GEN 1:1 आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो।
GEN 1:2 पृथ्वी आकारविनाको र शून्य थियो। गहिराइको सतहमाथि अन्धकार थियो, र पानीमाथि परमेश्‍वरको आत्मा घुमिरहनुहुन्थ्यो।
GEN 1:3 अनि परमेश्‍वरले आज्ञा गर्नुभयो, “उज्यालो होस्,” तब उज्यालो भयो।
GEN 1:4 अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग गर्नुभयो।
GEN 1:5 परमेश्‍वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भनेर नाम दिनुभयो। साँझ पर्‍यो र बिहान भयो—पहिलो दिन।
GEN 1:6 अनि परमेश्‍वरले आज्ञा गर्नुभयो, “पानीलाई पानीबाट अलग गर्नलाई पानीको बीचमा एउटा अन्तर होस्।”
GEN 1:7 यसरी परमेश्‍वरले एउटा अन्तर बनाउनुभयो। अनि अन्तरमुनिको पानी र अन्तरमाथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो।
GEN 1:8 परमेश्‍वरले अन्तरलाई “आकाश” भनेर नाम दिनुभयो। साँझ पर्‍यो र बिहान भयो—दोस्रो दिन।
GEN 1:9 त्यसपछि परमेश्‍वरले आज्ञा गर्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्।” तब त्यस्तै भयो।
GEN 1:10 परमेश्‍वरले सुक्खा जमिनलाई “भूमि” र जम्मा भएको पानीको भागलाई “समुद्र” भनेर नाम दिनुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो।
GEN 1:11 तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “भूमिले वनस्पति, किसिम-किसिमका बिउ हुने बोटबिरुवा र बिउ हुने फल फल्ने रूखहरू पृथ्वीमा उमारोस्।” तब त्यस्तै भयो।
GEN 1:12 भूमिले वनस्पति उमार्‍यो: आ-आफ्नै प्रकारअनुसारका बिउ भएका बिरुवा र रूखहरूले आ-आफ्नै प्रकारअनुसार बिउ भएका फलका रूखहरू उमार्‍यो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो।
GEN 1:13 अनि साँझ पर्‍यो र बिहान भयो—तेस्रो दिन।
GEN 1:14 तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “आकाशको अन्तरमा दिन र रात छुट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू जनाउने चिन्हहरू होऊन्।
GEN 1:15 अनि पृथ्वीमा प्रकाश दिनलाई आकाशमाथि ज्योतिहरू चम्कून्।” तब त्यस्तै भइहाल्यो।
GEN 1:16 परमेश्‍वरले दुई वटा ठूला ज्योतिहरू बनाउनुभयो—ठूलो ज्योति दिनमा प्रभुत्व गर्नलाई र सानो ज्योति रातमा प्रभुत्व गर्नलाई। उहाँले ताराहरू पनि बनाउनुभयो।
GEN 1:17 परमेश्‍वरले तिनीहरूलाई आकाशको अन्तरमा पृथ्वीमा उज्यालो दिन;
GEN 1:18 अनि दिन र रातमा प्रभुत्व गर्न; अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई राख्नुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो।
GEN 1:19 अनि साँझ पर्‍यो र बिहान भयो—चौथो दिन।
GEN 1:20 फेरि परमेश्‍वरले आज्ञा गर्नुभयो, “पानी जीवित प्राणीहरूले भरियोस् र पृथ्वीमाथि आकाशको अन्तरमा चाहिँ चराहरू उडून्।”
GEN 1:21 यसरी परमेश्‍वरले समुद्रका आ-आफ्नै प्रकारका विशाल जलजन्तु र पानीमा झुण्ड-झुण्ड बनाएर पौडने तिनीहरूका आ-आफ्नै प्रकारका जीवित प्राणीहरू, र सबै पखेटा भएका चराहरूलाई आ-आफ्नै किसिमको गरी सृष्‍टि गर्नुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो।
GEN 1:22 परमेश्‍वरले तिनीहरू सबैलाई आशिष् दिनुभयो र आज्ञा गर्नुभयो, “फल्दै-फुल्दै अनि संख्यामा वृद्धि हुँदै समुद्रको पानीमा भरिँदै जाओ र चराहरू पृथ्वीमा वृद्धि हुँदै जाऊन्।”
GEN 1:23 तब साँझ पर्‍यो र बिहान भयो—पाँचौँ दिन।
GEN 1:24 फेरि परमेश्‍वरले आज्ञा गर्नुभयो, “पृथ्वीले विभिन्‍न जातका जीवित प्राणीहरू, अर्थात् प्रत्येकका आ-आफ्नै किसिमअनुसार: घरपालुवा जनावरहरू, जमिनमा हलचल गर्ने प्राणीहरू र जङ्गली जनावरहरू उत्पन्‍न गरोस्।” तब त्यस्तै भयो।
GEN 1:25 परमेश्‍वरले जङ्गली जनावरहरू, घरपालुवा जनावरहरू र जमिनमा घस्रने सबै प्राणीहरूलाई तिनीहरूका आ-आफ्नै किसिमले बनाउनुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो।
GEN 1:26 तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “हामी मानिस जातिलाई हाम्रै स्वरूपमा, हामीजस्तै बनाऔँ। तिनीहरूले समुद्रका माछा, आकाशका चराहरू, घरपालुवा जनावर, सबै जङ्गली पशु, र पृथ्वीमा चलहल गर्ने सबै प्राणीहरूमाथि शासन गरून्।”
GEN 1:27 यसकारण परमेश्‍वरले मानिस जातिलाई उहाँको आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो, परमेश्‍वरको स्वरूपमा उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो; पुरुष र स्त्री गरेर उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।
GEN 1:28 परमेश्‍वरले तिनीहरूलाई आशिष् दिनुभयो, र आज्ञा गर्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछा, आकाशका चराहरू र जमिनमा हलचल गर्ने प्रत्येक प्राणीहरूमाथि शासन गर।”
GEN 1:29 तब परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभयो, “हेर, म तिमीहरूलाई सम्पूर्ण पृथ्वीमा प्रत्येक बिउ भएका बिरुवा र फलमा बिउ भएका प्रत्येक रूख दिन्छु। ती तिमीहरूका भोजनका निम्ति हुनेछन्।
GEN 1:30 तर पृथ्वीमा भएका सबै पशुहरू र आकाशमा भएका सबै चराहरू र जमिनमा चलहल गर्ने सबै प्राणीहरू—जीवनको सास भएका प्रत्येकका निम्ति—म आहाराको लागि हरियो वनस्पति दिन्छु;” तब त्यस्तै भइहाल्यो।
GEN 1:31 आफूले बनाउनुभएका सबै कुरा परमेश्‍वरले हेर्नुभयो र ती अति असल थिए। तब साँझ पर्‍यो र बिहान भयो—छैटौँ दिन।
GEN 2:1 यसरी आकाशमण्डल, पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसकिए।
GEN 2:2 परमेश्‍वरले सातौँ दिन हुँदासम्म आफूले गरिरहनुभएका काम सक्नुभयो; अनि सातौँ दिनमा उहाँले आफ्ना सबै कामबाट विश्राम लिनुभयो।
GEN 2:3 अनि परमेश्‍वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो; किनकि यही दिन नै उहाँले सृष्‍टि गर्नुभएका सम्पूर्ण कामबाट विश्राम लिनुभयो।
GEN 2:4 याहवेह परमेश्‍वरले सृष्‍टि गर्नुभएको आकाशमण्डल र पृथ्वीको विवरण यही नै हो।
GEN 2:5 जब याहवेह परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो, त्यस बेला पृथ्वीमा कुनै वनस्पति र कुनै बोटबिरुवा देखा परेका थिएनन्; किनकि याहवेह परमेश्‍वरले पृथ्वीमा पानी पठाउनुभएको थिएन र जमिनमा काम गर्ने कुनै मानिस थिएन।
GEN 2:6 तर पृथ्वीबाट खोलाहरू निस्केर जमिनको सम्पूर्ण बाहिरी भागलाई भिजाउँथ्यो।
GEN 2:7 याहवेह परमेश्‍वरले मानिसलाई जमिनको माटोबाट बनाउनुभयो; अनि तिनको नाकमा जीवनको सास फुकिदिनुभयो। यसरी मानिस जीवित प्राणी बन्यो।
GEN 2:8 याहवेह परमेश्‍वरले पूर्वपट्टि भएको अदनमा एउटा बगैँचा लगाउनुभएको थियो; अनि आफूले बनाउनुभएको मानिसलाई उहाँले त्यहाँ राख्नुभयो।
GEN 2:9 अनि याहवेह परमेश्‍वरले भूमिबाट सबै किसिमका रूखहरू, अर्थात् हेर्नमा राम्रो र खानलाई असल रूखहरू उमार्नुभयो। अनि बगैँचाको बीचमा जीवनको रूख, साथै असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो।
GEN 2:10 बगैँचालाई भिजाउनका निम्ति एउटा नदी अदनबाट बहन्थ्यो; त्यो त्यहाँबाट छुट्टिएर चार वटा शाखामा बाँडिएको थियो।
GEN 2:11 पहिलो नदीको नाम पीशोन हो, जो हवीलाको समस्त मुलुक हुँदै बग्दछ, जहाँ सुन पाइन्छ।
GEN 2:12 (त्यस देशको सुन असल हुन्छ। त्यहाँ बास्‍ना आउने खोटो र गोमेद पनि पाइन्छन्।)
GEN 2:13 दोस्रो नदीको नाम गीहोन हो, जो कूशको समस्त मुलुक भएर बग्दछ।
GEN 2:14 तेस्रो नदीको नाम टाइग्रिस हो, जो अश्शूरको पूर्वतिर हुँदै बग्दछ; अनि चौथो नदीचाहिँ यूफ्रेटिस हो।
GEN 2:15 याहवेह परमेश्‍वरले मानिसलाई लगेर अदनको बगैँचामा काम गर्न र त्यसको हेरचाह गर्नका निम्ति त्यहाँ राख्नुभयो।
GEN 2:16 अनि याहवेह परमेश्‍वरले मानिसलाई यसो भनेर आज्ञा दिनुभयो, “यस बगैँचामा भएका कुनै पनि रूखहरूबाट खान तँ स्वतन्त्र छस्;
GEN 2:17 तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ तैँले खाँदै नखानू! किनकि जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्‍चय नै मर्नेछस्।”
GEN 2:18 याहवेह परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति एउटा सुहाउँदो सहयोगी बनाउनेछु।”
GEN 2:19 याहवेह परमेश्‍वरले भूमिबाट सबै जङ्गली जनावर र आकाशका पक्षीहरूलाई बनाउनुभएको थियो। मानिसले तिनीहरूका के-के नाम राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई तिनीकहाँ ल्याउनुभयो; अनि मानिसले हरेक प्राणीलाई जे-जे भनेर बोलाए, त्यही नै तिनीहरूका नाम रह्‍यो।
GEN 2:20 यसरी मानिसले सबै घरपालुवा जनावरहरू, आकाशका पक्षीहरू र सबै जङ्गली जनावरहरूका नाम राखे। तर आदमको लागि कुनै सुहाउँदो सहयोगी पाइएन।
GEN 2:21 यसकारण याहवेह परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो। जब तिनी निदाइरहेका थिए, तब उहाँले तिनका करङहरूमध्ये एउटा निकालेर त्यस ठाउँलाई मासुले भरिदिनुभयो।
GEN 2:22 अनि याहवेह परमेश्‍वरले मानिसबाट जुन करङ निकाल्नुभएको थियो, त्यही करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो।
GEN 2:23 अनि मानिसले भने, “अब यो त मेरै हाडहरूका हाड र मासुको मासु हो; तिनलाई ‘स्त्री’ भनिनेछ, किनकि तिनी मानिसबाट निकालिएकी हो।”
GEN 2:24 यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि तिनीहरू एउटै शरीर हुन्छन्।
GEN 2:25 मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए, तर तिनीहरू लाज मान्दैनथे।
GEN 3:1 अब याहवेह परमेश्‍वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्प सबैभन्दा बढी धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, “के याहवेह परमेश्‍वरले ‘यस बगैँचाको कुनै पनि रूखका फल तिमीहरूले नखानू’ भनी साँच्‍चै भन्‍नुभएको हो?”
GEN 3:2 तब स्त्रीले सर्पलाई भनिन्, “बगैँचामा भएका रूखहरूका फल हामी खान सक्छौँ,
GEN 3:3 तर परमेश्‍वरले यो पनि भन्‍नुभएको छ, ‘तिमीहरूले बगैँचाको बीचमा भएको रूखको फल खाँदै नखानू, र तिमीहरूले त्यो नछुनू; नत्रता तिमीहरू मर्नेछौ।’ ”
GEN 3:4 तब सर्पले स्त्रीलाई भन्यो, “तिमीहरू कदापि मर्नेछैनौ!”
GEN 3:5 “किनकि परमेश्‍वर जान्‍नुहुन्छ कि जब तिमीहरूले यो खान्छौ, तिमीहरूका आँखा खुल्नेछन्; अनि असल र खराब थाहा पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ।”
GEN 3:6 जब स्त्रीले त्यस रूखको फल खानका निम्ति असल, हेर्नमा रहरलाग्दो र बुद्धि प्राप्‍त गर्न चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले केही फल टिपेर खाइन्। तब तिनले आफ्ना पतिलाई पनि दिइन्; जो तिनीसँगै थिए, र तिनले पनि खाए।
GEN 3:7 तब ती दुवैका आँखा खुले, र आफू नाङ्गा भएका तिनीहरूले थाहा पाए। यसकारण तिनीहरूले ढाक्नका लागि नेभाराका पातहरू गाँसेर आफ्ना निम्ति वस्त्र बनाए।
GEN 3:8 जब याहवेह परमेश्‍वर दिनको शीतल समयमा बगैँचामा हिँड्दैहुनुहुन्थ्यो, तब मानिस र तिनकी पत्नीले उहाँको सोर सुने, र तिनीहरू याहवेह परमेश्‍वरदेखि बगैँचाका रूखहरूका बीचमा लुके।
GEN 3:9 तर याहवेह परमेश्‍वरले मानिसलाई, “तँ कहाँ छस्?” भनी बोलाउनुभयो।
GEN 3:10 तिनले जवाफ दिए, “मैले बगैँचामा तपाईंको सोर सुनेँ, र मलाई डर लाग्यो, किनकि म नाङ्गो थिएँ; त्यसैले म लुकेँ।”
GEN 3:11 अनि उहाँले भन्‍नुभयो, “तँ नाङ्गै छस् भनी कसले भन्यो? मैले नखानू भनी आदेश दिएको त्यस रूखबाट तैँले खाइस्?”
GEN 3:12 आदमले भने, “तपाईंले मसँगै रहन भनी दिनुभएको स्त्रीले त्यस रूखबाट मलाई केही फल दिई, र मैले खाएँ।”
GEN 3:13 तब याहवेह परमेश्‍वरले स्त्रीलाई भन्‍नुभयो, “तैँले यो के गरिस्?” त्यस स्त्रीले जवाफ दिई, “सर्पले मलाई छल गर्‍यो, र मैले खाएँ।”
GEN 3:14 यसकारण याहवेह परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तैँले यसो गरेको कारण, “तँ सबै घरपालुवा जनावरहरू र सबै जङ्गली जनावरहरूमध्ये तैँले ज्यादा श्राप पाउनेछस्! तँ पेटको बलले घस्रनेछस्, तेरो सारा जीवनभरि, तैँले धुलो खानेछस्।
GEN 3:15 अनि तेरो र स्त्रीको बीचमा, अनि तेरा र स्त्रीका सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्‍च्याउनेछ, अनि तैँले त्यसको कुर्कुच्‍चा डस्‍नेछस्।”
GEN 3:16 स्त्रीलाई उहाँले भन्‍नुभयो, “म तेरो गर्भावस्थाको पीडा ज्यादै बढाइदिनेछु; बडो कष्‍टसाथ तैँले सन्तान जन्माउनेछस्। तेरो चाहना तेरो पतितर्फ नै हुनेछ, र उसले तँमाथि अधिकार जमाउनेछ।”
GEN 3:17 आदमलाई उहाँले भन्‍नुभयो, “किनकि तैँले तेरी पत्नीको कुरा सुनेको र मैले तँलाई ‘खाँदै नखानू भनी आदेश दिएको रूखको फल खाएको हुनाले,’ “तेरो कारणले भूमिमा श्राप परेको छ; तेरो जीवनकालभरि तैँले कष्‍टसाथ परिश्रम गरेर त्यसको फल खानेछस्।
GEN 3:18 भूमिले तेरा निम्ति काँडा र सिउँडी उमार्नेछ; अनि तैँले खेतबारीका सागपात खानेछस्।
GEN 3:19 जबसम्म तँ माटोमा फर्किजाँदैनस्, तबसम्म तेरो निधारको पसिनाद्वारा तैँले आफ्नो भोजन खानेछस्; किनकि तँ धुलो होस्, र तँ धुलोमा नै फर्किजानेछस्; किनकि यसैबाट तँ बनाइएको थिइस्।”
GEN 3:20 आदमले आफ्नी पत्नीको नाम हव्वा राखे; किनकि तिनी नै सबै जीवितहरूकी आमा थिइन्।
GEN 3:21 याहवेह परमेश्‍वरले आदम र तिनकी पत्नीका निम्ति छालाको वस्त्र बनाएर पहिर्‍याइदिनुभयो।
GEN 3:22 अनि याहवेह परमेश्‍वरले भन्‍नुभयो, “मानिस अब हामीजस्तै असल र खराबको ज्ञान जान्‍ने भएको छ। अब उसो त्यसले आफ्नो हात बढाउन नपाओस् र जीवनको रूखबाट टिपेर पनि नखाओस्, र अनन्तसम्म बाँच्न नपाओस्।”
GEN 3:23 यसकारण जुन भूमिबाट तिनी बनाइएका थिए, त्यसैको खनजोत गरोस् भनेर याहवेह परमेश्‍वरले तिनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो।
GEN 3:24 उहाँले मानिसलाई धपाइदिनुभएपछि, अदनको बगैँचाको पूर्वपट्टि जीवनको रूखमा जाने बाटोको रक्षा गर्नलाई करूबहरू अनि चारैतिर चम्किरहने ज्वालामय तरवार राखिदिनुभयो।
GEN 4:1 आफ्नी पत्नी हव्वासित आदमको सहवास भयो; अनि तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “याहवेहको सहायताले मैले एक जना पुरुषलाई जन्म दिएकी छु।”
GEN 4:2 त्यसपछि तिनले कयिनको भाइ हाबिललाई जन्माइन्। अब हाबिल भेडाबाख्राका गोठाला भए, र कयिनचाहिँ खेतको काम गर्ने भए।
GEN 4:3 केही समय बितेपछि कयिनले याहवेहलाई भेटी चढाउन आफ्नो उब्जनीबाट केही ल्याए।
GEN 4:4 अनि हाबिलले पनि आफ्ना बगालका पहिले जन्मेका मोटा पाठाहरूबाट केही असल भागहरू ल्याए। याहवेहले हाबिल र तिनको भेटीलाई निगाहको दृष्‍टिले हेर्नुभयो;
GEN 4:5 तर कयिनलाई र तिनको भेटीलाई चाहिँ निगाहको दृष्‍टिले हेर्नुभएन। यसकारण कयिन रिसले चुर भए, र तिनको मुख अँध्यारो भयो।
GEN 4:6 तब याहवेहले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस्? तेरो मुख किन अँध्यारो छ?
GEN 4:7 तैँले जे ठिक छ, सो गरिस् भने के तँ स्वीकारयोग्य हुँदैनस् र? तर तैँले जे ठिक छ, सो गरिनस् भने पाप तेरो ढोकामा ढुकिबसेको छ; त्यसले तँलाई अधीनमा राख्न खोज्छ, तर तैँले त्यसलाई अधीन गर्नैपर्छ।”
GEN 4:8 त्यसपछि कयिनले आफ्नो भाइ हाबिललाई भने, “आइज, हामी बाहिर खेतमा जाऔँ।” अनि जब तिनीहरू खेतमा थिए, तब कयिनले आफ्नो भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे।
GEN 4:9 तब याहवेहले कयिनलाई सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले जवाफ दिए, “म जान्दिनँ; के म मेरो भाइको गोठालो हुँ र?”
GEN 4:10 याहवेहले भन्‍नुभयो, “तैँले यो के गरिस्? सुन! तेरो भाइको रगतको आवाजले भूमिबाट मलाई पुकार्दैछ।
GEN 4:11 अब तँमाथि श्राप परेको छ, र भूमिबाट धपाइएको छस्, त्यस भूमिले तेरो हातबाट तेरो भाइको रगत लिनलाई आफ्नो मुख खोलेको छ।
GEN 4:12 जब तैँले भूमिमा खनजोत गर्छस्, अब उसो त्यसले तेरा लागि अन्‍न उमार्नेछैन। तँ पृथ्वीमा एक बेचैन डुलुवा हुनेछस्।”
GEN 4:13 कयिनले याहवेहलाई भने, “मेरो दण्ड मैले सहनै नसक्ने भयो।
GEN 4:14 आज तपाईंले मलाई यस ठाउँबाट निकाल्नुहुँदैछ; अनि म तपाईंको उपस्थितिबाट लुकाइनेछु; यस पृथ्वीमा म बेचैन डुलुवा हुनेछु; अनि जसले मलाई भेट्टाउँछ, त्यसले मलाई मार्नेछ।”
GEN 4:15 तर याहवेहले तिनलाई भन्‍नुभयो, “यस्तो हुनेछैन, यदि कसैले कयिनलाई मार्‍यो भने त्यसको सात गुणा बढ्ता त्यसले भोग्नेछ।” तब तिनलाई कसैले भेटेर नमारून् भनी याहवेहले कयिनलाई एउटा चिन्ह लगाइदिनुभयो।
GEN 4:16 यसरी कयिन याहवेहको उपस्थितिबाट गयो, र अदनको पूर्वपट्टिको नोद भन्‍ने ठाउँमा बस्‍न लाग्यो।
GEN 4:17 आफ्नी पत्नीसित कयिनको सहवास भयो; अनि तिनी गर्भवती भएर हनोकलाई जन्माइन्। तब कयिनले एउटा सहर बनायो, र त्यस सहरको नाम आफ्नो छोराको नामअनुसार हनोक राख्यो।
GEN 4:18 हनोकबाट इरादको जन्म भयो, र इरादचाहिँ महूयाएलका पिता भए, र महूयाएलचाहिँ मतूशाएलका पिता भए, र मतूशाएलचाहिँ लेमेकका पिता भए।
GEN 4:19 लेमेकले दुईटी स्त्रीहरूसित विवाह गरे; एउटीको नाम आदा र अर्कीको नाम सिल्‍ला थियो।
GEN 4:20 आदाले याबाललाई जन्माइन्; जोचाहिँ पालहरूमा बस्‍नेहरू र पशुपालन गर्नेहरूका पुर्खा थिए।
GEN 4:21 तिनको भाइको नाम यूबाल थियो; जोचाहिँ वीणा र बाँसुरी बजाउनेहरूका पुर्खा थिए।
GEN 4:22 सिल्‍लाको पनि एउटा तूबल-कयिन नामको छोरा भयो, जसले काँसो र फलामका सबै किसिमका औजार बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिईन्।
GEN 4:23 लेमेकले आफ्ना पत्नीहरूलाई भने, “आदा र सिल्‍ला, मेरो कुरा सुन; लेमेककी पत्नी हो, मेरा वचनहरू सुन! मलाई घाइते बनाउने मानिसलाई मैले मारेको छु, मलाई चोट पुर्‍याउने जवान मानिसलाई मैले मारेको छु।
GEN 4:24 यदि कयिनको साटो सात गुणा हो भने लेमेकको चाहिँ सतहत्तर गुणा हुनेछ।”
GEN 4:25 आदमको आफ्नी पत्नीसित फेरि सहवास भयो; अनि तिनले अर्को छोरो जन्माइन्, र त्यसको नाम यसो भन्दै शेत राखिन्, “कयिनले हाबिललाई मारेपछि परमेश्‍वरले मलाई त्यसको सट्टामा अर्को छोरो दिनुभयो।”
GEN 4:26 शेतको पनि एउटा छोरा भयो; अनि तिनले त्यसको नाम एनोश राखे। त्यस बेलादेखि मानिसहरूले याहवेहको नाममा आराधना गर्न थाले।
GEN 5:1 आदमको वंशको विवरण यही हो: जब परमेश्‍वरले मानिस जातिलाई सृष्‍टि गर्नुभयो, तब उहाँले तिनलाई परमेश्‍वरको स्वरूपमा बनाउनुभयो।
GEN 5:2 उहाँले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो, र तिनीहरूलाई आशिष् दिनुभयो। तिनीहरूको सृष्‍टि हुँदा उहाँले तिनीहरूलाई “मानिस जाति” नाम दिनुभयो।
GEN 5:3 आदम 130 वर्षको हुँदा, तिनीजस्तै तिनको आफ्नै स्वरूपमा एउटा छोरा भयो, र तिनले त्यसको नाम शेत राखे।
GEN 5:4 शेतको जन्मपछि आदम 800 वर्षसम्म बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
GEN 5:5 आदम जम्मा 930 वर्षसम्म बाँचे; अनि तिनी मरे।
GEN 5:6 शेतको उमेर 105 वर्षको हुँदा, तिनी एनोशका पिता भए।
GEN 5:7 तिनी एनोशका पिता भएपछि शेत 807 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी पनि जन्मिए।
GEN 5:8 शेत जम्मा 912 वर्षसम्म बाँचे; अनि तिनी मरे।
GEN 5:9 एनोशको उमेर 90 वर्षको हुँदा, तिनी केनानका पिता भए।
GEN 5:10 अनि तिनी केनानका पिता भएपछि, एनोश 815 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी भए।
GEN 5:11 एनोश जम्मा 905 वर्षसम्म बाँचे; अनि तिनी मरे।
GEN 5:12 केनानको उमेर 70 वर्षको हुँदा, तिनी महलालेलका पिता भए।
GEN 5:13 अनि तिनी महलालेलका पिता भएपछि, केनान 840 वर्ष बाँचे; र तिनका अरू छोराछोरी जन्मिए।
GEN 5:14 केनान जम्मा 910 वर्षसम्म बाँचे; अनि तिनी मरे।
GEN 5:15 महलालेलको उमेर 65 वर्षको हुँदा, तिनी येरेदका पिता भए।
GEN 5:16 अनि तिनी येरेदका पिता भएपछि, महलालेल 830 बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
GEN 5:17 महलालेल जम्मा 895 वर्षसम्म बाँचे; अनि तिनी मरे।
GEN 5:18 येरेदको उमेर 162 वर्षको हुँदा, तिनी हनोकका पिता भए।
GEN 5:19 अनि तिनी हनोकका पिता भएपछि येरेद 800 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
GEN 5:20 येरेद जम्मा 962 वर्षसम्म बाँचे, र तिनी मरे।
GEN 5:21 हनोकको उमेर 65 वर्षको हुँदा, तिनी मतूशेलहका पिता भए।
GEN 5:22 अनि तिनी मतूशेलहका पिता भएपछि हनोक परमेश्‍वरसित 300 वर्ष विश्‍वासयोग्य भएर बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
GEN 5:23 हनोक जम्मा 365 वर्षसम्म बाँचे।
GEN 5:24 हनोक परमेश्‍वरसित विश्‍वासयोग्य भएर बाँचे। अनि तिनी अलप भए; किनकि परमेश्‍वरले तिनलाई उठाइलैजानुभयो।
GEN 5:25 मतूशेलहको उमेर 187 वर्षको हुँदा, तिनी लेमेकका पिता भए।
GEN 5:26 अनि तिनी लेमेकका पिता भएपछि मतूशेलह 782 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
GEN 5:27 मतूशेलह जम्मा 969 वर्षसम्म बाँचे; अनि तिनी मरे।
GEN 5:28 लेमेकको उमेर 182 वर्षको हुँदा, तिनको एउटा छोरा जन्मियो।
GEN 5:29 अनि तिनले यसो भनेर त्यसको नाम नोआ राखे, “याहवेहले श्राप दिनुभएको भूमिमा हाम्रा हातले गरेको काम र कष्‍टदायक परिश्रममा यसले हामीलाई सान्त्वना दिनेछ।”
GEN 5:30 नोआ जन्मेपछि लेमेक 595 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
GEN 5:31 लेमेक जम्मा 777 वर्षसम्म बाँचे; अनि तिनी मरे।
GEN 5:32 नोआ 500 वर्ष पुगेपछि तिनी शेम, हाम र येपेतका पिता भए।
GEN 6:1 जब पृथ्वीमा मानिसहरूको संख्या बढ्न थाल्यो र तिनीहरूका छोरीहरू जन्मिए;
GEN 6:2 तब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई राम्री देखे; र तिनीहरूले आ-आफूले चुनेकाहरूसित विवाह गरे।
GEN 6:3 तब याहवेहले भन्‍नुभयो, “मेरो आत्माले सदाको निम्ति मानिससित विवाद गर्नेछैन; किनकि तिनीहरू मरणशील हुन्; त्यसको आयु एक सय बीस वर्ष हुनेछ।”
GEN 6:4 ती दिनहरूमा पृथ्वीमा नेफिलीमहरू थिए; र त्यसपछि पनि, जब परमेश्‍वरका छोराहरू मानिसहरूका छोरीहरूकहाँ गए; अनि तिनीहरूबाट छोराछोरीहरू जन्मिए। तिनीहरू पुरानो समयका बलिया-बलिया र नाम चलेका पुरुषहरू थिए।
GEN 6:5 याहवेहले पृथ्वीमा मानिसहरूको दुष्‍टता ज्यादा बढेको, र तिनीहरूको हृदयको विचार हरबखत दुष्‍टतातिर मात्रै ढल्केको देख्नुभयो।
GEN 6:6 पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा याहवेहले अफसोस गर्नुभयो; र उहाँको हृदय असाध्यै दुःखित भयो।
GEN 6:7 यसकारण याहवेहले भन्‍नुभयो, “मैले सृष्‍टि गरेको मानिस जातिलाई—अनि तिनीहरूसँगै जनावरहरू, र आकाशका चराहरू र जमिनमा घस्रने प्राणीहरू, सबैलाई पृथ्वीबाट म नामनिशानै मेटिदिनेछु—किनकि तिनीहरूलाई बनाएकोमा मलाई अफसोस लागेको छ।”
GEN 6:8 तर नोआले चाहिँ याहवेहको दृष्‍टिमा अनुग्रह प्राप्‍त गरेका थिए।
GEN 6:9 नोआ र उनको परिवारको विवरण यही हो: नोआ एक धर्मी मानिस थिए। आफ्नो पुस्ताका मानिसहरूको बीचमा तिनी निर्दोष मानिस थिए। तिनी विश्‍वासयोग्ताका साथ परमेश्‍वरसँग रहन्थे।
GEN 6:10 नोआका तीन छोराहरू थिए: शेम, हाम र येपेत।
GEN 6:11 परमेश्‍वरको दृष्‍टिमा पृथ्वी भ्रष्‍ट भएको, र हिंसाले भरिएको थियो।
GEN 6:12 परमेश्‍वरले पृथ्वी अति भ्रष्‍ट भएको देख्नुभयो; किनकि पृथ्वीका सबै मानिसहरू आफ्ना चालहरूमा भ्रष्‍ट भएका थिए।
GEN 6:13 यसकारण परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “म सबै मानिसहरूको अन्त्य गर्दैछु; किनकि तिनीहरूको कारण पृथ्वी हिंसाले भरिएको छ। म निश्‍चय नै तिनीहरू र पृथ्वीलाई नष्‍ट गर्दैछु।
GEN 6:14 यसकारण तैँले आफ्नो निम्ति गोपेर काठको एउटा जहाज बनाउनू; अनि त्यसमा कोठाहरू बनाएर त्यसलाई भित्र र बाहिर अलकत्रले लिप्नू।
GEN 6:15 तैँले त्यसलाई यसरी बनाउनू—त्यो जहाज तीन सय क्यूबिट लामो, पचास क्यूबिट चौडा र तीस क्यूबिट अल्गो होस्।
GEN 6:16 त्यसको छानो बनाउनू र छानामुनि वरिपरि एक क्यूबिट खुल्‍ला छोड्नु। जहाजको एक छेउमा एउटा ढोका राख्नू र, तल्‍लो, बीचको र माथिल्‍लो तला भएको बनाउनू।
GEN 6:17 म आकाशमुनि भएका सम्पूर्ण प्राणीहरू, जीवनको सास हुने प्रत्येक प्राणीलाई नाश गर्नका निम्ति पृथ्वीमा जलप्रलय ल्याउनेछु। पृथ्वीमा भएको प्रत्येक चीज नष्‍ट हुनेछ।
GEN 6:18 तर तँसितचाहिँ म मेरो करार स्थापित गर्नेछु; अनि तँ जहाजभित्र पस्‍नेछस्—तँ र तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरू पनि।
GEN 6:19 तँसित जीवित रहनलाई आफूसितै भाले र पोथी गरेर सबै जीवित प्राणीहरूका एक-एक जोडीलाई जहाजभित्र लैजानू।
GEN 6:20 हरेक प्रकारका चराचुरुङ्गी, हरेक प्रकारका जनावर, र जमिनमा चलहल गर्ने हरेक प्रकारको प्राणीको एक-एक जोडी गरी तँसित जीवित रहनलाई आउनेछन्।
GEN 6:21 तैँले आफ्ना निम्ति र तिनीहरूका निम्ति हरेक प्रकारका खानेकुरा लैजा, र जम्मा पारिराख्।”
GEN 6:22 नोआले परमेश्‍वरले तिनलाई आज्ञा गर्नुभएअनुसार सबै गरे, हो, उनले त्यो गरे।
GEN 7:1 तब याहवेहले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सम्पूर्ण परिवार जहाजभित्र जा; किनकि मैले तँलाई यस पुस्तामा धर्मी पाएको छु।
GEN 7:2 तँसित हरेक प्रकारका शुद्ध पशुबाट भाले र पोथी गरेर सात जोडी, अशुद्ध पशुबाट भाले र पोथी गरेर एक जोडी लिनू;
GEN 7:3 अनि हरेक प्रकारका चराचुरुङ्गीबाट सात जोडी भाले र पोथी गरी लिनू, ताकि तिनीहरूका विभिन्‍न जातिहरू पृथ्वीभरि जीवित रहून्।
GEN 7:4 अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी बर्साउनेछु; अनि म पृथ्वीबाट मैले बनाएको प्रत्येक जीवित प्राणीको नामनिशानै मेटिदिनेछु।”
GEN 7:5 अनि नोआले याहवेहले तिनलाई आज्ञा गर्नुभएअनुसार सबै गरे।
GEN 7:6 पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए।
GEN 7:7 अनि जलप्रलयको पानीबाट बाँच्नका निम्ति नोआ अनि तिनका छोराहरू, तिनकी पत्नी र तिनका बुहारीहरू जहाजभित्र पसे।
GEN 7:8 साथमा शुद्ध र अशुद्ध पशुहरू, चराचुरुङ्गी अनि जमिनमा चलहल गर्ने सबै प्राणीहरूका जोडीहरू,
GEN 7:9 अर्थात् भाले र पोथी गरी परमेश्‍वरले आज्ञा गर्नुभएझैँ नोआसँगै जहाजभित्र पसे।
GEN 7:10 अनि सात दिनपछि पृथ्वीमा जलप्रलय भयो।
GEN 7:11 नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा पृथ्वीका सबै गहिरा मूलहरू फुटे, र आकाशका पानीका बाँधहरू खोलिए।
GEN 7:12 अनि पृथ्वीमा चालीस दिन र चालीस रात पानी परिरह्‍यो।
GEN 7:13 त्यसै दिन नोआ र तिनका छोराहरू शेम, हाम अनि येपेत, तिनकी पत्नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे।
GEN 7:14 तिनीहरूसित आ-आफ्नै प्रकारका प्रत्येक जङ्गली जनावर, आ-आफ्नै प्रकारका सबै घरपालुवा पशु, आ-आफ्नै प्रकारका जमिनमा घस्रने प्राणी र पखेटा भएका आ-आफ्नै प्रकारका पक्षी थिए।
GEN 7:15 जीवनको सास हुने सबै प्राणीहरूका जोडी-जोडी गरी नोआकहाँ जहाजमा आए।
GEN 7:16 भित्र पसेका प्राणीहरूमध्ये परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएअनुसार प्रत्येक जीवित प्राणीका भाले र पोथी थिए। तिनीहरू भित्र पसेपछि याहवेहले ढोका थुनिदिनुभयो।
GEN 7:17 चालीस दिनसम्म पृथ्वीमा जलप्रलय भइरह्‍यो; अनि जब पानी बढ्दैगयो, तब त्यसले जहाजलाई पृथ्वीमाथि उचाल्दै लग्यो।
GEN 7:18 पानी बढ्दै गएर पृथ्वी भरिन थाल्यो, र जहाजचाहिँ पानीको सतहमाथि तैरिन थाल्यो।
GEN 7:19 पृथ्वीमा पानी झन्-झन् बढ्दैगयो, र आकाशमुनि भएका सबै अग्ला-अग्ला पर्वतहरू डुबे।
GEN 7:20 पानी बढेर पर्वतहरूभन्दा 15 क्यूबिट माथिसम्म पुग्यो।
GEN 7:21 पृथ्वीमा चलहल गर्ने प्रत्येक जीवित प्राणी—चराचुरुङ्गी, घरपालुवा पशु, जङ्गली जनावर, पृथ्वीमा हुल बाँधेर हिँड्ने हरेक प्रकारका जीवजन्तुहरू र सारा मानिस जातिहरू नष्‍ट भए।
GEN 7:22 ओबानो भूमिमा भएका नाकमा जीवनको सास हुनेहरू सबै थोक नष्‍ट भए।
GEN 7:23 पृथ्वीमा भएका प्रत्येक जीवित प्राणी; हरेक मानिस, पशु, जमिनमा चलहल गर्ने प्राणी र आकाशका चराहरू सबैको पृथ्वीबाट नामनिशानै मेटियो। नोआ र तिनीसित जहाजभित्र भएकाहरू मात्र जीवित रहे।
GEN 7:24 पृथ्वी एक सय पचास दिनसम्म जलमग्न भइरह्‍यो।
GEN 8:1 तर परमेश्‍वरले नोआ, तिनीसित जहाजभित्र भएका सबै जङ्गली जनावर र घरपालुवा जनावरहरूलाई सम्झनुभयो; त्यसपछि उहाँले पृथ्वीमाथि बतास चलाउनुभयो, र पानी घट्न थाल्यो।
GEN 8:2 अब गहिरा मूलहरू र आकाशका पानीका बाँधहरू बन्द भएका थिए, र आकाशबाट पानी पर्न रोकिएको थियो।
GEN 8:3 पृथ्वीबाट पानी लगातार घट्दै जान थाल्यो। एक सय पचासौँ दिनपछि पानी कम भयो।
GEN 8:4 त्यसपछि सातौँ महिनाको सत्रौँ दिनमा जहाज अरारात पर्वतमा अडियो।
GEN 8:5 पानी दशौँ महिनासम्म लगातार घट्दै गयो; अनि दशौँ महिनाको पहिलो दिनमा पर्वतका टाकुराहरू देखिन थाले।
GEN 8:6 चालीस दिनपछि नोआले आफूले जहाजमा बनाएको झ्याल खोले;
GEN 8:7 अनि एउटा कागलाई बाहिर पठाए; त्यो पृथ्वीबाट पानी नसुकेसम्म यताउता उडिरह्‍यो।
GEN 8:8 त्यसपछि तिनले पृथ्वीको सतहमा पानी घट्यो कि घटेन भनेर बुझ्न एउटा ढुकुरलाई बाहिर पठाए।
GEN 8:9 तर पृथ्वीको सतहमा पानी भएकोले त्यस ढुकुरले आफ्नो खुट्टा जमिनमा राख्ने ठाउँ नपाएर तिनीकहाँ जहाजमा नै फर्किआयो। नोआले आफ्नो हात बढाएर ढुकुरलाई पक्रेर जहाजमा आफूकहाँ ल्याए।
GEN 8:10 तिनले अरू सात दिन पर्खे; अनि त्यस ढुकुरलाई फेरि जहाजबाट बाहिर पठाए।
GEN 8:11 बेलुका जब त्यो ढुकुर तिनी भएको ठाउँमा फर्किआयो; त्यसको चुच्‍चोमा भर्खरै टिपेको भद्राक्षको पात थियो! तब पृथ्वीबाट पानी घटेर गएछ भनी नोआले थाहा पाए।
GEN 8:12 तिनले अझै अर्को सात दिन पर्खेर ढुकुरलाई फेरि बाहिर पठाए; तर यस पटक त्यो तिनीकहाँ फर्केर आएन।
GEN 8:13 नोआको जीवनको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिनसम्ममा पृथ्वीबाट पानी सुकिसकेको थियो। तब नोआले जहाजको छाना उघारे, र पृथ्वीको सतह ओबानो भएको देखे।
GEN 8:14 दोस्रो महिनाको सत्ताइसौँ दिनसम्ममा पृथ्वी पूरै ओबानो भएको थियो।
GEN 8:15 तब परमेश्‍वरले नोआलाई भन्‍नुभयो,
GEN 8:16 “तँ र तेरी पत्नी, र तेरा छोराहरू र तिनीहरूका पत्नीहरूलाई लिएर जहाजबाट निस्की।
GEN 8:17 तँसित भएका हरेक प्रकारका जीवित प्राणी, पक्षी, जनावर र जमिनमा चलहल गर्ने सबै प्राणीहरूलाई बाहिर निकाल् ताकि तिनीहरू पृथ्वीमा फैलिँदै फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जाऊन्।”
GEN 8:18 यसकारण नोआ, तिनको साथमा छोराहरू, तिनकी पत्नी र बुहारीहरूसित बाहिर निस्केर आए।
GEN 8:19 जमिनमा घस्रने सबै जनावर, सबै प्राणीहरू र सबै उड्ने पक्षी—पृथ्वीमा हलचल गर्ने सबै जीवहरू तिनीहरूका जोडीअनुसार एकपछि अर्को गर्दै जहाजबाट बाहिर निस्के।
GEN 8:20 तब नोआले याहवेहको निम्ति एउटा वेदी बनाए, र शुद्ध पशुहरूबाट र शुद्ध पक्षीहरूबाट केही लिएर त्यस वेदीमाथि होमबलि चढाए।
GEN 8:21 याहवेहले त्यो मिठो बास्‍ना लिनुभयो; अनि आफ्नो मनमनै भन्‍नुभयो: “बाल्यवस्थादेखि नै मानिसको हृदय दुष्‍टतातिर ढल्केको भए तापनि मानिसको कारणले गर्दा म धर्तीलाई अब फेरि कहिल्यै श्राप दिनेछैनँ। अनि जसरी अहिले मैले गरेको छु, अब फेरि सबै जीवित प्राणीलाई म कहिल्यै नाश गर्नेछैनँ।
GEN 8:22 “पृथ्वी रहेसम्म, बिउ छर्ने र कटनीको समय, जाडो र गर्मी, ग्रीष्म ऋतु र शिशिर ऋतु, दिन र रातको अन्त्य कहिल्यै हुनेछैन।”
GEN 9:1 तब परमेश्‍वरले यसो भन्दै नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो, “फल्दै-फुल्दै, संख्यामा वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ।
GEN 9:2 पृथ्वीका सबै पशुहरू र आकाशका सबै चराचुरुङ्गीहरू, जमिनमा चलहल गर्ने प्रत्येक प्राणी, र समुद्रका सबै माछाहरूमाथि तिमीहरूको भय र त्रास रहनेछ; तिनीहरू तिमीहरूका हातमा सुम्पिएका छन्।
GEN 9:3 हरेक जीवित प्राणी तिमीहरूको भोजनको निम्ति हुनेछ। मैले तिमीहरूलाई हरियो सागपात दिएझैँ, अब तिमीहरूलाई सबै थोक दिन्छु।
GEN 9:4 “तर तिमीहरूले मासुसँग रगतचाहिँ नखानू, जसमा त्यसको जीवन हुन्छ।
GEN 9:5 तिमीहरूका जीवन अर्थात् रगत लिनेको निश्‍चय नै म लेखा लिनेछु। म हरेक पशुबाट प्राणको लेखा लिनेछु; र हरेक मानिसबाट पनि, अरू मानिसका प्राणको लेखा म लिनेछु।
GEN 9:6 “जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्यसको पनि रक्तपात हुनेछ; किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो।
GEN 9:7 तर तिमीहरूचाहिँ फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जानू; र पृथ्वीमा फैलिँदै र यसमा बढ्दै जानू।”
GEN 9:8 तब परमेश्‍वरले नोआ र तिनीसँग भएका छोराहरूलाई भन्‍नुभयो:
GEN 9:9 “अब म तिमीहरूसँग र तिमीहरू पछिका सन्तानहरूसँग मेरो करार स्थापित गर्नेछु;
GEN 9:10 अनि तिमीहरूसित भएको प्रत्येक जीवित प्राणीसित पनि—चाहे त्यो चराचुरुङ्गी होस्, चाहे घरपालुवा वा जङ्गली जनावर होस्; तिमीहरूसित जहाजबाट बाहिर निस्किआएका सबैसित—पृथ्वीका प्रत्येक जीवित प्राणीहरूसित।
GEN 9:11 म तिमीहरूसित मेरो करार स्थापित गर्नेछु: अब उसो सबै जीवित थोकहरू जलप्रलयको पानीले नाश हुनेछैनन्; पृथ्वीलाई नष्‍ट पार्ने जलप्रलय फेरि हुनेछैन।”
GEN 9:12 अनि परमेश्‍वरले भन्‍नुभयो, “मैले तिमीहरू र तिमीहरूसित भएका प्रत्येक जीवित प्राणी र समस्त भावी पुस्ताहरूका निम्ति स्थापित गरेको करारको चिन्ह यही हो:
GEN 9:13 म बादलमा मेरो इन्द्रेणी राख्दछु; अनि यही नै मेरो र पृथ्वीको बीचमा बाँधेको करारको चिन्ह हुनेछ।
GEN 9:14 जब म पृथ्वीमाथि बादल फैलाउनेछु, अनि बादलमा इन्द्रेणी देखा पर्नेछ;
GEN 9:15 तब मैले तिमीहरूसित र हरेक किसिमका जीवित प्राणीहरूसित बाँधेको मेरो करार सम्झनेछु। अब उसो सम्पूर्ण जीवित थोक नष्‍ट गर्ने पानीको जलप्रलय कहिल्यै हुनेछैन।
GEN 9:16 जब बादलमा इन्द्रेणी देखा पर्नेछ, तब परमेश्‍वर र पृथ्वीमा भएका हरेक किसिमका सबै जीवित प्राणीहरूसित गरिएको यो अनन्तको करारलाई म सम्झनेछु।”
GEN 9:17 यसरी परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मैले म र पृथ्वीमा भएका सबै जीवितहरूबीच स्थापित गरेको करारको चिन्ह यही नै हुनेछ।”
GEN 9:18 जहाज बाहिर निस्केर आउने नोआका छोराहरू शेम, हाम र येपेत थिए। (हामचाहिँ कनानका पिता थिए।)
GEN 9:19 नोआका तीन छोराहरू यिनै थिए; अनि यिनीहरूबाट आएका मानिसहरूले नै समस्त पृथ्वी भरियो।
GEN 9:20 नोआले खेतीपाती गर्न थाले, उनले एउटा दाखबारी लगाए।
GEN 9:21 जब तिनले दाखमद्यबाट पिए, तब तिनी मात्तिए, र आफ्नो पालभित्र नाङ्गै सुते।
GEN 9:22 कनानका पिता हामले आफ्ना पिताको नग्नता देखे, र बाहिर भएका आफ्ना दुई दाजुभाइलाई बताए।
GEN 9:23 तर शेम र येपेतले आफ्ना काँधमा एउटा लुगा लिए, र पछिल्तिरबाट सर्दै गई आफ्ना पिताको नग्नतालाई ढाकिदिए। तिनीहरूका अनुहार अर्कोपट्टि फर्केका हुनाले तिनीहरूले आफ्ना पिताको नग्नता देखेनन्।
GEN 9:24 जब नोआको मद्यबाट होश खुल्यो, र तिनले आफ्नो कान्छा छोराले तिनलाई के गरेका थिए, त्यो थाहा पाए;
GEN 9:25 तब तिनले भने, “कनान श्रापित होस्! त्यो आफ्ना दाजुभाइहरू बीचमा सबैभन्दा तुच्छ दास होस्।”
GEN 9:26 तिनले यो पनि भने, “शेमका याहवेह परमेश्‍वर धन्यका होऊन्; कनानचाहिँ शेमको कमारा होस्!
GEN 9:27 परमेश्‍वरले येपेतको क्षेत्र बढाऊन्; येपेत शेमका पालहरूमा बास गरोस्; अनि कनानचाहिँ येपेतको कमारो होस्।”
GEN 9:28 जलप्रलयपछि नोआ 350 वर्ष बाँचे।
GEN 9:29 नोआ जम्मा 950 वर्षसम्म बाँचे; अनि तिनी मरे।
GEN 10:1 नोआका छोराहरू शेम, हाम र येपेतको विवरण यही हो। जलप्रलयपछि तिनीहरूका आफ्नै छोराहरू भए।
GEN 10:2 येपेतका छोराहरू: गोमेर, मागोग, मादी, यावान, तूबल, मेशेक र तीरास।
GEN 10:3 गोमेरका छोराहरू: अश्कनज, रिपत र तोगर्मा।
GEN 10:4 यावानका छोराहरू: एलीशा, तर्शीश, कित्तीम र रोदानीम।
GEN 10:5 (यिनीहरूबाट नै समुद्री तटबासीहरू; तिनीहरूका आ-आफ्नै कुल र प्रत्येकको आफ्नै भाषाअनुसार तिनीहरूका राष्ट्रभित्र विभिन्‍न क्षेत्रहरूमा फैलिए।)
GEN 10:6 हामका छोराहरू: कूश, इजिप्ट, पूत र कनान।
GEN 10:7 कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामाह र सब्तेका। रामाहका छोराहरू: शेबा र ददान।
GEN 10:8 कूश निम्रोदका पिता थिए; जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने।
GEN 10:9 तिनी याहवेहको सामु एक शक्तिशाली शिकारी थिए; त्यसैकारण यसो भन्‍ने चलन छ, “याहवेहको सामु निम्रोदझैँ, एक शक्तिशाली शिकारी।”
GEN 10:10 तिनको राज्यका प्रथम केन्द्रहरू बेबिलोन, एरेक, अक्‍काद र कल्नेह हुन्, जुन शिनार देशमा छन्।
GEN 10:11 त्यस देशबाट तिनले आफ्नो क्षेत्रफल अश्शूरतिर फैलाए, जहाँ तिनले निनवे, रहोबोत-इर, कालह सहरहरू
GEN 10:12 अनि निनवे र कालहको बीचमा ठूलो सहर रेसेन बनाए।
GEN 10:13 इजिप्टचाहिँ यिनीहरूका पिता थिए: लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्‍तूहीहरू,
GEN 10:14 पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए), र कप्‍तोरीहरू।
GEN 10:15 कनानचाहिँ यिनीहरूका पिता थिए: आफ्ना जेठा छोरा सीदोन र हित्ती,
GEN 10:16 यबूसी, एमोरी, गिर्गाशी,
GEN 10:17 हिव्वी, अरकी, सिनी,
GEN 10:18 अर्वादी, सेमारी र हमातीहरू। पछि कनानीहरूका कुलहरू फैलिए,
GEN 10:19 अनि कनानीहरूका सिमानाहरू सीदोनदेखि गरारतिर गाजासम्म पुग्यो, अनि त्यहाँबाट सदोम, गमोरा, अदमा, सबोयीम भएर लासासम्म थियो।
GEN 10:20 तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका हामका छोराहरू यिनै हुन्।
GEN 10:21 शेमका छोराहरू जन्मिए, र शेमचाहिँ येपेतका भाइ थिए; शेम नै एबेरका सबै सन्तानका पुर्खा थिए।
GEN 10:22 शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम।
GEN 10:23 अरामका छोराहरू: ऊज, हूल, गेतेर र मेशेक।
GEN 10:24 अर्पक्षद शेलहका पिता थिए, अनि शेलहचाहिँ एबेरका पिता थिए।
GEN 10:25 एबेरका दुई छोराहरू जन्मिए: एउटाको नाम पेलेग राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो।
GEN 10:26 योक्तान यिनीहरूका पिता थिए: अल्मोदद, शेलेप, हसर्मवेत, येरह,
GEN 10:27 हदोराम, ऊजाल, दिक्ला,
GEN 10:28 ओबाल, अबीमाएल, शेबा,
GEN 10:29 ओपीर, हवीला र योबाब। यी सबै योक्तानका छोराहरू थिए।
GEN 10:30 (तिनीहरू बसेको ठाउँ मेशादेखि पूर्वीय पहाडी देशको सपारासम्म फैलिएको थियो।)
GEN 10:31 तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका शेमका छोराहरू यिनै हुन्।
GEN 10:32 तिनीहरूका आफ्ना राष्ट्रभित्र, तिनीहरूका वंशका घरानाअनुसार नोआका छोराहरूका कुलहरू यिनै हुन्। जलप्रलयपछि पृथ्वीमा यिनीहरूबाट नै विभिन्‍न जातिहरू फैलिँदै गए।
GEN 11:1 त्यस बेला सारा संसारभरि एउटै भाषा र एकै खालको बोली थियो।
GEN 11:2 मानिसहरू जब पूर्वतिर सर्दै गए, तिनीहरूले शिनार देशमा एउटा समथल भूमि भेट्टाए; र त्यहीँ बसोबास गर्न थाले।
GEN 11:3 तिनीहरूले आपसमा भने, “आओ, हामी इँटा बनाऔँ र त्यसलाई पोलेर कडा बनाऔँ।” तिनीहरूले ढुङ्गाको सट्टामा इँटा र मसलाको रूपमा अलकत्रा प्रयोग गरे।
GEN 11:4 त्यसपछि तिनीहरूले भने, “आओ, हामी आफ्ना निम्ति एउटा सहर बनाऔँ, र स्वर्गसम्म पुग्ने एउटा धरहरा बनाऔँ; अनि आफ्नो नाम राखौँ, नत्रता हामी सारा पृथ्वीभरि छरपस्ट हुनेछौँ।”
GEN 11:5 तब मानिसहरूले बनाउँदै गरेका सहर र त्यस धरहरा हेर्न भनी याहवेह तल ओर्लनुभयो।
GEN 11:6 त्यसपछि याहवेहले भन्‍नुभयो, “यी मानिसहरूको बोल्ने एउटै भाषा भएको कारण तिनीहरूले यो काम गर्न थालेका छन्; अब तिनीहरूले जे गर्नका निम्ति योजना बनाएका छन्, तिनीहरूका निम्ति केही पनि असम्भव हुनेछैन।
GEN 11:7 आओ, हामी तल जाऔँ, र तिनीहरूको भाषा खलबल पारिदिऔँ, ताकि तिनीहरूले एक-अर्काको बोली नबुझून्।”
GEN 11:8 यसरी याहवेहले तिनीहरूलाई त्यहाँबाट सारा पृथ्वीभरि छरपस्ट पारिदिनुभयो; अनि तिनीहरूले त्यो सहर बनाउने काम अधुरै छोडे।
GEN 11:9 त्यसकारण त्यस सहरलाई बाबेल भनिन्छ—किनकि यहीँ नै याहवेहले पृथ्वीका सारा मानिसहरूको भाषा खलबल पारिदिनुभएको थियो। तब त्यहाँबाटै याहवेहले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो।
GEN 11:10 शेमका वंशको विवरण यही हो: जलप्रलयको दुई वर्षपछि जब शेम 100 वर्ष पुगे, तब तिनी अर्पक्षदका पिता भए।
GEN 11:11 अनि तिनी अर्पक्षदका पिता भएपछि, शेम 500 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू जन्मिए।
GEN 11:12 जब अर्पक्षद 35 वर्ष पुगे, तिनी शेलहका पिता भए।
GEN 11:13 अनि तिनी शेलहका पिता भएपछि, अर्पक्षद 403 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू जन्मिए।
GEN 11:14 जब शेलह 30 वर्ष पुगे, तिनी एबेरका पिता भए।
GEN 11:15 अनि तिनी एबेरका पिता भएपछि शेलह 403 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
GEN 11:16 जब एबेर 34 वर्ष पुगे, तिनी पेलेगका पिता भए।
GEN 11:17 अनि तिनी पेलेगका पिता भएपछि एबेर 430 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
GEN 11:18 जब पेलेग 30 वर्ष पुगे, तिनी रऊका पिता भए।
GEN 11:19 अनि तिनी रऊका पिता भएपछि, पेलेग 209 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
GEN 11:20 जब रऊ 32 वर्ष पुगे, तिनी सरूगका पिता भए।
GEN 11:21 अनि तिनी सरूगका पिता भएपछि रऊ 207 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
GEN 11:22 जब सरूग 30 वर्ष पुगे, तिनी नाहोरका पिता भए।
GEN 11:23 अनि तिनी नाहोरका पिता भएपछि सरूग 200 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
GEN 11:24 जब नाहोर 29 वर्ष पुगे, तिनी तेरहका पिता भए।
GEN 11:25 अनि तिनी तेरहका पिता भएपछि नाहोर 119 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
GEN 11:26 जब तेरह 70 वर्ष पुगे, तिनी अब्राम, नाहोर र हारानका पिता भए।
GEN 11:27 तेरहका वंशको विवरण यही हो: तेरहचाहिँ अब्राम, नाहोर र हारानका पिता भए; अनि हारान लोतका पिता भए।
GEN 11:28 आफ्ना पिता तेरह जीवित छँदै हारान आफू जन्मेको ठाउँ कल्दीहरूको ऊरमा मरे।
GEN 11:29 अब्राम र नाहोर दुवैले विवाह गरे। अब्रामकी पत्नीको नाम साराई थियो; अनि नाहोरकी पत्नीको नाम मिल्का थियो; यिनीचाहिँ हारानकी छोरी थिइन्, जो मिल्का र यिस्का दुवैका पिता थिए।
GEN 11:30 अब साराईचाहिँ बाँझी थिइन्; अनि तिनको कुनै सन्तान थिएन।
GEN 11:31 तेरहले अब्राम, आफ्नो नाति हारानको छोरा लोत र आफ्नी बुहारी साराई, अर्थात् आफ्नो छोरा अब्रामकी पत्नीलाई साथमा लिए; र कनान देशमा जानका निम्ति कल्दीहरूको ऊरबाट निस्के। तर हारानमा आइपुगेपछि तिनीहरू त्यहीँ बसोबास गर्न थाले।
GEN 11:32 तेरह 205 वर्ष बाँचे; अनि तिनी हारानमै मरे।
GEN 12:1 याहवेहले अब्रामलाई भन्‍नुभयो, “आफ्नो देश, आफ्नो कुटुम्ब र तेरा पिताका घरानालाई छोडिदे; अनि त्यस देशमा जा, जुन म तँलाई देखाउनेछु।
GEN 12:2 “म तँलाई एउटा महान् जाति बनाउनेछु; अनि म तँलाई आशिष् दिनेछु; तेरो नामलाई महान् तुल्याउनेछु; अनि तँ आशिष्‌को मूल बन्‍नेछस्।
GEN 12:3 तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु; अनि तँलाई श्राप दिनेलाई म श्राप दिनेछु; अनि पृथ्वीका सबै जातिहरूले तँद्वारा नै आशिष् पाउनेछन्।”
GEN 12:4 यसकारण याहवेहले अब्रामलाई भन्‍नुभएझैँ तिनी गए; अनि लोत पनि तिनको साथमा गए। अब्राम हारानबाट निस्कँदा पचहत्तर वर्षका थिए।
GEN 12:5 अब्रामले आफ्नी पत्नी साराई, आफ्नो भतिजो लोत, र तिनीहरूले जम्मा गरेका सबै धनसम्पत्ति र हारानमा प्राप्‍त गरेका मानिसहरूलाई लिए; अनि तिनीहरू सबै कनान देशतिर लागे; अनि तिनीहरू त्यहाँ आइपुगे।
GEN 12:6 अब्राम त्यस देशबाट यात्रा गर्दै मोरेको फलाँटको ठूला रूखहरू भएको ठाउँ शेकेमसम्म आइपुगे। त्यस बेला त्यस देशमा कनानीहरू बस्थे।
GEN 12:7 तब याहवेह अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्‍नुभयो, “यो देश म तेरा सन्तानहरूलाई दिनेछु।” यसकारण तिनले आफूकहाँ देखा पर्नुभएको याहवेहका निम्ति त्यहाँ एउटा वेदी बनाए।
GEN 12:8 त्यसपछि तिनी त्यहाँबाट बेथेलको पूर्वपट्टिका पहाडहरूतिर गए, र बेथेललाई पश्‍चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर तिनले आफ्नो पाल टाँगे। त्यहाँ तिनले याहवेहका निम्ति एउटा वेदी बनाए, र याहवेहको नामलाई पुकार गरे।
GEN 12:9 तब अब्राम लगातार यात्रा गर्दै दक्षिणतिर लागे।
GEN 12:10 तब त्यस देशमा अनिकाल पर्‍यो; अनिकाल विकराल भएकोले अब्राम केही समयको लागि इजिप्टमा बसोबास गर्न गए।
GEN 12:11 तिनी जब इजिप्टमा प्रवेश गर्न लागेका थिए, तब तिनले आफ्नी पत्नी साराईलाई भने, “तिमी कति सुन्दरी स्त्री छ्यौ भनी म जान्दछु।
GEN 12:12 जब इजिप्टियनहरूले तिमीलाई देख्नेछन्, तब तिनीहरूले भन्‍नेछन्, ‘यिनी त त्यसकी पत्नी रहिछिन्।’ तब तिनीहरूले मलाई मार्नेछन्, तर तिमीलाई चाहिँ जीवितै छाड्नेछन्।
GEN 12:13 तिमीले तिमी मेरी बहिनी हौ भनी भनिदेऊ; र तिम्रो खातिर मेरो भलाइ हुनेछ, र तिम्रो कारणले गर्दा मेरो जीवन बाँच्नेछ।”
GEN 12:14 जब अब्राम इजिप्टमा आए, तब इजिप्टियनहरूले साराईलाई एउटी अति सुन्दरी स्त्री रहेछिन् भनी देखे।
GEN 12:15 अनि जब फारोका अधिकारीहरूले तिनलाई देखे, तब तिनीहरूले फारोको सामु तिनको रूपको प्रशंसा गरे; त्यसकारण साराईलाई फारोको महलमा लगियो।
GEN 12:16 साराईको खातिर फारोले अब्रामसित असल व्यवहार गरे; अनि तिनले अब्रामलाई भेडाबाख्रा, गाईबस्तु, गधा, सेवक-सेविका र ऊँटहरू दिए।
GEN 12:17 तर याहवेहले अब्रामकी पत्नी साराईको कारण फारो र तिनको परिवारमा भयानक महामारीहरू पठाउनुभयो।
GEN 12:18 यसकारण फारोले अब्रामलाई बोलाएर भने, “तिमीले मसित यो के गर्‍यौ? साराई तिम्री पत्नी हुन् भनी तिमीले किन भनेनौ?
GEN 12:19 तिमीले किन ‘तिनी त मेरी बहिनी हुन्’ भनी भन्यौ? त्यसैले त मैले तिनलाई पत्नी तुल्याउनलाई लगेँ। अब हेर, तिम्री पत्नी यहाँ छिन्। तिनलाई लिएर यहाँबाट गइहाल!”
GEN 12:20 तब फारोले अब्रामको विषयमा आफ्ना मानिसहरूलाई आदेश दिए; अनि तिनीहरूले तिनलाई तिनकी पत्नी र तिनीसित भएका सबै थोकसहित त्यहाँबाट पठाइदिए।
GEN 13:1 यसरी अब्राम आफ्नी पत्नी र आफूसित भएका सबै थोकहरू लिएर इजिप्टबाट दक्षिणतिर गए, र लोत पनि तिनको पछि लागे।
GEN 13:2 अब्राम घरपालुवा पशुहरू, सुन र चाँदीमा प्रशस्त धनवान् भएका थिए।
GEN 13:3 दक्षिणबाट धेरै ठाउँहरूहुँदै तिनी बेथेलमा आइपुगे, अर्थात् बेथेल र ऐको बीच ठाउँमा जहाँ पहिले तिनको पाल टाँगिएको थियो
GEN 13:4 र त्यहाँ तिनले पहिलो वेदी बनाएका थिए। त्यहाँ अब्रामले याहवेहको नामलाई पुकार गरे।
GEN 13:5 अब्रामसित यात्रा गर्ने लोतका पनि भेडाबाख्रा, गाईबस्तुहरूका बथान र पालहरू थिए।
GEN 13:6 तर तिनीहरू एकैसाथ रहनका लागि जमिनले धान्‍न सकेन; किनकि तिनीहरूका सम्पत्तिहरू यति धेरै थिए कि तिनीहरू एकैसाथ रहन सकेनन्।
GEN 13:7 अनि अब्रामका गोठालाहरू र लोतका गोठालाहरू बीचमा झगडा सुरु भयो। त्यस बेला त्यस देशमा कनानी र परिज्जीहरू पनि बसोबास गर्थे।
GEN 13:8 यसकारण अब्रामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा, र तिम्रा गोठालाहरू र मेरा गोठालाहरू बीचमा झगडा नहोस्; किनकि हामी नजिकका नातेदार हौँ।
GEN 13:9 के सम्पूर्ण देश तिम्रो सामु छैन र? हामी अलग होऔँ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु; तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।”
GEN 13:10 त्यसपछि लोतले चारैतिर हेरे; सोअरतिरको यर्दनको सबै समथल भूमिलाई याहवेहको बगैँचाझैँ प्रशस्त पानी भएको इजिप्ट देशजस्तै देखे। (योचाहिँ याहवेहले सदोम र गमोरालाई नष्‍ट गर्नु अगिको कुरा थियो।)
GEN 13:11 यसकारण लोतले आफ्ना निम्ति यर्दनका सबै समथल भूमिलाई चुने; अनि पूर्वतिर लागे। यसरी यी दुई मानिसहरू एक-अर्काबाट अलग भए।
GEN 13:12 अब्राम कनान देशमै बसे, र लोतचाहिँ समथल भूमिका सहरहरूमध्ये एउटामा बसे; अनि तिनले सदोमको छेउमा आफ्ना पालहरू टाँगे।
GEN 13:13 सदोमका मानिसहरू दुष्‍ट थिए, र याहवेहको विरुद्धमा घोर पाप गरिरहन्थे।
GEN 13:14 अब्रामबाट लोत छुट्टिएपछि याहवेहले अब्रामलाई भन्‍नुभयो, “तँ जहाँ छस्, त्यहाँबाट उत्तर र दक्षिण, पूर्व र पश्‍चिम चारैतिर हेर्।
GEN 13:15 तैँले देखेको सबै जमिन तँ र तेरा सन्तानहरूलाई म सदाका निम्ति दिनेछु।
GEN 13:16 म तेरा सन्तानहरूलाई पृथ्वीको धुलोझैँ बनाउनेछु, र कसैले धुलो गन्‍न सक्छ भने तेरा सन्तानहरूलाई पनि गन्‍न सक्नेछ।
GEN 13:17 जा, त्यस देशको लम्बाइ र चौडाइ वारपार हिँड्; किनकि यो म तँलाई दिँदैछु।”
GEN 13:18 यसकारण अब्रामले आफ्नो पाल सारे, र हेब्रोनमा मम्रेका फलाँटका ठूला रूखहरूको छेउमा गएर बसे; त्यहाँ तिनले याहवेहको निम्ति एउटा वेदी बनाए।
GEN 14:1 त्यस बेला शिनारका राजा अम्रापेल, एल्‍लासारका राजा अर्योक, एलामका राजा कदोर्लाओमेर अनि गोयीमका राजा तिदाल मिलेर,
GEN 14:2 सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर अनि बेलाका राजा (अर्थात् सोअरका) विरुद्धमा लडाइँ गर्न गए।
GEN 14:3 यी पछिल्‍ला राजाहरू सबै एक भएर सिद्धीमको बेँसीमा (खारा समुद्रको बेँसीमा) भेला भए।
GEN 14:4 तिनीहरू बाह्र वर्षसम्म कदोर्लाओमेरका अधीनमा थिए, तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे।
GEN 14:5 चौधौँ वर्षमा कदोर्लाओमेर र तिनीसित मिलेका राजाहरूले अस्तेरोत-कर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावे-किर्यातैममा एमीहरू
GEN 14:6 र सेइरको पहाडी देशमा भएका होरीतहरूलाई, मरुभूमितिर भएको एल-पारानसम्म परास्त गरे।
GEN 14:7 त्यसपछि तिनीहरू फर्केर एन-मिशापात (अर्थात् कादेशमा) गए, र तिनीहरूले अमालेकीहरूका सम्पूर्ण देशका साथै हासेसोन-तामारमा बसोबास गर्ने एमोरीहरूलाई पनि पराजित गरे।
GEN 14:8 त्यसपछि सदोमका राजा, गमोराका राजा, अदमाका राजा, सबोयीमका राजा, र बेला (अर्थात् सोअरका) राजा निस्किगए र सिद्धीमको बेँसीमा
GEN 14:9 एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल र एल्‍लासारका राजा अर्योकको विरुद्धमा—अर्थात् पाँचका विरुद्धमा चार राजाहरूले युद्धको मोर्चा बाँधे।
GEN 14:10 अब सिद्धीमको बेँसीचाहिँ अलकत्राको खाल्डाले भरिएको थियो; अनि सदोम र गमोराका राजाहरू भाग्दा कति जना ती खाल्डाहरूमा खसे; अनि बाँकी रहेकाहरूचाहिँ पहाडहरूतिर भागे।
GEN 14:11 ती चार जना राजाहरूले सदोम र गमोराका सबै सामान, र तिनीहरूका सबै खानेकुरा लिएर भागे।
GEN 14:12 तिनीहरूले सदोममा रहेका अब्रामका भतिजा लोत र तिनका सम्पत्ति पनि लिएर गए।
GEN 14:13 त्यहाँबाट उम्केको एउटा व्यक्तिले आएर यो कुरा हिब्रू अब्रामलाई बताइदियो। अब्रामचाहिँ आफूसित वाचामा रहेका एश्कोल र आनेरका भाइ एमोरीका मम्रेका ठूला रूखहरूको छेउमा बसोबास गर्दैथिए।
GEN 14:14 जब अब्रामले आफ्नो नातेदारलाई कैद गरेर लगेका छन् भनी सुने, तब तिनले आफ्नो घरानामा जन्मेका तीन सय अठार जना तालिम प्राप्‍त मानिसहरूलाई लिए र तिनीहरूलाई दानसम्मै लखेट्दै गए।
GEN 14:15 रातको समयमा अब्रामले तिनीहरूलाई आक्रमण गरेर परास्त गर्नका लागि आफ्ना मानिसहरूलाई विभाजन गरे, र दमस्कसको उत्तरमा भएको होबासम्म लखेटे।
GEN 14:16 तिनले सबै मालसामान फिर्ता ल्याए; अनि स्त्रीहरू र अरू मानिसहरूसहित आफ्ना नातेदार लोत र तिनका सम्पत्तिलाई फर्काइल्याए।
GEN 14:17 अब्रामले कदोर्लाओमेर र तिनलाई साथ दिने अरू राजाहरूलाई जितेर फर्केपछि सदोमका राजा शावेको बेँसीमा (अर्थात् राजाको बेँसीमा) तिनलाई भेट्न आए।
GEN 14:18 तब शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर आए। तिनी सर्वोच्‍च परमेश्‍वरका पुजारी थिए।
GEN 14:19 अनि तिनले अब्रामलाई यसो भन्दै आशिष् दिए, “सर्वोच्‍च परमेश्‍वर, आकाश र पृथ्वीका सृष्‍टिकर्ताले अब्रामलाई आशिष् देऊन्।
GEN 14:20 अनि सर्वोच्‍च परमेश्‍वर धन्यका होऊन्, जसले तपाईंका शत्रुहरूलाई तपाईंका हातमा सुम्पिदिनुभयो।” त्यसपछि अब्रामले तिनलाई हरेक कुराको दशांश दिए।
GEN 14:21 सदोमका राजाले अब्रामलाई भने, “मलाई मानिसहरू दिनुहोस्, र सामानहरू तपाईं आफैँ राख्नुहोस्।”
GEN 14:22 तर अब्रामले सदोमका राजालाई भने, “मैले याहवेह सर्वोच्‍च परमेश्‍वर, आकाश र पृथ्वीका सृष्‍टिकर्तातर्फ आफ्नो हात उचालेर शपथ खाएको छु,
GEN 14:23 कि म तिम्रो केही कुरो पनि ग्रहण गर्नेछैनँ। एउटा डोरी अथवा जुत्ताको फित्तासम्म पनि लिनेछैनँ। तिमीले ‘मैले अब्रामलाई धनी बनाएँ’ भनेर कहिल्यै भन्‍न पनि सक्नेछैनौ।
GEN 14:24 मेरा मानिसहरूले जे खाएका छन्, त्यो बाहेक म केही पनि ग्रहण गर्नेछैनँ; तर मसित जानेहरू—आनेर, एश्कोल र मम्रेले आ-आफ्ना भाग लिऊन्।”
GEN 15:1 त्यसपछि दर्शनमा याहवेहको यो वचन अब्रामकहाँ आयो: “अब्राम, तँ नडरा; म तेरो ढाल हुँ, र तेरो इनाम अत्यन्त ठूलो हुनेछ।”
GEN 15:2 तर अब्रामले भने, “हे प्रभु याहवेह, तपाईंले मलाई के दिन सक्नुहुन्छ? किनकि म निःसन्तान छु, र मेरो सम्पत्तिको हकदार दमस्कसको एलीएजर नै हुनेछ।”
GEN 15:3 अनि अब्रामले फेरि भने, “तपाईंले मलाई छोराछोरी दिनुभएन; यसकारण मेरै घरानामा जन्मेको सेवक नै मेरो उत्तराधिकारी हुनेछ।”
GEN 15:4 तब याहवेहको वचन फेरि तिनीकहाँ आयो: “यो मानिस तेरो उत्तराधिकारी हुनेछैन; तर तँबाटै जन्मिएको छोरो तेरो उत्तराधिकारी हुनेछ।”
GEN 15:5 उहाँले तिनलाई बाहिर लानुभयो र भन्‍नुभयो, “यदि तैँले गन्‍न सक्छस् भने आकाशतिर हेर्, र ताराहरू गन्।” तब उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।”
GEN 15:6 अनि अब्रामले याहवेहमाथि विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।
GEN 15:7 उहाँले तिनलाई यो पनि भन्‍नुभयो, “म नै याहवेह हुँ, जसले तँलाई कल्दीहरूको ऊरबाट यो देश सम्पत्तिको रूपमा दिन भनी निकालेर ल्याएँ।”
GEN 15:8 तर अब्रामले भने, “हे प्रभु याहवेह, मैले यो सम्पत्तिको रूपमा पाउनेछु भनी म कसरी थाहा पाऊँ?”
GEN 15:9 यसकारण याहवेहले तिनलाई भन्‍नुभयो, “मकहाँ तीन-तीन वर्षको एउटा कोरली, एउटा पाठी र एउटा भेडा, र साथमा एउटा ढुकुर र एउटा परेवाको बचेरो ले।”
GEN 15:10 अब्रामले ती सबै उहाँकहाँ ल्याए, तिनीहरूलाई दुई टुक्रा गरी काटे र आधा भागलाई एक-अर्काको विपरीत दिशामा मिलाएर राखे; तर चराहरूलाई चाहिँ तिनले आधा गरी काटेनन्।
GEN 15:11 तब चील र गिद्धहरू शिकारमाथि झम्टेर आए, तर अब्रामले तिनीहरूलाई धपाए।
GEN 15:12 जब घाम डुब्दै थियो, अब्राम मस्त निद्रामा परे; अनि डरलाग्दो र घोर अन्धकारले तिनलाई छोप्यो।
GEN 15:13 तब याहवेहले अब्रामलाई भन्‍नुभयो, “तैँले यो निश्‍चय जानिराख् कि तेरा सन्तानहरू चार सय वर्षसम्म अर्काको देशमा प्रवासी हुनेछन् र त्यहाँ तिनीहरूले दास भएर दुर्व्यवहार खप्नुपर्नेछ।
GEN 15:14 तर म तिनीहरूले दास-दासी भएर सेवा गरेको देशलाई दण्ड दिनेछु; अनि पछि तिनीहरू त्यहाँबाट धेरै सम्पत्ति लिएर निस्किआउनेछन्।
GEN 15:15 तर तँचाहिँ शान्तिसित तेरा पुर्खाहरूकहाँ जानेछस्; अनि तँ पूरा बुढेसकालमा गाडिनेछस्।
GEN 15:16 चौथो पुस्तामा तेरा सन्तानहरूहरू यहाँ फर्केर आउनेछन्; किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भइसकेको छैन।”
GEN 15:17 जब घाम अस्तायो र अँध्यारो भयो, र एउटा बलिरहेको आगो भएको धुवाँले भरिएको मकल देखा पर्‍यो, र ती टुक्राहरूका बीचबाट भएर गयो।
GEN 15:18 त्यसै दिन याहवेहले अब्रामसित एउटा करार बाँध्नुभयो र भन्‍नुभयो, “म तेरा सन्तानहरूलाई यो देश दिनेछु, अर्थात् इजिप्टको नदीदेखि महानदी यूफ्रेटिससम्म—
GEN 15:19 जुन केनीहरू, कनज्जीहरू, कदोमोनीहरू,
GEN 15:20 हित्तीहरू, परिज्जीहरू, रपाईहरू,
GEN 15:21 एमोरीहरू, कनानीहरू, गिर्गाशीहरू अनि यबूसीहरूका देशहरू हुन्।”
GEN 16:1 अब्रामकी पत्नी साराईले तिनका निम्ति कुनै सन्तान जन्माइनन्। तर तिनकी हागार नाम भएकी एउटी इजिप्टियन दासी थिइन्;
GEN 16:2 अनि साराईले अब्रामलाई भनिन्, “याहवेहले मेरो कोख बन्द गरिदिनुभएको छ। यसकारण जानुहोस्, मेरी दासीसित सुत्नुहोस्; सायद त्यसबाट मेरो लागि सन्तान पाउन सक्छु कि।” साराईले जे भनिन्, त्यस कुरामा अब्राम सहमत भए।
GEN 16:3 यसरी अब्राम कनानमा दश वर्ष बसेपछि तिनकी पत्नी साराईले आफ्नी इजिप्टियन दासी हागारलाई आफ्ना पतिका निम्ति पत्नी हुनलाई दिइन्।
GEN 16:4 अनि उनी हागारकहाँ गए, र त्यो गर्भवती भई। जब त्यसले आफू गर्भवती भएकी थाहा पाई, तब त्यसले आफ्नी मालिक्नीलाई हेप्न थाली।
GEN 16:5 तब साराईले अब्रामलाई भनिन्, “मैले भोगिरहेको कष्‍टको लागि तपाईं जिम्मेवार हुनुहुन्छ। मैले मेरी दासीलाई तपाईंको अँगालोमा सुम्पेँ; अब त्यसले आफू गर्भवती भएकी थाहा पाएर मलाई हेप्न थालेकी छ। याहवेहले नै तपाईं र मेरो बीचमा न्याय गरिदेऊन्।”
GEN 16:6 अब्रामले भने, “तिम्री दासी तिम्रै हातमा छे। तिमीलाई जे उचित लाग्छ, त्यससित त्यसै गर।” तब साराईले हागारसित दुर्व्यवहार गरिन्; त्यसकारण त्यो साराईबाट भागेर गई।
GEN 16:7 पछि याहवेहका दूतले हागारलाई उजाडस्थानमा पानीको मूलको छेउमा भेटे; त्यो मूल शूरतिर जाने बाटोको छेउमा थियो।
GEN 16:8 अनि उनले भने, “साराईकी दासी हागार, तँ कहाँबाट आइस्, र कहाँ जाँदैछस्?” तब त्यसले भनी, “म मेरी मालिक्नी साराईबाट भाग्दैछु।”
GEN 16:9 तब याहवेहका दूतले त्यसलाई भने, “तँ आफ्नी मालिक्नीकहाँ जा, र तिनकै अधीनमा बस्।”
GEN 16:10 याहवेहका दूतले फेरि भने, “म तेरा सन्तानहरूलाई यति धेरै बढाउनेछु कि तिनीहरूलाई गन्‍न सकिनेछैन।”
GEN 16:11 याहवेहका दूतले त्यसलाई यो पनि भने: “तँ गर्भवती छस्, र तैँले एउटा छोरा जन्माउनेछस्। तैँले उसको नाम इश्माएल राख्नू; किनकि याहवेहले तेरो कष्‍टको पुकार सुन्‍नुभएको छ।
GEN 16:12 तेरो छोरा मानिसहरूमा जङ्गली गधाझैँ हुनेछ; उसको हात सबैको विरुद्धमा उठ्नेछ, अनि सबैको हात उसको विरुद्धमा उठ्नेछ; र ऊ आफ्ना दाजुभाइहरूसँग शत्रुतामा बसोबास गर्नेछ।”
GEN 16:13 हागारले आफूसित बोल्नुहुने याहवेहलाई यो नाम दिई, “तपाईं मलाई देख्नुहुने परमेश्‍वर हुनुहुन्छ,” किनकि त्यसले भनी, “मलाई देख्नुहुनेलाई अब मैले पनि देखेकी छु।”
GEN 16:14 त्यसैकारण त्यस कुवालाई बेअर-लहै-रोइ भनियो; जुनचाहिँ कादेश र बेरेदको बीचमा अहिलेसम्म पनि छ।
GEN 16:15 यसरी हागारले अब्रामका निम्ति एउटा छोरा जन्माई; अनि अब्रामले हागारले जन्माएको आफ्नो छोराको नाम इश्माएल राखे।
GEN 16:16 हागारले तिनका लागि इश्माएललाई जन्माउँदा अब्राम छयासी वर्षका थिए।
GEN 17:1 अब्राम उनान्सय वर्ष पुग्दा याहवेह तिनीकहाँ प्रकट हुनुभयो र भन्‍नुभयो, “म सर्वशक्तिमान् परमेश्‍वर हुँ; विश्‍वासयोग्य र निर्दोष भएर मेरो अगि हिँड्।
GEN 17:2 अनि म मेरो करार तेरो र मेरो बीचमा बाँध्नेछु, र तेरा सन्तानहरूलाई अत्यन्तै बढाउनेछु।”
GEN 17:3 त्यसपछि अब्राम घोप्टो परे; तब परमेश्‍वरले तिनलाई भन्‍नुभयो,
GEN 17:4 “हेर्, मेरो करार तँसित यही हुनेछ, तँ धेरै जातिहरूका पिता हुनेछस्।
GEN 17:5 अब उसो तँलाई अब्राम भनिनेछैन; तर तेरो नाम अब्राहाम हुनेछ; किनकि मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।
GEN 17:6 म तँलाई धेरै फलवन्त बनाउनेछु; अनि तँबाट नै जाति-जातिहरू बनाउनेछु, र तँबाट राजाहरू निस्कनेछन्।
GEN 17:7 म मेरो करारलाई तेरो र मेरो, र तँपछिका तेरा सन्तानहरूको बीचमा आउने पुस्ताका निम्ति अनन्तको करारको रूपमा स्थापित गर्नेछु। अनि म तँ र तँपछि आउने तेरो सन्तानका परमेश्‍वर हुनेछु।
GEN 17:8 तँ र तेरा पछिका सन्तानहरूलाई अहिले तँ प्रवासी भएर बसेको सम्पूर्ण कनान देश, अनन्तको सम्पत्तिको रूपमा दिनेछु; र म तिनीहरूका परमेश्‍वर हुनेछु।”
GEN 17:9 तब परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरो विषयमा चाहिँ, तँ र तँपछिका तेरा सन्तानहरूले आउने पुस्तौँ-पुस्तासम्म मेरो करार पालन गर्नुपर्छ।
GEN 17:10 मेरो र तेरो, साथै तँपछिका तेरा सन्तानहरूसित मेरो करार यही हो, अर्थात् तिमीहरूले पालन गर्नुपर्ने करार: तिमीहरूका प्रत्येक पुरुषको खतना हुनुपर्छ।
GEN 17:11 तिमीहरूका खलडीको खतना हुनुपर्छ, र योचाहिँ तँसित बाँधिएको मेरो करारको चिन्ह हुनेछ।
GEN 17:12 अनि आउने पुस्तौँ-पुस्तासम्म तिमीहरूको बीचमा आठ दिन भएको प्रत्येक पुरुषको खतना हुनैपर्छ। तेरा घरानामा जन्मेका अथवा विदेशीहरूबाट रुपियाँपैसा दिएर किनिएका—जो तेरा आफ्नै सन्तान होइनन्,
GEN 17:13 चाहे तेरा घरानामा जन्मेका होऊन्, अथवा तेरा रुपियाँपैसाले किनेका होऊन्, तिनीहरू सबैको खतना हुनैपर्छ। तेरो शरीरमा गरिएको मेरो करार अनन्तको करार हुनेछ।
GEN 17:14 खतना नगरिएको कुनै पनि पुरुष, जसको शरीरमा खलडीको खतना भएको छैन, त्यो व्यक्ति आफ्ना जातिहरूबाट बहिष्कृत गरिनेछ; किनकि त्यसले मेरो करार भङ्ग गरेको छ।”
GEN 17:15 परमेश्‍वरले अब्राहामलाई यो पनि भन्‍नुभयो, “तेरी पत्नी साराईको विषयमा चाहिँ, तैँले त्यसलाई अब उसो साराई भनेर नबोलाउनू; तर त्यसको नाम सारा हुनेछ।
GEN 17:16 म त्यसलाई आशिष् दिनेछु, र म निश्‍चय तँलाई त्यसबाट एउटा छोरा दिनेछु। म त्यसलाई आशिष् दिनेछु, र त्यो धेरै जातिकी आमा हुनेछे; त्यसबाट जाति-जातिका राजाहरू उत्पन्‍न हुनेछन्।”
GEN 17:17 तब अब्राहाम भुइँमा घोप्टो परे; अनि हाँसेर मनमनै भने, “के एक सय वर्ष पुगेको मानिसको पनि छोरा जन्मला र? के नब्बे वर्ष पुगेकी साराले पनि बच्‍चा जन्माउलिन् र?”
GEN 17:18 अनि अब्राहामले परमेश्‍वरलाई भने, “इश्माएल तपाईंको आशिष्‌मुनि बाँच्छ भने पनि असल हुनेछ।”
GEN 17:19 तब परमेश्‍वरले भन्‍नुभयो, “तेरी पत्नी साराले तेरो निम्ति एउटा छोरा जन्माउनेछे; र तैँले त्यसको नाम इसहाक राख्नू। म त्यससित र त्यसपछिका सन्तानका निम्ति मेरो करार अनन्तको करारको रूपमा स्थापित गर्नेछु।
GEN 17:20 अनि इश्माएलको विषयमा चाहिँ मैले तेरो कुरा सुनेको छु; हेर्, म निश्‍चय नै त्यसलाई आशिष् दिनेछु; म त्यसलाई फलवन्त बनाउनेछु; अनि त्यसलाई संख्यामा असाध्यै बढाउनेछु। त्यो बाह्र शासकहरूका पिता हुनेछ, र म त्यसलाई एउटा महान् जाति बनाउनेछु।
GEN 17:21 तर मेरो करारचाहिँ म इसहाकसँग नै स्थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तेरो निम्ति जन्माउनेछे।”
GEN 17:22 परमेश्‍वर अब्राहामसित कुरा गरिसक्नुभएपछि तिनीबाट गइहाल्नुभयो।
GEN 17:23 त्यही दिन नै परमेश्‍वरले तिनलाई भन्‍नुभएझैँ, अब्राहामले आफ्नो छोरा इश्माएल र आफ्ना घरानामा जन्मेका सबै, र आफ्नो रुपियाँपैसाले किनेका हरेक पुरुषको खलडीको खतना गरे।
GEN 17:24 अब्राहामको खलडीको खतना हुँदा तिनी उनान्सय वर्षका थिए।
GEN 17:25 अनि तिनको छोरा इश्माएलको खलडीको खतना हुँदा त्यो तेह्र वर्षको थियो।
GEN 17:26 अब्राहाम र तिनको छोरा इश्माएलको खतना पनि त्यही दिनमै गरियो।
GEN 17:27 अनि अब्राहामसँगै तिनका घरानाका, तिनका घरानामा जन्मेका, अथवा बिदेशीबाट किनिएका प्रत्येक पुरुषको खतना भयो।
GEN 18:1 दिउँसोको गर्मीमा मम्रेका ठूला फलाँटका रूखहरू नजिक आफ्नो पालको प्रवेशद्वारमा अब्राहाम बसिरहेका बेला याहवेह तिनीकहाँ देखा पर्नुभयो।
GEN 18:2 अब्राहामले आँखा उठाएर हेरे; र तीन जना मानिसहरूलाई तिनको छेउमा उभिरहेका देखे। जब तिनले उहाँहरूलाई देखे, तब तिनी आफ्नो पालको प्रवेशद्वारबाट उहाँहरूलाई भेट्न भनी दौडेर गए; र भुइँसम्मै घोप्टो परेर दण्डवत् गरे।
GEN 18:3 तिनले भने, “हे मेरा प्रभु, यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने तपाईंको सेवककहाँ एकछिन नबसी यत्तिकै नगइदिनुहोस्।
GEN 18:4 मलाई पानी ल्याउन दिनुहोस्, र आफ्ना पाउ धोएर यस रूखमुनि आराम गर्नुहोस्।
GEN 18:5 अब तपाईंहरू आफ्ना सेवककहाँ आउनुभएकोले मलाई केही खानेकुरा ल्याउन दिनुहोस्; अनि तपाईंहरू खानुहोस् र थकाइ मार्नुहोस्, र त्यसपछि आफ्नो बाटो लाग्नुहोला।” उहाँहरूले भने, “हुन्छ, तिमीले भनेझैँ गर।”
GEN 18:6 यसकारण अब्राहाम हतार-हतार गर्दै पालभित्र साराकहाँ गएर भने, “लौ झट्टै तीन सिया मसिनो पिठो तयार पारी मुछेर केही रोटी बनाऊ।”
GEN 18:7 तब अब्राहाम बगाल भएको ठाउँमा दौडेर गए, र एउटा कलिलो बाछो छानेर आफ्नो सेवकलाई दिए। उसले तुरुन्तै काटकुट गरेर पकायो।
GEN 18:8 तब तिनले दही, दूध र बाछाको मासु ल्याए, र उहाँहरूका सामु टक्र्याइदिए। अनि उहाँहरूले खाउन्जेल तिनीचाहिँ उहाँहरूकै छेउमा रूखमुनि उभिरहे।
GEN 18:9 तब उहाँहरूले अब्राहामलाई सोधे “तिम्री पत्नी सारा कहाँ छिन्?” तिनले भने, “त्यहीँ पालभित्र छिन्।”
GEN 18:10 उहाँहरूमध्ये एक जनाले भने, “निश्‍चय नै म आउँदो वर्ष यसै समयमा तिमीकहाँ फर्किआउनेछु; तब तिम्री पत्नी साराको साथमा एउटा छोरा हुनेछ।” अब साराले चाहिँ यो कुरा अब्राहामको पछिल्तिर भएको पालको प्रवेशद्वारबाट सुनिरहेकी थिइन्।
GEN 18:11 अब्राहाम र सारा निकै बुढाबुढी भइसकेका थिए; अनि साराको बच्‍चा जन्माउने उमेर पनि कटिसकेको थियो।
GEN 18:12 यसकारण सारा मनमनै हाँसिन् र भनिन्, “म बुढी भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्नुभएको छ; अब के मलाई साँच्‍चै यो सुख प्राप्‍त होला?”
GEN 18:13 तब याहवेहले अब्राहामलाई भन्‍नुभयो, “म बुढी भइसकेकीले के साँच्‍चै बच्‍चा जन्माउन सकुँली र? भन्दै सारा किन हाँसी?
GEN 18:14 के याहवेहका निम्ति कुनै कुरा कठिन छ र? म तोकिएको समयमा अर्को वर्ष तिमीकहाँ फर्किआउनेछु, र साराको एउटा छोरा हुनेछ।”
GEN 18:15 सारा डराइन्, र ढाँट्दै यसो भनिन्, “अहँ, म हाँसिनँ।” तर उहाँले भन्‍नुभयो, “हो, तँ हाँसेकै थिइस्।”
GEN 18:16 जब ती मानिसहरू जान तयार भए, तब उनीहरूले तल सदोमतिर हेरे; अनि उनीहरूलाई अलिक परसम्म पुर्‍याउन अब्राहाम पनि सँगै गए।
GEN 18:17 तब याहवेहले भन्‍नुभयो, “मैले जे गर्न लागेको छु, के म त्यो कुरा अब्राहामबाट लुकाऊँ?
GEN 18:18 निश्‍चय नै अब्राहामको वंश एउटा महान् र शक्तिशाली राष्ट्र बन्‍नेछ, र पृथ्वीका सबै राष्ट्रहरूले ऊद्वारा नै आशिष् पाउनेछन्।
GEN 18:19 किनकि मैले उसलाई चुनेको छु, ताकि उसले आफ्ना छोराछोरी र त्यसपछिका आफ्ना घरानालाई जे ठिक र न्यायसङ्गत छ, सो गर्दै याहवेहको वचनको पालन गर्न आदेश गर्नेछ। त्यसपछि म अब्राहामका निम्ति सबै कुरा पूरा गर्नेछु, जुन मैले प्रतिज्ञा गरेको छु।”
GEN 18:20 तब याहवेहले भन्‍नुभयो, “सदोम र गमोराको विरुद्धमा उठेको आक्रोश अत्यन्तै ठूलो छ; अनि तिनीहरूको कुकर्म अति नै भएकोले,
GEN 18:21 मकहाँ आएको तिनीहरूको गुनासो सही हो कि होइन भनी हेर्न अब म तल जानेछु। यदि होइन रहेछ भने म थाहा गर्नेछु।”
GEN 18:22 यसकारण ती मानिसहरू फर्केर सदोमतिर गए; तर अब्राहामचाहिँ याहवेहकै सामु उभिरहे।
GEN 18:23 तब अब्राहाम उहाँको नजिक गएर भने: “के तपाईंले दुष्‍टहरूसँगै धर्मीलाई पनि नाश गर्नुहुन्छ?
GEN 18:24 यदि त्यस सहरमा पचास जना धर्मी मानिस रहेछन् भने के तपाईंले त्यस सहरलाई साँच्‍चै नाश गर्नुहुनेछ? के ती पचास धर्मी मानिसको खातिर त्यस ठाउँलाई छोडिदिनुहुन्‍न?
GEN 18:25 तपाईंबाट यस्तो पटक्‍कै नहोस्—धर्मीलाई पापीसँग मार्ने, र धर्मी र पापीलाई एउटै व्यवहार गर्ने काम तपाईंबाट नहोस्! तपाईंबाट यस्तो कदापि नहोस्! के सारा पृथ्वीका न्यायकर्ताले ठिक न्याय गर्नुहुन्‍न र?”
GEN 18:26 तब याहवेहले भन्‍नुभयो, “यदि मैले सदोम सहरमा पचास जना धर्मी मानिस पाएँ भने म तिनीहरूका खातिर सम्पूर्ण सहरलाई नाश गर्नेछैनँ।”
GEN 18:27 त्यसपछि अब्राहामले फेरि भने: “हुन त म धुलो र खरानीबाहेक केही होइनँ, तापनि मैले प्रभुसँग बोल्ने साहस गरेको छु।
GEN 18:28 यदि त्यस सहरमा पाँच कम पचास जना धर्मी मानिस रहेछन् भने के पाँच जना धर्मी कम भएको कारण तपाईंले सम्पूर्ण सहरलाई नाश गर्नुहुनेछ?” उहाँले भन्‍नुभयो, “यदि मैले पैँतालीस जना पाएँ भने पनि म त्यसलाई नाश गर्नेछैनँ।”
GEN 18:29 एकपल्ट फेरि तिनले भने, “यदि चालीस जना मात्र पाइए भने नि?” उहाँले भन्‍नुभयो, “चालीस जनाको खातिर पनि म त्यसो गर्नेछैनँ।”
GEN 18:30 तब तिनले भने, “प्रभु, रिसानी माफ पाऊँ, तर म अझै बोल्न पाऊँ। यदि तीस जना मात्र पाइए भने?” उहाँले जवाफ दिनुभयो “यदि तीस जना मात्र पाएँ भने तापनि म त्यसो गर्नेछैनँ।”
GEN 18:31 अब्राहामले भने, “मैले फेरि प्रभुसित बोल्न साहस गरेको छु; यदि त्यहाँ बीस जना मात्रै पाइए भने नि?” उहाँले भन्‍नुभयो, “बीस जनाको खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ।”
GEN 18:32 तब तिनले भने, “प्रभु रिसानी माफ पाऊँ; तर अब एकपल्ट मात्रै बोल्न पाऊँ। यदि दश जना मात्र त्यहाँ पाइए भने?” अनि उहाँले भन्‍नुभयो, “दश जनाको खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ।”
GEN 18:33 अब्राहामसित कुरा गरिसक्नुभएपछि याहवेह गइहाल्नुभयो; अनि अब्राहामचाहिँ आफ्नो घरमा फर्के।
GEN 19:1 ती दुई स्वर्गदूतहरू साँझतिर सदोममा आइपुगे; अनि लोतचाहिँ सहरको मूलढोकामा बसिरहेका थिए। जब लोतले तिनीहरूलाई देखे, तब तिनी तिनीहरूलाई भेट्न उठे; अनि भुइँसम्मै घोप्टो परेर दण्डवत् गरे।
GEN 19:2 अनि तिनले भने, “हे मेरा प्रभुहरू हो, कृपया आफ्नो सेवकको घरमा पाल्नुहोस्। तपाईंहरू आफ्ना पाउ धुनुहोस् र रात यहीँ बिताउनुहोस्; अनि भोलि बिहानै आफ्नो बाटो लाग्नुहोस्।” तर तिनीहरूले भने, “होइन, हामी यहीँ चोकमा रात काट्नेछौँ।”
GEN 19:3 तर लोतले धेरै कर गरिरहे, त्यसैले तिनीहरू लोतसित गए, र तिनको घरभित्र पसे। तिनले तिनीहरूका निम्ति खमिर नमिसाइएको रोटी पकाएर भोजन तयार पारे; अनि तिनीहरूले खाए।
GEN 19:4 तिनीहरू सुत्नुभन्दा अगि त्यस सदोम सहरका सबै ठाउँहरूबाट जवानदेखि वृद्ध, सबै मानिसहरू हुल बाँधेर आए, र त्यस घरलाई घेरे।
GEN 19:5 तिनीहरूले लोतलाई बोलाएर भने, “आज राति तिमीकहाँ आएका ती मानिसहरू कहाँ छन्? तिनीहरूलाई हामीकहाँ बाहिर ल्याऊ, र हामी तिनीहरूसित सम्भोग गर्न चाहन्छौँ।”
GEN 19:6 लोत तिनीहरूलाई भेट्न बाहिर निस्के, र तिनले आफ्नो पछिल्तिर भएको ढोका थुनिदिए,
GEN 19:7 अनि भने, “हे मेरा दाजुभाइहरू हो, म बिन्ती गर्दछु, यस्तो दुष्‍ट काम नगर्नुहोस्!
GEN 19:8 हेर्नुहोस्, कुनै पनि मानिसले कहिल्यै नछोएका मेरा दुई छोरीहरू छन्। बरु म तिनीहरूलाई तपाईंहरू सामु बाहिर ल्याउँछु, र तपाईंहरूलाई जस्तो इच्छा लाग्छ, तिनीहरूसित त्यस्तै व्यवहार गर्नुहोस्। तर बिन्ती छ, यी मानिसहरूलाई केही नगर्नुहोस्; किनकि तिनीहरू मेरो संरक्षण र छानामुनि आएका मेरा पाहुना हुन्।”
GEN 19:9 तब तिनीहरूले जवाफ दिए, “हाम्रो बाटो छोड्।” अनि तिनीहरूले भने, “यो मानिस परदेशी भई यहाँ रहनको लागि आएको हो, र यो त बडो न्यायकर्ता पो हुन खोज्दैछ! अब हामी यी मानिसहरूसँग भन्दा तिमीसँग खराब व्यवहार गर्नेछौँ।” त्यसपछि तिनीहरूले लोतलाई जोडले ठेल्न थाले, र ढोका भत्काउन अगि बढे।
GEN 19:10 तर लोतका पाहुनाहरूले हात बढाएर लोतलाई भित्र ताने, र ढोका थुनिदिए।
GEN 19:11 तब तिनीहरूले त्यस घरको ढोकाबाहिर भएका सानादेखि ठूला सबैलाई अन्धा पारिदिए; त्यसकारण तिनीहरूले ढोका भेट्टाउन सकेनन्।
GEN 19:12 त्यसपछि ती दुई मानिसहरूले लोतलाई भने, “के यहाँ तिम्रा अरू पनि कोही छन् कि? जुवाइँहरू, छोराहरू, छोरीहरू, अथवा यस सहरमा तिम्रा आफ्ना जो-जो छन्, तिनीहरू सबैलाई लिएर यहाँबाट गइहाल;
GEN 19:13 किनकि अब हामी यस ठाउँलाई नाश गर्न लागेका छौँ। किनभने याहवेहको अगि उठेको यहाँका मानिसहरूको विरुद्धमा आएको आरोप यति ठूलो भएको छ कि उहाँले हामीलाई यस ठाउँलाई नाश गर्न पठाउनुभएको छ।”
GEN 19:14 यसकारण लोत बाहिर गए, र आफ्ना छोरीहरूसित मगनी भएका जुवाइँहरूलाई यो कुरा बताए। तिनले भने, “चाँडो गरी यस ठाउँबाट निस्केर जाओ; किनकि याहवेहले यस सहरलाई नाश गर्न लाग्नुभएको छ।” तर तिनका जुवाइँहरूलाई तिनले ठट्टा गरेजस्तो लाग्यो।
GEN 19:15 झिसमिसे उज्यालो हुन लाग्दा ती दूतहरूले लोतलाई यसो भनेर हतार गराए, “चाँडो गर! यहाँ भएका तिम्री पत्नी र दुई छोरीहरू लिएर गइहाल, नत्रता यस सहरले दण्ड पाउँदा तिमीहरू पनि भस्म हुनेछौ।”
GEN 19:16 जब तिनले आनाकानी गरे, तब याहवेह तिनीहरूप्रति कृपालु हुनुभएकोले ती मानिसहरूले तिनकी पत्नी र दुई छोरीहरूका हात समाते, र तिनलाई सुरक्षित सहरबाहिर पुर्‍याए।
GEN 19:17 तिनीहरूलाई बाहिर निकालेर ल्याउनसाथ ती दुईमध्ये एकले भने, “आफ्नो ज्यान जोगाउनलाई भागिहाल! आफ्नो पछिल्तिर फर्केर नहेर, र समथल भूमिमा कतै नरोकिनू! पहाडहरूतिर भागेर जाऊ, नत्रता तिमीहरू भस्म हुनेछौ!”
GEN 19:18 तर लोतले तिनीहरूलाई भने, “हे मेरा प्रभुहरू हो, त्यस्तो नहोस्!
GEN 19:19 तपाईंहरूका सेवकले तपाईंहरूका दृष्‍टिमा निगाह पाएको छ, र मेरो ज्यान जोगाउनमा तपाईंहरूले मलाई ठूलो दया देखाउनुभएको छ। तर म भागेर पहाडतिर जान सक्दिनँ; त्यहाँ पुग्नुभन्दा अगि नै यो प्रकोप ममाथि आइलाग्नेछ, र म मर्नेछु।
GEN 19:20 हेर्नुहोस्, त्यतातिर दौडेर पुग्न सकिने एउटा नगर नजिकै छ, र यो सानो छ। मलाई त्यहाँ भागेर जान दिनुहोस्—यो सानो पनि छ, होइन र? तब मेरो ज्यान बाँच्नेछ।”
GEN 19:21 अनि तिनले भने, “ठिकै छ, म यो अनुरोधलाई पनि मान्दछु; तिमीले भनेको यस नगरलाई म नाश गर्नेछैनँ।
GEN 19:22 तर चाँडो गरी त्यहीँ भागेर जाऊ; किनकि तिमी त्यहाँ नपुगुन्जेल म केही गर्न सक्दिनँ।” (त्यसैकारण त्यस नगरलाई सोअर भनियो।)
GEN 19:23 लोत सोअरमा आइपुग्दा त्यस ठाउँमा सूर्य उदाइसकेको थियो।
GEN 19:24 तब याहवेहले स्वर्गबाट गन्धकको आगो सदोम र गमोरामाथि बर्साउनुभयो।
GEN 19:25 यसरी उहाँले ती सहरहरू र त्यस सहरहरूका बासिन्दाहरूसमेत, समस्त समथल भूमिहरू र त्यस ठाउँका वनस्पति सबै नाश गरिदिनुभयो।
GEN 19:26 तर लोतकी पत्नीले पछिल्तिर फर्केर हेरिन्, र तिनी नुनको खाँबो भइन्।
GEN 19:27 अब्राहाम भोलिपल्ट बिहानै उठे, र त्यस ठाउँमा गए, जहाँ तिनी याहवेहको सामु पहिले उभिएका थिए।
GEN 19:28 तिनले सदोम, गमोरा र समथल भूमिका सबै ठाउँतिर हेरे; अनि तिनले भट्टीबाट धुवाँ उठेझैँ, त्यस ठाउँबाट बाक्लो धुवाँको मुस्लो उँभोतिर उठिरहेको देखे।
GEN 19:29 यसरी परमेश्‍वरले समथल भूमिका सहरहरू नाश गर्नुभएपछि, उहाँले अब्राहामलाई सम्झनुभयो, तब उहाँले लोत बसिरहेका ती सहरहरूलाई नाश गर्नुभन्दा अगि लोतलाई त्यस ठाउँबाट सकुशल बाहिर निकाल्नुभयो।
GEN 19:30 लोत र तिनका दुई छोरीहरूले सोअर छोडे, र पहाडी इलाकातिर बसोबास गर्न थाले; किनकि लोत सोअरमा बस्‍न डराउँथे। तिनी र तिनका छोरीहरू एउटा ओडारमा बस्‍न थाले।
GEN 19:31 एक दिन जेठी छोरीले कान्छीलाई भनिन्, “हाम्रा बुबा वृद्ध भइसक्नुभएको छ; अनि सारा संसारको रीतिबमोजिम हामीलाई सन्तान दिन कुनै मानिस पृथ्वीमा छैन।
GEN 19:32 यसैले हामी आफ्ना बुबालाई दाखमद्य पियाऔँ, र वंश जोगाउन उहाँसँग सुतौँ।”
GEN 19:33 त्यसैले त्यस रात तिनीहरूले आफ्ना बुबालाई मद्य पियाए; अनि जेठीचाहिँ गएर आफ्ना बुबासित सुती। आफ्नी छोरी आफूसँग सुत्न कहिले आई र कतिखेर उठेर गई, सो कुरा तिनलाई पत्तै भएन।
GEN 19:34 भोलिपल्ट जेठीले आफ्नी बहिनीलाई भनी, “हेर, हिजो राति म आफ्नो बुबासित सुतेँ। आज पनि उहाँलाई मद्य पियाऔँ, र हाम्रो वंश जोगाउन आज रातिचाहिँ तिमी भित्र गएर उहाँसित सुत।”
GEN 19:35 यसरी त्यस रात पनि तिनीहरूले आफ्ना बुबालाई मद्य पियाए; अनि कान्छी छोरी गएर तिनीसित सुती। अनि आफ्नी कान्छी छोरी आफूसँग सुत्न कतिखेर आई र कतिखेर उठेर गई, सो कुरा तिनलाई पत्तै भएन।
GEN 19:36 यसरी लोतका दुवै छोरीहरू आफ्ना पिताबाट गर्भवती भए।
GEN 19:37 जेठी छोरीले एउटा छोरा जन्माई, र उसले त्यस बालकको नाम मोआब राखी; आजका मोआबीहरूका पिता तिनी नै हुन्।
GEN 19:38 कान्छी छोरीले पनि एउटा छोरा जन्माई, र उसले त्यसको नाम बेन-अम्मी राखी; आजका अम्मोनीहरूका पिता तिनी नै हुन्।
GEN 20:1 अब अब्राहाम त्यहाँबाट अगि बढेर दक्षिणका इलाकातिर गए, र कादेश र शूरको बीचमा बसोबास गर्न थाले। तिनी केही समयका लागि गरारमा बसे;
GEN 20:2 अनि त्यहाँ अब्राहामले आफ्नी पत्नी साराको विषयमा, “यिनी मेरी बहिनी हुन्” भने, तब गरारका राजा अबीमेलेकले सारालाई झिकाए र तिनलाई लगे।
GEN 20:3 तर एक रात सपनामा परमेश्‍वर अबीमेलेककहाँ आउनुभयो, र तिनलाई भन्‍नुभयो, “तैँले ल्याएको त्यस स्त्रीको कारण, तँ मरेतुल्य भएको छस्; त्यो विवाहित स्त्री हो।”
GEN 20:4 अबीमेलेक तिनको नजिक गएका पनि थिएनन्; अनि तिनले भने, “प्रभु, के तपाईंले एउटा निर्दोष जातिलाई नष्‍ट गर्नुहुनेछ?
GEN 20:5 के तिनले मलाई ‘यिनी मेरी बहिनी हुन्’ भनेनन् र? अनि के साराले पनि ‘यिनी मेरा दाजु हुन्’ भनिन र? त्यसैले यो मैले शुद्ध विवेक र शुद्ध हातले नै गरेको हुँ।”
GEN 20:6 तब परमेश्‍वरले सपनामा अबीमेलेकलाई भन्‍नुभयो, “हो, तैँले यो शुद्ध विवेकले गरेको हो भनी म जान्दछु; यसकारण मैले तँलाई मेरो विरुद्धमा पाप गर्नदेखि रोकेँ। यसैकारण मैले तँलाई त्यसलाई छुन दिइनँ।
GEN 20:7 अब त्यस मानिसकी पत्नी फर्काइदे; किनकि ऊ एउटा अगमवक्ता हो; र उसले तेरो निम्ति प्रार्थना गर्नेछ, र तँ बाँच्नेछस्। तर यदि तैँले सारालाई फर्काइदिइनस् भने यो निश्‍चय जानिराख्, तँ र तेरा जे जति छन्, ती सबै मर्नेछन्।”
GEN 20:8 भोलिपल्ट बिहानै अबीमेलेकले आफ्ना सबै कर्मचारीहरूलाई बोलाए, र जे भएको थियो, सो तिनीहरूलाई सबै सुनाए; तब तिनीहरू साह्रै डराए।
GEN 20:9 तब अबीमेलेकले अब्राहामलाई भित्र बोलाएर भने, “तपाईंले हामीलाई यो के गर्नुभयो? मैले तपाईंको के बिगार गरेँ, र तपाईंले म र मेरो राज्यमाथि यस्तो दोष ल्याउनुभयो? तपाईंले मसँग कहिल्यै गर्नै नहुने कामहरू गर्नुभएको छ।”
GEN 20:10 अनि अबीमेलेकले फेरि अब्राहामलाई सोधे, “यसो गर्नुको कारण के थियो?”
GEN 20:11 अब्राहामले जवाफ दिए, “ ‘यस ठाउँमा पक्‍कै पनि परमेश्‍वरको भय छैन, र मेरी पत्नीको कारण तिनीहरूले मलाई मार्लान् भनी मैले सोचेँ।’
GEN 20:12 यसबाहेक यिनी मेरी साक्खै बहिनी पनि हुन्; अर्थात् मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी छोरीचाहिँ होइनन्; अनि यिनी मेरी पत्नी भईन्।
GEN 20:13 अनि जब परमेश्‍वरले मलाई मेरा पिताको घरानाबाट विदेशीझैँ घुम्नलाई निकाल्नुभयो, तब मैले सारालाई भनेँ, ‘तिमीले यसरी मलाई आफ्नो प्रेम देखाउन सक्छ्यौ: हामी जहाँ गए तापनि मेरो विषयमा “यिनी मेरा दाजु हुन् भन्‍नू।” ’ ”
GEN 20:14 तब अबीमेलेकले भेडाबाख्रा, गाईबस्तु र दास-दासीहरू ल्याए, र ती अब्राहामलाई दिए; अनि तिनकी पत्नी सारालाई पुनः तिनीकहाँ फर्काइदिए।
GEN 20:15 अनि अबीमेलेकले भने, “मेरो देश तपाईंको सामु छ; तपाईंलाई जहाँ मन पर्छ, त्यहीँ बस्‍नुहोस्।”
GEN 20:16 सारालाई तिनले भने, “म तिम्रा दाजुलाई एक हजार शेकेल चाँदी दिँदैछु। योचाहिँ तिमीसित भएका सबैको सामु तिमीप्रति लागेको अभियोगको हर्जानास्वरूप हो; तिमी सम्पूर्ण तवरले सत्य ठहरिएकी छ्यौ।”
GEN 20:17 तब अब्राहामले परमेश्‍वरसित प्रार्थना गरे; अनि परमेश्‍वरले अबीमेलेक, तिनकी पत्नी र तिनकी दासीहरूलाई तिनीहरूले फेरि पनि सन्तान जन्माउन सकून् भनी निको पार्नुभयो;
GEN 20:18 किनकि याहवेहले अब्राहामकी पत्नी साराको कारण अबीमेलेकको घरानाका सबै स्त्रीहरूका कोख बन्द गरिदिनुभएको थियो।
GEN 21:1 अब याहवेहले भन्‍नुभएझैँ साराप्रति उहाँ अनुग्रही हुनुभयो; अनि याहवेह आफूले प्रतिज्ञा गर्नुभएझैँ साराका निम्ति गर्नुभयो।
GEN 21:2 सारा गर्भवती भइन्, र अब्राहामको वृद्धावस्थामा तिनका निम्ति परमेश्‍वरले प्रतिज्ञा गर्नुभएकै समयमा एउटा छोरा जन्माइन्।
GEN 21:3 साराले अब्राहामका निम्ति जन्माएकी छोरालाई तिनले इसहाक नाम दिए।
GEN 21:4 जब अब्राहामको छोरा इसहाक आठ दिनका भए, तब परमेश्‍वरको आज्ञाअनुसार तिनले उसको खतना गरे।
GEN 21:5 आफ्नो छोरा इसहाकको जन्म हुँदा अब्राहाम सय वर्ष पुगेका थिए।
GEN 21:6 साराले भनिन्, “परमेश्‍वरले मलाई हाँस्‍ने तुल्याउनुभएको छ; अनि जजसले मेरो बारेमा यो कुरा सुन्छन्, तिनीहरू पनि सबै मसँगसँगै हाँस्‍नेछन्।”
GEN 21:7 अनि तिनले अझ भनिन्, “साराले सन्तानहरूलाई दूध खुवाउनेछिन् भनेर अब्राहामलाई कसले भन्थ्यो होला? र पनि मैले उहाँको वृद्धावस्थामा उहाँका निम्ति एउटा छोरा जन्माएँ।”
GEN 21:8 जब बालक इसहाक बढ्दैगयो, तब तिनलाई दूध छुटाइयो; अनि दूध छुटाइएको त्यस दिन अब्राहामले एउटा ठूलो भोज लगाए।
GEN 21:9 तर अब्राहामका निम्ति इजिप्टियन हागारले जन्माएकी छोराले आफ्नो छोरा इसहाकलाई ठट्टा गरिरहेको साराले देखिन्।
GEN 21:10 यसकारण तिनले अब्राहामलाई भनिन्, “त्यो दासी र त्यसको छोरालाई निकालिदिनुहोस्; किनकि त्यसको छोरो मेरो छोरो इसहाकसित कहिल्यै उत्तराधिकारी हुन सक्दैन।”
GEN 21:11 यस कुराले अब्राहामलाई धेरै दुःखित तुल्यायो; किनकि यो कुरा आफ्नो छोरासित सम्बन्धित थियो।
GEN 21:12 तर परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “त्यो बालक र तेरी दासीको विषयमा साराले भनेको कुरामा दुःख नमान्। साराले जे भन्छे, त्यो कुरा सुन्; किनकि इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।
GEN 21:13 म तेरी दासीको छोरालाई पनि एउटा ठूलो जाति बनाउनेछु; किनकि त्यो पनि तेरै सन्तान हो।”
GEN 21:14 तब अब्राहाम बिहानै उठे, र हागारलाई केही भोजन र एक मशक पानी दिए। ती सामानहरू हागारका काँधमा राखिदिएर अब्राहामले त्यो र त्यसको बालकलाई पठाइदिए। अनि त्यो त्यहाँबाट निस्केर गई, र बेर्शेबाका मरुभूमिहुँदो भौँतारिन थाली।
GEN 21:15 जब मशकको पानी सकियो; तब त्यसले आफ्नो छोरालाई एउटा झाडीमुनि राखी।
GEN 21:16 तब त्यो एक काँड हान्‍ने जतिको दूरीमा गएर बसी, र, “म यो बालक मरेको हेर्न सक्दिनँ” भन्दै जोड-जोडले रुन थाली।
GEN 21:17 तब परमेश्‍वरले त्यो बालक रोइरहेको सुन्‍नुभयो; अनि याहवेहका दूतले स्वर्गबाट हागारलाई बोलाएर भने, “हागार, के भयो? नडरा; किनकि त्यो बालक जहाँबाट रोइरहेको छ, त्यहीँबाट परमेश्‍वरले त्यसको सोर सुन्‍नुभएको छ।
GEN 21:18 त्यस बालकलाई उठा, र त्यसको हात पक्री; किनकि म त्यसलाई एउटा ठूलो जाति बनाउनेछु।”
GEN 21:19 तब परमेश्‍वरले तिनका आँखा खोलिदिनुभयो; अनि त्यसले पानीको एउटा इनार देखी। तब तिनी गई, र मशकमा पानी भरेर त्यस बालकलाई पिउन दिई।
GEN 21:20 जब त्यो बालक बढ्दैगयो; परमेश्‍वर त्यससित हुनुहुन्थ्यो। त्यो मरुभूमिमा बस्थ्यो; र एउटा धनुर्धारी बन्यो।
GEN 21:21 त्यो पारानको मरुभूमिमा बस्थ्यो, तब त्यसकी आमाले इजिप्टबाट त्यसका निम्ति एउटी पत्नी ल्याइदिई।
GEN 21:22 त्यस बेला अबीमेलेक र तिनका सेनाका सेनापति पीकोलले अब्राहामलाई भने, “तपाईंले गरेका सबै कुराहरूमा परमेश्‍वर तपाईंको साथमा हुनुहुन्छ।
GEN 21:23 अब परमेश्‍वरको सामु मसित शपथ खानुहोस्; तपाईंले मसित र मेरा छोराछोरीहरू अथवा मेरा सन्तानहरूसित झूटो व्यवहार गर्नुहुनेछैन। तर जसरी मैले तपाईंलाई दया देखाएँ, त्यसरी नै तपाईंले पनि मसँग र अहिले तपाईं विदेशी भएर बस्‍नुभएको देशलाई दया देखाउनुहोस्।”
GEN 21:24 अब्राहामले भने, “हुन्छ, म यो शपथ खान्छु।”
GEN 21:25 तब अब्राहामले अबीमेलेकका सेवकहरूले अब्राहामका सेवकहरूबाट पानीको कुवा खोसेको विषयमा तिनीसित गुनासो पोखे,
GEN 21:26 तर अबीमेलेकले भने, “यो काम कसले गरेको हो, सो म जान्दिनँ। तपाईंले मलाई भन्‍नुभएन, र आज मात्र मैले यस विषयमा सुनेँ।”
GEN 21:27 यसकारण अब्राहामले केही भेडा र गाईबस्तुहरू ल्याएर अबीमेलेकलाई दिए; अनि ती दुवैले करार बाँधे।
GEN 21:28 अब्राहामले सात वटा भेडाका पाठीहरू बगालबाट अलग पारे,
GEN 21:29 अनि अबीमेलेकले अब्राहामलाई सोधे, “तपाईंले यी सात वटा पाठीहरू अलग राख्नुभएको अर्थ के हो?”
GEN 21:30 तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भन्‍ने प्रमाण होऊन् भनी यी सात वटा पाठीहरू मेरा हातबाट स्वीकार गर्नुहोस्।”
GEN 21:31 यसकारण त्यस ठाउँलाई बेर्शेबा भनियो; किनकि ती दुवैले त्यहाँ शपथ खाएका थिए।
GEN 21:32 बेर्शेबामा करार बाँधेपछि अबीमेलेक र तिनका सेनापति पीकोल पलिश्तीहरूको देशमा फर्के।
GEN 21:33 अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे, र त्यहाँ तिनले याहवेह अनन्तका परमेश्‍वरको नाममा पुकार गरे।
GEN 21:34 अनि अब्राहाम केही समयसम्म पलिश्तीहरूको देशमा बसोबास गरे।
GEN 22:1 केही समयपछि परमेश्‍वरले अब्राहामलाई जाँच गर्नुभयो। उहाँले तिनलाई बोलाउनुभयो, “अब्राहाम!” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।”
GEN 22:2 तब परमेश्‍वरले भन्‍नुभयो, “तैँले माया गरेको, तेरो एक मात्र छोरा, इसहाकलाई लिएर मोरीयाहको भूमिमा जा। म तँलाई जुन डाँडा देखाउनेछु, त्यहाँ त्यसलाई होमबलिको रूपमा चढा।”
GEN 22:3 भोलिपल्ट बिहानै अब्राहाम उठे, र आफ्नो गधामा काठी कसे। अनि तिनले सेवकहरूमध्ये दुई जनालाई र आफ्नो छोरा इसहाकलाई आफ्नो साथमा लगे। तिनले होमबलिका निम्ति पर्याप्‍त दाउरा काटिसकेपछि परमेश्‍वरले तिनलाई भन्‍नुभएको त्यस ठाउँतिर हिँडे।
GEN 22:4 तेस्रो दिनमा अब्राहामले आँखा उठाएर हेरे, र टाढैबाट त्यस ठाउँलाई देखे।
GEN 22:5 तब अब्राहामले आफ्ना सेवकहरूलाई भने, “म र यो केटो अलिक पर जानेछौँ, र तिमीहरूचाहिँ यहीँ गधासँग बस। हामी आराधना गर्नेछौँ, र तिमीहरूकहाँ फर्केर आउनेछौँ।”
GEN 22:6 अब्राहामले होमबलिको दाउरा उठाए र आफ्नो छोरा इसहाकलाई त्यो बोक्न लगाए; अनि तिनी आफूले चाहिँ आगो र छुरी बोके। ती दुई जब सँगै जाँदैथिए,
GEN 22:7 तब इसहाकले आफ्ना बुबा अब्राहामलाई भने, “बुबा!” अब्राहामले जवाफ दिए, “भन्, मेरो छोरा!” इसहाकले भने, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिका लागि थुमाचाहिँ कहाँ छ त?”
GEN 22:8 अब्राहामले जवाफ दिए, “हेर् छोरा, परमेश्‍वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” त्यसपछि ती दुवै सँगसँगै हिँड्दै अगि बढे।
GEN 22:9 जब तिनीहरू परमेश्‍वरले भन्‍नुभएको त्यस ठाउँमा आइपुगे, तब अब्राहामले त्यहाँ एउटा वेदी बनाए; र त्यसमाथि दाउरा मिलाएर राखे। अनि तिनले आफ्नो छोरा इसहाकलाई बाँधे, र वेदीमा दाउरामाथि राखे।
GEN 22:10 तब अब्राहामले आफ्नो छोरालाई मार्न भनी हात छुरीतिर अगि बढाए।
GEN 22:11 तर स्वर्गबाट याहवेहका दूतले तिनलाई यसो भनेर बोलाए, “अब्राहाम! ए अब्राहाम!” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।”
GEN 22:12 अनि उनले भने, “त्यस केटामाथि हात नउठा। त्यसलाई केही नगर्। तँ परमेश्‍वरको डर मान्‍ने मानिस रहेछस् भनी अब मलाई थाहा भयो; किनकि आफ्नो एक मात्र छोरालाई बलिदान चढाउनदेखि तँ पछि हटिनस्।”
GEN 22:13 तब त्यही समय अब्राहामले नजिकै झाडीमा सिङ अल्झेर बसेको एउटा साँढ-भेडा देखे। त्यसपछि तिनले त्यस भेडालाई ल्याए; अनि त्यसलाई आफ्नो छोराको सट्टामा होमबलिको रूपमा चढाए।
GEN 22:14 यसकारण अब्राहामले त्यस ठाउँलाई “याहवेह-यिरे” भनेर नाम राखे; अनि आजसम्म “याहवेहको पर्वतमा जुटाइनेछ” भन्‍ने चलन छ।
GEN 22:15 तब याहवेहका दूतले स्वर्गबाट अब्राहामलाई दोस्रोपल्ट बोलाए,
GEN 22:16 र भने, “मैले आफ्नै नाममा शपथ खाएको छु, भनी याहवेह घोषणा गर्नुहुन्छ, कि तैँले यो काम गरेको छस्, र तैँले आफ्नो एक मात्र छोरालाई मबाट नरोकेको कारण,
GEN 22:17 म निश्‍चय तँलाई आशिष् दिनेछु; अनि तेरा सन्तानहरूलाई आकाशका ताराझैँ र समुद्रको किनारका बालुवाजस्तै असंख्य वृद्धि गर्नेछु। तेरा सन्तानहरूले आफ्ना शत्रुहरूका सहरहरू अधिकारमा लिनेछन्;
GEN 22:18 अनि तेरा सन्तानहरूद्वारा पृथ्वीका सबै राष्ट्रहरूले आशिष् पाउनेछन्; किनकि तैँले मेरो आज्ञापालन गरेको छस्।”
GEN 22:19 तब अब्राहाम आफ्ना सेवकहरूकहाँ फर्केर आए; अनि तिनीहरूसँगै बेर्शेबातिर गए, र तिनी बेर्शेबामै बस्‍न थाले।
GEN 22:20 केही समयपछि अब्राहामकहाँ यस्तो खबर आयो, “मिल्का पनि आमा भइन्; तिनले तपाईंका दाजु नाहोरका निम्ति छोराहरू जन्माएकी छिन्:
GEN 22:21 जेठोको नाम ऊज र माहिलोको नाम बूज; अनि साहिँलोको नाम कमूएल (अरामका पिता) हो;
GEN 22:22 अरू छोराहरूका नाम केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल हो।”
GEN 22:23 बतूएल रिबेकाका पिता भए।
GEN 22:24 नाहोरकी उपपत्नीको नाम रूमा थियो; तिनले पनि छोराहरू जन्माइन्: तिनीहरूका नाम तेबह, गहम, तहस र माका थिए।
GEN 23:1 सारा एक सय सत्ताइस वर्षसम्म बाँचिन्।
GEN 23:2 अनि कनान देशको किर्यत-अर्बामा (अर्थात्, हेब्रोनमा) तिनको मृत्यु भयो। अनि अब्राहाम साराका निम्ति विलाप गर्न र उनका निम्ति शोक गर्नलाई त्यहाँ गए।
GEN 23:3 अब्राहाम आफ्नी पत्नीको शव भएको ठाउँबाट उठे, र हित्तीहरूलाई भने,
GEN 23:4 “म तपाईंहरूको बीचमा एक विदेशी र प्रवासी हुँ। तपाईंहरूको सानो टुक्रो जमिन चिहानको लागि मलाई बेच्नुहोस्, ताकि मेरो मृतकलाई गाड्न सकूँ।”
GEN 23:5 तब हित्तीहरूले अब्राहामलाई भने,
GEN 23:6 “हे प्रभु, हाम्रो कुरा सुन्‍नुहोस्! तपाईं हाम्रो बीचमा परमेश्‍वरका राजकुमार हुनुहुन्छ। त्यसकारण हाम्रा चिहानहरूमध्ये सबैभन्दा असलचाहिँ छानेर त्यहीँ आफ्नो मृतकलाई गाड्नुहोस्। हाम्रो चिहानमा तपाईंको मृतकलाई गाड्न दिन हामी कसैले पनि इन्कार गर्नेछैनौँ।”
GEN 23:7 तब अब्राहाम उठेर त्यस देशका मानिस, हित्तीहरूको अगि निहुरिए।
GEN 23:8 अनि तिनले उनीहरूलाई भने, “यदि तपाईंहरूले मेरो पत्नीको शवलाई गाड्न ठाउँ दिने इच्छा गर्नुभएको हो भने मेरो कुरा सुनिदिनुहोस्, र सोहोरको छोरा एप्रोनसित मेरा निम्ति बिन्ती गरिदिनुहोस्,
GEN 23:9 अनि उनले आफ्नो जमिनको अन्तिममा भएको मक्पेलाको ओडार मलाई बेचून्। तपाईंहरूको बीचमा चलिआएको पूरा मूल्यमा त्यो चिहानको रूपमा मलाई बेचून् भनी उनलाई भनिदिनुहोस्।”
GEN 23:10 सहरको मूलढोकामा हित्तीहरू आएका थिए; अनि हित्तीहरूका बीचमा एप्रोन पनि त्यहीँ बसिरहेका थिए। अनि सबैले सुन्‍ने गरी एप्रोनले अब्राहामलाई जवाफ दिए;
GEN 23:11 उनले भने, “होइन, मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्; म तपाईंलाई जमिन दिने मात्र होइन, तर त्यसमा भएको ओडारसमेत दिन्छु। त्यो मेरा मानिसहरूको उपस्थितिमा तपाईंलाई दिन्छु। आफ्नो मृतकलाई त्यहीँ गाड्नुहोस्।”
GEN 23:12 फेरि अब्राहाम त्यस देशका मानिसहरूको सामु निहुरिए।
GEN 23:13 तब तिनले सबैले सुन्‍ने गरी एप्रोनलाई भने, “तपाईंले चाहनुहुन्छ भने मेरो कुरा सुन्‍नुहोस्। म जमिनको मूल्य तिर्नेछु। यो मबाट स्वीकार गर्नुहोस्, र मेरो मृतकलाई त्यहीँ गाड्न सकूँ।”
GEN 23:14 एप्रोनले अब्राहामलाई जवाफ दिए,
GEN 23:15 “हे मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्; त्यस जमिनको दाम चाँदीको चार सय शेकेल मात्र हो; तर तपाईं र मेरो बीचमा मूल्यको के कुरा र? तपाईं आफ्नो मृतकलाई गाड्नुहोस्।”
GEN 23:16 हित्तीहरूले सुन्‍ने गरी एप्रोनले राखेको शर्त अब्राहामले स्वीकार गरे; अनि त्यस बेलाका व्यापारीहरूका बीचमा चल्ने मुद्राको तौलअनुसार तिनले चाँदीको चार सय शेकेल एप्रोनले तोकेको मूल्यअनुसार चुक्ता गरिदिए।
GEN 23:17 यसरी मम्रेको छेउमा भएको एप्रोनको मक्पेलाको जमिन—अर्थात् जमिन र ओडार दुवै जमिनको सिमानामा भएका सबै रूखहरूलाई
GEN 23:18 सहरको मूलढोकामा आएका सबै हित्तीहरूको उपस्थितिमा अब्राहामको सम्पत्तिको रूपमा पक्‍का गरी दर्ता गरियो।
GEN 23:19 त्यसपछि कनान देशमा भएको मम्रे अर्थात् हेब्रोनको छेउमा भएको मक्पेलामा भएको ओडारमा अब्राहामले आफ्नी पत्नी सारालाई गाडे।
GEN 23:20 यसरी त्यो जमिन र त्यसमा भएको ओडारलाई चिहानको रूपमा हित्तीहरूद्वारा अब्राहामको नाममा दर्ता गरियो।
GEN 24:1 अब्राहाम अब धेरै वृद्ध भइसकेका थिए; अनि याहवेहले तिनलाई सबै कुरामा आशिष् दिनुभएको थियो।
GEN 24:2 तिनले आफ्नो घरानाको आफ्नो सबैभन्दा पुरानो सेवकलाई भने, जसले अब्राहामका सबै कुराको हेरचाह गर्थ्यो, “मेरो तिघ्रामुनि आफ्नो हात राख्।
GEN 24:3 अनि म तँलाई स्वर्ग र पृथ्वीका याहवेह परमेश्‍वरको नाममा शपथ खान लगाउँछु; अहिले म बसोबास गर्दैआएको कनानीहरूका छोरीहरूमध्येबाट मेरा छोराको निम्ति पत्नी नल्याउनू,
GEN 24:4 तर तैँले मेरै देश र मेरै कुटुम्बकहाँ गएर मेरो छोरा इसहाकका निम्ति एउटी पत्नी ल्याउनू।”
GEN 24:5 त्यस सेवकले तिनलाई सोध्यो, “यदि ती स्त्री मसँग यस देशमा आउन राजी भइनन् भने म के गरूँ? के मैले तपाईंको छोरालाई तपाईं जुन देशबाट आउनुभयो, त्यही देशमा फर्काएर लैजानुपर्छ?”
GEN 24:6 अब्राहामले भने, “अहँ, हुँदैन। यो पक्‍का गर्, कि तैँले मेरो छोरालाई त्यहाँ फेरि फर्काएर नलैजानू!
GEN 24:7 मलाई मेरा पिताको घरानाबाट र मेरो जन्मस्थलबाट बाहिर निकालेर ल्याउनुहुने, र मसित बोलेर ‘तेरो सन्तानलाई म यो देश दिनेछु’ भन्दै मसँग शपथमा प्रतिज्ञा गर्नुहुने स्वर्गका परमेश्‍वर, याहवेहले नै तेरो अगि-अगि दूत पठाउनुहुनेछ; अनि तैँले मेरो छोराका निम्ति त्यहीँबाट एउटी पत्नी ल्याउनेछस्।
GEN 24:8 यदि ती स्त्री तँसित आउन चाहिनन् भने तँ मसित खाएको शपथबाट स्वतन्त्र हुनेछस्। तर याद राख्, मेरो छोरालाई चाहिँ फेरि त्यहाँ फर्काएर नलैजानू।”
GEN 24:9 यसकारण त्यस सेवकले आफ्ना मालिक अब्राहामको तिघ्रामुनि हात राख्यो, र यस विषयमा तिनीसित शपथ खायो।
GEN 24:10 तब त्यस सेवकले आफ्ना मालिकका दश वटा ऊँटहरूमा सबै किसिमका असल थोकहरूका सौगात लादेर हिँड्यो। अनि त्यो सेवक अराम-नहरैमतिर गयो, र नाहोर भन्‍ने नगरतिर बाटो लाग्यो।
GEN 24:11 उसले नगरको बाहिर एउटा इनारको छेउमा आफ्ना ऊँटहरूलाई घुँडा टेकाएर बसायो; साँझ पर्ने बेला भएकोले स्त्रीहरू पानी भर्नका लागि इनारमा आउने बेला भएको थियो।
GEN 24:12 तब त्यसले प्रार्थना गर्‍यो, “हे याहवेह! मेरा मालिक अब्राहामका परमेश्‍वर, मलाई आज सफलता दिनुहोस्, र मेरा मालिक अब्राहाममाथि दया देखाउनुहोस्।
GEN 24:13 हेर्नुहोस्, म यस पानीको इनारनेर उभिरहेको छु; अनि यस नगरबासीका छोरीहरू पानी भर्न आउँदैछन्।
GEN 24:14 यसकारण यस्तो होस्: जुन केटीलाई ‘तिम्रो गाग्रो मतिर ढल्काइदेऊ, र म पानी पिउन पाऊँ,’ भनेर भनुँला र जसले ‘पिउनुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पिउन दिनेछु’ भनी भन्ली, त्यहीचाहिँ तपाईंले आफ्ना सेवक इसहाकका निम्ति चुन्‍नुभएको होस्। यसैबाट तपाईंले मेरा मालिकप्रति दया देखाउनुभएको छ भनी म जान्‍नेछु।”
GEN 24:15 उसले प्रार्थना गरिसक्नुभन्दा पहिल्यै रिबेका आफ्नो काँधमा गाग्रो बोकेर आइपुगिन्, जोचाहिँ अब्राहामका भाइ नाहोरकी पत्नी मिल्काका छोरा बतूएलकी छोरी थिइन्।
GEN 24:16 तिनी असाध्यै राम्री थिइन्, र कुनै मानिससँग कहिल्यै पनि सहवास नभएकी कन्या थिइन्। तिनी ओर्लेर इनारमा गइन्, र आफ्नो गाग्रो भरेर फेरि माथि आइन्।
GEN 24:17 त्यो सेवक दगुर्दै तिनलाई भेट्न गयो र भन्यो, “कृपया मलाई तिम्रो गाग्रोबाट अलिकति पानी पिउन देऊ।”
GEN 24:18 अनि तिनले भनिन्, “हुन्छ, पिउनुहोस्, मेरा प्रभु!” अनि तिनले गाग्रोलाई आफ्नो हातमा ओरालिन्, र उसलाई पिउन दिइन्।
GEN 24:19 उसलाई पिउन दिइसकेपछि तिनले भनिन्, “म तपाईंका ऊँटहरूलाई पनि तिनीहरूले अघाउन्जेल पानी उघाएर दिनेछु।”
GEN 24:20 यसरी तिनले चाँडो गरी आफ्नो गाग्रोको पानी डुँडमा खन्याइन्, र अझ धेरै पानी उघाउन इनारतिर दगुरिन्; अनि उसका सबै ऊँटहरूको लागि प्रशस्त पानी उघाइन्।
GEN 24:21 ती सेवकचाहिँ केही नबोली रिबेकालाई हेरिरहे। अनि कतै याहवेहले आफ्नो यात्रा सफल बनाउनुभएको त होइन भन्‍ने कुरा मनन गर्न थाले।
GEN 24:22 जब ऊँटहरूले पानी पिइसके, तब त्यस मानिसले आधा बेका तौलको सुनको एउटा नत्थ र दश शेकेल तौलको दुई वटा बाला झिक्यो।
GEN 24:23 तब उसले सोध्यो, “कृपया मलाई भन, तिमी कसकी छोरी हौ? के तिम्रा बुबाको घरमा हामीलाई बास बस्‍नका निम्ति ठाउँ छ?”
GEN 24:24 उनले त्यसलाई जवाफ दिइन्, “म मिल्काका छोरा बतूएलकी छोरी हुँ, जसलाई मिल्काले नाहोरका लागि जन्माएकी थिइन्।”
GEN 24:25 अनि उनले अझै भनिन्, “हामीसित पर्याप्‍त पराल र दाना छन्, साथै तपाईंलाई बास बस्‍नको लागि ठाउँ पनि छ।”
GEN 24:26 तब त्यस मानिसले घोप्टो परेर याहवेहको आराधना गर्‍यो,
GEN 24:27 र भन्यो, “मेरा मालिक अब्राहामका परमेश्‍वर, याहवेहको प्रशंसा होस्, जसले मेरा मालिकप्रति आफ्नो दया र विश्‍वासयोग्यता त्याग्नुभएको छैन। म बाटोमा छँदै याहवेहले मेरा मालिकका कुटुम्बको घरानातिरको यात्रामा मलाई अगुवाइ गरेर ल्याउनुभयो।”
GEN 24:28 तब रिबेका दगुरेर गइन् र आफ्नी आमाको घरानालाई यी सबै कुराहरू बताइदिइन्।
GEN 24:29 तिनका लाबान नाम भएका एक जना दाजु थिए; उनले नाकमा नत्थ र आफ्नी बहिनीका हातमा बाला देख्नासाथै, र रिबेकाले त्यस मानिसले उनलाई भनेका कुरा सुन्‍नसाथ लाबान त्यस मानिसलाई भेट्न बाहिर निस्किहाले, र त्यसलाई इनारको छेउमा ऊँटहरूसित उभिरहेका देखे।
GEN 24:31 अनि उनले भने, “हे याहवेहका धन्य जन, भित्र आउनुहोस्! तपाईं किन बाहिर उभिरहनुहुन्छ? मैले तपाईंका निम्ति घर र ऊँटहरूका निम्ति ठाउँ तयार पारेको छु।”
GEN 24:32 यसकारण त्यो मानिस लाबानसित घरभित्र गयो; अनि ऊँटहरूबाट भारी उतारियो। ऊँटहरूका निम्ति पराल र दाना दिइयो; अनि लाबानले त्यो मानिस र त्योसँग आएका मानिसहरूका निम्ति गोडा धुन पानी दिए।
GEN 24:33 तब त्यसको सामु भोजन राखियो; तर त्यसले भन्यो, “जबसम्म मैले तपाईंहरूलाई भन्‍नुपर्ने कुरा भन्दिनँ, तबसम्म म केही खानेछैनँ।” तब लाबानले भने, “हुन्छ, के कुरा हो, भन्‍नुहोस्।”
GEN 24:34 यसकारण त्यसले भन्यो, “म अब्राहामको सेवक हुँ।
GEN 24:35 याहवेहले मेरा मालिकलाई प्रशस्त आशिष् दिनुभएको छ। याहवेहले उहाँलाई भेडाबाख्रा, गाईबस्तु, सुन, चाँदी, सेवक-सेविका, ऊँट र गधाहरू दिनुभएको छ, र उहाँलाई धेरै धनी बनाउनुभएको छ।
GEN 24:36 मेरा मालिककी पत्नी साराले आफ्नो वृद्धावस्थामा अब्राहामका निम्ति एउटा छोरा जन्माउनुभयो; अनि अब्राहामले उनलाई आफूसित भएका सबै थोक दिनुभएको छ।
GEN 24:37 अनि मेरा मालिकले मलाई शपथ खान लगाएर यसो भन्‍नुभयो, ‘तैँले म बसेको कनानीहरूका छोरीहरूबाट मेरो छोराका निम्ति पत्नी नल्याउनू,
GEN 24:38 तर मेरा पिताका घरानामा, मेरो आफ्नै वंशमा जानू, र मेरो छोराका लागि एउटी पत्नी ल्याउनू।’
GEN 24:39 “तब मैले मेरा मालिकलाई सोधेँ, ‘यदि त्यो स्त्री मसँग आउन मानिन भने?’
GEN 24:40 “तिनले जवाफ दिए, ‘म जुन याहवेहको सामु विश्‍वासयोग्य भएर हिँड्छु, उहाँले नै आफ्ना दूतलाई तँसित पठाउनुहुनेछ र तेरो यात्रा सफल तुल्याउनुहुनेछ; अनि तैँले मेरा आफ्नै वंश र मेरा पिताको घरानाबाट मेरा छोराका निम्ति एउटी पत्नी ल्याउनेछस्।
GEN 24:41 यदि तँ मेरो वंशकहाँ गइस्, तर तिनलाई माग्दा तिनीहरूले तँलाई दिन मानेनन् भने तँ मेरो शपथबाट स्वतन्त्र हुनेछस्।’
GEN 24:42 “जब म आज यस इनारमा आइपुगेँ, र मैले भनेँ, ‘हे याहवेह! मेरा मालिक अब्राहामका परमेश्‍वर, तपाईंको इच्छा भएमा दया गरी मेरो यात्रा सफल गराइदिनुहोस्।
GEN 24:43 हेर्नुहोस्, म यस इनारको छेउमा उभिरहेको छु। अनि यस्तो होस्: यदि कुनै कन्या पानी भर्न आउँदा मैले तिनलाई भनेँ, “कृपया मलाई तिम्रो गाग्रोबाट केही पानी पिउन देऊ,”
GEN 24:44 अनि यदि उसले मलाई “पिउनुहोस्, र म तपाईंका ऊँटहरूका निम्ति पनि पानी उघाएर दिनेछु,” भन्ली, तब त्यही स्त्री याहवेहले मेरा मालिकका छोराका निम्ति चुन्‍नुभएको होस्।’
GEN 24:45 “मैले आफ्नो हृदयमा प्रार्थना गरी नसक्दै रिबेका आफ्नो गाग्रो काँधमा बोकेर आइन्। अनि तिनले इनारमा ओर्लेर पानी उघाइन्; तब मैले तिनलाई भनेँ, ‘मलाई अलिकति पानी पिउन देऊ।’
GEN 24:46 “उनले तुरुन्तै आफ्नो काँधबाट गाग्रो तल झारिन् र भनिन्, ‘पिउनुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पिउन दिनेछु।’ यसकारण मैले पिएँ, र तिनले ऊँटहरूलाई पनि पानी पिउन दिइन्।
GEN 24:47 “मैले उनलाई सोधेँ, ‘तिमी कसकी छोरी हौ?’ “उनले भनिन्, ‘म नाहोरका छोरा बतूएलकी छोरी हुँ, जसलाई मिल्काले जन्म दिनुभयो।’ “तब मैले उनको नाकमा नत्थ र हातमा बालाहरू लगाइदिएँ;
GEN 24:48 अनि मैले घोप्टो परेर याहवेहलाई आराधना गरेँ। मैले याहवेह, मेरा मालिक अब्राहामका परमेश्‍वरको प्रशंसा गरेँ; जसले मेरा मालिकका छोराका निम्ति आफ्ना भाइकी नातिनी ल्याउनलाई ठिक बाटोमा डोर्‍याउनुभयो।
GEN 24:49 अब यदि तपाईंले मेरा मालिकप्रति दया र विश्‍वासयोग्यता देखाउनुहुन्छ भने मलाई भन्‍नुहोस्; अथवा हुन्‍न भने पनि मलाई भन्‍नुहोस्, र म कतातिर लाग्नुपर्ने हो भनी जान्‍न सकूँ।”
GEN 24:50 तब लाबान र बतूएलले जवाफ दिए, “यो याहवेहबाट नै भएको हो; हामी तपाईंहरूलाई हो अथवा होइन केही भन्‍न सक्दैनौँ।
GEN 24:51 रिबेका तपाईंकै सामु छिन्; तिनलाई लिएर जानुहोस्! अनि याहवेहले निर्देशन गर्नुभएझैँ तिनलाई तपाईंका मालिकका छोराकी पत्नी हुन दिनुहोस्।”
GEN 24:52 तिनीहरूले भनेका कुरा अब्राहामका सेवकले सुनेपछि त्यसले भुइँमा निहुरिएर याहवेहलाई डण्दवत् गर्‍यो।
GEN 24:53 तब त्यस सेवकले सुन, चाँदीका गरगहना र लुगाफाटाहरू निकाल्यो, र रिबेकालाई दियो; त्यसले तिनका दाजु र आमालाई पनि बहुमूल्य उपहारहरू दियो।
GEN 24:54 तब त्यो र त्योसँग आएका मानिसहरूले खानपिन गरे, र त्यो रात त्यहीँ बास बसे। जब तिनीहरू भोलिपल्ट बिहानै उठे, तब त्यसले भन्यो, “अब मेरा मालिककहाँ जानलाई बिदा दिनुहोस्।”
GEN 24:55 तर रिबेकाका दाजु र आमाले भने, “हाम्री छोरीलाई हामीसित दश दिन जति बस्‍न दिनुहोस्; अनि त्यसपछि तिनलाई लैजानुहोस्।”
GEN 24:56 तर त्यसले तिनीहरूलाई भन्यो, “अब मलाई रोकेर नराख्नुहोस्; किनकि याहवेहले मेरो यात्रा सफल पार्नुभएको छ। मलाई बिदा दिनुहोस्, र म मेरा मालिककहाँ जान पाऊँ।”
GEN 24:57 तब तिनीहरूले भने, “हामी रिबेकालाई बोलाऔँ र यसबारे तिनैलाई सोधौँ।”
GEN 24:58 तब तिनीहरूले रिबेकालाई बोलाएर सोधे, “के तिमी यस मानिससँग जान्छ्यौ?” उनले भनिन्, “अँ, म जान्छु।”
GEN 24:59 यसकारण तिनीहरूले आफ्नी बहिनी रिबेकालाई तिनकी धाईआमासँगै अब्राहामका सेवक र त्यसका मानिसहरूलाई बिदा दिए।
GEN 24:60 अनि तिनीहरूले रिबेकालाई आशिष् दिएर भने, “हाम्री बहिनी, तिमी हजारौँ हजारमा बढ्दै जाऊ; तिम्रा सन्तानले आफ्ना शत्रुहरूका सहरहरूमा अधिकार जमाऊन्।”
GEN 24:61 तब रिबेका र तिनका सुसारेहरू तयार भए, र ऊँटमाथि चढे; अनि त्यस मानिसको पछि लागे। यसरी त्यस सेवकले रिबेकालाई लिएर गयो।
GEN 24:62 अब इसहाक बेअर-लहै-रोइबाट आएका थिए; किनकि त्यस बेला तिनी दक्षिणमा बस्दैथिए।
GEN 24:63 एक साँझ इसहाक ध्यान गर्न बाहिर खेतमा गए; अनि तिनले जब आँखा उठाएर हेरे, तब तिनले ऊँटको लस्कर आइरहेका देखे।
GEN 24:64 रिबेकाले पनि आँखा उठाएर हेरिन्, र इसहाकलाई देखिन्। तिनी आफ्नो ऊँटबाट ओर्लिन्,
GEN 24:65 अनि त्यस सेवकलाई सोधिन्, “हामीलाई भेट्न खेतबाट आउँदैगरेका ती मानिस को हुन्?” त्यस सेवकले जवाफ दियो, “उहाँ मेरा मालिक हुनुहुन्छ।” तब उनले घुम्टो हालेर आफ्नो मुहार छोपिन्।
GEN 24:66 तब त्यस सेवकले आफूले गरेका सबै कुराहरू इसहाकलाई भनिदियो।
GEN 24:67 इसहाकले रिबेकालाई आफ्नी आमा साराको पालभित्र लिएर आए; अनि तिनलाई विवाह गरे। यसरी तिनी उनकी पत्नी भइन्; अनि तिनले उनलाई प्रेम गरे। यसरी इसहाकले आफ्नी आमाको मृत्युपछि सान्त्वना पाए।
GEN 25:1 अब्राहामले अर्की पत्नी पनि ल्याए, जसको नाम कतूरा थियो।
GEN 25:2 तिनले अब्राहामका निम्ति जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्म दिइन्।
GEN 25:3 योक्षान शेबा र ददानका पिता थिए; ददानका वशंहरू अश्शूरीम, लतूशी र लऊम्मीहरू थिए।
GEN 25:4 मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा र एल्दा थिए। यी सबै कतूराका सन्तानहरू थिए।
GEN 25:5 अब्राहामले कमाएका सबै थोक इसहाकलाई छोडिदिए।
GEN 25:6 तर अब्राहामले आफू जीवित छँदै आफ्नी उपपत्नीका छोराहरूलाई उपहारहरू दिएर तिनीहरूलाई आफ्ना पुत्र इसहाकदेखि टाढा पूर्वको देशमा पठाइदिए।
GEN 25:7 अब्राहाम एक सय पचहत्तर वर्षसम्म बाँचे।
GEN 25:8 तब अब्राहाम आफ्नो पूरा बुढेसकालमा, एक वृद्ध मानिस भएर र पूरा आयुमा तिनको मरे; अनि आफ्ना मानिसहरूसित मिल्न गए।
GEN 25:9 तिनका छोराहरू इसहाक र इश्माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा, मम्रेको छेउमा भएको मक्पेलाको ओडारमा गाडे;
GEN 25:10 त्यो खेत अब्राहामले हित्तीहरूबाट किनेका थिए। त्यहाँ अब्राहाम आफ्नी पत्नी सारासँगै गाडिए।
GEN 25:11 अब्राहामको मृत्युपछि परमेश्‍वरले तिनका छोरा इसहाकलाई आशिष् दिनुभयो; अनि तिनी बेअर-लहै-रोइको नजिक बसे।
GEN 25:12 अब्राहामका छोरा इश्माएलको विवरण यही हो, जसलाई साराकी सेविका इजिप्टियन हागारले अब्राहामका निम्ति जन्माएकी थिइन्।
GEN 25:13 जन्म क्रमअनुसार इश्माएलका छोराहरूका नाम यिनै हुन्: इश्माएलको जेठो छोरा नबायोत, केदार, अदबील, मिब्साम,
GEN 25:14 मिश्मा, दुमा, मस्सा,
GEN 25:15 हदद, तेमा, यतूर, नापीश र केदमा।
GEN 25:16 इश्माएलका छोराहरू यिनै हुन्, र बस्ती र छाउनीहरूअनुसार बाह्र कुलका शासकहरूका नाम यिनै हुन्।
GEN 25:17 इश्माएल जम्मा एक सय सैँतीस वर्षसम्म बाँचे; त्यसपछि तिनको मृत्यु भयो, र आफ्ना मानिसहरूसँगै माटोमा मिल्न गए।
GEN 25:18 तिनका सन्ततिहरू अश्शूरतिरको इजिप्टको पूर्वी सिमाना छेउको हवीलादेखि शूरसम्मका ठाउँहरूमा बसोबास गरे। अनि तिनीहरू आफ्ना सबै दाजुभाइहरूसित दुश्मनी लिएर बसे।
GEN 25:19 अब्राहामका छोरा इसहाकको विवरण यही हो। अब्राहाम इसहाकका पिता भए;
GEN 25:20 अनि पद्दन-अरामका अरामी बतूएलकी छोरी र अरामी लाबानकी बहिनी रिबेकासित विवाह हुँदा इसहाक चालीस वर्षका थिए।
GEN 25:21 आफ्नी पत्नी बाँझी भएकाले उनको पक्षमा इसहाकले याहवेहसित प्रार्थना गरे। याहवेहले तिनको प्रार्थनाको जवाफ दिनुभयो, र तिनकी पत्नी रिबेका गर्भवती भइन्।
GEN 25:22 तिनको गर्भमा बालकहरूले एक-अर्कालाई ठेल्न थाले। “मलाई किन यस्तो भइरहेको छ?” भनी तिनले याहवेहलाई सोध्न गइन्।
GEN 25:23 तब याहवेहले तिनलाई भन्‍नुभयो, “तेरो गर्भमा दुई राष्ट्रहरू छन्, अनि तेरो पेटबाट दुई जातिहरू छुट्टिनेछन्; एउटा जाति अर्कोभन्दा बलियो हुनेछ; अनि जेठोले कान्छोको सेवा गर्नेछ।”
GEN 25:24 जब तिनको जन्माउने समय आयो; तिनको गर्भमा जुम्ल्याह बालकहरू थिए।
GEN 25:25 पहिले निस्कने रातो वर्णको थियो; अनि त्यसको सम्पूर्ण शरीर रौँको वस्त्रझैँ थियो; र तिनीहरूले त्यसको नाम एसाव राखे।
GEN 25:26 त्यसपछि उनको भाइ जन्मियो; जसले एसावको कुर्कुच्‍चा समातेको थियो; यसकारण त्यसको नाम याकोब राखियो। रिबेकाले तिनीहरूलाई जन्माउँदा इसहाक साठी वर्ष पुगेका थिए।
GEN 25:27 ती बालकहरू बढ्दै गए; अनि एसाव एउटा सिपालु शिकारी, खुला मैदानको मानिस भए; याकोबचाहिँ शान्त स्वभावका थिए, र तिनी पालमै बसिरहन्थे।
GEN 25:28 इसहाक शिकारको मासु खान रुचाउने हुनाले एसावलाई माया गर्थे; तर रिबेकाले चाहिँ याकोबलाई माया गर्थिन्।
GEN 25:29 एकपल्ट याकोबले सुरुवा पकाइरहेका बेलामा एसाव खुला मैदानबाट साह्रै भोकाएर आए।
GEN 25:30 एसावले याकोबलाई भने, “झट्टै मलाई त्यो रातो सुरुवा देऊ! म भोकले मर्नै लागेँ!” (त्यसैकारण तिनलाई एदोम पनि भनिन्थ्यो।)
GEN 25:31 याकोबले जवाफ दिए, “पहिले आफ्नो ज्येष्‍ठ अधिकार मलाई बेच।”
GEN 25:32 एसावले भने, “हेर, म त मर्नै लागेको छु। अब मेरो निम्ति ज्येष्‍ठ अधिकारको के काम?”
GEN 25:33 तर याकोबले भने, “पहिले शपथ खाएर मलाई भन।” यसकारण तिनले शपथ खाए, र आफ्नो ज्येष्‍ठ अधिकार याकोबलाई बेचे।
GEN 25:34 तब याकोबले एसावलाई केही रोटी र दालको सुरुवा दिए। तिनले त्यो खाए, पिए, र उठेर गइहाले। यसरी एसावले आफ्नो ज्येष्‍ठ अधिकारलाई लत्याए।
GEN 26:1 अब अब्राहामको समयमा परेको अनिकालबाहेक त्यस देशमा फेरि अर्को अनिकाल पनि पर्‍यो; अनि इसहाक गरारमा भएका पलिश्तीहरूका राजा अबीमेलेककहाँ गए।
GEN 26:2 याहवेह इसहाककहाँ देखा पर्नुभयो र भन्‍नुभयो, “तल इजिप्टमा नजा; तर मैले तँलाई भनेकै देशमा गएर बस्।
GEN 26:3 यस देशमा केही समय परदेशी भएर बस्, र म तँसित हुनेछु र तँलाई आशिष् दिनेछु। किनकि म तँलाई र तेरा सन्तानहरूलाई यी सबै देशहरू दिनेछु; र मैले तेरा पिता अब्राहामसित खाएको शपथ पूरा गर्नेछु।
GEN 26:4 म तेरा सन्तानहरूलाई आकाशमा भएका ताराझैँ असंख्य तुल्याउनेछु; अनि तिनीहरूलाई यी सबै देशहरू दिनेछु; र तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिले आशिष् पाउनेछन्;
GEN 26:5 किनकि अब्राहामले मेरो आज्ञापालन गर्‍यो, र मेरा आज्ञाहरू, मेरा उर्दीहरू र मेरा निर्देशनहरू पालन गर्दै मैले चाहेका सबै कुरा गर्‍यो।”
GEN 26:6 यसकारण इसहाक गरारमै बसे।
GEN 26:7 त्यस ठाउँका मानिसहरूले तिनलाई रिबेकाको विषयमा सोधपुछ गर्दा तिनले भने, “यिनी मेरी बहिनी हुन्; किनकि रिबेकाको कारण त्यस ठाउँका मानिसहरूले तिनलाई मार्लान् भन्‍ने सोचेर रिबेकालाई आफ्नी पत्नी भन्‍न तिनी डराए; किनकि रिबेका अत्यन्तै राम्री थिइन्।”
GEN 26:8 जब इसहाक त्यहाँ बसेको धेरै भइसकेको थियो, तब पलिश्तीहरूका राजा अबीमेलेकले झ्यालबाट तल हेरे, र तिनले इसहाकलाई आफ्नी पत्नी रिबेकासित प्रेमलाप गरिरहेका देखे।
GEN 26:9 यसकारण अबीमेलेकले इसहाकलाई बोलाएर भने, “यिनी त वास्तवमा तिम्री पत्नी रहिछिन्! मलाई तिमीले किन ‘यिनी मेरी बहिनी हुन्’ भन्यौ?” इसहाकले तिनलाई जवाफ दिए, “किनकि मेरी पत्नीको कारण मैले आफ्नो ज्यान गुमाउन पर्ला कि भनी मैले सोचेँ।”
GEN 26:10 तब अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गर्‍यौ? यी मानिसहरूमध्ये कोही तिम्री पत्नीसित सुतेको भए तिमीले हामीमाथि दोष ल्याउनेथियौ।”
GEN 26:11 यसकारण अबीमेलेकले सबै मानिसहरूलाई यसो भनी आदेश दिए: “यी मानिस अथवा यिनकी पत्नीलाई हानि गर्ने व्यक्तिले निश्‍चय नै मृत्युदण्ड पाउनेछ।”
GEN 26:12 इसहाकले त्यस देशमा अन्‍नबाली लगाए; अनि त्यही वर्ष तिनले सय गुणा कटनी गरे; किनकि याहवेहले तिनलाई आशिष् दिनुभएको थियो।
GEN 26:13 तिनी धनी भए, र तिनी अति धनाढ्य नहुन्जेल तिनको सम्पत्ति बढिरह्‍यो।
GEN 26:14 तिनीसित यति धेरै बगाल, गाईबस्तु र सेवक-सेविकाहरू थिए, कि पलिश्तीहरूले तिनीसित डाह गर्न लागे।
GEN 26:15 यसकारण तिनका पिता अब्राहामको समयमा, तिनका पिताका सेवकहरूले खनेका सबै इनारहरू पलिश्तीहरूले माटोले पुरिदिए।
GEN 26:16 तब अबीमेलेकले इसहाकलाई भने, “हामीदेखि टाढा गइहाल; किनकि तिमी हाम्रो निम्ति अति शक्तिशाली भएका छौ।”
GEN 26:17 यसकारण इसहाक त्यहाँबाट टाढा सरे र गरारको बेँसीमा पाल टाँगेर त्यहीँ बसोबास गरे।
GEN 26:18 इसहाकका पिता अब्राहामको समयमा खनिएका इनारहरू तिनले फेरि खने, जुन अब्राहामको मृत्युपछि पलिश्तीहरूले पुरिदिएका थिए; अनि ती इनारहरूलाई तिनका पिताले दिएकै नामहरू दिए।
GEN 26:19 इसहाकका सेवकहरूले बेँसीमा खने, र त्यहाँ स्वच्छ पानीको एउटा इनार पत्ता लगाए।
GEN 26:20 तर गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसित झगडा गरेर भने, “यो पानी हाम्रो हो!” यसकारण तिनले त्यस इनारको नाम एसेक राखे; किनकि तिनीहरूले उनीहरूसित झगडा गरेका थिए।
GEN 26:21 तब तिनीहरूले अर्को इनार खने, तर तिनीहरूले त्यसका निम्ति पनि झगडा गरे; यसकारण तिनले त्यसको नाम सित्ना राखे।
GEN 26:22 तिनी त्यहाँबाट अझ अगि बढे, र अर्को इनार खने; अनि कसैले पनि त्यसका निम्ति झगडा गरेन। तिनले त्यसको नाम यसो भनेर रहोबोत राखे, “अब याहवेहले हामीलाई ठाउँ दिनुभएको छ र हामी यस देशमा उन्‍नति गर्नेछौँ।”
GEN 26:23 त्यहाँबाट तिनी बेर्शेबासम्म गए।
GEN 26:24 त्यस रात याहवेह तिनीकहाँ देखा परेर भन्‍नुभयो, “म तेरा पिता अब्राहामको परमेश्‍वर हुँ। नडरा, किनकि म तँसित छु; म तँलाई आशिष् दिनेछु र मेरा सेवक अब्राहामको खातिर म तेरो सन्तानको संख्या बढाउनेछु।”
GEN 26:25 इसहाकले त्यहाँ एउटा वेदी बनाए अनि याहवेहको आराधना गरे। त्यहाँ तिनले आफ्नो पाल टाँगे; अनि त्यहाँ तिनका सेवकहरूले एउटा इनार खने।
GEN 26:26 त्यसै बेला गरारबाट अबीमेलेक आफ्ना व्यक्तिगत सल्‍लाहकार अहुज्जत र आफ्ना सेनाका सेनापति पीकोलसित तिनीकहाँ आए।
GEN 26:27 इसहाकले तिनीहरूलाई सोधे, “तपाईंहरूले मसित दुश्मनी गरेर मलाई धपाउनुभयो। अहिले तपाईंहरू किन मकहाँ आउनुभयो?”
GEN 26:28 तिनीहरूले जवाफ दिए, “तपाईंसित याहवेह हुनुभएको हामीले प्रष्‍टसँग देख्यौँ, र हामीले भन्यौँ, ‘तपाईंसित हाम्रो शपथसहितको वाचा गरिएको सम्झौता हुनुपर्नेथियो—हामी र तपाईंबीच।’ हामी तपाईंसँग एउटा सन्धि गर्न चाहन्छौँ,
GEN 26:29 ताकि हामीले तपाईंलाई हानि नगरी सधैँ तपाईंसित राम्रो व्यवहार गरेर शान्तिसित तपाईंलाई पठाइदिएझैँ, तपाईंले पनि हामीलाई कुनै हानि गर्नुहुनेछैन। अनि अहिले तपाईंले याहवेहद्वारा आशिष् पाउनुभएको छ।”
GEN 26:30 तब इसहाकले तिनीहरूका निम्ति भोज तयार पारे, र तिनीहरूले खाए र पिए।
GEN 26:31 अर्को दिन बिहानै ती मानिसहरूले एक-अर्कासित शपथ खाए। तब इसहाकले तिनीहरूलाई आफ्नो बाटो लगाइदिए; अनि तिनीहरू शान्तिसित गए।
GEN 26:32 त्यस दिन इसहाकका सेवकहरूले तिनलाई उनीहरूले खनेको इनारको विषयमा बताए। तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौँ!”
GEN 26:33 तब तिनले त्यसको नाम शिबा राखे। आजसम्म नै त्यस नगरको नाम बेर्शेबा भनिन्छ।
GEN 26:34 एसाव चालीस वर्षको हुँदा हित्ती बेरीकी छोरी यूदीतलाई र हित्ती एलोनकी छोरी बासमतलाई पनि विवाह गरे।
GEN 26:35 तर यी स्त्रीहरू इसहाक र रिबेकाका निम्ति सन्तापको स्रोत भए।
GEN 27:1 इसहाक वृद्ध भइसकेका थिए, र तिनका आँखा पनि देख्न नसक्ने गरी कमजोर भए; तब तिनले आफ्ना जेठा छोरा एसावलाई बोलाएर भने, “मेरो छोरा।” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।”
GEN 27:2 इसहाकले भने, “हेर्, म वृद्ध भइसकेको छु; कुन दिन मरिने हो, थाहा छैन।
GEN 27:3 त्यसैले अब तेरो हतियार—अर्थात् तेरो काँडको ठोक्रो र धनु लिएर खुला खेतमा जा, र मेरो निम्ति एउटा पशु शिकार गरेर ले।
GEN 27:4 मलाई मनपर्ने स्वादिलो भोजन बना, म त्यो खान्छु, र म मर्नुभन्दा अगि तँलाई आशिष् दिन्छु।”
GEN 27:5 अब इसहाकले आफ्नो छोरा एसावसित कुरा गर्दैगर्दा रिबेकाले सुनिरहेकी थिइन्; तब एसाव खुला मैदानमा शिकार गरेर ल्याउन भनेर हिँडे।
GEN 27:6 त्यसपछि रिबेकाले आफ्ना छोरा याकोबलाई भनिन्, “हेर्, तेरा बुबाले तेरा दाजु एसावलाई यसो भन्दै गर्नुभएको मैले सुनेँ,
GEN 27:7 ‘मेरो लागि शिकार गरेर ले, र मेरो निम्ति स्वादिष्‍ठ भोजन तयार गर्, र म मर्नुभन्दा अगि याहवेहको उपस्थितिमा मेरो आशिष् तँलाई दिन्छु।’
GEN 27:8 त्यसैले मेरो छोरा, ध्यानपूर्वक सुन्, र म तँलाई जे भन्छु, सो कुरा गर्!
GEN 27:9 अब बगाल भएको ठाउँमा जा, र दुई वटा असल पाठा चुनेर ले; ताकि म तेरा बुबाका निम्ति मनपर्ने स्वादिष्‍ठ भोजन बनाइदिन सकूँ।
GEN 27:10 तब त्यो लगेर तेरा बुबालाई खान दे, र मर्नुभन्दा अगि तिनले आफ्नो आशिष् तँलाई देऊन्।”
GEN 27:11 याकोबले आफ्नी आमा रिबेकालाई भने, “तर मेरा दाजु एसाव शरीरभरि रौँ नै रौँ भएका मानिस हुन्; अनि मचाहिँ चिल्‍लो छाला भएको मानिस हुँ।
GEN 27:12 मेरा बुबाले मलाई छाम्नुभयो भने के गर्ने? मैले त उहाँलाई छल गरेजस्तो हुन्छ; तब ममाथि आशिष्‌को साटो श्राप पो आइपर्ला।”
GEN 27:13 तिनकी आमाले तिनलाई भनिन्, “मेरो छोरा, त्यो श्राप मैमाथि परोस्; म जे भन्छु, तैँले त्यही गर्; जा र ती मेरा निम्ति लिएर आइज।”
GEN 27:14 त्यसपछि याकोब गए, र ती पाठा आफ्नी आमाकहाँ लिएर आए; अनि उनकी आमाले उनका बुबाले मनपर्ने स्वादिष्‍ठ भोजन तयार पारिदिइन्।
GEN 27:15 तब रिबेकाले तिनको घरमा भएका आफ्ना जेठा छोरा एसावका राम्रा-राम्रा लुगा ल्याएर आफ्ना कान्छा छोरा याकोबलाई लगाइदिइन्।
GEN 27:16 तिनले याकोबको हात र घाँटीको चिल्‍लो भागमा पाठाका छालाले ढाकिदिइन्।
GEN 27:17 तब आफूले तयार पारेको स्वादिष्‍ठ भोजन र रोटी तिनले आफ्नो छोरा याकोबको हातमा दिइन्।
GEN 27:18 तिनी आफ्ना बुबाकहाँ गएर भने, “बुबा!” तिनले जवाफ दिए, “भन् मेरो छोरा, तँ को होस्?”
GEN 27:19 याकोबले आफ्ना बुबालाई भने, “म तपाईंको जेठो छोरा एसाव हुँ। मैले तपाईंले भन्‍नुभएझैँ गरेको छु। कृपया बस्‍नुहोस्, र मैले शिकार गरेर ल्याएको भोजन खानुहोस्; र मलाई आफ्नो आशिष् दिनुहोस्।”
GEN 27:20 इसहाकले आफ्नो छोरालाई सोधे, “मेरो छोरा, तैँले कसरी यति चाँडो शिकार भेट्टाइस् र?” याकोबले जवाफ दिए, “मलाई तपाईंका याहवेह परमेश्‍वरले नै सफलता दिनुभयो।”
GEN 27:21 तब इसहाकले याकोबलाई भने, “मेरो छोरा, मेरो नजिक आइज, र तँ साँच्‍चै मेरो छोरा एसाव होस् कि होइनस् भनी म तँलाई छामेर जान्‍न सकूँ।”
GEN 27:22 याकोब आफ्नो बुबा इसहाकको छेवैमा गए; अनि तिनले उनलाई छोएर भने, “सोरचाहिँ याकोबको हो, तर हातहरूचाहिँ एसावकै हुन्।”
GEN 27:23 याकोबका हातहरू तिनका दाजु एसावका हातहरूजस्ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्। तब इसहाक याकोबलाई आशिष् दिन अगि बढे।
GEN 27:24 इसहाकले तिनलाई सोधे, “के तँ साँच्‍चै मेरो छोरा एसाव नै होस् त?” तिनले जवाफ दिए, “हो, म उही हुँ।”
GEN 27:25 तब तिनले भने, “मेरो छोरा, मलाई तेरो शिकारबाट खानलाई केही दे, र म तँलाई मेरो आशिष् दिन सकूँ।” अनि याकोबले त्यो तिनीकहाँ ल्याए, र तिनले खाए; अनि उनले केही दाखमद्य पनि ल्याए, र तिनले पिए।
GEN 27:26 तब उनका बुबा इसहाकले तिनलाई भने, “मेरो छोरा, यता आइज, र मलाई म्वाइँ खा।”
GEN 27:27 यसकारण याकोब नजिकै गएर आफ्नो बुबालाई म्वाइँ खाए। जब उनको लुगाको बास्‍ना इसहाकले थाहा पाए, तब उनलाई आशिष् दिएर भने, “अहो, मेरो छोराको बास्‍ना त याहवेहले आशिष् दिनुभएको खेतको बास्‍नाझैँ छ।
GEN 27:28 परमेश्‍वरले तँलाई आकाशको शीतबाट अनि पृथ्वीको उर्वर जमिनबाट— प्रशस्त अन्‍न र नयाँ दाखमद्य देऊन्।
GEN 27:29 राष्ट्रहरूले तेरो सेवा गरून्, अनि मानिसहरू तेरो सामु झुकून्। तेरा दाजुभाइहरूमाथि तेरो प्रभुत्व होस्, अनि तेरी आमाका छोराहरू तेरो सामु झुकून्। तँलाई श्राप दिनेहरूले श्राप पाऊन्, र तँलाई आशिष् दिनेहरूले आशिष् पाऊन्।”
GEN 27:30 इसहाकले तिनलाई आशिष् दिइसकेपछि आफ्ना बुबाको उपस्थितिबाट याकोब निस्केका मात्र के थिए, तिनका दाजु एसाव शिकार गरेर भित्र आए।
GEN 27:31 तिनले पनि केही स्वादिष्‍ठ भोजन तयार पारे; अनि आफ्ना बुबाकहाँ ल्याए। त्यसपछि एसावले भने, “बुबा, कृपया उठेर बस्‍नुहोस्, र मैले शिकार गरेर ल्याएको मासुबाट केही खाएर मलाई आशिष् दिनुहोस्।”
GEN 27:32 तब तिनका पिता इसहाकले सोधे, “तँचाहिँ को होस्?” तिनले जवाफ दिए, “म तपाईंको छोरा, तपाईंको जेठा छोरा एसाव हुँ।”
GEN 27:33 तब इसहाक जोडसित डरले काँपे, र भने, “त्यसो भए त्योचाहिँ को हो, जसले शिकार गरेर मकहाँ ल्यायो? तँ आउनुभन्दा अगि नै मैले त्यो खाएँ, र त्यसलाई आशिष् दिएँ—अनि निश्‍चय नै त्यसैले त्यो आशिष् पाउनेछ।”
GEN 27:34 जब एसावले आफ्ना बुबाको कुरा सुने, तब तिनी दुःखी भएर डाँको छोडेर रोए, र आफ्ना बुबालाई भने, “बुबा, मलाई पनि आशिष् दिनुहोस्!”
GEN 27:35 तर तिनले भने, “तेरो भाइले छल गरेर आयो, र तेरो आशिष् लग्यो।”
GEN 27:36 एसावले भने, “त्यसको नाम याकोब भनेर ठिकै राखिएको होइन र? त्यसले मलाई छल गरेको यो दोस्रो पटक हो। त्यसले मेरो ज्येष्‍ठ अधिकार लियो; अहिले मैले पाउनुपर्ने आशिष् पनि त्यसैले लग्यो!” तब तिनले सोधे, “के तपाईंले मेरा निम्ति केही आशिष् साँचेर राख्नुभएको छैन र?”
GEN 27:37 इसहाकले एसावलाई जवाफ दिए, “हेर् मेरो छोरा, मैले उसलाई तेरो मालिक बनाइसकेँ; अनि उसका सबै आफन्तहरूलाई उसका सेवक बनाइसकेको छु; अनि अन्‍न र दाखमद्यले उसलाई तृप्‍त पारिसकेको छु। यसकारण मेरो छोरा, म तेरा लागि के नै गर्न सक्छु र?”
GEN 27:38 एसावले आफ्ना बुबालाई भने, “बुबा, तपाईंसित एउटै मात्र पनि आशिष् होला नि? मलाई पनि आशिष् दिनुहोस् बुबा!” तब तिनी डाँको छोडेर रोए।
GEN 27:39 अनि उनका पिता इसहाकले उनलाई जवाफ दिए, “तेरो बसोबास पृथ्वीको उर्वर जमिनबाट टाढा; माथि आकाशको शीतदेखि टाढा हुनेछ।
GEN 27:40 तँ तरवारको भरमा जिउनेछस्, अनि तैँले तेरो भाइको सेवा गर्नेछस्। तर तँ बोझले विचलित भएपछि, तैँले आफ्नो गर्दनबाट त्यसको जुवा भाँचेर फ्याँक्नेछस्।”
GEN 27:41 आफ्ना पिताले याकोबलाई आशिष् दिनुभएको कारण एसावले याकोबसित शत्रुता राखे। अनि तिनले मनमनै भने, “मेरा पिताको मृत्युको शोक नजिक छ, त्यसपछि म मेरो भाइ याकोबलाई मार्नेछु।”
GEN 27:42 आफ्नो जेठा छोरा एसावले भनेका कुरा जब रिबेकालाई भनियो, तब तिनले आफ्नो कान्छा छोरा याकोबलाई बोलाइपठाइन्, र तिनलाई भनिन्, “तेरो दाजुले तँलाई मार्ने योजना बनाएर बदला लिन खोज्दैछ।
GEN 27:43 अब मेरो छोरा, म जे भन्छु त्यो गर्; तँ हारानमा भएका मेरा दाजु लाबानकहाँ भागेर गइहाल्।
GEN 27:44 तेरो दाजुको रिस नमरुन्जेल तँ केही दिन त्यहीँ बस्।
GEN 27:45 तैँले तेरा दाजुलाई जे गरेको थिइस्, सो कुरा उसले नबिर्सुन्जेल बस्; अनि उसको रिस मरेपछि तँलाई त्यहाँबाट यता आउनू भनी म खबर पठाउनेछु। एकै दिनमा तिमीहरू दुवैलाई म किन गुमाऊँ?”
GEN 27:46 तब रिबेकाले इसहाकलाई भनिन्, “म यी हित्ती स्त्रीहरूसित बस्दा-बस्दा वाक्‍क भइसकेकी छु। यदि याकोबले यस ठाउँका स्त्रीहरूबाट अर्थात् यस्ता हित्ती स्त्रीहरूबाट पत्नी ल्यायो भने म बाँचेर केही अर्थ हुँदैन।”
GEN 28:1 यसकारण इसहाकले याकोबलाई बोलाएर आशिष् दिए। त्यसपछि उनले यस्तो आज्ञा दिए: “कनानी स्त्रीसँग विवाह नगर्नू।
GEN 28:2 तुरुन्तै पद्दन-अराममा तेरी आमाका पिता बतूएलको घरमा गइहाल्, र आफ्ना लागि तेरी आमाका दाजु लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर्नू।
GEN 28:3 सर्वशक्तिमान् परमेश्‍वरले तँलाई आशिष् देऊन्, र तँ जाति-जातिको एक समुदाय नहोउन्जेल तँलाई फलवन्त बनाएर तेरो संख्याको वृद्धि गरून्।
GEN 28:4 उहाँले तँ र तेरा सन्ततिलाई अब्राहामलाई दिनुभएको आशिष् देऊन्, ताकि अब्राहामलाई परमेश्‍वरले दिनुभएको ठाउँ, जसमा तँ अहिले परदेशी भई बसेको छस्, त्यो भूमि तेरो अधिकारमा होस्।”
GEN 28:5 तब इसहाकले याकोबलाई बिदा गरे; अनि तिनी पद्दन-अराममा लाबानकहाँ गए। लाबान अरामी बतूएलको छोरा, अर्थात् याकोब र एसावकी आमा रिबेकाका दाजु थिए।
GEN 28:6 अब इसहाकले याकोबलाई आशिष् दिएर पद्दन-अरामबाट पत्नी ल्याउनू भनी त्यहाँ पठाएछन्, र तिनलाई आशिष् दिँदा “कुनै कनानी स्त्रीलाई विवाह नगर्नू,” भन्‍ने आज्ञा दिएछन्,
GEN 28:7 र याकोबले आफ्ना बुबा र आमाको आज्ञापालन गरेर पद्दन-अराममा गएको कुरा एसावले थाहा पाए।
GEN 28:8 जब तिनका पिता इसहाकलाई कनानी स्त्रीहरू मन पर्दैन रहेछ भनी एसावले थाहा पाए;
GEN 28:9 तब एसाव इश्माएलकहाँ गए, र आफूसित भएका पत्नीहरूबाहेक तिनले अब्राहामको छोरा इश्माएलकी छोरी, नबायोतकी बहिनी महलतलाई विवाह गरे।
GEN 28:10 याकोब बेर्शेबा छोडेर हारानतर्फ लागे।
GEN 28:11 तिनी कुनै एक विशेष ठाउँमा पुगेपछि सूर्य अस्ताइसकेकोले रात कटाउन त्यहीँ रोकिए। त्यस ठाउँमा एउटा ढुङ्गा लिएर त्यसको सिरानी लगाएर सुत्नका लागि तिनी ढल्किए।
GEN 28:12 अनि तिनले सपना देखे। पृथ्वीमाथि अडिएको एउटा भर्‍याङ, जसको टुप्पोचाहिँ स्वर्गसम्म पुगेको थियो; अनि परमेश्‍वरका दूतहरू त्यसमा उक्लँदै र ओर्लंर्दै गरेका देखे।
GEN 28:13 अनि सबैभन्दा माथिचाहिँ याहवेह उभिनुभएको थियो, र उहाँले भन्‍नुभयो: “म याहवेह नै तेरा पिता अब्राहाम र इसहाकका परमेश्‍वर हुँ। तँ ढल्किरहेको यो ठाउँ तँ र तेरा सन्तानहरूलाई म दिनेछु।
GEN 28:14 तेरा सन्तानहरू पृथ्वीको धुलोझैँ हुनेछन्; अनि तँ पश्‍चिम, पूर्व, उत्तर र दक्षिणतिर फैलिनेछस्। पृथ्वीका सबै जातिले तँ र तेरा सन्तानहरूद्वारा आशिष् पाउनेछन्।
GEN 28:15 म तँसँग छु, र तँ जहाँ जान्छस्, तँलाई रक्षा गर्नेछु; अनि तँलाई यस देशमा फर्काएर ल्याउनेछु। मैले तँसित गरेको प्रतिज्ञा पूरा नगरेसम्म म तँलाई छोड्नेछैनँ।”
GEN 28:16 जब याकोब निद्राबाट झल्याँस बिउँझे, र तिनले सोचे, “निश्‍चय नै याहवेह यस ठाउँमा हुनुहुँदोरहेछ; अनि मलाई यो थाहै थिएन।”
GEN 28:17 तब तिनी डराएर भने, “यो ठाउँ कति भययोग्य रहेछ! यो परमेश्‍वरको घरबाहेक अरू केही होइन रहेछ; यो त स्वर्गकै ढोका पो रहेछ।”
GEN 28:18 भोलिपल्ट बिहानै याकोब उठे, र आफूले सिरानी लगाएको ढुङ्गा लिए; अनि त्यसलाई खाँबोझैँ ठड्याएर टुप्पोमाथि तेल खन्याए।
GEN 28:19 तिनले त्यस ठाउँको नाम बेथेल राखे; पहिला त्यस सहरलाई लूज भनिन्थ्यो।
GEN 28:20 तब याकोबले यसो भनेर भाकल गरे, “यस यात्रामा यदि परमेश्‍वर मेरो साथमा रहनुभयो, मलाई रक्षा गर्नुभयो; मलाई खानलाई भोजन र लाउनलाई लुगा दिनुभयो,
GEN 28:21 र म मेरा पिताको घरमा सुरक्षित फर्केर आएँ भने याहवेह मेरा परमेश्‍वर हुनुहुनेछ;
GEN 28:22 अनि मैले खाँबोझैँ ठड्याएको ढुङ्गाचाहिँ परमेश्‍वरको घर हुनेछ, र तपाईंले मलाई दिनुहुने सबै कुराको दशांश म तपाईंलाई दिनेछु।”
GEN 29:1 तब याकोबले आफ्नो यात्रा जारी गर्दैगए, र पूर्वका जातिहरूको देशमा आए।
GEN 29:2 तब उनले त्यहाँ खुला मैदानमा एउटा इनार देखे, जसको छेउमा तीन बगाल भेडाबाख्राहरू बसिरहेका थिए। किनकि गोठालाहरूले त्यही इनारबाट आफ्ना बगाललाई पानी पियाउने गर्थे। इनारको मुखमा राखिएको ढुङ्गा ठूलो थियो।
GEN 29:3 जब सबै बगालहरू त्यहाँ भेला हुन्थे; गोठालाहरूले इनारको मुखबाट ढुङ्गा हटाइदिन्थे, र भेडाहरूलाई पानी पियाउँथे। त्यसपछि तिनीहरूले त्यस ढुङ्गालाई फेरि गुडाउँदै ल्याएर इनारको मुख छोपिदिन्थे।
GEN 29:4 याकोबले ती गोठालाहरूलाई सोधे, “मेरा भाइहरू हो, तपाईंहरू कुन ठाउँबाट आउनुभएको हो?” तिनीहरूले जवाफ दिए, “हामी हारानबाट आएका हौँ।”
GEN 29:5 तिनले तिनीहरूलाई भने, “के तपाईंहरू नाहोरका नाति लाबानलाई चिन्‍नुहुन्छ?” तिनीहरूले जवाफ दिए, “हजुर, हामी उहाँलाई चिन्छौँ।”
GEN 29:6 तब याकोबले तिनीहरूलाई सोधे, “के उहाँ कुशलै हुनुहुन्छ?” तिनीहरूले भने, “ज्यू, उहाँ कुशलै हुनुहुन्छ; हेर्नुहोस्, भेडाहरू लिएर आउँदै गरेकी ती केटी उहाँकै छोरी राहेल हुन्।”
GEN 29:7 तिनले भने, “हेर्नुहोस्, घाम अझसम्म आकाशमाथि नै छ। यतिखेर बगाललाई भेला गराउने समय भएको छैन। भेडाबाख्राहरूलाई पानी पियाउनुहोस्; र फेरि चराउन लानुहोस्।”
GEN 29:8 तिनीहरूले भने, “सबै बगाल भेला नभएसम्म इनारको मुखबाट हामी ढुङ्गा हटाउन सक्दैनौँ। त्यसपछि हामी भेडाबाख्राहरूलाई पानी पियाउँछौँ।”
GEN 29:9 याकोब उनीहरूसित कुरा गर्दैगर्दा राहेल आफ्ना पिताका भेडाहरू लिएर आइपुगिन्; किनकि तिनी भेडा गोठाल्नी थिइन्।
GEN 29:10 जब याकोबले आफ्नी आमाका दाजु लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, तब तिनी गएर इनारको मुखबाट ढुङ्गा हटाएर आफ्ना मामाका भेडाहरूलाई पानी पियाए।
GEN 29:11 तब याकोबले राहेललाई म्वाइँ खाए, र डाँको छोडेर रुन लागे।
GEN 29:12 याकोबले राहेललाई आफू तिनका पिताका नातेदार र रिबेकाको छोरो हुँ भनेर बताए। त्यसैले राहेल दगुरेर गइन्, र आफ्ना पितालाई भनिन्।
GEN 29:13 लाबानले जब आफ्नी बहिनीको छोरा याकोबको विषयमा खबर सुने, तब तिनी उनलाई भेट्न हतारसाथ गए। तिनले उनलाई अङ्कमाल गरे, र म्वाइँ खाए, र तिनलाई घरमा ल्याए; अनि याकोबले तिनलाई त्यहाँ यी सबै कुराहरू भनिदिए।
GEN 29:14 तब लाबानले भने, “तिमी मेरै मासु र रगत हौ।” याकोब तिनीसित एक महिना बसेपछि,
GEN 29:15 लाबानले याकोबलाई भने, “हुन त तिमी मेरा नातेदार हौ, तर यसो भन्दैमा तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र? तिम्रो ज्याला कति हुनुपर्ने हो, मलाई भन।”
GEN 29:16 लाबानका दुई छोरीहरू थिए; जेठीको नाम लेआ, र कान्छीको नाम राहेल थियो।
GEN 29:17 लेआका आँखा कमजोर थिए, तर राहेलचाहिँ राम्रो बनोट भएकी र सुन्दरी थिइन्।
GEN 29:18 याकोबले राहेललाई प्रेम गर्थे, त्यसैले उनले लाबानलाई भने, “म तपाईंकी कान्छी छोरी राहेलका निम्ति तपाईंसित सात वर्ष सेवा गर्नेछु।”
GEN 29:19 लाबानले भने, “मैले यसलाई अरू मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो। मसित यहीँ बस।”
GEN 29:20 यसकारण राहेललाई पाउनका लागि याकोबले सात वर्षसम्म सेवा गरे; तर तिनले उनलाई प्रेम गरेको कारण याकोबका लागि ती थोरै दिनजस्तो मात्र लाग्यो।
GEN 29:21 तब याकोबले लाबानलाई भने, “मलाई मेरी पत्नी दिनुहोस्। मेरो समय पूरा भयो, र म तिनीसँग सहवास गर्न चाहन्छु।”
GEN 29:22 यसकारण लाबानले त्यस ठाउँका सबै मानिसहरूलाई एकसाथ बोलाएर भोज दिए।
GEN 29:23 तर जब साँझ भयो, तिनले आफ्नी छोरी लेआलाई ल्याएर याकोबलाई दिए। अनि याकोबले तिनीसित सहवास गरे।
GEN 29:24 अनि लाबानले आफ्नी दासी जिल्पालाई आफ्नी छोरी लेआकी सेविका हुनलाई दिए।
GEN 29:25 जब बिहान भयो, राहेलको सट्टा लेआ पो त्यहाँ रहिछिन्! यसकारण याकोबले लाबानलाई भने, “यो तपाईंले मलाई के गर्नुभयो? के मैले राहेलका निम्ति तपाईंको सेवा गरेको होइनँ र? तपाईंले मलाई किन धोका दिनुभयो?”
GEN 29:26 लाबानले जवाफ दिए, “यहाँ हाम्रो परम्पराअनुसार कान्छीको विवाह जेठीभन्दा पहिले गर्नुहुँदैन।
GEN 29:27 यस छोरीसित एक साता वैवाहिक उत्सव पूरा गर, र तिमीले अर्को सात वर्ष मेरो सेवा गर; तब तिमीलाई कान्छी छोरी पनि दिनेछौँ।”
GEN 29:28 अनि याकोबले त्यस्तै गरे। तिनले लेआसित एक हप्‍ता बिताए; अनि लाबानले आफ्नी छोरी राहेललाई तिनकी पत्नी हुनलाई दिए।
GEN 29:29 अनि लाबानले आफ्नी सेविका बिल्हालाई आफ्नी छोरी राहेलकी सेविका हुनलाई दिए।
GEN 29:30 याकोबले राहेलसित सहवास गरे; अनि तिनले लेआलाई भन्दा राहेललाई बढी प्रेम गरे। अनि तिनले अर्को सात वर्ष लाबानको सेवा गरे।
GEN 29:31 जब याहवेहले लेआलाई प्रेम नपाएकी देख्नुभयो, तब उहाँले तिनको कोख खोलिदिनुभयो; तर राहेलचाहिँ बाँझी रहिन्।
GEN 29:32 लेआ गर्भवती भइन् र तिनले एउटा छोरा जन्माइन्। तिनले उसको नाम रूबेन राखिन्; किनकि तिनले भनिन्, “योचाहिँ याहवेहले मेरो कष्‍ट देख्नुभएको कारणले हो। निश्‍चय नै मेरा पतिले अब मलाई प्रेम गर्नुहुनेछ।”
GEN 29:33 तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माउँदा तिनले भनिन्, “किनकि मैले प्रेम पाइनँ भनेर याहवेहले सुन्‍नुभएको छ; र उहाँले मलाई यो छोरा पनि दिनुभयो।” यसकारण तिनले त्यसको नाम शिमियोन राखिन्।
GEN 29:34 तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माउँदा तिनले भनिन्, “अब यस पटक त मेरा पति मसँगै मिल्न आउनुहुनेछ; किनकि मैले उहाँका निम्ति तीन वटा छोरा पाइसकेँ।” यसकारण त्यसको नाम लेवी राखियो।
GEN 29:35 तिनी फेरि गर्भवती भइन्, र त्यो छोरा जन्माउँदा तिनले भनिन्, “यस पटक म याहवेहको प्रशंसा गर्नेछु।” यसकारण तिनले त्यसको नाम यहूदा राखिन्। त्यसपछि तिनले छोराछोरी जन्माउन छोडिन्।
GEN 30:1 जब राहेलले आफूले याकोबका निम्ति सन्तान जन्माउन नसकेकी देखिन्, तब तिनले आफ्नी दिदीसित डाह गर्न लागिन्। यसकारण तिनले याकोबलाई भनिन्, “मलाई सन्तान दिनुहोस्, नत्रता म मर्नेछु!”
GEN 30:2 यो सुनेर याकोब राहेलसित रिसाउँदै भने, “तिम्रो कोख बन्द गरिदिने के म परमेश्‍वरको स्थानमा छु र?”
GEN 30:3 तब तिनले भनिन्, “मेरी सेविका बिल्हा यहीँ छ। त्यसकहाँ जानुहोस्, र त्यसले मेरा निम्ति सन्तान जन्माओस्, र त्यसबाट म पनि एउटा परिवार निर्माण गर्न सकूँ।”
GEN 30:4 यसकारण राहेलले आफ्नी सेविका बिल्हालाई याकोबकी पत्नी हुनलाई दिइन्। याकोबले त्यससँग सहवास गरे;
GEN 30:5 अनि बिल्हा गर्भवती भई, र याकोबका निम्ति एउटा छोरा जन्माई।
GEN 30:6 तब राहेलले भनिन्, “परमेश्‍वरले न्याय गर्नुभएको छ; उहाँले मेरो बिन्ती सुन्‍नुभएको छ; र मलाई एउटा छोरा दिनुभएको छ।” यसकारण तिनले उसको नाम दान राखिन्।
GEN 30:7 राहेलकी सेविका बिल्हा फेरि गर्भवती भई, र त्यसले याकोबका निम्ति दोस्रो छोरा जन्माई।
GEN 30:8 तब राहेलले भनिन्, “मेरी दिदीसित मैले ठूलो सङ्घर्ष गरेकी छु, अब मैले जितेकी छु।” यसकारण तिनले उसको नाम नप्‍ताली राखिन्।
GEN 30:9 जब लेआले आफ्नो कोख बन्द भएको देखिन्, तब तिनले आफ्नी सेविका जिल्पालाई लगेर याकोबकी पत्नी हुनका निम्ति दिइन्।
GEN 30:10 लेआकी सेविका जिल्पाले याकोबका निम्ति एउटा छोरा जन्माई।
GEN 30:11 तब लेआले भनिन्, “म कत्ति धन्य भएकी छु!” यसकारण तिनले उसको नाम गाद राखिन्।
GEN 30:12 लेआकी सेविका जिल्पाले याकोबबाट दोस्रो छोरो जन्माई।
GEN 30:13 तब लेआले भनिन्, “म कति प्रसन्‍न छु! स्त्रीहरूले मलाई सुखी भन्‍नेछन्।” यसकारण तिनले उसको नाम आशेर राखिन्।
GEN 30:14 गहुँ काट्ने बेला रूबेन खेततिर गएका थिए; अनि तिनले विशाखमूल भेट्टाए, जुन तिनले आफ्नी आमा लेआकहाँ ल्याए। राहेलले लेआलाई भनिन्, “मलाई तिम्रा छोराले ल्याएका विशाखमूलबाट केही देऊ।”
GEN 30:15 तर लेआले तिनलाई भनिन्, “तैँले मेरो पतिलाई त लगिस्-लगिस्, अब मेरो छोराले ल्याएका विशाखमूल पनि खोस्छेस्?” राहेलले भनिन्, “ठिकै छ, तेरो छोराको विशाखमूलको सट्टामा आज राति उहाँ तँसित सुत्नुहुनेछ।”
GEN 30:16 त्यसकारण जब साँझमा याकोब खेतबाट आए; तब लेआ तिनलाई भेट्न गइन् र भनिन्, “तपाईं आज मसँग रात बिताउनैपर्छ। मेरा छोराले ल्याएका विशाखमूल दिएर मैले तपाईंलाई भाडामा लिएकी छु।” यसकारण याकोबले त्यो रात लेआसँग बिताए।
GEN 30:17 परमेश्‍वरले लेआको बिन्ती सुन्‍नुभयो; अनि तिनी गर्भवती भएर याकोबका निम्ति पाँचौँ छोरा जन्माइन्।
GEN 30:18 तब लेआले भनिन्, “मैले मेरी सेविका आफ्नो पतिलाई दिएँ। त्यसैकारण परमेश्‍वरले मलाई प्रतिफल दिनुभएको छ।” यसकारण तिनले उसको नाम इस्साखार राखिन्।
GEN 30:19 लेआ फेरि गर्भवती भइन्, र याकोबबाट छैटौँ छोरा जन्माइन्।
GEN 30:20 तब लेआले भनिन्, “परमेश्‍वरले मलाई एउटा बहुमूल्य उपहार दिनुभएको छ। यस पटक मेरा पतिले मलाई आदर गर्नुहुनेछ; किनकि मैले उहाँका निम्ति छ जना छोरा जन्माएकी छु।” यसकारण तिनले उसको नाम जबूलून राखिन्।
GEN 30:21 केही समयपछि तिनले एउटी छोरी जन्माइन्, र तिनको नाम दीना राखिन्।
GEN 30:22 तब परमेश्‍वरले राहेललाई सम्झनुभयो; उहाँले तिनको बिन्ती सुन्‍नुभयो, र तिनको कोख खोलिदिनुभयो।
GEN 30:23 तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्; तब तिनले भनिन्, “परमेश्‍वरले मेरो अपमान हटाउनुभएको छ।”
GEN 30:24 तिनले उसको नाम योसेफ राखिन्, र भनिन्, “याहवेहले मलाई अर्को छोरा पनि थपिदेऊन्।”
GEN 30:25 राहेलले योसेफलाई जन्माएको केही समयपछि याकोबले लाबानलाई भने, “अब मलाई बिदा दिनुहोस्, र म आफ्नै देशमा फर्केर जान सकूँ।
GEN 30:26 मलाई मेरा पत्नीहरू र सन्तान लैजान दिनुहोस्; जसका लागि मैले तपाईंको सेवा गरेको छु, अब म जान पाऊँ। मैले तपाईंका लागि कति धेरै सेवा गरेको छु, सो तपाईं जान्‍नुहुन्छ।”
GEN 30:27 तर लाबानले तिनलाई भने, “यदि मैले तिमीबाट निगाह प्राप्‍त गरेको छु भने दया गरी बसिदेऊ; किनकि मैले जोखनाद्वारा जानेको छु, कि तिमीद्वारा नै याहवेहले मलाई आशिष् दिनुभएको छ।”
GEN 30:28 तिनले अझ भने, “तिमीलाई थप कति ज्याला चाहिन्छ भन, बरु म त्यो दिउँला।”
GEN 30:29 याकोबले तिनलाई भने, “मैले तपाईंका निम्ति कसरी सेवा गरेको छु, र तपाईंका गाईबस्तुहरू कसरी मेरो रेख-देखमा सप्रेका छन्, सो तपाईं जान्‍नुहुन्छ।
GEN 30:30 म आउनुभन्दा अगि तपाईंसित थोरै वस्तुभाउ थिए, तर अहिले बढेर धेरै वृद्धि भएको छ; अनि म आएको समयदेखि याहवेहले तपाईंलाई आशिष् दिनुभएको छ। तर अब मैले आफ्नै परिवारका निम्ति चाहिँ कहिले बन्दोबस्त मिलाऊँ?”
GEN 30:31 अनि तिनले सोधे, “त्यसो भए भन, म तिम्रो लागि के दिऊँ?” याकोबले जवाफ दिए, “मलाई केही दिनुपर्दैन; तर यदि तपाईंले मेरा निम्ति यो एउटा कुरा गर्नुभयो भने म तपाईंको बगाल चराएर त्यसको हेरचाह गरिरहनेछु।
GEN 30:32 आज मलाई तपाईंका बगालमा गएर टाटेपाटे, थोप्ले भएका भेडाहरू, प्रत्येक कालो रङ्गको भेडाको पाठा, र प्रत्येक थोप्ले र टाटेपाटे बाख्राहरूलाई बगालबाट अलग गर्न दिनुहोस्। यिनीहरू नै मेरा ज्याला हुनेछन्।
GEN 30:33 अनि जहिले-जहिले तपाईंले मलाई दिनुभएको ज्याला जाँच्नुहुनेछ, भविष्यमा मेरो इमानदारीताले मेरो साक्षी दिनेछ। मसित भएका कुनै पनि टाटेपाटे वा थोप्ले नभएका बाख्रा अथवा कालो रङ्ग नभएको कुनै पनि भेडाको पाठा फेला पर्‍यो भने ती सबै चोरी गरिएको ठहरिनेछन्।”
GEN 30:34 लाबानले भने, “हुन्छ, तिमीले भनेझैँ होस्।”
GEN 30:35 त्यसै दिन लाबानले धर्के अथवा थोप्ले सबै बोकाहरू, र टाटेपाटे अथवा थोप्ला भएका बाख्रीहरू (जिउमा सेता भएका सबै), र सबै काला रङ्गका भेडाका पाठाहरू अलग गरे, र तिनीहरूलाई याकोबका छोराहरूको जिम्मामा दिए।
GEN 30:36 अनि तिनले याकोबदेखि तीन दिनको यात्राको दूरी बनाएर बसे; अनि याकोबचाहिँ लाबानका बाँकी बगालहरू हेरचाह गर्दै बसे।
GEN 30:37 अनि याकोबले, सल्‍ला, हाडे-बदाम र चिनारका रूखहरूका भर्खर काटिएका हाँगाहरू लिए; अनि त्यसका बोक्रा ताछेर भित्री सेतो काठ देखिने गरी सेता धर्काहरू बनाए।
GEN 30:38 तब तिनले बोक्रा ताछिएका ती हाँगाहरू सबै पानी पिउने डूँडहरूको छेउमा राखिदिए, ताकि पानी पिउन आउँदा बगालहरूले त्यो देखून्; किनभने त्यहाँ ती बगालहरू मिसिन्थे,
GEN 30:39 बगालहरू ती हाँगाहरूका सामु मिसिए; अनि तिनीहरूले धर्के, टाटेपाटे र थोप्ले पाठापाठीहरू जन्माए।
GEN 30:40 याकोबले बगालका पाठाहरूलाई छुट्याए, तर रहेकोलाई चाहिँ लाबानका धर्के र काला रङ्गका पशुहरूपट्टि फर्काइदिए। यसरी तिनले आफ्ना लागि बेग्लै बगाल बनाए, र तिनीहरूलाई लाबानका पशुहरूसित राखेनन्।
GEN 30:41 जहिले-जहिले बलिया पाठीहरूको मिसिने बेला आउँथ्यो, याकोबले तिनीहरू ती हाँगाहरूको सामु मिसिऊन् भनी ती हाँगाहरूलाई पानीको डुँडमा पशुहरूको सामु राखिदिन्थे,
GEN 30:42 तर ती बगालहरू कमजोर भएमा तिनले तिनीहरूलाई त्यहाँ राख्दैनथे। यसरी कमजोर पशुहरू लाबानकहाँ र बलियाहरूचाहिँ याकोबकहाँ हुनगए।
GEN 30:43 यसरी यी मानिस अति सम्पन्‍न भए; अनि तिनका ठूला-ठूला बगाल, सेवक-सेविका, ऊँट र गधाहरू भए।
GEN 31:1 याकोबले लाबानका छोराहरूले यसो भनेका सुने, “याकोबले हाम्रा पिताका सबै थोक हडपेका छन्। हाम्रा पितासँग भएको सम्पत्तिबाट नै उनले यी सबै धन कमाएका हुन्।”
GEN 31:2 अनि लाबानको व्यवहार पनि आफूप्रति पहिलेको जस्तै नभएको याकोबले देखे।
GEN 31:3 तब याहवेहले याकोबलाई भन्‍नुभयो, “आफ्ना बुबा र तेरा नातेदारहरूको देशमा फर्किएर जा, र म तँसित हुनेछु।”
GEN 31:4 यसकारण याकोबले आफ्नो बगाल भएको खेतबाट लेआ र राहेललाई बोलाउन पठाए।
GEN 31:5 तिनले उनीहरूलाई भने, “मैले तिमीहरूका पिताको म प्रतिको व्यवहार पहिलेझैँ नभएको देख्छु; तर मेरा पिताका परमेश्‍वर मेरो साथमा रहनुभएको छ।
GEN 31:6 मैले तिमीहरूका पिताका निम्ति आफ्नो पूरा शक्तिले भ्याएसम्म सेवा गरेको तिमीहरूले देखेकै छौ।
GEN 31:7 तिमीहरूका पिताले मेरो ज्याला दश-दशपल्ट बदली गरेर मलाई छल्नुभएको छ। तैपनि परमेश्‍वरले तिनलाई मेरो केही हानि गर्न दिनुभएन।
GEN 31:8 उहाँले ‘टाटेपाटे पशुहरू तिम्रो ज्याला हुनेछन्’ भन्‍नुहुँदा सबै बगालले टाटेपाटे नै बियाउँथे; अनि उहाँले ‘धर्के पशुहरू तिम्रो ज्याला हुनेछन्’ भन्‍नुहुँदा सबै बगालले धर्के नै बियाउँथे।
GEN 31:9 यसरी परमेश्‍वरले तिमीहरूका पिताका गाईबस्तु खोसेर ती मलाई दिनुभएको छ।
GEN 31:10 “एक चोटि पशुहरूको प्रजनन्‌को बेला मैले एउटा सपना देखेँ; अनि भेडीबाख्रीहरूसित मिसिने ती बोकाहरू धर्के, टाटेपाटे अथवा थोप्लेहरू थिए।
GEN 31:11 तब सपनामा परमेश्‍वरका दूतले मसँग यसो भन्दै बोल्नुभयो, ‘याकोब;’ मैले जवाफ दिएँ, ‘हजुर, म यहाँ छु।’
GEN 31:12 अनि उहाँले भन्‍नुभयो, ‘माथि हेर्, बगालसित मिसिने ती बोकाहरू धर्के, टाटेपाटे अथवा थोप्ले छन्; किनकि लाबानले तँप्रति कस्तो व्यवहार गरिरहेको छ, त्यो मैले देखेको छु।
GEN 31:13 म बेथेलका परमेश्‍वर हुँ, जहाँ तैँले एउटा खाँबोलाई तेलले अभिषेक गरेको थिइस्, र तैँले मसित एउटा प्रतिज्ञा गरेको थिइस्। अब उठ्, यो देशबाट निस्की, र तेरो आफ्नो जन्मस्थलमा फर्किजा।’ ”
GEN 31:14 अनि लेआ र राहेलले भने, “के हाम्रा पिताको पैतृक सम्पत्तिमा हाम्रो अझ केही अंश छ र?
GEN 31:15 के उहाँले हामीलाई परदेशीझैँ व्यवहार गर्नुहुन्‍न? उहाँले हामीलाई बेच्नुभएको मात्रै होइन, तर हाम्रा निम्ति दिइएको मूल्य पनि उहाँ आफैँले नै हडपिसक्नुभएको छ।
GEN 31:16 परमेश्‍वरले हाम्रा पिताबाट लैजानुभएको सबै सम्पत्ति हाम्रा र हाम्रा बालबच्‍चाकै हुन्। यसकारण परमेश्‍वरले तपाईंलाई जे-जे भन्‍नुभएको छ, त्यो गर्नुहोस्।”
GEN 31:17 तब याकोबले आफ्ना बालबच्‍चा र पत्नीहरूलाई ऊँटहरूमा चढाए,
GEN 31:18 अनि तिनले पद्दन-अराममा कमाएका सबै धनसम्पत्तिसहित आफ्ना सबै गाईबस्तुहरूलाई आफ्नो अगि लगाएर कनान देशमा भएका आफ्ना पिता इसहाककहाँ जानका लागि निस्के।
GEN 31:19 जब लाबान आफ्ना भेडाहरूका ऊन कत्रन गएका थिए; त्यही बेला राहेलले आफ्ना पिताका घरानाका घर-देवताहरू चोरिन्।
GEN 31:20 तब याकोब पनि अरामी लाबानलाई थाहै नदिई सुटुक्‍क हिँडे; आफू भाग्न लागेको कुरा नभनी तिनलाई धोका दिए।
GEN 31:21 यसकारण तिनी आफूसित जे जति थिए, ती सबै कुरालाई लिएर भागे; अनि यूफ्रेटिस नदी तरेर तिनी गिलादको पहाडी मुलुकतिर लागे।
GEN 31:22 तेस्रो दिनमा याकोब भागे भनी जब लाबानलाई सुनाइयो;
GEN 31:23 तब तिनले आफ्ना आफन्तहरूलाई साथमा लिएर सात दिनसम्म याकोबलाई पछ्याए; अनि तिनीहरूले तिनलाई गिलादको पहाडी मुलुकमा भेट्टाए।
GEN 31:24 तब परमेश्‍वर राति सपनामा अरामी लाबानकहाँ आएर तिनलाई भन्‍नुभयो, “होशियार बस्, याकोबलाई असल वा खराब केही पनि नभन्‍नू।”
GEN 31:25 लाबानले याकोबलाई भेट्टाउँदा तिनले गिलादको पहाडी मुलुकमा पाल टाँगेका थिए; अनि लाबान र तिनका आफन्तहरूले पनि त्यहीँनेर पाल टाँगे।
GEN 31:26 त्यसपछि लाबानले याकोबलाई भने, “तिमीले यस्तो के गर्‍यौ? तिमीले मलाई छलेर मेरा छोरीहरूलाई लडाइँका बन्दीहरूझैँ लिएर गयौ।
GEN 31:27 तिमी किन सुटुक्‍क भागेर मलाई छल्यौ? तिमीले मलाई भनेको भए, खैँजडी र वीणाको सङ्गीत बजाएर गीत गाउँदै सहर्ष तिमीहरूलाई बिदा गर्नेथिएँ।
GEN 31:28 तिमीले मलाई मेरा नातिनातिना र छोरीहरूलाई बिदाइको म्वाइँ समेत खान दिएनौ। तिमीले यसो गरेर मूर्खता गरेका छौ।
GEN 31:29 मैले चाहेँ भने तिमीलाई जे पनि गर्न सक्छु, तर हिजो राति तिम्रा पिताका परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘होशियार बस्, याकोबलाई असल वा खराब केही नभन्‍नू।’
GEN 31:30 अब तिमी गइहालेका छौ; किनकि तिमीले आफ्ना पिताको घरमा फर्कने इच्छा धेरै दिनदेखि राखेका थियौ। तर तिमीले मेरा घरानाका देवताहरू किन चोर्‍यौ?”
GEN 31:31 तब याकोबले लाबानलाई जवाफ दिँदै भने, “कहीँ तपाईंले आफ्ना छोरीहरू बलपूर्वक मबाट खोस्‍नुहोला कि भनी मैले सोचेको हुनाले म डराएर भागेँ।
GEN 31:32 तर यदि तपाईंले आफ्ना देवताहरू हामीमध्ये कोहीसित भेट्टाउनुभयो भने त्यो बाँच्नेछैन। यसकारण हाम्रा आफन्तहरूका सामु तपाईंको केही सामानहरू छन् भने आफैँ चिन्‍नुहोस्, र लैजानुहोस्।” तर ती देवताहरू राहेलले चोरेकी छन् भनेर याकोबलाई थाहै थिएन।
GEN 31:33 यसकारण लाबान याकोबको पालभित्र र लेआको पालभित्र, र दुई सेविकाका पालभित्र गए; तर तिनले ती कहीँ भेट्टाएनन्। त्यसपछि तिनी लेआको पालबाट निस्केर राहेलको पालभित्र पसे।
GEN 31:34 अब राहेलले घर-देवताहरू लिएर तिनलाई आफ्नो ऊँटको काठीभित्र राखेकी थिइन्, र आफूचाहिँ त्यसैमाथि बसेकी थिइन्। अनि लाबानले पालभित्र धुइँधुइँती खोजे, तर कहीँ पनि फेला पार्न सकेनन्।
GEN 31:35 राहेलले आफ्ना पितालाई भनिन्, “मेरा मालिक, मसित नरिसाउनुहोस्; म तपाईंको उपस्थितिमा उभिन सक्दिनँ; किनकि म रजस्वलाको समयमा छु।” यसकारण तिनले धुइँधुइँती खोजे, तर आफ्ना ती घर-देवताहरू भेट्टाएनन्।
GEN 31:36 तब याकोब रिसाए, र लाबानलाई हप्काएर सोधे, “मेरो अपराध के हो? मैले कुन पाप गरेको छु, र तपाईं मेरो खेदो गर्नुहुन्छ?
GEN 31:37 तपाईंले मेरा सबै सामानहरूमा खानतलासी गर्नुभयो, तर तपाईंको घरानाको कुन सामानचाहिँ भेट्टाउनुभयो त? तपाईं र मेरा आफन्तहरूको सामु ती कुराहरू राख्नुहोस्, र तिनीहरूले नै हामी दुईका बीचमा निर्णय गरिदेऊन्।
GEN 31:38 “यी बीस वर्षदेखि म तपाईंसितै रहेँ। तपाईंका भेडा र बाख्राहरू कहिल्यै तुहिएनन्, न त मैले तपाईंका बगालका भेडाहरू नै खाएँ।
GEN 31:39 जङ्गली जनावरहरूले लुछेर मारिएका पशुहरू मैले तपाईंकहाँ ल्याइनँ; बरु मैले नै त्यसको क्षतीपूर्ति बेहोरेँ। अनि कुनै पशु दिउँसो वा राति चोरिएको होस्, तपाईंले मबाट नै त्यसको क्षतीपूर्ति तिराउनुहुन्थ्यो।
GEN 31:40 मेरो स्थिति यस्तो थियो: दिउँसो मलाई गर्मीले र रातमा चिसोले धेरै कमजोर बनाएर आँखाबाट निद्रा हराउँथ्यो।
GEN 31:41 यसरी नै मैले तपाईंको घरानामा बीस वर्ष बिताएँ। तपाईंका दुई छोरीहरूका निम्ति मैले चौध वर्ष तपाईंको सेवा गरेँ; अनि छ वर्ष तपाईंका भेडाबाख्राहरू चराएँ, तर तपाईंले मेरो ज्याला दश-दशपल्ट बदल्नुभयो।
GEN 31:42 मेरा पिताका परमेश्‍वर, अब्राहामका परमेश्‍वर, इसहाकको ‘भय’ मसित नहुनुभएको भए, तपाईंले मलाई निश्‍चय नै रित्तो हात पठाउनुहुनेथियो। तर परमेश्‍वरले मेरो कष्‍ट र मैले गरेको परिश्रम देख्नुभएको छ, त्यसैले हिजो राति उहाँले तपाईंलाई हप्काउनुभयो।”
GEN 31:43 त्यसपछि लाबानले याकोबलाई जवाफ दिए, “यी स्त्रीहरू मेरा छोरीहरू हुन्, यिनका छोराछोरीहरू मेरा नातिनातिनाहरू हुन्; अनि यी बगालहरू पनि मेरा बगाल हुन्। तिमीले देखेका यी सबै थोक मेरै हुन्। तर पनि आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका यी छोराछोरीहरूलाई म के गर्न सक्छु र?
GEN 31:44 अब आऊ, तिमी र म, हामी एउटा करार बाँधौँ; अनि यो हामी बीचमा एउटा साक्षी होस्।”
GEN 31:45 यसकारण याकोबले एउटा ढुङ्गा लिए, र त्यसलाई खाँबोजस्तो ठड्याए।
GEN 31:46 अनि याकोबले आफ्ना नातेदारहरूलाई भने, “अरू केही ढुङ्गाहरू बटुल्नुहोस्।” तब तिनीहरूले ढुङ्गाहरू बटुलेर एउटा थुप्रो बनाए; अनि तिनीहरूले त्यस थुप्रोको नजिक खानपिन गरे।
GEN 31:47 लाबानले त्यसलाई यगर-सहदूता भन्‍ने नाम दिए; तर याकोबले चाहिँ गलेद भने।
GEN 31:48 लाबानले भने, “यो ढुङ्गाको थुप्रो आज तिम्रो र मेरो बीचमा साक्षी हो।” त्यसैकारण त्यसलाई गलेद भनियो।
GEN 31:49 त्यसलाई मिस्पा पनि भनियो; किनकि तिनले भने, “हामी एक-अर्कादेखि अलग रहे तापनि याहवेहले तिमी र मलाई हेरचाह गरून्।
GEN 31:50 यदि तिमीले मेरा छोरीहरूप्रति दुर्व्यवहार गर्‍यौ, अथवा मेरा छोरीहरूबाहेक तिमीले अरू पत्नीहरू ल्यायौ भने हामीसँग कोही नभए तापनि तिम्रो र मेरो बीचमा परमेश्‍वर साक्षी हुनुहुन्छ” भन्‍ने कुरा याद राख।
GEN 31:51 लाबानले याकोबलाई यसो पनि भने, “यो ढुङ्गाको थुप्रो र यस खामोलाई हेर, जसलाई मैले मेरो र तिम्रो बीचमा स्थापित गरेको छु।
GEN 31:52 यो थुप्रो र यो खाँबो एउटा साक्षी हुनेछ, ताकि म यस थुप्रोलाई पार गरेर तिमीलाई हानि गर्न जानेछैनँ; अनि तिमी पनि यस थुप्रो र खाँबोलाई पार गरेर मलाई हानि गर्न मेरो ठाउँतिर आउनेछैनौ।
GEN 31:53 अब्राहामका परमेश्‍वर र नाहोरका परमेश्‍वर, अर्थात् उनीहरूका पिताका परमेश्‍वरले हाम्रो बीचमा न्याय गरून्।” यसकारण याकोबले आफ्ना पिता इसहाकले मानेको भयको नाममा शपथ खाए।
GEN 31:54 याकोबले त्यस पहाडी मुलुकमा एउटा बलिदान चढाए, र आफ्ना नातेदारहरूलाई खानपिन गर्न बोलाए। तिनीहरूले खानपिन गरिसकेपछि त्यहीँ रात बिताए।
GEN 31:55 भोलिपल्ट बिहानै लाबानले आफ्ना नातिनातिना र छोरीहरूलाई म्वाइँ खाए, र तिनीहरूलाई आशिष् दिए। तब तिनी आफ्नो घरतिर फर्के।
GEN 32:1 याकोब पनि आफ्नो बाटो लागे; अनि परमेश्‍वरका दूतहरूले तिनलाई भेटे।
GEN 32:2 जब याकोबले तिनीहरूलाई देखे, तब तिनले भने, “यो त परमेश्‍वरको छाउनी हो!” यसकारण तिनले त्यस ठाउँको नाम महनाइम राखे।
GEN 32:3 याकोबले आफूभन्दा अगाडि एदोम देशको सेइर भन्‍ने ठाउँमा तिनका दाजु एसावकहाँ दूतहरू पठाए।
GEN 32:4 तिनले तिनीहरूलाई आदेश दिए: “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नू: ‘तपाईंको सेवक याकोब भन्छन्, म लाबानसित बस्दैथिएँ र अहिलेसम्म त्यहीँ नै बसेँ।
GEN 32:5 मसित गाईबस्तु, गधाहरू, भेडा र बाख्राहरू र सेवक-सेविकाहरू छन्। म मेरा मालिककहाँ मैले उहाँको दृष्‍टिमा कृपा पाऊँ भनी यो समाचार पठाउँदैछु।’ ”
GEN 32:6 जब ती दूतहरू याकोबकहाँ फर्के, तब तिनीहरूले भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौँ, र अहिले उहाँ तपाईंलाई भेट्न यतैतिर आइरहनुभएको छ, र उहाँको साथमा चार सय मानिसहरू छन्।”
GEN 32:7 यो खबर सुनेर याकोब अत्यन्तै डराएर आत्तिए; यसकारण याकोबले आफूसित भएका मानिसहरू, साथै बथानहरू, बगालहरू र ऊँटहरूलाई दुई दलमा विभाजन गरे।
GEN 32:8 तिनले सोचे, “यदि एसावले आएर एउटा दललाई आक्रमण गरे भने तापनि बाँकी रहेको अर्को दलचाहिँ भाग्न सक्नेछ।”
GEN 32:9 त्यसपछि याकोबले प्रार्थना गरे, “हे याहवेह, मेरा पिता अब्राहामका परमेश्‍वर, मेरा पिता इसहाकका परमेश्‍वर, जसले मलाई ‘तँ आफ्नो देश र आफ्ना नातेदारहरूकहाँ जा, र म तेरो उन्‍नति गराउनेछु’ भन्‍नुभयो;
GEN 32:10 तपाईंले आफ्नो सेवकप्रति देखाउनुभएको कृपा र विश्‍वासयोग्यताको योग्यको म छैनँ। मैले यस यर्दन नदीलाई पार गर्दा मसित लहुरोबाहेक केही थिएन; तर अब मसित दुई वटा दल भएका छन्।
GEN 32:11 म बिन्ती गर्छु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्; किनकि तिनी आएर यी आमाहरूलाई र तिनीहरूका छोराछोरीलाई आक्रमण गर्लान् भन्‍ने मलाई डर लागेको छ।
GEN 32:12 तर तपाईंले भन्‍नुभएको छ, ‘निश्‍चय नै म तेरो उन्‍नति गर्नेछु र तेरा सन्ततिलाई समुद्रको बालुवाझैँ बनाउनेछु, जो गन्‍न सकिनेछैन।’ ”
GEN 32:13 तिनले त्यो रात त्यहीँ बिताए; त्यसपछि आफूसित भएका थोकबाट तिनले आफ्ना दाजु एसावका निम्ति उपहार छुट्याए:
GEN 32:14 अर्थात् दुई सय बाख्री, बीस वटा बोका, दुई सय भेडी र बीस वटा भेडा,
GEN 32:15 तीस वटा दुहुना ऊँट साथमा तिनीहरूका बच्‍चा, चालीस वटा गाई, दश वटा बाछा, बीस वटा गधैनी र दश वटा गधा।
GEN 32:16 तिनले ती आ-आफ्नै बथानको हिसाबले आफ्ना सेवकहरूका जिम्मामा सुम्पिदिए, र आफ्ना सेवकहरूलाई भने, “मेरो अगि-अगि जाओ, र ती बथानहरूको बीचमा केही दूरी राख।”
GEN 32:17 तिनले पहिलो बथान लिएर जानेलाई निर्देशन दिँदै भने: “जब मेरा दाजु एसावले तिमीलाई भेटेर ‘तँ कसको मानिस होस्? अनि कहाँ जाँदैछस्? र तेरो अगि-अगि लागेका यी पशुहरूका मालिक को हुन्?’ भनी सोधे भने,
GEN 32:18 तैँले यसो भन्‍नू, ‘यी तपाईंका सेवक याकोबका हुन्। यी मेरा मालिक एसावलाई पठाइएका उपहार हुन्; अनि उहाँ हाम्रो पछि-पछि आउँदैहुनुहुन्छ।’ ”
GEN 32:19 अनि बथानहरूका पछि-पछि लागेका दोस्रो, तेस्रो र अरू सबैलाई पनि तिनले निर्देशन दिँदै भने: “एसावलाई भेटेपछि तिमीहरूले पनि त्यसरी नै भन्‍नू।
GEN 32:20 अनि ‘तपाईंका सेवक याकोब हाम्रो पछि-पछि आउँदैहुनुहुन्छ भनेर अवश्य भन्‍नू।’ ” किनकि तिनले सोचेका थिए, “म यी उपहारहरू अगि-अगि पठाएर तिनलाई शान्त तुल्याउनेछु; अनि मैले पछिबाट तिनलाई भेट्दा सायद तिनले मलाई ग्रहण गर्लान्।”
GEN 32:21 यसरी याकोबले तिनका उपहारहरू अगि-अगि पठाए, तर तिनी आफैँचाहिँ त्यहीँ छाउनीमै रात बिताए।
GEN 32:22 त्यस रात याकोब उठे, र आफ्ना दुई पत्नी, दुई सेविका अनि एघार छोरालाई लिएर यब्बोक नदी तरे।
GEN 32:23 याकोबले तिनीहरूलाई नदीपारि पठाए, त्यसपछि तिनले आफूसित भएका अरू सबै कुराहरू पनि पठाइदिए।
GEN 32:24 यसरी याकोब एकलै छोडिए; अनि एक जना मानिसले तिनीसित बिहान उज्यालो नभएसम्म कुश्ती लडिरहे।
GEN 32:25 जब आफूले याकोबलाई जित्न नसकेको ती मानिसले थाहा पाए, तब तिनले याकोबको कम्मरको जोर्नी छोए; अनि त्यस मानिससित कुश्ती खेल्दा-खेल्दै याकोबको कम्मरको जोर्नी खुस्क्यो।
GEN 32:26 तब ती मानिसले भने, “उज्यालो हुन लागेको छ, अब मलाई जान देऊ।” तर याकोबले जवाफ दिए, “अहँ हुँदैन, मलाई आशिष् नदिएसम्म म तपाईंलाई जान दिनेछैनँ।”
GEN 32:27 तब ती मानिसले तिनलाई सोधे, “तिम्रो नाम के हो?” तिनले जवाफ दिए, “याकोब।”
GEN 32:28 तब ती मानिसले भने, “तिम्रो नाम अब उसो याकोब होइन, तर इस्राएल हुनेछ; किनकि तिमीले परमेश्‍वर र मानिसहरूसँग लडाइँ लडेर जितेका छौ।”
GEN 32:29 तब याकोबले बिन्ती गरे, “दया गरी मलाई तपाईंको नाम के हो, बताउनुहोस्।” तर तिनले जवाफ दिए, “तिमी किन मेरो नाम सोध्छौ?” तब ती मानिसले त्यहीँ नै याकोबलाई आशिष् दिए।
GEN 32:30 यसकारण याकोबले त्यस ठाउँलाई यसो भनेर पनीएल नाम राखे, “किनकि मैले परमेश्‍वरलाई आमने-सामने देखेको छु, र पनि मेरो ज्यान बाँच्यो।”
GEN 32:31 तिनी पनीएलबाट जाँदा सूर्योदय भइसकेको थियो, र आफ्नो कम्मरको जोर्नी खुस्किएको कारण तिनी खोच्याउँदै हिँड्न थाले।
GEN 32:32 यसकारण तिनको कम्मरको जोर्नीको मूलनसा छोइएको हुनाले आजसम्म पनि इस्राएलीहरू जनावरको कम्मरमा टाँसिएको नसा खाँदैनन्।
GEN 33:1 याकोबले आँखा उठाएर हेर्दा एसावलाई चार सय मानिसहरूसित आइरहेका देखे; अनि तिनले छोराछोरीहरूलाई लेआ, राहेल र दुई सेविकाहरूका बीचमा विभाजन गरे।
GEN 33:2 तिनले सबैभन्दा अगि सेविकाहरू र तिनीहरूका छोराछोरीहरूलाई राखे; त्यसपछि लेआ र तिनका छोराछोरीहरूलाई, र राहेल र योसेफलाई सबैभन्दा पछाडि राखे।
GEN 33:3 तिनी आफैँचाहिँ सबैभन्दा अगि बढेर आफ्ना दाजुको नजिक आइपुग्दा सातपल्ट भुइँसम्मै निहुरेर दण्डवत् गरे।
GEN 33:4 तर एसाव याकोबलाई भेट्न दौडेर गए, तिनलाई अँगालो हाले र तिनले म्वाइँ खाए; अनि तिनीहरू दुवै धुरुधुरु रोए।
GEN 33:5 तब एसावले आँखा उठाएर हेरे, र ती स्त्रीहरू र बालबच्‍चाहरूलाई देखे। तब तिनले सोधे, “तिमीसित भएका यिनीहरू को हुन्?” याकोबले जवाफ दिए, “यिनीहरू परमेश्‍वरले कृपा गर्नुभएर तपाईंको सेवकलाई दिनुभएका छोराछोरीहरू हुन्।”
GEN 33:6 तब ती सेविकाहरू र तिनीहरूका छोराछोरीले पनि नजिक आएर दण्डवत् गरे।
GEN 33:7 त्यसपछि लेआ र तिनका छोराछोरी आएर दण्डवत् गरे। आखिरमा योसेफ र राहेल पनि आए, र दण्डवत् गरे।
GEN 33:8 एसावले सोधे, “मैले भेटेका यी सबै बगाल र बथानको अर्थ के हो?” याकोबले जवाफ दिए, “मेरा मालिक, तपाईंको दृष्‍टिमा मैले निगाह पाउन सकूँ भनेर हो।”
GEN 33:9 तर एसावले भने, “मेरो भाइ, मसित प्रशस्त छँदैछ। तिमीसित भएका तिम्रै लागि राख।”
GEN 33:10 याकोबले भने, “होइन, यदि मैले तपाईंको दृष्‍टिमा निगाह प्राप्‍त गरेको छु भने कृपया मबाट यो उपहार ग्रहण गर्नुहोस्; किनभने तपाईंले ममाथि यति ठूलो निगाह देखाएर स्वीकार गर्नुभएकोले, तपाईंको दर्शन पाउँदा परमेश्‍वरको दर्शन पाएझैँ भयो।
GEN 33:11 तपाईंकहाँ ल्याइएको मेरो उपहार ग्रहण गर्नुहोस्; किनकि परमेश्‍वरको अनुग्रहको कारणले मलाई चाहिएका सबै कुरा छन्।” अनि याकोबले कर गरेको कारण एसावले त्यो ग्रहण गरे।
GEN 33:12 तब एसावले भने, “अब हामी आफ्नो बाटो लागौँ; अनि म तिमीसित जानेछु।”
GEN 33:13 तर याकोबले भने, “मेरा मालिकलाई थाहै छ, यी छोराछोरीहरू कलिला छन्; र मैले बथानहरूका दूध खुवाउने भेडीहरू र गाईहरू र तिनीहरूका बच्‍चाहरूको हेरचाह गर्नुपर्छ।
GEN 33:14 यसकारण म तपाईंलाई बिन्ती गर्दछु, तपाईं नै मभन्दा अगि जानुहोस्। मचाहिँ मेरा मालिककहाँ सेइरमा नपुगुन्जेल अगाडि भएका बथानहरू, बगालहरू र बालबच्‍चाहरूको चालमा बिस्तारै हिँडेर आउनेछु।”
GEN 33:15 एसावले भने, “त्यसो भए म मेरा केही मानिसहरू तिमीसित छोडिदिनेछु।” याकोबले सोधे, “तर त्यसो गर्नु आवश्यक होला र? मलाई केवल मेरा मालिकको दृष्‍टिमा निगाह पाउन दिनुहोस्।”
GEN 33:16 यसकारण त्यही दिन एसाव सेइरतिर फर्कन आफ्नो बाटो लागे।
GEN 33:17 तर याकोबचाहिँ सुक्‍कोतमा गए, जहाँ तिनले आफ्नै लागि र आफ्ना गाईबस्तुका लागि छाप्राहरू बनाए। यसैकारण त्यस ठाउँलाई सुक्‍कोत भनियो।
GEN 33:18 याकोब पद्दन-अरामबाट आउँदा तिनी कनानको शेकेम सहरमा सुरक्षित आइपुगे, र त्यस सहरको छेवैमा पाल टाँगेर बसे।
GEN 33:19 तिनले शेकेमका बुबा हामोरका छोराहरूबाट, एक सय चाँदीका टुक्राहरू तिरेर एक टुक्रा जमिन किने, जहाँ तिनले आफ्नो पाल टाँगे।
GEN 33:20 अनि तिनले त्यहाँ एउटा वेदी खडा गरे, र त्यसलाई एल-एलोहे-इस्राएल भने।
GEN 34:1 एक दिन याकोबबाट लेआले जन्माएकी छोरी दीना, त्यस देशका स्त्रीहरूलाई भेट गर्न गइन्।
GEN 34:2 जब त्यस इलाकाका शासक हिव्वी हामोरको छोरा शेकेमले तिनलाई देखे, तब तिनले उनलाई लगेर उनको इज्जत लुटे।
GEN 34:3 तिनको हृदय याकोबकी छोरी दीनाप्रति आकर्षित भयो; तिनले त्यस केटीलाई प्रेम गरे, र उनीसित मिठा-मिठा कुरा गरेर फकाए।
GEN 34:4 अनि शेकेमले आफ्ना पिता हामोरलाई भने, “त्यस केटीलाई मेरी पत्नी हुनलाई ल्याइदिनुहोस्।”
GEN 34:5 जब याकोबले आफ्नी छोरी दीनालाई अशुद्ध बनाइएको थाहा पाए, त्यस बेला तिनका छोराहरू तिनका गाईबस्तुसित खेतमा थिए; यसकारण तिनीहरू घर नआउन्जेल तिनी चुपचाप रहे।
GEN 34:6 तब शेकेमका पिता हामोर याकोबसित कुरा गर्न गए।
GEN 34:7 अब जे भएको थियो, त्यो सुन्‍नेबित्तिकै याकोबका छोराहरू खेतबाट घरमा आएका थिए। तिनीहरू विचलित र क्रुद्ध भए; किनभने शेकेमले याकोबकी छोरीलाई अशुद्ध बनाएर इस्राएलको बेइज्जत गरेका थिए। यस्तो शर्मलाग्दो काम गर्नु कदापि उचित थिएन।
GEN 34:8 तर हामोरले तिनीहरूलाई भने, “मेरो छोरा शेकेमको हृदय तपाईंकी छोरीमा आकर्षित भएको छ। दया गरी तिनलाई त्यसकी पत्नी हुनलाई दिनुहोस्।
GEN 34:9 हामीसित अन्तर-विवाह गर्नुहोस्; हामीलाई तपाईंका छोरीहरू दिनुहोस्, र हाम्रा छोरीहरू तपाईंहरूले लानुहोस्।
GEN 34:10 अनि तपाईंहरू हामीबीच बसोबास गर्न सक्नुहुनेछ। यो देश तपाईंहरूका लागि खुला छ। यहीँ बसोबास गर्नुहोस्, व्यापार गर्नुहोस् र सम्पत्ति जोड्नुहोस्।”
GEN 34:11 त्यसपछि शेकेमले दीनाका पिता र तिनका दाजुभाइहरूलाई भने, “मैले तपाईंहरूको दृष्‍टिमा निगाह पाऊँ! अनि तपाईंहरूले जे माग्नुहुन्छ, सो म दिनेछु।
GEN 34:12 मैले दुलही र तपाईंहरूकहाँ ल्याउनुपर्ने उपहार जतिसुकै ठूलो भए तापनि मूल्य तोक्नुहोस्। तपाईंहरूले जति माग्नुहुन्छ, सो म तिर्नेछु। केवल त्यो कन्यासँग मलाई विवाह गर्न दिनुहोस्।”
GEN 34:13 आफ्नी बहिनी दीना अशुद्ध पारिएकोले शेकेम र तिनका पिता हामोरसित कुरा गर्दा याकोबका छोराहरूले छलपूर्ण जवाफ दिए।
GEN 34:14 तिनीहरूले उनीहरूलाई भने, “हामी यस्तो गर्न सक्दैनौँ; खतना नभएका मानिसलाई हामी आफ्नी बहिनी दिन सक्दैनौँ। त्यो हाम्रा निम्ति अपमानजनक हुनेछ।
GEN 34:15 हामी केवल एउटै शर्तमा तपाईंहरूसँग मन्जुर हुनेछौँ: अर्थात् तपाईंहरूका सबै पुरुषहरूले खतना गरेर हामीजस्तै हुनुपर्छ।
GEN 34:16 तब हामी हाम्रा छोरीहरू दिनेछौँ; अनि आफ्ना लागि तपाईंहरूका छोरीहरू लिनेछौँ। हामी तपाईंहरूबीच बसोबास गर्नेछौँ, तपाईंहरूसित एउटै जाति हुनेछौँ।
GEN 34:17 तर यदि तपाईंहरू खतना हुन सहमत हुनुभएन भने हामी हाम्री बहिनीलाई लिएर जानेछौँ।”
GEN 34:18 हामोर र तिनका छोरा शेकेमलाई तिनीहरूको प्रस्ताव उचित लाग्यो।
GEN 34:19 आफ्ना पिताका घरानामा सबैभन्दा बढी सम्मान पाएका यस जवान मानिसले तिनीहरूले भनेबमोजिम गर्नलाई समय खेर फालेनन्; किनकि उनले याकोबकी छोरीलाई खूबै मन पराएका थिए।
GEN 34:20 यसकारण हामोर र तिनका छोरा शेकेम आफ्ना नगरबासीहरूलाई यो कुरा भन्‍नलाई आफ्ना सहरको मूलढोकामा गए।
GEN 34:21 तिनीहरूले भने, “यी मानिसहरू हामीप्रति मित्रतामा छन्। तिनीहरू हाम्रो देशमा बसून्, र व्यापार गरून्; यस देशमा तिनीहरूका निम्ति प्रशस्त ठाउँहरू छन्। हामीले तिनीहरूका छोरीहरू विवाह गर्न सक्छौँ, र तिनीहरूले हाम्रा छोरीहरू।
GEN 34:22 तर शर्त यो छ, कि हामीले पनि ती मानिसहरूले जस्तै हाम्रा पुरुषहरूका खतना गर्‍यौँ भने मात्र हामीसित एकै जाति भएर बस्‍न मन्जुर हुनेछन्।
GEN 34:23 के तिनीहरूका गाईबस्तु, तिनीहरूका सम्पत्ति र तिनीहरूका सबै पशुहरू हाम्रा हुँदैनन् र? यसकारण हामी तिनीहरूको शर्त मानौँ, र तिनीहरू हामीसँग बसोबास गर्नेछन्।”
GEN 34:24 सहरका मूलढोकाबाहिर निस्कने सबै मानिसहरू हामोर र तिनका छोरा शेकेमसित सहमत भए; अनि सहरमा भएका प्रत्येक पुरुषको खतना गरियो।
GEN 34:25 तीन दिन बितेपछि तिनीहरूलाई कष्‍ट भइरहेकै बेला, याकोबका दुई छोराहरू, शिमियोन र लेवी—दीनाका दाजुहरूले आ-आफ्नो तरवार लिएर कसैले थाहै नपाई सहरमा पसेर आक्रमण गरे, र सबै पुरुषहरूलाई मारे।
GEN 34:26 तिनीहरूले हामोर र तिनका छोरा शेकेमलाई तरवारले काटेर मारे, र दीनालाई शेकेमको घरबाट लिएर गए।
GEN 34:27 याकोबका छोराहरू लासहरू भएका ठाउँमा आए; अनि तिनीहरूकी बहिनीलाई अशुद्ध पारिएको सहरलाई लुटे।
GEN 34:28 तिनीहरूले उनीहरूका बगाल, बथान, गधाहरू र सहरभित्र अनि खेतहरूमा भएका प्रत्येक कुरा लिएर गए।
GEN 34:29 तिनीहरूले उनीहरूका सबै धनसम्पत्ति, स्त्रीहरू, छोराछोरी र घरमा भएका प्रत्येक कुराहरू लुटको मालझैँ कब्जा गरे।
GEN 34:30 तब याकोबले शिमियोन र लेवीलाई भने, “तिमीहरूले यस देशमा बस्‍ने मानिसहरू—कनानी र परिज्जीहरूसित मलाई अप्रिय बनाएर ममाथि सङ्कष्‍ट ल्यायौ। हामी अल्प संख्यामा छौँ। यदि तिनीहरू मेरो विरुद्धमा एकमत भएर मलाई आक्रमण गरे भने म र मेरा घराना नष्‍ट हुनेछौँ।”
GEN 34:31 तर तिनीहरूले जवाफ दिए, “के त्यसले चाहिँ हाम्री बहिनीलाई एउटी वेश्याझैँ व्यवहार गर्न हुनेथियो त?”
GEN 35:1 तब परमेश्‍वरले याकोबलाई भन्‍नुभयो, “बेथेल गएर त्यहीँ बसोबास गर्, र तँ तेरा दाजु एसावदेखि भागेको बेला तँकहाँ देखा पर्नुहुने परमेश्‍वरका लागि त्यहाँ एउटा वेदी बना।”
GEN 35:2 यसकारण याकोबले आफ्नो घराना र आफूसँग भएका सबैलाई भने, “तिमीहरूसँग भएका परदेशी देवताहरू त्याग, र आफूलाई शुद्ध पार, र आफ्ना लुगाहरू फेर।
GEN 35:3 त्यसपछि आओ र हामी बेथेल जाऔँ, जहाँ म परमेश्‍वरका निम्ति एउटा वेदी बनाउनेछु, जसले मेरो सङ्कटमा मलाई जवाफ दिनुभयो र, म जहाँ-जहाँ गएँ, मेरो साथमा रहनुभयो।”
GEN 35:4 यसकारण तिनीहरूले आफूसित भएका सबै विदेशी देवताहरू र आफ्ना कानका कुण्डलहरू याकोबलाई दिए; अनि याकोबले ती शेकेममा भएको फलाँटको रूखमुनि गाडिदिए।
GEN 35:5 त्यसपछि तिनीहरू त्यहाँबाट हिँडे, र तिनीहरू गएको चारैतिरका नगरहरूमा परमेश्‍वरको त्रास फैलियो। त्यसकारण कसैले पनि याकोबका छोराहरूलाई खेदेन।
GEN 35:6 याकोब र तिनीसित भएका सबै मानिसहरू कनानको लूजमा (अर्थात्, बेथेलमा) आए।
GEN 35:7 त्यहाँ तिनले एउटा वेदी बनाए, र तिनले त्यस ठाउँलाई एल-बेथेल भने; किनकि तिनी आफ्ना दाजुदेखि भागेर जाँदा त्यहीँ नै परमेश्‍वरले आफूलाई तिनीकहाँ प्रकट गर्नुभएको थियो।
GEN 35:8 अब रिबेकाकी धाईआमा दबोराको मृत्यु भयो, र तिनलाई बेथेलबाहिर फलाँटको रूखमुनि गाडियो। यसकारण त्यसको नाम अल्‍लोन-बकुत राखियो।
GEN 35:9 याकोब पद्दन-अरामबाट फर्केपछि परमेश्‍वर तिनीकहाँ फेरि देखा पर्नुभयो, र तिनलाई आशिष् दिनुभयो।
GEN 35:10 परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तेरो नाम याकोब हो; तर अब उसो तँलाई याकोब भनिनेछैन, तर तेरो नाम इस्राएल हुनेछ।” यसरी उहाँले तिनको नाम इस्राएल राख्नुभयो।
GEN 35:11 अनि परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान् परमेश्‍वर हुँ; फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जानू। तँबाट एउटा राष्ट्र र जाति-जातिहरूको एउटा समुदाय निस्कनेछ; र तेरा सन्तानहरूका बीचबाट राजाहरू निस्कनेछन्।
GEN 35:12 मैले अब्राहाम र इसहाकलाई दिएको देश म तँलाई पनि दिनेछु, र यही देश म तँपछि तेरा सन्तानहरूलाई पनि दिनेछु।”
GEN 35:13 त्यसपछि परमेश्‍वर आफूले तिनीसित कुरा गर्नुभएको त्यस ठाउँबाट माथि जानुभयो।
GEN 35:14 याकोबले तिनीसित परमेश्‍वरले कुरा गर्नुभएको ठाउँमा एउटा खाँबो ठड्याए; अनि त्यसमाथि तिनले अर्घबलि चढाए; अनि त्यसमाथि तेल पनि खन्याए।
GEN 35:15 परमेश्‍वरले तिनीसित कुरा गर्नुभएको त्यस ठाउँको नाम याकोबले बेथेल राखे।
GEN 35:16 त्यसपछि तिनीहरू बेथेलबाट हिँडे। तिनीहरू एप्रातदेखि टाढा छँदै राहेललाई सुत्केरी व्यथा लागेर ज्यादै पीडा भयो।
GEN 35:17 अनि तिनलाई सुत्केरी व्यथाले कष्‍ट हुँदा सुँडेनीले तिनलाई भनिन्, “नडराउनुहोस्, किनकि तपाईंले अर्को छोरालाई जन्म दिनुभएको छ।”
GEN 35:18 जब तिनी मर्नै लागेकी थिइन्, तिनले अन्तिम सास लिँदैगर्दा, तिनले आफ्नो छोराको नाम बेन-ओनी राखिन्। तर त्यसका बुबाले त्यसको नाम बेन्यामीन राखे।
GEN 35:19 यसरी राहेलको मृत्यु भयो, र तिनी एप्रात (अर्थात् बेथलेहेम) जाने बाटोमा गाडिइन्।
GEN 35:20 तिनको चिहानमाथि याकोबले एउटा खाँबो खडा गरे; अनि त्यो खाँबो राहेलको चिहानको सङ्केतको रूपमा आजसम्म पनि छँदैछ।
GEN 35:21 इस्राएल अझै अगि बढे, र आफ्नो पाल मिग्दल-एदेरको पारिपट्टि टाँगे।
GEN 35:22 इस्राएल त्यस प्रान्तमा रहेकै बेला रूबेन आफ्ना बुबाकी उपपत्नी बिल्हासित सुते; अनि इस्राएलले यसको बारेमा सुने।
GEN 35:23 लेआका छोराहरू: रूबेन, जो याकोबका जेठा छोरा थिए, शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून।
GEN 35:24 राहेलका छोराहरू: योसेफ र बेन्यामीन।
GEN 35:25 राहेलकी सेविका बिल्हाका छोराहरू: दान र नप्‍ताली।
GEN 35:26 लेआकी सेविका जिल्पाका छोराहरू: गाद र आशेर।
GEN 35:27 याकोब किर्यत-अर्बाको (अर्थात्, हेब्रोन) नजिक मम्रेमा आफ्ना पिता इसहाककहाँ आए, जहाँ अब्राहाम र इसहाक बस्थे।
GEN 35:28 इसहाक एक सय असी वर्षसम्म बाँचे।
GEN 35:29 तब इसहाकले आफ्नो पूरा बुढेसकालमा, पूरा आयुमा तिनले अन्तिम सास फेरे, र तिनको मृत्यु भयो; अनि आफ्ना पुर्खाहरूसित मिल्न गए। अनि तिनका छोराहरू एसाव र याकोबले तिनलाई गाडे।
GEN 36:1 एसावको (अर्थात् एदोमको) विवरण यही हो।
GEN 36:2 एसावले कनानी स्त्रीहरूबाट हित्ती एलोनकी छोरी आदा, हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा,
GEN 36:3 र नबायोतकी बहिनी इश्माएलकी छोरी बासमतलाई पनि आफ्नी पत्नी तुल्याए।
GEN 36:4 एसावको निम्ति आदाले एलीपज, बासमतले रूएल,
GEN 36:5 अनि ओहोलीबामाले येऊश, यालाम र कोरह जन्माइन्। यिनीहरू एसावका छोराहरू थिए, जो कनानमा जन्मेका थिए।
GEN 36:6 एसाव आफ्ना पत्नीहरू, छोराहरू, छोरीहरू, आफ्ना घरानाका सदस्यहरूका साथै गाईबस्तु र आफ्ना सबै जनावरहरू र तिनले कनानमा प्राप्‍त गरेका सबै कुराहरू लिएर आफ्नो भाइ याकोबदेखि टाढा अर्कै देशमा गए।
GEN 36:7 तिनीहरूका धनसम्पत्ति धेरै भएकोले तिनीहरू एकसाथ बस्‍न सकेनन्; तिनीहरूका गाईबस्तुका कारण तिनीहरू बसोबास गरेको देशले दुवैलाई धान्‍न सकेन।
GEN 36:8 यसकारण एसाव (अर्थात् एदोम) सेइरको पहाडी मुलुकमा बसोबास गरे।
GEN 36:9 सेइरको पहाडी मुलुकमा भएका एदोमीहरूका पुर्खा एसावको विवरण यही हो।
GEN 36:10 एसावका छोराहरूका नाम यिनै हुन्: एसावकी पत्नी आदाका छोरा एलीपज र एसावकी पत्नी बासमतका छोरा रूएल।
GEN 36:11 एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र कनज।
GEN 36:12 एसावका छोरा एलीपजकी एउटी उपपत्नी पनि थिइन्; जसको नाम तिम्ना थियो, जसले तिनका निम्ति अमालेकलाई जन्माइन्। यिनीहरू एसावकी पत्नी आदाका नातिहरू थिए।
GEN 36:13 रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। यिनीहरू एसावकी पत्नी बासमतका नातिहरू थिए।
GEN 36:14 अनाकी छोरी र सिबोनकी नातिनी, ओहोलीबामाले एसावका निम्ति जन्माएका छोराहरू यिनै हुन्: येऊश, यालाम र कोरह।
GEN 36:15 एसावका सन्तानहरूमध्ये मुखियाहरूचाहिँ यिनै हुन्: एसावका जेठा छोरा एलीपजका छोराहरू: तेमान, ओमार, सपो, कनज,
GEN 36:16 कोरह, गाताम र अमालेक। यिनीहरू नै एदोममा भएका एलीपजका सन्तानका मुखियाहरू थिए; तिनीहरू आदाका नातिहरू थिए।
GEN 36:17 एसावका छोरा रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। यिनीहरू एदोममा भएका रूएलका सन्तानका मुखियाहरू थिए; तिनीहरू एसावकी पत्नी बासमतका नातिहरू थिए।
GEN 36:18 एसावकी पत्नी ओहोलीबामाका छोराहरू: येऊश, यालाम र कोरह। यिनीहरू अनाकी छोरी ओहोलीबामा अर्थात् एसावकी पत्नीबाट आएका सन्तानका मुखियाहरू थिए।
GEN 36:19 यिनीहरू एसावका (अर्थात् एदोमका) छोराहरू थिए; र यिनीहरू नै तिनीहरूका मुखियाहरू थिए।
GEN 36:20 त्यस इलाकामा बस्‍ने होरीत सेइरका छोराहरू यिनै थिए: लोतान, शोबाल, सिबोन, अना,
GEN 36:21 दीशोन, एसेर, र दीशान। एदोम देशमा सेइरका यी छोराहरू होरीतवंशीका मुखियाहरू थिए।
GEN 36:22 लोतानका छोराहरू: होरी र होमान। तिम्नाचाहिँ लोतानकी बहिनी थिइन्।
GEN 36:23 शोबालका छोराहरू: अल्बान, मानहत, एबाल, शपो र ओनाम।
GEN 36:24 सिबोनका छोराहरू: अय्या र अना। (यही अना हुन्, जसले आफ्ना पिता सिबोनका गधाहरू चराउँदै गर्दा जङ्गलमा तातो पानीको मूल पत्ता लाएका थिए।)
GEN 36:25 अनाका सन्तानहरू: दीशोन र अनाकी छोरी ओहोलीबामा।
GEN 36:26 दीशानका छोराहरू: हेमदान, एश्बान, यित्रान र करान।
GEN 36:27 एसेरका छोराहरू: बिल्हान, जावान र अकान।
GEN 36:28 दीशानका छोराहरू: ऊज र अरान।
GEN 36:29 यिनीहरू होरी जातिका मुखियाहरू थिए: लोतान, शोबाल, सिबोन, अना,
GEN 36:30 दीशोन, एसेर र दीशान।
GEN 36:31 कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए:
GEN 36:32 बओरका छोरा बेला एदोमका राजा भए। तिनको सहरको नाम दिन्हावा राखियो।
GEN 36:33 बेलाको मृत्युपछि, बोज्रामा बस्‍ने जेरहका छोरा योबाब तिनको ठाउँमा राजा भए।
GEN 36:34 योबाबको मृत्युपछि, तेमानीहरूको देशमा बस्‍ने हूशाम तिनको ठाउँमा राजा भए।
GEN 36:35 हूशामको मृत्युपछि, मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो।
GEN 36:36 हददको मृत्युपछि, मस्रेकामा बस्‍ने शम्‍ला तिनको ठाउँमा राजा भए।
GEN 36:37 शम्‍लाको मृत्युपछि, यूफ्रेटिस नदी नजिकै बस्‍ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए।
GEN 36:38 शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानान तिनको ठाउँमा राजा भए।
GEN 36:39 अक्बोरका छोरा बाल-हानानको मृत्युपछि, हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो, जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्।
GEN 36:40 तिनीहरूका वंश र क्षेत्रअनुसार एसावका सन्तानका मुखियाहरूका नाम यिनै हुन्: तिम्ना, अल्वा, यतेत,
GEN 36:41 ओहोलीबामा, एलाह, पीनोन,
GEN 36:42 कनज, तेमान, मिब्सार,
GEN 36:43 मग्दीएल र ईराम।
GEN 37:1 याकोब आफ्ना पिता परदेशी बनेर बसेको देश कनानमा बसे।
GEN 37:2 याकोबका वंशको विवरण यही हो। योसेफ सत्र वर्षको जवान हुँदा तिनका दाजुहरूसँग भेडाबाख्राका बगालहरू चराउँथे। एक दिन तिनले आफ्ना पिताका पत्नीहरू बिल्हा र जिल्पाका छोराहरूको खराब व्यवहारको खबर आफ्ना बुबाकहाँ ल्याए।
GEN 37:3 इस्राएलले योसेफलाई आफ्ना अरू छोराहरूभन्दा धेरै माया गर्थे; किनकि तिनी उनको बुढेसकालमा जन्मेका थिए; अनि तिनले उनका लागि एउटा राम्रो बुट्टेदार लबेदा बनाए।
GEN 37:4 तिनका दाजुहरूले आफ्ना पिताले तिनलाई उनीहरूलाई भन्दा धेरै माया गरेको देखेर उनीहरूले तिनलाई घृणा गर्थे, र तिनीसँग नरम भएर बोल्दैनथे।
GEN 37:5 योसेफले एउटा सपना देखे; अनि जब त्यो सपना तिनले आफ्ना दाजुहरूलाई सुनाए, तब उनीहरूले तिनलाई झन् धेरै घृणा गर्न थाले।
GEN 37:6 तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्‍नुहोस्:
GEN 37:7 हामी खेतमा अन्‍नका बिटाहरू बाँधिरहेका थियौँ; तब अकस्मात् मेरो बिटा उठेर सीधा खडा भयो; अनि तपाईंहरूका बिटाहरू मेरो बिटाका चारैतिर जम्मा भएर मेरो बिटालाई दण्डवत् गरे।”
GEN 37:8 यो सुनेर तिनका दाजुहरूले तिनलाई भने, “के तँ हामीमाथि शासन गर्न खोज्दैछस्? के तैँले साँच्‍चै नै हामीमाथि शासन गर्नेछस्?” अनि त्यो सपना र तिनले भनेका कुराको कारण उनीहरूले तिनलाई झन् धेरै घृणा गरे।
GEN 37:9 त्यसपछि तिनले अर्को सपना देखे, र तिनले त्यो आफ्ना दाजुहरूलाई सुनाए। तिनले भने, “सुन्‍नुहोस्, मैले अर्को सपना देखेको छु; अनि यस पटक सूर्य, चन्द्र र एघार ताराहरूले मलाई दण्डवत् गरिरहेका थिए।”
GEN 37:10 जब तिनले आफ्ना दाजुहरूलाई बताएझैँ त्यो सपना आफ्ना पितालाई पनि बताए; तब तिनका पिताले तिनलाई हप्काउँदै भने, “तैँले देखेको यो सपना कस्तो हो? के तेरी आमा र मैले अनि तेरा दाजुहरूले साँच्‍चै आएर तेरो सामु भुइँसम्मै निहुरेर तँलाई दण्डवत् गर्नुपर्ने हो?”
GEN 37:11 तिनका दाजुहरू तिनीप्रति डाही भए; तर तिनका पिताले चाहिँ यस कुरालाई मनमै राखे।
GEN 37:12 अब तिनका दाजुहरू आफ्ना पिताका बगाल चराउन शेकेमको नजिक गएका थिए।
GEN 37:13 अनि इस्राएलले योसेफलाई भने, “तँलाई थाहै छ कि तेरा दाजुहरू शेकेमको नजिक बगालहरू चराउँदैछन्। आइज, म तँलाई उनीहरूकहाँ पठाउँछु।” तिनले भने, “हवस्, म जान्छु।”
GEN 37:14 यसकारण इस्राएलले तिनलाई भने, “गएर हेर्, तेरा दाजुहरू र बगालहरू ठिक छन् कि छैनन्, अनि मकहाँ खबर लिएर आइज।” तब उनले तिनलाई हेब्रोनको बेँसीबाट पठाइदिए। जब योसेफ शेकेममा आइपुगे,
GEN 37:15 एक जना मानिसले तिनलाई खेततिर यताउति घुमिरहेका देखे, र सोधे, “तिमी के खोज्दैछौ?”
GEN 37:16 तिनले जवाफ दिए, “म मेरा दाजुहरूलाई खोज्दैछु। उनीहरूले बगाल कहाँ चराउँदैछन्, के तपाईं मलाई भन्‍न सक्नुहुन्छ?”
GEN 37:17 ती मानिसले जवाफ दिए, “उनीहरू यहाँबाट गइसके। उनीहरूले हामी ‘दोतानमा जाऊँ’ भन्दै गरेका मैले सुनेको थिएँ।” यसकारण योसेफ आफ्ना दाजुहरूलाई खोज्दै गए, र उनीहरूलाई दोतानको नजिक भेट्टाए।
GEN 37:18 तर उनीहरूले तिनलाई टाढैबाट देखे, र तिनी उनीहरूकहाँ आइपुग्नुअगि नै तिनको उनीहरूले हत्या गर्ने षड्यन्त्र रचे।
GEN 37:19 उनीहरूले आपसमा भने, “त्यो स्वप्नदर्शी आउँदैछ!”
GEN 37:20 “अब आओ, हामी त्यसलाई मारेर एउटा खाडलमा फ्याँकिदिऔँ; अनि एउटा डरलाग्दो जनावरले त्यसलाई खाएछ भनेर भनिदिऔँ। तब त्यसका सपनाहरू के हुँदारहेछन्, हेरौँला।”
GEN 37:21 जब रूबेनले यो कुरा सुने, तब उनले तिनलाई उनीहरूका हातबाट छुटाउने कोसिस गरे। उनले भने, “हामी त्यसको ज्यानचाहिँ नलिऔँ।
GEN 37:22 रक्तपात नगरौँ। बरु त्यसलाई यहाँ मरुभूमिको यस खाडलमा फ्याँकिदिऔँ; तर त्यसमाथि हातचाहिँ नउठाऔँ।” रूबेनले तिनलाई तिनीहरूका हातबाट छुटाएर तिनलाई आफ्ना पिताकहाँ फर्काएर लगिदिनका लागि यसो भनेका थिए।
GEN 37:23 यसकारण जब योसेफ आफ्ना दाजुहरूकहाँ आइपुगे, तब तिनले लगाएका राम्रा बुट्टेदार भएको लामो लबेदा उनीहरूले फुकालेर खोसे।
GEN 37:24 अनि उनीहरूले तिनलाई लगेर एउटा खाडलमा फ्याँकिदिए। त्यो खाडल रित्तो थियो; त्यसभित्र पानी थिएन।
GEN 37:25 जब उनीहरू खान बसे, तब उनीहरूले आँखा उठाएर हेरे; अनि गिलादबाट इश्माएलीहरूका एक दल आइरहेका देखे। तिनीहरूले ऊँटहरूमाथि मसलाहरू, सुगन्धित लेप र मूर्र लादेर इजिप्टमा लाँदैथिए।
GEN 37:26 यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “आफ्ना भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा छ र?
GEN 37:27 बरु हामी यसलाई यी इश्माएलीहरूलाई बेचिदिऔँ, र यसमाथि हातचाहिँ नहालौँ; आखिर जे भए तापनि यो हाम्रै भाइ, हाम्रै मासु र रगत हो।” अनि उनका दाजुभाइहरू सहमत भए।
GEN 37:28 यसकारण जब ती मिद्यानी व्यापारीहरू नजिक आइपुगे; तिनका दाजुहरूले योसेफलाई खाडलबाट तानेर माथि निकाले, र तिनलाई चाँदीका बीस शेकेलमा इश्माएलीहरूलाई बेचिदिए; जसले तिनलाई इजिप्टमा लगे।
GEN 37:29 जब रूबेन खाडलमा फर्केर आए, तब योसेफलाई त्यहाँ नदेख्दा उनले आफ्ना वस्त्रहरू च्याते।
GEN 37:30 उनी आफ्ना भाइहरूकहाँ गएर भने, “त्यो केटो त त्यहाँ छैन! अब म के गरूँ?”
GEN 37:31 त्यसपछि उनीहरूले योसेफको लबेदा लिए, र एउटा बाख्रा मारेर त्यो लबेदालाई त्यस रगतमा चोपे।
GEN 37:32 अनि त्यो राम्रो बुट्टेदार भएको लबेदा फर्काएर उनीहरूले आफ्ना पिताकहाँ लगेर भने, “हेर्नुहोस् त, हामीले यो लबेदा भेट्टाएका छौँ; के यो तपाईंको छोराको हो र?”
GEN 37:33 तिनले त्यो चिनेर भने, “यो त मेरै छोराको लबेदा हो! कुनै डरलाग्दो जङ्गली पशुले योसेफलाई खाएछ क्यारे। पक्‍कै पनि त्यसलाई खाएर च्यात्तचुत्त पारेछ!”
GEN 37:34 तब याकोबले आफ्ना वस्त्रहरू च्याते, भाङ्ग्रा ओढे र आफ्नो छोराको लागि धेरै दिनसम्म शोक गरिरहे।
GEN 37:35 तिनका सबै छोराछोरीहरूले तिनलाई सान्त्वना दिन आए; तर तिनले शान्त हुन मानेनन्। तिनले भने, “होइनँ, म मेरो छोराकहाँ चिहानमा नगएसम्म शोक गरिरहनेछु।” यसरी तिनका पिताले तिनका निम्ति बिलौना गरिरहे।
GEN 37:36 यही बीचमा ती मिद्यानीहरूले योसेफलाई इजिप्टमा फारोका अधिकारीहरूमध्ये एक जना अङ्गरक्षकका सेनापति पोतिफरलाई बेचिदिए।
GEN 38:1 त्यस समयमा यहूदा आफ्ना दाजुभाइहरूलाई छोडेर हीरा नाम भएको अदुल्‍लामबासीका एक जना मानिसकहाँ बस्‍नलाई गए।
GEN 38:2 त्यहाँ यहूदाले शूआ नाम भएको एक कनानी मानिसकी छोरीलाई भेटे। तिनले उनलाई विवाह गरे, र उनीसँग सहवास गरे;
GEN 38:3 अनि उनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्; जसको नाम एर् राखियो।
GEN 38:4 उनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माइन्; अनि त्यसको नाम ओनान राखिन्।
GEN 38:5 उनले अर्को छोरा पनि जन्माइन्; अनि त्यसको नाम शेलह राखिन्। उनले उसलाई तिनी कजीबमा हुँदा जन्माइन्।
GEN 38:6 यहूदाले आफ्नो जेठा छोरा, एर्‌का लागि एउटी पत्नी ल्याइदिए, जसको नाम तामार थियो।
GEN 38:7 तर यहूदाका जेठा छोरा एर् याहवेहको दृष्‍टिमा दुष्‍ट थिए; यसकारण याहवेहले त्यसको प्राण लिनुभयो।
GEN 38:8 तब यहूदाले ओनानलाई भने, “तेरी भाउजूकहाँ जा, र देवरले गर्नुपर्ने कर्तव्य पूरा गर्; अनि तेरा दाजुका निम्ति सन्तान उत्पन्‍न गर्।”
GEN 38:9 तर ओनानले यो थाहा पाए कि त्यो सन्तान तिनको आफ्नो हुनेछैन; यसकारण जहिले-जहिले तिनी भाउजूकहाँ सुत्न गए, तिनले दाजुको निम्ति सन्तान नहोस् भन्‍नको लागि आफ्नो वीर्यचाहिँ भुइँमा खसाले।
GEN 38:10 तिनले जे गरे, त्यो याहवेहको दृष्‍टिमा दुष्‍ट थियो; यसकारण उहाँले तिनलाई पनि नष्‍ट गर्नुभयो।
GEN 38:11 त्यसपछि यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरा शेलह ठूलो नभएसम्म तिमी आफ्ना पिताको घरमा विधवा भई बस।” किनकि तिनका दाजुहरूजस्तै शेलहको पनि मृत्यु होला भनेर तिनले सोचेका थिए। यसकारण तामार आफ्ना पिताको घरमा बस्‍नलाई गइन्।
GEN 38:12 धेरै समयपछि शूआकी छोरी, यहूदाकी पत्नी मरिन्। जब यहूदा आफ्नो शोकबाट उत्रिए, तब उनी आफ्ना मित्र अदुल्‍लामबासी हीरासँग तिम्नामा मानिसहरूले उनका भेडाहरूको ऊन कत्रने ठाउँमा गए।
GEN 38:13 जब तिम्रा ससुरा आफ्ना भेडाहरूको ऊन कत्रनलाई तिम्नातिर आउँदैछन् भनेर तामारलाई बताइयो,
GEN 38:14 तिनले आफ्नो विधवाको पोशाक फुकालिन्, र आफूलाई नचिन्‍ने बनाउनको लागि आफूलाई घुम्टोले छोपिन्, र तिम्ना जाने बाटोमा भएको एनैमको प्रवेशद्वारमा बसिन्; किनकि शेलह ठूलो भइसकेपछि पनि त्यसकी पत्नी हुन नदिइएको तिनले देखिन्।
GEN 38:15 जब यहूदाले तिनलाई देखे, तिनले अनुहार छोपेकी हुनाले उनले तिनलाई वेश्या भनी ठाने।
GEN 38:16 आफ्नै बुहारी हो भनी उनले थाहा नपाएर तिनी बाटोको किनारमा गएर तिनलाई भने, “मसँग आऊ, र मलाई तिमीसित सुत्न देऊ।” “तपाईंसँग सुतेँ भने मलाई के दिनुहुन्छ?” तिनले सोधिन्।
GEN 38:17 उनले भने, “म मेरा भेडाका बथानबाट तिमीलाई एउटा पाठो पठाइदिनेछु।” तिनले सोधिन्, “तपाईंले त्यो नपठाउन्जेल मलाई बन्धकको रूपमा केही कुरा दिनुहुन्छ?”
GEN 38:18 यहूदाले भने, “म तिमीलाई के बन्धक दिऊँ?” तिनले जवाफ दिइन्, “तपाईंको छाप भएको औँठी, त्यसको डोरी र तपाईंको हातमा भएको त्यो लहुरो राखे हुन्छ।” यसकारण उनले ती कुराहरू तिनलाई दिए, र तिनीसित सुते; अनि उनीद्वारा तिनी गर्भवती भइन्।
GEN 38:19 त्यसपछि तिनी आफ्नो घर गइन्, र आफ्नो घुम्टो फुकालेर फेरि आफ्नो विधवाको वस्त्र लगाइन्।
GEN 38:20 त्यसपछि त्यस स्त्रीबाट आफ्नो बन्धक फिर्ता गराउनलाई यहूदाले आफ्नो अदुल्‍लामबासी हिराद्वारा एउटा कलिलो पाठो त्यस स्त्रीकहाँ पठाए, तर उनले तिनलाई भेट्टाउन सकेनन्।
GEN 38:21 उनले त्यहाँ बस्‍ने मानिसहरूलाई “एनैम देवस्थानमा बस्‍ने देवदासी कहाँ छे?” भनी सोधे। तिनीहरूले भने, “यहाँ त देवस्थानमा बस्‍ने कुनै देवदासी छैन।”
GEN 38:22 यसकारण उनी यहूदाकहाँ फर्किगएर भने, “मैले तिनलाई भेट्टाइनँ। त्यस ठाउँका मानिसहरूले पनि, ‘यहाँ देवस्थानमा बस्‍ने कुनै देवदासी छैन’ भने।”
GEN 38:23 तब यहूदाले भने, “त्यससित जे छन्, ती आफूसितै राखोस्, नत्रता हामी हाँसोको पात्र हुनेछौँ। जे भए तापनि मैले त्यसलाई यो कलिलो पाठो पठाएकै हुँ, तर तिमीले त्यसलाई भेट्टाएनौ।”
GEN 38:24 प्रायः तीन महिनापछि यहूदालाई “तपाईंकी बुहारी तामार वेश्यावृत्तिको दोषी ठहरिएकी छिन्; अनि त्यसको फलस्वरूप तिनी अहिले गर्भवती भएकी छिन्” भनियो। यहूदाले भने, “तिनलाई बाहिर निकाल र जलाएर मारिदेओ!”
GEN 38:25 तिनलाई जब बाहिर निकाल्न लागे, तब तिनले आफ्ना ससुरालाई एउटा खबर पठाइन्। “यी सामानहरू जसका हुन्, तिनैद्वारा म गर्भवती भएकी हुँ,” तिनले भनिन्। अनि तिनले अझ थपेर भनिन्, “तपाईंले यो छाप-औँठी, डोरी, र लहुरो कसका हुन् भनी चिन्‍न सक्नुहुन्छ कि?”
GEN 38:26 यहूदाले ती कुराहरू चिनेर भने, “तिनी त मभन्दा धर्मी रहिछिन्; किनकि मैले तिनलाई आफ्नो छोरो शेलह तिनका पति हुनलाई दिइनँ।” अनि उनी तिनीसित फेरि सुतेनन्।
GEN 38:27 जब तिनको सुत्केरी हुने समय आयो, तिनका गर्भमा जुम्ल्याहा छोराहरू थिए।
GEN 38:28 जब तिनी प्रसव-वेदनामा थिइन्, तीमध्ये एउटाले आफ्नो हात बाहिर निकाल्यो; यसकारण सुँडेनीले एउटा रातो डोरी लिएर त्यसको नाडीमा बाँधिदिइन् र भनिन्, “पहिले निस्केको यही हो।”
GEN 38:29 तर जब त्यसले आफ्नो हात फेरि भित्र तान्यो, त्यसको भाइचाहिँ बाहिर निस्क्यो; अनि तिनले भनिन्, “तँ यसरी आउनमा सफल भइस्!” अनि त्यसको नाम पेरेस राखियो।
GEN 38:30 तब आफ्नो नाडीमा रातो डोरी लिएको त्यसको भाइ बाहिर आयो र त्यसको नाम जेरह राखियो।
GEN 39:1 अब योसेफलाई तल इजिप्टमा लगिएको थियो। फारोका अधिकारी, अङ्गरक्षकका सेनापति पोतिफर भन्‍ने इजिप्टियनले तिनलाई त्यहाँ लैजाने इश्माएलीहरूबाट किने।
GEN 39:2 याहवेह योसेफसित हुनुभएकोले तिनको उन्‍नति भयो, र तिनी आफ्ना इजिप्टियन मालिकको घरमा बस्‍न लागे।
GEN 39:3 जब तिनका मालिकले याहवेह योसेफको साथमा हुनुभएको र तिनले गरेका सबै कुरामा उहाँले आशिष् दिनुभएको देखे,
GEN 39:4 योसेफले उनको दृष्‍टिमा निगाह पाए, र उनका मुख्य कारिन्दा भए। पोतिफरले तिनलाई आफ्नो घरको जिम्मा दिए र उनीसित भएका सबै कुराहरूमाथि रेखदेख गर्न जिम्मेवारी सुम्पिदिए।
GEN 39:5 पोतिफरले आफ्नो घरको र आफूसित भएका सबै कुराको जिम्मा योसेफलाई दिएको समयदेखि तिनको कारण याहवेहले त्यहाँका इजिप्टियन घरलाई आशिष् दिनुभयो। याहवेहको आशिष् पोतिफरसित भएका सबै कुराहरूमा, अर्थात् घरभित्र र खेतमा भएका दुवै कुराहरूमाथि थियो।
GEN 39:6 यसकारण उनले आफूसित भएका सबै कुराहरू योसेफको रेख-देखमा छोडिदिए; आफूले खाने भोजनबाहेक अरू कुनै कुरामा पनि उनले चिन्ता गरेनन्। योसेफ हट्टाकट्टा र सुन्दर थिए।
GEN 39:7 अनि केही समयपछि तिनका मालिककी पत्नीले योसेफलाई मन पराउन थालिन् र भनिन्, “मसँग ओछ्यानमा आऊ!”
GEN 39:8 तर तिनले अस्वीकार गरे। तिनले आफ्नी मालिक्नीलाई भने, “सबै कुरा मेरो जिम्मामा रहेकोले मेरा मालिकलाई घरको कुनै कुराको पनि चिन्ता छैन। उहाँसित भएका सबै कुरा उहाँले मेरै रेख-देखमा राखिदिनुभएको छ।
GEN 39:9 यस घरमा मभन्दा ठूलो अरू कोही छैन। तपाईं उहाँकी पत्नी हुनुभएकोले, मेरा मालिकले तपाईंबाहेक अरू कुनै कुरा पनि मदेखि अलग राख्नुभएको छैन। त्यसकारण यस्तो दुष्‍ट काम गरेर कसरी परमेश्‍वरको विरुद्धमा म पाप गर्न सक्छु र?”
GEN 39:10 अनि तिनले दिनदिनै योसेफलाई त्यसो भने तापनि योसेफले तिनीसित सुत्न त परै जाओस्, तिनको नजिक बस्‍न समेत अस्वीकार गरे।
GEN 39:11 एक दिन योसेफ आफ्नो काम गर्न भनी घरभित्र गए; घरभित्र अरू कोही पनि सेवकहरू थिएनन्।
GEN 39:12 तब तिनले योसेफको लुगा समात्दै, “आऊ, मसँग ओछ्यानमा सुत!” भनिन्, तर आफ्नो लुगा तिनको हातैमा छाडेर तिनी घरबाट बाहिर भागे।
GEN 39:13 जब योसेफले आफ्नो लुगा तिनकै हातमा छाडेर घरदेखि बाहिर भागेको तिनले देखिन्,
GEN 39:14 तब तिनले आफ्ना घरका सेवकहरूलाई बोलाएर तिनीहरूलाई भनिन्, “हेर, यस हिब्रूलाई त हाम्रो बेइज्जत गर्न भनेर पो हामीकहाँ ल्याइएको रहेछ! त्यो मसँग सुत्नलाई यहाँ भित्र आयो, र म चिच्याएँ।
GEN 39:15 जब म चिच्याएको त्यसले सुन्यो, तब त्यसले आफ्नो लुगा मेरो छेउमा छोडेर घरबाट बाहिर भाग्यो।”
GEN 39:16 तिनले त्यो लुगा आफ्ना पति नआउन्जेल आफ्नै साथमा राखिन्।
GEN 39:17 तब तिनले उनलाई यो घटना भनिन्: “तपाईंले ल्याउनुभएको त्यो हिब्रू सेवक मेरो इज्जत लुट्न भनी मकहाँ आयो।
GEN 39:18 तर म जब सहायताको लागि चिच्याएँ, तब त्यसले आफ्नो लुगा मेरो छेउमा छोडेर घरबाट बाहिर भाग्यो।”
GEN 39:19 जब उनका मालिकले आफ्नी पत्नीले, “तपाईंको दासले मसँग यस्तो व्यवहार गर्‍यो,” भनेको घटना सुने, तब तिनी रिसले चुर भए।
GEN 39:20 योसेफका मालिकले तिनलाई राजाका कैदीहरू थुन्‍ने झ्यालखानामा लगेर हालिदिए। तर योसेफ त्यस झ्यालखानामा हुँदा,
GEN 39:21 याहवेह तिनको साथमा हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि दया देखाउनुभयो, र झ्यालखानाका हाकिमको दृष्‍टिमा तिनलाई निगाह प्राप्‍त गराइदिनुभयो।
GEN 39:22 यसकारण झ्यालखानाका हाकिमले योसेफलाई झ्यालखानामा राखिएका सबैमाथि रेखदेख गर्ने जिम्मा दिए; अनि तिनलाई त्यहाँ गरिने सबै कुराहरूका जिम्मेवारी सुम्पिदिए।
GEN 39:23 ती हाकिमले योसेफको जिम्मामा रहेका कुनै कुरामाथि पनि चिन्ता गर्दैनथिए; किनकि याहवेह योसेफसित हुनुहुन्थ्यो, र तिनले गरेका सबै कुरामा उहाँले तिनलाई सफलता दिनुभयो।
GEN 40:1 केही समयपछि इजिप्टका राजाका मुख्य मद्य टक्र्याउने र मुख्य भान्सेले आफ्ना मालिक इजिप्टका राजाको विरुद्धमा अपराध गरे।
GEN 40:2 फारो आफ्ना दुई पदाधिकारीहरू अर्थात् मुख्य मद्य टक्र्याउने र मुख्य भान्से दुवैसँग क्रोधित भए।
GEN 40:3 अनि तिनीहरूलाई अङ्गरक्षकका सेनापतिको घरमा थुनामा राखिदिए, जहाँ योसेफ पनि थुनामा परेका थिए।
GEN 40:4 अङ्गरक्षकका सेनापतिले तिनीहरूलाई पनि योसेफको जिम्मामा सुम्पिदिए, र तिनले उनीहरूको हेरचाह गरे। उनीहरू थुनामा रहेको केही समयपछि,
GEN 40:5 ती दुई मानिसहरू—अर्थात् इजिप्टका राजाका मद्य टक्र्याउने र भान्से, जो झ्यालखानामा परेका थिए, ती दुवैले एकै रातमा आ-आफ्ना सपना देखे, र प्रत्येक सपनाको आ-आफ्नै अर्थ थियो।
GEN 40:6 भोलिपल्ट बिहान जब योसेफ उनीहरूकहाँ आए, तिनले उनीहरूलाई उदास देखे।
GEN 40:7 यसकारण तिनले आफ्ना मालिकका घरमा आफूसित थुनामा परेका फारोका पदाधिकारीहरूलाई सोधे, “आज तपाईंहरू किन यति उदास हुनुहुन्छ?”
GEN 40:8 तिनीहरू दुवैले जवाफ दिए, “हामी दुवैले सपना देखेका छौँ, तर यसको अर्थ खोलिदिने कोही पनि छैन।” तब योसेफले तिनीहरूलाई भने, “के सपनाका अर्थहरू परमेश्‍वरबाट खोलिने होइनन् र? मलाई तपाईंहरूका सपनाहरू भन्‍नुहोस्।”
GEN 40:9 यसकारण मुख्य मद्य टक्र्याउनेले योसेफलाई आफ्नो सपना भने। उनले तिनलाई भने, “मेरो सपनामा मैले मेरो सामु एउटा दाखको बोट देखेँ,
GEN 40:10 अनि त्यस बोटमा तीन वटा हाँगाहरू थिए। जब त्यसमा टुसा पलाएर फूल फुल्यो, त्यसका झुप्पाहरू पाकेका दाखहरू भए।
GEN 40:11 फारोको कचौरा मेरो हातमा थियो, मैले दाखहरू लिएँ, र ती दाखहरूलाई फारोको कचौराभित्र निचोरिदिएँ; अनि त्यो कचौरा तिनको हातमा टक्र्याइदिएँ।”
GEN 40:12 योसेफले उनलाई भने, “यसको अर्थ यही हो, तीन हाँगाहरू तीन दिन हुन्।
GEN 40:13 तीन दिनभित्र फारोले तपाईंलाई उच्‍च पार्नुहुनेछ, र तपाईंलाई तपाईंको पहिलेकै काममा नियुक्त गर्नुहुनेछ; अनि तपाईं तिनको मद्य टक्र्याउने हुँदा जे गर्नुहुन्थ्यो, त्यसरी नै तपाईंले फारोको कचौरा उहाँको हातमा टक्र्याउनुहुनेछ।
GEN 40:14 तर जब तपाईंसँग सबै कुरा सही हुन्छ, मलाई सम्झनुहोला, र ममाथि दया देखाउनुहोला; फारोलाई मेरो विषयमा भनिदिनुहोस्, र मलाई यस झ्यालखानाबाट बाहिर निकालिदिनुहोस्।
GEN 40:15 किनकि मलाई हिब्रूहरूको देशबाट बलपूर्वक ल्याइएको हो; अनि यहाँ पनि मैले झ्यालखानामा हालिने कुनै काम गरेको छैनँ।”
GEN 40:16 जब योसेफले मुख्य मद्य टक्र्याउनेको सपनाको अर्थ राम्रो खोलिदिएको मुख्य भान्सेले देखे, उनले योसेफलाई भने, “मैले पनि एउटा सपना देखेँ: मेरो शिरमा रोटीले भरिएका तीन टोकरीहरू थिए।
GEN 40:17 माथिल्‍लो टोकरीमा फारोका लागि पकाइएका सबै किसिमका खानेकुराहरू थिए; तर चराहरूले मेरो शिरमा भएको टोकरीबाट खाइरहेका थिए।”
GEN 40:18 “यसको अर्थ यही हो,” योसेफले भने, “ती तीन टोकरीहरू तीन दिन हुन्।
GEN 40:19 तीन दिनभित्र फारोले तपाईंको शिर काट्नुहुनेछ, र तपाईंको शरीरलाई एउटा रूखमा झुण्ड्याइदिनुहुनेछ। अनि चराहरूले तपाईंको शरीरलाई खानेछन्।”
GEN 40:20 अब तेस्रो दिनमा फारोको जन्मदिन थियो। अनि उनले आफ्ना सबै पदाधिकारीहरूलाई भोज दिए। उनले आफ्ना पदाधिकारीहरूको उपस्थितिमा आफ्ना मुख्य मद्य टक्र्याउने र मुख्य भान्सेलाई थुनामुक्त गरे:
GEN 40:21 फारोले मुख्य मद्य टक्र्याउनेलाई पहिलेकै काममा नियुक्त गरे। अनि उनले फेरि फारोको हातमा कचौरा टक्र्याए;
GEN 40:22 तर योसेफले उनीहरूलाई अर्थ बताएझैँ मुख्य भान्सेलाई फारोले झुन्ड्याइदिए।
GEN 40:23 तर मुख्य मद्य टक्र्याउनेले योसेफलाई सम्झेनन्; उनले तिनलाई बिर्से।
GEN 41:1 पूरा दुई वर्ष बितिसकेपछि फारोले एउटा सपना देखे; सपनामा तिनी नील नदीको किनारमा उभिरहेका थिए।
GEN 41:2 अनि नील नदीबाट सात वटा चिल्‍ला र मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न थाले।
GEN 41:3 त्यसपछि तिनीहरूका पछि-पछि अरू सात वटा कुरूप र दुब्ला गाईहरू नील नदीबाट बाहिर निस्के, र ती पहिलेका गाईहरूसँगै किनारको छेउमा उभिए।
GEN 41:4 अनि ती कुरूप र दुब्ला गाईहरूले ती चिल्‍ला र मोटा गाईहरूलाई खाइदिए। त्यसपछि फारो बिउँझे।
GEN 41:5 उनी फेरि निदाए, र दोस्रो सपना देखे: अन्‍नका सात वटा भरिला र असल बालाहरू एउटै डाँठमा फलिरहेका थिए।
GEN 41:6 त्यसपछि अन्‍नका अरू सात वटा पातला र पूर्वीय बतासले ओइलाएका बालाहरू निस्के।
GEN 41:7 अनि ती पातला अन्‍नका बालाहरूले भरिला सात वटा बालाहरूलाई निलिदिए। त्यसपछि फारो बिउँझे; अनि यो त पो सपना रहेछ भनी थाहा पाए।
GEN 41:8 बिहान उनको मन विचलित भयो; त्यसकारण उनले इजिप्टका सबै जादुगर र ज्ञानी मानिसहरूलाई बोलाए। फारोले तिनीहरूलाई आफ्ना सपनाहरू बताए; तर उनका निम्ति ती सपनाका अर्थ खोलिदिन कसैले पनि सकेनन्।
GEN 41:9 तब त्यस मुख्य मद्य टक्र्याउनेले फारोलाई भने, “आज मलाई मेरो गल्ती याद आएको छ।
GEN 41:10 एकपल्ट फारो आफ्ना सेवकहरूसँग रिसाउनुभएको थियो। अनि उहाँले मलाई र मुख्य भान्सेलाई अङ्गरक्षकका सेनापतिको घरको झ्यालखानामा थुन्‍नुभयो।
GEN 41:11 हामी दुवैले एकै रात सपना देख्यौँ, र ती प्रत्येक सपनाको आ-आफ्नै अर्थ थियो।
GEN 41:12 त्यहाँ हामीसँग एउटा हिब्रू जवान अङ्गरक्षकका सेनापतिका सेवक थिए। हामीले तिनलाई आफ्ना सपनाहरू बतायौँ; अनि तिनले हामीलाई हाम्रा आ-आफ्नो सपनाअनुसारको अर्थ खोलिदिए।
GEN 41:13 अनि तिनले हामीलाई अर्थ खोलिदिएजस्तै भयो: म आफ्नो काममा फेरि नियुक्त भएँ, तर अर्को मानिसचाहिँ झुन्ड्याइयो।”
GEN 41:14 यसकारण फारोले योसेफलाई बोलाउन पठाए; अनि तिनलाई झट्टै झ्यालखानाबाट बाहिर ल्याइयो। अनि तिनले आफ्नो दाह्री खौरे, र आफ्नो वस्त्र फेरेपछि तिनी फारोको सामु आए।
GEN 41:15 फारोले योसेफलाई भने, “मैले एउटा सपना देखेको छु, तर कसैले पनि त्यसको अर्थ खोल्न सकेनन्। तिमीले सपना सुनेपछि त्यसको अर्थ खोल्न सक्छौ भन्‍ने मैले सुनेको छु।”
GEN 41:16 योसेफले फारोलाई जवाफ दिए, “यसो गर्न मेरो शक्तिभन्दा बाहिरको कुरा हो,” “तर परमेश्‍वरले नै फारोलाई उहाँले चाहे अनुसारको जवाफ दिनुहुनेछ।”
GEN 41:17 तब फारोले योसेफलाई भने, “मेरो सपनामा म नील नदीको किनारमा उभिरहेको थिएँ;
GEN 41:18 अनि नील नदीबाट सात वटा चिल्‍ला र मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न थाले।
GEN 41:19 त्यसपछि तिनीहरूका पछि-पछि अरू सात वटा घिनलाग्दा, कुरूप र अति दुब्ला गाईहरू निस्किआए। मैले इजिप्टमा कुरूप र दुब्ला गाईहरू कहिल्यै देखेको थिइनँ।
GEN 41:20 अनि दुब्ला र कुरूप गाईहरूले ती पहिले आएका सात वटा मोटा गाईहरूलाई खाइदिए।
GEN 41:21 तर तिनीहरूले ती सात वटालाई खाइसकेपछि पनि तिनीहरूले खाए भनेर कसैले भन्‍न सकेनन्; किनकि तिनीहरू पहिलेजस्तै कुरूप देखिन्थे। त्यसपछि म बिउँझेँ।
GEN 41:22 “मेरो दोस्रो सपनामा मैले अन्‍नका सात वटा भरिला र असल बालाहरू एउटै डाँठमा फलिरहेका देखेँ।
GEN 41:23 तिनीहरूको पछि ती ओइलाएका, पातला र पूर्वीय बतासले झूल्सेका अन्‍नका सात वटा बालाहरू निस्के।
GEN 41:24 ती पातला अन्‍नका बालाहरूले असल बालाहरूलाई निलिदिए। मैले यो कुरा जादुगरहरूलाई भनेँ, तर मलाई यसको अर्थ खोलिदिन कसैले पनि सकेनन्।”
GEN 41:25 तब योसेफले फारोलाई भने, “हजुरका सपनाहरू एउटै र उस्तै हुन्। परमेश्‍वरले के गर्न लाग्नुभएको छ, सो फारोलाई प्रकाश पारिदिनुभएको छ।
GEN 41:26 ती सात वटा मोटा गाईहरू सात वर्ष हुन्, र ती सात वटा भरिला बालाहरूचाहिँ सात वर्ष हुन्; दुवै सपनाको अर्थ एउटै हो।
GEN 41:27 ती पछिबाट आउने सात वटा कुरूप र दुब्ला गाईहरू सात वर्ष हुन्; त्यसै गरी ती पातला र पूर्वीय बतासले ओइलाएका सात वटा बालाहरू: ती अनिकालका सात वर्ष हुन्।
GEN 41:28 “मैले फारोलाई भनेझैँ यो हुनेछ: परमेश्‍वरले जे गर्न लाग्नुभएको छ, सो फारोलाई प्रकाश गरिदिनुभएको छ।
GEN 41:29 इजिप्टभरि सात वर्षसम्म ठूलो सहकाल हुनेछ;
GEN 41:30 तर त्यसपछि सात वर्षसम्म अनिकालले पछ्याउनेछ। तब इजिप्टमा भएका सबै सहकालहरू बिर्सिइनेछ; अनि अनिकालले देशलाई नाश पार्नेछ।
GEN 41:31 यस्तो घोर अनिकाल हुनेछ, कि देशमा पहिलेको सहकालको स्मरणसमेत रहनेछैन।
GEN 41:32 फारोलाई दिइएको दुई प्रकारका सपनाको कारणचाहिँ यो हो: यो कुरा गर्न परमेश्‍वरले दृढतापूर्वक निर्णय गर्नुभएको छ, र परमेश्‍वरले यो कुरा चाँडै गर्नुहुनेछ।
GEN 41:33 “अब फारोले विवेकी र बुद्धिमान् मानिस खोजेर तिनलाई इजिप्टको जिम्मा दिएर राखून्।
GEN 41:34 ती इजिप्टका सात वर्षका सहकालका समयमा उब्जनीको पाँचौँ भाग बटुल्नका लागि फारोले हाकिमहरू नियुक्त गरून्।
GEN 41:35 तिनीहरूले यी आउने असल वर्षहरूका सबै अन्‍नहरू जम्मा गरेर सहरहरूमा भोजनका निम्ति प्रयोग गरिनलाई फारोको अख्तियारमा भण्डारण गरून्।
GEN 41:36 यो अन्‍नचाहिँ इजिप्टमा आउँदैगरेको सात वर्षको अनिकालको समयमा प्रयोग गरिनलाई भण्डारमा जोगाइराख्नुपर्छ, ताकि देश अनिकालले नष्‍ट नहोस्।”
GEN 41:37 त्यो योजना फारो र उनका सबै पदाधिकारीहरूलाई असल लाग्यो।
GEN 41:38 यसकारण फारोले तिनीहरूलाई सोधे, “के परमेश्‍वरको आत्मा भएका यिनीजस्ता अरू मानिस पाऔँला?”
GEN 41:39 तब फारोले योसेफलाई भने, “परमेश्‍वरले तिमीलाई यी सबै कुरा प्रकट गरिदिनुभएको कारण तिमीजस्तो विवेकशील र बुद्धिमानी मानिस अरू कोही छैन।
GEN 41:40 तिमी मेरो राजमहलका हर्ताकर्ता हुनेछौ, र मेरा सबै प्रजा तिम्रो हुकुमको अधीनमा हुनेछन्। सिंहासनको विषयमा मात्र म तिमीभन्दा ठूलो हुनेछु।”
GEN 41:41 यसकारण फारोले योसेफलाई भने, “अबदेखि मैले तिमीलाई सम्पूर्ण इजिप्टको जिम्मेवारी सुम्पेको छु।”
GEN 41:42 तब फारोले आफ्नो औँलाबाट छाप-औँठी झिकेर योसेफका औँलामा लगाइदिए। उनले तिनलाई मलमलको लबेदा पहिर्‍याइदिए; र तिनको गलामा सुनको सिक्री लगाइदिए।
GEN 41:43 उनले तिनलाई आफ्नो दोस्रो दर्जाको अधिकारीको रूपमा रथमा सवार गराए; अनि मानिसहरू उनका अगि-अगि “बाटो छोड्!” भन्दै कराए। यसरी उनले तिनलाई सम्पूर्ण इजिप्ट देशमाथि अख्तियारवाला बनाए।
GEN 41:44 तब फारोले योसेफलाई भने, “म फारो हुँ; तर तिम्रो हुकुमविना इजिप्टभरि कसैले पनि हात वा खुट्टा उठाउन पाउनेछैन।”
GEN 41:45 फारोले योसेफलाई सापनान-पानेह नाम दिए; अनि ओनका पुजारी पोतीफेराकी छोरी आसनतलाई तिनकी पत्नी हुनलाई दिए। अनि योसेफले इजिप्टभरि भ्रमण गरे।
GEN 41:46 इजिप्टका राजा फारोको सेवामा प्रवेश गर्दा योसेफ तीस वर्ष पुगेका थिए। अनि योसेफ फारोको उपस्थितिबाट निस्किएर गए, र इजिप्टभरि भ्रमण गरे।
GEN 41:47 सात वर्षको सहकालमा देशमा प्रशस्त उब्जनी भयो।
GEN 41:48 योसेफले ती सात वर्षहरूमा इजिप्टमा प्रशस्त गरी उब्जिएका सबै अन्‍न संकलन गरे, र सहरहरूमा जम्मा गरे। प्रत्येक सहरका छेउछाउका खेतहरूमा भएका उब्जनी तिनले सहरहरूमा थन्क्याए।
GEN 41:49 योसेफले समुद्रको बालुवासरह धेरै परिमाणमा अन्‍न जम्मा गरे; त्यो अन्‍न यति धेरै थियो कि नाप्‍न पनि नसकेकोले तिनले त्यसको हिसाब राख्नै छोडिदिए।
GEN 41:50 अनिकालका वर्षहरू आउनुभन्दा अगि ओनका पुजारी पोतीफेराकी छोरी आसनतबाट योसेफका दुई छोराहरू जन्मे।
GEN 41:51 योसेफले जेठोको नाम मनश्शे राखेर यसो भने, “योचाहिँ परमेश्‍वरले मेरा सबै कष्‍ट र मेरा पिताका सबै घरानालाई बिर्सन दिनुभएको कारणले गर्दा हो।”
GEN 41:52 दोस्रो छोराको नाम तिनले एफ्राइम राखेर भने, “योचाहिँ मेरो कष्‍टको देशमा परमेश्‍वरले मलाई फलिफाप गराउनुभएको कारणले गर्दा हो।”
GEN 41:53 इजिप्टमा सात वर्षको सहकाल समाप्‍त भयो;
GEN 41:54 अनि योसेफले भनेझैँ सात वर्षको अनिकाल सुरु भयो। अरू सबै देशहरूमा अनिकाल पर्‍यो, तर इजिप्टभरि चाहिँ भोजन थियो।
GEN 41:55 जब सारा इजिप्टका मानिसहरूले अनिकालको अनुभव गर्न थाले, तब मानिसहरू भोजनका लागि फारोसित बिलौना गर्न लागे। तब फारोले सबै इजिप्टियनहरूलाई भने, “योसेफकहाँ जाओ, र तिनले तिमीहरूलाई जे भन्छन्, त्यही गर।”
GEN 41:56 यसरी अनिकाल सारा देशभरि फैलियो। योसेफले सम्पूर्ण भण्डारहरू खोलिदिए, र इजिप्टियनहरूलाई अन्‍न बेचे; किनकि इजिप्टभरि नै घोर अनिकाल फैलिएको थियो।
GEN 41:57 अनि सबै देशका मानिसहरू योसेफबाट अन्‍न किन्‍नलाई इजिप्टमा आए; किनकि संसारभरि नै जताततै घोर अनिकाल परेको थियो।
GEN 42:1 जब इजिप्टमा प्रशस्त अन्‍न छ भनी याकोबलाई थाहा भयो, तब उनले आफ्ना छोराहरूलाई भने, “तिमीहरू एक-अर्कालाई किन टुलुटुलु हेरेर बस्छौ?”
GEN 42:2 उनले भने, “इजिप्टमा अन्‍न छ भनी मैले सुनेको छु। जाओ, गएर अन्‍न किनेर ल्याओ, ताकि हामीहरू जीवितै रहन सकौँ, नत्रता हामी मर्नेछौँ।”
GEN 42:3 तब योसेफका दश जना दाजुहरू अन्‍न किन्‍नलाई इजिप्टमा गए।
GEN 42:4 तर याकोबले योसेफका भाइ बेन्यामीनलाई उनीहरूसित पठाएनन्; किनकि त्यसमाथि कुनै जोखिम आइपर्ला कि भनी तिनी डराए।
GEN 42:5 यसकारण अन्‍न किन्‍न जानेहरूमा इस्राएलका छोराहरू पनि थिए; किनकि कनानमा पनि अनिकाल परेको थियो।
GEN 42:6 त्यस समय योसेफचाहिँ इजिप्टका राज्यपाल थिए; अनि त्यहाँका सबै मानिसहरूलाई अन्‍न बेच्ने तिनी नै थिए। यसकारण योसेफका दाजुहरू आइपुगे, र उनीहरूले भुइँसम्म निहुरेर तिनलाई दण्डवत् गरे।
GEN 42:7 योसेफले आफ्ना दाजुहरूलाई देख्नासाथै उनीहरूलाई चिने; तर तिनले नचिनेको भान पारेर रुखो सोरमा उनीहरूसित बोले। तिनले सोधे, “तिमीहरू कहाँबाट आएका हौ?” उनीहरूले जवाफ दिए, “हामी कनान देशबाट अन्‍न किन्‍न आएका हौँ।”
GEN 42:8 योसेफले आफ्ना दाजुहरूलाई चिने, तर उनीहरूले चाहिँ तिनलाई चिनेनन्।
GEN 42:9 अनि तिनले उनीहरूको बारेमा आफूले देखेका सपनाहरू सम्झे, र उनीहरूलाई भने, “पक्‍कै पनि तिमीहरू जासुस हौ! हाम्रो देशको कमजोरी पत्ता लगाउन आएका हौ।”
GEN 42:10 उनीहरूले जवाफ दिए, “होइन, हे प्रभु, हामी तपाईंका सेवकहरू अन्‍न किन्‍न आएका हौँ।
GEN 42:11 हामी सबै एकै मानिसका छोराहरू हौँ। तपाईंका सेवकहरू इमानदार मानिसहरू हौँ, हामी जासुस होइनौँ।”
GEN 42:12 तिनले उनीहरूलाई भने, “होइन! पक्‍कै पनि तिमीहरू हाम्रो देशका कमजोरी पत्ता लगाउन आएका हौ।”
GEN 42:13 तर उनीहरूले जवाफ दिए, “हामी तपाईंका सेवकहरू बाह्र जना दाजुभाइहरू छौँ; कनान देशमा बस्‍ने एकै मानिसका छोराहरू हौँ। कान्छोचाहिँ अहिले हाम्रा पितासित छ, र एउटाचाहिँ मरिसक्यो।”
GEN 42:14 योसेफले उनीहरूलाई भने, “मैले तिमीहरूलाई भनेझैँ तिमीहरू जासुसहरू हौ!
GEN 42:15 अनि तिमीहरू यसरी जाँचिनेछौ: फारोको जीवनको शपथ खाएर म भन्छु, तिमीहरूको कान्छो भाइ यहाँ नआएसम्म तिमीहरू यस ठाउँबाट जान पाउनेछैनौ।
GEN 42:16 तिमीहरूमध्ये एक जनालाई आफ्नो भाइ ल्याउन पठाओ; अनि अरूलाईचाहिँ थुनामा राखिनेछ, ताकि तिमीहरूले भनेको कुरा साँचो हो कि होइन भनेर पत्ता लगाउन सकियोस्। यदि होइन भने फारोको जीवनको शपथ खाएर म भन्छु, तिमीहरू जासुस हौ!”
GEN 42:17 अनि तिनले उनीहरू सबैलाई तीन दिन थुनामा राखे।
GEN 42:18 तेस्रो दिनमा योसेफले उनीहरूलाई भने, “म परमेश्‍वरको भय मान्दछु; यदि तिमीहरूले यसो गर्‍यौ भने तिमीहरू बाँच्नेछौ।
GEN 42:19 तिमीहरू इमानदार मानिसहरू हौ भने तिमीहरूका दाजुभाइहरूमध्ये एक जना थुनामा रहोस्; अनि अरूचाहिँ अन्‍न लिएर भोकले ग्रस्त भएका तिमीहरूका घरानाकहाँ जाऊन्।
GEN 42:20 तर तिमीहरूले आफ्नो कान्छो भाइलाई मकहाँ ल्याउनुपर्छ, ताकि तिमीहरूका कुराहरू साँचो ठहरियोस् र तिमीहरू मर्न नपरोस्।” तब उनीहरूले त्यसै गरे।
GEN 42:21 उनीहरूले आपसमा भने, “साँच्‍चै नै हामीले आफ्नो भाइलाई नराम्रो व्यवहार गरेको कारण दण्ड पाएका हौँ। त्यसले आफ्नो जीवनको निम्ति बिन्ती गर्दा हामीले त्यसलाई कति दुःखित भएको देखेका थियौँ, तर पनि हामीले सुनेनौँ; त्यसैकारण यो विपत्ति हामीमाथि आएको छ।”
GEN 42:22 रूबेनले भने, “के मैले तिमीहरूलाई त्यस केटाको विरुद्धमा पाप नगर भनेको थिइनँ? तर तिमीहरूले सुनेनौ! अब त हामीले त्यसको रगतको हिसाब दिनुपर्नेछ।”
GEN 42:23 योसेफले दोभासेलाई प्रयोग गरेका हुनाले तिनले उनीहरूका कुरा बुझ्दैछन् भनेर उनीहरूले थाहा पाएनन्।
GEN 42:24 तब तिनी उनीहरूदेखि अलि पर गएर रुन थाले; तर फेरि तिनले आफूलाई सम्हाले र आएर उनीहरूसित कुरा गरे। तिनले शिमियोनलाई उनीहरूकै आँखाको सामु बाँध्न लाए।
GEN 42:25 योसेफले उनीहरूका बोराहरूमा अन्‍न भर्न र हरेकको बोरामा तिनीहरूका आ-आफ्नै चाँदीका पैसा हालिदिन र यात्राका निम्ति खानेकुराको प्रबन्ध गर्न हुकुम गरे। उनीहरूका निम्ति यी सबै गरिसकेपछि,
GEN 42:26 उनीहरूले आफ्ना गधाहरूमाथि आफ्ना अन्‍नहरू लादे, र त्यहाँबाट गए।
GEN 42:27 उनीहरू राति बास बस्‍ने ठाउँमा रोकिएपछि तिनीहरूमध्ये एक जनाले आफ्नो गधालाई खानेकुरा दिनलाई आफ्नो बोरा खोले, तब बोराको मुखैमा आफ्नो पैसा देखे।
GEN 42:28 तिनले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो पैसा फर्काइएको रहेछ। हेर, त्यो त मेरो बोरामै छ।” उनीहरू डरले खङ्‌ग्रङ्गै भए, र काँप्दै एक-अर्कालाई हेर्दै भने, “परमेश्‍वरले हामीलाई किन यस्तो गर्नुभएको हो?”
GEN 42:29 जब उनीहरू कनान देशमा आफ्ना पिता याकोबकहाँ आइपुगे, तब उनीहरूले आफूमाथि जे घटना भएको थियो, ती सबै बताए;
GEN 42:30 अनि भने, “त्यस देशका मालिकले हामीसित रुखो बोली बोले, र हामी त्यस देशमा जासुसी गर्न गएझैँ व्यवहार गरे।
GEN 42:31 तर हामीले तिनलाई भन्यौँ, ‘हामी जासुसहरू होइनौँ; तर इमानदार मानिसहरू हौँ।
GEN 42:32 हामी बाह्र जना दाजुभाइहरू एकै पिताका छोराहरू हौँ। एउटा भाइ मरिसक्यो, र कान्छोचाहिँ अहिले कनानमा हाम्रा पितासित छ।’
GEN 42:33 “तब त्यस देशका मालिकले हामीलाई भने, ‘तिमीहरू इमानदार मानिसहरू हौ भनी म यसरी जान्‍नेछु: तिमीहरूका दाजुभाइहरूमध्ये एक जनालाई यहाँ मसित छोड, र बाँकीचाहिँ भोकले ग्रस्त भएको आफ्ना घरानाका निम्ति अन्‍न लिएर जाओ।
GEN 42:34 अनि तिमीहरूको कान्छो भाइलाई मकहाँ ल्याओ, र तिमीहरू जासुस होइन रहेछौ, तर इमानदार मानिसहरू रहेछौ भनी म जान्‍नेछु। तब म तिमीहरूको भाइलाई तिमीहरूकहाँ फर्काइदिनेछु, र तिमीहरूले यस देशमा स्वतन्त्र भएर लेनदेन गर्न सक्नेछौ।’ ”
GEN 42:35 उनीहरूले जब आफ्ना बोराहरू खाली गर्दैथिए; हरेकको बोराभित्र आ-आफ्नो पैसाको थैली रहेछ! जब उनीहरूले र उनीहरूका पिताले पैसाको थैलीहरू देखे, तब उनीहरू भयभीत भए।
GEN 42:36 उनीहरूका पिता याकोबले उनीहरूलाई भने, “तिमीहरूले मलाई मेरा छोराहरूदेखि वञ्चित गरायौ। योसेफ छैन; अनि अब यहाँ शिमियोन पनि छैन। अनि अझै तिमीहरू बेन्यामीनलाई लैजान खोज्दैछौ। यी सबै कुरा मेरा विरुद्धमा छन्!”
GEN 42:37 तब रूबेनले आफ्ना पितालाई भने, “यदि मैले यसलाई फर्काएर ल्याउन सकिनँ भने तपाईंले मेरा दुवै छोराहरूलाई मारिदिन सक्नुहुन्छ। यसलाई मेरो जिम्मामा छोडिदिनुहोस्, म यसलाई फर्काएर ल्याउनेछु।”
GEN 42:38 तर याकोबले भने, “मेरो छोरा तँसित त्यहाँ जानेछैन; यसको दाजु मरेर गयो, अब ऊ एउटा मात्र बाँकी रहेको छ। तिमीहरूसित यात्रामा यदि यसमाथि कुनै जोखिम आइपर्‍यो भने तिमीहरूले मलाई यो सेतै फुलेको अवस्थामा शोकसितै चिहानमा लैजानेछौ।”
GEN 43:1 देशमा अनिकाल अझ भयङ्कर रूपले बढ्दैगयो।
GEN 43:2 यसकारण जब उनीहरूले इजिप्टबाट ल्याएको अन्‍न खाइसके, तब उनीहरूका पिताले उनीहरूलाई भने, “फेरि जाओ, र हाम्रा लागि केही अन्‍न किनेर ल्याओ।”
GEN 43:3 तर यहूदाले तिनलाई भने, “ती मानिसले हामीलाई गम्भीरतापूर्वक यसरी चेतावनी दिएका छन्, ‘तिमीहरूको भाइ तिमीहरूसित छैन भने तिमीहरूले मेरो अनुहार फेरि देख्नेछैनौ।’
GEN 43:4 तपाईंले हाम्रो भाइलाई हामीसित पठाउनुभयो भने हामी जानेछौँ र तपाईंका लागि अन्‍न किन्‍नेछौँ।
GEN 43:5 तर तपाईंले त्यसलाई पठाउनुभएन भने हामी जानेछैनौँ; किनकि ती मानिसले हामीलाई, ‘तिमीहरूको भाइ तिमीहरूसित छैन भने तिमीहरूले मेरो अनुहार फेरि देख्नेछैनौ’ भनेका छन्।”
GEN 43:6 अनि इस्राएलले सोधे, “तिमीहरूले ममाथि किन यो विपत्ति ल्यायौ? किन त्यस मानिसलाई तिमीहरूको अर्को भाइ छ भनेर भन्यौ?”
GEN 43:7 तब उनीहरूले जवाफ दिए, “ती मानिसले हामी र हाम्रा कुटुम्बको विषयमा केरकार गरे। तिनले, ‘के तिमीहरूका पिता अझ जीवितै छन्? के तिमीहरूसित अर्को पनि भाइ छ?’ भनेर सोधे। हामीले उनका प्रश्नहरूको मात्र जवाफ दियौँ। तिनले ‘तिमीहरूका भाइलाई यहाँ ल्याओ’ भनी भन्लान् भनेर हामीले कसरी जान्‍नु?”
GEN 43:8 तब यहूदाले आफ्ना पिता इस्राएललाई भने, “त्यस केटालाई मसित पठाउनुहोस्, तब हामी झट्टै त्यहाँ जानेछौँ, ताकि तपाईं र हाम्रा बालबच्‍चाहरू भोकभोकै मर्नुपर्नेछैन र बाँच्नेछन्।
GEN 43:9 म आफैँ त्यसको सुरक्षाको जमानी बस्‍नेछु; त्यसको लागि तपाईंले मलाई नै जिम्मेवार ठहराउन सक्नुहुन्छ। यदि मैले त्यसलाई तपाईंकहाँ फर्काएर तपाईंको सामु खडा गराउन सकिनँ भने म आफ्नो जीवनभरि तपाईंको अगि दोषी ठहरिनेछु।
GEN 43:10 यदि हामीले ढिलो नगरेका भए अहिले हामी दुईपल्ट गएर फर्किआउन सक्नेथियौँ।”
GEN 43:11 तब उनीहरूका पिता इस्राएलले उनीहरूलाई भने, “यदि यस्तै हुने हो भने यसो गर: यस देशका केही उत्तम उत्पादनहरू आफ्ना बोराहरूमा राख—अर्थात् अलिकति सुगन्धित लेप र अलिकति मह, केही सुगन्धित मसला, मूर्र, र अलिकति पेस्ता र हाडे-बदामहरू ती मानिसका निम्ति उपहारको रूपमा लिएर जाओ।
GEN 43:12 तिमीहरूका बोराहरूमा फर्काइदिएका पैसा फर्काउनलाई आफूसित दोबर पैसा लैजाओ। सायद त्यो एउटा भूल थियो।
GEN 43:13 तिमीहरूको भाइ पनि लगेर ती मानिसकहाँ झट्टै जाओ।
GEN 43:14 अनि सर्वशक्तिमान् परमेश्‍वरले ती मानिसको सामु तिमीहरूमाथि दया देखाऊन्, र तिनले तिमीहरूको भाइ सिमियोन र बेन्यामीनलाई तिमीहरूसित फर्केर आउन देऊन्। यदि म शोकमा विक्षिप्‍त हुनुपर्ने हो भने पनि होउँला।”
GEN 43:15 यसकारण ती मानिसहरूले उपहारहरू, दोबर पैसा र बेन्यामीनलाई पनि लिएर गए। तिनीहरू हतार-हतार इजिप्टतिर हिँडे; अनि योसेफकहाँ आफैँलाई हाजिर गराए।
GEN 43:16 जब योसेफले उनीहरूसित बेन्यामीनलाई देखे, तब तिनले घरका भण्डारेलाई भने, “यी मानिसहरूलाई मेरो घरमा लैजा, एउटा पशु मारेर भोजन तयार गर्; उनीहरूले दिउँसो मसित खानेछन्।”
GEN 43:17 त्यो मानिसले योसेफले भनेझैँ गर्‍यो, र ती मानिसहरूलाई योसेफको घरमा लग्यो।
GEN 43:18 अब ती मानिसहरू आफूलाई योसेफको घरमा लगिएको कारण आत्तिए। उनीहरूले सोचे, “हामीलाई यहाँ ल्याएको चाहिँ पहिलो पटक हाम्रा बोराहरूमा पैसा फर्काएर हालिदिएको कारणले गर्दा हो। तिनले हामीमाथि आक्रमण गर्न र हामीलाई दमन गरी दास तुल्याएर हाम्रा गधाहरू हडप्न चाहन्छन्।”
GEN 43:19 यसकारण उनीहरू योसेफका भण्डारेकहाँ गए, र घरभित्रको प्रवेशद्वारमा तिनीसित कुरा गरे।
GEN 43:20 उनीहरूले भने, “हाम्रा प्रभु, दया गर्नुहोस्, हामी पहिलो चोटि यहाँ अन्‍न किन्‍न आएका थियौँ।
GEN 43:21 तर हामी बास बसेको ठाउँमा राति आफ्ना बोराहरू खोल्दा हाम्रो प्रत्येकको बोराको मुखमा आ-आफ्ना पूरा पैसा राखिएको पायौँ। यसकारण हामीले त्यो पैसा आफूसित फर्काएर ल्याएका छौँ।
GEN 43:22 हामीले अन्‍न किन्‍नका लागि अरू पनि धेरै पैसा ल्याएका छौँ। कसले हाम्रो पैसा हाम्रा बोराहरूमा राखिदियो, सो हामी जान्दैनौँ।”
GEN 43:23 तिनले भने, “ठिकै छ, नडराओ। तिमीहरूका परमेश्‍वर, र तिमीहरूका पिताका परमेश्‍वरले नै तिमीहरूका बोराहरूमा धन राखिदिनुभएको छ। मैले तिमीहरूको पैसा पाएँ।” तब तिनले शिमियोनलाई उनीहरूकहाँ बाहिर ल्याए।
GEN 43:24 ती भण्डारेले ती मानिसहरूलाई योसेफको घरमा लग्यो, र उनीहरूलाई खुट्टा धुने पानी दियो; अनि उनीहरूका गधाहरूलाई दानापानी दियो।
GEN 43:25 दिउँसो उनीहरूले त्यहीँ भोजन गर्नुपर्छ भनी सुनेका हुनाले उनीहरूले योसेफ आउँदा तिनलाई टक्र्याउनका लागि आफ्ना उपहारहरू तयार पारे।
GEN 43:26 जब योसेफ घरमा आए, तब उनीहरूले आफूले घरभित्र ल्याएका उपहारहरू तिनलाई टक्र्याए, र उनीहरू भुइँसम्मै निहुरेर तिनलाई सामु दण्डवत् गरे।
GEN 43:27 तिनले उनीहरूका हालखबर सोधेर भने, “तिमीहरूले मलाई तिमीहरूका वृद्ध पिताको बारेमा भनेका थियौ, उनी कस्ता छन्? के उनी अझै जीवितै छन्?”
GEN 43:28 उनीहरूले जवाफ दिए, “तपाईंका सेवक, हाम्रा पिता अझै जीवितै र कुशल नै हुनुहुन्छ।” अनि उनीहरूले लम्पसार परेर तिनलाई दण्डवत् गरे।
GEN 43:29 चारैतिर हेरेपछि तिनले आफ्नै आमाका छोरा तिनको भाइ बेन्यामीनलाई देखेर सोधे, “तिमीहरूले मलाई भनेको तिमीहरूको कान्छो भाइ यही हो?” अनि योसेफले भने, “मेरो छोरा, परमेश्‍वर तँप्रति अनुग्रही होऊन्।”
GEN 43:30 आफ्नो भाइलाई देखेर योसेफ अति भावुक भए; अनि आफूलाई थाम्न नसकेर हतारिँदै रुने एकान्त ठाउँ खोज्दै निस्के। अनि तिनी आफ्नो निजी कोठामा पसे, र त्यहाँ रोए।
GEN 43:31 त्यसपछि तिनले आफ्नो अनुहार धोए, र तिनी बाहिर निस्किआए; अनि आफूलाई सम्हालेर भने, “अब खाना पस्क।”
GEN 43:32 उनीहरूले योसेफका निम्ति अलग्गै, ती दाजुभाइहरूका निम्ति अलग्गै, र तिनीसित खाने इजिप्टियनहरूका निम्ति छुट्टाछुट्टै भोजन पस्के; हिब्रूहरूसित भोजन गर्नु भनेको इजिप्टियनहरूका लागि घृणित मानिने हुनाले उनीहरूले हिब्रूहरूसित खान मिल्दैनथ्यो।
GEN 43:33 अनि ती मानिसहरूलाई योसेफको अगि जेठोदेखि कान्छोसम्म आफ्नो उमेरअनुसार बसाइयो; अनि उनीहरूले चकित भएर एक-अर्कालाई हेरे।
GEN 43:34 जब उनीहरूलाई योसेफको टेबुलबाट खाना पस्किइयो, बेन्यामीनको भाग अरू सबैको भन्दा पाँच गुणा बढी थियो। यसरी उनीहरूले तिनीसित भोज खाए, पिए र आनन्द मनाए।
GEN 44:1 योसेफले आफ्नो घरको भण्डारेलाई यस्तो हुकुम दिए: “यी मानिसहरूका बोराहरूमा उनीहरूले बोक्न सक्ने जति अन्‍नले भरिदे, र प्रत्येकको बोराको मुखमा आ-आफ्ना पैसा राखिदे।
GEN 44:2 त्यसपछि त्यस कान्छोको बोराको मुखमा चाहिँ त्यसको अन्‍नको पैसासितै मेरो चाँदीको कचौरा पनि राखिदे।” अनि त्यसले योसेफले भनेअनुसार गर्‍यो।
GEN 44:3 बिहान भएपछि ती मानिसहरू आफ्ना गधाहरूसितै पठाइए।
GEN 44:4 जब उनीहरू सहरदेखि केही टाढा मात्र पुगेका थिए, तब योसेफले आफ्ना भण्डारेलाई भने, “झट्टै ती मानिसहरूका पछि-पछि जा; अनि उनीहरूलाई भेटेपछि उनीहरूलाई भन्, ‘भलाइको साटो तिमीहरूले किन खराबी गर्‍यौ?
GEN 44:5 यही कचौरा होइनँ, जसबाट मेरा मालिकले पिउनुहुन्छ? र जसद्वारा उहाँले जोखना पनि हेर्नुहुन्छ? यो त तिमीहरूले खराब काम गर्‍यौ।’ ”
GEN 44:6 जब त्यसले उनीहरूलाई भेट्टायो, तब त्यसले उनीहरूलाई योसेफले भनेका कुरा दोहोर्‍यायो।
GEN 44:7 तर उनीहरूले तिनलाई भने, “मेरा मालिक किन यस्तो भन्दै हुनुहुन्छ? यस किसिमका कामहरू तपाईंका सेवकहरूबाट टाढा रहोस्।
GEN 44:8 हामीले त कनान देशबाट हाम्रा बोराहरूका मुखमा पाइएका पैसासमेत फेरि तपाईंकहाँ फर्काएका थियौँ। यसकारण तपाईंका मालिकको घरबाट कसरी हामीले सुन अथवा चाँदी चोरी गर्थ्यौँ र?
GEN 44:9 यदि तपाईंका सेवकहरूमध्ये कसैसित पनि त्यो चीज पाइयो भने त्यो मर्नेछ; अनि हामी बाँकीचाहिँ मेरा मालिक, हजुरका दासहरू हुनेछौँ।”
GEN 44:10 त्यसले भन्यो, “तिमीहरूले भनेअनुसार नै भएको होस्। जससित त्यो पाइनेछ, त्यो मेरो दास हुनेछ; अनि तिमीहरू बाँकीचाहिँ दोषमुक्त हुनेछौ।”
GEN 44:11 उनीहरू हरेकले आ-आफ्नो बोरा छिटो-छिटो भुइँमा ओराले, र खोले।
GEN 44:12 अनि त्यस भण्डारेले जेठोबाट सुरु गरेर कान्छोसम्म सबैको खानतलासी गर्‍यो। अनि त्यो कचौरा बेन्यामीनको बोरामा पाइयो।
GEN 44:13 यो देखेर उनीहरूले आ-आफ्ना वस्त्र च्याते। तब उनीहरूले आफ्ना गधाहरूमा भारी लादे, र फेरि सहरतिर फर्के।
GEN 44:14 यहूदा र तिनका दाजुभाइहरू फर्केर आउँदा योसेफ घरमै थिए। अनि उनीहरू तिनको सामु भुइँमै लम्पसार परे।
GEN 44:15 योसेफले उनीहरूलाई भने, “तिमीहरूले यो के गर्‍यौ? मजस्तो मानिसले जोखनाद्वारा सबै कुरा पत्तो लगाउन सक्छु भनी तिमीहरूलाई थाहा थिएन?”
GEN 44:16 “हे मालिक, हामी हजुरलाई के भन्‍न सक्छौँ र?” यहूदाले जवाफ दिए। “हामी के नै पो भन्‍न सक्छौँ र? हामी कसरी आफूलाई निर्दोष प्रमाणित गर्न सक्छौँ? परमेश्‍वरले तपाईंका दासहरूको अधर्म उघारिदिनुभएको छ। हामी अब मेरा मालिकका सेवकहरू हौँ—अर्थात् हामी सबै, र त्यो पनि, जससित त्यो कचौरा पाइयो।”
GEN 44:17 तर योसेफले भने, “यस्तो काम मबाट दूर रहोस्! जुन मानिससित मेरो कचौरा पाइयो, त्यो मात्र मेरो दास हुनेछ। अरूचाहिँ शान्तिसँग आफ्ना पिताकहाँ जाओ।”
GEN 44:18 तब यहूदाले तिनीकहाँ गएर भने: “मेरा मालिक, तपाईंको सेवकलाई केही बोल्न दिनुहोस्। तपाईं फारोसमान हुनुभए तापनि नरिसाउनुहोस्।
GEN 44:19 मेरा मालिकले आफ्ना सेवकहरूलाई ‘तिमीहरूका पिता वा भाइ छन् भनी सोध्नुभयो।’
GEN 44:20 अनि हामीले, ‘हाम्रा एक जना वृद्ध पिता हुनुहुन्छ, र उहाँको वृद्धावस्थामा जन्मेको सानो छोरा छ, त्यसको दाजु मर्‍यो; अनि ऊचाहिँ त्यसकी आमाको बाँचेको एउटै छोरा हो; र त्यसका पिताले त्यसलाई धेरै माया गर्नुहुन्छ’ भनेर जवाफ दियौँ।
GEN 44:21 “तब हजुरले आफ्ना सेवकहरूलाई भन्‍नुभयो, ‘उसलाई यहाँ मकहाँ ल्याओ, र म आफैँ उसलाई देख्न पाऊँ।’
GEN 44:22 अनि हामीले हजुरलाई भन्यौँ, ‘त्यस केटोले आफ्ना पितालाई छोड्न सक्दैन। यदि त्यसले आफ्ना पितालाई छोड्यो भने उहाँ मर्नुहुनेछ।’
GEN 44:23 तर तपाईंले आफ्ना सेवकहरूलाई भन्‍नुभयो, ‘तिमीहरूसित आफ्नो कान्छा भाइ यहाँ आएन भने तिमीहरूले मेरो अनुहार फेरि देख्नेछैनौ।’
GEN 44:24 हामी जब तपाईंका सेवक मेरा पिताकहाँ गयौँ, तब हामीले उहाँलाई हजुरले भन्‍नुभएको कुरा भन्यौँ।
GEN 44:25 “अनि हाम्रा पिताले भन्‍नुभयो, ‘फर्केर जाओ, र अरू केही अन्‍न किन।’
GEN 44:26 तर हामीले भन्यौँ, ‘हामी जान सक्दैनौँ। हामीसित हाम्रो कान्छो भाइ छ भने मात्र हामी जानेछौँ। हाम्रो कान्छो भाइ हामीसित छैन भने हामी ती मानिसको अनुहार हेर्न पनि पाउनेछैनौँ।’
GEN 44:27 “तपाईंको सेवक मेरा पिताले हामीलाई भन्‍नुभयो, ‘मेरी पत्नीले मेरा निम्ति दुई छोराहरू जन्माएकी थिइन् भनेर तिमीहरू जान्दछौ।
GEN 44:28 तीमध्ये एक जना मलाई छोडेर गयो, र मैले भनेँ, “त्यो निश्‍चय पनि टुक्रा-टुक्रा पारियो होला।” त्यस बेलादेखि मैले त्यसलाई देखेको छैनँ।
GEN 44:29 तिमीहरूले मबाट यसलाई पनि लग्यौ, र यसमाथि जोखिम आइपर्‍यो भने तिमीहरूले मेरो सेतै फूलेको कपाललाई शोकमै चिहानमा ल्याउनेछौ।’
GEN 44:30 “यसकारण अब तपाईंको सेवक मेरा पिताकहाँ जाँदा यो केटो हामीसित छैन भने मेरा पिता, जसको जीवन यस केटोसित घनिष्‍ठ रूपमा बाँधिएको छ,
GEN 44:31 यस केटालाई नदेख्दा उहाँ मर्नुहुनेछ। तपाईंका सेवकहरूले हाम्रा पिताको सेतै फुलेको कपाललाई शोकमै चिहानमा पुर्‍याउनेछौँ।
GEN 44:32 तपाईंको सेवकले आफ्नो पिताकहाँ यस केटाको सुरक्षाको जमानी बसेको छ। मैले भनेँ, ‘यदि मैले यसलाई तपाईंकहाँ फर्काएर ल्याइनँ भने म मेरो जीवनभरि मेरा पिताका सामु दोषी हुनेछु!’
GEN 44:33 “यसर्थ अब दया गरी हे मेरा मालिक, यस केटाको सट्टामा हजुरको सेवक भएर मलाई बस्‍न दिनुहोस्; तर यस केटोलाई आफ्ना दाजुहरूसित फर्कन दिनुहोस्।
GEN 44:34 यो केटो मेरो साथमा छैन भने म आफ्ना पिताकहाँ कसरी जान सक्छु? होइन! मालिक, मेरा पितामाथि आइपर्ने यस्तो सन्ताप म हेर्न सक्दिनँ!”
GEN 45:1 तब योसेफले आफ्ना सबै कर्मचारीहरूको सामु आफैँलाई थाम्न सकेनन्; अनि तिनी “सबै जना मेरो उपस्थितिबाट गइहाल!” भनेर चिच्याए। त्यसैले योसेफले आफ्ना दाजुभाइहरूकहाँ आफैँलाई प्रकट गर्दा तिनीसित अरू कोही थिएनन्।
GEN 45:2 अनि तिनी यति डाँको छोडेर रोए, कि इजिप्टियनहरूले पनि सुने, र फारोका परिवारले यो कुरा थाहा पाए।
GEN 45:3 योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ! के मेरा पिता अझै जीवित हुनुहुन्छ?” तर तिनका दाजुभाइहरूले तिनलाई जवाफ दिनै सकेनन्; किनकि उनीहरू तिनको उपस्थितिमा चकित भएका थिए।
GEN 45:4 त्यसपछि योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो नजिक आउनुहोस्।” जब उनीहरू आए, तब तिनले भने, “म तपाईंहरूको भाइ योसेफ हुँ, जसलाई तपाईंहरूले इजिप्टमा बेच्नुभएको थियो!
GEN 45:5 अब विचलित नहुनुहोस्, र मलाई यहाँ बेच्नुभएकोमा आफैँसित नरिसाउनुहोस्; किनकि हामी सबैको जीवन बचाउनका लागि नै परमेश्‍वरले मलाई तपाईंहरूभन्दा अगि पठाउनुभयो।
GEN 45:6 देशमा दुई वर्षदेखि अनिकाल छाएको छ; अनि अब आउने पाँच वर्षहरूमा जोत्ने र कटनी गर्ने काम हुनेछैन।
GEN 45:7 तर एउटा महान् छुटकाराद्वारा तपाईंहरूका निम्ति पृथ्वीमा एउटा अवशेष जोगाइराख्न र तपाईंहरूका जीवन बचाउनका लागि परमेश्‍वरले मलाई तपाईंहरूको अगि पठाउनुभयो।
GEN 45:8 “यसर्थ मलाई यहाँ पठाउने तपाईंहरू होइन, तर परमेश्‍वर हुनुहुन्छ। उहाँले मलाई फारोका बुबासरह, उहाँको सम्पूर्ण घरानाको मालिक र सम्पूर्ण इजिप्टको शासक बनाउनुभयो।
GEN 45:9 अब झट्टै मेरा पिताकहाँ फर्किजानुहोस् र यसो भन्‍नुहोस्, ‘तपाईंको छोरो योसेफ यसो भन्छ: परमेश्‍वरले मलाई सम्पूर्ण इजिप्टका मालिक बनाउनुभएको छ। ढिलो नगरी मकहाँ आउनुहोस्।
GEN 45:10 तपाईंहरू, तपाईंका छोराछोरीहरू र तपाईंका नातिनातिनाहरू, तपाईंका पशुहरूका बगाल र बथान, र तपाईंसित भएका सबै गोशेनको प्रान्तमा मेरो छेवैमा बस्‍नुहुनेछ।
GEN 45:11 त्यहाँ म तपाईंहरूका निम्ति बन्दोबस्त गरिदिनेछु; किनकि पाँच वर्षको अनिकाल आउन बाँकी नै छ। नत्रता तपाईंसहित तपाईंको परिवार सबै बिचल्‍लीमा पर्नेछन्।’
GEN 45:12 “हेर्नुहोस्! तपाईंहरूसँग साँच्‍चै नै म बोल्दैछु भनेर तपाईंहरू आफैँले र मेरो भाइ बेन्यामीनले पनि देखेको छ।
GEN 45:13 मेरा पितालाई इजिप्टमा मलाई दिइएको सम्मानको विषयमा तपाईंहरूले देख्नुभएको प्रत्येक कुराको विषयमा भन्‍नुहोस्। अनि मेरा पितालाई झट्ट यहाँ ल्याउनुहोस्।”
GEN 45:14 तब तिनले आफ्नो भाइ बेन्यामीनलाई अँगालो हाले र धुरुधुरु रोए, र बेन्यामीनले पनि रुँदै तिनलाई अँगालो हाले।
GEN 45:15 अनि तिनले सबैलाई म्वाइँ खाए, र उनीहरूसित रोए। त्यसपछि तिनका दाजुहरूले पनि तिनीसित कुराकानी गरे।
GEN 45:16 योसेफका दाजुभाइहरू आएका छन् भन्‍ने खबर जब फारोको महलमा पुग्यो, तब फारो र तिनका सबै अधिकारीहरू खुशी भए।
GEN 45:17 फारोले योसेफलाई भने, “तिम्रा दाजुभाइहरूलाई यसो गर्नु भन: ‘तिमीहरूका पशुहरूमा भारी लाद, र कनान देशमा फर्क;
GEN 45:18 अनि तिमीहरूका पिता र तिमीहरूका परिवारहरूलाई फर्काएर मकहाँ ल्याओ। म तिमीहरूलाई इजिप्टको सबैभन्दा असल जमिन दिनेछु; र तिमीहरूले यस देशको उत्तम चीजहरू उपभोग गर्न सक्नेछौ।’
GEN 45:19 “म तिनीहरूलाई यसो गर्नु भन्‍ने आदेश पनि दिन्छु: ‘तिमीहरूका छोराछोरीहरू, पत्नीहरूका लागि इजिप्टबाट केही गाडाहरू लैजाओ, र तिमीहरूका पितालाई यहाँ लिएर आओ।
GEN 45:20 तिमीहरूका आफ्ना मालसामानको केही चिन्ता नगर; किनकि इजिप्टका सबैभन्दा असल कुराहरू तिमीहरूका हुनेछन्।’ ”
GEN 45:21 यसकारण इस्राएलका छोराहरूले त्यसै गरे। फारोले हुकुम दिएझैँ योसेफले तिनीहरूलाई गाडाहरू दिए, र तिनले यात्रामा तिनीहरूलाई चाहिने कुराहरूको प्रबन्ध गरिदिए।
GEN 45:22 उनीहरू प्रत्येकलाई तिनले नयाँ वस्त्र दिए; तर बेन्यामीनलाई तिनले चाँदीका तीन सय शेकेल र पाँच जोर वस्त्र दिए।
GEN 45:23 अनि तिनले आफ्ना पितालाई यी कुराहरू पठाइदिए: इजिप्टका सबैभन्दा असल कुराहरूले लादिएका दश वटा गधाहरू र अन्‍न, रोटी र तिनलाई यात्रामा चाहिने अन्य सामग्रीले लादिएका दश वटा गधैनीहरू पठाइदिए।
GEN 45:24 तब तिनले आफ्ना दाजुभाइहरूलाई पठाइदिए; अनि उनीहरू बिदा हुन लाग्दा तिनले उनीहरूलाई भने, “बाटोमा झगडा नगर्नुहोला!”
GEN 45:25 यसरी उनीहरू इजिप्टदेखि हिँडे, र कनान देशमा आफ्ना पिता याकोबकहाँ आए।
GEN 45:26 उनीहरूले तिनलाई भने, “योसेफ अझै जीवित छन्! अनि वास्तवमा तिनी समस्त इजिप्टका शासक हुन्।” यो कुरा सुनेर याकोब स्तब्ध भए; तिनले तिनीहरूका कुरा पत्याएनन्।
GEN 45:27 तर जब योसेफले उनीहरूलाई भनेका सबै कुराहरू तिनलाई बताइदिए र जब तिनले योसेफले तिनलाई यात्राका लागि पठाएका गाडाहरू देखे, तब उनीहरूका पिता याकोबको होस फर्क्यो।
GEN 45:28 इस्राएलले भने, “मेरो छोरो योसेफ अझै जीवित छ भन्‍ने मलाई विश्‍वास भयो। म मर्नुभन्दा अगि गएर त्यसलाई भेट्नेछु।”
GEN 46:1 यसकारण आफूसित भएका सम्पूर्ण थोकहरू लिएर इस्राएलले यात्रा सुरु गरे; अनि तिनी बेर्शेबा पुगेपछि तिनले आफ्ना पिता इसहाकका परमेश्‍वरका निम्ति बलिदान चढाए।
GEN 46:2 अनि राति दर्शनमा परमेश्‍वर इस्राएलसँग बोल्नुभयो र भन्‍नुभयो, “याकोब! ए याकोब!” उनले जवाफ दिए, “हजुर, म यहाँ छु!”
GEN 46:3 उहाँले भन्‍नुभयो, “म याहवेह, तेरा पिताका परमेश्‍वर हुँ। इजिप्टमा जानलाई नडरा; किनकि म त्यहाँ तँलाई एउटा ठूलो राष्ट्र बनाउनेछु।
GEN 46:4 म तँसित इजिप्टमा जानेछु, र म निश्‍चय तँलाई फेरि फर्काएर ल्याउनेछु। अनि योसेफले आफ्नै हातले तेरा आँखा बन्द गरिदिनेछ।”
GEN 46:5 तब याकोबले बेर्शेबा छोडे; अनि इस्राएलका छोराहरूले आफ्ना पिता याकोब र उनीहरूका छोराछोरीहरू, उनीहरूका पत्नीहरूलाई फारोले पठाइदिएका गाडाहरूमा बसाए।
GEN 46:6 यसरी याकोब र उनका सबै सन्तानहरूले आफूसित आफ्ना गाईबस्तु र उनीहरूले कनानमा कमाएका सम्पत्तिहरू लिएर इजिप्टमा गए।
GEN 46:7 याकोबले आफ्ना सबै सन्तान—अर्थात् आफ्ना छोराहरू, नातिहरू, आफ्ना छोरीहरू र नातिनीहरू इजिप्टमा लिएर गए।
GEN 46:8 इजिप्टमा जाने इस्राएलका छोराहरू (याकोब र उनका सन्तानहरू) का नामहरू यिनै हुन्: याकोबका जेठा छोरा रूबेन।
GEN 46:9 रूबेनका छोराहरू: हानोक, पल्‍लू, हेस्रोन र कर्मी।
GEN 46:10 शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्त्रीतर्फको छोरा शौल।
GEN 46:11 लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी।
GEN 46:12 यहूदाका छोराहरू: एर, ओनान, शेलह, फारेस र जेरह (तर एर र ओनान कनान देशमा नै मरेका थिए)। पेरेसका छोराहरू: हेस्रोन र हामूल।
GEN 46:13 इस्साखारको छोराहरू: तोला, पुवा, याशूब र शिम्रोन।
GEN 46:14 जबूलूनका छोराहरू: सेरेद, एलोन र यहलेल।
GEN 46:15 यिनीहरूचाहिँ याकोबका निम्ति लेआले पद्दन-अराममा जन्माएका छोराहरू थिए; यसबाहेक उनकी छोरी दीना पनि थिइन्। उनका छोराछोरीहरू जम्मा तेत्तीस जना थिए।
GEN 46:16 गादका छोराहरू: सेफोन, हाग्गी, शूनी, एसबोन, एरी, अरोदी अनि अरेली।
GEN 46:17 आशेरका छोराहरू: यिम्ना, यिश्‍वा, यिश्‍वी र बेरियाह। उनीहरूकी बहिनी सेरह थिइन्। बरीआका छोराहरू: हेबेर र मल्कीएल।
GEN 46:18 लाबानले आफ्नी छोरी लेआलाई दिएकी दासी जिल्पापट्टिका याकोबका छोराछोरीहरू यिनै हुन्; यिनीहरू जम्मा सोह्र जना थिए।
GEN 46:19 याकोबकी पत्नी राहेलका छोराहरू: योसेफ र बेन्यामीन।
GEN 46:20 इजिप्टमा ओनका पुजारी पोतीफेराकी छोरी आसनतद्वारा जन्मेका योसेफका छोराहरू मनश्शे र एफ्राइम थिए।
GEN 46:21 बेन्यामीनका छोराहरू: बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही, रोश, मुप्पीम, हुप्पीम र आर्द।
GEN 46:22 राहेलबाट जन्मेका याकोबका छोराहरू यी हुन्; यिनीहरू जम्मा चौध जना थिए।
GEN 46:23 दानका छोरा: हुशीम।
GEN 46:24 नप्‍तालीका छोराहरू: यहसेल, गुनी, येसेर र शिल्‍लेम।
GEN 46:25 यिनीहरूचाहिँ लाबानले आफ्नी छोरी राहेललाई दिएकी दासी बिल्हापट्टिका याकोबका छोराहरू हुन; यिनीहरू जम्मा सात जना थिए।
GEN 46:26 इजिप्टमा याकोबसित जाने उनका सबै आफ्ना सन्तानमा उनका बुहारीहरूबाहेक, उनीहरू छयसट्ठी जना थिए।
GEN 46:27 इजिप्टमा जन्मेका योसेफका दुई छोराहरू लगायत, इजिप्टमा गएका याकोबका परिवारमा जम्मा सत्तरी जना थिए।
GEN 46:28 अब याकोबले आफू गोशेनमा पुग्न लागेको खबर दिन भनी यहूदालाई आफ्नो अगि योसेफकहाँ पठाए। जब उनीहरू गोशेनको प्रान्तमा आइपुगे;
GEN 46:29 तब योसेफले आफ्नो रथ तयार पारे, र आफ्ना पिता इस्राएललाई भेट्न गोशेन गए। योसेफ उनको सामु पुग्नसाथ आफ्ना पितालाई अँगालो हालेर धेरै समयसम्म रोइरहे।
GEN 46:30 इस्राएलले योसेफलाई भने, “म आफैँले तँ अझै जीवितै रहेको देखेको हुनाले अब म शान्तिसित मर्न तयार छु।”
GEN 46:31 तब योसेफले आफ्ना दाजुभाइहरू र आफ्ना पिताको घरानालाई भने, “म गएर फारोसित कुरा गर्नेछु, ‘कनान देशमा बसिरहेका मेरा दाजुभाइहरू र मेरा पिताका घराना मकहाँ आएका छन्।
GEN 46:32 यी मानिसहरू गोठालाहरू हुन्, र पशुपालन गर्छन्; अनि उनीहरूले आफ्ना बगाल, बथान र भएभरका सबै कुराहरू लिएर आएका छन्।’
GEN 46:33 जब फारोले तपाईंहरूलाई भित्र बोलाएर ‘तिमीहरूका कामकाज के हो?’ भनी सोध्छन्,
GEN 46:34 तपाईंहरूले भन्‍नुहोस्, ‘हाम्रा पुर्खाहरूले गरेझैँ हामी बाल्यकालदेखि नै पशुपालन गर्दैआएका छौँ।’ तब तपाईंहरूलाई गोशेनको प्रान्तमा बसोबास गर्न दिइनेछ; किनकि इजिप्टियनहरूका नजरमा गोठालाहरू घृणित हुन्।”
GEN 47:1 तब योसेफ गए, र फारोलाई भने, “मेरा पिता र मेरा दाजुभाइहरू, उनीहरूसित भएका बगाल र बथान; अनि भएभरका सबै कुराहरू लिएर कनान देशबाट आएका छन्, र अहिले गोशेनमा छन्।”
GEN 47:2 तिनले आफ्ना पाँच जना दाजुभाइहरू छानेर उनीहरूलाई फारोकहाँ उपस्थित गराए।
GEN 47:3 फारोले ती दाजुभाइहरूलाई सोधे, “तिमीहरूको पेशा के हो?” उनीहरूले फारोलाई जवाफ दिए, “हामी हजुरका सेवकहरू, हाम्रा पुर्खाहरूझैँ गोठालाहरू हौँ।”
GEN 47:4 उनीहरूले फारोलाई यो पनि भने, “कनानमा अनिकाल ज्यादै छाएकोले हामी केही समयको लागि यहाँ बस्‍नलाई आएका छौँ; किनकि तपाईंका सेवकहरूका बगाल चराउने ठाउँ छैन। यसकारण, अब दया गरी तपाईंका सेवकहरूलाई गोशेनमा बसोबास गर्न दिनुहोस्।”
GEN 47:5 फारोले योसेफलाई भने, “तिम्रा पिता र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन्,
GEN 47:6 इजिप्ट देश तिम्रो सामु छ। तिम्रा पिता र तिम्रा दाजुभाइहरूलाई देशको सबैभन्दा उत्तम भागमा बस्‍न देऊ। उनीहरू गोशेनमा बसून्। उनीहरूमध्ये कोही विशेष क्षमता भएका छन् भन्‍ने तिमी जान्दछौ भने उनीहरूलाई मेरा गाईबस्तुको पनि जिम्मा लगाइदेऊ।”
GEN 47:7 तब योसेफले आफ्ना पिता याकोबलाई भित्र ल्याए, र उनलाई फारोको सामु उपस्थित गराए। याकोबले फारोलाई आशिष् दिए,
GEN 47:8 अनि फारोले याकोबलाई सोधे, “तपाईंको उमेर कति भयो?”
GEN 47:9 याकोबले फारोलाई भने, “मेरा प्रवासकालका वर्षहरू एक सय तीस हुन्। मेरा वर्षहरू थोरै र कष्‍टपूर्ण रहेका छन्; तर ती मेरा पुर्खाहरूका प्रवासकालका वर्षहरू जति भने होइनन्।”
GEN 47:10 तब याकोबले फारोलाई आशिष् दिए, र फारोको उपस्थितिबाट निस्किए।
GEN 47:11 यसकारण योसेफले आफ्ना पिता र आफ्ना दाजुभाइहरूलाई इजिप्टमा बसोबास गराए; अनि फारोले आदेश दिएअनुसार देशको सबैभन्दा असल भाग अर्थात् रामसेसमा उनीहरूलाई जग्गाजमिन दिए।
GEN 47:12 योसेफले आफ्ना पिता, आफ्ना दाजुभाइहरू र आफ्ना पिताका सबै घरानालाई उनीहरूका बालबच्‍चाको संख्याअनुसार भोजन जुटाइदिए।
GEN 47:13 घोर अनिकाल परेकोले सम्पूर्ण देशमा भोजन थिएन; इजिप्ट र कनान दुवै अनिकालको कारण ग्रस्त भएका थिए।
GEN 47:14 योसेफले इजिप्ट र कनानका मानिसहरूले अन्‍न किन्दा तिरेका सबै रकम सङ्कलन गरे; अनि तिनले त्यो पैसा फारोको महलमा ल्याए।
GEN 47:15 जब इजिप्ट र कनानका मानिसहरूका रकम सकियो, तब इजिप्टका मानिसहरू सबै जना योसेफकहाँ आएर भने, “हामीलाई भोजन दिनुहोस्। तपाईंको आँखाकै सामु हामी किन मर्नु? हाम्रो सबै रकम सकिए।”
GEN 47:16 तब योसेफले भने, “यदि तिमीहरूसँग रकम छैन भने गाईबस्तु लिएर आओ। म तिमीहरूका गाईबस्तुको साटोमा अन्‍न दिनेछु।”
GEN 47:17 यसकारण तिनीहरूले आफ्ना गाईबस्तुहरू योसेफकहाँ ल्याए; अनि तिनले तिनीहरूका घोडा, भेडाबाख्रा, गाईबस्तुहरू र गधाहरूको सट्टामा तिनीहरूलाई अन्‍न दिए। तिनले त्यो वर्षभरि नै तिनीहरूका सबै गाईबस्तुको सट्टामा तिनीहरूलाई अन्‍न दिए।
GEN 47:18 जब त्यो वर्ष बित्यो, तब दोस्रो वर्ष उनीहरू योसेफकहाँ आएर भने, “हामी हाम्रा मालिकबाट यो सत्य कुरा लुकाउन सक्दैनौँ। हाम्रो रकम सकिसक्यो; अनि हाम्रा गाईबस्तु पनि तपाईंका भइसकेका छन्। अब हामीसित हाम्रा शरीरहरू र जमिनबाहेक हाम्रा मालिकलाई दिनका लागि केही पनि छैन।
GEN 47:19 तपाईंका आँखाकै सामु हामी किन नष्‍ट होऔँ? अन्‍नको साटोमा हामी र हाम्रा जमिनहरू किन्‍नुहोस्। हामी आफैँलाई हाम्रा जमिनसहित फारोका दासको रूपमा समर्पित गर्दछौँ। हामीलाई बिउ दिनुहोस्; ताकि हामी बाँचौँ, र नमरौँ। अनि हाम्रो जमिन उजाड नहोस्।”
GEN 47:20 यसकारण योसेफले इजिप्टका सबै जमिनहरू फारोका निम्ति किने। इजिप्टियनहरूका लागि अनिकाल विकराल भएको हुनाले इजिप्टियनहरू हरेकले आफ्ना जमिनहरू बेचे। अनि यसरी ती जमिनहरू फारोका भए।
GEN 47:21 अनि योसेफले इजिप्टको एक कुनादेखि अर्को कुनासम्मका सबै मानिसहरूलाई दासत्वमा ल्याए।
GEN 47:22 तैपनि तिनले पुजारीहरूका जमिनचाहिँ किनेनन्; किनकि तिनीहरूले फारोबाट तोकिएका भोजनको आफ्नो भाग नियमित पाउँथे। फारोले तिनीहरूलाई दिएका भागबाट तिनीहरूका निम्ति पर्याप्‍त भोजन प्राप्‍त गर्दथे। त्यसैले गर्दा तिनीहरूले आफ्ना जमिन बेचेनन्।
GEN 47:23 योसेफले मानिसहरूलाई भने, “अब हेर, आज मैले तिमीहरू र तिमीहरूका जमिनहरू फारोका निम्ति किनेको छु; तिमीहरूका निम्ति यहाँ बिउ छ। यसकारण तिमीहरूले खेतमा उब्जनी लगाउन सक्छौ।
GEN 47:24 तर फसल भएपछि त्यसको पाँचौँ भाग फारोलाई दिनू। पाँच भागको चार भागचाहिँ खेतको लागि बिउ र तिमीहरू आफ्ना लागि, आफ्ना घराना, र आफ्ना छोराछोरीहरूका लागि भोजनका निम्ति राख्नू।”
GEN 47:25 तिनीहरूले भने, “हजुरले हाम्रा प्राणको रक्षा गर्नुभएको छ। हजुरको अनुग्रह हामीमाथि रहोस्; हामी फारोका दासत्वमुनि रहनेछौँ।”
GEN 47:26 यसकारण योसेफले इजिप्टमा जमिनको विषयमा यो कानुन स्थापित गरे, जुन आजसम्म छँदैछ—उब्जनीको पाँचौँ भाग फारोको हुन्छ। केवल पुजारीहरूको जमिन मात्र फारोका भएनन्।
GEN 47:27 अब इस्राएलीहरू इजिप्टमा गोशेनको प्रान्तमा बसोबास गरे। त्यहाँ तिनीहरूले जग्गाजमिन र सम्पत्ति आर्जन गरे। अनि तिनीहरू फल्दै-फुल्दै गए र संख्यामा धेरै वृद्धि भयो।
GEN 47:28 याकोब इजिप्टमा सत्र वर्ष बसे, र उनी जम्मा एक सय सतचालीस वर्षका भए।
GEN 47:29 जब इस्राएलको मृत्यु नजिक आयो, तब उनले आफ्नो छोरा योसेफलाई बोलाउन पठाए, र उनलाई भने, “यदि मैले तेरो दृष्‍टिमा निगाह पाएको छु भने तेरो हात मेरो तिघ्रामुनि राख्। अनि मलाई दया र विश्‍वासयोग्यता देखाउनेछु भनी प्रतिज्ञा गर्। मलाई इजिप्टमा नगाड्नू,
GEN 47:30 तर म आफ्ना पितापुर्खाहरूसित मिल्न गएपछि मलाई इजिप्टदेखि बाहिर निकालेर लैजा। अनि तिनीहरू गाडिएको ठाउँमा गाड्नू।” तिनले भने, “म तपाईंले भन्‍नुभएझैँ गर्नेछु।”
GEN 47:31 उनले भने, “मसित शपथ खा।” तब योसेफले उनीसित शपथ खाए। अनि इस्राएल आफ्नो लहुरोको टुप्पोमा अडेस लागे र उनले आराधना गरे।
GEN 48:1 केही समयपछि “तपाईंका पिता बिरामी हुनुहुन्छ” भनेर योसेफले खबर पाए। यसकारण तिनले आफ्ना दुई छोराहरू मनश्शे र एफ्राइमलाई आफैँसित लिएर गए।
GEN 48:2 जब याकोबले “तपाईंको छोरा योसेफ आएका छन्” भनी खबर पाए, तब उनी आफैँ बल गरेर खाटमा बसे।
GEN 48:3 याकोबले योसेफलाई भने, “सर्वशक्तिमान् परमेश्‍वर कनान देशको लूजमा मसित देखा पर्नुभयो, र मलाई आशिष् दिनुभयो।
GEN 48:4 अनि उहाँले मलाई भन्‍नुभयो, ‘म तँलाई फलदायक बनाएर तेरो संख्यामा वृद्धि गराउनेछु। म तँलाई जातिहरूको समुदाय बनाउनेछु। अनि म यस देशलाई तँपछि तेरा सन्तानहरूलाई सदाका निम्ति सम्पत्तिको रूपमा दिनेछु।’
GEN 48:5 “अब म यहाँ आउनुभन्दा पहिले इजिप्टमा जन्मेका तेरा दुई छोराहरू मेरै कहलाइनेछन्। रूबेन र शिमियोन मेरा भएझैँ एफ्राइम र मनश्शे पनि मेरै भनिनेछन्।
GEN 48:6 तिनीहरूभन्दा पछि जन्मेका तेरा छोराहरू तेरै हुनेछन्। उनीहरूले पैतृक अधिकारस्वरूप पाएको प्रदेशमा यिनीहरू आफ्ना दाजुभाइहरूकै नामले चिनिनेछन्।
GEN 48:7 म पद्दनबाट कनान देशमा फर्कंदै गर्दा हामी एप्राताबाट अलि पर हुँदा नै राहेलको मृत्यु भयो। यसकारण मैले ठूलो शोकसहित तिनलाई त्यहाँ एप्रात (अर्थात् बेथलेहेम) जाने बाटोमा गाडे।”
GEN 48:8 जब इस्राएलले योसेफका छोराहरूलाई देखे, उनले “यिनीहरू को हुन्?” भनी सोधे।
GEN 48:9 योसेफले आफ्ना पितालाई भने, “यिनीहरू परमेश्‍वरले मलाई यस देशमा दिनुभएको छोराहरू हुन्।” तब इस्राएलले भने, “तिनीहरूलाई मकहाँ ले, र म तिनीहरूलाई आशिष् दिनेछु।”
GEN 48:10 इस्राएलका आँखा वृद्धावस्थाको कारण धमिलिएका थिए। अनि उनले राम्ररी देख्न सक्दैनथे। यसकारण योसेफले आफ्ना छोराहरूलाई तिनका नजिक ल्याए; अनि तिनका पिताले तिनीहरूलाई चुम्बन गरे, र अँगालो हाले।
GEN 48:11 इस्राएलले योसेफलाई भने, “मैले तेरो अनुहार फेरि देख्न पाउँछु भनेर चिताएको पनि थिइनँ; अब परमेश्‍वरले मलाई तेरा सन्तानहरूहरू पनि हेर्न दिनुभयो।”
GEN 48:12 तब योसेफले तिनीहरूलाई इस्राएलका काखबाट हटाए, र आफ्नो अनुहार भुइँतिर पारेर दण्डवत् गरे।
GEN 48:13 अनि योसेफले ती दुवैलाई लिए, एफ्राइमलाई आफ्नो दाहिने हातले समातेर इस्राएलको देब्रेपट्टि, र मनश्शेलाई आफ्नो देब्रे हातले समातेर इस्राएलको दाहिनेपट्टि पारेर तिनका नजिक ल्याए।
GEN 48:14 तर इस्राएलले आफ्नो दाहिने हात बढाएर कान्छा छोरा एफ्राइमको शिरमाथि राखे। अनि आफ्नो देब्रे हात घुमाएर जेठो छोरा मनश्शेको शिरमाथि राखे।
GEN 48:15 तब उनले योसेफलाई आशिष् दिएर भने, “जुन परमेश्‍वरको सामु मेरा पिता अब्राहाम र इसहाक विश्‍वासयोग्य भएर हिँडे, जुन परमेश्‍वर मेरो जीवनभरि आजसम्म मेरो गोठालो भएर रहनुभएको छ,
GEN 48:16 ती स्वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशिष् देऊन्। तिनीहरूद्वारा नै मेरो नाम, र मेरा पिता अब्राहाम र इसहाकको नाम अमर होऊन्; अनि पृथ्वीमा यिनीहरूको संख्या अनगन्ती होस्।”
GEN 48:17 जब योसेफले आफ्ना पिताले उनको दाहिने हात एफ्राइमको शिरमा राखेका देखे, तिनी अप्रसन्‍न भए; यसकारण तिनले एफ्राइमको शिरबाट मनश्शेको शिरमाथि सारिदिनलाई आफ्ना पिताको हात समाते।
GEN 48:18 योसेफले उनलाई भने, “होइन, मेरा पिता, योचाहिँ जेठा हो; तपाईंको दाहिने हात यसको शिरमाथि राख्नुहोस्।”
GEN 48:19 तर तिनका पिताले अस्वीकार गरेर भने, “मलाई थाहा छ, मेरा छोरा, मलाई थाहा छ। त्यो पनि एउटा जाति बन्‍नेछ। त्यो पनि महान् हुनेछ। तर त्यसको कान्छो भाइचाहिँ त्योभन्दा महान् बन्‍नेछ। अनि त्यसका सन्तानहरू जातिहरूको एक समूह हुनेछन्।”
GEN 48:20 त्यस दिन उनले तिनीहरूलाई आशिष् दिएर भने, “तिमीहरूकै नाममा इस्राएलले यो आशिष् उच्‍चारण गर्नेछ: ‘परमेश्‍वरले तिमीहरूलाई एफ्राइमझैँ र मनश्शेझैँ बनाऊन्।’ ” यसरी उनले एफ्राइमलाई मनश्शेको अगाडि राखे।
GEN 48:21 तब इस्राएलले योसेफलाई भने, “मेरो मृत्युको समय आएको छ; तर परमेश्‍वर तँसित हुनुहुनेछ र तँलाई आफ्ना पितापुर्खाहरूको देशमा फर्काएर लानुहुनेछ।
GEN 48:22 म तँलाई तेरा दाजुभाइहरूभन्दा एक भाग बढ्ता पहाडी पाखो दिनेछु, जुन पाखो मैले मेरो तरवार र धनुले एमोरीहरूबाट हात पारेको छु।”
GEN 49:1 तब याकोबले आफ्ना छोराहरूलाई बोलाएर भने: “तिमीहरू भेला होओ, र आउँदा दिनहरूमा तिमीहरूलाई के-के हुनेछ, त्यो म भन्‍नेछु।
GEN 49:2 “याकोबका छोराहरू हो! भेला होओ, र सुन; तिमीहरूका पिता इस्राएलका कुरा सुन।
GEN 49:3 “रूबेन, तँ मेरो जेठा छोरा होस्, मेरो शक्ति, मेरो बलको पहिलो चिन्ह, सम्मानमा विशिष्‍ट, र शक्तिमा विशिष्‍ट।
GEN 49:4 तँ पानीझैँ चञ्चल छस्; यसैले तेरो इज्जत रहनेछैन; किनकि तँ आफ्ना पिताको ओछ्यानमा चढिस्, मेरो पलङमा चढिस् र त्यसलाई अशुद्ध पारिस्।
GEN 49:5 “शिमियोन र लेवी दाजुभाइहरू हुन्; तिनीहरूका तरवारहरू हिंसाका हतियारहरू हुन्।
GEN 49:6 म तिनीहरूको सभामा नपसूँ, म तिनीहरूका परिषद्‌मा सामेल नबनूँ; किनकि तिनीहरूले रिसमा मानिसहरू मारेका छन्। अनि खेलवाड गरेर गोरुहरूका ढोडनसा काटेका छन्।
GEN 49:7 तिनीहरूको यति डरलाग्दो रिस, तिनीहरूको निष्‍ठुर क्रोधमाथि श्राप परोस्! म तिनीहरूलाई याकोबमा छरपस्ट पार्नेछु, र इस्राएलमा तितरबितर पार्नेछु।
GEN 49:8 “यहूदा, तेरा दाजुभाइहरूले तँलाई प्रशंसा गर्नेछन्; तेरो हात तेरा शत्रुहरूको गर्दनमा हुनेछ; तेरा पिताका छोराहरूले तँलाई दण्डवत् गर्नेछन्।
GEN 49:9 ए यहूदा, तँ सिंहको डमरुजस्तै छस्; मेरो छोरा, तँ शिकारबाट फर्कन्छस्। त्यो सिंहझैँ झुक्दछ, सिंहनीझैँ आराम गर्न लमतन्‍न पर्दछ—कसले उसलाई जगाउने आँट गर्ला?
