा र सातवटा सामदानको बारेमा लुकेको रहस्यको अर्थ सातवटा तारा सातवटा मण्डलीका दुतहरू र सातवटा सामदान सातवटा मण्डली हुन् ।”
REV 2:1 “एफिससको मण्डलीका दूतलाई लेखः ‘जसले आफ्नो दाहिने हातमा सातवटा तारा लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन् ।
REV 2:2 तिमीले गरेका काम, तिम्रो कडा परिश्रम, तिम्रो धैर्य र सहनशिलता मलाई थाहा छ । तिमीले दुष्‍ट मानिसहरूलाई सहन सक्दैनौ । आफैँलाई प्रेरितहरू भनी दाबी गर्नेहरूलाई तिमीले जाँचिसकेका छौ, तर ती होइनन्, र तिमीले तिनीहरूलाई झुटा भेट्टाएका छौ ।
REV 2:3 मलाई थाहा छ, कि तिमीमा धैर्य सहनशिलता छ, अनि मेरो नाउँको खातिर तिमीले धेरै दुःख भोगेका छौ र पनि थकित भएका छैनौ ।
REV 2:4 तर तिम्रो विरुद्धमा मसँग वास्तविक कुरा छः तिमीले आफ्नो पहिलो प्रेमलाई त्यागेका छौ ।
REV 2:5 यसकारण, तिमी कहाँबाट पतन भयौ सो सम्झ । तिमीले पहिले गरेका कामहरू गर र पश्‍चात्ताप गर । म तिमीकहाँ आउनेछु र तिमीले पश्‍चात्ताप नगरेसम्म म तिम्रो सामदानलाई त्यसको ठाउँबाट हटाइदिनेछु ।
REV 2:6 तर तिमीमा यो छ । निकोलाइटसहरूले गरेका कामलाई तिमीले घृणा गरेका छौ, जसलाई म पनि घृणा गर्छु ।
REV 2:7 मण्डलीहरूलाई आत्माले के भन्‍नुहुन्छ, जसको कान छ त्यसले सुनोस् । जसले जित्छ, त्यसलाई म जीवनको रुखबाट खाने अनुमति दिनेछु जुनचाहिँ परमेश्‍वरको स्वर्गलोक हो’ ।”
REV 2:8 “स्मुर्नाको मण्डलीका दूतलाई लेखः ‘जो सुरु र अन्त्य हुनुहुन्छ यी वचनहरू उहाँका हुन्, जो मर्नुभएको थियो र जो फेरि जीवित हुनुभयो ।
REV 2:9 मलाई तिम्रा कष्‍टहरू र गरिबी थाहा छ, तर तिमी धनी छौ । अनि तिम्रो निन्दा गर्नेहरू जसले आफैलाई यहूदी हुँ भनी दाबी गर्छन्, तर तिनीहरू होइनन्, तिनीहरू त शैतानका सभाघर हुन् ।
REV 2:10 तिमीले भोग्‍नै लागेको कष्‍टको बारेमा नडराऊ । हेर ! शैतानले तिमीहरूमध्ये केहीलाई जाँच्‍नको लागि झ्यालखानामा हाल्न आँटेको छ र दस दिनका निम्ति तिमीले कष्‍ट भोग्‍नेछौ । मृत्युसम्मै विश्‍वासयोग्य होऊ र म तिमीलाई जीवनको मुकुट दिनेछु ।
REV 2:11 आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ त्यसले सुनोस् । विजय प्राप्‍त गर्नेलाई दोस्रो मृत्युद्वारा चोट पुर्‍याइनेछैन’ ।”
REV 2:12 “पर्गाममको मण्डलीका दूतलाई लेखः ‘यो वचन दुई-धारे धारिलो तरवार साथमा हुनुहुनेको हो ।
REV 2:13 मलाई थाहा छ तिमी कहाँ बस्छौ, त्यहाँ शैतानको सिंहासन छ । तरै पनि तिमीले मेरो नाउँलाई दह्रो गरी पक्रिरखेका छौ । अनि शैतान बस्‍ने ठाउँमा मारिएका मेरा विश्‍वासयोग्य साक्षी एन्टिपासको समयमा पनि तिमीले ममाथि भएको विश्‍वासलाई इन्कार गरेनौ ।
REV 2:14 तर तिम्रो विरुद्धमा मसित केही कुरा छन्ः तिमीमध्ये कोही-कोहीले इस्राएलका छोराछोरीहरूले मूर्तिलाई बलिदान गरेको खानेकुरा खाऊन् र अनैतिक यौनमा लागून् भन्‍ने हेतुले ठेस लाग्‍ने ढुङ्गा ती छोराछोरीहरूको अगि फ्याँक्‍न लगाउने बालकलाई सिकाउने बालामको शिक्षालाई दह्रो गरी पक्रेका छन् ।
REV 2:15 त्यसै गरी, तिमीहरूमध्ये कोही-कोही निकोलाइटसका शिक्षाहरूलाई दह्रो गरी पक्रनेहरू पनि छन् ।
REV 2:16 त्यसैकारण, पश्‍चात्ताप गर ! यदि पश्‍चात्ताप गरेनौ भने, म तिमीकहाँ चाँडै आउनेछु र तिम्रो विरुद्धमा मेरो मुखको तरवारले युद्ध गर्नेछु ।
REV 2:17 जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ । जसले जित्छ, उसलाई म लुकाइएको केही मन्‍न दिनेछु, र पत्थरमा एउटा नयाँ नाउँ लेखिएको सेतो पत्थर म उसलाई दिनेछु, तर त्यो नाउँ पाउनेले बाहेक अरू कसैले पनि जान्दैन’ ।”
REV 2:18 “थिआटीराको मण्डलीका दूतलाई लेखः ‘यी वचनहरू परमेश्‍वरका पुत्रका हुन्, जसका आँखा आगोको ज्वालाजस्ता र पाउ भट्टीमा टल्कने काँसाजस्ता छन् ।
REV 2:19 तिम्रो प्रेम, विश्‍वास, सेवा, तिम्रो धैर्यवान् सहनशिलता र तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमीले अहिले जे गरेका छौ, त्यो पहिले गरेका कामहरूभन्दा बढी महत्त्‍वका छन् ।
REV 2:20 तर मसँग तिम्रो विरुद्धमा यो कुरा छः जसले आफैँलाई अगमवादिनी भन्‍ने स्‍त्री ईजेबेललाई तिमीले सहेका छौ । त्यसका शिक्षाद्वारा मेरा सेवकहरूलाई अनैतिक पाप गर्न र मूर्तिहरूलाई चढाएका खानेकुरा खान लगाउँछे ।
REV 2:21 मैले त्यसलाई पश्‍चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो अनैतिक पापको पश्‍चात्ताप गर्ने इच्छा गरिन ।
REV 2:22 हेर ! म त्यसलाई रोगी-ओछ्यानमा फालिदिनेछु, र त्यससँग व्यभिचार गर्नेहरूलाई त्यसले गरेको कामको निम्ति पश्‍चात्ताप नगरेसम्म ठुलो कष्‍टमा पार्नेछु ।
REV 2:23 म त्यसका छोराछोरीहरूलाई रुढीले मारिदिनेछु, अनि म नै हुँ जसले विचार र हृदयहरूको खोजी गर्दछु भनी सबै मण्डलीले जान्‍नेछन् । म प्रत्येकलाई त्यसको कामअनुसारको प्रतिफल दिनेछु ।
REV 2:24 तर तिमीहरू थिआटीरामा बाँकी रहेकाहरू हरेक जसले यस शिक्षालाई पक्रदैन, र कतिपयले शैतानका गहिरा कुराहरू जान्दैन, तिमीहरूलाई म भन्दछु, कि तिमीहरूमाथि अरू कुनै भार बोकाउनेछैनँ ।
REV 2:25 जस्तोसुकै समयमा पनि म नआउन्जेलसम्म तिमीले यसलाई दरिलोसँग पक्री राख ।
REV 2:26 जसले जित्छ र अन्त्यसम्म मैले गरेका काम जसले गर्छ, उसलाई म जाति-जातिहरूमाथि अधिकार दिनेछु ।
REV 2:27 कुमालेका माटाका भाँडाहरूलाई उसले टुक्रा-टुक्रा पारेजस्तै उसले फलामको छडीले तिनीहरूमाथि शासन गर्नेछ ।
REV 2:28 मैले मेरा पिताबाट प्राप्‍त गरेजस्तै उसलाई म बिहानको तारा दिनेछु ।
REV 2:29 जसको कान छ उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ’ ।”
REV 3:1 “सार्डिसको मण्डलीमा भएका दूतलाई लेखः ‘सातवटा तारा र परमेश्‍वरका सात आत्मा पक्रिनुहुनेका वचनहरू यिनै हुन् । तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमी जीवित भएको ख्याति भए तापनि तिमी मरेका छौ ।
REV 3:2 उठ र जाग अनि मर्नै लागेका बाँकी रहेका कुराहरूलाई बलियो बनाऊ, तर यो मर्नै लागेको छ, किनकि मैले मेरा परमेश्‍वरको दृष्‍टिमा तिम्रा कामहरू पुरा भएको पाएको छैनँ ।
REV 3:3 त्यसकारण, जुन कुरा तिमीले प्राप्‍त गर्‍यौ र सुन्यौ, सो सम्झ । यसलाई पालन गर अनि पश्‍चात्ताप गर । तर यदि तिमी जागा रहेनौ भने, म तिम्रो विरुद्धमा चोरजस्तै गरी कुन घडी आउनेछु र कुन समयमा आउनेछु भनी तिमीले जान्‍नेछैनौ ।
REV 3:4 तर सार्डिसका मानिसहरूमा केही नाउँहरू छन्, जसले आफ्नो वस्‍त्र फोहोर परेका छैनन् । तिनीहरू सेतो वस्‍त्रमा मसँग हिँड्नेछन्, कारण तिनीहरू योग्यका छन् ।
REV 3:5 जसले जित्छ, उसलाई सेतो वस्‍त्र पहिराइनेछ, र जीवनको पुस्तकबाट म उसको नाउँ कहिल्यै मेटाउनेछैन, अनि म मेरा पिता र उहाँका स्वर्गदूतहरूका सामु उसको नाउँ घोषणा गर्नेछु ।
REV 3:6 आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ, उसले सुनोस्’ ।”
REV 3:7 “फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः ‘जो सत्य र पवित्र हुनुहुन्छ, यी वचनहरू उहाँका हुन्, उहाँले दाऊदको साँचोलाई पक्रनुभएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन ।
REV 3:8 तिमीले गरेका काम मलाई थाहा छ । हेर, तिम्रो अगि मैले खुला ढोका राखिदिएको छु र त्यसलाई कसैले पनि बन्द गर्न सक्दैन । मलाई थाहा छ, कि तिमीसँग थोरै शक्‍ति छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नाउँलाई इन्कार गरेका छैनौ ।
REV 3:9 हेर, जसले आफैँलाई यहूदीहरू हुँ भनी भन्छन् तर तिनीहरू होइनन्, तिनीहरू शैतानको सभाघरकाहरू हुन्, बरु तिनीहरूले झुट बोलिरहेका छन् । म तिनीहरूलाई तिम्रो पाउको अगि आई निहुरेर दण्डवत् गर्न लगाउनेछु, अनि मैले तिमीलाई प्रेम गरेको कुरा तिनीहरूले जान्‍नेछन् ।
REV 3:10 तिमीले मेरो वचन धैर्यसाथ पालन गरेका हुनाले पृथ्वीमा जिउनेहरूको जाँच आउँदा सारा संसारमा आइपर्ने विपत्तिको घडीमा पर्नबाट म पनि तिमीलाई जोगाउनेछु ।
REV 3:11 म चाँडै आउँदै छु । तिमीसँग जे छ त्यसलाई बलियो गरी पक्रिराख ताकि तिम्रो मुकुटलाई कसैले लिएर जान नसकोस् ।
REV 3:12 जसले जित्छ त्यसलाई म मेरा परमेश्‍वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु र ऊ यसबाट कहिल्यै बाहिर जानेछैन । उसमाथि मेरा परमेश्‍वरको सहरको नाउँ, मेरा परमेश्‍वरको नाउँ (नयाँ यरूशलेम, जुन मेरा परमेश्‍वरबाट स्वर्गदेखि तल ओर्लेर आउँछ), अनि मेरो नयाँ नाउँ म लेखिदिनेछु ।
REV 3:13 मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस्’ ।”
REV 3:14 “लाउडिकियामा भएको मण्डलीको दूतलाई लेखः परमेश्‍वरका सृष्‍टिमाथिको शासनकर्ता जो भरपर्दो र सत्य साक्षी, ‘यी वचनहरू आमेनका हुन् ।
REV 3:15 मलाई तिम्रा कामहरू थाहा छ, कि तिमी न तातो न चिसो छौ । तिमी कि त तातो वा चिसो भएको म चाहन्थेँ ।
REV 3:16 त्यसैले, तिमी मनतातो, न तातो न चिसो छौ । यसैकारण, मैले तिमीलाई मेरो मुखबाट उकेलिदिन आँटेको छु ।
REV 3:17 किनकि तिमी भन्छौ, ‘म धनी छु र मसित धेरै भौतिक सम्पत्ति छन् र मलाई कुनै थोकको आवश्यक छैन ।’ तर तिमी दुःखित, दयनीय, गरिब, अन्धा र नाङ्गै छौ भनी तिमीलाई थाहा नै छैन ।
REV 3:18 मेरो सल्लाहलाई ध्यान देऊः आगोद्वारा शुद्ध पारिएको सुन मबाट किन ताकि तिमी धनी हुन सक, र तिम्रो नाङ्गोपनको लाज ढाक्‍नलाई चम्किलो सेतो वस्‍त्र लगाऊ र तिम्रो नाङ्गोपनको लाज नदेखियोस्, र आफ्ना आँखामा मलहम लगाऊ ताकि तिमीले देख्‍न सक ।
REV 3:19 मैले प्रेम गर्ने प्रत्येकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसकारण, पश्‍चात्ताप गर र इमानदार होऊ ।
REV 3:20 हेर, म ढोकामा उभिरहन्छु र ढकढक्याइरहन्छु । यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्छ भने, म उसको घरभित्र आउनेछु र उसँग खानेछु अनि उसले मसँग खानेछ ।
REV 3:21 जसले जित्छ, उसलाई मेरो सिंहासनमा मसँग बस्‍नलाई अधिकार दिनेछु, जसरी मैले पनि जितेँ र त्यसरी नै म पनि मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु ।
REV 3:22 मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस् ।”
