﻿१ इतिहास.
8.
बेन्‍यामीन पाँच छोराहरूमा जेठा बेला, अश्‍बेल, अहरह, 
नोहा र रफाका थिए । 
बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद, 
अबीशू, नामान, अहोह, 
गेरा, शपूपान र हुराम थिएन । 
एहूदका सन्‍तानहरू जो मानहतमा बसाइँ सर्न बाध्य पारिएका गेबाका बासिन्‍दाहरूका पुर्खाका घरानाहरूका मुखियाहरू यि नै थिए: 
नामान, अहियाह र गेरा । गेराले तिनीहरूलाई सर्ने बेलामा डोर्‍याएका थिए । तिनी उज्‍जा र अहीहूदका पिता थिए । 
आफ्‍ना पत्‍नीहरू हुशीम र बारासित सम्‍बन्‍ध-बिच्‍छेद गरेपछि मोआब देशमा सहरेम छोराछोरीका पिता बने । 
सहरेम आफ्‍नी पत्‍नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्‍काम, 
यूस, साकिया र मिर्माका पिता बने । आ-आफ्ना पिताका घरानाहरूका मुखिहरू, अर्थात् तिनका छोराहरू यि नै थिए । 
तिनी हुशीमबाट पहिले नै अबीतूब र एल्‍पालका पिता भइसकेका थिए । 
एल्‍पालका छोराहरू एबेर, मिशाम र शेमेद थिए (जसले ओनो र लोदोलाई ती वरिपरिका गाउँहरूसहित निर्माण गरे) । 
बरीआ र शेमा पनि त्‍यहाँ थिए । तिनीहरू गातका बासिन्‍दाहरूलाई निकालेर अय्‍यालोनमा बस्‍नेहरूका पिताहरूका घारानाका मुखियाहरू थिए । 
बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत, 
जबदियाह, आराद, एदेर, 
मिखाएल, यिश्‍पा र योहा बरीआका छोराहरू थिए । 
एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर, 
यिश्‍मरै, यिज्‍लीअ, र योबाब थिए । 
शिमीका छोराहरू यि नै थिएः याकीम, जिक्री, जब्‍दी, 
एलीएनै, सिल्‍लतै, एलीएल, 
अदायाह, बरायाह र शिम्रात थिए । 
शाशकका छोराहरू यि नै थिएः यिश्‍पान, एबेर, एलीएल, 
अब्‍दोन, जिक्री, हानान, 
हनन्‍याह, एलाम, अन्‍तोतियाह, 
यिपदिया र पनूएल । 
यरोहामका छोराहरू यि नै थिएः शम्‍शरै, सहर्याह, अतल्‍याह, 
यारेश्‍याह, एलिया र जिक्री । 
यिनीहरू आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू र यरूशलेममा बस्‍नेहरूका मुख्‍य मानिसहरू थिए । 
गिबोनका पिता यीएलचाहिं गिबोनमा बस्‍थे, तिनकी पत्‍नीको नाउँ माका थियो । 
तिनका जेठा छोरा अब्‍दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब, 
गदोर, अहियो, र जेकेर, थिए । 
यीएलका अर्का छोरा मिक्‍लोत थिए, जो शिमाहका पिता भए । तिनीहरू पनि यरूशलेममा आफ्‍ना आफन्तहरूका नजिक बस्‍थे । 
नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए । 
जोनाथनका छोरा मरीब्‍बाल थिए । मरीब्बाल मीकाका पिता थिए । 
मीकाका छोराहरू पीतोन, मेलेक, तारे र आहाज थिए । 
आहाज यहोअदाका पिता बने । यहोअदा आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए । 
मोस बिनेका पिता थिए । बिने रफाहका पिता थिए । रफाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए । 
आसेलका छ छोराहरू थिएः अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान । यी सबै आसेलका छोराहरू थिए । 
तिनका भाइ एशेकका छोराहरू जेठा ऊलाम, माहिला येऊश र कान्‍छा एलीपेलेत थिए । 
ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए । तिनीहरूका धेरै , जम्‍मा १५० जना छोराहरू र नातिहरू थिए । यी सबै जना बेन्‍यामीनका सन्‍तानहरू थिए । 