GEN 49:10 यहूदाको हातबाट राजदण्ड हट्नेछैन, न त शासकको लहुरो त्यसका खुट्टाहरूका बीचबाट हट्नेछ, जबसम्म यी जसका हुन्, ती आउँदैनन्, अनि जातिहरू उहाँमा आज्ञाकारी बन्‍नेछन्।
GEN 49:11 त्यसले आफ्नो गधालाई दाखको बोटमा, र त्यसको बछेडोलाई त्यसले उत्तम हाँगामा बाँध्नेछ; त्यसले आफ्नो वस्त्र दाखमद्यमा, र आफ्नो लबेदा दाखको रसमा धुनेछ।
GEN 49:12 त्यसका आँखा दाखमद्यभन्दा गाढा रङ्गका, र त्यसका दाँतहरू दूधभन्दा सेता हुनेछन्।
GEN 49:13 “जबूलून समुद्री किनारमा बस्‍नेछ, र ऊ जहाजहरूका लागि बन्दरगाह बन्‍नेछ; त्यसको सिमाना सीदोनतिर फैलिनेछ।
GEN 49:14 “इस्साखार दुई काठीका बीचमा आराम गर्ने बलियो गधा हो।
GEN 49:15 जब त्यसले आफू बिसाएको ठाउँ कति असल छ, र आफ्नो देश कति आनन्दपूर्ण छ भनी देख्छ, त्यसले आफ्नो काँध भारी बोक्नको लागि झुकाउनेछ, र कडा परिश्रमको लागि समर्पित हुनेछ।
GEN 49:16 “दानले इस्राएलको एउटा कुलको हैसियतले आफ्ना मानिसहरूलाई न्याय दिनेछ।
GEN 49:17 दान बाटो छेउको एउटा सर्प, र गोरेटोमा बसेको विषालु सर्प हो, जसले घोडाको कुर्कुच्‍चा डस्छ, र यसमा सवार हुने मानिस पछिल्तिर पछारिन्छ।
GEN 49:18 “हे याहवेह, म तपाईंको छुटकारालाई अपेक्षा गर्दछु।
GEN 49:19 “गादलाई आक्रमणकारीहरूको दलले आक्रमण गर्नेछ; तर त्यसले चाहिँ तिनीहरूलाई उल्टो खेदेर तिनीहरूका कुर्कुच्‍चामा आक्रमण गर्नेछ।
GEN 49:20 “आशेरको भोजन उत्तम हुनेछ; त्यसले राजालाई सुहाउने स्वादिलो भोजन जुटाउनेछ।
GEN 49:21 “नप्‍ताली स्वतन्त्र भएकी मुडुली मृग हो, जसले सुन्दर पाठाहरू बियाउँछे।
GEN 49:22 “योसेफ एउटा फलदायक दाखको बोट हो, पानीको मूलको नजिक भएको फलदायक दाखको बोट, जसका हाँगाहरू पर्खाल नाघेर फैलिन्छन्।
GEN 49:23 धनुर्धारीहरूले निर्दयतासाथ त्यसलाई आक्रमण गरे; तिनीहरूले दुश्मनी राखेर त्यसलाई काँडले हाने।
GEN 49:24 तर त्यसको धनु स्थिर रह्‍यो; त्यसका बलिया पाखुराहरू फूर्तिला रहे; त्यो याकोबका सर्वशक्तिमान्‌को हातले गर्दा त्यो गोठाला, इस्राएलका चट्टानले गर्दा भएको थियो;
GEN 49:25 तेरा पिताका परमेश्‍वर, जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान्, जसले तँलाई माथि स्वर्गका आशिष्‌हरू, तल भएको समुद्रका आशिष्‌हरू, स्तन र गर्भका आशिष्‌हरू दिनुहुन्छ।
GEN 49:26 तेरा पिताका आशिष्‌हरू प्राचीन पर्वतहरूका आशिष्‌हरूभन्दा र पुराना पहाडहरूका प्रचुरताहरूभन्दा महान् छन्; यी सबै आशिष्‌हरू योसेफका शिरमा होऊन्; आफ्ना दाजुभाइहरूका बीचमा भएका राजकुमारका आँखीभौँमाथि बसून्।
GEN 49:27 “बेन्यामीन साह्रै भोकाएको ब्वाँसो हो; बिहान त्यसले शिकार खान्छ; साँझमा त्यसले लुटको माल बाँड्छ।”
GEN 49:28 यी सबै इस्राएलका बाह्र कुल हुन्; र यसरी उनीहरूका पिताले उनीहरू प्रत्येकलाई सुहाउँदो आशिष् दिए।
GEN 49:29 तब याकोबले उनीहरूलाई यी निर्देशन दिए: “म आफ्ना मानिसहरूसित मिल्न जान लागिरहेको छु। मलाई हित्ती एप्रोनको खेतमा भएको ओडारमा मेरा पितापुर्खाहरूसित गाड्नू,
GEN 49:30 जुन ओडारचाहिँ कनानमा मम्रेको छेउमा मक्पेलाको खेतमा छ। अनि त्यो ठाउँ अब्राहामले हित्ती एप्रोनबाट चिहान घारीको रूपमा खेतसमेत किनेका थिए।
GEN 49:31 त्यहीँ नै अब्राहाम र तिनकी पत्नी सारा गाडिए; त्यहीँ इसहाक र तिनकी पत्नी रिबेका गाडिए; र त्यहीँ नै मैले लेआलाई गाडेँ।
GEN 49:32 त्यो जमिन र त्यो ओडार हित्तीहरूबाट किनिएको हो।”
GEN 49:33 अनि याकोबले आफ्ना छोराहरूलाई निर्देशन दिइसकेपछि उनले आफ्ना खुट्टा पलङमा पसारेर आफ्नो अन्तिम सास फेरे। यसरी उनी आफ्ना मानिससित मिल्न गए।
GEN 50:1 योसेफ आफ्ना पितालाई अँगालो हालेर धेरै बेर रोए, र उनलाई म्वाइँ खाए।
GEN 50:2 तब योसेफले आफ्ना सेवामा खटाइएका वैद्यहरूलाई आफ्ना पिता इस्राएलको शरीरमा सुगन्धित लेप लगाउन आदेश दिए। यसकारण ती वैद्यहरूले
GEN 50:3 चालीस दिन लगाएर सुगन्धित लेप लगाए; किनकि लेप लगाउन त्यति नै समय लाग्थ्यो। अनि इजिप्टियनहरूले उनका निम्ति सत्तरी दिनसम्म शोक मनाए।
GEN 50:4 शोकका दिनहरू बितेपछि योसेफले फारोका भारदारहरूलाई भने, “यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने फारोसित मेरा लागि बोलिदिनुहोस्। उहाँलाई भन्‍नुहोस्,
GEN 50:5 ‘मेरा पिताले मलाई शपथ खान लाउनुभयो, र भन्‍नुभयो, “मेरो मृत्यु हुन लागेको छ; मलाई कनान देशमा मैले आफूले बनाएको चिहानमा गाड्नू।” अब मलाई आफ्ना पितालाई गाड्न जान दिनुहोस्; त्यसपछि म फर्कनेछु।’ ”
GEN 50:6 फारोले भने, “जाऊ, र तिम्रा पिताले तिमीलाई शपथ खान लगाएझैँ तिनलाई गाड।”
GEN 50:7 यसकारण योसेफ आफ्ना पितालाई गाड्न गए। फारोका सबै राजकर्मचारीहरू—अर्थात् सभाका प्रधानहरू र इजिप्टका सबै सम्मानित व्यक्तिहरू तिनीसित गए।
GEN 50:8 यसबाहेक योसेफका घरानाका सबै सदस्यहरू, तिनका दाजुभाइहरू र तिनका पिताका सबै घराना पनि गए। गोशेनमा बालबच्‍चाहरू, बगालहरू र बथानहरू मात्र छोडिए।
GEN 50:9 रथहरू र घोडसवारहरू पनि तिनीसित गए। त्यो एउटा ठूलो समूह थियो।
GEN 50:10 जब तिनीहरू यर्दनको छेउमा भएको आतादको खलोमा पुगे, तब तिनीहरूले धेरै बेरसम्म भारी विलाप गरे; अनि त्यहाँ योसेफले आफ्ना पिताको निम्ति सात दिनसम्म शोक गरे।
GEN 50:11 जब त्यहाँ बस्‍ने कनानीहरूले आतादको खलोमा गरिएको शोक देखे, तिनीहरूले भने, “इजिप्टियनहरूले ठूलो शोक मनाइरहेका छन्।” त्यसैकारण यर्दनको नजिकको त्यस ठाउँलाई हाबिल-मिश्रइम भनिन्छ।
GEN 50:12 यसरी याकोबका छोराहरूले उनले आज्ञा दिएबमोजिम गरे:
GEN 50:13 तिनीहरूले उनलाई कनानमा पुर्‍याए र मम्रेको छेउमा मक्पेलाको खेतमा भएको ओडारमा गाडे, जुन अब्राहामले हित्ती एप्रोनबाट चिहान घारीको रूपमा खेतसितै किनेका थिए।
GEN 50:14 आफ्ना पितालाई गाडेपछि योसेफ तिनका दाजुभाइहरू र तिनका पितालाई गाड्न गएका अरू सबैसित इजिप्टमा फर्किए।
GEN 50:15 उनीहरूका पिताको मृत्यु भएको देखेर योसेफका दाजुभाइहरूले भने, “यदि योसेफले हामीले त्यसप्रति गरेका सबै खराबीको साटो मनमा इबी राखेर हामीसँग बदला लियो भने?”
GEN 50:16 यसकारण उनीहरूले योसेफकहाँ यसो भनेर खबर पठाए, “तपाईंका पिताले आफ्नो मृत्यु हुनुभन्दा अगि यस्तो आदेश दिनुभएको छ:
GEN 50:17 ‘तिमीहरूले योसेफलाई यसो भन्‍नू: तेरा दाजुभाइहरूले विगतमा तँलाई खराब व्यवहार गरेर तँप्रति गरेका पापहरू र खराबीहरूलाई क्षमा गरिदे भनी म भन्दछु।’ अब दया गरी तपाईंका पिताका परमेश्‍वरका सेवकहरूका पापहरू क्षमा गरिदिनुहोस्।” त्यो खबर तिनीकहाँ पुगेपछि योसेफ रोए।
GEN 50:18 तब तिनका दाजुभाइहरू तिनीकहाँ आएर तिनको अगि घोप्टो परेर भने, “हामी तपाईंका दासहरू हौँ।”
GEN 50:19 तर योसेफले उनीहरूलाई भने, “नडराओ; के म परमेश्‍वरको स्थानमा छु र?
GEN 50:20 तिमीहरूले मलाई हानि गर्ने विचार गर्‍यौ; तर अहिले धेरैको प्राण बाँच्ने जुन काम भइरहेको छ, त्यो काम परमेश्‍वरले भलाइका निम्ति गर्नुभयो।
GEN 50:21 यसकारण अब नडराओ; म तिमीहरू र तिमीहरूका बालबच्‍चाहरूको पालनपोषण गर्नेछु।” अनि तिनले उनीहरूलाई फेरि आश्‍वासन दिए, र उनीहरूसित दयालु भएर कुराकानी गरे।
GEN 50:22 योसेफ आफ्ना पिताका सम्पूर्ण परिवारसित इजिप्टमा बसे। तिनी एक सय दश वर्षसम्म बाँचे।
GEN 50:23 तिनले एफ्राइमका छोराछोरीहरूका तेस्रो पुस्तासम्मलाई देखे। मनश्शेका छोरा माकीरका छोराछोरीहरूलाई पनि तिनले काखमा लिए, जसलाई तिनले आफ्नै ठान्दथे।
GEN 50:24 तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो मृत्यु हुन लागेको छ; तर परमेश्‍वर निश्‍चय तिमीहरूलाई सहायता दिन आउनुहुनेछ; र तिमीहरूलाई यस देशबाट उहाँले अब्राहाम, इसहाक र याकोबलाई शपथद्वारा प्रतिज्ञा गर्नुभएको देशमा लैजानुहुनेछ।”
GEN 50:25 अनि योसेफले इस्राएलका छोराहरूलाई शपथ खान लगाएर भने, “परमेश्‍वर निश्‍चय तिमीहरूको सहायताका लागि आउनुहुनेछ, र तिमीहरूले मेरा हड्डीहरू यस ठाउँबाट माथि लैजानू।”
GEN 50:26 यसरी योसेफको एक सय दश वर्ष उमेर पुगेर मृत्यु भयो। अनि उनीहरूले तिनलाई सुगन्धित लेप लगाएपछि बाकसमा हालेर इजिप्टमा नै राखे।
EXO 1:1 याकोबसित आ-आफ्नो परिवारसहित इजिप्टमा जाने इस्राएलका छोराहरूका नाम यिनै हुन्:
EXO 1:2 रूबेन, शिमियोन, लेवी र यहूदा;
EXO 1:3 इस्साखार, जबूलून र बेन्यामीन;
EXO 1:4 दान र नप्‍ताली; गाद र आशेर।
EXO 1:5 याकोबका सन्तति जम्मा सत्तरी जना थिए; योसेफ अगिबाटै इजिप्टमा थिए।
EXO 1:6 त्यसपछि, योसेफ, तिनका दाजुभाइहरू र त्यस पुस्ताका सबै जना मरे।
EXO 1:7 तर इस्राएलीहरू फलवन्त हुँदै संख्यामा वृद्धि हुँदैगए, यहाँसम्म कि सारा देश तिनीहरूद्वारा भरियो।
EXO 1:8 तब इजिप्टमा योसेफलाई नचिनेका एक जना नयाँ राजाले शासन गर्न थाले।
EXO 1:9 उनले आफ्ना प्रजालाई भने, “हेर, इस्राएलीहरू हामीभन्दा संख्यामा धेरै र बलवान् भएका छन्।
EXO 1:10 अब हामीले तिनीहरूसित बुद्धि पुर्‍याएर व्यवहार गर्नुपर्छ; नत्रता तिनीहरू अझ धेरै हुनेछन्, र यदि युद्ध भइहाल्यो भने तिनीहरू हाम्रा शत्रुहरूसित लागेर हाम्रो विरुद्धमा लडाइँ गरी देशलाई छोडिदिनेछन्।”
EXO 1:11 यसकारण उनीहरूले तिनीहरूलाई जबरजस्ती कामले लदाएर सताउनको लागि तिनीहरूमाथि हाकिमहरू खटाए; अनि उनीहरूले फारोको निम्ति पिताम र रामसेस भन्‍ने भण्डारका सहरहरू बनाए।
EXO 1:12 तर तिनीहरू जति-जति सताइन्थे, उति-उति नै तिनीहरूका संख्या बढ्दै गए, र देशमा फिँजिदै गए। यसकारण इजिप्टियनहरू इस्राएलीहरूसित डराउन थाले।
EXO 1:13 त्यसकारण इजिप्टियनहरूले इस्राएलीहरूलाई कठोरतापूर्वक काममा दलाउन थाले।
EXO 1:14 उनीहरूले तिनीहरूलाई माटो, इँटा र खेतबारीका सबै किसिमका काम र कठोर परिश्रम गर्न लगाएर तिनीहरूको जीवन नै तितो बनाइदिए; इजिप्टियनहरूले तिनीहरूलाई सबै काममा कठोरतापूर्वक लगाए।
EXO 1:15 इजिप्टका राजाले शिप्रा र पुवा नाम गरेका हिब्रू सुँडेनीहरूलाई बोलाएर भने,
EXO 1:16 “जब तिमीहरूले हिब्रू स्त्रीहरूलाई बच्‍चा जन्माउन मदत गर्छौ, र जन्माएका हेर्छौ, तब त्यो छोरा हो भने त्यसलाई मारिदिनू; तर छोरी हो भने त्यसलाई चाहिँ नमार्नू।”
EXO 1:17 तर ती सुँडेनीहरू परमेश्‍वरको डर राख्थे। इजिप्टको राजाको आज्ञाअनुसार तिनीहरूले गरेनन्; तिनीहरूले छोराहरू जन्मिँदा पनि मारेनन्।
EXO 1:18 तब इजिप्टको राजाले ती सुँडेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले यस्तो किन गर्‍यौ? तिमीहरूले ती छोराहरूलाई किन जिउँदै छोडिदियौ?”
EXO 1:19 ती सुँडेनीहरूले फारोलाई जवाफ दिए, “हिब्रू स्त्रीहरू इजिप्टियन स्त्रीहरूजस्ता छैनन्; तिनीहरू बलिया हुन्छन्; अनि सुँडेनीहरू तिनीहरूकहाँ पुग्नुभन्दा पहिल्यै सजिलैसँग बच्‍चा जन्माइसकेका हुन्छन्।”
EXO 1:20 यसकारण परमेश्‍वर ती सुँडेनीहरूप्रति कृपालु हुनुभयो; अनि ती इस्राएलीहरू संख्यामा बढ्दै गए, र झन् शक्तिशाली भए।
EXO 1:21 ती सुँडेनीहरू परमेश्‍वरसित डराएका हुनाले उहाँले तिनीहरूलाई आफ्नै परिवारहरू दिनुभयो।
EXO 1:22 तब फारोले आफ्ना सबै प्रजालाई यसो भन्दै आज्ञा दिए: “जन्मेका हरेक हिब्रू छोरालाई तिमीहरूले नील नदीमा फ्याँकिदिनू, तर प्रत्येक छोरीलाई भने जीवितै छोड्नू।”
EXO 2:1 लेवी घरानाका एक जना मानिसले एउटी लेवी कुलकी स्त्रीलाई विवाह गरे।
EXO 2:2 अनि तिनी गर्भवती भइन् र एउटा छोरो जन्माइन्। जब तिनले त्यस बालकलाई सुन्दर देखिन्, तब तिनले त्यसलाई तीन महिनासम्म लुकाइराखिन्।
EXO 2:3 तर जब तिनले त्यसलाई अझै लुकाउन सकिनन्, तब तिनले त्यसको निम्ति एउटा काँसको टोकरी ल्याइन् र त्यसलाई लिसाइलो माटो र अलकत्राले लिपिन्। तब तिनले त्यस बालकलाई त्यसमा हालेर नील नदीको किनारमा अग्ला काँसघारीहरूका बीचमा राखिदिइन्।
EXO 2:4 त्यसलाई के हुन्छ भनी त्यो हेर्नलाई तिनकी दिदी टाढामा उभिरहिन्।
EXO 2:5 तब फारोकी छोरी नुहाउनलाई नील नदीमा आइन्, र तिनका दासीहरू नदीका किनारतिर हिँड्दैथिए। तिनले काँसघारीहरूका बीचमा टोकरी देखिन्, र आफ्नी दासीलाई त्यो लिन पठाइन्।
EXO 2:6 जब तिनले खोल्दा त्यस बालकलाई देखिन्; तब त्यो बालक रोइरहेको थियो, र उसप्रति दयाले भरिएर तिनले भनिन्, “यो त कुनै हिब्रूको बालक हो।”
EXO 2:7 तब बालककी दिदीले फारोकी छोरीलाई भनिन्, “के यस बालकलाई हेरचाह गर्नका निम्ति म गएर हिब्रू स्त्रीहरूमध्ये कुनै एउटी धाईलाई तपाईंको निम्ति बोलाऊँ?”
EXO 2:8 तब फारोकी छोरीले जवाफ दिइन्, “हुन्छ, जाऊ।” अनि ती केटी गएर त्यस बालककी आमालाई लिएर आई।
EXO 2:9 फारोकी छोरीले तिनलाई भनिन्, “यस बालकलाई लैजाऊ, र मेरा निम्ति दूध खुवाऊ र हेरचाह गर। म तिमीलाई ज्याला दिनेछु।” यसकारण त्यस स्त्रीले बालकलाई लिएर दूध खुवाउने गरिन्।
EXO 2:10 बालक ठूलो भएपछि तिनले त्यसलाई फारोकी छोरीकहाँ लगिन्, र ऊ तिनको छोरा भयो, र “मैले उसलाई पानीबाट बाहिर निकालेकी हुँ” भन्दै तिनले उसको नाम मोशा राखिन्।
EXO 2:11 मोशा ठूलो भएपछि एक दिन तिनी आफ्ना मानिसहरूकहाँ गए, र तिनीहरूले कठोर परिश्रम गरेको देखे। तिनले एक जना इजिप्टियनले हिब्रू जातिको एक जनालाई हिर्काइरहेको देखे।
EXO 2:12 तिनले यताउता हेरे, र कोही पनि नदेखेपछि तिनले त्यस इजिप्टियनलाई मारे, र त्यसलाई बालुवामा पुरिदिए।
EXO 2:13 अर्को दिन तिनी बाहिर निस्के; तब दुई जना हिब्रूहरूलाई झगडा गरिरहेका देखे। तिनले गल्ती गर्नेलाई सोधे, “तिमी किन आफ्नै मान्छेलाई हिर्काउँछौ?”
EXO 2:14 तब त्यस मानिसले भन्यो, “तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्‍यो? के तिमीले त्यस इजिप्टियनलाई मारेझैँ मलाई पनि मार्ने विचार गर्दैछौ?” तब मोशा डराए, र सोचे, “मैले जे गरेँ, त्यो सबैलाई थाहा भइसक्यो होला!”
EXO 2:15 जब फारोले यो सुने, तब उनले मोशालाई मार्न खोजे; तर मोशा फारोदेखि भागेर गए, र मिद्यानमा बस्‍न लागे; अनि त्यहाँ तिनी एउटा इनारको छेउमा बसे।
EXO 2:16 मिद्यानका एक जना पुजारीका सात जना छोरीहरू थिए। आफ्ना पिताका बगाललाई पानी खुवाउन तिनीहरू इनारमा आए, र पानी उघाउँदै डुँडमा भर्न लागे।
EXO 2:17 तब त्यहाँ केही गोठालाहरू पनि आए र तिनीहरूलाई धपाए; तर मोशा उठे, र तिनीहरूलाई सहायता गरे, र तिनीहरूका बगाललाई पानी पिउन दिए।
EXO 2:18 जब ती ठिटीहरू आफ्ना पिता रूएलकहाँ फर्किए, तब तिनले तिनीहरूलाई सोधे, “आज तिमीहरू कसरी यति चाँडो फर्कियौ?”
EXO 2:19 तिनीहरूले जवाफ दिए, “एक जना इजिप्टियनले हामीलाई गोठालाहरूका हातबाट बचाए। तिनले त हाम्रा निम्ति पानी पनि उघाइदिए, र बगाललाई समेत पानी खुवाए।”
EXO 2:20 उनले आफ्ना छोरीहरूलाई सोधे, “अनि तिनी कहाँ छन्? तिमीहरूले तिनलाई किन छोडिदियौ? तिनलाई खानलाई निम्तो देऊ।”
EXO 2:21 त्यसपछि मोशा ती मानिससित बस्‍न राजी भए; र उनले आफ्नी छोरी सिप्पोरालाई मोशासित विवाह गरिदिए।
EXO 2:22 सिप्पोराले एउटा छोरा जन्माइन्, र मोशाले “म अर्काको मुलुकमा प्रवासी भएँ” भनेर त्यसको नाम गेर्शोम राखे।
EXO 2:23 समय बितेपछि इजिप्टका राजा मरे। आफ्ना दासत्वमा इस्राएलीहरूले सुस्केरा हाले; अनि पुकार गर्न थाले। दासत्वको कारण तिनीहरूले सहायताको लागि गरेको चीत्कार परमेश्‍वरकहाँ पुग्यो।
EXO 2:24 तब परमेश्‍वरले तिनीहरूको सुस्केरा सुन्‍नुभयो; अनि उहाँले अब्राहाम, इसहाक र याकोबसित बाँध्नुभएको आफ्नो करार सम्झनुभयो।
EXO 2:25 यसकारण परमेश्‍वरले इस्राएलीहरूमाथि दृष्‍टि लगाउनुभयो, र तिनीहरूको वास्ता गर्नुभयो।
EXO 3:1 मोशाले आफ्ना ससुरा मिद्यानका पुजारी यित्रोका भेडाबाख्रा चराउँथे। अनि आफ्नो बगाललाई उजाडस्थानको पल्‍लो छेउतिर लगे; अनि तिनी परमेश्‍वरको पर्वत होरेबमा आए।
EXO 3:2 त्यहाँ याहवेहका दूत पोथ्राको माझमा जलिरहेको ज्वालाको रूपमा तिनीकहाँ देखा पर्नुभयो। मोशाले देखे, कि त्यो पोथ्रा जलिरहेको थियो; तापनि भस्म भएको थिएन।
EXO 3:3 अनि मोशाले मनमनै सोचे, “यो अनौठो दृश्य म त्यहीँ गएर हेर्नेछु—त्यो पोथ्रा किन भस्म भएको छैन।”
EXO 3:4 जब याहवेहले तिनले हेर्न गएको देख्नुभयो, तब परमेश्‍वरले त्यस पोथ्राभित्रबाट तिनलाई बोलाएर भन्‍नुभयो, “मोशा! ए मोशा!” अनि मोशाले भने, “हजुर, म यहाँ छु।”
EXO 3:5 परमेश्‍वरले भन्‍नुभयो, “यता नजिक नआइज! तेरो जुत्ता फुकाल; किनकि तँ उभिएको ठाउँ पवित्र भूमि हो।”
EXO 3:6 तब उहाँले भन्‍नुभयो, “म तेरा पितापुर्खाका परमेश्‍वर हुँ; अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर।” यो सुनेर मोशाले आफ्नो अनुहार छोपे; किनकि तिनी परमेश्‍वरलाई हेर्न डराए।
EXO 3:7 याहवेहले भन्‍नुभयो, “मैले इजिप्टमा भएका मेरा प्रजाका कष्‍ट साँच्‍चै देखेको छु। परिश्रममा जोतिएकाहरूलाई यातना दिने ठेकेदारहरूका कारण मैले तिनीहरूको चीत्कार सुनेको छु; र तिनीहरूका दुःखप्रति मेरो वास्ता छ।
EXO 3:8 यसकारण म तिनीहरूलाई इजिप्टियनहरूका हातबाट छुटाउन, र त्यस देशबाट निकालेर एउटा असल र ठूलो देश, दूध र मह बग्ने, जो कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश हो, त्यहाँ ल्याउनलाई म ओर्लिएको छु।
EXO 3:9 अब इस्राएलीहरूको चीत्कार मेरो सामु आइपुगेको छ; अनि इजिप्टियनहरूले कसरी तिनीहरूलाई सताइरहेका छन्, त्यो मैले देखेको छु।
EXO 3:10 यसकारण अब जा। म मेरा मानिसहरू अर्थात् इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याउन तँलाई फारोकहाँ पठाउँदैछु।”
EXO 3:11 तर मोशाले परमेश्‍वरलाई भने, “फारोकहाँ गएर इस्राएलीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने म को हुँ र?”
EXO 3:12 तब परमेश्‍वरले भन्‍नुभयो, “म तेरो साथमा हुनेछु। तँलाई पठाउने म नै हुँ भनी देखाउने अद्‌भुत चिन्ह यो हुनेछ: जब तैँले ती मानिसहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउनेछस्, तब तिमीहरूले यस पर्वतमा परमेश्‍वरको आराधना गर्नेछौ।”
EXO 3:13 मोशाले परमेश्‍वरलाई भने, “यदि मैले गएर इस्राएलीहरूलाई ‘तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो’ भनुँला, र तिनीहरूले मलाई ‘उहाँको नाम के हो?’ भनी सोध्लान्, तब म तिनीहरूलाई त्यस बेला के भनूँ?”
EXO 3:14 परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म हुँ, जो म हुँ। तैँले इस्राएलीहरूलाई भन्‍नू: ‘म हुँ भन्‍नेले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ ”
EXO 3:15 परमेश्‍वरले मोशालाई यसो पनि भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्‍नू, ‘तिमीहरूका पितापुर्खाहरूका याहवेह परमेश्‍वर—अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वरले—मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ “मेरो नाम सदा यही रहन्छ, र सबै पुस्तासम्म मेरो नामको सम्झना यही हुनेछ।
EXO 3:16 “जा, इस्राएलका प्रधानहरूलाई जम्मा गरेर तिनीहरूलाई भन्, ‘याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वर—अब्राहाम, इसहाक र याकोबका परमेश्‍वर—मकहाँ देखा परेर भन्‍नुभयो: मैले तिमीहरूमाथि दृष्‍टि लगाएको छु र तिनीहरूले तिमीहरूलाई इजिप्टमा के-के गरे, सो देखेको छु।
EXO 3:17 मैले तिमीहरूलाई इजिप्टको दुःखबाट बाहिर निकालेर कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देशमा ल्याउनलाई प्रतिज्ञा गरेको छु—जुन दूध र मह बग्ने देश हो।’
EXO 3:18 “इस्राएलका प्रधानहरूले तेरो कुरा सुन्‍नेछन्। तब तँ र प्रधानहरू इजिप्टका राजाकहाँ गएर यसो भन्‍नू: ‘याहवेह, हिब्रूहरूका परमेश्‍वरले हामीसित भेट गर्नुभयो। हामीलाई तीन दिनको बाटो उजाडस्थानमा गएर याहवेह हाम्रा परमेश्‍वरकहाँ बलिदान चढाउन जान दिनुहोस्।’
EXO 3:19 तर म जान्दछु, शक्तिशाली हातले त्यसलाई बाध्य नगराएसम्म इजिप्टको राजाले तिमीहरूलाई जान दिनेछैन।
EXO 3:20 यसकारण म आफ्नो हात पसारेर इजिप्टियनहरूका बीचमा सबै अद्‌भुत कार्यहरू गरेर तिनीहरूलाई प्रहार गर्नेछु। त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ।
EXO 3:21 “म इजिप्टियनहरूलाई यस जातिप्रति कृपा राख्ने बनाउनेछु, र तिमीहरू निस्कँदा खाली हात निस्कनेछैनौ।
EXO 3:22 हरेक स्त्रीले आफ्ना छिमेकीसित र उसको घरमा बसेकी कुनै पनि स्त्रीसित सुन र चाँदीका चीजहरू, र लुगाफाटाहरू मागेर ती तिमीहरूका छोराछोरीहरूलाई लगाइदिनेछौ। यसरी तिमीहरूले इजिप्टियनहरूलाई लुट्नेछौ।”
EXO 4:1 तब मोशाले जवाफ दिए, “यदि तिनीहरूले मलाई विश्‍वास गरेनन् अथवा मेरा कुरा सुनेनन् र ‘याहवेह तिमीसित देखा पर्नुभएको होइन’ भनेर जवाफ दिए भने के गर्ने?”
EXO 4:2 तब याहवेहले तिनलाई भन्‍नुभयो, “तेरो हातमा भएको त्यो के हो?” तिनले भने, “एउटा लहुरो।”
EXO 4:3 याहवेहले भन्‍नुभयो, “त्यसलाई भुइँमा फाल्।” मोशाले त्यसलाई भुइँमा फाले, र त्यो एउटा सर्प भयो, र मोशा डराएर भागे।
EXO 4:4 तब याहवेहले तिनलाई भन्‍नुभयो, “आफ्नो हात पसारेर त्यसको पुच्छरमा समात्।” यसकारण मोशाले हात पसारेर त्यस सर्पलाई समाते, र त्यो तिनको हातमा पहिलेझैँ लहुरो भइगयो।
EXO 4:5 याहवेहले भन्‍नुभयो, “यो याहवेह तिनीहरूका पितापुर्खाका परमेश्‍वर—अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर तिमीकहाँ देखा पर्नुभएको हो भनी तिनीहरूले विश्‍वास गरून् भनेर हो।”
EXO 4:6 तब याहवेहले भन्‍नुभयो, “तेरो हात तेरो वस्त्रभित्र हाल्।” यसकारण मोशाले आफ्नो हात आफ्नो वस्त्रभित्र हाले; अनि जब तिनले त्यसलाई बाहिर निकाले, तब त्यसमा कुष्‍ठरोग लागेर हिउँझैँ सेतो भयो।
EXO 4:7 उहाँले भन्‍नुभयो, “अब त्यसलाई आफ्नो वस्त्रभित्र फेरि हाल्।” यसकारण मोशाले आफ्नो हात फेरि वस्त्रभित्र हाले, र जब तिनले त्यसलाई बाहिर निकाले, त्यो शरीरका अरू भागझैँ सद्दे भइहाल्यो।
EXO 4:8 तब याहवेहले भन्‍नुभयो, “यदि तिनीहरूले तँलाई विश्‍वास गरेनन् अथवा पहिलो अद्‌भुत चिन्हमा ध्यान दिएनन् भने तिनीहरूले दोस्रोमा विश्‍वास गर्लान्।
EXO 4:9 तर यदि तिनीहरूले यी दुई अलौकिक चिन्हहरूमाथि विश्‍वास गरेनन्, अथवा तेरो कुरा सुनेनन् भने नील नदीबाट केही पानी लिएर त्यसलाई ओबानो भूमिमा पोखाई दिनू। तैँले नदीबाट लिएको पानी सुक्खा भूमिमा रगत हुनेछ।”
EXO 4:10 मोशाले याहवेहलाई भने, “माफ गर्नुहोला, हे प्रभु। म बोल्नमा सिपालु छैनँ, न त पहिले म सिपालु थिएँ; न अहिले तपाईं बोल्नुभएपछि म सिपालु भएको छु; किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु।”
EXO 4:11 याहवेहले तिनलाई भन्‍नुभयो, “मानिसलाई बोल्ने मुख कसले दियो? त्यसलाई लाटो वा बहिरो, देख्ने वा नेदेख्ने भनी कसले निर्णय गर्छ? के त्यो म याहवेहले नै होइनँ र?
EXO 4:12 अब जा; म तँलाई बोल्न सहायता गर्नेछु, र तैँले भन्‍नुपर्ने कुरा सिकाउनेछु।”
EXO 4:13 तर मोशाले भने, “हे प्रभु, म तपाईंको दास बिन्ती गर्छु, कृपया अरू कसैलाई पठाउनुहोस्।”
EXO 4:14 तब मोशाप्रति याहवेहको क्रोध दन्कियो, र उहाँले भन्‍नुभयो, “लेवी कुलको हारून तेरो दाजु होइन र? ऊ राम्ररी बोल्न सक्छ भनी म जान्दछु। त्यो तँसित भेट गर्न आइरहेको छ; र तँलाई देखेर उसको हृदय प्रसन्‍न हुनेछ।
EXO 4:15 तँ उसित बोल्नेछस् र उसको मुखमा शब्द हालिदिनेछस्। म तिमीहरू दुवैलाई बोल्न सहायता गर्नेछु, र के गर्नुपर्छ, सो सिकाउनेछु।
EXO 4:16 उसले तेरा निम्ति मानिसहरूसित बोलिदिनेछ, र ऊ तेरो मुखपात्र हुनेछ; अनि तँ उसका निम्ति ईश्‍वरतुल्य हुनेछस्।
EXO 4:17 तर यो लहुरो तेरो हातमा लिनू, र तैँले यसद्वारा अलौकिक चिन्हहरू देखाउनेछस्।”
EXO 4:18 तब मोशा आफ्ना ससुरा यित्रोकहाँ फर्किगएर उनलाई भने, “मेरा आफ्नै दाजुभाइहरू इजिप्टमा कोही जीवितै छन् कि छैनन् भनेर हेर्न मलाई त्यहाँ जान दिनुहोस्।” यित्रोले भने, “शान्तिसित जाऊ।”
EXO 4:19 याहवेहले मोशालाई मिद्यानमा भन्‍नुभएको थियो, “इजिप्टमा फर्केर जा; किनकि तँलाई मार्न चाहनेहरू सबै मरिसके।”
EXO 4:20 यसकारण मोशाले आफ्ना पत्नी र छोराहरू लिएर तिनीहरूलाई गधामाथि चढाए; अनि इजिप्टतिर लागे। अनि तिनले परमेश्‍वरको लहुरो आफ्नो हातमा लिए।
EXO 4:21 याहवेहले मोशालाई भन्‍नुभयो, “जब तँ इजिप्टमा फर्कनेछस्, तब तैँले सबै अद्‌भुत कार्यहरू, जसका लागि मैले तँलाई शक्ति दिएको छु, फारोको सामु देखाउन नभुल्नू। तर म त्यसको हृदय कठोर पारिदिनेछु, र त्यसले मानिसहरूलाई जान दिनेछैन।
EXO 4:22 तब फारोलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: इस्राएल मेरो जेठो छोरा हो,
EXO 4:23 र म तँलाई आदेश दिन्छु, “मेरो छोरालाई जान दे, र त्यसले मेरो आराधना गरोस्।” तर तैँले त्यसलाई जान दिइनस्, यसकारण म तेरो जेठो छोरालाई मार्नेछु।’ ”
EXO 4:24 बाटोको एउटा बास बस्‍ने ठाउँमा याहवेहले मोशालाई भेटेर मार्न खोज्नुभएको थियो।
EXO 4:25 तर सिप्पोराले एउटा ढुङ्गाको चक्‍कु लिएर आफ्नो छोराको खलडी च्वाट्ट काटेर त्यसले मोशाको खुट्टामा छोइदिइन्। तिनले भनिन्, “तपाईं निश्‍चय मेरा निम्ति रगतको दुलहा हुनुहुन्छ।”
EXO 4:26 यसकारण याहवेहले तिनलाई छोडिदिनुभयो। (त्यस बेला तिनले खतनालाई दर्शाउँदै “रगतको दुलहा” भनिन्।)
EXO 4:27 याहवेहले हारूनलाई भन्‍नुभयो, “मोशालाई भेट्न उजाडस्थानमा जा।” यसकारण तिनले मोशालाई परमेश्‍वरको पर्वतमा भेटे, र तिनलाई चुम्बन गरे।
EXO 4:28 तब मोशाले तिनलाई याहवेहले जे भन्‍न पठाउनुभएको थियो, त्यो हरेक वचन, र तिनलाई उहाँले गर्नू भनेर हुकुम गर्नुभएका सबै अलौकिक चिन्हहरूको विषयमा हारूनलाई बताए।
EXO 4:29 मोशा र हारूनले इस्राएलका सबै प्रधानहरूलाई एकै ठाउँमा भेला पारे।
EXO 4:30 अनि हारूनले तिनीहरूलाई याहवेहले मोशालाई भन्‍नुभएका सबै कुराहरू सुनाइदिए। तिनले मानिसहरूका अगि अलौकिक चिन्हहरू पनि देखाए,
EXO 4:31 र इस्राएलीहरूले विश्‍वास गरे। अनि तिनीहरूले जब याहवेहले तिनीहरूप्रति वास्ता राख्नुभएको छ, र उहाँले तिनीहरूको कष्‍ट देख्नुभएको छ भनी सुने, तब तिनीहरूले निहुरेर आराधना गरे।
EXO 5:1 त्यसपछि मोशा र हारून फारोकहाँ गएर भने, “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘मेरा मानिसहरूलाई मेरा निम्ति उजाडस्थानमा चाड मनाउनलाई जान दे।’ ”
EXO 5:2 फारोले भने, “याहवेह को हुनुहुन्छ, र म उहाँको हुकुम पालन गरूँ, र इस्राएलीहरूलाई जान दिऊँ? म याहवेहलाई चिन्दिनँ, र इस्राएलीहरूलाई जान पनि दिन्‍नँ।”
EXO 5:3 तब तिनीहरूले भने, “हिब्रूहरूका परमेश्‍वरले हामीलाई भेट्नुभयो। अब हामीलाई तीन दिनको यात्रा गरी उजाडस्थानमा गएर याहवेह हाम्रा परमेश्‍वरका निम्ति बलिदान चढाउन जान दिनुहोस्, नत्रता उहाँले हामीलाई रूढीले अथवा तरवारले प्रहार गर्नुहुनेछ।”
EXO 5:4 तब इजिप्टका राजाले तिनीहरूलाई भने, “ए मोशा र हारून, तिमीहरू यी मानिसहरूका काममा किन बाधा गर्छौ? तिमीहरू आफ्ना काममा लाग!”
EXO 5:5 अनि फारोले भने, “हेर, देशका मानिसहरू अब धेरै भएका छन्, र तिमीहरू तिनीहरूलाई काम गर्नदेखि रोकिरहेका छौ।”
EXO 5:6 त्यही दिन फारोले यातना दिने ठेकेदारहरू र मानिसहरूका नाइकेहरूलाई यस्तो हुकुम दिए:
EXO 5:7 “अब उसो तिमीहरूले ती मानिसहरूलाई इँटाहरू बनाउनलाई पराल नदिनू; तिनीहरू गएर आफ्ना पराल आफैँले बटुलून्।
EXO 5:8 तर तिनीहरूलाई पहिलेकै संख्यामा इँटाहरू बनाउन भन्‍नू; त्यसको संख्या नघटाउनू। तिनीहरू अल्छे छन्; यसैले तिनीहरू ‘हामीलाई आफ्ना परमेश्‍वरका निम्ति बलिदान चढाउन जान दिनुहोस्’ भनी कराउँदैछन्।
EXO 5:9 ती मानिसहरूका निम्ति काम अझ कठोर पारिदिनू र तिनीहरूले खुरू-खुरू काम गरेर झूटो कुराहरूतिर ध्यान नदेऊन्।”
EXO 5:10 तब ती यातना दिने ठेकेदारहरू र मानिसहरूका नाइकेहरू गएर मानिसहरूलाई भने, “फारो यसो भन्‍नुहुन्छ: ‘म तिमीहरूलाई अबदेखि पराल दिनेछैनँ।
EXO 5:11 जाओ अनि जहाँबाट पाउन सकिन्छ, त्यहाँबाट आफ्ना लागि पराल ल्याओ, तर तिमीहरूका कामचाहिँ कदापि घटाइनेछैन।’ ”
EXO 5:12 यसकारण ती मानिसहरू परालको लागि काम चलाउन टुक्राटाक्रीहरू बटुल्नलाई इजिप्टभरि छरिए।
EXO 5:13 ती यातना दिने ठेकेदारहरूले तिनीहरूलाई यसो भन्दै दबाब दिए, “तिमीहरूसित पराल हुँदा काम गरेझैँ, तिमीहरूबाट प्रतिदिन चाहिएका काम पूरा गर।”
EXO 5:14 फारोका यातना दिने ठेकेदारहरूबाट नियुक्त गरिएका इस्राएली नाइकेहरूलाई तिनीहरूले पिटे र यसो भन्दै सोधे, “तिमीहरूले हिजो र आज आफ्ना इँटाको परिमाण किन पहिलेझैँ पुर्‍याएनौ?”
EXO 5:15 तब इस्राएली नाइकेहरू गएर फारोकहाँ उजुर गरे: “हजुरले आफ्ना सेवकहरूसँग किन यस्तो व्यवहार गर्नुहुन्छ?
EXO 5:16 हजुरका सेवकहरूलाई पराल दिइँदैन, र पनि हामीलाई ‘इँटा बनाओ’ भनी आज्ञा गरिन्छ। हजुरका सेवकहरू कुटाइ पनि खाँदैछन्, तर अपराध भने हजुरकै मानिसहरूको छ।”
EXO 5:17 फारोले भने, “तिमीहरू अल्छे छौ, अल्छे! यसैकारण तिमीहरू ‘हामीलाई याहवेहका निम्ति बलिदान चढाउन जान दिनुहोस्’ भनिबस्छौ।
EXO 5:18 अब फर्केर काममा लाग। तिमीहरूलाई कत्ति पनि पराल दिइनेछैन; तर तिमीहरूले तोकिएको संख्यामा इँटाहरू बनाउनैपर्नेछ।”
EXO 5:19 जब तिनीहरूलाई तिमीहरूले “प्रतिदिन बनाउनुपर्ने इँटाको संख्या घटाइनेछैन” भनियो, तब इस्राएली नाइकेहरूले तिनीहरू सङ्कटमा परेका थाहा पाए।
EXO 5:20 त्यसपछि तिनीहरू फारोकहाँबाट निस्के, र तिनीहरूले मोशा र हारून तिनीहरूलाई भेट्न पर्खिरहेका भेटे।
EXO 5:21 अनि तिनीहरूले भने, “याहवेहले तपाईंहरूमाथि दृष्‍टि गरून् र न्याय देऊन्! तपाईंहरूले हामीलाई फारो र उनका अधिकारीहरूको अगि घृणित बनाउनुभयो, र हामीलाई मार्नका निम्ति तिनीहरूका हातमा तरवार राखिदिनुभएको छ।”
EXO 5:22 मोशा फर्केर याहवेहकहाँ गएर भने, “हे प्रभु, तपाईंले यस प्रजामाथि किन सङ्कष्‍ट ल्याइदिनुभयो? के तपाईंले मलाई यसकै लागि पठाउनुभएको हो?
EXO 5:23 म फारोकहाँ तपाईंको नाममा बोल्न गएकै बेलादेखि तिनले यी प्रजामाथि सङ्कष्‍ट ल्याएका छन्; अनि तपाईंले आफ्नो प्रजालाई छुटकारा दिनुभएको छैन।”
EXO 6:1 तब याहवेहले मोशालाई भन्‍नुभयो, “अब म फारोलाई के गर्नेछु, सो तैँले देख्नेछस्: मेरा शक्तिशाली हातको कारण त्यसले तिनीहरूलाई जान दिनेछ; मेरा शक्तिशाली हातको कारण त्यसले तिनीहरूलाई आफ्नो देशबाट धपाइदिनेछ।”
EXO 6:2 परमेश्‍वरले मोशालाई यसो पनि भन्‍नुभयो, “म नै याहवेह हुँ।
EXO 6:3 म अब्राहाम, इसहाक र याकोबकहाँ सर्वशक्तिमान् परमेश्‍वरको रूपमा देखा परेँ, तर याहवेह मेरो नामले त मैले आफैँलाई तिनीहरूसित परिचित गराइनँ।
EXO 6:4 मैले तिनीहरू प्रवासी भई बसेको कनान देश तिनीहरूलाई दिनेछु भनी मेरो करार पनि तिनीहरूसित स्थापित गरेँ।
EXO 6:5 यसबाहेक मैले इजिप्टियनहरूले दास बनाइराखेका इस्राएलीहरूका सुस्केरा सुनेको छु, र मैले आफ्नो करार सम्झेको छु।
EXO 6:6 “यसकारण इस्राएलीहरूलाई भन्: ‘म नै याहवेह हुँ, र म तिमीहरूलाई इजिप्टियनहरूका बोझबाट निकालेर ल्याउनेछु। म तिमीहरूलाई तिनीहरूका दासत्वबाट मुक्त गर्नेछु; अनि म तिमीहरूलाई फैलिएको हात र न्यायको पराक्रमी कामले छुटकारा दिनेछु।
EXO 6:7 म तिमीहरूलाई मेरा आफ्नै मानिसहरूझैँ लिनेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु। तब म नै तिमीहरूका याहवेह परमेश्‍वर हुँ, जसले तिमीहरूलाई इजिप्टियनहरूका दासत्वको जुवामुनिबाट बाहिर निकालेर ल्याउनुभयो भन्‍ने कुरा तिमीहरूले जान्‍नेछौ;
EXO 6:8 अनि म तिमीहरूलाई त्यस देशमा ल्याउनेछु, जुन देश मैले अब्राहाम, इसहाक र याकोबलाई दिनेछु भनी हात उचालेर शपथ खाएको थिएँ; म त्यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु; म नै याहवेह हुँ।’ ”
EXO 6:9 तब मोशाले इस्राएलीहरूलाई यो कुरा बताइदिए; तर तिनीहरूका निराशा र दासत्वको क्रूरताका कारण तिनीहरूले मोशाको कुरा सुनेनन्।
EXO 6:10 तब याहवेहले मोशालाई भन्‍नुभयो,
EXO 6:11 “जा, र इजिप्टको राजा फारोलाई इस्राएलीहरूलाई त्यसको देशबाट बाहिर जान देऊ भनी भन्।”
EXO 6:12 तर मोशाले याहवेहलाई भने, “यदि इस्राएलीहरूले नै मेरा कुरा सुन्दैनन् भने फारोले झन् मेरो कुरा कसरी सुन्लान्? किनकि म भकभकाउँदै बोल्छु।”
EXO 6:13 फेरि याहवेह इस्राएलीहरू र इजिप्टका राजा फारोका विषयमा मोशा र हारूनसँग बोल्नुभयो; अनि उहाँले तिनीहरूलाई इस्राएलीहरूलाई इजिप्टबाट बाहिर लैजान आज्ञा दिनुभयो।
EXO 6:14 तिनीहरूका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनीहरू नै हुन्: इस्राएलका जेठा छोरा रूबेनका छोराहरू: हानोक र पल्‍लू, हेस्रोन र कर्मी।
EXO 6:15 शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र एउटी कनानी स्त्रीको छोरा, शाऊल।
EXO 6:16 तिनीहरूका वंशावलीअनुसार लेवीका छोराहरूका नाम यिनै हुन्: गेर्शोन, कहात र मरारी।
EXO 6:17 वंशअनुसार गेर्शोनका छोराहरू यिनै हुन्: लिब्नी र शिमी।
EXO 6:18 कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल। (कोहात 133 वर्षसम्म बाँचे।)
EXO 6:19 मरारीका छोराहरू: महली र मूशी।
EXO 6:20 अम्रामले आफ्ना बुबाकी बहिनी योकेबेदलाई विवाह गरे; जसले तिनको निम्ति हारून र मोशालाई जन्माइन्।
EXO 6:21 यिसहारका छोराहरू: कोरह, नेपेग र जिक्री।
EXO 6:22 उज्जीएलका छोराहरू: मिशाएल, एलसाफान र सिथ्री।
EXO 6:23 हारूनले अम्मीनादाबकी छोरी र नहशोनकी बहिनी एलिशेबालाई विवाह गरे; अनि तिनले उनको निम्ति नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन्।
EXO 6:24 कोरहका छोराहरू: अस्सीर, एल्काना र अबिआसाप।
EXO 6:25 हारूनका छोरा एलाजारले पतीएलकी छोरीहरूमध्ये एक जनालाई विवाह गरे; र तिनले उनको लागि पीनहासलाई जन्माइन्।
EXO 6:26 यी तिनै हारून र मोशा थिए, जसलाई याहवेहले भन्‍नुभयो, “इस्राएलीहरूलाई इजिप्टबाट दल-दल बनाएर बाहिर ल्याउनू।”
EXO 6:27 इजिप्टका राजा फारोसित इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याउने विषयमा कुरा गर्नेहरू यी दुई मोशा र हारून नै थिए।
EXO 6:28 जब याहवेहले इजिप्टमा मोशासित बोल्नुभयो,
EXO 6:29 अनि उहाँले मोशालाई भन्‍नुभयो, “म नै याहवेह हुँ। मैले तँलाई जे-जे कुरा भन्दछु, ती सबै इजिप्टका राजा फारोलाई भन।”
EXO 6:30 तर मोशाले याहवेहलाई भने, “म बोल्नमा ढिलो छु; फारोले मेरा कुरा किन सुन्थे होला र?”
EXO 7:1 तब याहवेहले मोशालाई भन्‍नुभयो, “हेर्, मैले तँलाई फारोको निम्ति ईश्‍वरतुल्य बनाएको छु, र तेरा दाजु हारूनचाहिँ तेरा निम्ति प्रवक्ता हुनेछ।
EXO 7:2 मैले तँलाई आज्ञा गरेका प्रत्येक कुरा तैँले भन्‍नू, र तेरा दाजु हारूनले फारोलाई भनून्, कि त्यसले इस्राएलीहरूलाई त्यसको देशबाट बाहिर पठाइदेओस्।
EXO 7:3 तर म फारोको हृदय कठोर पारिदिनेछु, र म इजिप्टमा अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरूका संख्या बढाउनेछु।
EXO 7:4 तर फारोले तेरो कुरा सुन्‍नेछैन। तब म इजिप्ट देशमाथि मेरो हात पसार्नेछु, र न्यायका शक्तिशाली कार्यहरूद्वारा म मेरा दल, मेरा प्रजा इस्राएलीहरूलाई इजिप्ट देशबाट बाहिर निकालेर ल्याउनेछु।
EXO 7:5 जब म आफ्नो हात इजिप्टको विरुद्धमा पसारेर इस्राएलीहरूलाई तिनीहरूको बीचबाट निकालेर बाहिर ल्याउनेछु, तब इजिप्टियनहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।”
EXO 7:6 तब मोशा र हारूनले याहवेहले तिनीहरूलाई आज्ञा दिनुभएझैँ गरे।
EXO 7:7 तिनीहरूले फारोसित कुरा गर्दा मोशा असी वर्ष र हारून त्रियासी वर्ष पुगेका थिए।
EXO 7:8 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो,
EXO 7:9 “जब फारोले तिमीहरूलाई ‘एउटा आश्‍चर्य कर्म गर’ भन्ला, तब हारूनलाई ‘तपाईंको लहुरो लिएर फारोको सामु भुइँमा फालिदिनुहोस्’ भन्‍नू, तब त्यो एउटा सर्प बन्‍नेछ।”
EXO 7:10 यसकारण मोशा र हारून फारोकहाँ गएर याहवेहले आज्ञा गर्नुभएझैँ गरे। हारूनले फारो र उनका अधिकारीहरूको सामु आफ्नो लहुरो भुइँमा फाले, र त्यो एउटा सर्प बन्यो।
EXO 7:11 तब फारोले बुद्धिमान् मानिसहरू र तन्त्रमन्त्र गर्नेहरूलाई बोलाए; अनि इजिप्टका जादुगरहरूले पनि आफ्ना गुप्‍त कलाद्वारा त्यस्तै कामहरू गरे:
EXO 7:12 प्रत्येकले आफ्नो लहुरो भुइँमा फाले, र त्यो सर्प भयो। तर हारूनको लहुरोले उनीहरूका लहुरोहरूलाई निलिदियो।
EXO 7:13 तैपनि फारोको हृदय कठोर भयो, र याहवेहले भन्‍नुभएझैँ, उनले तिनीहरूका कुरा सुनेनन्।
EXO 7:14 तब याहवेहले मोशालाई भन्‍नुभयो, “फारोको हृदय कठोर भएको छ; त्यसले मानिसहरूलाई जान दिँदैन।
EXO 7:15 बिहान फारो नदीमा गएको बेला त्यसकहाँ जा। नील नदीको किनारमा त्यससँग भेट गर्नलाई पर्खिबस्; अनि सर्पमा परिणत भएको त्यो लहुरो हातमा लिएर जा।
EXO 7:16 तब त्यसलाई भन्, ‘याहवेह हिब्रूहरूका परमेश्‍वरले मलाई तपाईंकहाँ यसो भन्‍न पठाउनुभएको छ: मेरा मानिसहरूलाई उजाडस्थानमा मेरो आराधना गर्नलाई जान दे। तर तपाईंले अहिलेसम्म सुन्‍नुभएको छैन।
EXO 7:17 याहवेह यसो भन्‍नुहुन्छ: यसद्वारा तैँले म नै याहवेह हुँ भनी जान्‍नेछस्; म मेरो हातमा भएको लहुरोले नील नदीको पानीलाई हिर्काउनेछु, र त्यो रगतमा परिणत हुनेछ।
EXO 7:18 नील नदीका माछाहरू मर्नेछन्, र नदीको पानी साह्रै गन्हाउनेछ, र इजिप्टियनहरूले त्यस नदीको पानी पिउन सक्नेछैनन्।’ ”
EXO 7:19 याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर इजिप्टका पानीहरू—नदीनालाहरू, पोखरीहरू र सबै जलाशयहरूमाथि तेरो हात पसार—तब ती सबै रगत हुनेछन्।’ इजिप्टका सबै ठाउँहरू, यहाँसम्म कि काठका भाँडाहरू र ढुङ्गाका भाँडाहरूमा समेत रगतै-रगत हुनेछ।”
EXO 7:20 मोशा र हारूनले याहवेहले आज्ञा दिनुभएबमोजिम गरे। तिनले फारो र उनका अधिकारीहरूका उपस्थितिमा आफ्नो लहुरो उठाए, र नील नदीको पानीलाई हिर्काए; अनि सबै पानी रगतमा परिणत भयो।
EXO 7:21 नील नदीमा भएका माछाहरू मरे, र नदीमा यति नराम्रो गन्ध आउन थाल्यो कि इजिप्टियनहरूले त्यस नदीको पानी पिउन सकेनन्। इजिप्ट देशभरि सबै पानी रगतै-रगत भयो।
EXO 7:22 तर इजिप्टका जादुगरहरूले पनि आफ्ना गुप्‍त कलाद्वारा त्यस्तै काम गरे; अनि फारोको हृदय कठोर भयो, र याहवेहले भन्‍नुभएझैँ उनले मोशा र हारूनका कुरा सुनेनन्।
EXO 7:23 बरु फारो फर्केर आफ्नो महलमा गए, र यस कुरामाथि ध्यानै दिएनन्।
EXO 7:24 अनि सारा इजिप्टियनहरूले पिउने पानीको लागि नील नदीको वरिपरि खने; किनकि उनीहरूले नदीको पानी पिउन सकेनन्।
EXO 7:25 याहवेहले नील नदीमाथि प्रहार गर्नुभएको सात दिन बितिसकेको थियो।
EXO 8:1 फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्।
EXO 8:2 यदि तैँले तिनीहरूलाई जान दिइनस् भने हेर्, म तेरो सारा देशमा भ्यागुताहरू पठाएर विपत्ति ल्याउनेछु।
EXO 8:3 नील नदी भ्यागुताले भरिनेछ। ती भ्यागुताहरू तेरो महलभित्र, तेरो सुत्ने कोठाभित्र, तेरो खाटमाथि, तेरा अधिकारीहरूका घर-घरमा, तेरा प्रजामाथि, तेरो चुल्हा र पिठो मुछ्ने भाँडाहरूमा उक्लेर आउनेछन्।
EXO 8:4 ती भ्यागुताहरू तँमाथि, तेरा प्रजामाथि र तेरा सबै अधिकारीहरूमाथि पनि आउनेछन्।’ ”
EXO 8:5 तब याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर तपाईंको हात नदी, नाला, पोखरीहरूमाथि पसार्नुहोस्, र इजिप्ट देशमा भ्यागुताहरू उक्लेर आऊन्।’ ”
EXO 8:6 यसकारण हारूनले इजिप्टका पानीहरूमाथि आफ्नो हात पसारे; अनि भ्यागुताहरू माथि निस्केर आए, र इजिप्ट देशलाई ढाकिदिए।
EXO 8:7 तर जादुगरहरूले पनि आफ्ना गुप्‍त कलाद्वारा त्यसै गरे; तिनीहरूले पनि इजिप्ट देशमा भ्यागुताहरू ल्याए।
EXO 8:8 तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “म र मेरा मानिसहरूबाट भ्यागुताहरू हटाऊन् भनी याहवेहसित बिन्ती चढाइदेओ, तब म तिम्रा मानिसहरूलाई याहवेहका निम्ति बलिदान चढाउनलाई जान दिनेछु।”
EXO 8:9 मोशाले फारोलाई भने, “मैले तपाईंका निम्ति, तपाईंका अधिकारीहरू र तपाईंका प्रजाका निम्ति नील नदीका बाहेक यी भ्यागुताहरू तपाईं र तपाईंका घरहरूबाट मुक्त गरिऊन् भनेर प्रार्थना गरिदिने समय ठहराउने सम्मानचाहिँ म तपाईंलाई नै दिन्छु।”
EXO 8:10 फारोले भने, “भोलि प्रार्थना गरिदिनुहोला।” मोशाले जवाफ दिए, “तपाईंले भन्‍नुभएझैँ नै हुनेछ, र तपाईंले याहवेह हाम्रा परमेश्‍वरझैँ अरू कोही छैन भन्‍ने जान्‍न सक्नुहुनेछ।
EXO 8:11 यी भ्यागुताहरूले तपाईं, तपाईंका घरहरू, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूलाई छोड्नेछन्; तर तिनीहरू नील नदीमा मात्र रहनेछन्।”
EXO 8:12 मोशा र हारून फारोकहाँबाट निस्केर गएपछि मोशाले याहवेहकहाँ उहाँले फारोमाथि ल्याउनुभएका भ्यागुताहरूका निम्ति पुकार गरे।
EXO 8:13 अनि याहवेहले मोशाले मागेअनुसार गरिदिनुभयो; अनि ती भ्यागुताहरू घर, आँगन र खेतहरूमा नै मरे।
EXO 8:14 तिनीहरूले ती बटुलेर थुप्रो लगाए; र देश नै दुर्गन्धले ढाकियो।
EXO 8:15 तर जब फारोले सबै शान्त भएको देखे, तब तिनले आफ्नो हृदय कठोर पारे, र याहवेहले भन्‍नुभएझैँ मोशा र हारूनका कुरा सुनेनन्।
EXO 8:16 फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो पसारेर जमिनको धुलोलाई हिर्काउनुहोस्,’ अनि त्यो सारा इजिप्ट देशभरि भुसुनै-भुसुना बन्‍नेछ।”
EXO 8:17 तिनीहरूले त्यसै गरे; जब हारूनले लहुरो उठाएर जमिनका धुलोलाई हिर्काए, तब ती भुसुनाहरू मानिसहरू र पशुहरूमाथि आए। जमिनको सबै धुलो सारा इजिप्ट देशभरि भुसुनाहरू बने।
EXO 8:18 तर जब ती जादुगरहरूले तिनीहरूका गुप्‍त कलाद्वारा भुसुनाहरू निकाल्न खोजे, तिनीहरूले सकेनन्। अनि ती भुसुनाहरू मानिसहरू र पशुहरूमाथि भइरहे।
EXO 8:19 ती जादुगरहरूले फारोलाई भने, “यो सबै कार्यमा परमेश्‍वरको हात छ।” तर फारोको हृदय याहवेहले भन्‍नुभएझैँ कठोर थियो, र तिनले सुन्‍न मानेनन्।
EXO 8:20 फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “बिहानै उठ् र फारो नदीमा जाँदा त्यसलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्।
EXO 8:21 तैँले मेरा मानिसहरूलाई जान दिइनस् भने म तँमाथि र तेरा अधिकारीहरूमाथि, तेरा मानिसहरूमाथि, र तेरा घरहरूमा हुलका हुल झिँगाहरू पठाउनेछु। इजिप्टियनहरूका घरहरू र तिनीहरू बसेका जमिन पनि झिँगाहरूले भरिनेछ।
EXO 8:22 “ ‘तर त्यस दिन म मेरा मानिसहरू बस्‍ने गोशेनको प्रान्तप्रति बेग्लै किसिमले व्यवहार गर्नेछु; त्यहाँ झिँगाको कुनै हुल हुनेछैन, र तैँले म नै याहवेह, यस देशमा छु भनी जान्‍नेछस्।
EXO 8:23 म मेरा मानिसहरू र तेरा मानिसहरूको बीचमा भिन्‍नता पार्नेछु। यो अलौकिक चिन्ह भोलि हुनेछ।’ ”
EXO 8:24 अनि याहवेहले त्यसै गर्नुभयो। फारोको महलमा र तिनका अधिकारीहरूका घरहरूभित्र धेरै मात्रामा झिँगाका हुलका हुल खनिए; र इजिप्टको जमिन झिँगाहरूद्वारा नाश भयो।
EXO 8:25 तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “जाओ, र यस देशभित्रै आफ्ना परमेश्‍वरका निम्ति बलिदान चढाओ।”
EXO 8:26 तर मोशाले भने, “यसो गर्नु उचित नहोला। हामीले याहवेह हाम्रा परमेश्‍वरलाई चढाएको बलिदान इजिप्टियनहरूले घृणा गर्छन्। हामीले तिनीहरूका दृष्‍टिमा घृणित बलिदान चढायौँ भने, के तिनीहरूले हामीलाई ढुङ्गाले हान्‍नेछैनन् र?
EXO 8:27 हामीलाई याहवेह हाम्रा परमेश्‍वरले आज्ञा गर्नुभएझैँ तीन दिनको यात्रा गरेर उजाडस्थानमा गएर उहाँका निम्ति बलिदान चढाउनेछौँ।”
EXO 8:28 फारोले भने, “म तिमीहरूलाई उजाडस्थानमा गएर याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति बलिदान चढाउन जान दिनेछु; तर धेरै टाढा नजाओ। अब मेरा निम्ति प्रार्थना गरिदेओ।”
EXO 8:29 मोशाले जवाफ दिए, “म तपाईंबाट जाने बित्तिकै याहवेहसित प्रार्थना गर्नेछु, र भोलि यी सबै झिँगाका हुलहरू तपाईं, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूबाट जानेछन्। तर यी मानिसहरूलाई याहवेहका निम्ति बलिदान चढाउन जान नदिएर फारोले फेरि छलपूर्ण काम नगर्न निश्‍चय गर्नुहोला।”
EXO 8:30 तब मोशा फारोकहाँबाट गए, र याहवेहलाई प्रार्थना चढाए।
EXO 8:31 याहवेहले मोशाले मागेअनुसार गरिदिनुभयो: ती झिँगाका हुलहरू फारो, तिनका अधिकारीहरू र तिनका मानिसहरूलाई छोडेर गइहाले; एउटै झिँगा पनि बाँकी रहेन।
EXO 8:32 तर यस पटक पनि फारोले आफ्नो हृदय कठोर पारे, र मानिसहरूलाई जान दिएनन्।
EXO 9:1 फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, ‘याहवेह, हिब्रूहरूका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्।”
EXO 9:2 तैँले तिनीहरूलाई जान नदिएर रोकेर राखिस् भने,
EXO 9:3 याहवेहको हातले तेरा खेतमा भएका पशुहरू—तेरा घोडाहरू, गधाहरू, ऊँटहरू अनि तेरा गाईबस्तुहरू र भेडाबाख्राहरूमाथि डरलाग्दो महामारी ल्याउनेछ।
EXO 9:4 तर याहवेहले इस्राएलका गाईबस्तुहरू र इजिप्टका गाईबस्तुहरूका बीचमा भिन्‍नता ल्याउनुहुनेछ; ताकि इस्राएलीहरूका कुनै पनि पशु नमरोस्।’ ”
EXO 9:5 याहवेहले एउटा निश्‍चित समय ठहर्‍याएर भन्‍नुभयो, “भोलि यो कुरा याहवेहले यस देशमा गर्नुहुनेछ।”
EXO 9:6 अनि भोलिपल्ट याहवेहले त्यो कुरा गर्नुभयो: इजिप्टका सबै गाईबस्तु मरे, तर इस्राएलीहरूका एउटै पनि पशु मरेनन्।
EXO 9:7 फारोले यो जाँच गर्न मानिसहरू पठाए; अनि इस्राएलीहरूका एउटै पनि पशु नमरेको थाहा पाए। तर पनि तिनको हृदय कठोर भयो, र तिनले मानिसहरूलाई जान दिएनन्।
EXO 9:8 फेरि याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, “भट्टीबाट आ-आफ्ना हातमा खरानी लेओ, र मोशाले फारोको उपस्थितिमा त्यो हावामा छरिदेओस्।
EXO 9:9 त्यो इजिप्ट देशभरि मसिनो धुलो बन्‍नेछ, र इजिप्ट देशभरिका मानिसहरू र पशुहरूमा पाक्ने खटिरा निस्कनेछ।”
EXO 9:10 तब तिनीहरू भट्टीबाट खरानी लिएर फारोको सामु खडा भए। मोशाले त्यसलाई हावामा छरिदिए; अनि मानिसहरू र पशुहरूमा पाक्ने खटिरा निस्के।
EXO 9:11 ती खटिराहरू जादुगरहरू र सारा इजिप्टियनहरूमाथि भएका कारण ती जादुगरहरू मोशाको सामु खडा हुन सकेनन्।
EXO 9:12 तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो, र याहवेहले मोशालाई भन्‍नुभएझैँ तिनले मोशा र हारूनका कुरा सुनेनन्।
EXO 9:13 फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठ्, र फारोलाई भन्, ‘याहवेह, हिब्रूहरूका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्,
EXO 9:14 नत्रता यस पटक म मेरो पूरा शक्तिसाथ विपत्तिहरू तँमाथि, तेरा अधिकारीहरू, तेरा मानिसहरूका विरुद्धमा पठाउनेछु; र तिमीहरूले सारा पृथ्वीमा मजस्तो अरू कोही छैन भनी जान्‍नेछौ।
EXO 9:15 किनकि अहिले सम्ममा मैले आफ्नो हात पसारेर तँलाई र तेरा मानिसहरूमाथि विपत्तिले प्रहार गर्न सक्नेथिएँ, जसले पृथ्वीबाट तिमीहरूको नामनिशानै मेटिदिनेथियो।
EXO 9:16 तर मैले त आफ्नो शक्ति तँलाई देखाऊँ र सारा पृथ्वीमा मेरो नामको घोषणा गरियोस् भन्‍ने उद्देश्यले तँलाई खडा गरेको छु।
EXO 9:17 तैँले त अझ पनि मेरा मानिसहरूलाई जान नदिनका लागि तिनीहरूको विरुद्धमा आफूलाई खडा गरेको छस्।
EXO 9:18 यसकारण भोलि यही समयमा म यस्तो भयानक असिना पठाउनेछु; जुन इजिप्ट देश स्थापित भएको समयदेखि अहिलेसम्म कहिल्यै खसेको छैन।
EXO 9:19 यसकारण तेरा गाईबस्तुहरू, तेरा खेतमा भएका हरेक कुरा सुरक्षित ठाउँमा ल्याउन भनी अहिले हुकुम दे; किनकि भित्र नल्याइएका, र खेतमै रहेका प्रत्येक मानिस र पशुमाथि असिना बर्सनेछ, र ती मर्नेछन्।’ ”
EXO 9:20 याहवेहको वचनदेखि डराउने फारोका अधिकारीहरूले आफ्ना सेवकहरू र पशुहरूलाई भित्र ल्याउन हतार गरे।
EXO 9:21 तर याहवेहको वचनको अवहेलना गर्नेहरूले आफ्ना सेवक र पशुहरू खेतमै छोडिराखे।
EXO 9:22 तब याहवेहले मोशालाई भन्‍नुभयो, “तेरो हात आकाशतिर पसार्, र इजिप्ट देशमाथि, मानिसहरूमाथि, पशुहरूमाथि र इजिप्टको खेतमा बढ्दै गरेको प्रत्येक कुरामाथि असिना परोस्।”
EXO 9:23 जब मोशाले आफ्नो लहुरो आकाशतिर पसारे, तब याहवेहले गर्जन र असिना पठाउनुभयो; अनि बिजुली चम्केर जमिनसम्मै पर्‍यो। यसरी याहवेहले इजिप्टमा असिना बर्साउनुभयो।
EXO 9:24 असिना पर्‍यो र बिजुली जताततै चम्क्यो। इजिप्ट एउटा राष्ट्र बनेको दिनदेखि यता यस्तो प्रकारको असिना कहिल्यै परेको थिएन।
EXO 9:25 समस्त इजिप्टमा असिनाले खेतमा भएका सबै थोक, मानिसहरू र पशुहरू दुवैलाई प्रहार गर्‍यो; यसले खेतमा बढिरहेका सबै घाँसलाई चुट्यो, र प्रत्येक रूखलाई नाङ्गो बनाइदियो।
EXO 9:26 इस्राएलीहरू बसेका गोशेनको प्रान्तमा मात्र असिना परेको थिएन।
EXO 9:27 तब फारोले मोशा र हारूनलाई बोलाइपठाए। तिनले उनीहरूलाई भने, “यस पटक मैले पाप गरेको छु। याहवेह धर्मी हुनुहुन्छ; अनि म र मेरा मानिसहरू गलत रहेछौँ।
EXO 9:28 यो गर्जन र असिना अति भयो भनी याहवेहसित बिन्ती गरिदेओ; म तिमीहरूलाई जान दिनेछु; तिमीहरू अब उसो एकक्षण पनि बस्‍नुपर्नेछैन।”
EXO 9:29 मोशाले जवाफ दिए, “म यस सहरबाट बाहिर निस्केपछि मेरा याहवेहसित बिन्ती गर्दै आफ्ना हात पसार्नेछु। तब गर्जन थामिनेछ, र असिना फेरि पर्नेछैन; र तपाईंले यो पृथ्वी याहवेहकै हो भनी जान्‍नुहुनेछ।
EXO 9:30 तर म जान्दछु, तपाईं र तपाईंका अधिकारीहरू अझ पनि याहवेह परमेश्‍वरको डर मान्‍नुहुन्‍न।”
EXO 9:31 (सनपाटका फूल फुलेका र जौका बाला निस्केका हुनाले ती नष्‍ट भए।
EXO 9:32 तर गहुँ र कठियागहुँ ढिलो पाक्ने हुनाले नष्‍ट भएनन्।)
EXO 9:33 तब मोशा फारोकहाँबाट निस्केर सहरबाहिर गए। तिनले आफ्ना हात याहवेहतिर फैलाए; अनि गर्जन र असिना थामिए, र देशमा पानी पर्न छाड्यो।
EXO 9:34 जब फारोले पानी, असिना र गर्जन थामिएको देखे, तब तिनले फेरि पाप गरे: तिनी र तिनका अधिकारीहरूले आफ्ना हृदय कठोर गरे।
EXO 9:35 तब फारोको हृदय कठोर भयो; याहवेहले मोशाद्वारा भन्‍नुभएझैँ तिनले इस्राएलीहरूलाई जान दिएनन्।
EXO 10:1 फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “फारोकहाँ जा, किनकि मैले त्यसको र त्यसका अधिकारीहरूको हृदय कठोर बनाइदिएको छु, ताकि म तिनीहरूमाथि आफ्ना यी अलौकिक चिन्हहरू गर्न सकूँ;
EXO 10:2 अनि मैले इजिप्टियनहरूसित कति कडा व्यवहार गरेँ, र मैले कसरी तिनीहरूबीच मेरा अलौकिक चिन्हहरू देखाएँ भनी तिमीहरूले आफ्ना छोराछोरीहरू र नातिनातिनाहरूलाई भन्‍नेछौ, र तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।”
EXO 10:3 यसकारण मोशा र हारून फारोकहाँ गएर तिनलाई भने, “याहवेह, हिब्रूहरूका परमेश्‍वर, यसो भन्‍नुहुन्छ: ‘मेरो अगि आफूलाई नम्र तुल्याउन तँ कहिलेसम्म अस्वीकार गर्छस्? मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्।
EXO 10:4 तैँले तिनीहरूलाई जान दिन अस्वीकार गरिस् भने म भोलि तेरो देशमा सलहहरू ल्याउनेछु।
EXO 10:5 तिनीहरूले जमिनलाई नदेखिने गरी ढाकिदिनेछन्। असिनापछि अलि-अलि जे जति बाँकी रहेका छन्, तिनीहरूले ती सबै अनि तिमीहरूका खेतहरूमा बढ्दै गरेका प्रत्येक रूखलाई खाइदिनेछन्।
EXO 10:6 तिनीहरूले तेरा घरहरू, तेरा सबै अधिकारीहरू र सारा इजिप्टियनहरूका घरहरू भरिनेछन्; यस्ता सलहहरू न तेरा पिताले, न त तेरा पुर्खाहरूले नै यस देशमा बसोबास गरेको समयदेखि आजसम्म देखेका छन्।’ ” तब मोशा फर्के, र फारोलाई छोडेर गए।
EXO 10:7 फारोका अधिकारीहरूले तिनलाई भने, “यो मानिस कहिलेसम्म हाम्रा निम्ति पासो बन्‍ने? यी मानिसहरूलाई जान दिनुहोस्, ताकि याहवेह तिनीहरूका परमेश्‍वरको आराधना गरून्। इजिप्ट नाश भइसक्यो भनेर के तपाईंलाई अझ थाहा छैन र?”
EXO 10:8 तब मोशा र हारून फारोकहाँ फर्काएर ल्याइए। अनि तिनले उनीहरूलाई भने, “जाओ, गएर याहवेह तिमीहरूका परमेश्‍वरको आराधना गर। तर जानेहरूचाहिँ को-को हुन्?”
EXO 10:9 मोशाले जवाफ दिए, “हामी आफ्ना साना-ठूलासित, आफ्ना छोराछोरीहरूसित, आफ्ना बगाल र बथान सहित जानेछौँ; किनकि हामीले याहवेहका निम्ति चाड मनाउनुपर्छ।”
EXO 10:10 फारोले भने, “म तिमीहरूलाई तिमीहरूका स्त्रीहरू र छोराछोरीहरूसहित जान दिनेछु, याहवेह तिमीहरूसित होऊन्, तर होशियार होऊ; किनभने तिमीहरूको यसमा दुष्‍टता देखिन्छ।
EXO 10:11 अहँ, त्यसो होइन; तिमीहरू पुरुषहरू मात्र जाओ, र याहवेहको आराधना गर, जसका निम्ति तिमीहरूले बिन्ती गरिरहेका छौ।” तब मोशा र हारून फारोको उपस्थितिबाट निकालिए।
EXO 10:12 अनि याहवेहले मोशालाई भन्‍नुभयो, “तेरो हात इजिप्टमाथि पसार्, र सलहहरूका हुल यस देशमा आऊन्, र खेतमा बढिरहेका घाँसपात, असिनाबाट बचेको सबै थोक खाइदेऊन्।”
EXO 10:13 तब मोशाले आफ्नो लहुरो इजिप्टमाथि पसारे; अनि याहवेहले देशको चारैतिर दिनभरि र रातभरि पूर्वीय बतास चलाइदिनुभयो। तब बिहान भएपछि पूर्वीय बतासले सलहहरू ल्यायो।
EXO 10:14 सलहहरूले सम्पूर्ण इजिप्टमाथि आक्रमण गरे, र देशका सबै भागहरूमा धेरै संख्यामा बसे। यसअगि कहिल्यै यति धेरै सलहहरू आएका थिएनन्, न त फेरि त्यो कहिल्यै आउनेछन्।
EXO 10:15 तिनीहरूले सम्पूर्ण जमिनलाई कालो हुने गरी ढाकिदिए। तिनीहरूले असिनाले बचेका हरेक वनस्पति र रूखका सबै फलहरू खाइदिए। इजिप्टभरिका रूखहरू अथवा बोटबिरुवाहरूमा हरियो पात केही बाँकी रहेन।
EXO 10:16 त्यसैले फारोले तुरुन्तै मोशा र हारूनलाई बोलाएर भने, “मैले याहवेह तिमीहरूका परमेश्‍वर र तिमीहरूका विरुद्धमा पाप गरेको छु।
EXO 10:17 अब फेरि एकपल्ट मेरो पाप क्षमा गरिदेओ, र यो घातक विपत्ति मबाट हटाइदेऊन् भनी याहवेह तिमीहरूका परमेश्‍वरसित बिन्ती गरिदेओ।”
EXO 10:18 तब मोशा फारोकहाँबाट निस्केर गइहाले र याहवेहलाई बिन्ती चढाए।
EXO 10:19 अनि याहवेहले बतासलाई ठूलो पश्‍चिमी बतासमा परिणत गरिदिनुभयो, जसले सलहहरूलाई उडाएर लाल समुद्रमा फालिदियो। त्यसपछि इजिप्टमा एउटै सलह पनि रहेन।
EXO 10:20 तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो; र तिनले इस्राएलीहरूलाई जान दिएनन्।
EXO 10:21 तब याहवेहले मोशालाई भन्‍नुभयो, “तेरो हात आकाशतिर पसार्, र इजिप्टमाथि अँध्यारो भइजाओस्—छाम्दा पनि थाहा पाउनेजस्तो अन्धकार।”
EXO 10:22 यसकारण मोशाले आफ्नो हात आकाशतिर पसारे, र इजिप्टभरि तीन दिनसम्म घनघोर अन्धकार भयो।
EXO 10:23 तीन दिनसम्म कसैले एक-अर्कालाई देख्न सकेनन्, र आफ्नो ठाउँ छोड्न सकेनन्। तरै पनि इस्राएलीहरूका निम्ति त तिनीहरू बसेको ठाउँहरूमा उज्यालो रह्‍यो।
EXO 10:24 तब फारोले मोशालाई बोलाएर भने, “जाऊ, याहवेहको आराधना गर। तिमीहरूका स्त्रीहरू र छोराछोरीहरू पनि तिमीहरूसित जाऊन्; केवल तिमीहरूका बगाल र बथान मात्र यहाँ रहून्।”
EXO 10:25 तर मोशाले भने, “तपाईंले हामीलाई याहवेह हाम्रा परमेश्‍वरका निम्ति बलिदान र होमबलि चढाउन दिनुपर्छ।
EXO 10:26 हाम्रा गाईबस्तुहरू पनि हामीसित जानेछन्, र एउटै खुर समेत छोडिनेछैन; किनकि हामीले तीमध्ये कुनै-कुनै बस्तुभाउ हाम्रा याहवेह परमेश्‍वरलाई चढाउनुपर्छ; जबसम्म हामी त्यहाँ पुग्दैनौँ, तबसम्म हामीले याहवेहलाई के-के चढाएर आराधना गर्नुपर्छ, सो हामीलाई थाहा हुँदैन।”
EXO 10:27 तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो; अनि उनले तिनीहरूलाई जान दिएनन्।
EXO 10:28 फारोले मोशालाई भने, “यहाँबाट गईहाल! अब फेरि मेरो सामु तिमी देखा पर्दै नपर! तिमीले मेरो अनुहार देखेको त्यही दिन तिमी मर्नेछौ।”
EXO 10:29 मोशाले जवाफ दिए, “तपाईंले भन्‍नुभएझैँ म फेरि तपाईंको सामु कहिल्यै देखा पर्नेछैनँ।”
EXO 11:1 फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “म फारो र इजिप्टमाथि अझै एउटा विपत्ति ल्याउनेछु। त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ; जब त्यसले जान दिनेछ, त्यसले तिमीहरूलाई पूर्ण रूपले निकालिदिनेछ।
EXO 11:2 मानिसहरूलाई भन्, कि पुरुष र स्त्री दुवैले आफ्ना छिमेकीहरूसँग चाँदी र सुनका चीजहरू मागून्।”
EXO 11:3 (याहवेहले इजिप्टियनहरूलाई यी मानिसहरूप्रति दयालु बनाउनुभयो; मोशा आफूले पनि फारो र तिनका अधिकारीहरू र मानिसहरूद्वारा अति मान-सम्मान पाएका थिए।)
EXO 11:4 यसकारण मोशाले भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘मध्यराततिर म इजिप्टको बीचबाट भएर जानेछु।
EXO 11:5 इजिप्टमा भएका प्रत्येक जेठो छोरा मर्नेछ। सिंहासनमा बस्‍ने फारोको जेठा छोरादेखि लिएर, जाँतो पिँध्ने दासीको जेठा छोरासम्म, र पशुहरूको पनि पहिले जन्मिएका प्रत्येक सबै मर्नेछन्।
EXO 11:6 इजिप्टभरि चर्को विलाप हुनेछ—जुन पहिले कहिल्यै भएको थिएन, न त फेरि पछि यस्तो विलाप कहिल्यै हुनेछ;
EXO 11:7 तर इस्राएलीहरूका बीचमा भने कुनै मानिसलाई अथवा पशुलाई एउटा कुकुरले पनि भुक्नेछैन।’ तब तिमीहरूले जान्‍नेछौ कि याहवेहले इजिप्ट र इस्राएलको बीचमा भिन्‍नता राख्नुहुन्छ।
EXO 11:8 तेरा यी सबै अधिकारीहरू मकहाँ आएर मलाई दण्डवत् गर्दै यसो भन्दै आउनेछन्, ‘तपाईं र तपाईंका पछि लाग्ने मानिसहरू जानुहोस्!’ त्यसपछि म निस्किजानेछु।” तब अत्यन्त क्रोधित भएर मोशा फारोकहाँबाट गइहाले।
EXO 11:9 याहवेहले मोशालाई भन्‍नुभएको थियो, “इजिप्टमा मेरा अद्‌भुत कार्यहरू बढ्दै जाऊन् भनेर फारोले तेरो कुरा सुन्‍न इन्कार गर्नेछ।”
EXO 11:10 मोशा र हारूनले फारोको अगि यी सबै अद्‌भुत कार्यहरू गरे, तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो, र तिनले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिएनन्।
EXO 12:1 याहवेहले मोशा र हारूनलाई इजिप्टमा भन्‍नुभयो,
EXO 12:2 “यो महिना तिमीहरूका लागि महिनाहरूको सुरु, वर्षको पहिलो महिना हुनेछ।
EXO 12:3 इस्राएलका सम्पूर्ण समुदायलाई प्रत्येक मानिसले यो महिनाको दशौँ दिनमा आफ्ना परिवारको लागि प्रत्येक घरानाअनुसार एउटा थुमा लिनुपर्छ भनी भन्।
EXO 12:4 कुनै घराना एउटा थुमाको लागि एकदमै सानो छ भने तिनीहरूले मानिसहरूको संख्याको हिसाबले एउटा थुमा आफ्नो नजिकैको छिमेकीसित मिलेर खाऊन्। हरेक मानिसले कति खान सक्छ भन्‍ने हिसाबले थुमा कति चाहिन्छ भनी तैँले निर्णय गर्नू।
EXO 12:5 तैँले रोज्नुपर्ने पशु खोटरहितको एकवर्षे पाठो हुनुपर्छ; अनि तैँले त्यो भेडा अथवा बाख्राबाट लिन सक्नेछस्।
EXO 12:6 तिनीहरूलाई तिमीहरूले महिनाको चौधौँ दिनसम्म रेखदेख गर्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले तिनीहरूलाई साँझपख मारून्।
EXO 12:7 तब तिनीहरूले केही रगत लिएर जुन घरमा तिनीहरूले थुमा खान्छन्, त्यसका चौकसका दुई पट्टिका र माथिल्‍ला भागहरूमा लगाऊन्।
EXO 12:8 त्यही रात तिनीहरूले त्यो मासु आगोमा पोलेर तितो सागसित र खमिर नमिसाइएको रोटीसित खाऊन्।
EXO 12:9 त्यो मासु काँचो अथवा पानीमा पकाएर नखानू, तर त्यसलाई आगोमा पोल्नू—टाउको, खुट्टाहरू अनि भित्री भागहरू।
EXO 12:10 त्यसको केही पनि भाग बिहानसम्म नराख्नू; बिहानसम्म केही रह्‍यो भने त्यसलाई जलाइदिनू।
EXO 12:11 त्यसलाई तिमीहरूले यसरी खानू: तिमीहरूका पटुका कसेर, खुट्टामा जुत्ता लगाएर र तिमीहरूका लहुरो हातमा लिएर त्यसलाई हतार-हतार खानू; यो याहवेहको निस्तार चाड हो।
EXO 12:12 “त्यही रात म इजिप्टबाट भएर जानेछु अनि मानिसहरू र पशुहरूका प्रत्येक जेठोमाथि प्रहार गर्नेछु, र इजिप्टका सबै देवी-देवताहरूमाथि न्याय ल्याउनेछु; म नै याहवेह हुँ।
EXO 12:13 त्यो रगत तिमीहरू बसेका घरहरूमा चिन्ह हुनेछ; अनि जब म रगत देख्नेछु, तब म तिमीहरूलाई छोडेर जानेछु। मैले इजिप्टमाथि प्रहार गर्दा तिमीहरूलाई कुनै पनि नाश गर्ने विपत्तिले छुनेछैन।
EXO 12:14 “यस दिनलाई तिमीहरूको स्मरणमा राख्नू; अनि आउने पुस्ताका निम्ति तिमीहरूले यसलाई याहवेहका चाडको हिसाबले मान्‍नू—यो सदाको निम्ति एउटा धार्मिक विधि हो।
EXO 12:15 सात दिनसम्म तिमीहरूले खमिर नमिसाइएको रोटी खानू। पहिलो दिन आफ्ना घरहरूबाट खमिर निकाल्नू; किनकि जसले पहिलो दिनदेखि लिएर सातौँ दिनसम्म खमिर हालेको केही खान्छ, त्यो इस्राएलदेखि बहिष्कृत होस्।
EXO 12:16 पहिलो दिन एउटा पवित्र सभा आयोजना गर, र अर्को सभा सातौँ दिनमा गर। प्रत्येकले खानलाई भोजन तयार गर्नुबाहेक यी सबै दिनहरूमा पटक्‍कै काम नगर्नू; भोजन बनाउने काम मात्र तिमीहरू गर्न सक्छौ।
EXO 12:17 “अखमिरी रोटीको चाड मान्‍नू; किनकि यो त्यही दिन हो, जसमा मैले तिमीहरूका दलहरूलाई इजिप्टबाट ल्याएँ। यस दिनलाई भावी पुस्ताका लागि एउटा सदाको धार्मिक विधिस्वरूप मान्‍नू।
EXO 12:18 पहिलो महिनाको चौधौँ दिनको साँझदेखि एक्‍काइसौँ दिनको साँझसम्म तिमीहरूले खमिर नमिसाइएको रोटी खानू।
EXO 12:19 सात दिनसम्म तिमीहरूका घरहरूमा खमिर पटक्‍कै नपाइयोस्। अनि जसले खमिर मिसाएर केही कुरा खान्छ, त्यो परदेशी होस् वा स्वदेशमै जन्मेको होस्, त्यसलाई इस्राएलको समुदायबाट बहिष्कार गर्नू।
EXO 12:20 खमिर मिसाएर केही कुरा पनि नखानू। तिमीहरू जहाँ बसे तापनि खमिर नमिसाइएको रोटी नै खानू।”
EXO 12:21 तब मोशाले इस्राएलका सबै प्रधानहरूलाई बोलाएर तिनीहरूलाई भने, “झट्टै गएर तपाईंहरूका परिवारहरूका निम्ति पशुहरू रोज्नुहोस् र निस्तार चाडको पाठो मार्नुहोस्।
EXO 12:22 हिसपको एउटा झुप्पा लिएर भाँडामा भएको रगतमा चोप्नुहोस्, र केही रगत चौकसका माथिल्‍लो र दुवैतिरका भागमा लगाउनुहोस्। बिहानसम्म आफ्नो घरदेखि कोही पनि बाहिर ननिस्कोस्।
EXO 12:23 जब याहवेह इजिप्टियनहरूलाई प्रहार गर्नलाई यस देशबाट भएर जानुहुनेछ, तब उहाँले चौकसका माथिल्‍ला र दुई छेउका भागहरूमा रगत देख्नुहुनेछ; अनि उहाँले त्यस ढोकालाई नाघेर जानुहुनेछ, र विनाशकर्तालाई नाश गर्न तपाईंहरूका घरमा पस्‍न दिनुहुनेछैन।
EXO 12:24 “यस निर्देशनलाई तपाईंहरू र तपाईंहरूका सन्तानका लागि एउटा सदाको धार्मिक नियमस्वरूप पालन गर्नू।
EXO 12:25 जब तपाईंहरू याहवेहले प्रतिज्ञा गर्नुभएको देशमा प्रवेश गर्नुहुनेछ, यस उत्सवलाई मान्‍नू।
EXO 12:26 अनि जब तपाईंहरूका छोराछोरीहरूले तपाईंहरूलाई ‘तपाईंहरूका निम्ति यस उत्सवको अर्थ के हो?’ भनी सोध्छन्,
EXO 12:27 तब तपाईंहरूले भन्‍नू, ‘यो याहवेहको निम्ति निस्तारको बलिदान हो; उहाँले इजिप्टमा इस्राएलीहरूका घरहरूलाई छोड्नुभयो, र इजिप्टियनहरूलाई प्रहार गर्नुहुँदा हाम्रा परिवारहरूलाई जोगाइराख्नुभयो।’ ” तब मानिसहरूले शिर निहुराएर आराधना गरे।
EXO 12:28 इस्राएलीहरूले याहवेहले मोशा र हारूनलाई आज्ञा गर्नुभएबमोजिम नै गरे।
EXO 12:29 मध्यरातमा याहवेहले सिंहासनमा बस्‍ने फारोको जेठा छोरादेखि लिएर झ्यालखानामा भएको कैदीको जेठा छोरा, र सबै गाईबस्तुहरूका पहिले जन्मेकाहरू समेत, र इजिप्टका पहिले जन्मेकाहरू सबैलाई मार्नुभयो।
EXO 12:30 फारो र तिनका सबै अधिकारीहरू र सारा इजिप्टियनहरू राति नै उठे, र इजिप्टमा ठूलो रुवाबासी चल्यो; किनकि त्यहाँ कोही नमरेको कुनै घर थिएन।
EXO 12:31 रातको समयमा फारोले मोशा र हारूनलाई बोलाइपठाएर भने, “तिमीहरू र सारा इस्राएलीहरू उठ! अनि मेरा मानिसहरूलाई छोडिदेओ! जाओ, र तिमीहरूले बिन्ती गरेझैँ याहवेहको आराधना गर।
EXO 12:32 तिमीहरूका बगाल र बथान पनि तिमीहरूले भनेझैँ लिएर जाओ; अनि मलाई पनि आशिष् देओ।”
EXO 12:33 इजिप्टियनहरूले ती मानिसहरूलाई झट्टै देश छोडेर जान भनेर बिन्ती गरे। तिनीहरूले भने, “नत्रता हामी सबै मर्नेछौँ!”
EXO 12:34 यसकारण मानिसहरूले आफ्ना मुछेको पिठो खमिर हाल्न अगि नै मुछ्ने भाँडामा लुगाले बेह्रेर आफ्ना काँधमा बोके।
EXO 12:35 इस्राएलीहरूले मोशाले भनेझैँ गरे; अनि इजिप्टियनहरूबाट चाँदी र सुनका सामग्रीहरू अनि लुगाहरू मागे।
EXO 12:36 याहवेहले मानिसहरूलाई इजिप्टियनहरूको निगाहमा राखिदिनुभयो; र तिनीहरूले उनीहरूले मागेका सबै कुराहरू दिइहाले; यसरी तिनीहरूले इजिप्टियनहरूलाई लुटे।
EXO 12:37 इस्राएलीहरूले रामसेसदेखि सुक्‍कोतसम्म यात्रा गरे। स्त्री र बालबालिकाहरू छोडेर, लगभग छ लाख पैदल हिँड्ने मानिसहरू थिए।
EXO 12:38 अरू धेरै मानिसहरूका साथसाथै बगाल र बथानसित गाईबस्तुको ठूलो हुल पनि तिनीहरूसित गए।
EXO 12:39 इजिप्टबाट ल्याएको मुछेको पिठोबाट तिनीहरूले अखमिरी रोटीहरू पकाए। त्यो मुछेको पिठो खमिररहित थियो; किनकि तिनीहरू इजिप्टबाट धपाइएका थिए, र तिनीहरूसित आफ्ना भोजन बनाउने समय पनि थिएन।
EXO 12:40 इस्राएलीहरू इजिप्टमा बसेको 430 वर्ष भइसकेको थियो।
EXO 12:41 430 वर्षको अन्त्यमा त्यही दिन याहवेहको सम्पूर्ण दलहरूले इजिप्ट छोडे।
EXO 12:42 तिनीहरूलाई इजिप्टबाट बाहिर निकाल्नलाई त्यस रात याहवेहले हेरचाह गर्नुभएको कारण सारा इस्राएलीहरू पनि भावी पुस्तामा याहवेहलाई सम्मान दिनको निम्ति त्यस रात जागा रहनुपर्छ।
EXO 12:43 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, “निस्तार चाडका नियमहरू यिनै हुन्: “यसबाट कुनै विदेशीले खानुहुँदैन।
EXO 12:44 तिमीहरूले किनेका हरेक दासले तिमीहरूले त्यसलाई खतना गरिदिएपछि यसबाट खाओस्,
EXO 12:45 तर परदेशी र ज्यालादारी नोकरले यसबाट नखाओस्।
EXO 12:46 “त्यो एउटै घरभित्र खाइनुपर्छ; मासुबाट अलिकति पनि घरबाट बाहिर नलैजानू। त्यसको कुनै पनि हड्डी नभाँच्नू।
EXO 12:47 इस्राएलका सम्पूर्ण समुदायले त्यो उत्सव मनाउनुपर्छ।
EXO 12:48 “तिमीहरूसित बस्‍ने कुनै परदेशीले याहवेहको निस्तार चाडको उत्सव मनाउन चाहन्छ भने त्यसले आफ्ना परिवारका सबै पुरुषहरूको खतना गराउनुपर्छ; तब त्यसले स्वदेशमा जन्मेकाले झैँ त्यसमा भाग लिन सक्छ। खतना नभएको कुनै पुरुषले यसबाट खान पाउनेछैन।
EXO 12:49 तिमीहरूसित बस्‍ने स्वदेशी र विदेशीको लागि यही नियम लाग्नेछ।”
EXO 12:50 सारा इस्राएलीहरूले याहवेहले मोशा र हारूनलाई आज्ञा दिनुभएबमोजिम गरे।
EXO 12:51 अनि त्यही दिन याहवेहले इस्राएलीहरूलाई इजिप्टबाट तिनीहरूका दलअनुसार बाहिर निकालेर ल्याउनुभयो।
EXO 13:1 याहवेहले मोशालाई भन्‍नुभयो,
EXO 13:2 “पहिले जन्मेका प्रत्येक पुरुषलाई मेरा निम्ति अर्पण गर। इस्राएलीहरूबीच गर्भको हरेक पहिलो फल मेरो हो—चाहे त्यो मानिस होस् वा पशु।”
EXO 13:3 तब मोशाले मानिसहरूलाई भने, “यस दिनलाई सम्झना गर, जुन दिन तिमीहरू इजिप्टबाट, दासत्वको देशबाट निस्केर आयौ; किनकि याहवेहले तिमीहरूलाई शक्तिशाली हातले त्यहाँबाट बाहिर निकालेर ल्याउनुभयो। खमिर भएको कुनै कुरा नखाओ।
EXO 13:4 आज आबीब महिनामा तिमीहरू निस्कँदैछौ।
EXO 13:5 जब याहवेहले तिमीहरूलाई कनानीहरू, हित्तीहरू, एमोरीहरू, हिव्वीहरू र यबूसीहरूको देश—उहाँले तिमीहरूका पितापुर्खाहरूलाई दिनेछु भनेर शपथ खानुभएको दूध र मह बग्ने देशमा ल्याउनुहुनेछ, तब तिमीहरूले यही महिनामा यो उत्सव मनाउनुपर्छः
EXO 13:6 सात दिनसम्म खमिर नमिसाइएको रोटी खानू र सातौँ दिनमा याहवेहका निम्ति चाड मनाउनू।
EXO 13:7 ती सात दिनहरूमा अखमिरी रोटी खानू; तिमीहरूका साँधसिमानाभित्र खमिर भएका चीज र खमिर देखिनुहुँदैन।
EXO 13:8 त्यस दिन तिमीहरूले आफ्ना छोरालाई भन्‍नू, ‘म इजिप्टबाट निस्केर आउँदा याहवेहले मेरो लागि जे गर्नुभयो, त्यसका लागि म यो गर्छु।’
EXO 13:9 याहवेहको व्यवस्था तिमीहरूका ओठमा रहोस् भनी यो रीति तिमीहरूको हातमा एउटा चिन्हस्वरूप र तिमीहरूका निधारमा एउटा सम्झना दिलाउने कुरो हुनेछ; किनकि याहवेहले तिमीहरूलाई इजिप्टबाट उहाँको शक्तिशाली हातले निकालेर ल्याउनुभयो।
EXO 13:10 तिमीहरूले यो रीति वर्षैपिच्छे तोकिएको समयमा पालन गर्नुपर्छ।
EXO 13:11 “उहाँले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूसित शपथद्वारा प्रतिज्ञा गर्नुभएझैँ याहवेहले तिमीहरूलाई कनानीहरूको देशमा ल्याएर त्यो तिमीहरूलाई दिनुभएपछि,
EXO 13:12 तिमीहरूले प्रत्येक गर्भको पहिलो फल याहवेहलाई दिनुपर्छ। तिमीहरूका पशुहरूका पहिले जन्मेका सबै नरहरू याहवेहकै हुन्।
EXO 13:13 पहिले जन्मेको गधालाई एउटा पाठो दिएर छुटाउनू, तर तिमीहरूले त्यसलाई छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू। तिमीहरूका छोराहरूमध्ये जेठालाई छुटाउनू।
EXO 13:14 “भविष्यमा जब तिमीहरूका छोराले ‘यसको अर्थ के हो?’ भनी सोध्नेछ, तब त्यसलाई भन्‍नू, ‘याहवेहले हामीलाई शक्तिशाली हातले दासत्वको देश इजिप्टबाट निकालेर ल्याउनुभयो।
EXO 13:15 जब फारोले हठी भएर हामीलाई जान दिएनन्, याहवेहले इजिप्टमा मानिस र पशुबाट प्रथम जन्मेका हरेकलाई मार्नुभयो। यसैकारण म प्रत्येक गर्भको प्रथम नरलाई याहवेहका निम्ति बलिदान चढाउँछु, र मेरा पहिला जन्मेका प्रत्येक छोरालाई छुटाउँछु।’
EXO 13:16 अनि याहवेहले हामीलाई इजिप्टबाट शक्तिशाली हातले निकालेर ल्याउनुभयो भन्‍ने यो तिमीहरूका हातमा चिन्हस्वरूप र निधारमा सङ्केतस्वरूप हुनेछ।”
EXO 13:17 जब फारोले ती मानिसहरूलाई जान दिए, याहवेहले तिनीहरूलाई पलिश्तीहरूको देश भएर डोर्‍याउनुभएन; यद्यपि त्यो छोटो थियो। किनकि परमेश्‍वरले भन्‍नुभयो, “तिनीहरूले युद्धको सामना गर्नुपर्‍यो भने तिनीहरूले आफ्ना मन परिवर्तन गरेर इजिप्टतिरै फर्कन सक्छन्।”
EXO 13:18 यसकारण परमेश्‍वरले मानिसहरूलाई घुमाएर लाल समुद्रतिर जाने उजाडस्थानको बाटोमा डोर्‍याउनुभयो। इस्राएलीहरू इजिप्टबाट लडाइँको लागि तयारी भएर निस्के।
EXO 13:19 मोशाले आफूसित योसेफको अस्थि लगे; किनकि योसेफले इस्राएलका छोराहरूलाई शपथ खान लाएका थिए। तिनले भनेका थिए, “परमेश्‍वर निश्‍चय नै तिमीहरूको सहायताका निम्ति आउनुहुनेछ, र तिमीहरूले मेरो अस्थि यस ठाउँबाट आफूसित लैजानुपर्छ।”
EXO 13:20 सुक्‍कोत छोडेपछि तिनीहरू उजाडस्थानको नजिकै एथाममा पाल टाँगेर बसे।
EXO 13:21 तिनीहरू दिन र रात यात्रा गर्न सकून् भनेर दिउँसो याहवेह तिनीहरूलाई बाटोमा डोर्‍याउनलाई बादलको खामोमा र राति तिनीहरूलाई प्रकाश दिनलाई आगोको खामोमा तिनीहरूका अगि-अगि जानुभयो।
EXO 13:22 न त दिउँसो बादलको खामोले, न त राति आगोको खामोले मानिसहरूका अगि-अगि जान कहिल्यै छोड्यो।
EXO 14:1 तब याहवेहले मोशालाई भन्‍नुभयो,
EXO 14:2 “इस्राएलीहरूलाई पछि फर्केर मिग्दोल र समुद्रको बीचमा पी-हहीरोतको छेउमा पाल टाँगेर बस्‍नू भन्। तिनीहरू बाल-सेफोनको ठिक विपरीत समुद्रनिर डेरा हालेर बसून्।
EXO 14:3 फारोले विचार गर्नेछ, ‘इस्राएलीहरू त उजाडस्थानमा थुनिएर अलमलमा परी देशमा भौँतारिरहेका छन्।’
EXO 14:4 अनि म फारोको हृदय कठोर पार्नेछु, र त्यसले तिनीहरूलाई खेद्नेछ। तर म फारो र त्यसका सेनाद्वारा आफ्नो महिमा लिनेछु, र इजिप्टियनहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।” यसकारण इस्राएलीहरूले त्यसै गरे।
EXO 14:5 जब इजिप्टका राजालाई ती मानिसहरू भागे भनी बताइयो, फारो अनि तिनका अधिकारीहरूले तिनीहरूको विषयमा आफ्ना मन बदली गरे, र भने, “हामीले यो के गर्‍यौँ? हामीले इस्राएलीहरूलाई जान दिएर तिनीहरूको सेवा गुमायौँ!”
EXO 14:6 यसकारण तिनले आफ्नो रथ तयार गराए, र आफ्नो सेना आफूसित लिए।
EXO 14:7 तिनले आफ्ना उत्तम रथहरूमध्ये छ सय वटा लिए, र साथमा इजिप्टका अरू सबै रथहरूमाथि पदाधिकारीहरू सवार गराए।
EXO 14:8 याहवेहले इजिप्टका राजा फारोको हृदय कठोर पारिदिनुभयो, र तिनले साहससित अगि बढिरहेका इस्राएलीहरूलाई खेदे।
EXO 14:9 इजिप्टियनहरू—फारोका सबै घोडाहरू, रथहरू, घोडसवारहरू र सेनाले—इस्राएलीहरूलाई खेदे, र बाल-सेफोनको विपरीत पी-हहीरोतको नजिक समुद्रनिर डेरा हालेर बसेको बेलामा तिनीहरूलाई भेटे।
EXO 14:10 फारो नजिक आइपुग्दा इस्राएलीहरूले आँखा उठाएर हेरे, र इजिप्टियनहरूलाई तिनीहरूको पछि आइरहेका देखे। तिनीहरू साह्रै डराए; अनि याहवेहलाई पुकार गरे।
EXO 14:11 तिनीहरूले मोशालाई भने, “के इजिप्टमा चिहानहरू थिएनन् र तपाईंले हामीलाई यस उजाडस्थानमा मर्न भनी ल्याउनुभयो? हामीलाई इजिप्टबाट यहाँ ल्याएर तपाईंले यो के गर्नुभएको?
EXO 14:12 के हामीले इजिप्टमा तपाईंलाई ‘हामीलाई त्यसै छोडिदिनुहोस्; हामीलाई इजिप्टियनहरूको सेवा गर्न दिनुहोस्’ भनेका थिएनौँ र? यस उजाडस्थानमा मर्नुभन्दा त हामीलाई इजिप्टियनहरूको सेवा गर्नु असल हुनेथियो।”
EXO 14:13 मोशाले मानिसहरूलाई जवाफ दिए, “नडराओ, दृढतासाथ खडा रहो। आज याहवेहले तिमीहरूमा ल्याउनुहुने छुटकारा तिमीहरूले देख्नेछौ। तिमीहरूले आज देखेका इजिप्टियनहरूलाई फेरि कहिल्यै देख्नेछैनौ।
EXO 14:14 याहवेहले तिमीहरूका पक्षमा युद्ध गर्नुहुनेछ; तिमीहरू केवल शान्त होऊ।”
EXO 14:15 तब याहवेहले मोशालाई भन्‍नुभयो, “तिमीहरू किन मेरो पुकार गर्छौ? इस्राएलीहरूलाई अगि बढ्नू भन्।
EXO 14:16 तेरो लहुरो उठा, र इस्राएलीहरू समुद्र भएर ओबानो जमिनबाट जाऊन् भनेर पानी दुई भाग गर्नलाई तेरो हात पसार्।
EXO 14:17 म इजिप्टियनहरूको हृदय कठोर पारिदिनेछु, र तिनीहरू उनीहरूको पछि-पछि समुद्रभित्र जानेछन्। अनि म फारो र त्यसका सेनाद्वारा, त्यसका रथहरू र त्यसका घोडसवारहरूद्वारा महिमित हुनेछु।
EXO 14:18 जब फारो, त्यसका रथहरू र त्यसका घोडसवारहरूद्वारा मेरो महिमा हुनेछ, तब इजिप्टियनहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।”
EXO 14:19 त्यसपछि इस्राएली सेनाको अगि-अगि यात्रा गरिरहेका परमेश्‍वरका स्वर्गदूत पछि सरेर तिनीहरूका पछिल्तिर गए। बादलको खामो पनि अगिल्तिरबाट सरेर तिनीहरूका पछिल्तिर उभियो;
EXO 14:20 अनि इजिप्ट र इस्राएलीहरूका सेनाका बीचमा आयो। रातभरि त्यस बादलले एकातिर अँध्यारो र अर्कोतिर उज्यालो ल्यायो। यसकारण रातभरि एकपट्टिको मानिस अर्कोपट्टि गएन।
EXO 14:21 तब मोशाले समुद्रमाथि आफ्ना हात पसारे; अनि याहवेहले रातभरि शक्तिशाली पूर्वीय बतास चलाएर समुद्रलाई पछिल्तिर ठेलिदिनुभयो, र त्यसलाई ओबानो जमिनमा परिणत गरिदिनुभयो। पानी दुई भाग भयो,
EXO 14:22 अनि इस्राएलीहरू समुद्रबीच ओबानो जमिनबाट भएर गए; तिनीहरूका दाहिने र देब्रेतिर पानीको पर्खाल खडा भयो।
EXO 14:23 ती इजिप्टियनहरूले तिनीहरूलाई खेदे, र फारोका सबै घोडाहरू, रथहरू र घोडसवारहरूले तिनीहरूलाई समुद्रमा पछ्याए।
EXO 14:24 मिरमिरे बिहानी याहवेहले आगो र बादलको खामोबाट इजिप्टका सेनालाई तल हेर्नुभयो र तिनीहरूलाई अलमल पारिदिनुभयो।
EXO 14:25 उहाँले तिनीहरूका रथहरूका चक्‍काहरू फुस्काइदिनुभयो, र तिनीहरूलाई कुदाउन कठिन पर्‍यो। अनि इजिप्टियनहरूले भने, “हामी इस्राएलीहरूदेखि भागौँ! याहवेह तिनीहरूको पक्षमा भई हाम्रो विरुद्धमा युद्ध गर्दै हुनुहुन्छ।”
EXO 14:26 तब याहवेहले मोशालाई भन्‍नुभयो, “पानी फेरि इजिप्टियनहरू, तिनीहरूका रथहरू र घोडसवारहरूमाथि पछिल्तिर फर्केर ओइरियोस् भनेर तेरो हात समुद्रमाथि पसार्।”
EXO 14:27 मोशाले आफ्ना हात समुद्रमाथि पसारे, र बिहान समुद्र फेरि आफ्नो ठाउँमा सर्‍यो। इजिप्टियनहरू यसको विपरीत भाग्दैथिए; अनि याहवेहले तिनीहरूलाई सोहोरेर समुद्रमा हालिदिनुभयो।
EXO 14:28 पानी फर्केर आयो, र इस्राएलीहरूलाई समुद्रमा पछिबाट लखेट्ने रथहरू र घोडसवारहरू, फारोका सम्पूर्ण सेनालाई ढाकिदियो। तिनीहरूमध्ये एउटै पनि बाँचेनन्।
EXO 14:29 तर इस्राएलीहरू त तिनीहरूका दाहिने र देब्रेतिर पानीका पर्खाल भएकाले समुद्रबाट ओबानो जमिन भएर गए।
EXO 14:30 त्यस दिन याहवेहले इस्राएलीहरूलाई इजिप्टियनहरूको हातबाट बचाउनुभयो; अनि इस्राएलीहरूले इजिप्टियनहरूलाई किनारमा मरेर पस्रिरहेका देखे।
EXO 14:31 जब याहवेहले इजिप्टियनहरूको विरुद्धमा महान् शक्ति देखाउनुभएको इस्राएलीहरूले देखे, तब मानिसहरू याहवेहसित डराए र आफ्नो भरोसा याहवेह र उहाँका सेवक मोशामाथि राखे।
EXO 15:1 तब मोशा र इस्राएलीहरूले याहवेहका निम्ति यो गीत गाए: “म याहवेहको निम्ति गाउनेछु; किनकि उहाँ अति नै उच्‍च पारिनुभएको छ। घोडा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।
EXO 15:2 “याहवेह नै मेरो बल, सुरक्षा र गीत हुनुहुन्छ; उहाँ मेरा मुक्ति हुनुभएको छ। उहाँ मेरा परमेश्‍वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु; मेरा पिताका परमेश्‍वर, र म उहाँको नामलाई उच्‍च पार्नेछु।”
EXO 15:3 याहवेह योद्धा हुनुहुन्छ; उहाँको नाम याहवेह हो।
EXO 15:4 फारोका रथहरू र तिनका सेनालाई उहाँले समुद्रमा फालिदिनुभएको छ। फारोका सर्वोत्तम पदाधिकारीहरू लाल समुद्रमा डुबाइएका छन्।
EXO 15:5 गहिरा पानीले तिनीहरूलाई छोपिदिएका छन्; तिनीहरू ढुङ्गाझैँ गहिराइमा डुबेका छन्।
EXO 15:6 हे याहवेह, तपाईंको दाहिने हात, शक्तिमा गौरवशाली थियो। हे याहवेह, तपाईंको दाहिने हातले, शत्रुलाई चकनाचुर पारेको छ।
EXO 15:7 “तपाईंका गौरवको महानतामा तपाईंले विरोधीहरूलाई फ्याँकिदिनुभएको छ। तपाईंले आफ्नो क्रोधको ज्वाला पोख्नुभयो; जसले तिनीहरूलाई परालझैँ भस्म पार्‍यो।
EXO 15:8 तपाईंका नाकको सासको वेगले पानी एक ठाउँमा थुप्रो लाग्यो, तरङ्गले भरिएका पानीहरू दृढ पर्खालझैँ खडा भए; गहिरो पानी समुद्रको गहिराइमा जमिहाल्यो।
EXO 15:9 शत्रुले घमण्ड गर्‍यो, ‘म तिनीहरूलाई खेद्नेछु, म तिनीहरूलाई भेट्नेछु। म लुटिएका सामानहरू बाँड्नेछु; म तिनीहरूलाई निल्नेछु। म आफ्नो तरवार थुत्नेछु, र मेरो हातले तिनीहरूलाई नाश पार्नेछु।’
EXO 15:10 तर तपाईंले आफ्नो सास फुक्नुभयो; र समुद्रले तिनीहरूलाई ढाकिहाल्यो। तिनीहरू शक्तिशाली पानीमा सिसाझैँ डुबे।
EXO 15:11 हे याहवेह, देवी-देवताहरूमा तपाईंजस्तो को छ र? पवित्रतामा अति गौरवशाली, महिमामा भययोग्य, र अद्‌भुत कार्यहरू गर्नुहुने अरू को छ र?
EXO 15:12 “तपाईंले आफ्नो दाहिने हात पसार्नुभयो; अनि पृथ्वीले हाम्रा शत्रुहरूलाई निलिहाल्यो।
EXO 15:13 तपाईंले आफ्नो अचुक प्रेममा, आफूले छुटाउनुभएका मानिसहरूलाई डोर्‍याउनुहुनेछ। तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई आफ्नो पवित्र वासस्थानमा अगुवाइ गर्नुहुनेछ।
EXO 15:14 जातिहरूले सुन्‍नेछन् र काँप्नेछन्; पलिश्तीहरूलाई वेदनाले पक्रनेछ।
EXO 15:15 एदोमका अगुवाहरू भयभीत हुनेछन्; मोआबका शक्तिशाली अगुवाहरू काँप्नेछन्; कनानका सारा मानिसहरू बिलाइजानेछन्;
EXO 15:16 उनीहरूलाई आतङ्क र डरले छोप्नेछ। हे याहवेह, तपाईंका प्रजा पार नहोउन्जेल, तपाईंले किन्‍नुभएका यी प्रजा पार नहोउन्जेल— तपाईंका पाखुराको शक्तिले उनीहरू पत्थरझैँ अचल हुनेछन्।
EXO 15:17 तपाईंले तिनीहरूलाई भित्र ल्याउनुहुनेछ र तपाईंको आफ्नो उत्तराधिकारको पर्वतमा रोप्नुहुनेछ— हे याहवेह, त्यो ठाउँ, जसलाई तपाईंले आफ्नो लागि वासस्थान बनाउनुभएको छ; त्यो समागम पालमा, हे प्रभु, जसलाई तपाईंका हातहरूले स्थापित गर्नुभएको छ।
EXO 15:18 “याहवेहले सदासर्वदा राज्य गर्नुहुन्छ।”
EXO 15:19 जब फारोका घोडा, रथ र घोडसवारहरू समुद्रभित्र पसे, तब याहवेहले समुद्रको पानी फर्काएर तिनीहरूमाथि ल्याइदिनुभयो; तर इस्राएलीहरू त समुद्रको बीचबाट ओबानो जमिनमाथि हिँडे।
EXO 15:20 तब हारूनकी दिदी अगमवादिनी मिरियमले आफ्नो हातमा एउटा खैँजडी लिइन्; अनि अरू स्त्रीहरू पनि खैँजडी लिएर नाच्दै तिनको पछि-पछि लागे।
EXO 15:21 मिरियमले यसरी गीत गाउन थालिन्: “याहवेहका निम्ति गाओ; किनकि उहाँ अति उच्‍च पारिनुभएको छ। घोडा र त्यसको सवार दुवैलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।”
EXO 15:22 तब मोशाले इस्राएललाई लाल समुद्रबाट लगे, र तिनीहरू शूरको उजाडस्‍थानभित्र पसे। तीन दिनसम्म तिनीहरू उजाडस्थानमा पिउने पानीविना यात्रा गरे।
EXO 15:23 जब तिनीहरू मारा आइपुगे, तिनीहरूले त्यहाँको पानी पिउन सकेनन्; किनकि त्यो तितो थियो। (त्यसैकारण त्यस ठाउँलाई मारा भनिन्छ।)
EXO 15:24 यसकारण मानिसहरू मोशाको विरुद्धमा यसो भन्दै गनगन गर्न थाले, “हामीले के पिऔँ?”
EXO 15:25 तब मोशाले याहवेहलाई पुकारे; अनि याहवेहले तिनलाई एउटा काठको टुक्रा देखाउनुभयो। जब तिनले त्यसलाई पानीमा फाले, तब त्यो पानी मिठो भयो। त्यहाँ याहवेहले तिनीहरूका निम्ति एउटा नियम र निर्देशन बनाउनुभयो; अनि त्यहीँ नै उहाँले तिनीहरूको जाँच लिनुभयो।
EXO 15:26 उहाँले भन्‍नुभयो, “तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको कुरा ध्यानसित सुन्यौँ र उहाँको दृष्‍टिमा जे ठिक छ, त्यही गर्‍यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ, र उहाँका सबै उर्दीहरू पालन गर्‍यौ भने मैले इजिप्टियनहरूमाथि ल्याएका रोगहरू म तिमीहरूमाथि ल्याउनेछैनँ; किनकि तिमीहरूलाई निको पार्ने याहवेह म नै हुँ।”
EXO 15:27 त्यसपछि तिनीहरू एलीममा आइपुगे, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूखहरू थिए। तिनीहरूले त्यहीँ पानीको नजिक पाल टाँगे।
EXO 16:1 इस्राएलीहरूका सारा समुदाय एलीमबाट हिँडे, र सीनैको उजाडस्थानमा आइपुगे। यो एलीम र सीनैको बीचमा थियो। तिनीहरू इजिप्टबाट निस्केर आएको दोस्रो महिनाको पन्ध्रौँ दिन भइसकेको थियो।
EXO 16:2 त्यस उजाडस्थानमा सारा इस्राएलीहरू मोशा र हारूनको विरुद्धमा गनगनाए।
EXO 16:3 इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी इजिप्टमै याहवेहका हातद्वारा मरेका भए असल हुनेथियो! त्यस ठाउँमा छँदा हामी मासुका भाँडाको वरिपरि बस्थ्यौँ, र हामीले अघाउन्जेल भोजन खान्थ्यौँ; तर तपाईंले हामीलाई निकालेर यस उजाडस्थानमा यो सारा समुदायलाई भोकभोकै मार्न ल्याउनुभएको छ।”
EXO 16:4 तब याहवेहले मोशालाई भन्‍नुभयो, “म तिमीहरूका लागि स्वर्गबाट रोटी बर्साउनेछु। यी मानिसहरू हरेक दिन बाहिर जाऊन्, र त्यस दिनको भाग बटुलून्; ताकि तिनीहरूले मेरा आज्ञाहरू मान्छन् कि मान्दैनन् भनी म तिनीहरूलाई जाँच्न सकूँ।
EXO 16:5 छैटौँ दिनमा तिनीहरूले जे भित्र ल्याउनेछन्, त्यसलाई तयार पारून्; र त्यो अरू दिन बटुलेको भन्दा दोबर होस्।”
EXO 16:6 यसकारण मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “याहवेहले नै तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभएको हो भनी तिमीहरूले बेलुकीपख जान्‍नेछौ।
EXO 16:7 अनि बिहान तिमीहरूले याहवेहको महिमा देख्नेछौ; किनकि तिमीहरूले उहाँको विरुद्धमा गनगनाएको उहाँले सुन्‍नुभएको छ। हामी को हौँ, र तिमीहरू हाम्रो विरुद्धमा गनगनाउँछौ?”
EXO 16:8 मोशाले यो पनि भने, “जब याहवेहले तिमीहरूलाई बेलुकी खानलाई मासु र बिहानीपख चाहेजति रोटी दिनुहुनेछ, तब त्यसलाई दिनुहुने याहवेह नै हुनुहुन्छ भनी तिमीहरूले जान्‍नेछौ; किनकि तिमीहरूले उहाँको विरुद्धमा गनगनाएको उहाँले सुन्‍नुभएको छ। हामी को हौँ र? तिमीहरू हाम्रो विरुद्धमा होइन, तर परमेश्‍वरको विरुद्धमा गनगनाइरहेका छौ।”
EXO 16:9 तब मोशाले हारूनलाई भने, “इस्राएलका सारा समुदायलाई भन्‍नुहोस्, ‘याहवेहको सामु आओ; किनकि उहाँले तिमीहरूको गनगन सुन्‍नुभएको छ।’ ”
EXO 16:10 हारून सारा इस्राएली समुदायसित बोल्दैगर्दा तिनीहरूले उजाडस्थानतिर हेरे; अनि त्यहाँ याहवेहको महिमा बादलमा देखा पर्‍यो।
EXO 16:11 याहवेहले मोशालाई भन्‍नुभयो,
EXO 16:12 “मैले इस्राएलीहरूको गनगन सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ र बिहानचाहिँ तिमीहरू रोटीले अघाउनेछौ। तब म नै याहवेह तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ।’ ”
EXO 16:13 त्यस बेलुकी बट्टाई चराहरू आएर छाउनी नै ढाकिदिए; अनि बिहानचाहिँ छाउनीका चारैतिर शीत पर्‍यो।
EXO 16:14 शीत सुकेपछि उजाडस्थानभरि मसिना डल्‍लाहरू, तुसारोजस्ता चीजहरू देखा परे।
EXO 16:15 जब इस्राएलीहरूले त्यो देखे, तब तिनीहरूले आपसमा भने, “यो के हो?” किनकि त्यो के थियो, तिनीहरूलाई थाहा थिएन। अनि मोशाले तिनीहरूलाई भने, “यो याहवेहले तिमीहरूलाई खान भनी दिनुभएको रोटी हो।
EXO 16:16 याहवेहले यसो भनी आज्ञा दिनुभएको छ: ‘हरेकले आफूलाई चाहिए जति बटुल्नू। तिमीहरूसित पालभित्र भएका हरेक व्यक्तिको निम्ति एक ओमेर लिनू।’ ”
EXO 16:17 मोशाले भनेझैँ इस्राएलीहरूले गरे; अनि कतिले धेरै, कतिले थोरै बटुले।
EXO 16:18 जब तिनीहरूले त्यसलाई ओमेरले नापे, तब धेरै बटुल्नेको ज्यादा भएन, र थोरै बटुल्नेको पनि कम्ती भएन। तिनीहरू हरेकले आफूलाई जति चाहिन्छ, त्यति नै बटुले।
EXO 16:19 मोशाले तिनीहरूलाई भने, “कसैले पनि यसबाट बाँकी भाग बिहानसम्म नराख्नू।”
EXO 16:20 तैपनि कसै-कसैले मोशाको कुरामा ध्यान दिएनन्; र त्यसबाट केही भाग बिहानसम्म राखे। तर त्यसमा किरा पर्‍यो, र गनाउन थाल्यो। यसकारण मोशा तिनीहरूसित क्रोधित भए।
EXO 16:21 प्रत्येक बिहान हरेकले आफूलाई चाहिने जति बटुल्थे; अनि घाम छिप्पिएपछि त्यो पग्लिहाल्थ्यो।
EXO 16:22 छैटौँ दिनमा भने तिनीहरूले दोबर अर्थात् हरेकका लागि दुई ओमेर बटुले; अनि समुदायका अगुवाहरूले यो कुरा मोशालाई बताइदिए।
EXO 16:23 तब तिनले उनीहरूलाई भने, “याहवेहले यसो भनी आज्ञा गर्नुभएको छ: ‘भोलि शब्बाथ दिन, याहवेहका निम्ति समर्पित पवित्र शब्बाथ दिन हो। तिमीहरू जे पकाउन चाहन्छौ, त्यो पकाओ; अनि जे उमाल्न चाहन्छौ, उमाल; अनि जे उब्रिन्छ, त्यो बिहानसम्म राखिछोड।’ ”
EXO 16:24 यसकारण मोशाले भनेझैँ तिनीहरूले त्यसलाई बिहानसम्म राखे; त्यसमा गन्ध आएन, र त्यसमा किरा पनि परेन।
EXO 16:25 तब मोशाले भने, “त्यो खानेकुरा आज खाओ; किनकि आज याहवेहका निम्ति समर्पित शब्बाथ दिन हो। तिमीहरूले आज जमिनमा त्यसको केही भाग पनि पाउनेछैनौ।
EXO 16:26 छ दिन तिमीहरूले त्यसलाई बटुल्नू, तर सातौँ दिन, अर्थात् शब्बाथ दिनमा चाहिँ केही पनि हुनेछैन।”
EXO 16:27 तैपनि केही मानिसहरू ती बटुल्नलाई सातौँ दिनमा बाहिर गए, तर तिनीहरूले केही भेटेनन्।
EXO 16:28 तब याहवेहले मोशालाई भन्‍नुभयो, “कहिलेसम्म तिमीहरू मेरा आज्ञा र अर्तीहरू पालन गर्न अस्वीकार गर्छौ?
EXO 16:29 यो कुरा मनमा राख: याहवेहले तिमीहरूका निम्ति शब्बाथ दिन दिनुभएको छ; यसैकारण छैटौँ दिनमा उहाँले तिमीहरूलाई दुई दिनका लागि रोटी दिनुभएको छ। सातौँ दिन तिमीहरू हरेक आ-आफ्नै ठाउँमा बस्‍नू; कोही बाहिर नजानू।”
EXO 16:30 यसकारण मानिसहरूले सातौँ दिनमा विश्राम गरे।
EXO 16:31 अनि इस्राएलका मानिसहरूले त्यस रोटीलाई मन्‍न भनी भने। त्यो धनियाँको बिउजस्तो सेतो देखिन्थ्यो; अनि स्वादचाहिँ मह मिसाएर बनाएको बाबरजस्तो थियो।
EXO 16:32 मोशाले भने, “याहवेहले यसो भनी आज्ञा दिनुभएको छ: ‘मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउँदा उजाडस्थानमा तिमीहरूलाई कस्तो रोटी खुवाएको थिएँ भनेर पछिका पुस्ताहरूलाई देखाउन भनी एक ओमेर मन्‍न जोगाएर राख्नू।’ ”
EXO 16:33 यसकारण मोशाले हारूनलाई भने, “एउटा भाँडो लिएर त्यसमा एक ओमेर मन्‍न भर्नुहोस्, र त्यसलाई पछि आउने पुस्तौँ-पुस्तासम्म रहोस् भनेर याहवेहको सामु राख्नुहोस्।”
EXO 16:34 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ, हारूनले त्यस मन्‍नलाई जोगाएर राख्न भनी करारको सन्दुकको सामु राखिदिए।
EXO 16:35 इस्राएलीहरूले चालीस वर्षसम्म मन्‍न खाए; तिनीहरू कनान देशसम्म पुगेर बसोबास नगरुन्जेल मन्‍न खाइरहे।
EXO 16:36 (एक ओमेर भनेको एपाको दशौँ भाग हो।)
EXO 17:1 इस्राएलीहरूका सारा समुदाय याहवेहले आज्ञा गर्नुभएझैँ एक ठाउँदेखि अर्को ठाउँ यात्रा गर्दै जानलाई सीनको उजाडस्थानबाट निस्के। तिनीहरूले रेफिदीममा पाल टाँगे; तर त्यहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन।
EXO 17:2 यसकारण तिनीहरूले मोशासित झगडा गरेर भने, “हामीलाई पिउने पानी दिनुहोस्।” मोशाले जवाफ दिए, “तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन याहवेहलाई परीक्षा गर्छौ?”
EXO 17:3 तर ती मानिसहरू असाध्यै तिर्खाएका थिए; अनि तिनीहरू मोशाको विरुद्धमा गनगनाए। तिनीहरूले भने, “हामी, हाम्रा छोराछोरी र गाईबस्तुहरूलाई तिर्खाले मार्न भनी तपाईंले इजिप्टबाट निकालेर यस डरलाग्दो ठाउँमा किन ल्याउनुभयो?”
EXO 17:4 तब मोशाले याहवेहलाई पुकार गरे, “म यी मानिसहरूलाई के गरूँ? तिनीहरूले मलाई ढुङ्गाले हान्‍नै आँटेका छन्।”
EXO 17:5 याहवेहले मोशालाई जवाफ दिनुभयो, “इस्राएलका केही प्रधानहरूलाई साथमा लिएर मानिसहरूका अगि-अगि जा, र जुन लहुरोले तैँले नील नदीलाई हिर्काएको थिइस्, त्यो पनि आफ्नो हातमा लिएर जा।
EXO 17:6 अनि म होरेबमा भएको चट्टानको छेवैमा तेरो सामु उभिनेछु। तैँले त्यस चट्टानलाई हिर्काऊनू, र त्यसबाट पानीको मूल फुट्नेछ, र मानिसहरूले पिउन सक्नेछन्।” यसकारण मोशाले इस्राएलका प्रधानहरूका आँखाको सामु त्यसै गरे।
EXO 17:7 “याहवेह हाम्रा बीचमा हुनुहुन्छ कि हुनुहुन्‍न” भन्‍ने इस्राएलीहरूका झगडाको कारण र तिनीहरूले याहवेहको परीक्षा गरेको कारण त्यस ठाउँको नाम तिनले मस्सा र मेरीबा राखे।
EXO 17:8 अमालेकीहरूले आएर रेफिदीममा इस्राएलीहरूमाथि आक्रमण गरे।
EXO 17:9 अनि मोशाले यहोशूलाई भने, “हाम्रा मानिसहरूमध्ये केही मानिसलाई चुन र अमालेकीहरूसित लडाइँ गर। भोलि म परमेश्‍वरको लहुरो हातमा लिएर पहाडको टाकुरामा उभिनेछु।”
EXO 17:10 यसकारण मोशाले आदेश गरेझैँ यहोशूले अमालेकीहरूसित युद्ध गरे; मोशा, हारून र हूरचाहिँ पहाडको टाकुरामा गए।
EXO 17:11 मोशाले आफ्ना हातहरू उचालिराख्दा इस्राएलीहरूले जित्थे, तर जब तिनले आफ्ना हातहरू तल झार्थे, तब अमालेकीहरूले जित्थे।
EXO 17:12 जब मोशाका हातहरू थाके, तब तिनीहरूले एउटा ढुङ्गा लिएर त्यसलाई तिनको मुनि राखिदिए, र तिनी त्यसमाथि बसे। हारून र हूरले सूर्यास्तसम्म तिनका हातहरू स्थिर भइरहून् भनेर एउटाले एकापट्टि र अर्काले अर्र्कापट्टि तिनका हातहरू थामिराखे।
EXO 17:13 यसरी यहोशूले तरवारद्वारा अमालेकीहरूका सेनालाई पराजित गरे।
EXO 17:14 तब याहवेहले मोशालाई भन्‍नुभयो, “यसलाई सम्झनाका निम्ति एउटा पुस्तकमा लेखिराख्, र यो कुरा यहोशूलाई सुनाइदे; किनकि म अमालेकीहरूको सम्झना धर्तीबाट पूर्ण रूपमा मेटिदिनेछु।”
EXO 17:15 मोशाले एउटा वेदी बनाए, र त्यसलाई याहवेह निस्सी भने।
EXO 17:16 तिनले भने, “याहवेहको सिंहासनतिर हातहरू उचालिएकाले याहवेहले पुस्तौँ-पुस्तासम्म अमालेकीहरूका विरुद्धमा लडाइँ गर्नुहुनेछ।”
EXO 18:1 मिद्यानका पुजारी, मोशाका ससुरा यित्रोले मोशा र आफ्नो प्रजा इस्राएलका निम्ति परमेश्‍वरले गर्नुभएका सबै कुरा, र याहवेहले इस्राएलीहरूलाई इजिप्टबाट कसरी बाहिर निकालेर ल्याउनुभएको कुरा सुने।
EXO 18:2 मोशाले आफ्नी पत्नी सिप्पोरालाई माइत पठाएपछि यित्रोले आफ्नी छोरी सिप्पोरा,
EXO 18:3 र तिनका दुई जना छोरालाई लिए। मोशाले एउटा छोराको नाम गेर्शोम राखेका थिए; किनकि तिनले “म परदेशमा प्रवासी भएको छु” भनेका थिए;
EXO 18:4 अनि अर्कोचाहिँको नाम एलीएजर राखिएको थियो; किनकि तिनले भने, “मेरा पिताका परमेश्‍वर मेरो सहायक हुनुहुन्छ; उहाँले मलाई फारोको तरवारबाट बचाउनुभयो।”
EXO 18:5 मोशाका ससुरा यित्रो तिनका दुई जना छोरा र तिनकी पत्नीसँग उजाडस्थानमा मोशाकहाँ आए, जहाँ तिनले परमेश्‍वरको पर्वत नजिक पाल टाँगेर बसेका थिए।
EXO 18:6 यित्रोले मोशाकहाँ “म, तिम्रो ससुरा यित्रो, तिम्री पत्नी र तिम्रा दुई छोरासित तिमीकहाँ आउँदैछौँ” भनेर खबर पठाएका थिए।
EXO 18:7 यसकारण मोशा आफ्ना ससुरालाई भेट्न बाहिर निस्के, र तिनलाई भेटेर दण्डवत् गरे; अनि म्वाइँ खाए। तिनीहरू एक-अर्कालाई हालखबर सोधेर पालभित्र गए।
EXO 18:8 इस्राएलीहरूका निम्ति याहवेहले फारो र इजिप्टियनहरूलाई जे-जे गर्नुभएको थियो, ती सबै कुराहरू, साथै बाटोमा तिनीहरूमाथि के कस्ता कष्‍टहरू आइपरेका थिए, र याहवेहले तिनीहरूलाई कसरी छुटाउनुभएको थियो, ती सबै मोशाले आफ्ना ससुरोलाई बताए।
EXO 18:9 याहवेहले इस्राएलीहरूलाई इजिप्टियनहरूका हातबाट छुटाउन तिनीहरूका निम्ति कस्ता-कस्ता असल कुराहरू गर्नुभएको थियो, ती सुनेर यित्रो खुशी भए।
EXO 18:10 अनि यित्रोले भने, “याहवेहको प्रशंसा होस्, जसले तिमीहरूलाई इजिप्टियनहरू र फारोका हातबाट छुटाउनुभयो, जसले मानिसहरूलाई इजिप्टियनहरूका हातबाट छुटाउनुभयो।
EXO 18:11 अब मलाई थाहा भयो कि याहवेह अरू सबै देवी-देवताहरूभन्दा महान् हुनुहुन्छ; किनकि उहाँले इस्राएलीहरूसित अभिमानी व्यवहार गर्नेलाई यस्तो व्यवहार गर्नुभयो।”
EXO 18:12 तब मोशाका ससुरा यित्रोले याहवेहका निम्ति होमबलि र अरू बलिदानहरू ल्याए; अनि हारून र इस्राएलका सबै प्रधानहरू परमेश्‍वरको सामु मोशाका ससुरासित रोटी खान आए।
EXO 18:13 भोलिपल्ट मोशा मानिसहरूको न्याय गर्नलाई बसे; अनि बिहानदेखि बेलुकासम्म मानिसहरू मोशाको वरिपरि उभिरहे।
EXO 18:14 मोशाले मानिसहरूका लागि गरिरहेका सबै काम देखेपछि तिनका ससुराले भने, “तिमीले मानिसहरूका लागि यो के गरिरहेका छौ? यी मानिसहरू बिहानदेखि बेलुकीसम्म तिम्रो वरिपरि उभिरहन्छन्, तिमी एकलै मात्र किन न्यायकर्ता भएर बसिरहन्छौ?”
EXO 18:15 मोशाले आफ्ना ससुरालाई भने, “किनकि मानिसहरू परमेश्‍वरको इच्छा खोज्न मकहाँ आउँछन्।
EXO 18:16 जब तिनीहरूको बीचमा विवाद हुन्छ, तब त्यसलाई मकहाँ ल्याउँछन्, र मैले दुवै पक्षका बीचमा निर्णय गरेर तिनीहरूलाई परमेश्‍वरको उर्दी र उहाँका व्यवस्थाहरू बताइदिन्छु।”
EXO 18:17 मोशाका ससुराले तिनलाई भने, “तिमीले जे गर्दैछौ, त्यो ठिक छैन।
EXO 18:18 पक्‍कै पनि तिमी र तिमीसित हुने यी मानिसहरू एकदम थाक्नेछौ; यो काम तिम्रो निम्ति अति गाह्रो छ; र तिमी एकलैले यो गर्न सक्दैनौ।
EXO 18:19 अब मेरो कुरा सुन, र म तिमीलाई केही सल्‍लाह दिनेछु, र परमेश्‍वर तिमीसित रहून्। तिमी परमेश्‍वरको सामु मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका विवादहरू उहाँकहाँ लैजाऊ।
EXO 18:20 तिनीहरूलाई उर्दी र व्यवस्थाहरू सिकाऊ, र तिनीहरूलाई जिउने तरिका र पालना गर्नुपर्ने कर्तव्य देखाइदेऊ।
EXO 18:21 यसकासाथै यस्ता मानिसहरूलाई चुन, जो सबै मानिसहरूमध्येबाट सक्षम अर्थात् परमेश्‍वरको डर मान्‍ने विश्‍वासयोग्य मानिसहरू जसले बेइमानीसित लाभ लिन घृणा गर्छन्। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दश जनामाथि अगुवा नियुक्त गर।
EXO 18:22 हरेक समय मानिसहरूमाथि तिनीहरूले न्यायकर्ता भएर सेवा गरून्; तर तिनीहरूले हरेक गाह्रो मुद्दाचाहिँ तिम्रो सामु ल्याऊन्; साना-साना मुद्दाहरूको निर्णयचाहिँ तिनीहरूले नै गरून्। यसो गर्दा तिम्रो भार हलुका हुनेछ, र तिनीहरूले तिमीसित भार उठाउनेछन्।
EXO 18:23 तिमीले यसो गर्‍यौ भने, र परमेश्‍वरले यस्तै आज्ञा दिनुभयो भने तिम्रो भार हलुका हुनेछ, र यी मानिसहरू शान्तिसाथ आफ्नो घरमा फर्कनेछन्।”
EXO 18:24 मोशाले आफ्ना ससुराको कुरा सुने, र तिनले भनेका हरेक कुरा गरे।
EXO 18:25 तब मोशाले इस्राएलबाट सक्षम मानिसहरूलाई चुने, र तिनीहरूलाई मानिसहरूमाथि अगुवा अर्थात् हजार-हजार, सय-सय, दश-दश जनामाथि अधिकारीहरू तुल्याइदिए।
EXO 18:26 तिनीहरूले हर समय मानिसहरूमाथि न्यायकर्ताको रूपमा सेवा गर्थे। कठिन मुद्दाहरू तिनीहरूले मोशाकहाँ ल्याउँथे, तर हरेक स-साना मुद्दाहरूको फैसला तिनीहरू आफूले नै गर्थे।
EXO 18:27 तब मोशाले आफ्ना ससुरालाई बिदा गरे; अनि यित्रो आफ्नो देशको बाटो लागे।
EXO 19:1 इस्राएलीहरूले इजिप्ट छोडेको तेस्रो महिनाको पहिलो दिन, त्यही दिन तिनीहरू सीनैको उजाडस्थानमा आइपुगे।
EXO 19:2 इस्राएलीहरू रेफिदीमबाट हिँडेपछि सीनैको उजाडस्थानमा प्रवेश गरे, र तिनीहरूले त्यही पर्वतको सामु उजाडस्थानमा पाल टाँगेर बसे।
EXO 19:3 तब मोशा माथि डाँडामा परमेश्‍वरलाई भेट्न गए; अनि याहवेहले पर्वतबाट तिनलाई भन्‍नुभयो, “तैँले याकोबको घरानालाई भन्‍नुपर्ने र इस्राएलका मानिसहरूलाई बताउनुपर्ने यही हो:
EXO 19:4 ‘मैले इजिप्टलाई के गरेँ, मैले कसरी तिमीहरूलाई गरुडहरूझैँ पखेटामा उडाएर मकहाँ ल्याएँ, त्यो तिमीहरूले देखेका छौ।
EXO 19:5 अब यदि तिमीहरूले मैले भनेको कुरा सुन्यौ, र मेरा करारहरू पूर्ण पालन गर्‍यौ भने सबै जातिमध्ये तिमीहरू मेरा निज धन हुनेछौ। सारा पृथ्वी मेरै हुन्।
EXO 19:6 तिमीहरू मेरा निम्ति पुजारीहरूको एउटा राज्य र एउटा पवित्र जाति हुनेछौ।’ तैँले इस्राएलीहरूलाई भन्‍नुपर्ने कुराहरू यिनै हुन्।”
EXO 19:7 मोशा फर्किएर मानिसहरूका प्रधानहरूलाई बोलाइपठाए, र याहवेहले तिनलाई आज्ञा गर्नुभएका सबै कुराहरू तिनीहरूका सामु राखिदिए।
EXO 19:8 ती सबै मानिसहरूले एकसाथ जवाफ दिए, “याहवेहले भन्‍नुभएका सबै कुराहरू हामी गर्नेछौँ।” यसकारण मोशाले तिनीहरूका जवाफ याहवेहकहाँ आएर सुनाए।
EXO 19:9 याहवेहले मोशालाई भन्‍नुभयो, “म बाक्लो बादलमा तँकहाँ आउनेछु; मानिसहरूले म तँसित कुरा गरेको सुनून्, र तिनीहरूले सधैँ आफ्ना भरोसा तँमाथि राखून्।” तब मोशाले याहवेहलाई मानिसहरूले भनेका कुरा भनिदिए।
EXO 19:10 याहवेहले मोशालाई भन्‍नुभयो, “मानिसहरूकहाँ गएर तिनीहरूलाई आज र भोलि शुद्ध पार्। तिनीहरूले आफ्ना वस्त्र धोऊन्,
EXO 19:11 अनि तेस्रो दिनको लागि तिनीहरू तयार रहून्; किनकि त्यस दिन याहवेह सबै मानिसहरूका आँखाका सामु सीनै पर्वतमाथि ओर्लिआउनुहुनेछ।
EXO 19:12 पर्वतको चारैतिर मानिसहरूका लागि सिमाना लगाएर तिनीहरूलाई यसो भन्‍नू, ‘होशियार रहो, पर्वतमाथि नचढ्नू र त्यसको फेद पनि नछुनू। जसले यस पर्वतलाई छुन्छ, त्यो निश्‍चय मारिनेछ।
EXO 19:13 त्यसलाई कसैले पनि नछुनू। तर त्यसलाई ढुङ्गाले हानेर अथवा काँडले छेडेर मार्नू। मानिस होस् वा पशु, त्यो जीवित रहनेछैन।’ केवल तुरही फुकेको आवाज सुनेपछि मात्र तिनीहरू पर्वतको नजिक जाऊन्।”
EXO 19:14 मोशा पर्वतबाट तल मानिसहरूकहाँ ओर्लेर आएपछि तिनले उनीहरूलाई शुद्ध पारे; अनि तिनीहरूले आफ्ना वस्त्रहरू धोए।
EXO 19:15 तब तिनले मानिसहरूलाई भने, “आफूलाई तेस्रो दिनको लागि तयार पार्नू। यौन सम्बन्धबाट अलग रहनू।”
EXO 19:16 तेस्रो दिनको बिहान गर्जन भयो, बिजुली चम्क्यो र पर्वतमा बाक्लो बादल देखियो; अनि अति चर्को आवाजले तुरही बजेको आवाज सुनियो। छाउनीमा भएका हरेक व्यक्ति थरथर कामे।
EXO 19:17 तब मोशाले मानिसहरूलाई परमेश्‍वरसित भेट्न छाउनीबाहिर निकालेर ल्याए; अनि तिनीहरू पर्वतको फेदमा उभिए।
EXO 19:18 सीनै पर्वत धुवैँधुवाँले भरिएको थियो; किनकि याहवेह त्यहाँ आगोमा भई ओर्लनुभएको थियो। त्यहाँ इँटाभट्टाको धुवाँझैँ मुस्लो उठिरहेको थियो; अनि सम्पूर्ण पर्वत जोडसित काम्यो,
EXO 19:19 र तुरहीको आवाज झन्-झन् चर्को हुँदैगयो। तब मोशा बोले, र परमेश्‍वरको आवाजले तिनलाई जवाफ दियो।
EXO 19:20 याहवेह सीनै पर्वतको टाकुरामा ओर्लनुभयो; र मोशालाई पर्वतको टाकुरामा बोलाउनुभयो। यसकारण मोशा माथि गए,
EXO 19:21 अनि याहवेहले मोशालाई भन्‍नुभयो, “तल गएर मानिसहरूलाई चेतावनी दे, र याहवेहलाई हेर्न भनी तिनीहरू जबरजस्ती नआऊन्, र तिनीहरूमध्ये धेरै नमरून्।
EXO 19:22 याहवेहको नजिकमा आउने पुजारीहरू समेतले आफूलाई शुद्ध पारून्, नत्रता याहवेहले तिनीहरूलाई नाश गर्नुहुनेछ।”
EXO 19:23 मोशाले याहवेहलाई भने, “मानिसहरू सीनै पर्वतमाथि आउन सक्दैनन्; किनकि तपाईंले हामीलाई ‘पर्वतका चारैतिर सिमाना लगाएर त्यसलाई पवित्र गरी अलग गर्नू’ भनी चेतावनी दिनुभएको छ।”
EXO 19:24 याहवेहले जवाफ दिनुभयो, “तल गएर हारूनलाई तँसित माथि लिएर आइज; तर पुजारीहरू र मानिसहरू याहवेहकहाँ जबरजस्ती गरेर नआऊन्; नत्रता उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ।”
EXO 19:25 यसकारण मोशा तल मानिसहरूकहाँ ओर्लेर गए, र तिनीहरूलाई यी कुरा भनिदिए।
EXO 20:1 परमेश्‍वरले यी कुराहरू भन्‍नुभयो:
EXO 20:2 “म नै याहवेह, तेरा परमेश्‍वर हुँ; जसले तँलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याएँ।
EXO 20:3 “मबाहेक तैँले अरू कुनै देवी-देवताहरू नमान्‍नू।
EXO 20:4 आफ्ना निम्ति खोपेर माथि आकाशको, तल पृथ्वीको, र पानी मुनिको कुनै पनि वस्तुको कुनै मूर्ति नबनाउनू।
EXO 20:5 तिनीहरूका सामु ननिहुरनू अथवा तिनीहरूको आराधना नगर्नू; किनकि म, याहवेह तेरा परमेश्‍वर, डाह गर्ने परमेश्‍वर हुँ; मलाई घृणा गर्नेहरूका पापको दण्ड तिनीहरूका छोराछोरीका तेस्रो र चौथो पुस्तामाथि दिन्छु;
EXO 20:6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेका हजारौँ पुस्तामाथि प्रेम देखाउँछु।
EXO 20:7 तैँले याहवेह, आफ्ना परमेश्‍वरको नामको गलत प्रयोग नगर्नू; किनकि उहाँको नाम व्यर्थैमा लिनेलाई याहवेहले निर्दोष ठहराउनुहुनेछैन।
EXO 20:8 शब्बाथ दिनलाई पवित्र दिनको रूपमा राखेर त्यसको सम्झना गर्नू।
EXO 20:9 छ दिनसम्म तैँले परिश्रम गरेर आफ्ना सबै काम गर्नू;
EXO 20:10 तर सातौँ दिन याहवेह तेरा परमेश्‍वरका निम्ति शब्बाथ दिन हो। यस दिन तैँले केही काम नगर्नू; न त तैँले, न तेरा छोरा वा छोरीले, न तेरा सेवक वा सेविकाले, न तेरा पशुहरूले, न तेरा सहरभित्र भएका परदेशीले, न त कसैले केही काम गर्नू।
EXO 20:11 किनकि छ दिनमा याहवेहले आकाश, पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोकहरू बनाउनुभयो, तर सातौँ दिनमा उहाँले विश्राम लिनुभयो। यसकारण याहवेहले शब्बाथ दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र तुल्याउनुभयो।
EXO 20:12 तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, ताकि याहवेह तेरा परमेश्‍वरले तँलाई दिनुहुने देशमा तेरो आयु लामो होस्।
EXO 20:13 तैँले मानव हत्या नगर्नू।
EXO 20:14 तैँले व्यभिचार नगर्नू।
EXO 20:15 तैँले चोरी नगर्नू।
EXO 20:16 तैँले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू।
EXO 20:17 तैँले तेरा छिमेकीको घरको लालच नगर्नू। तैँले आफ्नो छिमेकीको पत्नीको लालच नगर्नू, अथवा आफ्नो छिमेकीको सेवक वा सेविका, गोरु वा गधा, अथवा त्यससित भएको कुनै कुराको पनि लालच नगर्नू।”
EXO 20:18 जब सारा मानिसहरूले गर्जन, बिजुली देखे; अनि तुरहीको आवाज सुने, र पर्वत धुवाँले भरिएको देखे, तब तिनीहरू डरले थरथर कामे। तिनीहरू टाढै उभिए,
EXO 20:19 अनि मोशालाई भने, “हामीसित तपाईं नै बोल्नुहोस्, र हामी सुन्‍नेछौँ। तर परमेश्‍वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौँ।”
EXO 20:20 अनि मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्‍वरको डर तिमीहरूमा रहिरहोस्, साथै उहाँले तिमीहरूलाई जाँच गर्न र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।”
EXO 20:21 त्यसैले मानिसहरू टाढै उभिरहे। अनि मोशाचाहिँ परमेश्‍वर उपस्थित हुनुभएको त्यस बाक्लो कालो बादलको नजिक गए।
EXO 20:22 तब याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई यसो भन्: ‘मैले तिमीहरूसित स्वर्गबाट बोलेको तिमीहरूले देखेका छौ:
EXO 20:23 तिमीहरूले मेरो साथमा अरू देवी-देवताहरू नबनाउनू, न त आफ्ना निम्ति चाँदी वा सुनका देवी-देवताहरू नै बनाउनू।
EXO 20:24 “ ‘तिमीहरूले मेरो निम्ति माटोको एउटा वेदी बनाउनू, र त्यसमाथि तिमीहरूका होमबलि, मेलबलि, तिमीहरूका भेडाबाख्राहरू र पशुहरू बलिदान गर्नू। मेरो सम्झना गर्नलाई जुन स्थान म रोज्छु, त्यहाँ म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई आशिष् दिनेछु।
EXO 20:25 यदि तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनायौ भने कुँदेका ढुङ्गाले नबनाउनू; किनकि तिमीहरूले त्यसमा हतियार प्रयोग गर्दा त्यसलाई अशुद्ध पार्नेछौ।
EXO 20:26 अनि तिमीहरूको नग्नता वेदीमा नदेखियोस् भनेर त्यसमा खुड्किला बनाएर नउक्लनू।’
EXO 21:1 “तैँले तिनीहरूका सामु स्थापना गर्नुपर्ने नियमहरू यिनै हुन्:
EXO 21:2 “तैँले हिब्रू सेवकलाई किनिस् भने उसले छ वर्षसम्म तेरो सेवा गरोस्। तर सातौँ वर्षमा उसले केही नतिरी स्वतन्त्र भएर जाओस्।
EXO 21:3 यदि त्यो एकलै आएको भए, एकलै स्वतन्त्र भएर जाओस्; तर त्यो आउँदा त्यससँग पत्नी पनि थिई भने ऊ पनि त्यससितै जाओस्।
EXO 21:4 यदि उसका मालिकले उसलाई पत्नी दिएको हो भने, र त्यसले छोराछोरी जन्माई भने त्यो स्त्री, र त्यसका छोराछोरी त्यसका मालिकका हुनेछन्; तर त्यो मानिस मात्र स्वतन्त्र भएर जाओस्।
EXO 21:5 “तर त्यस सेवकले ‘म मेरा मालिक, आफ्नी पत्नी र छोराछोरीलाई माया गर्छु; अनि स्वतन्त्र भएर जान चाहन्‍नँ’ भनेर घोषणा गर्‍यो भने,
EXO 21:6 उसका मालिकले उसलाई न्यायकर्ताहरूका सामु लगोस्। तिनले त्यसलाई ढोका अथवा ढोकाको खाँबोमा लगेर त्यसका कान सियोले छेडोस्; तब त्यो जीवनभरिका लागि त्यस मालिकको दास हुनेछ।
EXO 21:7 “यदि कुनै मानिसले आफ्नी छोरीलाई दासीको रूपमा बेच्छ भने त्यो दासी पुरुष दासहरूझैँ स्वतन्त्र भएर जान पाउनेछैन।
EXO 21:8 यदि त्यसलाई किन्‍ने मालिकलाई त्यसले प्रसन्‍न पार्न सकिन भने तिनले त्यसलाई फेरि किनिनका लागि छाडिदिनुपर्छ। मालिकले त्यससँग विश्‍वास तोडेका कारण त्यसलाई परदेशीको हातमा बेच्ने अधिकार हुँदैन।
EXO 21:9 तिनले त्यसलाई आफ्नो छोराको लागि चुन्छन् भने तिनले त्यसलाई छोरीको अधिकार दिनुपर्छ;
EXO 21:10 तर त्यसले अर्की पत्नी ल्यायो भने त्यसले जेठीलाई भोजन, लुगाफाटा र वैवाहिक अधिकारदेखि वञ्चित नगरोस्।
EXO 21:11 यदि त्यसले उसलाई यी तीन कुराहरू दिँदैन भने त्यो कुनै मोल नतिरी स्वतन्त्र भएर जाओस्।
EXO 21:12 “कसैले कुनै मानिसलाई हिर्काएर मार्‍यो भने त्यो पनि मारिनैपर्छ।
EXO 21:13 तरै पनि यदि त्यसले जानाजानी त्यसो गर्दैन, तर परमेश्‍वरले नै त्यसो हुन दिनुभयो भने जुन ठाउँ म तोक्नेछु; त्यो त्यहाँ भागेर जाओस्।
EXO 21:14 तर कुनै मानिसले योजना बनाएर छलपूर्वक अर्को मानिसलाई मार्छ भने त्यसलाई मेरो वेदीबाट लगेर मार्नैपर्छ।
EXO 21:15 “जसले आफ्ना बुबा वा आमामाथि आक्रमण गर्छ, त्यो मारिनैपर्छ।
EXO 21:16 “जसले कुनै मानिसलाई अपहरण गर्छ वा बिक्री गर्छ, अथवा त्यो पक्राउ पर्दा ऊ त्यससितै रहेको अवस्थामा फेला परियो भने त्यो मारिनैपर्छ।
EXO 21:17 “जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनैपर्छ।
EXO 21:18 “यदि मानिसहरू झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्गा अथवा मुक्‍काले हिर्कायो, र त्यो नमरेर ओछ्यान पर्‍यो,
EXO 21:19 अनि उठेर आफ्नो लहुरोको सहायताले बाहिर यताउता हिँड्न थाल्यो भने त्यो हिर्काउने मानिस निर्दोष ठहरियोस्; तरै पनि त्यसले घाइते मानिसको खेर गएको समयको क्षतिपूर्ति देओस्, र त्यो पूरा निको नहोउन्जेल त्यसले त्यस मानिसको उपचार गरोस्।
EXO 21:20 “कुनै मानिसले आफ्नो दास वा दासीलाई लहुरोले हिर्कायो, र ऊ त्यही कारणले मर्‍यो भने त्यसले दण्ड पाउनैपर्छ।
EXO 21:21 तर यदि त्यो दास एक दुई दिनमा उठ्यो भने त्यसलाई दण्ड नदिइयोस्; किनकि त्यो दास त्यसकै सम्पत्ति हो।
EXO 21:22 “मानिसहरू झगडा गर्दा कुनै गर्भवती स्त्रीलाई लाग्यो, र त्यसले समय नपुगी नै बच्‍चा जन्माई, तर अरू चोट लागेको छैन भने त्यस कसुरदारले त्यस स्त्रीको पतिले तोकेको र अदालतले अनुमति दिएबमोजिम जरिमाना तिरोस्।
EXO 21:23 तर यदि गम्भीर चोट लागेको छ भने तिमीहरूले प्राणको सट्टा प्राण लिनू,
EXO 21:24 आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा,
EXO 21:25 डामको सट्टा डाम, कुटाइको सट्टा कुटाइ र चोटको सट्टा चोट।
EXO 21:26 “यदि कुनै मानिसले आफ्नो दास वा दासीलाई आँखामा हिर्कायो, र आँखा फुट्यो भने त्यसले आँखाको क्षतिपूर्तिस्वरूप त्यसलाई स्वतन्त्र भएर जान देओस्।
EXO 21:27 अनि यदि त्यसले आफ्नो दास वा दासीको दाँत हिर्काएर भाँचिदियो भने त्यसको दाँतको क्षतिपूर्तिस्वरूप त्यसलाई स्वतन्त्र भएर जान देओस्।
EXO 21:28 “यदि कुनै गोरुले कुनै पुरुष वा स्त्रीलाई सिङले हानेर मार्‍यो भने त्यस गोरुलाई ढुङ्गाले हानेर मारियोस्, र त्यसको मासु नखानू। तर त्यस गोरुको मालिक त्यसको जिम्मेवार हुनेछैन।
EXO 21:29 तर यदि त्यस गोरुको पहिलेदेखि नै हान्‍ने स्वभाव थियो, र त्यसको मालिकलाई चेतावनी दिइएको थियो, तर उसले त्यसलाई बाँधेर राखेन, र त्यसले कुनै पुरुष वा स्त्रीलाई मार्‍यो भने त्यो गोरुलाई ढुङ्गाले हानेर मारियोस्, साथै त्यो मालिक पनि मारिनुपर्छ।
EXO 21:30 तर यदि त्यस गोरुको मालिकबाट छुटकाराको दाम मागियो भने त्यो आफ्नै प्राणको निम्ति तोकिएको रकम तिरेर छुटोस्।
EXO 21:31 त्यस गोरुले छोरा वा छोरीलाई सिङले हानेर मार्‍यो भने पनि यही नियम लागू हुन्छ।
EXO 21:32 यदि त्यस गोरुले कसैको दास वा दासीलाई हानेर मार्‍यो भने त्यस गोरुको मालिकले दास-दासीको मालिकलाई चाँदीको तीस शेकेल तिरोस्, र त्यो गोरुचाहिँ ढुङ्गाले हानेर मारियोस्।
EXO 21:33 “कुनै मानिसले खाडल खनेर खुल्‍लै राख्यो, अथवा खनेर त्यसलाई छोपेन; अनि त्यसभित्र कुनै गोरु अथवा गधा खस्यो भने,
EXO 21:34 त्यस खाडलको मालिकले त्यस नोक्सानीको साटो रकम तिरोस्। उसले त्यसको मालिकलाई रकम तिरोस्; र त्यो मरेको पशु त्यसैको हुनेछ।
EXO 21:35 “कुनै मानिसको गोरुले अर्को गोरुलाई हान्यो, र त्यो मर्‍यो भने तिनीहरूले जीवित गोरुलाई बेचून्, र बेचेको रकम र मरेको पशु बराबर बाँडून्।
EXO 21:36 तथापि त्यस गोरुको पहिलेदेखि नै हान्‍ने बानी छ भनेर जानिएको थियो, तर पनि उसले त्यसलाई बाँधेन भने त्यस मालिकले गोरुको सट्टा गोरु नै देओस्, र मरेको गोरुचाहिँ त्यसैको होस्।”
EXO 22:1 “यदि कसैले गोरु वा भेडा चोरेर त्यसलाई मार्छ वा बिक्री गर्छ भने त्यसले त्यस गोरुको सट्टा पाँच गोरु र त्यस भेडाको सट्टा चार वटा भेडा देओस्।
EXO 22:2 “यदि कुनै चोर घर फोर्दै गर्दा फेला पर्‍यो, र त्यसलाई हिर्काउँदा मर्‍यो भने त्यस मानिसको रगतको दोष कसैलाई लाग्नेछैन;
EXO 22:3 तर यदि यस्तो घटना घाम झुल्केपछि भएको हो भने हिर्काउने मानिसलाई रगतको दोष लाग्नेछ। “चोरले क्षतिपूर्ति तिर्नैपर्छ; तर यदि त्यससित केही छैन भने त्यसले चोरी गरेको बदलामा त्यसैलाई बेचेर मूल्य चुकाइयोस्।
EXO 22:4 यदि चोरिएको पशु त्यससित जिउँदै पाइयो भने—चाहे त्यो गोरु अथवा गधा अथवा भेडा जेसुकै होस्—त्यसले दोबर मूल्य फर्काउनुपर्छ।
EXO 22:5 “यदि कुनै मानिसले आफ्नो पशु खेतमा अथवा दाखबारीमा चर्न खुला छोडिदियो, र त्यो अर्काको खेतमा गएर चर्‍यो भने त्यसले आफ्नो खेतबारी अथवा दाखबारीको सबैभन्दा असल उब्जनीबाट त्यसको क्षतिपूर्तिस्वरूप दिनुपर्छ।
EXO 22:6 “यदि कसैले काँडाघारीमा आगो लगाउँदा त्यो फैलिँदै गएर अन्‍न थुपारेर राखेको ठाउँ, खेतको अन्‍न अथवा सम्पूर्ण खेत सखाप गरिदियो भने आगो लगाउने व्यक्ति जो हो, त्यसैले क्षतिपूर्ति तिरिदिनैपर्छ।
EXO 22:7 “कुनै मानिसले आफ्नो छिमेकीलाई रकम अथवा सर-सामान सुरक्षापूर्वक राख्नलाई दियो, तर छिमेकीको घरबाट ती कुराहरू चोरी भयो भने र चोर पक्राउ परेको खण्डमा त्यसले दोबर क्षतिपूर्ति तिर्नुपर्छ।
EXO 22:8 तर त्यो चोर पक्राउ परेन भने त्यस घरको मालिक नै त्यस मानिसको सम्पत्तिमा हात लगायो कि भनेर निर्णय गरिनका लागि न्यायकर्ताहरूका सामु ल्याइयोस्।
EXO 22:9 गोरु, गधा, भेडा, लुगा अथवा कसैले ‘यो मेरो हो’ भनेका कुनै पनि किसिमको सम्पत्ति कसैकहाँ अवैध रूपमा पाइयो भने यस्ता सबै मुद्दा दुवै पक्षले न्यायकर्ताहरूको सामु ल्याऊन्। जसलाई न्यायकर्ताले दोषी ठहर्‍याउँछन्, त्यसले नै आफ्नो छिमेकीलाई दोबर क्षतिपूर्ति तिरोस्।
EXO 22:10 “यदि कुनै मानिसले गधा, गोरु, भेडा अथवा अरू पशु आफ्नो छिमेकीलाई सुरक्षाको निम्ति राख्न दिएको छ; र त्यो पशुको मृत्यु भयो अथवा त्यसलाई चोट लाग्यो अथवा कसैको ध्यान नपुगेको बेला कसैले लगिदियो भने,
EXO 22:11 दुई बीचको यो विषय त्यस छिमेकीले अर्को मानिसको सम्पत्तिमा आफ्नो हात लगाएको छैन भनेर याहवेहको सामु शपथ खाएर मिलाउनुपर्छ। त्यस मालिकले त्यो स्वीकार गरोस्, तब त्यसले क्षतिपूर्ति तिर्नुपर्दैन।
EXO 22:12 तर यदि त्यो पशु त्यही छिमेकीबाट नै चोरिएको हो भने त त्यसले त्यसको धनीलाई क्षतिपूर्ति तिर्नुपर्छ।
EXO 22:13 यदि त्यसलाई कुनै जङ्गली जनावरले टुक्रा-टुक्रा पारेको छ भने त्यसले ती बाँकी रहेका अङ्गहरू प्रमाणको लागि ल्याओस्, र त्यसले टुक्रा-टुक्रा पारिएको पशुको मोल तिर्नुपर्दैन।
EXO 22:14 “यदि कुनै मानिसले आफ्नो छिमेकीबाट पशु सापटी लियो, र मालिक नभएको बेलामा त्यसलाई चोट लाग्यो अथवा त्यो मर्‍यो भने त्यसैले नै क्षतिपूर्ति तिर्नुपर्छ।
EXO 22:15 तर पशु मालिकसितै छ भने सापटी लानेले त्यसलाई क्षतिपूर्ति तिर्नुपर्दैन। यदि त्यो पशु भाडामा लिइएको थियो भने भाडाको त्यस रकमले त्यसैको नोक्सानी बेहोर्छ।
EXO 22:16 “यदि कुनै मानिसले विवाह गर्नलाई मगनी नभएकी कन्यालाई ललाइ-फकाइ गरी त्यससित कुकर्म गर्‍यो भने त्यसले दुलहीको मूल्य तिर्नुपर्छ; तब त्यो त्यसकी पत्नी हुनेछ।
EXO 22:17 यदि त्यसका बुबाले त्यसलाई दिन पटक्‍कै मानेनन् भने कन्याको मोलअनुसार त्यस मानिसले दुलहीको मूल्य तिर्नैपर्छ।
EXO 22:18 “तन्त्रमन्त्र गर्ने स्त्रीलाई जीवित रहन नदिनू।
EXO 22:19 “जसले पशुसित कुकर्म गर्छ, त्यो मारिनैपर्छ।
EXO 22:20 “जसले याहवेहबाहेक अरू देवी-देवताहरूलाई बलिदान चढाउँछ, त्यसलाई नाश पारिनुपर्छ।
EXO 22:21 “तैँले कुनै प्रवासीसित दुर्व्यवहार नगर्नू अथवा त्यसलाई नसताऊनू; किनकि तिमीहरू पनि इजिप्टमा प्रवासी थियौ।
EXO 22:22 “तिमीहरूले विधवा वा अनाथलाई शोषण नगर्नू।
EXO 22:23 यदि तिमीहरूले यसो गर्‍यौ, र तिनीहरूले मेरो पुकार गरे भने म निश्‍चय तिनीहरूका पुकार सुन्‍नेछु।
EXO 22:24 अनि मेरो क्रोध दन्कनेछ, र म तिमीहरूलाई तरवारले मार्नेछु; अनि तिमीहरूका पत्नीहरू विधवा हुनेछन् र तिमीहरूका छोराछोरी अनाथ हुनेछन्।
EXO 22:25 “यदि तिमीहरूले अभावमा भएका मेरा मानिसलाई आफूसित भएका रकम ऋण दियौ भने साहुकारजस्ता नहुनू; न त त्यससित ब्याज नै लिनू।
EXO 22:26 यदि तिमीहरूले आफ्नो छिमेकीको लुगा बन्धकको रूपमा लिएका छौ भने सूर्यास्त हुनु पहिल्यै त्यो त्यसलाई फर्काइदिनू;
EXO 22:27 किनकि आफ्नो शरीर ढाक्नलाई त्यससित एक जोर लुगा मात्र छ। तब त्यसले के ओढेर सुत्ला? जब त्यसले मेरो पुकार गर्छ, तब म सुन्‍नेछु; किनकि म दयालु छु।
EXO 22:28 “तैँले ईश्‍वरनिन्दा नगर्नू, न त आफ्ना मानिसहरूका शासकलाई सराप्नू।
EXO 22:29 “तिमीहरूका ढुकुटी अथवा भाँडोबाट दिनुपर्ने भेटी अर्पण गर्न ढिला नगर्नू। “तिमीहरूले आफ्ना छोराहरूमध्येबाट जेठाचाहिँ मलाई दिनू।
EXO 22:30 तिमीहरूका गाईबस्तु र भेडाबाख्राहरूबाट पनि त्यस्तै गर्नू। तिनीहरूलाई आफ्ना आमासित सात दिन बस्‍न देओ; तर आठौँ दिन ती मलाई दिनू।
EXO 22:31 “तिमीहरू मेरा निम्ति पवित्र जाति हौ। यसकारण जङ्गली जन्तुहरूले चिथोरेको पशुको मासु नखानू; त्यसलाई कुकुरहरूका निम्ति फालिदिनू।
EXO 23:1 “तैँले झूटो कुरा नफैलाउनू। झूटो साक्षी बनेर दुष्‍ट मानिसलाई नसघाउनू।
EXO 23:2 “तैँले खराबी गर्न भीडको पछि नलाग्नू। मुद्दामा साक्षी दिँदा भीडतिर लागेर न्याय नबिगार्नू;
EXO 23:3 अनि गरिब भन्दैमा मुद्दामा त्यसलाई पक्षपात नगर्नू।
EXO 23:4 “तिमीहरूका शत्रुका गोरु अथवा गधा फुस्केको देख्यौ भने त्यसलाई उसकहाँ लगिदिनू।
EXO 23:5 यदि तिमीहरूलाई घृणा गर्नेको गधा भारीमुनि दबिएको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड्नू, बरु त्यसलाई सहायता दिनैपर्छ।
EXO 23:6 “मुद्दामा आफ्ना गरिब मानिसहरूलाई न्याय गरिदिन इन्कार नगर्नू।
EXO 23:7 झूटो अभियोगबाट टाढा बस्‍नू र कुनै निर्दोष अथवा इमानदार व्यक्तिलाई नमार्नू; किनकि म दोषीलाई त्यत्तिकै छोड्नेछैनँ।
EXO 23:8 “घूस स्वीकार नगर्नू; किनकि घूसले आँखा देख्नेहरूलाई अन्धा तुल्याइदिन्छ, र निर्दोषका कुरालाई बङ्ग्याइदिन्छ।
EXO 23:9 “प्रवासीलाई अत्याचार नगर्नू; प्रवासी हुँदा कस्तो हुन्छ, त्यो तिमीहरू आफैँलाई थाहा छ; किनकि तिमीहरू इजिप्टमा प्रवासी थियौ।
EXO 23:10 “छ वर्षसम्म तिमीहरूले आफ्नो खेती गर्नू, र फसलको कटनी गर्नू,
EXO 23:11 तर सातौँ वर्षमा खेत नजोत्नू, र प्रयोग नगरी छोडिदिनू। तब तिमीहरूमध्ये गरिबहरूले त्यसबाट भोजन पाऊन्, र तिनीहरूले छोडेका जङ्गली पशुहरूले खाऊन्। तिमीहरूका अङ्‌गुर र जैतुनका बारीलाई पनि त्यसै गर्नू।
EXO 23:12 “छ दिनसम्म आफ्ना काम गर्नू, तर सातौँ दिनमा चाहिँ काम नगर्नू, र तिमीहरूका गोरु र गधाले विश्राम पाऊन्, र तिमीहरूका घरमा जन्मेका दास र प्रवासीहरू पनि ताजा होऊन्।
EXO 23:13 “मैले तिमीहरूलाई भनेका प्रत्येक कुरा होशियार भई पालन गर्नू। अरू देवी-देवताहरूको नाम नलेओ; तिनीहरूका नाम तिमीहरूको मुखबाट उच्‍चारण नै नहोस्।
EXO 23:14 “वर्षमा तीनपल्ट तिमीहरूले मेरा निम्ति चाड मनाउनू।
EXO 23:15 “अखमिरी रोटीको चाड मनाओ; मैले तिमीहरूलाई आज्ञा दिएझैँ सात दिनसम्म अखमिरी रोटी खाओ। यो तिमीहरूले आबीब महिनाको तोकिएको समयमा गर; किनकि त्यही महिना तिमीहरू इजिप्टबाट निस्केर आएका थियौ। “मकहाँ कोही पनि खाली हात नआओस्।
EXO 23:16 “तिमीहरूले आफ्ना खेतमा छरेका अन्‍नको पहिलो फलले कटनीको चाड मनाउनू। “वर्षको अन्तमा तिमीहरूले खेतबाट आफ्ना अन्‍न बटुल्दा अन्‍न भित्र्याउने चाड मनाओ।
EXO 23:17 “वर्षमा तीनपल्ट सबै पुरुषहरू सार्वभौम याहवेहकहाँ देखा परून्।
EXO 23:18 “तिमीहरूले मलाई बलिदानको रगतसित खमिर भएको कुनै पनि कुरा नचढाउनू। “मेरा चाडको बलिको बोसोहरू बिहानसम्म रहन नदिनू।
EXO 23:19 “तिमीहरूका माटोबाट उब्जेका सबैभन्दा असल पहिलो फल याहवेह तिमीहरूका परमेश्‍वरको घरमा ल्याउनू। “बाख्राको पाठो त्यसको माउको दूधमा नपकाउनू।
EXO 23:20 “हेर, तिमीहरूलाई बाटोमा रक्षा गर्न मैले तयार पारिराखेको ठाउँमा तिमीहरूलाई ल्याउनलाई म एउटा दूत तिमीहरूका अगि-अगि पठाउँदैछु।
EXO 23:21 ध्यान दिएर तिनको कुरा सुन, र तिनले भनेका कुरा मान। तिनको विरोध नगर; तिनले तिमीहरूको विद्रोह क्षमा गर्नेछैनन्; किनकि मेरो नाम तिनमा रहेको छ।
EXO 23:22 यदि तिमीहरूले तिनले भनेका कुरा ध्यानपूर्वक सुन्यौ र मैले तिमीहरूलाई भनेका सबै गर्‍यौ भने म तिमीहरूका शत्रुहरूका शत्रु बन्‍नेछु; अनि तिमीहरूलाई विरोध गर्नेहरूलाई म विरोध गर्नेछु।
EXO 23:23 मेरो दूत तिमीहरूका अगि-अगि जानेछन् र तिमीहरूलाई एमोरी, हित्ती, परिज्जी, कनानी, हिव्वी र यबूसीहरूका देशमा ल्याउनेछन्, र म तिनीहरूलाई पूर्ण रूपले नाश गरिदिनेछु।
EXO 23:24 तिनीहरूका देवी-देवताहरूलाई दण्डवत् नगर्नू, तिनीहरूको आराधना नगर्नू अथवा तिनीहरूका रीतिहरूअनुसार नचल्नू। तिमीहरूले ती भत्काइदिनू र तिनीहरूले पवित्र मानेका ढुङ्गाहरू टुक्रा-टुक्रा पारेर भाँचिदिनू।
EXO 23:25 याहवेह तिमीहरूका परमेश्‍वरलाई आराधना गर्नू, र तिमीहरूका अन्‍नपानीमा उहाँको आशिष् रहनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु;
EXO 23:26 अनि तिमीहरूको देशमा कसैको गर्भ तुहुनेछैन वा कोही बाँझी हुनेछैन। म तिमीहरूलाई पूरा आयु जिउन दिनेछु।
EXO 23:27 “म तिमीहरूका अगि-अगि मेरो आतङ्क पठाउनेछु, र तिमीहरूले सामना गर्ने प्रत्येक राष्ट्रलाई अलमल पारिदिनेछु। म तिमीहरूका सबै शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्ने तुल्याउनेछु।
EXO 23:28 म हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूका बाटोदेखि धपाउनको निम्ति तिमीहरूका अगि-अगि अरिङ्गाल पठाउनेछु।
EXO 23:29 तर म तिनीहरूलाई एकै वर्षमा धपाउनेछैन, नत्रता देश उजाड हुनेछ, र जङ्गली जनावरहरू तिमीहरूका लागि संख्यामा ज्यादै हुनेछन्।
EXO 23:30 म तिमीहरू संख्यामा बढेर देशमाथि अधिकार गर्न सक्ने नभएसम्म तिनीहरूलाई तिमीहरूकै सामु अलि-अलि गर्दै धपाउनेछु।
EXO 23:31 “म तिमीहरूका सिमाना लाल समुद्रदेखि भूमध्य सागरसम्म, र उजाडस्थानदेखि यूफ्रेटिस नदीसम्मै स्थापित गर्नेछु। म त्यस देशमा बसोबास गर्ने मानिसहरूलाई तिमीहरूका हातमा पारिदिनेछु, र तिमीहरूले तिनीहरूलाई आफ्नो सामुबाट धपाउनेछौ।
EXO 23:32 तिनीहरूसित र तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्नू।
EXO 23:33 तिनीहरूलाई तिमीहरूको देशमा बस्‍न नदिनू, नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लाउनेछन्; किनकि तिनीहरूका देवी-देवताहरूको आराधना तिमीहरूका निम्ति निश्‍चय नै पासो हुनेछ।”
EXO 24:1 त्यसपछि उहाँले मोशालाई भन्‍नुभयो, “तँ र हारून, नादाब र अबीहू, र इस्राएलका सत्तरी जना प्रधानहरू याहवेहकहाँ माथि उक्लेर आओ। तिमीहरू टाढै रहेर आराधना गर्नू,
EXO 24:2 तर मोशामात्र याहवेहको नजिक आओस्; अरू कोही पनि नजिक नआऊन्। अनि मानिसहरू पनि ऊसँग माथि उक्लेर नआऊन्।”
EXO 24:3 जब मोशाले गएर मानिसहरूलाई याहवेहका सबै वचन र व्यवस्थाहरू भनिदिए; तब तिनीहरूले एकै सोरले जवाफ दिए, “याहवेहले भन्‍नुभएका सबै कुराहरू हामी गर्नेछौँ।”
EXO 24:4 तब मोशाले याहवेहले भन्‍नुभएका प्रत्येक कुराहरू लेखे। तिनी भोलिपल्ट बिहानै उठे र पर्वतको फेदीमा एउटा वेदी बनाए, र इस्राएलका बाह्र कुलको प्रतिनिधित्व गर्नलाई बाह्र वटा ढुङ्गाका खम्बाहरू खडा गरे।
EXO 24:5 तब तिनले जवान इस्राएली मानिसहरूलाई पठाए, र तिनीहरूले याहवेहका निम्ति होमबलि चढाए, र मेलबलिको रूपमा जवान बहरहरू बलिदान गरे।
EXO 24:6 मोशाले आधा रगत लिएर कचौराहरूमा हाले र अर्को आधा भागचाहिँ वेदीमाथि छर्किदिए।
EXO 24:7 तब तिनले करारको पुस्तक लिएर मानिसहरूलाई पढेर सुनाए। तिनीहरूले जवाफ दिए, “याहवेहले भन्‍नुभएका सबै कुराहरू हामी गर्नेछौँ; हामी ती पालन गर्नेछौँ।”
EXO 24:8 तब मोशाले रगत लिएर मानिसहरूमाथि छर्के, र भने, “यो रगत यी वचनहरूका आधारमा याहवेहले तिमीहरूसित गर्नुभएको करारको रगत हो।”
EXO 24:9 त्यसपछि मोशा, हारून, नादाब, अबीहू, र इस्राएलका सत्तरी प्रधानहरू माथि उक्लेर गए;
EXO 24:10 अनि तिनीहरूले इस्राएलका परमेश्‍वरलाई देखे। उहाँको खुट्टामुनि निलो आकाशझैँ सफा नीलमणि थियो।
EXO 24:11 तर परमेश्‍वरले इस्राएलका ती अगुवाहरूका विरुद्धमा आफ्नो हात उठाउनुभएन; तिनीहरूले परमेश्‍वरलाई देखे, र तिनीहरूले खानपिन गरे।
EXO 24:12 तब याहवेहले मोशालाई भन्‍नुभयो, “मकहाँ पर्वतमा उक्लेर आइज र यहीँ बस्; अनि तिनीहरूको शिक्षाको निम्ति मैले लेखेका व्यवस्था र आज्ञाका ढुङ्गाका पाटीहरू म तँलाई दिनेछु।”
EXO 24:13 तब मोशा र तिनका सेवक यहोशू उठेर परमेश्‍वरको पर्वतमा गए।
EXO 24:14 मोशाले प्रधानहरूलाई भने, “हामी तपाईंहरूकहाँ नआउन्जेल यहीँ हामीलाई पर्खिबस्‍नुहोस्। हारून र हूर तपाईंहरूसँग छन्; अनि कसैको केही विवाद भए तिनीहरूकहाँ जानू।”
EXO 24:15 जब मोशा उक्लेर पर्वतमाथि गए, तब बादलले त्यस पर्वतलाई ढाक्यो।
EXO 24:16 अनि याहवेहको महिमा सीनै पर्वतमा रह्‍यो। छ दिनसम्म बादलले पर्वतलाई ढाकिरह्‍यो; र सातौँ दिनमा याहवेहले बादलभित्रबाट मोशालाई बोलाउनुभयो।
EXO 24:17 इस्राएलीहरूका निम्ति याहवेहको महिमा पर्वतको टाकुरामा भस्म पार्ने आगोझैँ देखियो।
EXO 24:18 मोशा पर्वतमाथि उक्लँदै गएर बादलभित्र प्रवेश गरे। अनि तिनी पर्वतमाथि चालीस दिन र चालीस रात रहे।
EXO 25:1 याहवेहले मोशालाई भन्‍नुभयो,
EXO 25:2 “इस्राएलीहरूलाई मेरो निम्ति भेटी ल्याउनू भन्। मेरो निम्ति हृदयदेखि नै दिने इच्छा गर्ने प्रत्येक मानिसबाट तैँले भेटी ग्रहण गर्नू।
EXO 25:3 “तिनीहरूबाट तैँले प्राप्‍त गर्नुपर्ने भेटीहरू यिनै हुन्: “सुन, चाँदी र काँसो;
EXO 25:4 निलो र बैजनी, रातो धागो र मसिनो सुती कपडा; बाख्राको भुत्ला;
EXO 25:5 भेडाका रातो रङ्गले रङ्गाएको छालाहरू र सीलका छालाहरू; बबुलका काठ;
EXO 25:6 बत्तीको निम्ति जैतुनको तेल; अभिषेक गर्नका निम्ति तेल र सुगन्धित धूपका निम्ति मसलाहरू;
EXO 25:7 अनि एपोद र छाती-पाता जड्नका निम्ति गोमेद र अरू रत्नहरू।
EXO 25:8 “तब तिनीहरूले मेरा लागि एउटा समागम पाल बनाऊन्, र म तिनीहरूको माझमा बास गर्नेछु।
EXO 25:9 मैले तँलाई जस्तो नमुना देखाउनेछु, ठिक त्यहीअनुसार समागम पाल र त्यसका सबै सामानहरू बनाउनू।
EXO 25:10 “तिनीहरूले बबुल काठको साढे दुई क्यूबिट लामो, साढे एक क्यूबिट चौडा र साढे एक क्यूबिट अग्लो सन्दुक बनाऊन्।
EXO 25:11 त्यसलाई भित्र र बाहिर दुवैतिर निखुर सुनले मोहोर्नू, र त्यसको चारैतिर सुनको बिट बनाउनू।
EXO 25:12 अनि त्यसका निम्ति सुनका चार वटा मुन्‍द्रा, त्यसका चार खुट्टामा बाँध्नू—दुई मुन्द्राहरू एकापट्टि र दुई वटा अर्कापट्टि।
EXO 25:13 तब बबुल काठका डण्डाहरू बनाएर तिनलाई सुनले मोहोर्नू।
EXO 25:14 ती डण्डाहरू सन्दुक बोक्नलाई त्यसका दुवैतिर भएका मुन्द्राहरूमा लगाउनू।
EXO 25:15 ती डण्डाहरू त्यस सन्दुकका मुन्द्राहरूमै रहून्; तिनीहरूलाई ननिकाल्नू।
EXO 25:16 त्यस सन्दुकभित्र मैले तँलाई दिने साक्षी पाटी राख्नू।
EXO 25:17 “तैँले निखुर सुनको साढे दुई क्यूबिट लामो र साढे एक क्यूबिट चौडा एउटा पाप समाधान-स्थान बनाउनू।
EXO 25:18 त्यसपछि पाप समाधान-स्थानको किनारहरूमा पिटिएको सुनका दुई वटा करूबहरू बनाउनू।
EXO 25:19 एउटा करूब त्यस पाप समाधान-स्थानको एकापट्टि र अर्को करूब अर्कोपट्टि बनाउनू। ती करूबहरू पाप समाधान-स्थानसित एउटै टुक्रा हुने गरी दुवैतिर बनाउनू।
EXO 25:20 ती करूबहरूका पखेटाहरू पाप समाधान-स्थानलाई ढाक्ने गरी उँभोतिर फर्केका होऊन्। ती करूबहरू पाप समाधान-स्थानतिर हेर्दै एक-अर्कापट्टि फर्केका होऊन्।
EXO 25:21 त्यस पाप समाधान-स्थानलाई सन्दुकको माथिपट्टि राख्नू; अनि मैले तँलाई दिने साक्षी पाटी त्यसभित्र राख्नू।
EXO 25:22 अनि त्यहीँ करारको सन्दुकमाथि भएका दुई करूबहरूको बीचमा भएको पाप समाधान-स्थानमाथि म तँलाई भेट्नेछु; र इस्राएलीहरूका निम्ति मेरा सबै आज्ञाहरू तँलाई दिनेछु।
EXO 25:23 “तैँले बबुल काठको एउटा टेबुल—दुई क्यूबिट लामो, एक क्यूबिट चौडा र साढे एक क्यूबिट अग्लो बनाउनू।
EXO 25:24 त्यसलाई तैँले निखुर सुनले मोहोर्नू, र त्यसका चारैतिर सुनको बिट बनाउनू।
EXO 25:25 साथै त्यसका चारैतिर चार औँला चौडाइ भएको घेरा बनाउनू, र त्यसमा सुनको बिट लगाउनू।
EXO 25:26 टेबुलको लागि सुनका चार वटा मुन्द्राहरू बनाएर ती चार कुनाहरूमा भएका खुट्टाहरूमा बाँध्नू।
EXO 25:27 त्यो टेबुल बोक्नलाई चलाइने डण्डाहरूलाई समातिराख्न ती मुन्द्राहरू घेराका छेवैमा होऊन्।
EXO 25:28 बबुल काठका डण्डाहरू बनाएर त्यसलाई सुनले मोहोर्नू, र तिनीहरूकै सहायताले टेबुल बोक्नू।
EXO 25:29 त्यसका थालहरू अनि कचौराहरू, साथै करूवाहरू र भेटी खन्याउने कचौराहरू पनि निखुर सुनको बनाउनू।
EXO 25:30 यस टेबुलमाथि उपस्थितिको रोटी मेरो सामु हर समय राख्नू।
EXO 25:31 “तैँले निखुर सुनको एउटा सामदान बनाउनू; घनले पिटेर त्यसको आधार र डण्डा बनाउनू; त्यसका फूलजस्ता कचौराहरू, कोपिलाहरू र फूलहरू त्यससित एउटै टुक्राबाट बनाउनू।
EXO 25:32 तीन वटा एकपट्टि र तीन वटा अर्कोपट्टि गरेर जम्मा सामदानका दुई छेउमा छ वटा हाँगाहरू निस्केका होऊन्।
EXO 25:33 एउटा हाँगामा कोपिला र फूल भएको बदामको फूलजस्तै आकारका तीन वटा कचौराहरू होऊन्; अर्को हाँगामा तीन वटा र यसै गरी सामदानबाट निस्केका छ वटै हाँगाहरूमा होऊन्।
EXO 25:34 अनि सामदानमा कोपिला र कोपिला भएको बदामको फूलको आकारमा चार वटा कचौराहरू बनाउनू।
EXO 25:35 पहिलो कोपिला सामदानबाट निस्केको हाँगाको पहिलो जोडीमुनि होऊन्—दोस्रो कोपिला दोस्रो जोडीमुनि र तेस्रो कोपिला तेस्रो जोडीमुनि गरेर जम्मा छ वटा हाँगाहरू।
EXO 25:36 ती कोपिलाहरू र हाँगाहरू सामदानसित एउटै टुक्राबाट घनले पिटेको निखुर सुनले बनिएको होस्।
EXO 25:37 “तब त्यसका सात वटा दियाहरू बनाउनू र त्यसको नजिक ठाउँमा उज्यालो देखियोस् भनेर तिनलाई त्यसमाथि राख्नू।
EXO 25:38 त्यसको सलेदो ठिक गर्ने चिम्टा र मोसोदानी निखुर सुनका होऊन्।
EXO 25:39 सामदान र त्यसका सबै पात्रहरू एक टालेन्ट निखुर सुनको बनाउनू।
EXO 25:40 ती सबै तँलाई पर्वतमा देखाइएको नमुनाअनुसार बनाउनू।
EXO 26:1 “तैँले दश वटा मसिनो गरी बाटेका सुती, निलो, बैजनी र रातो धागोका पर्दाबाट दक्ष शिल्पकारद्वारा बनाइएका करूबहरूसहित समागम पाल बनाउनू।
EXO 26:2 ती सबै पर्दाहरू एकै नापका होऊन्—अट्ठाइस क्यूबिट लामो र चार क्यूबिट चौडा।
EXO 26:3 पाँच वटा पर्दाहरू एकसाथ गाँस्‍नू, र अर्को पाँच वटालाई पनि त्यसै गर्नू।
EXO 26:4 पहिलो पाँच पर्दाहरूका किनारै किनारमा निलो रङ्गको सुर्काउनी बनाउनू; अनि अर्को पाँच पर्दाहरूका किनारमा पनि त्यस्तै गर्नू।
EXO 26:5 एउटा समूहका पर्दामा पचास वटा सुर्काउनीहरू बनाउनू; अनि अर्को समूहका पाँच वटा पर्दाहरूका किनारमा पचास वटा सुर्काउनी बनाउनू। ती सुर्काउनीहरू आमने-सामने होऊन्।
EXO 26:6 तब सुनका पचास वटा अङ्कुसेहरू बनाएर तिनीहरूलाई पर्दाहरू एकसाथ बाँध्ने काममा प्रयोग गर्नू र यसरी समागम पाल एउटै इकाई होस्।
EXO 26:7 “समागम पालमाथिको पालको लागि बाख्राको भुत्लाबाट जम्मा एघार वटा पर्दाहरू बनाउनू।
EXO 26:8 ती एघारै वटा पर्दाहरू एउटै नापका होऊन्—तीस क्यूबिट लामो र चार क्यूबिट चौडा।
EXO 26:9 पाँच वटा पर्दाहरू एकसाथ गाँस्‍नू र बाँकी छ वटा पर्दा एकसाथ गाँस्‍नू। पालको अगिल्तिर छैटौँ पर्दालाई दोबर गरी पट्याउनू।
EXO 26:10 पहिलो गाँसिएको समूहको किनारमा पचास वटा सुर्काउनीहरू बनाउनू; अनि अर्को गाँसिएको समूहको पर्दाको किनारमा पनि पचास वटा सुर्काउनीहरू बनाउनू।
EXO 26:11 त्यसपछि काँसाका पचास वटा अङ्कुसेहरू बनाएर सुर्काउनीहरूमा लगाउनू र पाललाई एउटै एकाइ बनाउनका लागि कस्‍ने काममा प्रयोग गर्नू।
EXO 26:12 पालका पर्दाहरूको उब्रेको लम्बाइको विषयमा, उब्रेको आधा पर्दा समागम पालको पछिल्तिर झुण्डियोस्।
EXO 26:13 पालका पर्दाहरू दुवै छेउतिर एक क्यूबिट लामो होऊन् र उब्रेका भाग समागम पाललाई ढाक्नलाई त्यसका दुवै छेउमा झुण्डिरहून्।
EXO 26:14 पालको निम्ति भेडाको रातो रङ्गाइएको छालाबाट छत बनाउनू; र त्यसमाथि सीलका छालाहरूबाट छत बनाउनू।
EXO 26:15 “समागम पालका निम्ति बबुल काठको ठाडो फल्याकहरू बनाउनू।
EXO 26:16 प्रत्येक फल्याकको लम्बाइ दश क्यूबिट र चौडाइ डेढ क्यूबिट होस्।
EXO 26:17 त्यसमा एक-अर्कामा समानान्तर रहेका दुई वटा चोसाहरू होऊन्। समागम पालका सबै फल्याकहरू यस किसिमले नै बनाउनू।
EXO 26:18 समागम पालको दक्षिणपट्टिका लागि बीस वटा फल्याकहरू बनाउनू;
EXO 26:19 अनि ती फल्याकहरूका मुन्तिर चालीस वटा चाँदीका आधारहरू बनाउनू—एउटा फल्याकको लागि दुई वटा आधारहरू, प्रत्येक चोसाको मुनि एउटा।
EXO 26:20 अर्कोपट्टि समागम पालको उत्तरपट्टि बीस वटा फल्याकहरू बनाउनू;
EXO 26:21 अनि प्रत्येक फल्याकको मुनि दुई वटा आधार गरेर चाँदीका चालीस वटा आधारहरू बनाउनू।
EXO 26:22 पछिल्तिरको भाग, जो समागम पालको पश्‍चिमतिरको भाग हो, त्यसका लागि छ वटा फल्याकहरू बनाउनू;
EXO 26:23 अनि अन्तिम भागमा भएका कुनाहरूका लागि दुई वटा फल्याकहरू बनाउनू।
EXO 26:24 यी कुनाहरूमा फेददेखि टुप्पोसम्म फल्याकहरू दोबर खप्टिएका होऊन्; अनि एउटै मुन्द्रामा जोडिएका होऊन्; दुवै यस्तै होऊन्।
EXO 26:25 यसरी प्रत्येक फल्याकमुनि दुई वटा गरेर जम्मा आठ वटा फल्याकहरू र चाँदीका सोह्र वटा आधारहरू होऊन्।
EXO 26:26 “बबुल काठका बारहरू पनि बनाउनू: समागम पालको एकातिरको फल्याकहरूका लागि पाँच वटा,
EXO 26:27 अर्कोपट्टिका फल्याकहरूका लागि पाँच वटा बार र समागम पालको पश्‍चिमका अन्तिम भागका फल्याकहरूको लागि पाँच वटा बारहरू लगाए।
EXO 26:28 बीचको बार फल्याकको बीचमा एक छेउदेखि अर्को छेउसम्म पुगोस्।
EXO 26:29 फल्याकहरूलाई सुनले मोहोर्नू, र बारहरू अड्काउनका लागि सुनका मुन्द्राहरू बनाउनू। ती बारहरूलाई पनि सुनले मोहोर्नू।
EXO 26:30 “मैले तँलाई पर्वतमा देखाएको नमुनाअनुसार समागम पाल खडा गर्नू।
EXO 26:31 “निलो, बैजनी अनि रातो धागो र मसिनो गरी बाटेको सुती कपडा; अनि दक्ष शिल्पकारद्वारा बनाइएका करूबहरू भएका एउटा पर्दा बनाउनू।
EXO 26:32 चाँदीका चार वटा आधारहरूमा खडा भएका र सुनले मोहोरेका बबुल काठका चार वटा खम्बाहरूमा त्यसलाई सुनका अङ्कुसेहरूले झुण्ड्याउनू।
EXO 26:33 पर्दालाई अङ्कुसेले झुण्ड्याएर साक्षी पाटीको सन्दुकलाई पर्दाको पछाडि राख्नू। त्यस पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नेछ।
EXO 26:34 महा-पवित्रस्थानमा साक्षी पाटीको सन्दुकको माथि पाप समाधान-स्थान राख्नू।
EXO 26:35 टेबुललाई पर्दा बाहिर समागम पालको उत्तरतिर राख्नू; र सामदानलाई त्यसको विपरीततिर दक्षिणपट्टि राख्नू।
EXO 26:36 “पाल प्रवेशद्वारका लागि निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाले फूल-बुट्टा भएको एउटा पर्दा बनाउनू।
EXO 26:37 त्यस पर्दाका लागि सुनका अङ्कुसेहरू र सुनले मोहोरेका बबुलका पाँच वटा खम्बाहरू बनाउनू; अनि तिनीहरूका लागि काँसाका पाँच वटा आधारहरू बनाउनू।
EXO 27:1 “तैँले बबुल काठको तीन क्यूबिट अग्लो एउटा वेदी बनाउनू; त्यो पाँच क्यूबिट लामो र पाँच क्यूबिट चौडा भएको वर्गाकार होस्।
EXO 27:2 चार कुनामा एक-एक वटा सिङ बनाउनू, ताकि सिङहरू र वेदी एउटै टुक्राको होस्; अनि वेदीलाई काँसोले मोहोर्नू।
EXO 27:3 त्यसका सबै भाँडाहरू काँसाको बनाउनू—त्यसका खरानी उठाउने भाँडाहरू र त्यसका बेल्चाहरू, पानी छर्कने बाटाहरू, मासुको लागि काँटाहरू र आगो राख्ने पात्रहरू।
EXO 27:4 त्यसका लागि काँसोको जालीबाट एउटा झिँजा बनाउनू, र जालीका चारै कुनामा एक-एक वटा काँसाका मुन्द्राहरू बनाउनू।
EXO 27:5 त्यसलाई वेदीको मुन्तिर यस प्रकारले लगाउनु कि त्यो वेदीको आधा भागसम्म आओस्।
EXO 27:6 वेदीका निम्ति बबुल काठका डण्डाहरू बनाएर तिनीहरूलाई काँसोले मोहोर्नू।
EXO 27:7 ती डण्डाहरूलाई मुन्द्राहरूमा यस्तो किसिमले छिराउनू कि वेदीलाई बोक्दा तिनीहरू वेदीका दुई छेउमा होऊन्।
EXO 27:8 फल्याकहरूसित तैँले त्यसलाई खोक्रो गरी बनाउनू। यो तँलाई पर्वतमा देखाइदिएजस्तै गरी बनाउनू।
EXO 27:9 “समागम पालको लागि एउटा आँगन बनाउनू। त्यसको दक्षिणी भाग एक सय क्यूबिट लामो बनाउनू र त्यसमा मसिनो गरी बाटेको सुती कपडाको पर्दा बनाउनू।
EXO 27:10 त्यस पर्दाका लागि बीस वटा खम्बा र काँसाका बीस वटा आधारहरू बनाउनू; अनि ती खम्बाहरूमा चाँदीका अङ्कुसेहरू र फित्ताहरू हुनुपर्छ।
EXO 27:11 उत्तरको भाग पनि एक सय क्यूबिट लामो र त्यसमा पर्दाहरू हुनुपर्छ; अनि ती पर्दाहरूका लागि बीस वटा खम्बाहरू र काँसाका बीस वटा आधारहरू र ती खम्बाहरूमा चाँदीका अङ्कुसे र फित्ताहरू हुनुपर्छ।
EXO 27:12 “आँगनको पश्‍चिमी भागका पर्दाहरू पचास क्यूबिट चौडा हुनुपर्छ। त्यसमा दश वटा खम्बाहरू र दश वटा आधारहरू हुनुपर्छ।
EXO 27:13 पूर्वतिर, सूर्योदयतर्फ पनि पचास क्यूबिट चौडा हुनुपर्छ।
EXO 27:14 मूलढोकाको एकापट्टिका पर्दाहरू पन्ध्र क्यूबिट लामा हुनुपर्छ; जसका तीन वटा खम्बाहरू र तीन वटा आधारहरू हुनुपर्छ,
EXO 27:15 अनि तीन वटा खम्बाहरू र तीन वटा आधार भएका पन्ध्र क्यूबिट लामा पर्दाहरू अर्कोतिर होऊन्।
EXO 27:16 “आँगनको प्रवेशद्वारका लागि चार वटा खम्बाहरू र चार वटा आधारहरू भएका, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो बाटेको सुती कपडामा बुट्टा भर्नेको शिल्पकारी भएको बीस क्यूबिट लामो एउटा पर्दा बनाउनू।
EXO 27:17 आँगनको चारैतिरका सबै खाँबाहरूमा चाँदीका अङ्कुसे र फित्ता र काँसाका आधारहरू बनाउनू।
EXO 27:18 आँगन एक सय क्यूबिट लामो र पचास क्यूबिट चौडा हुनुपर्छ; त्यसमा काँसाका आधार भएका मसिनो बाटेका सुती कपडाका छ क्यूबिट अग्ला पर्दाहरू हुनुपर्छ।
EXO 27:19 समागम पालको सेवामा प्रयोग गरिने सबै सामानहरू, पालका किलाहरू, आँगनका किलाहरू लगायत सबै, चाहे तिनीहरूका काम जेसुकै होस्, ती काँसाका हुनुपर्छ।
EXO 27:20 “इस्राएलीहरूलाई आज्ञा दिनू, कि तिनीहरूले उज्यालोका निम्ति पेलेको जैतुनको शुद्ध तेल ल्याऊन्, र दियाहरू निरन्तर बलिरहून्।
EXO 27:21 भेट हुने पालमा, साक्षी पाटीको सामु भएको पर्दा बाहिर हारून र त्यसका छोराहरूले याहवेहको सामु साँझदेखि बिहानसम्मै दियाहरू बलिरहने बनाउनुपर्छ। यो इस्राएलीहरूका बीचमा आउने पुस्ताहरूका निम्ति सदा रहिरहने विधि हुनुपर्छ।
EXO 28:1 “इस्राएलीहरूका बीचबाट तेरा दाजु हारून र त्यसका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामार पुजारी भई मेरो सेवा गर्न भनेर तँकहाँ बोला।
EXO 28:2 तेरा दाजु हारूनलाई मर्यादा र सम्मान दिनलाई त्यसका निम्ति पवित्र पोशाकहरू बनाउनू।
EXO 28:3 मैले यस्ता कामका लागि बुद्धि दिएका सबै दक्ष मानिसहरूलाई भन् कि तिनीहरूले हारूनलाई पुजारी भई मेरो सेवा गर्न नियुक्त गर्नका लागि पोशाकहरू बनाऊन्।
EXO 28:4 तिनीहरूले बनाउनुपर्ने पोशाकहरू यिनै हुन्: छाती-पाता, एपोद, अलखा, बुनेको कुर्ता, फेटा र पटुका। तिनीहरूले यी पवित्र पोशाकहरू तेरा दाजु हारून र त्यसका छोराहरूका निम्ति पुजारी भई मेरो सेवा गर्नका लागि बनाउनुपर्छ।
EXO 28:5 तिनीहरूले सुन, निलो, बैजनी र रातो धागो अनि मसिनो सुती कपडा चलाऊन्।
EXO 28:6 “एपोदचाहिँ सुन, निलो, बैजनी र रातो धागोका अनि मसिनो बाटेको सुती कपडाका सिपालु शिल्पकारको काम भएको बनाउनू।
EXO 28:7 त्यसमा दुई कुनामा जोडिएका अनि बाँध्न सकिने काँधका दुई वटा टुक्राहरू हुनुपर्छ।
EXO 28:8 त्यसको सिपालु गरी बुनेको पटुका अनि एपोदसित एउटै भएको, र त्यो सुन अनि निलो, बैजनी र रातो धागो अनि मसिनोसित बाटेको सुती कपडाले बनिएको हुनुपर्छ।
EXO 28:9 “दुई वटा गोमेद पत्थर लिएर त्यसमा इस्राएलका छोराहरूका नाम खोप्नू।
EXO 28:10 ती तिनीहरूका जन्मअनुसार एउटा पत्थरमा छ वटा नामहरू र अर्कोमा बाँकी रहेका नामहरू खोप्नू।
EXO 28:11 इस्राएलका छोराहरूका नाम ती दुई पत्थरहरूमा शिल्पकारले जसरी छाप खोप्छ, त्यसरी नै खोप्नू। त्यसपछि ती पत्थरहरूलाई सुनका मणिघरमा राख्नू।
EXO 28:12 तिनीहरूलाई इस्राएलका छोराहरूका निम्ति सम्झना गराउने पत्थरझैँ एपोदका काँधे-जोर्नीहरूमा कसिदिनू। हारूनले ती नामहरू सम्झनाझैँ याहवेहको सामु आफ्नो काँधमा बोक्नुपर्छ।
EXO 28:13 सुनका मणिघर बनाउनू
EXO 28:14 र निखुर सुनका डोरीझैँ बाटेका दुई वटा सिक्रीहरू बनाएर ती सिक्रीहरूलाई सुनका मणिघरमा जोड्नू।
EXO 28:15 “न्याय गर्नका लागि एउटा छाती-पाता दक्ष शिल्पकारद्वारा बनाउनू। त्यसलाई एपोदझैँ सुनको, निलो, बैजनी र रातो धागो अनि मसिनो गरी बाटेको सुती कपडाको बनाउनू।
EXO 28:16 त्यो एक बित्ता लामो र एक बित्ता चौडा, वर्गाकार, दोबर पट्याइएर बनाउनू।
EXO 28:17 त्यसपछि त्यसमा चार पङ्‌क्ति बहुमूल्य पत्थरहरू जोड्नू। पहिलो पङ्‌क्तिमा माणिक, पुष्पराज र पन्‍ना;
EXO 28:18 दोस्रो पङ्‌क्तिमा फिरोजा, नीलमणि र हीरा;
EXO 28:19 तेस्रो पङ्‌क्तिमा धूम्रकान्त, सूर्यकान्त र नीलमणि;
EXO 28:20 र चौथो पङ्‌क्तिमा फिरोज, गोमेद र स्फटिक लगाउनू। अनि ती सुनको मणिघरहरूमा जड्नू।
EXO 28:21 बाह्र पत्थरहरूमा इस्राएलका बाह्र कुलहरू जनाउन प्रत्येकमा छापमा खोपेझैँ एक-एक गरी इस्राएलका छोराहरूका नाम हुनुपर्छ।
EXO 28:22 “छाती-पाताको निम्ति डोरीजस्तो निखुर सुनको बाटेका सिक्रीहरू बनाउनू।
EXO 28:23 त्यसका लागि सुनका दुई वटा मुन्द्राहरू बनाएर छाती-पाताको दुई किनारमा बाँध्नू।
EXO 28:24 सुनका ती दुई सिक्रीहरूलाई छाती-पाताको किनारका मुन्द्रीमा बाँध्नू,
EXO 28:25 अनि सिक्रीका अरू छेउहरूलाई अगिल्तिर भएको एपोदका काँधे-जोर्नीहरूका अगाडिपट्टि मिलाएर दुवैलाई सुनका मणिघरहरूमा बाँध्नू।
EXO 28:26 सुनका दुई वटा मुन्‍द्रा बनाएर एपोदको अर्का दुई भित्री किनारमा भएको छाती-पाताको अर्का छेउहरूमा लगाउनू।
EXO 28:27 सुनका अझ अरू दुई वटा मुन्द्रीहरू बनाएर एपोदको अगाडिपट्टि पटुकाको ठिक माथि जोडिएको भागको नजिक, काँधे टुक्राको फेदमा लगाइदिनू।
EXO 28:28 छाती-पाताका मुन्द्राहरूलाई, छाती-पाता एपोदबाट नहल्‍लिओस् भनेर त्यसलाई कम्मरको पटुकासित जोडेर एपोदको मुन्द्रीसित निलो डोरीले बाँध्नू।
EXO 28:29 “जहिले-जहिले हारून पवित्रस्थानमा प्रवेश गर्नेछ, त्यसले याहवेहको सामु सधैँको सम्झनाको रूपमा इस्राएलका छोराहरूका नाम आफ्नो हृदयमा निर्णयको छाती-पातामा राख्नेछ।
EXO 28:30 जहिले-जहिले हारून याहवेहको उपस्थितिमा पस्‍नेछ, ऊरीम र तुम्मीम पनि त्यसको हृदयमा रहोस् भनेर तिनलाई पनि छाती-पातामा लगाउनू। यसरी हारूनले इस्राएलीहरूको निर्णय लिने साधनलाई याहवेहको सामु सधैँ आफ्नो हृदयमाथि बोक्नेछ।
EXO 28:31 “एपोदको अलखा सबै निलो कपडाको बनाउनू।
EXO 28:32 त्यसको बीचमा टाउको छिराउनको लागि खुला भाग राख्नू। त्यो नफाटोस् भनेर त्यस खुला भागको चारैतिर बुनेको बिट होस्।
EXO 28:33 लबेदाको बिटको चारैतिर बीच-बीचमा सुनको घण्टी राखेर निलो, बैजनी र रातो धागोका दारिमहरू बनाउनू।
EXO 28:34 सुनका घण्टीहरू र दारिमहरू एउटाको पछि अर्को गरेर लबेदाको बिटको चारैतिर होऊन्।
EXO 28:35 हारूनले सेवा गर्दा त्यो लगाउनैपर्छ। ऊ याहवेहको उपस्थितिमा पवित्रस्थानभित्र पस्दा र बाहिर निस्कँदा, ती घण्टीहरूका आवाज सुनियोस् र हारून नमरोस्।
EXO 28:36 “तैँले निखुर सुनको एउटा पाता बनाएर औँठीको छापमा खोप्नूः याहवेहका निम्ति पवित्र।
EXO 28:37 त्यसलाई फेटामा लगाउनको लागि त्यसमा निलो डोरी कस्‍नू। यो टोपीको अगिल्तिर होस्।
EXO 28:38 यो हारूनको निधारमा हुनेछ, र इस्राएलीहरूले जुनसुकै भेटी चढाए पनि तिनीहरूले पवित्र भेटीहरू चढाएको काममा रहेको दोष हारूनले बोक्नेछ। तिनीहरू याहवेहकहाँ ग्रहणयोग्य होऊन् भनेर त्यो सधैँ हारूनको निधारमा रहनेछ।
EXO 28:39 “लबेदा मसिनो सुती कपडाले बुन्‍नू र टोपी मसिनो सुती कपडाको बनाउनू। पटुका बुट्टा भर्नेले गरेको काम हुनुपर्दछ।
EXO 28:40 हारूनका छोराहरूका निम्ति तिनीहरूलाई मर्यादा र सम्मान दिनलाई लबेदा, पटुका र टोपी बनाउनू।
EXO 28:41 तैँले आफ्ना दाजु हारून र त्यसका छोराहरूलाई यी वस्त्रहरू लगाइदिएपछि तिनीहरूलाई अभिषेक गरी नियुक्त गर्नू। तिनीहरूले पुजारी भई मेरो सेवा गरून् भनेर तिनीहरूलाई अर्पण गर्नू।
EXO 28:42 “शरीर ढाक्नलाई कम्मरदेखि जाँघसम्म पुग्ने सुतीका भित्री पोशाकहरू बनाउनू।
EXO 28:43 हारून र त्यसका छोराहरू जहिले-जहिले समागम पालभित्र पस्छन् अथवा पवित्रस्थानमा सेवा गर्न वेदीको छेउमा जान्छन्, ती लगाऊन्, ताकि तिनीहरू दोष लागेर नमरून्। “यो हारून र त्यसका सन्ततिका निम्ति सधैँ रहिरहने धार्मिक विधि हुनेछ।
EXO 29:1 “तिनीहरूले पुजारी भई मेरो सेवा गरून् भनेर तिनीहरूलाई यसरी अर्पण गर्नू: एउटा बहर र दुई वटा निष्खोट भेडाहरू ल्याउनू।
EXO 29:2 अनि गहुँको मसिनो पिठोबाट खमिर नमिसाइएको रोटी र जैतुन तेल मिसाइएको अखमिरी बाबर र तेल छर्केको पातलो अखमिरी रोटी बनाउनू।
EXO 29:3 तिनीहरूलाई एउटा टोकरीमा हाल्नू, र त्यो बहर र दुई वटा भेडाहरूसहित ल्याउनू।
EXO 29:4 त्यसपछि हारून र तिनका छोराहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउनु र तिनीहरूलाई पानीले नुहाइदिनू।
EXO 29:5 पोशाकहरू लिएर हारूनलाई लबेदा, एपोदको पोशाक, एपोद र छाती-पाता लगाइदिनू। निपूर्णतासित बुट्टा काढेको पटुकाले त्यसको शरीरमा एपोद बाँधिदिनू।
EXO 29:6 त्यसको शिरमा फेटा लगाएर त्यसमा पवित्र मुकुट लगाइदिनू।
EXO 29:7 त्यसपछि अभिषेक गर्ने तेल लिएर त्यसको शिरमा त्यो खन्याएर त्यसलाई अभिषेक गर्नू।
EXO 29:8 अनि त्यसका छोराहरूलाई ल्याएर तिनीहरूलाई लबेदा पहिर्‍याइदिनू,
EXO 29:9 र तिनीहरूलाई शिरमा फेटा लगाइदिनू। त्यसपछि हारून र त्यसका छोराहरूलाई पटुका बाँधिदिनू। सदाको धार्मिक विधिद्वारा पुजारी पद तिनीहरूकै हुनेछ। “यसरी तैँले हारून र त्यसका छोराहरूलाई अभिषेक गर्नू।
EXO 29:10 “त्यस बहरलाई भेट हुने पालको सामु ल्याउनू; अनि हारून र त्यसका छोराहरूले त्यसमाथि आफ्ना हात राख्नेछन्।
EXO 29:11 बहरलाई याहवेहको उपस्थितिमा भेट हुने पालको प्रवेशद्वारमा बलि चढाउनू।
EXO 29:12 त्यस बहरको रगतबाट केही लिएर त्यसलाई तेरो औँलाले वेदीका सिङहरूमाथि लगाउनू, र बाँकी रहेको रगत वेदीको जगमा खन्याउनू।
EXO 29:13 त्यसपछि भित्री अङ्गहरूका वरिपरि भएका सबै बोसो, कलेजोलाई छोप्ने जालो, र दुवै मिर्गौलाहरू र त्यसमाथि भएका बोसोसमेत लिएर वेदीमाथि जलाउनू।
EXO 29:14 तर बहरको मासु, त्यसको छाला र त्यसको गोबर छाउनी बाहिर जलाउनू। यो पाप शुद्धीकरण बलि हो।
EXO 29:15 “ती दुई बोकाहरूमध्ये एउटा बोका लिनू, र हारून र त्यसका छोराहरूले त्यसको शिरमाथि हात राख्नेछन्।
EXO 29:16 भेडालाई मार्नू र त्यसको रगत लिएर त्यसलाई वेदीको चारैतिर भित्तामा छर्कनू।
EXO 29:17 त्यस भेडालाई टुक्रा-टुक्रा गरी काटेर त्यसका भित्री भागहरू र खुट्टाहरू धुनू, र तिनीहरूलाई टाउको र अरू टुक्राहरूसित राख्नू।
EXO 29:18 त्यसपछि सम्पूर्ण भेडालाई वेदीमा जलाउनू। योचाहिँ याहवेहलाई मनपर्दो मिठो बास्‍ना भएको आगोद्वारा चढाइएको होमबलि हो।
EXO 29:19 “तैँले अर्को भेडा लिनू, हारून र त्यसका छोराहरूले त्यसको शिरमा हात राख्नेछन्।
EXO 29:20 त्यस भेडालाई मार्नू, त्यसबाट केही रगत लिएर हारून र त्यसका छोराहरूका दाहिने कानका लोतीमा, तिनीहरूका दाहिने हातका बूढी औँलामा, र दाहिने खुट्टाका बूढी औँलामा लगाउनू। त्यसपछि वेदीका चारै भित्तामा रगत छर्कनू।
EXO 29:21 त्यसपछि वेदीको केही रगत र केही अभिषेक गर्ने तेल लिएर त्यसलाई हारून र त्यसका पोशाकहरूमा, त्यसका छोराहरू र तिनीहरूका पोशाकहरूमा छर्कनू। त्यसपछि त्यो, त्यसका छोराहरू र तिनीहरू सबैका पोशाकहरूसमेत पवित्र हुनेछन्।
EXO 29:22 “त्यस भेडाबाट बोसो, बोसे पुच्छर, भित्री भागहरूलाई छोप्ने बोसो, कलेजो बाहिरको जाली, दुवै मिर्गौलाहरू र तिनीहरूमाथिका बोसोसमेत र दाहिने फिला लिनू। (यो भेडा अर्पणका लागि हो।)
EXO 29:23 याहवेहको सामु राखिएको टोकरीको खमिर नमिसाइएको रोटीबाट एउटा, र तेलमा पोलेको एउटा बाबर अनि एउटा फुलौरो लिनू।
EXO 29:24 यी सबैलाई हारून र त्यसका छोराहरूका हातमा विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहको सामु ल्याउनू।
EXO 29:25 त्यसपछि ती सबैलाई उनीहरूका हातबाट लिएर होमबलिका निम्ति याहवेहका लागि मनपर्दो बास्‍नाका निम्ति आगोद्वारा चढाइएको भेटीका साथमा वेदीमाथि जलाइदिनू।
EXO 29:26 अनि तैँले हारूनको निम्ति हुने अर्पणका निम्ति भेडाको ह्‍याकुला लिनू, र त्यसलाई विशेष भेटीको रूपमा उचालिनका निम्ति याहवेहको सामु ल्याउनू, र त्यो तेरो भाग हुनेछ।
EXO 29:27 “अर्पण गर्ने भेडाका ती भागहरू, जुन हारून र त्यसका छोराहरूका भाग हुन्, ती अर्पण गर्नू: डोलाएको ह्‍याकुला र उचालिएको फिला।
EXO 29:28 त्यो इस्राएलीहरूका तर्फबाट हारून र त्यसका छोराहरूका निम्ति नियमित भाग हो। यो इस्राएलीहरूले आफ्ना मेलबलिबाट याहवेहलाई चढाउनुपर्ने भाग हो।
EXO 29:29 “हारूनका पवित्र पोशाकहरू त्यसका सन्ततिहरूका निम्ति हुनेछन्; ताकि तिनीहरू तिनै पोशाकहरूमा अभिषेक र अर्पण होऊन्।
EXO 29:30 त्यसको पछि पुजारीको उत्तराधिकारी हुने छोराले पवित्रस्थानमा सेवा गर्न समागम पालमा आउँदा ती लुगाहरू सात दिनसम्म लगाओस्।
EXO 29:31 “अर्पणको बोका लिएर त्यसको मासु एउटा पवित्र ठाउँमा पकाउनू।
EXO 29:32 समागम पालको प्रवेशद्वारमा हारून र त्यसका छोराहरूले त्यस भेडाको मासु र टोकरीमा भएको रोटी खाऊन्।
EXO 29:33 तिनीहरूले आफ्ना अभिषेक र अर्पणका लागि प्रायश्‍चित गरिएका ती भेटीहरू खाऊन्, तर अरू कसैले पनि ती नखाओस्; किनकि ती पवित्र हुन्।
EXO 29:34 यदि अर्पणको बोकाको मासुको केही भाग अथवा केही रोटी बिहानसम्म उब्रियो भने त्यसलाई जलाइदिनू। त्यो खान हुँदैन; किनकि त्यो पवित्र छ।
EXO 29:35 “तँलाई मैले दिएको आज्ञाबमोजिम हारून र त्यसका छोराहरूलाई सात दिन लगाएर नियुक्त गर्नू।
EXO 29:36 प्रायश्‍चित गर्नका लागि प्रत्येक दिन पाप शुद्धीकरण बलिको रूपमा एउटा बहर बलिदान गर्नू। प्रायश्‍चित गरेर वेदीलाई शुद्ध गर्नू; त्यसलाई पवित्र गर्नका लागि अभिषेक गर्नू।
EXO 29:37 सात दिनसम्म वेदीको लागि प्रायश्‍चित गर्नू र त्यसलाई पवित्र पार्नू, तब वेदी महा-पवित्र हुनेछ; अनि त्यसलाई छुने जेसुकै पनि पवित्र हुनेछ।
EXO 29:38 “तैँले वेदीमा प्रत्येक दिन नियमित रूपले चढाउनुपर्ने कुराहरू यिनै हुन्: एकवर्षे दुई वटा थुमाहरू।
EXO 29:39 एउटा थुमा बिहान र अर्को थुमा साँझमा चढाउनू।
EXO 29:40 पहिलो थुमाको साथमा एपाको दशौँ भाग मसिनो पिठोसित पेलिएको जैतुनको चौथाइ हिन तेल मिसाएर अनि अर्घबलिको रूपमा चौथाइ हिन दाखमद्य चढाउनू।
EXO 29:41 अर्को थुमालाई पनि साँझमा बिहानजस्तै अन्‍नबलि र अर्घबलिका साथमा चढाउनू—जुन याहवेहलाई मनपर्दो बास्‍नाको रूपमा आगोद्वारा चढाइएको बलि होस्।
EXO 29:42 “आउने पुस्ताका लागि यो होमबलि भेट हुने समागम पालको प्रवेशद्वारमा याहवेहका निम्ति नियमित रूपले चढाइयोस्। त्यहाँ म तँलाई भेट्नेछु, र तँसित बोल्नेछु;
EXO 29:43 त्यहाँ म इस्राएलीहरूसित पनि भेट गर्नेछु, र त्यो ठाउँ मेरो महिमाले पवित्र हुनेछ।
EXO 29:44 “यसरी म समागम पाललाई र वेदीलाई पवित्र पार्नेछु; अनि मेरो निम्ति पुजारी भई सेवा गर्नलाई हारून र त्यसका छोराहरूलाई पवित्र गर्नेछु।
EXO 29:45 तब म इस्राएलीहरूका बीचमा बास गर्नेछु र तिनीहरूका परमेश्‍वर हुनेछु।
EXO 29:46 म तिनीहरूबीच बास गरूँ भनेर तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन्। म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ।
EXO 30:1 “तैँले धूप बाल्नलाई बबुल काठको एउटा वेदी बनाउनू।
EXO 30:2 त्यो वर्गाकार होस्। त्यो एक क्यूबिट लामो, एक क्यूबिट चौडा, र दुई क्यूबिट उचाइ होस्। त्यसका सिङहरू त्यससित एउटै टुक्राको होस्।
EXO 30:3 त्यसको टुप्पो र सबै भित्ताहरू र सिङहरूलाई निखुर सुनले मोहोर्नू; अनि त्यसको चारैतिर सुनको बिट बनाउनू।
EXO 30:4 वेदीलाई बोक्ने डण्डाहरू अड्काउनलाई बिटको मुन्तिर दुवैतिर दुई वटा मुन्द्राहरू बनाउनू।
EXO 30:5 ती डण्डाहरू बबुल काठका बनाउनू र तिनीहरूलाई सुनले मोहोर्नू।
EXO 30:6 वेदीलाई साक्षी पाटीको सन्दुकको अगिल्तिर भएको पर्दाको सामु राख्नू। साक्षी पाटीको माथि रहेको पाप समाधान-स्थानको सामु, जहाँ म तँसित भेट गर्नेछु।
EXO 30:7 “हारूनले प्रत्येक बिहान बत्तीहरू मिलाउँदा वेदीमा सुगन्धित धूप जलाओस्।
EXO 30:8 त्यसले साँझमा बत्तीहरू बाल्दा फेरि धूप जलाओस् र आउने पुस्ताहरूका लागि याहवेहको सामु धूप नियमित रूपले जल्नेछ।
EXO 30:9 त्यस वेदीमा अरू कुनै किसिमका धूप अथवा होमबलि अथवा अन्‍नबलि नचढाउनू र त्यसमाथि कुनै अर्घबलि पनि नचढाउनू।
EXO 30:10 हारूनले वर्षमा एकपल्ट सिङहरूमा प्रायश्‍चित गर्नेछ। यो वार्षिक प्रायश्‍चित आउने पुस्ता-पुस्ताका लागि प्रायश्‍चितको पाप शुद्धीकरण बलिको रगतसित गरिनुपर्छ। याहवेहका निम्ति यो अति पवित्र हो।”
EXO 30:11 त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो,
EXO 30:12 “जब तैँले इस्राएलीहरूको गन्ती लिनलाई तिनीहरूको जनगणना गर्नेछस्, तब प्रत्येकले आफ्नो गन्तीको समयमा त्यसको प्राणका लागि याहवेहलाई छुटकाराको मोल तिरोस्। तब तैँले तिनीहरूलाई गन्ती गर्दा तिनीहरूमाथि कुनै विपत्ति आउनेछैन।
EXO 30:13 हरेक जो गन्ती भइसकेकाहरूपट्टि पार गरेर जान्छ, त्यसले पवित्रस्थानको शेकेलको हिसाबले आधा शेकेल दिनुपर्नेछ (एक शेकेल बराबर बीस गेरा हुन्छ)। त्यो आधा शेकेल याहवेहका निम्ति भेटी हो।
EXO 30:14 बीस वर्ष र त्योभन्दा बढी उमेर पुगेका जति जना गनिन्छन्, सबैले याहवेहका निम्ति भेटी देऊन्।
EXO 30:15 तिमीहरूले आफ्नो प्रायश्‍चितका लागि याहवेहलाई भेटी चढाउँदा धनीहरूले आधा शेकेलभन्दा बढी र गरिबहरूले त्योभन्दा कम नदेओस्।
EXO 30:16 इस्राएलीहरूबाट प्रायश्‍चितको रकम लिएर त्यसलाई भेट हुने पालको सेवाका निम्ति प्रयोग गर्नू। तिमीहरूले आफ्नो प्राणको प्रायश्‍चित गर्दा याहवेहको सामु इस्राएलीहरूका निम्ति यो एउटा सम्झनास्वरूप हुनेछ।”
EXO 30:17 तब याहवेहले मोशालाई भन्‍नुभयो,
EXO 30:18 “धुनको लागि काँसोको खुट्टा भएको काँसोका धुने बाटा बनाउनू। त्यसलाई समागम पाल र वेदीको बीचमा राखेर त्यसमा पानी भर्नू।
EXO 30:19 हारून र त्यसका छोराहरूले त्यसमा भएको पानीले आफ्ना हातगोडा धोऊन्।
EXO 30:20 जब तिनीहरू समागम पालभित्र पस्छन्, तब हातगोडा धोएर मात्र पसून्, ताकि तिनीहरू नमरून्। साथै, जब तिनीहरू वेदीनेर सेवा गर्नलाई याहवेहका निम्ति अग्निबलि जलाउनलाई आउँछन्,
EXO 30:21 तब तिनीहरूले पानीले हातगोडा धोऊन्, र तिनीहरू नमरून्। यो हारून र त्यसका सन्ततिका निम्ति तिनीहरूका पुस्ता-पुस्तासम्मका निम्ति अनन्तको धार्मिक विधि होस्।”
EXO 30:22 तब याहवेहले मोशालाई भन्‍नुभयो,
EXO 30:23 “निम्न लिखित असल मसाला लिनू: पाँच सय शेकेल तरल मूर्र, त्यसको आधा अथवा दुई सय पचास शेकेल बास्‍ना आउने दालचिनी, दुई सय पचास शेकेल सुगन्धित बोझो,
EXO 30:24 पाँच सय शेकेल तेजपात। सबै समागम पालको शेकेलको हिसाबले, र एक हिन जैतुनको तेल।
EXO 30:25 यी सबैबाट अभिषेकको पवित्र तेल बनाउनू, र बनाउने सिपालु व्यक्तिले बनाएको बास्‍नायुक्त होस्। त्यो अभिषेक गर्ने पवित्र तेल हुनेछ।
EXO 30:26 तब त्यस तेललाई समागम पाल, साक्षीको सन्दुक,
EXO 30:27 टेबुल र त्यसमा भएका सम्पूर्ण सामग्रीहरू, सामदान र त्यसका अरू उपकरणहरू, धूपको वेदी,
EXO 30:28 अनि होमबलिको वेदी र त्यसका सबै भाँडाहरू र बाटा, र त्यसलाई उभ्याउने चीजसमेत सबैलाई अभिषेक गर्नलाई प्रयोग गर्नू।
EXO 30:29 तैँले यी सबै कुराहरू पवित्र गर्नू, र तिनीहरू अति पवित्र हुनेछन्। जेसुकैले तिनीहरूलाई छोए तापनि त्यो पवित्र हुनेछ।
EXO 30:30 “हारून र त्यसका छोराहरूलाई अभिषेक गरेर पवित्र गर्नू, र तिनीहरूले पुजारी भई मेरो सेवा गरून्।
EXO 30:31 इस्राएलीहरूलाई भन्, ‘यो आउने पुस्ताहरूका लागि मेरो पवित्र अभिषेकको तेल होस्।
EXO 30:32 यसलाई अरू कुनै मानिसहरूका शरीरहरूमा नखन्याउनू र यही तरिकाले कुनै तेल नबनाउनू। यो पवित्र हो, र तैँले यसलाई पवित्र ठान्‍नू।
EXO 30:33 जसले यस्तै सुगन्धित तेल बनाउँछ र जसले यसलाई पुजारीबाहेक अरूमाथि लगाउँछ, त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्छ।’ ”
EXO 30:34 तब याहवेहले मोशालाई भन्‍नुभयो, “सुगन्धित मसलाहरू—कुन्द, धूप, नखी र सालधूप—अनि शुद्ध मूर्र सबै एकै परिमाणमा लिनू,
EXO 30:35 अनि अत्तर बनाउनमा सिपालु व्यक्तिद्वारा सुगन्धित धूप बनाउनू। त्यसमा नुन हाल्नुपर्छ, र त्यो शुद्ध र पवित्र हुनुपर्छ।
EXO 30:36 त्यसको केही भाग पिँधेर पिठो बनाउनू, र त्यसलाई समागम पालको साक्षी पाटीको सामु राख्नू, जहाँ म तँलाई भेट्नेछु। यो तेरा निम्ति अति पवित्र हुनेछ।
EXO 30:37 यस तरिकाले तिमीहरूले आफ्नो निम्ति कुनै धूप नबनाउनू; यसलाई याहवेहका निम्ति पवित्र ठान्‍नू।
EXO 30:38 जसले यस सुगन्धको आनन्द लिनलाई यस्तो बनाउँछ, त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्छ।”
EXO 31:1 तब याहवेहले मोशालाई भन्‍नुभयो,
EXO 31:2 “हेर्, मैले यहूदा कुलको हूरको नाति ऊरीको छोरा बजलेललाई चुनेको छु।
EXO 31:3 अनि मैले त्यसलाई मेरो आत्मा, बुद्धि, समझ, ज्ञान र कारिगरीका सबै दक्षताले भरेको छु।
EXO 31:4 त्यसले सुन, चाँदी र काँसोका कामहरू,
EXO 31:5 पत्थर काटेर जड्ने काम, काठको काम, र सबै किसिमका कारिगरी गर्नेछ।
EXO 31:6 यसबाहेक त्यसलाई सघाउन भनी मैले दानको कुलको अहीसामाकको छोरा ओहोलीआबलाई नियुक्त गरेको छु।
EXO 31:7 “समागम पाल, साक्षी पाटीको सन्दुक, र त्यसमाथि भएको पाप समाधान-स्थान, र पालका अरू सबै सामग्रीहरू—
EXO 31:8 टेबुल र त्यसका सामग्रीहरू, निखुर सुनको सामदान र त्यसका सबै सामग्रीहरू, धूपको वेदी,
EXO 31:9 होमबलिको वेदी र त्यसका सबै पात्रहरू, काँसोका बाटा र त्यसलाई उभ्याउने सामानहरू—
EXO 31:10 बुनेका पोशाकहरू पनि, हारून पुजारीका पवित्र पोशाकहरू, पुजारी भई सेवा गर्दा लगाउने तिनका छोराहरूका पोशाकहरू,
EXO 31:11 अभिषेक गर्ने तेल र पवित्रस्थानको लागि सुगन्धित धूप।
EXO 31:12 तब याहवेहले मोशालाई भन्‍नुभयो,
EXO 31:13 “इस्राएलीहरूलाई भन्, ‘तिमीहरूले मेरो शब्बाथ दिन पालन गर्नू। आउने पुस्ताहरूका लागि मेरो र तिमीहरू बीचको चिन्ह यो हुनेछ, ताकि तिमीहरूले जान्‍नेछौ कि म याहवेह हुँ, जसले तिमीहरूलाई पवित्र बनाउँछु।
EXO 31:14 “ ‘शब्बाथ दिन मान्‍नू; किनकि यो दिन तिमीहरूका लागि पवित्र छ। जसले यसलाई अपवित्र पार्छ, त्यो मारिनुपर्छ; जसले यस दिनमा काम गर्छ, त्यसलाई मानिसहरूबाट बहिष्कार गरिनुपर्छ।
EXO 31:15 छ दिनसम्म काम गरिनुपर्छ, तर सातौँ दिनचाहिँ शब्बाथ दिन हो, जुन याहवेहका निम्ति पवित्र छ। जसले शब्बाथ दिनमा काम गर्छ, त्यो मारिनुपर्छ।
EXO 31:16 इस्राएलीहरूले शब्बाथ दिनलाई आउने पुस्ताहरूका लागि सधैँको करारको रूपमा मनाउनुपर्छ।
EXO 31:17 मेरो र इस्राएलीहरूको बीचमा यो अनन्तका लागि चिन्ह हुनेछ; किनकि याहवेहले छ दिनमा आकाश र पृथ्वी बनाउनुभयो; अनि सातौँ दिनमा उहाँले काम गर्नुभएन, तर आरामले विश्राम लिनुभयो।’ ”
EXO 31:18 परमेश्‍वरले मोशासित सीनै पर्वतमा कुरा गरिसक्नुभएपछि उहाँका आफ्ना औँलाले लेखेका दुई वटा साक्षीका ढुङ्गा पाटीहरू उनलाई दिनुभयो।
EXO 32:1 जब मानिसहरूले मोशा पर्वतबाट आउन ढिलो गरेका देखे, तब तिनीहरू हारूनका वरिपरि भेला भएर भने, “उठ्नुहोस्, हाम्रा अगि-अगि जानलाई हाम्रा निम्ति देवी-देवताहरू बनाउनुहोस्। हामीलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने यी मोशालाई के भयो, हामी जान्दैनौँ।”
EXO 32:2 हारूनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूका पत्नीहरू र तिमीहरूका छोराछोरीहरूले लगाइराखेका कानका सुनका कुण्डलहरू फुकालेर मकहाँ ल्याओ।”
EXO 32:3 यसकारण सबै मानिसहरूले आफ्ना कुण्डलहरू फुकालेर हारूनकहाँ ल्याए।
EXO 32:4 तिनीहरूले दिएका ती चीजहरू हारूनले लिए, र त्यसलाई ढालेर हतियारले खोपेर त्यसबाट एउटा बाछाको मूर्ति बनाए। तब तिनीहरूले भने, “हे इस्राएल, तँलाई इजिप्टबाट निकालेर ल्याउने देवता यिनै हुन्।”
EXO 32:5 जब हारूनले यो देखे, तिनले त्यस बाछाको सामु एउटा वेदी बनाएर घोषणा गरे, “भोलि याहवेहका निम्ति एउटा चाड हुनेछ।”
EXO 32:6 यसकारण भोलिपल्ट मानिसहरूले बिहानै उठेर होमबलि चढाए र मेलबलि पनि ल्याए। त्यसपछि तिनीहरू खानपिन गर्न बसे, र मोज गर्न उठे।
EXO 32:7 तब याहवेहले मोशालाई भन्‍नुभयो, “तल ओर्ली; किनकि तैँले इजिप्टबाट निकालेर ल्याएका तेरा मानिसहरू भ्रष्‍ट भएका छन्।
EXO 32:8 मैले तिनीहरूलाई दिएका आज्ञाहरूबाट तिनीहरू चाँडै अर्कोतिर लागेका छन्; र तिनीहरूले आफ्ना लागि ढालिएको एउटा बाछाको रूपमा मूर्ति बनाएका छन्। तिनीहरूले त्यसलाई ढोगेर बलिहरू चढाएर भनेका छन्, ‘हे इस्राएल, तँलाई इजिप्टबाट निकालेर ल्याउने तेरा देवता यिनै हुन्।’
EXO 32:9 “याहवेहले मोशालाई भन्‍नुभयो, ‘मैले यी मानिसहरूलाई देखेको छु; यिनीहरू हठी मानिसहरू हुन्।’
EXO 32:10 अब मलाई नरोक्, र मेरो क्रोध यिनीहरूका विरुद्धमा दन्कियोस्, र म यिनीहरूलाई भस्म पार्नेछु। तब म तँबाट नै एउटा महान् जाति बनाउनेछु।”
EXO 32:11 तर मोशाले याहवेह आफ्ना परमेश्‍वरबाट कृपा मागेर भने, “हे याहवेह, तपाईंले महान् शक्ति र सामर्थी हातले इजिप्टबाट ल्याउनुभएको आफ्नो जातिको विरुद्धमा तपाईंको क्रोध किन यति साह्रो दन्केको छ?
EXO 32:12 ‘उहाँले तिनीहरूलाई पहाडी ठाउँहरूमा मारेर यस पृथ्वीबाट तिनीहरूको नामनिशानै मेटिदिने नराम्रो विचार लिएर तिनीहरूलाई निकालेर ल्याउनुभयो,’ भनेर इजिप्टियनहरूले किन भन्‍न पाऊन्? तपाईंको भयानक क्रोध त्याग्नुहोस्; शान्त हुनुहोस्, र आफ्ना जातिमाथि विपत्ति नल्याउनुहोस्।
EXO 32:13 तपाईंका सेवकहरू अब्राहाम, इसहाक र याकोबलाई सम्झनुहोस्, जसलाई तपाईंले यसो भनी आफ्नै नाममा शपथ खानुभएको थियो: ‘म तेरा सन्ततिलाई आकाशका ताराहरूझैँ धेरै बनाउनेछु, र मैले तिनीहरूसित प्रतिज्ञा गरेको देश दिनेछु; अनि त्यो अनन्तसम्मका लागि तिनीहरूको उत्तराधिकार हुनेछ।’ ”
EXO 32:14 तब याहवेह शान्त हुनुभयो, र आफूले चेतावनी दिनुभएको विपत्ति आफ्ना मानिसहरूमाथि ल्याउनुभएन।
EXO 32:15 मोशा फर्के, र करारका ती दुई ढुङ्गाका पाटीहरू लिएर पर्वतदेखि तल ओर्ले। ती अगाडि र पछाडि, दुवैतिर खोपिएका थिए।
EXO 32:16 ती पाटीहरू परमेश्‍वरका काम थिए; त्यो लेखोट पाटीहरूमा खोपिएको परमेश्‍वरको लेखोट थियो।
EXO 32:17 यहोशूले मानिसहरू चिच्याएको हल्‍ला सुनेर मोशालाई भने, “तल छाउनीमा लडाइँको आवाज सुनिँदैछ।”
EXO 32:18 मोशाले जवाफ दिए: “यो सोर न त जित्नेहरूको हो, न हार्नेहरूको हो; म त गाउनेहरूको आवाज पो सुन्दैछु।”
EXO 32:19 जब मोशा छाउनीमा पुगेर बाछाको मूर्ति र नाच देखे, तब तिनी रिसले आगो भए; अनि तिनले ती पाटीहरूलाई आफ्ना हातबाट फ्याँकिदिएर पर्वतको फेदीमा टुक्रा-टुक्रा पारेर फुटाइदिए।
EXO 32:20 तिनले उनीहरूले बनाएको बाछा लिएर त्यसलाई आगोमा जलाइदिए, अनि त्यसलाई धुलोपिठो पारिदिए, र त्यसलाई पानीमा छरिदिए; अनि इस्राएलीहरूलाई त्यो पिउन लाए।
EXO 32:21 अनि मोशाले हारूनलाई भने, “यी मानिसहरूले तपाईंलाई के गरे, र तपाईंले तिनीहरूलाई यति ठूलो पाप गर्न लाउनुभयो?”
EXO 32:22 हारूनले जवाफ दिए, “मेरा प्रभु, नरिसाउनुहोस्। यी मानिसहरू दुष्‍टतातिर कतिसम्म झुकेका छन्, त्यो तपाईं जान्‍नुहुन्छ।
EXO 32:23 तिनीहरूले मलाई भने, ‘हाम्रो अगि-अगि जानलाई हाम्रा निम्ति देवी-देवताहरू बनाउनुहोस्। हामीलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने यी मोशाको विषयमा तिनलाई के भयो हामी जान्दैनौँ।’
EXO 32:24 यसकारण मैले तिनीहरूलाई यसो भनेँ, ‘जस-जससित केही सुनका गहना छन्, त्यो फुकालून्।’ तब तिनीहरूले त्यो सुन मलाई दिए; मैले त्यसलाई आगोमा फालिदिएँ, र यसबाट यो बाछा निस्केर आयो।”
EXO 32:25 मोशाले मानिसहरू असभ्य भइरहेका, र हारूनले तिनीहरूलाई अधीनबाहिर जान दिएर तिनीहरूका शत्रुको निम्ति हाँसोको पात्र बनेका देखे।
EXO 32:26 यसकारण मोशा छाउनीको प्रवेशद्वारमा उभिएर भने, “जो-जो याहवेहको पक्षमा छ, मकहाँ आओस्।” अनि सबै लेवीहरू तिनीकहाँ भेला भए।
EXO 32:27 तब तिनले उनीहरूलाई भने, “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘प्रत्येक मानिसले तरवार भिर्नू। छाउनीको अगि र पछि एक छेउदेखि अर्को छेउसम्म प्रत्येकले आफ्नो दाजुभाइ, मित्र र छिमेकीलाई मार्दै जानू।’ ”
EXO 32:28 लेवीहरूले मोशाले हुकुम दिएझैँ गरे; अनि त्यस दिन प्राय: तीन हजार मानिसहरू मरे।
EXO 32:29 तब मोशाले भने, “आज तिमीहरू याहवेहका निम्ति अलग गरिएका छौ; किनकि तिमीहरू आफ्नै छोराहरू र दाजुभाइहरूका विरुद्धमा भयौ; अनि उहाँले आजको दिन तिमीहरूलाई आशिष् दिनुभएको छ।”
EXO 32:30 भोलिपल्ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले ठूलो पाप गरेका छौ। तर अब म याहवेहकहाँ माथि जानेछु; सायद म तिमीहरूका पापको प्रायश्‍चित गर्न सक्छु कि।”
EXO 32:31 यसकारण मोशा फर्केर याहवेहकहाँ गएर भने, “हाय, यी मानिसहरूले कति ठूलो पाप गरेका छन्! तिनीहरूले आफ्ना निम्ति सुनका देवता बनाएका छन्।
EXO 32:32 तर अब तिनीहरूका पाप क्षमा गरिदिनुहोस्। यदि गरिदिनुभएन भने त तपाईंले लेख्नुभएको पुस्तकबाट मेरो नामनिशानै मेटिदिनुहोस्।”
EXO 32:33 याहवेहले मोशालाई जवाफ दिनुभयो, “जसले मेरो विरुद्ध पाप गरेको छ, त्यसलाई म मेरो पुस्तकबाट मेटाउनेछु।
EXO 32:34 अब जा, मानिसहरूलाई मैले भनेको ठाउँमा डोर्‍याएर लैजा, र मेरा दूत तेरो अगि-अगि जानेछन्। तरै पनि जब मैले दण्ड दिने समय आउँछ, म तिनीहरूका पापको निम्ति तिनीहरूलाई दण्ड दिनेछु।”
EXO 32:35 अनि तिनीहरूले हारूनले बनाएका बाछालाई जे गरेका थिए, त्यसैको कारण याहवेहले मानिसहरूलाई रूढीले मार्नुभयो।
EXO 33:1 तब याहवेहले मोशालाई भन्‍नुभयो, “तँ र तैँले इजिप्टबाट निकालेर ल्याएका मानिसहरू यस ठाउँलाई छोडेर मैले अब्राहाम, इसहाक र याकोबलाई शपथद्वारा ‘म यो तिमीहरूका सन्तानहरूलाई दिनेछु’ भनेको देशमा जानू।
EXO 33:2 म एउटा दूतलाई तिमीहरूको अगि-अगि पठाउनेछु; अनि कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई धपाइदिनेछु।
EXO 33:3 दूध र मह बग्ने देशमा जाओ। तर म तिमीहरूसित जानेछैनँ; किनकि तिमीहरू हठी मानिसहरू भएका हुनाले सायद म तिमीहरूलाई बाटैमा नाश गरुँला।”
EXO 33:4 जब मानिसहरूले यस्तो पीडादायक कुरा सुने, तब तिनीहरूले शोक गर्न थाले; अनि कसैले पनि कुनै गहना लगाएनन्।
EXO 33:5 किनकि याहवेहले मोशालाई भन्‍नुभएको थियो, “इस्राएलीहरूलाई यसो भन्, ‘तिमीहरू हठी मानिसहरू हौ। यदि म केही समयको लागि मात्र पनि तिमीहरूसित जानुपर्‍यो भने म तिमीहरूलाई भस्म पार्नेछु। अब तिमीहरूका आफ्ना गहनाहरू फुकाल र तिमीहरूलाई के गर्नुपर्छ, सो म निर्णय गर्नेछु।’ ”
EXO 33:6 यसकारण इस्राएलीहरूले होरेब पर्वतमा आफ्ना सबै गहनाहरू फुकाले।
EXO 33:7 अब मोशाले एउटा पाल लिएर त्यसलाई “समागम पाल” भनेर छाउनीदेखि केही टाढासम्म टाँग्ने गर्थे। याहवेहसित भेट गर्न चाहने जोसुकै पनि छाउनीबाहिर भएको समागम पालमा जान्थ्यो।
EXO 33:8 अनि जहिले-जहिले मोशा बाहिर पालमा निस्कन्थे, तब सबै मानिसहरू मोशा पालभित्र नपसुन्जेल आफ्ना पालहरूका प्रवेश द्वारहरूमा हेर्दै उभिरहन्थे।
EXO 33:9 जब मोशा पालभित्र पस्थे, याहवेह तिनीसित बोल्नुहुँदा बादलको खामो ओर्लेर पालको ढोकामा खडा रहन्थ्यो।
EXO 33:10 जब-जब मानिसहरू बादलको खामो पालको ढोकामा खडा भएको देख्थे; तिनीहरू आ-आफ्ना पालको ढोकामा उभिएर आराधना गर्दथे।
EXO 33:11 कुनै मानिस आफ्नो मित्रसित बोलेझैँ याहवेह मोशासित आमने-सामने बोल्नुहुन्थ्यो। त्यसपछि मोशा छाउनीमा फर्कन्थे, तर तिनको जवान सहायक नूनका छोरा यहोशूले पाल छाड्दैनथे।
EXO 33:12 मोशाले याहवेहलाई भने, “तपाईंले मलाई ‘यी मानिसहरूलाई डोर्‍याउनू,’ भन्दै आउनुभएको छ; तर तपाईंले मसित कसलाई पठाउनुहुनेछ, त्यो भन्‍नुभएको छैन। तपाईंले भन्‍नुभएको छ, ‘म त तँलाई तेरो नामले नै चिन्छु, र तँमाथि मेरो निगाह परेको छ।’
EXO 33:13 यदि तपाईं मसित प्रसन्‍न हुनुहुन्छ भने मलाई तपाईंका मार्ग सिकाउनुहोस्, र म तपाईंलाई चिन्‍न सकूँ; अनि तपाईंको निगाह पाइरहन सकूँ। स्मरण रहोस्, यो जाति तपाईंकै मानिसहरू हुन्।”
EXO 33:14 याहवेहले जवाफ दिनुभयो, “मेरो उपस्थिति तँसित जानेछ; अनि म तँलाई विश्राम दिनेछु।”
EXO 33:15 तब मोशाले उहाँलाई भने, “यदि तपाईंको उपस्थिति हाम्रो साथमा जाँदैन भने त हामीलाई यहाँबाट नलैजानुहोस्।
EXO 33:16 तपाईं हामीसित नगएसम्म म र तपाईंका यी मानिसहरूले तपाईंको निगाह पाएका छौँ भनेर हामीले कसरी जान्‍ने? अरू के कुराले म र तपाईंका मानिसहरू पृथ्वीका सारा मानिसहरूदेखि भिन्‍नै ठहरिन्छौँ?”
EXO 33:17 तब याहवेहले मोशालाई भन्‍नुभयो, “तैँले भनेकै कुरा म गर्नेछु; किनकि तैँले मेरो दृष्‍टिमा निगाह पाएको छस्; र मैले तँलाई तेरो नामले चिनेको छु।”
EXO 33:18 तब मोशाले भने, “अब मलाई तपाईंको महिमा देखाउनुहोस्।”
EXO 33:19 याहवेहले भन्‍नुभयो, “म तेरै सामु मेरो सारा भलाइ देखाउनेछु; र तेरै सामु याहवेह नामको घोषणा गर्नेछु। जसलाई म कृपा गर्न चाहन्छु, त्यसलाई म कृपा गर्नेछु। जसलाई म दया देखाउन चाहन्छु, त्यसलाई म दया देखाउनेछु।”
EXO 33:20 उहाँले भन्‍नुभयो, “तर तैँले मेरो अनुहार हेर्न सक्दैनस्; किनकि मेरो अनुहार हेरेर कुनै मानिस जीवित रहन सक्दैन।”
EXO 33:21 त्यसपछि याहवेहले भन्‍नुभयो, “मेरो छेउमा एउटा ठाउँ छ, जहाँ तँ चट्टानमाथि खडा हुन सक्छस्।
EXO 33:22 जब मेरो महिमा त्यहाँबाट भएर जान्छ; म तँलाई चट्टानको धाँदोमा राख्नेछु; अनि म नगइन्जेल तँलाई आफ्नो हातले छोपिराख्नेछु।
EXO 33:23 त्यसपछि म आफ्नो हात हटाउनेछु, र तैँले मेरो पिठिउँ देख्नेछस्; तर मेरो अनुहारचाहिँ देखिनेछैन।”
EXO 34:1 याहवेहले मोशालाई भन्‍नुभयो, “पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू काट्, र म तिनीहरूमा तैँले फुटाएको पहिलो पाटीहरूमा भएकै शब्दहरू लेखिदिनेछु।
EXO 34:2 बिहान तयार भएर सीनै पर्वतमा उक्लिआइज। पर्वतको टाकुरामा आफूलाई मकहाँ हाजिर गर्।
EXO 34:3 पर्वतमा तँसित कोही पनि नआओस्; अथवा पर्वतका कुनै ठाउँमा देखा पनि नपरोस्; कुनै बगाल र बथान पनि पर्वतको सामु नचरोस्।”
EXO 34:4 यसकारण मोशाले पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू काटेर निकाले, र याहवेहले आज्ञा दिनुभएझैँ बिहानै सीनै पवर्तमा उक्ले। तिनले ढुङ्गाका दुई वटा पाटीहरू आफ्ना हातमा बोके।
EXO 34:5 तब याहवेह बादलमा तल ओर्लिनुभयो, र त्यहाँ तिनीसित उभिनुभयो; अनि आफ्नो नाम याहवेह भनी घोषणा गर्नुभयो।
EXO 34:6 उहाँ मोशाको सामु यसो भनेर घोषणा गर्दै जानुभयो, “याहवेह, याहवेह, दयालु र अनुग्रही परमेश्‍वर, रिस गर्नमा ढिलो, प्रेम र विश्‍वासयोग्यताले भरिपूर्ण हुनुहुन्छ।
EXO 34:7 उहाँले हजारौँसित प्रेम कायम राख्नुहुन्छ; अनि दुष्‍टता, विद्रोह र पापलाई क्षमा गर्नुहुन्छ। तरै पनि उहाँले दोषीलाई दण्ड नदिई छाड्नुहुन्‍न। पितापुर्खाका दुष्‍टताको दण्ड तिनीहरूका सन्तान, नातिनातिना र तेस्रो अनि चौथो पुस्तासम्म दिनुहुन्छ।”
EXO 34:8 तब मोशाले तुरुन्तै भुइँसम्मै निहुरेर परमेश्‍वरलाई आराधना गरे।
EXO 34:9 तिनले भने, “हे प्रभु, यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने तपाईं नै हामीसित हिँड्नुहोस्। यो एउटा हठी जाति भए तापनि हाम्रा दुष्‍टता र पाप क्षमा गरिदिनुहोस्; अनि हामीलाई आफ्नो निज सम्पत्तिको रूपमा लिनुहोस्।”
EXO 34:10 तब याहवेहले भन्‍नुभयो: “म तँसित एउटा करार बाँध्दछु। म तेरा सबै मानिसहरूको सामु यस संसारमा भएका कुनै जातिको बीचमा कहिल्यै पनि नगरिएका अद्‌भुत कार्यहरू गर्नेछु। तँ जुन मानिसहरूसित बस्दछस्, तिनीहरूले म याहवेहले कस्तो महान् काम तिमीहरूका निम्ति गर्नेछु, त्यो देख्नेछन्।
EXO 34:11 म तँलाई आज जे आज्ञा दिन्छु, त्यो पालन गर्नू। म तेरो सामु एमोरीहरू, कनानीहरू, हित्तीहरू, परिज्जीहरू, हिव्वीहरू र यबूसीहरूलाई धपाउनेछु।
EXO 34:12 तिमीहरू जाने देशमा बस्‍नेहरूसित होशियार हुनू र सम्झौता नगर्नू, नत्रता तिमीहरूका निम्ति तिनीहरू पासो हुनेछन्।
EXO 34:13 तिनीहरूका वेदीहरू भत्काइदिनू, तिनीहरूका चोखा पत्थरहरू चकनाचुर पारिदिनू र तिनीहरूका अशेराको खाँबो काटेर ढालिदिनू।
EXO 34:14 अरू कुनै देवी-देवताको आराधना नगर्नू; किनकि याहवेह, जसको नाम डाही हो, डाह गर्ने परमेश्‍वर हुनुहुन्छ।
EXO 34:15 “त्यस देशमा बस्‍नेहरूसित होशियार हुनू र करार नबाँध्नू; किनकि तिनीहरूले आफ्ना देवी-देवताहरूका अगि व्यभिचार गर्दा र तिनीहरूका लागि बलिदान चढाउँदा तिमीहरूलाई निम्तो दिनेछन्; अनि तिमीहरूले तिनीहरूका बलिदानबाट खानेछौ।
EXO 34:16 अनि जब तिमीहरूले तिनीहरूका छोरीहरूलाई आफ्ना छोराहरूका निम्ति पत्नी बनाउन रोज्नेछौ, र ती छोरीहरूले आफ्ना देवी-देवताहरूसित व्यभिचार गर्नेछन्; तब तिनीहरूले तिमीहरूका छोराहरूलाई त्यसै गर्न डोर्‍याउनेछन्।
EXO 34:17 “तिमीहरूले आफ्ना निम्ति मूर्तिहरू नबनाउनू।
EXO 34:18 “अखमिरी रोटीको चाड मनाउनू। सात दिनसम्म मैले तिमीहरूलाई आज्ञा दिएझैँ, खमिर नमिसाइएको रोटी खानू। यो आबीब महिनाको तोकिएको समयमा गर्नू; किनकि तिमीहरू त्यही महिनामा इजिप्टबाट निस्केर आएका हौ।
EXO 34:19 “प्रत्येक गर्भको पहिलो फल मेरो हो। तिमीहरूका पशुका सबै भाले, गाईबस्तुका र भेडाबाख्राका पहिले जन्मेका मेरै हुन्।”
EXO 34:20 गधैनीको पहिले जन्मेको बछेडालाई पाठो दिएर छुटाउनू; तर तिमीहरूले छुटाएनौ भने त्यसको गर्दन भाँचिदिनू। तिमीहरूका सबै जेठा छोराहरूलाई छुटाउनू। “मेरो सामु कोही खाली हात देखा नपरोस्।
EXO 34:21 “छ दिनसम्म काम गर्नू, तर सातौँ दिनमा विश्राम गर्नू; जोत्ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू।
EXO 34:22 “गहुँको कटनीबाट पहिलो फल लिएर साताहरूका चाड मनाउनू, र वर्षको अन्तमा अन्‍न भित्र्याउने चाड मनाउनू।
EXO 34:23 वर्षमा तीनपल्ट तेरा सबै पुरुषहरू सार्वभौम याहवेह, इस्राएलका परमेश्‍वरको सामु देखा परून्।
EXO 34:24 म तिमीहरूका सामु जातिहरूलाई धपाइदिनेछु, र तिमीहरूका सिमाना फैलाइदिनेछु; अनि वर्षमा तीनपल्ट तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरको सामु देखा पर्न जाँदा कसैले पनि तिमीहरूका जमिनको लोभ गर्नेछैन।
EXO 34:25 “तिमीहरूले मलाई बलिदानको रगतसित खमिर भएको कुनै पनि कुरा नचढाउनू, र निस्तार चाडको बलिबाट कुनै पनि भाग बिहानसम्म रहन नदिनू।
EXO 34:26 “तिमीहरूका माटोबाट उब्जेका सबैभन्दा असल पहिलो फल याहवेह तिमीहरूका परमेश्‍वरको घरमा ल्याउनू। “बाख्राको पाठो त्यसको माउको दूधमा नपकाउनू।”
EXO 34:27 त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो, “यी कुराहरू लेख्; किनकि यिनै कुराअनुसार मैले तँ र इस्राएलसँग करार बाँधेको छु।”
EXO 34:28 मोशा त्यहाँ रोटी नखाई र पानी नपिई याहवेहसित चालीस दिन र चालीस रातसम्म रहे। तिनले ती साक्षी पाटीहरूमा त्यस करारका वचन अर्थात् दश आज्ञाहरू लेखे।
EXO 34:29 जब मोशा सीनै पर्वतबाट आफ्ना हातहरूमा साक्षी पाटीहरू लिएर तल ओर्ले, तब याहवेहसित तिनले कुरा गरेकोले आफ्नो अनुहार चम्कँदैछ भन्‍ने तिनलाई थाहा भएन।
EXO 34:30 जब हारून र सबै इस्राएलीहरूले मोशालाई देखे, तिनको अनुहार चम्किरहेको थियो; अनि तिनीहरू उनको नजिक आउन डराए।
EXO 34:31 तर मोशाले तिनीहरूलाई बोलाए। अनि हारून र समुदायका सबै अगुवाहरू तिनीकहाँ फर्केर आए; र तिनले उनीहरूसित कुरा गरे।
EXO 34:32 त्यसपछि सबै इस्राएलीहरू तिनको नजिक आए; अनि तिनले तिनीहरू सबैलाई याहवेहले तिनलाई सीनै पर्वतमा दिनुभएका सबै आज्ञाहरू दिए।
EXO 34:33 मोशाले तिनीहरूसित कुरा गरिसकेपछि तिनले आफ्नो अनुहारमाथि घुम्टो लगाए।
EXO 34:34 तर जब मोशा याहवेहसित कुरा गर्न उहाँको उपस्थितिमा जान्थे, आफू बाहिर ननिस्कुन्जेल घुम्टो उतार्थे। अनि तिनी बाहिर आएर तिनले के आज्ञा पाए, सो इस्राएलीहरूलाई सुनाइदिँदा
EXO 34:35 इस्राएलीहरूले तिनको अनुहार चम्केको देख्थे। याहवेहसित कुरा गर्न भित्र नगएसम्म मोशाले फेरि आफ्नो अनुहारमाथि त्यो घुम्टो लगाउँथे।
EXO 35:1 मोशाले इस्राएलीहरूका सारा समुदायलाई भेला गरेर भने, “याहवेहले तिमीहरूलाई यी कुराहरू पालना गर्न आज्ञा दिनुभएको छ:
EXO 35:2 छ दिनसम्म काम गर्नू, तर सातौँ दिनचाहिँ तिमीहरूका लागि पवित्र शब्बाथ दिन, याहवेहका निम्ति विश्रामको दिन हुनेछ। जसले यस दिनमा काम गर्दछ, त्यो मारिनेछ।
EXO 35:3 शब्बाथ दिनमा तिमीहरू कसैको घरमा आगोसमेत नसल्काउनू।”
EXO 35:4 मोशाले इस्राएलका सारा समुदायलाई भने, “याहवेहले गर्नुभएको आज्ञा यही हो:
EXO 35:5 याहवेहका निम्ति भेटी ल्याओ। याहवेहका निम्ति भेटी ल्याउन चाहने हरेकले यी कुराहरू ल्याउनू: “सुन, चाँदी र काँसो;
EXO 35:6 निलो, बैजनी र रातो धागो र मसिनो सुती कपडा; बाख्राको भुत्ला;
EXO 35:7 भेडाका रातो रङ्गाएको छालाहरू र सीलका छालाहरू; बबुलका काठ;
EXO 35:8 बत्तीको निम्ति जैतुनको तेल; अभिषेक गर्नका निम्ति तेल र सुगन्धित धूपका निम्ति मसलाहरू;
EXO 35:9 अनि एपोद र छाती-पाता जड्नका निम्ति गोमेद र अरू रत्नहरू।
EXO 35:10 “तिमीहरूमध्ये सबै निपूर्ण कारिगरहरू आएर याहवेहले आज्ञा गर्नुभएअनुसार सम्पूर्ण कुराहरू बनाउनुपर्छ:
EXO 35:11 “समागम पाल, पालको छत, अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खाँबाहरू र आधारहरू;
EXO 35:12 डण्डाहरूसहित करारको सन्दुक र पाप समाधान-स्थान;
EXO 35:13 टेबुल, त्यसका डण्डाहरूसहित र त्यसका सबै सामानहरू, र उपस्थितिको रोटी;
EXO 35:14 सरसामानहरूसहित बत्तीको निम्ति सामदान, प्रकाशको निम्ति जैतुनको तेल;
EXO 35:15 धूपको निम्ति वेदी र त्यसका डण्डाहरू, अभिषेक गर्ने तेल र सुगन्धित धूप; समागम पालको प्रवेशद्वारमा लगाइने पर्दा;
EXO 35:16 होमबलिको निम्ति वेदी, काँसोको जाली, त्यसका डण्डाहरू र सबै सामानहरू; काँसोका बाटा त्यसका खुट्टासहित;
EXO 35:17 आँगनका पर्दाहरू त्यसका खाँबाहरू र आधारहरूसमेत, र आँगनको मूलढोकाको निम्ति पर्दा;
EXO 35:18 समागम पाल र आँगनका निम्ति किलाहरू र तिनीहरूका डोरीहरू;
EXO 35:19 पवित्रस्थानमा सेवाका निम्ति बुनिएका पोशाकहरू—पुजारी हारूनका निम्ति पवित्र पोशाकहरू, र तिनका छोराहरूका निम्ति पोशाकहरू जब तिनीहरू पुजारी भएर सेवा गर्छन्।”
EXO 35:20 त्यसपछि इस्राएलका सारा समुदाय मोशाको सामुबाट बिदा भए।
EXO 35:21 जसका हृदय उत्साहित भए र दिने इच्छा गरे; तिनीहरूले समागम पाल, त्यसको सेवाको सबै काम र पवित्र पोशाकहरूका निम्ति याहवेहको सामु भेटी ल्याए।
EXO 35:22 इच्छुक हुने हरेक पुरुष र स्त्रीले सबै प्रकारका सुनका गहना ल्याए—पिन, कुण्डल, औँठी र सिङ्गारका सामानहरू। तिनीहरू हरेकले आफ्ना सुन विशेष भेटीको रूपमा उचालिनको निम्ति याहवेहलाई चढाए।
EXO 35:23 जससँग निलो, बैजनी, रातो धागो, मसिनो सुती कपडा, बाख्राका भुत्ला, भेडाका रातो रङ्गाएका छाला वा सीलका छालाहरू थिए, ती सबै ल्याए।
EXO 35:24 तिनीहरू, जसले चाँदी वा काँसो दिन सक्थे, तिनीहरूले ती भेटीको रूपमा याहवेहको सामु ल्याए; अनि जससँग सेवाको कामका निम्ति बबुल काठ थियो, त्यो तिनीहरूले ल्याए।
EXO 35:25 सिपले योग्य स्त्रीहरूले आफ्नो हातले तयार पारेका निलो, बैजनी, रातो धागो र मसिनो सुतीका वस्त्र ल्याए।
EXO 35:26 अनि सिपले योग्य र इच्छुक स्त्रीहरूले बाख्राका भुत्ला काते।
EXO 35:27 अगुवाहरूले एपोदमा र छाती-पातामा जड्नका लागि गोमेद पत्थरहरू र अरू रत्नहरू ल्याए।
EXO 35:28 तिनीहरूले बत्तीको निम्ति जैतुनको तेल, अभिषेक गर्ने तेल र सुगन्धित धूपका निम्ति मसला ल्याए।
EXO 35:29 इस्राएलका सबै पुरुष र स्त्रीहरू, जसले याहवेहको निम्ति भेटी चढाउने इच्छा राखे; याहवेहले मोशाद्वारा आज्ञा गर्नुभएको सबै कामका निम्ति तिनीहरूले याहवेहकहाँ आफ्नो स्वेच्छा-भेटी ल्याए।
EXO 35:30 तब मोशाले इस्राएलीहरूलाई भने, “हेर, याहवेहले यहूदाका कुल, हूरका नाति, ऊरीका छोरा बजलेललाई चुन्‍नुभएको छ;
EXO 35:31 अनि उहाँले तिनलाई आफ्नो आत्मा, बुद्धि, समझ, ज्ञान र कारिगरीका सबै दक्षताले भर्नुभएको छ।
EXO 35:32 उहाँले तिनलाई सुन, चाँदी, काँसोमा कलापूर्ण आकार कोर्ने,
EXO 35:33 कलापूर्ण तरिकाले हरेक प्रकारका पत्थर काटेर जड्ने काम, र काठमा खोप्ने सिप दिनुभएको छ।
EXO 35:34 याहवेहले तिनलाई र दानका कुलका अहीसामाकका छोरा, ओहोलीआबलाई अरूलाई सिकाउन सक्ने क्षमता दिनुभएको छ।
EXO 35:35 उहाँले तिनीहरूलाई हरेक प्रकारका शिल्पकारी, चित्र बनाउने काम, निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडामा बुट्टा भर्ने अनि बुन्‍ने कारिगरले जानेका सबै काम गर्ने बुद्धिले भरिपूर्ण पार्नुभएको छ।
EXO 36:1 यसकारण बजलेल, ओहोलीआब र हरेक दक्ष मानिस, जसलाई याहवेहले पवित्रस्थान निर्माण गर्ने काममा दक्षता र क्षमता दिनुभएको छ, तिनीहरू सबैले याहवेहले आज्ञा दिनुभएअनुसार काम गरून्।”
EXO 36:2 तब मोशाले बजलेल, ओहोलीआब अनि याहवेहले काम गर्न क्षमता दिनुभएका र इच्छुक हरेक दक्ष मानिसलाई बोलाइपठाए।
EXO 36:3 तिनीहरूले पवित्रस्थान निर्माणका लागि इस्राएलीहरूले दिएका सबै भेटी मोशाबाट प्राप्‍त गरे। अनि मानिसहरूले हरेक बिहान स्वेच्छिक भेटीहरू ल्याउने गर्थे।
EXO 36:4 तब पवित्रस्थानमा काम गर्ने सबै दक्ष कामदारहरूले आ-आफ्ना काम छोडे,
EXO 36:5 अनि मोशालाई भने, “याहवेहले आज्ञा गर्नुभएको भन्दा धेरै सरसामानहरू मानिसहरूले ल्याएका छन्।”
EXO 36:6 त्यसपछि मोशाले आदेश गरे, र छाउनीभरि नै सन्देश पठाए: “अब कुनै पुरुष वा स्त्रीले पवित्रस्थानको भेटीका लागि अरू केही नल्याउनू।” यसकारण मानिसहरूले अरू भेटी ल्याउन छोडे।
EXO 36:7 किनकि तिनीहरूले ल्याएका भेटीहरू सबै काम सम्पन्‍न गर्न चाहिएभन्दा धेरै भयो।
EXO 36:8 कामदारहरूमध्ये दक्ष भएकाहरूले दश वटा पर्दाले समागम पाल बनाए। ती पर्दाहरू मसिनो गरी बाटिएका सुती कपडाका निलो, बैजनी र रातो धागोका, र तिनमा दक्ष शिल्पकारद्वारा बनाइएका करूबहरूसहित समागम पाल थिए।
EXO 36:9 सबै पर्दाहरू एउटै नापका थिए—अट्ठाइस क्यूबिट लम्बाइ र चार क्यूबिट चौडाइ।
EXO 36:10 तिनीहरूले ती पाँच वटा पर्दाहरू एक-अर्कासित जोडे।
EXO 36:11 त्यसपछि तिनीहरूले पहिलो जोडिएको पर्दाको अन्तिम किनारमा निलो कपडाको सुर्काउनी बनाए। अनि दोस्रो किनारमा जोडिएको भागको अर्को पर्दाको अन्तिम किनारमा पनि पहिलेको जस्तै गरे।
EXO 36:12 तिनीहरूले एउटा भागको पर्दामा पचास वटा सुर्काउनी पनि बनाए। अर्को पर्दाको भागको अन्तिम किनारमा पचास वटा सुर्काउनी बनाए। ती सुर्काउनीहरू एक-अर्काका विपरीत थिए।
EXO 36:13 त्यसपछि तिनीहरूले ती पर्दाहरू एक-आपसमा जोड्नलाई सुनका पचास वटा अङ्कुसेहरू बनाए। यसरी समागम पाल एउटै भयो।
EXO 36:14 समागम पालमाथिको पालको लागि तिनीहरूले बाख्राको भुत्लाबाट एघार वटा पर्दाहरू बनाए।
EXO 36:15 सबै एघार वटा पर्दाहरू एउटै नापका थिए—तीस क्यूबिट लम्बाइ र चार क्यूबिट चौडाइ।
EXO 36:16 तिनीहरूले पाँच वटा पर्दाहरू जोडेर एउटा भाग र छ वटा पर्दाहरूका जोडेर अर्को भाग बनाए।
EXO 36:17 त्यसपछि तिनीहरूले पहिलो गाँसिएको समूहको किनारमा पचास वटा सुर्काउनीहरू बनाए; अनि अर्को गाँसिएको समूहको पर्दाको किनारमा पनि पचास वटा सुर्काउनीहरू बनाए।
EXO 36:18 ती दुवै पर्दालाई जोडेर एक-आपसमा एउटै बनाउन तिनीहरूले काँसोका पचास वटा अङ्कुसेहरू बनाए।
EXO 36:19 त्यसपछि तिनीहरूले पालको निम्ति भेडाको रातो रङ्गाइएको छालाबाट छत बनाए; र त्यसमाथि सीलका छालाहरूबाट छत बनाए।
EXO 36:20 तिनीहरूले समागम पालका निम्ति बबुल काठको ठाडो फल्याकहरू बनाए।
EXO 36:21 प्रत्येक फल्याकका लम्बाइ दश क्यूबिट र चौडाइ डेढ क्यूबिट थियो।
EXO 36:22 त्यसमा एक-अर्कामा समानान्तर रहेका दुई वटा चोसाहरू थिए। समागम पालका सबै फल्याकहरू यस किसिमले नै बनाए।
EXO 36:23 तिनीहरूले समागम पालको दक्षिणपट्टिका लागि बीस वटा फल्याकहरू बनाए।
EXO 36:24 अनि ती फल्याकहरूका मुन्तिर चालीस वटा चाँदीका आधारहरू बनाए—एउटा फल्याकको लागि दुई वटा आधारहरू, प्रत्येक चोसाको मुनि एउटा।
EXO 36:25 अर्कोपट्टि, समागम पालको उत्तरपट्टि बीस वटा फल्याकहरू,
EXO 36:26 अनि तिनको निम्ति दुई वटा आधार गरेर तिनीहरूले चाँदीका चालीस वटा आधारहरू बनाए।
EXO 36:27 तिनीहरूले पछिल्तिरको भाग, जो समागम पालको पश्‍चिमतिरको भाग हो, त्यसका लागि छ वटा फल्याकहरू बनाए।
EXO 36:28 अनि अन्तिम भागमा भएका समागम पालका कुनाहरूका लागि दुई वटा फल्याकहरू बनाइए।
EXO 36:29 ती कुनाका दुई फल्याकहरू तलदेखि माथिसम्म दोबर खप्टिएका र माथिल्‍लो भागमा कुनाका फल्याकहरू एउटै मुन्द्रामा जोडिएका थिए। ती दुवै एकै किसिमले बनेका थिए।
EXO 36:30 यसरी त्यहाँ पछाडिपट्टि आठ वटा फल्याकहरू र एउटाको मुन्तिर दुई वटा गरी चाँदीका सोह्र वटा आधारहरू थिए।
EXO 36:31 तिनीहरूले बबुल काठका बारहरू र समागम पालको एकापट्टि पाँच वटा फल्याकहरू पनि बनाए।
EXO 36:32 अनि अर्कोपट्टिका फल्याकहरूका लागि पाँच वटा बार र समागम पालको पश्‍चिमका अन्तिम भागका फल्याकहरूको लागि पाँच वटा बारहरू लगाए।
EXO 36:33 तिनीहरूले फल्याकहरूको बीचमा पर्ने बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुग्ने बनाए।
EXO 36:34 तिनीहरूले सबै फल्याकहरू सुनले मोहोरे, र बारहरू पक्रनका लागि सुनका मुन्द्राहरू बनाए। ती बारहरू पनि सुनले नै मोहोरे।
EXO 36:35 तिनीहरूले निलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको एउटा पर्दा बनाए; जसमा निपूर्ण शिल्पकारद्वारा बनाइएका करूबहरू थिए।
EXO 36:36 तिनीहरूले त्यसका लागि बबुल काठका चार वटा खाँबाहरू बनाए; अनि तिनलाई सुनले मोहोरे। तिनीहरूले सुनका अङ्कुसेहरू बनाए; र चाँदीका चार वटा आधारहरू ढाले।
EXO 36:37 तिनीहरूले पाल प्रवेशद्वारका लागि निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाले शिल्पकारको शिल्पकारी भएको एउटा पर्दा बनाए;
EXO 36:38 अनि तिनीहरूले पाँच वटा खाँबाहरूसहित अङ्कुसेहरू पनि बनाए। तिनीहरूले खाँबोका टुप्पाहरू र तिनका फित्ताहरू सुनले मोहोरे, र तिनका पाँच वटा काँसोका आधारहरू बनाए।
EXO 37:1 बजलेलले बबुल काठको सन्दुक बनाए। त्यसको लम्बाइ साढे दुई क्यूबिट, चौडाइ साढे एक क्यूबिट, र उचाइ साढे एक क्यूबिट थियो।
EXO 37:2 तिनले त्यसको भित्री र बाहिरी भाग निखुर सुनले मोहोरे; अनि त्यसको वरिपरि सुनको बिट बनाए।
EXO 37:3 तिनले त्यसका निम्ति सुनका चार वटा मुन्द्राहरू ढाले, र ती त्यसका चार वटा खुट्टामा लगाइदिए; दुई वटा मुन्‍द्रा एकापट्टि र दुई वटा अर्कापट्टि।
EXO 37:4 तब तिनले बबुल काठका डण्डाहरू बनाएर ती सुनले मोहोरे।
EXO 37:5 ती डण्डाहरू सन्दुकको दुवैपट्टि भएका मुन्द्राहरूमा बोक्नका निम्ति हाले।
EXO 37:6 तिनले निखुर सुनको पाप समाधान-स्थान बनाए; जसको लम्बाइ साढे दुई क्यूबिट र चौडाइ साढे एक क्यूबिट थियो।
EXO 37:7 त्यसपछि तिनले पाप समाधान-स्थानको किनारहरूमा पिटिएको सुनका दुई वटा करूबहरू बनाए।
EXO 37:8 तिनले एउटा करूब एक किनारमा, र अर्को करूब अर्को किनारमा बनाए। ती दुवै करूबहरू पाप समाधान-स्थानसित एउटै टुक्राले बनाए।
EXO 37:9 ती करूबहरूले आफ्ना पखेटाहरू माथिपट्टि फैलाएर पाप समाधान-स्थानमा छाया पारेका थिए। तिनीहरूका मुखचाहिँ एक-अर्कापट्टि, पाप समाधान-स्थानतिर फर्किएका थिए।
EXO 37:10 बजलेलले बबुल काठको एउटा टेबुल बनाए; जसको लम्बाइ दुई क्यूबिट, चौडाइ एक क्यूबिट र उचाइ साढे एक क्यूबिट थियो।
EXO 37:11 तब तिनले त्यसलाई निखुर सुनले मोहोरे र चारैपट्टि सुनको बिट बनाए।
EXO 37:12 तिनले त्यसका चारैतिर चार औँला चौडाइ भएको घेरा बनाए; अनि घेराको सबै भागमा सुनको बिट लगाए।
EXO 37:13 तिनले टेबुलको लागि सुनका चार वटा मुन्द्राहरू बनाएर ती चार कुनाहरूमा भएका खुट्टाहरूमा बाँधे।
EXO 37:14 त्यो टेबुल बोक्नलाई चलाइने डण्डाहरूलाई समातिराख्न ती मुन्द्राहरू घेराका छेवैमा राखिए।
EXO 37:15 तिनले टेबुल बोक्नलाई ती डण्डीहरू बबुल काठका बनाए र त्यसलाई सुनले मोहोरे।
EXO 37:16 अनि तिनले टेबुलका निम्ति थालहरू, धुपौराहरू, कचौराहरू र अर्घबलि चढाउनका निम्ति यसका भाँडाहरू सबै निखुर सुनको बनाए।
EXO 37:17 तिनले निखुर सुनको सामदान बनाए। त्यसका आधार र डण्डा, फूलजस्ता कचौराहरू, कोपिला र फूलहरू एउटै टुक्राबाट पिटेर बनाए।
EXO 37:18 तीन वटा एकपट्टि र तीन वटा अर्कोपट्टि गरेर जम्मा सामदानका दुई छेउमा छ वटा हाँगाहरू निस्केका थिए।
EXO 37:19 एउटा हाँगामा कोपिला र फूल भएको बदामको फूलजस्तै आकारका तीन वटा कचौराहरू; अर्को हाँगामा तीन वटा र यसै गरी सामदानबाट निस्केका छ वटै हाँगाहरूमा थिए।
EXO 37:20 अनि सामदानमा कोपिला र कोपिला भएको बदामको फूलको आकारमा चार वटा कचौराहरू थिए।
EXO 37:21 पहिलो कोपिला सामदानबाट निस्केको हाँगाको पहिलो जोडीमुनि थिए—दोस्रो कोपिला दोस्रो जोडीमुनि र तेस्रो कोपिला तेस्रो जोडीमुनि गरेर जम्मा छ वटा हाँगाहरू।
EXO 37:22 ती कोपिलाहरू र हाँगाहरू सामदानसित एउटै टुक्राबाट घनले पिटेको निखुर सुनले बनिएको थियो।
EXO 37:23 तिनले सात वटा दियाहरू बनाए; तिनका चिम्टा र मोसोदानी निखुर सुनका थिए।
EXO 37:24 सामदान र त्यसका सरसामानहरूका निम्ति तिनले एक टालेन्ट निखुर सुन लिए।
EXO 37:25 तिनले धूप बाल्नलाई बबुल काठको एउटा वेदी बनाए। त्यो वर्गाकार थियो; जसको लम्बाइ एक क्यूबिट, चौडाइ एक क्यूबिट र उचाइ दुई क्यूबिट थियो। त्यसका सिङहरू पनि एउटै टुक्राबाट बनेका थिए।
EXO 37:26 तिनले त्यसका टुप्पो र सबै भित्ताहरू र सिङहरूलाई निखुर सुनले मोहोरे; अनि त्यसको चारैतिर सुनको बिट बनाए।
EXO 37:27 त्यसलाई बोक्नका निम्ति तिनले त्यसको बिटमुनि र त्यसको दुई विपरीत भागमा डण्डाहरू बस्‍ने घरका निम्ति सुनका दुई वटा मुन्द्राहरू बनाए।
EXO 37:28 तिनले बबुल काठका डण्डाहरू बनाए र त्यसलाई सुनले मोहोरे।
EXO 37:29 तिनले अभिषेक गर्ने पवित्र तेल र अत्तर बनाउनेले झैँ सुगन्धित शुद्ध धूप पनि बनाए।
EXO 38:1 बजलेलले होमबलिको निम्ति बबुल काठको वेदी बनाए। त्यो वर्गाकार थियो; त्यसको लम्बाइ पाँच क्यूबिट, चौडाइ पाँच क्यूबिट र उचाइ तीन क्यूबिट थियो।
EXO 38:2 तिनले त्यसका चार कुनामा सिङहरू बनाए; ती सिङहरू र वेदी एउटै टुक्राबाट बनेका थिए; अनि वेदीलाई काँसोले मोहोरे।
EXO 38:3 तिनले वेदीका सबै सरसामानहरू, भाँडाहरू, बेल्चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्ने भाँडाहरू काँसोका बनाए।
EXO 38:4 तब तिनले वेदीको निम्ति एउटा काँसोको जाली बनाए, जुन वेदीको तलबाट आधा भागसम्म आउँदथ्यो।
EXO 38:5 डण्डाहरू राख्नका निम्ति तिनले काँसोका चार वटा मुन्द्राहरू बनाएर चारै कुनामा राखे।
EXO 38:6 बबुल काठका डण्डाहरू बनाए, र तिनलाई तिनले काँसोले मोहोरे।
EXO 38:7 तिनले ती डण्डाहरूलाई वेदी बोक्नका निम्ति त्यसका दुवै तर्फका किनारका मुन्द्राहरूमा हाले। फल्याकहरूबाट तिनले त्यस वेदीलाई खोक्रो बनाए।
EXO 38:8 तिनले समागम पालको ढोकामा सेवा गर्ने स्त्रीहरूका ऐनाबाट काँसोका धुने बाटा र आसन बनाए।
EXO 38:9 त्यसपछि तिनले आँगन बनाए। त्यसको दक्षिण भागपट्टिको लम्बाइ एक सय क्यूबिट र पर्दाचाहिँ मसिनो गरी बाटेको सुती कपडाको थियो।
EXO 38:10 त्यसका खाँबाहरू बीस वटा र काँसाका आधारहरू पनि बीस वटा नै थिए; खाँबोका अङ्कुसेहरू र फित्ताहरू चाँदीका थिए।
EXO 38:11 आँगनको उत्तरपट्टिको निम्ति एक सय क्यूबिट लामा पर्दाहरू र बीस वटा खाँबाहरू, र काँसोका आधारहरू पनि बीस वटा नै थिए। त्यसका अङ्कुसेहरू र फित्ताहरू चाँदीका थिए।
EXO 38:12 पश्‍चिमपट्टि पचास क्यूबिट चौडा पर्दाहरू थिए; त्यसका खाँबाहरू र आधारहरू पनि दश-दश वटा थिए। खम्बाहरूका अङ्कुसे र फित्ताहरू चाँदीका थिए।
EXO 38:13 पूर्व वा सूर्योदयतर्फ पनि पचास क्यूबिट चौडा थियो।
EXO 38:14 मूलढोकाको एकापट्टिका पर्दाहरू पन्ध्र क्यूबिट लामा थिए; जसका तीन वटा खाँबाहरू र तीन वटा आधारहरू थिए।
EXO 38:15 आँगनको मूलढोकाको अर्कापट्टि पन्ध्र क्यूबिट लामा पर्दाहरू थिए; तीन वटा खाँबाहरू र तीन वटा आधारहरू थिए।
EXO 38:16 आँगनका चारैपट्टिका सबै पर्दाहरू मसिनो गरी बाटिएका सुती कपडाका थिए।
EXO 38:17 खाँबाका आधारहरू काँसोका थिए। यसका अङ्कुसेहरू र फित्ताहरूचाहिँ चाँदीले बनाइएका र टुप्पाहरू चाँदीले नै मोहोरिएका थिए। आँगनका सबै खाँबाहरूमा चाँदीका फित्ताहरू थिए।
EXO 38:18 आँगनको मूलढोकाको पर्दामा बुट्टा हाल्नेको काम, जसलाई निलो, बैजनी र रातो रङ्गको मसिनो सुतीले बुनेको कपडाले बनाइएको थियो। यसको लम्बाइ बीस क्यूबिट र आँगनको पर्दाझैँ पाँच क्यूबिट उचाइ थियो।
EXO 38:19 त्यसका खाँबाहरू चार वटा र काँसोका आधारहरू चार वटा थिए। त्यसका अङ्कुसेहरू र फित्ताहरू चाँदीले बनेका थिए; अनि टुप्पाहरू चाँदीले मोहोरिएका थिए।
EXO 38:20 समागम पाल र चारैतिर आँगनका किलाहरू काँसाका थिए।
EXO 38:21 मोशाका आज्ञाअनुसार पुजारी हारूनका छोरा ईतामारद्वारा लेवीहरूले समागम पाल, करारको पाल, जुनचाहिँ समागम पाल हो, बनाउनका निम्ति प्रयोग गरेका सरसामानहरूको वर्णन यही हो:
EXO 38:22 (यहूदा कुलका हूरका नाति, ऊरीका छोरा बजलेलले याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै कुराहरू बनाए।
EXO 38:23 उनको साथमा दान कुलका अहीसामाकका छोरा ओहोलीआब थिए। तिनी एक शिल्पकार तथा चित्रहरू बनाउने र निलो, बैजनी, रातो रङ्गका धागो र मसिनो सुती कपडामा बुट्टा भर्ने काममा निपूर्ण थिए।)
EXO 38:24 पवित्र वासस्थान बनाउन विशेष भेटीको रूपमा अर्पण भएका सबै भेटीको सुन पवित्र वासस्थानको सेकेलको हिसाबअनुसार 29 टालेन्ट र 730 सेकेल थियो।
EXO 38:25 सारा समुदायमा गणना भएको मानिसहरूका चाँदी पवित्र वासस्थानको हिसाबअनुसार 100 टालेन्ट र 1,775 सेकेल थियो।
EXO 38:26 बीस वर्ष र त्यसभन्दा बढी उमेर समूहका 6,03,550 पुरुषहरूमध्ये प्रत्येकबाट पवित्र वासस्थानको शेकेलको हिसाबले आधा सेकेल थियो।
EXO 38:27 100 टालेन्ट चाँदी पवित्र वासस्थान र पर्दाको आधारहरू ढाल्न प्रयोग भयो; सबै आधारहरूमा 100 टालेन्ट थियो—प्रत्येक आधारका निम्ति एक टालेन्ट।
EXO 38:28 तिनले चाँदीका 1,775 सेकेललाई खाँबोका निम्ति अङ्कुसेहरू बनाउन र तिनका टुप्पाहरू मोहोर्न फित्ताहरू बनाए र प्रयोग गरे।
EXO 38:29 विशेष भेटीको रूपमा अर्पण गरिएका काँसोका भेटी 70 टालेन्ट र 2,400 सेकेल थियो।
EXO 38:30 ती काँसोबाट तिनले भेट हुने पालका ढोकाका आधारहरू, काँसोका वेदी, जाली र त्यसका सबै सरसामानहरू बनाए।
EXO 38:31 आँगनका चारैपट्टिका आधारहरू, मूलढोकाका आधारहरू, समागम पालका र आँगनका चारैतिरका सबै किलाहरू बनाए।
EXO 39:1 तिनीहरूले पवित्रस्थानका सेवाका निम्ति निलो, बैजनी र रातो धागोले बुनेका पोशाकहरू बनाए। याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले हारूनका निम्ति पनि पवित्र पोशाकहरू बनाए।
EXO 39:2 तिनीहरूले एपोदचाहिँ सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाको बनाए।
EXO 39:3 तिनीहरूले सुनलाई पिटेर पातलो पाताबाट स-साना डोरीहरू बनाए; अनि त्यसलाई निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो सुती कपडामा जडे, जुनचाहिँ निपूर्ण कारिगरको हातको काम थियो।
EXO 39:4 एपोदका निम्ति तिनीहरूले दुई वटा काँधे-जोर्नीहरू बनाए; अनि त्यसलाई बाँध्नका निम्ति त्यसका छेउमा लगाइदिए।
EXO 39:5 याहवेहले मोशालाई आज्ञा गर्नुभएबमोजिम सिपालु गरी बुनेको पटुका एपोदसँग एकै प्रकारका सामग्रीहरूबाट बनिएको थियो: सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाको थियो।
EXO 39:6 तिनीहरूले आनिक्स पत्थरहरू सुनका मणिघरहरूमा जडे, र छापमा झैँ इस्राएलका छोराहरूका नाम त्यसमा खोपे।
EXO 39:7 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले ती पत्थरहरू सम्झनाका निम्ति इस्राएलका छोराहरूका एपोदका काँधे-जोर्नीहरूमा लगाए।
EXO 39:8 सिपले निपूर्ण मानिसलेझैँ तिनीहरूले छाती-पाता बनाए। सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाबाट तिनीहरूले त्यो एपोदजस्तै बनाए।
EXO 39:9 त्यो वर्गाकार, एक बित्ता लामो र एक बित्ता चौडा, अनि दोबारेर पट्ट्याइएको थियो।
EXO 39:10 तब तिनीहरूले त्यसका चार पङ्‌क्तिमा बहुमूल्य पत्थरहरू जडे। पहिलो पङ्‌क्तिमा माणिक, पुष्पराज र पन्‍ना;
EXO 39:11 दोस्रो पङ्‌क्तिमा फिरोजा, नीलमणि र हीरा;
EXO 39:12 तेस्रो पङ्‌क्तिमा धूम्रकान्त, सूर्यकान्त र नीलमणि;
EXO 39:13 अनि चौथो पङ्‌क्तिमा फिरोज, गोमेद र स्फटिक थिए। ती सुनको मणिघरहरूमा जडिएका थिए।
EXO 39:14 बाह्र पत्थरहरूमा इस्राएलका बाह्र कुलहरू जनाउन प्रत्येकमा छापमा खोपेझैँ एक-एक गरी इस्राएलका छोराहरूका नाम थिए।
EXO 39:15 छाती-पाताको निम्ति तिनीहरूले डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए।
EXO 39:16 तिनीहरूले सुनका दुई वटा मणिघरहरू र दुई वटा मुन्द्राहरू बनाए; अनि ती दुवै मुन्द्राहरूलाई छाती-पाताको दुई कुनामा लगाए।
EXO 39:17 तिनीहरूले बनाएका ती सुनका दुई सिक्रीहरूलाई छाती-पाताको कुनामा भएका मुन्द्राहरूमा लगाए,
EXO 39:18 अनि सिक्रीका अरू छेउहरूलाई अगिल्तिर भएको एपोदका काँधे-जोर्नीहरूका अगाडिपट्टि मिलाएर दुवैलाई सुनका मणिघरहरूमा लगाए।
EXO 39:19 तिनीहरूले सुनका दुई वटा मुन्‍द्रा बनाएर छाती-पाताको अर्को दुई किनारमा एपोदको भित्री भागमा लगाए।
EXO 39:20 तब तिनीहरूले सुनका अरू दुई वटा मुन्द्राहरू बनाए, र दुवै काँधे-जोर्नीहरूका मुनि एपोदको अगाडिपट्टि पटुकाको ठिक माथि सिउनीनिर लगाए।
EXO 39:21 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले छाती-पाताका मुन्द्राहरूलाई निलो धागोले बाँधे, ताकि त्यो एपोदबाट सर्न नसकोस्।
EXO 39:22 तिनीहरूले एपोदको अलखा सबै निलो रङ्गले बुनेको कपडाको बनाए।
EXO 39:23 त्यसको बीचमा कठालोको प्वालजस्तो अलखाको प्वाल बनाए, र वरिपरि बिट बुनिदिए, ताकि त्यो नफाटोस्।
EXO 39:24 त्यसको तल्‍लो फेरोमा तिनीहरूले निलो, बैजनी, र रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको दारिमहरू बनाए।
EXO 39:25 तिनीहरूले निखुर सुनका घण्टीहरू बनाए, र ती अलखाको फेरोको वरिपरि र दारिमहरूको बीचमा लगाए।
EXO 39:26 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले सेवा गर्दा लगाउनका निम्ति ती सुनका घण्टीहरू अलखाको फेरो र दारिमहरूको वरिपरि लगाए।
EXO 39:27 तिनीहरूले हारून र तिनका छोराहरूका निम्ति मसिनो सुती कपडाका लवेदाहरू
EXO 39:28 अनि मसिनो सुती कपडाका फेटा, टोपीहरू र सुती कपडाकै भित्री वस्त्रहरू पनि बनाए।
EXO 39:29 त्यसै गरी याहवेहले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले शिल्पकारीले झैँ मसिनो गरी बाटेको सुतीको कपडा, निलो, बैजनी र रातो रङ्गको बुट्टेदार भएको पटुका बनाए।
EXO 39:30 तिनीहरूले पाता, अर्थात् निखुर सुनले पवित्र मुकुट बनाए, र छापको खोपझैँ यी कुरा खोपे: याहवेहका निम्ति पवित्र।
EXO 39:31 तब याहवेहले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले त्यस पातालाई निलो डोरीले फेटामा लगाउनलाई बाँधे।
EXO 39:32 यसरी भेट हुने पाल, अर्थात् समागम पालको सम्पूर्ण कार्य सकियो। याहवेहले मोशालाई जस्तो आज्ञा गर्नुभएको थियो, त्यस्तै इस्राएलीहरूले गरे।
EXO 39:33 तब तिनीहरूले मोशाकहाँ समागम पाल ल्याए: पाल र त्यसका सबै सरसामानहरू, त्यसका अङ्कुसेहरू, फल्याकहरू, तेर्सो बारहरू, खाँबाहरू र आधारहरू;
EXO 39:34 रातो रङ्गले रङ्गाएका भेडाका छालाहरू र पर्दाहरू ढाक्नका निम्ति सीलका छालाहरू, छेक्ने पर्दा;
EXO 39:35 करारको सन्दुक, त्यसका डण्डाहरू र पाप समाधान-स्थान;
EXO 39:36 टेबुल र त्यसका सबै सरसामानहरू र उपस्थितिको रोटी;
EXO 39:37 निखुर सुनको सामदान, त्यसका दियाहरू, सबै सरसामानहरू अनि प्रकाशको निम्ति जैतुनको तेल;
EXO 39:38 सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्धित धूप र पालको ढोकाको निम्ति पर्दा;
EXO 39:39 काँसोका वेदी, त्यसको जाली, डण्डाहरू र सबै सामानहरू; हात धुने बाटा र त्यसका आसन;
EXO 39:40 आँगनका पर्दाहरू, त्यसका खाँबाहरू, त्यसका आधारहरू र आँगनको ढोकाको निम्ति पर्दाहरू; आँगनका निम्ति डोरीहरू र किलाहरू; समागम पालको भेट हुने पालको निम्ति सबै सरसामानहरू;
EXO 39:41 अनि पवित्रस्थानमा सेवाको निम्ति बुनिएका पोशाकहरू, पुजारी हारूनका निम्ति पवित्र पोशाकहरू र पुजारीकै पदमा रही सेवा गर्नका निम्ति हारूनका छोराहरूका पोशाकहरू।
EXO 39:42 याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूले सबै काम गरे।
EXO 39:43 मोशाले सबै काम हेरे; अनि ती काम याहवेहले आज्ञा गर्नुभएअनुसार थिए। त्यसकारण मोशाले तिनीहरूलाई आशिष् दिए।
EXO 40:1 तब याहवेहले मोशालाई भन्‍नुभयो:
EXO 40:2 “महिनाको पहिलो दिन समागम पालको भेट हुने पाल खडा गर्नू।
EXO 40:3 त्यसमा करारको सन्दुक राखेर त्यसलाई पर्दाले ढाक्नू।
EXO 40:4 टेबुल भित्र ल्याउनू र त्यसका सबै सरसामानहरू त्यसमाथि राख्नू। त्यसपछि सामदान भित्र ल्याउनू र दियाहरू मिलाउनू।
EXO 40:5 करारको सन्दुकको अगाडिपट्टि धूपको निम्ति सुनको वेदी राख्नू; अनि समागम पालको ढोकामा पर्दा लगाउनू।
EXO 40:6 “समागम पालको भेट हुने पाल अगाडिपट्टि होमबलिको वेदी राख्नू।
EXO 40:7 भेट हुने पाल र वेदीको बीचमा बाटामा पानी भरेर राख्नू।
EXO 40:8 यसको वरिपरि आँगन बनाउनू, र यसको ढोकामा पर्दा लगाउनू।
EXO 40:9 “अभिषेक गर्ने तेलले समागम पाल र त्यहाँ भएका सबै सरसामानहरूलाई अभिषेक गर्नू, त्यसलाई र त्यसका सबै सरसामानहरूलाई नै शुद्ध गर्नू, र त्यो पवित्र हुनेछ।
EXO 40:10 त्यसपछि होमबलिको वेदी र त्यसको सबै सरसामानहरूलाई अभिषेक गर्नू, र त्यो महा-पवित्र हुनेछ।
EXO 40:11 पानीको बाटा र त्यसको खुट्टालाई अभिषेक गरी शुद्ध गर्नू।
EXO 40:12 “हारून र तिनका छोराहरूलाई भेट हुने पालको ढोकामा ल्याउनू, र तिनीहरूलाई पानीले धुनू।
EXO 40:13 अनि हारूनलाई पवित्र पोशाक पहिर्‍याएर अभिषेक गर्नू र शुद्ध गर्नू; ताकि त्यसले पुजारी भई मेरो सेवा गरोस्।
EXO 40:14 त्यसका छोराहरूलाई ल्याउनू, र लबेदा पहिर्‍याइदिनू।
EXO 40:15 तिनीहरूका पितालाई अभिषेक गरेजस्तै तैँले तिनीहरूलाई पनि अभिषेक गर्नू, ताकि तिनीहरूले पुजारी भई मेरो सेवा गरून्। अनि तिनीहरूको अभिषेक एक पुजारी भई तिनीहरूका पुस्तामा निरन्तर रहनेछ।”
EXO 40:16 याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार नै तिनले त्यो गरे।
EXO 40:17 यसरी दोस्रो वर्षको पहिलो महिनाको, पहिलो दिनमा समागम पाल खडा गरियो।
EXO 40:18 जब मोशाले समागम पाल खडा गरे, तिनले त्यसका आधारहरू र फल्याकहरू खडा गरी बारहरू लगाए, र त्यसका खाँबाहरू गाडे।
EXO 40:19 त्यसपछि याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनले समागम पालमाथि पाल फैलाएर त्यसको माथिपट्टि छत लगाए।
EXO 40:20 तिनले साक्षी पाटी ल्याई त्यसलाई सन्दुकभित्र राखे, र त्यसमा डण्डाहरू राखे, र सन्दुकमाथि पाप समाधान-स्थान राखे।
EXO 40:21 त्यसपछि तिनले त्यो सन्दुकलाई समागम पालभित्र ल्याए, र त्यसलाई पर्दाले ढाकिदिए; जस्तो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।
EXO 40:22 मोशाले भेट हुने पालमा समागम पालको उत्तरपट्टिको पर्दाको बाहिरपट्टि टेबुल राखे।
EXO 40:23 याहवेहले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले याहवेहको सामु टेबुलमा रोटी सजाएर राखे।
EXO 40:24 मोशाले भेट हुने पालभित्र समागम पालको दक्षिणतर्फको भागमा टेबुलको विपरीत सामदान राखे;
EXO 40:25 अनि याहवेहले आज्ञा गर्नुभएअनुसार तिनले याहवेहको सामु दियाहरू बाले।
EXO 40:26 भेट हुने पालको पर्दाको सामु मोशाले सुनको वेदी बनाए;
EXO 40:27 अनि याहवेहले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले सुगन्धित धूप बाले।
EXO 40:28 त्यसपछि तिनले समागम पालको ढोकामा पर्दा लगाए।
EXO 40:29 याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनले समागम पालको भेट हुने पालको ढोकाको नजिक वेदी बनाएर होमबलि र अन्‍नबलि चढाए।
EXO 40:30 तिनले समागम पाल र वेदीको बीचमा बाटा राखेर धुनलाई त्यसमा पानी भरे।
EXO 40:31 अनि मोशा, हारून र तिनका छोराहरूले त्यसबाट आ-आफ्ना हातहरू र खुट्टाहरू धोए।
EXO 40:32 तिनीहरू जहिले-जहिले भेट हुने पाल, अर्थात् वेदीको नजिक आउँथे, तब तिनीहरूले आ-आफ्ना हातहरू र खुट्टाहरू धुने गर्दथे; जस्तो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।
EXO 40:33 त्यसपछि मोशाले याहवेहले आज्ञा गर्नुभएअनुसार वेदी खडा गरे र आँगनको ढोकामा पर्दा लगाए। यसरी मोशाले काम सिद्ध्याए।
EXO 40:34 तब भेट हुने पाललाई बादलले ढाक्यो, र समागम पाल याहवेहको महिमाले भरियो।
EXO 40:35 मोशाचाहिँ भेट हुने पालभित्र पस्‍न सकेनन्; किनकि बादल त्यसमाथि बसिरह्‍यो र याहवेहको महिमाले समागम पाल भरियो।
EXO 40:36 इस्राएलीहरूका सबै यात्राभरि जहिले-जहिले त्यो बादल समागम पालबाट उठ्थ्यो, तब तिनीहरू अगाडि बढ्थे;
EXO 40:37 तर यदि बादल उठेर गएन भने नउठेको त्यस दिनसम्म तिनीहरू हिँड्दैनथे।
EXO 40:38 यसरी सारा इस्राएलीहरूले तिनीहरूका सबै यात्राभरि समागम पालमाथि दिनमा याहवेहको बादल र राति बादलमा आगो देख्थे।
LEV 1:1 याहवेहले मोशालाई बोलाउनुभयो, र समागम पालबाट तिनीसित कुरा गर्नुभयो। उहाँले भन्‍नुभयो,
LEV 1:2 “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरूमध्ये कसैले याहवेहका निम्ति पशु भेटीको रूपमा ल्याउँदा तिमीहरूको भेटी गाईबस्तुका बथान अथवा भेडाबाख्राका बगालबाट ल्याउनू।
LEV 1:3 “ ‘यदि त्यस बथानबाट होमबलि हो भने त्यसले निष्खोट नर पशु चढाओस्। त्यसले त्यो समागम पालको प्रवेशद्वारमा ल्याओस्, र त्यो याहवेहका निम्ति ग्रहणयोग्य हुनेछ।
LEV 1:4 त्यसले त्यस होमबलिको शिरमाथि आफ्नो हात राखोस्; र त्यो त्यसको प्रायश्‍चितका लागि त्यसको पक्षमा ग्रहणयोग्य हुनेछ।
LEV 1:5 त्यसले त्यस बाछालाई याहवेहको सामु मारोस्। अनि हारूनका पुजारी छोराहरूले रगत ल्याएर त्यसलाई समागम पालको प्रवेशद्वारमा वेदीको सबैतिर भित्तामा छर्कून्।
LEV 1:6 त्यसले होमबलिको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा पारोस्।
LEV 1:7 पुजारी हारूनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो लगाऊन्।
LEV 1:8 त्यसपछि हारूनका पुजारी छोराहरूले टाउको र बोसोसमेत ती टुक्राहरूलाई वेदीमा जलिरहेका दाउरामाथि मिलाऊन्।
LEV 1:9 त्यस मानिसले भित्री भागहरू र खुट्टाहरू पानीले धोओस्; अनि पुजारीले ती सबै वेदीमाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्‍नाको अग्निबलि हो।
LEV 1:10 “ ‘यदि त्यसको होमबलि भेडाबाख्राहरूबाट हो भने त्यसले निष्खोट नर पशु चढाओस्।
LEV 1:11 त्यसले वेदीको उत्तरपट्टि याहवेहको सामु त्यसलाई मारोस्; अनि हारूनका पुजारी छोराहरूले त्यसको रगत वेदीका सबै भित्ताहरूमा छर्कून्।
LEV 1:12 त्यस मानिसले यसलाई टुक्रा-टुक्रा पारोस्। अनि पुजारीले तिनीहरूलाई शिर र बोसोसमेत वेदीमाथि जलिरहेको दाउरामाथि मिलाओस्।
LEV 1:13 त्यस मानिसले भित्री भागहरू र खुट्टाहरू पानीले धोओस्; अनि पुजारीले ती सबै ल्याएर वेदीमाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्‍नाको अग्निबलि हो।
LEV 1:14 “ ‘याहवेहका निम्ति होमबलि पक्षीहरूबाटको हो भने त्यसले ढुकुर वा परेवाका बचेराहरू चढाओस्।
LEV 1:15 पुजारीले त्यसलाई वेदीमा ल्याएर शिर निमोठेर वेदीमाथि जलाओस्; र त्यसका रगत वेदीका किनारमा निथारियोस्।
LEV 1:16 त्यसले आन्द्राभुँडी र त्यसभित्र भएका सबै फोहर निकालेर वेदीको पूर्वपट्टि खरानी भएको ठाउँमा फ्याँकोस्।
LEV 1:17 त्यसले त्यसलाई नटुक्राइकन पखेटाको बीचमा चिरोस्। अनि पुजारीले त्यसलाई वेदीमाथि बलिरहेको दाउरामाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्‍नाको अग्निबलि हो।
LEV 2:1 “ ‘कसैले याहवेहका निम्ति अन्‍नबलि ल्याउँछ भने त्यसको भेटी मसिनो पिठोको होस्। त्यसले त्यसमाथि जैतुन तेल खन्याओस्, र त्यसमा धूप हालोस्।
LEV 2:2 अनि त्यसलाई हारूनका पुजारी छोराहरूकहाँ ल्याओस्। पुजारीले एक मुठी मसिनो पिठो र तेल सबै धूपसित लिएर त्यसलाई सम्झनास्वरूप वेदीमा जलाउनेछ। यो अग्निबलि हो—याहवेहलाई मनपर्ने बास्‍ना।
LEV 2:3 अन्‍नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो।
LEV 2:4 “ ‘तिमीहरूले चुलोमा पकाएको अन्‍नबलि ल्यायौ भने यो मसिनो पिठोका खमिर नमिसाइएको र तेल मिसाइएका फुरौलाहरू अथवा तेल दलेका अखमिरी बाबर होस्।
LEV 2:5 यदि तिमीहरूका अन्‍नबलि तावामा पकाएको हो भने त्यो खमिर नमिसाइएको र जैतुन तेल मिसाइएको पिठोबाट बनिएको होस्।
LEV 2:6 त्यसलाई टुक्रा-टुक्रा पारेर त्यसमाथि तेल खन्याउनू; त्यो अन्‍नबलि हो।
LEV 2:7 तिमीहरूका अन्‍नबलि ताप्केमाथि पकाएको हो भने त्यो मसिनो पिठो र जैतुन तेलबाट बनाइएको होस्।
LEV 2:8 यी कुराहरूले बनिएको अन्‍नबलि याहवेहकहाँ ल्याउनू; र त्यो पुजारीलाई दिनू, जसले त्यसलाई वेदीमा लानेछ।
LEV 2:9 त्यस पुजारीले अन्‍नबलिबाट सम्झनाको भाग निकालेर याहवेहलाई मनपर्ने बास्‍नाझैँ अग्निबलिको रूपमा वेदीमाथि जलाओस्।
LEV 2:10 अन्‍नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो।
LEV 2:11 “ ‘तिमीहरूले याहवेहकहाँ ल्याउने प्रत्येक अन्‍नबलि खमिर नहाली बनाइएको होस्। किनकि याहवेहकहाँ चढाइने अग्निबलिमा तिमीहरूले कुनै खमिर अथवा मह नजलाऊनू।
LEV 2:12 तिमीहरूले ती याहवेहकहाँ अगौटे फलका बलिको रूपमा ल्याउन सक्छौ, तर तिनीहरूलाई वेदीमा मनपर्ने बास्‍नाको रूपमा नचढाउनू।
LEV 2:13 तिमीहरूका सबै अन्‍नबलिहरूमा नुन मोल्नू। तिमीहरूका परमेश्‍वरको करारको नुनलाई तिमीहरूका अन्‍नबलिदेखि अलग नराख्नू। तिमीहरूका सबै बलिहरूमा नुन चढाउनू।
LEV 2:14 “ ‘याहवेहका निम्ति अगौटे फलहरूको अन्‍नबलि चढाउने इच्छा भएमा आफ्ना अगौटे फलहरूका अन्‍नबलिका निम्ति पिँधेका र आगोमा पिल्स्याएका ताजा अन्‍नका बालाहरू चढाउनू।
LEV 2:15 त्यसमा तेल हाल्नू र धूप राख्नू; यो अन्‍नबलि हो।
LEV 2:16 पिँधेको अन्‍न र तेल सम्झनाको भाग सबै धूपसित याहवेहका निम्ति अग्निबलिको रूपमा पुजारीले जलाओस्।
LEV 3:1 “ ‘यदि कसैले मेलबलि चढाउँछ भने, र यसको निम्ति बलि बथानबाट भाले वा पोथी पशु चढाउँछ भने त्यसले याहवेहको सामु निष्खोट पशु चढाओस्।
LEV 3:2 त्यसले आफ्नो बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई समागम पालको प्रवेशद्वारमा मारोस्। त्यसपछि हारूनका पुजारी छोराहरूले वेदीको चारैतिर रगत छर्कून्।
LEV 3:3 त्यसले मेलबलिबाट याहवेहका निम्ति अग्निबलि चढाओस्। आन्द्राभुँडी ढाक्ने बोसो र आन्द्रामाथिको बोसो सबै ल्याओस्,
LEV 3:4 कम्मरनिरका दुवै मिर्गौला र ती नजिकको बोसो, कलेजोलाई छोपेको बोसो, जसलाई मिर्गौलाहरूसितै निकाल्नु।
LEV 3:5 त्यसपछि हारूनका छोराहरूले त्यसलाई वेदीमा होमबलिमाथि बल्दैगरेको दाउरामाथि जलाओस्। यो याहवेहलाई मनपर्ने बास्‍नाको अग्निबलि हो।
LEV 3:6 “ ‘यदि त्यसले याहवेहका निम्ति बगालबाट मेलबलिको रूपमा एउटा पशु चढाउँछ भने त्यसले निष्खोट भाले वा पोथी चढाओस्।
LEV 3:7 त्यसले बलिको लागि थुमा चढाउँछ भने याहवेहको सामु यस प्रकारले चढाओस्ः
LEV 3:8 त्यसले बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई समागम पालको सामु मारोस्; हारूनका छोराहरूले त्यसको रगत वेदीका चारैतिर छर्कून्।
LEV 3:9 मेलबलिबाट त्यसले याहवेहका निम्ति अग्निबलि ल्याओस्: त्यसको बोसो, ढाडको छेउदेखि काटेको बोसे पुच्छरको सम्पूर्ण भाग, भित्री भागहरूलाई छोप्ने सबै बोसो र त्यससित जोडिएका बोसो,
LEV 3:10 कम्मरनिरको दुवै मिर्गौलासमेत त्यसका बोसो, र कलेजो छोप्ने भाग, जसलाई त्यसले मिर्गौलाहरूबाट छुट्याओस्।
LEV 3:11 पुजारीले यी सबैलाई वेदीमा अग्निबलिको रूपमा याहवेहका निम्ति जलाओस्।
LEV 3:12 “ ‘यदि त्यसको बलिचाहिँ बाख्रा हो भने त्यसले यो याहवेहको सामु चढाओस्।
LEV 3:13 त्यसले आफ्नो हात त्यसको टाउकोमाथि राखेर त्यसलाई समागम पालको सामु मारोस्। त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको चारैतिर छर्कून्।
LEV 3:14 त्यसले जे थोक चढाउँछ, त्यो भेटी याहवेहलाई अग्निबलिको रूपमा चढाओस्: भित्री अङ्गहरू र त्यससित गाँसिएका भागहरूलाई छोप्ने सबै बोसो,
LEV 3:15 कम्मरनिरको दुवै मिर्गौलासमेत त्यसका बोसो, र कलेजो छोप्ने भाग, जसलाई त्यसले मिर्गौलाहरूबाट छुट्याओस्।
LEV 3:16 पुजारीले तिनलाई अग्निबलिको रूपमा मनपर्ने बास्‍नाको रूपमा वेदीमा जलाओस्। सबै बोसो याहवेहकै हुन्।
LEV 3:17 “ ‘तिमीहरू जहाँ बसे तापनि आउने पुस्ताका लागि यो एउटा सधैँभरि रहिरहने विधि हो: तिमीहरूले कुनै बोसो अथवा रगत नखानू।’ ”
LEV 4:1 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 4:2 “इस्राएलीहरूलाई यसो भन्: ‘जब कसैले अनजानमा पाप गर्छ र याहवेहका आज्ञाअनुसार निषेध गरिएको काम गर्छ भने—
LEV 4:3 “ ‘यदि प्रधान पुजारीले पाप गर्छ र मानिसहरूमाथि दोष ल्याउँछ भने त्यसले आफूले गरेको पापका निम्ति पाप शुद्धीकरण बलिको रूपमा याहवेहकहाँ एउटा बाछा ल्याओस्।
LEV 4:4 त्यसले त्यस बाछालाई समागम पालको प्रवेशद्वारमा याहवेहको सामु प्रस्तुत गरोस्। त्यसले आफ्नो हात त्यसको शिरमाथि राखेर त्यसलाई याहवेहको सामु मारोस्।
LEV 4:5 त्यसपछि प्रधान पुजारीले बाछाको रगतबाट केही लिएर त्यसलाई समागम पालभित्र ल्याओस्।
LEV 4:6 त्यसले आफ्नो औँला रगतमा चोपेर त्यसबाट केही समागम पालको पर्दाको सामु याहवेहको अगिल्तिर सात चोटि छर्कोस्।
LEV 4:7 त्यसपछि पुजारीले केही रगत समागम पालमा याहवेहको सामु भएको सुगन्धित धूपको वेदीका सिङहरूमाथि लगाओस्। उब्रेको रगतलाई चाहिँ त्यसले समागम पालको प्रवेशद्वारमा भएको होमबलिको वेदीको फेदमा खन्याओस्।
LEV 4:8 त्यसले पाप शुद्धीकरण बलिको बाछाबाट सबै बोसो झिकोस्; भित्री भाग र त्यससित गाँसिएको भागलाई छोप्ने बोसो,
LEV 4:9 कम्मरनिर भएको बोसो, र दुवै मिर्गौलासमेत कलेजोलाई छोप्ने भागहरू त्यसले मिर्गौलाहरूसितै,
LEV 4:10 मेलबलिका निम्ति बलिदान गरिएको गोरुबाट बोसो निकालेझैँ निकालोस्। त्यसपछि पुजारीले तिनलाई होमबलिको वेदीमाथि जलाओस्।
LEV 4:11 तर त्यस बाछाको छाला, त्यसका सबै मासु, टाउको, खुट्टाहरू, भित्री भागहरू र गोबर—
LEV 4:12 अर्थात् बाछाको सबै उब्रेका भागहरू त्यसले छाउनीको बाहिर शुद्ध गरिएको ठाउँमा खरानी फ्याँक्ने ठाउँमा लैजाओस्। अनि त्यसलाई खरानीको थुप्रोमाथि दाउराको आगोमा जलाओस्।
LEV 4:13 “ ‘यदि इस्राएलीहरूका सारा समुदायले अनजानमा पाप गर्छन्, र याहवेहका आज्ञाहरूमध्ये निषेध गरिएका कुनै काम गर्छन् भने त्यो समुदाय अज्ञानी भए तापनि तिनीहरू दोषी हुन्।
LEV 4:14 जब आफूले गरेका पाप तिनीहरूलाई थाहा हुन्छ, तब समुदायले पाप शुद्धीकरण बलिस्वरूप एउटा बाछा ल्याएर समागम पालको सामु लिएर आऊन्।
LEV 4:15 समुदायका प्रधानहरूले याहवेहको सामु बाछाको शिरमाथि आफ्ना हातहरू राखेपछि त्यो बाछा याहवेहको सामु मारियोस्।
LEV 4:16 त्यसपछि प्रधान पुजारीले त्यस बाछाको केही रगत लिएर समागम पालभित्र ल्याओस्।
LEV 4:17 त्यसले आफ्नो औँला रगतमा चोपेर याहवेहको अगि पर्दाको सामु सात चोटि छर्कोस्।
LEV 4:18 त्यसले केही रगत समागम पालमा याहवेहको सामु भएको वेदीका सिङहरूमा लगाओस्। बाँकी रहेको रगत त्यसले समागम पालको प्रवेशद्वारमा भएको होमबलिको वेदीको फेदमा खन्याओस्।
LEV 4:19 त्यसले सबै बोसो त्यसबाट निकालोस् र त्यसलाई वेदीमाथि जलाओस्।
LEV 4:20 अनि त्यस बाछालाई पाप शुद्धीकरण बलिको बाछालाई गरेझैँ गरोस्। यसरी पुजारीले तिनीहरूका निम्ति प्रायश्‍चित गरून्; अनि तिनीहरूलाई क्षमा गरिनेछ।
LEV 4:21 त्यसपछि त्यसले बाछालाई छाउनीको बाहिर लैजाओस्, र त्यसलाई पहिलो बाछालाई जस्तै जलाओस्। यो समुदायका निम्ति पाप शुद्धीकरण बलि हो।
LEV 4:22 “ ‘जब कुनै अगुवाले अनजानमा पाप गर्छ, र याहवेह आफ्नो परमेश्‍वरका आज्ञाहरूमध्ये निषेध गरेको कुनै काम गर्छ, त्यो दोषी हुन्छ।
LEV 4:23 जब त्यसले गरेको पाप त्यसलाई प्रकट गराइन्छ, तब त्यसले बलिको रूपमा एउटा निष्खोट बोका ल्याउनुपर्छ।
LEV 4:24 त्यसले बोकाको शिरमाथि आफ्नो हात राखोस्, र त्यसलाई याहवेहको सामु होमबलि मारिने ठाउँमा मार्नुपर्छ। यो पाप शुद्धीकरण बलि हो।
LEV 4:25 त्यसपछि पुजारीले पाप शुद्धीकरण बलिको रगतबाट आफ्नो औँलाले केही लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस् र बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्।
LEV 4:26 त्यसले सबै बोसो आफूले मेलबलिलाई गरेझैँ वेदीमाथि जलाओस्। यसरी पुजारीले त्यस मानिसको पापको प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।
LEV 4:27 “ ‘समुदायको कसैले अनजानमा पाप गर्छ, र याहवेहका आज्ञाहरूमध्ये निषेध गरेको कुनै काम गर्छ भने त्यो दोषी हुन्छ।
LEV 4:28 जब त्यसलाई आफूले गरेको पाप प्रकट गराइन्छ, तब त्यसले आफ्नो पापका निम्ति बलिस्वरूप एउटा निष्खोट पाठी ल्याओस्।
LEV 4:29 त्यसले त्यस पाप शुद्धीकरण बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई होमबलि चढाउने ठाउँमा मारोस्।
LEV 4:30 त्यसपछि पुजारीले आफ्नो औँलाले त्यसबाट केही रगत लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्, र बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्।
LEV 4:31 मेलबलिबाट बोसो निकालेझैँ त्यसले सबै बोसो झिकोस्। अनि पुजारीले त्यसलाई याहवेहलाई मनपर्ने बास्‍नाको रूपमा वेदीमाथि जलाओस्। यसरी पुजारीले त्यसका निम्ति प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।
LEV 4:32 “ ‘यदि त्यसले आफ्नो पाप शुद्धीकरण बलिको रूपमा एउटा भेडाको पाठी ल्याउँछ भने त्यसले निष्खोट पाठी ल्याओस्।
LEV 4:33 त्यसको शिरमाथि त्यसले आफ्नो हात राखोस् र त्यसलाई पाप शुद्धीकरण बलिको रूपमा होमबलि मारिने ठाउँमा मारोस्।
LEV 4:34 त्यसपछि पुजारीले आफ्नो औँलाले पाप शुद्धीकरण बलिको रगतबाट केही लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्। अनि बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्।
LEV 4:35 मेलबलिको भेडाको पाठोबाट बोसो निकालेझैँ त्यसले सबै बोसो झिकोस्। अनि पुजारीले त्यसलाई याहवेहलाई होमबलिको रूपमा चढाइने बलिको रूपमा वेदीमाथिको टुप्पोमा जलाओस्। यस किसिमले पुजारीले त्यसको लागि त्यसले गरेको पापको प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।
LEV 5:1 “ ‘यदि कुनै व्यक्तिले यस्तो किसिमको पाप गर्‍यो, कि साक्षी भईकन पनि आफूले देखेको र जानेको विषयमा जनसाधारण अगि बोल्नुपर्दा पनि त्यस मानिसले केही बोलेन भने त्यो त्यसको लागि जिम्मेवार ठहराइनेछ।
LEV 5:2 “ ‘यदि कसैले कुनै अशुद्ध कुरा—वन पशु, गाईबस्तुका वा जमिनमा हिँड्‍डुल गर्ने जन्तुहरूका लास आफ्नो अज्ञानतामा छोयो भने त्यो विधिपूर्वक अशुद्ध हुँदछ र त्यो दोषी ठहरिनेछ।
LEV 5:3 अथवा त्यसले अशुद्ध मानिसलाई छोयो (त्यसलाई अशुद्ध तुल्याउने कुनै पनि कुरा आफ्नो अज्ञानतामै छोयो) भने, र त्यसलाई त्यो थाहा भयो भने त्यो दोषी ठहरिनेछ।
LEV 5:4 अथवा कसैले असल वा खराब केही गर्छु भनेर सोचविचारै नगरी शपथ खायो वा असावधानी भएर कुनै कुरामा शपथ खायो भने, र त्यसलाई त्यसको बारेमा ज्ञानै भएन, तर पनि जब त्यसले त्यो कुरालाई महसुस गर्छ, तब त्यो दोषी ठहरिनेछ।
LEV 5:5 यीमध्ये कुनै कुरामा कोही दोषी छ भने त्यसले कुन कुरामा पाप गरेको छ, त्यो पाप स्वीकार गर्नुपर्छ।
LEV 5:6 अनि त्यसले गरेको पापका दण्डस्वरूप याहवेहकहाँ बगालबाट पाप शुद्धीकरण बलिका लागि भेडाको पाठी वा बाख्राको पाठी ल्याओस्। अनि पुजारीले त्यसले गरेको पापको लागि त्यसका निम्ति प्रायश्‍चित गर्नेछ।
LEV 5:7 “ ‘यदि त्यो थुमा ल्याउन आर्थिक रूपमा असक्षम छ भने कलिला दुई वटा ढुकुर वा परेवाहरू याहवेहको सामु ल्याओस्—एउटा पाप शुद्धीकरण बलिका निम्ति र अर्को होमबलिका निम्ति।
LEV 5:8 त्यसले ती पुजारीकहाँ ल्याओस्, जसले पहिला एउटालाई पाप शुद्धीकरण बलिका निम्ति चढाउनेछ। त्यसले त्यसको शिरलाई नचुँडाइकन घाँटी निमोठोस्,
LEV 5:9 अनि त्यसको केही रगत पाप शुद्धीकरण बलिको रूपमा वेदीको छेउमा छर्कोस्। बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। यो पाप शुद्धीकरण बलि हो।
LEV 5:10 त्यसपछि पुजारीले अर्कोलाई चाहिँ होमबलिस्वरूप तोकिएको विधिअनुसार चढाओस्। अनि त्यसले गरेको पापको लागि त्यसका निम्ति प्रायश्‍चित गरोस्, र त्यसले क्षमा पाउनेछ।
LEV 5:11 “ ‘तर त्यो दुई वटा कलिला ढुकुर वा परेवा ल्याउन पनि आर्थिक रूपमा असक्षम छ भने त्यसले आफ्नो पापका लागि पाप शुद्धीकरण बलिस्वरूप एपाको दशौँ भाग मसिनो पिठो ल्याओस्। त्यो पाप शुद्धीकरण बलि भएको हुनाले त्यसले त्यसमा जैतुनको तेल र धूप नराखोस्।
LEV 5:12 त्यसले त्यो पुजारीकहाँ ल्याओस्, जसले त्यसबाट सम्झनाको भागका निम्ति एक मुठी लिएर याहवेहका निम्ति अग्निबलिको वेदीमाथि जलाओस्। यो पाप शुद्धीकरण बलि हो।
LEV 5:13 यस किसिमले पुजारीले त्यसका निम्ति यी पापहरूमध्ये कुनै पनि पापको लागि प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। यसको बाँकी भाग अन्‍नबलिको समान पुजारीको हुनेछ।’ ”
LEV 5:14 फेरि याहवेहले मोशालाई भन्‍नुभयो:
LEV 5:15 “जब कसैले आज्ञा उल्‍लङ्घन गरेर अनजानमा याहवेहका पवित्र कुराहरूमा पाप गर्छ, त्यसले याहवेहकहाँ पवित्रस्थानको शेकेलअनुसार चाँदीको उचित मूल्य बराबरको एउटा निष्खोट भेडा आफ्नो बगालबाट दण्डस्वरूप ल्याओस्; यो दोषबलि हो।
LEV 5:16 त्यसले पवित्र चीजहरूको विषयमा जुन कुरा पूरा गर्न सकेन, त्यसको निम्ति त्यसले हर्जाना तिरोस्। त्यसले त्यस मूल्यमा यसको पाँचौँ भाग थपेर पुजारीलाई देओस्, जसले दोषबलिको रूपमा भेडा लिएर त्यसका निम्ति प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।
LEV 5:17 “यदि कसैले पाप गर्छ, र याहवेहका आज्ञाहरूमध्ये कुनै पनि निषेध गरेको काम अनजानमा गर्छ भने त्यो दोषी हो, र त्यो दण्डको योग्य ठहरिनेछ।
LEV 5:18 त्यसले दोषबलिस्वरूप आफ्नो बगालबाट निष्खोट र उचित मूल्यको एउटा बोका पुजारीकहाँ ल्याओस्। यस प्रकार त्यसले अनजानमा गरेको अपराधका लागि पुजारीले प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।
LEV 5:19 यो दोषबलि हो, त्यसले याहवेहको विरुद्धमा गरेको अपराधको त्यो दोषी छ।”
LEV 6:1 याहवेहले मोशालाई भन्‍नुभयो:
LEV 6:2 “यदि कसैले छिमेकीले सुम्पेको केही सामान त्यसलाई अथवा त्यसको जिम्मामा राखेको कुनै सामान चोरी भएको छ भने वा आफ्नो छिमेकीलाई ठगेर पाप गर्छ भने, र याहवेहप्रति विश्‍वासघाती बन्छ भने,
LEV 6:3 अथवा त्यसले कुनै हराएको सम्पत्ति पाएर त्यस विषयमा झूटो बोल्छ, अथवा झूटो शपथ खान्छ भने, अथवा मानिसहरूले गर्नेजस्ता पाप गर्छ भने;
LEV 6:4 जब त्यसले यसरी पाप गर्छ, र त्यो दोषी भएको आभास गर्छ; त्यसले चोरेको अथवा लुटेको सामान अथवा त्यसलाई सुम्पेको सामान अथवा हराएको सामान त्यसले भेट्टाएको छ,
LEV 6:5 अथवा जुनसुकै कुरा, जसको बारेमा त्यसले झूटो शपथ खाएको छ; त्यसले यी सबै कुरा यिनीहरूमा पाँचौँ भाग थपेर पूरा फर्काइदिनुपर्छ। त्यसले दोषबलि चढाउने दिनमा, त्यो सामान जसको हो, उसैलाई दिनुपर्छ।
LEV 6:6 अनि दण्डस्वरूप त्यसले पुजारीकहाँ आफ्नो दोषबलि याहवेहका लागि आफ्नो बगालबाट निष्खोट र उचित मूल्यको एउटा भेडा ल्याओस्।
LEV 6:7 यसरी पुजारीले याहवेहको सामु त्यसका निम्ति प्रायश्‍चित गर्नेछ। अनि आफूलाई दोषी ठहराउने कामबाट त्यसलाई क्षमा मिल्नेछ।”
LEV 6:8 याहवेहले मोशालाई भन्‍नुभयो:
LEV 6:9 “हारून र त्यसका छोराहरूलाई यो आज्ञा दिनू: ‘होमबलिका नियमहरू यिनै हुन्: होमबलि दाउरामाथि रातभरि वेदीको आगो बल्ने स्थानमा बिहानसम्मै रहिरहोस् र वेदीमा आगो बलिरहोस्।
LEV 6:10 त्यसपछि पुजारीले आफ्ना सुतीका पोशाकहरू र भित्री सुती पोशाकहरू शरीरमा लगाओस्, र वेदीमा आगोले जलाएको होमबलिको खरानी निकालेर वेदीको छेउमा राखोस्।
LEV 6:11 तब त्यसले यी वस्त्र फुकालेर अर्को वस्त्र लगाएर छाउनीदेखि बाहिर एउटा चोखो ठाउँमा त्यो खरानी बोकेर लैजाओस्।
LEV 6:12 वेदीमाथिको आगो जलिरहोस्; र त्यो निभ्न नपाओस्। हरेक बिहान पुजारीले त्यसमा दाउरा थपेर होमबलिलाई आगोमाथि मिलाओस् र त्यसमाथि मेलबलिको बोसो जलाओस्।
LEV 6:13 वेदीमाथि आगो निरन्तर जलिरहोस्; त्यो कहिल्यै ननिभोस्।
LEV 6:14 “ ‘अन्‍नबलिका नियमहरू यिनै हुन्: हारूनका छोराहरूले त्यसलाई याहवेहको सामु वेदीको अगिल्तिर ल्याओस्।
LEV 6:15 पुजारीले एक मुठी मसिनो पिठो र केही जैतुनको तेल, र सबै धूपहरू त्यस अन्‍नबलिमाथि लिएर सम्झनाको भाग याहवेहलाई मनपर्ने बास्‍नाको रूपमा वेदीमाथि जलाओस्।
LEV 6:16 बाँकी रहेको भाग हारून र त्यसका छोराहरूले खानेछन्। तर त्यो खमिरविना पवित्रस्थानमा समागम पालको आँगनमा खाइनुपर्छ।
LEV 6:17 त्यसलाई खमिरसित पकाइनुहुँदैन। त्यो म याहवेहलाई अग्निबलिको रूपमा चढाइएका भेटीहरूबाट तिनीहरूको भागस्वरूप मैले तिनीहरूलाई दिएको छु। पाप शुद्धीकरण बलि र दोषबलिझैँ त्यो अति पवित्र छ।
LEV 6:18 हारूनका सन्ततिमध्ये कुनै पनि पुरुषले त्यो खान सक्छ। याहवेहलाई अग्निबलिको रूपमा चढाइएका बलिहरूबाट त्यो तिनीहरूका आउने पुस्ताहरूका निम्ति नियमित भाग हो। जजसले यी बलिहरूलाई छुन्छन्, तिनीहरू पवित्र हुनेछन्।’ ”
LEV 6:19 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 6:20 “हारून र तिनका छोराहरू अभिषेक भएका दिन तिनीहरूले यी भेटी याहवेहकहाँ ल्याऊन्। मसिनो पिठो एपाको दशौँ भाग नियमित अन्‍नबलिको रूपमा बिहान आधा र बेलुका आधा।
LEV 6:21 त्यसलाई तेलसँग ताप्केमा तयार पारेर राम्रो गरी मिसाएर ल्याउनू। त्यो अन्‍नबलि टुक्रा-टुक्रा गरी भाँचेर याहवेहलाई मनपर्ने बास्‍नाको रूपमा प्रस्तुत गर्नू।
LEV 6:22 जुन छोराले पछि प्रधान पुजारीको रूपमा कार्यभार सम्हाल्नेछ, त्यसैले त्यो तयार गरोस्। त्यो याहवेहको नियमित भाग हो, र त्यसलाई पूरा जलाइओस्।
LEV 6:23 पुजारीको हरेक अन्‍नबलि सबै जलाइओस्, यो खानुहुँदैन।”
LEV 6:24 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 6:25 “हारून र त्यसका छोराहरूलाई यसो भन्: ‘पाप शुद्धीकरण बलिका नियमहरू यिनै हुन्: पाप शुद्धीकरण बलिलाई होमबलि मारिएको ठाउँमा याहवेहको सामु मारियोस्, त्यो अति पवित्र हो।
LEV 6:26 जुन पुजारीले त्यो चढाउनेछ, त्यसले नै त्यो खानेछ। त्यसलाई पवित्रस्थानमा समागम पालको आँगनमा खाइयोस्।
LEV 6:27 जुन कुरोले यो मासुलाई छुन्छ, त्यो पवित्र हुनेछ। अनि रगतबाट केही छिर्का कुनै लुगामा पर्‍यो भने तिमीहरूले त्यसलाई कुनै पवित्र ठाउँमा धुनुपर्छ।
LEV 6:28 मासु पकाएको माटोको भाँडा फुटाइनुपर्छ। तर यदि त्यसलाई काँसोको भाँडामा पकाइएको हो भने त्यो भाँडालाई राम्ररी माझेर पानीमा पखाल्नुपर्छ।
LEV 6:29 पुजारीका परिवारको कुनै पनि पुरुषले त्यो खान सक्छ, त्यो अति पवित्र हो।
LEV 6:30 तर कुनै पाप शुद्धीकरण बलिको रगत पवित्र ठाउँमा प्रायश्‍चितका लागि समागम पालभित्र ल्याइयो भने त्यसलाई खानुहुँदैन। यसलाई आगोमा जलाइनुपर्छ।
LEV 7:1 “ ‘दोषबलिका नियमहरू यिनै हुन्, जो अति पवित्र छ:
LEV 7:2 दोषबलिलाई होमबलि मारिएको ठाउँमा मारियोस्। अनि त्यसको रगत वेदीको चारैतिर छर्कियोस्।
LEV 7:3 त्यसका सबै बोसो चढाइनुपर्छ। बोसे पुच्छर र भित्री भागलाई छोप्ने बोसो,
LEV 7:4 कम्मरनिरका दुवै मिर्गौला र ती नजिकको बोसो, कलेजोलाई छोपेको बोसो, जसलाई मिर्गौलाहरूसितै निकाल्नुपर्छ।
LEV 7:5 पुजारीले तिनलाई याहवेहका निम्ति अग्निबलिको रूपमा वेदीमाथि जलाऊन्, यो दोषबलि हो।
LEV 7:6 पुजारीको परिवारको कुनै पनि पुरुषले त्यो खान सक्छ। तर त्यसलाई पवित्रस्थानमा खाइयोस्; यो अति पवित्र छ।
LEV 7:7 “ ‘दोषबलिका नियमहरू पाप शुद्धीकरण बलि समान हुन्: तिनका निम्ति एउटै व्यवस्था छ। जुन पुजारीले त्यो चढाएर प्रायश्‍चित गर्छ, त्यो त्यसैको हो।
LEV 7:8 कसैका निम्ति होमबलि चढाउने पुजारीले त्यसको छाला आफ्नै निम्ति राख्न सक्छ।
LEV 7:9 चुलोमा पकाइएका अथवा ताप्के वा तावामा पकाइएका हरेक अन्‍नबलि त्यसलाई चढाउने पुजारीको हो।
LEV 7:10 जैतुन तेलसँग मिसाइएको अथवा सुक्खा हरेक अन्‍नबलि हारूनका सबै छोराहरूका निम्ति बराबर भाग हो।
LEV 7:11 “ ‘याहवेहका निम्ति चढाइने मेलबलिका नियमहरू यिनै हुन्:
LEV 7:12 “ ‘यदि यसलाई धन्यवाद दिनलाई चढाएको हो भने त्यसले आफ्नो धन्यवाद बलिको साथमा अखमिरी, जैतुन तेल मिसाएर पकाइएको बाक्लो रोटी, अखमिरी, तेल दलेर बनाइएको पातलो रोटी र मसिनो पिठो राम्रो गरी मुछेर तेल मिसाएको फुरौला चढाओस्।
LEV 7:13 त्यसले आफ्नो धन्यवादको मेलबलिसित खमिर मिसाएको बाबरको रोटी भेटी चढाओस्।
LEV 7:14 त्यसले हरेक किसिमका रोटी एक-एक गरी भेटीको रूपमा याहवेहका निम्ति स्वेच्छा भेटीस्वरूप ल्याओस्। यो मेलबलिको रगत छर्कने पुजारीको हो।
LEV 7:15 धन्यवादको मेलबलिको मासु त्यसलाई चढाइएको दिनमै खाइयोस्। त्यसले यसको केही भाग पनि बिहानसम्म नराखोस्।
LEV 7:16 “ ‘तर यदि त्यसको भेटी भाकलको अथवा स्वेच्छा-भेटी हो भने त्यो बलिदान यसलाई चढाइएकै दिन खाइयोस्। तर केही उब्रियो भने भोलिपल्ट खान सकिन्छ।
LEV 7:17 तेस्रो दिनसम्म उब्रेका बलिदानको मासु जलाइयोस्।
LEV 7:18 यदि कसैले मेलबलिको मासु उब्रेको तेस्रो दिनमा खायो भने त्यो ग्रहणयोग्य हुनेछैन। त्यो अशुद्ध भएकोले त्यसलाई चढाउनेले त्यो चढाएको मान्यता पाउनेछैन। यसलाई खाने व्यक्ति दोषी ठहरिनेछ।
LEV 7:19 “ ‘विधिपूर्वक अशुद्ध कुरालाई छोएको मासु खान हुँदैन, त्यो जलाइयोस्। अरू मासुचाहिँ विधिपूर्वक शुद्ध भएकाहरूले खान सक्छन्।
LEV 7:20 तर कुनै अशुद्ध व्यक्तिले मेलबलिबाट याहवेहको भाग खायो भने त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्।
LEV 7:21 यदि कसैले कुनै अशुद्ध कुरा छोयो भने चाहे त्यो मानिसको अशुद्धता अथवा अशुद्ध पशु वा कुनै घृणित कुरो होस्, त्यसले याहवेहका मेलबलिको भाग खायो भने त्यस व्यक्तिलाई समाजबाट बहिष्कार गरियोस्।’ ”
LEV 7:22 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 7:23 “इस्राएलीहरूलाई यसो भन्: ‘कुनै गाईबस्तु, भेडा अथवा बोकाको बोसो नखानू।
LEV 7:24 प्राकृतिक रूपमा मरेको अथवा वन पशुहरूद्वारा मारिएको पशु भेट्टाइयो भने त्यसको बोसोलाई अरू काममा लगाउन सकिन्छ। तर तिमीहरूले चाहिँ त्यो खाँदै नखानू।
LEV 7:25 जुन पशुबाट याहवेहका निम्ति अग्निबलि चढाइएको छ, त्यसको बोसो खाने व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।
LEV 7:26 तिमीहरू जहाँ बसे तापनि चराचुरुङ्गी अथवा पशुको रगत नखानू।
LEV 7:27 जुन व्यक्तिले रगत खान्छ, त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्।’ ”
LEV 7:28 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 7:29 “इस्राएलीहरूलाई यसो भन्: ‘जसले याहवेहका निम्ति मेलबलि ल्याउँछ, त्यसले यसको केही भाग याहवेहका निम्ति आफ्नो बलिदानस्वरूप ल्याओस्।
LEV 7:30 त्यसले याहवेहका निम्ति अग्निबलिको भेटी आफ्नै हातले ल्याओस्। त्यसले बोसो ह्‍याकुलोसितै ल्याओस्; अनि त्यस ह्‍याकुलोलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचालिओस्।
LEV 7:31 पुजारीले बोसो वेदीमाथि जलाओस्; तर ह्‍याकुलोचाहिँ हारून र त्यसका छोराहरूको हुनेछ।
LEV 7:32 दाहिने फिलाचाहिँ तिमीहरूले आफ्नो मेलबलिबाट स्वेच्छा भेटीको रूपमा पुजारीलाई दिनू।
LEV 7:33 हारूनको जुन छोराले मेलबलिको रगत र बोसो चढाउँछ, त्यो दाहिने फिलाको हकदार हुनेछ।
LEV 7:34 मैले इस्राएलीहरूको मेलबलिबाट विशेष भेटीको रूपमा उचालिएको ह्‍याकुला र चढाएको फिला लिएर ती हारून पुजारी र त्यसका छोराहरूलाई इस्राएलीहरूबाट नियमित भागस्वरूप दिएको छु।’ ”
LEV 7:35 याहवेहकहाँ अग्निबलिको भेटीको भाग यही हो, जुन पुजारी भई सेवा गर्नलाई हारून र त्यसका छोराहरूलाई प्रस्तुत गरिएको दिन तिनीहरूका निम्ति भाग लगाइएको थियो।
LEV 7:36 तिनीहरू अभिषेक भएको दिन याहवेहले इस्राएलीहरूलाई पुस्तौँसम्म आफ्नो नियमित भाग तिनीहरूलाई दिनू भनी आज्ञा दिनुभयो।
LEV 7:37 यसकारण होमबलि, अन्‍नबलि, पाप शुद्धीकरण बलि, दोषबलि, अर्पणबलि, भेटी र मेलबलिका नियमहरू यिनै हुन्,
LEV 7:38 जुन याहवेहले मोशालाई सीनै पर्वतमा दिनुभएको थियो; त्यही दिन सीनैको मरुभूमिमा याहवेहले इस्राएलीहरूलाई उहाँका निम्ति भेटी ल्याउने आज्ञा गर्नुभएको थियो।
LEV 8:1 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 8:2 “हारून र त्यसका छोराहरूलाई, तिनीहरूका पोशाकहरू, अभिषेक गर्ने तेल, पाप शुद्धीकरण बलिका निम्ति साँढे, दुई वटा भेडाहरू र खमिर नमिसाइएको रोटी भएका डालो लिएर आइज।
LEV 8:3 अनि सारा समुदायलाई समागम पालको प्रवेशद्वारमा भेला गर्।”
LEV 8:4 तब याहवेहले आज्ञा गर्नुभएझैँ मोशाले गरे। अनि समागम पालको प्रवेशद्वारमा समुदाय भेला भयो।
LEV 8:5 मोशाले समुदायलाई भने, “याहवेहले यसो गर्नू भन्‍ने आज्ञा दिनुभएको छ।”
LEV 8:6 तब मोशाले हारून र तिनका छोराहरूलाई अगाडि ल्याएर पानीले नुहाइदिए।
LEV 8:7 तिनले हारूनलाई अलखा लगाइदिए। पटुका बाँधिदिए, र तिनलाई लबेदा लगाएर एपोदको पोशाक पहिर्‍याइदिए। तिनले उनमा कुशल शिल्पकारद्वारा तयार गरिएको पटुकाले एपोद पनि बाँधिदिए। यसरी त्यो तिनमा कसियो।
LEV 8:8 तिनले उनीमाथि छाती-पाता लगाएर त्यसमा ऊरीम र तुम्मीम लगाइदिए।
LEV 8:9 त्यसपछि तिनले हारूनको शिरमा फेटा लगाइदिए। अनि याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले सुनको पाता र पवित्र मुकुट त्यसको सामु लगाइदिए।
LEV 8:10 त्यसपछि मोशाले अभिषेक गर्ने तेल लिएर समागम पाल र त्यसभित्र भएका प्रत्येक चीजलाई अर्पण गरे; र सबै कुराहरूलाई पवित्र गरे।
LEV 8:11 तिनले वेदी र त्यसका सबै भाँडाकुँडा, बाटा र त्यसको खम्बालाई अर्पण गर्नलाई अभिषेक गर्दै केही तेल वेदीमाथि सात चोटि छर्के।
LEV 8:12 तिनले अभिषेक गर्ने तेलबाट केही लिएर हारूनलाई पवित्र गरे, र अभिषेक गर्नका लागि तिनको शिरमाथि खन्याए।
LEV 8:13 त्यसपछि तिनले हारूनका छोराहरूलाई अगाडि ल्याएर लबेदा लगाइदिए। पटुका बाँधिदिए, र याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ तिनीहरूको शिरमा फेटा बाँधिदिए।
LEV 8:14 त्यसपछि तिनले पाप शुद्धीकरण बलिको बाछा अगाडि ल्याए। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि हात राखे।
LEV 8:15 मोशाले त्यस बाछालाई मारे। अनि केही रगत लिएर वेदीलाई शुद्ध पार्नलाई आफ्ना औँलाले वेदीका सबै सिङहरूमाथि छर्के। तिनले उब्रेको रगत वेदीको फेदमा खन्याइदिए। यसरी तिनले प्रायश्‍चित गर्नलाई वेदीलाई अर्पण गरे।
LEV 8:16 मोशाले भित्री भागका चारैतिरका बोसो, कलेजोलाई छोप्ने आवरण, दुवै मिर्गौला र बोसोसमेत लिए। अनि ती सबैलाई वेदीमाथि जलाइदिए।
LEV 8:17 तर बाछालाई त्यसको छाला, मासु र गोबरसमेत जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो, त्यसरी नै तिनले छाउनीबाहिर जलाइदिए।
LEV 8:18 त्यसपछि तिनले होमबलिको निम्ति भेडा प्रस्तुत गरे। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे।
LEV 8:19 तब मोशाले त्यस भेडालाई मारे; अनि त्यो रगत वेदीको चारैतिर भित्तामा छर्के।
LEV 8:20 मोशाले भेडालाई टुक्रा-टुक्रा पारी काटे; अनि टाउको, टुक्राहरू र बोसो जलाए।
LEV 8:21 मोशाले भित्री भागहरू र खुट्टाहरू पानीले पखाले; अनि त्यो याहवेहका निम्ति आगोद्वारा चढाइएको मिठो बास्‍नाको होमबलिस्वरूप तिनले सिङ्गै भेडा वेदीमा जलाए; जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।
LEV 8:22 त्यसपछि तिनले अर्को भेडा, अर्थात् अर्पणको भेडालाई प्रस्तुत गरे; अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे।
LEV 8:23 मोशाले भेडालाई मारे; अनि त्यसको रगतबाट केही लिएर त्यसलाई हारूनको दाहिने कानको लोतीमा, तिनको दाहिने हातको बूढी औँलामा र तिनको दाहिने खुट्टाको बूढी औँलामा लगाइदिए।
LEV 8:24 मोशाले हारूनका छोराहरूलाई पनि अगाडि ल्याए। केही रगत लिएर तिनीहरूका दाहिने कानका लोतीहरूमा, तिनीहरूका दाहिने हातका बूढी औँलाहरूमा र तिनीहरूका दाहिने खुट्टाका बूढी औँलाहरूमा लगाइदिए। त्यसपछि तिनले वेदीका चारैतिर रगत छर्किदिए।
LEV 8:25 त्यसपछि बोसो, बोसे पुच्छर, भित्री भागका वरिपरि भएका बोसो, चारैतिरका बोसो, कलेजोको आवरण, बोसोसमेतका दुवै मिर्गौला र दाहिने फिला लिए।
LEV 8:26 त्यसपछि तिनले याहवेहको सामु राखिएको खमिर नमिसाइएको रोटीको टोकरीबाट एउटा बाक्लो रोटी र जैतुन तेल मिसाएर बनाएको एउटा बाक्लो रोटी र एउटा पातलो रोटी लिएर तिनले ती बोसोको भाग र दाहिने फिलामा हाले।
LEV 8:27 तिनले ती सबै हारून र तिनका छोराहरूका हातमा राखे; अनि उनीहरूले यसलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे।
LEV 8:28 त्यसपछि मोशाले ती कुराहरू तिनीहरूका हातबाट लिएर वेदीमाथि भएको होमबलिको टुप्पोमा अर्पणबलिको भेटीस्वरूप याहवेहका निम्ति आगोद्वारा चढाइएको मनपर्ने बास्‍नाझैँ उहाँलाई चढाए।
LEV 8:29 मोशाले ह्‍याकुला लिए, जुनचाहिँ अर्पण गरिएको भेडाबाट उनको भाग थियो। अनि यसलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे; जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।
LEV 8:30 त्यसपछि मोशाले अभिषेक गर्ने तेलबाट केही तेल र वेदीबाट केही रगत लिए, र ती हारून र तिनका पोशाकहरूमाथि अनि तिनका छोराहरू र तिनीहरूका पोशाकहरूमाथि छर्के। यसरी तिनले हारूनलाई उनका पोशाकहरू, उनका छोराहरू र उनीहरूका पोशाकहरूसमेत पवित्र गरे।
LEV 8:31 त्यसपछि मोशाले हारून र उनका छोराहरूलाई भने, “समागम पालको प्रवेशद्वारमा मासु पकाएर तिमीहरूले यो खानू। मैले आज्ञा दिएझैँ तिमीहरूले त्यहाँ अर्पणबलिको डालोको रोटीसित खानू।
LEV 8:32 त्यसपछि उब्रेका मासु र रोटी त्यसलाई जलाइदिनू।
LEV 8:33 तिमीहरूको अर्पण सात दिनसम्म हुने हुनाले तिमीहरूको अर्पण समाप्‍त नहोउन्जेल समागम पालको प्रवेशद्वारलाई सात दिनसम्म नछोड्नू।
LEV 8:34 आज जे गरिएको छ, त्यो तिमीहरूको प्रायश्‍चित गर्नका लागि याहवेहले आज्ञा गर्नुभएको थियो।
LEV 8:35 तिमीहरू समागम पालको प्रवेशद्वारमा सात दिनसम्म दिउँसो र राति बस्‍नू। याहवेहले चाहेझैँ गर्नू; अनि तिमीहरू मर्नेछैनौ। किनकि मलाई यही आज्ञा भएको छ।”
LEV 8:36 यसकारण हारून र तिनका छोराहरूले याहवेहले मोशाद्वारा आज्ञा गर्नुभएझैँ सबै कार्य गरे।
LEV 9:1 आठौँ दिनमा मोशाले हारून र तिनका छोराहरू अनि इस्राएलका प्रधानहरूलाई बोलाए।
LEV 9:2 तिनले हारूनलाई भने, “आफ्नो पाप शुद्धीकरण बलिका निम्ति एउटा निष्खोट बाछा र होमबलिका निम्ति एउटा निष्खोट भेडा ल्याऊनू। अनि तिनीहरूलाई याहवेहको सामु प्रस्तुत गर्नू।
LEV 9:3 त्यसपछि इस्राएलीहरूलाई भन्‍नू: ‘पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका, होमबलिका निम्ति एउटा बाछा र एउटा थुमा ल्याउनू—दुवै एक वर्ष र निष्खोट भएको।
LEV 9:4 अनि मेलबलिका निम्ति एउटा गोरु र एउटा भेडा जैतुन तेलसँग मिसाएको अन्‍नबलिको साथमा याहवेहको सामु बलिदान गर्न ल्याउनू; किनकि आज याहवेह तिमीहरूकहाँ देखा पर्नुहुनेछ।’ ”
LEV 9:5 तिनीहरूले मोशाले आज्ञा गरेका चीजहरू समागम पालको सामु लगे। अनि सारा समुदाय नजिक आएर याहवेहको सामु उभिए।
LEV 9:6 तब मोशाले भने, “याहवेहको महिमा तिमीहरूकहाँ देखा परोस् भनेर तिमीहरूले के गर्नुपर्छ भनी याहवेहले आज्ञा दिनुभएको यही हो।”
LEV 9:7 मोशाले हारूनलाई भने, “वेदीमा आउनुहोस्, र आफ्नो पाप शुद्धीकरण बलि र होमबलि चढाउनुहोस्। अनि आफ्नो र मानिसहरूका निम्ति प्रायश्‍चित गर्नुहोस्; जुन भेटी मानिसहरूका निम्ति हो, त्यसलाई चढाउनुहोस्। अनि याहवेहले आज्ञा गर्नुभएझैँ तिनीहरूका निम्ति प्रायश्‍चित गर्नुहोस्।”
LEV 9:8 यसकारण हारून वेदीको छेउमा आए, र आफ्नै निम्ति पाप शुद्धीकरण बलिस्वरूप बाछालाई मारे।
LEV 9:9 हारूनका छोराहरूले उनीकहाँ रगत ल्याए। तिनले आफ्नो औँला रगतमा चोपेर त्यसलाई वेदीका सिङहरूमा लगाए। उब्रेको रगत तिनले वेदीको फेदमा खन्याइदिए।
LEV 9:10 वेदीमाथि तिनले पाप शुद्धीकरण बलिबाट बोसो, मिर्गौलाहरू र कलेजोको आवरण, याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ जलाए।
LEV 9:11 मासु र छाला तिनले छाउनीबाहिर आगोमा जलाए।
LEV 9:12 तब हारूनले होमबलिको लागि पशु मारे। अनि उनका छोराहरूले तिनीकहाँ रगत ल्याइदिए। तिनले त्यसलाई वेदीका चारैतिर छर्के।
LEV 9:13 हारूनका छोराहरूले तिनलाई होमबलिको टुक्राहरूका साथमा टाउकोसमेत दिए। तिनले ती वेदीमाथि जलाइदिए।
LEV 9:14 तिनले भित्री भागहरू र खुट्टाहरू धोएर वेदीमाथि भएको होमबलिको टुप्पोमा राखेर जलाइदिए।
LEV 9:15 त्यसपछि हारूनले मानिसहरूका निम्ति बलि ल्याएर तिनीहरूका पाप शुद्धीकरण बलिको बोका मारे; अनि पहिलेको जस्तै पाप शुद्धीकरण बलिका लागि त्यो चढाए।
LEV 9:16 तिनले होमबलि ल्याएर विधिपूर्वक त्यो चढाए।
LEV 9:17 त्यसपछि तिनले अन्‍नबलि पनि ल्याए। त्यसबाट एक मुठी लिएर बिहानको होमबलिसँगै त्यसलाई पनि वेदीमाथि चढाए।
LEV 9:18 तिनले मानिसहरूका निम्ति मेलबलिस्वरूप गोरु र भेडालाई मारे। हारूनका छोराहरूले तिनलाई रगत दिए। अनि तिनले त्यसलाई वेदीका चारैतिर भित्ताहरूमा छर्के।
LEV 9:19 तर गोरु र भेडाका बोसोका भागहरू, बोसे पुच्छर, बोसोको पत्र, मिर्गौलाहरू र कलेजोको आवरण;
LEV 9:20 तिनीहरूले ह्‍याकुलाहरूमाथि राखे। अनि त्यसपछि हारूनले बोसोलाई वेदीमाथि जलाइदिए।
LEV 9:21 हारूनले ह्‍याकुलाहरू र दाहिने फिला मोशाले आज्ञा दिएझैँ विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे।
LEV 9:22 तब हारूनले आफ्ना हात मानिसहरूतिर उठाएर तिनीहरूलाई आशिष् दिए। यसरी पाप शुद्धीकरण बलि, होमबलि र मेलबलि चढाएर तिनी तल ओर्ले।
LEV 9:23 त्यसपछि मोशा र हारून समागम पालभित्र गए। जब तिनीहरू बाहिर निस्के, तब तिनीहरूले मानिसहरूलाई आशिष् दिए। तब याहवेहको महिमा सबै मानिसहरूकहाँ देखा पर्‍यो।
LEV 9:24 याहवेहको उपस्थितिबाट आगो निस्केर आयो। अनि वेदीमाथि भएको होमबलि र बोसोको भागलाई भस्म पारिदियो। जब सबै मानिसहरूले त्यो देखे, तब तिनीहरू हर्षले चिच्याए, र घोप्टो परेर लोटे।
LEV 10:1 हारूनका छोराहरू नादाब र अबीहूले धुपौरो लिएर त्यसमा आगो हाले, र त्यसमाथि धूप थपे। यसरी तिनीहरूले याहवेहको आज्ञा विपरीत अनाधिकृत आगो याहवेहको सामु चढाए।
LEV 10:2 यसकारण याहवेहको उपस्थितिबाट आगो निस्केर आयो र तिनीहरूलाई भस्म पार्‍यो। अनि तिनीहरू याहवेहको सामु मरे।
LEV 10:3 तब मोशाले हारूनलाई भने, “याहवेहले भन्‍नुभएको कुरा यही हो: “ ‘मेरो नजिक आउनेहरूमा म आफूलाई पवित्र देखाउनेछु; अनि सबै मानिसहरूका सामु म सम्मानित हुनेछु।’ ” हारून चुपचाप बसे।
LEV 10:4 मोशाले हारूनका काका उज्जीएलका छोराहरू मिशाएल र एलसाफानलाई बोलाइपठाए, र तिनीहरूलाई भने, “यहाँ आओ! तिमीहरूका भाइहरूलाई बोकेर छाउनीबाहिर पवित्रस्थानको सामुबाट टाढा लैजाओ।”
LEV 10:5 यसकारण तिनीहरू आए। तिनीहरूलाई लबेदा लगाएकै अवस्थामा मोशाले हुकुम गरेझैँ छाउनीबाहिर बोकेर लगे।
LEV 10:6 त्यसपछि मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई भने, “तिमीहरूका केश खुल्‍ला नछोड्नू र आफ्ना लुगा नच्यात्नू; नत्रता तिमीहरू मर्नेछौ। अनि याहवेह सारा समुदायमाथि रिसाउनुहुनेछ। तर तिमीहरूका आफन्तहरू, इस्राएलका सारा घरानाले याहवेहले आगोद्वारा नष्‍ट गर्नुभएकाहरूका निम्ति विलाप गरून्।
LEV 10:7 समागम पालको प्रवेशद्वारबाट कतै नजानू, नत्रता तिमीहरू मर्नेछौ। किनकि याहवेहको अभिषेकको तेल तिमीहरूमाथि छ।” यसकारण तिनीहरूले मोशाले आदेश गरेझैँ गरे।
LEV 10:8 त्यसपछि याहवेहले हारूनलाई भन्‍नुभयो,
LEV 10:9 “तँ र तेरा छोराहरूले समागम पालभित्र पस्दा मद्य अथवा मातिने चीज मिसाएको कुरा नपिउनू; नत्रता तिमीहरू मर्नेछौ। यो भावी पुस्तासम्मका लागि सदा रहिरहने विधि हो।
LEV 10:10 तिमीहरूले पवित्र र अपवित्र, अशुद्ध र शुद्धको बीचमा भिन्‍नता राख्न सक।
LEV 10:11 अनि याहवेहले मोशाद्वारा दिनुभएका सबै आदेशहरू तैँले इस्राएलीहरूलाई सिकाउनुपर्छ।”
LEV 10:12 मोशाले हारून र तिनका बाँकी रहेका छोराहरू, एलाजार र ईतामारलाई भने, “याहवेहका निम्ति आगोद्वारा चढाइएको अन्‍नबलिबाट उब्रेको भाग, जो खमिरविनाको छ, यसलाई लिएर वेदीको छेउमा खानू; किनकि यो अति पवित्र छ।
LEV 10:13 यसलाई एउटा पवित्रस्थानमा खानू; किनकि यो याहवेहलाई आगोद्वारा चढाइएको भेटी तिमीहरू र तिमीहरूका छोराहरूको भाग हो; किनकि मलाई यस्तै आज्ञा भएको छ।
LEV 10:14 तर तिमीहरू र तिमीहरूका छोराछोरीहरूले विशेष भेटीको रूपमा उचालिएको र अर्पण गरिएको ह्‍याकुला र चढाइएको फिला खान सक्छौ। यिनलाई विधिपूर्वक शुद्ध पारिएको ठाउँमा खानू। तिमीहरू र तिमीहरूका सन्तानलाई इस्राएलीहरूका मेलबलिहरूबाट तिमीहरूका भागको रूपमा दिइएको हो।
LEV 10:15 चढाइएको फिला र विशेष भेटीको रूपमा उचालिएको र अर्पण गरिएको ह्‍याकुला भेटीस्वरूप याहवेहको सामु आगोद्वारा चढाइएको बोसोको भागसित ल्याउनुपर्छ। याहवेहले आज्ञा गर्नुभएझैँ यी कुराहरू तिमीहरू र तिमीहरूका सन्तानको नियमित भाग हुनेछ।”
LEV 10:16 जब मोशाले पाप शुद्धीकरण बलिको बोकाको विषयमा सोधखोज गरे, र त्यसलाई जलाइसकेको थाहा पाए, तब हारूनका बाँकी रहेका छोराहरू एलाजार र ईतामारसित तिनी रिसाएर सोधे,
LEV 10:17 “तिमीहरूले पाप शुद्धीकरण बलिलाई पवित्रस्थानमा किन खाएनौ? यो अति पवित्र हो। यो तिमीहरूलाई याहवेहको सामु समुदायका निम्ति प्रायश्‍चित गरेर तिनीहरूको दोष हटाउनका निम्ति दिइएको थियो।
LEV 10:18 त्यसको रगत पवित्रस्थानभित्र नलगिएको कारण मैले तिमीहरूलाई आज्ञा दिएझैँ तिमीहरूले त्यस बोकालाई पवित्रस्थानमा खानुपर्थ्यो।”
LEV 10:19 हारूनले मोशालाई जवाफ दिए, “आज तिनीहरूले आफ्ना पाप शुद्धीकरण बलि र होमबलि याहवेहको सामु चढाए। तर यस्ता कुराहरू ममाथि आइपरे। मैले आज त्यो पाप शुद्धीकरण बलि खाएको भए के याहवेह मसित प्रसन्‍न हुनुहुनेथियो?”