REV 4:1 यी कुराहरूपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखेँ । मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले मलाई भन्यो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु ।”
REV 4:2 एकै छिनमा म आत्मामा थिएँ, र स्वर्गमा एउटा सिंहासन भएको मैले देखेँ, जसमाथि कोही बसिरहनुभएको थियो ।
REV 4:3 त्यसमाथि बस्‍नुहुने स्फटिक र लालमणिजस्तै देखिनुहुन्थ्यो । सिंहासनको वरिपरि इन्द्रेणी थियो । त्यो इन्द्रेणी मोती जस्तो चम्किलो देखिन्थ्यो ।
REV 4:4 त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाएका र सेतो वस्‍त्र पहिरिएर बसेका थिए ।
REV 4:5 सिंहासनबाट बिजुलीको चमक र गर्जनहरू आए, र चट्याङसँगै नष्‍ट भए । सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए । ती बत्तीहरूचाहिँ परमेश्‍वरका सात आत्मा थिए ।
REV 4:6 सिंहासनको अगि स्फटिकजस्तै देखिने काँचको समुद्र थियो । सिंहासनको बिचमा र सिंहासनवरिपरि, अगाडि र पछाडि आँखैआँखाले भरिएका चार जीवित प्राणी थिए ।
REV 4:7 पहिलो जीवित प्राणी सिंहजस्तो थियो, दोस्रो जीवित प्राणी बाछोजस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिलजस्तो थियो ।
REV 4:8 चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे ।
REV 4:9 जब ती जीवित प्राणीहरूले सिंहासनमाथि विराजमान हुनुहुने र सदासर्वदा जीवित रहनुहुनेलाई महिमा, आदर र धन्यवाद दिए,
REV 4:10 चौबिस जना एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत् गरे । तिनीहरूले सदासर्वदा जीवित हुनुहुनेलाई दण्डवत् गरे, र सिंहासनको अगाडि आ-आफ्ना मुकुट राख्दै यसो भने,
REV 4:11 “हाम्रा परमप्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्न योग्यका हुनुहुन्छ । किनकि तपाईंले सबै थोक सृष्‍टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्‍टि भए ।”
REV 5:1 तब सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हाततिर सातवटा छाप लगाएर यसलाई बन्द गरिएको अगाडि र पछाडि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखेँ ।
REV 5:2 “यस मुट्ठोलाई खोल्न र यसका छापहरूलाई तोड्न को योग्यको छ ?” भनी एक जना शक्‍तिशाली स्वर्गदूतले चर्को सोरमा घोषणा गरेको मैले देखेँ ।
REV 5:3 स्वर्गमा वा यस पृथ्वीमा वा यस पृथ्वीमुनि भएका कसैले पनि यस मुट्ठोलाई खोल्न वा यसलाई पढ्न सकेन ।
REV 5:4 म दुःखित भएर रोएँ, किनकि यस मुट्ठोलाई खोल्न र पढ्न योग्यको कोही पनि भेट्टाइएन ।
REV 5:5 तर ती एल्डरहरूमध्येका एक जनाले मलाई भने, “नरोऊ । हेर ! यहूदाको कुलको सिँह, दाऊदको मुलले विजय प्राप्‍त गर्नुभएको छ । त्यो मुट्ठो र त्यसका सातवटा छाप खोल्न उहाँ योग्यका हुनुहुन्छ ।”
REV 5:6 मैले सिंहासन र चारवटा जीवित प्राणी र एल्डरहरूका बिचमा मारिएको जस्तो देखिनुहुने एउटा थुमालाई उभिरहेको देखेँ । उहाँका सातवटा सिङ र सातवटा आँखा थिए । यी सारा संसारभरि पठाइएका परमेश्‍वरका सात आत्मा हुन् ।
REV 5:7 उहाँ जानुभयो र सिंहासनमा बसिरहनुहुनेको दाहिने हातबाट त्यस मुट्ठोलाई समात्‍नुभयो ।
REV 5:8 जब उहाँले त्यो मुट्ठोलाई लिनुभयो, ती चारवटा जीवित प्राणी र चौबिस जना एल्डर उहाँको अगाडि घोप्टो परे । तिनीहरू हरेकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन विश्‍वासीहरूका प्रार्थना हुन् ।
REV 5:9 तिनीहरूले एउटा नयाँ गीत गाएः “तपाईं त्यो मुट्ठोलाई लिन र त्यसका छापहरूलाई खोल्न योग्यका हुनुहुन्छ । किनकि तपाईं मारिनुभयो, र तपाईंको रगतले हरेक जाति, भाषा, मानिस र राष्‍ट्रलाई तपाईंले परमेश्‍वरका निम्ति किन्‍नुभयो ।
REV 5:10 परमेश्‍वरको सेवा गर्न तपाईंले तिनीहरूलाई राज्य र पुजारीहरू बनाउनुभयो, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।”
REV 5:11 तब मैले हेरेँ र सिंहासन, जीवित प्राणीहरू र एल्डरहरूका वरिपरि धेरै स्वर्गदूतका आवाजलाई सुनेँ । तिनीहरूको पुरा सङ्ख्या दसौँ हजार र हजारै हजार थियो ।
REV 5:12 तिनीहरूले चर्को सोरमा यसो भने, “शक्‍ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा प्राप्‍त गर्न मारिनुभएका थुमा योग्यका हुनुहुन्छ ।”
REV 5:13 स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमुनि सृष्‍टि गरिएका हरेक थोकले यसो भनेको मैले सुनेँ, “उहाँ जो सिंहासनमा विराजमान हुनुहुने र थुमालाई, प्रशंसा, आदर, महिमा र राज्य गर्ने शक्‍ति सदासर्वदा होस् ।”
REV 5:14 ती चारैवटा जीवित प्राणीले भने, “आमेन ।” र एल्डरहरू आफैँ घोप्टो परेर आराधना गरे । [टिपोटः पुरानो संस्करणमा यसरी लेखिएको छ] चौबिस एल्डर आफैँ घोप्टो परेर सदासर्वदा रहिरहनुहुनेलाई आराधना गरे ।
REV 6:1 जब थुमाले सातवटा छापमध्ये एउटालाई खोल्‍नुभएको मैले देखेँ, अनि ती चार जीवित प्राणीमध्ये एक जनाले गर्जनको आवज जस्तोमा “आऊ” भनेको मैले सुनेँ ।
REV 6:2 मैले हेरेँ र त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि चढ्नेले एउटा वाण समातेका थिए र उनलाई एउटा मुकुट दिइयो । अनि जित्‍नेले जस्तै गरी उनी विजयी गर्नलाई आए ।
REV 6:3 जब थुमाले दोस्रो छापलाई खोल्‍नुभयो, तब मैले त्यो दोस्रो जीवित प्राणीले “आऊ” भनिरहेको सुनेँ ।
REV 6:4 तब अर्को अग्‍निमय रातो घोडा निस्केर आयो । त्यसमा सवार गर्नेलाई पृथ्वीबाट शान्ति लिएर जानलाई अनुमति दिइएको थियो । त्यसकारण, ती मानिसहरूले एक-अर्कालाई मार्नेछन् । यी घोडसवारलाई एउटा ठुलो तरवार दिइएको थियो ।
REV 6:5 जब थुमाले तेस्रो छापलाई खोल्‍नुभयो, तब तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनेँ । मैले एउटा कालो घोडालाई देखेँ, र यसका घोडसवारले उनको हातमा एकजोर तराजुलाई समाइरहेका थिए ।
REV 6:6 मैले चार जीवित प्राणीका बिचमा एउटा आवाज जस्तो देखिनेले भनेको कुरा सुने, “एक दिनको ज्यालामा एक किलो गहूँ र एक दिनको ज्यालामा तिन किलो जौ । तर तेल र दाखमद्यलाई नष्‍ट नगर्नू ।”
REV 6:7 जब थुमाले चौथो छापलाई खोल्‍नुभयो, तब मैले चौथो जीवित प्राणीले “आऊ” भनेको सोरलाई सुनेँ ।
REV 6:8 तब मैले पहेँलो घोडालाई देखेँ । यसको घोडसवारको नाउँ मृत्यु थियो, र पातालले त्यसलाई पछ्याइरहेको थियो । अनि तिनीहरूलाई पृथ्वीको एक-चौथाइ भागमाथि तरवारले मार्न, अनिकाल र रोगहरूमाथि, र पृथ्वीका जङ्गली जनावरलाई मार्न अधिकार दिइएको थियो ।
REV 6:9 जब थुमाले पाँचौ छापलाई खोल्‍नुभयो, तब वेदीको मुनि परमेश्‍वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका आत्माहरूलाई मैले देखेँ ।
REV 6:10 तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्‍न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्‍न ?”
REV 6:11 तब तिनीहरू हरेकलाई एउटा सेतो वस्‍त्र दिइयो, अनि तिनीहरूका सहकर्मी सेवकहरू र तिनीहरूका दाजुभाइहरू र दिदी-बहिनीहरू तिनीहरूजस्तै जो मारिएर सङ्ख्यामा पूर्ण नभएसम्म तिनीहरूलाई पर्खनू भनियो ।
REV 6:12 जब थुमाले छैटौँ छापलाई खोल्‍नुभयो, तब त्यहाँ एउटा ठुलो भूकम्प गएको मैले देखेँ । सूर्य भाङग्राको कपडाजस्तै कालो र चन्द्रमा पुरा रगतजस्तै बन्यो ।
REV 6:13 जसरी अञ्‍जीरको रुखलाई आँधीबेहरीले हल्लाउँदा नपाकेका फलहरू झरेजस्तै स्वर्गमा भएका ताराहरू पृथ्वीमा खसे ।
REV 6:14 आकाश चर्मपत्रको मुट्ठोजस्तै बेरिएर लोप भयो, जुनचाहिँ बटारिएको थियो । हरेक पहाड र टापु त्यसको ठाउँदेखि हटेर गए ।
REV 6:15 तब पृथ्वीका राजाहरू र महत्त्‍वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्‍तिशाली, अनि दास र स्वतन्‍त्र हरेक व्यक्‍ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके ।
REV 6:16 तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस ! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ ।
REV 6:17 किनकि तिनीहरूको क्रोधको महान् दिन आएको छ र त्यहाँ को उभिन सक्छ र ? ।”
REV 7:1 त्यसपछि पृथ्वीका चारै कुनामा चार जना स्वर्गदूत उभिइरहेका मैले देखेँ जसले पृथ्वीको चारैतिर भएका बतासलाई बलियोसँग पक्रिरहेका थिए । त्यसैले, पृथ्वी, समुद्र वा कुनै पनि रुखको विरुद्धमा कुनै पनि बतास नचलोस् ।
REV 7:2 जीवित परमेश्‍वरको छाप लिएर अर्को स्वर्गदूत पूर्वबाट माथि आउँदै गरेको मैले देखेँ, जसले पृथ्वी र समुद्रलाई हानि गर्ने अनुमति पाएका चार स्वर्गदूतलाई ठुलो सोरले चिच्‍च्‍याउँदै यसो भने,
REV 7:3 “हाम्रा परमेश्‍वरका सेवकहरूका निधारमा हामीले मोहोर नलगाउञ्‍जेलसम्म पृथ्‍वी, समुद्र वा रुखहरूलाई हानि नगर ।”
REV 7:4 मैले छाप लगाइएका एक लाख चवालिस हजारको सङ्ख्या सुनेँ, जो इस्राएलका मानिसको हरेक कुलबाट छाप लगाइएका थिएः
REV 7:5 यहूदाको कुलबाट बाह्र हजारलाई, रूबेनको कुलबट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो,
REV 7:6 आशेरको कुलबाट बाह्र हजारलाई, नप्‍तालीको कुलबाट बाह्र हजारलाई र मनश्शेको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो ।
REV 7:7 शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्‍साखारको कुलबाट बाह्र हजारलाई,
REV 7:8 जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई र बेन्यामीनको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो ।
REV 7:9 यी कुराहरूपछि मैले हेरेँ, र हरेक जाति, कुल, मानिस र भाषाका कसैले पनि गन्‍न नसक्‍ने एउटा ठुलो भिड सेतो पोशाक लगाएर र आ-आफ्ना हातमा खजुरका हाँगा लिई सिंहासन अगाडि र थुमाका सामु उभिरहेका थिए ।
REV 7:10 अनि तिनीहरूले ठुलो सोरमा बोलाइराखेका थिएः “मुक्त्ति सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमाको हो ।”
REV 7:11 अनि सबै स्वर्गदूत चार जीवित प्राणी, एल्डरहरूका वरिपरि र सिंहासनका वरिपरि उभिए र तिनीहरू आफैँ लम्पसार परेर सिंहासनको अगि आफ्‍नो अनुहार झुकाए । तिनीहरूले यसो भन्दै परमेश्‍वरको आराधना गरे,
REV 7:12 “आमेन । हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्‍ति र बल सदासर्वदा भइरहोस् । आमेन ।”
REV 7:13 त्यसपछि एल्डरहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्‍त्रहरू पहिरनेहरू को हुन्, र तिनीहरू कहाँबाट आएका हुन् ?”
