﻿अय्यूब.
25.
तब बिल्दद शुहीले जवाफ दिए र यसो भने, 
“प्रभुत्व र डर उहाँसित छन् । उहाँले स्वर्गमा भएका आफ्‍नो उच्‍च स्थानहरूमा शान्ति कायम गर्नुहुन्छ । 
के उहाँको फौजको गन्ति गर्न सकिन्छ र ? कसमाथि उहाँको ज्योति चम्कँदैन र ? 
तब कसरी मानिस परमेश्‍वरसित धर्मी ठहरिन सक्छ त ? स्‍त्रीबाट जन्मेको मानिस कसरी उहाँको सामु शुद्ध, ग्रहणयोग्य हुन सक्छ ? 
हेर्नुहोस्, उहाँलाई चन्द्रले पनि उज्यालो पार्न सक्‍दैन । उहाँको दृष्‍टिमा ताराहरू सिद्ध छैनन् । 
मानिस त झन् नगन्‍य हो, जो एउटा किरा हो— मानिसको पुत्र त, जो किरा एउटा हो ! 