LEV 10:20 तब मोशाले यो कुरा सुनेपछि सन्तुष्‍ट भए।
LEV 11:1 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो,
LEV 11:2 “इस्राएलीहरूलाई भन्: ‘जमिनमाथि रहने सबै पशुहरूमध्ये तिमीहरूले खान हुने यिनीहरू हुन्:
LEV 11:3 खुर अलग भएका, चिरिएका र उग्राउने जुनसुकै पशु पनि तिमीहरूले खान सक्छौ।
LEV 11:4 “ ‘कतिपय पशुहरू, जसले उग्राउँछन् अथवा खुर मात्र चिरिएका हुन्छन्, तर ती नखानू। ऊँट, जसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूका लागि अशुद्ध छ।
LEV 11:5 भिर खरायो, जसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन; त्यो तिमीहरूका निम्ति अशुद्ध छ।
LEV 11:6 खरायो, जसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन; त्यो तिमीहरूका निम्ति अशुद्ध छ।
LEV 11:7 अनि सुँगुर, त्यसको खुर पूरा चिरिएको भए तापनि त्यसले उग्राउँदैन। त्यो तिमीहरूका निम्ति अशुद्ध छ।
LEV 11:8 तिमीहरूले ती अशुद्ध जनावरहरूका मासु खानुहुँदैन। अनि त्यसको सिनो पनि छुनुहुँदैन। ती तिमीहरूका लागि अशुद्ध छन्।
LEV 11:9 “ ‘समुद्र र खोलाहरूमा बस्‍ने जन्तुहरूमध्ये पखेटा र कत्ला भएका जुनसुकै जन्तु तिमीहरूले खान सक्छौ।
LEV 11:10 तर समुद्र र खोलाहरूमा बस्‍ने सबै जन्तुहरू, जसका पखेटा र कत्ला छैनन्—चाहे समूहमा बस्‍नेहरू होऊन्, वा पानीका अरू जन्तु होऊन्—तिमीहरूका निम्ति घृणित कुरा हुन्।
LEV 11:11 ती तिमीहरूका लागि घृणित भएकाले तिमीहरूले तिनीहरूका मासु नखानू। तिनीहरूका सिनोलाई घृणित ठान्‍नू।
LEV 11:12 पानीमा बस्‍ने जुनसुकै जीवजन्तु, जसको पखेटा र कत्ला हुँदैन, त्यो तिमीहरूका लागि घृणित हो।
LEV 11:13 “ ‘यी चराचुरुङ्गी घृणित हुनाले तिमीहरूले यी नखानू—गरुड, गिद्ध, कालो गिद्ध;
LEV 11:14 रातो चील, सबै थरीका कालो चील,
LEV 11:15 सबै किसिमका काग;
LEV 11:16 ठूलो उल्‍लु, छोटो काने उल्‍लु, समुद्री चरो, सबै किसिमका बाज;
LEV 11:17 सानो उल्‍लु, समुद्री बाज, विशाल उल्‍लु;
LEV 11:18 सेतो उल्‍लु, मरुभूमिको उल्‍लु, माछा खाने चील;
LEV 11:19 सारस, सबै किसिमका बकुल्‍ला, फाप्रेचरो र चमेरो।
LEV 11:20 “ ‘चारै खुट्टाले हिँड्ने र उड्ने सबै किराहरू तिमीहरूका निम्ति घृणित हुनुपर्छ।
LEV 11:21 तरै पनि केही पखेटा भएका जीवहरू, जो चार खुट्टाले हिँड्छन्, ती तिमीहरूले खान सक्छौ—जोर्नीहरूसहित भुइँमा उफ्रि हिँड्नका लागि खुट्टा भएका।
LEV 11:22 यिनीहरूमध्ये तिमीहरूले सबै किसिमका सलह, खुइले सलह, किथ्रो वा फट्याङ्ग्रा खान सक्छौ।
LEV 11:23 तर पखेटा भएका अरू सबै जीवहरू, जसका चार खुट्टाहरू छन्, ती तिमीहरूले घृणित ठान्‍नू।
LEV 11:24 “ ‘यिनीहरूको कारणले गर्दा तिमीहरूले आफूलाई अशुद्ध पार्छौ; जसले यिनीहरूको सिनो छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ।
LEV 11:25 जसले तिनीहरूको सिनो उठाउँछ, त्यसले आफ्नो लुगा धुनुपर्छ, र त्यो साँझसम्म अशुद्ध हुनेछ।
LEV 11:26 “ ‘प्रत्येक जीवजन्तु, जसको खुर चिरिएको छ, तर पूर्ण रूपमा फारिएको छैन, अथवा जसले उग्राउँदैन, त्यो तिमीहरूका लागि अशुद्ध हो। यिनीहरूमध्येका कुनैको सिनो जसले छुन्छ, त्यो अशुद्ध हुनेछ।
LEV 11:27 चार खुट्टाले हिँड्ने सबै जीवजन्तुहरूमध्ये, जसले आफ्ना पन्जाले टेकेर हिँड्छन्, ती तिमीहरूका लागि अशुद्ध छन्। जसले तिनको सिनो छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ।
LEV 11:28 जसले तिनीहरूको सिनो उठाउँछ, त्यसले आफ्नो लुगा धुनुपर्छ। अनि त्यो साँझसम्म अशुद्ध हुनेछ। यी जनावरहरू तिमीहरूका निम्ति अशुद्ध छन्।
LEV 11:29 “ ‘जमिनमा हिँड्‍डुल गर्ने जीवहरूमा यी तिमीहरूका निम्ति अशुद्ध छन्—न्याउरीमुसो, मुसा, सबै किसिमका ठूलो छेपारो;
LEV 11:30 छेपारो, गोहोरो, माउसुली, भालेमुङ्ग्रो, र रङ्ग बदल्ने छेपारो।
LEV 11:31 जमिनमा हिँड्‍डुल गर्ने यी सबै जीवजन्तु तिमीहरूका लागि अशुद्ध छन्। यी मरेकालाई जसले छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ।
LEV 11:32 जब तीमध्ये कुनै एउटा मर्छ, र कुनै चीजमाथि खस्छ भने त्यो चीज जुनसुकै काममा प्रयोग हुने भए तापनि चाहे त्यो काठबाट बनिएको होस्, अथवा लुगा, छाला अथवा भाङ्ग्रा होस्, त्यो अशुद्ध हुनेछ। त्यसलाई पानीमा हाल्नू। त्यो साँझसम्म अशुद्ध रहनेछ; त्यसपछि त्यो शुद्ध हुनेछ।
LEV 11:33 तीमध्ये एउटा माटोको भाँडाभित्र खस्यो भने त्यसमा भएका प्रत्येक चीज अशुद्ध हुनेछ। अनि तिमीहरूले त्यो भाँडा फोरिदिनू।
LEV 11:34 कुनै खाने कुरामा त्यस भाँडाको पानी परेको छ भने त्यो अशुद्ध हुनेछ। अनि त्यसबाट पिउने कुनै पनि तरल पदार्थ अशुद्ध हुनेछ।
LEV 11:35 जुनसुकै कुरोमाथि तिनीहरूमध्ये एउटाको सिनो खस्यो भने त्यो अशुद्ध हुन्छ। चुल्हो अथवा पकाउने भाँडालाई फुटाउनुपर्छ। ती अशुद्ध हुन्छ, र तिमीहरूले तिनीहरूलाई अशुद्ध ठहराउनुपर्छ।
LEV 11:36 तरै पनि खोला अथवा पानी जम्मा गर्ने कुण्ड शुद्ध रहनेछ। तर यस्ता कुनै पनि सिनो छुने व्यक्ति अशुद्ध हुनेछ।
LEV 11:37 कुनै रोप्नुपर्ने बिउहरूमाथि सिनो खस्यो भने ती शुद्ध नै रहन्छन्।
LEV 11:38 तर त्यस बिउमा पानी हालिएको छ, र त्यसमाथि सिनो खस्यो भने त्यो, तिमीहरूका लागि अशुद्ध हो।
LEV 11:39 “ ‘तिमीहरूले खान हुने कुनै पशु मर्‍यो र कसैले त्यसको सिनो छुन्छ भने त्यो साँझसम्म अशुद्ध रहनेछ।
LEV 11:40 कसैले सिनोबाट केही खान्छ भने त्यसले आफ्नो लुगा धुनुपर्छ। अनि त्यो साँझसम्म अशुद्ध हुनेछ। कसैले सिनो उठाउँछ भने त्यसले आफ्नो लुगा धुनुपर्छ; र त्यो साँझसम्म अशुद्ध रहनेछ।
LEV 11:41 “ ‘जमिनमा घस्रने प्रत्येक जन्तु घृणित हो; त्यसलाई नखानू।
LEV 11:42 जमिनमा घस्रने जुनसुकै प्राणी, चाहे त्यो पेटको भरले घस्रने होस्, अथवा चार खुट्टाले अथवा धेरै खुट्टाहरूले घस्रने होस्, तिमीहरूले नखानू: तिनीहरू घृणित हुन्।
LEV 11:43 तिमीहरूले यस्ता कुनै प्राणीद्वारा आफूलाई अशुद्ध नपार्नू। तिमीहरूले आफूलाई तिनीहरूको कारण अथवा तिनीहरूद्वारा अशुद्ध नपार्नू।
LEV 11:44 म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; तिमीहरूले आफूलाई शुद्ध पार। अनि पवित्र होओ; किनकि म पवित्र छु। जमिनमा घस्रने कुनै प्राणीद्वारा आफूलाई अशुद्ध नपार।
LEV 11:45 तिमीहरूका परमेश्‍वर हुनलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने म नै याहवेह हुँ। यसकारण पवित्र होओ; किनकि म पवित्र छु।
LEV 11:46 “ ‘पशुहरू, चराचुरुङ्गीहरू, पानीमा बस्‍ने प्रत्येक जीवित प्राणी र जमिनमा घस्रने प्रत्येक प्राणीको विषयमा नियमहरू यिनै हुन्।
LEV 11:47 तिमीहरूले अशुद्ध र शुद्धको बीचमा, खान हुने र खान नहुने जीवित प्राणीको बीचमा भिन्‍नता राख्नुपर्छ।’ ”
LEV 12:1 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 12:2 “इस्राएलीहरूलाई भन्: ‘जुन स्त्रीले गर्भवती भएर छोरा जन्माउँछे, त्यो आफ्नो रजस्वलाको समयमा अशुद्ध रहेझैँ सात दिनसम्म विधिपूर्वक अशुद्ध रहनेछे।
LEV 12:3 आठौँ दिनमा त्यस बालकको खलडीको खतना गरिनुपर्छ।
LEV 12:4 त्यसपछि आफ्नो रक्तस्राव शुद्ध हुनको लागि त्यस स्त्रीले तेत्तीस दिनसम्म पर्खनुपर्छ। त्यसले कुनै पवित्र कुरा नछोओस्, अथवा आफ्नो शुद्धीकरणको समय पूरा नहोउन्जेल पवित्रस्थानमा नजाओस्।
LEV 12:5 त्यसले छोरी जन्माई भने आफ्नो रजस्वलाको समयमा झैँ त्यो दुई हप्‍तासम्म अशुद्ध हुनेछे। त्यसपछि आफ्नो रक्तस्रावबाट शुद्ध हुनको लागि त्यसले छयसट्ठी दिनसम्म पर्खनुपर्छ।
LEV 12:6 “ ‘आफ्नो छोरा अथवा छोरीका लागि त्यसका शुद्धीकरणका दिनहरू पूरा भएपछि त्यसले भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ होमबलिका निम्ति एकवर्षे थुमा र पाप शुद्धीकरण बलिका निम्ति एउटा कलिलो परेवा अथवा ढुकुर ल्याओस्।
LEV 12:7 त्यसले ती बलिलाई याहवेहको सामु आफ्नो प्रायश्‍चितको निम्ति चढाउनुपर्छ। त्यसपछि त्यो आफ्नो रक्तस्रावबाट शुद्ध हुनेछे। “ ‘कुनै स्त्रीले छोरा वा छोरी जन्माएको विषयमा नियमहरू यिनै हुन्।
LEV 12:8 यदि त्यस स्त्रीसँग थुमा किनेर ल्याउने रकम छैन भने त्यसले एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा, एउटा होमबलिका निम्ति र अर्को पाप शुद्धीकरण बलिका निम्ति ल्याओस्। यस किसिमले पुजारीले त्यसका निम्ति प्रायश्‍चित गर्नेछ, र त्यो शुद्ध हुनेछे।’ ”
LEV 13:1 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो,
LEV 13:2 “जब कुनै मानिसको छाला सुनियो, अथवा त्यसमा फुस्रो दाद देखियो; अथवा चहकिलो दाग देखा पर्‍यो, र छालामा कुष्‍ठरोगको संक्रमण भयो भने त्यसलाई पुजारी हारून अथवा उसका पुजारी छोराहरूमध्ये एक जनाकहाँ ल्याइयोस्।
LEV 13:3 त्यस पुजारीले त्यसको छालाको घाउ हेरोस्। यदि त्यस घाउको रौँ सेतो भएको छ, र त्यो घाउ छालाभन्दा गहिरो देखिन्छ भने त्यो कुष्‍ठरोगको संक्रमण हो। पुजारीले त्यसलाई जाँचेपछि त्यसले उसलाई विधिपूर्वक अशुद्ध भनी घोषणा गरोस्!
LEV 13:4 त्यसको छालाको दाग सेतो छ, तर छालाभन्दा गहिरो देखिँदैन र त्यसमा भएको रौँ सेतो भएको छैन भने पुजारीले त्यस्ता रोग लागेको व्यक्तिलाई सात दिनसम्म अलग्गै राखोस्।
LEV 13:5 सातौँ दिनमा पुजारीले त्यसलाई जाँच गर्दा, त्यो घाउ बदली नभएको अथवा छालामा फैलिएको देखिएन भने त्यसले उसलाई अर्को सात दिनसम्म अलग्गै राखोस्।
LEV 13:6 सातौँ दिनमा पुजारीले त्यसलाई फेरि जाँच गर्दा त्यो घाउ मत्थर भएको छ, तर छालामा फैलिएको छैन भने पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्! त्यो एउटा दाग मात्र हो। त्यस मानिसले आफ्ना लुगाहरू धोओस्, तब त्यो शुद्ध हुनेछ।
LEV 13:7 तर शुद्ध ठहरिनलाई त्यसले आफूलाई पुजारीकहाँ देखाइसकेपछि यदि त्यो खस्रोपन छालामा फैलिएको छ भने त्यो फेरि पुजारीको सामु देखा पर्नुपर्छ।
LEV 13:8 पुजारीले त्यसलाई जाँच गर्दा, त्यो दाग छालामा फैलिएको छ भने उसले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्; यो कुष्‍ठरोग हो।
LEV 13:9 “जब कुनै मानिसलाई कुष्‍ठरोगको संक्रमण छ भने त्यसलाई पुजारीकहाँ ल्याइयोस्।
LEV 13:10 पुजारीले त्यसलाई जाँच गर्दा, यदि छाला सुनिएर सेतो भएको छ, र त्यस ठाउँको रौँ पनि सेतो भएको छ, र यसमा आलो घाउ छ भने,
LEV 13:11 त्यो छालाको एउटा दीर्घकालीन रोग हो। पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्! अनि त्यसलाई अलग्गै नराखोस्। किनकि त्यो पहिलेबाटै अशुद्ध भइसकेको छ।
LEV 13:12 “यदि त्यो कुष्‍ठरोग त्यस रोगीको सम्पूर्ण छालामा शिरदेखि खुट्टासम्म ढाकेर फैलिएको पुजारीले देख्न सक्छ भने
LEV 13:13 पुजारीले त्यसलाई जाँच गर्दा, कुष्‍ठरोगले त्यसको सम्पूर्ण शरीर ढाकेको छ भने उसले त्यस व्यक्तिलाई शुद्ध भनी घोषणा गरोस्! त्यो सम्पूर्ण सेतो भइसकेकोले त्यो शुद्ध छ।
LEV 13:14 तर त्यसमा आलो घाउ देखा पर्‍यो भने त्यो अशुद्ध हुनेछ।
LEV 13:15 पुजारीले आलो घाउ देखेपछि त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। यो आलो मासु अशुद्ध हो; त्यो कुष्‍ठरोग हो।
LEV 13:16 त्यो आलो घाउ बदलिएर सेतो भयो भने त्यो मानिस पुजारीकहाँ जाओस्।
LEV 13:17 पुजारीले त्यसलाई जाँच गर्दा, घाउहरू सेता भएका छन् भने पुजारीले त्यस रोगीलाई शुद्ध भनी घोषणा गरोस्; तब त्यो शुद्ध हुनेछ।
LEV 13:18 “कसैको छालामा पिलो निस्केर निको भयो,
LEV 13:19 र पिलो भएको ठाउँमा सेतो सुनिएको अथवा रातो-सेतो किसिमको दाग देखा पर्‍यो भने त्यो मानिस पुजारीकहाँ जाओस्।
LEV 13:20 पुजारीले त्यो जाँच गरोस्। अनि त्यो छालाभन्दा गहिरो देखा पर्‍यो र त्यसका रौँहरू सेता भएका छन् भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्‍ठरोगको संक्रमण हो, जुन त्यो पिलो भएको ठाउँमा उब्जिएको हो।
LEV 13:21 तर पुजारीले त्यसलाई जाँच गर्दा, यदि त्यसमा सेता रौँ छैनन्, र छालाभन्दा गहिरो छैन, तर मत्थर भएको छ भने पुजारीले त्यसलाई सात दिनसम्म अलग्गै राखोस्।
LEV 13:22 छालामा त्यो फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्‍ठरोग संक्रमण हो।
LEV 13:23 तर दाग बदली भएको छ, र फैलिएको छैन भने त्यो पिलोबाट भएको एउटा दाग मात्र हो। पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्।
LEV 13:24 “कसैको छाला जलेको छ, र रातो-सेतो किसिमको अथवा सेतो दाग जलेको ठाउँको आलो मासुमा देखियो भने,
LEV 13:25 पुजारीले त्यस ठाउँलाई जाँच गरोस्। अनि त्यसका रौँहरू सेता भएका छन्, र त्यो छालाभन्दा गहिरो देखिन्छ भने त्यो जलेको ठाउँबाट निस्केको कुष्‍ठरोग संक्रमण हो। पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्‍ठरोगको संक्रमण हो।
LEV 13:26 तर पुजारीले त्यसलाई जाँच गर्दा, त्यस ठाउँमा सेता रौँहरू छैनन्, र त्यो छालाभन्दा गहिरो छैन, तर त्यो मत्थर भएको छ भने पुजारीले त्यसलाई सात दिनसम्म अलग्गै राखोस्।
LEV 13:27 सातौँ दिनमा जाँच गर्दा, त्यो रोग छालामा फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। यो कुष्‍ठरोगको संक्रमण हो।
LEV 13:28 तरै पनि यदि त्यो दाग बदलिएको छैन, र छालामा फैलिएको छैन; तर मत्थर भएको छ भने त्यो जलेको कारणले सुनिएको हो। अनि पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्। त्यो केवल जलेको घाउबाट भएको दाग हो।
LEV 13:29 “कुनै पुरुष अथवा स्त्रीको शिरमा अथवा च्यापुमा घाउ छ भने,
LEV 13:30 पुजारीले त्यस घाउलाई जाँच गर्दा, त्यो छालाभन्दा गहिरो देखिन्छ, र त्यसमा भएका रौँहरू पहेँला र पातला छन् भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो टाउको तथा चिउँडोको लुतो हो।
LEV 13:31 तर यदि पुजारीले यस्ता किसिमको घाउ जाँच गर्दा, त्यो छालाभन्दा गहिरो देखिँदैन। साथै त्यसमा कुनै काला रौँहरू छैनन् भने पुजारीले त्यस व्यक्तिलाई सात दिनसम्म अलग्गै राखोस्।
LEV 13:32 सातौँ दिनमा पुजारीले त्यस घाउलाई जाँच गर्दा, यदि त्यो लुतो फैलिएको छैन, र त्यसमा कुनै पहेँला रौँहरू छैनन्, र त्यो छालाभन्दा गहिरो देखिँदैन भने,
LEV 13:33 त्यो घाउ भएको ठाउँलाई छोडेर त्यसले आफ्नो शिर खौरोस्, चिउँडो होइन। अनि पुजारीले त्यसलाई अर्को सात दिनसम्म अलग्गै राखोस्।
LEV 13:34 सातौँ दिनमा पुजारीले त्यस लुतोलाई जाँच गर्दा, यदि त्यो छालामा फैलिएको छैन, र त्यो छालाभन्दा गहिरो छैन भने पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्। त्यसले आफ्नो लुगा धोओस्, र त्यो विधिपूर्वक शुद्ध हुनेछ।
LEV 13:35 तर त्यो शुद्ध ठहरिएपछि पनि त्यो लुतो छालामा फैलियो भने,
LEV 13:36 पुजारीले त्यसलाई जाँच गर्दा, यदि लुतो छालामा फैलिएको छ भने पुजारीलाई पहेँला रौँ हेर्न आवश्यक छैन; त्यो व्यक्ति अशुद्ध हो।
LEV 13:37 तरै पनि उसको जाँचअनुसार त्यो बदलिएको छैन, र त्यसमा काला रौँ उम्रेका छन् भने त्यो लुतो निको भएको छ; त्यो शुद्ध हो, र पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्।
LEV 13:38 “कुनै पुरुष अथवा स्त्रीको छालामा सेतो दाग हुँदा,
LEV 13:39 पुजारीले तिनीहरूलाई जाँच गर्दा, यदि ती दागहरू हल्का सेता छन् भने त्यो हानि नगर्ने छालारोग हो, जुन छालामा उब्जिएको छ; त्यो मानिस शुद्ध हो।
LEV 13:40 “कुनै मानिसको कपाल पूरै झरेर शिर खुइलेको छ भने त्यो शुद्ध नै हो।
LEV 13:41 त्यसको कपाल त्यसको टाउकाको अगिल्तिर खुइलिएकोले, त्यसको निधार खुइलिएको छ भने त्यो शुद्ध हो।
LEV 13:42 तर त्यसको तालु अथवा खुइलिएको निधारमा रातो-सेतो किसिमको घाउ छ भने त्यो त्यसको शिर अथवा निधारबाट उब्जिएको कुष्‍ठरोग संक्रमण हो।
LEV 13:43 पुजारीले त्यसलाई जाँचोस्, र त्यसका शिर अथवा निधारमा भएको त्यसको सुनिएको घाउ कुष्‍ठरोगझैँ रातो-सेतो किसिमको छ भने,
LEV 13:44 त्यो मानिस कुष्‍ठरोगी र अशुद्ध हो। त्यसको शिरमा भएको घाउको कारण पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्।
LEV 13:45 “यस्तो रोगको संक्रमित व्यक्तिले च्यातिएको लुगा लगाउनुपर्छ। त्यसको कपाल नकोरिएको हुनुपर्छ। त्यसले आफ्नो अनुहारको तल्‍लो भाग छोपेर ‘अशुद्ध! अशुद्ध!’ भनी कराओस्।
LEV 13:46 त्यो संक्रमण त्यसमा रहेसम्म, त्यो अशुद्ध रहनेछ। त्यो एकलै बस्‍नुपर्छ; त्यो छाउनीदेखि बाहिर बसोस्।
LEV 13:47 “कुनै लुगा ढुसी परेको छ—चाहे त्यो ऊनी होस्, अथवा सुती,
LEV 13:48 ऊनका अथवा कपासका तुनेर वा बुनेर बनाइएका सामग्री, छालाका वा छालाले बनिएका कुनै चीज—
LEV 13:49 यदि लुगा, छाला अथवा तुनेका वा बुनेका सामग्री अथवा छालाका कुनै सामग्रीमा भएका दूषित कुरा हरियो किसिमको अथवा रातो किसिमको छ भने त्यो फैलँदै गरेको ढुसी हो। अनि त्यसलाई पुजारीकहाँ देखाइयोस्।
LEV 13:50 पुजारीले त्यस ढुसीलाई जाँच गर्दा, त्यो दाग लागेको चीजलाई सात दिनसम्म अलग्गै राखोस्।
LEV 13:51 सातौँ दिनमा उसले त्यो जाँच गर्दा, यदि त्यो ढुसी लुगामा अथवा तुनेका वा बुनेका कुरोमा वा कुनै काममा प्रयोग गरिने छालामा फैलिएको छ भने त्यो खतरनाक ढुसी हो; अनि त्यो चीज अशुद्ध छ।
LEV 13:52 त्यसले ढुसी परेका लुगा अथवा तुनेका अथवा बुनेका ऊनी वा सुती सामग्री अथवा छालाका कुनै पनि चीजलाई जलाइदेओस्। किनकि त्यो कुहाउने ढुसी हुनाले, त्यो चीज जलाइनुपर्छ।
LEV 13:53 “तर यदि पुजारीले जाँच गर्दा ढुसी तुनेका वा बुनेका लुगामा अथवा छालाका चीजमा फैलिएको छैन भने,
LEV 13:54 उसले त्यो ढुसी परेको चीजलाई धुने आज्ञा देओस्। त्यसपछि त्यसलाई अर्को सात दिनसम्म त्यसले अलग्गै राखोस्।
LEV 13:55 त्यो संक्रमित लुगालाई धोइएपछि पुजारीले त्यसलाई पुनः जाँचोस्। अनि ढुसी फैलिएको छैन र त्यसको रूप बदलिएको छैन भने त्यो अशुद्ध हो। ढुसीले भित्री वा बाहिरी भाग असर पारेको भए तापनि त्यसलाई आगोले जलाइदिनू।
LEV 13:56 यदि पुजारीले त्यसलाई जाँच गर्दा त्यो लुगा धोइएपछि ढुसी हराउँदैगएको छ भने त्यसले त्यो फोहोर लागेको भागलाई त्यस लुगा वा छाला अथवा बुनेका चीजबाट च्यातिदेओस्।
LEV 13:57 तर यदि ढुसी लुगामा वा तुनेको अथवा बुनेका चीजमा अथवा छालाको चीजमा फेरि देखा पर्‍यो भने त्यो फैलिरहेको छ। अनि ढुसी परेको जुनसुकै कुरा पनि आगोद्वारा जलाइनुपर्छ।
LEV 13:58 धोएर ढुसीरहित बनाइएका लुगा, तुनेका वा बुनेका चीज वा छालाका कुनै चीजलाई फेरि धोइयोस्, र त्यो शुद्ध हुनेछ।”
LEV 13:59 ऊनी अथवा सुती लुगाहरू, तुनेका वा बुनेका चीजहरू अथवा छालाका कुनै चीजलाई ढुसीले दूषित पारेको विषयमा शुद्ध अथवा अशुद्ध भनी ठहराउनलाई यिनै विधिहरू हुन्।
LEV 14:1 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 14:2 “कुष्‍ठरोग लागेका मानिसलाई विधिपूर्वक शुद्ध गर्ने नियमहरू यिनै हुन्; जब तिनीहरूलाई पुजारीकहाँ ल्याइन्छः
LEV 14:3 तिनीहरूलाई जाँच गर्न पुजारी छाउनीबाहिर जाओस्। यदि ती मानिसहरू आफ्ना कुष्‍ठरोगबाट निको भएका छन् भने,
LEV 14:4 पुजारीले दुई वटा शुद्ध जिउँदा पक्षीहरू, केही देवदारुका दाउरा, सिन्दूरे रङ्गको धागो र हिसप, शुद्ध हुन चाहनेका निम्ति ल्याउने आदेश देऊन्।
LEV 14:5 त्यसपछि पुजारीले ती दुई पक्षीहरूमध्ये एउटालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आदेश देऊन्।
LEV 14:6 त्यसपछि त्यसले जीवित पक्षीलाई लिएर त्यसलाई देवदारुका दाउरा, सिन्दूरे रङ्गको धागो र हिसपसित ताजा पानीमाथि मारिएको पक्षीको रगतमा चोपोस्।
LEV 14:7 त्यसले त्यस कुष्‍ठरोगबाट शुद्ध हुनुपर्ने व्यक्तिलाई सात चोटि छर्केर त्यसलाई शुद्ध भनी घोषित गरोस्। त्यसपछि त्यसले जीवित पक्षीलाई खुला मैदानमा छोडिदेओस्।
LEV 14:8 “शुद्ध हुनुपर्ने त्यस मानिसले आफ्ना लुगा धोओस्। आफ्ना सबै कपाल खौरोस् र पानीले नुहाओस्। त्यसपछि त्यो शुद्ध हुनेछ। त्यसपछि त्यो छाउनीभित्र पस्‍न सक्छ। तर त्यो सात दिनसम्म आफ्नो पालको बाहिर बस्‍नुपर्छ।
LEV 14:9 सातौँ दिनमा त्यसले आफ्नो शिर, आफ्नो दाह्री आफ्ना आँखीभौँहरू, र सबै रौँहरू खौरोस्। त्यसले आफ्नो लुगा धोओस्, र पानीले नुहाओस्। अनि त्यो विधिपूर्वक शुद्ध हुनेछ।
LEV 14:10 “आठौँ दिनमा त्यसले भेडाका दुई वटा पाठाहरू र एउटी पाठी, सबै एकवर्षे र निष्खोट अनि अन्‍नबलिका निम्ति मसिनो पिठो जैतुन तेलसँग मिसाएको एपाको दश भागको तीन भाग र एक लोग तेल ल्याओस्।
LEV 14:11 त्यसलाई शुद्ध घोषणा गर्ने पुजारीले शुद्ध हुनुपर्ने व्यक्ति र भेटी दुवैलाई याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा प्रस्तुत गरोस्।
LEV 14:12 “तब पुजारीले त्यो तेलसमेत भेडाका पाठाहरूमध्ये एउटालाई लिएर दोषबलिस्वरूप चढाओस्। विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहलाई चढाओस्।
LEV 14:13 त्यसले त्यस भेडालाई पवित्रस्थानमा पाप शुद्धीकरण बलि र होमबलि मारिने ठाउँमा मारोस्। पाप शुद्धीकरण बलिझैँ दोषबलि पुजारीको हो; त्यो अति पवित्र छ।
LEV 14:14 पुजारीले दोषबलिको रगतबाट केही लिएर शुद्ध हुनपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्।
LEV 14:15 त्यसपछि पुजारीले केही तेल लिएर आफ्नै देब्रे हातको हत्केलामा खन्याओस्।
LEV 14:16 पुजारीले उसको हत्केलामा भएको तेलमा आफ्नो दाहिने हातको औँला चोपोस्। अनि आफ्नो औँलाले त्यसबाट केही याहवेहको सामु सात चोटि छर्कोस्।
LEV 14:17 पुजारीले आफ्नो हत्केलामा उब्रेको तेलबाट केही तेल शुद्ध हुनपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा दोषबलिको रगतको माथिल्‍लोपट्टि छर्किदेओस्।
LEV 14:18 पुजारीको हत्केलाको बाँकी तेल उसले शुद्ध हुनपर्नेको शिरमा लगाएर त्यसका निम्ति याहवेहको सामु प्रायश्‍चित गरोस्।
LEV 14:19 “त्यसपछि पुजारीले पाप शुद्धीकरण बलि चढाएर आफ्नो अशुद्धिबाट शुद्ध हुनुपर्नेका निम्ति प्रायश्‍चित गरोस्। त्यसपछि पुजारीले होमबलि चढाइने पशु मारोस्।
LEV 14:20 अनि त्यसलाई पुजारीले अन्‍नबलिसँग वेदीमा चढाओस्, र त्यसका लागि प्रायश्‍चित गरोस्, तब त्यो शुद्ध हुनेछ।
LEV 14:21 “तर यदि त्यो गरिब छ, र यी चीजहरू ल्याउन सक्दैन भने त्यसले आफ्ना निम्ति प्रायश्‍चित गर्न विशेष भेटीको रूपमा दोषबलिस्वरूप एउटा भेडाको पाठा, र साथमा अन्‍नबलिका लागि जैतुन तेल मिसाइएको एपाको दश भागको एक भाग मसिनो पिठो र एक लोग तेल ल्याओस्।
LEV 14:22 त्यसले ल्याउन सक्छ भने दुई वटा ढुकुर अथवा दुई वटा कलिला परेवा एउटा पाप शुद्धीकरण बलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्।
LEV 14:23 “आठौँ दिनमा त्यसले ती कुराहरू आफ्नो शुद्धीकरणका निम्ति पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा याहवेहको सामु ल्याओस्।
LEV 14:24 पुजारीले दोषबलिको निम्ति ल्याइएको भेडा एक लोग तेलसँग लिएर विशेष भेटीको रूपमा उचालिनको लागि याहवेहको सामु अर्पण गरोस्।
LEV 14:25 त्यसले भेडालाई दोषबलिको निम्ति मारोस्। अनि त्यसको केही रगत लिएर शुद्ध हुनुपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्।
LEV 14:26 पुजारीले तेलबाट केही आफ्नो देब्रे हातको हत्केलामा खन्याओस्।
LEV 14:27 अनि आफ्नो दाहिने हातको औँलाले आफ्नो हत्केलाबाट केही तेल याहवेहको सामु सात चोटि छर्कोस्।
LEV 14:28 त्यसको हत्केलाको केही तेल त्यसले दोषबलिको रगत लगाएका ठाउँहरूमा लगाओस्, अर्थात् शुद्ध हुनुपर्नेको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्।
LEV 14:29 पुजारीले आफ्नो हत्केलामा बाँकी रहेको तेल शुद्ध हुनपर्ने व्यक्तिको शिरमा याहवेहको सामु त्यसको प्रायश्‍चित गर्नका निम्ति लगाओस्।
LEV 14:30 त्यसपछि त्यसले आफ्नो आर्थिक क्षमताअनुसार ढुकुरहरू अथवा कलिला परेवाहरू बलि चढाओस्।
LEV 14:31 एउटा पाप शुद्धीकरण बलिस्वरूप र अर्को होमबलिस्वरूप अन्‍नबलिसँग चढाओस्। यस किसिमले पुजारीले त्यस शुद्ध हुनुपर्ने व्यक्तिको पक्षमा याहवेहको सामु प्रायश्‍चित गर्नेछ।”
LEV 14:32 कुष्‍ठरोगको संक्रमण लागेको मानिस र आफ्नो शुद्धीकरणका निम्ति नियमित भेटीहरू चढाउने आर्थिक रूपमा असक्षम मानिसका निम्ति नियमहरू यिनै हुन्।
LEV 14:33 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो,
LEV 14:34 “जब मैले तिमीहरूलाई अधिकारको रूपमा दिन लागेको कनान देशमा तिमीहरू प्रवेश गरौला, र त्यस देशको एउटा घरमा मैले फैलिने ढुसी लाग्न दिएँ भने,
LEV 14:35 त्यस घरको मालिकले गएर पुजारीलाई ‘मेरो घरमा ढुसी भएजस्तै केही देखेको छु’ भनोस्।
LEV 14:36 त्यस घरमा ढुसी जाँच गर्न जानुअगि पुजारीले त्यस घरलाई खाली गर्ने आदेश देओस्; ताकि त्यस घरभित्र भएका कुनै चीज पनि अशुद्ध भनी घोषित नहोस्। त्यसपछि पुजारी त्यो घर जाँच गर्न भित्र जाओस्।
LEV 14:37 त्यसले भित्तातिर ढुसीलाई जाँचोस्। यदि त्यहाँ हरियो किसिमका अथवा रातो किसिमका दागहरू भित्ताको सतहभन्दा गहिरा देखा पर्छन् भने,
LEV 14:38 पुजारी त्यस घरको ढोका छेउबाट बाहिर गएर त्यसलाई सात दिनसम्म बन्द गरिदेओस्।
LEV 14:39 सातौँ दिनमा पुजारी त्यस घरलाई जाँच्नलाई फर्कोस्। यदि ढुसी भित्तामा फैलिएको छ भने,
LEV 14:40 त्यसले दूषित भएका ढुङ्गाहरू भित्ताबाट उक्‍काएर नगर बाहिरको अशुद्ध ठाउँमा फ्याँकिदिन आदेश गरोस्।
LEV 14:41 त्यसले घरका सबै भित्ताहरू खुर्किन र खुर्किएका सामग्रीहरू नगरबाहिर कुनै अशुद्ध ठाउँमा थुपार्न लगाओस्।
LEV 14:42 त्यसपछि तिनीहरूले ती खाली ठाउँहरू भर्नलाई अरू ढुङ्गाहरू लिऊन्, र नयाँ माटो ल्याएर घर लिपून्।
LEV 14:43 “यदि ढुङ्गाहरू उक्‍काइसकेपछि त्यो घर खुर्किएर लिपिसकेपछि पनि ढुसी फेरि देखा पर्‍यो भने,
LEV 14:44 पुजारीले गएर त्यसलाई जाँचोस्; अनि त्यस घरमा ढुसी फैलिएको छ भने त्यो एउटा गम्भीर ढुसी हो, र त्यो घर अशुद्ध छ।
LEV 14:45 त्यो भत्काइनुपर्छ, अर्थात् त्यसका ढुङ्गाहरू, काठहरू र सबै लेपहरू भत्काएर नगरबाहिर कुनै अशुद्ध ठाउँमा लगियोस्।
LEV 14:46 “त्यो घर बन्द भएको बेला जो त्यसभित्र पस्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ।
LEV 14:47 त्यस घरभित्र सुत्ने अथवा खाना खानेले आफ्नो लुगा धोओस्।
LEV 14:48 “तर यदि पुजारीले त्यसलाई जाँच्न आउँदा त्यस घरलाई लिपेपछि ढुसी फैलिएको छैन भने त्यसले घरलाई शुद्ध भनी घोषणा गरोस्; किनकि त्यो ढुसी गइसकेको छ।
LEV 14:49 त्यस घरलाई शुद्ध पार्नलाई त्यसले दुई वटा पक्षीहरू, देवदारुका केही काठ, सिन्दूरे रङ्गको धागो र हिसप ल्याओस्।
LEV 14:50 त्यसले दुईमध्ये एउटा पक्षीलाई माटोको भाँडामा भएको ताजा पानीमाथि मारोस्।
LEV 14:51 त्यसपछि त्यसले देवदारुको काठ, हिसप, सिन्दूरे रङ्गको धागो, जिउँदो पक्षीलाई लिएर तिनीहरूलाई त्यस पक्षीको रगत र ताजा पानीमा चोपलोस्। अनि घरलाई सात चोटि छर्कोस्।
LEV 14:52 त्यस घरलाई त्यस पक्षीको रगत, ताजा पानी, जीवित पक्षी, देवदारुका काठ, हिसप र सिन्दूरे रङ्गको धागोले शुद्ध पारोस्।
LEV 14:53 त्यसपछि त्यसले त्यस जीवित पक्षीलाई नगरबाहिर खुला मैदानमा छोडिदेओस्। यस किसिमले पुजारी त्यस घरका निम्ति प्रायश्‍चित गर्नेछ, र त्यो शुद्ध हुनेछ।”
LEV 14:54 कुनै पनि प्रकारको कुष्‍ठरोगका लागि, लुतोको लागि,
LEV 14:55 लुगामा अथवा घरमा भएको ढुसीका लागि,
LEV 14:56 अनि सुनिएको, खस्रो र चहकिलो दागका लागि,
LEV 14:57 कुनै कुरालाई अशुद्ध वा शुद्ध ठहराउनका लागि नियमहरू यिनै हुन्। कुष्‍ठरोग संक्रमण र ढुसीका निम्ति नियमहरू यिनै हुन्।
LEV 15:1 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो,
LEV 15:2 “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘यदि कुनै मानिसको शरीरबाट धातु बग्छ भने त्यो धातु अशुद्ध हो।
LEV 15:3 चाहे त्यो त्यसको शरीरबाट बहिरह्‍यो अथवा थामिए तापनि त्यसले उसलाई अशुद्ध बनाउँछ। त्यसको धातुस्रावले त्यसलाई यसरी अशुद्ध बनाउँछ:
LEV 15:4 “ ‘धातुस्राव बगेको मानिस सुतेको ओछ्यान अशुद्ध हुनेछ। अनि त्यो मानिस बस्‍ने हरेक थोक अशुद्ध हुनेछ।
LEV 15:5 जसले त्यसको ओछ्यान छुन्छ, त्यसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
LEV 15:6 धातुस्राव भएको मानिस बसेको कुनै पनि ठाउँमा जो बस्छ, त्यसले आफ्ना लुगाहरू धोओस्। पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ।
LEV 15:7 “ ‘धातुस्राव बग्ने मानिसलाई जसले छुन्छ, त्यसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
LEV 15:8 “ ‘यदि धातुस्राव बग्ने मानिसले कुनै शुद्ध मानिसलाई थुक्यो भने त्यस मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्; अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
LEV 15:9 “ ‘त्यो मानिस सवार हुँदा बसेको प्रत्येक चीज अशुद्ध हुनेछ।
LEV 15:10 अनि जसले त्यसको मुन्तिर भएको जुनसुकै कुरालाई पनि छुन्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ। जसले ती कुराहरू उठाउँछ, त्यसले आफ्ना लुगाहरू धोओस्। अनि पानीले नुहाओस्; र त्यो साँझसम्म अशुद्ध रहनेछ।
LEV 15:11 “ ‘धातुस्राव बग्ने मानिसले आफ्नो हात पानीले नधोई कुनै मानिसलाई छोयो भने त्यसले आफ्ना लुगाहरू धोओस्। अनि पानीले नुहाओस्; र त्यो साँझसम्म अशुद्ध रहनेछ।
LEV 15:12 “ ‘त्यस मानिसले माटोको कुनै भाँडा छोयो भने त्यो फुटाइयोस्। अनि काठको भाँडा हो भने त्यसलाई पानीले पखालियोस्।
LEV 15:13 “ ‘कुनै मानिस धातुस्रावबाट शुद्ध पारियो भने त्यसले आफ्नो शुद्धीकरणका लागि सात दिन गनोस्। त्यसले आफ्ना लुगा धोओस् र ताजा पानीले नुहाओस्, तब त्यो शुद्ध हुनेछ।
LEV 15:14 आठौँ दिनमा त्यसले दुई वटा ढुकुरहरू अथवा दुई वटा कलिला परेवाहरू लिएर याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा आओस्, र ती पुजारीलाई देओस्।
LEV 15:15 पुजारीले तिनीहरूलाई चढाओस्। एउटालाई पाप शुद्धीकरण बलिका लागि र अर्को होमबलिका लागि। यस प्रकार पुजारीले त्यस मानिसको धातुस्रावको कारण याहवेहको सामु प्रायश्‍चित गर्नेछ।
LEV 15:16 “ ‘कुनै मानिसको वीर्य आफैँ निस्क्यो भने त्यसले आफ्नो सम्पूर्ण शरीर पानीले नुहाओस्; र त्यो साँझसम्म अशुद्ध रहनेछ।
LEV 15:17 कुनै लुगा अथवा छालामा वीर्य लागेको छ भने त्यसलाई पानीले धोइयोस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
LEV 15:18 कुनै पुरुषले स्त्रीसित सम्भोग गरेपछि दुवैले पानीले नुहाऊन्। अनि तिनीहरू साँझसम्म अशुद्ध रहनेछन्।
LEV 15:19 “ ‘कुनै स्त्रीको नियमित रजस्वला भएको छ भने त्यसको रजस्वलाको अशुद्धता सात दिनसम्म रहनेछ। अनि त्यसलाई छुने जो कोही पनि साँझसम्म अशुद्ध रहनेछ।
LEV 15:20 “ ‘आफ्नो रजस्वलाको समयमा जे-जेमाथि त्यो सुत्छे वा बस्छे; त्यो अशुद्ध हुनेछ।
LEV 15:21 जसले त्यसको ओछ्यान छुन्छ, त्यो अशुद्ध हुनेछ। त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
LEV 15:22 जसले त्यो बसेको चीज छुन्छ, त्यसले आफ्ना लुगा धोओस्। अनि पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ।
LEV 15:23 त्यो बसेको ओछ्यान होस् अथवा कुनै पनि वस्तु होस्, त्यसलाई कसैले छोयो भने त्यो साँझसम्म अशुद्ध रहनेछ।
LEV 15:24 “ ‘यदि कुनै पुरुषले साँच्‍चै त्यससित सम्भोग गर्‍यो, र त्यसको रजस्वलाको रगतले त्यसलाई छोयो भने त्यो सात दिनसम्म अशुद्ध रहनेछ। त्यो सुतेको जुनसुकै ओछ्यान पनि अशुद्ध हुनेछ।
LEV 15:25 “ ‘यदि कुनै स्त्रीको आफ्नो रजस्वलाको समयबाहेक अर्को समयमा धेरै दिनसम्म रगत बगिरह्‍यो अथवा आफ्नो रजस्वला नथामिएर रगत बगिरह्‍यो भने त्यसको रजस्वलाको समयमा झैँ रगत बगिरहुन्जेल त्यो अशुद्ध हुनेछे।
LEV 15:26 त्यसको रक्तस्राव भएको समयमा त्यसको रजस्वलाको समयमा झैँ त्यो सुतेको जुनसुकै ओछ्यान पनि अशुद्ध हुनेछ। अनि त्यसको रजस्वलाको समयमा झैँ त्यो जे-जेमाथि बस्छे, त्यो पनि अशुद्ध हुनेछ।
LEV 15:27 जसले ती चीजहरूलाई छुन्छ, त्यो अशुद्ध हुनेछ। त्यसले आफ्ना लुगा धोओस्। अनि पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ।
LEV 15:28 “ ‘आफ्नो रक्तस्राव बन्द भएपछि त्यसले सात दिन गनोस्। अनि त्यसपछि त्यो शुद्ध हुनेछे।
LEV 15:29 आठौँ दिनमा त्यसले दुई वटा ढुकुरहरू अथवा दुई वटा कलिला परेवाहरू लिएर ती भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ ल्याओस्।
LEV 15:30 पुजारीले तीमध्ये एउटालाई पाप शुद्धीकरण बलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा बलिदान गरोस्। यसरी पुजारीले त्यसका निम्ति त्यसको स्रावका अशुद्धिको लागि याहवेहको सामु प्रायश्‍चित गर्नेछ।
LEV 15:31 “ ‘तिमीहरूले इस्राएलीहरूलाई अशुद्ध तुल्याउने कुराहरूदेखि अलग्गै राख्नू; ताकि तिनीहरूबीच भएको मेरो वासस्थानलाई अपवित्र तुल्याइएको कारण तिनीहरू आफ्ना अशुद्धतामा मर्नेछैनन्।’ ”
LEV 15:32 कुनै मानिसको धातुस्रावको निम्ति वीर्य स्खलन भएको कारण कोही अशुद्ध भएको निम्ति,
LEV 15:33 मासिक रजस्वलामा भएकी स्त्रीका निम्ति, र कुनै पुरुषको वीर्य स्खलन अथवा स्त्रीका रक्तस्रावको निम्ति र विधिपूर्वक अशुद्ध रहेकी स्त्रीसित सम्भोग गर्ने पुरुषका निम्ति नियमहरू यिनै हुन्।
LEV 16:1 हारूनका दुई छोराहरू याहवेहको नजिक जाँदा मृत्यु भएपछि याहवेह मोशासित बोल्नुभयो,
LEV 16:2 याहवेहले मोशालाई भन्‍नुभयो: “तेरो दाजु हारूनलाई भन्, त्यसलाई मन लागेको जुनसुकै बेला सन्दुकमाथि भएको पाप समाधान-स्थानको सामु पर्दाको पछाडिको महा-पवित्रस्थानमा नआओस्, नत्रता त्यो मर्नेछ। किनकि पाप समाधान-स्थानमाथि म बादलमा देखा पर्नेछु।
LEV 16:3 “हारूनले महा-पवित्रस्थानमा यसरी प्रवेश गर्नुपर्छ: त्यसले पाप शुद्धीकरण बलिका लागि एउटा बाछा र होमबलिका निम्ति एउटा भेडा लिएर आओस्।
LEV 16:4 त्यसले पवित्र सुती लबेदा र भित्री पोशाकहरू लगाओस्। त्यसले आफ्नो चारैतिर सुती पटुका बाँधोस्, र सुती फेटा लगाओस्। यी पोशाकहरू पवित्र हुन्। यसैकारण त्यसले आफूलाई पानीले नुहाएर मात्र ती लगाओस्।
LEV 16:5 त्यसले इस्राएली समुदायबाट पाप शुद्धीकरण बलिका निम्ति दुई वटा बोकाहरू र होमबलिका निम्ति एउटा भेडा ल्याओस्।
LEV 16:6 “त्यसपछि हारूनले आफ्नो पाप शुद्धीकरण बलिका निम्ति साँढे चढाओस्। अनि त्यसले आफ्नो र आफ्ना घरानाका निम्ति प्रायश्‍चित गरोस्।
LEV 16:7 त्यसपछि त्यसले ती दुई बोकाहरू लिएर याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा प्रस्तुत गरोस्।
LEV 16:8 अनि हारूनले ती दुई बोकाहरूका लागि चिट्ठा हालोस्—एउटा चिट्ठा याहवेहका निम्ति र अर्को छाडा छोडिने बोकाको निम्ति।
LEV 16:9 हारूनले याहवेहको निम्ति चिट्ठा परेको बोका ल्याएर त्यसलाई पाप शुद्धीकरण बलिको रूपमा चढाओस्।
LEV 16:10 तर छाडा छोडिने बोकाको निम्ति चिट्ठा परेको बोकालाई छाडा बनिनको निम्ति मरुभूमिमा पठाएर प्रायश्‍चित गर्नलाई जिउँदै याहवेहको सामु प्रस्तुत गरोस्।
LEV 16:11 “हारूनले आफ्नो पाप शुद्धीकरण बलिको साँढे ल्याओस्। अनि आफू र आफ्ना घरानाका निम्ति प्रायश्‍चित गरोस्। अनि त्यसले आफ्नो पाप शुद्धीकरण बलिका निम्ति त्यस साँढेलाई मारोस्।
LEV 16:12 त्यसले वेदीबाट बल्दैगरेको कोइलाले भरिएको धुपौरो र दुई मुठी मसिनो गरी पिँधेको सुगन्धित धूप याहवेहको सामु ल्याएर ती पर्दाको पछाडिपट्टि लैजाओस्।
LEV 16:13 त्यसले याहवेहको सामु आगोमा धूप हालोस्। अनि धूपको धुवाँले साक्षी पाटीमाथि भएको पाप समाधान-स्थानलाई ढाकिदिनेछ, र त्यो मर्नेछैन।
LEV 16:14 त्यसले त्यस साँढेको रगतबाट केही लिएर आफ्नो औँलाले पाप समाधान-स्थानको सामु छर्कोस्। अनि त्यसले त्यसको केही भाग औँलाले पाप समाधान-स्थानको अगिल्तिर सात चोटि छर्कोस्।
LEV 16:15 “त्यसपछि त्यसले मानिसहरूका निम्ति पाप शुद्धीकरण बलिको बोकालाई मारोस्। अनि त्यसको रगत पर्दाको पछिल्तिर लगेर त्यसलाई साँढेको रगतलाई गरेझैँ गरोस्, अर्थात् पाप समाधान-स्थानको सामु त्यसले बोकाको रगतलाई साँढेको रगतमाथि छर्कोस्।
LEV 16:16 यसरी त्यसले इस्राएलीहरूका जस्तोसुकै पाप भए तापनि तिनीहरूका अशुद्धता र विद्रोहको लागि महा-पवित्रस्थानका निम्ति प्रायश्‍चित गर्नेछ। त्यसले भेट हुने पालको निम्ति पनि त्यस्तै गर्नुपर्छ, जुन तिनीहरूको माझ छाउनीमा भएको अशुद्धताको बीचमा छ।
LEV 16:17 हारून महा-पवित्रस्थानभित्र प्रायश्‍चित गर्न गएको बेलादेखि त्यसले आफू, आफ्ना घराना र इस्राएलका सारा समुदायका निम्ति प्रायश्‍चित गरेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र हुनुहुँदैन।
LEV 16:18 “त्यसपछि त्यो निस्केर याहवेहको सामु भएको वेदीमा आओस्। अनि त्यसको निम्ति प्रायश्‍चित गरोस्। त्यसले साँढेको रगत र बोकाको रगतबाट केही लिएर त्यसलाई वेदीका सिङहरूमाथि लगाओस्।
LEV 16:19 त्यसले केही रगत आफ्नो औँलाले त्यसमाथि सात चोटि छर्कोस्, र त्यसलाई शुद्ध पारोस्। अनि त्यसलाई इस्राएलीहरूको अशुद्धताबाट पवित्र गरोस्।
LEV 16:20 “हारूनले महा-पवित्रस्थान, भेट हुने पाल र वेदीका निम्ति प्रायश्‍चित गरिसकेपछि त्यसले जिउँदो बोका ल्याओस्।
LEV 16:21 त्यसले दुवै हात त्यस जिउँदो बोकाको शिरमाथि राखेर त्यसमाथि इस्राएलका सबै दुष्‍टता र विद्रोह—तिनीहरूका सबै पाप स्वीकार गरोस्। अनि ती त्यस बोकाको टाउकोमाथि राखिदेओस्। त्यसले त्यस बोकालाई त्यस कामको लागि खटाइएको मानिसको जिम्मामा टाढा मरुभूमिमा पठाइदेओस्।
LEV 16:22 त्यस बोकाले तिनीहरूका सारा पाप निर्जन ठाउँमा बोकेर लैजानेछ। अनि त्यस मानिसले त्यस बोकालाई उजाडस्थानमा छोडिदेओस्।
LEV 16:23 “त्यसपछि हारून भेट हुने पालभित्र जाओस्, र त्यसले महा-पवित्रस्थानभित्र जानुअगि लगाएका सुती पोशाकहरू फुकाएर तिनलाई त्यहीँ छोडिदेओस्।
LEV 16:24 त्यसले आफूलाई एउटा पवित्र ठाउँमा पानीले नुहाओस्। अनि आफ्नो नियमित पोशाक लगाओस्। त्यसपछि बाहिर निस्केर त्यसले आफू र मानिसहरूका निम्ति प्रायश्‍चित गर्नलाई, आफ्नै निम्ति होमबलि र मानिसहरूका निम्ति होमबलि चढाओस्।
LEV 16:25 त्यसले पाप शुद्धीकरण बलिको बोसो पनि वेदीमाथि जलाओस्।
LEV 16:26 “त्यस बोकालाई छाडा छोडिदिने मानिसले आफ्ना लुगाहरू धोएर आफूलाई पानीले नुहाओस्। त्यसपछि त्यो छाउनीभित्र आओस्।
LEV 16:27 प्रायश्‍चितको लागि महा-पवित्रस्थानभित्र जसको रगत ल्याइएको थियो; पाप शुद्धीकरण बलिको त्यो साँढे र बोकालाई छाउनीबाहिर लगेर तिनीहरूका छाला, मासु र गोबर जलाइयोस्।
LEV 16:28 तिनीहरूलाई जलाउने मानिसले आफ्ना लुगा धोएर पानीले नुहाओस्; र त्यसपछि त्यो छाउनीभित्र आओस्।
LEV 16:29 “तिमीहरूका लागि यो एउटा रहिरहने विधि ठहरियोस्ः सातौँ महिनाको दशौँ दिनमा तिमीहरूले आफैँलाई इन्कार गर्नू। अनि तिमीहरूले चाहे घरमा जन्मेको होस् अथवा तिमीहरूका बीचमा बस्‍ने परदेशी होस्, कसैले पनि कुनै किसिमको काम नगर्नू।
LEV 16:30 किनकि यही दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्ति प्रायश्‍चित गरिनेछ। त्यसपछि तिमीहरू याहवेहको सामु तिमीहरूका सबै पापहरूबाट शुद्ध हुनेछौ।
LEV 16:31 यो शब्बाथ विश्रामको दिन हो; अनि तिमीहरूले आफूलाई इन्कार गर्नू, यो एउटा रहिरहने विधि हो।
LEV 16:32 प्रधान पुजारीको रूपमा आफ्नो बुबाको सट्टामा अभिषेक भई नियुक्त भएका पुजारीले प्रायश्‍चित गर्नुपर्छ। उसले पवित्र सुती कपडा लगाउनुपर्छ।
LEV 16:33 अनि महा-पवित्रस्थानको निम्ति, भेट हुने पाल र वेदीको निम्ति; अनि सबै पुजारीहरू र समुदायका सबै सदस्यहरूका निम्ति प्रायश्‍चित गरोस्।
LEV 16:34 “यो तिमीहरूका निम्ति रहिरहने विधि होस्: इस्राएलीहरूका सबै पापहरूका निम्ति वर्षमा एकपल्ट प्रायश्‍चित गरियोस्।” अनि याहवेहले आज्ञा गर्नुभएबमोजिम नै मोशाले गरे।
LEV 17:1 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 17:2 “हारून, त्यसका छोराहरू र सारा इस्राएलीहरूसित कुरा गर्, र तिनीहरूलाई भन्: ‘याहवेहले यस्तो आज्ञा दिनुभएको छ:
LEV 17:3 कुनै इस्राएलीले गोरु, थुमा अथवा बाख्रालाई छाउनीभित्र वा बाहिर बलिदान गर्छ र याहवेहको समागम पाल सामु उहाँलाई दानस्वरूप प्रस्तुत गर्नलाई भेट हुने पालको प्रवेशद्वारमा तिनीहरूलाई ल्याउँदैन,
LEV 17:4 अनि याहवेहको भेट हुने पाल सामु उहाँलाई बलिस्वरूप चढाउनलाई समागम पालको प्रवेशद्वारमा ल्याउँदैन भने त्यो मानिस रक्तपातको दोषी ठहरिनेछ। त्यसले रगत बगाएकोले त्यो आफ्ना मानिसहरूदेखि अलग गरिनुपर्छ।
LEV 17:5 यो आज्ञा यस हेतुले दिइएको हो कि इस्राएलीहरूले आफ्ना बलिदान खुल्‍ला मैदानमा चढाउँछन्, जुन अबदेखि याहवेहका सामु चढाऊन्। तिनीहरूले पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याएर याहवेहकहाँ मेलबलिको रूपमा चढाउनुपर्छ।
LEV 17:6 पुजारीले त्यो रगत भेट हुने पालको प्रवेशद्वारमा याहवेहको वेदीमाथि छर्कोस्। अनि बोसोलाई याहवेहलाई मनपर्ने बास्‍नास्वरूप जलाओस्।
LEV 17:7 तिनीहरूले अब उसो बाख्रारूपी मूर्तिहरूलाई बलिदान नचढाऊन्, जससँग तिनीहरू व्यभिचार गर्छन्; तिनीहरू र तिनीहरूका पुस्तौँ-पुस्ताका निम्ति यो रहिरहने विधि होस्।’
LEV 17:8 “तिनीहरूलाई भन्: ‘कुनै इस्राएली अथवा तिनीहरूसित बस्‍ने कुनै परदेशी, जसले होमबलि अथवा बलिदान चढाउँछ,
LEV 17:9 अनि त्यसलाई याहवेहका निम्ति बलिदान गर्नलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउँदैन भने त्यो मानिसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।’
LEV 17:10 “ ‘इस्राएलीहरू वा तिनीहरूसित बस्‍ने कुनै पनि परदेशी, जसले रगत खान्छ, म त्यो रगत खानेको विरोध गर्छु। अनि म त्यसलाई त्यसका मानिसहरूदेखि बहिष्कार गर्नेछु।
LEV 17:11 किनकि शरीरको प्राण त्यसको रगतमा हुन्छ। अनि मैले त्यो वेदीमा तिमीहरू आफ्नै प्रायश्‍चित गर्नु भनेर तिमीहरूलाई दिएको छु। रगतद्वारा नै कसैको प्राणको निम्ति प्रायश्‍चित गरिन्छ।
LEV 17:12 यसकारण म इस्राएलीहरूलाई भन्छु, “तिमीहरू कसैले पनि रगत नखानू, न त तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले नै रगत खाओस्।”
LEV 17:13 “ ‘कुनै इस्राएली अथवा तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले खान हुने कुनै पशु वा पक्षीको शिकार गर्‍यो भने त्यसले रगत निथारेर माटोले पुरोस्।
LEV 17:14 किनकि हरेक शरीरको प्राण त्यसको रगत हो। यसकारण मैले इस्राएलीहरूलाई भनेको छु, “तिमीहरूले कुनै प्राणीको पनि रगत नखानू; किनकि शरीरको प्राण त्यसको रगत हो। त्यो खाने सबैलाई बहिष्कार गरिनेछ।”
LEV 17:15 “ ‘स्वदेशमा जन्मेको अथवा परदेशमा, जसले आफैँ मरेर भेट्टाएको अथवा जङ्गली पशुहरूद्वारा फहराइएको जेसुकै पनि खान्छ भने त्यसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस्। अनि त्यो साँझसम्म विधिपूर्वक अशुद्ध हुनेछ। त्यसपछि त्यो शुद्ध हुनेछ।
LEV 17:16 तर यदि त्यसले आफ्ना लुगाहरू धोएन र नुहाएन भने त्यसलाई यसको परिणामको जिम्मेवार ठहराइनेछ।’ ”
LEV 18:1 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 18:2 “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
LEV 18:3 तिमीहरूले प्रवास गरेको इजिप्टियनहरूले गरेका कामहरूझैँ नगर। अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु। यसकारण त्यहाँका मानिसहरूले गर्ने कामहरूझैँ नगर। तिनीहरूका विधि-विधानहरूलाई नपछ्याऊ।
LEV 18:4 तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्नू। अनि मेरा उर्दीहरू होशियारीसाथ पालन गर्नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
LEV 18:5 मेरा उर्दी र आज्ञाहरू पालन गर्नू। किनकि ती पालन गर्ने मानिस त्यसैद्वारा जिउनेछ; म नै याहवेह हुँ।
LEV 18:6 “ ‘तिमीहरूमध्ये कसैले पनि आफ्नो नजिकको नातेदारसँग सहवास नगर्नू; म नै याहवेह हुँ।
LEV 18:7 “ ‘आफ्नी आमासित सहवास गरेर आफ्ना बुबाको अपमान नगर्नू। त्यो तेरी आमा हो; त्यससित यस्तो सम्बन्ध नराख्नू।
LEV 18:8 “ ‘तैँले आफ्नो बुबाको पत्नीसित सहवास नगर्नू; त्यसो गर्नाले तैँले आफ्ना बुबाको अपमान गर्छस्।
LEV 18:9 “ ‘आफ्नी बहिनीसित अर्थात् आफ्ना बुबाको छोरी वा आमाकी छोरी, चाहे त्यो एउटै घरमा वा कहीँकतै जन्मेकी होस्, त्यससित सहवास नगर्नू।
LEV 18:10 “ ‘आफ्नो छोराको छोरीसित अथवा आफ्नी छोरीकी छोरीसित सहवास नगर्नू; त्यसले तेरो अपमान हुनेछ।
LEV 18:11 “ ‘आफ्नी सौतेनी आमापट्टिबाट तेरा बुबाद्वारा जन्मिएकी छोरीसित सहवास नगर्नू; त्यो तेरी बहिनी हो।
LEV 18:12 “ ‘आफ्ना बुबाको दिदीबहिनीसित सहवास नगर्नू; त्यो तेरा बुबाका नजिकको नातेदार हो।
LEV 18:13 “ ‘आफ्नी आमाकी दिदीबहिनीसित सहवास नगर्नू; किनकि त्यो तेरी आमाकी नजिकको नातेदार हो।
LEV 18:14 “ ‘आफ्ना बुबाको भाइकी पत्नीकहाँ सहवासको लागि गएर काकाको अपमान नगर्नू; त्यो तेरी काकी हो।
LEV 18:15 “ ‘आफ्नी बुहारीसित सहवास नगर्नू। त्यो तेरो छोराकी पत्नी हो; त्यससित यस्तो सम्बन्ध नराख्नू।
LEV 18:16 “ ‘आफ्नो भाउजूसित सहवास नगर्नू; त्यसले तेरो दाजुको अपमान हुनेछ।
LEV 18:17 “ ‘कुनै स्त्री र त्यसकी छोरी दुवैसित सहवास नगर्नू। त्यसका छोराकी छोरीसित अथवा त्यसकी छोरीकी छोरीसित सहवास नगर्नू; ती नजिकका नातेदार हुन्। त्यो त दुष्‍टता हो।
LEV 18:18 “ ‘आफ्नी पत्नीको जीवनकालमा त्यसकी दिदी वा बहिनीलाई सौता ल्याएर सहवास नगर्नू।
LEV 18:19 “ ‘कुनै स्त्रीको रजस्वलाको अशुद्धिमा त्यस स्त्रीकहाँ सहवासको लागि नजानू।
LEV 18:20 “ ‘आफ्नो छिमेकीको पत्नीसित सहवास गरेर आफूलाई अपवित्र नबनाउनू।
LEV 18:21 “ ‘आफ्ना सन्तानलाई मोलेखको निम्ति बलिदान गर्न नदिनू। किनकि तिमीहरूले आफ्ना परमेश्‍वरको नाम अपवित्र तुल्याउनु हुँदैन। म नै याहवेह हुँ।
LEV 18:22 “ ‘स्त्रीहरूसँगझैँ पुरुषसँग सहवास नगर्नू; त्यो त घृणित कार्य हो।
LEV 18:23 “ ‘कुनै पशुसित सहवास गरेर आफूलाई त्यससित अपवित्र नतुल्याउनू। कुनै स्त्रीले पनि सहवासका निम्ति पशुकहाँ नजानू; त्यो त अस्वभाविक भ्रष्‍टता हो।
LEV 18:24 “ ‘तिमीहरूले यी कुराहरूमध्ये कुनैमा पनि आफूलाई अपवित्र नतुल्याउनू। किनकि तिमीहरूको सामु म जुन जातिहरूलाई बाहिर धपाउँदैछु, तिनीहरू यस्तै किसिमले आफूलाई अपवित्र बनाए।
LEV 18:25 त्यो देशसमेत अपवित्र भयो। यसकारण मैले तिनीहरूका पापका निम्ति तिनीहरूलाई दण्ड दिएँ। अनि त्यस देशले आफ्ना देशवासीहरूलाई ओकलेर फालिदियो।
LEV 18:26 तर तिमीहरूले मेरा उर्दी र आज्ञाहरू पालन गर्नू। स्वदेशमा जन्मेका अथवा तिमीहरूसित बस्‍ने परदेशीहरूले यस्ता घिनलाग्दा कुनै पनि काम नगर्नू।
LEV 18:27 किनकि यी घिनलाग्दा काम तिमीहरूभन्दा अगि त्यस ठाउँमा बस्‍ने मानिसहरूले गरेका थिए, र देश अपवित्र भयो।
LEV 18:28 अनि यदि तिमीहरूले देशलाई अपवित्र तुल्यायौ भने त्यसले तिमीहरूभन्दा पहिलेका जातिहरूलाई ओकलेर फालिदिएझैँ, तिमीहरूलाई पनि ओकलेर फालिदिनेछ।
LEV 18:29 “ ‘यदि कसैले यीमध्ये कुनै घृणित काम गर्‍यो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।
LEV 18:30 मैले राखेका विधिहरू पूरा गर्नू। अनि तिमीहरू आउनुभन्दा पहिले गरिएका घिनलाग्दा रीतिको अनुसरण नगर्नू। तिमीहरूले त्यस्ता कुराहरूसित आफूलाई अपवित्र नतुल्याउनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ”
LEV 19:1 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 19:2 “इस्राएलका सारा समुदायसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरू पवित्र होओ; किनकि म याहवेह तिमीहरूका परमेश्‍वर पवित्र छु।
LEV 19:3 “ ‘तिमीहरू प्रत्येकले आफ्ना आमाबुबालाई आदर गर्नू, र तिमीहरूले मेरा शब्बाथ दिनहरूलाई पालन गर्नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
LEV 19:4 “ ‘मूर्तिहरूतिर नफर्कनू वा धातुका आफ्ना निम्ति देवताहरू नबनाउनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
LEV 19:5 “ ‘तिमीहरूले याहवेहको निम्ति आफ्ना मेलबलि चढाउँदा यस किसिमले चढाओ, कि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य होस्।
LEV 19:6 त्यसलाई तिमीहरूद्वारा चढाएकै दिन अथवा भोलिपल्ट खाइयोस्। तेस्रो दिनसम्म केही थोक बाँकी रह्‍यो भने त्यो जलाइयोस्।
LEV 19:7 यदि त्यसबाट केही तेस्रो दिनमा खाइयो भने त्यो अशुद्ध हो; त्यो ग्रहण हुनेछैन।
LEV 19:8 त्यसलाई जसले खान्छ, त्यो जिम्मेवार हुनेछ। किनकि त्यसले जुन कुरा याहवेहको निम्ति पवित्र छ, त्यसलाई अपवित्र तुल्याएको छ। त्यो मानिस आफ्नो समुदायबाट बहिष्कार गरियोस्।
LEV 19:9 “ ‘तिमीहरूले आफ्नो जमिनबाट कटनी गर्दा त्यसको किनारसम्मै नकाट्नू, अथवा तिमीहरूका कटनीको सिलाबाला नबटुल्नू।
LEV 19:10 तिमीहरू आफ्नो दाखबारीमा दोस्रोपल्ट नजानू, अथवा झरेका अङ्‌गुर नटिप्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
LEV 19:11 “ ‘तिमीहरूले चोरी नगर्नू। “ ‘तिमीहरूले झूट नबोल्नू। “ ‘तिमीहरू एक-अर्कालाई धोका नदिनू।
LEV 19:12 “ ‘तिमीहरूले मेरो नाममा झूटो शपथ खाएर आफ्ना परमेश्‍वरको नाम अपवित्र नतुल्याउनू। म नै याहवेह हुँ।
LEV 19:13 “ ‘तिमीहरूले आफ्ना छिमेकीलाई शोषण नगर्नू, अथवा नलुट्नू। “ ‘तिमीहरूका ज्यालादारी मानिसको ज्याला रातभरि रोकेर नराख्नू।
LEV 19:14 “ ‘तिमीहरूले सुन्‍न नसक्नेलाई नसराप्नू, अथवा दृष्‍टिविहीनको सामु ठेस लाग्ने कुरा नराख्नू; तर आफ्ना परमेश्‍वरको डर मान्‍नू। म नै याहवेह हुँ।
LEV 19:15 “ ‘तिमीहरूले न्याय नबिगार्नू। गरिबलाई पक्षपात नगर्नू; अनि धनीलाई विशेष कृपा नदेखाउनू। तर आफ्ना छिमेकीको न्याय ठिकसित गर्नू।
LEV 19:16 “ ‘आफ्ना मानिसहरूका बीचमा निन्दा नफैलाउनू। “ ‘आफ्ना छिमेकीको जीवन खतरामा पर्ने किसिमका कुनै पनि काम नगर्नू। म नै याहवेह हुँ।
LEV 19:17 “ ‘तिमीहरूका दाजुभाइलाई आफ्नो हृदयमा घृणा नगर्नू। बरु आफ्नो छिमेकीलाई खुल्‍लमखुल्‍ला हप्काउनू, ताकि त्यसको दोषमा तिमीहरूको कुनै भाग नहोस्।
LEV 19:18 “ ‘आफ्ना मानिसहरूका विरुद्धमा बदला नलिनू, अथवा डाह नगर्नू; तर आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू; म नै याहवेह हुँ।
LEV 19:19 “ ‘मेरा उर्दीहरू पालन गर्नू। “ ‘बेग्ला-बेग्लै जातिका पशुहरूलाई मेल नगराउनू। “ ‘आफ्नो जमिनमा दुई किसिमका बिउहरू नलगाउनू। “ ‘दुई किसिमका सामग्रीहरूले बनिएको वस्त्र नलगाउनू।
LEV 19:20 “ ‘मगनी भएकी, तर छुटकारा नपाएकी तथा स्वतन्त्र नभएकी कमारीसित कसैले सहवास गर्‍यो भने तिनीहरूलाई सजाय दिइयोस्। तिनीहरूलाई मार्नुचाहिँ हुँदैन। किनभने त्यो फुक्‍का भएकी थिइन।
LEV 19:21 तर त्यस मानिसले याहवेहका निम्ति दोषबलिस्वरूप भेट हुने पालको प्रवेशद्वारमा एउटा भेडा ल्याओस्।
LEV 19:22 त्यो भेडालाई लिएर पुजारीले त्यसको निम्ति त्यसले गरेको पापका लागि याहवेहको सामु प्रायश्‍चित गरोस्; अनि त्यसको पाप क्षमा गरिनेछ।
LEV 19:23 “ ‘जब तिमीहरू त्यस देशमा प्रवेश गर्छौ, तब त्यहाँ कुनै किसिमका फलको रूख रोपेपछि त्यसको फललाई खान नहुने ठान्‍नू। तीन वर्षसम्म तिमीहरूले त्यसलाई खान नहुने ठान्‍नू; त्यो खानुहुँदैन।
LEV 19:24 चौथो वर्षमा त्यसका सबै फलहरू पवित्र र याहवेहका निम्ति प्रशंसाको भेटी हुनेछ।
LEV 19:25 तर पाँचौँ वर्षमा त्यसको फल खान सकिन्छ। यस प्रकार तिमीहरूका फसलको वृद्धि हुनेछ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
LEV 19:26 “ ‘कुनै मासु रगत भएको अवस्थामा नखानू। “ ‘तिमीहरूले जोखना हेर्ने र साइत हेर्ने कामहरू नगर्नू।
LEV 19:27 “ ‘तिमीहरूले आफ्नो कन्चटको कपाल नकाट्नू, न त आफ्नो दाह्रीका किनारहरू छाँट्नू।
LEV 19:28 “ ‘तिमीहरूले मरेकाहरूका निम्ति आफ्ना शरीरलाई नकाट्नू, अथवा आफूमाथि खोपेर छापहरू नबनाउनू। म नै याहवेह हुँ।
LEV 19:29 “ ‘तिमीहरूले आफ्ना छोरीहरूलाई वेश्या बनाएर तिनीहरूको स्तर नघटाइदिनू; नत्रता देश नै वेश्यावृत्तिमा लागेर दुष्‍टताले भरिनेछ।
LEV 19:30 “ ‘मेरा शब्बाथ दिनहरू पालन गर्नू, र मेरो पवित्रस्थानलाई आदर गर्नू। म नै याहवेह हुँ।
LEV 19:31 “ ‘तन्त्रमन्त्र गर्नेहरूतिर ध्यान नदिनू, न त तिनीहरूलाई खोज्नू। किनकि तिनीहरूद्वारा तिमीहरू अपवित्र तुल्याइनेछौ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
LEV 19:32 “ ‘बुढापाकाहरूका सम्मानमा उठ्नू र वृद्धहरूप्रति आदर देखाउनू। अनि तिमीहरूका परमेश्‍वरको भय मान्‍नू। म नै याहवेह हुँ।
LEV 19:33 “ ‘जब कुनै परदेशी तिमीहरूको देशमा तिमीहरूसित बसोबास गर्छ, तब त्यससित नराम्रो व्यवहार नगर्नू।
LEV 19:34 तिमीहरूसित बस्‍ने परदेशीलाई स्वदेशमा जन्मेकालाई झैँ व्यवहार गर्नुपर्छ। त्यसलाई आफूलाई झैँ प्रेम गर्नू। किनकि तिमीहरू पनि इजिप्टमा परदेशी थियौ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
LEV 19:35 “ ‘तिमीहरूले नाप्दा, जोख्दा र भर्दा छल नगर्नू।
LEV 19:36 ठिक तराजु, ठिक ढक, ठिक एपा र ठिक हिन चलाउनू। तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
LEV 19:37 “ ‘तिमीहरूले मेरा सबै उर्दी र मेरा सबै व्यवस्थाहरू मान्‍नू; र ती पालन गर्नू। म नै याहवेह हुँ।’ ”
LEV 20:1 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 20:2 “इस्राएलीहरूलाई भन्: ‘आफ्ना छोराछोरीहरू मोलेखलाई चढाउने कुनै इस्राएली अथवा इस्राएलमा बस्‍ने कुनै पनि परदेशी मारिनुपर्छ। समुदायका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून्।
LEV 20:3 म आफ्नो अनुहार त्यस मानिसको विरुद्धमा पार्नेछु। अनि म त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नेछु; किनकि त्यसले आफ्ना छोराछोरीहरू मोलेखलाई दिएर मेरो पवित्रस्थान बिटुलो पारेको छ। अनि मेरो पवित्र नामलाई अपवित्र तुल्याएको छ।
LEV 20:4 यदि समुदायका मानिसहरूले कुनै मानिसले आफ्ना छोराछोरीहरू मोलेख देवतालाई बलि चढाउँदा नदेखेझैँ गरे, र त्यसलाई मारेनन् भने,
LEV 20:5 म आफ्नो अनुहार त्यस मानिस र त्यसको परिवारको विरुद्धमा पार्नेछु। अनि म त्यसलाई र आफैँलाई मोलेखसित व्यभिचार गर्न त्यसको पछि-पछि लाग्ने सबैलाई तिनीहरूका मानिसदेखि बहिष्कार गर्नेछु।
LEV 20:6 “ ‘जो व्यक्ति जोखना हेर्नेहरू र तन्त्रमन्त्र गर्नेहरूका पछि लागेर आफैँलाई वेश्यावृत्तिमा लगाउँछ, त्यसदेखि म आफ्नो अनुहार लुकाउनेछु। अनि म त्यसलाई त्यसका मानिसहरूको बीचबाट बहिष्कार गर्नेछु।
LEV 20:7 “ ‘यसकारण आफैँलाई अर्पण गरेर पवित्र होओ। किनकि म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
LEV 20:8 मेरा उर्दीहरू पालन गर्नू; अनि तिनैलाई अनुसरण गर्नू। तिमीहरूलाई पवित्र पार्ने याहवेह म नै हुँ।
LEV 20:9 “ ‘यदि कसैले आफ्ना बुबालाई अथवा आमालाई सराप्छ भने त्यो मारियोस्। किनकि त्यसले आफ्नो बुबा वा आमालाई सरापेको छ; अनि त्यसको रगत त्यसकै शिरमाथि परोस्।
LEV 20:10 “ ‘यदि कुनै मानिसले आफ्नो छिमेकीको पत्नीसित व्यभिचार गर्छ भने त्यो व्यभिचारी र व्यभिचारिणी दुवै मारियोस्।
LEV 20:11 “ ‘यदि कुनै मानिसले आफ्नो बुबाको पत्नीसित सहवास गर्‍यो भने त्यसले आफ्नो बुबाको अपमान गरेको छ। त्यो मानिस र स्त्री दुवै मारियोस्। तिनीहरूका रगत तिनीहरूकै आफ्नै शिरमाथि परोस्।
LEV 20:12 “ ‘यदि कुनै मानिसले आफ्नी बुहारीसित सहवास गर्‍यो भने ती दुवै मारिऊन्। तिनीहरूले जे गरेका छन्, त्यो अभद्र व्यवहार हो। तिनीहरूका रगत तिनीहरूकै शिरमाथि परोस्।
LEV 20:13 “ ‘यदि कुनै मानिसले स्त्रीसँग सहवास गरेझैँ कुनै पुरुषसित सहवास गर्‍यो भने त्यो घृणित काम हो; तिनीहरू मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्।
LEV 20:14 “ ‘यदि कुनै मानिसले आमा र छोरी दुवैलाई विवाह गर्छ भने त्यो दुष्‍टता हो। त्यसलाई ती दुवैसँग आगोमा जलाइनुपर्छ, ताकि तिमीहरूका बीचमा कुनै दुष्‍टता नरहोस्।
LEV 20:15 “ ‘यदि कुनै मानिसले पशुसित सहवास गरेको छ भने त्यो मारियोस्। अनि तिमीहरूले त्यस पशुलाई पनि मार्नैपर्छ।
LEV 20:16 “ ‘यदि कुनै स्त्री सहवासको निम्ति कुनै पशुकहाँ जान्छे भने त्यो स्त्री र पशु दुवै मारिनैपर्छ। निश्‍चय नै तिनीहरू मारिनैपर्छ। तिनीहरूका रगत तिनीहरूकै शिरमाथि परोस्।
LEV 20:17 “ ‘यदि कुनै मानिसले आफ्नी बहिनी अर्थात् आफ्नो बुबा वा आमाकी छोरीलाई विवाह गर्छ र त्यससित सहवास गर्छ भने त्यो अपराध हो। त्यो आफ्ना मानिसहरूका दृष्‍टिमा बहिष्कृत हुनैपर्छ। त्यसले आफ्नी बहिनीको अपमान गरेको छ, र त्यो जिम्मेवार ठहराइनेछ।
LEV 20:18 “ ‘यदि कुनै मानिसले स्त्रीसित त्यसको रजस्वलाको समयमा सहवास गर्‍यो भने त्यसले उसको रक्तस्रावको मूललाई उदाङ्गो बनाएको छ। अनि त्यसले पनि त्यो खोलिदिएकी छे। ती दुवै आफ्ना मानिसहरूबाट बहिष्कृत हुनुपर्छ।
LEV 20:19 “ ‘आफ्नी आमाकी अथवा बुबाकी दिदीबहिनीसित सहवास नगर्नू। किनकि त्यसद्वारा आफ्नो नजिकको नातेदारको अपमान हुनेछ। तिमीहरू दुवै त्यसको जिम्मेवार हुनेछौ।
LEV 20:20 “ ‘यदि कुनै मानिसले आफ्नी काकी अथवा ठूली आमासित सहवास गर्‍यो भने त्यसले काका अथवा ठूलो बुबाको अपमान गर्छ। तिनीहरू त्यस पापको जिम्मेवार हुनेछन्; र तिनीहरू निःसन्तान भई मर्नेछन्।
LEV 20:21 “ ‘यदि कुनै मानिसले आफ्नो दाजु वा भाइकी पत्नीलाई विवाह गर्‍यो भने त्यो अशुद्ध काम हो। त्यसले आफ्ना दाजुभाइको अपमान गरेको छ। तिनीहरू निःसन्तान हुनेछन्।
LEV 20:22 “ ‘मेरा सबै उर्दीहरू र नियमहरू पालन गरेर त्यसको अनुसरण गर्नू, ताकि मैले तिमीहरूलाई बसोबास गर्न जुन ठाउँमा लैजाँदैछु, त्यसले तिमीहरूलाई नत्यागोस्।
LEV 20:23 मैले तिमीहरूको सामुबाट धपाइदिन लागेको जातिहरूका रीतिअनुसार नचल्नू। यसैकारण मैले तिनीहरूलाई घृणा गरेँ।
LEV 20:24 तर मैले तिमीहरूलाई भनेको छु, “तिमीहरूले तिनीहरूको देश अधिकार गर्न पाउनेछौ। म त्यसलाई अर्थात् दूध र मह बग्ने देशलाई अधिकारस्वरूप तिमीहरूलाई दिनेछु।” म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेको छु।
LEV 20:25 “ ‘यसकारण तिमीहरूले शुद्ध र अशुद्ध पशुहरूको बीचमा अनि शुद्ध र अशुद्ध पक्षीहरूको बीचमा भिन्‍नता राख्नुपर्छ। जमिनमा हिँड्ने र मैले तिमीहरूका निम्ति अशुद्ध भनी अलग गरेको जुनसुकै पशु अथवा पक्षी—केही कुराद्वारा तिमीहरूले आफूलाई अशुद्ध नतुल्याउनू।
LEV 20:26 तिमीहरू पवित्र हुनैपर्छ। किनकि म याहवेह पवित्र छु। मैले तिमीहरूलाई मेरा आफ्नै बनाउनलाई अरू जातिहरूबाट अलग पारेको छु।
LEV 20:27 “ ‘तिमीहरूका बीचमा भएको कुनै पुरुष अथवा स्त्रीले तन्त्रमन्त्र गर्नेझैँ मध्यस्थको अथवा तन्त्रमन्त्रको काम गर्‍यो भने त्यो मारिनैपर्छ। तिमीहरूले तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्नू। तिनीहरूको रगत तिनीहरूका आफ्नै शिरमाथि परोस्।’ ”
LEV 21:1 याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनका पुजारी छोराहरूलाई यसो भन्: ‘आफ्ना मानिसहरूबाट कसैको मृत्यु हुँदा पुजारीले आफूलाई अशुद्ध नतुल्याओस्।
LEV 21:2 तर आफ्नो साक्खै अर्थात् आफ्ना आमाबुबा, आफ्ना छोराछोरी, दाजुभाइ,
LEV 21:3 अथवा आफ्नी साक्खै कन्या दिदीबहिनीका निम्ति त्यसले आफूलाई अशुद्ध तुल्याउन सक्छ।
LEV 21:4 वैवाहिक सम्बन्धद्वारा भएका आफन्तहरूका निम्ति त्यसले आफूलाई अशुद्ध बनाएर त्यो अपवित्र नबनोस्।
LEV 21:5 “ ‘पुजारीहरूले आफ्ना शिर र दाह्रीका किनार नखौरून्, र आफ्ना शरीरमा चोट नपारून्।
LEV 21:6 आफ्ना परमेश्‍वरका निम्ति तिनीहरू पवित्र रहून्, र आफ्ना परमेश्‍वरको नाम अपवित्र नपारून्। किनकि तिनीहरूले याहवेहका निम्ति आगोद्वारा चढाइएको बलि, आफ्ना परमेश्‍वरको भोजन चढाउने गर्दछन्। यसकारण तिनीहरू पवित्र रहून्।
LEV 21:7 “ ‘तिनीहरूले वेश्यावृत्तिको कारण अपवित्र भएकी अथवा पतिद्वारा त्यागिएकी स्त्रीहरूलाई विवाह नगरून्। किनकि पुजारीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र हुन्।
LEV 21:8 तिमीहरूले पुजारीहरूलाई पवित्र मान्‍नू। किनकि तिनीहरूले आफ्ना परमेश्‍वरको भोजन चढाउने गर्दछन्। तिनीहरू तिमीहरूका निम्ति पवित्र रहून्। किनकि तिमीहरूलाई पवित्र पार्ने म याहवेह पवित्र छु।
LEV 21:9 “ ‘यदि कुनै पुजारीकी छोरीले वेश्या भएर आफूलाई अपवित्र तुल्याउँछे भने त्यसले आफ्ना बुबालाई कलङ्कित पार्छे; त्यसलाई आगोमा जलाइयोस्।
LEV 21:10 “ ‘आफ्ना दाजुभाइहरूमध्ये आफ्नो शिरमाथि अभिषेकको तेल खन्याइएको छ, र पुजारीका पोशाकहरू लगाउन नियुक्त भएको प्रधान पुजारीले आफ्नो केश खुला नछोडोस्, र आफ्ना लुगा नच्यातोस्।
LEV 21:11 कुनै मुर्दा भएको ठाउँमा त्यो नपसोस्। त्यसले आफ्ना बुबाआमाकै निम्ति पनि आफूलाई अशुद्ध नपारोस्;
LEV 21:12 न त त्यसले पवित्रस्थानलाई छोडोस्, अथवा त्यसलाई दूषित पारोस्। किनकि परमेश्‍वरको अभिषेकको तेलले त्यसलाई अर्पण गरिएको छ। म नै याहवेह हुँ।
LEV 21:13 “ ‘त्यसले विवाह गर्ने स्त्री कन्या हुनुपर्छ।
LEV 21:14 त्यसले विधवा, त्यागिएकी स्त्री अथवा वेश्यावृत्तिद्वारा कलङ्कित स्त्रीलाई विवाह गर्नुहुँदैन। तर केवल आफ्नै जातिबाटको कन्यालाई मात्र विवाह गर्नुपर्छ।
LEV 21:15 त्यसले आफ्ना जातिबीच आफ्ना सन्तानलाई अपवित्र नतुल्याओस्। त्यसलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।’ ”
LEV 21:16 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 21:17 “हारूनलाई भन्: ‘भावी पुस्ताका निम्ति तेरो सन्तानबाट खोट भएको कुनै व्यक्ति पनि आफ्नो परमेश्‍वरको भोजन चढाउनलाई नजिक नआओस्।
LEV 21:18 यस्ता खोट भएका कुनै मानिस पनि नजिक नआओस्: दृष्‍टिविहीन, लङ्गडा, रूप बिग्रेको वा कुरूप;
LEV 21:19 अपाङ्ग खुट्टा वा हात भएको मानिस,
LEV 21:20 कुप्रो वा पुड्को वा आँखामा खोट भएको, छालामा आलो घाउ भएको वा अण्डकोष बिग्रेको।
LEV 21:21 पुजारी हारूनको सन्तानमा कुनै पनि खोट भएको व्यक्ति याहवेहलाई आगोद्वारा चढाइने बलि चढाउन नजिक नआओस्। त्यसमा खोट हुनाले आफ्नो परमेश्‍वरको भोजन चढाउन नजिक नआओस्।
LEV 21:22 तर त्यसले आफ्नो परमेश्‍वरको महा-पवित्र र पवित्र दुवै भोजन खान सक्छ।
LEV 21:23 त्यसमा खोट भएको हुनाले त्यो मेरो पवित्रस्थानलाई दूषित पार्नलाई पर्दानिर अथवा वेदीको नजिक नआओस्। तिनीहरूलाई पवित्र पार्ने याहवेह म नै हुँ।’ ”
LEV 21:24 यसकारण मोशाले हारून र उनका छोराहरूलाई अनि सारा इस्राएलीहरूलाई यी कुरा सुनाए।
LEV 22:1 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 22:2 “हारून र त्यसका छोराहरूलाई इस्राएलीहरूले मलाई अर्पण गरेका पवित्र बलिहरूप्रति आदरपूर्वक व्यवहार गर्न भन्‍नू। अनि तिनीहरूले मेरो नाम अपवित्र नतुल्याऊन्। म नै याहवेह हुँ।
LEV 22:3 “तिनीहरूलाई भन्: ‘पुस्तौँ-पुस्तासम्मका लागि यदि तिमीहरूका सन्तानमा कोही अशुद्ध छ, र पनि त्यो इस्राएलीहरूले याहवेहकहाँ चढाएका पवित्र भेटीहरूको नजिक आउँछ भने त्यस मानिसलाई मेरो उपस्थितिबाट अलग गर्नुपर्छ। म नै याहवेह हुँ।
LEV 22:4 “ ‘यदि हारूनको कुनै सन्तानको सरुवा छालारोग अथवा वीर्यपतन भएको छ भने शुद्ध नभएसम्म त्यसले पवित्र भेटीबाट नखाओस्। त्यसले लासद्वारा अथवा वीर्यपतन भएको कसैद्वारा अशुद्ध पारिएको केही छोयो भने पनि त्यो अशुद्ध हुनेछ,
LEV 22:5 अथवा त्यसले आफूलाई अशुद्ध पार्ने कुनै घस्रने जीवजन्तु छोयो भने अथवा त्यसलाई अशुद्ध पार्ने जस्तोसुकै अशुद्धता भएको कुनै मानिसलाई छोयो भने तापनि त्यो अशुद्ध हुनेछ।
LEV 22:6 जसले यी कुरामध्ये कुनै कुरा छोएको छ, साँझसम्म त्यो अशुद्ध रहनेछ। त्यसले आफूलाई पानीले ननुहाएसम्म कुनै पनि पवित्र भेटीहरू नखाओस्।
LEV 22:7 घाम डुबेपछि त्यो शुद्ध हुनेछ। अनि त्यसले पवित्र भेटीहरू खान सक्छ; किनकि ती त्यसकै भोजन हो।
LEV 22:8 त्यसले मरेर भेट्टाइएको कुनै कुरा अथवा पशुले फहराएको केही खाएर त्यसबाट अशुद्ध नहोस्। म नै याहवेह हुँ।
LEV 22:9 “ ‘पुजारीहरूले मेरो सेवा यस प्रकारले गरून् कि तिनीहरूले यसलाई घृणा गरेको कारण तिनीहरू दोषी भएर नमरून्। तिनीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।
LEV 22:10 “ ‘पुजारीको परिवार बाहिरको मानिस कसैले पनि पवित्र भेटीहरू नखाओस्; न त पुजारीको पाहुना अथवा ज्यालादारी मजदुरले त्यो खाओस्।
LEV 22:11 तर यदि कुनै पुजारीले आफ्नै पैसाले कुनै दास किन्यो, अथवा दासहरू त्यसको घरानामै जन्मेका हुन् भने ती दासहरूले त्यसको भोजन खान सक्छन्।
LEV 22:12 यदि कुनै पुजारीकी छोरीले पुजारीसँग नगरी अरूसँगै विवाह गरेकी छे भने त्यसले पवित्र भेटीको भाग नखाओस्।
LEV 22:13 तर यदि कुनै पुजारीकी छोरी विधवा भएकी अथवा त्यागिएकी छ, र त्यो सन्तानविहीन छे, र त्यो आफ्नो बुबाको घरमा बसेकी छे भने त्यसले आफ्ना बुबाको भोजन खान सक्छे। तरै पनि अधिकार नपाएको कुनै व्यक्तिले भने त्यसबाट केही खान सक्दैन।
LEV 22:14 “ ‘यदि कसैले भूलले पवित्र भेटी खाएमा त्यसले पुजारीलाई ती भेटीहरूका हर्जाना देओस्, र त्यसमाथि त्यसको मूल्यको पाँचौँ भाग थपेर देओस्।
LEV 22:15 इस्राएलीहरूले याहवेहलाई चढाएका पवित्र भेटीहरू पुजारीहरूले अपवित्र नपारून्।
LEV 22:16 तिनीहरूलाई खान दिएर अनि अपवित्र पारेर दण्ड भोग्नुपर्ने दोष तिनीहरूमाथि नल्याओस्। तिनीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।’ ”
LEV 22:17 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 22:18 “हारून, त्यसका छोराहरू र सारा इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरूमध्ये कोही, अर्थात् कुनै इस्राएली अथवा इस्राएलमा बस्‍ने परदेशीले भाकल पूरा गर्नलाई अथवा स्वेच्छापूर्वक भेटीस्वरूप याहवेहका निम्ति होमबलिका लागि कुनै भेटी चढाउँछ भने,
LEV 22:19 तिमीहरूले गाईबस्तुबाट, भेडा अथवा बाख्राबाट निष्खोट पाठा तिमीहरूको पक्षमा त्यो ग्रहणयोग्य होस् भनेर चढाउनू।
LEV 22:20 खोट भएका कुनै पनि पशु नल्याउनू। किनकि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य हुनेछैन।
LEV 22:21 यदि कसैले आफ्नो विशेष भाकल पूरा गर्नलाई अथवा स्वेच्छापूर्वक मेलबलिस्वरूप याहवेहकहाँ बथान अथवा बगालबाट ल्याउँछ भने ग्रहणयोग्य हुनलाई त्यो पूर्ण र खोटरहित होस्।
LEV 22:22 याहवेहकहाँ आँखा नेदेख्ने, चोट लागेको अथवा अङ्ग-भङ्ग भएको, छालारोगी, कुहिएको, घाउ भएको अथवा आलो घाउ भएकाहरू नचढाउनू। यस्ता कुनैलाई पनि याहवेहकहाँ आगोद्वारा चढाइने बलिदानस्वरूप वेदीमाथि नराख्नू।
LEV 22:23 तरै पनि तिमीहरूले स्वेच्छापूर्वक भेटीस्वरूप अङ्ग-भङ्ग भएको र चोट लागेको गोरु अथवा भेडा चढाउन सक्छौ। तर भाकल पूरा गर्ने विषयमा त्यो ग्रहण हुनेछैन।
LEV 22:24 तिमीहरूले याहवेहकहाँ अण्डकोषमा चोट लागेको, थेप्चिएको, च्यात्तिएको अथवा काटिएको पशु चढाउनुहुँदैन। तिमीहरूले आफ्नै देशमा यस्तो गर्नुहुँदैन।
LEV 22:25 अनि तिमीहरूले यस्ता पशुहरू परदेशीको हातबाट ग्रहण गरेर तिनीहरूलाई आफ्ना परमेश्‍वरको भोजनस्वरूप नचढाउनू। ती तिमीहरूका पक्षमा ग्रहण गरिनेछैनन्; किनकि ती कुरूप र दोषसहित छन्।’ ”
LEV 22:26 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 22:27 “एउटा बाछा, थुमा अथवा बाख्रा जन्मँदा, त्यो त्यसकी आमासित सात दिनसम्म रहनुपर्छ। आठौँ दिनदेखि उसो त्यो याहवेहका निम्ति आगोद्वारा चढाइएको भेटीस्वरूप ग्रहण हुनेछ।
LEV 22:28 गाई अथवा भेडा र तिनीहरूका बच्‍चाहरू, दुवैलाई एकै दिन नमार्नू!
LEV 22:29 “तिमीहरूले आफ्ना धन्यवादको भेटी याहवेहका निम्ति बलिदान गर्दा त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य हुने गरी बलि चढाओ।
LEV 22:30 त्यो त्यही दिन खाइहाल्नू; त्यसको कुनै पनि कुरा बिहानसम्म नराख्नू। म नै याहवेह हुँ।
LEV 22:31 “मेरा आज्ञाहरू पालन गर्नू, र त्यसअनुसार चल्नू। म नै याहवेह हुँ।
LEV 22:32 मेरो पवित्र नामलाई अपवित्र नतुल्याउनू। म पवित्र छु भनी इस्राएलीहरूले स्वीकार गर्नैपर्छ। तिमीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।
LEV 22:33 अनि तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म नै हुँ; म नै याहवेह हुँ।”
LEV 23:1 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 23:2 “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘मेरा तोकिएका चाडहरू, याहवेहका तोकिएका चाडहरू यिनै हुन्, जसलाई तिमीहरूले पवित्र सभाहरू भनी घोषणा गर्नू।
LEV 23:3 “ ‘छ दिनसम्म तिमीहरूले काम गर्नू, तर सातौँ दिन शब्बाथ विश्रामको दिन, पवित्र दिन हो। त्यस दिन तिमीहरूले कुनै काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि यो दिन याहवेहका निम्ति शब्बाथ हो।’
LEV 23:4 “ ‘याहवेहका तोकिएका चाडहरू यिनै हुन्, पवित्र सभाहरू, जसलाई तिमीहरूले तिनीहरूका तोकिएको समयमा घोषणा गर्नू:
LEV 23:5 याहवेहको निस्तार पहिलो महिनाको चौधौँ दिनको साँझमा सुरु हुन्छ।
LEV 23:6 त्यस महिनाको पन्ध्रौँ दिनमा याहवेहका निम्ति अखमिरी रोटीको चाड सुरु हुन्छ। सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू।
LEV 23:7 यस चाडको पहिलो दिन एउटा पवित्र सभा होस्; त्यस दिन तिमीहरूले आफ्नो दैनिक काम नगर्नू।
LEV 23:8 सात दिनसम्म याहवेहलाई अग्निबलि चढाउनू। अनि सातौँ दिनमा एउटा पवित्र सभा राख्नू। त्यस दिन कुनै दैनिक काम नगर्नू।’ ”
LEV 23:9 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 23:10 “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘जब तिमीहरू मैले दिन लागेको देशमा प्रवेश गर्छौ र त्यहाँ बाली कटनी गर्छौ; तब तिमीहरूले कटनी गरेका पहिलो अन्‍नको एक बिटा पुजारीकहाँ ल्याउनू।
LEV 23:11 उसले त्यो बिटा याहवेहको सामु उचालेर अर्पण गरोस्, ताकि त्यो तिमीहरूको पक्षमा ग्रहण होस्। पुजारीले त्यसलाई शब्बाथ दिनको भोलिपल्ट विशेष भेटीको रूपमा अर्पण गरोस्।
LEV 23:12 तिमीहरूले बिटा उचालेर अर्पण गरिने दिन याहवेहका निम्ति एउटा निष्खोट एकवर्षे थुमा होमबलिस्वरूप चढाउनू।
LEV 23:13 त्यससित एपाको दशौँ भागको दुई भाग मसिनो पिठो जैतुन तेलसँग मिसाएर अग्निबलि याहवेहलाई मनपर्ने बास्‍ना हुने गरी र एक हिन दाखमद्य अर्घबलिस्वरूप चढाउनू।
LEV 23:14 यी बलिहरू आफ्ना परमेश्‍वरकहाँ नल्याएसम्म तिमीहरूले कुनै रोटी, भुटेको अन्‍न अथवा नयाँ अन्‍न नखानू। तिमीहरू जहाँ बसे तापनि यो भावी पुस्ताका लागि एउटा सधैँ रहिरहने विधि हुनेछ।
LEV 23:15 “ ‘शब्बाथ दिनको भोलिपल्ट अर्थात् तिमीहरूले विशेष भेटीको बिटा ल्याएको दिनदेखि पूरा सात हप्‍ता गन्‍नू।
LEV 23:16 सातौँ शब्बाथ दिनको भोलिपल्टसम्म पचास दिन गन्‍नू; अनि नयाँ अन्‍नबलि याहवेहकहाँ चढाउनू।
LEV 23:17 तिमीहरू जहाँ भए तापनि आ-आफ्नो घरबाट चढाउने भेटीको रूपमा दुई वटा रोटीहरू ल्याउनू। यी रोटीहरू एपाको दश भागको दुई भाग मसिनो पिठो प्रयोग गरेर बनाउनू। यी रोटीहरू खमिर हालेर बनाउनू। अनि कटनी गरेको पहिलो फल बलिस्वरूप विशेष भेटीको रूपमा चढाइनका लागि याहवेहकहाँ ल्याउनू
LEV 23:18 त्यस रोटीसित भेडाका निष्खोट एकवर्षे सात वटा पाठा, एउटा बाछा र दुई वटा भेडा ल्याउनू। ती तिनीहरूका अन्‍नबलि र अर्घबलिसहित अग्निबलिको रूपमा याहवेहका निम्ति मिठो बास्‍नाको होमबलि हुनेछन्।
LEV 23:19 त्यसपछि पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका र मेलबलिका निम्ति भेडाका एकवर्षे दुई वटा पाठाहरू चढाउनू।
LEV 23:20 पुजारीले ती दुई भेडालाई अगौटे फलको रोटीसित विशेष भेटीको रूपमा अर्पण गरिनका लागि उचालोस्। पुजारीका निम्ति ती याहवेहकहाँ पवित्र बलि हुन्।
LEV 23:21 त्यही दिन तैँले एउटा पवित्र सभाको घोषणा गर्नू; तर दैनिक काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि पुस्तौँ-पुस्ताका लागि यो एउटा सधैँ रहिरहने विधि हो।
LEV 23:22 “ ‘तिमीहरूले आफ्नो जमिनको फसल कटनी गर्दा जमिनको किनारसम्म नकाट्नू, अथवा आफ्नो कटनीको सिलाबाला नबटुल्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ”
LEV 23:23 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 23:24 “इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूका निम्ति शब्बाथ विश्रामको दिन हुनुपर्छ। तुरही फुकेर सम्झनाका निम्ति एक पवित्र सभा हुनुपर्छ।
LEV 23:25 नियमित काम नगर्नू, तर आगोद्वारा चढाइने भेटी याहवेहकहाँ चढाउनू।’ ”
LEV 23:26 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 23:27 “यस सातौँ महिनाको दशौँ दिन प्रायश्‍चितको दिन हो। एउटा पवित्र सभा बोलाउनू र आफूलाई इन्कार गर्नू; अनि याहवेहकहाँ अग्निबलि चढाउनू।
LEV 23:28 त्यस दिन कुनै काम नगर्नू। किनकि त्यो याहवेह तिमीहरूका परमेश्‍वरको सामु तिमीहरूका निम्ति प्रायश्‍चित गरिने प्रायश्‍चितको दिन हो।
LEV 23:29 त्यस दिन आफूलाई इन्कार नगर्नेलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।
LEV 23:30 त्यस दिन कुनै पनि काम गर्नेलाई म त्यसका मानिसहरूबाट नाश गर्नेछु।
LEV 23:31 तिमीहरूले कुनै काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि भावी पुस्ताका लागि यो सधैँभरि रहिरहने एक विधि हो।
LEV 23:32 यो तिमीहरूका निम्ति शब्बाथ विश्रामको दिन हो। अनि तिमीहरूले आफूलाई इन्कार गर्नू। महिनाको नवौँ दिनको साँझदेखि भोलिपल्टको साँझसम्म तिमीहरूले आफ्ना शब्बाथ पालन गर्नू।”
LEV 23:33 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 23:34 “इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको पन्ध्रौँ दिनमा याहवेहको छाप्रोबासको चाड सुरु हुन्छ र यो सात दिनसम्म रहन्छ।
LEV 23:35 पहिलो दिन पवित्र सभा हो। त्यस दिन दैनिक काम नगर्नू।
LEV 23:36 सात दिनसम्म याहवेहकहाँ अग्निबलि चढाउनू। आठौँ दिनमा एउटा पवित्र सभा राख्नू। अनि याहवेहकहाँ अग्निबलि चढाउनू। यो समाप्‍तिको विशेष सभा हो। यस दिन दैनिक काम नगर्नू।
LEV 23:37 (“ ‘याहवेहका तोकिएका चाडहरू यिनै हुन्, जसलाई तिमीहरूले याहवेहकहाँ आगोद्वारा चढाइने बलि—होमबलि र अन्‍नबलि र प्रतिदिन चढाइनुपर्ने बलिदानहरू र अर्घबलिहरू ल्याउनका लागि पवित्र सभा भनी घोषणा गर्नू।
LEV 23:38 यी बलिहरू याहवेहका शब्बाथ दिनका भेटीहरू, तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलका भेटीहरू अनि तिमीहरूले याहवेहलाई दिने स्वेच्छा-भेटीहरू बाहेकका हुन्।)
LEV 23:39 “ ‘यसकारण सातौँ महिनाको पन्ध्रौँ दिन तिमीहरूले जमिनको बाली बटुलिसकेपछि याहवेहका निम्ति सात दिनसम्म चाड मनाउनू। पहिलो दिन शब्बाथ विश्रामको दिन हो। अनि आठौँ दिन पनि शब्बाथ विश्रामदिन हो।
LEV 23:40 पहिलो दिन तिमीहरूले विशाल रूखका हाँगाहरू—खजूरका रूखबाट धेरै पात हुने रूखहरू र लहरे पीपलको रूखबाट याहवेह तिमीहरूका परमेश्‍वरका सामु सात दिनसम्म आनन्द मनाउनू।
LEV 23:41 यो उत्सव तिमीहरूले याहवेहका निम्ति सात दिनसम्म हरेक वर्ष मनाउनू। भावी पुस्ताका निम्ति यो सदाकालका लागि एक विधि हो। यसलाई तिमीहरूले सातौँ महिनामा मनाउनू।
LEV 23:42 तिमीहरू सात दिनसम्म पालहरूमा बस्‍नू: स्वदेशमा जन्मेका सबै इस्राएलीहरू पालहरूमा बस्‍नू।
LEV 23:43 अनि तिमीहरूका सन्तानले जान्‍नेछन्, कि मैले इस्राएलीहरूलाई इजिप्टबाट निकालेर ल्याउँदा तिनीहरूलाई पालमा बस्‍न लगाएको थिएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ”
LEV 23:44 यसकारण मोशाले इस्राएलीहरूलाई याहवेहका तोकिएका चाडहरू घोषणा गरिदिए।
LEV 24:1 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 24:2 “इस्राएलीहरूलाई आज्ञा दिनू, कि तिनीहरूले उज्यालोका निम्ति पेलेको जैतुनको शुद्ध तेल ल्याऊन्, र दियाहरू निरन्तर बलिरहून्।
LEV 24:3 समागम पालमा गवाही पर्दाको बाहिर हारूनले साँझदेखि बिहानसम्मै लगातार याहवेहको सामु बत्तीहरूको रेखदेख गरिरहोस्। यो भावी पुस्ताका लागि सदा रहिरहने विधि हुनुपर्छ।
LEV 24:4 याहवेहको सामु निखुर सुनको पानसमा बत्तीहरूको रेखदेख लगातार भइरहनुपर्छ।
LEV 24:5 “प्रत्येक रोटीको लागि एपाको दश भागको दुई भाग प्रयोग गरेर मसिनो पिठोको बाह्र वटा रोटीहरू पकाउनू।
LEV 24:6 तिनीहरूलाई एक लहरमा छ वटा गरेर दुई लहरमा, याहवेहका सामु निखुर सुनको टेबुलमा मिलाएर राख्नू।
LEV 24:7 याहवेहकहाँ अग्निबलि हुन दिनलाई र रोटीको प्रतिनिधित्व गर्नलाई सम्झनाको भागस्वरूप प्रत्येक लहरमा केही शुद्ध धूप बाल्नू।
LEV 24:8 यी रोटीलाई इस्राएलीहरूको पक्षबाट सदाको करारस्वरूप याहवेहका सामु हरेक शब्बाथ दिनमा नियमित रूपले राख्नू।
LEV 24:9 त्यो हारून र त्यसका छोराहरूका निम्ति हुनेछ, तिनीहरूले त्यसलाई पवित्र ठाउँमा खाऊन्। किनभने यो याहवेहका निम्ति आगोद्वारा चढाइएको बलिबाट तिनीहरूका नियमित अति पवित्र भाग हो।”
LEV 24:10 अब एउटी इस्राएली आमा र इजिप्टियन बुबाको छोरा इस्राएलीहरूको बीचमा गयो। अनि त्यस इस्राएली स्त्रीको छोरा र इस्राएलीहरू बीचको छाउनीमा झगडा सुरु भयो।
LEV 24:11 इस्राएली स्त्रीको छोराले सरापेर याहवेहको निन्दा गर्‍यो। त्यसकारण तिनीहरूले त्यसलाई मोशाकहाँ ल्याए। (त्यसकी आमाको नाम शलोमीत थियो, जो दान कुलको दिब्रीकी छोरी थिइन्।)
LEV 24:12 याहवेहको इच्छा स्पष्‍ट नभएसम्म तिनीहरूले त्यसलाई थुनामा राखे।
LEV 24:13 तब याहवेहले मोशालाई भन्‍नुभयो:
LEV 24:14 “यस ईश्‍वर निन्दकलाई छाउनीबाहिर लैजानू। त्यसले बोलेका सुन्‍नेहरू सबैले त्यसको शिरमाथि हात राखून्। अनि सारा समुदायले त्यसलाई ढुङ्गाले हानून्।
LEV 24:15 इस्राएलीहरूलाई भन्: ‘यदि कसैले परमेश्‍वरलाई सराप्छ भने त्यो पापको जिम्मेवार ठहरिनेछ।
LEV 24:16 यदि कसैले याहवेहको नामको निन्दा गर्छ भने त्यो मारियोस्। सारा समुदायले त्यसलाई ढुङ्गाले हानून्। चाहे परदेशी होस् वा स्वदेशमा जन्मेको होस्। कसैले याहवेहको नामको निन्दा गर्‍यो भने त्यो मारियोस्।
LEV 24:17 “ ‘यदि कसैले मानिसको हत्या गर्‍यो भने त्यो मारिनुपर्छ।
LEV 24:18 जसले कसैको पशुलाई मार्छ भने त्यसले हर्जाना तिर्नुपर्छ—प्राणको साटो प्राण।
LEV 24:19 यदि कसैले आफ्नो छिमेकीलाई चोट पार्‍यो भने त्यसले उसलाई जे गरेको छ, त्यसलाई पनि त्यसै गरियोस्।
LEV 24:20 हाड भाँचिदिएको सट्टा हाड; आँखाको सट्टा आँखा; दाँतको सट्टा दाँत। जसरी त्यसले अरूलाई चोट पारेको छ, त्यसरी नै त्यस मानिसलाई पनि चोट पारिनुपर्छ।
LEV 24:21 जसले कुनै पशु मार्छ, त्यसले हर्जाना तिर्नुपर्छ; तर जसले मानिस मार्छ, त्यो मारिनैपर्छ।
LEV 24:22 परदेशी वा स्वदेशी मानिसका निम्ति तिमीहरूको एउटै कानुन हुनुपर्छ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ”
LEV 24:23 त्यसपछि मोशाले इस्राएलीहरूसित कुरा गरे, र तिनीहरूले त्यस ईश्‍वर निन्दकलाई छाउनीबाहिर लगे, र ढुङ्गाले हिर्काए। याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे।
LEV 25:1 याहवेहले मोशालाई सीनै पर्वतमा भन्‍नुभयो,
LEV 25:2 “इस्राएलीहरूसित कुरा गर्, र तिनीहरूलाई भन्: ‘मैले तिमीहरूलाई दिन लागेको देशमा जब तिमीहरू प्रवेश गर्छौ, तब त्यस देशले पनि याहवेहका निम्ति शब्बाथ दिन पालन गर्नुपर्छ।
LEV 25:3 छ वर्ष तिमीहरूका जमिन रोप्नू, र दाखबारी छिँवल्नु; अनि अन्‍नबाली बटुल्नू।
LEV 25:4 तर सातौँ वर्षमा त्यस जमिनले शब्बाथ विश्रामको दिन—याहवेहका निम्ति शब्बाथ पाओस्। जमिनमा बिउ छर्ने काम र दाखबारी छिँवल्ने काम नगर्नू।
LEV 25:5 त्यसमा आफैँ उब्जेका कुराहरूको कटनी नगर्नू, अथवा तिमीहरूले स्याहार नगरेका अङ्‌गुरको कटनी नगर्नू। त्यस जमिनले विश्राम वर्ष पाओस्।
LEV 25:6 शब्बाथको वर्षमा जमिनले जे उब्जाउँछ, त्यो तिमीहरूका आफ्नै लागि, तिमीहरूका सेवक-सेविका, र ज्यालादारी मजदुर र तिमीहरूसित केही समयका लागि बसोबास गर्ने प्रवासीहरू;
LEV 25:7 साथसाथै तिमीहरूका गाईबस्तु र तिमीहरूका जमिनमा भएका जङ्गली पशुहरूका निम्ति भोजन हुनेछ। जमिनले जे उब्जाउँछ, त्यो खाए हुन्छ।
LEV 25:8 “ ‘सात शब्बाथ वर्षहरू गन्‍नू—सात गुणा सात वर्षहरू; ताकि यी सात शब्बाथ वर्षहरू उनन्चास वर्ष होऊन्।
LEV 25:9 त्यसपछि सातौँ महिनाको दशौँ दिन चारैतिर तुरही फुक्न लगाउनू। प्रायश्‍चितको दिन तिमीहरूको सारा देशभरि तुरही फुक्न लगाउनू।
LEV 25:10 पचासौँ वर्षलाई पवित्र मानेर देशभरिका बासिन्दाहरूलाई स्वतन्त्रताको घोषणा गर्नू। यो तिमीहरूका निम्ति उत्सव वर्ष हुनेछ। प्रत्येक आफ्नो पैतृक सम्पत्तितिर र आफ्नो परिवारमा फर्किजान सक्नेछौ।
LEV 25:11 पचासौँ वर्ष तिमीहरूका निम्ति उत्सव वर्ष हुनेछ। त्यस वर्ष बिउ नछर्नू। अनि आफैँ उब्जेका फसलको कटनी नगर्नू वा हेरचाह नगरिएका अङ्‌गुरको कटनी नगर्नू।
LEV 25:12 किनकि यो उत्सव वर्ष हो; तिमीहरूका निम्ति यो पवित्र हुनुपर्छ; जमिनबाट सीधै ल्याइएको मात्र खानू।
LEV 25:13 “ ‘त्यस उत्सव वर्षमा हरेक मानिस आफ्नै पैतृक सम्पत्तितिर फर्केर जानुपर्छ।
LEV 25:14 “ ‘यदि तिमीहरूले आफ्नै देशवासीहरूमध्ये कसैलाई आफ्नो जमिन बेच्यौ, अथवा त्यसबाट किन्यौ भने आपसमा फाइदा नउठाऊनू।
LEV 25:15 पचासौँ वर्षको पछिका वर्षहरू हिसाब गरेर तिमीहरूले आफ्ना मानिससित किन्‍नू; र बाँकी वर्षको उब्जनीको हिसाब गरेर त्यसले तिमीहरूलाई बेचोस्।
LEV 25:16 यदि वर्षहरू धेरै छन् भने तिमीहरूले दाम बढाउनू। अनि वर्षहरू थोरै छन् भने तिमीहरूले दाम घटाउनू; किनकि त्यसले जे बेच्दैछ, त्यो बालीको उब्जनीका वर्षहरूको संख्याअनुसार बेचेको हो।
LEV 25:17 एक-आपसमा फाइदा नउठाऊनू; तर आफ्ना परमेश्‍वरको डर मान्‍नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
LEV 25:18 “ ‘मेरा उर्दीहरू मान्‍नू र मेरा व्यवस्थाहरू होशियारीसाथ पालन गर्नू; तब तिमीहरू यस देशमा सुरक्षित रहनेछौ।
LEV 25:19 तब देशले प्रशस्त फल दिनेछ, र तिमीहरू पर्याप्‍त खानेछौ। अनि त्यसमा सुरक्षित भएर रहनेछौ।
LEV 25:20 तिमीहरूले सोध्न सक्छौ, “यदि हामीले रोपेनौँ र अन्‍नको कटनी गरेनौँ भने सातौँ वर्षमा हामीले के खाने त?”
LEV 25:21 छैटौँ वर्षमा म यस्तो आशिष् पठाउनेछु, कि जमिनले तीन वर्षसम्म पुग्ने प्रशस्त उब्जनी दिनेछ।
LEV 25:22 तिमीहरूले आठौँ वर्षमा रोप्दा पुरानै अन्‍न खानेछौ, र नवौँ वर्षको कटनी नभएसम्म त्यसबाट खाइरहनेछौ।
LEV 25:23 “ ‘जमिन सधैँको निम्ति बेच्नुहुँदैन। किनकि जमिन मेरो हो र तिमीहरू परदेशी र प्रवासीहरू मात्र हौ।
LEV 25:24 तिमीहरूले अधिकार गरेको देशभरि जमिनको छुटकाराको मोलको प्रबन्ध गर्नुपर्छ।
LEV 25:25 “ ‘यदि तिमीहरूका देशवासीहरूमध्ये कोही गरिब भएर जग्गाजमिन बेचेको छ भने, र त्यसको सबैभन्दा नजिकको नातेदारले आएर आफ्नो नातेदारले जे बेचेको छ, त्यसलाई छुटाउनुपर्छ।
LEV 25:26 तरै पनि कुनै मानिसको त्यसलाई आफ्ना निम्ति छुटाइदिने नातेदार छैन, र त्यसले आफूले उन्‍नति गरेर त्यसलाई छुटाउने पर्याप्‍त साधन जुटायो भने,
LEV 25:27 त्यसले आफूले बेचेको समयदेखिका वर्षहरूको मूल्य ठहराओस्। अनि जुन मानिसलाई त्यो बेचिएको छ, त्यसलाई बाँकी रकम फर्काइदेओस्; तब त्यो आफ्नो सम्पत्तितिर फर्केर जान सक्छ।
LEV 25:28 तर यदि त्यसले उसलाई तिर्ने साधन जुटाउन सकेन भने पचासौँ वर्षको उत्सवसम्म किन्‍ने मानिसकै हातमा त्यो जमिन रहनेछ। अनि पचासौँ वर्षको उत्सवमा त्यो फिर्ता गरियोस्। त्यसपछि त्यो मानिसचाहिँ आफ्नो सम्पत्तिमा फर्केर जान सक्छ।
LEV 25:29 “ ‘कसैले पर्खाल लगाएको सहरभित्र भएको आफ्नो घर बेच्यो भने बेचेको एक वर्षभित्र त्यो छुटाउन पाउनेछ। त्यसलाई यो अधिकार पूरा एक वर्षसम्म हुन्छ।
LEV 25:30 यदि पूरा एक वर्षभित्र त्यो छुटाउन सकिएन भने किन्‍ने र त्यसका भावी सन्तानका निम्ति त्यो पर्खाल सहरभित्र भएको घर स्थायी सम्पत्ति बनोस्। पचासौँ वर्षको उत्सवमा पनि त्यो फिर्ता हुनेछैन।
LEV 25:31 तर पर्खालले नघेरिएका गाउँका घरहरूचाहिँ खुला जमिनसरह ठान्‍नू। ती छुटाउन सकिन्छ, र पचासौँ वर्षको उत्सवमा फिर्ता गरिनुपर्छ।
LEV 25:32 “ ‘लेवीहरूका अधिकारका आफ्नै नगरहरूमा भएका घरहरूचाहिँ तिनीहरूले जुनसुकै बेला पनि छुटाउन सक्छन्।
LEV 25:33 यसरी लेवीहरूका सम्पत्ति तिनीहरूका अधीनमा भएको सहरमा भएको बेचिएको घर फिर्ता लिन सकिन्छ। अनि त्यो पचासौँ वर्षको उत्सवमा फर्काइनुपर्छ; किनकि लेवीका सहरहरूमा भएका घरहरू इस्राएलीहरू बीचमा तिनीहरूका सम्पत्ति हुन्।
LEV 25:34 तर तिनीहरूका सहरहरूमा भएका खर्क नबेचियोस्; त्यो तिनीहरूको स्थायी सम्पत्ति हो।
LEV 25:35 “ ‘यदि तिमीहरूका देशवासीहरूमध्ये कोही गरिब भएको छ, र त्यसले तिमीहरूबीच आफ्नो जीविका निर्वाह गर्न असमर्थ भयो भने तिमीहरूले परदेशी र अपरिचितलाई जसरी सहायता गर्नेथियौ, त्यसरी नै तिनीहरूलाई पनि सहायता गर्नू। अनि ती तिमीहरूसित बसिरहन पाऊन्।
LEV 25:36 तिनीहरूबाट कुनै किसिमको ब्याज वा लाभ नलिनू। तर आफ्ना परमेश्‍वरको डर मान्‍नू; र तिमीहरूका दाजुभाइ तिमीहरूसित बसोबास गर्न पाऊन्।
LEV 25:37 तिमीहरूले तिनीहरूलाई ब्याजमा ऋण नदिनू, अथवा नाफा गरेर तिनीहरूलाई भोजन नबेच्नू।
LEV 25:38 म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; जसले तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ।
LEV 25:39 “ ‘यदि तिमीहरूका इस्राएली दाजुभाइ गरिब भएर आफूलाई तिमीहरूका हातमा बेचे भने तिनीहरूलाई दासझैँ काममा नलगाउनू।
LEV 25:40 तिनीहरू ज्यालामा काम गर्ने नोकर अथवा प्रवासीजस्तै भएर तिमीसँग बसून्। अनि पचासौँ वर्षको उत्सवसम्म तिमीहरूसँग बसी तिनीहरूले तिमीहरूका काम गरून्।
LEV 25:41 त्यसपछि तिनीहरू र तिनीहरूका छोराछोरीहरूलाई छाडिदिनुपर्छ। अनि तिनीहरू आफ्नै घराना र तिनीहरूका पितापुर्खाहरूका सम्पत्तितिर जाऊन्।
LEV 25:42 इस्राएलीहरू इजिप्टबाट ल्याएका मेरै सेवकहरू हुन्; तिनीहरू दासहरूझैँ बेचिनुहुँदैन।
LEV 25:43 तिनीहरूमाथि निर्ममतापूर्वक शासन नगर्नू, तर तिमीहरूका परमेश्‍वरको डर मान्‍नू।
LEV 25:44 “ ‘तिमीहरूका सेवक-सेविकाहरू तिमीहरूका चारैतिरका राष्ट्रहरूबाट किन्‍न सक्छौ।
LEV 25:45 तिमीहरूका बीचमा अस्थायी बास बसेका परदेशी र तिमीहरूका देशमा जन्मेका तिनीहरूका परिवारका सदस्यहरूलाई पनि किन्‍न सक्छौ। अनि तिनीहरू तिमीहरूका सम्पत्ति हुनेछन्।
LEV 25:46 तिमीहरूले तिनीहरूलाई आफ्ना छोराछोरीहरूका निम्ति पैतृक अधिकारस्वरूप इच्छापत्र गरेर दिन सक्छौ। अनि तिनीहरूलाई जीवन पर्यान्त कमारा-कमारी बनाउन सक्छौ। तर तिमीहरूले आफ्ना सङ्गी इस्राएलीहरूलाई निर्ममतापूर्वक व्यवहार नगर्नू।
LEV 25:47 “ ‘यदि तिमीहरूका बीचमा भएको परदेशी धनी भयो भने, र तिमीहरूका देशवासीमध्ये कोही गरिब भएर तिनीहरूले आफूलाई तिमीहरूका बीचमा भएको परदेशी अथवा त्यस परदेशीको आफन्तको हातमा बेच्यो भने,
LEV 25:48 तिनीहरूले आफूलाई बेचेपछि छुटकाराको अधिकार आफूसँग राखेका हुन्छन्। तिनीहरूका कुनै आफन्तले तिनीहरूलाई छुटाउन सक्छन्।
LEV 25:49 काका अथवा दाजुभाइ पर्ने अथवा त्यसका घरानाका कुनै रगतको साइनो पर्नेले त्यसलाई छुटाउन सक्छ। अथवा यदि त्यसले उन्‍नति गर्‍यो भने आफैँलाई छुटाउन सक्छ।
LEV 25:50 त्यसले र त्यसलाई किन्‍नेले तिनीहरूले आफूलाई बेचेको समयदेखि पचासौँ वर्षको उत्सवसम्म गनून्। त्यसको छुटकाराको मूल्य त्यतिका वर्षहरूसम्म एक ज्यालादार मानिसलाई दिइने दरको आधारमा हुनुपर्छ।
LEV 25:51 यदि अझ धेरै वर्ष रहेको छ भने तिनीहरूले आफ्नो छुटकाराका लागि आफ्नो मूल्यको ठूलो भाग तिर्नुपर्छ।
LEV 25:52 यदि पचासौँ वर्षको उत्सव आउन केही वर्ष मात्र रहेको छ भने त्यसले त्यो गनोस्। अनि आफ्नो छुटकाराको मोल त्यस किसिमले नै तिरोस्।
LEV 25:53 त्यसलाई हरेक वर्ष ज्यालामा लिएको मानिसझैँ ठानियोस्। त्यसका मालिकले त्यसलाई निर्दयतापूर्वक व्यवहार नगरोस् भनी तिमीहरूले याद राख्नू।
LEV 25:54 “ ‘यदि त्यसको छुटकारा यी कुनै पनि तरिकाले भएन भने त्यो र त्यसका छोराछोरीहरूको छुटकारा पचासौँ वर्षको उत्सवमा हुनुपर्छ;
LEV 25:55 किनकि इस्राएलीहरू मेरा सेवकहरू हुन्। तिनीहरू मेरा सेवकहरू हुन्, जसलाई मैले इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
LEV 26:1 “ ‘तिमीहरूले मूर्तिहरू नबनाउनू, अथवा कुनै आकृति अथवा चोखो ढुङ्गा आफ्नो निम्ति खडा नगर्नू। अनि तिमीहरूका देशमा ढुङ्गा खोपेर त्यसलाई राखेर दण्डवत् नगर्नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
LEV 26:2 “ ‘मेरा शब्बाथहरू पालन गर्नू, र मेरो पवित्रस्थानलाई आदर गर्नू। म नै याहवेह हुँ।
LEV 26:3 “ ‘यदि तिमीहरू मेरा उर्दीअनुसार चल्यौ र मेरा आज्ञाहरू होशियारीसाथ पालन गर्‍यौ भने,
LEV 26:4 म तिमीहरूलाई ठिक समय वर्षा पठाउनेछु, र जमिनले उब्जनी दिनेछ। अनि खेतका रूखहरूले फल फलाउनेछन्।
LEV 26:5 अङ्‌गुरको कटनीसम्म तिमीहरू दाइँ गरिरहेका हुनेछौ; र बिउ छर्ने समयसम्म तिमीहरूले अङ्‌गुर टिपिरहेका हुनेछौ। अनि तिमीहरूले आफूले पेटभरि भोजन खानेछौ; र आफ्नो देशमा सुरक्षित रहनेछौ।
LEV 26:6 “ ‘म देशमा शान्ति दिनेछु; र तिमीहरू डरविना सुत्नेछौ। म देशबाट हिँस्रक पशुहरू हटाइदिनेछु र तिमीहरूको देशमा तरवार चल्नेछैन।
LEV 26:7 तिमीहरूले आफ्ना शत्रुहरूलाई खेद्नेछौ; र तिनीहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्।
LEV 26:8 तिमीहरूका पाँच जनाले एक सय जनालाई लखेट्नेछन्; र तिमीहरूका एक सयले दश हजारलाई लखेट्नेछ। अनि तिमीहरूका शत्रुहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्।
LEV 26:9 “ ‘म तिमीहरूलाई निगाहको दृष्‍टिले हेर्नेछु, र तिमीहरूलाई फलदायक बनाउनेछु। अनि तिमीहरूको संख्या वृद्धि गर्नेछु। मैले तिमीहरूसित गरेको करार पूरा गर्नेछु।
LEV 26:10 तिमीहरूले बितेको वर्षको उब्जनी खाइरहेका हुँदा नै त्यसलाई पर सारेर नयाँ उब्जनीको निम्ति ठाउँ बनाउनुपर्नेछ।
LEV 26:11 म आफ्नो वासस्थान तिमीहरूबीच राख्नेछु; र म तिमीहरूलाई घृणा गर्नेछैनँ।
LEV 26:12 म तिमीहरूको बीचमा हिँड्‍डुल गर्नेछु, र तिमीहरूका परमेश्‍वर हुनेछु। अनि तिमीहरू मेरा प्रजा हुनेछौ।
LEV 26:13 म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू इजिप्टियनहरूका दास हुन नपरोस् भनेर मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाडो पारेर हिँड्न योग्यको तुल्याएको छु।
LEV 26:14 “ ‘तर यदि तिमीहरूले मेरा कुरा सुनेनौ र यी सबै आज्ञापालन गरेनौ,
LEV 26:15 अनि यदि तिमीहरूले मेरा उर्दीहरू इन्कार गर्‍यौ र मेरा आज्ञाहरूलाई घृणा गर्‍यौ, र मेरा आज्ञाअनुसार चल्न असफल भयौ र यसरी मेरा करार भङ्ग गर्‍यौ भने,
LEV 26:16 म तिमीहरूमा अचानक आतङ्क, निको नहुने रोगहरू र ज्वरो फैलाउनेछु; जसले तिमीहरूका दृष्‍टिलाई नष्‍ट गरिदिनेछन्। अनि तिमीहरूका प्राणलाई शिथिल पार्नेछन्। तिमीहरू व्यर्थैमा रोप्नेछौ; किनकि ती तिमीहरूका शत्रुहरूले खानेछन्।
LEV 26:17 म आफ्नो अनुहार तिमीहरूका विरुद्धमा पार्नेछु। अनि तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ। तिमीहरूलाई घृणा गर्नेहरूले तिमीहरूमाथि शासन गर्नेछन्। कसैले नखेदे तापनि तिमीहरू भाग्नेछौ।
LEV 26:18 “ ‘यी सबै कुराहरू भइसकेपछि पनि यदि तिमीहरूले मेरा कुरा सुनेनौ भने म तिमीहरूलाई आफ्ना पापको लागि सात गुणा बढी दण्ड दिनेछु।
LEV 26:19 म तिमीहरूका हठीपूर्ण अभिमान चुर पार्नेछु। अनि तिमीहरूमाथि भएको आकाशलाई फलामझैँ र तिमीहरूमुनि भएको जमिनलाई काँसोझैँ बनाउनेछु।
LEV 26:20 तिमीहरूले व्यर्थमा परिश्रम गर्नेछौ; किनकि तिमीहरूका माटोले त्यसको उब्जनी दिनेछैन, न त तिमीहरूका जमिनका रूखहरूले आफ्नो फल दिनेछन्।
LEV 26:21 “ ‘यदि तिमीहरू मेरो विरोधी भइरह्‍यौ र मेरो कुरा सुन्‍न इन्कार गर्‍यौ भने म तिमीहरूका पापको योग्य तिमीहरूका कष्‍टहरू सात गुणा बढी बढाइदिनेछु।
LEV 26:22 म तिमीहरूका विरुद्धमा जङ्गली जनावरहरू पठाइदिनेछु; जसले तिमीहरूका सन्तानलाई खानेछन्। अनि तिमीहरूका गाईबस्तुहरूलाई सखाप पार्नेछन्। तिमीहरूको संख्या यति थोरै पार्नेछन् कि तिमीहरूका बाटा सुनसान हुनेछन्।
LEV 26:23 “ ‘यी सबै भइसकेपछि पनि यदि तिमीहरूले मेरो सुधारलाई ग्रहण गरेनौ र मेरो विरोधी भइरह्‍यौ भने,
LEV 26:24 म आफैँ तिमीहरूका विरुद्धमा हुनेछु। अनि तिमीहरूलाई आफ्ना पापको निम्ति सात गुणा बढी कष्‍ट दिनेछु।
LEV 26:25 म तिमीहरूमाथि तरवार ल्याउनेछु, र मेरो करार भङ्ग गरेको बदला लिनेछु। जब तिमीहरू आ-आफ्ना सहरमा जम्मा हुनेछौ, म त्यहाँ तिमीहरूका बीचमा महामारी पठाउनेछु। अनि तिमीहरू आफ्ना शत्रुहरूका हातमा पर्नेछौ।
LEV 26:26 जब म तिमीहरूका भोजन आपूर्तिलाई बन्द गरिदिनेछु, तब एउटै घरको चुलोमा दश घरका स्त्रीहरूले रोटी पकाउनेछन्, र नापी-नापी थोरै मात्रामा भाग लगाउनेछन्। तिमीहरूले खान त खानेछौ, तर तृप्‍त हुनेछैनौ।
LEV 26:27 “ ‘यदि यी सबै भएर पनि तिमीहरूले मेरा कुरा सुनेनौ, तर मेरो विरोधी भइरह्‍यौ भने,
LEV 26:28 म आफ्नो क्रोधमा तिमीहरूको विरोधमा हुनेछु। अनि म आफैँ तिमीहरूका पापहरूका लागि सात गुणा बढी दण्ड दिनेछु।
LEV 26:29 तिमीहरूले आफ्नै छोराहरूका मासु खानेछौ र आफ्नै छोरीहरूका मासु खानेछौ।
LEV 26:30 म तिमीहरूका अग्ला देवस्थानहरू भत्काउनेछु। तिमीहरूका धूपका वेदीहरू ढालिदिनेछु; अनि तिमीहरूका मृत शरीरलाई तिमीहरूका निर्जीव मूर्तिहरूमाथि थुप्रो लगाइदिनेछु। अनि म तिमीहरूलाई अति घृणा गर्नेछु।
LEV 26:31 म तिमीहरूका सहरहरूलाई उजाड पार्नेछु, र तिमीहरूका पवित्रस्थानहरूलाई शून्य पारिदिनेछु। अनि तिमीहरूले चढाएका बलिदानहरूका बास्‍नाले मलाई प्रसन्‍न पार्नेछैन।
LEV 26:32 म देशलाई उजाड पारिदिनेछु; र त्यहाँ बस्‍ने तिमीहरूका शत्रुहरू पनि छक्‍क पर्नेछन्।
LEV 26:33 मचाहिँ तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु। अनि नाङ्गो तरवार लिएर तिमीहरूलाई खेद्नेछु। तिमीहरूको देश सुनसान र तिमीहरूका सहरहरू उजाड हुनेछन्।
LEV 26:34 तब देशले त्यसका शब्बाथ वर्षहरू त्यस उजाड रहेको समयभरि र तिमीहरू आफ्ना शत्रुका देशमा हुँदाखेरि उपभोग गर्नेछ; तब देशले बिसाएर आफ्नो शब्बाथहरूका आनन्द लिनेछ।
LEV 26:35 आफू उजाड रहेको समयभरि देशले तिमीहरू त्यसमा बस्दा नपाएको शब्बाथ पाउनेछ।
LEV 26:36 “ ‘तिमीहरूमध्ये शत्रुको देशमा छोडिएका मानिसको हृदय म यति कमजोर पारिदिनेछु कि पात खसेको आवाज सुन्दा समेत तिनीहरू शत्रुबाट खेदिएझैँ भाग्नेछन्। शत्रुहरूका तरवारबाट भागेझैँ तिनीहरू भाग्नेछन्। कसैले नखेदे तापनि तिनीहरू लोट्नेछन्।
LEV 26:37 कसैले नखेदे तापनि तिनीहरू तरवारदेखि भागेझैँ एक-अर्कामाथि ठक्‍कर खाएर लोट्नेछन्। यसरी तिमीहरू आफ्ना शत्रुहरूका सामु खडा हुन सक्नेछैनौ।
LEV 26:38 तिमीहरू जातिहरूका बीचमा पतन हुनेछौ। तिमीहरूका शत्रुहरूका देशले तिमीहरूलाई निल्नेछ।
LEV 26:39 बाँकी रहेकाहरूचाहिँ शत्रुहरूका देशमा आफ्नै र आफ्ना पुर्खाहरूका अधर्मले गर्दा नष्‍ट भएर जानेछन्।
LEV 26:40 “ ‘तर यदि तिनीहरूले आफ्नै र आफ्ना पितापुर्खाका पाप, अर्थात् मेरो विरुद्धमा तिनीहरूले गरेका विश्‍वासघात र मप्रति देखाएका शत्रुताको व्यवहार स्वीकार गरे भने,
LEV 26:41 जसले गर्दा म तिनीहरूप्रति शत्रु भएँ; अनि मैले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका देशमा पठाएँ। यदि आफ्ना खतना नभएको हृदय नम्र तुल्याई आफ्ना पापका लागि सजाय भोगे भने,
LEV 26:42 याकोबसँग गरेको मेरो करार, इसहाकसँग गरेको मेरो करार र अब्राहामसँग गरेको मेरो करार, र म त्यस देशलाई पनि सम्झनेछु।
LEV 26:43 किनकि देश तिनीहरूद्वारा त्यागिनेछ। तिनीहरू नभएकाले देश उजाड भएको बेला त्यसले आफ्ना शब्बाथहरू उपभोग गर्नेछ। तिनीहरूले आफ्ना पापहरूका मूल्य चुकाउनुपर्नेछ; किनकि तिनीहरूले मेरा व्यवस्थाहरूलाई तिरस्कार गरे, र मेरा उर्दीहरूलाई घृणा गरे।
LEV 26:44 तर यी सबै भएर पनि तिनीहरू आफ्ना शत्रुहरूका देशमा हुँदा तिनीहरूसित मैले गरेको करार भङ्ग गरेर तिनीहरूलाई सम्पूर्ण तवरले नष्‍ट गर्ने हिसाबले म तिनीहरूलाई तिरस्कार गर्नेछैनँ; अनि घृणा गर्नेछैनँ। म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ।
LEV 26:45 तर म तिनीहरूका खातिर तिनीहरूका पुर्खाहरूसित बाँधेको करारलाई सम्झनेछु; जसलाई मैले जातिहरूका दृष्‍टिमा तिनीहरूका परमेश्‍वर हुनलाई इजिप्टबाट निकालेर ल्याएँ। म नै याहवेह हुँ।’ ”
LEV 26:46 याहवेहले सीनै पर्वतमा मोशाद्वारा आफ्नै र इस्राएलीहरूको बीचमा स्थापित गर्नुभएका उर्दीहरू, व्यवस्थाहरू र नियमहरू यिनै हुन्।
LEV 27:1 याहवेहले मोशालाई भन्‍नुभयो,
LEV 27:2 “इस्राएलीहरूसित कुरा गर्, र तिनीहरूलाई भन्: ‘यदि कसैले विशेष भाकल गरेर याहवेहका निम्ति मानिसलाई अर्पण गर्ने कुरामा त्यसको मोल बराबरको केही दिन्छ भने,
LEV 27:3 बीस वर्षदेखि साठी वर्षसम्मका पुरुषको पवित्रस्थानको शेकेल बमोजिम चाँदीका पचास शेकेल तोक्नू।
LEV 27:4 यदि त्यो स्त्री हो भने त्यसको मोल तीस शेकेल तोक्नू।
LEV 27:5 यदि पाँचदेखि बीस वर्षसम्मका छन् भने पुरुषका लागि मोल बीस शेकेल र स्त्रीको दश शेकेल तोक्नू।
LEV 27:6 त्यो व्यक्ति एक महिनादेखि पाँच वर्षसम्मको हो भने बालकको मोल चाँदीको पाँच शेकेल र बालिकाको चाँदीको तीन शेकेल तोक्नू।
LEV 27:7 यदि त्यो व्यक्ति साठी वर्षका र त्योभन्दा बढी उमेर पुगेको छ भने पुरुषको मोल पन्ध्र शेकेल र स्त्रीका लागि दश शेकेल तोक्नू।
LEV 27:8 तोकिएको मोल तिर्नका लागि यदि कोही भाकल गर्ने अति गरिब छ भने त्यसले अर्पण गरिएको व्यक्तिलाई पुजारीकहाँ ल्याओस्; जसले त्यसका निम्ति भाकल गर्ने मानिसले तिर्नसक्ने हिसाबले मोल तोकिदिनेछ।
LEV 27:9 “ ‘यदि तिनीहरूले भाकल गरेको पशु भेटीको रूपमा याहवेहकहाँ ग्रहणयोग्य छ भने याहवेहलाई दिइएको यस्तो पशु पवित्र हुन्छ।
LEV 27:10 तिनीहरूले असलको साटो खराब अथवा खराबको साटो असल गरी त्यसलाई नसाटून्। यदि तिनीहरूले एउटा पशुको साटो अर्को दिन चाहन्छन् भने ती दुवै पशु पवित्र हुन्छन्।
LEV 27:11 यदि तिनीहरूले भाकल गरेको पशु अशुद्ध हो, र याहवेहका निम्ति बलि दिन ग्रहणयोग्य छैन भने त्यो पशु पुजारीकहाँ ल्याइनुपर्छ।
LEV 27:12 पुजारीले त्यो असल छ कि खराब छ भनी जाँच गर्नेछ। त्यसपछि पुजारीले जति मोल तोक्नेछ, त्यसको मोल त्यति नै हुनेछ।
LEV 27:13 यदि त्यसको मालिकले त्यसलाई छुटाउन चाहन्छ भने त्यसले तोकेको मोलमा पाँचौँ भाग थपिदेओस्।
LEV 27:14 “ ‘कसैले याहवेहलाई आफ्नो घर अर्पण गर्छ भने पुजारीले त्यो घर असल छ कि छैन, सो हेरेर त्यसको मोल तोकिदेऊन्। पुजारीले जति तोक्छन्, त्यसको मोल त्यति नै हुनेछ।
LEV 27:15 यदि आफ्नो घर अर्पण गर्ने मानिसले त्यसलाई छुटाउन चाहन्छ भने त्यसले त्यसमा तोकेको मोलको पाँचौँ भाग थप्नुपर्छ, र त्यो घर फेरि त्यसको हुनेछ।
LEV 27:16 “ ‘यदि कुनै मानिसले आफ्नो पारिवारिक जमिनको केही भाग याहवेहकहाँ अर्पण गर्छ भने त्यसको मोल त्यसका लागि चाहिने बिउको परिमाणको आधारमा तोकिनुपर्छ—एक होमेर जौको पचास शेकेल चाँदी।
LEV 27:17 यदि त्यसले आफ्नो जमिन पचासौँ वर्षको उत्सवमा अर्पण गर्छ भने तोकिएको मोल नै रहनेछ।
LEV 27:18 तर यदि त्यसले आफ्नो जमिन पचासौँ वर्षको उत्सवपछि अर्पण गर्छ भने अर्को पचासौँ वर्षको उत्सव आइपुग्न जति वर्षहरू बाँकी छन्, त्यो पुजारीले हिसाब गर्नुपर्छ। अनि तोकिएको मोल कम हुनेछ।
LEV 27:19 यदि आफ्नो जमिन अर्पण गर्ने मानिसले त्यसलाई छुटाउने इच्छा गर्छ भने त्यसले त्यसको मोलमा पाँचौँ भाग थप्नुपर्छ। अनि त्यो जमिन फेरि उसैको हुनेछ।
LEV 27:20 तर यदि त्यसले त्यस जमिनलाई छुटाउँदैन भने अथवा त्यसले त्यो कसैलाई बेचिसकेको छ भने त्यो कहिल्यै पनि छुटाउन सक्नेछैन।
LEV 27:21 पचासौँ वर्षको उत्सवमा जमिन छुटाइयो भने त्यो याहवेहकहाँ समर्पित जमिनझैँ पवित्र हुनेछ। अनि त्यो पुजारीहरूकै सम्पत्ति हुनेछ।
LEV 27:22 “ ‘यदि कुनै मानिसले आफ्नो परिवारको भाग होइन, तर आफूले किनेको जमिन याहवेहकहाँ अर्पण गर्छ भने,
LEV 27:23 पुजारीले पचासौँ वर्षको उत्सवको हिसाब गरेर त्यसको जति मोल तोक्छन्, त्यसले याहवेहका निम्ति पवित्र ठानेर त्यही दिन देओस्।
LEV 27:24 पचासौँ वर्षको उत्सवमा त्यो जमिन जसबाट त्यसले किनेको थियो, त्यसलाई फर्काइदिनेछ, अर्थात् त्यो जमिन जसको थियो, त्यसैलाई फिर्ता जाओस्।
LEV 27:25 प्रत्येक मोल पवित्रस्थानको शेकेलअनुसार, अर्थात् बीस गेराको एक शेकेलको हिसाबले तोकिनुपर्छ।
LEV 27:26 “ ‘तरै पनि कसैले कुनै पशुको पहिलो सन्तान अर्पण नगरोस्; किनकि पहिलो सन्तान पहिल्यैबाट याहवेहको हो। चाहे त्यो गोरु होस्, अथवा भेडा, त्यो याहवेहकै हो।
LEV 27:27 यदि त्यो कुनै अशुद्ध पशु हो भने त्यसले यसलाई तोकिएको मोलमा अझ पाँचौँ भाग थपेर फिर्ता गरेर किनोस्। यदि त्यसले यसलाई छुटाउँदैन भने त्यो त्यसको तोकिएको मोलअनुसार बेचियोस्।
LEV 27:28 “ ‘तर कसैले पनि आफूसित भएको आफ्नै कुरा, चाहे त्यो मानिस होस्, अथवा पशु अथवा परिवारको जमिन होस्, त्यो याहवेहकहाँ अर्पण गरिएको छ भने त्यसलाई नबेचियोस्, अथवा नछुटाइयोस्। यसरी अर्पण गरिएका प्रत्येक कुरा याहवेहकहाँ अति पवित्र हुन्छ।
LEV 27:29 “ ‘नाशका निम्ति अर्पण गरिएको कुनै मानिसलाई पनि मोल तिरेर नछुटाउनू; त्यो मारिनैपर्छ।
LEV 27:30 “ ‘जमिनबाट आएको प्रत्येक कुरा, चाहे त्यो माटोबाट होस्, अथवा रूखको फलको होस्, त्यसको दशांश याहवेहको हो; त्यो याहवेहका निम्ति पवित्र हो।
LEV 27:31 यदि कुनै मानिसले आफ्ना दशांश छुटाउन चाहन्छ भने त्यसले त्यसमा त्यसको पाँचौँ भाग थप्नुपर्छ।
LEV 27:32 बथान र बगालका सम्पूर्ण दशांश—गोठालोको लहुरोमुनिबाट छिरेर जाने प्रत्येक दशौँ पशु—याहवेहका निम्ति पवित्र हुनेछ।
LEV 27:33 कसैले असललाई खराबीबाट नछुटाओस्, अथवा साटासाट नगरोस्। यदि साट्यो भने त्यो पशु र साट्ने पशु दुवै पवित्र हुन्छन्, ती नछुटाइयोस्।’ ”
LEV 27:34 याहवेहले सीनै पर्वतमा इस्राएलीहरूका निम्ति मोशालाई दिनुभएका आज्ञाहरू यिनै हुन्।
NUM 1:1 इस्राएलीहरू इजिप्टबाट निस्किएर आएको दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा, सीनैको उजाडस्थानमा भेट हुने पालमा याहवेह मोशासँग बोल्नुभयो र उहाँले भन्‍नुभयो,
NUM 1:2 “सारा इस्राएलीहरूको समुदायलाई तिनीहरूका वंश र परिवारअनुसार हरेकको नामअनुसार एक-एक गरी सूची बनाएर जनगणना गर्।
NUM 1:3 तैँले र हारूनले तिनीहरूका दलअनुसार बीस वर्ष अथवा त्यसभन्दा माथिका लडाइँमा जान सक्ने सबै पुरुषहरूलाई गन्ती गर्नुपर्नेछ।
NUM 1:4 हरेक कुलबाट एक-एक जना, प्रत्येक परिवारको एक-एक जना मुखियाले तिमीहरूलाई सहयोग गरून्।”
NUM 1:5 तिमीहरूलाई सहयोग गर्ने पुरुषहरूका नाम यिनै हुन्: “रूबेनको कुलबाट शदेऊरको छोरा एलिसूर;
NUM 1:6 शिमियोनको कुलबाट सूरीशद्दैको छोरा शलूमीएल;
NUM 1:7 यहूदाको कुलबाट अम्मीनादाबको छोरा नहशोन;
NUM 1:8 इस्साखारको कुलबाट सूआरको छोरा नथनिएल;
NUM 1:9 जबूलूनको कुलबाट हेलोनको छोरा एलिआब;
NUM 1:10 योसेफका छोराहरूबाट: अर्थात् एफ्राइमको कुलबाट अम्मीहूदको छोरा एलिशामा; मनश्शेको कुलबाट पदासूरको छोरा गमलिएल;
NUM 1:11 बेन्यामीनको कुलबाट गिदोनीको छोरा अबीदान;
NUM 1:12 दानको कुलबाट अम्मीशद्दैको छोरा अहीएजेर;
NUM 1:13 आशेरको कुलबाट ओक्रानको छोरा पगीएल;
NUM 1:14 गादको कुलबाट देउएलको छोरो एल्यासाप;
NUM 1:15 नप्‍तालीको कुलबाट एनानको छोरा अहीरा।”
NUM 1:16 यी पुरुषहरू समुदायबाट नियुक्त भएका थिए; तिनीहरू कुलका पुर्ख्यौली अगुवाहरू थिए। तिनीहरू इस्राएली वंशहरूका मुखियाहरू थिए।
NUM 1:17 माथि नाम उल्‍लेख गरिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए;
NUM 1:18 र तिनीहरूले दोस्रो महिनाको पहिलो दिनमा सारा समुदायलाई एकसाथ भेला गराए। ती मानिसहरूले आफ्ना वंश र परिवारअनुसार आफ्ना पुर्ख्यौली सूची दर्ता गराए। बीस वर्ष अर्थात् त्यसभन्दा धेरै उमेर भएका मानिसहरू एक-एक गरी तिनीहरूका नामअनुसार दर्ता गराए।
NUM 1:19 याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशाले सीनैको उजाडस्थानमा तिनीहरूको जनगणना गरे:
NUM 1:20 इस्राएलको जेठा छोरा रूबेनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूको नाम एक-एक गरी दर्ता गरियो।
NUM 1:21 रूबेनको कुलको संख्या 46,500 थियो।
NUM 1:22 शिमियोनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
NUM 1:23 शिमियोन कुलको संख्या 59,300 थियो।
NUM 1:24 गादको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
NUM 1:25 गाद कुलको संख्या 45,650 थियो।
NUM 1:26 यहूदाको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
NUM 1:27 यहूदा कुलको संख्या 74,600 थियो।
NUM 1:28 इस्साखारको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
NUM 1:29 इस्साखारको कुलको संख्या 74,600 थियो।
NUM 1:30 जबूलूनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
NUM 1:31 जबूलून कुलको संख्या 57,400 थियो।
NUM 1:32 योसेफका छोराहरूबाट: एफ्राइमका कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
NUM 1:33 एफ्राइम कुलको 40,500 थियो।
NUM 1:34 मनश्शेको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
NUM 1:35 मनश्शे कुलको संख्या 32,200 थियो।
NUM 1:36 बेन्यामीनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
NUM 1:37 बेन्यामीन कुलको संख्या 35,400 थियो।
NUM 1:38 दानको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
NUM 1:39 दान कुलको संख्या 62,700 थियो।
NUM 1:40 आशेरको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
NUM 1:41 आशेर कुलको संख्या 41,500 थियो।
NUM 1:42 नप्‍तालीको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
NUM 1:43 नप्‍ताली कुलको संख्या 53,400 थियो।
NUM 1:44 मोशा, हारून र इस्राएलका बाह्र जना अगुवाहरू हरेकले आफ्ना परिवारको प्रतिनिधित्व गरी गन्ती गरेका पुरुषहरू यिनै थिए।
NUM 1:45 बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती भई सेवा गर्न सक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार इस्राएलीहरूको गणना गरियो।
NUM 1:46 तिनीहरूका जम्मा संख्या 6,03,550 थियो।
NUM 1:47 लेवीहरूको पुर्ख्यौली कुललाई चाहिँ अरू कुलहरूसँग गनिएन।
NUM 1:48 याहवेहले मोशालाई भन्‍नुभएको थियो:
NUM 1:49 “तैँले लेवीहरूको कुललाई गन्ती नगर्नू अर्थात् गणनामा अरू इस्राएलीहरूसँग सामेल नगर्नू।
NUM 1:50 त्यसको सट्टामा लेवीहरूको कुललाई साक्षी पाटीको समागम पालको जिम्मेवारी दिनू; अर्थात् त्यसमा भएका सबै सरसामानहरू र हरेक कुराहरूमाथि जिम्मावाल नियुक्त गर्नू। तिनीहरूले समागम पाल र त्यसका सबै सरसामानहरू बोकून्; तिनीहरूले त्यसको रेखदेख गरून्, र त्यसको चारैतिर छाउनी हालेर बसून्।
NUM 1:51 जब समागम पाललाई सार्नुपर्ने हुन्छ, तब लेवीहरूले त्यसलाई तल झारून्, र त्यो समागम पाल नयाँ ठाउँमा खडा गर्दा लेवीहरूले नै खडा गरून्। यदि कुनै व्यक्ति त्यसको नजिक गयो भने त्यो मारिनेछ।
NUM 1:52 इस्राएलीहरूले आफ्नो दलअनुसार पाल टाँगून्। हरेकले आ-आफ्ना झण्डामुनि छाउनीहरू खडा गरून्।
NUM 1:53 तर लेवीहरूले चाहिँ इस्राएली समुदायमाथि मेरो क्रोध नपरोस् भनेर समागम पालको साक्षी पाटीको वरिपरि आफ्ना पालहरू खडा गरून्। लेवीहरूचाहिँ समागम पालको साक्षी पाटीको हेरचाहका लागि जिम्मेवार रहनेछन्।”
NUM 1:54 इस्राएलीहरूले यी सबै कुराहरू याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै गरे।
NUM 2:1 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो:
NUM 2:2 “इस्राएलीहरू प्रत्येकले भेट हुने पालको वरिपरि, त्यसदेखि केही दूरी राखेर तिनीहरूका पारिवारिक निसानाको झण्डामुनि आ-आफ्ना छाउनी बनाऊन्।”
NUM 2:3 पूर्व दिशापट्टि, सूर्योदय हुने दिशातिर: यहूदाका कुलहरूले तिनीहरूका झण्डामुनि छाउनी बनाऊन्। अम्मीनादाबको छोरा नहशोन, यहूदा कुलका मानिसहरूका अगुवा होस्।
NUM 2:4 उसको दलको संख्या 74,600 हुन्छ।
NUM 2:5 इस्साखारको कुलले यहूदाको छेउमा छाउनी बनाऊन्। सूआरको छोरा नथनिएल, इस्साखार कुलका मानिसहरूका अगुवा होस्।
NUM 2:6 उसको दलको संख्या 54,400 हुन्छ।
NUM 2:7 जबूलूनका कुल इस्साखारको छेउमा बस्‍नेछ। हेलोनको छोरा एलिआब, जबूलून कुलका मानिसहरूका अगुवा होस्।
NUM 2:8 उसको दलको संख्या 57,400 हुन्छ।
NUM 2:9 यहूदाको छाउनीमा तिनीहरूका दलअनुसार राखिएका पुरुषहरूको संख्या 1,86,400 हो। तिनीहरू अरू कुलहरूभन्दा पहिला जानेछन्।
NUM 2:10 दक्षिण दिशामा: रूबेनका दलहरू आफ्ना कुलका झण्डामुनि छाउनीमा रहनेछन्। शदेऊरको छोरा एलिसूर, रूबेनका कुलका मानिसहरूका अगुवा होस्।
NUM 2:11 उसको दलको संख्या 46,500 हुन्छ।
NUM 2:12 तिनीहरूपछि शिमियोनको कुलले छाउनी लगाउनेछ। सूरीशद्दैको छोरो शलूमीएल, शिमियोन कुलका मानिसहरूका अगुवा होस्।
NUM 2:13 उसको दलको संख्या 59,300 हुन्छ।
NUM 2:14 त्यसपछि गादको कुल हुनेछ। देउएलका छोरा एल्यासाप, गाद कुलका मानिसहरूका अगुवा होस्।
NUM 2:15 तिनको दलको संख्या 45,650 हुन्छ।
NUM 2:16 रूबेनको छाउनीमा राखिएका सबै मानिसहरूका संख्या तिनीहरूका दलअनुसार 1,51,450 हो। यिनीहरू दोस्रो लहरमा हिँड्नेछन्।
NUM 2:17 त्यसपछि भेट हुने पाल र लेवीहरूका छाउनी, छाउनीहरूका बीचबाट भएर जानेछन्। तिनीहरू आ-आफ्ना छाउनीमा जसरी बस्छन्, त्यही प्रकारले तिनीहरू हरेक आ-आफ्नै पङ्‌क्तिमा आ-आफ्नै झण्डामुनि हिँड्नेछन्।
NUM 2:18 पश्‍चिम दिशातिर: एफ्राइमको छाउनीका दलहरू आफ्ना झण्डामुनि हुनेछन्। अम्मीहूदका छोरा एलिशामा, एफ्राइम कुलका मानिसहरूका अगुवा होस्।
NUM 2:19 उसको दलको संख्या 40,500 हुन्छ।
NUM 2:20 त्यसपछि मनश्शेको कुल रहनेछ। पदासूरको छोरो गमलिएल, मनश्शे कुलका मानिसहरूका अगुवा होस्।
NUM 2:21 उसको दलको संख्या 32,200 हुन्छ।
NUM 2:22 त्यसपछि बेन्यामीनको कुल रहनेछ। गिदोनीका छोरा अबीदान बेन्यामीन कुलका मानिसहरूको अगुवा होस्।
NUM 2:23 उसको दलको संख्या 35,400 हुन्छ।
NUM 2:24 एफ्राइमको छाउनीमा राखिएका सबै मानिसहरूको संख्या तिनीहरूका दलअनुसार 1,08,100 हो। तिनीहरूको दल तेस्रो लहरमा हिँड्नेछन्।
NUM 2:25 उत्तर दिशातिर: दानको छाउनीका दलहरू आफ्ना झण्डामुनि हुनेछन्। अम्मीशद्दैका छोरा अहीएजेर, दान कुलका मानिसहरूका अगुवा होस्।
NUM 2:26 उसको दलको संख्या 62,700 हुन्छ।
NUM 2:27 त्यस पछिको छाउनी आशेरको कुलको हुनेछ। ओक्रानकोका छोरा पगीएल, आशेर कुलका मानिसहरूका अगुवा होस्।
NUM 2:28 उसको दलको संख्या 41,500 हुन्छ।
NUM 2:29 त्यसपछि नाप्‍ताली कुलको दल हुनेछ। एनानको छोरो अहीरा, नप्‍तालीका मानिसहरूका अगुवा होस्।
NUM 2:30 उसको दलको संख्या 53,400 हुन्छ।
NUM 2:31 दानको छाउनीमा राखिएका सबै मानिसहरूका संख्या 1,57,600 हो। तिनीहरू आफ्ना झण्डामुनि सबैभन्दा पछि हिँड्नेछन्।
NUM 2:32 यिनै इस्राएलीहरू तिनीहरूका परिवारअनुसार गनिएका हुन्। छाउनीहरूमा भएका सबै मानिसहरू तिनीहरूका दलअनुसार सबैको संख्या 6,03,550 थियो।
NUM 2:33 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ, लेवीहरूलाई अरू इस्राएलीहरूसँग गन्ती गरिएका थिएनन्।
NUM 2:34 यसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे; यसरी तिनीहरूले तिनीहरूका झण्डामुनि छाउनी हाले। अनि त्यसरी नै तिनीहरू हरेक आ-आफ्नै वंश र परिवारसँग हिँडे।
NUM 3:1 याहवेह मोशासँग सीनै पर्वतमा बोल्नुभएको समयमा, मोशा र हारूनका परिवारको विवरण यही हो।
NUM 3:2 हारूनका चार छोराहरूका नाम: जेठा नादाब र अबीहू, त्यसपछि एलाजार र ईतामार थिए।
NUM 3:3 पुजारी पदका निम्ति सेवा गर्नलाई अभिषेक गरिएका पुजारी हारूनका छोराहरूका नामहरू यिनै हुन्।
NUM 3:4 सीनैको उजाडस्थानमा याहवेहले निषेध गर्नुभएको आगोमा उहाँको अगि भेटी चढाउँदा याहवेहको सामु नादाब र अबीहूको मृत्यु भयो। तिनीहरूका छोराहरू थिएनन्; त्यसकारण एलाजार र ईतामारले आफ्ना बुबा हारूनको जीवनकालभरि पुजारीको रूपमा सेवा गरे।
NUM 3:5 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 3:6 “लेवीको कुललाई पुजारी हारूनको अगि नियुक्त गर्, र तिनीहरूले उसलाई सहायता गरून्।
NUM 3:7 तिनीहरूले भेट हुने पालमा समागम पालको काम गर्दै हारून र सारा समुदायका निम्ति जिम्मेवारी पूरा गर्नेछन्।
NUM 3:8 तिनीहरूले भेट हुने पालका सबै सरसामानहरूको रेखदेख गरून्। समागम पालको काम गर्दै इस्राएलीहरूप्रतिको दायित्व पूरा गरून्।
NUM 3:9 लेवीका मानिसहरू हारून र उसका छोराहरूलाई सुम्पिदिनू। तिनीहरूले सम्पूर्ण इस्राएलीहरूको तर्फबाट पूर्ण रूपले हारूनलाई सुम्पनुपर्छ।
NUM 3:10 हारून र उसका छोराहरूलाई पुजारीको काम गर्नलाई नियुक्त गर्नू; अरू जो कोही पवित्रस्थानको नजिक जान्छ, त्यो मारिनुपर्छ।”
NUM 3:11 याहवेहले मोशालाई यो कुरा पनि भन्‍नुभयो,
NUM 3:12 “मैले इस्राएलीहरूबाट हरेक इस्राएली स्त्रीहरूको जेठा छोराहरूको सट्टामा लेवीहरूलाई लिएको छु। लेवीहरू मेरा हुन्;
NUM 3:13 किनकि सबै पहिले जन्मनेहरू मेरा हुन्। जब मैले इजिप्टमा सबै जेठाहरूलाई प्रहार गरेँ, तब मैले इस्राएलका चाहे मानिसको होस् या पशुको होस्, पहिले जन्मेकाहरूलाई मेरा निम्ति अलग गरेँ। अनि तिनीहरू मेरा हुन्; म नै याहवेह हुँ।”
NUM 3:14 याहवेहले सीनैको उजाडस्थानमा मोशालाई भन्‍नुभयो,
NUM 3:15 “लेवीहरूलाई तिनीहरूका परिवार र वंशअनुसार गन्ती गर्। एक महिना र त्यसभन्दा बढी उमेरका हरेक पुरुषहरूलाई गन्ती गर्।”
NUM 3:16 याहवेहले वचनद्वारा आज्ञा गर्नुभएअनुसार मोशाले तिनीहरूलाई गन्ती गरे।
NUM 3:17 लेवीका छोराहरूका नामहरू यिनै थिए: गेर्शोन, कहात र मरारी।
NUM 3:18 गेर्शोनको वंशका नामहरू यिनै थिए: लिब्नी र शिमी।
NUM 3:19 कहातको वंशकाहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।
NUM 3:20 मरारीको वंशकाहरू: महली र मूशी।
NUM 3:21 गेर्शोनीबाट लिब्नी र शिमीहरूका वंश; गेर्शोनका वंशहरू यिनै थिए।
NUM 3:22 एक महिना र त्यसभन्दा बढी उमेरका गन्ती गरिएका सबै पुरुषहरूको संख्या 7,500 थियो।
NUM 3:23 गेर्शोनी वंशकाहरूले पश्‍चिमपट्टि समागम पालको पछिल्तिर छाउनी लगाउनुपर्ने थियो।
NUM 3:24 लाएलको छोरो एल्यासाप गेर्शोनीका परिवारहरूका अगुवा थिए।
NUM 3:25 गेर्शोनीहरूको जिम्मेवारी, भेट हुने पालमा समागम पाल र पालका आवरणहरू, भेट हुने पालको प्रवेशद्वारमा भएका पर्दाहरूको रेखदेख गर्नेथियो;
NUM 3:26 चोकका पर्दाहरू, समागम पाल, वेदी र चोकको चारैतिरका प्रवेशद्वारमा भएका पर्दाहरू र डोरीहरू, अर्थात् तिनीहरूमा प्रयोग हुने हरेक कुराहरूका हेरचाह गर्ने जिम्मेवारी थियो।
NUM 3:27 कहात वंशकाहरू, अम्रामी यिसहारी, हेब्रोनी र उज्जीएलीहरू थिए; यिनीहरू कहाती वंशका थिए।
NUM 3:28 एक महिना र त्यसभन्दा बढी उमेरका सबै पुरुषहरूको संख्या 8,600 थियो। कहातीहरू पवित्रस्थानको हेरचाह गर्ने जिम्मेवार व्यक्तिहरू थिए।
NUM 3:29 कहाती वंशकाहरूले समागम पालको दक्षिणपट्टि छाउनी लगाउनुपर्ने थियो।
NUM 3:30 उज्जीएलको छोरो एलीशापान, कहातीका परिवारहरूका अगुवा थिए।
NUM 3:31 तिनीहरू पवित्रस्थानमा सेवा गर्दा चलाउने सामानहरू; सन्दुक, टेबुल, पानस, वेदीहरू, पर्दा र अरू प्रयोग गरिने हरेक कुराहरूका हेरचाह गर्ने जिम्मेवार व्यक्तिहरू थिए।
NUM 3:32 लेवीहरूका प्रमुख अगुवा पुजारी हारूनका छोरा एलाजार थिए। तिनी पवित्रस्थानको हेरचाह गर्नेहरूमाथि अगुवा नियुक्त भएका थिए।
NUM 3:33 मरारीबाट महली र मूशीका वंशहरू थिए; यिनीहरू मरारी वंशका थिए।
NUM 3:34 एक महिना र त्यसभन्दा बढी उमेरका गन्ती गरिएका सबै पुरुषहरूको संख्या 6,200 थियो।
NUM 3:35 अबीहेलका छोरा सूरीएल मरारीका परिवारहरूका अगुवा थिए। तिनीहरूले समागम पालको उत्तरपट्टि छाउनी लगाउनुपर्ने थियो।
NUM 3:36 यी मरारीहरू समागम पालका चौकसहरू, त्यसका बारहरू, खाँबाहरू, आधारहरू, त्यसका सबै सरसामानहरू र त्यसमा प्रयोगमा आउने हरेक कुराहरू,
NUM 3:37 साथसाथै चोकका चारैतिरका खम्बाहरू, तिनीहरूका आधारहरूसँग पालका किलाहरू र डोरीहरूको हेरचाह गर्न नियुक्त भएका थिए।
NUM 3:38 मोशा, हारून र तिनका छोराहरूले चाहिँ समागम पालको पूर्वपट्टि सूर्योदयतिर भेट हुने पालको सामु छाउनी लगाउनुपर्ने थियो। तिनीहरू इस्राएलीहरूको तर्फबाट पवित्रस्थानको हेरचाह गर्ने जिम्मेवार व्यक्तिहरू थिए। पवित्र वासस्थानको नजिक, जो कोही जान्थ्यो, त्यो व्यक्ति मारिनुपर्थ्यो।
NUM 3:39 याहवेहको आज्ञाअनुसार मोशा र हारूनले गन्ती गरेका लेवीहरू, तिनीहरूका वंशअनुसार एक महिना र त्यसभन्दा बढी उमेरका हरेक पुरुषहरूको संख्या 22,000 थियो।
NUM 3:40 याहवेहले मोशालाई भन्‍नुभयो, “एक महिना र त्यसभन्दा बढी उमेरका इस्राएलीहरूका सबै पहिले जन्मेका पुरुषहरूलाई गनेर तिनीहरूका नामको सूची बनाऊनू।
NUM 3:41 इस्राएलीहरूका पहिले जन्मेकाहरूको सट्टा लेवीहरूलाई र इस्राएलीहरूका पहिले जन्मेका गाईबस्तुको सट्टा लेवीहरूका गाईबस्तुलाई मेरा निम्ति लिनू; म नै याहवेह हुँ।”
NUM 3:42 यसकारण याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूका सबै जेठा छोराहरूको गन्ती गरे।
NUM 3:43 एक महिना र त्यसभन्दा बढी उमेरका जेठा पुरुषहरूको नामअनुसार दर्ता गरिएकाहरूको संख्या 22,273 थियो।
NUM 3:44 याहवेहले मोशालाई यो पनि भन्‍नुभयो,
NUM 3:45 “इस्राएलीहरूका सबै जेठाहरूको सट्टामा लेवीहरूलाई र तिनीहरूका गाईबस्तुको सट्टामा लेवीहरूका गाईबस्तुहरूलाई ल्याऊनू। लेवीहरू मेरा होऊन्; म नै याहवेह हुँ।
NUM 3:46 लेवीहरूको संख्याभन्दा बढी भएका 273 जना इस्राएलीहरूका जेठा छोराहरूका छुटकाराका निम्ति,
NUM 3:47 प्रत्येक जेठो छोराका निम्ति पाँच शेकेल मूल्य लिनू, अर्थात् पवित्रस्थानको शेकेलबमोजिम बीस गेरा अथवा एक शेकेल बराबर बीस गेरा हुन्छ।
NUM 3:48 अनि थप गरिएका इस्राएलीहरूका छुटकाराको मोलचाहिँ तैँले हारून र त्यसका छोराहरूलाई दिनू।”
NUM 3:49 यसकारण मोशाले लेवीहरूद्वारा छुटकारा पाएका इस्राएलीहरूको संख्याभन्दा धेरै भएका जेठाहरूको छुटकाराको मूल्य जम्मा गरे।
NUM 3:50 इस्राएलीहरूका जेठा छोराहरूबाट तिनले पवित्रस्थानको शेकेलबमोजिम 1,365 शेकेल ओजनको चाँदी बटुले।
NUM 3:51 मोशाले याहवेहको वचनअनुसार त्यो छुटकाराको मूल्य तिनलाई आज्ञा गर्नुभएझैँ गरी हारून र तिनका छोराहरूलाई दिए।
NUM 4:1 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो:
NUM 4:2 “लेवीहरूमा कहातीहरूको घरानाबाट तिनीहरूका वंश र परिवारअनुसार गन्ती गर्नू।
NUM 4:3 भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्मका पुरुषहरू सबैलाई गन्ती गर्नू।”
NUM 4:4 भेट हुने पालमा कहातीहरूले गर्नुपर्ने काम यही हो: महा-पवित्र चीजहरूको हेरचाह गर्नुपर्नेछ।
NUM 4:5 जब छाउनी सार्नुपर्ने हुन्छ, तब हारून र उसका छोराहरू भित्र गएर छेक्ने पर्दा तल झारून् र साक्षी पाटीको सन्दुकलाई ढाकून्।
NUM 4:6 त्यसपछि तिनीहरूले पर्दालाई नरम छालाले ढाकेर त्यसमाथि पूरै निलो लुगा फिँजाइदेऊन्, र त्यसका डण्डाहरू ठिक ठाउँमा राखिदेऊन्।
NUM 4:7 उपस्थितिको रोटीको टेबुलमाथि तिनीहरूले निलो लुगा ओछ्याएर त्यसमाथि थालहरू, भाँडाहरू, बाटाहरू र अर्घबलिका कचौराहरू राखून्; सधैँ रहिरहनुपर्ने रोटी त्यहाँ टेबुलमाथि हुनुपर्छ।
NUM 4:8 टेबुलमा भएका कुराहरूमाथि तिनीहरूले एउटा रातो रङ्गको कपडा ओछ्याऊन्, र त्यसलाई नरम छालाले ढाकेर त्यसका डण्डाहरू ठिक ठाउँमा राखिदेऊन्।
NUM 4:9 तिनीहरूले एउटा निलो लुगा लिएर उज्यालोका निम्ति राखिएको पानसलाई त्यसका बत्तीहरूसँग, त्यसका सलेदो काट्ने चिम्टाहरू, मोसोदानी र जैतुनको तेलका भाँडाहरूसमेत छोपेर राखून्।
NUM 4:10 त्यसपछि तिनीहरूले त्यसका सरसामानहरूलाई नरम छालाले बेह्रेर बोक्ने डण्डामाथि राखून्।
NUM 4:11 सुनको वेदीमाथि तिनीहरूले एउटा निलो कपडा फिँजाएर त्यसलाई नरम छालाले छोपिदेऊन् र त्यसका डण्डाहरूलाई ठिक ठाउँमा राखिदेऊन्।
NUM 4:12 तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्दा प्रयोग गरिने सबै सामानहरू लिएर र निलो रङ्गको कपडाले बेह्रेर नरम छालाले छोपेर तिनीहरूलाई बोक्ने डण्डामा राखून्।
NUM 4:13 तिनीहरूले काँसोको वेदीबाट खरानी निकालून्, र त्यसमाथि एउटा बैजनी कपडा ओछ्याऊन्।
NUM 4:14 त्यसपछि तिनीहरूले बैजनी कपडामाथि वेदीमा सेवा गर्दा प्रयोग गरिने सबै भाँडाहरूका साथमा तावाहरू, मासु तान्‍ने काँटाहरू, बेल्चाहरू र पानी छर्कने बाटाहरू राखिदेऊन्। त्यसमाथि तिनीहरूले नरम छालाले ढाकेर छोपून् र बोक्ने डण्डाहरू ठिक ठाउँमा राखून्।
NUM 4:15 हारून र त्यसका छोराहरूले पवित्र सरसामानहरू र सबै पवित्र चीजहरूलाई छोपिसकेपछि, जब छाउनी अगि सार्न तयार हुन्छ, तब ती बोक्नलाई कहातीहरू मात्र आऊन् र बोकून्। तर तिनीहरूले पवित्र कुराहरूलाई नछोऊन्, नत्रता तिनीहरू मर्नेछन्। कहातीहरूले मात्र भेट हुने पालमा भएका सबै कुराहरू बोकून्।
NUM 4:16 “पुजारी हारूनको छोरा एलाजारको जिम्मामा बत्तीको निम्ति तेल, सुगन्धित धूप, नियमित अन्‍नबलि र अभिषेकको तेल रहनेछ। सम्पूर्ण समागम पाल र त्यसमा भएका हरेक कुराहरूसहित, यसका पवित्र सरसामानहरू र चीजहरू उसको जिम्मामा रहनेछ।”
NUM 4:17 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो,
NUM 4:18 “कहातीका कुलहरूलाई लेवीका वंशहरूबाट नाश हुन नदेओ।
NUM 4:19 तिनीहरू महा-पवित्र कुराहरूको नजिक आउँदा नमरून्, तर जीवित रहून्; त्यसैले तिनीहरूका निम्ति यो कुरा गर्नुपर्छ: हारून र त्यसका छोराहरू पवित्रस्थानभित्र जाऊन्, र प्रत्येक मानिसलाई त्यसको काम र त्यसले के बोक्नुपर्छ, त्यो जिम्मेवारी सुम्पिदेऊन्।
NUM 4:20 तर कहातीहरू पवित्र कुराहरू हेर्नका लागि एकैछिनको निम्ति भए तापनि भित्र नजाऊन्, नत्रता तिनीहरू मर्नेछन्।”
NUM 4:21 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 4:22 “गेर्शोनीहरूको पनि तिनीहरूका परिवार र वंशअनुसार जनगणना गर्नू।
NUM 4:23 भेट हुने पालमा सेवाको काम गर्न आउने, तीस वर्षदेखि पचास वर्षसम्म उमेर पुगेकाहरू सबै मानिसहरूका गन्ती गर्नू।”
NUM 4:24 गेर्शोनी वंशकाहरूले बोक्नुपर्ने र अरू गर्नुपर्ने सेवा यही हो:
NUM 4:25 “तिनीहरूले समागम पालका पर्दाहरू, भेट हुने पाल, त्यसको छोप्ने र त्यसको बाहिरी ढाक्ने नरम छाला, भेट हुने पालको प्रवेशद्वारका पर्दाहरू,
NUM 4:26 समागम पाल र वेदीका चारैतिरका चोकका पर्दाहरू, चोकको ढोकाको पर्दा, डोरीहरू र पालको सेवामा प्रयोग गरिने सबै सरसामानहरू बोकून्। यी सबै कुराहरूबाट हुनुपर्ने सबै सेवाका कामहरू गेर्शोनीहरूले गरून्।
NUM 4:27 तिनीहरूका सबै सेवाहरू, चाहे बोक्ने काम, अर्थात् गर्नुपर्ने अरू कामहरू हारून र त्यसका छोराहरूको निर्देशनमा गेर्शोनीहरूले गर्नुपर्छ। तैँले तिनीहरूले बोक्ने सबै कुराहरू तिनीहरूको जिम्मामा लगाइदिनू।
NUM 4:28 भेट हुने पालमा गेर्शोनी वंशकाहरूले गर्नुपर्ने सेवा यही हो। तिनीहरूका कर्तव्यहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा होऊन्।
NUM 4:29 “मरारीहरूलाई तिनीहरूका वंश र परिवारअनुसार गन्ती गर्नू।
NUM 4:30 भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्म उमेर भएका सबै मानिसहरूको गन्ती गर्नू।
NUM 4:31 भेट हुने पालमा तिनीहरूको कर्तव्य यही हो: तिनीहरूले समागम पालका चौकसहरू, त्यसका कोठे बारहरू, खम्बाहरू र आधारहरू बोकून्;
NUM 4:32 अनि चोकका चारैतिरका खम्बाहरू त्यसका आधारहरूका साथमा, पालका किलाहरू, डोरीहरू, सबै सामानहरू र त्यसमा प्रयोग गरिने सबै कुराहरू बोकून्। हरेक मानिसलाई उनीहरूले बोक्नुपर्ने कुराहरू तोकिदिनू।
NUM 4:33 मरारी वंशकाहरूले भेट हुने पालमा हारून पुजारीको छोरा ईतामारको निर्देशनमा सेवा गर्दा गर्नुपर्ने जिम्मेवारी यही हो।”
NUM 4:34 मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूलाई तिनीहरूका वंश र परिवारहरूको आधारमा गन्ती गरे।
NUM 4:35 भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्म उमेर भएका सबै मानिसहरू,
NUM 4:36 तिनीहरूका वंशअनुसार गनिएकाहरू 2,750 थिए।
NUM 4:37 भेट हुने पालमा सेवा गर्ने कहाती वंशहरूको जम्मा संख्या यही थियो। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशा र हारूनले तिनीहरूका गन्ती गरेका थिए।
NUM 4:38 गेर्शोनीहरू, तिनीहरूका वंश र परिवारअनुसार गनिएका थिए।
NUM 4:39 भेट हुने पालको कामका निम्ति सेवा गर्न आएकाहरू, जो तीस वर्षदेखि पचास वर्ष उमेर भएका सबै मानिसहरू,
NUM 4:40 तिनका वंश र परिवारअनुसार गनिएकाहरू 2,630 थिए।
NUM 4:41 भेट हुने पालको काममा सेवा गर्ने सबै गेर्शोनीहरूका परिवारको पूरा संख्या यही थियो। याहवेहको आज्ञाअनुसार मोशा र हारूनले तिनीहरूलाई गनेका थिए।
NUM 4:42 मरारीहरू तिनीहरूका वंश र परिवारअनुसार गनिएका थिए।
NUM 4:43 भेट हुने पालको काममा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्ष उमेरका सबै मानिसहरू,
NUM 4:44 तिनीहरूका वंशअनुसार गनिएकाहरू 3,200 थिए।
NUM 4:45 मरारी वंशकाहरूको जम्मा संख्या यही थियो। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशा र हारूनले तिनीहरूको गन्ती गरेका थिए।
NUM 4:46 यसरी मोशा, हारून र इस्राएलीहरूका अगुवाहरूले सबै लेवीहरूलाई वंश र परिवारअनुसार गन्ती गरेका थिए।
NUM 4:47 भेट हुने पाल बोक्ने र सेवाको काम गर्न आउने तीस वर्षदेखि माथि पचास वर्ष उमेरसम्मका सबै मानिसहरूका
NUM 4:48 संख्या 8,580 थियो।
NUM 4:49 याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार हरेकलाई तिनीहरूको काम र के बोक्नुपर्ने हो, त्यो जिम्मेवारी सुम्पिदिएका थिए। यसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार गन्ती गरेका थिए।
NUM 5:1 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 5:2 “यदि कसैको छालाको सरुवा रोग अर्थात् कुनै किसिमको धातुको रोग छ, अर्थात् मृत शरीर छोएको कारणले विधिगत रूपमा अशुद्ध छ भने त्यो मानिसलाई छाउनीबाट बाहिर निकालिदिनू भनी इस्राएलीहरूलाई आज्ञा दिनू।
NUM 5:3 तिनीहरू पुरुष अथवा स्त्री जोसुकै भए तापनि तिनीहरूलाई छाउनीबाट बाहिर निकालिदिनू; ताकि तिनीहरूले आफ्ना छाउनीलाई अशुद्ध नपारून्, जहाँ म बास गर्दछु।”
NUM 5:4 इस्राएलीहरूले त्यसै गरे। तिनीहरूलाई छाउनीबाट बाहिर निकालिदिए। याहवेहले मोशालाई निर्देशन गर्नुभएझैँ तिनीहरूले गरे।
NUM 5:5 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 5:6 “इस्राएलका मानिसहरूलाई भन्: याहवेहप्रतिको विश्‍वासलाई तोडेर यदि कुनै पुरुष अर्थात् स्त्रीले कसैसँग कुनै प्रकारको गलत व्यवहार गर्छ र त्यो व्यक्ति दोषी छ भने,
NUM 5:7 तिनीहरूले आफूले गरेको पाप मानिलिनुपर्छ। तिनीहरूले गरेका आफ्ना अपराधको लागि पूर्ण हर्जाना तिर्नुपर्छ। त्यसमा पाँचौँ भाग थपेर त्यसले दुर्व्यवहार गरेको व्यक्तिलाई दिनुपर्छ।
NUM 5:8 तर यदि त्यसले गरेको अपराधको लागि हर्जाना दिनलाई त्यस मानिसको नजिकको कुनै नातेदार छैन भने त्यो हर्जाना याहवेहको हुनेछ। अनि त्यो हर्जानाचाहिँ त्यस दोषीको प्रायश्‍चितको निम्ति बलि चढाइने भेडासँग पुजारीलाई दिनुपर्छ।
NUM 5:9 इस्राएलीहरूले पुजारीकहाँ ल्याएका सबै पवित्र भेटीहरू पुजारीकै हुनेछन्।
NUM 5:10 हरेक मानिसका पवित्र थोकहरू तिनीहरूका आफ्नै हुन्। तर तिनीहरूले पुजारीलाई जे दिन्छन्, त्यो पुजारीकै हुनेछ।”
NUM 5:11 त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 5:12 इस्राएलका मानिसहरूलाई भन्: “यदि कुनै मानिसकी पत्नी बरालिएर त्यसले आफ्नो पतिलाई विश्‍वासघात गरी,
NUM 5:13 र यसरी त्यसले अर्को मानिससँग शारीरिक सम्बन्ध राखेर पतिसँग अविश्‍वासयोग्य भई, तर त्यसको पतिले थाहा पाएन। अनि त्यसको अशुद्धता गुप्‍तमै रहेको छ भने (त्यस स्त्रीको विरुद्धमा कुनै साक्षी छैन, र कुकर्म गर्दागर्दै रङ्गेहात पक्राऊ पनि परेको छैन भने),
NUM 5:14 तर त्यसको पतिलाई डाहको भावना जागेकोले त्यसकी पत्नी अशुद्ध छ भन्‍ने शङ्का गर्‍यो भने—अर्थात् यदि त्यसले डाहको कारण त्यसकी पत्नी अशुद्ध नभए तापनि शङ्का गर्‍यो भने,
NUM 5:15 त्यसले आफ्नी पत्नीलाई पुजारीकहाँ लैजाओस्। त्यसले पत्नीका निम्ति एपाको दशौँ भाग जौको मसिनो पिठोको भेटी पनि ल्याओस्। त्यसले पिठोमा जैतुनको तेल नखन्याओस् र सुगन्ध पनि नहालोस्। किनभने त्यो डाहको निम्ति अन्‍नबलि अर्थात् अधर्म सम्झना गराउने बलि हो।
NUM 5:16 “ ‘पुजारीले त्यस स्त्रीलाई ल्याओस् र याहवेहको सामु खडा हुन लगाओस्।
NUM 5:17 त्यसपछि पुजारीले माटोको भाँडामा केही पवित्र पानी लेओस् र समागम पालको भुइँबाट केही धुलो त्यसमा हालोस्।
NUM 5:18 पुजारीले त्यस स्त्रीलाई याहवेहको सामु खडा गराएपछि पुजारीले स्त्रीको केश खोलिदेओस्। अनि स्त्रीको हातमा सम्झनाको भेटी अर्थात् डाहको अन्‍नबलि राखिदेओस्। पुजारीले चाहिँ श्राप ल्याउने तितो पानी आफैँले हातमा लेओस्।
NUM 5:19 त्यसपछि पुजारीले त्यस स्त्रीलाई शपथ खान लगाओस् र स्त्रीलाई भनोस्, “यदि अरू कुनै मानिस तँसित सुतेको छैन; र तेरो विवाह तेरो पतिसित भएपछि तँ बरालिएर अशुद्ध भएकी छैनस् भने श्राप ल्याउने यस तितो पानीले तँलाई हानि नगरोस्।
NUM 5:20 तर यदि तैँले आफ्नो पतिसित विवाह भएपछि तँ बरालिएर आफ्नो पतिबाहेक अर्को मानिससँग यौन सम्बन्ध राखेर तैँले आफूलाई अशुद्ध पारेकी छस् भने”,
NUM 5:21 पुजारीले त्यस स्त्रीलाई यसरी श्रापको शपथ खुवाओस्, “याहवेहले तेरो कोख बाँझो गराएर र तेरो पेट फुल्न दिएर उहाँले तँलाई तेरा मानिसहरूका बीचमा सरापको कारण तुल्याऊन्।
NUM 5:22 श्राप ल्याउने यो पानी तेरो शरीरभित्र पसोस् र तेरो पेट सुनियोस्; अनि तेरो कोख बाँझो होस्।” “ ‘त्यसपछि त्यस स्त्रीले, “आमेन, यस्तै होस्” भनोस्।
NUM 5:23 “ ‘पुजारीले यी श्रापहरू एउटा चर्मपत्रमा लेखेर त्यस तितो पानीमा त्यसलाई पखालिदेओस्।
NUM 5:24 पुजारीले श्राप ल्याउने त्यो पानी त्यस स्त्रीलाई पिउन देओस्। यदि त्यो दोषी भएमा त्यस पानी त्यसभित्र पसेर कठोर पीडा दिनेछ।
NUM 5:25 पुजारीले स्त्रीको हातबाट डाहको अन्‍नबलि लिएर त्यसलाई याहवेहको सामु उचालोस् र त्यो वेदीमा ल्याओस्।
NUM 5:26 त्यसपछि पुजारीले त्यस अन्‍नबलिबाट एक मुठी अन्‍न सम्झनाको भेटीको रूपमा लिएर त्यसलाई वेदीमा जलाओस्। त्यसपछि पुजारीले त्यस स्त्रीलाई त्यो पानी पिउन लगाओस्।
NUM 5:27 यदि त्यस स्त्रीले आफ्नो पतिप्रति विश्‍वासयोग्य नभई आफूलाई अशुद्ध पारेकी छे भने यस्तो परिणाम ल्याउनेछ: जब त्यस स्त्रीलाई श्राप ल्याउने त्यो पानी पिउन दिइन्छ, तब पानी त्यसभित्र पसेर तितो भई कठोर पीडा ल्याउनेछ। त्यसको पेट सुनिनेछ र त्यसको कोख बाँझो हुनेछ। अनि त्यो आफ्ना मानिसहरूका बीचमा श्राप लागेको हुनेछे।
NUM 5:28 तर यदि त्यसले आफूलाई अशुद्ध पारेकी छैन र शुद्ध छे भने त्यो आफ्नो दोषबाट मुक्त भएर छोराछोरीहरू जन्माउन सक्ने हुनेछे।
NUM 5:29 “ ‘यसकारण जब कुनै स्त्रीले आफ्नो पतिसित विवाह भइसकेपछि बरालिएर आफूलाई अशुद्ध पार्छे भने डाहको नियम यही हो,
NUM 5:30 अर्थात् जब कुनै मानिसमा आफ्नी पत्नीप्रति शङ्का गरेर डाहको भावना आउँछ भने डाहको नियम यही हो। पुजारीले त्यस स्त्रीलाई याहवेहको सामु खडा गराउनुपर्छ। अनि त्यस स्त्रीमाथि यो सम्पूर्ण नियम लागू गरिनुपर्छ।
NUM 5:31 तब त्यस मानिसलाई केही दोष लाग्नेछैन, तर त्यो स्त्रीले चाहिँ आफ्नो अधर्मको दण्ड भोग्नेछ।’ ”
NUM 6:1 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 6:2 “इस्राएली मानिसहरूलाई यसो भन्: ‘यदि कुनै पुरुष वा स्त्रीले विशेष भाकल गर्न चाहन्छ, अर्थात् आफू नाजिरीको रूपमा याहवेहका निम्ति समर्पित हुने भाकल गर्छ भने,
NUM 6:3 तिनीहरूले आफूलाई दाखमद्य र अरू मद्यबाट अलग राख्नुपर्छ। अनि दाखमद्य वा कुनै मद्यबाट बनिएको सिर्का पिउनुहुँदैन। तिनीहरूले दाखमद्य पिउनुहुँदैन, अर्थात् अङ्‌गुर र किसमिस पनि खानुहुँदैन।
NUM 6:4 जबसम्म तिनीहरू नाजिरी रहने भाकलमा समर्पित हुन्छन्, तबसम्म तिनीहरूले दाखको बोटबाट पाइने कुनै पनि कुरा, अर्थात् अङ्‌गुरको बीयाँ वा छिल्का केही पनि खानुहुँदैन।
NUM 6:5 “ ‘नाजिरी रहने भाकल गरेको अवधिभरि तिनीहरूका शिरमा छुरा प्रयोग गरिनुहुन्‍न। याहवेहका निम्ति नाजिरी रहने भाकल समाप्‍त नभएसम्म त्यो पवित्र रहोस्। तिनीहरूले आफ्नो कपाललाई बढेर लामो हुन दिनुपर्छ।
NUM 6:6 “ ‘याहवेहका निम्ति नाजिरी रहने समय अवधिभरि त्यो कुनै लासको नजिक नजाओस्।
NUM 6:7 तिनीहरूको आफ्नै बुबाआमा अथवा दाजुभाइ अथवा दिदीबहिनी मर्दासमेत तिनीहरूका कारण तिनीहरूले आफूलाई विधिगत रूपमा अशुद्ध पार्नुहुँदैन। किनकि परमेश्‍वरका निम्ति तिनीहरू नाजिरी भएको चिन्ह तिनीहरूको शिरमा हुन्छ।
NUM 6:8 तिनीहरू नाजिरीको निम्ति समर्पित गरिएको समय अवधिभरिका लागि याहवेहका निम्ति पवित्र हुन्छन्।
NUM 6:9 “ ‘यदि कोही मानिस नाजिरीको सामु अचानक मर्‍यो भने त्यसको समर्पणको चिन्ह कपाल हो, त्यो अशुद्ध हुन्छ। त्यसैले तिनीहरूले आफ्नो शुद्धीकरणको दिनमा अर्थात् सातौँ दिनमा आफ्नो कपाल खौरिनुपर्छ।
NUM 6:10 त्यसपछि आठौँ दिनमा चाहिँ तिनीहरूले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेराहरू पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याउनुपर्छ।
NUM 6:11 नाजिरीले लासको नजिक गएर पाप गरेको हुनाले पुजारीले त्यस पापका निम्ति प्रायश्‍चित गर्नलाई तीबाट एउटा पाप शुद्धीकरण बलि र अर्कोचाहिँ होमबलि चढाओस्। अनि त्यही दिन तिनीहरूले आफ्नो शिरलाई फेरि याहवेहका निम्ति नाजिरी हुनलाई पवित्र पारून्।
NUM 6:12 तिनीहरूले आफूलाई याहवेहका लागि फेरि त्यही समय अवधिसम्मका लागि अर्पण गर्नुपर्छ। अनि दोषबलिका निम्ति एकवर्षे भेडा ल्याउनुपर्छ। ती बितेका दिनहरूको गन्ती हुनेछैन। किनभने तिनीहरूको नाजिरी रहेको अवधि अशुद्ध भयो।
NUM 6:13 “ ‘नाजिरीको लागि तिनीहरूको अलग रहने समयअवधि पूरा भएपछिको नियम यही हो। तिनीहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउनू;
NUM 6:14 र त्यहाँ तिनीहरूले याहवेहका निम्ति आफ्ना भेटीहरू ल्याऊन्: अर्थात् होमबलिका निम्ति एक वर्षको निष्खोट भेडाको पाठो, पाप शुद्धीकरण बलिका निम्ति भेडाको एकवर्षे निष्खोट पाठी, मेलबलिका निम्ति एउटा निष्खोट बोका ल्याऊन्।
NUM 6:15 यसकासाथै तिनीहरूका अन्‍नबलिहरू, अर्घबलिहरू, मसिनो पिठो र खमिर नमिसाई बनाइएको एक डालो रोटीहरू, साथै जैतुन तेलमा मिसाएर बनाएका मसिनो पिठोको बाक्ला रोटीहरू र जैतुन तेल दलेका पातला रोटीहरू ल्याऊन्।
NUM 6:16 “ ‘तब पुजारीले याहवेहको सामु ती सबै थोकहरू प्रस्तुत गरोस्; अनि पाप शुद्धीकरण बलि र होमबलि चढाओस्।
NUM 6:17 पुजारीले याहवेहका सामु अखमिरी रोटीको डालो प्रस्तुत गरोस्। अनि अन्‍नबलि र अर्घबलिको साथै मेलबलिको रूपमा भेडा बलिदान चढाओस्।
NUM 6:18 “ ‘त्यसपछि भेट हुने पालको प्रवेशद्वारमा नाजिरीले आफूले समर्पण गरेको आफ्नो केश खौरिनुपर्छ। तिनीहरूले केश लिएर त्यसलाई मेलबलिको मुन्तिर भएको आगोमा हालिदिनुपर्छ।
NUM 6:19 “ ‘नाजिरीले तिनीहरूको समर्पण गरिएको केश खौरिसकेपछि पुजारीले तिनीहरूको हातमा भेडाको उसिनेको काँध र डालोबाट अखमिरी नहालेको बाक्लो रोटी र पातलो रोटी दुवै राखिदेओस्।
NUM 6:20 त्यसपछि पुजारीले ती थोकहरूलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचालोस्। ती थोकहरू पवित्र छन्; र ती पुजारीका हुन्छन्। उचालिएको ह्‍याकुला र चढाइएको फिला ती पुजारीका हुन्। त्यसपछि नाजिरीले दाखमद्य पिउन सक्छ।
NUM 6:21 “ ‘नाजिरीहरूले दिन सक्ने अरू कुराबाहेक तिनीहरूले आफूलाई याहवेहका निम्ति समर्पण गरेअनुसार, तिनीहरूले भाकल गरेको भेटीको विषयमा तिनीहरूका लागि नियम यही हो। नाजिरीको नियमअनुसार तिनीहरूले गरेको भाकल पूरा गर्नैपर्छ।’ ”
NUM 6:22 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 6:23 “हारून र त्यसका छोराहरूलाई यसो भन्, ‘तिमीहरूले इस्राएलीहरूलाई आशीर्वाद दिँदा यसो भन्‍नू:
NUM 6:24 “ ‘ “याहवेहले तिमीहरूलाई आशिष् देऊन्, र तिमीहरूलाई रक्षा गरून्;
NUM 6:25 याहवेहले आफ्नो मुहार तिमीहरूमाथि चम्काऊन्, र तिमीहरूप्रति अनुग्रही होऊन्;
NUM 6:26 याहवेहले आफ्नो मुहार तिमीहरूतिर फर्काऊन्, र तिमीहरूलाई शान्ति देऊन्।” ’
NUM 6:27 “यसरी तिनीहरूले मेरो नाम इस्राएलीहरूमा कायम राखून्। अनि म तिनीहरूलाई आशिष् दिनेछु।”
NUM 7:1 जब मोशाले समागम पाल खडा गरिसिद्ध्याए, तब तिनले त्यो स्थान र त्यसमा भएका सबै सरसामानहरूलाई अभिषेक गरेर पवित्र तुल्याए। तिनले वेदी र त्यसमा भएका सबै भाँडाहरूलाई पनि अभिषेक गरेर पवित्र तुल्याए।
NUM 7:2 त्यसपछि इस्राएलका अगुवाहरू, परिवारहरूका छानिएका कुल नायकहरूले भेटीहरू चढाए।
NUM 7:3 तिनीहरूले याहवेहको सामु आफ्ना उपहारस्वरूप छ वटा छोपिएका गाडाहरू र बाह्र वटा गोरुहरू; हरेक एक अगुवाबाट एउटा गोरु र दुई अगुवाहरूबाट एउटा गाडाको हिसाबमा ल्याए। तिनीहरूले ती सबै थोकहरू समागम पालको सामु प्रस्तुत गरे।
NUM 7:4 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 7:5 “ती उपहारहरूलाई भेट हुने पालको काममा प्रयोग गर्नका निम्ति तिनीहरूबाट ग्रहण गर्। ती हरेक मानिसको काममा चाहिएअनुसार लेवीहरूलाई दे।”
NUM 7:6 यसकारण मोशाले ती गाडाहरू र गोरुहरू लिएर लेवीहरूलाई दिए।
NUM 7:7 गेर्शोनीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार पुजारीले दुई वटा गाडाहरू र चार वटा गोरुहरू दिए।
NUM 7:8 अनि मरारीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार चार वटा गाडाहरू र आठ वटा गोरुहरू दिए। यी सबै कामहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा भए।
NUM 7:9 तर मोशाले कहातीहरूलाई केही पनि दिएनन्। किनकि तिनीहरूको जिम्मामा पवित्र कुराहरू आफ्ना काँधमा बोक्नुपर्ने थियो।
NUM 7:10 जब वेदीको अभिषेक गरियो, तब अगुवाहरूले तिनीहरूका भेटीहरू समर्पणताका लागि ल्याए। अनि ती भेटीहरूलाई वेदीको सामु प्रस्तुत गरे।
NUM 7:11 किनकि याहवेहले मोशालाई भन्‍नुभएको थियो, “वेदीको समर्पणताको निम्ति हरेक दिन एक-एक जना अगुवाले आ-आफ्नो भेटी ल्याऊन्।”
NUM 7:12 पहिलो दिन आफ्नो भेटी लिएर आउनेचाहिँ यहूदाको कुलको अम्मीनादाबको छोरा नहशोन थिए।
NUM 7:13 नहशोनको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
NUM 7:14 धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;
NUM 7:15 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एक वर्षको थुमा ल्याए;
NUM 7:16 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
NUM 7:17 र मेलबलिको रूपमा बलिदान चढाउनलाई दुई वटा गोरु र पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
NUM 7:18 दोस्रो दिन इस्साखारका अगुवा सूआरका छोरा नथनिएलले आफ्ना भेटीहरू ल्याए।
NUM 7:19 नथनिएलको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको छर्कने बाटा र थाल; त्यस बाटा र थाल दुवैमा अन्‍नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
NUM 7:20 धूपले भरिएको दश शेकेल तौलको एउटा सुनको कचौरा;
NUM 7:21 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा ल्याए;
NUM 7:22 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका ल्याए;
NUM 7:23 र मेलबलिको रूपमा चढाउनलाई दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए।
NUM 7:24 तेस्रो दिन जबूलूनका मानिसहरूका अगुवा हेलोनका छोरा एलिआबले आफ्नो भेटी ल्याए।
NUM 7:25 एलिआबको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
NUM 7:26 धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;
NUM 7:27 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
NUM 7:28 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
NUM 7:29 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू, पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए।
NUM 7:30 चौथो दिन रूबेनका मानिसहरूका अगुवा, शदेऊरका छोरा एलिसूरले आफ्नो भेटी ल्याए।
NUM 7:31 एलिसूरको भेटी यही थियो: अर्थात् पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
NUM 7:32 धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;
NUM 7:33 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा थिए;
NUM 7:34 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
NUM 7:35 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए।
NUM 7:36 पाँचौँ दिन शिमियोनका मानिसहरूका अगुवा सूरीशद्दैका छोरो शलूमीएलले आफ्नो भेटी ल्याए।
NUM 7:37 शलूमीएलको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
NUM 7:38 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
NUM 7:39 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
NUM 7:40 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
NUM 7:41 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
NUM 7:42 छैटौँ दिन गादका मानिसहरूका अगुवा देउएलका छोरा एल्यासापले आफ्नो भेटी ल्याए।
NUM 7:43 एल्यासापको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
NUM 7:44 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
NUM 7:45 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
NUM 7:46 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
NUM 7:47 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
NUM 7:48 सातौँ दिन एफ्राइमका मानिसहरूका अगुवा अम्मीहूदका छोरा एलिशामाले आफ्नो भेटी ल्याए।
NUM 7:49 एलिशामाको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
NUM 7:50 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
NUM 7:51 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा थिए;
NUM 7:52 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
NUM 7:53 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
NUM 7:54 आठौँ दिन मनश्शेका मानिसहरूका अगुवा पदासूरका छोरा गमलिएलले आफ्नो भेटी ल्याए।
NUM 7:55 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
NUM 7:56 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
NUM 7:57 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
NUM 7:58 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
NUM 7:59 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
NUM 7:60 नवौँ दिन बेन्यामीनका मानिसहरूका अगुवा गिदोनीका छोरा अबीदानले आफ्नो भेटी ल्याए।
NUM 7:61 अबीदानको भेटी यही थियो: अर्थात् पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
NUM 7:62 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
NUM 7:63 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
NUM 7:64 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
NUM 7:65 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
NUM 7:66 दशौँ दिन दानका मानिसहरूका अगुवा अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी लिएर आए।
NUM 7:67 अहीएजेरको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
NUM 7:68 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
NUM 7:69 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
NUM 7:70 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
NUM 7:71 अनि मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
NUM 7:72 एघाह्रौ दिन आशेरका मानिसहरूका अगुवा ओक्रानका छोरा पगीएलले आफ्नो भेटी ल्याए।
NUM 7:73 पगीएलको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
NUM 7:74 धूपले भरिएको दश शेकेल तौलको सुनको एउटा कचौरा;
NUM 7:75 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
NUM 7:76 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
NUM 7:77 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
NUM 7:78 बाह्रौँ दिनमा नप्‍तालीका मानिसहरूका अगुवा एनानका छोरा अहीराले आफ्नो भेटी ल्याए।
NUM 7:79 अहीराको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएकाको थिए;
NUM 7:80 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
NUM 7:81 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
NUM 7:82 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
NUM 7:83 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
NUM 7:84 वेदीको अभिषेक हुँदा इस्राएली अगुवाहरूको समर्पणको भेटी यही थियो: चाँदीका बाह्र वटा थालहरू, चाँदीका बाह्र वटा छर्कने बाटाहरू र सुनका बाह्र वटा कचौराहरू थिए।
NUM 7:85 पवित्रस्थानको तौलको शेकेलअनुसार, चाँदीको प्रत्येक थालको तौल एक सय तीस शेकेल र चाँदीका प्रत्येक छर्कने बाटाको तौल सत्तरी शेकेल थियो। चाँदीका थाल-बाटाहरूको जम्मा तौल पवित्रस्थानको शेकेलअनुसार, दुई हजार चार सय शेकेल थियो।
NUM 7:86 धूपले भरिएका सुनका बाह्र वटा कचौराहरूको तौल पवित्रस्थानको तौलको शेकेलअनुसार प्रत्येक दश शेकेल थियो। सुनका कचौराहरूको जम्मा तौल एक सय बीस शेकेल थियो।
NUM 7:87 होमबलिका निम्ति ल्याइएका पशुहरूको जम्मा संख्या, बाह्र वटा बहरहरू, बाह्र वटा भेडाहरू, बाह्र वटा एकवर्षे थुमाहरू थिए; जसको साथमा तिनीहरूको अन्‍नबलि पनि थियो। पाप शुद्धीकरण बलिका निम्ति बाह्र वटा बोकाहरू प्रयोग गरिए।
NUM 7:88 मेलबलिका निम्ति चढाइएका पशुहरूको जम्मा संख्या, चौबीस वटा गोरुहरू, साठी वटा भेडाहरू, साठी वटा बोकाहरू र साठी वटा एकवर्षे थुमाहरू थिए।
NUM 7:89 जब मोशा याहवेहसँग कुरा गर्न भेट हुने पालभित्र पसे, तब तिनले साक्षी पाटीको सन्दुकमा भएको पाप समाधान-स्थानमाथि भएका दुई करूबहरूका बीचबाट तिनीसँग बोलिरहेको आवाज सुने। यसरी याहवेह मोशासँग बोल्नुभयो।
NUM 8:1 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 8:2 “हारूनलाई भन्, ‘जब तैँले सात वटा बत्तीहरू बाल्नलाई तयार गर्छस्, ती सातै वटा बत्तीहरूले सामदानको अगिल्तिरको ठाउँमा प्रकाश देऊन्।’ ”
NUM 8:3 अनि हारूनले त्यसै गरे। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सामदानको अगिल्तिर प्रकाश दिने गरी तिनले बत्तीहरू तयार गरे।
NUM 8:4 सामदान यसरी बनिएको थियो: त्यसको फेददेखि फूलहरूसम्म पिटिएको सुनले बनिएको थियो। त्यो सामदान याहवेहले मोशालाई देखाउनुभएको नमुनाजस्तै बनाइएको थियो।
NUM 8:5 याहवेहले मोशालाई भन्‍नुभयो:
NUM 8:6 “लेवीहरूलाई अरू सबै इस्राएलीहरूबाट अलग गर्, र तिनीहरूलाई विधिपूर्वक शुद्ध पार्।
NUM 8:7 तिनीहरूलाई शुद्ध पार्नका निम्ति तैँले यसो गर्नू: तिनीहरूमाथि शुद्धीकरणको पानी छर्कनू। त्यसपछि तिनीहरूले शरीरका रौँहरू पूरा खौरिऊन्। अनि तिनीहरूका कपडाहरू धोऊन्। यसरी तिनीहरूले आफूलाई शुद्ध पार्नेछन्।
NUM 8:8 तिनीहरूलाई जैतुनको तेल मिसाएको मसिनो पिठोको अन्‍नबलिसँग एउटा बहर ल्याउन लगाउनू। अनि तैँले पाप शुद्धीकरण बलिका निम्ति अर्को दोस्रो बहर लिनू।
NUM 8:9 लेवीहरूलाई भेट हुने पालको अगाडि ल्याउनू, र सारा इस्राएली समुदायलाई भेला पार्नू।
NUM 8:10 तैँले लेवीहरूलाई याहवेहको सामु ल्याउनू। अनि इस्राएलीहरूले लेवीहरूमाथि आफ्ना हात राखून्।
NUM 8:11 हारूनले लेवीहरूलाई इस्राएलीहरूको तर्फबाट विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहको सामु प्रस्तुत गरोस्; ताकि तिनीहरू याहवेहको काम गर्नका लागि तयार होऊन्।
NUM 8:12 “लेवीहरूले बहरहरूमाथि आफ्ना हात राखून्। अनि तिनीहरूको पापको प्रायश्‍चितका निम्ति एउटालाई याहवेहका निम्ति पाप शुद्धीकरण बलिको रूपमा र अर्कोलाई चाहिँ होमबलिको रूपमा प्रयोग गर्नू।
NUM 8:13 लेवीहरूलाई हारून र त्यसका छोराहरूका अगाडि उभिन लगा। अनि तिनीहरूलाई विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहकहाँ प्रस्तुत गर्।
NUM 8:14 यसरी तैँले लेवीहरूलाई अरू इस्राएलीहरूबाट अलग पार्नू। यसरी लेवीहरू मेरा हुनेछन्।
NUM 8:15 “तैँले लेवीहरूलाई शुद्ध गरेर तिनीहरूलाई विशेष भेटीको रूपमा उचालिनका लागि प्रस्तुत गरून्। अनि भेट हुने पालमा तिनीहरू सेवाको काम गर्न आऊन्।
NUM 8:16 इस्राएलीहरूको तर्फबाट ती लेवीहरूलाई सम्पूर्ण रूपले मलाई दिइनुपर्छ। तिनीहरूलाई जेठाहरूका सट्टामा, अर्थात् प्रत्येक इस्राएली स्त्रीहरूको पहिलो छोराहरूका सट्टामा मैले तिनीहरूलाई लिएको छु।
NUM 8:17 इस्राएलमा जन्मेको हरेक जेठो, चाहे त्यो मानिस होस् अथवा पशु, सबै मेरै हुन्। जब मैले इजिप्टमा सबै जेठाहरूमाथि प्रहार गरेँ, तब मैले तिनीहरूलाई मेरा निम्ति अलग गरेँ।
NUM 8:18 अनि मैले इस्राएलका सबै जेठा छोराहरूका सट्टामा लेवीहरूलाई लिएको छु।”
NUM 8:19 इस्राएलीहरू पवित्रस्थानको नजिक जाँदा तिनीहरूमाथि कुनै विपत्ति नआओस्। त्यसैले सारा इस्राएलीहरूबाट मैले लेवीहरूलाई सबै इस्राएलीहरूको तर्फबाट भेट हुने पालमा काम गर्न र तिनीहरूका निम्ति पापको प्रायश्‍चित गर्नलाई हारून र त्यसका छोराहरूलाई उपहारको रूपमा दिएको छु।
NUM 8:20 यसकारण मोशा, हारून र सारा इस्राएली समुदायले लेवीहरूलाई त्यही नै गरे, जो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।
NUM 8:21 लेवीहरूले आफूलाई शुद्ध पारे, र आफ्ना लुगाहरू धोए। त्यसपछि हारूनले तिनीहरूलाई याहवेहको सामु विशेष भेटीको रूपमा उचालिनका लागि प्रस्तुत गरे। अनि तिनीहरूलाई शुद्ध पार्नलाई तिनीहरूका निम्ति प्रायश्‍चित गरे।
NUM 8:22 त्यसपछि हारून र तिनका छोराहरूको निर्देशनमा भेट हुने पालमा काम गर्नलाई लेवीहरू आए। इस्राएलीहरूले लेवीहरूसँग याहवेहले मोशालाई आज्ञा दिनुभएअनुसार गरे।
NUM 8:23 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 8:24 “लेवीहरूका लागि यो नियम लागू हुन्छ: पच्‍चीस वर्ष अर्थात् त्योभन्दा बढी उमेरका पुरुषहरूले भेट हुने पालको काममा भाग लिऊन्।
NUM 8:25 तर पचास वर्ष पुगेपछि चाहिँ तिनीहरूले आफ्ना नियमित सेवाबाट अवकाश प्राप्‍त गरून्; र बाँकी समय काम नगरून्।
NUM 8:26 तिनीहरूले आफ्ना दाजुभाइहरूलाई भेट हुने पालमा तिनीहरूका काममा सहायता दिन सक्छन्। तर तिनीहरू आफैँले चाहिँ काम गर्नुहुँदैन। यसकारण तैँले लेवीहरूको उत्तरदायित्व यसरी नै जिम्मा दिनू।”
NUM 9:1 इस्राएलीहरू इजिप्टबाट निस्किआएको दोस्रो वर्षको पहिलो महिनामा याहवेह सीनैको उजाडस्थानमा मोशासँग बोल्नुभयो। उहाँले मोशालाई आज्ञा दिनुभयो,
NUM 9:2 “इस्राएलीहरूलाई तोकिएको समयमा निस्तार चाड मनाउन लगाउनू।
NUM 9:3 निस्तार चाडलाई तोकिएको समयमा अर्थात् यसै महिनाको चौधौँ दिनको साँझमा त्यसका सबै नियम र विधिअनुसार मान्‍नू।”
NUM 9:4 यसकारण मोशाले इस्राएलीहरूलाई निस्तार चाड मनाउन लगाए।
NUM 9:5 अनि तिनीहरूले सीनैको उजाडस्थानमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्तार चाड मनाए। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार नै इस्राएलीहरूले सबै गरे।
NUM 9:6 तर तिनीहरूमध्ये कति मानिसले लासलाई छोए। त्यसकारण विधिपूर्वक अशुद्ध भएकाले त्यस दिन निस्तार चाड मनाउन सकेनन्। यसकारण तिनीहरू त्यही दिन मोशा र हारूनकहाँ आए।
NUM 9:7 अनि तिनीहरूले मोशालाई भने, “हामीले लासलाई छोएको कारण अशुद्ध भएका छौँ; तर तोकिएको समयमा अरू इस्राएलीहरूसँग याहवेहको भेटी चढाउन हामीले किन पाउँदैनौँ?”
NUM 9:8 मोशाले तिनीहरूलाई जवाफ दिए, “मैले याहवेहबाट तिमीहरूका निम्ति आज्ञा नपाउन्जेल यहीँ पर्खिरहो।”
NUM 9:9 त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 9:10 “इस्राएलीहरूलाई यसो भन्: ‘तिमीहरूमध्ये कोही अथवा तिमीहरूका सन्तान लासलाई छोएको कारण अशुद्ध भयो भने अथवा टाढाको यात्रामा छन् भने पनि तिनीहरूले याहवेहको निस्तार चाड मनाउन सक्छन्।
NUM 9:11 तर तिनीहरूले त्यो दोस्रो महिनाको चौधौँ दिनको साँझमा मनाऊन्। तिनीहरूले थुमासँगै अखमिरी रोटी र तिते साग खाऊन्।
NUM 9:12 तिनीहरूले त्यसको केही अंश पनि बिहानसम्म नराखून्, अर्थात् थुमाको कुनै हड्डी नभाचून्। तिनीहरूले निस्तार चाड मनाउँदा सबै नियमहरू पालन गरून्।
NUM 9:13 तर यदि कोही विधिपूर्वक शुद्ध छ र यात्रामा पनि गएको छैन भने त्यस मानिसले निस्तार चाड मनाएन भने, र त्यसले तोकिएको समयमा याहवेहको भेटी चढाएन भने त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरून्। त्यसले आफ्नो पापको प्रतिफल भोग्नुपर्छ।
NUM 9:14 “ ‘तिमीहरूसँग बासोबास गर्ने विदेशीले पनि याहवेहको निस्तार चाड मनाउन चाहन्छ भने तिनीहरूले पनि सबै नियम र विधिअनुसार मनाउनुपर्छ। विदेशी होस् वा स्वदेशी, तिमीहरू सबैका निम्ति एउटै नियम लागू हुनैपर्छ।’ ”
NUM 9:15 समागम पाल, साक्षी पाटीको पाल स्थापना गरेको दिन बादलले त्यसलाई ढाक्यो। साँझदेखि बिहानसम्म समागम पालमाथिको बादल आगोजस्तै देखिन्थ्यो।
NUM 9:16 यस्तै निरन्तर भइरह्‍यो।
NUM 9:17 जहिले-जहिले त्यो बादल समागम पालबाट उठ्थ्यो, तब इस्राएलीहरू प्रस्थान गर्थे। जब बादल अडिन्थ्यो, तब इस्राएलीहरूले पाल टाँग्ने गर्थे।
NUM 9:18 यसरी याहवेहको आज्ञाअनुसार इस्राएलीहरू प्रस्थान गर्थे; र उहाँकै आज्ञामा तिनीहरूले पाल टाँग्ने गर्थे। जबसम्म बादल समागम पालमाथि रहन्थ्यो, तबसम्म तिनीहरू छाउनीमै रहन्थे।
NUM 9:19 जब समागम पालमाथि बादल लामो समयसम्म रहन्थ्यो, तब इस्राएलीहरूले याहवेहको आज्ञा मान्दथे, र प्रस्थान गर्दैनथे।
NUM 9:20 कहिलेकाहीँ बादल समागम पालमाथि केही दिनका लागि मात्र रहन्थ्यो। याहवेहको आज्ञामा तिनीहरूले पाल टाँग्ने गर्थे, र त्यसपछि उहाँकै आज्ञामा तिनीहरू प्रस्थान गर्थे।
NUM 9:21 कहिलेकाहीँ बादल साँझदेखि बिहानसम्म मात्र रहन्थ्यो। अनि बिहान बादल हटेपछि तिनीहरू प्रस्थान गर्थे। चाहे दिन होस् अथवा रात, जब बादल हट्थ्यो, तब तिनीहरू प्रस्थान गर्थे।
NUM 9:22 चाहे बादल दुई दिन अथवा एक महिना वा एक वर्षसम्म समागम पालमाथि रहिरहोस्, तापनि इस्राएलीहरू प्रस्थान नगरी पालमै बस्दथे। तर जब बादल हट्थ्यो, तब तिनीहरू फेरि प्रस्थान गर्थे।
NUM 9:23 याहवेहको आज्ञामा तिनीहरूले पाल टाँग्थे र याहवेहकै आज्ञामा तिनीहरू प्रस्थान गर्थे। मोशाद्वारा याहवेहले दिनुभएको आज्ञाअनुसार तिनीहरूले उहाँको आदेश पालन गर्थे।
NUM 10:1 याहवेहले मोशालाई भन्‍नुभयो:
NUM 10:2 “पिटिएको चाँदीका दुई वटा तुरही बना। अनि समुदायलाई एकसाथ भेला गराउन र पालबाट प्रस्थान गराउनका लागि तिनलाई प्रयोग गर्।
NUM 10:3 जब दुवै तुरही फुकिन्छन्, तब सारा इस्राएली समुदाय भेट हुने पालको प्रवेशद्वारमा तँकहाँ भेला होऊन्।
NUM 10:4 यदि एउटै मात्र तुरही फुकियो भने अगुवाहरू, अर्थात् इस्राएली कुलका अगुवाहरू तँकहाँ भेला होऊन्।
NUM 10:5 जब तुरहीको पहिलो आवाज फुकिन्छ, तब पूर्वपट्टिका छाउनीका कुलहरू प्रस्थान गरून्।
NUM 10:6 जब तुरही दोस्रोपल्ट फुकिन्छ, दक्षिणपट्टिका छाउनीहरूमा भएकाहरू प्रस्थान गरून्। त्यो आवाजचाहिँ प्रस्थान गर्ने सङ्केत हुनेछ।
NUM 10:7 समुदायलाई भेला गराउँदा फुक्ने तुरहीको आवाज, पालबाट प्रस्थान हुँदा फुक्ने तुरहीको साङ्केतिक आवाजझैँ नहोस्।
NUM 10:8 “पुजारी हारूनका छोराहरूले तुरहीहरू फुकून्। यो तिमीहरू र तिमीहरूका भावी पुस्ताहरूका निम्ति अनन्तको विधि हुनेछ।
NUM 10:9 जब तिमीहरू आफ्नै देशमा तिमीहरूमाथि अत्याचार गर्ने शत्रुसँग लडाइँ गर्न जान्छौ, तब तुरहीहरू फुक्नू। तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्झनुहुनेछ, र शत्रुहरूबाट छुटाउनुहुनेछ।
NUM 10:10 त्यसरी नै तिमीहरूले आनन्द मनाउने समयहरूमा अर्थात् तिमीहरूका तोकिएका चाडहरूमा र औँसीका चाडहरूमा तिमीहरूका होमबलिहरू र मेलबलिहरूको समयमा पनि तिमीहरूले तुरहीहरू फुक्नू। अनि ती याहवेहको सामु तिमीहरूका सम्झनाको निम्ति हुनेछ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।”
NUM 10:11 इजिप्टबाट प्रस्थान गरेको दोस्रो वर्षको दोस्रो महिनाको बीसौँ दिनमा, जब साक्षी पाटीको समागम पालबाट बादल हट्यो,
NUM 10:12 तब इस्राएलीहरू सीनैको मरुभूमिबाट प्रस्थान गरे। अनि पारानको मरुभूमिमा बादल नअडिएसम्म एक ठाउँदेखि अर्को ठाउँमा यात्रा गरिरहे।
NUM 10:13 याहवेहले मोशाद्वारा दिनुभएको आज्ञाअनुसार तिनीहरूले यो पहिलोपल्ट यात्रा सुरु गरे।
NUM 10:14 यहूदाको दल आफ्नो छाउनीबाट आफ्नो झण्डा लिएर पहिले हिँडे। तिनीहरूका अगुवा अम्मीनादाबका छोरा नहशोन थिए।
NUM 10:15 इस्साखारको कुलको दल सूआरका छोरा नथनिएलको जिम्मामा थियो।
NUM 10:16 अनि जबूलूनको कुलको दल हेलोनका छोरा एलिआबको जिम्मामा थियो।
NUM 10:17 त्यसपछि समागम पाल उठाइयो; अनि गेर्शोनी र मरारीहरूले त्यसलाई बोकेर अगि हिँडे।
NUM 10:18 त्यसपछि रूबेनको छाउनीको दल आफ्नो झण्डामुनि हिँडे। शदेऊरका छोरा एलिसूरचाहिँ यस दलका अगुवा थिए।
NUM 10:19 शिमियोन कुलको दलको अगुवा सूरीशद्दैका छोरा शलूमीएल थिए।
NUM 10:20 अनि गाद कुलको दलको अगुवा, देउएलका छोरा एल्यासाप थिए।
NUM 10:21 त्यसपछि कहातीहरूले पवित्र चीजहरू बोकेर हिँडे। तिनीहरू आइपुग्नुभन्दा अगि समागम पाल खडा गरिसक्नुपर्ने थियो।
NUM 10:22 त्यसपछि एफ्राइमको छाउनीको दल आफ्नो झण्डा लिएर अगि बढे। अम्मीहूदका छोरा एलिशामा दलका अगुवा थिए।
NUM 10:23 मनश्शे कुलको दलको अगुवा, पदासूरका छोरा गमलिएल थिए।
NUM 10:24 अनि बेन्यामीन कुलको दलमाथिको अगुवा गिदोनीका छोरा अबीदान थिए।
NUM 10:25 अन्त्यमा सबै दलहरूका पछाडि दानको कुलको दल रक्षादलको रूपमा आफ्नो झण्डा लिएर अगाडि बढे। अम्मीशद्दैका छोरा अहीएजेर यसका अगुवा थिए।
NUM 10:26 आशेरको कुलको दलका अगुवा ओक्रानका छोरा पगीएल थिए।
NUM 10:27 अनि नप्‍ताली कुलको दलको अगुवा एनानका छोरा अहीएर थिए।
NUM 10:28 इस्राएलीहरू प्रस्थान गर्दा हिँड्नुपर्ने पङ्‌क्ति यही थियो।
NUM 10:29 मोशाले आफ्ना मिद्यानी ससुरा रूएलका छोरा होबाबलाई भने, “हामी त्यस ठाउँमा जाँदैछौँ, जुन ‘म तिमीहरूलाई दिनेछु’ भनी याहवेहले हामीलाई भन्‍नुभएको थियो। तपाईं पनि हामीसँगै आउनुहोस्। हामी तपाईंसँग राम्रो व्यवहार गर्नेछौँ। किनकि याहवेहले इस्राएललाई असल कुराहरूका निम्ति प्रतिज्ञा गर्नुभएको छ।”
NUM 10:30 तब होबाबले तिनलाई भने, “होइन, म जानेछैनँ। म आफ्नै देश र आफ्नै कुटुम्बकहाँ फर्कनेछु।”
NUM 10:31 तर मोशाले होबाबलाई भने, “बिन्ती छ, दया गरी हामीलाई नछोड्नुहोस्। हामीले उजाडस्थानमा कहाँ पाल टाग्नुपर्छ भनी तपाईं जान्‍नुहुन्छ। अनि तपाईं हाम्रा निम्ति बाटो देखाउने आँखा बन्‍न सक्नुहुन्छ।
NUM 10:32 यदि तपाईं हामीसँग आउनुभयो भने याहवेहले हामीलाई दिनुहुने सबै असल कुराहरू तपाईंसँग बाँड्‌नेछौँ।”
NUM 10:33 यसरी तिनीहरू याहवेहको पर्वतबाट हिँडे। अनि तीन दिनसम्म यात्रा गरे। तिनीहरूले कहाँ रोकिनुपर्ने हो, र आराम गर्ने ठाउँ कहाँ हो, सो भेट्टाउनका निम्ति त्यस तीन दिनसम्म याहवेहको करारको सन्दुक बोक्नेहरू तिनीहरूका अगि-अगि गए।
NUM 10:34 जब तिनीहरू पालबाट दिउँसो अगि बढ्थे, तब याहवेहको बादल तिनीहरूमाथि रहन्थ्यो।
NUM 10:35 जब करारको सन्दुक बोक्नेहरू अगि बढ्थे, तब मोशाले यसो भन्थे, “हे याहवेह, उठ्नुहोस्! तपाईंका शत्रुहरू छरपस्ट होऊन्; तपाईंका विरोधीहरू तपाईंका सामुबाट भागून्!”
NUM 10:36 जब करारको सन्दुक बिसाइन्थ्यो, तब मोशाले यसो भन्थे, “हे याहवेह, इस्राएलका गन्ती गर्न नसकिने हजारौँ-हजारकहाँ फर्केर आउनुहोस्!”
NUM 11:1 फेरि याहवेहको कानमा पुग्ने गरी ती इस्राएली मानिसहरूले आफ्ना कष्‍टको विषयमा गनगनाउन थाले। जब उहाँले त्यो सुन्‍नुभयो, तब उहाँको क्रोध दन्क्यो। अनि तिनीहरूका बीचमा याहवेहबाट आगो दन्क्यो र छाउनीका केही बाहिरी भागहरूलाई भस्म पारिदियो।
NUM 11:2 तब मानिसहरूले मोशासित गोहार मागे। तिनले याहवेहसँग बिन्ती गरे। अनि आगो निभ्यो।
NUM 11:3 यसकारण त्यस ठाउँलाई तबेरा भनियो। किनकि याहवेहबाटको आगो तिनीहरूका बीचमा दन्केको थियो।
NUM 11:4 इस्राएलीहरूसँग यात्रा गरिरहेका विदेशीहरूले अरू खानेकुराको निम्ति लालसा गर्न थाले। अनि फेरि इस्राएलीहरूले विलौना गर्दै भन्‍न थाले, “यदि हामीसँग खानलाई मासु मात्र भइदिए हुन्थ्यो!
NUM 11:5 हामीले इजिप्टमा सित्तैँमा माछा खान्थ्यौँ। साथै काँक्रा, खरबुजा, कन्दमूल, प्याज र लसुनहरू खाएको सम्झना आउँछ।
NUM 11:6 तर अब त हाम्रो भोक नै हराएको छ। हामीले यो मन्‍नबाहेक अरू केही देख्न पाएका छैनौँ!”
NUM 11:7 मन्‍नचाहिँ धनियाँको बिउजस्तो र हेर्दा गोमेदको खोटोजस्तो देखिन्थ्यो।
NUM 11:8 मानिसहरू त्यसलाई बटुल्न बाहिर जान्थे; र त्यसलाई जाँतोमा पिँध्थे अर्थात् ओखलीमा कुट्थे। तिनीहरूले त्यसलाई भाँडामा पकाउँथे, अथवा रोटी बनाउँथे। अनि त्यसको स्वाद जैतुनको तेलमा पकाएको खानेकुराको जस्तो हुन्थ्यो।
NUM 11:9 जब राति छाउनीमा शीत झर्थ्यो, तब मन्‍न पनि खस्थ्यो।
NUM 11:10 मोशाले हरेक परिवारका मानिसहरू आ-आफ्नो पालको प्रवेशद्वारमा विलाप गरिरहेका सुने। याहवेह असाध्यै क्रोधित हुनुभयो, तब मोशा दुःखित भए।
NUM 11:11 मोशाले याहवेहलाई सोधे, “तपाईंले आफ्नो सेवकमाथि किन यस्तो दुःख ल्याउनुभयो? किन मैले तपाईंको दृष्‍टिमा अनुग्रह पाएको छैनँ? मैले के गरेर तपाईंलाई अप्रसन्‍न तुल्याएको छु र तपाईंले यी सबै मानिसहरूको भार ममाथि राखिदिनुभयो?”
NUM 11:12 “के मैले यी सबै मानिसहरूलाई गर्भधारण गरेको हुँ र? के मैले तिनीहरूलाई जन्माएको हुँ र? तपाईंले किन मलाई तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभएको देशमा पुर्‍याउनलाई एउटी धाईआमाले बालकलाई बोकेझैँ, यिनीहरूलाई मेरो अँगालोमा बोक् भन्‍नुहुन्छ?
NUM 11:13 मैले यी सबै मानिसहरूका निम्ति मासु कहाँबाट ल्याऊँ? यिनीहरू ‘हामीलाई मासु खान देऊ!’ भनेर मसँग बिलौना गरिरहन्छन्।
NUM 11:14 यी मानिसहरूलाई म एकलैले बोक्न सक्दिनँ। यो भार मेरा लागि अति गह्रौँ भएको छ।
NUM 11:15 यदि तपाईंले मसँग यस्तै व्यवहार गर्नुहुन्छ भने कृपया बिन्ती छ, बरु मलाई मारिदिनुहोस्। यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मेरो विनाश म आफैँले हेर्न नपरोस्।”
NUM 11:16 यो सुनेपछि याहवेहले मोशालाई भन्‍नुभयो: “तैँले इस्राएली मानिसहरूबाट अगुवाहरू र अधिकृतहरू भनी जानिएका सत्तरी जना प्रधानहरूलाई मकहाँ भेला गर्। तिनीहरू भेट हुने पालमा आऊन्, ताकि त्यहाँ तिनीहरू तँसँग खडा होऊन्।
NUM 11:17 अनि म तल ओर्लिआउनेछु, र त्यहाँ तँसँग बोल्नेछु। म तँसँग भएको आत्माको शक्ति लिएर त्यो तिनीहरूमाथि हालिदिनेछु। तिनीहरूले तँसँग भएका मानिसहरूको भार बेहोर्नेछन्, र तँ एकलैले त्यसलाई बोक्नुपर्नेछैन।
NUM 11:18 “मानिसहरूलाई भन्, ‘भोलि तिमीहरूले मासु खाने तयारीका निम्ति आफूलाई शुद्ध बनाउनू। तिमीहरूको यस्तो गुनासो याहवेहले सुन्‍नुभएको छ, “यदि हामीसित खानलाई मासु मात्र भइदिए त! हामीलाई इजिप्टमा अझ राम्रो थियो!” अब याहवेहले तिमीहरूलाई मासु दिनुहुनेछ, र तिमीहरूले त्यो खानेछौ।
NUM 11:19 तिमीहरूले मासु एक दिन, दुई दिन, पाँच, दश अथवा बीस दिनसम्मलाई मात्र खानेछैनौ।
NUM 11:20 तर पूरा एक महिनासम्म नाक लागेर वाक्‍क भइन्जेलसम्म खान पाउनेछौ। किनकि तिमीहरूले आफ्ना बीचमा हुनुभएका याहवेहलाई इन्कार गरेका छौ, र उहाँको सामु “हामीले किन इजिप्ट छोडेर आयौँ होला?” भनी रोएका छौँ।’ ”
NUM 11:21 तर मोशाले याहवेहलाई भने, “यहाँ मसँग पैदल हिँड्नेहरू छ लाख पुरुषहरू छन्। अनि तपाईं भन्‍नुहुन्छ, ‘म तिनीहरूलाई एक महिनासम्म मासु खानलाई दिनेछु!’
NUM 11:22 के तिनीहरूका लागि बगाल र बथान मारे तापनि तिनीहरूलाई पर्याप्‍त गरी पुग्ला र? के समुद्रमा भएका सबै माछा पक्रिए तापनि तिनीहरूका लागि पर्याप्‍त पुग्ला र?”
NUM 11:23 याहवेहले मोशालाई जवाफ दिनुभयो, “के याहवेहको हात त्यति छोटो छ? म जे भन्छु, त्यो तिमीहरूका निम्ति साँचो हुन्छ कि हुँदैन, सो अब तैँले देख्नेछस्।”
NUM 11:24 यसकारण मोशा बाहिर गएर याहवेहले भन्‍नुभएको कुरा मानिसहरूलाई भने। मोशाले तिनीहरूका प्रधानहरूमध्ये सत्तरी जनालाई एकसाथ ल्याएर तिनीहरूलाई पालको वरिपरि उभ्याए।
NUM 11:25 त्यसपछि याहवेह बादलमा ओर्लिआउनुभयो, र मोशासँग बोल्नुभयो। अनि उहाँले तिनमा भएका आत्माको शक्तिबाट केही लिएर सत्तरी जना प्रधानहरूलाई दिनुभयो। जब आत्मा तिनीहरूमाथि आएर बस्‍नुभयो, तब तिनीहरूले अगमवाणी गरे। तर त्यसपछि भने तिनीहरूले फेरि कहिल्यै त्यसो गरेनन्।
NUM 11:26 तर पनि एल्दाद र मेदाद नाम भएका दुई जना मानिसहरूचाहिँ छाउनीमै बसेका थिए। तिनीहरू दुवैका नाम प्रधानहरूका सूचीमा थिए। तिनीहरू बाहिर पालमा गएनन्। तर पनि तिनीहरूमाथि आत्मा बस्‍नुभएको थियो। अनि तिनीहरूले छाउनीमै अगमवाणी गरे।
NUM 11:27 तब एक जना जवान दौडेर गयो, र मोशालाई भन्यो, “एल्दाद र मेदादले छाउनीभित्र अगमवाणी गरिरहेका छन्।”
NUM 11:28 नूनका छोरा यहोशू, जो युवावस्थादेखि नै मोशाका सहायक थिए, तब तिनले भने, “हे मेरा प्रभु मोशा, तिनीहरूलाई रोक्नुहोस्!”
NUM 11:29 तर मोशाले यहोशूलाई जवाफ दिए, “के तिमी मेरो खातिर डाही भएका छौ? याहवेहले आफ्ना आत्मा सबै मानिसहरूमाथि राखिदिनुभएको भए ती सबै अगमवक्ता भइदिए कति असल हुनेथियो!”
NUM 11:30 त्यसपछि मोशा र इस्राएलका प्रधानहरू पालमा फर्के।
NUM 11:31 याहवेहबाट बतास निस्केर गयो। अनि समुद्रबाट बट्टाई चराहरू धपाएर ल्यायो। ती चराहरू एक दिनको बाटोजतिको दूरीमा चारैतिर, तिनीहरूका छाउनीको वरिपरि भुइँदेखि दुई क्यूबिट माथिसम्म थुप्रिए।
NUM 11:32 त्यस दिनभरि, रातभरि र भोलिपल्ट दिनभरि मानिसहरूले बाहिर गएर बट्टाई चराहरू बटुले। कसैले पनि दश ओमेर भन्दा कम्ती बटुलेनन्। त्यसपछि तिनीहरूले ती छाउनीको चारैतिर फिँजाए।
NUM 11:33 तर मासु तिनीहरूका दाँतको बीचमा छँदै, मासु निल्नुभन्दा अगि नै याहवेहको क्रोध तिनीहरूमाथि दन्क्यो। अनि उहाँले तिनीहरूलाई डरलाग्दो महामारीले प्रहार गर्नुभयो।
NUM 11:34 यसकारण त्यस ठाउँको नाम किब्रोत-हत्तावा राखियो। किनकि त्यहाँ अन्य भोजनको निम्ति अति लालच गर्नेहरूलाई गाडिएको थियो।
NUM 11:35 किब्रोत-हत्तावाबाट मानिसहरू यात्रा गरेर हसेरोतमा पुगे। अनि त्यहीँ बसे।
NUM 12:1 मोशाले एउटी कूशी स्त्रीसित विवाह गरेको कारण त्यस कूशी स्त्रीको बारेमा मिरियम र हारूनले मोशाको विरुद्धमा बोल्न थाले।
NUM 12:2 तिनीहरूले भने, “के याहवेह मोशाद्वारा मात्र बोल्नुभएको छ र? के उहाँ हामीद्वारा पनि बोल्नुभएको छैन र?” अनि याहवेहले यो कुरा सुन्‍नुभयो।
NUM 12:3 (मोशाचाहिँ अति नै नम्र मानिस थिए। पृथ्वीमा सबैभन्दा नम्र व्यक्ति थिए।)
NUM 12:4 याहवेहले तुरुन्तै मोशा, हारून र मिरियमलाई भन्‍नुभयो, “तिमीहरू तीन जना बाहिर भेट हुने पालमा आओ।” यसकारण ती तीन जना बाहिर आए।
NUM 12:5 त्यसपछि याहवेह बादलको खाँबोमा भएर ओर्ली आउनुभयो। उहाँ पालको प्रवेशद्वारमा उभिनुभयो। अनि उहाँले हारून र मिरियमलाई बोलाउनुभयो। जब तिनीहरू दुवै जना अगि आए,
NUM 12:6 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो वचन सुन: “यदि याहवेहका अगमवक्ता तिमीहरूसँग थिए भने, म आफूलाई तिनीहरूसँग दर्शनहरूमा प्रकट गर्नेथिएँ; अनि म तिनीहरूसँग सपनामा कुरा गर्नेथिएँ।
NUM 12:7 तर मेरो सेवक मोशाको विषयमा यस्तो होइन; त्यो त मेरो सारा घरानामा विश्‍वासयोग्य छ।
NUM 12:8 त्यससँग म आमने-सामने कुरा गर्छु, उखान-टुक्‍कामा होइन। तर स्पष्‍ट गरी बोल्दछु। त्यसले याहवेहको आकृतिलाई देख्दछ। त्यसो भए किन तिमीहरू मेरो सेवक मोशाको विरुद्धमा बोल्न डराएनौ?”
NUM 12:9 याहवेहको क्रोध तिनीहरूको विरुद्धमा दन्क्यो। अनि उहाँ तिनीहरूबाट गइहाल्नुभयो।
NUM 12:10 जब पालमाथिबाट बादल हट्यो, तब मिरियमलाई कुष्‍ठरोग लागेर तिनको छाला हिउँजस्तै सेतो भयो। हारून तिनीतर्फ फर्के, र तिनलाई छालाको रोग भएको देखे।
NUM 12:11 अनि हारूनले मोशासँग पुकार गरे, “मेरा प्रभु, बिन्ती छ, हामीले मूर्खतापूर्वक गरेको पापको सजाय हामीलाई नदिनुहोस्।
NUM 12:12 यिनलाई आमाको गर्भमा नै आधा मासु कुहिएर जन्मिएको शिशुजस्तो हुन नदिनुहोस्।”
NUM 12:13 यसकारण मोशाले पुकार गरे, “हे याहवेह परमेश्‍वर, बिन्ती छ, यिनलाई निको पारिदिनुहोस्!”
NUM 12:14 याहवेहले मोशालाई जवाफ दिनुभयो, “त्यसका पिताले त्यसको मुखमा थुकिदिएको मात्र भए के त्यो सात दिनसम्म कलङ्कित हुने थिइन? त्यसलाई सात दिनसम्म पालबाहिर राख्नू। त्यसपछि त्यसलाई फर्काएर ल्याउनू।”
NUM 12:15 यसकारण मिरियमलाई सात दिनसम्म पालदेखि बाहिर एकान्तमा एकलै राखियो। अनि तिनलाई फर्काएर नल्याएसम्म मानिसहरू अगि बढेनन्।
NUM 12:16 त्यसपछि मानिसहरूले हसेरोतलाई छोडे। अनि पारानको मरुभूमिमा छाउनी हालेर बसे।
NUM 13:1 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 13:2 “मैले इस्राएलीहरूलाई दिन लागेको कनान देशको बारेमा जासुसी गर्नलाई केही मानिसहरू पठा। इस्राएलीहरूका पुर्खाहरूका हरेक कुलबाट एक-एक जना अगुवा पठा।”
NUM 13:3 यसकारण याहवेहको आज्ञाअनुसार मोशाले तिनीहरूलाई पारानको मरुभूमिबाट पठाए। तिनीहरू सबै जना इस्राएलीहरूका अगुवाहरू थिए।
NUM 13:4 तिनीहरूका नाम यिनै हुन्: रूबेनको कुलबाट जक्‍कूरका छोरा शम्मूअ;
NUM 13:5 शिमियोनको कुलबाट होरीका छोरा शापात;
NUM 13:6 यहूदाको कुलबाट यपून्‍नेका छोरा कालेब;
NUM 13:7 इस्साखारको कुलबाट योसेफका छोरा यिगाल;
NUM 13:8 एफ्राइमको कुलबाट नूनका छोरा होशे;
NUM 13:9 बेन्यामीनको कुलबाट रफूका छोरा पल्ती;
NUM 13:10 जबूलूनको कुलबाट सोदीका छोरा गद्दीएल;
NUM 13:11 योसेफको एउटा कुल अर्थात् मनश्शेको कुलबाट सूसीका छोरा गद्दी;
NUM 13:12 दानको कुलबाट गमल्‍लीका छोरा अम्मीएलओ;
NUM 13:13 आशेरको कुलबाट मिखाएलका छोरा सतूर;
NUM 13:14 नप्‍तालीको कुलबाट वोप्सीका छोरा नहबी;
NUM 13:15 गादको कुलबाट माकीकका छोरा गूएल।
NUM 13:16 मोशाले कनान देशको जासुस गर्न पठाएका मानिसहरूका नाम यिनै हुन्। (मोशाले नूनका छोरा होशियालाई यहोशू नाम दिए।)
NUM 13:17 मोशाले तिनीहरूलाई कनान देशको बारेमा जासुस गर्न पठाउँदा तिनीहरूलाई भने, “दक्षिणतिर हुँदै अगि बढेर पहाडी मुलुकमा जानू।
NUM 13:18 त्यो देश कस्तो रहेछ, र त्यहाँ बस्‍ने मानिसहरू बलिया छन् कि कमजोर; थोरै छन् कि धेरै छन्, हेर।
NUM 13:19 तिनीहरू बस्‍ने देश कस्तो प्रकारको छ? त्यो असल छ कि खराब छ? तिनीहरू बसेका सहरहरू कस्ता प्रकारका छन्? ती पर्खालविनाका छन् कि बलियो किल्‍ला भएका छन्, हेर।
NUM 13:20 त्यो देशको माटो कस्तो छ? त्यहाँको माटो मलिलो छ कि रुखो छ? त्यहाँ रूखपातहरू छन् कि छैनन्? तिमीहरूले त्यस देशका केही फलफूलहरू ल्याउनलाई सक्दो कोसिस गर।” (त्यो समयचाहिँ अङ्‌गुरको पहिलो फसलको समय थियो।)
NUM 13:21 यसकारण तिनीहरू उक्लेर गए। अनि जीनको मरुभूमिबाट लेबो हमाततिरको रहोबसम्म त्यस देशको बारेमा जाजुसी गरे।
NUM 13:22 तिनीहरू दक्षिणतिर हुँदैगए। अनि अनाकीहरूका सन्तानहरू; अहीमन, शेशै र तल्मै बस्‍ने ठाउँ हेब्रोनमा आइपुगे। (हेब्रोनचाहिँ इजिप्टमा भएको सोअनभन्दा सात वर्ष अगाडि निर्माण गरिएको थियो।)
NUM 13:23 जब तिनीहरू एश्कोलको बेँसीमा आइपुगे। अनि तिनीहरूले अङ्‌गुरको एउटा मात्र झुप्पा भएको एउटा हाँगा काटे। तिनीहरूमध्ये दुई जनाले त्यसलाई एउटा घोचामा झुन्ड्याएर बोके। साथै, तिनीहरूले केही अनार र नेभाराका फलहरू पनि ल्याए।
NUM 13:24 इस्राएलीहरूले अङ्‌गुरको झुप्पा काटेको कारण त्यस ठाउँलाई एश्कोलको बेँसी भनिन्थ्यो।
NUM 13:25 चालीस दिनको अन्त्यमा तिनीहरू त्यस कनान देशको बारेमा जाजुसी गरेर फर्के।
NUM 13:26 कनान देशको भेद लिन गएकाहरू पारानको मरुभूमिमा भएको कादेशमा मोशा, हारून र इस्राएलीहरूका सारा समुदायकहाँ फर्केर आए। त्यहाँ तिनीहरूले सारा समुदायलाई सम्पूर्ण कुरा बताए। अनि तिनीहरूलाई त्यस देशका फलफूल देखाए।
NUM 13:27 तिनीहरूले मोशालाई यसरी वर्णन गरे: “तपाईंले हामीलाई पठाउनुभएको देशमा हामी गयौँ। साँच्‍चै त्यो देशमा दूध र मह बग्दो रहेछ! त्यहाँको फल यही हो।
NUM 13:28 तर त्यस देशमा बस्‍ने मानिसहरू शक्तिशाली छन्। तिनीहरूका सहरहरू धेरै ठूला र पर्खालले घेरिएका छन्। त्यसबाहेक हामीले त्यहाँ अनाकका सन्तति पनि देख्यौँ।
NUM 13:29 अमालेकीहरू दक्षिणमा बस्दा रहेछन्। हित्तीहरू, यबूसीहरू र एमोरीहरूचाहिँ पहाडी मुलुकमा बस्दा रहेछन्। कनानीहरूचाहिँ समुद्रको नजिक र यर्दन नदीको किनारहुँदो बस्दा रहेछन्।”
NUM 13:30 त्यसपछि कालेबले मोशाको सामु मानिसहरूलाई शान्त गराएर भने, “हामी त्यो देशमा जानुपर्छ, र त्यस देशमाथि अधिकार गर्नुपर्छ। किनकि हामीले निश्‍चय नै विजय हासिल गर्न सक्छौँ।”
NUM 13:31 तर तिनीसित जासुस गर्न जाने मानिसहरूले भने, “हामीले ती मानिसहरूलाई आक्रमण गर्न सक्दैनौँ; किनकि तिनीहरू हामीहरूभन्दा बलिया छन्।”
NUM 13:32 तिनीहरूले जासुसी गरी आएको देशको बारेमा इस्राएलीहरूका बीचमा नकारात्मक कुराहरू फैलाए। तिनीहरूले भने, “हामीले जासुसी गरेर आएको देशले आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ। हामीले त्यहाँ देखेका सबै मानिसहरू ठूला-ठूला कदका छन्।
NUM 13:33 हामीले त्यहाँ नेफिलीमहरूलाई देख्यौँ (अनाकका सन्ततिहरू नेफिलीमहरूबाट आएका हुन्)। हामी आफ्नै दृष्‍टिमा फट्याङ्ग्राझैँ देखिन्थ्यौँ। अनि तिनीहरूले पनि पक्‍कै हामीलाई त्यस्तै ठान्छन्।”
NUM 14:1 त्यस रात इस्राएली समुदायका सबै मानिसहरू ठूलो सोरमा कराउँदै जोरसँग रोए।
NUM 14:2 सबै इस्राएलीहरूले मोशा र हारूनको विरुद्धमा गनगन गर्न थाले। अनि सारा समुदायले तिनीहरूलाई भने, “यदि हामी इजिप्टमै मरेका भए अथवा यही उजाडस्थानमै मरेका भए बरु असल हुनेथियो!”
NUM 14:3 याहवेहले हामीलाई किन यस देशमा तरवारद्वारा मारिनका निम्ति ल्याउँदै हुनुहुन्छ? हाम्रा पत्नीहरू र बालबच्‍चाहरू लुटको मालजस्तै लगिनेछन्। के हामीलाई इजिप्टमै फर्किजानु असल हुँदैन र?
NUM 14:4 अनि तिनीहरूले एक-आपसमा भने, “हामी एउटा अगुवा चुनौँ, र इजिप्टमा फर्केर जाऔँ।”
NUM 14:5 तब मोशा र हारून त्यहाँ भेला भएका इस्राएलीहरूका सारा समुदायको अगाडि भुइँमा घोप्टो परे।
NUM 14:6 ती मानिसहरूसँग कनान देशको बारेमा जासुसी गर्न जाने नूनका छोरा यहोशू र यपून्‍नेका छोरा कालेबले पनि आफ्ना लुगा च्याते।
NUM 14:7 अनि सारा इस्राएली समुदायलाई कालेब र यहोशूले भने, “हामीले गएर जासुसी गरेको देश अति उत्तम छ।
NUM 14:8 यदि याहवेह हामीसँग प्रसन्‍न हुनुभयो भने उहाँले हामीलाई त्यो देश, दूध र मह बग्ने देशमा पुर्‍याउनुहुने छ, र त्यो देश हामीलाई दिनुहुनेछ।
NUM 14:9 तर याहवेहको विरुद्धमा विद्रोहचाहिँ नगर। अनि त्यस देशका मानिसहरूसँग नडराओ; किनकि हामी तिनीहरूलाई सजिलै हराउनेछौँ। तिनीहरूलाई सुरक्षा दिने कोही छैन। तर हामीहरूसँग याहवेह हुनुहुन्छ। त्यसैले तिनीहरूसँग नडराओ।”
NUM 14:10 तर सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्ने सल्‍लाह गरे। तब याहवेहको महिमा भेट हुने पालमा सबै इस्राएलीहरूकहाँ देखा पर्‍यो।
NUM 14:11 याहवेहले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूले कहिलेसम्म मेरो अनादर गरिरहन्छन्? मैले तिनीहरूको बीचमा गरेका सबै अलौकिक चिन्हहरू देखेर पनि तिनीहरूले ममाथि कहिलेसम्म विश्‍वास गर्न इन्कार गर्छन्?
NUM 14:12 म तिनीहरूलाई महामारीले प्रहार गर्नेछु र नाश पार्नेछु। तर तँलाईचाहिँ तिनीहरूभन्दा महान् र शक्तिशाली जाति बनाउनेछु।”
NUM 14:13 मोशाले याहवेहलाई भने, “इजिप्टियनहरूले यो कुरा सुने भने के भन्लान्? तिनीहरूका बीचबाट आफ्नो शक्तिद्वारा यिनीहरूलाई तपाईंले नै ल्याउनुभएको हो।
NUM 14:14 अनि तिनीहरूले यो देशका बासिन्दाहरूलाई यो कुरा बताउनेछन्। तपाईं याहवेह यिनीहरूका बीचमा हुनुहुन्छ। तपाईं यिनीहरूसँग आमने-सामने नै देखा पर्नुभएको छ। अनि तपाईंको बादल यिनीहरूमाथि रहन्छ। अनि दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोमा भएर तपाईं यिनीहरूका अगि-अगि जानुहुन्छ भनेर तिनीहरूले सुनिसकेका छन्।
NUM 14:15 यदि तपाईंले यी मानिसहरूलाई एउटै पनि जीवित नराखी नाश गर्नुभयो भने तपाईंको ख्याति सुन्‍ने जातिहरूले भन्‍नेछन्,
NUM 14:16 ‘याहवेहले शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा यी मानिसहरूलाई ल्याउन सक्नुभएन। त्यसैले उहाँले तिनीहरूलाई उजाडस्थानमा मारिदिनुभयो।’
NUM 14:17 “अब तपाईंले घोषणा गर्नुभएझैँ प्रभुको शक्ति प्रदर्शन गर्नुहोस्:
NUM 14:18 याहवेह रिस गर्नमा ढिलो, प्रेममा भरपूर, पाप र विद्रोह क्षमा गर्नुहुने हुनुहुन्छ। तरै पनि उहाँले दोषीलाई दण्ड नदिई छोड्नुहुन्‍न। उहाँले आमाबुबाका पापका दण्ड तिनीहरूका सन्तानहरूमाथि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ।
NUM 14:19 तपाईंको महान् प्रेमअनुसार यिनीहरूले इजिप्ट छोडेर आएदेखि अहिलेसम्म जसरी तपाईंले क्षमा दिनुभएको छ, त्यसरी नै यी मानिसहरूका पाप क्षमा गरिदिनुहोस्!”
NUM 14:20 याहवेहले मोशालाई जवाफ दिनुभयो, “तेरो बिन्तीअनुसार मैले तिनीहरूलाई क्षमा दिएको छु।
NUM 14:21 तरै पनि म जीवित भएझैँ र याहवेहको महिमाले सम्पूर्ण पृथ्वी ढाकिएझैँ,
NUM 14:22 मेरो महिमा अनि मैले इजिप्टमा र उजाडस्थानमा देखाएका अलौकिक चिन्हहरू देखेका छन्। र पनि मेरो आज्ञापालन नगर्ने र मलाई दशपल्टसम्म जाँच गर्ने एकै जनाले पनि
NUM 14:23 अर्थात् तिनीहरूमध्ये एउटैले पनि मैले तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गरेको देशलाई कहिल्यै देख्न पाउनेछैनन्। मलाई अनादर गर्ने कुनै पनि व्यक्तिले त्यस देशलाई कहिल्यै देख्न पाउनेछैन।
NUM 14:24 तर मेरो सेवक कालेबमा अर्कै आत्मा छ, र उसले सम्पूर्ण हृदयले मलाई पछ्याएको छ। यसकारण उसले भेद लिएर आएको देशमा म उसलाई पुर्‍याउनेछु। अनि उसका सन्ततिहरूले त्यस देशमा अधिकार गर्नेछन्।
NUM 14:25 बेँसीहरूमा अमालेकीहरू र कनानीहरू बसोबास गरिरहेका हुनाले भोलि नै तिमीहरू फर्क। अनि लाल समुद्रको बाटो भएर उजाडस्थानतिर लाग।”
NUM 14:26 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो:
NUM 14:27 “यस दुष्‍ट समुदायले कहिलेसम्म मेरो विरुद्धमा गनगन गरिरहन्छ? मैले यी गनगने इस्राएलीहरूको गुनासो सुनेको छु।”
NUM 14:28 यसकारण तिनीहरूलाई भन्, “याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ तिमीहरूले भनेका कुराहरू मैले सुनेको छु। अनि म तिमीहरूसँग त्यसैअनुसार गर्नेछु।
NUM 14:29 तिमीहरूको मृत शरीर यही उजाडस्थानमा छोडिनेछ। जनगणनाको समयमा गनिएका बीस वर्ष अथवा त्योभन्दा माथिका हरेक मेरो विरुद्धमा गनगन गर्नेहरू मर्नेछौ।
NUM 14:30 यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक तिमीहरूमध्ये एउटै पनि मैले शपथ खाएर तिमीहरूलाई दिन लागेको देशमा प्रवेश गर्न पाउनेछैनौ।
NUM 14:31 तिमीहरूका सन्तानहरू, जसको विषयमा तिमीहरूले लुटको मालजस्तै लगिनेछन् भनेका थियौ, म तिनीहरूलाई तिमीहरूले इन्कार गरेका देशमा आनन्द मनाउन ल्याउनेछु।
NUM 14:32 तर तिमीहरू, तिमीहरूका मृत शरीरहरूचाहिँ यही उजाडस्थानमा छोडिनेछन्।
NUM 14:33 तिमीहरूमध्ये अन्तिम मानिसको शरीर उजाडस्थानमा मरेर नगएसम्म तिमीहरूका अविश्‍वासको फलस्वरूप तिमीहरूका सन्तानहरू यही उजाडस्थानमा चालीस वर्षसम्म गोठालो भई डुल्नेछन्।
NUM 14:34 तिमीहरूले त्यस देशको जाजुसी गर्न चालीस दिन बिताएका थियौ, ‘यसकारण एक दिन बराबर एक वर्ष गरी चालीस वर्षसम्म तिमीहरूले आफ्ना अधर्महरूको फल भोग्नुपर्नेछ। अनि मेरो विरुद्ध खडा हुँदा कस्तो परिणाम भोग्नुपर्नेछ भनी थाहा पाउनेछौ।’
NUM 14:35 म याहवेहले नै बोलेको छु। अनि मेरो विरुद्धमा एकसाथ भेला हुने यस दुष्‍ट समुदायलाई म निश्‍चित रूपमा यी कुराहरू गर्नेछु। यही उजाडस्थानमा तिनीहरूको अन्त्य हुनेछ। तिनीहरू यहीँ नाश भएर जानेछन्।”
NUM 14:36 यसरी मोशाले कनान देशको बारेमा जाजुसी गर्न पठाएका मानिसहरू आएर खराब समाचार फैलाएर सारा समुदायलाई मोशाको विरुद्धमा गनगन गर्ने बनाए।
NUM 14:37 ती मानिसहरूले जासुसी गरेर आएको देशको बारेमा खराब समाचार फैलाएका हुनाले याहवेहकै सामु महामारीद्वारा तिनीहरूको मृत्यु भयो।
NUM 14:38 कनान देशको बारेमा जासुसी गर्न जाने मानिसहरूमध्ये नूनका छोरा यहोशू र यपून्‍नेका छोरा कालेब मात्र जीवित रहे।
NUM 14:39 जब मोशाले सारा इस्राएलीहरूलाई यी कुराहरू बताए; तब तिनीहरू अत्यन्तै दुःखी भई विलौना गरे।
NUM 14:40 भोलिपल्ट एकाबिहानै तिनीहरू अग्लो डाँडा भएको ठाउँमा उक्ले, र तिनीहरूले भने, “हामीले पाप गरेका छौँ, तर हामी याहवेहले प्रतिज्ञा गर्नुभएको कनान देशमा जान तयार छौँ!”
NUM 14:41 तर मोशाले तिनीहरूलाई भने, “तिमीहरू याहवेहको आज्ञा किन भङ्ग गर्दैछौ? यो योजना सफल हुनेछैन!
NUM 14:42 तिमीहरू माथि नजाओ; किनभने याहवेह तिमीहरूसँग हुनुहुन्‍न। तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ।
NUM 14:43 त्यहाँ अमालेकीहरू र कनानीहरूले तिमीहरूको सामना गर्नेछन्। किनकि तिमीहरू याहवेहबाट तर्किगएका छौ। उहाँ तिमीहरूसँग हुनुहुनेछैन। अनि तिमीहरू तरवारद्वारा ढालिनेछौ।”
NUM 14:44 तरै पनि तिनीहरू हठी भएर पहाडी मुलुकको टुप्पोमा चढे। तर याहवेहको करारको सन्दुक र मोशा पालबाट अगि बढेनन्।
NUM 14:45 तब त्यस पहाडी मुलुकमा बस्‍ने अमालेकीहरू र कनानीहरू तल ओर्लिआए। अनि तिनीहरूमाथि आक्रमण गरे, र तिनीहरूलाई तल होर्मासम्मै लखेटे।
NUM 15:1 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 15:2 “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरू मैले दिएको देशमा बसोबास गर्न पुग्छौ,
NUM 15:3 तब याहवेहलाई मनपर्दो मिठो बास्‍नाका निम्ति भनेर आफ्नो गाईबस्तुका बथान अथवा भेडाबाख्राका बगालबाट एउटा पशु लिएर त्यसलाई याहवेहका निम्ति तिमीहरूले अग्निबलि चढाउनू—चाहे त्यो होमबलि, विशेष भाकलको बलि, स्वेच्छिक भेटीहरू अथवा चाडमा चढाइने बलिदानहरू हुन्।
NUM 15:4 तब जसले आफ्नो भेटी ल्याउँछ, त्यसले एक चौथाइ हिन जैतुनको तेल मिसाएको एक एपाको दशौँ भाग मसिनो पिठो मिसाएको अन्‍नबलि याहवेहलाई चढाओस्।
NUM 15:5 होमबलि अथवा बलिदान चढाउनका निम्ति हरेक थुमासँग अर्घबलिको रूपमा एक चौथाइ हिन दाखमद्य तयार पारोस्।
NUM 15:6 “ ‘एउटा भेडासँग एक हिनको तीस भाग जैतुनको तेलमा एक एपाको बीसौँ भाग मसिनो पिठो मिसाएको अन्‍नबलि,
NUM 15:7 अनि अर्घबलिको रूपमा एक हिनको तीन भाग दाखमद्य तयार पार्नू। त्यो याहवेहलाई मनपर्दो मिठो बास्‍नाको रूपमा भेटीको रूपमा चढाउनू।
NUM 15:8 “ ‘जब तैँले विशेष भाकलको निम्ति अथवा याहवेहका निम्ति मेलबलिको रूपमा एउटा बहर तयार पार्नेछस्,
NUM 15:9 तब त्यस बहरसँग आधा हिन जैतुनको तेल मिसाएको एपाको दश भागको तीन भाग मसिनो पिठोको अन्‍नबलि ल्याउनू।
NUM 15:10 अनि आधा हिन दाखमद्य पनि अर्घबलिको रूपमा ल्याउनू। योचाहिँ याहवेहलाई मनपर्दो मिठो बास्‍नाको रूपमा आगोद्वारा चढाइएको भेटी हुनेछ।
NUM 15:11 प्रत्येक बहर अथवा भेडा, थुमा अथवा कलिलो पाठोलाई यसरी नै तयार पार्नू।
NUM 15:12 जतिका निम्ति पशुबलि तयार गर्छौ, हरेक बलिका निम्ति यसरी नै तयार गर्नू।
NUM 15:13 “ ‘स्वदेशमा जन्मने हरेकले याहवेहका निम्ति मनपर्दो मिठो बास्‍नाको रूपमा आगोद्वारा चढाइने बलि चढाउँदा यसरी नै गरोस्।
NUM 15:14 किनकि आउने पुस्ताहरूमा पनि तिमीहरूसँग बसोबास गर्ने परदेशी होस्, अथवा जोसुकैले पनि याहवेहलाई मनपर्दो मिठो बास्‍नाको रूपमा आगोद्वारा भेटी चढाउँदा तिनीहरूले पनि ठिक तिमीहरूले गरेजस्तै गरून्।
NUM 15:15 समुदायमा तिमीहरूका निम्ति र तिमीहरूसँग बसोबास गर्ने परदेशीहरूका निम्ति एउटै नियम लागू हुनेछ। योचाहिँ आउनेवाला पुस्ताका लागि सधैँभरिको विधि हो। याहवेहको सामु तिमीहरू र परदेशीहरू एउटै हौ।
NUM 15:16 तिमीहरू र तिमीहरूसँग बसोबास गर्ने परदेशीहरू दुवैका निम्ति एउटै नियम र विधिहरू लागू हुनेछन्।’ ”
NUM 15:17 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 15:18 “इस्राएली मानिसहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरू मैले लैजाँदैगरेको देशमा प्रवेश गर्नेछौ,
NUM 15:19 तब तिमीहरूले त्यस देशको भोजन खाँदा एक भाग भेटीको रूपमा याहवेहलाई चढाउनू।
NUM 15:20 तिमीहरूको खलाबाट आएको पहिलो नयाँ फसलको अन्‍नको पिठोबाट बनाएको रोटी भेटीको रूपमा चढाउनू।
NUM 15:21 आउने पुस्ताभरि नै तिमीहरूले याहवेहलाई आफ्नो जमिनको पहिलो बालीको पिठोबाट अगौटे भेटी चढाउनू।
NUM 15:22 “ ‘यदि याहवेहले मोशालाई दिनुभएको आज्ञाहरूलाई अनजानमा तिमीहरूले पूरा गर्न सकेनौ भने
NUM 15:23 अर्थात् याहवेहले मोशाद्वारा दिनुभएका आज्ञाहरू, उहाँले दिनुभएको दिनदेखि अहिलेसम्म र आउने पुस्ताहरूले पनि यी आज्ञाहरू पालन गर्न चुके भने—
NUM 15:24 र यदि तिमीहरूले यी समुदायले थाहा नपाई अनजानमा गर्‍यौ भने सारा समुदायले याहवेहका निम्ति मनपर्दो मिठो बास्‍नाको रूपमा होमबलिको निम्ति एउटा बहर, साथै तोकिएको अन्‍नबलि र अर्घबलि अनि पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाउनू।
NUM 15:25 पुजारीले सारा इस्राएली समुदायका निम्ति पापको प्रायश्‍चित गरोस्, र तिनीहरूलाई क्षमा हुनेछ। किनकि त्यो तिनीहरूले अनजानमा गरेको भूल हुनाले याहवेहकहाँ अन्‍नबलि र पाप शुद्धीकरण बलि ल्याएका हुन्।
NUM 15:26 सारा इस्राएली समुदाय र तिनीहरूसँग बसोबास गर्ने परदेशीहरूले पनि क्षमा पाउनेछन्। किनभने ती सबै मानिसहरूले अनजानमा भूल गरेका थिए।
NUM 15:27 “ ‘तर यदि एक जनाले मात्र अनजानमा पाप गर्‍यो भने त्यसले पाप शुद्धीकरण बलिका निम्ति बाख्राको एकवर्षे पाठी ल्याओस्।
NUM 15:28 पुजारीले अनजानमा पाप गर्ने त्यस व्यक्तिका निम्ति याहवेहको सामु प्रायश्‍चित गरोस्; र त्यसका निम्ति प्रायश्‍चित भएपछि त्यसलाई क्षमा हुनेछ।
NUM 15:29 अनजानमा पाप गर्ने व्यक्ति स्वदेशमा जन्मेको इस्राएली होस्, अथवा तिमीहरूको बीचमा बसोबास गर्ने विदेशी होस्, सबैका निम्ति एउटै नियम लागू हुनेछ।
NUM 15:30 “ ‘तर चाहे स्वदेशमा जन्मेको होस्, अथवा विदेशी होस्, यदि कसैले अनादरपूर्वक जानाजानी पाप गर्‍यो र याहवेहको नामको निन्दा गर्‍यो भने त्यस व्यक्तिलाई इस्राएली समाजबाट बहिष्कार गरिनुपर्छ।
NUM 15:31 किनभने तिनीहरूले याहवेहको वचन तिरस्कार गरे। अनि उहाँका आज्ञाहरू भङ्ग गरेको कारण तिनीहरूलाई निश्‍चय नै बहिष्कार गरिनुपर्छ। तिनीहरूको दोषको दण्ड तिनीहरूमाथि नै पर्नेछ।’ ”
NUM 15:32 इस्राएलीहरू उजाडस्थानमा हुँदा एक जना मानिस विश्रामदिनमा दाउरा बटुलिरहेको भेटियो।
NUM 15:33 अनि जसले त्यसलाई दाउरा बटुलिरहेको भेट्टाए, तिनीहरूले त्यसलाई मोशा, हारून र सारा समुदायकहाँ ल्याए।
NUM 15:34 अनि त्यसलाई के गर्नुपर्ने हो, स्पष्‍ट थाहा भएन। यसैले तिनीहरूले त्यसलाई थुनामा राखे।
NUM 15:35 तब याहवेहले मोशालाई भन्‍नुभयो, “त्यो मानिस मर्नैपर्छ। सारा समुदायले त्यसलाई छाउनीबाहिर ढुङ्गाले हानेर मार्नुपर्छ।”
NUM 15:36 यसकारण समुदायले त्यसलाई छाउनीबाहिर लगेर याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार ढुङ्गाले हानेर मारे।
NUM 15:37 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 15:38 “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘आउने पुस्ताभरिका लागि तिमीहरूका वस्त्रहरूका कुनामा निलो धागोको झुम्काहरू बनाउनू।
NUM 15:39 यी झुम्काहरू तिमीहरूले हेर्नलाई होस्, जसद्वारा तिमीहरूले याहवेहका सबै आज्ञाहरू सम्झनेछौ। अनि तिमीहरूका हृदय र आँखाका अभिलाषालाई पछ्याएर पथभ्रष्‍ट नभई उहाँको आज्ञाहरू पालन गर्नेछौ।
NUM 15:40 तब तिमीहरूले मेरा सबै आज्ञाहरू पालन गर्नलाई याद गर्नेछौ। अनि तिमीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र हुनेछौ।
NUM 15:41 म याहवेह तिमीहरूका परमेश्‍वर हुँ। मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ”
NUM 16:1 एक दिन लेवीको छोरा कहात, कहातको छोरा यिसहार, यिसहारको छोरा कोरहले, रूबेनी कुलका एलिआबका छोराहरू दातान र अबीराम अनि पेलेतको छोरा ओनलाई आफ्नो पक्षमा लिए।
NUM 16:2 अनि मोशाको विरुद्धमा तिनीहरू उठे। तिनीहरूसँग इस्राएली मानिसहरूका समुदायको सभामा नियुक्त गरिएका मान्य 250 जना अगुवाहरू पनि सामेल थिए।
NUM 16:3 तिनीहरू मोशा र हारूनको विरोध गर्नलाई एक दल भएर आए, र तिनीहरूलाई भने, “तपाईंहरूले अति नै गर्नुभएको छ! सारा समुदाय र यहाँका हरेक व्यक्ति पवित्र छन्। अनि याहवेह तिनीहरूसँग हुनुहुन्छ। त्यसो भए तपाईंहरूले आफूलाई याहवेहको समुदायभन्दा किन उच्‍च तुल्याउनुहुन्छ?”
NUM 16:4 जब मोशाले यो कुरा सुने, तब तिनी भुइँमा घोप्टो परे।
NUM 16:5 त्यसपछि मोशाले कोरह र उसका सबै दललाई यसो भने: “भोलि बिहान याहवेहले, जो उहाँको हो, र जो पवित्र छ, उहाँले त्यसलाई आफ्नो नजिक आउन दिनुहुन्छ। उहाँले छान्‍नुभएको मानिसलाई उहाँले आफ्नो नजिक आउन दिनुहुन्छ।
NUM 16:6 हे कोरह, तिमी र तिम्रा समर्थकहरू सबैले यसो गर्नु: धुपौराहरू लिनू,
NUM 16:7 अनि भोलि याहवेहको सामु बलेको कोइला लिनू र त्यसमा धूप हाल्नू। याहवेहले छान्‍नुहुने मानिसचाहिँ पवित्र व्यक्ति हुनेछ। तिमी लेवीहरूले अति नै गरेका छौ!”
NUM 16:8 मोशाले कोरहलाई यो पनि भने, “हे लेवीहरू हो, अब सुन!
NUM 16:9 इस्राएलका परमेश्‍वरले तिमीहरूलाई समागम पालमा याहवेहको काम गर्न र समुदायको सेवा गर्न सारा समुदायहरूको सामु खडा हुनको लागि इस्राएलका अरू समुदायबाट तिमीहरूलाई अलग गरी उहाँकै नजिक ल्याउनुभएको छ। के यो कुरा तिमीहरूलाई पर्याप्‍त भएन र?
NUM 16:10 उहाँले तिमीहरू र तिमीहरूका सङ्गी लेवीहरूलाई आफ्नै नजिक ल्याउनुभएको छ। तर अहिले तिमीहरू पुजारी पद पनि पाउने कोसिस गर्दैछौ।
NUM 16:11 तिमी र तिम्रा समर्थकहरू एकमत भएर याहवेहको विरोधी भएका छौ। हारून को हुन्, र तिमीहरू तिनको विरुद्धमा गनगन गर्दछौ?”
NUM 16:12 त्यसपछि मोशाले एलिआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर तिनीहरूले भने, “अहँ, हामी आउनेछैनौँ!
NUM 16:13 के तपाईंले हामीलाई दूध र मह बग्ने देशबाट उजाडस्थानमा मार्नलाई ल्याउनुभएको छ; यत्तिले पनि तपाईंलाई पुगेन? अनि अहिले तपाईं हाम्रा मालिक पनि बन्‍न चाहनुहुन्छ?
NUM 16:14 अनि अझ तपाईंले हामीलाई दूध र मह बग्ने देशमा ल्याउनुभएको छैन, न त हामीलाई पैतृक सम्पत्तिको रूपमा खेतबारीहरू र दाखबारीहरू नै दिनुभएको छ। के तपाईंले यी मानिसहरूलाई दास बनाउन चाहनुहुन्छ? अहँ, हामी आउनेछैनौँ!”
NUM 16:15 तब मोशा अत्यन्तै रिसाए, र तिनले याहवेहलाई भने, “तिनीहरूको भेटी ग्रहण नगर्नुहोस्। मैले तिनीहरूबाट एउटा गधासम्म पनि लिएको छैन, न त मैले तिनीहरूलाई कुनै हानि गरेको छु।”
NUM 16:16 मोशाले कोरहलाई भने, “तिमी र तिम्रा पछि लाग्ने सबै जना भोलि याहवेहको सामु हाजिर हुनू। तिमी, तिम्रा मानिसहरू र हारून पनि आउनेछन्।
NUM 16:17 हरेक मानिसले अर्थात् 250 जना सबैले आ-आफ्नो धुपौरो लिनू र त्यसमा धूप बालेर याहवेहको सामु ल्याउनू। तिमीले र हारूनले पनि आफ्ना धुपौराहरू ल्याउनू।”
NUM 16:18 यसकारण उनीहरू हरेकले आ-आफ्नो धुपौरो लिएर त्यसमा बलिरहेको कोइला लिए, र त्यसमा धूप बाले। अनि मोशा र हारूनसँग भेट हुने पालको प्रवेशद्वारमा खडा भए।
NUM 16:19 जब कोरहले तिनीहरूको विरुद्धमा आफ्नो पछि लाग्नेहरूलाई भेट हुने पालको प्रवेशद्वारमा भेला गराए, तब याहवेहको महिमा सारा समुदायको सामु देखा पर्‍यो।
NUM 16:20 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो,
NUM 16:21 “यस समुदायबाट आ-आफूलाई अलग गर, ताकि म तिनीहरूलाई एकैचोटिमा समाप्‍त पार्न सकूँ।”
NUM 16:22 तर मोशा र हारून भुइँमा घोप्टो परेर पुकार गरे, “हे परमेश्‍वर, सारा जीवित प्राणीहरूलाई प्राण दिनुहुने परमेश्‍वर, के एउटा मानिसको पापले गर्दा तपाईं सारा समुदायमसँग रिसाउनुहुन्छ?”
NUM 16:23 त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 16:24 “सारा समुदायलाई भन्, ‘कोरह, दातान र अबीरामका पालहरूदेखि टाढा हटिजाऊन्।’ ”
NUM 16:25 मोशा उठेर दातान र अबीराम कहाँ गए। अनि इस्राएलका प्रधानहरू पनि तिनको पछि लागे।
NUM 16:26 तिनले समुदायलाई चेतावनी दिए, “यी दुष्‍ट मानिसहरूका पालहरूबाट टाढा गइहाल! तिनीहरूका कुनै पनि कुरा नछुनू; नत्रता तिनीहरूका पापको कारण तिमीहरू पनि सखाप पारिनेछौ।”
NUM 16:27 यसकारण तिनीहरू कोरह, दातान र अबीरामका पालहरूबाट टाढा हटिगए। कोरह, दातान र अबीरामचाहिँ बाहिर आएर आफ्ना पालका प्रवेशद्वारमा आफ्ना पत्नीहरू र छोराछोरीहरू र नातिनातिनाहरूसँग उभिरहेका थिए।
NUM 16:28 तब मोशाले भने, “याहवेहले यी सबै कुराहरू गर्नु भनी पठाउनुभएको हो; र यो मेरो आफ्नै इच्छाअनुसार गरेको होइन भनी तिमीहरूले यसरी जान्‍नेछौ:
NUM 16:29 यदि यी मानिसहरूको मृत्यु स्वभाविक तरिकाले भयो, र अरू मानिसहरूले भोगेजस्तै सामान्य अनुभव गरे भने मलाई याहवेहले पठाउनुभएको होइन।
NUM 16:30 तर यदि याहवेहले पूर्णतया अनौठो कुरा ल्याउनुभयो, र धर्ती फाटेर त्यसले तिनीहरूलाई र तिनीहरूसँग भएका सबैलाई निलिहाल्यो भने, र तिनीहरू जिउँदै पातालभित्रै गए भने यी मानिसहरूले याहवेहलाई तिरस्कार गरेका रहेछन् भनी तिमीहरूले जान्‍नेछौ।”
NUM 16:31 मोशाले यी कुराहरू भनिसक्नसाथ तिनीहरू उभिएको जमिन फाट्यो।
NUM 16:32 अनि धर्तीले आफ्नो मुख खोल्यो, र तिनीहरूलाई, तिनीहरूका घरानाहरू र कोरहलाई साथ दिने सबैलाई अनि तिनीहरूका सबै धनसम्पत्ति समेत निलिहाल्यो।
NUM 16:33 तिनीहरू आफूले हासिल गरेका सबै थोकसँगै जीवितै पातालभित्र खसे। तिनीहरूमाथि पृथ्वी बन्द भइहाल्यो। तिनीहरू नष्‍ट भए; अनि आफ्ना समुदायबाट लोप भए।
NUM 16:34 तिनीहरूको चीत्कार सुनेर त्यहाँ तिनीहरूका वरिपरि भएका सबै इस्राएलीहरू “हामीलाई पनि पृथ्वीले निलिहाल्‍ला कि!” भन्दै बेस्सरी चिच्याउँदै भागे।
NUM 16:35 अनि याहवेहबाट आगो निस्केर आयो र धूपभेटी चढाइरहेका ती 250 जना मानिसहरूलाई पनि भस्म पार्‍यो।
NUM 16:36 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 16:37 “पुजारी हारूनको छोरो एलाजारलाई जलिरहेको अवशेषबाट धुपौराहरूलाई निकालेर त्यसमा भएको खरानीलाई केही पर लगेर छर्कनू भन्। किनकि ती धुपौराहरू पवित्र छन्।
NUM 16:38 आफ्ना प्राणको साटोमा पाप गर्ने ती मानिसहरूका धुपौराहरू हुन्। ती धुपौराहरूलाई घनले पिटेर वेदीलाई मोहोर्ने पाताहरू बनाउनू। किनकि तिनीहरू याहवेहको सामु ल्याइएका हुनाले ती पवित्र भएका छन्। ती इस्राएलीहरूका निम्ति एउटा चिन्ह होऊन्।”
NUM 16:39 यसकारण पुजारी एलाजारले ती आगोले भस्म हुनेहरूले ल्याएका काँसोका धुपौराहरू बटुले। अनि वेदीलाई मोहोर्नलाई पिटेर पातलो पाताहरू बनाए।
NUM 16:40 याहवेहले मोशाद्वारा एलाजारलाई आज्ञा गर्नुभएअनुसार गरे। योचाहिँ इस्राएलीहरूलाई याद गराउनका निम्ति थियो। हारूनका सन्तानहरूबाहेक अरू कोही पनि याहवेहको सामु धूप बाल्न नआओस्; नत्रता त्यो कोरह र त्यसलाई पछ्याउनेहरूजस्तै हुनेछ।
NUM 16:41 भोलिपल्ट इस्राएलका सारा समुदाय मोशा र हारूनको विरुद्धमा गनगन गर्दै तिनीहरूले भने, “तिमीहरूले याहवेहका मानिसहरूलाई मार्‍यौ।”
NUM 16:42 तर जब समुदाय मोशा र हारूनको विरुद्धमा भेला भए; अनि भेट हुने पालतिर फर्के, तब अचानक त्यसलाई बादलले ढाक्यो। अनि याहवेहको महिमा देखा पर्‍यो।
NUM 16:43 तब मोशा र हारून भेट हुने पालको सामु गए।
NUM 16:44 अनि याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 16:45 “तिमीहरू यस समुदायबाट अलग भइहाल, ताकि म एकैचोटिमा यिनीहरूको अन्त्य गर्न सकूँ।” अनि तिनीहरू भुइँमा घोप्टो परे।
NUM 16:46 त्यसपछि मोशाले हारूनलाई भने, “आफ्नो धुपौरो लिएर त्यसमा धूप बाल्नुहोस्। साथै वेदीबाट बलिरहेको कोइला लिएर समुदायका निम्ति प्रायश्‍चित गर्नलाई झट्टै तिनीहरूकहाँ जानुहोस्। याहवेहको क्रोध खनिएको छ; विपत्ति सुरु भइसकेको छ।”
NUM 16:47 यसकारण मोशाले भनेअनुसार हारूनले गरे। अनि दगुरेर समुदायको बीचमा गए। मानिसहरूका बीचमा अगि नै विपत्ति सुरु भइसकेको थियो। तर हारूनले धूप चढाएर तिनीहरूका निम्ति प्रायश्‍चित गरे।
NUM 16:48 हारून जीवित र मरिसकेकाहरूका बीचमा खडा भए; तब विपत्ति थामियो।
NUM 16:49 तर त्यहाँ कोरहको कारण मारिएकाहरूबाहेक 14,700 व्यक्तिहरू पनि यस विपत्तिमा मरेका थिए।
NUM 16:50 त्यसपछि हारून भेट हुने पालको प्रवेशद्वारमा मोशाकहाँ फर्केर गए; किनकि विपत्ति थामिसकेको थियो।
NUM 17:1 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 17:2 “इस्राएलीसँग कुरा गर्, र तिनीहरूका पुर्ख्यौली कुलका प्रत्येक अगुवाबाट एक-एक गरी तिनीहरूबाट बाह्र वटा लहुराहरू लिनू। प्रत्येक मानिसको नाम त्यसको लहुरोमा लेख्नू।
NUM 17:3 लेवीको लहुरोमा चाहिँ हारूनको नाम लेख्नू। किनकि प्रत्येक पुर्ख्यौली कुलको अगुवाको निम्ति एक-एक वटा लहुरो हुनुपर्छ।
NUM 17:4 लहुराहरूलाई भेट हुने पालमा साक्षी पाटीको सन्दुकको सामु राखिदिनू, जहाँ म तँसँग भेट गर्छु।
NUM 17:5 म जुन मानिसको लहुरोलाई रोज्नेछु, त्यसमा कोपिला लाग्नेछ। अनि तेरो विरुद्धमा इस्राएलीहरूले गर्ने सधैँको गनगनबाट म तँलाई मुक्त गर्नेछु।”
NUM 17:6 यसकारण मोशाले इस्राएलीहरूसँग कुरा गरे। अनि तिनीहरूका अगुवाहरूले तिनीहरूका प्रत्येक पुर्ख्यौली कुलबाट एक-एक गरी बाह्र वटा लहुराहरू तिनलाई दिए। तीमध्ये हारूनको पनि एउटा लहुरो थियो।
NUM 17:7 मोशाले ती लहुराहरू साक्षी पाटीको सन्दुकको पालमा याहवेहको सामु राखिदिए।
NUM 17:8 भोलिपल्ट मोशा पालभित्र पसे। लेवीको घरानालाई प्रतिनिधित्व गर्ने हारूनको लहुरोमा टुसा पलाएको मात्र थिएन, तर त्यसमा कोपिला लागेर फूल पनि फुलेर हाडे-बदामसमेत फलेको देखे।
NUM 17:9 त्यसपछि मोशाले ती लहुराहरू याहवेहको उपस्थितिबाट सबै इस्राएलीहरूकहाँ ल्याए। तिनीहरूले ती लहुराहरू हेरे। अनि हरेक अगुवाहरूले आ-आफ्नो लहुरो लिए।
NUM 17:10 त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनको लहुरो विद्रोहीहरूको चिन्हको रूपमा रहोस् भनी पालमा साक्षी पाटीको सन्दुकको सामु लगेर राखिदे। यसले मेरो विरुद्धमा तिनीहरूको गनगन समाप्‍त गरिदिनेछ। यसकारण तिनीहरू मर्नेछैनन्।”
NUM 17:11 याहवेहले मोशालाई आज्ञा दिनुभएअनुसार तिनले गरे।
NUM 17:12 इस्राएली मानिसहरूले मोशालाई भने, “हामी मर्नेछौँ! हामी नष्‍ट भयौँ; हामी नष्‍ट भयौँ!
NUM 17:13 याहवेहको समागम पालको नजिक आउने जो कोही पनि मर्नेछ। के हामी सबै जना नष्‍ट होऔँ त?”
NUM 18:1 याहवेहले हारूनलाई भन्‍नुभयो, “तँ, तेरा छोराहरू र तेरा परिवारले पवित्रस्थान सम्बन्धित गरिएका अपराधहरूको जिम्मेवारी उठाउनुपर्छ। अनि पुजारीगिरी सम्बन्धित गरिएका अपराधहरूको जिम्मेवारी तँ र तेरा छोराहरूले मात्र उठाउनुपर्छ।
NUM 18:2 तँ र तेरा छोराहरूले साक्षी पाटीको पालमा सेवा गर्दा तिमीहरूसँग मिलेर तिमीहरूलाई सघाउन भनी तेरा पुर्ख्यौली कुलबाट तेरा नातेदार लेवीहरूलाई लिएर आइज।
NUM 18:3 तिनीहरूले तँप्रति जिम्मेवार हुनुपर्छ। अनि तिनीहरूले पालका सबै कर्तव्यहरू पूरा गर्नुपर्छ। तर तिनीहरू पवित्रस्थानका सरसामानहरू नजिक अथवा वेदीको नजिक नजाऊन्, नत्रता तिनीहरू र तिमीहरू दुवै मर्नेछौ।
NUM 18:4 तिनीहरू तिमीहरूसँग मिलून् र भेट हुने पाल अर्थात् पालका सबै कामहरूका रेख-देखको जिम्मेवारी उठाऊन्। तिमीहरूको नजिक अरू कोही पनि नआऊन्।
NUM 18:5 “पवित्रस्थान र वेदीको रेख-देखको जिम्मेवारी तिमीहरूको हो; ताकि मेरो क्रोध इस्राएलीहरूमाथि फेरि नपरोस्।
NUM 18:6 म आफैँले तेरा नातेदार लेवीहरूलाई इस्राएलीहरूका बीचबाट तेरो उपहारको रूपमा छानेको छु। भेट हुने पालको काम गरून् भनेर याहवेहलाई अर्पण गरेको छु।
NUM 18:7 तर वेदी र पर्दाभित्रका सबै कुराको सम्बन्धमा तँ र तेरा छोराहरूले मात्र पुजारीको रूपमा सेवा गर्नुपर्छ। मैले तँलाई पुजारी पदको सेवा उपहारको रूपमा दिएको छु। तर लेवीहरूबाहेक कोही पवित्रस्थानको नजिक आएमा ऊ मारिनेछ।”
NUM 18:8 त्यसपछि याहवेहले हारूनलाई भन्‍नुभयो, “मलाई चढाइएका भेटीहरूको जिम्मा म आफैँले तँलाई सुम्पेको छु। इस्राएलीहरूले मलाई दिएका सबै पवित्र भेटीहरू मैले तिमीहरूको भाग र नियमित अंशको रूपमा तँ र तेरा छोराहरूलाई दिएको छु।”
NUM 18:9 आगोबाट छुट्याइएका महा-पवित्र भेटीहरूको भाग तिमीहरूले राख्नू। तिनीहरूले मेरा निम्ति ल्याएका महा-पवित्र भेटीहरू चाहे अन्‍नबलि होस्, अथवा पापबलि अथवा दोषबलि त्यसको भाग होस्; त्यो तँ र तेरा छोराहरूका निम्ति हुनेछ।
NUM 18:10 ती थोकहरू महा-पवित्र ठानेर खानू। प्रत्येक पुरुषले त्यो खानू। तिमीहरूले त्यसलाई पवित्र ठान्‍नू।
NUM 18:11 “तीबाहेक यो पनि तेरै हो: इस्राएलीहरूले विशेष भेटीहरूको रूपमा उचालिनका लागि अलग गरिएका सबै थोक। म यसलाई तिमीहरूका नियमित अंशको रूपमा तँ, तेरा छोराहरू र छोरीहरूलाई दिन्छु। तेरा घरानाका विधिपूर्वक शुद्ध रहेका हरेकले त्यो खान सक्नेछ।
NUM 18:12 “मैले तिनीहरूका कटनीको अगौटेबाट याहवेहलाई चढाएका सबै असल जैतुनको तेल, अति उत्तम नयाँ दाखमद्य र अन्‍न तँलाई दिएको छु।
NUM 18:13 तिनीहरूले याहवेहकहाँ ल्याएका खेतका सबै अगौटे फलहरू तिमीहरूकै हुनेछन्। तेरा घरानाका विधिपूर्वक शुद्ध रहेका हरेकले त्यसलाई खान सक्नेछ।
NUM 18:14 “इस्राएलमा याहवेहलाई समर्पित गरिएको हरेक चीज तेरै हो।
NUM 18:15 मानिसको होस् वा पशुको, हरेक गर्भको पहिलो फल, जो याहवेहलाई चढाइन्छ, त्यो तेरै हो। तर तैँले प्रत्येक पहिले जन्मेको छोरा र अशुद्ध पशुहरूका पहिले जन्मेको प्रत्येक सन्तानलाई मूल्य चुकाएर छुटाउनुपर्छ।
NUM 18:16 जब तिनीहरू एक महिनाका हुन्छन्, तब तैँले तिनीहरूलाई पवित्रस्थानको शेकेलअनुसार तोकिएको पाँच चाँदीका शेकेल छुटकाराको मोल तिरेर छुटाउनुपर्छ। जसको तौल बीस गेरा हुन्छ।
NUM 18:17 “तर तैँले गाई, भेडा अथवा बाख्राका पहिले जन्मेकाहरूलाई मोल तिरेर छुट्ट्याउनुहुँदैन। तिनीहरू पवित्र हुन्। तिनीहरूको रगत वेदीमाथि छर्कनू। तिनीहरूको बोसोचाहिँ आगोद्वारा चढाइने बलिको रूपमा याहवेहलाई मनपर्दो मिठो बास्‍नाको भेटी हुने गरी जलाउनू।
NUM 18:18 विशेष भेटीको रूपमा उचालिएको ह्‍याकुला र दाहिने फिला तेरा निम्ति भएजस्तै, तिनीहरूका मासु पनि तेरै हुनेछ।
NUM 18:19 इस्राएलीहरूले याहवेहलाई चढाएका पवित्र भेटीहरूबाट अलग गरिएका भागहरू म तिमीहरूको नियमित अंशको रूपमा तँ, तेरा छोराहरू र छोरीहरूलाई दिन्छु। यो याहवेहको सामु तँ र तेरा सन्तानहरू दुवैका निम्ति अनन्तको नुनको करार हो।”
NUM 18:20 याहवेहले हारूनलाई भन्‍नुभयो, “तिनीहरूको देशमा तेरो कुनै पैतृक सम्पत्ति हुनेछैन, न त तिनीहरूबीच तिमीहरूको कुनै भाग नै हुनेछ। इस्राएलीहरूबीच म नै तिमीहरूको भाग र तिमीहरूको पैतृक सम्पत्ति हुँ।
NUM 18:21 “लेवीहरूले भेट हुने पालमा सेवाको काम गरेको साटोमा म तिनीहरूलाई इस्राएलमा तिनीहरूको पैतृक सम्पत्तिको रूपमा सबै दशांश दिन्छु।
NUM 18:22 अब उसो इस्राएलीहरू भेट हुने पालको नजिक नजाऊन्; नत्रता तिनीहरूले आफ्ना पापको फल भोग्नेछन्, र मर्नेछन्।
NUM 18:23 लेवीहरूले नै भेट हुने पालमा काम गरून्। अनि तिनीहरूको विरुद्धमा भएका अपराधहरूको जिम्मा तिनीहरूले नै लिऊन्। आउने पुस्ताका निम्ति यो अनन्तको विधि ठहरियोस्। इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्।
NUM 18:24 यसको सट्टामा इस्राएलीहरूले याहवेहकहाँ चढाएका दशांशहरू म लेवीहरूलाई तिनीहरूका पैतृक सम्पत्तिको रूपमा दिन्छु। यसकारण मैले तिनीहरूको विषयमा यसो भनेँ: ‘इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्।’ ”
NUM 18:25 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 18:26 “लेवीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘तिमीहरूले इस्राएलीहरूबाट आफ्ना पैतृक सम्पत्तिको रूपमा पाएका दशांशबाट तिमीहरूले दशांशको दशांश याहवेहको भेटीको रूपमा चढाउनू।
NUM 18:27 तिमीहरूको बलि खलाबाटको अन्‍न अर्थात् कोलबाटको दाखरसजस्तै गनिनेछ।
NUM 18:28 यस प्रकारले तिमीहरूले इस्राएलीहरूबाट पाएका सबै दशांशबाट तिमीहरूले पनि याहवेहलाई भेटी चढाउनेछौ। यी दशांशहरूबाट तिमीहरूले याहवेहको भाग हारून पुजारीलाई दिनुपर्छ।
NUM 18:29 तिमीहरूलाई दिइएका सबै असल र पवित्र कुराहरूबाट याहवेहको भाग चढाउनुपर्छ।’
NUM 18:30 “लेवीहरूलाई तैँले भन्: ‘जब तिमीहरूले उत्तम भाग चढाउँछौ, तब तिमीहरूको भेटीलाई खलाको अर्थात् दाखको कोलको फसलको रूपमा गनिनेछ।
NUM 18:31 तँ र तेरा घरानाले भेटीबाट रहेका भाग जहाँ भए तापनि खान सक्छौ। किनकि त्यो तिमीहरूले भेट हुने पालमा गरेको कामको ज्याला हो।
NUM 18:32 त्यसको सर्वोत्तम भाग चढायौ भने दशांश भेटीमा तिमीहरू दोषी हुनेछैनौ। अनि तिमीहरूले इस्राएलीहरूका पवित्र भेटीहरू अशुद्ध पार्नेछैनौ र तिमीहरू मर्नेछैनौ।’ ”
NUM 19:1 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो:
NUM 19:2 “याहवेहले आज्ञा दिनुभएको व्यवस्थाको नियम यही हो: जुवामा कहिल्यै ननारिएको निष्खोट अथवा दागरहित रातो कोरली तँकहाँ ल्याऊन् भनी इस्राएलीहरूलाई भन्।
NUM 19:3 त्यो कोरली पुजारी एलाजारलाई दिनू। त्यसलाई छाउनीबाहिर लगियोस्, र एलाजारको उपस्थितिमा मारियोस्।
NUM 19:4 त्यसपछि पुजारी एलाजारले त्यसबाट केही रगत आफ्नो औँलामा लिएर भेट हुने पालको अगाडि सात चोटि छर्कोस्।
NUM 19:5 एलाजारको सामु त्यो कोरली बाछी अर्थात् त्यसको छाला, मासु, रगत र आन्द्राभुँडी जलाइयोस्।
NUM 19:6 पुजारीले देवदारुका केही काठ, हिसप र रातो ऊन लिएर जलिरहेको कोरलीमाथि फ्याकिदेओस्।
NUM 19:7 त्यसपछि पुजारीले आफ्ना लुगाहरू धोओस्, र आफ्नो शरीर पानीले नुहाओस्। त्यसपछि पुजारी छाउनीभित्र आओस्। तर साँझसम्म भने विधिपूर्वक ऊ अशुद्ध रहनेछ।
NUM 19:8 त्यस कोरलीलाई जलाउने मानिसले पनि आफ्नो लुगा धुनुपर्नेछ, र नुहाउनुपर्नेछ; अनि त्यो पनि साँझसम्म अशुद्ध रहनेछ।
NUM 19:9 “तब एक जना शुद्ध मानिसले चाहिँ त्यस कोरलीको खरानी बटुलोस्। त्यसलाई चाहिँ छाउनीबाहिर विधिपूर्वक शुद्ध भएको ठाउँमा राखोस्। त्यो इस्राएली समुदायले शुद्ध पार्ने पानी तयार गर्दा प्रयोग गर्नका निम्ति राखोस्। त्यो पापबाट शुद्धीकरणको निम्ति हो।
NUM 19:10 कोरलीको खरानी बटुल्ने त्यो मानिसले पनि आफ्नो लुगा धुनुपर्नेछ। अनि त्यो पनि साँझसम्म अशुद्ध रहनेछ। इस्राएलीहरू र तिनीहरूसँग बसोबास गर्ने विदेशीहरू दुवैका निम्ति यो सधैँभरिको लागि एउटा नियम हुनेछ।
NUM 19:11 “कसैले मानिसको लास छोएको छ भने त्यो मानिस सात दिनसम्म अशुद्ध रहनेछ।
NUM 19:12 तिनीहरूले तेस्रो दिन र सातौँ दिनमा आफूलाई पानीले चोख्याऊन्। त्यसपछि तिनीहरू शुद्ध हुनेछन्। तर यदि तिनीहरूले आफूलाई तेस्रो र सातौँ दिनमा पानीले चोख्याएनन् भने तिनीहरू शुद्ध हुनेछैनन्।
NUM 19:13 यदि मरेको मानिसको लास छोएपछि तिनीहरूले आफूलाई चोख्याएनन् भने तिनीहरूले याहवेहको समागम पाललाई अशुद्ध तुल्याउँछन्। तिनीहरूलाई इस्राएली समुदायबाट बहिष्कार गरिनुपर्छ। तिनीहरूमाथि शुद्धीकरणको पानी नछर्किएको कारण तिनीहरू अशुद्ध छन्। तिनीहरूको अशुद्धता तिनीहरूमा नै रहनेछ।
NUM 19:14 “कुनै पनि मानिस पालभित्र मर्‍यो भने यो नियम लागू हुन्छ: त्यस पालभित्र पस्‍ने, र त्यसभित्र हुने जो कोही पनि सात दिनसम्म अशुद्ध हुनेछन्।
NUM 19:15 अनि पालभित्रका ढकनीविनाको हरेक खुल्‍ला भाँडो अशुद्ध हुनेछ।
NUM 19:16 “खुल्‍ला ठाउँमा तरवारद्वारा मारिएको मानिस वा स्वभाविक रूपले मरेको मानिसलाई जसले छुन्छ, अथवा जसले मानिसको हड्डी अथवा चिहानलाई छुन्छ, त्यो मानिस सात दिनसम्म अशुद्ध रहनेछ।
NUM 19:17 “त्यस अशुद्ध व्यक्तिका निम्ति पापबलि जलाइएको शुद्धीकरणको भेटीबाट केही खरानी एउटा कलशमा हाल्नू। अनि त्यस खरानीमा ताजा पानी खन्याउनू।
NUM 19:18 त्यसपछि विधिपूर्वक शुद्ध भएको मानिसले हिसप लिएर त्यसलाई पानीमा चोपेर पाल र त्यसमा भएका सबै सरसामानहरू, र त्यहाँ भएका सबै मानिसहरूमाथि छर्कनू। मानिसको हड्डी वा चिहान अर्थात् मारिएको मानिसलाई वा स्वभाविक रूपले मरेको मानिसलाई छुने व्यक्तिलाई पनि त्यसले छर्कनू।
NUM 19:19 त्यस शुद्ध मानिसले अशुद्ध व्यक्तिहरूलाई तेस्रो र सातौँ दिनमा शुद्ध पानी छर्कोस्। अनि सातौँ दिनमा त्यसले तिनीहरूलाई चोख्याओस्। शुद्ध भइसकेको व्यक्तिले आफ्नो लुगा धुनुपर्छ र पानीले नुहाउनुपर्छ। अनि साँझसम्ममा तिनीहरू शुद्ध हुनेछन्।
NUM 19:20 तर यदि ती अशुद्ध व्यक्तिहरूले आफूलाई चोख्याउँदैनन् भने तिनीहरूलाई समाजबाट बहिष्कार गरिनुपर्छ। किनभने तिनीहरूले याहवेहको पवित्रस्थानलाई अशुद्ध तुल्याएका छन्। तिनीहरूमाथि शुद्धीकरणको पानी नछर्किएको कारण तिनीहरू अशुद्ध रहन्छन्।
NUM 19:21 यो तिनीहरूका निम्ति एउटा सधैँभरिको विधि हो। “शुद्धीकरणको पानी छर्कने मानिसले पनि आफ्ना लुगाहरू धुनुपर्छ। शुद्धीकरणको पानी छुने जोसुकै पनि साँझसम्म अशुद्ध हुनेछ।
NUM 19:22 अशुद्ध व्यक्तिले छोएको जुनसुकै कुरा पनि अशुद्ध हुनेछ। त्यसलाई छुने जोसुकै पनि साँझसम्म अशुद्ध हुनेछ।”
NUM 20:1 पहिलो महिनामा सारा इस्राएली समुदाय जीनको उजाडस्थानमा आइपुगे; र तिनीहरू कादेशमा बसे। त्यहाँ मिरियमको मृत्यु भयो, र तिनलाई त्यहीँ गाडियो।
NUM 20:2 तर त्यहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन। अनि तिनीहरू मोशा र हारूनको विरोधमा भेला भए।
NUM 20:3 यसकारण तिनीहरूले मोशासित झगडा गरेर भने, “हाम्रा दाजुभाइहरू याहवेहको सामु मर्दा बरु हामी पनि मरिहालेका भए असल हुनेथियो!
NUM 20:4 याहवेहको समुदायलाई तपाईंहरूले उजाडस्थानमा किन ल्याउनुभयो? हामी र हाम्रा गाईबस्तुहरू मरून् भनेर ल्याउनुभएको हो?
NUM 20:5 तपाईंले हामीलाई इजिप्टबाट निकालेर यस डरलाग्दो ठाउँमा किन ल्याउनुभयो? यहाँ न अन्‍न, न नेभारा, न अङ्‌गुर अथवा न त अनार नै छ। अनि पिउनलाई पानी पनि छैन!”
NUM 20:6 मोशा र हारून त्यस समुदायलाई छोडेर भेट हुने पालको प्रवेशद्वारमा गए, र भुइँसम्मै घोप्टो परे। अनि याहवेहको महिमा तिनीहरूकहाँ देखा पर्‍यो।
NUM 20:7 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 20:8 “तेरो लहुरो लिएर तँ र तेरा दाजु हारूनले समुदायलाई एकसाथ भेला गराउनू। तिनीहरूको आँखाकै सामु त्यस चट्टानलाई आज्ञा दिनू। तब त्यस चट्टानबाट पानी निस्कनेछ। तैँले समुदायका लागि चट्टानबाट पानी निकाल्नेछस्। अनि तिनीहरू र तिनीहरूका गाईबस्तुहरूले पानी पिउनेछन्।”
NUM 20:9 यसकारण मोशाले याहवेहको आज्ञाअनुसार उहाँकै सामु लहुरो लिए।
NUM 20:10 मोशा र हारूनले समुदायलाई चट्टानको सामु भेला गराए; र मोशाले तिनीहरूलाई भने, “अब सुन, ए विद्रोहीहरूहो, हामीले तिमीहरूका निम्ति के यही चट्टानबाट पानी निकाल्नैपर्ने हो त?”
NUM 20:11 तब मोशाले आफ्नो हात उचाले र त्यस चट्टानलाई आफ्नो लहुरोले दुई पटक हिर्काए। तब पानीको मूल फुटेर निस्क्यो। अनि समुदाय र तिनीहरूका गाईबस्तुहरूले पिए।
NUM 20:12 तर याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, “इस्राएलीहरूका दृष्‍टिमा मेरो पवित्रता दर्शाउनलाई तिमीहरूले मलाई पूरा विश्‍वास गरेनौँ। यसकारण यस समुदायलाई मद्वारा दिइएको देशमा तिमीहरूले पुर्‍याउन पाउनेछैनौ।”
NUM 20:13 यो मेरीबाको चट्टानबाट निकालिएको पानी थियो, जहाँ इस्राएलीहरूले याहवेहसँग झगडा गरेका थिए। अनि त्यहाँ उहाँले तिनीहरूबीच आफूलाई पवित्र प्रमाणित गर्नुभएको थियो।
NUM 20:14 मोशाले कादेशबाट एदोमका राजाकहाँ यसो भन्‍नलाई सन्देश वाहकहरू पठाए: “तपाईंका इस्राएली भाइले यसो भन्छन्: हामीमाथि परिआएको सङ्कष्‍ट तपाईं जान्‍नुहुन्छ।
NUM 20:15 हाम्रा पितापुर्खाहरू इजिप्टमा गएका थिए। हामी त्यहाँ धेरै वर्षसम्म बस्यौँ। इजिप्टियनहरूले हामी र हाम्रा पितापुर्खाहरूलाई दुर्व्यवहार गरे।
NUM 20:16 तर जब हामीले याहवेहलाई पुकार गर्‍यौँ, तब उहाँले हाम्रो पुकार सुन्‍नुभयो र एउटा स्वर्गदूत पठाउनुभयो, जसले हामीलाई इजिप्ट देशबाट बाहिर निकालेर ल्याउनुभयो। “अहिले हामी तपाईंको प्रान्तको सिमानामा पर्ने सहर कादेशमा छौँ।
NUM 20:17 दया गरी हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी कुनै खेत अथवा दाखबारीबाट भएर जानेछैनौँ, वा कुनै पनि कुवाबाट पानी पिउनेछैनौँ। हामी राजाको मूलबाटो भएर जानेछौँ। तपाईंको प्रान्तबाट पार नभएसम्म हामी दाहिने अथवा देब्रे फर्कनेछैनौँ।”
NUM 20:18 तर एदोमले जवाफ दिए: “तिमीहरू यहाँबाट भएर जान पाउँदैनौँ। यदि तिमीहरूले त्यसो गर्‍यौ भने हामी तिमीहरूको विरुद्धमा मोर्चा बाँधेर तिमीहरूमाथि तरवारले आक्रमण गर्नेछौँ।”
NUM 20:19 इस्राएलीहरूले जवाफ दिए: “हामी मूलबाटो भएर जानेछौँ। यदि हामी अथवा हाम्रा गाईबस्तुहरूले तपाईंको पानीबाट केही पियौँ भने हामी त्यसको मोल तिर्नेछौँ। हामी केवल पैदल भएर जान चाहन्छौँ—अरू केही पनि होइन।”
NUM 20:20 एदोमीहरूले फेरि जवाफ दिए: “तिमीहरू हाम्रो देश भएर जान पाउँदैनौँ।” तब एदोम तिनीहरूको विरुद्धमा एउटा ठूलो र शक्तिशाली सेना लिएर निस्क्यो।
NUM 20:21 एदोमले तिनीहरूलाई आफ्नो प्रान्तबाट भएर जान नदिएकोले इस्राएलीहरू तिनीहरूबाट फर्केर अर्को बाटो गए।
NUM 20:22 सारा इस्राएली समुदाय कादेशबाट हिँडेर होर पर्वतमा आइपुगे।
NUM 20:23 होर पर्वतमा एदोमको सिमानाको छेउमा याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो,
NUM 20:24 हारून आफ्ना मानिसहरूकहाँ मिल्नेछ। मैले इस्राएलीहरूलाई दिने देशमा ऊ पस्‍नेछैन। किनकि तिमीहरू दुवैले मेरीबाको पानीमा मेरो आज्ञाको विरुद्धमा काम गरेका थियौ।
NUM 20:25 हारून र त्यसको छोरो एलाजारलाई होर पर्वतसम्म लैजा।
NUM 20:26 हारूनको पुजारी पोसाकहरू फुकाल् र ती त्यसको छोरो एलाजारलाई लगाइदे। किनकि हारून आफ्ना मानिसहरूसँग मिल्नेछ। त्यहाँ त्यसको मृत्यु हुनेछ।
NUM 20:27 याहवेहले आज्ञा दिनुभएझैँ मोशाले गरे। सारा समुदायको आँखाको सामु तिनीहरू होर पर्वतमा उक्लेर गए।
NUM 20:28 मोशाले हारूनका पुजारी पोसाकहरू फुकाले। अनि ती तिनको छोरो एलाजारलाई लगाइदिए। तब त्यहीँ पर्वतको टाकुरामा हारूनको मृत्यु भयो। त्यसपछि मोशा र एलाजार पर्वतबाट तल ओर्लेर आए।
NUM 20:29 अनि जब सारा समुदायले हारूनको मृत्युबारे थाहा पाए, तब सम्पूर्ण इस्राएलीहरूले तिनका निम्ति तीस दिनसम्म शोक गरे।
NUM 21:1 जब दक्षिणमा बस्‍ने आरादका कनानी राजाले इस्राएलीहरू अतारीम जाने बाटो भएर आउँदैछन् भन्‍ने सुने, तब तिनले इस्राएलीहरूमाथि आक्रमण गरेर केही मानिसहरूलाई पक्रेर बन्दी बनाए।
NUM 21:2 तब इस्राएलीहरूले याहवेहसँग यस्तो भाकल गरे: “यदि तपाईंले यी मानिसहरूलाई हाम्रो हातमा सुम्पिदिनुभयो भने हामी तिनीहरूका सहरहरू पूर्ण रूपले नष्‍ट पारिदिनेछौँ।”
NUM 21:3 याहवेहले इस्राएलीहरूको बिन्ती सुन्‍नुभयो। अनि ती कनानीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। इस्राएलीहरूले एदोमीहरू र तिनीहरूका सहरहरूलाई पूर्ण रूपले नष्‍ट पारिदिए। अनि त्यस ठाउँको नाम होर्मा राखियो।
NUM 21:4 तिनीहरूले होर पर्वतबाट लाल समुद्रतिरको बाटो भएर एदोमको प्रान्तलाई फेरो मार्दै यात्रा सुरु गरे। तर बाटोमा इस्राएली मानिसहरू अधैर्य भए।
NUM 21:5 तिनीहरूले परमेश्‍वरको र मोशाको विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तपाईंले हामीलाई इजिप्टबाट उजाडस्थानमा मर्नलाई किन ल्याउनुभयो? यहाँ खानेकुरा केही छैन; र पानी पनि छैन! अनि यस तुच्छ भोजनले हामी वाक्‍क भइसक्यौँ!”
NUM 21:6 तब याहवेहले तिनीहरूको बीचमा विषालु सर्पहरू पठाइदिनुभयो। सर्पहरूले मानिसहरूलाई डसे; र धेरै इस्राएलीहरू मरे।
NUM 21:7 ती मानिसहरू मोशाकहाँ आएर बिन्ती गरे, “हामीले याहवेह र तपाईंको विरुद्धमा बोलेर पाप गरेका छौँ। याहवेहले यी सर्पहरू हामीबाट हटाइदेऊन् भनी प्रार्थना गरिदिनुहोस्।” यसकारण मोशाले मानिसहरूका निम्ति प्रार्थना गरिदिए।
NUM 21:8 याहवेहले मोशालाई भन्‍नुभयो, “एउटा सर्प बनाएर त्यसलाई एउटा खाँबोमा राखिदिनू; तब सर्पले डसेका जो कोहीले काँसोको सर्पलाई हेर्छ, त्यो जीवित रहनेछ।”
NUM 21:9 यसकारण मोशाले एउटा काँसोको सर्प बनाएर त्यसलाई एउटा खाँबोमा राखिदिए। त्यसपछि जब कसैलाई सर्पले डस्थ्यो, तब त्यसले काँसोको सर्पलाई हेर्थ्यो, र त्यो बाँच्थ्यो।
NUM 21:10 इस्राएलीहरू अगि बढ्दै गए, र ओबोतमा छाउनी हाले।
NUM 21:11 त्यसपछि तिनीहरू ओबोतबाट हिँडे। अनि मोआबको सामु पूर्वतिरको सूर्य उदय हुने ठाउँतिर उजाडस्थानमा भएको इये-अबारीममा छाउनी हाले।
NUM 21:12 त्यहाँबाट तिनीहरू अगि बढ्दै गए। अनि जेरेदको बेँसीमा छाउनी हाले।
NUM 21:13 तिनीहरू त्यहाँबाट पनि हिँडे। अनि एमोरीहरूको प्रान्तसम्म फैलिएको उजाडस्थानस्थित अर्नोनको किनारमा छाउनी हाले। अर्नोनचाहिँ मोआब र एमोरीहरूको बीचमा मोआबको सिमानामा पर्दछ।
NUM 21:14 त्यसैकारण याहवेहका युद्धहरूको पुस्तकमा यसो लेखिएको छ: “सूपामा भएको याहेब सहर, अर्नोनका बेँसीहरू
NUM 21:15 र बेँसीका भिरालाहरू, जो आरको सहरतिर लाग्दछन् र मोआबको सिमानासम्म पुगेका छन्।”
NUM 21:16 त्यहाँबाट तिनीहरू बेअरको त्यस इनारसम्म अगि बढे, जहाँ याहवेहले मोशालाई भन्‍नुभयो, “मानिसहरूलाई एकसाथ भेला गर्, र म तिनीहरूलाई पानी दिनेछु।”
NUM 21:17 तब इस्राएलीहरूले यो गीत गाए: “ए इनार, फुटेर निस्की! यसको विषयमा गीत गा,
NUM 21:18 जसलाई राजकुमारहरूले खनेका थिए, जसलाई कुलिन व्यक्तिहरूले खनेका थिए, जसलाई ती कुलिन व्यक्तिहरूका राजदण्ड र लहुरोले खनेका थिए।” त्यसपछि तिनीहरू उजाडस्थानबाट मत्तानातर्फ अगि बढे,
NUM 21:19 अनि मत्तानाबाट नहलीएलमा, नहलीएलबाट बामोतमा आइपुगे।
NUM 21:20 अनि बामोतबाट मोआबको बेँसी पिसगाको टाकुरामा आइपुगे, जहाँबाट उजाडभूमि देख्न सकिन्छ।
NUM 21:21 इस्राएलले एमोरीहरूका राजा सीहोनकहाँ यसो भन्‍नलाई सन्देश वाहकहरू पठाए:
NUM 21:22 “हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी कुनै खेत अथवा दाखबारीतिर फर्कनेछैनौँ अर्थात् कुनै इनारबाट पानी पिउनेछैनौँ। हामी तपाईंको सिमानाबाट भएर पार नभएसम्म राजाको मूलबाटो भएर यात्रा गर्नेछौँ।”
NUM 21:23 तर सीहोनले आफ्नो सिमानाबाट भएर इस्राएलीहरूलाई छिरेर जान दिएनन्। तिनले आफ्नो सारा सेनालाई जम्मा गरे। अनि उजाडस्थानमा इस्राएलीहरूका विरुद्धमा मोर्चा बाँधे। जब तिनी यहस सहरमा आइपुगे, तब तिनीहरूले इस्राएलीहरूसँग युद्ध गरे।
NUM 21:24 तर इस्राएलीहरूले राजालाई तरवारले मारे। अनि अर्नोनदेखि यब्बोकसम्म तिनको देश कब्जा गरे। तैपनि अम्मोनीहरूको सिमानासम्म मात्र कब्जा गरे; किनभने अम्मोनीहरूको सिमाना बलियो किल्‍ला भएको थियो।
NUM 21:25 इस्राएलले एमोरीहरूका सबै सहरहरू कब्जा गरे, र ती सहरहरूमा बसोबास गरे। हेश्बोन र त्यसका छेउछाउका सबै बस्तीहरूमा समेत बसोबास गर्न थाले।
NUM 21:26 हेश्बोनचाहिँ एमोरीहरूका राजा सीहोनको सहर थियो, जसले मोआबका अगिल्‍ला राजाको विरुद्धमा युद्ध गरेर तिनको सम्पूर्ण देश अर्नोनसम्मै लिएका थिए।
NUM 21:27 त्यसैकारण कविहरूले यसो भन्छन्: “हेश्बोनमा आओ, र यो सहर पुनर्निर्माण होस्; सीहोनको सहर पुनर्स्थापित होस्।
NUM 21:28 “हेश्बोनबाट आगो निस्केर गयो; सीहोनको सहरबाट एउटा ज्वाला निस्क्यो। यसले मोआबको आर सहरलाई भस्म पार्‍यो। अर्नोनका शिखरमा बस्‍नेहरूलाई भस्म पार्‍यो।
NUM 21:29 ए मोआब, धिक्‍कार छ तँलाई! ए कमोशका मानिसहरू नष्‍ट पारिएका छौ! कमोशले आफ्ना छोराहरूलाई भगुवाझैँ, र आफ्नी छोरीहरूलाई कैदीझैँ गरेर एमोरीहरूको राजा सीहोनलाई दिएको छ।
NUM 21:30 “तर हामीले हेश्बोनीहरूलाई जितेका छौँ; हेश्बोनचाहिँ दीबोन सहरसम्मै नष्‍ट पारिएको छ। हामीले तिनीहरूलाई नोपाहसम्मै ध्वंस पारिदिएका छौँ, जुनचाहिँ मेदेबासम्म फैलिएको छ।”
NUM 21:31 यसरी इस्राएलीहरू एमोरीहरूको देशमा बसोबास गरे।
NUM 21:32 मोशाले याजेरमा जासुस गर्न मानिसहरू पठाएपछि इस्राएलीहरूले त्यसका चारैतिरका बस्तीहरू कब्जा गरे। अनि त्यहाँ भएका एमोरीहरूलाई पनि धपाइदिए।
NUM 21:33 त्यसपछि तिनीहरू फर्केर बाशानतिरको बाटो भएर उक्ले। अनि बाशानका राजा ओग इस्राएलीहरूसँग युद्ध गर्न आफ्ना सारा सेना लिएर एद्रई सहरमा मोर्चा बाँधेर निस्के।
NUM 21:34 याहवेहले मोशालाई भन्‍नुभयो, “त्यससँग नडरा; किनकि मैले त्यसलाई, त्यसका सबै सेनालाई र त्यसको देशसमेत तेरो हातमा सुम्पिदिएको छु। तैँले त्यसलाई हेश्बोनमा शासन गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै गर्नू।”
NUM 21:35 यसकारण इस्राएलीहरूले राजालाई, तिनका छोराहरू र सारा सेनाहरूलाई एउटै पनि मानिस जीवित नरहुन्जेल एकैसाथ मारे। अनि तिनीहरूको देशलाई कब्जा गरे।
NUM 22:1 त्यसपछि इस्राएलीहरू यात्रा गर्दै मोआबको मैदानमा पुगे। अनि यरीहोको पारिपट्टि यर्दनको किनारमा छाउनी हालेर बसे।
NUM 22:2 सिप्पोरका छोरा बालाकले इस्राएलीहरूले एमोरीहरूलाई गरेका सबै कुरा देखेका थिए।
NUM 22:3 अनि इस्राएलीहरूको संख्या धेरै भएकोले मोआबीहरू आतङ्कित भए। साँच्‍चै नै मोआब इस्राएलीहरूको कारण भयभीत भयो।
NUM 22:4 मोआबीहरूले मिद्यानका प्रधानहरूलाई भने, “यस समुदायले गोरुले चरनको घाँस स्वाहा पारेझैँ, हाम्रा चारैतिर भएका हरेक कुराहरूलाई स्वाहा पार्नेछ।” त्यस समयमा सिप्पोरका छोरा बालाक मोआबका राजा थिए।
NUM 22:5 तिनले बओरका छोरा बालाम, जो आफ्नो जन्मस्थल यूफ्रेटिस नदीको छेउ पतोरमा बसेका थिए, उनलाई बोलाउन भनी राजदूतहरू पठाए। बालाकले भने: “इजिप्टबाट एउटा जाति निस्केर आएको छ; तिनीहरू पूरा देश नै ढाक्ने गरी मेरै सिमानामा आएर बसेका छन्।
NUM 22:6 अब तपाईं आउनुहोस्, र यी मानिसहरूलाई श्राप दिनुहोस्; किनकि तिनीहरू मेरा निम्ति अति नै शक्तिशाली छन्। सायद त्यसपछि भने म तिनीहरूलाई जित्न सकुँला र देशबाट धपाउन सकुँला। किनकि म जान्दछु, तपाईंले जसलाई आशिष् दिनुहुन्छ, तिनीहरूले आशिष् पाउँछन् र जसलाई श्राप दिनुहुन्छ, तिनीहरूले श्राप पाउँछन्।”
NUM 22:7 मोआब र मिद्यानका प्रधानहरू जोखना हेर्नका निम्ति दिइएको रकम लिएर गए। जब तिनीहरू बालामकहाँ आइपुगे, तब तिनीहरूले तिनलाई बालाकले भनेका कुरा भने।
NUM 22:8 बालामले तिनीहरूलाई भने, “आज राति यहीँ बस्‍नुहोस् र याहवेहले मलाई जे जवाफ दिनुहुन्छ, त्यो म तपाईंहरूलाई भन्‍नेछु।” यसकारण मोआबी अधिकारीहरू तिनीसित बास बसे।
NUM 22:9 परमेश्‍वर बालामकहाँ आउनुभयो र सोध्नुभयो, “तँसँग भएका यी मानिसहरू को हुन्?”
NUM 22:10 बालामले परमेश्‍वरलाई भने, “मोआबको राजा सिप्पोरका छोरा बालाकले यो समाचार पठाएको छ:
NUM 22:11 ‘इजिप्टबाट एउटा जाति आएर देश नै ढाकेको छ। अब आएर मेरा निम्ति तिनीहरूलाई श्राप दिनुहोस्; तब सायद म तिनीहरूसँग युद्ध गरेर तिनीहरूलाई धपाउन सकुँला।’ ”
NUM 22:12 तर परमेश्‍वरले बालामलाई भन्‍नुभयो, “तँ तिनीहरूसँग नजानू। तैँले ती मानिसहरूलाई नसराप्नू; किनकि तिनीहरू आशिषित छन्।”
NUM 22:13 भोलिपल्ट बिहानै बालाम उठेर बालाकका अधिकारीहरूलाई भने, “तपाईंहरू आफ्नै देशमा फर्किजानुहोस्। किनकि याहवेहले मलाई तपाईंहरूसँग जानलाई अस्वीकार गर्नुभएको छ।”
NUM 22:14 यसकारण मोआबी अधिकारीहरूले बालाककहाँ फर्किगएर भने, “बालामले हामीसँग आउन अस्वीकार गरे।”
NUM 22:15 त्यसपछि बालाकले पहिलेको भन्दा बढी र अझ सम्मानित अधिकारीहरू पठाए।
NUM 22:16 तिनीहरू बालामकहाँ आएर भने: “सिप्पोरका छोरा बालाक यसो भन्‍नुहुन्छ: तपाईंलाई मकहाँ आउनलाई कुनै पनि कुराले नरोकोस्।
NUM 22:17 किनकि म तपाईंलाई ठूलो रकम दिनेछु; र तपाईंले जे भन्‍नुहुन्छ, त्यही गर्नेछु। आउनुहोस्, र मेरा निम्ति यी मानिसहरूलाई श्राप दिनुहोस्।”
NUM 22:18 तर बालामले तिनीहरूलाई जवाफ दिए, “यदि बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल नै दिए तापनि याहवेह मेरा परमेश्‍वरको आज्ञाभन्दा बाहिर ठूलो होस् वा सानो, म कुनै काम गर्न सक्दिनँ।
NUM 22:19 यसैले आज राति यहीँ बस्‍नुहोस्, ताकि मलाई याहवेहले अरू केही भन्‍नुहुन्छ कि सो पत्ता लगाउन सकूँ।”
NUM 22:20 त्यस रात परमेश्‍वर बालामकहाँ आउनुभयो र भन्‍नुभयो, “यी मानिसहरू तँलाई बोलाउन आएको कारण तिनीहरूसँग जान तयार हो, तर तैँलेचाहिँ मैले भनेको मात्र गर्नू।”
NUM 22:21 बालाम बिहानै उठे, र आफ्नो गधामा काठी कसे। अनि मोआबका अधिकारीहरूसँग गए।
NUM 22:22 तर तिनी गएकोमा याहवेह साह्रै रिसाउनुभयो। अनि तिनको विरोध गर्नलाई याहवेहका दूत बाटोमा उभिए। बालाम आफ्नो गधामाथि थिए। अनि तिनका दुई सेवकहरू तिनीसँगै थिए।
NUM 22:23 जब त्यस गधाले याहवेहको दूतलाई तरवार हातमा लिएर बाटोमा उभिरहनुभएको देख्यो; तब त्यो बाटो छोडेर खेततिर लाग्यो। तर गधालाई बाटोमा ल्याउनलाई बालामले त्यसलाई पिटे।
NUM 22:24 तब याहवेहका दुई स्वर्गदूत दाखबारीको बीचमा एउटा साँघुरो बाटोको दुवैतिरको पर्खालमा उभिए।
NUM 22:25 जब गधाले याहवेहको स्वर्गदूतलाई देख्यो, तब त्यो बालामको खुट्टा चेप्टाउँदै पर्खालमा ढेस्सियो। यसकारण तिनले गधालाई फेरि पिट्न थाले।
NUM 22:26 तब याहवेहको दूत अगि सरे, र दाहिने अथवा देब्रेतिर घुम्ने ठाउँ नै नभएको साँघुरो ठाउँमा उभिए।
NUM 22:27 जब गधाले याहवेहको दूतलाई देख्यो, तब त्यो भुइँमा थचक्‍क बस्यो। अनि बालाम रिसाए, र गधालाई आफ्नो लहुरोले पिट्न थाले।
NUM 22:28 तब याहवेहले गधाको मुख खोलिदिनुभयो, र त्यसले बालामलाई भन्यो, “मैले तपाईंको के बिगारेको छु, र तपाईंले मलाई यसरी तीनपल्ट चुट्नुभयो?”
NUM 22:29 बालामले गधालाई जवाफ दिए, “तैँले मलाई मूर्ख बनाइस्! यदि मेरो हातमा तरवार मात्र भएको भए म तँलाई अहिले नै काट्नेथिएँ।”
NUM 22:30 तब गधाले बालामलाई भन्यो, “के तपाईंले आजसम्म चढ्नुभएको तपाईंको आफ्नो गधा म नै होइनँ र? के मैले कहिल्यै तपाईंसँग यस्तो व्यवहार गरेको थिएँ र?” बालामले त्यसलाई भने, “अहँ, गरेको थिइनस्।”
NUM 22:31 तब याहवेहले बालामका आँखा खोलिदिनुभयो। अनि तिनले याहवेहको स्वर्गदूतलाई हातमा तरवार लिएर बाटोमा उभिरहनुभएका देखे। यसकारण तिनी भुइँसम्मै घोप्टो परेर दण्डवत् गरे।
NUM 22:32 याहवेहको स्वर्गदूतले तिनलाई सोधे, “तैँले आफ्नो गधालाई किन यसरी तीनपल्ट हिर्काइस्? म तेरो विरोध गर्न आएको छु। किनकि तेरो चाल मेरो इच्छा विपरीत छ।
NUM 22:33 यस गधाले मलाई देखेर यसरी तीनपल्ट बाटो तर्क्यो। यदि त्यो नतर्केको भए मैले तँलाई अहिलेसम्म निश्‍चय नै मारिसकेको हुनेथिएँ। अनि त्यसलाई चाहिँ जीवितै छोड्नेथिएँ।”
NUM 22:34 बालामले याहवेहको स्वर्गदूतलाई भने, “मैले पाप गरेको छु। मलाई रोक्न तपाईं बाटोमा उभिरहनुभएको मैले थाहै पाइनँ। अब यदि तपाईंको दृष्‍टिमा बेठीक छ भने म फर्केर जानेछु।”
NUM 22:35 याहवेहका स्वर्गदूतले बालामलाई भने, “यी मानिसहरूसँग जा; तर मैले तँलाई भनेको कुरा मात्र भन्‍नू।” यसकारण बालाकका अधिकारीहरूसँग बालाम गए।
NUM 22:36 जब बालाकले बालाम आउँदैछन् भन्‍ने कुरा सुने, तब तिनी उनलाई आफ्नो प्रान्तको किनारमा अर्नोनको सिमानामा भएको मोआबी सहरमा भेट्नलाई निस्के।
NUM 22:37 बालाकले बालामलाई भने, “के मैले तपाईंलाई जरुरी सन्देश पठाइनँ र? तर तपाईं मलाई भेट्नलाई किन आउनुभएन? के साँच्‍चै मैले तपाईंलाई इनाम दिन सक्दिनँ जस्तो लाग्यो?”
NUM 22:38 बालामले जवाफ दिए, “हेर्नुहोस्, अहिले म तपाईंकहाँ आएको छु। तर मलाई जे मन लाग्यो, त्यो भन्‍न सक्दिनँ। मैले त याहवेहले मेरो मुखमा जे हालिदिनुहुन्छ, त्यही मात्र भन्‍नुपर्छ।”
NUM 22:39 तब बालाम बालाकसँग किर्यत-हुस्सोतको सहरमा गए।
NUM 22:40 बालाकले गाईबस्तु र भेडाको बलि चढाए। अनि केही बालामलाई र तिनीसँग हुने अधिकारीहरूलाई दिए।
NUM 22:41 भोलिपल्ट बिहानै बालाकले बालामलाई बामोत-बालको शिखरमा लगे। अनि त्यहाँबाट तिनले इस्राएलीहरूको छाउनीको बाहिरी भाग देखे।
NUM 23:1 बालामले बालाकलाई भने, “मेरा निम्ति यहाँ सात वटा वेदीहरू बनाउनुहोस्। अनि मेरा निम्ति सात वटा साँढे र सात वटा भेडा तयार पार्नुहोस्।”
NUM 23:2 बालामले भनेजस्तै बालाकले गरे, र ती दुवै जनाले प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए।
NUM 23:3 तब बालामले बालाकलाई भने, “तपाईं यहाँ आफ्नो होमबलिको नजिक उभिनुहोस्। अनि मचाहिँ अलि पर जान्छु। सायद याहवेह मसँग भेट गर्न आउनुहुनेछ। उहाँले मलाई जे प्रकाश गर्नुहुन्छ, म तपाईंलाई भन्‍नेछु।” तब तिनी एउटा उजाड-डाँडातिर गए।
NUM 23:4 परमेश्‍वरले तिनीसँग भेट गर्नुभयो र बालामले उहाँलाई भने, “मैले सात वटा वेदीहरू तयार गराएँ; र प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाएँ।”
NUM 23:5 याहवेहले बालामको मुखमा सन्देश हालिदिनुभयो र भन्‍नुभयो, “बालाककहाँ फर्केर जा, र त्यसलाई यो सन्देश दिनू।”
NUM 23:6 यसकारण बालाम बालाककहाँ फर्केर गए। अनि मोआबका राजा र सबै अधिकारीहरूसँग आफ्नो होमबलिको छेउमा उभिरहेका भेट्टाए:
NUM 23:7 तब बालामले आफ्नो सन्देश सुरु गरे: “बालाकले मलाई अरामबाट यहाँ ल्याए; मोआबका राजाले पूर्वका पर्वतहरूबाट बोलाए। तिनले भने, ‘आउनुहोस्, र मेरा निम्ति याकोबलाई श्राप दिनुहोस्: आउनुहोस् र इस्राएललाई धिक्‍कार्नुहोस्।’
NUM 23:8 परमेश्‍वरले जसलाई श्राप दिनुभएन, तिनीहरूलाई मैले कसरी श्राप दिऊँ? याहवेहले जसलाई धिक्‍कार्नुभएन, मैले कसरी धिक्‍कारूँ?
NUM 23:9 मैले तिनीहरूलाई चट्टानको शिखरबाट हेरेँ; अग्ला ठाउँहरूबाट मैले तिनीहरूलाई देखेँ। मैले एउटा अलग्गै बस्‍ने जातिलाई देखेँ; तिनीहरूले आफूलाई अरू जातिहरूजस्ता ठान्दैनन्।
NUM 23:10 याकोबको धुलोलाई कसले गन्‍न सक्छ, अथवा इस्राएलको चौथो भाग मात्रैलाई पनि कसले गन्‍न सक्छ? मेरो मृत्यु पनि धर्मी मानिसको मृत्युझैँ होस्! र मेरो जीवनको अन्त्य तिनीहरूको जस्तै होस्!”
NUM 23:11 बालाक राजाले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्नलाई बोलाएको हुँ, तर तपाईंले त केही नगरेर तिनीहरूलाई आशिष् पो दिनुभएको छ!”
NUM 23:12 बालामले जवाफ दिए, “याहवेहले मेरो मुखमा जे दिनुभएको छ, के मैले त्यही बोल्नुपर्दैन र?”
NUM 23:13 त्यसपछि बालाकले तिनलाई भने, “मसँग अर्को ठाउँमा आउनुहोस्, जहाँबाट तपाईंले तिनीहरूलाई देख्न सक्नुहुन्छ। तपाईंले तिनीहरू सबैलाई होइन, तर तिनीहरूका छाउनीको बाहिरी भाग मात्र देख्न सक्नुहुन्छ। अनि त्यहाँबाट तपाईंले मेरा निम्ति तिनीहरूलाई श्राप दिनुहोस्।”
NUM 23:14 यसकारण बालाक राजाले बालामलाई पिसगाको टुप्पोमा सोफिमको मैदानमा लगे, र त्यहाँ तिनले सात वटा वेदीहरू बनाए। अनि प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए।
NUM 23:15 बालामले बालाक राजालाई भने, “तपाईं यहाँ आफ्नो होमबलिको नजिक उभिनुहोस्। अनि मचाहिँ उहाँलाई त्यहाँ पर भेट्नेछु।”
NUM 23:16 याहवेहले बालामसँग भेट गर्नुभयो, र तिनको मुखमा सन्देश दिएर भन्‍नुभयो, “बालाककहाँ फर्केर जा, र त्यसलाई यो सन्देश दे।”
NUM 23:17 यसकारण तिनी बालाककहाँ गए। अनि उनलाई मोआबका अधिकारीहरूसँग आफ्नो होमबलिको छेउमा उभिरहेका भेट्टाए। बालाकले तिनलाई सोधे, “याहवेहले के भन्‍नुभयो?”
NUM 23:18 तब बालामले यसरी आफ्नो सन्देश बोले: “ए बालाक उठ्, र सुन्; ए सिप्पोरका छोरा मेरा कुरा सुन्।
NUM 23:19 परमेश्‍वर मानिसजस्तो हुनुहुन्‍न, उहाँले झूट बोल्नुहुन्‍न; उहाँ कुनै मानिसको पुत्रजस्तो हुनुहुन्‍न, जसले आफ्नो मन बदली गर्नुहुन्छ। के उहाँले बोल्नुभएपछि काम गर्नुहुन्‍न र? के उहाँले प्रतिज्ञा गर्नुभएपछि पूरा गर्नुहुन्‍न र?
NUM 23:20 मैले आशिष् दिनू भन्‍ने आज्ञा पाएको छु; उहाँले आशिष् दिनुभएको छ, र म यसलाई बदली गर्न सक्दिनँ।
NUM 23:21 “याकोबमा कुनै दुष्‍टता देखिँदैन, इस्राएलमा कुनै विपत्ति देखिँदैन। याहवेह तिनीहरूका परमेश्‍वर तिनीहरूसँग हुनुहन्छ; राजाको विजय-ध्वनि तिनीहरूको बीचमा छ।
NUM 23:22 परमेश्‍वरले तिनीहरूलाई इजिप्टबाट निकाल्नुभयो; तिनीहरूसँग जङ्गली साँढेको शक्ति छ।
NUM 23:23 याकोबको विरुद्धमा कुनै तन्त्रमन्त्र छैन। इस्राएलको विरुद्धमा कुनै टुनामुनाले काम गर्दैन। अब याकोबको विषयमा र इस्राएलको विषयमा यसो भनिनेछ, ‘परमेश्‍वरले के गर्नुभएको छ, त्यो हेर!’
NUM 23:24 यो जाति सिंहनीझैँ उठ्छन्; तिनीहरूले आफूलाई सिंहझैँ उत्तेजित पार्दछन्, जसले आफ्नो शिकार नखाउन्जेल र आफ्नो शिकारको रगत नपिउन्जेल विश्राम लिदैनन्।”
NUM 23:25 तब बालाक राजाले बालामलाई भने, “तिनीहरूलाई श्राप नदिनुहोस्, र तिनीहरूलाई आशिष् पनि नदिनुहोस्!”
NUM 23:26 बालामले बालाकलाई जवाफ दिए, “याहवेहले मलाई जे भन्‍नुहुन्छ, त्यही कुरा भन्‍नुपर्छ भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?”
NUM 23:27 त्यसपछि बालाक राजाले बालामलाई भने, “आउनुहोस्, म तपाईंलाई अर्को ठाउँमा लैजानेछु। सायद त्यहाँबाट तपाईंले तिनीहरूलाई मेरा निम्ति सरापेकोमा परमेश्‍वर खुशी हुनुहोला कि।”
NUM 23:28 अनि बालाकले बालामलाई पोरको टुप्पामा लगे, जहाँबाट उजाडभूमि देखिन्थ्यो।
NUM 23:29 तब बालामले बालाकलाई भने, “मेरा लागि यहाँ सात वटा वेदीहरू बनाउनुहोस्। अनि मेरा निम्ति सात वटा साँढेहरू र सात वटा भेडाहरू तयार पार्नुहोस्।”
NUM 23:30 बालामले भनेजस्तै बालाकले गरे। अनि प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए।
NUM 24:1 जब बालामले इस्राएललाई आशिष् दिँदा याहवेह प्रसन्‍न हुनुहुन्छ भन्‍ने कुरा थाहा पाए, तब तिनले अरू बेलाजस्तै टुनामुना गरेनन्। तर तिनले आफ्नो अनुहार उजाडस्थानतिर फर्काएर हेरे।
NUM 24:2 जब तिनले इस्राएलीहरूलाई कुल-कुलअनुसार पाल टाँगेर बसेको देखे; तब परमेश्‍वरका आत्मा बालाममाथि आउनुभयो।
NUM 24:3 अनि तिनले आफ्नो सन्देश भन्‍न थाले: “बओरका छोरा बालामको अगमवाणी, उसको अगमवाणी जसको आँखाले स्पष्‍ट गरी देख्छ;
NUM 24:4 उसको अगमवाणी, जसले परमेश्‍वरको वचन सुन्छ, जसले सर्वशक्तिमान्‌बाट दर्शन देख्छ, जसले झुकेर दण्डवत् गर्दछ, र जसका आँखा खुल्‍ला रहन्छन्:
NUM 24:5 “हे याकोब, तेरा पालहरू, हे इस्राएल, तेरा पवित्र वासस्थानहरू कति सुन्दर छन्!
NUM 24:6 “टाढासम्म फैलिएका बेँसीहरूझैँ, नदीको छेउमा भएका बगैँचाहरूझैँ, याहवेहद्वारा रोपिएका एलवाहरूझैँ, पानीको छेउमा भएका देवदारुहरूझैँ।
NUM 24:7 तिनीहरूका भाँडाहरूबाट पानी बगेर निस्कनेछ; तिनीहरूका बिउले प्रशस्त पानी पाउनेछन्। “तिनीहरूका राजा अगागभन्दा महान् हुनेछन्; तिनीहरूको राज्य उच्‍च पारिनेछ।
NUM 24:8 “परमेश्‍वरले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो; तिनीहरूसँग जङ्गली साँढेको शक्ति छ। तिनीहरूले विरोधी राष्ट्रहरूलाई निल्छन्, र तिनीहरूका हड्डीहरू टुक्रा-टुक्रा पार्छन्; तिनीहरूका काँडले तिनीहरूलाई छेड्नेछन्।
NUM 24:9 तिनीहरू सिंहजस्तै पल्टिरहेका छन्, र विश्राम गर्दछन्, एउटी सिंहनीजस्तै—कसले तिनीहरूलाई उठाउने आँट गर्ला र? “तिमीहरूलाई आशिष् दिनेहरू आशिषित होस्, र तिमीहरूलाई सराप्नेहरू श्रापित होस्!”
NUM 24:10 त्यसपछि बालाक राजाको क्रोध बालामप्रति दन्क्यो। तिनले आफ्ना हातहरू एकसाथ ठटाएर बालामलाई भने, “मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएँ, तर तपाईंले तिनीहरूलाई यसरी तीनपल्ट आशिष् दिनुभयो।
NUM 24:11 अब झट्टै यस ठाउँलाई छोडेर घर गइहाल्नुहोस्! तपाईंलाई ठूलो रकम दिन्छु भनी मैले सोचेको थिएँ। तर याहवेहले तपाईंलाई रकम पाउनबाट रोक्नुभएको छ।”
NUM 24:12 बालामले बालाक राजालाई जवाफ दिए, “के तपाईंले पठाउनुभएका सन्देश वाहकहरूलाई मैले भनेको थिइनँ,
NUM 24:13 ‘यदि बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल नै दिनुभए तापनि याहवेहको आज्ञादेखि बाहिर असल वा खराब म आफ्नो तर्फबाट केही गर्न सक्दिनँ। अनि मैले याहवेहले भन्‍नुभएको कुरा मात्र भन्‍नुपर्छ भनेर भनेको थिइनँ र?’
NUM 24:14 अब म आफ्नै मानिसहरूकहाँ फर्किजाँदैछु। तर सुन्‍नुहोस्, यी इस्राएली जातिले आउने दिनहरूमा तपाईंका जातिलाई के गर्नेछन्, सो चेतावनी दिन्छु।”
NUM 24:15 तब बालामले आफ्नो सन्देश भने: “बओरका छोरा बालामको अगमवाणी, उसको अगमवाणी, जसको आँखाले स्पष्‍ट गरी देख्छ;
NUM 24:16 उसको अगमवाणी, जसले परमेश्‍वरले भन्‍नुभएको वचन सुन्छ, जससँग सर्वशक्तिमान् परमेश्‍वरको ज्ञान छ; जसले सर्वोच्‍चबाट दर्शन देख्छ: जसले झुकेर दण्डवत् गर्छ, र जसका आँखा खुल्‍ला रहन्छन्:
NUM 24:17 “म उहाँलाई देख्छु, तर अहिले होइन; म उहाँलाई हेर्छु, तर नजिकै त होइन। याकोबबाट एउटा तारा निस्कनेछ; इस्राएलबाट एउटा राजदण्ड उठ्नेछ। अनि त्यसले मोआबका निधारहरू र शेतका सबै मानिसहरूका टाउको कुच्याउनेछ।
NUM 24:18 एदोम पराजित हुनेछ; त्यसको शत्रु सेइर पराजित हुनेछ। तर इस्राएलचाहिँ बलियो हुँदै जानेछ।
NUM 24:19 याकोबबाट एउटा शासक निस्कनेछ। अनि त्यसले सहरका बाँचेकाहरूलाई नाश गर्नेछ।”
NUM 24:20 तब बालामले अमालेकलाई देखेर आफ्नो सन्देश भने: “अमालेक राष्ट्रहरूमा पहिलो थियो, तर तिनीहरूको अन्त्य पूर्ण रूपमा विनाश हुनेछ।”
NUM 24:21 तब तिनले केनीहरूलाई देखेर आफ्नो सन्देश भने: “तेरो बस्‍ने स्थान सुरक्षित छ; तेरो गुँड चट्टानमा बसालिएको छ;
NUM 24:22 तरै पनि जब अश्शूरले तिमीहरूलाई कैद गरेर लैजान्छन् तिमी केनीहरू नष्‍ट हुनेछौ।”
NUM 24:23 तब बालामले सन्देश गरे: “हाय! परमेश्‍वरले यसो गर्नुहुँदा को जीवित रहन सक्छ?