REV 7:14 अनि मैले उहाँलाई भनेँ, “हजुर, तपाईंलाई नै थाहा छ,” र उहाँले मलाई भन्‍नुभयो, “यिनीहरू नै हुन् जो महासङ्कष्‍टबाट आएका हुन् । तिनीहरूले आफ्ना वस्‍त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन् ।
REV 7:15 यसैकारणले गर्दा, तिनीहरू परमेश्‍वरको सिंहासनको अगाडि छन्, अनि उहाँको मन्दिरमा तिनीहरूले दिनरात उहाँको आराधना गर्दछन् । सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो पाल फैलाउनुहुनेछ ।
REV 7:16 तिनीहरू फेरि भोकउनेछैनन्, न त तिनीहरू फेरि तिर्खाउनेछन् । सूर्यको ताप तिनीहरूमाथि पर्नेछैन, न त कुनै तापले तिनीहरूलाई जलाउनेछ ।
REV 7:17 किनकि सिंहासनका माझमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, अनि उहाँले तिनीहरूलाई जिउँदो पानीको मुहानतिर डोर्‍याउनुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ ।”
REV 8:1 जब थुमाले सातौँ मोहोर खोल्नुभयो, स्वर्गमा लगभग आधा घण्टा जति सन्‍नाटा छायो ।
REV 8:2 त्यसपछि मैले परमेश्‍वरको अगाडि उभिरहेका सात जना स्वर्गदूतलाई देखेँ, र तिनीहरूलाई सातवटा तुरही दिइयो ।
REV 8:3 अर्को स्वर्गदूत आए र सुनको धुपौरो लिएर वेदीको छेउमा उभिए । सिंहासन अगाडि सबै विश्‍वासीका प्रार्थनासँग चढाउनका लागि ती स्वर्गदूतलाई धेरै धूप दिइयो ।
REV 8:4 विश्‍वासीहरूका प्रार्थनासँगै धूपको धुवाँ स्वर्गदूतको हातबाट परमेश्‍वरको अगाडि पुग्यो ।
REV 8:5 स्वर्गदूतले धुपौरो लिए र वेदीबाट आगो भरे । तब तिनले त्यसलाई पृथ्वीमा फ्याँकिदिए, अनि चट्याङ, गडगडाहट, बिजुलीका चमकहरू उत्पन भए र भूकम्प गयो ।
REV 8:6 तब सातवटा तुरही भएका सात स्वर्गदूतहरू ती फुक्‍नलाई तयार भए ।
REV 8:7 पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके र त्यहाँ असिना र रगत मिसिएको आगो आयो । यसलाई तल पृथ्वीमा फालियो । यसले पृथ्वीको तिन भागको एक-तिहाइ भागलाई डढायो; तिन भागको एक-तिहाइ रुखहरूलाई डढायो र सबै हरिया घाँसलाई पनि डढायो । [टिपोटः केही पुराना संस्करणहरूमा यसलाई छोडिएको छ] । त्यसैले, यसको तिन भागको एक-तिहाइ डढेको थियो ।
REV 8:8 दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आगोले जलिरहेको एउटा ठुलो पहाडजस्तो केही समुद्रमा फालियो । समुद्रको एक-तिहाइ भाग रगत बन्यो ।
REV 8:9 त्यसपछि समुद्रमा भएका जीवित प्राणीहरूमध्ये एक-तिहाइ भाग मरे, र जहाजहरूका एक-तिहाइ भाग नष्‍ट भए ।
REV 8:10 तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आकाशबाट बलिरहेको राँकोजस्तो एउटा ठुलो तारा नदीहरूका एक-तिहाइ भाग र पानीको मुहानमा खस्यो ।
REV 8:11 त्यो ताराको नाउँ “ऐरेलु” हो । एक-तिहाइ भागको पानी तितो भयो, र त्यो तितो भएको पानीबाट धेरै मानिस मरे ।
REV 8:12 चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, त्यसैले, सूर्यको एक-तिहाइ भाग साथसाथै चन्द्रमाको एक-तिहाइ र ताराहरूको एक-तिहाइ भागमा प्रहार गरियो । एक-तिहाइ भाग अन्धकारमा परिणत भयो, अनि दिनको एक-तिहाइ र रातको एक-तिहाइ भागमा ज्योति भएन ।
REV 8:13 अनि मैले हेरेँ, र आकाशको बिचमा उडिरहेको एउटा गरुड ठुलो सोरमा यसो भन्दै कराइरहेको सुनेँ, “बाँकी रहेका तिन स्वर्गदूतले फुक्‍नै आँटेका तुरहीको आवाजको कारण पृथ्वीमा बस्‍ने मानिसहरूलाई धिक्‍कार, धिक्‍कार, धिक्‍कार ।”
REV 9:1 त्यसपछि पाँचौ स्वर्गदूतले आफ्नो तुरही फुके । अनि मैले स्वर्गबाट पृथ्‍वीमा एउटा तारा खशिरहेको देखेँ । त्यो तारालाई अतल कुण्डको साँचो दिइयो ।
REV 9:2 त्यसले अतल कुण्ड खोल्यो, अनि त्यस कुण्‍डबाट धुवाँको मुस्लोजस्तो माथि गइरहेको थियो । त्यसले सूर्य र वायुलाई अँध्यारो बनाइदियो ।
REV 9:3 धुवाँबाट पृथ्वीमा सलहहरू निस्केर आए । अनि पृथ्वीमा बिच्छीहरूको जस्तो शक्‍ति तिनीहरूलाई दिइयो ।
REV 9:4 पृथ्‍वीमा भएका घाँस वा कुनै पनि हरियो बोट बिरुवा वा रुखलाई हानि नगर्नू भनी तिनीहरूलाई भनियो । तर तिनीहरूलाई निधारमा परमेश्‍वरको मोहर नभएका मानिसहरूलाई मात्र हानि गर्नू भनियो ।
REV 9:5 तिनीहरूलाई पाँच महिना मात्र यातना दिनू, तर ती मानिसहरूलाई नमार्नू भन्‍ने अनुमति दिइयो । अनि तिनीहरूको पीडा एक जना व्यक्‍तिलाई बिच्छीले डसेको जस्तो हुनेछ ।
REV 9:6 ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन्, तर यसलाई भेट्टाउनेछैनन् । तिनीहरूले मर्न ठुलो इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूबाट भाग्‍नेछ ।
REV 9:7 सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्ता देखिन्थे । तिनीहरूका शिरमा सुनको जस्ता मुकुट र तिनीहरूका अनुहार मानवको अनुहारहरूजस्ता देखिन्थे ।
REV 9:8 तिनीहरूका कपाल स्‍त्रीहरूका कपालजस्तै र तिनीहरूका दाँत सिंहका दाँतजस्ता थिए ।
REV 9:9 तिनीहरूका छाती-पाता, फलामका छाती-पाताजस्तै अनि तिनीहरूका पखेटाहरूको आवाज युद्धमा दगुर्ने धेरै रथ र घोडाहरूका जस्तै थिए ।
REV 9:10 तिनीहरूका पुच्‍छर र खिल बिच्छीका जस्तै थिए, र तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मनिसहरूलाई हानि गर्ने शक्‍ति थियो ।
REV 9:11 गहिरो अतल कुण्डका स्वर्गदूत तिनीहरूका राजाजस्तै थिए । हिब्रू भाषामा त्यसको नाउँ एबाड्डोन थियो र ग्रिक भाषामा त्यसको नाउँ अपोल्‍लियोन थियो ।
REV 9:12 पहिलो विपत्ति बितिहाल्यो । हेर, यसपछि दुईवटा विपत्ति आउन बाँकी नै छन् ।
REV 9:13 छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके । मैले परमेश्‍वरको अगाडि भएको सुनको वेदीका सिङहरूबाट एउटा आवाज आइरहेको सुने ।
REV 9:14 तुरही बोक्‍ने छैठौँ स्वर्गदूतलाई आवाजले यसो भन्यो, “ठुलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतलाई छोडिदेऊ ।”
REV 9:15 मानव-जातिको एक-तिहाइ भागलाई मार्न त्यस घडी, त्यस दिन, त्यस महिना, त्यस वर्षका निम्ति तयार पारिराखेका चार स्वर्गदूत छाडिए ।
REV 9:16 घोडामा सवार भएका सिपाहीहरूको सङ्ख्या बिस करोड थियो । मैले तिनाहरूको सङ्ख्या सुनेँ ।
REV 9:17 यसरी मैले दर्शनमा घोडाहरू र ती घोडाहरूमाथि सवार हुनेहरूलाई देखेँ । तिनीहरूका छाती-पाता आगोजस्तै रातो, गाडा निलो र गन्धकजस्तो पहेँलो थियो । घोडाहरूका टाउका सिंहहरूका टाउकाजस्तै थिए, अनि तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्‍धक निस्‍कन्थे ।
REV 9:18 तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको यी विपत्तिहरूद्वारा मानिसको एक-तिहाइ भागलाई मारियो ।
REV 9:19 किनभने घोडाहरूको शक्‍ति तिनीहरूका मुख र पुच्‍छरमा थियो, किनकि तिनीहरूका पुच्छर सर्पको जस्तै थियो; तिनीहरूका टाउकोले हानेर मानिसहरूलाई चोट पुर्‍याएका थिए ।
REV 9:20 बाँकी रहेका मानव-जाति जो यी विपत्तिहरूद्वारा मारिएका थिएनन्, तिनीहरूले आफूले गरेका कामहरूबाट पश्‍चात्ताप गरेनन् । तिनीहरूको सुन, चाँदी, काँसा, ढुङ्गा र काठहरू अनि देख्‍न, सुन्‍न वा हिँड्न नसक्‍ने थोकहरूका मूर्तिहरू र भूतहरूलाई पुज्न छोडेनन्;
REV 9:21 न त तिनीहरूले गरेको हत्या, जादुगरी, अनैतिक यौन वा चोरीजस्ता कामदेखि पश्‍चात्ताप गरे ।
REV 10:1 त्यसपछि मैले स्वर्गबाट अर्को शक्‍तिशाली स्वर्गदूत आइरहेको देखेँ । तिनलाई बादलले घेरेको थियो, र तिनको शिरमाथि इन्द्रेणी थियो । तिनको अनुहार सूर्यजस्तै अनि तिनका खुट्टा आगोका खाँबाहरूजस्तै थिए ।
REV 10:2 तिनको हातमा खोलिएको एउटा सानो चर्मपत्रको मुट्ठो थियो, र तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र आफ्नो देब्रे खुट्टा पृथ्वीमा राखेका थिए ।
REV 10:3 त्यसपछि तिनी सिंह गर्जेजस्तै ठुलो सोरमा कराए । जब तिनी कराए, तब सातवटा गर्जनले आफ्नो आवाज निकाले ।
REV 10:4 जब ती सातवटा गर्जनले आवाज निकाले, तब मैले लेख्‍नै लागेको थिएँ । तर मैले स्वर्गबाट यसो भनेको आवाज सुनेँ, “ ती सातवटा गर्जनले भनेका कुरा गुप्‍त राख । यसलाई नलेख ।”
REV 10:5 तब मैले स्वर्गतिर आफ्नो दाहिने हात उचालेर समुद्र र पृथ्‍वीमा उभिरहेको स्वर्गदूतलाई देखेँ ।
REV 10:6 त्यसपछि सदासर्वदा जीवित रहनुहुने, जसले स्वर्ग र त्यसमा भएका सबै थोक, पृथ्‍वी र त्यसमा भएका सबै थोक, समुद्र र त्यसमा भएका थोक सृष्‍टि गर्नुहुनेको नाउँमा शपथ खाएर स्वर्गदूतले भने, “अब त्यहाँ ढिलो हुनेछैन ।
REV 10:7 तर त्यस दिन सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्‍नै लाग्दा त्यस दिनमा उहाँका सेवक अगमवक्‍ताहरूलाई घोषणा गर्नुभएजस्तै त्यो रहस्य परमेश्‍वरले पुरा गर्नुहुनेछ ।”
REV 10:8 तब स्वर्गबाट मैले सुनेको आवाजले फेरि मलाई भन्यो, “जाऊ, समुद्र र जमिनमा उभिरहेका स्वर्गदूतको हातमा भएको खुल्ला चर्मपत्रको मुट्ठो लेऊ ।”
REV 10:9 जब म स्वर्गदूतकहाँ गएँ र त्यो सानो चर्मपत्रको मुट्ठो मागे, तब तिनले मलाई भने, “चर्मपत्रको मुट्ठो लाऊ र खाऊ । यसले तिम्रो पेटलाई तितो बनाउनेछ, तर तिम्रो मुखमा यो महजस्तै गुलियो हुनेछ ।”
REV 10:10 मैले स्वर्गदूतको हातबाट त्यो सानो चर्मपत्रको मुट्ठो लिएँ र त्यसलाई खाएँ । मेरो मुखमा त्यो महजस्तै गुलियो भयो, तर मैले यसलाई खाइसकेपछि मेरो पेट तितो भयो ।
REV 10:11 अनि मलाई कसैले भन्यो, “धेरै मनिसहरू, जातिहरू, भाषाहरू र राजाहरूको बारेमा तिमीले फेरि अगमवाणी गर्नुपर्छ ।”
