﻿१ इतिहास.
27.
यो इस्राएली परिवारका अगुवाहरू, हजार र सयका कामण्‍डरहरू, अनि विभिन्‍न किसिमले राजाको सेवा गर्ने सेनाका अधिकारीहरू सूची हो । हरेक सेनाको दलले एक महिनापछि अर्को महिनामा गर्दै वर्षभरि सेवा गर्थे । हरेक दलमा चौबिस हजार जना मानिसहरू थिए । 
पहिलो महिनाको भाग जब्‍दीएलका छोरा याशोबामको थियो । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 
तिनी फारेसका सन्‍तान थिए, अनि पहिलो महिनाको लागि सेनाका अधिकारीहरूका निरीक्षक थिए । 
अहोहाका कुलका दोदै दोस्रो महिनाको लागि त्‍यस भागका सेनापति भए । मिक्‍लोत दोस्रो दर्जामा थिए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 
अगुवा र पूजाहारी यहोयादाका छोरा बनायाह तेस्रो महिनाको लागि तेस्रा कमाण्‍डर थिए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 
यिनी ती नै बनायाह थिए, जो तिस जनाका अगुवा थिए र तिस जना माथि थिए । तिनका छोरा अम्‍मीजाबाद तिनको दलमा थिए । 
चौथो महिनाको लागि योआबका भाइ असाहेल सेनापति भए । तिनीपछि तिनका छोरा जबदियाह कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 
पाँचौं महिनाको लागि यिज्‍याहका सन्तान शम्‍हूत कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 
छैटौं महिनाको लागि तकोका मानिस इक्‍केशका छोरा ईरा कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 
सातौं महिनाको लागि एफ्राइमका पेलोनी हेलेस कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 
आठौं महिनाको लागि जेरहको घरानाका हूशाती सिब्‍बकै कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 
नवौं महिनाको लागि बेन्‍यामीन कुलका अनातोती अबीएजेर कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 
दशौं महिनाको लागि जेरहको घरानाका नतोपा सहरका महरै कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 
एघारौं महिनाको लागि एफ्राइमका पिरातोन सहरका बनायाह कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 
बाह्रौं महिनाको लागि ओत्‍निएलको घरानाका नतोपात सहरका हेल्‍दै कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 
इस्राएलका कुलहरूका अगुवाहरू यी नै थिएः रूबेनको कुलका निम्ति जिक्रीका छोरा एलीएजर अगुवा थिए । शिमियोनका कुलका निम्ति माकाका छोरा शपत्‍याह अगुवा थिए । 
लेवीका कुलका निम्ति कमूएलका छोरा हशब्‍याह अगुवा थिए, अनि हारूनका कुलका निम्ति सादोक अगुवा थिए । 
यहूदाका कुलका निम्ति दाऊदका दाजु एलीहू अगुवा थिए । इस्‍साखारका कुलका निम्ति मिखाएलका छोरा ओम्री अगुवा थिए । 
जबूलूनका कुलका निम्ति ओबदियाका छोरा यिश्‍मायाह अगुवा थिए । नप्‍तालीका कुलका निम्ति अज्रीएलका छोरा यरीमोत अगुवा थिए । 
एफ्राइमका कुलका निम्ति अजज्‍याहका छोरा होशिया अगुवा थिए । मनश्‍शेको आधा कुलका निम्ति पदायाहका छोरा योएल अगुवा थिए । 
गिलादमा भएका मनश्‍शेको आधाकुलका निम्ति जकरियाका छोरा इद्दो अगुवा थिए । बेन्‍यामीनका कुलका निम्ति अबनेरका छोरा यासीएल अगुवा थिए । 
दानका कुलका निम्ति अबनेरका छोरा यहोराम अगुवा थिए । इस्राएलका कुलहरूका अगुवाहरू यिनै थिए । 
दाऊदले बीस वर्षदेखि मुनिकाहरूको जनसंख्‍या लिएनन्, किनभने परमप्रभुले इस्राएलको संख्‍या आकाशका ताराहरूझैं बढाउने प्रतिज्ञा गर्नुभएको थियो । 
सरूयाहका छोरा योआबले जनसंख्‍या लिन सुरु गरे, तर तिनले त्‍यो काम सिद्ध्याएनन्‌ । यसले गर्दा इस्राएलमाथि क्रोध आइपर्‍यो । यो जनसंख्‍या दाऊद राजाको इतिहासमा लेखिएन । 
राजाका भण्‍डारहरूको जिम्‍मा अदीएलका छोरा अज्‍मावेतलाई दिइयो । देशका, सहरहरूका, गाउँहरूका र किल्‍ला भएका सहरहरूका भण्‍डारहरू उज्‍जियाहका छोरा जोनाथनको जिम्‍मामा दिइयो । 
देशमा जमिन जोत्दै खेती-किसानी गर्नेहरू कलूबको छोरा एस्रीको जिम्‍मामा थिए । 
दाखबारीहरू रामती शिमीको जिम्‍मामा थिए, अनि दाख र दाखमद्य व्‍यापारीको जिम्‍मा शेपेमी जब्‍दीको दिइयो । 
तराईमा भएका भद्राक्ष र अञ्‍जीरको हेरचाह गर्ने गेदेरी बाल-हानान थिए, र तेल राख्‍ने भण्‍डार योआशको जिम्‍मामा थियो । 
शारोनमा चर्ने गाईबस्‍तु शारोनी शित्रैको जिम्‍मामा थिए, र बेसीमा चर्ने गाईबस्‍तु अदलैका छोरा शाफातको जिम्‍मामा थिए । 
ऊँटहरू इश्‍माएली ओबीलको जिम्‍मामा थिए, र गधाहरू मेरोनोती येहदयाहको जिम्‍मामा थिए । भेडाबाख्रा हग्री याजीजको जिम्‍मामा थिए । 
हग्री याजीज भेडाबाख्राका निरीक्षक थिए। यी अधिकारीहरू दाऊद राजाका सम्‍पत्तिका निरीक्षक थिए । 
दाऊदका काका जोनाथन सल्‍लाहकार थिए, किनकि तिनी बुद्धिमानी र शास्‍त्री थिए । हक्‍मोनीका छोरा यहीएलले राजाका छोराहरूको रेखदेख गरे । 
अहीतोपेल राजाका सल्‍लाहकार थिए, र अरकी मानिसका हूशै राजाका व्‍यक्‍तिगत सल्‍लाहकार थिए । 
अहीतोपेलको पद बनायाहका छोरा यहोयादा र अबियाथारले लिए । योआब राजाका सेनाका कमाण्‍डर थिए । 