NUM 24:24 जहाजहरू कित्तीम किनारबाट आउनेछन्; तिनीहरूले अश्शूर र एबेरलाई दमन गर्नेछन्। तर तिनीहरू पनि नष्‍ट हुनेछन्।”
NUM 24:25 त्यसपछि बालाम उठे, र आफ्नो घरतिर फर्के। अनि बालाक पनि आफ्नो बाटो लागे।
NUM 25:1 जब इस्राएलीहरू शित्तीमको बेँसीमा बसे, तब मोआबी स्त्रीहरूसँग अनैतिक यौन सम्बन्ध राख्न थाले।
NUM 25:2 ती स्त्रीहरूले आफ्ना देवताहरूका निम्ति बलि चढाउनलाई तिनीहरूलाई निम्तो दिए। ती पुरुषहरूले ती देवताहरूलाई चढाइएको खानेकुरा खाए। अनि ती देवताहरूको सामु दण्डवत् गरे।
NUM 25:3 यसरी इस्राएलीहरूले आफैँलाई पोरको बाल-देवताको पूजामा सहभागी गराए। अनि याहवेहको क्रोध तिनीहरूको विरुद्धमा दन्क्यो।
NUM 25:4 याहवेहले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूका सबै अगुवाहरूलाई लगेर मार्नू, र दिउँसोको घाममा याहवेहको सामु झुण्ड्याउनू; ताकि याहवेहको भयानक क्रोध इस्राएलीहरूबाट हटेर जाओस्।”
NUM 25:5 अनि मोशाले इस्राएलका न्यायकर्ताहरूलाई भने, “तिमीहरू हरेकले तिमीहरूका मानिसहरू, जसले आफूलाई पोरको बाल-देवताको पूजामा सहभागी गराएका छन्, तिनीहरूलाई मार्नू।”
NUM 25:6 तब इस्राएलीहरू भेट हुने पालको प्रवेशद्वारमा रोइरहेका अवस्थामा एक जना इस्राएली पुरुषले मोशा र सारा इस्राएली समुदायको आँखाकै सामु एउटी मिद्यानी स्त्रीलाई आफ्नो पालमा ल्याए।
NUM 25:7 जब एलाजारका छोरा, पुजारी हारूनका नाति पीनहासले त्यो देखे, तब तिनी समुदायको माझबाट उठे, र आफ्नो हातमा भाला लिए।
NUM 25:8 अनि त्यसपछि तिनी इस्राएली पुरुषलाई पछ्याउँदै पालभित्र पसे। तिनले ती दुवै इस्राएली पुरुष र त्यस स्त्रीको भुँडीमा वारपार हुने गरी भाला रोपिदिए। तब इस्राएलीहरूको विरुद्धमा आएको विपत्ति थामियो।
NUM 25:9 तर त्यस विपत्तिबाट मर्नेहरूको संख्या 24,000 थियो।
NUM 25:10 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 25:11 “पुजारी हारूनको नाति, एलाजारका छोरा पीनहासले इस्राएलीहरूबाट मेरो क्रोध हटाइदियो। किनकि तिनीहरूबीच मेरो आदरका निम्ति त्यो मजस्तै जोशिलो भयो। यसैकारण मैले आफ्नो रिसमा तिनीहरूलाई सर्वनाश गरिनँ।
NUM 25:12 यसकारण त्यसलाई भन्, म मेरो शान्तिको करार त्यससँग बाँध्दछु।
NUM 25:13 त्यो र त्यसका सन्तानहरू अनन्तसम्म पुजारीगिरीको करारमा हुनेछन्। किनकि त्यो आफ्नो परमेश्‍वरको आदरका निम्ति जोशिलो भयो र त्यसले इस्राएलीहरूका लागि प्रायश्‍चित गर्‍यो।”
NUM 25:14 मिद्यानी स्त्रीसँग मारिने इस्राएली पुरुषको नाम जिम्री थियो, जसको पिताका नाम सालू थियो। त्यो शिमियोनीहरूका घरानाका अगुवा थियो।
NUM 25:15 अनि त्यो मारिने मिद्यानी स्त्रीको नाम कोज्बी थियो, जो सूरकी छोरी थिई। सूरचाहिँ मिद्यानी घरानाका मुखिया थिए।
NUM 25:16 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 25:17 “मिद्यानीहरूलाई शत्रुलाई झैँ आक्रमण गर्, र तिनीहरूलाई मार्।
NUM 25:18 किनभने तिनीहरूले तिमीहरूलाई शत्रुझैँ ठानी छल गरेर पोरमा मिद्यानी अगुवाकी छोरी कोज्बीलाई चलाएर तिमीहरूलाई फसाए। अनि जसको परिणाम स्वरूप विपत्ति आइपर्दा त्यो स्त्रीको मृत्यु भयो।”
NUM 26:1 विपत्तिपछि याहवेहले मोशा र पुजारी हारूनका छोरा एलाजारलाई भन्‍नुभयो,
NUM 26:2 “सारा इस्राएली समुदायलाई तिनीहरूका परिवारअनुसार, बीस वर्ष र त्यसभन्दा बढी उमेरका इस्राएलका सेनामा सेवा गर्न सक्नेहरूको जनगणना गर्नू।”
NUM 26:3 यसकारण यरीहोदेखि पारिपट्टि यर्दन नदीको छेउमा भएको मोआबको मैदानमा मोशा र पुजारी एलाजारले तिनीहरूसँग कुरा गरेर यसो भने,
NUM 26:4 “याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ बीस वर्ष र त्यसभन्दा बढी उमेरका मानिसहरूको जनगणना गर्नू।”
NUM 26:5 इस्राएलका जेठा छोरा रूबेनका सन्तानहरू यिनै हुन्: हानोकबाट हानोकीहरूको वंश; पल्‍लूबाट पल्‍लूईहरूको वंश;
NUM 26:6 हेस्रोनबाट हेस्रोनीहरूको वंश; कर्मीबाट कर्मीहरूको वंश;
NUM 26:7 यिनीहरू नै रूबेनी वंशबाट थिए। गन्ती गरिएको संख्या 43,730 थियो।
NUM 26:8 पल्‍लूका छोरा एलिआब थिए।
NUM 26:9 अनि एलिआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन्, जो समुदायका अधिकारीहरू थिए; जसले कोरहको पछि लागेर याहवेहको विरुद्धमा खडा हुँदै, मोशा र हारूनको विरोध गरेका थिए।
NUM 26:10 तिनीहरूलाई कोरहसँगै धर्तीले आफ्नो मुख खोलेर निलेको थियो, कोरहको पछि लाग्ने 250 मानिसहरूलाई आगोले भस्म पारेको थियो। अनि त्यो घटना सारा इस्राएलमा चेतावनीको चिन्ह भयो।
NUM 26:11 तरै पनि कोरहको पूरै वंशचाहिँ लोप भएर गएन।
NUM 26:12 शिमियोनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: नमूएलबाट नमूएलीको वंश; यामीनबाट यामीनीको वंश; याकीनबाट याकीनीको वंश;
NUM 26:13 जेरहबाट जेरहीको वंश; शाऊलबाट शाऊलीहरूको वंश।
NUM 26:14 शिमियोनका घरानाहरू यिनै हुन्: तिनीहरूको संख्या 22,200 थियो।
NUM 26:15 गादका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: सपोनबाट सपोनीहरूको वंश; हाग्गीबाट हाग्गीहरूको वंश; शूनीबाट शूनीहरूको वंश;
NUM 26:16 ओज्नीबाट ओज्नीहरूको वंश; एरीबाट एरीहरूको वंश;
NUM 26:17 अरोदीबाट अरोदीहरूको वंश; अरेलीबाट अरेलीहरूको वंश।
NUM 26:18 गादका वंशहरू यिनै हुन्; तिनीहरू संख्या 40,500 थियो।
NUM 26:19 एर र ओनान यहूदाका छोराहरू थिए, तर तिनीहरू कनानमै मरे।
NUM 26:20 यहूदाका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: शेलहबाट शेलानीहरूको वंश; पेरेसबाट पेरेसीहरूको वंश; जेरहबाट जेरहीहरूको वंश।
NUM 26:21 पेरेसका सन्तानहरू यिनै हुन्: हेस्रोनबाट, हेस्रोनीहरूको वंश; हामूलबाट, हामूलीहरूको वंश।
NUM 26:22 यहूदाका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 76,500 थियो।
NUM 26:23 इस्साखारका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: तोलाबाट तोलाहीहरूको वंश; पुवाहबाट पुवातीहरूको वंश।
NUM 26:24 याशूबबाट याशूबीहरूको वंश; शिम्रोनबाट शिम्रोनीहरूको वंश।
NUM 26:25 इस्साखारका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 64,300 थियो।
NUM 26:26 जबूलूनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: सेरेदबाट सेरेदीहरूको वंश; एलोनबाट एलोनीहरूको वंश; यहलेलबाट यहलेलीहरूको वंश।
NUM 26:27 जबूलूनका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 60,500 थियो।
NUM 26:28 योसेफका कुलबाट मनश्शे र एफ्राइम थिए। तिनीहरूका वंशअनुसार यिनै हुन्:
NUM 26:29 मनश्शेका सन्तानहरू: माकीरबाट माकीरीहरूको वंश; (माकीर गिलादका पिता थिए); गिलादबाट गिलादीहरूको वंश।
NUM 26:30 गिलादका सन्तानहरू यिनै थिए: ईएजेरबाट ईएजेरीहरूको वंश; हेलेकबाट हेलेकीहरूको वंश।
NUM 26:31 अस्रीएलबाट अस्रीएलीहरूको वंश; शेकेमबाट शेकेमीहरूको वंश।
NUM 26:32 शमीदाबाट शमीदीहरूको वंश; हेपेरबाट हेपेरीहरूको वंश।
NUM 26:33 (हेपेरको छोरो सलोफादका कुनै छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। तिनीहरूका नाम महला, नोआ, होग्ला, मिल्का र तिर्सा थिए।)
NUM 26:34 मनश्शेका वंशका सन्तानहरू यिनै थिए; तिनीहरूको संख्या 52,700 थियो।
NUM 26:35 एफ्राइमका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: शूतेलहबाट शूतेलहीहरूको वंश; बेकेरबाट बेकेरीहरूको वंश; तहनबाट तहनीहरूको वंश।
NUM 26:36 शूतेलहका सन्तानहरू यिनै थिए: एरानबाट एरेनीहरूको वंश।
NUM 26:37 एफ्राइमका वंशहरू यिनै थिए; तिनीहरूको संख्या 32,500 थियो।
NUM 26:38 बेन्यामीनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: बेलाबाट बेलाहीहरूको वंश; अश्बेलबाट अश्बेलीहरूको वंश; अहीरामबाट अहीरामीहरूको वंश।
NUM 26:39 शूपामबाट शू्पामीहरूको वंश; हूफामबाट हूफामीहरूको वंश।
NUM 26:40 आर्द र नामानबाट बेलाका सन्तानहरू यिनै थिए: अर्दबाट अर्दीहरूको वंश; नामानबाट नामानीहरूको वंश।
NUM 26:41 बेन्यामीनका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 45,600 थियो।
NUM 26:42 दानका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: शूहामबाट, शूहामीहरूको वंश,
NUM 26:43 तिनीहरू सबै शूहामी वंशहरू थिए; र तिनीहरूको संख्या 64,400 थियो।
NUM 26:44 आशेरका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: यिम्नाबाट यिम्नीहरूको वंश; यिश्‍वीबाट यिश्‍वीहरूको वंश; बेरियाहबाट बेरियातीहरूको वंश;
NUM 26:45 अनि बेरियाहका सन्तानहरूबाट: हेबेरबाट हेबेरीहरूको वंश; मल्कीएलबाट मल्कीएलीहरूको वंश।
NUM 26:46 आशेरकी सेरह नाम भएकी एउटी छोरी थिइन्।
NUM 26:47 आशेरका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 53,400 थियो।
NUM 26:48 नप्‍तालीका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: यहसेलबाट यहसेलीहरूको वंश; गुनीबाट गुनीहरूको वंश।
NUM 26:49 येसेरबाट येसेरीहरूको वंश; शिल्‍लेमबाट शिल्‍लेमीहरूको वंश।
NUM 26:50 नप्‍तालीका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 45,400 थियो।
NUM 26:51 इस्राएलका सम्पूर्ण मानिसहरूको संख्या 6,01,730 थियो।
NUM 26:52 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 26:53 “देशचाहिँ पैतृक सम्पत्तिको रूपमा तिनीहरूको नामको संख्याको आधारमा तिनीहरूलाई बाँडिदिनू।
NUM 26:54 ठूलो दल हुनेलाई ठूलो भाग र सानो दल हुनेलाई सानै भाग दिनू। सूचीमा भएका संख्याअनुसार हरेकले आफ्नो पैतृक सम्पत्तिको भाग पाओस्।
NUM 26:55 जमिन निश्‍चित रूपमा चिट्ठा हालेर मात्र बाँड्नू। हरेक दलले पाउने भाग तिनीहरूको पैतृक कुलको नामअनुसार हुनेछ।
NUM 26:56 हरेक भाग ठूला र साना दलअनुसार चिट्ठा हालेर बाँडिदिनू।”
NUM 26:57 तिनीहरूका वंशअनुसार गनिएका लेवीहरू यिनै थिए: गेर्शोनीबाट गेर्शोनीहरूको वंश; कहातबाट कहातीहरूको वंश; मरारीबाट मरारीहरूको वंश।
NUM 26:58 यिनीहरू पनि लेवी वंशका नै थिए: लिब्नीहरूको वंश, हेब्रोनीहरूको वंश, महलीहरूको वंश, मूशीहरूको वंश, कोरहीहरूको वंश। (कहातचाहिँ अम्रामका पुर्खा थिए,
NUM 26:59 अम्रामकी पत्नीको नाम योकेबेद थियो, जोचाहिँ लेवीकी छोरी, इजिप्टमा लेवीका घरानामा जन्मेकी थिइन्। तिनले अम्रामबाट हारून, मोशा र तिनीहरूकी दिदी मिरियमलाई जन्माइन्।
NUM 26:60 हारूनचाहिँ नादाब, अबीहू, एलाजार र ईतामारका पिता थिए।
NUM 26:61 तर नादाब र अबीहूको मृत्यु भयो। किनकि तिनीहरूले याहवेहको सामु आज्ञा नगरिएको आगोमा भेटी चढाएका थिए।)
NUM 26:62 एक महिना र त्यसभन्दा बढी उमेरका लेवी पुरुषहरूको संख्या 23,000 थियो। तिनीहरू अरू इस्राएलीहरूसँग गनिएनन्। किनकि लेवीहरूले अरू इस्राएलीहरूसँग कुनै पैतृक सम्पत्ति पाएनन्।
NUM 26:63 मोशा र पुजारी एलाजारले, यरीहोको पारिपट्टि यर्दन नदीको छेउमा पर्ने मोआबको मैदानमा गन्ती गरेका इस्राएलीहरू यिनीहरू नै हुन्।
NUM 26:64 यहाँ गन्ती भएकाहरूमा मोशा र पुजारी हारूनले सीनैको उजाडस्थानमा गन्ती गरेका इस्राएलीहरूमध्येका एउटै पनि त्यहाँ थिएनन्।
NUM 26:65 किनकि याहवेहले ती इस्राएलीहरूलाई भन्‍नुभएको थियो: तिनीहरू निश्‍चय नै उजाडस्थानमा मर्नेछन्। अनि तिनीहरूमध्ये यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक एकै जना पनि जीवित रहेनन्।
NUM 27:1 सलोफाद योसेफका छोरा मनश्शे वंशका थिए। मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलाद, गिलादका छोरा हेपेर र हेपेरका छोरा सलोफाद थिए। सलोफादका छोरीहरू महला, नोआ, होग्ला, मिल्का र तिर्सा थिए। तिनीहरू भेट हुने पालको प्रवेशद्वारमा आए।
NUM 27:2 अनि मोशा, पुजारी एलाजार, अगुवाहरू र सारा समुदायको सामु भेट हुने पालको ढोकामा उभिएर भने,
NUM 27:3 “हाम्रा बुबा उजाडस्थानमा मर्नुभयो। उहाँ याहवेहको विरुद्धमा दल बनाउने कोरहसँग हुनुहुन्‍नथ्यो; तर उहाँको आफ्नै पापको कारण मृत्यु भयो। उहाँका कुनै पनि छोराहरू थिएनन्।
NUM 27:4 हाम्रा बुबाको छोरा छैन भनेर आफ्नो वंशबाट उहाँको नामलाई किन मेटाउनू? हामीलाई हाम्रा बुबाका आफन्तहरूसँगै अंश दिनुहोस्।”
NUM 27:5 यसकारण मोशाले तिनीहरूको मुद्दा याहवेहका सामु ल्याए।
NUM 27:6 अनि याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 27:7 “सलोफादका छोरीहरूले जे भनिरहेका छन्, त्यो सही हो। तैँले तिनीहरूलाई निश्‍चय नै तिनीहरूका बुबाका आफन्तहरूका बीचमा पैतृक सम्पत्तिको रूपमा अंश दिनू; र तिनीहरूलाई तिनीहरूका बुबाका उत्तराधिकार बनाइदिनू।”
NUM 27:8 इस्राएलीहरूलाई भन्, “यदि कुनै मानिस मर्छ, र त्यसको कुनै छोरा छैन भने त्यसको सम्पत्ति त्यसका छोरीलाई नै नदिनू।
NUM 27:9 यदि त्यसको कुनै छोरी पनि छैन भने त्यसको अंश त्यसको दाजुभाइलाई दिनू।
NUM 27:10 यदि त्यसको दाजुभाइ पनि छैनन् भने त्यसको अंश त्यसको बुबाका दाजुभाइलाई दिनू।
NUM 27:11 यदि त्यसको बुबाका दाजुभाइ पनि छैनन् भने त्यसको अंश त्यसको वंशमा भएको सबैभन्दा नजिकको आफन्तलाई दिनू; ताकि त्यस अंशमा त्यसको अधिकार होस्। याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ इस्राएलीहरूका निम्ति यो एउटा लागू गरिने कानुन होस्।”
NUM 27:12 याहवेहले मोशालाई भन्‍नुभयो, “अबारीमको पहाडमा उक्लेर जा, र मैले इस्राएलीहरूलाई दिएको देशलाई हेर्।
NUM 27:13 तैँले त्यो हेरेपछि तँ पनि तेरा दाजु हारूनझैँ आफ्ना मानिसहरूसँग मिल्नेछस्।
NUM 27:14 किनकि जीनको उजाडस्थानमा पानीको लागि समुदायले विद्रोह गर्दा तिमीहरू दुवैले तिनीहरूका अगि मेरो पवित्रताको आदर गर्नमा मेरो आज्ञापालन गर्नुपर्नेथियो। तर तिमीहरूले गरेनौँ।” (यो जीनको उजाडस्थान कादेशमा भएको मेरीबाको पानीको विषयमा थियो।)
NUM 27:15 मोशाले याहवेहलाई भने,
NUM 27:16 “हे याहवेह, समस्त मानव-जातिलाई जीवन दिनुहुने परमेश्‍वर, यस समुदायमाथि एक जना मानिस नियुक्त गरिदिनुहोस्।
NUM 27:17 त्यो मानिस, जो तिनीहरूका सामु बाहिर जाने र भित्र आउने, र तिनीहरूलाई अगुवाइ गरेर बाहिर लैजाओस् र भित्र ल्याओस्; ताकि याहवेहका मानिसहरू गोठालाविनाका भेडाहरूजस्तै नहोऊन्।”
NUM 27:18 यसकारण याहवेहले मोशालाई भन्‍नुभयो, “नूनका छोरा यहोशूलाई लैजा। त्यो मानिसमा नेतृत्वको आत्मा छ र त्यसमाथि तेरो हात राख्।
NUM 27:19 त्यसलाई पुजारी एलाजार र सारा समुदायको सामु खडा गर्। अनि तिनीहरूको उपस्थितिमा त्यसलाई अगुवाको जिम्मेवारी सुम्पिदे।
NUM 27:20 तेरो अधिकारको केही भाग त्यसलाई दिनू, र सारा इस्राएली समुदायले त्यसको आज्ञा मान्‍नेछन्।
NUM 27:21 त्यो एलाजार पुजारीको अगि खडा होस्, जसले याहवेहको सामु ऊरीमद्वारा यहोशूका निम्ति निर्णय प्राप्‍त गर्नेछ। यहोशूको आज्ञामा सारा इस्राएली समुदाय बाहिर जानेछन्, र त्यसकै आज्ञामा तिनीहरू भित्र आउनेछन्।”
NUM 27:22 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले गरे। तिनले यहोशूलाई लगे। अनि तिनलाई पुजारी एलाजार र सारा समुदायको अगि खडा गरे।
NUM 27:23 त्यसपछि तिनले आफ्ना हात तिनीमाथि राखे, र याहवेहले मोशाद्वारा आज्ञा दिनुभएजस्तै अगुवाको जिम्मेवारी सुम्पिदिए।
NUM 28:1 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 28:2 इस्राएलीहरूलाई यो आज्ञा दे, र तिनीहरूलाई भन्: तिमीहरूले मेरा निम्ति तोकिएको समयमा मिठो बास्‍नादार भेटीको रूपमा मेरो अग्निबलि चढाउन नभुल्नू।
NUM 28:3 तिनीहरूलाई भन्: तिमीहरूले याहवेहका निम्ति चढाउनुपर्ने अग्निबलिको भेटी यही हो: नियमित रूपमा चढाउने होमबलिका निम्ति निष्खोट दुई वटा एकवर्षे थुमाहरू प्रत्येक दिन चढाउनू।
NUM 28:4 एउटा थुमा बिहान र अर्को थुमा साँझमा चढाउनू।
NUM 28:5 त्यससँग एक एपाको दशौँ भाग मसिनो पिठोसँग एक चौथाइ हिन पेलिएको जैतुनको तेल पनि मिसाएर चढाउनू।
NUM 28:6 याहवेहलाई आगोद्वारा चढाइने मनपर्दो बास्‍नादार अन्‍नबलिको रूपमा सीनै पर्वतमा स्थापित गरिएको नियमित होमबलि यही हो।
NUM 28:7 त्यससँग चढाइने अर्घबलिचाहिँ प्रत्येक थुमासँग एक चौथाइ हिन दाखमद्य होस्। याहवेहका निम्ति त्यो अर्घबलि पवित्रस्थानमा खन्याउनू।
NUM 28:8 साँझमा दोस्रो थुमालाई पनि बिहानको अन्‍नबलि र अर्घबलि तयार गरेजस्तै गरी तयार गर्नू। यो याहवेहलाई चढाइने मनपर्दो बास्‍नादार अग्निबलि हो।
NUM 28:9 “शब्बाथ दिनमा जैतुनको तेलसँग मिसाएको एपाको दश भागको दुई भाग मसिनो पिठोसँग दुई वटा एकवर्षे निष्खोट थुमाहरूको अर्घबलि र अन्‍नबलि भेटी चढाउनू।
NUM 28:10 योचाहिँ नियमित चढाइने होमबलि र अर्घबलिबाहेक हरेक शब्बाथ दिनमा चढाइने होमबलि हो।
NUM 28:11 “प्रत्येक महिनाको पहिलो दिन याहवेहकहाँ होमबलिका लागि दुई वटा साँढे, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट हुनुपर्छ।
NUM 28:12 प्रत्येक साँढेसँग एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेलमा मिसाएको अन्‍नबलि चढाउनुपर्छ। एउटा भेडासँग एपाको दश भागको दुई भाग मसिनो पिठो जैतुनको तेलमा मिसाएको अन्‍नबलि हुनुपर्छ;
NUM 28:13 अनि प्रत्येक थुमासँग एक एपा मसिनो पिठो जैतुनको तेलसँग मिसाएको अन्‍नबलि हुनुपर्छ। योचाहिँ होमबलिका निम्ति याहवेहलाई मनपर्दो बास्‍नादार आगोद्वारा चढाइने अन्‍नबलि हो।
NUM 28:14 प्रत्येक साँढेसँग लगभग आधा हिन दाखमद्यको अर्घबलि होस्। भेडासँग एक तिहाइ हिन र प्रत्येक थुमासँग एक चौथाइ हिन दाखमद्य होस्। योचाहिँ प्रत्येक वर्षको प्रत्येक औँसीमा चढाउने मासिक होमबलि हो।
NUM 28:15 अर्घबलिसँग चढाइने नियमित होमबलिबाहेक याहवेहलाई पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाइनुपर्छ।
NUM 28:16 “पहिलो महिनाको चौधौँ दिनमा याहवेहको निस्तार चाड मनाइनुपर्छ।
NUM 28:17 त्यस महिनाको पन्ध्रौँ दिनमा चाड मनाउनू; सात दिनसम्म अखमिरी रोटी खानू।
NUM 28:18 यस चाडको पहिलो दिन पवित्र सभा होस्; त्यस दिन तिमीहरूले आफ्ना दैनिक काम नगर्नू।
NUM 28:19 याहवेहलाई अग्निबलि चढाउन दुई वटा बाछाहरू, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू, सबै निष्खोट पशुहरू समावेश गर्दै होमबलिको रूपमा चढाउनू।
NUM 28:20 अन्‍नबलिका लागि प्रत्येक साँढेका निम्ति जैतुनको तेलसँग मिसाएको एपाको दश भागको तीन भाग मसिनो पिठो; साँढभेडासँग दश भागको दुई भाग मसिनो पिठो;
NUM 28:21 र सातै वटा थुमाहरू हरेकसँग दश भागको एक भाग पिठोको अन्‍नबलि तयार गर्नू।
NUM 28:22 त्यसमा पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका तिमीहरूका प्रायश्‍चितका लागि लिनू।
NUM 28:23 बिहानको नियमित होमबलिबाहेक यी सबै बलिहरूलाई चढाउनू।
NUM 28:24 यस प्रकारले याहवेहलाई मनपर्दो बास्‍नादार भेटीको रूपमा सात दिनसम्म अग्निबलि प्रत्येक दिन चढाउनू। योचाहिँ नियमित चढाइने होमबलि र अर्घबलिबाहेक चढाउनुपर्छ।
NUM 28:25 सातौँ दिनमा एउटा पवित्र सभा राख्नू; र त्यस दिन कुनै दैनिक काम नगर्नू।”
NUM 28:26 अगौटे फलको दिनमा, साताहरूका चाडको समयमा जब तिमीहरूले याहवेहलाई नयाँ अन्‍नको भेटी चढाउँछौ, तब पवित्र सभा राख्नू। अनि त्यस दिन कुनै दैनिक काम नगर्नू।
NUM 28:27 दुई वटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरूका होमबलि याहवेहलाई मनपर्दो बास्‍नादार अन्‍नबलिको रूपमा चढाउनू।
NUM 28:28 प्रत्येक साँढेसँग अन्‍नबलिका लागि एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेलसँग मिसाएको; भेडासँग दश भागको दुई भाग मसिनो पिठो;
NUM 28:29 र प्रत्येक सात वटा थुमाहरूसँग दश भागको एक भाग मसिनो पिठो चढाउनू।
NUM 28:30 तिमीहरूका पापको प्रायश्‍चितका निम्ति एउटा बोका पनि लिनू।
NUM 28:31 यी कुराहरू तिनीहरूका अर्घबलिसँग नियमित होमबलि र अन्‍नबलिबाहेक चढाउनू। पशुहरूचाहिँ निश्‍चित रूपमा निष्खोट हुनुपर्छ।
NUM 29:1 “ ‘सातौँ महिनाको पहिलो दिनमा पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। त्यो दिनचाहिँ तिमीहरूका लागि तुरही फुक्ने दिन हो।
NUM 29:2 याहवेहलाई मनपर्दो बास्‍नादार होमबलिको रूपमा एउटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट हुनुपर्छ।
NUM 29:3 साँढेसँग एपाको दश भागको तीन भाग मसिनो पिठोमा जैतुनको तेल मिसाएको अन्‍नबलि चढाउनू; भेडासँग साँढे एपाको दश भागको दुई भाग मसिनो पिठो चढाउनू;
NUM 29:4 र सात वटा थुमाहरूमा प्रत्येकसँग दश भागको दुई भाग मसिनो पिठो मिसाउनू।
NUM 29:5 तिमीहरूका पापबलि शुद्धीकरणको निम्ति एउटा बोका सामेल गराएर प्रायश्‍चित गर्नू।
NUM 29:6 यी बलिहरूचाहिँ तोकिएको मासिक र दैनिक होमबलिहरूका साथमा तिनीहरूका अन्‍नबलि र अर्घबलिबाहेक चढाउनू। यिनीहरू याहवेहलाई मनपर्दो बास्‍नादार अग्निबलिहरू हुन्।
NUM 29:7 “ ‘सातौँ महिनाको दशौँ दिनमा पवित्र सभा राख्नू। तिमीहरूले आफूलाई विनम्र तुल्याउनू र कुनै पनि काम नगर्नू।
NUM 29:8 याहवेहलाई मनपर्दो बास्‍नादार होमबलिको रूपमा एउटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्।
NUM 29:9 अन्‍नबलिका निम्ति साँढेसँग एपाको दश भागको तीन भाग मसिनो पिठोमा जैतुनको तेल मिसाएर चढाउनू; भेडासँग दश भागको दुई भाग मसिनो पिठो चढाउनू;
NUM 29:10 र हरेक सात वटा थुमाहरूसँग दश भागको एक भागको हिसाबले अन्‍नबलि चढाउनू।
NUM 29:11 त्यसमा प्रायश्‍चितका निम्ति पाप शुद्धीकरण बलि र नियमित होमबलिसँगै अन्‍नबलि र अर्घबलिबाहेक पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाउनू।
NUM 29:12 “ ‘सातौँ महिनाको पन्ध्रौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। याहवेहका निम्ति सात दिनसम्म चाड मनाउनू।
NUM 29:13 याहवेहलाई मनपर्दो बास्‍नादार भोजनको रूपमा अग्निबलिको साथमा तेह्र वटा बाछाहरू, दुई वटा भेडाहरू र चौध वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्।
NUM 29:14 तेह्र वटा बाछाहरू प्रत्येकसँग एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेल मिसाएको अन्‍नबलि चढाउनू; प्रत्येक दुई भेडासँग दश भागको दुई भाग मसिनो पिठो,
NUM 29:15 र चौध वटा थुमाहरू प्रत्येकसँग दश भागको एक भाग मसिनो पिठो चढाउनू।
NUM 29:16 त्यससँग पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
NUM 29:17 “ ‘उत्सवको दोस्रो दिनमा तिमीहरूले बाह्र वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू, सबै पशुहरू निष्खोट होऊन्।
NUM 29:18 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू।
NUM 29:19 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
NUM 29:20 “ ‘तेस्रो दिनमा तिमीहरूले एघार वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्।
NUM 29:21 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू।
NUM 29:22 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
NUM 29:23 “ ‘चौथो दिनमा दश वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्।
NUM 29:24 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू।
NUM 29:25 त्यससँग पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
NUM 29:26 “ ‘पाँचौँ दिनमा नौ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्।
NUM 29:27 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू।
NUM 29:28 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
NUM 29:29 “ ‘छैटौँ दिनमा आठ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्।
NUM 29:30 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू।
NUM 29:31 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
NUM 29:32 “ ‘सातौँ दिनमा सात वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्।
NUM 29:33 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू।
NUM 29:34 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
NUM 29:35 “ ‘आठौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू।
NUM 29:36 याहवेहलाई मनमर्दो बास्‍नादार अग्निबलिको साथमा एउटा बाछा, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्।
NUM 29:37 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछा, भेडा र थुमाहरू चढाउनू।
NUM 29:38 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
NUM 29:39 “ ‘तिमीहरूले गरेका भाकल र स्वेच्छा भेटीहरूबाहेक, तिमीहरूका तोकिएका चाडहरूमा याहवेहका निम्ति यी बलिहरू चढाउनू; तिमीहरूका होमबलिहरू, अन्‍नबलिहरू, अर्घबलिहरू र मेलबलिहरू चढाउनू।’ ”
NUM 29:40 याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै, तिनले सबै कुरा इस्राएलीहरूलाई भनिदिए।
NUM 30:1 मोशाले इस्राएलका कुलका मुखियाहरूलाई भने: “याहवेहले यस्तो आज्ञा दिनुभएको छ:
NUM 30:2 जब कुनै मानिसले याहवेहसँग भाकल गर्छ, अथवा शपथ खाएर आफैँलाई बन्धनमा पार्छ भने त्यसले आफ्नो वचन तोड्नुहुँदैन। तर त्यसले आफूले बोलेको हरेक वचन जसरी भए तापनि पूरा गर्नैपर्छ।
NUM 30:3 “आफ्नो बुबाको घरमा बसिरहेकी कुनै जवान स्त्रीले याहवेहसँग भाकल गरी, अथवा आफूलाई बन्धनमा बाँधी भने,
NUM 30:4 र त्यो भाकल वा बन्धन सुनेर पनि उसका बुबा चुपचाप लाग्यो भने ती भाकल वा बन्धन कायम रहनेछ।
NUM 30:5 तर यदि उसका बुबाले त्यो भाकल सुनेर मनाही गर्‍यो भने उसले गरेको कुनै पनि भाकल अथवा आफूले गरेको बन्धन कायम रहनेछैन। उसका बुबाले उसलाई मनाही गरेका कारण याहवेहले उसलाई क्षमा गरिदिनुहुनेछ।
NUM 30:6 “यदि भाकल गरेपछि उसले विवाह गरी वा सोचविचार नगरी उसका मुखले आफूलाई बन्धनमा पारी भने,
NUM 30:7 र उसको पतिले त्यो कुरा सुनेर उसलाई केही भनेन भने उसका भाकलहरू वा उसले आफूलाई गरेका बन्धनहरू कायम रहनेछन्।
NUM 30:8 तर उसका पतिले त्यस विषयमा सुनेर उसलाई मनाही गर्‍यो भने उसले गरेको भाकल अथवा उसले नसोची आफूले गरेको प्रतिज्ञा रद्द हुनेछ। अनि याहवेहले त्यस स्त्रीलाई क्षमा गरिदिनुहुनेछ।
NUM 30:9 “विधवा अथवा पतिबाट त्यागिएकी स्त्रीले गरेका भाकल वा प्रतिज्ञा उसले पूरा गर्नैपर्छ।
NUM 30:10 “यदि पतिसँग बसिरहेकी स्त्रीले भाकल गरी वा शपथद्वारा आफूलाई बन्धनमा पारी,
NUM 30:11 अनि उसको पतिले त्यस विषयमा सुन्यो; तर पनि उसलाई केही भनेन; र उसलाई मनाही गरेन भने उसले गरेका सबै भाकलहरू अथवा आफूले गरेका प्रतिज्ञाहरू कायम रहनेछ।
NUM 30:12 तर यदि उसको पतिले त्यस विषयमा सुनेर त्यस कुरालाई रद्द गर्छ भने त्यस स्त्रीको ओठले गरेको कुनै पनि भाकल वा प्रतिज्ञा पूरा गर्नुपर्दैन। उसको पतिले ती रद्द गरिदिएको छ। अनि याहवेहले पनि उसलाई क्षमा गरिदिनुहुनेछ।
NUM 30:13 कुनै पनि स्त्रीले आफूलाई इन्कार गर्नलाई गरेको भाकल वा शपथद्वारा गरिएको प्रतिज्ञालाई उसको पतिले कायम राख्न वा रद्द गर्न सक्नेछ।
NUM 30:14 तर यदि उसको पतिले उसलाई लामो समयसम्म त्यस विषयमा केही भनेन भने त्यस स्त्रीले आफूलाई बाँधेका सबै भाकलहरू अथवा प्रतिज्ञाहरू त्यसले कायम राख्नेछ। त्यसले ती कुराका विषयमा सुनेर पनि उसलाई केही नभनेको कारण भाकल कायम रहनेछ।
NUM 30:15 तरै पनि यदि त्यसले केही समयपछि ती कुरा सुनेर कुनै कुरालाई रद्द गर्‍यो भने त्यस स्त्रीको दोषको परिणाम उसको पतिले भोग्नुपर्छ।”
NUM 30:16 पति-पत्नी बीचको सम्बन्ध र बुबा र बुबाको घरमा बसेकी अविवाहित जवान छोरीबीचको सम्बन्धको बारेमा याहवेहले मोशालाई दिनुभएका नियमहरू यिनै हुन्।
NUM 31:1 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 31:2 “इस्राएलीहरूका खातिर मिद्यानीहरूसँग बदला लिनू। त्यसपछि तँ आफ्ना मानिसहरूसँग मिल्न जानेछस्।”
NUM 31:3 यसकारण मोशाले मानिसहरूलाई भने, “मिद्यानीहरूका विरुद्ध याहवेहको बदलाको लडाइँ लड्नका निम्ति तिमीहरूका केही मानिसहरूलाई हातहतियारले सुसज्जित गराओ।
NUM 31:4 इस्राएलीहरूका प्रत्येक कुलबाट एक-एक हजार मानिसहरूलाई लडाइँ गर्न पठाओ।”
NUM 31:5 यसकारण इस्राएली वंशबाट प्रत्येक बाह्र कुलबाट एक हजारको हिसाबले लडाइँका निम्ति सुसज्जित पारिएका बाह्र हजार मानिसहरू खटाइए।
NUM 31:6 मोशाले तिनीहरूलाई प्रत्येक कुलबाट एक-एक हजारलाई लडाइँमा पठाए। तिनीहरूसँग पुजारी एलाजारका छोरा पीनहास पनि थिए। पीनहासले आफूसँग पवित्रस्थानका सामग्रीहरू र सङ्केत दिनका लागि तुरहीहरू लगे।
NUM 31:7 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले मिद्यानीहरूका विरुद्धमा लडाइँ गरे, र सबै पुरुषहरूलाई मारे।
NUM 31:8 तिनीहरूका हातबाट मर्नेहरूमध्ये मिद्यानका पाँच राजाहरू अर्थात् एवी, रेकेम, सूर, हूर र रेवा थिए। तिनीहरूले बओरका छोरा बालामलाई पनि तरवारले मारे।
NUM 31:9 इस्राएलीहरूले मिद्यानी स्त्रीहरू र तिनीहरूका छोराछोरीहरूलाई बन्दी बनाए र मिद्यानीहरूका बथान, बगाल र सरसामानहरू लुटको मालझैँ लिएर गए।
NUM 31:10 तिनीहरूले मिद्यानीहरू बसोबास गरेका सबै सहरहरू र छाउनीहरूलाई जलाइदिए।
NUM 31:11 तिनीहरूले लुटेका र कब्जा गरेका सबै मालसामानहरू, मानिसहरू र पशुहरू सबै लगे।
NUM 31:12 अनि कैदीहरू, कब्जा गरेका र लुटेका मालसामानहरूलाई मोशा, पुजारी एलाजार र इस्राएली समुदायकहाँ ल्याए। त्यस बेला तिनीहरूको छाउनी यरीहोदेखि पारि यर्दन नदीको किनार मोआबको मैदानमा थियो।
NUM 31:13 मोशा, पुजारी एलाजार र समुदायका सबै अगुवाहरू तिनीहरूलाई भेट गर्न छाउनीबाहिर आए।
NUM 31:14 लडाइँबाट फर्केर आएका सेनाका अधिकृतहरू अर्थात् हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसँग मोशा रिसाए।
NUM 31:15 मोशाले तिनीहरूलाई सोधे, “के तिमीहरूले सबै स्त्रीहरूलाई जीवितै रहन दियौ?”
NUM 31:16 यी तिनीहरू नै थिए, जसले पोर पर्वतको घटनामा बालामको सल्‍लाह सुनेर इस्राएलीहरूलाई याहवेहको विरुद्धमा तर्केर जान उक्साएका थिए। यसैकारण याहवेहका मानिसहरूलाई विपत्तिले प्रहार गरेको थियो।
NUM 31:17 अब सबै केटाहरूलाई र पुरुषहरूसँग सहवास गरेका हरेक स्त्रीहरूलाई पनि मार।
NUM 31:18 तर कुनै मानिससँग सहवास नभएका हरेक कन्याहरूलाई चाहिँ तिमीहरूले आफ्ना निम्ति जीवित राख।
NUM 31:19 यदि जजसले मानिसलाई मारेको छ, अर्थात् मारिएको कसैलाई छोएको छ भने तिमीहरू छाउनीबाहिर सात दिनसम्म बस्‍नुपर्छ। तेस्रो र सातौँ दिनमा तिमीहरूले आफैँलाई र तिमीहरूका कैदीहरूलाई शुद्ध पार्नुपर्छ।
NUM 31:20 तिमीहरूले लगाएका हरेक वस्त्र र छालाले अथवा बाख्राको रौँले अथवा काठले बनिएका हरेक कुरालाई शुद्ध पार।
NUM 31:21 त्यसपछि पुजारी एलाजारले लडाइँमा जाने सेनाहरूलाई भने, “याहवेहले मोशालाई दिनुभएको नियमअनुसार यो आवश्यक छ:
NUM 31:22 सुन, चाँदी, काँसो, फलाम, टिन, सिसा,
NUM 31:23 र आगोले नष्‍ट नहुने सबै कुरालाई आगोभित्र हालेर निकाल्नू र त्यो शुद्ध हुनेछ। तर त्यसलाई शुद्ध पार्ने पानीले पनि शुद्ध पारिनुपर्छ। अनि आगोले नष्‍ट हुने जुनसुकै थोकलाई चाहिँ पानीद्वारा शुद्ध पार्नू।
NUM 31:24 सातौँ दिनमा आफ्ना लुगाहरू धुनू, र तिमीहरू शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू छाउनीभित्र आउन सक्नेछौ।”
NUM 31:25 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 31:26 “तैँले, पुजारी एलाजार र समुदायका मुखियाहरूले कैद गरेर ल्याइएका सबै मानिसहरू र पशुहरू गन्ती गर्नू।
NUM 31:27 लुटिएका मालहरू लडाइँमा जाने सेनाहरू र बाँकी रहेका समुदायको बीचमा बराबरी बाँड्नू।
NUM 31:28 लडाइँमा युद्ध गर्ने सेनाहरूबाट याहवेहका सलामीको निम्ति चाहे मानिस होस्, अथवा गाईबस्तु, गधा, भेडा र बाख्राहरू होस्; हरेक कुराको पाँच सयबाट एउटा अलग गर्नू।
NUM 31:29 तिनीहरूबाट उठेको सलामीको आधा भागबाट याहवेहको भेटीको रूपमा पुजारी एलाजारलाई दिनू।
NUM 31:30 इस्राएलीहरूको आधा भागबाट मानिसहरू, गाईबस्तु, गधा, भेडा, बाख्रा अथवा अरू सबै पशुहरू, त्यसको प्रत्येक पचासबाट एउटा गरेर अलग गर्नू। ती अलग गरिएका कुराहरू याहवेहको समागम पालको रेख-देखको जिम्मामा रहेका लेवीहरूलाई दिनू।”
NUM 31:31 यसकारण याहवेहले मोशालाई आज्ञा गर्नुभएजस्तै मोशा र पुजारी एलाजारले गरे।
NUM 31:32 सेनाहरूले लुटेका सामानहरूमा बाँकी रहेका कुराहरू यही थियो: 6,75,000 भेडाहरू,
NUM 31:33 72,000 गाईबस्तु,
NUM 31:34 61,000 गधाहरू,
NUM 31:35 र कुनै मानिससँग सहवास नगरेका 32,000 स्त्रीहरू।
NUM 31:36 लडाइँमा युद्ध गर्ने सेनाहरूको आधा भाग यस्तो थियो: 3,37,500 भेडाहरू,
NUM 31:37 जसमा याहवेहका निम्ति सलामीचाहिँ 675 भेडाहरू थिए;
NUM 31:38 36,000 गाईबस्तुहरू, जसमा याहवेहका निम्ति सलामीचाहिँ 72 वटा थिए;
NUM 31:39 30,500 गधाहरू थिए, जसमा याहवेहका निम्ति सलामीचाहिँ 61 वटा थिए;
NUM 31:40 16,000 मानिसहरू, जसमा याहवेहका निम्ति सलामीचाहिँ 32 वटा थिए।
NUM 31:41 मोशालाई याहवेहले आज्ञा गर्नुभएझैँ याहवेहको भागको सलामी पुजारी एलाजारलाई दिए।
NUM 31:42 मोशाले सेनाहरूको भागबाट छुट्याएका इस्राएलीहरूको भागको आधा,
NUM 31:43 अर्थात् समुदायको आधा भागचाहिँ 3,37,500 भेडा थिए;
NUM 31:44 36,000 गाईबस्तु,
NUM 31:45 30,500 गधा,
NUM 31:46 र 16,000 मानिस थिए।
NUM 31:47 इस्राएलीहरूको आधा भागबाट याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै तिनले मानिसहरू र पशुहरूबाट प्रत्येक पचासबाट एक-एक अलग गरे। अनि ती सबै लेवीहरूलाई दिए, जो याहवेहको समागम पालको रेख-देखको जिम्मावाल थिए।
NUM 31:48 त्यसपछि सेनाहरूका अधिकृतहरू अर्थात् हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू मोशाकहाँ गए।
NUM 31:49 अनि तिनीहरूले मोशालाई भने, “तपाईंका सेवकहरूले हाम्रो जिम्मामा रहेका सेनाहरूलाई गनेका छन्। अनि एक जना पनि हराएको छैन।
NUM 31:50 यसकारण हामी प्रत्येकले पाएका सुनका चीजहरू अर्थात् बाला, चुरा, छाप-औँठी, कुण्डल र सिक्रीमाला याहवेहको सामु हामीले आफ्ना प्रायश्‍चितको लागि याहवेहका निम्ति भेटीको रूपमा ल्याएका छौँ।”
NUM 31:51 मोशा र पुजारी एलाजारले तिनीहरूबाट सुन अर्थात् सबै गहनाहरू स्वीकार गरे।
NUM 31:52 मोशा र एलाजारले हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूबाट याहवेहका निम्ति उपहारको रूपमा चढाएका सबै सुनको तौल 16,750 शेकेल थियो।
NUM 31:53 हरेक सेनाले लुटको सर-सामान आफ्नै निम्ति लिएका थिए।
NUM 31:54 मोशा र पुजारी एलाजारले हजार-हजारका र सय-सयका सेनापतिहरूबाट सुन स्वीकार गरे। अनि त्यसलाई याहवेहको सामु इस्राएलीहरूका निम्ति एउटा सम्झनाको रूपमा भेट हुने पालभित्र ल्याए।
NUM 32:1 रूबेनीहरू र गादीहरू, जसका धेरै बथान, बगाल भएकाले याजेर र गिलादको देश पशुपालनका निम्ति उपयुक्त देखे।
NUM 32:2 यसकारण तिनीहरू मोशा, पुजारी एलाजार र समुदायका अगुवाहरूकहाँ आएर भने,
NUM 32:3 अतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, शबाम, नेबो र बओन,
NUM 32:4 अर्थात् याहवेहले इस्राएलीहरूका अधीनमा पार्नुभएको देश पशुपालनका निम्ति उपयुक्त रहेछ। अनि तपाईंका सेवकहरूसँग धेरै गाईबस्तु छन्।
NUM 32:5 तिनीहरूले भने, “यदि हामीले तपाईंहरूको दृष्‍टिमा निगाह पाएका छौँ भने यो भूमि हाम्रो अधिकारको रूपमा तपाईंका सेवकहरूलाई दिनुहोस्। हामीलाई यर्दनपारि जान नलगाउनुहोस्।”
NUM 32:6 मोशाले गादीहरू र रूबेनीहरूलाई भने, “के तिमीहरूका दाजुभाइहरू लडाइँमा जाँदा तिमीहरूचाहिँ यहाँ ढुक्‍क बस्‍न चाहन्छौ?
NUM 32:7 किन तिमीहरू इस्राएलीहरूलाई याहवेहले यर्दनपारिपट्टि दिनुभएको देशमा जानलाई निराश बनाउँछौ?
NUM 32:8 जब तिमीहरूका बुबाहरूलाई मैले कादेश-बर्नेबाट त्यस देशलाई हेर्न पठाउँदा तिनीहरूले यस्तै गरेका थिए।
NUM 32:9 जब तिनीहरू एश्कोलको बेँसीसम्म पुगे, र त्यस देशलाई हेरेपछि तिनीहरूले इस्राएलीहरूलाई याहवेहले दिनुभएको देशमा प्रवेश गर्नलाई हतोत्साहित तुल्याएका थिए।
NUM 32:10 त्यस दिन याहवेह रिसाउनुभयो, र उहाँले यो शपथ खानुभयो:
NUM 32:11 ‘इजिप्टबाट आएका बीस वर्ष र त्यसभन्दा बढी उमेरका कसैले पनि मैले अब्राहाम, इसहाक र याकोबसँग शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गरेको देश देख्न पाउनेछैन। किनकि तिनीहरूले मलाई पूर्ण रूपले पछ्याएका छैनन्।
NUM 32:12 कनज्जी यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशू मात्र पस्‍न पाउनेछन्। किनकि यिनीहरूले चाहिँ पूर्ण हृदयले याहवेहलाई पछ्याए।’
NUM 32:13 इस्राएलको विरुद्धमा याहवेह रिसाउनुभयो। अनि उहाँको दृष्‍टिमा दुष्‍ट काम गर्नेहरूको सम्पूर्ण पुस्ता नष्‍ट नहोउन्जेल उहाँले तिनीहरूलाई उजाडस्थानमा चालीस वर्षसम्म भौँतारिन दिनुभयो।
NUM 32:14 “अनि तिमी पापीहरूका सन्तान आफ्ना पितापुर्खाहरूझैँ याहवेहलाई इस्राएलसँग अझ बढी रिस उठाउनलाई खडा भएका छौ।
NUM 32:15 यदि तिमीहरूले उहाँलाई पछ्याउन छाड्यौ भने उहाँले फेरि यी मानिसहरूलाई उजाडस्थानमा नै छोडिदिनुहुनेछ। अनि तिनीहरूको विनाशको कारण तिमीहरू हुनेछौ।”
NUM 32:16 तब तिनीहरू मोशाकहाँ आएर भने, “हामी यहाँ आफ्ना बगालका निम्ति गोठ, हाम्रा स्त्रीहरू र छोराछोरीहरूका लागि सहरहरू बनाउन चाहन्छौँ।
NUM 32:17 तर हामी आफैँचाहिँ इस्राएलीहरूलाई तिनीहरूको ठाउँमा नपुर्‍याएसम्म हातहतियार लिएर तिनीहरूको लागि लडाइँमा जान तयार छौँ। त्यस बेलामा हाम्रा स्त्रीहरू र छोराछोरीहरूचाहिँ यहाँका बासिन्दाहरूबाट जोगिनका लागि बलियो किल्‍ला भएका सहरहरूमा बस्‍नेछन्।
NUM 32:18 प्रत्येक इस्राएलीहरूले तिनीहरूका पैतृक सम्पत्ति नपाएसम्म हामी आफ्ना घरमा फर्कनेछैनौँ।
NUM 32:19 हामी यर्दनपारि तिनीहरूसँग उत्तराधिकारको कुनै भाग लिनेछैनौँ; किनकि हामीले यर्दनको पूर्वपट्टि उत्तराधिकारको भाग पाइसकेका छौँ।”
NUM 32:20 तब मोशाले तिनीहरूलाई भने, यदि तिमीहरूले यसो गर्‍यौ भने अर्थात् तिमीहरूले याहवेहको सामु लडाइँका निम्ति हातहतियार भिरेर लडाइँमा जान तयार भयौ भने,
NUM 32:21 अनि तिमीहरू सबै हातहतियार भिरेर याहवेहले आफ्ना शत्रुहरूलाई आफ्नै सामु धपाएर देश परास्त नगरेसम्म उहाँको सामु यर्दनपारि गयौ भने,
NUM 32:22 जब याहवेहको सामु देश अधीनमा आउँछ, तब तिमीहरू फर्कन सक्छौ। अनि याहवेह र इस्राएलसँगको तिमीहरूको दायित्वबाट तिमीहरू स्वतन्त्र हुनेछौ। अनि यो देश याहवेहको सामु तिमीहरूको अधिकारमा हुनेछ।
NUM 32:23 तर यदि तिमीहरूले आफ्नो वचन पूरा गर्न असफल भयौ भने तिमीहरूले याहवेहको विरुद्धमा पाप गरेका हुनेछौ। अनि तिमीहरूले आफ्ना पापको प्रतिफल निश्‍चय नै भोग्नेछौ।
NUM 32:24 आफ्ना स्त्रीहरू र छोराछोरीहरूका निम्ति सहर अनि तिमीहरूका बगालका निम्ति गोठहरू बनाओ। तर तिमीहरूले गरेका प्रतिज्ञा पूरा गर।
NUM 32:25 गादीहरू र रूबेनीहरूले मोशालाई भने, “हामी तपाईंका सेवकहरूले हाम्रा मालिकले आज्ञा गर्नुभएजस्तै गर्नेछौँ।
NUM 32:26 हाम्रा छोराछोरी र पत्नीहरू, हाम्रा बगालहरू र बथानहरू यहीँ गिलाद सहरमा रहनेछन्।
NUM 32:27 तर तपाईंका सेवकहरू, हाम्रा मालिकको आज्ञाअनुसार लडाइँका लागि हातहतियार भिरेका हरेक मानिसहरू याहवेहको सामु युद्ध गर्न यर्दनपारि जानेछौँ।”
NUM 32:28 तब मोशाले तिनीहरूको बारेमा पुजारी एलाजारलाई, नूनका छोरा यहोशू र इस्राएली कुलका अगुवाहरूलाई आज्ञा दिए।
NUM 32:29 मोशाले तिनीहरूलाई भने, “यदि गादीहरू र रूबेनीहरूका हरेक मानिस लडाइँका निम्ति हातहतियार भिरेर याहवेहको सामु तिमीहरूसँग लडाइँ गर्न यर्दनपारि जान्छन् भने, र जब त्यो देश तिमीहरूकै अगि तिमीहरूका अधीनमा आयो भने तिमीहरूले गिलादको मुलुक तिनीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनू।
NUM 32:30 तर यदि तिनीहरू हातहतियार भिरेर तिमीहरूका साथमा लडाइँमा पारि जान इन्कार गरे भने तिनीहरूले तिमीहरूसँगै कनान देशमा आ-आफ्ना सम्पत्तिको भाग पाउनेछन्।”
NUM 32:31 गादीहरू र रूबेनीहरूले जवाफ दिए, “तपाईंका सेवकहरूले याहवेहले भन्‍नुभएजस्तै हामी गर्नेछौँ।
NUM 32:32 हामी याहवेहको सामु हातहतियार भिरेर यर्दनपारि कनानसम्मै जानेछौँ। तर हामीले पाउने अधिकारचाहिँ यर्दनको वारि पूर्वपट्टि नै हुनेछ।”
NUM 32:33 त्यसपछि मोशाले गादीहरू, रूबेनीहरू र योसेफका छोरा मनश्शेको आधा कुललाई एमोरीहरूका राजा सीहोनको राज्य र बाशानका राजा ओगको राज्य अर्थात् सम्पूर्ण देश त्यसका सहरहरूसँगै र तिनीहरूका वरिपरिका प्रान्तहरू दिए।
NUM 32:34 गादीहरूले दीबोन, अतारोत, अरोएर,
NUM 32:35 अत्रोत-शोपान, याजेर, योगबहा,
NUM 32:36 बेथ-निम्रा र बेथ-हारानहरूलाई सुरक्षित सहरजस्तै बनाए। तिनीहरूका बगालका निम्ति गोठहरू बनाए।
NUM 32:37 अनि रूबेनीहरूले हेश्बोन, एलाले र किर्यातैम,
NUM 32:38 साथसाथै नेबो र बाल-मोन (यी नामहरू परिवर्तन भए) र सिब्मा पुनर्निर्माण गरे। तिनीहरूले आफूले पुनर्निर्माण गरेका सहरहरूका नामहरू नयाँ राखे।
NUM 32:39 मनश्शेका छोरा माकीरका सन्ततिहरू गिलादमा गए। अनि त्यसलाई कब्जा गरेर त्यहाँ बसोबास गर्ने एमोरीहरूलाई धपाए।
NUM 32:40 यसकारण मोशाले मनश्शेका सन्तान माकीरीहरूलाई गिलाद दिए। अनि तिनीहरू त्यहाँ बसोबास गरे।
NUM 32:41 याईर, मनश्शेको सन्तानले गिलादका केही बस्तीहरू आफ्नो अधीनमा ल्याए। अनि त्यसलाई हव्वोत-याईर नाम राखे।
NUM 32:42 अनि नोबहले केनात र त्यसका वरिपरिका बस्तीहरू कब्जा गरे। यसकारण ती बस्तीहरूका नाम आफ्नै नामअनुसार नोबह राखे।
NUM 33:1 मोशा र हारूनको नेतृत्वमा इस्राएलीहरू इजिप्टबाट दल-दलमा निस्केर यात्रा गरेका विवरणहरू यही हुन्।
NUM 33:2 याहवेहको आदेशमा मोशाले तिनीहरूका यात्राका विवरणहरू लेखे। तिनीहरूले यात्रा गरेका विभिन्‍न ठाउँअनुसारका विवरण यही हो:
NUM 33:3 इस्राएलीहरूले रामसेसबाट निस्तार चाडको भोलिपल्ट पहिलो महिनाको पन्ध्रौँ दिनमा यात्रा सुरु गरे। सारा इजिप्टियनहरूले हेर्दाहेर्दै तिनीहरूले साहसपूर्वक मोर्चा बाँधेर प्रस्थान गरे।
NUM 33:4 त्यस बेला ती इजिप्टियनहरूचाहिँ आफ्ना जेठा छोराहरूका लासलाई गाडिरहेका थिए; जसलाई याहवेहले प्रहार गरी मार्नुभएको थियो। किनकि तिनीहरूका देवताहरूमाथि पनि याहवेहले न्याय ल्याउनुभएको थियो।
NUM 33:5 रामसेसबाट हिँडेपछि इस्राएलीहरूले सुक्‍कोतमा छाउनी हाले।
NUM 33:6 सुक्‍कोतबाट हिँडेपछि तिनीहरूले उजाडस्थानको किनारमा भएको एथाममा छाउनी हाले।
NUM 33:7 तिनीहरू एथाम छोडेर हिँडे, र बाल-सेफोनको पूर्वपट्टि भएको पी-हहीरोतमा फर्किएर गए। अनि मिग्दोलको छेउमा छाउनी हाले।
NUM 33:8 तिनीहरू पी-हहीरोतबाट हिँडेपछि समुद्रको बीचबाट भएर उजाडस्थानमा गए। तिनीहरू एथामको उजाडस्थानमा तीन दिनसम्म हिँडे। अनि तिनीहरूले मारामा छाउनी हाले।
NUM 33:9 तिनीहरू माराबाट हिँडेर एलीममा आए, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूखहरू थिए। अनि त्यहीँ तिनीहरूले छाउनी हाले।
NUM 33:10 तिनीहरू एलीमबाट हिँडेर लाल समुद्रको नजिक छाउनी हाले।
NUM 33:11 लाल समुद्रबाट हिँडेपछि तिनीहरूले सीनको उजाडस्थानमा छाउनी हाले।
NUM 33:12 सीनको उजाडस्थानबाट हिँडेपछि तिनीहरूले दोफकामा छाउनी हाले।
NUM 33:13 दोफकाबाट हिँडेपछि तिनीहरूले आलूशमा छाउनी हाले।
NUM 33:14 आलूशबाट हिँडेर तिनीहरूले रेफिदीममा छाउनी हाले, जहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन।
NUM 33:15 रेफिदीमबाट हिँडेर तिनीहरूले सीनैको उजाडस्थानमा छाउनी हाले।
NUM 33:16 तिनीहरू सीनैको उजाडस्थानबाट हिँडे, र किब्रोत-हत्तावामा छाउनी हाले।
NUM 33:17 तिनीहरू किब्रोत-हत्तावाबाट हिँडे, र हसेरोतमा छाउनी हाले।
NUM 33:18 तिनीहरू हसेरोतबाट हिँडे, र रित्मामा छाउनी हाले।
NUM 33:19 तिनीहरू रित्माबाट हिँडे, र रिम्मोन-पेरेसमा छाउनी हाले।
NUM 33:20 तिनीहरू रिम्मोन-पेरेसबाट हिँडे, र लिब्नामा छाउनी हाले।
NUM 33:21 तिनीहरू लिब्नाबाट हिँडे, र रिस्सामा छाउनी हाले।
NUM 33:22 तिनीहरू रिस्साबाट हिँडे, र केहेलातामा छाउनी हाले।
NUM 33:23 तिनीहरू केहेलाताबाट हिँडे, र शेपेर पर्वतमा पाल टाँगे।
NUM 33:24 तिनीहरू शेपेर पर्वतबाट हिँडे, र हरादामा छाउनी हाले।
NUM 33:25 तिनीहरू हरादाबाट हिँडे, र मखेलोतमा छाउनी हाले।
NUM 33:26 तिनीहरू मखेलोतबाट हिँडे, र तहतमा छाउनी हाले।
NUM 33:27 तिनीहरू तहतबाट हिँडे, र तेरहमा छाउनी हाले।
NUM 33:28 तिनीहरू तेरहबाट हिँडे, र मित्कामा छाउनी हाले।
NUM 33:29 तिनीहरू मित्काबाट हिँडे, र हशमोनामा छाउनी हाले।
NUM 33:30 तिनीहरू हशमोनाबाट हिँडे, र मसेरोतमा छाउनी हाले।
NUM 33:31 तिनीहरू मसेरोतबाट हिँडे, र बेने-याकानमा छाउनी हाले।
NUM 33:32 तिनीहरू बेने-याकानबाट हिँडे, र होर-होगिदगादमा छाउनी हाले।
NUM 33:33 तिनीहरू होर-होगिदगादबाट हिँडे, र योतबातामा छाउनी हाले।
NUM 33:34 तिनीहरू योतबाताबाट हिँडे, र अब्रोनामा छाउनी हाले।
NUM 33:35 तिनीहरू अब्रोनाबाट हिँडे, र एस्योन-गेबेरमा छाउनी हाले।
NUM 33:36 तिनीहरू एस्योन-गेबेरबाट हिँडे, र जीनको उजाडस्थानमा भएको कादेशमा छाउनी हाले।
NUM 33:37 तिनीहरू कादेश-बर्नेबाट हिँडे, र एदोमको सिमाना होर पर्वतमा छाउनी हाले।
NUM 33:38 याहवेहको आज्ञामा पुजारी हारून होर पर्वतमा उक्ले, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएको चालीसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा तिनको मृत्यु भयो।
NUM 33:39 होर पर्वतमा हारूनको मृत्यु हुँदा तिनी एक सय तेईस वर्ष पुगेका थिए।
NUM 33:40 कनान देशको दक्षिणमा बस्‍ने कनानी राजा आरादले इस्राएलीहरू आउँदैछन् भनी सुने।
NUM 33:41 तिनीहरू होर पर्वतबाट पनि हिँडे, र सलमोनामा छाउनी हाले।
NUM 33:42 तिनीहरू सलमोनाबाट हिँडे, र पूनोनमा छाउनी हाले।
NUM 33:43 तिनीहरू पूनोनबाट हिँडे, र ओबोतमा छाउनी हाले।
NUM 33:44 तिनीहरू ओबोतबाट हिँडे, र मोआबको सिमानामा भएको इये-अबारीममा छाउनी हाले।
NUM 33:45 तिनीहरू इये-अबारीमबाट हिँडे, र दीबोन-गादमा छाउनी हाले।
NUM 33:46 तिनीहरू दीबोन-गादबाट हिँडे, र अल्मोन दिब्लातैममा छाउनी हाले।
NUM 33:47 तिनीहरू अल्मोन दिब्लातैमबाट हिँडे, र नेबोको छेउमा भएको अबारीमको पर्वतहरूमा छाउनी हाले।
NUM 33:48 तिनीहरू अबारीम पर्वतहरूबाट हिँडे, र यरीहोको पारिपट्टि यर्दन नदीको किनारमा मोआबको मैदानमा छाउनी हाले।
NUM 33:49 त्यहाँ मोआबको मैदानमा तिनीहरूले यर्दन नदीको किनार बेथ-यशीमोतदेखि हाबिल-शीत्तिमसम्म छाउनी हाले।
NUM 33:50 यरीहोको पारिपट्टि यर्दन नदीको नजिकै मोआबको मैदानमा याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 33:51 “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरूले यर्दन पार गरेर कनान देश पुग्छौ,
NUM 33:52 तब तिमीहरूका सामुबाट त्यहाँका सबै बासिन्दाहरूलाई धपाउनू। तिनीहरूले खोपेका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्‍ट गर्नू। अनि तिनीहरूका सबै अल्गा देवस्थानहरू भत्काइदिनू।
NUM 33:53 त्यस देशलाई कब्जा गर्नू र त्यहीँ बसोबास गर्नू। किनकि मैले त्यो देश तिमीहरूलाई अधिकार गर्नलाई दिएको छु।
NUM 33:54 त्यो देशलाई तिमीहरूका वंशअनुसार चिट्ठा हालेर बाँड्नू। ठूलो दल भएकाहरूलाई ठूला अंश र साना दल भएकाहरूलाई सानै अंश दिनू। तिनीहरूले चिट्ठा हालेर जे पाउँछन्, ती तिनीहरूकै हुनेछन्। त्यस देशलाई तिमीहरूका पुर्ख्यौली कुलअनुसार बाँडिदिनू।
NUM 33:55 “ ‘तर यदि तिमीहरूले त्यस देशका बासिन्दाहरूलाई धपाएनौ भने तिमीहरूले बस्‍न दिएका मानिसहरू नै तिमीहरूका आँखामा छेस्का र तिमीहरूका छेउका काँडाजस्तै हुनेछन्। तिमीहरू जहाँ बस्‍नेछौ, त्यस देशमा तिनीहरूले तिमीहरूलाई सताउनेछन्।
NUM 33:56 अनि मैले तिनीहरूलाई जे गर्छु भनी सोचेको छु, त्यो म तिनीहरूसँग गर्नेछु।’ ”
NUM 34:1 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 34:2 “इस्राएलीहरूलाई आज्ञा दिएर यसो भन्: ‘जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, तिमीहरूलाई उत्तराधिकारको रूपमा बाँडिने जमिनको सिमाना यस्तो हुनेछ:
NUM 34:3 “ ‘तिमीहरूको दक्षिण भागतिर एदोमको सिमानादेखि जीनको उजाडस्थानको केही भागसम्म पर्नेछ। तिमीहरूको दक्षिणी सिमाना पूर्वपट्टि भएको मृत सागरको अन्तिमदेखि सुरु भएर,
NUM 34:4 अक्रब्बीमको दक्षिणी घाटी पार गरेर जीनतिर बढ्दै गएर कादेश-बर्नेको दक्षिणसम्म पुग्नेछ। त्यसपछि त्यो हसर-अद्दरहुँदै अज्मोनसम्म पुग्नेछ,
NUM 34:5 जहाँ सिमाना घुमेर इजिप्टको नदीसँग जोडिनेछ; र भूमध्यसागरमा टुङ्गिनेछ।
NUM 34:6 तिमीहरूका पश्‍चिमी सिमाना भूमध्य सागरको किनारसम्म हुनेछ। तिमीहरूको पश्‍चिमपट्टिको सिमाना यही हुनेछ।
NUM 34:7 तिमीहरूको उत्तरपट्टिको सिमाना भूमध्य सागरदेखि होर पर्वतसम्म हुनेछ,
NUM 34:8 र होर पर्वतबाट लेबो-हमातसम्म हुनेछ। अनि तिमीहरूको सिमाना सदादसम्म जानेछ,
NUM 34:9 र सिप्रोनसम्म गएर हसर-एनानमा टुङ्गिनेछ। तिमीहरूको उत्तरपट्टिको सिमाना यही हुनेछ।
NUM 34:10 तिमीहरूको पूर्वपट्टिको सिमाना हसर-एनानबाट सुरु भएर सपामसम्म हुनेछ।
NUM 34:11 त्यो सिमाना सपामबाट ऐनको पूर्वी भागमा भएको रिब्लासम्म तल पुग्नेछ। अनि त्यो पूर्वपट्टिको ओरालो हुँदै गालीलको समुद्रसम्म पुग्नेछ।
NUM 34:12 त्यसपछि यर्दन नदीको किनारहुँदै तल गएर मृत सागरको सिमानामा टुङ्गिनेछ।
NUM 34:13 मोशाले इस्राएलीहरूलाई आज्ञा दिए: “यस देशलाई पैतृक सम्पत्तिको रूपमा चिट्ठा हालेर बाँड्नू। याहवेहले यसलाई साढे नौ वटा कुलहरूलाई दिनू भनेर आज्ञा गर्नुभएको छ।
NUM 34:14 किनकि रूबेन, गाद र मनश्शेको आधा कुलका परिवारहरूले, तिनीहरूका अंश पाइसकेका छन्।
NUM 34:15 यी साढे दुई कुलहरूले यरीहोको पारिपट्टि यर्दन नदीको सूर्य उदाउनेतिर तिनीहरूका परिवारअनुसार आ-आफ्ना अधिकार पाइसकेका छन्।”
NUM 34:16 याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 34:17 “तिमीहरूका निम्ति पैतृक सम्पत्तिको रूपमा देश बाँडिदिने मानिसहरूका नाम यिनै हुन्: पुजारी एलाजार र नूनका छोरा यहोशू।
NUM 34:18 अनि तिनीहरूलाई देश बाँडिदिनका निम्ति सहायता गर्नलाई प्रत्येक कुलबाट एक-एक जना अगुवा नियुक्त गर्नू।
NUM 34:19 “ती अगुवाहरूका नाम यिनै हुन्: “यहूदाको कुलबाट यपून्‍नेका छोरा कालेब;
NUM 34:20 शिमियोनको कुलबाट अम्मीहूदका छोरा शेमूएल;
NUM 34:21 बेन्यामीनको कुलबाट किसलोनका छोरा एलीदाद;
NUM 34:22 दानको कुलबाट योग्लीका छोरा बुक्‍की अगुवा थिए;
NUM 34:23 योसेफका छोरा मनश्शेको कुलबाट एपोदका छोरा हन्‍नीएल अगुवा थिए;
NUM 34:24 योसेफका छोरा एफ्राइमको कुलबाट शिप्‍तानका छोरा कमूएल अगुवा थिए;
NUM 34:25 जबूलूनको कुलबाट पर्नाककोका छोरा एलीशापान अगुवा थिए;
NUM 34:26 इस्साखारको कुलबाट अज्जानका छोरा पल्तिएल अगुवा थिए;
NUM 34:27 आशेरको कुलबाट शलोमीका छोरा अहीदूद अगुवा थिए;
NUM 34:28 नप्‍तालीको कुलबाट अम्मीहूदका छोरा पदहेल अगुवा थिए।”
NUM 34:29 याहवेहले कनान देशमा इस्राएलीहरूलाई पैतृक सम्पत्तिको भाग बाँडिदिनलाई नियुक्त गर्नुभएका मानिसहरू यिनै हुन्।
NUM 35:1 यरीहोको नजिक यर्दन नदीको किनार मोआबको मैदानमा याहवेहले मोशालाई भन्‍नुभयो,
NUM 35:2 “इस्राएलीहरूले पाउने उत्तराधिकारको भागबाट लेवीहरूलाई बस्‍नको निम्ति सहरहरू दिनू भनेर इस्राएलीहरूलाई आज्ञा दिनू। तिनीहरूलाई सहरहरूका वरिपरि गाईबस्तु चराउने ठाउँ दिनू।
NUM 35:3 तब तिनीहरूसँग बसोबास गर्न सहरहरू र तिनीहरूका गाईबस्तु, बगाल र पशुहरूका निम्ति खर्कहरू हुनेछन्।
NUM 35:4 “तिमीहरूले लेवीहरूलाई सहरहरूका वरिपरि दिने खर्कहरू सहरको पर्खालदेखि हजार क्यूबिट होस्।
NUM 35:5 सहरबाहिर सहरलाई केन्द्रमा राखेर पूर्वपट्टि दुई हजार क्यूबिट, दक्षिणपट्टि दुई हजार क्यूबिट, पश्‍चिमपट्टि दुई हजार क्यूबिट र उत्तरपट्टि दुई हजार क्यूबिटको नाप होस्। सहरको लागि यही ठाउँ तिनीहरूले खर्कको रूपमा पाउनेछन्।
NUM 35:6 “तिमीहरूले लेवीहरूलाई दिने सहरहरूमध्ये छ वटा नगरहरूचाहिँ शरणस्थलका नगरहरू हुनेछन्। त्यहाँ कुनै व्यक्तिलाई कसैले अनजानमा मार्‍यो भने भागेर बच्न सक्छ। तीबाहेक तिनीहरूलाई बयालीस वटा अरू नगरहरू दिनू।
NUM 35:7 तिमीहरूले लेवीहरूलाई जम्मा अठचालीस वटा नगरहरू र तिनीहरूलाई गाईबस्तु चराउने खर्कहरू दिनुपर्छ।
NUM 35:8 तिमीहरूले लेवीहरूलाई नगरहरू दिँदा इस्राएलीहरूले अधिकार गरेका जमिनबाट तिनीहरूका हरेक कुलको संख्याअनुसार होस्: धेरै हुने कुलबाट धेरै नगरहरू, र थोरै हुने कुलबाट थोरै नगरहरू लिएर लेवीहरूलाई दिनू।”
NUM 35:9 त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो:
NUM 35:10 “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरू यर्दन तरेर कनानमा पुग्नेछौ,
NUM 35:11 तब तिमीहरूका शरण-नगरहरूका निम्ति केही सहरहरू छान्‍नू, जहाँ कुनै पनि व्यक्तिले कसैलाई अनजानमा मार्‍यो भने त्यो त्यहाँ भागेर जान सकोस्।
NUM 35:12 ती ठाउँहरू बदला लिन खोज्नेहरूबाट बच्नका लागि हुनेछन्; ताकि हत्याको आरोप लागेका व्यक्ति समुदायको सामु जाँचबुझ नभई नमारियोस्।
NUM 35:13 तिमीहरूले दिने यी छ वटा सहरहरू तिमीहरूकै निम्ति शरण-नगरहरू हुनेछन्।
NUM 35:14 तीन वटा यर्दन नदीको वारिपट्टि र तीन वटा कनानमा शरण-नगरको रूपमा दिनू।
NUM 35:15 यी छ वटा सहरहरू इस्राएलीहरू र तिमीहरूसँग बस्‍ने विदेशीहरूका निम्ति शरणस्थलका ठाउँ हुनेछन्; ताकि कुनै व्यक्तिले कसैलाई अनजानमा मार्‍यो भने त्यहाँ भागेर जान सकोस्।
NUM 35:16 “ ‘यदि कुनै मानिसले कसैलाई फलामको हतियारले हिर्काउँदा त्यो मर्‍यो भने त्यो हत्यारा नै हो। त्यो हत्यारालाई मृत्युदण्ड दिनैपर्छ।
NUM 35:17 अर्थात् कसैको हातमा ढुङ्गा छ, र त्यसले कसैलाई हिर्काउँदा त्यो मर्‍यो भने त्यो हत्यारा हो। त्यो हत्यारालाई मृत्युदण्ड दिनैपर्छ।
NUM 35:18 अर्थात् यदि कसैसँग काठको कुनै चीज छ, र त्यसले कसैलाई हिर्काउँदा त्यो मर्‍यो भने त्यो हत्यारा नै हो। त्यस हत्यारालाई मृत्युदण्ड दिनैपर्छ।
NUM 35:19 रगतको बदला लिने व्यक्तिले त्यस हत्यारालाई मारोस्। त्यसले त्यस हत्यारालाई भेट्नेबित्तिकै मारोस्।
NUM 35:20 यदि कुनै मानिसले इर्ष्याको कारण कसैलाई घचेट्यो अथवा जानाजानी त्यसमाथि केही कुरा फ्याँक्यो, र त्यो मर्‍यो भने,
NUM 35:21 अर्थात् शत्रुताको कारण त्यसले उसलाई हिर्कायो, र त्यो मर्‍यो भने त्यो मानिस हत्यारा हो। त्यसलाई मृत्युदण्ड दिनैपर्छ। रगतको बदला लिनेले त्यस हत्यारालाई भेट्नेबित्तिकै मार्नैपर्छ।
NUM 35:22 “ ‘तर यदि कसैले कसैलाई अनजानमा घचेट्दा मर्‍यो अथवा केही कुरा हानिपठाउँदा लागेर त्यो मर्‍यो भने,
NUM 35:23 अर्थात् दुश्मनी नभएको र हानि गर्न नचाहेको व्यक्तिले हानेको ढुङ्गाले लागेर कोही मर्‍यो भने,
NUM 35:24 समुदायले ज्यानमारा र रगतको बदला लिने व्यक्तिको बीचमा यस नियमअनुसार न्याय गर्नुपर्छ।
NUM 35:25 समुदायले त्यस ज्यानमारालाई रगतको साटो लिनेको हातबाट छुटाएर, त्यो अगि जहाँ भागेको थियो, त्यसलाई त्यही शरण-नगरमा पठाओस्। त्यो ज्यानमारा पवित्र तेलले अभिषेक गरिएको प्रधान पुजारीको मृत्यु नहोउन्जेल त्यहीँ रहोस्।
NUM 35:26 “ ‘तर यदि त्यो दोषी व्यक्ति कुनै समयमा आफू भागेर गएको शरण-नगरको सिमानादेखि बाहिर गयो भने,
NUM 35:27 र रगतको बदला लिनेले त्यसलाई बाहिर फेला पारेर त्यसलाई मार्‍यो भने त्यो त्यस हत्याको दोषी हुनेछैन।
NUM 35:28 किनभने त्यो दोषी व्यक्ति प्रधान पुजारीको मृत्यु नभएसम्म आफ्नो शरण-नगरमा बस्‍नुपर्थ्यो। अनि प्रधान पुजारीको मृत्यु भएपछि मात्र त्यो आफ्नो घरमा फर्कन सक्थ्यो।
NUM 35:29 “ ‘तिमीहरू जहाँ बसे तापनि तिमीहरू र तिमीहरूका भावी पुस्ताका निम्ति यो नियम लागू हुनेछ।
NUM 35:30 “ ‘कुनै व्यक्तिले कसैको हत्या गर्‍यो भने त्यसलाई साक्षीहरूको गवाहीद्वारा मात्र मृत्युदण्ड दिनू। तर केवल एक जना साक्षीको गवाहीबाट कसैलाई मृत्युदण्ड नदिनू।
NUM 35:31 “ ‘मृत्युदण्ड पाउन लायकको हत्याराको जीवनको छुटकाराको मोल स्वीकार नगर्नू। उसलाई मृत्युदण्ड दिनैपर्छ।
NUM 35:32 “ ‘शरण-नगरमा भागेर गएको व्यक्तिबाट छुटकाराको मोल स्वीकार नगर्नू; ताकि प्रधान पुजारीको मृत्यु नहोउन्जेल त्यो फर्केर आउन र आफ्नो घरमा बस्‍न नपाओस्।
NUM 35:33 “ ‘तिमीहरू बसेको ठाउँलाई दूषित नपार्नू। हत्याले देशलाई दूषित पार्छ, र हत्याराको मृत्युको रगतबाहेक हत्या भएको देशका निम्ति अरू कुनै पनि कुराले प्रायश्‍चित गर्न सकिँदैन।
NUM 35:34 तिमीहरू बसेको र मैले बास गरेको देशलाई अशुद्ध नपार्नू। किनकि म याहवेह इस्राएलीहरूको बीचमा बास गर्दछु।’ ”
NUM 36:1 योसेफका सन्तानहरूबाट आएका मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलाद वंशका परिवारका अगुवाहरू आए। अनि मोशा, अरू अगुवाहरू र इस्राएली परिवारहरूका अगुवाहरूका सामु आए।
NUM 36:2 अनि तिनीहरूले भने, “जब याहवेहले इस्राएलीहरूलाई पैतृक सम्पत्तिको रूपमा यस देशलाई चिट्ठा हालेर दिनू भनेर मेरा मालिकलाई आज्ञा गर्नुभएको थियो; अनि उहाँले हाम्रा दाजु सलोफादको अधिकार तिनका छोरीहरूलाई दिनू भनेर तपाईंलाई आज्ञा दिनुभयो।
NUM 36:3 अब मानिलिनुहोस्, यदि तिनीहरूले इस्राएलका अरू कुलका मानिसहरूसँग विवाह गरे भने तिनीहरूका अधिकारको भाग हाम्रा पुर्ख्यौली अधिकारबाट खोसिएर तिनीहरूले विवाह गरेको कुलमा थपिनेछ। यसरी हामीलाई दिइएको अधिकारको केही अंश गुमाउनुपर्ने हुन्छ।
NUM 36:4 जब इस्राएलीहरूका निम्ति पचासौँ उत्सव वर्ष आउँछ, तब तिनीहरूका अधिकारको भाग तिनीहरूले विवाह गरेका कुलमा थपिनेछ। अनि तिनीहरूको पैतृक सम्पत्ति हाम्रा पुर्खाहरूका अधिकारबाट खोसिनेछ।”
NUM 36:5 तब याहवेहको आज्ञामा मोशाले इस्राएलीहरूलाई यो आदेश दिए: “योसेफका सन्ततिका कुलहरूले भनेका कुरा ठिकै हो।
NUM 36:6 याहवेहले सलोफादका छोरीहरूका निम्ति यस्तो आज्ञा दिनुहुन्छ: तिनीहरूले आफ्ना पिताका पुर्ख्यौली कुलबाट जसलाई पनि आफ्ना राजीखुशीअनुसार विवाह गर्न सक्छन्।
NUM 36:7 इस्राएलमा कुनै पैतृक सम्पत्ति एउटा कुलबाट अर्को कुलमा जान पाउँदैन। किनकि प्रत्येक इस्राएलीहरूले तिनीहरूका पुर्खाहरूबाट पाएका पैतृक सम्पत्तिको भाग राख्नुपर्छ।
NUM 36:8 इस्राएलीहरूको कुनै पनि कुलमा उत्तराधिकारको भाग पाउने युवतीले त्यसकै बुबापट्टिको कुलमा विवाह गरोस्। यसरी हरेक इस्राएलीले आफ्नै पैतृक सम्पत्तिको भाग पाओस्।
NUM 36:9 कुनै पनि पैतृक सम्पत्ति एउटा कुलबाट अर्को कुलमा नजाओस्। तर हरेक इस्राएली आफ्नै पुर्खाका कुलको पैतृक सम्पत्तिमा रहोस्।”
NUM 36:10 यसकारण सलोफादका छोरीहरूले याहवेहले मोशालाई आज्ञा गर्नुभएजस्तै गरे।
NUM 36:11 सलोफादका छोरीहरू महला, तिर्सा, होग्ला, मिल्का र नोआहले आफ्नै बुबाका दाजुभाइहरूका छोराहरूसँग विवाह गरे।
NUM 36:12 तिनीहरूले योसेफका छोरा मनश्शेका सन्ततिहरूका वंशभित्रै विवाह गरे। अनि तिनीहरूका पैतृक सम्पत्तिको भाग तिनीहरूका बुबाकै वंश र कुलमा रह्‍यो।
NUM 36:13 याहवेहले मोशाद्वारा इस्राएलीहरूलाई, यरीहोदेखि पारिपट्टि यर्दन नदीको किनारमा मोआबको मैदानमा दिनुभएका आज्ञाहरू र नियमहरू यिनै नै हुन्।
DEU 1:1 मोशाले यर्दनको पूर्वको उजाडस्थानमा अर्थात् अराबामा सूपको सामु—पारान एकापट्टि र अर्कोपट्टि तोफेल, लाबान, हसेरोत र दीसाहाबको बीचमा सबै इस्राएलीहरूलाई भनेका वचनहरू यिनै हुन्।
DEU 1:2 (सेइर पर्वतको बाटोबाट होरेब पर्वतहुँदै कादेश-बर्नेसम्म जानलाई एघार दिन लाग्छ)।
DEU 1:3 चालीसौँ वर्षको एघारौँ महिनाको पहिलो दिन याहवेहले इस्राएलीहरूको बारेमा मोशालाई आज्ञा दिनुभएका सबै कुरा तिनले तिनीहरूलाई घोषणा गरे।
DEU 1:4 योचाहिँ मोशाले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अस्तारोतमा राज्य गर्ने बाशानको राजा ओगलाई एद्रईमा जितेपछिको कुरा हो।
DEU 1:5 यर्दन नदीको पूर्वपट्टि मोआबको प्रान्तमा मोशाले यही व्यवस्था व्याख्या गर्दै भने:
DEU 1:6 होरेब पर्वतमा याहवेह हाम्रा परमेश्‍वरले हामीलाई भन्‍नुभयो, “तिमीहरू यस पर्वतमा बसेको धेरै समय भइसक्यो।
DEU 1:7 अब तिमीहरूको छाउनी तोडेर एमोरीहरूको पहाडी मुलुकतिर अगि बढ। अराबाका सबै छिमेकी प्रान्तहरूमा, पर्वतहरूमा, पश्‍चिमका तराईहरूमा, दक्षिणमा र किनारका ठाउँहरूहुँदै, कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ।
DEU 1:8 हेर, मैले यो देश तिमीहरूलाई दिएको छु। मैले तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक, याकोब र तिनीहरूका सन्ततिलाई दिन्छु भनी प्रतिज्ञा गरेको देशमा तिमीहरू गएर अधिकार गर।”
DEU 1:9 मोशाले भने, “त्यस समय मैले तिमीहरूलाई भनेको थिएँ, म एकलै तिमीहरूको बोझ उठाउन सक्दिनँ।
DEU 1:10 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूको संख्यामा वृद्धि गरिदिनुभएको छ। आज तिमीहरू आकाशका ताराहरूझैँ अनगन्ती भएका छौ।
DEU 1:11 तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वर याहवेहले प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूलाई हजार गुणा वृद्धि गरिदेऊन्, र आशिष् देऊन्।
DEU 1:12 तर म आफैँले मात्र तिमीहरूका समस्याहरू, तिमीहरूका बोझहरू र तिमीहरूका झगडाहरू कसरी झेल्न सक्छु र?
DEU 1:13 तिमीहरूका कुलहरूबाट केही बुद्धिमान्, समझदार र अनुभवी मानिसहरूलाई रोज। अनि म तिनीहरूलाई तिमीहरूमाथि अगुवा नियुक्त गर्नेछु।”
DEU 1:14 तिमीहरूले मलाई जवाफ दियौ, “तपाईंले दिनुभएको प्रस्ताव असल छ।”
DEU 1:15 यसकारण मैले तिमीहरूका कुलहरूबाट मुख्य व्यक्ति, बुद्धिमान् र अनुभवी मानिसहरूलाई लिएर तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचासमाथि र दश-दशमाथि प्रशासकको रूपमा तिमीहरूमाथि अधिकार गर्नलाई नियुक्त गरेँ।
DEU 1:16 अनि त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनेर जिम्मा दिएको थिएँ, “तिमीहरूका मानिसहरूका बीचका झगडा सुन। चाहे त्यो मुद्दा इस्राएलीहरूका बीचमा होस् अथवा तिनीहरूमध्ये एक जना इस्राएली र अर्कोचाहिँ तिमीहरूसँग बसोबास गर्ने विदेशीको बीचमा होस्। न्याय उचित रूपले गर।
DEU 1:17 न्याय गर्दा पक्षपात नगर्नू। ठूला र साना दुवैका कुरा तिमीहरूले समान रूपले सुन्‍नू। न्याय परमेश्‍वरबाट भएको हुनाले कुनै मानिससँग नडराउनू। तिमीहरूका निम्ति अति कठिन भएको मुद्दा मकहाँ ल्याउनू। म त्यसको फैसला गर्नेछु।”
DEU 1:18 अनि मैले त्यस बेला तिमीहरूले गर्नुपर्ने हरेक कुरा तिमीहरूलाई भनेको थिएँ।
DEU 1:19 त्यसपछि याहवेह हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा गर्नुभएझैँ, हामी होरेब पर्वतबाट निस्क्यौँ। अनि तिमीहरूले देखेका डरलाग्दो र ठूलो उजाडस्थानबाट भएर हामी एमोरीहरूको पहाडी देशतिर गयौँ। यसरी हामी कादेश-बर्नेमा पुग्यौँ।
DEU 1:20 तब मैले तिमीहरूलाई भनेँ, “तिमीहरू एमोरीहरूको पहाडी देशमा आइपुगेका छौ, जुन देश याहवेह हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुनेछ।
DEU 1:21 हेर, याहवेह तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूलाई दिनुभएको छ। याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएझैँ त्यस देशमा तिमीहरू उक्लेर जाओ, र अधिकार गर। तिमीहरू नडराओ; हतोत्साहित नहोओ।”
DEU 1:22 तब तिमीहरू सबै मकहाँ आएर भन्यौ, “हाम्रा निम्ति त्यस देशको जासुस गर्नलाई हामीले जानुपर्ने बाटो र हामी पुग्ने सहरहरूको बारेमा जानकारी ल्याउनलाई हाम्रा अगि जासुसी गर्ने मानिसहरू पठाऔँ।”
DEU 1:23 यो कुरो मलाई असल लाग्यो; अनि मैले हरेक कुलबाट एक-एक जना गरी बाह्र जनालाई छानेँ।
DEU 1:24 तिनीहरू हिँडे, र पहाडी इलाकातिर पुगे। तब तिनीहरू एश्कोलको बेँसीमा आए, र त्यस ठाउँको जासुस गरे।
DEU 1:25 तिनीहरूले साथमा त्यस देशका केही फलफूल हामीहरूकहाँ ल्याए, र तिनीहरूले जानकारी दिए, “याहवेह हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने देश असल रहेछ।”
DEU 1:26 तर तिमीहरूले अगि जाने इच्छा गरेनौ; तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञाको विरुद्ध विद्रोह गर्‍यौ।
DEU 1:27 तिमीहरूले आफ्ना पालहरूमा गनगन गर्दै भन्यौ, “याहवेहले हामीलाई घृणा गर्नुहुन्छ। यसैकारण उहाँले हामीलाई एमोरीहरूका हातद्वारा नष्‍ट गर्नलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।
DEU 1:28 हामी कहाँ जाऔँ? हाम्रा दाजुभाइहरूले हामीलाई भयभीत बनाएका छन्। तिनीहरू भन्छन्, ‘ती मानिसहरू हामीभन्दा बलिया र अग्ला छन्। त्यहाँका सहरहरू ठूला आकाशसम्म पुग्ने पर्खाल भएका छन्। हामीले त्यहाँ अनाकीहरूलाई पनि देख्यौँ।’ ”
DEU 1:29 तब मैले तिमीहरूलाई भनेँ, “तिमीहरू भयभीत नहोओ; र तिनीहरूसँग नडराओ।
DEU 1:30 याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूका अगि जानुहुनेछ। अनि तिमीहरूका पक्षमा लड्नुहुनेछ; जसरी इजिप्टमा तिमीहरूका निम्ति तिमीहरूकै आँखाको अगि उजाडस्थानमा लड्नुभएको थियो।
DEU 1:31 अनि तिमीहरू यस ठाउँसम्म नआइपुगुन्जेल याहवेह तिमीहरूका परमेश्‍वरले आफ्ना छोराछोरीलाई बुबाले बोकेझैँ उहाँले बाटोभरि उजाडस्थानमा तिमीहरूलाई कसरी बोक्नुभयो, त्यो तिमीहरूले देख्यौ।”
DEU 1:32 तर अझ पनि याहवेह तिमीहरूका परमेश्‍वरमाथि तिमीहरूले भरोसा गरेनौ।
DEU 1:33 उहाँ तिमीहरूले छाउनी बनाउने ठाउँहरू खोज्न र तिमीहरूले हिँड्नुपर्ने बाटो देखाउन राति आगोमा र दिउँसो बादलमा भई तिमीहरूलाई बाटो देखाउन अगि-अगि जानुभयो।
DEU 1:34 जब तिमीहरूको गनगन याहवेहले सुन्‍नुभयो, तब उहाँ रिसाउनुभयो। अनि उहाँले शपथ लिनुभयो,
DEU 1:35 “मैले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको असल देशलाई यस दुष्‍ट पुस्ताको एउटै मानिसले पनि देख्नेछैन।
DEU 1:36 यपून्‍नेको छोरा कालेबचाहिँ अपवाद हो। उसले मात्र त्यो देश देख्नेछ। अनि म त्यसलाई र त्यसका सन्तानलाई त्यसले आफ्नो पाइला टेकेको देश दिनेछु। किनकि त्यसले याहवेहलाई आफ्नो सारा हृदयले पछ्याएको छ।”
DEU 1:37 तिमीहरूकै कारण याहवेह मसँग पनि रिसाउनुभयो र भन्‍नुभयो, “तँ पनि त्यो देशमा प्रवेश गर्नेछैनस्।
DEU 1:38 तर तेरो सहायक नूनका छोरा यहोशूले त्यहाँ प्रवेश गर्नेछ। त्यसलाई उत्साह दे। किनकि त्यसले त्यस देशमा अधिकार गर्नलाई इस्राएलीहरूलाई डोर्‍याउनेछ।
DEU 1:39 अनि तिमीहरूका छोराछोरीहरू, जसलाई कैदमा लगिनेछ भनी तिमीहरू भन्छौ, जो असल र खराब अहिले छुट्याउन सक्दैनन्, तिनीहरू त्यस देशमा प्रवेश गर्नेछन्। म त्यो देश तिनीहरूलाई दिनेछु र तिनीहरूले त्यस देशमा अधिकार गर्नेछन्।
DEU 1:40 तर तिमीहरूचाहिँ फर्केर लाल समुद्रतिर जाने उजाडस्थानको बाटोतिर लाग।”
DEU 1:41 तब तिमीहरूले मलाई भन्यौ, “हामीले याहवेहको विरुद्धमा पाप गरेका छौँ। याहवेह हाम्रा परमेश्‍वरले आज्ञा गर्नुभएझैँ हामी अगि जानेछौँ र लडाइँ गर्नेछौँ।” यसरी तिमीहरू हरेकले त्यस पहाडी मुलुकमा उक्लेर जान सजिलो छ भनेर आफ्ना हातहतियारहरू भिर्‍यौ।
DEU 1:42 तर याहवेहले मलाई भन्‍नुभयो, “तिनीहरूलाई भन्, ‘तिमीहरू लडाइँ गर्न नजाओ; किनकि म तिमीहरूसँग हुनेछैन। तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ।’ ”
DEU 1:43 यसैकारण मैले तिमीहरूलाई भनेँ, तर तिमीहरूले सुनेनौ। तिमीहरूले याहवेहको आज्ञाको विरोध गर्‍यौ र तिमीहरूको घमण्डमा त्यस पहाडी मुलुकको टुप्पोमा युद्ध गर्न तिमीहरू मोर्चा बाँधेर उक्लियौ।
DEU 1:44 तब त्यस पहाडी मुलुकमा बस्‍ने एमोरीहरू तिमीहरूको विरुद्धमा निस्किआए। तिनीहरूले तिमीहरूलाई मौरीहरूका हूलले झैँ खेदे, र तिमीहरूलाई सेइरदेखि होर्मासम्मै खेदेर तिमीहरूलाई जिते।
DEU 1:45 तिमीहरू फर्केर आयौ र याहवेहको सामु रोयौ। तर उहाँले तिमीहरूको रुवाइमा ध्यानै दिनुभएन, र तिमीहरूको पुकार सुन्‍नुभएन।
DEU 1:46 यसकारण तिमीहरू कादेशमा धेरै दिन बस्यौ—वास्तवमा तिमीहरूले सबै समय त्यहाँ बितायौ।
DEU 2:1 त्यसपछि हामी फेरि फर्क्यौँ, र याहवेहले मलाई आज्ञा गर्नुभएअनुसार लाल समुद्र जाने बाटो भएर उजाडस्थानतिर लाग्यौँ। धेरै लामो समयसम्म हामी सेइरको पहाडी देशको वरपर भौँतारी हिँड्यौँ।
DEU 2:2 तब याहवेहले मलाई भन्‍नुभयो,
DEU 2:3 “तिमीहरू यस पहाडी देशको वरपर घुमिरहेको धेरै भयो। अब तिमीहरू उत्तरतर्फ लाग।
DEU 2:4 मानिसहरूलाई यो आज्ञा दे: ‘तिमीहरू आफ्ना आफन्त एसावका सन्तानका इलाकाबाट भएर जान लागेका छौ, जो सेइरमा बस्छ। तिनीहरू तिमीहरूसँग डराउनेछन्, तर तिमीहरू होशियार रहनू।
DEU 2:5 तिनीहरूलाई लडाइँ गर्न नउक्साउनू। किनकि म तिमीहरूलाई तिनीहरूका कुनै पनि जमिनको खुट्टा टेक्ने भागधरि दिनेछैनँ। मैले सेइरको पहाडी देश एसावलाई त्यसको आफ्नो अधीनमा हुनलाई दिएको छु।
DEU 2:6 तिमीहरूले खाएका भोजन र पिएका पानीको लागि तिमीहरूले तिनीहरूलाई मूल्यको रूपमा चाँदी तिर्नुपर्छ।’ ”
DEU 2:7 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिनुभएको छ। यस विशाल उजाडस्थानबाट भएर जाने तिमीहरूका यात्रामा उहाँले तिमीहरूलाई हेरचाह गर्नुभएको छ। यी चालीस वर्षहरूमा याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूसँग रहनुभएको छ। अनि तिमीहरूलाई कुनै पनि कुराको अभाव भएको छैन।
DEU 2:8 यसरी हामीले एसावका सन्तानहरू हाम्रा आफन्तहरूलाई पार गर्‍यौँ, जो सेइरमा बस्दछन्। एलात र एस्योन-गेबेरबाट माथि पर्ने अराबाको बाटोबाट हामी फर्केर मोआबको उजाडस्थानको बाटोतिर यात्रा गर्‍यौँ।
DEU 2:9 तब याहवेहले मलाई भन्‍नुभयो, “मोआबलाई दुःख-कष्‍ट नदिनू, अथवा तिनीहरूलाई लडाइँका निम्ति नउक्साउनू। किनकि म तिमीहरूलाई तिनीहरूका जमिनको कुनै भागसमेत दिनेछैनँ। मैले लोतका सन्ततिलाई आर जमिन अधिकारको रूपमा दिएको छु।”
DEU 2:10 (पहिले त्यहाँ एमी भनिने जातिहरू बस्दथे—अनाकीजस्तै अग्ला, बलिया र असंख्य।
DEU 2:11 अनाकीहरूजस्तै, तिनीहरूलाई पनि रपाईहरू भनिन्थ्यो। तर मोआबीहरूले तिनीहरूलाई एमीहरू भन्‍ने गर्थे।
DEU 2:12 होरीहरू सेइरमा बस्‍ने गर्दथे। तर एसावका सन्ततिले तिनीहरूलाई धपाए। याहवेहले अधिकार गर्न दिनुभएको देशका मानिसहरूलाई इस्राएलीहरूले नाश पारेझैँ, तिनीहरूले पनि होरवंशीहरूलाई नाश पारे। अनि तिनीहरूका ठाउँमा बसोबास गरेका थिए।)
DEU 2:13 अनि याहवेहले भन्‍नुभयो, “अब उठ र जेरेदको बेँसी पार गर।” यसकारण हामीले जेरेद बेँसीलाई पार गर्‍यौँ।
DEU 2:14 हामीले कादेश-बर्ने छोडेको समयदेखि जेरेद बेँसी पार गर्दासम्म अठतीस वर्ष बितिसकेको थियो। त्यस बेलासम्म याहवेहले तिनीहरूसँग शपथ खानुभएझैँ लडाइँ गर्न सक्ने सबै मानिसहरू छाउनीमा नाश भइसकेका थिए।
DEU 2:15 तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नाश नहोउन्जेल याहवेहको हात तिनीहरूको विरुद्धमा थियो।
DEU 2:16 जब लडाइँ गर्न सक्ने ती मानिसहरूबाट अन्तिम मानिस मरे,
DEU 2:17 तब याहवेहले मलाई भन्‍नुभयो,
DEU 2:18 “आज तिमीहरूले मोआबको इलाका भएर आरको जमिन पार गर्नुपर्छ।
DEU 2:19 जब तिमीहरू अम्मोनीकहाँ आउँछौ, तब तिनीहरूलाई दुःख नदिनू, अथवा लडाइँका लागि नउक्साउनू। किनकि म तिमीहरूलाई अम्मोनीहरूको देशको कुनै पनि भाग अधिकार गर्न दिनेछैनँ। मैले अम्मोन देश लोतका सन्ततिलाई अधिकार गर्न दिएको छु।”
DEU 2:20 (त्यो देश पनि रपाईहरूको देश थियो। तिनीहरू त्यहाँ बस्दथे। तर अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्‍ने गर्थे।
DEU 2:21 तिनीहरू बलिया, असंख्य र अनाकीहरूजस्तै अग्ला थिए। याहवेहले तिनीहरूलाई अम्मोनीहरूको सामुबाट नष्‍ट गरिदिनुभयो। अम्मोनीहरूले तिनीहरूलाई धपाए। अनि तिनीहरूको ठाउँमा बसोबास गर्न थाले।
DEU 2:22 याहवेहले एसावका सन्ततिलाई पनि त्यसै गर्नुभयो, जो सेइरमा बस्दथे। उहाँले होरीहरूलाई तिनीहरूको सामुबाट नष्‍ट गरिदिनुभयो। एदोमीहरूले तिनीहरूलाई धपाइदिए। तिनीहरू आजसम्म त्यहाँ बसेका छन्।
DEU 2:23 अनि गाजा सहरसम्म रहेका टाढाका गाउँहरूमा बस्‍ने अव्वीहरूलाई चाहिँ कप्‍तोरबाट आएका कप्‍तोरीहरूले नाश गरे, र तिनीहरूका ठाउँमा बसोबास गरे।)
DEU 2:24 “अब यात्रा सुरु गर, र अर्नोन बेँसी पार गर। हेर, मैले हेश्बोनको राजा एमोरी सीहोन र त्यसको देशलाई तिमीहरूका हातमा दिएको छु। त्यसलाई अधिकार गर्न सुरु गर, र त्यससँग युद्ध गर।
DEU 2:25 आजको दिनबाट म आकाशमुनि भएका सबै जातिहरूमाथि तिमीहरूको डर र भय हालिदिनेछु। जब तिनीहरूले तिमीहरूको बारेमा सुन्‍नेछन्, तब तिनीहरू डर, भय र तनावले काम्नेछन्।”
DEU 2:26 कदेमोतको उजाडस्थानबाट मैले हेश्बोनको राजा सीहोनकहाँ शान्ति प्रस्तावसहित राजदूतहरूद्वारा यो सन्देश पठाएँ,
DEU 2:27 “हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी राजमार्गबाट भएर जानेछौँ। हामी दाहिने अथवा देब्रेतिर फर्कनेछैनौँ।
DEU 2:28 तपाईंले हामीलाई चाँदीको मूल्यमा खानेकुरा र पिउने पानी बेच्नुहोस्। हामीलाई यस देशबाट पैदल जान अनुमति दिनुहोस्,
DEU 2:29 जसरी सेइरवासी एसावका सन्तान र आरको जमिनमा बस्‍ने मोआबीहरूले हामीलाई जान दिए; ताकि हामी यर्दन पार गरेर याहवेह हाम्रा परमेश्‍वरले हामीलाई दिनुभएको देशमा पुग्न सकौँ।”
DEU 2:30 तर हेश्बोनका राजा सीहोनले हामीलाई त्यस देशबाट भएर जान दिएनन्। किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिनलाई तिमीहरूको हातमा सुम्पिदिनका लागि तिनको मन कठोर र हृदय अटेरी बनाउनुभएको थियो; जस्तो आज पनि छ।
DEU 2:31 याहवेहले मलाई भन्‍नुभयो, “हेर्, मैले सीहोन र त्यसको देशलाई तेरो हातमा सुम्पिदिन थालेको छु। अब त्यसलाई आक्रमण गर्न र अधिकार गर्न सुरु गर्।”
DEU 2:32 जब सीहोन र तिनका सबै सेना यहसाको जमिनमा हामीसँग युद्ध गर्न आए,
DEU 2:33 तब याहवेह हाम्रा परमेश्‍वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो। अनि हामीले तिनलाई, तिनका छोराहरू र सारा सेनाहरूसमेत मार्‍यौँ।
DEU 2:34 त्यस बेला हामीले तिनका सबै सहरहरू लियौँ। तिनीहरूका मानिसहरू, स्त्रीहरू र छोराछोरीहरू सबैलाई सम्पूर्ण रूपले नष्‍ट गर्‍यौँ। हामीले कसैलाई पनि जीवित छोडेनौँ।
DEU 2:35 तर हामीले कब्जा गरेका सहरहरूका गाईबस्तु र लुटको मालसामानचाहिँ आफ्नै लागि लिएर गयौँ।
DEU 2:36 अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलाद प्रान्तसम्मै भएका कुनै पनि सहर हाम्रा लागि शक्तिशाली थिएनन्। याहवेह हाम्रा परमेश्‍वरले ती सबै देशहरू हामीलाई दिनुभयो।
DEU 2:37 तर याहवेह हाम्रा परमेश्‍वरको आज्ञाअनुसार तिमीहरूले अम्मोनीहरूका कुनै पनि ठाउँ मिचेनौ, न त यब्बोक नदीका किनारका देश वा पहाडका वरपरका सहरहरूलाई मिच्यौ।
DEU 3:1 त्यसपछि हामी फर्केर बाशान जाने बाटोतिर उक्ल्यौँ। अनि बाशानका राजा ओग आफ्नो सारा फौज लिएर हामीलाई एद्रईमा युद्ध गर्न निस्किआए।
DEU 3:2 याहवेहले मलाई भन्‍नुभयो, “त्यससँग नडरा; किनकि मैले त्यसलाई, त्यसका सबै सेनालाई र त्यसको देशसमेत तेरो हातमा सुम्पिदिएको छु। तैँले त्यसलाई हेश्बोनमा शासन गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै गर्नू।”
DEU 3:3 यसरी याहवेह हाम्रा परमेश्‍वरले बाशानका राजा ओग र तिनका सारा सेनालाई हाम्रा हातमा सुम्पिदिनुभयो। हामीले तिनीहरूलाई एउटै पनि मानिस जीवित नरहुन्जेल मार्‍यौँ।
DEU 3:4 त्यसै बेला हामीले त्यसका सबै सहरहरू कब्जा गर्‍यौँ। हामीले एउटै पनि सहर नछोडी त्यसका सबै साठी वटा सहरहरू कब्जा गर्‍यौँ। बाशानमा ओगको राज्य अर्गोबको सम्पूर्ण इलाकासमेत कब्जा गर्‍यौँ।
DEU 3:5 ती सबै सहरहरू अग्ला-अग्ला पर्खालहरूले घेरिएका, आग्ला सहितका ढोकाहरू र मूलढोकाहरूले बनाइएका थिए। त्यहाँ पर्खाल नभएका धेरै गाउँहरू पनि थिए।
DEU 3:6 अनि हामीले हेश्बोनका राजा सीहोनलाई गरेझैँ उनीहरूका सबै सहरहरू, पुरुषहरू, स्त्रीहरू र बालबालिकाहरूलाई सम्पूर्ण रूपले नाश गर्‍यौँ।
DEU 3:7 तर सहरका सबै गाईबस्तु र लुटका मालसामानचाहिँ हामीले आफ्नै निम्ति लियौँ।
DEU 3:8 यसरी त्यस बेला हामीले यी दुई एमोरी राजाहरूबाट यर्दनका पूर्वपट्टि भएको प्रान्त, अर्नोन बेँसीबाट हेर्मोन पर्वतसम्मै अधीनमा पार्‍यौँ।
DEU 3:9 (सीदोनीहरूले हेर्मोन पर्वतलाई सिरिओन र एमोरीहरूले सेनीर भन्दछन्)।
DEU 3:10 हामीले तराईका सबै सहरहरू, सम्पूर्ण गिलाद, सलेका र एद्रईसम्मका सम्पूर्ण बाशानमा भएका ओगको राज्य अधीनमा लियौँ।
DEU 3:11 (रपाईहरूमा बाशानका राजा ओग मात्र जीवित रहेका थिए। तिनको चिहान फलामबाट बनिएको थियो। त्यो नौ क्यूबिट लामो, चार क्यूबिट चौडा थियो। यो अझसम्म अम्मोनीहरूको रब्बामा छ।)
DEU 3:12 त्यस बेला हामीले अधिकार लिएको देशबाट मैले रूबेन र गादका घरानाहरूलाई गिलादको पहाडी मुलुकको आधा भागसँगै त्यसका सहरहरूसमेत गरी अर्नोन बेँसीको छेउमा भएका अरोएरका उत्तरको प्रान्त दिएँ।
DEU 3:13 गिलादको बाँकी रहेको भाग र ओगको राज्य बाशान पनि मैले मनश्शेको कुललाई दिएँ। (बाशानमा अर्गोबका सम्पूर्ण इलाकालाई रपाईहरूको देश भनिन्थ्यो।
DEU 3:14 मनश्शेको सन्तान याईरले अर्गोबको समस्त इलाका, गेशूरी र माकातीहरूका सिमानासम्मै कब्जा गरे। बाशान प्रान्तलाई आफ्नै नाम दिए। आजसम्मै बाशानलाई हब्बोत-याईर भनिन्छ)।
DEU 3:15 अनि मैले गिलादचाहिँ माकीरलाई दिएँ।
DEU 3:16 तर रूबेनी र गादीहरूलाई मैले गिलाददेखि फैलिएर अर्नोन बेँसीसम्म गएको प्रान्त दिएँ (बेँसीको मध्य भागचाहिँ सिमाना थियो) र अम्मोनीहरूको सिमाना यब्बोक नदीसम्मै तिनीहरूलाई दिएँ।
DEU 3:17 त्यसको पश्‍चिमी सिमानाचाहिँ अराबा थियो, जहाँ यर्दन नदी बग्दथ्यो। किन्‍नरेतदेखि पिसगाको भिरको तल अराबाको समुद्र (अराबा समुद्रको अर्को नाम मृत सागर पनि हो) सम्म थियो।
DEU 3:18 त्यस समयमा मैले तिमीहरूलाई यसरी आज्ञा दिएँ: “याहवेह तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूले अधिकार गर्नु भनी दिनुभएको छ। तर तिमीहरूका सबै बलिया मानिसहरू युद्धका निम्ति हतियार भिरेर तिमीहरूका इस्राएली दाजुभाइहरूको अगि यर्दन नदी पार गरेर जानुपर्छ।
DEU 3:19 तरै पनि तिमीहरूका पत्नीहरू, तिमीहरूका छोराछोरीहरू र तिमीहरूका गाईबस्तु (तिमीहरूसँग धेरै गाईबस्तु छन् भनी म जान्दछु) चाहिँ मैले दिएको सहरमा बस्‍न सक्छन्।
DEU 3:20 जबसम्म याहवेहले तिमीहरूलाई दिनुभएजस्तै तिमीहरूका दाजुभाइहरूलाई विश्राम दिनुहुन्‍न, र तिनीहरूले याहवेह तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई यर्दनपारि दिनुहुने देश प्राप्‍त गर्दैनन्, तिमीहरूले तिनीहरूलाई मदत गर्नुपर्नेछ। त्यसपछि तिमीहरू हरेक मैले तिमीहरूलाई अधिकार गर्न दिएको देशमा फर्केर जान सक्छौ।”
DEU 3:21 त्यस बेला मैले यहोशूलाई आज्ञा गरेँ: “याहवेह तिमीहरूका परमेश्‍वरले ती दुई राजाहरूलाई के गर्नुभयो, सो तिमीहरू सबैले आफ्नै आँखाले देखेका छौ। तिमीहरू जहाँ गइरहेका छौ, त्यहाँका सबै राज्यहरूलाई पनि याहवेहले त्यसै गर्नुहुनेछ।
DEU 3:22 तिनीहरूसँग नडराओ; याहवेह तिमीहरूका परमेश्‍वर आफैँ तिमीहरूका निम्ति लड्नुहुनेछ।”
DEU 3:23 अनि मैले त्यस बेला याहवेहसँग यसरी बिन्ती गरे:
DEU 3:24 “हे प्रभु याहवेह, आफ्नो सेवकलाई आफ्नो महानता र आफ्नो शक्ति तपाईंले देखाउन थाल्नुभएको छ। किनकि स्वर्ग वा पृथ्वीमा कुनचाहिँ देव छ, जसले तपाईंले गर्नुभएका शक्तिशाली कार्यहरू र कामहरू गर्न सक्छन्?
DEU 3:25 मलाई यर्दन नदी पारिको त्यो उत्तम देशमा जान, त्यो सुन्दर पहाडी मुलुक र लेबनानलाई हेर्न दिनुहोस्।”
DEU 3:26 तर तिमीहरूको कारण याहवेह मसँग रिसाउनुभएको थियो, र उहाँले मेरो कुरा सुन्‍नुभएन। याहवेहले भन्‍नुभयो, “अब भयो, मसँग यस बारेमा फेरि कुरा नगर्।
DEU 3:27 पिसगाको चुचुरोमा चढ्, र पूर्व, पश्‍चिम, उत्तर र दक्षिण चारैतिर हेर्। तैँले त्यस देशलाई आफ्नै आँखाले हेर्। किनकि तैँले यर्दन नदी पार गरेर जान पाउनेछैनस्।
DEU 3:28 तर यहोशूलाई नियुक्त गर्, र त्यसलाई उत्साह दिएर बलियो बना। किनकि यस जातिलाई त्यसले पारि लैजानेछ र तैँले देख्न लागेको त्यो देश अधिकार गर्न लगाउनेछ।”
DEU 3:29 यसकारण हामी बेथ-पोरको बेँसीको छेउमा नै बस्यौँ।
DEU 4:1 अब हे इस्राएलीहरू हो, मैले तिमीहरूलाई सिकाउन लागेका उर्दीहरू र व्यवस्थाहरू सुन। त्यसअनुसार चल्यौ भने तिमीहरू बाँच्नेछौ। अनि याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने त्यस देशमा अधिकार गर्न सक्नेछौ।
DEU 4:2 मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही नथप्नू, न त त्यसबाट केही घटाउनू। तर मैले तिमीहरूलाई दिएका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्नू।
DEU 4:3 बाल-पिओरमा याहवेहले के गर्नुभएको थियो, त्यो तिमीहरूले आफ्नै आँखाले देखेका छौ। पिओरमा बालको पछि लाग्ने हरेकलाई तिमीहरूका बीचबाट याहवेह तिमीहरूका परमेश्‍वरले नाश गर्नुभयो।
DEU 4:4 तर याहवेह तिमीहरूका परमेश्‍वरसँग विश्‍वासयोग्य रहेका जति सबै आजसम्म जीवितै छौ।
DEU 4:5 हेर, मैले याहवेह मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएझैँ, तिमीहरूलाई उर्दीहरू र व्यवस्थाहरू सिकाएको छु, ताकि तिमीहरूले अधिकार गर्न गइरहेको देशमा तिमीहरूले पालन गर्न सक।
DEU 4:6 तिमीहरूले ती होसियारीसाथ पालन गर; किनकि ती पालन गर्नाले जाति-जातिहरूले तिमीहरूका बुद्धि र समझशक्ति देख्नेछन्, र तिनीहरूले यी उर्दीहरू सुनेर भन्‍नेछन्, “वास्तवमै यो महान् जाति बुद्धिमान् र समझदार मानिसहरू रहेछन्।”
DEU 4:7 हामीले प्रार्थना गर्दा याहवेह हाम्रा परमेश्‍वर नजिक हुनुभएजस्तै, अरू कुनचाहिँ जाति यति महान् होला, जसको ईश्‍वर तिनीहरूका नजिक रहन्छ?
DEU 4:8 अनि मैले आज तिमीहरूलाई दिएका व्यवस्थाहरूजस्तै धार्मिक उर्दीहरू र व्यवस्थाहरू भएका अर्को कुनचाहिँ महान् जाति छ र?
DEU 4:9 केवल होशियार बस, र आफूलाई नियालेर हेर; ताकि तिमीहरू बाँचुन्जेल तिमीहरूका आँखाले देखेका कुराहरू नबिर्सिऊन् अथवा ती तिमीहरूका हृदयबाट हराएर नजाऊन्। ती आफ्ना छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ।
DEU 4:10 तिमीहरू होरेब पर्वतमा याहवेह तिमीहरूका परमेश्‍वरको सामु खडा भएको दिन नबिर्सनू; जुन दिन उहाँले मलाई यसरी भन्‍नुभएको थियो, “समुदायलाई मेरो कुरा सुन्‍न मेरो सामु भेला गर्; ताकि तिनीहरू यस देशमा बाँचुन्जेल मेरो आदर गर्न सिकून्। अनि तिनीहरूले आफ्ना भावी सन्तानहरूलाई पनि सिकाऊन्।”
DEU 4:11 तिमीहरू नजिक आएर पर्वतको फेदमा उभियौ। त्यस पर्वतमा घोर अन्धकार र कालो बादल घोर अन्धकारसँगै आगोको ज्वाला आकाशसम्मै उठिरहेको थियो।
DEU 4:12 तब याहवेह तिमीहरूसँग त्यस आगोबाट बोल्नुभयो। तिमीहरूले बोल्दै गरेका शब्दहरूको आवाज सुन्यौ; र कुनै आकृति देखेनौ, तर त्यहाँ आवाज मात्र सुनियो।
DEU 4:13 उहाँले आफ्नो करार, आफ्ना दश आज्ञाहरू तिमीहरूले पालन गर्नू भनेर तिमीहरूलाई घोषणा गर्नुभयो। त्यसपछि ती आज्ञाहरूलाई ढुङ्गाका दुई वटा पाटीहरूमा लेखिदिनुभयो।
DEU 4:14 अनि त्यस बेला याहवेहले मलाई तिमीहरूले यर्दन नदी पार गरेर अधिकार गर्ने देशमा पुगेर पालन गर्न उर्दीहरू र व्यवस्थाहरू सिकाउनू भन्‍ने आज्ञा दिनुभयो।
DEU 4:15 होरेब पर्वतमा याहवेह तिमीहरूसँग आगोबाट कुरा गर्नुभएको दिन तिमीहरूले कुनै आकृति देखेनौ। यसकारण तिमीहरू आफैँ होशियार बस।
DEU 4:16 यसकारण भ्रष्‍ट भएर आफ्ना निम्ति कुनै प्रकारको प्रतिमूर्ति, पुरुष अथवा स्त्रीको रूपमा,
DEU 4:17 अथवा पृथ्वीमा भएको कुनै पशुको अथवा आकाशमा उड्ने कुनै चराको,
DEU 4:18 अथवा जमिनमा हिँड्ने कुनै जन्तुको अथवा पानीमा भएको माछाको प्रतिमूर्ति नबनाउनू।
DEU 4:19 अनि तिमीहरूले आकाशतिर हेर्दा घाम, जुन र ताराहरू सबै शक्तिहरू देख्यौ भने तिनीहरूका अगि ननिहुरनू। अनि याहवेह तिमीहरूका परमेश्‍वरले आकाशमुनि भएका सबै जातिहरूलाई दिनुभएका सबै चीजहरू पूजा गर्नलाई तिमीहरू नलोभिनू।
DEU 4:20 तर तिमीहरूका निम्ति याहवेहले तिमीहरूलाई अहिले भएजस्तै उहाँको उत्तराधिकारका मानिसहरू बन्‍न तिमीहरूलाई त्यस फलाम पगाल्ने भट्टीजस्तो इजिप्टबाट निकालेर ल्याउनुभयो।
DEU 4:21 तर तिमीहरूको कारण याहवेह मसँग रिसाउनुभयो। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पैतृक अधिकारझैँ दिनुहुने उत्तम देशमा जानलाई मैले यर्दन पार गर्न पाउनेछैन भनी उहाँले शपथ खानुभयो।
DEU 4:22 म त यसै देशमा मर्नेछु। म यर्दन नदी पार गर्नेछैन; तर तिमीहरू यर्दन पार भएर त्यस उत्तम देशमा अधिकार गर्न लागेका छौ।
DEU 4:23 यसैले याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूसँग गर्नुभएको करार नबिर्सनू। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मनाही गर्नुभएको कुनै पनि कुराको प्रतिमूर्ति नबनाउनू।
DEU 4:24 किनकि याहवेह तिमीहरूका परमेश्‍वर भस्म पार्ने आगो, डाह गर्ने परमेश्‍वर हुनुहुन्छ।
DEU 4:25 तिमीहरूका छोराछोरी र नातिनातिना जन्मिसकेपछि र त्यस देशमा धेरै समय बसिसकेपछि, अर्थात् यदि तिमीहरू भ्रष्‍ट भएर कुनै किसिमका प्रतिमूर्ति बनायौ र याहवेह तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा दुष्‍ट काम गरेर उहाँलाई रिस उठायौ भने,
DEU 4:26 म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूको विरुद्धमा साक्षी राख्दछु। तिमीहरू अधिकार गर्नलाई यर्दन नदी पार गरेर जान लागेको त्यस देशबाट चाँडै नष्‍ट हुनेछौ। तिमीहरू त्यहाँ लामो समयसम्म बस्‍न पाउनेछैनौ, तर निश्‍चय नै नष्‍ट पारिनेछौ।
DEU 4:27 याहवेहले तिमीहरूलाई जाति-जातिहरूका बीचमा छरपस्ट पार्नुहुनेछ। अनि जुन जाति-जातिहरूका बीचमा तिमीहरूलाई धपाउनुहुनेछ, त्यहाँ तिमीहरू थोरै मात्र जीवित रहनेछौ।
DEU 4:28 त्यहाँ तिमीहरूले मानिसहरूले काठ र ढुङ्गाबाट बनाएका देख्न नसक्ने, सुन्‍न नसक्ने, खान नसक्ने र सुँघ्न नसक्ने देवी-देवताहरूका पूजा गर्नेछौ।
DEU 4:29 तर यदि त्यहाँबाट पनि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सारा हृदयले र सारा प्राणले खोजी गर्‍यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ।
DEU 4:30 जब तिमीहरू सङ्कष्‍टमा पर्छौ र यी सबै कुराहरू तिमीहरूमा आइपर्नेछन्, तब आखिरमा तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरतिर फर्कनेछौ। अनि उहाँका आज्ञाहरू पालन गर्नेछौ।
DEU 4:31 किनकि याहवेह तिमीहरूका परमेश्‍वर कृपालु परमेश्‍वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई त्याग्नुहुनेछैन; न त नाश गर्नुहुनेछ अथवा तिमीहरूका पुर्खाहरूसँग शपथद्वारा निश्‍चित गर्नुभएको करार उहाँले बिर्सनुहुनेछैन।
DEU 4:32 अब पहिलेका दिनहरूको बारेमा तिमीहरूका समयभन्दा धेरै पहिलेका समयको, जुन दिन परमेश्‍वरले पृथ्वीमा मानिसलाई सृष्‍टि गर्नुभयो, त्यस बारेमा सोधिहेर। आकाशका एक छेउदेखि अर्को छेउसम्मका कुराहरू सोधपुछ गरिहेर। के यस्तो महान् कुरा कहिल्यै भएको छ, अथवा के यस्तो कुनै कुरा कहिल्यै सुनिएको छ?
DEU 4:33 के कुनै अरू मानिसहरूले तिमीहरूले सुनेको जस्तै परमेश्‍वर आगोबाट बोल्नुभएको आवाज सुनेर तिमीहरूजस्तै जीवित रहेका छन्?
DEU 4:34 याहवेह तिमीहरूका परमेश्‍वरले इजिप्टमा तिमीहरूकै आँखाको सामु गर्नुभएका विपत्तिद्वारा, अलौकिक चिन्हहरूद्वारा, अद्‌भुत कार्यहरूद्वारा, चमत्कारद्वारा, युद्धद्वारा, शक्तिशाली हात र फैलिएको पाखुराद्वारा अथवा महान् र उदेकका कामहरूद्वारा के कुनै देवताले यी कार्यद्वारा अरू जातिहरूबाट आफ्ना निम्ति एउटा जातिलाई कहिल्यै लिएको छ?
DEU 4:35 याहवेह नै परमेश्‍वर हुनुहुन्छ; उहाँबाहेक अर्को परमेश्‍वर कोही छैन भनी बुझाउनलाई यी सबै कुराहरू तिमीहरूलाई देखाइएका हुन्।
DEU 4:36 तिमीहरूलाई शिक्षा दिनलाई स्वर्गबाट उहाँले तिमीहरूलाई आफ्नो सोर सुन्‍न लगाउनुभयो। पृथ्वीमा उहाँले तिमीहरूलाई आफ्नो महान् आगो देखाउनुभयो र आगोको बीचबाट तिमीहरूले उहाँका शब्दहरू सुन्यौ।
DEU 4:37 उहाँले तिमीहरूका पितापुर्खाहरूलाई प्रेम गर्नुभएको कारण तिनीहरूका सन्तानहरूलाई चुन्‍नुभयो। उहाँले तिमीहरूलाई उहाँको उपस्थिति र उहाँको महान् शक्तिद्वारा इजिप्टबाट बाहिर निकालेर ल्याउनुभयो।
DEU 4:38 उहाँले तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरूलाई तिमीहरूकै सामु धपाउन र तिनीहरूको देशमा तिमीहरूलाई ल्याउनुभएको थियो, र त्यो तिमीहरूलाई पैतृक अधिकारको रूपमा दिनलाई यस्तो गर्नुभएको थियो; जुन आजसम्मै तिमीहरूसँग छँदैछ।
DEU 4:39 माथि स्वर्गमा र तल पृथ्वीमा याहवेह परमेश्‍वर हुनुहुन्छ। उहाँबाहेक अर्को कोही छैन भनी आजको दिन यो कुरा हृदयमा मनन गर, र स्वीकार गर।
DEU 4:40 मैले आज तिमीहरूलाई दिएका उहाँका उर्दीहरू र आज्ञाहरू पालन गर; ताकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सधैँका निम्ति दिनुभएको देशमा तिमीहरू र तिमीहरूका भावी सन्तानहरूलाई असल होस्।
DEU 4:41 तब मोशाले यर्दन नदीको पूर्वपट्टि तीन वटा सहरहरू अलग गरे।
DEU 4:42 यदि कसैले योजना गरेर जानाजानी होइन, तर अनजानमा आफ्नो छिमेकीलाई मारेको छ भने त्यो मानिस ती सहरहरूमा भागेर जाओस्। हत्याराले यी सहरहरूमध्ये कुनै एक सहरमा भागेर आफ्नो प्राण बचाओस्।
DEU 4:43 ती शरणका सहरहरू यिनै थिए: रूबेनीहरूका निम्ति उजाडस्थानको मरुभूमिमा रहेको बेसेर सहर; गादीहरूका निम्ति गिलादमा भएको रामोत सहर र मनश्शेहरूका निम्ति बाशानमा भएको गोलान सहर।
DEU 4:44 मोशाले इस्राएलीहरूको सामु राखिदिएको व्यवस्था यही हो।
DEU 4:45 तिनीहरू इजिप्टबाट निस्केर आएपछि मोशाले तिनीहरूलाई दिएका नियमहरू, उर्दीहरू र व्यवस्थाहरू यिनै हुन्।
DEU 4:46 त्यस बेला तिनीहरू हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनको देशमा यर्दन नदीको पूर्वपट्टिको बेथ-पोर सहरको नजिक बेँसीमा थिए। इस्राएलीहरू इजिप्टबाट निस्केर आउँदा मोशाले सीहोन राजालाई पराजित गरेका थिए।
DEU 4:47 तिनीहरूले यर्दन नदीको पूर्वपट्टि भएका एमोरीहरूका दुई जना राजाहरू अर्थात् सीहोन र बाशानका राजा ओगका देशहरूलाई अधीनमा लिए।
DEU 4:48 यो देश अर्नोन बेँसीमा भएको अरोएर सहरदेखि सिरियोन पर्वत (अर्थात् हेर्मोन) सम्म फैलिएको थियो।
DEU 4:49 अनि पिसगाको भीरदेखि मुन्तिर मृत सागर हुँदै यर्दन नदीको पूर्वपट्टिको सम्पूर्ण अराबा मैदानसम्म थियो।
DEU 5:1 मोशाले सबै इस्राएलका मानिसहरूलाई भेला गराएर भने: हे इस्राएलीहरू हो, आज मैले तिमीहरूलाई दिँदैगरेका उर्दी र व्यवस्थाहरू सुन। ती सिक र होसियारीसाथ पालन गर।
DEU 5:2 याहवेह हाम्रा परमेश्‍वरले होरेब पर्वतमा हामीसँग करार बाँध्नुभयो।
DEU 5:3 यो करार याहवेहले हाम्रा पितापुर्खाहरूसँग मात्र होइन, तर हामीहरूसँग अर्थात् आजसम्म जीवित रहेका हामीहरूसँग बाँध्नुभएको हो।
DEU 5:4 त्यस पर्वतमा तिमीहरूसँग याहवेहले आगोबाट आमने-सामने कुरा गर्नुभयो।
DEU 5:5 (त्यस बेला म याहवेहको वचन तिमीहरूलाई घोषणा गर्नलाई याहवेह र तिमीहरूका बीचमा खडा भएको थिएँ; किनकि तिमीहरू आगोदेखि डराएर पर्वतमाथि गएनौ।) अनि उहाँले भन्‍नुभयो:
DEU 5:6 “म नै याहवेह, तेरा परमेश्‍वर हुँ; जसले तँलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याएँ।
DEU 5:7 “मबाहेक तैँले अरू कुनै देवी-देवताहरू नमान्‍नू।
DEU 5:8 आफ्ना निम्ति खोपेर माथि आकाशको, तल पृथ्वीको, र पानी मुनिको कुनै पनि वस्तुको कुनै मूर्ति नबनाउनू।
DEU 5:9 तिनीहरूका सामु ननिहुरनू अथवा तिनीहरूको आराधना नगर्नू; किनकि म, याहवेह तेरा परमेश्‍वर, डाह गर्ने परमेश्‍वर हुँ; मलाई घृणा गर्नेहरूका पापको दण्ड तिनीहरूका छोराछोरीका तेस्रो र चौथो पुस्तामाथि दिन्छु;
DEU 5:10 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेका हजारौँ पुस्तामाथि प्रेम देखाउँछु।
DEU 5:11 तैँले याहवेह, आफ्ना परमेश्‍वरको नामको गलत प्रयोग नगर्नू; किनकि उहाँको नाम व्यर्थैमा लिनेलाई याहवेहले निर्दोष ठहराउनुहुनेछैन।
DEU 5:12 शब्बाथ दिन पवित्र राख्नू, र त्यसलाई सम्झना गर्नू।
DEU 5:13 छ दिनसम्म तैँले परिश्रम गरेर आफ्ना सबै काम गर्नू;
DEU 5:14 तर सातौँ दिन याहवेह तेरा परमेश्‍वरका निम्ति शब्बाथ हो। यस दिन तैँले केही काम नगर्नू, न त तैँले, तेरा छोरा वा छोरीले, न तेरा सेवक वा सेविकाले, न त तेरा गोरुले, गधाले, वा तेरा कुनै पशुले, न तेरा सहरभित्र भएका परदेशीले, न त कसैले केही काम गर्नू, ताकि तँसँगै तेरा सेवक-सेविकाले आराम पाऊन्।
DEU 5:15 तिमीहरू इजिप्टमा दास हुँदा कसरी याहवेह तिमीहरूका परमेश्‍वरले आफ्नो शक्तिशाली हात र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्याउनुभयो, सो याद राख। यसैकारण याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई शब्बाथको दिन मान्‍न आज्ञा गर्नुभएको हो।
DEU 5:16 तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, जसरी याहवेह तेरा परमेश्‍वरले तँलाई आज्ञा दिनुभएको छ, ताकि याहवेह तेरा परमेश्‍वरले दिनुहुने देशमा तेरो आयु लामो होस् र तेरो भलो होस्।
DEU 5:17 तैँले मानव हत्या नगर्नू।
DEU 5:18 तैँले व्यभिचार नगर्नू।
DEU 5:19 तैँले चोरी नगर्नू।
DEU 5:20 तैँले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू।
DEU 5:21 तैँले आफ्नो छिमेकीको घर वा जमिनको लालच नगर्नू। तैँले आफ्नो छिमेकीको पत्नीको लालच नगर्नू, अथवा आफ्नो छिमेकीको सेवक वा सेविका, गोरु वा गधा, अथवा त्यससित भएको कुनै कुराको पनि लालच नगर्नू।”
DEU 5:22 याहवेहले पर्वतमा भेला भएका सारा समुदायलाई आगो, बादल र घोर अन्धकारबाट चर्को सोरले घोषणा गर्नुभएका आज्ञाहरू यिनै हुन्; अनि उहाँले अरू केही थप्नुभएन। त्यसपछि उहाँले दुई वटा ढुङ्गाका पाटीहरूमा ती लेख्नुभयो, र मलाई दिनुभयो।
DEU 5:23 जब पर्वतमा आगो जलिरहेको अवस्था थियो, तब तिमीहरूले अन्धकारबाट आवाज सुन्यौ; तिमीहरूका कुलका सबै अगुवाहरू र प्रधानहरू मकहाँ आए।
DEU 5:24 अनि तिमीहरूले भन्यौ, “याहवेह हाम्रा परमेश्‍वरले हामीलाई उहाँको महिमा र महानता देखाउनुभएको छ, र हामीले आगोबाट उहाँको सोर सुनेका छौँ। परमेश्‍वरले मानिससँग कुरा गर्नुहुँदा पनि त्यो मानिस जीवितै रहेको कुरा आज हामीले देख्यौँ।
DEU 5:25 तर अब हामी किन मरौँ? यस डरलाग्दो आगोले हामीलाई भस्म पार्नेछ। अनि यदि हामीले याहवेह हाम्रा परमेश्‍वरको सोर अझै सुन्यौँ भने हामी मर्नेछौँ।
DEU 5:26 किनकि आगोबाट जीवित परमेश्‍वर बोल्नुभएको सुनेर हामीझैँ जीवितै रहने कुनचाहिँ मरणशील मानिस होला?
DEU 5:27 मोशा, तपाईं नै माथि उक्लेर जानुहोस्, र याहवेह हाम्रा परमेश्‍वरले भन्‍नुभएको सबै कुराहरू सुन्‍नुहोस्। तब याहवेह हाम्रा परमेश्‍वरले तपाईंलाई के भन्‍नुहुन्छ, त्यो हामीलाई भन्‍नुहोस्। हामी ती सुन्‍नेछौँ, र पालन गर्नेछौँ।”
DEU 5:28 तिमीहरूले मसँग कुरा गरेको याहवेहले सुन्‍नुभयो, र याहवेहले मलाई भन्‍नुभयो, “मैले यी मानिसहरूले तँलाई भनेका कुरा सुनेको छु। तिनीहरूले भनेका कुरा असल छ।
DEU 5:29 ओह, यसरी नै तिनीहरूका हृदयले मेरो डर मानिदिए र मेरा आज्ञाहरू सधैँ पालन गरिदिए, तिनीहरू र तिनीहरूका सन्तानहरूलाई सधैँभरि भलो हुनेथियो!
DEU 5:30 “जा, गएर तिनीहरूलाई आ-आफ्ना पालहरूमा फर्केर जानू भन्।
DEU 5:31 तर तँचाहिँ यहीँ मसँग बस्। म तँलाई मेरा सबै आज्ञा, उर्दी र व्यवस्थाहरू दिनेछु। तैँले ती सबै तिनीहरूलाई सिकाउनू; ताकि मैले अधिकारमा दिन लागेको देशमा तिनीहरूले पालन गरून्।”
DEU 5:32 यसकारण याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएका कुराहरू होसियारीसाथ पालन गर्नू। तिमीहरू त्यसबाट दाहिने अथवा देब्रेतिर नफर्कनू।
DEU 5:33 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएअनुसार सबै मार्गहरूमा आज्ञाकारी भएर हिँडिरहनू; ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूको समृद्धि होस्, र तिमीहरूको आयु लामो होस्।
DEU 6:1 तिमीहरूले यर्दन पार गरेर अधिकार गर्ने देशमा पालन गर्नलाई सिकाउनू भनेर याहवेह तिमीहरूका परमेश्‍वरले मलाई निर्देशन गर्नुभएका विधि-विधानहरू र उर्दीहरू यिनै हुन्,
DEU 6:2 ताकि तिमीहरू, तिमीहरूका सन्तानहरू र तिनीहरूका छोराछोरीहरूले आफू बाँचुन्जेल मैले तिमीहरूलाई दिएका उहाँका सबै उर्दीहरू र आज्ञाहरू पालन गरून्। अनि याहवेह आफ्ना परमेश्‍वरको डर राखून् र तिनीहरूले लामो जीवन उपभोग गरून्।
DEU 6:3 हे इस्राएलीहरू हो, सुन र होसियारीसाथ पालन गर, ताकि तिमीहरूको भलो होस्। याहवेह, तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको वृद्धि होस्।
DEU 6:4 हे इस्राएलीहरू हो, सुन! याहवेह हाम्रा परमेश्‍वर, एक मात्र याहवेह हुनुहुन्छ।
DEU 6:5 याहवेह तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले र सम्पूर्ण बलले प्रेम गर।
DEU 6:6 आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू आफ्ना हृदयभित्र राखिराख।
DEU 6:7 यी तिमीहरूका छोराछोरीहरूलाई सिकाओ। तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यसको बारेमा चर्चा गर।
DEU 6:8 यी आज्ञाहरूलाई तिमीहरूका हातमा र निधारमा चिन्हको रूपमा बाँधिराख।
DEU 6:9 यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख।
DEU 6:10 जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरू, तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएको देशमा अर्थात् तिमीहरूले नबनाएका विशाल र सम्पन्‍न सहरहरू भएको देश तिमीहरूलाई दिनलाई ल्याउनुहुन्छ,
DEU 6:11 तब तिमीहरूले प्रबन्ध नगरेका असल कुराहरूले भरिएका घरहरू, तिमीहरूले नखनेका इनारहरू, तिमीहरूले नलगाएका दाखबारीहरू र जैतुनका बारीहरूमा ल्याउनुहुन्छ। जब तिमीहरूले ती खानेछौ र तृप्‍त हुनेछौ,
DEU 6:12 तब तिमीहरूलाई इजिप्टबाट दासत्वको देशबाट निकालेर ल्याउनुहुने याहवेहलाई कहिल्यै पनि नबिर्सनू।
DEU 6:13 याहवेह तिमीहरूका परमेश्‍वरको भय मान्‍नू। उहाँको मात्र सेवा गर्नू, र उहाँको नाममा मात्र तिमीहरूले शपथ खानू।
DEU 6:14 तिमीहरूका वरिपरि भएका मानिसहरूका देवी-देवताहरू अर्थात् अरू देवी-देवताहरूको पछि नलाग्नू;
DEU 6:15 किनकि तिमीहरूको बीचमा हुनुभएका याहवेह तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुनुहुन्छ। उहाँको रिस तिमीहरूका विरुद्धमा दन्किनेछ, र उहाँले तिमीहरूलाई पृथ्वीबाट नाश पार्नुहुनेछ।
DEU 6:16 तिमीहरूले मस्साहमा गरेझैँ याहवेह तिमीहरूका परमेश्‍वरको परीक्षा नगर्नू।
DEU 6:17 याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नीति-नियम र उर्दीहरू होसियारीसाथ पालन गर्नू।
DEU 6:18 याहवेहको दृष्‍टिमा जे ठिक र असल छ, त्यही गर्नू; ताकि तिमीहरूलाई भलो होस्, र याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको उत्तम देशमा तिमीहरूले अधिकार गर्न सक।
DEU 6:19 अनि याहवेहले भन्‍नुभएझैँ तिमीहरूले आफ्ना सामुबाट तिमीहरूका शत्रुहरूलाई धपाउनेछौ।
DEU 6:20 भविष्यमा जब तिमीहरूका छोराछोरीले तिमीहरूलाई सोध्नेछन्, “याहवेह हाम्रा परमेश्‍वरले तपाईंहरूलाई पालन गर्नू भनी दिनुभएका यी नीति-नियमहरू, उर्दीहरू र व्यवस्थाहरूको अर्थ के हो?”
DEU 6:21 तब तिनीहरूलाई यसो भन, “हामी इजिप्टमा फारो राजाका दासहरू थियौँ; तर याहवेहका शक्तिशाली हातले हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।
DEU 6:22 हाम्रो आँखाको सामु याहवेहले इजिप्टमा फारो र तिनका सबै घरानामाथि अलौकिक चिन्हहरू, अथवा महान् र डरलाग्दा कामहरू गर्नुभयो।
DEU 6:23 तर उहाँले हामीलाई त्यहाँबाट निकालेर हाम्रा पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको देश दिनलाई यहाँ ल्याउनुभयो।
DEU 6:24 याहवेहले हामीलाई यी सबै उर्दीहरू पालन गर्नू र याहवेह हाम्रा परमेश्‍वरको डर मान्‍नू भनी आज्ञा दिनुभयो; ताकि त्यसरी नै सधैँभरि उन्‍नति गर्दै बाँचिरहन सकौँ, जसरी आज हामी समृद्ध छौँ।
DEU 6:25 अनि उहाँले आज्ञा गर्नुभएझैँ याहवेह हाम्रा परमेश्‍वरको सामु यी सबै आज्ञाहरू हामीले होसियारीसाथ पालन गर्‍यौँ भने त्यो नै हाम्रो धार्मिकता ठहरिनेछ।”
DEU 7:1 जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न त्यस देशमा ल्याउनुहुनेछ, तब तिमीहरूका अगि तिमीहरूभन्दा ठूला, बलवान् यी सात जातिहरूलाई धपाइदिनुहुनेछ—हित्तीहरू, गिर्गाशीहरू, एमोरीहरू, कनानीहरू, परिज्जीहरू, हिव्वीहरू र यबूसीहरू।
DEU 7:2 अनि जब याहवेह तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूका अधीनमा पारिदिनुहुन्छ र तिमीहरूले उनीहरूलाई परास्त गर्छौ, तब तिमीहरूले उनीहरूलाई सम्पूर्ण रूपले नाश पार्नू। उनीहरूसँग सम्झौता नगर्नू, र उनीहरूलाई दया नदेखाउनू।
DEU 7:3 तिनीहरूसँग विवाह नगर्नू। तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू, न त तिनीहरूका छोरीहरू आफ्ना छोराहरूका लागि ल्याउनू।
DEU 7:4 किनकि तिनीहरूले तिमीहरूका छोराछोरीहरूलाई मेरो साटो अरू देवी-देवताहरूको सेवा गर्न लगाउनेछन्। अनि याहवेहको रिस तिमीहरूको विरुद्धमा दन्कनेछ, र उहाँले तिमीहरूलाई तुरुन्तै नाश गर्नुहुनेछ।
DEU 7:5 तिमीहरूले तिनीहरूलाई यसो गर्नू: तिनीहरूका वेदीहरू भत्काइदिनू। तिनीहरूका चोखा ढुङ्गाहरू चकनाचुर पारिदिनू। तिनीहरूका अशेराको खाँबो काटेर ढालिदिनू र तिनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू।
DEU 7:6 किनकि तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति एउटा पवित्र जाति हौ। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उहाँका जाति र बहुमूल्य सम्पत्ति हुनलाई यस पृथ्वीका सबै जातिहरूका बीचबाट चुन्‍नुभएको छ।
DEU 7:7 तिमीहरू संख्यामा अरू जातिहरूभन्दा धेरै भएको कारण याहवेहले तिमीहरूप्रति आफ्नो प्रेम देखाउनुभएको होइन। तिमीहरू त सबै जातिहरूभन्दा थोरै थियौ।
DEU 7:8 तर याहवेहले तिमीहरूलाई प्रेम गर्नुभएको कारण र उहाँले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खानुभएको कारण, यसकासाथै उहाँको महान् शक्तिद्वारा तिमीहरूलाई दासत्वको देश इजिप्टको राजा फारोको शक्तिबाट छुटकारा दिएर निकालेर ल्याउनुभयो।
DEU 7:9 यसकारण याहवेह तिमीहरूका परमेश्‍वर नै परमेश्‍वर हुनुहुन्छ भनी याद राख। उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञापालन गर्नेहरूका हजारौँ पुस्तासम्म आफ्नो प्रेमको करार पूरा गर्ने विश्‍वासयोग्य परमेश्‍वर उहाँ हुनुहुन्छ।
DEU 7:10 तर, उहाँलाई घृणा गर्नेहरूलाई उहाँले तिनीहरूका आँखाकै सामु नाश गरेर बदला लिनुहुनेछ; उहाँलाई घृणा गर्नेहरूलाई तिनीहरूका मुखकै सामु बदला लिन उहाँ ढिलो गर्नुहुनेछैन।
DEU 7:11 यसकारण मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू, उर्दीहरू र व्यवस्थाहरू होसियारीसाथ पालन गर्नू।
DEU 7:12 यदि तिमीहरूले यी व्यवस्थाहरूमा ध्यान दियौ, र यिनलाई होसियारीसाथ पालन गर्‍यौ भने याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खानुभएको प्रेमको करार तिमीहरूसँग पूरा गर्नुहुनेछ।
DEU 7:13 उहाँले तिमीहरूलाई प्रेम गर्नुहुनेछ; आशिष् दिनुहुनेछ र तिमीहरूको संख्यामा वृद्धि गराइदिनुहुनेछ। उहाँले तिमीहरूका गर्भका फलमा, खेतका फसलमा, अन्‍नबालीमा, नयाँ दाखमद्यमा, जैतुन तेलमा, तिमीहरूका बथानका बाछाहरू र तिमीहरूका बगालका थुमाहरूलाई तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा आशिष् दिनुहुनेछ।
DEU 7:14 तिमीहरू अरू जातिहरूभन्दा धेरै आशिषित हुनेछौ। तिमीहरूका कुनै पुरुष वा स्त्री निःसन्तान हुनेछैनन्, न त तिमीहरूका गाईबस्तु थारो हुनेछ।
DEU 7:15 याहवेहले तिमीहरूलाई सबै किसिमका रोगहरूबाट अलग राख्नुहुनेछ। तिमीहरूले इजिप्टमा देखेका कुनै पनि डरलाग्दा रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछैन। तर उहाँले ती रोगहरू तिमीहरूलाई घृणा गर्नेहरूमाथि ल्याउनुहुनेछ।
DEU 7:16 याहवेहले तिमीहरूलाई सुम्पिदिनुभएका सबै मानिसहरूलाई तिमीहरूले नाश गर्नुपर्छ। तिनीहरूमाथि दया नदेखाउनू र तिनीहरूका देवी-देवताहरूको सेवा नगर्नू। किनकि त्यो त तिमीहरूका निम्ति पासो हुनेछ।
DEU 7:17 तिमीहरू आफैँले यसरी सोचौला, “यी जातिहरू हामीभन्दा बलवान् छन्। हामी तिनीहरूलाई कसरी धपाउन सक्छौँ?”
DEU 7:18 तर तिनीहरूसँग नडराओ; याहवेह तिमीहरूका परमेश्‍वरले फारो र सारा इजिप्टलाई के गर्नुभएको थियो, त्यो स्मरण गर।
DEU 7:19 याहवेह तिमीहरूका परमेश्‍वरले ठूला-ठूला सङ्कष्‍टहरू, अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू, शक्तिशाली हात र फैलिएको पाखुराद्वारा तिमीहरूलाई निकालेर ल्याउनुभएको तिमीहरूले आफ्नै आँखाले देखेका थियौ। यसरी नै याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरू अहिले डराएका सबै जातिहरूलाई त्यस्तै गर्नुहुनेछ।
DEU 7:20 यसबाहेक याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट लुकेर बाँचेकाहरू सबै नाश नभएसम्म तिनीहरूको माझ अरिङ्गाल पठाउनुहुनेछ।
DEU 7:21 तिनीहरूसँग नडराओ; किनकि तिमीहरूसँग हुनुहुने, याहवेह तिमीहरूका परमेश्‍वर महान् र भययोग्य परमेश्‍वर हुनुहुन्छ।
DEU 7:22 याहवेह तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूकै सामु, अलि-अलि गर्दै धपाउनुहुनेछ। तिनीहरूलाई एकैचोटि निकाल्ने अनुमति तिमीहरूलाई दिइनेछैन, नत्रता तिमीहरूको चारैतिर जङ्गली पशुहरूको संख्या बढ्न सक्छ।
DEU 7:23 तर याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूका अधीनमा सुम्पिदिनुहुनेछ। तिनीहरू नाश नभएसम्म ठूलो अन्योलमा पारेर राख्नुहुनेछ।
DEU 7:24 उहाँले तिनीहरूका राजाहरूलाई तिमीहरूका अधीनमा दिनुहुनेछ, र तिमीहरूले तिनीहरूका नामनिशानै आकाशमुनिबाट मेटिदिनेछौ। तिमीहरूको विरुद्धमा कोही पनि खडा हुन सक्नेछैन। तिमीहरूले तिनीहरूलाई नाश गर्नेछौ।
DEU 7:25 तिमीहरूले तिनीहरूका देवी-देवताहरूको मूर्तिहरूलाई आगोमा जलाइदिनू। तिनीहरूसँग भएका चाँदी र सुनको लालच नगर्नू। अनि ती तिमीहरूले आफ्नै लागि नलिनू, नत्रता तिमीहरू त्यसद्वारा पासोमा पर्नेछौ। किनकि याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति त्यो घृणित कुरा हो।
DEU 7:26 कुनै घृणित कुरा आफ्नो घरमा नल्याउनू, नत्रता तिमीहरू पनि त्योजस्तै विनाशका लागि अलग गरिनेछौ। त्यसलाई घृणा गर्नू, र एकदमै तिरस्कार गर्नू; किनकि त्यो विनाशका निम्ति अलग गरिएको हो।
DEU 8:1 मैले आज तिमीहरूलाई दिइरहेका हरेक आज्ञालाई होसियारीसाथ पालन गर, ताकि तिमीहरू जीवित रहन सक, र वृद्धि हुन सक। अनि याहवेहले तिमीहरूका पितापुर्खाहरूसँग शपथद्वारा प्रतिज्ञा गर्नुभएको देशमा प्रवेश गर्न सक; र त्यस देशमा अधिकार गर्न सक।
DEU 8:2 तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्छौ कि गर्दैनौ भनेर तिमीहरूका हृदय जान्‍न, तिमीहरूलाई नम्र बनाउन अनि जाँच्नलाई कसरी याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उजाडस्थानभरि यी चालीस वर्षसम्म डोर्‍याउनुभयो, सो स्मरण गर।
DEU 8:3 उहाँले तिमीहरूलाई नम्र तुल्याउन भोकाउन दिनुभयो। त्यसपछि मन्‍न खुवाउनुभयो; जसलाई न तिमीहरूले, न त तिमीहरूका पितापुर्खाहरूले नै जानेका थिए। मानिस भोजनले मात्र जीवित रहँदैन, तर याहवेहको मुखबाट निस्केको हरेक वचनले जीवित रहन्छ भनेर सिकाउनलाई त्यसो गर्नुभयो।
DEU 8:4 यी चालीस वर्षहरूमा तिमीहरूका लुगा फाटेनन्, र तिमीहरूका खुट्टा पनि सुनिएनन्।
DEU 8:5 यसकारण जसरी मानिसले आफ्ना छोरालाई अनुशासनमा राख्छ, त्यसरी नै याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अनुशासनमा राख्नुहुन्छ भनी याद राख।
DEU 8:6 याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर। उहाँका आज्ञामा हिँड र उहाँको आदर गर।
DEU 8:7 किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यस्तो उत्तम देशमा ल्याउनुहुँदैछ, जुन देशमा नदीनालाहरू, पानीका धाराहरू र पानीका मूलहरू पहाड र बेँसीहरूबाट बगेर निस्कन्छन्।
DEU 8:8 यस्तो देश, जहाँ गहुँ र जौ, अङ्‌गुर र नेभाराका रूखहरू, अनार, जैतुनको तेल र मह उत्पादन हुँदछन्।
DEU 8:9 यस्तो देश, जहाँ भोजनको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। यस्तो देश, जहाँ चट्टानहरूमा फलाम छन्, र तिमीहरूले पहाडहरूबाट तामा खनेर निकाल्न सक्छौ।
DEU 8:10 जब तिमीहरूले खाएर तृप्‍त हुन्छौ, तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तम देश दिनुभएको निम्ति उहाँलाई प्रशंसा गर।
DEU 8:11 आज मैले तिमीहरूलाई याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, उहाँका व्यवस्थाहरू र उहाँका उर्दीहरू दिइरहेको छु, तिमीहरूले उहाँलाई नभुल
DEU 8:12 नत्रता तिमीहरू खाएर तृप्‍त हुनेछौ, तब तिमीहरूले राम्रा घरहरू बनाएर बसोबास गर्छौ।
DEU 8:13 अनि जब तिमीहरूका बथान र बगालहरू वृद्धि हुँदै जानेछन्; तिमीहरूका चाँदी र सुन प्रशस्त हुनेछ। अनि तिमीहरूसँग भएका सबै कुराहरू वृद्धि हुनेछ,
DEU 8:14 तब तिमीहरूका हृदयमा घमण्ड आउनेछ, र तिमीहरूलाई इजिप्टको दासत्वबाट निकालेर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले बिर्सनेछौ।
DEU 8:15 उहाँले तिमीहरूलाई विशाल र डरलाग्दो उजाडस्थानद्वारा त्यस सुक्खा र पानीविनाको भूमिबाट अनि विषालु सर्पहरू र बिच्छीहरू भएको ठाउँबाट डोर्‍याउनुभयो। उहाँले तिमीहरूका निम्ति त्यस कडा चट्टानबाट पानी निकाल्नुभयो।
DEU 8:16 अन्त्यमा उहाँले तिमीहरूलाई सबै अशल कुराहरू दिन सक्नुभएको होस् भनेर उहाँले तिमीहरूलाई नम्र बनाउन र जाँच गर्न तिमीहरूका पितापुर्खाहरूले कहिल्यै नजानेका मन्‍न उजाडस्थानमा खानलाई दिनुभयो।
DEU 8:17 तिमीहरूले आफ्नो मनमा सोचौला, “मेरा आफ्ना हातका शक्ति र मेरा हातका बलले आफ्ना निम्ति यो धन कमाएको हुँ।”
DEU 8:18 तर याहवेह तिमीहरूका परमेश्‍वरलाई स्मरण गर; किनकि उहाँले नै तिमीहरूलाई धन कमाउने क्षमता दिनुभएको छ। अनि उहाँले तिमीहरूका पुर्खाहरूसँग शपथद्वारा गर्नुभएको करार निश्‍चित गर्नुहुन्छ, जसरी आजको दिनसम्म गर्नुभएको छ।
DEU 8:19 यदि कुनै दिन तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरलाई बिर्सेर अरू देवी-देवताहरूलाई पछ्याएर तिनीहरूलाई पूजा गर्‍यौ र तिनीहरूको सामु निहुर्‍यौ भने म आज तिमीहरूको विरुद्धमा साक्षी दिन्छु; तिमीहरू निश्‍चय नै नष्‍ट हुनेछौ।
DEU 8:20 तिमीहरूकै सामु याहवेहले जातिहरूलाई नाश गर्नुभएझैँ, तिमीहरूले पनि याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन नगरेको कारण नष्‍ट हुनेछौ।
DEU 9:1 सुन, इस्राएली हो! आज तिमीहरू यर्दन नदी पार गर्नेछौ। तिमीहरूभन्दा महान् र शक्तिशाली, आकाशसम्म छुने अग्ला पर्खाल भएका ठूला सहरहरूमा रहेका जातिहरूलाई तिमीहरूले अधिकार गर्न लागेका छौ।
DEU 9:2 त्यहाँका अनाकी जातिहरू बलवान् र अग्ला छन्। तिनीहरूका बारेमा तिमीहरू जान्दछौ र यस्तो भनेको सुनेका छौ: “अनाकीहरूको विरुद्धमा को खडा हुन सक्छ?”
DEU 9:3 तर आज तिमीहरू निश्‍चय जानी राख, कि याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूका अगि-अगि भस्म गर्ने आगोझैँ जानुहुने परमेश्‍वर हुनुहुन्छ। उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ। उहाँले तिनीहरूलाई तिमीहरूको सामु पराजित गराउनुहुनेछ। याहवेहले प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूलाई धपाउनेछौ र चाँडै नाश पार्नेछौ।
DEU 9:4 याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूको सामुबाट धपाइसक्नुभएपछि तिमीहरूले यसो नभन्‍नू, “याहवेहले हाम्रो धार्मिकताको कारण यस देशलाई अधिकार गर्न भनी हामीलाई यहाँ ल्याउनुभएको हो।” यस्तो होइन, तर यी जातिहरूका दुष्‍टताको कारण याहवेहले तिनीहरूलाई तिमीहरूको सामुबाट धपाउनुहुनेछ।
DEU 9:5 यो त तिमीहरूको धार्मिकता अथवा इमानदारीताको कारण तिमीहरूले तिनीहरूको देश अधिकार गर्न गइरहेका होइनौ: तर ती जातिहरूको दुष्‍टताको कारण याहवेहले तिमीहरूका पितापुर्खाहरू, अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएको प्रतिज्ञा पूरा गर्नलाई उहाँले तिनीहरूलाई तिमीहरूको सामुबाट धपाउनुहुनेछ।
DEU 9:6 यसकारण यो कुरा याद राख, तिमीहरूको धार्मिकताको कारण याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यो उत्तम देश अधिकार गर्नलाई दिनुभएको होइन; किनकि तिमीहरू त हठी मानिसहरू हौ।
DEU 9:7 तिमीहरूले उजाडस्थानमा कसरी याहवेह तिमीहरूका परमेश्‍वरलाई रिस उठायौ भनी स्मरण गर, र कहिल्यै नबिर्स। तिमीहरूले इजिप्ट छोडेको दिनदेखि यहाँ आइपुग्दासम्म याहवेहको विरुद्धमा धेरै विद्रोह गरेका छौ।
DEU 9:8 होरेब पर्वतमा तिमीहरूले याहवेहलाई रिस उठायौ; यसकारण तिमीहरूलाई नाश गर्न उहाँ साह्रै रिसाउनुभएको थियो।
DEU 9:9 याहवेहले तिमीहरूसँग गर्नुभएको करारका ती ढुङ्गाका पाटीहरू लिनलाई जब म पर्वतमा गएँ, तब म त्यस पर्वतमा चालीस दिन र चालीस रात बसेँ। त्यहाँ मैले न रोटी खाएँ, न त पानी नै पिएँ।
DEU 9:10 याहवेहले मलाई आफ्नो औँलाले खोपेर लेख्नुभएका ढुङ्गाका दुई वटा पाटीहरू दिनुभयो। ती पाटीहरूमा याहवेहले पर्वतमा आगोबाट तिमीहरूलाई सभाको दिनमा घोषणा गर्नुभएका सबै आज्ञाहरू लेखिएका थिए।
DEU 9:11 चालीस दिन र चालीस रातको अन्त्यमा याहवेहले मलाई ढुङ्गाका ती दुई पाटीहरू अर्थात् करारका पाटीहरू दिनुभयो।
DEU 9:12 तब याहवेहले मलाई भन्‍नुभयो, “यहाँबाट तुरुन्तै तल गइहाल; किनकि तैँले इजिप्टबाट निकालेर ल्याएका तेरा मानिसहरू भ्रष्‍ट भएका छन्। मैले तिनीहरूलाई आज्ञा गरेका कुराबाट तिनीहरू चाँडै नै तर्किगएका छन्। तिनीहरूले आफ्ना लागि मूर्ति बनाएका छन्।”
DEU 9:13 अनि याहवेहले मलाई भन्‍नुभयो, “मैले यस जातिलाई देखेको छु र यिनीहरू साँच्‍चै हठी जाति हुन्।
DEU 9:14 मलाई एकलै छाडिदे, ताकि म तिनीहरूलाई नाश गरूँ। म तिनीहरूका नाम आकाशमुनिबाट मेटिदिनेछु। अनि म तँलाई नै तिनीहरूभन्दा शक्तिशाली र ठूलो संख्याको जाति बनाउनेछु।”
DEU 9:15 यसकारण म फर्केँ, र पर्वत आगोले जलिरहेकै बेला त्यहाँबाट तल ओर्लेर आएँ। अनि करारका ती दुई ढुङ्गाका पाटीहरू मेरा हातमै थिए।
DEU 9:16 जब मैले हेरेँ, तब तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेका देखेँ। तिमीहरूले आफ्ना निम्ति बाछाको आकारमा एउटा मूर्ति बनाएका थियौ। याहवेहले दिनुभएको आज्ञाबाट तिमीहरू चाँडै तर्किगएका थियौ।
DEU 9:17 यसकारण मैले ती दुई पाटीहरू लिएर आफ्ना हातबाट फ्याँकिदिएँ, र तिमीहरूका आँखाकै सामु टुक्रा-टुक्रा गरेर फुटाइदिएँ।
DEU 9:18 त्यसपछि याहवेहको सामु चालीस दिन र चालीस रातसम्म लम्पसार परेँ। त्यहाँ मैले न रोटी खाएँ, न त पानी नै पिएँ। किनकि तिमीहरूले याहवेहको दृष्‍टिमा जे खराब थियो, ती सबै पाप गर्‍यौ र उहाँलाई रिस उठायौ।
DEU 9:19 याहवेहको रिस र क्रोधदेखि मलाई डर लाग्यो। किनकि उहाँ तिमीहरूलाई नाश गर्नलाई साह्रै क्रोधित हुनुभएको थियो। तर फेरि पनि याहवेहले मेरो कुरा सुन्‍नुभयो।
DEU 9:20 अनि त्यस बेला याहवेह हारूनलाई नाश गर्न तिनीसँग साह्रै रिसाउनुभएको थियो। तर त्यस बेला मैले हारूनका निम्ति पनि प्रार्थना गरेँ।
DEU 9:21 मैले तिमीहरूको त्यो पापपूर्ण वस्तु, तिमीहरूले बनाएका बाछा पनि लिएँ, र त्यसलाई आगोमा जलाइदिएँ। त्यसपछि मैले त्यसलाई कुच्‍च्‍याएर धुलोपिठो पारिदिएँ। अनि त्यस धुलोलाई पहाडबाट बगिरहेको खोलामा बगाइदिएँ।
DEU 9:22 तिमीहरूले तबेरा, मस्साह र किब्रोत-हत्तावामा पनि याहवेहलाई रिस उठाएका थियौ।
DEU 9:23 अनि याहवेहले तिमीहरूलाई कादेश-बर्नेबाट पठाउनुहुँदा उहाँले भन्‍नुभयो, “माथि उक्लेर जाओ, र मैले तिमीहरूलाई दिएको देशमा अधिकार गर।” तर तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञाको विरुद्धमा विद्रोही भयौ। तिमीहरूले उहाँमाथि भरोसा राखेनौ, र उहाँको आज्ञापालन गरेनौ।
DEU 9:24 मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरू याहवेहको विरुद्धमा विद्रोही भएका छौ।
DEU 9:25 म ती चालीस दिन र चालीस रातभरि याहवेहको सामु लम्पसार परिरहेँ। किनकि याहवेहले तिमीहरूलाई नाश गर्छु भन्‍नुभएको थियो।
DEU 9:26 मैले याहवेहलाई प्रार्थना गरेर भनेँ, “हे प्रभु याहवेह, तपाईंले आफ्नो महान् शक्तिले छुटाउनुभएको र शक्तिशाली हातले इजिप्टबाट निकालेर ल्याउनुभएको आफ्ना जाति र आफ्ना निज उत्तराधिकारलाई नाश नगर्नुहोस्।
DEU 9:27 तपाईंका सेवकहरू अब्राहाम, इसहाक र याकोबलाई सम्झनुहोस्। यी मानिसहरूका हठीपन, तिनीहरूका दुष्‍टता र तिनीहरूका पापको वास्ता नगर्नुहोस्।”
DEU 9:28 नत्रता तपाईंले हामीलाई निकालेर ल्याउनुभएको देशले यसो भन्‍नेछ, “याहवेहले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिनीहरूलाई लैजान सक्नुभएन। अनि उहाँले तिनीहरूलाई घृणा गर्नुभएको कारण तिनीहरूलाई उजाडस्थानमा मार्न भनी निकालेर ल्याउनुभयो।
DEU 9:29 तर तिनीहरू तपाईंका जाति हुन्, तपाईंका निज उत्तराधिकार, जसलाई तपाईंले आफ्नो महान् शक्ति र आफ्नो फैलिएको हात निकालेर ल्याउनुभएको।”
DEU 10:1 त्यस बेला याहवेहले मलाई भन्‍नुभयो, “पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू काटेर मकहाँ माथि पर्वतमा लिएर आइज। एउटा काठको सन्दुक पनि बना।
DEU 10:2 म तिनीहरूमा तैँले फुटाएको पहिलो पाटीहरूमा भएकै शब्दहरू लेखिदिनेछु। त्यसपछि तैँले ती ढुङ्गाका पाटीहरूलाई त्यस सन्दुकमा राख्।”
DEU 10:3 यसकारण मैले बबुल काठको सन्दुक बनाएँ। अनि पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू खोपेर निकालेँ। त्यसपछि ती दुई पाटीहरू आफ्ना हातमा बोकेर पर्वतमा उक्लेर गएँ।
DEU 10:4 याहवेहले ती दुई ढुङ्गाका पाटीहरूमा पहिलाको जस्तै जे लेख्नुभएको थियो, त्यही नै सभाको दिन पर्वतमा आगोबाट तिमीहरूलाई घोषणा गर्नुभएका दश आज्ञाहरू लेखिदिनुभयो। अनि ती ढुङ्गाका पाटीहरू मलाई दिनुभयो।
DEU 10:5 त्यसपछि म पर्वतबाट ओर्लिआएँ। अनि याहवेहले मलाई आज्ञा गर्नुभएझैँ ती पाटीहरूलाई मैले बनाएको सन्दुकमा राखिदिएँ। ती पाटीहरू अहिलेसम्म त्यहीँ छँदैछन्।
DEU 10:6 (इस्राएलीहरू बेरोतको बेने-याकानहरूको इनारहरूदेखि मोसेरासम्म यात्रा गरे। त्यहाँ हारून मरे, र त्यहीँ तिनी गाडिए। अनि तिनका छोरा एलाजारले तिनीपछि प्रधान पुजारीको जिम्मेवारी सम्हाले।
DEU 10:7 त्यहाँबाट तिनीहरू गुदगोदासम्म यात्रा गरेर पानीको खोलाहरू भएको ठाउँ योतबातामा गए।
DEU 10:8 त्यस बेला याहवेहले लेवीको कुललाई उहाँको करारको सन्दुक बोक्न, उहाँको सामु खडा भई सेवा गर्न र उहाँको नाममा आशिष्‌को घोषणा गर्नको लागि अलग गर्नुभयो, जुन काममा तिनीहरू आज पनि छँदैछन्।
DEU 10:9 यसैकारण तिनीहरूका दाजुभाइहरूबीच लेवीहरूको सम्पत्तिको अधिकारको भाग छैन। याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकार हुनुहुन्छ)।
DEU 10:10 पहिलोपल्ट जस्तै म पर्वतमा चालीस दिन र चालीस रात बसेँ। अनि यस पटक पनि याहवेहले मेरो बिन्ती सुन्‍नुभयो। उहाँको इच्छा तिमीहरूलाई नाश गर्नलाई थिएन।
DEU 10:11 याहवेहले मलाई भन्‍नुभयो, “उठेर जा, र यी मानिसहरूलाई तिनीहरूको मार्गमा अगुवाइ गर्। मैले तिनीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको देशमा तिनीहरू प्रवेश गरून्। अनि त्यस देशमा अधिकार गरून्।”
DEU 10:12 यसकारण हे इस्राएलीहरू हो, याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट यति नै चाहनुहुन्छ, कि याहवेह तिमीहरूका परमेश्‍वरप्रति श्रद्धा राख्नु, उहाँका मार्गहरूमा आज्ञाकारी भई हिँड्नु, उहाँलाई प्रेम गर्नु, आफ्ना सारा हृदयले र सारा प्राणले याहवेह आफ्ना परमेश्‍वरको सेवा गर्नु,
DEU 10:13 र मैले आज तिमीहरूकै भलाइका लागि दिइरहेका याहवेहका आज्ञाहरू र उर्दीहरू पालन गर्नु।
DEU 10:14 आकाश र सर्वोच्‍च स्वर्ग, साथै पृथ्वी र त्यसमा भएका सबै कुराहरू याहवेह तिमीहरूका परमेश्‍वरकै हुन्।
DEU 10:15 तरै पनि याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई यति धेरै वास्ता गर्नुभयो र तिनीहरूलाई प्रेम गर्नुभयो; र उहाँले सबै जाति-जातिहरूबाट तिनीहरूका सन्तानलाई अर्थात् तिमीहरूलाई चुन्‍नुभयो, जुन आज तिमीहरूका अगि स्पष्‍ट छ।
DEU 10:16 यसकारण तिमीहरूका हृदयको खतना गर। अनि अब उसो हठी नहोओ।
DEU 10:17 किनकि याहवेह तिमीहरूका परमेश्‍वर, देवी-देवताहरूका परमेश्‍वर, प्रभुहरूका प्रभु, महान् परमेश्‍वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ; जसले पक्षपात गर्नुहुन्‍न र घूस लिनुहुन्‍न।
DEU 10:18 उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ। अनि तिमीहरूसँग रहने विदेशीलाई प्रेम गरेर तिनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ।
DEU 10:19 यसैले तिमीहरूले पनि विदेशीहरूलाई प्रेम गर्नुपर्छ; किनकि तिमीहरू आफैँ पनि इजिप्टमा परदेशी थियौ।
DEU 10:20 याहवेह तिमीहरूका परमेश्‍वरको डर मान्‍नू; उहाँको सेवा गर्नू। उहाँलाई पक्री राख्नू र तिमीहरूले उहाँको नाममा मात्र शपथ खानू।
DEU 10:21 याहवेह मात्र तिमीहरूका प्रशंसाको योग्य हुनुहुन्छ। उहाँ नै तिमीहरूका परमेश्‍वर हुनुहुन्छ, जसले तिमीहरूका निम्ति महान् र अद्‌भुत कार्यहरू गर्नुभयो, जुन तिमीहरूका आफ्नै आँखाले देखेका छन्।
DEU 10:22 तिमीहरूका पितापुर्खाहरू जम्मा सत्तरी जना इजिप्टमा गएका थिए। अहिले याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराहरूझैँ असंख्य बनाइदिनुभएको छ।
DEU 11:1 याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर, र उहाँका नियमहरू, उहाँका उर्दीहरू, उहाँका व्यवस्थाहरू र उहाँका आज्ञाहरू सधैँ पालन गर।
DEU 11:2 आज यो कुरा याद राख कि तिमीहरूका छोराछोरीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको अनुशासन अनुभव गरेका छैनन्, न त देखेका छन्। उहाँको महानता, उहाँको पराक्रमी वा शक्तिशाली हात, उहाँका फैलिएको पाखुरा;
DEU 11:3 इजिप्टमा त्यसका राजा फारो र त्यसका सम्पूर्ण देशको माझमा उहाँले देखाउनुभएको अलौकिक चिन्हहरू र गर्नुभएका कामहरू,
DEU 11:4 उहाँले इजिप्टको सेनाहरूलाई, त्यसका घोडाहरू र रथहरूलाई के गर्नुभयो, र तिनीहरूले तिमीहरूलाई खेदेर आउँदा उहाँले कसरी तिनीहरूलाई लाल समुद्रको पानीको बीचमा डुबाइदिनुभयो। अनि कसरी याहवेहले तिनीहरूलाई सधैँका निम्ति नाश गरिदिनुभयो।
DEU 11:5 तिमीहरू यहाँ नआएसम्म तिमीहरूका निम्ति उहाँले उजाडस्थानमा के गर्नुभयो, त्यो तिमीहरूका छोराछोरीहरूले देखेका छैनन्।
DEU 11:6 अनि उहाँले रूबेनी एलिआबका छोराहरू दातान र अबीरामलाई के गर्नुभयो, जब इस्राएलको बीचमा धर्ती फाटेर तिनीहरूका परिवार, तिनीहरूका पालहरू र तिनीहरूका हरेक चीजसहित निलिदिएको कुराहरू देखेकै छैनन्।
DEU 11:7 तर तिमीहरूले याहवेहले गर्नुभएका यी सबै महान् कामहरू आफ्नै आँखाले देखेका छौ।
DEU 11:8 यसकारण मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरू सबै पालन गर, ताकि तिमीहरूले यर्दन पार गरेर जाने बल प्राप्‍त गर्न सक। अनि देशभित्र गएर अधिकार प्राप्‍त गर्न सक।
DEU 11:9 अनि याहवेहले तिमीहरूका पितापुर्खाहरू र तिनीहरूका सन्तानलाई दिनेछु भनी शपथ खानुभएको त्यो दूध र मह बग्ने देशमा तिमीहरू दीर्घायु भई बाँच्न सक।
DEU 11:10 तिमीहरूले गएर अधिकार गर्न लागेको देश तिमीहरूले छोडेर आएको इजिप्टजस्तो छैन, जहाँ तिमीहरूले बिउ छरेर करेसाबारीमा खुट्टाको प्रयोगले सिँचाइ गर्नुपर्थ्यो।
DEU 11:11 तर तिमीहरू यर्दन पार गरेर अधिकार गर्न गइरहेको देशका डाँडा र बेँसीहरूलाई आकाशबाट परेको झरीले भिजाउँछ।
DEU 11:12 त्यो देश याहवेह तिमीहरूका परमेश्‍वरले रेखदेख गर्नुहुन्छ; त्यस देशमा याहवेह तिमीहरूका परमेश्‍वरका आँखा वर्षको सुरुदेखि अन्त्यसम्मै निरन्तर रहिरहन्छ।
DEU 11:13 यसकारण यदि आज मैले तिमीहरूलाई दिइरहेका आज्ञाहरू तिमीहरूले इमानदारीतासाथ पालन गर्‍यौ भने याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्‍यौ र आफ्ना सारा हृदय र सारा प्राणले उहाँको सेवा गर्‍यौ भने,
DEU 11:14 म तिमीहरूको देशमा शरद र बसन्त दुवै ऋतुमा वर्षा पठाउनेछु, ताकि तिमीहरूले आफ्ना अन्‍न, नयाँ दाखमद्य र जैतुनको तेल बटुल्न सक।
DEU 11:15 म तिमीहरूका गाईबस्तुका निम्ति जमिनमा घाँस जुटाइदिनेछु। अनि तिमीहरू खानेछौ र तृप्‍त हुनेछौ।
DEU 11:16 होशियार रहो, नत्रता तिमीहरू तर्केर अरू देवी-देवताहरूको सेवा गरौला र आराधना गरौला।
DEU 11:17 यसो गर्‍यौ भने याहवेहको रिस तिमीहरूको विरुद्धमा दन्कनेछ; अनि उहाँले पानी नपरोस् भनेर आकाश बन्द गरिदिनुहुनेछ। तब जमिनले उब्जनी दिनेछैन र याहवेहले तिमीहरूलाई दिनुहुने उत्तम देशबाट तिमीहरू चाँडै नष्‍ट हुनेछौ।
DEU 11:18 मेरा यी वचनहरू तिमीहरूका हृदय र मनमा राख; यिनलाई तिमीहरूका आफ्ना हातमा र आफ्ना निधारमा चिन्हको रूपमा बाँधिराख।
DEU 11:19 आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यिनको विषयमा चर्चा गर्दै आफ्ना छोराछोरीहरूलाई सिकाओ।
DEU 11:20 यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख;
DEU 11:21 ताकि याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा तिमीहरू र तिमीहरूका छोराछोरीहरू पृथ्वीमाथि आकाश रहुन्जेल बाँचिरहून्।
DEU 11:22 यदि मैले तिमीहरूलाई दिइरहेका सबै आज्ञाहरू तिमीहरूले होसियारीसाथ पालन गर्‍यौ, याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गहरूमा आज्ञाकारी भई हिँड्न र उहाँमा लागिरहनका निम्ति सबै आज्ञाहरू पालन गर्‍यौ भने,
DEU 11:23 याहवेहले यी सबै जातिहरूलाई तिमीहरूका सामुबाट धपाउनुहुनेछ; अनि तिमीहरूभन्दा ठूला र शक्तिशाली जातिहरूलाई तिमीहरूले अधीनमा लिनेछौ।
DEU 11:24 तिमीहरूले आफ्ना खुट्टाले टेकेका हरेक ठाउँ तिमीहरूको हुनेछ: तिमीहरूको प्रान्त उजाडस्थानदेखि लेबनानसम्म र यूफ्रेटिस नदीदेखि भूमध्य सागरसम्म फैलिनेछ।
DEU 11:25 कुनै पनि मानिस तिमीहरूको विरुद्धमा खडा हुन सक्नेछैन। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरू जहाँ गए तापनि सारा देशभरि तिमीहरूको डर र आतङ्क हालिदिनुहुनेछ।
DEU 11:26 हेर, मैले आज तिमीहरूका सामु आशिष् र श्राप राखिदिएको छु।
DEU 11:27 मैले आज तिमीहरूलाई दिइरहेका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू यदि तिमीहरूले पालन गर्‍यौ भने आशिष् पाउनेछौ।
DEU 11:28 तर यदि तिमीहरूले नजानेका अरू देवी-देवताहरूलाई पछ्याएर आज मैले तिमीहरूलाई दिएका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू तिमीहरूले पालन गरेनौ भने श्राप पाउनेछौ।
DEU 11:29 जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूले अधिकार गर्न पस्‍न लागेको देशमा तिमीहरूलाई ल्याउनुहुनेछ, तब तिमीहरूले गीरीज्जीम डाँडामा आशिष् र एबाल डाँडामा श्राप घोषणा गर्नू।
DEU 11:30 तिमीहरूलाई थाहै छ, यी पर्वतहरू गिलगालको छेउका अराबामा बस्‍ने कनानीहरूको प्रान्तमा मोरेको फलाँटहरूका छेउमा घाम अस्ताउने दिशापट्टि, बाटोको पश्‍चिम भागमा यर्दनको पारि छन्।
DEU 11:31 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू प्रवेश गर्न र त्यस देशमा अधिकार गर्नलाई यर्दन पार गर्न लागेका छौ। जब तिमीहरूले त्यस देशलाई अधीनमा लिएर त्यसमा बस्‍नेछौ,
DEU 11:32 तब मैले आज तिमीहरूका अगि राखिदिएका सबै उर्दीहरू र व्यवस्थाहरू होसियारीसाथ पालन गर्नू।
DEU 12:1 याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिनुभएको देशमा बाँचुन्जेल तिमीहरूले होसियारीसाथ पालन गर्नुपर्ने उर्दीहरू र व्यवस्थाहरू यिनै हुन्।
DEU 12:2 उनीहरूका अल्गा डाँडाहरू, हरेक पर्वत र प्रत्येक झ्याम्म परेको रूखमुनि, जुन स्थानहरूमा तिमीहरूले अधिकार गर्न लागेका जातिहरूले तिनीहरूका देवी-देवताहरूलाई पूजा गर्छन्, ती सबै ठाउँहरू तिमीहरूले पूर्ण रूपले ध्वस्त पारिदिनू।
DEU 12:3 तिनीहरूका वेदीहरू भत्काइदिनू। तिनीहरूका चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनू, र तिनीहरूका अशेराको खाँबो आगोमा जलाइदिनू। तिनीहरूका देवी-देवताहरूका मूर्तिहरू काटेर ढालिदिनू, र ती ठाउँहरूबाट तिनीहरूका नामसमेत मेटाइदिनू।
DEU 12:4 तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको आराधना उनीहरूको तरिकाले नगर्नू।
DEU 12:5 तर तिमीहरूले चाहिँ याहवेह तिमीहरूका परमेश्‍वरले आफ्नो वासस्थानको निम्ति तिमीहरूका कुलहरूबीचबाट चुन्‍नुभएको ठाउँलाई खोज्नुपर्छ। अनि त्यस ठाउँमा तिमीहरू जानुपर्छ।
DEU 12:6 त्यहाँ तिमीहरूले आफ्ना अन्‍नबलि र बलिदानहरू, तिमीहरूका दशांश र विशेष भेटीहरू, भाकल भेटीहरू, स्वेच्छा-भेटीहरू र तिमीहरूका बगालहरू र बथानहरूका पहिला जन्मेका पशुहरू ल्याउनू।
DEU 12:7 त्यहाँ तिमीहरूले आफ्ना याहवेह परमेश्‍वरको उपस्थितिमा तिमीहरू र तिमीहरूका परिवारहरूले खानपिन गर्नेछौ। अनि तिमीहरूले हात लगाएका हरेक कुराहरूमा रमाउनेछौ; किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएको छ।
DEU 12:8 आज तिमीहरू आफूलाई जे ठिक लाग्छ, त्यही गरिरहेका छौ, तर तिमीहरू त्यहाँ गएपछि त्यस्तै नगर्नू;
DEU 12:9 किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने विश्रामस्थान र अधिकार गर्ने देशमा तिमीहरू अझसम्म पुगेका छैनौ।
DEU 12:10 तर तिमीहरू यर्दन पार गरेर जानेछौ र याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकारको रूपमा दिनुहुने देशमा बसोबास गर्नेछौ। अनि उहाँले तिमीहरूका वरिपरि भएका शत्रुहरूदेखि विश्राम दिनुहुनेछ, ताकि तिमीहरू सुरक्षित बस्‍न सक।
DEU 12:11 अनि याहवेह तिमीहरूका परमेश्‍वरले आफ्नो नामको खातिर चुन्‍नुहुने ठाउँमा—त्यहाँ मैले तिमीहरूलाई आज्ञा दिएका हरेक थोक तिमीहरूले ल्याउनू। तिमीहरूका होमबलिहरू र बलिदानहरू, तिमीहरूका दशांश र विशेष भेटीहरू, तिमीहरूले याहवेहसँग भाकल गरेका सबै उत्तम कुराहरू।
DEU 12:12 अनि त्यहाँ तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सहरहरूका लेवीहरू, जसका आफ्ना कुनै पनि भाग वा अधिकार छैन, त्यहाँ सबैले याहवेह तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाओ।
DEU 12:13 होसियारी हुनु र तिमीहरूका होमबलिहरू तिमीहरूलाई मनपर्ने जुनसुकै ठाउँमा नचढाउनू।
DEU 12:14 याहवेहले तिमीहरूका कुलहरूमध्ये चुनेको ठाउँमा मात्र ती होमबलि चढाउनू, र मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुरा पालना गर्नू।
DEU 12:15 तरै पनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार तिमीहरूले हरिण अथवा मृग खाएझैँ आफ्ना पशुहरूलाई तिमीहरूका कुनै पनि सहरमा इच्छा लागेअनुसार मारेर चाहेजति खान सक्छौ। विधिपूर्वक शुद्ध अथवा अशुद्ध दुवै व्यक्तिले खान सक्छन्।
DEU 12:16 तर तिमीहरूले रगतचाहिँ नखानू; रगतलाई पानीजस्तै भुइँमा खन्याइदिनू।
DEU 12:17 तिमीहरूले तिमीहरूका अन्‍न, नयाँ दाखमद्य र जैतुन तेलको दशांश, बथान र बगालका पहिला जन्मेका पशु, तिमीहरूले दिन्छु भनी भाकल गरेका जुनसुकै थोक वा तिमीहरूका स्वेच्छा-भेटीहरू अथवा विशेष भेटीहरूचाहिँ तिमीहरूका आफ्नै सहरहरूमा नखानू।
DEU 12:18 त्यसको सट्टामा तिमीहरू आफ्ना छोराछोरीहरू, तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सहरहरूका लेवीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको उपस्थितिमा याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुभएको ठाउँमा ती खानू। अनि याहवेह तिमीहरूका परमेश्‍वरको सामु तिमीहरूले हात लगाएका हरेक काममा आनन्द मनाउनू।
DEU 12:19 सावधान रहो! जबसम्म आफ्नो देशमा रहन्छौ, तबसम्म लेवीहरूको बेवास्ता नगर्नू।
DEU 12:20 जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूको प्रान्त ठूलो बनाइदिनुहुनेछ; अनि तिमीहरूले मासु खान ज्यादै इच्छा गर्नेछौ र भन्‍नेछौ, “मलाई मासु खान मन लाग्यो,” तब तिमीहरूले चाहेजति खान सक्छौ।
DEU 12:21 यदि याहवेह तिमीहरूका परमेश्‍वरले आफ्नो नाम राख्नलाई चुन्‍नुहुने ठाउँ तिमीहरूदेखि अति टाढा छ भने याहवेहले तिमीहरूलाई दिनुभएका आफ्ना बथानहरू र बगालहरूबाट मैले तिमीहरूलाई आज्ञा दिएझैँ पशुहरू मार्न सक्छौ। अनि तिमीहरूका आफ्नै सहरहरूमा आफूलाई मन परेजति सक्दो ती खान सक्छौ।
DEU 12:22 तिमीहरूले हरिण वा मृग खाएझैँ ती खानू। विधिपूर्वक शुद्ध र अशुद्ध दुवै व्यक्तिले ती खान सक्छन्।
DEU 12:23 तर रगतचाहिँ कहिल्यै नखानू; किनकि रगत नै प्राण हो। त्यसैले तिमीहरूले प्राणसँगै मासु खानुहुँदैन।
DEU 12:24 तिमीहरूले रगत नखानू; तर रगतलाई पानीजस्तै भुइँमा बगाइदिनू।
DEU 12:25 रगतलाई नखानू, ताकि तिमीहरूले याहवेहको दृष्‍टिमा जे ठिक छ, त्यो गरिरहेका हुनेछौ। अनि तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई भलो हुनेछ।
DEU 12:26 तर तिमीहरूले अर्पण गरेका कुराहरू र तिमीहरूले दिन्छु भनी भाकल गरेका सबै कुरासमेत लिएर याहवेहले छान्‍नुहुने ठाउँमा जाओ।
DEU 12:27 याहवेह तिमीहरूका परमेश्‍वरको वेदीमा तिमीहरूका होमबलि, मासु र रगत दुवै चढाउनू। तिमीहरूका बलिदानहरूको रगत याहवेह तिमीहरूका परमेश्‍वरको वेदीको छेउमा पोखाउनुपर्छ, तर मासुचाहिँ तिमीहरूले खान सक्छौ।
DEU 12:28 मैले तिमीहरूलाई दिइरहेका यी सबै नीति-नियमहरू होसियारीसाथ पालन गर्न तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा जे ठिक छ त्यो गर्नु, ताकि तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई सधैँ भलो होस्।
DEU 12:29 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूले आक्रमण गरेर धपाउन लागेका जातिहरूलाई तिमीहरूको सामुबाट नाश गर्नुहुनेछ। तर जब तिमीहरूले तिनीहरूलाई बाहिर धपाएर तिनीहरूको देशमा बसोबास गर्नेछौ,
DEU 12:30 अनि तिमीहरूको सामुबाट तिनीहरू नष्‍ट भएपछि तिमीहरू होसियारी बस। अनि तिमीहरूले तिनीहरूका चालचलनको चासो राखेर उनीहरूका देवी-देवताको बारेमा यसो भन्दै नफस, “यी जातिहरूले आफ्ना देवी-देवताहरूको पूजा कसरी गर्छन्? हामी पनि त्यसै गरौँ।”
DEU 12:31 तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरलाई तिनीहरूको तरिकाले नपुज्नू; किनकि तिनीहरूले आफ्ना देवी-देवताहरूलाई पुज्दा याहवेहले घृणा गर्नुहुने हरप्रकारको घृणित कुराहरू गर्दछन्। तिनीहरूले आफ्ना देवी-देवताहरूका निम्ति बलिदानको रूपमा आफ्ना छोराछोरीहरूलाई समेत आगोमा बलि चढाउँछन्।
DEU 12:32 मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू होसियारीसाथ पालन गर; त्यसमा केही नथप्नू र त्यसबाट केही नघटाउनू।
DEU 13:1 यदि तिमीहरूमध्ये कोही अगमवक्ता वा स्वप्नदर्शी निस्केर कुनै अचम्मको चिन्ह वा अद्‌भुत कार्यको घोषणा गर्छ भने,
DEU 13:2 अनि यदि त्यसले भनेका कुराहरू, अलौकिक चिन्ह वा अद्‌भुत कार्य साँचो भयो भने त्यस अगमवक्ताले यसो भन्छ, “हामी अरू देवी-देवताहरूका पछि लागौँ, (तिमीहरूले नजानेका देवी-देवताहरू) र तिनीहरूलाई पूजौँ,”
DEU 13:3 तिमीहरूले त्यस अगमवक्ता अथवा स्वप्नदर्शीका कुरा नसुन्‍नू। किनकि उहाँलाई तिमीहरूका सारा हृदयले, सारा प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनेर याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जाँच गरिरहनुभएको हुनेछ।
DEU 13:4 याहवेह तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले पछ्याउनू। अनि तिमीहरूले उहाँकै आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र आज्ञाकारी हुनू; उहाँकै सेवा गर्नू। अनि उहाँमा विश्‍वासयोग्य भइरहनू।
DEU 13:5 त्यस अगमवक्ता अथवा स्वप्नदर्शीलाई चाहिँ मार्नू; किनकि त्यसले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुने र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटकारा दिएर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्‍वरको विरुद्धमा विद्रोही बन्‍नलाई उक्साएको छ। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मान्‍नू भनेर आज्ञा गर्नुभएका मार्गहरूबाट त्यसले तर्काएर लैजाने कोसिस गर्‍यो। तिमीहरूले आफ्नो बीचबाट दुष्‍टतालाई हटाउनैपर्छ।
DEU 13:6 यदि तिमीहरूका आफ्नै दाजुभाइले, अथवा तिमीहरूका छोराछोरीले, अथवा तिमीहरूले प्रेम गरेकी पत्नी अथवा तिमीहरूका घनिष्‍ठ मित्रले तिमीहरूलाई यसो भनेर गुप्‍तमा बहकाउँछ भने, “हामी जाऔँ, र अरू देवी-देवताहरूलाई पूजा गरौँ” (तिमीहरू र तिमीहरूका पितापुर्खाहरूले नजानेका देवी-देवताहरू,
DEU 13:7 तिमीहरूका वरिपरि भएका मानिसहरू, नजिक अथवा टाढा भएका, देशको एक छेउदेखि अर्को छेउसम्म भएका),
DEU 13:8 तिमीहरू तिनीहरूका कुरामा नलाग्नू, वा तिनीहरूको कुरा नसुन्‍नू। तिनीहरूलाई दया नदेखाउनू। तिनीहरूलाई बाँकी नराख्नू वा नजोगाउनू।
DEU 13:9 तिमीहरूले तिनीहरूलाई निश्‍चय नै मार्नू। तिनीहरूलाई मार्नका लागि तिमीहरूका हात पहिला उठोस्, र त्यसपछि अरू सबैका हातहरू उठून्।
DEU 13:10 तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्नू; किनकि तिनीहरूले तिमीहरूलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्‍वरदेखि बहकाउन खोजे।
DEU 13:11 तब सारा इस्राएलीहरूले यो सुन्‍नेछन् र डर मान्‍नेछन्। अनि तिमीहरूको बीचमा कहिल्यै कसैले पनि यस्तो दुष्‍ट काम फेरि गर्नेछैन।
DEU 13:12 यदि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने सहरहरूमध्ये कुनै एउटा सहरको बारेमा तिमीहरूले यस्तो कुरा सुन्यौ,
DEU 13:13 कि तिमीहरूबीच दुष्‍ट मानिसहरू निस्केर सहरका मानिसहरूलाई बहकाएर यसो भन्दैछन्, “हामी जाऔँ, र अरू देवी-देवताहरूलाई पूजा गरौँ”, (तिमीहरूले नचिनेका देवी-देवताहरू),
DEU 13:14 तब तिमीहरूले त्यस बारेमा सावधानीसाथ सोधपुछ गर्नू, जाँच गर्नू र छानबिन गर्नू। यदि तिमीहरूका बीचमा यस्तो घृणित काम गरिएको साँचो हो भन्‍ने प्रमाणित भयो भने,
DEU 13:15 तिमीहरूले त्यस सहरमा बस्‍ने सबैलाई निश्‍चित रूपमा तरवारले मार्नुपर्छ। तिमीहरूले तिनीहरूका मानिसहरू र गाईबस्तु दुवैलाई पूर्ण रूपले नाश गर्नू।
DEU 13:16 त्यस सहरका सबै लुटका मालसामानहरू सार्वजनिक चोकको माझमा जम्मा गर्नू। अनि त्यस सहर र त्यसका सबै लुटका मालसामानहरूलाई याहवेह तिमीहरूका परमेश्‍वरको निम्ति होमबलिको रूपमा जलाइदिनू। त्यो सहर सदाका निम्ति भग्नावशेषको रूपमा रहोस्। अनि त्यस सहरको पुनर्निर्माण कहिल्यै नहोस्।
DEU 13:17 विनाशका लागि तय गरिएका कुनै पनि चीजहरू तिमीहरूसँग नरहोस्। तब याहवेह आफ्नो डरलाग्दो रिसबाट फर्केर तिमीहरूमाथि कृपा देखाउनुहुनेछ, र दयालु हुनुहुनेछ। उहाँले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूको संख्यामा वृद्धि गराउनुहुनेछ;
DEU 13:18 किनकि आज मैले तिमीहरूलाई दिइरहेका उहाँका सबै आज्ञाहरू तिमीहरूले पालन गर्दै उहाँको दृष्‍टिमा जे ठिक छ, त्यही गरिरहेका छौ।
DEU 14:1 तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरका सन्तान हौ। मरेकाहरूका निम्ति शोक मनाउन तिमीहरूले आफूलाई नकाट्नू वा आफ्नो शिरको अगाडिको कपाल नखौरनू;
DEU 14:2 किनकि तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति एक पवित्र जाति हौ। सारा पृथ्वीभरिका सबै जातिहरूबाट याहवेहले तिमीहरूलाई उहाँको निज सम्पत्ति हुन चुन्‍नुभएको छ।
DEU 14:3 कुनै पनि घृणित चीज नखाओ।
DEU 14:4 तिमीहरूले यी पशुहरू खान सक्छौ: गोरु, भेडा, बाख्रा,
DEU 14:5 मृग, बराँठ, हरिण, जङ्गली बाख्रा, पहाडी बाख्रा, चित्तल र हिमाली भेडा।
DEU 14:6 पशुहरूमध्ये दुई भागमा खुर चिरिएको र उग्राउने पशुजति खान सक्छौ।
DEU 14:7 तरै पनि उग्राउने पशुहरूमध्ये तिमीहरूले ऊँट, खरायो वा शापान नखानू। यद्यपि तिनीहरूले उग्राएर खाए तापनि तिनीहरूका खुर चिरिएका हुँदैनन्। तिनीहरू तिमीहरूका निम्ति विधिपूर्वक अशुद्ध हुन्।
DEU 14:8 सुँगुर पनि अशुद्ध हो; यद्यपि त्यसका खुर चिरिएको हुन्छ; तर त्यसले उग्राउँदैन। तिमीहरूले त्यसको मासु नखाओ, अथवा त्यसको सिनो नछोओ।
DEU 14:9 पानीमा भएका सबै प्राणीहरूमध्ये पखेटा र कत्ला भएकाहरू तिमीहरूले खान सक्छौ।
DEU 14:10 तर तिमीहरूले पखेटा र कत्ला नभएका पानीका कुनै पनि प्राणी नखानू; तिमीहरूका निम्ति यी अशुद्ध हुन्।
DEU 14:11 कुनै पनि शुद्ध चरा तिमीहरूले खान सक्छौ।
DEU 14:12 तर तिमीहरूले यी चराहरू नखानू: गरुड, गिद्ध, कालो गिद्ध,
DEU 14:13 रातो चील, कालो चील, सबै जातका बाज,
DEU 14:14 सबै किसिमका काग,
DEU 14:15 शुतुरमुर्ग, उल्‍लु र समुद्री चरो, सबै किसिमका बाज,
DEU 14:16 सानो उल्‍लु, विशाल उल्‍लु, सेतो उल्‍लु,
DEU 14:17 मरुभूमिको उल्‍लु, समुद्री बाज, माछा खाने चील,
DEU 14:18 सारस, सबै किसिमका बकुल्‍ला, फाप्रेचरो र चमेरो।
DEU 14:19 सबै उड्ने किराफट्याङ्ग्रा तिमीहरूका निम्ति अशुद्ध हुन्; तिनीहरूलाई नखाओ।
DEU 14:20 तर पखेटा भएका कुनै पनि शुद्ध प्राणी तिमीहरूले खान सक्छौ।
DEU 14:21 मरिसकेको कुनै पनि पशुप्राणी तिमीहरूले नखाओ। त्यो तिमीहरूले आफ्ना सहरमा बस्‍ने विदेशीलाई दिन सक्छौ। अनि त्यसले त्यो खान सक्छ, अथवा त्यो तिमीहरूले कुनै विदेशीलाई बेच्न सक्छौ। तर तिमीहरू आफ्ना याहवेह परमेश्‍वरका निम्ति एउटा पवित्र जाति हौ। तिमीहरूले बाख्राको पाठो, त्यसको मासुलाई माउको दूधमा नपकाउनू।
DEU 14:22 तिमीहरूका जमिनबाट उब्जाएका सबै कुराहरूको दशांश प्रत्येक वर्ष छुट्याउन नबिर्सनू।
DEU 14:23 तिमीहरूका अन्‍न, नयाँ दाखमद्य, जैतुन तेल अनि तिमीहरूका बथान र बगालहरूका पहिला जन्मेका पशुहरूका दशांश याहवेह तिमीहरूका परमेश्‍वरको उपस्थितिमा उहाँले आफ्नो नामको खातिर चुन्‍नुहुने ठाउँमा खानू, ताकि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरलाई सधैँ आदर गर्न सिक्न सक।
DEU 14:24 तर यदि त्यो ठाउँ धेरै टाढा छ, र याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यति धेरै आशिष् दिनुभएको छ कि तिमीहरूले आफ्ना दशांश बोकेर लैजान सकेनौ भने (याहवेहले आफ्नो नाम राख्नका लागि चुन्‍नुहुने ठाउँ अति टाढो भएको कारण),
DEU 14:25 तब तिमीहरूले आफ्ना दशांश चाँदीसँग साट्नू, र त्यो चाँदी आफूसँग लिएर याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने ठाउँमा जानू।
DEU 14:26 तिमीहरूको मनपर्ने कुरा किन्‍न त्यस चाँदीलाई प्रयोग गर्न सक्छौ—गाईबस्तु, भेडा, दाखमद्य वा अरू मद्य वा तिमीहरूलाई इच्छा लागेअनुसार कुनै पनि कुरा। तब त्यहाँ याहवेह तिमीहरूका परमेश्‍वरको उपस्थितिमा तिमीहरू सपरिवार खाएर आनन्द मनाउनू।
DEU 14:27 अनि तिमीहरूका सहरहरूमा बास गर्ने लेवीहरूलाई नबिर्सनू; किनकि तिनीहरूका आफ्ना व्यक्तिगत कुनै अंश अथवा उत्तराधिकारको भाग छैन।
DEU 14:28 प्रत्येक तेस्रो वर्षको अन्त्यमा त्यस वर्षको उब्जनीको सबै दशांशहरू ल्याएर तिमीहरूका सहरहरूमा जम्मा गर्नू,
DEU 14:29 ताकि लेवीहरू, जसको आफ्नै अंश र उत्तराधिकारको भाग छैन, र तिमीहरूका सहरहरूमा बसेका विदेशीहरू, अनाथ र विधवाहरूले आएर अघाउन्जेल खाऊन्; र याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै कामहरूमा तिमीहरूलाई आशिष् देऊन्।
DEU 15:1 प्रत्येक सात वर्षको अन्त्यमा तिमीहरूले ऋण माफी गरिदिनुपर्छ।
DEU 15:2 त्यो यस प्रकारले गरिनुपर्छ: हरेक ऋणदाताले आफ्नो सङ्गी इस्राएलीलाई दिएको ऋण माफी गरोस्। तिनीहरूले आफ्नो सङ्गी इस्राएलीबाट ऋण चुक्ता गर्न नलगाओस्। किनकि याहवेहको ऋण माफी गर्ने समयको घोषणा भइसकेको छ।
DEU 15:3 तिमीहरूले विदेशीबाट ऋण चुक्ता गरी माग्न सक्छौ, तर तिमीहरूका आफ्ना इस्राएली दाजुभाइले तिर्नुपर्ने ऋण माफी गरिदिनुपर्छ।
DEU 15:4 तरै पनि तिमीहरूको बीचमा कोही पनि गरिब हुनुहुँदैन। किनकि तिमीहरूले अधिकार गर्नलाई याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशमा उहाँले तिमीहरूलाई प्रशस्त गरी आशिष् दिनुहुनेछ—
DEU 15:5 यदि तिमीहरूले पूर्ण रूपले याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ र आज मैले तिमीहरूलाई दिइरहेका यी सबै आज्ञाहरू होसियारीसाथ पालन गर्‍यौ भने मात्र।
DEU 15:6 उहाँले प्रतिज्ञा गर्नुभएझैँ याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ। अनि तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ। तिमीहरूले धेरै जातिहरूमाथि शासन गर्नेछौ, तर तिमीहरूमाथि कसैले पनि शासन गर्न सक्नेछैन।
DEU 15:7 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको कुनै पनि सहरमा यदि तिमीहरूका दाजुभाइहरूमध्ये कोही गरिब छ भने तिनीप्रति तिमीहरूका हृदय कठोर नबनाओ, न त मदत गर्न कन्जुस होओ।
DEU 15:8 बरु उदार चित्तको भएर तिनलाई चाहिए जति ऋण देओ।
DEU 15:9 होशियार होओ, र यस्तो दुष्‍ट विचार मनमा नलेओ: “ऋण माफी गर्ने सातौँ वर्ष नजिकै छ,” भनी तिमीहरूले अभावमा परेको तिमीहरूका दाजुभाइप्रति दुष्‍ट भावना राखेर कुनै पनि कुरा दिन इन्कार नगर; नत्रता तिनीहरूले याहवेहसँग तिमीहरूको विरुद्धमा आवाज उठाऊलान्, र तिमीहरू पापको दोषी ठहरिनेछौ।
DEU 15:10 तिनीहरूलाई उदार चित्तले दिनू; तर दुःख मन गर्दै अथवा दुःखी हृदयले नगर्नू; तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा र तिमीहरूले हात लगाएका हरेक कुरामा तिमीहरूलाई आशिष् दिनुहुनेछ।
DEU 15:11 देशमा गरिब मानिसहरू सधैँ भइरहनेछन्। यसकारण म तिमीहरूलाई आफ्ना इस्राएली दाजुभाइहरू र तिमीहरूका देशमा भएका गरिब र खाँचोमा परेकाहरूलाई उदार मनले दिनू भनेर आज्ञा दिन्छु।
DEU 15:12 यदि तिमीहरूका सङ्गी हिब्रू पुरुष अथवा स्त्रीले आफूलाई तिमीहरूकहाँ दास वा दासी बन्‍न बेचिएको छ भने, र छ वर्षसम्म तिमीहरूको सेवा गरेको छ भन, सातौँ वर्षमा तिमीहरूले त्यसलाई स्वतन्त्र गरिदिनुपर्छ।
DEU 15:13 अनि जब तिमीहरूले तिनीहरूलाई स्वतन्त्र तुल्याउँछौ, तब तिनीहरूलाई रित्तो हात नपठाउनू।
DEU 15:14 तिमीहरूका बगाल, खला र दाखरसको कोलबाट तिनीहरूलाई उदार चित्तले दिनू। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएझैँ तिनीहरूलाई प्रशस्त दिईकन पठाउनू।
DEU 15:15 यो कुरा याद राख, तिमीहरू पनि इजिप्टमा दास थियौ। अनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई छुटकारा दिनुभयो। यसैकारण म आज तिमीहरूलाई यो आज्ञा दिँदछु।
DEU 15:16 तर यदि तिम्रो दासले तिमी र तिम्रो परिवारलाई प्रेम गर्छ; उसलाई तिमीहरूसँग बस्दा एकदमै खुशी मिलेको छ, र उसले यसरी भन्छ भने, “म तपाईंहरूलाई छोड्न चाहन्‍नँ,”
DEU 15:17 तब एउटा सुतारी लिनू, र त्यसलाई घरको ढोकामा लगेर त्यसको कानको लोती छेडिदिनू। अनि त्यो जीवनभरि नै तिमीहरूका दास हुनेछ। तिमीहरूका दासीहरूसँग पनि यसरी नै गर्नू।
DEU 15:18 तिमीहरूका दासलाई स्वतन्त्र भएर जान दिँदा गाह्रो नमान्‍नू; किनकि त्यसले तिमीहरूका निम्ति छ वर्ष सेवा गरेको छ, र त्यस ज्यालामा काम गर्ने कामदारहरूभन्दा दोबर ज्यालाको योग्यको हुन्छ। अनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूले गर्ने हरेक काममा आशिष् दिनुहुनेछ।
DEU 15:19 तिमीहरूका बथान अथवा बगालका पहिला जन्मेका हरेक पाठालाई याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति छुट्याउनू। तिमीहरूका पहिलो जन्मेको गोरुलाई काममा नलगाउनू। अनि पहिले जन्मेको भेडाको ऊन नकत्रनू।
DEU 15:20 प्रत्येक वर्ष तिमीहरू र आफ्ना परिवारले ती पशुहरूलाई याहवेह तिमीहरूका परमेश्‍वरको उपस्थितिमा उहाँले चुन्‍नुभएको ठाउँमा लगेर खानू।
DEU 15:21 यदि कुनै पशुमा खोट छ, लङ्गडो वा अन्धो छ, अर्थात् त्यसका अरू कुनै खोट छ भने त्यसलाई याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति बलिदान नचढाउनू।
DEU 15:22 त्यसलाई तिमीहरूको आफ्नै सहरहरूमा खाओ। विधिपूर्वक शुद्ध र अशुद्ध दुवै व्यक्तिले त्यसलाई हरिण र मृग खाएझैँ खान सक्छौ।
DEU 15:23 तर तिमीहरूले रगतचाहिँ नखाओ। त्यसलाई पानीजस्तै भुइँमा खन्याइदिनू।
DEU 16:1 आबीब महिनालाई पालन गर्नू, र याहवेह तिमीहरूका परमेश्‍वरको निस्तार चाड उत्सव मान्‍नू। किनकि उहाँले आबीब महिनामा तिमीहरूलाई इजिप्टबाट राति नै निकालेर ल्याउनुभएको थियो।
DEU 16:2 अनि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरका निम्ति बथान अथवा बगालबाट एउटा पशु निस्तार चाडको रूपमा त्यस ठाउँमा बलिदान चढाउनू; जुन याहवेहले त्यहाँ आफ्नो नाम राख्नका निम्ति चुन्‍नुहुनेछ।
DEU 16:3 त्यसलाई खमिर हालेको रोटीसँग नखानू, तर सात दिनसम्म अखमिरी रोटी, अर्थात् कष्‍टको रोटी खानू। किनकि तिमीहरूले इजिप्ट देशलाई हतार-हतारमा छाडेर आएका थियौ; ताकि तिमीहरूका जीवनभरि इजिप्टबाट निस्केको समयलाई तिमीहरूले स्मरण गर्न सक।
DEU 16:4 तिमीहरूका सारा देशभरि सात दिनसम्म तिमीहरूसँग खमिर नभेट्टाइयोस्। तिमीहरूले पहिलो दिनको साँझमा बलिदान चढाएको मासुको कुनै पनि भाग बिहानसम्म नरहोस्।
DEU 16:5 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा तिमीहरूले निस्तार चाडको बलिदान चढाउनुहुँदैन।
DEU 16:6 उहाँले आफ्नो नामको खातिर वासस्थानको रूपमा चुन्‍नुहुने त्यस ठाउँमा मात्र चढाउनुपर्छ। त्यहाँ तिमीहरू इजिप्टबाट निस्केर आएको दिनको सम्झनामा वार्षिक उत्सवको निस्तार चाड साँझपख, घाम अस्ताउन लागेको बेला बलिदान चढाउनू।
DEU 16:7 याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने त्यही ठाउँमा तिमीहरूले त्यसलाई पोलेर खाओ। त्यसपछि तिमीहरू बिहानपख आफ्ना पालहरूमा फर्कनू।
DEU 16:8 छ दिनसम्म अखमिरी रोटी खानू; अनि सातौँ दिनमा चाहिँ याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति एउटा पवित्र भेला राख्नू; र त्यस दिन केही काम नगर्नू।
DEU 16:9 तिमीहरूले खेतको अन्‍नबाली काट्न थालेको दिनदेखि सात हप्‍ता गन्‍नू।
DEU 16:10 त्यसपछि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष् अनुसारको स्वेच्छा-भेटी चढाएर याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति साताहरूका चाड मनाउनू।
DEU 16:11 अनि तिमीहरू आफ्ना छोराछोरीहरू, आफ्ना सेवक वा सेविकाहरू, तिमीहरूका सहरहरूमा भएका लेवीहरू, विदेशीहरू, अनाथहरू र तिमीहरूसँग बस्‍ने विधवाहरूले आफ्नो नामको खातिर याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने वासस्थानको ठाउँमा उहाँको सामु आनन्द मनाउनू।
DEU 16:12 तिमीहरू पनि इजिप्टमा दास थियौ भन्‍ने कुरा याद राख्नू। अनि यी उर्दीहरू होसियारीसाथ पालन गर्नू।
DEU 16:13 तिमीहरूले आफ्ना खला र आफ्ना दाखरसको कोलका उब्जनी बाली बटुलिसकेपछि सात दिनसम्म छाप्रोबासको चाड मनाउनू।
DEU 16:14 तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका सेवक र सेविकाहरू, लेवीहरू, विदेशीहरू, अनाथहरू र तिमीहरूका सहरहरूमा बस्‍ने विधवाहरू तिमीहरू सबैले छाप्रोबासको चाडमा आनन्द मनाऊन्।
DEU 16:15 याहवेहले चुन्‍नुहुने ठाउँमा सात दिनसम्म याहवेह तिमीहरूका परमेश्‍वरको निम्ति यो चाड मनाउनू। किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै खेतीबाली र तिमीहरूका हातका सबै कामहरूमा तिमीहरूलाई आशिष् दिनुहुनेछ। अनि तिमीहरूको आनन्द पूरा हुनेछ।
DEU 16:16 तिमीहरूका सबै पुरुषहरू वर्षमा तीनपल्ट याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने ठाउँमा उहाँको सामु देखा पर्नुपर्छ: अर्थात् अखमिरी रोटीको चाडमा, साताहरूका चाडमा र छाप्रोबासको चाडमा तिमीहरूका सबै पुरुषहरू देखा परून्। याहवेहको सामु कोही पनि रित्तो हात देखा नपरोस्।
DEU 16:17 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएअनुसार हरेकले भेटी ल्याउनुपर्छ।
DEU 16:18 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने हरेक सहरमा तिमीहरूले प्रत्येक कुलका निम्ति न्यायकर्ताहरू र अधिकृतहरू नियुक्त गर्नू। अनि तिनीहरूले मानिसहरूलाई ठिकसँग न्याय गर्नेछन्।
DEU 16:19 न्यायमा भ्रष्‍टता नगर्नू, अर्थात् पक्षपात नगर्नू; न त घूस नै लिनू। किनकि घूसले बुद्धिमान्‌को आँखा अन्धा तुल्याइदिन्छ र निर्दोषका कुरालाई बङ्ग्याइदिन्छ।
DEU 16:20 न्याय, केवल न्यायलाई मात्र पालन गर; ताकि तिमीहरू जीवित रहन सक। अनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूले अधिकार गर्न सक्नेछौ।
DEU 16:21 याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति तिमीहरूले बनाएको वेदीको छेउमा काठको अशेरा देवीको कुनै खम्बा खडा नगर्नू।
DEU 16:22 अनि कुनै चोखो ढुङ्गा खडा नगर्नू; किनकि याहवेह तिमीहरूका परमेश्‍वरले यी कुराहरूलाई घृणा गर्नुहुन्छ।
DEU 17:1 याहवेह तिमीहरूका परमेश्‍वरलाई खोट अथवा दाग भएको कुनै गोरु अथवा भेडा तिमीहरूले नचढाउनू; किनकि उहाँले त्यो घृणा गर्नुहुन्छ।
DEU 17:2 यदि याहवेहले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा तिमीहरूबीच बस्‍ने कुनै पुरुष अथवा स्त्रीले याहवेह तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा उहाँको करार भङ्ग गर्दै दुष्‍ट काम गरिरहेको भेट्टाइयो भने,
DEU 17:3 अनि मेरा आज्ञाहरूको विरुद्धमा अरू देवी-देवताहरूलाई पूजा गरेर तिनीहरूका सामु अर्थात् सूर्य वा चन्द्र र आकाशका ताराहरूको सामु दण्डवत् गरेको छ भने,
DEU 17:4 र यी कुरा तिमीहरूले थाहा पायौ भने यस बारेमा तिमीहरूले एकदमै राम्रोसँग छानबिन गर्नुपर्छ। यदि यो कुरा सत्य हो, र यस्तो घिनलाग्दो काम इस्राएलमा भएको प्रमाणित भयो भने,
DEU 17:5 यस्तो दुष्‍ट काम गर्ने त्यस पुरुष अथवा स्त्रीलाई तिमीहरूका सहरका मूलढोकामा लैजानू; र त्यसलाई ढुङ्गाले हानेर मार्नू।
DEU 17:6 दुई वा तीन जनाको साक्षीद्वारा ती मानिसहरूलाई मार्नू। तर एउटै मात्र साक्षीको गवाहीद्वारा चाहिँ कसैलाई नमार्नू।
DEU 17:7 त्यसलाई मार्न साक्षीहरूकै हातद्वारा पहिले ढुङ्गाले हानून्; अनि मात्र अरू मानिसहरूले ढुङ्गाले हानून्। यसरी तिमीहरूका बीचबाट तिमीहरूले नै दुष्‍टतालाई हटाउनू।
DEU 17:8 यदि तिमीहरूको सामु हत्याकाण्ड, कानुनी-विवाद अथवा झैझगडाजस्ता तिमीहरूलाई न्याय गर्न गाह्रो पर्ने खालका मुद्दा-मामिलाहरू उठे भने तिनीहरूलाई याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने ठाउँमा लैजानू।
DEU 17:9 अनि लेवी पुजारीहरूकहाँ र त्यस समयमा कार्यभार सम्हालेर बस्‍ने न्यायकर्ताकहाँ जानू। तिनीहरूलाई सोधपुछ गर्नू, र तिनीहरूले फैसला सुनाउनेछन्।
DEU 17:10 याहवेहले चुन्‍नुहुने ठाउँमा न्यायकर्ताहरूले दिएका निर्णयअनुसार तिमीहरूले काम गर्नुपर्छ। तिनीहरूले तिमीहरूलाई जे गर्नू भनेका छन्, त्यही हरेक कुरा होसियारीसाथ गर्नुपर्छ।
DEU 17:11 तिनीहरूले तिमीहरूलाई सिकाएका नियम र तिमीहरूलाई दिएका निर्णयअनुसार काम गर्नू। तिनीहरूले तिमीहरूलाई भनेका कुरादेखि दायाँ अथवा बायाँ नलाग्नू।
DEU 17:12 याहवेह तिमीहरूका परमेश्‍वरको सेवा गर्नलाई उभिएका पुजारी अथवा न्यायकर्ताको आज्ञालाई जसले उल्‍लङ्घन गर्छ, त्यो मानिस मारिनुपर्छ। यसरी तिमीहरूले इस्राएलबाट दुष्‍टता हटाउनुपर्छ।
DEU 17:13 यो कुरा सबै मानिसहरूले सुन्‍नेछन्, र फेरि अनाज्ञाकारी हुनेछैनन्।
DEU 17:14 जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू पुग्नेछौ, र त्यसमाथि अधिकार गरेर त्यस देशमा बसोबास गर्नेछौ; अनि तिमीहरूले भन्‍नेछौ, “हाम्रा चारैतिर भएका सबै जातिहरूले झैँ हामीमाथि एउटा राजा खडा गरौँ,”
DEU 17:15 तब तिमीहरूले निश्‍चित रूपमा याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुभएका राजा नै आफूमाथि नियुक्त गर्नू। ती राजा तिमीहरूकै इस्राएली दाजुभाइहरूको बीचबाट हुनुपर्छ। तिमीहरूका राजा कुनै विदेशी, अथवा इस्राएल बाहिरकोलाई नियुक्त नगर्नू।
DEU 17:16 यसबाहेक राजाले आफ्ना निम्ति धेरै संख्यामा घोडाहरू नराखून्, अथवा अझ धेरै प्राप्‍त गर्न मानिसहरूलाई इजिप्टमा फर्केर जान नलगाऊन्। किनकि याहवेहले तिमीहरूलाई यसो भन्‍नुभएको छ, “तिमीहरू फेरि त्यो बाटोतिर फर्केर नजाओ।”
DEU 17:17 तिनले धेरै पत्नीहरू नराखून्; नत्रता तिनको मन बरालिनेछ। तिनले आफ्ना निम्ति प्रशस्त सुन र चाँदी नथुपारून्।
DEU 17:18 जब तिनी आफ्नो राज्यको सिंहासनमाथि बस्छन्, तब तिनले एउटा चर्मपत्रमा लेवी पुजारीबाट लिइएको व्यवस्थाको एक प्रति नक्‍कल आफ्ना निम्ति लेखेर राख्नुपर्छ।
DEU 17:19 योचाहिँ तिनीसँग हुनुपर्छ, र तिनले त्यस व्यवस्थालाई आफ्नो जीवनभरि पढ्नुपर्छ, ताकि तिनले याहवेह तिनको परमेश्‍वरलाई आदर गर्न, र यस व्यवस्थाका सबै वचन र उर्दीहरू होसियारीसाथ पालन गर्न सिकून्।
DEU 17:20 अनि राजाले आफूलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्‍ठ ठानेर व्यवस्थाभन्दा दायाँ तथा बायाँ नफर्कून्। तब तिनी र तिनका सन्तानहरूले इस्राएलमा भएको आफ्नो राज्यमाथि लामो समयसम्म राज्य गर्नेछन्।
DEU 18:1 वास्तवमा लेवीको पुजारीहरू कुलले इस्राएलसँग कुनै अंश र उत्तराधिकारको भाग पाउनेछैनन्। तिनीहरू याहवेहलाई चढाइएको भेटीद्वारा नै जिउनेछन्। किनकि तिनीहरूले पाउने अंश त्यही हो।
DEU 18:2 तिनीहरूका इस्राएली दाजुभाइहरूका बीचमा तिनीहरूको कुनै उत्तराधिकार हुनेछैन। याहवेहले प्रतिज्ञा गर्नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकारको भाग हुनुहुन्छ।
DEU 18:3 गोरु अथवा भेडा बलिदान गर्दा मानिसहरूबाट पुजारीहरूले पाउने भाग यही हो: काँध, टाउकोको मासु र भित्री भागहरू।
DEU 18:4 तिमीहरूले तिनीहरूलाई तिमीहरूका अन्‍न, नयाँ दाखमद्य, जैतुन तेलको पहिलो फल, र तिमीहरूका भेडाको कत्रेको ऊनको पहिलो भाग दिनुपर्छ।
DEU 18:5 किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै कुलहरूबाट लेवीहरूलाई याहवेहको नाममा खडा भई सेवा गर्नलाई सधैँका निम्ति चुन्‍नुभएको छ।
DEU 18:6 यदि लेवीहरू इस्राएलमा आफू बसेको कुनै पनि सहरबाट सरेर याहवेहले चुन्‍नुहुने ठाउँमा सेवाको भावना लिएर आउँछन् भने,
DEU 18:7 तिनीहरूले याहवेहको उपस्थितिमा आफ्ना सङ्गी-लेवीहरूले सेवा गरेझैँ याहवेह तिनीहरूका परमेश्‍वरको नाममा सेवा गर्न सक्छन्।
DEU 18:8 तिनीहरूले आफ्नो परिवारको सम्पत्तिको बिक्रीबाट रकम पाए तापनि तिनीहरूले पुजारीहरूका बराबर थप हिस्सा पाउनुपर्छ।
DEU 18:9 जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू पुग्छौ, तब त्यहाँका जातिहरूका घृणित चालहरूको अनुसरण गर्न नसिक।
DEU 18:10 तिमीहरूमध्ये कसैले पनि आफ्ना छोरा वा छोरीलाई आगोमा बलिदान गरेको, जोखना हेरेको वा तन्त्रमन्त्र गरेको, जोखना हेर्ने, तन्त्रमन्त्र गर्ने कार्यमा संलग्न रहेको नभेट्टाइयोस्,
DEU 18:11 अथवा टुनामुना गर्ने, प्रेत-आत्मा जगाउने, तन्त्रमन्त्रको काम गर्ने वा प्रेत-आत्मासँग कुरा गर्ने कोही पनि नभेट्टाइयोस्।
DEU 18:12 यी कुराहरू गर्ने जोसुकै होस्, याहवेहले घृणा गर्नुहुन्छ। यस्ता घिनलाग्दा कामहरूको कारण नै याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सामुबाट ती जातिहरूलाई धपाउँदैहुनुहुन्छ।
DEU 18:13 तिमीहरूचाहिँ याहवेह तिमीहरूका परमेश्‍वरको सामु निर्दोष हुनुपर्छ।
DEU 18:14 तिमीहरूले अधीनमा पार्ने जातिहरूले चाहिँ जोखना हेर्ने र तन्त्रमन्त्र गर्नेहरूका कुरा सुन्छन्। तर तिमीहरूलाई चाहिँ याहवेह तिमीहरूका परमेश्‍वरले यसो गर्न निषेध गर्नुभएको छ।
DEU 18:15 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्‍नुपर्छ।
DEU 18:16 किनकि तिमीहरूले सभाको दिन होरेब पर्वतमा याहवेह तिमीहरूका परमेश्‍वरसँग यसो भनेर बिन्ती गरेका थियौ, “अब उसो याहवेह हाम्रा परमेश्‍वरको सोर हामीले सुन्‍न नपरोस्, न त यस्तो भयङ्ककर आगो नै देख्न परोस्; नत्रता हामी मर्नेछौँ।”
DEU 18:17 याहवेहले मलाई भन्‍नुभयो: “तिनीहरूले ठिकै भनेका छन्।
DEU 18:18 म तिनीहरूका निम्ति तिनीहरूकै इस्राएली दाजुभाइहरू बीचबाट तँजस्तै एउटा अगमवक्ता खडा गर्नेछु। अनि म मेरा वचनहरू त्यसका मुखमा हालिदिनेछु। मैले त्यसलाई आज्ञा गरेका हरेक कुरा त्यसले तिनीहरूलाई भन्‍नेछन्।
DEU 18:19 यदि त्यस अगमवक्ताले मेरो नाममा भनेका मेरा वचनहरू कसैले सुन्दैन भने म आफैँले त्यसको लेखा लिनेछु।
DEU 18:20 तर कुनै अगमवक्ताले मैले त्यसलाई नभनेका कुराहरू पनि मेरो नाममा बोल्ने साहस गर्छ, अथवा कुनै अगमवक्ताले अरू देवी-देवताहरूका नाममा बोल्छ भने त्यो अगमवक्तालाई मारिनुपर्छ।”
DEU 18:21 तिमीहरूले यसरी सोचौला, “याहवेहबाट आएको सन्देश हो कि होइन भनी हामीले कसरी जान्‍ने?”
DEU 18:22 यदि कुनै अगमवक्ताले याहवेहको नाममा घोषणा गरेको कुरा पूरा भएन अथवा सत्य ठहरिएन भने त्यो सन्देश याहवेहबाट आएको होइन। त्यस अगमवक्ताले मनगढन्ते कुरा भनेको हो। यसकारण त्यससँग नडराओ।
DEU 19:1 जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशका जातिहरूलाई नाश गरी सक्नुहुन्छ, र जब तिमीहरूले तिनीहरूलाई धपाएर तिनीहरूका सहरहरू र घरहरूमा बसोबास गर्छौ,
DEU 19:2 तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिनुहुने देशमा तिमीहरूले आफ्ना लागि तीन वटा सहरहरू अलग गर्नू।
DEU 19:3 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशलाई तीन भागमा विभाजन गर्नू। ती सहरहरूमा पुग्नलाई बाटोहरू बनाउनू, ताकि कुनै पनि ज्यानमारा शरण-नगरमा भागेर जान सकोस्।
DEU 19:4 यो नियम कुनै व्यक्तिलाई मार्ने कुनै पनि हत्यारा सम्बन्धी हो: जो आफ्नो प्राण बचाउनलाई त्यहाँ भागेर जान्छ; जसले आफ्नो छिमेकीलाई कुनै दुश्मनीको कारणविना अनजानमा मार्दछ।
DEU 19:5 मानौँ कुनै मानिस आफ्नो छिमेकीसँग दाउरा काट्न वनमा जान्छ, र त्यसले रूख ढाल्नलाई आफ्नो बन्चरो चलाउँदा त्यसको बिँडबाट बन्चरो खुस्केर त्यस छिमेकीलाई लागेर मर्‍यो भने त्यो मानिस यी शरण-नगरहरूमध्ये एउटामा भागेर आफ्नो प्राण बचाउन सक्छ।
DEU 19:6 नत्रता शरणस्थानको बाटो लामो भएको कारण बदला लिनेले आफ्नो क्रोधमा उसलाई खेदेर भेट्टाउन सक्छ र मार्न सक्छ; जबकि ऊ मृत्युदण्डको योग्य नै थिएन। किनकि उसको मनमा मृतक छिमेकीप्रति कुनै रिस-राग नै थिएन।
DEU 19:7 यसैकारण मैले तिमीहरूलाई आफ्ना निम्ति तीन वटा सहरहरू अलग गर्नू भन्‍ने आज्ञा दिँदैछु।
DEU 19:8 यदि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ, तिमीहरूका इलाका बढाइदिनुभयो, र उहाँले तिनीहरूसँग प्रतिज्ञा गर्नुभएको सम्पूर्ण देश तिमीहरूलाई दिनुभयो भने,
DEU 19:9 आज मैले तिमीहरूलाई आज्ञा दिएका सबै नियमहरू होसियारीसाथ पालन गर्‍यौ, अर्थात् याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्‍यौ र उहाँका मार्गमा सधैँ आज्ञाकारी भयौ भने तिमीहरूले अझ तीन वटा सहरहरू थप्नू।
DEU 19:10 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने तिमीहरूको देशमा निर्दोषको रगत नबगोस् भनेर तिमीहरूले यसो गर्नू; ताकि तिमीहरू रगतको दोषी हुन नपरोस्।
DEU 19:11 तर यदि कुनै मानिसले आफ्नो छिमेकीलाई घृणाको भावनाले ढुकेर कुटपिट गरेर मार्‍यो; अनि यी कुनै सहरहरूमा भागेर गयो भने,
DEU 19:12 त्यस सहरका प्रधानहरूले हत्यारालाई त्यस सहरबाट फर्काएर ल्याउनेछन् र त्यस दोषीलाई रगतको बदला लिनेको हातमा मार्नको लागि सुम्पिदिनेछन्।
DEU 19:13 त्यस हत्यारालाई दया नदेखाउनू। तिमीहरूले इस्राएलबाट निर्दोषको रगत बगाउनेको दोष हटाउनुपर्छ, ताकि तिमीहरूको भलो होस्।
DEU 19:14 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्नू भनी दिनुहुने देशमा तिमीहरूले पाएको अधिकारको भागमा तिमीहरूका पुर्खाहरूले लगाएका तिमीहरूका छिमेकीका साँधसिमानाको ढुङ्गा नहटाउनू।
DEU 19:15 कुनै अपराध वा अभियोग लगाइएको व्यक्तिलाई दोषी ठहराउन एक जना साक्षी मात्र पर्याप्‍त हुँदैन। दुई वा तीन जना व्यक्तिहरूको साक्षीद्वारा मात्र अपराधीलाई दोषी प्रमाणित गर्न सकिन्छ।
DEU 19:16 यदि कसैलाई अपराधको अभियोग लगाउन कोही झूटो साक्षी खडा भयो भने,
DEU 19:17 त्यस झगडामा संलग्न रहने ती दुई मानिसहरूलाई त्यस बेलाका पुजारीहरू र न्यायकर्ताहरूको सामु याहवेहको उपस्थितिमा खडा गराउनुपर्छ।
DEU 19:18 ती न्यायकर्ताहरूले पूरा रूपले जाँच गर्नुपर्छ। यदि त्यस साक्षीले आफ्नो इस्राएली दाजुभाइको विरुद्धमा झूटो साक्षी दिएर दोष लगाएको कुरा प्रमाणित भयो भने,
DEU 19:19 त्यसलाई दोष लगाएको व्यक्तिले पाउनुपर्ने सजायजस्तै सजाय दिनू। यसरी तिमीहरूका बीचबाट तिमीहरूले दुष्‍टता हटाउनुपर्छ।
DEU 19:20 बाँकी रहेका मानिसहरूले यस कुरालाई सुन्‍नेछन् र डराउनेछन्। अनि तिमीहरूको बीचमा यस्तो दुष्‍ट कुरा कहिल्यै हुनेछैन।
DEU 19:21 तिमीहरूले अपराधीलाई दया नदेखाओ: प्राणको सट्टा प्राण, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा हुनुपर्छ।
DEU 20:1 जब तिमीहरू आफ्ना शत्रुहरूका विरुद्धमा युद्ध गर्न जान्छौ, र आफ्नोभन्दा बढी घोडा, रथ र फौज देख्छौ, तब तिनीहरूदेखि नडराओ; किनकि तिमीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।
DEU 20:2 जब तिमीहरू युद्धमा जान लाग्छौ, तब तिमीहरूको अगि पुजारी आउनेछ, र सेनाहरूलाई सम्बोधन गर्नेछ।
DEU 20:3 त्यसले यसो भन्‍नेछ, “हे इस्राएलीहरू हो, सुन! आज तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध लड्न जाँदैछौ। आफ्नो मन सानो नगर, वा नडराओ; नआत्तिओ अथवा तिनीहरूसँग भयभीत नहोओ।
DEU 20:4 किनकि याहवेह तिमीहरूका परमेश्‍वर नै तिमीहरूलाई विजयी तुल्याउन तिमीहरूका निम्ति तिमीहरूका शत्रुहरूको विरुद्धमा युद्ध गर्न तिमीहरूसँगै जानुहुन्छ।”
DEU 20:5 तब अधिकृतहरूले सेनाहरूलाई यसो भनून्, “कसैले नयाँ घर बनाएर त्यसलाई समर्पण नगरी आएको कोही छ? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले त्यस घरको समर्पण गर्नुपर्ला।
DEU 20:6 कसैले दाखबारी लगाएर फल उपभोग गर्न पाएको छैन? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले फललाई उपभोग गर्ला।
DEU 20:7 कसैले कुनै स्त्रीसँग विवाहको वाचा गरेको छ र त्यसलाई विवाह नगरी आएको छ? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले त्यस स्त्रीलाई विवाह गर्ला।”
DEU 20:8 त्यसपछि अधिकृतहरूले यसो पनि भन्‍नेछन्, “के कुनै मानिस डरपोक र कातर छ? त्यो घर जाओस्; ताकि त्यसका कारणले त्यसका दाजुभाइहरू पनि हताश नहोऊन्।”
DEU 20:9 अधिकृतहरूले सेनाहरूसँग कुरा गरिसकेपछि तिनीहरूले सेनाहरूमाथि सेनापतिहरू नियुक्त गरून्।
DEU 20:10 जब तिमीहरू कुनै सहरमाथि मोर्चा बाँधेर आक्रमण गर्न जान्छौ, तब त्यहाँका मानिसहरूसँग शान्तिको प्रस्ताव राख्नू।
DEU 20:11 यदि तिनीहरूले त्यो प्रस्ताव स्वीकार गरे, र तिनीहरूका मूलढोकाहरू खोलिदिए भने त्यहाँका सबै मानिसहरू तिमीहरूका बेगारी हुनेछन्। अनि तिमीहरूका निम्ति काम गर्नेछन्।
DEU 20:12 यदि तिनीहरूले शान्तिको प्रस्ताव स्वीकार गरेनन्, तर लडाइँ गर्न तयार भए भने त्यस सहरलाई घेरा हाल्नू।
DEU 20:13 जब याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुहुन्छ, तब त्यहाँ भएका सबै पुरुषहरूलाई तरवारले मार्नू।
DEU 20:14 तर सहरमा भएका स्त्रीहरू, बालबालिकाहरू, गाईबस्तु र हरेक थोक तिमीहरूले लुटको मालसामानको रूपमा आफ्ना निम्ति लिन सक्छौ। अनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका शत्रुहरूबाट तिमीहरूलाई दिनुभएको लुटको मालसामान प्रयोग गर्न सक्छौ।
DEU 20:15 तिमीहरूबाट टाढा रहेका सहरहरूसँग यस्तो व्यवहार गर्नू, जुन सहरहरू तिमीहरूका छेउछाउका जातिहरूका होइनन्।
DEU 20:16 तरै पनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकारको रूपमा दिनुहुने जातिहरूका सहरहरूमा सास हुने कुनै पनि प्राणीलाई जीवित नछोड्नू।
DEU 20:17 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिनीहरूलाई अर्थात् हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई सम्पूर्ण रूपले नाश गर्नू।
DEU 20:18 नत्रता तिनीहरूले तिमीहरूलाई आफ्ना देवी-देवताहरूका पूजा गर्दा गरिने सबै घृणित कुराहरूका अनुसरण गर्नलाई सिकाउनेछन्। अनि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गर्नेछौ।
DEU 20:19 जब तिमीहरू कुनै सहरलाई कब्जा गर्न त्यसको विरुद्धमा लामो समयसम्म लडाइँ गर्छौ, तब त्यस सहरलाई घेरामा राख्दा त्यहाँका रूखहरूलाई काटेर नाश नगर। किनकि तिमीहरूले तिनका फलहरू खान सक्छौ। ती काटेर नढाल्नू। के खेतका रूखहरू मानिसहरू हुन्, र तिमीहरूले तिनीहरूलाई नष्‍ट गर्छौ?
DEU 20:20 तरै पनि, तिमीहरूले फल नफल्ने रूखहरूलाई चाहिँ काटेर ढाल्न सक्छौ। अनि तिमीहरूसँग युद्धमा रहेको सहर परास्त नभएसम्म घेरा हाल्ने कामहरूमा प्रयोग गर्न सक्छौ।
DEU 21:1 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिनुहुने देशमा, यदि कुनै मानिसको हत्या भएर त्यो खेतमा लडिरहेको पाइयो, र त्यसलाई कसले मारेको हो भन्‍ने हत्यारा पत्तो लागेन भने,
DEU 21:2 तिमीहरूका प्रधानहरू र न्यायकर्ताहरू गएर त्यस मृत शरीरको छेउछाउमा रहेका छिमेकी सहरहरूको दूरी नापून्।
DEU 21:3 त्यसपछि त्यस मृत शरीरको सबैभन्दा नजिकमा रहेको सहरका प्रधानहरूले कहिल्यै नजोतेको र जुवा नपरेको एउटा कोरली ल्याऊन्।
DEU 21:4 अनि त्यसलाई कहिल्यै नजोतिएको, नरोपिएको अनि पानी बग्दै गरेको बेँसीमा लैजाऊन्। त्यस बेँसीमा तिनीहरूले त्यस कोरलीको घाँटी भाँचिदेऊन्।
DEU 21:5 तब लेवी पुजारीहरू अगि सरेर आऊन्; किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई सेवा गर्न र याहवेहको नाममा आशिष् दिन, झैझगडा र कुटपिटका सबै मुद्दा-मामिला मिलाउन चुन्‍नुभएको छ।
DEU 21:6 तब त्यस मृत शरीरको सबैभन्दा नजिकको सहरका प्रधानहरूले त्यस बेँसीमा घाँटी भाँचिदिएको कोरलीमाथि आफ्ना हातहरू धोऊन्।
DEU 21:7 तब तिनीहरूले यसरी घोषणा गरून्, “हामीले यस मानिसको हत्या गरेनौँ, न त हाम्रा आँखाले हत्या भएको देखेका छन्।
DEU 21:8 हे याहवेह, तपाईंले छुटकारा दिनुभएका तपाईंको इस्राएली मानिसका निम्ति यो प्रायश्‍चित ग्रहण गर्नुहोस्। तब निर्दोष मानिसको रगतको दोष तपाईंका मानिसहरूलाई नलागोस्।” अनि त्यस हत्याको लागि प्रायश्‍चित हुनेछ।
DEU 21:9 यसरी याहवेहको दृष्‍टिमा जे ठिक छ, तिमीहरूले सो गरेका हुनाले निर्दोषको रगत बगाएको दोषबाट आफूलाई शुद्ध पार्नेछौ।
DEU 21:10 जब तिमीहरू आफ्ना शत्रुहरूका विरुद्धमा युद्ध गर्न जान्छौ, र याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुहुनेछ, तब तिमीहरूले तिनीहरूलाई कैदी बनाएर ल्याउनेछौ।
DEU 21:11 यदि ती कैदीहरूमध्ये कुनै एउटी सुन्दरी स्त्रीलाई देखेर तिमीहरूमध्ये कोही त्यसप्रति आकर्षित भयौ भने त्यसलाई पत्नीको रूपमा लिन सक्छौ।
DEU 21:12 त्यस स्त्रीलाई आफ्नो घरमा ल्याउनू। अनि त्यसका केश खौरिदिनू र त्यसका नङहरू काटिदिनू।
DEU 21:13 अनि त्यसलाई कैदमा ल्याउँदा त्यसले लगाएको लुगा फेर्न लगाउनू। त्यो स्त्री तिम्रो घरमा बसोस्, र त्यसको आफ्ना आमाबुबाका निम्ति एक महिनासम्म विलाप गरोस्; अनि तिमी त्यसकहाँ जान सक्छौ, र त्यसको पति हुन सक्छौ। अनि त्यो तिम्री पत्नी हुनेछे।
DEU 21:14 यदि तिमी त्योसँग खुशी रहन सकेनौ भने त्यो स्त्रीले जहाँ जान इच्छा गर्छे, त्यसलाई जान दिनू। तिमीले त्यसलाई बेच्नुहुँदैन वा दासीलाई झैँ व्यवहार गर्नुहुँदैन। किनकि तिमीले त्यसलाई अपमानित गरिसकेका छौ।
DEU 21:15 यदि कुनै मानिसका दुई जना पत्नीहरू छन् र त्यसले एउटीलाई प्रेम गर्छ; तर अर्कीलाई चाहिँ गर्दैन, र दुवैले त्यसका निम्ति छोराहरू जन्माए, तर त्यसले प्रेम नगर्ने पत्नीबाट चाहिँ जेठा छोरा भयो भने,
DEU 21:16 जब त्यसले आफ्ना छोराहरूलाई आफ्नो सम्पत्तिको अंशबण्डा गर्छ, तब त्यसले मन नपराएको पत्नीबाट जन्मेको खास जेठा छोराको अधिकार खोसेर मन पराएकी पत्नीको छोरालाई दिनुहुँदैन।
DEU 21:17 त्यसले आफूले मन नपराएको पत्नीको छोरालाई आफूसँग भएका सबै कुराको दोबर भाग दिएर त्यसलाई जेठा छोराको मान्यता दिनुपर्छ। किनभने त्यो आफ्नो बुबाको शक्तिको पहिलो चिन्ह हो। जेठो अधिकार त्यसको नै हुनेछ।
DEU 21:18 यदि कुनै मानिसको हठी र विद्रोही छोरा छ; जसले आफ्ना आमा वा बुबाको आज्ञापालन गर्दैन; र त्यसलाई अनुशासन गर्दा मान्दैन भने,
DEU 21:19 त्यसका आमाबुबाले त्यसलाई समातेर त्यस सहरका प्रधानहरूकहाँ मूलढोकामा ल्याऊन्।
DEU 21:20 तिनीहरूले प्रधानहरूलाई भनून्, “हाम्रो यो छोरा हठी र विद्रोही छ। यसले हाम्रो आज्ञापालन गर्दैन। यो घिचुवा र मताहा छ।”
DEU 21:21 तब सहरका सबै मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून्। तिमीहरूले आफ्नो बीचबाट दुष्‍टता हटाउनुपर्छ। यस कुरालाई सारा इस्राएलीहरूले सुन्‍नेछन् र डर मान्‍नेछन्।
DEU 21:22 यदि कोही मानिस मृत्युदण्डको दोष लागेर मारियो, र त्यसको शरीर रूखमा झुण्ड्याइएको छ भने,
DEU 21:23 तिमीहरूले त्यस मृत शरीरलाई रातभरि रूखमा झुण्डाएर नराख्नू। त्यसलाई त्यही दिन गाडिहाल्नू; किनकि रूखमा झुण्ड्याइएको लासले परमेश्‍वरबाट श्राप ल्याउँदछ। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशलाई तिमीहरूले अशुद्ध पार्नेछैनौ।
DEU 22:1 यदि तिमीहरूले इस्राएली दाजुभाइको गोरु वा भेडा यताउता लागेको देख्यौ भने त्यसको बेवास्ता नगर। तर त्यसलाई त्यसको मालिककहाँ लगिदेऊ।
DEU 22:2 यदि तिमीहरूका दाजुभाइ तिमीहरूका नजिक बस्दैन वा मालिक को हो भनी तिमीहरूलाई थाहा भएन भने त्यसका मालिक खोज्न नआएसम्म त्यसलाई आफ्नो घरमा ल्याउनू। त्यसपछि त्यसलाई फर्काइदिनू।
DEU 22:3 तिमीहरूले आफ्ना दाजुभाइको गधा वा लुगा वा तिनीहरूले हराएका कुनै पनि थोक भेट्टायौ भने फर्काइदिनू। ती तिमीहरूले बेवास्ता नगर्नू।
DEU 22:4 यदि तिमीहरूले आफ्ना इस्राएली दाजुभाइका गधा वा गोरुलाई बाटोमा लडेको देख्यौ भने त्यसलाई बेवास्ता नगर्नू। त्यस पशुलाई उठाउन त्यसका मालिकलाई सहायता गर्नू।
DEU 22:5 स्त्रीहरूले पुरुषको लुगा नलगाउनू, न त पुरुषले स्त्रीहरूको लुगा लगाउनू। किनकि याहवेह तिमीहरूका परमेश्‍वरले यसो गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
DEU 22:6 यदि तिमीहरूले बाटोको छेउको रूखमा वा भुइँमा चराको गुँड भेट्टायौ र माउचाहिँ बचेरासँग वा अण्डामा बसिरहेको भेट्यौ भने तिमीहरूले बचेरासँगै त्यस माउलाई नलैजानू।
DEU 22:7 तिमीहरूले बचेरालाई लैजान सक्छौ। तर माउलाई चाहिँ छोडिदिनुपर्छ, ताकि तिमीहरूको भलो होस्, र तिमीहरूको आयु लामो होस्।
DEU 22:8 जब तिमीहरूले नयाँ घर बनाउँछौ, तब घरको छतमा चारैतिर बार लगाउनू। ताकि कोही मानिस छतबाट खसेर मर्‍यो भने तिमीहरूलाई अपराधको दोष नलागोस्।
DEU 22:9 तिमीहरूको दाखबारीमा दुई किसिमका बिउ नलगाउनू। यदि त्यसो गर्‍यौ भने बोट मात्र होइन, तर त्यस दाखबारीको फल समेत अशुद्ध हुनेछ।
DEU 22:10 गोरु र गधालाई सँगै नारेर जुवामा नजोत्नू।
DEU 22:11 ऊन र सुती मिलाएर बुनेको कपडा नलगाउनू।
DEU 22:12 तिमीहरूले लगाउने लुगाको चारै कुनामा झुम्काहरू बनाउनू।
DEU 22:13 यदि कुनै मानिसले पत्नी ल्याएर त्यससँग सुतेपछि त्यसलाई मन पराएन,
DEU 22:14 र पत्नीको निन्दा गरेर त्यसलाई बदनाम गरी यसो भन्यो भने, “मैले यस स्त्रीसँग विवाह गरेँ, तर सुत्दा मैले उसमा कुमारीत्वको प्रमाण पाइनँ,”
DEU 22:15 तब स्त्रीका बुबा र आमाले सहरको मूलढोकामा प्रधानहरूकहाँ त्यो केटी कुमारी नै थिई भन्‍ने प्रमाण ल्याऊन्।
DEU 22:16 त्यस स्त्रीका बुबाले प्रधानहरूसँग यसो भनोस्, “मैले मेरो छोरीलाई यस मानिससँग विवाह गरिदिएँ, तर यसले छोरीलाई मन पराउँदैन।”
DEU 22:17 अब हेर्नुहोस्, यसले छोरीलाई निन्दापूर्ण दोष लगाउँदै यसो भन्छ, “मैले तपाईंको छोरीमा कुमारीपन पाइनँ। तर मेरी छोरीको कुमारीपनको प्रमाण यहाँ छ।” त्यसपछि केटीका बुबाआमाले सहरका प्रधानहरूका सामु त्यो कपडा देखाऊन्।
DEU 22:18 अनि सहरका प्रधानहरूले त्यस पुरुषलाई लगेर सजाय देऊन्।
DEU 22:19 तिनीहरूले त्यस पुरुषलाई एक सय सेकेल चाँदी जरिमाना गरेर त्यो केटीको बुबालाई देऊन्। किनभने त्यस पुरुषले इस्राएलका कुमारीहरूको नाम बदनाम गरेको छ। त्यो केटी त्यसको पत्नी भएर रहिरहोस्। अनि पुरुषले आफू बाँचुन्जेल त्यो केटीलाई त्याग्न पाउनेछैन।
DEU 22:20 तापनि यदि त्यो दोष साँचो हो, र त्यस केटीको कुमारीपनको कुनै प्रमाण पाइएन भने,
DEU 22:21 त्यस केटीलाई आफ्नो बुबाको घरको ढोकामा ल्याएर त्यसका सहरका मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून्। आफ्नो बुबाको घरमा हुँदै बिग्रिएर त्यसले इस्राएलमा घृणित काम गरेकी छे। यस प्रकारले तिमीहरूले आफ्ना बीचबाट दुष्‍टता हटाउनुपर्छ।
DEU 22:22 यदि कुनै पुरुष अर्को पुरुषको पत्नीसँग सुतिरहेको भेट्टाइयो भने त्यससँग सुत्ने पुरुष र त्यो स्त्री दुवैलाई मारिनुपर्छ। यसरी तिमीहरूले इस्राएलबाट दुष्‍टता हटाउनुपर्छ।
DEU 22:23 यदि कुनै पुरुष सहरमा कसैसँग मगनी भइसकेकी कन्यालाई भेटेर त्यससँग सुतेको भेट्टाइयो भने,
DEU 22:24 तिमीहरूले ती दुवैलाई त्यस सहरको मूलढोकामा लगेर ढुङ्गाले हानेर मार्नू। यसकारण कि त्यो केटी त्यो सहरमै थिई, र पनि सहायताको लागि चिच्याइन, र त्यस पुरुषले चाहिँ अर्को पुरुषको पत्नीलाई बिगारेको छ। यसरी तिमीहरूको बीचबाट तिमीहरूले दुष्‍टतालाई हटाउनुपर्छ।
DEU 22:25 तर यदि कुनै पुरुषले गाउँको बाहिर निर्जन ठाउँमा मगनी भएकी केटीलाई भेट्यो र त्यसलाई बलात्कार गर्‍यो भने बलात्कार गर्ने मानिसलाई मात्र मार्नू।
DEU 22:26 त्यस केटीलाई चाहिँ केही नगर्नू; त्यसले मर्न लायकको कुनै पाप गरेकी छैन। यो मुद्दाचाहिँ कसैले आफ्नो छिमेकीलाई आक्रमण गरेर त्यसलाई हत्या गरेको जस्तै हो।
DEU 22:27 किनकि त्यस पुरुषले त्यस केटीलाई गाउँको बाहिर बलात्कार गर्‍यो, र त्यस मगनी भएकी केटी चिच्याउँदा पनि त्यसलाई बचाउने कोही थिएन।
DEU 22:28 यदि कुनै मानिसले मगनी नभएकी कन्यालाई भेटेर त्यसलाई बलात्कार गर्‍यो र तिनीहरू फेला परे भने,
DEU 22:29 त्यस मानिसले त्यस केटीको बुबालाई पचास सेकेल चाँदी तिर्नुपर्नेछ। त्यसले त्यस केटीलाई विवाह गर्नुपर्छ। किनकि त्यसले उसलाई बलात्कार गरेको छ। त्यसले आफू बाँचुन्जेल उसलाई कहिल्यै त्याग्न पाउनेछैन।
DEU 22:30 कुनै पनि मानिसले आफ्नो बुबाकी पत्नीलाई विवाह नगरोस्। त्यसले आफ्नो बुबाको ओछ्यानको अनादर गर्नुहुँदैन।
DEU 23:1 गुप्‍त अङ्ग किच्याइएको अथवा काटिएर नपुंसक भएको कोही पनि व्यक्ति याहवेहको सभामा प्रवेश गर्न पाउनेछैन।
DEU 23:2 निषेध गरिएको विवाहबाट जन्मेको मानिस याहवेहको सभामा प्रवेश गर्नुहुँदैन, अथवा तिनीहरूका सन्तानहरू दश पुस्तासम्म याहवेहको सभामा प्रवेश गर्न पाउनेछैन।
DEU 23:3 कुनै अम्मोनी र मोआबी अथवा तिनीहरूका सन्तानहरू दश पुस्तासम्म याहवेहको सभामा प्रवेश गर्न पाउनेछैनन्।
DEU 23:4 किनकि तिमीहरू इजिप्टबाट निस्केर आउँदा तिमीहरूलाई बाटोमा तिनीहरूले रोटी र पानी दिन इन्कार गरे। अनि तिनीहरूले अरामको पतोरमा बस्‍ने बओरको छोरा बालामलाई भाडामा बोलाएर तिमीहरूलाई सराप्न लगाएका थिए।
DEU 23:5 तरै पनि याहवेह तिमीहरूका परमेश्‍वरले बालामको कुरा सुन्‍नुभएन। तर त्यस सरापलाई आशिष्‌मा परिणत गरिदिनुभयो; किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ।
DEU 23:6 तिमीहरूले आजीवन अम्मोनी र मोआबीहरूसँग मित्रताको सन्धि नगर्नू।
DEU 23:7 एदोमीहरूलाई घृणा नगर; किनकि तिनीहरू तिमीहरूका दाजुभाइहरू हुन्। इजिप्टियनहरूलाई घृणा नगर; किनकि तिमीहरू तिनीहरूको देशमा परदेशी भएर बास गरेका थियौ।
DEU 23:8 एदोमी र इजिप्टियनहरूबाट जन्मेका तेस्रो पुस्ताका सन्तानहरू याहवेहको सभामा पस्‍न पाउनेछन्।
DEU 23:9 जब तिमीहरू आफ्ना शत्रुहरूका विरुद्धमा छाउनी हालेर बस्छौ, तब हरेक अशुद्ध कुराबाट अलग रहनू।
DEU 23:10 यदि तिमीहरूमध्ये कुनै मानिस स्वप्न-दोषको कारण अशुद्ध छ भने त्यो मानिस छाउनीबाहिर जाओस्, र त्यहीँ बसोस्।
DEU 23:11 तर साँझपख त्यसले नुहाओस्; अनि घाम अस्ताएपछि त्यो मानिस छाउनीभित्र पस्‍न पाउनेछ।
DEU 23:12 तिमीहरूले छाउनीबाहिर दिसा-पिसाब गर्ने एउटा ठाउँ बनाओ।
DEU 23:13 तिमीहरूसँग खन्‍ने औजार पनि रहोस्। अनि दिसा गरिसकेपछि तिमीहरूले त्यस औजारले खाल्डो खनेर दिसालाई पुरिदिनू।
DEU 23:14 किनकि याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूलाई रक्षा गर्न र तिमीहरूका शत्रुहरूलाई तिमीहरूका हातमा सुम्पिदिनका लागि तिमीहरूका छाउनीको चारैतिर हिँड्‍डुल गर्नुहुन्छ। तिमीहरूको छाउनी पवित्र हुनुपर्छ; ताकि उहाँले तिमीहरूमा कुनै घिनलाग्दो कुरा देख्न नपरोस् र तिमीहरूबाट टाढा जान नपरोस्।
DEU 23:15 यदि कुनै दासले तिमीहरूसँग आश्रय लिएर बसेको छ भने त्यसलाई त्यसको मालिकको हातमा नसुम्पिनू।
DEU 23:16 त्यसले रुचाएको जुनसुकै ठाउँ वा त्यसले छानेको जुनसुकै सहरमा त्यसलाई तिमीहरूसँग बस्‍न देओ। त्यसलाई शोषण नगर्नू।
DEU 23:17 इस्राएलका कुनै पनि पुरुष अथवा स्त्री देवस्थानमा देवदास वा देवदासी नबनून्।
DEU 23:18 तिमीहरूले कुनै भाकल पूरा गर्न देवदासी अथवा देवदासको कमाइलाई याहवेह तिमीहरूका परमेश्‍वरको भवनमा नल्याउनू; किनकि याहवेह तिमीहरूका परमेश्‍वरले ती दुवैलाई घृणा गर्नुहुन्छ।
DEU 23:19 तिमीहरूले इस्राएली दाजुभाइबाट रकम अथवा भोजन, ब्याज वा कमाउन मिल्ने कुनै पनि कुराबाट ब्याज नलिनू।
DEU 23:20 तिमीहरूले विदेशीबाट ब्याज लिन सक्छौ, तर आफ्नो इस्राएली दाजुभाइबाट नलिनू। तिमीहरूले अधिकार गर्न गइरहेको देशमा याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिनुहुनेछ।
DEU 23:21 यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरसँग केही भाकल गर्‍यौ भने त्यो भाकल पूरा गर्न ढिलो नगर। किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट निश्‍चय नै माग गर्नुहुनेछ; र तिमीहरू पापको दोषी हुनेछौ।
DEU 23:22 तर भाकल गरेकै छैनौ भने तिमीहरूलाई पापको दोष लाग्नेछैन।
DEU 23:23 तिमीहरूका मुखले जे कुरा भाकल गरेका छन्, ती तिमीहरूले अवश्य पूरा गर्नुपर्छ। किनकि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति यो राजीखुशीले गरेका हौ।
DEU 23:24 यदि तिमीहरू आफ्ना दाजुभाइको दाखबारीमा पस्यौ भने तिमीहरूले चाहेजति पेटभरि अङ्‌गुर खान सक्छौ। तर तिमीहरूले आफ्नो डालोमा एउटै पनि नहाल्नू।
DEU 23:25 यदि तिमीहरूको छिमेकीको अन्‍नको खेतमा तिमीहरू पस्यौ भने तिमीहरूले आफ्ना हातले बाला टिप्न सक्छौ। तर तिमीहरूले पाकेको बालीमा हँसिया लगाएर अन्‍न काट्नुहुँदैन।
DEU 24:1 यदि कुनै मानिसले कुनैलाई विवाह गर्छ; अनि त्यसको बारेमा कमी कमजोरी थाहा पाएका कारण त्यस स्त्रीलाई मन नपराएर त्यागपत्र लेखी आफ्नो घरबाट त्यसलाई पठाइदियो भने,
DEU 24:2 अनि यदि त्यो स्त्री त्यस मानिसको घर छाडेर अर्को मानिसको पत्नी भई भने,
DEU 24:3 त्यसको दोस्रो पतिले पनि त्यसलाई मन नपराएर त्यागपत्र लेखेर दियो, र आफ्नो घरबाट पठाइदियो वा तिनको दोस्रो पति मर्‍यो भने,
DEU 24:4 त्यो स्त्री अशुद्ध भइसकेको कारण त्यसलाई त्याग्ने पहिलो पतिले फेरि त्यसलाई विवाह गर्ने अनुमति पाउनेछैन। त्यो याहवेहको दृष्‍टिमा घिनलाग्दो कुरा हुन्छ। याहवेह तिमीहरूका परमेश्‍वरले उत्तराधिकारको रूपमा तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूले यो पाप नल्याओ।
DEU 24:5 यदि कुनै मानिसले भर्खरै विवाह गरेको छ भने त्यसलाई युद्धमा नपठाइयोस्, र त्यसलाई अरू कुनै जिम्मेवारी नदिइयोस्। किनकि एक वर्षसम्म घरमा बस्‍न र आफूले विवाह गरेकी पत्नीलाई खुशी पार्नलाई त्यो स्वतन्त्र हुनुपर्छ।
DEU 24:6 कसैले ऋणको धरौटीको रूपमा जाँतो वा त्यसको माथिल्‍लो भाग मात्र पनि नलिनू। किनकि त्यो कुनै मानिसको जीविका चलाउने उपाय नै धरौटीको रूपमा लिइएको हुनेछ।
DEU 24:7 यदि कुनै मानिसले आफ्नो इस्राएली दाजुभाइलाई अपहरण गर्‍यो, र त्यसलाई दासझैँ व्यवहार गरेको अथवा बेचेको भेट्टाइयो भने त्यो अपहरणकर्तालाई मार्नैपर्छ। यसरी तिमीहरूको बीचबाट तिमीहरूले दुष्‍टता हटाउनुपर्छ।
DEU 24:8 कुष्‍ठरोगको विषयमा लेवी पुजारीहरूले तिमीहरूलाई आदेश दिएजस्तै होसियारीसाथ पालन गर्नू। मैले तिनीहरूलाई आज्ञा दिएका कुराहरू तिमीहरूले होसियारीसाथ पालन गर्नू।
DEU 24:9 तिमीहरू इजिप्टबाट निस्किआएपछि बाटोमा याहवेह तिमीहरूका परमेश्‍वरले मिरियमलाई के गर्नुभयो, सो सम्झना राख्नू।
DEU 24:10 जब तिमीहरूले आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिन्छौ, तब त्यसले धरौटीको रूपमा दिन लागेका जुनसुकै कुरा पनि लिन त्यसको घरभित्र नपस्‍नू।
DEU 24:11 तिमीहरू घर बाहिरै बस्‍नू। अनि तिमीहरूले ऋण दिएका मानिस आफैँले धरौटी लिएर तिमीहरूकहाँ बाहिर आओस्।
DEU 24:12 यदि त्यो मानिस गरिब छ भने तिमीहरूसँग भएको त्यसको धरौटी, जुन त्यसको लुगा हो, त्यसलाई लिएर सुत्न नजाओ।
DEU 24:13 त्यसको लुगा घाम अस्ताउनुभन्दा पहिले नै फर्काइदेओ। ताकि त्यसले त्यो ओढेर सुत्न सकोस्। तब त्यसले तिमीहरूलाई धन्यवाद दिनेछ। अनि त्योचाहिँ याहवेह तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा एउटा धार्मिकताको काम ठहरिनेछ।
DEU 24:14 तिमीहरूका इस्राएली दाजुभाइ होस् या तिमीहरूका कुनै सहरमा बसोबास गर्ने विदेशी; कुनै गरिब र अभावमा भएका ज्यालादारीबाट फाइदा नलेओ।
DEU 24:15 तिनीहरूको ज्याला प्रत्येक दिन घाम अस्ताउनु अगि नै दिइहाल्नू। किनभने तिनीहरू गरिब हुन्, र तिनीहरूको मन ज्यालामाथि लगाएका हुन्छन्। नत्रता तिनीहरूले तिमीहरूका विरुद्धमा याहवेहलाई पुकार्नेछन् र तिमीहरूलाई पापको दोष लाग्नेछ।
DEU 24:16 छोराछोरीहरूका पापको कारण आमाबुबाहरू र आमाबुबाहरूका पापको कारण छोराछोरीहरूलाई नमार्नू। हरेक मानिस आफ्नै पापको कारण मर्नैपर्छ।
DEU 24:17 विदेशी अथवा अनाथलाई न्यायबाट बञ्चित नगर्नू; अथवा कुनै विधवाको लुगा बन्धकको रूपमा नलिनू।
DEU 24:18 यो कुरा याद राख, तिमीहरू पनि इजिप्टमा दास थियौ। याहवेह तिमीहरूका परमेश्‍वरले नै तिमीहरूलाई त्यहाँबाट छुटाउनुभयो। यसैकारण मैले तिमीहरूलाई यो आज्ञा दिँदैछु।
DEU 24:19 तिमीहरूले आफ्नो खेतमा कटनी गर्दा यदि एक बिटा छोडियो भने त्यो लिन फर्केर नजाओ। त्यो परदेशी, अनाथ र विधवाहरूका लागि छोडिदिनू। तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिनुहुनेछ।
DEU 24:20 जब तिमीहरूले आफ्ना जैतुनका बोटहरूबाट फलहरू झार्छौ, तब फेरि दोस्रो पटक बोटबाट फलहरू झार्न नजानू। ती छोडिएका फलहरूचाहिँ परदेशी, अनाथ र विधवाहरूका निम्ति छोडिदिनू।
DEU 24:21 जब तिमीहरू आफ्ना दाखबारीबाट अङ्‌गुर बटुल्छौ, तब फेरि दोहोर्‍याएर नबटुल्नू। बाँकी रहेका फलहरू जति परदेशी, अनाथ र विधवाहरूलाई छोडिदिनू।
DEU 24:22 यो कुरा याद राख, तिमीहरू पनि इजिप्टमा दास थियौ। यसैकारण मैले तिमीहरूलाई यसो गर्नू भनी आज्ञा दिँदैछु।
DEU 25:1 जब मानिसहरूमा झगडा हुन्छ, तब त्यस विषयलाई लिएर अदालतमा लैजानू। अनि न्यायकर्ताहरूले त्यस मुद्दाको फैसला गर्नेछन्। निर्दोषलाई छोडिनेछ र अपराधीलाई चाहिँ दोषी ठहराइनेछ।
DEU 25:2 यदि दोषी मानिसले कुटाइ खानुपर्ने सजाय भयो भने न्यायकर्ताले त्यसलाई आफ्नै सामु घोप्टाएर अपराधअनुसार कोर्राको संख्या गनेर लगाऊन्।
DEU 25:3 तर न्यायकर्ताले चालीस कोर्राभन्दा बढी लगाउन दिनुहुँदैन। यदि त्यसलाई चालीसभन्दा बढी कोर्रा लगाइयो भने तिमीहरू आफ्ना दाजुभाइका दृष्‍टिमा अपमानित हुनेछौ।
DEU 25:4 अन्‍नबाली दाइँ गर्दा गोरुको मुखमा मोहोलो नलगाउनू।
DEU 25:5 यदि दाजुभाइहरू एकसाथ बसेका छन्, तब तीमध्ये एक भाइको छोरा नभई नै मृत्यु भयो भने त्यस विधवाले त्यस परिवारभन्दा बाहिर विवाह नगरोस्। त्यसको देवर वा जेठाजुले त्यसलाई विवाह गरोस्, र त्यसप्रति आफ्नो कर्तव्य पूरा गरोस्।
DEU 25:6 त्यसले जन्माएको पहिलो छोराले मृत दाजु वा भाइको नाम बोक्नेछ। अनि त्यसको नाम इस्राएलबाट नमेटियोस्।
DEU 25:7 तरै पनि यदि कुनै मानिसले आफ्नो दाजु वा भाइकी पत्नीसँग विवाह गर्न चाहँदैन भने त्यस स्त्रीले सहरको मूलढोकामा रहेका प्रधानहरूकहाँ गएर भनोस्, “मेरा पतिका भाइले आफ्नो दाजुको नाम इस्राएलमा राख्न इन्कार गर्छ। उसले मप्रति देवरले गर्नुपर्ने कर्तव्य पूरा गर्दैन।”
DEU 25:8 तब सहरका प्रधानहरूले त्यसलाई बोलाएर त्यससँग कुरा गरून्। यदि त्यसले ढिपी गर्दै यसो भन्छ भने, “म उसलाई विवाह गर्दिनँ,”
DEU 25:9 तब त्यसको दाजुको विधवाले प्रधानहरूको उपस्थितिमा त्यसकहाँ गएर त्यसको एउटा जुत्ता फुकालेर त्यसको मुखमा थुकेर यसो भनोस्, “आफ्नो दाजुको वंश राख्न नचाहने मानिसलाई यसै गर्नुपर्छ।”
DEU 25:10 त्यस मानिसको घरानालाई इस्राएलमा “जुत्ता फुकालिएको घराना भनिनेछ।”
DEU 25:11 यदि दुई जना मानिसहरू झगडा गर्दैगरेको बेला तीमध्येका एक जनाकी पत्नीले आएर आफ्नो पतिलाई आक्रमणबाट बचाउन विरोधीको गुप्‍त अङ्गमा अँठ्याइ भने,
DEU 25:12 तिमीहरूले त्यस स्त्रीको हात काटिदिनू; त्यसलाई दया नदेखाउनू।
DEU 25:13 तिमीहरूले नापको लागि थैलोमा एउटा कम र अर्को ज्यादा दुई फरक किसिमका ढकहरू नराख्नू।
DEU 25:14 तिमीहरूका घरमा एउटा ठूलो र अर्को सानो दुई फरक किसिमका नाप्‍ने ढकहरू नराख्नू।
DEU 25:15 तिमीहरूसँग ठिक, छलरहित र मापन अनुसारको ढक हुनुपर्छ। ताकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू धेरै वर्षसम्म बाँच्न सक।
DEU 25:16 किनकि याहवेह तिमीहरूका परमेश्‍वरले यस्ता छल काम गर्ने र बेइमान मानिस, जोसुकैलाई पनि घृणा गर्नुहुन्छ।
DEU 25:17 तिमीहरू इजिप्टबाट निस्केर आउँदा बाटोमा अमालेकीहरूले तिमीहरूलाई के गरे, त्यो सम्झना गर।
DEU 25:18 जब तिमीहरू थाकेर शिथिल भएका थियौ, तब त्यस समयमा तिमीहरूका यात्रामा तिनीहरूले भेटे। अनि पछिल्तिर हिँड्नेहरूलाई तिनीहरूले काटेर मारे। ती अमालेकीहरूमा परमेश्‍वरको डरै थिएन।
DEU 25:19 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशमा, जब उहाँले तिमीहरूका वरिपरि रहेका शत्रुहरूबाट तिमीहरूलाई विश्राम दिनुहुनेछ, तब तिमीहरूले अमालेकीहरूको नामनिशानै पृथ्वीबाट मेटाइदिनू। तिमीहरूले यो कुरा नबिर्सनू।
DEU 26:1 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशमा जब तिमीहरू पसेर अधिकार गर्नेछौ र त्यहाँ बसोबास गर्नेछौ,
DEU 26:2 तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको माटोबाट तिमीहरूले उब्जाएका सबै पहिलो फलहरूबाट केही भाग लिएर डालोमा राख्नू। त्यसपछि याहवेह तिमीहरूका परमेश्‍वरले आफ्नो नामको खातिर वासस्थानको रूपमा चुन्‍नुहुने ठाउँमा तिमीहरूले लगेर जानू।
DEU 26:3 अनि त्यस बेला सेवामा रहेका पुजारीलाई यसो भन्‍नू, “याहवेहले हाम्रा पितापुर्खाहरूसँग हामीलाई दिन्छु भनी शपथ खानुभएको देशमा म आइपुगेँ भनी आज म याहवेह तपाईंका परमेश्‍वरकहाँ स्वीकार गर्छु।”
DEU 26:4 पुजारीले तिमीहरूका हातबाट त्यो डालो लिएर याहवेह तिमीहरूका परमेश्‍वरको वेदीको अगि राख्नेछन्।
DEU 26:5 तब तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको सामु यसो भनेर घोषणा गर्नू: “मेरा पितापुर्खा फिरन्ते अरामी निबासी थिए। तिनी केही मानिसहरूसँग इजिप्टमा गए, र त्यहाँ बसोबास गरे। अनि शक्तिशाली, ठूलो र धेरै संख्या भएका एउटा जाति भए।
DEU 26:6 तर इजिप्टियनहरूले हामीसँग दुर्व्यवहार गरे। हामीलाई दुःख दिए, र कठोर परिश्रम गर्न लगाए।
DEU 26:7 त्यसपछि हामीले हाम्रा पितापुर्खाहरूका परमेश्‍वरलाई पुकार गर्‍यौँ, तब याहवेहले हाम्रो सोर सुन्‍नुभयो। अनि हाम्रो दुर्दशा, परिश्रम र थिचोमिचो देख्नुभयो।
DEU 26:8 यसकारण याहवेहको महान् शक्तिशाली हात र फैलिएका पाखुरा, र भयङ्कर आतङ्क, अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरूद्वारा हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।
DEU 26:9 उहाँले हामीलाई यस ठाउँमा ल्याउनुभयो। अनि दूध र मह बग्ने यो देश दिनुभयो।
DEU 26:10 यसकारण हे याहवेह, तपाईंले दिनुभएको जमिनबाट पहिलो फलहरू मैले ल्याएको छु।” याहवेह तिमीहरूका परमेश्‍वरको अगि त्यो डालो राख र उहाँलाई दण्डवत् गर।
DEU 26:11 तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरू र तिमीहरूका घरानालाई दिनुभएका सबै असल कुराहरूमा तिमीहरू, लेवीहरू र तिमीहरूका बीचमा बसोबास गर्ने विदेशीहरूले आनन्द मनाऊन्।
DEU 26:12 जब तिमीहरूले आफ्ना उब्जनीका दशांश तेस्रो वर्ष, अर्थात् दशांशको वर्षमा अलग गर्छौ, तब तिमीहरूले त्यो लेवी, परदेशी, अनाथ, विधवालाई दिनुपर्नेछ; ताकि तिनीहरूले तिमीहरूका सहरहरूमा खाऊन् र सन्तुष्‍ट होऊन्।
DEU 26:13 तब याहवेह तिमीहरूका परमेश्‍वरलाई यसो भन्‍नू: “मैले मेरो घरबाट पवित्र अंश छुटाएर त्यो लेवी, विदेशी, अनाथ र विधवालाई तपाईंका सबै आज्ञाहरूअनुसार दिएको छु। म तपाईंका आज्ञाहरूबाट तर्किगएको छैनँ, न त मैले बिर्सेको नै छु।
DEU 26:14 मेरो शोकको समयमा मैले पवित्र अंशबाट केही पनि खाएको छैनँ; न म अशुद्ध हुँदा त्यसबाट केही हटाएको छु; न त मैले मरेकालाई त्यसबाट केही चढाएको छु। मैले याहवेह मेरा परमेश्‍वरको आज्ञापालन गरेको छु। तपाईंले मलाई आज्ञा गर्नुभएको हरेक कुरा मैले पालन गरेको छु।
DEU 26:15 तपाईंको पवित्र वासस्थान स्वर्गबाट तल हेर्नुहोस्। तपाईंले हाम्रा पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ, तपाईंको जाति इस्राएललाई र तपाईंले हामीलाई दिनुभएको दूध र मह बग्ने प्रतिज्ञाको देशलाई आशिष् दिनुहोस्।”
DEU 26:16 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज यी उर्दीहरू र नियमहरू पालन गर्नू भनी आज्ञा दिनुहुन्छ; यी तिमीहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले होसियारीसाथ पालन गर।
DEU 26:17 तिमीहरूले आजको दिन याहवेह तिमीहरूका परमेश्‍वर हुनुहुन्छ भनी घोषणा गरेका छौ। अनि तिमीहरू उहाँका मार्गहरूमा हिँड्नेछौ। उहाँका उर्दीहरू, आज्ञाहरू र नियमहरू मान्‍नेछौ। अनि उहाँमा आज्ञाकारी हुनेछौ।
DEU 26:18 अनि याहवेहले आजको दिन घोषणा गर्नुभएको छ: तिमीहरू उहाँका मानिसहरू हौ। उहाँले प्रतिज्ञा गर्नुभएझैँ तिमीहरू उहाँका निजी धन हौ। उहाँका सबै आज्ञाहरू तिमीहरूले पालन गर्नुपर्छ।
DEU 26:19 उहाँले तिमीहरूलाई आफैँले बनाउनुभएका सबै जातिहरूभन्दा बढी प्रशंसा, ख्याति र उच्‍च सम्मान दिएर राख्नेछु भनी घोषणा गर्नुभएको छ। अनि उहाँले प्रतिज्ञा गर्नुभएझैँ, याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति तिमीहरू पवित्र जाति हुनेछौ।
DEU 27:1 मोशा र इस्राएलका प्रधानहरूले मानिसहरूलाई आज्ञा दिए, “आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञाहरू पालन गर।
DEU 27:2 जब तिमीहरू यर्दन पार गरेर याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा पुग्छौ, तब केही ठूला-ठूला ढुङ्गाहरू खडा गरेर तिनीहरूलाई कमेरोले पोत्नू।
DEU 27:3 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका पितापुर्खालाई प्रतिज्ञा गर्नुभएझैँ, जब तिमीहरू यर्दन पार गरेर याहवेह तिमीहरूका परमेश्‍वरले दिनुहुने दूध र मह बग्ने देशमा प्रवेश गर्नेछौ, तब ती ढुङ्गाहरूमा यस व्यवस्थाका सबै वचनहरू लेख्नू।
DEU 27:4 अनि जब तिमीहरूले यर्दन पार गरिसक्छौ, तब मैले तिमीहरूलाई आज आज्ञा दिएझैँ यी ढुङ्गाहरूलाई एबाल पर्वतमा खडा गरेर ती ढुङ्गाहरूलाई कमेरोले पोत्नू।
DEU 27:5 त्यहाँ तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति ढुङ्गाहरूको एउटा वेदी बनाउनू। ती ढुङ्गाहरूमाथि कुनै फलामको औजार प्रयोग नगर्नू।
DEU 27:6 याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति तिमीहरूले नकाटिएका ढुङ्गाहरूको वेदी बनाउनू। त्यसपछि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरका निम्ति होमबलि चढाउनू।
DEU 27:7 त्यहाँ मेलबलि चढाउनू र याहवेह तिमीहरूका परमेश्‍वरको उपस्थितिमा ती खानू, र तिमीहरूले रमाइलो मनाउनू।
DEU 27:8 अनि तिमीहरूले खडा गरेका ती ढुङ्गाहरूमा यस व्यवस्थाका शब्दहरू स्पष्‍टसँग लेख्नू।”
DEU 27:9 तब मोशा र लेवी पुजारीहरूले सारा इस्राएलीहरूलाई भने, “हे इस्राएल, शान्त भएर सुन! आज तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरका जाति भएका छौ।
DEU 27:10 याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन गर्नू। अनि आज मैले तिमीहरूलाई दिने उहाँका आज्ञा र उर्दीहरू पालन गर्नू।”
DEU 27:11 त्यसै दिन मोशाले मानिसहरूलाई आज्ञा दिए:
DEU 27:12 जब तिमीहरूले यर्दन पार गर्छौ, यी कुलहरू गीरीज्जीम डाँडामा मानिसहरूलाई आशिष् दिनलाई खडा होऊन्: शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीन
DEU 27:13 अनि रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍तालीका कुलहरूचाहिँ एबाल डाँडामा श्राप दिनलाई खडा होऊन्।
DEU 27:14 लेवीहरूले इस्राएलका सारा मानिसहरूका निम्ति चर्को सोरले यसरी भनून्:
DEU 27:15 “मूर्ति बनाउने जो कोही पनि श्रापित होस्। याहवेहले घृणा गर्नुहुने कुरा खोपेर, ढालेर बनाउने र त्यसलाई गुप्‍तमा स्थापित गर्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
DEU 27:16 “आफ्ना आमाबुबालाई आदर नगर्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
DEU 27:17 “आफ्नो छिमेकीको साँधसिमानाको ढुङ्गा हटाउने मानिसमाथि श्राप परोस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
DEU 27:18 “दृष्‍टिविहीनलाई उल्टो बाटोतिर डोर्‍याउने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
DEU 27:19 “विदेशी, अनाथ र विधवाहरूलाई न्याय नदिने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
DEU 27:20 “आफ्नो बुबाकी पत्नीसँग सुत्ने मानिस श्रापित होस्; किनकि त्यसले आफ्नो बुबाको ओछ्यानको अनादर गरेको छ।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
DEU 27:21 “पशुसँग यौन सम्पर्क राख्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
DEU 27:22 “आफ्नो बहिनी अथवा आफ्नो आमा वा बुबाकी छोरीसँग सुत्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
DEU 27:23 “आफ्नो सासुसँग सुत्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
DEU 27:24 “आफ्नो छिमेकीलाई गुप्‍तमा मार्ने व्यक्ति श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
DEU 27:25 “कुनै निर्दोष व्यक्तिलाई मार्नका निम्ति घूस लिने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
DEU 27:26 “यस व्यवस्थाको वचन पूरा रूपमा पालन गर्न नचाहने र समर्थन नगर्ने, जो कोही पनि श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
DEU 28:1 यदि याहवेह तिमीहरूका परमेश्‍वरप्रति तिमीहरू पूर्ण आज्ञाकारी भयौ, र आज मैले तिमीहरूलाई दिइरहेका उहाँका सबै आज्ञाहरूलाई होसियारीसाथ पालन गर्‍यौ भने याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूभन्दा महान् तुल्याउनुहुनेछ।
DEU 28:2 यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन गर्‍यौ भने यी सबै आशिष्‌हरू तिमीहरूले पाउनेछौ, र यी तिमीहरूसँग रहिरहनेछन्:
DEU 28:3 याहवेहले तिमीहरूका सहर र खेतबारीमा आशिष् दिनुहुनेछ।
DEU 28:4 याहवेहले तिमीहरूका गर्भ, तिमीहरूका देशका अन्‍नबाली, तिमीहरूका बथान र बगालका बच्‍चाहरूमा आशिष् दिनुहुनेछ।
DEU 28:5 तिमीहरूका डालो र तिमीहरूका पिठो मुछ्ने भाँडोमा आशिष् दिनुहुनेछ।
DEU 28:6 तिमीहरू भित्र आउँदा र बाहिर जाँदा आशिषित हुनेछौ।
DEU 28:7 तिमीहरूको विरुद्धमा खडा हुने शत्रुहरूलाई याहवेहले तिमीहरूकै सामु परास्त गर्नुहुनेछ। तिनीहरू तिमीहरूमाथि एउटा बाटो आउनेछन्, तर तिमीहरूबाट सात बाटो भएर भाग्नेछन्।
DEU 28:8 याहवेहले तिमीहरूका ढुकुटीहरूमा, र तिमीहरूका हातका हरेक काममा आशिष् दिनुहुनेछ। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूलाई आशिष् दिनुहुनेछ।
DEU 28:9 याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू तिमीहरूले पालन गर्‍यौ, र उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले तिमीहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई उहाँका पवित्र जातिको रूपमा स्थापित गर्नुहुनेछ।
DEU 28:10 तब तिमीहरू याहवेहको नामद्वारा बोलाइएका हौ भनी यस पृथ्वीका सबै मानिसहरूले देख्नेछन्, र तिमीहरूसँग डराउनेछन्।
DEU 28:11 तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पितापुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा अर्थात् तिमीहरूका गर्भमा, गाईबस्तुका बाछा-बाछीमा र भूमिको उब्जनीमा याहवेहले प्रशस्त मात्रमा समृद्धि गराउनुहुनेछ।
DEU 28:12 तिमीहरूका देशमा ठिक समयमा झरी पठाउन र तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिन याहवेहले आकाश र उहाँका प्रशस्तताको भण्डारलाई खोलिदिनुहुनेछ। तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ, तर तिमीहरूले चाहिँ कसैबाट पनि ऋण लिनेछैनौ।
DEU 28:13 याहवेहले तिमीहरूलाई शिर बनाउनुहुनेछ, पुच्छर होइन। यदि तिमीहरूले आज मैले तिमीहरूलाई दिइरहेका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्यान दियौ, र ती होसियारीसाथ पालन गर्‍यौ भने तिमीहरू सधैँ उच्‍चमा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ।
DEU 28:14 मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरूमध्ये कुनै एउटैबाट पनि दायाँ र बायाँतिर अन्य देवी-देवताहरूका पछि लागेर तिनीहरूको सेवा नगर।
DEU 28:15 तर यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन गरेनौ, र मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरू र उर्दीहरू होसियारीसाथ पालन गरेनौ भने यी सबै श्रापहरू तिमीहरूमाथि आइपर्नेछन्:
DEU 28:16 तिमीहरू सहरमा र खेतबारीमा श्रापित हुनेछौ।
DEU 28:17 तिमीहरूको डालो र पिठो मुछ्ने भाँडोमा श्राप पर्नेछ।
DEU 28:18 तिमीहरूका गर्भमा, तिमीहरूका जमिनको अन्‍नबालीमा, गाईबस्तुका बाछाबाछीमाथि र भेडाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ।
DEU 28:19 तिमीहरू भित्र आउँदा र बाहिर जाँदा श्रापित हुनेछौ।
DEU 28:20 तिमीहरूले याहवेहलाई त्यागेर दुष्‍ट काम गरेका हुनाले तिमीहरू नष्‍ट नभएसम्म; र चाँडै बरबाद नभएसम्म उहाँले तिमीहरूका हातका हरेक काममा श्राप, गोलमाल र निराशा पठाउनुहुनेछ।
DEU 28:21 तिमीहरू अधिकार गर्न गइरहेको देशमा तिमीहरू नष्‍ट नभएसम्म याहवेहले तिमीहरूमाथि महामारी र रोगहरू फैलाउनुहुनेछ।
DEU 28:22 तिमीहरू नष्‍ट नभएसम्म याहवेहले तिमीहरूमाथि यस्ता रोगहरूले प्रहार गर्नुहुनेछः जरो, सुनिने रोग, प्रचण्ड ताप, खडेरी, वृक्ष ओइल्याउने र ढुसी पर्ने रोग।
DEU 28:23 तिमीहरूका टाउको माथिको आकाश काँसो र तिमीहरूमुनि भएको जमिन फलाम हुनेछन्।
DEU 28:24 याहवेहले तिमीहरूको देशको झरीलाई धुलो र बालुवामा परिणत गरिदिनुहुनेछ। ती तिमीहरू नष्‍ट नभएसम्म आकाशबाट झर्नेछन्।
DEU 28:25 याहवेहले तिमीहरूलाई आफ्ना शत्रुहरूका सामु हार्न दिनुहुनेछ। तिमीहरू तिनीहरूमाथि एक बाटोबाट आउनेछौ र सात बाटो भएर भाग्नेछौ। अनि तिमीहरूको अवस्था देखेर पृथ्वीका समस्त जातिहरू डराउनेछन्।
DEU 28:26 तिमीहरूका मृत शरीरहरू आकाशका सबै चराहरू र पृथ्वीका जङ्गली जनावरहरूका निम्ति भोजन हुनेछन्; र तिनीहरूलाई धपाउने कोही पनि हुनेछैन।
DEU 28:27 याहवेहले तिमीहरूलाई इजिप्टको पिलो, घाउखटिरा, दाद र लूतोले सताउनुहुनेछ, जसबाट तिमीहरू निको हुन सक्नेछैनौ।
DEU 28:28 याहवेहले तिमीहरूलाई पागलपन, अन्धोपन र हृदयमा बेचैन पारिदिनुहुनेछ।
DEU 28:29 तिमीहरू अन्धा मानिसले जस्तै मध्यदिनमै अँध्यारोमा जस्तै छामछाम-छुमछुम गर्नेछौ। तिमीहरू आफूले गरेका हरेक कुरामा असफल हुनेछौ। तिमीहरू प्रत्येक दिन सताइनेछौ, लुटिनेछौ र तिमीहरूलाई उद्धार गर्ने कोही हुनेछैन।
DEU 28:30 जुन केटीसँग तिमीहरूको मगनी हुन्छ, त्यसलाई अर्को मानिसले लगेर बलात्कार गर्नेछ। तिमीहरूले घर बनाउनेछौ, तर त्यसमा बस्‍न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्यसको फल चाख्न पनि पाउनेछैनौ।
DEU 28:31 तिमीहरूका गोरु तिमीहरूका आँखाकै अगि मारिनेछ; तर तिमीहरूले त्यसको मासु खान पाउनेछैनौ। तिमीहरूका गधा तिमीहरूबाट जबरजस्ती खोसेर लगिनेछ र त्यो फर्काइनेछैन। तिमीहरूका भेडाहरू तिमीहरूका शत्रुहरूलाई दिइनेछ, र ती भेडाहरूलाई छुटाउने कोही हुनेछैन।
DEU 28:32 तिमीहरूका छोराछोरीहरू अर्कै जातिलाई दिइनेछन्; अनि दिनदिनै तिनीहरूको बाटो हेर्दा-हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्। तर तिमीहरू निरीह भएको कारण केही गर्न सक्नेछैनौ।
DEU 28:33 तिमीहरूले नचिनेको जातिले तिमीहरूका जमिन र परिश्रमले उब्जाएका अन्‍नबाली खानेछन्। तर तिमीहरूसँग चाहिँ सधैँ कठोर थिचोमिचोमा पर्नबाहेक केही पनि हुनेछैन।
DEU 28:34 तिमीहरूले देखेका ती डरलाग्दा दृष्यहरूले तिमीहरूलाई बौलाहा बनाइदिनेछन्।
DEU 28:35 याहवेहले तिमीहरूका घुँडा र खुट्टाहरूमा पीडादायक निको नहुने पिलोले प्रहार गर्नुहुनेछ। ती तिमीहरूका पैतालादेखि शिरको टुप्पोसम्म फैलिएर जानेछन्।
DEU 28:36 याहवेहले तिमीहरूले नियुक्त गरेका राजालाई तिमीहरूले र आफ्ना पितापुर्खाहरूले नचिनेको जातिकहाँ धपाउनुहुनेछ। त्यहाँ तिमीहरूले अरू देवी-देवताहरू, काठ र ढुङ्गाका देवताहरूलाई पूजा गर्नेछौ।
DEU 28:37 तिमीहरू याहवेहले धपाउनुभएका सबै जातिको बीचमा त्रास, उखान र हाँसोका पात्रहरू बन्‍नेछौ।
DEU 28:38 तिमीहरूले जमिनमा धेरै बिउ छर्नेछौ, तर कटनीचाहिँ थोरै गर्नेछौ; किनकि ती सलहहरूले खानेछन्।
DEU 28:39 तिमीहरूले दाखबारी लगाएर त्यसको खेती गर्नेछौ, तर त्यसको रस पिउनेछैनौ वा अङ्‌गुर बटुल्नेछैनौ; किनकि किराहरूले ती खानेछन्।
DEU 28:40 तिमीहरूका देशभरि जैतुनका रूखहरू त हुनेछन्, तर तिमीहरूले जैतुनको तेल प्रयोग गर्न पाउनेछैनौ; किनकि जैतुनहरू झरेर जानेछन्।
DEU 28:41 तिमीहरूले छोराछोरीहरू त जन्माउनेछौ, तर ती तिमीहरूसँग रहनेछैनन्; किनकि तिनीहरूलाई कैदमा लगिनेछ।
DEU 28:42 तिमीहरूका जमिनका रूखहरू र अन्‍नबालीहरूलाई सलहका हुलले नाश पार्नेछन्।
DEU 28:43 तिमीहरूका बीचमा बसोबास गर्ने विदेशीहरू तिमीहरूभन्दा उच्‍च-उच्‍च स्थानमा पुग्नेछन्। तर तिमीहरूचाहिँ तल-तल झर्नेछौ।
DEU 28:44 तिनीहरूले तिमीहरूलाई ऋण दिनेछन्, तर तिमीहरूले तिनीहरूलाई ऋण दिनेछैनौ। तिनीहरू शिर हुनेछन्, तर तिमीहरूचाहिँ पुच्छर हुनेछौ।
DEU 28:45 तिमीहरूमाथि यी सबै श्रापहरू आउनेछन्। याहवेह तिमीहरूका परमेश्‍वरमा तिमीहरू आज्ञाकारी नभएका अनि उहाँले तिमीहरूलाई दिनुभएका आज्ञा र उर्दीहरू तिमीहरूले पालन नगरेको हुनाले, तिमीहरू नष्‍ट नभएसम्म यी श्रापले तिमीहरूलाई लखेट्नेछन् र हराउनेछन्।
DEU 28:46 तिमीहरू र तिमीहरूका सन्तानमाथि तिनीहरू सधैँको निम्ति चिन्ह र चमत्कार हुनेछन्।
DEU 28:47 किनभने तिमीहरूले आफ्नो प्रशस्तताको समयमा याहवेह आफ्ना परमेश्‍वरको सेवा खुशी र आनन्दसाथ गरेनौ।
DEU 28:48 यसकारण तिमीहरू भोक, प्यास, नग्नता र गरिबीमा आफ्ना विरुद्धमा याहवेहले पठाउनुभएका शत्रुहरूको सेवा गर्नेछौ। तिमीहरूलाई नष्‍ट नगरेसम्म उहाँले तिमीहरूका काँधमा फलामको जुवा राखिदिनुहुनेछ।
DEU 28:49 याहवेहले तिमीहरूका विरुद्धमा टाढाबाट, पृथ्वीको पल्‍लो छेउबाट बेगसँग उडेर तल झर्ने चीलजस्तै एउटा देशलाई ल्याउनुहुनेछ, जसको भाषा तिमीहरूले बुझ्नेछैनौ।
DEU 28:50 त्यो निष्‍ठुर देखिने जाति, जसले वृद्धहरूको आदर गर्दैन, र बालकहरूमाथि दया देखाउँदैन।
DEU 28:51 तिमीहरू नष्‍ट नभएसम्म तिनीहरूले तिमीहरूका गाईबस्तुका बगाल र तिमीहरूका जमिनका अन्‍नबालीहरू खानेछन्। तिमीहरू बरबाद नभएसम्म तिनीहरूले तिमीहरूका निम्ति कुनै अन्‍न, नयाँ दाखरस र जैतुनको तेल, न त तिमीहरूका बथानका बाछाबाछीहरू अथवा बगालका पाठापाठीहरू नै राख्नेछन्।
DEU 28:52 तिमीहरूले भरोसा राखेका अग्ला र सुरक्षित पर्खालहरू नभत्किएसम्म तिनीहरूले तिमीहरूका देशभरि रहेका सबै सहरहरूलाई घेराबन्दी गर्नेछन्। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशभरिका सबै सहरहरूलाई तिनीहरूले घेरा हाल्नेछन्।
DEU 28:53 घेरामा परेको समयमा तिमीहरूका शत्रुले तिमीहरूलाई दिएको कष्‍टको कारण तिमीहरूले आफ्ना गर्भका फल, याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका छोराछोरीहरूका मासु खानेछौ।
DEU 28:54 तिमीहरूका बीचमा रहेका अति कोमल हृदय भएका र संवेदनशील मानिसले समेत आफ्नै दाजुभाइ अथवा त्यसले प्रेम गरेकी पत्नी र त्यसका बाँचेका छोराछोरीलाई टिठ्याउनेछैन।
DEU 28:55 अनि त्यसले आफूले खाँदैगरेको आफ्ना छोरा वा छोरीको मासु कसैलाई पनि बाँड्नेछैन; किनकि तिमीहरूका शत्रुहरूले तिमीहरूका सबै सहरहरू घेरामा पारेका समयमा दिएका कष्‍टले गर्दा, तिमीहरूसँग खानेकुरा अरू केही पनि बाँकी रहेको हुनेछैन।
DEU 28:56 तिमीहरूका माझमा रहेकी अति कोमल र संवेदनशील हृदय भएकी स्त्री, कोमलता र संवेदनशीलताको कारण आफ्नो खुट्टाले भुइँसम्म छुन नचाहने स्त्रीले समेत आफूले प्रेम गरेको पति र आफ्नै छोराछोरीहरूसँग बाँडेर खानेछैन।
DEU 28:57 आफ्नै कोखबाट जन्माएका शिशु र सालनालसमेत त्यसले लुकाएर आफैँले खानेछे। किनकि तिमीहरूका शत्रुले तिमीहरूका सहरहरूलाई घेरा लगाएको बेलामा ल्याएका विपत्तिको कारणले गर्दा त्यसले तिनीहरूलाई गुप्‍तमा खाने इच्छा गर्नेछे।
DEU 28:58 यदि तिमीहरूले यस पुस्तकमा लेखिएका यस व्यवस्थाका वचनहरू होसियारीसाथ पालन गरेनौ, र याहवेह आफ्ना परमेश्‍वरको महिमित र भययोग्य नामको आदर गरेनौ भने,
DEU 28:59 याहवेहले तिमीहरू र तिमीहरूका सन्तानमाथि भयानक र डरलाग्दा विपत्तिहरू, गम्भीर र लामो समयसम्म रहने रोगहरू पठाउनुहुनेछ।
DEU 28:60 तिमीहरूलाई डर लाग्ने इजिप्टियनका सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछ। अनि ती रोगहरू तिमीहरूमा रहिरहनेछन्।
DEU 28:61 याहवेहले तिमीहरूमाथि यस व्यवस्थाको पुस्तकमा नलेखिएका हरेक किसिमका रोग र विपत्ति पनि तिमीहरू नष्‍ट नभएसम्म ल्याउनुहुनेछ।
DEU 28:62 तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरको आज्ञापालन नगरेका हुनाले आकाशका ताराहरूझैँ असंख्य भएका तिमीहरू घटेर संख्यामा थोरै हुनेछौ।
DEU 28:63 जसरी तिमीहरूलाई वृद्धि गराउन र संख्यामा बढाउन परमेश्‍वरलाई आनन्द लागेको थियो, त्यसरी नै तिमीहरूलाई ध्वस्त पार्न र नाश गर्न उहाँलाई आनन्द लाग्नेछ। तिमीहरूले अधिकार गर्नलाई प्रवेश गरिरहेको देशबाट तिमीहरू जरैसमेत उखेलिनेछौ।
DEU 28:64 त्यसपछि याहवेहले तिमीहरूलाई पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म सबै जातिहरूको बीचमा छरपस्ट पार्नुहुनेछ। त्यहाँ तिमीहरूले आफैँले र आफ्ना पुर्खाहरूले नजानेका अरू देवी-देवताहरू, काठ र ढुङ्गाका देवी-देवताहरूलाई पूजा गर्नेछौ।
DEU 28:65 ती देशहरूमा तिमीहरूले आफ्ना खुट्टाको पैतालाको निम्ति शान्ति र विश्राम लिने ठाउँ पाउनेछैनौ। त्यहाँ याहवेहले तिमीहरूका मनमा फिक्री, आँखामा प्रतीक्षाको कारण थकाइ र हृदयमा निराशा दिनुहुनेछ।
DEU 28:66 तिमीहरू जीवनको अनिश्‍चितताको कारण दिनरात डरले भरिएर हर समय मृत्युको डरमा जिउनेछौ।
DEU 28:67 तिमीहरूको हृदय डरले भरिएको र तिमीहरूका आँखाले देखेका दृश्यहरूको कारण बिहान तिमीहरूले भन्‍नेछौ, “यदि साँझ भइदिएको भए हुनेथियो!” र साँझमा भन्‍नेछौ, “यदि बिहान भइदिएको भए हुनेथियो।”
DEU 28:68 याहवेहले तिमीहरूलाई इजिप्ट, जहाँ फेरि कहिल्यै फर्केर नजानू भनी मैले भनेको थिएँ, जहाजबाट फर्काएर पठाउनुहुनेछ। त्यहाँ तिमीहरूले आफूलाई आफ्ना शत्रुहरूका हातमा कमरा-कमारीहरूझैँ दिनलाई राजी हुनेछौ। तर तिमीहरूलाई कसैले पनि किन्‍नेछैन।
DEU 29:1 याहवेहले इस्राएलीहरूसँग होरेबमा बाँध्नुभएको करारबाहेक उहाँले मोआबमा मोशालाई इस्राएलीहरूसँग बाँध्नुभएको करारका शर्तहरू यिनै हुन्।
DEU 29:2 मोशाले सारा इस्राएलीहरूलाई भेला गराएर तिनीहरूलाई भने: याहवेहले इजिप्टमा फारो र तिनका भारदारहरूसँग, र तिनका सारा देशसँग गर्नुभएका सबै कुरा तिमीहरूका आँखाले देखेका छन्।
DEU 29:3 तिमीहरूले आफ्नै आँखाले ती डरलाग्दा सङ्कष्‍टहरू, अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू देखेका छौ।
DEU 29:4 तर आजको दिनसम्म याहवेहले तिमीहरूलाई बुझ्ने मन, देख्ने आँखा र सुन्‍ने कान दिनुभएको छैन।
DEU 29:5 याहवेहले भन्‍नुहुन्छ, “मैले तिमीहरूलाई उजाडस्थानमा चालीस वर्षसम्म डोर्‍याएको समयमा तिमीहरूले लगाएका लुगा र तिमीहरूका जुत्ता फाटेनन्।
DEU 29:6 तिमीहरूले रोटी खाएनौ र मद्य पिएनौ, वा अरू मादक पदार्थ पिएनौ। तिमीहरूले म नै याहवेह तिमीहरूका परमेश्‍वर हुँ भनी बुझ्न सक भनेर नै मैले यसो गरेँ।”
DEU 29:7 जब तिमीहरू यस ठाउँमा आइपुग्यौ, तब हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग हामीसँग लडाइँ गर्न आए; तर हामीले तिनीहरूलाई परास्त गर्‍यौँ।
DEU 29:8 हामीले तिनीहरूको देशलाई कब्जा गर्‍यौँ, र त्यस देशलाई उत्तराधिकारको रूपमा रूबेनीहरू, गादीहरू अनि मनश्शेको आधा कुललाई दियौँ।
DEU 29:9 यस करारका शर्तहरूलाई होसियारीसाथ पालन गर, र तिमीहरूले गरेका हरेक काममा सफल हुनेछौ।
DEU 29:10 आज तिमीहरू सबै, अर्थात् तिमीहरूका अधिकृतहरू र मुख्य व्यक्तिहरू, तिमीहरूका धर्मगुरुहरू र प्रधानहरू सबै याहवेह तिमीहरूका परमेश्‍वरको अगि खडा छौ।
DEU 29:11 अनि तिमीहरूका छोराछोरीहरू र तिमीहरूका पत्नीहरू, र तिमीहरूका निम्ति दाउरा काट्ने र पानी बोक्ने तिमीहरूका छाउनीमा बस्‍ने विदेशीहरू पनि साथमा छन्।
DEU 29:12 तिमीहरू यहाँ याहवेह आफ्ना परमेश्‍वरसँग त्यो करारमा प्रवेश गर्नलाई खडा छौ, जुन आज उहाँले शपथद्वारा छाप लगाउँदै तिमीहरूसँग बाँध्दैहुनुहुन्छ।
DEU 29:13 उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ, र तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएझैँ, तिमीहरू उहाँका मानिसहरू र उहाँ तिमीहरूका परमेश्‍वर हुनुहुन्छ भनी पक्‍का हुन सकोस्।
DEU 29:14 मैले शपथ खाएर यो करार तिमीहरूसँग मात्र बाँधिरहेको छैनँ;
DEU 29:15 जो आज यहाँ याहवेह आफ्ना परमेश्‍वरको उपस्थितिमा उभिरहेका छौ, तर आज यहाँ उपस्थिति नहुनेहरूसँग पनि बाँधिरहेको छु।
DEU 29:16 हामी इजिप्टमा कसरी बस्यौँ, र यहाँ आइपुग्नको लागि हामीले कसरी देशहरू पार गर्‍यौँ भनी तिमीहरू आफैँले जान्दछौ।
DEU 29:17 तिनीहरूका बीचमा तिमीहरूले तिनीहरूका घृणित थोकहरू, काठ, ढुङ्गा, चाँदी र सुनका मूर्तिहरू देख्यौ।
DEU 29:18 याहवेह हाम्रा परमेश्‍वरबाट तर्किगएर ती जातिहरूका देवी-देवताहरू पूजा गर्ने हृदय भएको कुनै पनि पुरुष अथवा स्त्रीका कुल वा वंश तिमीहरूको बीचमा छैन भन्‍ने कुरा पक्‍का गर। तिमीहरूको बीचमा तितो विष उमार्ने कुनै पनि जरा नहोस् भनी निश्‍चित गर।
DEU 29:19 जब यस्ता व्यक्तिले यस शपथका शब्दहरू सुन्छन्; अनि तिनीहरू आफैँले आशिष् पाउन चाहन्छन् र सोच्दछन्, “म आफ्नै तरिकाले चलिरहे तापनि म सुरक्षित नै रहनेछु,” यसले गर्दा तिनीहरूले भिजेको जमिन अथवा ओबानो जमिनमा विपत्ति ल्याउनेछन्।
DEU 29:20 तिनीहरूलाई याहवेहले कहिल्यै क्षमा दिने मन गर्नुहुनेछैन। उहाँको क्रोध र डाहको जलन तिनीहरूको विरुद्धमा दन्कनेछ। यस व्यवस्थाका पुस्तकमा लेखिएका सबै श्रापहरू तिनीहरूमाथि पर्नेछन्। अनि याहवेहले तिनीहरूको नाम आकाशमुनिबाट मेटिदिनुहुनेछ।
DEU 29:21 व्यवस्थाको यो पुस्तकमा लेखिएका करारका सबै श्रापअनुसार याहवेहले तिनीहरूलाई इस्राएलका सबै कुलहरूबाट नाशको निम्ति अलग गर्नुहुनेछ।
DEU 29:22 तिमीहरूका भावी पुस्ताका छोराछोरीहरू र टाढा देशहरूबाट आउने विदेशीहरूले यस देशमा आइपरेका विपत्तिहरू अनि याहवेहले देशमा पठाउनुभएका रोगहरू देख्नेछन्।
DEU 29:23 सारा देशलाई नुन र गन्धकले जलाएर बरबाद गर्नेछ—त्यहाँ केही पनि रोपिनेछैन, उम्रनेछैन र कुनै रूखबिरुवा केही पनि उम्रनेछैन। त्यो देश याहवेहले आफ्नो भयानक क्रोधमा नष्‍ट पार्नुभएको सदोम र गमोरा, अदमा र सबोयीमजस्तै हुनेछ।
DEU 29:24 सबै जाति-जातिहरूले सोध्नेछन्: “याहवेहले यस देशलाई किन यस्तो गर्नुभयो? किन यस्तो डरलाग्दो र दन्कने रिस गर्नुभयो?”
DEU 29:25 अनि जवाफचाहिँ यस्तो हुनेछ, “किनकि यस जातिले याहवेह तिनीहरूका पितापुर्खाहरूका परमेश्‍वरको करार, उहाँले तिनीहरूलाई इजिप्टबाट ल्याउनुहुँदा तिनीहरूसँग गर्नुभएको करारलाई तोडेका छन्।
DEU 29:26 तिनीहरू तर्केर गएका छन्, र अरू देवी-देवताहरू, तिनीहरूले नजानेका र उहाँले तिनीहरूलाई मनाही गर्नुभएका देवी-देवताहरूलाई दण्डवत् गरेका छन्।
DEU 29:27 यसकारण यस देशको विरुद्धमा याहवेहको क्रोध दन्कियो। त्यसैले उहाँले यस व्यवस्थाको पुस्तकमा लेखिएका सबै श्रापहरू यस देशमाथि ल्याउनुभयो।
DEU 29:28 याहवेहले तिनीहरूलाई भयानक रिस र डरलाग्दो क्रोधमा आफ्नो देशबाट उखेलेर अर्को देशमा फालिदिनुभयो; अनि तिनीहरू अहिलेसम्म छँदैछन्।”
DEU 29:29 गुप्‍त कुराहरू याहवेह हाम्रा परमेश्‍वरकै हुन्, तर प्रकट गरिएका कुराहरूचाहिँ हामी र हाम्रा सन्तानहरूका लागि सदाका निम्ति हुन्; ताकि हामीले यस व्यवस्थाका सबै कुराहरू पालन गर्न सकौँ।
DEU 30:1 जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्रापहरू तिमीहरूमाथि आइपर्नेछन्, तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जातिहरूका बीचमा छरपस्ट पार्नुभएपछि तिमीहरूले ती हृदयमा लिनेछौ।
DEU 30:2 अनि जब तिमीहरू र तिमीहरूका छोराछोरीहरू याहवेह आफ्ना परमेश्‍वरकहाँ फर्कनेछौ, र आज मैले तिमीहरूलाई आज्ञा दिएअनुसार हरेक कुरामा आफ्ना सारा हृदयले र आफ्ना सारा प्राणले उहाँका आज्ञाहरू पालन गर्छौ,
DEU 30:3 तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सुदिन फर्काइदिनुहुनेछ, र तिमीहरूमाथि दया देखाउनुहुनेछ। अनि उहाँले तिमीहरूलाई छरपस्ट पार्नुभएका सबै जातिहरूका बीचबाट फेरि भेला गराउनुहुनेछ।
DEU 30:4 तिमीहरू पृथ्वीका धेरै टाढा-टाढाका देशमा धपाइएका भए तापनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यहाँबाट भेला गराएर तिमीहरूलाई फर्काइ ल्याउनुहुनेछ।
DEU 30:5 याहवेहले तिमीहरूलाई तिमीहरूका पितापुर्खाहरूका देशमा ल्याउनुहुनेछ, र त्यस देशमा तिमीहरूले अधिकार गर्नेछौ। उहाँले तिमीहरूलाई तिमीहरूका पितापुर्खाहरूभन्दा अझै धेरै समृद्ध र असंख्य बनाउनुहुनेछ।
DEU 30:6 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका र तिमीहरूका सन्तानहरूका हृदयको खतना गर्नुहुनेछ, जसले गर्दा तिमीहरूले उहाँलाई आफ्ना सारा हृदयले र आफ्ना सारा प्राणले प्रेम गर्न सक र त्यस देशमा तिमीहरू जीवित रहन सक।
DEU 30:7 याहवेह तिमीहरूका परमेश्‍वरले यी सबै श्रापहरू तिमीहरूलाई घृणा गर्ने र सताउने तिमीहरूका शत्रुहरूमाथि ल्याउनुहुनेछ।
DEU 30:8 तिमीहरूले याहवेहको वचन फेरि पालन गर्नेछौ, र आज मैले तिमीहरूलाई दिइरहेका उहाँका सबै आज्ञाहरूको अनुसरण गर्नेछौ।
DEU 30:9 तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै कामहरूमा र तिमीहरूका सन्तानमा, गाईबस्तुका बाछाबाछीहरूमा र जमिनका अन्‍नबालीहरूमा अति धेरै समृद्धि प्रदान गर्नुहुनेछ। याहवेह तिमीहरूका पितापुर्खाहरूसँग प्रसन्‍न हुनुभएझैँ तिमीहरूसँग फेरि प्रसन्‍न हुनुहुनेछ, र तिमीहरूलाई समृद्धि प्रदान गर्नुहुनेछ।
DEU 30:10 यदि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ र व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र उर्दीहरू पालन गर्‍यौ भने, र यदि आफ्ना सारा हृदय र सारा प्राणले याहवेह तिमीहरूका परमेश्‍वरकहाँ फर्क्यौ भने उहाँ तिमीहरूसित प्रसन्‍न हुनुहुनेछ, र तिमीहरूलाई समृद्धि प्रदान गर्नुहुनेछ।
DEU 30:11 आज मैले तिमीहरूलाई जे आज्ञा दिइरहेको छु, यो तिमीहरूका निम्ति अति कठिन वा पालन गर्न नसक्ने किसिमको छैन।
DEU 30:12 यो आज्ञा स्वर्गमा राखिएको छैन, ताकि तिमीहरूले यसो भन्‍नुपरोस्, “स्वर्गमा उक्लिएर को जाला र यसलाई हामीकहाँ ल्याएर घोषणा गर्ला, र हामी यसलाई पालन गरौँला?”
DEU 30:13 न त यो समुद्रपारि नै छ, र तिमीहरूले यसो भन्‍नुपरोस्, “समुद्रपार गरेर यसलाई कसले ल्याउला, र हामीलाई घोषणा गर्ला, र हामी यसलाई पालन गरौँला।”
DEU 30:14 होइन, वचन त तिमीहरूको एकदम नजिकै छ; तिमीहरूकै मुखमा र तिमीहरूका हृदयमा छ, ताकि तिमीहरूले यसलाई पालन गर्न सक।
DEU 30:15 हेर, आज मैले तिमीहरूका अगि जीवन र समृद्धि, मृत्यु र विनाश राखिदिएको छु।
DEU 30:16 किनकि आज म तिमीहरूलाई आज्ञा दिन्छु, तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरलाई प्रेम गर्नू, उहाँका मार्गहरूमा हिँड्नू र उहाँका आज्ञाहरू, उर्दीहरू र नियमहरू पालन गर्नू; तब तिमीहरू जीवित रहनेछौ र संख्यामा बढ्नेछौ। अनि तिमीहरूले अधिकार गर्नलाई प्रवेश गरिरहेको देशमा याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ।
DEU 30:17 तर यदि तिमीहरूका हृदय तर्केर गयो र तिमीहरू अनाज्ञाकारी भयौ, र तिमीहरू अरू देवी-देवताहरूका अगि दण्डवत् गर्न र तिनीहरूलाई पुज्नलाई आकर्षित भयौ भने,
DEU 30:18 म आज तिमीहरूलाई यो घोषणा गर्दछु, तिमीहरू अवश्य नाश हुनेछौ। तिमीहरूले यर्दन पार गरेर अधिकार गर्न जाने देशमा तिमीहरू लामो समयसम्म जीवित रहनेछैनौ।
DEU 30:19 आजको दिन म आकाश र पृथ्वीलाई तिमीहरूको विरुद्धमा साक्षीको रूपमा राख्दछु, मैले तिमीहरूको अगि जीवन र मृत्यु, आशिष् र श्राप राखिदिएको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका छोराछोरीहरू जीवित रहन सक।
DEU 30:20 अनि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरलाई प्रेम गर्न सक, उहाँको सोर सुन्‍न र उहाँमा लागिरहन सक। किनकि याहवेह नै तिमीहरूका जीवन हुनुहुन्छ; अनि उहाँले तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग दिन्छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई लामो जीवन दिनुहुनेछ।
DEU 31:1 तब मोशा बाहिर गए, र सारा इस्राएलीहरूलाई यी कुराहरू भने:
DEU 31:2 “अहिले म एक सय बीस वर्ष पुगेँ; अब तिमीहरूलाई अगुवाइ गर्ने क्षमता मसँग छैनँ। याहवेहले मलाई भन्‍नुभएको छ, ‘तैँले यर्दन पार गर्नेछैनस्।’
DEU 31:3 याहवेह तिमीहरूका परमेश्‍वर आफैँ तिमीहरूको अगि यर्दनपारि जानुहुनेछ। उहाँले तिमीहरूका सामु यी जातिहरूलाई नष्‍ट गर्नुहुनेछ र तिमीहरूले तिनीहरूका देशलाई कब्जा गर्नेछौ। याहवेहले भन्‍नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि यर्दनपारि जानेछ।
DEU 31:4 अनि जसरी याहवेहले एमोरीहरूका राजाहरू सीहोन र ओगलाई तिनीहरूका राज्यसँगै नाश पार्नुभएको थियो, त्यसरी नै उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ।
DEU 31:5 याहवेहले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुहुनेछ। अनि तिमीहरूलाई मैले दिएका सबै आज्ञाअनुसार तिनीहरूलाई गर्नुपर्छ।
DEU 31:6 तिमीहरू बलिया र साहसी होओ। तिनीहरूका कारण नडराओ र भयभीत नहोओ; किनकि याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूसँग जानुहुनेछ। उहाँले तिमीहरूलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ।”
DEU 31:7 तब मोशाले यहोशूलाई बोलाइपठाए, र सारा इस्राएलीहरूको उपस्थितिमा तिनलाई भने, “बलियो र साहसी होऊ; किनकि यी मानिसहरूसँग याहवेहले तिनीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा तिमी जानुपर्छ। अनि तिमीले त्यस देशलाई यिनीहरूका अधिकारको रूपमा यिनीहरूलाई बाँडिदिनुपर्छ।
DEU 31:8 याहवेह आफैँ तिम्रो अगि जानुहुनेछ र तिमीसँग हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ। यसकारण तिमी नडराऊ; हतोत्साहित नहोऊ।”
DEU 31:9 यसकारण मोशाले यो व्यवस्था लेखे, र त्यो लेवी पुजारीहरू, याहवेहको करारका सन्दुक बोक्ने पुजारीहरू र इस्राएलका सबै प्रधानहरूलाई सुम्पिदिए।
DEU 31:10 तब मोशाले तिनीहरूलाई यसरी आज्ञा दिए: “प्रत्येक सात वर्षको अन्त्यमा, छाप्रोबास चाडको समय, ऋण माफ गरिदिने समयमा,
DEU 31:11 जब सारा इस्राएलीहरू याहवेह आफ्ना परमेश्‍वरको उपस्थितिमा, उहाँले चुन्‍नुभएको ठाउँमा देखा पर्न आउँछन्, तब तिमीहरूले यो व्यवस्थालाई तिनीहरूले सुन्‍ने गरी पढ्नू।
DEU 31:12 सबै मानिसहरूलाई भेला गर्नू; पुरुष, स्त्री, छोराछोरी र तिमीहरूका सहरहरूमा बसोबास गर्ने विदेशीहरू; ताकि तिनीहरूले पनि सुनून् र याहवेह तिमीहरूका परमेश्‍वरको डर मान्‍न र यस व्यवस्थाका सबै वचन होसियारीसाथ पालन गर्न सिकून्।
DEU 31:13 यस व्यवस्थालाई नजान्‍ने तिनीहरूका छोराछोरीहरूले यसलाई सुन्‍नैपर्छ। अनि तिमीहरूले यर्दनपारि अधिकार गर्न जाँदैगरेको देशमा बाँचुन्जेल याहवेह तिमीहरूका परमेश्‍वरको डर मान्‍न सिकून्।”
DEU 31:14 याहवेहले मोशालाई भन्‍नुभयो, “अब तेरो मृत्युको दिन नजिकै छ। यहोशूलाई बोला, र तँ आफैँ पनि भेट हुने पालमा उपस्थित हुनु। त्यहाँ म त्यसलाई जिम्मेवारी सुम्पनेछु।” यसकारण मोशा र यहोशूले आफूलाई भेट हुने पालमा उपस्थित गराए।
DEU 31:15 तब याहवेह पालमा बादलको खम्बामा देखा पर्नुभयो; र त्यो बादल भेट हुने पालको प्रवेशद्वारमा खडा भयो।
DEU 31:16 अनि याहवेहले मोशालाई भन्‍नुभयो: “सुन्, तँ अब आफ्ना पितापुर्खाहरूसँग विश्राम गर्न जाँदैछस्। अनि यी मानिसहरूले चाँडै नै तिनीहरू प्रवेश गर्न लागेको देशमा विदेशी देवी-देवताहरूसँग व्यभिचार गर्नेछन्। तिनीहरूले मलाई त्याग्नेछन् र मैले तिनीहरूसँग बाँधेको मेरो करार भङ्ग गर्नेछन्।
DEU 31:17 त्यस दिन म तिनीहरूसँग रिसाउनेछु र तिनीहरूलाई त्याग्नेछु; म आफ्नो अनुहार तिनीहरूदेखि लुकाउनेछु। अनि तिनीहरू नाश हुनेछन्। तिनीहरूमाथि धेरै प्रकोपहरू र विपत्तिहरू आइपर्नेछन्; र त्यस दिन तिनीहरूले सोध्नेछन्, ‘के हाम्रा परमेश्‍वर हामीसँग नहुनुभएकोले नै यी प्रकोपहरू हामीमाथि आएका होइनन् र?’
DEU 31:18 अनि तिनीहरूले अरू देवी-देवताहरूतिर लागेर गरेका सबै दुष्‍टताको कारण म त्यस दिन तिनीहरूदेखि निश्‍चय नै आफ्नो मुहार लुकाउनेछु।
DEU 31:19 “अब यो गीत लेख्, र इस्राएलीहरूलाई सिका; अनि तिनीहरूलाई गाउन लगा; ताकि तिनीहरूको विरुद्धमा यो मेरो निम्ति एउटा साक्षी हुनेछ।
DEU 31:20 जब मैले तिनीहरूलाई दूध र मह बग्ने देशमा, तिनीहरूका पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गरेको देशमा ल्याउँछु, तिनीहरूले अघाउन्जेल खाएर मोटाउनेछन्। अनि मलाई तिरस्कार गरेर मेरा करार भङ्ग गर्दै तिनीहरू अरू देवी-देवताहरूतिर लाग्नेछन्; र तिनीहरूलाई आराधना गर्नेछन्।
DEU 31:21 अनि जब तिनीहरूमाथि धेरै प्रकोपहरू र विपत्तिहरू आइपर्नेछन्, तब यस गीतले तिनीहरूको विरुद्धमा साक्षी दिनेछ। किनकि तिनीहरूका सन्तानले यसलाई बिर्सेका हुनेछैनन्। मैले तिनीहरूलाई शपथ खाएर प्रतिज्ञा गरेको देशमा मैले तिनीहरूलाई ल्याउन अगि नै तिनीहरूले के गर्ने विचार गरेका छन् भनी म जान्दछु।”
DEU 31:22 यसकारण मोशाले त्यही दिन यो गीत लेखे, र इस्राएलीहरूलाई त्यो सिकाए।
DEU 31:23 याहवेहले नूनका छोरा यहोशूलाई यो आज्ञा दिनुभयो: “बलियो बन् र साहस गर्; किनकि मैले शपथ खाएर प्रतिज्ञा गरेको देशमा इस्राएलीहरूलाई तैँले ल्याउनेछस्, र म आफैँ तँसँग हुनेछु।”
DEU 31:24 मोशाले एउटा पुस्तकमा व्यवस्थाका यी वचनहरू सुरुदेखि अन्त्यसम्म लेखिसके,
DEU 31:25 तब मोशाले याहवेहका करारको सन्दुक बोक्ने लेवीहरूलाई यो आज्ञा दिए:
DEU 31:26 “यो व्यवस्थाको पुस्तक लिएर याहवेह तिमीहरूका परमेश्‍वरको करारको सन्दुकको छेउमा राख। अनि त्यो तिमीहरूको विरुद्धमा साक्षीको रूपमा त्यहाँ रहनेछ।
DEU 31:27 किनकि तिमीहरू कति विद्रोही र हठी छौ भनी म जान्दछु। म जीवित हुँदा-हुँदै र तिमीहरूसँगै हुँदासमेत तिमीहरू याहवेहको विरुद्धमा बागी भएका छौ भने म मरेपछि तिमीहरूले झन् कति विद्रोह गरौला!
DEU 31:28 मेरो अगि तिमीहरूका कुलका सबै प्रधानहरू र तिमीहरूका सबै अधिकृतहरूलाई भेला गर; ताकि म तिनीहरूले सुन्‍ने गरी यी वचनहरू बोल्न सकूँ; अनि आकाश र पृथ्वीलाई तिनीहरूको विरुद्धमा साक्षी राख्न सकूँ।
DEU 31:29 किनकि मेरो मृत्युपछि तिमीहरू निश्‍चय नै अति भ्रष्‍ट हुनेछौ; र मैले तिमीहरूलाई आज्ञा गरेको मार्गबाट तर्किजानेछौ भनी म जान्दछु। आउँदा दिनहरूमा तिमीहरूमाथि विपत्ति आइपर्नेछ; किनकि तिमीहरूले याहवेहको दृष्‍टिमा दुष्‍ट काम गरेर तिमीहरूका हातले बनाएका कुराहरूद्वारा उहाँलाई रिस उठाउनेछौ।”
DEU 31:30 अनि मोशाले यस गीतका शब्दहरू इस्राएलका सारा समुदायले सुन्‍ने गरी सुरुदेखि अन्त्यसम्म सुनाइदिए:
DEU 32:1 हे आकाश, सुन र म बोल्नेछु; हे पृथ्वी, मेरा मुखका वचनहरू सुन।
DEU 32:2 मेरो शिक्षा वर्षाजस्तै झर्नेछ, र मेरा शब्दहरू शीतजस्तै खस्‍नेछ, नयाँ घाँसमा पानीका थोपाझैँ; कलिला बोटबिरुवाहरूमाथि परेको झरीजस्तै।
DEU 32:3 म याहवेहको नामको घोषणा गर्नेछु, अहो! हाम्रा परमेश्‍वरको महानताको प्रशंसा गर!
DEU 32:4 उहाँ चट्टान हुनुहुन्छ; उहाँका कामहरू सिद्ध छन्, र उहाँका सबै मार्गहरू न्यायपूर्ण छन्। उहाँ विश्‍वासयोग्य परमेश्‍वर, जसले भूल गर्नुहुन्‍न; उहाँ सोझा र न्यायपूर्ण हुनुहुन्छ।
DEU 32:5 तिनीहरू भ्रष्‍ट भएका छन् र तिनीहरू उहाँका सन्तान होइनन्; तिनीहरू पतित र भ्रष्‍ट पुस्ता हुन्।
DEU 32:6 हे मूर्ख र निर्बुद्धि मानिसहरू हो, के तिमीहरूले याहवेहलाई गर्ने व्यवहार यही हो? तिमीहरूलाई सृष्‍टि गर्नुहुने र गर्भमा रच्नुहुने, के उहाँ नै तिमीहरूका पिता, तिमीहरूका सृष्‍टिकर्ता हुनुहुन्‍न र?
DEU 32:7 ती पुराना दिनहरूलाई सम्झ; धेरै अगिका पुस्ताहरूलाई विचार गर। तिमीहरूका बुबालाई सोध, र तिनले तिमीहरूलाई भन्‍नेछन्; तिमीहरूका प्रधानहरूलाई सोध र तिनीहरूले तिमीहरूलाई बताइदिनेछन्।
DEU 32:8 जब सर्वोच्‍चले जातिहरूलाई तिनीहरूका उत्तराधिकार दिनुभयो, जब उहाँले सबै मानव-जातिलाई विभाजन गर्नुभयो, तब उहाँले इस्राएलका छोराहरूका संख्याअनुसार मानिसहरूका सिमाना तोकिदिनुभयो।
DEU 32:9 किनकि याहवेहको भाग उहाँका मानिसहरू नै हुन्; याकोबचाहिँ उहाँको भागको उत्तराधिकार हो।
DEU 32:10 उहाँले तिनलाई उजाडस्थानमा भेट्टाउनुभयो; बाँझो र गर्जने बतास भएको निर्जन स्थानमा भेट्टाउनुभयो। उहाँले तिनको रक्षा गर्नुभयो र तिनको हेरचाह गर्नुभयो; उहाँले तिनलाई आफ्नै आँखाको नानीलाई झैँ जोगाउनुभयो।
DEU 32:11 चीलले आफ्नो गुँडलाई चलाएझैँ, र आफ्नो बचेरालाई पखेटाले ढाकेझैँ, त्यसले तिनीहरूलाई पक्रनको लागि आफ्ना पखेटा फैलाएझैँ, र तिनीहरूलाई उचाइमा बोकेझैँ।
DEU 32:12 याहवेह आफैँले तिनलाई डोर्‍याउनुभयो; उहाँसँग कुनै पनि विदेशी देवी-देवता थिएन।
DEU 32:13 उहाँले तिनलाई पृथ्वीको अग्लो ठाउँहरूमा सवार गराउनुभयो; र तिनलाई खेतबारीमा उब्जेका फलहरू खुवाउनुभयो। उहाँले तिनलाई पहराबाट निकालेको मह र चट्टाने ठाउँमा उम्रेको जैतुन बोटबाट निकालेको तेलले,
DEU 32:14 बथान र बगालबाटको दही र दूधले, र मोटा थुमाहरू र बाख्राहरूले बाशानका सबैभन्दा असल भेडाहरूले र गहुँका सर्वोत्तम दानाले पालनपोषण गर्नुभयो। तिमीहरूले दाखबाट तयार भएको दाखरस पियौ।
DEU 32:15 यशूरून मोटो भयो, र त्यसले लात हान्यो; भोजनले टन्‍न अघाए, तिनीहरू मोटा र चिल्‍ला भए। तिनीहरूले आफूलाई सृष्‍टि गर्नुहुने परमेश्‍वरलाई त्यागे, र तिनीहरूका उद्धारको चट्टानलाई इन्कार गरे।
DEU 32:16 तिनीहरूले उहाँलाई आफ्ना विदेशी देवी-देवताहरूको कारण डाही तुल्याए; र तिनीहरूका घृणित मूर्तिहरूले उहाँलाई रिस उठाए।
DEU 32:17 तिनीहरूले भूतहरूका निम्ति बलिदान चढाए, जो परमेश्‍वर होइनन्; आफूले नचिनेका देवी-देवताहरू, भर्खरै देखा परेका नयाँ देवी-देवताहरू, तिमीहरूका पितापुर्खाहरूले डर नमानेका देवी-देवताहरू।
DEU 32:18 तिमीहरूलाई जन्माउने चट्टानलाई तिमीहरूले बिरानो तुल्यायौ; तिमीहरूलाई जन्माउने परमेश्‍वरलाई तिमीहरूले बिर्सिदियौ।
DEU 32:19 याहवेहले यो कुरा देख्नुभयो; र तिनीहरूलाई त्यागिदिनुभयो। किनकि उहाँलाई आफ्ना छोराछोरीहरूले रिस उठाएका थिए।
DEU 32:20 उहाँले भन्‍नुभयो, “म आफ्नो मुहार तिनीहरूबाट लुकाउनेछु,” र तिनीहरूको अन्त्य कस्तो हुनेछ म हेर्छु; किनकि तिनीहरू भ्रष्‍ट पुस्ता हुन्, विश्‍वासघाती सन्तानहरू हुन्।
DEU 32:21 जो ईश्‍वर नै होइन, त्यसैद्वारा तिनीहरूले मलाई डाही तुल्याए र तिनीहरूका व्यर्थको मूर्तिहरूद्वारा मलाई रिस उठाए। म तिनीहरूलाई कमजोर जातिद्वारा डाही तुल्याउनेछु; समझशक्ति नै नभएको जातिद्वारा म तिनीहरूलाई रिस उठाउनेछु।
DEU 32:22 किनकि मेरो क्रोधद्वारा आगो सल्केको छ। जसद्वारा मृतकहरूको ठाउँ तल पातालसम्मै आगो लगाउनेछ। जसले पृथ्वी र त्यसको उब्जनीलाई भस्म पार्नेछ, अनि पर्वतहरूको जगमा आगो लगाउनेछ।
DEU 32:23 म तिनीहरूमाथि विपत्तिहरू खडा गरिदिनेछु, र मेरो काँडहरू तिनीहरूको विरुद्धमा चलाउनेछु।
DEU 32:24 म तिनीहरूका विरुद्धमा विनाशकारी अनिकाल, भस्म गर्ने महामारी र घातक रूढी पठाउनेछु; तिनीहरू विरुद्ध डरलाग्दो दाह्रा भएका जङ्गली जनावरहरू हमला गर्न पठाउनेछु, र जमिनमा घस्रने विषालु सर्पहरू तिनीहरूलाई मार्न पठाउनेछु।
DEU 32:25 तिनीहरूलाई सडकहरूमा तरवारले निःसन्तान बनाउनेछ; घरहरूमा चाहिँ तिनीहरूका बीचमा आतङ्क फैलिनेछ। जवान पुरुष र स्त्रीहरू नाश हुनेछन्। शिशुहरू र केश फूलेका बुढापाकाहरू पनि नाश हुनेछन्।
DEU 32:26 “मैले भनेँ, म तिनीहरूलाई छरपस्ट पार्नेछु; र मानिस जातिहरूको बीचबाट तिनीहरूको नामनिशानै मेटिदिनेछु।
DEU 32:27 तर म शत्रुको गिल्‍लादेखि डराएँ; कहीँ विरोधीहरूले गलत बुझ्लान् र भन्लान्, ‘हामीले विजय पायौँ; याहवेहले यो सबै गर्नुभएको होइन।’ ”
DEU 32:28 तिनीहरू त विवेक नभएका जाति हुन्। तिनीहरूमा अलिकति पनि अन्तर्दृष्‍टि छैन।
DEU 32:29 यदि तिनीहरू अलिकति मात्र बुद्धिमानी भए त! यो कुरा बुझिदिएको भए, र तिनीहरूको अन्त्य कस्तो हुनेछ, सो बुझ्न सकेको भए!
DEU 32:30 कसरी एक जना मानिसले एक हजारलाई खेद्न सक्ला र? अथवा कसरी दुई जनाले दश हजारसँग युद्ध गर्न सक्ला र? तिनीहरूका चट्टानले तिनीहरूलाई नबेचिदिनुभए, तिनीहरूका याहवेहले तिनीहरूलाई नत्याग्नुभए?
DEU 32:31 किनकि हाम्रा शत्रुहरूले सोचेझैँ, तिनीहरूका चट्टान हाम्रो चट्टानजस्तो होइन।
DEU 32:32 तिनीहरूका दाखरस त सदोमको दाखबाट, र गमोराका खेतहरूबाट आउँछ। तिनीहरूका अङ्‌गुरहरू विषले भरिएका, र तिनीहरूका झुप्पाहरू तितोपनाले भरिएका छन्।
DEU 32:33 तिनीहरूका दाखरस सर्पका विष हो, गोमनहरूको घातक विष हो।
DEU 32:34 के मैले यो जोगाएर राखेको छैनँ, र मेरो भण्डारमा छाप लगाएर राखेको छैनँ र?
DEU 32:35 बदला लिने काम मेरो हो; म बदला लिनेछु, ठिक समयमा तिनीहरूका खुट्टा चिप्लनेछ; तिनीहरूको विपत्तिको दिन नजिकै छ, र तिनीहरूको विनाश तिनीहरूमाथि आइपर्न लागेको छ।
DEU 32:36 जब याहवेहले आफ्नो जातिको बल घटेको अनि कमारा वा स्वतन्त्र शेष नरहेको देख्नुहुनेछ, तब उहाँले तिनीहरूको न्याय गर्नुहुनेछ; र आफ्ना सेवकहरूप्रति दया देखाउनुहुनेछ।
DEU 32:37 उहाँले भन्‍नुहुनेछ, “अहिले तिनीहरूका देवी-देवताहरू तिनीहरूले शरण लिएको चट्टान कहाँ छ,
DEU 32:38 तिनीहरूका बलिदानका बोसोहरू खाने देवी-देवताहरू अनि तिनीहरूका अर्घबलिका मद्य पिउने देवी-देवताहरू कहाँ छन्? तिमीहरूलाई सहायता गर्न तिनीहरू उठून्! तिमीहरूलाई तिनीहरूले शरण देऊन्!
DEU 32:39 “अब हेर, म उही हुँ! मबाहेक अरू कुनै ईश्‍वर छैन। म नै मार्छु, र म नै जीवित पार्छु, मैले नै चोट दिन्छु, र म नै निको पार्छु; अनि मेरो हातबाट कसैले पनि छुटाउन सक्दैन।
DEU 32:40 म आफ्नो हात स्वर्गतिर उठाउँछु, र शपथ खान्छु: म सदाकालका निम्ति जीवित रहन्छु;
DEU 32:41 जब म मेरो चम्किलो तरवारमा धार लगाउँछु, र न्यायको निम्ति मेरो हातले त्यो पक्रन्छ, म मेरो विरोधीहरूसँग बदला लिनेछु; अनि मलाई घृणा गर्नेहरूलाई बदला लिनेछु।
DEU 32:42 म मेरा काँडहरूलाई रगतले मताउनेछु; अनि मेरा तरवारले चाहिँ मासु खानेछ: मारिएका र कैदमा परेकाहरूको रगत, र शत्रुहरूका अगुवाहरूका शिरहरू हुनेछन्।”
DEU 32:43 हे जातिहरू हो, उहाँका मानिसहरूसँग रमाओ! किनकि उहाँले आफ्ना सेवकहरूको रगतको बदला लिनुहुनेछ; उहाँले आफ्ना शत्रुहरूमाथि बदला लिनुहुनेछ; अनि उहाँले आफ्नो देश र मानिसहरूका निम्ति प्रायश्‍चित गर्नुहुनेछ।
DEU 32:44 मोशा र नूनका छोरा यहोशू आएर मानिसहरूले सुन्‍ने गरी यस गीतका सबै वचनहरू सुनाए।
DEU 32:45 जब मोशाले सारा इस्राएलीहरूलाई यी सबै वचनहरू वाचन गरी सुनाए,
DEU 32:46 तब तिनले तिनीहरूलाई भने, “मैले आजको दिन तिमीहरूलाई गम्भीर रूपले घोषणा गरेका यी सबै वचनहरू हृदयमा लिनू; ताकि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई यस व्यवस्थाका सबै वचन होसियारीसाथ पालन गर्नलाई आज्ञा दिन सक।
DEU 32:47 यी तिमीहरूका निम्ति व्यर्थका वचनहरू होइनन्, तर यी तिमीहरूका जीवन हुन्। यीद्वारा नै तिमीहरूले यर्दन पार गरेर अधिकार गर्नलाई जान लागेको देशमा तिमीहरू धेरै वर्षसम्म जिउनेछौ।”
DEU 32:48 त्यही दिन याहवेहले मोशालाई भन्‍नुभयो,
DEU 32:49 यरीहोको पारिपट्टि मोआब देशमा भएको अबारीमको नेबो पर्वतमा उक्लेर जा, र मैले इस्राएलीहरूलाई तिनीहरूका आफ्नै अधिकारको रूपमा दिन लागेको कनान देशलाई हेर्।
DEU 32:50 तँ उक्लेको पर्वतमा तँ मर्नेछस्; र त्यहाँ तेरा मानिसहरूसँग तँ मिल्नेछस्, जसरी होर पर्वतमा तेरा दाजु हारून मरे, र आफ्ना मानिसहरूसँग मिलेका थिए।
DEU 32:51 किनभने तिमीहरू दुवैले जीनको उजाडस्थानमा भएको कादेश मेरीबाको पानीमा इस्राएलीहरूको उपस्थितिमा मप्रति विश्‍वासघात गरेका थियौ; तिमीहरूले इस्राएलीहरूको बीचमा मेरो पवित्रतालाई कायम राखेनौ।
DEU 32:52 यसकारण तैँले टाढैबाट मात्र त्यस देशलाई देख्नेछस्; मैले इस्राएलीहरूलाई दिने देशमा तँ पस्‍न पाउनेछैनस्।
DEU 33:1 परमेश्‍वरका जन मोशाले आफ्नो मृत्युभन्दा अगि इस्राएलीहरूलाई दिएका आशीर्वाद यही हो।
DEU 33:2 तिनले भने: “याहवेह सीनै पर्वतबाट आउनुभयो, र तिनीहरूमाथि सेइरमा झुल्कनुभयो; उहाँ पारान पर्वतबाट चम्कनुभयो। उहाँको पर्वतको ओरालो, दक्षिणबाट दशौँ हजार पवित्र जनहरूसँग उहाँ आउनुभयो।
DEU 33:3 निश्‍चय नै तपाईं, जसले मानिसहरूलाई प्रेम गर्नुहुन्छ; सबै पवित्र जनहरू तपाईंका हातमा छन्। तिनीहरू सबै तपाईंको पाउमा दण्डवत् गर्नेछन्; र तपाईंबाट नै अर्तीहरू प्राप्‍त गर्दछन्।
DEU 33:4 याकोबका मानिसहरूका सम्पत्ति भनेको नै मोशाले हामीलाई दिएका व्यवस्थाहरू हुन्।
DEU 33:5 उहाँ यशूरूनमाथि राजा हुनुहुन्थ्यो, जब इस्राएलका कुलहरूको साथमा मानिसहरूका अगुवाहरू भेला भएका थिए।
DEU 33:6 “रूबेन बाँचिरहून्, र कहिल्यै नमरून्; न त त्यसका मानिसहरू थोरै होऊन्।”
DEU 33:7 अनि यहूदाको बारेमा तिनले यो भने: “हे याहवेह यहूदाको पुकार सुन्‍नुहोस्; त्यसलाई आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस्; त्यसले आफ्नै हातले आफ्नो रक्षा गर्छ। हे प्रभु, त्यसका शत्रुहरूको विरुद्धमा त्यसको सहायक हुनुहोस्!”
DEU 33:8 लेवीको बारेमा तिनले भने: “तपाईंको तुम्मीम र ऊरीम तपाईंको विश्‍वासयोग्य सेवकका हुन्। तपाईंले त्यसलाई मस्साहमा जाँच्नुभयो; तपाईंले त्यससँग मेरीबाको पानीमा लड्नुभयो।
DEU 33:9 त्यसले आफ्नो बुबा र आमालाई भन्यो, ‘म तिनीहरूको कुनै वास्ता गर्दिनँ।’ त्यसले आफ्ना दाजुभाइहरूलाई चिनेन, र आफ्नै छोराछोरीहरूलाई स्वीकार गरेन; तर त्यसले तपाईंको वचनमा ध्यान दियो, र तपाईंको करारको रक्षा गर्‍यो।
DEU 33:10 त्यसले याकोबलाई तपाईंको विधि र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछ। त्यसले तपाईंको सामु धूप र तपाईंको वेदीमा सम्पूर्ण होमबलि चढाउँछ।
DEU 33:11 हे याहवेह, त्यसका सबै धनसम्पत्तिहरूमा आशिष् दिनुहोस्, र त्यसका हातका परिश्रमहरूमा प्रसन्‍न हुनुहोस्। त्यसको विरुद्धमा उठ्ने शत्रुहरूलाई प्रहार गर्नुहोस्, र त्यसका शत्रुहरू फेरि कहिल्यै उठ्न नसकून्!”
DEU 33:12 बेन्यामीनको बारेमा तिनले भने: “याहवेहको प्रिय उहाँमा सुरक्षित रहून्; किनकि त्यसको दिनभरिको ढाल उहाँ हुनुहुन्छ। अनि याहवेहले प्रेम गर्नुहुनेचाहिँ उहाँका काँधमा विश्राम लिन्छन्।”
DEU 33:13 योसेफको बारेमा तिनले भने: “याहवेहले त्यसको भूमिलाई माथि आकाशका बहुमूल्य शीत र तल रहेको गहिरो पानीले आशिष् दिनुहुन्छ;
DEU 33:14 सूर्यले ल्याउने उत्तम कुराहरूले, र चन्द्रमाबाट प्राप्‍त हुने अति असल कुराहरूले;
DEU 33:15 प्राचीन पहाडहरूका मूल्यवान् उपहारहरूले, अनि अनन्तका पर्वतहरूको फलदायक परिपूर्णताले;
DEU 33:16 पृथ्वीका सर्वोत्तम उपहारहरू र त्यसको प्रसस्ताले, अनि जल्दैगरेको पोथ्रामा बास गर्नुहुनेको कृपाले। यी सबै योसेफको शिरमाथि, तिनका दाजुभाइहरूमध्येका राजकुमारको निधारमा रहून्।
DEU 33:17 वैभवमा त्यो पहिले जन्मेको साँढेजस्तै छ; त्यसका सिङहरू जङ्गली गोरुका सिङहरूझैँ छन्। ती सिङहरूद्वारा त्यसले जातिहरूलाई हान्‍नेछ; पृथ्वीका अन्तिम भागसम्म रहेकाहरूलाई पनि, ती सिङहरू एफ्राइमका दश हजारजस्तै छन्; मनश्शेका हजारौँ-हजारझैँ छन्।”
DEU 33:18 जबूलूनको बारेमा तिनले भने: “जबूलून, तँ बाहिर जाँदा आनन्द गर्, अनि इस्साखार, तँ आफ्नो पालभित्र आनन्द गर्।
DEU 33:19 तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्। र त्यहाँ धार्मिकताका बलिदानहरू चढाउनेछन्। तिनीहरूले समुद्रका प्रचुरतामा र बालुवामा लुकेका गुप्‍त धनमा भोज गर्नेछन्।”
DEU 33:20 गादको बारेमा तिनले भने: “गादको राज्य विस्तार गर्ने जन धन्यको हो! गादचाहिँ पाखुरा वा शिर चिथोर्ने सिंहझैँ बस्छ।
DEU 33:21 त्यसले आफ्ना निम्ति सबैभन्दा असल ठाउँ छान्यो; अगुवाको भाग त्यसका निम्ति राखिएको थियो। जब मानिसहरूका मुख्य व्यक्तिहरू भेला भए, तब त्यसले याहवेहका धार्मिक इच्छा र इस्राएल सम्बन्धी उहाँका नीति-नियमहरू कार्यान्वयन गरायो।”
DEU 33:22 दानको बारेमा तिनले भने: “दान बाशानबाट उफ्रँदै आउने सिंहको डमरुजस्तै हो।”
DEU 33:23 नप्‍तालीको बारेमा तिनले भने: “नप्‍ताली याहवेहको कृपाको प्रशस्ततामा छ, र त्यो उहाँको आशिष्‌ले भरिपूर्ण छ। त्यसले गालील तालको दक्षिणतिरको भाग अधिकार गर्नेछ।”
DEU 33:24 आश्शेरको बारेमा तिनले भने: छोराहरूमध्ये सबैभन्दा आशिषित चाहिँ आशेर हो; त्यसका दाजुभाइहरूले त्यसमाथि कृपा देखाऊन्; र त्यसले आफ्ना पाउ जैतुनको तेलमा चोपोस्।
DEU 33:25 तेरा मूलढोकाका आग्लाहरू फलाम र काँसो होऊन्। अनि तेरो बलचाहिँ तेरा दिनहरू बराबर होस्।
DEU 33:26 यशूरूनका परमेश्‍वरसमान अरू कोही छैन; जो तँलाई सहायता गर्नलाई आकाशबाट आउनुहुन्छ। अनि आफ्नो महिमाको बादलमा सवार गर्नुहुन्छ।
DEU 33:27 अनन्तका परमेश्‍वर तेरो शरणस्थान हुनुहुन्छ, र तलतिर चाहिँ अनन्तका बाहुलीहरू तेरो सहारा छन्। उहाँले तेरा शत्रुहरूलाई तेरो सामुबाट धपाउनुहुनेछ। उहाँले भन्‍नुहुन्छ, “तिनीहरूलाई नष्‍ट पार्!”
DEU 33:28 यसकारण इस्राएल सुरक्षित रहनेछ; याकोबको मूल सुरक्षित रहनेछ; अन्‍न र नयाँ दाखमद्यको देशमा, आकाशबाट शीत झर्ने ठाउँमा।
DEU 33:29 हे इस्राएल, तँ धन्यको छस्! याहवेहद्वारा बचाइएको, तँजस्तो अरू जाति को छ र? “उहाँ तेरो ढाल र सहायक, अनि तेरा महिमित तरवार हुनुहुन्छ। तेरा शत्रुहरू तेरो सामु डराउनेछन्; अनि तैँले तिनीहरूका अल्गा स्थानहरू टेक्नेछस्।”
DEU 34:1 तब मोशा मोआबको मैदानबाट यरीहोको वारिपट्टि भएको नेबो पर्वतको पिसगाको टाकुरामा उक्ले। त्यहाँ याहवेहले तिनलाई सम्पूर्ण देश, अर्थात् गिलाददेखि दानसम्म,
DEU 34:2 नप्‍ताली, मनश्शे र एफ्राइमको समस्त प्रान्त, र पश्‍चिमी भूमध्य सागरसम्म यहूदाको सबै प्रदेश,
DEU 34:3 दक्षिणतिर र यरीहोको क्षेत्रदेखिको समस्त इलाका र सोअरसम्मका खजूरका सहरहरूसमेत देखाउनुभयो।
DEU 34:4 तब याहवेहले तिनलाई भन्‍नुभयो, “यही देश, तेरो भावी सन्तानलाई दिनेछु भनी मैले अब्राहाम, इसहाक र याकोबलाई शपथ खाएर प्रतिज्ञा गरेको थिएँ। मैले तँलाई आफ्नै आँखाले यो हेर्न दिएँ; तर तँ त्यहाँ पार गरेर जानेछैनस्।”
DEU 34:5 याहवेहको वचनअनुसार मोआबको त्यही देशमा याहवेहका सेवक मोशाको मृत्यु भयो।
DEU 34:6 याहवेहले तिनलाई बेथ-पोरको पारिपट्टिको क्षेत्रमा गाड्नुभयो; तर आजको दिनसम्म तिनको चिहान कहाँ छ भनी कसैले जान्दैनन्।
DEU 34:7 जब मोशाको मृत्यु भयो, तब तिनी एक सय बीस वर्ष पुगेका थिए। तर तिनको आँखाको ज्योति कमजोर भएको थिएन, न त तिनको बल नै घटेको थियो।
DEU 34:8 इस्राएलीहरूले मोशाको निम्ति मोआबको मैदानमा रुने र विलाप गर्ने समय अन्त्य नभएसम्म तीस दिनसम्म शोक गरे।
DEU 34:9 अब नूनका छोरा यहोशू बुद्धिका आत्माले भरिपूर्ण थिए। किनभने मोशाले तिनीमाथि आफ्ना हात राखेका थिए। यसकारण इस्राएलीहरूले यहोशूका कुरा सुने। अनि याहवेहले मोशालाई दिनुभएका आज्ञाहरू पालन गरे।
DEU 34:10 त्यस समयदेखि इस्राएलमा मोशाजस्तो अर्को कुनै अगमवक्ता खडा भएको छैन, जसलाई याहवेहले आमने-सामने गरी जान्‍नुहुन्थ्यो।
DEU 34:11 मोशा, जसलाई याहवेहले इजिप्टमा अर्थात् फारो र उनका सबै अधिकारीहरू र उनको समस्त देशमा अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू देखाउनलाई पठाउनुभयो, र तिनले ती सबै गरे।
DEU 34:12 किनकि इस्राएलको दृष्‍टिमा मोशाले देखाएका महान् शक्ति र गरेका भयानक कामहरू कहिल्यै कसैले गर्न सकेका छैनन्।
JOS 1:1 याहवेहका सेवक मोशाको मृत्युपछि याहवेहले मोशाका सहायक, नूनका छोरा, यहोशूलाई यसो भन्‍नुभयो:
JOS 1:2 “मेरो सेवक मोशाको मृत्यु भइसक्यो। यसकारण अब तँ र यी मानिसहरू यर्दन नदी तरेर मैले तिनीहरूलाई अर्थात् इस्राएलीहरूलाई दिन लागेको देशमा जानलाई तयारी गर्।
JOS 1:3 मैले मोशालाई प्रतिज्ञा गरेझैँ, तैँले पाइला टेक्ने सबै भूमि म तँलाई दिनेछु।
JOS 1:4 तिमीहरूको देशको सिमाना उजाडस्थानदेखि लेबनानसम्म लिएर महानदी अर्थात् यूफ्रेटिस नदीदेखि हित्तीहरूको सबै देश अर्थात् पश्‍चिममा भूमध्य सागरसम्म हुनेछ।
JOS 1:5 तेरो जीवनकालभरि तेरो विरुद्धमा कोही पनि खडा हुन सक्नेछैन। जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग पनि रहनेछु; म तँलाई कहिल्यै छोड्नेछैनँ, न त तँलाई त्याग्ने नै छु।
JOS 1:6 “बलियो र साहसी बन्; किनकि तैँले नै यी मानिसहरूलाई मैले तिनीहरूका पितापुर्खाहरूलाई दिनेछु भनी शपथ खाएको देशमा अधिकार गर्नलाई अगुवाइ गर्नेछस्।
JOS 1:7 “बलियो र खूब साहसी बन्। मेरो सेवक मोशाले तँलाई दिएको सारा व्यवस्था होसियारीसाथ पालन गर्; त्यसबाट दायाँ अथवा बायाँतिर नलाग्नू। तँ जहाँ गए तापनि सफलता पाउनेछस्।
JOS 1:8 व्यवस्थाको यो पुस्तक तेरो ओठबाट कहिल्यै नहटोस्; तैँले त्यसमाथि दिनरात ध्यान गर्नू, ताकि त्यसमा लेखिएका हरेक कुरा होसियारीसाथ पालन गर्न सक्नेछस्। तब तैँले उन्‍नति गर्नेछस् र सफलता पाउनेछस्।
JOS 1:9 के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्‍वर तँसित हुनुहुनेछ।”
JOS 1:10 यसकारण यहोशूले मानिसहरूका अधिकृतहरूलाई आदेश दिए:
JOS 1:11 “छाउनीभित्र गएर मानिसहरूलाई भन, ‘तिमीहरूका खाने कुराहरूको बन्दोबस्त गर। अबको तीन दिनमा याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आफ्नो उत्तराधिकारको रूपमा दिनुहुने देशमाथि अधिकार गर्न तिमीहरू यर्दन नदी पार गरेर जानेछौ।’ ”
JOS 1:12 तर रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई चाहिँ यहोशूले भने,
JOS 1:13 “याहवेहको सेवक मोशाले तिमीहरूलाई दिएको आज्ञा याद गर, ‘याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यो देश दिएर विश्राम दिनुहुनेछ।’
JOS 1:14 तिमीहरूका पत्नीहरू, छोराछोरीहरू र तिमीहरूका गाईबस्तुहरू चाहिँ मोशाले तिमीहरूलाई दिएको यर्दन नदीको पूर्वपट्टिको भूमिमा बस्‍न सक्छन्। तर तिमीहरूका सबै योद्धाहरू भने लडाइँका निम्ति हातहतियारले सुसज्जित भएर आ-आफ्ना दाजुभाइहरूका साथमा अगि-अगि पारि जानुपर्छ। तिमीहरूले तिनीहरूलाई सहायता गर्नुपर्छ।
JOS 1:15 याहवेहले तिमीहरूलाई विश्राम दिनुभएझैँ, उहाँले तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिनुभएसम्म र याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई दिनुहुने देशमा तिनीहरूले पनि अधिकार नगरेसम्म तिमीहरूले तिनीहरूलाई सहायता गर्नुपर्नेछ। त्यसपछि तिमीहरू याहवेहका सेवक मोशाले यर्दनको पूर्वपट्टि घाम झुल्कनेतिर तिमीहरूलाई दिएको भूमिमा फर्केर जान सक्छौ, र आफ्नो भूमिमा बसोबास गर्न सक्नेछौ।”
JOS 1:16 तब तिनीहरूले यहोशूलाई जवाफ दिए, “तपाईंले हामीलाई आज्ञा दिनुभएका सबै कुराहरू हामी गर्नेछौँ, र तपाईंले हामीलाई जहाँ पठाउनुहुन्छ, त्यहीँ जानेछौँ।
JOS 1:17 जसरी हामीले मोशाको आज्ञापालन गर्‍यौँ, त्यसरी नै हामी तपाईंको पनि आज्ञापालन गर्नेछौँ। केवल याहवेह तपाईंका परमेश्‍वर मोशासँग हुनुभएझैँ तपाईंसँग पनि हुनुभएको होस्।
JOS 1:18 तपाईंको वचनको विरुद्ध विद्रोह गर्ने र तपाईंले आज्ञा गर्नुभएको कुरा पालन नगर्ने जोसुकै पनि मारिनेछ। केवल तपाईं बलियो र साहसी हुनुहोस्!”