REV 11:1 मलाई नाप्‍ने निगालोको एउटा टाँगो दिइयो । “उठ र परमेश्‍वरको मन्दिर र वेदी, र जसले त्यसमा आराधना गर्दछन् तिनीहरूको नाप लेऊ भनी मलाई भनियो ।
REV 11:2 तर मन्दिरदेखि बाहिर चोकको भागलाई ननाप, किनभने त्यो गैरयहूदीहरूलाई दिइएको छ । तिनीहरूले बयालिस महिनासम्म पवित्र सहरलाई कुल्चनेछन् ।
REV 11:3 मेरा दुई साक्षीलाई म १,२६० दिनका निम्ति भाङ्ग्राको लुगा लगाएर अगमवाणी गर्न अधिकार दिनेछु ।”
REV 11:4 यी साक्षीहरू दुईवटा जैतुनका रुखहरू र दुईवटा सामदानहरू हुन्, जो पृथ्वीमा परमेश्‍वरको अगि उभिएका थिए ।
REV 11:5 यदि कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, तिनीहरूका मुखबाट निस्केर आउने आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ । कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, त्यसलाई पनि यसरी नै मारिनुपर्छ ।
REV 11:6 यी साक्षीहरूसँग अगमवाणी गरेको समयमा पानी नपरोस् भनी आकाश बन्द गर्ने अधिकार थियो । यी साक्षीहरूले पानी पार्न सक्‍ने सम्मको अधिकार उनीहरूको अगमवाणीको समयमा पाएका थिए । पानीलाई रगतमा परिवर्तन गर्न सक्‍ने र पृथ्वीलाई विभिन्‍न प्रकारका विपत्तिहरूबाट तिनीहरूलाई इच्छा लागेको बेलामा प्रहार गर्ने शक्‍ति तिनीहरूसित थियो ।
REV 11:7 जब तिनीहरूले आफ्ना गवाही सिद्‌ध्याउनेछन्, तब अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूको विरुद्धमा युद्ध गर्नेछ । त्यसले तिनीहरूलाई जित्‍नेछ र तिनीहरूलाई मार्नेछ ।
REV 11:8 तिनीहरूका मृत शरीरहरू ठुलो सहरको बाहिर गल्लितिर पस्रिरहनेछन् (जसलाई साङ्केतिक रूपमा सदोम र मिश्र भनिन्छ) जहाँ तिनीहरूका प्रभु क्रुसमा टाँगिनुभएको थियो ।
REV 11:9 किनकि साँढे तिन दिनसम्म हरेक राष्‍ट्र, जाति, भाषा र मानिसहरूले तिनीहरूका मृत शरीरलाई हेर्नेछन् । तिनीहरूले तिनीहरूलाई चिहानमा गाड्न अनुमति दिनेछैनन् ।
REV 11:10 पृथ्वीमा जिउनेहरू तिनीहरूको मृत्युमा आनन्दित हुनेछन् र उत्सव मनाउनेछन् । तिनीहरूले एक-अर्कालाई उपहारहरू पनि पठाउनेछन् किनभने ती दुई अगमवक्‍ताले पृथ्वीमा जिउनेहरूलाई सताएका थिए ।
REV 11:11 तर साँढे तिन दिनपछि परमेश्‍वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्‍नेछ र तिनीहरू आफ्ना खुट्टामा उभिनेछन् । तिनीहरूलाई देख्‍नेहरू ठुलो डरले भरिनेछ ।
REV 11:12 तब तिनीहरूलाई स्वर्गबाट एउटा ठुलो आवाजले “यतामाथि आओ” भनेको तिनीहरूले सुन्‍नेछन् । अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमाथि स्वर्गसम्मै जानेछन् ।
REV 11:13 त्यसै घडीमा त्यहाँ ठुलो भूकम्‍प जानेछ, र सहरको दसौँ भाग पूर्ण रूपमा विनाश हुनेछ । त्यस भूक‍म्‍पमा सात हजार मानिस मारिनेछन् र बाँचेकाहरूले डराउँदै स्वर्गका परमेश्‍वरलाई महिमा दिनेछन् ।
REV 11:14 दोस्रो विपत्ति बितिगयो । हेर, तेस्रो विपत्ति चाँडै आउँदै छ ।
REV 11:15 तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्‍य हाम्रा प्रभु र उहाँका ख्रीष्‍टको राज्‍य भएको छ । उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।”
REV 11:16 त्यसपछि चौबिस जना धर्म-गुरु जो तिनीहरूको सिंहासनअगि आ-आफ्ना आसनमा परमेश्‍वरको उपस्थितिमा घोप्‍टो परेर अनुहार निहुराएर बसिरहेका थिए, तिनीहरूले परमेश्‍वरको आराधना गरे ।
REV 11:17 तिनीहरूले भने, “सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर हामी तपाईंलाई धन्यवाद दिन्छौँ, जो हुनुहुन्छ र जो हुनुहुन्थ्‍यो, किनकि तपाईंले महान् शक्‍ति लिनुभएको छ र राज्य गर्न थाल्नुभएको छ ।
REV 11:18 संसारका राष्‍ट्रहरू क्रोधित भएका थिए, तर तपाईंको क्रोध आएको छ । मृतकहरूको न्याय गर्ने समय आएको छ, र तपाईंका दास अगमवक्‍ताहरू सन्तहरू, जो विश्‍वासीहरू हुन्, र जो तपाईंको नाउँमा डराउँछन्, महत्त्‍वहीन र शक्‍तिशाली दुवैलाई इनाम दिने समय र पृथ्वीलाई नाश गर्नेहरूलाई नाश गर्ने समय आएको छ ।”
REV 11:19 तब स्वर्गमा परमेश्‍वरको मन्‍दिर खोलियो र मन्‍दिरभित्रै उहाँको करारको सन्दुक देखियो । त्‍यहाँ ज्योतिका चमकहरू, गर्जनहरू, चट्याङको आवाजसाथै भूक‍म्‍प गयो, र ठुला-ठुला असिना परेका थिए ।
REV 12:1 स्वर्गमा एउटा ठुलो चिह्न देखियोः सूर्य पहिरेकी तथा चन्द्रमालाई आफ्नो पैतलामुनि कुल्चेकी स्‍त्रीले बाह्रवटा तारा भएको मुकुटलाई पहिरेकी थिई ।
REV 12:2 त्यो गर्भवती थिई, र बालक जन्माउने प्रसव-वेदनामा चिच्‍च्याइरहेकी थिई ।
REV 12:3 त्यसपछि स्वर्गमा अर्को चिह्न देखियोः हेर ! त्यहाँ ठुलो रातो सातवटा टाउका र दसवटा सिङ र त्यसको टाउकोमा सातवटा मुकुट लगाएको एउटा ठुलो रातो पशु थियो ।
REV 12:4 त्यसको पुच्छरले स्वर्गमा भएको एक-तिहाइ तारालाई सोहोरेर तिनीहरूलाई पृथ्वीमा खसाल्यो । बालक जन्माउन लागेकी त्यस स्‍त्रीको अगि त्यो डरलाग्दो पशु उभियो ताकि त्यसले त्यसको बालकलाई जन्माउने बित्तिकै निल्न सकोस् ।
REV 12:5 त्यसले एउटा बालकलाई जन्माई, जसले फलामको लौरोसँगै सबै जातिमाथि शासन गर्नेछ । त्यसको बालकलाई खोसेर परमेश्‍वर र उहाँको सिंहासनतिर लगियो ।
REV 12:6 अनि त्यो स्‍त्री उजाड-स्थानभित्र भागी, जहाँ परमेश्‍वरले त्यसको निम्ति ठाउँ तयार पार्नुभएको थियो, ताकि बाह्र सय साठी दिनसम्म त्यसलाई हेरचाह गर्न सकियोस् ।
REV 12:7 अब स्वर्गमा युद्ध भयो । मिखाएल र तिनका दूतहरूले त्यस पशुको विरुद्धमा लडाइँ गरे, अनि अजिङ्गर र त्यसका दूतहरूले पनि लडाइँ गरे ।
REV 12:8 तर जित्‍नका निम्ति त्यो अजिङ्गरसँग पर्याप्‍त बल थिएन । त्यसकारण, स्वर्गमा त्यसको र त्यसका दूतहरूका निम्ति कुनै ठाउँ भएन ।
REV 12:9 त्यो ठुलो अजिङ्गर अर्थात् प्राचीन सर्प जसलाई दुष्‍ट वा शैतान भनिन्थ्यो, जसले सारा संसारलाई छल गर्छ, त्यसलाई पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरूलाई पनि त्यससँगै पृथ्वीमा फ्याँकियो ।
REV 12:10 तब मैले स्वर्गमा एउटा ठुलो आवाज सुनेँः “अब मुक्‍ति, शक्‍ति, हाम्रा परमेश्‍वरको राज्य, ख्रीष्‍टको अधिकार आएका छन् । किनभने हाम्रा भाइहरूलाई दोष लगाउने फ्याँकिएको छ, जसले परमेश्‍वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँथ्यो ।
REV 12:11 तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र वचनको साक्षीद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन् ।
REV 12:12 त्यसकारण, हे स्वर्ग र त्यसमा रहनेहरू तिमीहरू सबै रमाओ । तर पृथ्वी र समुद्रलाई धिक्‍कार ! किनकि शैतान तिमीहरूकहाँ तल गएको छ । त्यो डरलाग्दो रिसले भरिएको छ, किनभने त्योसँग थोरै मात्र समय छ भनेर त्यसलाई थाहा छ ।
REV 12:13 आफू पृथ्‍वीमा फ्याँकिएको कुरा जब अजिङ्गरले महसुस गर्‍यो, तब त्यसले बालक जन्माउने स्‍त्रीलाई सतायो ।
REV 12:14 अनि सर्पको उपस्थितिबाहिर तयार पारेको ठाउँ उजाड-स्थानमा उडेर जानका निम्ति त्यस स्‍त्रीलाई एउटा ठुलो गरुडको दुइवटा पखेटा दिइयो । यो त्यही ठाउँ थियो जहाँ त्यसलाई एक समय, समयहरू र आधा समयका निम्ति वास्ता गर्न सकिन्थ्यो ।
REV 12:15 त्यस स्‍त्रीलाई बाढीले बगाएर टाढा लैजाओस् भनेर त्यस सर्पले आफ्नो मुखबाट पानीको नदिजस्तै निकाल्यो ।
REV 12:16 तर पृथ्वीले स्‍त्रीलाई सहायता गर्‍यो । अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदी पृथ्वीले आफ्नो मुख उघारेर निल्यो ।
REV 12:17 त्यसपछि त्यो अजिङ्गर स्‍त्रीप्रति क्रोधित भयो अनि परमेश्‍वरको आज्ञा पालन गर्ने र येशूको बारेमा गवाही दिने त्यसका बाँकी रहेका सन्तानहरूसँग युद्ध गर्न गयो ।
REV 12:18 तब त्यो अजिङ्गर समुद्र किनारको बालुवामाथि उभियो ।
REV 13:1 त्यसपछि मैले समुद्रबाट एउटा पशु आइरहेको देखेँ । त्यसको दसवटा सिङ र सातवटा टाउका थिए । त्यसका सिङहरूमाथि दसवटा मुकुट थिए, र हरेक टाउकामाथि ईश्‍वर-निन्दाका नाउँहरू थिए ।
REV 13:2 मैले देखेको त्यो पशु चितुवाजस्तै थियो । त्यसका खुट्टाहरू भालुका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो । त्यसलाई शासन गर्नको निम्ति एउटा अजिङ्गरले आफ्नो शक्‍ति, आफ्नो सिंहासन र आफ्नो महान् अधिकार दियो ।
REV 13:3 त्यो पशुको टाउकामा गहिरो चोट थियो, जसले मृत्युसम्म लैजान सक्‍थ्यो, तर त्यो घाउ निको भयो । र सारा पृथ्वी अचम्मित भयो र तिनीहरूले त्यस पशुलाई पछ्याए ।
REV 13:4 तिनीहरूले अजिङ्गरको पनि आराधना गर्दथे, किनकि त्यसले आफ्नो अधिकार त्यस पशुलाई दिएको थियो । “यो पशुजस्तो अरू को छ र ?” र “यसको विरुद्धमा कसले लडाइँ गर्न सक्छ र ?” भन्दै तिनीहरूले त्यस पशुलाई आराधना गरे ।
REV 13:5 त्यसको मुखमा घमण्डका वचनहरू बोल्न र ईश्‍वर-निन्दा गर्ने वचनहरू बोल्न दिइयो । त्यसलाई बयालिस महिनाको निम्ति अधिकार गर्न अनुमति दिइएको थियो ।
REV 13:6 त्यसैले, परमेश्‍वरको विरुद्ध ईश्‍वर-निन्दा गर्न, उहाँको नाउँ, उहाँको वासस्थान र स्वर्गमा बस्‍नेहरूका विरुद्धमा निन्दा गर्न त्यस पशुले आफ्नो मुख खोल्यो ।
REV 13:7 विश्‍वासीहरूसँग युद्ध गर्न र तिनीहरूलाई जित्‍न त्यो पशुलाई अनुमति दिइएको थियो । अनि हरेक जाति, मानिस, भाषा, र राष्‍ट्रमाथि पनि अधिकार दिइएको थियो ।
REV 13:8 पृथ्वीमा बस्‍ने सबै मानिसले त्यो पशुको पुजा गर्नेछन्, जसको नाउँ संसारको सृष्‍टिदेखि नै मारिनुभएका थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन् ।
REV 13:9 कसैको कान छ भने, त्यसले सुनोस् ।