JOS 2:1 तब नूनका छोरा यहोशूले शित्तीमबाट दुई मानिसलाई जासुसी गर्न यसो भन्दै गुप्‍तमा पठाए: “जाओ, र त्यस देशलाई हेर, विशेष गरी यरीहोलाई।” यसकारण तिनीहरू गए, र राहाब नाम भएकी एउटी वेश्याको घरमा गए, र त्यहीँ बास बसे।
JOS 2:2 यरीहोको राजालाई यसो भनियो, “सुन्‍नुहोस्, आज राति यस देशको भेद लिन भनी केही इस्राएलीहरू यहाँ आएका छन्।”
JOS 2:3 यसकारण यरीहोको राजाले राहाबकहाँ यो समाचार पठाए: “तँकहाँ आएर तेरो घरभित्र बसेका मानिसहरूलाई बाहिर निकालेर ले; किनकि तिनीहरू समस्त देशको भेद लिन आएका छन्।”
JOS 2:4 तर त्यस स्त्रीले ती दुई पुरुषहरूलाई लुकाएकी थिई। त्यसले भनी, “हो, ती पुरुषहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् भन्‍ने कुरा मलाई थाहा भएन।
JOS 2:5 साँझमा सहरको मूलढोका बन्द हुने समयमा ती मानिसहरू गइहाले। तिनीहरू कुन बाटो गए, सो म जान्दिनँ। तिनीहरूको पछि झट्टै जानुहोस्। सायद तपाईंहरूले तिनीहरूलाई भेट्टाउन सक्नुहुनेछ।”
JOS 2:6 (तर जासुसहरूलाई त्यस स्त्रीले माथि कौसीमा लगेर आफूले मिलाएर राखेको सनपाटका डाँठहरूका थाकमुनि लुकाएकी थिई।)
JOS 2:7 यसकारण ती मानिसहरू ती जासुसहरूलाई खोज्दै यर्दनको बाटोमा घाटहरूसम्म गए। अनि खोजी गर्दै जाने ती मानिसहरू जानसाथ मूलढोका बन्द भइहाल्यो।
JOS 2:8 राति ती जासुसहरू सुत्नुभन्दा अगि त्यो स्त्री माथि कौसीमा गई।
JOS 2:9 अनि जासुसहरूलाई भनी, “याहवेहले यो देश तपाईंहरूलाई दिनुभएको छ भनी म जान्दछु। अनि तपाईंहरूको भयङ्ककर डरले हामीलाई छोपेको छ। यसकारण देशमा बस्‍ने सबै मानिसहरू तपाईंहरूको कारण डरले भयभीत भएका छन्।
JOS 2:10 तपाईंहरू इजिप्टबाट निस्केर आउँदा याहवेहले कसरी तपाईंहरूका निम्ति लाल समुद्रलाई सुकाइदिनुभयो; अनि यर्दनको पूर्वपट्टि तपाईंहरूले पूर्ण रूपमा नाश पार्नुभएका एमोरीहरूका दुवै राजाहरू, सीहोन र ओगलाई के गर्नुभयो भनी हामीले सुनेका छौँ।
JOS 2:11 यो कुरा सुनेपछि तपाईंहरूको कारण हामी भयभीत भयौँ र हामी सबैको साहस हरायो; किनकि याहवेह तपाईंहरूका परमेश्‍वर, उहाँ नै माथि स्वर्गका र तल पृथ्वीका परमेश्‍वर हुनुहुन्छ।
JOS 2:12 “यसकारण अब मलाई याहवेहको नाममा शपथ खानुहोस्। मैले तपाईंहरूप्रति देखाएको दयाको कारण तपाईंहरूले मेरो परिवारप्रति पनि दया देखाउनुहुनेछ। मलाई एउटा निश्‍चित चिन्ह दिनुहोस्,
JOS 2:13 ताकि तपाईंहरूले मेरा बुबा, आमा, दाजुभाइ, दिदीबहिनीहरू र तिनीहरूका सबै परिवारका जनहरूका जीवनको रक्षा गरिदिनुहुनेछ, अर्थात् तपाईंहरूले हामीलाई मृत्युबाट बचाउनुहुनेछ।”
JOS 2:14 ती जासुसहरूले तिनलाई यसरी सान्त्वना दिए, “तिमीहरूको प्राणको सट्टा हाम्रो प्राण। हामीले के गरिरहेका छौँ भनी तिमीले अरूलाई भनेनौ भने याहवेहले यो देश हामीलाई दिनुहुन्छ, तब हामी तिमीहरूप्रति दयालु हुनेछौँ र आफ्नो वचन पूरा गर्नेछौँ।”
JOS 2:15 यसकारण त्यसले जासुसहरूलाई झ्यालबाट एउटा डोरीले तल ओह्राली; किनकि त्यो बसेकी घर सहरको पर्खालको एउटा भाग थियो।
JOS 2:16 त्यो स्त्रीले तिनीहरूलाई भनी, “पहाडहरूतिर जानुहोस् र ती खोज्नेहरूले तपाईंहरूलाई भेट्टाउनेछैनन्। ती खोज्नेहरू फर्केर नआएसम्म तीन दिनसम्म त्यहीँ लुकिबस्‍नुहोस्। अनि मात्र आफ्नो बाटो लाग्नुहोस्।”
JOS 2:17 ती मानिसहरूले त्यसलाई भने, “तिमीले हामीलाई खान लगाएको शपथ हामी पूरा गर्नेछौँ;
JOS 2:18 जब हामी यस देशमा प्रवेश गर्छौँ, तब तिमीले हामीलाई निकालेको झ्यालमा यो रातो डोरी बाँधिराख्नू। तिमीले आफ्नो बुबाआमा, तिम्रो दाजुभाइहरू र सम्पूर्ण परिवारलाई तिम्रो घरभित्र ल्याउनू;
JOS 2:19 तर यदि कोही तिम्रो घरबाट बाहिर सडकमा गयो र मर्‍यो भने त्यसको रगतको दोष त्यसकै शिरमा पर्नेछ; अनि हामी जिम्मेवार हुनेछैनौँ। तर तिमीसँग घरभित्र हुनेहरूमाथि कसैले हात लगायो भने त्यसको रगतको दोष हाम्रो शिरमा पर्नेछ।
JOS 2:20 तर यदि हामीले के गर्दैछौँ, त्यो तिमीले बतायौ भने जुन शपथ तिमीले हामीलाई खान लगाएकी थियौ, सो शपथबाट हामी मुक्त हुनेछौँ।”
JOS 2:21 त्यसले जवाफ दिई, “म राजी छु। तपाईंहरूले भन्‍नुभएअनुसार नै होस्।” यसरी त्यसले तिनीहरूलाई पठाइदिई, र तिनीहरू गइहाले। अनि त्यसले झ्यालमा एउटा रातो डोरी बाँधी।
JOS 2:22 अनि तिनीहरू गए, र पहाडमा पुगे। तिनीहरू त्यहाँ तीन दिनसम्म बसे। तिनीहरूलाई खोज्नेहरूले बाटोहरूमा खोजी गरे; तर तिनीहरूलाई भेट्टाउन नसकेपछि फर्केर आए।
JOS 2:23 अनि ती दुई मानिसहरू पहाडबाट ओर्ले, र नदी तरेर नूनका छोरा यहोशूकहाँ आए। अनि तिनीहरूमाथि आइपरेका सबै कुरा तिनलाई बताए।
JOS 2:24 तिनीहरूले यहोशूलाई भने, “साँच्‍चै नै याहवेहले सम्पूर्ण देश हाम्रो हातमा दिनुभएको छ। सबै मानिसहरू हाम्रो कारण भयभीत भएका छन्।”
JOS 3:1 बिहान सबेरै यहोशू र सारा इस्राएलीहरू शित्तीम छाडेर यर्दनमा गए। अनि त्यहाँ तिनीहरूले नदी पार गर्न अगि छाउनी हालेर बास बसे।
JOS 3:2 तीन दिनपछि अधिकृतहरू सबै छाउनीहरूमा गए।
JOS 3:3 अनि मानिसहरूलाई यसरी आदेश दिए: “जब तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको साक्षी पाटीको सन्दुक र लेवी पुजारीहरूले त्यसलाई बोकेका देखौला, तब तिमीहरू आ-आफ्ना ठाउँबाट हिँड्नू र त्यसको पछि-पछि लाग्नू।
JOS 3:4 तब तिमीहरूले कता जानुपर्ने हो, सो जान्‍नेछौ; किनकि तिमीहरू पहिले कहिल्यै यो बाटोबाट भएर गएका छैनौ। तर तिमीहरू र सन्दुकको बीचमा दुई हजार क्यूबिटको दूरी राख्नू; अनि सन्दुकको नजिक नजानू।”
JOS 3:5 यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले आफूलाई पवित्र बनाओ; किनकि भोलि याहवेहले तिमीहरूका बीचमा अचम्मको काम गर्नुहुनेछ।”
JOS 3:6 यहोशूले पुजारीहरूलाई भने, “साक्षी पाटीको सन्दुक लिएर मानिसहरूका अगि-अगि पारिपट्टि जाओ।” यसकारण तिनीहरूले सन्दुकलाई उठाए, र मानिसहरूका अगि-अगि हिँडे।
JOS 3:7 अनि याहवेहले यहोशूलाई भन्‍नुभयो, “आज म तँलाई सबै इस्राएलीहरूका दृष्‍टिमा उच्‍च पार्नेछु। जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग पनि छु भनी तिनीहरूले जानून्।
JOS 3:8 साक्षी पाटीको सन्दुक बोक्ने पुजारीहरूलाई तैँले यस्तो आज्ञा दिनू: ‘जब तिमीहरू यर्दन नदीको किनारमा आइपुग्छौ, तब यर्दनको पानीमा जानू, र नदीमा खडा रहनू।’ ”
JOS 3:9 यहोशूले इस्राएलीहरूलाई भने, “यता आओ, र याहवेह तिमीहरूका परमेश्‍वरको वचन सुन।
JOS 3:10 जीवित परमेश्‍वर तिमीहरूका बीचमा हुनुहुन्छ भनी तिमीहरूले यसरी थाहा गर्नेछौ। उहाँले निश्‍चय नै तिमीहरूको अगिबाट कनानी, हित्ती, हिव्वी, परिज्जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ।
JOS 3:11 हेर, समस्त पृथ्वीका याहवेहको साक्षी पाटीको सन्दुक तिमीहरूका अगि-अगि यर्दनमा जानेछ।
JOS 3:12 अब इस्राएलको हरेक कुलबाट एक-एक जना गरी बाह्र जना पुरुषहरू छान।
JOS 3:13 अनि जब समस्त पृथ्वीका प्रभु याहवेहको सन्दुक बोक्ने पुजारीहरूका खुट्टाले यर्दनमा टेक्नेछन्, तब बग्दै गरेको पानी रोकिनेछ, र एक थुप्रो भई खडा हुनेछ।”
JOS 3:14 यसकारण जब यर्दन तर्न भनी मानिसहरूले छाउनी भत्काए, तब साक्षी पाटीको सन्दुक बोक्ने पुजारीहरू तिनीहरूका अगि-अगि गए।
JOS 3:15 त्यो समय अन्‍नको कटनीको समय थियो। यो समय यर्दनचाहिँ पानीले भरिएको थियो। तापनि करारको सन्दुक बोक्ने पुजारीहरू यर्दन नदीमा पुगेर तिनीहरूका खुट्टाले पानीको किनार छुनेबित्तिकै,
JOS 3:16 माथिबाट तल बगेर आउने पानी बग्न छोड्यो। त्यो पानी धेरै टाढा सार्तानको नजिक आदम भनिने सहरनिर एक थुप्रो भई जम्मा भयो। अनि अराबा समुद्रतिर (अर्थात् मृत सागर) जाने ओरालोमा बग्दै गरेको पानीचाहिँ पूर्ण रूपले सुक्यो। यसरी मानिसहरू यरीहो नदीको अर्कोपट्टि पारि तरे।
JOS 3:17 सबै इस्राएलीहरू सुक्खा जमिनबाट हिँडे, र सम्पूर्ण मानिसहरू नदी पार नगरुन्जेल याहवेहको करारको सन्दुक बोक्ने पुजारीहरू यर्दन नदीको बीचमा सुक्खा जमिनमा उभिरहे।
JOS 4:1 जब सम्पूर्ण मानिसहरूले यर्दन नदी पार गरिसके, तब याहवेहले यहोशूलाई भन्‍नुभयो,
JOS 4:2 “प्रत्येक कुलबाट एक-एक जना गरी बाह्र जना मानिसहरू छान्।
JOS 4:3 अनि तिनीहरूलाई यर्दनको बीचबाट ती पुजारीहरू उभिएकै ठाउँबाट बाह्र वटा ढुङ्गाहरू ल्याउन लगाउनू। अनि ती ढुङ्गाहरूलाई तैँले लगेर आज राति तिमीहरू बस्‍ने ठाउँमा राख्नू।”
JOS 4:4 यसकारण यहोशूले इस्राएली कुलबाट एक-एक जना गरी तिनले नियुक्त गरेका बाह्र जना मानिसहरूलाई बोलाए।
JOS 4:5 अनि तिनीहरूलाई भने, “याहवेह तिमीहरूका परमेश्‍वरको सन्दुकको अगाडि यर्दन नदीको बीचमा जाओ। तिमीहरू हरेकले इस्राएलका कुलहरूको संख्याअनुसार एक-एक वटा ढुङ्गा काँधमा बोकेर ल्याओ।
JOS 4:6 यो तिमीहरूका बीचमा एउटा सम्झनाको रूपमा रहोस्।” भविष्यमा जब तिमीहरूका छोराछोरीहरूले “यी ढुङ्गाहरूको अर्थ के हो?” भनेर सोध्लान्,
JOS 4:7 तब तिनीहरूलाई यसो भन्‍नू, “याहवेहको करारको सन्दुकको सामु बग्दै गरेको यर्दनको पानी रोकिएको थियो। याहवेहको करारको सन्दुक बोकेर पुजारीहरूले यर्दन पार गर्दा पानी रोकिएको थियो। यी ढुङ्गाहरू इस्राएलका मानिसहरूका निम्ति सधैँको लागि स्मारकको रूपमा रहनेछन्।”
JOS 4:8 यसकारण यहोशूले इस्राएलीहरूलाई आज्ञा गरेझैँ तिनीहरूले गरे। याहवेहले यहोशूलाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले इस्राएलका कुलहरूको संख्याअनुसार यर्दनको बीचबाट बाह्र वटा ढुङ्गाहरू बोकेर ल्याए। अनि तिनीहरूले ती ढुङ्गाहरू आफ्ना छाउनीसम्म आफूसँग बोकेर लगे; र त्यहाँ छाउनीमा राखे।
JOS 4:9 करारको सन्दुक बोक्ने पुजारीहरू उभिएको जमिन यर्दनको बीचबाट ल्याइएका ढुङ्गाहरूलाई यहोशूले खडा गरे। अनि ती ढुङ्गाहरू आजको दिनसम्म त्यहीँ छँदैछन्।
JOS 4:10 याहवेहले यहोशूलाई आज्ञा दिनुभएझैँ मानिसहरूले नगरुन्जेल, सन्दुक बोक्ने पुजारीहरू यर्दनको बीचमा उभिरहे। मोशाले पनि यहोशूलाई त्यस्तै निर्देशन दिएका थिए। अनि मानिसहरूले हतार-हतार गरेर नदी पार गरे।
JOS 4:11 अनि तिनीहरू सबै जना नदी पार गरिसकेपछि मानिसहरूले हेरिरहेकै बेला याहवेहको सन्दुक र पुजारीहरू नदीको अर्कोपट्टि आए।
JOS 4:12 मोशाले तिनीहरूलाई निर्देशन दिएझैँ रूबेन, गादका र मनश्शेको आधा कुलका मानिसहरू, लडाइँका निम्ति हतियार लिएर अरू इस्राएलीहरूको अगि नदी तरेर गए।
JOS 4:13 युद्धका निम्ति हतियार भिरेका लगभग चालीस हजार मानिसहरू पार भएर याहवेहको सामु यरीहोको मैदानतिर लडाइँका निम्ति गए।
JOS 4:14 त्यस दिन याहवेहले यहोशूलाई इस्राएलको नजरमा उच्‍च पार्नुभयो। अनि तिनीहरूले मोशाको आदर गरेझैँ, तिनको जीवनकालभरि तिनको पनि आदर गरे।
JOS 4:15 तब याहवेहले यहोशूलाई भन्‍नुभयो,
JOS 4:16 “साक्षी पाटीको सन्दुक बोक्ने पुजारीहरूलाई यर्दनबाट निस्केर माथि आउनू भनी आज्ञा गर्।”
JOS 4:17 यसकारण यहोशूले पुजारीहरूलाई, “यर्दनबाट निक्लेर माथि आओ” भनी आज्ञा गरे।
JOS 4:18 अनि पुजारीहरू याहवेहको करारको सन्दुक बोकेर नदीबाट बाहिर निक्लेर आए। तिनीहरूका पाइलाले सुक्खा भूमिमा टेक्ने बित्तिकै यर्दनको पानी आफ्नो ठाउँमा फर्केर आयो र पहिलेझैँ भरिएर बग्न थाल्यो।
JOS 4:19 पहिलो महिनाको दशौँ दिनमा मानिसहरू यर्दनबाट उक्लेर गए, र यरीहोको पूर्वीय सिमाना गिलगालमा छाउनी हाले।
JOS 4:20 अनि यहोशूले यर्दनबाट तिनीहरूले ल्याएका बाह्र वटा ढुङ्गाहरूलाई गिलगालमा खडा गरे।
JOS 4:21 तिनले इस्राएलीहरूलाई भने, “भविष्यमा तिमीहरूका बालबच्‍चाहरूले आफ्ना आमाबुबालाई, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनेर जब सोध्लान्,
JOS 4:22 तब तिनीहरूलाई यसो भन्‍नू, ‘इस्राएलीहरूले सुक्खा जमिनबाट यर्दन नदी तरेका थिए।’
JOS 4:23 किनकि याहवेह तिमीहरूका परमेश्‍वरले यर्दन नदीलाई हामीहरूले पार नगरुन्जेल सुकाउनुभयो। हामीले लाल समुद्रपार नगरेसम्म याहवेह तिमीहरूका परमेश्‍वरले जसरी लाल समुद्रलाई सुकाउनुभयो, त्यसरी नै उहाँले यर्दनलाई पनि सुकाउनुभयो।
JOS 4:24 उहाँले यसो गर्नुभयो; ताकि सारा पृथ्वीका मानिसहरूले याहवेहका हात शक्तिशाली छन् भनी जानून्। त्यसरी नै तिमीहरूले पनि याहवेह तिमीहरूका परमेश्‍वरको भय सधैँ मान।”
JOS 5:1 अनि जब यर्दनको पश्‍चिमतिर भएका एमोरी राजाहरू र भूमध्य सागरको नजिकका सबै कनानी राजाहरूले, हामीले यर्दन पार नगरेसम्म याहवेहले यर्दनलाई इस्राएलीहरूका अगि कसरी सुकाइदिनुभएको थियो भन्‍ने कुरा सुने, तब तिनीहरूको हृदय डरले हतोत्साहित भयो। अनि तिनीहरूमा इस्राएलीहरूको सामना गर्ने साहस नै रहेन।
JOS 5:2 त्यस बेला याहवेहले यहोशूलाई भन्‍नुभयो, “दर्शन-ढुङ्गाका कर्दहरू बनाएर इस्राएलीहरूलाई फेरि खतना गर्।”
JOS 5:3 यसकारण यहोशूले दर्शन-ढुङ्गाका कर्दहरू बनाए। अनि इस्राएलीहरूलाई गिबियथ-हारालोथमा खतना गरे।
JOS 5:4 तिनले खतना गर्नुको कारण यो थियो: इजिप्टबाट निस्किएर आएका लडाइँमा जान सक्ने उमेर भएका सबै मानिसहरू, इजिप्ट छोडेपछि उजाडस्थानको बाटैमा मरिसकेका थिए।
JOS 5:5 इजिप्टबाट निस्किआएका सबै पुरुषहरूका खतना भइसकेको थियो। तर इजिप्टबाट निस्किएर आएपछि उजाडस्थानको यात्रामा जन्मेका सबै मानिसहरूको चाहिँ खतना भएको थिएन।
JOS 5:6 इजिप्ट छोड्दा लडाइँमा जान सक्ने उमेर भएका सबै पुरुषहरूको मृत्यु नभएसम्म इस्राएलीहरू चालीस वर्षसम्म उजाडस्थानमा डुलिरहे। किनकि तिनीहरूले याहवेहको आज्ञापालन गरेका थिएनन्। किनभने तिनीहरूका पितापुर्खाहरूसँग शपथ खाएर दूध र मह बग्ने देश हामीलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देश तिनीहरूले देख्न पाउनेछैनन् भनी उहाँले तिनीहरूसँग शपथ खानुभएको थियो।
JOS 5:7 यसकारण उहाँले तिनीहरूको स्थानमा तिनीहरूका छोराहरूलाई खडा गर्नुभयो र यहोशूले तिनीहरूको खतना गरे। किनकि तिनीहरूलाई यात्राको बेला खतना गरिएको थिएन।
JOS 5:8 अनि सम्पूर्ण पुरुषहरूको खतना भइसकेपछि तिनीहरू निको नभएसम्म आ-आफ्ना छाउनीमै बसे।
JOS 5:9 तब याहवेहले यहोशूलाई भन्‍नुभयो, “आज मैले तिमीहरूबाट इजिप्टको अपमान मेटाइदिएको छु।” यसकारण आजको दिनसम्म नै त्यस ठाउँलाई गिलगाल भनिन्छ।
JOS 5:10 त्यस महिनाको चौधौँ दिनको साँझपख यरीहोको मैदान गिलगालमा छाउनी लगाएको बेला इस्राएलीहरूले निस्तार चाड मनाए।
JOS 5:11 निस्तार चाडको भोलिपल्ट ठिक त्यही दिन तिनीहरूले त्यस कनान देशको उब्जनीबाट खमिर नहालेको रोटी र भुटेको अन्‍न खाए।
JOS 5:12 तिनीहरूले त्यस देशको अन्‍न खाएकै दिनदेखि मन्‍न खस्‍न रोकियो; तब इस्राएलीहरूका निम्ति त्यहाँ मन्‍न थिएन, तर त्यस वर्ष तिनीहरूले कनान देशको उब्जनी खाए।
JOS 5:13 अब यहोशू यरीहोको नजिक हुँदा तिनले माथि हेरे। अनि तिनले आफ्नो सामु एक जना मानिसलाई हातमा नाङ्गो तरवार लिएर उभिरहेका देखे। यहोशू तिनीकहाँ गएर सोधे, “तपाईं हाम्रो पक्षमा हुनुहुन्छ कि हाम्रा शत्रुहरूको पक्षमा हुनुहुन्छ?”
JOS 5:14 तिनले जवाफ दिए, “कसैको पक्षमा पनि होइन। तर म अहिले याहवेहको फौजको सेनापति भएर आएको छु।” तब यहोशू भुइँमा घोप्टो परेर दण्डवत् गर्दै सोधे, “मेरा प्रभु, आफ्नो सेवकका निम्ति के सन्देश छ?”
JOS 5:15 तब याहवेहको फौजका सेनापतिले भने, “तेरो जुत्ता फुकाल्। किनकि तँ उभिएको ठाउँ पवित्र छ।” अनि यहोशूले त्यसै गरे।
JOS 6:1 इस्राएलीहरूको कारण यरीहोका मूलढोकाहरू पूर्णतया बन्द गरिएको थियो। कोही पनि भित्र पस्‍न वा बाहिर निस्की आउन सक्दैनथ्यो।
JOS 6:2 तब याहवेहले यहोशूलाई भन्‍नुभयो, “हेर्, मैले यरीहो, यसकासाथै त्यसका राजा र त्यसका योद्धाहरूसमेत तेरो हातमा सुम्पिदिएको छु।
JOS 6:3 सबै हतियारधारी मानिसहरूसँग त्यस सहरलाई दिनमा एक चोटि फन्को मार्नू। छ दिनसम्म तिमीहरूले यसै गर्नू।
JOS 6:4 सन्दुकको सामु भेडाका सिङको तुरही लिएका सात जना पुजारीहरू अगि-अगि हिँडून्। सातौँ दिनमा चाहिँ पुजारीहरूले तुरही फुक्दै सहरको चारैतिर सात चोटि फन्को मारून्।
JOS 6:5 जब तिमीहरूले लामो समयसम्म तुरही फुकेको आवाज सुन्छौ, तब सबै योद्धाहरू चर्को सोरले कराऊन्; र सहरको पर्खाल ढल्नेछ। अनि सेनाहरू र हरेक मानिसहरू सीधै सहरभित्र बढेर जाऊन्।”
JOS 6:6 यसकारण नूनका छोरा यहोशूले पुजारीहरूलाई बोलाएर तिनीहरूलाई भने, “याहवेहको करारको सन्दुक लिएर सात जना पुजारीहरू सन्दुकको अगि-अगि तुरही बोकेर हिँड्नू।”
JOS 6:7 अनि तिनले योद्धाहरूलाई आदेश दिए, “अगि बढ, सहरको चारैतिर हिँड, र हतियारधारी मानिसहरूचाहिँ याहवेहको सन्दुकको अगि-अगि हिँडून्।”
JOS 6:8 जब यहोशूले मानिसहरूसँग कुरा गरिसके, तब याहवेहको अगाडि सात वटा तुरही बोक्ने सात जना पुजारीहरू तुरही बजाउँदै अगि बढेर गए। अनि याहवेहको करारको सन्दुकचाहिँ उनीहरूको पछि-पछि थियो।
JOS 6:9 हतियारधारी योद्धाहरू तुरही फुक्ने पुजारीहरूका अगि-अगि गए। अनि रक्षकहरूचाहिँ सन्दुकको पछि-पछि हिँडे। यस समयमा तुरहीहरू बजिरहेका थिए।
JOS 6:10 तर यहोशूले योद्धाहरूलाई यसो भनी आज्ञा दिएका थिए, “मैले तिमीहरूलाई जोरसँग कराउने आज्ञा नदिएसम्म तिमीहरू नकराउनू। तिमीहरूले आवाज ननिकाल्नू। एक शब्द पनि नबोल्नू। त्यसपछि कराउनू!”
JOS 6:11 यसरी तिनले याहवेहको सन्दुकलाई बोकाएर एकपल्ट सहरको फन्को मार्न लगाए। त्यसपछि योद्धाहरू छाउनीमा फर्किआए, र त्यहीँ रात बिताए।
JOS 6:12 भोलिपल्ट यहोशू बिहानै उठे, र पुजारीहरूले याहवेहको सन्दुक उठाए।
JOS 6:13 सात वटा तुरही बोक्ने सात जना पुजारीहरू याहवेहको सन्दुकको अगि-अगि तुरही फुक्दै हिँडे। हतियारधारी योद्धाहरू तिनीहरूका अगि-अगि गए। अनि पछिल्तिरका रक्षकहरू याहवेहको सन्दुकको पछि-पछि हिँडे। त्यति बेला तुरही बजिरहेको थियो।
JOS 6:14 यसरी दोस्रो दिन तिनीहरूले सहरको फन्को मारे, र छाउनीमा फर्के। तिनीहरूले यसरी नै छ दिनसम्म फन्को मारे।
JOS 6:15 सातौँ दिनमा तिनीहरू एकाबिहानै उठे। अनि अगाडिका दिनहरूमा जस्तै सहरलाई फन्को मारे। तर तिनीहरूले त्यस दिनचाहिँ सात चोटि सहरलाई फन्को मारे।
JOS 6:16 सातौँ पटकमा जब पुजारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई यसरी आज्ञा दिए, “कराओ, किनभने याहवेहले यो सहर तिमीहरूलाई दिनुभएको छ।
JOS 6:17 यो सहर र यसमा भएका सबै कुराहरू याहवेहलाई अर्पण गर्नुपर्छ। केवल राहाब वेश्या र उनका घरमा भएका सबै जना मात्र जीवित छोडिनेछन्। किनकि हामीले पठाएका जासुसहरूलाई तिनले लुकाएकी थिइन्।
JOS 6:18 तर तिमीहरू अर्पण गरिएका थोकहरूबाट अलग रहनू, ताकि तिमीहरूले ती अर्पित थोकहरूबाट केही लिएर आफूमाथि विपत्ति नल्याओ। नत्रता तिमीहरूले इस्राएलका छाउनीहरूलाई नाश हुने बनाएर त्यसमाथि विपत्ति ल्याउनेछौ।
JOS 6:19 सबै सुन, चाँदी अनि काँसो र फलामका चीजहरू याहवेहका निम्ति पवित्र छन्, र ती वस्तुहरू उहाँको भण्डारमा ल्याउनुपर्छ।”
JOS 6:20 तुरहीको आवाज बजेपछि योद्धाहरू कराए। अनि जब मानिसहरू तुरहीको आवाज सुनेर चर्को सोरमा कराए, तब पर्खाल भत्कियो। यसरी सारा मानिस सीधै भित्र पसे, र तिनीहरूले त्यस सहरलाई कब्जा गरे।
JOS 6:21 तिनीहरूले सहरलाई याहवेहकहाँ अर्पण गरे। अनि त्यहाँ भएका हरेक जीवितहरूलाई अर्थात् पुरुष र स्त्रीहरू, जवान र वृद्धहरू, गाईबस्तु, भेडाबाख्रा र गधाहरू सबैलाई तरवारले नाश गरिदिए।
JOS 6:22 त्यस देशको भेद लिन जाने दुई जना मानिसहरूलाई चाहिँ यहोशूले भने, “त्यस वेश्याको घरमा जाओ, र तिमीहरूले तिनीसँग शपथ खाएअनुसार त्यस स्त्री र तिनीसँग भएका सबै मानिसहरूलाई बाहिर निकाल।”
JOS 6:23 यसकारण भेद लिन जाने ती दुई जवान मानिसहरू भित्र गए; अनि राहाब, तिनका आमाबुबा र दाजुभाइहरू अनि तिनका सबै मानिसहरूलाई बाहिर निकालेर ल्याए। तिनीहरूले तिनको सम्पूर्ण परिवारलाई बाहिर निकाले; र इस्राएलको छाउनीबाहिर एक ठाउँमा राखे।
JOS 6:24 त्यसपछि तिनीहरूले सम्पूर्ण सहर र त्यस सहरमा भएका हरेक कुरालाई जलाइदिए। तर तिनीहरूले सुन, चाँदी, काँसो र फलामका चीजहरू याहवेहको भवनको भण्डारमा राखे।
JOS 6:25 तर यहोशूले वेश्या राहाब र तिनका परिवार अनि तिनीसँग भएका सबैलाई छोडिदिए। किनकि तिनले यरीहोमा जासुसी गर्न पठाएका मानिसहरूलाई लुकाएकी थिइन्। अनि तिनका सन्तानहरू आजको दिनसम्म पनि इस्राएलीहरूको बीचमा बास गरेका छन्।
JOS 6:26 त्यस बेला यहोशूले यो गम्भीर शपथ खाए: “जसले यो यरीहो सहरलाई पुनर्निर्माण गर्ने जिम्मा लिन्छ, त्यो मानिस याहवेहको सामु श्रापित होस्: “त्यसले यसको जग बसाल्दा, त्यसको जेठो छोरा मर्नेछ; यसका मूलढोकाहरू बनाउँदा, त्यसको कान्छा छोरा मर्नेछ।”
JOS 6:27 यसरी यहोशूसँग याहवेह हुनुहुन्थ्यो, र तिनको कीर्ति देशभरि फैलियो।
JOS 7:1 तर अर्पण गरिएका चीजहरूको, विषयमा इस्राएलीहरू विश्‍वासयोग्य भएनन्। यहूदा कुलको जेरहको छोरा जब्दी जब्दीको छोरा कर्मी, कर्मीको छोरा आकानले ती अर्पण गरिएका चीजहरूबाट केही कुरा लियो। यसकारण याहवेहको क्रोध इस्राएलीहरूमाथि दन्कियो।
JOS 7:2 यहोशूले बेथेलको पूर्वपट्टिको बेथ-आवेनको नजिक भएको ऐ सहरमा यरीहोबाट मानिसहरू पठाएर तिनीहरूलाई भने, “तिमीहरू माथि गएर त्यस इलाकाको भेद लेओ।” यसकारण ती मानिसहरू गए, र ऐ सहरको भेद लिए।
JOS 7:3 जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तब तिनीहरूले भने, “ऐ सहरको विरुद्धमा सबै मानिसहरू नजाऊन्। त्यसलाई कब्जा गर्न दुई वा तीन हजार मानिसहरू पठाउनुहोस्। सबै मानिसहरू जाने कष्‍ट नदिनुहोस्; किनकि त्यहाँ थोरै मात्र मानिसहरू बस्दछन्।”
JOS 7:4 यसकारण करिब तीन हजार मानिसहरू मात्र माथि गए; तर तिनीहरू ऐ सहरका मानिसहरूद्वारा पराजित भए।
JOS 7:5 तिनीहरूले लगभग छत्तीस जना इस्राएलीहरूलाई मारे। तिनीहरूले इस्राएलीहरूलाई सहरको मूलढोकादेखि शबारीमसम्म लखेटे, र ओरालोमा तिनीहरूलाई हराए। यो देखेर मानिसहरूको हृदय डरले गलेर पानीजस्तै भयो।
JOS 7:6 तब यहोशूले आफ्नो वस्त्र च्याते। अनि याहवेहको सन्दुकको सामु भुइँमा घोप्टो परेर लडे। अनि साँझसम्म त्यहीँ रहिरहे। इस्राएलका प्रधानहरूले पनि त्यसै गरेर तिनीहरूका शिरहरूमा धुलो छर्के।
JOS 7:7 अनि यहोशूले भने, “हाय, प्रभु याहवेह! तपाईंले यी मानिसहरूलाई एमोरीहरूको हातमा सुम्पिदिएर नष्‍ट पार्नलाई किन यर्दन पार गराएर ल्याउनुभयो? बरु हामी यर्दनको पारिपट्टि नै सन्तोष गरेर बसेको भए वेश हुनेथियो!
JOS 7:8 हे प्रभु, अब म के भनूँ, अहिले इस्राएल आफ्ना शत्रुहरूद्वारा पराजित भएको छ?
JOS 7:9 कनानी र यस देशका अरू मानिसहरूले यसबारे सुन्‍नेछन्, र तिनीहरूले हामीलाई चारैतिरबाट घेरेर पृथ्वीबाट हाम्रो नामनिशानै मेटिदिनेछन्। अनि त्यस बेला आफ्नो महान् नामको खातिर तपाईंले के गर्नुहुनेछ?”
JOS 7:10 याहवेहले यहोशूलाई भन्‍नुभयो, “उठ्! तँ किन यसरी घोप्टो परेर भुइँमा लडिरहेको छस्?”
JOS 7:11 इस्राएलले पाप गरेको छ। मैले तिनीहरूलाई पालन गर्न दिएको करार भङ्ग गरेका छन्। तिनीहरूले अर्पण गरिएका चीजहरूबाट केही लिएका छन्। तिनीहरूले चोरेका छन्। तिनीहरूले झूट बोलेका छन्। तिनीहरूले ती चीजहरू आफ्नै मालसामानसँग राखेका छन्।
JOS 7:12 त्यसैकारण इस्राएलीहरू आफ्ना शत्रुहरूको विरुद्धमा खडा रहन सक्दैनन्। तिनीहरू पिठिउँ फर्काएर भाग्छन्; किनकि तिनीहरूले आफूलाई सर्वनाशको योग्य बनाएका छन्। तिमीहरूले आफ्ना बीचबाट नष्‍ट हुनका निम्ति अर्पण गरिएका चीजहरूलाई नष्‍ट नगरेसम्म म अब उसो तिमीहरूसँग रहनेछैन।
JOS 7:13 “उठ्, गएर मानिसहरूलाई शुद्ध पार्! तिनीहरूलाई भन्, ‘भोलिको दिनको तयारीका निम्ति आफूलाई शुद्ध बनाओ’; किनकि याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: हे इस्राएल, तिमीहरूको बीचमा अर्पण गरिएको चीज छ। तिमीहरूले त्यसलाई नहटाएसम्म तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा खडा रहन सक्दैनौ।
JOS 7:14 “ ‘यसकारण बिहानै तिमीहरूले कुल-कुलअनुसार आफूलाई प्रस्तुत गर। याहवेहले छान्‍नुभएको कुल वंश-वंश गरी अगाडि आओस्। याहवेहले छान्‍नुभएको वंश परिवार-परिवार गरी अगाडि आओस्; अनि याहवेहले छान्‍नुभएको परिवार एक-एक जना गरी अगाडि आओस्।
JOS 7:15 अर्पण गरिएका चीजहरूसँग पक्राउ पर्ने व्यक्ति, त्यससँग भएका सबै थोकसँगै आगोद्वारा नष्‍ट पारियोस्। त्यसले याहवेहको करार भङ्ग गरेको छ; र इस्राएलमा घृणित काम गरेको छ!’ ”
JOS 7:16 भोलिपल्ट बिहानै यहोशूले इस्राएललाई कुलअनुसार अगाडि आउन लगाए; अनि यहूदा छानिए।
JOS 7:17 तब यहूदाका सबै कुलहरू अगाडि आए, र जेरहको वंशहरू छानिए। तिनले जेरहका वंशहरूलाई परिवार-परिवार गरी अगि आउन लगाए, र जब्दी छानिए।
JOS 7:18 यहोशूले त्यसको परिवारलाई एक-एक गरी अगि आउन लगाए। अनि यहूदाको कुलको जेरहका छोरा जब्दी, त्यसका छोरा कर्मी र कर्मीका छोरा आकान पक्राउ पर्‍यो।
JOS 7:19 तब यहोशूले आकानलाई भने, “हे मेरो छोरा, याहवेह इस्राएलका परमेश्‍वरलाई महिमा दे, र उहाँको कदर गर्। तैँले जे गरिस्, त्यो मलाई भन्; मदेखि त्यो कुरा नलुका।”
JOS 7:20 आकानले जवाफ दियो, “यो कुरा सत्य हो! मैले याहवेह इस्राएलका परमेश्‍वरको विरुद्धमा पाप गरेको छु। मैले गरेको अपराध यही हो:
JOS 7:21 लुटको मालमा जब मैले बेबिलोनबाटको एउटा सुन्दर लवेदा, दुई सय सेकेलको चाँदी र पचास सेकेलको सुनको टुक्रा देखेँ, तब मलाई लोभ लाग्यो र मैले ती लिएँ। ती मेरो पालभित्र जमिनमुनि गाडिएका छन्। अनि चाँदीचाहिँ सबैभन्दा मुनि छ।”
JOS 7:22 यसकारण यहोशूले दूतहरू पठाए। अनि तिनीहरू दगुरेर पालमा गए। अनि त्यस पालभित्र ती लुकाइराखिएका थिए। चाँदीचाहिँ सबैभन्दा मुनि भेट्टाए।
JOS 7:23 तिनीहरूले पालबाट ती चीजहरू लिएर यहोशू र सारा इस्राएलीहरूकहाँ ल्याए। अनि ती याहवेहको अगि राखिदिए।
JOS 7:24 तब यहोशू र सारा इस्राएलीहरू मिलेर जेरहको छोरा आकान, त्यससँग भएको चाँदी, लवेदा, सुनको टुक्रा, त्यसका छोराछोरीहरू, त्यसका गाईबस्तु, गधाहरू र भेडाहरू, त्यसका पाल र त्यसका सबै चीजहरूलाई आकोरको बेँसीमा ल्याए।
JOS 7:25 अनि यहोशूले भने, “तैँले यो विपत्ति हामीमाथि किन ल्याइस्? याहवेहले आज तँमाथि विपत्ति ल्याउनुहुनेछ।” त्यसपछि सारा इस्राएलीहरूले त्यसलाई ढुङ्गाले हाने। अनि तिनीहरूले अरू बाँकी रहेकाहरूलाई पनि ढुङ्गाले हानेर तिनीहरूलाई जलाइदिए।
JOS 7:26 तिनीहरूले आकानमाथि पत्थरहरूको थुप्रो लगाए, जुन आजको दिनसम्मै छँदैछ। त्यसपछि याहवेहको भयानक क्रोध शान्त भयो। यसकारण त्यस दिनदेखि त्यस ठाउँलाई आकोरको बेँसी भनिन्छ।
JOS 8:1 तब याहवेहले यहोशूलाई भन्‍नुभयो, “नडरा, निराश नहो। आफ्नो साथमा सम्पूर्ण सेनाहरू लिएर जा अनि ऐ सहरमाथि आक्रमण गर। किनकि मैले ऐको राजा, त्यसका मानिसहरू, त्यसको सहर र त्यसको देशलाई तेरो हातमा सुम्पिदिएको छु।
JOS 8:2 तैँले ऐ र त्यसको राजासँग त्यस्तै गर्नू, जुन तैँले यरीहो र त्यसको राजासँग गरेको थिइस्। तर तैँले त्यहाँको लुटको माल र गाईबस्तु भने आफ्ना लागि ल्याउन सक्छस्। तैँले सहरको पछिल्तिर ढुकेर बस्‍नू।”
JOS 8:3 यसकारण यहोशू र सम्पूर्ण फौज ऐमाथि आक्रमण गर्न निस्के। तिनले आफ्ना उत्तम लडाकुहरूबाट तीस हजारलाई छानेर तिनीहरूलाई राति नै पठाए।
JOS 8:4 अनि तिनले यसरी आज्ञा गरे: “ध्यान दिएर सुन। तिमीहरू सहरको पछिल्तिर ढुकेर बस्‍नू। त्यहाँबाट धेरै टाढा नजानू। तिमीहरू सबै जना चनाखो भएर रहनू।
JOS 8:5 म र मसँग भएका सबै मानिसहरू सहरतिर बढ्नेछौँ। अनि पहिलेझैँ, जब तिनीहरू हाम्रो विरुद्धमा निस्केर आउँछन्। हामी तिनीहरूदेखि भाग्नेछौँ।
JOS 8:6 तिनीहरूले हामीलाई खेद्नेछन्। अनि तिनीहरूलाई सहरदेखि टाढा नपुर्‍याएसम्म हामी भागिरहने छौँ। तब तिनीहरूले सोच्नेछन्, ‘पहिलेझैँ तिनीहरू हामीदेखि भागिरहेका छन्।’ यसरी जब हामी तिनीहरूदेखि भाग्नेछौँ,
JOS 8:7 तिमीहरूले ढुकेर बसेको ठाउँबाट निस्केर सहरलाई कब्जा गर्नू। याहवेह तिमीहरूका परमेश्‍वरले त्यो तिमीहरूको हातमा दिनुहुनेछ।
JOS 8:8 जब तिमीहरूले त्यो सहरलाई कब्जा गर्नेछौ, तब याहवेहले भन्‍नुभएझैँ त्यस सहरमा आगो लगाइदिनू! यो याद राख कि, यो तिमीहरूलाई मेरो आज्ञा हो।”
JOS 8:9 तब यहोशूले तिनीहरूलाई पठाए। अनि तिनीहरू लुक्ने ठाउँमा गए। तब ऐ सहरको पश्‍चिमतिरको ऐ र बेथेल सहरको बीचमा ढुकिबसे। तर यहोशूले चाहिँ त्यो रात मानिसहरूसँग बिताए।
JOS 8:10 भोलिपल्ट बिहानै यहोशूले आफ्ना सेनाहरूलाई भेला गरे। अनि तिनी र इस्राएलका अगुवाहरू तिनीहरूका अगि-अगि ऐतिर बढे।
JOS 8:11 तिनीसँग भएको सम्पूर्ण दल अगि बढे। अनि तिनीहरू सहरको नजिक पुगे, र त्यस सहरको अगिल्तिर आइपुगे। तिनीहरूले तिनीहरू र सहरको बीचको बेँसीमा ऐ सहरको उत्तरतिर छाउनी हाले।
JOS 8:12 यहोशूले पाँच हजार जति मानिसहरू लिएर सहरको पश्‍चिमतिर बेथेल र ऐको बीचमा ढुकेर बसे।
JOS 8:13 यसरी सेनाहरू लडाइँका निम्ति तयार भए। फौजको ठूलो दललाई सहरको उत्तरपट्टिको छाउनीमा राखे। अनि ढुकेर बस्‍नेहरूका दलचाहिँ सहरको पश्‍चिमपट्टिको छाउनीमा रहे। त्यो रात यहोशूचाहिँ बेँसीमा गए।
JOS 8:14 जब ऐका राजाले यो देखे, तिनी र सहरका सबै मानिसहरू एकाबिहानै हतारिँदै इस्राएलीहरूसँग युद्ध गर्नलाई अराबाको एक निश्‍चित ठाउँमा निस्के। तर तिनीहरूको विरुद्धमा सहरको पछिल्तिरको भागमा तिनीहरूलाई ढुकेर बस्‍नेहरूको बारेमा थाहै भएन।
JOS 8:15 यहोशू र सबै इस्राएलीहरू तिनीहरूको अगि-अगि खेदिएझैँ उजाडस्थानतिर भागे।
JOS 8:16 ऐका सारा मानिसहरू तिनीहरूलाई खेद्नलाई बोलाइएका थिए। अनि तिनीहरूले यहोशूलाई खेदे, र तिनीहरू सहरदेखि टाढा पुर्‍याइए।
JOS 8:17 ऐका अथवा बेथेलमा इस्राएलको पछि नलाग्ने पुरुष एउटै पनि थिएन। तिनीहरू सबैले सहर खुल्‍ला छोडेर इस्राएलीहरूलाई खेदे।
JOS 8:18 तब याहवेहले यहोशूलाई भन्‍नुभयो, “तेरो हातमा भएको भाला ऐतिर पसार्; किनकि म त्यस सहरलाई तेरो अधीनमा सुम्पिदिनेछु।” यसकारण यहोशूले आफ्नो भाला ऐतिर पसारे।
JOS 8:19 तिनले यसो गर्नसाथ ती ढुकेर बसेका मानिसहरू आफ्नो ठाउँबाट तुरुन्तै निस्केर अगि बढे। तिनीहरू सहरभित्र पसे। तब त्यसलाई कब्जा गरे; अनि तुरुन्तै सहरमा आगो लगाइदिए।
JOS 8:20 जब ऐ सहरका मानिसहरूले पछि फर्केर हेरे, तब सहरबाट धुवाँको मुस्लो आकाशतिर गइरहेको देखे। तर तिनीहरूलाई कुनै दिशातिर भाग्ने मौका थिएन। किनकि उजाडस्थानतिर भाग्दै गरेका इस्राएलीहरू तिनीहरूलाई खेद्नेहरूको विरुद्धमा फर्किसकेका थिए।
JOS 8:21 जब यहोशू र सबै इस्राएलीहरूले ढुकेर बस्‍ने मानिसहरूले सहर कब्जा गरेको अनि सहरबाट धुवाँ मास्तिर उठिरहेको देखे, तब तिनीहरू फनक्‍क फर्केर ऐका मानिसहरूलाई आक्रमण गरे।
JOS 8:22 तिनीहरूलाई ढुकेर बस्‍ने मानिसहरू पनि तिनीहरूको विरुद्धमा सहरबाट निस्किआए; र तिनीहरू दुवैतिर इस्राएली सेनाहरू भएको बीचमा थुनिए। इस्राएलीहरूले बाँचेका र भाग्नेहरू कसैलाई पनि जीवित रहन नदिई सबैलाई काटेर मारे।
JOS 8:23 तर तिनीहरूले ऐका राजालाई जिउँदै पक्रे, र तिनलाई यहोशूकहाँ ल्याए।
JOS 8:24 उजाडस्थानमा इस्राएलीहरूलाई खेद्‌दै आएका ऐका सबै मानिसहरूलाई त्यहीँ नै तरवारले मारे। अनि सबै इस्राएलीहरू ऐमा फर्केर आए। तब त्यहाँ भएकाहरूलाई पनि मारे।
JOS 8:25 त्यस दिन ऐका सबै मानिसहरू, बाह्र हजार पुरुष र स्त्रीहरू मारिए।
JOS 8:26 किनकि ऐमा बस्‍ने सबै मनिसहरूलाई विनाश नगरेसम्म यहोशूले भाला पक्रेको हात बिसाएनन्।
JOS 8:27 तर याहवेहले यहोशूलाई निर्देशन दिनुभएझैँ इस्राएलीले त्यस सहरका गाईबस्तु र लुटको माल आफ्ना निम्ति बोकेर लगे।
JOS 8:28 यसरी यहोशूले ऐलाई जलाएर भग्नावशेषको रास बनाइदिए, जुन आजको दिनसम्म निर्जन छँदैछ।
JOS 8:29 यहोशूले ऐको राजालाई एउटा रूखमा झुण्ड्याइदिए; र तिनलाई साँझसम्मै त्यहाँ छोडिदिए। सूर्यास्तमा तिनले राजाको शरीरलाई रूखबाट उतारेर सहरको ढोकाको सँघारमा फ्याँकिदिन आदेश दिए। अनि तिनीहरूले त्यसमाथि ढुङ्गाहरूको थुप्रो लगाइदिए, जुन थुप्रो आजको दिनसम्म छँदैछ।
JOS 8:30 तब यहोशूले एबाल डाँडामा याहवेह इस्राएलका परमेश्‍वरका निम्ति एउटा वेदी बनाए,
JOS 8:31 जुनचाहिँ याहवेहका सेवक मोशाले इस्राएलीहरूलाई आज्ञा दिएअनुसार र तिनले मोशाको व्यवस्थामा लेखिएअनुसार, फलामको कुनै औजार प्रयोग नगरिएका र नकाटिएका ढुङ्गाहरूको वेदी थियो। त्यसमाथि तिनीहरूले याहवेहका निम्ति होमबलि र मेलबलिहरू चढाए।
JOS 8:32 त्यहाँ इस्राएलीहरूको उपस्थितिमा यहोशूले त्यस ढुङ्गाहरूमा मोशाले लेखेका व्यवस्थाको नक्‍कल उतारे।
JOS 8:33 सबै इस्राएलीहरू, तिनीहरूका प्रधानहरू, अधिकृतहरू, न्यायकर्ताहरू, याहवेहको करारको सन्दुक बोक्ने लेवी पुजारीहरूका दुवै तर्फ फर्केर उभिएका थिए। त्यहाँ विदेशीहरू र त्यहाँ जन्मिएका नागरिकहरू पनि थिए। इस्राएलका मानिसहरूलाई आशिष् दिनलाई याहवेहको सेवक मोशाले पहिले नै आदेश दिएझैँ, आधा मानिसहरू गीरीज्जीम डाँडाको सामु र आधाचाहिँ एबाल डाँडाको सामु खडा भए।
JOS 8:34 त्यसपछि यहोशूले व्यवस्थाका सबै वचन, आशिष् र श्राप व्यवस्थाको पुस्तकमा लेखिएअनुसार पढे।
JOS 8:35 इस्राएलका सम्पूर्ण समुदाय, साथै स्त्री र बालबालिकाहरू र तिनीहरूसँग बस्‍ने विदेशीहरूको सामु मोशाले आज्ञा गरेका वचनहरूमा यहोशूले नपढेको शब्द एउटै पनि थिएन।
JOS 9:1 अब यर्दनको पश्‍चिमतिरका सबै राजाहरूले यी कुराहरूको बारेमा सुने। ती राजाहरू यिनै थिए: हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी अनि यबूसी, जो पहाडी मुलुकका पश्‍चिमका डाँडाहरू, फेदी र लेबनानसम्म फैलिएका महासागरका किनारामा बस्दथे।
JOS 9:2 तिनीहरू यहोशू र इस्राएलको विरुद्धमा युद्ध गर्न भनी एकजुट भएर आए।
JOS 9:3 जब गिबोनका मानिसहरूले यहोशूले यरीहो र ऐलाई जे गरेका थिए त्यसको बारेमा सुने,
JOS 9:4 तब तिनीहरूले छल गर्ने विचार गरे। तिनीहरू राजदूतको रूपमा गए, जसका गधाहरूमाथि फाटेका बोराहरू, पुराना फाटेका र टालेका मशकहरूले लादिएका थिए।
JOS 9:5 ती मानिसहरूले खुट्टामा पुराना टालेका जुत्ताहरू र फाटेका लुगाहरू लगाएका थिए। तिनीहरूका सबै भोजनहरू सुकेका र ढुसी परेका थिए।
JOS 9:6 तब तिनीहरू गिलगालमा यहोशूको छाउनीमा गएर तिनलाई र इस्राएलीहरूलाई भने, “हामी टाढाको देशबाट आएका हौँ; यसकारण हामीसँग सन्धि गर्नुहोस्।”
JOS 9:7 इस्राएलका मानिसहरूले हिव्वीहरूलाई भने, “सायद, तिमीहरू हाम्रै नजिकमा बस्‍ने मानिसहरू हौ। अनि हामीले कसरी तिमीहरूसँग सन्धि गर्न सक्छौँ?”
JOS 9:8 तिनीहरूले यहोशूलाई भने, “हामी तपाईंका सेवकहरू हौँ।” तर यहोशूले सोधे, “तिमीहरू को हौ? र कहाँबाट आएका हौ?”
JOS 9:9 तिनीहरूले जवाफ दिए: “हामी तपाईंका सेवकहरू धेरै टाढाको देशबाट याहवेह तपाईंका परमेश्‍वरको ख्याति सुनेको हुनाले आएका हौँ। किनकि उहाँले इजिप्टमा गर्नुभएका सबै कुराहरूको वृतान्त हामीले सुनेका छौँ।
JOS 9:10 अनि उहाँले यर्दनको पूर्वका दुई एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन र अस्तारोतमा राज्य गर्ने बाशानका राजा ओगलाई के गर्नुभयो, त्यो सुनेका छौँ।
JOS 9:11 अनि हाम्रा प्रधानहरू र हाम्रा देशमा बस्‍ने सबै मानिसहरूले हामीलाई भने, ‘यात्राका निम्ति चाहिने सबै खानेकुराहरू बोकेर जाओ, र तिनीहरूलाई भेटेर भन; “हामी तपाईंहरूका सेवकहरू हौँ, यसैले हामीसँग सन्धि गर्नुहोस्।” ’
JOS 9:12 हामी तपाईंहरूलाई भेट्न निस्केको दिन हामीले पोको पारेका यी हाम्रा रोटीहरू तातो-तातै थिए। तर अब हेर्नुहोस्, यो कति सुक्खा र ढुसी परिसकेको छ।
JOS 9:13 अनि हामीले यी मशकहरू दाखमद्यले भर्दा नयाँ नै थिए। तर अब हेर्नुहोस्, यी प्वाल परिसकेका छन्। अनि हाम्रा लुगाहरू र जुत्ताहरू लामो यात्राको कारणले थोत्रा भइसकेका छन्।”
JOS 9:14 तब इस्राएलीहरूले तिनीहरूका खाने कुराहरूको जाँच गरे, तर याहवेहबाट केही सल्‍लाह लिएनन्।
JOS 9:15 तब यहोशूले तिनीहरूलाई जीवितै राख्ने शान्ति-सन्धि गरे। अनि सभामा अगुवाहरूले त्यसलाई शपथद्वारा सहमत गरे।
JOS 9:16 गिबोनीहरूसँग शान्ति-सन्धि गरेको तीन दिनपछि इस्राएलीहरूले यो कुरा थाहा पाए, कि तिनीहरू त उनीहरूकै नजिकमा बस्‍ने छिमेकीहरू पो रहेछन्।
JOS 9:17 यसकारण इस्राएलीहरू प्रस्थान गरे। अनि तेस्रो दिन तिनीहरूका सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीममा आइपुगे।
JOS 9:18 तर इस्राएलीहरूले तिनीहरूमाथि आक्रमण गरेनन्; किनकि समुदायका अगुवाहरूले तिनीहरूसँग याहवेह इस्राएलका परमेश्‍वरको नाममा शपथ खाएका थिए। सारा समुदाय ती अगुवाहरूसँग गनगन गरे।
JOS 9:19 तर सबै अगुवाहरूले जवाफ दिए, “हामीले तिनीहरूलाई याहवेह इस्राएलका परमेश्‍वरको नाममा शपथ खाएका छौँ। अब हामीले तिनीहरूलाई छुन सक्दैनौँ।
JOS 9:20 हामी तिनीहरूसँग यसो गरौँ: हामीले तिनीहरूलाई जीवितै राखौँ, ताकि हामीले तिनीहरूसँग खाएको शपथ भङ्ग गरेको कारण हामीमाथि परमेश्‍वरको क्रोध नपरोस्।”
JOS 9:21 तिनीहरूले अझ भने, “तिनीहरू जीवितै रहून्, तर तिनीहरू सारा समुदायका निम्ति दाउरा काट्नेहरू र पानी भर्नेहरू होऊन्।” यसरी ती अगुवाहरूले तिनीहरूसँग गरिएको प्रतिज्ञा कायम राखे।
JOS 9:22 तब यहोशूले गिबोनीहरूलाई बोलाएर भने, “तिमीहरूले हामीलाई ‘हामी तपाईंहरूभन्दा टाढा बस्छौँ,’ भनेर किन छल गर्‍यौ? वास्तवमा तिमीहरू त हाम्रै नजिक बसोबास गर्नेहरू रहेछौ।
JOS 9:23 यसकारण अब तिमीहरू श्रापित भएका छौ। तिमीहरू मेरा परमेश्‍वरका भवनको दाउरा काट्ने र पानी भर्ने कामबाट कहिल्यै मुक्त हुनेछैनौ।”
JOS 9:24 तिनीहरूले यहोशूलाई भने, “याहवेह तपाईंका परमेश्‍वरले आफ्नो सेवक मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिन र यस देशका सारा बासिन्दाहरूलाई नष्‍ट गर्न आज्ञा दिनुभएको थियो। त्यसैले हामी आफ्नो ज्यानको निम्ति डरायौँ। यसकारण हामीले यसो गरेका हौँ।
JOS 9:25 अब हामी तपाईंहरूको हातमा छौँ। तपाईंहरूलाई जस्तो उचित र ठिक लाग्छ, हामीसित त्यही गर्नुहोस्।”
JOS 9:26 यसकारण यहोशूले इस्राएलीहरूबाट तिनीहरूलाई जोगाए; र तिनीहरूलाई मारेनन्।
JOS 9:27 त्यस दिन यहोशूले गिबोनीहरूलाई सम्पूर्ण समुदायका निम्ति र याहवेहले चुन्‍नुहुने उहाँको वेदीका निम्ति दाउरा काट्ने र पानी भर्नेहरू बनाए। अनि आजको दिनसम्म पनि तिनीहरूले त्यही काम गर्छन्।
JOS 10:1 अब यरूशलेमका राजा अदोनी-सेदेकले यहोशूले ऐ सहर कब्जा गरेको, त्यसका राजालाई पनि यरीहो सहर र त्यहाँका राजालाई जस्तै पूर्ण रूपले नष्‍ट गरेको कुरा तिनले सुने। अनि गिबोनका मानिसहरूले इस्राएलसँग शान्ति-सन्धि गरेर तिनीहरूकै नजिक बस्‍न थालेका छन् भन्‍ने कुरा पनि तिनले सुने।
JOS 10:2 यो कुराले तिनी र तिनका मानिसहरू भयभीत भए; किनकि गिबोन राजकीय सहरहरूजस्तै एउटा ठूलो सहर थियो। गिबोन ऐ सहरभन्दा ठूलो थियो। अनि त्यसका सबै मानिसहरू असल लडाकुहरू थिए।
JOS 10:3 यसकारण यरूशलेमका राजा अदोनी-सेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा याफिया र एग्लोनका राजा दबीरकहाँ खबर पठाए।
JOS 10:4 तिनले भने, “आउनुहोस्, र मलाई गिबोनमा आक्रमण गर्न सघाउनुहोस्! किनकि त्यसले यहोशू र इस्राएलीहरूसँग मिलाप गरेको छ।”
JOS 10:5 तब पाँच जना एमोरी राजाहरू, अर्थात् यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरूले एकसाथ मोर्चा बाँधे। तिनीहरूले आफ्ना सबै फौजहरू लिएर गिबोनको विरुद्धमा लडाइँका निम्ति तयार भए; अनि त्यसमाथि आक्रमण गरे।
JOS 10:6 तब गिबोनीहरूले गिलगालको छाउनीमा यहोशूकहाँ यसो भनी खबर पठाए: “तपाईंका सेवकहरूलाई नत्याग्नुहोस्। हामीकहाँ चाँडो आएर हामीलाई बचाउनुहोस्! हामीलाई सहायता गर्नुहोस्; किनकि पहाडी मुलुकबाट सबै एमोरी राजाहरूले हाम्रो विरुद्धमा मोर्चा बाँधेका छन्।”
JOS 10:7 यसकारण यहोशूले आफ्ना सबैभन्दा असल लडाकुहरू लगायत सम्पूर्ण फौज लिएर युद्ध गर्न गिलगालबाट हिँडे।
JOS 10:8 अनि याहवेहले यहोशूलाई भन्‍नुभयो, “तिनीहरूसँग नडरा। मैले तिनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु। तिनीहरूमध्ये कोही पनि तेरो सामु टिक्न सक्नेछैन।”
JOS 10:9 गिलगालबाट रातभरिको हिँडाइपछि यहोशू अचानक तिनीहरूमाथि जाइलागे।
JOS 10:10 याहवेहले तिनीहरूलाई इस्राएलको सामु भयभीत पारिदिनुभयो। यसरी इस्राएलीहरूले तिनीहरूलाई गिबोनमा पूर्ण रूपले परास्त गरे। इस्राएलीहरूले तिनीहरूलाई बेथ-होरोन जाने बाटोभरि खेदे। अनि तिनीहरूलाई अजेका र मक्‍केदासम्म लखेटेर मार्दै गए।
JOS 10:11 तिनीहरू इस्राएलीहरूको सामुबाट बेथ-होरोनदेखि अजेकासम्म बाटोमा भाग्दैगर्दा याहवेहले तिनीहरूमाथि आकाशबाट ठूला-ठूला असिनाहरू ओइर्‍याइदिनुभयो। अनि इस्राएलीहरूका तरवारले मारेकाभन्दा असिनाले धेरै जना मरे।
JOS 10:12 याहवेहले एमोरीहरूलाई इस्राएलको हातमा दिनुभएको त्यस दिन यहोशूले इस्राएलको उपस्थितिमा याहवेहलाई भने: “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्रमा, तँ अय्यालोनको बेँसीमाथि अडेर बस्।”
JOS 10:13 यसकारण इस्राएलले आफ्ना शत्रुहरूमाथि बदला नलिएसम्म सूर्य अडिरह्‍यो। अनि चन्द्रमा थामियो। यो कुरा याशारको पुस्तकमा लेखिएको छ। आकाशको बीचमा सूर्य अडिरह्‍यो। अनि सूर्य अस्ताउनलाई लगभग एक दिन नै ढिलो गर्‍यो।
JOS 10:14 याहवेहले यसरी मानिसको प्रार्थना सुन्‍नुभएको घटना न त पहिले, न त पछि कहिल्यै कुनै दिन नै भयो। निश्‍चय नै याहवेह इस्राएलको पक्षमा लडिरहनुभएको थियो!
JOS 10:15 त्यसपछि यहोशू सारा इस्राएलीसँग गिलगालको छाउनीमा फर्के।
JOS 10:16 अब ती पाँच जना एमोरी राजाहरू भागे, र मक्‍केदामा भएको गुफामा लुकेर बसे।
JOS 10:17 जब ती पाँच जना राजाहरू मक्‍केदामा भएको गुफामा लुकिरहेका कुरा यहोशूलाई बताइयो,
JOS 10:18 तब यहोशूले भने, “त्यस गुफाको मुखमा ठूला पत्थरहरू गुड्याइदेओ। अनि त्यसलाई कुर्नलाई केही मानिसहरूलाई खटाओ।
JOS 10:19 तर तिमीहरू भने त्यहाँ नरोकिनू। तिमीहरूले शत्रुहरूलाई खेदेर पछिल्तिरबाट आक्रमण गर्नू र तिनीहरूलाई तिनीहरूका सहरमा पुग्न नदिनू। किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुभएको छ।”
JOS 10:20 यसरी यहोशू र इस्राएलीहरूले तिनीहरूलाई सम्पूर्ण रूपले नष्‍ट गरे। तर बाँचेका केही मानिसहरू भने तिनीहरूका सुरक्षित सहरहरूमा पुग्न सफल भए।
JOS 10:21 त्यसपछि सारा सेना मक्‍केदामा भएको छाउनीमा सुरक्षितसाथ यहोशूकहाँ फर्के। अनि इस्राएलीहरूको विरुद्धमा कसैले पनि एउटा शब्द पनि बोलेनन्।
JOS 10:22 यहोशूले भने, “गुफाको मुखबाट ढुङ्गा हटाओ, र ती पाँच राजाहरूलाई बाहिर निकालेर मकहाँ ल्याओ।”
JOS 10:23 यसकारण तिनीहरूले ती पाँच राजाहरू, जो यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरू थिए, तिनीहरूलाई गुफाबाट बाहिर निकालेर ल्याए।
JOS 10:24 जब तिनीहरूले ती पाँच राजाहरूलाई यहोशूकहाँ ल्याए, तब तिनले इस्राएलका सबै मानिसहरूलाई बोलाए। अनि तिनीसँग आएका सेनाका सेनापतिहरूलाई भने, “यहाँ आओ, र तिमीहरूका आ-आफ्ना खुट्टा यी राजाहरूका गर्दनमाथि राख।” यसकारण तिनीहरू नजिक आएर आ-आफ्ना खुट्टाहरू तिनीहरूका गर्दनमाथि राखे।
JOS 10:25 यहोशूले तिनीहरूलाई भने, “नडराओ, र निरुत्साहित नहोओ। बलियो र साहसी होओ। तिमीहरूले लडाइँ गर्न जाने सबै शत्रुहरूलाई याहवेहले यसै गर्नुहुनेछ।”
JOS 10:26 तब यहोशूले ती सबै राजाहरूलाई मारे। अनि तिनीहरूलाई पाँच वटा खम्बाहरूमा झुण्ड्याइदिए। तिनीहरूलाई साँझसम्मै खम्बाहरूमा झुण्डाएर राखियो।
JOS 10:27 सूर्यास्तको समयमा यहोशूले आदेश दिए, र तिनीहरूले उनीहरूलाई खम्बाबाट झारे। अनि तिनीहरू लुकेर बसेका गुफामा फ्याँकिदिए। तिनीहरूले गुफाको मुखमा ठूला चट्टानहरू राखिदिए, जुन आजको दिनसम्म छँदैछ।
JOS 10:28 त्यस दिन यहोशूले मक्‍केदा कब्जा गरे। तिनले सहर र त्यस देशका राजालाई तरवारद्वारा परास्त गरे। अनि त्यहाँ भएका हरेक मानिसहरूलाई पूर्ण रूपले नष्‍ट गरे। तिनले एक जनालाई पनि जीवित छोडेनन्। अनि तिनले यरीहोको राजालाई गरेजस्तै, मक्‍केदाको राजालाई पनि त्यस्तै गरे।
JOS 10:29 तब यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू मक्‍केदाबाट अगि बढेर लिब्नामा गए, र त्यसलाई आक्रमण गरे।
JOS 10:30 याहवेहले त्यो सहर र त्यस देशका राजालाई पनि इस्राएलको हातमा सुम्पिदिनुभयो। यहोशूले त्यो सहर र त्यसमा भएका सबैलाई तरवारले नाश गरे। तिनले त्यहाँ कसैलाई पनि जीवित छोडेनन्। तिनले त्यहाँका राजालाई पनि यरीहोको राजालाई जस्तै गरे।
JOS 10:31 त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू लिब्नाबाट लाकीशतर्फ अगि बढे। तिनले त्यसको विरुद्धमा लड्न तयार भए, र त्यसलाई आक्रमण गरे।
JOS 10:32 याहवेहले लाकीशलाई इस्राएलको हातमा सुम्पिदिनुभयो। अनि यहोशूले यस सहरलाई दोस्रो दिनमा कब्जा गरे। तिनले लिब्नालाई गरेजस्तै, त्यो सहर र त्यसमा भएका हरेकलाई तरवारले नष्‍ट गरे।
JOS 10:33 त्यस बेला गेजेरका राजा होराम लाकीशलाई सहायता गर्न आएका थिए। तर यहोशूले तिनलाई र तिनका सेनाहरू एउटैलाई पनि जीवित नराखी परास्त गरे।
JOS 10:34 त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू लाकीशबाट एग्लोन तर्फ अगि बढे। तिनीहरू एग्लोनको विरुद्धमा लड्न तयार भए, र त्यसमाथि आक्रमण गरे।
JOS 10:35 तिनीहरूले त्यसलाई त्यही दिन कब्जा गरे। अनि तिनीहरूले लाकीशलाई गरेजस्तै, त्यस सहरमा भएका हरेकलाई तरवारले नष्‍ट गरे।
JOS 10:36 त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएली एग्लोनबाट हेब्रोनतर्फ अगि बढे, र त्यसलाई आक्रमण गरे।
JOS 10:37 तिनीहरूले त्यस सहरलाई कब्जामा लिए। अनि त्यसका राजालाई समेत त्यसका गाउँहरू, र त्यसमा भएका हरेकलाई तरवारले नष्‍ट गरे। तिनीहरूले एउटैलाई पनि जीवित छोडेनन्। एग्लोनलाई गरेजस्तै, तिनीहरूले त्यसलाई र त्यसमा भएका हरेकलाई नष्‍ट गरे।
JOS 10:38 त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू दबीरतर्फ फर्के, र त्यसलाई आक्रमण गरे।
JOS 10:39 तिनीहरूले त्यस सहरलाई त्यसका राजालाई र त्यसका गाउँहरूलाई कब्जामा लिए। अनि तिनीहरूलाई पूर्ण रूपमा तरवारले नष्‍ट गरे। तिनीहरूले एउटैलाई पनि जीवित छोडेनन्। तिनीहरूले हेब्रोन र लिब्ना तथा त्यहाँका राजाहरूलाई गरेजस्तै, दबीर र त्यसका राजालाई पनि त्यस्तै गरे।
JOS 10:40 यसरी यहोशूले पहाडी मुलुक, दक्षिणी भाग, पश्‍चिमी फेदी, पर्वतीय पाखाहरू र त्यहाँका सबै राजाहरू लगायत सम्पूर्ण इलाकालाई अधीनमा पारे। तिनले एउटैलाई पनि जीवित छोडेनन्। याहवेह इस्राएलका परमेश्‍वरले आज्ञा गर्नुभएझैँ, तिनले सास हुने सबैलाई पूर्ण रूपमा नाश गरे।
JOS 10:41 यहोशूले तिनीहरूलाई कादेश-बर्नेदेखि गाजासम्म र गोशेनको सम्पूर्ण इलाकादेखि गिबोनसम्मै अधीनमा पारे।
JOS 10:42 यी सबै राजाहरू र तिनीहरूका देशहरूलाई यहोशूले एकै पटकमा जिते। किनकि याहवेह इस्राएलका परमेश्‍वरले नै इस्राएलको निम्ति युद्ध गर्नुभयो।
JOS 10:43 त्यसपछि यहोशू र सारा इस्राएलीहरू गिलगालमा भएको छाउनीमा फर्के।
JOS 11:1 जब हासोरका राजा याबीनले यो सुने, तब तिनले मादोनका राजा योबाब, शिम्रोन र अक्षापका राजाहरूलाई,
JOS 11:2 साथै उत्तरी पहाडहरूमा भएका किन्‍नरेतको दक्षिण अराबामा, पश्‍चिमी फेदीमा र पश्‍चिममा नापोत-डोरमा भएका राजाहरूलाई;
JOS 11:3 पूर्व र पश्‍चिममा कनानीहरू, एमोरीहरू, हित्तीहरू, परिज्जीहरू र पहाडी मुलुकका यबूसीहरू, र मिस्पा इलाकामा हेर्मोनको मुन्तिरका हिव्वीहरूलाई खबर पठाए।
JOS 11:4 तिनीहरू आ-आफ्ना सबै फौजहरूसँग समुद्रको किनारका बालुवासरह गन्‍नै नसकिने गरी घोडाहरू र रथहरूको ठूलो संख्या भएको विशाल सेना लिएर निस्किआए।
JOS 11:5 यी सबै राजाहरूले सेनाहरू लिएर मेरोमको ताल नजिक इस्राएलको विरुद्धमा लडाइँ गर्न एकसाथ छाउनी हाले।
JOS 11:6 याहवेहले यहोशूलाई भन्‍नुभयो, “तिनीहरूसँग नडरा; किनकि भोलि यस बेलासम्ममा म तिनीहरू सबैलाई मारेर इस्राएलको हातमा सुम्पिदिनेछु। तैँले तिनीहरूका घोडाहरूका ढोडनसा काटिदिनू र तिनीहरूका रथहरू जलाइदिनू।”
JOS 11:7 यसकारण यहोशू र तिनका सम्पूर्ण फौजले मेरोमको तालमा अचानक आएर तिनीहरूमाथि आक्रमण गरे।
JOS 11:8 अनि याहवेहले तिनीहरूलाई इस्राएलको हातमा सुम्पिदिनुभयो। तिनीहरूले उनीहरूलाई परास्त गरेर विशाल सीदोनदेखि मिस्रापोत-मैमसम्म, र एउटै पनि जीवित नरहेसम्म पूर्वको मिस्पाको बेँसीसम्म खेदे।
JOS 11:9 याहवेहले निर्देशन दिनुभएअनुसार यहोशूले त्यसै गरे। तिनले तिनीहरूका घोडाहरूका ढोडनसा काटिदिए, र तिनीहरूका रथहरू जलाइदिए।
JOS 11:10 त्यस समयमा यहोशू फर्के, र हासोरलाई कब्जा गरे। अनि त्यसका राजालाई तरवारले मारे। (हासोरचाहिँ यी सबै राज्यहरूको केन्द्र थियो।)
JOS 11:11 तिनीहरूले त्यहाँ भएका हरेकलाई तरवारले मारे। तिनीहरूले सास हुनेजति एउटैलाई नछोडी सबैलाई नष्‍ट गरे। अनि तिनले हासोरलाई पनि जलाइदिए।
JOS 11:12 यहोशूले सम्पूर्ण राजकीय सहरहरू र तिनीहरूका राजाहरूलाई कब्जा गरे। अनि तिनीहरूलाई तरवारले मारे। याहवेहका सेवक मोशाले आज्ञा गरेअनुसार यहोशूले तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गरे।
JOS 11:13 तैपनि इस्राएलीहरूले डाँडामा बनाएका कुनै पनि सहर जलाएनन्। यहोशूले हासोरलाई मात्र जलाए।
JOS 11:14 इस्राएलीहरूले यस सहरहरूका सबै लुटका धनमाल र गाईबस्तु आफ्ना लागि लगे। तर सास फेर्ने एउटैलाई पनि जीवित नराखी सबै मानिसहरूलाई पूर्ण रूपमा तरवारले मारेर नष्‍ट पारे।
JOS 11:15 याहवेहले आफ्ना सेवक मोशालाई आज्ञा गर्नुभएजस्तै मोशाले यहोशूलाई आज्ञा दिएका थिए। अनि यहोशूले त्यही गरे; याहवेहले मोशालाई दिनुभएको आज्ञाहरू एउटै पनि अधुरो नछोडी तिनले सबै पूरा गरे।
JOS 11:16 यसरी यहोशूले सम्पूर्ण देश जिते: पहाडी मुलुक, सम्पूर्ण दक्षिणी भाग, गोशेनको सारा इलाका, पश्‍चिमी डाँडाहरू, अराबा र इस्राएलका पर्वतहरू अनि त्यसका फेदीहरूसमेत,
JOS 11:17 सेइरदेखि माथिको हालाक पर्वतदेखि हेर्मोन पर्वत मुन्तिरको लेबनानमा भएको बेँसीको बाल-गादसम्म तिनले तिनीहरूका सबै राजाहरूलाई पक्रे, र तिनीहरूलाई मारे।
JOS 11:18 यहोशूले यी सबै राजाहरू विरुद्ध लामो समयसम्म युद्ध गरे।
JOS 11:19 गिबोनमा बस्‍ने हिव्वीहरूबाहेक एउटै पनि सहरले इस्राएलसँग शान्तिको सम्झौता गरेनन्। तर इस्राएलीहरूले तिनीहरू सबैलाई लडाइँमा जिते।
JOS 11:20 किनकि याहवेह आफैँले इस्राएलसँग युद्ध गर्न तिनीहरूको हृदय कठोर तुल्याइदिनुभयो, ताकि याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ इस्राएलले तिनीहरूलाई निर्दयतासाथ पूर्ण रूपले नाश गरोस्।
JOS 11:21 त्यस बेला यहोशूले गएर अनाकीहरूलाई पहाडी मुलुकको हेब्रोन, दबीर र अनाब, यहूदाको पहाडी मुलुक अनि इस्राएलका सम्पूर्ण पहाडी मुलुकबाट नष्‍ट गरे। यहोशूले तिनीहरू र तिनीहरूका सहरहरूलाई पूर्ण रूपले नष्‍ट गरे।
JOS 11:22 इस्राएली प्रान्तमा एउटै पनि अनाकी रहेनन्। तर गाजा, गात र अश्दोदमा कोही-कोही मात्र बाँचेका थिए।
JOS 11:23 यसरी याहवेहले मोशालाई निर्देशन दिनुभएझैँ यहोशूले सम्पूर्ण देश कब्जामा लिए। अनि त्यस देशलाई इस्राएलीहरूका कुलको दलअनुसार पैतृक सम्पत्तिको रूपमा तिनीहरूलाई दिए। त्यसपछि देशले युद्धबाट विश्राम पायो।
JOS 12:1 यी तिनै राजाहरू हुन्, जो यर्दनको अराबाको पूर्वमा थिए, जसलाई इस्राएलीहरूले जिते, र तिनीहरूको देश कब्जा गरे। तिनीहरूको भूभागको सिमाना अर्नोन घाटीदेखि हेर्मोन पर्वतसम्म, र सम्पूर्ण भूमि समावेश थियो:
JOS 12:2 एमोरीहरूका राजा सीहोन, जसले हेश्बोनमा राज्य गर्थे। तिनले अर्नोन घाटीमा अवस्थित अरोएरदेखि—बीचमा भएको सहरदेखि अम्मोनीहरूको सिमानामा भएको यब्बोक नदीसम्म शासन गर्थे। त्यसमा गिलादको आधा भाग पनि पर्थ्यो।
JOS 12:3 तिनले गालील समुद्रदेखि अराबा समुद्र (खारा समुद्र) सम्म र पूर्वीय अराबामा बेथ-यशीमोत र त्यसपछि पिसगाको भिरालोमुनि दक्षिणको भागसम्म शासन गर्थे।
JOS 12:4 अनि बाशानका राजा ओगको इलाका, जो रपाईहरूका आखिरी पुस्ता मध्येका एक जना थिए; जसले अस्तारोत र एद्रईमा राज्य गर्थे।
JOS 12:5 तिनले हेर्मोन पर्वत, सलेका र सारा बाशानमा गेशूरीहरू र माकातीहरूको सिमानासम्म, अनि हेश्बोनका राजा सीहोनको सिमानासम्म र गिलादको आधा भागसम्म शासन गर्थे।
JOS 12:6 याहवेहका सेवक मोशा र इस्राएलीहरूले तिनीहरूलाई जिते। अनि याहवेहका सेवक मोशाले ती राजाहरूका देश; रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई तिनीहरूको पैतृक सम्पत्तिको रूपमा दिए।
JOS 12:7 यहोशू र इस्राएलीहरूले यर्दनको पश्‍चिमपट्टि लेबनानको बेँसीमा भएको बाल-गाददेखि सेइरको उकालोतिर जाने हालाक पर्वतसम्म जितेका राजाहरू यिनै हुन्। तिनीहरूका देशहरू यहोशूले इस्राएलका कुलहरूलाई उत्तराधिकारको रूपमा तिनीहरूलाई दिए।
JOS 12:8 ती भूमिहरू, पहाडी मुलुक, पश्‍चिमी फेदीहरू, अराबा, पर्वतीय भिरहरू, उजाडस्थान र दक्षिणी भागहरू हुन्। ती देशहरू हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूका थिए:
JOS 12:9 यरीहोको राजा, एक, ऐको राजा, (बेथेलको छेउको) एक,
JOS 12:10 यरूशलेमको राजा, एक, हेब्रोनको राजा, एक,
JOS 12:11 यर्मूतको राजा, एक, लाकीशको राजा, एक,
JOS 12:12 एग्लोनको राजा, एक, गेजेरको राजा, एक,
JOS 12:13 दबीरको राजा, एक, गेदेरको राजा, एक,
JOS 12:14 होर्माको राजा, एक, आरादको राजा, एक,
JOS 12:15 लिब्नाको राजा, एक, अदुल्‍लामको राजा, एक,
JOS 12:16 मक्‍केदाको राजा, एक, बेथेलको राजा, एक,
JOS 12:17 तप्पूहको राजा, एक, हेपेरको राजा, एक,
JOS 12:18 अपेकको राजा, एक, लश्शारोनको राजा, एक,
JOS 12:19 मादोनको राजा, एक, हासोरको राजा, एक,
JOS 12:20 शिम्रोन-मेरोनको राजा, एक, अक्षापको राजा, एक,
JOS 12:21 तानाकको राजा, एक, मगिद्दोको राजा, एक,
JOS 12:22 केदेशको राजा, एक, कर्मेलमा योक्नामको राजा, एक,
JOS 12:23 नापोथमा डोरको राजा, एक, गिलगालमा गयीमको राजा, एक,
JOS 12:24 तिर्साको राजा एक।
JOS 13:1 जब यहोशू धेरै वृद्ध भए, तब याहवेहले तिनलाई भन्‍नुभयो, “तँ धेरै वृद्ध भएको छस्। तर अधिकार गर्नुपर्ने देशहरू अझ धेरै छन्।
JOS 13:2 “बाँकी रहेका देशहरू यिनै हुन्: “पलिश्तीहरू र गेशूरीहरूका समस्त इलाका:
JOS 13:3 इजिप्टको पूर्वमा पर्ने शीहोर नदीदेखि उत्तरमा पर्ने एक्रोनका इलाकासम्म। यी इलाकाहरू कनानीहरूको भागमा गनिन्छ। यद्यपि त्यहाँ पाँच पलिश्ती शासकहरूले गाजा, अश्दोद, अश्कलोन, गित्ती र एक्रोनमा शासन गर्छन्। अनि अव्वीहरूको इलाका
JOS 13:4 दक्षिणमा; कनानीहरूका सबै देशहरू, सीदोनीहरूको आरादेखि एमोरीहरूको इलाका अपेकसम्म;
JOS 13:5 गबालीहरूको इलाका; समस्त पूर्वको लेबनान, हेर्मोन पर्वतको मुन्तिरको बाल-गाददेखि लेबो-हमातसम्म।
JOS 13:6 “लेबनानदेखि मिस्रापोत-मैमसम्मका पहाडी क्षेत्रका सबै बासिन्दाहरू अर्थात् सीदोनीहरू, तिनीहरूलाई म आफैँले इस्राएलीहरूको सामुबाट निकालिदिनेछु। मैले तँलाई निर्देशन दिएअनुसार निश्‍चित रूपमा यो देश इस्राएलीहरूका निम्ति उत्तराधिकारस्वरूप छुट्याउनू।
JOS 13:7 अनि यसलाई नौ वटा कुलहरू र मनश्शेका आधा कुलको बीचमा उत्तराधिकारको रूपमा बाँडिदिनू।”
JOS 13:8 याहवेहका सेवक मोशाले तिनीहरूलाई अगिबाटै तोकिदिएअनुसार मनश्शेको आधा कुल, रूबेनीहरू र गादीहरूले यर्दनको पूर्वपट्टिका प्रान्तहरू उत्तराधिकारको रूपमा पाएका थिए।
JOS 13:9 यो अर्नोनको घाटीको किनारमा भएको अरोएरदेखि घाटीको बीचमा भएको सहरसम्म फैलिएको थियो। अनि यसमा दीबोनसम्मै मेदेबाको पठार पनि सामेल थियो।
JOS 13:10 अनि अम्मोनीहरूको सिमानासम्म एमोरीहरूका राजा सीहोनका सबै सहरहरू, जसले हेश्बोनमा राज्य गर्नेगर्थे।
JOS 13:11 यसमा गेशूरी र माकातीहरूको इलाका गिलाद, सम्पूर्ण हेर्मोन पर्वत र सलेकासम्मै समस्त बाशान पनि पर्दथ्यो।
JOS 13:12 अर्थात् अस्तारोत र एद्रईमाथि शासन गर्ने रपाईहरूका आखिरी पुस्ताहरूमध्येका एक जना बाशानका राजा ओगको समस्त राज्य पर्दथ्यो। मोशाले तिनीहरूलाई जितेर तिनीहरूका देश लिएका थिए।
JOS 13:13 तर इस्राएलीहरूले गेशूरी र माकातीहरूलाई धपाएनन्। यसकारण तिनीहरू आजको दिनसम्म इस्राएलीहरूका बीचमा बसोबास गर्दैआएका छन्।
JOS 13:14 तर मोशाले लेवीको कुललाई चाहिँ कुनै उत्तराधिकारको भाग दिएनन्। किनकि याहवेह इस्राएलका परमेश्‍वरले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ, उहाँलाई चढाएका अन्‍नबलिहरू तिनीहरूको उत्तराधिकारको भाग थियो।
JOS 13:15 मोशाले रूबेनको कुललाई वंशअनुसार दिएका भूमि यिनै हुन्:
JOS 13:16 अर्नोनको घाटीको किनारमा भएको अरोएरको इलाका र घाटीको बीचमा भएको सहर र मेदेबा पारिको समस्त पठारदेखि
JOS 13:17 हेश्बोन र पठारमा भएका सबै सहरहरू, जसमा दीबोन, बामोत-बाल, बेथ-बालमोन सामेल थिए।
JOS 13:18 यहसा, कदेमोत, मेपात,
JOS 13:19 किर्यातैम, सिब्मा, पहाडी बेँसीको सेरेथ-शेहार,
JOS 13:20 बेथ-पोर, पिसगाको भिरालो पाखो र बेथ-यशीमोत,
JOS 13:21 पठारका सबै सहरहरू र हेश्बोनमा शासन गर्ने एमोरीहरूको राजा सीहोनका सबै राज्यहरू। मोशाले तिनलाई र मिद्यानका मुखियाहरू एवी, रेकेम, सूर, हूर र रेवा त्यस देशमा बस्‍ने राजकुमारहरू जो सीहोनसँग मिलेका थिए, तिनीहरूलाई जितेका थिए।
JOS 13:22 लडाइँमा मारिएकाहरूबाहेक, इस्राएलीहरूले बालामको छोरा बओरलाई तरवारले मारे, जसले जोखना हेर्ने गर्थे।
JOS 13:23 रूबेनीहरूको सिमाना यर्दन नदीको किनार थियो। यी सहरहरू र गाउँहरूचाहिँ रूबेनीहरूका वंशअनुसार उत्तराधिकारको भाग थियो।
JOS 13:24 मोशाले गादको कुललाई वंशअनुसार दिएका भूमि यिनै हुन्:
JOS 13:25 याजेरको इलाका, गिलादका सबै सहरहरू रब्बाको नजिक अरोएरसम्मको अम्मोनीको आधा देश;
JOS 13:26 अनि हेश्बोनदेखि रामत-मिस्पा र बेतोनीमसम्म, र महनाइमदेखि दबीरको इलाकासम्म;
JOS 13:27 अनि बेँसीमा, बेथ-हाराम, बेथ-निम्रा, सुक्‍कोत र सापोनसँगै हेश्बोनको राजा सीहोनका बाँकिरहेको राज्यसम्म (यर्दनको पूर्वपट्टिको गालीलको समुद्रको अन्त्यसम्म)।
JOS 13:28 वंशअनुसार यी सहरहरू र तिनीहरूका गाउँहरू गादीहरूको पैतृक सम्पत्ति थियो।
JOS 13:29 मनश्शेको वंशअनुसार यसको आधा कुललाई, अर्थात् मनश्शेका सन्तानहरूका आधा परिवारलाई मोशाले दिएका भूमि यिनै थिए:
JOS 13:30 महनाइमदेखि बाशानको समस्त इलाकासम्म फैलिएको, बाशानका राजा ओगका समस्त राज्य, बाशानमा भएका याईरका सबै गाउँहरू, साठी वटा सहरहरू,
JOS 13:31 गिलादको आधा भाग र अस्तारोत र एद्रई (बाशानमा ओगका राजकीय सहरहरू)।
JOS 13:32 यरीहोको पूर्वमा भएको यर्दनपारि मोआबको मैदानमा हुँदा मोशाले दिएको उत्तराधिकारको भाग यही थियो।
JOS 13:33 तर लेवीको कुललाई चाहिँ मोशाले कुनै उत्तराधिकारको भाग दिएका थिएनन्। तिनले उनीहरूलाई प्रतिज्ञा गरेझैँ, याहवेह इस्राएलका परमेश्‍वर नै तिनीहरूका उत्तराधिकारको भाग हुनुभयो।
JOS 14:1 इस्राएलले कनान देशमा उत्तराधिकारको रूपमा पाएका इलाकाहरू यिनै हुन्, जसलाई पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका कुलका अगुवाहरूले तिनीहरूलाई बाँडिदिएका थिए।
JOS 14:2 याहवेहले मोशाद्वारा आज्ञा दिनुभएझैँ तिनीहरूका उत्तराधिकारको भाग चिट्ठा हालेर साढे नौ कुललाई बाँडिदिएको थियो।
JOS 14:3 मोशाले साढे दुई कुललाई तिनीहरूको उत्तराधिकारको रूपमा यर्दनको पूर्वपट्टिको भाग दिएका थिए। तर बाँकी रहेकाहरूमा लेवीहरूलाई कुनै उत्तराधिकारको भाग दिएका थिएनन्।
JOS 14:4 किनकि योसेफका सन्तानबाट मनश्शे र एफ्राइम दुई कुलहरू भएका थिए। त्यसैले लेवीहरूले देशको कुनै पनि भाग पाएनन्; तर बस्‍नलाई सहरहरू र तिनीहरूका बगाल अनि बथानका निम्ति खर्कहरू मात्र पाए।
JOS 14:5 यसरी याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै, इस्राएलीहरूले देशलाई विभाजन गरे।
JOS 14:6 एक दिन यहूदाका मानिसहरूले यहोशूलाई गिलगालमा भेट गरे। अनि कनज्जी यपून्‍नेका छोरा कालेबले तिनलाई भने, “याहवेहले तपाईं र मेरो विषयमा परमेश्‍वरका जन मोशालाई कादेश-बर्नेमा भन्‍नुभएको कुरा तपाईंलाई थाहै छ।
JOS 14:7 याहवेहका सेवक मोशाले मलाई यो देशको भेद लिनलाई कादेश-बर्नेबाट पठाउँदा म चालीस वर्षको थिएँ। अनि मैले तिनलाई आफ्नो सत्य बयान दिएँ।
JOS 14:8 तर मसँग माथि जाने मेरा दाजुभाइहरूले मानिसहरूको हृदय भयभीत तुल्याइदिए। तर मैलेचाहिँ याहवेह मेरा परमेश्‍वरलाई सम्पूर्ण हृदयले पछ्याएँ।
JOS 14:9 यसकारण त्यस दिन मोशाले मसँग, ‘तेरा पाइलाले टेकेको देश सधैँको निम्ति तँ र तेरा सन्तानहरूका निम्ति उत्तराधिकारको भाग हुनेछ। किनकि तैँले याहवेह मेरो परमेश्‍वरलाई सम्पूर्ण हृदयले पछ्याएको छस् भनी शपथ खानुभएको थियो।’
JOS 14:10 “यसकारण जब इस्राएल उजाडस्थानमा भौँतारिँदै हिँडिरहेको बेला याहवेहले प्रतिज्ञा गर्नुभएझैँ, उहाँले यो कुरा मोशासँग भन्‍नुभएदेखि उसो उहाँले मलाई पैँतालीस वर्षसम्म जीवित राख्नुभएको छ। यसरी आजको दिन म पचासी वर्षको भएको छु!
JOS 14:11 मोशाले मलाई जासुस गर्न पठाएको दिनमा जस्तै आज पनि म बलियो छु। म लडाइँमा जाँदा जति बलियो थिएँ, आज पनि त्यत्तिकै बलियो छु।
JOS 14:12 अब त्यस दिन याहवेहले मलाई प्रतिज्ञा गर्नुभएझैँ, यो पहाडी मुलुक मलाई दिनुहोस्। त्यहाँ अनाकीहरू बस्दछन्। अनि तिनीहरूका सहरहरू ठूला र सुरक्षित छन् भनी तपाईं आफैँले सुन्‍नुभएको छ। तर याहवेहको सहायताले म तिनीहरूलाई धपाइदिनेछु।”
JOS 14:13 तब यहोशूले यपून्‍नेका छोरा कालेबलाई आशिष् दिए। अनि तिनलाई तिनको उत्तराधिकारको रूपमा हेब्रोन दिए।
JOS 14:14 यसरी त्यस दिनदेखि उसो हेब्रोन कनज्जी यपून्‍नेका छोरा कालेबको अधीनमा छ। किनकि तिनले याहवेह इस्राएलको परमेश्‍वरलाई सम्पूर्ण हृदयले पछ्याएका थिए।
JOS 14:15 (हेब्रोनलाई किर्यत-अर्बा भनिन्थ्यो। अर्बाचाहिँ अनाकीहरू बीचका सबैभन्दा महान् मानिस थिए।) त्यसपछि देशलाई युद्धबाट विश्राम मिल्यो।
JOS 15:1 यहूदा कुलको भाग तिनीहरूको वंशअनुसार एदोमको इलाकासम्म थियो। सुदूर दक्षिणमा जीनको उजाडस्थानसम्म फैलिएको थियो।
JOS 15:2 तिनीहरूको दक्षिणी सिमाना मृत सागरको अन्तिम भागमा भएको खाडीदेखि सुरु भएर,
JOS 15:3 अक्रब्बीमको घाटी पार गर्दै जीनतिर लागेर कादेश-बर्नेको दक्षिणसम्म पुगेको थियो। त्यसपछि त्यो हेस्रोनलाई छिचोलेर अद्दारसम्म पुगेको थियो; र कर्काको चारैतिर घुमेको थियो।
JOS 15:4 त्यसपछि त्यो अज्मोनतिर लागेर इजिप्टको बेँसीमा जोडिएर महासागरमा अन्त्य भएको थियो। यो तिनीहरूको दक्षिणी सिमाना हो।
JOS 15:5 पूर्वीय सिमाना मृत सागरदेखि यर्दनको मुखैसम्म पर्थ्यो। उत्तरी सिमाना यर्दनको खाडीबाट सुरु हुन्थ्यो,
JOS 15:6 जुन बेथ-होग्लासम्म पुगेर अगि बढ्दै बेथ-अराबामा गएर रूबेनको छोरो बोहनको ढुङ्गासम्म पुग्थ्यो।
JOS 15:7 त्यसपछि आकोरको बेँसीबाट दबीरसम्म पुगेर दक्षिणतिर अदुम्मीमको घाटीतिर फर्केर उत्तरतिर गिलगालको सिमानासम्म पुगेको थियो। त्यो एन-शेमेशको पानीतिर बढेर एन-रोगेलबाट निस्केको थियो।
JOS 15:8 त्यसपछि त्यो यबूसी सहर (अर्थात्, यरूशलेम) को भिरालो ठाउँको दक्षिणमा भएको बेन-हिन्‍नोमको बेँसीमा पुगेको थियो। त्यहाँबाट त्यो सिमाना रपाईको बेँसीको अन्त्य उत्तरपट्टि हिन्‍नोम बेँसीको पहाडसम्म पुगेको थियो।
JOS 15:9 पहाडको टुप्पोबाट सिमाना अगि बढ्दै नेप्‍तोहको पानीको मूलतिर लागेर एप्रोन पर्वतको सहरहरूमा निस्केर बालातिर (अर्थात्, किर्यत-यारीम) तल झरेको थियो।
JOS 15:10 त्यसपछि त्यो सिमाना बालाबाट पश्‍चिमतिर घुमेर सेइर पर्वतहुँदै, यारिम पर्वत (अर्थात्, कशालोन) को उत्तरतिर ओरालो गएर तिम्नासम्म पुगेको थियो।
JOS 15:11 त्यो एक्रोनको उत्तरतिरको ओरालो गएर शिक्‍करोनतिर पुगेर बाला डाँडाबाट हुँदै यब्नेल पुगेको थियो। त्यो सिमाना महासागरमा समाप्‍त भएको थियो।
JOS 15:12 पश्‍चिमी सिमाना महासागरको किनार थियो।
JOS 15:13 याहवेहले यहोशूलाई दिनुभएको आज्ञाअनुसार तिनले यपून्‍नेको छोरो कालेबलाई यहूदामा एक भाग दिए, किर्यत-अर्बा अर्थात् हेब्रोनलाई दिए। (अर्बाचाहिँ अनाकका पुर्खा थिए।)
JOS 15:14 हेब्रोनबाट कालेबले तीन जना अनाकीहरू अर्थात् अनाकका छोराहरू, शेशै, अहीमन र तल्मैलाई धपाइदिए।
JOS 15:15 त्यहाँबाट तिनले दबीरमा (पहिले किर्यत-सेपेर भनिन्थ्यो) बस्‍ने मानिसहरूको विरुद्धमा युद्ध गरे।
JOS 15:16 अनि कालेबले भने, “म मेरी छोरी अक्साको विवाह किर्यत-सेपेरमाथि आक्रमण गरेर जित्ने मानिससँग गरिदिनेछु।”
JOS 15:17 कालेबको भाइ कनजका छोरा ओत्निएलले त्यसलाई जित्यो। अनि कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए।
JOS 15:18 एक दिन तिनी ओत्निएलकहाँ जाँदा तिनले आफ्नो पिताबाट एउटा जमिन माग्न भनी उनलाई सुर्‍याए। अक्सा आफ्नो गधाबाट ओर्लेपछि कालेबले तिनलाई सोधे, “म तिम्रा निम्ति के गर्न सक्छु?”
JOS 15:19 तिनले जवाफ दिइन्, “ममाथि एउटा विशेष कृपा गर्नुहोस्। तपाईंले मलाई दक्षिणमा एउटा जमिन दिनुभएको हुनाले मलाई पानीका मूलहरू पनि दिनुहोस्।” तब कालेबले तिनलाई माथिल्‍ला र तलका पानीका मूलहरू दिए।
JOS 15:20 यहूदाको कुलको वंशअनुसार तिनीहरूका उत्तराधिकारको भाग यिनै हुन्:
JOS 15:21 एदोमको सिमानातिर यहूदाको कुलको सुदूर दक्षिणतिरका सहरहरू यिनै हुन्: कब्सेल, एदेर, यागूर,
JOS 15:22 कीना, दीमोना, अदादा,
JOS 15:23 केदेश, हासोर, यित्नान,
JOS 15:24 जीप, तेलेम, बालोत,
JOS 15:25 हासोर-हादत्ता, किर्योत-हेस्रोन (अर्थात् हासोर),
JOS 15:26 अमाम, शेमा, मोलादा,
JOS 15:27 हसर-गद्दा, हेश्मोन, बेथ-पेलेत,
JOS 15:28 हसर-शूआल, बेर्शेबा, बिज्योत्या,
JOS 15:29 बाला, ईम, एसेम,
JOS 15:30 एल्तोलद, कसील, होर्मा,
JOS 15:31 सिक्लग, मदमन्‍ना, सन्सन्‍ना,
JOS 15:32 लबाओत, शिल्हीम, ऐन र रिम्मोन—जम्मा उनन्तीस वटा सहरहरू र तिनीहरूका गाउँहरू।
JOS 15:33 पश्‍चिमी फेदीमा: एश्तोल, सोरा, अश्ना,
JOS 15:34 जानोह, एन-गन्‍नीम, तप्पूह, एनाम,
JOS 15:35 यर्मूत, अदुल्‍लाम, सोको, अजेका,
JOS 15:36 शारैम, अदीतैम र गदेरा, (गदेरोतेम), जम्मा चौध वटा सहरहरू र तिनीहरूका गाउँहरू।
JOS 15:37 सनान, हदाशा, मिग्दल-गाद,
JOS 15:38 दिलान, मिस्पा, योक्तेल,
JOS 15:39 लाकीश, बोस्कत, एग्लोन,
JOS 15:40 कोब्बन, लहमास, कितलीश,
JOS 15:41 गदेरोत, बेथ-दागोन, नामा र मक्‍केदाका—सोह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू।
JOS 15:42 लिब्ना, एतेर, आशान,
JOS 15:43 यिप्‍ताह, अश्ना, नसीब,
JOS 15:44 कीलाह, अक्जीब र मारेशा—जम्मा नौ वटा सहरहरू र तिनीहरूका गाउँहरू।
JOS 15:45 एक्रोन र त्यसका चारैतिरका बस्तीहरू र गाउँहरू;
JOS 15:46 एक्रोनको पश्‍चिम र अश्दोदका सबै सहरहरूसँगै तिनीहरूका गाउँहरू।
JOS 15:47 अश्दोद र त्यसका चारैतिरका बस्तीहरू र गाउँहरू; गाजा, त्यसका सहरहरू र बस्तीहरूसमेत, इजिप्टको बेँसीसम्म र महासागरको किनारसम्म।
JOS 15:48 पहाडी मुलुकमा: शामीर, यत्तीर, सोको,
JOS 15:49 दन्‍ना, किर्यत-सन्‍ना (अर्थात् दबीर),
JOS 15:50 अनाब, एश्तमोह, अनीम,
JOS 15:51 गोशेन, होलोन र गीलोह—एघार वटा सहरहरू र तिनीहरूका गाउँहरू।
JOS 15:52 अरब, दुमा, एशान,
JOS 15:53 यानीम, बेथ-तप्पूह, अपेका,
JOS 15:54 हुम्ता, किर्यत-अर्बा (अर्थात्, हेब्रोन) र सीओर—नौ वटा सहरहरू र तिनीहरूका गाउँहरू।
JOS 15:55 माओन, कर्मेल, जीप, युत्ता,
JOS 15:56 यिजरेल, योक्दाम, जानोह,
JOS 15:57 कैन, गेबा र तिम्ना—दश वटा सहरहरू र तिनीहरूका गाउँहरू।
JOS 15:58 हलहूल, बेथ-सूर, गदोर,
JOS 15:59 मारात, बेथ-अनोत र एल्तकोन—छ वटा सहरहरू र तिनीहरूका गाउँहरू।
JOS 15:60 किर्यत-बाल (अर्थात्, किर्यत-यारीम) र रब्बा—दुई वटा सहरहरू र तिनीहरूका गाउँहरू।
JOS 15:61 उजाडस्थानमा: बेथ-अराबा, मिद्दीन, सेकाका,
JOS 15:62 नुनको सहर निब्शान र एन-गदी—छ वटा सहरहरू र तिनीहरूका गाउँहरू।
JOS 15:63 यहूदाका मानिसहरूले यरूशलेममा बस्‍ने यबूसीहरूलाई धपाउन सकेनन्। ती यबूसीहरू आजको दिनसम्म यहूदाका मानिसहरूसँग बस्छन्।
JOS 16:1 योसेफका सन्तानको निम्ति अधिकारको भाग यरीहोको पूर्वपट्टिको मूल यर्दनदेखि सुरु भएर त्यहाँबाट उकालो हुँदै मरुभूमिलाई छिचोल्दै बेथेलको पहाडी देशसम्म पुगेको थियो।
JOS 16:2 त्यो बेथेल अर्थात्, लूजदेखि अगि बढेर अरकीहरू बसेका अतारोत प्रान्तसम्म पुगेको थियो।
JOS 16:3 त्यसपछि पश्‍चिमतिर यल्पेतीहरूको इलाका हुँदै ओर्लेर तल्‍लो बेथ-होरोनको इलाका भएर गेजेरसम्म पुगेर समुद्रमा टुङ्गिएको थियो।
JOS 16:4 यसरी योसेफका सन्तानहरू एफ्राइम र मनश्शेले, तिनीहरूका उत्तराधिकारको भाग पाए।
JOS 16:5 एफ्राइमको इलाका, तिनीहरूका वंशअनुसार यस्तो थियो: पूर्वमा तिनीहरूको सिमाना अतारोत-अद्दारदेखि उक्लेर माथिल्‍लो बेथ-होरोन हुँदै,
JOS 16:6 महासागरसम्म पुगेको थियो। उत्तरमा मिक्मतातबाट पूर्वमा तानत-शीलोतिर घुमेर त्यसबाट पार भएर यानोहसम्म पुगेको थियो।
JOS 16:7 त्यसपछि यानोहबाट तल झरेर अतारोत र नारामा पुगेर यरीहोलाई छुँदै, यर्दनबाट निस्केको थियो।
JOS 16:8 तप्पूहबाट त्यो सिमाना पश्‍चिममा कनाको खोल्सामा पुगेर महासागरमा समाप्‍त भएको थियो। एफ्राइम कुलको वंशअनुसार, तिनीहरूका उत्तराधिकारको भाग यही थियो।
JOS 16:9 यसबाहेक मनश्शेहरूको उत्तराधिकारभित्र एफ्राइम वंशहरूका निम्ति अलग गरिएका सबै सहरहरू र तिनीहरूका गाउँहरू पनि सामेल थिए।
JOS 16:10 तिनीहरूले गेजेरमा बस्‍ने कनानीहरूलाई निकालेनन्। आजको दिनसम्म कनानीहरू एफ्राइमका मानिसहरूसँग बसेका छन्, तर तिनीहरू दास भएर बसेका छन्।
JOS 17:1 त्यसपछि योसेफको पहिलो सन्तान मनश्शेको कुललाई छुट्ट्याइएको भाग यही थियो। माकीरचाहिँ गिलादीहरूका पुर्खा थिए; जसले गिलाद र बाशान पाएका थिए। किनकि माकीरहरू महान् योद्धाहरू थिए।
JOS 17:2 यसकारण यो भागचाहिँ मनश्शेका बाँकी रहेका मानिसहरू—अबीएजेर, हेलेक, अस्रीएल, शेकेम, हेपेर र शमीदाका वंशहरूका लागि थियो। तिनीहरू आफ्ना वंशअनुसार योसेफका छोरा मनश्शेका कुलका मुखियाहरू हुन्।
JOS 17:3 मनश्शेका छोरा माकीर, तिनका छोरा गिलाद, तिनका छोरा हेपेर, तिनका छोरा सलोफादका कुनै छोराहरू थिएनन्; तर छोरीहरू मात्र थिए। तिनीहरू महला, नोआ, होग्ला, मिल्का र तिर्सा नाम भएका थिए।
JOS 17:4 तिनीहरू पुजारी एलाजार, नूनका छोरा यहोशू र अगुवाहरूकहाँ गएर भने, “हामीलाई हाम्रा दाजुभाइहरूसँग नै अधिकार दिनू भनेर याहवेहले मोशालाई आज्ञा दिनुभएको थियो।” यसकारण यहोशूले तिनीहरूलाई याहवेहको आज्ञाअनुसार तिनीहरूका बुबाका दाजुभाइहरूसँग उत्तराधिकारको भाग दिए।
JOS 17:5 मनश्शेको भागमा यर्दनको पूर्वपट्टिको गिलाद र बाशानको छेउमा भएका ठाउँका दश वटा भागहरू पर्‍यो।
JOS 17:6 किनकि मनश्शेको कुलका छोरीहरूले छोराहरूसँगै उत्तराधिकार पाएका थिए। गिलादचाहिँ मनश्शेका बाँकी रहेका सन्तानहरूका निम्ति दिइयो।
JOS 17:7 मनश्शेको प्रान्त आशेरदेखि शेकेमको पूर्वपट्टि मिक्मतातसम्म फैलिएको थियो। त्यहाँदेखि सिमाना दक्षिणतिर बढेर एन-तप्पूहमा बस्‍ने बासिन्दाहरूसम्म पुगेको थियो।
JOS 17:8 (मनश्शेसँग तप्पूहको जमिन थियो। तर मनश्शेको सिमानामा भएको तप्पूहचाहिँ एफ्राएमीहरूको थियो।)
JOS 17:9 त्यसपछि त्यो सिमाना दक्षिणतिर अगि बढेर कनाको खोल्सासम्म पुगेको थियो। त्यहाँ मनश्शेका सहरहरूमा बस्‍ने एफ्राएमीहरूका सहरहरू थिए। तर मनश्शेको सिमाना खोल्साको उत्तरपट्टि थियो, र महासागरमा टुङ्गिएको थियो।
JOS 17:10 दक्षिणपट्टिको भाग एफ्राइमको थियो र उत्तरमा मनश्शेको थियो। मनश्शेको प्रान्त महासागरमा पुगेको थियो। अनि उत्तरतिर आशेरको र पूर्वपट्टि इस्साखारको सिमाना थियो।
JOS 17:11 इस्साखार र आशेरभित्र बेथ-शान, यिबलाम र डोर, एन्दोर, तानाक र मगिद्दोका मानिसहरू साथै चारैतिरका बस्तीहरू पनि मनश्शेका थिए (त्यस सूचीमा तेस्रोचाहिँ नापोत हो)।
JOS 17:12 तैपनि मनश्शेका सन्तानहरूले यी सहरहरू अधिकार गर्न सकेनन्; किनकि कनानीहरूले त्यस इलाकामा बस्‍ने निश्‍चय गरेका थिए।
JOS 17:13 तर पनि जब इस्राएलीहरू बलिया भए, तब तिनीहरूले कनानीहरूलाई जबरजस्ती मजदुरीमा खटाए। तर तिनीहरूलाई पूर्ण रूपले धपाएनन्।
JOS 17:14 योसेफका मानिसहरूले यहोशूलाई भने, “किन तपाईंले हामीलाई उत्तराधिकारको एउटै बाँडफाँडमा एक भाग मात्र दिनुभयो? जबकि हामी संख्यामा धेरै छौँ। अनि याहवेहले हामीलाई प्रशस्त मात्रामा आशिष् दिनुभएको छ।”
JOS 17:15 यहोशूले जवाफ दिए, “यदि तिमीहरू संख्यामा धेरै छौ, र एफ्राइमको पहाडी मुलुक तिमीहरूका लागि अति सानो भएको छ भने परिज्जी र रपाईहरूको देशमा गएर आफ्ना लागि जङ्गल फँडानी गर।”
JOS 17:16 योसेफका मानिसहरूले जवाफ दिए, “त्यो पहाडी मुलुक हाम्रा निम्ति पर्याप्‍त छैन। अनि मैदानमा बस्‍ने कनानीहरूसँग, बेथ-शान र त्यसमा बस्‍नेहरू अनि यिजरेलको बेँसीमा बस्‍ने सबैसँग फलामका रथहरू छन्।”
JOS 17:17 तर यहोशूले योसेफको कुल—एफ्राइम र मनश्शेलाई भने, “तिमीहरू संख्यामा धेरै छौ; र अति शक्तिशाली पनि छौ। त्यसैले तिमीहरूको एउटा मात्र भाग हुनेछैन।
JOS 17:18 यहाँ जङ्गल भएको पहाडी मुलुक पनि छ। त्यसलाई फँडानी गर। अनि त्यसको पल्‍लो छेउसम्म नै त्यो तिमीहरूको हुनेछ। कनानीहरूसँग फलामका रथहरू भए तापनि र तिनीहरू बलिया भए तापनि तिमीहरूले तिनीहरूलाई धपाउन सक्नेछौ।”
JOS 18:1 इस्राएलका सम्पूर्ण समुदाय शीलोमा भेला भए। अनि त्यहाँ भेट हुने पाल खडा गरे। त्यो देश तिनीहरूको अधीनमा आइसकेको थियो।
JOS 18:2 तर इस्राएलीहरूका सात वटा कुलहरू बाँकी थिए, जसले उत्तराधिकारको भाग अझै पाएका थिएनन्।
JOS 18:3 यसकारण यहोशूले इस्राएलीहरूलाई भने: “याहवेह तिमीहरूका पितापुर्खाका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्न कहिलेसम्म तिमीहरू पर्खिरहन्छौ?
JOS 18:4 हरेक कुलबाट तीन जना मानिसहरू नियुक्त गर। म तिनीहरूलाई देशको सर्वेक्षण गर्न र प्रत्येकको उत्तराधिकारको भागअनुसार त्यसको विवरण लेख्न पठाउनेछु। तब तिनीहरू मकहाँ फर्कनेछन्।
JOS 18:5 तिमीहरूले त्यस देशलाई सात भागमा बाँड्नू। यहूदा दक्षिणमा भएको आफ्नो प्रान्तमा रहोस्। अनि योसेफको घरानाचाहिँ उत्तरमा तिनीहरूकै प्रान्तमा रहून्।
JOS 18:6 तिमीहरूले ती सात भागहरूका विवरण लेखिसकेपछि त्यो यहाँ मकहाँ ल्याओ। अनि म याहवेह हाम्रा परमेश्‍वरको उपस्थितिमा तिमीहरूका निम्ति चिट्ठा हालिदिनेछु।
JOS 18:7 तैपनि तिमीहरूसँग भएका लेवीहरूले तिमीहरूसँग कुनै अंश पाउनेछैनन्। किनकि याहवेहको पुजारी सेवा नै तिनीहरूको उत्तराधिकारको भाग हो। अनि गाद, रूबेन र मनश्शेको आधा कुलले आफ्ना उत्तराधिकारको भाग यर्दनको पूर्वपट्टि अगाडि नै पाइसकेका छन्। याहवेहका सेवक मोशाले त्यो तिनीहरूलाई दिएका थिए।”
JOS 18:8 ती मानिसहरू त्यस देशको नक्सा बनाउन जान लाग्दा यहोशूले तिनीहरूलाई यसो भनेर निर्देशन दिए, “जाओ, र त्यस देशको सर्वेक्षण गर। अनि त्यसको विवरण लेख। त्यसपछि मकहाँ फर्केर आओ, र म यहाँ शीलोमा याहवेहको उपस्थितिमा तिमीहरूका निम्ति चिट्ठा हालिदिनेछु।”
JOS 18:9 यसकारण ती मानिसहरू गएर त्यस देशभरि घुमे। तिनीहरूले सात भागको विवरण चर्मपत्रमा लेखे। अनि प्रत्येक भागमा पर्ने सहरहरूको सूची बनाए, र यहोशूकहाँ शीलोमा भएको छाउनीमा फर्किआए।
JOS 18:10 त्यसपछि यहोशूले शीलोमा याहवेहको उपस्थितिमा तिनीहरूका निम्ति चिट्ठा हाले। त्यहाँ तिनले तिनीहरूको कुलअनुसार त्यो देश इस्राएलीहरूलाई भाग लगाइदिए।
JOS 18:11 पहिलो चिट्ठा बेन्यामीनको कुलको वंशलाई पर्‍यो। तिनीहरूको भागमा परेको प्रान्त यहूदा र योसेफका बीचमा पर्‍यो।
JOS 18:12 उत्तरतिर तिनीहरूको सिमाना यर्दनमा सुरु भएर यरीहोको उत्तरीय ओरालो भएर पश्‍चिमतिरको पहाडी मुलुक हुँदै बेथ-आवेनको उजाडस्थानमा निस्केको थियो।
JOS 18:13 त्यहाँबाट त्यो पार भएर दक्षिणतिरको लूज (अर्थात्, बेथेल) को भिरमा पुगेर तल्‍लो बेथ-होरोनको दक्षिणको पहाडमा भएको अतारोत-अद्दारमा झरेको थियो।
JOS 18:14 दक्षिणतिर भएको बेथ-होरोनतिर फर्केको पहाडको सिमाना पश्‍चिमतिर हुँदै दक्षिणतिर मोडिन्थ्यो। अनि यहूदाको सहर किर्यत-बालमा (अर्थात्, किर्यत-यारीम) निस्कन्थ्यो। पश्‍चिमी सिमाना यही थियो।
JOS 18:15 दक्षिण भागको सिमाना पश्‍चिम किर्यत-यारीमको दुर्गम भागमा सुरु भएर त्यो सिमाना नेप्‍तोहको पानीको मूलमा निस्केको थियो।
JOS 18:16 त्यो सिमाना रपाईको बेँसीको उत्तरमा भएको बेन-हिन्‍नोमको बेँसीतिर फर्केको पहाडको फेदतिर झरेको थियो। त्यो दक्षिणपट्टि यबूसी सहरको ओरालो हुँदै हिन्‍नोम बेँसीमा भएर एन-रोगेलसम्म पुगेको थियो।
JOS 18:17 त्यसपछि त्यो उत्तरतिर मोडिएर एन-शेमेशमा हुँदै अदुम्मीमको घाटीतिर फर्केको गलिलोत भएर रूबेनका छोरा बोहनको ढुङ्गामा पुगेको थियो।
JOS 18:18 त्यो उत्तरपट्टि बेथ-अराबाको भिरालोतिर बढेर अराबामा झरेको थियो।
JOS 18:19 तब त्यो बेथ-होग्लाको उत्तरी भिरालोतिर हुँदै उत्तरीय मृत सागरको खाडीमा टुङ्गिएको थियो, जुन दक्षिणतिरको यर्दन नदीको अन्त्यमा पर्दथ्यो। योचाहिँ दक्षिणको सिमाना थियो।
JOS 18:20 यर्दन नदी पूर्वपट्टिको सिमाना थियो।
JOS 18:21 यी बेन्यामीनको कुलको वंशअनुसारका सहरहरू थिए: यरीहो, बेथ-होग्ला, एमेक-कसीस,
JOS 18:22 बेथ-अराबा, समारैम, बेथेल,
JOS 18:23 अव्वीम, पारा, ओप्रा,
JOS 18:24 कपर-अमोनी, ओप्नी र गेबा गरी बाह्र सहरहरू र तिनीहरूका गाउँहरू थिए।
JOS 18:25 गिबोन, रामा, बेरोत,
JOS 18:26 मिस्पा, कपीरा, मोसा,
JOS 18:27 रेकेम, यिर्पल, तरला,
JOS 18:28 सेलाह, एलेप, यबूसी सहर (अर्थात्, यरूशलेम) गेबा र किर्यत गरी चौध वटा सहरहरू र तिनीहरूका गाउँहरू।
JOS 19:1 दोस्रो चिट्ठा वंशअनुसार शिमियोनको कुललाई पर्‍यो। तिनीहरूको उत्तराधिकारको भाग यहूदाको इलाकाभित्र पर्थ्यो।
JOS 19:2 तिनीहरूको भागमा यी सहरहरू थिए: बेर्शेबा (अर्थात्, शेबा), मोलादा,
JOS 19:3 हसर-शूआल, बाला, एसेम,
JOS 19:4 एल्तोलद, बतूल, होर्मा,
JOS 19:5 सिक्लग, बेथ-मर्काबोत, हसर-सूसा,
JOS 19:6 बेथ-लबाओत र शारूहेन गरी तेह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू।
JOS 19:7 ऐन, रिम्मोन, एतेर र आशान गरी चार वटा सहरहरू र तिनीहरूका गाउँहरू,
JOS 19:8 अनि बालाथ-बेर (दक्षिणमा रामा) सम्म चारैतिरका सहरहरूका सबै गाउँहरू।
JOS 19:9 शिमियोनीहरूको उत्तराधिकारको भाग यहूदाको भागबाट लिइएको थियो। किनकि यहूदाको भाग तिनीहरूलाई चाहिएको भन्दा धेरै थियो। यसरी शिमियोनीहरूले आफ्नो उत्तराधिकारको भाग यहूदाको इलाकाभित्र पाए।
JOS 19:10 तेस्रो चिट्ठा वंशअनुसार जबूलूनको कुलका निम्ति निस्क्यो: तिनीहरूको उत्तराधिकारको सिमाना सारीदसम्म पुग्थ्यो।
JOS 19:11 पश्‍चिमतिर त्यो मरलामा पुगेर दब्बेशेतलाई छोएर योक्नामको छेउको खोल्सासम्म फैलिएको थियो।
JOS 19:12 सारीदबाट त्यो पूर्वपट्टि घुमेर सूर्योदय हुने किस्लोथ-तबोरको इलाकापट्टि हुँदै, दाबरतदेखि माथि याफियासम्म पुगेको थियो।
JOS 19:13 त्यसपछि त्यो पूर्वपट्टि बढेर गात-हेपेर र इथ-कासीनमा हुँदै, रिम्मोनबाट निस्केर नेआ भएतिर घुमेको थियो।
JOS 19:14 अनि त्यो सिमाना उत्तरतर्फ हन्‍नतोनतिर घुमेर यिप्‍ताह-एलको बेँसीमा टुङ्गिएको थियो।
JOS 19:15 त्यसमा काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथलेहेम गरी जम्मा बाह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।
JOS 19:16 यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार जबूलूनको उत्तराधिकारको भाग थियो।
JOS 19:17 चौथो चिट्ठा वंशअनुसार इस्साखारको कुललाई पर्‍यो।
JOS 19:18 तिनीहरूका इलाकामा यी सहरहरू सामेल थिए: यिजरेल, कसुल्‍लोत, शूनेम,
JOS 19:19 हपारैम, शीओन, अनाहारत,
JOS 19:20 रब्बीत, किश्योन, एबेस,
JOS 19:21 रेमेत, एन-गन्‍नीम, एन-हद्दा र बेथ-पसेस।
JOS 19:22 सिमानाले तबोर, शहसूमा र बेथ-शेमेशलाई छोएर यर्दन नदीमा टुङ्गिन्थ्यो। यसका सोह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।
JOS 19:23 यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार इस्साखारको कुलको उत्तराधिकारको भाग थियो।
JOS 19:24 पाँचौँ चिट्ठा वंशअनुसार आशेरको कुललाई पर्‍यो।
JOS 19:25 तिनीहरूको भागमा यी सहरहरू सामेल थिए: हेल्कत, हली, बेतेन, अक्षाप,
JOS 19:26 अल्‍लम्मेलेक, अमाद र मिशाल। पश्‍चिमतिर सिमानाले कर्मेल र शीहोर-लिब्नातलाई छुन्थ्यो।
JOS 19:27 त्यसपछि त्यो पूर्वमा बेथ-दागोनतिर फर्केर जबूलून र यिप्‍ताह-एलको बेँसीलाई छोएर, उत्तरतिर बेथ-एमेक र देब्रेपट्टि काबूललाई पार गरेर नीएलमा पुगेको थियो।
JOS 19:28 त्यो अब्डोन, रहोब, हम्मोन र कना भएर महा सीदोनसम्म पुगेको थियो।
JOS 19:29 त्यसपछि सिमाना रामातिर फर्केर टायरको किल्‍लामा हुँदै होसातिर मोडिन्थ्यो। अनि अक्जीबको इलाकामा महासागरमा निस्किआएको थियो।
JOS 19:30 उम्मा, अपेक र रहोब पनि तिनीहरूको इलाकामा पर्दथे। यसका बाइस वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।
JOS 19:31 यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार आशेरको कुलको उत्तराधिकारको भागमा थियो।
JOS 19:32 छैटौँ चिट्ठा वंशअनुसार नप्‍तालीको कुललाई पर्‍यो:
JOS 19:33 तिनीहरूको सिमाना हेलेप र सानन्‍नीममा भएको मोरेको ठूलो रूखबाट भएर अदामी-नेकेब र यब्नेल हुँदै लक्‍कूममा गएर यर्दन नदीमा टुङ्गिएको थियो।
JOS 19:34 त्यो सिमाना अज्नोथ-तबोरबाट पश्‍चिमतिर मोडिएर हुक्‍कोकमा निस्किएको थियो। यसले दक्षिणतिर जबूलूनलाई र पश्‍चिममा आशेरलाई, र पूर्वमा यर्दन नदीलाई छोएको थियो।
JOS 19:35 पर्खाल लगाइएका सहरहरू सिद्दिम, सेर, हम्मत, रक्‍कत, किन्‍नरेत,
JOS 19:36 अदमा, रामा, हासोर,
JOS 19:37 केदेश, एद्रई, एन-हासोर,
JOS 19:38 यिरोन, मिग्दल-एल, होरेम, बेथ-अनात र बेथ-शेमेश थिए। यसका उन्‍नाइस वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।
JOS 19:39 यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार नप्‍तालीको कुलको उत्तराधिकारको भाग थियो।
JOS 19:40 सातौँ चिट्ठा वंशअनुसार दानको कुललाई पर्‍यो।
JOS 19:41 तिनीहरूका उत्तराधिकारका प्रान्तहरूमा यी सहरहरू सामेल थिए: सोरा, एश्तोल, इर-शेमेस,
JOS 19:42 शालवीन, अय्यालोन, इत्ला,
JOS 19:43 एलोन, तिम्ना, एक्रोन,
JOS 19:44 एल्तके, गिब्बतोन, बालात,
JOS 19:45 यहूद, बेने-बेरक, गात-रिम्मोन,
JOS 19:46 मे-यरकोन र रक्‍कोनसँगै जोप्पातिर फर्केको इलाका।
JOS 19:47 (दानवंशीहरूले तिनीहरूको अधिकारको प्रान्त गुमाएको हुनाले तिनीहरू माथि गए। अनि लेशेममाथि आक्रमण गरेर लिए। त्यसलाई तरवारले नष्‍ट गरे; अनि त्यसलाई कब्जा गरे। तिनीहरू लेशेममा बसोबास गरे। अनि लेशेमलाई तिनीहरूको पुर्ख्यौली दानको नाम दिए।)
JOS 19:48 यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार दानको कुलका उत्तराधिकारको भाग थियो।
JOS 19:49 जब तिनीहरूले देशलाई विभाजन गरेर भाग लगाउने काम गरी सिद्ध्याए, तब इस्राएलीहरूले नूनका छोरा यहोशूलाई तिनीहरूकै बीचमा उत्तराधिकारको भाग दिए।
JOS 19:50 याहवेहले तिनीहरूलाई आज्ञा गर्नुभएअनुसार गरे। यहोशूले मागेका सहर एफ्राइमको पहाडी मुलुकमा भएको तिम्नथ-सेरह तिनीहरूले दिए। अनि त्यहाँ तिनले सहरलाई निर्माण गरे, र त्यहीँ बसोबास गरे।
JOS 19:51 भेट हुने पालको प्रवेशद्वारमा याहवेहको उपस्थितिमा शीलोमा चिट्ठा हालेर पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका कुलका वंशका मुखियाहरूले तोकेका मुलुकहरू यिनै हुन्। यसरी तिनीहरूले देश बाँडफाँड गर्ने काम सिद्ध्याए।
JOS 20:1 त्यसपछि याहवेहले यहोशूलाई भन्‍नुभयो:
JOS 20:2 “मैले मोशालाई आज्ञा दिएझैँ शरण-सहरहरू नियुक्त गर्न इस्राएलीहरूलाई भन्,
JOS 20:3 ताकि कसैले कसैलाई संयोगवश र अनजानमा मार्‍यो भने त्यो त्यहाँ भागेर गई रगतको बदला लिनेबाट सुरक्षित रहोस्।
JOS 20:4 जब तिनीहरू यी सहरहरूमध्ये एउटामा भागेर जान्छन्, तब सहरको मूलढोकाको प्रवेशद्वारमा खडा रहून्, र त्यस सहरका प्रधानहरूलाई आफ्नो मुद्दा बताऊन्। तब ती प्रधानहरूले हत्यारालाई आफ्नो सहरमा लगेर त्यसलाई तिनीहरूसँग बस्‍न ठाउँ देऊन्।
JOS 20:5 यदि रगतको बदला लिनेले त्यसलाई खेद्‌यो भने प्रधानहरूले त्यस अभियुक्तलाई सुम्पिदिनुहुँदैन। किनकि त्यसले आफ्नो छिमेकीलाई अनजानमा मारेको हो र त्यसको छिमेकीसँग कुनै दुश्मनी थिएन।
JOS 20:6 न्यायका निम्ति सभाको सामु खडा नभएसम्म र त्यस समय सेवा गर्दैगरेको प्रधान पुजारीको मृत्यु नभएसम्म हत्यारा त्यस सहरमा बस्‍नुपर्छ। त्यसपछि तिनीहरू भागेर आएको सहरबाट आफ्नो घर फर्केर जान सक्नेछ।”
JOS 20:7 यसकारण तिनीहरूले नप्‍तालीको पहाडी मुलुकमा रहेको गालीलमा केदेश र एफ्राइमको पहाडी मुलुकमा भएको शेकेमलाई र यहूदाको पहाडी मुलुकमा भएको किर्यत-अर्बा (अर्थात्, हेब्रोन) लाई अलग गरे।
JOS 20:8 यरीहो पारि यर्दनको पूर्वपट्टि रूबेनको कुलमा भएको पठारमा भएको उजाडस्थानको बेसेर, गादको कुलमा भएको गिलादको रामोत र मनश्शेको कुलमा भएको बाशानको गोलानलाई छुट्याए।
JOS 20:9 इस्राएलीहरू अर्थात् तिनीहरूसँग बसोबास गर्ने विदेशीहरूमध्ये कसैले कसैलाई अनजानमा मार्‍यो भने त्यो ती छुट्याइएका सहरहरूमा भागेर जानसक्थ्यो। अनि न्यायका निम्ति सभाको सामु खडा हुनुभन्दा अगि त्यसलाई रगतको बदला लिनेले मार्न पाउँदैनथियो।
JOS 21:1 तब लेवी कुलका मुखियाहरू, पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका अरू कुलका मुखियाहरूकहाँ आए।
JOS 21:2 अनि तिनीहरूले कनान देशको शीलोमा तिनीहरूलाई भने, “याहवेहले तपाईंलाई मोशाद्वारा हामीलाई हाम्रा गाईबस्तुका निम्ति खर्कसहितको बस्‍ने सहरहरू दिनू भनी आज्ञा गर्नुभयो।”
JOS 21:3 यसकारण याहवेहले आज्ञा गर्नुभएझैँ, इस्राएलीहरूले तिनीहरूका आफ्नै उत्तराधिकारको भागबाट लेवीहरूलाई यी सहरहरू र खर्कहरू दिए:
JOS 21:4 पहिलो चिट्ठा वंशअनुसार कहातीहरूका निम्ति निस्क्यो। हारून पुजारीका सन्तान लेवीहरूलाई यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट तेह्र वटा सहरहरू भाग लगाइयो।
JOS 21:5 कहातका बाँकी रहेका सन्तानहरूलाई एफ्राइम, दान र मनश्शेको आधा कुलहरूका वंशहरूबाट दश वटा सहरहरू भाग लगाइयो।
JOS 21:6 गेर्शोनका सन्तानहरूलाई इस्साखार, आशेर, नप्‍ताली र बाशानमा भएको मनश्शेको आधा कुलहरूका वंशहरूबाट तेह्र वटा सहरहरू भाग लगाइयो।
JOS 21:7 मरारीका सन्तानहरूले वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलहरूबाट बाह्र वटा सहरहरू पाए।
JOS 21:8 यसरी याहवेहले मोशाद्वारा आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू र तिनीहरूका खर्कहरू दिए।
JOS 21:9 तिनीहरूले यहूदा र शिमियोनका कुलहरूबाट भाग लगाइएका सहरहरू यिनै हुन्।
JOS 21:10 यी सहरहरू हारूनका सन्तानहरूलाई दिइयो, जो लेवीका वंशका कहाती थिए। किनकि पहिलो चिट्ठा तिनीहरूको नाममा परेको थियो:
JOS 21:11 तिनीहरूले उनीहरूलाई किर्यत-अर्बा (अर्थात्, हेब्रोन) लाई यहूदामा भएको पहाडी मुलुकबाट चारैतिरका खर्कहरूसमेत दिए। (अर्बा अनाकका पुर्खा थिए।)
JOS 21:12 तर त्यस सहरका खेतहरू र गाउँहरूचाहिँ तिनीहरूले यपून्‍नेका छोरा कालेबलाई तिनको पैतृक सम्पत्तिको रूपमा दिएका थिए।
JOS 21:13 यसकारण पुजारी हारूनका सन्तानहरूलाई तिनीहरूले हेब्रोन (हत्याको अभियोग लागेको व्यक्तिको लागि शरण-नगर) लिब्ना,
JOS 21:14 यत्तीर, एश्तमो,
JOS 21:15 होलोन, दबीर,
JOS 21:16 ऐन, युत्ता र बेथ-शेमेश, तिनीहरूका खर्कहरूसमेत यी दुई कुलहरूबाट नौ वटा सहरहरू दिइएको थियो।
JOS 21:17 अनि बेन्यामीनको कुलबाट तिनीहरूले उनीहरूलाई यी सहरहरू दिए: गिबोन, गेबा,
JOS 21:18 अनातोत र अल्मोन, तिनीहरूका खर्कहरूसमेत, चार वटा सहरहरू दिइएको थियो।
JOS 21:19 हारूनका सन्तान, पुजारीहरूका निम्ति जम्मा तेह्र वटा तिनीहरूका खर्कहरूसमेत सहरहरू थिए।
JOS 21:20 बाँकी रहेका लेवीहरूका कहाती वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइएको थियो:
JOS 21:21 एफ्राइमको पहाडी मुलुकमा तिनीहरूलाई यी सहरहरू दिइएको थियो: शेकेम (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर), गेजेर,
JOS 21:22 किब्सैम र बेथ-होरोन, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू दिइएको थियो।
JOS 21:23 दानको कुलबाट पनि तिनीहरूले यी सहरहरू पाए: एल्तके, गिब्बतोन,
JOS 21:24 अय्यालोन र गात-रिम्मोन, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू पाए।
JOS 21:25 मनश्शेको आधा कुलबाट तिनीहरूले यी सहरहरू पाए: तानाक र गात-रिम्मोन, तिनीहरूका खर्कहरूसँगै दुई वटा सहरहरू पाए।
JOS 21:26 यी सबै दश सहरहरू र तिनीहरूका खर्कहरू कहाती वंशका बाँकी रहेकाहरूलाई दिइएको थियो।
JOS 21:27 लेवी वंशका गेर्शोनीहरूलाई यी सहरहरू दिइएको थियो: मनश्शेको आधा कुलहरूबाट: बाशानमा भएको गोलान (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर) र बेएश्तरा, तिनीहरूका खर्कहरूसमेत दुई वटा सहरहरू दिइएको थियो।
JOS 21:28 इस्साखारको कुलबाट: किश्योन, दाबरत,
JOS 21:29 यर्मूत र एन-गन्‍नीम, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू दिइएको थियो।
JOS 21:30 आशेरको कुलबाट: मिशाल, अब्दोन,
JOS 21:31 हेल्कत र रहोब, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू थिए।
JOS 21:32 नप्‍तालीको कुलबाट: गालीलमा भएको केदेश (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर) हम्मोत-डोर र कर्तान, तिनीहरूका खर्कहरूसमेत तीन वटा सहरहरू थिए।
JOS 21:33 गेर्शोनी वंशका सहरहरू, तिनीहरूका खर्कहरूसमेत जम्मा तेह्र वटा थिए।
JOS 21:34 मरारी वंशकाहरू, जो लेवीहरूका बाँकी रहेकाहरू थिए। तिनीहरूलाई यी सहरहरू दिइएको थियो: जबूलूनको कुलबाट: योक्नाम, कर्तह,
JOS 21:35 दिम्ना र नहलल, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू थिए;
JOS 21:36 रूबेनको कुलबाट: बेसेर, यहसा,
JOS 21:37 कदेमोत र मेपात, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू थिए।
JOS 21:38 गादको कुलबाट: गिलादको रामोत (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर), महनाइम,
JOS 21:39 हेश्बोन र याजेर, तिनीहरूका खर्कहरूसमेत जम्मा चार वटा सहरहरू थिए।
JOS 21:40 लेवीहरूका बाँकी रहेका सबै मरारी वंशलाई दिइएका सहरहरू जम्मा बाह्र वटा थिए।
JOS 21:41 इस्राएलीहरूले अधिकार गरेका इलाकामा लेवीहरूका सहरहरू तिनीहरूका खर्कहरूसमेत, जम्मा अठचालीस वटा थिए।
JOS 21:42 यी सहरहरूका चारैतिर खर्कहरू थिए; प्रत्येक सहरहरूमा यस्तै थियो।
JOS 21:43 यसरी याहवेहले इस्राएलीहरूका पुर्खाहरूलाई दिनेछु भनी शपथ खानुभएका सबै देश तिनीहरूलाई दिनुभयो। अनि तिनीहरूले ती देशहरूमाथि अधिकार गरे, र त्यहाँ बसोबास गर्न लागे।
JOS 21:44 याहवेहले तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभएझैँ, उहाँले तिनीहरूलाई चारैतिरबाट शान्ति दिनुभयो। तिनीहरूका कुनै पनि शत्रु तिनीहरूको विरुद्धमा खडा रहन सकेनन्। याहवेहले तिनीहरूका सबै शत्रुहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो।
JOS 21:45 याहवेहले इस्राएलीहरूलाई गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि असफल भएनन्; हरेक प्रतिज्ञाहरू पूरा भए।
JOS 22:1 तब रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई यहोशूले बोलाए।
JOS 22:2 अनि तिनीहरूलाई भने, “तिमीहरूले याहवेहका सेवक मोशाले आज्ञा गरेका सबै थोक गरेका छौ, र मैले तिमीहरूलाई आज्ञा दिएका हरेक कुरा पालन गरेका छौ।
JOS 22:3 यतिका दिनदेखि लिएर आजसम्मै तिमीहरूका दाजुभाइहरूलाई नत्यागी तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरले दिनुभएका सबै आज्ञाहरू पूरा गरेका छौ।
JOS 22:4 अब याहवेह तिमीहरूका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूका दाजुभाइहरूलाई विश्राम दिनुभएको छ। याहवेहका सेवक मोशाले तिमीहरूलाई यर्दनपारि दिएका आ-आफ्ना देशमा भएका तिमीहरूका घरमा फर्केर जाओ।
JOS 22:5 तर तिमीहरूले याहवेहका सेवक मोशाले दिएका आज्ञाहरू बडो होसियारीसाथ पालन गर्नू। याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, उहाँमा आज्ञाकारी हुनू, उहाँको आज्ञापालन गर्नू; उहाँमा लागिरहनू। तिमीहरूका सारा हृदयले र सारा प्राणले उहाँको सेवा गर्नू।”
JOS 22:6 त्यसपछि यहोशूले तिनीहरूलाई आशिष् दिए, र पठाइदिए। अनि तिनीहरू आ-आफ्ना घरतिर गए।
JOS 22:7 (मनश्शेको आधा कुललाई मोशाले बाशानमा ठाउँ दिएका थिए। तिनीहरूको अर्को आधा कुललाई यहोशूले तिनीहरूका दाजुभाइहरूसँग यर्दनको पश्‍चिमतिरको ठाउँ दिए।) जब यहोशूले तिनीहरूलाई आ-आफ्ना घरमा पठाए, तब तिनीहरूलाई आशिष् दिए।
JOS 22:8 अनि तिनीहरूलाई भने, “तिमीहरू प्रशस्त सम्पत्ति, गाईबस्तुको ठूलो बथान, सुन, चाँदी, काँसो, फलाम र धेरै मात्रामा लुगाफाटाहरू लिएर आफ्ना घरमा फर्क। अनि तिमीहरूका शत्रुहरूबाट लुटेका मालसामानहरू आफ्ना दाजुभाइहरूसँग बाँडफाँड गर।”
JOS 22:9 यसकारण रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलले इस्राएलीहरूलाई शीलोमा छोडे। अनि याहवेहले मोशाद्वारा आज्ञा दिनुभएअनुसार तिनीहरूले प्राप्‍त गरेका आफ्नै देश गिलादतिर फर्कन कनानबाट हिँडे।
JOS 22:10 जब तिनीहरू कनानको देश यर्दनको नजिकमा भएको गेलीलोतमा आइपुगे, तब रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलले यर्दनको छेउमा एउटा विशाल वेदी बनाए।
JOS 22:11 अनि जब तिनीहरूले कनानको सिमाना गेलीलोतमा, यर्दनको छेउ इस्राएलीहरूको किनारापट्टि वेदी बनाएको कुरा अरू इस्राएलीहरूले सुने,
JOS 22:12 तब इस्राएलका सारा समुदायले तिनीहरूको विरुद्धमा युद्ध गर्न शीलोमा भेला भए।
JOS 22:13 यसकारण इस्राएलीहरूले पुजारी एलाजारका छोरा पीनहासलाई रूबेनी, गादी, मनश्शेको आधा कुलकहाँ पठाए।
JOS 22:14 तिनीहरूले उनीहरूसँग इस्राएलको हरेक वंशबाट एक-एक जना मुखिया छानेर दश जना पठाए। तिनीहरू इस्राएलका हरेक कुलहरूका परिवारबाटका अगुवाहरू थिए।
JOS 22:15 तिनीहरू गिलादमा रूबेन, गाद र मनश्शेको आधा कुलका मानिसहरूकहाँ पुगेपछि तिनीहरूले उनीहरूलाई भने,
JOS 22:16 “याहवेहको सारा समुदायले यसो भन्दछ: तिमीहरूले कसरी इस्राएलका परमेश्‍वरसित यसरी विश्‍वासघात गर्न सक्यौ? तिमीहरूले कसरी याहवेहदेखि तर्केर उहाँको विरुद्धमा आफ्ना लागि वेदी बनायौ?
JOS 22:17 के पोरको पाप हाम्रा निम्ति पर्याप्‍त थिएन? याहवेहको समुदायमाथि विपत्ति आइलागे तापनि हामीले आजको दिनसम्म आफूलाई त्यस पापदेखि शुद्ध पार्न सकेका छैनौँ!
JOS 22:18 अनि के अब तिमीहरू याहवेहदेखि तर्किरहन्छौ? “ ‘यदि तिमीहरू याहवेहको विरुद्धमा आज बागी भयौ भने भोलि उहाँ इस्राएलका सम्पूर्ण समुदायसँग क्रोधित हुनुहुनेछ।
JOS 22:19 यदि तिमीहरूले अधिकार गरेको देश अशुद्ध भएको छ भने याहवेहको समागम पाल भएको देशमा आओ र हामीसँगै जमिनको उपभोग गर। तर याहवेहको वेदीबाहेक आफ्ना निम्ति अर्कै वेदी बनाएर याहवेह हाम्रा परमेश्‍वर अथवा हाम्रो विरुद्धमा बागी नहोओ।
JOS 22:20 जब जेरहका छोरा आकानले अर्पण गरिएका कुराहरूको विषयमा विश्‍वासघात गरेका थिए, तब के सारा इस्राएलको समुदायमाथि क्रोध परेको थिएन? त्यहाँ त्यो एकलै मात्र आफ्नो पापले मरेन।’ ”
JOS 22:21 तब रूबेन, गाद र मनश्शेको आधा कुलले इस्राएली वंशका मुखियाहरूलाई जवाफ दिए:
JOS 22:22 सर्वशक्तिमान्, परमेश्‍वर, याहवेह! सर्वशक्तिमान्, परमेश्‍वर, याहवेह! उहाँले जान्‍नुहुन्छ! अनि इस्राएलले पनि जानोस्! यो याहवेहको विरुद्ध विद्रोह अर्थात् अनाज्ञाकारिता हो भने आज हामीलाई बाँकी नराख्नुहोस्!
JOS 22:23 याहवेहबाट तर्केर जान र यसमाथि होमबलि, अन्‍नबलि अर्थात् मेलबलि चढाउन भनी हामीले आफ्नै वेदी बनाएका हौँ भने याहवेह आफैँले हामीबाट लेखा लिऊन्!
JOS 22:24 “त्यसो होइन! हामीले आउँदा कुनै दिनमा तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई, याहवेह इस्राएलका परमेश्‍वरसँग तिमीहरूको के सरोकार? भन्लान् कि भन्‍ने डरले पो यसो गरेका हौँ।
JOS 22:25 याहवेहले यर्दनलाई तिमीहरू र हाम्रा बीचमा सिमाना बनाइदिनुभएको छ। हे रूबेनीहरू र हे गादीहरू हो! याहवेहमा तिमीहरूको कुनै भाग छैन भनेर तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई याहवेहको भय मान्‍नबाट रोक्न सक्नेछन्।
JOS 22:26 “त्यसकारण हामीले भन्यौँ, ‘हामी तयार भएर एउटा वेदी बनाऔँ, तर होमबलि अर्थात् बलिदानहरूका निम्ति होइन।
JOS 22:27 तर यसको ठिक विपरीत तिमीहरू, हामीहरू र हाम्रा भावी पुस्ताहरूको बीचमा यो एउटा साक्षीको रूपमा रहोस्, ताकि हाम्रा होमबलिहरू, बलिदानहरू र मेलबलिहरूद्वारा उहाँको वासस्थानमा याहवेहलाई हामी सेवा गर्नेछौँ। अनि भविष्यमा तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई याहवेहमा तिमीहरूको कुनै भाग छैन भनी भन्‍न नपाऊन्।’
JOS 22:28 “अनि हामीले भन्यौँ, ‘यदि कुनै दिन तिनीहरूले हामीलाई अर्थात् हाम्रा सन्तानलाई यसो भन्यो भने हामी यसो भन्‍नेछौँ: हाम्रा पितापुर्खाहरूले होमबलि र बलिदानहरू चढाउन होइन, तर हामी र तिमीहरूका बीचमा साक्षीको रूपमा बनाएको याहवेहको वेदीको ढाँचालाई हेर।’
JOS 22:29 “उहाँको समागम पालको सामु खडा रहेको याहवेह हाम्रा परमेश्‍वरको वेदीलाई छोडेर आज अर्कै वेदी बनाएर त्यसमाथि होमबलि, अन्‍नबलि र बलिदानहरू चढाएर याहवेहको विरुद्धमा बागी भएर उहाँदेखि तर्किएर जाने काम हामीबाट टाढा रहोस्!”
JOS 22:30 जब पुजारी पीनहास र तिनीसँग भएका समुदायका अगुवाहरू र इस्राएलका वंशहरूका मुखियाहरूले रूबेनका, गादका र मनश्शेहरूले भन्‍न चाहेका कुरा सुने, तब तिनीहरू प्रसन्‍न भए।
JOS 22:31 अनि पुजारी एलाजारका छोरा पीनहासले रूबेनीहरू, गादीहरू र मनश्शेहरूलाई भने, “आज हामी जान्दछौँ कि याहवेह हामीसँग हुनुहुन्छ। किनकि यस विषयमा तिमीहरूले याहवेहप्रति विश्‍वासघात गरेका छैनौ। अब तिमीहरूले इस्राएललाई याहवेहको हातबाट छुटाएका छौ।”
JOS 22:32 तब पुजारी एलाजारका छोरा पीनहास र अगुवाहरू गिलादमा रूबेनी र गादीहरूसँग भेटघाट गरेर कनानमा फर्के। अनि इस्राएलीहरूलाई त्यसको विवरण दिए।
JOS 22:33 त्यो विवरण सुनेर इस्राएलीहरू प्रसन्‍न भए, र परमेश्‍वरको प्रशंसा गरे। अनि रूबेनीहरू र गादीहरू बसेको देशमा तिनीहरूको विरुद्धमा युद्ध गरेर नष्‍ट पार्ने कुरा तिनीहरूले फेरि गरेनन्।
JOS 22:34 अनि रूबेनीहरू र गादीहरूले त्यस वेदीलाई यो नाम दिए: हाम्रा बीचमा एउटा मात्र साक्षी हुनुहुन्छ, जो केवल याहवेह परमेश्‍वर हुनुहुन्छ।
JOS 23:1 धेरै समय बितेपछि याहवेहले इस्राएललाई तिनीहरूका चारैतिरका सबै शत्रुहरूदेखि विश्राम दिनुभयो। अनि त्यस बेलासम्ममा यहोशू वृद्ध भइसकेका थिए।
JOS 23:2 तब तिनले सारा इस्राएल, तिनीहरूका प्रधानहरू, अगुवाहरू, न्यायकर्ताहरू र अधिकृतहरूलाई बोलाएर तिनीहरूलाई भने: “म अब धेरै वृद्ध भएको छु।
JOS 23:3 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका निम्ति यी सबै राष्ट्रहरूलाई गर्नुभएको हरेक कुरा तिमीहरूले देखेका छौ। याहवेह तिमीहरूका परमेश्‍वर नै तिमीहरूको निम्ति लड्नुभयो।
JOS 23:4 याद गर, मैले कसरी तिमीहरूका कुलहरूका निम्ति उत्तराधिकारको रूपमा यर्दन र पश्‍चिममा महासागरको बीचमा रहेका सबै राष्ट्रहरूलाई जितेर तिनीहरूको देश तिमीहरूका बाँकी रहेका राष्ट्रहरूलाई भाग लगाइदिएको छु।
JOS 23:5 याहवेह तिमीहरूका परमेश्‍वर आफैँले तिनीहरूलाई तिमीहरूका निम्ति धपाइदिनुहुनेछ। उहाँले तिनीहरूलाई तिमीहरूकै सामुबाट निकालिदिनुहुनेछ। अनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको देशमाथि अधिकार गर्नेछौ।
JOS 23:6 “त्यसकारण अति बलियो होओ; मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरूबाट दायाँ अथवा बायाँतिर नलागी होसियारीसाथ पालन गर्नू।
JOS 23:7 तिमीहरूका बीचमा बसोबास गर्ने यी जातिहरूसँग सम्बन्ध नराख्नू। तिनीहरूका देवी-देवताहरूका नाम नपुकार्नू, अथवा तिनीहरूका नामहरूमा शपथ नखानू। तिमीहरूले तिनीहरूको सेवा नगर्नू, अथवा तिनीहरूका सामु ननिहुरनू।
JOS 23:8 तर तिमीहरूले अहिलेसम्म गरेझैँ याहवेह तिमीहरूका परमेश्‍वरमा विश्‍वासयोग्य भइरहनू।
JOS 23:9 “याहवेहले तिमीहरूको सामुबाट महान् र शक्तिशाली जातिहरूलाई धपाइदिनुभयो; त्यसैले आजको दिनसम्म कोही पनि तिमीहरूको विरुद्धमा खडा रहन सकेको छैन।
JOS 23:10 तिमीहरूमध्ये एक जनाले एक हजारलाई परास्त गर्न सक्छौ। किनकि याहवेह तिमीहरूका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूका निम्ति युद्ध गरिदिनुहुन्छ।
JOS 23:11 यसकारण याहवेह तिमीहरूका परमेश्‍वरलाई होसियारीसाथ प्रेम गर्नू।
JOS 23:12 “तर यदि तिमीहरू तर्केर तिमीहरूका बीचमा बसोबास गर्ने बाँकी रहेका यी जातिहरूसँग तिमीहरूले सम्बन्ध राख्यौ र तिमीहरूले तिनीहरूसँग विवाह गर्‍यौ भने,
JOS 23:13 यो निश्‍चय जानिराख—याहवेह तिमीहरूका परमेश्‍वरले यी जातिहरूलाई तिमीहरूका सामुबाट धपाउनुहुनेछैन। बरु जबसम्म याहवेह तिमीहरूका परमेश्‍वरले दिनुभएको यस असल देशबाट तिमीहरू नष्‍ट हुँदैनौ, तबसम्म तिनीहरू तिमीहरूका निम्ति फन्दा र पासो हुनेछन्। यसकासाथै तिमीहरूका पिठिउँमा कोर्रा र तिमीहरूका आँखामा काँडासरह बन्‍नेछन्।
JOS 23:14 “अब म सारा पृथ्वीको नियमअनुसार जान लागेको छु। याहवेह, तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको उत्तम प्रतिज्ञाहरूमध्ये एउटै पनि अपूरो रहेको छैन भनी आफ्ना सारा हृदय र प्राणले जान्दछौ। हरेक प्रतिज्ञा पूरा भएका छन्। एउटै पनि असफल भएको छैन।
JOS 23:15 तर याहवेह तिमीहरूका परमेश्‍वरको हरेक असल प्रतिज्ञा साँचो ठहरिएझैँ, यदि तिमीहरूले उहाँको आज्ञापालन गरेनौ भने उहाँले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू नष्‍ट नभएसम्म उहाँले तिमीहरूलाई होशियार गराउनुभएका सबै खराब कुराहरू पनि ल्याउनुहुनेछ।
JOS 23:16 यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरले आज्ञा गर्नुभएको करार भङ्ग गर्‍यौ र अरू देवी-देवताको सेवा गर्दै तिनीहरूका सामु निहुर्‍यौ भने याहवेहको क्रोध तिमीहरूमाथि पर्नेछ। अनि उहाँले तिमीहरूलाई दिनुभएको यस असल देशबाट तिमीहरू चाँडै नै नाश हुनेछौ।”
JOS 24:1 तब यहोशूले इस्राएलका सबै कुलहरूलाई शेकेममा भेला गराए। तिनले इस्राएलका प्रधानहरू, अगुवाहरू, न्यायकर्ताहरू र अधिकृतहरूलाई बोलाए। अनि तिनीहरूले आफैँलाई परमेश्‍वरको सामु उपस्थित गराए।
JOS 24:2 यहोशूले ती सबै मानिसहरूलाई भने, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘धेरै वर्षअगि अब्राहाम र नाहोरका बुबा तेरह लगायत तिमीहरूका पितापुर्खाहरू यूफ्रेटिस नदीपारि बस्दथे। अनि अरू देवी-देवताहरू पुज्दथे।
JOS 24:3 तर मैले तिमीहरूका पिता अब्राहामलाई त्यस नदी पारिको देशबाट ल्याएँ। अनि कनान देशभरि डोर्‍याएँ र उसलाई धेरै सन्तानहरू दिएँ। अनि मैले उसलाई इसहाक दिएँ।
JOS 24:4 इसहाकलाई मैले याकोब र एसाव दिएँ। मैले एसावलाई सेइरको पहाडी देश अधिकार गर्न दिएँ। तर याकोब र उसका छोराहरू तल इजिप्टतिर गए।
JOS 24:5 “ ‘तब मैले मोशा र हारूनलाई पठाएँ। अनि मैले इजिप्टमा विपत्तिहरू ल्याएर त्यहाँका मानिसहरूलाई कष्‍ट दिएँ। मैले तिमीहरूलाई बाहिर निकालेर ल्याएँ।
JOS 24:6 जब मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएँ, तब तिमीहरू लाल समुद्रमा आइपुग्यौ। अनि इजिप्टियनहरूले घोडचढीहरू र रथहरूसहित तिमीहरूलाई समुद्रसम्मै पछ्याए।
JOS 24:7 तर तिनीहरूले सहायताको निम्ति याहवेहसँग पुकार गरे। अनि मैले तिमीहरू र इजिप्टियनहरूको बीचमा अन्धकार पारेँ। मैले समुद्रलाई तिनीहरूमाथि घोप्ट्याइदिएँ; र तिनीहरूलाई डुबाइदिएँ। मैले इजिप्टियनहरूलाई गरेका कुरा तिमीहरूले आफ्नै आँखाले देख्यौ। त्यसपछि तिमीहरू उजाडस्थानमा लामो समयसम्म बस्यौ।
JOS 24:8 “ ‘मैले तिमीहरूलाई यर्दनको पूर्वमा बस्‍ने एमोरीहरूको देशमा ल्याएँ। तिनीहरूले तिमीहरू विरुद्ध युद्ध गरे। तर मैले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिएँ। मैले तिनीहरूलाई तिमीहरूको सामुबाट नाश गरिदिएँ। अनि तिमीहरूले तिनीहरूको देशमा अधिकार गर्‍यौ।
JOS 24:9 जब मोआबको राजा सिप्पोरको छोरा बालाकले इस्राएलको विरुद्धमा युद्ध गर्ने तयारी गर्‍यो, तब त्यसले तिमीहरूलाई सराप्न भनी बओरको छोरा बालामलाई बोलायो।
JOS 24:10 तर मैले बालामको कुरा सुनिनँ। यसैकारण त्यसले तिमीहरूलाई बारम्बार आशिष् दियो। अनि मैले तिमीहरूलाई बालकको हातबाट छुटाएँ।
JOS 24:11 “ ‘त्यसपछि तिमीहरू यर्दन पार गरेर यरीहोमा आयौ। अनि यरीहोका मानिसहरूले तिमीहरूको विरुद्धमा युद्ध गरे। तिनीहरूले जस्तै तिमीहरूको विरुद्धमा एमोरीहरू, परिज्जीहरू, कनानीहरू, हित्तीहरू, गिर्गाशीहरू, हिव्वीहरू र यबूसीहरूले पनि युद्ध गरे। तर मैले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिएँ।
JOS 24:12 मैले तिमीहरूको अगि-अगि अरिङ्गाल पठाइदिएँ; जसले तिनीहरूलाई र दुई एमोरी राजाहरूलाई पनि तिमीहरूको सामुबाट धपाइदिएँ। त्यो तिमीहरूको आफ्नै तरवार र धनुकाँडले गरेका थिएनौ।
JOS 24:13 यसरी मैले तिमीहरूलाई तिमीहरूले परिश्रम नै नगरेको देश र तिमीहरूले नबनाएका सहरहरू दिएँ। अनि तिमीहरू त्यहाँ बस्यौ र तिमीहरूले नरोपेका दाखबारी र जैतुनबारीका फल खाइरहेका छौ।’
JOS 24:14 “यसकारण अब याहवेहको डर मानेर पूर्ण विश्‍वासयोग्यतामा उहाँको सेवा गर। तिमीहरूका पितापुर्खाहरूले नदीपारि र इजिप्टमा पुजेका देवी-देवताहरू फ्याँक र याहवेहको सेवा गर।
JOS 24:15 तर यदि याहवेहको सेवा गर्न तिमीहरूलाई इच्छा लाग्दैन भने तिमीहरूले कसको सेवा गर्ने हो, नदीपारि तिमीहरूका पितापुर्खाहरूले पुजेका देवी-देवताहरू या तिमीहरू अहिले बसिरहेका एमोरीहरूका ठाउँका देवी-देवताहरू, सो रोज। तर म र मेरो घरानाले चाहिँ याहवेहकै सेवा गर्नेछौँ।”
JOS 24:16 तब मानिसहरूले जवाफ दिए, “हामीले याहवेहलाई त्यागेर अरू देवी-देवताहरूको सेवा गर्ने, यस्तो काम हामीबाट कदापि नहोस्!
JOS 24:17 हामी र हाम्रा पितापुर्खाहरूलाई दासत्वको देश इजिप्टबाट ल्याउनुहुने र हाम्रा आँखाकै सामु ती अलौकिक चिन्हहरू गर्नुहुने याहवेह हाम्रा परमेश्‍वर आफैँ हुनुहुन्छ। जब हामी ती सबै जातिहरूका बीचबाट भएर आयौँ, तब उहाँले नै हामीलाई हाम्रो यात्राभरि सुरक्षा गर्नुभयो।
JOS 24:18 अनि याहवेहले हाम्रो सामुबाट यस देशमा बस्‍ने एमोरीहरू लगायत सबै जातिहरूलाई धपाइदिनुभयो। हामी पनि याहवेहकै सेवा गर्नेछौँ; किनकि उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ।”
JOS 24:19 यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले याहवेहको सेवा गर्न सक्दैनौ; किनकि उहाँ पवित्र परमेश्‍वर हुनुहुन्छ। उहाँ डाह गर्ने परमेश्‍वर हुनुहुन्छ। उहाँले तिमीहरूका विद्रोह र पापहरू क्षमा गर्नुहुन्‍न।
JOS 24:20 यदि तिमीहरूले याहवेहलाई त्यागेर विदेशी देवी-देवताहरूलाई सेवा गर्‍यौ भने उहाँले तिमीहरूमाथि अहिलेसम्म गर्नुभएको भलाइबाट फर्कनुहुनेछ। अनि उहाँले तिमीहरूमाथि विपत्ति ल्याएर तिमीहरूलाई भष्म पारिदिनुहुनेछ।”
JOS 24:21 तर मानिसहरूले यहोशूलाई भने, “होइन! हामी याहवेहकै सेवा गर्नेछौँ।”
JOS 24:22 तब यहोशूले भने, “तिमीहरूले याहवेहको सेवा गर्न रोजेकोमा तिमीहरू आफैँ आफ्नो विरुद्धमा साक्षी छौ।” तिनीहरूले जवाफ दिए, “हजुर, हामी आफैँ साक्षी छौँ।”
JOS 24:23 यहोशूले भने, “त्यसो भए अब तिमीहरूसँग भएका विदेशी देवी-देवताहरू हटाओ। अनि तिमीहरूका हृदय याहवेह इस्राएलका परमेश्‍वरतर्फ लगाओ।”
JOS 24:24 अनि मानिसहरूले यहोशूलाई भने, “हामी याहवेह हाम्रा परमेश्‍वरकै सेवा गर्नेछौँ; र उहाँकै आज्ञापालन गर्नेछौँ।”
JOS 24:25 त्यस दिन यहोशूले मानिसहरूका निम्ति करार बाँधे। अनि शेकेममा तिनीहरूका निम्ति उर्दी र नियमहरू बनाए।
JOS 24:26 अनि यहोशूले ती कुराहरू परमेश्‍वरको व्यवस्थाको पुस्तकमा लेखे। त्यसपछि तिनले एउटा ठूलो ढुङ्गा लिए। अनि त्यसलाई याहवेहको पवित्र ठाउँको छेउमा फलाँटको रूखमुनि खडा गरे।
JOS 24:27 तिनले सबै मानिसहरूलाई भने, “हेर! यो ढुङ्गा हाम्रो विरुद्धमा साक्षी हुनेछ। याहवेहले हामीलाई भन्‍नुभएका सबै कुराहरू यसले सुनेको छ। तिमीहरू आफ्ना परमेश्‍वरप्रति विश्‍वासयोग्य रहेनौ भने यो तिमीहरूको विरुद्धमा साक्षी हुनेछ।”
JOS 24:28 त्यसपछि यहोशूले प्रत्येक मानिसहरूलाई तिनीहरूका आ-आफ्नै उत्तराधिकारको ठाउँमा पठाइदिए।
JOS 24:29 यी कुराहरूपछि याहवेहका सेवक, नूनका छोरा यहोशूको एक सय दश वर्षको उमेरमा मृत्यु भयो।
JOS 24:30 अनि तिनीहरूले उनलाई उनको उत्तराधिकारको ठाउँ गाश पर्वतको उत्तरमा भएको एफ्राइमको पहाडी मुलुकमा रहेको तिम्नथ-सेरहमा गाडे।
JOS 24:31 इस्राएलले यहोशूको र उनीभन्दा धेरै बाँचेका प्रधानहरूका जीवनकालभरि नै याहवेहको सेवा गर्दैरहे जसले इस्राएलका निम्ति याहवेहले गर्नुभएको हरेक कुराहरूको अनुभव गरेका थिए।
JOS 24:32 इस्राएलीहरूले इजिप्टबाट ल्याएका योसेफका हड्डीहरू शेकेमका पिता हामोरका छोराहरूबाट एक सय चाँदीका टुक्राहरूमा याकोबले किनेको जमिन शेकेममा गाडे। त्यो शेकेम योसेफका सन्तानको उत्तराधिकार भयो।
JOS 24:33 अनि हारूनका छोरा एलाजारको पनि मृत्यु भयो। तब तिनका छोरा पीनहासलाई दिइएको भाग एफ्राइमको पहाडी मुलुकको गेबामा तिनलाई गाडियो।
JDG 1:1 यहोशूको मृत्युपछि इस्राएलीहरूले याहवेहलाई सोधे, “हाम्रो पक्षमा कनानीहरूको विरुद्ध लडाइँ गर्न को पहिले जानेछ?”
JDG 1:2 अनि याहवेहले जवाफ दिनुभयो, “यहूदा जानेछ; यो देश मैले तिनीहरूको हातमा दिएको छु।”
JDG 1:3 यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनीहरूलाई भने, “कनानीहरूको विरुद्ध लडाइँ गर्नलाई हाम्रो भागमा परेको प्रान्तमा आउनुहोस्। यसको सट्टा हामी पनि तपाईंहरूसित तपाईंको भागमा परेको प्रान्तमा जानेछौँ।” यसकारण शिमियोनीहरू तिनीहरूसित गए।
JDG 1:4 यहूदाले आक्रमण गर्दा याहवेहले कनानीहरू र परिज्जीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो, र तिनीहरूले दश हजार मानिसहरूलाई बेजेकमा मारे।
JDG 1:5 तिनीहरूले अदोनी-बेजेकलाई भेट्टाएर तिनीसित युद्ध गरेको, र कनानीहरू र परिज्जीहरूलाई परास्त गरेको ठाउँ त्यही थियो।
JDG 1:6 अदोनी-बेजेक भागे, तर तिनीहरूले तिनलाई खेदेर भेट्टाए, र तिनका हात र खुट्टाका बूढी-औँलाहरू काटिदिए।
JDG 1:7 तब अदोनी-बेजेकले भने, “हात र खुट्टाका बूढी-औँलाहरू काटिएका सत्तरी जना राजाहरूले मेरो टेबुलमुनि जुठोका टुक्राटाक्री टिप्थे। अब परमेश्‍वरले मलाई तिनीहरूलाई मैले गरेझैँ बदला लिनुभएको छ।” तिनीहरूले तिनलाई यरूशलेममा ल्याए, र तिनी त्यहीँ मरे।
JDG 1:8 यहूदाका मानिसहरूले यरूशलेममाथि पनि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। तिनीहरूले त्यहाँका मानिसहरूलाई तरवारले मारे, र त्यस सहरमा आगो लगाइदिए।
JDG 1:9 त्यसपछि यहूदाका मानिसहरू पहाडी मुलुक, दक्षिणी र पश्‍चिमी फेदीमा बस्‍ने कनानीहरूको विरुद्धमा लडाइँ गर्न ओर्लिए।
JDG 1:10 तिनीहरू हेब्रोनमा (पहिले किर्यत-अर्बा भनिन्थ्यो) बस्‍ने कनानीहरूको विरुद्धमा अगि बढेर शेशै, अहीमन र तल्मैलाई परास्त गरे।
JDG 1:11 त्यहाँबाट तिनीहरू दबीरमा (पहिले किर्यत-सेपेर भनिन्थ्यो) बस्‍ने मानिसहरूको विरुद्धमा अगि बढे।
JDG 1:12 अनि कालेबले भने, “म मेरी छोरी अक्साको विवाह किर्यत-सेपेरमाथि आक्रमण गरेर जित्ने मानिससँग गरिदिनेछु।”
JDG 1:13 कालेबको भाइ कनजका छोरा ओत्निएलले त्यसलाई जित्यो। अनि कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए।
JDG 1:14 एक दिन तिनी ओत्निएलकहाँ जाँदा तिनले आफ्नो पिताबाट एउटा जमिन माग्न भनी उनलाई सुर्‍याए। अक्सा आफ्नो गधाबाट ओर्लेपछि कालेबले तिनलाई सोधे, “म तिम्रा निम्ति के गर्न सक्छु?”
JDG 1:15 तिनले जवाफ दिइन्, “ममाथि एउटा विशेष कृपा गर्नुहोस्। तपाईंले मलाई दक्षिणमा एउटा जमिन दिनुभएको हुनाले मलाई पानीका मूलहरू पनि दिनुहोस्।” तब कालेबले तिनलाई माथिल्‍ला र तलका पानीका मूलहरू दिए।
JDG 1:16 मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरूसँग खजूरका रूखहरूको सहरबाट आराद नजिकको दक्षिणमा भएको यहूदाको उजाडस्थानमा गए, र त्यहाँका मानिसहरूसँग बसोबास गर्न लागे।
JDG 1:17 तब यहूदाका मानिसहरू आफ्ना दाजुभाइ शिमियोनीहरूसित गएर सपतमा बस्‍ने कनानीहरूमाथि आक्रमण गरे, र तिनीहरूले सहरलाई सम्पूर्ण रूपले नष्‍ट पारे। यसकारण त्यसलाई होर्मा भनियो।
JDG 1:18 यहूदाका मानिसहरूले गाजा, अश्कलोन र एक्रोनलाई तिनीहरूका वरिपरिका प्रान्तहरूसहित लिए।
JDG 1:19 याहवेह यहूदाका मानिसहरूसित हुनुहुन्थ्यो। तिनीहरूले पहाडी मुलुकमाथि अधिकार गरे, तर तिनीहरू मैदानबाट मानिसहरूलाई धपाउन असमर्थ भए। किनकि तिनीहरूसित फलामका रथहरू थिए।
JDG 1:20 मोशाले प्रतिज्ञा गरेझैँ हेब्रोनचाहिँ कालेबलाई दिइयो, जसले अनाकका तीन छोराहरूलाई त्यहाँबाट धपाएका थिए।
JDG 1:21 तर बेन्यामीनीहरूले चाहिँ यरूशलेममा बस्‍ने यबूसीहरूलाई धपाएनन्। अनि आजको दिनसम्मै यबूसीहरू त्यहाँ बेन्यामीनीहरूसित बस्छन्।
JDG 1:22 अब योसेफका घरानाले बेथेलमाथि आक्रमण गरे, र याहवेह तिनीहरूसित हुनुहुन्थ्यो।
JDG 1:23 जब तिनीहरूले बेथेलमा (पहिले लूज भनिन्थ्यो) भेद लिने मानिसहरू पठाए,
JDG 1:24 तब ती जासुसहरूले एक जना मानिसलाई सहरबाट बाहिर निस्कँदैगरेको देखे, र तिनीहरूले त्यसलाई भने, “हामीलाई सहरभित्र कसरी पस्‍ने हो देखाइदेऊ, र हामी तिमीप्रति असल व्यवहार गर्नेछौँ।”
JDG 1:25 यसकारण त्यसले तिनीहरूलाई सहरभित्र पस्‍ने बाटो देखाइदियो। अनि उनीहरूले तिनीहरूका सहरलाई तरवारले नाश गरे, तर त्यो मानिस र त्यसको परिवारलाई चाहिँ छोडिदिए।
JDG 1:26 त्यसपछि त्यो हित्तीहरूको देशमा गयो, र त्यहाँ एउटा सहर बनायो; अनि त्यसको नाम लूज राख्यो। त्यस सहरको नाम आजको दिनसम्म त्यही नै छ।
JDG 1:27 तर मनश्शेले बेथ-शान, तानाक, डोर, यिबलाम, मगिद्दो र तिनीहरूका चारैतिर बसोबास गरेका मानिसहरूलाई धपाएनन्। किनकि कनानीहरूले त्यस देशमा बस्‍ने निश्‍चय गरेका थिए।
JDG 1:28 इस्राएल शक्तिशाली भएपछि तिनीहरूले कनानीहरूलाई बेगार काममा लगाए, तर तिनीहरूले उनीहरूलाई सम्पूर्ण रूपले चाहिँ निकालेनन्।
JDG 1:29 न त एफ्राइमले गेजेरमा बस्‍ने कनानीहरूलाई धपाए, तर कनानीहरू त्यहाँ तिनीहरूसित बसिरहे।
JDG 1:30 न त जबूलूनले नै कित्रोन अथवा नहललमा तिनीहरूसित बस्‍ने कनानीहरूलाई धपाए। यसैले यी कनानीहरू उनीहरूका बीच बसे, तर तिनीहरूले उनीहरूलाई बेगार काम गर्ने तुल्याए।
JDG 1:31 न त आशेरले अक्‍को, सीदोन, अहलाब, अक्जीब, हेलवा, अपेक वा रहोबमा बस्‍नेहरूलाई धपाए।
JDG 1:32 यसैकारण आशेरका मानिसहरू कनानी बासिन्दाहरूसित बसे; किनभने तिनीहरूले उनीहरूलाई धपाएनन्।
JDG 1:33 न त नप्‍तालीले बेथ-शेमेश अथवा बेथ-अनातमा बस्‍नेहरूलाई नै धपाए; तर नप्‍तालीहरू पनि त्यस देशका कनानी बासिन्दाहरूसित बसे। अनि बेथ-शेमेस र बेथ-अनातमा बस्‍नेहरू तिनीहरूका निम्ति ज्यालाविना काम गर्ने मजदुरहरू भए।
JDG 1:34 एमोरीहरूले दानवंशीहरूलाई पहाडी मुलुकभित्रै सीमित राखे, र तिनीहरूलाई मैदानमा आउनै दिएनन्।
JDG 1:35 अनि एमोरीहरूले हेरेस डाँडा, अय्यालोन र शाल्बीममै बस्‍ने निश्‍चय गरे। योसेफको घरानाको शक्ति बढेपछि तिनीहरू पनि ज्यालाविना खटिन बाध्य भए।
JDG 1:36 एमोरीहरूको सिमाना अक्रब्बीम घाटीदेखि सेला र अझ माथिसम्म थियो।
JDG 2:1 याहवेहका दूत गिलगालबाट माथि बोकीममा गएर भने, “मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ, र तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको देशमा ल्याइपुर्‍याएँ। मैले भनेँ, ‘तिमीहरूसित म आफ्नो करार कहिल्यै भङ्ग गर्नेछैनँ।
JDG 2:2 अनि तिमीहरूले यस देशका मानिसहरूसित करार नबाँध्नू, तर तिमीहरूले तिनीहरूका वेदीहरू भत्काइदिनू।’ तापनि तिमीहरूले मेरो आज्ञा भङ्ग गर्‍यौ। तिमीहरूले किन यसो गर्‍यौ?
JDG 2:3 यसकारण, ‘अब म तिमीहरूलाई भन्दछु, म तिनीहरूलाई धपाउनेछैनँ; ती तिमीहरूका निम्ति जाल र तिनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्‍नेछन्।’ ”
JDG 2:4 याहवेहका दूतले सारा इस्राएलीहरूलाई यो भनिसकेपछि मानिसहरू ठूलो सोरले रोए।
JDG 2:5 अनि तिनीहरूले त्यस ठाउँलाई बोकीम भने। त्यहाँ तिनीहरूले याहवेहका निम्ति बलिदान चढाए।
JDG 2:6 यहोशूले इस्राएलीहरूलाई बिदा गरेपछि हरेक आफ्नो उत्तराधिकार प्राप्‍त गर्नको निम्ति तिनीहरू देशलाई अधिकार गर्न गए।
JDG 2:7 यहोशू र तिनीभन्दा धेरै बाँचेका प्रधानहरूका जीवनकालभरि नै सबै मानिसहरूले याहवेहको सेवा गर्दैरहे। तिनीहरूले याहवेहले इस्राएलका निम्ति गर्नुभएको महान् कामहरू देखेका थिए।
JDG 2:8 याहवेहका सेवक नूनका छोरा यहोशू एक सय दश वर्षको उमेरमा मरे।
JDG 2:9 तिनीहरूले यहोशूलाई तिनको उत्तराधिकारको देश गाश डाँडाको उत्तरमा एफ्राइमको पहाडी मुलुकमा भएको तिम्नथ-हेरेसमा गाडे।
JDG 2:10 त्यो सम्पूर्ण पुस्ता आफ्ना पितापुर्खाहरूसित मिल्न गए। अनि अर्को पुस्ता बढेर आयो, जसले न त याहवेहलाई चिन्दथ्यो, न त उहाँले इस्राएलका निम्ति गर्नुभएका कुराहरू नै जान्दथ्यो।
JDG 2:11 तब इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍ट काम गरे, र बालको सेवा गरे।
JDG 2:12 तिनीहरूले याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्‍वरलाई त्यागे, जसले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभएको थियो। तिनीहरू आफ्ना वरिपरिका मानिसहरूका देवी-देवताहरूको पछि लागेर तिनीहरूलाई पुज्न थाले। तिनीहरूले याहवेहलाई रिस उठाए;
JDG 2:13 किनकि तिनीहरूले याहवेहलाई त्यागे; अनि बाल र अश्तोरेत देवी-देवताहरूको सेवा गरे।
JDG 2:14 इस्राएलप्रति आफ्नो क्रोधमा याहवेहले तिनीहरूलाई आक्रमणकारीहरूका हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूलाई लुटे। उहाँले तिनीहरूलाई आफ्ना चारैतिरका शत्रुहरूकहाँ बेचिदिनुभयो, जसलाई तिनीहरूले रोक्न सकेनन्।
JDG 2:15 जहाँ-जहाँ इस्राएलीहरू लडाइँ गर्न निस्कन्थे, त्यहीँ नै याहवेहले तिनीहरूसित शपथ खानुभएझैँ उहाँका हात तिनीहरूलाई पराजित पार्न तिनीहरूको विरुद्धमा हुन्थ्यो। त्यसैले तिनीहरू ठूलो सङ्कष्‍टमा परे।
JDG 2:16 तब याहवेहले न्यायकर्ताहरू खडा गर्नुभयो, जसले तिनीहरूलाई ती आक्रमणकारीहरूका हातबाट बचाए।
JDG 2:17 तापनि तिनीहरूले आफ्ना न्यायकर्ताहरूका कुरा सुनेनन्, तर अरू देवी-देवताहरूसित व्यभिचार गरे र तिनीहरूलाई पुजिरहे। तिनीहरू आफ्ना पितापुर्खाहरूका मार्ग, जसले याहवेहका आज्ञापालन गर्दथे, तिनीहरूका मार्गलाई चाँडै छोडिदिए।
JDG 2:18 जब-जब याहवेहले कुनै न्यायकर्तालाई तिनीहरूका निम्ति खडा गर्नुभयो, तब उहाँ त्यस न्यायकर्ताको साथमा रहनुहुन्थ्यो, र त्यो न्यायकर्ता बाँचुन्जेल उहाँले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट बचाउनुहुन्थ्यो; किनकि तिनीहरूलाई थिचोमिचो गर्ने र सताउनेहरूको अधीनमा तिनीहरूले जहिले सुस्केरा हाले तापनि याहवेहले तिनीहरूलाई दया देखाउनुभयो।
JDG 2:19 तर त्यो न्यायकर्ता मरेपछि ती मानिसहरू अरू देवी-देवताहरूको पछि लागेर तिनीहरूलाई पुज्दै आफ्ना पितापुर्खाहरूभन्दा बढी भ्रष्‍ट चालतिर फर्कन्थे। तिनीहरूले आफ्ना दुष्‍ट कामहरू र हठी मार्गलाई त्याग्न अस्वीकार गरे।
JDG 2:20 यसकारण याहवेह इस्राएलसँग अति क्रोधित हुनुभयो र भन्‍नुभयो, “यस जातिले मैले तिनीहरूका पितापुर्खाहरूका निम्ति राखिदिएको करार भङ्ग गरेका हुनाले र मेरो कुरा नसुनेको कारणले,
JDG 2:21 यहोशूको मृत्युपछि उसले छोडिराखेका कुनै पनि जातिलाई म तिनीहरूको सामु अब धपाउनेछैनँ।
JDG 2:22 इस्राएललाई जाँच्न म तिनीहरूलाई प्रयोग गर्नेछु; र तिनीहरू याहवेहको मार्गलाई मानेर आफ्ना पितापुर्खाहरू त्यसमा हिँडेझैँ तिनीहरू हिँड्छन् कि हिँड्दैनन् भनी हेर्नेछु।”
JDG 2:23 याहवेहले ती जातिहरूलाई रहिरहन दिनुभयो; उहाँले तिनीहरूलाई यहोशूको हातमा पर्न दिएर एकैचोटि धपाउनुभएन।
JDG 3:1 कनानमा कुनै पनि युद्धको अनुभव नगरेका ती सबै इस्राएलीहरूलाई जाँच्न भनी याहवेहले छोडिदिनुभएका जातिहरू यिनै हुन्:
JDG 3:2 (पहिले युद्धको अनुभव नगरेका इस्राएलीहरूका सन्तानहरूलाई युद्ध गर्न सिकाउनको निम्ति मात्र उहाँले यसो गर्नुभएको थियो)।
JDG 3:3 ती जातिहरू यिनै हुन्: पलिश्तीहरूका पाँच शासकहरू, साथै सबै कनानीहरू, सीदोनीहरू र बाल-हर्मोन डाँडादेखि लेबो-हमातसम्मका लेबनान पर्वतहरूमा बस्‍ने हिव्वीहरू।
JDG 3:4 यी जातिहरू याहवेहले तिनीहरूका पितापुर्खाहरूलाई मोशाद्वारा दिनुभएका उहाँका आज्ञाहरू इस्राएलीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर तिनीहरूलाई जाँच्न छोडिएका थिए।
JDG 3:5 यसरी कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका बीचमा इस्राएलीहरू बस्थे।
JDG 3:6 तिनीहरूले उनीहरूका छोरीहरूसित विवाह गरे, र आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए। अनि तिनीहरूका देवी-देवताहरूलाई पूजा गर्न थाले।
JDG 3:7 इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍ट काम गरे; तिनीहरूले याहवेह तिनीहरूका परमेश्‍वरलाई बिर्सेर बाल र अशेरा देवी-देवताहरूका सेवा गरे।
JDG 3:8 तब याहवेहको क्रोध इस्राएलीहरूको विरुद्धमा दन्क्यो। अनि उहाँले तिनीहरूलाई अराम-नहरैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो, जसको अधीनमा इस्राएलीहरू आठ वर्षसम्म रहे।
JDG 3:9 तर जब तिनीहरूले याहवेहलाई सहायताको लागि पुकारे, तब उहाँले तिनीहरूका निम्ति एक जना छुटाउने व्यक्ति, ओत्निएललाई खडा गर्नुभयो, जो कालेबका भाइ कनजका छोरा थिए। यिनले तिनीहरूलाई बचाए।
JDG 3:10 याहवेहको आत्मा तिनीमाथि आउनुभयो, र तिनी इस्राएलका न्यायकर्ता भई युद्धमा गए। याहवेहले अरामका राजा कूशन-रिशातैमलाई ओत्निएलको हातमा सुम्पिदिनुभयो, जसले तिनलाई परास्त गरे।
JDG 3:11 यसरी कनजका छोरा ओत्निएल बाँचुन्जेल देशमा चालीस वर्षसम्म शान्ति रहिरह्‍यो।
JDG 3:12 फेरि पनि इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। अनि तिनीहरूले त्यस्तो दुष्‍टता गरेको कारण याहवेहले मोआबको राजा एग्लोनलाई इस्राएलमाथि अख्तियार दिनुभयो।
JDG 3:13 अम्मोनीहरू र अमालेकीहरूलाई आफूसित मिलाएर एग्लोनले आएर इस्राएलमाथि आक्रमण गरे, र खजूरहरूका सहरमाथि अधिकार गरे।
JDG 3:14 इस्राएलीहरू मोआबका राजा एग्लोनको अधीनमा अठार वर्षसम्म रहे।
JDG 3:15 इस्राएलीहरूले फेरि याहवेहलाई सहायताका लागि पुकारे, तब उहाँले तिनीहरूलाई एक जना छुटाउने व्यक्ति, बेन्यामीनी गेराका छोरा एहूद दिनुभयो, जो देब्रे-हाते थिए। इस्राएलीहरूले तिनलाई मोआबको राजा एग्लोनकहाँ सलामी टक्र्याउन पठाए।
JDG 3:16 एहूदले डेढ क्यूबिट जति लामो दुईधारे तरवार बनाए, र आफ्नो दाहिने तिघ्रामा आफ्नो लुगाभित्र बाँधिराखे।
JDG 3:17 त्यसपछि तिनी मोआबका राजा एग्लोनकहाँ सलामी लिएर गए। एग्लोन साह्रै मोटा मानिस थिए।
JDG 3:18 एहूदले त्यो सलामी टक्र्याइसकेपछि तिनले सलामी बोकेर ल्याउनेहरूलाई पठाइदिए।
JDG 3:19 तर तिनीचाहिँ गिलगालको छेउमा मूर्तिहरू भएका ठाउँमा पुगे। अनि त्यहाँबाट फर्केर एग्लोनकहाँ आएर भने, “महाराज, तपाईंका निम्ति मसित एउटा गुप्‍त समाचार छ।” राजाले भने, “शान्त होऊ!” अनि तिनका सबै चाकरहरू त्यहाँबाट गए।
JDG 3:20 तिनी आफ्नो महलको छतमा बनाइएको शीतल कोठामा बसिरहेका बेला एहूद तिनीकहाँ गएर भने, “मसित तपाईंका निम्ति परमेश्‍वरबाट आएको एउटा समाचार छ।” राजा जब आफ्नो आसनबाट उठे,
JDG 3:21 तब एहूदले आफ्नो हात बढाएर आफ्नो दाहिने तिघ्रामा भएको तरवार थुतेर राजाको पेटमा रोपिदिए।
JDG 3:22 तरवारको बिँडसमेत पेटभित्र पस्यो, र तिनको ढाडबाट निस्क्यो। एहूदले तरवार बाहिर निकालेनन्, तर त्यसलाई बोसोले छोपिदियो; तब पेटको फोहोर निस्क्यो।
JDG 3:23 अनि एहूद बाहिर दलानबाट निस्के; अनि त्यस कौसीको कोठाका ढोकाहरू थुने, र त्यसमा ताला लगाइदिए।
JDG 3:24 तिनी गइसकेपछि ती नोकरहरू आए; तब तिनीहरूले कौसीको ढोकामा ताला लगाइएको भेट्टाए। तिनीहरूले भने, “सायद राजा महलको भित्री कोठामा दिसा बस्‍न गएका होलान्।”
JDG 3:25 धेरै बेरसम्म पर्खँदा-पर्खँदा तिनीहरू लज्जित भए, तर पनि तिनले कोठाका ढोकाहरू खोलेनन्। तब तिनीहरूले साँचो लिएर ढोकाहरू खोले। त्यहाँ तिनीहरूले आफ्ना मालिक मरेर भुइँमा लडिरहेका देखे।
JDG 3:26 तिनीहरूले पर्खिरहेको बेला एहूदचाहिँ भागिहाले। तिनले मूर्तिहरूलाई पार गरे, र सीरा भन्‍ने ठाउँमा उम्केर पुगे।
JDG 3:27 त्यहाँ आइपुगेर एफ्राइमको पहाडी मुलुकमा तिनले तुरही फुके; र इस्राएलीहरू त्यस पहाडबाट तिनीसित तिनको पछि-पछि ओर्लिए।
JDG 3:28 तिनले हुकुम गरे, “मलाई पछ्याओ, याहवेहले तिमीहरूका शत्रु मोआबलाई तिमीहरूका हातमा दिनुभएको छ।” यसकारण तिनीहरूले तिनलाई ओरालोमा पछ्याए, र मोआबतिर जाने यर्दनका ठाउँहरू लिए; अनि कसैलाई पनि पारि जान दिएनन्।
JDG 3:29 त्यस बेला तिनीहरूले प्राय: दश हजार मोआबीहरूलाई मारे, जो सबै हट्टाकट्टा र बलिया थिए। एउटै मानिस पनि उम्कन पाएन।
JDG 3:30 त्यस दिन मोआब इस्राएलको अधीनमा आयो, र देशमा असी वर्षसम्म शान्ति रह्‍यो।
JDG 3:31 एहूदपछि अनातको छोरा शमगर आए, र तिनले गोरु धपाउने लहुरोले छ सय पलिश्तीहरूलाई मारे। तिनले पनि इस्राएललाई छुटकारा दिए।
JDG 4:1 एहूद मरेपछि इस्राएलीहरूले फेरि याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।
JDG 4:2 यसकारण याहवेहले तिनीहरूलाई हासोरमा राज गर्ने कनानका राजा याबीनका हातमा बेचिदिनुभयो। तिनको फौजको सेनापतिचाहिँ हेरोशेत-हग्गोयिममा बस्‍ने सीसरा थियो।
JDG 4:3 तिनीसित फलामका नौ सय वटा रथहरू थिए। अनि तिनले इस्राएलीहरूलाई निर्दयतासाथ बीस वर्षसम्म सताए; तब तिनीहरूले सहायताको निम्ति याहवेहलाई पुकारे।
JDG 4:4 त्यस बेला इस्राएलको नेतृत्व लप्पीदोतकी पत्नी अगमवादिनी दबोराले गरिरहेकी थिइन्।
JDG 4:5 दबोरा एफ्राइमको पहाडी मुलुक रामा र बेथेलको बीचमा खजूरको फेदमा बस्‍ने गर्दथिन्। इस्राएलीहरू आफ्ना झगडा मिलाउन तिनीकहाँ आउँथे।
JDG 4:6 तब तिनले नप्‍तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइपठाइन् र भनिन्, “याहवेह इस्राएलका परमेश्‍वर तिमीलाई यसो भनी आज्ञा दिनुहुन्छ: ‘तँसित नप्‍ताली र जबूलूनका दश हजार मानिसहरूलाई तबोर डाँडामा लैजा।
JDG 4:7 म याबीनका फौजको सेनापति सीसरालाई उसका रथहरू र फौजसहित कीशोन नदीमा ल्याउनेछु। अनि त्यसलाई तेरो हातमा सुम्पिदिनेछु।’ ”
JDG 4:8 बाराकले तिनलाई भने, “यदि तपाईं मसित जानुभयो भने म जानेछु; तर तपाईं मसित जानुभएन भने म जानेछैनँ।”
JDG 4:9 दबोराले भनिन्, “निश्‍चय नै म तिमीसँग जानेछु। तर तिम्रो यस्तो व्यवहारले गर्दा तिम्रो सम्मानचाहिँ हुनेछैन। किनकि याहवेहले सीसरालाई एउटी स्त्रीको हातमा दिनुहुनेछ।” यसरी दबोरा बाराकसित केदेशमा गइन्।
JDG 4:10 तब बाराकले जबूलून र नप्‍तालीलाई केदेशमा बोलाए। अनि दश हजार मानिसहरू तिनका पछि लागे, र दबोरा पनि तिनीसँगै माथि गइन्।
JDG 4:11 अब केनी हेबेरले अरू केनीहरू, अर्थात् मोशाका साला होबाबका सन्तानहरूलाई छाडेर केदेशको छेउमा सानन्‍नीममा भएको ठूलो रूखनिर आफ्नो पाल टाँगेका थिए।
JDG 4:12 जब तिनले सीसरालाई अबीनोअमका छोरा बाराक तबोर डाँडामा उक्लेर गएको कुरा भनिदिए,
JDG 4:13 तब सीसराले आफ्ना फलामका नौ सय रथहरू र सबै मानिसहरू एकसाथ भेला गराए। अनि तिनीहरू हेरोशेत-हग्गोयिमबाट कीशोन खोलामा गए।
JDG 4:14 तब दबोराले बाराकलाई भनिन्, “जाऊ! आजको दिन याहवेहले सीसरालाई तिम्रो हातमा सुम्पिदिनुभएको छ। के याहवेह तिम्रो अगि जानुभएको छैन र?” यसकारण बाराक तबोरबाट ओर्लिए; र दश हजार मानिसहरू तिनका पछि-पछि लागे।
JDG 4:15 बाराक अगि बढ्दै जाँदा याहवेहले सीसरा र त्यसका सबै रथहरू अनि सेनासमेत तरवारले परास्त गर्नुभयो। सीसरा आफ्नो रथबाट ओर्लेर पैदलै भागे।
JDG 4:16 तर बाराकले ती रथहरू र सेनालाई हेरोशेत-हग्गोयिमसम्म खेदेर गए। सीसराका सबै फौज तरवारद्वारा मारिए; र एउटै मानिस पनि जीवित रहेन।
JDG 4:17 तरै पनि सीसराचाहिँ पैदलै भागेर केनी हेबेरकी पत्नी याएलको पालमा गए, किनकि हासोरका राजा याबीन र केनी हेबेरका परिवारको बीचमा शान्ति थियो।
JDG 4:18 याएलले सीसरालाई भेट्न गएर तिनलाई भनिन्, “मेरा मालिक, भित्रै आउनुहोस्, नडराउनुहोस्!” यसकारण तिनी उनको पालभित्र पसे। अनि उनले तिनीमाथि एउटा ओढ्ने ओढाइदिइन्।
JDG 4:19 तिनले भने, “मलाई अलिकति पानी पिउन देऊ। म तिर्खाएको छु।” तिनले उनलाई दूधको भाँडो खोलेर दूध पिउन दिइन्, र ओढ्ने ओढाइदिइन्।
JDG 4:20 सीसराले तिनलाई भने, “पालको ढोकामा उभिरहनू। यदि कोही आएर तिमीलाई यहाँ कोही छ? भनी सोध्यो भने, तिमीले ‘छैन’ भनिदेऊ।”
JDG 4:21 तर हेबेरकी पत्नी याएलले पालको कीला र एउटा मुङ्ग्रो लिइन्। अनि सीसरा थाकेर भुसुक्‍क निदाएको बेला तिनीकहाँ बिस्तारै गइन्। तिनले सीसराको कन्चट छिचोलेर भुइँसम्मै पुग्ने गरी त्यो किला ठोकिदिइन् र तिनी मरे।
JDG 4:22 बाराकले सीसरालाई खेद्‌दै आउँदा याएल तिनलाई भेट्न बाहिर गइन्। अनि तिनले भनिन्, “आउनुहोस्, तपाईंले खोज्नुभएको मानिसलाई म देखाउनेछु।” यसकारण तिनी उनीसित भित्र पसे; तब सीसरालाई आफ्नो कन्चटमा किला गाडिएर मरिरहेका भेट्टाए।
JDG 4:23 त्यो दिन परमेश्‍वरले इस्राएलीहरूका सामु कनानी राजा याबीनलाई हराउनुभयो।
JDG 4:24 इस्राएलीहरूले याबीनलाई नष्‍ट नपारेसम्म तिनीहरूका हात उनीमाथि झन्-झन् बलियो हुँदैगए।
JDG 5:1 त्यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए:
JDG 5:2 “जब इस्राएलका राजकुमारहरू अगि सरे, जब मानिसहरूले स्वेच्छापूर्वक आफूलाई दिए— याहवेहको प्रशंसा गर!
JDG 5:3 “हे राजाहरू हो, सुन! हे शासकहरू हो, ध्यान देओ! याहवेहका निम्ति म गाउनेछु; याहवेह, इस्राएलका परमेश्‍वरका निम्ति म सङ्गीत बजाउनेछु।
JDG 5:4 “हे याहवेह, तपाईं सेइरबाट बाहिर जानुभयो, जब तपाईं एदोमको देशबाट सवार हुनुभयो, तब पृथ्वी काँप्यो, आकाशले मूल फुटायो, बादलले पानी बर्सायो।
JDG 5:5 सीनै पर्वतका अद्वितीय याहवेहको सामु, याहवेह इस्राएलका परमेश्‍वरको सामु पहाडहरू पनि डरले काँपे।
JDG 5:6 “अनातका छोरा शमगरको समयमा, याएलका समयमा, मूलमार्गहरू सुनसान थिए; मानिसहरू घुमाउरो बाटाहरूमा हिँड्न लागे।
JDG 5:7 इस्राएलका गाउँलेहरूले युद्ध गरेनन्, जबसम्म म दबोरा, खडा भइनँ, तबसम्म इस्राएलमा एउटी आमाझैँ म खडा भएँ।
JDG 5:8 जब परमेश्‍वरले नयाँ अगुवाहरू चुन्‍नुभयो, तब सहरका मूलढोकाहरूमा लडाइँ आइपुग्यो, तर इस्राएलका चालीस हजारसित न ढाल, न त भाला देखिए।
JDG 5:9 मेरो हृदय इस्राएलका राजकुमारहरूसित, मानिसहरूबीच भएका इच्छुक स्वयम्‌सेवकहरूसित छ, याहवेहको प्रशंसा गर!
JDG 5:10 “तिमीहरू जो सेता गधाहरूमाथि सवार हुन्छौ, जो महँगा गलैँचामाथि बस्छौ, र तिमीहरू, जो पैदल बाटो लाग्दछौ, कुरालाई राम्ररी विचार गर,
JDG 5:11 गीत गाउनेहरूको सोर सुनिँदैछ, जहाँ स्त्रीहरू पानी भर्नलाई आउँछन्। त्यहाँ तिनीहरू याहवेहका विजयहरूका वर्णन गर्छन्, इस्राएलमा गाँउलेहरूका विजयहरू। “त्यसपछि याहवेहका जनहरू तल सहरका मूलढोकाहरूमा गए।
JDG 5:12 ‘उठ, दबोरा, उठ! उठ-उठ, मुख खोलेर गीत गाऊ। हे अबीनोअमका छोरा बाराक, उठ! धेरैलाई कैदी बनाऊ।’
JDG 5:13 “तब छोडिएका मानिसहरू भारदारहरूकहाँ ओर्लेर आए; याहवेहका मानिसहरू शक्तिशाली भएर मकहाँ आए।
JDG 5:14 एफ्राइमबाट अमालेकको बीचमा जरा बसालिएकाहरू आए; बेन्यामीनचाहिँ ती मानिसहरूसित थिए, जसले तिमीहरूलाई पछ्याए। माकीरबाट सेनापतिहरू ओर्लेर आए। जबूलूनबाट चाहिँ सेनापतिका लहुरो बोक्ने मानिसहरू आए।
JDG 5:15 इस्साखारका राजकुमारहरू दबोरासित थिए; हो, इस्साखार बाराकसित थिए; बाराकको आज्ञामा बेँसीमा पठाइएको। रूबेनका जिल्‍लाहरूमा हृदय जाँच्ने काम धेरै भएको थियो।
JDG 5:16 गोठालाहरूले बोलाएको तीखो सोर सुन्‍नलाई तिमीहरू भेडागोठहरूमा किन बसिरह्‍यौ? रूबेनका जिल्‍लाहरूमा हृदय जाँच्ने धेरै काम भयो।
JDG 5:17 गिलाद यर्दनपारि नै बसे। अनि दान, त्यो किन जहाजहरूमा बसिरह्‍यो? आशेर समुद्रको किनारमा रह्‍यो र आफ्नै गुफाहरूमा बस्यो।
JDG 5:18 जबूलूनका मानिसहरूले आफ्नो प्राणलाई जोखिममा पारे; त्यसरी नै नप्‍तालीले पनि रणभूमिको मुखैमा होमिदिए।
JDG 5:19 “राजाहरू आए, तिनीहरूले युद्ध गरे; कनानका राजाहरूले मगिद्दोको पानीहरूको छेउमा भएको तानाकमा युद्ध गरे, तर तिनीहरूले लुटमा चाँदी लगेनन्।
JDG 5:20 आकाशबाट ताराहरूले युद्ध गरे, तिनीहरूका मार्गबाट तिनीहरूले सीसराको विरुद्धमा युद्ध गरे।
JDG 5:21 कीशोन नदीले तिनीहरूलाई बगाएर लग्यो। त्यो प्राचीन नदी, कीशोन नदी। हे मेरो प्राण, अगि बढ्; बलियो हो!
JDG 5:22 तब घोडाका टापहरू गर्जिउठे— उनीहरूका शक्तिशाली घोडाहरू चाँडो गरी दगुरे।
JDG 5:23 याहवेहका दूतले भने, ‘मेरोजलाई श्राप, त्यसका बासिन्दाहरूमाथि नराम्रोसँग श्राप! किनभने तिनीहरू याहवेहको सहायताको लागि आएनन्; याहवेहलाई बलियाहरूका विरुद्ध सहायता दिएनन्।’
JDG 5:24 “याएल स्त्रीहरूमध्ये सबैभन्दा आशिषित होऊन्, केनी हेबेरकी पत्नी, पालमा बस्‍ने स्त्रीहरूमध्ये सबैभन्दा आशिषित।
JDG 5:25 सीसराले पानी माग्यो, र तिनले दूध दिइन्; कुलिनहरूलाई सुहाउने बटुकोमा तिनले दही ल्याइदिइन्।
JDG 5:26 तिनको हातमा पालको किला पर्‍यो; तिनको दाहिने हातमा काम गर्नेको मुङ्ग्रो पर्‍यो। तिनले सीसरामाथि प्रहार गरिन्, र त्यसको शिर फोरिदिइन्, तिनले त्यसको कन्चटलाई छेडेर छताछुल्‍ल पारिदिइन्।
JDG 5:27 तिनका खुट्टामा त्यो घोप्ट्यो, त्यो लोट्यो, र पल्टियो। तिनकै खुट्टामा त्यो घोप्टेर पल्टिरह्‍यो; त्यो पल्टेको ठाउँमा त्यो मर्‍यो, र त्यहीँ पल्टिरह्‍यो।
JDG 5:28 “सीसराकी आमाले झ्यालदेखि बाहिर चियाइन्; आँखीझ्यालको पछिल्तिरबाट तिनी चिच्याएर भनिन्, ‘तिनका रथ आउनलाई किन ढिलो भयो? तिनको रथका खटखट आवाज आउन किन ढिलो भयो?’
JDG 5:29 तब तिनका सबैभन्दा बुद्धिमती स्त्रीले जवाफ दिइन्; साँच्‍चै उनले आफूसित भन्‍ने गर्छिन्,
JDG 5:30 ‘के तिनीहरूले लुटका माल बटुलेर भाग लगाउँदैनन् र? प्रत्येक मानिसका निम्ति एउटी वा दुईटी स्त्रीहरू, सीसराका निम्ति लुटेका रङ्गीन कपडाहरू, बुट्टेदार रङ्गीन कपडाहरू; मेरो गलाको निम्ति अति बुट्टेदार कपडाहरू— यो सबै लुटसरह हुँदैनन् र?’
JDG 5:31 “हे याहवेह, तपाईंका सबै शत्रुहरू यसरी नै नाश होऊन्! तर तपाईंलाई प्रेम गर्नेहरूचाहिँ आफ्नो पराक्रममा उदय भएको सूर्यझैँ होऊन्।” त्यसपछि देशमा चालीस वर्षसम्म शान्ति भयो।
JDG 6:1 फेरि इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे; अनि उहाँले तिनीहरूलाई सात वर्षसम्म मिद्यानीहरूका हातमा सुम्पिदिनुभयो।
JDG 6:2 मिद्यानीहरू अति निष्‍ठुर भएको कारण इस्राएलीहरूले आफ्ना निम्ति वासस्थानहरू पहाडका कुनाकाप्चा, गुफा र किल्‍लाहरूतिर बनाएका थिए।
JDG 6:3 जहिले-जहिले इस्राएलीहरूले आफ्ना बाली लगाउँथे, तब मिद्यानीहरू, अमालेकीहरू र अरू पूर्वीय मानिसहरूले देशमाथि आक्रमण गर्थे।
JDG 6:4 तिनीहरूले देशमा छाउनी हालेर गाजासम्मै बाली नष्‍ट पारिदिन्थे। अनि इस्राएलका निम्ति न त भेडा, न गाईबस्तु वा गधा कुनै जीवित प्राणी नै छोडिदिन्थे।
JDG 6:5 तिनीहरू आफ्ना वस्तु र पालहरूसितै सलहका हुलझैँ आउँथे। मानिसहरू र तिनीहरूका ऊँटहरूलाई गन्‍न असम्भव थियो। तिनीहरूले देशलाई नाश गर्न आक्रमण गर्थे।
JDG 6:6 मिद्यानीहरूले इस्राएलीहरूलाई यतिसम्म दरिद्र तुल्याइदिए कि सहायताका निम्ति तिनीहरूले याहवेहलाई पुकारे।
JDG 6:7 जब इस्राएलीहरूले मिद्यानीहरूको कारण याहवेहको पुकार गरे,
JDG 6:8 तब उहाँले तिनीहरूकहाँ एक जना अगमवक्ता पठाइदिनुभयो, जसले यसो भने, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तिमीहरूलाई इजिप्टको दासत्वदेखि निकालेर ल्याएँ।
JDG 6:9 मैले तिमीहरूलाई इजिप्टको शक्तिबाट र तिमीहरूमाथि थिचोमिचो गर्नेहरू सबैका हातबाट तिमीहरूलाई खोसेर ल्याएँ। मैले तिनीहरूलाई तिमीहरूका सामुबाट धपाएँ, र तिनीहरूको देश तिमीहरूलाई दिएँ।
JDG 6:10 मैले तिमीहरूलाई भनेँ, ‘म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; तिमीहरूले आफू बसेका देशमा एमोरीहरूका देवी-देवताहरूलाई नपुज्नू।’ तर तिमीहरूले मेरो कुरा सुनेनौ।”
JDG 6:11 तब याहवेहका दूत आएर अबीएजरी योआशको ओप्रा भन्‍ने ठाउँको फलाँटको रूखमुनि बसे, जहाँ तिनका छोरा गिदोनले मिद्यानीहरूबाट जोगाउनलाई दाखको कोलमा गहुँ झाँट्दैथिए।
JDG 6:12 याहवेहका दूत गिदोनकहाँ देखा परेर भने, “हे वीर योद्धा, याहवेह तँसित हुनुहुन्छ।”
JDG 6:13 गिदोनले जवाफ दिए, “माफ गर्नुहोला मालिक, यदि याहवेह हामीसित हुनुहुन्छ भने हामीमाथि यी सबै किन हुन आए? उहाँका ती सबै अद्‌भुत कार्यहरू के भए, जो हामीले आफ्ना पितापुर्खाहरूबाट सुनेका छौँ, जसले भन्थे, ‘के याहवेहले हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभएको होइन र?’ तर अब याहवेहले हामीलाई त्याग्नुभएको छ; मिद्यानीहरूका हातमा सुम्पिदिनुभएको छ।”
JDG 6:14 तब याहवेह तिनीतिर फर्कनुभयो र भन्‍नुभयो: “तँसित भएको शक्ति प्रयोग गर्, र इस्राएललाई मिद्यानीहरूका हातबाट बचा। तँलाई पठाउने के म नै होइनँ र?”
JDG 6:15 तर गिदोनले सोधे, “तर प्रभु म इस्राएललाई कसरी बचाउन सकूँला? मेरो वंश त मनश्शेमा सबैभन्दा कमजोर छ। अनि मेरो परिवारमा म सबैभन्दा सानो छु।”
JDG 6:16 याहवेहले जवाफ दिनुभयो, “म तँसित हुनेछु, र तैँले सारा मिद्यानीहरूलाई एउटै मानिसलाई झैँ मार्नेछस्।”
JDG 6:17 गिदोनले जवाफ दिए, “अब यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मसित बोल्नुहुने साँच्‍चै तपाईं नै हुनुहुन्छ भनी मलाई एउटा चिन्ह दिनुहोस्।
JDG 6:18 बिन्ती छ, मैले मेरो भेटी लिएर तपाईंको सामु नचढाउन्जेल तपाईं यहाँबाट नजानुहोला।” अनि याहवेहले भन्‍नुभयो: “तँ नफर्केसम्म म पर्खिरहनेछु।”
JDG 6:19 तब गिदोन भित्र गए, र एउटा पाठो तयार गरे। एक एपाभरिको पिठोबाट अखमिरी रोटी बनाए। त्यो मासु एउटा डालोमा र त्यसको झोलचाहिँ एउटा बटुकोमा हालेर तिनले ती बाहिर ल्याए। अनि फलाँटको रूखमुनि उहाँलाई चढाए।
JDG 6:20 तब परमेश्‍वरका दूतले तिनलाई भने, “यो मासु र ती अखमिरी रोटी लिएर त्यस चट्टानमाथि राखिदे, र झोलचाहिँ त्यसमाथि खन्याइदे।” अनि गिदोनले त्यसै गरे।
JDG 6:21 आफ्नो हातमा भएको लहुरोको टुप्पोले याहवेहका दूतले मासु र अखमिरी रोटीलाई छोए। चट्टानबाट आगो दन्केर निस्क्यो। अनि त्यस मासु र रोटीलाई भस्म पारिदियो। त्यसपछि याहवेहका दूत अल्पिहाले।
JDG 6:22 गिदोनले तिनी त याहवेहका दूत रहेछन् भनी थाहा पाए, तब तिनले लामो सास तानेर भने, “अहो, सार्वभौम याहवेह! मैले याहवेहका दूतलाई आमने-सामने देखेको छु!”
JDG 6:23 तर याहवेहले तिनलाई भन्‍नुभयो: “शान्ति! भयभीत नहो, तँ मर्नेछैनस्।”
JDG 6:24 यसकारण गिदोनले त्यहाँ याहवेहका निम्ति एउटा वेदी बनाए, र त्यसलाई याहवेह शान्ति हुनुहुन्छ भनेर नाम राखे। आजको दिनसम्मै त्यो अबीएजरीको ओप्रामा छँदैछ।
JDG 6:25 त्यही रात याहवेहले तिनलाई भन्‍नुभयो: “तेरा पिताको बथानबाट सात वर्षको दोस्रो साँढे लिनू। तेरा पिताको बालको वेदी भत्काइदिनू, र त्यसको छेउमा भएको अशेराको खाँबो काटेर ढालिदिनू।
JDG 6:26 त्यसपछि एउटा उच्‍च स्थानमा याहवेह तेरा परमेश्‍वरका निम्ति एउटा उपयुक्त वेदी बनाउनू। तैँले काटेर ढालेको अशेराको खाँबो प्रयोग गरेर त्यो दोस्रो साँढेलाई होमबलिस्वरुप चढाउनू।”
JDG 6:27 यसकारण गिदोनले आफ्ना दश जना नोकरहरू लिएर याहवेहले तिनलाई भन्‍नुभएझैँ गरे। तर आफ्नो परिवार र सहरका मानिसहरूका डरको कारण तिनले त्यो दिउँसो होइन, तर राति गरे।
JDG 6:28 जब सहरका मानिसहरू बिहानै उठे, तब उनीहरूले बाल-देवताको वेदी भत्काइएको र त्यसको छेउमा भएको अशेरा देवीको मूर्ति पनि ढालिएको र गिदोनले बनाएको नयाँ वेदीमा त्यो दोस्रोचाहिँ साँढे होमबलि चढाइएको देखे।
JDG 6:29 तिनीहरूले आपसमा सोधे, “यो कसले गरेको हो?” तिनीहरूले होसियारीसाथ खोजी गरेपछि तिनीहरूलाई भनियो, “योआशको छोरा गिदोनले नै यो गरेको हो।”
JDG 6:30 सहरका मानिसहरूले योआशासित यो माग गरे, “तिम्रो छोरालाई बाहिर ल्याऊ। त्यो मर्नैपर्छ; किनकि त्यसले बालको वेदीलाई भत्काइदिएको छ, र त्यसको छेउको अशेराको खाँबोलाई काटेर ढालिदिएको छ।”
JDG 6:31 तर योआशले आफ्ना चारैतिरका विरोधी भीडलाई जवाफ दिए, “के तिमीहरू बालको पक्षमा बोल्दछौ? के तिमीहरू त्यसलाई बचाउने कोसिस गर्दैछौ? त्यसको पक्षमा लड्ने जोसुकै पनि बिहानसम्ममा मारिनेछ! यदि बाल साँच्‍चै देवता हो भने कसैले उसको वेदी भत्काउँदा उसले आफ्नो रक्षा गर्न सक्छ?”
JDG 6:32 यसकारण त्यस दिन तिनीहरूले गिदोनलाई यसो भनेर यरूब-बाल नाम राखिदिए, “यस मानिस विरुद्ध बाल आफैँले लडाइँ गरोस्”, किनकि तिनले बालको वेदी भत्काइदिएका थिए।
JDG 6:33 अब सारा मिद्यानीहरू, अमालेकीहरू र पूर्वका अरू मानिसहरू एकसाथ भेला भएर यर्दन तरे, र यिजरेलको बेँसीमा छाउनी हाले।
JDG 6:34 तब याहवेहको आत्मा गिदोनमाथि आउनुभयो। अनि तिनले तुरही फुके, र अबीएजेरीहरूलाई तिनको पछि लाग्नलाई बोलाए।
JDG 6:35 तिनले मनश्शेभरि दूतहरू पठाएर तिनीहरूलाई पनि आफ्नो पछि लाग्न भने। तिनले आशेर, जबूलून र नप्‍तालीमा पनि दूतहरू पठाए, र तिनीहरू पनि तिनलाई भेट्न आए।
JDG 6:36 गिदोनले परमेश्‍वरलाई भने, “यदि तपाईंले प्रतिज्ञा गर्नुभएझैँ तपाईंले इस्राएलीहरूलाई मेरो हातद्वारा बचाउनुहुन्छ भने,
JDG 6:37 हेर्नुहोस्, म खलामा ऊन राख्नेछु। त्यस ऊनमा मात्र शीत पर्‍यो र सम्पूर्ण जमिनचाहिँ सुक्खै रह्‍यो भने तपाईंले प्रतिज्ञा गर्नुभएझैँ इस्राएललाई मेरो हातद्वारा बचाउनुहुने रहेछ भनी म जान्‍नेछु।”
JDG 6:38 अनि त्यस्तै भयो। जब गिदोन भोलिपल्ट बिहानै उठे, तब तिनले त्यो ऊनलाई निचोरे, र एक बटुको जति शीतको पानी ऊनबाट निकाले।
JDG 6:39 तब गिदोनले परमेश्‍वरलाई भने, “कृपया मसित नरिसाउनुहोस्। यस ऊनबाट अझ एउटा जाँच गर्न मलाई अनुमति दिनुहोस्। यस पटक ऊन सुक्खा रहोस्, र जमिनचाहिँ शीतले ढाकिएको होस्।”
JDG 6:40 त्यस रात परमेश्‍वरले त्यसै गर्नुभयो। ऊन मात्र सुक्खा थियो; र सम्पूर्ण जमिनचाहिँ शीतले ढाकिएको थियो।
JDG 7:1 बिहान सबेरै यरूब-बाल (जो, गिदोन हुन्), र तिनका सबै मानिसहरूले हेरोदको पानीको मूलमा छाउनी हाले। मिद्यानको छाउनीचाहिँ तिनीहरूको उत्तरतिर मोरेको डाँडाको छेउको बेँसीमा थियो।
JDG 7:2 याहवेहले गिदोनलाई भन्‍नुभयो: “मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित अति धेरै मानिसहरू छन्। नत्रता त इस्राएलले मेरो विरुद्ध घमण्ड गर्नेछ, ‘मेरो आफ्नै शक्तिले आफूलाई बचाएको हुँ।’
JDG 7:3 अब मानिसहरूलाई सूचित गर, ‘डरले काँप्नेहरू जो कोही गिलाद डाँडालाई छोडेर फर्किजाऊन्।’ ” यसकारण बाइस हजार जना फर्के, र दश हजारचाहिँ रहे।
JDG 7:4 तर याहवेहले गिदोनलाई भन्‍नुभयो, “मानिसहरू अझ पनि धेरै छन्। तिनीहरूलाई तल पानीमा लैजानू र त्यहाँ म तिनीहरूलाई तेरा निम्ति छान्‍नेछु। यदि मैले तँलाई ‘योचाहिँ तँसित जानेछ’ भनेर जब म भन्छु, तब त्यो जानेछ; तर यदि मैले ‘योचाहिँ तँसित जानेछैन’ भनेर जब म भन्छु, तब त्योचाहिँ जानेछैन।”
JDG 7:5 यसकारण गिदोनले तिनीहरूलाई तल पानीमा लगे। त्यहाँ याहवेहले तिनलाई भन्‍नुभयो, “जसले कुकुरले झैँ जिब्रोले पानी चाटेर पिउँछ, त्यसलाई घुँडा टेकेर पिउनेबाट अलग्गै राख्।”
JDG 7:6 तीन सय जनाले आफ्ना हात मुखमा लगेर पानी चाटेर पिए। बाँकी सबैले आफ्ना घुँडा टेकाएर पानी पिए।
JDG 7:7 याहवेहले गिदोनलाई भन्‍नुभयो: “ती पानी चाट्ने तीन सय जना मानिसद्वारा म तिमीहरूलाई छुटकारा गर्नेछु र मिद्यानीहरूलाई तिमीहरूका हातमा दिनेछु। अरू सबै मानिसहरू आ-आफ्ना घरमा जाऊन्।”
JDG 7:8 यसकारण गिदोनले बाँकी इस्राएलीहरूलाई तिनीहरूका पालहरूमा पठाइदिए। तर तीन सय जनालाई चाहिँ राखे, जसले अरूका सामग्री र तुरहीहरू आफ्ना जिम्मामा लिए। अनि मिद्यानीहरूका छाउनीचाहिँ तिनको मुनि बेँसीमा थियो।
JDG 7:9 त्यस रात याहवेहले गिदोनलाई भन्‍नुभयो, “उठ्, र त्यस छाउनीको विरुद्धमा तल झर्; किनकि त्यसलाई मैले तेरो हातमा सुम्पिदिन लागेको छु।
JDG 7:10 यदि तँलाई आक्रमण गर्न डर लाग्यो भने तेरो सेवक पूराहसित तल छाउनीमा जा।
JDG 7:11 अनि तिनीहरूले के भनिरहेका छन्, त्यो सुन्। त्यसपछि तँलाई छाउनीमाथि आक्रमण गर्ने साहस मिल्नेछ।” यसकारण तिनी र तिनका सेवक पूराह छाउनीको बाहिरी भागको तलतिर गए।
JDG 7:12 मिद्यानीहरू, अमालेकीहरू र पूर्वका अरू मानिसहरू त्यस बेँसीमा सलहजत्तिकै बाक्लो गरी बसेका थिए। तिनीहरूका ऊँटहरू समुद्र किनारका बालुवाझैँ अनगन्ती थिए।
JDG 7:13 जब गिदोन त्यहाँ आइपुगे, तब एक जना मानिसले आफ्नो साथीलाई एउटा सपना सुनाइरहेको थियो। त्यसले सपना सुनाउँदै भन्यो, “मैले एउटा सपना देखेँ। जौको एउटा गोलो रोटी मिद्यानीहरूको छाउनीभित्र गुड्दै आयो। त्यसले पाललाई यति जोडसित प्रहार गर्‍यो कि पाल नै पल्टेर भत्कियो।”
JDG 7:14 त्यसको साथीले जवाफ दियो, “यो त इस्राएली योआशको छोरा गिदोनको तरवारबाहेक अरू केही हुन सक्दैन। परमेश्‍वरले मिद्यानीहरू र सम्पूर्ण छाउनीलाई तिनको हातमा सुम्पिदिनुभएको छ।”
JDG 7:15 त्यो सपना र त्यसको अर्थ सुनेपछि गिदोनले परमेश्‍वरलाई साष्‍टाङ्ग दण्डवत् र आराधना गरे। तिनी इस्राएलको छाउनीमा फर्के, र जोडसित आह्वान गरे, “उठ! याहवेहले मिद्यानीहरूका छाउनीलाई तिमीहरूका हातमा दिनुभएको छ।”
JDG 7:16 अनि तिनले ती तीन सय मानिसहरूलाई तीन दलमा बाँडे। तिनले तुरहीहरू र भित्र राँकाहरू भएका रित्ता गाग्राहरू तिनीहरू सबैका हातमा राखिदिए।
JDG 7:17 अनि तिनले तिनीहरूलाई भने, “मतिर ध्यान देओ।” मेरो पछि-पछि लाग। जब म छाउनीको किनारमा पुग्छु, तब मैले गरेझैँ गर।
JDG 7:18 जब म र मसित भएका सबैले आफ्ना तुरही फुक्छौ, तब छाउनीका चारैतिरबाट तिमीहरूका तुरही फुकेर चिच्याउनू, “याहवेहका निम्ति र गिदोनका निम्ति!”
JDG 7:19 गिदोन र तिनीसँग भएका एक सय मानिसहरू मध्यरात अगि छाउनीको छेउमा पुगे। त्यति बेला पहरेदारको पालो भर्खर फेरिएको थियो। तिनीहरूले आफ्ना तुरही फुके, र आफ्ना हातमा भएका गाग्राहरू फुटाए।
JDG 7:20 ती तीनै दल सबैले आ-आफ्नो तुरही फुके, र गाग्राहरू फुटाए। तिनीहरूले देब्रे हातमा राँको समाते र दाहिने हातमा तुरही लिएर तिनीहरूले कराए, “याहवेहको निम्ति र गिदोनको निम्ति तरवार!”
JDG 7:21 प्रत्येक मानिसले छाउनीको चारैतिर आ-आफ्नो मोर्चा सम्हालेको बेला सबै मिद्यानीहरू चिच्याउँदै भागे।
JDG 7:22 जब तीन सय वटा तुरहीहरू फुकिए, तब याहवेहले मानिसहरूलाई आफ्ना तरवार लिएर छाउनीभरि एक-अर्कालाई हमला गर्न लगाउनुभयो। त्यो फौज तब्बातको छेउमा भएको अबेल-महोलाको सिमानासम्म सरेरातिरको बेथ-शित्तामा भाग्यो।
JDG 7:23 नप्‍ताली, आशेर र सम्पूर्ण मनश्शेबाट इस्राएलीहरू बोलाइए, र तिनीहरूले मिद्यानीहरूलाई लखेटे।
JDG 7:24 गिदोनले एफ्राइमको पहाडी मुलुकभरि यसो भन्दै दूतहरू पठाए, “मिद्यानीहरूका विरुद्धमा ओर्लिआओ, र बेथ-बारासम्म तिनीहरूको सामु यर्दनको पानीलाई घेरा लगाओ।” यसरी एफ्राइमका सारा मानिसहरूलाई बोलाइए, र तिनीहरूले यर्दनको पानीलाई बेथ-बरासम्मै लिए।
JDG 7:25 तिनीहरूले मिद्यानीहरूका दुई जना शासकहरू ओरेब र जीबलाई दाखको कोलमा पक्रे। तिनीहरूले ओरेबलाई ओरेबको चट्टानमा र जेबहलाई जीबको दाखको कोलमा मारे। तिनीहरूले मिद्यानीहरूलाई खेद्‌दै गए, र ओरेब र जेबहका शिरहरू यर्दन वारि गिदोनकहाँ ल्याए।
JDG 8:1 तब एफ्राएमीहरूले गिदोनलाई सोधे, “तपाईंले हामीसित किन यस्तो व्यवहार गर्नुभयो? तपाईंहरू मिद्यानसित लडाइँ गर्न जाँदा हामीलाई किन बोलाउनुभएन?” अनि तिनीहरूले उनीसँग अनेक विवाद गरे।
JDG 8:2 तर उनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूले जे गरेका छौ, त्यसको तुलनामा मैले के गरेको छु र? के एफ्राइमको अङ्‌गुरको शिला-बाला अबीएजेरको सम्पूर्ण दाख कटनीभन्दा असल छैन र?
JDG 8:3 परमेश्‍वरले मिद्यानी शासकहरू ओरेब र जीबलाई तिमीहरूको हातमा सुम्पिदिनुभयो। तिमीहरूको तुलनामा त्यस्तो मैले के गर्न सकेँ र?” गिदोनले यसो भनेपछि उनको विरुद्ध तिनीहरूको गुनासो शान्त भयो।
JDG 8:4 गिदोन र उनका तीन सय मानिसहरू यर्दनमा आइपुगे, र पारि तरे। तिनीहरू थाकेका थिए, तापनि आफ्ना शत्रुहरूलाई खेदिरहे।
JDG 8:5 उनले सुक्‍कोतका मानिसहरूलाई भने, “मेरा सैन्यदललाई केही रोटी दिनुहोस्। तिनीहरू थाकिसकेका छन्। अहिले म मिद्यानका राजाहरू जेबह र सल्मुन्‍नालाई खेद्‌दै आइरहेको छु।”
JDG 8:6 तर सुक्‍कोतका शासकहरूले भने, “के जेबह र सल्मुन्‍ना तिम्रो हातमा आइसकेका छन् र? तिम्रो सैन्यदललाई हामीले किन रोटी दिने?”
JDG 8:7 तब गिदोनले जवाफ दिए, “त्यसो भए जब याहवेहले जेबह र सल्मुन्‍नालाई मेरो हातमा सुम्पिदिनुहुनेछ, तब म तिमीहरूका शरीरलाई उजाडस्थानको काँडा र घोच्ने काँडाले च्यातिदिनेछु।”
JDG 8:8 त्यहाँबाट उनी पनीएलमा गए, र तिनीहरूसित त्यही बिन्ती राखे। तर तिनीहरूले सुक्‍कोतकै मानिसहरूले झैँ जवाफ दिए।
JDG 8:9 यसकारण उनले पनीएलका मानिसहरूलाई भने, “म विजयी भएर फर्कँदा यस किल्‍लालाई भत्काइदिनेछु।”
JDG 8:10 जेबह र सल्मुन्‍नाचाहिँ प्राय: पन्ध्र हजार सेनासित कार्कोरमा थिए। पूर्व देशको फौजबाट बाँचेकाहरू त्यति नै थिए। एक लाख बीस हजार तरवारधारी मानिसहरूचाहिँ मरिसकेका थिए।
JDG 8:11 नोबह र योगबहाको पूर्वपट्टिको घुमफिर गरिहिँड्ने जातिको बाटो भएर गिदोन अगि बढेर गए। अनि उनीहरू सावधानी नभई बसेको बेलामा तिनी फौजमाथि जाइलागे।
JDG 8:12 तब मिद्यानका दुई राजाहरू जेबह र सल्मुन्‍ना भागे। तर उनी तिनीहरूलाई खेद्‌दै गए; अनि तिनीहरूलाई पक्रे, र तिनीहरूका सम्पूर्ण फौजलाई पराजित गरे।
JDG 8:13 त्यसपछि योआशको छोरा गिदोन लडाइँबाट हेरेसको घाटी भएर फर्के।
JDG 8:14 उनले सुक्‍कोतका एक जना जवानलाई पक्रेर केरकार गरे। अनि त्यस जवानले सुक्‍कोतका सतहत्तर जना शासकहरू, सहरका प्रधानहरूका नाम लेखेर दियो।
JDG 8:15 त्यसपछि गिदोन आए, र सुक्‍कोतका मानिसहरूलाई भने, “जेबह र सल्मुन्‍ना यहाँ छन्, जसको विषयमा तिमीहरूले ‘के जेबह र सल्मुन्‍ना तिम्रा हातमा आइसकेका छन् र? हामीले तिम्रा गलिसकेका मानिसहरूलाई किन रोटी दिने?’ ” भनेर मेरो उपहास गरेका थियौ।
JDG 8:16 तब उनले सहरका प्रधानहरूलाई लिए, र तिनीहरूलाई उजाडस्थानका काँडा र घोच्ने काँडाहरूले दण्ड दिएर सुक्‍कोतका मानिसहरूलाई पाठ सिकाए।
JDG 8:17 उनले पनीएलको किल्‍ला पनि भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे।
JDG 8:18 तब गिदोनले जेबह र सल्मुन्‍नालाई सोधे, “तिमीहरूले तबोरमा मारेका मानिसहरू कस्ता किसिमका थिए?” त्यसपछि तिनीहरूले जवाफ दिए, “तिनीहरू तपाईंजस्तै थिए। हरेकको अनुहार राजकुमारको जस्तै देखिन्थे।”
JDG 8:19 अनि गिदोनले जवाफ दिए, “तिनीहरू मेरा दाजुभाइहरू, मेरै आमाका छोराहरू थिए। जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, यदि तिमीले तिनीहरूका प्राण जोगाइदिएका भए म तिमीहरूलाई मार्ने थिइनँ।”
JDG 8:20 तब आफ्नो जेठा छोरा येतेरतिर फर्केर तिनले भने, “यिनीहरूलाई मारिदे!” तर येतेरले आफ्नो तरवार थुतेन; किनकि ऊ सानै केटा थियो, त्यसकारण ऊ डरायो।
JDG 8:21 तब जेबह र सल्मुन्‍नाले भने, “तपाईं आफैँ आएर यो गर्नुहोस्, ‘मानिसजस्तो छ, त्यसको बल पनि त्यस्तै हुन्छ।’ ” यसकारण गिदोनले अगि सरेर तिनीहरूलाई मारे, र तिनीहरूका ऊँटका घाँटीबाट गहनाहरू निकालेर लगे।
JDG 8:22 इस्राएलीहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई मिद्यानीहरूबाट बचाउनुभयो। यसकारण अब तपाईं हाम्रा शासक हुनुहोस्—तपाईंको छोरा र तपाईंको नाति।”
JDG 8:23 तर गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूमाथि शासन गर्नेछैनँ, न त मेरो छोराले तिमीहरूमाथि शासन गर्नेछ। याहवेहले नै तिमीहरूमाथि शासन गर्नुहुनेछ।”
JDG 8:24 अनि उनले भने, “मेरो एउटा बिन्ती छ, तिमीहरू प्रत्येकले आफ्ना लुटको मालको भागबाट एउटा कुण्डल मलाई देओ।” (इश्माएलीहरूमा सुनको कुण्डल लगाउने रीति थियो।)
JDG 8:25 तिनीहरूले जवाफ दिए, “हामी खुशीसाथ ती कुराहरू दिनेछौँ।” यसकारण तिनीहरूले एउटा लुगा ओछ्याए, र प्रत्येक मानिसले आफ्नो लुटका मालबाट त्यसमाथि एक-एक वटा गरी औँठी फ्याँकिदिए।
JDG 8:26 उनले मागेका सुनका औँठीहरूको ओजन सत्र सय शेकेल थियो; जसमा गहनाहरू, मिद्यानका राजाहरूले लगाउने कर्णफूल र बैजनी वस्त्रहरू अथवा ऊँटहरूका घाँटीमा भएका सिक्रीहरूको त हिसाब नै थिएन।
JDG 8:27 अनि गिदोनले ती सुनबाट एउटा एपोद बनाए, र त्यसलाई उनले आफ्नो सहर ओप्रामा राखे। सारा इस्राएलले त्यसलाई पुजेर त्यहाँ वेश्यासँग झैँ व्यभिचार गरे। अनि त्योचाहिँ गिदोन र तिनको परिवारका निम्ति एउटा पासो बन्यो।
JDG 8:28 यसरी मिद्यान इस्राएलीहरूको अधीनमा आयो, र तिनीहरूले फेरि आफ्नो शिर उठाएनन्। गिदोनको जीवनकालभरि चालीस वर्षभरि देशमा शान्ति छायो।
JDG 8:29 अनि योआशको छोरा यरूब-बाल आफ्नो घर फर्केर बस्‍न लागे।
JDG 8:30 उनका धेरै पत्नीहरू भएको कारण उनका आफ्नै सत्तरी जना छोराहरू थिए।
JDG 8:31 शेकेममा बस्‍ने उनकी उपपत्नीले पनि उनका निम्ति एउटा छोरा जन्माई, उनले उसको अबीमेलेक राखे।
JDG 8:32 अनि योआशका छोरा गिदोन पूरा बुढेसकालमा मरे, र आफ्ना पिताको चिहानमा अबीएजरीहरूको ओप्रामा गाडिए।
JDG 8:33 गिदोनको मृत्यु हुनसाथ इस्राएलीहरूले आफैँलाई बाल-बरीतहरूसित वेश्यासँग झैँ व्यभिचार गर्न थाले। तिनीहरूले आफ्नो देवतास्वरूप बाल-बरीतलाई खडा गरे।
JDG 8:34 अनि चारैतिरबाट आफ्ना शत्रुहरूका हातबाट तिनीहरूलाई छुटाउनुहुने याहवेह तिनीहरूका परमेश्‍वर, जसलाई तिनीहरूले सम्झेनन्।
JDG 8:35 तिनीहरूले यरूब-बाल (अर्थात् गिदोन) का परिवारलाई पनि तिनले इस्राएलका निम्ति गरेका असल कुराहरूको निम्ति पनि दया देखाएनन्।
JDG 9:1 यरूब-बालका छोरा अबीमेलेक आफ्नी आमाका दाजुभाइहरूकहाँ शेकेममा गए। अनि तिनीहरू र आफ्नी आमाका सबै वंशहरूलाई भने,
JDG 9:2 “शेकेमका सबै नागरिकहरूलाई सोध्नुहोस्, ‘तपाईंहरूका निम्ति तपाईंहरूमाथि यरूब-बालका सत्तरी जना छोराहरूले शासन गर्नु असल हो कि एकै जनाले शासन गर्नु असल?’ म तपाईंहरूकै मासु र रगत हुँ भनी याद गर्नुहोस्।”
JDG 9:3 जब तिनका दाजुभाइहरूले शेकेमका नागरिकहरूलाई यो सबै दोहोर्‍याइदिए, तब तिनीहरूले अबीमेलेकलाई पछ्याउने इच्छा गरे; किनकि तिनीहरूले भने, “तिनी हाम्रै नातेदार हुन्।”
JDG 9:4 तिनीहरूले उनलाई बाल-बरीतको मन्दिरबाट चाँदीका सत्तरी शेकेल दिए। अनि अबीमेलेकले चाँदीलाई काम नलाग्ने दुष्‍ट मानिसहरूलाई भाडामा लिनका निम्ति प्रयोग गरे, र तिनीहरू उनको पछि लागे।
JDG 9:5 उनी आफ्नो पिताको घर ओप्रामा गएर एउटा ढुङ्गामाथि आफ्ना सत्तरी जना दाजुभाइहरू, अर्थात् यरूब-बालका छोराहरूलाई हत्या गरे। तर यरूब-बालका कान्छा छोरा योतामचाहिँ लुकेर उम्के।
JDG 9:6 तब शेकेम र बेथ-मिल्‍लोका सबै नागरिकहरू शेकेमको खाँबोमा भएको ठूलो रूखको छेउमा अबीमेलेकलाई राजा अभिषेक गर्न भेला भए।
JDG 9:7 जब योतामलाई यसबारे बताइयो, तब तिनी गीरीज्जीम डाँडाको टाकुरामा चढेर तिनीहरूलाई यसो भनी कराए, “हे शेकेमका नागरिकहरू हो, मेरो कुरा सुन, र परमेश्‍वरले तिमीहरूका कुरा सुनून्।
JDG 9:8 एक दिन रूखहरू आफ्ना निम्ति एउटा राजा अभिषेक गर्न निस्के; अनि तिनीहरूले जैतुनको रूखलाई भने, ‘तपाईं हाम्रा राजा हुनुहोस्!’
JDG 9:9 “तर जैतुनको रूखले जवाफ दियो, ‘के मैले देवी-देवताहरू र मानिसहरूलाई सम्मान दिने आफ्नो तेललाई त्यागेर रूखहरूमाथि शासन गर्न जाऊँ?’
JDG 9:10 “त्यसपछि ती रूखहरूले नेभाराको रूखलाई भने, ‘आउनुहोस्, र हाम्रा राजा हुनुहोस्!’
JDG 9:11 “तर नेभाराको रूखले जवाफ दियो, ‘के मैले आफ्नो यति असल र मिठो फललाई त्यागेर रूखहरूमाथि शासन गर्न जाऊँ?’
JDG 9:12 “तब ती रूखहरूले अङ्‌गुरको बोटलाई भने, ‘आउनुहोस्, र हाम्रा राजा हुनुहोस्!’
JDG 9:13 “तर अङ्‌गुरको बोटले जवाफ दियो, ‘के देवी-देवताहरू र मानिसहरूलाई खुशी तुल्याउने मेरो दाखमद्यलाई त्यागेर रूखमाथि शासन गर्न जाऊँ?’
JDG 9:14 “आखिरमा ती रूखहरूले काँडे पोथ्रालाई भने, ‘आउनुहोस्, र हाम्रा राजा हुनुहोस्!’
JDG 9:15 “त्यस काँडे पोथ्राले रूखहरूलाई भन्यो, ‘यदि तिमीहरूले साँच्‍चै मलाई आफूमाथि राजा अभिषेक गर्न चाहन्छौ भने आएर मेरो छत्रछायामा शरण लेओ; तर यदि त्यसो गरेनौ भने काँडे पोथ्राबाट आगो निस्केर लेबनानका देवदारुहरूलाई भस्म पारोस्!’
JDG 9:16 “अब यदि तिमीहरूले अबीमेलेकलाई राजा तुल्याउँदा सम्मानपूर्वक र ठिक काम गरेका छौ, र यदि तिमीहरू यरूब-बालको परिवारप्रति न्यायी भइरहेका छौ भने, र तिमीहरूले तिनलाई सुहाउँदो व्यवहार गरेका छौ भने,
JDG 9:17 यो विचार गर, कि मेरा पिताले तिमीहरूका निम्ति युद्ध लडेका थिए। मिद्यानको हातबाट तिमीहरूलाई छुटाउन भनी आफ्नै जीवनलाई पनि जोखिममा पारे।
JDG 9:18 तर आज तिमीहरू मेरो पिताको परिवारको विरुद्धमा बागी भएका छौ। तिनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामाथि काटेर हत्या गरेका छौ। अनि तिनकी कमारीको छोरा अबीमेलेकलाई शेकेमका नागरिकहरूमाथि राजा तुल्याएका छौ; किनकि त्यो तिमीहरूकै आफन्त हो।
JDG 9:19 यदि तिमीहरूले आज यरूब-बाल र तिनको परिवारप्रति सम्मानपूर्वक र ठिक काम गरेका छौ भने अबीमेलेक तिमीहरूको आनन्द होस्, र तिमीहरूचाहिँ त्यसका अधीनमा रहो!
JDG 9:20 तर यदि तिमीहरूले त्यसो गरेका छैनौ भने अबीमेलेकबाट आगो निस्केर तिमीहरू शेकेम र बेथ-मिल्‍लोका नागरिकहरूलाई भस्म पारोस्। अनि तिमीहरू शेकेम र बेथ-मिल्‍लोका नागरिकहरूबाट आगो निस्केर अबीमेलेकलाई भस्म पारोस्!”
JDG 9:21 त्यसपछि योताम उम्केर बेअर भन्‍ने ठाउँमा भागे, र त्यहीँ बसे; किनकि तिनी आफ्ना दाजु अबीमेलेकसित डराएका थिए।
JDG 9:22 अबीमेलेकले इस्राएलमाथि तीन वर्ष शासन गरे।
JDG 9:23 तब परमेश्‍वरले अबीमेलेक र शेकेमका नागरिकहरूका बीचमा एउटा दुष्‍टात्मा पठाउनुभयो, र तिनीहरूले अबीमेलेकलाई विश्‍वासघात गरे।
JDG 9:24 योचाहिँ यरूब-बालका सत्तरी जना छोराहरूको विरुद्धको अपराध, अर्थात् तिनीहरूको रगत बगाइएको बदला तिनीहरूका दाजु अबीमेलेक र त्यसलाई तिनीहरूका दाजुभाइहरूको हत्या गर्न सघाउने शेकेमका नागरिकहरूमाथि लिइयोस् भनेर नै परमेश्‍वरले गर्नुभएको थियो।
JDG 9:25 तिनको विरुद्धमा शेकेमका ती नागरिकहरूले त्यहाँबाट भएर जाने प्रत्येकलाई ढुकेर लुट्न भनी पहाडमाथि मानिसहरूलाई खटाए, र यो कुरा अबीमेलेकलाई सुनाइयो।
JDG 9:26 अब एबेदका छोरा गाल आफ्ना दाजुभाइहरूसित शेकेममा गए; अनि ती नागरिकहरूले तिनीमाथि आफ्नो भरोसा राखे।
JDG 9:27 तिनीहरू खेतमा गएर अङ्‌गुर बटुलेर पेले। त्यसपछि तिनीहरूले आफ्नो देवी-देवताको मन्दिरमा चाड मनाए। तिनीहरूले खाँदै र पिउँदै गरेको बेला तिनीहरूले अबीमेलेकलाई सरापे।
JDG 9:28 तब एबेदका छोरा गालले भने, “अबीमेलेक को हो? अनि शेकेम को हो र हामी त्यसको अधीनमा बस्‍ने? के त्यो यरूब-बालको छोरा होइन? जबूल त्यसको नाइके होइन र? शेकेमको बुबा हामोरका मानिसहरूको सेवा गर! हामीले किन अबीमेलेकको सेवा गर्ने?
JDG 9:29 यदि यी मानिसहरू पनि मेरो अधीनमा मात्र भएका भए! तब म त्यसलाई पन्साउनेथिएँ। म अबीमेलेकलाई, ‘तेरा सम्पूर्ण फौजलाई बोला!’ भनेर आह्वान गर्नेथिएँ!”
JDG 9:30 जब त्यस सहरका राज्यपाल जबूलले एबेदको छोरा गालले भनेका कुरा सुने, तब तिनी साह्रै रिसाए।
JDG 9:31 तिनले यसो भनेर अबीमेलेककहाँ गुप्‍त रूपमा दूतहरू पठाए, “एबेदको छोरा गाल र त्यसका दाजुभाइहरू शेकेममा आएर सहरलाई तपाईंको विरुद्धमा सुर्‍याउँदैछन्।
JDG 9:32 यसकारण अब राति नै तपाईं र तपाईंका मानिसहरू आएर खेतमा ढुकिबस्‍नुहोस्।
JDG 9:33 बिहान घाम झुल्केको समयमा सहरको विरुद्धमा अगि बढ्नुहोस्। जब गाल र त्यसका मानिसहरू तपाईंको विरुद्धमा बाहिर निस्किआउलान्, तब तपाईंका हातले जे भेट्टाउँछ, त्यसै गर्नुहोस्!”
JDG 9:34 यसकारण अबीमेलेक र तिनका सैन्यदल राति नै निस्केर चार दल भई शेकेममा आक्रमण गर्न ढुकिबसे।
JDG 9:35 अनि एबेदको छोरा गालचाहिँ बाहिर निस्के, जब तिनी सहरको मूलढोकाको प्रवेशद्वारमा उभिरहेका थिए, तब त्यत्ति नै खेर अबीमेलेक र तिनका सिपाहीहरू लुकेका ठाउँबाट निस्के।
JDG 9:36 गालले तिनीहरूलाई देखेपछि तिनले जबूललाई भने, “हेर्नुहोस्, मानिसहरू डाँडाहरूका टाकुराबाट आउँदैछन्!” जबूलले जवाफ दिए, “तिमीले डाँडाको छायालाई मानिसहरू ठान्दैछौ।”
JDG 9:37 तर गालले फेरि भने: “हेर्नुहोस्, मानिसहरू देशको बीच भागबाट उँधो झर्दैछन्, र एक दलचाहिँ जोखना हेर्नेको रूखबाट भएर आइरहेको छ।”
JDG 9:38 तब जबूलले तिनलाई भने, “तिम्रा ठूला-ठूला कुरा खै? ‘तिमीले अबीमेलेक को हो, र हामी त्यसको अधीनमा बस्‍ने? भनेर भन्थ्यौ।’ के तिमीले तुच्छ ठानेका मानिसहरू यिनै होइनन्? अब बाहिर गएर तिनीहरूसित लडाइँ गर!”
JDG 9:39 यसकारण गालले शेकेमका नागरिकहरूलाई लगेर अबीमेलेकसित लडाइँ गरे।
JDG 9:40 अबीमेलेकले तिनलाई प्रवेशद्वारसम्म खेदे, र धेरै जना भाग्दैगर्दा मारिए।
JDG 9:41 अबीमेलेक अरूमाहमा बसे, र जबूलले गाल र तिनका दाजुभाइहरूलाई शेकेमबाहिर धपाइदिए।
JDG 9:42 भोलिपल्ट शेकेमका मानिसहरू बाहिर खेतमा गए, र यो समाचार अबीमेलेककहाँ पुर्‍याइयो।
JDG 9:43 यसकारण तिनले आफ्ना मानिसहरूलाई लिए। अनि तिनीहरूलाई तीन दलमा भाग गरे, र खेतहरूमा ढुकिबसे। तिनले मानिसहरूलाई सहरदेखि बाहिर आइरहेको देखेपछि तिनी उनीहरूलाई आक्रमण गर्नलाई खडा भए।
JDG 9:44 अबीमेलेक र तिनीसित भएका दलहरू दौडेर गए, र सहरको मूलढोकाको प्रवेशद्वारमा मोर्चा बाँधे। तब दुई दलहरू खेतमा हुनेहरूमाथि जाइलागे, र तिनीहरूलाई प्रहार गरे।
JDG 9:45 अबीमेलेकले दिनभरि त्यस सहरमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। तिनले त्यहाँका मानिसहरूलाई मारे, र त्यस सहर जलाइदिए; अनि त्यस ठाउँमा नुन छरिदिए।
JDG 9:46 जब शेकेमको किल्‍लामा बस्‍नेहरूले यो कुरा सुने, तब तिनीहरू एल-बरीतको मन्दिरको किल्‍लामा गए।
JDG 9:47 तिनीहरू त्यहाँ भेला भएका छन् भनी अबीमेलेकलाई सुनाइयो।
JDG 9:48 तब अबीमेलेक र तिनका सबै मानिसहरू जल्मोन डाँडामा उक्लेर गए। तिनले एउटा बन्चरो लिए। अनि केही हाँगाहरू काटेर आफ्ना काँधमाथि राखे। तिनले आफूसित भएका मानिसहरूलाई यसो भनी हुकुम दिए, “मैले जे गरेको देखेका छौ, चाँडै गरेर तिमीहरूले पनि त्यस्तै गर्नू!”
JDG 9:49 यसकारण सबै मानिसहरूले हाँगाहरू काटे। अनि अबीमेलेकको पछि-पछि लागे। तिनीहरूले ती हाँगाहरू सुरुङ्गको किल्‍लामाथि थुपारे। अनि ती मानिसहरू बलियो किल्‍ला भएको त्यस सुरूङ्गमा आगो लगाइदिए। यसकारण शेकेमको किल्‍लाभित्र रहेका सबै मानिसहरू करिब एक हजार पुरुषहरू र स्त्रीहरू मरे।
JDG 9:50 त्यसपछि अबीमेलेक तेबेसमा गए, र त्यसमाथि घेरा हालेर त्यसलाई कब्जा गरे।
JDG 9:51 तर सहरभित्र एउटा बलियो किल्‍ला थियो, जसमा त्यस सहरका सबै मानिसहरू, सबै पुरुष र स्त्रीहरू भागे। तिनीहरूले आफूलाई भित्र बन्द गरे, र त्यस किल्‍लाको छतमा गएका थिए।
JDG 9:52 अबीमेलेक किल्‍लामा गए, र त्यसमाथि आक्रमण गरे। जब त्यसलाई आगो लगाउन भनी तिनी किल्‍लाको प्रवेशद्वारमा पुगे,
JDG 9:53 तब एउटी स्त्रीले तिनको टाउकोमा जाँतो खसाइदिई, र तिनको खप्पर फोरिदिई।
JDG 9:54 तिनले तुरुन्तै आफ्नो हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई मारिदे, नत्रता फेरि तिनीहरूले ‘एउटी स्त्रीले त्यसलाई मारिन्’ भनेर भन्लान्।” यसकारण तिनको चाकरले तिनलाई तरवारले वारपार रोपिदियो र तिनी मरे।
JDG 9:55 यसरी इस्राएलीहरू अबीमेलेक मरेको देखेपछि घरतिर लागे।
JDG 9:56 यसरी नै अबीमेलेकले आफ्ना सत्तरी जना दाजुभाइहरूको हत्या गरेर आफ्ना पिता विरुद्ध गरेको दुष्‍टताको बदला परमेश्‍वरले तिनीसँग लिनुभयो।
JDG 9:57 शेकेमका मानिसहरूले गरेका सबै दुष्‍टता परमेश्‍वरले तिनीहरूकै शिरमाथि खन्याइदिनुभयो। यरूब-बालको छोरा योतामको श्राप तिनीहरूमाथि पर्‍यो।
JDG 10:1 अबीमेलेकको मृत्युपछि इस्साखारका एक जना मानिस, अर्थात् दोदोका नाति, पुवाका छोरा तोला इस्राएललाई बचाउनका निम्ति खडा भए। तिनी एफ्राइमको पहाडी मुलुकको शामीरमा बस्थे।
JDG 10:2 तिनले तेईस वर्षसम्म इस्राएलमाथि नेतृत्व गरे, तब तिनी मरे, र शामीरमा गाडिए।
JDG 10:3 तिनीपछि गिलादी याईर आए, जसले इस्राएलमाथि बाइस वर्षसम्म नेतृत्व गरे।
JDG 10:4 तिनका तीस जना छोराहरू थिए, जो तीस वटा गधामाथि सवार हुने गर्थे। तिनीहरूले गिलादमा तीस वटा सहरहरूमाथि अख्तियार चलाउँथे, जसलाई आजको दिनसम्म हव्वोत-याईर भनिन्छ।
JDG 10:5 याईर मरेपछि तिनी कामोनमा गाडिए।
JDG 10:6 फेरि पनि इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। तिनीहरूले बाल तथा अश्तोरेतका आकृतिहरू, अराम, सीदोन, मोआब, अम्मोनी र पलिश्तीहरूका देवी-देवताहरूको सेवा गरे। इस्राएलीहरूले याहवेहलाई त्यागेर उहाँको सेवा गर्न छाडेका कारण,
JDG 10:7 उहाँ इस्राएलीहरूसित रिसाउनुभयो। उहाँले तिनीहरूलाई पलिश्ती र अम्मोनीहरूका हातमा बेचिदिनुभयो।
JDG 10:8 त्यस वर्ष तिनीहरूले इस्राएलीहरूलाई दमन गरेर सताए। तिनीहरूले अठार वर्षसम्म सारा इस्राएलीहरूलाई यर्दनको पूर्व एमोरीहरूको देश गिलादमा थिचोमिचो गरे।
JDG 10:9 अम्मोनीहरू पनि यहूदा, बेन्यामीन र एफ्राइमका घरानासित लडाइँ गर्न यर्दन तरे; अनि इस्राएल ठूलो सङ्कष्‍टमा पर्‍यो।
JDG 10:10 तब इस्राएलीहरूले यसो भनेर याहवेहको पुकार गरे, “हामीले हाम्रा परमेश्‍वरलाई त्यागेर बाल-देवताहरूको सेवा गरेर तपाईंको विरुद्धमा पाप गरेका छौँ।”
JDG 10:11 याहवेहले जवाफ दिनुभयो, “जब इजिप्टियन, एमोरी, अम्मोनी, पलिश्ती,
JDG 10:12 सीदोनी, अमालेकी, र माओनीहरूले तिमीहरूलाई सताए, र तिमीहरूले सहायताका निम्ति मलाई पुकार्‍यौ, तब के मैले तिमीहरूलाई तिनीहरूका हातबाट रक्षा गरिनँ र?
JDG 10:13 तर तिमीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूको सेवा गर्‍यौ। यसकारण अब म फेरि तिमीहरूलाई छुटाउनेछैनँ।
JDG 10:14 जाऊ र तिमीहरूले रोजेका देवी-देवताहरूलाई पुकार। तिमीहरू विपत्तिमा पर्दा तिनीहरूले नै तिमीहरूलाई बचाऊन्!”
JDG 10:15 तर इस्राएलीहरूले याहवेहलाई भने, “हामीले पाप गरेका छौँ। तपाईंलाई जे ठिक लाग्छ, हामीसित त्यही गर्नुहोस्! तर दया गरी अहिले हामीलाई छुटाउनुहोस्।”
JDG 10:16 तब तिनीहरूले तिनीहरूसित भएका विदेशी देवी-देवताहरू फालिदिए, र याहवेहको सेवा गरे। अनि उहाँले इस्राएलको कष्‍ट अरू सहन सक्नुभएन।
JDG 10:17 जब अम्मोनीहरूलाई हतियार भिर्ने आह्वान भयो र तिनीहरूले गिलादमा छाउनी हाले, तब इस्राएलीहरूचाहिँ भेला भएर मिस्पामा छाउनी हाले।
JDG 10:18 गिलादका मानिसहरूका अगुवाहरूले आपसमा भने, “जसले अम्मोनीहरूमाथि पहिले आक्रमण गर्ला, त्यही नै गिलादमा बस्‍ने सबैको मुखिया हुनेछ।”
JDG 11:1 गिलादी यिप्‍ता एक वीर योद्धा थिए। तिनका पिता गिलाद थिए; आमाचाहिँ एक वेश्या थिइन्।
JDG 11:2 गिलादकी पत्नीले पनि तिनका निम्ति छोराहरू जन्माइन्। अनि तिनीहरू ठूला भएपछि तिनीहरूले यिप्‍तालाई धपाइदिए। तिनीहरूले भने, “तैँले हाम्रो परिवारमा कुनै उत्तराधिकार पाउनेछैनस्; किनकि तँ अर्कै स्त्रीको छोरा होस्।”
JDG 11:3 यसकारण यिप्‍ता आफ्ना दाजुभाइहरूबाट भागे; अनि तोबमा गएर बस्‍न थाले। त्यहाँ एक बदमास दल तिनीकहाँ आयो, र तिनको पछि लाग्यो।
JDG 11:4 केही समयपछि जब अम्मोनीहरूले इस्राएलीसँग युद्ध गरे,
JDG 11:5 तब गिलादका प्रधानहरू यिप्‍तालाई भेट्न तोब गए।
JDG 11:6 तिनीहरूले तिनलाई भने, “आएर हाम्रो सेनापति भइदिनुहोस्। अनि हामी अम्मोनीहरूसित युद्ध गर्न सक्नेछौँ।”
JDG 11:7 यिप्‍ताले तिनीहरूलाई भने, “के तपाईंहरूले मलाई घृणा गरेर मेरो पिताको घरबाट धपाउनुभएको होइन र? अब तपाईंहरूमाथि सङ्कष्‍ट आउँदा किन तपाईंहरू मकहाँ आउनुहुन्छ?”
JDG 11:8 गिलादका प्रधानहरूले यिप्‍तालाई भने, “यसैले त, अब हामी तपाईंतर्फ फर्कँदैछौँ; अम्मोनीहरूसित लडाइँ गर्न हामीसित आउनुहोस्, र गिलादमा बस्‍ने हामी सबैका शासक तपाईं हुनुहुनेछ।”
JDG 11:9 यिप्‍ताले जवाफ दिए, “यदि मलाई तपाईंहरूले अम्मोनीहरूसित लडाइँ गर्न फर्काएर लैजानुभयो र याहवेहले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने के म साँच्‍चै तपाईंहरूका शासक हुनेछु?”
JDG 11:10 गिलादका प्रधानहरूले जवाफ दिए, “याहवेह नै हाम्रो साक्षी हुनुहुन्छ; हामी अवश्य तपाईंले भन्‍नुभएझैँ गर्नेछौँ।”
JDG 11:11 यसकारण यिप्‍ता गिलादका प्रधानहरूसित गए; अनि मानिसहरूले तिनलाई उनीहरूमाथि मुखिया र सेनापति बनाए। तिनले आफ्ना सबै कुराहरू मिस्पामा याहवेहको सामु दोहोर्‍याए।
JDG 11:12 त्यसपछि यिप्‍ताले अम्मोनीहरूका राजाकहाँ यो प्रश्नका साथ दूतहरू पठाए: “हाम्रो विरुद्धमा तपाईंको के झगडा थियो, र तपाईंले हाम्रो देशमाथि आक्रमण गर्नुभयो?”
JDG 11:13 अम्मोनीहरूका राजाले यिप्‍ताका दूतहरूलाई जवाफ दिए, “इस्राएल इजिप्टबाट उक्लिआउँदा तिनीहरूले अर्नोनदेखि यब्बोक र यर्दनसम्मै मेरो देश लिए। अब शान्तिसित त्यो मलाई फर्काइदेऊ।”
JDG 11:14 यिप्‍ताले आफ्ना दूतहरूलाई फेरि अम्मोनी राजाकहाँ यो सन्देशसहित पठाएः
JDG 11:15 “यिप्‍ता यसो भन्‍नुहुन्छ: इस्राएलले न मोआब, न त अम्मोनीहरूको देश नै लिए।
JDG 11:16 तर जब तिनीहरू इजिप्टबाट निस्किआए, तब इस्राएल उजाडस्थानबाट भएर लाल समुद्रमा गए, र कादेशमा पुगे।
JDG 11:17 तब इस्राएलले एदोमका राजाकहाँ यसो भनेर दूतहरू पठाए, ‘हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ तर एदोमका राजाले सुनेनन्। तिनीहरूले मोआबका राजाकहाँ पनि यो बिन्ती पठाए, र तिनले अस्वीकार गरे। यसकारण इस्राएल कादेशमै बस्यो।
JDG 11:18 “त्यसपछि तिनीहरू उजाडस्थान भएर गए। अनि एदोम र मोआबको किनार भएर मोआबको पूर्वीय भागबाट छिरेर अर्नोनको पल्‍लोपट्टि छाउनी हाले। तिनीहरू मोआबको प्रान्तमा पसेनन्; किनकि अर्नोन त्यसको सिमाना थियो।
JDG 11:19 “त्यसपछि इस्राएलले हेश्बोनमा शासन गर्ने एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाएर तिनलाई भने, ‘हामीलाई तपाईंको देश भएर हाम्रो आफ्नै ठाउँमा जान दिनुहोस्।’
JDG 11:20 तरै पनि सीहोनले आफ्नो प्रान्तबाट भएर जान दिने कुरामा इस्राएलमाथि भरोसा गरेनन्। तिनले आफ्ना सबै मानिसहरू भेला गरेर यहसामा छाउनी हालेर इस्राएलीहरूसित लडाइँ गरे।
JDG 11:21 “तब याहवेह इस्राएलका परमेश्‍वरले सीहोन र तिनका सबै सैनिकहरूलाई इस्राएलको हातमा दिनुभयो। अनि तिनीहरूले उनीहरूलाई परास्त गरे। इस्राएलले त्यस देशमा बस्‍ने एमोरीहरूका सबै देश अधिकारमा लिए।
JDG 11:22 यसरी अर्नोनदेखि यब्बोकसम्म र उजाडस्थानदेखि यर्दनसम्म त्यसका सम्पूर्ण भाग कब्जा गरे।
JDG 11:23 “अब याहवेह इस्राएलका परमेश्‍वरले उहाँको प्रजा इस्राएलको सामुबाट एमोरीहरूलाई धपाइदिनुभएपछि, त्यसलाई लिने तपाईंको के अधिकार छ?
JDG 11:24 के तपाईंले आफ्नो देवता कमोशले दिएको लिनुहुन्‍न र? त्यसै गरी याहवेह हाम्रा परमेश्‍वरले हामीलाई जे दिनुभएको छ, त्यो हामी अधिकार गर्नेछौँ।
JDG 11:25 के तपाईं मोआबका राजा सिप्पोरका छोरा बालाकभन्दा असल हुनुहुन्छ? के तिनले कहिल्यै इस्राएलसँग झगडा गरे अथवा तिनीहरूसित युद्ध गरे?
JDG 11:26 तीन सय वर्षसम्म इस्राएलले हेश्बोन, अरोएर, चारैतिरका बस्तीहरू र अर्नोनको वरपरका सबै सहरहरू आफ्ना अधीनमा राखे। तपाईंले तिनीहरूलाई त्यस बेला किन फिर्ता लिनुभएन?
JDG 11:27 मैले तपाईंमाथि खराबी गरेको छैनँ; तर तपाईंले भने मेरो विरुद्धमा युद्ध गरेर ममाथि अन्याय गर्नुहुँदैछ। न्यायकर्ता याहवेहले नै आज इस्राएलीहरू र अम्मोनीहरूको बीचको यो झगडामा निर्णय गरिदेऊन्।”
JDG 11:28 तरै पनि यिप्‍ताले पठाएको सन्देशमाथि अम्मोनका राजाले ध्यानै दिएनन्।
JDG 11:29 तब याहवेहको आत्मा यिप्‍तामाथि आउनुभयो। तिनले गिलाद र मनश्शेलाई पार गरे। तिनी गिलादको मिस्पाबाट भएर गए, र त्यहाँबाट तिनी अम्मोनीहरूको विरुद्धमा अगि बढे।
JDG 11:30 अनि यिप्‍ताले याहवेहमा यो भाकल गरे: “यदि तपाईंले अम्मोनीहरूलाई मेरो हातमा दिनुभयो भने,
JDG 11:31 म अम्मोनीहरूबाट सुरक्षित फर्कँदा मलाई भेट्न मेरो घरको ढोकाबाट जो निस्किआउँछ, त्यो याहवेहको हुनेछ र म त्यसलाई याहवेहकहाँ होमबलिस्वरूप चढाउनेछु।”
JDG 11:32 त्यसपछि यिप्‍ता अम्मोनीहरूसित लडाइँ गर्न गए, र याहवेहले तिनीहरूलाई तिनको हातमा दिनुभयो।
JDG 11:33 तिनले अरोएरदेखि मिन्‍नीतको वरिपरि अबेल-करामीमसम्मै बीस वटा सहरहरू ध्वंस पारिदिए। यसरी इस्राएलले अम्मोनलाई अधीनमा ल्याए।
JDG 11:34 जब यिप्‍ता आफ्नो घर मिस्पामा फर्के, तब तिनलाई भेट्न तिनकी छोरी खैँजडीको धुनमा नाच्दै आइन्! तिनी उनकी एउटै सन्तान थिइन्। तिनीबाहेक उनका अरू छोराछोरी थिएनन्।
JDG 11:35 जब यिप्‍ताले तिनलाई देखे, तब आफ्नो लुगा च्यातेर कराए, “अहो, मेरी छोरी! तिमीले त मलाई दुःखी बनायौ र बरबाद पार्‍यौ; किनकि याहवेहमा गरेको भाकल म तोड्न सक्दिनँ।”
JDG 11:36 तिनले जवाफ दिइन्, “मेरा बुबा, तपाईंले याहवेहलाई आफ्नो वचन दिनुभएको छ। अब याहवेहले तपाईंका शत्रुहरू अम्मोनीहरूसित बदला लिनुभएकोले तपाईंले प्रतिज्ञा गर्नुभएझैँ मलाई गर्नुहोस्।”
JDG 11:37 तिनले भनिन्, “तर मेरो यो एउटा बिन्तीचाहिँ सुनिदिनुहोस्। मलाई दुई महिनासम्म मेरा साथीहरूसित डाँडाहरूमा रोएर हिँड्न दिनुहोस्; किनकि मेरो विवाह कहिल्यै हुनेछैन।”
JDG 11:38 उनले भने, “तिमी जान सक्छौ।” अनि उनले तिनलाई दुई महिनाको निम्ति जान दिए। तिनी र अरू केटीहरू डाँडाहरूमा गएर रोए; किनकि तिनले कहिल्यै विवाह नगर्ने भइन्।
JDG 11:39 दुई महिना बितेपछि तिनी आफ्ना बुबाकहाँ फर्केर आइन्, र उनले आफूले भाकल गरेझैँ गरे। तिनी कुमारी थिइन्। त्यहाँबाट इस्राएलीहरूको यो रीति सुरु भयो,
JDG 11:40 कि प्रत्येक वर्ष इस्राएलका जवान छोरीहरू गिलादी यिप्‍ताकी छोरीको स्मृतिमा चार दिनसम्म बाहिर जाने गर्थे।
JDG 12:1 एफ्राइमका मानिसहरूले आफ्नो सैन्यदललाई बोलाए र सापोन पार गरे। तिनीहरूले यिप्‍तालाई भने, “अम्मोनीहरूसित लडाइँ गर्न जाँदा हामीलाई नबोलाई तपाईं किन जानुभयो? हामी तपाईंलाई तपाईंको घरसहित जलाइदिनेछौँ।”
JDG 12:2 यिप्‍ताले जवाफ दिए, “म र मेरा मानिसहरू अम्मोनीहरूसितको ठूलो सङ्घर्षमा व्यस्त थियौँ, र मैले तिमीहरूलाई बोलाए तापनि तिमीहरूले मलाई तिनीहरूका हातबाट बचाएनौ।
JDG 12:3 जब मैले तिमीहरूबाट केही सहायता नपाउने रहेछु भनी देखेँ, तब आफ्नो प्राण हत्केलामा लिएर म तिनीहरूसित लडाइँ गर्न पारि गएँ। अनि याहवेहले मलाई तिनीहरूमाथि विजय दिनुभयो। अब किन तिमीहरू आज मसित लडाइँ गर्न आइरहेका छौ?”
JDG 12:4 त्यसपछि यिप्‍ताले गिलादका मानिसहरूलाई भेला गरे। अनि एफ्राइमको विरुद्धमा लडाइँ गरे। गिलादीहरूले तिनीहरूलाई पराजित गरिदिए; किनकि एफ्राइमीहरूले भनेका थिए, “तिमी गिलादीहरू त एफ्राइम र मनश्शेका शरणार्थी हौ।”
JDG 12:5 गिलादीहरूले एफ्राइमतिर जाने यर्दनको किल्‍ला कब्जा गरे। अनि जहिले पनि एफ्राइमका बाँचेका कसैले “मलाई पारि जान देओ” भन्दा गिलादका मानिसहरूले त्यसलाई सोध्थे, “के तिमी एफ्राइमी हौ?” यदि त्यसले “होइन” भन्यो भने,
JDG 12:6 तिनीहरूले भन्थे, “ठिक छ, ‘शिब्बोलेत’ भन।” यदि त्यसले त्यो शब्द ठिकसित उच्‍चारण गर्न नसकेर “सिब्बोलेत” भन्यो भने तिनीहरूले त्यसलाई पक्रेर यर्दनको किल्‍लामा मारिदिन्थे। त्यस बेला एफ्राइमका बयालीस हजार मानिसहरू मारिए।
JDG 12:7 यिप्‍ताले इस्राएलमाथि छ वर्षसम्म नेतृत्व गरे। त्यसपछि गिलादी यिप्‍ता मरे, र तिनी गिलादको एउटा सहरमा गाडिए।
JDG 12:8 तिनीपछि बेथलेहेमका इब्सानले इस्राएलीहरूलाई नेतृत्व गरे।
JDG 12:9 तिनका तीस जना छोरा र तीस जना छोरी थिए। तिनले आफ्नी छोरीहरूका विवाह आफ्नो वंशभन्दा बाहिर गरिदिए। अनि आफ्ना छोराहरूका पत्नीहरू आफ्नो वंशभन्दा बाहिरका तीस जना जवान स्त्रीहरू ल्याए। इब्सानले इस्राएललाई सात वर्षसम्म नेतृत्व गरे।
JDG 12:10 त्यसपछि इब्सान मरे, र तिनी बेथलेहेममा गाडिए।
JDG 12:11 तिनीपछि जबूलूनी एलोनले इस्राएलमाथि दश वर्षसम्म नेतृत्व गरे।
JDG 12:12 त्यसपछि एलोन मरे, र जबूलून देशमा भएको अय्यालोनमा गाडिए।
JDG 12:13 तिनीपछि पिरातोनी हिल्‍लेलका छोरा अब्दोन इस्राएलको नेतृत्व गरे।
JDG 12:14 तिनका चालीस जना छोरा र तीस जना नाति थिए, जो सत्तरी वटा गधाहरूमाथि सवार हुन्थे। तिनले इस्राएललाई आठ वर्षसम्म नेतृत्व गरे।
JDG 12:15 त्यसपछि हिल्‍लेलका छोरा अब्दोन मरे, र अमालेकीहरूको पहाडी देशमा एफ्राइमको पिरातोनमा गाडिए।
JDG 13:1 फेरि इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। यसकारण याहवेहले तिनीहरूलाई चालीस वर्षसम्म पलिश्तीहरूको हातमा सुम्पिदिनुभयो।
JDG 13:2 सोरामा बस्‍ने दान वंशका मानोह नाम भएका मानिसकी एउटी बाँझी पत्नी थिइन्, जसले कुनै सन्तान जन्माइनन्।
JDG 13:3 याहवेहका दूत तिनीकहाँ देखा परेर भने, “तिमी बाँझी र निःसन्तान छौ, तर तिमी गर्भवती हुनेछौ, र एउटा छोरा जन्माउनेछौ।
JDG 13:4 अब तिमी होशियार होऊ, र कुनै दाखमद्य अथवा अरू मत्ताउने पेय नपिउनू, र तिमीले अशुद्ध कुरा नखानू;
JDG 13:5 किनकि तिमी गर्भवती हुनेछौ, र एउटा छोरा जन्माउनेछौ। त्यसको कपालमा छुरा नलगाइयोस्। किनकि त्यो बालक गर्भधारणको समयदेखि नै परमेश्‍वरका निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। त्यसले इस्राएललाई पलिश्तीहरूको हातबाट छुटाउन अगुवाइ गर्नेछ।”
JDG 13:6 तब ती स्त्री आफ्नो पतिकहाँ गइन्, र तिनलाई यसो भनिन्, “परमेश्‍वरका एक जना मानिस मकहाँ आए। तिनी परमेश्‍वरका दूतझैँ अति भययोग्य देखिन्थे। मैले तिनलाई तिनी कहाँबाट आएका हुन् भनी सोधिनँ। अनि तिनले पनि मलाई आफ्नो नाम बताएनन्।
JDG 13:7 तर तिनले मलाई भने, ‘तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ। अब तिमीले दाखमद्य अथवा अरू मत्ताउने पेय नपिउनू र कुनै अशुद्ध कुरो नखानू; किनकि त्यो केटो गर्भधारणदेखि उसको मृत्युसम्म नै परमेश्‍वरका निम्ति एक नाजिरी हुनेछ।’ ”
JDG 13:8 तब मानोहले याहवेहकहाँ प्रार्थना गरे, “हे प्रभु, जन्मन लागेको बालकलाई कसरी हुर्काउने भनी हामीलाई सिकाउनका निम्ति हामीकहाँ पठाइएका परमेश्‍वरका जन फेरि आऊन् भनी म तपाईंसित बिन्ती गर्छु।”
JDG 13:9 याहवेहले मानोहको प्रार्थना सुन्‍नुभयो, र ती स्त्री खेतमा हुँदा परमेश्‍वरका दूत फेरि आए। तर तिनको पति मानोह तिनीसित थिएनन्।
JDG 13:10 “त्यस दिन मकहाँ देखा पर्ने मानिस यहाँ छन्!” भन्‍नलाई तिनी दौडेर आफ्नो पतिकहाँ गइन्।
JDG 13:11 मानोह उठे, र आफ्नी पत्नीको पछि लागे। तिनी त्यस मानिसकहाँ आइपुगेपछि तिनले भने, “के मेरी पत्नीसित बोल्ने मानिस तपाईं नै हुनुहुन्छ?” तिनले भने, “हो, म नै हुँ।”
JDG 13:12 यसकारण मानोहले तिनलाई सोधे, “तपाईंका वचनहरू कहिले पूरा हुनेछन् र त्यस केटाको जीवन र कामको विषयमा कस्तो नियम छ?”
JDG 13:13 याहवेहका दूतले जवाफ दिए, “तिम्री पत्नीले मैले तिनलाई भनेका सबै कुरा गर्नुपर्छ।
JDG 13:14 तिनले अङ्‌गुरबाट उत्पादन भएको कुनै पनि कुरा खानुहुँदैन। तिनले कुनै मद्यपान अथवा मत्ताउने पेय नपिऊन्, न त कुनै अशुद्ध कुरा खाऊन्। तिनले मैले आज्ञा दिएको प्रत्येक कुरा पालन गरून्।”
JDG 13:15 मानोहले याहवेहका दूतलाई भने, “तपाईंका निम्ति एउटा कलिलो पाठा हामीले तयार नपारेसम्म कृपया यहीँ पर्खनुहोस्।”
JDG 13:16 याहवेहका दूतले जवाफ दिए, “तिमीहरूले मलाई रोके तापनि म तिमीहरूको भोजनबाट केही खानेछैनँ। तर तिमीहरूले होमबलि तयार गर्छौ भने त्योचाहिँ याहवेहलाई चढाओ।” (तिनी याहवेहका दूत हुन् भनी मानोहलाई थाहा थिएन।)
JDG 13:17 तब मानोहले याहवेहका दूतलाई सोधे, “तपाईंको नाम के हो? ताकि तपाईंको वचन पूरा भएपछि हामी तपाईंलाई सम्मान दिन सकौँ?”
JDG 13:18 तिनले जवाफ दिए, “तिमीहरू किन मेरो नाम सोध्छौ? यो अचम्मको छ।”
JDG 13:19 तब मानोहले एउटा कलिलो पाठा र अन्‍नबलि लिए; अनि याहवेहका निम्ति एउटा चट्टानमा चढाए। मानोह र तिनकी पत्नीले हेर्दाहेर्दै याहवेहले एउटा अचम्मको काम गर्नुभयो।
JDG 13:20 त्यो ज्वाला वेदीबाट आकाशतिर जलेर जाँदै गर्दा याहवेहका दूत त्यस ज्वालामा उक्लेर गए। त्यो देखेर मानोह र तिनकी पत्नी भुइँमा घोप्टो परे।
JDG 13:21 त्यसपछि याहवेहका दूत मानोह र तिनकी पत्नीकहाँ फेरि देखा परेनन्, तब तिनी याहवेहको दूत पो रहेछन् भनी मानोहले थाहा पाए।
JDG 13:22 तब तिनले आफ्नी पत्नीलाई भने, “अब हामी मर्नेछौँ! हामीले परमेश्‍वरलाई देख्यौँ!”
JDG 13:23 तर तिनकी पत्नीले भनिन्, “यदि याहवेहले हामीलाई मार्ने विचार गर्नुभएको भए उहाँले हाम्रा हातबाट होमबलि र अन्‍नबलि ग्रहण गर्नुहुनेथिएन, न त यो कुरा हामीलाई देखाउनुहुनेथियो, अथवा बताउनुहुनेथियो।”
JDG 13:24 ती स्त्रीले एउटा छोरा जन्माइन्, र त्यसको नाम शिमशोन राखिन्। त्यो बालक बढ्यो, र याहवेहले त्यसलाई आशिष् दिनुभयो।
JDG 13:25 अनि त्यो सोरा र एश्तोल बीचको महनेह-दानमा हुँदा याहवेहको आत्माले त्यसलाई प्रेरणा दिन थाल्नुभयो।
JDG 14:1 एक दिन जब शिमशोन तिम्नामा झरे, तब एउटी जवान पलिश्ती स्त्रीमा उनको ध्यान गयो।
JDG 14:2 उनी फर्केपछि उनले आफ्ना बुबा र आमालाई भने, “मैले तिम्नामा एउटी पलिश्ती स्त्रीलाई देखेको छु। तिनीसित मेरो विवाह गरिदिनुहोस्।”
JDG 14:3 उनका बुबा र आमाले जवाफ दिए, “के तेरा आफन्तहरूमध्ये अथवा हाम्रा सबै मानिसहरूमध्ये कुनै ग्रहणयोग्य स्त्री छैन? के तैँले खतना नभएका पलिश्तीहरूबाट नै पत्नी ल्याउनुपर्छ र?” तर शिमशोनले आफ्ना बुबालाई भने, “मलाई त्यही स्त्री नै ल्याइदिनुहोस्। मेरो लागि तिनी नै उपयुक्त छिन्।”
JDG 14:4 (यो याहवेहबाट नै भएको हो, जसले पलिश्तीहरूका विरुद्धमा अवसर खोजिरहनुभएको थियो भन्‍ने कुरा उनका आमा र बुबालाई थाहा थिएन। त्यस बेला तिनीहरूले इस्राएलमाथि शासन गरिरहेका थिए।)
JDG 14:5 शिमशोन आफ्ना आमा र बुबासित तिम्नामा झरे। जब तिनीहरू तिम्नाका दाखबारीमा पुगे, तब अचानक एउटा जवान सिंह गर्जँदै शिमशोनमाथि झम्टियो।
JDG 14:6 तब याहवेहको आत्मा झट्टै उनीमाथि शक्तिसाथ आउनुभयो, र उनले त्यस सिंहलाई खाली हातले पाठोलाई झैँ च्यातिदिए। तर आफूले जे गरेका थिए, त्यो कुरा उनले आफ्ना आमाबुबालाई बताएनन्।
JDG 14:7 तब उनी तल झरे र ती स्त्रीसित कुरा गरे र उनले तिनलाई मन पराए।
JDG 14:8 केही समयपछि उनी तिनलाई विवाह गर्न भनी फर्केर जाँदा उनी त्यही सिंहको सिनो हेर्नलाई त्यतातिर लागे। उनले त्यसमा मौरीका एक हुल र केही मह देखे।
JDG 14:9 उनले आफ्नो हातबाट मह झिकेर खाँदै गए। तब आफ्ना आमाबुबालाई भेटेर उनले तिनीहरूलाई केही मह दिए, र तिनीहरूले पनि खाए। तर उनले त्यो मह सिंहको सिनोबाट निकालेको कुरा तिनीहरूलाई बताएनन्।
JDG 14:10 अनि उनका बुबा ती स्त्रीलाई हेर्न भनी तल झरे; र शिमशोनले त्यहाँ एउटा भोज लगाए; किनकि दुलहाहरूले त्यहाँ त्यस्तै गर्नुपर्ने चलन थियो।
JDG 14:11 जब मानिसहरूले शिमशोनलाई देखे, तब उनको साथमा जानलाई तीस जना साथीहरूलाई ल्याए।
JDG 14:12 शिमशोनले तिनीहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्छु। मलाई त्यसको जवाफ भोजको सात दिनभित्र तिमीहरूले दिन सक्यौ भने म तिमीहरूलाई तीस थान सुती कपडा र तीस जोर लगाउने लुगा दिनेछु।
JDG 14:13 यदि तिमीहरूले यसको जवाफ दिन सकेनौ भने तिमीहरूले मलाई तीस थान सुती कपडा र तीस जोर लगाउने लुगा दिनुपर्छ।” तिनीहरूले भने, “हामीलाई तिम्रो अड्को भन, हामी सुन्‍नेछौँ।”
JDG 14:14 तब उनले जवाफ दिए, “खानेबाट खानेकुरा निस्क्यो; बलियोबाट गुलियो कुरो निस्क्यो।” तीन दिनसम्ममा पनि तिनीहरूले त्यसको जवाफ दिन सकेनन्।
JDG 14:15 चौथो दिन तिनीहरूले शिमशोनकी पत्नीलाई भने, “तिम्रा पतिलाई त्यो अड्को हामीलाई बताउनका निम्ति फकाऊ, नत्रता तिमी र तिम्रा बुबाका घरानालाई हामी जलाएर मार्नेछौँ। के तिमीले हामीलाई लुट्नको लागि यहाँ बोलाएकी हौ?”
JDG 14:16 तब शिमशोनकी पत्नीले उनलाई अँगालो हालेर रुँदै भनिन्, “तपाईंले मलाई घृणा गर्नुहुँदो रहेछ! तपाईंले मलाई साँच्‍चै माया गर्नुहुँदो रहेनछ। तपाईंले मेरा मानिसहरूलाई अड्को थाप्नुभयो, तर मलाईचाहिँ त्यसको जवाफ बताउनुभएको छैन।” उनले जवाफ दिए, “हेर, यो त मैले मेरा आमा र बुबालाई पनि बताएको छैनँ; तब के म त्यो तिमीलाई बताऊँ?”
JDG 14:17 तब तिनी भोजको सात दिनसम्मै रोइरही। यसकारण आखिरमा उनले तिनलाई सातौँ दिनमा बताइदिए; किनकि तिनले उनलाई कर गरिरहिन्। तिनले उनको अड्को आफ्ना मानिसहरूलाई बताइदिइन्।
JDG 14:18 सातौँ दिनको सूर्यास्त पहिले नै सहरका ती मानिसहरूले शिमशोनलाई भने, “महभन्दा गुलियो के हुन्छ र? सिंहभन्दा बलियो के हुन्छ र?” शिमशोनले उनीहरूलाई भने, “यदि तिमीहरूले मेरी कोरलीलाई नजोतेका भए, “तिमीहरूले मेरो अड्को समाधान गर्ने थिएनौ।”
JDG 14:19 तब याहवेहका आत्मा उनीमाथि शक्तिसाथ आउनुभयो। तिनी तल अश्कलोनमा झरे, र तिनीहरूका तीस जना मानिसहरूलाई मारे। तिनीहरूका सबै कुरा खोसे, र तिनीहरूका लुगाहरू ती अड्को फुकाउने मानिसहरूलाई दिए। तिनी रिसले चुर भएर आफ्ना बुबाको घरतिर गए।
JDG 14:20 तर शिमशोनकी पत्नी त्यसै विवाहमा लोकन्त हुने साथीलाई दिइयो।
JDG 15:1 केही समयपछि गहुँ कटनीको समयमा शिमशोनले एउटा कलिलो पाठो लिएर आफ्नी पत्नीलाई भेट्न गए। उनले भने, “म आफ्नी पत्नीको कोठामा जाँदैछु।” तर तिनका बुबाले उनलाई जान दिएनन्।
JDG 15:2 उनले भने, “तिमीले तिनलाई घृणा गर्छौ भन्‍ने मलाई पक्‍का थाहा भएकोले मैले त तिनलाई तिम्रो साथीलाई दिएँ। के तिनकी बहिनी तिनीभन्दा राम्री छैन र? बरु तिनलाई लैजाऊ।”
JDG 15:3 शिमशोनले तिनीहरूलाई भने, “यस पटक पलिश्तीहरूमाथि बदला लिने अधिकार मलाई छ। म साँच्‍चै तिनीहरूको हानि गर्नेछु।”
JDG 15:4 यसकारण शिमशोन बाहिर निस्के। अनि तीन सय स्यालहरू पक्रेर जोडी-जोडी गरी तिनीहरूका पुच्छर बाँधे, र गाँठोमा राँको बाँधिदिए।
JDG 15:5 तब राँकाहरू सल्काएर ती स्यालहरूलाई पलिश्तीहरूका अन्‍नको खेतमा छोडिदिए। उनले खेतमा रहेको अन्‍न र बाँधेर राखेको बिटा, र दाखबारी र जैतुनका बगैँचा जलाइदिए।
JDG 15:6 जब पलिश्तीहरूले सोधे, “यो कसले गरेको हो?” तब तिनीहरूलाई यसो भनियो, “किनकि उनकी पत्नी उनका साथीलाई दिएकोले तिम्नाका जुवाइँ शिमशोनले यो सबै गरेका हुन्।” यसकारण पलिश्तीहरू गए; अनि ती स्त्री र तिनका बुबालाई जलाइदिए।
JDG 15:7 शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूले यो काम गरेको हुनाले म तिमीहरूमाथि बदला नलिई रोकिनेछैनँ।”
JDG 15:8 उनले तिनीहरूमाथि निर्दयतापूर्वक आक्रमण गरे; र धेरैलाई मारे। तब तिनी तल झरेर एतामको पहरामा भएको गुफामा बसे।
JDG 15:9 पलिश्तीहरू उक्लेर गए, र यहूदामा छाउनी हालेर लहीसम्म छरिएर बसे।
JDG 15:10 यहूदाका मानिसहरूले सोधे, “तपाईंहरू किन हामीसित लडाइँ गर्न आउनुभयो?” तिनीहरूले जवाफ दिए, “हामी शिमशोनलाई कैदी बनाउन र उनले हामीलाई जे गरेका छन्, त्यो उनलाई गर्न आएका हौँ।”
JDG 15:11 तब यहूदाबाट तीन हजार मानिसहरू एतामको पहरामा भएको गुफामा झरेर गए, र शिमशोनलाई भने, “पलिश्तीहरू हामीमाथि शासन गर्नेहरू हुन् भनेर के तिमी जान्दैनौ? तिमीले हामीमाथि यो के गर्‍यौ?” उनले जवाफ दिए, “मैले तिनीहरूले ममाथि जे गरे, त्यो मात्र तिनीहरूलाई गरेँ।”
JDG 15:12 तिनीहरूले उनलाई भने, “हामी यहाँ तिमीलाई बाँधेर पलिश्तीहरूको हातमा दिनलाई आएका छौँ।” शिमशोनले भने, “तिमीहरूले चाहिँ मलाई मार्नेछैनौँ भनी शपथ खाओ।”
JDG 15:13 तिनीहरूले भने, “हामी राजी छौँ। हामी तिमीलाई बाँधेर मात्र तिनीहरूका हातमा सुम्पिदिनेछौँ। हामी तिमीलाई मार्नेछैनौँ।” यसकारण तिनीहरूले उनलाई दुई वटा नयाँ डोरीहरूले बाँधे, र त्यस पहराबाट माथि लिएर गए।
JDG 15:14 उनी लहीमा पुग्दा पलिश्तीहरू तिनीकहाँ चिच्याउँदै आए। तब याहवेहका आत्मा उनीमाथि शक्तिसाथ आउनुभयो। उनका पाखुरामा भएका डोरीहरू डढेका सनपाटझैँ भए। अनि ती बन्धनहरू उनका हातहरूबाट फुस्के।
JDG 15:15 उनले एउटा गधाको आलो बङ्गारा भेट्टाए। अनि उठाए, र त्यसैले एक हजार मानिसलाई मारे।
JDG 15:16 तब शिमशोनले भने, “एउटा गधाको बङ्गाराले मैले तिनीहरूलाई गधाहरूझैँ बनाएँ। एउटा गधाको बङ्गाराले मैले एक हजार मानिस मारेँ।”
JDG 15:17 यति भनिसकेर उनले त्यो बङ्गारा फ्याँकिदिए। यसैले त्यस ठाउँलाई रामत-लही भनियो।
JDG 15:18 उनी खूबै तिर्खाएका हुनाले तिनले याहवेहको पुकार गरे, “तपाईंले आफ्नो सेवकलाई महान् विजय दिनुभएको छ। के अब म तिर्खाले मरूँ? ती खतना नभएकाहरूका हातमा परूँ?”
JDG 15:19 तब परमेश्‍वरले लहीमा एउटा खाल्डो बनाउनुभयो, र त्यहाँबाट पानी फुटेर निस्क्यो। शिमशोनले पानी पिएपछि उनको बल फर्कियो, र उनी ताजा भए। यसकारण त्यो मूल फुटेको ठाउँलाई एन-हक्‍कोरे भनियो, र त्यो अझसम्म लहीमा छँदैछ।
JDG 15:20 शिमशोनले इस्राएललाई पलिश्तीहरूका समयमा बीस वर्षसम्म अगुवाइ गरे।
JDG 16:1 एक दिन शिमशोन गाजामा गए; र त्यहाँ उनले एउटी वेश्यालाई भेटे। उनी त्यससित रात बिताउनलाई त्यसकहाँ गए।
JDG 16:2 गाजाका मानिसहरूलाई “शिमशोन यहाँ आएका छन्” भनी सुनाइयो। यसकारण तिनीहरूले त्यस ठाउँलाई घेरे, र रातभरि सहरको मूलढोकामा तिनलाई ढुकिबसे। तिनीहरू रातभरि यताउति नगइकन “बिहानै हामी त्यसलाई मार्नेछौँ” भन्दै बसिरहे।
JDG 16:3 तर शिमशोन त्यहाँ आधा रातसम्म मात्र ढल्किरहे। तब उनी उठे, र सहरको मूलढोका र त्यसका दुई वटा खम्बाहरू पक्रेर तिनीहरूका आग्लोसमेत ती सबैलाई उखेलिदिए। उनले ती आफ्ना काँधमा हालेर हेब्रोनतिर फर्केको डाँडामा बोकेर लगे।
JDG 16:4 केही समयपछि उनी सोरेकको बेँसीमा भएकी दलीला नामकी स्त्रीसित प्रेममा परे।
JDG 16:5 पलिश्तीहरूका शासकहरू उनीकहाँ गएर भने, “तिमीले उनलाई आफ्नो महान् शक्तिको भेद देखाउन र हामीले कसरी उनलाई जितेर बाँधीकन उनलाई अधीनमा ल्याउन सक्छौँ, सो प्रकट गर्न फकाउनू। हामी प्रत्येकले तिमीलाई चाँदीका एघार सय सेकेल सिक्‍का दिनेछौँ।”
JDG 16:6 यसकारण दलीलाले शिमशोनलाई भनी, “कृपया मलाई भन्‍नुहोस्, तपाईंको महान् शक्तिको रहस्य केमा छ, र तपाईंलाई कसरी बाँधेर वशमा पार्न सकिन्छ?”
JDG 16:7 शिमशोनले त्यसलाई भने, “यदि कसैले मलाई सात वटा नसुकाएका नयाँ धनुका ताँदाले बाँध्यो भने म अरू मानिसझैँ कमजोर भइहाल्नेछु।”
JDG 16:8 तब पलिश्तीका शासकहरूले त्यसलाई नसुकाएका सात वटा ताजा ताँदा ल्याइदिए, र त्यसले उनलाई तिनैले बाँधी।
JDG 16:9 त्यसले कोठामा मानिसहरूलाई लुकाइराखेकी थिई। तब त्यसले कराई, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” तर उनले ताँदालाई ज्वालामा धागो हाल्दा चुँडिएझैँ सजिलैसित चुँडाइदिए। यसरी उनको बलको भेद थाहा पाउन सकिएन।
JDG 16:10 तब दलीलाले शिमशोनलाई भनी, “तपाईंले मलाई मूर्ख बनाउनुभयो; तपाईंले मलाई ढाँट्नुभयो। कृपया, यस पटक मलाई भन्‍नुहोस्, तपाईंलाई कसरी बाँध्न सकिन्छ?”
JDG 16:11 उनले भने, “यदि कसैले मलाई कहिल्यै प्रयोग नगरिएका नयाँ डोरीहरूले राम्रोसित बाँध्यो भने म अरू मानिसझैँ कमजोर भइहाल्नेछु।”
JDG 16:12 यसकारण दलीलाले नयाँ डोरीहरू ल्याई, र ती डोरीहरूले उनलाई बाँधी। त्यसले कोठामा मानिसहरूलाई लुकाइराखेकी थिई। तब त्यसले कराएर भनी, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” तर उनले ती पाखुराका डोरीहरूलाई धागोझैँ चुँडाइदिए।
JDG 16:13 तब दलीलाले शिमशोनलाई भनी, “तपाईंले मलाई अहिलेसम्म मूर्ख बनाउँदै र ढाँट्दै हुनुहुन्छ। तपाईंलाई कसरी बाँध्न सकिन्छ? मलाई भन्‍नुहोस्।” उनले जवाफ दिए, “यदि तिमीले मेरा कपालका सात वटा लट्टाहरूलाई तानमा बुनेर किलामा बाँधिदियौ भने म अरू मानिसझैँ कमजोर भइहाल्नेछु।” यसकारण त्यसले उनी सुतेको बेला उनको कपालका सात वटा लट्टाहरू लिएर बाटी;
JDG 16:14 तब त्यसलाई किलामा कसिदिई। त्यसले फेरि उनलाई बोलाई, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” उनी निद्राबाट बिउँझेँ, र तानलाई किलासमेत उखेलिदिए।
JDG 16:15 तब त्यसले उनलाई भनी, “तपाईंले ‘म तिमीलाई प्रेम गर्छु’ भनी कसरी भन्‍न सक्नुहुन्छ? जबकि तपाईंले मलाई भेद नै बताउन सक्नुहुन्‍न? तपाईंले मलाई मूर्ख बनाउनुभयो, र आफ्नो महान् शक्तिको भेद नबताउनुभएको यो तेस्रो पटक हो।”
JDG 16:16 यस्तो कचकचले दिनदिनै वाक्‍क पार्दा उनलाई दिक्‍क लाग्यो।
JDG 16:17 यसकारण उनले सबै कुरा भनिदिए। उनले भने, “मेरो शिरमा कहिल्यै छुरा परेको छैन; किनकि म आमाको गर्भदेखि नै परमेश्‍वरको निम्ति अलग गरिएको एउटा नाजिरी हुँ। यदि मेरो कपाल खौरियो भने मेरो शक्ति मबाट गइहाल्नेछ, र म अरू मानिसझैँ कमजोर हुनेछु।”
JDG 16:18 उनले आफूलाई सबै कुरा बताइदिएका थाहा पाएर दलीलाले पलिश्तीहरूकहाँ यसरी समाचार पठाई, “फेरि एकपल्ट फर्किआउनुहोस्; उनले मलाई सबै कुरा बताएका छन्।” यसकारण पलिश्तीका शासकहरू हातमा चाँदी लिएर आए।
JDG 16:19 उनलाई आफ्नो काखमा सुताएर त्यसले कपाल खौरिनको निम्ति एक जना मानिसलाई बोलाई, र तिनलाई वशमा पार्न थाली। यसरी उनको शक्ति उनीबाट गइहाल्यो।
JDG 16:20 तब त्यसले बोलाई “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” उनी आफ्नो निद्राबाट बिउँझेँ, र पहिलेझैँ बाहिर गएर आफूलाई स्वतन्त्र तुल्याउनेछु भनी सम्झे। तर आफूलाई याहवेहले त्यागिसक्नुभएको छ भनी उनलाई थाहै भएन।
JDG 16:21 तब पलिश्तीहरूले उनलाई पक्रेर उनका आँखाहरू निकालिदिए, र उनलाई तल गाजामा लगे। उनलाई काँसोका साङ्लाहरूले बाँधेर तिनीहरूले झ्यालखानामा जाँतो पिँध्न लगाए।
JDG 16:22 तर उनका खौरिसकेका शिरका केश फेरि बढ्न लाग्यो।
JDG 16:23 अब आफ्नो देवता दागोनकहाँ एउटा महान् बलि चढाउन भनी पलिश्तीहरूका शासकहरू यसो भन्दै उत्सव मनाउन भेला भए, “हाम्रा देवताले हाम्रो शत्रु शिमशोनलाई हाम्रो हातमा सुम्पिदिनुभएको छ।”
JDG 16:24 जब मानिसहरूले उनलाई देखे, तब तिनीहरूले यसो भन्दै आफ्ना देवताको प्रशंसा गरे, “हाम्रा देवताले हाम्रा शत्रुलाई हाम्रा हातमा सुम्पिदिएका छन्। हाम्रो देशलाई उजाड पारिदिने र हाम्रा धेरैलाई मार्नेलाई।”
JDG 16:25 तिनीहरू साह्रै उत्साहित भएको बेला तिनीहरू यसो भनेर कराए, “हामीलाई खेलतमाशा देखाउन शिमशोनलाई ल्याओ।” यसकारण तिनीहरूले शिमशोनलाई झ्यालखानाबाट झिकाए, र उनले तिनीहरू सबैको सामु खेलतमाशा देखाए। तिनीहरूले उनलाई खम्बाहरूको बीचमा उभ्याए,
JDG 16:26 अनि शिमशोनले आफ्ना हात समात्ने नोकरलाई भने, “मलाई मन्दिरलाई अडाउने खम्बाहरूमा राखिदे, र म त्यहाँ अडेस लाग्न सकूँ।”
JDG 16:27 त्यो मन्दिरचाहिँ पुरुष र स्त्रीहरूले खचाखच भरिएको थियो। अनि पलिश्तीहरूका सबै शासकहरू पनि त्यहाँ थिए। छतमा चाहिँ प्राय: तीन हजार जति पुरुष र स्त्रीहरू शिमशोनको तमाशा हेरिरहेका थिए।
JDG 16:28 तब शिमशोनले याहवेहसित प्रार्थना गरे, “हे प्रभु याहवेह, मलाई सम्झनुहोस्! हे परमेश्‍वर, मलाई एकैपल्ट मात्र सामर्थी तुल्याउनुहोस्! मेरा आँखाहरूका निम्ति पलिश्तीहरूलाई एकै प्रहारमा बदला लिन दिनुहोस्।”
JDG 16:29 तब शिमशोन मन्दिरलाई थामिराख्ने दुई वटा खम्बाहरूका बीचमा पुगे। तिनीहरूमा बलियोसित अडेसिएर आफ्नो दाहिने हात एउटामाथि र देब्रे हात अर्कोमाथि राखे;
JDG 16:30 अनि उनले भने, “मलाई पलिश्तीहरूसितै मर्न दिनुहोस्!” तब शिमशोनले आफ्नो पूरा शक्ति लगाएर ठेले, र मन्दिर ती शासकहरू र त्यसमा भएका मानिसहरूमाथि ढल्यो। यसरी उनले आफू बाँचेको समयको भन्दा झन् धेरै मानिसहरूलाई मारे।
JDG 16:31 तब उनका दाजुभाइहरू र उनका बुबाका सम्पूर्ण परिवार उनलाई लिन तल झरे। तिनीहरूले उनको लास लगे, र सोरा र एश्तोलको बीचमा उनका बुबा मानोहको चिहानमा गाडे। उनले इस्राएलमाथि बीस वर्षसम्म नेतृत्व गरे।
JDG 17:1 एफ्राइमको पहाडी मुलुकका मीका नामका एक जना मानिस थिए।
JDG 17:2 उनले आफ्नी आमालाई भने, “तपाईंबाट लगिएका ती एघार सय शेकेल चाँदी, जसको विषयमा तपाईंले श्राप दिनुभएको मैले सुनेँ—त्यो चाँदी मसित छ; त्यो मैले नै लिएको थिएँ।” तब उनकी आमाले भनिन्, “मेरो छोरा, याहवेहले तिमीलाई आशिष् देऊन्!”
JDG 17:3 उनले ती एघार सय शेकेल चाँदी आफ्नी आमालाई फर्काएपछि तिनले भनिन्, “मैले यो चाँदी मेरा छोराले खोपेको आकृति र ढालेको मूर्ति बनाओस् भनेर याहवेहकहाँ अर्पण गर्छु। म यो तिमीलाई फर्काइदिनेछु।”
JDG 17:4 यसरी उनले ती चाँदी आफ्नी आमालाई फर्काइदिए। अनि तिनले चाँदीका दुई सय सेकेल लिएर एउटा शिल्पकारलाई दिइन्, जसले तीबाट एउटा प्रतिमा र एउटा मूर्ति बनायो, र ती मीकाको घरमा राखियो।
JDG 17:5 मीकाको एउटा देवस्थान थियो। उनले एउटा एपोद र केही पारिवारिक मूर्तिहरू बनाएर आफ्ना छोराहरूमध्ये एक जनालाई त्यसको पुजारी बनाएर राखे।
JDG 17:6 ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अनि हरेक मानिसले आफ्नो दृष्‍टिमा जे ठिक लाग्थ्यो, त्यही गर्दथ्यो।
JDG 17:7 यहूदाको बेथलेहेमबाट आएका यहूदाका वंशको बीचमा बस्‍ने एक जवान लेवी थियो।
JDG 17:8 उसले त्यस सहरलाई छोडिदियो, र अर्को बस्‍ने ठाउँको खोजीमा हिँड्यो; अनि ऊ एफ्राइमको पहाडी मुलुकमा मीकाको घरमा आइपुग्यो।
JDG 17:9 मीकाले उसलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” उसले भन्यो, “म यहूदाको बेथलेहेमबाट आएको एक लेवी हुँ, र म बस्‍ने ठाउँको खोजीमा छु।”
JDG 17:10 तब मीकाले उसलाई भने, “मसँगै बस, र मेरा बुबा र पुजारी होऊ। म तिमीलाई प्रतिवर्ष दश शेकेल चाँदी, तिमीलाई खान-लाउन पनि दिनेछु।”
JDG 17:11 यसकारण त्यो लेवी मीकासँग बस्‍न राजी भयो। उनको लागि त्यो जवान मानिस आफ्नै छोराझैँ भयो।
JDG 17:12 तब मीकाले त्यो लेवीलाई नियुक्त गरे, र त्यो जवान मानिस उनको पुजारी भएर उनको घरमा बस्‍न थाल्यो।
JDG 17:13 तब मीकाले भने, “अब म यो जान्दछु, याहवेह मप्रति असल हुनुहुनेछ; किनकि एक लेवी मेरा पुजारी भएका छन्।”
JDG 18:1 ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अनि ती दिनहरूमा दानवंशीहरूले बसोबास गर्नलाई आफ्नै ठाउँ खोजिरहेका थिए। किनकि तिनीहरू इस्राएलका कुलहरूको बीचमा आफ्नै उत्तराधिकारमा आइपुगेका थिएनन्।
JDG 18:2 यसकारण दानवंशीहरूले सोरा र एश्तोलबाट त्यो ठाउँ जासुसी गर्न र भेद लिनका लागि पाँच जना योद्धाहरूलाई पठाए। यी मानिसहरूले तिनीहरूका सबै वंशको प्रतिनिधित्व गर्दथे। तिनीहरूले यिनीहरूलाई यसो भनेका थिए, “जाओ, गएर देशको भेद लेओ।” यसकारण ती मानिसहरू एफ्राइमको पहाडी मुलुकमा आइपुगे, र मीकाको घरमा आएर रात बिताए।
JDG 18:3 जब तिनीहरू मीकाको घरको छेउनिर पुगे, तब तिनीहरूले त्यस जवान लेवीको सोर चिने। यसकारण तिनीहरू त्यतैतिर पुगेर तिनलाई सोधे, “तिमीलाई यहाँ कसले ल्यायो? तिमी यो ठाउँमा के गर्दैछौ? तिमी यहाँ किन छौ?”
JDG 18:4 तिनले आफूलाई मीकाले के गरेका थिए, त्यो तिनीहरूलाई भनिदिए, र भने, “तिनले मलाई ज्यालामा लिएका छन्। म तिनको पुजारी भएको छु।”
JDG 18:5 तब उनीहरूले तिनलाई भने, “कृपया हाम्रो यात्रा सफल हुन्छ कि हुँदैन? परमेश्‍वरसित सोधिदेऊ।”
JDG 18:6 ती पुजारीले तिनीहरूलाई जवाफ दिए, “शान्तिसित जाओ। तिमीहरूको यात्रालाई याहवेहले समर्थन गर्नुभएको छ।”
JDG 18:7 यसकारण ती पाँच जना मानिसहरू त्यस ठाउँलाई छोडेर लेशमा आए, र त्यहाँका मानिसहरूलाई सुरक्षामा रहेका सीदोनीहरूझैँ शान्त र सुरक्षित देखे। तिनीहरूको देशमा केही अभाव नभएको कारण तिनीहरूले उन्‍नति गरेका थिए। तिनीहरू सीदोनीहरूभन्दा टाढा पनि थिए, र अरू कसैसित तिनीहरूको केही सम्बन्ध पनि थिएन।
JDG 18:8 तिनीहरू सोरा र एश्तोलमा फर्किआएपछि तिनीहरूका दाजुभाइहरूले “तिमीहरूले के-के भेट्यौ?” भनी तिनीहरूलाई सोधे।
JDG 18:9 तिनीहरूले जवाफ दिए, “जाऔँ, हामी तिनीहरूमाथि कब्जा गरौँ! हामीले त्यो देश देख्यौँ। त्यो अति नै राम्रो रहेछ। तपाईंहरू किन चुपचाप बसिरहनुहुन्छ? त्यहाँ गएर त्यसलाई कब्जा गर्न बियाँलो नगर्नुहोस्!
JDG 18:10 जब तपाईंहरू त्यहाँ पुग्नुहुनेछ, तब निस्फिक्रीसाथ बसेका मानिसहरू र फराकिलो ठाउँ देख्नुहुनेछ। किनकि परमेश्‍वरले त्यो तपाईंहरूको हातमा दिनुभएको छ, अर्थात् यस्तो देश, जसमा कुनै पनि कुराको अभाव छैन।”
JDG 18:11 तब दानको वंशबाट छ सय मानिसहरू लडाइँका निम्ति हतियार भिरेर सोरा र एश्तोलबाट निस्के।
JDG 18:12 बाटोमा तिनीहरूले यहूदाको किर्यत-यारीममा छाउनी हाले। यसैकारण किर्यत-यारीमको पश्‍चिमतिरको ठाउँलाई आजको दिनसम्म महनेन-दान भनिन्छ।
JDG 18:13 त्यहाँबाट तिनीहरू एफ्राइमको पहाडी मुलुकमा गए, र मीकाको घरमा आए।
JDG 18:14 तब लेश देशको भेद लिने ती पाँच जना मानिसहरूले आफ्ना दाजुभाइहरूलाई भने, “के यी घरहरूमध्ये एउटामा एपोद, अरू घर-देवताहरू, एउटा खोपिएको आकृति र एउटा ढालेर बनाएको मूर्ति छन् भनेर तिमीहरूलाई थाहा छ? अब के गर्नुपर्ने हो, त्यो तिमीहरू जान्दछौ।”
JDG 18:15 यसकारण तिनीहरू त्यहाँ गए, र मीकाको ठाउँमा भएको त्यस जवान लेवीको घरमा गएर तिनलाई अभिवादन गरे।
JDG 18:16 छ सय दानवंशीहरूचाहिँ युद्धका निम्ति हतियार भिरेर मूलढोकाको प्रवेशद्वारमा उभिए।
JDG 18:17 त्यस देशको भेद लिने ती पाँच जना मानिसहरू घरभित्र पसे, र खोपिएको आकृति, एपोद, अरू घर-देवताहरू लिए। अनि ती पुजारीहरू र छ सय हतियार भिरेका मानिसहरू मूलढोकाको प्रवेशद्वारमा उभिरहे।
JDG 18:18 जब ती मानिसहरूले मीकाको घरमा गएर खोपिएको आकृति, एपोद, अरू घर-देवताहरू र ढालेर बनाएको मूर्ति लिए, तब ती पुजारीले तिनीहरूलाई भने, “तपाईंहरू के गर्दै हुनुहुन्छ?”
JDG 18:19 तब तिनीहरूले तिनलाई जवाफ दिए, “चुप लाग्नुहोस्! एक शब्द पनि नबोल्नुहोस्! हामीसित आएर हाम्रा बुबा र पुजारी हुनुहोस्! के एउटा मानिसको घरमा सेवा गर्नुभन्दा इस्राएलमा कुल र वंशकहाँ पुजारीको रूपमा सेवा गर्नु तपाईंलाई असल होइन र?”
JDG 18:20 तब ती पुजारी खुशी भए। तिनी एपोद, घर-देवताहरू र खोपिएको आकृति लिएर ती मानिसहरूसित गइहाले।
JDG 18:21 तिनीहरूका साना छोराछोरीहरू, तिनीहरूका गाईबस्तु र सरसामानहरू आफ्ना अगि लगाएर तिनीहरू फर्केर गइहाले।
JDG 18:22 तिनीहरू मीकाको घरदेखि केही टाढा पुगेपछि मीकाका छिमेकीहरू एकसाथ भेला भए; अनि तिनीहरूले उनीहरूलाई खेदेर भेट्टाए।
JDG 18:23 तिनीहरूले उनीहरूलाई कराएर बोलाउँदा ती दानवंशीहरूले मीकालाई भने, “तिमीहरूलाई के भयो, र तिमीहरूले आफ्ना मानिसहरूलाई किन लडाइँका लागि बोलायौ?”
JDG 18:24 तिनले जवाफ दिए, “तपाईंले मैले बनाएका देवी-देवताहरू र मेरा पुजारीलाई लैजानुभयो। अब मसित अरू के रह्‍यो र? तपाईंहरूले ‘तिमीहरूलाई के भयो?’ भनेर कसरी सोध्न सक्नुहुन्छ?”
JDG 18:25 दानवंशीहरूले जवाफ दिए, “हामीसित तर्क नगर। नत्रता केही रिसाहा मानिसहरूले तिमीमाथि आक्रमण गर्लान्, र तिमी र तिम्रो परिवारले आफ्ना प्राण गुमाउनुपर्ला!”
JDG 18:26 यसकारण दानवंशीहरू आफ्नो बाटो लागे, र तिनीहरू आफूभन्दा धेरै बलिया देखेर मीका फर्केर घरतिर लागे।
JDG 18:27 तब तिनीहरूले मीकाले बनाएका चीजहरू अनि तिनको पुजारीलाई लिएर शान्तिप्रिय र निस्फिक्री मानिसहरूका विरुद्धमा लेशमा गए। तिनीहरूले उनीहरूमाथि तरवारले आक्रमण गरे, र तिनीहरूको त्यो सहर आगोले जलाइदिए।
JDG 18:28 तिनीहरूलाई छुटाउने कोही थिएनन्। किनकि तिनीहरू सीदोनदेखि धेरै टाढा बस्थे। अनि अरू कसैसित पनि तिनीहरूको सम्बन्ध थिएन। त्यो सहर बेथ-रेहोबको छेउमा भएको बेँसीमा थियो। दानवंशीहरूले त्यस सहरलाई पुनर्निर्माण गरे, र त्यहीँ बसोबास गर्न लागे।
JDG 18:29 त्यस सहरलाई लेश भनिए तापनि तिनीहरूका पुर्खा दानको नाममा दान भनी राखे।
JDG 18:30 त्यहाँ दानवंशीहरूले ती मूर्तिहरू खडा गरे; अनि मोशाका छोरा, गेर्शोमका छोरा जोनाथन र तिनका छोराहरूचाहिँ देश कैदमा नलगिएसम्म दानको कुलका पुजारीहरू भएर बसे।
JDG 18:31 परमेश्‍वरको घर शीलोमा भइरहेसम्म तिनीहरूले मीकाले बनाएका मूर्तिहरू प्रयोग गरिरहे।
JDG 19:1 ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अब एफ्राइमको पहाडी मुलुकमा दुर्गम ठाउँमा बस्‍ने एक जना लेवीले यहूदाको बेथलेहेमबाट एउटी उपपत्नी ल्याए।
JDG 19:2 तर तिनी आफ्ना पतिप्रति अविश्‍वासी थिइन्। ती स्त्रीले उनलाई छोडेर आफ्ना बुबाको घर यहूदाको बेथलेहेममा गइन्। तिनी त्यहाँ चार महिनासम्म बसिन्।
JDG 19:3 तिनका पतिले तिनलाई फर्काइल्याउनका निम्ति आफ्ना सेवक र दुई वटा गधाहरू लिएर तिनीकहाँ गए।
JDG 19:4 तब ती स्त्रीले उनलाई आफ्नो बुबाकहाँ लगिन्, र तिनका बुबाले उनलाई देखेपछि उनलाई बस्‍न आग्रह गरे। यसकारण उनी तिनीसित तीन दिनसम्म खानपिन गर्दै त्यहाँ बसे।
JDG 19:5 चौथो दिन तिनीहरू बिहानै उठे। तब उनी बिदा हुनको लागि तयार भए, तर ती स्त्रीका बुबाले आफ्ना जुवाइँलाई भने, “केही खानुहोस्, र ताजा भएर जानुहोस्।”
JDG 19:6 यसैले तिनीहरू दुवै बसेर एकैसाथ खानपिन गरे। तब ती स्त्रीका बुबाले भने, “कृपया एक रात अझै बसेर रमाइलो गर्नुहोस्!”
JDG 19:7 जब उनी जानलाई उठे, तब उनका ससुराले उनलाई अझै बस्‍न आग्रह गरे। यसकारण उनी फेरि पनि एक रात बसे।
JDG 19:8 पाँचौँ दिन उनी बिदा हुनलाई बिहानै उठे। तर त्यस स्त्रीका बुबाले भने, “आफूलाई ताजा बनाउनुहोस्। साँझसम्म पर्खनुहोस्!” यसैले तिनीहरू दिउँसो अबेरसम्म नै एकसाथ खानपानमा अल्मलिरहे।
JDG 19:9 त्यसपछि ती मानिस आफ्नी उपपत्नी र आफ्ना सेवकसित जानलाई फेरि उठे। तब उनका ससुरा अर्थात् त्यस स्त्रीका बुबाले भने, “हेर्नुहोस् त, अब साँझ पर्नै लाग्यो। आजको रात यहीँ बसिदिनुहोस्; किनकि साँझ पर्न लागिसक्यो। बस्‍नुहोस् र आनन्द मनाउनुहोस्! बरु भोलि बिहानै उठेर तपाईं आफ्ना घरतिर लाग्नुहोस्।”
JDG 19:10 तर ती मानिसले त्यो रात बस्‍ने इच्छा गरेनन्; तब उठेर हिँडिहाले। अनि आफ्ना भारी लादेका दुई गधाहरू र उपपत्नीसित यबूस, अर्थात् यरूशलेमतिर लागे।
JDG 19:11 जब तिनीहरू यबूसको छेउमा पुगे, तब दिन ढल्किसकेको थियो। उनको सेवकले आफ्ना मालिकलाई भन्यो, “आउनुहोस्, हामी यबूसीहरूको यस सहरतिर लागौँ र रात यहीँ बिताऔँ।”
JDG 19:12 तब त्यसका मालिकले जवाफ दिए, “होइन! हामी कुनै परदेशी सहरभित्र जानेछैनौँ, जसका मानिसहरू इस्राएली होइनन्। बरु हामी गेबासम्म जाऔँ।”
JDG 19:13 उनले फेरि भने, “आओ, हामी गेबा अथवा रामामा पुग्ने प्रयास गरौँ। अनि त्यहाँ कुनै ठाउँमा बास बसौँ।”
JDG 19:14 यसकारण तिनीहरू अगाडि बढे, र बेन्यामीनको गेबाको छेउमा पुग्दा घाम डुबिहाल्यो।
JDG 19:15 तिनीहरू त्यहीँ रात बिताउनलाई बसे। तिनीहरू गएर सहरको चोकमा बसे; तर बास दिनका निम्ति कसैले तिनीहरूलाई आफ्नो घरभित्र लगेन।
JDG 19:16 त्यस साँझ गेबामा बस्‍ने एक बूढो मानिस एफ्राइमको पहाडी मुलुकबाट खेतको कामबाट फर्किरहेका थिए, जहाँका मानिसहरू बेन्यामीनी थिए।
JDG 19:17 ती बूढो मानिसले ती यात्रीहरूलाई सहरको चोकमा देखेर सोधे, “तपाईंहरू कहाँ जाने हो? कहाँबाट आउनुभएको हो?”
JDG 19:18 लेवीले भने, “हामी यहूदाको बेथलेहेमबाट आइरहेका छौँ; र आफ्नै घर एफ्राइमको पहाडी मुलुकको दुर्गम ठाउँमा जाँदैछौँ। म यहूदाको बेथलेहेममा गएको थिएँ, र अब याहवेहको घरमा जाँदैछु। तर कसैले पनि मलाई आफ्नो घरमा लगेन।
JDG 19:19 म आफैँ, तपाईंकी सेविका र हामीसँग भएको यो जवान मानिसको निम्ति हामीसित रोटी र दाखमद्य, र हाम्रा गधाहरूको लागि पराल र दाना छन्। हामीलाई केही चाहिँदैन।”
JDG 19:20 तब ती बूढो मानिसले भने, “तपाईंलाई मेरो घरमा स्वागत छ। तपाईंहरूलाई जे चाहिन्छ, म दिनेछु। तर चोकमा रात नबिताउनुहोस्!”
JDG 19:21 यसकारण तिनले उनीहरूलाई आफ्नो घरमा लगे, र उनका गधाहरूलाई दानापानी दिए। तिनीहरूले आ-आफ्ना खुट्टा धोइसकेपछि खानपिन गरे।
JDG 19:22 तिनीहरूले आनन्द लिइरहेको बेला त्यस सहरका केही दुष्‍ट मानिसहरूले त्यस घरलाई घेरे। तिनीहरूले ढोकामा प्रहार गर्दै त्यस घरका मालिक, त्यस बूढो मानिसलाई कराउँदै यसो भने, “तिम्रो घरमा आएको त्यस मानिसलाई बाहिर निकाल्, हामी त्यससित सहवास गर्न चाहन्छौँ।”
JDG 19:23 तब त्यस घरका मालिक बाहिर आए, र तिनीहरूलाई भने, “होइन, मेरा मित्रहरू हो, यस्तो दुष्‍ट काम नगर्नुहोस्! यी मानिस मेरा पाहुना भएकाले यस्तो शर्मलाग्दो काम नगर्नुहोस्।
JDG 19:24 हेर्नुहोस्, यहाँ मेरी कन्या छोरी र यी मानिसकी उपपत्नी छन्। बरु म तिनीहरूलाई अहिले तपाईहरूकहाँ बाहिर ल्याउनेछु। अनि तपाईंहरूले तिनीहरूलाई प्रयोग गरेर जे गर्न इच्छा छ, त्यही तिनीहरूसित गर्नुहोस्। तर यी मानिसमाथि यस्तो शर्मलाग्दो काम नगर्नुहोस्!”
JDG 19:25 तर ती मानिसहरूले तिनको कुरा सुन्‍नै चाहेनन्। यसकारण ती मानिसले उनकी उपपत्नीलाई लिएर तिनीहरूकहाँ बाहिर पठाइदिए। अनि तिनीहरूले तिनलाई रातभरि बलात्कार गरे, र दुर्व्यवहार गरे। अनि बिहानै तिनलाई जान दिए।
JDG 19:26 बिहान सबेरै हुँदा त्यो स्त्री आफ्ना पतिको घरमा आई र ढोकामा लडी, र उज्यालो नहोउन्जेल त्यहीँ लडिरही।
JDG 19:27 बिहान तिनको पति उठेर घरको ढोका खोले। अनि आफ्नो यात्रा अगि बढाउन जब उनी बाहिर निस्के, तब आफ्नी उपपत्नीलाई सँघारमा आफ्ना हात पसारेर लडिरहेकी देखे।
JDG 19:28 उनले तिनलाई यसो भने, “उठ, अब हामी जाऔँ।” तर कुनै जवाफ आएन। तब उनले तिनलाई आफ्नो गधामा चढाएर घरतिर लागे।
JDG 19:29 घर पुगेपछि उनले एउटा छुरी लिएर आफ्नी उपपत्नीको शरीरलाई बाह्र टुक्रा पारे। अनि ती टुक्राहरूलाई इस्राएलका सारा इलाकाहरूमा पठाइदिए।
JDG 19:30 त्यो देख्ने प्रत्येकले भने, “इस्राएल इजिप्टबाट आएको दिनदेखि आजसम्म यस्तो कुरो कहिल्यै भएको थिएन, न त देखियो, न सुनियो नै। यसबारे सोच्नुहोस्, र विचार गर्नुहोस्! अनि के गर्नुपर्छ हामीलाई भन्‍नुहोस्!”
JDG 20:1 तब दानदेखि बेर्शेबासम्म र गिलाद देशबाट सबै इस्राएलीहरू एकजुट भएर मिस्पामा याहवेहको सामु भेला भए।
JDG 20:2 इस्राएलका कुलहरूका सबै मानिसहरूका अगुवाहरूले परमेश्‍वरका मानिसहरूका सभामा आफ्नो स्थान लिए, जसमा तरवार भिरेका चार लाख योद्धा थिए।
JDG 20:3 बेन्यामीनीहरूले इस्राएलीहरू मिस्पामा गएका छन् भन्‍ने कुरा सुने। तब इस्राएलीहरूले भने, “यस्तो भयानक काण्ड कसरी घट्यो, हामीलाई भन।”
JDG 20:4 यसकारण ती मारिएकी स्त्रीका पति लेवीले भने, “म र मेरी उपपत्नी बास बस्‍न बेन्यामीनको गेबामा पुग्यौँ।
JDG 20:5 रातको समयमा गेबाका मानिसहरू मेरो विरोधमा उठे, र मलाई मार्ने विचारले घरलाई घेरे। तिनीहरूले मेरी उपपत्नीलाई बलात्कार गरे, तब त्यो मरी।
JDG 20:6 तब मैले आफ्नी उपपत्नीको लासलाई लिएँ र टुक्रा-टुक्रा गरी काटेँ। अनि इस्राएलका उत्तराधिकारको प्रत्येक प्रान्तमा एक-एक टुक्रा पठाएँ; किनकि तिनीहरूले इस्राएलमा यस्तो अश्लील र शर्मलाग्दो काम गरे।
JDG 20:7 अब तपाईं सारा इस्राएलीहरूले बोल्नुहोस्, र यसको फैसला गरिदिनुहोस्!”
JDG 20:8 तब सबै मानिसहरू एकजुट भएर यसो भन्दै उठे, “हामी कोही पनि घर जानेछैनौँ, न त हामीमध्ये कोही पनि आफ्नो घरमा जानेछौँ।
JDG 20:9 तर अब हामी गेबालाई यसो गर्नेछौँः हामी चिट्ठाले निर्देशन दिएअनुसार त्यसको विरुद्धमा जानेछौँ।
JDG 20:10 हामी इस्राएलका सबै कुलहरूका प्रत्येक सय मानिसबाट दश जना र हजारबाट एक सय र दश हजारबाट एक हजार गरी फौजका निम्ति चाहिने सामान तयार गर्नको निम्ति लिनेछौँ। तब फौज बेन्यामीनको गेबामा आएपछि, यसले उनीहरूलाई तिनीहरूले इस्राएलमा गरेका सबै घृणित कामका निम्ति दण्ड दिन सक्नेछ।”
JDG 20:11 यसरी इस्राएलका सबै मानिसहरू त्यस सहरको विरुद्धमा एकजुट भएर भेला भए।
JDG 20:12 इस्राएलका कुलहरूले बेन्यामीनको कुलकहाँ यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूको बीचमा भएको यो डरलाग्दो अपराधचाहिँ के हो?
JDG 20:13 अब गेबाका ती दुष्‍ट मानिसहरू हामीलाई सुम्पिदेओ, र हामी तिनीहरूलाई मारेर इस्राएलबाट दुष्‍टता हटाउनेछौँ।” तर बेन्यामीनीहरूले आफ्ना सङ्गी इस्राएलीहरूका कुरा सुनेनन्।
JDG 20:14 बेन्यामीनीहरूका सहरहरूबाट तिनीहरू इस्राएलीहरूसित युद्ध गर्न गेबामा भेला भए।
JDG 20:15 त्यस दिन बेन्यामीनीहरूले आफ्ना सहरहरूबाट छब्बीस हजार तरवारधारी मानिस जम्मा गरे। यसबाहेक गेबामा बस्‍नेहरूबाट सात सय जना चुनिएका मानिसहरू पनि भेला पारे।
JDG 20:16 ती सबै योद्धाहरूका बीचबाट छानिएका सात सय मानिस देब्रे-हाते थिए; जसमध्ये प्रत्येकले केशलाई समेत घुँयेत्रोले हान्दा नचुकाई निशाना लगाउँथे।
JDG 20:17 बेन्यामीनीहरू बाहेक इस्राएलीहरूले चार लाख तरवारधारी लडाकु मानिस एकत्रित गरेका थिए।
JDG 20:18 इस्राएलीहरू बेथेलमा उक्लेर गए, र परमेश्‍वरलाई यसो भनेर सोधे, “बेन्यामीनीहरूसित युद्ध गर्न हामीमध्ये कसले पहिले आक्रमण गर्ने?” याहवेहले जवाफ दिनुभयो, “यहूदाले पहिले आक्रमण गरोस्।”
JDG 20:19 भोलिपल्ट बिहानै इस्राएलीहरू उठे, र गेबाको छेउमा छाउनी हाले।
JDG 20:20 इस्राएलका मानिसहरू बेन्यामीनीहरूसित युद्ध गर्न निस्के। अनि तिनीहरूका विरुद्धमा गेबामा युद्धको मोर्चा बाँधे।
JDG 20:21 अनि बेन्यामीनीहरू गेबामा निस्किआए, र त्यस दिन इस्राएलीहरूका बाइस हजार मानिसलाई लडाइँको मैदानमा मारे।
JDG 20:22 तर इस्राएलका मानिसहरूले एक-अर्कालाई साहस दिए। अनि पहिलो दिनकै ठाउँमा फेरि आफ्नो मोर्चा बाँधे।
JDG 20:23 इस्राएलीहरू उक्लेर गए, र याहवेहको सामु साँझसम्मै रोइरहे। अनि तिनीहरूले याहवेहलाई यसो भनेर सोधे, “के हामी फेरि हाम्रा सङ्गी इस्राएली बेन्यामीनीहरूको विरुद्धमा युद्ध गर्न जाऔँ?” याहवेहले जवाफ दिनुभयो, “तिनीहरूको विरुद्धमा माथि उक्लेर जाओ।”
JDG 20:24 तब इस्राएलीहरू दोस्रो दिन बेन्यामीनीहरूसित युद्ध गर्न नजिक गए।
JDG 20:25 यस पटक जब बेन्यामीनीहरू तिनीहरूको विरोध गर्न गेबाबाट निस्किआए, तब तिनीहरूले तरवार भिरेका अरू अठार हजार इस्राएलीलाई मारे।
JDG 20:26 तब सबै इस्राएली र फौज बेथेलमा उक्लेर गए, र त्यहाँ तिनीहरू याहवेहको सामु बसेर रोइरहे। अनि त्यस दिन तिनीहरू साँझसम्मै उपवास बसे, तब याहवेहलाई होमबलि र मेलबलि चढाए।
JDG 20:27 अनि इस्राएलीहरूले याहवेहलाई फेरि सोधे। (ती दिनहरूमा याहवेहको करारको सन्दुक बेथेलमै थियो।
JDG 20:28 हारूनका छोरा, एलाजारको छोरा, पीनहास यसको सेवाको लागि चुनिएका थिए।) तिनीहरूले सोधे, “हामी फेरि हाम्रा सङ्गी इस्राएली बेन्यामीनीहरूसित युद्ध गर्न उक्लेर जाऔँ कि नजाऔँ?” याहवेहले जवाफ दिनुभयो, “जाओ, किनकि भोलि म तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनेछु।”
JDG 20:29 तब इस्राएल गेबाको चारैतिर ढुकिबसे।
JDG 20:30 तिनीहरू तेस्रो दिन बेन्यामीनीहरूको विरुद्धमा उक्लेर गए। अनि पहिलेझैँ गेबाको विरुद्धमा मोर्चा बाँधे।
JDG 20:31 बेन्यामीनीहरू तिनीहरूलाई आक्रमण गर्न निस्के, र सहरदेखि अलि टाढा गए। पहिलेझैँ तिनीहरूले इस्राएलीहरूलाई मार्न थाले। प्राय: तीस जना मानिसहरू खुला मैदान र बेथेलतिर गए; अनि अर्कोचाहिँ गेबातिर जाने बाटाहरूमा मारिए।
JDG 20:32 बेन्यामीनीहरूले, “हामीले पहिलेझैँ तिनीहरूलाई जितिरहेका छौँ” भनी सम्झे। तर इस्राएलीहरूले चाहिँ यसो भन्दैथिए, “हामी पछि हटौँ र तिनीहरूलाई सहरदेखि टाढा बाटोहरूमा लैजाऔँ।”
JDG 20:33 इस्राएलका सबै मानिसहरू आफ्ना ठाउँबाट उठे, र बाल-तामारमा मोर्चा बाँधे। तब इस्राएलका ढुकिबस्‍नेहरूले गेबाको पश्‍चिमको ठाउँबाट आक्रमण गरे।
JDG 20:34 तब इस्राएलका सबैभन्दा असल दश हजार मानिसहरूले गेबामाथि आक्रमण गरे। युद्ध भयानक थियो। बेन्यामीनीहरूले विपत्ति यति नजिक थियो भनेर थाहै पाएनन्।
JDG 20:35 तब याहवेहले बेन्यामीनीहरूलाई इस्राएलको सामु पराजित गर्नुभयो। त्यस दिन इस्राएलीहरूले पच्‍चीस हजार एक सय जना तरवारधारी बेन्यामीनीहरूलाई मारे।
JDG 20:36 तब बेन्यामीनीहरूले आफूचाहिँ हारेको देखे। अब इस्राएलका मानिसहरूले बेन्यामीनीहरूलाई छोडिदिएका थिए। किनकि तिनीहरूले गेबाको छेउमा ढुकिबस्‍नेहरूमाथि भर परेका थिए।
JDG 20:37 ती ढुकिबस्‍ने मानिसहरूले अचानक गेबामाथि आक्रमण गरे। अनि तिनीहरू फिँजिएर सारा सहरलाई तरवारले मारे।
JDG 20:38 इस्राएलका मानिसहरूले ती ढुकुवाहरूसित तिनीहरूले सहरबाट धुवाँको ठूलो बादल पठाउने भनेर मतो गरेका थिए।
JDG 20:39 त्यसपछि इस्राएलका मानिसहरू युद्धमा उत्रने भएका थिए। बेन्यामीनीहरूले इस्राएलका मानिसहरू (प्राय: तीस जना) लाई मारेका थिए, र तिनीहरूले भने, “हामीले तिनीहरूलाई पहिलो युद्धमा झैँ जितिरहेका छौँ।”
JDG 20:40 तर जब सहरबाट धुवाँको मुस्लो उठ्न थाल्यो, तब ती बेन्यामीनीहरूले फर्केर हेरे। अनि सारा सहरको धुवाँ आकाशतिर उठिरहेको देखे।
JDG 20:41 तब इस्राएलका मानिसहरू तिनीहरूमाथि जाइलागे। अनि आफूमाथि विपत्ति आइपरेको थाहा पाएर बेन्यामीनका मानिसहरू आतङ्कित भए।
JDG 20:42 यसकारण तिनीहरू इस्राएलीहरूको सामुबाट उजाडस्थानतिर भागे। तर तिनीहरू युद्धबाट उम्कन भने सकेनन्। अनि सहरहरूबाट आएका इस्राएलका मानिसहरूले तिनीहरूलाई त्यहीँ मारे।
JDG 20:43 तिनीहरूले बेन्यामीनीहरूलाई पूरै घेरे। अनि तिनीहरूलाई सजिलैसित खेदेर पूर्वपट्टि गेबाको छेउछाउमा उछिने।
JDG 20:44 अठार हजार वीर बेन्यामीनीहरू मारिए।
JDG 20:45 तिनीहरू फर्केर उजाडस्थानमा भएको रिम्मोनको पहरातिर भाग्दा इस्राएलीहरूले बाटोमा पाँच हजार मानिसहरूलाई मारे। तिनीहरू बेन्यामीनीहरूको पछि-पछि गिदोमसम्मै लागिरहे। अनि अरू दुई हजार मानिसलाई मारे।
JDG 20:46 त्यस दिन बेन्यामीनका पच्‍चीस हजार वीर तरवारधारी योद्धाहरू युद्धमा मारिए।
JDG 20:47 तर छ सय मानिसहरूचाहिँ फर्केर उजाडस्थानमा भएको रिम्मोनको पहरामा भागे। अनि तिनीहरू त्यहाँ चार महिनासम्म बसे।
JDG 20:48 इस्राएलका मानिसहरू बेन्यामीनका सहरहरूमा फर्केर गए। अनि भेट्टाएका जति सबै पशुहरू र तिनीहरूले सम्पूर्ण सहरहरूलाई तरवारले नष्‍ट पारे। तिनीहरूले भेट्टाएका हरेक सहरलाई पनि आगो लगाइदिए।
JDG 21:1 इस्राएलका मानिसहरूले मिस्पामा यसो भनेर शपथ खाएका थिए, “हामीमध्ये कसैले पनि बेन्यामीनीलाई विवाह गर्न आफ्नी छोरी दिनेछैनौँ।”
JDG 21:2 अनि मानिसहरू बेथेलमा गए, र तिनीहरू बेलुकासम्मै आफ्ना सोर उचालेर अनियन्त्रित रूपमा परमेश्‍वरको सामु रुँदै बसिरहे।
JDG 21:3 तिनीहरू यसो भनेर कराए, “हे याहवेह, इस्राएलका परमेश्‍वर, इस्राएलमा यो किन हुन दिनुभयो? किन इस्राएलबाट आज एउटा कुल हराएर गयो?”
JDG 21:4 भोलिपल्ट बिहानै मानिसहरूले एउटा वेदी बनाएर होमबलि र मेलबलि चढाए।
JDG 21:5 तब इस्राएलीहरूले सोधे, “इस्राएलका सारा कुलहरूबाट कुनचाहिँ कुल याहवेहको सामु भेला भएन?” किनकि तिनीहरूले मिस्पामा याहवेहको सामु भेला नहुने जोसुकै पनि मारिनेछ भनी गम्भीर शपथ खाएका थिए।
JDG 21:6 आफ्ना बेन्यामीनी दाजुभाइहरूका लागि इस्राएलीहरूले शोक मनाए। तिनीहरूले भने, “आजको दिन इस्राएलबाट एउटा कुल नै मासिएर गएको छ।
JDG 21:7 ती बाँकी रहेकाहरूका निम्ति हामीले कसरी पत्नीहरू प्रबन्ध गरौँ? हामीले तिनीहरूलाई आफ्ना कुनै पनि छोरी विवाहको लागि दिनेछैनौँ भनी याहवेहको सामु शपथ खाएका थियौँ।”
JDG 21:8 तब तिनीहरूले सोधे, “इस्राएलको कुनचाहिँ कुल मिस्पामा याहवेहको सामु भेला भएन?” तिनीहरूले याबेश-गिलादबाट कोही पनि सभाको निम्ति छाउनी हाल्न आएको रहेनछ भनी थाहा पाए।
JDG 21:9 किनकि तिनीहरूले मानिसहरूको संख्या लिँदा याबेश-गिलादबाट एक जना पनि त्यहाँ उपस्थित भएको भेट्टाएनन्।
JDG 21:10 यसकारण त्यस सभाले बाह्र हजार योद्धाहरूलाई याबेश-गिलादमा गएर त्यहाँ भएका स्त्री र बालबालिकाहरूलाई समेत तरवारले मार्न भनी हुकुम दिएर पठाए।
JDG 21:11 तिनीहरूले भने, “तिमीहरूले हरेक पुरुष र पुरुषसँग सहवास भएकी स्त्रीलाई मार्नू, तर कन्याहरूलाई चाहिँ छोडिदिनू।”
JDG 21:12 तिनीहरूले याबेश-गिलादमा बस्‍ने मानिसहरूमा कुनै पनि पुरुषसँग सहवास नगरेका चार सय जना कन्याहरू भेट्टाए। उनीहरूलाई तिनीहरूले कनानमा शीलोको छाउनीमा ल्याए।
JDG 21:13 तब सारा समुदायले रिम्मोनको पहरामा भएका बेन्यामीनीहरूकहाँ शान्तिको प्रस्ताव पठाए।
JDG 21:14 त्यस बेला बेन्यामीनीहरू फर्केर आए। अनि तिनीहरूलाई याबेश-गिलादमा बचाइएका ती स्त्रीहरू दिइए। तर तिनीहरू सबैका लागि ती स्त्रीहरूको संख्या पर्याप्‍त थिएन।
JDG 21:15 मानिसहरूले बेन्यामीनको निम्ति शोक गरे; किनकि याहवेहले इस्राएलका कुलहरू बीचमा एउटा फाटो गरिदिनुभएको थियो।
JDG 21:16 तब समुदायका प्रधानहरूले भने, “बेन्यामीनका स्त्रीहरू नष्‍ट भएकाले हामीले बाँकी रहेका मानिसहरूका निम्ति कसरी पत्नीहरू खोजी ल्याइदिनु?”
JDG 21:17 तब तिनीहरूले भने, “बाँचेका बेन्यामीनीहरूका उत्तराधिकारीहरू हुनुपर्छ। इस्राएलको एउटा कुल मेटिएर नजाओस्।
JDG 21:18 हामी तिनीहरूलाई आफ्ना छोरीहरू पत्नीको रूपमा दिन सक्दैनौँ; किनकि हामी इस्राएलीहरूले ‘बेन्यामीनीलाई पत्नी दिने जोसुकै श्रापित होस्’ भनेर शपथ खाएका छौँ।
JDG 21:19 तर हेर्नुहोस्, बेथेलको उत्तरतिर र बेथेलबाट शेकेममा जाने बाटोको पूर्वपट्टि अनि लबोनाको दक्षिणतिर शीलोमा याहवेहको वार्षिक चाड छ।”
JDG 21:20 यसकारण तिनीहरूले बेन्यामीनीहरूलाई यसो भनेर आज्ञा दिए, “गएर दाखबारीहरूमा लुकी बस;
JDG 21:21 अनि ध्यानपूर्वक हेरिबस, जब शीलोका केटीहरू नाचमा सामेल हुन निस्कन्छन्, तब तिमीहरू दाखबारीहरूबाट झट्टै निस्केर प्रत्येकले शीलोबाट आएका केटीहरूबाट एउटीलाई पत्नी हुन पक्र, र बेन्यामीनको देशमा जाओ।
JDG 21:22 तिनीहरूका बुबाहरू अथवा दाजुभाइहरूले हामीसित उजुरी गरे भने हामी तिनीहरूलाई यसो भनिदिनेछौँ, ‘तिनीहरूलाई सहायता दिएर हामीमाथि दया गर्नुहोस्; किनकि लडाइँको समयमा हामीले तिनीहरू प्रत्येकका निम्ति पत्नीहरू पाएनौँ। तपाईंहरूले तिनीहरूलाई आफ्ना छोरीहरू वास्तवमा विवाहको निम्ति नदिनुभएको कारण तपाईंहरूले शपथ तोड्नुभएको हुनेछैन, र निर्दोष हुनुहुन्छ।’ ”
JDG 21:23 यसकारण बेन्यामीनीहरूले त्यसै गरे। ती जवान केटीहरू नाचिरहेका बेला उनीहरू हरेकले एउटी-एउटीलाई पक्रे, र उनीहरूलाई आ-आफ्नी पत्नी बनाउन लगे। तब उनीहरूको आफ्ना उत्तराधिकार सम्पत्ति भएको ठाउँमा फर्के, र सहरहरूलाई पुनर्निर्माण गरे, र तिनमा बसोबास गरे।
JDG 21:24 त्यस बेला इस्राएलीहरूले त्यो ठाउँ छोडेर घरमा आफ्ना कुलहरू र वंशहरूकहाँ गए। प्रत्येक आफ्नै उत्तराधिकारमा गए।
JDG 21:25 ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अनि हरेक मानिसले आफ्नो दृष्‍टिमा जे ठिक लाग्थ्यो, त्यही गर्दथ्यो।
RUT 1:1 न्यायकर्ताहरूका शासनकालमा देशमा अनिकाल पर्‍यो। यसकारण यहूदाको बेथलेहेमबाट एक जना मानिस आफ्नी पत्नी र दुई छोरालाई लिएर केही समयको निम्ति मोआब देशमा बसाइँ सरे।
RUT 1:2 यी मानिसको नाम एलीमेलेक थियो। उनकी पत्नीको नाम नाओमी, र उनका दुई छोराका नाम महलोन र किल्योन थियो। तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए। अनि तिनीहरू मोआबमा गए, र त्यहीँ बसोबास गर्न थाले।
RUT 1:3 केही समयपछि नाओमीका पति एलीमेलेकको मृत्यु भयो। तब तिनी र तिनका दुई छोरा मात्र बाँकी भए।
RUT 1:4 पछि नाओमीका छोराहरूले मोआबी स्त्रीहरूलाई विवाह गरे। एउटीको नाम ओर्पा र अर्कीको नाम रूथ थियो। तिनीहरू त्यहाँ लगभग दश वर्ष बसे।
RUT 1:5 त्यसपछि दुवै छोरा महलोन र किल्योनको पनि मृत्यु भयो। यसरी नाओमी दुई छोरा र पतिविना एकलै भइन्।
RUT 1:6 जब नाओमी मोआबमा छँदै याहवेहले यहूदामा आफ्ना मानिसहरूलाई भोजन जुटाएर सहायता गरिराख्नुभएको छ भनी तिनले सुनिन्, तब नाओमी र तिनका बुहारीहरू त्यहाँबाट घर फर्कन तयार भए।
RUT 1:7 तिनी जहाँ बसिरहेकी थिइन्, त्यस ठाउँलाई छोडिन्, र आफ्ना बुहारीसहित यहूदाको देशमा फर्कन बाटो लागिन्।
RUT 1:8 अनि बाटोमा नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्, “तिमीहरू आ-आफ्नी आमाका घरमा फर्केर जाओ। जसरी तिमीहरूले आफ्ना मृत पतिहरू र मलाई दया देखायौ, त्यसरी नै याहवेहले पनि तिमीहरूसित दया देखाऊन्।
RUT 1:9 याहवेहले तिमीहरूलाई तिमीहरूका भविष्यमा हुने आ-आफ्ना पतिहरूका घरमा सुरक्षा देऊन्।” अनि तिनले उनीहरूलाई म्वाइँ खाइन्, र तिनीहरू डाँको छोडेर रोए।
RUT 1:10 अनि तिनलाई भने, “हामी तपाईंसित तपाईंकै मानिसहरूकहाँ फर्किजानेछौँ।”
RUT 1:11 तर नाओमीले भनिन्, “मेरा छोरीहरू हो, घर फर्क। तिमीहरू मसँग किन आउँछौ? तिमीहरूका पतिहरूका लागि के म अझै छोराहरू जन्माउन सक्छु र?
RUT 1:12 मेरा छोरीहरू हो, घर फर्क। अर्को पति पाउनलाई म धेरै बूढी भइसकेकी छु। यद्यपि अझै आशा छ भनी मैले सोचेँ र आज राति नै पति पाएँ, र छोराहरू जन्माएँ भने तापनि
RUT 1:13 तिनीहरू बढुन्जेलसम्म तिमीहरूले पर्खन्छौ र? उनीहरूका निम्ति तिमीहरू अविवाहित नै रहन्छौ? त्यसो होइन मेरा छोरीहरू हो! तिमीहरूको भन्दा मेरो हृदयको दुःख गहिरो छ; किनकि याहवेहको हात मेरो विरुद्धमा उठेको छ।”
RUT 1:14 यसमा तिनीहरू फेरि डाँको छोडेर रोए। तब ओर्पाले सासूलाई बिदाइको चुम्बन गरिन्; तर रूथले भने नाओमीलाई छोडिनन्।
RUT 1:15 “हेर,” नाओमीले भनिन्, “तिम्री जेठानी आफ्ना मानिसहरू र देवताहरूकहाँ फर्केर गई। तिमी पनि ऊसँगै फर्क।”
RUT 1:16 तर रूथले जवाफ दिइन्, “मलाई तपाईंलाई छोड्न अथवा तपाईंलाई छोडेर फर्कन कर नगर्नुहोस्। तपाईं जहाँ जानुहुन्छ, म त्यहीँ जानेछु। तपाईं जहाँ बस्‍नुहुन्छ, म त्यहीँ बस्‍नेछु। तपाईंका मानिसहरू मेरा मानिस हुनेछन्, र तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ।
RUT 1:17 तपाईं जहाँ मर्नुहुन्छ, म पनि त्यहीँ मर्नेछु र म त्यहीँ गाडिनेछु। मृत्युले बाहेक अरू कुनै कुराले तपाईंबाट मलाई अलग गरेमा याहवेहले मसित अति कठोर व्यवहार गरून्।”
RUT 1:18 रूथले आफूसित जाने सङ्कल्प गरेकी थाहा पाएपछि नाओमीले तिनलाई कर गर्न छोडिन्।
RUT 1:19 यसकारण तिनीहरू बेथलेहेम नपुगुन्जेल यात्रा गरिरहे। जब तिनीहरू बेथलेहेममा आइपुगे, तब सारा सहरमा हलचल मच्‍चियो, तब त्यहाँका स्त्रीहरूले आश्‍चर्य मानेर भन्‍न लागे, “के यिनी नाओमी होइन र?”
RUT 1:20 “मलाई नाओमी नभन,” तिनले उनीहरूलाई भनिन्। “बरु मलाई मारा भन, किनकि सर्वशक्तिमान्‌ले मेरो जीवन साह्रै तितो बनाइदिनुभएको छ।
RUT 1:21 म भरिपूर्ण भएर गएकी थिएँ, तर याहवेहले मलाई रित्तो फर्काएर ल्याउनुभएको छ। मलाई किन नाओमी भन्छौ? याहवेहले मलाई दण्ड दिनुभएको छ। सर्वशक्तिमान्‌ले ममाथि कष्‍ट ल्याउनुभएको छ।”
RUT 1:22 यसरी नाओमी आफ्नी मोआबी बुहारी रूथसित मोआब देशबाट फर्किन्। तिनीहरू बेथलेहेममा आइपुग्दा जौको कटनी सुरु हुँदैथियो।
RUT 2:1 अब नाओमीका पति एलीमेलेकको वंशका एक जना हुनेखाने कुटुम्ब थिए, जसको नाम बोअज थियो।
RUT 2:2 मोआबी रूथले नाओमीलाई भनिन्, “जसले मप्रति कृपादृष्‍टि देखाउला, त्यसको पछि शिला-बाला बटुल्न मलाई खेतमा जान दिनुहोस्।” नाओमीले तिनलाई भनिन्, “जाऊ, मेरी छोरी।”
RUT 2:3 यसकारण तिनी गइन्। अनि कटनी गर्नेहरूका पछि-पछि शिला-बाला बटुल्न थालिन्। यही क्रममा तिनी बोअजको खेतमा काम गर्न पुगिन्, जो एलीमेलेकका वंशका मानिस थिए।
RUT 2:4 त्यसै बेला बोअज बेथलेहेमबाट आइपुगे। अनि कटनी गर्नेहरूलाई अभिवादन गरे, “याहवेह तिमीहरूसित होऊन्!” तिनीहरूले जवाफ दिए, “याहवेहले तपाईंलाई आशिष् देऊन्!”
RUT 2:5 कटनी गर्नेहरूका नाइकेलाई बोअजले सोधे, “त्यो जवान स्त्री को हो?”
RUT 2:6 त्यस नाइकेले जवाफ दिए, “त्यो एउटी मोआबी स्त्री हो, जो नाओमीसित मोआबबाट आएकी हो।
RUT 2:7 उसले भनी, ‘दया गरी मलाई कटनी गर्नेहरूका पछि-पछि बिटाहरूका बीचमा शिला-बाला बटुल्न दिनुहोस्।’ उसले खेतमा आएर बिहानदेखि अहिलेसम्म नबिसाई काम गरिरहेकी छे; छहारीमुनि एकछिन मात्र आराम गरेकी छे।”
RUT 2:8 यसकारण बोअजले रूथलाई भने, “मेरी छोरी, मेरा कुरा सुन। तिमी यहाँबाट अरू कुनै पनि खेतमा शिला-बाला बटुल्न नजाऊ, र यहाँबाट कहीँ टाढा नजाऊ। मेरो खेतमा काम गर्ने केटीहरूसँग यहीँ बस।
RUT 2:9 मानिसहरूले कहाँ-कहाँ कटनी गर्दैछन्, सो हेर; अनि केटीहरूका पछि-पछि लाग। तिमीलाई नछुनू भनी मैले सेवकहरूलाई भनेको छु। तिमीलाई तिर्खा लागेमा तिनीहरूले भरिराखेका गाग्राहरूबाट पानी पिऊ।”
RUT 2:10 तब तिनले आफ्नो मुहार भुइँतिर झुकाएर दण्डवत् गरिन् र तिनले भनिन्, “म एउटी परदेशी भनी जानेर पनि किन तपाईंले मलाई यस्तो कृपादृष्‍टि गर्नुभयो?”
RUT 2:11 बोअजले जवाफ दिए, “तिम्रा पतिको मृत्यु भएपछि तिमीले आफ्नी सासूका निम्ति जे गरेकी छौ, सो सबै कुरा मलाई बताइएको छ। कसरी तिमीले आफ्ना आमाबुबा र आफ्नो जन्मभूमि छोडेर आफूले पहिले कहिल्यै नचिनेका मानिसहरूसँग बस्‍नलाई आएकी छौ।
RUT 2:12 तिमीले जे गरेकी छौ, याहवेहले तिमीलाई त्यसको प्रतिफल देऊन्। इस्राएलका परमेश्‍वर, जसको पखेटामुनि तिमी आश्रय लिन आएकी छौ, उही याहवेहले तिमीलाई प्रशस्त इनाम देऊन्।”
RUT 2:13 तिनले भनिन्, “मैले हजुरको नजरमा कृपादृष्‍टि पाइरहूँ। यद्यपि तपाईंका सेविकाहरू जत्तिको पनि मेरो स्तर छैन; तथापि तपाईंले मसँग नम्रतासाथ बोल्नुभएर मलाई सान्त्वना दिनुभएको छ।”
RUT 2:14 खाना खाने समयमा बोअजले तिनलाई भने, “तिमी यहाँ आऊ, र सिर्कामा केही रोटी चोपेर खाऊ।” जब तिनी कटनी गर्नेहरूसँग बसिन्, तब उनले तिनलाई केही भुटेका अन्‍न दिए। तिनले चाहेजति खाइन्, र तिनीसित केही उब्रियो पनि।
RUT 2:15 जब तिनी शिला बटुल्नलाई उठिन्, तब बोअजले आफ्ना मानिसहरूलाई हुकुम दिए, “यदि उसले बिटाहरूका बीचमा पसेर शिला-बाला बटुली भने पनि उसलाई नरोक।
RUT 2:16 बरु तिमीहरूले बाँधेका बिटाहरूबाट केही निकालेर उसलाई बटुल्नका लागि छोडिदेओ, तर उसलाई नहप्काओ।”
RUT 2:17 यसैले रूथले बेलुकीसम्म शिला-बाला बटुलिन्। तिनले बटुलेका जौका बाला माँड्दा प्राय: एक एपा भयो।
RUT 2:18 त्यसपछि तिनले त्यो बोकेर सहर फर्किन्; अनि तिनले कति धेरै बटुलेको तिनकी सासूले देखिन्। आफूले प्रशस्त खाएर उब्रेको अन्‍न पनि निकालेर रूथले तिनलाई दिइन्।
RUT 2:19 तिनकी सासूले सोधिन्, “आज तिमीले कहाँ शिला-बाला बटुल्यौ? अनि कहाँ काम गर्‍यौ? ती मानिस धन्यका हुन्, जसले तिमीलाई वास्ता गरे!” यसकारण आफूले जसको खेतमा काम गरेकी थिइन्, तिनको विषयमा रूथले आफ्नी सासूलाई बताइन्, र भनिन्, “मैले आज काम गरेको मानिसको नाम बोअज हो।”
RUT 2:20 नाओमीले आफ्नी बुहारीलाई भनिन्, “याहवेहले उनलाई आशिष् देऊन्! जिउँदा र मरेकाहरूमाथि याहवेहले कृपा देखाउन छोड्नुभएको छैन।” तिनले भनिन्, “ती मानिस हाम्रा नजिकैका आफन्त हुन्। तिनी हाम्रो परिवारलाई मोल तिरेर छुटाउनेहरू मध्येका एक हुन्।”
RUT 2:21 तब मोआबी रूथले भनिन्, “उनले मलाई यसो पनि भने, ‘कटनीको काम सबै पूरा नहुँदासम्म मेरा कामदारहरूसँग बस।’ ”
RUT 2:22 नाओमीले आफ्नी बुहारी रूथलाई भनिन्, “यो तिम्रो लागि असलै हुनेछ। मेरी छोरी, उनका काम गर्ने केटीहरूसँग जानु असल हुन्छ; किनकि अरूको खेतमा जाँदा तिमीमाथि हानि आइपर्न सक्छ।”
RUT 2:23 यसकारण गहुँ र जौको कटनी नसकुन्जेल रूथ बोअजका काम गर्ने केटीहरू सँगसँगै काम गरिन्, र तिनी आफ्नी सासूसँग नै बस्थिन्।
RUT 3:1 एक दिन रूथकी सासू नाओमीले तिनलाई भनिन्, “मेरी छोरी, मैले तिम्रो निम्ति एउटा घर खोज्नुपर्छ, जहाँ तिम्रो निम्ति सबै कुराको प्रबन्ध भएको होस्।
RUT 3:2 बोअज जसका सेविकाहरूसित तिमी छौ, ती हाम्रा नातेदार हुन्। आज राति तिनी खलामा जौ बत्ताउन जानेछन्।
RUT 3:3 यसैले नुहाएर अत्तर लगाऊ, र तिम्रो सबैभन्दा असल लुगा लगाऊ। त्यसपछि तल खलामा जाऊ; तर उनले खानपिन गरी नसकुन्जेल तिमी त्यहाँ छौ भनी उनलाई थाहा नहोस्।
RUT 3:4 जब उनी सुत्छन्, उनी सुतेको ठाउँ याद गर। त्यसपछि जाऊ र उनको खुट्टाको ओढ्ने उठाऊ, र ढल्क। त्यसपछि के गर्नुपर्छ उनले नै तिमीलाई बताउनेछन्।”
RUT 3:5 रूथले भनिन्, “तपाईं जे भन्‍नुहुन्छ, म गर्नेछु।”
RUT 3:6 यसकारण तिनी तल खलामा गइन्, र तिनले आफ्नी सासूले बताएअनुसार सबै कुरा गरिन्।
RUT 3:7 जब बोअजले खानपिन गरिसकेपछि उनको मन खुशी भयो, तब अन्‍न थुपारेको पल्‍लो कुनामा सुत्न गए। रूथ चुपचापसित त्यहाँ गइन्; तिनका खुट्टाको ओढ्ने उठाएर त्यहीँ ढल्किन्।
RUT 3:8 मध्यरातमा बोअजलाई केही कुराले झस्कायो, तब तिनी फनक्‍क फर्किए, र त्यहाँ आफ्नो खुट्टामा एउटी स्त्री ढल्किरहेकी थिइन्!
RUT 3:9 तब उनले “तिमी को हौ?” भनी सोधे। तिनले भनिन्, “म तपाईंकी सेविका रूथ हुँ। तपाईंको लुगाको एक कुना मलाई पनि ओढाइदिनोस्; किनकि तपाईं हाम्रो परिवारको नजिकका मोल तिरेर छुटाउने नातेदार हुनुहुन्छ।”
RUT 3:10 उनले जवाफ दिए, “मेरी छोरी, याहवेहले तिमीलाई आशिष् देऊन्। तिमीले पहिले देखाएको दयाभन्दा यो अझ बढी छ। तिमी जवान मानिसहरूका पछि लागिनौ, चाहे त्यो धनी होस् वा गरिब।
RUT 3:11 अब मेरी छोरी, नडराऊ। तिमीले इच्छा गरेका सबै कुरा म गर्नेछु। तिमी एउटी चरित्रवान् स्त्री हौ भन्‍ने कुरा सहरका मेरा सबै मित्रहरूले जान्दछन्।
RUT 3:12 यद्यपि यो सत्य हो कि म छुटाउनेवाला नातेदार हुँ, तर मभन्दा पनि अझ नजिकको एक जना नातेदार छन्।
RUT 3:13 आज राति यहीँ बस, र बिहान यदि तिनले तिमीलाई छुटाउने इच्छा गर्छन् भने असलै हुन्छ, तिनले नै छुटाऊन्। तर यदि तिनी तयार छैनन् भने म प्रतिज्ञा गर्छु, जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म यो गर्नेछु। बिहानसम्म यहीँ ढल्किबस।”
RUT 3:14 यसकारण तिनी बिहानसम्म उनको खुट्टानेर ढल्किरहिन्। तर कसैलाई ठम्याउन सक्ने उज्यालो हुन अगि नै उठिन्। अनि बोअजले भने, “यहाँ खलामा एउटी स्त्री आएकी थिइन् भनी कसैले थाहा नपाओस्।”
RUT 3:15 उनले यो पनि भने, “तिमीले ओढेको खास्टो यहाँ ल्याऊ, र समात।” तिनले त्यसै गरिन्, र बोअजले छ पाथी जौ हालेर तिनलाई बोकाइदिए। अनि तिनी सहरतिर फर्के।
RUT 3:16 जब रूथ सासूकहाँ आइन्, तब नाओमीले सोधिन्, “मेरी छोरी, के भयो?” तब तिनले बोअजले जे गरेका थिए, ती सबै कुरा बताइन्।
RUT 3:17 अनि तिनले अझै भनिन्, “उहाँले मलाई यो छ पाथी जौ दिएर भन्‍नुभयो, ‘तिम्री सासूकहाँ खाली हात नजाऊ।’ ”
RUT 3:18 अनि नाओमीले भनिन्, “मेरी छोरी, अझै अरू के हुन्छ, सो तिमीले थाहा नपाउन्जेल धैर्य गर। किनकि आज नै सबै विषयको फैसला नगरुन्जेल त्यो मानिस चुप लागेर बस्‍नेछैन।”
RUT 4:1 यसैबीच बोअज सहरको मूलढोकामा गएर त्यहाँ बसे। तिनले भनेका मोल तिरेर छुटाउनेवाला नातेदार त्यहाँ आएपछि बोअजले भने, “मित्र, यहाँ आउनुहोस् र बस्‍नुहोस्।” यसकारण तिनी त्यहाँ आएर बसे।
RUT 4:2 बोअजले सहरका दश जना प्रधानहरूलाई लगेर भने, “यहाँ बस्‍नुहोस्,” अनि तिनीहरू त्यहाँ बसे।
RUT 4:3 तब तिनले छुटाउनेवाला नातेदारलाई भने, “नाओमी, जो मोआबबाट फर्केर आएकी छिन्, र तिनले हाम्रा नातेदार एलीमेलेकको एक टुक्रा जमिन बेच्दैछिन्।
RUT 4:4 यहाँ बसेकाहरू र हाम्रा मानिसका प्रधानहरूका उपस्थितिमा यो विषयलाई तपाईंहरूको ध्यानमा ल्याई त्यो जमिन किन्‍ने सल्‍लाह दिनुपर्छ भन्‍ने मैले विचार गरेको छु। यदि तपाईं त्यो किन्‍न चाहनुहुन्छ भने किन्‍नुहोस्। तर यदि किन्‍न चाहनुहुन्‍न भने मलाई भन्‍नुहोस्; ताकि म जान्‍न पाऊँ। किनकि यो अधिकार तपाईंबाहेक अरू कसैको छैन। अनि मचाहिँ तपाईंपछिको दोस्रो नातेदार हुँ।” “तिनले भने, म किन्‍नेछु।”
RUT 4:5 तब बोअजले भने, “यो कुरा मनमा राख्नुहोस्; नाओमीबाट त्यो जमिन किनेको दिन मृतककी विधवा मोआबी रूथलाई पनि स्वीकार गर्नैपर्छ; ताकि त्यो सम्पत्ति ती मरिसकेका मानिसको सन्तानको नाममा रहोस्।”
RUT 4:6 यो सुनेर ती छुटाउनेवाला नातेदारले भने, “त्यसो हो भने म किन्‍न सक्दिनँ। किनकि मैले मेरो आफ्नै सम्पत्तिलाई गुमाउन सक्छु। तपाईं किन्‍नुहोस्; म किन्‍न सक्दिनँ।”
RUT 4:7 (अब पहिलेका समयहरूमा इस्राएलमा सम्पत्तिलाई छुटाउँदा र हस्तान्तरण गर्दा, एक पक्षले अर्को पक्षलाई आफ्नो जुत्ता खोलेर दिइन्थ्यो। इस्राएलमा लेनदेनको कार्यलाई कानुनी बनाउने प्रथा यस्तै थियो।)
RUT 4:8 यसकारण छुटाउनेवाला नातेदारले बोअजलाई भने, “तपाईं आफैँ किन्‍नुहोस्।” अनि तिनले आफ्नो जुत्ता खोले।
RUT 4:9 त्यसपछि बोअजले प्रधानहरू र सबै मानिसहरूलाई घोषणा गरे, “आज तपाईंहरू सबै मेरा साक्षी हुनुहुन्छ। मैले किल्योन, महलोन र एलीमेलेकका सबै सम्पत्ति नाओमीबाट किनेको छु।
RUT 4:10 मैले महलोनकी विधवा मोआबी रूथलाई पनि मृतकको नाम र सम्पत्ति अटल राख्न र तिनको नाम परिवारबाट नहराओस् अथवा सहरबाट नहटोस् भनेर आफ्नी पत्नीको रूपमा प्राप्‍त गरेको छु। तपाईंहरू आज साक्षीको रूपमा हुनुहुन्छ।”
RUT 4:11 अनि प्रधानहरू र मूलढोकामा हुनेहरूले भने, “हामीहरू साक्षी छौँ। राहेल र लेआ जसले मिलेर इस्राएलका घरानालाई निर्माण गरे, तपाईंको घरमा आउने स्त्रीलाई पनि याहवेहले त्यस्तै तुल्याऊन्। एप्रातामा तपाईंको महत्व बढोस् र बेथलेहेममा तपाईंको नाम चलोस्।
RUT 4:12 यहूदाबाट तामारले जन्माएकी पेरेसको घरानाजस्तै याहवेहले तपाईंलाई दिनुभएको यी जवान स्त्रीद्वारा तपाईंका सन्तान होऊन्।”
RUT 4:13 यसकारण बोअजले रूथलाई लगे, र तिनलाई आफ्नी पत्नी तुल्याए। त्यसपछि तिनीहरूको सहवास भयो। याहवेहले तिनलाई गर्भधारण गर्ने शक्ति दिनुभयो, र तिनले एउटा छोरालाई जन्माइन्।
RUT 4:14 स्त्रीहरूले नाओमीलाई भने, “याहवेहको प्रशंसा होस्, जसले आज तपाईंलाई एउटा छुटाउने नातेदारविना छोड्नुभएन। इस्राएलभरि तिनी प्रसिद्ध होऊन्।
RUT 4:15 ती बालकले तपाईंको जीवनलाई नयाँ जीवन दिनेछन् र बुढेसकालमा तपाईंको पालनपोषण गर्नेछन्। किनकि तपाईंकी बुहारी, जसले तपाईंलाई प्रेम गर्छिन्, तिनी तपाईंको निम्ति सात भाइ छोराहरूभन्दा असल छिन्। तिनले यस बालकलाई जन्म दिएकी छिन्।”
RUT 4:16 त्यसपछि नाओमीले बालकलाई लिएर काखमा राखिन् र त्यसको स्याहार-सुसार गरिन्।
RUT 4:17 त्यहाँ बस्‍ने स्त्रीहरूले भने, “नाओमीको एउटा छोरा छ।” अनि तिनीहरूले त्यसको नाम ओबेद राखे। तिनी नै यिशैका पिता थिए। यिशैचाहिँ दावीदका पिता थिए।
RUT 4:18 पेरेसको वंशावली यही नै हो: पेरेस हेस्रोनका पिता थिए,
RUT 4:19 हेस्रोन आरामका पिता थिए; आराम अम्मीनादाबका पिता थिए;
RUT 4:20 अम्मीनादाब नहशोनका पिता थिए, नहशोन सल्मोनका पिता थिए,
RUT 4:21 सल्मोन बोअजका पिता थिए, बोअज ओबेदका पिता थिए;
RUT 4:22 ओबेद यिशैका पिता थिए, अनि यिशै दावीदका पिता थिए।
1SA 1:1 एफ्राइमको पहाडी मुलुक रामातैमका एक जना सूपी मानिस थिए; जसको नाम एल्काना थियो। तिनी यरोहामका छोरा, एलीहूका नाति, तोहूका पनाति र एफ्राएमी सूपका खनाति थिए।
1SA 1:2 तिनका दुई पत्नीहरू थिए; एउटीलाई हन्‍ना र अर्कीलाई पनिन्‍नाह भनिन्थ्यो। पनिन्‍नाहका छोराछोरीहरू थिए, तर हन्‍नाचाहिँ निःसन्तान थिइन्।
1SA 1:3 एल्काना वर्षैपिच्छे आफ्नो सहरबाट सेनाहरूका याहवेहकहाँ आराधना गर्न र बलिदान चढाउन शीलोमा उक्लेर जान्थे। त्यहाँ एलीका दुई छोराहरू होप्नी र पीनहास याहवेहका पुजारीहरू थिए।
1SA 1:4 जब एल्कानाको बलिदान चढाउने दिन आउँथ्यो, तब तिनले आफ्नी पत्नी पनिन्‍नाह र तिनका सबै छोराहरू र छोरीहरूलाई मासुको भाग दिन्थे।
1SA 1:5 तर हन्‍नालाई चाहिँ तिनले दोबर भाग दिन्थे; किनकि तिनले उनलाई धेरै माया गर्थे। तर याहवेहले हन्‍नाको कोख बन्द गरिदिनुभएको थियो।
1SA 1:6 अनि याहवेहले तिनको कोख बन्द गरिदिनुभएको कारण तिनकी सौताले तिनलाई रिस उठाउन उक्साइरहन्थिन्।
1SA 1:7 हरेक वर्ष यस्तो व्यवहार भइरहन्थ्यो। हन्‍ना जहिले पनि याहवेहको भवनमा जाँदा तिनकी सौताले तिनलाई रुवाएर खाना नखाने अवस्थासम्म पुर्‍याउँथिन्।
1SA 1:8 तिनका पति एल्कानाले तिनलाई यसो भन्थे, “हन्‍ना तिमी किन रोइरहन्छौ? तिमी किन खाँदिनौ? तिमी किन उदास हुन्छ्यौ? के म तिम्रा निम्ति दश छोराहरूभन्दा पनि बढी छैनँ र?”