REV 13:10 कसैलाई कैदमा लैजानुछ भने, त्यो कैदमा जानेछ । यदि कोही तरवारसँगै मारिनुछ भने, त्यो तरवारले नै मारिनेछ । धैर्य, सहनशिलता, र विश्‍वासका निम्ति जो पवित्र छन् यसैका निम्ति यहाँ बोलावट छ ।
REV 13:11 तब मैले पृथ्वीबाट आइरहेको अर्को पशु देखेँ । त्यसका थुमाका जस्ता दुईवटा सिङ थिए, र त्यसले अजिङ्गरले जस्तै गरी बोल्यो ।
REV 13:12 त्यसले पहिले पशुको उपस्थितिमा सबै शक्‍तिको अभ्यास गर्‍यो, अनि पृथ्वी र त्यहाँ बस्‍ने मानिसहरूलाई त्यसले पहिले पशुलाई पुजा गर्न लगाउँथ्यो, जसको घातक घाउ निको भएको थियो ।
REV 13:13 त्यसले शक्‍तिशाली आश्‍चर्यकर्म पनि देखायो । त्यसले मानिसहरूका अगाडि स्वर्गबाट पृथ्वीमा आगो झार्ने कामसमेत गर्‍यो ।
REV 13:14 शक्‍तिशाली चिह्नहरूद्वारा यसलाई त्यसो गर्ने अनुमति दिइयो । दोस्रो पशुले पृथ्वीमा भएका मानिसहरूलाई छल गर्‍यो । त्यसले पहिलो पशुलाई आदर गर्नका निम्ति तिनीहरूलाई त्यसको एउटा मूर्ति बनाउन लगायो । त्यस पशुलाई तरवारको चोट लागेको थियो, तरै पनि त्यो जीवित भयो ।
REV 13:15 त्यसलाई त्यो पशुको मूर्तिलाई जीवित पार्ने अनुमति दिइयो, जसले गर्दा त्यो मूर्तिले बोल्न सकोस् र त्यस पशुको मूर्तिलाई पुजा गर्न इन्कार गर्नेहरू मारिन सकून् ।
REV 13:16 अनि त्यसले शक्‍तिशाली र महत्त्वहीन, धनी र गरिब, स्वतन्‍त्र र कमारा हरेकलाई दाहिने हात वा निधारमा चिह्न लगाउन दबाब दियो ।
REV 13:17 त्यो पशुको चिह्न नभएकाहरूका निम्ति किन्‍न वा बेच्‍न असम्भव हुन्थ्यो । त्यो पशुको चिह्नले त्यसको नाउँको सङ्ख्यालाई प्रतिनिधित्व गर्दछ ।
REV 13:18 यसले बुद्धिको आव्हान गर्छ । कसैसँग अन्तर्दृष्‍टि छ भने, त्यसले पशुको सङ्ख्या हिसाब गरोस् । किनकि त्यो सङ्ख्या मानव-जातिको निम्ति हो । यो सङ्ख्या ६६६ हो ।
REV 14:1 मैले सियोन पर्वतमा थुमा उभिरहनुभएको हेरेँ र देखेँ । उहाँसँग १,४४, ००० थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए ।
REV 14:2 मैले धेरै पानीको आवाजजस्तै र ठुलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर सुनेँ । मैले सुनेको त्यो आवाज वीणा बजाउनेहरूले आफ्ना वीणाहरू बजाइरहेका सोरजस्तो थियो ।
REV 14:3 धर्म-गुरुहरू, चार जीवित प्राणीहरू र सिंहासनका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए । पृथ्‍वीबाट ल्याइएका १,४४, ००० बाहेक अरू कसैले पनि त्यो गीत सिक्‍न सक्दैनथ्यो ।
REV 14:4 यिनीहरू जसले आफैलाई स्‍त्रीहरूसित लसपस गरेका थिएनन्, किनकि तिनीहरूले अनैतिकतादेखि आफूलाई शुद्ध राखेका थिए । यी तिनीहरू हुन्, जो थुमा जहाँ-जहाँ जानुहुन्छ तिनीहरूले उहाँलाई त्यता-त्यता पछ्याउँछन् । परमेश्‍वर र थुमाका निम्ति यिनीहरू पहिलो फलको रूपमा मानव-जातिबाट ल्याइएकाहरू हुन् ।
REV 14:5 तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू दोषरहित थिए ।
REV 14:6 तब मैले अर्को स्वर्गदूतलाई आकाशको बिचमा उडिरहेको देखेँ; पृथ्‍वीमा बस्‍ने हरेक जाति, कुल, भाषा, र मानिसलाई सुसमाचार घोषणा गर्न तिनीसँग अनन्त सन्देश थियो ।
REV 14:7 तिनले चर्को सोरसँग कराएर भने, “परमेश्‍वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्‍वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।”
REV 14:8 अर्को दोस्रो स्वर्गदूतले यसो भन्दै पछ्याए, “पतन, महान् बेबिलोनको पतन भएको छ, जसले त्यसको अनैतिक कुवासनाको मद्य सबै जातिलाई पिउन लगाई ।”
REV 14:9 अनि अर्को तेस्रो स्वर्गदूतले चर्को सोरमा यसो भन्दै तिनीहरूलाई पछ्याए, “यदि कसैले त्यस पशु र उसको मूर्तिलाई पुजा गर्दछ, र निधारमा वा उसको हातमा छाप लगाँउछ भने,
REV 14:10 उसले पनि परमेश्‍वरको क्रोधबाट केही मद्य पिउनेछ, जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ । जसले यो पिउँछ त्यसलाई परमेश्‍वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ ।
REV 14:11 तिनीहरूको वेदनाबाट धुवाँ सदासर्वदाका निम्त माथितिर जान्छ; पशु र त्यसको मूर्ति पूज्‍नेहरू र त्यसको नाउँको छाप लिनेहरूले दिन वा रातमा कहिल्यै विश्राम पाउनेछैनन् ।
REV 14:12 पवित्रहरूको धैर्यका निम्ति यहाँ एउटा बोलावट छ, जसले परमेश्‍वरको आज्ञा पालन गर्दछन् र येशूमा विश्‍वास राख्छन् ।”
REV 14:13 मैले स्वर्गबाट यसो भनेको एउटा सोर सुनेँ, “यो लेखः प्रभुमा मर्नेहरू धन्यका हुन् ।” “हो,” आत्मा भन्‍नुहुन्छ, “ताकि तिनीहरूले आफ्नो परिश्रमबाट विश्राम पाउन सकून्, किनकि तिनीहरूका कामले तिनीहरूलाई पछ्याउनेछन् ।”
REV 14:14 मैले हेरेँ र त्यहाँ एउटा सेतो बादल थियो, बादलमाथि बस्‍नुभएको एक जना मानिसका पुत्रजस्तैलाई देखेँ । उहाँको शिरमा एउटा सुनको मुकुट र उहाँको हातमा धारिलो हँसिया थियो ।
REV 14:15 त्यसपछि अर्को स्वर्गदूत मन्दिरबाट बाहिर आए र बादलमाथि बस्‍नुहुनेलाई चर्के सोरसँग बोलाएः “तपाईंको हँसिया लिनुहोस् र कटनी गर्न सुरु गर्नुहोस् । किनभने कटनीको समय आएको छ, किनकि पृथ्‍वीको बाली पाकिसकेको छ ।”
REV 14:16 तब बादलमाथि बस्‍नुहुनेले आफ्नो हँसिया पृथ्‍वीमाथि चलाउनुभयो, र पृथ्‍वीमा कटनी भयो ।
REV 14:17 स्वर्गमा भएको मन्दिरबाट अर्को स्वर्गदूत बाहिर आए; तिनीसँग पनि एउटा धारिलो हँसिया थियो ।
REV 14:18 अझ अर्को स्वर्गदूत धूप वेदीबाट आए, जोसँग आगोमाथि अधिकार थियो । जोसित धारिलो हँसिया थियो, उनलाई उहाँले चर्को सोरले बोलाउनुभयो, “तिम्रो धारिलो हँसिया चलाऊ र पृथ्‍वीका अङ्गुरहरूको झुप्पालाई जम्मा गर, किनभने तिनीहरूका अङ्गुरहरू पाकिसकेका छन् ।”
REV 14:19 ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्‍वीमा चलाए र पृथ्‍वीका अङ्गुरको फसल जम्मा गरे । परमेश्‍वरको क्रोधको ठुलो दाख कोलभित्र फालिदिए ।
REV 14:20 सहर बाहिरबाट दाखको कोल भरियो र घोडाको लगामको उच्‍चाइसम्म रगत पोखियो, किनकि यो १,६०० किलोमिटरसम्म फैलिएको थियो ।
REV 15:1 तब मैले अर्को अचम्म र शक्‍तिशाली चिह्न स्वर्गमा देखेः त्यहाँ सात जना स्वर्गदूतले सातवटा विपत्ति लिएका थिए जुनचाहिँ अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूमा परमेश्‍वरको क्रोध पुरा भएको थियो ।
REV 15:2 मैले आगोसँग मिसिएको काँचको समुद्रजस्तो केही देखा परेको देखेँ । त्यहाँ समुद्रको छेउमा पशु, त्यसको मूर्ति र नाउँको सङ्ख्यामाथि प्रतिनिधित्व गर्दै विजय पाउनेहरू उभिएका थिए । परमेश्‍वरले दिनुभएको वीणा तिनीहरूले पक्रिरहेका थिए ।
REV 15:3 तिनीहरूले परमेश्‍वरका दास मोशा र थुमाको गीत गाइरहेका थिएः “हे सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका कामहरू महान् र आश्‍चर्यपूर्ण छन् । हे जातिहरूका राजा, तपाईंका मार्गहरू न्यायी र सत्य छन् ।
REV 15:4 हे प्रभु, तपाईंको नाउँको महिमा कसले गर्दैन र ? तपाईंसँग को डराउँदैन ? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ । सबै जाति आएर तपाईंको अगाडि आराधना गर्छन् किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट गरिएका छन् ।
REV 15:5 यी कुरापछि मैले हेरँ, र स्वर्गमा गवाहीको पालको मन्दिर उघारियो ।
REV 15:6 सुतीको चम्किलो पोशाक लगाएर र सुनको फित्ता छातीको वरिपरि लगाएर सात जना स्वर्गदूत सातवटा विपत्ति लिएर महा-पवित्रस्थानबाट बाहिर आए ।
REV 15:7 चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए ।
REV 15:8 परमेश्‍वरको महिमा र उहाँको शक्‍तिले मन्दिर धुवाँले भरिएको थियो । ती सात स्वर्गदूतका सातवटा विपत्ति पुरा नहुञ्‍जेलसम्म कोही पनि त्यसभित्र पस्‍न सकेन ।
REV 16:1 मन्दिरदेखि आएको एउटा चर्को सोरले सात जना स्वर्गदूतलाई यसो भनेर बोलाएको मैले सुनेँ, “जाऊ र परमेश्‍वरको क्रोधका सातवटा कचौरा पृथ्वीमा खन्याओ ।”
REV 16:2 पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्याए । त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुजा गर्ने मानिसहरूलाई घिनलाग्दा र पीडादायी घाउहरू आए ।
REV 16:3 दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खनाए । अनि यो मरेको मानिसको रगतजस्तो भयो, र समुद्रमा भएका हरेक जीवित प्राणीहरू मरे ।
REV 16:4 तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूभित्र खन्याए, र ती रगत भए ।
REV 16:5 पानीको स्वर्गदूतले यसो भनेको मैले सुनेँ, “तपाईं धर्मी हुनुहुन्छ, जो हुनुहुन्छ, हुनुहुन्थ्यो, र पवित्र जन हुनुहुन्छ, किनकि यी कुराहरूलाई तपाईंले न्याय गर्नुभयो ।
REV 16:6 किनभने तिनीहरूले विश्‍वासी र अगमवक्‍ताहरूको रगत बगाएका छन्, तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो, तिनीहरू यसैको योग्य छन् ।”
REV 16:7 वेदीले जवाफ दिएको मैले सुनेँ, “हो, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका न्याय सत्य र धार्मिक छन् ।”
REV 16:8 चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए, र त्यसलाई मानिसहरूलाई आगोले डढाउने अनुमति दिइएको थियो ।
REV 16:9 तिनीहरू प्रचण्ड तापद्वारा डढे, र तिनीहरूले यस विपत्तिहरूमाथि शक्‍ति भएका परमेश्‍वरको नाउँको निन्दा गरे । तिनीहरूले पश्‍चात्ताप गरेनन् वा उहाँलाई महिमा दिएनन् ।
REV 16:10 पाँचौँ स्वर्गदूतले आफ्नो कचौरा त्यस पशुको सिंहासनमा खन्याए, र त्यसको राज्यलाई अन्धकारले ढाक्यो । तिनीहरूले कष्‍टमा आ-आफ्नो जिब्रो चपाए ।
REV 16:11 तिनीहरूका पीडा र घाउहरूका कारण स्वर्गका तिनीहरूले परमेश्‍वरको नाउँको निन्दा गरे, र अझै पनि तिनीहरूले गरेका कामबाट पश्‍चात्ताप गर्न तिनीहरूले इन्कार गरे ।
REV 16:12 छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमा खन्याए । पूर्वबाट आउनुहुने राजाहरूका निम्ति बाटो तयार गर्न त्यो नदीको पानी सुक्यो ।
REV 16:13 मैले अजिङ्गर, पशु र झुटो अगमवक्‍ताका मुखहरूबाट भ्यागुताजस्ता तिनवटा अशुद्ध आत्मा बाहिर निस्किरहेको देखेँ ।
REV 16:14 किनकि तिनीहरू दुष्‍टका आत्माहरू थिए जसले आश्‍चर्यपूर्ण चिह्नको प्रदर्शन गर्दछन् । तिनीहरू सारा संसारका राजाहरूकहाँ गएर सर्वशक्‍तिमान् परमेश्‍वरको महान् दिनको युद्धका लागि तिनीहरूलाई सँगसँगै भेला गर्छन् ।
REV 16:15 “हेर, म एउटा चोरजस्तै गरेर आउनेछु; धन्य हो त्यो मानिस जो जागा रहन्छ, जसले आफ्ना वस्‍त्रहरू राख्तछ, ताकि ऊ नाङ्गै बाहिर जान नपरोस् र तिनीहरूले उसको लाजमर्दो अवस्था देख्‍न नपरोस् ।”
REV 16:16 तिनीहरूले उनीहरूलाई एकै ठाउँमा ल्याए जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्छ ।
REV 16:17 तब सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए । त्यसपछि सिंहासन र मन्दिरबाट यसो भन्दै एउटा चर्को सोर आयो, “सिद्धिएको छ ।”
REV 16:18 त्यहाँ बिजुलीहरू चम्किए, गर्जन र आवाजहरू र डरलाग्दो भूकम्प गयोः यति डरलाग्दो भूकम्प गयो कि पृथ्वीमा मानिसहरू सृष्‍टि भएदेखि यति ठुलो भूकम्प कहिल्यै गएको थिएन ।
REV 16:19 त्यो ठुलो नगर तिन भागमा विभाजन भयो, र जातिहरूका सहरहरू नष्‍ट भए । अनि परमेश्‍वरले त्यो महान् बेबिलोन भनेर मनमा बोलाउनुभयो, र उहाँको आफ्नो डरलाग्दो क्रोधको मद्यले भरिएको कचौरा त्यस सहरलाई दिनुभयो ।
REV 16:20 हरेक टापु हराएर गयो, र पर्वतहरू फेरि भेट्टाइएनन् ।
REV 16:21 आकाशबाट ठुला-ठुला असिनाहरू मानिसहरूमाथि बर्सेन लागे । असिनाको विपत्तिका कारण तिनीहरूले परमेश्‍वरलाई सरापे, किनकि त्यो विपत्ति अति नै डरलाग्दो थियो ।
REV 17:1 सातवटा कचौरा लिएका सात जना स्वर्गदूतमध्ये एक जनाले मकहाँ आएर भने, “आऊ, म तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्यालाई दिएको दण्डलाई देखाउनेछु ।
REV 17:2 त्यससँग पृथ्वीका राजाहरूले यौन अनैतिकता गरेका छन् । पृथ्वीका बासिन्दाहरू त्यसको यौन अनैतिकताको मद्यले मातेका छन् ।”
REV 17:3 त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड-स्थानतिर लगे, र निन्दा गर्ने पुरै नाउँहरूले भरिएकी रातो रङको पशुमाथि बसेकी एउटी स्‍त्रीलाई मैले देखेँ । त्यस जनावरको सातवटा टाउका र दसवटा सिङ थिए ।
REV 17:4 त्यस स्‍त्रीले बैजनी र रातो चहकिलो पोशाक लगाएकी र सुन, बहुमूल्य मणि र मोतीहरूले सिँगारिएकी थिई । घिनलाग्दा कुराहरू र यौन अनैतिकताका अशुद्ध थोकहरूले भरिएको एउटा सुनको कचौरा त्यसले हातमा समातिरहेकी थिई ।
REV 17:5 एउटा रहस्यको अर्थ भएको नाउँ त्यसको निधारमा लेखिएको थियोः “पृथ्वीमा भएका घिनलाग्दा कुराहरू र वेश्याहरूकी आमा महान् बेबिलोन ।”
REV 17:6 मैले त्यस स्‍त्रीले विश्‍वासीहरूको रगत र येशूको निम्ति सहिद भएकाहरूको रगत पिएर मातेकी देखेँ । जब मैले त्यसलाई देखेँ, तब म सार्‍है नै चकित भएँ ।
REV 17:7 तर स्वर्गदूतले मलाई भने, “तिमी किन चकित हुन्छौँ ? म तिमीलाई त्यो स्‍त्री र त्यसलाई बोक्‍ने सातवटा टाउका र दसवटा सिङ भएको पशुको रहस्यको अर्थ बताउनेछु ।
REV 17:8 तिमीले देखेको त्यो पशु अस्तित्वमा थियो र अहिले अस्तित्वमा छैन, तर अगाध खाँदबाट माथि निस्कन लागेको छ । तब यो विनाशतिर जानेछ । पृथ्वीमा जिउनेहरू जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यो पशुलाई देखेर चकित पर्नेछन्, किनभने त्यो अस्तित्वमा थियो, अहिले अस्तित्वमा छैन, तर आउनै लागेको छ ।
REV 17:9 यसले बुद्धि भएको मनलाई आव्हान गर्छ । सातवटा टाउका सातवटा डाँडा हुन् जसमाथि त्यो स्‍त्री बसेकी छे ।
REV 17:10 तिनीहरू सात राजाहरू पनि हुन् । पाँच जना राजा पतन भइसकेका छन्, एक जना अस्तित्वमा छ, र एक जना अहिलेसम्म आएको छैन । जब त्यो आउँछ, तब केही समयका लागि रहन्छ ।
REV 17:11 त्यो पशु अस्तित्वमा थियो, तर अहिले अस्तित्वमा छैन । त्यो आफैँ पनि आठौँ राजा हो, तर ती सात राजामध्‍ये त्यो एक हो, तर त्यो नष्‍ट हुन गइरहेको छ ।
REV 17:12 तिमीले देखेका दसवटा सिङ दस जना राजा हुन्, जसले अहिलेसम्म राज्य प्राप्‍त गरेका छैनन्, तर त्यो पशुसँगै तिनीहरूले एक घण्टाका निम्ति राजाकै अधिकार प्राप्‍त गर्नेछन् ।
REV 17:13 यिनीहरूको एउटै विचार छ, र तिनीहरूले आफ्नो शक्‍ति र अधिकार त्यो पशुलाई दिन्छन् ।
REV 17:14 तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन् । तर थुमाले तिनीहरूलाई जित्‍नुहुनेछ, किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ, र उहाँसँग हुनेहरू बोलाइएका, छानिएका र विश्‍वासयोग्यहरू हुन् ।”
REV 17:15 ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेको पानीमाथि जहाँ त्यो वेश्या बसेकी छे, त्यो पानी मानिसहरू, भिड, जाति र भाषाहरू हुन् ।”
REV 17:16 तिमीले देखेका दसवटा सिङ र त्यो पशुले त्यो वेश्यालाई घृणा गर्नेछन् । तिनीहरूले त्यसलाई एकलो र नाङगै पारेर त्यसको शरीरलाई सिद्ध्याउनेछन्, र त्यसलाई तिनीहरूले आगोले पूर्ण रूपमा डढाउनेछन् ।
REV 17:17 किनभने परमेश्‍वरको वचन पुरा नहोउञ्‍जेलसम्म एउटै मनको भई तिनीहरूले आफ्नो अधिकार त्यो पशुलाई राज्य गर्न दिन उहाँको उद्देश्य पुरा हुनलाई परमेश्‍वरले यस्तो विचार हलिदिनुभयो ।
REV 17:18 तिमीले देखेको त्यो स्‍त्री पृथ्वीका राजाहरूमाथि शासन गर्ने महानगरी हो ।”
REV 18:1 यी कुराहरूपछि मैले अर्को स्वर्गदूत स्वर्गबाट तल झरिरहेको देखेँ । उनीसँग ठुलो शक्‍ति थियो, र उनको महिमाद्वारा पृथ्‍वी उज्यालो भएको थियो ।
REV 18:2 उनी शक्‍तिशाली चर्को सोरले यसो भन्दै कराए, “पतन, महान् बेबिलोनको पतन भएको छ, त्यो दुष्‍ट आत्माहरूका निम्ति एक वासस्थान, हरेक अशुद्ध आत्माका लागि वासस्थान र हरेक अशुद्ध र घृणित चराको एक वासस्थान भएकी छे ।
REV 18:3 किनभने सबै जातिले त्यसको अनैतिक कामवासनाको मद्य पिएका छन् । पृथ्वीका राजाहरूले त्यससँग अनैतिक काम गरेका छन् । त्यसको विलासिताको शक्‍तिको जीवन यापनबाट पृथ्‍वीका व्यापारीहरू धेरै धनी भएका छन् ।”
REV 18:4 त्यसपछि मैले स्वर्गबाट यसो भनेको अर्को आवाज सुनेँ, “मेरा मानिसहरू हो, त्यसबाट बाहिर आओ, ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बन्‍नु नपरोस्, र त्यसका कुनै पनि विपत्ति तिमीहरूले भोग्‍नु नपरोस् ।
REV 18:5 त्यसका पापहरूको थुप्रो स्वर्गजस्तै अग्लो भएको छ, र परमेश्‍वरले त्यसका दुष्‍ट कामहरूको सम्झना गर्नुभएको छ ।
REV 18:6 जसरी त्यसले अरूलाई दिएकी थिई, त्यसरी नै त्यसलाई फर्काइदेओ र त्यसले जे गरेकी छे फिर्ता गरिदेओ । त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोब्बर हुने गरी त्यसलाई देओ ।
REV 18:7 जसरी त्यसले आफैँलाई महिमित तुल्याई र सुखविलासमा जीवन बिताएकी थिई, त्यसरी नै त्यसलाई यातना र शोक देओ । किनभने त्यसले आफ्नो ह्रदयमा भनेकी छे, ‘म रानीजस्तै भएर बसेकी छु , म एक विधवा होइनँ, र मैले कहिल्यै शोक हेर्नुपर्नेछैन ।’
REV 18:8 त्यसकारण, त्यसमाथि एकै दिनमा मृत्यु, शोक र अनिकालका विपत्ति आइपर्नेछन् । त्यसलाई आगोद्वारा भस्म पारिनेछ, किनभने परमप्रभु परमेश्‍वर शक्‍तिशाली हुनुहुन्छ, र उहाँ त्यसको न्‍यायकर्ता हुनुहुन्छ ।”
REV 18:9 पृथ्‍वीका राजाहरूले त्यससँग अनैतिक यौन काम गरे र त्यसले नियन्त्रणदेखि बाहिर गएर बलेको धुवाँ देखेर त्यससँगै रुने र विलाप गर्नेछ ।
REV 18:10 तिनीहरूले त्यसको यातनाको डरलाई देखेर टाढै उभिएर यसो भन्‍नेछन्, “धिकार, धिकार त्यस महान् सहरलाई, शक्‍तिशाली सहर बेबिलोन ! किनकि एकै घडीमा तेरो न्याय आएको छ ।”
REV 18:11 पृथ्वीका व्यापारीहरूले त्यसको लागि रुने र विलाप गर्नेछन्, किनकि त्यस समयदेखि कसैले पनि त्यसका सामानहरू किन्‍नेछैन ।
REV 18:12 सुन, चाँदी, बहुमूल्य पत्थर, मोती, मिहिन सुती कपडा, बैजनी, रेसम, चहकिलो रङ सबै किसिमका सुगन्धित काठ, हरेक प्रकारका हस्तिहाडका भाँडाहरू, हरेक बहुमूल्य काठबाट बनेको भाँडा, काँसा, फलाम, सिङ्गमरमर,
REV 18:13 तेजपात, मसला, धूप, मूर्र, सुगन्धित धूप, दाखमद्य, तेल, मसिनो पिठो, गहुँ, गाई, भेडा, घोडाहरू र रथहरू, र दासहरू र मानव आत्माहरू ।
REV 18:14 तेरो सबै शक्‍तिले तैंले चाहेको फल तँबाट गइसकेको छ । तेरा सबै सुखविलास र वैभवहरू गुमेका छन्, ती फेरि कहिल्यै भेटिनेछैनन् ।
REV 18:15 यी सामानका व्‍यापारीहरू जसले व्‍यापारद्वारा धन कमाएका थिए, तिनीहरूले त्यसमा परिआउने यातनाको डरले टाढै उभिएर रुने र चर्को गरी विलाप गर्नेछन् ।
REV 18:16 तिनीहरूले भन्‍नेछन्, “धिकार महान् सहर, तँलाई धिकार, त्यो जसले मलमल, बैजनी र रातो रङको कपडा लगाएर सुन, मोती र बहुमूल्य गहनाहरूले सिँगारिएकी थिइस् ।
REV 18:17 एकै घडीमा सबै सम्पत्ति नष्‍ट भएका छन् ।” हरेक जहाजको कप्‍तान, हरेक यात्रा गर्ने मानिस, नाविकहरू र समुद्रमा व्यापार गर्नेहरू टाढै उभिए ।
REV 18:18 त्यो जलेको धुवाँ देखेर तिनीहरू कराए । तिनीहरूले भने, “योजस्तो महान् सहर अरू कुन छ र ?”