1SA 1:9 एक दिन तिनीहरूले शीलोमा खानपिन गरिसकेपछि हन्‍ना उठिन्। अनि पुजारी एलीचाहिँ याहवेहको मन्दिरको ढोकाको छेउमा आफ्नो आसनमाथि बसिरहेका थिए।
1SA 1:10 हन्‍ना मनमा गहिरो पीडासहित व्याकुल भएर रुँदै याहवेहलाई प्रार्थना गर्दैथिइन्।
1SA 1:11 अनि तिनले यसो भन्दै भाकल गरिन्, “हे सेनाहरूका याहवेह, यदि तपाईंले आफ्नी सेविकाको वेदना देखेर मलाई सम्झनुभयो; र तपाईंकी सेविकालाई नबिर्सी एउटा छोरा दिनुभयो भने म त्यसलाई त्यसको जीवनभरि याहवेहकहाँ अर्पण गर्नेछु, र त्यसको शिरमा कहिल्यै छुरा लाग्नेछैन।”
1SA 1:12 तिनले याहवेहसँग प्रार्थना गरिरहेको बेला एलीले तिनको ओठ चलिरहेका देखे।
1SA 1:13 हन्‍नाले आफ्नो मनमा प्रार्थना गरिरहेकी थिइन्; अनि तिनका ओठहरूचाहिँ चलिरहेका थिए। तर तिनको आवाज भने सुनिँदैनथ्यो। यसकारण एलीले तिनलाई मातेकी हो भनी ठाने।
1SA 1:14 अनि तिनलाई भने, “तिमी कतिबेर सम्म मातिरहन्छ्यौ? मद्यपानबाट होशमा आऊ।”
1SA 1:15 तब हन्‍नाले जवाफ दिइन्, “त्यसो होइन, मेरा मालिक। म अति गहिरो पीडामा परेकी स्त्री हुँ। मैले मद्य अथवा कुनै पनि मात लाग्ने कुरा पिएकी छैनँ। म त याहवेहको सामु आफ्नो हृदयको व्यथा पोखाइरहेकी छु।
1SA 1:16 तपाईंकी सेविकालाई एउटी खराब स्त्री नठान्‍नुहोस्। मेरो गहिरो पीडा र सन्तापको कारण म प्रार्थना गरिरहेकी छु।”
1SA 1:17 तब एलीले तिनलाई जवाफ दिए, “शान्तिसित जाऊ, र इस्राएलका परमेश्‍वरले तिमीले उहाँसित मागेको कुरा तिमीलाई देऊन्।”
1SA 1:18 तिनले भनिन्, “तपाईंकी सेविकाले तपाईंको दृष्‍टिमा निगाह पाओस्।” त्यसपछि तिनी आफ्नो बाटो लागिन्, र केही खानेकुरा खाइन्। अनि तिनी फेरि उदास भइनन्।
1SA 1:19 भोलिपल्ट बिहानै तिनीहरू उठे, र तिनीहरूले याहवेहको सामु आराधना गरे। अनि आफ्नो घर रामामा गए। एल्कानाले आफ्नी पत्नी हन्‍नासित सहवास गरे। अनि याहवेहले तिनलाई सम्झनुभयो।
1SA 1:20 यसरी हन्‍ना गर्भवती भईन्, र समय पुगेपछि उनले एउटा छोरा जन्माइन्। तिनले छोराको नाम शमूएल राखिन् र भनिन्, “किनकि मैले यसलाई याहवेहसँग मागेकी हुँ।”
1SA 1:21 वार्षिक बलिदान चढाउन र आफूले गरेको भाकल पूरा गर्नलाई एल्काना आफ्ना सबै परिवारसँग माथि गए,
1SA 1:22 तर हन्‍नाचाहिँ गइनन्। तिनले आफ्नो पतिलाई भनिन्, “बालकले दूध खान छाडेपछि म त्यसलाई याहवेहको सामु लैजानेछु, र त्यो सधैँभरि त्यहीँ रहनेछ।”
1SA 1:23 तिनको पति एल्कानाले भने, “तिमीलाई जस्तो असल लाग्छ त्यही गर। तिमीले उसलाई दूध नछुटाएसम्म यहीँ बस। केवल याहवेहले आफ्नो वचन पूरा गरून्।” यसकारण हन्‍नाले आफ्नो बालकलाई दूध नछुटाएसम्म घरमै बसेर त्यसलाई स्याहारिन्।
1SA 1:24 बालकले दूध छोडेपछि तिनले आफ्नो बालक र त्यसको साथसाथै एउटा तीन बर्से साँढे अनि एक एपा पिठो र एक मसक दाखमद्य साथमा लिएर याहवेहको भवन शीलोमा ल्याइन्।
1SA 1:25 तिनीहरूले साँढेलाई बलि चढाए, र बालकलाई एलीकहाँ ल्याए।
1SA 1:26 तब हन्‍नाले एलीलाई भनिन्, “मेरा मालिक, तपाईं जीवित हुनुभएझैँ, म त्यही स्त्री हुँ, जो याहवेहकहाँ प्रार्थना गर्दै तपाईंको छेउमा उभिएकी थिएँ।
1SA 1:27 मैले यही बालकका निम्ति प्रार्थना गरेकी थिएँ। अनि याहवेहले मैले उहाँसित मागेको कुरा मलाई दिनुभयो।
1SA 1:28 यसकारण अब म यस बालकलाई याहवेहका निम्ति अर्पण गर्दैछु। किनकि यसको जीवनकालभरि यसलाई याहवेहको निम्ति अर्पण गरिएको हुनेछ।” अनि त्यहाँ तिनीहरूले याहवेहको आराधना गरे।
1SA 2:1 तब हन्‍नाले प्रार्थना गरेर यसो भनिन्: “मेरो हृदय याहवेहमा रमाउँदछ; याहवेहमा मेरो सिङ उच्‍च पारिएको छ। मेरो मुखले मेरा शत्रुहरूमाथि सेखी गर्दछ, किनकि म तपाईंको छुटकारामा हर्षित छु।
1SA 2:2 “याहवेहझैँ पवित्र अरू कोही छैन; तपाईंबाहेक अरू कोही छैन; हाम्रा परमेश्‍वरजस्तै चट्टान अरू कोही छैन।
1SA 2:3 “घमण्डले फुलेर धेरै बोल्न बन्द गर, अर्थात् तेरो मुखले त्यस्तो अहङ्कारको कुरा ननिकालोस्; किनकि याहवेह परमेश्‍वर सर्वज्ञानी हुनुहुन्छ, अनि उहाँले नै सबै कामको न्याय गर्नुहुन्छ।
1SA 2:4 “योद्धाहरूका धनुहरू भाँचिएका छन्, तर ठेस खाएर लड्नेहरूचाहिँ बलिया भएका छन्।
1SA 2:5 एक समयमा भरिपूर्ण भएकाहरू भोजनको निम्ति आफैँलाई बेच्दछन्; तर भोकभोकै डुल्नेहरू फेरि भोकाउने छैनन्। ती बाँझी स्त्रीले सात जना बच्‍चाहरू जन्माएकी छिन्; तर धेरै छोराहरू भएकी आमा दुःखी भएकी छिन्।
1SA 2:6 “याहवेहले मृत्यु ल्याउनुहुन्छ, र फेरि जीवित पार्नुहुन्छ; उहाँले नै चिहानसम्म झार्नुहुन्छ, र पुनर्जीवित पार्नुहुन्छ।
1SA 2:7 याहवेहले नै गरिबी र धनसम्पत्ति पठाउनुहुन्छ; उहाँले नम्र तुल्याउनुहुन्छ, र उहाँले नै उच्‍च पार्नुहुन्छ।
1SA 2:8 उहाँले गरिबहरूलाई धुलोबाट उठाउनुहुन्छ, अनि खाँचोमा परेकाहरूलाई खरानीको राशबाट उचाल्नुहुन्छ; उहाँले तिनीहरूलाई राजकुमारहरूसित बसाउनुहुन्छ, अनि तिनीहरूलाई आदरको सिंहासन दिनुहुन्छ। “किनकि पृथ्वीका जगहरू याहवेहकै हुन्; त्यही जगमाथि नै उहाँले पृथ्वीलाई बसाल्नुभएको छ।
1SA 2:9 उहाँले आफ्ना विश्‍वासयोग्य सन्तहरूका खुट्टाहरूलाई सुरक्षित राख्नुहुन्छ, तर दुष्‍टहरूलाई चाहिँ अन्धकारमा चुप गराइन्छ। “कुनै पनि मानिस बलले मात्र सफल हुन सक्दैन;
1SA 2:10 याहवेहको विरोध गर्नेहरू चकनाचुर पारिनेछन्, तिनीहरूका विरुद्धमा सर्वोच्‍च स्वर्गबाट गर्जनुहुनेछ; याहवेहले पृथ्वीको अन्त्यसम्म नै न्याय गर्नुहुनेछ। “उहाँले आफ्नो राजालाई सामर्थ्य दिनुहुनेछ, र आफ्नो अभिषिक्त जनको सिङ उच्‍च पार्नुहुनेछ।”
1SA 2:11 त्यसपछि एल्काना आफ्नो घर रामामा गए, तर बालक शमूएलचाहिँ एली पुजारीको अधीनमा याहवेहको सामु सेवा गर्दैरहे।
1SA 2:12 एलीका छोराहरू बदमास थिए। याहवेहप्रति तिनीहरूमा कुनै श्रद्धाभाव थिएन।
1SA 2:13 पुजारीहरूले गर्नुपर्ने प्रचलन यस्तो थियो, कि जब कसैले बलि चढाउँथे, तब मासु पाकिरहेको बेलामा पुजारीका सेवक हातमा तीन सुइरे काँटा लिएर आउँथे;
1SA 2:14 अनि त्यो काँटालाई भाँडामा अर्थात् कराहीमा डुबाउँथे। तब त्यस काँटाले उठाएर जे जति मासु निकाल्थ्यो, त्यो सबै पुजारीले आफ्ना निम्ति लिन्थे। शीलोमा बलिदान चढाउन आउने सबै इस्राएलीहरूलाई तिनीहरूले त्यसै गर्थे।
1SA 2:15 त्यतिमात्रै होइन, बोसो जलाइनुअगि नै पुजारीका सेवक आएर बलिदान चढाइरहेको मानिसलाई भन्थ्यो, “पुजारीले पोलेर खानको निम्ति केही मासु देऊ; किनकि तिनले तिमीहरूबाट पकाएको मासु होइन, तर काँचो मासु मात्र लिन्छन्।”
1SA 2:16 यदि त्यस मानिसले सेवकलाई यसरी भन्यो भने, “पहिले बोसो जलिसकोस्, र तिमीले चाहेको जति लैजाऊ,” तब त्यस सेवकले जवाफ दिन्थ्यो, “होइन, अहिले नै देऊ। यदि तिमीले दिएनौ भने म जबरजस्ती खोसेर लैजानेछु।”
1SA 2:17 ती जवान मानिसहरूको पाप याहवेहको दृष्‍टिमा अत्यन्त ठूलो थियो; किनकि तिनीहरूले याहवेहको बलिलाई अपमान गरेका थिए।
1SA 2:18 तर शमूएलचाहिँ सुती कपडाको एपोद लगाएर याहवेहको सामु सेवा गर्थे।
1SA 2:19 प्रत्येक वर्ष तिनकी आमाले तिनका निम्ति एउटा सानो लबेदा बनाउँथिन्, र उनी आफ्नो पतिसित वार्षिक बलिदान चढाउन शिलोमा जाँदा त्यो तिनलाई लगिदिन्थिन्।
1SA 2:20 पुजारी एलीले एल्काना र तिनकी पत्नीलाई यसरी आशीर्वाद दिन्थे, “यी स्त्रीले याहवेहसँग छोराका निम्ति प्रार्थना गरेर त्यसलाई याहवेहकहाँ अर्पण गरेको सट्टामा याहवेहले यस स्त्रीद्वारा तिमीलाई अरू सन्तानहरू देऊन्।” त्यसपछि तिनीहरू घर फर्कन्थे।
1SA 2:21 अनि याहवेहले हन्‍नामाथि निगाह गर्नुभयो; उनी गर्भवती भएर तीन छोरा र दुई छोरीहरू जन्माइन्। अनि बालक शमूएल याहवेहको उपस्थितिमा बढ्दै गए।
1SA 2:22 अब एली अति नै वृद्ध भइसकेका थिए। एलीले आफ्ना छोराहरूले सारा इस्राएलसँग के कस्तो व्यवहार गर्दैछन् र भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूसँग कसरी सहवास गर्दैछन् भन्‍ने कुरा सुने।
1SA 2:23 यसकारण एलीले उनीहरूलाई भने, “तिमीहरू किन यस्ता कामहरू गर्छौ? म सबै मानिसहरूबाट तिमीहरूका यस्ता दुष्‍ट कामहरूको बारेमा सुन्दैछु।
1SA 2:24 हे मेरा छोराहरू हो, यस्तो हुनुहुँदैन! याहवेहका मानिसहरूको बीचमा फैलिरहेको यस्ता कुराहरू असल होइन।
1SA 2:25 यदि कुनै मानिसले अर्को मानिसको विरुद्धमा पाप गर्‍यो भने परमेश्‍वरले त्यसका निम्ति मध्यस्थता गर्न सक्नुहुन्छ। तर यदि कुनै मानिसले याहवेहको विरुद्धमा पाप गर्‍यो भने त्यसको पक्षमा कसले अन्तर्बिन्ती गरिदिने?” तरै पनि तिनका छोराहरूले आफ्नो बुबाको हप्काइलाई सुनेनन्। किनकि याहवेहले तिनीहरूलाई मार्ने निर्णय गरिसक्नुभएको थियो।
1SA 2:26 अनि बालक शमूएलचाहिँ शारीरिक रूपमा याहवेह र मानिसहरूको निगाहमा बढ्दै गए।
1SA 2:27 याहवेहका एक जना सेवक एलीकहाँ आएर भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘के मैले तिमीहरूका पितापुर्खाहरू इजिप्टमा फारोको अधीनमा भएको बेला म आफूलाई तिनीहरूकहाँ स्पष्‍ट रूपमा प्रकट गरिनँ र?
1SA 2:28 मैले तिमीहरूका पितापुर्खाहरूलाई मेरो पुजारी हुन र वेदीमा उक्लेर गई धूप बाल्न; अनि मेरो उपस्थितिमा एपोद पहिरिन इस्राएलका सबै कुलहरूबाट चुनेँ। मैले तिमीहरूका पितापुर्खाहरूको घरानालाई इस्राएलीहरूले चढाएका सबै अन्‍नबलिहरू पनि दिएँ।
1SA 2:29 तिमीहरू किन मैले मेरो वासस्थानको निम्ति तोकेका बलि र भेटीको अनादर गर्छौ? मेरा इस्राएली जनहरूले चढाएका हरेक भेटीका असल भागहरू खाएर आ-आफूलाई पुष्‍ट्याएर तैँले किन मलाई भन्दा बढी तेरा छोराहरूलाई आदर गर्छस्?’ ”
1SA 2:30 यसकारण याहवेह इस्राएलका परमेश्‍वर घोषणा गर्नुहुन्छ: तेरो घराना र तेरा पितापुर्खाका घरानाले सधैँभरि मेरो सेवा गर्नेछौ भनी मैले प्रतिज्ञा गरेको थिएँ। तर अब याहवेह घोषणा गर्नुहुन्छ, “मबाट अब यस्तो हुनेछैन! मलाई आदर गर्नेहरूलाई म आदर गर्नेछु, तर मेरो अपमान गर्नेहरू अपमानित हुनेछन्।”
1SA 2:31 हेर्, समय आउँदैछ, म तेरो शक्ति र तेरा पुजारी घरानाको शक्ति घटाइदिनेछु; ताकि तेरा परिवारमा कोही पनि वृद्ध अवस्थामा पुग्नेछैन।
1SA 2:32 अनि तैँले मेरो बासस्थानमा पीडा देख्नेछस्। यद्यपि इस्राएलको भलाइ गरिए तापनि तेरो वंशको परिवारमा चाहिँ कहिल्यै कुनै पनि मानिस वृद्ध अवस्थामा पुग्नेछैन।
1SA 2:33 तेरो घरानाको प्रत्येक, जसलाई मैले मेरो वेदीमा सेवा गर्नबाट रोक्नेछैनँ; म त्यसलाई तेरो दृष्‍टि नष्‍ट गर्न र हृदय दुःखित पार्नलाई मात्र छोडिदिनेछु। अनि तेरा सबै सन्तानहरू जवानी अवस्थामा नै मर्नेछन्।
1SA 2:34 “ ‘अनि तेरा दुई छोराहरू होप्नी र पीनहासमाथि जे हुनेछ, त्यो तेरा निम्ति एउटा चिन्ह हुनेछ—तिनीहरू दुवै एकै दिनमा मर्नेछन्।
1SA 2:35 म आफ्ना निम्ति एक जना विश्‍वासयोग्य पुजारी खडा गर्नेछु, जसले मेरो हृदय र मनले चाहेअनुसार गर्नेछ, म त्यसको पुजारी घरानालाई स्थिर गर्नेछु; अनि त्यसले मेरो अभिषिक्त जनहरूको सामु सदासर्वदा सेवा गर्नेछ।
1SA 2:36 अनि तेरा बाँकी रहेका घरानाका हरेकले एक टुक्रा चाँदी र एक टुक्रा रोटीको निम्ति त्यसको सामु आएर बिन्ती गर्दै माग्ने छन्, “मलाई कुनै पुजारी काम दिनुहोस्, ताकि मेरो निम्ति खानलाई रोटी पाउन सकूँ।” ’ ”
1SA 3:1 बालक शमूएल एलीको अधीनमा याहवेहको सामु सेवा गर्थे। ती दिनहरूमा याहवेहको वचन दुर्लभ थियो; अनि दर्शनहरू पनि कम पाइन्थ्यो।
1SA 3:2 एक रात एली आफ्नो कोठामा ढल्किरहेका थिए; तिनका आँखा धमिलो भएर राम्ररी देख्न पनि नसक्ने भइसकेका थिए।
1SA 3:3 परमेश्‍वरको बत्ती निभिसकेको पनि थिएन; अनि शमूएलचाहिँ मन्दिरभित्र याहवेहको सन्दुक भएको ठाउँमा ढल्किरहेका थिए।
1SA 3:4 तब याहवेहले शमूएललाई बोलाउनुभयो। शमूएलले जवाफ दिए, “म यहाँ छु।”
1SA 3:5 अनि तिनी एलीकहाँ दौडेर गए र भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” तर एलीले भने, “मैले तँलाई बोलाइनँ; जा गएर सुत्।” यसकारण तिनी गए, र ढल्के।
1SA 3:6 याहवेहले फेरि पनि बोलाउनुभयो, “शमूएल!” अनि शमूएल उठेर एलीकहाँ गएर भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” एलीले भने, “मेरो छोरा, मैले तँलाई बोलाएको होइनँ; जा, गएर सुत्।”
1SA 3:7 तबसम्म शमूएलले याहवेहलाई चिनेकै थिएनन्: याहवेहको वचन तिनलाई अझसम्म प्रकट भएको थिएन।
1SA 3:8 तेस्रो पटक याहवेहले शमूएललाई बोलाउनुभयो, “शमूएल!” अनि शमूएल उठेर एलीकहाँ गएर भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” तब एलीले त्यस केटोलाई याहवेहले बोलाउनुभएको रहेछ भनी थाहा पाए।
1SA 3:9 यसकारण एलीले शमूएललाई भने, “जा, र ढल्किबस; अनि यदि उहाँले तँलाई बोलाउनुभयो भने यसो भन्‍नू, ‘बोल्नुहोस्, याहवेह, किनकि तपाईंको सेवकले सुन्दैछु।’ ” यसकारण शमूएल गए, र आफ्नो ओछ्यानमा ढल्के।
1SA 3:10 याहवेह त्यहाँ आएर उभिनुभयो, र पहिलेजस्तै बोलाउनुभयो, “शमूएल! शमूएल!” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको सेवकले सुन्दैछु।”
1SA 3:11 याहवेहले शमूएललाई भन्‍नुभयो: “हेर्, म इस्राएलमा यस्तो गर्न जाँदैछु, जुन कुराले सुन्‍नेहरूका कान झन्झनाउनेछन्।
1SA 3:12 त्यस बेला मैले एली र त्यसको परिवारको विरुद्धमा भनेका हरेक कुरा सुरुदेखि अन्त्यसम्म नै पूरा गर्नेछु।
1SA 3:13 किनकि मैले त्यसलाई म सदासर्वदाको लागि त्यसको परिवारको न्याय गर्नेछु भनेर भनिसकेको छु। किनकि त्यसका छोराहरूले गरेको पाप र त्यसका छोराहरूले परमेश्‍वरलाई निन्दा गर्दैछन् भनेर जान्दाजान्दै पनि त्यसले तिनीहरूलाई रोकेन।
1SA 3:14 यसकारण मैले एलीको घरानाको विरुद्धमा शपथ खाएको छु, ‘एलीको घरानाको अपराधको प्रायश्‍चित बलिदान अथवा भेटीद्वारा कहिल्यै पनि हुनेछैन।’ ”
1SA 3:15 शमूएल बिहानसम्मै ढल्किरहे, र त्यसपछि याहवेहको भवनका ढोकाहरू खोले। एलीलाई दर्शनको बारेमा भन्‍न उनी डराए,
1SA 3:16 तर एलीले तिनलाई बोलाएर भने, “मेरो छोरा, शमूएल।” शमूएलले जवाफ दिए, “हजुर, म यहाँ छु।”
1SA 3:17 एलीले तिनलाई सोधे, “उहाँले तँलाई के भन्‍नुभयो? मसँग नलुका। उहाँले तँलाई भन्‍नुभएको कुनै पनि कुरा यदि तैँले मसँग लुकाइस् भने उहाँले तँसँग कठोर व्यवहार गरून्।”
1SA 3:18 यसकारण शमूएलले एलिसँग केही पनि नलुकाई तिनलाई सबै कुरा बताइदिए। तब एलीले भने, “उहाँ याहवेह हुनुहुन्छ; उहाँलाई आफ्नो दृष्‍टिमा जे ठिक लाग्छ, त्यही गरून्।”
1SA 3:19 जब शमूएल बढ्दै गए, तब याहवेह तिनीसित हुनुहुन्थ्यो, र उहाँले शमूएलको एउटै पनि वचन व्यर्थ जान दिनुभएन।
1SA 3:20 अनि दानदेखि बेर्शेबासम्मका सारा इस्राएलले शमूएललाई याहवेहका अगमवक्ता भनी चिने।
1SA 3:21 याहवेह शीलोमा निरन्तर देखा पर्नुभयो; र त्यहाँ उहाँले वचनद्वारा आफूलाई शमूएलकहाँ प्रकट गर्नुभयो।
1SA 4:1 अनि शमूएलको वचन इस्राएलभरि नै आयो। अब इस्राएलीहरू पलिश्तीहरूको विरुद्धमा लडाइँ गर्न निस्के। इस्राएलीहरूले एबेन-एजेरमा र पलिश्तीहरूले चाहिँ अपेकमा छाउनी हाले।
1SA 4:2 पलिश्तीहरूले आफ्ना सेनालाई इस्राएलीहरूसँग युद्ध गर्नलाई खटाए। लडाइँ बढ्दै जाँदा पलिश्तीहरूले इस्राएलीहरूलाई हराए। अनि तिनीहरूले लडाइँको मैदानमा चार हजार इस्राएलीहरूलाई मारे।
1SA 4:3 जब योद्धाहरू छाउनीमा फर्के, तब इस्राएलका प्रधानहरूले सोधे, “याहवेहले पलिश्तीहरूको सामु किन हामीलाई हराउनुभयो? हामी शीलोबाट याहवेहको करारको सन्दुक ल्याऔँ, ताकि उहाँ हामीसँग जाऊन्, र हामीलाई हाम्रा शत्रुहरूबाट बचाऊन्।”
1SA 4:4 यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए, र तिनीहरूले करूबहरूका बीच विराजमान हुनुहुने सेनाहरूका याहवेहको करारको सन्दुक फर्काएर ल्याए। अनि एलीका दुई छोराहरू होप्नी र पीनहास परमेश्‍वरको करारको सन्दुकसँग त्यहाँ थिए।
1SA 4:5 जब याहवेहको करारको सन्दुक छाउनीमा आयो, तब सारा इस्राएलीहरू जमिन नै हल्‍लिने गरी ठूलो सोरले चिच्याए।
1SA 4:6 त्यो सोर सुनेर पलिश्तीहरूले सोधे, “हिब्रूहरूको छाउनीमा भएको यो चर्को सोर के हो?” जब याहवेहको सन्दुक छाउनीमा आएको छ भनी तिनीहरूले थाहा पाए,
1SA 4:7 तब पलिश्तीहरू डराएर भने, “त्यस छाउनीभित्र एउटा देवता आएको छ। हाय! हामी सङ्कष्‍टमा छौँ! योभन्दा पहिले यस्तो कुरा कहिल्यै भएको थिएन।
1SA 4:8 हाय! अब हामी सकिने भयौँ! यी शक्तिशाली देवताका हातबाट हामीलाई कसले छुटाउला? तिनीहरू त्यही देवता हुन्, जसले इजिप्टियनहरूलाई उजाडस्थानमा सबै प्रकारका विपत्तिहरूले प्रहार गरेका थिए।
1SA 4:9 हे पलिश्तीहरू हो, बलिया होओ! मर्दझैँ खडा होओ; नत्रता जसरी हिब्रूहरू तिमीहरूका अधीनमा रहेका थिए, त्यसरी नै तिमीहरू ती हिब्रूहरूका दास हुनेछौ। मर्दझैँ खडा होओ, र लडाइँ गर।”
1SA 4:10 यसकारण पलिश्तीहरूले युद्ध गरे, र इस्राएलीहरू पराजित भएर हरेक मानिस आ-आफ्ना छाउनीतिर भागे। अनि त्यहाँ भयङ्ककर काटमार भयो; इस्राएलीहरूले तीस हजार सेनाहरूलाई गुमाए।
1SA 4:11 परमेश्‍वरको सन्दुक खोसियो, र एलीका दुई छोराहरू होप्नी र पीनहास पनि मरे।
1SA 4:12 त्यही दिन बेन्यामीन कुलको एक जना मानिस लडाइँको मैदानबाट दौडेर शीलोमा आयो, जसको लुगा च्यात्तिएको र शिरमा माटो लागेको थियो।
1SA 4:13 जब त्यो मानिस आइपुग्यो, तब त्यहाँ एलीचाहिँ परमेश्‍वरको सन्दुकको कारण विचलित भएर बाटोको छेउमा आफ्नो कुर्सीमाथि बसेर हेरिरहेका थिए। अनि त्यो मानिस सहरभित्र पस्यो, र जब त्यसले जे भएको थियो, सो सबै भन्यो, तब सारा सहरमा चीत्कार मच्‍चियो।
1SA 4:14 “यो केको खैलाबैला भइरहेको छ?” भनेर जब एलीले त्यो बिलौना सुनेर सोधे, तब त्यो मानिस एलीकहाँ हतारिँदै गयो।
1SA 4:15 एलीचाहिँ अन्ठानब्बे वर्ष पुगेका वृद्ध र आँखा पनि देख्न नसक्ने भएका थिए।
1SA 4:16 अनि त्यस मानिसले एलीलाई भन्यो, “म लडाइँको मैदानबाट भर्खरै आएको हुँ; म त्यहाँबाट आज नै भागेर आएको हुँ।” एलीले सोधे, “मेरो छोरा त्यहाँ के भयो त?”
1SA 4:17 त्यो समाचार ल्याउने मानिसले भन्यो, “इस्राएलीहरूले पलिश्तीहरूदेखि भाग्नुपर्‍यो, र त्यहाँ ठूलो संख्यामा सेनाहरू मारिए। अनि हजुरका दुवै छोरा होप्नी र पीनहास पनि मरे। अनि परमेश्‍वरको करारको सन्दुक पनि खोसियो।”
1SA 4:18 जब त्यो मानिसले परमेश्‍वरको करारको सन्दुकको बारेमा बतायो, तब एली ढोकाको छेउमा आफ्नो कुर्सीबाट पछिल्तिर लडे, र तिनको घिच्रो भाँचियो र तिनी मरे। किनकि तिनी वृद्ध र ठूलो शरीर भएका मानिस थिए। तिनी चालीस वर्षसम्म इस्राएलका अगुवा भएका थिए।
1SA 4:19 तिनकी बुहारी, पीनहासकी पत्नी गर्भवती थिईन्, र उनको सुत्केरी हुने समय नजिकै थियो। जब तिनले परमेश्‍वरको करारको सन्दुक खोसिएको अनि आफ्ना ससुरा र पतिको मृत्यु भएको खबर सुनिन्; तब तिनलाई बेथा लाग्यो, र तिनले बालक जन्माइन्। तर तिनलाई बेथाले साह्रै पार्‍यो।
1SA 4:20 जब तिनी मर्नै लागेकी थिईन्, तब तिनलाई सुँडेनीहरूले भने, “हताश नहोऊ; तिमीले एउटा छोरा जन्माएकी छौ।” तर तिनले न जवाफ दिइन्, न त त्यस कुरामा ध्यान नै दिइन्।
1SA 4:21 तिनले यसो भनेर बालकको नाम इकाबोद राखिन्, “इस्राएलबाट महिमा हट्यो,” यो परमेश्‍वरको सन्दुक खोसिएको अनि तिनका ससुरा र पतिको मृत्यु भएको कारणले थियो।
1SA 4:22 तिनले भनिन्, “इस्राएलबाट महिमा हट्यो; किनकि परमेश्‍वरको सन्दुक खोसिएको छ।”
1SA 5:1 पलिश्तीहरूले परमेश्‍वरको सन्दुक कब्जा गरेर लगेपछि त्यसलाई तिनीहरूले एबेन-एजेरबाट अश्दोदमा पुर्‍याए।
1SA 5:2 तब तिनीहरूले सन्दुकलाई दागोनको मन्दिरमा लगे, र त्यसलाई दागोनको मूर्तिको छेउमा राखे।
1SA 5:3 भोलिपल्ट बिहानै अश्दोदका मानिसहरू उठ्दा याहवेहको सन्दुकको सामु दागोनको मूर्ति जमिनमा घोप्टो परेर ढलिराखेको देखे! तिनीहरूले त्यसलाई उठाएर फेरि त्यसकै ठाउँमा राखे।
1SA 5:4 अनि अर्को दिन बिहान जब तिनीहरू उठे, तब दागोन याहवेहको सन्दुकको सामु फेरि घोप्टो परेर लडिराखेको थियो! मूर्तिको टाउको र हातहरू भाँचिएर ढोकाको सँघारमा ढलिराखेका थिए; त्यसको शरीरको भाग मात्र सग्लो थियो।
1SA 5:5 यसैकारण आजको दिनसम्म अश्दोदमा भएको दागोनको मन्दिरमा बस्‍ने दागोनका पुजारीहरू अथवा अरूहरूले पनि सँघारमा पाइला टेक्दैनन्।
1SA 5:6 अश्दोद र त्यसका छेउछाउमा भएका मानिसहरूमाथि याहवेहको बाहुलीको भार परेको थियो; उहाँले तिनीहरूमाथि विनाश ल्याउनुभयो, र तिनीहरूलाई गिर्खाले सताउनुभयो।
1SA 5:7 जब अश्दोदका मानिसहरूले यस्तो भएको देखे, तब तिनीहरूले भने, “इस्राएलको देवताको सन्दुक हामीसँग यहाँ राख्नुहुँदैन; किनकि उहाँको बाहुलीको भार हामी र हाम्रो देवता दागोनमाथि परेको छ।”
1SA 5:8 यसकारण तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए, र तिनीहरूलाई सोधे, “हामीले इस्राएलका देवताको सन्दुकलाई के गरौँ?” तिनीहरूले जवाफ दिए, “इस्राएलको देवताको सन्दुकलाई गातमा पठाइदेओ।” यसकारण तिनीहरूले परमेश्‍वरको सन्दुकलाई गातमा सारे।
1SA 5:9 तर तिनीहरूले त्यसलाई सारेपछि याहवेहको बाहुली त्यस सहरको विरुद्धमा उठ्यो; र तिनीहरूमा ठूलो आतङ्क फैलियो। उहाँले त्यस सहरका मानिसहरू, जवान र वृद्ध दुवैमाथि गिर्खाहरू पठाइदिनुभयो।
1SA 5:10 यसकारण तिनीहरूले परमेश्‍वरको सन्दुकलाई एक्रोनमा पठाइदिए। परमेश्‍वरको सन्दुक एक्रोनमा प्रवेश गरिरहेको बेला एक्रोनका मानिसहरू यसो भनेर रोए, “तिनीहरूले हामी र हाम्रा मानिसहरूलाई मार्न इस्राएलको देवताको सन्दुक हामीकहाँ ल्याएका छन्।”
1SA 5:11 यसकारण तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई एकसाथ बोलाएर भने, “इस्राएलको देवताको सन्दुक फर्काइदेओ; त्यसको आफ्नै ठाउँमा फर्काइदेओ, नत्रता यसले हामी र हाम्रा मानिसहरूलाई मार्नेछ।” मृत्युको कारण त्यस सहर आतङ्कले भरिएको थियो। परमेश्‍वरको बाहुलीको भार त्यसमाथि परेको थियो।
1SA 5:12 जो मानिसहरू मरेका थिएनन्, तिनीहरूलाई चाहिँ गिर्खाले सतायो, र सहरको चीत्कार स्वर्गसम्म पुग्यो।
1SA 6:1 जब याहवेहको सन्दुक पलिश्तीहरूको इलाकामा सात महिनासम्म रह्‍यो,
1SA 6:2 तब पलिश्तीहरूले पुजारीहरू र जोखना हेर्नेहरूलाई बोलाएर भने, “याहवेहको सन्दुकलाई हामीले के गरौँ? हामीले यसलाई यसको आफ्नै ठाउँमा कसरी पठाउने हो, सो हामीलाई भन्‍नुहोस्!”
1SA 6:3 तिनीहरूले जवाफ दिए, “यदि तिमीहरूले इस्राएलको देवताको सन्दुक फर्कायौ भने यसलाई उपहारविना नपठाओ। उहाँकहाँ दोषबलि कुनै पनि हालतमा पठाइदिनू। तब तिमीहरू निको हुनेछौ, र उहाँको हात तिमीहरूबाट किन हटेको रहेनछ भनी तिमीहरूले जान्‍नेछौ।”
1SA 6:4 पलिश्तीहरूले सोधे, “हामी उहाँलाई कस्तो किसिमको दोषबलि पठाऔँ?” तिनीहरूले जवाफ दिए, “पलिश्तीहरूका शासकहरूको संख्याअनुसार सुनबाट बनेका पाँच वटा गिर्खा र सुनबाट बनेका पाँच वटा मुसा पठाउनू; किनकि यही रूढीले तिमीहरू र तिमीहरूका शासकहरूलाई प्रहार गरेको थियो।
1SA 6:5 देशलाई नष्‍ट गरिरहेका गिर्खा र मुसाका प्रतिमाहरू बनाओ, र इस्राएलको देवतालाई महिमा दिनुहोस्। सायद उहाँले तिमीहरू र तिमीहरूका देवताहरू अनि तिमीहरूका देशबाट आफ्ना हात हटाउनुहुनेछ।”
1SA 6:6 तिमीहरू किन इजिप्टियनहरू र फारोले गरेझैँ आफ्नो हृदय कठोर पार्छौ? उहाँले तिनीहरूसित कठोर व्यवहार गर्नुहुँदा के तिनीहरूले इस्राएलीहरूलाई आफ्नो बाटो लागून् भनेर जान दिएनन् र?
1SA 6:7 अब कहिल्यै जुवामा ननारिएका दुई वटा दुहुना गाईहरू र एउटा नयाँ गाडा तयार पार। ती गाईहरूलाई गाडामा नार, तर बाछा-बाछीहरूलाई चाहिँ लगेर गोठमा राख।
1SA 6:8 याहवेहको सन्दुकलाई लगेर गाडामा राख, र त्यसको छेउमा एउटा कन्तुरमा तिमीहरूले उहाँलाई दोषबलिको रूपमा पठाउन लागेका ती सुनका सामग्रीहरू राख। अनि गाडालाई आफ्नो बाटो लगाइदेओ।
1SA 6:9 तर गाडामाथि नजर लगाइराख। यदि त्यो बेथ-शेमेशतिर, त्यसको आफ्नै इलाकातिर गयो भने यो विपत्ति हामीमाथि याहवेहले नै ल्याउनुभएको हो। तर यदि त्यो त्यतातिर गएन भने हामीलाई उहाँको हातले प्रहार गर्नुभएको होइन; तर हामीमाथि त्यो घटना संयोगवश भएको हो भनी हामी जान्‍नेछौँ।
1SA 6:10 यसकारण तिनीहरूले त्यसै गरे। तिनीहरूले भनेजस्तै दुई वटा गाईहरू ल्याएर गाडामा नारे; अनि तिनीहरूका बाछा-बाछीहरूलाई चाहिँ गोठमा थुनेर राखे।
1SA 6:11 तिनीहरूले याहवेहको सन्दुकलाई गाडामाथि राखे। सुनका मुसाहरू र गिर्खाहरूका नमुनाहरू भएको बाकसलाई पनि त्यससँगै राखे।
1SA 6:12 तब ती गाईहरू बाटो नछोडी सीधै बेथ-शेमेशतिर लागे। तिनीहरू दायाँ अथवा बायाँ लागेनन्। पलिश्तीहरूका शासकहरूले ती गाईहरूलाई बेथ-शेमेसको सिमानासम्मै पछ्याए।
1SA 6:13 अब बेथ-शेमेशका मानिसहरूचाहिँ बेँसीमा गहुँको फसल काटिरहेका थिए; अनि जब तिनीहरूले माथि हेरे, र त्यो सन्दुकलाई देखे, तब तिनीहरू त्यो देखेर औधी रमाए।
1SA 6:14 त्यो गाडा बेथ-शेमेसको यहोशूको खेतमा आइपुग्यो, र एउटा ठूलो चट्टानको छेउमा त्यहीँ अडियो। ती मानिसहरूले त्यस गाडाका काठहरू चिरे, र ती गाईहरूलाई चाहिँ याहवेहका निम्ति होमबलिको रूपमा बलि चढाए।
1SA 6:15 लेवीहरूले याहवेहको सन्दुकलाई ती सुनका सामग्रीहरू भएको बाकससितै ओराले। अनि तिनीहरूलाई ठूलो चट्टानमाथि राखे। त्यस दिन बेथ-शेमेशका मानिसहरूले याहवेहलाई होमबलि र बलिदानहरू चढाए।
1SA 6:16 पलिश्तीहरूका पाँच जना शासकहरूले यी सबै कुराहरू देखे, र त्यही दिन एक्रोनमा फर्किए।
1SA 6:17 पलिश्तीहरूले दोषबलिको रूपमा याहवेहलाई पठाएका सुनका गिर्खाहरू यिनै शासकहरूका निम्ति थिए; अश्दोद, गाजा, अश्कलोन, गात र एक्रोन यी हरेकका निम्ति एक-एक वटा थिए।
1SA 6:18 अनि सुनका मुसाहरूको संख्याचाहिँ ती पाँच जना शासकहरूका बलियो किल्‍ला भएका सहरहरू र त्यसका गाउँहरूको संख्याअनुसारका थिए। त्यो ठूलो चट्टान, जहाँ तिनीहरूले याहवेहको सन्दुक राखेका थिए, त्यो आजको दिनसम्मै बेथ-शेमेसको यहोशूको खेतमा साक्षीको रूपमा छँदैछ।
1SA 6:19 तर परमेश्‍वरले तिनीहरूमध्ये सत्तरी जनालाई प्रहार गरेर मार्नुभयो। किनकि बेथ-शेमेशका बासिन्दाहरूले याहवेहको सन्दुकभित्र हेरेका थिए। याहवेहले तिनीहरूलाई गम्भीर रूपमा प्रहार गर्नुभएको कारण ती मानिसहरूले विलाप गरे।
1SA 6:20 अनि बेथ-शेमेशका मानिसहरूले सोधे, “याहवेह, पवित्र परमेश्‍वरको सामु को उभिन सक्ला र? अब हामीले सन्दुक यहाँबाट कहाँ पठाउन सक्छौँ होला र?”
1SA 6:21 तब तिनीहरूले किर्यत-यारीमका मानिसहरूकहाँ सन्देश वाहकहरू पठाएर भने, “पलिश्तीहरूले याहवेहको करारको सन्दुक फर्काइदिएका छन्। तल आएर सन्दुकलाई तिमीहरूको ठाउँमा लैजाओ।”
1SA 7:1 यसकारण किर्यत-यारीमका मानिसहरू आएर याहवेहको सन्दुक माथि लगे। तिनीहरूले त्यसलाई पहाडमा भएको अबीनादाबको घरमा लगे। अनि तिनको छोरो एलाजारलाई याहवेहको सन्दुकको सुरक्षाको निम्ति अर्पण गरे।
1SA 7:2 किर्यत-यारीममा सन्दुक रहेको धेरै समय अर्थात् बीस वर्ष भइसकेको थियो। त्यसपछि इस्राएलका सारा मानिसहरू विलाप गर्दै याहवेहतर्फ फर्किए।
1SA 7:3 अनि शमूएलले सम्पूर्ण इस्राएलीहरूलाई भने, “यदि तिमीहरू आफ्ना पूर्ण हृदयले याहवेहकहाँ फर्कन चाहन्छौ भने तिमीहरूले विदेशी देवी-देवताहरू र अश्तोरेतलाई त्यागिदेओ। अनि आफूलाई याहवेहकहाँ समर्पण गरेर उहाँको मात्र सेवा गर। तब उहाँले तिमीहरूलाई पलिश्तीहरूका हातबाट छुटाउनुहुनेछ।”
1SA 7:4 यसकारण इस्राएलीहरूले आफ्ना बाल-देवताहरू र अश्तोरेतका मूर्तिहरूलाई निकालिदिए। अनि याहवेहको मात्र सेवा गरे।
1SA 7:5 तब शमूएलले भने, “सारा इस्राएल मिस्पामा भेला होओ, र म तिमीहरूका निम्ति याहवेहसँग अन्तर्बिन्ती गर्नेछु।”
1SA 7:6 जब तिनीहरू मिस्पामा भेला भए, तब तिनीहरूले पानी उघाएर याहवेहको सामु खन्याइदिए। त्यस दिन तिनीहरू उपवास बसे, र तिनीहरूले त्यहाँ यसो भनेर स्वीकार गरे, “हामीले याहवेहको विरुद्धमा पाप गरेका छौँ।” त्यस समयमा शमूएल मिस्पामा इस्राएलको अगुवाको रूपमा सेवा गर्थे।
1SA 7:7 जब इस्राएलीहरू मिस्पामा भेला भएका छन् भनी पलिश्तीहरूले सुने, तब तिनीहरूका शासकहरू इस्राएलीहरूमाथि आक्रमण गर्न आए। अनि जब इस्राएलीहरूले पलिश्तीहरू आउँदैछन् भन्‍ने कुरा सुने, तब तिनीहरू डराए।
1SA 7:8 इस्राएलीहरूले शमूएललाई भने, “याहवेह हाम्रा परमेश्‍वरकहाँ हाम्रा निम्ति पुकार गर्न नछाड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबाट छुटाऊन्।”
1SA 7:9 तब शमूएलले दुधे थुमा लिए, र त्यसलाई पूर्ण होमबलिको रूपमा याहवेहलाई चढाए। तिनले इस्राएलको पक्षमा याहवेहलाई पुकारे; अनि याहवेहले तिनलाई जवाफ दिनुभयो।
1SA 7:10 शमूएलले होमबलि चढाइरहेको बेला पलिश्तीहरू इस्राएलीहरूसँग लडाइँ गर्न अगि बढे। तर त्यस दिन याहवेह पलिश्तीहरूको विरुद्धमा ठूलो सोरले गर्जनुभयो; अनि तिनीहरू यति आतङ्कित भए कि तिनीहरू इस्राएलीहरूसँग पराजित भए।
1SA 7:11 इस्राएलका मानिसहरू मिस्पाबाट निस्के, र पलिश्तीहरूलाई मार्दै तल बेथ-करसम्म तिनीहरूलाई खेद्‌दै गए।
1SA 7:12 तब शमूएलले एउटा ढुङ्गा लिए, र त्यसलाई मिस्पा र शेनको बीचमा खडा गरे। तिनले यसो भन्दै त्यस ढुङ्गाको नाम एबेन-एजेर राखे, “यहाँसम्म याहवेहले हामीलाई सहायता गर्नुभएको छ।”
1SA 7:13 यसरी पलिश्तीहरू परास्त भए। तब तिनीहरूले इस्राएलको जमिनमाथि फेरि आक्रमण गरेनन्। शमूएलको जीवनकालभरि नै याहवेहको हात पलिश्तीहरूको विरुद्धमा उठिरह्‍यो।
1SA 7:14 पलिश्तीहरूले इस्राएलबाट खोसेका एक्रोनदेखि गातसम्मका सहरहरू इस्राएललाई फर्काइदिए। अनि इस्राएलले वरिपरिका इलाकाहरूलाई पलिश्तीहरूका हातबाट छुटाए। त्यसपछि इस्राएलीहरू र एमोरीहरूको बीचमा शान्ति स्थापना भयो।
1SA 7:15 शमूएल आफ्नो जीवनकालभरि नै इस्राएलका न्यायकर्ता भए।
1SA 7:16 हरेक वर्ष तिनी इस्राएलको न्याय गर्दै बेथेलदेखि मिस्पाहुँदै गिलगालसम्म सबै ठाउँहरूमा भ्रमण गर्थे।
1SA 7:17 तर तिनी सधैँ रामामा फर्कन्थे, जहाँ तिनको आफ्नो घर थियो; र तिनले त्यहाँ पनि इस्राएलका निम्ति न्यायकर्ताको काम गर्थे। अनि तिनले रामामा याहवेहका निम्ति एउटा वेदी बनाए।
1SA 8:1 जब शमूएल वृद्ध भए, तब तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्ता नियुक्त गरे।
1SA 8:2 तिनको जेठा छोराको नाम योएल र माहिलो छोराको नाम अबीयाह थियो। तिनीहरूले बेर्शेबामा सेवा गर्थे।
1SA 8:3 तर तिनका छोराहरू तिनको चालमा हिँडेनन्। तिनीहरू अनुचित तरिकाले पैसा कमाउनतिर लागे, र घूस लिएर न्यायलाई भ्रष्‍ट पार्न थाले।
1SA 8:4 यसकारण इस्राएलका सारा प्रधानहरू एकसाथ भेला भए, र रामामा शमूएलकहाँ आए।
1SA 8:5 तिनीहरूले तिनलाई भने, “तपाईं वृद्ध हुनुभएको छ, र तपाईंका छोराहरू तपाईंका चालमा हिँड्दैनन्। अब अरू राष्ट्रहरूजस्तै हामीलाई पनि न्याय गर्न एउटा राजा नियुक्त गरिदिनुहोस्।”
1SA 8:6 तर जब तिनीहरूले भने, “हामीलाई न्याय गर्नलाई एउटा राजा दिनुहोस्,” यस कुराले शमूएल अप्रसन्‍न भए। यसकारण तिनले याहवेहसँग प्रार्थना गरे।
1SA 8:7 अनि याहवेहले शमूएललाई भन्‍नुभयो, “ती मानिसहरूले तँलाई भनेका सबै कुराहरू सुन्। तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूले मलाई नै तिनीहरूका राजाको रूपमा इन्कार गरेका हुन्।”
1SA 8:8 मैले तिनीहरूलाई इजिप्टबाट ल्याएको दिनदेखि आजको दिनसम्म जसरी तिनीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूका सेवा गरेका छन्, तँसँग पनि तिनीहरूले त्यस्तै गरिरहेका छन्।
1SA 8:9 अब तिनीहरूको कुरा सुन्। तर तिनीहरूमाथि शासन गर्ने राजाको शासन कस्तो हुनेछ, सो तिनीहरूलाई गम्भीरतापूर्वक चेतावनी दिँदै बताइदे।
1SA 8:10 यसकारण राजाको माग गर्ने ती मानिसहरूलाई याहवेहले भन्‍नुभएका सबै कुरा शमूएलले बताइदिए।
1SA 8:11 तिनले भने, “तिमीहरूमाथि शासन गर्ने राजाले तिमीहरूसँग यसो गर्नेछन्: तिनले तिमीहरूका छोराहरूलाई लानेछन्। अनि तिनीहरूलाई आफ्ना रथहरू हाँक्ने काममा लगाउनेछन्; र घोडचढीहरू बनाउनेछन्। अनि तिनीहरूलाई तिनका रथहरूका अगि-अगि दगुर्न लगाउनेछन्।
1SA 8:12 कतिलाई चाहिँ तिनले हजारौँ र कतिलाई चाहिँ पचासौँमाथि सेनापति बनाउनेछन्। कतिलाई चाहिँ तिनको जमिन खनजोत गर्ने र कटनी गर्ने काममा खटाउनेछन्। अनि अझ अरूहरूलाई चाहिँ लडाइँका निम्ति हतियारहरू र तिनका रथहरूका सामानहरू बनाउन लगाउनेछन्।
1SA 8:13 तिनले तिमीहरूका छोरीहरूलाई लगेर अत्तर बनाउने, भान्से र रोटी बनाउने काममा लगाउनेछन्।
1SA 8:14 तिनले तिमीहरूका खेतहरू र दाखबारीहरू अनि जैतुनबारीबाट सबैभन्दा असल फलहरू लिएर आफ्ना कर्मचारीहरूलाई दिनेछन्।
1SA 8:15 तिनले तिमीहरूका अन्‍न र दाखबारीको दशांश लिएर ती आफ्ना अधिकृतहरू र कर्मचारीहरूलाई दिनेछन्।
1SA 8:16 तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सबैभन्दा असल गाईबस्तु र गधाहरूलाई तिनले आफ्नै कामको निम्ति प्रयोग गर्नेछन्।
1SA 8:17 तिनले तिमीहरूका बगालको दशांश लिनेछन्। तिमीहरू आफैँ पनि तिनका दास बन्‍नेछौ।
1SA 8:18 जब त्यो दिन आउँछ, तब तिमीहरू आफैँले चुनेका राजाबाट छुटकारा पाउन तिमीहरूले पुकार्नेछौ; तर त्यस दिन याहवेहले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।”
1SA 8:19 तर मानिसहरूले शमूएलको कुरा सुन्‍न इन्कार गरे। तिनीहरूले भने, “जेसुकै होस्! हामी राजा चाहन्छौँ।
1SA 8:20 तब हामी अरू राष्ट्रहरूजस्तै हुनेछौँ। अनि हामीलाई न्याय गर्न र युद्धमा लड्नका लागि हाम्रा अगि-अगि जानलाई राजा हुनेछन्।”
1SA 8:21 जब शमूएलले ती मानिसहरूले भनेका सबै कुराहरू सुने, तब तिनले त्यस कुरालाई याहवेहको सामु दोहोर्‍याइदिए।
1SA 8:22 याहवेहले जवाफ दिनुभयो, “तिनीहरूले भनेका कुरा मान्, र तिनीहरूका निम्ति एउटा राजा नियुक्त गर्।” तब शमूएलले इस्राएलका मानिसहरूलाई भने, “तिमीहरू हरेक आ-आफ्ना घरमा फर्केर जाओ।”
1SA 9:1 बेन्यामीनको कुलका एक प्रभावशाली मानिस थिए, जसको नाम कीश थियो; जो अबीएलका छोरा थिए। अबीएल जरोरका छोरा थिए, जरोर बकोरतका छोरा थिए, बकोरत बेन्यामीन कुलका अपियाहका छोरा थिए।
1SA 9:2 कीशका शाऊल नाम भएका एक जना छोरा थिए, जो सुन्दर जवान मानिस थिए। उनको बराबरको व्यक्ति इस्राएलमा कहीँ पनि भेटिँदैन थियो। उनको कुमभन्दा अग्लो अरू कोही पनि थिएनन्।
1SA 9:3 एक दिन शाऊलका पिता कीशका गधाहरू हराए। अनि कीशले आफ्नो छोरा शाऊललाई भने, “एक जना सेवकलाई लिएर ती गधाहरूलाई खोज्न जा।”
1SA 9:4 यसकारण तिनी एफ्राइमको पहाडी मुलुकबाट शलीशाको वरिपरि भएर अगि गए, तर तिनीहरूले गधाहरू भेट्टाएनन्। तब तिनीहरू अगि बढे, र शालीमको इलाकातिर गए, तर त्यहाँ पनि ती गधाहरू थिएनन्। त्यसपछि तिनी बेन्यामीनको इलाका भएर गए, तर पनि गधाहरू भेट्टाउन सकेनन्।
1SA 9:5 जब तिनीहरू सूपको जिल्‍लामा पुगे, तब शाऊलले आफ्नो साथमा भएको सेवकलाई भने, “आइज, हामी घर फर्कौँ। नत्रता मेरा बुबाले गधाहरूको बारेमा फिक्री गर्न छाडेर हाम्रोचाहिँ चिन्ता गर्नुहुनेछ।”
1SA 9:6 तर त्यस सेवकले जवाफ दियो, “हेर्नुहोस्, यस सहरमा एक जना परमेश्‍वरका जन छन्; जो अति आदरणीय छन्, र तिनले भनेका हरेक कुरा सत्य हुन्छन्। अहिले हामी त्यहाँ जाऔँ। सायद तिनले हामी कुन बाटो जानुपर्ने हो, सो बताउन सक्लान् कि।”
1SA 9:7 शाऊलले आफ्नो सेवकलाई भने, “यदि हामी गयौँ भने त्यस मानिसलाई के दिन सक्छौँ त? हाम्रा झोलामा भएका खानेकुरा सकिएका छन्। हामीसँग परमेश्‍वरका जनकहाँ लैजान केही उपहार पनि छैन। हामीसँग के छ र?”
1SA 9:8 त्यस सेवकले शाऊललाई जवाफ दियो, “मसँग लगभग तीन शेकेल चाँदी छ। म परमेश्‍वरका जनलाई यो दिनेछु, ताकि हामी कुन बाटो जानुपर्ने हो, सो तिनले बताइदेलान्।”
1SA 9:9 (त्यस बेला इस्राएलमा यदि कोही मानिस परमेश्‍वरसँग केही सोध्न जान्थ्यो, तिनीहरूले यसो भन्‍ने गर्थे, “हामी दर्शीकहाँ जाऔँ,” किनकि आजभोलिका अगमवक्तालाई त्यस समयमा दर्शी भनिन्थ्यो।)
1SA 9:10 तब शाऊलले आफ्नो सेवकलाई भने, “ठिक छ, हामी जाऔँ।” यसकारण तिनीहरू परमेश्‍वरका जन भएको सहरमा गए।
1SA 9:11 तिनीहरू त्यस सहरको उकालो जाँदै गर्दा तिनीहरूले पानी भर्न आइरहेका केही जवान केटीहरूलाई भेटे, र तिनीहरूले उनीहरूलाई सोधे, “के दर्शी यहीँ हुनुहुन्छ होला?”
1SA 9:12 तिनीहरूले भने, “हजुर, उहाँ हुनुहुन्छ। उहाँ तपाईंहरूभन्दा अगि-अगि जाँदैहुनुहुन्छ। अब चाँडो गर्नुहोस्; किनकि यहाँका मानिसहरूले अल्गा देवस्थानमा बलिदान चढाएका कारण आज उहाँ हाम्रो सहरमा आउनुभएको छ।”
1SA 9:13 “तपाईंहरू सहरमा पस्‍नसाथ उहाँ त्यहाँ भोजन गर्न जानुभन्दा अगि नै तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ। उहाँ त्यस ठाउँमा नपुगेसम्म मानिसहरूले खाँदैनन्; किनकि उहाँले त्यस बलिदानलाई आशिष् दिनुपर्छ। त्यसपछि मात्र आमन्त्रित व्यक्तिहरूले खानेछन्। चाँडै उँभो लाग्नुहोस्; तपाईंहरूले अहिले नै उहाँलाई भेट्टाउनुहुनेछ।”
1SA 9:14 तब तिनीहरू त्यस सहरमा गए; अनि तिनीहरू त्यस सहरमा पस्दैगर्दा अल्गा देवस्थानमा जानलाई शमूएल तिनीहरूतिर आइरहेका थिए।
1SA 9:15 अब शाऊल आउनुभन्दा अगिल्‍लो दिन नै याहवेहले शमूएललाई यो कुरा प्रकट गरिसक्नुभएको थियो:
1SA 9:16 “म भोलि यही समयमा तँकहाँ बेन्यामीनको देशबाट एउटा मानिसलाई पठाउनेछु। त्यसलाई मेरो जाति इस्राएलीहरूको अगुवा अभिषेक गर्नू; त्यसले मेरो जातिलाई पलिश्तीहरूका हातबाट छुटाउनेछ। मैले मेरो जातिमाथि दृष्‍टि लगाएको छु; किनकि तिनीहरूको क्रन्दन मकहाँ आइपुगेको छ।”
1SA 9:17 जब शमूएलले शाऊललाई देखे, तब याहवेहले तिनलाई भन्‍नुभयो, “मैले तँसित जसको बारेमा कुरा गरेको थिएँ, त्यो मानिस यही हो। यसले नै मेरा मानिसहरूमाथि शासन गर्नेछ।”
1SA 9:18 शाऊलले शमूएललाई मूलढोकामा भेटेर सोधे, “दर्शीको घर कहाँ छ, कृपया मलाई बताइदिनुहोस्!”
1SA 9:19 शमूएलले शाऊललाई जवाफ दिए, “दर्शी म नै हुँ। मेरो अगि-अगि त्यस अल्गा देवस्थानमा जाओ; किनकि आज तिमीहरूले मसित खानेछौ। अनि भोलि बिहानै तिमीलाई जान दिनेछु; र तिम्रो हृदयमा भएका सबै कुराहरू बताइदिनेछु।
1SA 9:20 अनि तिमीले तीन दिन अगि हराएका गधाहरूको बारेमा चिन्ता नगर; किनकि ती फेला परिसकेका छन्। अनि इस्राएलको आसा तिमी र तिम्रा पिताका सम्पूर्ण परिवारतिर नै फर्किएको छ।”
1SA 9:21 शाऊलले जवाफ दिए, “तर म इस्राएलका सबैभन्दा सानो कुल बेन्यामीनबाट हुँ। अनि मेरो वंश बेन्यामीन कुलका वंशहरूमा सबैभन्दा सानो छ। तपाईंले किन मलाई यस्तो कुरा भन्‍नुहुन्छ?”
1SA 9:22 तब शमूएलले शाऊल र तिनको सेवकलाई ठूलो कोठामा ल्याए। अनि तिनीहरूलाई आमन्त्रित तीस जना प्रमुख व्यक्तिहरूका बीचमा प्रमुख स्थानमा बसाए।
1SA 9:23 तब शमूएलले भान्सेलाई भने, “मैले तँलाई अलग्गै राख्नू भनेर दिएको मासुको टुक्रा लिएर आइज।”
1SA 9:24 यसकारण त्यस भान्सेले फिला र त्यससित जे थियो, त्यो ल्याएर शाऊलको सामु राखिदियो। शमूएलले भने, “तिम्रो निम्ति राखिएको कुरा यही हो। यसलाई खाऊ, किनकि ‘मैले पाहुनाहरू निम्त्याएको छु’ भनेर मैले भनेको समयदेखि यो तिम्रो निम्ति यस विशेष अवसरको निम्ति छुट्याइएको थियो।” अनि त्यस दिन शाऊलले शमूएलसँग भोजन खाए।
1SA 9:25 तिनीहरू त्यस अल्गा देवस्थानदेखि सहरमा आइपुगेपछि, शमूएलले आफ्नो घरको कौसीमा शाऊलसित बातचित गरे।
1SA 9:26 तिनीहरू झिसमिसे उज्यालोमा उठे; अनि शमूएलले शाऊललाई घरको कौसीमा बोलाएर भने, “तयार होउ, र अब म तिमीलाई बिदा गर्नेछु।” जब शाऊल तयार भए, तब शाऊल र शमूएल एकसाथ घरबाट बाहिर निस्के।
1SA 9:27 जब तिनीहरू सहरको पल्‍लो छेउमा पुगे, तब शमूएलले शाऊललाई भने, “त्यो सेवकलाई हाम्रो अगि जानलाई भन।” अनि त्यो सेवकले त्यसै गर्‍यो, “तर तिमीचाहिँ एकछिन यहीँ बस, ताकि म तिमीलाई परमेश्‍वरको सन्देश बताउन सकूँ।”
1SA 10:1 तब शमूएलले एउटा ढुङ्ग्रोमा जैतुनको तेल लिएर त्यो तेल शाऊलको शिरमाथि खन्याइदिए, र तिनलाई चुम्बन गरेर भने, “याहवेहले तिमीलाई उहाँको उत्तराधिकारमाथि अगुवा अभिषेक गर्नुभएको छ।
1SA 10:2 जब तिमी आज मसँग बिदा भएर जान्छौ, तब तिमीले बेन्यामीन कुलको सिमानाभित्र सेल्साहमा भएको राहेलको चिहानको नजिकै दुई जना मानिसहरूलाई भेट्टाउनेछौ। तब तिनीहरूले तिमीलाई भन्‍नेछन्, ‘तपाईंले खोज्न निस्कनुभएका ती गधाहरू भेट्टाइएका छन्। तर तपाईंका बुबा तिनीहरूको विषयमा होइन, तपाईंको लागि चिन्तित हुनुभएको छ। उहाँले सोध्दै हुनुहुन्छ, “म आफ्नो छोराको निम्ति के गरूँ?” ’
1SA 10:3 “तब तिमी त्यहाँबाट तबोरको ठूलो रूखमा नपुगेसम्म अगि बढिरहनू। त्यहाँ बेथेलमा परमेश्‍वरको आराधना गर्न गइरहेका तीन जना मानिसहरूले तिमीलाई भेट्नेछन्। एक जनाले बाख्राका तीन वटा कलिला पाठाहरू, र अर्कोले तीन वटा रोटीहरू, र अर्कोले चाहिँ एक मसक दाखमद्य बोकेका हुनेछन्।
1SA 10:4 तिनीहरूले तिमीलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्। तिमीले तिनीहरूबाट ती रोटीहरू स्वीकार गर्नू।
1SA 10:5 “त्यसपछि पलिश्तीहरूको चौकी भएको परमेश्‍वरको गेबामा तिमी जानू। जब सहर पुग्नेछौ, तब तिमीले सारङ्गी, खैँजडी, बाँसुरी र वीणा बजाउनेहरूका पछि अगमवाणी गर्दै अल्गा देवस्थानबाट आइरहेका अगमवक्ताहरूको एक दललाई भेट्टाउनेछौ।
1SA 10:6 अनि याहवेहको आत्मा तिमीमाथि शक्तिशाली रूपमा आउनुहुनेछ, र तिमीले तिनीहरूसँगै अगमवाणी गर्नेछौ। अनि तिमी बदलिएर भिन्दै मानिस हुनेछौ।
1SA 10:7 जब यी आचम्मका चिन्हहरू पूरा हुनेछन्, तब तिमीले जे चाहन्छौ, त्यही गर्नू; किनकि परमेश्‍वर तिमीसँग हुनुहुन्छ।
1SA 10:8 “अनि तिमीहरू मेरो अगि गिलगालमा ओर्लेर जाओ। म निश्‍चय नै होमबलि र मेलबलि चढाउन तिमीकहाँ आउनेछु, तर म तिमीकहाँ आएर तिमीले के गर्नुपर्छ भनी भन्‍न आउनुभन्दा अगि नै तिमीले मलाई सात दिनसम्म पर्खिबस्‍नू।”
1SA 10:9 जब शाऊल शमूएलबाट बिदा लिनलाई फर्के, तब परमेश्‍वरले तिनको हृदय परिवर्तन गरिदिनुभयो। अनि त्यस दिन शामूएलले भनेका सबै यी अलौकिक चिन्हहरू पूरा भए।
1SA 10:10 जब शाऊल र तिनको सेवक गेबामा आइपुगे, तब अगमवक्ताहरूको एक दलले तिनलाई भेटे। परमेश्‍वरको आत्मा शाऊलमाथि शक्तिशाली रूपमा आउनुभयो। अनि उनी पनि तिनीहरूसँगै अगमवाणी बोल्न थाले।
1SA 10:11 जब शाऊललाई पहिल्यैबाट चिन्‍नेहरूले तिनलाई अगमवक्ताहरूसँग अगमवाणी गरिरहेका देखे, तब तिनीहरूले एक-आपसमा भने, “कीशको छोरोलाई यो के भएको हो? के शाऊल पनि अगमवक्ताहरू मध्येका एक हुन्?”
1SA 10:12 त्यहाँ बस्‍ने एक जना मानिसले जवाफ दिए, “अनि तिनीहरूका पिता को हुन्?” यसकारण “के शाऊल अगमवक्ताहरूमध्ये एक हुन्?” भन्‍ने उखान सुरु भयो।
1SA 10:13 शाऊलले अगमवाणी गर्न छोडेपछि तिनी अल्गा देवस्थानमा गए।
1SA 10:14 शाऊलका काकाले तिनी र तिनका सेवकलाई सोधे, “तिमीहरू कहाँ गएका थियौ?” तिनले भने, “हामी गधाहरू खोज्न गएका थियौँ। तर ती नभेट्टाएपछि हामी शमूएलकहाँ गयौँ।”
1SA 10:15 तब शाऊलका काकाले भने, “शमूएलले तिमीलाई के भने सो मलाई भन।”
1SA 10:16 अनि शाऊलले जवाफ दिए, “तिनले गधा फेला परेका छन् भनेर हामीलाई आश्‍वासन दिलाए।” तर तिनले राजाको बारेमा शमूएलले भनेका कुरा काकालाई बताएनन्।
1SA 10:17 शमूएलले इस्राएलका मानिसहरूलाई मिस्पामा याहवेहकहाँ भेला हुनलाई बोलाए।
1SA 10:18 अनि तिनीहरूलाई भने, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ; ‘मैले इस्राएललाई इजिप्टबाट निकालेर ल्याएँ। अनि तिमीहरूलाई सताउने इजिप्टको शक्ति र सबै राज्यहरूबाट मैले छुटाएर ल्याएँ।’
1SA 10:19 तर अहिले तिमीहरूले सबै विपत्ति र प्रकोपहरूबाट तिमीहरूलाई बचाउनुहुने परमेश्‍वरलाई तिरस्कार गरेका छौ। अनि तिमीहरूले भनेका छौ, ‘अहँ, हुँदैन, हामीमाथि एउटा राजा नै नियुक्त गरिदिनुहोस्।’ यसकारण अब तिमीहरूले आफ्ना कुल र वंशअनुसार आफूलाई याहवेहको सामु उपस्थित गराओ।”
1SA 10:20 जब शमूएलले इस्राएलका सबै कुलहरूलाई उपस्थित गराए, तब चिट्ठाद्वारा बेन्यामीनको कुल चुनियो।
1SA 10:21 तब तिनले बेन्यामीनको कुललाई वंश-वंश गरी अगि ल्याए, र मत्रीको वंश चुनियो। आखिरमा कीशका छोरा शाऊल चुनिए। तर जब तिनीहरूले तिनलाई खोजे, तब तिनलाई भेट्टाएनन्।
1SA 10:22 यसकारण तिनीहरूले फेरि याहवेहलाई सोधे, “के ती मानिस यहाँ आइसके?” अनि याहवेहले भन्‍नुभयो, “हेर, त्यो सामानहरूका बीचमा लुकेको छ।”
1SA 10:23 तब तिनीहरू दौडेर गए, र तिनलाई बाहिर निकाले। अनि जब शाऊल मानिसहरूको बीचमा उभिए, तब तिनी अरू सबै मानिसहरूभन्दा अग्ला थिए।
1SA 10:24 अनि शमूएलले सबै मानिसहरूलाई भने, “के तिमीहरूले याहवेहले चुन्‍नुभएको मानिसलाई देख्यौ? सबै मानिसहरूको बीचमा तिनीजस्तै अरू कोही छैन।” मानिसहरूले कराएर भने, “हाम्रा राजा अमर रहून्!”
1SA 10:25 तब शमूएलले राजाका अधिकार र कर्तव्यहरूको विषयमा मानिसहरूलाई बताइदिए। तिनले ती एउटा चर्मपत्रमा लेखेर याहवेहको सामु राखिदिए। त्यसपछि शमूएलले मानिसहरूलाई तिनीहरूका आ-आफ्ना घरमा पठाइदिए।
1SA 10:26 शाऊल पनि आफ्नो घर गेबामा ती वीर मानिसहरूसँग गए, जसको हृदय परमेश्‍वरले छुनुभएको थियो।
1SA 10:27 तर केही खराब मानिसहरूले, “यो व्यक्तिले हामीलाई कसरी बचाउन सक्छ र?” भनेर शाऊललाई अनादर गरे। अनि तिनलाई केही उपहार पनि चढाएनन्। तर शाऊल मौन रहे।
1SA 11:1 अम्मोनी नाहाशले याबेश-गिलादलाई घेरा हाले। अनि याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “हामीसँग सन्धि गर्नुहोस् र हामी तपाईंको अधीनमा रहनेछौँ।”
1SA 11:2 तर अम्मोनी नाहाशले जवाफ दिए, “म तिमीहरूसँग एउटै शर्तमा सन्धि गर्नेछु। म तिमीहरू हरेकको दाहिने आँखा निकालिदिनेछु, ताकि यसरी सम्पूर्ण इस्राएलको बेइज्जत होस्।”
1SA 11:3 याबेशका प्रधानहरूले तिनलाई भने, “हामीलाई सात दिनको समय दिनुहोस्, र हामी इस्राएलभरि दूतहरू पठाउन सकौँ। यदि हामीलाई छुटकारा गर्ने कोही आएन भने हामी तपाईंकहाँ आत्मसमर्पण गर्नेछौँ।”
1SA 11:4 जब शाऊलको सहर गेबामा याबेशका दूतहरू आएर ती शर्तहरू मानिसहरूलाई सुनाए; तब तिनीहरू सबै अति ठूलो सोरले रोए।
1SA 11:5 त्यसै बेला शाऊलचाहिँ आफ्नो खेतबाट आफ्ना गोरुहरूका पछि-पछि आइरहेका थिए, र तिनले सोधे, “सबै मानिसहरूलाई के भयो? यिनीहरू किन रोइरहेका छन्?” तब तिनीहरूले याबेशका मानिसहरूले भनेका कुरा तिनलाई दोहोर्‍याएर भनिदिए।
1SA 11:6 जब शाऊलले तिनीहरूका कुरा सुने, तब परमेश्‍वरको आत्मा तिनीमाथि शक्तिशाली रूपमा आउनुभयो र तिनी रिसले चुर भए।
1SA 11:7 तिनले एक हल गोरु लिए, र तिनलाई टुक्रा-टुक्रा पारे, र दूतहरूसँग ती टुक्राहरू इस्राएलभरि पठाए, र यसरी घोषणा गरे, “शाऊल र शमूएलका पछि नलाग्ने हरेक मानिसहरूका गोरुहरूको दशा यस्तै हुनेछ।” तब याहवेहको आतङ्क मानिसहरूमा छायो; र तिनीहरू एक भएर निस्के।
1SA 11:8 जब शाऊलले तिनीहरूलाई बेजेकमा एकसाथ भेला गराए, तब त्यहाँ इस्राएलका मानिसहरू तीन लाख र यहूदाका मानिसहरू तीस हजार भेला भएका थिए।
1SA 11:9 तिनीहरूले त्यहाँ आएका दूतहरूलाई भने, “याबेश-गिलादका मानिसहरूलाई भन, ‘भोलि मध्यदिनभित्रै तिमीहरूको उद्धार हुनेछ।’ ” जब ती दूतहरू गएर याबेश-गिलादका मानिसहरूलाई यो समाचार दिए, तब तिनीहरू साह्रै उत्साहित भए।
1SA 11:10 याबेशका मानिसहरूले अम्मोनीहरूलाई भने, “भोलि हामी तपाईंहरूकहाँ समर्पण हुनेछौँ, र तपाईंहरूलाई जे ठिक लाग्छ, त्यही गर्न सक्नुहुनेछ।”
1SA 11:11 भोलिपल्ट शाऊलले आफ्ना मानिसहरूलाई तीन दलमा छुट्ट्याए; रातको अन्तिम पहरमा तिनीहरू अम्मोनीहरूको छाउनीभित्र पसे, र मध्यदिनसम्म नै तिनीहरूलाई मारे। बाँचेकाहरू यसरी तितरबितर भए कि, ती भाग्नेहरू दुई जना एकसाथ भेट हुनै सकेनन्।
1SA 11:12 मानिसहरूले शमूएललाई भने, “ती मानिसहरू को हुन्, जसले ‘के शाऊलले हामीमाथि शासन गर्छ र?’ भनेर सोधेका थिए। तिनीहरूलाई हामीकहाँ ल्याउनुहोस्; अनि हामी तिनीहरूलाई मार्नेछौँ।”
1SA 11:13 तर शाऊलले भने, “आज कोही पनि मारिनेछैन; किनकि आजको दिन याहवेहले इस्राएलीहरूलाई उद्धार गर्नुभएको छ।”
1SA 11:14 तब शमूएलले मानिसहरूलाई भने, “आओ, हामी गिलगालमा जाऔँ, र त्यहाँ पुनः शाऊललाई राजा घोषणा गरौँ।”
1SA 11:15 यसकारण सबै मानिसहरू गिलगालमा गए। अनि याहवेहको उपस्थितिमा शाऊललाई राजा घोषणा गरे। त्यहाँ तिनीहरूले याहवेहको सामु मेलबलि चढाए। अनि शाऊल र सारा इस्राएलीहरूले ठूलो हर्षको उत्सव मनाए।
1SA 12:1 तब शमूएलले सारा इस्राएलीहरूलाई यसो भने, “तिमीहरूले मलाई भनेका हरेक कुरा मैले सुनेको छु, र तिमीहरूमाथि राजा नियुक्त गरिदिएको छु।
1SA 12:2 अब तिमीहरूका अगुवाको रूपमा एक जना राजा छन्। म वृद्ध भइसकेको छु, र मेरो कपाल सेतै फुलिसकेको छ; अनि मेरा छोराहरू तिमीहरूसँग यहीँ छन्। मेरो युवाअवस्थादेखि आजसम्म नै म तिमीहरूका अगुवा रहेको छु।
1SA 12:3 म यहीँ खडा छु। याहवेह र उहाँको अभिषिक्त जनको उपस्थितिमा अब मेरो बारेमा साक्षी देऊ। मैले कसैको गोरु अथवा गधा लिएको छु? मैले कसैलाई ठगेको छु? मैले कसैलाई दमन गरेको छु? न्याय बिगार्नलाई मैले कसैको हातबाट घूस लिएको छु? यदि मैले यी कुनै पनि कुराहरू गरेको छु भने म त्यसको क्षतिपूर्ति दिनेछु।”
1SA 12:4 अनि तिनीहरूले जवाफ दिए, “तपाईंले हामीलाई ठग्नुभएको छैन; न त दमन गर्नुभएको छ। तपाईंले कसैको हातबाट केही पनि लिनुभएको छैन।”
1SA 12:5 तब शमूएलले इस्राएलीहरूलाई भने, “मेरा हात शुद्ध छन् भनी आजको दिन याहवेह र उहाँका अभिषिक्त जन साक्षी हुनुहुन्छ।” “उहाँ साक्षी हुनुहुन्छ,” तिनीहरूले भने।
1SA 12:6 तब शमूएलले मानिसहरूलाई भने, “याहवेह, जसले मोशा र हारूनलाई नियुक्त गर्नुभयो। अनि तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर बाहिर ल्याउनुभयो।
1SA 12:7 अब यहाँ खडा होओ; किनकि तिमीहरू र तिमीहरूका पितापुर्खाहरूका निम्ति याहवेहले गर्नुभएका सबै धार्मिक कामहरूका आधारमा म याहवेहको सामु तिमीहरूको सामना गर्नेछु।
1SA 12:8 “याकोब इजिप्टमा प्रवेश गरेपछि तिनीहरूले सहायताका निम्ति याहवेहसँग पुकार गरे। अनि याहवेहले मोशा र हारूनलाई पठाउनुभयो, जसले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर यहाँ बसोबास गराए।
1SA 12:9 “तर तिनीहरूले याहवेह तिनीहरूका परमेश्‍वरलाई बिर्सेका कारण उहाँले तिनीहरूलाई हासोरको फौजका सेनापति सीसरा, पलिश्ती र मोआबका राजाको हातमा बेचिदिनुभयो; जसले तिनीहरूको विरुद्धमा लडाइँ गरे।
1SA 12:10 तिनीहरूले याहवेहलाई पुकारेर भने, ‘हामीले पाप गरेका छौँ। हामीले याहवेहलाई त्यागेर बालका र अश्तोरेतका मूर्तिहरूलाई आराधना गर्‍यौँ। तर अब हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुहोस्। अनि हामी तपाईंको आराधना गर्नेछौँ।’
1SA 12:11 अनि याहवेहले यरूब-बाल, बाराक, यिप्‍ताह र शमूएललाई पठाउनुभयो। अनि उहाँले तिमीहरूका चारैतिर भएका शत्रुहरूका हातबाट तिमीहरूलाई छुटाउनुभयो, र त्यसैले तिमीहरू सुरक्षित रह्‍यौ।
1SA 12:12 “तर जब तिमीहरूले अम्मोनीहरूका राजा नाहाशलाई तिमीहरूको विरुद्धमा आइरहेका देख्यौ, तब तिमीहरूले मलाई भन्यौ, ‘अहँ, हामीमाथि शासन गर्न हामीलाई राजा चाहिन्छ,’ यद्यपि याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूका राजा हुनुहुन्थ्यो।
1SA 12:13 अब तिमीहरूले चुनेका र मागेका राजा यहाँ छन्। हेर, याहवेहले तिमीहरूमाथि राजा नियुक्त गर्नुभएको छ।
1SA 12:14 यदि तिमीहरूले याहवेहको डर मान्यौ, उहाँको सेवा गर्‍यौ, र आज्ञाकारी भयौ र उहाँका आज्ञाहरूको विरुद्धमा विद्रोही भएनौ भने तिमीहरू सबैले तिमीहरूमाथि शासन गर्ने राजा र याहवेह तिमीहरूका परमेश्‍वरलाई पछ्यायौ भने असल हुनेछ!
1SA 12:15 तर यदि तिमीहरूले याहवेहमा आज्ञाकारी भएनौ भने, र यदि तिमीहरूले उहाँका आज्ञाहरूको विरुद्धमा विद्रोही भयौ भने उहाँका हात तिमीहरूका पितापुर्खाहरूका विरुद्धमा उठेझैँ तिमीहरूका विरुद्धमा पनि उठ्नेछ।
1SA 12:16 “त्यसो भए अब स्थिर रहो, र याहवेहले तिमीहरूका आँखाकै सामु गर्न लाग्नुभएको महान् कामलाई हेर!
1SA 12:17 के अहिले गहुँको कटनीको समय होइन र? गर्जनसहितको झरी पठाउनुहोस् भनी म याहवेहसँग पुकार गर्नेछु। अनि तिमीहरूले राजा मागेर याहवेहको दृष्‍टिमा कति ठूलो दुष्‍ट काम गरेका रहेछौ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ।”
1SA 12:18 त्यसपछि शमूएलले याहवेहसँग पुकार गरे; अनि त्यसै दिन याहवेहले गर्जनसहितको वर्षा पठाउनुभयो। यसकारण सबै मानिसहरू याहवेह र शमूएलसँग साह्रै भयभीत भए।
1SA 12:19 तब सबै मानिसहरूले शमूएललाई भने, “हामीहरू नमरौँ भनी याहवेह तपाईंका परमेश्‍वरसित बिन्ती गरिदिनुहोस्। किनकि राजा मागेर हामीले आफ्ना अरू पापहरूमाथि अझै अर्को पाप थपेका छौँ।”
1SA 12:20 शमूएलले जवाफ दिए, “भयभीत नहोओ। तिमीहरूले यी सबै दुष्‍ट काम गरेका छौ; तापनि याहवेहबाट तर्केर नजाओ, तर आफ्ना सम्पूर्ण हृदयले याहवेहको सेवा गर।
1SA 12:21 व्यर्थका मूर्तिहरूको पछि नलाग। तिनीहरूले तिमीहरूको केही भलो गर्न सक्दैनन्, न त तिनीहरूले तिमीहरूलाई बचाउन नै सक्छन्। किनकि तिनीहरू व्यर्थका छन्।
1SA 12:22 आफ्नो महान् नामको खातिर याहवेहले तिमीहरूलाई त्याग्नुहुनेछैन; किनकि याहवेहले तिमीहरूलाई आफ्नै निज प्रजा तुल्याउन प्रसन्‍न हुनुहुन्छ।
1SA 12:23 मेरो विषयमा भन्‍नुपर्दा—तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेर याहवेहको विरुद्धमा पाप गर्ने कुरा मबाट टाढै रहोस्। अनि म तिमीहरूलाई असल र ठिक मार्ग सिकाउनेछु।
1SA 12:24 तर निश्‍चित रूपमा याहवेहको डर मान र तिमीहरूका सारा हृदयले विश्‍वासयोग्य भएर उहाँको सेवा गर; उहाँले तिमीहरूका निम्ति गर्नुभएका महान् कार्यहरूको विचार गर।
1SA 12:25 तर यदि तिमीहरूले दुष्‍ट काम रहिरह्‍यौ भने तिमीहरू र तिमीहरूका राजा दुवै नष्‍ट हुनेछौ।”
1SA 13:1 शाऊल राजा हुँदा तीस वर्षका थिए। तिनले इस्राएलमाथि बयालीस वर्षसम्म राज्य गरे।
1SA 13:2 शाऊलले इस्राएलबाट तीन हजार मानिसहरूलाई चुने; जसमा दुई हजार शाऊलसँग मिकमाशमा र बेथेलको पहाडी मुलुकमा थिए। अनि एक हजारचाहिँ बेन्यामीनको गेबामा जोनाथनसँग थिए। बाँकी मानिसहरूलाई चाहिँ शाऊलले आ-आफ्ना घरमा पठाइदिए।
1SA 13:3 जोनाथनले गेबामा भएका पलिश्तीहरूको चौकीमाथि आक्रमण गरे। जब पलिश्तीहरूले यसको बारेमा सुने, तब “हिब्रूहरूले सुनून्!” भनेर शाऊलले देशभरि तुरही फुक्न लगाए।
1SA 13:4 यसकारण सबै इस्राएलले यस्तो खबर सुने; “शाऊलले पलिश्तीहरूका चौकीमाथि आक्रमण गरेका छन्, र घृणित शत्रु भएका छन्।” तब मानिसहरूलाई शाऊलको सामु गिलगालमा भेला हुन बोलाइयो।
1SA 13:5 पलिश्तीहरू इस्राएलीहरूसँग लडाइँ गर्न तीन हजार रथहरू, छ हजार घोडसवारहरू र समुद्रका किनारका बालुवासरी योद्वाहरू लिएर भेला भए। तिनीहरू माथि गएर बेथ-आवेनको पूर्वपट्टि मिकमाशमा छाउनी हाले।
1SA 13:6 जब इस्राएलका मानिसहरूले आफ्नो अवस्था सङ्कष्‍टपूर्ण भएको, र तिनीहरूका सेनाहरू दबाबमा परेको देखे, तब तिनीहरू गुफा र पोथ्राहरूमा, चट्टानहरूमा, खाडल अनि इनारहरूमा लुके।
1SA 13:7 कति हिब्रूहरू यर्दन नदी तरेर गाद र गिलादका इलाकाहरूतिर पनि गए। शाऊलचाहिँ गिलगालमा बसिरहे। अनि तिनीसँग भएका सम्पूर्ण दलहरू डरले काँपिरहेका थिए।
1SA 13:8 शमूएलले निर्देशन दिएझैँ सात दिनसम्म शाऊलले पर्खे; तर शमूएल गिलगालमा आएनन्। अनि शाऊलका मानिसहरू तितरबितर हुन थाले।
1SA 13:9 यसकारण शाऊलले भने, “मकहाँ होमबलि र मेलबलि ल्याओ।” अनि शाऊलले होमबलि चढाए।
1SA 13:10 शाऊलले बलिदान चढाइसक्नेबित्तिकै शमूएल आइपुगे। अनि शाऊल तिनलाई अभिवादन गर्नलाई गए।
1SA 13:11 तर शमूएलले सोधे, “तिमीले के गरेको?” शाऊलले जवाफ दिए, “मैले मानिसहरू तितरबितर भइरहेका देखेँ। अनि तपाईंले भन्‍नुभएको समयमा तपाईं पनि आउनुभएन। अनि पलिश्तीहरू पनि मिकमाशमा भेला भइरहेका थिए।
1SA 13:12 त्यसैले मलाई लाग्यो, ‘अब पलिश्तीहरू मेरो विरुद्धमा गिलगालमा ओर्लेर आउनेछन्, र मैलेचाहिँ याहवेहसँग बिन्ती गरेको पनि छैनँ।’ यसकारण होमबलि चढाउन म बाध्य भएँ।”
1SA 13:13 शमूएलले शाऊललाई भने, “तिमीले मूर्ख काम गर्‍यौ। तिमीले याहवेह तिम्रा परमेश्‍वरले तिमीलाई दिनुभएको आज्ञापालन गरेनौ। यदि तिमीले उहाँको आज्ञापालन गरेको भए उहाँले इस्राएलमाथि तिम्रो राज्य सधैँको निम्ति स्थापित गर्नुहुनेथियो।”
1SA 13:14 तर अब तिम्रो राज्य टिक्नेछैन। याहवेहले आफ्नो हृदयअनुसारको मानिस खोज्नुभएको छ। अनि तिनलाई उहाँका मानिसहरूको अगुवा नियुक्त गर्नुभएको छ; किनकि तिमीले याहवेहको आज्ञापालन गरेनौँ।
1SA 13:15 तब शमूएल गिलगालबाट बेन्यामीनको गेबामा गए। अनि शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे। तिनीहरू प्राय: छ सय जति थिए।
1SA 13:16 शाऊल र तिनका छोरा जोनाथन अनि तिनीहरूसँग भएका मानिसहरू बेन्यामीनको गेबामा बसेका थिए। पलिश्तीहरूले चाहिँ मिकमाशमा छाउनी हालेर बसेका थिए।
1SA 13:17 पलिश्तीहरूका छाउनीबाट लुटपाट गर्नेहरूका तीन दल बाहिर निस्के। एउटा दल शूआलको इलाकामा भएको ओप्रातिर लाग्यो;
1SA 13:18 अर्को दल बेथ-होरोनतिर र तेस्रो दलचाहिँ उजाडस्थानतिर फर्केको सबोईमको बेँसीमाथिको सिमानातिर लाग्यो।
1SA 13:19 सम्पूर्ण इस्राएल राष्ट्रमा एक जना पनि लोहार पाइँदैनथ्यो। किनकि पलिश्तीहरूले भनेका थिए, “हिब्रूहरूले तरवार र भालाहरू बनाउन नपाऊन्!”
1SA 13:20 यसकारण सारा इस्राएलीहरू आफ्ना फाली, कोदालो, बन्चरो र हँसियाहरू उध्याउन पलिश्तीहरूकहाँ नै जानुपर्थ्यो।
1SA 13:21 फाली र कोदालो धारिलो बनाउन दुई तिहाइ शेकेल तिर्नुपर्थ्यो। अनि अङ्कुसे र बन्चरो उध्याउन एक तिहाइ शेकेल तिर्नुपर्थ्यो।
1SA 13:22 यसकारण लडाइँको दिनमा शाऊल र जोनाथनसँग भएका कुनै पनि योद्धाको हातमा तरवार र भाला थिएन। तर शाऊल र तिनका छोरा जोनाथनसँग मात्र हतियार थियो।
1SA 13:23 त्यस बेला पलिश्तीहरूको एउटा समूह मिकमाशको घाटीमा गयो।
1SA 14:1 एक दिन शाऊलका छोरा जोनाथनले आफ्नो हतियार बोक्ने जवान मानिसलाई भने, “आऊ, हामी पारिपट्टि पलिश्तीहरूको पहरे-चौकी भएको ठाउँमा जाऔँ।” तर यो कुरा तिनले आफ्ना पिता शाऊललाई भनेनन्।
1SA 14:2 शाऊलचाहिँ गेबाको बाहिरी सिमाना मिग्रोनमा भएको दारिमको रूखमुनि बसिरहेका थिए। तिनीसँग लगभग छ सय जना मानिसहरू थिए।
1SA 14:3 तीमध्ये एक एपोद लगाउने अहीयाह थिए। अहीयाह अहीतूबका छोरा थिए। अहीतूब इकाबोदका दाजु थिए। इकाबोद पीनहासका छोरा थिए। अनि पीनहासचाहिँ शीलोमा याहवेहका पुजारी एलीका छोरा थिए। जोनाथन गएको कुरा कसैलाई पनि थाहा थिएन।
1SA 14:4 पलिश्तीहरूको पहरे-चौकीमा पुग्न जोनाथनले जुन बाटो भएर जानुपर्थ्यो, त्यहाँ दुवैतिर ठूला-ठूला चट्टानहरू थिए। एउटा चट्टानलाई बोसेस र अर्कोलाई सेनेह भनिन्थ्यो।
1SA 14:5 एउटा चट्टान मिकमाशको उत्तरपट्टि, र अर्को चट्टानचाहिँ दक्षिणपट्टि गेबातिर फर्केको थियो।
1SA 14:6 तब जोनाथनले आफ्नो हतियार बोक्ने जवानलाई भने, “आऊ, हामी ती खतना नभएकाहरूका चौकीमा जाऔँ। सायद याहवेहले हाम्रो पक्षमा काम गर्नुहुनेछ। उहाँलाई कुनै पनि कुराले रोक्न सक्नेछैन। धेरै होस् वा थोरै होस्, याहवेहले युद्ध जित्न सक्नुहुन्छ।”
1SA 14:7 अनि जोनाथनको हतियार बोक्नेले भन्यो, “तपाईंलाई मनमा लागेको कुरा गर्नुहोस्; अगि बढ्नुहोस्, म तपाईंलाई तनमनले साथ दिनेछु।”
1SA 14:8 जोनाथनले भने, “त्यसो भए आऊ; हामी ती मानिसहरूकहाँ पारिपट्टि जाऔँ, ताकि तिनीहरूले हामीलाई देखून्।
1SA 14:9 यदि तिनीहरूले हामीलाई, ‘हामी तिमीहरूकहाँ नआएसम्म पर्खनू,’ भनेछन् भने हामी आफ्नो ठाउँमा बसिरहौँ र तिनीहरूकहाँ नजाऔँ।
1SA 14:10 तर यदि तिनीहरूले ‘हामीकहाँ उक्लेर आओ,’ भनेछन् भने हामी माथि जाऔँ; किनकि याहवेहले तिनीहरूलाई हाम्रा हातमा सुम्पिदिनुभएको छ भन्‍ने कुराको चिन्ह हाम्रा लागि यही हुनेछ।”
1SA 14:11 यसकारण ती दुवै जना पलिश्तीहरूको चौकीमा देखा परे। अनि पलिश्तीहरूले भने, “हेर! हिब्रूहरू आफूलाई लुकाइराखेका दुलाहरूबाट घस्रँदै बाहिर आइरहेका छन्।”
1SA 14:12 तब पलिश्तीहरूका चौकीका मानिसहरूले जोनाथन र तिनको हतियार बोक्नेलाई कराएर भने, “हामीकहाँ आओ र हामी तिमीहरूलाई एउटा पाठ सिकाउनेछौँ।” यसकारण जोनाथनले आफ्ना हतियार बोक्नेलाई भने, “मेरो पछि-पछि माथि आऊ; किनभने याहवेहले तिनीहरूलाई इस्राएलको हातमा सुम्पिदिनुभएको छ।”
1SA 14:13 जोनाथन हातखुट्टा टेक्दै उकालो चढे, र तिनको हतियार बोक्ने पनि तिनको पछि-पछि गयो। पलिश्तीहरू जोनाथनको सामु ढले, र तिनको हतियार बोक्नेले तिनीहरूलाई पछिल्तिरबाट मार्‍यो।
1SA 14:14 तिनीहरूको पहिलो आक्रमणमा जोनाथन र तिनको हतियार बोक्नेले करिब आधा एकड क्षेत्रभित्र लगभग बीस जना मानिसहरूलाई मारे।
1SA 14:15 तब समस्त योद्धाहरूमा अर्थात् छाउनी, खेत र चौकीमा भएका सेनाहरू, र छापा मार्ने दलमा भएका मानिसहरूका बीचमा आतङ्क फैलियो, र जमिन हल्‍लियो। अनि यो परमेश्‍वरद्वारा पठाइएको ठूलो आतङ्क थियो।
1SA 14:16 बेन्यामीनको गेबामा भएका शाऊलका पहरा गर्ने मानिसहरूले पलिश्ती योद्धाहरू चारैतिर डरले भागिरहेका देखे।
1SA 14:17 तब शाऊलले आफूसँग भएका मानिसहरूलाई भने, “दलहरूलाई भेला गर, र हामीलाई कसले छोडेर गएको छ, हेर।” जब तिनीहरूले सबैलाई भेला गरे, र जोनाथन र तिनका हतियार बोक्ने त्यहाँ रहेनछन्।
1SA 14:18 तब शाऊलले अहीयाहलाई भने, “परमेश्‍वरको सन्दुक यहाँ ल्याऊ।” (त्यस बेला त्यो इस्राएलीहरूसँग थियो।)
1SA 14:19 शाऊल पुजारीसँग कुरा गरिरहेको बेला पलिश्तीहरूको छाउनीमा भएको खैलाबैला झन्-झन् बढ्दैगयो। यसकारण शाऊलले पुजारीलाई भने, “तपाईंको हात झार्नुहोस्।”
1SA 14:20 तब शाऊल र तिनका सबै मानिसहरू भेला भएर लडाइँमा गए। इस्राएलीहरूले पलिश्तीहरू ठूलो अलमलमा परेर एक-अर्कालाई नै आफ्नो तरवारले प्रहार गरिरहेका देखे।
1SA 14:21 ती हिब्रूहरू, जो पहिले पलिश्तीहरूकहाँ गएर तिनीहरूका छाउनीमा बसेका थिए। तिनीहरू पनि शाऊल र जोनाथनसँग भएका इस्राएलीहरूको छाउनीमा गए।
1SA 14:22 जब एफ्राइमको पहाडी मुलुकमा लुकिरहेका सबै इस्राएलीहरूले पलिश्तीहरू भागिरहेका सुने, तब तिनीहरू पनि अति ठूलो जोशको साथ लडाइँमा सामेल भए।
1SA 14:23 यसरी याहवेहले त्यस दिन इस्राएलीहरूलाई बचाउनुभयो; अनि लडाइँ बेथ-आवेनको पारिसम्मै पुग्यो।
1SA 14:24 अनि त्यस दिन इस्राएलीहरू साह्रै कष्‍टमा थिए; किनकि शाऊलले मानिसहरूलाई यसो भनेर शपथ खान लगाएर राखेका थिए, “साँझ पर्न अगि र मैले मेरा शत्रुहरूमाथि बदला नलिएसम्म जसले भोजन खान्छ, त्यो व्यक्तिलाई मेरो श्राप छ!” यसकारण कुनै पनि दलले भोजन चाखेनन्।
1SA 14:25 सम्पूर्ण फौजहरू जङ्गलमा पसे; अनि त्यहाँ भुइँमा मह थियो।
1SA 14:26 जब तिनीहरू जङ्गलभित्र पसे, तब तिनीहरूले चाकाबाट मह चुहिरहेको देखे। तर कसैले पनि मह खाएनन्; किनकि तिनीहरूलाई शपथको डर थियो।
1SA 14:27 तर जोनाथनले चाहिँ तिनका पिताले मानिसहरूलाई शपथ खान लगाएको कुरा सुनेका थिएनन्। यसकारण तिनले आफ्नो हातमा भएको लहुरोको टुप्पो महको चाकामा डुबाए। तिनले लहुरोमा मह लिएर खाए; र तिनको आँखामा चमक आयो।
1SA 14:28 तब एक जना योद्धाले तिनलाई भन्यो, “तपाईंका पिताले सेनाहरूलाई यसो भनेर शपथ खान लाएका छन्, ‘आज भोजन खाने व्यक्ति श्रापित होस्!’ त्यसैले मानिसहरू अति कमजोर भएका हुन्।”
1SA 14:29 जोनाथनले भने, “मेरा पिताले देशमा सङ्कट ल्याउनुभएको छ। हेर न, मैले यो मह अलिकति चाटेपछि कस्तो फूर्तिलो भएको छु।
1SA 14:30 यदि आज मानिसहरूले आफ्ना शत्रुहरूबाट लुटेका मालसामानहरूबाट केही खाएका भए कति असल हुनेथियो? अझ धेरै पलिश्तीहरूलाई मार्न सकिने थिएन र?”
1SA 14:31 त्यस दिन, इस्राएलीहरूले पलिश्तीहरूलाई मिकमाशदेखि अय्यालोनसम्म मारे। अनि इस्राएलीहरू साह्रै शिथिल भए।
1SA 14:32 इस्राएलीहरूले लुटका सामानहरूमाथि झम्टेर भेडा, गाईबस्तु र बाछाहरू लिएर तिनीहरूले जमिनमा मारे; र रगतसँगै खाए।
1SA 14:33 तब कसैले शाऊललाई भनिदियो, “हेर्नुहोस्, मानिसहरूले रगतसँगै मासु खाएर याहवेहको विरुद्धमा पाप गरिरहेका छन्।” शाऊलले भने, “तिमीहरूले विश्‍वासघात गर्‍यौ। अब झट्टै यहाँ एउटा ठूलो ढुङ्गा गुडाएर ल्याओ।”
1SA 14:34 त्यसपछि शाऊलले भने, “मानिसहरूका बीचमा जाओ र तिनीहरूलाई भन, ‘तिमीहरू हरेकले आफ्ना गाईबस्तु र भेडाबाख्राहरू मकहाँ ल्याओ। अनि तिनीहरूलाई यहाँ मारेर खाओ। तर रगतसमेतको मासु खाएर याहवेहको विरुद्धमा पाप नगर।’ ” यसकारण हरेकले त्यस रात आफ्नो गोरु ल्याएर त्यहाँ मारे।
1SA 14:35 त्यसपछि शाऊलले याहवेहका निम्ति एउटा वेदी बनाए; यो तिनले बनाएको पहिलो वेदी थियो।
1SA 14:36 शाऊलले भने, “हामी राति पलिश्तीहरूको पछि-पछि तल जाऔँ र तिनीहरूलाई बिहानसम्मै लुटौँ। अनि हामी तिनीहरू एउटैलाई पनि जीवित नछोडौँ!” मानिसहरूले जवाफ दिए, “तपाईंलाई जे असल लाग्छ, त्यही गर्नुहोस्!” तर पुजारीले भने, “हामी पहिले परमेश्‍वरसँग सोधपुछ गरौँ।”
1SA 14:37 यसकारण शाऊलले परमेश्‍वरलाई सोधे, “के म तल गएर पलिश्तीहरूलाई लखेटौँ? के तपाईंले तिनीहरूलाई इस्राएलीहरूको हातमा सुम्पिदिनुहुनेछ?” तर त्यस दिन याहवेहले तिनलाई जवाफ दिनुभएन।
1SA 14:38 यसकारण शाऊलले भने, “सेनाका अगुवा जति सबै यहाँ आओ; अनि आज कुनचाहिँ पाप भएको छ भनी हामी पत्ता लगाऔँ।
1SA 14:39 इस्राएललाई छुटाउनुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, यदि त्यो पाप मेरा छोरा जोनाथनले गरेको छ भने पनि तिनी निश्‍चय मर्नैपर्छ।” तर कसैले पनि एउटै शब्द बोलेनन्।
1SA 14:40 तब शाऊलले सारा इस्राएलीहरूलाई भने, “तिमीहरू यतातिर खडा होओ; अनि म र मेरो छोरा जोनाथनचाहिँ अर्कोतिर उभिनेछौँ।” मानिसहरूले भने, “तपाईंलाई जे ठिक लाग्छ, त्यही गर्नुहोस्!”
1SA 14:41 तब शाऊलले याहवेह इस्राएलका परमेश्‍वरसँग यसो भनेर प्रार्थना गरे, “आज तपाईंले आफ्नो सेवकलाई किन जवाफ दिनुभएन? यदि यो दोष म अथवा मेरा छोरा जोनाथनमा छ भने त्यसमा ऊरीम परोस्। यदि यो दोष तपाईंको प्रजा इस्राएलमा छ भने त्यसलाई तुम्मीम परोस्।” अनि जोनाथन र शाऊलको नाममा चिट्ठा पर्‍यो, तर मानिसहरूचाहिँ निर्दोष साबित भए।
1SA 14:42 तब शाऊलले भने, “म र मेरा छोरा जोनाथनको नाममा चिट्ठा हाल।” अनि जोनाथनको भागमा पर्‍यो।
1SA 14:43 तब शाऊलले जोनाथनलाई भने, “तिमीले के गरेका छौ, सो मलाई भन!” यसकारण जोनाथनले भने, “मैले मेरो लहुरोको टुप्पोले अलिकति मह चाखेको मात्र थिएँ। के अब म मर्नैपर्छ!”
1SA 14:44 शाऊलले भने, “जोनाथन, यदि तिमी मारिएनौ भने परमेश्‍वरले मसँग योभन्दा कठोर व्यवहार गरून्।”
1SA 14:45 तर मानिसहरूले शाऊललाई भने, “के इस्राएलको निम्ति महान् छुटकारा ल्याउने जोनाथन मर्नैपर्छ? यस्तो कदापि हुनेछैन! निश्‍चित रूपमा जीवित याहवेहलाई साक्षी राखेर हामी भन्दछौँ, तिनको एउटै पनि केश भुइँमा खस्‍नेछैन। किनकि तिनले आजको यो काम परमेश्‍वरको सहायताले गरेका थिए।” यसरी मानिसहरूले जोनाथनलाई उद्धार गराए, र तिनलाई मृत्युदण्ड दिइएन।
1SA 14:46 त्यसपछि शाऊलले पलिश्तीहरूलाई खेद्न छोडेर तिनीहरू आफ्नै देशमा फर्केर गए।
1SA 14:47 शाऊलले इस्राएलमाथि शासन गर्न थाले, तब तिनले आफ्ना चारैतिरका विरोधीहरू: अर्थात् मोआब, अम्मोनीहरू, एदोमीहरू, सोबाका राजाहरू र पलिश्तीहरूको विरुद्धमा युद्ध गरे। शाऊल जहाँ-जहाँ गए, विरोधीहरूलाई हराए।
1SA 14:48 तिनले वीरतासाथ युद्ध गरे र अमालेकीहरूलाई परास्त गरे। इस्राएलीहरूलाई लुटपाट गर्नेहरूबाट छुटकारा दिलाए।
1SA 14:49 शाऊलका छोराहरू जोनाथन, यिश्‍वी र मल्की-शूअ थिए। तिनकी जेठी छोरीको नाम मेराब र कान्छी छोरीको नामचाहिँ मीकल थियो।
1SA 14:50 तिनकी पत्नीको नाम अहीनोम थियो, जो अहीमासकी छोरी थिइन्। शाऊलको सेनाको सेनापति, शाऊलका काका नेरका छोरा अबनेर थिए।
1SA 14:51 शाऊलका बुबा कीश र अबनेरका बुबा नेर अबीएलका छोराहरू थिए।
1SA 14:52 शाऊलको जीवनकालभरि नै पलिश्तीहरूसँग घमासान लडाइँ भइरह्‍यो। जब शाऊलले बलिया वा साहसी मानिस देख्थे, तब तिनले त्यस मानिसलाई आफ्नो सेनामा भर्ती गराइहाल्थे।
1SA 15:1 शमूएलले शाऊललाई भने, “तिमीलाई याहवेहको जाति इस्राएलमाथि राजा अभिषेक गर्न भनी उहाँले मलाई नै पठाउनुभयो। यसकारण अब याहवेहबाट आएको सन्देश ध्यानपूर्वक सुन!
1SA 15:2 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘इस्राएलीहरू इजिप्टबाट आउँदा बाटोमा तिनीहरूलाई ढुकेर आक्रमण गर्ने अमालेकीहरूलाई म दण्ड दिनेछु।
1SA 15:3 अब गएर अमालेकीहरूलाई आक्रमण गर्, र तिनीहरूका सबै कुराहरूलाई सम्पूर्ण रूपमा नाश गर्। तिनीहरूलाई बाँकी नराख्। तिनीहरूका पुरुष, स्त्री, छोराछोरी र शिशुहरू, गाईबस्तु र भेडाबाख्रा, ऊँट र गधा सबैलाई नष्‍ट गर्।’ ”
1SA 15:4 यसकारण शाऊलले मानिसहरूलाई तेलैममा भेला गराए। तिनीहरू दुई लाख पैदल सेनाहरू र यहूदाबाट दश हजार मानिसहरू थिए।
1SA 15:5 शाऊल अमालेकको सहरमा गएर घाटीमा ढुकेर बसे।
1SA 15:6 तब तिनले केनीहरूलाई भने, “तिमीहरू अमालेकीहरूलाई छोडेर भागिहाल, ताकि म तिमीहरूलाई तिनीहरूसँगै नाश नपारूँ; किनकि तिमीहरूले इस्राएलीहरू इजिप्टबाट निस्केर आउँदा तिनीहरूलाई दया देखाएका थियौ।” यसकारण केनीहरू अमालेकीहरूलाई छोडेर भागे।
1SA 15:7 तब शाऊलले हवीलादेखि इजिप्टको पूर्वमा पर्ने सिमाना नजिक शूरसम्मै अमालेकीहरूलाई आक्रमण गरे।
1SA 15:8 तिनले अमालेकीहरूका राजा अगागलाई चाहिँ जिउँदै पक्रे, र तिनका सबै मानिसहरूलाई पूर्ण रूपमा तरवारले नष्‍ट गरे।
1SA 15:9 तर शाऊल र तिनका सेनाहरूले अगागलाई, साथै त्यसका असल भेडाबाख्रा र गाईबस्तुहरू, बलिया साँढेहरू र थुमाहरू, र हरेक असल कुराहरूलाई चाहिँ जोगाए। इस्राएलीहरूले यिनीहरूलाई सम्पूर्ण रूपमा नष्‍ट गर्नलाई राजी भएनन्। तर हरेक बेकामका र केही मोल नभएकाहरूलाई चाहिँ तिनीहरूले पूर्ण रूपमा नष्‍ट गरे।
1SA 15:10 त्यसपछि याहवेहको वचन शमूएलकहाँ आयो:
1SA 15:11 “मैले शाऊललाई राजा तुल्याएकोमा म दुःखित भएको छु। किनकि त्यो मदेखि तर्किगएको छ; अनि मेरो वचनलाई त्यसले पालन गरेको छैन।” शमूएल अति दुःखित भए, र याहवेहसँग रातभरि बिन्ती गरिरहे।
1SA 15:12 शमूएल बिहानै उठेर शाऊललाई भेट्न गए, तर तिनलाई यसो भनियो, “शाऊल कर्मेलमा गएका छन्। त्यहाँ तिनले आफ्नो सम्मानका निम्ति एउटा स्मारक खडा गरे। अनि तिनी फर्केर गिलगालतिर झरेका छन्।”
1SA 15:13 जब शमूएल शाऊलकहाँ पुगे, तब तिनले भने, “याहवेहले तपाईंलाई आशिष् देऊन्! मैले याहवेहका आदेशको पालन गरेको छु।”
1SA 15:14 तर शमूएलले भने, “त्यसो भए मेरो कानमा भेडाहरू कराएको आवाजचाहिँ के हो? अनि मैले गाईगोरुहरू कराएको आवाज सुनेको चाहिँ के हो?”
1SA 15:15 शाऊलले भने, “सेनाहरूले अमालेकीहरूबाट ल्याएका हुन्। तिनीहरूले भेडाबाख्रा र गाईबस्तुहरूबाट असल-असलचाहिँ याहवेह तपाईंका परमेश्‍वरका निम्ति बलि चढाउन जोगाइराखेका छन्। तर बाँकी सबैलाई हामीले पूर्ण रूपमा नष्‍ट गर्‍यौँ।”
1SA 15:16 तब शमूएलले शाऊललाई भने, “चुप लाग! याहवेहले मलाई हिजो राति के भन्‍नुभयो, त्यो तिमीलाई बताउनेछु।” शाऊलले भने, “भन्‍नुहोस्!”
1SA 15:17 शमूएलले भने, “यद्यपि एक समयमा तिमीले आफूलाई आफ्नै दृष्‍टिमा सानो ठानेका थियौ; तापनि के तिमी इस्राएलका कुलहरूका अगुवा भएनौ र? याहवेहले तिमीलाई इस्राएलमाथि राजा अभिषेक गर्नुभयो।
1SA 15:18 अनि उहाँले तिमीलाई जिम्मेवारी दिएर पठाउनुहुँदा यसो भन्‍नुभयो, ‘जाऊ, र यी दुष्‍ट मानिसहरू, अर्थात् अमालेकीहरूलाई सम्पूर्ण रूपमा नष्‍ट गर्नू। तिनीहरूका नामनिशानै नमेटुन्जेल तिनीहरूसँग युद्ध गर्नू।’
1SA 15:19 तिमीले किन याहवेहको आज्ञापालन गरेनौ? तिमी किन लुटको मालसामानमाथि झम्ट्यौ, र याहवेहको दृष्‍टिमा किन दुष्‍ट काम गर्‍यौ?”
1SA 15:20 शाऊलले भने, “तर मैले याहवेहको आज्ञापालन गरेँ। याहवेहले मलाई दिनुभएको जिम्मेवारी पूरा गर्न म गएँ। मैले अमालेकीहरूलाई सम्पूर्ण रूपमा नष्‍ट गरे। अनि तिनीहरूका राजा अगागलाई समातेर ल्याएँ।
1SA 15:21 सेनाहरूले लुटका मालबाट भेडा र गाईबस्तु लिए। अनि त्यसबाट असलहरूचाहिँ याहवेह तपाईंका परमेश्‍वरका निम्ति गिलगालमा बलिदानका निम्ति समर्पित गरिएका छन्।”
1SA 15:22 तर शमूएलले जवाफ दिए: “के याहवेह होमबलि र बलिदानहरूमा भन्दा उहाँको वचन पालन गरेकोमा प्रसन्‍न हुनुहुन्‍न र? आज्ञापालन गर्नु बलिदानभन्दा उत्तम हो, अनि उहाँको वचन मान्‍नु थुमाको बोसोभन्दा उत्तम हो।
1SA 15:23 विद्रोही हुनु तन्त्रमन्त्रको पापजस्तै हो, र हठी हुनुचाहिँ मूर्तिपूजाको दुष्‍टता जस्तै हो। तिमीले याहवेहको वचनलाई इन्कार गरेका छौ, यसकारण उहाँले तिमीलाई राजाको रूपमा इन्कार गर्नुभएको छ।”
1SA 15:24 तब शाऊलले शमूएललाई भने, “मैले पाप गरेको छु। मैले याहवेहको आज्ञा र तपाईंका आदेशहरू उल्‍लङ्घन गरेको छु। म मानिसहरूसँग डराएँ। त्यसैले मैले तिनीहरूले गर्न मन लागेको कुरा गर्न दिएँ।
1SA 15:25 अब म तपाईंसँग बिन्ती गर्छु, मेरो पाप क्षमा गरेर मसँग फर्कनुहोस्, ताकि म याहवेहको आराधना गर्न सकूँ!”
1SA 15:26 तर शमूएलले तिनलाई भने, “म तिमीसँग फर्केर जानेछैनँ। तिमीले याहवेहको वचनलाई तिरस्कार गरेका छौ, र याहवेहले तिमीलाई इस्राएलको राजाको रूपमा इन्कार गर्नुभएको छ!”
1SA 15:27 शमूएल जब फर्केर जान लाग्दैथिए, तब शाऊलले तिनको लबेदाको किनार समाते, र त्यो च्यातियो।
1SA 15:28 शमूएलले तिनलाई भने, “याहवेहले तिमीबाट आज इस्राएलको राज्य च्यात्नुभएको छ, र त्यसलाई तिम्रो कुनै एउटा छिमेकीलाई, अर्थात् तिमीभन्दा असल व्यक्तिलाई दिनुभएको छ।
1SA 15:29 उहाँ, जो इस्राएलको महिमा हुनुहुन्छ; उहाँले झूट बोल्नुहुन्‍न, अर्थात् उहाँले आफ्नो मन बदल्नुहुन्‍न। किनकि उहाँ मानिस हुनुहुन्‍न, जसले आफ्नो मन बदल्छ।”
1SA 15:30 तब शाऊलले जवाफ दिए, “मैले पाप गरेको छु; तर पनि मलाई कृपा गरी मेरा मानिसहरूका प्रधानहरू र इस्राएलको सामु इज्जत राखिदिनुहोस्; र मसित फर्कनुहोस्, ताकि म याहवेह तपाईंका परमेश्‍वरलाई आराधना गर्न सकूँ।”
1SA 15:31 यसकारण शमूएल शाऊलसँग फर्केर गए। अनि शाऊलले याहवेहलाई आराधना गरे।
1SA 15:32 तब शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई यहाँ मकहाँ ल्याओ।” अगाग साङ्लाले बाँधिएर आए। अनि तिनले मनमा सोचेका थिए, “निश्‍चय नै मृत्युको तितोपना मबाट हटेर गएको छ।”
1SA 15:33 तर शमूएलले त्यसलाई भने, “तिम्रो तरवारले स्त्रीहरूलाई निःसन्तान बनाएझैँ, तिम्री आमा पनि स्त्रीहरूका बीचमा निःसन्तान हुनेछिन्।” अनि गिलगालमा याहवेहकै सामु शमूएलले अगागलाई मारे।
1SA 15:34 तब शमूएल रामातिर गए; तर शाऊलचाहिँ तिनको आफ्नै घर गेबामा गए।
1SA 15:35 शमूएलले शाऊलका निम्ति शोक गरे; अनि शमूएल बाँचुन्जेल तिनी शाऊललाई भेट्न फेरि कहिल्यै गएनन्। अनि शाऊललाई इस्राएलमाथि राजा तुल्याउनुभएकोमा याहवेहलाई पछुतो भयो।
1SA 16:1 याहवेहले शमूएललाई भन्‍नुभयो, “तँ शाऊलका निम्ति कति दिनसम्म शोक गर्छस्? किनकि मैले त्यसलाई इस्राएलको राजाको रूपमा इन्कार गरिसकेको छु। अब तँसित भएको त्यो सिङमा तेल भरेर आफ्नो बाटो लाग्। म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउँदैछु। मैले त्यसका छोराहरूमध्ये एक जनालाई राजा चुनिसकेको छु।”
1SA 16:2 तर शमूएलले भने, “म कसरी जान सक्छु? यदि शाऊलले यो कुरा सुन्यो भने उसले मलाई मार्नेछ।” याहवेहले भन्‍नुभयो, “आफूसँग एउटा कोरली लिएर जा, र यसो भन् ‘म याहवेहलाई बलि चढाउन आएको हुँ।’
1SA 16:3 यिशैलाई बलिदानमा बोलाउनू, र तैँले के गर्नुपर्ने हो, सो म तँलाई बताउनेछु। तैँले मेरो निम्ति त्यस व्यक्तिलाई अभिषेक गर्नू, जसलाई मैले सङ्केत गर्नेछु।”
1SA 16:4 याहवेहले भन्‍नुभएझैँ शमूएलले गरे। जब तिनी बेथलेहेममा आइपुगे, त्यस सहरका प्रधानहरू तिनीसँग भेट गर्न डराए। तिनीहरूले तिनलाई सोधे, “के तपाईं शान्तिपूर्वक आउनुभयो?”
1SA 16:5 शमूएलले जवाफ दिए, “हजुर, म शान्तिसाथ आएँ; म याहवेहलाई बलि चढाउनलाई आएको हुँ। आफैँलाई शुद्ध पार, र बलिदानका निम्ति मसँग आऊ।” तब तिनले यिशै र तिनका छोराहरूलाई शुद्ध पारे; अनि तिनीहरूलाई बलिदानको लागि निम्तो दिए।
1SA 16:6 जब तिनीहरू आइपुगे, तब शमूएलले एलिआबलाई देखेर सोचे, “निश्‍चय नै याहवेहको अभिषिक्त जन याहवेहकै सामु उभिएको छ।”
1SA 16:7 तर याहवेहले शमूएललाई भन्‍नुभयो, “त्यो सुन्दर र अग्लो भए तापनि त्यसको विचार नगर्। किनकि मैले त्यसलाई इन्कार गरेको छु। याहवेहले मानिसलेझैँ हेर्नहुन्‍न। मानिसहरूले बाहिरी रूप हेर्दछन्; तर याहवेहले हृदयलाई हेर्नुहुन्छ।”
1SA 16:8 तब यिशैले अबीनादाबलाई बोलाएर शमूएलको सामु आउन लगाए। तर शमूएलले भने, “याहवेहले यिनलाई चुन्‍नुभएको छैन।”
1SA 16:9 तब यिशैले शम्मालाई हाजिर गराए, तर शमूएलले भने, “याहवेहले यिनलाई पनि चुन्‍नुभएको छैन।”
1SA 16:10 यिशैले आफ्ना सात जना छोराहरूलाई शमूएलको सामु ल्याए, तर शमूएलले तिनलाई भने, “याहवेहले यिनीहरू कसैलाई पनि चुन्‍नुभएको छैन।”
1SA 16:11 यसकारण तिनले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति मात्रै हुन्?” यिशैले जवाफ दिए, “अझै कान्छो पनि छ, तर त्यो त खेतमा भेडा चराउँदैछ।” शमूएलले भने, “त्यसलाई बोलाउन पठाउनुहोस्; त्यो नआएसम्म हामी खान बस्‍नेछैनौँ।”
1SA 16:12 यसकारण यिशैले त्यसलाई बोलाएर ल्याए। तिनी स्वस्थ, राता-राता गाला र चम्किला आँखा भएका आकर्षक युवक थिए। तब याहवेहले भन्‍नुभयो, “उठ् र त्यसलाई अभिषेक गर्; किनकि त्यो व्यक्ति यही हो।”
1SA 16:13 यसकारण शमूएलले सिङमा भएको तेल लिएर दावीदलाई तिनका दाजुहरूको उपस्थितिमा अभिषेक गरे; अनि त्यस दिनदेखि याहवेहको आत्मा दावीदमाथि शक्तिशाली रूपमा आउनुभयो। त्यसपछि शमूएल रामामा गए।
1SA 16:14 अब याहवेहका आत्मा शाऊलबाट गइसक्नुभएको थियो। अनि याहवेहबाटको एउटा हानिकारक आत्माले तिनलाई साह्रै सताउँथ्यो।
1SA 16:15 शाऊलका सेवकहरूले तिनलाई भने, “सुन्‍नुहोस्, परमेश्‍वरबाटको एउटा हानिकारक आत्माले तपाईंलाई सताउँदैछ।
1SA 16:16 हाम्रा मालिकले आफ्ना सेवकहरूलाई वीणा बजाउन सक्ने कसैलाई खोजेर ल्याउने आज्ञा दिनुहोस्। अनि परमेश्‍वरबाटको त्यो हानिकारक आत्मा तपाईंमाथि आउँदा त्यसले वीणा बजाओस्, तब तपाईंलाई आराम हुनेछ।”
1SA 16:17 यसकारण शाऊलले आफ्ना सेवकहरूलाई भने, “राम्रोसँग वीणा बजाउने एक जना व्यक्तिलाई खोज, र त्यसलाई मकहाँ ल्याओ।”
1SA 16:18 तब ती सेवकहरूमध्ये एक जनाले भने, “मैले बेथलेहेममा यिशैका एक जना छोरालाई देखेको छु, जो बजाउनमा पोख्त छन्। तिनी साहसी र वीर योद्धा पनि हुन्। बोल्नमा सिपालु र हेर्नमा सुन्दर पनि छन्। अनि याहवेह तिनीसँग हुनुहुन्छ।”
1SA 16:19 तब शाऊलले यिशैकहाँ दूतहरू पठाएर भने, “भेडाहरू चराउने तपाईंको छोरो दावीदलाई मकहाँ पठाइदिनुहोस्।”
1SA 16:20 यसकारण यिशैले रोटीहरू, एक मशक दाखमद्य र एउटा कलिलो पाठो एउटा गधामाथि लदाएर ती कुराहरू आफ्नो छोरो दावीदसँग शाऊलकहाँ पठाइदिए।
1SA 16:21 दावीद शाऊलकहाँ आए, र तिनको सेवामा नियुक्त भए। शाऊलले तिनलाई औधी प्रेम गर्थे; अनि दावीद तिनका हतियार बोक्नेहरूमध्ये एक जना भए।
1SA 16:22 तब शाऊलले यिशैकहाँ समाचार पठाएर भने, “दावीदलाई मेरो सेवामा रहन दिनुहोस्; किनकि म तिनीसँग असाध्यै प्रसन्‍न छु।”
1SA 16:23 जब-जब परमेश्‍वरबाटको हानिकारक आत्मा शाऊलमाथि आउँथ्यो, तब-तब दावीदले वीणा बजाउँथे। यसरी शाऊलले छुटकारा पाउँथे; र तिनले आराम महसुस गर्थे; अनि हानिकारक आत्माले तिनलाई छोड्दथ्यो।
1SA 17:1 अब पलिश्तीहरूले युद्धका निम्ति आफ्ना सेनाहरूलाई जम्मा गरे; र यहूदाको सोको सहरमा भेला भए। तिनीहरूले सोको र अजेकाको बीचमा एपेस-दम्मीममा छाउनी हाले।
1SA 17:2 शाऊल र इस्राएलीहरू भेला भएर एलाको बेँसीमा छाउनी हाले। अनि पलिश्तीहरूसँग युद्ध गर्न पङ्‌क्ति बाँधेर तैनाथ भए।
1SA 17:3 बेँसीलाई बीचमा पारेर पलिश्तीहरू एउटा डाँडामा र इस्राएलीहरू अर्को डाँडामा तैनाथ भए।
1SA 17:4 पलिश्तीहरूको छाउनीबाट गात सहरको एक जना गोल्यत नाम भएको वीर मानिस निस्केर आयो। त्यो छ क्यूबिट एक स्पान अग्लो थियो।
1SA 17:5 त्यसले टाउकोमा काँसोको टोप लगाएको थियो, र पाँच हजार शेकेल ओजन भएको काँसोको झिलम लगाएको थियो;
1SA 17:6 त्यसले पाउमा काँसोको कवच लगाएको थियो, र ढाडमा काँसोको बर्छा बोकेको थियो।
1SA 17:7 त्यसको भालाको बिँड कपडा बुन्‍ने तानको डण्डाजस्तै थियो। अनि भालाको टुप्पोचाहिँ छ सय शेकेल ओजनको थियो। त्यसको ढाल बोक्ने त्यसको अगि-अगि गयो।
1SA 17:8 तब गोल्यत खडा भएर इस्राएलका सेनाहरूलाई कराएर भन्यो, “तिमीहरू लडाइँका निम्ति किन पङ्‌क्ति बाँधेर निस्कन्छौ? के म पलिश्ती होइनँ र? अनि तिमीहरूचाहिँ शाऊलका चाकरहरू होइनौ र? एक जना मानिस चुन; अनि त्यसलाई मसँग लड्नलाई पठाओ।
1SA 17:9 यदि त्यसले मसँग लडाइँ गरेर मलाई मार्न सक्यो भने हामी तिमीहरूका अधीनमा हुनेछौँ; तर यदि मैले जितेँ, र त्यसलाई मारेँ भने तिमीहरू हाम्रा अधीनमा हुनेछौ, र हाम्रो सेवा गर्नुपर्नेछ।”
1SA 17:10 तब त्यस पलिश्तीले भन्यो, “आजको दिन म इस्राएलको सेनालाई चुनौती दिन्छु! मलाई एउटा मानिस देओ, र हामी एक-अर्कासँग युद्ध गरौँ।”
1SA 17:11 त्यस पलिश्तीका कुराहरू सुनेर शाऊल र सारा इस्राएलीहरू हतोत्साहित भए, र साह्रै डराए।
1SA 17:12 अब दावीदचाहिँ यहूदाको बेथलेहेमका एप्राती यिशै नाम भएका मानिसका छोरा थिए। यिशैका आठ जना छोराहरू थिए, र शाऊलको समयमा यिशै अति वृद्ध भइसकेका थिए।
1SA 17:13 यिशैका तीन जना ठूला छोराहरू शाऊलसँग युद्धमा गएका थिए: जेठो एलिआब, माहिलो अबीनादाब र साहिँलो शम्मा।
1SA 17:14 दावीदचाहिँ कान्छा थिए। तीन जना ठूलाहरूचाहिँ शाऊलको पछि लागेका थिए।
1SA 17:15 तर दावीदचाहिँ शाऊलको छाउनीबाट बेथलेहेममा आफ्नो बुबाका भेडाहरू चराउन आउने-जाने गर्थे।
1SA 17:16 चालीस दिनसम्म त्यो पलिश्ती हरेक साँझ र बिहान अगि आएर चुनौती दिन्थ्यो।
1SA 17:17 अब यिशैले आफ्ना छोरा दावीदलाई भने, “यो एक एपा भुटेको अन्‍न र यी दश वटा रोटीहरू तेरा दाजुहरूका निम्ति लिएर चाँडै तिनीहरूको छाउनीमा जा।
1SA 17:18 तिनीहरूका छाउनीका सेनापतिकहाँ यी दश वटा पनीर पनि लिएर जा। तेरा दाजुहरू कस्ता छन्, गएर हेर् र तिनीहरूबाट केही सान्त्वनाको खबर लिएर आइज।
1SA 17:19 तिनीहरू शाऊलसँग छन्, र इस्राएलका सबै मानिसहरू एलाको बेँसीमा पलिश्तीहरूसँग युद्ध गर्दैछन्।”
1SA 17:20 भोलिपल्ट बिहानै बगाललाई गोठालाहरूसँग सुम्पेर यिशैको आदेशअनुसार दावीद सामानहरू लादेर निस्के। सेनाहरू युद्धको ध्वनि बजाउँदै लडाइँको मैदानमा जाँदै गर्दा दावीद छाउनीमा पुगे।
1SA 17:21 इस्राएलीहरू र पलिश्तीहरू आमने-सामने खडा थिए।
1SA 17:22 दावीदले आफ्ना सामानहरू रेखदेख गर्नेको जिम्मामा छोडे, र दौडेर गइ आफ्ना दाजुहरूलाई अभिवादन गरे।
1SA 17:23 दावीद उनीहरूसँग कुरा गरिरहेका बेला गात सहरको वीर पलिश्ती गोल्यत छाउनीबाट बाहिर निस्केर जोरसँग धम्क्याउन थाल्यो; अनि त्यो दावीदले सुने।
1SA 17:24 जब इस्राएलीहरूले त्यस मानिसलाई देख्थे, तब तिनीहरू सबै भयभीत भएर भाग्थे।
1SA 17:25 इस्राएलीहरूले आपसमा यसो भनिरहेका थिए, “त्यो मानिस कसरी निस्केर आइरहेको छ देख्दैछौ? त्यो इस्राएलीहरूलाई धम्क्याउन छाउनीबाहिर निस्कन्छ। त्यसलाई मार्ने मानिसलाई राजाले धेरै सम्पत्ति दिनेछन्। त्यसलाई मार्नेलाई राजाले आफ्नो छोरी विवाह गरिदिनेछन्, र त्यसको परिवारले इस्राएलमा करबाट पनि छुट पाउनेछ।”
1SA 17:26 दावीदले आफ्नो छेउमा उभिरहेका मानिसहरूलाई सोधे, “यस पलिश्तीलाई मार्ने र इस्राएलबाट अपमान हटाइदिने मानिसको निम्ति के गरिनेछ? जीवित परमेश्‍वरको सेनालाई धम्की दिने खतना नभएको यो पलिश्ती को हो र?”
1SA 17:27 तिनीहरूले अगि जे भनिरहेका थिए, त्यही दोहोर्‍याएर भने, “त्यसलाई मार्ने मानिसका निम्ति यही व्यवहार गरिनेछ।”
1SA 17:28 जब तिनका जेठा दाजु, एलिआबले दावीदलाई मानिसहरूसँग कुरा गरिरहेका सुने, तब तिनी दावीदसँग रिसले आगो भएर सोधे, “तँ यहाँ किन आइस्? अनि तैँले ती थोरै भेडाहरू उजाडस्थानमा कोसँग छोडेर आइस्? मलाई थाहा छ, तँ कति घमण्डी छस्; र तेरो हृदय कति दुष्‍ट छ। तँ युद्ध हेर्नलाई मात्र यहाँ आएको होस्।”
1SA 17:29 दावीदले भने, “अहिले मैले के गरेको छु र? के मैले बोल्न पनि हुँदैन र?”
1SA 17:30 तब दावीदले अर्कोतिर फर्केर त्यही कुरा गरे, र ती मानिसहरूले तिनलाई पहिलेजस्तै जवाफ दिए।
1SA 17:31 दावीदले जे कुरा भनेका थिए, त्यो एक जनाले सुन्यो, र शाऊललाई भन्यो। अनि शाऊलले तिनलाई बोलाउन पठाए।
1SA 17:32 दावीदले शाऊललाई भने, “यस पलिश्तीको कारण कोही पनि हताश नहोस्। म तपाईंको सेवक गएर त्यससँग लड्नेछु।”
1SA 17:33 तब शाऊलले दावीदलाई जवाफ दिए, “तिमी यस पलिश्तीको विरुद्धमा गएर लडाइँ गर्न सक्दैनौ। तिमी त सानो ठिटो मात्र हौ; तर त्यो त आफ्नो युवाअवस्थादेखि नै लडाइँ गर्दैआएको लडाकु हो।”
1SA 17:34 तर दावीदले शाऊललाई भने, “तपाईंको सेवकले आफ्नो पिताका भेडाहरू चराउँदैआएको छु। जब कुनै सिंह अथवा भालु आएर बगालबाट भेडा लिएर जान्थ्यो,
1SA 17:35 तब म त्यसको पछि-पछि गएर त्यसलाई आक्रमण गर्थेँ, र त्यसको मुखबाट भेडालाई छुटाएर ल्याउँथे। जब त्यो जनावर मलाई आक्रमण गर्न झम्टन्थ्यो, तब मैले त्यसको घिच्रो समातेर हिर्काएर मारिदिन्थे।
1SA 17:36 तपाईंको यस सेवकले सिंह र भालु दुवैलाई मारेको छु। यस खतना नगरिएको पलिश्ती पनि तीमध्ये एउटाझैँ हुनेछ; किनकि त्यसले जीवित परमेश्‍वरका सेनाहरूलाई धम्की दिएको छ।
1SA 17:37 जुन परमेश्‍वरले मलाई सिंह र भालुको पञ्जाबाट छुटाउनुभयो, उहाँले नै मलाई यस पलिश्तीको हातबाट पनि छुटाउनुहुनेछ।” तब शाऊलले दावीदलाई भने, “जाऊ, र याहवेह तिमीसँग होऊन्।”
1SA 17:38 तब शाऊलले दावीदलाई आफ्नो युद्धको पोशाक पहिराइदिए। राजाले उनलाई झिलम लगाइदिए, र शिरमा काँसोको टोपी पनि लगाइदिए।
1SA 17:39 दावीदले त्यस युद्धको पोशाकमाथि आफ्नो तरवार भिरे, र यताउति हिँड्न चेष्‍टा गरे; किनकि तिनलाई ती सबै कुरा पहिरने बानी थिएन। तिनले शाऊललाई भने, “म यस पोशाकमा जान सक्दिनँ; किनकि मलाई यी लगाउने बानी छैन।” यसकारण तिनले ती सबै उतारिदिए।
1SA 17:40 तब दावीदले हातमा आफ्नो लहुरो लिए, र खोलाबाट पाँच वटा चिल्‍ला-चिल्‍ला ढुङ्गाहरू छाने। ती ढुङ्गाहरू आफ्नो गोठाले थैलीमा हाले। अनि तिनले हातमा आफ्नो घुयेँत्रो लिएर त्यस पलिश्तीतिर अगि बढे।
1SA 17:41 त्यसै बेला त्यो पलिश्ती आफ्नो हतियार बोक्नेलाई अगि लगाएर दावीदको नजिकतिर अगि बढ्यो।
1SA 17:42 त्यसले दावीदलाई नियालेर हेर्‍यो। अनि राता-राता गाला र हेर्नमा सुन्दर ठिटो देखेर तिनलाई अपमान गर्न लाग्यो।
1SA 17:43 त्यसले दावीदलाई भन्यो, “के म कुकुर हुँ, र मकहाँ लहुरो लिएर आउँछस्?” अनि त्यस पलिश्तीले दावीदलाई आफ्नो देवताहरूको नाममा सराप्न थाल्यो।
1SA 17:44 त्यसले भन्यो, “यहाँ आइज, र म तेरो मासु आकाशका चराहरू र जङ्गली जनावरहरूलाई खान दिनेछु।”
1SA 17:45 तब दावीदले त्यस पलिश्तीलाई भने, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तेरो विरुद्धमा सेनाहरूका याहवेह, इस्राएलका सेनाहरूका परमेश्‍वरको नाममा आएको छु, जसलाई तैँले धम्की दिएको छस्।
1SA 17:46 आजको दिन याहवेहले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ। अनि म तँलाई लडाएर तेरो शिर काट्नेछु। आजको दिन म पलिश्ती सेनाहरूका लास आकाशका चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु। अनि सारा संसारले इस्राएलसँग परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा जान्‍नेछन्।
1SA 17:47 यहाँ भेला भएकाहरू सबैले थाहा पाउनेछन्, कि तरवार वा भालाद्वारा याहवेहले बचाउनुहुन्‍न। किनकि युद्ध याहवेहकै हो, र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्पिदिनुहुनेछ।”
1SA 17:48 जब त्यो पलिश्ती दावीदलाई आक्रमण गर्न भनी नजिक बढ्यो, तब दावीद पनि लडाइँको मैदानमा त्यो भएतिर दौडेर गए।
1SA 17:49 दावीदले आफ्नो हात थैलोमा हालेर एउटा ढुङ्गा निकाले। अनि तिनले घुयेँत्रो घुमाएर त्यस पलिश्तीको निधारमा प्रहार गरे। त्यो ढुङ्गा त्यसको निधारैमा गाडियो, र त्यो पलिश्ती भुइँमा घोप्टो परेर ढल्यो।
1SA 17:50 यसरी दावीदले एउटा घुयेँत्रो र एउटा ढुङ्गाले त्यस पलिश्तीमाथि विजयी भए; तरवारविना पनि तिनले त्यस पलिश्तीलाई घुँयेत्रोले हानेर ढाले, र मारे।
1SA 17:51 दावीद दौडेर गए, र त्यस पलिश्तीमाथि उभिए। तिनले त्यस पलिश्तीको तरवार म्यानबाट थुते, र त्यसलाई मारे। अनि त्यही तरवारले त्यसको टाउको काटे। जब पलिश्तीहरूले आफ्नो वीर मानिस मारिएको देखे, तब तिनीहरू फर्केर भागे।
1SA 17:52 अनि इस्राएल र यहूदाका मानिसहरू विजय ध्वनिकासाथ अगि बढे। अनि पलिश्तीहरूलाई गात बेँसीको प्रवेशद्वार र एक्रोन सहरको मूलढोकासम्म खेदे। तिनीहरूका लास शारैम सहरको बाटोबाट गात र एक्रोन सहरसम्म नै जताततै छरिए।
1SA 17:53 पलिश्तीहरूलाई खेदेर इस्राएलीहरू फर्कँदा, तिनीहरूले पलिश्तीहरूका छाउनी लुटे।
1SA 17:54 दावीदले त्यस पलिश्तीको टाउको लिए, र त्यसलाई यरूशलेममा ल्याए। दावीदले त्यस पलिश्तीका हतियारहरू आफ्नै छाउनीमा राखे।
1SA 17:55 दावीद त्यस पलिश्तीसँग लड्न जाँदै गर्दा शाऊलले सेनाको सेनापति अबनेरलाई भने, “अबनेर, त्यो जवान मानिस कसको छोरा हो?” अबनेरले जवाफ दिए, “हे राजा, तपाईंको जीवनको शपथ लिएर भन्दछु, साँच्‍चै मलाई थाहा छैन।”
1SA 17:56 तब राजाले भने, “यो जवान मानिस कसको छोरा हो, सो पत्तो लगाऊ।”
1SA 17:57 जब दावीद त्यस पलिश्तीलाई मारेर फर्के, तब अबनेरले दावीदलाई त्यस पलिश्तीको टाउको बोकिरहेकै अवस्थामा शाऊलको सामु पुर्‍याए।
1SA 17:58 शाऊलले तिनलाई सोधे, “हे जवान मानिस, तिमी कसको छोरा हौ?” दावीदले भने, “म तपाईंको सेवक बेथलेहेम निवासी यिशैको छोरा हुँ।”
1SA 18:1 जब दावीदले शाऊलसँग कुरा गरिसके, तब जोनाथन दावीदसँग आत्मामा एक भए। जोनाथनले दावीदलाई आफैँलाई जस्तै प्रेम गरे।
1SA 18:2 त्यस दिनदेखि शाऊलले दावीदलाई आफूसँगै राखे, र तिनलाई आफ्नो घरमा फर्केर जान दिएनन्।
1SA 18:3 जोनाथनले दावीदलाई आफूलाई जस्तै प्रेम गरेको कारण तिनले दावीदसँग करार बाँधे।
1SA 18:4 जोनाथनले आफूले लगाएको लबेदा फुकाले, र त्यो दावीदलाई दिए, जसमा उनका युद्धको पोशाक, तरवार, धनु र पेटी पनि थिए।
1SA 18:5 शाऊलले दावीदलाई जे-जे काम गर्न दिए, तिनले ती सबै काममा सफलता पाए। त्यसैले शाऊलले तिनलाई सेनाको उच्‍च पदमा नियुक्त गरे। यस विषयमा सबै मानिसहरू र शाऊलका अधिकृतहरू पनि खुशी भए।
1SA 18:6 दावीदले पलिश्तीहरूलाई मारिसकेपछि, जब मानिसहरू घर फर्किरहेका थिए, तब स्त्रीहरू इस्राएलका सहरहरूबाट आनन्दका गीतहरू गाउँदै, नाच्दै, खैँजडी र सारङ्गी बजाउँदै राजा शाऊललाई भेट गर्न निस्केर आए।
1SA 18:7 तिनीहरूले नाच्दै यसरी गीत गाए: “शाऊलले हजारौँ-हजारलाई मारे, तर दावीदले त लाखौँ-लाखलाई मारे।”
1SA 18:8 त्यो कुराले शाऊल ज्यादै रिसाए। त्यस गीतले तिनलाई साह्रै दुःखित तुल्यायो। तिनले सोचे, “तिनीहरूले दावीदलाई लाखौँको श्रेय दिए, तर मलाईचाहिँ हजारौँको मात्र श्रेय दिए। अब राज्यबाहेक उसले अरू के प्राप्‍त गर्नु बाँकी रह्‍यो र।”
1SA 18:9 अनि त्यस बेलादेखि उसो शाऊलले दावीदलाई डाहको दृष्‍टिले हेर्न थाले।
1SA 18:10 भोलिपल्ट परमेश्‍वरतर्फको एउटा हानिकारक आत्मा शक्तिशाली रूपमा शाऊलमाथि आयो। तिनी आफ्नो घरमा अगमवाणी बोलिरहेका थिए। दावीदले सधैँझैँ वीणा बजाइरहेका थिए। शाऊलको हातमा एउटा भाला थियो।
1SA 18:11 “दावीदलाई भित्तामा उनिने गरी प्रहार गर्नेछु,” भनी मनमनै तिनले सोचेर भाला हाने, तर दावीद दुई पटक तिनीबाट तर्के।
1SA 18:12 शाऊल दावीददेखि डराउन थाले; किनकि याहवेह तिनको साथमा हुनुहुन्थ्यो। तर शाऊललाई चाहिँ छोडिसक्नुभएको थियो।
1SA 18:13 यसकारण तिनले दावीदलाई आफूदेखि टाढा पठाइदिए। अनि तिनलाई एक हजार सेनाहरूमाथिका सेनापति बनाइदिए; अनि दावीदले सेनाहरूलाई युद्धहरूमा नेतृत्व गरे।
1SA 18:14 तिनले गरेको जुनसुकै काममा पनि तिनले ठूलो सफलता पाए। किनकि याहवेह तिनीसँग हुनुहुन्थ्यो।
1SA 18:15 जब शाऊलले तिनलाई सफलता पाएको देखे, तब उनी दावीदसँग अझ धेरै डराउन थाले।
1SA 18:16 तर सारा इस्राएल र यहूदाले चाहिँ दावीदलाई प्रेम गर्थे; किनकि उनीहरूलाई युद्धहरूमा तिनले नेतृत्व गर्दथे।
1SA 18:17 तब शाऊलले दावीदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छे। म यसलाई तिमीसँग विवाह गरिदिनेछु। तिमीले केवल वीरतासाथ मेरो सेवा गर, र याहवेहको युद्ध गर।” किनकि शाऊलले मनमनै भने, “म यसको विरुद्धमा हात उठाउनेछैन। तर पलिश्तीहरूले नै त्यो काम गरून्!”
1SA 18:18 तर दावीदले शाऊललाई भने, “म को हुँ र? अनि मेरो परिवार अथवा मेरो वंश इस्राएलमा को हुन् र, म राजाका जुवाइँ हुन सक्छु?”
1SA 18:19 यसकारण जब शाऊलकी छोरी मेराबको दावीदसँग विवाह गर्ने बेला आयो, तब तिनलाई महोलाती अद्रीएलसँग विवाह गरिदिए।
1SA 18:20 अब शाऊलकी छोरी मीकलले चाहिँ दावीदलाई प्रेम गर्थिन्। अनि जब तिनीहरूले यो कुरा शाऊललाई बताए, तब तिनी खुशी भए।
1SA 18:21 तिनले यसरी सोचे, “म दावीदलाई मीकल दिनेछु, ताकि यो उसको निम्ति एउटा पासो बनोस्, र पलिश्तीहरूको हात त्यसको विरुद्धमा उठोस्।” यसकारण शाऊलले दावीदलाई भने, “अब तिमीलाई दोस्रोचोटि मेरो जुवाइँ हुने मौका मिलेको छ।”
1SA 18:22 तब शाऊलले आफ्ना सेवकहरूलाई हुकुम दिए: “दावीदलाई एकलै बोलाएर भन, ‘हेर्नुहोस्, राजा तपाईंसँग खुशी हुनुहुन्छ; अनि उहाँका सबै सेवकहरूले तपाईंलाई मन पराउँछन्। अब तपाईं राजाको जुवाइँ बन्‍नुहोस्!’ ”
1SA 18:23 तब शाऊलका मानिसहरू गएर दावीदलाई ती कुराहरू भनिदिए। तर दावीदले भने, “के राजाको जुवाइँ हुनु चानचुने कुरा हो भनी तिमीहरू सम्झन्छौ? म त एउटा गरिब मानिस हुँ, र साधारण मानिस मात्र हुँ।”
1SA 18:24 जब शाऊलका सेवकहरूले तिनलाई दावीदले भनेका कुरा सुनाइदिए,
1SA 18:25 तब शाऊलले जवाफ दिए, “दावीदलाई यसो भन, ‘राजाले दुलहीको मूल्यको निम्ति शत्रुहरूलाई बदला लिन पलिश्तीहरूका एक सय खलडीबाहेक अरू केही चाहनुहुन्‍न।’ ” शाऊलको योजनाचाहिँ पलिश्तीहरूको हातबाट दावीद मारियोस् भन्‍ने थियो।
1SA 18:26 जब ती सेवकहरूले दावीदलाई यी कुरा सुनाए, तब तिनी राजाका जुवाइँ हुन राजी भए। यसकारण तोकिएको समय पूरा हुन अगि नै,
1SA 18:27 दावीद आफ्ना सेनाहरू लिएर निस्के; र दुई सय पलिश्तीहरूलाई मारे। अनि तिनीहरूका खलडीहरू ल्याए। दावीद राजाको जुवाइँ हुन सकून् भनेर तिनीहरूले ती सबै गन्ती गरे। त्यसपछि शाऊलले आफ्नी छोरी मीकललाई दावीदसँग विवाह गरिदिए।
1SA 18:28 जब राजा शाऊलले दावीदसँग याहवेह हुनुहुँदोरहेछ र मीकलले पनि तिनलाई प्रेम गर्छिन् भन्‍ने कुरा थाहा पाए,
1SA 18:29 तब शाऊल दावीदसँग झन् धेरै डराउन थाले। अनि तिनी आफ्नो बाँकी जीवनभरि नै दावीदको शत्रु बनिरहे।
1SA 18:30 पलिश्ती सेनापतिहरू लडाइँ गर्न निस्किरहन्थे। अनि जतिपल्ट तिनीहरूले हमला गर्थे, त्यति नै शाऊलका अरू अधिकृतहरूभन्दा दावीदले बढी सफलता पाउँथे। यसरी तिनको नाम अति प्रसिद्ध भयो।
1SA 19:1 शाऊलले आफ्ना छोरा जोनाथन र सबै सेवकहरूलाई दावीदलाई हत्या गर्नू भनी भने। तर जोनाथनले दावीदलाई औधी मन पराउँथे।
1SA 19:2 अनि तिनले दावीदलाई यसो भनेर होशियार गराए, “मेरा पिता शाऊलले तपाईंलाई मार्ने मौका खोज्दैहुनुहुन्छ। भोलि बिहान सतर्क रहनुहोस्। कहीँ लुक्न जानुहोस् र त्यहीँ बस्‍नुहोस्।
1SA 19:3 म बाहिर गएर तपाईं हुनुभएको खेतमा आफ्ना पितासँग उभिनेछु। म उहाँसित तपाईंको बारेमा कुरा गर्नेछु। अनि मैले थाहा पाएको कुरा तपाईंलाई बताउनेछु।”
1SA 19:4 जोनाथनले आफ्ना पिता शाऊलसँग दावीदको बारेमा राम्रो कुरा गरेर तिनलाई भने, “राजा, हजुरले आफ्ना सेवक दावीदलाई केही हानि नगर्नुहोस्। तिनले केही खराबी गरेका छैनन्। अनि तिनले जे गरेका छन्, त्यसबाट तपाईंलाई नै धेरै फाइदा भएको छ।
1SA 19:5 तिनले आफ्नो ज्यानसमेत जोखिममा पारेर त्यस पलिश्तीलाई मारे। याहवेहले सारा इस्राएलका निम्ति ठूलो विजय दिनुभयो। त्यो हजुरले पनि देख्नुभयो, र तपाईं प्रसन्‍न हुनुभयो। अनि तिनै दावीदलाई कुनै कारणविना मारेर तिनीजस्ता निर्दोष मानिसको हानि तपाईं किन गर्नुहुन्छ?”
1SA 19:6 शाऊलले जोनाथनको कुरा सुने। तब यस्तो शपथ खाए, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै दावीद मारिनेछैन।”
1SA 19:7 यसकारण जोनाथनले दावीदलाई बोलाएर सम्पूर्ण कुरा भने। तब तिनले दावीदलाई शाऊलकहाँ ल्याए, र दावीद पहिलेझैँ शाऊलको उपस्थितिमा रहे।
1SA 19:8 एक पटक फेरि युद्ध मच्‍चियो। अनि दावीद पलिश्तीहरूसँग युद्ध गर्न गए। तिनले तिनीहरूमाथि ठूलो आक्रमण गरे। तिनीहरू तिनको सामुबाट भागे।
1SA 19:9 तर जब शाऊल आफ्नो हातमा भाला लिएर आफ्नो घरमा बसिरहेका थिए, तब त्यही बेला याहवेहबाटको एउटा हानिकारक आत्मा तिनीमाथि आयो। त्यस बेला दावीदचाहिँ वीणा बजाइरहेका थिए।
1SA 19:10 अनि शाऊलले त्यस भालाले भित्तैमा उनिने गरी तिनलाई प्रहार गर्न कोसिस गरे। तर दावीदले छले; अनि शाऊलको भाला भित्तामा गएर भासियो। त्यसै रात दावीद त्यहाँबाट सुरक्षासाथ भाग्न सफल भए।
1SA 19:11 शाऊलले भोलिपल्ट बिहान दावीदलाई मार्न भनी तिनको घरमा चियो गर्न मानिसहरू पठाए। तर तिनकी पत्नी मीकलले तिनलाई होशियार गराएर भनिन्, “यदि तपाईं आज राति नै आफ्नो प्राणको लागि भाग्नुभएन भने भोलि बिहान तपाईं मारिनुहुनेछ।”
1SA 19:12 यसकारण मीकलले दावीदलाई एउटा झ्यालबाट ओरालिदिइन्। तब तिनी भागे, र उम्कन सफल भए।
1SA 19:13 त्यसपछि मीकलले एउटा मूर्ति ल्याएर त्यसलाई ओछ्यानमा सुताइन्। अनि त्यसलाई लुगाले ढाकिदिइन्, र टाउकोमा चाहिँ बाख्राका केही रौँहरू राखिदिइन्।
1SA 19:14 जब शाऊलले दावीदलाई पक्रन भनी मानिसहरू पठाए, तब मीकलले भनिन्, “उहाँ त बिरामी हुनुहुन्छ।”
1SA 19:15 तब शाऊलले दावीदलाई हेर्न भनी ती मानिसहरूलाई फेरि पठाएर भने, “त्यसको पलङसितै त्यसलाई मकहाँ ल्याओ, र म त्यसलाई मार्नेछु!”
1SA 19:16 तर जब ती मानिसहरू भित्र पसे, तब पलङमा मूर्ति थियो, र त्यसको शिरमा चाहिँ बाख्राका रौँ थिए।
1SA 19:17 तब शाऊलले मीकललाई भने, “किन तैँले मलाई यसरी छल गरिस्, र मेरो शत्रुलाई भाग्न दिइस्?” तब मीकलले भनिन्, “तिनले मलाई भने, ‘मलाई भाग्न देऊ। नत्रता म तिमीलाई मार्नेछु?’ ”
1SA 19:18 जब दावीद भागे, र तिनी उम्कन सफल भए, तब तिनी रामामा शमूएलकहाँ गए। अनि शाऊलले तिनलाई गरेका सबै कुराहरू शमूएललाई सुनाइदिए। तब तिनी र शमूएल नैयोतको गाउँमा गए, र त्यहीँ बस्‍न थाले।
1SA 19:19 “दावीद रामा सहरको नैयोत गाउँमा छन्,” भनेर शाऊलकहाँ खबर आइपुग्यो।
1SA 19:20 यसकारण तिनले दावीदलाई पक्रन मानिसहरू पठाए। तर जब तिनीहरूले शमूएलको नेतृत्वमा एक दल अगमवक्ताहरूले अगमवाणी गरिरहेका देखे, तब परमेश्‍वरको आत्मा शाऊलका मानिसहरूमाथि आउनुभयो। अनि तिनीहरूले पनि अगमवाणी बोल्न थाले।
1SA 19:21 शाऊललाई यो कुरा सुनाइयो। तब तिनले अझ धेरै मानिसहरू पठाए, र तिनीहरूले पनि अगमवाणी बोल्न थाले। शाऊलले तेस्रो पटक मानिसहरू पठाए। तब तिनीहरूले पनि अगमवाणी गरे।
1SA 19:22 आखिरमा तिनी आफैँ रामाको सहरतिर गए, र सेकूमा भएको ठूलो कुवामा आइपुगे। तिनले सोधे, “शमूएल र दावीद कहाँ छन्?” तिनीहरूले भने, “रामाको नैयोत गाउँमा छन्।”
1SA 19:23 यसकारण शाऊल रामाको नैयोतमा गए। तर परमेश्‍वरको आत्मा तिनीमाथि पनि आउनुभयो। अनि तिनी पनि नैयोत नआइपुगेसम्म अगमवाणी बोल्दै हिँडे।
1SA 19:24 तिनले आफ्नो पोशाक उतारे। अनि शमूएलको उपस्थितिमा पनि अगमवाणी गरे। तिनी त्यस दिनभरि र रातभरि नाङ्गै बसे। यसैकारण मानिसहरू भन्छन्, “के शाऊल पनि अगमवक्ताहरू मध्येका एक हुन् र?”
1SA 20:1 तब दावीद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ गएर सोधे, “मैले के गरेको छु? मेरो अपराध के हो? मैले तिम्रा पितालाई के खराबी गरेको छु र उहाँले मलाई मार्न खोज्दैहुनुहुन्छ?”
1SA 20:2 जोनाथनले जवाफ दिए, “कदापि यस्तो हुनेछैन! तपाईं मर्नुहुनेछैन! हेर्नुहोस्, मेरा पिताले मलाई नभनी ठूलो वा सानो होस्, कुनै पनि काम गर्नुहुन्‍न। उहाँले यो कुरा मदेखि किन लुकाउनुहुन्थ्यो र? यस्तो हुनै सक्दैन!”
1SA 20:3 तर दावीदले शपथ खाएर भने, “मैले तिम्रो दृष्‍टिमा निगाह पाएको छु भनी तिम्रा पितालाई थाहा छ। त्यसैले उहाँले आफ्नो मनमा यसरी सोच्नुभएको होला, ‘यो कुरा जोनाथनले थाहा नपाओस्, नत्रता त्यो दुःखी हुनेछ।’ साँच्‍चै जीवित याहवेह र तिमीलाई साक्षी राखेर म भन्दछु, म र मृत्युको बीचको दूरी एक कदम मात्र छ।”
1SA 20:4 तब जोनाथनले दावीदलाई भने, “मैले तपाईंको निम्ति जे गरेको तपाईं चाहनुहुन्छ, म त्यही गर्नेछु।”
1SA 20:5 यसकारण दावीदले भने, “हेर, भोलि औँसीको चाड हो। मैले राजासँग भोजन खानुपर्ने हुन्छ। तर मलाई जान देऊ, र पर्सि साँझसम्म खेतमा गएर लुक्नेछु।
1SA 20:6 यदि तिम्रा पिताले मलाई खोज्नुभयो भने उहाँलाई यसो भनिदेऊ, ‘बेथलेहेममा आफ्नो घर अचानक जानुपर्ने भएको हुनाले दावीदले मसँग अनुमति मागे; किनकि त्यहाँ तिनको सम्पूर्ण घरानाका निम्ति वार्षिक बलिदान चढाउनुपर्ने रहेछ।’
1SA 20:7 यदि उहाँले, ‘ठिकै छ,’ भन्‍नुभयो भने तिम्रो सेवक सुरक्षित छ। तर यदि उहाँ रिसाउनुभयो भने उहाँले मलाई हानि गर्ने संकल्प गरिसक्नुभएको छ भनी तिमी निश्‍चित हुनु।
1SA 20:8 तर तिमीले चाहिँ आफ्नो सेवकमाथि दया देखाऊ; किनकि तिमीले उसलाई याहवेहको सामु करारमा बाँधेको छौ। यदि म दोषी ठहरिएछु भने मलाई तिमी आफैँले नै मार्नु! मलाई तिम्रो पिताको हातमा किन सुम्पिदिन्छौ र?”
1SA 20:9 जोनाथनले भने, “यस्तो हुनै सक्दैन! मेरा पिताले तपाईंलाई हानि गर्ने कुराको सङ्केत मैले अलिकति पनि पाएको भए के म तपाईंलाई भन्‍नेथिइनँ र?”
1SA 20:10 तब दावीदले जोनाथनलाई सोधे, “यदि तिम्रा पिताले तिमीलाई कठोर जवाफ दिनुभयो भने त्यो कुरा मलाई कसले थाहा दिन्छ?”
1SA 20:11 जोनाथनले भने, “आउनुहोस्, हामी खेतमा जाऔँ।” यसरी तिनीहरू एकसाथ खेतमा गए।
1SA 20:12 तब जोनाथनले दावीदलाई भने: “याहवेह इस्राएलका परमेश्‍वरको नाममा म यो प्रतिज्ञा गर्छु कि, म पर्सि साँझसम्म आफ्नो पिताको मन बुझ्नेछु! यदि उहाँ तपाईंप्रति दयालु हुनुहुँदोरहेछ भने के म तपाईंकहाँ खबर पठाएर यो कुरा तपाईंलाई थाहा दिन्‍नँ र?
1SA 20:13 तर यदि मेरा पिताले तपाईंलाई हानि गर्न निश्‍चय गर्नुभएको रहेछ भने मैले त्यो कुरा तपाईंलाई बताएर सुरक्षासाथ भगाइनँ भने याहवेहले मलाई दण्ड देऊन्। याहवेह मेरा पितासँग रहनुभएझैँ तपाईंसँग पनि रहून्।
1SA 20:14 तर म बाँचुन्जेल मप्रति याहवेहलेझैँ अटुट दया देखाउनुहोस्, ताकि म मारिनु नपरोस्।
1SA 20:15 अनि याहवेहले सारा संसारबाट दावीदको प्रत्येक शत्रुलाई नष्‍ट गर्नुभए तापनि मेरो परिवारबाट तपाईंको दया कहिल्यै नहटोस्।”
1SA 20:16 यसकारण जोनाथनले दावीदको घरानासँग करार बाँधेर भने, “याहवेहले दावीदका शत्रुहरूको लेखा लिऊन्।”
1SA 20:17 दावीदप्रतिको तिनको प्रेमको कारण जोनाथनले दावीदलाई आफ्नो प्रतिज्ञा दृढ गराए, किनकि जोनाथनले उनलाई आफूलाई झैँ प्रेम गर्थे।
1SA 20:18 तब जोनाथनले दावीदलाई भने, “भोलि औँसीको चाड हो। तपाईंको ठाउँ खाली देखेर सबैले सोध्नेछन्।
1SA 20:19 पर्सिको दिन साँझतिर यो समस्या सुरु हुँदा तपाईं लुक्ने ठाउँमा गएर एजेल ढुङ्गाको छेउमा पर्खिनुहोस्।
1SA 20:20 म त्यतातिर कुनै निशानामा हानेझैँ गरेर तीन वटा काँडहरू हान्‍नेछु।
1SA 20:21 तब म एउटा केटालाई पठाएर भन्‍नेछु, ‘ती काँडहरू खोज।’ यदि मैले त्यसलाई, ‘हेर्, काँडहरू तेरो यतापट्टि छ; तिनलाई यहाँ लिएर आइज’ भनेँ भने तपाईं आउनसक्नुहुनेछ। किनकि जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, तपाईं सुरक्षित रहनुहुनेछ; अनि तपाईंलाई कुनै खतरा हुनेछैन।
1SA 20:22 तर यदि मैले त्यस केटालाई, ‘हेर्, काँडहरू तेरो उतापट्टि छ’, भनेँ भने तपाईं भाग्नुहोला। किनकि याहवेहले नै तपाईंलाई टाढा पठाउनुभएको रहेछ।
1SA 20:23 अनि तपाईं र मैले गरेको कुराहरूको बारेमा चाहिँ याद राख्नुहोला। तपाईं र मेरो बीचमा सदासर्वदाका निम्ति याहवेह साक्षी हुनुहुन्छ।”
1SA 20:24 यसकारण दावीद गएर खेतमा लुके। अनि जब औँसीको चाड आयो, तब राजा भोजन गर्न बसे।
1SA 20:25 शाऊल जोनाथनको सामु सधैँको ठाउँमा भित्ताको छेउमा बसे। अनि अबनेर शाऊलको छेउमा बसे, तर दावीदको ठाउँ खाली थियो।
1SA 20:26 त्यस दिन शाऊलले केही भनेनन्। किनकि, “दावीद विधिअनुसार अशुद्ध भएका होलान्, यसकारण तिनी उपस्थित हुन सकेनन्” भनी तिनले सोचेका थिए।
1SA 20:27 तर भोलिपल्ट, अर्थात् महिनाको दोस्रो दिन दावीदको ठाउँ फेरि खाली नै थियो। तब शाऊलले आफ्ना छोरा जोनाथनलाई सोधे, “हिजो र आज यिशैको छोरा किन भोजन गर्न आएन?”
1SA 20:28 जोनाथनले शाऊललाई जवाफ दिए, “दावीदले बेथलेहेम जानलाई मसँग ढिपी गरेर अनुमति मागेका थिए।
1SA 20:29 तिनले भने, ‘मलाई जान दिनुहोस्; किनकि हाम्रो परिवारले सहरमा बलिदान चढाइरहेका छन्। अनि मेरा दाजुले मलाई त्यहाँ उपस्थित हुनु भनेर हुकुम गर्नुभएको छ। यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई आफ्ना दाजुहरूलाई भेट्न जान दिनुहोस्।’ यसैकारण तिनी राजाको भोजमा उपस्थित छैनन्।”
1SA 20:30 तब शाऊल जोनाथनसँग रिसले भड्किए, र तिनले उनलाई भने, “तँ दुष्‍ट र विद्रोही स्त्रीको छोरो! तैँले आफ्नै बेइज्जतका लागि र तँलाई जन्माउने आमाको बेइज्जतका लागि यिशैको छोराको पक्ष लिँदैछस् भन्‍ने कुरा के मलाई थाहा छैन र?
1SA 20:31 जबसम्म यिशैको छोरो यस पृथ्वीमा जीवित रहन्छ, न त तँ स्थापित हुनेछस्, न त तेरो राज्य स्थापित हुनेछ। अब कसैलाई पठाएर त्यसलाई मकहाँ झट्टै ल्याउन लगा; किनकि त्यो मर्नैपर्छ।”
1SA 20:32 जोनाथनले आफ्ना पितालाई सोधे, “दावीद किन मारिनुपर्छ? तिनले के गरेका छन् र?”
1SA 20:33 तर जोनाथनलाई मार्न भनी शाऊलले तिनीतिर भाला हाने। तब जोनाथनले आफ्ना पिताले दावीदलाई मार्ने नै विचार गरेका रहेछन् भनी थाहा पाए।
1SA 20:34 जोनाथन रिसले चुर हुँदै आफ्नो टेबुलबाट उठेर गइहाले; त्यस महिनाको दोस्रो दिन तिनले केही खाएनन्। किनकि दावीदप्रति आफ्ना पिताको शर्मलाग्दो व्यवहारको कारण तिनी साह्रै शोकाकुल भएका थिए।
1SA 20:35 भोलिपल्ट बिहानै जोनाथन दावीदलाई भेट्न भनी खेततिर गए। तिनीसँग एउटा सानो केटो थियो।
1SA 20:36 तब तिनले त्यस केटोलाई भने, “मैले हानेको काँड खोज्न दौडेर जा।” त्यो केटो दौडेर गएपछि तिनले त्यसको पछिल्तिर अर्को काँड हाने।
1SA 20:37 जब त्यो केटो जोनाथनको काँड खसेको ठाउँमा आइपुग्यो, तब जोनाथनले पछिल्तिरबाट कराएर भने, “के काँड तेरो उतापट्टि छैन?”
1SA 20:38 तब तिनले कराएर भने, “चाँडो गर्! छिटो जा! नरोकी जा!” त्यो केटो काँडहरू टिपेर आफ्ना मालिककहाँ फर्केर आयो।
1SA 20:39 (त्यो केटोले यी सबै कुरा केही बुझेन; तर केवल जोनाथन र दावीदले बुझे।)
1SA 20:40 तब जोनाथनले आफ्ना हतियारहरू त्यस केटोलाई दिएर भने, “जा, यी लिएर सहरमा लैजा।”
1SA 20:41 त्यो केटो गएपछि दावीद त्यस ढुङ्गाको दक्षिणतिरबाट उठेर आए, र जोनाथनको सामु आफ्नो अनुहार भुइँतिर निहुराएर तीनपल्ट तिनलाई दण्डवत् गरे। तब तिनीहरूले एक-आपसमा म्वाइँ खाएर एकसाथ रोए। तर दावीद भने झन् धेरै रोए।
1SA 20:42 जोनाथनले दावीदलाई भने, “शान्तिसित जानुहोस्; किनकि हामीले याहवेहको नाममा एक-आपसमा मित्रताको शपथ खाएर यसो भनेका छौँ, ‘याहवेह तपाईं र मेरो बीचमा, र तपाईंका सन्तान र मेरा सन्तानका बीचमा सधैँका निम्ति साक्षी हुनुहुन्छ।’ ” त्यसपछि दावीद गइहाले, र जोनाथनचाहिँ सहरतिर लागे।
1SA 21:1 दावीद नोबमा पुजारी अहीमेलेमकहाँ गए। तिनलाई भेटेर अहीमेलेक काँपे, र सोधे, “तपाईं किन यहाँ एकलै आउनुभयो? तपाईंसँग किन कोही पनि छैन?”
1SA 21:2 दावीदले पुजारी अहीमेलेकलाई जवाफ दिए, “राजाले मलाई कुनै विशेष कामले पठाउनुभएको छ, र मलाई भन्‍नुभएको छ, ‘तिम्रो काम र मेरो आदेशको बारेमा कसैलाई थाहा नहोस्।’ मेरा मानिसहरूको बारेमा चाहिँ मैले तिनीहरूलाई एउटा विशेष ठाउँमा मलाई भेट्न भनेको छु।
1SA 21:3 अब भन्‍नुहोस्, तपाईंसँग के छ? मलाई पाँच वटा रोटी, अर्थात् तपाईंसँग जे छ, त्यही दिनुहोस्।”
1SA 21:4 तर पुजारीले दावीदलाई भने, “मसँग कुनै साधारण रोटीहरू त छैनन्, केही पवित्र रोटीहरू मात्र छन्—तर यी खाने जवान मानिसहरूले आफूलाई स्त्रीसँगको सम्बन्धबाट अलग राखेको हुनुपर्छ।”
1SA 21:5 दावीदले भने, “निश्‍चिन्त हुनुहोस्, जब म बाहिर निस्कन्छु, तब सदाझैँ स्त्रीहरू हामीदेखि अलग नै हुन्छन्। मानिसहरू साधारण कामहरूमा त पवित्र हुन्छन् भने आज त झन् कति पवित्र छन्!”
1SA 21:6 यसकारण त्यहाँ अरू रोटी नभएको कारण पुजारीले तिनलाई ती पवित्र रोटीहरू दिए। किनकि त्यही दिन याहवेहको सामुबाट पुराना रोटी हटाइएका थिए, र ताजा रोटी चढाइएका थिए।
1SA 21:7 त्यस दिन त्यहाँ शाऊलको एक जना सेवक पनि थियो, जसलाई याहवेहको सामु रोकेर राखिएको थियो। त्यो शाऊलको मुख्य गोठालो एदोमी दोएग थियो।
1SA 21:8 दावीदले अहीमेलेकलाई सोधे, “के तपाईंसँग यहाँ कुनै तरवार अथवा भाला छ? राजाको काम जरुरी भएको कारणले गर्दा मैले आफ्नो तरवार, अर्थात् मेरा कुनै पनि हतियारहरू लिएर आउन पाइनँ।”
1SA 21:9 पुजारीले जवाफ दिए, “तपाईंले एलाको बेँसीमा मार्नुभएको पलिश्ती गोल्यतको तरवार यहाँ छ। त्यस तरवारलाई कपडाले बेह्रेर एपोदको पछिल्तिर राखिएको छ। यदि तपाईं चाहनुहुन्छ भने यही लानुहोस्; किनकि यहाँ योबाहेक अरू तरवार छैन।” दावीदले भने, “योजस्तो तरवार अरू छँदैछैन; मलाई यही दिनुहोस्।”
1SA 21:10 त्यस दिन दावीद शाऊलदेखि भागे, र गात सहरका राजा आकीशकहाँ गए।
1SA 21:11 तर आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी त्यस देशका राजा दावीद होइनन् र? के यिनी तिनै व्यक्ति होइनन्, जसको बारेमा तिनीहरूले नाच्दै यसो भन्दै गाएका थिए?” शाऊलले हजारौँ-हजारलाई मारे, तर दावीदले लाखौँ-लाखलाई मारे।
1SA 21:12 दावीदले यी कुराहरू सुने। अनि तिनी गात सहरका राजा आकीशसँग साह्रै डराए।
1SA 21:13 यसकारण तिनले तिनीहरूका सामु बौलाहा भएको बहाना गरे। यसरी उनीहरूका साथमा हुँदा तिनले बहुला मानिसले जस्तै अभिनय गर्दै ढोका र मूलढोकाहरूमा कोर्दै र दाह्रीमा राल चुहाउँदै हिँडे।
1SA 21:14 तब आकीशले आफ्ना नोकरहरूलाई भने, “यस मानिसलाई हेर त! यो त बहुला पो रहेछ! यसलाई किन मकहाँ ल्यायौ?
1SA 21:15 के मसँग बहुलाहरूको खाँचो छ, र यसलाई मेरो सामु ल्याउँछौ? के यस्तो मानिस मेरो घरमा आउनैपर्छ?”
1SA 22:1 दावीद गातबाट भागे, र अदुल्‍लामको ओडारमा लुकेर बसे। जब दावीदका दाजुहरू र तिनका पिताका घरानाले यस बारेमा सुने, तब तिनीहरू तिनीकहाँ गए।
1SA 22:2 दुःख-कष्‍टमा परेका, ऋणमा परेका र असन्तुष्‍ट भएका मानिसहरू सबै दावीदको चारैतिर भेला भए। तिनीहरू लगभग चार सय जति थिए। दावीद तिनीहरूका अगुवा भए।
1SA 22:3 अनि दावीद त्यहाँबाट मोआबको मिस्पामा गए, र मोआबका राजालाई भने, “परमेश्‍वरले मेरा निम्ति के गर्नुहुनेछ भनी मैले नजानेसम्म तपाईंले मेरा बुबाआमालाई तपाईंकहाँ आएर बस्‍न दिनुहोस्।”
1SA 22:4 यसकारण दावीदले तिनीहरूलाई मोआबका राजासँग छोडी राखे; अनि दावीद आफ्नो ओडारको किल्‍लामा रहुन्जेल तिनीहरू मोआबमा नै बसे।
1SA 22:5 तर अगमवक्ता गादले दावीदलाई भने, “यस किल्‍लामा नबस्‍नुहोस्। यहूदाको देशमा जानुहोस्!” यसकारण दावीदले ओडार छोडेर हेरेतको जङ्गलमा गए।
1SA 22:6 तब दावीद र तिनका मानिसहरू देखा परेको खबर शाऊलले सुने। शाऊलचाहिँ आफ्नो हातमा भाला लिएर गेबाको डाँडामा झ्याउको बोटको छहारीमा बसिरहेका थिए। तिनका अधिकृतहरू चारैतिर उभिएका थिए।
1SA 22:7 शाऊलले तिनीहरूलाई भने, “सुन, हे बेन्यामीनका मानिसहरू हो! के यिशैको छोराले तिमीहरू सबैलाई खेतहरू र दाखबारीहरू दिन्छ? के त्यसले तिमीहरूलाई हजार-हजारमाथि र सय-सयमाथिका फौजका सेनापति बनाउनेछ भनी तिमीहरू सोच्दछौ?
1SA 22:8 के यसैकारण तिमीहरूले मेरो विरुद्धमा षड्यन्त्र गरेका हौ? मेरो छोराले यिशैको छोरासँग बाचा बाँधेको कुरा तिमीहरू कसैले पनि मलाई भनेनौ। तिमीहरूमध्ये कसैले पनि मेरो वास्ता गर्दैनौ, अथवा मेरो छोराले आज गरेझैँ, मेरो सेवकलाई मलाई ढुकेर बस्‍न उक्साएको कुरा तिमीहरू कसैले पनि मलाई भनेनौ।”
1SA 22:9 तर शाऊलका अधिकृतहरूको छेउमा उभिरहेका एदोमी दोएगले भने, “मैले यिशैको छोरालाई नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आएको देखेँ।
1SA 22:10 अहीमेलेकले याहवेहसँग तिनका निम्ति सोधपुछ गरे; तब तिनले खानेकुरा र पलिश्ती गोल्यतको तरवार पनि दावीदलाई दिए।”
1SA 22:11 तब शाऊल राजाले अहीतूबका छोरा पुजारी अहीमेलेक र नोबमा पुजारी भएर बसेका तिनका पिताका सबै परिवारलाई बोलाउन पठाए; अनि तिनीहरू सबै राजा शाऊलकहाँ आए।
1SA 22:12 शाऊलले भने, “हे अहीतूबका छोरा, सुन।” तिनले जवाफ दिए, “हजुर, मेरो मालिक।”
1SA 22:13 शाऊलले अहीमेलेकलाई भने, “तिमीले किन मेरो विरुद्धमा षड्यन्त्र रच्दछौ? तिमीले यिशैको छोरालाई खानेकुरा र तरवार पनि दियौ; अनि त्यसको पक्षमा परमेश्‍वरसँग सल्‍लाह लियौ। त्यसैले त्यो मेरो विरुद्धमा खडा भएको छ, आजसम्म पनि मलाई ढुकिबसेको छ।”
1SA 22:14 तब अहीमेलेकले राजालाई जवाफ दिए, “तपाईंका सेवकहरूमध्ये राजाका जुवाइँ दावीद, तपाईंका अङ्गरक्षकहरूका सेनापति र तपाईंको घरानामा अति आदरणीय व्यक्ति अरू को छन् र?
1SA 22:15 मैले तिनका निम्ति याहवेहसँग सल्‍लाह लिएको के यो पहिलो पटक थियो र? कदापि होइन! महाराजाले आफ्नो सेवकमाथि अथवा मेरो पिताको परिवारको कसैमाथि पनि दोष नदिनू होला; किनकि तपाईंको सेवकलाई यी सबै मामिलाको बारेमा केही पनि थाहा छैन।”
1SA 22:16 तर राजाले भने, “हे अहीमेलेक, तिमी र तिम्रा पिताका सारा परिवार अवश्य मारिनेछौ।”
1SA 22:17 तब राजाले आफ्नो छेउमा भएका अङ्गरक्षकहरूलाई भने, “फर्केर याहवेहका पुजारीहरूलाई मार! किनकि यिनीहरू पनि दावीदपट्टि लागेका छन्। त्यो भाग्दैथियो भन्‍ने कुरा यिनीहरूलाई थाहा थियो; तापनि यिनीहरूले मलाई थाहा दिएनन्।” तर राजाका अधिकृतहरूले याहवेहका पुजारीहरूमाथि हात उठाउन मानेनन्।
1SA 22:18 तब राजाले दोएगलाई हुकुम गरे, “तैँले यी पुजारीहरूलाई मार्।” यसकारण एदोमी दोएगले तिनीहरूलाई मारे। त्यस दिन दोएगले मलमलको एपोद लगाउने पचासी जना पुजारीहरूलाई मारे।
1SA 22:19 त्यसले पुजारीहरूको नगर नोबमा भएका मानिसहरू, स्त्रीहरू, बालबच्‍चाहरू र शिशुहरू, गाईबस्तु, गधाहरू र भेडाहरू सबैलाई पनि तरवारले मार्‍यो।
1SA 22:20 तर अहीतूबको नाति, अहीमेलेकको छोरो अबीयाथारचाहिँ उम्के, र दावीदलाई भेट्न गए।
1SA 22:21 अबीयाथारले दावीदलाई शाऊलले नोबका याहवेहका पुजारीहरूलाई मारेको कुरा बताइदिए।
1SA 22:22 तब दावीदले अबीयाथारलाई भने, “त्यस दिन, जब एदोमी दोएग त्यहाँ थियो, त्यसले शाऊललाई निश्‍चय भन्ला भन्‍ने मलाई थाहा थियो। तिम्रा पिताका सम्पूर्ण परिवारको मृत्युको जिम्मेवार म नै हुँ।
1SA 22:23 मसँग बस; तिमी नडराऊ। तिम्रो प्राण लिन चाहने मानिसले मेरो पनि प्राण लिन चाहन्छ। तिमी मसँग सुरक्षित रहनेछौ।”
1SA 23:1 जब दावीदलाई यो कुरा सुनाइयो, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाहको विरुद्धमा युद्ध गर्दैछन्, र तिनीहरूले खलाहरू लुटिरहेका छन्,”
1SA 23:2 तब दावीदले याहवेहसँग सल्‍लाह मागे, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ?” याहवेहले तिनलाई जवाफ दिनुभयो, “हुन्छ जा, गएर पलिश्तीहरूलाई आक्रमण गर्, र कीलाहलाई बचा।”
1SA 23:3 तर दावीदका मानिसहरूले तिनलाई भने, “हामी यहाँ यहूदामा डराएर बसेका छौँ भने; अनि यदि हामी पलिश्ती फौजको विरुद्धमा कीलाहमा गयौँ भने झन् कति धेरै डराऔँला!”
1SA 23:4 दावीदले एक पटक फेरि याहवेहसँग सल्‍लाह लिए। अनि याहवेहले तिनलाई जवाफ दिनुभयो, “कीलाहमा जा। किनकि मैले पलिश्तीहरूलाई तेरो हातमा सुम्पिदिँदैछु।”
1SA 23:5 यसकारण दावीद र तिनका मानिसहरू कीलाहमा गए। अनि पलिश्तीहरूसँग युद्ध गरे, र तिनीहरूका गाईबस्तु लिएर गए। तिनले पलिश्तीहरूलाई ठूलो नोक्सान पुर्‍याए। यसरी दावीदले कीलाहका मानिसहरूलाई बचाए।
1SA 23:6 (अनि अहीमेलेकको छोरा अबीयाथारले चाहिँ भागेर दावीदकहाँ कीलाहमा आउँदा आफूसँग एपोद लिएर आएका थिए।)
1SA 23:7 दावीद कीलाहमा गएको कुरा शाऊललाई भनियो र तिनले भने, “परमेश्‍वरले त्यसलाई मेरो हातमा सुम्पिदिनुभएको छ। किनकि दावीदले मूलढोकाहरू र बारहरू भएको नगरभित्र प्रवेश गरेर आफूलाई कैदमा पारेको छ।”
1SA 23:8 अनि शाऊलले आफ्ना सेनाहरूलाई कीलाहमा दावीद र तिनका मानिसहरूलाई लडाइँको लागि घेराबन्दी गर्न बोलाए।
1SA 23:9 जब दावीदले आफ्नो विरुद्धमा शाऊलले षड्यन्त्र गरेको कुरा थाहा पाए, तब तिनले पुजारी अबीयाथारलाई भने, “एपोद ल्याऊ।”
1SA 23:10 दावीदले भने, “याहवेह इस्राएलका परमेश्‍वर, शाऊलले मेरो कारणले कीलाहमा आएर यस सहरलाई नष्‍ट पार्ने योजना गरेको कुरा तपाईंको सेवकले सुनेको छ।
1SA 23:11 के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्पिदिनेछन्? के तपाईंको सेवकले सुनेझैँ शाऊल यहाँ आउनेछन्? हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंको सेवकलाई बताइदिनुहोस्।” याहवेहले भन्‍नुभयो, “अवश्य, शाऊल आउनेछ।”
1SA 23:12 फेरि दावीदले सोधे, “के कीलाहका प्रधानहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलका हातमा सुम्पिदिनेछन्?” याहवेहले भन्‍नुभयो, “अवश्य, तिनीहरूले त्यसै गर्नेछन्।”
1SA 23:13 यसकारण दावीद र तिनका छ सय जति मानिसहरूले कीलाह छोडेर एक ठाउँदेखि अर्को ठाउँ हुँदै हिँड्न थाले। जब शाऊललाई दावीद कीलाहबाट भागेको कुरा भनियो, तब शाऊल त्यहाँ गएनन्।
1SA 23:14 दावीद उजाडस्थानका किल्‍लाहरूमा र जीपको उजाडस्थानका डाँडाहरूमा बसे। शाऊलले दिनदिनै तिनको खोजी गरे; तर परमेश्‍वरले दावीदलाई तिनको हातमा सुम्पिदिनुभएन।
1SA 23:15 जब दावीद जीपको उजाडस्थानमा भएको होरेशमा थिए, तब शाऊल तिनको प्राण लिन निस्केका छन् भनी थाहा पाए।
1SA 23:16 तब शाऊलका छोरा जोनाथन होरेशमा दावीदकहाँ गए; अनि तिनले दावीदलाई परमेश्‍वरमा सामर्थ्य पाउन उत्साह दिए।
1SA 23:17 जोनाथनले भने, “तपाईं नडराउनुहोस्, मेरा पिता शाऊलले तपाईंमाथि हात लगाउनुहुनेछैन। तपाईं इस्राएलमाथि राजा हुनुहुनेछ; अनि मचाहिँ तपाईं मुनि दोस्रो स्थानमा हुनेछु। यो कुरा मेरा पिता शाऊललाई पनि थाहा छ।”
1SA 23:18 दावीद र जोनाथनले मिलेर याहवेहको सामु करार बाँधे। त्यसपछि जोनाथन घर गए, तर दावीदचाहिँ होरेशमै बसे।
1SA 23:19 जीपीहरू गेबामा शाऊलकहाँ गएर भने, “के दावीद यशीमोनको दक्षिणतिरको हकीलाह पर्वतमा होरेशको किल्‍लामा हाम्रै बीचमा लुकिरहेका छैनन् र?
1SA 23:20 अब, हे राजा, तपाईंलाई जहिले इच्छा लाग्छ तल आउनुहोस्; अनि दावीदलाई राजाको हातमा सुम्पने जिम्मा हामी लिनेछौँ।”
1SA 23:21 शाऊलले जवाफ दिए, “मलाई देखाउनुभएको तपाईंहरूको वास्ताका निम्ति याहवेहले तपाईंहरूलाई आशिष् देऊन्।
1SA 23:22 जानुहोस्, र अझ धेरै जानकारी लिनुहोस्। दावीद प्रायजसो कता आउजाउ गर्छ, र त्यसलाई त्यहाँ कसले देखेको हो, सो कुरा पत्ता लगाउनुहोस्। त्यो अति धूर्त छ भन्‍ने कुरा मैले सुनेको छु।
1SA 23:23 त्यो लुक्ने सबै ठाउँहरू पत्ता लगाउनुहोस्, र मकहाँ पक्‍का खबर लिएर आउनुहोस्। तब म तपाईंहरूसँग जानेछु; यदि त्यो त्यस इलाकामा छ भने म त्यसलाई यहूदाका सबै वंशहरूको बीचबाट खोजेर निकाल्नेछु।”
1SA 23:24 यसकारण तिनीहरू शाऊलको अगि जीपको सहरतिर लागे। त्यस बेला दावीद र तिनका मानिसहरू यशीमोनको दक्षिणमा भएको अराबामा माओनको उजाडस्थानमा थिए।
1SA 23:25 शाऊल र तिनका मानिसहरूले दावीदलाई खोज्न थाले। अनि जब यो कुरा तिनलाई भनियो, तब तिनी तल चट्टानको पहरामा गएर माओनको उजाडस्थानमा बसे। जब शाऊलले यो कुरा सुने, तब तिनी दावीदलाई खोज्दै माओनको उजाडस्थानमा गए।
1SA 23:26 शाऊल पर्वतको एकातिर गइरहेका थिए। अनि दावीद र तिनका मानिसहरूचाहिँ शाऊलदेखि उम्कनलाई पर्वतको एकापट्टि छिटो-छिटो भाग्दैथिए। जब शाऊल र तिनका सेनाहरू दावीद र तिनका मानिसहरूलाई पक्रन भनी तिनीहरूको नजिक आइपुगे,
1SA 23:27 तब शाऊलकहाँ एक जना सन्देशवाहक आएर भन्यो, “चाँडो आउनुहोस्! पलिश्तीहरूले देशमा आक्रमण गरिरहेका छन्।”
1SA 23:28 तब शाऊलले दावीदलाई खेद्न छोडेर पलिश्तीहरूसँग लडाइँ गर्न गए। यसैकारण तिनीहरूले त्यस ठाउँलाई सेला हम्मालेकोत भने।
1SA 23:29 दावीद त्यहाँबाट माथितिर गए, अनि एन-गदीका इलाकाहरूमा लुकेर बसे।
1SA 24:1 शाऊलले पलिश्तीहरूसँग लडाइँ गरेर फर्किएपछि तिनलाई भनियो, “दावीद एन-गदीको उजाडस्थानमा छन्।”
1SA 24:2 यसकारण शाऊलले सारा इस्राएलबाट तीन हजार बलिया मानिसहरूलाई लिए; अनि दावीद र तिनका मानिसहरूलाई खोज्न जङ्गली घोरल-चट्टानको छेउतिर गए।
1SA 24:3 तिनी बाटो छेउको भेडागोठमा आइपुगे; जहाँ एउटा ओडार थियो, अनि शाऊल दिसा बस्‍नलाई गए। दावीद र तिनका मानिसहरू त्यस ओडारभित्र लुकेर बसेका थिए।
1SA 24:4 ती मानिसहरूले भने, “याहवेहले तपाईंलाई ‘म तेरो शत्रुलाई तेरो हातमा सुम्पिदिनेछु र तैँले जे मन लाग्छ, त्यसलाई त्यसै गर्नू’ भन्‍नुभएको दिन यही हो।” तब दावीद थाहा नपाउने तरिकाले घस्रँदै गएर शाऊलको खास्टोको एक किनार काटे।
1SA 24:5 तर दावीदले शाऊलको खास्टोको किनार काटिसकेपछि तिनलाई तिनको विवेकले दोष दिन थाल्यो।
1SA 24:6 तब तिनले आफ्ना मानिसहरूलाई भने, “मैले याहवेहका अभिषिक्त जन, मेरा मालिकसँग यस्तो काम गर्नु, अर्थात् तिनको विरुद्धमा हात उठाउनबाट याहवेहले मलाई रोकून्; किनकि उहाँ याहवेहको अभिषिक्त जन हुनुहुन्छ।”
1SA 24:7 यसो भनेर दावीदले आफ्ना मानिसहरूलाई कडा रूपमा हप्काए र शाऊललाई आक्रमण गर्न दिएनन्। शाऊल ओडारबाट निस्के, र आफ्नो बाटो लागे।
1SA 24:8 तब दावीद पनि ओडारबाट बाहिर निस्के, र शाऊललाई बोलाएर भने, “हे मेरो मालिक महाराजा! जब शाऊलले पछि फर्केर हेरे, तब दावीदले निहुरेर भुइँमा घोप्टो परी दण्डवत् गरे।”
1SA 24:9 तिनले शाऊललाई भने, “जब मानिसहरूले ‘दावीदले तपाईंको नोक्सानी गर्न निश्‍चय गरेको छ’ भनी भन्दा, तपाईंले किन तिनीहरूका कुरा सुन्‍नुहुन्छ?
1SA 24:10 यस ओडारमा कसरी याहवेहले तपाईंलाई मेरो हातमा सुम्पिदिनुभएको थियो, भनी तपाईंले आफ्नै आँखाले देख्नुभएको छ। मलाई कति जनाले तपाईंलाई मार्न दबाउ दिएका थिए; तर मैले मेरो मालिक तपाईंलाई छोडिदिएँ, र मैले भने, ‘म आफ्नो मालिकको विरुद्धमा हात उठाउनेछैनँ। किनकि उहाँ याहवेहका अभिषिक्त जन हुनुहुन्छ।’
1SA 24:11 हेर्नुहोस्, मेरा पिता, मेरो हातमा तपाईंको लुगाको टुक्रा हेर्नुहोस्! मैले तपाईंको खास्टोको किनार काटेँ, तर तपाईंलाई चाहिँ मारिनँ। म तपाईंको हानि गर्ने, अथवा तपाईंको विरोधी होइन भनी बुझ्नुहोस्। मैले तपाईंको हानि गरेको छैनँ; तर तपाईंचाहिँ मेरो प्राण लिन मलाई खेद्नुहुन्छ।
1SA 24:12 याहवेहले तपाईं र मेरो बीचमा न्याय गरिदेऊन्। तपाईंले मेरो हानि गर्नुभएकोमा याहवेहले बदला लिऊन्, तर मेरो हातले तपाईंलाई छुनेछैनँ।
1SA 24:13 पुरानो उखानअनुसार, ‘दुष्‍टहरूबाट दुष्‍ट कामहरू नै निस्कन्छन्,’ यसकारण मेरो हातले तपाईंलाई छुनेछैनँ।
1SA 24:14 “इस्राएलका राजा तपाईं कसको विरुद्धमा निस्केर आउनुभएको छ? तपाईंले कसलाई खेद्‌दैहुनुहुन्छ? के एउटा मरेको कुकुरलाई? के एउटा उपियाँलाई?
1SA 24:15 याहवेह नै न्यायकर्ता भएर हाम्रो बीचमा फैसला गरिदेऊन्। याहवेहले नै मेरो मामिलामाथि विचार गरेर मलाई समर्थन गरिदेऊन्, र उहाँले मलाई तपाईंको हातबाट बचाऊन्।”
1SA 24:16 दावीदले यति भनिसकेपछि शाऊलले दावीदलाई सोधे, “मेरा छोरा दावीद, के यो सोर तिम्रो हो?” अनि तिनी चर्को सोरमा रोए।
1SA 24:17 तब तिनले भने, “तिमी मभन्दा धर्मी रहेछौ। तिमीले मलाई भलो गर्‍यौ, तर मैले त तिमीलाई कुभलो गरेँ।
1SA 24:18 तिमीले मप्रति गरेको भलाइको बारेमा अहिले तिमीले मलाई भन्यौ। याहवेहले मलाई तिम्रो हातमा सुम्पिदिनुभएको थियो, तर तिमीले मलाई मारेनौ।
1SA 24:19 के कुनै मानिसले आफ्नो शत्रुलाई भेट्टायो भने उसले हानि नगरी त्यसलाई छोडिदिन्छ र? तिमीले मप्रति आज जुन किसिमको व्यवहार गरेका छौ, त्यसको निम्ति याहवेहले तिमीलाई यसको इनाम देऊन्।
1SA 24:20 तिमी निश्‍चय नै राजा हुनेछौ। इस्राएलको राज्य तिम्रै हातमा स्थापित हुनेछ भनी म जान्दछु।
1SA 24:21 अब तिमीले मेरा सन्तानहरूलाई मार्नेछैनौ, र मेरा पिताको परिवारबाट मेरो नाम मेटिदिनेछैनौ भनी याहवेहको नाममा मसँग शपथ खाऊ।”
1SA 24:22 यसकारण दावीदले शाऊलसँग शपथ खाए। अनि शाऊल घर फर्के। तर दावीद र तिनका मानिसहरूचाहिँ आफ्नो किल्‍लातिर गए।
1SA 25:1 शमूएलको मृत्यु भयो, र सारा इस्राएल भेला भएर तिनका निम्ति शोक गरे। तिनीहरूले तिनलाई तिनकै घर रामामा गाडे। तब दावीद पारानको मरुभूमिमा झरे।
1SA 25:2 माओनका एक जना मानिस थिए, जसको कर्मेलमा धेरै धनसम्पत्ति थियो, तिनी निकै धनाढ्य व्यक्ति थिए। तिनका एक हजार बाख्रा र तीन हजार भेडा थिए। तिनले कर्मेलमा भेडाहरूका ऊन कत्रिरहेका थिए।
1SA 25:3 तिनको नाम नाबाल थियो, र तिनकी पत्नीको नाम अबीगेल थियो। तिनी बुद्धिमती र अति सुन्दरी स्त्री थिइन्; तर तिनको पति एक रुखो र नीच स्वभाव भएका मानिस थिए। तिनी कालेबका वंशका थिए।
1SA 25:4 दावीद उजाडस्थानमा हुँदा तिनले नाबालले भेडाहरूको ऊन कत्रँदैछ भन्‍ने कुरा सुने।
1SA 25:5 यसकारण दावीदले दश जना जवान मानिसहरूलाई पठाएर भने, “कर्मेलमा नाबालकहाँ जाओ, र तिनलाई मेरो नाममा अभिवादन गर।
1SA 25:6 तिनलाई भन; ‘तपाईं दीर्घायु हुनुहोस्! तपाईं र तपाईंको घरानामा सु-स्वास्थ्य रहोस्! तपाईंका परिवार र अरू सबैमा शान्ति रहोस्!
1SA 25:7 “ ‘यो समय भेडाको ऊन कत्रने समय हो भनी मैले सुनेको छु। जब तपाईंका गोठालाहरू हामीसँग थिए, तब हामीले तिनीहरूसँग कहिल्यै नराम्रो व्यवहार गरेनौँ। अनि तिनीहरू कर्मेलमा रहुन्जेल तिनीहरूका कुनै पनि थोक हराएन।
1SA 25:8 तपाईंका आफ्नै सेवकहरूलाई सोध्नुहोस्, र तिनीहरूले पनि तपाईंलाई भन्‍नेछन्। यसकारण मेरा यी जवान मानिसहरूप्रति कृपालु भइदिनुहोस्। किनकि हामी उत्सवको समयमा आएका छौँ। दया गरेर तपाईंका सेवकहरू र तपाईंको छोरा दावीदका निम्ति जे सक्नुहुन्छ, त्यो दिनुहोस्।’ ”
1SA 25:9 दावीदका मानिसहरू नाबालकहाँ आइपुगे। तिनीहरूले नाबाललाई दावीदको नाममा यो समाचार दिए। त्यसपछि तिनीहरू जवाफको लागि पर्खिए।
1SA 25:10 नाबालले दावीदका सेवकहरूलाई जवाफ दिए, “दावीद को हो, र यो यिशैको छोरा को हो? हिजोआज धेरै सेवकहरूले आफ्ना मालिकहरूलाई छोडेर भाग्छन्।
1SA 25:11 मैले आफ्नो खानेकुरा, पानी र मेरा ऊन कत्रनेहरूका लागि जुटाएको मासु अनजान मानिसहरूलाई किन दिनु?”
1SA 25:12 तब दावीदका मानिसहरू फर्केर आफ्नो बाटो लागे। अनि तिनीहरू पुगेर यी सबै कुरा दावीदलाई बताइदिए।
1SA 25:13 दावीदले आफ्ना मानिसहरूलाई भने, “तिमीहरू सबैले आ-आफ्नो तरवार भिर!” यसकारण तिनीहरूले आ-आफ्नो तरवार भिरे; अनि दावीदले पनि आफ्नो तरवार भिरे। दावीदसँग लगभग चार सय मानिसहरू गए। दुई सय जनाचाहिँ सामानहरूको रेखदेख गर्न बसे।
1SA 25:14 सेवकहरूमध्ये एक जनाले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दावीदले हाम्रा मालिकलाई अभिवादन गर्नू भनी उजाडस्थानबाट आफ्ना दूतहरू पठाएका थिए; तर उहाँले तिनीहरूको घोर अपमान गरेर पठाइदिनुभयो।
1SA 25:15 तर ती मानिसहरूले भने हामीप्रति असल व्यवहार गरेका थिए। तिनीहरूले हामीसँग कहिल्यै नराम्रो व्यवहार गरेनन्। अनि हामी तिनीहरूको नजिक मैदानमा हुँदा हाम्रो केही पनि हराएन।
1SA 25:16 हामीले तिनीहरूको नजिक आफ्ना भेडाहरू चराउँदाको अवधिभरि तिनीहरू दिनरात हाम्रा चारैतिर पर्खालजस्तै थिए।
1SA 25:17 यसकारण अब यस बारेमा तपाईंले के गर्नुपर्ने हो, सो विचार गर्नुहोस्। किनकि हाम्रा मालिक र उहाँका सारा घरानामाथि विपत्ति आइरहेको छ। उहाँ यत्ति दुष्‍ट मानिस हुनुहुन्छ, कसैले उहाँसँग कुरै गर्न सक्दैन।”
1SA 25:18 तब अबीगेल हतारसाथ तुरुन्तै तयार भइन्। तिनले दुई सय वटा रोटी, दुई मसक दाखमद्य, काटकुट पारी तयार पारिएका पाँच वटा भेडा, पाँच सिया चिउरा, एक सय झुप्पा किसमिस, र दुई सय सुकेका नेभाराका डल्‍लाहरू गधाहरूमा लदाइन् र लिएर गइन्।
1SA 25:19 तब तिनले आफ्ना सेवकहरूलाई भनिन्, “तिमीहरू अगि-अगि जाओ; अनि मचाहिँ म तिमीहरूको पछि-पछि आउनेछु।” तर यस बारेमा तिनले आफ्ना पति नाबाललाई केही भनिनन्।
1SA 25:20 तिनी जब आफ्नो गधामाथि चढेर एउटा पर्वतको खोँचमा आइन्, र त्यस बेला त्यहाँ दावीद र तिनका मानिसहरू तिनी भएतिर झर्दैथिए; तब तिनले उनीहरूलाई भेटिन्।
1SA 25:21 दावीदले मनमनै यसो भन्दै मात्र थिए, “मैले त्यस मानिसको सम्पत्ति उजाडस्थानमा हेरचाह गरिदिएँ। त्यसैले त्यसको केही थोक पनि हराएन। तर हामीले यस मानिसका निम्ति गरेको भलाइ व्यर्थै भयो। त्यसले मलाई भलाइको साटो खराबी गरेको छ।
1SA 25:22 यदि मैले बिहानसम्म त्यससँग भएको एउटै पुरुषलाई जिउँदो राखेछु भने परमेश्‍वरले दावीदलाई कठोरतापूर्वक व्यवहार गरून्!”
1SA 25:23 जब अबीगेलले दावीदलाई देखिन्, तब तिनी हतार-हतार गधाबाट ओर्लिन्। अनि आफ्नो मुहार भुइँतिर घोप्टो पारेर तिनलाई दण्डवत् गरिन्।
1SA 25:24 तिनले दावीदको पाउमा दण्डवत् गरेर भनिन्, “हे मेरा प्रभु, दया गरी तपाईंकी सेविकालाई बोल्न दिनुहोस्। तपाईंकी सेविकाले भनेको कुरा सुन्‍नुहोस् र दोष मैमाथि नै परोस्।”
1SA 25:25 मेरो मालिकले त्यस दुष्‍ट मानिस नाबाललाई ध्यानै नदिनुहोस्। त्यो त त्यसको नामजस्तै छ। त्यसको नामको अर्थ नै मूर्ख हो; अनि त्यससँग मूर्खता छ। तर म तपाईंकी सेविकाले मेरा मालिकले पठाउनुभएका मानिसहरूलाई देखिनँ।
1SA 25:26 यसैले अब, याहवेह तपाईंका जीवित परमेश्‍वरलाई र तपाईंको जीवनलाई साक्षी राखेर भन्दछु, मेरा मालिक हजुरलाई याहवेहले रक्तपात गर्न र आफ्नै हातले बदला लिनदेखि रोक्नुभएको छ। यसकारण हजुरका शत्रुहरू र मेरा मालिकको नोक्सानी गर्न चाहनेहरू सबैको दशा नाबालको जस्तै होस्।
1SA 25:27 मैले मेरा मालिकका निम्ति ल्याएका यी उपहारहरू हजुरलाई पछ्याउने मानिसहरूलाई दिइयोस्।
1SA 25:28 कृपया हजुरकी सेविकाको अपराध क्षमा गर्नुहोस्। किनकि याहवेहले निश्‍चय नै मेरा मालिकका निम्ति वंश सदाको लागि दृढ गराउनुहुनेछ। किनभने हजुरले याहवेहको लडाइँ लड्दै हुनुहुन्छ। हजुर जीवित रहुन्जेल हजुरको कुनै खराबी नहोस्।
1SA 25:29 यद्यपि कसैले हजुरको प्राण लिन खेदिरहेका छन्; तापनि मेरा मालिकको प्राण याहवेह हजुरका परमेश्‍वरद्वारा आफ्ना जीवितहरूको भण्डारमा सुरक्षित राख्नुहुनेछ। तर हजुरका शत्रुहरूका प्राणहरूचाहिँ घुँयेत्रोले हानेको ढुङ्गालाई झैँ उहाँले फ्याँकिदिनुहुनेछ।
1SA 25:30 याहवेहले मेरो मालिकका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएका हरेक असल कुरा पूरा गरेर उहाँले हजुरलाई इस्राएलमाथि अगुवा नियुक्त गर्नुभएपछि,
1SA 25:31 मेरा मालिकको विवेकमा रक्तपात र आफैँले बदला लिएको दोष नरहोस्। जब याहवेह हजुरको परमेश्‍वरले मेरा मालिकलाई सफलता दिनुहुनेछ, तब हजुरकी सेविकालाई सम्झनुहोला।
1SA 25:32 तब दावीदले अबीगेललाई भने, “याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा होस्, जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो।
1SA 25:33 तिम्रो असल विचारको लागि र आज मलाई रक्तपात गर्नबाट अनि आफ्नै हातले बदला लिनबाट बचाएको कारण तिमी धन्यकी हौ।
1SA 25:34 साँच्‍चै इस्राएलका परमेश्‍वर जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, जसले मलाई तिमीहरूको नोक्सानी गर्नदेखि जोगाउनुभयो, यदि तिमी मलाई भेट्न चाँडो गरी नआएकी भए भोलि बिहानसम्म नाबालका परिवारको एउटै पुरुष पनि जीवित रहनेथिएन।”
1SA 25:35 त्यसपछि दावीदले तिनको हातबाट आफ्ना निम्ति तिनले ल्याएका चीजहरू ग्रहण गरे; र तिनलाई भने, “शान्तिसित आफ्नो घर जाऊ! मैले तिम्रो कुरा सुनेको छु, र तिम्रो बिन्तीअनुसार गर्नेछु।”
1SA 25:36 जब अबीगेल नाबालकहाँ गइन्, तब तिनले कुनै राजाझैँ भएर भोज मनाइरहेका थिए। तिनी एकदमै रमाएर मात्तिएको र लट्ठ भएको अवस्थामा थिए। यसकारण तिनले बिहान नभएसम्म त्यसलाई केही पनि भनिनन्।
1SA 25:37 त्यसपछि भोलिपल्ट बिहान नाबाल सामान्य अवस्थामा हुँदा तिनकी पत्नीले यी कुराहरू तिनलाई भनिदिइन्। तब तिनको हृदयको धड्कन रोकियो; र तिनी पत्थरजस्तै भए।
1SA 25:38 लगभग दश दिनपछि याहवेहले नाबाललाई प्रहार गर्नुभयो, र तिनी मरे।
1SA 25:39 जब नाबालको मृत्युको बारेमा दावीदले सुने, तब तिनले भने, “याहवेहको प्रशंसा होस्, जसले मप्रति अपमानजनक व्यवहार गर्ने नाबालको विरुद्धमा मेरो पक्षमा न्याय गर्नुभयो। याहवेहले आफ्नो सेवकलाई भूल गर्नदेखि रोक्नुभयो र नाबालको कुकर्मको सजाय त्यसकै टाउकोमाथि राखिदिनुभयो।” त्यसपछि दावीदले अबीगेललाई तिनकी पत्नी हुनलाई प्रस्ताव पठाए।
1SA 25:40 तिनका नोकरहरू कर्मेलमा गए, र अबीगेललाई भने, “हामीलाई दावीदले तपाईंलाई उहाँकी पत्नी हुनलाई लिन पठाउनुभएको छ।”
1SA 25:41 तिनले आफ्नो अनुहार भुइँतिर घोप्टो पारेर निहुरिएर भनिन्, “तपाईंकी सेविका यहाँ छु। म उहाँको सेवा गर्न र मेरा मालिकको पाउ धुन तयार छु।”
1SA 25:42 तब अबीगेल झट्टै एउटा गधामा चढिन्, र तिनका पाँच जना सेविकाहरूलाई साथमा लिएर दावीदका दूतहरूका साथमा गइन्, र दावीदको पत्नी भइन्।
1SA 25:43 दावीदले यिजरेलको अहीनोमलाई पनि विवाह गरेका थिए। ती दुवै जना तिनका पत्नी भए।
1SA 25:44 तर शाऊलले आफ्नी छोरी, दावीदकी पत्नी मीकललाई गल्‍लीममा बस्‍ने लेशका छोरा पल्तिएललाई दिएका थिए।
1SA 26:1 जीपका केही मानिसहरू गेबामा शाऊलकहाँ गएर भने, “दावीद यशीमोनको सामु भएको हकीलाहको डाँडामा लुकेर बसेका छन्।”
1SA 26:2 यसकारण शाऊल दावीदलाई खोज्न भनी इस्राएलका आफ्ना चुनिएका तीन हजार मानिसहरूलाई लिएर जीपको उजाडस्थानमा गए।
1SA 26:3 शाऊलले यशीमोनतिर फर्केको हकीलाहको डाँडा छेउमा आफ्नो छाउनी हाले; तर दावीदचाहिँ उजाडस्थानमै बसे। जब शाऊलले आफूलाई त्यहाँसम्म पछ्याएको दावीदले थाहा पाए,
1SA 26:4 तब तिनले जासुसहरू पठाए, र शाऊल साँच्‍चै आएका रहेछन् भन्‍ने पत्ता लगाए।
1SA 26:5 त्यसपछि दावीद निस्किए, र शाऊलले छाउनी हालेको ठाउँमा गए। तिनले शाऊल र नेरका छोरा, अर्थात् सेनाका सेनापति अबनेर सुतेको ठाउँ देखे। शाऊलचाहिँ छाउनीभित्र सुतिरहेका थिए। तिनको चारैतिर फौजले घेरेका थिए।
1SA 26:6 तब दावीदले हित्ती अहीमेलेक र योआबको दाजु, अर्थात् सरूयाहका छोरा अबीशैलाई सोधे, “मसँग शाऊलको छाउनीभित्र को जान्छ?” तब अबीशैले भने, “तपाईंसँग म जानेछु।”
1SA 26:7 यसकारण दावीद र अबीशै राति नै सेनाहरूकहाँ गए। शाऊल आफ्नो सिरानीनिर भुइँमा आफ्नो भाला गाडेर छाउनीभित्र सुतिरहेका भेट्टाए। अबनेर र सिपाहीहरूचाहिँ तिनको चारैतिर ढल्किरहेका थिए।
1SA 26:8 तब अबीशैले दावीदलाई भने, “आज परमेश्‍वरले तपाईंको शत्रुलाई तपाईंको हातमा सुम्पिदिनुभएको छ। अब मलाई मेरो भालाले यिनलाई भुइँसम्मै रोपिने गरी प्रहार गर्न अनुमति दिनुहोस्। मैले यिनलाई दोस्रोपल्ट प्रहार गर्नु पर्नेछैनँ।”
1SA 26:9 तर दावीदले अबीशैलाई भने, “शाऊललाई नमार्नू! याहवेहको अभिषिक्त जनमाथि हात उठाएर कोचाहिँ निर्दोष रहन सक्ला र?”
1SA 26:10 दावीदले भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै याहवेह आफैँले तिनलाई प्रहार गर्नुहुनेछ, अथवा शाऊलको समय आउनेछ र तिनी मर्नेछन्, वा तिनी लडाइँमा गएर नष्‍ट हुनेछन्।
1SA 26:11 तर याहवेहको अभिषिक्त जनमाथि हात उठाउनदेखि मलाई याहवेहले रोकून्। तर तिनको सिरानीनिर भएको भाला र पानीको सुराहीचाहिँ लिऔँ र हामी जाऔँ।”
1SA 26:12 यसकारण दावीदले शाऊलको सिरानीनिर भएको भाला र पानीको सुराही लिएर तिनीहरू गए। यो कुरा कसैले पनि देखेनन्, न त यस बारेमा कसैलाई थाहा भयो, न कोही नै बिउँझे। तिनीहरू सबै जना सुतिरहेका थिए। किनकि याहवेहले तिनीहरूलाई मस्त निद्रामा पार्नुभएको थियो।
1SA 26:13 त्यसपछि दावीद अर्को डाँडापट्टि पार गरेर गए, र डाँडाको टुप्पामा टाढा उभिए। तिनीहरू एक-अर्कादेखि धेरै टाढा थिएनन्।
1SA 26:14 दावीदले सेना र नेरका छोरा अबनेरलाई हपारेर भने, “हे अबनेर, के तिमी मलाई जवाफ दिँदैनौ?” तब अबनेरले जवाफ दिए, “राजालाई बोलाउने तिमी को हौ?”
1SA 26:15 दावीदले भने, “अबनेर, के तिमी एक महान् पुरुष होइनौ र? अनि इस्राएलमा तिमीजस्तै अरू को छ र? तिमीले तिम्रा मालिक राजाको सुरक्षा किन गरेनौ? तिम्रा मालिक राजालाई मार्न कोही आएको थियो।
1SA 26:16 तिमीले जे गर्‍यौ, त्यो ठिक होइन। जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चित रूपमा तिमी र तिम्रा मानिसहरू मारिनैपर्छ। किनकि तिमीहरूले आफ्ना मालिक, अर्थात् याहवेहको अभिषिक्त जनको रक्षा गरेनौ। तिम्रो वरिपरि हेर। राजाको सिरानीनिर भएको उहाँका भाला र पानीको सुराही कहाँ छ?”
1SA 26:17 तब शाऊलले दावीदको सोर चिनेर भने, “हे मेरा छोरा दावीद, के यो तिम्रो सोर हो?” दावीदले भने, “हे मेरा मालिक, मेरा राजा, यो मेरै सोर हो।”
1SA 26:18 तिनले फेरि भने, “मेरा मालिकले आफ्नो सेवकलाई किन खेद्‌दैहुनुहुन्छ? मैले के गरेको छु, र म कुन कुराको दोषी छु र?
1SA 26:19 अहिले मेरा मालिक राजाले आफ्नो सेवकको कुरा सुन्‍नुहोस्। यदि याहवेहले तपाईंलाई मेरो विरुद्धमा सुर्‍याउनुभएको छ भने उहाँले भेटी ग्रहण गरून्। तर यदि योचाहिँ मानिसहरूले गरेको हो भने तिनीहरू याहवेहको सामु श्रापित होऊन्! आज मलाई तिनीहरूले याहवेहको उत्तराधिकारमा भएको मेरो घरबाट खेदेर यसो भनेका छन्, ‘जाऊ, अरू देवी-देवताहरूको सेवा गर।’
1SA 26:20 अब मेरो रगत याहवेहको उपस्थितिबाट टाढा रहेको देशमा खस्‍न नदिनुहोस्। पहाडतिरका तित्रा चराको शिकार गर्न निस्केझैँ, इस्राएलका राजा एउटा उपियाँलाई खोज्न निस्किआउनुभएको छ।”
1SA 26:21 तब शाऊलले भने, “मैले पाप गरेको छु। हे मेरा छोरा दावीद, फर्केर आऊ! किनकि तिमीले मेरो जीवनलाई आज बहुमूल्य ठानेका छौ। अब उसो म फेरि तिमीलाई हानि गर्ने कोसिस गर्नेछैनँ। वास्तवमै मैले एउटा मूर्खले जस्तै काम गरेको छु; अनि अति ठूलो भूल गरेको छु।”
1SA 26:22 दावीदले जवाफ दिए, “राजाको भाला यहाँ छ। तपाईंको कुनै जवान मानिस आएर यो लैजाओस्।
1SA 26:23 याहवेहले हरेक मानिसहरूलाई तिनीहरूको धार्मिकता र विश्‍वासयोग्यताको निम्ति प्रतिफल दिनुहुन्छ। आज याहवेहले तपाईंलाई मेरो हातमा सुम्पिदिनुभयो। तर मैले याहवेहको अभिषिक्त जनमाथि आफ्नो हात उठाइनँ।
1SA 26:24 आज मैले तपाईंको प्राणलाई बहुमूल्य ठानेझैँ याहवेहले मेरो प्राणलाई पनि बहुमूल्य ठानेर मलाई सबै विपत्तिबाट बचाऊन्।”
1SA 26:25 त्यसपछि शाऊलले दावीदलाई भने, “हे मेरा छोरा दावीद, तिमी धन्यका हौ। तिमीले महान् कामहरू गर्नेछौ, र निश्‍चय नै विजयी हुनेछौ।” यसकारण दावीद आफ्नो बाटो लागे, र शाऊलचाहिँ आफ्नो घर फर्के।
1SA 27:1 तर दावीदले यस्तो विचार गरे, “कुनै न कुनै दिन म शाऊलको हातबाट नष्‍ट हुनेछु। मेरा निम्ति पलिश्तीहरूको देशमा उम्केर जानु नै बेश हुनेछ। तब शाऊलले मलाई इस्राएलमा खोज्न छोड्नेछन्, र म तिनको हातबाट उम्कनेछु।”
1SA 27:2 यसकारण दावीद र तिनीसँग भएका छ सय मानिसहरू गात सहरको राजा माओकका छोरा आकीशकहाँ गए।
1SA 27:3 दावीद र तिनका मानिसहरू आकीशसँग गातको सहरमा बसोबास गर्न थाले। प्रत्येक मानिससँग तिनीहरूका आफ्ना परिवार थिए। दावीदसँग तिनका दुईवटी पत्नीहरू थिए: यिजरेलकी अहीनोम र कर्मेलकी अबीगेल, जो नाबालकी विधवा पत्नी थिइन्।
1SA 27:4 जब दावीद गातमा भागेर गएको कुरा शाऊललाई बताइयो, तब तिनले उनलाई खोज्न छोडिदिए।
1SA 27:5 तब दावीदले आकीशलाई भने, “यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई कुनै नगरमा एउटा ठाउँ दिनुहोस्, ताकि म त्यहाँ बसोबास गर्न सकूँ। तपाईंको सेवक तपाईंसँग राजकीय सहरमा किन बस्‍नू?”
1SA 27:6 यसकारण त्यस दिन आकीशले तिनलाई सिक्लग दिए; अनि त्यस समयदेखि उसो त्यो ठाउँ यहूदाका राजाहरूको भयो।
1SA 27:7 दावीद पलिश्तीहरूको प्रान्तमा एक वर्ष चार महिना बसे।
1SA 27:8 त्यसपछि दावीद र तिनका मानिसहरू गए, र गेशूरी, गिज्री र अमालेकीहरूलाई लुटपाट गरे। (यी मानिसहरू प्राचीन समयदेखि नै शूर र इजिप्टसम्म फैलिएको भूमिमा बस्दै आएका थिए।)
1SA 27:9 दावीदले जहाँ-जहाँ आक्रमण गरे, तिनले एउटै पनि पुरुष अथवा स्त्रीलाई जिउँदा छाडेनन्, तर भेडाहरू र गाईबस्तुहरू, गधाहरू, ऊँटहरू, र लुगाहरू लुटेर लगे। त्यसपछि तिनी आकीशकहाँ फर्किए।
1SA 27:10 जब आकीशले तिनलाई सोध्थे, “तिमीले आज कतातिर लुटपाट गर्‍यौ?” तब दावीदले जवाफ दिन्थे, “यहूदाको दक्षिणी इलाकामा” अर्थात् “यरहमेलीको दक्षिणमा” अथवा “केनीहरूको दक्षिणी इलाकामा गएको थिएँ भनी भन्दथे।”
1SA 27:11 तिनले गातमा ल्याउनलाई एउटै पनि पुरुष वा स्त्रीलाई जिउँदा छाडेनन्। किनकि तिनले, “तिनीहरूले हाम्रो बारेमा, ‘दावीदले हामीलाई यसो गर्‍यो’ भनेर सूचना देलान्” भन्‍ने सोच्थे। अनि तिनले पलिश्तीहरूका इलाकामा बसुन्जेल यस्तै गरिरहे।
1SA 27:12 आकीशले दावीदमाथि भरोसा राखेर विचार गरे, “दावीद आफ्ना मानिस इस्राएलीहरूका निम्ति यति धेरै घृणित भएका छन्, अब तिनी जीवनभरिका लागि मेरा सेवक बन्‍नेछन्।”
1SA 28:1 ती दिनहरूमा पलिश्तीहरूले इस्राएलीहरूसँग लडाइँ गर्नका निम्ति आफ्ना सेनाहरू भेला गरे। तब आकीशले दावीदलाई भने, “तिमी र तिम्रा मानिसहरू मेरो सेनाको साथमा हुनुपर्छ भन्‍ने कुरा तिमीलाई थाहा होस्।”
1SA 28:2 दावीदले भने, “त्यसो भए तपाईंको सेवकले के-के गर्न सक्छ, सो तपाईं आफैँले देख्नुहुनेछ।” आकीशले जवाफ दिए, “अति उत्तम! म तिमीलाई जीवनभरिको लागि मेरो अङ्गरक्षक बनाउनेछु।”
1SA 28:3 अब शमूएल मरिसकेका थिए। सारा इस्राएलले तिनको निम्ति शोक गरेर तिनलाई तिनको आफ्नै सहर रामामा गाडेका थिए। शाऊलले तन्त्रमन्त्र गर्ने र भूतप्रेत खेलाउने सबैलाई देशबाट निकालिदिएका थिए।
1SA 28:4 पलिश्तीहरू भेला भएर तिनीहरूले शूनेममा छाउनी हाले, र शाऊलले चाहिँ सारा इस्राएलीहरूलाई भेला गरेर गिल्बो पर्वतमा छाउनी हाले।
1SA 28:5 जब शाऊलले पलिश्ती सेनालाई देखे, तब तिनी डराए; तिनको हृदय त्रासले भरियो।
1SA 28:6 तिनले याहवेहसँग सल्‍लाह लिए, तर याहवेहले तिनलाई जवाफ दिनुभएन, न त सपनाद्वारा, न ऊरीमद्वारा, न अगमवक्ताहरूद्वारा नै दिनुभयो।
1SA 28:7 तब शाऊलले आफ्ना सेवकहरूलाई भने, “मेरा निम्ति एक जना तन्त्रमन्त्र गर्ने स्त्री खोजिदेओ, ताकि म गएर उसबाट सल्‍लाह लिन सकूँ।” तिनीहरूले भने, “यस्तै तन्त्रमन्त्र गर्ने एउटी स्त्री एन्दोरमा छे।”
1SA 28:8 यसकारण शाऊलले अर्कै कपडा लगाएर आफ्नो भेष बदले। तिनी र दुई जना मानिसहरू राति त्यस स्त्रीकहाँ गए। तब शाऊलले भने, “मेरा निम्ति आत्मासँग सोधपुछ गरिदेऊ। मैले भनेको व्यक्ति, जसको नाम म तिमीलाई भन्छु, उसैका आत्मालाई मेरा निम्ति जगाइदेऊ।”
1SA 28:9 तर त्यस स्त्रीले जवाफ दिई, “शाऊलले के गरेका छन्, त्यो कुरा तपाईंलाई निश्‍चय नै थाहा छ होला। तिनले देशमा तन्त्रमन्त्र गर्नेहरूलाई हटाएका छन्। तपाईंले किन मेरो जीवनका निम्ति मृत्युको पासो थाप्नुहुन्छ?”
1SA 28:10 तब शाऊलले याहवेहको नाममा शपथ खाएर त्यसलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै तिमीले कुनै दण्ड पाउनेछैनौ।”
1SA 28:11 तब त्यस स्त्रीले सोधी, “तपाईंका निम्ति म कसलाई बोलाइदिऊँ?” तिनले भने, “शमूएललाई बोलाइदेऊ।”
1SA 28:12 जब त्यस स्त्रीले शमूएललाई देखी, तब चिच्याएर शाऊललाई भनी, “तपाईंले मलाई किन छल्नुभयो? तपाईं नै पो शाऊल हुनुहुँदोरहेछ!”
1SA 28:13 तब राजाले त्यसलाई भने, “नडराऊ! तिमीले के देख्यौ?” त्यस स्त्रीले भनी, “म एउटा भूतजस्तो आकृतिलाई जमिनबाट निस्केर माथि आइरहेको देख्दैछु।”
1SA 28:14 तिनले सोधे, “त्यो केजस्तो देखिँदैछ?” त्यसले भनी, “खास्टो ओढेका एक जना वृद्ध मानिस माथि आउँदैछन्।” तब ती शमूएल रहेछन् भनी शाऊललाई थाहा भयो। तिनी आफ्नो अनुहार भुइँतिर घोप्टो पारेर दण्डवत् गर्दै लम्पसार परे।
1SA 28:15 तब शमूएलले शाऊललाई भने, “तिमीले मलाई माथि बोलाएर किन मेरो शान्ति भङ्ग गर्‍यौ?” शाऊलले शमूएललाई भने, “म ठूलो सङ्कष्‍टमा छु। पलिश्तीहरूले मेरो विरुद्धमा लडाइँ गरिरहेका छन्। परमेश्‍वर मदेखि टाढा हुनुभएको छ। उहाँले मलाई अगमवक्ताद्वारा र सपनाद्वारा जवाफ दिन छोड्नुभएको छ। यसकारण मैले के गर्नुपर्छ, सो कुरा मलाई भनिदिनुहोस् भनी तपाईंलाई बोलाएको हुँ।”
1SA 28:16 तब शमूएलले भने, “याहवेहले तिमीलाई छोडिसक्नुभएको छ, र तिम्रो शत्रुसमान हुनुभएको छ; तब तिमी किन मलाई सोधपुछ गर्छौ?
1SA 28:17 याहवेहले मद्वारा जे भविष्यवाणी गर्नुभएको थियो, उहाँले त्यही गर्नुभएको छ। याहवेहले तिम्रो हातबाट राज्यलाई टुक्राएर त्यसलाई तिम्रो छिमेकी दावीदलाई दिइसक्नुभएको छ।
1SA 28:18 तिमीले याहवेहको आज्ञापालन गरेनौ, न त अमालेकीहरूको विरुद्धमा उहाँको भयङ्ककर क्रोध खन्यायौ। यसकारण आजको दिन यो कुरा याहवेहले तिमीसित गर्नुभएको हो।
1SA 28:19 याहवेहले तिमी र इस्राएल दुवैलाई पलिश्तीहरूका हातमा सुम्पिदिनुहुनेछ। अनि भोलि तिमी र तिम्रा छोराहरू यहाँ मसँग हुनेछौ। याहवेहले इस्राएलका सेनाहरूलाई पनि पलिश्तीहरूको हातमा सुम्पिदिनुहुनेछ।”
1SA 28:20 यो सुन्‍नेबित्तिकै शाऊल डरले तुरुन्तै भुइँमा लम्पसार परे, र तिनी निर्बल भए; किनकि तिनले त्यस दिनभरि र रातभरि केही खानेकुरा खाएका थिएनन्।
1SA 28:21 त्यस स्त्रीले शाऊललाई जोरसँग काँपिरहेका देखेर यसो भनी, “हेर्नुहोस्, तपाईंकी सेविकाले तपाईंको आज्ञापालन गरेकी छे। मैले आफ्नो प्राण आफ्नो हत्केलामा राखेर तपाईंले मलाई जे गर्नु भन्‍नुभयो, त्यही गरेको छु।
1SA 28:22 अब तपाईंको सेविकाको कुरा सुन्‍नुहोस्, र मलाई तपाईंका सामु केही भोजन राख्न अनुमति दिनुहोस्। तपाईंले त्यसलाई खानुहोस् र आफ्नो यात्राका निम्ति बल प्राप्‍त गर्नुहोस्।”
1SA 28:23 तर शाऊलले अस्वीकार गरेर भने, “म खानेछैनँ।” तर तिनका मानिसहरूले ती स्त्रीसित मिलेर तिनलाई बिन्ती गरे। अनि तिनले तिनीहरूका कुरा सुनेर भुइँबाट उठेर पलङमाथि बसे।
1SA 28:24 त्यस स्त्रीको घरमा एउटा पोस्याएको बाछा थियो। त्यसले त्यसलाई तुरुन्तै मारी। त्यसले केही पिठो लिएर त्यो मुछी र त्यसबाट खमिर नहालेको रोटी पकाई।
1SA 28:25 त्यसपछि त्यसले त्यो शाऊल र तिनका मानिसहरूको सामु ल्याई। अनि तिनीहरूले खाए। त्यही रात तिनीहरू बिदा भए।
1SA 29:1 पलिश्तीहरूले आफ्ना सबै सेनाहरूलाई अपेकमा भेला गराए। अनि इस्राएलीहरूले चाहिँ यिजरेल सहरको पानीको मूल भएको ठाउँमा छाउनी हाले।
1SA 29:2 जब पलिश्ती शासकहरू आफ्ना सय र हजारका दलहरूसँग अगाडि बढ्दैथिए, तब दावीद र तिनका मानिसहरूचाहिँ आकीशसँग पछिल्तिरको पङ्‌क्तिमा हिँड्दैथिए।
1SA 29:3 पलिश्तीहरूका सेनापतिहरूले आकीशलाई सोधे, यी हिब्रूहरूले यहाँ के गर्दैछन्? आकीशले जवाफ दिए, “के यिनी दावीद होइनन् र? जो इस्राएलका राजा शाऊलका अधिकृत थिए। यिनी मसँग एक वर्षभन्दा बढी समयदेखि छन्; अनि यिनले शाऊललाई छोडेदेखि अहिलेसम्म मैले यिनमा कुनै दोष भेट्टाएको छैनँ।”
1SA 29:4 तर पलिश्ती सेनापतिहरू आकीशसँग रिसाएर भने, “यस मानिसलाई फर्काइदिनुहोस्, ताकि तपाईंले यसका निम्ति ठहराउनुभएको ठाउँमा फर्केर जाओस्। यो हामीसँग लडाइँमा नजाओस्, नत्रता लडाइँको समयमा यो हाम्रो विरुद्धमा जाला। किनकि यसले हाम्रा मानिसहरूका शिर आफ्नो मालिककहाँ लिएर जाला, र यसले आफ्नो मालिकको निगाह फेरि प्राप्‍त गर्ला। योभन्दा उत्तम उपाय तिनका निम्ति के हुन सक्ला र?
1SA 29:5 के तिनीहरूले आफ्ना नाचमा त्यही दावीदकै बारेमा यसो भन्दै गाएका थिएनन् र? “शाऊलले हजारौँ-हजारलाई मारे, तर दावीदले चाहिँ लाखौँ-लाखलाई मारे।”
1SA 29:6 यसकारण आकीशले दावीदलाई बोलाएर तिनलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, तपाईं मेरो भरोसायोग्य हुनुहुन्छ। अनि मेरा सेनासँग तपाईंले साथ दिनुभयो भने म सन्तुष्‍ट हुनेछु। तपाईं मकहाँ आउनुभएको दिनदेखि अहिलेसम्म मैले तपाईंमा कुनै दोष भेट्टाएको छैनँ। तर पलिश्ती शासकहरू तपाईंलाई लैजान सहमत छैनन्।
1SA 29:7 अब फर्केर शान्तिसँग जानुहोस्; पलिश्ती शासकहरूलाई मन नपर्ने कुनै पनि काम नगर्नुहोस्।”
1SA 29:8 दावीदले आकीशलाई सोधे, “तर मैले के गरेको छु र? म तपाईंकहाँ आएको दिनदेखि अहिलेसम्म तपाईंले आफ्नो सेवकमा के दोष भेट्टाउनुभएको छ? मैले मेरा मालिक राजाका शत्रुहरूको विरुद्धमा लडाइँ गर्न किन जान नपाऊँ?”
1SA 29:9 तब आकीशले जवाफ दिए, “म जान्दछु, तपाईं मेरो दृष्‍टिमा परमेश्‍वरको दूतझैँ मनपर्दो हुनुहुन्छ। तरै पनि पलिश्ती सेनापतिहरूले भनेका छन्, ‘यो हामीसँग लडाइँमा जानेछैन।’
1SA 29:10 अब तपाईंसँग आउने तपाईंका मालिकका सेवकहरूसँग बिहानै उठ्नुहोस् र बिहान उज्यालो हुनसाथ गइहाल्नुहोस्।”
1SA 29:11 यसकारण दावीद र तिनका मानिसहरू पलिश्तीहरूको देशमा फर्किजानलाई बिहानै उठे। अनि पलिश्तीहरूचाहिँ यिजरेलतिर गए।
1SA 30:1 तेस्रो दिन जब दावीद र तिनका मानिसहरू सिक्लगमा पुगे, तब तिनीहरूले अमालेकीहरूले सिक्लग र दक्षिणलाई लुटिसकेका भेट्टाए। तिनीहरूले सिक्लगलाई आक्रमण गरेर त्यसलाई आगो लगाइदिएका थिए।
1SA 30:2 स्त्रीहरू र त्यहाँ भएका सबैलाई अर्थात् जवान र वृद्धहरू सबैलाई कैदी बनाएर लगेका थिए। तिनीहरूले कसैलाई पनि मारेनन्, तर तिनीहरूले तिनीहरूलाई लिएर गए।
1SA 30:3 जब दावीद र तिनका मानिसहरू सिक्लगमा आइपुगे, तब तिनीहरूले सिक्लगलाई आगोद्वारा नाश गरिएको र तिनीहरूका पत्नीहरू, आफ्ना छोराछोरीहरूलाई कैदी बनाएर लगिएको भेट्टाए।
1SA 30:4 यसकारण दावीद र तिनका मानिसहरू यति धेरै डाको छोडेर रोए कि तिनीहरूमा अझ रुने शक्ति नै रहेन।
1SA 30:5 दावीदका दुई जना पत्नीहरू, अर्थात् यिजरेली अहीनोम र कर्मेली नाबालकी विधवा अबीगेललाई पनि कैद गरेर लगिएको थियो।
1SA 30:6 दावीद साह्रै व्याकुल भए; किनकि ती मानिसहरू आफ्ना छोराहरू र छोरीहरूको कारण आत्मामा साह्रै दुःखित भएको हुनाले तिनीहरूले दावीदलाई ढुङ्गाले हान्‍ने कुरा गरिरहेका थिए। तर दावीदले याहवेह आफ्ना परमेश्‍वरमा शक्ति पाए।
1SA 30:7 त्यसपछि दावीदले अहीमेलेकका छोरा पुजारी अबीयाथारलाई भने, “मलाई एपोद ल्याइदेऊ।” तब अबीयाथारले तिनलाई एपोद ल्याइदिए।
1SA 30:8 अनि दावीदले याहवेहसँग सोधपुछ गरे, “के म यो लुटपाट गर्ने दललाई खेदूँ? के म तिनीहरूलाई भेट्टाउन सकूँला?” उहाँले जवाफ दिनुभयो, “तिनीहरूलाई खेद्, निश्‍चय नै तैँले तिनीहरूलाई भेट्नेछस्, र छुटाउने काममा सफल हुनेछस्।”
1SA 30:9 दावीद र तिनीसँग भएका छ सय मानिसहरू बसोरको बेँसीमा पुगे। तर अरू कति जना भने त्यहीँ बसे।
1SA 30:10 किनभने दुई सय मानिसहरूचाहिँ बेँसी पार गर्न नसक्ने गरी साह्रै थाकेका थिए; तर दावीद र चार सय जनाले चाहिँ खेदिरहे।
1SA 30:11 तिनीहरूले खेतमा एक जना इजिप्टियनलाई भेट्टाए, र त्यसलाई दावीदकहाँ ल्याए। तिनीहरूले त्यसलाई खानलाई भोजन र पिउन पानी दिए।
1SA 30:12 तिनीहरूले नेभाराका झुप्पा र किसमिसका झुप्पा पनि दिए। त्यसले खायो र फूर्तिलो भयो; किनकि त्यसले तीन दिन र तीन रातसम्म केही खाएको थिएन र पानी पनि पिएको थिएन।
1SA 30:13 दावीदले त्यसलाई सोधे, “तँ को होस्? र कहाँबाट आएको होस्?” त्यसले भन्यो, “म एक जना इजिप्टियन, अमालेकीको एउटा दास हुँ। म तीन दिन अगि बिरामी हुँदा मेरो मालिकले मलाई छोडे।
1SA 30:14 हामीले करेतीहरूको दक्षिणी भाग, यहूदाको इलाका र कालेबको दक्षिणी भागलाई लुट्यौँ। अनि हामीले सिक्लगलाई आगो लगाइदियौँ।”
1SA 30:15 दावीदले त्यसलाई सोधे, “के तैँले मलाई त्यस लुटपाट गर्ने दलकहाँ लैजान सक्छस्?” त्यसले जवाफ दियो, “तपाईंले मलाई मार्नुहुन्‍न र मलाई मेरा मालिकको हातमा सुम्पिदिनुहुन्‍न भनी परमेश्‍वरको नाममा शपथ खानुहोस्, तब म तपाईंलाई तिनीहरूकहाँ लैजानेछु।”
1SA 30:16 त्यसले दावीदलाई लग्यो; अनि त्यहाँ तिनीहरूसँग पलिश्तीहरू र यहूदाको देशबाट लुटेका धेरै मालसामानहरू भएको हुनाले तिनीहरू गाउँमा छरिएर खाँदै-पिउँदै र हर्ष मनाउँदै थिए।
1SA 30:17 दावीदले तिनीहरूसँग साँझदेखि भोलिपल्टको साँझसम्म यसरी युद्ध गरे कि, ऊँटमा चढेर भाग्ने चार सय जवान मानिसहरूबाहेक अरू कोही पनि भाग्न पाएनन्।
1SA 30:18 दावीदले आफ्नी दुईवटी पत्नीहरू लगायत अमालेकीहरूले लगेका सबै कुरा फेरि फिर्ता ल्याए।
1SA 30:19 कुनै पनि कुरा हराएका थिएनन्: तिनीहरूले लगेका जवान, वृद्ध, केटा, केटी अथवा लुटपाटका सरसामानहरू अर्थात् तिनीहरूले लगेका सबै कुराहरू, दावीदले फिर्ता ल्याए।
1SA 30:20 तिनले सबै बगाल र बथानहरू ल्याए, र तिनका मानिसहरूले ती वस्तुहरूलाई अरू गाईबस्तुको अगि-अगि यसो भन्दै धपाउँदै लगे, “यो दावीदको लुटको माल हो।”
1SA 30:21 त्यसपछि दावीद ती दुई सय मानिसहरूकहाँ आए, जो तिनलाई पछ्याउन नसकेर अति थकित भई बसोरको बेँसीमा बसेका थिए। तिनीहरू दावीद र तिनीसँग भएका मानिसहरूलाई भेट्न निस्केर आए। जब दावीद र तिनका मानिसहरू आइपुगे, तब तिनले उनीहरूलाई अभिवादन गरे।
1SA 30:22 तर दावीदका पछि लाग्ने मानिसहरूमध्ये केही दुष्‍ट मानिसहरू र बदमासहरूले भने, “तिनीहरू हामीसँग नगएको कारण हामीले फिर्ता ल्याएका मालसामानहरू तिनीहरूसँग बाँड्नेछैनौँ। तर हरेक मानिसले आफ्नी पत्नी र बालबच्‍चाहरू भने लैजाऊन्।”
1SA 30:23 तब दावीदले जवाफ दिए, “त्यसो होइन मेरा भाइहरू हो, याहवेहले हामीलाई रक्षा गर्नुभयो। यी सबै कुरा हामीलाई दिनुभयो; अनि शत्रुहरूलाई हाम्रा हातमा सुम्पिदिनुभयो। अब उहाँले हामीलाई दिनुभएका कुराहरूसँग तिमीहरूले त्यसो गर्नुहुँदैन।
1SA 30:24 तिमीहरूले भनेको कुरा कसले मान्ला? मालसामानसँग बस्‍ने मानिसको हिस्सा पनि लडाइँमा जाने मानिसको बराबर हुनेछ। सबैले बराबर हिस्सा पाउनेछन्।”
1SA 30:25 दावीदले त्यस दिनदेखि उसो आजसम्मै इस्राएलको निम्ति त्यो विधि र नियम बनाए।
1SA 30:26 दावीद सिक्लगमा आएपछि तिनले लुटको मालसामानबाट केही यहूदाका धर्मगुरुहरू, तिनका साथीहरूलाई पठाइदिएर भने, “याहवेहका शत्रुहरूबाट लुटिएको थोकहरूबाट तपाईंहरूका निम्ति उपहारहरू यहाँ छन्।”
1SA 30:27 तिनले ती कुराहरू बेथेल, रामोत-नेगेव र यत्तीरमा भएकाहरूलाई;
1SA 30:28 अरोएर, सीपमोत र एश्तमोमा भएकाहरूलाई;
1SA 30:29 अनि राकालमा; यरहमेलीहरू र केनीहरूका सहरमा भएकाहरूलाई;
1SA 30:30 होर्मा, बोर-आशान, अत्ताकमा भएकाहरूका निम्ति,
1SA 30:31 र हेब्रोनमा भएकाहरूका निम्ति पठाए। ती सबै ठाउँहरूमा पनि पठाए, जहाँ दावीद र तिनका मानिसहरू आउजाउ गर्थे।
1SA 31:1 पलिश्तीहरूले इस्राएलीहरूको विरुद्धमा युद्ध गरे; इस्राएलीहरू पलिश्तीहरूको सामुबाट भागे, र धेरै जना गिल्बो पर्वतमा मारिए।
1SA 31:2 पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई खेदेर पक्रे; अनि तिनीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्की-शूअलाई मारे।
1SA 31:3 शाऊलको चारैतिर युद्धले भयङ्ककर रूप लियो। जब धनुर्धारीहरू तिनीमाथि जाइलागे, तब तिनीहरूले तिनलाई गम्भीर घाइते बनाए।
1SA 31:4 शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई रोप्, नत्रता यी खतना नभएकाहरू आएर मेरो खिल्‍ली उडाउनेछन् र मार्नेछन्।” तर तिनको हतियार बोक्ने डरायो र त्यसो गर्ने आँट गरेन। त्यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे।
1SA 31:5 जब त्यस हतियार बोक्नेले शाऊललाई मरेको देख्यो, तब त्यसले पनि आफ्नो तरवारले आफैँलाई रोप्यो र मर्‍यो।
1SA 31:6 यसरी शाऊल र तिनका तीन जना छोराहरू र हतियार बोक्ने त्यही दिन एकसाथ मरे।
1SA 31:7 जब त्यस बेँसीमा भएका र यर्दनपारि भएका इस्राएलीहरूले इस्राएलका सेना भागेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडेर भागे। तब पलिश्तीहरू आएर ती सहरहरूलाई कब्जा गरे।
1SA 31:8 भोलिपल्ट जब पलिश्तीहरू मरेकाहरूका माल लुट्न आए, तब तिनीहरूले शाऊल र तिनका तीन छोराहरूलाई गिल्बो पर्वतमा मारिएका भेट्टाए।
1SA 31:9 तिनीहरूले शाऊलको शिर काटे र तिनका हतियारहरू लिए। अनि तिनीहरूले पलिश्तीहरूको देशभरि तिनीहरूका मूर्तिहरूका मन्दिरहरूमा र तिनीहरूका मानिसहरूको बीचमा यो खबर घोषणा गर्नलाई दूतहरू पठाए।
1SA 31:10 तिनीहरूले शाऊलका हतियारहरू अश्तोरेतको मन्दिरमा राखे; अनि तिनको शरीरलाई बेथ-शानको भित्तामा बाँधिदिए।
1SA 31:11 जब याबेश-गिलादका मानिसहरूले शाऊललाई पलिश्तीहरूले के गरेका थिए, सो कुरा सुने;
1SA 31:12 तब तिनीहरूका वीर मानिसहरू रातभरि हिँडेर बेथ-शानमा पुगे। तिनीहरूले शाऊल र तिनका छोराहरूका शरीरलाई बेथ-शानको भित्ताबाट निकाले र याबेश सहरमा गएर तिनीहरूलाई त्यहाँ जलाइदिए।
1SA 31:13 त्यसपछि तिनीहरूले तिनीहरूका हड्डीहरू लगे र तिनीहरूलाई याबेशमा एउटा झ्याउको बोटको फेदमा गाडिदिए। अनि तिनीहरूले सात दिनसम्म उपवास बसे।
2SA 1:1 शाऊलको मृत्युपछि अमालेकीहरूलाई जितेर दावीद फर्के, र तिनी सिक्लगमा दुई दिन बसे।
2SA 1:2 तेस्रो दिन शाऊलको छाउनीबाट फाटेको लुगा लगाएको र टाउकोमा धुलो हालेको एक जना मानिस दावीदकहाँ आयो। जब त्यो दावीदकहाँ आयो, तब दावीदलाई सम्मान दिन भुइँमा घोप्टो परेर त्यसले दण्डवत् गर्‍यो।
2SA 1:3 दावीदले त्यसलाई सोधे, “तँ कहाँबाट आएको होस्?” त्यसले भन्यो, “म इस्राएलीहरूको छाउनीबाट उम्केर आएको हुँ।”
2SA 1:4 दावीदले त्यसलाई फेरि सोधे, “त्यहाँ के भयो? मलाई भन्।” त्यसले भन्यो, “सेनाहरू लडाइँबाट भागे, र धेरै जना मारिए। अनि शाऊल र तिनका छोरा जोनाथन पनि मारिएका छन्।”
2SA 1:5 तब तिनीकहाँ खबर ल्याउने त्यस जवान मानिसलाई दावीदले भने, “शाऊल र तिनका छोरा जोनाथन मारिएका छन् भनी तैँले कसरी जान्दछस्?”
2SA 1:6 त्यस जवान मानिसले भन्यो, “म संयोगवश गिल्बो डाँडामा पुगेको थिएँ। त्यहाँ शाऊल आफ्नो भालामाथि झुकेको मैले देखेँ। रथहरू र घोडसवारहरूले तिनलाई भेट्नै लागेका थिए।
2SA 1:7 जब तिनले फर्केर हेरे, तब मलाई देखे, र मलाई बोलाए। मैले भनेँ, ‘हजुर, आज्ञा होस्, म केही गर्न सक्छु कि?’
2SA 1:8 “तिनले मलाई सोधे, ‘तँ को होस्?’ “मैले भनेँ, ‘म एक अमालेकी हुँ।’
2SA 1:9 “तब तिनले मलाई भने, ‘मेरो नजिक आइज, र मलाई मार्! म जीवितै छु, तर पनि मृत्युको मुखैमा पुगिसकेको छु।’
2SA 1:10 “यसकारण म तिनको नजिकै गएर तिनलाई मारिदिएँ; किनकि तिनी भुइँमा लडेपछि बाँच्दैनन् भन्‍ने कुरा मलाई थाहा थियो। मैले तिनको शिरको मुकुट र तिनको पाखुरामा भएको बाला लिएँ, र ती मैले मेरा मालिककहाँ ल्याएको छु।”
2SA 1:11 तब दावीद र तिनीसित भएका सबै मानिसहरूले तिनीसँगै तिनीहरूका लुगा च्याते।
2SA 1:12 तिनीहरूले शाऊल र तिनका छोरा जोनाथन, र याहवेहका सेना र इस्राएलको घरानाको निम्ति साँझसम्म उपवास बसेर शोक मनाए; किनकि मानिसहरू तरवारद्वारा मारिएका थिए।
2SA 1:13 दावीदले आफूकहाँ खबर ल्याउने त्यस जवान मानिसलाई भने, “तँ कहाँबाट आएको होस्?” त्यसले जवाफ दियो, “म परदेशीको छोरा, एक अमालेकी हुँ।”
2SA 1:14 तब दावीदले त्यसलाई सोधे, “याहवेहका अभिषिक्त जनलाई मार्न हात उठाउँदा तँलाई डर लागेन?”
2SA 1:15 तब दावीदले आफ्ना एक जना मानिसलाई बोलाएर भने, “जाऊ, गएर त्यसलाई मारिदेऊ!” यसकारण त्यस मानिसले त्यसलाई तरवारले हान्यो र मर्‍यो।
2SA 1:16 किनकि दावीदले त्यसलाई भनेका थिए, “तेरो मृत्युको जिम्मेवार तँ आफैँ होस्, किनकि तैँले आफ्नै मुखले तेरो विरुद्धमा साक्षी दिइस् र तैँले भनिस्, ‘मैले याहवेहको अभिषिक्त जनलाई मारेँ।’ ”
2SA 1:17 दावीदले शाऊल र तिनका छोरा जोनाथनका निम्ति यसरी विलाप गरे,
2SA 1:18 अनि यहूदाका सबै मानिसहरूलाई यो विलापको गीत सिकाउने आदेश दिए (यो गीत याशारको पुस्तकमा लेखिएको छ):
2SA 1:19 हे इस्राएल, तेरो महिमा, तेरो उच्‍च स्थानमा ढालिएको छ। कसरी वीरहरू ढलेका छन्!
2SA 1:20 गातको सहरमा यो कुरा नभन्‍नू, न त अश्कलोनका गल्‍लीहरूमा घोषणा गर्नू, नत्रता पलिश्तीका छोरीहरू खुशी होलान्, त्यसरी नै खतना नभएका छोरीहरू आनन्दित होलान्।
2SA 1:21 “हे गिल्बोका डाँडाहरू हो, तिमीहरूमाथि शीत नपरोस्, न त वृष्‍टि होस्, न त तिमीहरूका खेतमा अन्‍न दिने पानी परोस्; किनकि त्यहाँ वीर मानिसको ढाल अशुद्ध पारियो, शाऊलको ढाल—अब उसो तेल लगाइनेछैन।”
2SA 1:22 मारिएकाहरूको रगतबाट, वीर मानिसको शरीरबाट, जोनाथनको धनु कहिल्यै फर्केर आएको थिएन। शाऊलको तरवार म्यानमा कहिल्यै रित्तै फर्केर आएको थिएन।
2SA 1:23 “शाऊल र जोनाथन तिनीहरू जीवित हुँदा प्यारा र मनोहर थिए; अनि तिनीहरूलाई मृत्युले पनि छुटाउन सकेन। तिनीहरू गरुडभन्दा फूर्तिला थिए, तिनीहरू सिंहहरूभन्दा पनि बलिया थिए।
2SA 1:24 “हे इस्राएलका छोरीहरू हो, शाऊलका निम्ति रोओ, जसले तिमीहरूलाई रातो र मिहिन वस्त्र पहिर्‍याए, जसले तिमीहरूका वस्त्रहरूलाई सुनका गहनाले सिँगारिदिए।”
2SA 1:25 वीर सेनाहरू कसरी लडाइँमा ढलेका छन्! जोनाथन तिम्रा पहाडहरूमा मारिएर ढालिएका छन्।
2SA 1:26 मेरा भाइ, जोनाथन म तिम्रा निम्ति शोक गर्छु; तिमी मेरा निम्ति अति प्रिय थियौ। मप्रति तिम्रो प्रेम अचम्मको थियो, स्त्रीहरूको प्रेमभन्दा पनि अझ उत्तम थियो।
2SA 1:27 “वीर मानिसहरू कसरी ढलेका छन्! लडाइँका हतियारहरू कसरी नष्‍ट भएका छन्!”
2SA 2:1 समय बित्दै गएपछि दावीदले याहवेहसित यसो भनेर सोधे, “के म यहूदाका कुनै एक सहरमा जाऊँ?” याहवेहले भन्‍नुभयो, “माथि उक्लिजा।” दावीदले सोधे, “म माथि कुन सहरमा जाऊँ?” याहवेहले जवाफ दिनुभयो, “हेब्रोनमा जा।”
2SA 2:2 यसकारण दावीद आफ्ना दुई पत्नीहरू, यिजरेलकी अहीनोम र कर्मेलको नाबालकी विधवा अबीगेलसित त्यहाँ गए।
2SA 2:3 दावीदले आफूसित भएका हरेक मानिसलाई तिनका परिवारसँगै लगे। अनि तिनीहरू हेब्रोन र त्यहाँका सहरहरूमा बसोबास गरे।
2SA 2:4 तब यहूदाका मानिसहरू हेब्रोनमा आए; अनि त्यहाँ तिनीहरूले दावीदलाई यहूदाको कुलमाथि राजा अभिषेक गरे। जब दावीदलाई शाऊललाई गाड्ने मानिसहरू याबेश-गिलादका रहेछन् भनी भनियो,
2SA 2:5 तब तिनले याबेश-गिलादका मानिसहरूकहाँ समाचार दिन दूतहरू पठाए, “तिमीहरूका मालिक शाऊललाई गाडेर तिमीहरूले उहाँप्रति दया देखाएको कारण याहवेहले तिमीहरूलाई आशिष् देऊन्।
2SA 2:6 याहवेहले तिमीहरूमाथि दया र विश्‍वासयोग्यता देखाऊन्। अनि तिमीहरूको यस कामको कारण म पनि तिमीहरूप्रति कृपालु हुनेछु।
2SA 2:7 अब बलिया र साहसी होओ; किनकि तिमीहरूका मालिक शाऊलको मृत्यु भइसकेको छ। अनि यहूदाका मानिसहरूले मलाई तिनीहरूमाथि राजा अभिषेक गरेका छन्।”
2SA 2:8 यसै बीचमा शाऊलका फौजको सेनापति नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई महनाइममा लिएर आए।
2SA 2:9 अबनेरले ईश्बोशेतलाई गिलाद, अश्शूरी र यिजरेल, र एफ्राइम, बेन्यामीन र सारा इस्राएलमाथि राजा बनाए।
2SA 2:10 शाऊलका छोरा ईश्बोशेत इस्राएलमाथि राजा हुँदा चालीस वर्षका थिए। तिनले दुई वर्षसम्म शासन गरे। तर यहूदाको कुलचाहिँ दावीदप्रति नै विश्‍वासयोग्य भइरहे।
2SA 2:11 दावीदले हेब्रोनमा यहूदाको घरानामाथि साँढे सात वर्ष शासन गरे।
2SA 2:12 नेरका छोरा अबनेर शाऊलका छोरा ईश्बोशेतका मानिसहरूसित महनाइमलाई छोडेर गिबोन गए।
2SA 2:13 सरूयाहका छोरा योआब र दावीदका मानिसहरू हेब्रोनबाट निस्केर गए। तिनीहरूलाई गिबोनको पोखरीनेर भेटे। एउटा दल पोखरीको एकातिर र अर्को दलचाहिँ अर्कोतिर बसे।
2SA 2:14 तब अबनेरले योआबलाई भने, “हामी केही जवान मानिसहरूलाई खडा गरौँ र हाम्रो सामु तिनीहरूलाई लड्न लगाऔँ।” योआबले भने, “ठिक छ, तिनीहरूलाई त्यसै गर्न लगाओ।”
2SA 2:15 यसकारण तिनीहरू खडा भए, र गन्ती गरिए। बेन्यामीन र शाऊलका छोरा ईश्बोशेतबाट बाह्र जना र दावीदको पक्षबाट बाह्र जना मानिसहरू थिए।
2SA 2:16 तब हरेक मानिसले आफ्नो विपक्षीको टाउकोमा पक्रेर त्यस विरोधीको कोखामा छुरी रोपिदिए। अनि तिनीहरू चौबीसै जना एकसाथ ढले। यसकारण गिबोनको त्यस ठाउँलाई हेल्कत-हज्‍जुरीम भनिन्छ।
2SA 2:17 त्यस दिनको लडाइँ अति भयानक थियो; अनि अबनेर र इस्राएलका मानिसहरू दावीदका मानिसहरूद्वारा परास्त भए।
2SA 2:18 सरूयाहका तीन छोराहरू: योआब, अबीशै र असाहेल थिए। असाहेलचाहिँ मैदानमा कुदिहिँड्ने हरिणजस्तै फूर्तिला थिए।
2SA 2:19 तिनले दायाँ-बायाँ कतै नहेरी अबनेरलाई खेदिरहे।
2SA 2:20 अबनेरले पछि फर्केर हेरे, र सोधे, “के तिमी असाहेल नै हौ?” तिनले जवाफ दिए, “हजुर, म नै हुँ।”
2SA 2:21 तब अबनेरले तिनलाई भने, “तिमी दायाँ अथवा बायाँतिर लाग। कुनै एक जवान मानिसलाई पक्र, र त्यसको हतियारहरू खोस।” तर असाहेलले तिनलाई खेद्न छाडेनन्।
2SA 2:22 फेरि अबनेरले तिनलाई चेतावनी दिए, “मलाई खेद्न छोडिदेऊ! मैले तिमीलाई किन प्रहार गर्नु? तिम्रो दाजु योआबलाई आफ्नो मुख कसरी देखाउनु?”
2SA 2:23 तर असाहेलले तिनलाई खेद्न छोडेनन्; यसकारण अबनेरले आफ्नो भाला असाहेलको पेटमा रोपिदिए। भाला तिनको पिठिउँबाट बाहिर निस्क्यो। तिनी त्यहीँ ढले, र ठहरै मरे। तब असाहेल लडेर मरेको ठाउँमा आइपुग्ने हरेक मानिस त्यहीँ रोकिए।
2SA 2:24 तर योआब र अबीशैले चाहिँ अबनेरलाई खेदिरहे। घाम डुब्न लाग्दा तिनीहरू गिबोनको उजाड ठाउँतिर जाने बाटोको गीहको छेउमा भएको अम्माको डाँडामा आइपुगे।
2SA 2:25 तब बेन्यामीनका मानिसहरू अबनेरकहाँ डाँडामा भेला भए। तिनीहरूले आफ्नो दल बनाए, र डाँडाको टुप्पोमा मोर्चा बाँधेर खडा भए।
2SA 2:26 अबनेरले योआबलाई कराएर भने, “के हामी सधैँको लागि लडाइँ गरिरहने? के लडाइँको अन्त्य तितोपनामा मात्र हुनेछ भनी तिमीलाई थाहा छैन? तिमीले आफ्ना मानिसहरू, तिनीहरूका इस्राएली दाजुभाइहरूलाई खेद्न छोडिदिनू भनेर कहिले भन्‍ने?”
2SA 2:27 योआबले जवाफ दिए, “जीवित परमेश्‍वरलाई साक्षी राखेर म भन्दछु, यदि तिमीले यो कुरा नभनेको भए यी मानिसहरूले बिहानसम्म नै खेदिरहने थिए।”
2SA 2:28 यसकारण योआबले तुरही फुके; अनि सबै सेनाहरू रोकिए। तिनीहरूले इस्राएललाई खेद्न छोडिदिए, न त तिनीहरूले फेरि लडाइँ नै गरे।
2SA 2:29 त्यस रातभरि अबनेर र तिनका मानिसहरू मोर्चा बाँधेर अराबा भएर गए। तिनीहरूले यर्दन नदी तरे, र बिहानसम्मै निरन्तर हिँडिरहे; अनि महनाइममा आइपुगे।
2SA 2:30 तब योआब अबनेरको पछि लाग्न छोडेर सबै सेनाहरूलाई भेला गराए। असाहेलबाहेक दावीदका उन्‍नाइस जना मानिसहरू हराएका थिए।
2SA 2:31 तर दावीदका मानिसहरूले अबनेरसँग भएका तीन सय साठी जना बेन्यामीनीहरूलाई मारेका थिए।
2SA 2:32 तिनीहरूले असाहेललाई लिएर त्यसका बुबाको चिहान बेथलेहेममा गाडे। त्यसपछि योआब र तिनका मानिसहरू रातभरि हिँडेर बिहान मिरमिरे उज्यालोमा हेब्रोनमा आइपुगे।
2SA 3:1 शाऊलका घराना र दावीदका घरानाको बीचमा लामो समयसम्म युद्ध चलिरह्‍यो। दावीद झन्-झन् शक्तिशाली हुँदैगए। तर शाऊलको घरानाचाहिँ कमजोर हुँदैगयो।
2SA 3:2 हेब्रोनमा जन्मिएका दावीदका छोराहरू: तिनका जेठा छोरा अमनोन यिजरेली अहीनोमका छोरा थिए;
2SA 3:3 माहिलो किलाब, कर्मेलको नाबालकी विधवा अबीगेलका छोरा थिए; साहिँलो गेशूरका राजा तल्मै अब्शालोमकी छोरी माकाको छोरा थिए;
2SA 3:4 काहिँलो अदोनियाह हग्गीतका छोरा थिए; ठाहिँलो शपत्याह अबीतलका छोरा थिए;
2SA 3:5 अनि कान्छा यित्रामचाहिँ दावीदकी पत्नी एग्लाका छोरा थिए।
2SA 3:6 शाऊलका घराना र दावीदका घरानाको बीचमा युद्ध भइरहेको बेला अबनेरले शाऊलको घरानामा आफ्नो स्थान बलियो पार्दैगए।
2SA 3:7 शाऊलकी एउटी रिश्पा नामकी उपपत्नी थिइन्, जो अय्याकी छोरी थिइन्। ईश्बोशेतले अबनेरलाई भने, “तिमी मेरा बुबाकी उपपत्नीसँग किन सुत्यौ?”
2SA 3:8 ईश्बोशेतले भनेको कुराले अबनेर अति रिसाए। तिनले जवाफ दिए, “के म यहूदाको पक्षमा बस्‍ने कुकुर हुँ र? आजको यस दिनसम्म म तपाईंको पिता शाऊलप्रति अनि उहाँको परिवार र मित्रहरूप्रति इमानदार छु। मैले तपाईंलाई दावीदको हातमा सुम्पेको छैनँ। यद्यपि अहिले तपाईं एउटा स्त्रीको विषयमा मलाई दोष लगाउनुहुन्छ!
2SA 3:9 यदि मैले दावीदसँग परमेश्‍वरले उहाँलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएजस्तै शाऊलको घरानाबाट राज्य सारेर दानदेखि बेर्शेबासम्म इस्राएल र यहूदामाथि दावीदको सिंहासन स्थापित गरिन भने,
2SA 3:10 याहवेहले अबनेरसित कठोर व्यवहार गरून्।”
2SA 3:11 ईश्बोशेतले अबनेरलाई अर्को शब्द भन्‍ने साहस नै गरेनन्; किनकि तिनी अबनेरसँग डराए।
2SA 3:12 त्यसपछि अबनेरले आफ्नो पक्षबाट दावीदसित यसरी भन्‍नू भनेर दूतहरू पठाए, “यो देश कसको हो? मसित सन्धि गर्नुहोस्, र म सारा इस्राएललाई तपाईंकहाँ ल्याउनलाई सहायता गर्नेछु।”
2SA 3:13 दावीदले भने, “ठिक छ, म तिमीसँग सन्धि गर्नेछु। तर म तिमीबाट एउटा कुरा माग गर्छु। तिमीले मलाई भेट्न आउँदा शाऊलकी छोरी मीकललाई नलिई आउन पाउनेछैनौ।”
2SA 3:14 तब दावीदले शाऊलका छोरा ईश्बोशेतकहाँ यो मागसहित दूतहरू पठाए, “मैले एक सय पलिश्तीहरूका खलडीहरूको दाम चुकाएर मगनी गरेको मेरी पत्नी मीकल मलाई सुम्पिदेऊ।”
2SA 3:15 यसकारण ईश्बोशेतले हुकुम दिए, र मीकललाई तिनको पति लेशका छोरा पल्तिएलकहाँबाट झिकाए।
2SA 3:16 तरै पनि तिनका पति तिनको पछि-पछि रुँदै तिनीसित बहूरीमसम्मै गए। तब अबनेरले पल्तिएललाई भने, “फर्केर घर जाओ!” यसकारण तिनी फर्केर गए।
2SA 3:17 अबनेरले इस्राएलका प्रधानहरूलाई भने, “केही समयदेखि तपाईंहरूले दावीदलाई राजा बनाउन चाहनुभएको थियो।
2SA 3:18 अब त्यसै गर्नुहोस्! किनकि याहवेहले दावीदसँग यसरी प्रतिज्ञा गर्नुभएको छ, ‘म आफ्नो सेवक दावीदद्वारा मेरा प्रजा इस्राएलीहरूलाई पलिश्तीहरूका हातबाट र तिनीहरूका शत्रुहरूका हातबाट छुटाउनेछु।’ ”
2SA 3:19 अबनेरले बेन्यामीनीहरूसँग पनि व्यक्तिगत रूपमा बातचित गरे। त्यसपछि तिनी इस्राएल र बेन्यामीनका सम्पूर्ण घरानाले के गर्न चाहन्छन्, ती सम्पूर्ण कुराहरू बताउनलाई हेब्रोनमा दावीदकहाँ गए।
2SA 3:20 जब अबनेर आफूसँग भएका बीस जना मानिसहरू लिएर हेब्रोनमा दावीदकहाँ गए, तब दावीदले तिनी र तिनका मानिसहरूका निम्ति एउटा भोज तयार गरे।
2SA 3:21 अनि अबनेरले दावीदलाई भने, “मलाई जान दिनुहोस्, र गएर मेरा मालिक राजाको निम्ति सारा इस्राएललाई भेला गर्न सकूँ, ताकि तिनीहरूले हजुरसँग करार बाँधून्। अनि तपाईंले आफूले इच्छा गर्नुभएझैँ सबैमाथि शासन गर्न सक्नुहुनेछ।” यसकारण दावीदले अबनेरलाई पठाइदिए; अनि तिनी शान्तिसँग गए।
2SA 3:22 त्यही बेला दावीदका मानिसहरू र योआबचाहिँ कुनै ठाउँबाट लुटेर आफूसँग धेरै लुटका मालसामान लिएर फर्केर आए। तर अबनेरचाहिँ हेब्रोनमा दावीदसँग थिएनन्; किनकि दावीदले अबनेरलाई पठाइदिएका थिए, र तिनी शान्तिसँग गइसकेका थिए।
2SA 3:23 जब योआब र तिनीसित भएका सबै योद्धाहरू आइपुगे, तब तिनलाई नेरका छोरा अबनेर राजाकहाँ आए; अनि राजाले तिनलाई पठाइदिनुभयो, र तिनी शान्तिसित गएका छन् भन्‍ने कुरा सुनाइयो।
2SA 3:24 यसकारण योआब राजाकहाँ गएर भने, “तपाईंले के गर्नुभयो? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आएका थिए। तपाईंले तिनलाई किन जान दिनुभयो? अब तिनी गइसकेका छन्!
2SA 3:25 तपाईंले नेरका छोरा अबनेरलाई जान्‍नुहुन्छ। तिनी तपाईंलाई धोका दिन र तपाईंका गतिविधि चियो गर्न अनि तपाईंले गरिरहनुभएका हरेक कुरा बुझ्न मात्र आएका थिए।”
2SA 3:26 तब योआब दावीदको उपस्थितिबाट गए, र अबनेरको पछि दूतहरूलाई पठाए। तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काएर ल्याए। तर यो कुरा दावीदलाई थाहा थिएन।
2SA 3:27 जब अबनेर हेब्रोनमा फर्के, तब योआबले तिनलाई गुप्‍तमा कुरा गर्ने निहुँ गरेर मूलढोकाको एकातिर लगे। त्यहाँ आफ्नो भाइ असाहेलको रगतको बदला लिन तिनको पेटमा धारिलो हतियार रोपिदिए, र तिनी मरे।
2SA 3:28 पछि जब दावीदले यस बारेमा सुने, तब तिनले भने, “नेरका छोरा अबनेरको मृत्युको बारेमा म र मेरो राज्य याहवेहको सामु सधैँका निम्ति निर्दोष छौँ।
2SA 3:29 योआबको दोष तिनकै र तिनका पिताका सम्पूर्ण घरानाको शिरमा परोस्! योआबको घरानामा घाउखटिरा हुने वा कुष्‍ठरोगले कहिल्यै नछोडोस्, अथवा लहुरोको सहारामा हिँड्ने अथवा तरवारले मारिने वा रोटीको लागि भीख मागी हिँड्ने सन्तानको अभाव नहोस्!”
2SA 3:30 (योआब र तिनका भाइ अबीशैले अबनेरको हत्या गरे; किनकि तिनले तिनीहरूका भाइ असाहेललाई गिबोनको युद्धमा मारेका थिए।)
2SA 3:31 तब दावीदले योआब र तिनीसित भएका सबै मानिसहरूलाई भने, “तिमीहरूका लुगाहरू च्यातेर भाङ्ग्रा लगाओ र अबनेरको मृत शरीरको अगि-अगि शोक गर्दै हिँड।” राजा दावीद आफू पनि मृत शरीरको पछि-पछि हिँडे।
2SA 3:32 तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे; अनि दावीद राजा अबनेरको चिहानमा जोरसँग रोए। सबै मानिसहरू पनि रोए।
2SA 3:33 राजाले अबनेरको निम्ति यो शोकको गीत गाए: “के अबनेर अपराधीजस्तै भएर मर्नुपर्नेथियो र?
2SA 3:34 तिम्रा हातहरू बाँधिएका थिएनन्, न त तिम्रा पाउहरूमा साङ्ला थिए, तिमी दुष्‍ट मानिसहरूको सामु ढलेझैँ ढल्यौ।” अनि सबै मानिसहरू तिनको निम्ति फेरि रोए।
2SA 3:35 तब ती सबै मानिसहरू आए। अनि दिन छँदै दावीदलाई केही खान आग्रह गरे; तर दावीदले शपथ खाएर यसो भने, “यदि मैले घाम अस्ताउन अगि रोटी अथवा केही चाखेँ भने परमेश्‍वरले मप्रति कठोर व्यवहार गरून्!”
2SA 3:36 सबै मानिसहरूले यो कुरा मनमा राखे, र खुशी भए; वास्तवमै राजाले गरेको हरेक कुराले तिनीहरूलाई खुशी तुल्यायो।
2SA 3:37 यसकारण त्यस दिन सबै मानिसहरू र इस्राएलीहरूले नेरका छोरा अबनेरको हत्यामा राजाको कुनै दोष छैन भनी बुझे।
2SA 3:38 तब राजाले आफ्ना मानिसहरूलाई भने, “आजको दिन इस्राएलमा एक राजकुमार र एक जना महान् पुरुष मरेका छन् भनी के तिमीहरू जान्दैनौ?
2SA 3:39 आज म अभिषिक्त राजा भए तापनि म कमजोर छु। सरूयाहका यी छोराहरू मैले नियन्त्रण गर्न नसक्ने भएका छन्। याहवेहले यस दुष्‍ट काम गर्नेलाई त्यसको दुष्‍ट कामअनुसार नै प्रतिफल देऊन्!”
2SA 4:1 जब शाऊलका छोरा ईश्बोशेतले हेब्रोनमा अबनेरको मृत्यु भएको खबर सुने, तब तिनको हिम्मत हरायो; अनि सारा इस्राएल भयभीत भए।
2SA 4:2 शाऊलका छोराका दुई जना छापामार गर्ने दलका अगुवाहरू थिए। एक जनाको नाम बानाह र अर्काको नाम रेकाब थियो। तिनीहरू बेन्यामीन कुलका बेरोती रिम्मोनका छोराहरू थिए। बेरोत पनि बेन्यामीनकै एक भाग मानिन्थ्यो।
2SA 4:3 किनकि बेरोतका मानिसहरू गित्तैममा भागे र आजको दिनसम्मै तिनीहरू त्यहाँ प्रवासीझैँ बसोबास गर्दै आइरहेका छन्।
2SA 4:4 (शाऊलका छोरा जोनाथनका दुवै खुट्टा लङ्गडा भएको एउटा छोरा थियो। यिजरेलबाट शाऊल र जोनाथनको मृत्युको खबर आउँदा तिनी पाँच वर्षका थिए। तिनकी धाईआमाले तिनलाई लिएर भागिन्। तर तिनी हतार-हतार भाग्न लाग्दा लडिन्, र जोनाथनको छोरा अपाङ्ग भएका थिए। तिनको नाम मपीबोशेत थियो।)
2SA 4:5 अब बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाह ईश्बोशेतका घरतिर लागे। तिनीहरू दिनको चर्को गर्मीमा त्यहाँ पुगे, जब ईश्बोशेत दिउँसोको विश्राम गरिरहेका थिए।
2SA 4:6 तिनीहरू गहुँ लिने निहुँ गरेर घरको भित्र पसे, र तिनको पेटमा धारिलो हतियार रोपिदिए। त्यसपछि रेकाब र तिनको भाइ बानाह सुटुक्‍क भागे।
2SA 4:7 ईश्बोशेत आफ्नो सुत्ने कोठामा पलङमा सुतिरहेको समयमा तिनीहरू तिनको घरभित्र पसेका थिए। तिनीहरूले तिनलाई छुरी रोपेर मारिसकेपछि तिनको शिर काटे, र त्यो आफूसँगै लिएर रातभरि अराबाको बाटो यात्रा गरिरहे।
2SA 4:8 तिनीहरूले ईश्बोशेतको टाउको हेब्रोनमा दावीदकहाँ लगेर राजालाई भने, “तपाईंको प्राण लिन खोज्ने तपाईंको शत्रु शाऊलका छोरा ईश्बोशेतको शिर यहाँ छ। आजको दिन याहवेहले शाऊल र तिनका छोराको विरुद्धमा मेरा मालिक राजाको बदला लिनुभएको छ।”
2SA 4:9 तब दावीदले बेरोती रिम्मोनका छोरा रेकाब र त्यसको भाइ बानाहलाई जवाफ दिए, “मलाई हरेक विपत्तिबाट छुटाउनुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु,
2SA 4:10 जब एउटा मानिसले मलाई भन्यो, ‘शाऊल मर्‍यो,’ अनि त्यसले आफूले असल समाचार ल्याएको भन्‍ने सोच्यो। तर त्यसलाई सिक्लगमा पक्रेर मैले मारिदिएँ। त्यसको समाचारको निम्ति मैले त्यसलाई त्यसरी नै प्रतिफल दिएँ!
2SA 4:11 अब झन् आफ्नै घरमा, आफ्नै पलङमा सुतिरहेका एक जना निर्दोष मानिसलाई दुष्‍ट मानिसहरूले मारेका छन् भने कति बढी दण्ड दिनुपर्ला। अब मैले तिमीहरूको हातबाट उसको रगतको बदला नलिने र पृथ्वीबाट तिमीहरूको नामनिशानै नमेटाइदिने र!”
2SA 4:12 यसकारण दावीदले आफ्ना मानिसहरूलाई आज्ञा दिए, र तिनीहरूले उनीहरूलाई मारे। तिनीहरूले हात र खुट्टा काटिदिए। अनि तिनीहरूका शरीर हेब्रोनको तलाउको छेउमा झुण्ड्याए। तर तिनीहरूले ईश्बोशेतको शिरलाई लिएर त्यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे।
2SA 5:1 तब इस्राएलका सबै कुलहरू हेब्रोनमा दावीदकहाँ आएर भने, “हामी तपाईंको आफ्नै रगत र मासु हौँ।
2SA 5:2 विगतमा शाऊल हामीमाथि राजा हुँदा इस्राएललाई सैनिक लडाइँमा डोर्‍याउने तपाईं नै हुनुहुन्थ्यो। अनि याहवेहले तपाईंलाई भन्‍नुभएको थियो, ‘तँ मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्, र तँ तिनीहरूका शासक हुनेछस्।’ ”
2SA 5:3 जब इस्राएलका सबै प्रधानहरू हेब्रोनमा राजा दावीदकहाँ आए, तब राजाले तिनीहरूसित याहवेहको करार बाँधे। अनि तिनीहरूले दावीदलाई इस्राएलमाथि राजा अभिषेक गरे।
2SA 5:4 दावीद राजा हुँदा तीस वर्षका थिए। तिनले चालीस वर्ष राज्य गरे।
2SA 5:5 तिनले हेब्रोनमा यहूदामाथि साँढे सात वर्षसम्म राज्य गरे, अनि यरूशलेममा सारा इस्राएल र यहूदामाथि तेत्तीस वर्ष राज्य गरे।
2SA 5:6 राजा दावीद र तिनका मानिसहरू यरूशलेममा बस्‍ने यबूसीहरूलाई आक्रमण गर्न यरूशलेमतिर लागे। यबूसीहरूले दावीदलाई भने, “तपाईं यहाँ आउन सक्नुहुन्‍न। अन्धा र लङ्गडाहरूले नै तपाईंहरूलाई धपाउन सक्नेछन्।” तिनीहरूले सोचेका थिए, “दावीद यहाँ पस्‍न सक्नेछैनन्।”
2SA 5:7 तर पनि दावीदले सियोनको किल्‍ला, अर्थात् दावीदको सहर कब्जा गरे।
2SA 5:8 त्यस दिन दावीदले भने, “यबूसीहरूलाई जित्न चाहने जोसुकै पनि पानीको नाला भएर दावीदका शत्रुहरू ‘लङ्गडा र अन्धाहरूकहाँ’ पुग्नुपर्नेछ। त्यसैकारण तिनीहरू भन्दछन्, ‘अन्धा र लङ्गडा’ महलमा पस्‍न पाउनेछैनन्।”
2SA 5:9 त्यसपछि दावीदले त्यस गढीलाई आफ्नो बासस्थान बनाए। अनि त्यस सहरलाई दावीदको सहर नाम दिए। तिनले सहरको भित्री भागका कौशीका चारैतिरका इलाकालाई बनाए।
2SA 5:10 दावीद झन्-झन् शक्तिशाली बन्दैगए; किनकि सेनाहरूका याहवेह परमेश्‍वर तिनीसँग हुनुहुन्थ्यो।
2SA 5:11 त्यसपछि टायरका राजा हीरामले देवदारुका काठहरूसँग सिकर्मी र डकर्मीहरूसहित दावीदकहाँ दूतहरू पठाए। तिनीहरूले दावीदका निम्ति एउटा महल बनाए।
2SA 5:12 तब याहवेहले इस्राएलमाथि राजाको रूपमा आफूलाई स्थापित गर्नुभएको, र उहाँका प्रजा इस्राएलको खातिर तिनको राज्यको गौरव बढाइदिनुभएको कुरा दावीदलाई थाहा भयो।
2SA 5:13 दावीदले हेब्रोन छोडेपछि यरूशलेममा अरू पत्नीहरू र उपपत्नीहरू ल्याए। तिनका अरू छोराछोरी जन्मिए।
2SA 5:14 यरूशलेममा जन्मिएका तिनका सन्तानका नाम यिनै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन,
2SA 5:15 यिभार, एलीशूअ, नेपेग, याफिया,
2SA 5:16 एलीशामा, एल्यादा र एलीपेलेत।
2SA 5:17 जब दावीद इस्राएलमाथि राजा अभिषिक्त भएको कुरा पलिश्तीहरूले सुने, तब तिनीहरू दावीदलाई खोज्न भनी पूरा फौज लिएर निस्के। तर दावीदले यो कुरा सुनेर तल गढीमा शरण लिन गए।
2SA 5:18 तब पलिश्तीहरूचाहिँ आएर रपाईमको बेँसीमा फैलिएर बसे।
2SA 5:19 यसकारण दावीदले याहवेहसँग यसो भन्दै सल्‍लाह लिए, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” याहवेहले जवाफ दिनुभयो, “जा, किनकि म पलिश्तीहरूलाई निश्‍चय नै तेरो हातमा सुम्पिदिनेछु।”
2SA 5:20 यसकारण दावीद बाल-पराजीममा गए, अनि त्यहाँ तिनीहरूलाई परास्त गरे। दावीदले भने, “पानी फुटेर निस्केझैँ याहवेह मेरा शत्रुहरूको विरुद्धमा मेरो सामु बेगसित निस्कनुभयो।” यसकारण त्यस ठाउँलाई बाल-पराजीम भनियो।
2SA 5:21 पलिश्तीहरूले तिनीहरूका मूर्तिहरू त्यहीँ छोडे। अनि दावीद र तिनका मानिसहरूले ती लगे।
2SA 5:22 पलिश्तीहरू फेरि उक्लेर आए। अनि रपाईमको बेँसीमा फैलिएर बसे।
2SA 5:23 यसकारण दावीदले याहवेहसँग सल्‍लाह लिए। अनि उहाँले भन्‍नुभयो, “यस पटक सीधै आक्रमण नगर्; तर लहरे पीपलका रूखहरूका सामु पछिल्तिरबाट तिनीहरूलाई आक्रमण गर्।
2SA 5:24 तैँले लहरे पीपलको टुप्पोमा युद्ध-मोर्चाको आवाज सुन्‍नेबित्तिकै युद्धका निम्ति अगि बढ्नू; किनकि त्यस बेला याहवेह पलिश्ती सेनाहरूलाई प्रहार गर्न तेरो अगि-अगि जानुहुनेछ।”
2SA 5:25 यसकारण याहवेहले भन्‍नुभएझैँ दावीदले गरे। तिनले पलिश्तीहरूलाई गिबोनदेखि गेजेरसम्मै आक्रमण गरेर मारे।
2SA 6:1 केही समयपछि दावीदले इस्राएलका सबै सक्षम जवान मानिसहरूलाई एकसाथ भेला गराए, जसको संख्या तीस हजार थियो।
2SA 6:2 तिनी र तिनीसँग भएका सबै मानिसहरू सन्दुकमा भएका करूबहरूको बीच सिंहासनमा विराजमान हुनुहुने सेनाहरूका याहवेहको नामद्वारा चिनिएको परमेश्‍वरको सन्दुकलाई ल्याउन भनी यहूदाको बालाका लागि निस्के।
2SA 6:3 तिनीहरूले परमेश्‍वरको सन्दुकलाई एउटा नयाँ गाडामा सजाएर त्यसलाई डाँडामा भएको अबीनादाबको घरबाट ल्याए। अबीनादाबका छोराहरू उज्जाह र अहियोले नयाँ गाडा डोर्‍याए।
2SA 6:4 तिनीहरूले परमेश्‍वरको सन्दुक भएको नयाँ गाडालाई डोर्‍याइरहेका थिए, र अहियोचाहिँ त्यसको अगिल्तिर हिँडिरहेका थिए।
2SA 6:5 दावीद र इस्राएलका सारा मानिसहरू गीत, वीणा, सारङ्गी, खैँजडी, मृदङ्ग र झ्यालीको साथमा याहवेहको सामु आफ्ना पूरा जोशले उत्सव मनाउँदै हिँडिरहेका थिए।
2SA 6:6 जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाएको कारण सन्दुक नलडोस् भनेर उज्जाहले लम्केर परमेश्‍वरको सन्दुकलाई समाते।
2SA 6:7 उज्जाहको लापर्बाही कामको कारण याहवेहको क्रोध तिनीमाथि दन्क्यो। यसकारण परमेश्‍वरले तिनलाई प्रहार गर्नुभयो। तिनी त्यहीँ परमेश्‍वरको सन्दुकको छेउमा मरे।
2SA 6:8 यसरी याहवेहको क्रोध उज्जाहमाथि आइपरेको कारण दावीद दुःखित भए। अनि आजको दिनसम्मै त्यस ठाउँलाई पेरेस-उज्जाह भनिन्छ।
2SA 6:9 त्यस दिन दावीद याहवेहसँग डराएर भने, “याहवेहको सन्दुक कसरी मकहाँ आउला?”
2SA 6:10 याहवेहको सन्दुकलाई दावीदको सहरमा आफूसँग लैजान चाहेनन्। यसको सट्टा तिनले सन्दुकलाई गित्ती ओबेद-एदोमको घरमा लगे।
2SA 6:11 याहवेहको सन्दुक गित्ती ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्‍यो। याहवेहले ओबेद-एदोम र तिनका सम्पूर्ण परिवारलाई आशिष् दिनुभयो।
2SA 6:12 अब राजा दावीदलाई यसो भनियो, “याहवेहले ओबेद-एदोमको परिवारमा र तिनीसँग भएका हरेक कुरामा परमेश्‍वरको सन्दुकको कारण आशिष् दिनुभएको छ।” यसकारण दावीदले परमेश्‍वरको सन्दुकलाई ओबेद-एदोमको घरबाट आनन्दसाथ दावीदको सहरमा ल्याए।
2SA 6:13 जब याहवेहको सन्दुक बोक्नेहरू छ कदम अगि बढे, तब तिनले एउटा साँढे र एउटा मोटो बाछा बलि चढाए।
2SA 6:14 दावीदचाहिँ मलमलको एपोद लगाएर आफ्नो पूरा जोशको साथ याहवेहको सामु नाचे।
2SA 6:15 यसरी तिनी र सारा इस्राएलीहरूले कराउँदै र तुरही बजाउँदै याहवेहको सन्दुक लिएर आएका थिए।
2SA 6:16 जब याहवेहको सन्दुक दावीदको सहरमा प्रवेश भइरहेको थियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्। अनि जब तिनले दावीदलाई याहवेहको सामु उफ्रँदै र नाच्दै गरेको देखिन्, तब तिनले आफ्नो हृदयमा उनलाई घृणा गरिन्।
2SA 6:17 तिनीहरूले याहवेहको सन्दुकलाई ल्याए; र दावीदले सन्दुकको निम्ति तयार पारेको पालभित्र त्यसको ठाउँमा राखे। तब दावीदले याहवेहको सामु होमबलि र मेलबलि चढाए।
2SA 6:18 तिनले होमबलि र मेलबलि चढाइसकेपछि मानिसहरूलाई सेनाहरूका याहवेहको नाममा आशिष् दिए।
2SA 6:19 तब तिनले भेला भएका इस्राएलीहरूको सारा भीडको हरेक व्यक्ति, स्त्री र पुरुष दुवैलाई एउटा रोटी, एउटा खजूरको डल्‍ला र किसमिसको एक-एक झुप्पो दिए। त्यसपछि सबै मानिसहरू आ-आफ्ना घर गए।
2SA 6:20 जब दावीद आफ्ना परिवारलाई आशिष् दिन घर फर्के, तब शाऊलकी छोरी मीकल तिनलाई भेट्न बाहिर निस्केर आइन् र भनिन्, “इस्राएलका राजाले नीच मानिसले गरेझैँ आफ्ना नोकरहरूका दासीहरूले देख्ने गरी आज कसरी आफूलाई नाङ्गो तुल्याएका छन्!”
2SA 6:21 दावीदले मीकललाई भने, “याहवेह, जसले तिम्रा पिता तथा उहाँका परिवारका सट्टामा मलाई चुन्‍नुभयो, र याहवेहका मानिस इस्राएलीहरूमाथि शासक नियुक्त गर्नुभयो, उही याहवेहको सामु म हर्ष-उल्‍लास मनाउनेछु।
2SA 6:22 म योभन्दा पनि अझ अपमानित हुनेछु। म आफ्नै दृष्‍टिमा अपमानित हुनेछु। तर तिमीले भनेका यी दासीहरूद्वारा म सम्मानित हुनेछु।”
2SA 6:23 यसैकारण शाऊलकी छोरी मीकलको आफू मर्ने बेलासम्म छोराछोरी हुन सकेन।
2SA 7:1 जब राजा आफ्नो महलमा बस्‍न थाले, र याहवेहले तिनलाई आफ्ना चारैतिरका तिनका सबै शत्रुहरूबाट विश्राम दिनुभयो;
2SA 7:2 तब तिनले अगमवक्ता नातानलाई भने, “म यहाँ देवदारुको महलमा बस्दैछु, तर परमेश्‍वरको सन्दुकचाहिँ एउटा पालभित्र छ।”
2SA 7:3 नातानले राजालाई जवाफ दिए, “तपाईंको मनमा जे राम्रो लाग्छ, त्यो गर्न अगि बढ्नुहोस्; किनकि याहवेह तपाईंसँग हुनुहुन्छ।”
2SA 7:4 तर त्यस रात याहवेहको वचन नातानकहाँ यसो भनेर आयो:
2SA 7:5 “जा, र मेरो सेवक दावीदलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ, के तैँले नै मेरा निम्ति घर बनाउनेछस् र?
2SA 7:6 मैले इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याएको दिनदेखि आजको दिनसम्म म कुनै घरमा बसेको छैनँ। म एक ठाउँदेखि अर्को ठाउँ जाँदा पालकै घरमा बस्दैआएको छु।
2SA 7:7 म इस्राएलीहरूसँग जहाँ-जहाँ गएँ, के मेरो प्रजा इस्राएलीहरूका गोठाला हुने आज्ञा दिएका तिनीहरूका शासकहरूलाई कहिल्यै भनेको छु, “तिमीहरूले मेरा निम्ति देवदारुको घर किन बनाएनौ?” ’
2SA 7:8 “यसकारण अब मेरो सेवक दावीदलाई भन्, ‘सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: मैले तँलाई भेडाको गोठबाट बगाललाई चराउने कामबाट ल्याएँ; र मेरा जाति इस्राएलमाथि शासक नियुक्त गरेँ।
2SA 7:9 तँ जहाँ-जहाँ गइस्, म तेरो साथमा रहेँ, र मैले तेरा सारा शत्रुहरूलाई तेरो सामुबाट नष्‍ट गरिदिएको छु। अब म तेरो नामलाई संसारका अति महान् मानिसहरूका नामहरूझैँ महान् बनाउनेछु।
2SA 7:10 अनि म मेरो प्रजा इस्राएलको निम्ति एउटा ठाउँ तयार गर्नेछु; अनि तिनीहरूलाई बसाल्नेछु, ताकि तिनीहरूका निम्ति आफ्नै बस्‍ने घर होस्; ताकि अब उप्रान्त तिनीहरू विचलित नहुन्। दुष्‍ट जातिहरूले तिनीहरूलाई फेरि सताउने छैनन्; जसरी विगतमा तिनीहरूले गरेका थिए।
2SA 7:11 मैले मेरा प्रजा इस्राएलमाथि शासकहरू नियुक्त गरेदेखि नै यसो गर्दैआएको थिएँ। म तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूबाट पनि विश्राम दिनेछु। “ ‘याहवेहले तँलाई यो घोषणा गर्नुहुन्छ, याहवेह आफैँले तेरा निम्ति राजघराना स्थापित गर्नुहुनेछ:
2SA 7:12 जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पुर्खाहरूसित विश्राम गर्नेछस्, तब म तँपछि तेरो वंशलाई खडा गर्नेछु, जो तेरो आफ्नै मासु र रगतबाट हुनेछ। म त्यसको राज्य स्थापित गर्नेछु।
2SA 7:13 त्यसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ। म त्यसको राज्यको सिंहासन सदाका निम्ति स्थापित गर्नेछु।
2SA 7:14 म त्यसको पिता हुनेछु, र त्योचाहिँ मेरो छोरा हुनेछ। यदि त्यसले भूल गर्‍यो भने म त्यसलाई मानिसहरूको लट्ठीले सजाय दिनेछु। अनि मानिसहरूद्वारा त्यसलाई कोर्राले ताडना दिनेछु।
2SA 7:15 तर मेरो प्रेम त्यसदेखि कहिल्यै हटाउनेछैनँ, जसरी शाऊलबाट आफ्नो प्रेम हटाएको थिएँ, जसलाई मैले तेरो सामुबाट हटाएँ।
2SA 7:16 तेरो वंश र तेरो राज्य मेरो सामु सदाका लागि रहिरहनेछ; तेरो सिंहासन सदासर्वदा स्थिर रहनेछ।’ ”
2SA 7:17 नातानले यी सम्पूर्ण दर्शनका कुराहरू दावीदलाई सुनाइदिए।
2SA 7:18 त्यसपछि राजा दावीद भित्र गएर याहवेहको सामु बसे; र तिनले भने: “हे सर्वशक्तिमान् याहवेह, म को हुँ, र मेरो परिवार के हो, र तपाईंले मलाई यहाँसम्म ल्याउनुभएको छ?
2SA 7:19 अनि यो पनि तपाईंको दृष्‍टिमा कम भएझैँ, हे सर्वशक्तिमान् याहवेह, तपाईंले आफ्नो सेवकको परिवारको भविष्यको बारेमा पनि बताइदिनुभयो—हे सर्वशक्तिमान् याहवेह, के तपाईं साधारण मानिससित सधैँ यस्तो व्यवहार गर्नुहुन्छ र?
2SA 7:20 “दावीदले तपाईंलाई अरू बढी के भन्‍न सक्छ र? किनकि हे सर्वशक्तिमान् याहवेह, तपाईंले आफ्नो सेवकलाई चिन्‍नुहुन्छ।
2SA 7:21 तपाईंको वचनको खातिर र तपाईंको इच्छाअनुसार तपाईंले यो महान् काम गर्नुभएको छ। अनि आफ्नो सेवकलाई यस बारेमा जान्‍न दिनुभएको छ।
2SA 7:22 “हे सर्वशक्तिमान् याहवेह, तपाईं कति महान् हुनुहुन्छ! तपाईंजस्तो अरू कोही छैन। हामीले आफ्नै कानले सधैँ सुनेझैँ तपाईंबाहेक अरू परमेश्‍वर छैन।
2SA 7:23 तपाईंको प्रजा इस्राएलजस्तो अरू कुन जाति छ र? पृथ्वीमा भएको एउटा यस्तो जाति, जसका परमेश्‍वरले तिनीहरूलाई आफ्नो जाति बनाउन आफैँ गएर दासत्वबाट छुटाउनुभयो। तपाईंले त्यो जातिलाई इजिप्टबाट छुटकारा दिलाएर, आफ्नो महान् नाम बनाउनुभयो। तपाईंका जातिको सामुबाट अरू जातिहरू र तिनीहरूका देवी-देवताहरूलाई धपाएर तपाईंले महान् र अद्‌भुत कार्यहरू गर्नुभयो।
2SA 7:24 तपाईंले आफ्नो जाति इस्राएललाई सदाका निम्ति आफ्नो निजी प्रजाको रूपमा स्थापित गर्नुभएको छ। हे याहवेह, तपाईं तिनीहरूका परमेश्‍वर हुनुभएको छ।
2SA 7:25 “यसकारण अब हे याहवेह परमेश्‍वर, तपाईंले आफ्नो सेवक र उसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदैव कायम राख्नुहोस्। तपाईंले प्रतिज्ञा गर्नुभएझैँ गर्नुहोस्!
2SA 7:26 ताकि तपाईंको नाम सदा महान् होस्। तब मानिसहरूले भन्‍नेछन्, ‘सेनाहरूका याहवेह नै इस्राएलमाथि परमेश्‍वर हुनुहुन्छ!’ अनि तपाईंको सेवक दावीदको घराना तपाईंको सामु स्थापित हुनेछ।”
2SA 7:27 हे सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवकलाई यो प्रकट गर्नुभएको छ, “म तेरा निम्ति एउटा घराना निर्माण गर्नेछु।” यसैकारण तपाईंको सेवकले यो प्रार्थना चढाउने साहस पाएको छ।
2SA 7:28 हे सर्वशक्तिमान् याहवेह, तपाईं परमेश्‍वर हुनुहुन्छ! तपाईंका वचनहरू भरोसायोग्य छन्। तपाईंले आफ्नो सेवकको निम्ति यी असल कुराहरू प्रतिज्ञा गर्नुभएको छ।
2SA 7:29 “अब आफ्नो सेवकको घरानालाई आशिष् दिनुहोस्, र यो कुरा तपाईंको दृष्‍टिमा सदाका निम्ति कायम रहोस्। किनकि तपाईं सर्वशक्तिमान् याहवेह, बोल्नुभएको छ। तपाईंको आशिष्‌ले तपाईंको सेवकको घर सदा आशिषित रहनेछ!”
2SA 8:1 समय बित्दै गएपछि दावीदले पलिश्तीहरूलाई जिते, र तिनीहरूलाई अधीनमा लिए। अनि तिनले मेथेग-आमाहलाई पलिश्तीहरूको अधीनबाट लिए।
2SA 8:2 दावीदले मोआबीहरूलाई पनि जिते। तिनले तिनीहरूलाई भुइँमा सुत्न लगाए, र एउटा डोरीले नापे। प्रत्येक दुई नाप हुनेहरूलाई मारे; अनि तेस्रो नाप हुनेहरूलाई चाहिँ जीवित रहन दिए। यसरी मोआबीहरू दावीदको अधीनमा भए, र उनीहरूले तिनलाई सलामी तिरे।
2SA 8:3 यसबाहेक दावीदले सोबाका राजा, रहोबका छोरा हददेजेरलाई हराए। हददेजर यूफ्रेटिस नदीको इलाकामा आफ्नो अधिकार जमाउनलाई गएका थिए।
2SA 8:4 दावीदले तिनका एक हजार रथ, सात हजार घोडचढीहरू र बीस हजार पैदल सेनाहरूलाई कैद गरे। तिनले एक सय घोडाबाहेक अरू सबै रथका घोडाहरूका खुट्टाका मूलनसा काटिदिए।
2SA 8:5 जब सोबाका राजा हददेजेरलाई सघाउन दमस्कसका अरामीहरू आए, तब दावीदले तिनीहरूका बाइस हजार मानिसहरूलाई मारे।
2SA 8:6 तिनले दमस्कसका अरामी सैनिकका बीच मोर्चा बसाले; अनि अरामीहरू तिनका अधीनमा भएर सलामी ल्याए। दावीद जहाँ गए पनि याहवेहले तिनलाई विजय दिनुभयो।
2SA 8:7 दावीदले हददेजेरका अधिकारीहरूका सुनका ढालहरू लिए, र ती यरूशलेममा ल्याए।
2SA 8:8 हददेजेरका सहरहरू तेबह र बेरोतैबाट दावीदले धेरै मात्रामा काँसा पनि ल्याए।
2SA 8:9 जब हमातका राजा तोऊले हददेजेरका सम्पूर्ण सेनालाई दावीदले परास्त गरेको कुरा सुने,
2SA 8:10 तब तिनले राजा दावीदलाई अभिवादन गर्न र हददेजेरसँगको युद्धमा विजयी भएकोमा बधाई दिन आफ्नो छोरा योरामलाई पठाए। किनकि हददेजर तोऊसँग युद्ध गरिरहेका थिए। योरामले आफूसँग सुन, चाँदी र काँसाका सामानहरू ल्याएका थिए।
2SA 8:11 राजा दावीदले ती सामानहरू याहवेहकहाँ अर्पण गरे, जसरी तिनले अरू देशहरूबाट कब्जा गरेर ल्याएका चाँदी र सुनलाई अर्पण गर्ने गर्दथे।
2SA 8:12 ती देशहरू एदोम, मोआब, अम्मोनी, पलिश्ती, र अमालेकी थिए। तिनले सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका मालसामानहरू पनि अर्पण गरे।
2SA 8:13 नुनको बेँसीमा अठार हजार एदोमीहरूलाई मारेर फर्केपछि दावीद प्रख्यात भए।
2SA 8:14 तिनले एदोमभरि सैन्य छाउनीहरू बनाए; र सारा एदोमीहरू दावीदको अधीनमा भए। दावीद जहाँ-जहाँ गए, याहवेहले तिनलाई विजय दिनुभयो।
2SA 8:15 दावीदले आफ्ना सबै मानिसहरूका निम्ति जे न्यायसङ्गत र जे ठिक थियो, त्यही गर्दै सम्पूर्ण इस्राएलमाथि राज्य गरे।
2SA 8:16 सरूयाहका छोरा योआब सेनाहरूका सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।
2SA 8:17 अहीतूबका छोरा सादोक र अबीयाथारका छोरा अहीमेलेक पुजारीहरू थिए; सरायाहचाहिँ सचिव थिए।
2SA 8:18 बनायाह यहोयादाका छोराचाहिँ करेतीहरू र पेलेथीहरूका प्रमुख थिए। दावीदका छोराहरू राजकीय सल्‍लाहकार थिए।
2SA 9:1 दावीदले सोधे, “जोनाथनको खातिर शाऊलको घरानामा के कोही छोडिएको छ, जसलाई म दया देखाउन सकूँ?”
2SA 9:2 शाऊलको घरानाका एक जना सीबा नामको नोकर थियो। तिनीहरूले त्यसलाई दावीदको सामु देखा पर्न बोलाए, तब राजाले त्यसलाई भने, “के तँ सीबा होस्?” त्यसले जवाफ दियो, “हजुर, तपाईंको सेवक, म उही हुँ।”
2SA 9:3 राजाले सोधे, “के शाऊलको घरानामा अझै कोही छोडिएको छ, जसलाई म परमेश्‍वरको दया देखाउन सकूँ?” सीबाले राजालाई जवाफ दियो, “जोनाथनका एक जना छोरा अझै जीवितै छन्; जसका दुवै खुट्टा लङ्गडा छन्।”
2SA 9:4 राजाले सोधे, “तिनी कहाँ छन्?” सीबाले जवाफ दिए, “तिनी लो-देबारमा अम्मीएलका छोरा माकीरको घरमा छन्।”
2SA 9:5 यसकारण राजा दावीदले तिनलाई लो-देबारबाट अम्मीएलका छोरा माकीरको घरबाट ल्याउन पठाए।
2SA 9:6 जब शाऊलका नाति, जोनाथनका छोरा, मपीबोशेत दावीदकहाँ आए, तब तिनी दावीदको सामु भुइँमा घोप्टो परेर दण्डवत् गरे। दावीदले भने, “मपीबोशेत!” तिनले जवाफ दिए, “हजुर, तपाईंको सेवक हाजिर छ।”
2SA 9:7 दावीदले तिनलाई भने, “नडराऊ, किनकि म तिम्रा पिता जोनाथनको खातिर तिमीमाथि निश्‍चय नै दया देखाउनेछु। म तिम्रो हजुरबुबा शाऊलका सबै जग्गाजमिन तिमीलाई फर्काइदिनेछु। अनि तिमी मसँगै मेरो टेबुलमा सधैँ खानेछौ।”
2SA 9:8 मपीबोशेतले फेरि दण्डवत् गरी भने, “तपाईंको सेवक म एउटा मरेको कुकुरजस्तै हुँ; मप्रति तपाईंले किन दया गर्नुहुन्छ र?”
2SA 9:9 तब राजाले शाऊलको नोकर सीबालाई बोलाइपठाए र त्यसलाई भने, “मैले तेरा मालिक शाऊलका नातिलाई शाऊल र तिनका परिवारका सारा सम्पत्ति दिएको छु।
2SA 9:10 तँ, तेरा छोराहरू र तेरा सेवकहरूले तिनका निम्ति त्यस जमिनमा खेतीबाली लगाउनू, र अन्‍नबाली भित्र्याउनु, ताकि तेरा मालिकका नातिको भोजन उपलब्ध होस्। तेरा मालिकका नाति मपीबोशेतले चाहिँ मेरो टेबुलमा सधैँ खानेछन्।” (सीबाका पन्ध्र छोराहरू र बीस जना नोकरहरू थिए।)
2SA 9:11 तब सीबाले राजालाई भने, “मेरो मालिक राजाले सेवकलाई जे आज्ञा गर्नुहुन्छ, तपाईंको सेवकले त्यो सबै गर्नेछ।” यसरी मपीबोशेतले राजाकै छोराहरूले जस्तै दावीदको टेबुलमा खाए।
2SA 9:12 मपीबोशेतको मीका नाम भएको एउटा सानो छोरा थियो। सीबाका घरानाका सबै सदस्यहरू मपीबोशेतका सेवक थिए।
2SA 9:13 मपीबोशेतचाहिँ यरूशलेममा बस्थे; किनकि तिनी दुवै खुट्टाका लङ्गडा थिए। तिनले सधैँ राजाको टेबुलमा खाने गर्थे।
2SA 10:1 केही समयपछि अम्मोनीहरूका राजाको मृत्यु भयो, र तिनीपछि तिनका छोरा हानून राजा भए।
2SA 10:2 दावीदले सोचे, “तिनका बुबा नाहाशले मप्रति दया देखाएकाले, म पनि तिनको छोरा हानूनप्रति दया देखाउनेछु।” यसकारण दावीदले हानूनप्रति तिनका पिताको विषयमा सहानुभूति देखाउनलाई दूतहरू पठाए। जब दावीदका मानिसहरू अम्मोनीहरूको देशमा आए,
2SA 10:3 तब अम्मोनी अधिकारीहरूले तिनीहरूका मालिक हानूनलाई भने, “के दावीदले तपाईंकहाँ समवेदना प्रकट गर्नलाई मानिसहरू पठाएर तपाईंका पितालाई आदर दिइरहेका छन् भनी तपाईं ठान्‍नुहुन्छ? के दावीदले तिनीहरूलाई यस सहरको जानकारी लिएर यसलाई जित्नको लागि जासुसी गर्न पठाएका होइनन् र?”
2SA 10:4 यसकारण हानूनले दावीदका प्रतिनिधिहरूलाई पक्रेर तिनीहरूका आधा दाह्री खौरिदिए। तिनीहरूका लुगा जाँघसम्म काटिदिए अनि तिनीहरूलाई पठाइदिए।
2SA 10:5 जब यो कुरा दावीदलाई भनियो, तब तिनले ती मानिसहरूलाई भेट्न मानिसहरू पठाए। किनकि अम्मोनीहरूलाई भेट्न भनी पठाएका मानिसहरू साह्रै अपमानित भएका थिए। तब राजाले भने, “तिमीहरूका दाह्री नबढेसम्म यरीहोमै बस्‍नू, तब मात्र फर्केर आउनू।”
2SA 10:6 जब अम्मोनीहरूले दावीदका लागि तिनीहरू अप्रिय भएको कुरा महसुस गरे, तब तिनीहरूले बेथ-रहोब र सोबाहबाट बीस हजार अरामी पैदल-सेना भाडामा लिए। साथै एक हजार मानिसहरूसहित माकाका राजालाई लिए; अनि तोबबाट पनि बाह्र हजार मानिसहरू लिए।
2SA 10:7 यो कुरा सुनेर दावीदले योआबसँग सम्पूर्ण लडाकु सेनाहरूलाई पठाए।
2SA 10:8 अम्मोनीहरू आएर सहर जाने मूलढोकामा लडाइँको निम्ति तैनाथ भए। अनि सोबाह र रहोबका अरामीहरू, तोब र माकाका मानिसहरूचाहिँ खुला मैदानमा मोर्चा बाँधे।
2SA 10:9 योआबले आफ्नो अगि र पछि युद्धका मोर्चाहरू खडा भएका देखे; यसकारण तिनले इस्राएलका सबैभन्दा उत्तम सेनाहरूलाई चुने, र तिनीहरूलाई अरामीहरूको विरुद्धमा खटाए।
2SA 10:10 तिनले बाँकी रहेका मानिसहरूलाई आफ्नो भाइ अबीशैको नेतृत्वमा अम्मोनीहरूको विरुद्धमा खटाए।
2SA 10:11 योआबले भने, “यदि अरामी सेनाहरूले मलाई जित्दै गए भने तिमीहरू मलाई बचाउन आउनू। तर यदि अम्मोनीहरूले तिमीहरूलाई जित्दै गए भने म तिमीहरूलाई बचाउन आउनेछु।
2SA 10:12 साहसी होऊ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्‍वरका सहरहरूको निम्ति हिम्मतका साथ युद्ध गरौँ। याहवेहले आफ्नो दृष्‍टिमा जे असल छ, त्यो गर्नुहुनेछ।”
2SA 10:13 तब योआब र तिनीसँग भएका सैन्यदल अरामीहरूसँग युद्ध गर्न अगि बढे; अनि अरामीहरू तिनीहरूको सामुबाट भागे।
2SA 10:14 जब अम्मोनीहरूले अरामीहरू भागिरहेका देखे, तब तिनीहरू अबीशैको सामुबाट भागेर सहरभित्र पसे। यसकारण योआब अम्मोनीहरूसँग युद्ध गर्न छाडेर यरूशलेममा फर्केर आए।
2SA 10:15 जब अरामीहरूले इस्राएलद्वारा आफूहरू परास्त भइरहेको देखे, तब तिनीहरू आपसमा एकजुट भए।
2SA 10:16 हददेजेरले यूफ्रेटिस नदीको पारिबाट अरामीहरूलाई झिकाए थिए; तिनीहरू हददेजेरको सेनाहरूको सेनापति शोबाकको नेतृत्वमा हेलाममा गए।
2SA 10:17 जब दावीदलाई यो कुरा सुनाइयो, तब तिनले समस्त इस्राएलीहरूलाई भेला गराए, र यर्दन नदी तरेर हेलाममा गए। अरामीहरूले दावीदको सामना गर्नलाई युद्धको मोर्चा बाँधे, र तिनीसित युद्ध गरे।
2SA 10:18 तर तिनीहरू इस्राएलको सामुबाट भागे, र दावीदले तिनीहरूका सात सय रथ-सवारहरू र चालीस हजार पैदल सेनाहरूलाई मारे। तिनले तिनीहरूका सेनाहरूका सेनापति शोबाकलाई पनि प्रहार गरे; अनि तिनी त्यहीँ मरे।
2SA 10:19 जब हददेजेरका अधीनमा रहेका सबै राजाहरूले आफूहरू इस्राएलद्वारा परास्त भएका देखे, तब तिनीहरूले इस्राएलसँग सन्धि गरे। त्यसपछि तिनीहरू इस्राएलीहरूको अधीनमा भए। यसकारण अरामीहरू अम्मोनीहरूलाई फेरि सहायता गर्न डराए।
2SA 11:1 बसन्त ऋतुको समयमा जब शासकहरू युद्ध गर्नलाई जान्थे, तब दावीदले राजाका मानिसहरू र इस्राएलका सम्पूर्ण सेनाको साथमा योआबलाई पठाए। तिनीहरूले अम्मोनीहरूलाई नाश गरे, र रब्बा सहरलाई घेरे। तर दावीदचाहिँ यरूशलेममै बसे।
2SA 11:2 एक साँझ दावीद आफ्नो ओछ्यानबाट उठे, र राजमहलको कौसीमा डुल्दै थिए। कौसीबाट तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे। ती स्त्री अति सुन्दर थिइन्।
2SA 11:3 दावीदले तिनको बारेमा बुझ्नलाई एउटा मानिसलाई पठाए। त्यस मानिसले भन्यो, “तिनी एलीआमकी छोरी, हित्ती उरियाहकी पत्नी बतशेबा हुन्।”
2SA 11:4 तब दावीदले तिनलाई ल्याउन दूतहरू पठाए। तिनी आइन् र दावीदले तिनीसँग सहवास गरे। (त्यस बेला तिनले आफ्नो रजस्वलापछि आफूलाई शुद्ध पारेकी थिइन्)। त्यसपछि तिनी घर फर्किन्।
2SA 11:5 तिनी गर्भवती भइन् र तिनले दावीदकहाँ, “म गर्भवती भएको छु,” भनेर खबर पठाइन्।
2SA 11:6 तब दावीदले योआबलाई यो खबर पठाए, “हित्ती उरियाहलाई मकहाँ पठाऊ।” अनि योआबले तिनलाई दावीदकहाँ पठाए।
2SA 11:7 जब उरियाह तिनीकहाँ आए, तब दावीदले तिनलाई योआबको अवस्था कस्तो छ, सेनाहरू कस्ता छन् र लडाइँ कसरी चल्दैछ भनी सोधे।
2SA 11:8 त्यसपछि दावीदले उरियाहलाई भने, “आफ्नो घरमा जाऊ, र आराम गर।” यसकारण उरियाह महलबाट गए। राजाले दिएको उपहार तिनको पछि-पछि पठाइयो।
2SA 11:9 तर उरियाहचाहिँ तिनका मालिकका नोकरहरूसित महलको मूलढोकामा सुते; तल आफ्नो घरमा गएनन्।
2SA 11:10 जब दावीदलाई उरियाह आफ्नो घर नगएको कुरा बताइयो, तब तिनले उरियाहलाई बोलाएर सोधे, “के तिमी युद्ध यात्राबाट आएको होइनौ? तिमी किन घर गएनौ?”
2SA 11:11 उरियाहले दावीदलाई भने, “सन्दुक र इस्राएल अनि यहूदाका सबै मानिसहरू पालमा बसिरहेका छन्। अनि मेरा मालिक योआब र मेरा स्वामीका मानिसहरू खुल्‍ला मैदानमा रहेका छन्। मचाहिँ कसरी आफ्नो घरमा खानपिन गरी आफ्नो पत्नीसित सुत्नलाई जाऊँ? राजालाई साक्षी राखेर म भन्दछु, म यस्तो काम गर्नेछैनँ!”
2SA 11:12 तब दावीदले तिनलाई भने, “आज एक दिन अझै यहाँ बस, र भोलि म तिमीलाई फिर्ता पठाउनेछु।” यसकारण उरियाह त्यस दिन र भोलिपल्टसम्म यरूशलेममा बसे।
2SA 11:13 दावीदको निम्तोमा तिनले तिनीसित खाए र पिए। दावीदले तिनलाई मताए। तर साँझमा उरियाह आफ्ना मालिकका नोकरहरूसित सुत्न भनी तिनकै ओछ्यानमा गए; तिनी घरमा गएनन्।
2SA 11:14 भोलिपल्ट बिहान दावीदले योआबलाई एउटा पत्र लेखे, र त्यो उरियाहको हातमा पठाए।
2SA 11:15 त्यसमा तिनले यसरी लेखे, “उरियाहलाई डरलाग्दो युद्ध भएको ठाउँमा पहिलो पङ्‌क्तिमा राख्नू। तब तिमीहरू ऊदेखि पछि हट्नू, ताकि त्यसलाई प्रहार होस्, र त्यो मारियोस्।”
2SA 11:16 यसकारण योआबले सहरलाई घेरा हालेको बेला तिनले जानेअनुसार बलिया शत्रुहरू भएको ठाउँमा उरियाहलाई खटाए।
2SA 11:17 जब सहरका मानिसहरू बाहिर निस्किआए र योआबको विरुद्धमा युद्ध गरे, दावीदका सेनाका केही मानिसहरू मारिए। त्यसरी नै हित्ती उरियाह पनि मारिए।
2SA 11:18 योआबले दावीदलाई युद्धको बारेमा सम्पूर्ण विवरण पठाए।
2SA 11:19 तिनले दूतलाई यसरी निर्देशन दिए: “जब तैँले राजालाई युद्धको बारेमा यो खबर दिन्छस्,
2SA 11:20 तब राजा धेरै रिसाउनुहुनेछ, र उहाँले तँलाई यसरी सोध्न सक्नुहुन्छ, ‘तिमीहरू युद्ध गर्नलाई सहरको यति नजिक किन गयौ? तिनीहरूले पर्खालबाट काँडहरू हान्‍नेछन् भनी के तिमीहरूलाई थाहा थिएन?’
2SA 11:21 यरूब-बेशेतको छोरा अबीमेलेकलाई कसले मार्‍यो? के एउटी स्त्रीले पर्खालबाट जाँतोको माथिल्‍लो भाग तिनीमाथि खसाइदिएको कारण तिनी तेबेसमा मरेका होइनन् र? तिमीहरू पर्खालको यति नजिक किन गयौ?” यदि उहाँले तँलाई यसरी सोध्नुभयो भने, तब उहाँलाई भन्‍नू, “हजुरको सेवक हित्ती उरियाह पनि मारिए।”
2SA 11:22 त्यो दूत हिँड्यो र जब दावीदकहाँ आइपुग्यो, योआबले जे खबर भन्‍न पठाएका थिए, ती हरेक कुरा बताइदियो।
2SA 11:23 त्यस दूतले दावीदलाई भन्यो, “ती मानिसहरूले हामीलाई मिच्न लागे र हाम्रो विरुद्धमा खुल्‍ला ठाउँमा आए। तर हामीले तिनीहरूलाई सहरको मूलढोकाको प्रवेशद्वारसम्म नै लखेट्यौँ।
2SA 11:24 तब धनुर्धारीहरूले पर्खालबाट तपाईंका सेवकहरूमाथि काँड हाने; अनि राजाका केही मानिसहरू मरे। तपाईंको सेवक हित्ती उरियाह पनि मारिए।”
2SA 11:25 दावीदले त्यस दूतलाई भने, “योआबलाई यसरी भन्‍नू: ‘यस कुराले तिमीलाई निराश नपारोस्; किनकि तरवारले एउटालाई नाश गरेजस्तै अर्कोलाई पनि नाश गर्छ। त्यस सहरको विरुद्धमा युद्ध जारी राखेर त्यसलाई नष्‍ट गरिदेओ।’ यो कुरा योआबलाई उत्साहित पार्नलाई भन्।”
2SA 11:26 जब उरियाहकी पत्नीले आफ्नो पति मरेको कुरा सुनिन्, तब तिनले आफ्नो पतिका निम्ति शोक गरिन्।
2SA 11:27 जब तिनको शोकको समय समाप्‍त भयो, तब दावीदले बतशेबालाई आफ्नो घरमा ल्याए। तिनी दावीदको पत्नी भइन्। अनि तिनले एउटा छोरा जन्माइन्। तर दावीदले गरेको यस कामले याहवेहलाई अप्रसन्‍न तुल्यायो।
2SA 12:1 याहवेहले नातानलाई दावीदकहाँ पठाउनुभयो। जब नातान दावीदकहाँ आए, र तिनले भने, “कुनै एउटा सहरमा दुई जना मानिसहरू थिए, एक जना धनी र अर्कोचाहिँ गरिब थिए।
2SA 12:2 त्यस धनी मानिससँग धेरै भेडा र गाईबस्तुहरू थिए।
2SA 12:3 तर त्यस गरिब मानिससित आफूले किनेको एउटी पाठीबाहेक केही थिएन। त्यसले पाठीलाई आफ्नै छोराछोरीसँगै हुर्कायो र त्यो बढ्यो। त्यसले उसकै भोजनबाट खान्थ्यो, र उसकै कचौराबाट पिउँथ्यो; अनि उसकै काखमा सुत्दथ्यो। त्यो पाठी उसका निम्ति आफ्नै छोरीतुल्य थियो।
2SA 12:4 “एक दिन धनी मानिसकहाँ एक जना यात्री पाहुना आयो। तर त्यस धनी मानिसले आफूकहाँ आएको यात्रीको निम्ति भोजन बनाउनको लागि आफ्नो भेडा अथवा गाईबस्तु मार्ने इच्छा गरेनन्। बरु त्यसको सट्टा तिनले त्यस गरिब मानिसको त्यो पाठी लिएर आफूकहाँ आएको व्यक्तिको निम्ति भोजन तयार गर्‍यो।”
2SA 12:5 तब दावीद त्यो कुरा सुनेर त्यस धनी मानिससँग साह्रै रिसाए, र तिनले नातानलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै त्यसो गर्ने त्यो मानिस मारिनैपर्छ!
2SA 12:6 त्यस मानिसले त्यस पाठीको दाम चार गुणा तिर्नुपर्छ। किनकि त्यसले त्यस्तो काम गर्‍यो, र त्यसले कुनै दया देखाएन।”
2SA 12:7 तब नातानले दावीदलाई भने, “त्यो मानिस तपाईं नै हुनुहुन्छ! याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेँ; अनि मैले तँलाई शाऊलको हातबाट छुटाएँ।
2SA 12:8 मैले तँलाई तेरा मालिकको घर र तेरा मालिकका पत्नीहरू तेरो हातमा दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घराना दिएँ। अनि यदि तँलाई यी सबै कुराहरू अपुग भएको भए म तँलाई अझ बढी दिनेथिएँ।
2SA 12:9 तैँले याहवेहको वचनलाई तुच्छ ठानेर किन उहाँको दृष्‍टिमा जे खराब छ, त्यही गरिस्? तैँले हित्ती उरियाहलाई तरवारले मारिस्, र त्यसकी पत्नीलाई आफ्नी पत्नी बनाइस्। तैँले त्यसलाई अम्मोनीहरूको तरवारद्वारा मारिस्।
2SA 12:10 यसकारण अब तेरो घरानाले कहिल्यै तरवारबाट विश्राम पाउनेछैन; किनकि मलाई तुच्छ ठानेर तैँले हित्ती उरियाहकी पत्नीलाई ल्याएर आफ्नी पत्नी बनाइस्।’
2SA 12:11 “याहवेह यसो भन्‍नुहुन्छ: ‘म तेरो आफ्नै घरानाबाट तँमाथि विपत्ति ल्याउनेछु। तेरो आफ्नै आँखाको सामु म तेरा पत्नीहरूलाई लिएर अर्को व्यक्तिलाई दिनेछु। अनि दिउँसै त्यो तिनीहरूसित सुत्नेछ।
2SA 12:12 तैँले गुप्‍तमा यो गरिस्, तर मचाहिँ यो कुरा सारा इस्राएलको सामु दिउँसो उज्यालोमा गराउनेछु।’ ”
2SA 12:13 त्यसपछि दावीदले नातानलाई भने, “मैले याहवेहको विरुद्धमा पाप गरेको छु।” नातानले तिनलाई जवाफ दिए, “याहवेहले तपाईंको पाप क्षमा गर्नुभएको छ। तपाईं मर्नुहुनेछैन।
2SA 12:14 तर तपाईंले यस्तो काम गर्नुभएकोले गर्दा याहवेहका शत्रुहरूलाई घृणा गर्ने मौका दिनुभयो। त्यसकारण तपाईंबाट जन्मेको छोराचाहिँ निश्‍चय मर्नेछ।”
2SA 12:15 अनि नातान घर गए। तब उरियाहकी पत्नीले दावीदबाट जन्माएको शिशुलाई याहवेहले प्रहार गर्नुभयो, र त्यो सिकिस्त बिरामी भयो।
2SA 12:16 दावीदले त्यस शिशुको निम्ति परमेश्‍वरसँग बिन्ती गरे। तिनी उपवास बसे, र कोठाभित्र गएर शोक वस्त्र लगाएर भुइँमा लम्पसार परेर रात बिताए।
2SA 12:17 तिनका घरानाका प्रधानहरू तिनलाई जमिनबाट उठाउनलाई तिनीकहाँ नजिक आए। तर तिनले इन्कार गरे; अनि तिनीहरूसँग केही पनि खान मानेनन्।
2SA 12:18 सातौँ दिनमा त्यो शिशु मर्‍यो। दावीदका नोकरहरूले त्यो शिशु मरेको खबर दिन डराए। किनकि तिनीहरूले सोचे, “शिशु जीवित हुँदा नै हामीले दावीदसँग कुरा गर्दासमेत उहाँले हाम्रो कुरा सुन्‍नुभएन। अब शिशु मर्‍यो भनेर हामीले उहाँलाई कसरी भनौँ? यो सुनेर निश्‍चय नै उहाँले आफूलाई केही हानि गर्न सक्नुहुनेछ।”
2SA 12:19 दावीदले आफ्ना नोकरहरूलाई आपसमा कानेखुसी गरिरहेको देखे, तब तिनले शिशु मर्‍यो भन्‍ने थाहा पाए। तिनले सोधे, “के शिशु मरेकै हो?” तिनीहरूले जवाफ दिए, “हजुर, तिनी मरे।”
2SA 12:20 तब दावीद भुइँबाट उठे। त्यसपछि तिनले नुहाए, तेल लगाए, लुगा फेरे। तिनी याहवेहको भवनभित्र गएर दण्डवत् गरे। तिनी आफ्नो घरमा गए; अनि तिनकै अनुरोधमा तिनीहरूले भोजन राखिदिए, र तिनले खाए।
2SA 12:21 तिनका नोकरहरूले तिनलाई सोधे, “तपाईंले किन यस्तो व्यवहार गर्दै हुनुहुन्छ? जब शिशु जीवित थियो, तब उसका निम्ति तपाईंले उपवास बसेर विलाप गर्नुभयो। तर अब तिनी मरेपछि तपाईं उठ्नुभयो, र भोजन गर्नुभयो!”
2SA 12:22 तब तिनले जवाफ दिए, “जब त्यो शिशु जिउँदो थियो, र म उपवास बसेँ, र रोएँ। किनकि मैले सोचेँ, ‘कतै याहवेहले ममाथि कृपा गरेर त्यो शिशुलाई बचाइदिनु पो हुन्छ कि?’
2SA 12:23 तर अब शिशु मरिहाल्यो; यसकारण म किन उपवास बसूँ? के म उसलाई फेरि फर्काएर ल्याउन सक्छु र? म उसकहाँ जानेछु, तर अब त्यो मकहाँ फर्केर आउनेछैन।”
2SA 12:24 त्यसपछि दावीदले आफ्नी पत्नी बतशेबालाई सान्त्वना दिए; अनि दावीद तिनीकहाँ गए, र तिनीसँग सुते। अनि तिनले एउटा छोरा जन्माइन्। तिनीहरूले त्यसको नाम सोलोमन राखे। याहवेहले त्यसलाई प्रेम गर्नुभयो।
2SA 12:25 याहवेहले त्यसलाई प्रेम गर्नुभएको कारण उहाँले अगमवक्ता नातानद्वारा त्यसको नाम यददीयाह राख्नू भनी वचन पठाउनुभयो।
2SA 12:26 यसैबीच योआबले अम्मोनीहरूको सहर रब्बाको विरुद्धमा युद्ध गरे। अनि राजकीय किल्‍ला कब्जा गरे।
2SA 12:27 तब योआबले दावीदकहाँ यसो भनेर दूतहरू पठाए, “मैले रब्बा सहरको विरुद्धमा युद्ध गरेँ, र त्यसको पानीको मुहानहरू पनि कब्जा गरेको छु।
2SA 12:28 अब बाँकी रहेका सेनाहरूलाई भेला गरेर त्यस सहरलाई घेरेर कब्जा गर्नुहोस्; नत्रता म त्यस सहरलाई कब्जा गर्नेछु, र त्यस सहरलाई मेरो नाम दिइनेछ।”
2SA 12:29 यसकारण दावीदले सम्पूर्ण सेनालाई भेला गरे, र रब्बा सहरमा गए; त्यसमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे।
2SA 12:30 दावीदले अम्मोनीहरूका राजाको शिरबाट मुकुट लिए, जसको तौल चौँतीस किलो सुनको थियो, र त्यसमा बहुमूल्य पत्थरहरू जडिएका थिए। दावीदले त्यस सहरबाट धेरै मात्रामा लुटका मालसामानहरू लिए।
2SA 12:31 अनि त्यहाँ भएका मानिसहरूलाई बाहिर ल्याए, र तिनीहरूलाई आरा चलाउने काम, गैँती र बन्चरो चलाउने काम गर्न लगाए। अनि इँटाभट्टीमा पनि इँटा बनाउने काममा लगाए। यसरी तिनले समस्त अम्मोनी सहरहरूमा त्यसै गरे। त्यसपछि दावीद र तिनका सम्पूर्ण फौज यरूशलेममा फर्के।
2SA 13:1 समय बित्दै गएपछि यस्तो भयो: दावीदका छोरा अमनोन तामारसँग प्रेममा फसे। तिनी दावीदका अर्का छोरा अब्शालोमकी सुन्दरी बहिनी थिइन्।
2SA 13:2 अमनोन आफ्नी बहिनी तामारको कारण यति साह्रो व्याकुल भए, कि उनी बिरामी नै भए; किनभने तामार कन्या थिइन्; अनि तिनलाई केही गर्न अमनोनलाई सम्भव थिएन।
2SA 13:3 तर अमनोनको योनादाब नामको एक जना साथी थिए, जो दावीदको भाइ शिमाहका छोरा थिए। योनादाब अत्यन्तै चतुर मानिस थिए।
2SA 13:4 उनले अमनोनलाई सोधे, “तिमी राजाको छोरा भएर पनि किन दिनदिनै दुब्लाउँदै गएका देखिन्छौ? किन मलाई केही भन्दैनौ?” अमनोनले तिनलाई भने, “म मेरो भाइ अब्शालोमकी बहिनी तामारको प्रेममा परेको छु।”
2SA 13:5 योनादाबले भने, “ओछ्यानमा जाऊ, र बिरामी भएको बहाना गर। जब तिम्रा पिता तिमीलाई हेर्न आउनेछन्, तब उहाँलाई यसो भन्‍नू, ‘मेरी बहिनी तामारले आएर मलाई केही खानेकुरा दिएको चाहन्छु। तिनले मेरो सामु भोजन तयार पारोस्; ताकि म तिनले बनाएको हेर्न सकूँ, र म तिनकै हातबाट त्यो खान पाऊँ।’ ”
2SA 13:6 यसकारण अमनोन बिरामी भएको बहाना गरेर सुते। जब राजा तिनलाई हेर्न आए, तब अमनोनले राजालाई भने, “म मेरी बहिनी तामार आएर मेरै सामु केही विशेष रोटी तयार गरेको चाहन्छु, ताकि म तिनकै हातबाट खान पाऊँ!”
2SA 13:7 दावीदले महलमा तामारकहाँ यसो भनेर खबर पठाए: “तिम्रा दाजु अमनोनको घरमा जाऊ, र उनका निम्ति केही भोजन तयार गरिदेऊ।”
2SA 13:8 यसकारण तामार आफ्नो दाजु अमनोनको घरमा गइन्, जहाँ उनी ढल्किरहेका थिए। तामारले केही पिठो लिइन्, र त्यसलाई मुछेर त्यसबाट उनकै सामु रोटी पकाइन्।
2SA 13:9 तब तिनले तावाबाट रोटी लिइन्, र अमनोनको सामु राखिदिइन्, तर उनले खान मानेनन्। उनले भने, “यहाँबाट सबैलाई बाहिर पठाइदेओ।” यसकारण सबै जनाले उनलाई छोडेर गए।
2SA 13:10 त्यसपछि अमनोनले तामारलाई भने, “यहाँ मेरो सुत्ने भित्री कोठामा रोटी ल्याऊ, र म तिम्रो हातबाट खान सकूँ।” अनि तामारले आफूले बनाएका रोटी लिएर आफ्नो दाजु अमनोनकहाँ उनको सुत्ने कोठामा लगिदिइन्।
2SA 13:11 तर जब तामारले अमनोनले खाऊन् भनेर उनीकहाँ खानेकुरा लगिन्, तब उनले तिनलाई अँठ्याएर भने, “मेरी बहिनी, मेरो ओछ्यानमा आएर मसित सुत।”
2SA 13:12 तिनले भनिन्, “होइन मेरा दाजु, मलाई यसरी जबरजस्ती नगर्नुहोस्! इस्राएलमा यस्तो काम गर्नुहुँदैन! यस्तो दुष्‍ट काम नगर्नुहोस्।
2SA 13:13 मेरो अवस्था कस्तो होला? मैले मेरो अपमानबाट कसरी छुटकारा पाउने? अनि तपाईंको अवस्था कस्तो होला? तपाईं इस्राएलमा दुष्‍ट र मूर्ख समान बन्‍नुहुनेछ। बिन्ती गर्छु, राजासँग कुरा गर्नुहोस्; उहाँले मलाई तपाईंसँग विवाह गर्न रोक्नुहुनेछैन।”
2SA 13:14 तर अमनोनले कुरा सुन्‍न चाहेनन्; अनि तामारभन्दा आफू बलियो भएको कारण तिनलाई बलात्कार गरे।
2SA 13:15 त्यसपछि अमनोनले तिनलाई अति घृणा गर्न थाले। वास्तवमा उनले तिनलाई प्रेम गरेको भन्दा बढी घृणा गर्न थाले। अमनोनले तिनलाई भने, “उठ्, र निस्केर गइहाल्!”
2SA 13:16 तब तामारले उनलाई भनिन्, “तपाईंले मलाई जे गरिसक्नुभएको छ, मलाई खेदेर पठाउनुचाहिँ त्योभन्दा ठूलो भूल हुनेछ।” तर अमनोनले तिनको कुरा सुन्‍न इन्कार गरे।
2SA 13:17 तब उनले आफ्नो निजी नोकरलाई बोलाएर भने, “यस स्त्रीलाई मेरो नजरबाट बाहिर निकालिदे, र ढोकामा आग्लो लगाइदे।”
2SA 13:18 यसरी उनको नोकरले तामारलाई बाहिर निकालेर ढोका थुनिदियो। तिनले बहुमूल्य बुट्टेदार पोशाक पहिरेकी थिइन्। किनकि राजाको कन्या छोरीहरूले त्यस्तै किसिमका पोशाक लगाउने गर्थे।
2SA 13:19 तब तामारले आफ्नो शिरमा खरानी हालिन्, र आफूले लगाएको बुट्टेदार पोशाक च्यातिन्। तिनले आफ्नो हात आफ्नो टाउकोमा राखेर जोडसित रुँदै गइन्।
2SA 13:20 तिनका दाजु अब्शालोमले तिनलाई भने, “के तेरा दाजु अमनोन तँसित थिए? मेरो बहिनी अहिले चुप लाग्; त्यो तेरै दाजु हुन्। यस कुरालाई हृदयमा नराख्।” तब तामार एउटी त्यागिएकी स्त्रीझैँ आफ्नो दाजु अब्शालोमको घरमा बसिन्।
2SA 13:21 जब दावीद राजाले यी सबै कुरा सुने, तब तिनी साह्रै रिसाए।
2SA 13:22 अब्शालोमले आफ्नो दाजु अमनोनलाई असल वा खराब केही पनि भनेनन्; तर तिनले अमनोनलाई घृणा गर्थे। किनकि उनले आफ्नो बहिनी तामारलाई बदनामी गराएका थिए।
2SA 13:23 दुई वर्षपछि अब्शालोमका भेडाका ऊन कत्रनेहरू एफ्राइमको सिमानाको नजिक बाल-हासोरमा भएको बेला तिनले सबै राजकुमारहरूलाई निम्तो पठाए।
2SA 13:24 अब्शालोमले राजाकहाँ गएर भने, “तपाईंको सेवकका भेडाका ऊन कत्रनेहरू आएका छन्। के राजा र हजुरका अधिकारीहरू मसँग सहभागी भइदिनुहुन्छ कि?”
2SA 13:25 राजाले जवाफ दिए, “होइन, मेरा छोरा, हामी सबै जाँदैनौँ। हामी तिम्रा निम्ति केवल भारको कारण मात्र बन्‍नेछौँ।” यद्यपि अब्शालोमले तिनलाई ढिपी गरे; तर पनि तिनी जान मानेनन्, तर तिनले आफ्नो आशिष्‌चाहिँ तिनलाई दिए।
2SA 13:26 तब अब्शालोमले भने, “यदि त्यसो होइन भने दया गरी मेरा दाजु अमनोनलाई हामीसित आउन दिनुहोस्।” राजाले तिनलाई सोधे, “त्यो किन तिमीसित जाने?”
2SA 13:27 तर अब्शालोमले तिनलाई बिन्ती गरे। यसकारण तिनले ऊसँग अमनोन र राजाका अरू छोराहरूलाई पठाइदिए।
2SA 13:28 अब्शालोमले आफ्ना मानिसहरूलाई यस्तो हुकुम दिए, “ध्यानसित सुन! जब अमनोन मदिराको पूरा नशामा हुनेछ, तब म तिमीहरूलाई भन्‍नेछु, ‘अमनोनलाई प्रहार गरेर ढालिदेओ,’ अनि त्यसलाई मारिदिनू। तिमीहरू नडराओ! के मैले नै तिमीहरूलाई यो हुकुम दिएको होइनँ र? बलवान् र साहसी बन।”
2SA 13:29 यसकारण अब्शालोमका मानिसहरूले तिनले हुकुम गरेझैँ अमनोनलाई मारे। तब राजाका सबै छोराहरू उठेर तिनीहरूका खच्‍चरहरूमा चढेर भागे।
2SA 13:30 तिनीहरू बाटैमा हुँदा, दावीदकहाँ यो खबर आयो: “अब्शालोमले राजाका सबै छोराहरूलाई मारे; तिनीहरूमध्ये एउटै पनि जीवित छोडिएका छैनन्।”
2SA 13:31 तब राजा उठे, र आफ्ना लुगा च्यातेर भुइँमा पस्रिए; अनि तिनका सबै नोकरहरूले पनि आ-आफ्ना लुगा च्यातेर तिनका छेउमा उभिरहे।
2SA 13:32 तर दावीदको दाजु शिमाहका छोरा योनादाबले भने, “मेरा मालिक तिनीहरूले सबै राजकुमारहरूलाई मारेका छन् भनी नसम्झनुहोस्; तर अमनोन मात्र मारिएका छन्। अमनोनले तिनकी बहिनी तामारलाई बलात्कार गरेको दिनदेखि उसो अब्शालोमको यो नियत थियो।
2SA 13:33 मेरा मालिक राजाका सबै छोराहरू मारिएका छन् भन्‍ने खबरप्रति राजाले वास्ता नगर्नुहोला। अमनोन मात्र मारिएका छन्।”
2SA 13:34 यसै बीचमा अब्शालोमचाहिँ भागिसकेका थिए। यसैबीच दावीदलाई पहरेदार दिइरहेको मानिसले मास्तिर हेर्‍यो; र आफ्नो पश्‍चिमतिर भएको बाटोमा धेरै मानिसहरूलाई डाँडाबाट ओह्रालो आइरहेका देख्यो। त्यो पहरेदार गयो र राजालाई भन्यो, “म होरोनैमदेखि डाँडाको छेउहुँदै मानिसहरू तलतिर आइरहेको देख्दैछु।”
2SA 13:35 योनादाबले राजालाई भने, “हेर्नुहोस्, राजाका छोराहरू आइरहेका छन्; तपाईंको सेवकले भनेझैँ भयो।”
2SA 13:36 तिनले बोलिसक्नेबित्तिकै राजाका छोराहरू जोडसित रुँदै आइपुगे। राजा पनि तिनका सबै नोकरहरूसित धुरुधुरु रोए।
2SA 13:37 अब्शालोम भागेर गेशूरका राजा अम्मीहूदका छोरा तल्मैकहाँ गए। तर दावीद राजाचाहिँ आफ्नो छोरा अमनोनका निम्ति दिनहुँ विलाप गर्दैरहे।
2SA 13:38 अब्शालोम भागेर गेशूरमा गए, र तिनी त्यहाँ तीन वर्षसम्म बसे।
2SA 13:39 अमनोनको मृत्युको बारेमा राजा दावीदले सान्त्वना पाएपछि तिनलाई अब्शालोमकहाँ भेट गर्न जाने इच्छा भयो।
2SA 14:1 राजाको हृदयले अब्शालोमको इच्छा गरेको कुरा सरूयाहका छोरा योआबले थाहा पाए।
2SA 14:2 यसकारण योआबले एक जनालाई तकोमा पठाए। अनि त्यहाँबाट एउटी बुद्धिमती स्त्रीलाई ल्याए। योआबले तिनलाई भने, “आफूलाई शोकमा डुबेकी बहाना गर्नू, र शोकको वस्त्र लगाउनू। कुनै सुगन्धित तेल नलगाउनू। मरेका मानिसका निम्ति धेरै दिनसम्म शोक गरिरहेझैँ बहाना गर्नू।
2SA 14:3 त्यसपछि राजाकहाँ गएर यी कुराहरू उहाँलाई भन्‍नू।” यसरी योआबले भन्‍नुपर्ने कुराहरू तिनलाई सिकाइदिए।
2SA 14:4 जब तकोबाट गएकी स्त्री राजाको सामु हाजिर भई, र भुइँसम्मै घोप्टो परी, र राजालाई दण्डवत् गरी रुँदै भनी, “हे महाराजा, मलाई सहायता गर्नुहोस्!”
2SA 14:5 राजाले उनलाई सोधे, “तिमीलाई के दुःख पर्‍यो?” तिनले भनिन्, “म एउटी विधवा हुँ; मेरा पति मरिसकेका छन्।
2SA 14:6 म हजुरकी सेविकाका दुई छोराहरू थिए। तिनीहरू खेतमा एक-आपसमा लडाइँ गरेछन्। त्यहाँ तिनीहरूलाई छुटाउने कोही थिएन; अनि एउटाले अर्कोलाई हिर्काएर मार्‍यो।
2SA 14:7 अब सम्पूर्ण वंश नै तपाईंको सेविकाको विरुद्धमा उठेर यसो भन्दैछन्, ‘आफ्नो भाइलाई मार्नेलाई हाम्रो हातमा सुम्पिदेऊ, र त्यसले आफ्नै भाइलाई मारेको कारण हामी पनि त्यसलाई मार्नेछौँ। यसो गर्नाले हामीले उत्तराधिकारलाई पनि नाश गरेको हुनेछ।’ तिनीहरूले मसँग बचेको एउटै आगोको भुङ्ग्रो पनि निभाइदिनेछन्। यस संसारबाट मेरो पतिको सन्तानको नामनिशानै मेटिदिनेछन्।”
2SA 14:8 तब राजाले त्यस स्त्रीलाई भने, “घर जाऊ, म तिम्रो पक्षमा हुकुम जारी गर्नेछु।”
2SA 14:9 तर तकोबाट आएकी त्यस स्त्रीले तिनलाई भनिन्, “मेरा मालिक महाराजा, यो दोष म र मेरो परिवारमाथि परोस्; तर राजा र राजाको सिंहासन दोषरहित रहून्!”
2SA 14:10 राजाले जवाफ दिए, “यदि कसैले तिमीसँग केही कुरा गर्छ भने त्यसलाई मकहाँ ल्याऊ, र त्यसले तिमीलाई फेरि दुःख दिनेछैन।”
2SA 14:11 तिनले भनिन्, “त्यसो भए विरोधीहरूले अरू खराबी नगरून् भनेर राजाले जीवित याहवेह, उहाँको परमेश्‍वरलाई साक्षी राखेर भनिदेऊन्, र मेरो छोरा नष्‍ट हुनेछैन।” तब राजाले भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै तिम्रा छोराको एउटा केशधरि भुइँमा खस्‍नेछैन।”
2SA 14:12 तब त्यस स्त्रीले भनी, “हजुरकी सेविकालाई मेरा मालिक महाराजासित अझै एउटा कुरा भन्‍न दिनुहोस्।” राजाले जवाफ दिए, “भन।”
2SA 14:13 त्यस स्त्रीले भनी, “त्यसो भए हजुरले किन परमेश्‍वरका मानिसहरूको विरुद्धमा यस्तो युक्ति रच्नुभयो? राजाले यसरी भन्‍नुहुँदा, के उहाँले आफैँलाई दोषी ठहराउनुभएन र? किनकि राजाले आफ्नो निर्वासित छोरालाई फर्काएर ल्याउनुभएकै छैन।
2SA 14:14 भुइँमा पोखिएको पानी फेरि जम्मा गर्न नसकिएझैँ, हामी पनि मर्नैपर्छ। तर परमेश्‍वरले प्राण लिनुहुन्‍न; त्यसको सट्टामा उहाँले त निर्वासित व्यक्तिलाई उहाँदेखि अलग भएर नबसोस् भनेर उपाय पो निकाल्नुहुन्छ।
2SA 14:15 “म मेरा मालिक महाराजालाई यो कुरा भन्‍न आएकी हुँ, किनकि मानिसहरूले मलाई डर देखाएका छन्। हजुरकी सेविकाले विचार गरी, ‘म राजासित कुरा गर्नेछु; सायद उहाँले आफ्नी सेविकाको अनुरोध सुन्‍नुहुन्छ होला।
2SA 14:16 सायद राजाले आफ्नी सेविकालाई त्यो मानिसको हातबाट छुटाउनुहुनेछ, जो म र मेरो छोरालाई परमेश्‍वरले दिनुभएको उत्तराधिकारबाट वञ्चित गराउन तल्‍लिन छ।’
2SA 14:17 “अहिले हजुरकी सेविका भन्छे, ‘मेरा मालिक महाराजाको आदेशले मेरो उत्तराधिकार बचाऊन्; किनकि मेरो मालिक महाराजा असल र खराब छुट्याउन परमेश्‍वरका दूतझैँ हुनुहुन्छ। याहवेह हजुरका परमेश्‍वर हजुरसँग रहून्!’ ”
2SA 14:18 तब राजाले त्यस स्त्रीलाई भने, “मैले तिमीलाई जे सोध्न लागेको छु, त्यसको जवाफ मबाट नलुकाई भन।” त्यस स्त्रीले भनी, “कृपया, मेरा मालिक महाराजा भन्‍नुहोस्।”
2SA 14:19 राजाले सोधे, “के यी सबै कुराहरूमा योआबको सहभागिता छ?” त्यस स्त्रीले जवाफ दिई, “हे मेरा मालिक महाराजा, हजुरको जीवनको शपथ खाएर भन्दछु, मेरा मालिक महाराजा हजुरले भन्‍नुभएको कुराबाट कोही पनि दायाँ-बायाँ गर्न सक्दैन। हो, हजुरको सेवक योआबले नै मलाई यसो गर्ने हुकुम दिएका हुन्। अनि तिनले नै हजुरकी सेविकालाई यी कुराहरू सिकाइदिएका हुन्।
2SA 14:20 हजुरको सेवक योआबले वर्तमान स्थितिलाई बदली गर्नलाई नै यसो गरेका हुन्। मेरो मालिक परमेश्‍वरका दूतझैँ बुद्धिमान् हुनुहुन्छ, र देशमा हुने हरेक कुरा उहाँलाई थाहा छ।”
2SA 14:21 तब राजाले योआबलाई भने, “ठिक छ, म यो गर्नेछु। जाऊ, र त्यस जवान मानिस अब्शालोमलाई लिएर आऊ।”
2SA 14:22 योआबले दावीदको सामु सम्मान स्वरूप भुइँमा घोप्टो परेर दण्डवत् गरे, र राजालाई परमेश्‍वरले आशिष् देऊन् भनेर प्रार्थना गरे। योआबले भने, “आज तपाईंको सेवकले तपाईंको दृष्‍टिमा निगाह पाएको थाहा पाएको छ; किनकि हे मेरा मालिक महाराजा, राजाले आफ्नो सेवकको बिन्ती मन्जुर गर्नुभएको छ।”
2SA 14:23 त्यसपछि योआब गेशूरमा गए, र अब्शालोमलाई यरूशलेममा लिएर आए।
2SA 14:24 तर राजाले भने, “त्यो आफ्नै घरमा गएर बसोस्; त्यो मेरो उपस्थितिमा नआओस्।” यसकारण अब्शालोम आफ्नै घरमा गए, र तिनले राजाको अनुहार देखेनन्।
2SA 14:25 सारा इस्राएलभरि आफ्नो रूपको सुन्दरताको निम्ति अति प्रशंसा पाउने अब्शालोमजस्ता अरू मानिस कोही पनि थिएनन्। तिनको शिरदेखि पैतालासम्म कुनै खोट थिएन।
2SA 14:26 जब तिनले आफ्नो शिरको केश काट्थे (तिनलाई केश अति गह्रौँ हुँदा वर्षमा एक पटक तिनले केश काट्ने गर्थे।) तब तिनले केश जोख्ने गर्थे। राजकीय तौलअनुसार केशको तौल दुई सय शेकेल हुन्थ्यो।
2SA 14:27 अब्शालोमका तीन जना छोरा र एउटी छोरी जन्मिए; जसको नाम तामार थियो। अनि तिनी एउटी सुन्दरी स्त्री बनिन्।
2SA 14:28 अब्शालोम यरूशलेममा राजाको अनुहार नहेरी दुई वर्षसम्म बसे।
2SA 14:29 त्यसपछि अब्शालोमले राजाकहाँ खबर पठाउन भनी योआबलाई बोलाइपठाए। तर योआबले तिनीकहाँ आउन इन्कार गरे। यसकारण तिनले दोस्रो पटक पनि बोलाइपठाए। तर तिनले फेरि पनि आउन इन्कार गरे।
2SA 14:30 त्यसपछि तिनले आफ्ना नोकरहरूलाई भने, “हेर, योआबको खेत मेरै खेतको नजिक छ; त्यहाँ तिनको जौ छ। जाओ, र त्यसमा आगो लगाइदेओ।” यसकारण अब्शालोमका नोकरहरूले योआबको त्यस खेतमा आगो लगाइदिए।
2SA 14:31 तब योआब अब्शालोमको घरमा गए, र तिनलाई भने, “तपाईंका नोकरहरूले मेरो खेतमा किन आगो लगाइदिए?”
2SA 14:32 अब्शालोमले योआबलाई भने, “मैले तिमीलाई राजाकहाँ यस्तो खबर दिनको निम्ति बोलाइपठाएँ, म किन गेशूरबाट आएँ त? म त्यहीँ रहनु असल हुनेथियो। त्यसैले अब म राजाको अनुहार हेर्न चाहन्छु। यदि म कुनै कुराको अपराधी छु भने उहाँले मलाई मारून्!”
2SA 14:33 यसकारण योआब राजाकहाँ गए, र यो कुरा सुनाइदिए। तब राजाले अब्शालोमलाई बोलाइपठाए। अनि तिनी राजाको सामु आए, र घोप्टो परेर दण्डवत् गरे। राजाले खुशी भएर अब्शालोमलाई म्वाइँ खाए।
2SA 15:1 समय बित्दै गएपछि, अब्शालोमले आफ्ना निम्ति एउटा रथ, घोडाहरू र आफ्नो अगि-अगि दगुर्नलाई पचास जना अङ्गरक्षकहरू राखे।
2SA 15:2 तिनी बिहानै उठेर सहरको मूलढोकामा जाने बाटोनिर उभिन्थे। जब कोही व्यक्ति राजाको सामु न्यायको निम्ति आफ्नो मुद्दा लिएर आउँथे, अब्शालोमले त्यसलाई बोलाएर, “कुन सहरका हौ?” भनी सोध्ने गर्थे। मानिसहरूले जवाफ दिन्थे, “तपाईंको सेवक इस्राएलका कुलहरूमध्ये एउटाबाट आएको हुँ।”
2SA 15:3 तब अब्शालोमले भन्‍ने गर्थे, “हेर, तिम्रो मुद्दाहरू उचित र ठिक रहेछन्, तर तिम्रो कुरा सुनिदिनका निम्ति राजाको तर्फबाट प्रतिनिधि गर्ने कुनै मान्छे छैन।”
2SA 15:4 अब्शालोमले अझ थपेर यसो भन्‍ने गर्थे, “यदि यस देशको म न्यायकर्ता नियुक्त भएको भए, यस्तो मुद्दा-मामिला भएको हरेक मानिस मकहाँ आउनसक्ने थियो; अनि म तिनीहरूको न्याय गरिदिनेथिएँ।”
2SA 15:5 साथै, जब कोही पनि व्यक्ति तिनको अगि दण्डवत् गर्न आउँथ्यो, तब अब्शालोमले आफ्नो हात बढाएर समाउँथे र तिनलाई म्वाइँ खान्थे।
2SA 15:6 अब्शालोमले राजाकहाँ इन्साफको लागि आउने सबै इस्राएलीहरूसित यस्तै व्यवहार गर्थे। यसरी तिनले इस्राएलका मानिसहरूका हृदय जिते।
2SA 15:7 चार वर्षपछि अब्शालोमले राजालाई भने, “मलाई हेब्रोनमा जान दिनुहोस् र मैले याहवेहसँग गरेको भाकल पूरा गर्न सकूँ।
2SA 15:8 तपाईंको सेवक अरामको गेशूरमा हुँदा मैले यो भाकल गरेको थिएँ, ‘यदि याहवेहले मलाई यरूशलेममा फर्काएर लैजानुभयो भने म हेब्रोनमा याहवेहको आराधना गर्नेछु।’ ”
2SA 15:9 राजाले तिनलाई भने, “शान्तिसित जाऊ।” यसकारण तिनी हेब्रोनमा गए।
2SA 15:10 तब अब्शालोमले इस्राएलभरि मानिसहरूलाई यसो भन्‍नलाई गुप्‍तमा दूतहरू पठाए, “तुरहीहरूको आवाज सुन्‍नेबित्तिकै तिमीहरूले यसो भन्‍नू, ‘हेब्रोनका राजा अब्शालोम हुन्।’ ”
2SA 15:11 यरूशलेमबाट दुई सय मानिसहरू अब्शालोमको साथमा गएका थिए। तिनीहरू पाहुनाको रूपमा निम्त्याइएका थिए। यस विषयमा केही थाहा नपाएर तिनीहरू अनजानमै गएका थिए।
2SA 15:12 जब अब्शालोमले बलिदान चढाइरहेका थिए, तब तिनले दावीदका सल्‍लाहकार गीलोनी अहीतोपेललाई पनि आफ्नो सहर गिलोहबाट बोलाइपठाए। यसरी यो षड्यन्त्र शक्तिशाली भयो। अब्शालोमको पछि लाग्नेहरूको संख्या बढ्दैगयो।
2SA 15:13 एक जना सन्देशवाहक आएर दावीदलाई भने, “इस्राएलका मानिसहरूका हृदय अब्शालोमको पछि लागेको छ।”
2SA 15:14 तब दावीदले यरूशलेममा आफूसित भएका सबै अधिकृतहरूलाई भने, “आओ! हामी भागौँ, नत्रता हामी कोही पनि अब्शालोमको हातबाट उम्कन सक्नेछैनौँ। हामी तुरुन्तै भागिहाल्नुपर्छ; नत्रता त्यसले चाँडै आएर हामीलाई भेट्टाउनेछ र हामीमाथि सर्वनाश ल्याउनेछ। अनि सहरलाई पनि तरवारले नष्‍ट पार्नेछ।”
2SA 15:15 राजाका अधिकृतहरूले तिनलाई जवाफ दिए, “हामी हजुरका सेवकहरू, हाम्रा मालिक महाराजाले जे गर्न इच्छा गर्नुहुन्छ, त्यही गर्न राजी छौँ।”
2SA 15:16 तब राजा त्यहाँबाट तिनलाई पछ्याउने सारा घरानासहित निस्के। तर तिनले महलको हेरचाह गर्नलाई दश जना उपपत्नीहरूलाई चाहिँ छाडिराखे।
2SA 15:17 यसरी राजा तिनलाई पछ्याउने सारा मानिसहरूसहित निस्के, र तिनीहरू सहरको सिमानामा पुगेर रोकिए।
2SA 15:18 अनि तिनका सबै मानिसहरू तिनलाई उछिनेर अगि गए, जसमा करेतीहरू र पेलेथीहरू पनि थिए। अनि तिनीसँगै जाने गातबाट छ सय गित्तीहरू, सबैले राजालाई उछिनेर अगि बढे।
2SA 15:19 तब राजाले गित्ती इत्तैलाई भने, “तिमीहरू किन हामीसँग आउँछौ? फर्केर जाऊ र राजा अब्शालोमसितै बस। तिमी आफ्नो स्वदेशबाट निकालिएका विदेशी हौ।
2SA 15:20 तिमी हिजो मात्रै आयौ। अनि आज म तिमीलाई हामीसित किन भड्किन बाध्य गरूँ? जबकि म कहाँ गइरहेको छु मलाई थाहा छैन। फर्केर जाऊ, र आफ्ना देशवासीहरूलाई पनि साथमा लैजाऊ। याहवेहले तिमीहरूलाई आफ्नो अचुक प्रेम र विश्‍वासयोग्यता देखाऊन्।”
2SA 15:21 तर इत्तैले राजालाई जवाफ दिए, “जीवित याहवेह र मेरा मालिक महाराजालाई साक्षी राखेर वचन दिँदछु, मेरा मालिक महाराजा जहाँ हुनुहुनेछ, चाहे मृत्यु होस् वा जीवन, त्यहीँ नै हजुरको सेवक पनि हुनेछ।”
2SA 15:22 तब दावीदले इत्तैलाई भने, “ठिक छ, अगि बढ।” यसरी गित्ती इत्तै तिनका सबै मानिसहरूसँग र तिनीसँग भएका परिवारहरूसँग अगि बढे।
2SA 15:23 जब ती सबै मानिसहरू त्यस ठाउँ छोडेर जाँदैथिए, तब देशका सारा मानिसहरू धेरै जोडसँग रोए। राजा दावीदले किद्रोन बेँसी पार गरे। सबै मानिसहरू उजाडस्थानतिर अगि बढे।
2SA 15:24 सादोक पनि त्यहाँ थिए, र तिनीसित भएका सबै लेवीहरूले परमेश्‍वरको करारको सन्दुक बोकेका थिए। तिनीहरूले परमेश्‍वरको सन्दुक राखे। सारा मानिसहरू सहर छोडेर ननिस्केसम्म अबीयाथारले बलिदानहरू चढाए।
2SA 15:25 त्यसपछि राजाले सादोकलाई भने, “परमेश्‍वरको सन्दुकलाई सहरमा फर्काएर लैजाओ। यदि मैले याहवेहको दृष्‍टिमा निगाह पाएछु भने उहाँले मलाई फेरि फर्काइल्याएर सन्दुक र उहाँको वासस्थानलाई देख्ने मौका दिनुहुनेछ।
2SA 15:26 तर यदि उहाँले, ‘म तँसित खुशी छैन,’ भन्‍नुभयो भने म तयार छु; उहाँलाई जे उचित लाग्छ, त्यहीअनुसार मलाई गरून्।”
2SA 15:27 राजाले सादोक पुजारीलाई यो पनि भने, “के तिमी भविष्यवक्ता होइनौ? शान्तिसाथ सहरमा फर्किजाऊ। तिमी र तिम्रो छोरा अहीमास अनि एबियाथारको छोरा जोनाथनलाई पनि साथमा लिएर जाऊ। तिमी र अबीयाथारले आफ्ना दुई छोराहरूलाई लिएर फर्केर जाऊ।
2SA 15:28 तिमीबाट खबर नआएसम्म म उजाडस्थानको घाटीमा पर्खेर बस्‍नेछु।”
2SA 15:29 यसकारण सादोक र अबीयाथारले परमेश्‍वरको सन्दुकलाई यरूशलेममा फर्काए, र त्यहीँ नै बसे।
2SA 15:30 तर दावीदचाहिँ रुँदै-रुँदै जैतुन पर्वतको उकालो चढे। तिनको शिर ढाकिएका थिए, र तिनको खुट्टा खाली थिए। तिनको साथमा भएका सबै मानिसहरूले पनि आफ्ना शिरहरू ढाकेका थिए; अनि तिनीहरू पनि रुँदै-रुँदै उकालो चढिरहेका थिए।
2SA 15:31 तब दावीदलाई भनियो, “अब्शालोमसँगको षड्यन्त्रकारीहरूमध्ये अहीतोपेल पनि छ।” यसकारण दावीदले प्रार्थना गरे, “हे याहवेह, अहीतोपेलको सल्‍लाहलाई व्यर्थ तुल्याइदिनुहोस्।”
2SA 15:32 जब दावीद टाकुरामा आइपुगे, जहाँ मानिसहरूले परमेश्‍वरलाई आराधना गर्थे, तब अरकी हूशै राजालाई भेट्न आएका थिए। तिनको लुगा च्यातिएको र शिरमा धुलो लगाइएको थियो।
2SA 15:33 दावीदले तिनलाई भने, “यदि तिमी मसित गयौ भने तिमी मेरा निम्ति बोझ हुनेछौ।
2SA 15:34 तर यदि सहरमा फर्केर अब्शालोमलाई यसरी भन्यो भने, ‘हे राजा, म तपाईंको सेवक हुनेछु; म पहिले तपाईंको पिताको सेवक थिएँ, तर अब म तपाईंको सेवक हुनेछु’, तब तिमीले अहीतोपेलको सल्‍लाहलाई असफल तुल्याएर मलाई सहायता गर्न सक्नेछौ।
2SA 15:35 के तिमीसित सादोक र अबीयाथार पुजारीहरू हुनेछैनन् र? तिमीले राजाको महलमा सुनेका सबै कुराहरू पुजारीहरूलाई भन्‍नू।
2SA 15:36 सादोकका छोरा अहीमास र अबीयाथारका छोरा जोनाथन तिनीहरूका दुई छोराहरू त्यहाँ तिनीहरूसितै छन्। तिमीले सुनेका सबै कुरा तिनीहरूसँग मकहाँ पठाउनू।”
2SA 15:37 यसकारण अब्शालोम सहरमा पस्दैगर्दा हूशै दावीदका मित्र यरूशलेममा आइपुगे।
2SA 16:1 जब दावीद डाँडाको टाकुराबाट केही पर पुगे, तब त्यहाँ मपीबोशेतको सेवक सीबा तिनलाई भेट्न पर्खिरहेका थिए। तिनीसँग दुई सय रोटी, किसमिसका एक सय झुप्पा, नेभाराका एक सय डल्‍ला र एक मशक दाखमद्यको भारीले लादिएका गधाहरू थिए।
2SA 16:2 राजाले सीबालाई सोधे, “तिमीले यी सबै कुरा किन ल्याएका हौ?” सीबाले जवाफ दिए, “यी गधाहरू राजाका घरानाको सवारीका निम्ति हुन्, रोटी र फलहरू मानिसहरूलाई खानका निम्ति हुन्, र दाखमद्यचाहिँ उजाडस्थानमा थाक्नेहरूलाई ताजा बनाउनका निम्ति हुन्।”
2SA 16:3 तब राजाले तिनलाई सोधे, “तिम्रा मालिकका नाति कहाँ छन्?” सीबाले तिनलाई भने, “तिनी यरूशलेममै छन्; किनकि तिनले सोचेका छन्, ‘आज इस्राएलका घरानाले मलाई मेरा बाजेको राज्य फर्काइदिनेछन्।’ ”
2SA 16:4 तब राजाले सीबालाई भने, “मपीबोशेतसँग भएका सबै थोक अब तिम्रै हुन्।” सीबाले भने, “म हजुरलाई दण्डवत् गर्दछु। हे मेरा मालिक महाराजा, मैले हजुरको दृष्‍टिमा निगाह पाऊँ।”
2SA 16:5 जब दावीद राजा बहूरीममा आइपुगे, तब त्यहाँ शाऊलका घरानाकै एक जना मानिस निस्कियो। त्यो गेराको छोरो शिमी थियो। त्यो सराप्दै बाहिर निस्केर आयो।
2SA 16:6 दावीदका दायाँ-बायाँ सेना र विशेष अङ्गरक्षकहरू भए तापनि त्यसले दावीद र राजाका सबै अधिकृतहरूमाथि अन्धाधुन्ध ढुङ्गा हान्‍न थाल्यो।
2SA 16:7 तब शिमीले सराप्दै भन्यो, “ए बदमास, ए हत्यारा, तँ यहाँबाट निस्किहाल्!
2SA 16:8 तैँले शाऊलको घरानामा रगत बगाएर तिनको ठाउँमा राज्य गरेको कारण याहवेहले तँलाई बदला लिनुभएको छ। याहवेहले त्यो राज्य, तेरो छोरा अब्शालोमलाई दिनुभएको छ। तँ हत्यारा भएको कारण तेरो सर्वनाश आएको छ!”
2SA 16:9 तब सरूयाहका छोरा अबीशैले राजालाई भने, “यस मरेको कुकुरले मेरा मालिक महाराजालाई किन सराप्छ? मलाई त्यसको शिर काट्ने आज्ञा दिनुहोस्।”
2SA 16:10 तर राजाले भने, “हे सरूयाहका छोराहरू हो, यदि उसलाई याहवेहले, ‘दावीदलाई सरापोस्’ भनी भन्‍नुभएको कारण सराप्दै छ भने, ‘तैँले यस्तो किन गरेको’ भनेर कसले त्यसलाई सोध्न सक्छ र?”
2SA 16:11 तब दावीदले अबीशै र आफ्ना सबै अधिकृतहरूलाई भने, “मेरो छोरा, मेरो आफ्नै रगत र मासुले त मेरा प्राण लिन खोजिरहेछ भने अब यस बेन्यामीनीले त झन् बढी गर्नेछ! त्यसलाई छोडिदेऊ; त्यसले सरापोस्। किनकि याहवेहले त्यसलाई त्यसै गर्नू भनी भन्‍नुभएको छ।
2SA 16:12 सायद यस्तो पनि हुन सक्छ, याहवेहले आज मैले पाइरहेको सरापको पीडा देख्नुहुनेछ, र शिमीको सरापको साटो उहाँको करारको आशिष् मलाई फेरि दिनुहुनेछ।”
2SA 16:13 यसरी दावीदचाहिँ तिनका मानिसहरूसँग आफ्नो बाटो लागिरहे। अनि शिमीचाहिँ तिनीहरूको बाटोको पारिपट्टि डाँडाको बाटोतिरबाट तिनलाई सराप्दै, तिनीमाथि ढुङ्गा हान्दै र धुलो फ्याँक्दै गयो।
2SA 16:14 राजा र तिनीसँग भएका सबै मानिसहरू आफ्नो गन्तव्यमा आइपुग्दा थाकिसकेका थिए। तिनीहरूले त्यहीँ थकाइ मारे।
2SA 16:15 यसै बीचमा अब्शालोम र इस्राएलका सबै मानिसहरू यरूशलेममा आइपुगे। अहीतोपेल पनि तिनीसँग थिए।
2SA 16:16 तब दावीदका मित्र अरकी हूशै अब्शालोमकहाँ गएर तिनलाई भने, “राजा अमर रहून्! राजा अमर रहून्!”
2SA 16:17 अब्शालोमले हूशैलाई भने, “के तपाईंले आफ्नो मित्रलाई देखाएको प्रेम यही हो? यदि तपाईं उहाँको मित्र हो भने उहाँसँग किन जानुभएन?”
2SA 16:18 हूशैले अब्शालोमलाई भने, “होइन; तर याहवेहले, यी मानिसहरूले अनि इस्राएलका सारा मानिसहरूले जसलाई चुन्छन्, उहाँकै म हुनेछु, अनि उहाँसँगै म रहनेछु।
2SA 16:19 फेरि मैले तपाईंबाहेक कसको सेवा गर्ने? के मैले छोराको सेवा नगर्ने? मैले तपाईंको पिताको सेवा गरेझैँ तपाईंको पनि सेवा गर्नेछु।”
2SA 16:20 तब अब्शालोमले अहीतोपेललाई भने, “हामीलाई सल्‍लाह दिनुहोस्। अब हामी के गरौँ?”
2SA 16:21 तब अहीतोपेलले अब्शालोमलाई जवाफ दिए, “तपाईंका पिताले महलको हेरचाह गर्न भनी छोडिराख्नुभएका उहाँका उपपत्नीहरूसित सुत्नुहोस्। तब तपाईंले आफ्नो पितालाई अपमानित तुल्याएको कुरा सारा इस्राएलले सुन्‍नेछन्। अनि तपाईंसित भएका सबै मानिसहरूको विश्‍वास अझ बलियो हुनेछ।”
2SA 16:22 यसकारण तिनीहरूले कौसीमा अब्शालोमको निम्ति एउटा पाल टाँगिदिए। तिनी सारा इस्राएलकै आँखा अगाडि आफ्ना पिताका उपपत्नीहरूसँग सुते।
2SA 16:23 ती दिनहरूमा अहीतोपेलले दिएका सल्‍लाहचाहिँ परमेश्‍वरलाई सोधेर लिइएको सल्‍लाहजस्तै मानिन्थ्यो। दावीद र अब्शालोम दुवैले अहीतोपेलका सारा सल्‍लाहलाई उच्‍च सम्मानका साथ कदर गर्थे।
2SA 17:1 अहीतोपेलले अब्शालोमलाई भने, “कृपया मलाई बाह्र हजार मानिसहरूलाई चुनेर आज राति दावीदलाई खेद्न जाने अनुमति दिनुहोस्।
2SA 17:2 तिनी थाकेका र कमजोर भएका बेलामा म तिनीमाथि आक्रमण गर्नेछु। म तिनलाई आतङ्कित तुल्याउनेछु; अनि तिनीसँग भएका सबै मानिसहरू भागेर जानेछन्। म केवल राजालाई मात्र मार्नेछु।
2SA 17:3 अनि सबै मानिसहरूलाई तपाईंकहाँ फर्काएर ल्याउनेछु। तपाईंले खोज्नुभएको मानिसको मृत्यु हुनु नै सबै मानिसहरू तपाईंतिर फर्कनु हो। सबै मानिसहरूको कुनै हानि हुनेछैन।”
2SA 17:4 यो योजना अब्शालोम र इस्राएलका सबै प्रधानहरूलाई असल लाग्यो।
2SA 17:5 तर अब्शालोमले भने, “अरकी हूशैलाई पनि बोलाइपठाऊ, र तिनले के भन्छन्, त्यो पनि हामी सुनौँ।”
2SA 17:6 हूशै तिनीकहाँ आएपछि अब्शालोमले तिनलाई भने, “अहीतोपेलले यो सल्‍लाह दिएका छन्। के हामी तिनले भनेअनुसार गरौँ? यदि होइन भने तपाईंको विचार के छ, हामीलाई भन्‍नुहोस्।”
2SA 17:7 हूशैले अब्शालोमलाई भने, “यस पटक अहीतोपेलले दिएका सल्‍लाह ठिक छैन।
2SA 17:8 तपाईं आफ्ना पिता र उहाँका मानिसहरूलाई जान्‍नुहुन्छ। तिनीहरू लडाकुहरू हुन्; अनि तिनीहरू बच्‍चा खोसिएका जङ्गली भालुजस्तै डरलाग्दा छन्। यसबाहेक तपाईंका पिता एक अनुभवी योद्धा हुनुहुन्छ। उहाँ सेनाहरूसँग रातभरि रहनहुनेछैन।
2SA 17:9 अहिले पनि उहाँ कुनै गुफा, वा अरू कुनै ठाउँमा लुकिरहनुभएको होला। यदि उहाँले तपाईंको सेनाहरूलाई पहिले आक्रमण गर्नुभयो भने यो कुरा सुन्‍ने हरेकले भन्‍नेछन्, ‘अब्शालोमका पछि लाग्ने सेनाहरू मारिएका छन्।’ ”
2SA 17:10 त्यसपछि सिंहको जस्तो मुटु भएको अति वीर योद्धा पनि डरले काँप्‍नेछ। किनकि तपाईंका पिता लडाकु हुनुहुन्छ, र उहाँसित भएका योद्धाहरू शूरवीर छन् भन्‍ने कुरा सारा इस्राएललाई थाहा छ।
2SA 17:11 “यसकारण म तपाईंलाई सल्‍लाह दिन्छु: दानदेखि बेर्शेबासम्म भएका समुद्रको किनारका बालुवासरह असंख्य इस्राएलीलाई तपाईंकहाँ भेला गराउनुहोस्। अनि तपाईंकै अगुवाइमा लडाइँमा जानुहोस्।
2SA 17:12 तब हामी दावीदलाई जहाँ भेट्नेछौँ, त्यहीँ आक्रमण गर्नेछौँ। हामी भुइँमा शीत खसेझैँ उहाँमाथि जाइलाग्नेछौँ। उहाँ अथवा उहाँका कुनै पनि मानिस जीवित रहनेछैनन्।
2SA 17:13 यदि उहाँ कुनै सहरभित्र शरण लिनुभए तापनि सारा इस्राएलले त्यस सहरको पर्खाललाई डोरी लगाएर एउटै ढुङ्गा पनि त्यसको जगमा नरहने गरी हामी घिस्याएर बेँसीमा पुर्‍याउनेछौँ।”
2SA 17:14 अब्शालोम र इस्राएलका सारा मानिसहरूले भने, “अहीतोपेलको भन्दा अरकी हूशैको सल्‍लाह असल छ।” किनकि अब्शालोममाथि विपत्ति ल्याउनका निम्ति याहवेहले नै अहीतोपेलको असल सल्‍लाहलाई विफल तुल्याउने संकल्प गर्नुभएको थियो।
2SA 17:15 हूशैले सादोक र अबीयाथार पुजारीहरूलाई भने, “अहीतोपेलले अब्शालोम र इस्राएलका प्रधानहरूलाई यसो वा त्यसो गर्नु भन्‍ने सल्‍लाह दिए तर मैले यो गर्नु भनेर उनीहरूलाई सल्‍लाह दिएँ।”
2SA 17:16 अब तुरुन्तै खबर पठाएर दावीदलाई भन्‍नुहोला, “उजाडस्थानको जँघारमा रात नबिताउनू। तर अवश्य पार भएर गइहाल्नू, नत्रता राजा र उहाँसित भएका सबै मानिसहरूलाई नाश पारिनेछन्।”
2SA 17:17 जोनाथन र अहीमासचाहिँ एन-रोगेलमा बसेका थिए। एउटी सेविकाले गएर तिनीहरूलाई सूचना दिनुपर्थ्यो। अनि तिनीहरूले चाहिँ गएर दावीद राजालाई खबर गर्नुपर्थ्यो। किनकि तिनीहरूले सहरभित्र पस्दैगर्दा कसैले देख्ने जोखिम उठाउन चाहँदैनथिए।
2SA 17:18 तर एउटा जवान मानिसले तिनीहरूलाई देख्यो, र अब्शालोमलाई भनिदियो। यसैकरण ती दुवै जनाले तुरुन्तै त्यस ठाउँलाई छोडेर बहूरीममा एक जना मानिसको घरमा गए। तिनको आँगनमा एउटा इनार थियो। तिनीहरू त्यसैभित्र पसे।
2SA 17:19 तब त्यस मानिसकी पत्नीले इनारको खुल्‍ला मुख छोप्नका लागि एउटा ढकन ल्याई। त्यसमाथि अन्‍न फिँजाइदिई। यसको बारेमा कसैलाई केही थाहा भएन।
2SA 17:20 जब अब्शालोमका मानिसहरू त्यस स्त्रीका घरमा आए, तब तिनीहरूले सोधे, “अहीमास र जोनाथन कहाँ छन्?” त्यस स्त्रीले तिनीहरूलाई जवाफ दिई, “तिनीहरू त खोला तरेर पारि गइसके।” ती मानिसहरूले तिनीहरूलाई खोजे, तर एउटैलाई पनि भेट्टाएनन्। यसकारण तिनीहरू यरूशलेम फर्के।
2SA 17:21 जब ती मानिसहरू गइसके, तब ती दुई जना इनारबाट निस्किआए। अनि दावीद राजालाई खबर दिन गए। तिनीहरूले राजालाई भने, “तुरुन्तै उठ्नुहोस्, र नदी पार गरिहाल्नुहोस्। अहीतोपेलले तपाईंको विरुद्धमा सल्‍लाह दिएका छन्।”
2SA 17:22 यसकारण दावीद र तिनीसित भएका सबै मानिसहरू निस्केर यर्दन नदी पार गरे। उज्यालो हुँदा एक जना पनि नछुटी हरेकले यर्दन नदी पार गरिसकेका थिए।
2SA 17:23 जब अहीतोपेलले आफ्नो सल्‍लाहअनुसार काम नभएको देखे, तब तिनले आफ्नो गधामा काठी कसे। अनि आफ्नो सहरमा भएको आफ्नो घरतिर लागे। तिनले आफ्नो घरपरिवारलाई व्यवस्थित गरे अनि झुण्डिएर आत्महत्या गरे। यसरी तिनी मरे, र तिनको बुबाको चिहानमा गाडिए।
2SA 17:24 दावीद महनाइममा गए। अब्शालोमचाहिँ इस्राएलका सारा मानिसहरूसहित यर्दन नदी पार गरेर गए।
2SA 17:25 अब्शालोमले अमासालाई योआबको ठाउँमा सेनाहरूका सेनापति नियुक्त गरेका थिए। अमासाचाहिँ योआबकी आमा सरूयाहका दिदी र नाहाशकी छोरी अबीगेलसित विवाह गर्ने येतेर नाम भएका इस्राएलीका छोरा थिए।
2SA 17:26 इस्राएलीहरू र अब्शालोमले गिलादको इलाकामा छाउनी हाले।
2SA 17:27 जब दावीद महनाइममा आए, तब अम्मोनीहरूको रब्बाका शोबी नाहाशका छोरा, लो-देबारमा बस्‍ने अम्मीएलका छोरा माकीर र रोगलीममा बस्‍ने गिलादी बर्जिल्‍लैले
2SA 17:28 ओढने-ओछ्याउने, बाटा र माटाका भाँडाकुँडाहरू ल्याइदिए। तिनीहरूले गहुँ, जौ, पिठो, चिउरा, सिमी, दाल,
2SA 17:29 मह, दही, भेडा र गाईको दूधबाट बनिएका पनीर पनि दावीद र तिनका मानिसहरूले खाऊन् भनी ल्याइदिए। किनकि तिनीहरूले भने, “यी मानिसहरू उजाडस्थानमा भोकाएका, थाकेका र तिर्खाएका छन्।”
2SA 18:1 दावीदले आफूसित भएका मानिसहरूलाई भेला गरे। अनि तिनीहरूका हजार-हजार र सय-सयमाथि सेनापतिहरू नियुक्त गरे।
2SA 18:2 दावीदले आफ्ना सेनाहरूलाई एक तिहाइ योआबको नेतृत्वमा, एक तिहाइ योआबको भाइ, अर्थात् सरूयाहका छोरा अबीशैको नेतृत्वमा, एक तिहाइ गित्ती इत्तैको नेतृत्वमा पठाए। राजाले सेनाहरूलाई भने, “म आफैँ पनि तिमीहरूसँग लडाइँमा अवश्य जानेछु।”
2SA 18:3 तर मानिसहरूले भने, “हजुर बाहिर ननिस्कनुहोस्। यदि हामी भाग्न बाध्य भयौँ भने पनि तिनीहरूले हाम्रो बारेमा वास्ता गर्नेछैनन्। यदि हामीमध्ये आधाजति नै मर्‍यौँ भने पनि तिनीहरूले वास्ता गर्नेछैनन्। तर हजुर त हाम्रा दश हजार बराबरको हुनुहुन्छ। अहिले हजुरले सहरबाट हामीलाई सहयोग गर्नुभए असल हुनेछ।”
2SA 18:4 राजाले जवाफ दिए, “तिमीहरूलाई जे असल लाग्छ, म त्यही गर्नेछु।” यसकारण राजा मूलढोकाको छेउमै उभिए। अनि सबै मानिसहरूचाहिँ सय-सय र हजार-हजारका पङ्‌क्ति गरेर अगि बढे।
2SA 18:5 राजाले योआब, अबीशै र इत्तैलाई आज्ञा दिए, “मेरो खातिर त्यस जवान मानिस अब्शालोमलाई हानि नगर्नू।” राजाले अब्शालोमको बारेमा सेनापतिहरूलाई आज्ञा दिएका कुरा सबै सेनाहरूले सुने।
2SA 18:6 दावीदका सेनाहरू इस्राएलीहरूसँग युद्ध गर्नलाई सहरबाट निक्ले। अनि मैदानतिर बढे, र एफ्राइमको जङ्गलमा युद्ध भयो।
2SA 18:7 त्यहाँ इस्राएलका सेनाहरू दावीदका सेनाहरूद्वारा परास्त भए। त्यस दिन यति ठूलो संहार भयो, कि बीस हजार मानिसहरू मारिए।
2SA 18:8 युद्ध पूरै देशभरि फैलियो। तरवारले मर्नेहरूको संख्याभन्दा जङ्गलमा मर्नेहरूको संख्या बढी थियो।
2SA 18:9 युद्धमा संयोगले अब्शालोमको भेट दावीदका मानिसहरूसँग भयो। तिनी खच्‍चरमा सवार थिए। जब तिनको खच्‍चर फलाँटका हाँगाहरूका मुनिबाट गयो, तब अब्शालोमको कपाल हाँगामा अल्झियो। तिनी हावामा झुण्डिए, तर तिनी सवार भएको खच्‍चरचाहिँ अगि बढिरह्‍यो।
2SA 18:10 जब एक जना मानिसले त्यो घटना देख्यो, तब त्यसले गएर योआबलाई भन्यो, “मैले भर्खरै अब्शालोमलाई एउटा फलाँटको रूखमा झुण्डिरहेका देखेँ।”
2SA 18:11 योआबले त्यो कुरा भन्‍ने मानिसलाई भन्यो, “के! तैँले त्यसलाई देखिस्? तैँले त्यसलाई त्यहीँ नै प्रहार गरेर किन भुइँमा खसाइनस्? त्यसो गरेको भए म तँलाई चाँदीको दश शेकेल र योद्धाको पेटी दिनेथिएँ।”
2SA 18:12 तर त्यस मानिसले जवाफ दियो, “मेरो हातमा चाँदीका एक हजार शेकेल नै जोखेर दिनुभएको भए तापनि म राजाको छोराको विरुद्धमा हात उठाउने थिइनँ। हामीले सुन्‍ने गरी तपाईंलाई, अबीशै र इत्तैलाई, ‘मेरो खातिर त्यस जवान अब्शालोमलाई हानि नगर्नू’ भनी राजाले आज्ञा दिनुभएको थियो।
2SA 18:13 अनि यदि मैले मेरो प्राण जोखिममा हाली विश्‍वासघात गरेर तिनलाई मारेको भए राजाले तुरुन्तै यो कुरा थाहा पाउनुहुनेथियो, र तपाईंचाहिँ मदेखि अलग्गै बस्‍नुहुनेथियो।”
2SA 18:14 योआबले भने, “म तँसँग कुरा गरेर समय खेर फाल्न सक्दिनँ।” यसकारण तिनले आफ्नो हातमा तीन वटा बर्छा लिए। अनि अब्शालोम फलाँटको रूखमा अझ जिउँदै झुण्डिरहेका बेला उनले ती तिनको मुटुमा रोपिदिए।
2SA 18:15 त्यसपछि योआबका दश जना हतियार बोक्नेहरूले अब्शालोमलाई घेरेर तिनीमाथि प्रहार गरे, र तिनलाई मारिदिए।
2SA 18:16 तब योआबले तुरही फुके; अनि सेनाहरूले इस्राएललाई खेद्न छोडिदिए। किनकि योआबले तिनीहरूलाई रोकेका थिए।
2SA 18:17 तिनीहरूले अब्शालोमको लासलाई लगेर जङ्गलको एउटा ठूलो खाडलमा फ्याँकिदिए। अनि तिनीमाथि ढुङ्गाका ठूलो थुप्रो लगाइदिए। यसै बीचमा सबै इस्राएलीहरू आ-आफ्ना घरतिर भागेर गए।
2SA 18:18 आफू जीवित हुँदा अब्शालोमले राजाको बेँसीमा आफ्नै निम्ति एउटा स्मारक खम्बा खडा गरेका थिए। तिनले सोचेका थिए, “मेरो नाम कायम राख्नलाई मेरो छोरा छैन।” तिनले त्यस स्मारकलाई आफ्नै नाम दिएका थिए; अनि आजको दिनसम्म त्यसलाई अब्शालोमको स्मारक भनिन्छ।
2SA 18:19 तब सादोकका छोरा अहीमासले भने, “याहवेहले राजालाई उहाँका शत्रुहरूका हातबाट छुटाउनुभएको छ भन्‍ने खबर दिन मलाई राजाकहाँ दौडेर जान अनुमति दिनुहोस्।”
2SA 18:20 योआबले तिनलाई भने, “यो खबर आजै लैजाने व्यक्ति तिमी होइनौ। तिमीले यो खबर लिएर अर्को दिन जान सक्छौ। तर तिमीले आजचाहिँ यसो नगर्नू; किनकि राजाका छोरा मारिएका छन्।”
2SA 18:21 तब योआबले एक जना कूशीलाई भने, “जा, तैँले देखेको कुरा राजालाई भनिदे।” तब त्यो कूशी योआबको अगि दण्डवत् गर्‍यो, र दगुर्दै गइहाल्यो।
2SA 18:22 सादोकका छोरा अहीमासले योआबलाई फेरि भने, “जेसुकै भए तापनि मलाई त्यस कूशीको पछि दगुरेर जान दिनुहोस्।” तर योआबले जवाफ दिए, “मेरो छोरा, तिमी किन जान चाहन्छौ? तिमीलाई पुरस्कार दिलाउने किसिमको कुनै खबर तिमीसँग छैन।”
2SA 18:23 तिनले भने, “जेसुकै होस्, म दौडेर जान चाहन्छु।” यसकारण योआबले भने, “जाऊ!” तब अहीमास मैदानको बाटोबाट दौडे, र त्यस कूशीलाई उछिनेर गए।
2SA 18:24 जब दावीद भित्री र बाहिरी मूलढोकाहरूका बीचमा बसिरहेका थिए, तब पहरेदार पर्खालको छेउमा भएको मूलढोकाको छानामा उक्लेर गयो। जब त्यसले हेर्‍यो, तब एउटा मानिस एकलै दौडेर आइरहेको देख्यो।
2SA 18:25 त्यस पहरेदारले राजालाई बोलायो, र यो खबर भनिदियो। राजाले भने, “यदि त्यो एकलै छ भने त्यससँग असल समाचार हुनुपर्छ।” त्यो मानिस झन्-झन् नजिक आइपुग्यो।
2SA 18:26 तब त्यस पहरेदारले अर्को मानिसलाई पनि दौडेर आएको देख्यो, र पहरेदारलाई बोलाएर भन्यो, “हेर, अर्को मानिस पनि दौडेर आउँदैछ!” राजाले भने, “त्यसले पनि असल समाचार ल्याउँदैछ।”
2SA 18:27 त्यस पहरेदारले भन्यो, “मलाई त त्यो पहिला दौडने मानिसचाहिँ सादोकका छोरा अहीमासजस्तो लाग्दैछ।” राजाले भने, “तिनी एक असल मानिस हुन्। तिनले असल समाचार ल्याएको हुनुपर्छ।”
2SA 18:28 तब अहीमास आएर राजालाई भने, “सबै ठिक छ!” तिनले राजाको सामु घोप्टो परी दण्डवत् गरेर भने, “याहवेह तपाईंको परमेश्‍वरलाई प्रशंसा होस्! उहाँले मेरा मालिक महाराजाको विरुद्धमा हात उठाउने मानिसहरूबाट छुटकारा दिनुभएको छ।”
2SA 18:29 राजाले सोधे, “के जवान अब्शालोम सुरक्षित छ?” अहीमासले जवाफ दिए, “योआबले राजाका सेवक र म तपाईंको सेवकलाई पठाउनलाग्दा मैले ठूलो खैलाबैला देखेको थिएँ। तर त्यो के थियो, म जान्दिनँ।”
2SA 18:30 राजाले भने, “एकातिर उभ र यहीँ पर्ख।” तब तिनी एकतिर गएर उभिए।
2SA 18:31 तब ती कूशी आइपुग्यो र भन्यो, “मेरा मालिक महाराजा, असल समाचार सुन्‍नुहोस्! याहवेहले तपाईंका विरुद्धमा उठ्ने सबैको हातबाट आज तपाईंलाई छुटाएर तपाईंलाई न्याय दिनुभएको छ।”
2SA 18:32 राजाले कूशीलाई सोधे, “के जवान अब्शालोम सुरक्षित छ?” त्यस कूशीले जवाफ दिए, “मेरा मालिक महाराजाका शत्रुहरू र तपाईंलाई हानि गर्नलाई तपाईंको विरुद्धमा खडा हुनेहरू सबै त्यस जवान मानिसजस्तै होऊन्।”
2SA 18:33 राजा शोकले अति व्याकुल भए। तिनी मूलढोकाको माथि भएको कोठामा गएर रोए। कोठामा हिँड्दै गर्दा तिनले भने, “हे मेरो छोरा अब्शालोम! मेरो छोरा, मेरो छोरा, अब्शालोम! तिम्रो सट्टामा म मरेको भए हुनेथियो—हे अब्शालोम, मेरो छोरा, मेरो छोरा!”
2SA 19:1 योआबलाई यो बताइयो, “राजा अब्शालोमका निम्ति रुँदै विलाप गरिरहनुभएको छ।”
2SA 19:2 यसैले सारा सेनाका निम्ति त्यस दिनको विजय शोकमा परिणत भयो। किनकि त्यस दिन सेनाहरूले यस्तो भनेका सुने, “राजा आफ्नो छोराका निम्ति शोक गरिरहनुभएको छ।”
2SA 19:3 त्यस दिन सेनाहरू लडाइँबाट चोर भागेझैँ शर्मले चुपचाप भागेर सहरभित्र पसे।
2SA 19:4 राजाले आफ्नो अनुहार ढाकेर चर्को सोरले रुँदै भने, “हे मेरा छोरा अब्शालोम! हे अब्शालोम, मेरा छोरा, मेरा छोरा!”
2SA 19:5 तब योआबले राजाकहाँ घरभित्र गएर भने, “आज हजुरले आफ्नो प्राण हजुरका छोराछोरीहरूका प्राण अनि हजुरका पत्नीहरू र उपपत्नीहरूका प्राण बचाउने तपाईंका सबै सेनाहरूलाई लज्जित तुल्याउनुभएको छ।
2SA 19:6 जसले हजुरलाई घृणा गर्छन्, तिनीहरूलाई चाहिँ हजुर प्रेम गर्नुहुन्छ। अनि जसले हजुरलाई प्रेम गर्छन्, तिनीहरूलाई चाहिँ घृणा गर्नुहुन्छ। सेनापतिहरू र तिनीहरूका मानिसहरू हजुरका निम्ति केही होइन रहेछन् भनी आज हजुरले स्पष्‍ट देखाइदिनुभएको छ। मलाई यस्तो लाग्छ, यदि आज अब्शालोम बाँचेका भए, र हामी सबैचाहिँ लडाइँमा मरेका भए हजुरलाई खुशी लाग्नेथियो होला।
2SA 19:7 यसकारण अब बाहिर जानुहोस्, र आफ्ना मानिसहरूलाई उत्साह दिनुहोस्। याहवेहलाई साक्षी राखेर भन्दछु, यदि तपाईं बाहिर जानुभएन भने आज राति एक जना मानिस पनि हजुरसँग हुनेछैन। योचाहिँ हजुरको बाल्यकालदेखि अहिलेसम्म हजुरमाथि आइपरेका सबै विपत्तिहरूभन्दा खराब विपत्ति हुनेछ।”
2SA 19:8 तब राजा उठे, र सहरको मूलढोकामा गएर बसे। जब मानिसहरूलाई सुनाइयो, “राजा सहरको मूलढोकामा बसिरहनुभएको छ,” तब तिनीहरू सबै तिनको सामु आए। त्यस बेलासम्म अब्शालोमलाई समर्थन गरेका इस्राएलीहरू आ-आफ्ना घरतिर भागेर गइसकेका थिए।
2SA 19:9 इस्राएल कुलका मानिसहरू यसो भन्दै वाद-विवाद गरिरहेका थिए, “राजाले हामीलाई शत्रुहरूका हातबाट छुटाउनुभयो। उहाँले नै हामीलाई पलिश्तीहरूका हातबाट छुटाउनुभएको थियो। तर अहिले उहाँ अब्शालोमबाट बच्नको निम्ति देशबाट भाग्नुभएको छ।
2SA 19:10 अनि अब्शालोम, जसलाई हामीले हाम्रा राजा हुनलाई अभिषेक गरेका थियौँ, तिनी लडाइँमा मारिएका छन्। यसकारण अब तिमीहरू किन राजालाई फर्काएर ल्याउने बारेमा केही पनि बोल्दैनौ?”
2SA 19:11 तब राजा दावीदले पुजारी सादोक र अबीयाथारलाई यो सन्देश पठाए: “यहूदाका प्रधानहरूलाई सोध, ‘इस्राएलभरि जुन कुरा गरिँदैछ, त्यो कुरा राजाको घरमा पुगिसकेको छ। यसकारण किन राजालाई फर्काएर ल्याउनुमा तिमीहरू सबैभन्दा पछि छौ?
2SA 19:12 तिमीहरू मेरै आफन्तहरू, अर्थात् मेरै मासु र रगत हौ। यसकारण राजालाई फर्काएर ल्याउनुमा तिमीहरू किन सबैभन्दा पछि छौ?’
2SA 19:13 अनि अमासालाई भन्‍नू, ‘के तिमीहरू मेरै हाड र मासु होइनौ र? यदि तिमी योआबको ठाउँमा अब उसो जीवनभरि मेरा सेनाको सेनापति बनेनौ भने परमेश्‍वरले मप्रति अति कठोर व्यवहार गरून्।’ ”
2SA 19:14 तिनले यहूदाका सबै मानिसहरूका मन जिते। यसरी तिनीहरू सबै एउटै मनका भए। यसकारण तिनीहरूले राजालाई यसो भनी खबर पठाए, “हजुर र हजुरका सबै मानिसहरू फर्कनुहोस्।”
2SA 19:15 तब राजा यर्दन नदीसम्मै फर्केर गए। यहूदाका मानिसहरू राजालाई भेट्न र तिनलाई यर्दन नदी पार गराएर ल्याउन भनी गिलगालमा गएका थिए।
2SA 19:16 बहूरीमका बेन्यामीनी गेराका छोरा शिमी यहूदाका मानिसहरूसँग राजा दावीदलाई भेट्न हतार-हतार गए।
2SA 19:17 तिनीसँग शाऊलका घरानाका सेवक सीबासहित एक हजार बेन्यामीनीहरू र तिनका पन्ध्र जना छोरा, र बीस जना नोकरसमेत तिनको साथमा थिए। तिनीहरू राजा भएको ठाउँमा यर्दनतिर हतार-हतार गए।
2SA 19:18 तिनीहरू राजाका घरानालाई नदी पार गराउन र तिनले इच्छा गरेको पूरा गर्नलाई भनी नदीको किनार तरेर पारिपट्टि गए। जब गेराका छोरा शिमीले यर्दन पार गरे, तब तिनी राजाको सामु घोप्टो परे।
2SA 19:19 तब तिनले राजालाई भने, “मेरा मालिक महाराजा, हजुरले यरूशलेम छोड्नुहुँदा हजुरको सेवकले गरेको दोष नसम्झून्! हजुरले त्यस कुरालाई आफ्नो हृदयमै नराखून्।
2SA 19:20 किनकि म जान्दछु, हजुरको सेवकले पाप गरेको छु। तर आज यहाँ योसेफको घरानाबाट मेरा मालिक हजुरलाई भेट्न आउने पहिलो व्यक्ति म नै हुँ।”
2SA 19:21 तब सरूयाहका छोरा अबीशैले भने, “के यसका लागि शिमी मारिनुपर्दैन र? यसले याहवेहको अभिषिक्त जनलाई सरापेको थियो।”
2SA 19:22 दावीदले जवाफ दिए, “हे सरूयाहका छोराहरू हो, यस विषयमा तिमीहरू किन यस्तो चासो राख्छौ? आजको दिन किन तिमीहरू मेरा विरोधीहरू बन्छौ? के आजको दिन इस्राएलमा कसैलाई पनि मृत्युदण्ड दिनु उचित हुन्छ र? के आज म इस्राएलका राजा हुँ भनी म जान्दिनँ र?”
2SA 19:23 यसकारण राजाले शिमीलाई भने, “तिमी मर्नेछैनौ।” अनि राजाले तिनीसँग शपथ खाएर प्रतिज्ञा गरे।
2SA 19:24 शाऊलका नाति मपीबोशेत पनि राजालाई भेट्न तल आए। राजाले यरूशलेम छोडेर गएको दिनदेखि तिनी सुरक्षितसाथ फर्केर यरूशलेम नआएसम्म तिनले आफ्ना खुट्टाको वास्ता गरेका थिएनन्। न त तिनले आफ्ना दाह्री काँटेका थिए, न त आफ्ना लुगा नै धोएका थिए।
2SA 19:25 मपीबोशेत राजालाई भेट्न यरूशलेमबाट आएपछि राजाले तिनलाई सोधे, “मपीबोशेत तिमी मसित किन गएनौ?”
2SA 19:26 तिनले भने, “मेरा मालिक महाराजा, म हजुरको सेवक लङ्गडो भएको कारण म गधामा जीन-लगाम कसेर चढेर हजुरसँग जानेछु भनी मैले सोचेको थिएँ। तर मेरो सेवक सीबाले मलाई धोका दियो।
2SA 19:27 त्यसले मेरा मालिक महाराजाको नजरमा हजुरको सेवकलाई दोषी ठहराएको छ। मेरा महाराजा हजुर त परमेश्‍वरका स्वर्गदूतजस्तै हुनुहुन्छ। यसकारण हजुरलाई जे इच्छा लाग्छ, त्यही गर्नुहोस्।
2SA 19:28 मेरा बाजेका सबै सन्तानहरू मेरा मालिक महाराजाबाट मारिनबाहेक अरू केही कुराका निम्ति योग्यका छैनौँ। तर हजुरले आफ्ना सेवकलाई हजुरसँगै बसेर खाने ठाउँ दिनुभयो। यसकारण राजासँग अझ धेरै बिन्ती गर्ने मसँग के अधिकार छ र?”
2SA 19:29 राजाले तिनलाई भने, “तिमी किन अझ बोलिरहनु पर्‍यो र? म तिमी र सीबालाई खेतहरू भागबण्डा गर्ने आज्ञा दिन्छु।”
2SA 19:30 मपीबोशेतले राजालाई भने, “म यसैमा सन्तुष्‍ट छु। किनकि मेरा मालिक महाराजा सुरक्षितसाथ घर आइपुग्नुभएको छ। यसैले त्यसैलाई सबै कुरा लैजान दिनुहोस्।”
2SA 19:31 गिलादी बर्जिल्‍लै पनि राजासँग यर्दन नदी पार गर्न र उनलाई त्यहाँबाट आफ्नो बाटोमा पठाउन रोगलीमबाट तल आएका थिए।
2SA 19:32 बर्जिल्‍लै असी वर्षका साह्रै वृद्ध मानिस थिए। राजा महनाइममा बस्दा तिनले नै राजालाई खानेकुराहरू जुटाइदिएका थिए। किनकि तिनी धेरै धनी मानिस थिए।
2SA 19:33 राजाले बर्जिल्‍लैलाई भने, “मसँगै यर्दनपारि जाऊँ, र मसँगै यरूशलेममा बस्‍नुहोस्। म तपाईंका निम्ति खाने-बस्‍ने प्रबन्ध गरिदिनेछु।”
2SA 19:34 तर बर्जिल्‍लैले राजालाई जवाफ दिए, “म अरू कति वर्ष बाँचूला र म राजासँग यरूशलेममा जाऊँ?
2SA 19:35 अहिले म असी वर्ष पुगिसकेको छु। के म असल र खराब छुट्ट्याउन सक्छु र? के हजुरको सेवकले खाने र पिउने कुरामा रमाउन सक्छु र? के म अझै पुरुष र स्त्रीहरूले गाएको गीत सुन्‍न सक्छु र? हजुरको सेवक मेरो मालिक राजाका निम्ति किन थप भार बनूँ?
2SA 19:36 राजासँग यर्दन नदी तरेर हजुरको सेवक केही टाढासम्म जानेछ; तर राजाले मलाई यसरी सम्मान किन दिनुहुन्छ?
2SA 19:37 हजुरको सेवकलाई फर्कन दिनुहोस्। अनि म मेरी आमा र बुबाको चिहानको छेउमा मेरो आफ्नै सहरमा मर्न सकूँ। तर यहाँ हजुरको सेवक किमहाम, मेरा छोरा छ। यो मेरा मालिक महाराजासँग पारि तरेर जाओस्। हजुरलाई जे इच्छा लाग्छ, यसलाई त्यही गर्नुहोस्।”
2SA 19:38 राजाले भने, “त्यसो भए किमहाम मसँगै यर्दन नदीपारि जाओस्। अनि तपाईंलाई इच्छा लागेको कुरा म त्यसका निम्ति गरिदिनेछु। अनि मबाट तपाईंले जे इच्छा गर्नुहुन्छ, म त्यो तपाईंका निम्ति गर्नेछु।”
2SA 19:39 सबै मानिसहरूले यर्दन नदी पार गरिसकेपछि राजाले यर्दन पार गरे। राजाले बर्जिल्‍लैलाई म्वाइँ खाए, र बर्जिल्‍लैलाई आशिष् दिएर बिदा गरे। अनि बर्जिल्‍लै आफ्नो घरमा फर्के।
2SA 19:40 जब राजा यर्दन पार भएर गिलगालमा आए। किमहाम पनि तिनीसँगै थिए। यहूदाका सबै सेनाहरू र इस्राएलका आधा सेनाहरूले राजालाईसँगै लगेर गएका थिए।
2SA 19:41 तब इस्राएलका सबै मानिसहरू राजाकहाँ आएर राजालाई भने, “हाम्रा दाजुभाइहरू, अर्थात् यहूदाका मानिसहरूले राजालाई चोरेर किन लगे, र उहाँ र उहाँका सबै मानिसहरूसँग उहाँका घरानालाई यर्दन पार गराएर किन ल्याए?”
2SA 19:42 यहूदाका सबै मानिसहरूले इस्राएलका मानिसहरूलाई जवाफ दिए, “राजा हाम्रा नजिकका आफन्त हुनुभएको कारण हामीले यसो गरेका हौँ। तिमीहरू यो विषयमा किन रिसाउँछौ? के हामीले राजाको धनसम्पत्तिबाट केही खाएका छौँ? के हामीले आफ्ना निम्ति केही लगेका छौँ?”
2SA 19:43 तब इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “राजामा हाम्रा दश भाग छन्। यसैले दावीदमाथि हाम्रो दाबी तिमीहरूको भन्दा बढी छ। तब तिमीहरू किन हामीलाई तुच्छ व्यवहार गर्छौ? के हाम्रा राजालाई फर्काएर ल्याउने कुरा हामीले पहिले गरेका होइनौँ र?” तर यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूले भन्दा झन् बलियो कुरा गरे।
2SA 20:1 त्यहाँ शेबा नाम भएको एउटा बदमास मानिस थियो, जो बेन्यामीनी बिकरीको छोरा थियो। त्यसले तुरही फुक्यो, र जोडले कराएर भन्यो, “दावीदसँग हाम्रो केही भाग छैन, यिशैको छोरासँग हाम्रो कुनै अधिकार छैन! हे इस्राएल, तिमीहरू हरेक आ-आफ्नो छाउनीमा जाऊ!”
2SA 20:2 यसकारण इस्राएलका सारा मानिसहरूले बिकरीको छोरा शेबाको पछि लाग्नलाई दावीदलाई त्यागे। तर यहूदाका मानिसहरूचाहिँ यर्दनदेखि यरूशलेमसम्म आफ्ना राजासँगै रहिरहे।
2SA 20:3 जब दावीद यरूशलेममा आफ्नो राजमहलमा फर्के, तब राजाले राजमहलको हेरचाह गर्न छोडेका दश जना उपपत्नीहरूलाई लिएर एउटा घरमा नजरबन्दी गरेर राखे। तिनीहरूलाई चाहिने सबै कुरा प्रबन्ध गरिदिए, तर राजाले उनीहरूसँग यौन सम्बन्ध राखेनन्। तिनीहरूको मृत्युसम्म नै तिनीहरूलाई नजरबन्दीमा राखियो। तिनीहरूले विधवा समान जीवन बिताए।
2SA 20:4 तब राजाले अमासालाई भने, “यहूदाका मानिसहरूलाई तीन दिनभित्र मकहाँ बोलाएर ल्याउनू, र तिमी आफू पनि यहाँ उपस्थित होऊ!”
2SA 20:5 तर जब अमासा यहूदाका मानिसहरूलाई बोलाउन गए, तब तिनलाई राजाले तोकिदिएको समयभन्दा बढी समय लाग्यो।
2SA 20:6 दावीदले अबीशैलाई भने, “अब बिकरीको छोरा शेबाले हामीलाई अब्शालोमले भन्दा पनि ठूलो हानि गर्नेछ। तिम्रा मालिकका मानिसहरूलाई लिएर त्यसलाई खेद। नत्रता त्यसले आफ्ना निम्ति सुरक्षित सहरहरू भेट्टाउला, र हामीबाट उम्केर जाला।”
2SA 20:7 यसकारण योआबका मानिसहरू, करेती र पेलेथीहरू अनि सबै लडाकु सेनाहरू अबीशैको पछि लागे। तिनीहरू बिकरीको छोरा शेबालाई खेद्न यरूशलेमबाट निस्के।
2SA 20:8 जब तिनीहरू गिबोनको ठूलो चट्टानमा थिए, तब अमासा तिनीहरूलाई भेट्न आए। त्यस बेला योआबले चाहिँ सैनिक पोशाक लगाएका थिए। अनि त्यसमाथि कम्मरमा एउटा पटुका बाँधेर त्यसमा म्यानसमेत एउटा तरवार भिरिराखेका थिए। जब तिनी अगि बढे, तब तरवार म्यानबाट झर्‍यो।
2SA 20:9 योआबले अमासालाई भने, “हे मेरा भाइ, तिमी कुशलै त छौ नि?” तब योआबले अमासालाई म्वाइँ खान तिनको दाहिने हातले तिनको दाह्रीमा समाए।
2SA 20:10 अमासाले योआबको हातको तरवारतिर ध्यानै दिएनन्। अनि योआबले तिनको पेटमा तरवार रोपिदिए; र तिनको आन्द्राभुँडी बाहिर भुइँमा झारिदिए। फेरि तरवार प्रहार गर्नै नपरी अमासा मरे। त्यसपछि योआब र तिनको भाइ अबीशैले बिकरीको छोरा शेबालाई खेद्न थाले।
2SA 20:11 योआबका एक जना मानिसले अमासाको छेउमा उभिएर भने, “जसले योआबलाई मन पराउँछ, र जो दावीदको पक्षमा छ, त्यसले योआबलाई पछ्याओस्!”
2SA 20:12 अमासाचाहिँ बाटोको बीचमा रगतमा भिजेर लडिरहेका थिए। तब त्यस मानिसले सबै सेनाहरू त्यहाँ आएर अडिएका देखे। जब त्यो मानिसले अमासा भएको ठाउँमा जो जति पनि आएर अडिएको देख्यो, त्यसले अमासालाई घिस्याएर खेतमा लग्यो, र त्यसमाथि एउटा लुगा फ्याँकिदियो।
2SA 20:13 जब अमासालाई बाटोबाट हटाइयो, तब सबै मानिसहरू बिकरीको छोरा शेबालाई खेद्नलाई योआबसँग गए।
2SA 20:14 शेबा इस्राएलका सबै वंशहरूका बीचबाट भएर हाबिल-बेथ-माकामा गए। तिनी बेकेरीहरूका समस्त प्रान्त हुँदैगए। अनि बेकेरीहरू एकसाथ भेला भएर तिनको पछि लागे।
2SA 20:15 योआबसँग भएका सबै सेनाहरूले आएर शेबालाई हाबिल-बेथ-माकामा घेरा हाले। तिनीहरूले सहरसम्मै घेराबन्दी गरे, त्यस सहरका बाहिरी पर्खालहरूसम्मै खडा भए। जब तिनीहरूले पर्खाल भत्काउनलाई त्यसमाथि प्रहार गरिरहेका थिए,
2SA 20:16 तब एउटी बुद्धिमानी स्त्रीले सहरबाट कराएर बोलाइन्, “सुन्‍नुहोस्! सुन्‍नुहोस्! योआबलाई यहाँ पठाइदिनुहोस् र म तिनीसँग कुरा गर्न सकूँ।”
2SA 20:17 योआब स्त्रीको नजिकै गए, र तिनले सोधिन्, “तपाईं योआब हुनुहुन्छ?” तिनले जवाफ दिए, “हजुर, म उही हुँ।” तिनले भनिन्, “तपाईंको सेविकाले के भन्‍न चाहन्छिन्, त्यो सुन्‍नुहोस्।” योआबले भने, “हजुर, म सुन्दैछु।”
2SA 20:18 स्त्रीले भनिन्, “पहिलेका मानिसहरूले भन्‍ने गर्थे, ‘जवाफ पाउन हाबिल जानू,’ अनि समस्याको समाधान हुन्थ्यो।
2SA 20:19 हाम्रा सहर इस्राएलका सहरहरूमध्ये एक शान्तिप्रिय र राजभक्त सहर हो। तपाईंहरूले इस्राएलमा एउटा महत्वपूर्ण सहरलाई नष्‍ट गर्न लाग्नुभएको छ। तपाईंहरू किन याहवेहको सम्पत्ति विनाश गर्न चाहनुहुन्छ?”
2SA 20:20 योआबले जवाफ दिए, “मबाट यस्तो नहोस्! मबाट नष्‍ट गर्ने अर्थात् विनाश गर्ने काम नहोस्!
2SA 20:21 हाम्रो उद्देश्य त्यो होइन। एफ्राइमको पहाडी मुलुकका बिकरीको छोरा शेबा नाम भएका मानिसले राजाको विरुद्धमा, दावीदको विरुद्धमा आफ्नो हात उठाएको छ। त्यस एउटा मानिसलाई सुम्पिदेऊ, र म सहरबाट हटेर जानेछु।” त्यस स्त्रीले योआबलाई भनिन्, “त्यसको शिर पर्खालमाथिबाट तपाईंकहाँ फ्याँकिनेछ।”
2SA 20:22 तब त्यस स्त्री आफ्नो बुद्धिमानी सल्‍लाहका साथ सबै मानिसहरूकहाँ गइन्। अनि तिनीहरूले बिकरीको छोरा शेबाको शिर काटेर योआबकहाँ फ्याँकिदिए। त्यसपछि योआबले तुरही फुके। अनि सबै मानिसहरू सहरबाट छरिएर आ-आफ्ना घरमा गए। योआब यरूशलेममा राजाकहाँ फर्केर गए।
2SA 20:23 योआब इस्राएलका सम्पूर्ण सेनाहरूमाथि सेनापति थिए; यहोयादाका छोरा बनायाह करेतीहरू र पेलेथीहरूमाथि सेनापति थिए;
2SA 20:24 अदोनीराम मजदुरहरूका नाइके थिए; अहीलूदको छोरा यहोशापात लेखापाल थिए;
2SA 20:25 शेभाचाहिँ सचिव थिए; सादोक र अबीयाथार पुजारी थिए;
2SA 20:26 अनि याईरी ईरा पनि दावीदका पुजारी थिए।
2SA 21:1 दावीदको शासनकालमा लगातार तीन वर्षसम्म अनिकाल पर्‍यो। यसकारण दावीदले याहवेहसित सोधखोज गरे। याहवेहले भन्‍नुभयो, “यो शाऊल र त्यसको रगतले मुछिएको घरानाको कारणले गर्दा हो। किनकि त्यसले गिबोनीहरूलाई मार्‍यो।”
2SA 21:2 राजाले गिबोनीहरूलाई बोलाए, र तिनीहरूसँग कुरा गरे। (गिबोनीहरूचाहिँ इस्राएलको वंशका थिएनन्, तर एमोरीहरूबाट बाँचेकाहरू थिए। इस्राएलीहरूले तिनीहरूलाई बचाइराख्ने शपथ खाएका थिए। तर शाऊलले चाहिँ इस्राएल र यहूदाप्रतिको आफ्नो जोशमा तिनीहरूको नामनिशानै मेटिदिने कोसिस गरेका थिए।)
2SA 21:3 दावीदले गिबोनीहरूलाई सोधे, “म तिमीहरूका निम्ति के गरूँ? म कसरी प्रायश्‍चित गरूँ, र तिमीहरूले याहवेहको उत्तराधिकारलाई आशिष् दिनेछौ?”
2SA 21:4 गिबोनीहरूले जवाफ दिए, “शाऊल अथवा तिनको परिवारबाट सुन वा चाँदी माग्ने हाम्रो अधिकार छैन; न त हामीले इस्राएलमा कसैलाई मार्न सक्ने अधिकार नै छ।” दावीदले सोधे, “तिमीहरूका निम्ति मैले के गरिदिएको चाहन्छौ?”
2SA 21:5 तिनीहरूले राजालाई जवाफ दिए, “जसले हामीहरूलाई नष्‍ट पारे, र हाम्रो विरुद्धमा षड्यन्त्र गरेर हामीलाई मार्ने योजना गरेका थिए; त्यसरी नै हामीलाई पूरै नाश गर्न र इस्राएलको समस्त इलाकामा हाम्रा निम्ति कहीँ पनि ठाउँ नहोस् भन्‍ने चाहेका थिए,
2SA 21:6 त्यही षड्यन्त्रकारीका सन्तानहरूमध्ये सात जना पुरुष मारिनका लागि हामीलाई दिइयोस्। हामी याहवेहका चुनिएका शाऊलको गेबामा याहवेहका सामु तिनीहरूलाई झुण्डाएर मार्नेछौँ अनि तिनीहरूका शरीर प्रदर्शन गर्नेछौँ।” यसकारण राजाले भने, “म तिनीहरूलाई तिमीहरूकहाँ सुम्पिदिनेछु।”
2SA 21:7 राजा दावीदले आफ्नो र शाऊलका छोरा जोनाथनका बीचमा याहवेहको सामु भएको शपथको कारण शाऊलका छोरा जोनाथनका छोरा मपीबोशेतलाई बचाइराखे।
2SA 21:8 तर राजाले अय्याकी छोरी रिश्पाले शाऊलबाट जन्माएका दुई छोराहरू आरमोनी र मपीबोशेतको साथमा शाऊलका छोरी मेराबले महोलाती बर्जिल्‍लैका छोरा अद्रीएलबाट जन्माएका पाँच जना छोराहरूलाई लिए।
2SA 21:9 अनि तिनीहरूलाई दावीदले गिबोनीहरूकहाँ सुम्पिदिए, जसले तिनीहरूलाई याहवेहसामु एउटा डाँडामा झुण्ड्याएर मारे। ती सातै जना एकैसाथ मरे। कटनीको पहिलो दिनमै तिनीहरू मारिए, अर्थात् जौको कटनी सुरु भएकै दिन तिनीहरू मारिए।
2SA 21:10 अय्याकी छोरी रिश्पाले भाङ्ग्रा लिएर त्यसलाई एउटा चट्टानमाथि आफ्ना निम्ति बिछ्याइन्। कटनीको सुरुवातको दिनदेखि मृत शरीरहरूमा आकाशबाट पानी नपरेसम्म तिनले दिउँसो आकाशका चराहरू र राति जङ्गली पशुहरूलाई ती मृत शरीरहरू छुन दिइनन्।
2SA 21:11 जब शाऊलकी उपपत्नी रिश्पा, अर्थात् अय्याकी छोरीले जे गरेकी थिइन्, त्यो कुरा दावीदलाई बताइयो,
2SA 21:12 तब तिनी गएर याबेश-गिलादका नगरबासीहरूबाट शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरू लिए। (तिनीहरूले बेथ-शानको चोकबाट ती चोरेर लगेका थिए, जहाँ पलिश्तीहरूले शाऊललाई गिल्बोमा मारेपछि तिनीहरूलाई झुण्ड्याएका थिए।)
2SA 21:13 दावीदले त्यहाँबाट शाऊल र जोनाथनका हड्डीहरू, र झुण्डाएर मारिएका सात जना मानिसहरूका हड्डीहरू भेला गरेर थुप्रो लगाए।
2SA 21:14 तिनीहरूले शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरूलाई बेन्यामीनको सला भन्‍ने ठाउँमा शाऊलका पिता कीशको चिहानमा गाडे, र राजाले आज्ञा दिएका सबै कुरा गरे। त्यसपछि याहवेहले देशको निम्ति गरिएका प्रार्थना सुन्‍नुभयो।
2SA 21:15 फेरि एक पटक पलिश्तीहरू र इस्राएलीहरूको बीचमा लडाइँ भयो। दावीद आफ्ना सेनाहरूसँग पलिश्तीहरूको विरुद्धमा युद्ध गर्नलाई ओर्ले। युद्धमा दावीद थकित भए।
2SA 21:16 अनि इश्बी-बनोब, रफाका सन्तानहरूमध्येका एक, जसको भालाको ओजन तीन सय शेकेल काँसोको थियो, र जसले एउटा नयाँ तरवार भिरेको थियो; त्यसले दावीदलाई मार्ने बिचार गर्‍यो।
2SA 21:17 तर सरूयाहका छोरा अबीशै दावीदलाई बचाउन आए, र त्यस पलिश्तीलाई प्रहार गरेर मारिदिए। तब दावीदका मानिसहरूले राजासँग शपथ खाएर भने, “अबदेखि तपाईं हामीसँग लडाइँमा जानुहुनेछैन, ताकि इस्राएलको बत्ती ननिभोस्।”
2SA 21:18 केही समयपछि गोबमा पलिश्तीहरूसँग फेरि लडाइँ भयो। त्यस लडाइँमा हूशातीका सिब्बकैले रफाका सन्तानमध्ये एक जना सफलाई मारे।
2SA 21:19 गोबमा पलिश्तीहरूसँग फेरि भएको लडाइँमा बेथलेहेमबासी यारे-ओरेगीमको छोरा एल्हानानले गित्ती गोल्यतका भाइलाई मारे जसको भालाको बिँड कपडा बुन्‍ने तानको डण्डाजस्तो थियो।
2SA 21:20 गातमा अझ अर्को लडाइँ भयो। त्यहाँ दुवै हातमा छ-छ वटा औँलाहरू र दुवै खुट्टामा छ-छ वटा औँलाहरू भएका जम्मा चौबीस वटा औँलाहरू भएको भयङ्कर मानिस थियो। त्यो मानिस पनि रफाको सन्तान नै थियो।
2SA 21:21 जब त्यसले इस्राएललाई खिसी गर्‍यो, तब दावीदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मारे।
2SA 21:22 गातमा भएका यी चार जना मानिसहरू रफाका सन्तानहरू थिए। तिनीहरू दावीद र तिनका सेनाहरूका हातबाट मारिए।
2SA 22:1 जब याहवेहले दावीदलाई तिनका सबै शत्रुहरू र शाऊलका हातबाट छुटाउनुभयो, तब तिनले याहवेहका निम्ति गाएको भजनका शब्दहरू यस्तो थियो।
2SA 22:2 तिनले भने: याहवेह मेरो चट्टान, मेरो किल्‍ला र मेरो उद्धारकर्ता हुनुहुन्छ;
2SA 22:3 मेरा परमेश्‍वर मेरा चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। मेरो ढाल र मेरो उद्धारको सिङ हुनुहुन्छ। उहाँ मेरो गढ, मेरो शरणस्थान र मेरो उद्धारकर्ता हुनुहुन्छ। तपाईंले मलाई हिँस्रक मानिसहरूबाट बचाउनुहुन्छ।
2SA 22:4 म याहवेहलाई पुकार्दछु, जो प्रशंसाको योग्य हुनुहुन्छ; र म मेरा शत्रुहरूबाट बचाइन्छु।
2SA 22:5 मृत्युका छालहरूले मलाई घेरे; विनाशको बाढीले मलाई भयभीत पारे।
2SA 22:6 चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले; मैले मृत्युको पासोको सामना गर्नुपर्‍यो।
2SA 22:7 मेरो सङ्कष्‍टमा मैले याहवेहलाई पुकारेँ; मैले मेरा परमेश्‍वरलाई पुकारेँ। उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्‍नुभयो; मेरो चीत्कारहरू उहाँका कानमा पुग्यो।
2SA 22:8 पृथ्वी काम्यो, र हल्‍लियो; आकाशका जगहरू हल्‍लिए; तिनीहरू कामे किनकि परमेश्‍वर रिसाउनुभएको थियो।
2SA 22:9 उहाँको नाकका प्वालबाट धुवाँ निस्क्यो; उहाँको मुखबाट भस्मकारी आगो निस्क्यो; त्यहाँबाट बल्दैगरेका कोइलाहरू निस्के।
2SA 22:10 उहाँ स्वर्ग उघारेर पृथ्वीमा ओर्लनुभयो; अँध्यारो बादल उहाँको पाउमुनि थियो।
2SA 22:11 करूबहरूमा सवार भएर उहाँ उड्नुभयो; बतासका पखेटाहरूमाथि चढेर उहाँ माथि उड्नुभयो।
2SA 22:12 उहाँले अन्धकारलाई आफ्नो ओढ्ने मण्डप तुल्याउनुभयो; हो, आकाशको कालो झरीको बादललाई उहाँले ओढ्ने मण्डप तुल्याउनुभयो।
2SA 22:13 उहाँको उपस्थितिको ज्योतिबाट बिजुली चम्क्यो, अनि चट्याङबाट आगोका झिल्काहरू निस्के।
2SA 22:14 याहवेह स्वर्गबाट गर्जनुभयो; सर्वोच्‍चको सोर गुञ्जायमान भयो।
2SA 22:15 उहाँले आफ्ना काँडहरू हानेर शत्रुहरूलाई तितरबितर पारिदिनुभयो; उहाँले तिनीहरूलाई चट्याङद्वारा अस्तव्यस्त पार्नुभयो।
2SA 22:16 हे याहवेह, तपाईंको हप्काइमा र तपाईंका नाकका प्वालबाट निस्केका सासले समुद्रका तहहरू देखा परे, र पृथ्वीका जगहरू प्रकट भए।
2SA 22:17 उहाँले माथि उच्‍चबाट हात पसारेर मलाई समातेर थाम्नुभयो; उहाँले मलाई गहिरो सागरबाट तानेर निकाल्नुभयो।
2SA 22:18 उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा वैरीहरूबाट, जो मभन्दा धेरै बलिया थिए।
2SA 22:19 मेरा विपत्तिका दिनमा तिनीहरू ममाथि आइलागे, तर याहवेह मेरा सहारा हुनुभयो।
2SA 22:20 उहाँले मलाई एउटा फराकिलो ठाउँमा निकालेर ल्याउनुभयो; उहाँले मलाई छुटाउनुभयो; किनकि उहाँ मसँग प्रसन्‍न हुनुहुन्थ्यो।
2SA 22:21 याहवेहले मेरो धार्मिकताअनुसार मसँग व्यवहार गर्नुभएको छ; मेरा हातका शुद्धताअनुसार उहाँले मलाई प्रतिफल दिनुभएको छ।
2SA 22:22 किनकि म याहवेहको मार्गमा चलेको छु; मेरा परमेश्‍वरबाट तर्केर मैले दुष्‍टता गरेको छैनँ।
2SA 22:23 उहाँका सारा नियमहरू मेरा अगि छन्; उहाँका उर्दीहरूबाट म तर्केर हिँडेको छैनँ।
2SA 22:24 म उहाँको अगि निर्दोष रहेको छु; र मैले आफूलाई पापबाट जोगाइराखेको छु।
2SA 22:25 याहवेहले मेरो धार्मिकताअनुसार र उहाँको दृष्‍टिमा मेरा हातका शुद्धताअनुसार मलाई प्रतिफल दिनुभएको छ।
2SA 22:26 विश्‍वासयोग्यसँग तपाईं आफूलाई विश्‍वासयोग्य रूपमा देखाउनुहुन्छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष रूपमा प्रकट गर्नुहुन्छ;
2SA 22:27 शुद्धसँग तपाईं आफूलाई शुद्ध रूपमा प्रकट गर्नुहुन्छ; तर छलीसँग तपाईं आफूलाई चतुर प्रकट गराउनुहुन्छ।
2SA 22:28 तपाईं नम्रहरूलाई बचाउनुहुन्छ; तर जसका आँखामा अहङ्कार छ, तिनीहरूलाई होच्याउनुहुन्छ।
2SA 22:29 हे याहवेह, तपाईं मेरो दियो हुनुहुन्छ; तपाईंले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ।
2SA 22:30 तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु; मेरा परमेश्‍वरसँग म अग्लो पर्खाल नाघ्न सक्छु।
2SA 22:31 परमेश्‍वरको बारेमा भन्‍नुपर्दा, उहाँका मार्ग सिद्ध छ: याहवेहको वचन दोषरहित छ; उहाँमा शरण लिनेहरू सबैको उहाँ ढाल हुनुहुन्छ।
2SA 22:32 किनकि याहवेहबाहेक अर्को परमेश्‍वर को छ र? हाम्रा परमेश्‍वरबाहेक अर्को चट्टान को छ र?
2SA 22:33 उनै परमेश्‍वरले मलाई युद्धको लागि तयार पार्नुहुन्छ; र मेरा मार्गलाई सुरक्षित तुल्याउनुहुन्छ।
2SA 22:34 उहाँले मेरा पाउहरू मृगको झैँ बनाउनुहुन्छ; उहाँले मलाई उच्‍च स्थानमा खडा रहन सक्षम बनाउनुहुन्छ।
2SA 22:35 उहाँले मेरा हातहरूलाई लडाइँको निम्ति तालिम दिनुहुन्छ; मेरा पाखुराले काँसोको धनु तानेर झुकाउन सक्छन्।
2SA 22:36 तपाईंले मलाई आफ्नो सुरक्षाको ढाल दिनुभएको छ, तपाईंको सहायताले मलाई महान् बनाएको छ।
2SA 22:37 तपाईंले मेरा पाइलाहरूका निम्ति बाटो फराकिलो बनाउनुहुन्छ; ताकि मेरा गोडा नचिप्लून्।
2SA 22:38 मेरा शत्रुहरूलाई मैले खेदेर तिनीहरूलाई नाश गरेँ; तिनीहरूको विनाश नहोउन्जेल म फर्केर आइनँ।
2SA 22:39 मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्; तिनीहरू मेरा पाउमुनि लडे।
2SA 22:40 तपाईंले मलाई लडाइँको निम्ति तयार पार्नुभएको छ; तपाईंले मेरा शत्रुहरूलाई मेरा पाउमा निहुरन लगाउनुभएको छ।
2SA 22:41 तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न लगाउनुभएको छ, र मैले मेरा वैरीहरूलाई विनाश पारेँ।
2SA 22:42 तिनीहरूले सहायताको लागि पुकार गरे, तर तिनीहरूलाई बचाउने कोही पनि भएन। तिनीहरूले याहवेहलाई पनि पुकारे, तर उहाँले पनि तिनीहरूलाई जवाफ दिनुभएन।
2SA 22:43 मैले तिनीहरूलाई पृथ्वीको धुलोजस्तै मसिनो पारिदिएँ; अनि मैले तिनीहरूलाई सडकको हिलोझैँ कुल्चिदिएँ, र किचीमिची पारिदिएँ।
2SA 22:44 तपाईंले मलाई मानिसहरूका आक्रमणबाट छुटाउनुभयो; तपाईंले मलाई राष्ट्रहरूका शासक बनाउनुभयो; मैले नचिनेका मानिसहरू मेरो अधीनमा आएका छन्।
2SA 22:45 विदेशीहरू मेरा अगि झुक्दछन्; मेरो सोर सुन्‍नसाथ तिनीहरू मेरा आज्ञापालन गर्दछन्।
2SA 22:46 तिनीहरूको सारा साहस हराउँछन्; र तिनीहरूका किल्‍लाहरूबाट तिनीहरू डरले काम्दै निस्कन्छन्।
2SA 22:47 याहवेह जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति होस्! परमेश्‍वर, मेरा चट्टान, मेरा मुक्तिदाता उच्‍च होऊन्!
2SA 22:48 उहाँ मेरो परमेश्‍वर हुनुहुन्छ, जसले मेरो निम्ति बदला लिनुहुन्छ, जसले राष्ट्रहरूलाई मेरो वशमा पारिदिनुहुन्छ,
2SA 22:49 जसले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ। तपाईंले मलाई मेरा वैरीहरूभन्दा माथि उच्‍च पार्नुभएको छ; हिंसक मानिसहरूबाट मलाई उद्धार गर्नुभएको छ।
2SA 22:50 यसैकारण हे याहवेह, राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसाको गीत गाउनेछु।
2SA 22:51 “उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ; र उहाँका अभिषिक्त जनलाई आफ्नो अचुक प्रेम, दावीद र तिनका वंशहरूलाई सदासर्वदा देखाउनुहुन्छ।”
2SA 23:1 दावीदका अन्तिम वचनहरू यिनै हुन्: “यिशैका छोरा दावीदका दिव्य वाणी, सर्वोच्‍चद्वारा उच्‍च पारिएका मानिसको वाणी, याकोबका परमेश्‍वरद्वारा अभिषेक गरिएका मानिस, इस्राएलका लोकप्रिय भजन-गायक:
2SA 23:2 “याहवेहको आत्मा मद्वारा बोल्नुभयो; उहाँको वचन मेरो मुखमा थियो।
2SA 23:3 इस्राएलका परमेश्‍वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्‍नुभयो: जसले धार्मिकतामा मानिसहरूमाथि शासन गर्छ, जसले परमेश्‍वरको श्रद्धामा मानिसहरूमाथि शासन गर्छ।
2SA 23:4 त्यो व्यक्ति बिहानको सूर्योदयको बादलविनाको सुनौलो ज्योतिजस्तै हुन्छ, पानी परेपछिको उज्यालोजस्तै, जसले जमिनबाट घाँस उमार्छ।
2SA 23:5 “यदि मेरो घरानाको परमेश्‍वरसँग सम्बन्ध ठिक नभएको भए निश्‍चय नै उहाँले मसँग हरेक कुरामा सुरक्षित र व्यवस्थित अनन्तको करार बाँध्नुहुनेथिएन; निश्‍चय नै उहाँले मेरो मुक्तिलाई फलवन्त बनाउनुहुनेथिएन, र मेरो हरेक इच्छा पूरा गर्नुहुनेथिएन।
2SA 23:6 तर दुष्‍ट मानिसहरू सबै काँडाझैँ फालिनेछन्, जसलाई हातहरूले समात्न सकिँदैन।
2SA 23:7 जसले काँडालाई छुन्छ, त्यसले फलामको औजार अथवा भालाको चुच्‍चोलाई प्रयोग गर्छ; काँडाहरू जहाँ थुपारिन्छ, त्यही ठाउँमा जलाइन्छ।”
2SA 23:8 दावीदका वीर मानिसहरूका नाम यिनै हुन्: तहकमोनी योशब-बश्शेबेत, जो तीन जनामध्येका प्रमुख थिए। तिनले एकै पटकको लडाइँमा भालाले आक्रमण गरेर आठ सय जना मानिसहरूलाई मारेका थिए।
2SA 23:9 दोस्रोचाहिँ अहोही दोदोका छोरा एलाजार थिए, जो तीन जना वीर योद्धाहरूमध्ये एक जना थिए, जो पास-दम्मीममा लडाइँको निम्ति भेला भएका पलिश्तीहरूलाई चुनौती दिँदा दावीदसँग थिए। तब इस्राएलका अरू सेनाहरू पछि हटेका थिए।
2SA 23:10 तर एलाजार आफ्नै ठाउँमा खडा रहेर हात गलेर तरवारमै नटाँसिएसम्म तिनले पलिश्तीहरूसँग युद्ध गरिरहे। त्यस दिन याहवेहले ठूलो विजय दिनुभयो। तर बाँकी सेनाहरूचाहिँ मरेकाहरूलाई लुट्नको लागि मात्र एलाजारकहाँ फर्केर आए।
2SA 23:11 त्यसपछि तेस्रो वीर मानिस हरारी आगीका छोरा शम्मा थिए। जब पलिश्तीहरू दाल खेतमा भेला भए, तब इस्राएली सेनाहरू पलिश्तीहरूबाट भागे।
2SA 23:12 तर शम्माचाहिँ त्यस खेतको बीचमा खडा भए। तिनले त्यस खेतलाई सुरक्षा दिइराखे; र पलिश्तीहरूलाई मारे। अनि याहवेहले त्यस दिन ठूलो विजय दिनुभयो।
2SA 23:13 कटनीको समयमा तीस जना मुख्य वीरहरूमध्ये तीन जना अदुल्‍लामको गुफामा दावीदकहाँ आए। एक दल पलिश्तीहरूचाहिँ रपाईमको बेँसीमा छाउनी हालेर बसेका थिए।
2SA 23:14 त्यस बेला दावीद गढीमा थिए। अनि पलिश्ती सेनाहरूचाहिँ बेथलेहेममा थिए।
2SA 23:15 दावीदले पानीको इच्छा गरेर भने, “अहो, कसैले बेथलेहेमको मूलढोकाको छेउको इनारबाट मलाई पानी पिउनलाई ल्याइदिए हुनेथियो!”
2SA 23:16 यसकारण ती तीन जना वीरहरू पलिश्तीहरूको छाउनीबाट छिरेर गए। अनि बेथलेहेमको मूलढोकाको छेउको कुवाबाट पानी लिएर दावीदकहाँ फर्किआए। तर तिनले त्यो पानी पिउन इन्कार गरे। तिनले पिउनको सट्टा पानीलाई याहवेहको सामु खन्याइदिए।
2SA 23:17 तिनले भने, “हे याहवेह, मबाट यस्तो काम नहोस्! के यो पानी आफ्ना जीवनलाई जोखिममा पार्ने मानिसहरूको रगत होइन र?” यसकारण दावीदले त्यो पानी पिएनन्। ती तीन वीर मानिसहरूका वीरताका कामहरू यस्ता थिए।
2SA 23:18 सरूयाहका छोरा योआबको भाइ अबीशैचाहिँ तीन जनाका अगुवा थिए। तिनले तीन सय मानिसहरूको विरुद्धमा आफ्नो भाला उठाए र मारे। यसैले तिनी पनि ती तीन जना वीरहरूझैँ प्रसिद्ध भए।
2SA 23:19 के ती तीन जनाभन्दा तिनको बढी आदर भएको थिएन र? यद्यपि तिनी उनीहरूमध्ये एक थिएनन्, तापनि तिनी उनीहरूका सेनापति भए।
2SA 23:20 कब्सेलबाट यहोयादाका छोरा बनायाह एक जना वीर योद्धा थिए, जसले धेरै वीरताका कामहरू गरेका थिए। तिनले मोआबका दुई जना वीर योद्धाहरूलाई मारे। हिउँ परेको दिन एउटा खाडलमा तल ओर्लेर तिनले एउटा सिंहलाई मारे।
2SA 23:21 तिनले एक जना डरलाग्दो ठूलो रूप भएको इजिप्टियनलाई मारे। त्यस इजिप्‍टियनको हातमा एउटा भाला थियो, तापनि त्यसको विरुद्धमा बनायाहले एउटा लहुरो लिएर गए। तिनले त्यस इजिप्‍टियनको हातबाट भाला खोसेर त्यसलाई त्यसकै भालाले मारे।
2SA 23:22 यहोयादाका छोरा बनायाहका वीरताका कामहरू यस्तै थिए; तिनी पनि ती तीन वीर मानिसहरूजस्तै प्रसिद्ध थिए।
2SA 23:23 तिनको पनि तीस जनाभन्दा बढी सम्मान भयो, तर ती तीन जना वीर मानिसहरूसँग गनिएनन्। दावीदले तिनलाई आफ्ना अङ्गरक्षकहरूमाथि सेनापति नियुक्त गरे।
2SA 23:24 ती तीस जनामा यी व्यक्तिहरू थिए: योआबका भाइ असाहेल, बेथलेहेमबासी दोदोका छोरा एल्हानान,
2SA 23:25 हरोदी शम्मा, हरोदी एलीका,
2SA 23:26 पल्ती हेलेस, तकोका इक्‍केशका छोरा ईरा,
2SA 23:27 अनातोतका अबीएजेर, हूशातीका सिब्बेकै,
2SA 23:28 अहोहीका सल्मोन, नतोपाती महरै,
2SA 23:29 नतोपातीबाट बानाहका छोरा हेलेद, बेन्यामीनको गेबाबाट रीबैका छोरा इत्तै,
2SA 23:30 पिरातोनीका बनायाह, गाशका खोल्साबाट हिद्दै,
2SA 23:31 अर्बातीका अबी-अल्बोन, बहूरीमी अज्मावेत,
2SA 23:32 शाल्बोनी एल्याहबा, याशेनका छोराहरू, हरारीबाट
2SA 23:33 शम्माका छोरा जोनाथन, हरारीबाट शरारका छोरा अहीआम,
2SA 23:34 माकातीबाट आहसबैका छोरा एलीपेलेत, गीलोनीबाट अहीतोपेलका छोरा एलीआम,
2SA 23:35 कर्मेलबाट हेस्रो, अर्बीबाट पारै,
2SA 23:36 सोबाबाट नातानका छोरा यिगाल, हग्रीका छोरा,
2SA 23:37 अम्मोनीका सेलेक, बेरोतीका नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्ने थिए,
2SA 23:38 यित्रीबाट ईरा, यित्रीबाट गारेब
2SA 23:39 र हित्ती उरियाह।
2SA 24:1 फेरि एक चोटि याहवेह इस्राएलीहरूसँग रिसाउनुभयो। अनि उहाँले दावीदलाई सुर्‍याउनुभयो, “जा, गएर इस्राएल र यहूदाको जनगणना गर्।”
2SA 24:2 यसकारण दावीदले योआब र तिनका अधीनमा भएका सेनाहरूका सेनापतिहरूलाई भने, “दानदेखि बेर्शेबासम्म इस्राएलका कुलहरूका बीचमा गएर लडाकु मानिसहरूको संख्या लिनू, ताकि सेनाहरू कति छन्, सो म जान्‍न सकूँ।”
2SA 24:3 तर योआबले राजालाई जवाफ दिए, “याहवेह तपाईंका परमेश्‍वरले तपाईंका सेनाहरूलाई सय गुणा बढाइदेऊन्। अनि मेरा मालिक महाराजाका आँखाले ती सेनाहरूलाई देखून्। तर मेरा मालिक महाराजाले किन जनगणना गर्न चाहनुहुन्छ?”
2SA 24:4 तरै पनि राजाको कुराले योआब र सेनाका सेनापतिहरूका कुरालाई खारेज गर्‍यो। योआब त्यहाँबाट निस्केर गए। यसकारण इस्राएलका लडाकु मानिसहरूको संख्या लिन तिनीहरू राजाको उपस्थितिबाट बिदा भए।
2SA 24:5 तिनीहरूले यर्दन पार गरे, र अरोएरको छेउमा सहरको दक्षिणपट्टि भएको घाटीमा छाउनी हाले। त्यसपछि तिनीहरू गादहुँदै याजेरसम्म पुगे।
2SA 24:6 तिनीहरू गिलादमा र ताहतीम-होदशीको इलाकामा गए। अनि त्यहाँबाट दान-यान र सीदोन वरपरसम्म गए।
2SA 24:7 तब तिनीहरू टायरको गढ, हिव्वी र कनानीहरूका सबै सहरहरूमा गए। अन्त्यमा तिनीहरू यहूदाको दक्षिणमा भएको बेर्शेबामा गए।
2SA 24:8 तिनीहरू सारा देशमा घुमिसकेपछि नौ महिना बीस दिनको अन्तमा यरूशलेममा फर्केर आए।
2SA 24:9 योआबले राजालाई लडाकु मानिसहरूको संख्या बताए: इस्राएलमा तरवार चलाउन सक्ने योग्यका मानिसहरू आठ लाख र यहूदामा पाँच लाख थिए।
2SA 24:10 आफूले लडाकु मानिसहरूको संख्या लिइसकेपछि दावीदको विवेकले तिनलाई सताउन थाल्यो; र तिनले याहवेहलाई भने, “मैले जनगणना गरेर ठूलो पाप गरेको छु। अब हे याहवेह, म बिन्ती गर्छु, तपाईंको सेवकको पाप क्षमा गरिदिनुहोस्। किनभने मैले यस्तो मूर्ख काम गरेको छु।”
2SA 24:11 भोलिपल्ट बिहान दावीद उठ्नुभन्दा अगि नै अगमवक्ता गाद, अर्थात् दावीदका भविष्यवक्ता गादलाई याहवेहको वचन यसो भन्दै आइसकेको थियो:
2SA 24:12 “जा, गएर दावीदलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ, म तँलाई तीन वटा कुरा छान्‍न दिनेछु; तीमध्ये मैले तेरो विरुद्धमा लागू गराउने एउटा कुरा रोज्।’ ”
2SA 24:13 यसकारण दावीदकहाँ गएर गादले तिनलाई भने, “तपाईंको देश तीन वर्षको अनिकालमा परेको, अथवा तपाईं तीन महिनासम्म आफ्ना शत्रुहरूद्वारा खेदोमा परेको, अथवा तपाईंको देशमा तीन दिनको महामारी चलेको, अब यसलाई राम्रोसँग विचार गर्नुहोस् र मैले मलाई पठाउनुहुनेलाई कसरी जवाफ दिने हो, त्यो निर्णय लिनुहोस्।”
2SA 24:14 दावीदले गादलाई भने, “म ठूलो सङ्कष्‍टमा परेको छु। हामीलाई याहवेहको हातमा पर्न दिनुहोस्; किनकि उहाँको कृपा महान् छ; तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्।”
2SA 24:15 यसकारण याहवेहले इस्राएलमाथि त्यस बिहानदेखि तोकिएको समयसम्म महामारी पठाउनुभयो। अनि दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे।
2SA 24:16 जब स्वर्गदूतले यरूशलेमलाई नष्‍ट गर्न आफ्नो हात पसारे, तब याहवेह त्यस विपत्तिको कारण दुःखित हुनुभयो। अनि मानिसहरूलाई हानि गरिरहेका स्वर्गदूतलाई भन्‍नुभयो, “अब भयो! तिम्रो हात थाम।” त्यस बेला याहवेहको दूत यबूसी अरौनाको खलामा उभिरहेका थिए।
2SA 24:17 जब दावीदले मानिसहरूलाई प्रहार गरिरहेका स्वर्गदूतलाई देखे, तब तिनले याहवेहलाई भने, “मैले पाप गरेको हुँ; म गोठालोले गलत काम गरेको हुँ। यिनीहरू त भेडाहरू मात्र हुन्। तिनीहरूले के गरेका छन् र? तपाईंको हात ममाथि र मेरो परिवारमाथि परोस्!”
2SA 24:18 त्यस दिन गाद दावीदकहाँ गए, र तिनलाई भने, “माथि जानुहोस्, र यबूसी अरौनाको खलामा याहवेहका निम्ति एउटा वेदी बनाउनुहोस्!”
2SA 24:19 यसकारण याहवेहले गादद्वारा आज्ञा गर्नुभएझैँ दावीद माथि उक्लेर गए।
2SA 24:20 जब अरौनाले राजा र तिनका सेनाहरूलाई आफूतिर आइरहेका देखे, तब तिनी बाहिर गएर राजालाई भुइँमा घोप्टो परेर दण्डवत् गरे।
2SA 24:21 अरौनाले भने, “मेरा मालिक महाराजा आफ्नो सेवककहाँ किन आउनुभयो?” दावीदले जवाफ दिए, “तिम्रो खला किन्‍न आएको हुँ, ताकि मानिसहरूमाथि आएको महामारी थामिन सकोस् भनेर याहवेहका निम्ति एउटा वेदी बनाउन सकौँ।”
2SA 24:22 अरौनाले दावीदलाई भने, “मेरा मालिक महाराजालाई जे इच्छा लाग्छ, लिनुहोस् र बलिदान चढाउनुहोस्। होमबलि चढाउनलाई गोरुहरू यहाँ छन्, र दाउराका निम्ति दाइँ गर्ने काठहरू र गोरुका जुवाहरू पनि यहाँ छन्।
2SA 24:23 हे महाराजा, अरौनाले यी सबै कुराहरू राजालाई दिइरहेको छ।” अरौनाले राजालाई यो पनि भने, “याहवेह तपाईंका परमेश्‍वरले तपाईंको बलिदान ग्रहण गरून्!”
2SA 24:24 तर राजाले अरौनालाई जवाफ दिए, “होइन, म यसको दाम तिमीलाई दिन चाहन्छु। याहवेह मेरा परमेश्‍वरलाई मूल्यविनाको होमबलि म चढाउनेछैनँ।” यसकारण दावीदले त्यस खला र गोरुहरूका निम्ति पचास शेकेल चाँदी दाम तिरेर त्यो किने।
2SA 24:25 दावीदले त्यहाँ याहवेहका निम्ति एउटा वेदी बनाए। अनि त्यसमा होमबलि र मेलबलि चढाए। तब देशका निम्ति गरिएको प्रार्थना याहवेहले सुन्‍नुभयो। अनि इस्राएलमाथि आएको महामारी थामियो।
1KI 1:1 अब राजा दावीद धेरै वृद्ध भइसकेका थिए। तिनलाई जति लुगा ओढाइदिए तापनि तिनलाई न्यानो हुँदैनथ्यो।
1KI 1:2 यसकारण तिनका सल्‍लाहकारहरूले तिनलाई भने, “राजालाई रेखदेख गर्न र उहाँको स्याहार-सुसार गर्नलाई हामी एउटी कन्ये-केटी खोजौँ। त्यो हाम्रा मालिक महाराजासँग सुतोस् र हजुरलाई न्यानो पारोस्।”
1KI 1:3 तब तिनीहरूले इस्राएलभरि एउटी सुन्दरी कन्ये-केटीको खोजी गरे। अनि शूनेमबाट अबीशगलाई भेट्टाए, र त्यसलाई राजाकहाँ ल्याए।
1KI 1:4 ती केटी अति सुन्दरी थिइन्। तिनले राजाको स्याहार-सुसार र सेवा गरिन्। तर राजाले तिनीसँग सहवास गरेनन्।
1KI 1:5 त्यो समयमा दावीदका छोरा अदोनियाह, जसकी आमा हग्गीत थिइन्, तिनले अगि सरेर भने, “म राजा हुनेछु।” यसकारण तिनले रथहरू, घोडचढीहरू र आफ्ना अगि-अगि दौडनलाई पचास मानिसहरू ठिक पारे।
1KI 1:6 तिनका पिता दावीदले “तँ किन यस्तो व्यवहार गर्छस्?” भनेर कहिल्यै पनि तिनलाई हस्तक्षेप गरेनन्। तिनी पनि अति सुन्दर थिए, र अब्शालोमको ठिक पछि जन्मेका थिए।
1KI 1:7 अदोनियाहले सरूयाहका छोरा योआब र पुजारी अबीयाथारलाई आफ्नो हातमा लिए। तिनीहरूले तिनलाई आफ्नो समर्थन दिए।
1KI 1:8 तर पुजारी सादोक, यहोयादाका छोरा बनायाह, अगमवक्ता नातान, शिमी, रेई र दावीदका विशेष अङ्गरक्षकचाहिँ अदोनियाहसित सहमत भएनन्।
1KI 1:9 तब अदोनियाहले एन-रोगेलको छेउमा भएको जोहेलेतको ढुङ्गामा भेडा, गाईबस्तु र पोसिएका बाछाहरू बलिदान गरे। तिनले राजाका छोराहरू, अर्थात् आफ्ना सबै दाजुभाइहरूलाई र यहूदाका सबै राजकीय अधिकारीहरूलाई निम्त्याए।
1KI 1:10 तर तिनले अगमवक्ता नातान, बनायाह, विशेष अङ्गरक्षक, अथवा तिनका भाइ सोलोमनलाई चाहिँ निम्त्याएनन्।
1KI 1:11 तब नातानले सोलोमनकी आमा बतशेबालाई सोधे, “के हग्गीतका छोरा अदोनियाह राजा भएको तिमीले सुनेकी छैनौ? यसको बारेमा तिम्रा स्वामी दावीदलाई थाहै छैन।
1KI 1:12 अब तिमीले आफ्नो जीवन र तिम्रा छोरा सोलोमनको जीवन कसरी बचाउन सकिन्छ, सो म तिमीलाई सल्‍लाह दिनेछु।
1KI 1:13 अब दावीद राजाकहाँ गएर तिनलाई यसो भन्‍नू, ‘मेरा स्वामी महाराजा, के तपाईंले म तपाईंकी सेविकालाई मपछि तिम्रो छोरा सोलोमन निश्‍चय नै राजा हुनेछ, र त्यो मेरो सिंहासनमा बस्‍नेछ भनेर शपथ खानुभएको थिएन र? त्यसो भए अहिले अदोनियाह नै किन राजा भए त?’
1KI 1:14 तिमी राजासित कुरा गर्दैगर्दा म भित्र आउनेछु, र तिमीले भनेको कुरामा म समर्थन गरिदिनेछु।”
1KI 1:15 यसकारण बतशेबा वृद्ध भएका राजालाई भेट्न भित्र तिनको कोठामा गइन्, जहाँ शूनम्मी अबीशगले तिनको स्याहार-सुसार गरिरहेकी थिइन्।
1KI 1:16 तब बतशेबाले राजाको सामु निहुरेर दण्डवत् गरिन्। राजाले सोधे, “तिमी के चाहन्छ्यौ?”
1KI 1:17 तिनले राजालाई भनिन्, “मेरा प्रभु, हजुर आफैँले म तपाईंकी सेविकालाई ‘तिम्रो छोरा सोलोमन मपछि राजा हुनेछ, र त्यो मेरो सिंहासनमा बस्‍नेछ’ भनी याहवेह तपाईंका परमेश्‍वरको नाममा शपथ खानुभएको थियो।
1KI 1:18 तर अब अदोनियाह राजा भइसकेका छन् र हजुर मेरा प्रभु, महाराजालाई यो कुरा थाहै छैन।
1KI 1:19 तिनले धेरै संख्यामा पशुहरू, पोसिएका बाछाहरू र भेडाहरू बलिदान गरेर राजाका छोराहरूलाई, पुजारी अबीयाथारलाई र तपाईंका फौजका सेनापति योआबलाई निम्तो दिएका छन्। तर तिनले हजुरको सेवक सोलोमनलाई निम्त्याएका छैनन्।
1KI 1:20 मेरा स्वामी महाराजा, हजुरपछि सिंहासनमा को बस्‍ने हो, सो जान्‍नलाई सारा इस्राएलले तपाईंतिर हेरिरहेका छन्।
1KI 1:21 नत्रता मेरा स्वामी महाराजा आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गर्नसाथ, म र मेरो छोरो सोलोमन अपराधीहरूझैँ गनिनेछौँ।”
1KI 1:22 तिनी राजासित कुरा गर्दैगर्दा अगमवक्ता नातान आइपुगे।
1KI 1:23 अनि तिनीहरूले राजालाई “अगमवक्ता नातान यहाँ हुनुहुन्छ” भनिदिए। यसकारण तिनी राजाको सामु गए; अनि भुइँतिर निहुरेर दण्डवत् गरे।
1KI 1:24 नातानले भने, “के मेरा मालिक महाराजाले तपाईंपछि अदोनियाह राजा हुनेछन् र तिनी तपाईंको सिंहासनमा बस्‍नेछन् भनी घोषणा गर्नुभएको हो?
1KI 1:25 आज तल गएर तिनले धेरै संख्यामा पशुहरू, पोसिएका बाछाहरू र भेडाहरू बलिदान गरेका छन्। तिनले राजाका सबै छोराहरू, फौजका सेनापतिहरू र पुजारी अबीयाथारलाई पनि निम्त्याएका छन्। ठिक यसै बेला तिनीहरू उनीसित खाँदै, पिउँदै यसो भनिरहेका छन्, ‘राजा अदोनियाह अमर रहून्!’
1KI 1:26 तर तिनले म तपाईंको सेवकलाई र पुजारी सादोकलाई अनि यहोयादाका छोरा बनायाहलाई र तपाईंको सेवक सोलोमनलाई निम्त्याएनन्।
1KI 1:27 मेरा मालिक महाराजापछि उहाँको सिंहासनमा को बस्‍ने हो, भन्‍ने कुरा आफ्ना सेवकहरूलाई नबताई, के राजाले नै यसो गर्नुभएको हो?”
1KI 1:28 तब राजा दावीदले भने, “बतशेबालाई भित्र बोलाऊ।” यसकारण तिनी राजाको उपस्थितिमा आएर तिनको सामु उभिइन्।
1KI 1:29 तब राजाले शपथ खाए: “मलाई प्रत्येक सङ्कष्‍टबाट छुटाउनुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु,
1KI 1:30 याहवेह इस्राएलका परमेश्‍वरको नाममा मैले तिमीसँग शपथ खाएको कुरा आज अवश्य म पालन गर्नेछु। तिम्रो छोरा सोलोमन नै मपछि राजा हुनेछ; अनि ऊ नै मेरो सट्टामा मेरो सिंहासनमा बस्‍नेछ।”
1KI 1:31 तब बतशेबाले भुइँतिर निहुरेर राजाको सामु दण्डवत् गर्दै भनिन्, “मेरा प्रभु, महाराजा दावीद सदासर्वदा अमर रहून्!”
1KI 1:32 दावीद राजाले भने, “पुजारी सादोक, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई भित्र बोलाऊ।” जब तिनीहरू राजाको सामु आए,
1KI 1:33 राजाले तिनीहरूलाई भने, “आफ्ना मालिकका सेवकहरूलाई आफूसित लैजाओ, र मेरो छोरा सोलोमनलाई मेरो आफ्नै खच्‍चरमा चढाएर तल गीहोनमा लैजाओ।
1KI 1:34 त्यहाँ पुजारी सादोक र अगमवक्ता नातानले त्यसलाई इस्राएलमाथि राजा अभिषेक गरून्। तब तुरही फुक र ‘सोलोमन राजा अमर रहून्!’ भनेर कराओ।
1KI 1:35 तब तिमीहरू उसित जाओ, र ऊ आएर मेरो सिंहासनमाथि बसोस्। अनि मेरो ठाउँमा शासन गरोस्। मैले त्यसलाई इस्राएल र यहूदामाथि शासन गर्न नियुक्त गरेको छु।”
1KI 1:36 यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “आमेन! याहवेह मेरा मालिक महाराजाका परमेश्‍वरले पनि यसरी नै घोषणा गरून्।
1KI 1:37 जसरी याहवेह मेरा मालिक महाराजासित हुनुहुन्थ्यो, उहाँ सोलोमनको साथमा पनि होऊन् र तिनको सिंहासन मेरा मालिक महाराजा दावीदको भन्दा पनि महान् बनाऊन्!”
1KI 1:38 यसकारण पुजारी सादोक, अगमवक्ता नातान यहोयादाका छोरा बनायाह, करेतीहरू र पेलेथीहरू तल झरे। तब सोलोमनलाई राजा दावीदको खच्‍चरमाथि चढाएर तिनलाई गीहोनसम्म सुरक्षापूर्वक लगे।
1KI 1:39 पुजारी सादोकले पवित्र पालबाट तेलको सिङ लिए। अनि सोलोमनलाई अभिषेक गरे। तब तिनीहरूले तुरही फुके, र सबै मानिसहरूले “राजा सोलोमन अमर रहून्!” भनेर कराए।
1KI 1:40 तब सबै मानिसहरू सोलोमनको पछि-पछि बाँसुरीहरू बजाउँदै गए, र आनन्दको आवाज यति ठूलो थियो, कि त्यस आवाजको कारण जमिन पनि थर्कियो।
1KI 1:41 अदोनियाह र तिनका सबै पाहुनाहरू भोज खाइसक्‍न लागेका थिए, तब अदोनियाह र तिनीसित भएका सबै पाहुनाहरूले त्यो आवाज सुने। तुरहीको आवाज सुनेर योआबले भने, “सहरमा भएको यो खैलाबैलाको अर्थ के हो?”
1KI 1:42 तिनी बोलिरहेकै बेला अबीयाथार पुजारीका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “भित्र आऊ। तिमीजस्तो योग्य मानिसले असल खबर नै ल्याएको हुनुपर्छ।”
1KI 1:43 जोनाथनले अदोनियाहलाई जवाफ दिए, “अहँ, पटक्‍कै होइन! हाम्रा मालिक राजा दावीदले सोलोमनलाई राजा बनाउनुभएको छ।
1KI 1:44 अनि राजाले तिनीसित पुजारी सादोक, अगमवक्ता नातान, यहोयादाका छोरा बनायाह, करेती र पेलेथीहरूलाई पठाउनुभएको छ। अनि तिनीहरूले उनलाई राजाको खच्‍चरमा चढाएका छन्।
1KI 1:45 पुजारी सादोक र अगमवक्ता नातानले तिनलाई गीहोनमा राजा अभिषेक गरेका छन्। त्यहाँबाट तिनीहरू आनन्द मनाउँदै उकालो गएका छन्; र सहर पनि त्यससितै गुञ्जायमान भएको छ। तपाईंले सुन्‍नुभएको हल्‍ला यही हो।
1KI 1:46 त्यति मात्र होइन, सोलोमनले आफ्नो आसन राज सिंहासनमाथि जमाएका छन्।
1KI 1:47 राजकीय अधिकृतहरू पनि ‘तपाईंका परमेश्‍वरले सोलोमनको नाम तपाईंको नामभन्दा महान् बनाऊन्। उहाँको सिंहासन तपाईंको भन्दा महान् बनाऊन्’ भन्दै मालिक महाराजा दावीदलाई बधाई दिन आएका छन्! अनि आफ्नो पलङमा आराधनाकासाथ निहुरेर राजाले भने,
1KI 1:48 ‘याहवेह इस्राएलका परमेश्‍वरलाई प्रशंसा होस्, जसले आज मेरो सिंहासनमा एक जना उत्तराधिकारीलाई मेरो आँखाले देख्न दिनुभएको छ।’ ”
1KI 1:49 यसमा अदोनियाहका सबै पाहुनाहरू आत्तिएर उठे, र यताउता लागे।
1KI 1:50 तर अदोनियाहले चाहिँ सोलोमनको डरले गएर वेदीका सिङहरू पक्रे।
1KI 1:51 तब सोलोमनलाई यसो भनियो, “अदोनियाह राजा सोलोमनसित डराएर वेदीका सिङहरू समातेर बसिरहेका छन्। तिनी भन्छन्, ‘राजा सोलोमनले उहाँको सेवकलाई तरवारले मार्नुहुनेछैन भनी मसित शपथ खाऊन्।’ ”
1KI 1:52 सोलोमनले जवाफ दिए, “यदि तिनले आफूलाई योग्य मानिसझैँ देखाउँछन् भने तिनको टाउकाको एउटै केश पनि भुइँमा खस्‍नेछैन; तर तिनमा दुष्‍टता पाइयो भने तिनी मर्नेछन्।”
1KI 1:53 तब राजा सोलोमनले मानिसहरू पठाए; अनि तिनीहरूले तिनलाई वेदीबाट तल ल्याए। अदोनियाहले आएर राजा सोलोमनलाई दण्डवत् गरे, र सोलोमनले तिनलाई भने, “आफ्नो घरमा जाऊ!”
1KI 2:1 दावीदको मृत्युको समय नजिक आयो, तब तिनले आफ्ना छोरा सोलोमनलाई यो आदेश दिए।
1KI 2:2 तिनले यसो भने, “म संसारको नियमअनुसार जान लागिरहेको छु। यसकारण तँ बलियो हुनू, र आफैँलाई पुरुषार्थी बनाउनू।
1KI 2:3 याहवेह तेरा परमेश्‍वरले चाहनुभएका सबै कुरा पालन गर्नू: उहाँमा आज्ञाकारी हुनू, र मोशाको व्यवस्थामा लेखिएझैँ, उहाँका सबै उर्दीहरू र आदेशहरू, उहाँका नियमहरू अनि विधिहरू पालन गर्नू; ताकि तैँले जे गर्छस्, र तँ जहाँ जान्छस्, त्यहाँ तेरो उन्‍नति होस्।
1KI 2:4 तब याहवेहले ‘तेरा सन्तानहरू होसियारीसाथ हिँडे भने र मेरो सामु आफ्ना सारा हृदय र प्राणले विश्‍वासयोग्य भएर हिँडे भने तँलाई इस्राएलको सिंहासनमाथि बस्‍ने मानिसको अभाव हुनेछैन’ भनी मसित गर्नुभएको प्रतिज्ञा उहाँले पूरा गर्नुहुनेछ।
1KI 2:5 “सरूयाहका छोरा योआबले मलाई र इस्राएलका दुई सेनापति नेरका छोरा अबनेर र येतेरका छोरा अमासालाई के गर्‍यो, त्यो तँलाई थाहै छ। त्यसले लडाइँको समयमा जस्तै गरेर, शान्तिकै समयमा तिनीहरूको रगत बगाएर तिनीहरूलाई मार्‍यो अनि त्यो रगतले आफ्नो कम्मरपेटी र खुट्टाका जुत्ता रङ्गायो।
1KI 2:6 त्यससित आफ्नो बुद्धिअनुसार व्यवहार गर्नू, तर त्यसको फुलेको कपाल शान्तिसित चिहानमा नजाओस्।
1KI 2:7 “तर गिलादमा हुने बर्जिल्‍लैका छोराहरूप्रति दया देखाउनू र तिनीहरू तँसित तेरो टेबुलमा खानेहरूमध्येकै होऊन्। तेरा दाजु अब्शालोम मदेखि भागेर जाँदा तिनीहरू मेरो पक्षमा थिए।
1KI 2:8 “यो याद राख्नू, म महनाइममा गएको दिन बहूरीमको बेन्यामीनी गेराको छोरा शिमीले मलाई सराप्नुसम्म सरापेको थियो। जब त्यो मलाई यर्दनमा भेट्न आयो, तब मैले त्यससित याहवेहको नाममा ‘म तँलाई तरवारले मार्नेछैनँ’ भनी शपथ खाएँ।
1KI 2:9 तर अब त्यसलाई निर्दोष नठान्‍नू। तँ बुद्धिमान् मानिस होस्। त्यसलाई के गर्नुपर्छ, सो तैँले जान्‍नेछस्। त्यसको शिर रगतसितै चिहानमा जाओस्।”
1KI 2:10 तब दावीद आफ्ना पुर्खाहरूसित विश्राममा सुते, र दावीदको सहरमा गाडिए।
1KI 2:11 तिनले इस्राएलमाथि चालीस वर्षसम्म राज्य गरे—सात वर्ष हेब्रोनमा र तेत्तीस वर्ष यरूशलेममा।
1KI 2:12 यसरी सोलोमन आफ्ना पिता दावीदको सिंहासनमा बसे, र तिनको शासन दृढतापूर्वक स्थापित भयो।
1KI 2:13 एक दिन हग्गीतको छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ गए। बतशेबाले तिनलाई सोधिन्, “के तिमी शान्तिपूर्वक आएका हौ?” तिनले जवाफ दिए, “हजुर, शान्तिपूर्वक आएको हुँ।”
1KI 2:14 तब तिनले अझ भने, “मैले तपाईंसित केही कुरा भन्‍नु छ।” तिनले जवाफ दिइन्, “अँ, भन!”
1KI 2:15 तिनले भने, “यो राज्य मेरो थियो भनी तपाईं जान्‍नुहुन्छ। सारा इस्राएलले मलाई आफ्नो राजाको रूपमा हेरेका थिए। तर कुरा बदलियो र राज्य मेरो भाइ सोलोमनको हातमा गयो। किनकि यो त याहवेहबाटै तिनीकहाँ आएको हो।
1KI 2:16 अब मैले तपाईंसित एउटा बिन्ती गर्दछु, मलाई अस्वीकार नगर्नुहोला।” तिनले भनिन्, “अँ, भन न।”
1KI 2:17 यसकारण तिनले भन्‍न थाले, “तपाईं शूनम्मी अबीशगलाई मेरी पत्नी हुनलाई मलाई दिइयोस् भनी राजा सोलोमनलाई भनिदिनुहोस्। किनकि उनले तपाईंलाई इन्कार गर्न सक्दैनन्।”
1KI 2:18 बतशेबाले जवाफ दिइन्, “हुन्छ, म तिम्रा निम्ति राजासित कुरा गर्नेछु।”
1KI 2:19 जब तिनी अदोनियाहको निम्ति राजा सोलोमनसित कुरा गर्न गइन्, तब राजा तिनलाई भेट्न उठे। अनि तिनलाई दण्डवत् गरे, र सिंहासनमा बसे। तिनले राजाकी आमाका निम्ति एउटा सिंहासन ल्याउन लगाए, अनि बतशेबा तिनको दाहिने हातपट्टि बसिन्।
1KI 2:20 तब तिनले भनिन्, “म तिमीसित एउटा सानो बिन्ती गर्दछु, मलाई इन्कार नगरिदेऊ!” राजाले जवाफ दिए, “भन्‍नुहोस्, मेरी आमा! म तपाईंलाई इन्कार गर्नेछैनँ।”
1KI 2:21 यसकारण तिनले भनिन्, “शूनम्मी अबीशगलाई तिम्रा दाजु अदोनियाहसित विवाह हुन देऊ।”
1KI 2:22 तब राजा सोलोमनले आफ्नी आमालाई जवाफ दिए, “तपाईंले शूनम्मी अबीशगलाई अदोनियाहको निम्ति किन बिन्ती गर्नुहुन्छ? तपाईंले तिनका लागि राज्य पनि माग्न सक्नुहुन्छ। किनकि जे भए तापनि तिनी मेरो ठूलो दाजु हुन्। तिनका निम्ति अनि पुजारी अबीयाथार र सरूयाहका छोरा योआबका निम्ति पनि माग्न सक्नुहुन्छ!”
1KI 2:23 तब राजा सोलोमनले याहवेहको नाममा यसरी शपथ खाए: “यस बिन्तीको निम्ति अदोनियाहले आफ्नो प्राण गुमाएनन् भने परमेश्‍वरले मसित कठोर व्यवहार गरून्!
1KI 2:24 यसकारण अब म शपथ खान्छु, जसले मलाई आफ्ना पिता दावीदको सिंहासनमा दृढतासाथ स्थापित गर्नुभयो र आफूले प्रतिज्ञा गर्नुभएझैँ, मेरा निम्ति एउटा वंश स्थापित गर्नुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, अदोनियाह आजै मारिनेछ!”
1KI 2:25 यसकारण राजा सोलोमनले यहोयादाका छोरा बनायाहलाई हुकुम दिए। अनि तिनले अदोनियाहलाई प्रहार गरे, र तिनको मृत्यु भयो।
1KI 2:26 तब पुजारी अबीयाथारलाई राजाले भने, “तपाईं आफ्नो खेत अनातोतमा फर्केर जानुहोस्। तपाईं मारिने योग्यका हुनुहुन्छ; तर म अहिले तपाईंलाई मार्दिनँ। किनकि तपाईंले मेरा पिता दावीदको सामु सर्वशक्तिमान् याहवेहको सन्दुक बोक्नुभएको थियो। मेरा पिताका सबै सङ्कष्‍टमा साथ दिनुभएको थियो।”
1KI 2:27 यसकारण सोलोमनले अबीयाथारलाई याहवेहको पुजारी पदबाट हटाइदिए। यसरी याहवेहले शीलोमा एलीको घरानाको विषयमा भन्‍नुभएको कुरा पूरा गरे।
1KI 2:28 जब यो खबर योआबकहाँ पुग्यो, जसले पहिले अब्शालोमसित त होइन, तर अदोनियाहसित मिलेर षड्यन्त्र गरेका थिए। तब योआब याहवेहको पालमा भागेर गए; अनि वेदीका सिङहरू समाते।
1KI 2:29 योआब पालमा भागेर गई वेदीको छेउमा बसेको कुरा राजा सोलोमनलाई बताइयो। तब सोलोमनले यहोयादाका छोरा बनायाहलाई “जाऊ गएर तिनलाई मार” भनेर आज्ञा दिए।
1KI 2:30 यसकारण बनायाहले याहवेहको पालमा गएर योआबलाई भने, “राजा भन्‍नुहुन्छ, ‘बाहिर आऊ!’ ” तर तिनले जवाफ दिए, “होइन, म यहीँ मर्नेछु।” बनायाहले राजालाई योआबले भनेका कुरा भनिदिए।
1KI 2:31 तब राजाले बनायाहलाई हुकुम दिए, “तिनले भनेझैँ गर। तिनलाई मारेर गाडिदेऊ, र म र मेरा पिताका घरानालाई योआबले बगाएको निर्दोष रगतको दोषबाट शुद्ध गरिदेऊ।
1KI 2:32 याहवेहले तिनले बगाएको रगतको साटो फेर्नुहुनेछ। किनकि मेरा पिता दावीदको जानकारीविना नै तिनले दुई जना मानिसहरूमाथि आक्रमण गरेर तिनीहरूलाई तरवारले मारे। ती दुवैलाई अर्थात् इस्राएलको फौजका सेनापति नेरका छोरा अबनेर अनि येतेरका छोरा, यहूदाको फौजका सेनापति अमासा, जो तिनीभन्दा असल र सोझा मानिसहरू थिए।
1KI 2:33 तिनीहरूको रगतको दोष सदाका निम्ति योआब र त्यसका सन्ततिमाथि रहोस्। तर दावीद र तिनका सन्तति, तिनका घराना र तिनको सिंहासनमाथि चाहिँ सदाको निम्ति याहवेहको शान्ति होइरहोस्।”
1KI 2:34 यसकारण यहोयादाका छोरा बनायाह माथि गए, र योआबलाई प्रहार गरेर मारे। अनि तिनलाई मरुभूमिमा तिनकै जमिनमा गाडिदिए।
1KI 2:35 राजाले योआबको ठाउँमा यहोयादाका छोरा बनायाहलाई आफ्नो फौजको जिम्मा सुम्पिदिए। अनि अबीयाथारको स्थानमा पुजारी सादोकलाई राखिदिए।
1KI 2:36 त्यसपछि राजाले शिमीलाई बोलाए, र तिनलाई भने, “आफ्ना लागि यरूशलेममा घर बनाऊ, र त्यहीँ बस, अरू कुनै ठाउँमा नजानू।
1KI 2:37 किद्रोनको बेँसी पार गरेको दिन तिमी अवश्य मर्नेछौ। तिम्रो रगत तिम्रै शिरमाथि पर्नेछ।”
1KI 2:38 शिमीले राजालाई जवाफ दिए, “तपाईंले भन्‍नुभएको कुरा असल हो। हजुरको सेवकले मेरा मालिक राजाले भन्‍नुभएझैँ गर्नेछ।” अनि शिमी धेरै समयसम्म यरूशलेममा बसे।
1KI 2:39 तर तीन वर्षपछि शिमीका दुई जना दासहरू गातका राजा माकाको छोरा आकीशकहाँ भागेर गए। शिमीलाई यसो भनियो, “तपाईंका दासहरू गातमा छन्।”
1KI 2:40 यो सुनेर तिनी आफ्नो गधामा काठी कसेर आफ्ना दासहरूलाई खोज्न आकीशकहाँ गातमा गए। यसरी शिमीले आफ्ना दासहरूलाई गातबाट फर्काइल्याए।
1KI 2:41 जब सोलोमनलाई शिमी यरूशलेमबाट गातमा गएर फर्केको कुरा बताइयो,
1KI 2:42 तब राजाले शिमीलाई बोलाउन पठाए, र तिनलाई भने, “के मैले तिमीलाई याहवेहको नाममा शपथ खान लगाएर ‘तिमी आफ्नो ठाउँ छोडेर अरू ठाउँमा गएको दिन निश्‍चय नै मर्नेछौ’ भनेर चेतावनी दिएको थिइनँ? त्यस बेला तिमीले ‘तपाईंले भन्‍नुभएको कुरा असल हो। म यसलाई पालन गर्नेछु’ भनेर मलाई भन्यौ।
1KI 2:43 तर अहिले किन तिमीले याहवेहसितको तिम्रो शपथ पालन गरेनौ र मैले तिमीलाई दिएको हुकुम सुनेनौ?”
1KI 2:44 राजाले शिमीलाई यो पनि भने, “तिमीले मेरा पिता दावीदप्रति गरेका सबै कुकर्महरू तिमीलाई थाहै छ। अब याहवेहले तिम्रा सबै कुकर्महरूको साटो लिनुहुनेछ।
1KI 2:45 तर राजा सोलोमनले भने आशिष् पाउनेछन्, र दावीदको सिंहासन याहवेहको सामु सदा सुरक्षित रहनेछ।”
1KI 2:46 तब राजाले यहोयादाका छोरा बनायाहलाई हुकुम दिए। अनि तिनले शिमीलाई प्रहार गरेर मारे। यसरी राज्य सोलोमनको हातमा स्थापित भयो।
1KI 3:1 सोलोमनले इजिप्टका राजा फारोसित मित्रता बाँधे र तिनकी छोरीलाई विवाह गरे। तिनले आफ्नो महल, याहवेहको भवन र यरूशलेमका चारैतिरका पर्खाल बनाई नसकेसम्म तिनलाई दावीदको सहरमा नै राखे।
1KI 3:2 अझै पनि मानिसहरूले अल्गा देवस्थानहरूमा बलिदान चढाइरहेका थिए। किनकि त्यति बेलासम्म याहवेहको नामको निम्ति मन्दिर निर्माण गरिएको थिएन।
1KI 3:3 सोलोमनले आफ्ना पिता दावीदले दिएका निर्देशनअनुसार हिँडेर याहवेहप्रति आफ्नो प्रेम देखाए। तर तिनले अल्गा देवस्थानहरूमा बलिदान चढाउन र धूप बाल्न भने छोडेनन्।
1KI 3:4 राजा बलिदान चढाउनलाई गिबोनमा गए। किनकि त्यो सबैभन्दा महत्वपूर्ण अल्गो देवस्थान थियो। सोलोमनले त्यस वेदीमाथि एक हजार होमबलि चढाए।
1KI 3:5 गिबोनमा याहवेह राति सपनामा सोलोमनकहाँ देखा पर्नुभयो, र परमेश्‍वरले भन्‍नुभयो, “तँलाई जे इच्छा लाग्छ माग्, म तँलाई दिनेछु।”
1KI 3:6 सोलोमनले जवाफ दिए, “तपाईंले आफ्नो सेवक, मेरा पिता दावीदमाथि ठूलो दया देखाउनुभएको छ। किनकि उहाँ तपाईंप्रति विश्‍वासयोग्य, धर्मी र हृदयमा सोझो हुनुहुन्थ्यो। तपाईंले आजको दिन उहाँको सिंहासनमा बस्‍नलाई उहाँलाई एउटा छोरा दिनुभएर तपाईंले उहाँप्रतिको यो ठूलो दया कायम राख्नुभएको छ।
1KI 3:7 “अब हे याहवेह मेरा परमेश्‍वर, तपाईंले मेरा पिता दावीदको ठाउँमा आफ्नो सेवकलाई राजा बनाउनुभएको छ। तर म त एउटा सानो बालक मात्र हुँ। अनि आफ्नो कर्तव्य कसरी पालन गर्ने, त्यो पनि जान्दिनँ।
1KI 3:8 यहाँ म तपाईंका आफ्नै चुनिएका मानिसहरूको बीचमा छु। यो यस्तो एउटा विशाल जाति हो, जो असंख्य छन्, तिनीहरूलाई गणना गर्न सकिँदैन।
1KI 3:9 यसकारण तपाईंको सेवकलाई ठिक र बेठीक छुट्याउन सक्ने तपाईंको जातिलाई सही शासन गर्ने समझदार हृदय दिनुहोस्। किनकि कसले तपाईंको यो महान् जातिलाई शासन गर्न सक्छ र?”
1KI 3:10 सोलोमनले यो कुरा मागेकोमा प्रभु तिनीसँग प्रसन्‍न हुनुभयो।
1KI 3:11 यसकारण परमेश्‍वरले भन्‍नुभयो, “तैँले आफ्नो लागि जीवन, धन वा आफ्ना शत्रुहरूको मृत्यु मागिनस्, तर न्याय प्रशासनमा ठिक र बेठीक छुट्याउने हृदय मागिस्।
1KI 3:12 तैँले मागेको कुरा म पूरा गर्नेछु। म तँलाई बुद्धि र ठिक र बेठीक छुट्याउने हृदय दिनेछु, ताकि तेरो अगि न कोही थिए; न त तेरो पछि कहिल्यै तेरो बराबरी अरू कोही हुनेछ।
1KI 3:13 यसबाहेक तैँले नमागेको कुरा पनि म तँलाई दिनेछु, अर्थात् धन र सम्मान दुवै दिनेछु। यसरी तेरो जीवनकालमा तेरो बराबरीका राजा कोही पनि हुनेछैन।
1KI 3:14 यदि तँ मेरा मार्गहरूमा हिँडिस् र तेरा पिताले झैँ मेरा उर्दीहरू र आज्ञाहरू पालन गरिस् भने म तँलाई दीर्घायु तुल्याउनेछु।”
1KI 3:15 तब सोलोमन बिउँझेँ; अनि यो त सपना रहेछ भनी थाहा पाए। तिनी यरूशलेममा फर्के, र प्रभुको करारको सन्दुकको सामु खडा भए। अनि होमबलि र मेलबलि चढाए। त्यसपछि तिनले आफ्ना सबै भारदारहरूलाई भोज खुवाए।
1KI 3:16 एक दिन दुई जना वेश्याहरू आएर राजाको सामु उभिए।
1KI 3:17 तीमध्ये एक जनाले भनी, “मेरा मालिक, यो स्त्री र म एउटै घरमा बस्छौँ। यो मसित हुँदै मैले एउटा शिशुलाई जन्म दिएँ।
1KI 3:18 मेरो शिशु जन्मेको तीन दिनपछि यस स्त्रीले पनि एउटा शिशुलाई जन्माई। हामी दुई मात्रै थियौँ; घरमा हामी दुईबाहेक अरू कोही पनि थिएन।
1KI 3:19 “राति सुतेको बेला त्यस स्त्रीले आफ्नो छोरालाई थिचिछ, र त्यो मरेछ।
1KI 3:20 यसकारण यो आधा रातमा उठी, र म निदाइरहेकी बेलामा मेरो छेउबाट मेरो छोरालाई लगेर आफ्नो छातीमा राखिछ। अनि आफ्नो मरेको छोरालाई मेरो छातीमा राखिदिइछ।
1KI 3:21 भोलिपल्ट बिहानै जब म आफ्नो छोरालाई दूध खुवाउन उठेँ, तब मैले त्यसलाई मरेको भेट्टाएँ! तर जब मैले त्यसलाई बिहान उज्यालोमा नियालेर हेरेँ, तब त्यो त मैले जन्माएको मेरो छोरो होइन रहेछ!”
1KI 3:22 तब अर्की स्त्रीले भनी, “होइन, त्यो जिउँदोचाहिँ मेरो हो, मरेकोचाहिँ तेरो हो।” तर पहिलेकीले ढिपी गरी, “होइन, मरेकोचाहिँ तेरो छोरा हो; अनि जिउँदोचाहिँ मेरो छोरा हो।” अनि यसरी ती दुईले राजाको सामु बहस गरे।
1KI 3:23 तब राजाले भने, “एउटीले भन्छे, ‘यो जिउँदोचाहिँ मेरो छोरा हो, तर मरेको छोराचाहिँ तेरो हो।’ अनि अर्कीले फेरि भन्छे, ‘होइन, मरेको छोरा तेरो हो, तर जिउँदोचाहिँ मेरो छोरा हो।’ ”
1KI 3:24 तब राजाले भने, “मलाई एउटा तरवार ल्याइदेओ।” यसकारण तिनीहरूले राजाका निम्ति एउटा तरवार ल्याइदिए।
1KI 3:25 तिनले हुकुम गरे: “त्यस जिउँदो बालकलाई काटेर दुई टुक्रा पार, र आधा एउटीलाई र आधा अर्कीलाई देओ।”
1KI 3:26 जसको छोरा जिउँदो थियो, त्यो आफ्नो छोराको निम्ति मायाले भरिएर राजालाई भनी, “हे मेरा मालिक, दया गरी त्यस जिउँदो बालक त्यसलाई नै दिनुहोस्! त्यसलाई नमार्नुहोस्!” तर अर्कीचाहिँले यसो भनी, “यो बालक न त मेरो, न त तेरो नै होस्। त्यसलाई दुई टुक्रा पारिदिनुहोस्।”
1KI 3:27 तब राजाले आफ्नो निर्णय सुनाए, “यो बालक पहिलो स्त्रीलाई देओ। यसलाई नमार! यस बालककी आमा त्यही हो।”
1KI 3:28 जब सारा इस्राएलले राजाले गरेको यस्तो फैसला सुने, तब तिनीहरूको हृदयमा राजाप्रति श्रद्धाको भावना जाग्यो। किनकि तिनमा न्याय गर्नका लागि परमेश्‍वरको बुद्धि रहेछ भनी तिनीहरूले देखे।
1KI 4:1 यसरी सोलोमन राजाले इस्राएलभरि शासन गरे।
1KI 4:2 तिनका प्रमुख अधिकारीहरू यिनै थिए: सादोकका छोरा अजर्याह, जो पुजारी थिए;
1KI 4:3 शीशाका छोराहरू एलीहोरेफ र अहीयाह, जो सचिवहरू थिए; अहीलूदका छोरा यहोशापात, जो लेखापाल थिए।
1KI 4:4 यहोयादाका छोरा बनायाह, जो मुख्य सेनापति थिए; सादोक र अबीयाथार, जो पुजारी थिए।
1KI 4:5 नातानका छोरा अजर्याह, जो राज्यपालहरूका अधिकारी थिए; नातानका छोरा याबूद, जो पुजारी र राजाका निजी सल्‍लाहकार थिए।
1KI 4:6 अहीशार, जो दरबारका प्रशासक थिए; अब्दाका छोरा अदोनीराम, जो ज्यालाविना काम गर्नेहरूलाई खटाउनेका प्रमुख थिए।
1KI 4:7 इस्राएलभरि सोलोमनका बाह्र जना जिल्‍ला राज्यपालहरू थिए, जसले राजा र राजकीय घरानाका निम्ति सामान जुटाउँथे। प्रत्येकले वर्षमा एक-एक महिनाको खानेकुरा जुटाउनुपर्थ्यो।
1KI 4:8 तिनीहरूका नाम यिनै हुन्: एफ्राइमको पहाडी मुलुकमा बेन-हूर,
1KI 4:9 माकाज, शाल्बीम, बेथ-शेमेश र एलोन-बेथहानानमा, बेन-देकेर।
1KI 4:10 अरूब्बोतमा, बन-हेसेद (तिनको जिम्मामा सोकोह र हेपेरका सबै ठाउँ पर्दथे);
1KI 4:11 नापोत-डोरमा, बेन-अबीनादाब (तिनको विवाह सोलोमनकी छोरी तापतसित भएको थियो);
1KI 4:12 तानाक, मगिद्दो र यिजरेलको मन्दिरको सार्तानको छेउमा भएको बेथ-शान, अर्थात् बेथ-शानदेखि अबेल-महोला र योक्मामसम्म सम्पूर्ण इलाकाको निम्ति अहीलूदका छोरा बाना;
1KI 4:13 रामोत-गिलादमा, बेन-गेबेर (गिलादमा मनश्शेको छोरा याईरका सबै इलाका साथसाथै बाशानको अर्गोब जिल्‍ला र त्यसका पर्खाल भएका अनि काँसोका मूलढोका भएका साठी वटा सहरहरू तिनको अधीनमा थिए);
1KI 4:14 महनाइममा इद्दोका छोरा अहीनादाब;
1KI 4:15 नप्‍तालीमा, अहीमास (तिनले सोलोमनकी छोरी बासमतलाई विवाह गरेका थिए);
1KI 4:16 आशेर र बालोतमा, हूशैका छोरा बाना;
1KI 4:17 इस्साखारमा, परूवाका छोरा यहोशापात;
1KI 4:18 बेन्यामीनमा, एलाका छोरा शिमी;
1KI 4:19 गिलादमा, ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोनको देश अनि बाशानका राजा ओगको देश)। जिल्‍लामा तिनी एउटै मात्र राज्यपाल थिए।
1KI 4:20 यहूदा र इस्राएलका मानिसहरू समुद्रका किनारका बालुवासरह असंख्य थिए। तिनीहरू खान्थे, पिउँथे र तिनीहरू खुशी थिए।
1KI 4:21 सोलोमनले यूफ्रेटिस नदीदेखि पलिश्तीहरूको देशका साथसाथै इजिप्टको सिमानासम्म सबै राज्यमा शासन गर्थे। यी देशहरूले राजकर ल्याउँथे। तिनीहरू सोलोमनको जीवनकालभरि तिनका अधीनमा रहे।
1KI 4:22 सोलोमनका दैनिक चाहिने सामान तीस कोर्स मसिनो पिठो र साठी कोर्स अन्‍न,
1KI 4:23 दश वटा पालेका गोरुहरू, बीस वटा चरनमा पालिएका गोरुहरू, र एक सय वटा भेडाबाख्राका साथमा मृग, चित्तल, जरायो र पालेका पक्षीहरू थिए।
1KI 4:24 किनकि तिनले नदीको पश्‍चिमपट्टिका सबै राज्यहरू, अर्थात् तिप्सादेखि गाजासम्म राज्य गर्थे। तिनको चारैतिर शान्ति थियो।
1KI 4:25 सोलोमनको जीवनकालभरि दानदेखि बेर्शेबासम्म यहूदा र इस्राएलमा प्रत्येक मानिस आफ्नै दाख र नेभाराको रूखमुनि सुरक्षित थिए।
1KI 4:26 सोलोमनका रथ घोडाहरू र तिनका बाह्र हजार घोडाहरूका निम्ति चार हजार तबेलाहरू थिए।
1KI 4:27 प्रत्येक महिना जिल्‍ला राज्यपालहरूले आफ्नो पालोमा सोलोमन राजा र तिनका मेचमा खानेहरूका निम्ति आवश्यक सामान जुटाउँथे। तिनीहरूले कुनै कुराको अभाव हुन दिँदैन थिए।
1KI 4:28 तिनीहरूले रथका घोडाहरू र अरू घोडाहरूका निम्ति आवश्यकता अनुसारको जौ र पराल ल्याउँथे।
1KI 4:29 परमेश्‍वरले सोलोमनलाई बुद्धि र अति महान् अन्तर्दृष्‍टि अनि समुद्रको किनारमा भएको बालुवासरह नाप्‍न नसकिने समझशक्ति दिनुभयो।
1KI 4:30 सोलोमनको बुद्धि पूर्वका सारा मानिसहरू र इजिप्टका सम्पूर्ण जनहरूको बुद्धिभन्दा महान् थियो।
1KI 4:31 तिनी एज्री एतान र माहोलका छोराहरू हेमान, कलकोल, दर्दा र सबै मानिसहरूभन्दा बढी बुद्धिमान् थिए। तिनको ख्याति चारैतिरका राष्ट्रहरूमा फिँजियो।
1KI 4:32 तिनले तीन हजार हितोपदेशहरू बोले, र तिनले एक हजार पाँच वटा गीतहरू लेखे।
1KI 4:33 तिनले लेबनानका देवदारुदेखि लिएर पर्खालबाहिर उम्रने हिसपसम्मका सबै वृक्षहरूको बारेमा वर्णन गरे। तिनले पशुहरू, चराहरू, घस्रने जन्तु र माछाहरूको विषयमा पनि बताए।
1KI 4:34 सोलोमनको बुद्धिका कुरा सुन्‍न भनेर हरेक देशका राजाहरूले आफ्ना राजदूतहरूलाई पठाउँथे।
1KI 5:1 जब सोलोमनलाई आफ्ना पिता दावीदको उत्तराधिकारीको रूपमा राजा अभिषेक गरिएको कुरा टायरका राजा हीरामले सुने, तब तिनले सोलोमनकहाँ आफ्ना दूतहरू पठाए। किनकि तिनी सधैँ दावीदसँग मित्रतामा थिए।
1KI 5:2 सोलोमनले हीरामलाई यो सन्देश पठाए:
1KI 5:3 “मेरा पिता दावीदको विरुद्धमा चारैतिरबाट युद्ध भएको कारण, याहवेह आफ्ना परमेश्‍वरको नामका निम्ति उहाँले एउटा मन्दिर बनाउन सक्नुभएन भन्‍ने कुरा त तपाईंलाई थाहै छ। किनकि याहवेहले उहाँका शत्रुहरूलाई आफ्नो अधीनमा नपारेसम्म उहाँले त्यो बनाउन सक्नुभएन।
1KI 5:4 तर अब याहवेह मेरा परमेश्‍वरले मलाई चारैतिरबाट विश्राम दिनुभएको छ। अनि कतै पनि विरोधी अथवा विपत्ति छैन।
1KI 5:5 यसकारण याहवेह मेरा परमेश्‍वरले मेरा पिता दावीदलाई ‘मैले तेरो ठाउँमा, तेरो सिंहासनमा राखेको तेरो छोराले मेरो नामको निम्ति मन्दिर बनाउनेछ’ भन्‍नुभएअनुसार मैले उहाँको निम्ति एउटा मन्दिर बनाउने विचार गरेको छु।
1KI 5:6 “यसकारण मेरा लागि लेबनानका देवदारुको काठ काट्नको निम्ति हुकुम गर्नुहोस्। मेरा मानिसहरूले तपाईंसित काम गर्नेछन्। अनि म तपाईंका मानिसहरूलाई तपाईंले तोक्नुभएको ज्याला दिनेछु। सीदोनीहरूजस्ता रूख ढाल्ने सिपालु मानिस हामीसित छैनन् भनी तपाईंलाई थाहै छ।”
1KI 5:7 जब हीरामले सोलोमनको सन्देश सुने, तब तिनी अति प्रसन्‍न भएर भने, “आज याहवेहको प्रशंसा होस्; किनकि उहाँले यो महान् जातिमाथि शासन गर्न दावीदलाई एउटा बुद्धिमान् छोरा दिनुभएको छ।”
1KI 5:8 यसकारण हीरामले सोलोमनकहाँ यो खबर पठाए: “तपाईंले पठाउनुभएको समाचार मैले पाएँ। अनि देवदारु र सल्‍लाका काठ दिने विषयमा म तपाईंले भन्‍नुभएझैँ सबै कुरा गर्नेछु।
1KI 5:9 मेरा मानिसहरूले ती लेबनानबाट समुद्रमा खसाइदिनेछन्। अनि तिनीहरूलाई बाँधेर समुद्रमा तपाईंले भन्‍नुभएको ठाउँसम्म म बगाइदिनेछु। त्यहाँ म तिनीहरूलाई अलग गरिदिनेछु; र तपाईंले ती लान सक्नुहुन्छ। तपाईंले चाहिँ मेरो राजकीय घरानाको निम्ति भोजनको जिम्मा लिइदिनुहोस्।”
1KI 5:10 यस किसिमले हीरामले सोलोमनलाई तिनलाई चाहिएका सबै देवदारु र सल्‍लाका काठहरू दिइरहे।
1KI 5:11 सोलोमनले हीरामलाई तिनको घरानाको भोजनका निम्ति बीस हजार कोर्स गहुँको साथमा बीस हजार बाथ जैतुनको पेलिएको तेल दिए। सोलोमनले हीरामका निम्ति वर्षेनी यसो गरिरहे।
1KI 5:12 याहवेहले सोलोमनलाई आफूले प्रतिज्ञा गर्नुभएझैँ बुद्धि दिनुभयो। हीराम र सोलोमनको बीचमा शान्तिपूर्ण सम्बन्ध थियो, अनि दुवैले आपसमा सन्धि गरे।
1KI 5:13 राजा सोलोमनले सारा इस्राएलबाट तीस हजार मानिसहरूलाई मजदुरी गर्न लगाए।
1KI 5:14 राजाले हरेक महिना तिनीहरूलाई दश-दश हजार गरेर पालैपालो एक महिनाको लागि लेबनानमा पठाउँथे। यसरी तिनीहरू एक महिना लेबनानमा काम गर्थे; र दुई महिना आफ्नै घरमा बस्दथे। अनि अदोनीराम बेतलबी श्रमिकहरूको जिम्मावाल थिए।
1KI 5:15 सोलोमनका भारी बोक्ने भरियाहरू पहाडमा सत्तरी हजार र ढुङ्गा काट्नेहरू असी हजार थिए।
1KI 5:16 साथसाथै सोलोमनले तेत्तीस सय मानिसहरूलाई मजदुरहरूका कामको रेखदेख गर्नलाई खटाए।
1KI 5:17 राजाको आज्ञाअनुसार तिनीहरूले मन्दिरको जगको निम्ति कुँदिएका असल र ठूला ढुङ्गाहरू खानीबाट निकाले।
1KI 5:18 सोलोमन र हीरामका कारिगरहरू र गेबालका मानिसहरूले मन्दिर निर्माणका निम्ति काठ र ढुङ्गाहरू तयार पारे।
1KI 6:1 सोलोमनले इस्राएलमाथि शासन गरेको चौथो वर्षको दोस्रो महिना, अर्थात् जीव नामक दोस्रो महिनामा तिनले याहवेहको मन्दिर निर्माण गर्न सुरु गरे। यो कार्य इस्राएलीहरू इजिप्टबाट निस्किआएको चार सय असी वर्षमा भएको थियो।
1KI 6:2 याहवेहको निम्ति राजा सोलोमनले बनाएको मन्दिर साठी क्यूबिट लामो, बीस क्यूबिट चौडा र तीस क्यूबिट अग्लो थियो।
1KI 6:3 मन्दिरको सामुको मुख्य कोठाको दलान मन्दिरको चौडाइ बराबरको, लगभग बीस क्यूबिट थियो अनि मन्दिरको अगाडिबाट दश क्यूबिट बाहिर निस्केको थियो।
1KI 6:4 तिनले मन्दिरका भित्ताहरूमा आँखीझ्यालहरू बनाए।
1KI 6:5 तिनले भवनको मुख्य कोठा र भित्री पवित्रस्थानको भित्तामा जोडिने गरी भवनको वरिपरि एउटा संरचना बनाए। जसका छेउ-छेउमा कोठाहरू थिए।
1KI 6:6 यो भवन तीन तले थियो। सबैभन्दा तल्‍लो तला पाँच क्यूबिट चौडा, बीचको तला छ क्यूबिट चौडा, र तेस्रो तला सात क्यूबिट चौडा थियो। मन्दिरका भित्ताहरूमा केही पनि छेड्न नपरोस् भनेर तिनले मन्दिरको बाहिर चारैतिर पालीहरू बनाए।
1KI 6:7 मन्दिर बनाउँदा खानीमा कुँदिएका ठूला ढुङ्गाहरू प्रयोग गरिए। मन्दिर बनिँदै गर्दा त्यस ठाउँमा कुनै घन, छिनो अथवा कुनै फलामको औजारको आवाज सुनिएन।
1KI 6:8 भुइँतलाको प्रवेशद्वार मन्दिरको दक्षिणतिर थियो। त्यसबाट बीचको तलामा र त्यहाँबाट तेस्रो तलामा जानलाई घुमेको भर्‍याङ बनाइएको थियो।
1KI 6:9 यसरी तिनले मन्दिर बनाएर सिद्ध्याए। अनि त्यसमा देवदारुका दलिन र फल्याकहरूबाट छानो बनाए।
1KI 6:10 तिनले मन्दिरको वरिपरि कोठाहरू बनाए। प्रत्येकको उचाइ पाँच क्यूबिट थियो, र तिनीहरू देवदारुका काठले मन्दिरसित जोडिएका थिए।
1KI 6:11 त्यसपछि याहवेहको वचन सोलोमनकहाँ आयो:
1KI 6:12 “तैँले बनाइरहेको यस भवनको विषयमा चाहिँ यसो हुनेछ, यदि तैँले मेरा आदेशहरूअनुसार मेरा आज्ञाहरू र नियमहरू पालन गरिस् अनि आज्ञाकारी भइस् भने म तेरा पिता दावीदलाई गरेको प्रतिज्ञा तँद्वारा पूरा गर्नेछु।
1KI 6:13 अनि म इस्राएलीहरूका बीचमा बास गर्नेछु र आफ्नो जाति इस्राएललाई त्याग्नेछैनँ।”
1KI 6:14 अब यसरी सोलोमनले मन्दिर बनाएर सिद्ध्याए।
1KI 6:15 तिनले त्यसका भित्री भित्ताहरूमा भुइँदेखि छानासम्मै देवदारुका काठहरू लगाए। मन्दिरको भुइँचाहिँ सल्‍लाका फल्याकहरूले ढाकिदिए।
1KI 6:16 तिनले भवनको पछिल्‍लो भागपट्टि बीस क्यूबिट छुट्याएर भुइँदेखि छानासम्मै देवदारुका फल्याकहरूले बारे। अनि त्यस भवनको भित्रपट्टि भित्री पवित्रस्थान, लगभग महा-पवित्रस्थान बनाए।
1KI 6:17 त्यस कोठाको सामुको मुख्य कोठा चालीस क्यूबिट लामो थियो।
1KI 6:18 मन्दिरको भित्री भागचाहिँ देवदारुको काठमा बेलबुट्टा र फक्रेका फूलका आकारहरू कुँदेर बनाइएका थिए। सबै कुरामा देवदारु नै थिए; कुनैमा पनि ढुङ्गा देखिँदैनथ्यो।
1KI 6:19 तिनले याहवेहको करारको सन्दुक राख्नको निम्ति मन्दिर भित्रपट्टि पवित्रस्थान तयार पारे।
1KI 6:20 त्यो भित्री पवित्रस्थान बीस क्यूबिट लम्बाइ, बीस क्यूबिट चौडाइ, र बीस क्यूबिट उचाइ भएको थियो। तिनले भित्री भागलाई सुनले मोहोरे, र देवदारुको वेदीलाई पनि सुनले मोहोरे।
1KI 6:21 सोलोमनले मन्दिरको भित्री भागलाई निखुर सुनले ढाकिदिए। अनि सुनले मोहोरेको भित्री पवित्रस्थानको अगाडि सुनका सिक्रीहरू टाँगे।
1KI 6:22 यसरी तिनले सम्पूर्ण भित्री भागलाई सुनले मोहोरे। तिनले भित्री पवित्रस्थानको वेदीलाई पनि सुनले मोहोरे।
1KI 6:23 तिनले भित्री पवित्रस्थानमा जैतुनको काठका दश क्यूबिट अग्ला दुई वटा करूबहरू बनाए।
1KI 6:24 पहिलो करूबको पहिलो पखेटा पाँच क्यूबिट लामो र अर्को पखेटा पनि पाँचै क्यूबिट लामो थियो, अर्थात् एउटा पखेटाको टुप्पादेखि अर्को पखेटाको टुप्पासम्म दश क्यूबिट थियो।
1KI 6:25 दोस्रो करूबको नाप पनि दश क्यूबिट नै थियो। किनकि दुवै करूबहरूको नाप र आकार उस्तै थियो।
1KI 6:26 प्रत्येक करूबको उचाइ दश क्यूबिट थियो।
1KI 6:27 तिनले करूबहरूलाई मन्दिरको सबैभन्दा भित्री कोठामा तिनीहरूका पखेटा फैलिएको अवस्थामा राखिदिए। एउटा करूबको पखेटाले एउटा भित्तालाई छोएको थियो भने अर्कोको पखेटाले अर्को भित्तालाई छोएको थियो। अनि तिनीहरूका पखेटाहरूले कोठाको बीचमा एक-अर्कालाई छोएका थिए।
1KI 6:28 तिनले करूबहरूलाई सुनले मोहोरे।
1KI 6:29 मन्दिरका भित्री र बाहिरी कोठाहरूका चारैतिरका भित्ताहरूमा तिनले करूबहरू, खजूरका रूखहरू र फक्रेका फूलहरूका बुट्टाहरू खोपे।
1KI 6:30 तिनले मन्दिरका भित्री र बाहिरी कोठाहरूका भुइँलाई सुनले ढाकिदिए।
1KI 6:31 भित्री पवित्रस्थानका प्रवेशद्वारका निम्ति तिनले पाँचकुने खापा भएका जैतुनको काठका दुई ढोकाहरू बनाए।
1KI 6:32 अनि जैतुनको काठका दुई ढोकाहरूमा करूबहरू र खजूरका रूखहरू अनि फक्रेका फूलहरूका बुट्टाहरू खोपे। अनि करूबहरू र खजूरका रूखहरूलाई सुन पिटेर मोहोरे।
1KI 6:33 त्यही प्रकारले तिनले मुख्य कोठाको प्रवेशद्वारका निम्ति जैतुनको काठका चारकुने चौखट बनाए।
1KI 6:34 तिनले सल्‍लाको काठबाट दुई वटा ढोकाहरू बनाए; प्रत्येक ढोकामा दुई-दुई वटा खापा थिए। अनि ढोका खोल्दा ती खापाहरू एक-अर्कामा खप्टिन्थे।
1KI 6:35 तिनले तिनीहरूमाथि करूबहरू, खजूरका रूखहरू र फक्रेका फूलहरूका बुट्टाहरू खोपे। अनि ती बुट्टाहरूमाथि एकैनासले सुन पिटेर मोहोरे।
1KI 6:36 तिनले काटेका ढुङ्गाका तीन लहर र छाँटेका देवदारुका काठका एक लहरबाट भित्री चोक बनाए।
1KI 6:37 याहवेहको भवनको जग चौथो वर्षको जीव महिनामा बसालियो।
1KI 6:38 एघारौँ वर्षको आठौँ महिना, अर्थात् बूल महिनामा त्यसको हरेक भाग त्यसकै नमुनाअनुसार मन्दिर बनाइसिद्ध्याइयो। यसरी त्यस भवनलाई बनाउन तिनलाई सात वर्ष लाग्यो।
1KI 7:1 सोलोमनले आफ्नो निम्ति महल निर्माण गरे। यो निर्माण गर्न तेह्र वर्ष लाग्यो।
1KI 7:2 तिनले जङ्गलको लेबनानको काठले एक सय क्यूबिट लामो, पचास क्यूबिट चौडा र तीस क्यूबिट अग्लो राजमहल बनाए; जसमा देवदारुका दलिनलाई थाम्ने देवदारुकै चार लहर खम्बाहरू थिए।
1KI 7:3 खम्बाहरूमा अडिएका दलिनहरूमाथि देवदारुको छाना लगाइयो, र एक लहरमा पन्ध्र वटा गरी जम्मा पैँतालीस वटा दलिनहरू थिए।
1KI 7:4 त्यसका झ्यालहरू एक-अर्कापट्टि फर्किएका तीन पङ्‌क्तिमा अग्लो गरी बनाइएका थिए।
1KI 7:5 सबै ढोकाहरूका चौकसहरू चारकुने थिए। तिनीहरू तीन लहरमा अगाडिपट्टि एक-अर्कातिर फर्किएका थिए।
1KI 7:6 तिनले पचास क्यूबिट लामो र तीस क्यूबिट चौडा भएको खम्बाहरूको एउटा दलान बनाए। त्यसको अगिल्तिर एउटा दलान थियो। त्यसको अर्कोतर्फ खम्बाहरू र तिनीहरूलाई ढाक्ने एउटा छाना थियो।
1KI 7:7 त्यसपछि तिनले सिंहासनका निम्ति एउटा ठूलो कोठा, अर्थात् न्याय गर्ने कोठा बनाए; जहाँ तिनले न्याय गर्थे। तिनले त्यसलाई भुइँदेखि छानासम्म देवदारुका फल्याकहरूले छोपिदिए।
1KI 7:8 अनि त्यस भवनको पछिल्तिर तिनले आफू बस्‍नको लागि महल बनाए, जुन राजमहल त्यही ढाँचाको थियो। सोलोमनले आफूले विवाह गरेकी फारोकी छोरीका निम्ति पनि त्यस्तै ठूलो राजमहल बनाइदिए।
1KI 7:9 बाहिरदेखि ठूलो चोकसम्म र जगदेखि छतसम्म यी सबै बनोटहरू भित्र र बाहिरपट्टि आराले काटिएका, ठिक नापमा काटिएका बहुमूल्य पत्थरले बनिएका थिए।
1KI 7:10 ती भवनका जगहरू कुनै दश क्यूबिट अनि कुनै आठ क्यूबिट नापका ठूला र उच्‍च गुणस्तरका ढुङ्गाहरूद्वारा बनाइएका थिए।
1KI 7:11 त्यसमाथि ठिक नापमा काटिएका उच्‍च स्तरका ढुङ्गाहरू र देवदारुका दलिनहरू थिए।
1KI 7:12 ठूलो चोकलाई काटिएका तीन लहर ढुङ्गाहरू र एक लहर देवदारुका खम्बाका पर्खालले घेरिएको थियो। याहवेहको भवनको भित्री चोक र त्यसको दलान पनि त्यस्तै थिए।
1KI 7:13 राजा सोलोमनले टायरबाट हूरामलाई बोलाउन पठाए।
1KI 7:14 तिनकी आमा नप्‍ताली कुलकी एउटी विधवा थिइन्। अनि बुबाचाहिँ टायरमा बस्‍ने काँसोका सिपालु कारिगर थिए। हूराम काँसको सबै कार्यमा अति सिपालु र अनुभवी थिए। तिनले राजा सोलोमनकहाँ आएर तिनलाई सुम्पिएका सबै कामहरू गरे।
1KI 7:15 तिनले अठार क्यूबिट अग्ला र बाह्र क्यूबिट गोलाइ भएका दुई वटा काँसका खम्बाहरू बनाए।
1KI 7:16 तिनले ती खम्बाहरूका टुप्पामा राख्न काँसोले ढालेका दुई वटा स्तम्भ-शिरहरू बनाए। प्रत्येक स्तम्भ-शिर पाँच क्यूबिट अग्लो थियो।
1KI 7:17 प्रत्येक स्तम्भ-शिरमा सात वटा र खम्बाहरूका टुप्पामा सात वटा साङ्लाका जाली सजाइएको थियो।
1KI 7:18 तिनले खम्बाहरूका टुप्पामा भएका स्तम्भ-शिरहरूलाई सजाउने प्रत्येक जालीको चारैपट्टि दुई लहरमा दारिमहरू बनाए।
1KI 7:19 दलानभित्र खम्बाहरूका टुप्पामा भएका स्तम्भ-शिरहरू लिली फूलका आकारमा थिए, जसको उचाइ चार क्यूबिट थियो।
1KI 7:20 जालीको छेउको कचौरा आकारको भागको मास्तिर भएका दुवै खम्बाहरूका शिरमा चारैपट्टिका लहरमा दुई सय दारिमहरू थिए।
1KI 7:21 तिनले यी खम्बाहरू मन्दिरको दलानको अगाडि खडा गरे। दक्षिणपट्टिका खम्बाहरूलाई तिनले याकीन भनी नाम राखे; अनि उत्तरपट्टिकालाई बोअज नाम राखे।
1KI 7:22 टुप्पामा भएका स्तम्भ-शिरहरू लिली फूलको आकारका थिए। यसरी खम्बाहरूको काम सिद्धाइयो।
1KI 7:23 तिनले ढालेको धातुको एउटा गोलाकार खड्कुँलो एक छेउदेखि अर्को छेउ दश क्यूबिट र पाँच क्यूबिट अग्लो बनाए। त्यसको चारैतिरको नाप तीस क्यूबिट थियो।
1KI 7:24 किनारको मुन्तिर प्रत्येक क्यूबिटमा दश वटा गरी लौका आकारहरूका घेरा थिए। ती आकारहरू खड्कुँलोसितै जोडिएर दुई लहरमा बनिएका थिए।
1KI 7:25 त्यो खड्कुँलो तीन वटा उत्तरतिर, तीन वटा पश्‍चिमतिर, तीन वटा दक्षिणतिर अनि तीन वटा पूर्वपट्टि फर्किएका बाह्र वटा साँढेहरूमाथि अड्याइएको थियो। खड्कुँलोचाहिँ तिनीहरूको टुप्पामाथि अडिएको थियो। तिनीहरूको पछिल्‍लो भागचाहिँ भित्रपट्टि फर्किएको थियो।
1KI 7:26 त्यसको मोटाइ एक बित्ता थियो, र त्यसको किनार लिली फूलको बिटजस्तै र कचौराको किनारजस्तो थियो। त्यसमा दुई हजार बाथ अटाउँथ्यो।
1KI 7:27 हूरामले काँसाका दश वटा ठेला गाडाहरू बनाए। जसमा प्रत्येक गाडाको लम्बाइ चार क्यूबिट, चौडाइ चार क्यूबिट र उचाइ तीन क्यूबिट थियो।
1KI 7:28 ती यसरी बनाइएका थिए: ती ठेलागाडाका चारैतिर पाताहरू थिए। ती पाताहरू ठाडो डण्डीको बीच-बीचमा जोडिएका थिए।
1KI 7:29 ती ठाडो डण्डीहरूका बीच-बीचका पाताहरूमा सिंह, साँढे र करूबहरूका आकृतिहरू थिए। अनि ती ठाडो डण्डीहरूमा पनि त्यस्तै आकृतिहरू थिए। सिंह र साँढेहरूका आकृतिहरूको तल्तिर र मास्तिर पिटेर बनाइएका मालाका हारहरू थिए।
1KI 7:30 प्रत्येक ठेलागाडामा काँसका चार वटा चक्‍का र काँसोका चार वटा धुराहरू थिए। अनि ठेलागाडाको चारै कुनामा भएका ती चार वटा टेकोहरूमाथि त्यो भाँडो अड्याइएको थियो, जुनचाहिँ प्रत्येक पाटाका हारहरूसहित थिए।
1KI 7:31 गाडाका भित्रपट्टि एक क्यूबिट गहिरो गोलाकार फ्रेमसहितको एउटा बाटा थियो। अनि त्यसको पीँधसित नाप्दा त्यो डेढ क्यूबिट थियो। त्यसको खुला भागको वरिपरि बुट्टाहरू थिए। गाडाका फल्याकहरू गोलो नभएर वर्गाकार थिए।
1KI 7:32 ती चार चक्‍काहरू फल्याकमुनि थिए। अनि चक्‍काका धुराहरू गाडासित जोडिएका थिए। प्रत्येक चक्‍काको उचाइ डेढ क्यूबिट थियो।
1KI 7:33 ती चक्‍काहरू रथका चक्‍काझैँ बनाइएका थिए। अनि धुरा, घेरा, सुइरा र नाभिहरू धातु ढालेर बनाइएका थिए।
1KI 7:34 प्रत्येक गाडाका चार कुनामा चारै वटा बिँडहरू थिए; अनि ती बिँडहरूलाई गाडासँगै एउटै धातुको टुक्रा ढालेर बनाइएको थियो।
1KI 7:35 प्रत्येक गाडाको टुप्पामा एउटा आधा क्यूबिट गहिरो घेरा बनाइएको थियो। ती टेकोहरू र फल्याकलाई गाडाका टुप्पामा त्यस घेरासँग जोडिएको थियो।
1KI 7:36 तिनले टेकोहरूमा र फल्याकहरूमा करूबहरू, सिंहहरू र खजूरका रूखहरू खोपे र चारैतिर हारहरू बनाइदिए।
1KI 7:37 यस किसिमले तिनले दश वटा गाडाहरू बनाए। ती सबैलाई एउटै साँचोमा, एउटै नाप र एउटै आकारमा ढालेर बनाइएका थिए।
1KI 7:38 त्यसपछि हूरामले चालीस बाथ पानी अटाउने काँसाका दश वटा बाटाहरू बनाए। जुन नापमा चार क्यूबिट फराकिलो थियो। ती दशै वटा गाडाहरू हरेकमा एक-एक वटा बाटा थिए।
1KI 7:39 तिनले पाँच वटा गाडाहरू मन्दिरको दक्षिणपट्टि अनि पाँच वटा चाहिँ उत्तरपट्टि राखे। तिनले खड्कुँलोलाई मन्दिरको दक्षिण-पूर्वपट्टिको कुनामा दक्षिणपट्टि राखे।
1KI 7:40 तिनले भाँडाहरू, बेल्चाहरू र छर्कने कचौराहरू पनि बनाए। यसरी हूरामले याहवेहको मन्दिरमा राजा सोलोमनका निम्ति आफूले जिम्मा लिएका सबै कामहरू गरेर सिद्ध्याए:
1KI 7:41 दुई स्तम्भहरू; र ती स्तम्भहरूका टुप्पामा बाटाजस्तै आकारका दुई वटा स्तम्भ-शिरहरू; स्तम्भहरूका टुप्पामाथि कचौरा आकारका दुई वटा स्तम्भ-शिरहरूलाई सिँगार्ने दुई वटा जालीहरू;
1KI 7:42 दुई जालीहरूका निम्ति चार सय दारिमहरू (खम्बाहरूका टुप्पामाथि भएका बाटा आकारका स्तम्भ-शिरलाई सिँगार्ने प्रत्येक जालीका निम्ति दुई लहर दारिमहरू);
1KI 7:43 दश वटा गाडाहरूसहित तिनीहरूका बाटाहरू;
1KI 7:44 खड्कुँलो र त्यस मुनिका बाह्र वटा साँढेहरू;
1KI 7:45 भाँडाहरू, बेल्चाहरू र छर्कने भाँडाहरू। हूरामले राजा सोलोमनको लागि याहवेहको भवनका निम्ति बनाइदिएका यी सबै सामानहरू टल्काइएका काँसाका थिए।
1KI 7:46 राजाले तिनीहरूलाई सुक्‍कोत र सार्तानको बीचको यर्दन मैदानमा माटोको साँचोमा ढाल्न लाए।
1KI 7:47 सोलोमनले सबै कुराहरूको तौल राखेनन्; किनकि ती अति धेरै थिए। काँसाको तौल नाप्‍न असम्भव थियो।
1KI 7:48 सोलोमनले याहवेहको मन्दिरमा भएका सबै श्रृङ्गारका सामानहरू पनि बनाए: सुनको वेदी; उपस्थितिको रोटी राख्ने सुनको टेबुल;
1KI 7:49 निखुर सुनका सामदानहरू (भित्री पवित्रस्थानको सामु पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि); सुनका फूलहरू र बत्तीहरू र चिम्टाहरू;
1KI 7:50 निखुर सुनका बाटाहरू, सलेदोका चिम्टाहरू; छर्कने भाँडाकुँडाहरू र धूपदानीहरू; अनि सबैभन्दा भित्री कोठा अर्थात् महा-पवित्रस्थानका ढोकाहरूका निम्ति र मन्दिरका मुख्य कोठाका ढोकाहरूका निम्ति सुनका कब्जाहरू।
1KI 7:51 जब राजा सोलोमनले याहवेहको मन्दिरको निम्ति गर्नुपर्ने सम्पूर्ण कामहरू गरिसिद्ध्याए, तब तिनले आफ्ना पिता दावीदले अर्पण गरेका चीजहरू, अर्थात् चाँदी र सुन अनि सबै सजावटका सामानहरू भित्र ल्याए। अनि तिनले ती याहवेहको मन्दिरका भण्डारहरूमा राखे।
1KI 8:1 तब राजा सोलोमनले इस्राएलका प्रधानहरू, कुलहरूका सबै अगुवाहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई सियोन, अर्थात् दावीदको सहरबाट याहवेहको करारको सन्दुक ल्याउनलाई आफ्नो उपस्थितिमा यरूशलेममा भेला हुन बोलाए।
1KI 8:2 इस्राएलका सबै मानिसहरू सातौँ महिना एतानीमको चाडको समयमा एकसाथ राजा सोलोमनकहाँ भेला भए।
1KI 8:3 इस्राएलका सबै प्रधानहरू आइपुगेपछि पुजारीहरूले याहवेहको सन्दुक उठाए।
1KI 8:4 पुजारीहरू र लेवीहरूले याहवेहको सन्दुक, भेट हुने पाल र त्यसमा भएका सबै पवित्र सजावटहरू बोकेर माथि ल्याए,
1KI 8:5 अनि सन्दुकको सामु उपस्थित भएका राजा सोलोमन अनि तिनका चारैतिर भेला भएका इस्राएलका सम्पूर्ण समुदायले यति धेरै भेडाहरू र पशुहरू बलिदान चढाइरहेका थिए, कि त्यसलाई दर्ता गर्न अथवा गन्‍न पनि सकिँदैनथ्यो।
1KI 8:6 त्यसपछि पुजारीहरूले याहवेहको करारको सन्दुकलाई त्यसकै ठाउँमा मन्दिरको भित्री पवित्रस्थानमा, अर्थात् महा-पवित्रस्थानमा ल्याए। अनि त्यसलाई करूबहरूका पखेटामुनि राखिदिए।
1KI 8:7 सन्दुक राखिएको ठाउँको माथिपट्टि करूबहरूका पखेटाको छाया सन्दुक र त्यसलाई बोक्ने डण्डाहरूमाथि पर्दथ्यो।
1KI 8:8 ती डण्डाहरू यति लामा थिए, कि सन्दुकबाट निस्किएका तिनीहरूका छेउहरू पवित्रस्थानको अगिबाट देखिन्थे; तर पवित्रस्थानको बाहिरबाट देख्न सकिँदैनथिए। ती आज पनि त्यहीँ छन्।
1KI 8:9 त्यस सन्दुकभित्र ढुङ्गाका दुई पाटीहरूबाहेक अरू केही थिएन, जसमा पाटीहरू मोशाले होरेबमा राखेका थिए, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएपछि याहवेहले तिनीहरूसित करार बाँध्नुभएको थियो।
1KI 8:10 जब पुजारीहरू पवित्रस्थानबाट हटे, तब याहवेहको मन्दिरभित्र बादल भरियो।
1KI 8:11 अनि बादलको कारण पुजारीहरूले आफ्ना सेवा गर्न सकेनन्; किनकि याहवेहको महिमाले उहाँको मन्दिर भरियो।
1KI 8:12 तब सोलोमनले भने, “याहवेहले भन्‍नुभएको छ, कि उहाँ घोर बादलको अँध्यारोमा बास गर्नुहुन्छ;
1KI 8:13 मैले साँच्‍चै तपाईंका निम्ति एउटा भव्य भवन निर्माण गरेको छु—तपाईं सदासर्वदा बास गर्नलाई तपाईंको निम्ति एक वासस्थान।”
1KI 8:14 इस्राएलका सारा समुदाय त्यहाँ उभिरहेका बेला राजा तिनीहरूतिर फर्किए, र तिनीहरूलाई आशीर्वाद दिए।
1KI 8:15 त्यसपछि तिनले भने: “याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा होस्, जसले आफ्नै मुखले मेरा पिता दावीदलाई प्रतिज्ञा गर्नुभएको कुरा आफ्नै हातले पूरा गर्नुभएको छ। किनकि उहाँले भन्‍नुभएको थियो,
1KI 8:16 ‘मैले आफ्ना मानिसहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएको दिनदेखि उसो, मेरो नाम त्यहाँ रहोस् भनेर मेरो नाममा मन्दिर बनाउनलाई मैले इस्राएलको कुनै पनि कुलबाट सहर चुनिनँ, तर मैले मेरो जाति इस्राएलमाथि शासन गर्न दावीदलाई चुनेँ।’
1KI 8:17 “मेरा पिता दावीदको हृदयमा याहवेह इस्राएलका परमेश्‍वरको नामको खातिर एउटा मन्दिर निर्माण गर्ने विचार थियो।
1KI 8:18 तर याहवेहले मेरा पिता दावीदलाई भन्‍नुभयो, ‘मेरो नामको खातिर तेरो हृदयमा एउटा मन्दिर बनाउने विचार राखेर तैँले आफ्नो हृदयमा असल गरिस्।
1KI 8:19 तापनि तैँले त्यो मन्दिर बनाउनेछैनस्, तर तेरो आफ्नै मासु र रगत—तेरो छोराले मेरो नामको खातिर मन्दिर बनाउनेछ।’
1KI 8:20 “याहवेहले आफ्नो प्रतिज्ञा कायम राख्नुभयो: म मेरा पिता दावीदपछि राजा भएँ। अनि अहिले म याहवेहले प्रतिज्ञा गर्नुभएझैँ इस्राएलको सिंहासनमा बसेको छु; र मैले याहवेह इस्राएलका परमेश्‍वरको नामका निम्ति यो मन्दिर बनाएको छु।
1KI 8:21 मैले सन्दुकको निम्ति त्यहाँ एउटा ठाउँ राखेको छु, जसमा याहवेहले हाम्रा पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुँदा तिनीहरूसित बाँध्नुभएको करार छ।”
1KI 8:22 तब सोलोमन सम्पूर्ण इस्राएली समुदायको अगि याहवेहको वेदीको सामु उभिए, र आफ्ना हातहरू स्वर्गतिर फैलाए,
1KI 8:23 अनि तिनले भने: “हे याहवेह, इस्राएलका परमेश्‍वर, माथि स्वर्गमा अनि तल पृथ्वीमा तपाईंजस्तै अरू कुनै ईश्‍वर छैन। तपाईं, जसले तपाईंको मार्गमा सम्पूर्ण हृदयले चल्ने आफ्ना सेवकहरूसँग बाँध्नुभएको करार सदा कायम राख्नुहुन्छ।
1KI 8:24 तपाईंले आफ्नो सेवक मेरा पिता दावीदसित आफ्नो मुखले गर्नुभएको प्रतिज्ञा आफ्ना हातले पूरा गर्नुभएको छ, जो आजको दिनसम्मै छँदैछ।
1KI 8:25 “अब हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवक मेरा पिता दावीदको खातिर उहाँलाई यसो भन्‍नुभएको प्रतिज्ञा पूरा गर्नुहोस् ‘तेरा छोराहरू आफ्ना कामहरू र चालहरूमा तँजस्तै होसियार रहे भने मेरो सामु इस्राएलको सिंहासनमा बस्‍नलाई तँलाई कुनै मानिसको अभाव हुनेछैन’।
1KI 8:26 अब हे इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवक मेरा पिता दावीदसित गर्नुभएको आफ्नो प्रतिज्ञा पूरा होस्।
1KI 8:27 “तर के परमेश्‍वर साँच्‍चै पृथ्वीमा बास गर्नुहुन्छ? स्वर्गहरू र सबैभन्दा उच्‍च स्वर्गहरूमा पनि तपाईं अटाउन सक्नुहुन्‍न भने मैले बनाएको यस मन्दिरमा त झन् कसरी अटाउनुहोला र!
1KI 8:28 तरै पनि हे याहवेह मेरा परमेश्‍वर, आफ्नो सेवकको प्रार्थना र दयाको निम्ति चढाएको अर्जबिन्तीमा ध्यान दिनुहोस्। तपाईंको उपस्थितिमा तपाईंको सेवकले आज गरेको पुकार र प्रार्थना सुन्‍नुहोस्।
1KI 8:29 यस मन्दिरमा तपाईंको दृष्‍टि दिनरात रहिरहोस्। यो ठाउँ, जसको बारेमा तपाईंले ‘मेरो नाम त्यहाँ हुनेछ’ भन्‍नुभएको थियो, ताकि तपाईंको सेवकले यस ठाउँतिर फर्किएर चढाएको प्रार्थना सुन्‍नुभएको होस्।
1KI 8:30 तपाईंको सेवक र तपाईंको जाति इस्राएलले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तिनीहरूको अर्जबिन्ती सुनिदिनुहोस्। तपाईंको वासस्थान स्वर्गबाट सुन्‍नुहोस्; र तपाईंले सुन्‍नुभएपछि क्षमा गर्नुहोस्।
1KI 8:31 “कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा अपराध गर्‍यो, र उसलाई शपथ खान लगाइयो; अनि उसले यस मन्दिरमा तपाईंको वेदीको सामु आएर शपथ खायो भने,
1KI 8:32 तब तपाईंले स्वर्गबाट सुनेर काम गर्नुहोस्। आफ्ना सेवकहरूको बीचमा न्याय गर्नुहोस्, र त्यस दोषीलाई अपराधी ठहर्‍याउँदै त्यसले गरेको काम त्यसकै शिरमाथि खन्याइदिनुहोस्। अनि निर्दोषलाई त्यसको निर्दोषता प्रमाणित गरिदिनुहोस्।
1KI 8:33 “जब तपाईंको जाति इस्राएलले तपाईंको विरुद्धमा पाप गरेको कारणले तिनीहरू आफ्ना शत्रुहरूद्वारा हार्लान्, र तिनीहरू फेरि तपाईंतिर फर्केर यस मन्दिरमा आएर तपाईंलाई प्रार्थना र बिन्ती गर्दै तपाईंको नामलाई प्रशंसा चढाए भने,
1KI 8:34 तब स्वर्गबाट सुन्‍नुहोस् र तपाईंले आफ्नो जाति इस्राएललाई क्षमा दिनुहोस्, र तिनीहरूलाई तपाईंले तिनीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशमा फर्काएर ल्याउनुहोस्।
1KI 8:35 “तपाईंको जातिले पाप गरेको कारण आकाश बन्द भएर पानी परेन र तिनीहरूले यस ठाउँतिर फर्किएर प्रार्थना गर्दै तपाईंको नामलाई प्रशंसा चढाए। अनि तपाईंले तिनीहरूलाई दण्ड दिनुभएको कारण तिनीहरू आफ्ना पापबाट फर्किए भने,
1KI 8:36 तब स्वर्गबाट सुन्‍नुहोस् र आफ्ना सेवकहरू, इस्राएल तपाईंको जातिलाई क्षमा गर्नुहोस्। तिनीहरूलाई ठिकसित जिउने मार्ग सिकाउनुहोस्। अनि तपाईंले आफ्नो जातिलाई उत्तराधिकारस्वरूप दिनुभएको देशमा वर्षा पठाइदिनुहोस्।
1KI 8:37 “जब देशमा अनिकाल वा रूढी आउँछ, सुकाउने अथवा ढुसी पर्ने रोग लाग्छ, सलह अथवा फट्याङ्ग्राहरू आउँछन्, अथवा कुनै शत्रुले तिनीहरूको कुनै सहरमा घेरा हाल्यो भने जस्तोसुकै आपत् वा रोग आयो भने पनि,
1KI 8:38 तपाईंको जाति इस्राएलले आफ्ना हात यस मन्दिरतिर फैलाउँदै आफ्नो हृदयको कष्‍टलाई थाहा पाएर प्रार्थना र विनय चढायो भने
1KI 8:39 तब तपाईंको वासस्थान स्वर्गबाट सुन्‍नुहोस्। तिनीहरूलाई क्षमा दिनुहोस् र काम गर्नुहोस्; तपाईंले तिनीहरूका हृदय जान्‍नुभएकोले (किनकि तपाईंले मात्र मानिसहरूको हृदय जान्‍नुहुन्छ), प्रत्येकसित तिनीहरूको कामअनुसारको व्यवहार गर्नुहोस्।
1KI 8:40 यसरी तपाईंले हाम्रा पितापुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूले तपाईंको भय मानून्।
1KI 8:41 “ती विदेशीहरू, जो तपाईंका प्रजा इस्राएलबाट होइनन्, तर तपाईंको नाम सुनेर टाढा देशबाट आएका छन् भने,
1KI 8:42 किनभने मानिसहरूले तपाईंको महान् नाम, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलिएको पाखुराको विषयमा सुन्‍नेछन्। जब तिनीहरूले यस मन्दिरतिर फर्केर प्रार्थना गर्छन्,
1KI 8:43 तब आफ्नो वासस्थान स्वर्गबाट सुन्‍नुहोस। अनि त्यस परदेशीले जे माग्छ, त्यही गर्नुहोस्; ताकि यस पृथ्वीका सबै मानिसहरूले तपाईंको जाति इस्राएलले झैँ तपाईंको नाम जानून् र तपाईंको भय मानून्। अनि मैले बनाएको यस भवनमा तपाईंको नाम रहेछ भनी जानून्।
1KI 8:44 “जब तपाईंका मानिसहरू आफ्ना शत्रुहरूको विरुद्धमा तपाईंले पठाउनुभएको ठाउँमा जान्छन्, तब तिनीहरूले तपाईंले चुन्‍नुभएको सहर र मैले तपाईंको नामका निम्ति बनाएको यस मन्दिरतिर फर्केर याहवेहलाई प्रार्थना गरे भने,
1KI 8:45 स्वर्गबाट तिनीहरूका प्रार्थना र तिनीहरूका अर्जबिन्ती सुनिदिनुहोस्, र तिनीहरूको पक्ष लिनुहोस्।
1KI 8:46 “जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्, किनकि पाप नगर्ने कोही पनि छैन; र तिनीहरूसित रिसाउनुभएर तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुको हातमा सुम्पिदिनुभएर उनीहरूले तिनीहरूलाई कैद गरेर आफ्नै देश, टाढा वा नजिक लगे भने,
1KI 8:47 तिनीहरू कैद भएको ठाउँमा तिनीहरूको हृदय परिवर्तन भएर तिनीहरूले आफू कैद गरिएकाहरूका देशमा पश्‍चात्ताप गरेर तपाईंसित अर्जबिन्ती गर्दै ‘हामीले पाप गरेका छौँ, हामीले भूल गरेर दुष्‍ट काम गरेका छौँ’ भन्छन् भने,
1KI 8:48 अनि तिनीहरू आफूलाई कैद गरेर लैजाने शत्रुहरूको देशमा आफ्ना हृदय र प्राणले तपाईंतिर फर्कन्छन् र तिनीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशतिर फर्केर र तपाईंले चुन्‍नुभएको सहरतिर फर्केर, र मैले तपाईंको नामको खातिर बनाएको मन्दिरतिर फर्केर तपाईंलाई प्रार्थना गरे भने;
1KI 8:49 तपाईंको वासस्थान स्वर्गबाट तिनीहरूका प्रार्थना र अर्जबिन्ती सुनिदिनुहोस् र तिनीहरूको पक्ष लिइदिनुहोस्।
1KI 8:50 तपाईंको विरुद्धमा पाप गर्ने तपाईंको प्रजालाई क्षमा दिनुहोस्। तिनीहरूले तपाईंका विरुद्धमा गरेका सबै अपराधहरू क्षमा गर्नुहोस्। तिनीहरूलाई जित्नेहरूलाई तिनीहरूमाथि दया देखाउने बनाइदिनुहोस्।
1KI 8:51 किनकि तिनीहरू इजिप्टबाट अर्थात् फलाम गाल्ने भट्टीबाट तपाईंले निकालेर ल्याउनुभएका तपाईंका जाति र तपाईंका उत्तराधिकारी हुन्।
1KI 8:52 “तपाईंका नजर आफ्नो सेवकको अर्जबिन्ती र तपाईंको प्रजा इस्राएलको अर्जबिन्तीको लागि खुला रहून्। तिनीहरूले जहिले तपाईंमा पुकार गर्दा पनि तपाईंले ध्यानसित सुन्‍नुहोस्।
1KI 8:53 किनकि हे प्रभु याहवेह, तपाईंले हाम्रा पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुँदा आफ्नो सेवक मोशासित घोषणा गर्नुभएझैँ, तपाईंले तिनीहरूलाई आफ्ना उत्तराधिकार बनाउनलाई पृथ्वीका सबै जातिहरूबाट अलग गर्नुभएको थियो।”
1KI 8:54 जब सोलोमनले याहवेहलाई यो प्रार्थना र अर्जबिन्ती गरिसके, तब तिनी याहवेहको वेदीको सामुबाट उठे, जहाँ तिनी घुँडा टेकेर स्वर्गतिर हात फैलाएर बसेका थिए।
1KI 8:55 तिनी खडा भए, र इस्राएलका सारा समुदायलाई चर्को सोरले यसो भनेर आशीर्वाद दिए:
1KI 8:56 “याहवेहको प्रशंसा होस्, जसले आफ्नो प्रतिज्ञाअनुसार आफ्ना जाति इस्राएललाई विश्राम दिनुभएको छ। उहाँले आफ्नो सेवक मोशाद्वारा गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि असफल भएका छैनन्।
1KI 8:57 याहवेह हाम्रा परमेश्‍वर हाम्रा पितापुर्खाहरूसित रहनुभएझैँ हामीसित पनि रहून्। उहाँले हामीलाई कहिल्यै नछोडून्, र हामीलाई नत्यागून्।
1KI 8:58 उहाँले हाम्रा पितापुर्खाहरूलाई दिनुभएका आज्ञाहरू, उर्दीहरू र नियमहरू पालन गर्नलाई अनि उहाँकै चालमा हिँड्नलाई उहाँले हाम्रा हृदयहरू आफूतिर फर्काऊन्।
1KI 8:59 मैले याहवेहको सामु प्रार्थनामा बोलेका मेरा यी वचनहरू याहवेह हाम्रा परमेश्‍वरको नजिक दिनरात रहिरहून्। उहाँले प्रत्येक दिनको खाँचोअनुसार आफ्नो सेवकको र आफ्नो जाति इस्राएलको पक्ष लिऊन्।
1KI 8:60 ताकि पृथ्वीका सारा जातिहरूले याहवेह नै परमेश्‍वर हुनुहुन्छ, र अरू कुनै ईश्‍वर छैन भनी जानून्।
1KI 8:61 तिमीहरूका हृदय उहाँका आदेशहरूअनुसार अहिलेझैँ हिँड्न र उहाँका उर्दीहरू पालन गर्नका निम्ति पूर्ण रूपमा समर्पित होऊन्।”
1KI 8:62 तब राजा र तिनीसँग भएका सारा इस्राएलले याहवेहको सामु बलिदानहरू चढाए।
1KI 8:63 सोलोमनले मेलबलिको रूपमा बाइस हजार गाईबस्तु र एक लाख बीस हजार भेडाबाख्राहरू चढाए। यसरी राजा र सारा इस्राएलीहरूले याहवेहको मन्दिरलाई समर्पण गरे।
1KI 8:64 त्यसै दिन राजाले याहवेहको मन्दिरको सामु चोकको बीच भागलाई पवित्र गरे। अनि त्यहाँ तिनले होमबलि, अन्‍नबलि र मेलबलिको बोसो चढाए; किनभने होमबलि, अन्‍नबलि र मेलबलिको बोसो अटाउनलाई याहवेहको सामु भएको काँसाको वेदी साह्रै सानो थियो।
1KI 8:65 यसकारण सोलोमन र त्यस बेला तिनको साथमा भएका सम्पूर्ण इस्राएलले, त्यो विशाल समुदाय, जो लेबो-हमातदेखि लिएर इजिप्टको खोल्सासम्मका मानिसहरूसित चाड मनाए। तिनले याहवेह हाम्रा परमेश्‍वरकै सामु सात दिन र फेरि सात दिन, जम्मा चौध दिन उत्सव मनाए।
1KI 8:66 भोलिपल्ट तिनले मानिसहरूलाई पठाइदिए। तिनीहरूले राजालाई आशीर्वाद दिए। याहवेहले आफ्ना सेवक दावीद र आफ्ना मानिसहरू इस्राएलप्रति गर्नुभएका सबै असल कुराहरूको कारण आनन्दित र खुशी हृदय लिएर तिनीहरू आ-आफ्ना घरतिर गए।
1KI 9:1 जब राजा सोलोमनले याहवेहको मन्दिर र राजमहल बनाइसके, तब तिनले इच्छा गरेका सबै कुराहरू हासिल गरे।
1KI 9:2 अनि याहवेह तिनीकहाँ गिबोनमा देखापर्नुभएझैँ दोस्रोपल्ट तिनीकहाँ देखा पर्नुभयो।
1KI 9:3 याहवेहले तिनलाई भन्‍नुभयो: “तैँले मेरो सामु चढाएको प्रार्थना र अर्जबिन्ती मैले सुनेको छु। तैँले बनाएको यस मन्दिरलाई मैले त्यहाँ सदाका निम्ति आफ्नो नाम राखेर पवित्र गरेको छु। मेरो नजर र मेरो हृदय सधैँभरि त्यहाँ रहनेछ।
1KI 9:4 “तेरो विषयमा चाहिँ, तँ तेरा पिता दावीदझैँ, हृदयको इमानदारी र सोझोपनमा विश्‍वासयोग्य भएर मेरो सामु हिँडिस्। अनि मैले आज्ञा गरेका सबै आदेश र व्यवस्थाहरू पालन गरिस् भने,
1KI 9:5 ‘इस्राएलको सिंहासनमाथि बस्‍नलाई तँलाई कुनै मानिसको अभाव हुनेछैन’ भनेर मैले तेरा पिता दावीदलाई प्रतिज्ञा गरेझैँ, म इस्राएलमाथि तेरो सिंहासन सदाका लागि स्थापित गर्नेछु।
1KI 9:6 “तर तँ अथवा तेरा छोराहरू मदेखि तर्केर गए, र मैले तँलाई दिएका आज्ञाहरू र आदेशहरू मानेनन् भने, र अन्य देवी-देवताहरूको सेवा गर्दै तिनीहरूलाई पूजा गरे भने,
1KI 9:7 मैले इस्राएललाई दिएको यस देशबाट म तिनीहरूलाई हटाउनेछु। अनि मैले आफ्नो नामको निम्ति पवित्र गरेको यस मन्दिरलाई म इन्कार गर्नेछु। तब इस्राएल सबै जातिहरूका बीचमा एउटा निन्दा र हाँसोको पात्र बन्‍नेछ।
1KI 9:8 अहिले यो मन्दिर भव्य भए तापनि यसको छेउबाट जाने सबैले चकित हुँदै खिसी गरेर यसो भन्‍नेछन्, ‘याहवेहले यस देश र यस मन्दिरलाई किन यसो गर्नुभएको होला?’
1KI 9:9 तब मानिसहरूले यसो भनेर जवाफ दिनेछन्, ‘किनकि तिनीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुने याहवेह आफ्ना परमेश्‍वरलाई तिनीहरूले त्यागेका छन्, र अरू देवी-देवताहरूलाई स्वीकार गरेर तिनीहरूलाई पुजिरहेका छन्। यसैकारण याहवेहले यी सबै विपत्तिहरू तिनीहरूमाथि ल्याउनुभयो।’ ”
1KI 9:10 याहवेहको मन्दिर र राजमहल, यी दुई वटा भवनहरू बनाउन सोलोमनलाई बीस वर्ष लाग्यो। त्यो समयको अन्त्यमा,
1KI 9:11 राजा सोलोमनले टायरका राजा हीरामलाई गालीलका बीस वटा नगरहरू दिए। किनकि हीरामले तिनलाई चाहिए जति देवदारु, सल्‍लाका काठ र सुन दिएका थिए।
1KI 9:12 तर जब सोलोमनले हीरामलाई दिएका नगरहरू हेर्नलाई तिनी टायरबाट त्यहाँ गए, तिनले ती सहरहरू मन पराएनन्।
1KI 9:13 अनि तिनले सोधे, “मेरा भाइ, तपाईंले मलाई यी कस्ता किसिमका नगरहरू दिनुभयो?” अनि तिनले तिनीहरूलाई काबूल देश भन्‍ने नाम दिए; जुन नाम आजको दिनसम्मै छँदैछ।
1KI 9:14 हीरामले सोलोमनलाई 120 टालेन्ट सुन पठाएका थिए।
1KI 9:15 राजा सोलोमनले याहवेहको मन्दिर, उनको राजमहल, कौसीहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउँदा ज्यालाविना खटाएका मानिसहरूको विवरण यस्तो छ।
1KI 9:16 (इजिप्टका राजा फारोले गेजेरलाई आक्रमण गरेर जितेका थिए। अनि त्यसलाई आगो लगाइदिएका थिए। तिनले त्यस सहरमा बस्‍ने कनानीहरूलाई मारेर त्यो आफ्नी छोरी, अर्थात् सोलोमनकी पत्नीलाई उपहारस्वरूप दिए।
1KI 9:17 अनि सोलोमनले गेजेरलाई पुनर्निर्माण गरे।) तिनले यी कुराहरू बनाए: तल्‍लो बेथ-होरोन,
1KI 9:18 तिनको देशभित्र मरुभूमिमा भएको बालात र तादमोर,
1KI 9:19 यसको साथमा आफ्ना रथहरू र घोडाहरू राख्न तिनले भण्डार सहरहरू र नगरहरू बनाए। अनि यरूशलेममा, लेबनानमा र तिनले शासन गरेका सबै प्रान्तहरूमा तिनले जे जति बनाउने इच्छा गरेका थिए, ती सबै पूरा गरे।
1KI 9:20 बाँकी रहेका एमोरीहरू, हित्तीहरू, परिज्जीहरू, हिव्वीहरू, यबूसीहरू (यी मानिसहरू इस्राएली थिएनन्),
1KI 9:21 अर्थात् तिनीहरूका देशमा बाँकी रहेका सन्तानहरू, जसलाई इस्राएलीहरूले नष्‍ट पार्न सकेका थिएनन्। सोलोमनले तिनीहरूलाई दासको रूपमा काम गर्न बाध्य बनाएका थिए, जुन आजको दिनससम्मै कायम छँदैछ।
1KI 9:22 तर सोलोमनले इस्राएलीहरूबाट कसैलाई पनि दास बनाएनन्। तिनीहरू तिनका लडाकु मानिसहरू, सरकारी अधिकारीहरू, तिनका अधिकृतहरू र तिनका रथहरू र घोडचढीहरूका सेनापतिहरू थिए।
1KI 9:23 सोलोमनले आफ्ना परियोजनाहरूमा काम गर्ने मानिसहरूमाथि रेखदेख गर्न 550 जना अधिकारीहरूलाई नियुक्त गरे।
1KI 9:24 दावीदको सहरबाट फारोकी छोरी सोलोमनले तिनका निम्ति बनाएको राजमहलमा आएपछि तिनले कौसीहरू बनाए।
1KI 9:25 सोलोमनले वर्षमा तीनपल्ट याहवेहका निम्ति आफूले बनाएको वेदीमा होमबलि र मेलबलि चढाउँथे। अनि यसका साथसाथै याहवेहको सामु धूप बाल्थे। यसरी तिनले मन्दिरमा गर्नुपर्ने कर्तव्यहरू पूरा गरे।
1KI 9:26 राजा सोलोमनले लाल समुद्रको किनारमा, एदोमको एलोतको छेउमा भएको एस्योन-गेबेरमा जहाजहरू पनि बनाए।
1KI 9:27 अनि हीरामले आफ्ना मानिसहरू, अर्थात् समुद्रका अनुभवी नाविकहरूलाई सोलोमनका मानिसहरूसित जहाजको बेडामा सेवा गर्न पठाए।
1KI 9:28 तिनीहरू समुद्री यात्रा गरेर ओपीरमा गए। अनि चार सय बीस टालेन्ट सुन ल्याए, र ती सुन राजा सोलोमनलाई सुम्पिदिए।
1KI 10:1 जब शेबाकी रानीले सोलोमनको ख्याति अनि याहवेहप्रतिको तिनको भक्तिभावको बारेमा सुनिन्, तब तिनी कठिन प्रश्नहरू सहित तिनको जाँच गर्नलाई आइन्।
1KI 10:2 तिनी मसलाहरू, धेरै मात्रामा सुन र मूल्यवान् पत्थरहरू लादिएका ऊँटहरू लिएर अति लामो लावालस्करका साथमा यरूशलेममा आइपुगिन्। जब तिनले सोलोमनलाई भेटिन्, तब आफ्नो मनमा भएका सबै कुराहरूको विषयमा तिनीसित कुरा गरिन्।
1KI 10:3 सोलोमनले तिनका सबै प्रश्नहरूको उत्तर दिए। तिनका सबै कुरा वर्णन गर्न राजालाई कुनै कठिन थिएन।
1KI 10:4 जब शेबाकी रानीले सोलोमनका सबै बुद्धि र तिनले बनाएको राजमहल,
1KI 10:5 तिनको टेबुलको भोजन, तिनका अधिकारीहरूको बसाइ, भव्य पोशाक पहिरिएका सेवकहरू, तिनका प्याला टक्राउनेहरू अनि याहवेहको मन्दिरमा तिनले चढाएका होमबलिहरू देखेर छक्‍क परिन्।
1KI 10:6 तब तिनले राजालाई भनिन्, “मैले आफ्नो देशमा तपाईंको सफलता र बुद्धिको विषयमा सुनेको कुरा ठिक रहेछ।
1KI 10:7 तर पनि आइकन आफ्नै आँखाले नदेखेसम्म मैले यी कुराहरू पत्याएकै थिइनँ। वास्तवमा मलाई त यसको आधा पनि बताइएको रहेनछ; तपाईं बुद्धिमा र धनमा मैले सुनेको चर्चाभन्दा पनि धेरै माथि हुनुहुँदोरहेछ।
1KI 10:8 तपाईंका मानिसहरू कत्ति सुखी होलान्! तपाईंको सामु उभिएर तपाईंका बुद्धिका कुराहरू लगातार सुन्‍ने तपाईंका अधिकारीहरू कत्ति सुखी होलान्!
1KI 10:9 याहवेह तपाईंका परमेश्‍वरलाई प्रशंसा होस्, जसले तपाईंसित प्रसन्‍न भएर तपाईंलाई इस्राएलको सिंहासनमा राख्नुभयो। इस्राएलप्रति याहवेहको अनन्त प्रेमको कारण उहाँले तपाईंलाई न्याय र धार्मिकता कायम राख्नलाई राजा बनाउनुभएको छ।”
1KI 10:10 तब तिनले राजालाई 120 टालेन्ट सुन, धेरै मात्रामा मसलाहरू र बहुमूल्य पत्थरहरू दिइन्। शेबाकी रानीले राजा सोलोमनलाई जति धेरै मात्रामा मसाला दिइन्, त्यति धेरै फेरि कहिल्यै आएन।
1KI 10:11 (ओपीरबाट सुन ल्याउने हीरामका जहाजहरूले त्यहाँबाट धेरै चन्दनको काठ र बहुमूल्य पत्थरहरू ल्याए।
1KI 10:12 राजाले चन्दनका काठहरू याहवेहको मन्दिर अनि राजमहलमा टेको बनाउन र वाद्य-वादकहरूका निम्ति वीणा र सारङ्गी बनाउने काममा प्रयोग गरे। त्यस दिनदेखि यता त्यत्तिको मात्रामा चन्दनको काठ भित्र्याइएको वा देखिएको छैन।)
1KI 10:13 शेबाकी रानीलाई पनि तिनले इच्छा गरेका र मागेका सबै चीज दिए, र तीबाहेक राजा सोलोमनले आफ्नो राजकीय प्रशस्तताबाट पनि दिए। त्यसपछि तिनी आफ्ना लावालस्करसित आफ्नै देशमा फर्किन्।
1KI 10:14 सोलोमनले प्रतिवर्ष पाउने सुनको तौल छ सय छयसट्ठी टालेन्ट थियो।
1KI 10:15 यसमा व्यापारी र व्यवसायीहरू, अरबका राजाहरू र देशका राज्यपालहरूद्वारा ल्याइएको राजकर सामेल थिएन।
1KI 10:16 राजा सोलोमनले पिटेको सुनका दुई सय वटा ठूला-ठूला ढालहरू बनाए। हरेक ढालमा छ सय शेकेल पिटिएको सुन लागेको थियो।
1KI 10:17 तिनले तीन सय वटा पिटेको सुनका स-साना ढालहरू बनाए, जसमा प्रत्येक ढालमा तीन मीना सुन थियो। राजाले ती लेबनानको वनमा भएको महलमा राखे।
1KI 10:18 त्यसपछि राजाले एउटा ठूलो सिंहासन बनाए; अनि त्यसलाई हस्तीदन्त र निखुर सुनले मोहोरे।
1KI 10:19 त्यस सिंहासनमा छ वटा खुड्किलाहरू थिए। त्यसको पछिल्तिर गोलाकार टुप्पो बनाइएको थियो। आसनका दुवैतिर हात राख्ने बाहु थिए। प्रत्येक बाहुको छेउ-छेउमा एक-एक वटा सिंह खडा गरिएको थियो।
1KI 10:20 ती छ वटा खुड्किलाहरूमा, प्रत्येक खुड्किलामा दुई-दुई गरी जम्मा बाह्र वटा सिंहहरू थिए। कुनै पनि राज्यमा योजस्तो कहिल्यै बनाइएको थिएन।
1KI 10:21 राजा सोलोमनका सबै कचौराहरू सुनका थिए। लेबनानको वनको महलका सबै घरका सामानहरू निखुर सुनका थिए। कुनै पनि चीज चाँदीको बनाइएको थिएन; किनकि सोलोमनको समयमा चाँदी कम मूल्यको गनिन्थ्यो।
1KI 10:22 हीरामका जहाजहरूको साथमा, राजाका व्यापारी जहाजहरूको एक दल थियो। प्रत्येक तीन वर्षमा ती जहाजहरूले सुन, चाँदी, हस्तीदन्त, ढेढुहरू र मयूरहरू लिएर आउँथे।
1KI 10:23 यसरी राजा सोलोमन धन र बुद्धिमा संसारका सबै राजाहरूभन्दा महान् थिए।
1KI 10:24 परमेश्‍वरले तिनको हृदयमा राखिदिनुभएको बुद्धि सुन्‍नका निम्ति सारा जगत् तिनको सामु जाने इच्छा गर्दथ्यो।
1KI 10:25 वर्षैपिच्छे आउने हरेकले उपहारस्वरूप चाँदी र सुनका सामानहरू, वस्त्रहरू, हतियारहरू, मसलाहरू, घोडाहरू र खच्‍चरहरू ल्याउँथे।
1KI 10:26 सोलोमनले रथहरू र घोडाहरू जम्मा गरे। तिनीसित चौध सय रथ र बाह्र हजार घोडा थिए; जसलाई तिनले सहरहरूमा र आफूसित पनि यरूशलेममा राखे।
1KI 10:27 राजाले यरूशलेममा चाँदीलाई ढुङ्गा जतिकै साधारण अनि देवदारुलाई चाहिँ पहाडका फेदीहरूका अञ्जीर जतिकै प्रशस्त बनाए।
1KI 10:28 सोलोमनका घोडाहरू इजिप्टबाट र क्यूएबाट आयात गरिन्थे। राजाका व्यापारीहरूले ती क्यूएबाट राम्रो दाममा किन्थे।
1KI 10:29 तिनीहरूले इजिप्टबाट एउटा रथ चाँदीका छ सय शेकेलमा र एउटा घोडाचाहिँ एक सय पचास शेकेलमा किन्थे। तिनीहरूले ती हित्तीहरूका र अरामीहरूका सबै राजाहरूलाई निर्यात पनि गर्थे।
1KI 11:1 राजा सोलोमनले धेरै विदेशी स्त्रीहरूसित प्रेम गरे। तिनले फारोकी छोरीबाहेक मोआबी, अम्मोनी, एदोमी, सीदोनी र हित्तीहरूसित विवाह गरे।
1KI 11:2 तिनीहरू ती राष्ट्रहरूका थिए, जसको विषयमा याहवेहले इस्राएलीहरूलाई, “तिमीहरूले तिनीहरूसित अन्तर-विवाह नगर्नू। किनकि निश्‍चय नै तिनीहरूले तिमीहरूका हृदयलाई तिनीहरूका देवी-देवताहरूतिर फर्काइदिनेछन्।” भन्‍नुभएको थियो, तैपनि सोलोमन तिनीहरूको प्रेममा आसक्त भए।
1KI 11:3 तिनका राज घरानामा जन्मिएका सात सय पत्नीहरू, र तीन सय उपपत्नीहरू थिए। तिनका पत्नीहरूले तिनलाई याहवेहबाट बहकाए।
1KI 11:4 सोलोमनको उमेर ढल्कँदै जाँदा तिनका पत्नीहरूले तिनको हृदय अन्य देवी-देवताहरूतिर फर्काइदिए र तिनको हृदय तिनका पिता दावीदको जस्तै सम्पूर्ण रूपले परमेश्‍वरप्रति विश्‍वासयोग्य भएन।
1KI 11:5 तिनले सीदोनीहरूकी देवी अश्तोरेत र अम्मोनीहरूका घिनलाग्दा देवता मोलेखको आराधना गरे।
1KI 11:6 यसरी सोलोमनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे; तिनले आफ्ना पिता दावीदले झैँ पूर्ण रूपले याहवेहलाई पछ्याएनन्।
1KI 11:7 सोलोमनले यरूशलेमको पूर्वपट्टिको पहाडमा मोआबको घृणित देवता कमोश र अम्मोनीहरूको घृणित देवता मोलेखका निम्ति एउटा उच्‍च देवस्थान बनाइदिए।
1KI 11:8 यसरी तिनले तिनका सबै विदेशी पत्नीहरूका निम्ति उनीहरूका आ-आफ्ना देवताहरूका सामु धूप बाल्ने र बलिदान चढाउने ठाउँ बनाइदिए।
1KI 11:9 सोलोमनकहाँ दुईपल्ट देखा पर्नुहुने याहवेह, इस्राएलका परमेश्‍वरदेखि तिनी तर्किगएकाले याहवेह तिनीसित रिसाउनुभयो।
1KI 11:10 याहवेहले अन्य देवी-देवताहरूको पछि लाग्नदेखि मनाही गर्नुभएको भए तापनि सोलोमनले उहाँको आज्ञापालन गरेनन्।
1KI 11:11 यसकारण याहवेहले सोलोमनलाई भन्‍नुभयो, “तेरो व्यवहार यस्तो भएकोले, र मैले तँलाई आज्ञा गरेका मेरो करार र उर्दीहरू पालन नगरेकोले, म निश्‍चय नै तेरो यो राज्य तँबाट खोसेर तेरो एक जना सेवकलाई दिनेछु।
1KI 11:12 तैपनि तेरो पिता दावीदको कारण, म तेरो जीवनकालमा यसो गर्नेछैनँ। म यो राज्य तेरो छोराको हातबाट खोस्‍नेछु।
1KI 11:13 तापनि म त्यसबाट सम्पूर्ण राज्य खोस्‍नेछैनँ; तर मेरो सेवक दावीदको खातिर र मैले चुनेको यरूशलेमको खातिर म त्यसलाई एउटा कुलचाहिँ दिनेछु।”
1KI 11:14 तब याहवेहले एदोमको राजकीय घरानाको एदोमी हददलाई सोलोमनको विरुद्धमा खडा गराउनुभयो।
1KI 11:15 सुरुमा जब दावीदले एदोमसित लडाइँ गर्दैगर्दा, फौजका सेनापति योआबले मरेकाहरूलाई गाड्न गएको बेला, एदोमका सबै पुरुषहरूलाई मारेका थिए।
1KI 11:16 एदोममा भएका सबै मानिसहरूलाई नष्‍ट नपारेसम्म, योआब र सारा इस्राएलीहरू छ महिनासम्म त्यहीँ बसेका थिए।
1KI 11:17 तर त्यस बेला हददचाहिँ सानै थिए। अनि आफ्ना पिताको सेवा गर्ने केही एदोमी अधिकृतहरूसित भागेर तिनी इजिप्टमा पुगे।
1KI 11:18 तिनीहरू मिद्यानबाट हिँडे, र पारानमा गए। तब आफूसित पारानका मानिसहरू लिएर तिनीहरू इजिप्टमा त्यहाँका राजा फारोकहाँ गए, जसले हददलाई एउटा घर, जमिन र भोजन जुटाइदिए।
1KI 11:19 हददसित फारो यति खुशी भए कि तिनले आफ्नी पत्नी रानी तहपनेसकी बहिनीलाई तिनीसित विवाह गरिदिए।
1KI 11:20 तहपनेसकी बहिनीले गनूबत नाम गरेको एउटा छोरा जन्माइन् र गनूबतलाई राजकीय महलमा फारोका छोराछोरीसित हुर्काइन्।
1KI 11:21 हदद इजिप्टमा हुँदा तिनले दावीद आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरेको र फौजका सेनापति योआबको पनि मृत्यु भएको कुरा सुने। तब हददले फारोलाई भने, “मलाई आफ्नै देशमा फर्केर जान दिनुहोस्।”
1KI 11:22 फारोले सोधे, “तपाईंलाई यहाँ के कुराको अभाव छ र तपाईं आफ्नै देशमा जान चाहनुहुन्छ?” हददले जवाफ दिए, “केही कुराको अभाव छैन; तैपनि बिन्ती छ, मलाई जान दिनुहोस्!”
1KI 11:23 परमेश्‍वरले सोलोमनको विरुद्धमा अर्को विरोधीलाई खडा गर्नुभयो, जो एल्यादाको छोरो रेसोन थियो, र त्यो आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेको थियो।
1KI 11:24 जब दावीदले सोबाको फौजलाई ध्वस्त पारे, तब रेसोनले आफ्ना चारैतिर मानिसहरू जम्मा गरे, र लुटेराहरूका दल बनाए। अनि आफूचाहिँ तिनीहरूका अगुवा बने। तिनीहरू दमस्कसमा गए; जहाँ तिनीहरू बसोबास गरे, र त्यसलाई आफ्नो अधीनमा लिए।
1KI 11:25 सोलोमन बाँचुन्जेल रेसोन इस्राएलका विरोधी नै भइरहे, जसले हददले निम्त्याएका समस्यामा अझ थपिदिए। तसर्थ रेसोनले अराममा राज्य गरे र इस्राएलसँग शत्रुता राखे।
1KI 11:26 नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए। तिनी सार्तानको एक एफ्राइमी र सोलोमनका एक अधिकारी थिए। तिनकी सेरूआ नाम भएकी विधवा आमा थिइन्।
1KI 11:27 यारोबामले किन राजाको विरोध गरे, त्यसको वृतान्त यस्तो छ: सोलोमनले आधारका लागि कौसीहरू बनाए र तिनका पिता दावीदको सहरको पर्खालका खाली ठाउँलाई भरिदिएका थिए।
1KI 11:28 यारोबामचाहिँ होनहार जवान थिए। ती जवान मानिसको परिश्रम देखेर सोलोमनले तिनलाई योसेफको घरानाका सम्पूर्ण मजदुरहरूका नाइके बनाइदिए।
1KI 11:29 त्यस बेला यारोबामचाहिँ यरूशलेमबाट बाहिर जाँदैथिए, र तिनलाई नयाँ खास्टो ओढेका शीलोका अगमवक्ता अहीयाहले बाटोमा भेटे। त्यस मैदानमा तिनीहरू दुई जना मात्र थिए।
1KI 11:30 अहीयाहले आफूले ओढेको नयाँ खास्टो समाते र त्यसलाई च्यातेर बाह्र टुक्रा पारे।
1KI 11:31 तब तिनले यारोबामलाई भने, “तिमीले आफ्ना निम्ति दश टुक्रा लेऊ; किनकि याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘हेर्, म सोलोमनको हातबाट राज्य खोसेर तँलाई दश वटा कुल दिनेछु।
1KI 11:32 तर मेरो सेवक दावीद र यरूशलेम सहरको खातिर, जसलाई मैले इस्राएलका कुलहरूबाट चुनेँ, एउटा कुल त्यससित रहनेछ।
1KI 11:33 म यो गर्नेछु, किनकि तिनीहरूले मलाई त्यागेर सीदोनीहरूकी देवी अश्तोरेत, मोआबीहरूको देवता कमोश र अम्मोनीमहरूको देवता मोलेखलाई पुजेका छन्; अनि मेरा मार्गहरूमा हिँडेका छैनन्। न त मेरो दृष्‍टिमा जे ठिक छ, ती गरेका छन्; न त सोलोमनका पिता दावीदले झैँ मेरा उर्दीहरू, व्यवस्थाहरू पालन गरेका छन्।
1KI 11:34 “ ‘तर म सोलोमनको हातबाट सम्पूर्ण राज्य लानेछैनँ। मैले चुनेको मेरो दास दावीदको खातिर म सोलोमनलाई त्यसको जीवनकालभरिको लागि शासक बनाइराख्नेछु। किनकि उसले मेरा आज्ञाहरू र उर्दीहरू पालन गरेको थियो।
1KI 11:35 म त्यसको छोराको हातबाट राज्य लिएर तँलाई दश कुल दिनेछु।
1KI 11:36 म त्यसको छोरालाई एक कुल दिनेछु; ताकि मैले आफ्नो नाम राख्न चुनेको यरूशलेम सहरमा मेरो सेवक दावीदको निम्ति एउटा बत्ती सधैँभरि मेरो सामु बलिरहोस्।
1KI 11:37 तैपनि तेरो विषयमा चाहिँ म तँलाई लिनेछु, र तेरो हृदयले इच्छा गरेका सबैमाथि तैँले शासन गर्नेछस्; र तँ इस्राएलको राजा हुनेछस्।
1KI 11:38 मैले आज्ञा दिएका सबै कुराहरू तैँले पालन गरिस् र मेरा सेवक दावीदले गरेझैँ मेरा मार्गहरूमा हिँडिस्, मेरा उर्दीहरू र आज्ञाहरू पालन गरेर मेरो दृष्‍टिमा जे ठिक छ, त्यो गरिस् भने म तँसित हुनेछु। मैले दावीदको निम्ति गरेझैँ म तेरो निम्ति एउटा वंश खडा गरिदिनेछु, र इस्राएल तँलाई दिनेछु।
1KI 11:39 यसैकारण म दावीदको सन्तानलाई नम्र तुल्याउनेछु, तर सधैँभरिका लागि होइन।’ ”
1KI 11:40 सोलोमनले यारोबामलाई मार्न खोजे, तर यारोबाम इजिप्टमा राजा शीशककहाँ भागेर गए। सोलोमनको मृत्यु नभएसम्म त्यहीँ बसे।
1KI 11:41 सोलोमनको शासनकालका अरू घटनाहरूको विषयमा, र तिनले गरेका सबै कामहरू अनि देखाएका सबै बुद्धिहरूको विषयमा सोलोमनको इतिहासको पुस्तकमा ती लेखिएका छन्।
1KI 11:42 सोलोमनले सारा इस्राएलमाथि यरूशलेममा चालीस वर्ष राज्य गरे।
1KI 11:43 त्यसपछि तिनी आफ्ना पुर्खाहरूसित सुते, र आफ्ना पिता दावीदको सहरका चिहानमा गाडिए। तिनीपछि तिनका छोरा रहबाम राजा भए।
1KI 12:1 सारा इस्राएलले तिनलाई शेकेममा राजा बनाउन गएकाले रहबाम त्यहाँ गए।
1KI 12:2 जब नबातका छोरा यारोबामले यो कुरा सुने, (तिनी राजा सोलोमनदेखि भागेर गएदेखि इजिप्टमा नै थिए), तब तिनी इजिप्टबाट फर्किए।
1KI 12:3 यसकारण तिनीहरूले यारोबामलाई बोलाउन पठाए। अनि तिनी र इस्राएलको समुदाय रहबामकहाँ गएर तिनलाई भने:
1KI 12:4 “तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभएको थियो। अब उहाँले हामीमाथि लगाइदिनुभएको त्यस कठोर परिश्रम र गह्रौँ जुवालाई हलुङ्गो पारिदिनुहोस्; र हामी तपाईंको सेवा गर्नेछौँ।”
1KI 12:5 रहबामले जवाफ दिए, “मलाई सोच्नको लागि तीन दिन दिनुहोस्। त्यसपछि मकहाँ फर्केर आउनुहोस्।” यसकारण मानिसहरू गए।
1KI 12:6 तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा, तिनका सेवा गर्ने प्रधानहरूसित यसो भनेर सल्‍लाह मागे, “यी मानिसहरूलाई म के जवाफ दिऊँ? तपाईंहरूले मलाई के सल्‍लाह दिनुहुन्छ?”
1KI 12:7 तिनीहरूले उत्तर दिए, “यदि आज तपाईं यी मानिसहरूका सेवक बन्‍नुभयो र तिनीहरूलाई मनपर्दो जवाफ दिनुभयो भने तिनीहरू सधैँभरि नै तपाईंका सेवक हुनेछन्।”
1KI 12:8 तर रहबामले प्रधानहरूले दिएका सल्‍लाह इन्कार गरे; अनि तिनीसितै हुर्केका र तिनकै सेवा गरिरहेका जवान मानिसहरूसित सल्‍लाह लिए।
1KI 12:9 तिनले तिनीहरूलाई सोधे, “तिमीहरूले के सल्‍लाह दिन्छौ? ‘तपाईंका पिताले हामीमाथि राखिदिनुभएको बोझ अलिक हल्का पारिदिनुहोस्’ भन्‍ने यी मानिसहरूलाई कसरी जवाफ दिऊँ?”
1KI 12:10 तिनीसितै हुर्केका ती जवान मानिसहरूले जवाफ दिए, “तपाईंलाई ‘तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभयो; तर हाम्रा जुवा हल्का पारिदिनुहोस्’ भन्‍ने यी मानिसहरूलाई यसो भन्‍नुहोस्, ‘मेरो कान्छी औँला मेरा पिताको कम्मरभन्दा झन् मोटो छ।
1KI 12:11 मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई अझ गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई कोर्राले ताडना दिनुभयो, तर मचाहिँ तिमीहरूलाई बिच्छीहरूले डस्‍न लगाउनेछु।’
1KI 12:12 “तीन दिनमा मकहाँ फर्केर आउनुहोस्” भनी राजाले भनेझैँ, तीन दिनपछि यारोबाम र सबै मानिसहरू रहबामकहाँ आए।
1KI 12:13 राजाले ती मानिसहरूलाई कठोरतापूर्वक जवाफ दिए। ती प्रधानहरूले तिनलाई दिएको सल्‍लाहलाई इन्कार गरे।
1KI 12:14 तिनले जवान मानिसहरूको सल्‍लाह सुनेर यसो भने, “मेरा पिताले तपाईंहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई झन् गह्रौँ पारिदिनेछु। मेरा पिताले तपाईंहरूलाई कोर्राले ताडना दिनुभयो; तर मचाहिँ तपाईंहरूलाई बिच्छीहरूले डस्‍न लाउनेछु।”
1KI 12:15 यसरी राजाले मानिसहरूका कुरा सुनेनन्; किनकि याहवेहले शीलोका अहीयाहद्वारा नबातका छोरा यारोबामलाई भन्‍नुभएको वचन यसरी नै पूरा हुनुपर्थ्यो।
1KI 12:16 जब सारा इस्राएलले राजाले तिनीहरूका कुरा नसुनेका देखे; तिनीहरूले राजालाई जवाफ दिए: “दावीदमा हाम्रो के हिस्सा छ, यिशैका छोरामा के भाग छ? हे इस्राएल, आफ्ना पालहरूमा जाओ! हे दावीद, तिमी आफ्नै घर सम्हाल!” यसरी इस्राएलीहरू आ-आफ्ना घरतिर गए।
1KI 12:17 तर यहूदाका सहरहरूमै बसिरहेका इस्राएलीहरूमाथि रहबामले नै शासन गरे।
1KI 12:18 राजा रहबामले ज्यालाविना काममा लगाउनेका जिम्मावाल अदोनीरामलाई पठाए; तर सारा इस्राएलले तिनलाई ढुङ्गाले हानेर मारे। तर राजा रहबाम आफ्नो रथमा चढेर यरूशलेममा भागेर जान सफल भए।
1KI 12:19 यसकारण इस्राएल आजको दिनसम्मै दावीदको घरानाको विरुद्धमा छ।
1KI 12:20 जब सारा इस्राएलीहरूले यारोबाम फर्किआएको कुरा सुने, तब तिनीहरूले खबर पठाएर तिनलाई सभामा बोलाए। अनि तिनलाई सारा इस्राएलमाथि राजा तुल्याए; र यहूदाको कुल मात्र दावीदको घरानाप्रति विश्‍वासयोग्य भइरहे।
1KI 12:21 जब रहबाम यरूशलेममा आइपुगे, तब आफ्नो राज्य फिर्ता ल्याउने उद्देश्यले इस्राएलको विरुद्धमा लडाइँ गर्नलाई सारा यहूदा र बेन्यामीनका घरानाबाट एक लाख असी हजार लडाकु मानिसहरू बटुले।
1KI 12:22 तर परमेश्‍वरको यो वचन उहाँको जन शमायाहकहाँ आयो:
1KI 12:23 “यहूदाका राजा सोलोमनका छोरा रहबाम, यहूदा र बेन्यामीनका सम्पूर्ण घरानालाई अनि बाँकी रहेका मानिसहरूलाई यसो भन्:
1KI 12:24 याहवेह यसो भन्‍नुहुन्छ, ‘आफ्ना दाजुभाइ इस्राएलीहरूको विरुद्धमा लडाइँ गर्न नजानू। तिमीहरू प्रत्येक आ-आफ्ना घरमा फर्केर जाओ; किनकि यो कुरा मैले नै गरेको हुँ।’ ” यसकारण तिनीहरूले याहवेहको वचन माने; अनि याहवेहले आज्ञा गर्नुभएझैँ तिनीहरू फेरि आ-आफ्ना घर फर्के।
1KI 12:25 तब यारोबामले एफ्राइमको पहाडी देशमा भएको शेकेमलाई सुदृढ पारे र त्यहीँ नै बसोबास गरे। त्यहाँबाट गएर तिनले पनीएल सहर निर्माण गरे।
1KI 12:26 यारोबामले यसरी विचार गरे, “यो राज्य अब दावीदको घरानाकहाँ नै फर्किजानेछ।
1KI 12:27 यी मानिसहरू बलिदान चढाउन यरूशलेममा याहवेहको मन्दिरमा गए भने यिनीहरूले आफ्नो राजभक्ति यिनीहरूका मालिक यहूदाका राजा रहबामलाई फेरि दिनेछन्। यिनीहरूले मलाई मारेर राजा रहबामतिर फर्कनेछन्।”
1KI 12:28 राजाले सरसल्‍लाह लिइसकेपछि, तिनले सुनका दुई वटा बाछाहरू बनाए। तब तिनले मानिसहरूलाई भने, “यरूशलेममा जान तिमीहरूलाई अति गाह्रो पर्छ। हे इस्राएल हो, तिमीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने देवी-देवताहरू यहाँ छन्।”
1KI 12:29 तिनले एउटालाई बेथेलमा र अर्कोलाई दानमा खडा गरे।
1KI 12:30 योचाहिँ पाप भयो; मानिसहरू दानमा भएको बाछालाई पुज्न त्यति टाढासम्म पनि गए।
1KI 12:31 यारोबामले अग्ला ठाउँहरूमा देवस्थानहरू बनाए। सबै किसिमका मानिसहरूबाट पुजारीहरू नियुक्त गरे, जो लेवी कुलका थिएनन्।
1KI 12:32 तिनले यहूदामा मनाइने चाडजस्तै बेथेलमा पनि आठौँ महिनाको पन्ध्रौँ दिनमा एउटा चाड स्थापना गरे। अनि वेदीमा बलिदानहरू चढाए। यसरी तिनले बेथेलमा आफूले बनाएका बाछाहरूका निम्ति बलिदान चढाए। बेथेलमा आफूले बनाएका अग्ला देवस्थानहरूमा तिनले पुजारीहरू पनि नियुक्त गरे।
1KI 12:33 आठौँ महिनाको पन्ध्रौँ दिनमा आफूले रोजेको महिनामा, तिनले बेथेलमा आफूले बनाएको वेदीमा बलिदानहरू चढाए। यसरी तिनले इस्राएलीहरूका निम्ति त्यो चाड स्थापना गरे, र भेटीहरू चढाउन वेदीमा गए।
1KI 13:1 जब यारोबाम भेटी चढाउनलाई वेदीको छेउमा उभिरहेका थिए, तब याहवेहको वचनद्वारा यहूदाबाट परमेश्‍वरका एक जन बेथेलमा आए।
1KI 13:2 याहवेहको वचनद्वारा तिनले त्यस वेदीको विरुद्धमा कराएर यसो भने, “हे वेदी, वेदी! याहवेह यसो भन्‍नुहुन्छ: ‘दावीदको घरानामा योशियाह नाम भएको एउटा छोरा जन्मनेछ। त्यसले अहिले यहाँ अल्गा देवस्थानहरूमा बलिदान चढाइरहेका पुजारीहरूलाई तँमाथि नै बलिदान चढाउनेछ। अनि मानिसका हड्डीहरू तँमाथि जलाइनेछन्।’ ”
1KI 13:3 त्यही दिन परमेश्‍वरका जनले एउटा चिन्ह दिए, “याहवेहले घोषणा गर्नुभएको चिन्हचाहिँ यही हो: यो वेदी दुई फ्याक हुनेछ। यसमा भएको खरानी बाहिर पोखिनेछ।”
1KI 13:4 परमेश्‍वरका जनले बेथेलमा भएको वेदीको विरुद्धमा कराएर भनेको कुरा जब राजा यारोबामले सुने, तब तिनले वेदीबाट आफ्नो हात परमेश्‍वरको जन अगमवक्तातिर पसारेर भने, “त्यसलाई पक्र!” तर तिनीतिर पसारिएको राजाको हात सुक्यो। अनि राजाले फेरि आफ्नो हात आफूतिर तान्‍न सकेनन्।
1KI 13:5 याहवेहको वचनद्वारा परमेश्‍वरका जनले दिएका चिन्हअनुसार वेदी पनि दुई भाग भयो; अनि खरानी बाहिर पोखियो।
1KI 13:6 तब राजाले परमेश्‍वरका जनलाई भने, “मेरो हात ठिक भइजाओस् भनेर याहवेह तपाईंको परमेश्‍वरसित मेरा निम्ति प्रार्थना गरिदिनुहोस्!” यसकारण परमेश्‍वरका जनले परमेश्‍वरसित तिनको निम्ति बिन्ती गरिदिए। तब राजाको हात ठिक भएर पहिलेको जस्तै भयो।
1KI 13:7 राजाले परमेश्‍वरका जनलाई भने, “मसित घरमा आएर केही खानुहोस्, र म तपाईंलाई एउटा उपहार दिनेछु।”
1KI 13:8 तर परमेश्‍वरका जनले राजालाई जवाफ दिए, “तपाईंले मलाई आफ्नो सम्पत्तिको आधा भागै दिनुभयो भने पनि म तपाईंसित जानेछैनँ, न त यहाँ खाना खानेछु; न पानी नै पिउनेछु।
1KI 13:9 किनकि मलाई याहवेहको वचनद्वारा ‘तैँले केही नखानू र पानी पनि नपिउनू; अनि तँ आएको बाटो भएर नफर्कनू’ भन्‍ने हुकुम भएको छ।”
1KI 13:10 यसकारण तिनी जुन बाटोबाट बेथेलमा आएका थिए, त्यो बाटोबाट होइन, तर अर्कै बाटो भएर फर्किगए।
1KI 13:11 बेथेलमा एक जना वृद्ध अगमवक्ता बस्थे। उनका छोराहरूले परमेश्‍वरका जनले त्यस दिन जे गरेका थिए, ती सबै आएर तिनलाई सुनाइदिए। तिनीहरूले आफ्ना पितालाई तिनले राजालाई भनेको कुरा पनि सुनाइदिए।
1KI 13:12 तिनीहरूका पिताले तिनीहरूलाई सोधे, “तिनी कतातिर गए?” अनि तिनका छोराहरूले तिनलाई यहूदाबाट आएका परमेश्‍वरका जन कुन बाटो भएर गए, त्यो तिनलाई देखाइदिए।
1KI 13:13 यसकारण तिनले आफ्ना छोराहरूलाई भने, “मेरा निम्ति गधामा काठी कसिदेओ।” तिनीहरूले उनका निम्ति गधामा काठी कसिदिए। तब तिनी त्यसमाथि चढे,
1KI 13:14 अनि परमेश्‍वरका जनको खोजीमा लागे। तिनले उनलाई एउटा फलाँटको रूखमुनि बसिरहेको भेट्टाए, र सोधे, “के यहूदाबाट आउने परमेश्‍वरका जन तपाईं नै हुनुहुन्छ?” तिनले जवाफ दिए, “हजुर, म नै हुँ।”
1KI 13:15 यसकारण ती अगमवक्ताले तिनलाई भने, “मसित घरमा आएर खानपान गर्नुहोस्।”
1KI 13:16 परमेश्‍वरका जनले भने, “म तपाईंसित फर्केर जान सक्दिनँ। यस ठाउँमा म तपाईंसित न त केही खान सक्छु, न त पानी नै पिउन सक्छु।
1KI 13:17 मलाई याहवेहको वचनद्वारा ‘तैँले त्यहाँ केही नखानू, र पानी पनि नपिउनू र तँ आएको बाटो भएर नजानू’ भनिएको छ।”
1KI 13:18 ती वृद्ध अगमवक्ताले भने, “म पनि तपाईंझैँ एक अगमवक्ता हुँ। एक जना स्वर्गदूतले याहवेहको वचनद्वारा ‘तिनलाई आफूसित तिम्रो घरमा फर्काएर ल्याउनू र तिनले खाना खाऊन् र पानी पिऊन्’ भनी मलाई भनेका छन्।” (तर तिनले उनलाई झूटो बोलेका थिए।)
1KI 13:19 यसकारण परमेश्‍वरका जनले तिनीसित गएर तिनको घरमा खानपान गरे।
1KI 13:20 तिनीहरू टेबुलमा बसिरहेका बेला याहवेहको वचन तिनलाई फर्काएर ल्याउने ती वृद्ध अगमवक्ताकहाँ आयो।
1KI 13:21 तिनले यहूदाबाट आउने परमेश्‍वरको जनलाई कराएर भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘तैँले याहवेहको वचनलाई अशुद्ध तुल्याइस्, र याहवेह तेरा परमेश्‍वरले तँलाई दिनुभएका आज्ञाहरू पालन गरिनस्।
1KI 13:22 तँ फर्केर आइस्, र उहाँले तँलाई नखानू र नपिउनू भनेको ठाउँमा तैँले खाइस् र पिइस्। यसकारण तेरो शरीर तेरा पितापुर्खाहरूसित गाडिनेछैन।’ ”
1KI 13:23 जब परमेश्‍वरका जनले खानपान गरे, तब तिनलाई फर्काएर ल्याउने ती अगमवक्ताले तिनका निम्ति गधामा काठी कसिदिए।
1KI 13:24 जब तिनी आफ्नो बाटोमा अगि बढिरहेका थिए, तब एउटा सिंहले बाटोमा तिनलाई फेला पार्‍यो, र मार्‍यो। तिनको लास बाटोमा फ्याँकियो। अनि त्यो गधा र सिंहचाहिँ त्यस लासको छेउमा उभिरहे।
1KI 13:25 त्यो बाटो भएर जाने केही मानिसहरूले त्यस शरीरलाई बाटोमा फ्याँकिएको र त्यो सिंहचाहिँ त्यस लासको छेउमा उभिरहेको देखे। तिनीहरूले गएर ती वृद्ध अगमवक्ता बसेको सहरमा त्यो खबर सुनाए।
1KI 13:26 तिनलाई आफ्नो यात्राबाट फर्काएर ल्याउने ती अगमवक्ताले यस विषयमा सुनेपछि तिनले भने, “तिनी परमेश्‍वरका जन नै हुन्, जसले याहवेहको वचनलाई अवहेलना गरेका थिए। याहवेहले तिनलाई सिंहकहाँ सुम्पिदिनुभएको छ। याहवेहको वचनले चेताउनी दिएझैँ त्यस सिंहले उनलाई फहराएर मारेछ।”
1KI 13:27 ती अगमवक्ताले आफ्ना छोराहरूलाई भने, “मेरा निम्ति गधामा काठी कसिदेओ,” अनि तिनीहरूले त्यसै गरे।
1KI 13:28 तब तिनी निस्केर गए, र तिनको लास बाटोमै फ्याँकिएको; अनि गधा र सिंह त्यस लासको छेउमा उभिरहेको भेट्टाए। त्यो सिंहले त्यस लासलाई खाएको थिएन, न त त्यस गधालाई नै फहराएको थियो।
1KI 13:29 यसकारण ती अगमवक्ताले परमेश्‍वरका जनको लासलाई उठाएर गधामाथि राखे। अनि उनका निम्ति शोक गर्न र उनलाई गाड्न आफ्नो सहरमा ल्याए।
1KI 13:30 तब तिनले त्यस लासलाई आफ्नै चिहानमा गाडे; अनि तिनीहरूले यसो भनेर विलाप गरे, “हाय, मेरो भाइ!”
1KI 13:31 तिनलाई गाडेपछि तिनले आफ्ना छोराहरूलाई भने, “म मरेपछि मलाई परमेश्‍वरका जन गाडिएको ठाउँमा गाड्नू। मेरा हड्डीहरू तिनका हड्डीहरूको छेउमै राख्नू।
1KI 13:32 किनकि तिनले याहवेहको वचनद्वारा बेथेलमा भएको वेदी र सामरियाका सहरहरूका अग्ला ठाउँहरूमा देवस्थानहरूका विरुद्धमा घोषणा गरेको वचन निश्‍चय पूरा हुनेछ।”
1KI 13:33 यसपछि पनि यारोबाम आफ्ना दुष्‍ट चालहरूबाट फर्केनन्। तिनले सबै किसिमका मानिसहरूबाट अल्गा देवस्थानहरूका निम्ति पुजारीहरू नियुक्त गरे। पुजारी हुन इच्छुक जोसुकैलाई पनि तिनले अग्ला देवस्थानहरूका निम्ति अभिषेक गरे।
1KI 13:34 यही पापको कारण सारा संसारबाट यारोबामको घरानाको पतन भयो र त्यसको सर्वनाश भयो।
1KI 14:1 त्यस बेला यारोबामको छोरा अबीयाह बिरामी भयो।
1KI 14:2 यारोबामले आफ्नी पत्नीलाई भने, “जाऊ, आफ्नो भेष बदल, ताकि तिमी यारोबामकी पत्नी हौ भनी मानिसहरूले नचिनून्। त्यसपछि शीलोमा जाऊ, जहाँ मलाई ‘तिमी यी मानिसहरूमाथि राजा हुनेछौ’ भन्‍ने अगमवक्ता अहीयाह छन्।
1KI 14:3 तिम्रो साथमा दश वटा रोटी, केही फुरौलाहरू र एक भाँडो मह लिएर तिनीकहाँ जाऊ। अनि हाम्रो छोरालाई के हुनेछ, सो तिनले बताइदिनेछन्।”
1KI 14:4 यसकारण यारोबामकी पत्नीले तिनले भनेझैँ गरिन्, र शीलोमा अहीयाहको घरमा गइन्। त्यस बेला अहीयाहले देख्न सक्दैनथिए; किनकि वृद्धावस्थाले गर्दा तिनका आँखा धमिलिएका थिए।
1KI 14:5 तर याहवेहले अहीयाहलाई भन्‍नुभएको थियो, “यारोबामकी पत्नी आफ्नो बिरामी छोराको विषयमा तँलाई सोध्न आउँदैछे। तैँले त्यसलाई यस्तो जवाफ दिनू। त्यो आउँदा आफूलाई अरू कोही हुँ भनी भान पार्नेछे।”
1KI 14:6 यसकारण तिनको खुट्टाको आवाज सुनेर अहीयाहले भने, “हे यारोबामकी पत्नी, भित्र आऊ। यस्तो बहाना किन गर्दैछ्यौ? म तिमीलाई एउटा खराब खबर दिन पठाइएको छु।
1KI 14:7 जाऊ, गएर यारोबामलाई भन, कि याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तँलाई मानिसहरूबाट मैले खडा गरेँ, र तँलाई मेरा जाति इस्राएलमाथि अगुवा बनाएँ।
1KI 14:8 मैले दावीदको घरानाबाट राज्य खोसेँ, र त्यो तँलाई दिएँ। तर तँ मेरा सेवक दावीदजस्तो भइनस्, जसले मेरा आज्ञाहरू पालन गर्‍यो, र मेरो दृष्‍टिमा जे ठिक थियो, त्यही मात्र गर्नलाई आफ्नो सम्पूर्ण हृदयले मलाई पछ्यायो।
1KI 14:9 तर तँभन्दा अगिका सबैभन्दा बढी दुष्‍टता तैँले गरिस्। तैँले आफ्ना निम्ति अरू देवताहरू र ढालेर बनाइएका धातुका मूर्तिहरू बनाइस्। तैँले मलाई रिस उठाएको छस्, र मलाई आफ्नो पिठिउँ फर्काएको छस्।
1KI 14:10 “ ‘त्यसैले म यारोबामको घरानामा विपत्ति ल्याउँदैछु। म यारोबामबाट कमारा होस् वा फुक्‍का होस्; इस्राएलका प्रत्येक पुरुषलाई नाश गर्नेछु। म यारोबामको घरलाई कसैले गोबर जलाएझैँ ती सबै भस्म नभएसम्म जलाइदिनेछु।
1KI 14:11 यारोबामका जोसुकै होस्, ती सबै सहरमा मर्नेछन्। तिनीहरूलाई कुकुरहरूले खानेछन्। सहरदेखि बाहिर मर्नेहरू सबैलाई आकाशका पक्षीहरूले खानेछन्। याहवेहले भन्‍नुभएको छ!’
1KI 14:12 “तिमीचाहिँ घर फर्केर जाऊ। जब तिमीले आफ्नो सहरमा पाइला टेक्नेछौ, तब त्यो बालक मर्नेछ।
1KI 14:13 सारा इस्राएलले त्यसका निम्ति बिलौना गर्नेछ र त्यसलाई गाड्नेछ। यारोबामको सन्तानमा त्यो एक जना मात्र गाडिनेछ; किनकि यारोबामको घरानाबाट त्यसमा मात्र याहवेह इस्राएलका परमेश्‍वरले केही असल पाउनुभएको छ।
1KI 14:14 “याहवेहले आफ्नै निम्ति इस्राएलमाथि एउटा राजा खडा गर्नुहुनेछ, जसले यारोबामको परिवारलाई सखाप पार्नेछ। त्यो आजै हुनेछ! अहिले नै हुनेछ।
1KI 14:15 याहवेहले इस्राएलमाथि प्रहार गर्नुहुनेछ, र त्यो पानीमा यताउता हल्‍लिरहने निगालोझैँ हुनेछ। उहाँले इस्राएललाई तिनीहरूका पितापुर्खाहरूलाई दिनुभएको यस असल देशबाट उखेल्नुहुनेछ। तिनीहरूलाई नदीपारि तितरबितर गरिदिनुहुनेछ। किनकि तिनीहरूले अशेरा देवीका खम्बाहरू बनाएर याहवेहलाई रिस उठाएका छन्।
1KI 14:16 उहाँले यारोबामले गरेका पापहरूको कारण र तिनले इस्राएललाई गर्न लगाएका पापहरूको कारण इस्राएललाई त्याग्नुहुनेछ।”
1KI 14:17 तब यारोबामकी पत्नी उठिन् र तिर्सामा गइन्। तिनले आफ्नो घरको सँघारमा पाइला टेक्नसाथ त्यो केटो मर्‍यो।
1KI 14:18 याहवेहले आफ्नो सेवक अगमवक्ता अहीयाहद्वारा भन्‍नुभएझैँ तिनीहरूले त्यसलाई गाडे; अनि सारा इस्राएलले त्यसका निम्ति शोक गरे।
1KI 14:19 यारोबामको शासनका अरू घटनाहरू, तिनले लडेका युद्धहरू र तिनले कसरी शासन गरे, ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
1KI 14:20 तिनले बाइस वर्ष राज्य गरे, अनि आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे। तिनीपछि तिनका छोरा नादाब राजा भए।
1KI 14:21 यहूदामा सोलोमनका छोरा रहबाम राजा थिए। तिनी राजा हुँदा एकचालीस वर्षका थिए; अनि तिनले याहवेहले आफ्नो नाम राख्नलाई इस्राएलका सबै कुलहरूबाट चुन्‍नुभएको सहर यरूशलेममा सत्र वर्ष राज्य गरे। तिनकी आमाको नाम नामा थियो; जो अम्मोनी थिइन्।
1KI 14:22 यहूदाले याहवेहको दृष्‍टिमा दुष्‍टता गर्‍यो। तिनीहरूले गरेका पापहरूद्वारा तिनीहरूले उहाँलाई आफ्ना पितापुर्खाहरूले भन्दा बढी डाही तुल्याए।
1KI 14:23 तिनीहरूले आफ्नो लागि प्रत्येक अग्लो डाँडामा र प्रत्येक झ्याम्म परेको रूखमुनि अल्गा देवस्थानहरू, पवित्र ढुङ्गाहरू, अशेराका खम्बाहरू खडा गरे।
1KI 14:24 देशमा पूजा गर्ने देवस्थानहरूमा देवदासहरू पनि थिए। इस्राएलीहरूको सामुबाट याहवेहद्वारा धपाइएका जातिहरूका घिनलाग्दा रीतिहरू गर्न मानिसहरू व्यस्त थिए।
1KI 14:25 राजा रहबामको पाँचौँ वर्षमा इजिप्टका राजा शीशकले यरूशलेममाथि आक्रमण गरे।
1KI 14:26 तिनले याहवेहको मन्दिर र राजमहलका बहुमूल्य चीजहरू लुटेर लगे। सोलोमन राजाले बनाएका सुनका ढालहरू लगायत प्रत्येक कुरो तिनले लुटेर लगे।
1KI 14:27 यसकारण राजा रहबामले तिनीहरूका सट्टामा काँसाका ढालहरू बनाए, र ती राजमहलको प्रवेशद्वारका काममा खटिएका पहरेदारहरूका सेनापतिहरूको जिम्मामा दिए।
1KI 14:28 राजा जहिले-जहिले याहवेहको मन्दिरमा जान्थे, ती पहरेदारहरू ढालहरू बोकेर तिनीसित जान्थे। त्यसपछि तिनीहरूले ती पहरेदारहरूको कोठामा फर्काइदिन्थे।
1KI 14:29 रहबामको शासनका अरू घटनाहरू र तिनले गरेका सबै विषयमा ती यहूदाका राजाहरूका पुस्तकहरूमा लेखिएका छन्।
1KI 14:30 रहबाम र यारोबामका बीचमा निरन्तर युद्ध भइरह्‍यो।
1KI 14:31 अनि रहबाम आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूसितै दावीदको सहरमा गाडिए। तिनकी आमाको नाम नामा थियो, जो एक अम्मोनी थिइन्। तिनीपछि तिनका छोरा अबीयाह राजा भए।
1KI 15:1 नबातका छोरा यारोबामको शासनकालको अठारौँ वर्षमा अबीयाह यहूदाका राजा भए।
1KI 15:2 तिनले यरूशलेममा तीन वर्ष राज्य गरे। तिनकी आमाको नाम माका थियो, जो अबीशालोमकी छोरी थिइन्।
1KI 15:3 तिनले आफूअगिका तिनका पिताले गरेका सबै पापहरू गरे। तिनको हृदय तिनका पुर्खा दावीदको झैँ याहवेहप्रति सम्पूर्ण रूपले समर्पित थिएन।
1KI 15:4 तैपनि दावीदको खातिर याहवेह तिनका परमेश्‍वरले उहाँको उत्तराधिकारी हुनको लागि एउटा छोरा दिनुभएर यरूशलेममा एउटा बत्ती दिनुभयो, अनि यरूशलेमलाई बलियो बनाउनुभयो।
1KI 15:5 किनकि दावीदले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरेका थिए। तिनले आफ्नो जीवनकालभरि हित्ती उरियाहको विषयमा बाहेक याहवेहका कुनै आज्ञापालन गर्न चुकेका थिएनन्।
1KI 15:6 अबीयाहको जीवनकालभरि रहबाम र यारोबामको बीचमा लडाइँ भइरह्‍यो।
1KI 15:7 अबीयाहको शासनकालका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा ती यहूदाका राजाहरूका पुस्तकमा लेखिएका छन्। अबीयाह र यारोबामको बीचमा निरन्तर युद्ध भइरह्‍यो।
1KI 15:8 अबीयाह आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आसा राजा भए।
1KI 15:9 इस्राएलका राजा यारोबामको बीसौँ वर्षमा आसा यहूदाका राजा भए।
1KI 15:10 तिनले यरूशलेममा एकचालीस वर्ष राज्य गरे। तिनकी हजुरआमाको नाम माका थियो, जो अबीशालोमकी छोरी थिइन्।
1KI 15:11 आसाले आफ्ना पिता दावीदले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे।
1KI 15:12 तिनले देशबाट देवस्थानहरूमा भएका देवदासहरूलाई निकालिदिए। देशलाई आफ्ना पिताले बनाएका मूर्तिहरूदेखि मुक्त गरे।
1KI 15:13 राजा आसाले आफ्नी हजुरआमा माकालाई राजमाताको पदबाट हटाइदिए; किनकि उनले अशेराको घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यस मूर्तिलाई काटेर ढालिदिए; र त्यसलाई टुक्रा-टुक्रा पारेर किद्रोन खोल्सामा जलाइदिए।
1KI 15:14 तिनले अल्गा देवस्थानहरू नहटाए तापनि आसाको हृदय आफ्नो जीवनभरि नै याहवेहप्रति सम्पूर्ण रूपले अर्पित थियो।
1KI 15:15 तिनले याहवेहको मन्दिरमा आफ्ना पिताले अर्पण गरेका थोकहरू र आफैँले अर्पण गरेका चाँदी, सुन र अरू सामग्रीहरू ल्याए।
1KI 15:16 आसा र इस्राएलका राजा बाशाको बीचमा तिनीहरूका शासनकालभरि युद्ध भइरह्‍यो।
1KI 15:17 इस्राएलका राजा बाशा यहूदाको विरुद्धमा उठे। कसैलाई पनि यहूदाका राजा आसाको प्रान्तबाट बाहिर जान र भित्र पस्‍न नदिनलाई रामाको चारैतिर पर्खाल बनाए।
1KI 15:18 तब आसाले याहवेहको मन्दिरभित्र र आफ्नै महलभित्र भएका सबै चाँदी र सुन लिए। तिनले त्यसलाई आफ्ना अधिकारीहरूको जिम्मामा सुम्पेर तिनीहरूलाई दमस्कसमा राज्य गर्ने अरामका राजा बेन-हददकहाँ पठाइदिए। बेन-हदद तब्रिमोनका छोरा र हेज्योनका नाति थिए।
1KI 15:19 तिनले भने, “मेरा पिता र तपाईंका पिताको बीचमा झैँ, म र तपाईंको बीचमा पनि एउटा सन्धि होस्। हेर्नुहोस्, मैले तपाईंकहाँ उपहारस्वरूप चाँदी र सुन पठाइरहेको छु। अब तपाईं र इस्राएलका राजा बाशाको बीचको सन्धि तोड्नुहोस्; ताकि तिनी मदेखि हटेर जाऊन्।”
1KI 15:20 तब बेन-हददले आसा राजासित सहमत भएर आफ्ना दलहरूका सेनापतिहरूलाई इस्राएलका सहरहरूको विरुद्धमा पठाए। तिनले नप्‍ताली सहित इयोन, दान, हाबिल-बेथ-माका र सम्पूर्ण किन्‍नरेतलाई कब्जा गरे।
1KI 15:21 बाशाले यो सुनेपछि रामालाई निर्माण गर्न छोडिदिए, र तिर्सामा फर्के।
1KI 15:22 तब राजा आसाले कसैलाई पनि नछोडी सारा यहूदामा एउटा हुकुम जारी गरे। तिनीहरूले बाशाले रामामा प्रयोग गर्दै गरेका ढुङ्गाहरू र काठहरू बोकेर लगे। ती सामानद्वारा राजा आसाले बेन्यामीनमा गेबा र मिस्पा बनाए।
1KI 15:23 राजा आसाका जीवनकालका अरू घटनाहरू, तिनका सारा उपलब्धीहरू तिनले गरेका सबै कामहरू र तिनले बनाएका सहरहरूका विषयमा यहूदाका राजाहरूका पुस्तकमा लेखिएका छन्। तैपनि तिनको वृद्धावस्थामा तिनका खुट्टामा रोग लाग्यो।
1KI 15:24 तब आसा आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे, अनि तिनीहरूसितै आफ्ना पिता दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा यहोशापात राजा भए।
1KI 15:25 यहूदाका राजा आसाको दोस्रो वर्षमा यारोबामका छोरा नादाब इस्राएलका राजा भए। उनले इस्राएलमा दुई वर्ष राज्य गरे।
1KI 15:26 उनले याहवेहको दृष्‍टिमा जे कुरा खराब थियो, त्यही गरे। इस्राएललाई उनका पिताले गर्न लगाएका पापमा चलेर उनी तिनकै चालमा हिँडे।
1KI 15:27 इस्साखारको घरानाको अहीयाहका छोरा बाशाले तिनको विरुद्धमा षड्यन्त्र रचे। अनि नादाब र सारा इस्राएलले पलिश्ती सहरलाई घेरा हालेको बेला उनले तिनलाई प्रहार गरेर मारे।
1KI 15:28 यहूदाका राजा आसाको तेस्रो वर्षमा बाशाले नादाबलाई मारे, र तिनीपछि उनी राजा भए।
1KI 15:29 बाशाले शासन गर्न थाल्नसाथ तिनले यारोबामको सम्पूर्ण परिवारलाई मारे। तिनले यारोबामका सास फेर्ने एउटैलाई पनि बाँकी राखेनन्। तर याहवेहको सेवक शीलोनी अहीयाहद्वारा उहाँले भन्‍नुभएको वचनअनुसार तिनीहरू सबैलाई नष्‍ट गरिदिए।
1KI 15:30 योचाहिँ यारोबामले गरेको पाप र तिनले इस्राएललाई गर्न लगाएको पापको कारणले अनि तिनले याहवेह इस्राएलका परमेश्‍वरलाई रिस उठाएको कारणले गर्दा नै भएको थियो।
1KI 15:31 नादाबको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
1KI 15:32 आसा र इस्राएलका राजा बाशाको बीचमा तिनीहरूका शासनकालभरि युद्ध भइरह्‍यो।
1KI 15:33 यहूदाका राजा आसाको तेस्रो वर्षमा अहीयाहका छोरा बाशा तिर्सामा सम्पूर्ण इस्राएलका राजा भए। तिनले चौबीस वर्ष राज्य गरे।
1KI 15:34 तिनले याहवेहको दृष्‍टिमा जे दुष्‍टता थियो, त्यही गरे; र यारोबामका मार्गहरूमा र उनका पापहरूमा हिँडे; जुन पापहरूद्वारा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए।
1KI 16:1 तब याहवेहको वचन हनानीका छोरा येहूद्वारा बाशाको विरुद्धमा आयो:
1KI 16:2 “मैले तँलाई धुलोबाट माथि उठाएर मेरो जाति इस्राएलमाथि शासक नियुक्त गरेँ। तर यारोबामका मार्गहरूमा तँ हिँडिस्; र मेरा जाति इस्राएललाई पाप गर्न लगाइस्। तिनीहरूका पापले गर्दा मलाई रिस उठेको छ।
1KI 16:3 यसकारण म बाशा र त्यसको घरानालाई नाश पार्नेछु। म तेरो घरानालाई नबातका छोरा यारोबामको घरानालाई जस्तै मेटिदिनेछु।
1KI 16:4 बाशाका घरानाकाहरू, सहरमा मर्नेहरूलाई कुकुरले खानेछन्, र गाउँमा मर्नेहरूलाई चाहिँ आकाशका चराहरूले खानेछन्।”
1KI 16:5 बाशाका शासनका अरू घटनाहरू, तिनले गरेका कार्य र तिनका उपलब्धीहरूका विषयमा इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
1KI 16:6 बाशा आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे, र तिर्सामा गाडिए; अनि तिनीपछि तिनका छोरा एलाह राजा भए।
1KI 16:7 यसबाहेक याहवेहको वचन हनानीका छोरा अगमवक्ता येहूद्वारा बाशा र तिनका घरानाको विरुद्धमा आयो। यसो हुनुको कारणचाहिँ बाशाले पनि यारोबामको घरानाले जस्तै याहवेहको दृष्‍टिमा जे दुष्‍टता थियो त्यही गरेका थिए, र तिनले यारोबामको परिवारलाई पनि नाश गरे। यसरी बाशानले पाप गरेर याहवेहलाई रिस उठाए।
1KI 16:8 यहूदाका राजा आसाको छब्बीसौँ वर्षमा बाशाका छोरा एलाह इस्राएलका राजा भए; र तिनले तिर्सामा दुई वर्ष राज्य गरे।
1KI 16:9 तिनका सेवक जिम्रीले, जो आधा राजकीय रथहरूका सेनापति थिए, तिनको विरुद्धमा षड्यन्त्र रचे। त्यस बेला एलाचाहिँ तिर्सामा आफ्नो दरबारका प्रशासक अर्साको घरमा मद्यपान गरिरहेका थिए।
1KI 16:10 यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्रीले दरबारभित्र पसेर तिनलाई प्रहार गरेर मारे। तब जिम्री नै तिनीपछि राजा भए।
1KI 16:11 जिम्रीले सिंहासनमा बसेर शासन सुरु गर्नसाथ बाशाको सम्पूर्ण घरानालाई मारिदिए। चाहे आफन्त होस् वा मित्र, तिनले कुनै पुरुषलाई पनि जीवित राखेनन्।
1KI 16:12 यसरी याहवेहले आफ्नो सेवक अगमवक्ता येहूद्वारा बोल्नुभएको वचनअनुसार जिम्रीले बाशाको सम्पूर्ण परिवारलाई नाश गरे।
1KI 16:13 बाशा र तिनका छोरा एलाहले गरेका सम्पूर्ण पापहरू र इस्राएललाई पनि पाप गर्न लगाएको कारण र तिनीहरूका व्यर्थका मूर्तिहरूले याहवेह इस्राएलका परमेश्‍वरलाई रिस उठाएको कारण यो सबै भएको थियो।
1KI 16:14 एलाहको शासनका अरू घटनाहरू, र तिनले गरेका सबै कामहरूको विषयमा चाहिँ इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
1KI 16:15 यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्रीले तिर्सामा सात दिनसम्म राज्य गरे। त्यस बेला इस्राएली फौजले चाहिँ एउटा पलिश्ती सहर गिब्बतोनको छेउमा छाउनी हालेका थिए।
1KI 16:16 जब जिम्रीले राजाको विरुद्धमा षड्यन्त्र गरेर तिनको हत्या गरेको कुरा छाउनीमा भएका इस्राएलीहरूले सुने, तब तिनीहरूले त्यसै दिन फौजका सेनापति ओम्रीलाई इस्राएलमाथि राजा घोषणा गरे।
1KI 16:17 तब ओम्री र तिनीसित भएका सारा इस्राएलीहरू गिब्बतोनबाट निस्केर गए; र तिर्सालाई घेरे।
1KI 16:18 जब जिम्रीले सहर आफ्नो कब्जाबाट गइसकेको देखे, तब तिनी दरबारको किल्‍लाभित्र पसे; र राज दरबारको चारैतिर आगो लगाइदिए। यसरी तिनी आफैँ पनि जलेर मरे।
1KI 16:19 किनकि तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरेर पाप गरे, र यारोबामका मार्गहरूमा हिँडे; अनि तिनले त्यही पाप गरे, जुन यारोबामले इस्राएललाई गर्न लगाएका थिए।
1KI 16:20 जिम्रीको शासनका अरू घटनाहरू र तिनले गरेका विद्रोहको विषयमा चाहिँ इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
1KI 16:21 तब इस्राएलका मानिसहरू दुई दलमा विभाजित भए। आधाले गीनतका छोरा तिब्नीलाई राजा बनाउन चाहन्थे; र बाँकी आधाले चाहिँ ओम्रीलाई साथ दिए।
1KI 16:22 तर ओम्रीका पछि लाग्नेहरूले गीनतका छोरा तिब्नीका पछि लाग्नेहरूलाई परास्त गरे। यसकारण तिब्नी मारिए, र ओम्री राजा भए।
1KI 16:23 यहूदाका राजा आसाको एकतीसौँ वर्षमा ओम्री इस्राएलमा राजा भए। तिनले बाह्र वर्ष राज्य गरे; छ वर्षचाहिँ तिनले तिर्सामा राज्य गरे।
1KI 16:24 तिनले शेमेरबाट दुई टालेन्ट चाँदीमा सामरियाको डाँडा किने। त्यस डाँडामा एउटा सहर बनाए र त्यसलाई डाँडाका पहिलेका मालिक शेमेरको नामबाट सामरिया नाम राखे।
1KI 16:25 तर ओम्रीले याहवेहको दृष्‍टिमा दुष्‍टता गरेर आफूभन्दा अगिका राजाहरूले भन्दा अझ बढी पाप गरे।
1KI 16:26 तिनी नबातका छोरा यारोबाम र तिनका सबै मार्गहरूमा हिँडे; तिनले त्यही पाप गरे, जुन यारोबामले इस्राएललाई गर्न लगाएका थिए। यसरी तिनीहरूले आफ्ना व्यर्थका मूर्तिहरूद्वारा याहवेह इस्राएलका परमेश्‍वरलाई रिस उठाए।
1KI 16:27 ओम्रीको शासनका अरू घटनाहरू, तिनले गरेका कार्य, र तिनका उपलब्धीहरूका विषयमा चाहिँ इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
1KI 16:28 ओम्री आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र सामरियामा गाडिए। तिनीपछि तिनका छोरा आहाब राजा भए।
1KI 16:29 यहूदाका राजा आसाको अठतीसौँ वर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए; र तिनले सामरियामा इस्राएलमाथि बाइस वर्ष राज्य गरे।
1KI 16:30 ओम्रीका छोरा आहाबले याहवेहको दृष्‍टिमा आफ्ना अगिका सबै राजाहरूले भन्दा अझ बढी दुष्‍टता गरे।
1KI 16:31 तिनले नबातका छोरा यारोबामका पापहरूमा हिँड्न मामूली कुराजस्तै मात्र होइन, तर तिनले सीदोनीहरूका राजा एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे, अनि बाल-देवताको सेवा गरेर त्यसलाई पुजे।
1KI 16:32 तिनले सामरियामा बालको मन्दिर बनाएर त्यसका निम्ति एउटा वेदी बनाए।
1KI 16:33 आहाबले अशेराको खाँबो पनि खडा गरे। यसरी आफूअगिका इस्राएलका राजाहरूले भन्दा बढी याहवेह इस्राएलका परमेश्‍वरलाई रिस उठाउने कामहरू गरे।
1KI 16:34 आहाबको समयमा बेथेलका हीएलले यरीहोलाई पुनर्निर्माण गरे। तिनले त्यसको जग बसाल्दा तिनको जेठा छोरा अबीरामको मृत्यु भयो। अनि त्यसका मूलढोकाहरू बनाउँदा तिनको कान्छा छोरा सगूबको मृत्यु भयो। यो सबै याहवेहले नूनका छोरा यहोशूलाई भन्‍नुभएअनुसार नै हुनगयो।
1KI 17:1 गिलादको तिश्बीबाटका तिश्बी एलियाले आहाबलाई भने, “मैले सेवा गरेका याहवेह, इस्राएलका जीवित परमेश्‍वरलाई साक्षी राखी भन्दछु, कि आउँदा केही वर्षहरूमा मैले नभनेसम्म न त शीत पर्नेछ, न त पानी पर्नेछ।”
1KI 17:2 तब याहवेहको वचन एलियाकहाँ आयो:
1KI 17:3 “यो ठाउँ छोडेर पूर्वपट्टि लाग्, र यर्दनको पूर्वपट्टि भएको करीतको खोल्सामा गएर लुकेर बस्।
1KI 17:4 तैँले खोलाको पानी पिउनेछस्; र तँलाई खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु।”
1KI 17:5 यसकारण याहवेहले भन्‍नुभएझैँ तिनले गरे। तिनी यर्दनको पूर्वपट्टिको करीतको खोल्सामा गएर बसे।
1KI 17:6 कागहरूले तिनलाई बिहान रोटी र मासु ल्याइदिन्थे; अनि साँझमा पनि रोटी र मासु ल्याइदिन्थे; र तिनले त्यस खोलाको पानी पिउँथे।
1KI 17:7 केही समयपछि देशमा पानी नपरेको कारणले त्यो खोला सुक्यो।
1KI 17:8 तब याहवेहको वचन तिनीकहाँ आयो:
1KI 17:9 “झट्टै सीदोनको सारपतमा जा र त्यहाँ बस्। तँलाई भोजन दिनू भनेर मैले त्यहाँ एउटी विधवालाई आज्ञा दिएको छु।”
1KI 17:10 यसकारण तिनी सारपतमा गए। तिनी त्यस सहरको मूलढोकामा आइपुग्दा त्यहाँ एउटी विधवा दाउरा बटुल्दै थिइन्। तिनले उनलाई बोलाएर सोधे, “कृपया तिमीले मलाई एउटा लोहोटामा अलिकति पानी ल्याइदिन्छौ कि ताकि म पिउन पाऊँ?”
1KI 17:11 ती विधवा पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “अनि दया गरी मलाई एक टुक्रा रोटी पनि ल्याइदेऊ।”
1KI 17:12 तिनले जवाफ दिइन्, “जीवित याहवेह तपाईंका परमेश्‍वरलाई साक्षी राखेर भन्दछु, मसित एउटै रोटी पनि छैन। एउटा भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलिकति तेलबाहेक केही छैन। म आफैँ र मेरा छोराका निम्ति खानेकुरा बनाएर खाई मरौँला भनी घरमा लैजान केही दाउरा बटुल्दैछु।”
1KI 17:13 एलियाले उनलाई भने, “नडराऊ, घर गएर तिमीले भनेझैँ गर। तर तिमीसित जे छ, पहिले त्यसबाट मेरा निम्ति एउटा रोटी पकाएर मकहाँ ल्याऊ; अनि त्यसपछि तिमी र तिम्रो छोराका निम्ति केही बनाऊ!
1KI 17:14 किनकि याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘याहवेहले यस देशमा वर्षा नपठाउनुभएसम्म भाँडाको पिठो र ढुङ्ग्रोको तेल रित्तिनेछैन।’ ”
1KI 17:15 अनि तिनी गइन्, र एलियाले तिनलाई भनेझैँ गरिन्। यसरी एलिया र ती स्त्रीका परिवारको निम्ति धेरै दिनका निम्ति भोजन भइरह्‍यो।
1KI 17:16 किनकि एलियाद्वारा याहवेहले भन्‍नुभएझैँ भाँडोको पिठो रित्तिएन; न त ढुङ्ग्रोको तेल नै सकियो।
1KI 17:17 केही समयपछि त्यस घरकी मालिक्नीको छोरा बिरामी भयो; अनि त्यो यति साह्रो हुँदैगयो, कि आखिरमा त्यसले सास फेर्नै छोड्यो।
1KI 17:18 तिनले एलियालाई भनिन्, “हे परमेश्‍वरका जन, तपाईंले मेरो विरुद्धमा किन यस्तो गर्नुभयो? के तपाईं मेरो पाप सम्झना गराउन र मेरो छोरालाई मार्न भनी मकहाँ आउनुभएको हो?”
1KI 17:19 एलियाले जवाफ दिए, “तिम्रो छोरा मलाई देऊ।” तिनले त्यस केटोलाई उनका हातबाट लिए, र आफू बस्‍ने माथिल्‍लो कोठामा लगेर त्यसलाई आफ्नो ओछ्यानमा सुताए।
1KI 17:20 तब तिनले याहवेहलाई पुकार गरे, “हे याहवेह मेरा परमेश्‍वर, म जुन विधवासित बस्दैछु, तिनको छोरालाई मारेर किन उनीमाथि पनि यो विपत्ति ल्याउनुभएको हो?”
1KI 17:21 तब तिनी तीनपल्ट त्यस केटोमाथि लमतन्‍न भई पस्रे; र याहवेहलाई पुकार गरे, “हे याहवेह मेरा परमेश्‍वर, यस बालकको प्राण ऊसभित्र फेरि फर्केर आओस्!”
1KI 17:22 याहवेहले एलियाको पुकार सुन्‍नुभयो; अनि त्यस बालकको प्राण त्यसकहाँ फर्केर आयो, र त्यो जिउँदो भयो।
1KI 17:23 अनि एलियाले त्यस बालकलाई उठाएर कोठाबाट बोकेर तल ल्याए; अनि त्यसकी आमालाई दिएर भने, “हेर, तिम्रो छोरा जीवितै छ!”
1KI 17:24 तब ती स्त्रीले एलियालाई भनिन्, “अब मलाई थाहा भयो कि तपाईं परमेश्‍वरका जन हुनुहुन्छ; अनि तपाईंको मुखबाट निस्केको याहवेहको वचन सत्य रहेछ।”
1KI 18:1 धेरै समयपछि तेस्रो वर्षमा याहवेहको यो वचन एलियाकहाँ आयो: “जा, र राजा आहाबको सामु आफूलाई उपस्थित गरा; अनि म देशमा पानी बर्साइदिनेछु।”
1KI 18:2 यसकारण एलिया आफूलाई आहाबकहाँ उपस्थित गराउन गए। सामरियामा घोर अनिकाल परेको थियो।
1KI 18:3 आहाबले राजमहलका प्रशासक ओबदियालाई बोलाउन पठाए। (ओबदिया याहवेहका एक भक्त विश्‍वासी थिए।
1KI 18:4 ईजेबेलले याहवेहका अगमवक्ताहरूलाई मारिरहेकी थिइन्, तब ओबदियाले एक सय जना अगमवक्ताहरूलाई लिएर तिनीहरूलाई पचास-पचास गरी दुई वटा गुफाहरूमा लुकाए र तिनीहरूलाई भोजन र पानी जुटाइदिएका थिए।)
1KI 18:5 आहाबले ओबदियालाई भने, “देशमा भएका सबै पानीका मुहानहरू र खोल्साहरूमा जाऊ। सायद घोडाहरू र खच्‍चरहरूलाई जीवित राख्न हामीले केही घाँस पाउन सकौँला; ताकि हामीले आफ्नो कुनै पनि पशुहरूलाई गुमाउन नपरोस्।”
1KI 18:6 यसकारण तिनीहरूले आ-आफू जानुपर्ने ठाउँलाई अलग गरे। तब आहाब एकातिर र ओबदिया अर्कोतिर लागे।
1KI 18:7 ओबदिया बाटोमा जाँदै गर्दा एलियाले तिनलाई भेटे। ओबदियाले तिनलाई चिने। तिनले भुइँसम्म शिर निहुराएर उनलाई भने, “के तपाईं मेरा मालिक एलिया नै हुनुहुन्छ?”
1KI 18:8 उनले जवाफ दिए, “हो म नै हुँ। जाऊ, गएर आफ्नो मालिकलाई एलिया यहाँ छन् भनिदेऊ।”
1KI 18:9 तब ओबदियाले सोधे, “मैले के भूल गरेको छु र तपाईंले आफ्नो सेवकलाई मारिनको लागि आहाबकहाँ सुम्पँदै हुनुहुन्छ?
1KI 18:10 याहवेह तपाईंका परमेश्‍वरलाई साक्षी राखेर भन्दछु, मेरा मालिकले तपाईंलाई खोज्न भनी नपठाएको कुनै राज्य छैन। अनि जब ती राष्ट्र वा जातिले तपाईं त्यहाँ हुनुहुन्‍न भनी दाबी गरे, तब तिनले तिनीहरूलाई ‘हामीले त्यसलाई पाउन सकेनौँ’ भन भनेर शपथ खान लगाए।
1KI 18:11 तर अब तपाईंले मलाई मेरा मालिककहाँ गएर ‘एलिया यहाँ छन्’ भनी भन्‍न लगाउनुहुन्छ।
1KI 18:12 म तपाईंबाट गएपछि याहवेहको आत्माले तपाईंलाई कहाँ लानुहुन्छ, म जान्दिनँ। यदि मैले गएर आहाबलाई भनेँ, र तिनले तपाईंलाई भेट्टाउन सकेनन् भने तिनले मलाई मार्नेछन्। तर म तपाईंको सेवक आफ्नो बालककालदेखि नै याहवेहको आराधना गर्दैआएको छु।
1KI 18:13 मेरा मालिक, जब ईजेबेलले याहवेहका अगमवक्ताहरूलाई मारिरहेको बेला मैले के गरेँ, त्यो तपाईंलाई थाहा छैन? मैले याहवेहका एक सय जना अगमवक्ताहरूलाई पचास-पचास गरी दुई वटा गुफाहरूमा लुकाएँ, र तिनीहरूका निम्ति भोजन र पानी जुटाएँ।
1KI 18:14 अनि अब तपाईं मलाई मेरा मालिककहाँ गएर ‘एलिया यहाँ छन्’ भनी भन भन्‍नुहुन्छ। तिनले त मलाई मार्नेछन्!”
1KI 18:15 एलियाले भने, “जीवित सेनाहरूका याहवेह जसको सेवा म गर्दछु, उहाँलाई साक्षी राखेर भन्दछु, म आज निश्‍चय नै आहाबकहाँ देखा पर्नेछु।”
1KI 18:16 यसकारण एलिया आएका छन् भनेर भन्‍नका लागि ओबदिया आहाबलाई भेट्न गए; र आहाब एलियालाई भेट्न गए।
1KI 18:17 एलियालाई देखेर तिनले उनलाई भने, “के इस्राएललाई कष्‍ट दिने तिमी नै हौ?”
1KI 18:18 एलियाले जवाफ दिए, “इस्राएललाई मैले कष्‍ट दिएको होइन। तर तपाईं र तपाईंका पिताका परिवारले चाहिँ कष्‍ट दिनुभएको छ। तपाईंहरू परमेश्‍वरका आज्ञाहरू त्यागेर बाल-देवताहरूका पछि लाग्नुभएको छ।
1KI 18:19 अब तपाईंले मलाई कर्मेल पर्वतमा भेट गर्न इस्राएलबाट सारा मानिसहरूलाई बोलाउनुहोस्। बालका ती चार सय अगमवक्ता, जसले ईजेबेलको टेबुलमा बसेर खाने गर्दछन्, तिनीहरूलाई पनि लिएर आउनुहोस्।”
1KI 18:20 यसकारण आहाबले सारा इस्राएलभरि खबर पठाए। अनि ती अगमवक्ताहरूलाई कर्मेल पर्वतमा भेला गराए।
1KI 18:21 एलिया मानिसहरूका सामु गएर भने, “तिमीहरू कहिलेसम्म दोधारमा रहन्छौ? यदि याहवेह नै परमेश्‍वर हुनुहुन्छ भने उहाँलाई पछ्याओ। तर यदि बाल परमेश्‍वर हो भने त्यसैलाई पछ्याओ।” तर मानिसहरूले तिनलाई केही पनि जवाफ दिएनन्।
1KI 18:22 तब एलियाले तिनीहरूलाई भने, “याहवेहका अगमवक्ताहरूमध्ये बाँकी रहेको म मात्र हुँ, तर बालका त चार सय पचास जना अगमवक्ताहरू छन्।
1KI 18:23 हाम्रा निम्ति दुई वटा साँढेहरू ल्याओ। तिनीहरूले एउटा आफ्नो लागि चुनून्, र त्यसलाई टुक्रा-टुक्रा गरी काटेर दाउरामाथि राखून्; तर आगोचाहिँ नलगाऊन्। म अर्को साँढेलाई तयार पार्छु, र त्यसलाई दाउरामाथि राख्नेछु; तर म पनि त्यसमा आगो लगाउँदिनँ।
1KI 18:24 तिमीहरूले आफ्ना देवताहरूका नाम लिएर पुकार गर, र मचाहिँ मेरा याहवेहको नाम लिएर पुकार गर्नेछु। जुन देवताले आगोद्वारा जवाफ दिनुहुनेछ, उहाँ नै परमेश्‍वर हुनुहुनेछ।” तब सबै मानिसहरूले भने, “तपाईंले भनेको कुरा ठिक हो।”
1KI 18:25 एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरू यति धेरै भएकाले पहिले तिमीहरूले नै एउटा साँढे चुनेर त्यसलाई तयार गर; तर आगोचाहिँ नलगाओ।”
1KI 18:26 यसकारण तिनीहरूलाई दिइएको साँढे तिनीहरूले लगे, र त्यसलाई तयार पारे। तब तिनीहरूले बालको नाम लिएर बिहानदेखि मध्यदिनसम्म पुकार गरे। तिनीहरू यसो भन्दै चिच्याए, “हे बाल, हामीलाई जवाफ दिनुहोस्।” तर केही जवाफ आएन, न त कसैले जवाफ नै दियो। तिनीहरू आफूले बनाएका वेदीका वरिपरि उफ्रँदै नाचिरहे।
1KI 18:27 मध्यदिनमा एलियाले तिनीहरूलाई यसो भनेर खिसी गर्न थाले, “ठूलो सोरले चिच्याओ! त्यो त देवता नै हो! सायद ऊ गहिरो चिन्तनमा बसेका होला, वा कतै व्यस्त होला, अथवा कतै भ्रमण गर्न पो गएको होला कि? सायद, ऊ सुतिरहेको होला, र उसलाई बिउँझाउनैपर्छ।”
1KI 18:28 यसकारण तिनीहरू ठूलो सोरले चिच्याउन थाले; अनि तिनीहरूका रीतिअनुसार रगत नबगुन्जेल आफूलाई तरवार र भालाले चोट पारे।
1KI 18:29 मध्यदिन बितिगयो। बेलुकाको बलिदानको समयसम्म नै तिनीहरू बौलाहझैँ अगमवाणी गरिरहे। तर त्यहाँ न त केही जवाफ आयो, न त कसैले जवाफ नै दियो; त्यहाँ कसैले ध्यान दिएनन्।
1KI 18:30 तब एलियाले सबै मानिसहरूलाई भने, “यहाँ मकहाँ आओ।” तिनीहरू सबै तिनको नजिक आए। तब तिनले याहवेहको भत्किएको वेदीलाई मर्मत गरे।
1KI 18:31 “तेरो नाम इस्राएल हुनेछ” भनेर याहवेहको वचन आएअनुसार याकोबका सन्तानबाट प्रत्येक कुलको निम्ति एक-एक गरी एलियाले बाह्र वटा ढुङ्गाहरू लिए।
1KI 18:32 ती ढुङ्गाहरूद्वारा तिनले याहवेहको नाममा एउटा वेदी बनाए; र तिनले त्यसको वरिपरि दुई सिहा बिउ अटाउने खाडल खने।
1KI 18:33 तिनले दाउरा मिलाए, र त्यस साँढेलाई टुक्रा-टुक्रा पारे, र दाउरामाथि राखे। तब तिनले तिनीहरूलाई भने, “चार वटा ठूला गाग्राहरूमा पानी भरेर त्यस बलिदान र दाउरामाथि खन्याइदेओ!”
1KI 18:34 तिनले भने, “फेरि त्यस्तै गर!” तिनीहरूले फेरि त्यसै गरे। तिनले “तेस्रोपल्ट पनि त्यस्तै गर!” भनेर आज्ञा दिए। तिनीहरूले तेस्रोपल्ट पनि त्यसै गरे।
1KI 18:35 पानी वेदीको चारैतिर बग्यो, र त्यस खाडललाई समेत भरिदियो।
1KI 18:36 बलिदानको समयमा एलिया अगमवक्ता वेदीको अगि बढे, र यसरी प्रार्थना गरे: “हे याहवेह, अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, तपाईं नै इस्राएलमा परमेश्‍वर हुनुहुन्छ। म तपाईंको सेवक हुँ, र मैले यी सबै तपाईंकै आदेशमा गरेको हुँ भनेर आज थाहा होस्।
1KI 18:37 हे याहवेह, मलाई जवाफ दिनुहोस्, ताकि यी मानिसहरूले तपाईं नै याहवेह परमेश्‍वर हुनुहुन्छ र तपाईंले तिनीहरूका हृदय फेरि फर्काइदिनुहुनेछ भनी जान्‍नेछन्।”
1KI 18:38 तब याहवेहको आगो झर्‍यो, र त्यो बलिदान, दाउरा, ढुङ्गाहरू र माटोलाई डढायो; अनि खाडलमा भएको पानीलाई पनि सुकाइदियो।
1KI 18:39 जब सबै मानिसहरूले यो देखे, तब तिनीहरू लम्पसार परे; अनि “याहवेह नै परमेश्‍वर हुनुहुन्छ! याहवेह नै परमेश्‍वर हुनुहुन्छ!” भनी कराए।
1KI 18:40 तब एलियाले तिनीहरूलाई आज्ञा दिए, “बालका अगमवक्ताहरूलाई समात। एक जना पनि भाग्न नपाओस्!” तिनीहरूले उनीहरूलाई पक्रे; अनि एलियाले तिनीहरूलाई कीशोनको बेँसीमा ल्याउन लगाए, र तिनीहरूलाई त्यहाँ मारे।
1KI 18:41 अनि एलियाले आहाबलाई भने, “गएर खानपिन गर्नुहोस्; किनकि मुसलधारे वर्षाको आवाज सुनिँदैछ।”
1KI 18:42 यसकारण आहाब खानपिन गर्न गए। तर एलियाचाहिँ कर्मेलको टाकुरामा चढे; अनि भुइँसम्मै निहुरेर आफ्नो मुख आफ्ना घुँडाहरूको बीचमा राखे।
1KI 18:43 तिनले आफ्नो सेवकलाई भने, “गएर समुद्रतिर हेर्।” अनि त्यो माथि गयो, र हेरेर भन्यो, “त्यहाँ केही पनि छैन।” एलियाले त्यसलाई सातपल्ट “फेरि फर्केर जा” भने।
1KI 18:44 सातौँ पटकमा त्यस सेवकले “कुनै मानिसको हात जत्रो सानो एउटा बादल समुद्रबाट उठिरहेको छ” भन्‍ने खबर दियो। यसकारण एलियाले त्यसलाई भने, “गएर आहाबलाई भनिदे, ‘वर्षाले तपाईंलाई रोक्नुभन्दा पहिले आफ्नो रथ तयार गरेर तल गइहाल्नुहोस्।’ ”
1KI 18:45 त्यसै बेला आकाश बादलले कालो भयो; बतास चल्न थाल्यो, र मुसलधारे वर्षा हुन थाल्यो। अनि आहाब यिजरेलतर्फ सवार भए।
1KI 18:46 याहवेहको शक्ति एलियामाथि आयो, अनि आफ्नो पेटीमा आफ्नो खास्टो कसेर तिनी आहाबको अगि-अगि यिजरेलसम्मै दगुरे।
1KI 19:1 आहाबले ईजेबेललाई एलियाले गरेका सम्पूर्ण काम र तिनले कसरी बालका अगमवक्ताहरूलाई तरवारले मारे, ती सबै कुरा बताइदिए।
1KI 19:2 यसकारण ईजेबेलले एलियाकहाँ यसो भनेर दूतहरू पठाइन्, “भोलि यस बेलासम्म मैले तेरो जीवनलाई पनि तिनीहरू प्रत्येकको जस्तै बनाइनँ भने देवताहरूले मसित कठोर व्यवहार गरून्।”
1KI 19:3 तब एलिया भयभीत भएर आफ्नो प्राण जोगाउन भागे। यहूदाको बेर्शेबामा आइपुगेपछि तिनले आफ्नो सेवकलाई त्यहीँ छोडे;
1KI 19:4 तर तिनीचाहिँ एक दिनको बाटो भएर उजाडस्थानमा गए। तिनी एउटा अम्रिसको झाडीमा आइपुगे, र त्यसको फेदमा बसे। तिनले मृत्युको निम्ति प्रार्थना गर्न लागे। तिनले भने, “हे याहवेह, मेरा लागि अति भयो। मेरो प्राण लिनुहोस्; म मेरा पितापुर्खाहरूभन्दा असल छैनँ।”
1KI 19:5 तब तिनी त्यस झाडीमुनि ढल्के, र त्यहीँ निदाए। तब अचानक एक जना स्वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ।”
1KI 19:6 तिनले चारैतिर हेरे, र आफ्नो सिरान छेउमा ताता कोइलाहरूमा पकाइएका केही रोटी र एउटा पानीको सुराही देखे। तिनले त्यो खानपिन गरेर फेरि ढल्के।
1KI 19:7 याहवेहका दूत दोस्रोपल्ट आएर तिनलाई छोएर भने, “उठेर खाऊ, नत्रता तिमीलाई यात्रा गर्न कठिन हुन्छ।”
1KI 19:8 यसकारण तिनी उठे, र तिनले खानपिन गरे। त्यस भोजनबाट शक्ति पाएर तिनी परमेश्‍वरको पर्वत होरेबसम्मै चालीस दिन र चालीस रात हिँडेर गए।
1KI 19:9 त्यहाँ तिनी एउटा गुफाभित्र पसे, र त्यहीँ रात बिताए। याहवेहको वचन तिनीकहाँ आयो “एलिया, तँ यहाँ के गर्दैछस्?”
1KI 19:10 तिनले जवाफ दिए, “याहवेह सर्वशक्तिमान् परमेश्‍वरको निम्ति म धेरै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करारलाई त्यागेका छन्। तपाईंका वेदीहरू भत्काएका छन्; अनि तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। अब म मात्र बाँकी रहेको छु, र तिनीहरूले मलाई पनि मार्ने कोसिस गरिरहेका छन्।”
1KI 19:11 याहवेहले भन्‍नुभयो, “गएर पर्वतमा याहवेहको उपस्थितिमा खडा हो। किनकि याहवेह त्यहाँबाट भएर जाँदैहुनुहुन्छ।” तब एउटा शक्तिशाली बतास आएर पर्वतलाई फुटाइदियो अनि चट्टानलाई याहवेहको सामु छिन्‍नभिन्‍न पारिदियो। तर त्यस बतासमा याहवेह हुनुहुन्‍नथ्यो। बतासपछि भुइँचालो आयो, तर त्यस भुइँचालोमा याहवेह हुनुहुन्‍नथ्यो।
1KI 19:12 भुइँचालोपछि आगो आयो, तर याहवेह आगोमा पनि हुनुहुन्‍नथ्यो। अनि आगोपछि एउटा सुस्त र शान्त कानेखुसीको सोर आयो।
1KI 19:13 त्यो सोर सुनेपछि एलियाले आफ्नो खास्टोले आफ्नो मुख ढाके, र बाहिर गए, र तिनी गुफाको मुखमा उभिए। तब एउटा आवाजले तिनलाई भन्यो, “एलिया, तँ यहाँ के गर्दैछस्?”
1KI 19:14 तिनले जवाफ दिए, “याहवेह सर्वशक्तिमान् परमेश्‍वरको निम्ति म धेरै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करारलाई त्यागेका छन्। तपाईंका वेदीहरू भत्काएका छन्; अनि तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। अब म मात्र बाँकी रहेको छु, र तिनीहरूले मलाई पनि मार्ने कोसिस गरिरहेका छन्।”
1KI 19:15 याहवेहले तिनलाई भन्‍नुभयो, “तँ आएकै बाटो फर्किजा, र दमस्कसको उजाडस्थानमा जा। तँ त्यहाँ पुगेपछि हजाएललाई अराममाथि राजा अभिषेक गर्।
1KI 19:16 निम्शीका छोरा येहूलाई पनि इस्राएलमाथि राजा अभिषेक गर्; अनि अबेल-महोलाका शापातका छोरा एलीशालाई तँपछि अगमवक्ता हुनलाई अभिषेक गर्।
1KI 19:17 हजाएलको तरवारबाट उम्केको जो कोहीलाई येहूले मार्नेछ; अनि येहूको तरवारबाट उम्कनेलाई एलीशाले मार्नेछ।
1KI 19:18 तरै पनि बालको सामु आफ्ना घुँडा नटेकेका र आफ्ना ओठहरूले त्यसलाई चुम्बन नगरेका सात हजारलाई म इस्राएलमा बचाइराख्छु।”
1KI 19:19 यसकारण एलिया त्यहाँबाट हिँडे, र तिनले शापातका छोरा एलीशालाई खेत जोत्दै गरेको भेटे। त्यहाँ बाह्र हल गोरुहरू थिए; र तिनी आफूले चाहिँ बाह्रौँ हल गोरु जोत्दैथिए। एलिया तिनीकहाँ गए, र आफ्नो खास्टो तिनलाई ओढाइदिए।
1KI 19:20 तब एलीशाले आफ्ना गोरुहरू छोडे, र तिनी एलियाको पछि-पछि दगुरे। तिनले भने, “मलाई मेरा पितालाई चुम्बन गर्न र आमासित बिदा माग्न दिनुहोस्, र म तपाईंसँग आउनेछु।” एलियाले जवाफ दिए, “फर्किएर जाऊ, मैले तिमीलाई के गरेको छु र?”
1KI 19:21 यसकारण एलीशा तिनलाई छोडेर फर्किए। तिनले आफ्नो एक हल गोरुलाई लिएर मारे। तिनले हलोका काठहरू बालेर मासु पकाए; र मानिसहरूलाई ती दिए, र तिनीहरूले खाए। त्यसपछि तिनी एलियालाई पछ्याउन गइहाले, र तिनका सेवक भए।
1KI 20:1 अब अरामका राजा बेन-हददले आफ्नो सम्पूर्ण फौजलाई भेला गरे। बत्तीस जना राजाहरू, तिनीहरूका घोडाहरू र रथहरूलाई साथमा लिएर अगि बढे; अनि तिनले सामरियालाई घेरा हालेर त्यसमाथि आक्रमण गरे।
1KI 20:2 तिनले इस्राएलका राजा आहाबकहाँ यसो भनेर दूतहरू पठाए, “बेन-हदद यसो भन्छन्:
1KI 20:3 ‘तिम्रा सुन र चाँदीहरू मेरा हुन्; अनि तिम्रा सबैभन्दा असल पत्नीहरू र छोराछोरीहरू मेरै हुन्।’ ”
1KI 20:4 इस्राएलका राजाले जवाफ दिए, “हे मेरा मालिक महाराजा, तपाईंले भन्‍नुभएझैँ म र मसित भएका सबै थोकहरू तपाईंकै हुन्।”
1KI 20:5 दूतहरू फेरि आएर भने, “बेन-हदद यसो भन्छन्: ‘मैले तिम्रो सुन र चाँदी, तिम्रा पत्नीहरू र छोराछोरीहरूको माग गरिसकेको छु।
1KI 20:6 भोलि यही समयतिर म मेरा अधिकारीहरूलाई तिम्रो दरबार र तिम्रा अधिकारीहरूका घरहरूको छानबिन गर्न पठाउनेछु। तिमीले मूल्यवान् ठानेका चीजहरू कब्जा गरेर तिनीहरूले लैजानेछन्।’ ”
1KI 20:7 इस्राएलका राजाले देशका सबै प्रधानहरूलाई बोलाउन पठाए, र तिनीहरूलाई भने, “हेर्नुहोस्, यस मानिसले कसरी झगडा गर्ने मौका खोज्दैछ! त्यसले मेरा पत्नीहरू र छोराछोरीहरू अनि मेरा सुन र चाँदीहरू माग गर्दा मैले तिनलाई इन्कार गरिनँ।”
1KI 20:8 तब सबै प्रधानहरू र मानिसहरूले जवाफ दिए, “तिनको कुरा नसुन्‍नुहोस्, र तिनका मागहरूप्रति सहमत नहुनुहोस्।”
1KI 20:9 यसकारण तिनले बेन-हददका दूतहरूलाई जवाफ दिए, “मेरा मालिक महाराजालाई भनिदेओ, ‘तपाईंको सेवकले तपाईंले पहिले मागेका कुराहरू सबै दिनेछ, तर यो मागचाहिँ म पूरा गर्न सक्दिनँ।’ ” तिनीहरू गएर त्यो जवाफ बेन-हददकहाँ पुर्‍याइदिए।
1KI 20:10 तब बेन-हददले आहाबकहाँ अर्को समाचार पठाए: “सामरियामा मेरा प्रत्येक मानिसहरूलाई एक-एक मुट्ठी पनि पुग्ने गरी धुलो बाँकी रहेछ भने मेरा देवताहरूले मप्रति कठोर व्यवहार गरून्।”
1KI 20:11 इस्राएलका राजाले जवाफ दिए, “तिनलाई यसो भन्‍नू: ‘कवच धारण गर्नेले कवच उतार्नेले झैँ घमण्ड नगरोस्।’ ”
1KI 20:12 जब बेन-हदद र अरू राजाहरू आफ्ना पालहरूमा मद्य पिइरहेका थिए, तब तिनले यो समाचार सुने, र तिनले आफ्ना मानिसहरूलाई “आक्रमण गर्न तयार हुनु” भनेर हुकुम दिए। यसकारण तिनीहरू सहरमाथि आक्रमण गर्न तयार भए।
1KI 20:13 त्यसपछि एक जना अगमवक्ता आहाब राजाकहाँ आएर घोषणा गरे, “याहवेह यसो भन्‍नुहुन्छ: ‘के तँ यो विशाल फौज देख्दैछस्? म यसलाई आज तेरो हातमा दिनेछु, र तैँले म नै याहवेह हुँ भनी जान्‍नेछस्।’ ”
1KI 20:14 आहाबले सोधे, “तर यो कसले गर्नेछ?” ती अगमवक्ताले जवाफ दिए, “याहवेह यसो भन्‍नुहुन्छ: ‘तेरा प्रान्तिय सेनापतिहरूका जवान अधिकारीहरूले गर्नेछन्।’ ” तिनले सोधे, “अनि लडाइँ कसले सुरु गर्नेछ?” ती अगमवक्ताले जवाफ दिए, “तपाईंले।”
1KI 20:15 यसकारण आहाबले प्रान्तका सेनापतिहरूका 232 जना जवान अधिकारीहरूलाई बोलाउन पठाए। त्यसपछि तिनले बाँकी रहेका 7,000 इस्राएलीहरूलाई भेला गराए।
1KI 20:16 तिनीहरू मध्यदिनमा निस्के। त्यो समयमा बेन-हददचाहिँ तिनीसित भएका बत्तीस जना राजाहरूसित आ-आफ्ना पालहरूभित्र मद्यले लठ्ठ भइरहेका थिए।
1KI 20:17 प्रान्तका सेनापतिहरूका जवान अधिकारीहरू पहिले निस्के। बेन-हददले जासुसहरू पठाएका थिए, जसले यस्तो खबर ल्याए, “मानिसहरू सामरियाबाट यतातिर बढिरहेका छन्।”
1KI 20:18 तिनले भने, “चाहे तिनीहरू शान्तिको निम्ति आएका हुन् अथवा युद्धको निम्ति आएका हुन्, तिनीहरूलाई जिउँदै पक्र।”
1KI 20:19 प्रान्तका सेनापतिहरूका ती जवान अधिकारीहरू सहरबाट अगि-अगि निस्के; र फौजचाहिँ तिनीहरूका पछि-पछि निस्के।
1KI 20:20 अनि प्रत्येकले आफ्नो शत्रुलाई मारे। यसरी अरामीहरू भागे; र इस्राएलीहरूले उनीहरूलाई खेदे। तर अरामका राजा बेन-हदद घोडामा चढेर आफ्ना केही घोडसवारहरूसित उम्किए।
1KI 20:21 इस्राएलका राजा अगि बढे; अनि घोडाहरू र रथहरूलाई नाश गरे, र अरामीहरूको ठूलो नोक्सानी गरे।
1KI 20:22 पछिबाट ती अगमवक्ता इस्राएलका राजाकहाँ आएर भने, “आफ्नो स्थिति बलियो पार्नुहोस्, र अब के गर्ने हो, सो विचार गर्नुहोस्; किनकि आउँदो बसन्त ऋतुमा अरामका राजाले तपाईंमाथि फेरि आक्रमण गर्नेछन्।”
1KI 20:23 त्यसपछि अरामका राजाका अधिकारीहरूले तिनलाई सल्‍लाह दिए, “तिनीहरूका देवताहरू पहाडका देवताहरू हुन्। त्यसैकारण तिनीहरू हाम्रो निम्ति अधिक शक्तिशाली थिए। तर यदि हामीले मैदानमा तिनीहरूसित युद्ध गर्‍यौँ भने हामी तिनीहरूभन्दा शक्तिशाली हुनेछौँ।
1KI 20:24 यसो गर्नुहोस्: सबै राजाहरूलाई हटाएर तिनीहरूका ठाउँमा अरू अधिकारीहरूलाई खटाउनुहोस्।
1KI 20:25 तपाईंले गुमाउनुभएको त्यो फौजजतिकै ठूलो सेना आफ्नो निम्ति भेला गर्नुहोस्। अनि घोडाको बदली घोडा, र रथको बदली रथ खडा गर्नुहोस्। अनि हामी इस्राएलीहरूसित मैदानमा युद्ध गर्न सक्नेछौँ। तब हामी निश्‍चय नै तिनीहरूभन्दा शक्तिशाली हुनेछौँ।” तिनी उनीहरूसित सहमत भए, र त्यस्तै गरे।
1KI 20:26 आउँदो बसन्त ऋतुमा बेन-हददले अरामीहरूलाई भेला गरे, र इस्राएलको विरुद्धमा लडाइँ गर्न अपेकतर्फ गए।
1KI 20:27 इस्राएलीहरूलाई पनि भेला गराइयो, र तिनीहरूका निम्ति खानेकुरा जुटाइयो; अनि उनीहरूसित लडाइँ गर्नलाई तिनीहरू निस्के। इस्राएलीहरू तिनीहरूका सामु बाख्राका दुई वटा साना बथानझैँ छाउनी हालेर बसे; र अरामीहरूले चाहिँ बस्ती नै ढाकेर बसे।
1KI 20:28 एक जना परमेश्‍वरका जनले आएर इस्राएलका राजालाई भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘अरामीहरूले याहवेह बेँसीको होइन, तर पहाडको देवता हुन् भनी सम्झेका हुनाले म यस विशाल फौजलाई तेरो हातमा सुम्पिदिनेछु। अनि तैँले म नै याहवेह हुँ भनी जान्‍नेछस्।’ ”
1KI 20:29 सात दिनसम्म तिनीहरूले आमने-सामने छाउनी हालेर बसे, र सातौँ दिन युद्ध भयो। इस्राएलीहरूले एकै दिनमा अरामीहरूका एक लाख पैदल सेनालाई मारे।
1KI 20:30 तिनीहरूका बाँकी रहेकाहरूचाहिँ अपेकको सहरमा भागे, जहाँ तिनीहरूमध्ये सत्ताइस हजारचाहिँ पर्खाल ढलेर मरे। बेन-हददचाहिँ सहरमा भागेर गए, र भित्री कोठामा गएर लुके।
1KI 20:31 तिनका अधिकारीहरूले तिनलाई भने, “हेर्नुहोस्, हामीले इस्राएलका घरानाका राजाहरू कृपालु हुन्छन् भनेर सुनेका छौँ। हामी कम्मरमा भाङ्ग्रा लगाऔँ, शिरमा डोरीहरू बाँधौँ र इस्राएलका राजाकहाँ जाऔँ। सायद तिनले तपाईंको प्राण जोगाइदेलान् कि।”
1KI 20:32 तब तिनीहरूले आफ्ना कम्मरमा भाङ्ग्रा लगाए, र शिरमा डोरी बाँधे; अनि इस्राएलका राजाकहाँ गएर भने, “तपाईंको सेवक बेन-हदद भन्छन्: ‘दया गरी मलाई बाँच्न दिनुहोस्।’ ” राजाले जवाफ दिए, “के तिनी जीवितै छन्? तिनी त मेरा भाइ हुन्।”
1KI 20:33 ती मानिसहरूले यसलाई एउटा असल लक्षण भन्‍ने सम्झे, र झट्टै तिनको कुरामा मौका पारेर भने, “हो, तपाईंको भाइ बेन-हदद नै हुन्!” तब राजाले भने, “गएर तिनलाई ल्याओ।” जब बेन-हदद निस्केर आए, तब राजाले तिनलाई आफ्नो रथमा चढाए।
1KI 20:34 बेन-हददले भने, “मेरा पिताले तपाईंका पिताबाट लिएका सहरहरू म फर्काइदिनेछु। मेरा पिताले सामरियामा गरेझैँ तपाईंले दमस्कसमा आफ्नै व्यापार स्थलहरू राख्न सक्नुहुन्छ।” आहाबले भने, “म एउटा सन्धिको आधारमा तपाईंलाई छोडिदिनेछु।” यसकारण तिनले उनीसित एउटा सन्धि गरे, र उनलाई जान दिए।
1KI 20:35 याहवेहको वचनअनुसार अगमवक्ताहरूका छोराहरूमध्ये एक जनाले आफ्ना साथीलाई भने, “मलाई तिम्रो हतियारले प्रहार गर,” तर त्यस मानिसले अस्वीकार गर्‍यो।
1KI 20:36 यसकारण ती अगमवक्ताले भने, “याहवेहको आज्ञापालन नगरेका हुनाले तिमी मबाट जानसाथ एउटा सिंहले तिमीलाई मार्नेछ।” अनि त्यो मानिस जानेबित्तिक्‍कै एउटा सिंहले भेट्टायो, र त्यसलाई मार्‍यो।
1KI 20:37 ती अगमवक्ताले अर्को मानिसलाई भेटेर भने, “दया गरी मलाई प्रहार गर्नुहोस्।” यसकारण ती मानिसले तिनलाई प्रहार गरेर घाइते बनाइदिए।
1KI 20:38 त्यसपछि ती अगमवक्ता त्यहाँबाट हिँडे, र तिनले आफ्ना शिरको फेटा आँखासम्म झारेर भेष बदले। अनि बाटोको किनारमा राजाको बाटो हेर्दै पर्खिरहे।
1KI 20:39 जब राजा त्यहाँबाट गए, तब ती अगमवक्ताले कराएर तिनलाई भने, “तपाईंको सेवक लडाइँको मुखैमा पुग्यो। अनि कसैले एउटा कैदी लिएर मकहाँ आएर भन्यो, ‘यस मानिसमाथि नजर राख। यदि यो हरायो भने यसको जीवनको सट्टा तिम्रो जीवन दिनुपर्नेछ, नत्रता तिमीले एक टालेन्ट चाँदी तिर्नुपर्नेछ।’
1KI 20:40 तपाईंको सेवक यताउता व्यस्त हुँदा त्यो मानिस हराइहाल्यो।” तब इस्राएलका राजाले भने, “तँ आफैँले तेरो न्यायको निर्णय गरिस्।”
1KI 20:41 ती अगमवक्ताले झट्टै आफ्ना आँखाबाट त्यो शिरको फेटा हटाए; तब इस्राएलका राजाले तिनलाई अगमवक्ताहरूमध्ये एक हुन् भनी चिने।
1KI 20:42 तिनले राजालाई भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘मैले मारिनैपर्छ भनेर निश्‍चय गरेको मानिसलाई तैँले छोडिदिइस्। यसकारण त्यसको प्राणको साटो तेरो प्राण र त्यसका मानिसहरूको साटो तेरा मानिसहरू हुनेछन्।’ ”
1KI 20:43 यो सुनेर इस्राएलका राजा उदास र क्रोधित भई सामरियामा भएको तिनको महलमा गए।
1KI 21:1 केही समय बितेपछि यिजरेली नाबोतको दाखबारीको विषयलाई लिएर एउटा घटना घट्यो। त्यो दाखबारी यिजरेलमा सामरियाका राजा आहाबको महलको छेउमा थियो।
1KI 21:2 आहाबले नाबोतलाई भने, “तिम्रो दाखबारी मेरो दरबारको छेउमा भएकोले त्यो मलाई मेरो करेसाबारी बनाउनलाई देऊ। त्यसको सट्टामा म तिमीलाई अझ उत्तम दाखबारी दिनेछु, अथवा यदि तिमी चाहन्छौ भने त्यसको जति मूल्य पर्छ, सो म तिर्नेछु।”
1KI 21:3 तर नाबोतले जवाफ दिए, “आफ्ना पुर्खाहरूको पैतृक सम्पत्ति तपाईंलाई दिन सक्दिनँ। याहवेहले यसो हुन नदेऊन्।”
1KI 21:4 यिजरेली नाबोतले “म आफ्ना पुर्खाहरूको पैतृक सम्पत्ति तपाईंलाई दिनेछैनँ” भनेको सुनेर आहाब उदास र क्रोधित भएर घर गए। तिनी खिन्‍न भई आफ्नो ओछ्यानमा ढल्किरहे, र केही पनि खाएनन्।
1KI 21:5 तिनकी पत्नी ईजेबेलले भित्र आएर तिनलाई सोधिन्, “तपाईं किन उदास हुनुहुन्छ? तपाईं किन केही खानुहुन्‍न?”
1KI 21:6 तिनले उनलाई जवाफ दिए, “किनकि मैले यिजरेली नाबोतलाई भनेँ, ‘मलाई तिम्रो दाखबारी बेच, अथवा यदि तिमी चाहन्छौ भने त्यसको सट्टामा म अर्को दाखबारी दिनेछु।’ तर त्यसले भन्यो, ‘म तपाईंलाई मेरो दाखबारी दिन्‍नँ।’ ”
1KI 21:7 तिनकी पत्नी ईजेबेलले भनिन्, “के तपाईंले इस्राएलमा यसरी नै राजा भएर काम गर्नुहुन्छ? उठेर खानुहोस्। प्रसन्‍न रहनुहोस्। म तपाईंलाई यिजरेली नाबोतको दाखबारी दिलाउनेछु।”
1KI 21:8 यसकारण उनले आहाबको नाममा चिट्ठीहरू लेखिन्, र त्यसमा मोहर लगाइन्; अनि ती चिट्ठीहरू नाबोतको सहरमा तिनीसित बस्‍ने प्रधानहरू र भारदारहरूकहाँ पठाइन्।
1KI 21:9 ती चिट्ठीहरूमा तिनले यसरी लेखिन्: “उपवासको एक दिन घोषणा गर्नू, र नाबोतलाई मानिसहरूका बीचमा प्रमुख स्थानमा राख्नू।
1KI 21:10 तर त्यसको सामु दुई जना दुष्‍ट व्यक्तिहरूलाई बसाउनू। अनि त्यसले परमेश्‍वर र राजा दुवैलाई सरापेको छ भनी तिनीहरूलाई साक्षी दिन लगाउनू। त्यसपछि त्यसलाई बाहिर लगेर ढुङ्गाले हानेर मार्नू।”
1KI 21:11 यसकारण नाबोतको सहरमा बस्‍ने ती प्रधानहरू र भारदारहरूले ईजेबेलले तिनीहरूलाई लेखेका चिट्ठीहरूमा हुकुम दिएअनुसार गरे।
1KI 21:12 तिनीहरूले उपवासको दिन घोषणा गरे; अनि नाबोतलाई मानिसहरूका बीचमा प्रमुख स्थानमा बसाए।
1KI 21:13 तब दुई नीच व्यक्तिहरू आएर त्यसका सामु बसे; अनि “नाबोतले परमेश्‍वर र राजा दुवैलाई सरापेको छ” भनेर नाबोतको विरुद्धमा अभियोग लगाए। यसकारण तिनीहरूले नाबोतलाई सहरबाहिर लगेर ढुङ्गाले हानेर मारे।
1KI 21:14 तब तिनीहरूले ईजेबेलकहाँ यसो भनी खबर पठाइदिए, “नाबोतलाई ढुङ्गाले हानेर मारियो।”
1KI 21:15 नाबोतलाई ढुङ्गाले हानेर मारियो भन्‍ने ईजेबेलले सुन्‍नेबित्तिकै तिनले आहाबलाई भनिन्, “उठ्नुहोस् र यिजरेली नाबोतले तपाईंलाई बेच्न इन्कार गरेको त्यसको दाखबारीमाथि अधिकार गर्नुहोस्। ऊ अब जीवित छैन।”
1KI 21:16 जब आहाबले नाबोत मरेको सुने, तब तिनी उठेर यिजरेली नाबोतको दाखबारीमाथि अधिकार गर्न गए।
1KI 21:17 तब याहवेहको वचन तिश्बी एलियाकहाँ आयो:
1KI 21:18 “सामरियामा राज्य गर्ने इस्राएलका राजा आहाबकहाँ जानू। त्यो अहिले नाबोतको दाखबारीमाथि अधिकार गर्नलाई त्यहीँ गएको छ।
1KI 21:19 त्यसलाई भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ: के तँलाई नाबोतको हत्या गरेर पुगेन र त्यसको सम्पत्ति पनि खोसिस्?’ त्यसपछि त्यसलाई भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ: जहाँ कुकुरहरूले नाबोतको रगत चाटेका थिए, त्यही ठाउँमा तेरो पनि रगत कुकुरहरूले चाट्नेछन्!’ ”
1KI 21:20 आहाबले एलियालाई भने, “ए मेरो शत्रु, के तैँले मलाई भेट्टाइस्?” तिनले जवाफ दिए, “मैले तपाईंलाई भेट्टाएँ; किनकि याहवेहको दृष्‍टिमा दुष्‍टता गर्नलाई तपाईंले आफैँलाई बेच्नुभयो।
1KI 21:21 तिनले भने, ‘अब म तपाईंमाथि विपत्ति ल्याउनेछु। म तपाईंका सन्तानहरूलाई भस्म पार्नेछु र कमारा होस् कि फुक्‍का, आहाबका प्रत्येक पुरुषलाई नाश गर्नेछु।
1KI 21:22 म तपाईंका घरानालाई नबातका छोरा यारोबाम र बाशाका छोरा अहीयाहको जस्तै बनाउनेछु। किनकि तपाईंले मलाई रिस उठाउनुभयो र इस्राएललाई पाप गर्न लगाउनुभयो।’
1KI 21:23 “ईजेबेलको विषयमा पनि याहवेह भन्‍नुहुन्छ: ‘यिजरेलको पर्खालको छेउमा ईजेबेललाई कुकुरहरूले खानेछन्।’
1KI 21:24 “आहाबका जति जना सहरमा मर्छन्, तिनीहरूलाई कुकुरहरूले खानेछन्, र गाउँमा मर्नेहरूलाई आकाशका पक्षीहरूले खानेछन्।”
1KI 21:25 (आहाबजस्तो आफ्नी पत्नी ईजेबेलद्वारा उक्साइएर याहवेहको दृष्‍टिमा दुष्‍टता गर्न आफैँलाई बेच्ने अर्को मानिस कहिल्यै कोही थिएन।
1KI 21:26 एमोरीहरूलेझैँ आहाबले मूर्तिहरूको पछि लागेर तिनले अति नै नीच काम गरे। ती एमोरीहरूलाई याहवेहले इस्राएलीहरूका सामुबाट धपाउनुभएको थियो।)
1KI 21:27 यो कुरा सुनेपछि आहाबले आफ्ना वस्त्र च्याते, भाङ्ग्रा लगाए, र उपवास बसे। तिनी भाङ्ग्रा लगाएरै सुते, र उदास भई हिँडे।
1KI 21:28 तब याहवेहको वचन तिश्बी एलियाकहाँ आयो,
1KI 21:29 “आहाबले आफूलाई मेरो सामु विनम्र तुल्याएको के तैँले ध्यान दिइस्? त्यसले आफूलाई विनम्र तुल्याएकोले म त्यसको समयमा यी विपत्ति ल्याउनेछैनँ, तर त्यसको छोराको समयमा त्यसको घरानामाथि त्यो ल्याउनेछु।”
1KI 22:1 तीन वर्षसम्म अराम र इस्राएलको बीचमा कुनै युद्ध भएन।
1KI 22:2 तर तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजा आहाबलाई भेट्न गए।
1KI 22:3 इस्राएलका राजाले आफ्ना अधिकारीहरूलाई भने, “रामोत-गिलाद हाम्रो हो; र पनि हामीले त्यसलाई अरामका राजाबाट फिर्ता लिन केही पनि गरेका छैनौँ भनी तपाईंहरूलाई थाहा छैन?”
1KI 22:4 यसकारण तिनले यहोशापातलाई सोधे, “के तपाईं हामीसित रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जानुहुन्छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन्। मेरा घोडाहरू तपाईंकै घोडाहरूजस्तै हुन्।”
1KI 22:5 तर यहोशापातले इस्राएलका राजालाई यो पनि भने, “पहिले याहवेहसित सल्‍लाह माग्नुहोस्।”
1KI 22:6 यसकारण इस्राएलका राजाले चार सय जति अगमवक्ताहरू भेला गराएर तिनीहरूलाई सोधे, “म रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऊँ कि नजाऊँ?” तिनीहरूले भने, “जानुहोस्, किनकि प्रभुले त्यसलाई राजाको हातमा दिनुहुनेछ।”
1KI 22:7 तर यहोशापातले सोधे, “यहाँ याहवेहका कुनै अगमवक्ता छैनन्, जसलाई हामीले यसको बारेमा सोध्न सकौँ?”
1KI 22:8 इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “याहवेहसित सल्‍लाह लिन एक जना मानिस त छ, तर म उसलाई घृणा गर्छु; किनकि उसले मेरो विषयमा कहिल्यै पनि भलो अगमवाणी गर्दैन; सधैँ कुभलो मात्र गर्छ। ऊ यिम्‍लाको छोरा मीकाया हो।” यहोशापातले जवाफ दिए, “राजाले त्यसो भन्‍नुहुँदैन।”
1KI 22:9 यसकारण इस्राएलका राजाले आफ्ना एक जना अधिकारीलाई बोलाएर भने, “झट्टै यिम्‍लाका छोरा मीकायालाई लिएर आऊ।”
1KI 22:10 आफ्ना राजकीय पोशाकहरू पहिरेर इस्राएलका राजा र यहूदाका राजा यहोशापात सामरियाको मूलढोकाको प्रवेशद्वार नजिकको खलामा आफ्ना सिंहासनहरूमा बसिरहेका थिए। सबै अगमवक्ताहरूले तिनीहरूका सामु अगमवाणी गरिरहेका थिए।
1KI 22:11 केनानका छोरा सिदकियाहले फलामका सिङहरू बनाएका थिए; अनि तिनले घोषणा गरे, “याहवेह यसो भन्‍नुहुन्छ: ‘यी सिङहरूद्वारा नै तिमीहरूले अरामीहरूलाई तिनीहरू नाश नभएसम्म हान्‍नेछौ।’ ”
1KI 22:12 अरू सबै अगमवक्ताहरूले पनि अगमवाणीद्वारा त्यही कुरा भनिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि आक्रमण गरेर विजयी हुनुहोस्; किनकि याहवेहले त्यसलाई राजाको हातमा दिनुहुनेछ।”
1KI 22:13 मीकायालाई बोलाउन जाने समाचारवाहकले तिनलाई भने, “हेर्नुहोस्, अरू अगमवक्ताहरूले एकै मत भएर राजाको सफलताको पूर्व सूचना दिइरहेका छन्। तपाईं पनि तिनीहरूसितै सहमत भएर असल कुरा बोलिदिनुहोस्।”
1KI 22:14 तर मीकायाले भने, “निश्‍चय नै जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, म तिनलाई याहवेहले मलाई भन्‍नुभएको कुरा मात्र भन्‍नेछु।”
1KI 22:15 तिनीहरू आइपुगेपछि राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऊँ कि नजाऊँ?” तिनले जवाफ दिए, “आक्रमण गरेर विजयी हुनुहोस्। किनकि याहवेहले त्यसलाई राजाको हातमा दिनुहुनेछ।”
1KI 22:16 राजाले तिनलाई भने, “मलाई सत्यबाहेक केही नभन्‍नू भनी म तिमीलाई कति पटक याहवेहको नाममा शपथ खान लाऊँ?”
1KI 22:17 तब मीकायाले जवाफ दिए, “मैले इस्राएललाई गोठाला नभएका भेडाहरूझैँ पहाडतिर छरिएको देखेँ, र याहवेहले भन्‍नुभयो, ‘यी मानिसहरूका मालिक छैनन्। प्रत्येक शान्तिसँग आ-आफ्नो घर फर्केर जाऊन्।’ ”
1KI 22:18 इस्राएलका राजाले यहोशापातलाई भने, “यसले मेरो विषयमा कुभलोबाहेक कहिले पनि असल अगमवाणी गर्दैन भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?”
1KI 22:19 मीकायाले भन्दै गए, “यसकारण याहवेहको वचन सुन्‍नुहोस्: मैले याहवेहलाई सिंहासनमा बसिरहनुभएको देखेँ। उहाँका चारैतिर दाहिने र देब्रेपट्टि स्वर्गीय सेना उभिरहेका थिए।
1KI 22:20 तब याहवेहले भन्‍नुभयो, ‘कसले आहाबलाई रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ मार्नलाई बहकाउनेछ?’ “एउटाले एउटा कुरा भने, र अर्कोले अर्कै भने।
1KI 22:21 आखिरमा एउटा आत्माले अगि सरेर याहवेहको सामु उभिएर भन्यो, ‘म तिनलाई बहकाउनेछु।’
1KI 22:22 “याहवेहले सोध्नुभयो, ‘कुन तरिकाले?’ “त्यसले भन्यो, ‘म निस्केर जानेछु, र त्यसका सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हुनेछु।’ “याहवेहले भन्‍नुभयो, ‘तँ त्यसलाई बहकाउन सफल हुनेछस्। जा, गएर त्यसै गर्।’
1KI 22:23 “यसरी अब याहवेहले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा एउटा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। याहवेहले तपाईंको निम्ति विपत्तिको फैसला गर्नुभएको छ।”
1KI 22:24 तब केनानका छोरा सिदकियाह उठेर गए, र मीकायाको अनुहारमा थप्पड लगाए। तिनले सोधे, “कहिले याहवेहको आत्मा मबाट निस्केर तिमीसित बोल्न जानुभयो?”
1KI 22:25 मीकायाले जवाफ दिए, “त्यो त तिमी भित्री कोठामा लुक्न गएको दिन थाहा पाउनेछौ।”
1KI 22:26 तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई लिएर सहरका शासक अमोन र राजाको छोरा योआशकहाँ पठाइदिनू,
1KI 22:27 अनि भन्‍नू, ‘राजा यसो भन्‍नुहुन्छ: यसलाई झ्यालखानामा हालिदिनू, र म सुरक्षित नफर्केसम्म यसलाई रोटी र पानीबाहेक अरू केही नदिनू।’ ”
1KI 22:28 मीकायाले घोषणा गरे, “यदि तपाईं सुरक्षित फर्कनुभयो भने याहवेह मद्वारा बोल्नुभएको होइन।” त्यसपछि तिनले अझ थपे, “तिमीहरू सबैले मेरो कुरा याद राख्नू!”
1KI 22:29 यसकारण इस्राएलका राजा र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए।
1KI 22:30 इस्राएलका राजाले यहोशापातलाई भने, “म लडाईँमा भेष बदलेर प्रवेश गर्नेछु; तर तपाईंले चाहिँ आफ्नो राजकीय पोशाक पहिरनुहोस्।” यसकारण इस्राएलका राजाले आफ्नो भेष बदली गरेर लडाइँ गर्न हिँडे।
1KI 22:31 अब अरामका राजाले भने आफ्ना बत्तीस जना रथहरूका सेनापतिहरूलाई यस्तो हुकुम दिएका थिए, “इस्राएलका राजाबाहेक साना-ठूला कसैसित पनि लडाइँ नगर्नू।”
1KI 22:32 जब ती रथका सेनापतिहरूले यहोशापातलाई देखे, तब तिनीहरूले सोचे, “निश्‍चय उहाँ नै इस्राएलका राजा हुनुहुन्छ।” यसकारण तिनीहरू उनीमाथि आक्रमण गर्नलाई फर्के, तर जब यहोशापात कराए,
1KI 22:33 तब ती रथका सेनापतिहरूले तिनी इस्राएलका राजा होइन रहेछन् भनी देखे। अनि तिनीहरूले उनलाई पछ्याउन छोडे।
1KI 22:34 तर कसैले आफ्नो धनु झिकेर जथाभाबी हान्‍न थाल्यो, र त्यसले इस्राएलका राजालाई तिनको कवचको जोर्नीमा लाग्यो। राजाले आफ्नो सारथीलाई भने, “रथलाई फर्का, र मलाई युद्ध-भूमीबाट बाहिर लैजा। मलाई चोट लागेको छ।”
1KI 22:35 युद्ध दिनभरि नै चलिरह्‍यो र राजालाईचाहिँ आफ्नो रथमा अड्याएर अरामीहरूतिर फर्काइएको थियो। तिनको चोटबाट रथमा रगत बगिरहेको थियो; र त्यही बेलुकी तिनको मृत्यु भयो।
1KI 22:36 सूर्यास्त हुँदै गर्दा फौजभरि यस्तो उर्दी भयो, “प्रत्येक मानिस आ-आफ्ना सहरमा फर्क। हरेक आफ्नै ठाउँमा फर्क!”
1KI 22:37 यसरी राजाको मृत्यु भयो, र तिनी सामरियामा ल्याइए। अनि तिनीहरूले उनलाई त्यहाँ गाडे।
1KI 22:38 तिनीहरूले रथलाई सामरियाको एउटा तलाउमा धोए (जहाँ वेश्याहरू नुहाउने गर्थे) र याहवेहको वचनले घोषणा गरेझैँ कुकुरहरूले तिनको रगत चाटे।
1KI 22:39 आहाबका शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरू, तिनले हस्तीदन्तले बनाएका महल, अनि तिनले पर्खाल लगाएका सहरहरूको विषयमा चाहिँ इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
1KI 22:40 आहाब आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे। तिनका छोरा अहज्याह तिनीपछि राजा भए।
1KI 22:41 इस्राएलका राजा आहाबको चौथो वर्षमा आसाका छोरा यहोशापात यहूदाका राजा भए।
1KI 22:42 राजा हुँदा यहोशापात पैँतीस वर्षका थिए; र तिनले यरूशलेममा पच्‍चीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अजूबा थियो, जो शिल्हीकी छोरी थिइन्।
1KI 22:43 प्रत्येक कुरामा तिनी आफ्ना पिता आसाका चालहरूमा हिँडिरहे, र तिनी तीबाट यताउता लागेनन्। तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। तैपनि देवस्थानहरू हटाइएनन्; र मानिसहरूले त्यहाँ निरन्तर बलिदानहरू चढाए र धूप बाले।
1KI 22:44 यहूदाका राजा यहोशापात इस्राएलका राजासँग मेलमिलाप राखे।
1KI 22:45 यहोशापातको शासनका अरू घटनाहरू, तिनले गरेका उपलब्धीहरू र तिनका फौजी वीरताको विषयमा ती यहूदाका राजाका पुस्तकहरूमा लेखिएका छैनन् र?
1KI 22:46 तिनले देशलाई बाँकी रहेका देवस्थानका देवदासहरूबाट मुक्त गरे, जुन तिनका पिता आसाको शासनकालपछि पनि रहेका थिए।
1KI 22:47 त्यस बेला एदोममा कुनै राजा थिएनन्; तर प्रान्तिय राज्यपालले शासन गर्थे।
1KI 22:48 ओपीरबाट सुन ल्याउन भनी यहोशापातले व्यापारी जहाजहरू बनाए। तर एस्योन-गेबेरमा ती जहाजहरू भत्किएका हुनाले तिनीहरू तर्शीशमा कहिल्यै पुगेनन्।
1KI 22:49 त्यस बेला आहाबका छोरा अहज्याहले यहोशापातलाई भने, “मेरा मानिसहरूलाई तपाईंका मानिसहरूसित जान दिनुहोस्,” तर यहोशापातले अस्वीकार गरे।
1KI 22:50 त्यसपछि यहोशापात आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूसितै आफ्ना पिता दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा यहोराम राजा भए।
1KI 22:51 आहाबका छोरा अहज्याह यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा सामरियामा इस्राएलका राजा भए। तिनले इस्राएलमाथि दुई वर्षसम्म राज्य गरे।
1KI 22:52 तिनले याहवेहको दृष्‍टिमा दुष्‍ट काम गरे। किनकि तिनी आफ्ना बुबाआमाका चालहरूमा र इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका चालहरूमा चले।
1KI 22:53 तिनले बालको सेवा गरेर त्यसलाई पूजा गरे, र आफ्ना पिताले गरेझैँ याहवेह इस्राएलका परमेश्‍वरलाई रिस उठाए।
2KI 1:1 आहाबको मृत्युपछि मोआबले इस्राएलको विरुद्धमा विद्रोह गर्‍यो।
2KI 1:2 एक दिन इस्राएलका नयाँ राजा अहज्याह सामरियामा आफ्नो महलको माथिल्‍लो कोठाको आँखीझ्यालबाट खसे, र तिनी घाइते भए। यसकारण तिनले दूतहरूलाई यसो भनेर पठाए, “एक्रोनको देवता बाल-जेबुबकहाँ जाओ। म आफ्नो चोटबाट निको हुन्छु कि हुदिनँ भनेर सोध।”
2KI 1:3 तर याहवेहको दूतले तिश्बी एलियालाई भने, “जा, सामरियाका राजाका दूतहरूलाई भेट्, र तिनीहरूलाई ‘के इस्राएलमा परमेश्‍वर हुनुहुन्‍न र तिमीहरू एक्रोनको देवता बाल-जेबुबसित सल्‍लाह लिन जाँदैछौ?’ भनेर सोध्।
2KI 1:4 यसकारण याहवेहको सन्देश यो छ: ‘तँ जुन पलङमा छस्, त्यसबाट तँ उत्रनेछैनस्। तँ निश्‍चय मर्नेछस्!’ ” तब एलिया गइहाले।
2KI 1:5 जब ती दूतहरू फर्किआए, तब राजाले तिनीहरूलाई सोधे, “तिमीहरू किन फर्केर आयौ?”
2KI 1:6 तिनीहरूले जवाफ दिए, “एक जना मानिस हामीलाई भेट्न आए, र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ गएर तिनलाई भन्‍नू, “याहवेह यसो भन्‍नुहुन्छ: के इस्राएलमा परमेश्‍वर हुनुहुन्‍न र तैँले एक्रोनको देवता बाल-जेबुबसित सल्‍लाह लिन भनी मानिसहरू पठाउँदैछस्? यसकारण तँ जुन पलङमा छस्, त्यसबाट तँ उत्रनेछैनस्। तँ निश्‍चय मर्नेछस्!” ’ ”
2KI 1:7 राजाले तिनीहरूलाई सोधे, “तिमीहरूलाई भेट्न आएर यी कुराहरू भन्‍ने मानिस कस्तो किसिमको थियो?”
2KI 1:8 तिनीहरूले जवाफ दिए, “तिनी रौँका वस्त्र पहिरेका र कम्मरमा छालाको पटुका कसेका मानिस थिए।” राजाले भने, “तिनी त तिश्बी एलिया हुन्।”
2KI 1:9 तब तिनले एलियाकहाँ एक जना सेनापतिलाई तिनका पचास जना सेनाहरूसित पठाए। ती सेनापति डाँडाको टुप्पामा बसिरहेका एलियाकहाँ गएर भने, “हे परमेश्‍वरका जन, राजाले तपाईंलाई भन्‍नुभएको छ, ‘तल आउनुहोस्!’ ”
2KI 1:10 एलियाले सेनापतिलाई जवाफ दिए, “यदि म परमेश्‍वरका जन हुँ भने स्वर्गबाट आगो बर्सेर तिमी र तिम्रा पचास जना सेनालाई भस्म पारोस्!” तब स्वर्गबाट आगो बर्सेर त्यस सेनापति र तिनका सेनाहरूलाई भस्म पार्‍यो।
2KI 1:11 राजाले एलियाकहाँ अर्को सेनापतिलाई तिनका पचास जनाको सेनासित पठाए। ती सेनापतिले तिनलाई भने, “हे परमेश्‍वरका जन, राजाले भन्‍नुभएको छ, ‘झट्टै तल आउनुहोस्!’ ”
2KI 1:12 एलियाले जवाफ दिए, “यदि म परमेश्‍वरका जन हुँ भने स्वर्गबाट आगो बर्सेर तिमी र तिम्रा पचास जना सेनालाई भस्म पारोस्!” तब परमेश्‍वरको आगो स्वर्गबाट बर्सेर तिनी र तिनका पचास जना सेनालाई भस्म पार्‍यो।
2KI 1:13 यसकारण राजाले फेरि एक जना तेस्रो सेनापतिलाई तिनका पचास जना सेनासित पठाए। ती तेस्रो सेनापति माथि गए, र एलियाको सामु घुँडा टेके। अनि बिन्ती गरेर भने, “हे परमेश्‍वरका जन, हामी तपाईंका सेवकहरू हौँ। म र यी पचास जना मानिसहरूको प्राणको रक्षा गरिदिनुहोस्!
2KI 1:14 हेर्नुहोस्, ती पहिलेका दुई सेनापति र तिनीहरूका सबै मानिसहरूमाथि स्वर्गबाट आगो बर्सियो र तिनीहरू भस्म भए। तर अब मेरो प्राण जोगाइदिनुहोस्!”
2KI 1:15 याहवेहका दूतले एलियालाई भने, “त्योसित तल जा; त्यसदेखि नडरा।” यसकारण एलिया उठे, र तिनीसित राजाकहाँ तल गए।
2KI 1:16 तिनले राजालाई भने, “याहवेह यसो भन्‍नुहुन्छ: के सल्‍लाह लिनलाई इस्राएलमा परमेश्‍वर हुनुहुन्‍नथ्यो र तैँले एक्रोनको देवता बाल-जेबुबकहाँ सल्‍लाह लिन भनी दूतहरू पठाइस्? तैँले यसो गरेकोले आफू सुतिरहेको पलङ कहिल्यै छोड्नेछैनस्। तँ निश्‍चय नै मर्नेछस्!”
2KI 1:17 यसकारण एलियाले बोलेका याहवेहको वचनअनुसार तिनको मृत्यु भयो। अहज्याहका कुनै छोरा नभएकोले तिनीपछि तिनका भाइ योराम राजा भए। यहूदाका राजा यहोशापातका छोरा यहोरामको शासनकालको दोस्रो वर्षमा यो भएको थियो।
2KI 1:18 अहज्याहको शासनका अरू घटनाहरू र तिनले गरेका कार्यहरू के ती इस्राएलका राजाहरूका पुस्तकहरूमा लेखिएका छैनन् र?
2KI 2:1 याहवेहले एलियालाई आँधीबेहरीमा उठाइलैजान अगि एलिया र एलीशा गिलगालबाट आइरहेका थिए।
2KI 2:2 एलियाले एलीशालाई भने, “यहीँ बस; याहवेहले मलाई बेथेलमा जाने आज्ञा गर्नुभएको छ।” तर एलीशाले भने, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण तिनीहरू बेथेलमा झरे।
2KI 2:3 बेथेलमा भएका एक दल अगमवक्ताहरू एलीशाकहाँ आएर सोधे, “के याहवेहले तिम्रा मालिकलाई आज तिमीबाट उठाइलैजानुहुनेछ भन्‍ने तिमीलाई थाहा छ?” एलीशाले जवाफ दिए, “हो, म जान्दछु, तर यसबारे चुप लाग्नुहोस्!”
2KI 2:4 तब एलियाले तिनलाई भने, “एलीशा, तिमी यहीँ बस; याहवेहले मलाई यरीहोमा जाने आज्ञा गर्नुभएको छ।” तर तिनले जवाफ दिए, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण तिनीहरू यरीहोमा गए।
2KI 2:5 यरीहोमा भएका अगमवक्ताहरूको दल एलीशाकहाँ गएर तिनलाई सोधे, “के आज याहवेहले तिम्रा मालिकलाई तिमीबाट उठाइलैजानुहुनेछ भन्‍ने तिमीलाई थाहा छ?” तिनले जवाफ दिए, “हो, म जान्दछु, तर यसबारे चुप लाग्नुहोस्!”
2KI 2:6 तब एलियाले तिनलाई भने, “यहीँ बस; याहवेहले मलाई यर्दनमा जाने आज्ञा गर्नुभएको छ।” तब तिनले जवाफ दिए, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण ती दुवै अगि बढे।
2KI 2:7 पचास जना अगमवक्ताहरूले तिनीहरूलाई पछ्याए, र यर्दन नदीको किनारमा एलिया र एलीशा उभिएको ठाउँतिर हेर्दै केही दूरीमा उभिए।
2KI 2:8 एलियाले आफ्नो खास्टो निकालेर त्यसलाई बेह्रे, र पानीलाई त्यसले हिर्काए। तब पानी दाहिने र देब्रेतिर दुई भाग भयो। अनि ती दुई सुक्खा जमिनबाट हिँडेर पारि गए।
2KI 2:9 तिनीहरू पारि पुगेपछि एलियाले एलीशालाई भने, “मलाई भन, तिमीबाट लगिनुभन्दा अगि म तिम्रा निम्ति के गरिदिऊँ?” एलीशाले जवाफ दिए, “म तपाईंको आत्माको दोबर भाग प्राप्‍त गर्न सकूँ।”
2KI 2:10 एलियाले भने, “तिमीले त अप्ठ्यारो कुरा माग्यौ। तरै पनि यदि तिमीले मलाई तिमीबाट लगिएको देख्यौ भने तिम्रा इच्छा पूरा हुनेछ; नत्रता हुनेछैन।”
2KI 2:11 तिनीहरू एकसाथ कुरा गर्दै हिँडिरहेको बेला अचानक अग्निमय रथ र अग्निमय घोडाहरू देखा परे, र ती दुईलाई अलग पारे। अनि एलिया भुमरीमा भई माथि स्वर्गतिर लगिए।
2KI 2:12 एलीशाले यो देखे, र कराएर भने, “हे मेरा पिता! हे मेरा पिता! इस्राएलका रथहरू र घोडचढीहरू!” त्यसपछि एलीशाले तिनलाई फेरि कहिल्यै देखेनन्। तब तिनले आफ्नो वस्त्र समाते, र त्यसलाई दुई भाग गरेर च्याते।
2KI 2:13 तिनले एलियाबाट खसेको खास्टो उठाए; र फर्केर यर्दनको किनारमा उभिए।
2KI 2:14 तब तिनले एलियाबाट खसेको खास्टो उठाए, र पानीलाई हिर्काएर भने, “याहवेह एलियाका परमेश्‍वर अब कहाँ हुनुहुन्छ?” जब तिनले पानीलाई हिर्काए, तब त्यो दाहिने र देब्रेतिर छुट्टिएर दुई भाग भयो, र तिनी पारि गए।
2KI 2:15 त्यो दृष्य हेरिरहेका यरीहोका अगमवक्ताहरूका दलले भने, “एलियाको आत्मा एलिशामाथि आएछ।” अनि तिनीहरू एलीशालाई भेट्न गए, र तिनको सामु भुइँसम्म निहुरेर अभिवादन गरे।
2KI 2:16 तिनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका सेवकहरूसँग पचास जना बलिया मानिसहरू छन्। तिनीहरूलाई तपाईंका मालिकलाई खोज्न जान दिनुहोस्। सायद याहवेहको आत्माले तिनलाई उठाएर लैजानुभयो, र कुनै पहाड अथवा बेँसीमा राखिदिनुभएको छ कि।” एलीशाले भने, “होइन, तिनीहरूलाई नपठाओ।”
2KI 2:17 तर तिनीहरूले लज्जित होउन्जेल ढिपी गरिरहे। यसकारण तिनले भने, “तिनीहरूलाई पठाओ।” अनि तिनीहरूले पचास जना मानिसलाई पठाए, जसले तीन दिनसम्म खोजे; तर एलियालाई भेट्टाउन सकेनन्।
2KI 2:18 जब तिनीहरू एलीशाकहाँ फर्के, एलीशा यरीहोमै थिए, तब तिनले तिनीहरूलाई भने, “के मैले तिमीहरूलाई नजाओ भनेको थिइनँ र?”
2KI 2:19 त्यस सहरका मानिसहरूले एलीशालाई भने, “हेर्नुहोस्, हाम्रा मालिक, यो सहर राम्रो ठाउँमा बसालिएको छ, जुन तपाईंले पनि देख्नुभएको छ। तर पानी दूषित छ, र जमिन पनि रुखो छ।”
2KI 2:20 तिनले भने, “मकहाँ एउटा नयाँ कचौरा ल्याओ, र त्यसमा नुन हाल।” यसकारण तिनीहरूले त्यो तिनीकहाँ ल्याए।
2KI 2:21 तब तिनी पानीको मूलमा गए; र त्यसमा नुन हालेर यसो भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘मैले यस पानीलाई शुद्ध पारेको छु। यसले अब कहिल्यै मृत्यु ल्याउनेछैन, र जमिन रुखो बनाउनेछैन।’ ”
2KI 2:22 यसैकारण एलीशाले भनेका वचनअनुसार आजको दिनसम्म नै त्यो पानी स्वस्थ रहेको छ।
2KI 2:23 त्यहाँबाट एलीशा बेथेलमा गए। तिनी बाटोमा हिँडिरहेका बेला सहरबाट केही ठिटाहरू आएर तिनलाई गिल्‍ला गरे। तिनीहरूले तिनलाई भने, “ए मुडुले, यहाँबाट जा! ए मुडुले, यहाँबाट जा!”
2KI 2:24 तब तिनले फनक्‍क फर्केर तिनीहरूतिर हेरे। अनि तिनले याहवेहको नाममा तिनीहरूलाई सरापे। तब जङ्गलबाट दुई वटा माउ भालु निस्के। अनि ती केटाहरूमध्ये बयालीस जना केटाहरूलाई चिथोरेर मारे।
2KI 2:25 अनि त्यहाँबाट तिनी कर्मेल पर्वतसम्म गए, र त्यहाँबाट तिनी सामरियामा फर्के।
2KI 3:1 यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए। तिनले बाह्र वर्ष राज्य गरे।
2KI 3:2 तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे, तर तिनका बुबा र तिनकी आमाले गरेकोजस्तो चाहिँ होइन। तिनले आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्गालाई फ्याँकिदिए।
2KI 3:3 तरै पनि नबातका छोरा यारोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, ती पापहरूमा तिनी लागिरहे। योराम ती पापबाट फर्केनन्।
2KI 3:4 यसबेला मोआबका राजा मेशाले भेडा पालन गर्दथे। तिनले इस्राएलका राजालाई एक लाख थुमा र एक लाख भेडाका ऊन दिनुपर्थ्यो।
2KI 3:5 तर आहाब मरेपछि मोआबका राजाले इस्राएलका राजाको विरुद्धमा विद्रोह गरे।
2KI 3:6 यसकारण त्यस बेला राजा योराम सामरियाबाट निस्के, र तिनले सबै इस्राएललाई भेला गरे।
2KI 3:7 तिनले यहूदाका राजा यहोशापातकहाँ पनि यसरी खबर पठाए: “मोआबका राजाले मेरो विरुद्धमा विद्रोह गरेका छन्। के तपाईं मलाई मोआबको विरुद्धमा लडाइँ गर्नसाथ दिनुहुन्छ?” तिनले जवाफ दिए, “म तपाईंसित जानेछु। म तपाईंजस्तै हुँ। मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै, मेरा घोडाहरू तपाईंका घोडाहरूजस्तै हुन्।”
2KI 3:8 तब तिनले सोधे, “हामीले कुन दिशाबाट आक्रमण गरौँ?” तिनले जवाफ दिए, “एदोमको उजाडस्थानबाट।”
2KI 3:9 यसकारण इस्राएलका राजासँग यहूदाका राजा र एदोमका राजा पनि सामेल भए। सात दिनको घुमौरो यात्रापछि फौजसित आफ्ना निम्ति र आफूसित भएका पशुहरूका निम्ति पनि पानी रहेन।
2KI 3:10 इस्राएलका राजाले भने, “यो के हो? के याहवेहले हामी तीन जना राजाहरूलाई मोआबको हातमा सुम्पिदिनका निम्ति बोलाउनुभएको हो र?”
2KI 3:11 तर यहोशापातले सोधे, “के यहाँ याहवेहका कुनै अगमवक्ता छैनन्, जसद्वारा हामी याहवेहसित सल्‍लाह लिन सकौँ?” इस्राएलका राजाका एक जना अधिकृतले जवाफ दिए, “शापातका छोरा एलीशा यहाँ छन्। तिनले एलियाका हात धुन पानी खनाइदिने गर्थे।”
2KI 3:12 यहोशापातले भने, “याहवेहको वचन तिनीसित छ।” यसकारण इस्राएलका राजा र यहोशापात अनि एदोमका राजा तिनीकहाँ तल गए।
2KI 3:13 एलीशाले इस्राएलका राजालाई भने, “हाम्रो आपसमा के सम्बन्ध छ र? तपाईंका पिताका अगमवक्ताहरू र तपाईंकी माताका अगमवक्ताहरूकहाँ जानुहोस्।” इस्राएलका राजाले जवाफ दिए, “होइन, किनकि याहवेहले नै हामी तीन जना राजाहरूलाई मोआबको हातमा सुम्पिदिन बोलाउनुभयो।”
2KI 3:14 एलीशाले भने, “मैले सेवा गरेका सेनाहरूका याहवेहलाई साक्षी राखेर भन्दछु, यहूदाका राजा यहोशापातको उपस्थितिप्रति मेरो आदर नभएको भए म तपाईंलाई ध्यान पनि दिने थिइनँ।
2KI 3:15 तर अब मेरा निम्ति एक जना वीणा बजाउनेलाई ल्याइदिनुहोस्।” जब त्यस मानिसले वीणा बजाइरहेका थिए, तब त्यही बेला याहवेहको हात एलीशामाथि आयो।
2KI 3:16 अनि तिनले भने, “याहवेह यसो भन्‍नुहुन्छ: म यस उपत्यकालाई पानीको खाडल नै खाडलले भरिदिनेछु।
2KI 3:17 किनकि याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूले न बतास, न त वृष्‍टि देख्नेछौ, तापनि यो उपत्यका पानीले भरिनेछ। अनि तिमीहरू, तिमीहरूका गाईबस्तु र तिमीहरूका अरू पशुहरूले पानी पिउनेछन्।
2KI 3:18 यो त याहवेहको दृष्‍टिमा एउटा सजिलो कुरा हो। उहाँले मोआबलाई पनि तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ।
2KI 3:19 तिमीहरूले प्रत्येक सुरक्षित र मुख्य नगरलाई जित्नेछौ। तिमीहरूले प्रत्येक असल रूख काटेर ढाल्नेछौ। सबै पानीका मूलहरू बन्द गरिदिनेछौ। अनि प्रत्येक असल खेतलाई ढुङ्गाहरूले नष्‍ट पारिदिनेछौ।”
2KI 3:20 भोलिपल्ट बिहान, लगभग बलिदान चढाउने समयमा एदोमबाट पानी बगिरहेको थियो! अनि त्यो जमिन पानीले भरिएको थियो।
2KI 3:21 जब मोआबीहरूले तिनीहरूको विरुद्धमा लड्न राजाहरू आएका छन् भनी सुने, तब तिनीहरूले हतियार बोक्न सक्ने वृद्ध, जवान, सबै मानिसहरूलाई भेला पारे; र सिमानामा तैनाथ गराए।
2KI 3:22 जब तिनीहरू एकाबिहानै उठे, तब घाम पानीमाथि चम्किरहेको थियो। पारिपट्टि भएका मोआबीहरूले उनीहरूका छेउको त्यो पानी रगतजस्तै रातो देखे।
2KI 3:23 तिनीहरूले भने, “त्यो त रगत हो! ती राजाहरूले आपसमा लडाइँ गरेर एक-अर्कालाई मारे होलान्। अब हे मोआबी हो, लुट्नलाई जाओ!”
2KI 3:24 तर जब मोआबीहरू इस्राएलको छाउनीमा आए, तब इस्राएलीहरू उठेर तिनीहरू नभागुन्जेल तिनीहरूसित लडाइँ गरिरहे। अनि इस्राएलीहरूले त्यस देशमाथि आक्रमण गरेर मोआबीहरूलाई मारे।
2KI 3:25 तिनीहरूले नगरहरू नष्‍ट गरिदिए; र प्रत्येक असल जमिन ढुङ्गाले भरिदिए। तिनीहरूले प्रत्येक पानीको मूललाई बन्द गरिदिए। अनि प्रत्येक असल रूखलाई काटेर ढालिदिए। कीर-हरेशेतलाई मात्र त्यसका ढुङ्गाहरूसहित त्यसकै गाउँमा छोडिदिए। तर घुयेँत्रोधारी मानिसहरूले त्यसलाई पनि घेरेर आक्रमण गरे।
2KI 3:26 जब मोआबका राजाले आफूले युद्ध हार्दै गएको देखे, तब तिनले एदोमका राजा भएको ठाउँमा जसरी पनि पुग्नलाई आफूसित सात सय तरवारधारी मानिसहरू लगे; तर तिनीहरू असफल भए।
2KI 3:27 तब तिनले तिनीपछि राजा हुने आफ्ना जेठा छोरालाई लगेर त्यसलाई सहरको पर्खालमाथि बलिदानस्वरूप चढाए। इस्राएलको विरुद्धमा उठेको क्रोध प्रचण्ड थियो। इस्राएलीहरू त्यहाँबाट हटेर आफ्नै देशमा फर्के।
2KI 4:1 एक दिन अगमवक्ताहरूको दलका एउटी मानिसकी पत्नीले एलीशालाई बिन्ती गरिन्, “तपाईंका सेवक मेरा पतिको मृत्यु भयो। उहाँले याहवेहको भय मान्‍नुहुन्थ्यो भनी तपाईं जान्‍नुहुन्छ। तर अब उहाँलाई ऋण दिने व्यक्ति मेरा दुई छोराहरूलाई आफ्ना दास बनाउन भनी आउँदैछन्।”
2KI 4:2 एलीशाले तिनलाई जवाफ दिए, “म तिमीलाई कसरी सहायता गर्न सक्छु? तिम्रो घरमा के छ? मलाई बताऊ!” तिनले भनिन्, “तपाईंकी सेविकासित अलिकति जैतुनको तेलबाहेक अरू केही पनि छैन।”
2KI 4:3 एलीशाले भने, “चारैतिर गएर तिम्रा छिमेकीहरूबाट आफ्ना निम्ति सक्दो रित्ता भाँडाहरू बटुल।
2KI 4:4 तब आफ्ना छोराहरूलाई भित्र राखेर ढोका थुन। अनि सबै भाँडाहरूमा तेल खन्याऊ, र भरिएका भाँडोलाई चाहिँ एकातिर राख।”
2KI 4:5 तब तिनी त्यहाँबाट गइन्, र आफ्ना छोराहरूसित भित्र पसेपछि ढोका थुनिन्। तिनीहरूले ती भाँडाहरू उनीकहाँ ल्याए, र तिनले तेल भर्न थालिन्।
2KI 4:6 सबै भाँडाहरू भरिएपछि तिनले एउटा छोरालाई भनिन्, “मलाई अर्को भाँडो देऊ।” तर त्यसले जवाफ दियो, “अब कुनै भाँडो पनि छैन।” तब तेल आउन बन्द भयो।
2KI 4:7 त्यसपछि ती विधवा गएर परमेश्‍वरका जनलाई यो कुरा बताइन्। अनि तिनले भने, “जाऊ, गएर त्यो तेल बेचेर आफ्नो ऋण तिर। उब्रेकोबाट तिमी र आफ्ना छोराहरूसित जीविका चलाउन सक्नेछौ।”
2KI 4:8 एक दिन एलीशा शूनेममा गए। त्यहाँ एउटी सम्पन्‍न स्त्री बस्थिन्। उनले तिनलाई भोजनका निम्ति आग्रह गरिन्। यसैले तिनी जहिले त्यहाँबाट भएर जान्थे, तब तिनी खाना खान त्यहीँ जान्थे।
2KI 4:9 तिनले आफ्ना पतिलाई भनिन्, “हाम्रो यस बाटो भएर घरी-घरी आइरहने यी मानिस परमेश्‍वरका पवित्र जन हुन् भनी म जान्दछु।
2KI 4:10 हामी कौसीमा एउटा सानो कोठा बनाइदिऔँ। त्यहीँ तिनका निम्ति एउटा पलङ, एउटा टेबुल, एउटा कुर्सी र एउटा बत्ती राखिदिऔँ। जब तिनी हामीकहाँ आउँछन्, तब तिनी त्यहीँ बस्‍ने गरून्।”
2KI 4:11 एक दिन एलीशा आएर माथि आफ्नो कोठामा पसे, र त्यहीँ ढल्के।
2KI 4:12 तिनले आफ्नो सेवक गेहजीलाई भने, “त्यस शूनम्मी स्त्रीलाई बोलाएर ले।” यसकारण त्यसले उनलाई बोलायो र उनी तिनको सामु उभिइन्।
2KI 4:13 एलीशाले तिनलाई भने, “तिनलाई भन्, ‘तिमीले हाम्रा निम्ति यी सबै कष्‍ट उठाएकी छौ। अब तिम्रा निम्ति हामी के गरौँ? तिम्रो पक्षमा के हामी राजा वा सेनाका सेनापतिसित कुरा गरिदिऔँ?’ ” तिनले जवाफ दिइन्, “मेरा आफ्नै जातिहरूका बीचमा मेरो घर छ।”
2KI 4:14 एलीशाले सोधे, “तिनका निम्ति के गर्न सकिन्छ त?” गेहजीले भने, “वास्तवमा, तिनको कुनै छोरा छैन, र तिनका पति वृद्ध छन्।”
2KI 4:15 तब एलीशाले भने, “तिनलाई बोला।” यसकारण त्यसले तिनलाई बोलायो, र तिनी ढोकामा उभिइन्।
2KI 4:16 एलीशाले भने, “आउँदो वर्ष लगभग यही समयमा तिमीले आफ्नो काखमा एउटा छोरा खेलाइरहेकी हुनेछौ।” तिनले भनिन्, “हजुर, होइन, मेरा मालिक, हे परमेश्‍वरका जन, आफ्नी सेविकालाई भ्रममा नपार्नुहोस्!”
2KI 4:17 नभन्दै ती स्त्री गर्भवती भइन्; र अर्को वर्ष एलीशाले तिनलाई भनेझैँ त्यही तोकिएको समयमा एउटा छोरा जन्माइन्।
2KI 4:18 त्यो बालक कदमा हुर्कन थाल्यो। एक दिन ऊ आफ्ना बुबाकहाँ गयो। बुबाचाहिँ कटनी गर्नेहरूसित खेतमा थिए।
2KI 4:19 त्यसले आफ्नो बुबालाई भन्यो, “बुबा, मेरो टाउको दुख्यो! मेरो टाउको दुख्यो!” त्यसका बुबाले एउटा नोकरलाई भने, “यसलाई यसकी आमाकहाँ पुर्‍याइदे।”
2KI 4:20 त्यस नोकरले त्यसलाई उठाएर त्यसकी आमाकहाँ पुर्‍याइदियो। तब ऊ मध्यदिनसम्म नै आफ्नी आमाको काखमा सुतिरह्‍यो। त्यसपछि ऊ मर्‍यो।
2KI 4:21 तब ती स्त्री माथि गइन्, र उसलाई त्यस परमेश्‍वरका जनको पलङमा सुताइन्। अनि ढोका थुनिराखेर तिनी बाहिर निस्किन्।
2KI 4:22 तब तिनले आफ्ना पतिलाई बोलाएर भनिन्, “दया गरी मकहाँ एउटा सेवक र एउटा गधा पठाइदिनुहोस्। म चाँडो गरी परमेश्‍वरका जनकहाँ गएर फर्कनेछु।”
2KI 4:23 तिनले सोधे, “आज नै तिमी तिनीकहाँ किन जान्छ्यौ? आज न औँसी, न त शब्बाथको दिन नै हो।” तिनले भनिन्, “सबै ठिकै छ।”
2KI 4:24 तब तिनले गधामा काठी कसिन्, र आफ्नो सेवकलाई भनिन्, “मैले तँलाई रोक् नभनेसम्म गधा दौडाइराख्; ढिलो नगर्।”
2KI 4:25 यसकारण तिनले यात्रा सुरु गरिन् र कर्मेल पर्वतमा परमेश्‍वरका जनकहाँ आइपुगिन्। तिनलाई टाढामा आउँदैगरेको देखेर परमेश्‍वरका जनले आफ्नो सेवक गेहजीलाई भने, “हेर्! त्यो शूनम्मी स्त्री यतैतिर आउँदैछिन्!
2KI 4:26 दौडेर जा, र तिनलाई सोध्, ‘के तिमी कुशल नै छौ? के तिम्रा पति कुशलै छन्? अनि तिम्रो बालक कुशलै त छ नि?’ ” तिनले भनिन्, “सबै ठिकठाक छ।”
2KI 4:27 पर्वतमा परमेश्‍वरका जनकहाँ पुगेर तिनले उनका पाउमा पक्रिन्। तर तिनलाई हटाउन भनी गेहजी आइपुग्यो तर परमेश्‍वरका जनले भने, “तिनलाई एकलै छोडिदेऊ! तिनी ठूलो कष्‍टमा छिन्। तर याहवेहले यो कुरा मबाट लुकाउनुभएको छ। कारण के हो, सो मलाई बताउनुभएको छैन।”
2KI 4:28 तिनले भनिन्, “मेरा मालिक, के मैले तपाईंसित छोरा मागेकी थिएँ र? के मैले तपाईंलाई ‘मलाई आशा नबढाइदिनुहोस्’ भनी भनेको थिइनँ र?”
2KI 4:29 एलीशाले गेहजीलाई भने, “आफ्नो खास्टो कम्मरमा कस्, र मेरो लहुरो आफ्नो हातमा लिएर दौडी जा। यदि तैँले कसैलाई भेटिस् भने त्यसलाई अभिवादन नगर्नू, र कसैले तँलाई अभिवादन गर्‍यो भने जवाफ नदिनू। गएर मेरो लहुरो त्यस केटाको अनुहारमा राखिदे।”
2KI 4:30 तर त्यस बालककी आमाले भनिन्, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण एलीशा उठेर त्यस स्त्रीको पछि लागे।
2KI 4:31 तब गेहजी अगि-अगि गयो र त्यो लहुरो त्यस बालकको अनुहारमाथि राखिदियो। तर त्यहाँ कुनै आवाज आएन; न त कुनै प्रतिक्रिया नै आयो। यसकारण गेहजी एलीशालाई भेट्न फर्केर गयो, र त्यसले तिनलाई भने, “त्यो केटो त बिउँझेन।”
2KI 4:32 एलीशा घरमा पुग्दा त्यो केटो आफ्नो पलङमा मरिसकेको अवस्थामा भेट्टाए।
2KI 4:33 यसकारण तिनी भित्र गए, र ढोका थुने; अनि याहवेहसित प्रार्थना गरे।
2KI 4:34 तब तिनी पलङमाथि चढे; अनि आफ्नो मुख, आफ्नो आँखा र आफ्नो हात उसको मुख, आँखा र हातमा राखेर त्यस केटामाथि पस्रिए। तिनी त्यस केटोमाथि लम्पसार पर्दा त्यस केटोको शरीर तातिन थाल्यो।
2KI 4:35 तब एलीशा उठे, र कोठामा यताउता हिँडे। अनि फेरि एकपल्ट फर्केर गई त्यस केटोमाथि त्यसरी नै पस्रिए। तब त्यस केटोले सातपल्ट हाच्छिउँ गर्‍यो; अनि त्यसले आफ्ना आँखाहरू खोल्यो।
2KI 4:36 तब एलीशाले गेहजीलाई बोलाएर भने, “ती शूनम्मी स्त्रीलाई बोला।” अनि त्यसले बोलायो। ती स्त्री आएपछि तिनले भने, “आफ्नो छोरालाई लैजाऊ।”
2KI 4:37 तब तिनी भित्र आइन्, र तिनको पाउमा परेर भुइँसम्मै निहुरिन्। तब तिनले आफ्नो छोरालाई लिएर बाहिर निस्किन्।
2KI 4:38 एक दिन एलीशा गिलगालमा फर्के। अनि त्यस इलाकामा अनिकाल परिरहेको थियो। जब अगमवक्ताहरूका दलले तिनलाई भेट गरिरहेका थिए, तब तिनले आफ्नो सेवकलाई भने, “एउटा ठूलो भाँडा बसाल् र यी मानिसहरूका निम्ति केही भोजन पका।”
2KI 4:39 तीमध्ये एक जनाचाहिँ सागपात बटुल्न खेततिर गए। अनि त्यसले एउटा जङ्गली लहरा भेट्टायो। त्यसले त्यसका केही फल पोल्टोभरि लिएर आयो। त्यो फर्किआएपछि त्यसलाई काटेर भोजनको भाँडामा हाल्यो। तर कसैलाई पनि त्यो के हो भनेर थाहा थिएन।
2KI 4:40 त्यो भोजन मानिसहरूका निम्ति पस्किइयो, तर तिनीहरूले खान थालेपछि तिनीहरूले चिच्याएर भने, “हे परमेश्‍वरका जन, भाँडामा त मृत्यु पो रहेछ!” अनि तिनीहरूले त्यो खान सकेनन्।
2KI 4:41 तब एलीशाले भने, “केही पिठो ल्याऊ।” तिनले त्यो पिठो भाँडामा हालेर भने, “अब मानिसहरूलाई यो खान देऊ।” यस पटक भने त्यस भाँडामा कुनै हानिकारक कुरा थिएन।
2KI 4:42 बाल-शालीशाबाट एक जना मानिस अन्‍नको पहिलो फलबाट बनिएका बीस वटा जौका रोटीहरू र नयाँ अन्‍नका बालाहरू परमेश्‍वरको जनको निम्ति लिएर आयो। एलीशाले भने, “यी मानिसहरूलाई ती खानेकुराहरू खान देऊ।”
2KI 4:43 तब तिनका सेवकले सोध्यो, “यो कुरा कसरी मैले एक सय जना मानिसहरूका अगि राखिदिऊँ?” तर एलीशाले भने, “मानिसहरूलाई यो खान दे। किनकि याहवेह यसो भन्‍नुहुन्छ: ‘तिनीहरूले खाएर पनि केही उब्रिएको हुनेछ।’ ”
2KI 4:44 तब त्यसले त्यो तिनीहरूका सामु राखिदियो। अनि तिनीहरूले खाए, र याहवेहको वचनअनुसार केही खानेकुरा उब्रियो।
2KI 5:1 नामान अरामका राजाको फौजका सेनापति थिए। तिनी आफ्ना मालिकको दृष्‍टिमा एक महान् र अति इज्जतदार व्यक्ति थिए। किनकि तिनीद्वारा याहवेहले अरामलाई विजय दिनुभएको थियो। तिनी वीर योद्धा थिए, तर तिनलाई कुष्‍ठरोग लागेको थियो।
2KI 5:2 अरामी आक्रमणकारीहरूले इस्राएलमाथि आक्रमण गर्दा एक दलले एउटी जवान केटीलाई बन्दी बनाएर ल्याएका थिए। त्यसले नामानकी पत्नीको सेवा गर्थी।
2KI 5:3 त्यसले आफ्नी मालिक्नीलाई भनी, “यदि मेरो मालिकले सामरियामा बस्‍नुहुने अगमवक्तालाई भेट्नुभयो भने उहाँले तिनको कुष्‍ठरोग निको पारिदिनुहुनेथियो!”
2KI 5:4 नामानले आफ्ना मालिककहाँ गएर उनलाई इस्राएली केटीले भनेका कुरा बताइदिए।
2KI 5:5 अरामका राजाले जवाफ दिए, “तिमी अवश्य जाऊ। म इस्राएलका राजालाई एउटा पत्र लेखिदिनेछु।” यसकारण आफूसित दश टालेन्ट चाँदी, छ हजार शेकेल सुन र दश जोर लुगा लिएर नामान गए।
2KI 5:6 तिनले इस्राएलका राजाकहाँ लगेका पत्रमा यसरी लेखिएको थियो: “तपाईंले मेरा सेवक नामानको कुष्‍ठरोग निको पारिदिनुहोला भनेर म यस पत्रसहित उसलाई तपाईंकहाँ पठाउँदैछु।”
2KI 5:7 इस्राएलका राजाले त्यो पत्र पढ्नसाथ आफ्ना वस्त्र च्यातेर भने, “के म परमेश्‍वर हुँ? के म मारेर फेरि जीवन दिन सक्छु? यस मानिसले कसैलाई उसको कुष्‍ठरोग निको हुनको लागि किन मकहाँ पठाउँछ? हेर, कसरी त्यसले मसित झगडाको निहुँ खोज्दैछ!”
2KI 5:8 जब परमेश्‍वरका जन एलीशाले इस्राएलका राजाले आफ्नो वस्त्र च्यातेका कुरा सुने, तब तिनले राजाकहाँ यस्तो खबर पठाए: “तपाईंले किन आफ्नो वस्त्र च्यात्नुभयो? त्यो मानिस मकहाँ आओस् र त्यसले इस्राएलमा एक जना अगमवक्ता छ भनी जान्‍नेछ।”
2KI 5:9 यसकारण नामान आफ्ना घोडाहरू र रथहरूसित गए, अनि एलीशाको घरको ढोकामा अडिए।
2KI 5:10 एलीशाले यसो भनेर तिनीकहाँ एक जना दूत पठाए, “जानुहोस्, यर्दनमा सातपल्ट डुबुल्की मार्नुहोस्, र तपाईंको छाला निको हुनेछ, र तपाईं शुद्ध हुनुहुनेछ।”
2KI 5:11 तर नामान रिसाएर गए, र तिनले भने, “मैले त तिनी बाहिर निस्केर मकहाँ आएर खडा होलान्। अनि आफ्नो परमेश्‍वरको नाम पुकारेर त्यस ठाउँमा आफ्नो हात राखेर मलाई मेरो कुष्‍ठरोगबाट निको पार्लान् भनी सोचेको थिएँ।
2KI 5:12 के दमस्कसका अमाना र फारपर नदीहरू इस्राएलका कुनै नदीहरूभन्दा असल छैनन् र? के म तिनमा नै नुहाएर शुद्ध हुन सक्दिनँ र?” यसकारण तिनी रिसाएर फर्किहाले।
2KI 5:13 नामानका सेवकहरूले तिनीकहाँ गएर भने, “मेरा पिता, यदि अगमवक्ताले तपाईंलाई कुनै महान् काम गर्न लगाएका भए के तपाईंले त्यो गर्नुहुनेथिएन र? तिनले, ‘नदीमा डुबुल्की मार्नुहोस् र शुद्ध हुनुहोस्’ मात्र भनेका छन्, झन् तपाईंले किन नगर्ने त?”
2KI 5:14 यसकारण तिनी तल ओर्लेर परमेश्‍वरका जनले तिनलाई भनेझैँ यर्दन नदीमा सातपल्ट डुबुल्की मारे। अनि उनको मासु एउटा जवान बालकको जस्तै स्वस्थ र शुद्ध भयो।
2KI 5:15 तब नामान र तिनका सबै सेवकहरू परमेश्‍वरका जनकहाँ फर्केर गए। अनि तिनी एलीशाको सामु उभिएर भने, “अब मलाई इस्राएलमा बाहेक सारा संसारभरि कतै पनि ईश्‍वर छैन भन्‍ने थाहा भयो। यसकारण अब आफ्नो सेवकबाट केही उपहार ग्रहण गर्नुहोस्!”
2KI 5:16 तर अगमवक्ताले जवाफ दिए, “मैले सेवा गरेको जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म केही पनि ग्रहण गर्नेछैनँ।” नामानले बिन्ती गरिरहे; तर तिनले अस्वीकार गरे।
2KI 5:17 तब नामानले भने, “यदि तपाईंले लिनुहुन्‍न भने म तपाईंको सेवकलाई एक जोर खच्‍चरले बोक्न सक्ने माटो दिनुहोस्। किनकि तपाईंको सेवकले अब कहिल्यै पनि याहवेहबाहेक अरू कुनै देवी-देवतालाई होमबलि र बलिदानहरू चढाउनेछैनँ।
2KI 5:18 तर यो एउटा कुरामा चाहिँ याहवेहले तपाईंको सेवकलाई क्षमा गरून्: जब मेरा मालिक रिम्मोनको मन्दिरमा आराधना गर्न मेरो हातमा भर परेर पस्‍नुहुन्छ, र उहाँले त्यहाँ दण्डवत् गर्दा म पनि निहुरन्छु, तब यसका निम्ति याहवेहले तपाईंको सेवकलाई क्षमा गरून्।”
2KI 5:19 एलीशाले भने, “शान्तिसित जानुहोस्।” नामान केही टाढासम्म पुगेका थिए,
2KI 5:20 तब परमेश्‍वरका जन एलीशाका सेवक गेहजीले आफ्नो मनमा भन्यो, “मेरा मालिकले अरामी नामानले ल्याएका कुराहरू ग्रहण नगरेर तिनलाई सजिलैसित छोडिदिए। जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म तिनको पछि दौडेर जान्छु, र तिनीबाट केही उपहार लिन्छु।”
2KI 5:21 यसकारण गेहजी नामानको पछि-पछि हतारिँदै गयो। नामानले त्यसलाई आफूतिर दगुर्दै आएको देखेर तिनी गेहजीलाई भेट्न रथबाट ओर्ले। तब तिनले सोधे, “के सबै ठिकै छ?”
2KI 5:22 गेहजीले जवाफ दियो, “सबै ठिकै छ। मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, ‘एफ्राइमको पहाडी मुलुकबाट अगमवक्ताहरूको दलका दुई जना जवानहरू भर्खरै मलाई भेट्न आएका छन्। कृपा गरी तिनीहरूलाई एक टालेन्ट चाँदी र दुई जोर लुगा दिनुहोस्।’ ”
2KI 5:23 नामानले भने, “अवश्य, दुई टालेन्ट लैजाऊ।” तिनले गेहजीलाई ती ग्रहण गर्ने बिन्ती गरे। अनि त्यसपछि दुई वटा थैलामा दुई टालेन्ट चाँदी र दुई जोर लुगा बाँधिदिए। गेहजीले ती आफ्ना दुई जना सेवकहरूलाई दिए, र तिनीहरूले ती गेहजीको अगि-अगि बोकेर हिँडे।
2KI 5:24 डाँडामा आइपुगेपछि गेहजीले ती सामानहरू नोकरहरूबाट लिए। अनि आफ्नो घरमा लगे। तिनले ती मानिसहरूलाई पठाइदिए, र तिनीहरू गए।
2KI 5:25 तब त्यो भित्र गएर आफ्ना मालिक एलीशाको सामु खडा भयो। तब एलीशाले सोधे, “गेहजी, तँ कहाँ गएको थिइस्?” गेहजीले जवाफ दियो, “तपाईंको सेवक कहीँ पनि गएको छैन।”
2KI 5:26 तर एलीशाले त्यसलाई भने, “त्यस मानिसले तँलाई भेट्न आफ्नो रथबाट ओर्लिँदा के मेरो आत्मा तँसित थिएन र? के रुपियाँपैसा वा लुगाहरू लिने, जैतुनका रूखहरू, दाखबारीहरू, बगाल र बथान अथवा कमारा-कमारीहरू ग्रहण गर्ने समय यो हो र?
2KI 5:27 अब नामानको कुष्‍ठरोग सधैँको लागि तँ र तेरा वंशमा रहिरहनेछ।” एलीशाले यसो भन्‍नेबित्तिकै गेहजी कुष्‍ठरोगी भयो, र ऊ हिउँझैँ सेता भयो; तब त्यो त्यहाँबाट निस्कियो।
2KI 6:1 अगमवक्ताहरूको दलले एलीशालाई भने, “हेर्नुहोस्, हामीले तपाईंसित भेट गर्ने यो ठाउँ हाम्रा निम्ति अति साँघुरो भएको छ।
2KI 6:2 हामी यर्दनमा जाऔँ, जहाँ हामीले प्रशस्त काठ पाउन सक्छौँ। त्यहाँ भेट गर्नलाई हामी एउटा घर बनाऔँ।” एलीशाले भने, “जाओ।”
2KI 6:3 तीमध्ये एक जनाले भने, “के तपाईं आफ्ना सेवकहरूसित आउनुहुन्‍न र?” एलीशाले जवाफ दिए, “म आउनेछु।”
2KI 6:4 अनि तिनी उनीहरूसित गए। तिनीहरू यर्दनमा पुगेर रूखहरू ढाल्न थाले।
2KI 6:5 तब तीमध्ये एक जनाले रूख ढाल्दै गर्दा तिनको फलामको बन्चरो बिँडबाट अचानक खुस्केर पानीभित्र खस्यो। तिनी यसो भन्दै कराए, “लौ न! हे मेरा प्रभु, अब के गर्ने होला? त्यो बन्चरो त मैले मागेर पो ल्याएको थिएँ!”
2KI 6:6 परमेश्‍वरका ती जनले सोधे, “त्यो कहाँ खस्यो?” अनि तिनले त्यो ठाउँ देखाइदिए। तब एलीशाले एउटा लहुरो काटेर त्यसभित्र फालिदिए; र त्यो फलामको बन्चरो माथि-माथि तैरियो।
2KI 6:7 तब तिनले भने, “त्यसलाई उठाऊ।” तब ती मानिसले आफ्नो हात पसारेर बन्चरोलाई लिए।
2KI 6:8 त्यस बेला अरामका राजा र इस्राएलको बीचमा युद्ध चलिरहेको थियो। तब आफ्ना अधिकृतहरूसित सल्‍लाह गरेपछि अरामका राजाले भने, “म आफ्नो छाउनी फलानो ठाउँमा खडा गर्नेछु।”
2KI 6:9 परमेश्‍वरका जनले इस्राएलका राजाकहाँ खबर पठाए: “त्यस ठाउँबाट भएर जानलाई होसियार हुनुहोस्। किनकि अरामीहरूले आफ्ना सेनालाई त्यहीँ तैनाथ गर्दैछन्।”
2KI 6:10 यसकारण इस्राएलका राजाले परमेश्‍वरका जनले भनेको ठाउँलाई हेरविचार गरे। एलीशाले घरी-घरी राजालाई चेतावनी दिइरहन्थे। त्यसैले तिनी यस्ता ठाउँहरूमा सतर्क भइरहन्थे।
2KI 6:11 यस कुराले अरामका राजालाई रिस उठायो। तिनले आफ्ना अधिकृतहरूलाई बोलाएर तिनीहरूबाट यस्तो माग गरे, “हामीमध्ये को इस्राएलको राजाको पक्षमा छ भनी के तिमीहरू मलाई भन्दैनौ?”
2KI 6:12 एक जना अधिकृतले भने, “हे महाराजा, हामीमध्ये कोही पनि छैन। तर इस्राएलमा भएका अगमवक्ता एलीशाले तपाईंले आफ्नै पलङमा बोल्नुभएको कुरासमेत इस्राएलका राजालाई सुनाइदिन्छन्।”
2KI 6:13 राजाले आज्ञा दिए, “तिनी कहाँ छन्, गएर पत्तो लगाओ, र म मानिसहरू पठाएर तिनलाई पक्रनेछु।” तब, “तिनी दोतानमा छन्” भन्‍ने खबर आयो।
2KI 6:14 तब तिनले त्यहाँ घोडाहरू, रथहरू र बलियो फौज पठाए। तिनीहरूले राति गएर त्यस सहरलाई घेरे।
2KI 6:15 भोलिपल्ट परमेश्‍वरका जनको सेवक बिहानै उठेर बाहिर निस्कँदा घोडाहरू र रथहरू भएको फौजले सहरलाई घेरिराखेको देख्यो। त्यस सेवकले सोध्यो, “हे मेरा प्रभु, अब हामी के गरौँ?”
2KI 6:16 अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसित जो छन्, तिनीहरूसित भएकाहरूभन्दा धेरै छन्।”
2KI 6:17 तब एलीशाले प्रार्थना गरे, “हे याहवेह, यसका आँखा खोलिदिनुहोस्, ताकि यसले देख्न सकोस्।” तब याहवेहले त्यस सेवकका आँखा खोलिदिनुभयो। त्यसले हेर्‍यो, र एलीशाका चारैतिरका डाँडाहरू आगोका घोडाहरू र रथहरूले भरिएका देख्यो।
2KI 6:18 जब शत्रु तिनी भएतिर ओर्ले, तब एलीशाले याहवेहसित प्रार्थना गरे, “यी मानिसहरूलाई दृष्‍टिविहीन तुल्याइदिनुहोस्।” यसकारण उहाँले तिनीहरूलाई एलीशाले प्रार्थना गरेझैँ दृष्‍टिविहीन तुल्याइदिनुभयो।
2KI 6:19 एलीशाले तिनीहरूलाई भने, “बाटो यो होइन, न त यो सहर नै हो। मलाई पछ्याओ, र म तिमीहरूलाई तिमीहरूले खोजिरहेका मानिसकहाँ पुर्‍याइदिनेछु।” अनि तिनले उनीहरूलाई सामरियामा पुर्‍याइदिए।
2KI 6:20 तिनीहरू सहरभित्र पसिसकेपछि एलीशाले भने, “हे याहवेह, यिनीहरूका आँखा खोलिदिनुहोस्, ताकि यिनीहरूले देखून्!” तब याहवेहले तिनीहरूका आँखा खोलिदिनुभयो। अनि जब तिनीहरूले हेरे, तब आफूहरू सामरियाको बीचमा पो रहेछौँ भनी तिनीहरूले देखे।
2KI 6:21 इस्राएलका राजाले तिनीहरूलाई देखेपछि एलीशालाई सोधे, “के म तिनीहरूलाई मारूँ? हे मेरा पिता, के म तिनीहरूलाई मारूँ?”