REV 18:19 तिनीहरूले आफ्ना टाउकामा धुलो फ्याँकेर रुँदै र कराउँदै विलाप गरे, “धिक्‍कार, महान् सहरलाई धिक्‍कार, जहाँ समुद्रमा तिनीहरूका जहाज हुनेहरू त्यसको सम्पत्तिबाट धनी भएका थिए । किनकि एकै क्षणमा त्यो नष्‍ट पारिएकी छे ।”
REV 18:20 स्वर्ग, त्यसमाथि आनन्द गर, विश्‍वासीहरू, प्रेरितहरू र अगमवक्‍ताहरू, किनकि परमेश्‍वरले तिमीहरूमाथिको न्‍याय त्यसमाथि ल्याउनुभएको छ ।”
REV 18:21 एक जना शक्‍तिशाली स्वर्गदूतले जाँतोजस्तो एउटा ढुङ्गा उठाए र यसो भन्दै समुद्रमा फाले, “यस प्रकारले बेबिलोन, महान् सहर हिंसात्मक तरिकाले तल खसालिनेछ र त्यसलाई फेरि कहिल्यै देखिनेछैन ।
REV 18:22 वीणाको स्वर, सङ्गीतकारहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्‍नेहरूको धुन तँमा फेरि कहिल्‍यै सुनिनेछैन । कुनै पनि कारिगर तँमाथि भेटाइनेछैन । कुनै पनि जाँतोको आवाज तँमा कहिल्‍यै सुनिनेछैन ।
REV 18:23 बत्तीको ज्योति तँमा कहिल्‍यै चम्कनेछैन । दुलहा र दुलहीको आवाज तँमा कहिल्‍यै सुनिनेछैन, किनभने तेरा व्यापारीहरू पृथ्‍वीका राजकुमारहरू थिए, र जातिहरू तेरा टुनामुनाद्वारा छानिएका थिए ।
REV 18:24 त्यसैमा अगमवक्‍ताहरू र विश्‍वासीहरूको रगत र पृथ्‍वीमा मारिएकाहरू सबैको रगत भेटिएको थियो ।”
REV 19:1 यी कुरापछि मैले ठुलो सङ्ख्यामा भएका मानिसहरूले चर्को सोरले स्वर्गमा यस भनिरहेको जस्तो सुनेँ, “हल्लेलूयाह ! मुक्‍ति, महिमा र शक्‍ति हाम्रा परमेश्‍वरका हुन् ।
REV 19:2 उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन् । किनभने उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्‍वीलाई त्यसको अनैतिक यौनले भ्रष्‍ट पारेकी छे । उहाँले आफ्ना दासहरूका रगतको निम्ति बदला लिनुभएको छ, जुन त्यो आफैँले बगाएकी थिई ।”
REV 19:3 तिनीहरूले दोस्रो चोटि भने, “हल्लेलूयाह ! त्यसबाटै सदाकालका निम्ति धुवाँ निस्किरहन्छ ।”
REV 19:4 चौबिस जना एल्डर र चार जीवित प्राणीहरू आफैँले भुइँसम्मै घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएका परमेश्‍वरलाई दण्डवत् गर्दै आराधना गरे । तिनीहरूले “आमेन । हल्लेलूयाह !” भनिरहेका थिए ।
REV 19:5 त्यसपछि सिंहासनबाट यसो भन्‍ने एउटा आवाज आयो, “तिमीहरू सबै उहाँका दासहरू हौ जसले उहाँको भय मान्दछन्, हाम्रा परमेश्‍वरको प्रशंसा गर ।”
REV 19:6 अनि एउटा ठुलो भिडको आवाज जस्तो सोर, धेरै पानीको आवाज र गर्जनजस्तोले “हल्लेलूयाह” भनिरहेको मैले सुनेँ किनभने हाम्रा परमप्रभु सर्वशक्‍तिमान् परमेश्‍वरले राज्य गर्नुहुन्‍छ ।
REV 19:7 हामी आनन्दित होऔँ र खुसी मनाऔँ, र उहाँलाई महिमा दिऔँ किनभने थुमाका विवाहको उत्सव मनाउने दिन आएको छ, उहाँकी दुलहीले आफैँलाई तयार बनाएकी छन् ।”
REV 19:8 तिनलाई मलमलको वस्‍त्र लगाउन अनुमति दिइयो, (किनकि मलमलको वस्‍त्र उहाँका पवित्र मानिसहरूका धार्मिक कार्यहरू हुन् ) ।
REV 19:9 स्वर्गदूतले मलाई भने, “यो लेखः ‘थुमाको विवाहको भोजमा निमन्‍त्रणा गरिएकाहरू धन्यका हुन् ।’ उनले मलाई यो पनि भने, ‘यी परमेश्‍वरका सत्य वचन हुन् ।’
REV 19:10 उनलाई आराधना गर्न म उनको खुट्टा अगाडि घोप्टो परेँ, तर उनले मलाई “यसो नगर भन्‍नुभयो, किनभने म येशूको बारेमा गवाही राख्‍ने तिम्रा भाइहरू र एक सङ्गी दास मात्र हुँ । परमेश्‍वरको आराधना गर, किनभने येशूको बारेमा भएको गवाही अगमवाणीका आत्‍मा हुनुहुन्छ ।”
REV 19:11 तब मैले स्वर्ग खोलिएको देखेँ, र मैले हेरेँ त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि सवार हुनुहुनेलाई सत्य र विश्‍वासयोग्य भनिन्थ्यो । उहाँले न्‍यायपूर्ण रूपमा इन्साफ र युद्ध गर्नुहुन्छ ।
REV 19:12 उहाँका आँखा आगोको ज्वालाजस्ता र उहाँका शिरमा धेरै मुकुट थिए । उहाँमाथि लेखिएको नाउँ उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन ।
REV 19:13 उहाँले रगतमा चोबलिएको वस्‍त्र पहिरिनुभएको थियो, र उहाँको नाउँलाई परमेश्‍वरको वचन भनेर बोलाइन्थ्यो ।”
REV 19:14 मलमलका सफा कपडा पहिरिएर स्वर्गका सेनाहरू सेतो घोडामा उहाँलाई पछ्याइरहे ।
REV 19:15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नुहुनेछ । सर्वशक्‍तिमान् परमेश्‍वरको क्रोधले दाखको कोललाई कुल्चन्छ ।
REV 19:16 उहाँको पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भनी एउटा नाउँ लेखिएको छ ।
REV 19:17 मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ । तिनले माथि उडिरहेका चराहरू सबैलाई ठुलो सोरले बोलाए, “आओ, सबै परमेश्‍वरको ठुलो भोजका निम्ति भेला होओ ।
REV 19:18 तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्‍तिशाली मानिसहरू, घोडाहरू र त्यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, दास र स्वतन्त्र दुवै, कमजोर र शक्‍तिशाली सबैका मासु खानेछौ ।”
REV 19:19 मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखेँ । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए ।
REV 19:20 उहाँको उपस्थितिमा आश्‍चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्‍तासँगै त्यो पशु पक्राउ पर्‍यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्‍ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्‍यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्‍नि-कुण्डमा जिउँदै फालियो ।
REV 19:21 तिनीहरूमध्ये बाँकी रहेकाहरूलाई घोडा सवारको मुखबाट निस्केको तरवारद्वारा मारियो । तिनीहरूको मृत शरीरलाई सबै चराले खाए ।
REV 20:1 तब मैले स्वर्गबाट तल झरिरहेको एउटा स्वर्गदूतलाई देखेँ । उनीसँग अगाध खाँदको साँचो र एउटा ठुलो साङ्लो उनको हातमा थियो ।
REV 20:2 उनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे, जो दुष्‍ट वा शैतान हो । उनले त्यसलाई एक हजार वर्षका निम्ति बाँधे ।
REV 20:3 उनले त्यसलाई अगाद खाँदमा फालिदिए र यसलाई बन्द गरे र त्यसमाथि मोहोर लगाइदिए । एक हजार वर्ष पुरा नभएसम्म त्यसले जाति-जातिहरूलाई छल गर्न नपाओस् भनी यसो गरिएको थियो । त्यसपछि त्यसलाई केही समयका निम्ति स्वतन्‍त्र गरिनुपर्छ ।
REV 20:4 अनि मैले सिंहासनहरू देखेँ । त्यसमाथि बस्‍नुहुनेलाई न्‍याय गर्ने अधिकार दिइएको थियो । मैले परमेश्‍वरको वचन र येशूको गवाहीका निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखेँ । तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेनन्, र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरे । तिनीहरू जीवित भए, र येशूसँगै एक हजार वर्षसम्म राज्य गरे ।
REV 20:5 बाँकी रहेका मृतकहरू हजार वर्षको अन्त्य नभएसम्म जीवित भएनन् । यो पहिलो पुनरुत्‍थान हो ।
REV 20:6 पहिलो पुनरुत्‍थानमा सहभागी हुनेहरू जो कोही पनि पवित्र र धन्यका हुन् । यिनीहरूमाथि दोस्रो मृत्युको कुनै शक्‍ति हुँदैन । तिनीहरूले परमेश्‍वर र ख्रीष्‍टका पुजारीहरू भएर एक हजार वर्षसम्म उहाँसँगै राज्य गर्नेछन् ।
REV 20:7 जब एक हजार वर्षको अन्त्य हुन्छ, तब शैतानलाई त्यसको कैदबाट छोडिनेछ ।
REV 20:8 पृथ्वीको चारै कुनामा भएका जातिहरूलाई छल गर्न त्यो बहिर जानेछ, गोग र मागोगले तिनीहरूलाई युद्धका निम्ति सँगै ल्याउनेछन् । तिनीहरू समुद्रको बालुवासरह अनगिन्ती हुनेछन् ।
REV 20:9 तिनीहरू पृथ्वीको चारैतिर गएर विश्‍वासीहरूको छाउनीवरिपरि र प्रिय सहरलाई घेरे । तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई नष्‍ट पार्‍यो ।
REV 20:10 तिनीहरूलाई छल गर्ने त्यस दुष्‍टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो, जहाँ पशु र झुटा अगमवक्‍ता फ्याँकिएका थिए । तिनीहरूले दिनरात सदाकाल यातना भोग्‍नेछन् ।
REV 20:11 त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्‍वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।
REV 20:12 मैले शक्‍तिशाली र कमजोर मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखेँ र पुस्तकहरू खोलिए । तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो । ती पुस्तकहरूमा लेखिएका विवरणअनुसार तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्याय भयो ।
REV 20:13 समुद्रमा भएका मृतकहरूलाई त्यसले फिर्ता गरिदियो । मृत्यु र पातालले तिनीहरूमा भएका मृतकहरूलाई दिए, र तिनीहरूले गरेका कामअनुसार मृतकहरूको न्याय भयो ।
REV 20:14 मृत्यु र पाताल अग्‍नि-कुण्डमा फालिए । यो अग्‍नि-कुण्ड दोस्रो मृत्यु हो ।
REV 20:15 जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्‍नि-कुण्डमा फालियो ।
REV 21:1 अनि मैले नयाँ स्वर्ग र नयाँ पृथ्‍वी देखेँ, किनभने पहिलो स्वर्ग र पहिलो पृथ्‍वी बितिगए, र समुद्र त छँदै थिएन ।
REV 21:2 तब परमेश्‍वरबाट दुलहाका लागि दुलहीझैँ सिङ्‍गारिएर तयार पारिएकी पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तल झरिरहेको मैले देखेँ ।
REV 21:3 मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनेँ, “हेर, परमेश्‍वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्‍वर आफैँ तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्‍वर हुनुहुनेछ ।
REV 21:4 उहाँले तिनीहरूका आँखाबाट आँशुका हरेक थोपा पुछिदिनुहुनेछ, र त्यहाँ कुनै मृत्यु हुनेछैन, वा शोक वा विलौना वा कष्‍ट पनि हुनेछैन । पहिलेका थोकहरू बितेर गएका छन् ।
REV 21:5 सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो, “हेर, म सबै कुरा नयाँ बनाउनेछु ।” उहाँले भन्‍नुभयो, “यो लेख किनभने यी वचनहरू भरोसायोग्य र सत्य छन् ।”
REV 21:6 उहाँले मलाई भन्‍नुभयो, “यी कुराहरू सिद्धिएका छन् । म नै अल्फा र ओमेगा, सुरु र अन्त्य हुँ । जो तिर्खाउँछ उसलाई म सित्तैँमा जीवनको पानी मुहानबाट पिउन दिनेछु ।
REV 21:7 जसले विजय प्राप्‍त गर्छ, त्यसले यी कुराहरूमाथि उत्तराधिकार गर्नेछ, र म त्यसको परमेश्‍वर हुनेछ, र ऊ मेरो छोरा हुनेछ ।
REV 21:8 तर डराउनेहरू, अविश्‍वासीहरू, घिनलाग्दाहरू, हत्याराहरू, यौन-अनैतिकहरू, जादुगरहरू, मूर्तिपूजकहरू र झुट बोल्नेहरूको भाग बलिरहेको आगो र गन्धकको कुण्डमा हुनेछ । त्यो दोस्रो मृत्यु हो ।”
REV 21:9 अन्तिम सात विपत्तिका कचौराले भरिएका स्वर्गदूतहरूमध्ये एक जना स्वर्गदूत मकहाँ आए, र तिनले भने, “यहाँ आऊ । म तिमीलाई थुमाकी पत्‍नी दुलही देखाउनेछु ।”
REV 21:10 अनि तिनले मलाई आत्मामा बोकेर एउटा ठुलो अग्‍लो पर्वतमा लगे र परमेश्‍वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।
REV 21:11 यरूशलेममा परमेश्‍वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्‍नहरूजस्तो, मणिक स्फटिक पत्थरको जस्तो थियो ।
REV 21:12 त्यसका बाह्रवटा ढोकासँगै एउटा ठुलो अग्‍लो पर्खाल थियो, ढोकाहरूमा बाह्र जना स्वर्गदूत थिए । ढोकाहरूमा इस्राएलको सन्तानका बाह्रै कुलका नाउँहरू लेखिएका थिए ।
REV 21:13 पूर्वमा तिनवटा ढोका, उत्तरमा तिनवटा ढोका, दक्षिणमा तिनवटा ढोका र पश्‍चिममा तिनवटा ढोका थिए ।
REV 21:14 सहरका पर्खालका बाह्रवटा जग थिए, र तीमाथि थुमाका बाह्रै प्रेरितका बाह्रवटा नाउँ थिए ।
REV 21:15 मसँग बोल्नुहुनेसँग सहर र त्यसका पर्खालहरू नाप्‍नलाई एउटा सुनको नाप्‍ने लौरो थियो ।
REV 21:16 त्यो सहर वर्गाकार थियो; त्यसको लम्बाइ र चौडाइ उस्तै थिए । त्यस लौरोले सहर नाप्दा त्यो लगभग बाह्र हजार लम्बाइको थियो (त्यसको लम्बाइ, चौडाइ र उचाइ उस्तै थिए ) ।
REV 21:17 तिनले त्यसको पर्खाल पनि नापे, मानिसहरूद्वारा नाप्‍दा त्यो पैँसट्ठी मिटरको थियो । (जुन स्वर्गदूतहरूले पनि नापेको हो ) ।
REV 21:18 पर्खाल बिल्लौर र सहर शुद्ध सुनले सफा काँचजस्तै बनाइएको थियो ।
REV 21:19 पर्खालका जगहरू हर प्रकारका बहुमूल्य पत्थरद्वारा बनाइएका थिए । पहिलो बिल्लौर थियो, दोस्रो निलमणि थियो, तेस्रो हरित थियो, चौथो पन्‍ना थियो ।
REV 21:20 पाँचौँ आनिक्स थियो, छैटौँ लालमणि थियो, सातौँ पीतमणि थियो, आठौँ बेरूज थियो, नवौँ पुष्पराज थियो, दसौँ लसुने रत्‍न थियो । एघारौँ नीलमणि थियो, र बाह्रौँ कटेला थियो ।
REV 21:21 बाह्रवटा ढोका बाह्र मोतीका थिए । प्रत्येक ढोका मोतीबाट बनेको थियो । सहरका गल्लीहरू निखुर सुनका थिए, काँचजस्तै छर्लङ्ग देखिन्थे ।
REV 21:22 मैले सहरमा कुनै मन्दिर देखिनँ, किनभने सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर र थुमा नै यसको मन्दिर हुनुहुन्छ ।
REV 21:23 सहरलाई उज्यालो पार्न सूर्य वा चन्द्रमाको कुनै आवश्यक थिएन । किनकि परमेश्‍वरको महिमा नै त्यसमाथि चमक थियो, र त्यसको बत्ती थुमा हुनुहुन्छ ।
REV 21:24 त्यस सहरमा जाति-जातिहरू ज्योतिद्वारा हिँड्नेछन् । पृथ्वीका राजाहरूले आफ्ना वैभव त्यसमा ल्याउनेछन् ।
REV 21:25 यसका ढोकाहरू दिनको समयमा बन्द गरिनेछैनन्, र त्यहाँ रात हुनेछैन ।
REV 21:26 जाति-जातिहरूले आफ्ना गौरव र आदर त्यसभित्र ल्याउनेछन् ।
REV 21:27 र कुनै अशुद्ध थोक कहिल्यै त्यसभित्र पस्‍न पाउनेछैन, न त लाजमर्दो वा छलपूर्ण काम गर्नहरू त्यहाँ जान पाउनेछन्, तर थुमाको जीवनको पुस्तकमा नाउँ लेखिएकाहरू मात्र त्यहाँ पस्‍न पाउनेछन् ।
REV 22:1 त्यसपछि स्वर्गदूतले मलाई स्फटिकजस्तो सफा जीवनको पानीको नदी देखाए । यो परमेश्‍वर र थुमाको सिंहासनबाट बगिरहेको थियो ।
REV 22:2 यो सहरको बिचभागको बाटो भएर बगेको थियो । नदीको हरेक छेउमा जीवनको रुख थियो, बाह्रै प्रकारका फल फलाउने र यसले प्रत्येक महिना आफ्नो फल फलाउँछ । रुखका पातहरू जाति-जातिहरूका निम्ति निको पार्नलाई हुन् ।
REV 22:3 त्यहाँ कुनै श्राप हुनेछैन । परमेश्‍वर र थुमाको सिंहासन सहरमा हुनुहुनेछ, र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछ्न् ।
REV 22:4 तिनीहरूले उहाँको अनुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ ।
REV 22:5 त्यहाँ कुनै रात हुनेछैन, तिनीहरूलाई ज्योतिका निम्ति बत्तीको आवश्यकता पर्दैन, न त सूर्यको प्रकाश नै आवश्यकता पर्नेछ किनकि परमप्रभु परमेश्‍वर नै तिनीहरूका ज्योति हुनुहुनेछ । तिनीहरूले सदासर्वदा राज्य गर्नेछन् ।
REV 22:6 स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्‍वासयोग्य र सत्य छन् । अगमवक्‍ताहरूका आत्माका परमप्रभु परमेश्‍वर छिट्टै के हुनुपर्छ भनी उहाँका सेवकहरूलाई देखाउन उहाँले आफ्नो स्वर्गदूतलाई पठाउनुभयो ।”
REV 22:7 “हेर, म चाँडै आउँदै छु । यस पुस्तकको अगमवाणीको वचन जसले पालन गर्छ, त्यो धन्यको हो ।”
REV 22:8 म यूहन्‍ना हुँ, जसले यी कुराहरू सुनेँ र देखेँ । जब मैले सुनेँ र तिनलाई देखेँ, तब स्वर्गदूत जसले मलाई यी कुराहरू देखाए, म तिनको अगि दण्डवत् गर्न स्वर्गदूतको पाउमा घोप्टो परेँ ।
REV 22:9 तिनले मलाई भने, “त्यसो नगर । तिम्रा दाजुभाइ अगमवक्‍ताहरू र यस पुस्तकको वचन पालना गर्नेहरूका म सङ्गी दास मात्र हुँ । परमेश्‍वरको आराधना गर ।”
REV 22:10 तिनले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूमा मोहर नलगाओ, किनभने समय नजिकै छ ।
REV 22:11 जो अधर्मी छ, त्यसले निरन्तर अधर्म गरिरहोस् । जो अनैतिक छ, त्यसले अनैतिक घृणित काम गरिरहोस् । जो धार्मिक छ, त्यसले धार्मिक काम गरिरहोस् । जो पवित्र छ, त्यो निरन्तर पवित्र रहिरहोस् ।”
REV 22:12 “हेर, म चाँडै आउँदै छु । हरेकले गरेको काम अनुसारको इनाम मसँग छ ।
REV 22:13 अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, सुरु र अन्‍त म नै हुँ ।
REV 22:14 आफ्ना वस्‍त्र धुनेहरू धन्यका हुन् ताकि तिनीहरूले जीवनको रुखबाट खान र ढोकाहरूबाट सहरमा पस्‍ने अधिकार पाउन सकून् ।
REV 22:15 कुकुरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, अश्‍लील काम गर्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू, र झुटा कुरा अभ्यास गर्ने र प्रेम गर्न मन पराउने हरेक बाहिर हुन्छन् ।
REV 22:16 म येशूले मेरा स्वर्गदूतलाई मण्डलीहरूका यी कुराहरूबारे गवाहीको निम्ति पठाएको छु । म दाऊदको वंश र मुल, बिहानको चम्किलो तारा हुँ ।”
REV 22:17 पवित्र आत्मा र दुलही भन्‍नुहुन्छ, “आओ ।” जसले सुन्छ त्यसले यसो भनोस्, “आओ ।” जो तिर्खाएको छ, त्यसलाई आउन देऊ, र जसले यसको इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा पिओस् ।
REV 22:18 यस पुस्तकको अगमवाणीका वचनहरू सुन्‍ने हरेकलाई म चेताउनी दिन्छु । यदि कसैले तिनमा थप्छ भने, यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले त्यसमाथि थपिदिनुहुनेछ ।
REV 22:19 यदि कसैले यस अगमवाणीको पुस्तकका वचनहरूबाट केही निकाल्यो भने, परमेश्‍वरले यस पुस्तकमा लेखिएका जीवनको रुख र पवित्र सहरको भागदेखि त्यसलाई निकालिदिनुहुनेछ ।
REV 22:20 यी कुराका गवाही दिने जसले भन्‍नुहुन्छ, “हो, म चाँडै आउँदै छु ।” आमेन ! आउनुहोस्, हे प्रभु येशू ।
REV 22:21 प्रभु येशूको अनुग्रह हरेकसँग रहोस् । आमेन ।