2KI 6:22 तब तिनले भने, “तिनीहरूलाई नमार्नुहोस्! के तपाईंले कैद गरेर ल्याउनुभएका मानिसहरूलाई तपाईं आफ्नै तरवार अथवा धनुले मार्नुहुन्छ? तिनीहरूले खानपिन गरून् भनी तिनीहरूको अगि भोजन र पानी राखिदिनुहोस्। अनि त्यसपछि तिनीहरू आफ्ना मालिककहाँ फर्केर जाऊन्।”
2KI 6:23 यसकारण तिनले तिनीहरूका निम्ति एउटा ठूलो भोज तयार गरे। अनि तिनीहरूले खानपिन गरिसकेपछि एलीशाले तिनीहरूलाई पठाइदिए। त्यसपछि अरामका दलले इस्राएलको भूमिमा आक्रमण गर्न छोडे।
2KI 6:24 केही समयपछि अरामका राजा बेन-हददले आफ्नो फौज सङ्गठित गरे। अनि सामरियामा गएर त्यसलाई घेरा हाले।
2KI 6:25 त्यस सहरमा ठूलो अनिकाल पर्‍यो। अनिकाल यति लामो समयसम्म रह्‍यो, कि एउटा गधाको टाउकोको मूल्य असी शेकेल चाँदी र एक कब सिमीको पाँच शेकेल मूल्य भयो।
2KI 6:26 जब इस्राएलका राजा सहरको पर्खालहुँदै गइरहेका थिए, तब त्यहाँ एउटी स्त्रीले तिनलाई कराएर भनिन्, “हे मेरा मालिक महाराजा, मलाई सहायता गर्नुहोस्!”
2KI 6:27 राजाले जवाफ दिए, “यदि याहवेहले नै तिमीलाई सहायता दिनुहुन्‍न भने म तिम्रा निम्ति कहाँबाट सहायता प्राप्‍त गर्न सक्छु र? के खलाबाट? के दाखको कोलबाट?”
2KI 6:28 तब तिनले सोधे, “तिमीलाई के भयो?” त्यसले जवाफ दिई, “यस स्त्रीले मलाई भनी, ‘तिम्रो छोरा ल्याऊ, र आज हामी यसलाई खाऔँ, र भोलि हामी मेरो छोरालाई खाऔँला।’
2KI 6:29 यसकारण हामीले मेरो छोरालाई पकाएर खायौँ। भोलिपल्ट मैले त्यसलाई ‘तिम्रो छोरालाई ल्याऊ, र हामी त्यसलाई खाऔँ’ भनेँ, तर यसले आफ्नो छोरालाई लुकाई।”
2KI 6:30 जब राजाले त्यस स्त्रीको कुरा सुने, तब तिनले आफ्ना वस्त्रहरू च्याते। तिनी पर्खालमाथि भएर जाँदै गर्दा मानिसहरूले देखे; र तिनले भित्रपट्टि शरीरमा भाङ्ग्रा लगाएका देखे।
2KI 6:31 राजाले भने, “यदि शापातका छोरा एलीशाको शिर आज शरीरदेखि अलग भएन भने परमेश्‍वरले मप्रति अति कठोर व्यवहार गरून्!”
2KI 6:32 अब एलीशाचाहिँ आफ्नो घरमा बसिरहेका थिए; र तिनको साथमा प्रधानहरू थिए। राजाले आफ्नो दूत पठाए। तर त्यो आइपुग्नुभन्दा अगि एलीशाले प्रधानहरूलाई भने, “त्यस हत्याराले मेरो शिर काट्न कसैलाई पठाइरहेको के तपाईंहरूले देख्नुहुन्‍न? हेर्नुहोस्, त्यो दूत आउँदा ढोका थुन्‍नुहोस्, र त्यसलाई ढोकामै ठेलेर रोकिराख्नुहोस्। के त्यसको पछि-पछि त्यसका मालिकका पाइलाको आवाज होइन र?”
2KI 6:33 तिनी उनीहरूसित बोल्दाबोल्दै त्यो दूत तिनीकहाँ आइपुग्यो। राजाले भने, “यो विपत्ति याहवेहबाट भएको हो। अनि किन मैले अझ याहवेहको प्रतीक्षा गरिरहूँ?”
2KI 7:1 एलीशाले भने, “याहवेहको वचन सुन्‍नुहोस्! याहवेह यसो भन्‍नुहुन्छ: भोलि यही बेला सामरियाको मूलढोकामा एक सिया मसिनो पिठो एक शेकेलमा र दुई सिया जौ एक शेकेलमा बिक्री हुनेछ।”
2KI 7:2 जुन अधिकारीको पाखुरामा राजाले अडेस लिन्थे, तिनले परमेश्‍वरको जनलाई भने, “हेर्नुहोस्, यदि याहवेहले स्वर्गका झ्यालहरू नै खोलिदिनुभयो भने तापनि यो हुन सक्दैन।” एलीशाले जवाफ दिए, “तिमीले त्यो आफ्नै आँखाले देख्नेछौ, तर त्यसबाट तिमीले केही पनि खान पाउनेछैनौ!”
2KI 7:3 सहरको मूलढोकामा चार जना कुष्‍ठरोग लागेका मानिसहरू थिए। तिनीहरूले आपसमा भने, “हामी किन यहाँ मृत्युको पर्खाइमा बस्‍ने?
2KI 7:4 यदि हामीले ‘हामी सहरभित्र जाऔँ’ भन्यौँ भने त्यहाँ अनिकाल लागेको छ र हामी मर्नेछौँ। अनि हामी यहीँ बसिरह्‍यौँ भने तापनि हामी मर्नेछौँ। यसकारण अब हामी अरामीहरूको छाउनीमा गएर आत्मसमर्पण गरौँ। यदि तिनीहरूले हामीलाई जीवित छोडिदिए भने हामी बाँचौँला। यदि तिनीहरूले हामीलाई मारे भने जसरी पनि हामीले मर्नु नै छ।”
2KI 7:5 तब तिनीहरू साँझमा उठेर अरामीहरूका छाउनीमा गए। तिनीहरू छाउनीको छेउमा पुग्दा, त्यहाँ एउटै मानिस पनि थिएन।
2KI 7:6 किनकि प्रभुले अरामीहरूलाई रथहरू, घोडाहरू र ठूलो फौजको आवाज सुन्‍न लगाउनुभएको थियो। त्यसैले तिनीहरूले आपसमा भने, “हेर, हामीलाई आक्रमण गर्न भनी इस्राएलका राजाले हित्तीहरू र इजिप्टका राजाहरूलाई भाडामा लिएका छन्!”
2KI 7:7 यसकारण तिनीहरू साँझमा आफ्ना पालहरू, घोडाहरू र गधाहरू छोडेर भागे। तिनीहरूले छाउनीलाई जस्ताको त्यस्तै छोडेर ज्यान बचाउन भागे।
2KI 7:8 कुष्‍ठरोग लागेका ती मानिसहरू छाउनीका किनारमा पुगे, र तिनीहरू एउटा पालभित्र पसे। तिनीहरूले खानपिन गरे। अनि चाँदी, सुन र लुगाहरू लिएर गए; र ती सामानहरू लुकाए। तिनीहरू फर्केर अर्को पालभित्र पसे, र त्यहाँबाट पनि केही सामानहरू लिए; तब तिनीहरूले ती चीजहरू लुकाए।
2KI 7:9 तब तिनीहरूले एक-अर्कालाई भने, “हामीले यो ठिक काम गरिरहेका छैनौँ। आजको दिन शुभ समाचारको दिन हो। तर हामी यत्तिकै चुप लागिरहेका छौँ। यदि हामीले उज्यालो होउन्जेल पर्खिरह्‍यौँ भने हामीमाथि दण्ड आइपर्नेछ। यसकारण हामी झट्टै जाऔँ, र यस समाचारलाई राजमहलमा बताइदिऔँ।”
2KI 7:10 यसकारण तिनीहरू गए, र सहरका पहरेदारहरूलाई बोलाएर भने, “हामी अरामीहरूका छाउनीमा गयौँ र त्यहाँ कोही पनि थिएन। अनि कसैको आवाज पनि सुनिएन। तर बाँधिएका घोडाहरू, गधाहरू र त्यागिएका पालहरू मात्र थिए।”
2KI 7:11 पहरेदारहरूले कराएर यो खबर सुनाइदिए, र त्यो खबर राजमहलमा पुग्यो।
2KI 7:12 राजा राति नै उठे, र आफ्ना अधिकारीहरूलाई भने, “अरामीहरूले हामीसित के गरेका छन्, म तिमीहरूलाई बताउनेछु। हामी भोकै छौँ भनी तिनीहरूलाई थाहा छ। यसकारण, ‘तिनीहरू निश्‍चय नै बाहिर आउनेछन्। अनि हामी तिनीहरूलाई जिउँदै पक्रेर सहरभित्र पस्‍नेछौँ’ भन्ठानेर तिनीहरू छाउनी त्यागेर गाउँमा लुकिरहेका छन्।”
2KI 7:13 एक जना अधिकारीले भने, “केही मानिसहरूले सहरमा बाँकी रहेका पाँच वटा घोडाहरू लिएर जाऊन्। जसरी नि तिनीहरूको दशा यहाँ बाँकी रहेका सबै इस्राएलीहरूको जस्तै हुने नै छ—हो, तिनीहरू विनाशमा परेका इस्राएलीहरूजस्तै हुनेछन्। यसकारण के भएको रहेछ भनी पत्ता लगाउनलाई तिनीहरूलाई पठाऔँ।”
2KI 7:14 यसकारण तिनीहरूले घोडाहरूसहित दुई वटा रथहरू छाने। अनि राजाले तिनीहरूलाई अरामी फौजको पछि-पछि पठाइदिए। तिनले सारथीहरूलाई यस्तो आज्ञा दिए, “जाओ, के भएको रहेछ, सो पत्ता लगाओ।”
2KI 7:15 उनीहरू यर्दनसम्मै तिनीहरूलाई पछ्याए। अनि तिनीहरूले बाटोभरि अरामीहरूले हतारमा भाग्दा फ्याँकेका लुगाफाटा र सामग्रीहरू भेट्टाए। यसकारण ती दूतहरूले फर्केर गई राजालाई खबर दिए।
2KI 7:16 तब मानिसहरू गएर अरामीहरूका छाउनी लुटे। यसरी याहवेहले भन्‍नुभएझैँ एक सिया पिठो एक शेकेलमा र दुई सिया जौ एक शेकेलमा बिक्री भयो।
2KI 7:17 राजाले आफू जुन अधिकारीको पाखुरामा अडेस लाग्थे, तिनलाई त्यस मूलढोकाको निगरानीमा खटाए। अनि मूलढोकामा भागदौड हुँदा मानिसहरूले तिनलाई कुल्चीमिल्ची पारेर मारे। अनि राजा तिनको घरमा जाँदा परमेश्‍वरका जन एलिशाले पहिलेबाटै भनेझैँ तिनको मृत्यु भएको थियो।
2KI 7:18 परमेश्‍वरका जनले राजालाई भनेझैँ, “भोलि यही बेला सामरियाको मूलढोकामा एक शेकेलमा एक सिया पिठो र दुई सिया जौ एक शेकेलमा बिक्री हुनेछ,” त्यो पूरा भयो।
2KI 7:19 त्यस अधिकारीले परमेश्‍वरको जनलाई यसो भनेका थिए, “हेर्नुहोस्, याहवेहले स्वर्गका झ्यालहरू खोलिदिनु भए तापनि के यो हुन सक्छ र?” परमेश्‍वरका जनले जवाफ दिएका थिए, “तिमीले त्यो आफ्नै आँखाले देख्नुहुनेछ; तर तिमीले त्यसबाट केही खान पाउनुहुनेछैन!”
2KI 7:20 तिनीमाथि ठिक त्यही कुरा हुनगयो। किनकि मानिसहरूले तिनलाई मूलढोकामा कुल्चिए, र तिनको मृत्यु भयो।
2KI 8:1 एलीशाले जुन स्त्रीको छोरालाई मृत्युबाट बचाएका थिए, ती स्त्रीलाई तिनले भनेका थिए, “तिमी आफ्नो परिवार लिएर केही समयको निम्ति जहाँ सक्छौ त्यहीँ गएर बस। किनकि याहवेहले सात वर्षसम्मका लागि देशमा अनिकाल घोषणा गर्नुभएको छ।”
2KI 8:2 ती स्त्रीले परमेश्‍वरका जनले भनेझैँ गरिन्। तिनी आफ्ना परिवारसित गइहालिन्, र पलिश्तीहरूको देशमा सात वर्षसम्म बसोबास गरिन्।
2KI 8:3 सात वर्ष बितेपछि तिनी पलिश्तीहरूको देशबाट फर्केर आइन्। अनि आफ्नो घर र जमिन फिर्ता माग्न राजाकहाँ बिन्ती गर्न गइन्।
2KI 8:4 त्यसै बेला राजा परमेश्‍वरका जनका सेवक गेहजीसित कुरा गरिरहेका थिए। तब राजाले भने, “एलीशाले गरेका सबै महान् कार्यहरूको विषयमा मलाई भन।”
2KI 8:5 जब गेहजीले एलीशाले मरेकोलाई कसरी जीवन दिए भनी राजालाई वर्णन गरिरहेका थिए, तब ती स्त्री, जसको छोरालाई एलीशाले मृत्युबाट जीवित पारेका थिए, आफ्नो घर र जग्गाजमिनको निम्ति राजालाई बिन्ती गर्नलाई आइन्। गेहजीले भन्यो, “हे मेरा मालिक महाराजा, यिनी नै ती स्त्री हुन्, र यिनको छोरा यही हो, जसलाई एलीशाले पुनर्जीवित पारेका थिए।”
2KI 8:6 राजाले त्यस स्त्रीलाई यसबारे सोधे, र तिनले राजालाई बताइदिइन्। तब राजाले तिनको मुद्दा एउटा अधिकृतलाई सुम्पिदिएर भने, “तिनका जे जति छन्, ती सबै फर्काइदिनू र तिनले आफ्नो देश छोडेर गएको समयदेखि आजसम्म जमिनबाट जति आम्दानी भयो, त्यो पनि तिनलाई फिर्ता गरिदिनू।”
2KI 8:7 एलीशा दमस्कसमा गए। अरामका राजा बेन-हददचाहिँ बिरामी परेका थिए। जब राजालाई भनियो, “परमेश्‍वरका जन यहाँसम्म आउनुभएको छ,”
2KI 8:8 तब तिनले हजाएललाई भने, “आफूसित उपहार लिएर परमेश्‍वरका जनलाई भेट्न जाऊ। ‘के म यस बिरामीबाट निको हुन्छु कि?’ भनेर परमेश्‍वरसित सल्‍लाह लिन लगाऊ।”
2KI 8:9 हजाएल आफूसित दमस्कसका उत्तम पदार्थहरू उपहारस्वरूप चालीस वटा ऊँटहरूमा लदाएर एलीशालाई भेट्न गए। अनि तिनी भित्र गएर तिनको सामु उभिए, र भने, “तपाईंको छोरा अरामका राजा बेन-हददले मलाई ‘म यस बिरामीबाट निको हुन्छु कि हुँदिनँ?’ भनेर तपाईंलाई सोध्न पठाउनुभएको छ।”
2KI 8:10 एलीशाले जवाफ दिए, “गएर तिनलाई भन, ‘तपाईं निश्‍चय निको हुनुहुनेछ।’ तरै पनि याहवेहले मलाई पक्‍कै तिनको मृत्यु हुनेछ भनेर प्रकट गर्नुभएको छ।”
2KI 8:11 एलीशाले एक टक लगाएर हजाएललाई लज्जित होउन्जेल हेरिरहे। तब परमेश्‍वरका जन रुन लागे।
2KI 8:12 हजाएलले सोधे, “मेरा मालिक किन रुँदै हुनुहुन्छ?” एलीशाले जवाफ दिए, “किनकि तिमीले इस्राएलीहरूमाथि गर्ने हानि म जान्दछु। तिमीले तिनीहरूका पर्खाल लगाएका सहरहरूमा आगो लगाइदिनेछौ। तिनीहरूका जवान मानिसहरूलाई तरवारले मार्नेछौ; तिनीहरूका साना छोराछोरीहरूलाई भुइँमा पछार्नेछौ र तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरिदिनेछौ।”
2KI 8:13 हजाएलले भने, “म तपाईंको सेवक एउटा कुकुरजस्तोले यस्तो ठूलो कार्य कसरी सम्पन्‍न गर्न सक्छु र?” एलीशाले जवाफ दिए, “याहवेहले मलाई तिमी अरामका राजा हुनेछौ भनी देखाउनुभएको छ।”
2KI 8:14 तब हजाएलले एलीशालाई छोडेर आफ्ना मालिककहाँ फर्किगए। जब बेन-हददले “एलीशाले तिमीलाई के भने?” भनेर सोधे, हजाएलले जवाफ दिए, “तपाईं निश्‍चय नै निको हुनुहुनेछ भनी उहाँले मलाई भन्‍नुभयो।”
2KI 8:15 तर भोलिपल्ट तिनले एउटा बाक्लो लुगा लिएर त्यसलाई पानीमा चोपेर राजाको मुख छोपिदिए। यसरी राजाको मृत्यु भयो। त्यसपछि हजाएल राजा भए।
2KI 8:16 इस्राएलका राजा आहाबका छोरा योरामको शासनकालको पाँचौँ वर्षमा यहोशापातका छोरा यहोराम यहूदाका राजाको रूपमा आफ्नो शासन सुरु गरे।
2KI 8:17 राजा हुँदा तिनी बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष शासन गरे।
2KI 8:18 तिनी आहाबका घरानाले गरेझैँ इस्राएलका राजाहरूका चालहरूमा हिँडे; किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए। तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।
2KI 8:19 तरै पनि आफ्नो सेवक दावीदको खातिर याहवेहले यहूदालाई नाश गर्ने इच्छा गर्नुभएन। उहाँले दावीद र तिनको सन्तानको निम्ति एउटा बत्ती सदासर्वदाका निम्ति कायम रहने प्रतिज्ञा गर्नुभएको थियो।
2KI 8:20 यहोरामको समयमा एदोमले यहूदाको विरुद्ध विद्रोह गर्‍यो, र एदोमीहरूले आफ्नै राजा खडा गरे।
2KI 8:21 यसकारण यहोराम आफ्ना सबै रथहरू लिएर जाईरमा गए। एदोमीहरूले तिनी र तिनका रथहरूका सेनापतिहरूलाई घेरा हाले। तर यहोरामले राति नै उठेर तिनीहरूलाई आक्रमण गरे। तथापि तिनको फौजचाहिँ भागेर घर फर्किए।
2KI 8:22 आजको दिनसम्मै एदोम यहूदाको विरुद्धमा छ। लिब्नाहले पनि त्यसै समय विद्रोह गर्‍यो।
2KI 8:23 यहोरामको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकहरूमा लेखिएका छैनन् र?
2KI 8:24 यहोराम आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे, र तिनीहरूसितै दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा अहज्याह राजा भए।
2KI 8:25 इस्राएलका राजा आहाबका छोरा योरामको बाह्रौँ वर्षमा यहोरामका छोरा अहज्याह यहूदाका राजा भएर शासन सुरु गरे।
2KI 8:26 राजा हुँदा अहज्याह बाइस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाम अतल्याह थियो, जो इस्राएलका राजा ओम्रीकी नातिनी थिइन्।
2KI 8:27 तिनी आहाबका घरानाका चालमा हिँडेर आहाबका घरानाले गरेझैँ याहवेहको दृष्‍टिमा दुष्‍टता गरे; किनकि आहाबका घरानासित तिनको वैवाहिक नाता थियो।
2KI 8:28 अहज्याह आहाबका छोरा यहोरामसित, अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न रामोत-गिलादमा गए। अरामीहरूले योरामलाई घाइते बनाए।
2KI 8:29 यसकारण अरामका राजा हजाएलसित रामोतमा लडाइँ गर्न जाँदा अरामीहरूले तिनलाई घाइते बनाएका थिए, र त्यसबाट निको हुन योराम यिजरेलमा फर्के। तब यहूदाका राजा यहोरामका छोरा अहज्याह आहाबका छोरा योरामलाई हेर्न भनी यिजरेलमा झरे; किनकि योराम घाइते भएका थिए।
2KI 9:1 अगमवक्ता एलीशाले अगमवक्ताहरूका दलबाट एक जना मानिसलाई बोलाउन पठाए, र तिनलाई भने, “कम्मर कस र आफूसित यो तेलको भाँडो लिएर रामोत-गिलादमा जाऊ।
2KI 9:2 त्यहाँ पुगेपछि तिमीले निम्शीका नाति यहोशापातका छोरा येहूलाई खोज। तिनीकहाँ जाऊ, र तिनलाई तिनका मित्रहरूदेखि अलग गरेर एउटा भित्री कोठामा लैजाऊ।
2KI 9:3 तब यो भाँडो लिएर तिनको शिरमाथि तेल खन्याएर यो घोषणा गर, ‘याहवेह यसो भन्‍नुहुन्छ: म तँलाई इस्राएलमाथि राजा अभिषेक गर्छु’ तब ढोका खोलेर ढिलो नगरी भाग!”
2KI 9:4 यसकारण ती जवान अगमवक्ता रामोत-गिलादमा गए।
2KI 9:5 त्यहाँ आइपुग्दा तिनले फौजका अधिकारीहरूलाई एकसाथ बसिरहेका भेटे। तिनले भने, “हे सेनापति, मसित तपाईंको निम्ति एउटा खबर छ।” येहूले सोधे, “हामीहरूमध्ये कसका निम्ति?” तिनले जवाफ दिए, “सेनापति ज्यू, तपाईंका निम्ति।”
2KI 9:6 येहू उठेर घरभित्र गए। तब ती अगमवक्ताले येहूको शिरमा तेल खन्याएर घोषणा गरे, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘म तँलाई याहवेहको प्रजा इस्राएलमाथि राजा अभिषेक गर्दछु।
2KI 9:7 तैँले आफ्नो मालिक आहाबको घरानालाई नष्‍ट गर्नुपर्छ; र म ईजेबेलसँग त्यसले मेरा सेवक अगमवक्ताहरूका र याहवेहका सबै सेवकहरूका रगत बगाएको बदला लिनेछु।
2KI 9:8 आहाबको सम्पूर्ण परिवार नष्‍ट हुनेछ। इस्राएलमा रहेका आहाबका प्रत्येक अन्तिम पुरुष, चाहे त्यो कमारा होस् वा फुक्‍का, म नाश गर्नेछु।
2KI 9:9 म आहाबको घरानालाई नबातको छोरा यारोबामको घरानाझैँ र अहीयाहको छोरा बाशाको घरानाझैँ बनाउनेछु।
2KI 9:10 ईजेबेलको विषयमा चाहिँ यिजरेलको जमिनमा त्यसलाई कुकुरहरूले खानेछन्, र कसैले पनि त्यसलाई गाड्नेछैन।’ ” त्यसपछि ढोका खोलेर तिनी भागे।
2KI 9:11 जब येहू आफ्ना सङ्गी-अधिकारीहरूकहाँ बाहिर निस्के, तब तीमध्ये एक जनाले सोधे, “के सबै ठिक छ? ती बौलाहा मानिस तिमीकहाँ किन आएका थिए?” येहूले जवाफ दिए, “ती मानिस कस्ता छन् र तिनले कस्तो कुरा गर्छन्, त्यो तिमीलाई थाहै छ।”
2KI 9:12 तिनीहरूले भने, “त्यो होइन! हामीलाई साँचो-साँचो भन।” येहूले भने, “त्यसले मलाई यसै भन्यो: ‘याहवेह यसो भन्‍नुहुन्छ: म तँलाई इस्राएलमाथि राजा अभिषेक गर्दैछु।’ ”
2KI 9:13 तिनीहरूले तुरुन्तै आफ्ना खास्टोहरू खोलेर सिँढीमा ओछ्याए। अनि तिनीहरूले तुरही फुकेर “येहू राजा हुनुहुन्छ!” भनी कराए।
2KI 9:14 यसकारण निम्शीका नाति यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे। (योराम र सारा इस्राएलले अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादलाई रक्षा गरिरहेका थिए,
2KI 9:15 तर राजा योराम अरामका राजा हजाएलसितको लडाइँमा अरामीहरूले तिनलाई चोट पुर्‍याएका थिए। तर तिनी निको हुनलाई यिजरेलमा फर्किएका थिए।) अनि येहूले भने, “यदि तपाईंहरू मलाई राजा बनाउन चाहनुहुन्छ भने यिजरेलमा गएर यो खबर दिनलाई यस सहरबाट एक जनालाई पनि उम्केर जान नदिनुहोस्।”
2KI 9:16 तब तिनी आफ्नो रथमा चढे, र यिजरेलमा गए। किनकि योराम त्यहाँ विश्राम गरिरहेका थिए। यहूदाका राजा अहज्याह तिनलाई भेट्न त्यहाँ आएका थिए।
2KI 9:17 जब यिजरेलको धरहराबाट हेरिरहेका पहरेदारले येहूका दलहरू नजिक आउँदैगरेका देखे, “म केही दलहरू आइरहेको देखिरहेछु” भनेर तिनी कराए। योरामले हुकुम दिए, “एक जना घोडचढी तयार गर। त्यसलाई तिनीहरूलाई भेट्न पठाएर सोध्न लगा, ‘के तपाईं शान्तिपूर्वक आउनुभएको हो?’ ”
2KI 9:18 त्यो घोडचढी येहूलाई भेट्न गयो, र भन्यो, “तपाईं शान्तिको लागि आउनुभएको हो?” येहूले जवाफ दिए, “तँलाई शान्तिसित के मतलब भयो र? मेरो पछि लाग्!” तब पहरेदारले यस्तो खबर ल्याए, “दूत तिनीहरूकहाँ पुग्यो, तर तिनी फर्केको छैन।”
2KI 9:19 यसकारण राजाले दोस्रो घोडचढीलाई पठाए। तिनी उनीहरूकहाँ पुगेपछि तिनले भने, “तपाईं शान्तिको लागि आउनुभएको हो?” येहूले जवाफ दिए, “शान्तिसित तँलाई के मतलब? मेरो पछि लाग्!”
2KI 9:20 पहरेदारले खबर ल्याए, “दूत तिनीहरूकहाँ पुग्यो, तर त्यो पनि फर्केको छैन। रथको हँकाइ त निम्शीका छोरा येहूको जस्तो छ; तिनी बौलाहा मानिसझैँ हाँक्छन्।”
2KI 9:21 योरामले हुकुम दिए, “मेरो रथ तयार गर।” अनि त्यो तयार पारिएपछि इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह येहूलाई भेट्न आ-आफ्नै रथहरूमा सवार भए। तिनीहरूले तिनलाई यिजरेली नाबोतको जमिनमा भेटे।
2KI 9:22 येहूलाई देखेपछि योरामले सोधे, “येहू, तिमी शान्तिपूर्वक आएका हौ?” येहूले जवाफ दिए, “तपाईंकी आमा ईजेबेलका मूर्तिपूजा र तन्त्रमन्त्र रहेसम्म कसरी शान्ति हुन सक्छ?”
2KI 9:23 योराम फनक्‍क फर्केर भागे, र अहज्याहलाई कराएर भने, “अहज्याह, धोका भयो!”
2KI 9:24 तब येहूले आफ्नो धनु निकाले र योरामलाई तिनका कुमको बीचमा हाने। काँडले तिनको मुटु नै छेडिदियो, र तिनी आफ्नो रथैमा ढले।
2KI 9:25 येहूले आफ्ना रथका सेनापति बिदकारलाई भने, “योरामलाई उठाएर यिजरेली नाबोतको खेतमा फ्याँकिदेऊ। तिमी र म तिनका पिता आहाबको पछि-पछि रथमा चढेर जाँदै गर्दा, याहवेहले यिनको विषयमा यो अगमवाणी गर्नुभएको कुरा सम्झ:
2KI 9:26 ‘याहवेह घोषणा गर्नुहुन्छ, हिजो मैले नाबोतको रगत र त्यसका छोराहरूको रगत देखेँ, र म निश्‍चय त्यस जमिनको टुक्रामा तँलाई तिर्न लगाउनेछु।’ त्यसकारण अब तिनलाई उठाऊ र याहवेहको वचनअनुसार तिनलाई त्यही जमिनमा फ्याँकिदेऊ।”
2KI 9:27 यहूदाका राजा अहज्याहले त्यो घटना देखेपछि तिनी बेथ-हागान जाने बाटोसम्म भागे। येहूले तिनलाई खेदेर कराउँदै भने, “तिनलाई पनि मारिदेओ!” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो चढ्दा तिनका रथमा घाइते पारे। तर तिनी भागेर मगिद्दोमा गए र त्यहीँ नै तिनको मृत्यु भयो।
2KI 9:28 तिनका नोकरहरूले तिनलाई रथमा राखेर यरूशलेममा लगे, र दावीदको सहरको छेउमा आफ्ना पुर्खाहरूसित तिनकै चिहानमा गाडे।
2KI 9:29 (आहाबका छोरा योरामको एघारौँ वर्षमा अहज्याह यहूदाका राजा भएका थिए।)
2KI 9:30 तब येहू यिजरेल गए। यो सुनेर ईजेबेलले आफ्ना आँखामा गाजल लगाइन्, र केश मिलाएर झ्यालबाट तलतिर हेरिन्।
2KI 9:31 येहू मूलढोकाबाट पस्‍नेबित्तिकै तिनले सोधिन्, “आफ्ना मालिकको हत्यारा ए जिम्री, के तिमी शान्तिपूर्वक आएका हौ?”
2KI 9:32 तिनले झ्यालतिर माथि हेरे अनि, “मेरो पक्षमा को छ? को?” भनेर कराए। दुई-तीन जना नपुंसकहरूले तिनीतिर तल हेरे।
2KI 9:33 येहूले भने, “त्यसलाई तल खसालिदेओ!” यसकारण तिनीहरूले ईजेबेललाई तल फ्याँकिदिए। अनि तिनको केही रगतका छिटाहरू भित्तामा र तिनलाई कुल्चीमिल्ची गर्ने घोडाहरूलाई पनि लाग्यो।
2KI 9:34 येहू भित्र गएर खानपिन गरे। तिनले भने, “त्यस श्रापित स्त्रीलाई गाड्नू; किनकि त्यो त राजाकी छोरी थिई।”
2KI 9:35 तर तिनीहरूले उनको लास उठाउन जाँदा तिनका खप्पर, पाउहरू र हातहरूबाहेक केही पाएनन्।
2KI 9:36 तिनीहरूले फर्केर गई येहूलाई भने, र तिनले सम्झना गराए, “यो त याहवेहले आफ्ना सेवक तिश्बी एलियाद्वारा यिजरेलको जमिनको टुक्रामा कुकुरहरूले ईजेबेलको मासु खानेछन्;
2KI 9:37 ईजेबेलको शरीर यिजरेलको जमिनको टुक्रामा मलझैँ हुनेछ, र कसैले पनि ‘यो ईजेबेल हो’ भन्‍न सक्नेछैन।” भनेर भन्‍नुभएको उहाँको वचन पूरा भएको हो।
2KI 10:1 सामरियामा आहाबका घरानाका सत्तरी जना छोराहरू थिए। यसकारण येहूले पत्रहरू लेखेर ती सामरियामा यिजरेलका अधिकृतहरू, प्रधानहरू र आहाबका छोराछोरीहरूका अभिभावकहरूलाई पठाए। तिनले यसो भने,
2KI 10:2 “तपाईंहरूसित राजाका छोराहरू, रथहरू, घोडाहरू, सुरक्षित सहर र हतियारहरू पनि भएकोले,
2KI 10:3 यो पत्र तपाईंहरूकहाँ पुग्नेबित्तिकै तपाईंहरूका मालिकका छोराहरूमध्ये सबैभन्दा उत्तम र सुयोग्य छोरालाई चुनेर त्यसलाई आफ्ना पिताको सिंहासनमा स्थापित गर्नुहोस्। त्यसपछि आफ्ना मालिकको घरानाका निम्ति लडाइँ गर्नुहोस्।”
2KI 10:4 तर तिनीहरू डराएर भने, “यदि दुई राजाहरू त तिनको अगि टिक्न सकेनन् भने हामी कसरी टिक्न सक्छौँ?”
2KI 10:5 यसकारण दरबारका प्रशासक, सहरका राज्यपाल, प्रधानहरू र अभिभावकहरूले येहूलाई यो खबर पठाए: “हामी तपाईंका सेवकहरू हौँ; र तपाईंले हामीलाई जे आज्ञा गर्नुहुन्छ, त्यो हामी गर्नेछौँ। हामी कसैलाई पनि राजा नियुक्त गर्नेछैनौँ। तपाईंलाई जे ठिक लाग्छ, त्यही गर्नुहोस्!”
2KI 10:6 तब येहूले तिनीहरूलाई यसो भनेर दोस्रो पत्र लेखे, “यदि तपाईंहरू मेरो पक्षमा हुनुहुन्छ र मेरो कुरा मान्‍नुहुन्छ भने भोलि यही बेला तपाईंहरूका मालिकका छोराहरूका शिर लिएर मकहाँ यिजरेलमा आउनुहोस्।” त्यस बेला सबै सत्तरी जना राजकुमारहरू तिनीहरूलाई रेखदेख गर्ने सहरका प्रतिष्‍ठित व्यक्तिहरूसित थिए।
2KI 10:7 त्यो पत्र आइपुग्दा ती मानिसहरूले ती राजकुमारहरूलाई लगे, र ती सत्तरी जना सबैलाई मारे। तिनीहरूले उनीहरूका शिर टोकरीहरूमा हाले, र यिजरेलमा येहूकहाँ पठाइदिए।
2KI 10:8 एक जना सन्देशवाहक येहूकहाँ आयो, र तिनलाई भन्यो, “तिनीहरूले ती राजकुमारहरूका शिर ल्याएका छन्।” तब येहूले हुकुम दिए, “ती शिरहरूलाई दुई थुप्रा लगाएर बिहानसम्म सहरको मूलढोकाका प्रवेशद्वारमा त्यत्तिकै राख्नू।”
2KI 10:9 भोलिपल्ट बिहान येहू बाहिर गए। तिनी सबै मानिसहरूका सामु उभिए, र भने, “तपाईंहरू निर्दोष हुनुहुन्छ। मेरा मालिकको विरुद्धमा षड्यन्त्र गरेर तिनलाई मार्ने म नै हुँ, तर यिनीहरूलाई कसले मार्‍यो?
2KI 10:10 त्यसो भए अब याहवेहले आहाबको घरानाको विरुद्धमा बोल्नुभएको एउटै वचन पनि अपूरो हुनेछैन भनी जान्‍नुहोस्। याहवेहले आफ्नो सेवक एलियाद्वारा जे भन्‍नुभयो, त्यो गर्नुभयो।”
2KI 10:11 यसकारण येहूले यिजरेलमा आहाबको घरानामा भएका प्रत्येकलाई तिनका सबै प्रमुख मानिसहरू, तिनका घनिष्‍ठ मित्रहरू र पुजारीहरू, कोही पनि जीवित नरहने गरी सबैलाई मारे।
2KI 10:12 त्यसपछि येहू निस्के, र सामरियातिर गए—गोठालाहरू बस्‍ने बेथ-एकेदमा,
2KI 10:13 यहूदाका राजा अहज्याहका केही आफन्तहरूसित तिनको भेट भयो; अनि तिनीहरूलाई सोधे, “तिमीहरू को हौ?” तिनीहरूले भने, “हामी अहज्याहका आफन्तहरू हौँ, र हामी राजा र राजमाताका परिवारहरूलाई भेट्न आएका हौँ।”
2KI 10:14 तब तिनले हुकुम गरे, “यिनीहरूलाई जिउँदै पक्र!” यसकारण तिनीहरूले उनीहरूलाई जिउँदै पक्रे, र ती बयालीस जना मानिसहरूलाई बेथ-एकेदको कुवाको छेउमा मारे। तिनले एउटैलाई पनि जीवित छोडेनन्।
2KI 10:15 जब येहूले त्यो ठाउँ छोडे, तब तिनी रेकाबका छोरा योनादाबकहाँ आए, जो तिनलाई नै भेट्न आइरहेका थिए। येहूले तिनलाई अभिवादन गरेर भने, “म तपाईंप्रति असल भएझैँ, के तपाईं पनि मसँग असल हुनुहुन्छ?” यहोनादाबले जवाफ दिए, “हजुर, म छु।” येहूले भने, “त्यसो भए मलाई तपाईंको हात दिनुहोस्।” तिनले त्यसै गरे, र येहूले तिनलाई रथ चढ्नमा सहायता दिए।
2KI 10:16 येहूले भने, “मसित आएर याहवेहप्रति मेरो जोश हेर्नुहोस्!” तब तिनले उनलाई आफूसित रथमा सवार गराएर लगे।
2KI 10:17 येहू सामरियामा आएपछि तिनले त्यहाँ आहाबका परिवारमा छोडिएकाहरू सबैलाई मारे। तिनले तिनीहरूलाई एलियाद्वारा बोलिएका याहवेहको वचनअनुसार नाश गरे।
2KI 10:18 तब येहूले सबै मानिसहरूलाई एकसाथ भेला गरे र तिनीहरूलाई भने, “आहाबले जति बालको सेवा गरे; येहूले त्योभन्दा धेरै नै बढी गर्नेछ।
2KI 10:19 अब बालका सबै अगमवक्ताहरू, उसका सबै सेवकहरू र सबै पुजारीहरूलाई मकहाँ बोलाओ। एउटै पनि नछोडियोस्; किनकि मैले बालको निम्ति एउटा महान् बलिदान चढाउन लागेको छु। आउन छुटेको जोसुकै होस्, कोही पनि बाँच्नेछैन।” तर येहूले बालका सेवकहरूलाई नाश गर्न चाल चलिरहेका थिए।
2KI 10:20 येहूले भने, “बालको सम्मानमा एउटा सभा बोलाओ।” यसकारण तिनीहरूले त्यो घोषणा गरे।
2KI 10:21 तब तिनले इस्राएलभरि खबर पठाए, र बालका सबै सेवकहरू आए; एउटै पनि छुटेको थिएन। तिनीहरू बालको मन्दिरमा एक छेउदेखि अर्को छेउसम्म खचाखच हुने गरी भित्र पसे।
2KI 10:22 तब येहूले वस्त्र-भण्डारको रखवालालाई भने, “बालका सबै सेवकहरूका निम्ति वस्त्र ल्याऊ।” यसकारण त्यसले तिनीहरूका निम्ति वस्त्रहरू ल्याइदिए।
2KI 10:23 तब येहू र रेकाबका छोरा योनादाब बालको मन्दिरभित्र गए। येहूले बालका सेवकहरूलाई भने, “चारैतिर हेर, र यहाँ तिमीहरूसित याहवेहका सेवकहरू एउटै पनि छैनन् भनी निश्‍चय गर। यहाँ केवल बालका सेवकहरू मात्र होऊन्।”
2KI 10:24 यसकारण तिनीहरू बलिदानहरू र होमबलिहरू चढाउन भित्र गए। येहूले बाहिर असी जना मानिसहरूलाई खटाएर राखेका थिए, र यो चेतावनी दिएका थिए, “यदि मैले तिमीहरूका हातमा सुम्पेको एक जना मानिसलाई पनि उम्कन दियौ भने त्यसको प्राणको सट्टा तिमीहरूको प्राण हुनेछ।”
2KI 10:25 येहूले होमबलि चढाउनेबित्तिकै पहरेदारहरू र अधिकारीहरूलाई यसो भनेर हुकुम दिए, “भित्र पसेर तिनीहरूलाई मार; कोही पनि उम्कन नपाओस्।” यसकारण तिनीहरूले उनीहरूलाई तरवारले मारे। पहरेदारहरू र अधिकारीहरूले ती लासहरू बाहिर फ्याँकिदिए, र बालको मन्दिरको भित्री भागमा पसे।
2KI 10:26 तिनीहरूले बालको मन्दिरको चोखो ढुङ्गालाई बालको मन्दिरबाट बाहिर निकाले, र त्यसलाई जलाइदिए।
2KI 10:27 तिनीहरूले बालको चोखो ढुङ्गालाई भत्काइदिए, र त्यसको मन्दिरलाई तोडिदिए। आजको दिनसम्म नै मानिसहरूले त्यसलाई चर्पीको निम्ति प्रयोग गरेका छन्।
2KI 10:28 यसरी येहूले इस्राएलमा बालको पूजा नष्‍ट गरिदिए।
2KI 10:29 तरै पनि येहू नबातका छोरा यारोबामका पापबाट हटेनन्, जसले इस्राएललाई बेथेल र दानमा सुनका बाछाहरू पुज्न लगाएर पाप गर्न लगाएका थिए।
2KI 10:30 याहवेहले येहूलाई भन्‍नुभयो, “तैँले मेरो दृष्‍टिमा जे ठिक छ, त्यही गर्न लगाएर असल काम गरेको र आहाबका घरानाप्रति मेरो मनमा भएका कुरा गरेको कारण तेरो सन्तान चौथो पुस्तासम्म इस्राएलको सिंहासनमा बस्‍नेछ।”
2KI 10:31 तरै पनि येहूले याहवेह इस्राएलका परमेश्‍वरको व्यवस्था सम्पूर्ण हृदयले पालन गर्नमा होसियार रहेनन्। तिनी यारोबामले इस्राएललाई गर्न लगाएका पापहरूबाट पछि हटेनन्।
2KI 10:32 ती दिनहरूमा याहवेहले इस्राएलको सिमाना घटाउन थाल्नुभएको थियो। हजाएलले इस्राएलीहरूका धेरै प्रान्तहरू,
2KI 10:33 यर्दनको पूर्वपट्टिका गिलादको सम्पूर्ण देशमा (जुन गाद, रूबेन र मनश्शेका प्रान्त थिए), अर्नोनको साँघुरो खोँचमा भएको अरोएरदेखि गिलाद हुँदै बाशानसम्मै जिते।
2KI 10:34 येहूको शासनका अरू घटनाहरू, र तिनले गरेका सबै कार्यहरू, र तिनका सबै उपलब्धीहरू, के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकहरूमा लेखिएका छैनन् र?
2KI 10:35 येहू आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र सामरियामा गाडिए। तिनीपछि तिनका छोरा यहोआहाज राजा भए।
2KI 10:36 येहूले सामरियामा इस्राएलमाथि अट्ठाइस वर्ष शासन गरे।
2KI 11:1 जब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरा मरेको देखिन्, तब उनी सम्पूर्ण राजकीय परिवारलाई नाश गर्न गइन्।
2KI 11:2 तर राजा यहोरामकी छोरी अहज्याहकी बहिनी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्‍क भगाएर लगिन्। उनले तिनलाई र तिनकी धाईलाई अतल्याहबाट लुकाउनलाई एउटा सुत्ने कोठामा राखिन्; यसरी तिनी मारिएनन्।
2KI 11:3 अतल्याहले छ वर्ष देशमा शासन गरिन। उनको शासनभरि योआश आफ्नो धाईसित याहवेहको भवनमा लुकेर बसे।
2KI 11:4 सातौँ वर्षमा यहोयादाले सय-सयका दलका सेनापतिहरू, करीहरू र राजकीय अङ्गरक्षकहरू बोलाइपठाए; अनि तिनीहरूलाई याहवेहको भवनमा ल्याए। तिनले उनीहरूसित करार बाँधे, र तिनीहरूलाई याहवेहको भवनमा शपथ खान लगाए। त्यसपछि तिनले उनीहरूलाई राजाका छोरा देखाइदिए।
2KI 11:5 तिनले उनीहरूलाई यसो भनेर हुकुम गरे, “तिमीहरूले यसो गर्नुपर्छ: तिमीहरू, जो शब्बाथ दिनमा काममा खटिएका छौ; तिमीहरूको एक तिहाइले राजकीय महलको रक्षा गर्नू:
2KI 11:6 एक तिहाइले सूर ढोकामा, र अर्को एक तिहाइले पालैपालो गरी याहवेको भवनको रक्षा गर्ने पहरेदारहरूको पछिल्तिरको ढोकामा।
2KI 11:7 अनि तिमीहरूका दुई दल, जो शब्बाथ दिनमा फुर्सद हुन्छौ; तिमीहरू सबैले राजाका निम्ति याहवेहको भवनको रक्षा गर्नू।
2KI 11:8 प्रत्येक मानिसले आ-आफ्ना हातमा हतियार राखेर राजाको चारैतिर खडा रहनू। तिमीहरूको नजिक आउने जोसुकै पनि मारिनुपर्छ। राजा जहाँ गए तापनि तिनको छेवैमा रहनू।”
2KI 11:9 पुजारी यहोयादाले हुकुम गरेझैँ सय-सय दलका कप्‍तानहरूले गरे। प्रत्येकले आ-आफ्ना मानिसलाई लिए; शब्बाथको दिनमा काममा खटिएका र काममा नखटिएकालाई लिए, र तिनीहरू पुजारी यहोयादाकहाँ आए।
2KI 11:10 तब तिनले ती सेनापतिहरूलाई याहवेहका भवनमा भएका राजा दावीदका भालाहरू र ढालहरू दिए।
2KI 11:11 ती पहरेदारहरू प्रत्येकले आ-आफ्ना हातमा हतियार लिए। अनि तिनीहरू राजाको चारैतिर वेदी र भवनको छेउमा मन्दिरको दक्षिण भागदेखि उत्तर भागसम्म बसे।
2KI 11:12 यहोयादाले राजाका छोरालाई ल्याए, र तिनको शिरमा मुकुट लगाइदिए। तिनले उनलाई करारको एउटा प्रतिलिपी दिए; र तिनलाई राजा घोषणा गरे। तिनीहरूले उनलाई अभिषेक गरे। अनि मानिसहरूले ताली बजाए, र यसो भनी कराए, “राजा अमर रहून्!”
2KI 11:13 अतल्याहले पहरेदारहरू र मानिसहरूले गरेका हल्‍ला सुनेपछि तिनी याहवेहको भवनमा मानिसहरूकहाँ गइन्।
2KI 11:14 तिनले हेरिन्, र राजालाई दस्तुरअनुसार स्तम्भको छेउमा उभिरहेका देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाका छेउमा थिए; र देशका सबै मानिसहरू आनन्द मनाउँदै तुरही फुक्दै थिए। तब अतल्याहले आफ्ना वस्त्रहरू च्यातेर “राजविद्रोह! राजविद्रोह!” भन्दै कराइन्।
2KI 11:15 यहोयादाले सय-सय दलमाथिका सेनापतिहरूलाई हुकुम गरे, “तिनलाई सबैको बीचमा बाहिर ल्याओ, र तिनको पछि लाग्ने हरेकलाई तरवारले मारिदेओ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई याहवेहको मन्दिरमा नमार्नू।”
2KI 11:16 यसकारण अतल्याह राजमहलको आँगनभित्र घोडाहरू पस्‍ने ठाउँमा पुगेको बेला तिनीहरूले तिनलाई समाते, र त्यहीँ नै तिनी मारिइन्।
2KI 11:17 तब यहोयादाले याहवेह, राजा र मानिसहरूका बीचमा तिनीहरू याहवेहका मानिसहरू हुनेछन् भनी करार बाँधे। तिनले राजा र मानिसहरूका बीचमा पनि करार बाँधे।
2KI 11:18 देशभरिका मानिसहरू बालको मन्दिरमा गए; अनि त्यसलाई भत्काइदिए। तिनीहरूले वेदीहरू र मूर्तिहरूलाई टुक्रा-टुक्रा बनाइदिए; र बालको पुजारी मत्तानलाई वेदीको सामु मारे। त्यसपछि पुजारी यहोयादाले याहवेहको मन्दिरमा पहरेदारहरू खटाइदिए।
2KI 11:19 तिनले आफूसित सय-सयमाथिका सेनापतिहरू, करीहरू, अङ्गरक्षकहरू र देशका सबै मानिसहरूलाई लिए; र तिनीहरू मिलेर राजालाई याहवेहको भवनबाट तल ल्याए। अनि पहरेदारहरूका मूलढोकाबाट भएर राजमहलभित्र पसे। तब राजा आफ्नो राजकीय आसनमाथि बसे।
2KI 11:20 अनि देशका सबै मानिसहरूले हर्ष मनाए। सहरचाहिँ शान्त थियो; किनकि अतल्याह राजमहलमा तरवारले मारिएकी थिइन्।
2KI 11:21 शासन सुरु गर्दा येहोआश सात वर्षका थिए।
2KI 12:1 येहूको सातौँ वर्षमा येहोआश राजा भए। तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। तिनकी आमाको नाम सिब्या थियो; जो बेर्शेबाकी थिइन्।
2KI 12:2 येहोआशले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। अनि ती वर्षहरूमा पुजारी यहोयादाले तिनलाई सिकाए।
2KI 12:3 तरै पनि तिनले अल्गा देवस्थानहरू हटाएनन्। मानिसहरूले त्यहाँ बलिदानहरू चढाइरहे र धूप बालिरहे।
2KI 12:4 येहोआशले पुजारीहरूलाई भने, “याहवेहको भवनमा पवित्र भेटीको हिसाबले ल्याइएका सबै रकम, गणनामा उठाइएको रकम, व्यक्तिगत भाकलबाट प्राप्‍त भएको रकम र स्वेच्छापूर्वक ल्याइएको रकम, सबै याहवेहको भवनमा जम्मा गर्नू।
2KI 12:5 प्रत्येक पुजारीले कोषाध्यक्षहरूमध्ये एकबाट रकम लिऊन्, र त्यसलाई भवनको जुन भागको क्षति भएको छ, त्यसलाई मर्मत गर्ने काममा चलाऊन्।”
2KI 12:6 तर राजा येहोआशको तेइसौँ वर्षसम्ममा पनि पुजारीहरूले मन्दिरको मर्मत गरेका थिएनन्।
2KI 12:7 यसकारण राजा येहोआशले पुजारी यहोयादा र अरू पुजारीहरूलाई बोलाइपठाए। अनि तिनीहरूलाई सोधे, “तपाईंहरू किन क्षति भएको याहवेहको भवनको मर्मत गर्नुहुन्‍न? तपाईंहरूका कोषाध्यक्षहरूबाट अब रकम नलिनुहोस्, तर त्यसलाई भवनको मरमतका निम्ति प्रयोग गर्नुहोस्।”
2KI 12:8 तब पुजारीहरू मानिसहरूबाट अरू रकम नउठाउने र तिनीहरू आफूले मन्दिर मर्मत नगर्ने विषयमा सहमत भए।
2KI 12:9 पुजारी यहोयादाले एउटा बाकस लिए र त्यसको ढकनीमा प्वाल पारे। तिनले त्यसलाई याहवेहको भवनभित्र पस्‍ने ठाउँको दाहिनेपट्टि वेदीको छेउमा राखिदिए। प्रवेशद्वारको रक्षा गर्ने पुजारीहरूले याहवेहको भवनमा ल्याइएका सबै रकम त्यस बाकसमा हाले।
2KI 12:10 तिनीहरूले जहिले-जहिले त्यस बाकसमा धेरै रुपियाँपैसा भएको देख्थे, तब राजकीय सचिव र प्रधान पुजारी आएर याहवेहको भवनमा ल्याइएको रुपियाँपैसा गन्थे, र थैलाहरूमा हाल्थे।
2KI 12:11 त्यसको मूल्य थाहा गरेपछि तिनीहरूले त्यो रुपियाँपैसा भवनको मरमतको निम्ति नियुक्त गरिएका मानिसहरूलाई दिन्थे। त्यसबाट तिनीहरूले याहवेहको भवनमा काम गर्ने सिकर्मीहरूलाई, निर्माण गर्नेहरूलाई,
2KI 12:12 डकर्मीहरूलाई र ढुङ्गा काट्नेहरूलाई ज्याला दिन्थे। तिनीहरूले याहवेहको भवन मरमतका लागि काठहरू, काटिएका ढुङ्गाहरू किने र आवश्यक रकम भुक्तानी गरे।
2KI 12:13 तिनीहरूले चाँदीका कचौराहरू, सलेदोका चिम्टाहरू, छर्कने बाटाहरू र तुरहीहरू अथवा कुनै पनि सुनचाँदीका सामानहरू बनाउनलाई याहवेहको भवनमा ल्याइएका रुपियाँपैसाबाट खर्च गरेनन्।
2KI 12:14 त्योचाहिँ भवन मर्मत गर्न कामदारहरूलाई दिइयो।
2KI 12:15 कामदारहरूलाई ज्याला दिनेहरूबाट तिनीहरूले रुपियाँपैसाको हिसाब लिएनन्; किनकि तिनीहरूले पूर्ण इमानदारीसाथ काम गर्थे।
2KI 12:16 दोषबलि र पाप शुद्धीकरण बलिबाट आएको रुपियाँपैसा याहवेहको भवनमा ल्याइँदैनथ्यो। त्योचाहिँ पुजारीहरूको हुन्थ्यो।
2KI 12:17 त्यस बेला अरामका राजा हजाएलले गातलाई आक्रमण गरे अनि त्यसलाई कब्जा गरे। त्यसपछि यरूशलेमलाई आक्रमण गर्न तिनी फर्के।
2KI 12:18 तर यहूदाका राजा येहोआशले तिनका पुर्खा यहूदाका राजाहरू यहोशापात, यहोराम र अहज्याहले अर्पण गरेका सबै पवित्र चीजहरू, साथै तिनी आफूले अर्पण गरेका उपहारहरू, र याहवेहको भवन अनि राजमहलका भण्डारहरूमा पाइएका सबै सुन लिए। अनि ती अरामका राजाकहाँ पठाइदिए। त्यसपछि हजाएल यरूशलेमबाट हटिगए।
2KI 12:19 योआशको शासनकालका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?
2KI 12:20 तिनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरे, र तिनलाई सिल्‍लाको ओरालो बाटोमा भएको बेथ-मिल्‍लोमा मारे।
2KI 12:21 तिनलाई हत्या गर्ने अधिकृतहरू शिम्मतका छोरा योजाबाद र शोमेरका छोरा यहोजाबाद थिए। तिनी मरे र आफ्ना पुर्खाहरूसित दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।
2KI 13:1 यहूदाका राजा अहज्याहका छोरा योआशको शासनकालको तेईस वर्षमा येहूका छोरा यहोआहाज सामरियामा इस्राएलका राजा भए; र तिनले सत्र वर्ष राज्य गरे।
2KI 13:2 नबातका छोरा यारोबामको मार्गमा हिँडेर तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। अनि इस्राएललाई पाप गर्न लगाए; तर तिनी ती पापबाट फर्केनन्।
2KI 13:3 यसकारण याहवेहको क्रोध इस्राएलीहरूमाथि दन्क्यो। अनि उहाँले तिनीहरूलाई लामो समयसम्म अरामका राजा हजाएल र तिनका छोरा बेन-हददका अधीनमा राख्नुभयो।
2KI 13:4 तब यहोआहाजले याहवेहको निगाह खोजे। अनि उहाँले तिनको बिन्ती सुन्‍नुभयो; किनकि याहवेहले अरामका राजाले इस्राएललाई कति साह्रो सताइरहेका थिए, त्यो देख्नुभयो।
2KI 13:5 याहवेहले इस्राएलको निम्ति एक जना छुटकारा दिने व्यक्तिको प्रबन्ध गरिदिनुभयो, र तिनीहरू अरामको शक्तिबाट उम्के। यसकारण इस्राएलीहरू पहिलेझैँ आफ्नै घरहरूमा बस्‍न थाले।
2KI 13:6 तर तिनीहरू यारोबामका घरानाका पापहरूबाट फर्केनन्, जुन पापहरू तिनले इस्राएललाई गर्न लगाएका थिए। तिनीहरू त्यसैमा लागिरहे। सामरियामा अशेरा देवीको खाँबो पनि खडा नै भइरह्‍यो।
2KI 13:7 यहोआहाजको फौजमा पचास घोडचढी, दश वटा रथ र दश हजार पैदल सेनाबाहेक केही पनि छोडिएन। किनकि बाँकीलाई अरामका राजाले नाश गरिदिएका थिए र तिनीहरूलाई दाइँ गर्ने समयमा उठेको धुलोझैँ बनाइदिएका थिए।
2KI 13:8 यहोआहाजका शासनका अरू घटनाहरू, तिनले गरेका सबै कामहरू र तिनका उपलब्धीहरू, के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
2KI 13:9 यहोआहाज आफ्ना पुर्खाहरूसित विश्राममा सुते, र सामरियामा गाडिए। तिनीपछि तिनका छोरा येहोआश राजा भए।
2KI 13:10 यहूदाका राजा योआशको सैतीसौँ वर्षमा यहोआहाजका छोरा येहोआश सामरियामा इस्राएलमाथि राजा भए; र तिनले सोह्र वर्ष राज्य गरे।
2KI 13:11 तिनले याहवेहको दृष्‍टिमा जे खराब थियो, त्यही दुष्‍टता गरे। तिनी नबातका छोरा यारोबामका कुनै पनि पापबाट हटेनन्, जुन पाप तिनले इस्राएललाई गर्न लगाएका थिए; त्यसैमा तिनी लागिरहे।
2KI 13:12 योआशको शासनका अरू घटनाहरू, तिनले गरेका सबै कामहरू र यहूदाका राजा अमस्याहको विरुद्धमा तिनले गरेका युद्धहरू, साथै तिनका उपलब्धीहरू, के ती इस्राएलका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?
2KI 13:13 योआश आफ्ना पुर्खाहरूसित विश्राममा सुते; र तिनीपछि तिनका छोरा यारोबाम सिंहासनमा बसे। योआश सामरियामा इस्राएलका राजाहरूसित गाडिए।
2KI 13:14 अब एलीशा एक रोगद्वारा पीडित थिए, जसको कारण तिनी पछि मरे। इस्राएलका राजा योआश तिनलाई हेर्न तल गए, र तिनको विषयमा विलाप गरे। “मेरा पिता! मेरा पिता! इस्राएलका रथहरू र घोडचढीहरू!” भन्दै तिनी कराए।
2KI 13:15 एलीशाले भने, “एउटा धनु र केही काँडहरू लिनुहोस्,” र तिनले त्यसै गरे।
2KI 13:16 तिनले इस्राएलका राजालाई भने, “आफ्ना हातमा धनु लिनुहोस्।” तिनले त्यो लिएपछि एलीशाले आफ्ना हात राजाका हातमा राखे।
2KI 13:17 तिनले भने, “पूर्वको झ्याल खोल्नुहोस्,” तिनले त्यो खोले। एलीशाले भने, “हान्‍नुहोस्,” तिनले हाने। एलीशाले घोषणा गरे, “याहवेहको विजयको काँड, अराममाथि विजयको काँड! तपाईंले अरामीहरूलाई अपेकमा सम्पूर्ण रूपले नाश पार्नुहुनेछ।”
2KI 13:18 तब तिनले भने, “काँडहरू लिनुहोस्,” र राजाले ती लिए। एलीशाले तिनलाई भने, “भुइँमा हान्‍नुहोस्।” तिनले त्यसलाई तीनपल्ट हानेर रोकिए।
2KI 13:19 परमेश्‍वरका जन तिनीसित रिसाएर भने, “तपाईंले भुइँलाई पाँच-छ पटक हान्‍नुपर्नेथियो, तब पो तपाईंले अरामलाई परास्त गरेर त्यसलाई सम्पूर्ण रूपले नाश गर्नुहुनेथियो। तर अब तपाईंले त्यसलाई तीनपल्ट मात्र परास्त गर्नुहुनेछ।”
2KI 13:20 त्यसपछि एलीशा मरे, र गाडिए। मोआबी लुटपाट गर्नेहरूले चाहिँ प्रत्येक वसन्त ऋतुमा देशमा प्रवेश गर्नेगर्थे।
2KI 13:21 एकपल्ट इस्राएलीहरूले एक जना मानिसलाई गाडिरहेको बेला अचानक तिनीहरूले लुटपाट गर्नेहरूको एउटा दललाई देखे। यसैले तिनीहरूले त्यस लासलाई एलीशाको चिहानमा त्यसै फ्याँकिदिए। त्यस मानिसको शरीरले एलीशाका हाडहरू छोएपछि त्यो मानिस जीवित भएर खुट्टामा उभियो।
2KI 13:22 यहोआहाजको शासनकालभरि नै अरामका राजा हजाएलले इस्राएललाई सताए।
2KI 13:23 तर अब्राहाम, इसहाक र याकोबसित भएको याहवेहको करारको कारण उहाँ तिनीहरूप्रति अनुग्रही हुनुभयो। अनि उहाँको दया रह्‍यो र उहाँले तिनीहरूप्रति वास्ता देखाउनुभयो। आजको दिनसम्मै उहाँले तिनीहरूलाई नाश गर्न र आफ्नो उपस्थितिबाट निकाल्न इच्छा गर्नुभएको छैन।
2KI 13:24 अरामका राजा हजाएल मरे। तिनीपछि तिनका छोरा बेन-हदद राजा भए।
2KI 13:25 तब यहोआहाजका छोरा योआशले हजाएलका छोरा बेन-हददबाट आफ्ना पिता यहोआहाजबाट तिनले लगेका सहरहरू फेरि आफ्नो अधीनमा ल्याए। येहोआशले तीनपल्ट तिनलाई जिते। यसरी तिनले इस्राएलका सहरहरू फेरि प्राप्‍त गरे।
2KI 14:1 इस्राएलका राजा योआहाजका छोरा येहोआशको दोस्रो वर्षमा यहूदाका राजा योआशका छोरा अमस्याहले शासन गर्न थाले।
2KI 14:2 तिनी पच्‍चीस वर्षको उमेरमा राजा भए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम यहोअदीन थियो; र तिनी यरूशलेमकी थिइन्।
2KI 14:3 तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो त्यही गरे; तर तिनले आफ्ना पुर्खा दावीदले जस्तै गरेनन्। तिनले प्रत्येक कुरामा आफ्ना पिता योआशको अनुसरण गरे।
2KI 14:4 तरै पनि तिनले अल्गा देवस्थानहरू हटाएनन्; र मानिसहरूले त्यहाँ बलिदानहरू चढाइरहे र धूप बालिरहे।
2KI 14:5 सम्पूर्ण रूपले आफ्नो मुट्ठीमा राज्य आएपछि तिनले आफ्ना पिताको हत्या गर्ने ती अधिकृतहरूलाई मृत्युदण्ड दिए।
2KI 14:6 तापनि “छोराछोरीहरूका पापको कारण आमाबुबाहरू र आमाबुबाहरूका पापको कारण छोराछोरीहरूलाई नमार्नू। हरेक मानिस आफ्नै पापको कारण मर्नैपर्छ” भनेर याहवेहले आज्ञा दिनुभएको मोशाको व्यवस्थामा लेखिएअनुसार तिनले ती हत्याराहरूका सन्तानलाई मारेनन्।
2KI 14:7 उनैले नुनको बेँसीमा दश हजार एदोमीहरूलाई मारेका थिए। लडाइँमा सेलालाई कब्जा गरेका थिए; र त्यसलाई योक्तेल नाम दिएका थिए, जुन आजसम्म नै छँदैछ।
2KI 14:8 तब अमस्याहले इस्राएलका राजा येहूका नाति यहोआहाजका छोरा येहोआशकहाँ दूतहरूद्वारा यसो भनेर युद्धको चुनौती पठाए, “आऊ, मसँग आमने-सामने लडाइँ गर।”
2KI 14:9 तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्याहलाई जवाफ दिए, “लेबनानमा भएको एउटा लुहुँडे काँडाले लेबनानको देवदारुलाई यसो भनेर खबर पठायो, ‘तपाईंकी छोरी मेरो छोरासित विवाह गर्न दिनुहोस्।’ तब लेबनानमा भएको एउटा जङ्गली पशु आएर त्यस लुहुँडे काँडालाई खुट्टाले कुल्चिदियो।
2KI 14:10 तिमीले साँच्‍चै एदोमलाई जित्यौ र अब तिमी अहङ्कारी भएका छौ। आफ्नो विजयमा घरमै बसेर आनन्द मनाऊ! किन समस्या खडा गरेर आफ्नै र यहूदाको पनि पतन खोज्छौ?”
2KI 14:11 तरै पनि अमस्याहले सुनेनन्। यसकारण इस्राएलका राजा येहोआशले आक्रमण गरे। तिनी र यहूदाका राजा अमस्याहले यहूदाको बेथ-शेमेशमा एका-अर्काको सामना गरे।
2KI 14:12 यहूदा इस्राएलद्वारा पराजित भयो र प्रत्येक मानिस आ-आफ्नो घरतिर भागेर गए।
2KI 14:13 इस्राएलका राजा येहोआशले अहज्याहका नाति योआशका छोरा यहूदाका राजा अमस्याहलाई बेथ-शेमेशमा पक्रे। तब येहोआश यरूशलेममा गएर यरूशलेमको पर्खाललाई एफ्राइमको मूलढोकादेखि कुनाको मूलढोकासम्म चार सय क्यूबिट लामो भाग तोडिदिए।
2KI 14:14 तिनले याहवेहको मन्दिरमा र राजमहलको भण्डारहरूमा भेट्टाइएका सबै सुन, चाँदी र अरू सबै चीजहरू लगे। तिनी कैदीहरू र ती सबै सामानहरू लिएर सामरियामा फर्के।
2KI 14:15 येहोआशका शासनकालका अरू घटनाहरू, तिनका सबै काम र तिनका उपलब्धीहरू अनि यहूदाका राजा अमस्याहको विरुद्धमा लडेको युद्धको विषयमा, के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
2KI 14:16 येहोआश आफ्ना पुर्खाहरूसित विश्राममा सुते; र इस्राएलका राजाहरूसित सामरियामा गाडिए। तिनीपछि तिनका छोरा यारोबाम राजा भए।
2KI 14:17 यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि पन्ध्र वर्ष बाँचे।
2KI 14:18 अमस्याहको शासनका अरू घटनाहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?
2KI 14:19 यरूशलेमका मानिसहरूले अमस्याहको विरुद्धमा षड्यन्त्र गरे; र तिनी भागेर लाकीशमा गए। तर तिनीहरूले तिनको पछि लाकीशमा मानिसहरू पठाएर तिनलाई त्यहीँ मारे।
2KI 14:20 तिनलाई घोडामाथि बोकाएर ल्याइयो, र यरूशलेममा आफ्ना पुर्खाहरूसित दावीदको सहरमा गाडियो।
2KI 14:21 त्यसपछि यहूदाका सबै मानिसहरूले सोह्र वर्ष उमेरका अजर्याहलाई लिएर तिनलाई आफ्ना पिता अमस्याहको स्थानमा राजा बनाए।
2KI 14:22 तिनी उही थिए, जसले अमस्याह आफ्ना पुर्खाहरूसित विश्राममा पसिसकेपछि एलातलाई पुनर्निर्माण गरेर यहूदालाई फिर्ता दिए।
2KI 14:23 यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबाम सामरियामा राजा भए। तिनले एकचालीस वर्ष राज्य गरे।
2KI 14:24 तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे, र नबातका छोरा यारोबामका कुनै पनि पापबाट पछि हटेनन्, जुन तिनले इस्राएललाई गर्न लगाएका थिए।
2KI 14:25 तिनले नै अमित्तैका छोरा, गात-हेपेरबाटका याहवेहको सेवक अगमवक्ता योनाद्वारा याहवेह इस्राएलका परमेश्‍वर बोल्नुभएको वचनअनुसार लेबो-हमातदेखि मृत सागरसम्म यरूशलेमको सिमानाहरू फिर्ता गराएका थिए।
2KI 14:26 याहवेहले इस्राएलका कमारा होस् कि फुक्‍का, प्रत्येकले कष्‍ट भोगिरहेको देख्नुभएको थियो। तिनीहरूलाई सहायता दिने कोही थिएन।
2KI 14:27 इस्राएलको नाम स्वर्गमुनिबाट मेटिदिनेछु भनी याहवेहले नभन्‍नुभएको हुनाले उहाँले तिनीहरूलाई योआशका छोरा यारोबामद्वारा बचाउनुभयो।
2KI 14:28 यारोबामको शासनका अरू घटनाहरू, तिनले गरेका सबै काम, र तिनका सैन्य उपलब्धीहरू र कसरी तिनले यहूदाको हातमा परेको दमस्कस र हमात दुवैलाई इस्राएलको हातमा परेका विषयहरूचाहिँ, के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
2KI 14:29 यारोबाम आफ्ना पुर्खा इस्राएलका राजाहरूसित विश्राममा सुते। तिनीपछि तिनका छोरा जकरिया राजा भए।
2KI 15:1 इस्राएलका राजा यारोबामको सत्ताइसौँ वर्षमा यहूदाका राजा अमस्याहका छोरा अजर्याहले शासन गर्न थाले।
2KI 15:2 राजा हुँदा तिनी सोह्र वर्षका थिए। तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्य गरे। तिनकी आमाको नाम यकोल्याह थियो; जो यरूशलेमकी थिइन्।
2KI 15:3 तिनले आफ्ना पिता अमस्याहले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे।
2KI 15:4 तरै पनि तिनले अल्गा देवस्थानहरू हटाएनन्; र मानिसहरूले त्यहाँ बलिदानहरू चढाइरहन्थे र धूपहरू बालिरहन्थे।
2KI 15:5 याहवेहले राजालाई कुष्‍ठरोगले प्रहार गर्नुभयो। तब तिनी नमरेसम्म एउटा अलग्गै घरमा बसे। राजाका छोरा योताम महलको जिम्मामा बसे। तिनले देशवासीहरूमाथि शासन गरे।
2KI 15:6 अजर्याहका शासनकालका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा चाहिँ के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
2KI 15:7 अजर्याह आफ्ना पुर्खाहरूसित विश्राममा सुते, र तिनीहरूको छेउमा दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा योताम राजा भए।
2KI 15:8 यहूदाका राजा अजर्याहका अठतीसौँ वर्षमा यारोबामका छोरा जकरिया सामरियामा इस्राएलका राजा भए। तिनले छ महिना राज्य गरे।
2KI 15:9 तिनले आफ्ना पुर्खाहरूले झैँ याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। तिनी नबातका छोरा यारोबामका पापहरूबाट पछि हटेनन्, जसले गर्दा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए।
2KI 15:10 याबेशका छोरा शल्‍लूमले जकरियाको विरुद्धमा षड्यन्त्र गरे। तिनले मानिसहरूकै सामु आक्रमण गरेर उनलाई मारे, र तिनीपछि राजा भए।
2KI 15:11 जकरियाका शासनका अरू घटनाहरू इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
2KI 15:12 यसरी, “तेरा सन्तानहरूहरू चौथो पुस्तामा इस्राएलको सिंहासनमा बस्‍नेछन्” भन्‍ने येहूलाई भनिएको याहवेहको वचन पूरा भयो।
2KI 15:13 यहूदाका राजा उज्जियाहको उनन्चालीसौँ वर्षमा याबेशका छोरा शल्‍लूम राजा भए। तिनले सामरियामा एक महिना राज्य गरे।
2KI 15:14 तब गादीका छोरा मनहेम तिर्साबाट सामरियामा गए। तिनले याबेशका छोरा शल्‍लूमलाई सामरियामा आक्रमण गरेर मारे, र तिनीपछि राजा भए।
2KI 15:15 शल्‍लूमको शासनका अरू घटनाहरू र तिनले गरेका षड्यन्त्रहरू इस्राएलका राजाहरूको इतिहासका पुस्तकमा लेखिएका छन्।
2KI 15:16 त्यस बेला मनहेमले तिर्साबाट सुरु गरेर तिप्सालाई आक्रमण गरे। सहर र त्यसका चारैतिरका प्रत्येकलाई पनि तिनीहरूले आफ्ना मूलढोकाहरू खोलिदिन नमानेकाले आक्रमण गरे। तिनले तिसालाई लुटे। अनि सबै गर्भवती स्त्रीहरूका पेट चिरिदिए।
2KI 15:17 यहूदाका राजा अजर्याहका उनन्चालीसौँ वर्षमा गादीका छोरा मनहेम इस्राएलका राजा भए। तिनले सामरियामा दश वर्ष राज्य गरे।
2KI 15:18 तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। आफ्नो सम्पूर्ण शासनकालमा तिनी नबातका छोरा यारोबामका पापहरूबाट पछि हटेनन्, जसले गर्दा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए।
2KI 15:19 तब अश्शूरका राजा पूलले देशमाथि आक्रमण गरे। अनि मनहेमले तिनको आश्रय पाउन र आफ्नै राज्यमा आफूलाई स्थिर गराउन भनी तिनलाई एक हजार टालेन्ट चाँदी दिए।
2KI 15:20 मनहेमले यो रकम इस्राएलबाट जबरजस्ती उठाए। अश्शूरका राजालाई दिनलाई प्रत्येक धनी व्यक्तिले पचास शेकेल चाँदी दिनुपर्थ्यो। यसकारण अश्शूरका राजा पछि हटे, र त्यस देशलाई छोडिदिए।
2KI 15:21 मनहेमको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा के ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
2KI 15:22 मनहेम आफ्ना पुर्खाहरूसित विश्राममा सुते। तिनीपछि तिनका छोरा पकहीया राजा भए।
2KI 15:23 यहूदाका राजा अजर्याहका पचासौँ वर्षमा मनहेमका छोरा पकहीया सामरियामा इस्राएलका राजा भए; र तिनले दुई वर्ष राज्य गरे।
2KI 15:24 पकहीयाले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। तिनी नबातका छोरा यारोबामका पापहरूबाट हटेनन्, जसलाई गरेर तिनले इस्राएललाई पाप गर्न लगाएका थिए।
2KI 15:25 तिनका मुख्य अधिकृतहरूमध्ये एक जना रमल्याहका छोरा पेकहले तिनको विरुद्धमा षड्यन्त्र गरे। आफूसित गिलादका पचास जना मानिसहरू लिएर तिनले सामरियामा भएको राजमहलको गढीमा पकहीया अनि अर्गोब र अरिहलाई मारे। यसरी पेकहले पकहीयालाई मारे र तिनीपछि राजा भए।
2KI 15:26 पकहीयाको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरू इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
2KI 15:27 यहूदाका राजा अजर्याहका बाउन्‍नौँ वर्षमा रमल्याहका छोरा पेकह सामरियामा इस्राएलका राजा भए। तिनले बीस वर्ष राज्य गरे।
2KI 15:28 तिनले याहवेहको दृष्‍टिमा जे कुरा खराब थियो, त्यही गरे। इस्राएललाई गर्न लगाएका नबातका छोरा यारोबामका पापहरूबाट तिनी फर्केनन्, जसले गर्दा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए।
2KI 15:29 इस्राएलका राजा पेकहको समयमा अश्शूरका राजा तिग्लत-पिलेसेर आए। अनि इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश र हासोरलाई लिए। तिनले गिलाद, गालील अनि नप्‍तालीका सम्पूर्ण भूमि लिए। मानिसहरूलाई बन्दी बनाएर अश्शूर लगे।
2KI 15:30 तब एलाहका छोरा होशियाले रमल्याहका छोरा पेकहको विरुद्धमा षड्यन्त्र गरे। तिनले उनीमाथि आक्रमण गरेर उनलाई मारे। त्यसपछि उज्जियाहका छोरा योतामको बीसौँ वर्षमा तिनीपछि राजा भए।
2KI 15:31 पेकहको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा के ती इस्राएलका राजाहरूको पुस्तकहरूमा लेखिएका छैनन् र?
2KI 15:32 रमल्याहका छोरा इस्राएलका राजा पेकहको दोस्रो वर्षमा यहूदाका राजा उज्जियाहका छोरा योतामले शासन गर्न सुरु गरे।
2KI 15:33 राजा हुँदा तिनी पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनकी आमाको नाम यरूशा थियो, जो सादोककी छोरी थिइन्।
2KI 15:34 तिनले आफ्ना पिता उज्जियाहले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे।
2KI 15:35 तरै पनि अल्गा देवस्थानहरू हटाइएनन्। मानिसहरूले त्यहाँ बलिदानहरू चढाइरहन्थे र धूपहरू बालिरहन्थे। योतामले याहवेहको मन्दिरको माथिल्‍लो मूलढोका पुनर्निर्माण गरे।
2KI 15:36 योतामको शासनका अरू घटनाहरू र तिनले गरेका कामहरूको विषयमा के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
2KI 15:37 (ती दिनहरूमा याहवेहले अरामका राजा रसीन र रमल्याहका छोरा पेकहलाई यहूदाको विरुद्धमा पठाउन थाल्नुभयो)।
2KI 15:38 योताम आफ्ना पुर्खाहरूसित सुते र आफ्ना पिताको सहर दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आहाजले राज्य गरे।
2KI 16:1 रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले शासन गर्न सुरु गरे।
2KI 16:2 राजा हुँदा आहाज बीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दावीदले गरेझैँ याहवेह आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे ठिक थियो, त्यो गरेनन्।
2KI 16:3 तिनी इस्राएलका राजाहरूका चालमा हिँडे। अनि याहवेहले इस्राएलीहरूका सामु धपाइदिनुभएका जातिहरूका घिनलाग्दा चालअनुसार चलेर आफ्नै छोरालाई समेत आगोमा बलिदान गरे।
2KI 16:4 तिनले अग्ला देवस्थानहरू र डाँडाहरूमा प्रत्येक झ्याम्म परेको रूखमुनि बलिदानहरू चढाए र धूप बाले।
2KI 16:5 तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा यरूशलेमको विरुद्धमा गए; र आहाजलाई घेरे। तर तिनीहरूले उनलाई वशमा पार्न सकेनन्।
2KI 16:6 त्यस बेला अरामका राजा रसीनले यहूदाका मानिसहरूलाई धपाएर अरामको निम्ति एलात फेरि जितेर लिए। तब एदोमीहरू एलातमा सरेर गए, र आजको दिनसम्म त्यहीँ बसेका छन्।
2KI 16:7 आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरकहाँ यसो भनेर दूतहरू पठाए, “म तपाईंको सेवक र छोराजस्तै हुँ। कृपया आएर मलाई आक्रमण गर्ने अराम र इस्राएलका राजाहरूका हातबाट बचाउनुहोस्!”
2KI 16:8 तब आहाजले याहवेहको मन्दिरमा र राजमहलको भण्डारमा भएका चाँदी र सुन लिए, र ती सबै उपहारको रूपमा अश्शूरका राजाकहाँ पठाइदिए।
2KI 16:9 अश्शूरका राजाले तिनका कुरा माने; र दमस्कसमाथि आक्रमण गरे। अनि त्यसलाई कब्जा गरे। तिनले त्यहाँका बासिन्दाहरूलाई निकालेर कीरमा लगे, र रसीनलाई मारे।
2KI 16:10 तब राजा आहाज अश्शूरका राजा तिग्लत-पिलेसेरसित भेट गर्न दमस्कसमा गए। तिनले दमस्कसमा एउटा वेदी देखे। अनि पुजारी उरियाहकहाँ त्यस वेदीको नक्सा, त्यसको निर्माणको सम्पूर्ण योजनाको विवरणसितै पठाए।
2KI 16:11 यसकारण पुजारी उरियाहले राजा आहाजले दमस्कसबाट पठाएका योजनाअनुसार एउटा वेदी बनाए। राजा आहाज फर्कनुअगि नै त्यसलाई सिद्ध्याए।
2KI 16:12 दमस्कसबाट फर्किआउँदा राजाले त्यो वेदी देखेपछि तिनी त्यहाँ गए। अनि त्यसमाथि भेटीहरू चढाए।
2KI 16:13 तिनले त्यसमा होमबलि र अन्‍नबलि चढाए। अनि आफ्नो अर्घबलि खन्याएर वेदीमा आफ्ना मेलबलिहरूको रगत छर्के।
2KI 16:14 याहवेहको सामु खडा रहेको काँसोको वेदी मन्दिरको सामुबाट नयाँ वेदी र याहवेहको भवनको बीचबाट तिनले ल्याए। अनि त्यसलाई नयाँ वेदीको उत्तरपट्टि राखे।
2KI 16:15 त्यसपछि राजा आहाजले पुजारी उरियाहलाई यो हुकुम दिए: “नयाँ ठूलो वेदीमा बिहानको होमबलि र साँझको अन्‍नबलि, राजाको होमबलि र उहाँको अन्‍नबलि, सारा देशवासीहरूका होमबलि अनि तिनीहरूका अन्‍नबलि, अर्घबलि चढाउनू। वेदीमाथि होमबलि र बलिदानहरूका रगत छर्कनू। तर काँसोको वेदीचाहिँ अगुवाइ खोज्नलाई म प्रयोग गर्नेछु।”
2KI 16:16 पुजारी उरियाहले राजा आहाजले भनेझैँ गरे।
2KI 16:17 राजा आहाजले ठेलागाडाका खाँबाहरूबाट छेउका तखताहरू निकाले, र बाटाहरूलाई हटाइदिए। तिनले खड्कुँलोलाई थामिराख्ने काँसोका साँढेहरूलाई हटाए, र ढुङ्गाको आधारमा राखे।
2KI 16:18 तिनले मन्दिरमा बनिएको शब्बाथमा प्रयोग गरिने मण्डप, र याहवेहको भवनको बाहिरको राजकीय मार्ग तिनले अश्शूरको राजाको कारणले हटाइदिए।
2KI 16:19 आहाजको शासनका अरू घटनाहरू र तिनले गरेका कामहरूको विषयमा के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
2KI 16:20 आहाज आफ्ना पुर्खाहरूसित विश्राममा सुते; अनि तिनीहरूसित दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा हिजकिया राजा भए।
2KI 17:1 यहूदाका राजा आहाजका बाह्रौँ वर्षमा एलाहका छोरा होशिया सामरियामा इस्राएलमाथि राजा भए, र तिनले नौ वर्ष राज्य गरे।
2KI 17:2 तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे; तर तिनीभन्दा अगाडिका इस्राएलका राजाहरूले गरेजस्तै चाहिँ होइन।
2KI 17:3 अश्शूरका राजा शलमनेशेर आएर होशियालाई आक्रमण गरे। होशिया शलमनेशेरका अधीनमा रहेका थिए र तिनलाई कर तिर्ने गरेका थिए।
2KI 17:4 तर अश्शूरका राजाले तिनले इजिप्टका राजा सोकहाँ दूतहरू पठाएको र उनलाई हरेक वर्ष कर तिर्न छाडेको कारण, होशिया विश्‍वासघाती भएको थाहा पाए। यसकारण शलमनेशेरले तिनलाई पक्रे, र झ्यालखानामा हालिदिए।
2KI 17:5 अश्शूरका राजाले सम्पूर्ण देशमाथि आक्रमण गरे। सामरियालाई तीन वर्षसम्म घेरेर राखे।
2KI 17:6 होशियाको नवौँ वर्षमा अश्शूरका राजाले सामरियालाई कब्जा गरे। अनि इस्राएलीहरूलाई त्यहाँबाट कैदी बनाएर अश्शूरमा लगे। तिनले तिनीहरूलाई हलहमा, हाबोर नदीको छेउमा, गोजानमा र मादीहरूका सहरहरूमा बसोबास गराए।
2KI 17:7 इस्राएलीहरूले तिनीहरूलाई इजिप्टका राजा फारोको शक्तिबाट निकालेर ल्याउनुहुने याहवेह तिनीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेको परिणाम स्वरूप यी सबै हुन आए। तिनीहरूले अरू देवी-देवताहरूलाई पुजे।
2KI 17:8 तिनीहरूले याहवेहले तिनीहरूका सामु धपाइदिनुभएका जातिहरूका रीतिहरू साथै इस्राएलका राजाहरूले परिचय गराएका रीतिहरू पालन गरे।
2KI 17:9 इस्राएलीहरूले याहवेह तिनीहरूका परमेश्‍वरको विरुद्धमा गुप्‍तमा बेठीक कामहरू गरे। तिनीहरूले पहरेदार बस्‍ने धरहराबाट पर्खाल लगाइएको सहरसम्म आफ्ना निम्ति आफ्ना सबै सहरहरूमा अल्गा देवस्थानहरू बनाए।
2KI 17:10 तिनीहरूले प्रत्येक अग्लो डाँडा र प्रत्येक झ्याम्म परेका रूखमुनि चोखा ढुङ्गाहरू र अशेरा देवीका खम्बाहरू बनाए।
2KI 17:11 तिनीहरूले प्रत्येक अल्गा देवस्थानमा याहवेहले तिनीहरूको सामु धपाइदिनुभएका जातिहरूले गरेझैँ धूप बाले। तिनीहरूले दुष्‍ट काम गरेर याहवेहलाई रिस उठाए।
2KI 17:12 याहवेहले तिनीहरूलाई “मूर्तिपूजा नगर्नू” भन्‍नुभए तापनि तिनीहरूले त्यो गरे।
2KI 17:13 याहवेहले इस्राएल र यहूदालाई आफ्ना सबै अगमवक्ताहरू र दर्शीहरूद्वारा यसो भनेर चेतावनी दिनुभयो: “तिमीहरू आफ्ना कुमार्गबाट फर्क। मैले तिमीहरूका पितापुर्खाहरूलाई सुम्पेका सम्पूर्ण व्यवस्थाअनुसार मेरा आज्ञाहरू र उर्दीहरू पालन गर्नू, जसलाई मैले आफ्ना सेवक र अगमवक्ताहरूद्वारा तिमीहरूकहाँ पुर्‍याएको छु।”
2KI 17:14 तर तिनीहरूले यसलाई अवहेलना गरे, र याहवेह तिनीहरूका परमेश्‍वरमाथि भरोसा नराख्ने तिनीहरूका पितापुर्खाहरूझैँ हठी भए।
2KI 17:15 उहाँले तिनीहरूलाई दिनुभएका उर्दी र करारलाई तिरस्कार गरे। तिनीहरू बेकामका मूर्तिहरूका पछि लागे, र आफैँ पनि बेकामका भए। याहवेहले तिनीहरूलाई आज्ञा दिनुभयो, “तिनीहरूले गरेझैँ नगर्नू”, तापनि तिनीहरूले आफ्ना चारैतिरका जातिहरूको अनुसरण गरे।
2KI 17:16 तिनीहरूले याहवेह तिनीहरूका परमेश्‍वरका सबै आज्ञाहरू त्यागे। आफ्नो लागि दुई वटा धातुका मूर्तिहरू, एउटा बाछाको रूपमा र अर्को अशेराको खाँबो बनाए। तिनीहरू आकाशका सारा तारामण्डलको अगि निहुरे। अनि तिनीहरूले बाललाई पुजे।
2KI 17:17 तिनीहरूले आफ्ना छोराछोरीहरूलाई आगोमा बलि चढाए। तिनीहरूले जोखना हेरे, तन्त्रमन्त्र गरे, र तिनीहरूले आफूलाई याहवेहको दृष्‍टिमा दुष्‍टता गर्नलाई बेचिदिए र उहाँलाई रिस उठाए।
2KI 17:18 यसकारण याहवेह इस्राएलसँग अति क्रोधित हुनुभयो, र तिनीहरूलाई आफ्नो उपस्थितिबाट हटाइदिनुभयो। केवल यहूदाको कुल बाँकी रह्‍यो।
2KI 17:19 यहूदाले पनि याहवेह आफ्ना परमेश्‍वरका आज्ञाहरू पालन गरेनन्। तिनीहरूले इस्राएलले परिचित गराएका रीतिहरू पछ्याए।
2KI 17:20 यसकारण याहवेहले इस्राएलका सबै मानिसहरूलाई त्यागिदिनुभयो। उहाँले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नफालेसम्म तिनीहरूलाई दुःख दिनुभयो, र लुटेराहरूका हातमा सुम्पिदिनुभयो।
2KI 17:21 उहाँले इस्राएललाई दावीदको घरानाबाट अलग गर्नुभयो। अनि तिनीहरूले नबातका छोरा यारोबामलाई आफ्ना राजा बनाए। यारोबामले इस्राएललाई याहवेहको पछि नलाग्नलाई उक्साए र तिनीहरूलाई ठूलो पाप गर्न लगाए।
2KI 17:22 इस्राएलीहरू यारोबामका सबै पापहरूमा लागिरहे, तर तीबाट फर्केनन्।
2KI 17:23 तब याहवेहले तिनीहरूलाई आफ्नो उपस्थितिबाट निकालिदिनुभयो; जस्तो कि उहाँले आफ्ना सबै सेवक र अगमवक्ताहरूद्वारा चेतावनी दिनुभएको थियो। यसकारण इस्राएलका सन्तान आफ्नो देशबाट निकालिए। अनि अश्शूरमा कैदमा लगिए, र तिनीहरू आजको दिनसम्म त्यहीँ छन्।
2KI 17:24 अश्शूरका राजाले बेबिलोन, कूता, अव्वा, हमात र सपर्बेमबाट मानिसहरू ल्याए। अनि तिनीहरूलाई इस्राएलीहरूको सट्टामा सामरियाका सहरहरूमा बसोबास गराए। तिनीहरूले सामरिया अधिकारमा लिए, र त्यसका सहरहरूमा बसे।
2KI 17:25 तिनीहरू सुरुमा त्यहाँ बस्दा तिनीहरूले याहवेहलाई पुजेनन्; यसकारण उहाँले तिनीहरूकहाँ सिंहहरू पठाउनुभयो, र केही मानिसहरूलाई सिंहहरूले मारिदिए।
2KI 17:26 अश्शूरका राजालाई यो खबर दिइयो: “तपाईंले ल्याएर सामरियाका सहरहरूमा बसोबास गर्न लगाउनुभएका मानिसहरूले त्यस ठाउँका देवताले के चाहन्छ, त्यो जान्दैनन्। उहाँले तिनीहरूका बीचमा सिंहहरू पठाउनुभएको छ, जसले तिनीहरूलाई मारिरहेका छन्। किनकि उहाँले के चाहनुहुन्छ, ती मानिसहरूले जान्दैनन्।”
2KI 17:27 तब अश्शूरका राजाले यो हुकुम दिए: “तिमीहरूले सामरियाबाट कैद गरेर लगेका एक जना पुजारीलाई फर्काएर त्यहाँ लैजाओ। त्यसले त्यस ठाउँका देवताले के चाहन्छन्, त्यो सिकाओस्।”
2KI 17:28 यसकारण त्यहाँबाट निकालिएका एक जना पुजारी बेथेलमा बस्‍न आए। अनि तिनीहरूलाई कसरी याहवेहको आराधना गर्ने, त्यो कुरा सिकाए।
2KI 17:29 तरै पनि प्रत्येक जातीय दलले आफू बसेका धेरै सहरहरूमा आ-आफ्नै देवता बनाए। सामरियाका मानिसहरूले अग्ला ठाउँहरूमा बनाएका पुज्ने देवस्थानहरू खडा गर्‍यो।
2KI 17:30 बेबिलोनका मानिसहरूले सुक्‍कोत-बनोत, कूतका मानिसहरूले नेर्गल र हमातका मानिसहरूले अशीमा बनाए।
2KI 17:31 अव्वीहरूले नेभज र तर्ताक बनाए। सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक र अनम्मलेकका निम्ति आफ्ना छोराछोरीहरूलाई आगोमा बलिदान चढाउँथे।
2KI 17:32 तिनीहरूले याहवेहको आराधना गरे; तर अल्गा देवस्थानहरूका लागि पुजारी काम गर्नलाई आफ्नै जातिबाट मानिसहरू नियुक्त गरे।
2KI 17:33 तिनीहरूले याहवेहको आराधना गरे। तर तिनीहरूले आफूलाई ल्याइएका देशहरूका रीतिअनुसार आफ्नै देवताहरूको पनि सेवा गरे।
2KI 17:34 आजको दिनसम्म नै तिनीहरू आफ्नै रीतिअनुसार चल्छन्। तिनीहरूले न त याहवेहको आराधना गर्छन्; न त इस्राएल नाम दिनुभएको याकोबका सन्तानलाई उहाँले दिनुभएका उर्दीहरू, नियमहरू, व्यवस्थाहरू र आज्ञाहरूमा नै पालना गर्छन्।
2KI 17:35 याहवेहले इस्राएलीहरूसित करार बाँध्नुहुँदा उहाँले तिनीहरूलाई यसो भनेर आज्ञा दिनुभएको थियो: “तिमीहरूले अरू कुनै देवताहरूलाई नपुज्नू; तिनीहरू सामु ननिहुरनू, तिनीहरूको सेवा नगर्नू, न त तिनीहरूकहाँ बलिदान नै चढाउनू।
2KI 17:36 तर तिमीहरूले झुक्नुपर्ने याहवेह उहाँ हुनुहुन्छ, जसले तिमीहरूलाई इजिप्टबाट आफ्नो महान् शक्ति र पसारिएका बाहुलीद्वारा निकालेर ल्याउनुभयो। उहाँकै अगि तिमीहरू निहुरनू; उहाँलाई नै बलिदान चढाउनू।
2KI 17:37 उहाँले तिमीहरूका निम्ति लेख्नुभएका उर्दीहरू, नियमहरू, व्यवस्थाहरू र आज्ञाहरू होसियारीसाथ पालन गर्नू। अरू देवताहरू नपुज्नू।
2KI 17:38 मैले तिमीहरूसित बाँधेको करार नभुल्नू र अरू देवताहरू नपुज्नू।
2KI 17:39 बरु याहवेह तिमीहरूका परमेश्‍वरको आराधना गर्नु। उहाँले नै तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूका हातबाट छुटाउनुहुनेछ।”
2KI 17:40 तापनि तिनीहरूले सुन्‍न चाहेनन्। तर तिनीहरू आफ्नै पहिलेका रीतिहरूमा चलिरहे।
2KI 17:41 यी मानिसहरूले याहवेहलाई आराधना गरे तापनि तिनीहरूले आफ्नै मूर्तिहरूका सेवा गरिरहे। आजको दिनसम्म नै तिनीहरूका छोराछोरी र नातिनातिनाहरू आफ्ना पितापुर्खाहरूले गरेझैँ गर्दै आइरहेका छन्।
2KI 18:1 एलाहका छोरा इस्राएलका राजा होशियाको तेस्रो वर्षमा यहूदाका राजा आहाजका छोरा हिजकियाले शासन गर्न थाले।
2KI 18:2 राजा हुँदा तिनी पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अबीयाह थियो। तिनी जकरियाकी छोरी थिइन्।
2KI 18:3 आफ्ना पुर्खा दावीदले गरेझैँ तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे।
2KI 18:4 तिनले अल्गा देवस्थानहरू हटाइदिए; चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए र अशेराका खम्बाहरू ढालिदिए। तिनले मोशाले बनाएका काँसोको सर्पलाई टुक्रा-टुक्रा पारिदिए। किनकि त्यस बेलासम्म इस्राएलीहरूले त्यसका निम्ति धूप बाल्दै आएका थिए। (त्यसलाई नहूश्तान भनिन्थ्यो।)
2KI 18:5 हिजकियाले याहवेह इस्राएलका परमेश्‍वरमाथि भरोसा राखे। यहूदाका राजाहरूमा तिनका अगि अथवा पछि तिनीजस्ता अरू कोही थिएनन्।
2KI 18:6 तिनी याहवेहसँग उपवास बस्थे, र उहाँलाई पछ्याउन छाडेनन्। तिनले याहवेहले मोशालाई दिनुभएका आज्ञाहरू पालन गरे।
2KI 18:7 याहवेह तिनीसित हुनुभयो। तिनले लिएका जुनसुकै काममा पनि तिनी सफल भए। तिनले अश्शूरको राजाको विरुद्ध विद्रोह गरे, र तिनको सेवा गरेनन्।
2KI 18:8 तिनले पहरेदार बस्‍ने धरहरादेखि सुरक्षित सहरसम्म पर्खालले घेरे। तिनले पलिश्तीहरूलाई गाजा र त्यसका प्रान्तसम्मै परास्त गरे।
2KI 18:9 राजा हिजकियाको चौथो वर्षमा, अर्थात् एलाहका छोरा इस्राएलका राजा होशियाको सातौँ वर्षमा अश्शूरका राजा शलमनेशेरले सामरियाको विरुद्ध आक्रमण गरे, र त्यसलाई घेरे।
2KI 18:10 तीन वर्षको अन्तमा अश्शूरहरूले त्यसलाई लिए। यसरी सामरिया हिजकियाहको छैटौँ वर्षमा अर्थात् इस्राएलका होशिया राजाको नवौँ वर्षमा कब्जा गरियो।
2KI 18:11 अश्शूरका राजाले इस्राएलीहरूलाई कैद गरेर अश्शूरमा लगे। अनि तिनीहरूलाई हाबोर नदीको छेउमा गोजानको हलह र मादीहरूका सहरहरूमा बसोबास गराए।
2KI 18:12 तिनीहरूले याहवेह आफ्ना परमेश्‍वरको आज्ञा मानेनन्। तर उहाँको करार अर्थात् याहवेहको सेवक मोशाले दिएका सबै आज्ञाहरू भङ्ग गरेकाले, यो हुन आएको थियो। तिनीहरूले न त आज्ञाहरूमा ध्यान दिए, न त ती पालन नै गरे।
2KI 18:13 राजा हिजकियाको शासनको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका सबै सुरक्षित सहरहरूमाथि आक्रमण गरेर ती कब्जा गरे।
2KI 18:14 यसकारण यहूदाका राजा हिजकियाहले अश्शूरका राजालाई लाकीशमा यस्तो खबर पठाए: “मैले भूल गरेँ। आफ्नो सेना हटाउनुहोस्। तपाईंले जे माग्नुहुन्छ, त्यो म तपाईंलाई तिर्नेछु।” अश्शूरका राजाले यहूदाका राजा हिजकियालाई तीन सय टालेन्ट चाँदी र तीस टालेन्ट सुन दण्ड तोकिदिए।
2KI 18:15 यसकारण हिजकियाले तिनलाई याहवेहको मन्दिर र राजमहलका भण्डारहरूमा भएका सबै चाँदी दिए।
2KI 18:16 त्यस बेला यहूदाका राजा हिजकियाले याहवेहको मन्दिरका ढोकाहरू र ढोकाका खाँबाहरूमा आफूले मोहोरेका सुनहरू निकाले। अनि ती अश्शूरका राजालाई दिए।
2KI 18:17 अश्शूरका राजाले आफ्ना प्रधान सेनापति, आफ्ना प्रमुख अधिकृत र आफ्ना मैदानका सेनापतिलाई हिजकियाकहाँ यरूशलेममा पठाए। तिनीहरू यरूशलेमसम्म आएर धोबीको खेत जाने मूल बाटोमा भएको माथिल्‍लो पोखरीको कुलोमा अडिए।
2KI 18:18 तिनीहरूले राजालाई बोलाइपठाए। तब महलका प्रशासक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र आसापका छोरा लेखापाल योआ तिनीहरूकहाँ गए।
2KI 18:19 मैदानका सेनापतिले तिनीहरूलाई भने, “हिजकियालाई भन्‍नू: “ ‘महान् राजा, अश्शूरका राजा, यसो भन्‍नुहुन्छ: तपाईंले आफ्नो भरोसा कुन आधारमाथि राख्नुभएको छ?
2KI 18:20 तपाईं भन्‍नुहुन्छ तपाईंसित लडाइँको रणनीति र सैन्य-बल छ। तपाईं खोक्रो कुरा गर्नुहुन्छ। तपाईं कसमाथि भरोसा गरेर मेरो विरुद्धमा बागी हुनुभएको छ?
2KI 18:21 अब हेर्नुहोस्, तपाईं इजिप्टमाथि भर पर्नुभएको छ। त्यो एउटा दुर्बल निगालो मात्र हो, जसले मानिसको हात मात्र घोच्छ, र त्यसमाथि अडेस लाग्नेलाई चोट मात्र लाग्छ! इजिप्टका राजा फारोमाथि भर पर्ने जोसुकैको निम्ति पनि यस्तै हुन्छ।
2KI 18:22 तपाईंले मलाई “हामी याहवेह हाम्रा परमेश्‍वरमाथि भरोसा राख्छौँ,” भन्‍नुहुन्छ भने के त्यो त्यही देवता होइन, जसका अल्गा देवस्थानहरू र वेदीहरू हिजकियाले हटाएर यहूदा र यरूशलेमलाई भनेका थिए, “तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ”?
2KI 18:23 “ ‘यसकारण अब मेरा मालिक अश्शूरका राजासित लेनदेन गर्नुहोस्। म तपाईंलाई दुई हजार घोडाहरू दिनेछु। तपाईंले तीमाथि सवार गर्नेहरू जुटाउन सक्नुहुन्छ भने!
2KI 18:24 तपाईं रथहरू र घोडचढीहरूका निम्ति इजिप्टमाथि भर परिरहनुभएको छ भने किन मेरा मालिकका अधिकृतहरूमध्ये सबैभन्दा सानोलाई अस्वीकार गर्नुहुन्छ?
2KI 18:25 अझ अर्को कुरा, याहवेहबाट कुनै वचन नपाई के म यस ठाउँलाई आक्रमण गरेर नाश गर्न आएको हुँ र? याहवेह आफूले मलाई यस देशको विरुद्धमा गएर यसलाई नाश गर भन्‍नुभएको छ।’ ”
2KI 18:26 तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले मैदानका सेनापतिलाई भने, “कृपा गरी आफ्ना सेवकहरूसित अरामी भाषामा कुरा गर्नुहोस्। किनकि हामी यो भाषा बुझ्दछौँ। पर्खालमाथि भएका मानिसहरूले सुन्‍ने गरी हिब्रू भाषामा नबोलिदिनुहोस्।”
2KI 18:27 तर सेनापतिले जवाफ दिए, “के मेरा मालिकले यी कुराहरू तिमीहरूका मालिक र तिमीहरूलाई मात्र भन्‍नु भनेर पठाउनुभएको हो, र पर्खालमाथि बस्‍ने मानिसहरूलाई होइन—जसले तिमीहरूले झैँ आफ्नै दिसा खानुपर्नेछ र पिसाब पिउनुपर्नेछ?”
2KI 18:28 तब ती सेनापतिले उठेर कराएर हिब्रूमा भने, “महान् राजा, अश्शूरका राजाका कुरा सुन!
2KI 18:29 राजा यसो भन्‍नुहुन्छ, हिजकियाले तिमीहरूलाई छल्न नदेऊ। तिनले तिमीहरूलाई मेरा हातबाट छुटाउन सक्नेछैनन्।
2KI 18:30 हिजकियाले तिमीहरूलाई याहवेहमाथि भरोसा गर्नलाई यसो भन्दै धोका दिन नपाऊन्, ‘याहवेहले निश्‍चय हामीलाई छुटाउनुहुनेछ। यो सहर अश्शूरका राजाका हातमा दिइनेछैन।’
2KI 18:31 “हिजकियाको कुरा नसुन्‍नू। अश्शूरका राजा भन्‍नुहुन्छ: मसित मिलाप गरेर बाहिर मकहाँ आओ। तब तिमीहरू प्रत्येकले आफ्नै दाख र नेभाराको फलबाट खानेछौ, र आफ्नै इनारबाट पिउनेछौ।
2KI 18:32 जबसम्म तिमीहरूलाई अनाज र नयाँ दाखमद्य, अन्‍न र दाखबारी, जैतुनका रूखहरू र मह भएको देश, तिमीहरूको आफ्नै देशजस्तो देशमा म आएर लानेछैनँ, तबसम्म मृत्युको सट्टा जीवन चून! “हिजकियाको कुरा नसुन्‍नू; किनकि तिनले ‘याहवेहले छुटाउनुहुन्छ’ भनेर तिमीहरूलाई भ्रममा पारिरहेका छन्।
2KI 18:33 के कुनै जातिको देवताले आफ्नो देशलाई अश्शूरका राजाको हातबाट कहिल्यै छुटाउन सकेको छ?
2KI 18:34 हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेम, हेना र इव्वाका देवताहरू कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटाउन सके?
2KI 18:35 यी देशका देवताहरूमध्ये कसले आफ्नो देशलाई मबाट बचाउन सकेका छन्? त्यसो भए, याहवेहले कसरी यरूशलेमलाई मेरो हातबाट छुटाउन सक्नेछन्?”
2KI 18:36 तर मानिसहरू चुप रहे, र जवाफमा केही भनेनन्; किनकि राजाले तिनीहरूलाई, “त्यसलाई कुनै जवाफ नदिनु” भनेर आज्ञा दिएका थिए।
2KI 18:37 तब हिल्कियाहका छोरा एल्याकीम, जो महलका प्रशासक थिए, सचिव शेब्ना र आसापका छोरा, लेखापाल योआ, आफ्ना लुगा च्यातेर हिजकियाहकहाँ गए। अनि तिनलाई मैदानका सेनापतिले भनेका कुरा सुनाइदिए।
2KI 19:1 जब हिजकिया राजाले यो कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते र भाङ्ग्रा लगाएर याहवेहको मन्दिरभित्र गए।
2KI 19:2 तिनले राजमहलका प्रशासक एल्याकीम, सचिव शेब्ना र प्रमुख पुजारीहरूलाई भाङ्ग्रा लगाएर आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए।
2KI 19:3 तिनीहरूले तिनलाई भने, “हिजकिया यसो भन्‍नुहुन्छ: आजको दिन छोराछोरी जन्मनै लाग्दा आमालाई जन्माउन बल नभएकोझैँ कष्‍ट, निन्दा र तिरस्कारको दिन भएको छ।
2KI 19:4 सायद याहवेह तपाईंका परमेश्‍वरले मैदानका सेनापतिले भनेका सबै कुरा सुन्‍नुभएको छ होला, जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरलाई ठट्टा गर्न पठाएका छन्। याहवेह तपाईंका परमेश्‍वरले सुन्‍नुभएका कुराहरूका निम्ति तिनलाई हपार्नुहुनेछ। यसकारण बाँचेकाहरूका निम्ति प्रार्थना गरिदिनुहोस्।”
2KI 19:5 जब राजा हिजकियाका अधिकृतहरू यशैयाकहाँ आए,
2KI 19:6 तब यशैयाले तिनीहरूलाई भने, “तिमीहरूका मालिकलाई भन, ‘याहवेह यसो भन्‍नुहुन्छ: तैँले सुनेका ती शब्दहरूका कारण नडरा, जसद्वारा अश्शूरको राजाका अधीनमा रहेका मानिसहरूले मेरो निन्दा गरेका छन्।
2KI 19:7 सुन्! म त्यसभित्र यस्तो आत्मा हालिदिनेछु, र त्यसले केही खबर सुनेर त्यो आफ्नै देशमा फर्केर जानेछ। अनि त्यहीँ त्यसलाई म तरवारले मार्न लाउनेछु।’ ”
2KI 19:8 त्यस मैदानका सेनापतिले अश्शूरका राजा लाकीशबाट गएका कुरा सुने। तब तिनी फर्केर गए, र राजालाई लिब्नाको विरुद्धमा लडाइँ गरिरहेका भेट्टाए।
2KI 19:9 अब सनहेरीबले कूशी राजा तिर्हाकाह आफूसित लडाइँ गर्न आइरहेका छन् भन्‍ने खबर पाए। यसकारण तिनले फेरि यो वचनसहित हिजकियाकहाँ दूतहरू पठाए:
2KI 19:10 “यहूदाका राजा हिजकियालाई यसो भन्‍नू, तिमीले भर पर्ने देवताले ‘यरूशलेम अश्शूरका राजाको हातमा दिइनेछैन’ भनेर तिमीलाई उनले छल गर्न नपाऊन्।
2KI 19:11 अश्शूरका राजाहरूले सबै देशहरूलाई के गरेका छन् र कसरी सम्पूर्ण रूपले नाश गरेका छन् भनी तिमीले निश्‍चय नै सुनेका छौ, तब के तिमी छुटाइने छौ त?
2KI 19:12 के मेरा पितापुर्खाहरूले नाश गरेका जातिहरूका देवताहरूले तिनीहरूलाई छुटाए? अर्थात् गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्‍ने अदनका मानिसहरूलाई तिनीहरूका देवताहरूले छुटाए?
2KI 19:13 हमातका राजा, अर्पादका राजा, लाइर, सपर्बेम, हेना र इव्वाका राजाहरू कहाँ छन्?”
2KI 19:14 हिजकियाले ती दूतहरूबाट पत्र पाए, र त्यसलाई पढे। तब तिनी याहवेहको मन्दिर गए र पत्रलाई याहवेहको सामु खोलेर राखिदिए।
2KI 19:15 तब हिजकियाले याहवेहसित प्रार्थना गरे: “हे याहवेह, इस्राएलका परमेश्‍वर, करूबहरूका बीचमा सिंहासनमा विराजमान हुनुहुने तपाईं मात्र संसारका सबै राज्यहरूमाथि परमेश्‍वर हुनुहुन्छ। तपाईंले नै स्वर्ग र पृथ्वी बनाउनुभयो।
2KI 19:16 हे याहवेह, आफ्नो कान थापेर सुन्‍नुहोस्। हे याहवेह, आफ्ना आँखा खोलेर हेर्नुहोस्; सनहेरीबले जीवित परमेश्‍वरको अपमान गर्न पठाएका कुराहरू सुन्‍नुहोस्।
2KI 19:17 “हे याहवेह, यो कुरा साँचो हो, अश्शूरका राजाहरूले यी जाति-जातिहरूका देशहरूलाई उजाड पारेका छन्।
2KI 19:18 तिनीहरूले उनीहरूका देवताहरूलाई आगोमा हालेर नष्‍ट गरिदिएका छन्; किनकि तिनीहरूका देवता परमेश्‍वर थिएनन्, तर मानिसहरूका हातले तयार गरिएका काठ र ढुङ्गा मात्र थिए।
2KI 19:19 अब हे याहवेह, हाम्रा परमेश्‍वर, हामीलाई त्यसको हातबाट बचाउनुहोस् र पृथ्वीका सम्पूर्ण राज्यहरूले, हे याहवेह, तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ भनी जानून्।”
2KI 19:20 तब आमोजका छोरा यशैयाले हिजकियालाई खबर पठाए: “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले अश्शूरका राजा सनहेरीबको विषयमा तेरो प्रार्थना सुनेँ।
2KI 19:21 त्यसको विरुद्धमा याहवेहले यसो भनेर बोल्नुभएको छ: “ ‘सियोनकी कन्ये छोरीले तँलाई तुच्छ ठान्छे र खिसी गर्छे। यरूशलेमकी छोरीले तँ भाग्दा आफ्नो शिर हल्‍लाउँछे।
2KI 19:22 तैँले कसको ठट्टा र निन्दा गरेको छस्? कसका विरुद्धमा तैँले आफ्ना आवाज उठाएको छस् र घमण्डमा आफ्ना आँखा उठाएको छस्? इस्राएलका पवित्र परमेश्‍वरको विरुद्धमा!
2KI 19:23 आफ्ना दूतहरूद्वारा तैँले प्रभुको निन्दा गरेको छस्। अनि तैँले भनेको छस्, “म आफ्ना धेरै रथहरूसित, पहाडहरूका शिखरहरूमा उक्लेको छु, अँ, लेबनानको सर्वोच्‍च शिखरहरूमा। मैले त्यसका सबैभन्दा अग्ला देवदारुका रूखहरू, त्यसका सर्वोत्तम सल्‍लाका रूखहरू काटेर ढालेको छु। म त्यसका अति दुर्गम ठाउँहरूमा पुगेको छु, त्यसका सर्वोत्तम वनहरूमा।
2KI 19:24 मैले परदेशमा इनारहरू खनेको छु, र त्यहाँ पानी पिएको छु। मेरा खुट्टाका पैतालाले मैले इजिप्टका सबै नदीहरू सुकाइदिएको छु।”
2KI 19:25 “ ‘के तैँले सुनेको छैनस्? धेरै पहिले नै मैले यो नियुक्त गरेको थिएँ। प्राचीन कालमा नै मैले यो योजना बनाएको थिएँ; अब मैले यसलाई हुन दिएँ, र तैँले सुरक्षित सहरहरूलाई ढुङ्गाका थुप्रोमा परिणत गरेको छस्।
2KI 19:26 त्यसका मानिसहरू शक्तिहीन भई, निराश भएर शर्ममा परेका छन्। तिनीहरू बढ्नु अगि नै घामले डढेका खेतका अन्‍नहरूजस्तै, कलिला टुसाझैँ, छतमा उम्रिरहेका घाँसझैँ छन्।
2KI 19:27 “ ‘तर तँ कहाँ बस्छस्, अनि तँ कहिले आउँछस् र जान्छस्, अनि तँ कसरी मेरो विरुद्धमा रिसाउँछस्, त्यो म जान्दछु।
2KI 19:28 तँ मेरो विरुद्धमा रिसाएकोले र तेरो क्रोध मेरो कानसम्म आइपुगेको कारणले, म आफ्नो अङ्कुसे तेरो नाकमा र आफ्नो लगाम तेरो मुखमा लगाउनेछु; अनि म तँलाई तँ आएकै बाटो भएर तँलाई फर्केर जान लाउनेछु।’
2KI 19:29 “हे हिजकिया, तेरा निम्ति यो चिन्ह हुनेछ: “यो वर्ष तैँले आफैँ उम्रेको कुरा खानेछस्, र दोस्रो वर्ष, त्यसैबाट उम्रेको कुरा खानेछस्। तर तेस्रो वर्षमा छर, र कटनी गर, दाखबारी लगा र त्यसको फल खा।
2KI 19:30 एकपल्ट फेरि यहूदाका घरानाका बाँकी रहेकाले जमिनमा जरा हाल्नेछन्, र जमिनमाथि फल फलाउनेछन्।
2KI 19:31 किनकि यरूशलेमबाट एउटा बाँचेको भाग र सियोन पर्वतबाट बाँच्नेहरूको एउटा दल निस्कनेछ। “सेनाहरूका याहवेहको जोशले यो सम्पन्‍न गर्नेछ।
2KI 19:32 “यसकारण अश्शूरको राजाको विषयमा याहवेह यसो भन्‍नुहुन्छ: “ ‘त्यसले यस सहरमा प्रवेश गर्नेछैन, न त यहाँ एउटा काँड नै हान्‍नेछ। त्यो यसको सामु ढालसित आउनेछैन, न त यसलाई घेराबन्दी लगाउनेछ।
2KI 19:33 त्यो त आफू आएकै बाटो भएर फर्कनेछ; त्यसले यस सहरमा प्रवेश गर्नेछैन, याहवेह घोषणा गर्नुहुन्छ।
2KI 19:34 म यस सहरलाई रक्षा गरेर बचाउनेछु, मेरो खातिर र मेरो सेवक दावीदको खातिर।’ ”
2KI 19:35 त्यस रात याहवेहका दूतले बाहिर गएर अश्शूरहरूको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। भोलिपल्ट बिहानै मानिसहरू उठ्दा सबै मरेका लासहरू मात्र देखे!
2KI 19:36 यसकारण अश्शूरका राजा सनहेरीब छाउनी भत्काएर हटिगए। तिनी निनवेमा फर्केर त्यहीँ बसे।
2KI 19:37 एक दिन तिनी आफ्ना देवता निस्रोकको मन्दिरमा पूजा गरिरहेको बेला तिनका छोराहरू अद्रम्मलेक र शरेसेरले तिनलाई तरवारले मारे; र तिनीहरू अरारातको देशमा भागे। तिनका छोरा एसरहदोन तिनीपछि राजा भए।
2KI 20:1 ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्युको मुखैमा पुगे। आमोजका छोरा अगमवक्ता यशैयाले तिनीकहाँ गएर भने, “याहवेह यसो भन्‍नुहुन्छ: आफ्ना घरानालाई ठिक राख्, किनकि तँ मर्नेछस्; तँ निको हुनेछैनस्।”
2KI 20:2 हिजकियाले आफ्नो अनुहार भित्तातिर फर्काएर याहवेहलाई प्रार्थना गरे,
2KI 20:3 “हे याहवेह, म तपाईंको सामु कसरी विश्‍वासयोग्यतामा र सम्पूर्ण हृदयको भक्तिमा हिँडेको छु, र मैले तपाईंको दृष्‍टिमा जे ठिक छ, त्यही गरेको कुरालाई सम्झनुहोस्।” तब हिजकिया धुरुधुरु रोए।
2KI 20:4 यशैयाले बीचको चोक छोड्नअगि नै तिनीकहाँ याहवेहको वचन आयो,
2KI 20:5 “फर्किएर मेरा मानिसहरूका अगुवा हिजकियालाई भन्, ‘याहवेह, तेरा पुर्खा दावीदका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तेरो प्रार्थना सुनेको छु र तेरो आँसु देखेको छु; म तँलाई निको पार्नेछु। आजको तेस्रो दिन तँ याहवेहको मन्दिरमा उक्लेर जानेछस्।
2KI 20:6 म तेरो जीवनमा पन्ध्र वर्ष थपिदिनेछु। म तँलाई र यस सहरलाई अश्शूरका राजाको हातबाट छुटाउनेछु। म यस सहरलाई आफ्नै खातिर र मेरो सेवक दावीदको खातिर रक्षा गर्नेछु।’ ”
2KI 20:7 तब यशैयाले भने, “नेभाराको लेप बनाउनुहोस्।” तब तिनीहरूले त्यसै गरे, र त्यसलाई राजाको पिलोमा लगाए र तिनी निको भए।
2KI 20:8 हिजकियाले यशैयालाई सोधेका थिए, “मलाई याहवेहले निको पार्नुहुनेछ र म अबको तेस्रो दिन याहवेहको मन्दिरमा उक्लेर जान सक्नेछु भन्‍ने चिन्ह के होला?”
2KI 20:9 यशैयाले जवाफ दिए, “याहवेहले जे प्रतिज्ञा गर्नुभएको छ, त्यसको चिन्ह तपाईंलाई यो हुनेछ: छाया दश कदम अगि बढोस्, वा दश कदम पछि सरोस्?”
2KI 20:10 हिजकियाहले भने, “छाया दश कदम अगि बढ्नु त साधारण कुरा हो। बरु यो दश कदम पछाडि सरोस्।”
2KI 20:11 तब यशैया अगमवक्ताले याहवेहलाई पुकारे। याहवेहले छायालाई दश कदम पछि जान लाउनुभयो, तब त्यो आहाजको खुड्किलोमा तल झर्‍यो।
2KI 20:12 त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियाकहाँ पत्रहरू र एउटा उपहार पठाए। किनकि तिनले हिजकिया बिरामी छन् भनी सुनेका थिए।
2KI 20:13 हिजकियाले ती दूतहरूलाई स्वागत गरेर तिनीहरूलाई आफ्ना भण्डारमा भएका सबै चीजहरूः चाँदी, सुन, मसलाहरू, बहुमूल्य तेल, आफ्ना हतियारहरू राख्ने घर र भण्डारमा भएका प्रत्येक चीज देखाइदिए। तिनको महलमा वा सम्पूर्ण राज्यमा भएका सबै थोक हिजकियाले तिनीहरूलाई देखाए।
2KI 20:14 तब अगमवक्ता यशैया राजा हिजकियाकहाँ गएर सोधे, “ती मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?” हिजकियाले जवाफ दिए, “एउटा टाढा देश बेबिलोनबाट आएका हुन्।”
2KI 20:15 तब अगमवक्ताले सोधे, “तिनीहरूले तपाईंको महलमा के-के देखे?” हिजकियाले भने, “तिनीहरूले मेरो महलमा भएको प्रत्येक कुरा देखे। मेरो भण्डारमा भएको सबै थोक मैले तिनीहरूलाई देखाएँ।”
2KI 20:16 तब यशैयाले हिजकियालाई भने, “याहवेहको वचन सुन्‍नुहोस्:
2KI 20:17 त्यो समय निश्‍चय आउनेछ, जब तेरो महलमा भएको प्रत्येक चीज र तेरा पितापुर्खाहरूले आजको दिनसम्म थुपारेका सबै कुराहरू बेबिलोनमा लगिनेछन्; केही पनि छोडिनेछैन, याहवेह भन्‍नुहुन्छ।
2KI 20:18 तेरा केही सन्तान, तेरा आफ्नै मासु र रगत, जो तँबाट जन्मनेछन्, ती लगिनेछन्। तिनीहरू बेबिलोनको राजाको महलमा नपुंसक हुनेछन्।”
2KI 20:19 हिजकियाले जवाफ दिए, “तपाईंले बोल्नुभएको याहवेहको वचन असल छ।” किनकि तिनले सोचे, “मेरो जीवनकालमा शान्ति र सुरक्षा हुनेछैन र?”
2KI 20:20 हिजकियाको शासनका अरू घटनाहरू, तिनका उपलब्धीहरू, र तिनले पोखरी र सुरुङ बनाएर सहरभित्र पानी ल्याएका विषयहरू, के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
2KI 20:21 हिजकिया आफ्ना पुर्खाहरूसित सुते। तिनीपछि तिनका छोरा मनश्शे राजा भए।
2KI 21:1 राजा हुँदा मनश्शे बाह्र वर्षका थिए। तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे। तिनकी आमाको नाम हेप्सीबा थियो।
2KI 21:2 याहवेहले इस्राएलीहरूको सामुबाट धपाइदिनुभएका जातिहरूका घिनलाग्दा रीतिहरूको पछि लागेर तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।
2KI 21:3 आफ्ना पिता हिजकियाले भत्काएका देवस्थानहरू तिनले फेरि बनाए। तिनले बाल देवताका निम्ति वेदीहरू पनि बनाए। इस्राएलका राजा आहाबले झैँ अशेरा देवीको खाँबो बनाए। तिनी सारा तारामण्डलको अगि निहुरे, र तिनीहरूलाई पुजे।
2KI 21:4 तिनले “यरूशलेममा म आफ्नो नाम राख्नेछु” भन्‍नुहुने याहवेहको मन्दिरमा अरू देवी-देवताहरूका वेदीहरू बनाए।
2KI 21:5 याहवेहको मन्दिरका दुवै चोकहरूमा तिनले सारा तारामण्डलका निम्ति वेदीहरू बनाए।
2KI 21:6 तिनले आफ्नै छोरालाई आगोमा बलि गरे; तन्त्रमन्त्र र जोखना हेर्न लगाए, र भूतप्रेत खेलाउनेहरूसित सल्‍लाह लिए। तिनले याहवेहको दृष्‍टिमा धेरै दुष्‍टता गरेर उहाँलाई रिस उठाए।
2KI 21:7 तिनले आफूले बनाएका अशेरा देवीको खाँबो लिएर त्यसलाई मन्दिरमा राखे, जसको विषयमा याहवेहले दावीद र तिनका छोरा सोलोमनलाई यसो भन्‍नुभएको थियो, “यस मन्दिरमा र मैले इस्राएलीहरूका सबै कुलहरूबाट चुनेको यरूशलेममा म सदाका निम्ति आफ्नो नाम राख्नेछु।
2KI 21:8 यदि तिनीहरूले मैले तिनीहरूलाई आज्ञा गरेका प्रत्येक कुरा होसियारीसाथ पालन गरे, र मेरो सेवक मोशाले तिनीहरूलाई दिएका सम्पूर्ण व्यवस्था पालन गरे भने मैले तिनीहरूका पितापुर्खाहरूलाई दिएको यो देशबाट फेरि इस्राएलीहरूका पाउहरू यताउता घुमफिर गर्न म दिनेछैनँ।”
2KI 21:9 तर मानिसहरूले मानेनन्। मनश्शेले तिनीहरूलाई बहकाइदिए। तिनीहरूले इस्राएलीहरूको सामु याहवेहले नाश गर्नुभएका जातिहरूले भन्दा बढी दुष्‍टता गरे।
2KI 21:10 याहवेहले आफ्ना सेवक अगमवक्ताहरूद्वारा भन्‍नुभयो,
2KI 21:11 “यहूदाका राजा मनश्शेले यस्ता घिनलाग्दा पाप गरेको छ। उसले आफूभन्दा अगिका एमोरीहरूलेभन्दा बढी दुष्‍टता गरेर आफ्ना मूर्तिहरूद्वारा यहूदालाई पापमा डोर्‍याएको छ।
2KI 21:12 यसकारण याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: म यरूशलेम र यहूदामाथि यस्तो विपत्ति ल्याउनेछु, कि यसको बारेमा सुन्‍ने हरेकका कान झन्झनाउनेछन्।
2KI 21:13 म यरूशलेममाथि सामरियाको विरुद्धमा प्रयोग गरिएको नाप्‍ने टाँगो र आहाबको घरानाको विरुद्धमा प्रयोग गरिएको साहुल तेर्साउनेछु। यरूशलेमलाई कसैले थाल माझेर घोप्टाएझैँ म त्यसलाई उल्टो पारिदिनेछु।
2KI 21:14 आफ्नै अधिकारको बाँकी रहेको भागलाई त्यागिदिनेछु, र तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरू आफ्ना सबै शत्रुहरूद्वारा लुटिनेछन् र लुटका सामानसरह हुनेछन्।
2KI 21:15 तिनीहरूका पितापुर्खाहरू इजिप्टबाट निस्किआएको दिनदेखि आजसम्म नै तिनीहरूले मेरो दृष्‍टिमा जे दुष्‍टता छ, त्यही गरेर मलाई रिस उठाएका छन्।”
2KI 21:16 यसबाहेक मनश्शेले पनि यति धेरै निर्दोष रगत बगाए कि तिनले यरूशलेमलाई एक कुनादेखि अर्को कुनासम्म रगतले भरिदिए। यहूदालाई पाप गर्न लगाए र तिनीहरूले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।
2KI 21:17 मनश्शेको शासनका अरू घटनाहरू र तिनले गरेका सबै काम र तिनले गरेका पापहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?
2KI 21:18 मनश्शे आफ्ना पुर्खाहरूसित विश्राममा गए। अनि आफ्नो महलको बगैँचामा अर्थात् उज्जाको बगैँचामा गाडिए। तिनीपछि तिनका छोरा आमोन राजा भए।
2KI 21:19 राजा हुँदा आमोन बाइस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्य गरे। तिनकी आमाको नाम मशुल्‍लेमेत थियो, जो हारूसकी छोरी थिइन्। तिनी योत्बाकी थिइन्।
2KI 21:20 तिनले आफ्ना पिता मनश्शेले गरेझैँ याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।
2KI 21:21 तिनी आफ्ना पिताका पूरा चालहरूमा हिँडे; अनि आफ्ना पिताले पुजेका मूर्तिहरू पुजे, र तिनीहरूका सामु निहुरिए।
2KI 21:22 तिनले याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्‍वरलाई त्यागे, र याहवेहको मार्गमा हिँडेनन्।
2KI 21:23 आमोनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेर राजालाई तिनकै महलमा हत्या गरे।
2KI 21:24 तब देशका मानिसहरूले आमोनलाई मार्ने सबैलाई मारे; अनि तिनीहरूले तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए।
2KI 21:25 आमोनको शासनका अरू घटनाहरू र तिनले गरेका कामहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
2KI 21:26 तिनी उज्जाको बगैँचामा आफ्नो चिहानमा गाडिए। तिनीपछि तिनका छोरा योशियाह राजा भए।
2KI 22:1 राजा हुँदा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। तिनकी आमाको नाम यदीदा थियो, जो अदायाहकी छोरी थिइन्। तिनी बोस्कतकी थिइन्।
2KI 22:2 तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। अनि दाहिने-देब्रे कतैपट्टि लागेनन्, तर आफ्ना पुर्खा दावीदका चालहरूमा पूर्ण रूपमा हिँडे।
2KI 22:3 आफ्नो शासनकालको अठारौँ वर्षमा राजा योशियाहले मशुल्‍लामका नाति असल्याहका छोरा सचिव शापानलाई याहवेहको मन्दिरमा पठाए। तिनले भने,
2KI 22:4 “प्रधान पुजारी हिल्कियाहकहाँ जानू, र तिनलाई ढोकामा खटिएकाहरूले मानिसहरूबाट उठाएका रकम, जुन याहवेहको मन्दिरमा ल्याइएको छ, त्यो तयार राख्न लगाउनू।
2KI 22:5 मन्दिरको काम रेखदेख गर्न खटाइएका मानिसहरूलाई ती जिम्मा लगाइदिनू। अनि यी मानिसहरूलाई याहवेहको मन्दिर मर्मत गर्ने कर्मचारीहरूलाई ती तिर्न लगाऊनू—
2KI 22:6 अर्थात् सिकर्मीहरू, निर्माण गर्नेहरू र डकर्मीहरूलाई। मन्दिर मर्मत गर्नलाई तिनीहरूलाई काठ र काटिएका ढुङ्गाहरू पनि किन्‍न लगाऊनू।
2KI 22:7 तर तिनीहरूलाई दिइएको रकमको हिसाब तिनीहरूले नलिऊन्; किनकि तिनीहरू इमानदार छन्।”
2KI 22:8 प्रधान पुजारी हिल्कियाहले सचिव शापानलाई भने, “मैले व्यवस्थाको पुस्तक मन्दिरमा भेट्टाएको छु।” तिनले त्यो शापानलाई दिए, र तिनले त्यो पढे।
2KI 22:9 तब सचिव शापान राजाकहाँ गए, र तिनले उहाँलाई यसको खबर दिए, “तपाईंका अधिकृतहरूले याहवेहको मन्दिरमा भएको रकम बुझाएर त्यसलाई मन्दिरका कर्मचारीहरू र रेखदेख गर्नेहरूको जिम्मामा दिए।”
2KI 22:10 त्यसपछि सचिव शापानले राजालाई बताए, “प्रधान पुजारी हिल्कियाहले यो पुस्तक मलाई दिएका छन्।”
2KI 22:11 राजाले व्यवस्थाका पुस्तकका वचनहरू सुनेपछि तिनले आफ्ना वस्त्र च्याते।
2KI 22:12 तिनले पुजारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका सेवक असाहायाहलाई यो हुकुम दिए:
2KI 22:13 “जाओ र मेरा निम्ति, मानिसहरूका निम्ति र सारा यहूदाका निम्ति यो भेट्टाइएको पुस्तकमा लेखिएका कुराहरूबारे याहवेहसित सल्‍लाह लेओ। हाम्रो विरुद्धमा याहवेहको ठूलो क्रोध दन्केको छ। किनकि हाम्रा पितापुर्खाहरूले यस पुस्तकका वचनहरू पालन गरेका छैनन्। तिनीहरूले त्यसमा हाम्रो विषयमा लेखिए अनुसारका काम गरेका छैनन्।”
2KI 22:14 पुजारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असाहायाह वस्त्रहरूको हेरचाह गर्ने हरहसका नाति तिक्भाका छोरा शल्‍लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ कुरा गर्न गए। तिनी यरूशलेमको नयाँ भागमा बस्थिन्।
2KI 22:15 तिनले तिनीहरूलाई भनिन्, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन्,
2KI 22:16 ‘याहवेह यसो भन्‍नुहुन्छ: म यस ठाउँ र यसमा भएका मानिसहरूमा यहूदाका राजाले पढेका पुस्तकमा लेखिएअनुसार सबै विपत्ति ल्याउनेछु।
2KI 22:17 तिनीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूकहाँ धूप बालेका छन्। तिनीहरूका हातले बनाएका मूर्तिहरूद्वारा मलाई रिस उठाएको कारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्किनेछ, र त्यो थामिनेछैन।’
2KI 22:18 याहवेहसित सल्‍लाह लिन तिमीहरूलाई पठाउने यहूदाका राजालाई भन्, ‘तैँले सुनेका कुराहरूको विषयमा याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:
2KI 22:19 तेरो हृदय संवेदनशील भयो, र तिनीहरू उजाड र श्रापित हुनेछन् भनी मैले यस ठाउँ र यसका मानिसहरूका विरुद्धमा बोलेको वचन सुनेर तैँले याहवेहको सामु आफूलाई नम्र तुल्याईस्। अनि आफ्ना वस्त्रहरू च्यातेर मेरो उपस्थितिमा रोइस्। यसैले मैले तेरो कुरा सुनेको छु भनी याहवेह घोषणा गर्नुहुन्छ।
2KI 22:20 यसकारण म तँलाई तेरा पुर्खाहरूकहाँ भेला गराउनेछु, र तँ शान्तिमा गाडिनेछस्। तेरा आँखाले मैले यस ठाउँमा ल्याउने सबै विपत्तिहरू देख्नेछैन।’ ” तब तिनको यही जवाफ तिनीहरूले राजाकहाँ लगे।
2KI 23:1 तब राजाले यहूदा र यरूशलेमका सबै प्रधानहरूलाई एकसाथ बोलाए।
2KI 23:2 तिनी, यहूदाका र यरूशलेमका सबै बासिन्दाहरू, साथै पुजारीहरू र अगमवक्ताहरू, र सानादेखि लिएर ठूला सबै मानिसहरू याहवेहको मन्दिरसम्म गए। तिनले सबैले सुन्‍ने गरी याहवेहको मन्दिरमा भेट्टाइएको करारको पुस्तकबाट सबै कुराहरू पढे।
2KI 23:3 राजा खम्बाको छेउमा उभिए, र याहवेहको पछि-पछि हिँड्न, उहाँका आज्ञाहरू, नियमहरू अनि उर्दीहरू आफ्नो सम्पूर्ण हृदय र प्राणले पालन गर्नको लागि याहवेहको उपस्थितिमा करारलाई पूरा गर्ने वाचा गरे। यसरी यस पुस्तकमा लेखिएका करारका कुराहरू पक्‍का गरे। तब सबै मानिसहरूले आफूलाई करारमा प्रतिज्ञावद्ध गराए।
2KI 23:4 राजाले प्रधान पुजारी हिल्कियाह, तिनको दर्जामुनिका पुजारीहरू र पहरेदारहरूलाई याहवेहको मन्दिरबाट बाल, अशेरा र सारा तारामण्डलका निम्ति बनाइएका सबै चीजहरू हटाउने आदेश दिए। तिनले ती यरूशलेमको बाहिर किद्रोन खोल्साका खेतहरूमा जलाइदिए; र तिनको खरानी बेथेलमा लगे।
2KI 23:5 तिनले यहूदाका सहरहरूका अल्गा देवस्थानहरू र यरूशलेमका चारैतिरका धूप बाल्नलाई यहूदाका राजाहरूले नियुक्त गरेका मूर्तिपूजक पुजारीहरूलाई निकालिदिए—तिनीहरूलाई, जसले बाल, घाम र चन्द्रमा, नक्षत्र र सारा तारामण्डलका निम्ति धूप बाल्दथे।
2KI 23:6 तिनले अशेराको खाँबोलाई याहवेहको मन्दिरबाट निकालेर यरूशलेमको बाहिर किद्रोन खोल्सामा लगेर जलाइदिए, र त्यसलाई कुटेर धुलोपिठो बनाए। अनि त्यसको धुलो साधारण मानिसहरूका चिहानमाथि छरिदिए।
2KI 23:7 याहवेहको मन्दिरमा आएका देवस्थानका देवदासहरूका घरहरू तिनले भत्काइदिए, जहाँ स्त्रीहरूले अशेराको निम्ति लुगा बुन्‍ने गर्थे।
2KI 23:8 योशियाहले यहूदाका सहरहरूबाट सबै पुजारीहरूलाई ल्याए; र गेबादेखि बेर्शेबासम्म पुजारीहरूले धूप बालेका अग्ला देवस्थानहरूलाई अपवित्र तुल्याइदिए। तिनले सहरमा राज्यपाल यहोशूको ढोकाको मूर्ति पुज्ने देवस्थानहरू भत्काइदिए, जुन सहरको मूलढोकाको देब्रेपट्टि थियो।
2KI 23:9 ती अल्गा देवस्थानहरूका पुजारीहरूले यरूशलेममा याहवेहको वेदीमा सेवा नगरे तापनि तिनीहरूले आफ्ना सङ्गी पुजारीहरूसित अखमिरी रोटी खाए।
2KI 23:10 तिनले बेन-हिन्‍नोमको खोल्सामा भएको तोपेतलाई अपवित्र तुल्याइदिए; ताकि कसैले पनि त्यसलाई मोलेखका निम्ति आगोमा आफ्ना छोरा अथवा छोरीलाई बलिदान चढाउनु नपरोस्।
2KI 23:11 तिनले याहवेहको मन्दिरको प्रवेशद्वारबाट यहूदाका राजाहरूले सूर्यलाई अर्पण गरेका घोडाहरूलाई हटाइदिए। ती नातान-मेलेक नाम भएको एक जना अधिकृतको कोठा नजिक राखिएका थिए। तब योशियाहले सूर्यलाई अर्पण गरिएका रथहरू जलाइदिए।
2KI 23:12 तिनले यहूदाका राजाहरूले आहाजका माथिल्‍लो कोठाको छेउको छानामा बनाएका वेदीहरू र मनश्शेले याहवेहको मन्दिरका दुई वटा चोकहरूमा बनाएका वेदीहरू तानेर खसाइदिए। तिनले ती त्यहाँबाट हटाइदिएर ती टुक्रा-टुक्रा पारेर कुच्याइदिए; अनि ती टुक्राहरू किद्रोनको खोल्सामा फ्याँकिदिए।
2KI 23:13 राजाले यरूशलेमको पूर्वपट्टि दुष्‍टताको डाँडामा भएका अल्गा देवस्थानहरू, अर्थात् इस्राएलका राजा सोलोमनले सीदोनीहरूका घृणित देवी अश्तोरेतको निम्ति मोआबका घिनलाग्दो देवता मोलेख र अम्मोनका निम्ति बनाएका अग्ला ठाउँहरूलाई अपवित्र तुल्याइदिए।
2KI 23:14 योशियाहले चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए। अशेराका खम्बाहरू काटेर ढालिदिए। अनि त्यस ठाउँलाई मानिसहरूका हाडहरूले ढाकिदिए।
2KI 23:15 यहाँसम्म कि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामले बेथेलमा बनाएको अल्गा देवस्थान, त्यो वेदी र अल्गा देवस्थानलाई समेत तिनले भत्काइदिए। तिनले त्यो अल्गा देवस्थानलाई जलाएर धुलोपिठो पारिदिए; अनि अशेराको खाँबोलाई पनि जलाइदिए।
2KI 23:16 त्यसपछि योशियाहले चारैतिर हेरे। अनि डाँडाको ठाउँमा चिहानहरू देखेपछि तिनले त्यहाँबाट हाडहरू निकाल्न र यी कुराहरूलाई पहिलेबाट नै भनिदिने परमेश्‍वरका जनद्वारा घोषित भएको याहवेहको वचनअनुसार त्यसलाई अपवित्र पार्नलाई वेदीमा जलाइदिए।
2KI 23:17 राजाले सोधे, “मैले देखेको त्यो स्मारक के हो?” त्यस सहरका मानिसहरूले भने, “यो परमेश्‍वरका त्यस जनको चिहानको निशानी हो, जसले यहूदाबाट आएर बेथेलको वेदीको विरुद्धमा तपाईंले यसलाई गर्नुभएकै कुरा उच्‍चारण गरेका थिए।”
2KI 23:18 तिनले भने, “यसलाई यसै छोडिदेऊ। तिनका हाडहरूलाई कसैले नहटाऊन्।” यसकारण तिनीहरूले तिनका हाडहरू र सामरियाबाट आएका अगमवक्ताका हाडहरू त्यसै छोडिदिए।
2KI 23:19 सामरियाका सहरहरूमा भएका अग्ला देवस्थानहरू, जो याहवेहलाई रिस उठाउनलाई इस्राएलका राजाहरूले बनाएका थिए, अल्गा ठाउँका ती सबै देवस्थानहरू पनि योशियाहले हटाए; र बेथेलमा तिनले जस्तो गरेका थिए, त्यसरी नै अपवित्र तुल्याइदिए।
2KI 23:20 योशियाहले ती अग्ला देवस्थानहरूका सबै पुजारीहरूलाई वेदीमाथि मारिदिए। अनि तिनीहरूमाथि मानिसहरूका हाडहरू जलाइदिए। त्यसपछि तिनी यरूशलेममा फर्के।
2KI 23:21 राजाले सबै मानिसहरूलाई यो हुकुम दिए: “करारको पुस्तकमा लेखिएअनुसार याहवेह तिमीहरूका परमेश्‍वरको निम्ति निस्तार चाड मनाओ।”
2KI 23:22 न त इस्राएललाई डोर्‍याउने न्यायकर्ताहरूका समयमा अथवा इस्राएलका राजाहरू र यहूदाका राजाहरूका समयमा नै यस्तो निस्तार चाड मनाइएको थियो।
2KI 23:23 तर योशियाह राजाको अठारौँ वर्षमा यो निस्तार चाड याहवेहका निम्ति यरूशलेममा मनाइयो।
2KI 23:24 त्यसबाहेक योशियाहले यरूशलेममा देखिने भूतप्रेत खेलाउनेहरू, जोखना हेर्नेहरू, घर-देवताहरू, मूर्तिहरू र अरू घिनलाग्दा कुराहरू निकालिदिए। यो तिनले पुजारीले याहवेहको मन्दिरमा भेट्टाएको पुस्तकमा लेखिएको व्यवस्थाको नियमअनुसार गरेका थिए।
2KI 23:25 आफ्नो सारा हृदय, प्राण र शक्तिले मोशाका सबै व्यवस्था मानेर याहवेहतिर त्यसरी फर्कने तिनीअगि वा तिनीपछिका तिनीजस्तो अरू कुनै राजा भएनन्।
2KI 23:26 तरै पनि याहवेह आफ्नो भयानक रिसबाट फर्कनुभएन। किनभने मनश्शेले उहाँलाई रिस उठाउन गरेका सबै कामहरूको कारण यहूदाप्रति उहाँको रिस दन्किएको थियो।
2KI 23:27 यसकारण याहवेहले भन्‍नुभयो, “मैले इस्राएललाई हटाएझैँ यहूदालाई पनि म आफ्नो उपस्थितिबाट हटाउनेछु। अनि आफूले चुनेको सहर यरूशलेम र यो मन्दिर, जसको विषयमा मैले यसो भनेँ, ‘मेरो नाम त्यहाँ हुनेछ’ म त्याग्नेछु।”
2KI 23:28 योशियाहको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषय, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?
2KI 23:29 योशियाह राजा भएको बेला इजिप्टका राजा फारो नेको अश्शूरका राजालाई सहायता दिन यूफ्रेटिस नदीमा गए। राजा योशियाह तिनीसित युद्ध गर्न गए। तर नेकोले तिनको सामना गरे; र मगिद्दोमा तिनलाई मारे।
2KI 23:30 योशियाहका सेवकहरूले तिनको शरीरलाई मगिद्दोबाट यरूशलेममा ल्याए, र तिनलाई तिनको आफ्नै चिहानमा गाडे। तब देशवासीहरूले योशियाहका छोरा यहोआहाजलाई राज्याभिषेक गरेर तिनलाई आफ्ना पिताको ठाउँमा राजा बनाए।
2KI 23:31 राजा हुँदा यहोआहाज तेईस वर्षका थिए। तिनले यरूशलेममा तीन महिना राज्य गरे। तिनकी आमाको नाम हमुतल थियो, जो यर्मियाकी छोरी थिइन्। तिनी लिब्नाकी थिइन्।
2KI 23:32 तिनले आफ्ना पुर्खाहरूले गरेझैँ याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।
2KI 23:33 फारो नेकोले तिनले यरूशलेममा शासन नगरून् भनी तिनलाई हमात देशको रिब्लामा साङ्लाले बाँधे। अनि यहूदामाथि एक सय टालेन्ट चाँदी र एक टालेन्ट सुनको कर लगाइदिए।
2KI 23:34 फारो नेकोले योशियाहका छोरा एल्याकीमलाई तिनका पिताको सट्टामा राजा तुल्याए। अनि तिनको नाम एल्याकीमबाट यहोयाकीम राखिदिए।
2KI 23:35 यहोयाकीमले फारो नेकोलाई तिनको माग अनुसारको चाँदी र सुन तिरे। यसो गर्नका निम्ति तिनले देशमाथि कर लगाए। तिनीहरूको सम्पत्तिको मूल्याङ्कनअनुसार देशवासीहरूबाट चाँदी र सुन लिए।
2KI 23:36 राजा हुँदा यहोयाकीम पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाम जबुदा थियो, जो पदायाहकी छोरी थिइन्। तिनी रूमाकी थिइन्।
2KI 23:37 तिनले आफ्ना पुर्खाहरूले गरेझैँ याहवेहको दृष्‍टिमा जे दुष्‍टता थियो, त्यही गरे।
2KI 24:1 यहोयाकीमको शासनकालमा बेबिलोनका राजा नबूकदनेसरले देशमाथि आक्रमण गरे। यहोयाकीम तीन वर्षसम्म तिनका अधीनमा रहे। तर पछि तिनले नबूकदनेसरको विरुद्धमा विद्रोह गरे।
2KI 24:2 याहवेहले तिनको विरुद्धमा बेबिलोनी, अरामी, मोआबी र अम्मोनीहरूलाई आफ्ना सेवक अगमवक्ताहरूद्वारा घोषणा गरिएको याहवेहको वचनअनुसार यहूदालाई नाश गर्न पठाउनुभयो।
2KI 24:3 मनश्शेका पापहरू र तिनले जे जति गरेका थिए, त्यसको कारण आफ्नो उपस्थितिबाट हटाउनलाई निश्‍चय नै याहवेहको आज्ञाअनुसार यी कुराहरू यहूदामाथि घटे।
2KI 24:4 साथै ती पापहरूमा निर्दोष मानिसहरूको रगत पनि बगाइएको थियो। किनकि तिनले यरूशलेमलाई निर्दोष रगतले भरिदिएका थिए, र याहवेहले क्षमा दिने इच्छा गर्नुभएन।
2KI 24:5 यहोयाकीमको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूका विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?
2KI 24:6 यहोयाकीम आफ्ना पुर्खाहरूसित सुते, र तिनका छोरा यहोयाकीन तिनीपछि राजा भए।
2KI 24:7 इजिप्टका राजा आफ्नो देशबाट फेरि बाहिर निस्केर आएनन्। किनकि बेबिलोनका राजाले तिनका सबै प्रान्तहरू इजिप्टको खोल्सादेखि यूफ्रेटिस नदीसम्मै लगिदिएका थिए।
2KI 24:8 राजा हुँदा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना शासन गरे। तिनकी आमाको नाम नहूश्ता थियो, जो एल्नातानकी छोरी थिइन्। तिनी यरूशलेमकी थिइन्।
2KI 24:9 तिनले आफ्ना पिताले गरेझैँ याहवेहको दृष्‍टिमा जे दुष्‍टता थियो, त्यही गरे।
2KI 24:10 त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका अधिकृतहरूले यरूशलेमतिर बढेर त्यसलाई घेरा हाले।
2KI 24:11 तब तिनका अधिकृतहरूले त्यसलाई घेरिरहेको बेला नबूकदनेसर आफैँ सहरसम्म आए।
2KI 24:12 यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका सेवकहरू, तिनका भारदारहरू र तिनका अधिकृतहरू सबैले तिनको अगि आत्मसमर्पण गरे। बेबिलोनका राजाको शासनको आठौँ वर्षमा तिनले यहोयाकीनलाई कैदी बनाएर लगे।
2KI 24:13 याहवेहले घोषणा गर्नुभएझैँ नबूकदनेसरले याहवेहको मन्दिर र महलबाट सबै खजाना हटाए। इस्राएलका राजा सोलोमनले याहवेहको मन्दिरको निम्ति बनाएका सुनका सामानहरू सबै लिएर गए।
2KI 24:14 तिनले सम्पूर्ण यरूशलेमलाई, सबै अधिकृतहरू र योद्धाहरू, सबै दक्ष कारिगरहरू र सिकर्मीहरू गरी जम्मा दश हजार जनालाई देशबाट कैद गरेर लगे। देशका अति गरिब मानिसहरू मात्र छोडिए।
2KI 24:15 नबूकदनेसरले यहोयाकीनलाई कैद गरेर बेबिलोनमा लगे। तिनले यरूशलेमबाट राजाकी आमा, तिनका पत्नीहरू, तिनका अधिकृतहरू र देशका शक्तिशाली मानिसहरूलाई पनि बेबिलोनमा लगे।
2KI 24:16 बेबिलोनका राजाले बलिया र युद्ध गर्न सक्ने सात हजार लडाकु मानिसहरूको दल र एक हजार दक्ष कामदार र शिल्पकारहरूलाई पनि बेबिलोनमा कैद गरेर लगे।
2KI 24:17 तिनले यहोयाकीनका काका मत्तन्याहलाई तिनको ठाउँमा राजा तुल्याए, र तिनको नाम बदलेर सिदकियाह राखिदिए।
2KI 24:18 राजा हुँदा सिदकियाह एक्‍काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाम हमुतल थियो, जो यर्मियाकी छोरी थिइन्। तिनी लिब्नाकी थिइन्।
2KI 24:19 यहोयाकीमले गरेझैँ सिदकियाहले पनि याहवेहको दृष्‍टिमा जे कुरा खराब थियो, त्यही गरे।
2KI 24:20 याहवेहको क्रोधको कारणले नै यरूशलेम र यहूदामा यी सबै हुन आएका थिए। आखिरमा उहाँले तिनीहरूलाई आफ्ना उपस्थितिबाट निकालिदिनुभयो। तब सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे।
2KI 25:1 यसकारण सिदकियाहको शासनकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्नो सम्पूर्ण सेना लिएर आए। तिनले सहरको बाहिर छाउनी हाले र त्यसका चारैतिर घेरा-मचान बनाए।
2KI 25:2 राजा सिदकियाहको एघारौँ वर्षसम्म सहर घेराबन्दीमा राखिएको थियो।
2KI 25:3 चौथो महिनाको नवौँ दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्‍यो कि देशका मानिसहरूका निम्ति केही खानेकुरा बाँकी रहेन।
2KI 25:4 तब सहरको पर्खाल भत्काइयो; अनि यरूशलेमका सम्पूर्ण सेनाहरू भागेर गए। बेबिलोनीहरूले सहरलाई घेरेर राखेको भए तापनि तिनीहरूले राजाको बगैँचाको छेउका दुई पर्खालको बीचमा भएको मूलढोकाबाट भएर राति नै सहरलाई छोडेर भागेर गए। तिनीहरू अराबातिर भागे।
2KI 25:5 तर बेबिलोनी फौजले राजालाई खेदे, र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सेनाहरू तिनीबाट अलग भएर छरपस्ट भएका थिए,
2KI 25:6 र तिनी पक्राउ परे। तब तिनलाई बेबिलोनका राजाकहाँ हमातको सहर रिब्लामा लगियो, जहाँ तिनीमाथि दण्डको घोषणा गरियो।
2KI 25:7 तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे। तब तिनीहरूले तिनका आँखा निकालिदिए। अनि तिनलाई काँसाको साङ्लाले बाँधेर बेबिलोनमा लगे।
2KI 25:8 बेबिलोनका राजा नबूकदनेसरको उन्‍नाइसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा राजकीय अङ्गरक्षकहरूका सेनापति, बेबिलोनका राजाका एक जना अधिकृत, नबूजरदान यरूशलेममा आए।
2KI 25:9 तिनले याहवेहको मन्दिर, राजमहल र यरूशलेमका सबै घरहरूमा आगो लगाइदिए। तिनले प्रत्येक मुख्य भवन जलाइदिए।
2KI 25:10 बेबिलोनका सम्पूर्ण फौजले राजकीय अङ्गरक्षकहरूका सेनापतिको अधीनमा यरूशलेमका चारैतिरका पर्खालहरू भत्काइदिए।
2KI 25:11 अङ्गरक्षकहरूका सेनापति नबूजरदानले सहरमा बाँकी मानिसहरू, बेबिलोनका राजाकहाँ जान चाहनेहरू, र अरू बाँकी रहेका जनसंख्या सहित सबैलाई कैद गरेर निर्वासनमा लगे।
2KI 25:12 तर सेनापतिले देशका कतिपय अति गरिबहरूलाई दाखबारी र खेतहरूमा काम गर्नलाई छोडिदिए।
2KI 25:13 बेबिलोनीहरूले याहवेहको मन्दिरमा भएका काँसाका खम्बाहरू, ठेलागाडीहरू र काँसाका खड्कुँलो भत्काइदिए, र काँसाचाहिँ तिनीहरूले बेबिलोनमा लगे।
2KI 25:14 तिनीहरूले भाँडाहरू, बेल्चाहरू, सलेदोका चिम्टाहरू, कचौराहरू र मन्दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामानहरू लगे।
2KI 25:15 राजकीय अङ्गरक्षकहरूका सेनापतिले निखुर सुन अथवा चाँदीले बनाइएका धूपदानी र छर्कने बाटाहरू लगे।
2KI 25:16 सोलोमनले याहवेहको भवनका निम्ति बनाएका दुई स्तम्भहरू, खड्कुँलो र ठेलागाडीहरूका काँसा जोखेर जोख्न नसकिने थिए।
2KI 25:17 प्रत्येक स्तम्भ सत्ताइस क्यूबिट अग्लो थियो। स्तम्भको टुप्पामा भएको काँसाको शिर साँढे चार क्यूबिट अग्लो थियो; अनि त्यसमाथि काँसाका जाली र दारिमले चारैतिरबाट सिङ्गारिएको थियो।
2KI 25:18 अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह र दोस्रो दर्जाका पुजारी सपन्याह र तीन जना पहरेदारहरूलाई पनि कैद गरेर लगे।
2KI 25:19 सहरमा अझ रहेकाहरूमध्ये तिनले लडाकु मानिसहरूका अधिकृत र पाँच जना राजकीय सल्‍लाहकारहरूलाई पनि लगे। तिनले देशका मानिसहरूलाई सेनामा तयार गर्ने जिम्मामा रहेका प्रधान सचिव र सहरमा भेट्टाइएका तिनका साठी जना मानिसहरूलाई पनि लगे।
2KI 25:20 सेनापति नबूजरदानले तिनीहरू सबैलाई लगे। अनि बेबिलोनका राजाकहाँ रिब्लामा ल्याए।
2KI 25:21 त्यहाँ हमात देशको रिब्लामा राजाले तिनीहरूलाई मारे। यसरी यहूदा आफ्नो देशबाट कैदमा लगियो।
2KI 25:22 यसकारण बेबिलोनका राजा नबूकदनेसरले शापानका नाति, अहीकामका छोरा गदल्याहलाई यहूदामा छोडेका मानिसहरूमाथि राज्यपाल नियुक्त गरे।
2KI 25:23 जब सेनाका सबै अधिकृतहरू र तिनीहरूका मानिसहरूले बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल नियुक्त गरेका सुने, तब नतन्याहको छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह, माकातीका छोरा याजन्याह र तिनीहरूका मानिसहरू मिस्पामा गदल्याहकहाँ आए।
2KI 25:24 गदल्याहले तिनीहरू र तिनीहरूका मानिसलाई आश्‍वासन दिन शपथ खाए। तिनले भने, “बेबिलोनी अधिकृतहरूसित नडराओ। देशमा बसोबास गरेर बेबिलोनका राजाको सेवा गर, र तिमीहरूलाई भलो हुनेछ।”
2KI 25:25 तरै पनि सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राजकीय खानदानका थिए, दश जना मानिसहरूसित आएर यहूदाका मानिसहरू, गदल्याह र तिनीसित मिस्पामा भएका बेबिलोनीहरूलाई मारे।
2KI 25:26 यसकारण बेबिलोनीहरूको डरले गर्दा सानादेखि लिएर ठूलासम्म, सेनाका अधिकृतहरूसमेत, सबै इजिप्टमा भागे।
2KI 25:27 यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा, एबील-मरोदकले बेबिलोनका राजा भएको वर्षमा, यहोयाकीनलाई बाह्रौँ महिनाको सत्ताइसौँ दिनमा कैदबाट मुक्त गरिदिए।
2KI 25:28 तिनले उनीसित दयापूर्वक कुरा गरे, र आफूसित बेबिलोनमा भएका अरू राजाहरूभन्दा माथिल्‍लो दर्जाका सम्मानको आसन दिए।
2KI 25:29 यसकारण यहोयाकीनले आफ्ना कैदका वस्त्रहरू उतारे, र आफ्नो जीवनकालभरि नै राजाका टेबुलमा खाए।
2KI 25:30 तिनी बाँचुन्जेल राजाले तिनलाई नियमित भत्ता दिए।
1CH 1:1 आदम, शेत, एनोश,
1CH 1:2 केनान, महलालेल, येरेद,
1CH 1:3 हनोक, मतूशेलह, लेमेक, नोआ थिए।
1CH 1:4 नोआका छोराहरू: शेम, हाम र येपेत।
1CH 1:5 येपेतका छोराहरू: गोमेर, मागोग, मादी, यावान, तूबल, मेशेक र तीरास।
1CH 1:6 गोमेरका छोराहरू: अश्कनज, रिपत र तोगर्मा।
1CH 1:7 यावानका छोराहरू: एलीशा, तर्शीश, कित्तीम र रोदानीम।
1CH 1:8 हामका छोराहरू: कूश, इजिप्ट, पूत र कनान।
1CH 1:9 कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामाह र सब्तेका। रामाहका छोराहरू: शेबा र ददान।
1CH 1:10 कूश निम्रोदका पिता थिए; जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने।
1CH 1:11 इजिप्टचाहिँ यिनीहरूका पिता थिए: लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्‍तूहीहरू,
1CH 1:12 पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) र कप्‍तोरीहरू।
1CH 1:13 कनानचाहिँ यिनीहरूका पिता थिए, आफ्ना जेठा छोरा सीदोन र हित्ती
1CH 1:14 यबूसी, एमोरी, गिर्गाशी,
1CH 1:15 हिव्वी, अरकी, सिनी,
1CH 1:16 अर्वादी, सेमारी र हमातीहरू।
1CH 1:17 शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम। अरामका छोराहरू: ऊज, हूल, गेतेर र मेशेक।
1CH 1:18 अर्पक्षद शेलहका पिता थिए; अनि शेलहचाहिँ एबेरका पिता थिए।
1CH 1:19 एबेरका दुई छोराहरू जन्मिए: एउटाको नाम पेलेग राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो।
1CH 1:20 योक्तान यिनीहरूका पिता थिए: अल्मोदद, शेलेप, हसर्मवेत, येरह,
1CH 1:21 हदोराम, ऊजाल, दिक्ला,
1CH 1:22 ओबाल, अबीमाएल, शेबा,
1CH 1:23 ओपीर, हवीला र योबाब थिए। यी सबै योक्तानका छोराहरू थिए।
1CH 1:24 शेम, अर्पक्षद, शेलह,
1CH 1:25 एबेर, पेलेग, र रऊ,
1CH 1:26 सरूग, नाहोर, तेरह,
1CH 1:27 अनि अब्राम (जसलाई अब्राहाम पनि भनिन्छ)।
1CH 1:28 अब्राहामका छोराहरू: इसहाक र इश्माएल।
1CH 1:29 तिनीहरूका सन्तानहरू यिनै थिए: इश्माएलका जेठा छोरा नबायोत, केदार, अदबील, मिब्साम,
1CH 1:30 मिश्मा, दुमा, मस्सा, हदद, तेमा,
1CH 1:31 यतूर, नापीश र केदमा।
1CH 1:32 अब्राहामकी उपपत्नी कतूराले जन्माएका छोराहरू: जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह। योक्षानका छोराहरू: शेबा र ददान।
1CH 1:33 मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा र एल्दा।
1CH 1:34 अब्राहाम इसहाकका पिता थिए। इसहाकका छोराहरू: एसाव र इस्राएल।
1CH 1:35 एसावका छोराहरू: एलीपज, रूएल, येऊश, यालाम र कोरह।
1CH 1:36 एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र कनज; अनि तिम्नाबाट: अमालेक।
1CH 1:37 रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा।
1CH 1:38 सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान।
1CH 1:39 लोतानका छोराहरू: होरी र होमान। तिम्नाचाहिँ लोतानकी बहिनी थिइन्।
1CH 1:40 शोबालका छोराहरू: अल्बान, मानहत, एबाल, शपो र ओनाम। सिबोनका छोराहरू: अय्या र अना।
1CH 1:41 अनाका छोरा: दीशोन। अनि दीशोनका छोराहरू: हेमदान, एश्बान, यित्रान र करान।
1CH 1:42 एसेरका छोराहरू: बिल्हान, जावान र अकान। दीशानका छोराहरू: ऊज र अरान।
1CH 1:43 कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए: बओरका छोरा बेला, जसको सहरको नाम दिन्हावा राखियो।
1CH 1:44 बेलाको मृत्युपछि बोज्रामा बस्‍ने जेरहका छोरा योबाब तिनको ठाउँमा राजा भए।
1CH 1:45 योबाबको मृत्युपछि तेमानीहरूको देशमा बस्‍ने हूशाम तिनको ठाउँमा राजा भए।
1CH 1:46 हूशामको मृत्युपछि मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो।
1CH 1:47 हददको मृत्युपछि मस्रेकामा बस्‍ने शम्‍ला तिनको ठाउँमा राजा भए।
1CH 1:48 शम्‍लाको मृत्युपछि, यूफ्रेटिस नदी नजिकै बस्‍ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए।
1CH 1:49 शौलको मृत्युपछि अक्बोरका छोरा बाल-हानान तिनको ठाउँमा राजा भए।
1CH 1:50 बाल-हानानको मृत्युपछि हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो; जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्।
1CH 1:51 हददको पनि मृत्यु भयो। एदोमका मुखियाहरू यिनीहरू नै थिए: तिम्ना, अल्वा, यतेत,
1CH 1:52 ओहोलीबामा, एलाह, पीनोन,
1CH 1:53 कनज, तेमान, मिब्सार,
1CH 1:54 मग्दीएल र ईराम थिए।
1CH 2:1 इस्राएलका छोराहरू यिनै थिए: रूबेन, शिमियोन, लेवी, यहूदा, इस्साखार, जबूलून,
1CH 2:2 दान, योसेफ, बेन्यामीन, नप्‍ताली, गाद र आशेर थिए।
1CH 2:3 यहूदाका छोराहरू: एर, ओनान र शेलह। यी तीन जना छोराहरूकी आमाचाहिँ कनानी स्त्री शूआ थिइन्। (यहूदाका जेठा छोरा एर याहवेहको दृष्‍टिमा दुष्‍ट थिए। यसकारण याहवेहले तिनलाई मार्नुभयो।)
1CH 2:4 यहूदाकी बुहारी तामारले तिनको निम्ति पेरेस र जेरहलाई जन्माइन्।
1CH 2:5 पेरेसका छोराहरू: हेस्रोन र हामूल।
1CH 2:6 जेरहका छोराहरू: जिम्री, एतान, हेमान, कलकोल र दर्दा, गरेर जम्मा पाँच जना।
1CH 2:7 कर्मीका छोरा: आकार, जसले अर्पण गरिएका थोकहरू लिएर आज्ञा उल्‍लङ्घन गरी इस्राएलमाथि विपत्ति ल्याएका थिए।
1CH 2:8 एतानका छोरा: अजर्याह।
1CH 2:9 हेस्रोनका छोराहरू यिनै थिए: यरहमेल, राम र कालेब।
1CH 2:10 राम अम्मीनादाबका पिता थिए; अनि अम्मीनादाबचाहिँ नहशोनका पिता थिए, जो यहूदाका मानिसहरूका अगुवा थिए।
1CH 2:11 नहशोन सल्मोनका पिता थिए; सल्मोन बोअजका पिता थिए।
1CH 2:12 बोअज ओबेदका पिता थिए; र ओबेद यिशैका पिता थिए।
1CH 2:13 यिशै यिनीहरूका पिता थिए: पहिलो छोरा एलिआब; दोस्रो छोरा अबीनादाब, तेस्रो छोरा शिमेअ,
1CH 2:14 चौथो नथनिएल, पाँचौँ रद्दै,
1CH 2:15 छैटौँ ओसेम र सातौँचाहिँ दावीद थिए।
1CH 2:16 तिनीहरूका बहिनीहरू सरूयाह र अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू थिए—अबीशै, योआब र असाहेल थिए।
1CH 2:17 अबीगेलचाहिँ अमासाकी आमा थिइन्। अमासाका पिता इश्माएली येतेर थिए।
1CH 2:18 हेस्रोनका छोरा कालेबकी पत्नी अजूबा (र यरीओत) बाट छोराहरू भए। तिनका छोराहरू यिनै हुन्: येशेर, शोबाब र अर्दोन थिए।
1CH 2:19 जब अजूबाको मृत्यु भयो, तब कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्ति हूरलाई जन्माइन्।
1CH 2:20 हूर ऊरीका पिता थिए; अनि ऊरीचाहिँ बजलेलका पिता थिए।
1CH 2:21 हेस्रोन साठी वर्ष पुग्दा, तिनले गिलादका पिता माकीरकी छोरीसँग विवाह गरे। हेस्रोनले तिनीसँग सहवास गरे, र तिनले हेस्रोनका निम्ति सगूबलाई जन्माइन्।
1CH 2:22 सगूब याईरका पिता थिए, जसले गिलादका तेईस वटा सहरहरूमा शासन गर्दथे।
1CH 2:23 (तर गेशूर र अरामले हव्वोत-याईर र केनातका, साथै त्यसका चारैतिरका गाउँहरू र साठी वटा नगरहरूसमेत कब्जा गरेका थिए।)
1CH 2:24 कालेब-एप्रातामा हेस्रोनको मृत्यु भएको केही समयपछि तिनकी पत्नी अबीयाहले तिनका निम्ति अशहूरलाई जन्माइन्, जो तकोका पिता थिए।
1CH 2:25 हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू: जेठा छोरा राम, र बूना, ओरेन, ओसेम र अहीयाह।
1CH 2:26 यरहमेलकी अर्की पत्नी थिइन्, जसको नाम अतारा थियो; तिनी ओनामकी आमा थिइन्।
1CH 2:27 यरहमेलका जेठा छोरा रामका छोराहरू: मास, यामीन र एकेर।
1CH 2:28 ओनामका छोराहरू: शम्मै र यादा। शम्मैका छोराहरू: नादाब र अबीशूर।
1CH 2:29 अबीशूरकी पत्नीको नाम अबीहेल राखिएको थियो, जसले तिनका निम्ति अहबान र मोलीदलाई जन्माइन्।
1CH 2:30 नादाबका छोराहरू: सेलेद र अप्पेम। सेलेद निःसन्तान नै मरे।
1CH 2:31 अप्पेमका छोरा: यिशी, जो शेशानका पिता थिए। शेशानचाहिँ अहलैका पिता थिए।
1CH 2:32 शम्मैका भाइ यादाका छोराहरू: येतेर र जोनाथन। येतेरचाहिँ निःसन्तान नै मरे।
1CH 2:33 जोनाथनका छोराहरू: पेलेत र जाजा।
1CH 2:34 शेशानका छोराहरू थिएनन्, छोरीहरू मात्र थिए। तिनको यर्हा नाम भएको एउटा इजिप्टियन सेवक थियो।
1CH 2:35 अनि शेशानले यही यर्हासँग आफ्नी छोरीलाई विवाह गरिदिए। तब तिनले अत्तैलाई जन्माइन्।
1CH 2:36 अत्तै नातानका पिता थिए; र नातान जाबादका पिता थिए;
1CH 2:37 जाबाद एपलालका पिता थिए; एपलाल ओबेदका पिता थिए;
1CH 2:38 ओबेद येहूका पिता थिए; येहू अजर्याहका पिता थिए,
1CH 2:39 अजर्याह हेलेसका पिता थिए; हेलेस एलासाका पिता थिए,
1CH 2:40 एलासा सिस्मैका पिता थिए; सिस्मै शल्‍लूमका पिता थिए;
1CH 2:41 शल्‍लूम यकम्याहका पिता थिए; र यकम्याह एलीशामाका पिता थिए।
1CH 2:42 यरहमेलका भाइ कालेबका छोराहरू: जेठा छोरा मेशा, जो जीपका पिता थिए; अनि दोस्रो मारेशा, जो हेब्रोनका पिता थिए।
1CH 2:43 हेब्रोनका छोराहरू: कोरह, तप्पूह, रेकेम र शेमा।
1CH 2:44 शेमा रहमका पिता थिए; र रहमचाहिँ योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए।
1CH 2:45 शम्मैका छोरा माओन थिए; र माओनचाहिँ बेथ-सूरका पिता थिए।
1CH 2:46 कालेबको उपपत्नी एपाचाहिँ हारान, मोस र गाजेजको आमा थिइन्। हारानचाहिँ गाजेजका पिता थिए।
1CH 2:47 यहदैका छोराहरू: रेगेम, योताम, गेशान, पेलेत, एपा र शाप।
1CH 2:48 कालेबकी उपपत्नी माकाचाहिँ शेबेर र तिर्हानाकी आमा थिइन्।
1CH 2:49 तिनले मदमन्‍नाका पिता शाप र मक्बेना र गेबाका पिता शेबालाई पनि जन्माइन्। कालेबकी छोरी अक्सा थिइन्।
1CH 2:50 कालेबका सन्तानहरू यिनै थिए। एप्राताका जेठा छोरा हूरका छोराहरू: किर्यत-यारीमका पिता शोबाल।
1CH 2:51 बेथलेहेमका पिता सल्मा र बेथ-गादेरका पिता हारेप।
1CH 2:52 किर्यत-यारीमका पिता शोबालका सन्तानहरू यिनै थिए: हारोए, मनुहोतीहरूका आधा भाग,
1CH 2:53 अनि किर्यत-यारीमका वंशहरू: यित्रीहरू, पूतवंशीहरू, शुमातीहरू र मिश्राईहरू। यिनीहरूबाट नै सोरातीहरू र एश्तोलीहरूका वंश आएका हुन्।
1CH 2:54 सल्माका सन्तानहरू: बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, मानहतीहरूका आधा भाग, सोरीहरू,
1CH 2:55 अनि याबेसमा बस्‍ने शास्त्रीहरूका वंशहरू: तिरातीहरू, शिमातीहरू र सुकातीहरू। केनीहरू यिनै हुन्, जो रेकाबीहरूका पुर्खा हम्मतबाट आएका थिए।
1CH 3:1 हेब्रोनमा जन्मेका दावीदका छोराहरू यिनै हुन्: जेठा छोरा अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्; माहिँलाचाहिँ दानिएल, जसकी आमा कर्मेलकी अबीगेल थिइन्;
1CH 3:2 साहिँला अब्शालोम, जसकी आमा गेशूरका राजा तल्मैकी छोरी माका थिइन्; काहिँलो अदोनियाह, जसकी आमा हग्गीत थिइन्;
1CH 3:3 ठाहिँलो शपत्याह, जसकी आमा अबीतल थिइन्; अनि कान्छो यित्राम, जसकी आमा एग्ला थिइन्।
1CH 3:4 यी छ जना दावीदका छोराहरू हेब्रोनमा जन्मेका थिए, जहाँ तिनले सात वर्ष छ महिना राज्य गरे।
1CH 3:5 अनि त्यहाँ जन्मेका तिनका सन्तान यिनै हुन्: शिमेअ, शोबाब, नातान र सोलोमन। यी चार जनाचाहिँ अम्मीएलकी छोरी बेतशेबाबाट जन्मेका थिए।
1CH 3:6 साथै अरू छोराहरू पनि थिए; यिभार, एलीशूअ, एलीपेलेत,
1CH 3:7 नोगह, नेपेग, याफिया,
1CH 3:8 एलीशामा, एल्यादा र एलीपेलेत—जम्मा नौ जना।
1CH 3:9 यी सबै दावीदका छोराहरू थिए। यसबाहेक तिनका उपपत्नीहरूबाट पनि छोराहरू भएका थिए। अनि तामारचाहिँ तिनीहरूकी बहिनी थिइन्।
1CH 3:10 सोलोमनका छोरा रहबाम थिए, रहबामका छोरा अबीयाह, अबीयाहहका छोरा आसा, आसाका छोरा यहोशापात,
1CH 3:11 यहोशापातका छोरा यहोराम, यहोरामका छोरा अहज्याह, अहज्याहका छोरा योआश,
1CH 3:12 योआशका छोरा अमस्याह, अमस्याहका छोरा अजर्याह, अजर्याहका छोरा योताम,
1CH 3:13 योतामका छोरा आहाज, आहाजका छोरा हिजकिया, हिजकियाका छोरा मनश्शे,
1CH 3:14 मनश्शेका छोरा आमोन, आमोनका छोरा योशियाह थिए,
1CH 3:15 योशियाहका छोराहरू: जेठा योहानान, माहिला यहोयाकीम, साहिँला सिदकियाह र कान्छोचाहिँ शल्‍लूम।
1CH 3:16 यहोयाकीमका उत्तराधिकारीहरू: तिनका छोरा यहोयाकीन र सिदकियाह।
1CH 3:17 बेबिलोनीहरूले कैदमा लगेका यहोयाकीनका छोराहरू: शालतिएल,
1CH 3:18 मल्कीराम, पदायाह, शेनस्सर, यकम्याह, होशामा र नदब्याह।
1CH 3:19 पदायाहका छोराहरू: यरुबाबेल र शिमी। यरुबाबेलका छोराहरू: मशुल्‍लाम र हनन्याह। तिनीहरूकी बहिनी शलोमीत थिइन्।
1CH 3:20 यरुबाबेलका अरू पाँच जना छोराहरू पनि थिए: हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशब-हेसेद थिए।
1CH 3:21 हनन्याहका सन्तानहरू: पलत्याह र यशयाह, र रपायाहका, अर्नानका, ओबदियाका र शकन्याहका छोराहरू।
1CH 3:22 शकन्याहका छोराहरू: शमायाह र तिनका छोराहरू: हत्तूश, यिगाल, बरियाह, नेरियाह र शापात—जम्मा छ जना।
1CH 3:23 नेरियाहका छोराहरू: एल्योएनै, हिजकिया र अज्रीकाम—जम्मा तीन जना।
1CH 3:24 एल्योएनैका छोराहरू: होदवियाह, एल्यासीब, पलायाह, अक्‍कूब, योहानान, दलायाह र अनानी—जम्मा सात जना।
1CH 4:1 यहूदाका छोराहरू: पेरेस, हेस्रोन, कर्मी, हूर र शोबाल।
1CH 4:2 शोबालको छोरा रायाह, जो यहतका पिता थिए, र यहतचाहिँ अहूमै र लहदका पिता थिए। यिनीहरू नै सोरातीहरूका वंश थिए।
1CH 4:3 एतामका छोराहरू यिनै थिए: यिजरेल, यिश्मा र यिदबश। तिनीहरूकी बहिनीको नाम हस्सलेलपोनी थियो।
1CH 4:4 पनीएल, गदोरका पिता थिए र एजेर हूशाहका पिता थिए। एप्राताका जेठा छोरा र बेथलेहेमका पिता हूरका सन्तानहरू यिनीहरू नै थिए।
1CH 4:5 तकोका पिता अशहूरका हेलाह र नारा नाम गरेका दुई पत्नीहरू थिए।
1CH 4:6 नाराले तिनका निम्ति अहुज्जाम, हेपेर, तेमनी र हाहशतारीलाई जन्माइन्। यिनीहरू नाराका सन्तानहरू थिए।
1CH 4:7 हेलाहका छोराहरू: सेरेत, सोहोर, एतनान,
1CH 4:8 र कोस, जो अनूब र हज्जोबेबा अनि हारूमका छोरा अहर्हेलका वंशहरूका पिता थिए।
1CH 4:9 याबेस नाम गरेका एक जना मानिस थिए। तिनी आफ्ना दाजुभाइहरूभन्दा प्रतिष्‍ठित थिए। तिनकी आमाले “मैले यसलाई कष्‍टमा जन्माएँ,” भनेर तिनको नाम याबेश, राखिन्।
1CH 4:10 याबेसले इस्राएलका परमेश्‍वरलाई पुकार गरे, “हे प्रभु, तपाईंले मलाई आशिष् दिएर मेरो इलाका बढाइदिनुहोस्! तपाईंको हात ममाथि रहोस्; अनि मलाई हानिबाट बचाउनुहोस्, ताकि म पीडाबाट मुक्त हुन सकूँ।” परमेश्‍वरले तिनको बिन्ती सुन्‍नुभयो।
1CH 4:11 शूहहका भाइ कलूब मेहीरका पिता थिए। मेहीरचाहिँ एश्तोनका पिता थिए।
1CH 4:12 एश्तोनचाहिँ बेत-रापा, पसेह र तहिन्‍नाका पिता थिए। तहिन्‍नाचाहिँ इर-नहशका पिता थिए। यिनीहरू नै रेकाका सन्तानहरू थिए।
1CH 4:13 कनजका छोराहरू: ओत्निएल र सरायाह। ओत्निएलका छोराहरू: हतात र मनोतै।
1CH 4:14 मनोतै ओप्राका पिता थिए। सरायाह, योआबका पिता थिए, योआब गे-हरशीमका पिता थिए। तिनका मानिसहरू सिपालु कारिगरहरू भएका हुनाले तिनलाई बेँसीका कारिगर नाम दिइएको थियो।
1CH 4:15 यपून्‍नेको छोरा कालेबका छोराहरू: ईरू, एलाह र नआम थिए। एलाहका छोरा: कनज।
1CH 4:16 यहललेलका छोराहरू: जीप, जीपा, तीरया र असरेल।
1CH 4:17 एज्राहका छोराहरू: येतेर, मेरेद, एपेर र यालोन। मेरेदका पत्नीहरूमध्ये एक जनाले मिरियम, शम्मै र एश्तमोका पिता यिश्बहलाई जन्माइन्।
1CH 4:18 यीचाहिँ फारोकी छोरी बित्याहका छोराछोरीहरू थिए। तिनै बित्याहलाई मेरेदले विवाह गरेका थिए। तिनकी यहूदा कुलबाटकी पत्नीले गदोरका पिता येरेद, सोकोका पिता हेबेर र जानोहका पिता यकूतीएललाई जन्माइन्।
1CH 4:19 नहमकी बहिनी होदिय्याहकी पत्नीका छोराहरू: गेरेमी कीलाहका पिता र माकाती एश्तमोका पिता थिए।
1CH 4:20 शिमोनका छोराहरू: अमनोन, रिन्‍नाह, बेन-हानान र तीलोन। यिशीका छोराहरू: जोहेत र बेन-जोहेत।
1CH 4:21 यहूदाका छोरा, शेलहका छोराहरू: लेकाहका पिता एर, मारेशाका पिता लादाह र बेथ-अश्बेयामा मलमल सुती वस्त्रका काम गर्ने मानिसहरूका वंशहरू,
1CH 4:22 योकीम, कोजेबा, योआश र सारापका, मानिसहरू, जसले मोआब र यशूबी लेहेममा शासन गर्थे। (यी विवरणहरू प्राचीन कालदेखिका हुन्।)
1CH 4:23 तिनीहरू नतैम र गदेरामा बस्‍ने कुमालेहरू थिए। तिनीहरू त्यहाँ बसेर राजाको निम्ति काम गर्थे।
1CH 4:24 शिमियोनका सन्तानहरू: नमूएल, यामीन, यारीब, जेरह र शाऊल;
1CH 4:25 शाउलका छोरा शल्‍लूम, नाति मिब्साम, र पनाति मिश्मा थिए।
1CH 4:26 मिश्माका सन्तानहरू: तिनका छोरा हम्मूएल, हम्मूएलका छोरा जक्‍कूर, जक्‍कूरका छोरा शिमी।
1CH 4:27 शिमीका सोह्र जना छोराहरू र छ जना छोरीहरू थिए। तर तिनका दाजुहरूका धेरै छोराछोरीहरू भएनन्। यसकारण तिनीहरूको सम्पूर्ण वंश यहूदाका मानिसहरूजस्तै संख्यामा धेरै भएनन्।
1CH 4:28 तिनीहरू बेर्शेबा, मोलादाह, हसर-शूआल,
1CH 4:29 बिल्हा, एसेम, तोलाद,
1CH 4:30 बतूएल, होर्मा, सिक्लग,
1CH 4:31 बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा बस्थे। दावीदले शासन नगरेसम्म तिनीहरूका नगरहरू यिनै थिए।
1CH 4:32 तिनीहरूका वरिपरिका गाउँहरू एताम, ऐन, रिम्मोन, तोकेन र आशान गरेर—जम्मा पाँच वटा नगरहरू थिए
1CH 4:33 र ती नगरहरू वरिपरिका गाउँहरू बालातसम्मै थिए। तिनीहरूका बस्‍ने ठाउँहरू यिनै थिए।
1CH 4:34 मशोबाब; यम्‍लेक; अमस्याहका छोरा योशा;
1CH 4:35 योएल; योशिब्याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए।
1CH 4:36 एल्योएनै; याकोबा; याशोहायाह; असायाह; अदीएल; यसीमीएल; बनायाह;
1CH 4:37 अनि शिपीका छोरा जीजा, जो अल्‍लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए।
1CH 4:38 माथि उल्‍लेख गरिएका नामका मानिसहरू तिनीहरूका वंशहरूका अगुवाहरू थिए। तिनीहरूका परिवारहरू ज्यादै बढे।
1CH 4:39 तिनीहरू आफ्ना बगालका निम्ति खर्क खोज्न बेँसीको पूर्वपट्टि गदोरसम्म गए।
1CH 4:40 त्यहाँ तिनीहरूले प्रशस्त घाँस भएको असल खर्क, फराकिलो मैदान, शान्त र सुरक्षित ठाउँ भेट्टाए। तिनीहरूभन्दा पहिल्यै त्यहाँ केही हामवंशीहरू बसेका थिए।
1CH 4:41 माथि नाम उल्‍लेख गरिएका यी मानिसहरू यहूदाका राजा हिजकियाहको समयमा आएका थिए। तिनीहरूले हामवंशीहरूलाई तिनीहरू बसेकै ठाउँमा आक्रमण गरे। अनि त्यहाँ भएका मोनीहरूलाई पनि आक्रमण गरेर तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गरे। आजसम्म त्यहाँ तिनीहरूको नामनिशानै छैन। तब तिनीहरू उनीहरूका ठाउँमा बसोबास गर्न थाले। किनकि त्यहाँ तिनीहरूका बगालको निम्ति खर्क थियो।
1CH 4:42 अनि यी पाँच सय शिमियोनीहरूले यिशीका छोराहरू पलत्याह, नेरियाह, रपायाह र उज्जीएलको नेतृत्वमा सेइरको पहाडी मुलुकमाथि आक्रमण गरे।
1CH 4:43 तिनीहरूले बाँकी रहेका अमालेकीहरूलाई पनि मारे। तिनीहरू आजको दिनसम्म नै त्यहाँ बसेका छन्।
1CH 5:1 इस्राएलका जेठा छोरा रूबेन थिए, (तिनी जेठो छोरा भए तापनि तिनले आफ्ना पिताकी उपपत्नीसँग शारीरिक सम्बन्ध राखेर आफ्ना पिताको वैवाहिक ओछ्यानलाई अशुद्ध पारिदिएका हुनाले तिनको जेष्‍ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो। यसकारण तिनलाई वंशावलीको सूचीमा जेठो छोरा गनिएको छैन।
1CH 5:2 यहूदा आफ्ना दाजुभाइहरूमध्ये सबैभन्दा बलियो र तिनीबाट नै शासक आएको भए तापनि ज्येष्‍ठ अधिकारचाहिँ योसेफको भयो)।
1CH 5:3 इस्राएलका जेठा छोरा रूबेनका छोराहरू: हानोक, पल्‍लू, हेस्रोन र कर्मी।
1CH 5:4 योएलका सन्तानहरू: योएलका छोरा शमायाह, शमायाहका छोरा गोग, गोगका छोरा शिमी,
1CH 5:5 शिमीका छोरा मीका, मीकाका छोरा रायाह, रायाहका छोरा बाल,
1CH 5:6 बालका छोरा बीराह, जसलाई अश्शूरका राजा तिग्लत-पिलेसेरले कैद गरेर लगेका थिए। बेराचाहिँ रूबेनीहरूका अगुवा थिए।
1CH 5:7 तिनीहरूका वंशावलीमा वंशअनुसार सूचित गरिएका तिनीहरूका आफन्तहरू: यीएल, जो मुखिया थिए; जकरिया,
1CH 5:8 अनि अजाजका छोरा बेला, जो शेमाका नाति र योएलका पनाति थिए। तिनीहरू अरोएरदेखि नेबो र बाल-मोनसम्म फैलिएको क्षेत्रमा बसोबास गरे।
1CH 5:9 तिनीहरूले पूर्वपट्टि यूफ्रेटिस नदीसम्म फैलिएको उजाडस्थानको किनारको जमिनसम्म नै कब्जा गरे। किनकि गिलादमा तिनीहरूका गाईबस्तुको संख्या बढेको थियो।
1CH 5:10 शाऊलको शासनकालमा रूबेनीहरूले हग्रीहरूको विरुद्धमा युद्ध गरे। तिनीहरूले हग्रीहरूलाई परास्त गरे। अनि तिनीहरूले गिलादको पूर्वपट्टि हग्रीहरूका सम्पूर्ण इलाकामा रहेका छाउनीहरूलाई कब्जा गरे।
1CH 5:11 गादीहरू रूबेनीहरूका नजिक बाशानमा बसे। तिनीहरूको इलाका सलेकासम्मै फैलिएको थियो:
1CH 5:12 बाशानमा योएल मुखिया थिए। तिनीपछि दोस्रोमा शापान, त्यसपछि यानै र शापात थिए।
1CH 5:13 तिनीहरूका आफन्तहरू परिवारअनुसार यिनै थिए: मिखाएल, मशुल्‍लाम, शेबा, योरै, याकान, जीआ र एबेर—जम्मा सात जना।
1CH 5:14 यिनीहरू अबीहेलका छोराहरू थिए। अबीहेल हूरीका छोरा थिए। हूरी यारोहका छोरा थिए, यारोह गिलादका छोरा थिए; गिलाद मिखाएलका छोरा थिए; मिखाएल यशीशैका छोरा थिए, यशीशै यहदोका छोरा थिए र यहदो बूजका छोरा थिए।
1CH 5:15 गुनीका नाति, अब्दीएलका छोरा अही तिनीहरूका परिवारका प्रमुख अगुवा थिए।
1CH 5:16 गिलादीहरू गिलादमा बाशान र यसका वरपरका गाउँहरूमा र शारोनका सबै खर्कहरू फैलिएका ठाउँसम्म बसोबास गरे।
1CH 5:17 यी सबै मानिसहरूका नामहरू यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका शासनकालमा वंशावलीको सूचीमा लेखिएको थियो।
1CH 5:18 रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलसित युद्धका निम्ति तयार रहेका 44,760 तालिम प्राप्‍त मानिसहरू थिए, जो ढाल र तरवार चलाउन सक्ने, धनु चलाउन सक्ने, र युद्धका निम्ति निपुण योद्धाहरू थिए।
1CH 5:19 तिनीहरूले हग्रीहरू, यतूर, नापीश र नोदाबको विरुद्धमा युद्ध गरे।
1CH 5:20 तिनीहरूले परमेश्‍वरबाट युद्धमा सहायता पाए। अनि परमेश्‍वरले हग्रीहरू र तिनीहरूका सबै मित्रराष्ट्रहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो। किनकि युद्धको समयमा तिनीहरूले उहाँलाई पुकारेका थिए। उहाँले तिनीहरूको पुकार सुन्‍नुभयो; किनकि तिनीहरूले उहाँमाथि भरोसा राखेका थिए।
1CH 5:21 तिनीहरूले हग्रीहरूका गाईबस्तु, अर्थात् पचास हजार ऊँट, दुई लाख पचास हजार भेडा र दुई हजार गधा कब्जा गरे। तिनीहरूले एक लाख मानिसहरूलाई पनि कैद गरेर लगे।
1CH 5:22 अनि अरू धेरैचाहिँ मारिए; किनकि त्यो लडाइँ परमेश्‍वरले नै हुन दिनुभएको थियो। निर्वासनमा नलगिएसम्म तिनीहरू त्यस देशमै बसोबास गरे।
1CH 5:23 मनश्शेको आधा कुलका मानिसहरू अनगन्ती थिए। तिनीहरू त्यस देशमा बाशानदेखि बाल-हर्मोनसम्म, अर्थात् सेनीर (हेर्मोन पर्वत) सम्म बसोबास गरे।
1CH 5:24 तिनीहरूका परिवारका अगुवाहरू यिनै थिए: एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदवियाह र यहदीएल। तिनीहरू साहसी लडाकु, प्रसिद्ध मानिसहरू, र तिनीहरूका परिवारका मुख्य अगुवाहरू थिए।
1CH 5:25 तर तिनीहरू आफ्ना पितापुर्खाहरूका परमेश्‍वरप्रति विश्‍वासयोग्य भएनन्। अनि परमेश्‍वरले तिनीहरूकै सामु नष्‍ट पार्नुभएका देशका मानिसहरूका देवताहरूको पछि लागेर तिनीहरूले वेश्यावृत्ति गरे।
1CH 5:26 यसकारण इस्राएलका परमेश्‍वरले अश्शूरका राजा पूललाई (अर्थात् अश्शूरका राजा तिग्लत-पिलेसेरलाई) उस्काउनुभयो, जसले रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई निर्वासनमा लगे। राजाले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीमा लगे, जहाँ तिनीहरू आजको दिनसम्म नै छँदैछन्।
1CH 6:1 लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी थिए।
1CH 6:2 कहातका छोराहरू: अम्राम, यिसहार हेब्रोन र उज्जीएल थिए।
1CH 6:3 अम्रामका छोराछोरीहरू: हारून, मोशा र मिरियम थिए। हारूनका छोराहरू: नादाब, अबीहू, एलाजार र ईतामार थिए।
1CH 6:4 एलाजार पीनहासका पिता, पीनहास अबीशूका पिता,
1CH 6:5 अबीशू बुक्‍कीका पिता, बुक्‍की उज्जीका पिता,
1CH 6:6 उज्जी जरयाहका पिता, जरयाह मरायोतका पिता,
1CH 6:7 मरायोत अमर्याहका पिता, अमर्याह अहीतूबका पिता,
1CH 6:8 अहीतूब सादोकका पिता, सादोक अहीमासका पिता,
1CH 6:9 अहीमास अजर्याहका पिता, अजर्याह योहानानको पिता,
1CH 6:10 योहानान अजर्याहका पिता थिए, त्यही अजर्याह, जसले यरूशलेममा सोलोमनले बनाएको मन्दिरमा पुजारीको काम गरेका थिए।
1CH 6:11 अजर्याह अमर्याहका पिता, अमर्याह अहीतूबका पिता,
1CH 6:12 अहीतूब सादोकका पिता, सादोक शल्‍लूमका पिता,
1CH 6:13 शल्‍लूम हिल्कियाहका पिता, हिल्कियाह अजर्याहका पिता,
1CH 6:14 अजर्याह सरायाहका पिता, अनि सरायाह यहोसादाकका पिता थिए।
1CH 6:15 याहवेहले नबूकदनेसरको हातद्वारा यहूदा र यरूशलेमलाई निर्वासनमा लैजानुहुँदा यहोसादाकलाई पनि निर्वासनमा लगियो।
1CH 6:16 लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी थिए।
1CH 6:17 गेर्शोनका छोराहरूका नाम यिनै हुन्: लिब्नी र शिमी थिए।
1CH 6:18 कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए।
1CH 6:19 मरारीका छोराहरू: महली र मूशी थिए।
1CH 6:20 गेर्शोन सन्तानहरू: गेर्शोनका छोरा लिब्नी, लिब्नीका छोरा यहत, यहतका छोरा जिम्माह,
1CH 6:21 जिम्माहका छोरा योआ, योआका छोरा इद्दो, इद्दोका छोरा जेरह, र जेरहका छोरा यातरै थिए।
1CH 6:22 कहातका सन्तानहरू: कहातका छोरा अम्मीनादाब, अम्मीनादाबका छोरा कोरह, कोरहका छोरा अस्सीर
1CH 6:23 अस्सीरका छोरा एल्काना, एल्कनाका छोरा एब्यासाप, एब्यासापका छोरा अस्सीर,
1CH 6:24 अस्सीरका छोरा तहत, तहतका छोरा ऊरीएल, उरीएलका छोरा उज्जियाह, र उज्जियाहका छोरा शौल थिए।
1CH 6:25 एल्कानाका छोराहरू: अमासै र अहीमोत थिए।
1CH 6:26 अहिमोतका छोरा एल्काना, एल्कनाका छोरा सोफै, सोपेका छोरा नहत,
1CH 6:27 नहतका छोरा एलिआब, एलिआबका छोरा यरोहाम, यहोरामका छोरा एल्काना, अनि एल्कानाका छोरा शमूएल थिए।
1CH 6:28 शमूएलका छोराहरू: पहिलो योएल र दोस्रो छोरा अबीयाह थिए।
1CH 6:29 मरारीका सन्तानहरू: महली छोरा लिब्नी, लिब्नीका छोरा शिमी, शिमीका छोरा उज्जाह,
1CH 6:30 उज्‍जाका छोरा शिमीअ, शिमेअका छोरा हग्गियाह र हग्गियाहका छोरा असायाह थिए।
1CH 6:31 परमेश्‍वरको सन्दुक याहवेहको भवनमा राखेपछि दावीदले याहवेहको भवनमा सङ्गीतको निम्ति जिम्मा दिएका मानिसहरू यिनै हुन्।
1CH 6:32 सोलोमनले यरूशलेममा याहवेहको मन्दिर नबनाएसम्म ती मानिसहरूले समागम पाल र भेट हुने पालको अगाडि सङ्गीतद्वारा सेवाको काम गरे। तिनीहरूका निम्ति बनाइएका नियमअनुसार तिनीहरूले जिम्मेवारी पूरा गरे।
1CH 6:33 तिनीहरूका छोराहरूसँग सेवा गर्ने मानिसहरू यिनै हुन्: कहातीहरूबाट: सङ्गीतकार हेमान, जो योएलका छोरा थिए, जो शमूएलका छोरा,
1CH 6:34 जो एल्कानाका छोरा, जो यरोहामका छोरा, जो एलीएलका छोरा, जो तोआहका छोरा,
1CH 6:35 जो सूपका छोरा, जो एल्कानाका छोरा, जो महतका छोरा, जो अमासैका छोरा,
1CH 6:36 जो एल्कानाका छोरा, जो योएलका छोरा, जो अजर्याहका छोरा, जो सपन्याहका छोरा,
1CH 6:37 जो तहतका छोरा, जो अस्सीरका छोरा, जो एब्यासापका छोरा, जो कोरहका छोरा,
1CH 6:38 जो यिसहारका छोरा, जो कहातका छोरा, जो लेवीका छोरा, जो इस्राएलका छोरा थिए।
1CH 6:39 अनि हेमानका सहकर्मी आसाप, जसले तिनको दाहिने हाततर्फ सेवा गर्थे: आसाप बेरेक्याहका छोरा, बेरेक्याह शिमेअका छोरा,
1CH 6:40 जो मिखाएलका छोरा, जो बासेयाहका छोरा, जो मल्कियाहका छोरा,
1CH 6:41 जो एत्नीका छोरा, जो जेरहका छोरा, जो अदायाहका छोरा,
1CH 6:42 जो एतानका छोरा, जो जिम्माहका छोरा, जो शिमीका छोरा,
1CH 6:43 जो यहतका छोरा, जो गेर्शोनका छोरा, जो लेवीका छोरा थिए।
1CH 6:44 अनि तिनका बायाँ हाततर्फ तिनीहरूका सहकर्मी मरारीहरू: एतान कीशीका छोरा, जो अब्दीका छोरा, जो मल्‍लूकका छोरा,
1CH 6:45 जो हशब्याहका छोरा, जो अमस्याहका छोरा, जो हिल्कियाहका छोरा,
1CH 6:46 जो अम्सीका छोरा, जो बानीका छोरा, जो शेमेरका छोरा,
1CH 6:47 जो महलीका छोरा, जो मूशीका छोरा, जो मरारीका छोरा, जो लेवीका छोरा थिए।
1CH 6:48 तिनीहरूका लेवी दाजुभाइहरूलाई परमेश्‍वरको भवन, समागम पालका अरू सबै कामहरूको जिम्मा दिएको थियो।
1CH 6:49 तर हारून र तिनका सन्तानहरूलेचाहिँ परमेश्‍वरको सेवक मोशाले दिएका सबै आज्ञाहरू बमोजिम इस्राएलको निम्ति प्रायश्‍चित गर्दै, महा-पवित्रस्थानमा गर्नुपर्ने सबै कामअनुसार होमबलिको वेदी र धूपको वेदीमा बलिदानहरू चढाउँथे।
1CH 6:50 हारूनका सन्तानहरू यिनै थिए: हारूनका छोरा एलाजार, तिनका छोरा पीनहास, तिनका छोरा अबीशू,
1CH 6:51 तिनका छोरा बुक्‍की, तिनका छोरा उज्जी, तिनका छोरा जरयाह,
1CH 6:52 तिनका छोरा मरायोत, तिनका छोरा अमर्याह, तिनका छोरा अहीतूब,
1CH 6:53 तिनका छोरा सादोक, तिनका छोरा अहीमास थिए।
1CH 6:54 तिनीहरूका निम्ति छुट्ट्याइएका तिनीहरूका बस्‍ने ठाउँहरू यिनै थिए। (ती वासस्थानहरू कहाती वंशहरूबाट आएका हारूनका सन्तानहरूलाई दिइयो; किनकि पहिलो चिट्ठा तिनीहरूका निम्ति परेको थियो)।
1CH 6:55 यहूदामा तिनीहरूलाई हेब्रोनका चारैतिरका खर्कहरूसमेत दिइयो।
1CH 6:56 (तर सहरका चारैतिरका खेतहरू र गाउँहरूचाहिँ यपून्‍नेको छोरा कालेबलाई दिइयो)।
1CH 6:57 यसरी हारूनका सन्तानहरूलाई हेब्रोन (शरण-नगर), लिब्ना, यत्तीर, एश्तमो,
1CH 6:58 हीलेन, दबीर,
1CH 6:59 आशान, युत्ता र बेथ-शेमेशलाई तिनीहरूका खर्कहरूसमेत दिइयो।
1CH 6:60 अनि तिनीहरूलाई बेन्यामीनको कुलबाट गेबा, आलेमेत र अनातोत, अनि तिनीहरूका खर्कहरूसमेत दिइयो।
1CH 6:61 कहातका बाँकी रहेका सन्तानहरूलाई चाहिँ मनश्शेको आधा कुलबाट दश वटा नगरहरू भाग लगाइदिए।
1CH 6:62 गेर्शोनका सन्तानहरूलाई वंश-वंश गरी इस्साखार, आशेर, नप्‍ताली र बाशानमा बस्‍ने मनश्शे कुलको भागबाट तेह्र वटा नगरहरूलाई भाग लगाइदिए।
1CH 6:63 मरारीका सन्तानहरूलाई वंश-वंश गरी रूबेन, गाद र जबूलूनका कुलहरूबाट बाह्र वटा नगरहरू भाग लगाइदिए।
1CH 6:64 यसरी इस्राएलीहरूले लेवीहरूलाई यी नगरहरू र तिनीहरूका खर्कहरू दिए।
1CH 6:65 यहूदा, शिमियोन र बेन्यामीन कुलहरूबाट तिनीहरूलाई माथि उल्‍लेखित गरिएका नगरहरू भाग लगाइदिए।
1CH 6:66 कहातका केही वंशहरूलाई तिनीहरूका इलाकाको रूपमा एफ्राइम कुलका नगरहरूबाट दिइयो।
1CH 6:67 एफ्राइमको पहाडी मुलुकमा शेकेम (शरण-नगर), गेजेर,
1CH 6:68 योकमाम, बेथ-होरोन,
1CH 6:69 अय्यालोन र गात-रिम्मोनको साथै तिनीहरूका खर्कहरूसमेत दिइयो।
1CH 6:70 अनि इस्राएलीहरूले मनश्शेको आधा कुलबाट कहातका बाँकी वंशहरूलाई आनेर र बिलाम, तिनका खर्कहरूसमेत दिए।
1CH 6:71 गेर्शोनीहरूले पाएका ठाउँहरू: मनश्शेको आधा कुलबाट तिनीहरूले बाशानमा गोलान र अस्तारोत, र तिनीहरूका खर्कहरूसमेत पाए।
1CH 6:72 इस्साखारको कुलबाट तिनीहरूले पाएका नगरहरू: केदेश, दाबरत,
1CH 6:73 रामोत र अनेम अनि तिनीहरूका खर्कहरूसमेत पाए;
1CH 6:74 आशेरको कुलबाट तिनीहरूले पाएका ठाउँहरू: माशाल, अब्दोन,
1CH 6:75 हूक्‍कोक, रहोब र तिनीहरूका खर्कहरूसमेत पाए।
1CH 6:76 अनि नप्‍तालीको कुलबाट तिनीहरूले गालीलमा केदेश, हम्मोन, किर्यातैम, अनि तिनीहरूका खर्कहरूसमेत पाए।
1CH 6:77 मरारीहरूले (लेवीहरूका बाँकी रहेकाहरूले) पाएका ठाउँहरू यिनै हुन्: जबूलूनको कुलबाट तिनीहरूले योकन्याम, कर्ताह, रिम्मोनो र तबोर, र तिनीहरूका खर्कहरूसमेत पाए;
1CH 6:78 रूबेनको कुलबाट यरीहोको पूर्वमा यर्दनपारि उजाडस्थानमा बेसेर, यहसाह,
1CH 6:79 कदेमोत, मेपात र तिनीहरूका खर्कहरूसमेत पाए;
1CH 6:80 अनि गादको कुलबाट तिनीहरूले गिलादको रामोत, महनाइम,
1CH 6:81 हेश्बोन, याजेर र तिनीहरूका खर्कहरूसमेत पाए।
1CH 7:1 इस्साखारका छोराहरू: तोला, पुवा, याशूब र शिम्रोन—जम्मा चार जना थिए।
1CH 7:2 तोलाका छोराहरू: उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल, अर्थात् तिनीहरूका परिवारका अगुवाहरू थिए। दावीदको शासनकालमा तिनीहरूको वंशावलीमा लडाकु मानिसहरू भनी सूचित गरिएका तोलाका सन्तानहरूको संख्या 22,600 थियो।
1CH 7:3 उज्जीका छोरा: यिज्रयाह थिए। यिज्रयाहका छोराहरू: मिखाएल, ओबदियाह, योएल र यिश्याह थिए। ती पाँचै जना अगुवाहरू थिए।
1CH 7:4 तिनीहरूका परिवारको वंशावलीअनुसार तिनीहरूसँग युद्धका निम्ति तयार रहेका 36,000 लडाकु मानिसहरू थिए। किनकि तिनीहरूका धेरै पत्नीहरू र छोराछोरीहरू थिए।
1CH 7:5 अनि तिनीहरूका आफन्तहरूमा भएका लडाकु मानिसहरू, जो इस्साखारका वंशहरूबाट थिए। तिनीहरूका वंशावलीमा सूचित गरिएका सबै मानिसहरू 87,000 थिए।
1CH 7:6 बेन्यामीनका तीन छोराहरू: बेला, बेकेर र यदीएल थिए।
1CH 7:7 बेलाका छोराहरू: एसबोन, उज्जी, उज्जीएल, यरीमोत र इरी, अर्थात् परिवारका अगुवाहरू जम्मा पाँच जना थिए। तिनीहरूका वंशावली विवरणमा 22,034 जना लडाकु मानिसहरूको संख्या थियो।
1CH 7:8 बेकेरका छोराहरू: जमीरा, योआश, एलीएजर, एल्योएनै, ओम्री, यरेमोत, अबीयाह, अनातोत र आलेमेत थिए। यी सबै जना बेकेरका छोराहरू थिए।
1CH 7:9 तिनीहरूका परिवारका वंशावलीको विवरणमा अगुवाहरू र लडाकु मानिसहरू 20,200 सूचित थिए।
1CH 7:10 यदीएलका छोरा: बिल्हान थिए। बिल्हानका छोराहरू: येऊश, बेन्यामीन, एहूद, कनानाह, जेतान, तर्शीश र अहीशहर थिए।
1CH 7:11 यदीएलका यी सबै छोराहरू परिवारहरूका अगुवाहरू थिए। लडाइँमा जान तयार रहेका 17,200 जना लडाकु मानिसहरू त्यहाँ थिए।
1CH 7:12 इरका छोराहरू शुप्पी र हुप्पी थिए, र हुशीमहरू अहेरका छोराहरू थिए।
1CH 7:13 नप्‍तालीका छोराहरू: यहसेल, गुनी, येसेर र शिल्‍लेम, अर्थात् यिनीहरू बिल्हाका छोराहरू थिए।
1CH 7:14 मनश्शेका सन्तानहरू: अस्रीएलचाहिँ मनश्शेका अरामी उपपत्नीबाट जन्मिएका सन्तान थिए। तिनले गिलादका पिता माकीरलाई पनि जन्माइन्।
1CH 7:15 माकीरले हुप्पी र शुप्पीहरूमध्येबाट तिनीहरूकी बहिनी माकालाई पत्नी तुल्याए। मनश्शेको अर्को सन्तानको नाम सलोफाद थियो; र सलोफादका छोरीहरू मात्र थिए।
1CH 7:16 माकीरकी पत्नी माकाले एउटा छोरा जन्माइन्, जसको नाम तिनले पेरेस राखिन्। अनि उसको भाइको नाम शेरेस थियो। अनि पेरेसका छोराहरूचाहिँ ऊलाम र राकेम थिए।
1CH 7:17 ऊलामका छोरा: बदान थिए। मनश्शेको छोरा माकीर, माकीरका छोरा गिलादका छोराहरू यिनीहरू नै थिए।
1CH 7:18 गिलादकी बहिनी हम्मोलेकेतले ईशोद, अबीएजेर र महलालाई जन्माएकी थिइन्।
1CH 7:19 शमीदाका छोराहरू: अहियन, शेकेम, लिखी र अनीआम थिए।
1CH 7:20 एफ्राइमका सन्तानहरू: एफ्राइमका छोरा शूतेलह, शूतेलहका छोरा बेरेद, बेरेदका छोरा तहत, तहतका छोरा एलादा, एलादाका छोरा तहत,
1CH 7:21 तहतका छोरा जाबाद र जाबादका छोरा शूतेलह थिए। (एसेर र एलादचाहिँ गातका मानिसहरूका बस्तुभाउ लुट्न जाँदा, त्यहाँका स्थानीय बासिन्दाहरूद्वारा मारिएका थिए।
1CH 7:22 तिनीहरूका पिता एफ्राइमले तिनीहरूका निम्ति धेरै दिनसम्म शोक गरे। अनि तिनका आफन्तहरू तिनलाई सान्त्वना दिन आए।
1CH 7:23 त्यसपछि एफ्राइमले आफ्नी पत्नीसँग फेरि सहवास गरे। तब तिनी गर्भवती भइन्, र एउटा छोरा जन्माइन्; जसको नाम तिनले बेरियाह राखे; किनकि तिनको परिवारमा विपत्ति आएको थियो।
1CH 7:24 एफ्राइमकी छोरी शेराह थिइन्, जसले माथिल्‍लो र तल्‍लो बेथ-होरोन र उज्जेन-शेराह नगरहरू निर्माण गरेकी थिइन्।)
1CH 7:25 एफ्राइमका छोरा रपाह थिए, जसका छोरा रेशेप, जसका छोरा तेलह, जसका छोरा तहन,
1CH 7:26 जसका छोरा लादान, जसका छोरा अम्मीहूद, जसका छोरा एलिशामा,
1CH 7:27 जसका छोरा नुन, अनि नूनका छोरा यहोशू थिए।
1CH 7:28 तिनीहरूको जमिन र बसोबास गरेका ठाउँहरूमा दक्षिणतिर बेथेल र त्यसका चारैतिरका बस्तीहरू, पूर्वतिर नारान, पश्‍चिमतिर गेजेर र त्यसका बस्तीहरू, उत्तरतिर अय्याह र त्यसका बस्तीहरूसमेत शेकेमसम्म नै र त्यसका बस्तीहरू सामेल थिए।
1CH 7:29 मनश्शेका सिमानाहरू बेथ-शान, तानाक, मगिद्दो, डोर र तिनीहरूका बस्तीहरूसमेत थिए। इस्राएलका छोरा योसेफका सन्तानहरू यिनै नगरहरूमा बस्थे।
1CH 7:30 आशेरका छोराहरू: यिम्ना, यिश्‍वा, यिश्‍वी र बेरियाह थिए। तिनीहरूकी बहिनी सेरह थिइन्।
1CH 7:31 बेरियाहका छोराहरू: हेबेर र मल्कीएल, जो बिर्जेतका पिता थिए।
1CH 7:32 हेबेरचाहिँ येप्लेत, शोमेर, होताम र तिनीहरूकी बहिनी शूआका पिता थिए।
1CH 7:33 येप्लेतका छोराहरू: पासक, बिम्हाल र अश्‍वात थिए।
1CH 7:34 शोमेरका छोराहरू: अही, रोहगा, हूब्बा र अराम थिए।
1CH 7:35 शोमेरका भाइ हेलेमका छोराहरू: सोपह, यिम्ना, शेलेश र आमाल थिए।
1CH 7:36 सोपहका छोराहरू: सूह, हर्नेपेर, शूआल, बेरी, यिम्राह,
1CH 7:37 बेसेर, होद, शम्मा, शिल्शा, यित्रान र बेरा थिए।
1CH 7:38 येतेरका छोराहरू: यपून्‍ने, पिस्पा र अरा थिए।
1CH 7:39 उल्‍लाका छोराहरू: अराह, हन्‍नीएल र रिसिया थिए।
1CH 7:40 आशेरका यी सबै सन्तानहरू—परिवारहरूका मुखियाहरू, चुनिएका मानिसहरू, वीर योद्धाहरू र विशिष्‍ट अगुवाहरू थिए। लडाइँमा जान सक्ने मानिसहरूको संख्या तिनीहरूको वंशावलीको सूचीअनुसार, 26,000 थिए।
1CH 8:1 बेन्यामीनका छोराहरू: पहिलो छोरा बेला; दोस्रो छोरा अश्बेल, तेस्रो अहरह,
1CH 8:2 चौथो नोआ र पाँचौँ रफा।
1CH 8:3 बेलाका छोराहरू यिनै हुन्: अद्दार, गेरा, अबिहूद,
1CH 8:4 अबीशू, नामान, अहोह,
1CH 8:5 गेरा, शपूपान र हूराम।
1CH 8:6 एहूदका सन्तानहरू यिनै थिए, जो गेबामा बस्‍ने परिवारका अगुवाहरू थिए; र यिनीहरू मानहतमा कैदमा लगिएका थिए:
1CH 8:7 एहूदका नामान, अहीयाह र गेरा नामका छोराहरू थिए। गेराले नै गेबाहरूलाई निर्वासनमा लगे, जो उज्जाह र अहीहूदका पिता थिए।
1CH 8:8 सहरेमले आफ्ना पत्नीहरू हूशीम र बारासँग सम्बन्ध-विच्छेद गरिसकेपछि मोआबमा तिनका अरू छोराहरू जन्मेका थिए।
1CH 8:9 तिनकी पत्नी होदेशबाट योबाब, सिब्या, मेशा, मल्काम,
1CH 8:10 यूस, साकिया र मिर्मा नाम भएका छोराहरू भए। ती छोराहरू, परिवारहरूका मुखियाहरू भए।
1CH 8:11 तिनकी पत्नी हूशीमबाट अबीतूब र एल्पाल छोराहरू भएका थिए।
1CH 8:12 एल्पालका छोराहरू: एबेर, मिशाम, शेमेद, (जसले ओनो, लोद र यसका चारैतिरका बस्तीहरू निर्माण गरे)।
1CH 8:13 अनि बेरियाह र शेमा, अय्यालोनमा बस्‍नेहरूका अगुवा थिए; तिनीहरूले गातका बासिन्दाहरूलाई धपाएका थिए।
1CH 8:14 अहियो, शाशक, यरेमोत,
1CH 8:15 जबदियाह, अराद, एदेर,
1CH 8:16 मिखाएल, यिश्पा र योहा बेरियाहका छोराहरू थिए।
1CH 8:17 जबदियाह, मशुल्‍लाम, हिज्की, हेबेर,
1CH 8:18 यिश्मरै, यिज्लीअ र योबाब एल्पालका छोराहरू थिए।
1CH 8:19 याकीम, जिक्री, जब्दी,
1CH 8:20 एलीएनै, सिल्‍लतै, एलीएल,
1CH 8:21 अदायाह, बरायाह र शिम्रात शिमीका छोराहरू थिए।
1CH 8:22 यिश्पान, एबेर, एलीएल,
1CH 8:23 अब्दोन, जिक्री, हानान,
1CH 8:24 हनन्याह, एलाम, अन्तोतियाह,
1CH 8:25 यिपदियाह र पनीएल शाशकका छोराहरू थिए।
1CH 8:26 शम्शरै, शहर्याह, अतल्याह,
1CH 8:27 यारेश्याह, एलिया र जिक्री यरोहामका छोराहरू थिए।
1CH 8:28 यी सबै मानिसहरू वंशावलीको सूचीमा दर्ता गरिएअनुसार पुर्ख्यौली वंशका अगुवाहरू थिए। यिनीहरू यरूशलेममा बस्दथे।
1CH 8:29 गिबोनका पिता यीएल गिबोनमा बस्थे। तिनकी पत्नीको नाम माका थियो।
1CH 8:30 तिनका जेठा छोरा अब्दोन थिए, अब्दोनपछि सूर, कीश, बाल, नेर, नादाब,
1CH 8:31 गदोर, अहियो, जेकेर
1CH 8:32 अनि मिक्लोत थिए, जोचाहिँ शिमाहका पिता थिए। तिनीहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूको नजिक बस्थे।
1CH 8:33 नेर कीशका पिता थिए; कीश शाऊलका पिता, र शाऊलचाहिँ जोनाथन, मल्की-शूअ, अबीनादाब र एश-बालका पिता थिए।
1CH 8:34 जोनाथनका छोरा: मरीब-बाल, जो मीकाका पिता थिए।
1CH 8:35 मीकाका छोराहरू: पीतोन, मेलेक, तारे र आहाज।
1CH 8:36 आहाज यहोयादाका पिता थिए; यहोयादा आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए; र जिम्री मोसका पिता थिए।
1CH 8:37 मोस बिनेका पिता थिए; बिनेका छोरा रफाह थिए, रफाका छोरा एलासा र एलासाका छोरा आसेल थिए।
1CH 8:38 आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाम यिनै थिए: अज्रीकाम, बोकेरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।
1CH 8:39 आसेलका भाइ एशेकका छोराहरू: पहिलो ऊलाम, दोस्रो येऊश र तेस्रो एलीपेलेत।
1CH 8:40 ऊलामका छोराहरू धनु चलाउन सक्ने वीर धनुर्धारी योद्धाहरू थिए। तिनीहरूका धेरै छोरा र नातिहरू थिए—सबै गरेर 150 जना। यी सबै मानिसहरू बेन्यामीनका सन्तानहरू थिए।
1CH 9:1 सारा इस्राएलीहरूको सूची इस्राएल र यहूदाका राजाहरूका वंशावलीहरूको पुस्तकमा दर्ता गरियो। तिनीहरूको अविश्‍वासको कारण यहूदालाई बेबिलोनमा कैद गरेर लगियो।
1CH 9:2 अब निर्वासनबाट पहिले फर्केर आउनेहरू र तिनीहरूका आफ्नै सहरहरूमा भएका आफ्नै सम्पत्तिमा बसोबास गर्नेहरूमा केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू र मन्दिरका सेवकहरू थिए।
1CH 9:3 तिनीहरू यहूदा, बेन्यामीन, एफ्राइम र मनश्शेबाट थिए, जो यरूशलेममा बस्दथे:
1CH 9:4 ऊतै अम्मीहूदका छोरा, अम्मीहूद ओम्रीका छोरा, ओम्री इम्रीका छोरा, इम्री बानीका छोरा, जो यहूदाका छोरा पेरेसका सन्तान थिए।
1CH 9:5 शीलोनीहरूबाट: जेठा छोरा असायाह र तिनका छोराहरू।
1CH 9:6 जेरहातीहरूमा: यूएल।
1CH 9:7 बेन्यामीनीहरूमा: सल्‍लू मशुल्‍लामका छोरा, मशुल्‍लाम होदवियाहका छोरा, होदवियाह हस्सेनूअका छोरा।
1CH 9:8 यरोहामका छोरा यिब्न्यियाह; एलाह उज्जीका छोरा, उज्जी मिक्रीका छोरा; अनि मशुल्‍लाम शपत्याहका छोरा, शपत्याह रूएलका छोरा, रूएल यिब्नियाहका छोरा थिए।
1CH 9:9 बेन्यामीन वंशका मानिसहरू, तिनीहरूको वंशावलीमा सूचित गरिएअनुसार, तिनीहरूको संख्या 956 थियो। यी सबै मानिसहरू तिनीहरूका परिवारका अगुवाहरू थिए।
1CH 9:10 पुजारीहरूमा: यदायाह; यहोयारीब; याकीन;
1CH 9:11 अजर्याह हिल्कियाहका छोरा, हिल्कियाह मशुल्‍लामका छोरा, मशुल्‍लाम सादोकका छोरा, सादोक मरायोतका छोरा, मरायोत अहीतूबका छोरा, जो परमेश्‍वरको भवनको मुख्य अधिकारी थिए;
1CH 9:12 अदायाह यरोहामका छोरा, यहोराम पशहूरका छोरा, पशहूर मल्कियाहका छोरा; अनि मासै अदीएलका छोरा, अदीएल यहजेराका छोरा, यहजेरा मशुल्‍लामका छोरा, मशुल्‍लाम मशिलेमीतका छोरा, मशिलेमीत इम्मेरका छोरा थिए।
1CH 9:13 पुजारीहरू, जो परिवारका मुखियाहरू थिए तिनीहरूको संख्या 1,760 थियो। तिनीहरू परमेश्‍वरको भवनमा सेवा गर्न योग्यका जिम्मेवार मानिसहरू थिए।
1CH 9:14 लेवीहरूमा: शमायाह हश्शूबका छोरा, हश्शूब अज्रीकामका छोरा, अज्रीकाम हशब्याहका छोरा, हशब्याह मरारीका छोरा थिए;
1CH 9:15 बक्बक्‍कर, हेरेश, गलाल र मत्तन्याह थिए; मतन्याह मीकाका छोरा, मीका जिक्रीका छोरा, जिक्री आसापका छोरा थिए;
1CH 9:16 ओबदियाह शमायाहका छोरा, शमायाह यदूतूनका छोरा, यदूतून गलालका छोरा; अनि बेरेक्याह आसाका छोरा, आसा एल्कानाका छोरा, जो नतोपातीहरूका गाउँहरूमा बस्थे।
1CH 9:17 द्वारपालहरूमा: शल्‍लूम, अक्‍कूब, तल्मोन अहीमन र तिनीहरूका लेवी दाजुभाइहरू; अनि शल्‍लूमचाहिँ तिनीहरूका अगुवा थिए।
1CH 9:18 यस बेलासम्म पूर्वपट्टि राजाको मूलढोकामा खटिएका द्वारपालहरू थिए। तिनीहरू लेवीहरूका छाउनीका द्वारपालहरू थिए।
1CH 9:19 शल्‍लूम कोरेका छोरा, कोरे एब्यासापका छोरा, एब्यासाप कोरहका छोरा, र कोरहका सहकर्मी द्वारपालहरू तिनको परिवारबाट (कोरहवंशीहरू) तिनीहरूका पुर्खाहरू याहवेहको वासस्थानको प्रवेशद्वारको सुरक्षाको जिम्मेवारी भएझैँ, तिनीहरू छाउनीका सँघारको सुरक्षाको लागि जिम्मेवार थिए।
1CH 9:20 पहिलेको समयमा एलाजारका छोरा पीनहास द्वारपालहरूका अधिकारी थिए; अनि याहवेह तिनीसँग हुनुहुन्थ्यो।
1CH 9:21 मेशेलेम्याहको छोरा जकरियाचाहिँ भेट हुने पालको प्रवेशद्वारमा द्वारपाल थिए।
1CH 9:22 द्वारपाल हुन चुनिएकाहरूको जम्मा संख्या 212 थियो। तिनीहरूको गाउँअनुसार तिनीहरूको वंशावली दर्ता गरिएको थियो। दावीद र दर्शी शमूएलले ती द्वारपालहरूलाई नियुक्त गरेका थिए; किनभने तिनीहरू विश्‍वासयोग्य थिए।
1CH 9:23 तिनीहरू र तिनीहरूका सन्तानहरू याहवेहको भवन, अर्थात् भेट हुने पालका मूलढोकाहरूको सुरक्षा गर्ने जिम्मामा थिए।
1CH 9:24 द्वारपालहरू चारै दिशामा: पूर्व, पश्‍चिम, उत्तर र दक्षिणमा थिए।
1CH 9:25 तिनीहरूका गाउँहरूमा भएका लेवी दाजुभाइहरू आएर सात दिनका निम्ति तिनीहरूलाई सुरक्षाको काममा पालैपालो सहयोग गर्थे।
1CH 9:26 तर चार जना मुख्य लेवी द्वारपालहरूलाई चाहिँ परमेश्‍वरको भवनमा भएका कोठाहरू र भण्डारहरूका लागि जिम्मेवारी दिइएको थियो।
1CH 9:27 तिनीहरूले परमेश्‍वरको भवनको वरिपरि रात बिताउँथे; किनकि तिनीहरूले भवनको रक्षा गर्नुपर्थ्यो। भवनको चाबी तिनीहरूसँग नै हुन्थ्यो र प्रत्येक बिहान तिनीहरूले नै भवन खोल्ने गर्थे।
1CH 9:28 तिनीहरूमध्ये कोहीचाहिँ मन्दिरको सेवामा प्रयोग गरिने सामग्रीहरूका अधिकारी थिए। ती सामग्रीहरू बाहिर निकालिँदा र भित्र लगिँदा तिनीहरूले गन्ती गर्थे।
1CH 9:29 अरूहरूलाई चाहिँ सामानहरू र पवित्रस्थानका अरू सामग्रीहरूको साथमा विशेष पिठो, दाखमद्य, जैतुनको तेल, धूप र मसलाहरूको रेखदेख गर्ने जिम्मा दिइएको थियो।
1CH 9:30 तर कति पुजारीहरूले चाहिँ मसलाहरूको मिश्रण बनाउने काम गर्थे।
1CH 9:31 कोरहवंशी शल्‍लूमको जेठो छोरा मत्तीत्याह नाम भएका लेवीले भेटीको रूपमा चढाइने रोटी पकाउने जिम्मा पाएका थिए।
1CH 9:32 तिनीहरूका केही कहातवंशी लेवी दाजुभाइहरूचाहिँ प्रत्येक शब्बाथ विश्रामको दिनमा मेचमाथि राखिने रोटी तयार गर्ने जिम्मामा थिए।
1CH 9:33 सङ्गीतकारहरू, जो लेवी परिवारका मुखियाहरू थिए; तिनीहरू मन्दिरका कोठाहरूमा बस्थे, र तिनीहरूलाई अरू कामहरूको जिम्मा दिइँदैनथ्यो। किनकि दिनरात तिनीहरूको सङ्गीतको जिम्मेवारी थियो।
1CH 9:34 यी सबै लेवी परिवारका अगुवाहरू थिए। अगुवाहरू तिनीहरूका वंशावलीको सूचीमा लेखिएका थिए; तिनीहरू यरूशलेममा बस्थे।
1CH 9:35 गिबोनका पिता यीएल गिबोनमा बस्थे। तिनकी पत्नीको नाम माका थियो।
1CH 9:36 अनि तिनका जेठा छोरा अब्दोन थिए; अब्दोनपछि सूर, कीश, बाल, नेर, नादाब,
1CH 9:37 गदोर, अहियो, जकरिया र मिक्लोत।
1CH 9:38 मिक्लोतचाहिँ शिमामका पिता थिए। तिनीहरू पनि यरूशलेममा तिनीहरूका आफन्तहरूका नजिक बस्थे।
1CH 9:39 नेर कीशका पिता थिए; कीश शाऊलका पिता, र शाऊलचाहिँ जोनाथन, मल्की-शूअ, अबीनादाब र एश-बालका पिता थिए।
1CH 9:40 जोनाथनका छोरा: मरीब-बाल, जो मीकाका पिता थिए।
1CH 9:41 मीकाका छोराहरू: पीतोन, मेलेक, तहरै र आहाज।
1CH 9:42 आहाज यादाहका पिता थिए; अनि यादाहचाहिँ, आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए। जिम्रीचाहिँ मोसका पिता थिए।
1CH 9:43 तिनी बिनेका पिता थिए; अनि रपायाहचाहिँ बिनेका छोरा थिए। एलासा रपायाहका छोरा र आसेल एलासाका छोरा थिए।
1CH 9:44 आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाम यिनै थिए; अज्रीकाम, बोकेरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी आसेलका छोराहरू थिए।
1CH 10:1 पलिश्तीहरूले इस्राएलीहरूको विरुद्धमा युद्ध गरे; इस्राएलीहरू पलिश्तीहरूको सामुबाट भागे र धेरै जना गिल्बो पर्वतमा मारिए।
1CH 10:2 पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई खेदेर पक्रे; अनि तिनीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्की-शूअलाई मारे।
1CH 10:3 शाऊलको चारैतिर युद्धले भयङ्ककर रूप लियो। अनि जब धनुर्धारीहरू तिनीमाथि जाइलागे, तब उनीहरूले तिनलाई घाइते बनाए।
1CH 10:4 शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई रोप्, नत्रता यी खतना नभएकाहरू आएर मेरो खिल्‍ली उडाउनेछन् र मार्नेछन्।” तर तिनको हतियार बोक्ने डरायो र त्यसो गर्ने आँट गरेन। त्यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे।
1CH 10:5 जब त्यस हतियार बोक्नेले शाऊललाई मरेको देख्यो, तब त्यसले पनि आफ्नो तरवारले आफैँलाई रोप्यो र मर्‍यो।
1CH 10:6 यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे। तिनको सम्पूर्ण घराना एकैसाथ मरे।
1CH 10:7 जब बेँसीमा भएका सारा इस्राएलीहरूले सेनाहरू भागिरहेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडेर भागे। अनि पलिश्तीहरू आएर तिनीहरूका सहरहरू कब्जा गरे।
1CH 10:8 भोलिपल्ट जब पलिश्तीहरू मरेकाहरूका माल लुट्न आए, तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो पर्वतमा मारिएका भेट्टाए।
1CH 10:9 तिनीहरूले तिनलाई नाङ्गो पारेर तिनको टाउको र हतियार लगे। यो खबर तिनीहरूका मूर्तिहरू र तिनीहरूका मानिसहरूका बीचमा घोषणा गर्नलाई पलिश्तीहरूको देशभरि दूतहरू पठाए।
1CH 10:10 तिनीहरूले शाऊलका हतियार आफ्ना देवताहरूको मन्दिरमा राखे, र तिनको टाउकोलाई चाहिँ आफ्ना देवता दागोनको मन्दिरमा झुण्ड्याए।
1CH 10:11 जब याबेश-गिलादका सबै बासिन्दाहरूले शाऊललाई पलिश्तीहरूले के गरेका थिए भन्‍ने सुने,
1CH 10:12 तब तिनीहरूका सबै वीर मानिसहरू गएर शाऊल र तिनका छोराहरूका मृत शरीर याबेशमा ल्याए। त्यसपछि उनीहरूले तिनीहरूका हड्डीहरू याबेशको ठूलो रूखमुनि गाडे; र उनीहरू सात दिनसम्म उपवास बसे।
1CH 10:13 शाऊलको मृत्यु भयो; किनकि तिनी याहवेहप्रति विश्‍वासयोग्य थिएनन्। त्यसकारण तिनले याहवेहको वचन पालन गरेनन्, तब तिनले अगुवाइको निम्ति तन्त्रमन्त्रको सल्‍लाह लिए;
1CH 10:14 तर याहवेहसँग चाहिँ सल्‍लाह लिएनन्। यसकारण याहवेहको विरोध गरेको पापले गर्दा तिनी मर्नुपर्‍यो। अनि उहाँले तिनको राज्य यिशैका छोरा दावीदलाई दिनुभयो।
1CH 11:1 सारा इस्राएलीहरू हेब्रोनमा दावीदकहाँ आएर भने, “हामी तपाईंकै आफ्नै हाडनाता हौँ।
1CH 11:2 विगतमा शाऊल राजा हुँदा पनि, इस्राएललाई सैनिक लडाइँमा डोर्‍याउने तपाईं नै हुनुहुन्थ्यो। याहवेह तपाईंका परमेश्‍वरले तपाईंलाई भन्‍नुभएको थियो, ‘तँ मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्, र तँ तिनीहरूका शासक हुनेछस्।’ ”
1CH 11:3 जब इस्राएलका सबै प्रधानहरू हेब्रोनमा राजा दावीदकहाँ आए, तब दावीदले हेब्रोनमा याहवेहको सामु तिनीहरूसित एउटा करार बाँधे। याहवेहले शमूएलद्वारा प्रतिज्ञा गर्नुभएजस्तै तिनीहरूले दावीदलाई इस्राएलमाथि राजा अभिषेक गरे।
1CH 11:4 दावीद र सारा इस्राएलीहरू यरूशलेम (अर्थात् यबूस) तर्फ गए। त्यहाँ बस्‍ने यबूसीहरूले
1CH 11:5 दावीदलाई भने, “तपाईं यहाँ कहिल्यै आउनुहुनेछैन।” तरै पनि दावीदले सियोनको किल्‍लालाई कब्जा गरे, अर्थात् जुन दावीदको सहर हो।
1CH 11:6 दावीदले भनेका थिए, “जसले यबूसीहरूमाथि पहिले आक्रमण गर्छ, त्यो सेनापति हुनेछ।” तब सरूयाहका छोरा योआबले पहिले आक्रमण गरे, र तिनी सेनापति भए।
1CH 11:7 दावीदले त्यस किल्‍लामा बसोबास गरे, र त्यसलाई दावीदको सहर भनियो।
1CH 11:8 तिनले कौसीदेखि लिएर चारैतिरका पर्खालहरूसम्म वरिपरि सहरको निर्माण गरे; अनि योआबले चाहिँ बाँकी रहेको सहर पुनर्स्थापित गरे।
1CH 11:9 दावीद झन्-झन् शक्तिशाली बन्दैगए; किनकि सेनाहरूका याहवेह तिनीसँग हुनुहुन्थ्यो।
1CH 11:10 दावीदका वीर योद्धाहरूका अगुवाहरू यिनै थिए जसले सारा इस्राएलसँग मिलेर याहवेहले प्रतिज्ञा गर्नुभएझैँ, सम्पूर्ण देशमा दावीदको राज्य बलियो बनाउन दरिलो सहारा दिए।
1CH 11:11 दावीदका वीर योद्धाहरूको सूची यही हो: हक्मोनी यशोबाम अधिकृतहरूका प्रमुख थिए; जसले एकै पटकमा तीन सय मानिसहरूलाई आफ्नो भालाले प्रहार गरेर मारे।
1CH 11:12 यशोबामपछि अहोही दोदोका छोरा एलाजार, जो तीन जना वीरहरूमध्येका एक जना थिए।
1CH 11:13 पलिश्तीहरू पास-दम्मीममा युद्ध गर्नका निम्ति भेला हुँदा एलाजार दावीदसँग थिए। त्यो ठाउँ जहाँ जौले भरिएको खेत थियो, र इस्राएली सेनाहरू पलिश्तीहरूदेखि भागेका थिए।
1CH 11:14 तर इस्राएली सेनाहरू जौको खेतको बीचमा खडा भए। तिनीहरूले त्यस खेतलाई सुरक्षा दिइराखे; र पलिश्तीहरूलाई मारे। अनि याहवेहले सेनाहरूलाई ठूलो विजय दिनुभयो।
1CH 11:15 तीसमध्ये तीन जना मुख्य वीरहरू अदुल्‍लामको गुफामा भएको चट्टानमा दावीदकहाँ आए। त्यही समयमा पलिश्तीहरूको एक दलचाहिँ रपाईमको बेँसीमा छाउनी हालेर बसेका थिए।
1CH 11:16 त्यस बेला दावीद गढीमा थिए। अनि पलिश्ती सेनाहरूचाहिँ बेथलेहेममा थिए।
1CH 11:17 दावीदले पानीको इच्छा गरेर भने, “अहो, कसैले बेथलेहेमको मूलढोकाको छेउको इनारबाट मलाई पानी पिउनलाई ल्याइदिए हुनेथियो!”
1CH 11:18 यसकारण ती तीन जना पलिश्तीहरूको छाउनीबाट छिरेर गए। अनि बेथलेहेमको मूलढोकाको छेउको कुवाबाट पानी लिएर दावीदकहाँ फर्किआए। तर तिनले त्यो पानी पिउन इन्कार गरे। तिनले पिउनको सट्टा पानीलाई याहवेहको सामु खन्याइदिए।
1CH 11:19 तिनले भने, “परमेश्‍वरले मलाई यसो गर्न नदेऊन्! के तिनीहरूको जीवन जोखिममा पारेर जाने यी मानिसहरूको रगत मैले पिऊँ?” तिनीहरूले आफ्नो जीवनलाई जोखिममा पारेर पानी ल्याएको कारणले दावीदले त्यो पानी पिएनन्। ती तीन जना वीर मानिसहरूका वीरताका कामहरू यस्ता थिए।
1CH 11:20 ती तीन जनाका अगुवाचाहिँ योआबका भाइ अबीशै थिए। तिनले तीन सय मानिसहरूको विरुद्धमा आफ्नो भाला उठाए र मारे। यसैले तिनी पनि ती तीन जना वीरहरूझैँ प्रसिद्ध भए।
1CH 11:21 अबीशैले ती तीन जनाले भन्दा दोबर सम्मान पाए। यद्यपि तिनी ती तीन जनामध्येका थिएनन्, तापनि तिनी उनीहरूका सेनापति भए।
1CH 11:22 कब्सेलबाट यहोयादाका छोरा बनायाह एक जना वीर योद्धा थिए, जसले धेरै वीरताका कामहरू गरेका थिए। तिनले मोआबका दुई जना वीर योद्धाहरूलाई मारे। हिउँ परेको दिन एउटा खाडलमा तल ओर्लेर तिनले एउटा सिंहलाई मारे।
1CH 11:23 अनि तिनले पाँच क्यूबिट अग्लो एक जना इजिप्टियनलाई मारे। त्यस इजिप्‍टियनको हातमा तान बुन्‍ने डण्डाजस्तो एउटा भाला थियो, तापनि त्यसको विरुद्धमा बनायाहले एउटा लहुरो लिएर गए। तिनले त्यस इजिप्‍टियनको हातबाट भाला खोसेर त्यसलाई त्यसकै भालाले मारे।
1CH 11:24 यहोयादाका छोरा बनायाहका वीरताका कामहरू यस्तै थिए; तिनी पनि ती तीन वीर मानिसहरूजस्तै प्रसिद्ध थिए।
1CH 11:25 तिनको पनि तीस जनाभन्दा बढी सम्मान भयो, तर ती तीन जना वीर मानिसहरूसँग गनिएनन्। दावीदले तिनलाई आफ्ना अङ्गरक्षकहरूमाथि सेनापति नियुक्त गरे।
1CH 11:26 ती वीर मानिसहरू यी हुन्: योआबका भाइ असाहेल, बेथलेहेमबासी दोदोका छोरा एल्हानान,
1CH 11:27 हरोरी शम्मोत, पेलोनी हेलेस,
1CH 11:28 तकोईबाट इक्‍केशका छोरा ईरा, अनातोतका अबीएजेर,
1CH 11:29 हूशातीका सिब्बकै, अहोही ईलै,
1CH 11:30 नतोपाती महरै, नतोपाती बानाहका छोरा हेलेद,
1CH 11:31 बेन्यामीनको गेबाबाट रीबैका छोरा इत्तै, पिरातोनी बनायाह,
1CH 11:32 गाशका खोल्साहरूबाट हूरै, अर्बातीबाट अबीएल,
1CH 11:33 बहूरीमी अज्मावेत, शाल्बोनी एल्याहबा,
1CH 11:34 गीजोनी हाशेमका छोराहरू, हरारी शागेका छोरा जोनाथन,
1CH 11:35 हरारी साकारका छोरा अहीआम, ऊरका छोरा एलीपाल,
1CH 11:36 मकेराती हेपेर, पेलोनी अहीयाह,
1CH 11:37 कर्मेलबाट हेस्रो, एज्बैका छोरा नारै,
1CH 11:38 नातानका भाइ योएल, हग्रीका छोरा मिभार,
1CH 11:39 अम्मोनबाट सेलेक, बेरोती नहरै, जसले सरूयाहका छोरा योआबका हतियार बोक्ने गर्थे,
1CH 11:40 यित्री ईरा, यित्रीबाट गारेब,
1CH 11:41 हित्ती उरियाह, अहलैका छोरा जाबाद,
1CH 11:42 रूबेनी शीजाका छोरा अदीना, जो रूबेनीहरू र तिनीसँग भएका तीस जना मानिसहरूका प्रमुख थिए;
1CH 11:43 माकाहका छोरा हानान, मित्नी योशापात,
1CH 11:44 अश्तेराती उज्जीया, अरोएरबाट होतामका छोराहरू शामा र यीएल,
1CH 11:45 शिम्रीका छोरा यदीएल, तिनका भाइ तिजीबाट योहा,
1CH 11:46 महाबी एलीएल, एल्नामका छोराहरू, यरीबै र योशब्याह, मोआबी यित्मा,
1CH 11:47 एलीएल, ओबेद र मेजोबाई यासीएल।
1CH 12:1 दावीदलाई कीशका छोरा शाऊलको सामुबाट निष्कासन गरिएको बेलामा सिक्लगमा दावीदकहाँ आउने मानिसहरू यिनीहरू नै थिए। (तिनीहरू योद्धाहरू मध्येका थिए, जसले दावीदलाई लडाइँमा सघाएका थिए।
1CH 12:2 तिनीहरू धनुर्धारी थिए, र काँड हान्‍न सक्ने अथवा दायाँ-बायाँ दुवै हातले घुँयेत्रोले ढुङ्गा हान्‍न सक्ने क्षमता भएका मानिसहरू थिए। तिनीहरू बेन्यामीनी कुलबाट शाऊलका आफन्तहरू थिए):
1CH 12:3 गिबियाति शेमाहका छोराहरू अहीएजेर र योआश तिनीहरूका अगुवा थिए; अज्मावेतका छोराहरू यजीएल र पेलेत; बराकाह, अनातोती येहू;
1CH 12:4 अनि गिबोनबाट यिश्मायाह, जो तीस जनामध्येका एक वीर मानिस थिए, जो ती तीस जना वीरहरूमध्येका अगुवा थिए; गदेराबाट यर्मिया, यहजीएल, योहानान, योजाबाद,
1CH 12:5 एलूजै, यरीमोत, बाल्याह, शमर्याह, र हारूपीबाट शपत्याह;
1CH 12:6 कोरहवंशीबाट एल्काना, यिश्याह, अजरेल, योएजेर र यशोबाम थिए;
1CH 12:7 अनि गदोरबाट यरोहामका छोराहरू योएलह र जबदियाह थिए।
1CH 12:8 केही गादीहरू दावीदसँग मिल्न भनी उजाडस्थानमा भएको गढमा तिनीकहाँ आए। तिनीहरू बहादुर योद्धाहरू थिए, लडाइँ गर्न तयार रहेका ढाल र भाला चलाउन सक्ने योद्धाहरू थिए। तिनीहरूका अनुहार सिंहका अनुहारझैँ र तिनीहरू पहाडहरूका घोरलहरूझैँ फूर्तिला थिए।
1CH 12:9 एजेरचाहिँ तिनीहरूका मुखिया थिए; दोस्रोमा ओबदिया, तेस्रोमा एलिआब,
1CH 12:10 चौथो मिश्मन्‍ना, पाँचौँ यर्मिया,
1CH 12:11 छैटौँ अत्तै, सातौँ एलीएल,
1CH 12:12 आठौँ योहानान, नवौँ एल्जाबाद,
1CH 12:13 दसौँ यर्मिया र एघारौँचाहिँ मक्बन्‍ने।
1CH 12:14 यी गादीहरू सेनाका सेनापतिहरू थिए; जसमा सबैभन्दा कमजोर एक सय सेना बराबर र सबैभन्दा बलियाचाहिँ एक हजार सेना बराबरका थिए।
1CH 12:15 यिनीहरू ती नै मानिसहरू थिए, जसले पहिलो महिनामा यर्दन नदी तरेका थिए; जुन बेला नदीको पानी किनारसम्मै उर्लेर आएको थियो। अनि यिनीहरूले नै पूर्व र पश्‍चिमतिर बेँसीहरूमा बसेका सबै मानिसहरूलाई भगाएका थिए।
1CH 12:16 बेन्यामीनी र यहूदाबाट पनि केही मानिसहरू दावीदलाई भेट्न तिनको गढमा आए।
1CH 12:17 दावीद तिनीहरूलाई भेट्न बाहिर निस्केर आए, र तिनीहरूलाई भने, “यदि तिमीहरू मकहाँ मिलापको लागि र मेरो सहायताको लागि आएका हौ भने म तिमीहरूसँग मिलाप गर्न तयार छु; तर म निर्दोष हुँदा-हुँदै पनि तिमीहरूले मलाई धोका दिएर मेरा शत्रुहरूको हातमा सुम्पनलाई आएका हौ भने हाम्रा पुर्खाहरूका परमेश्‍वरले यो कुरा देखून्, र तिमीहरूको न्याय गरून्।”
1CH 12:18 तब ती तीस जनाका मुखिया अमासैमाथि परमेश्‍वरको आत्मा आउनुभयो र तिनले भने: “हे दावीद, हामी तपाईंका हौँ! हे यिशैका छोरा, हामी तपाईंकै साथमा छौँ! शान्ति र सफलता तपाईंकै होस्, अनि तपाईंलाई सहायता गर्नेहरूको पनि सफलता होस्; किनकि तपाईंका परमेश्‍वरले तपाईंलाई सहायता गर्नुहुनेछ।” यसकारण दावीदले तिनीहरूलाई ग्रहण गरे, र तिनीहरूलाई आफ्ना लुटपाट गर्ने सेना दलहरूका अगुवाहरू बनाए।
1CH 12:19 जब दावीद पलिश्तीहरूसँग शाऊलको विरुद्धमा लडाइँ गर्न गएका थिए, तब मनश्शेका केही मानिसहरूले शाऊललाई छाडेर दावीदलाई पछ्याए। (दावीद र तिनका मानिसहरूले पलिश्तीहरूलाई सहायता गरेनन्; किनकि पलिश्तीहरूको सरसल्‍लाहपछि तिनीहरूका शासकहरूले दावीदलाई फिर्ता पठाइदिए। तिनीहरूले भने, “यदि दावीदले आफ्ना मालिक शाऊलसँग मिलेर हामीलाई त्यागिदिए भने हामीले हाम्रा टाउकाको मूल्य चुकाउनुपर्नेछ।”)
1CH 12:20 जब दावीद सिक्लगमा गए, तब उनीसँग मिल्न आएका मनश्शेका मानिसहरू यिनीहरू नै थिए: अदनाह, योजाबाद, यदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्‍लतै। मनश्शेको कुलबाट यिनीहरू हजार सैन्य दलमाथिका अगुवाहरू थिए।
1CH 12:21 तिनीहरूले दावीदलाई लुटपाट गर्ने सैनिक दलहरूका विरुद्धमा सहायता गरे; किनकि तिनीहरू सबै वीर योद्धाहरू र तिनका सेनाका सेनापतिहरू थिए।
1CH 12:22 दावीदसँग परमेश्‍वरका सेनाझैँ ठूलो सेना नभएसम्म दिन प्रतिदिन तिनलाई सहायता गर्न मानिसहरू आए।
1CH 12:23 याहवेहले भन्‍नुभएझैँ शाऊलको राज्य दावीदलाई सुम्पन हेब्रोनमा दावीदकहाँ आएका लडाइँका निम्ति हतियारले सुसज्जित भई आउने मानिसहरूको संख्या यही हो:
1CH 12:24 यहूदाबाट ढाल र भाला बोकेर लडाइँका निम्ति सुसज्जित भएका योद्धाहरू 6,800 थिए।
1CH 12:25 शिमियोन कुलबाट लडाइँका निम्ति तयार भएका योद्धाहरू 7,100 थिए।
1CH 12:26 लेवी कुलबाट 4,600 थिए।
1CH 12:27 तीबाहेक हारूनको परिवारका अगुवा यहोयादा सहित 3,700 पुरुषहरू सामेल थिए,
1CH 12:28 अनि एक जवान वीर योद्धा सादोक, जो आफ्ना परिवारका 22 अधिकृतहरूसहित थिए।
1CH 12:29 शाऊलको कुल, बेन्यामीनका आफन्तहरूबाट 3,000 थिए, जसमध्ये धेरै जना त्यस बेलासम्म शाऊलका घरानाप्रति विश्‍वासयोग्य भई बसेका थिए।
1CH 12:30 एफ्राइमको कुलबाट आफ्नै वंशहरूमा प्रसिद्ध रहेका 20,800 वीर योद्धाहरू थिए।
1CH 12:31 मनश्शेका आधा कुलबाट, अर्थात् दावीदलाई राजा बनाउनलाई नाम नै तोकेर बोलाइएकाहरू 18,000 थिए।
1CH 12:32 इस्साखारको कुलबाट ती मानिसहरू, जसले उचित समय बुझेका र इस्राएलले के गर्नुपर्छ भन्‍ने ठिक कुरा जान्‍नेहरू थिए। तिनीहरूका अधीनमा रहेका सबै आफन्तहरू समेत 200 मुखियाहरू थिए।
1CH 12:33 जबूलूनको कुलबाट दावीदलाई पूर्ण रूपमा इमानदारीतासाथ सहायता गर्नलाई सबै प्रकारका हातहतियार भिरेर लडाइँ गर्न तयार रहेका निपुण 50,000 योद्धाहरू थिए।
1CH 12:34 नप्‍तालीको कुलबाट ढाल र भाला बोकेका 37,000 मानिसहरूसहित 1,000 अधिकारीहरू थिए।
1CH 12:35 दानको कुलबाट लडाइँका निम्ति तयार रहेका 28,600 मानिसहरू थिए।
1CH 12:36 आशेरको कुलबाट लडाइँको निम्ति तयार रहेका अनुभवी योद्धाहरू 40,000 थिए।
1CH 12:37 अनि यर्दनको पूर्वपट्टिका रूबेन, गाद र मनश्शेको आधा कुलबाट हरेक किसिमका हातहतियारले सुसज्जित भएका 120,000 मानिसहरू थिए।
1CH 12:38 यी सबै लडाकु मानिसहरू थिए, र स्वेच्छापूर्वक सबै दर्जामा सेवा गर्न राजी थिए। तिनीहरू दावीदलाई इस्राएलमाथि राजा बनाउने दृढ संकल्प लिएर हेब्रोनमा आए। बाँकी सबै इस्राएलीहरू पनि दावीदलाई राजा बनाउन एउटै मनका भए।
1CH 12:39 ती मानिसहरूले दावीदसँग खाँदै र पिउँदै तीन दिन बिताए। किनभने तिनीहरूका परिवारले तिनीहरूका निम्ति सरसामानहरू जुटाइदिएका थिए।
1CH 12:40 तिनीहरूका इलाका नजिक रहेका इस्साखार, जबूलून र नप्‍तालीहरू पनि गधा, ऊँट, खच्‍चर र गोरुहरूमा भोजन लदाएर आए। इस्राएलमा खुशी छाएको कारणले त्यहाँ पिठो, सुकेको नेभारा, किसमिस, दाखमद्य, जैतुनको तेल, गोरुहरू र भेडाहरू प्रशस्त मात्रामा थिए।
1CH 13:1 दावीदले हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसहित आफ्ना प्रत्येक अधिकारीहरूसँग सल्‍लाह लिए।
1CH 13:2 त्यसपछि तिनले इस्राएलका सारा समुदायलाई भने, “यदि तपाईंहरूलाई असल लाग्यो, र याहवेह हाम्रा परमेश्‍वरको इच्छा यही हो भने हामी इस्राएलको प्रान्तभरि टाढा वा नजिक रहेका हाम्रा बाँकी दाजुभाइहरूकहाँ र तिनीहरूसँग तिनीहरूकै नगर र खर्कहरूमा रहेका पुजारीहरू र लेवीहरूलाई हामीकहाँ आउन र हामीसँग सामेल हुन खबर पठाऔँ।
1CH 13:3 हामी परमेश्‍वरको सन्दुकलाई आफूकहाँ फर्काएर ल्याऔँ। किनकि हामीले शाऊलको शासनकालमा सन्दुकको खोजी गरेनौँ।”
1CH 13:4 सबै मानिसहरूलाई यो ठिक लागेको कारण, सम्पूर्ण समुदाय त्यसमा सहमत भयो।
1CH 13:5 यसकारण दावीदले इजिप्टमा भएको शीहोर नदीदेखि लेबो-हमातसम्मका सबै इस्राएलीहरूलाई किर्यत-यारीमबाट परमेश्‍वरको सन्दुक ल्याउन भनी भेला गराए।
1CH 13:6 दावीद र तिनीसँग भएका सारा इस्राएलीहरू करूबहरूका बीच सिंहासनमा विराजमान हुनुहुने याहवेह परमेश्‍वरका नामले कहलाइएको सन्दुकलाई ल्याउन भनी यहूदाको बालाहमा (किर्यत-यारीम) गए।
1CH 13:7 तिनीहरूले परमेश्‍वरको सन्दुकलाई अबीनादाबको घरबाट एउटा नयाँ गाडामा राखेर, उज्जाह र अहियोले त्यो गाडा हाँकेर त्यसलाई अगि बढाए।
1CH 13:8 दावीद र सारा इस्राएलीहरूचाहिँ गीत, वीणा, सारङ्गी, खैँजडी, झ्याली र तुरहीको साथमा आफ्ना सारा शक्तिले परमेश्‍वरको सामु उत्सव मनाइरहेका थिए।
1CH 13:9 जब तिनीहरू किदोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाएको कारण सन्दुक नखसोस् भनी त्यसलाई थाम्न भनेर उज्जाहले आफ्नो हात बढाए।
1CH 13:10 तब याहवेहको क्रोध उज्जाहमाथि दन्कियो। अनि तिनले आफ्नो हातले सन्दुकलाई छोएको कारण, उहाँले तिनलाई प्रहार गर्नुभयो। यसकारण त्यहीँ नै परमेश्‍वरको सामु तिनको मृत्यु भयो।
1CH 13:11 यसरी याहवेहको क्रोध उज्जाहमाथि आइपरेको कारण दावीद दुःखित भए। अनि आजको दिनसम्मै त्यस ठाउँलाई पेरेस-उज्जाह भनिन्छ।
1CH 13:12 त्यस दिन दावीद परमेश्‍वरसँग डराए, र तिनले सोधे, “मैले परमेश्‍वरको सन्दुक कसरी आफूकहाँ ल्याउन सकूँला?”
1CH 13:13 दावीदले सन्दुकलाई दावीदको सहरमा आफूसँग लगेनन्, बरु तिनले सन्दुकलाई गित्ती ओबेद-एदोमको घरमा लगे।
1CH 13:14 परमेश्‍वरको सन्दुक ओबेद-एदोमकहाँ तीन महिनासम्म रह्‍यो। याहवेहले तिनको घराना र तिनीसँग भएका हरेक कुरामा आशिष् दिनुभयो।
1CH 14:1 टायरका राजा हीरामले दावीदका निम्ति महल निर्माण गर्नलाई देवदारुका काठहरू, डकर्मीहरू र सिकर्मीहरूसहित दावीदकहाँ दूतहरू पठाए।
1CH 14:2 अनि याहवेहले इस्राएलमाथि राजाको रूपमा आफूलाई स्थापित गर्नुभएको, र उहाँका प्रजा इस्राएलको खातिर तिनको राज्यको गौरव धेरै बढाइदिनुभएको कुरा दावीदलाई थाहा भयो।
1CH 14:3 दावीदले यरूशलेममा अरू धेरै पत्नीहरू ल्याए। तिनी अरू पनि धेरै छोराछोरीहरूका पिता भए।
1CH 14:4 यरूशलेममा जन्मिएका तिनका सन्तानका नाम यिनै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन,
1CH 14:5 यिभार, एलीशूअ, एल्पेलेत,
1CH 14:6 नोगह, नेपेग, याफिया,
1CH 14:7 एलीशामा, बेलीयादा र एलीपेलेत।
1CH 14:8 जब दावीद सारा इस्राएलमाथि राजा अभिषेक भएको कुरा पलिश्तीहरूले सुने, तब तिनीहरू दावीदलाई खोज्न भनी पूरा फौज लिएर निस्के। तर त्यो कुरा सुनेर दावीद तिनीहरूसँग युद्ध गर्नलाई गए।
1CH 14:9 तब पलिश्तीहरूचाहिँ आएर रपाईमको बेँसीलाई लुटपाट गरे।
1CH 14:10 यसकारण दावीदले परमेश्‍वरसँग यसो भन्दै सल्‍लाह लिए, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” याहवेहले तिनलाई जवाफ दिनुभयो, “जा, म तिनीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।”
1CH 14:11 यसकारण दावीद र तिनका मानिसहरू बाल-पराजीममा गए। अनि त्यहाँ तिनले तिनीहरूलाई जिते। तिनले भने, “बाँध फुटेर ओइरिएको पानीझैँ, परमेश्‍वरले मलाई मेरा शत्रुहरूको विरुद्धमा जाइलाग्न प्रयोग गर्नुभयो।” यसकारण त्यस ठाउँलाई बाल-पराजीम भनियो।
1CH 14:12 पलिश्तीहरूले तिनीहरूका मूर्तिहरू त्यहीँ छोडेर भागे। तब दावीदले तिनीहरूलाई आगोमा जलाइदिने आदेश दिए।
1CH 14:13 पलिश्तीहरू फेरि एक पटक बेँसीमा लुटपाट गर्न आए।
1CH 14:14 यसकारण दावीदले फेरि परमेश्‍वरसित सल्‍लाह लिए। अनि परमेश्‍वरले तिनलाई जवाफ दिनुभयो, “तिमीहरू सीधै तिनीहरू माथि जाइनलाग, तर तिनीहरूलाई घेरा हालेर लहरे पीपलका रूखहरूको सामुबाट आक्रमण गर।
1CH 14:15 तिमीहरूले ती लहरे पीपलको टुप्पोमा युद्ध-मोर्चाको आवाज सुन्‍नेबित्तिकै युद्धका निम्ति अगि बढ्नू। किनकि त्यसको अर्थ परमेश्‍वर पलिश्ती सेनाहरूलाई प्रहार गर्न तिमीहरूका अगि-अगि जानुहुनेछ।”
1CH 14:16 यसकारण दावीदले परमेश्‍वरले तिनलाई आज्ञा गर्नुभएअनुसार गरे; अनि तिनीहरूले पलिश्ती सेनाहरूलाई गिबोनदेखि गेजेरसम्मै आक्रमण गरेर मारे।
1CH 14:17 यसरी दावीदको कीर्ति सर्वत्र फैलियो। याहवेहले सबै राष्ट्रलाई दावीदसँग भयभीत हुने बनाउनुभयो।
1CH 15:1 दावीदले आफ्ना निम्ति दावीदको सहरमा भवन निर्माण गरे। तिनले परमेश्‍वरको सन्दुकको निम्ति एउटा ठाउँ तयार गरे; र त्यसको निम्ति एउटा पाल टाँगे।
1CH 15:2 त्यसपछि दावीदले भने, “लेवीहरूले बाहेक अरू कसैले परमेश्‍वरको सन्दुक नबोकून्; किनकि याहवेहले तिनीहरूलाई नै याहवेहको सन्दुक बोक्न र सधैँका निम्ति उहाँको सामु सेवा गर्नलाई चुन्‍नुभएको छ।”
1CH 15:3 दावीदले याहवेहको सन्दुकको निम्ति तयार गरेको ठाउँमा, त्यस सन्दुक ल्याउन सारा इस्राएललाई यरूशलेममा भेला गराए।
1CH 15:4 तिनले हारून र लेवीका सन्तानहरूलाई एकसाथ बोलाए:
1CH 15:5 कहातका सन्तानहरूबाट अगुवा ऊरीएल र 120 जना आफन्तहरू।
1CH 15:6 मरारीका सन्तानहरूबाट अगुवा असायाह र 220 जना आफन्तहरू।
1CH 15:7 गेर्शोनका सन्तानहरूबाट, अगुवा योएल र 130 जना आफन्तहरू।
1CH 15:8 एलीशापानका सन्तानहरूबाट अगुवा शमायाह र 200 जना आफन्तहरू।
1CH 15:9 हेब्रोनका सन्तानहरूबाट अगुवा एलीएल र 80 जना आफन्तहरू।
1CH 15:10 उज्जीएलका सन्तानहरूबाट अगुवा अम्मीनादाब र 112 जना आफन्तहरू।
1CH 15:11 त्यसपछि दावीदले पुजारीहरू सादोक र अबीयाथारलाई, र लेवीहरूमा ऊरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्मीनादाबलाई बोलाए।
1CH 15:12 तिनले उनीहरूलाई भने, “तपाईंहरू लेवी परिवारका अगुवाहरू हुनुहुन्छ; तपाईंहरू र तपाईंहरूका लेवी दाजुभाइहरूले आफूलाई पवित्र गर्नुहोस्, र याहवेह इस्राएलका परमेश्‍वरको सन्दुकका निम्ति मैले तयार गरेको ठाउँमा सन्दुकलाई ल्याउनुपर्छ।
1CH 15:13 किनकि पहिलो पटक सन्दुक ल्याउँदा तपाईं लेवीहरूले नबोकेको कारणले नै याहवेह हाम्रा परमेश्‍वरको क्रोध हाम्रो विरुद्धमा परेको थियो। हामीले ठिक तरिकाले सन्दुकलाई कसरी ल्याउने हो भनी उहाँसित सल्‍लाह लिएनौँ।”
1CH 15:14 यसकारण पुजारीहरू र लेवीहरूले याहवेह इस्राएलका परमेश्‍वरको सन्दुक ल्याउन आ-आफूलाई पवित्र गरे।
1CH 15:15 अनि याहवेहले मोशालाई आज्ञा दिएअनुसार नै लेवीहरूले आफ्ना काँधमाथि डण्डाहरू राखेर परमेश्‍वरको सन्दुक बोके।
1CH 15:16 दावीदले लेवीहरूका अगुवाहरूलाई सारङ्गी, वीणा र झ्यालीहरूले हर्षोल्‍लासका गीत गाउन तिनीहरूका आफन्तहरूलाई सङ्गीतकारहरू नियुक्त गर्नू भनी आज्ञा गरे।
1CH 15:17 यसकारण लेवीहरूले योएलका छोरा हेमानलाई नियुक्त गरे। तिनका आफन्तहरूबाट बेरेक्याहका छोरा आसाप र तिनीहरूका मरारी आफन्तहरूबाट कूशायाहका छोरा एतानलाई नियुक्त गरे।
1CH 15:18 अनि तिनीहरूसँगै दोस्रो दर्जामा तिनीहरूका आफन्तहरू, जकरिया, बेन, याजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलिआब, बनायाह, मासेयाह, मत्तीत्याह, एलीपेलेहू, मिक्नेयाह, र द्वारपालहरूमा ओबेद-एदोम र यीएललाई नियुक्त गरे।
1CH 15:19 सङ्गीतकार हेमान, आसाप र एतानले काँसाको झ्याली बजाउनुपर्थ्यो।
1CH 15:20 जकरिया, आजीएल, शमीरामोत, यहीएल, उन्‍नी एलिआब, मासेयाह र बनायाहले अलामोत, अनुसार सारङ्गी बजाउनुपर्थ्यो।
1CH 15:21 अनि मत्तीत्याह, एलीपेलेहू, मिक्नेयाह, ओबेद-एदोम, यीएल र अजज्याहले शेमीनीत, अनुसारको निर्देशनमा वीणा बजाउनुपर्थ्यो।
1CH 15:22 लेवीहरूका अगुवा कनन्याहचाहिँ भजन गाउने प्रमुख थिए। तिनको जिम्मेवारी गाउने थियो; किनकि तिनी गाउनमा निपुण थिए।
1CH 15:23 बेरेक्याह र एल्काना सन्दुकका द्वारपालहरू थिए।
1CH 15:24 शबन्याह, योशापात, नथनिएल, अमासै, जकरिया, बनायाह र एलीएजर पुजारीहरूले परमेश्‍वरको सन्दुकको अगाडि तुरही बजाउनुपर्थ्यो। ओबेद-एदोम र यहियाह पनि सन्दुकका निम्ति द्वारपाल खटाइएका थिए।
1CH 15:25 यसकारण दावीद र इस्राएलका प्रधानहरू र हजार-हजार सैन्यदलका सेनापतिहरू ओबेद-एदोमको घरबाट हर्षोल्‍लासकासाथ याहवेहको करारको सन्दुक ल्याउन गए।
1CH 15:26 याहवेहको सन्दुक बोकेका लेवीहरूलाई परमेश्‍वरले सहायता गर्नुभएको हुनाले, लेवीहरूले सात वटा गोरु र सात वटा भेडा बलि चढाए।
1CH 15:27 अब दावीदले पनि सन्दुक बोक्ने सबै लेवीहरू, सङ्गीतकारहरू र गायन झुण्डका मुखिया कनायाहले जस्तै मलमलको वस्त्र लगाएका थिए। दावीदले मलमलको एपोद पनि लगाएका थिए।
1CH 15:28 यसकारण सारा इस्राएलीहरूले भेडाको सिङ, तुरही, झ्याली, सारङ्गी र वीणा बजाउँदै जयजयकार गर्दै याहवेहको करारको सन्दुक ल्याए।
1CH 15:29 याहवेहको करारको सन्दुक दावीदको सहरमा प्रवेश हुँदै गर्दा, शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन् र दावीद राजालाई नाच्दै र उत्सव मनाइरहेका देखिन्, तब तिनले मनमनै तिनलाई अपमान गरिन्।
1CH 16:1 तिनीहरूले परमेश्‍वरको सन्दुक ल्याए र दावीदले सन्दुकको निम्ति तयार पारेको विशेष पालभित्र त्यसलाई राखे। तिनीहरूले याहवेहको सामु होमबलि र मेलबलि चढाए।
1CH 16:2 दावीदले होमबलि र मेलबलि चढाइसकेपछि, तिनले याहवेहको नाममा मानिसहरूलाई आशिष् दिए।
1CH 16:3 त्यसपछि तिनले हरेक इस्राएली पुरुष र स्त्रीलाई एउटा रोटी, खजूरको डल्‍ला र किसमिसको झुप्पा दिए।
1CH 16:4 दावीदले केही लेवीहरूलाई याहवेहको सन्दुकको सामु सेवा गर्न, याहवेह इस्राएलका परमेश्‍वरलाई आह्वान गर्न, धन्यवाद दिन र प्रशंसा गर्न नियुक्त गरे।
1CH 16:5 आसापचाहिँ अगुवा थिए; दोस्रो दर्जामा जकरिया, त्यसपछि यीएल, शमीरामोत, यहीएल, मत्तीत्याह, एलिआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। तिनीहरूले सारङ्गी र वीणा बजाउँथे। आसापले चाहिँ झ्याली बजाउँथे।
1CH 16:6 अनि बनायाह र यहजीएल पुजारीहरूले नियमित रूपले परमेश्‍वरको करारको सन्दुकको सामु तुरहीहरू बजाउँथे।
1CH 16:7 त्यस दिन पहिलो पटक दावीदले याहवेहलाई धन्यवादको भजन चढाउन आसाप र तिनका सहयोगीहरूलाई नियुक्त गरे:
1CH 16:8 याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर; जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर।
1CH 16:9 उहाँको निम्ति गाओ; उहाँको प्रशंसाको गीत गाओ! उहाँका सबै अद्‌भुत कार्यहरूको वर्णन गर!
1CH 16:10 उहाँको पवित्र नाममा गर्व गर; याहवेहलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्।
1CH 16:11 याहवेह र उहाँको शक्तिलाई हेर; उहाँको मुहारको निरन्तर खोजी गर।
1CH 16:12 उहाँले गर्नुभएका अद्‌भुत कार्यहरू स्मरण गर, उहाँका अचम्मका कामहरू, र उहाँले गर्नुभएका फैसलाको सम्झना गर!
1CH 16:13 हे याहवेहका सेवक इस्राएलका सन्तान हो! हे याकोबका छोराहरू, उहाँद्वारा चुनिएकाहरू हो!
1CH 16:14 उहाँ नै याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ; उहाँका न्यायका कामहरू सारा पृथ्वीमा छ।
1CH 16:15 परमेश्‍वरले आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ, त्यो प्रतिज्ञा, जो उहाँले हजार पुस्ताहरूलाई दिनुभएको थियो;
1CH 16:16 त्यो करार, जो उहाँले अब्राहामसँग बाँध्नुभएको थियो; अनि त्यो शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो,
1CH 16:17 त्यो उहाँले याकोबसँग उर्दीको रूपमा, र इस्राएलसँग अनन्त करारको रूपमा पक्‍का गर्नुभयो:
1CH 16:18 “म तँलाई कनान देश दिनेछु, त्यो पैतृक सम्पत्तिको रूपमा तेरो भाग हुनेछ।”
1CH 16:19 जब तिनीहरू संख्यामा थोरै थिए, अति थोरै र त्यसमाथि पनि परदेशीहरू थिए।
1CH 16:20 तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा, अनि एउटा राज्यबाट अर्को राज्यमा भौतारिँदै हिँड्थे।
1CH 16:21 उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन; तिनीहरूको खातिर उहाँले राजाहरूलाई यसरी हप्काउनुभयो:
1CH 16:22 “मेरा अभिषिक्त जनहरूलाई नछोओ; मेरा अगमवक्ताहरूलाई केही हानि नगर!”
1CH 16:23 हे सारा पृथ्वीका मानिस हो, याहवेहको निम्ति गाओ; दिन प्रतिदिनै उहाँले गर्नुभएको उद्धारको घोषणा गर।
1CH 16:24 जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर! सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर!
1CH 16:25 किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्‍च प्रशंसाको योग्य हुनुहुन्छ; सारा देवहरूभन्दा उहाँको भय मान्‍नुपर्छ।
1CH 16:26 किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्; तर याहवेहले त स्वर्गहरू सृष्‍टि गर्नुभयो।
1CH 16:27 उहाँको सामु गौरव र वैभव छन्; उहाँको वासस्थानमा शक्ति र आनन्द छन्।
1CH 16:28 हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान, याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ।
1CH 16:29 याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ; भेटी लिएर उहाँको सामु आओ। याहवेहलाई उहाँको पवित्रताको वैभवमा आराधना गर!
1CH 16:30 हे सारा पृथ्वी, उहाँको सामु थरथर काँप्! संसार दृढतासाथ स्थापित भएको छ; यसकारण यो हल्‍लिन सक्दैन।
1CH 16:31 स्वर्गहरूले आनन्द मनाऊन्, पृथ्वी हर्षित होस्! तिनीहरूले राष्ट्रहरूको बीचमा भनून्, “याहवेहले शासन गर्नुहुन्छ!”
1CH 16:32 समुद्र र त्यसमा भएका हरेक प्राणीले जयजयकार गरून्! खेतहरू र त्यसमा भएका हरेक थोक हर्षित होऊन्!
1CH 16:33 तब वनका रूखहरूले गाऊन्, तिनीहरूले याहवेहको सामु आनन्दले गाऊन्; किनकि उहाँ संसारको न्याय गर्न आउनुहुन्छ।
1CH 16:34 याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
1CH 16:35 यसो भनेर कराओ, “हे हाम्रा उद्धारकर्ता परमेश्‍वर, हामीलाई बचाउनुहोस्; हामीलाई एक ठाउँमा भेला गर्नुहोस्, र हामीलाई अन्य राष्ट्रहरूबाट छुटकारा दिनुहोस्; ताकि हामी तपाईंको पवित्र नामलाई धन्यवाद दिन सकौँ, र तपाईंको प्रशंसामा गर्व गर्न सकौँ!”
1CH 16:36 याहवेह, इस्राएलका परमेश्‍वरलाई सदासर्वदा प्रशंसा होइरहोस्! तब सबै मानिसहरूले भने, “आमेन” र “याहवेहको प्रशंसा होस्।”
1CH 16:37 त्यसपछि दावीदले आसाप र तिनका सहयोगीहरूलाई विधिअनुसार हरेक दिन याहवेहको करारको सन्दुकको सामु नियमित रूपले गर्नुपर्ने सेवा गर्नलाई खटाए।
1CH 16:38 तिनले यदूतूनका छोरा ओबेद-एदोम र तिनका अठसट्ठी जना सहयोगीहरूलाई पनि तिनीहरूसँग सेवा गर्नलाई खटाए। ओबेद-एदोम र होसा द्वारपालहरू पनि थिए।
1CH 16:39 दावीदले पुजारी सादोक र तिनका अरू सङ्गी पुजारीहरूलाई गिबोनको अग्लो ठाउँमा याहवेहको समागम पालमा
1CH 16:40 याहवेहले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा लेखिएबमोजिम, बिहान र बेलुकी याहवेहका निम्ति होमबलिको वेदीमा निरन्तर होमबलि चढाउन खटाए।
1CH 16:41 तिनीहरूसँग हेमान, यदूतून र याहवेहलाई धन्यवाद दिनलाई नामद्वारा चुनिएका र नियुक्त गरिएका अरू बाँकी जनहरू थिए, “किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”
1CH 16:42 हेमान र यदूतूनचाहिँ पवित्र भजनको निम्ति तुरही फुक्ने, झ्याली बजाउने र अरू बाजाहरू बजाउन जिम्मेवार थिए।
1CH 16:43 त्यसपछि बाँकी सबै मानिसहरू आ-आफ्ना घरतिर लागे; अनि दावीदचाहिँ आफ्नो परिवारलाई आशिष् दिन घर फर्के।
1CH 17:1 दावीद आफ्नो महलमा सरिसकेपछि तिनले अगमवक्ता नातानलाई भने, “यहाँ म देवदारुको महलमा बसिरहेको छु, तर याहवेहको करारको सन्दुकचाहिँ पालमा छ।”
1CH 17:2 नातानले दावीदलाई जवाफ दिए, “तपाईंको मनमा जे छ, त्यो गर्नुहोस्; किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्छ।”
1CH 17:3 तर त्यस रात परमेश्‍वरको यो वचन नातानकहाँ आयो:
1CH 17:4 “जा, र मेरो सेवक दावीदलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ, मेरो वासस्थानको भवन बनाउने व्यक्ति तँ होइनस्।
1CH 17:5 मैले इस्राएललाई इजिप्टबाट ल्याएको समयदेखि आजको दिनसम्म म कुनै भवनमा बसेको छैनँ। म एउटा पालदेखि अर्को पाल र एउटा वासस्थानदेखि अर्को वासस्थानमा सर्दैआएको छु।
1CH 17:6 म इस्राएलीहरूसँग जहाँ-जहाँ गएँ, के मेरा प्रजा इस्राएलीहरूका गोठाला हुने आज्ञा दिएका तिनीहरूका अगुवाहरूमध्ये कसैलाई कहिल्यै भनेको छु, “तिमीहरूले मेरा निम्ति देवदारुको घर किन बनाएनौ?” ’
1CH 17:7 “यसकारण अब मेरो सेवक दावीदलाई भन्, “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: मैले तँलाई भेडाको गोठबाट बगाललाई चराउने कामबाट ल्याएँ; र मेरा जाति इस्राएलमाथि शासक नियुक्त गरेँ।
1CH 17:8 तँ जहाँ-जहाँ गइस्, म तेरो साथमा रहेँ, र मैले तेरा सारा शत्रुहरूलाई तेरो सामुबाट नष्‍ट गरिदिएको छु। अब म तेरो नामलाई संसारका अति महान् मानिसहरूका नामहरूझैँ बनाउनेछु।
1CH 17:9 अनि म मेरो जाति इस्राएलको निम्ति एउटा ठाउँ तयार गर्नेछु; अनि तिनीहरूलाई बसाल्नेछु, ताकि तिनीहरूका निम्ति आफ्नै बस्‍ने घर होस्; ताकि अब उप्रान्त तिनीहरू विचलित नहुन्। दुष्‍ट जातिहरूले तिनीहरूलाई फेरि सताउने छैनन्, जसरी विगतमा तिनीहरूले गरेका थिए,
1CH 17:10 मैले आफ्नो जाति इस्राएलमाथि अगुवाहरू नियुक्त गरेको समयदेखि सताउँदैआएका थिए। म तेरा सबै शत्रुहरूलाई तेरो अधीनमा पार्नेछु। “ ‘म तँलाई भन्दछु, याहवेह आफैँले तेरो निम्ति एउटा घर निर्माण गर्नुहुनेछ:
1CH 17:11 जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पुर्खाहरूसित मिल्नलाई जान्छस्, तब म तेरो सन्तानलाई तँपछि तेरो ठाउँमा खडा गर्नेछु, अर्थात् म तेरा छोराहरूमध्ये एक जनाको राज्य स्थापित गर्नेछु।
1CH 17:12 त्यसले नै मेरो निम्ति एउटा भवन बनाउनेछ; म त्यसको सिंहासन सदाका निम्ति स्थापित गर्नेछु।
1CH 17:13 म त्यसको पिता हुनेछु, र त्यो मेरो छोरो हुनेछ। मैले शाऊलबाट आफ्नो अचुक प्रेम हटाएझैँ, म त्यसबाट आफ्नो अचुक प्रेम कहिल्यै हटाउनेछैन।
1CH 17:14 म त्यसलाई सदाका निम्ति मेरो भवन र मेरो राज्यमा स्थिर गर्नेछु, र त्यसको सिंहासन सदासर्वदा स्थिर रहनेछ।’ ”
1CH 17:15 नातानले यी सम्पूर्ण दर्शनका कुराहरू दावीदलाई सुनाइदिए।
1CH 17:16 त्यसपछि राजा दावीद भित्र गएर याहवेहको सामु बसे, र तिनले भने: “हे याहवेह परमेश्‍वर, म को हुँ र? मेरो परिवार के हो र, तपाईंले मलाई यहाँसम्म ल्याउनुभएको छ?
1CH 17:17 हे परमेश्‍वर, यो पनि तपाईंको दृष्‍टिमा कम भएझैँ, तपाईंले आफ्नो सेवकको घरको भविष्यको बारेमा भन्‍नुभएको छ। हे याहवेह परमेश्‍वर, तपाईंले मलाई एक अति उच्‍च प्रसिद्ध मानिसझैँ मसँग व्यवहार गर्नुभएको छ।
1CH 17:18 “तपाईंले आफ्नो सेवकलाई सम्मान दिनुभएकोमा दावीदले अझ बढी के भन्‍न सक्छ र? किनकि तपाईं आफ्नो सेवकलाई जान्‍नुहुन्छ।
1CH 17:19 हे याहवेह, आफ्नो सेवकको खातिर र तपाईंको इच्छाअनुसार तपाईंले यो महान् काम गर्नुभएको छ। अनि तपाईंले यी सबै महान् प्रतिज्ञाहरू जान्‍न दिनुभएको छ।
1CH 17:20 “हे याहवेह, तपाईंजस्तो अरू कोही छैन; र हामीले आफ्नै कानले सुनेझैँ तपाईंबाहेक अर्को परमेश्‍वर छैन।
1CH 17:21 तपाईंको प्रजा इस्राएलजस्तो अरू कुन जाति छ र? पृथ्वीमा भएको एउटा यस्तो जाति, जसका परमेश्‍वरले तिनीहरूलाई आफ्नो जाति बनाउन आफैँ गएर दासत्वबाट छुटाउनुभयो। तपाईंले त्यो जातिलाई इजिप्टबाट छुटकारा दिलाएर, आफ्नो महान् नाम बनाउनुभयो। तपाईंका जातिको सामुबाट अरू जातिहरूलाई धपाएर तपाईंले महान् र अद्‌भुत कार्यहरू गर्नुभयो।
1CH 17:22 तपाईंले आफ्नो जाति इस्राएललाई सदाका निम्ति आफ्नै निजी प्रजा बनाउनुभयो; अनि हे याहवेह, तपाईं तिनीहरूका परमेश्‍वर हुनुभएको छ।
1CH 17:23 “यसकारण अब हे याहवेह, तपाईंले आफ्नो सेवक र उसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा, तपाईंले प्रतिज्ञा गर्नुभएझैँ, सदाको निम्ति कायम गर्नुहोस्।
1CH 17:24 ताकि त्यो प्रतिज्ञा कायम रहोस्, र तपाईंको नाम सदाका निम्ति महान् होस्। तब मानिसहरूले भन्‍नेछन्, ‘सेनाहरूका याहवेह, इस्राएलमाथिका परमेश्‍वर नै, इस्राएलका परमेश्‍वर हुनुहुन्छ!’ अनि तपाईंको सेवक दावीदको घराना तपाईंको सामु स्थापित हुनेछ।
1CH 17:25 “हे मेरा परमेश्‍वर, तपाईंले आफ्नो सेवकलाई उसको निम्ति एउटा घर बनाइदिनुहुनेछ भनी तपाईंले प्रकट गर्नुभएको छ। त्यसैले तपाईंको सेवकले तपाईंलाई प्रार्थना गर्ने हिम्मत गरेको छु।
1CH 17:26 हे याहवेह, तपाईं नै परमेश्‍वर हुनुहुन्छ! तपाईंले आफ्नो सेवकलाई यी असल कुराहरू प्रतिज्ञा गर्नुभएको छ।
1CH 17:27 अहिले तपाईं आफ्नो सेवकको घरलाई आशिष् दिन प्रसन्‍न हुनुभएको छ; ताकि यो तपाईंको दृष्‍टिमा सदा बनिरहोस्; किनभने, हे याहवेह, तपाईंले नै आशिष् दिनुभएको छ; यसकारण यो सदाका लागि आशिषित रहनेछ।”
1CH 18:1 केही समयपछि, दावीदले पलिश्तीहरूलाई परास्त गरे, र तिनीहरूलाई आफ्नो अधीनमा पारे; अनि तिनले पलिश्तीहरूको अधीनमा रहेका गात र त्यसका चारैतिरका गाउँहरूलाई पनि लिए।
1CH 18:2 दावीदले मोआबीहरूलाई पनि परास्त गरे; अनि तिनीहरू तिनको अधीनमा भएर तिनलाई राजकर तिरे।
1CH 18:3 यसबाहेक दावीदले सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्नो विजयको स्मारक खडा गर्न जाँदा तिनलाई हमातसम्मै जिते।
1CH 18:4 दावीदले तिनका एक हजार रथ, सात हजार घोडचढीहरू र बीस हजार पैदल सेनाहरूलाई कैद गरे। तिनले एक सय घोडाबाहेक अरू सबै रथका घोडाहरूका खुट्टाका मूलनसा काटिदिए।
1CH 18:5 जब सोबाका राजा हददेजेरलाई सघाउन दमस्कसका अरामीहरू आए, तब दावीदले तिनीहरूका बाइस हजार मानिसहरूलाई मारे।
1CH 18:6 तिनले दमस्कसका अरामी सैनिकका बीच मोर्चा बसाले; अनि अरामीहरू तिनका अधीनमा भएर तिनलाई सलामी ल्याए। दावीद जहाँ गए तापनि याहवेहले तिनलाई विजय दिनुभयो।
1CH 18:7 दावीदले हददेजेरका अधिकारीहरूले बोकेका सुनका ढालहरू लिए, र ती यरूशलेममा ल्याए।
1CH 18:8 दावीदले हददेजेरका सहरहरू तेबाह र कूनबाट धेरै मात्रामा काँसा ल्याए, जसलाई सोलोमनले काँसाका खड्कुँलो, खम्बाहरू र काँसाका विभिन्‍न चीजहरू बनाउनमा प्रयोग गरे।
1CH 18:9 जब हमातका राजा तोऊले सोबाका राजा हददेजेरका सम्पूर्ण सेनालाई दावीदले परास्त गरेको कुरा सुने,
1CH 18:10 तब तिनले आफ्नो छोरा हदोरामलाई दावीदले हददेजेरमाथि विजय पाएकोमा दावीदलाई बधाई दिन भनी पठाए; किनभने हददेजेर तोऊसँग युद्ध लडिरहेका थिए। हदोरामले सबै प्रकारका सुन, चाँदी र काँसाका चीजहरू दावीद राजाकहाँ ल्याए।
1CH 18:11 दावीद राजाले ती चीजहरू याहवेहलाई समर्पण गरे। तिनले यी सबै जातिहरू: एदोमीहरू, मोआबीहरू, अम्मोनीहरू, पलिश्तीहरू र अमालेकीहरूबाट लिएका सुन र चाँदीलाई याहवेहकहाँ अर्पण गरे।
1CH 18:12 सरूयाहका छोरा अबीशैले नुनको बेँसीमा अठार हजार एदोमीहरूलाई मारे।
1CH 18:13 तिनले एदोममा सैन्य छाउनीहरू बनाए; र सारा एदोमीहरू दावीदको अधीनमा भए। दावीद जहाँ-जहाँ गए, याहवेहले तिनलाई विजय दिनुभयो।
1CH 18:14 दावीदले आफ्ना सबै मानिसहरूका निम्ति जे न्यायसङ्गत र जे ठिक थियो, त्यही गर्दै सम्पूर्ण इस्राएलमाथि राज्य गरे।
1CH 18:15 सरूयाहका छोरा योआब सेनाहरूका सेनापति थिए; अहीलूदका छोरा यहोशापात लेखापाल थिए;
1CH 18:16 अहीतूबका छोरा सादोक र अबीयाथारका छोरा अहीमेलेक पुजारीहरू थिए; शब्शा सचिव थिए;
1CH 18:17 बनायाह यहोयादाका छोराचाहिँ करेतीहरू र पेलेथीहरूका प्रमुख थिए; अनि दावीदका छोराहरूचाहिँ राजाका मुख्य अधिकृतहरू थिए।
1CH 19:1 केही समयपछि, अम्मोनीहरूका राजा नाहाशको मृत्यु भयो, र तिनीपछि तिनका छोरा राजा भए।
1CH 19:2 दावीदले सोचे, “तिनका बुबा नाहाशले मप्रति दया देखाएकाले, म पनि तिनको छोरा हानूनप्रति दया देखाउनेछु।” यसकारण दावीदले हानूनप्रति तिनका पिताको विषयमा सहानुभूति देखाउनलाई दूतहरू पठाए। जब दावीदका मानिसहरू अम्मोनीहरूको देशमा हानूनकहाँ तिनलाई सहानुभूति देखाउन आए,
1CH 19:3 तब अम्मोनी भारदारहरूले हानूनलाई भने, “के तपाईं दावीदले तपाईंकहाँ सहानुभूति दर्शाउन मानिसहरू पठाएर तपाईंका पितालाई सम्मान दिइरहेका छन् भनी ठान्‍नुहुन्छ? होइन, तिनका मानिसहरू यस देशको भेद लिन र यस देशलाई परास्त गर्नलाई तपाईंकहाँ आएका हुन्।”
1CH 19:4 यसकारण हानूनले दावीदका राजदूतहरूलाई पक्रे, तिनीहरूका दाह्री खौरिदिए, तिनीहरूका लुगा जाँघसम्म काटिदिए; र तिनीहरूलाई पठाइदिए।
1CH 19:5 जब कसैले आएर दावीदलाई ती मानिसहरूको बारेमा भनिदिए, तब तिनले उनीहरूलाई भेट्न दूतहरू पठाए; किनकि तिनीहरूको ठूलो अपमान भएको थियो। राजाले भने, “तिमीहरूका फेरि दाह्री नबढुन्जेल यरीहोमै बस्‍नू, त्यसपछि मात्र फर्कनू।”
1CH 19:6 जब अम्मोनीहरूले आफूहरू दावीदको दृष्‍टिमा घृणित भएको थाहा पाए, तब हानून र अम्मोनीहरूले अराम-नहरैम, अराम-माका र सोबाबाट रथहरू र घोडचढीहरू भाडामा लिनलाई एक हजार टालेन्ट चाँदी पठाए।
1CH 19:7 तिनीहरूले बत्तीस हजार रथहरू र घोडचढीहरू, साथै माकाका राजालाई तिनका सेनासँगै भाडामा लिए, जसले आएर मेदेबा सहरको छेउमा छाउनी हाले। अम्मोनीहरू चाहिँ तिनीहरूका सहरहरूबाट भेला भएर लडाइँको निम्ति निस्किए।
1CH 19:8 यो कुरा सुनेर दावीदले योआबसँग सम्पूर्ण लडाकु सेनाहरूलाई पठाए।
1CH 19:9 अम्मोनीहरू आएर सहर जाने मूलढोकामा लडाइँको निम्ति तैनाथ भए; अनि तिनीहरूसित आएका अरू राजाहरूचाहिँ खुला मैदानमा लडाइँको निम्ति आफ्नो स्थान लिए।
1CH 19:10 योआबले आफ्नो अगि र पछि युद्धका मोर्चाहरू खडा भएका देखे; यसकारण तिनले इस्राएलका सबैभन्दा उत्तम सेनाहरूलाई चुने, र तिनीहरूलाई अरामीहरूको विरुद्धमा खटाए।
1CH 19:11 तिनले बाँकी रहेका सेनाहरूलाई आफ्ना भाइ अबीशैको अधीनमा दिए; अनि तिनीहरूलाई अम्मोनीहरूको विरुद्धमा खटाए।
1CH 19:12 योआबले भने, “यदि अरामी सेनाहरूले मलाई जित्दै गए भने तिमीहरू मलाई बचाउन आउनू। तर यदि अम्मोनीहरूले तिमीहरूलाई जित्दै गए भने म तिमीहरूलाई बचाउनेछु।
1CH 19:13 साहसी होऊ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्‍वरका सहरहरूको निम्ति हिम्मतका साथ युद्ध गरौँ। याहवेहले आफ्नो दृष्‍टिमा जे असल छ, त्यो गर्नुहुनेछ।”
1CH 19:14 तब योआब र तिनीसँग भएका सैन्यदल अरामीहरूसँग युद्ध गर्न अगि बढे; अनि अरामीहरू तिनीहरूको सामुबाट भागे।
1CH 19:15 जब अम्मोनीहरूले अरामीहरू भागेका देखे, तब तिनीहरू पनि तिनका भाइ अबीशै र तिनका सेनाहरूको सामुबाट भागेर सहरभित्र पसे। त्यसपछि योआब यरूशलेममा फर्केर गए।
1CH 19:16 जब अरामीहरूले आफूलाई इस्राएलद्वारा परास्त गरिएको देखे, तब तिनीहरूले दूतहरू पठाएर अरू अरामी सेनाहरूलाई यूफ्रेटिस नदी पारिबाट झिकाए। त्यसको नेतृत्वचाहिँ हददेजेरको सेनाको सेनापति शोपकले गरिरहेका थिए।
1CH 19:17 जब यो कुरा दावीदलाई भनियो, तब तिनले सारा इस्राएललाई भेला गराएर यर्दन नदी तरे; दावीद उनीहरूको विरुद्धमा अगि बढे, र तिनीहरूको विरुद्धमा युद्धको मोर्चा बाँधे। दावीदले अरामीहरूसँग युद्ध गर्नलाई आफ्नो पङ्‌क्ति बाँधे, र तिनीहरूले दावीदको विरुद्धमा युद्ध गरे।
1CH 19:18 तर अरामीहरू इस्राएलको सामुबाट भागे; अनि दावीदले तिनीहरूका सात हजार रथ-सवारहरू र चालीस हजार पैदल सेनाहरूलाई मारे। दावीदले तिनीहरूका सेनाका सेनापति शोपकलाई पनि मारे।
1CH 19:19 जब हददेजेरका अधिकारीहरूले आफूहरू इस्राएलद्वारा परास्त भएको देखे, तब तिनीहरूले दावीदसँग सन्धि गरेर तिनका अधीनमा बसे। यसकारण अरामीहरूले अम्मोनीहरूलाई फेरि सहायता गर्नलाई राजी भएनन्।
1CH 20:1 बसन्त ऋतुमा जब राजाहरू युद्ध गर्न निस्कन्थे, तब योआबले हतियारधारी दलहरूको नेतृत्व गरे। तिनले अम्मोनीहरूको देशलाई सखाप पारे। अनि रब्बा सहरमा गए, र त्यस सहरलाई घेरा हाले; तर दावीदचाहिँ यरूशलेममै बसे। योआबले रब्बामाथि आक्रमण गरेर त्यसलाई ध्वस्त पारे।
1CH 20:2 दावीदले तिनीहरूका राजा मिल्कोमको शिरबाट मुकुट लिए, जसको तौल एक टालेन्ट सुन थियो, र त्यसमा बहुमूल्य पत्थरहरू जडिएका थिए; अनि त्यो मुकुट दावीदको शिरमा लगाइयो। तिनले त्यस सहरबाट धेरै मात्रामा लुटका मालसामानहरू ल्याए,
1CH 20:3 अनि त्यहाँ भएका मानिसहरूलाई निकालेर ल्याए; तिनीहरूलाई आरा, फलामका हतियारहरू र बन्चरोका कामहरू गर्न लगाए। दावीदले अम्मोनीहरूका सबै नगरहरूसित यस्तै गरे। तब दावीद र तिनका सम्पूर्ण सेना यरूशलेममा फर्के।
1CH 20:4 त्यसपछि गेजेरमा पलिश्तीहरूसँग लडाइँ भयो। त्यस बेला हूशातीमा बस्‍ने सिब्बकैले रपाईहरूको एउटा सन्तान सिप्पैलाई मारे, जसले गर्दा पलिश्तीहरू अधीनमा आए।
1CH 20:5 पलिश्तीहरूसँगको अर्को एउटा लडाइँमा याईरका छोरा एल्हानानले गित्ती गोल्यतको भाइ लहमीलाई मारे, जसको भालाको बिँड कपडा बुन्‍ने तानको डण्डाजस्तै थियो।
1CH 20:6 गातमा अझ अर्को लडाइँ भयो। त्यहाँ दुवै हातमा छ-छ वटा औँलाहरू र दुवै खुट्टामा छ-छ वटा औँलाहरू भएको, जम्मा चौबीस वटा औँलाहरू भएको भयङ्कर मानिस थियो। त्यो मानिस पनि रफाको सन्तान नै थियो।
1CH 20:7 जब त्यसले इस्राएललाई खिसी गर्‍यो, तब दावीदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे।
1CH 20:8 यिनीहरू गातमा भएका रफाका सन्तानहरू थिए। तिनीहरू दावीद र तिनका सेनाहरूका हातबाट मारिए।
1CH 21:1 शैतान इस्राएलको विरुद्धमा उठ्यो र दावीदलाई इस्राएलको जनगणना गर्न सुर्‍यायो।
1CH 21:2 यसकारण दावीदले योआब र सैन्यदलका सेनापतिहरूलाई भने, “जाओ, गएर बेर्शेबादेखि दानसम्मै इस्राएलीहरूको गन्ती गर; अनि आएर मलाई बताऊनू; ताकि म तिनीहरूका संख्या कति रहेछन्, म त्यो थाहा पाउन सकूँ।”
1CH 21:3 तर योआबले जवाफ दिए, “याहवेहले उहाँको फौजलाई सय गुणा बढाऊन्। मेरा मालिक महाराजा, के तिनीहरू सबै मेरा मालिककै सेवकहरू होइनन् र? मेरा मालिकले किन यसो गर्न चाहनुहुन्छ? किन हजुरले इस्राएलमाथि दोष ल्याउनुहुन्छ?”
1CH 21:4 तर राजाको वचनले योआबको कुरालाई रद्द गरिदियो। यसकारण योआब त्यहाँबाट निस्केर गए; र पूरा इस्राएलभरि घुमे। त्यसपछि यरूशलेममा फर्केर आए।
1CH 21:5 योआबले दावीदलाई लडाकु मानिसहरूको संख्या बताइदिए: अनि सारा इस्राएलमा तरवार चलाउन सक्ने एघार लाख र यहूदामा चार लाख सत्तरी हजार मानिसहरू थिए।
1CH 21:6 तर योआबले लेवी र बेन्यामीनलाई त्यस गणनामा सामेल गराएनन्; किनकि तिनलाई राजाको आदेश घृणित लागेको थियो।
1CH 21:7 यो आदेश परमेश्‍वरको दृष्‍टिमा पनि दुष्‍ट काम थियो; यसकारण उहाँले इस्राएललाई दण्ड दिनुभयो।
1CH 21:8 तब दावीदले परमेश्‍वरलाई भने, “मैले यो काम गरेर ठूलो पाप गरेको छु। अब म तपाईंलाई बिन्ती गर्दछु, आफ्नो सेवकको दोष क्षमा गरिदिनुहोस्, किनकि मैले ठूलो मूर्ख काम गरेको छु।”
1CH 21:9 याहवेहले दावीदका भविष्यवक्ता गादलाई भन्‍नुभयो,
1CH 21:10 “जा, गएर दावीदलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ, म तँलाई तीन वटा कुरा छान्‍न दिनेछु; तीमध्ये मैले तेरो विरुद्धमा लागू गराउने एउटा कुरा रोज्।’ ”
1CH 21:11 यसकारण गाद गएर दावीदलाई भने, “याहवेह यसो भन्‍नुहुन्छ, ‘तैँले यीमध्ये एउटा चुन्:
1CH 21:12 तीन वर्षको अनिकाल, अथवा तीन महिनासम्म तेरा शत्रुहरूका तरवारद्वारा विनाश भइरहनु, अथवा तीन दिनसम्म देशमा याहवेहको आफ्नो तरवारद्वारा विपत्ति ल्याइनु, अथवा याहवेहको दूतद्वारा इस्राएलका हरेक ठाउँमा विनाश आइलाग्नु।’ अब मैले आफूलाई पठाउनुहुनेकहाँ के जवाफ दिने, त्यो निर्णय दिनुहोस्।”
1CH 21:13 दावीदले गादलाई भने, “म ठूलो सङ्कष्‍टमा परेको छु। मलाई याहवेहको हातमा पर्न दिनुहोस्; किनकि उहाँको कृपा महान् छ; तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्।”
1CH 21:14 यसकारण याहवेहले इस्राएलमा एउटा विपत्ति पठाउनुभयो, र इस्राएलमा सत्तरी हजार मानिसहरू मरे।
1CH 21:15 परमेश्‍वरले यरूशलेमलाई नाश गर्नलाई एक जना दूत पठाउनुभयो। तर त्यस दूतले नष्‍ट गरिरहेको बेला याहवेहले देख्नुभयो, र त्यस विपत्तिको कारण उहाँ दुःखी हुनुभयो; अनि मानिसहरूलाई नाश गरिरहेका दूतलाई भन्‍नुभयो, “भयो, अब आफ्नो हात रोक।” त्यस बेला याहवेहका दूत यबूसी अरौनाको खलामा उभिरहेका थिए।
1CH 21:16 दावीदले आफ्ना आँखा मास्तिर उठाउँदा याहवेहका ती दूतले हातमा थुतेको नाङ्गो तरवार यरूशलेममाथि पसारेर स्वर्ग र पृथ्वीको बीचमा उभिरहेका देखे। तब दावीद र प्रधानहरू भाङ्ग्रा लगाएर भुइँतिर घोप्टो परे।
1CH 21:17 दावीदले परमेश्‍वरलाई भने, “के लडाकु मानिसहरूको गन्ती लिनु भनेर आदेश दिने म होइन र? म गोठालोले पाप गरेको हुँ, र मैले नै गलत काम गरेको हुँ। यिनीहरू त भेडाहरू मात्र हुन्। यिनीहरूले के गरेका छन् र? हे याहवेह मेरा परमेश्‍वर, तपाईंका हातका विपत्ति म र मेरा परिवारमाथि परोस्, तर यो विपत्ति तपाईंका मानिसहरूमाथि नपरोस्।”
1CH 21:18 त्यसपछि याहवेहका दूतले गादलाई यसो भन्‍ने आज्ञा दिए, दावीद यबूसी अरौनाको खलामा जाओस् र याहवेहका निम्ति एउटा वेदी बनाओस्।
1CH 21:19 यसकारण गादले याहवेहको नाममा भनेका कुरा पालन गरेर दावीद माथि उक्लेर गए।
1CH 21:20 त्यस बेला अरौनाचाहिँ गहुँ कुटिरहेका थिए। तब तिनी फनक्‍क फर्के, र दूतलाई देखे; तिनीसँग भएका तिनका चार जना छोराहरूचाहिँ लुके।
1CH 21:21 जब दावीद अरौनाकहाँ गए, तब अरौनाले तिनलाई आइरहेको देखे। तिनी खला छोडेर गए, र तिनको सामु भुइँतिर घोप्टो परेर दण्डवत् गरे।
1CH 21:22 दावीदले तिनलाई भने, “मलाई तिम्रो खलामा ठाउँ देऊ, ताकि म याहवेहका निम्ति एउटा वेदी बनाउन सकूँ, र मेरा मानिसहरूमाथि आएको विपत्ति थामियोस्। मलाई पूरा दाममा खला बेच।”
1CH 21:23 अरौनाले दावीदलाई भने, “हजुरले यो खला लिनुहोस्! अनि मेरा मालिक राजालाई जे असल लाग्छ, त्यही गर्नुहोस्। म होमबलिहरूका निम्ति गोरुहरू, दाउराका निम्ति दाइँ गर्ने काठहरू, र अन्‍नबलिको निम्ति गहुँ दिनेछु; म यी सबै चीजहरू दिनेछु।”
1CH 21:24 तर राजा दावीदले अरौनालाई जवाफ दिए, “होइन, म पूरा मूल्य दिनेछु; म याहवेहका निम्ति तिम्रो कुनै पनि चीज, अर्थात् बलिदानका निम्ति होमबलिहरू सित्तैँमा लिनेछैनँ।”
1CH 21:25 यसकारण दावीदले अरौनालाई त्यस खलाका निम्ति छ सय सेकेल सुन दिए।
1CH 21:26 त्यहाँ दावीदले याहवेहका निम्ति एउटा वेदी बनाएर होमबलि र मेलबलि चढाए। तिनले याहवेहलाई पुकारे; तब याहवेहले होमबलिको वेदीमा स्वर्गबाट आगो बर्साएर दावीदलाई जवाफ दिनुभयो।
1CH 21:27 त्यसपछि याहवेहले दूतसँग कुरा गर्नुभयो, र तिनले आफ्नो तरवार म्यानभित्र हाले।
1CH 21:28 त्यसै बेला जब दावीदले यबूसी अरौनाको खलामा याहवेहले तिनलाई जवाफ दिनुभएको देखे, तब तिनले त्यहीँ बलिहरू चढाए।
1CH 21:29 त्यस बेला मोशाले उजाडस्थानमा बनाएको याहवेहको समागम पाल र होमबलिको वेदी गिबोनको अग्लो ठाउँमा थिए।
1CH 21:30 तर दावीद परमेश्‍वरसँग सल्‍लाह लिन त्यसको सामु जान सकेनन्; किनकि तिनी याहवेहका दूतको तरवारदेखि डराएका थिए।
1CH 22:1 तब दावीदले भने, “याहवेह परमेश्‍वरको भवन र इस्राएलको निम्ति होमबलिको वेदी पनि यहीँ हुनुपर्छ।”
1CH 22:2 यसकारण दावीदले इस्राएलमा बस्दै आएका विदेशीहरूलाई भेला गर्ने हुकुम दिए। अनि तिनीहरूमध्येबाट परमेश्‍वरको भवन निर्माण गर्नलाई काटेका राम्रा ढुङ्गा तयार गर्न भनी ढुङ्गा काट्नेहरू नियुक्त गरे।
1CH 22:3 तिनले मूलढोकाहरूका निम्ति काँटीहरू र चेपुवाहरू बनाउन धेरै मात्रामा फलाम प्रबन्ध गरिदिए; अनि तौलन नसकिने मात्रामा काँसाहरू दिए।
1CH 22:4 तिनले असंख्य देवदारुका काठहरूको पनि प्रबन्ध गरिदिए; किनकि सीदोनी र टायरवासीहरूले धेरै संख्यामा दावीदकहाँ ती काठहरू ल्याएका थिए।
1CH 22:5 दावीदले भने, “मेरो छोरा सोलोमन कलिलै र अनुभवहीन छ; अनि याहवेहको नामको निम्ति बनाउनुपर्ने भवनचाहिँ सबै जातिहरूको दृष्‍टिमा अति विशाल, अति प्रसिद्ध र अति नै सुन्दर हुनुपर्छ। यसकारण म निर्माणको तयारी गर्नेछु।” यसकारण दावीदले आफ्नो मृत्युअगि नै व्यापक तयारी गरे।
1CH 22:6 त्यसपछि तिनले आफ्नो छोरा सोलोमनलाई बोलाए, र तिनलाई याहवेह इस्राएलका परमेश्‍वरको निम्ति एउटा भवन निर्माण गर्ने जिम्मा दिए।
1CH 22:7 दावीदले सोलोमनलाई भने, “मेरो छोरा, याहवेह मेरो परमेश्‍वरको नामको खातिर एउटा भवन बनाउने इच्छा मेरो हृदयमा थियो।
1CH 22:8 तर याहवेहको यसो भन्‍ने वचन मकहाँ आयो: ‘तैँले धेरै रगत बगाएको छस्, र धेरै युद्धहरू लडेको छस्। त्यसैले तैँले मेरो नामको खातिर भवन बनाउनेछैनस्; किनकि मेरो दृष्‍टिमा यस पृथ्वीमा तैँले धेरै रगत बगाएको छस्।
1CH 22:9 तर तेरो एउटा छोरा जन्मनेछ, जो शान्ति र विश्रामको मानिस हुनेछ। अनि म त्यसलाई त्यसका चारै दिशाका शत्रुहरूबाट विश्राम दिनेछु। त्यसको नाम सोलोमन हुनेछ; म त्यसको शासनकालमा इस्राएललाई शान्ति र सुरक्षा दिनेछु।
1CH 22:10 त्यसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ। त्यो मेरो छोरो हुनेछ, र म त्यसको पिता हुनेछु। अनि म इस्राएलमा त्यसको राज्यको सिंहासन सदासर्वदाका निम्ति स्थापित गर्नेछु।’
1CH 22:11 “अब हे मेरो छोरा, याहवेह तँसँग रहून्, र तँलाई सफलता मिलोस्; अनि उहाँले भन्‍नुभएजस्तै तैँले याहवेह तेरा परमेश्‍वरको भवन बनाउनू।
1CH 22:12 जब उहाँले तँलाई इस्राएलमाथि अधिकार दिएर राख्नुहुन्छ, तब याहवेहले तँलाई बुद्धि र समझशक्ति देऊन्, ताकि तैँले याहवेह तेरा परमेश्‍वरको व्यवस्था पालन गर्न सक।
1CH 22:13 अनि यदि तैँले याहवेहले मोशाद्वारा इस्राएललाई दिनुभएका आदेशहरू होसियारीसाथ पालन गरिस् भने तैँले सफलता पाउनेछस्। बलियो र साहसी हो। नडरा अथवा निराश नहो।
1CH 22:14 “मैले याहवेहको भवनका निम्ति धेरै दुःख गरेर एक लाख टालेन्ट सुन, दश लाख टालेन्ट चाँदी, प्रशस्त मात्रामा काँसो र तौलन नसकिने फलाम, र काठ र ढुङ्गा प्रबन्ध गरेको छु। तैँले त्यसमा अझै थप्न सक्छस्।
1CH 22:15 तँसँग धेरै कर्मचारीहरू छन्: ढुङ्गा काट्नेहरू, डकर्मीहरू र सिकर्मीहरूका साथमा हरेक प्रकारका काममा सिपालु मानिसहरू छन्,
1CH 22:16 अर्थात् सुन र चाँदी, काँसो र फलामका काम गर्ने असंख्य कारिगरहरू छन्। अब काम सुरु गर्, र याहवेह तेरो साथमा रहून्।”
1CH 22:17 त्यसपछि दावीदले इस्राएलका सारा अगुवाहरूलाई आफ्नो छोरा सोलोमनलाई सहायता गर्न आदेश दिए।
1CH 22:18 दावीदले तिनीहरूलाई भने, “के याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुन्‍न र? अनि के उहाँले तिमीहरूलाई चारैतिरबाट विश्राम दिनुभएको छैन र? किनकि उहाँले यस देशका बासिन्दाहरूलाई मकहाँ सुम्पनुभएको छ; अनि यो देश, याहवेह र उहाँका प्रजाहरूका अधीनमा रहेको छ।
1CH 22:19 अब तिमीहरूका हृदय र आत्मालाई याहवेह तिमीहरूका परमेश्‍वरलाई खोज्नमा लगाओ। याहवेह परमेश्‍वरको पवित्रस्थानको निर्माण गर्न सुरु गर, ताकि याहवेहको नामको खातिर बनिने मन्दिरभित्र याहवेहको करारको सन्दुक र परमेश्‍वरका पवित्र चीजहरू तिमीहरूले ल्याउन सक।”
1CH 23:1 जब दावीद वृद्ध भए, र धेरै उमेरका भए, तब तिनले आफ्ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा नियुक्त गरे।
1CH 23:2 तिनले इस्राएलका सबै अगुवाहरू, पुजारीहरू र लेवीहरूलाई पनि एकसाथ भेला गराए।
1CH 23:3 तीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवी पुरुषहरूको गन्ती गरियो; अनि पुरुषहरूको कुल संख्या अठतीस हजार थियो।
1CH 23:4 दावीदले भने, “यीमध्ये चौबीस हजारले याहवेहको मन्दिरको काममा रेखदेख गरून्; अनि छ हजारचाहिँ अगुवाहरू र न्यायकर्ताहरू होऊन्।
1CH 23:5 चार हजारचाहिँ द्वारपालहरू होऊन्, र अरू चार हजारले चाहिँ मैले प्रशंसाको उद्देश्यले उपलब्ध गराएका वाद्य-वादनहरूद्वारा याहवेहको प्रशंसा गरून्।”
1CH 23:6 दावीदले लेवीहरूलाई लेवीका छोराहरू: गेर्शोन, कहात र मरारीका समूहअनुसार विभाजन गरे।
1CH 23:7 गेर्शोनीहरूका छोराहरू: लादान र शिमी।
1CH 23:8 लादानका छोराहरू: पहिलो यहीएल, दोस्रो जेताम र तेस्रो योएल—जम्मा तीन जना।
1CH 23:9 शिमीका छोराहरू: शलोमोत, हाजीएल र हारान—जम्मा तीन जना। लादानका परिवारहरूका अगुवाहरू यिनीहरू नै थिए।
1CH 23:10 शिमीका छोराहरू: यहत, जीजा, येऊश र बेरियाह। शिमीका छोराहरू—जम्मा चार जना।
1CH 23:11 यहत पहिलो थिए, जीजा दोस्रो, तर येऊश र बेरियाहका छोराहरू धेरै थिएनन्; यसकारण तिनीहरूलाई एउटै परिवारझैँ गनियो र एउटै जिम्मेवारी दिइयो।
1CH 23:12 कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल—जम्मा चार जना।
1CH 23:13 अम्रामका छोराहरू: हारून र मोशा। हारूनचाहिँ अलग गरिएका थिए; हारून र तिनका सन्तानहरूलाई सधैँका निम्ति अति पवित्र चीजहरू अर्पण गर्न, याहवेहको सामु भेटीहरू चढाउन, उहाँको सामु सेवा गर्न र सधैँका निम्ति उहाँको नाममा आशिष् दिनलाई अलग गरिएका थिए।
1CH 23:14 परमेश्‍वरका जन मोशाका छोराहरूलाई चाहिँ लेवी कुलको एउटा भागको रूपमा गनियो।
1CH 23:15 मोशाका छोराहरू: गेर्शोम र एलीएजर।
1CH 23:16 गेर्शोमका सन्तानहरू: पहिलो शूबाएल।
1CH 23:17 एलीएजेरका सन्तानहरू: पहिलो छोरो रहब्याह। (एलीएजरका अरू छोराहरू थिएनन्, तर रहब्याहका छोराहरू अति धेरै थिए।)
1CH 23:18 यिसहारका छोराहरू: पहिलो शलोमीत।
1CH 23:19 हेब्रोनका छोराहरू: पहिलो यरियाह, दोस्रो अमर्याह, तेस्रो यहजीएल र चौथो यकमाम।
1CH 23:20 उज्जीएलका छोराहरू: पहिलो मीका र दोस्रो यिशियाह।
1CH 23:21 मरारीका छोराहरू: महली र मूशी। महलीका छोराहरू: एलाजार र कीश।
1CH 23:22 (एलाजारका छोराहरू नभई तिनको मृत्यु भयो: तिनका छोरीहरू मात्र थिए। तिनीहरूलाई तिनका आफन्तहरू, कीशका छोराहरूले विवाह गरे।)
1CH 23:23 मूशीका छोराहरू: महली, एदेर र यरेमोत—जम्मा तीन जना।
1CH 23:24 लेवीका परिवारअनुसार तिनीहरूका सन्तानहरू यिनै थिए—तिनीहरूका परिवारका अगुवाका नामअनुसार र हरेक व्यक्तिहरू, जो याहवेहको मन्दिरमा काम गर्ने बीस वर्ष र त्यसभन्दा बढी उमेरका कर्मचारीहरूको नाम दर्ता गरियो।
1CH 23:25 किनकि दावीदले भनेका थिए, “याहवेह इस्राएलका परमेश्‍वरले आफ्ना मानिसहरूलाई विश्राम दिनुभएको छ, र उहाँ यरूशलेममा सदासर्वदाको लागि बास गर्न आउनुभएको छ।
1CH 23:26 यसैकारण लेवीहरूले फेरि समागम पाल र त्यसको सेवामा प्रयोग गरिने कुनै पनि सामानहरू बोकिरहन आवश्यक छैन।”
1CH 23:27 दावीदको अन्तिम निर्देशनअनुसार, बीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवीहरू गनिए।
1CH 23:28 लेवीहरूको जिम्मेवारीचाहिँ याहवेहको मन्दिरको सेवामा हारूनका सन्तानहरूलाई सहायता गर्नुपर्नेथियो: आँगन, छेउछाउका कोठाहरू, सबै पवित्र चीजहरू शुद्ध गर्ने र परमेश्‍वरको भवनमा अरू कामहरू पनि गर्नुपर्ने जिम्मेवारी थियो।
1CH 23:29 तिनीहरू टेबुलमा सजाइएको रोटी, अन्‍नबलिको विशेष पिठो, खमिरविनाको पातलो रोटी, पकाउने र मिसाउने, र सबै प्रकारका नाप-तौल, र आकारका जिम्मेवारीमा थिए।
1CH 23:30 तिनीहरू हरेक बिहान याहवेहलाई धन्यवाद र प्रशंसा चढाउनलाई पनि खडा हुनुपर्थ्यो। तिनीहरूले साँझमा पनि त्यसै गर्नुपर्थ्यो;
1CH 23:31 अनि तिनीहरूले शब्बाथ विश्रामको दिनमा औँसीका चाडहरूमा र तोकिएका चाडहरूमा याहवेहकहाँ होमबलि चढाउनुपर्थ्यो। तिनीहरूले नियमित रूपले उचित संख्या र तिनीहरूलाई तोकिदिएको नियमअनुसार याहवेहको सामु सेवा गर्नुपर्थ्यो।
1CH 23:32 यसरी लेवीहरूले भेट हुने पालको, पवित्रस्थान र हारूनका सन्तान आफ्ना दाजुभाइहरूका अधीनमा रहेर याहवेहको मन्दिरको सेवामा पुजारीहरूलाई सहायता गरे।
1CH 24:1 हारूनका सन्तानका दलहरू यिनै थिए: हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए।
1CH 24:2 तर नादाब र अबीहूचाहिँ तिनीहरूका पिताभन्दा पहिले मरेर गए, र तिनीहरूका छोराहरू थिएनन्। यसकारण एलाजार र ईतामारले पुजारी भएर सेवा गरे।
1CH 24:3 एलाजारको सन्तान सादोक र ईतामारको सन्तान अहीमेलेकको सहायतामा, दावीदले तिनीहरूको निम्ति तोकिएको सेवाको नियमअनुसार तिनीहरूलाई दलहरूमा विभाजन गरिदिए।
1CH 24:4 ईतामारका सन्तानहरूमा भन्दा एलाजारका सन्तानहरूमा धेरै संख्यामा अगुवाहरू पाइए। अनि तिनीहरूको संख्याअनुसार नै विभाजन गरिए: एलाजारका सन्तानबाट परिवारहरूका सोह्र जना अगुवाहरू र ईतामारका सन्तानबाट परिवारहरूका आठ जना अगुवाहरू थिए।
1CH 24:5 दावीद, सादोक र अहीमेलेकले उनीहरूलाई पक्षपात नगरी चिट्ठा हालेर भाग गरे; किनकि एलाजार र ईतामार दुवैका सन्तानहरूसँग पवित्रस्थानमा सेवा गर्न योग्य अधिकृतहरू र परमेश्‍वरका अधिकृतहरू थिए।
1CH 24:6 लेवी नथनिएलका छोरा शास्त्री शमायाहले राजा र अधिकृतहरू: पुजारी सादोक, अबीयाथारका छोरा अहीमेलेक र पुजारीहरू र लेवीहरूका परिवारका अगुवाहरूको उपस्थितिमा तिनीहरूका नामहरू दर्ता गरे। एउटा घराना एलाजारबाट र एउटा घराना ईतामारबाट गोला हालेर छानियो।
1CH 24:7 पहिलो चिट्ठा यहोयारीबको नाममा आयो, दोस्रो यदायाहको नाममा,
1CH 24:8 तेस्रो हारीमको नाममा, चौथो सोरीमको नाममा,
1CH 24:9 पाँचौँ मल्कियाहको नाममा, छैटौँ मिय्यामीनको नाममा,
1CH 24:10 सातौँ हक्‍कोसको नाममा, आठौँ अबीयाहको नाममा,
1CH 24:11 नवौँ येशूअको नाममा, दसौँ शकन्याहको नाममा,
1CH 24:12 एघाह्रौ एल्यासीबको नाममा, बाह्रौँ याकीमको नाममा,
1CH 24:13 तेह्रौँ हूप्पाको नाममा, चौधौँ येशेबाबको नाममा,
1CH 24:14 पन्ध्रौँ बिल्गाको नाममा, सोह्रौँ इम्मेरको नाममा,
1CH 24:15 सत्रौँ हेजीरको नाममा, अठारौँ हप्पिसेसको नाममा,
1CH 24:16 उन्‍नाइसौँ पतहयाहको नाममा, बीसौँ यहेजकेलको नाममा,
1CH 24:17 एक्‍काइसौँ याकीनको नाममा, बाइसौँ गामूलको नाममा,
1CH 24:18 तेईसौँ दलायाहको नाममा, चौबीसौँ मज्याहको नाममा निस्क्यो।
1CH 24:19 याहवेह इस्राएलका परमेश्‍वरले, तिनीहरूका पुर्खा हारूनलाई आज्ञा दिएबमोजिम, हारूनले तिनीहरूका निम्ति तोकिदिएका नियमअनुसार याहवेहको मन्दिरमा सेवाको निम्ति प्रवेश गर्दा तिनीहरूको निम्ति तोकिएको क्रम यही थियो।
1CH 24:20 लेवीहरूका बाँकी रहेका सन्तानहरूका निम्ति चाहिँ: अम्रामका छोराहरूबाट: शूबाएल; शूबाएलका छोराहरूबाट: येहेदियाह,
1CH 24:21 रहब्याहको बारेमा, तिनका छोराहरूबाट: जेठा यिश्शिय्याह।
1CH 24:22 यिसहारबाट: शलामोत; शलोमोतका छोराहरूबाट: यहत।
1CH 24:23 हेब्रोनका छोराहरू: जेठो यरियाह, माहिलो अमर्याह, साहिँलो यहजीएल र कान्छो यकमाम।
1CH 24:24 उज्जीएलका छोरा: मीका; मीकाका छोराहरूबाट: शामीर।
1CH 24:25 यिशियाहका छोराहरूबाट: जकरिया।
1CH 24:26 मरारीका छोराहरू: महली र मूशी। यजियाहबाट: बनो;
1CH 24:27 मरारीका छोराहरू, यजियाहबाट: बनो, शोहम, जक्‍कूर र इब्री।
1CH 24:28 महलीबाट: एलाजार जसका छोरा थिएन।
1CH 24:29 कीशबाट: कीशका छोरा यरहमेल।
1CH 24:30 अनि मूशीका छोराहरू: महली, एदेर र यरीमोत।
1CH 24:31 तिनीहरूका दाजुभाइहरू र हारूनका सन्तानहरूले गरेझैँ तिनीहरूले दावीद राजाको उपस्थितिमा र सादोक, अहीमेलेक र पुजारीहरू र लेवीहरूका परिवारहरूका अगुवाहरूको उपस्थितिमा चिट्ठा हाले। परिवारको सबैभन्दा जेठो दाजु होस् वा सबैभन्दा सानो भाइ होस्, उमेर र पदको ख्याल नराखी समान व्यवहार गरियो।
1CH 25:1 दावीद र सेनापतिहरूले मिलेर आसाप, हेमान र यदूतूनका केही छोराहरूलाई सारङ्गी, वीणा र झ्यालीहरू बजाउँदै अगमवाणीको सेवाका निम्ति अलग गरे। अगमवाणीको सेवा गर्ने मानिसहरूको सूची यही हो:
1CH 25:2 आसापका छोराहरूबाट: जक्‍कूर, योसेफ, नतन्याह र असारेला। आसापका यी छोराहरू आसापको निर्देशनमा काम गर्थे। आसापले चाहिँ राजाको निर्देशनमा अगमवाणी गर्थे।
1CH 25:3 यदूतूनका छोराहरूबाट: गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तीत्याह, जम्मा छ जना। यिनीहरू आफ्ना पिता यदूतूनका निर्देशनमा काम गर्थे, जसले याहवेहलाई धन्यवाद र प्रशंसा गर्दा वीणा बजाउँदै अगमवाणी गर्थे।
1CH 25:4 हेमानका छोराहरूबाट: बुक्‍कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल र यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती र रोमम्ती-एजेर, योशब्काशा, मल्‍लोती, होतीर र महजीओत।
1CH 25:5 (यी सबै राजाका दर्शी हेमानका छोराहरू थिए। यिनीहरूचाहिँ उनलाई उच्‍च तुल्याउनका निम्ति परमेश्‍वरको प्रतिज्ञाअनुसार दिइएको थियो। परमेश्‍वरले हेमानलाई चौध जना छोरा र तीन जना छोरी दिनुभयो।)
1CH 25:6 यिनीहरू सबै याहवेहको भवनमा सङ्गीतका लागि आफ्ना पिताको निर्देशनमा काम गर्थे। तिनीहरूले झ्याली, सारङ्गी र वीणाको साथमा परमेश्‍वरको भवनमा सेवा गर्थे। आसाप, यदूतून र हेमानचाहिँ राजाको निर्देशनमा काम गर्थे।
1CH 25:7 तिनीहरूका आफन्तहरूका साथै तिनीहरू सबै याहवेहको निम्ति सङ्गीतमा तालिम पाएका र निपूर्ण थिए। तिनीहरूको संख्या 288 थियो।
1CH 25:8 जवान वा वृद्ध, शिक्षक वा विद्यार्थी तिनीहरूले आ-आफ्नो जिम्मेवारीको निम्ति चिट्ठा हाले।
1CH 25:9 पहिलो चिट्ठाचाहिँ आसापको निम्ति थियो, र त्यो योसेफलाई पर्‍यो, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, दोस्रोचाहिँ गदल्याहलाई, तिनका आफन्तहरू र छोराहरूका नाममा—जम्मा 12 जना,
1CH 25:10 तेस्रोचाहिँ जक्‍कूरलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:11 चौथो यिस्रीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:12 पाँचौँ नतन्याहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:13 छैटौँ बुक्‍कियाहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:14 सातौँ यसरेलालाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:15 आठौँ यशयाहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:16 नवौँ मत्तन्याह, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:17 दसौँ शिमीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:18 एघाह्रौ अज्रेललाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:19 बाह्रौँ हशब्याहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:20 तेह्रौँ शूबाएललाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:21 चौधौँ मत्तीत्याहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:22 पन्ध्रौँ यरेमोतलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:23 सोह्रौँ हनन्याहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:24 सत्रौँ योशब्काशालाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:25 अठारौँ हनानीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:26 उन्‍नाइसौँ मल्‍लोतीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:27 बीसौँ एलियातालाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:28 एक्‍काइसौँ होतीरलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:29 बाइसौँ गिद्दलतीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:30 तेईसौँ महजीओतलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
1CH 25:31 चौबीसौँ रोमम्ती-एजेरलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना थिए।
1CH 26:1 द्वारपालहरूका दलहरू यस प्रकारका थिए: कोरहवंशीहरूबाट: मेशेलेम्याह कोरेका छोरा, जो आसापका छोराहरूमध्ये एक थिए।
1CH 26:2 मेशेलेम्याहका छोराहरू: पहिलो छोरो जकरिया, दोस्रो यदीएल, तेस्रो जबदियाह, चौथो यत्नीएल,
1CH 26:3 पाँचौँ एलाम, छैटौँ यहोनान र सातौँ एल्यहोएनै।
1CH 26:4 ओबेद-एदोमका पनि छोराहरू थिए: पहिलो शमायाह, दोस्रो यहोजाबाद, तेस्रो योआ, चौथो साकार, पाँचौँ नथनिएल,
1CH 26:5 छैटौँ अम्मीएल, सातौँ इस्साखार र आठौँ पुल्‍लतै। (किनकि परमेश्‍वरले ओबेद-एदोमलाई आशिष् दिनुभएको थियो।)
1CH 26:6 ओबेद-एदोमका छोरा शमायाहका पनि छोराहरू थिए, जो आफ्ना पिताका परिवारमा अगुवाहरू थिए; किनकि तिनीहरू धेरै योग्यता भएका मानिसहरू थिए।
1CH 26:7 शमायाहका छोराहरू: ओत्नी, रपाएल, ओबेद र एल्जाबाद; तिनका आफन्तहरू एलीहू र समक्याह पनि योग्यता भएका मानिसहरू थिए।
1CH 26:8 यी सबै ओबेद-एदोमका सन्तान थिए; तिनीहरू र तिनीहरूका छोराहरू र तिनीहरूका आफन्तहरू शक्तिशाली थिए। ओबेद-एदोमका सन्तानहरू जम्मा 62 जना थिए।
1CH 26:9 मेशेलेम्याहका छोराहरू र आफन्तहरू, जो योग्य मानिसहरू थिए। तिनीहरू जम्मा 18 जना थिए।
1CH 26:10 मरारी होसाका छोराहरू: पहिलो शिम्री, (यद्यपि तिनी जेठो छोरा नभए तापनि तिनका पिताले तिनलाई अगुवा तुल्याएका थिए);
1CH 26:11 दोस्रो हिल्कियाह, तेस्रो तबल्याह र चौथो जकरिया।
1CH 26:12 द्वारपालहरूका दलहरूका यी अगुवाहरूद्वारा याहवेहको भवनमा आफ्ना आफन्तहरूले सेवा गरेझैँ तिनीहरूलाई पनि सेवा गर्न भनी जिम्मेवारी दिइएका थिए।
1CH 26:13 जवान वा वृद्ध, आफ्ना घरानाअनुसार हरेक मूलढोकाका निम्ति चिट्ठा हाले।
1CH 26:14 पूर्वपट्टिको मूलढोकाको चिट्ठा शेलेम्याहलाई पर्‍यो। त्यसपछि उत्तरपट्टिको मूलढोकाको चिट्ठा शलेम्याहका छोरा जकरियालाई पर्‍यो, जो बुद्धिमान् सल्‍लाहकार थिए।
1CH 26:15 दक्षिणपट्टिको मूलढोकाको चिट्ठा ओबेद-एदोमलाई पर्‍यो, र भण्डारको चिट्ठाचाहिँ ओबेद-एदोमका छोराहरूलाई पर्‍यो।
1CH 26:16 पश्‍चिमपट्टिको मूलढोका र माथिल्‍लो बाटोको शल्‍लेकेत मूलढोकाको चिट्ठा शुप्पीम र होसालाई पर्‍यो।
1CH 26:17 पूर्वपट्टि प्रत्येक दिन छ जना लेवीहरू पहरा बस्थे; उत्तरपट्टि प्रत्येक दिन चार जना, दक्षिणपट्टि प्रत्येक दिन चार जना र भण्डार कोठामा चाहिँ एकै पटकमा दुई-दुई जना पहरेदार खटिएका थिए।
1CH 26:18 पश्‍चिमपट्टि चोकतिरको बाटोमा चार जना र चोकमा चाहिँ दुई जना खटिएका थिए।
1CH 26:19 कोरह र मरारीका सन्तानहरूमा द्वारपालका दलहरू यिनै थिए।
1CH 26:20 तिनीहरूका लेवी दाजुभाइहरू परमेश्‍वरको भवनको खजाना र अर्पण गरिएका चीजहरूका भण्डारहरूका जिम्मेवार थिए।
1CH 26:21 लादानका सन्तानहरू, जो लादानको वंशद्वारा आएका गेर्शोनीहरू र गेर्शोनी लादानका परिवारहरूका अगुवाहरू थिए। तिनीहरू यहीएली,
1CH 26:22 यहीएलीका छोराहरू, जेताम र तिनका भाइ योएल थिए। तिनीहरू याहवेहको भवनको भण्डारहरूका अधिकारीहरू थिए।
1CH 26:23 अम्रामीहरू, यिसहारीहरू, हेब्रोनीहरू र उज्जीएलीहरूबाट:
1CH 26:24 मोशाका छोरा गेर्शोम, गेर्शोमका छोरा, शूबाएलचाहिँ भण्डारहरूका अधिकारी थिए।
1CH 26:25 एलीएजरबाटका शूबाएलका आफन्तहरू: एलीएजेरका छोरा रहब्याह, रहब्याहका छोरा यसयाह, यसयाहका छोरा योराम, योरामका छोरा जिक्री र जिक्रीका छोरा शलोमीत।
1CH 26:26 शलोमीत र तिनका आफन्तहरू ती सबै भण्डारहरूका जिम्मेवार थिए, जुन भण्डार राजा दावीदले, परिवारहरूका अगुवाहरूले, जो हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू थिए, र अरू सेनाका कप्‍तानहरूले अर्पण गरेका थोकहरू थिए।
1CH 26:27 लडाइँमा लुटका केही मालसामानहरू याहवेहको मन्दिरको मरमतको निम्ति तिनीहरूले अर्पण गरेका थिए।
1CH 26:28 दर्शी शमूएलले र कीशका छोरा शाऊलले नेरका छोरा अबनेर; अनि सरूयाहका छोरा योआबले अर्पण गरेका हरेक कुरा, र ती अर्पण गरिएका अरू सबै चीजहरूचाहिँ शलोमीत र तिनका आफन्तहरूका जिम्मामा थिए।
1CH 26:29 यिसहारीहरूका वंशबाट: कनन्याह र तिनका छोराहरूलाई मन्दिरदेखि टाढा इस्राएलमाथि अधिकारी र न्यायकर्ताको रूपमा जिम्मेवारी दिइएको थियो।
1CH 26:30 हेब्रोनीहरूबाट: हशब्याह र तिनका आफन्तहरू—सत्र सय योग्य मानिसहरूचाहिँ इस्राएलमा याहवेहका सबै कामका निम्ति र राजाको सेवाका निम्ति यर्दन नदीको पश्‍चिमपट्टिको अधिकारी थिए।
1CH 26:31 हेब्रोन वंशीहरूको बारेमा चाहिँ तिनीहरूका परिवारका वंशावलीमा दर्ता भएअनुसार यरियाहचाहिँ अगुवा थिए। (दावीदको शासनको चालीसौँ वर्षमा वंशावलीहरूको बारेमा खोजी गरियो; अनि हेब्रोनीहरूका बीचमा योग्यका मानिसहरू गिलादको याजेरमा भेट्टाइयो।
1CH 26:32 यरियाहका सत्ताइस सय आफन्तहरू थिए, जो योग्यका मानिसहरू थिए र परिवारहरूका अगुवाहरू थिए। राजा दावीदले तिनीहरूलाई रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलमाथि परमेश्‍वर र राजासम्बन्धी हरेक कुराको निम्ति जिम्मा दिए।)
1CH 27:1 इस्राएलीहरूको सूची यही हो—परिवारहरूका अगुवाहरू, हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू र तिनीहरूका अधिकारीहरू, जसले वर्षको हरेक महिना पालैपालो सेनाका दलहरू सम्बन्धित सबै कुरामा राजाको सेवामा गर्थे। प्रत्येक सैनिक दलमा 24,000 सेनाहरू थिए।
1CH 27:2 पहिलो महिनाको निम्ति, पहिलो दलका सेनापति जब्दीएलका छोरा यशोबाम थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।
1CH 27:3 तिनी पेरेसका सन्तान थिए, जो पहिलो महिनाको निम्ति सारा सेनाका सेनापतिहरूका अगुवा थिए।
1CH 27:4 दोस्रो महिनाको निम्ति, दोस्रो दलका सेनापति अहोहीका दोदै थिए; अनि मिक्लोतचाहिँ तिनका दलका अगुवा थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।
1CH 27:5 तेस्रो महिनाको निम्ति, तेस्रो दलका सेनापति पुजारी यहोयादाका छोरा बनायाह थिए। यहोयादा मुख्य पुजारी थिए; अनि तिनको दलमा 24,000 सेनाहरू थिए।
1CH 27:6 यिनी तिनै बनायाह थिए, जो तीस जना वीर मानिसहरूमध्ये एक र तीस जनामा माथि थिए। तिनका छोरा अम्मीजाबादचाहिँ तिनको दलका अगुवा थिए।
1CH 27:7 चौथो महिनाको निम्ति, चौथो सेनापतिचाहिँ योआबका भाइ असाहेल थिए। तिनीपछि तिनका छोरा जबदियाहले जिम्मेवारी उठाए। तिनको दलमा 24,000 सेनाहरू थिए।
1CH 27:8 पाँचौँ महिनाको निम्ति, पाँचौँ सेनापति यिज्राहीका शम्हूत थिए। तिनको दलमा 24,000 मानिसहरू थिए।
1CH 27:9 छैटौँ महिनाको निम्ति, छैटौँ सेनापति तकोका इक्‍केशका छोरा ईरा थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।
1CH 27:10 सातौँ महिनाको निम्ति, सातौँ सेनापति एफ्राइमका पेलोनीका हेलेस थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।
1CH 27:11 आठौँ महिनाको निम्ति, आठौँ सेनापति जेरह घरानाका हूशाती सिब्बकै थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।
1CH 27:12 नवौँ महिनाको निम्ति, नवौँ सेनापति बेन्यामीन घरानाका अनातोती अबीएजेर थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।
1CH 27:13 दसौँ महिनाको निम्ति, दसौँ सेनापति जेरह घरानाका नतोपाती महरै थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।
1CH 27:14 एघारौँ महिनाको निम्ति, एघारौँ सेनापति एफ्राइम घरानाका पिरातोनी बनायाह थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।
1CH 27:15 बाह्रौँ महिनाको निम्ति, बाह्रौँ सेनापति ओत्निएलका घरानाका नतोपाती हेल्दै थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।
1CH 27:16 इस्राएलका कुलहरूका अगुवाहरू यिनीहरू थिए: रूबेनको कुलबाट: एलीएजर जिक्रीका छोरा; शिमियोनको कुलबाट: माकाका छोरा शपत्याह;
1CH 27:17 लेवीको कुलबाट: कमूएलका छोरा हशब्याह; हारूनको कुलबाट: सादोक;
1CH 27:18 यहूदाको कुलबाट: दावीदका एक जना दाजु एलीहू; इस्साखारको कुलबाट: मिखाएलका छोरा ओम्री;
1CH 27:19 जबूलूनको कुलबाट: ओबदियाका छोरा यिश्मायाह; नप्‍तालीको कुलबाट: अज्रीएलका छोरा यरीमोत;
1CH 27:20 एफ्राइमको कुलबाट: अजज्याहका छोरा होशे; मनश्शेको आधा कुलबाट: पदायाहका छोरा योएल;
1CH 27:21 गिलादमा भएका मनश्शेको आधा कुलबाट: जकरियाका छोरा इद्दो; बेन्यामीनको कुलबाट: अबनेरको छोरा यासीएल;
1CH 27:22 दानको कुलबाट: यरोरामका छोरा अज्रेल।
1CH 27:23 दावीदले बीस र त्यसभन्दा तलका मानिसहरूको गन्ती लिएनन्; किनभने याहवेहले इस्राएलको संख्या आकाशका ताराहरूझैँ बढाउने प्रतिज्ञा गर्नुभएको थियो।
1CH 27:24 सरूयाहका छोरा योआबले मानिसहरूलाई गन्ती गर्न सुरु गरे, तर पूरा सकेनन्; किनभने यस गणनाको कारण परमेश्‍वरको क्रोध इस्राएलमाथि पर्‍यो; अनि दावीद राजाको इतिहासको पुस्तकमा त्यो संख्या लेखिएन।
1CH 27:25 अदीएलका छोरा अज्मावेत, राजकीय भण्डारहरूका जिम्मामा थिए। उज्जियाहका छोरा जोनाथन, ग्रामीण जिल्‍लाहरूमा, सहरहरूमा, बस्तीहरूमा र धरहराहरूमा रहेका भण्डारहरूका जिम्मामा थिए।
1CH 27:26 कलूबको छोरा एज्री, देशमा खेतीकिसान गर्नेहरूका जिम्मामा थिए।
1CH 27:27 रामती शिमी, दाखबारीहरूका जिम्मामा थिए। दाखबारीका उब्जनीको दाखमद्य राख्ने भण्डारको अधिकारी शेपेमी जब्दी थिए।
1CH 27:28 पश्‍चिमपट्टिको बेँसीमा भएका नेभारा र जैतुनका बोटहरूको हेरचाह गर्ने जिम्मा गेदेरी बाल-हानान थिए। योआश तेल राख्ने भण्डारको जिम्मामा थिए।
1CH 27:29 शारोनका शित्रैचाहिँ शारोनमा चर्ने गाईबस्तुहरूका जिम्मामा थिए। बेँसीमा चर्ने गाईबस्तुहरूका अधिकारीचाहिँ अदलैका छोरा शापात थिए।
1CH 27:30 ऊँटहरूका अधिकारी इश्माएली ओबील थिए। गधाहरूका अधिकारी मरोनोती येहेदियाह थिए।
1CH 27:31 बगालहरूका अधिकारी हग्री याजीज थिए।
1CH 27:32 दावीदका काका जोनाथन, एक सल्‍लाहकार, अन्तर्दृष्‍टि भएका मानिस र शास्त्री थिए। हक्मोनीका छोरा यहीएलले राजाका छोराहरूको हेरचाह गर्थे।
1CH 27:33 अहीतोपेल राजाका सल्‍लाहकार थिए। अरकी हूशैचाहिँ राजाका मित्र थिए।
1CH 27:34 (अहीतोपेलपछि तिनको जिम्मा बनायाहका छोरा यहोयादा र अबीयाथारले सम्हालेका थिए।) योआबचाहिँ राजकीय सेनाका सेनापति थिए।
1CH 28:1 दावीदले इस्राएलका सबै अधिकृतहरू: कुलहरूमाथिका अधिकारीहरू, राजाको सेवामा रहेका दलहरूका सेनापतिहरू, हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू, राजा र तिनका छोराहरूका सम्पत्ति र गाईबस्तुका अधिकारीहरू, साथै महलका अधिकृतहरू, वीर मानिसहरू र सबै वीर लडाकुहरूलाई यरूशलेममा भेला गरे।
1CH 28:2 राजा दावीदले उभिएर भने, “मेरा दाजुभाइहरू र मेरा मानिसहरू, मेरा कुरा सुन्‍नुहोस्! याहवेहको करारको सन्दुकको वासस्थानका र हाम्रा परमेश्‍वरको पाउदानका निम्ति एउटा भवन बनाउने मेरो हृदयमा इच्छा थियो; तब मैले भवन बनाउने एउटा योजना बनाएको थिएँ।
1CH 28:3 तर परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘तैँले मेरो नामको आदरको निम्ति भवन बनाउनेछैनस्; किनकि तँ एउटा योद्धा होस्, र तैँले धेरै रगत बगाएको छस्।’ ”
1CH 28:4 तर याहवेह इस्राएलका परमेश्‍वरले मेरा सारा परिवारबाट मलाई इस्राएलमाथि सदाका निम्ति राजा हुनलाई चुन्‍नुभयो र उहाँले यहूदाको घरानाबाट मेरो परिवारलाई चुन्‍नुभयो। मेरा पिताका छोराहरूबाट सारा इस्राएलमाथि मलाई राजा बनाउन उहाँले इच्छा गर्नुभयो।
1CH 28:5 याहवेहले मलाई धेरै छोराहरू दिनुभएको छ। याहवेहको सिंहासनमा बसेर इस्राएलमाथि शासन गर्न उहाँले मेरा छोराहरूमध्ये सोलोमनलाई चुन्‍नुभएको छ।
1CH 28:6 उहाँले मलाई भन्‍नुभयो: “तेरो छोरा सोलोमनले नै मेरो भवन र मेरा चोकहरू बनाउनेछ; किनभने मैले त्यसलाई मेरो छोरा हुनलाई चुनेको छु, र म त्यसको पिता हुनेछु।
1CH 28:7 यदि त्यसले आजको दिनमा जस्तै गरी मेरा आज्ञाहरू र व्यवस्थाहरू होसियारीसाथ पालन गरिरह्‍यो भने, म त्यसको राज्य सदासर्वदाका निम्ति स्थिर पार्नेछु।”
1CH 28:8 यसकारण अब तिमीहरूलाई सारा इस्राएल र याहवेहको समुदायको दृष्‍टिमा, साथै हाम्रा परमेश्‍वरले सुन्‍ने गरी म यो जिम्मा दिँदैछु: तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरका सबै आज्ञाहरू होसियारीसाथ पालन गर्नू; ताकि तिमीहरूले यो असल देशमाथि अधिकार गर्न सक, र यस देशलाई सदाका निम्ति तिमीहरूका सन्तानका निम्ति उत्तराधिकारको रूपमा सुम्पन सक।
1CH 28:9 “अनि तँ, हे मेरो छोरा सोलोमन, तैँलेचाहिँ आफ्ना पिताका परमेश्‍वरलाई चिनेर साँचो हृदय र सारा मनले उहाँको सेवा गर्नू; किनकि याहवेहले प्रत्येकको हृदयलाई जाँच गर्नुहुन्छ; किनकि उहाँले मनको हरेक विचार बुझ्नुहुन्छ। यदि तैँले उहाँलाई खोजी गरिस् भने तैँले उहाँलाई भेट्टाउनेछस्; तर यदि तैँले उहाँलाई त्यागिस् भने उहाँले तँलाई सधैँका निम्ति त्याग्नुहुनेछ।
1CH 28:10 अब होशियार बन्; किनकि याहवेहले तँलाई एउटा पवित्रस्थानको रूपमा भवन बनाउनका निम्ति चुन्‍नुभएको छ। अब साहसी बनेर यो काम सुरु गर्।”
1CH 28:11 तब दावीदले मन्दिरको दलानको नमुना, त्यसको सेरोफेरो, त्यसका भण्डारहरू, त्यसका माथिल्‍ला कोठाहरू, त्यसका भित्री कोठाहरू र पाप समाधान-स्थानको ठाउँको नमुनाहरू आफ्ना छोरा सोलोमनलाई दिए।
1CH 28:12 दावीदले याहवेहको मन्दिरका चोकहरू र चारैतिरका कोठाहरू, परमेश्‍वरको मन्दिरका भण्डारहरू र अर्पण गरिएका चीजहरूका भण्डारहरूको नमुना, ती सबै कुराहरूको निर्माणको नमुनाहरू, जुन तिनले आत्माद्वारा पाएका थिए, आफ्ना छोरा सोलोमनलाई दिए।
1CH 28:13 दावीदले सोलोमनलाई पुजारीहरू र लेवीहरूका दलहरूको निम्ति, याहवेहको मन्दिरमा सेवाका सबै कामका निम्ति र साथै मन्दिरको सेवामा प्रयोग गरिने सबै चीजहरूका निम्ति निर्देशन दिए।
1CH 28:14 तिनले विभिन्‍न प्रकारका सेवाहरूमा प्रयोग गरिने सुनका सामग्रीहरू, चाँदीका सामग्रीहरूका निम्ति चाहिने सुन र चाँदीको तौल तोकिदिए।
1CH 28:15 सुनका पानसहरू र त्यसका बत्तीहरूका निम्ति प्रत्येक पानस र त्यसका बत्तीहरूका तौल बमोजिम सुन दिए; अनि चाँदीका पानसहरूको प्रयोगअनुसार प्रत्येक चाँदीको पानस र त्यसका बत्तीहरूका निम्ति चाँदीको तौल तोकिदिए।
1CH 28:16 पवित्र रोटी राख्नलाई प्रयोग गरिने हरेक टेबुलका निम्ति सुनको तौल, चाँदीका टेबुलहरूका निम्ति चाँदीको तौल तोकिदिए;
1CH 28:17 काँटाहरू, छर्कने कचौराहरू, सुराहीहरूका निम्ति निखुर सुनको तौल; प्रत्येक सुनको भाँडाको निम्ति सुनको तौल; प्रत्येक चाँदीको भाँडाको निम्ति चाँदीको तौल;
1CH 28:18 अनि धूप वेदीको निम्ति खारिएको सुनको तौल दिए। तिनले सुनको रथ बनाउने नमुना पनि तिनलाई दिए, अर्थात् पखेटा फैलाएका सुनका करूबहरू, जसले याहवेहको करारको सन्दुकमाथि छाया पार्दथे; त्यो रथ बनाउनका निम्ति चाहिने निखुर सुन दिए।
1CH 28:19 दावीदले भने, “याहवेहको हात ममाथि भएको कारण यी सम्पूर्ण लिखित कुरा मसँग छन्। अनि उहाँले मलाई यस योजनाको सम्पूर्ण विवरण बुझ्नलाई समझ दिनुभयो छ।”
1CH 28:20 दावीदले आफ्ना छोरा सोलोमनलाई पनि भने, “बलियो र साहसी भएर यो काम गर्! नडरा र निराश नहो, किनकि याहवेह परमेश्‍वर, मेरा परमेश्‍वर तेरो साथमा हुनुहुनेछ। याहवेहको मन्दिरको सेवाका निम्ति सबै कामहरू पूरा नभएसम्म उहाँले तँलाई छोड्नुहुनेछैन, अर्थात् त्याग्नुहुनेछैन।
1CH 28:21 परमेश्‍वरको मन्दिरको सबै कामका निम्ति पुजारीहरू र लेवीहरूका दलहरू तयार छन्; अनि हरेक कलामा निपुण इच्छुक कारिगरहरूले तँलाई सबै कामहरूमा सहायता गर्नेछन्। अनि अधिकारीहरू र सबै मानिसहरूले तेरो प्रत्येक हुकुम पालन गर्नेछन्।”
1CH 29:1 तब राजा दावीदले सारा समुदायलाई भने: “परमेश्‍वरले चुन्‍नुभएको मेरो छोरा सोलोमन, त्यो कलिलो र अनुभवहीन छ। तर त्यसले गर्नुपर्ने काम ठूलो छ; किनकि यो भवन मानिसहरूका निम्ति होइन, तर याहवेह परमेश्‍वरका निम्ति हो।
1CH 29:2 मैले आफ्नो शक्तिले भ्याएसम्म मेरा परमेश्‍वरको भवनका निम्ति आवश्यक सरसामानहरू सकभर जुटाएको छु—सुनका कामको निम्ति सुन, चाँदीका निम्ति चाँदी, काँसाको निम्ति काँसा, फलामको निम्ति फलाम र काठको निम्ति काठ। यसकासाथै जडान जड्न गोमेद, नीलमणि, विभिन्‍न रङ्गका बहुमूल्य पत्थरहरू, विभिन्‍न प्रकारका ढुङ्गाहरू र सिङ्गमरमरहरू, सबै कुराहरू प्रशस्त मात्रामा छन्।
1CH 29:3 यसबाहेक मेरा परमेश्‍वरको मन्दिरका निम्ति मेरो गहिरो अभिरुचि भएकोले माथि जुटाएका सबै कुराहरूभन्दा धेरै आफ्ना व्यक्तिगत भण्डारबाट सुन र चाँदी मैले यस पवित्र मन्दिरका निम्ति दिएको छु;
1CH 29:4 अर्थात् भवनको भित्ताहरू मोहोर्न अर्थात् सिगार्नलाई तीन हजार टालेन्ट सुन (ओपीरको सुन) र सात हजार टालेन्ट खारिएको चाँदी,
1CH 29:5 सुन र चाँदीको कामका निम्ति र कारिगरहरूले गर्नुपर्ने सबै कामका निम्ति दिएको छु। अब आजको दिन याहवेहकहाँ आफूलाई अर्पण गर्न को राजी छ?”
1CH 29:6 तब परिवारहरूका अगुवाहरू, इस्राएल कुलहरूका अधिकारीहरू, हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू; अनि राजाको कामको जिम्मामा खटिएका अधिकृतहरूले राजीखुशीसाथ दिए।
1CH 29:7 तिनीहरूले परमेश्‍वरको मन्दिरका कामको निम्ति पाँच हजार टालेन्ट सुन, दश हजार दारिक सुन र दश हजार टालेन्ट चाँदी, अठार हजार टालेन्ट काँसा र एक लाख टालेन्ट फलाम दिए।
1CH 29:8 बहुमूल्य पत्थरहरू हुनेहरूले त्यो गेर्शोनी यहीएलको जिम्मामा रहेका याहवेहको मन्दिरको भण्डारमा दिए।
1CH 29:9 मानिसहरूले तिनीहरूका अगुवाहरूलाई राजीखुशीसाथ दिएकोमा खुशी भए; किनकि तिनीहरूले राजीखुशी र सम्पूर्ण हृदयले याहवेहलाई दिएका थिए। राजा दावीद पनि साह्रै आनन्दित भए।
1CH 29:10 दावीदले सारा समुदायको उपस्थितिमा याहवेहको प्रशंसा गर्दै भने: “हे हाम्रा इस्राएलका परमेश्‍वर, याहवेह, अनन्तदेखि अनन्तसम्म तपाईंको प्रशंसा भइरहोस्।
1CH 29:11 हे याहवेह, महानता, शक्ति, महिमा, वैभव र प्रताप तपाईंकै हुन्; किनकि स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू सदासर्वदाका निम्ति तपाईंकै हुन्। हे याहवेह, राज्य, तपाईंकै हो; तपाईं सबैमाथि सर्वोच्‍च हुनुहुन्छ।
1CH 29:12 धनसम्पत्ति र मान-सम्मान तपाईंबाट नै आउँछन्; तपाईं सबै कुराहरूको शासक हुनुहुन्छ। सबैलाई उच्‍च पार्न र सामर्थ्य तुल्याउन, पराक्रम र सामर्थ्य तपाईंकै हातमा छन्।
1CH 29:13 अनि अब, हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, र तपाईंको महिमित नामको प्रशंसा गर्छौँ।
1CH 29:14 “तर म को हुँ र? मेरा मानिसहरू के हुन् र? कि यस प्रकारले उदार चित्तले दिन सक्ने? हरेक कुराहरू तपाईंबाटै आउँछन्। हामीले त तपाईंका हातबाट आएका कुरा नै दिएका छौँ।
1CH 29:15 हामी तपाईंको दृष्‍टिमा हाम्रा सबै पुर्खाहरूझैँ परदेशी र प्रवासीहरू हौँ। यस पृथ्वीमा हाम्रा दिनहरू छायाजस्तै छन् र कुनै आशा छैन।
1CH 29:16 हे याहवेह हाम्रा परमेश्‍वर, तपाईंको पवित्र नामको खातिर मन्दिर बनाउनका निम्ति हामीले प्रबन्ध गरेका यी सबै प्रशस्त कुराहरू तपाईंकै हातबाट आएको हो, र यी सबै कुराहरू तपाईंकै हो।
1CH 29:17 मेरा परमेश्‍वर, तपाईंले हृदय जाँच्नुहुन्छ र इमानदारीसँग तपाईं खुशी हुनुहुन्छ भनी म जान्दछु। यी सबै कुराहरू मैले राजीखुशीसाथ र साँचो मनले दिएको हुँ। अनि अहिले यहाँ भएका तपाईंका मानिसहरूले कति राजीखुशीसँग आनन्दसाथ तपाईंलाई दिएका छन्, त्यो मैले देखेको छु।
1CH 29:18 हे याहवेह, हाम्रा पुर्खा अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, तपाईंका मानिसहरूका हृदयमा यो विचार सदासर्वदा कायम राख्नुहोस्; अनि तिनीहरूका हृदय तपाईंप्रति विश्‍वासयोग्य बनाइराख्नुहोस्।
1CH 29:19 मेरो छोरा सोलोमनलाई तपाईंका आज्ञाहरू, तपाईंका नियमहरू र उर्दीहरू पालन गर्न; अनि मैले जुटाएका यी सबै कुराले यस भवनको ढाँचा निर्माण गर्न सम्पूर्ण हृदयले गर्ने इच्छा दिनुहोस्।”
1CH 29:20 तब दावीदले सम्पूर्ण समुदायलाई भने, “याहवेह तिमीहरूका परमेश्‍वरको प्रशंसा गर!” यसकारण तिनीहरू सबैले याहवेह, तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको प्रशंसा गरे; तिनीहरूले याहवेह र राजाको सामु भुइँमा लम्पसार परेर दण्डवत् गरे।
1CH 29:21 भोलिपल्ट तिनीहरूले याहवेहलाई बलिदानहरू र अन्‍नबलि चढाए: सारा इस्राएलको तर्फबाट एक हजार गोरु, एक हजार भेडा, एक हजार थुमा र अर्घबलिको साथमा प्रशस्त मात्रामा अरू बलिदानहरू चढाए।
1CH 29:22 त्यस दिन तिनीहरूले याहवेहको उपस्थितिमा अति आनन्दसाथ खानपिन गरे। तब तिनीहरूले दावीदका छोरा सोलोमनलाई दोस्रो पटक राजा घोषणा गरे। अनि तिनलाई शासक हुन र सादोकलाई पुजारी हुन याहवेहको सामु अभिषेक गरे।
1CH 29:23 यसरी सोलोमन आफ्ना पिता दावीदको स्थानमा राजाको रूपमा याहवेहको सिंहासनमा बसे। तिनी सफल राजा भए, र सारा इस्राएलले तिनको आज्ञापालन गर्थे।
1CH 29:24 सबै अधिकारी र वीर योद्धाहरू, साथै दावीद राजाका छोराहरूले समेत तिनीहरू राजा सोलोमनको अधीनमा रहने प्रतिज्ञा गरे।
1CH 29:25 याहवेहले सोलोमनलाई सम्पूर्ण इस्राएलको दृष्‍टिमा अति उच्‍च पार्नुभयो। अनि इस्राएलका अगिका कुनै राजाले पनि नपाएको राजकीय वैभव तिनलाई दिनुभयो।
1CH 29:26 दावीद यिशैको छोरा सम्पूर्ण इस्राएलभरि राजा थिए।
1CH 29:27 तिनले इस्राएलमा चालीस वर्ष राज्य गरे—हेब्रोनमा सात वर्ष र यरूशलेममा तेत्तीस वर्ष।
1CH 29:28 तिनले दीर्घकालीन जीवन, धनसम्पत्ति र मान-सम्मान उपभोग गरेर पूरा वृद्ध उमेरमा मरे; अनि तिनीपछि तिनका छोरा सोलोमन राजा भए।
1CH 29:29 दावीद राजाको शासनकालका घटनाहरू, सुरुदेखि अन्त्यसम्म दर्शी शमूएलका लेखहरूमा, अगमवक्ता नातानका लेखहरूमा र दर्शी गादका लेखहरूमा लेखिएका छन्;
1CH 29:30 साथै तिनको शासन र शक्तिको बारेमा तिनका अरू चारैतिरका सबै छिमेकी देशका राज्यहरूमा के कस्ता परिस्थितिहरू आइपरे भन्‍ने बारेमा इस्राएल र अरू छिमेकी राज्यहरूको बारेमा पनि सम्पूर्ण विवरणहरू लेखिएका छन्।
2CH 1:1 दावीदका छोरा सोलोमनले आफ्नो राज्यमा आफूलाई दृढतापूर्वक स्थापित गरे; किनकि याहवेह तिनका परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो र तिनलाई अत्यन्तै शक्तिशाली बनाउनुभयो।
2CH 1:2 सोलोमनले सारा इस्राएलीहरूसित कुरा गरे; हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसित, न्यायकर्ताहरू र इस्राएलमा भएका सबै अगुवाहरूसित र परिवारहरूका मुखियाहरूसित।
2CH 1:3 सोलोमन र सारा समुदाय गिबोन डाँडामा गए; किनकि याहवेहका सेवक मोशाले उजाडस्थानमा बनाएका परमेश्‍वरको भेट हुने पाल त्यहीँ थियो।
2CH 1:4 दावीदले किर्यत-यारीमबाट परमेश्‍वरको सन्दुक त्यसका निम्ति बनाइएको स्थानमा माथि ल्याएका थिए; किनभने तिनले त्यसका निम्ति यरूशलेममा एउटा पाल टाँगेका थिए।
2CH 1:5 तर हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएका काँसाको वेदीचाहिँ गिबोनमा याहवेहको समागम पालको सामु राखिएको थियो। त्यसकारण सोलोमन र त्यहाँ भेला भएकाहरू त्यहीँ गए।
2CH 1:6 सोलोमन भेट हुने पालमा याहवेहको सामु काँसाको वेदीमा उक्लेर गए। तिनले त्यसमाथि एक हजार होमबलि चढाए।
2CH 1:7 त्यही रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई सोध्नुभयो, “तँलाई जे इच्छा लाग्छ माग्, म तँलाई दिनेछु।”
2CH 1:8 सोलोमनले परमेश्‍वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दावीदलाई ठूलो दया देखाउनुभएको छ, र मलाई उहाँको सट्टामा राजा बनाउनुभएको छ।
2CH 1:9 अब हे याहवेह परमेश्‍वर, तपाईंले मेरा पिता दावीदसित गर्नुभएको प्रतिज्ञा दृढ गरिदिनुहोस्; किनकि तपाईंले मलाई पृथ्वीको धुलोजत्तिकै संख्या भएका जातिमाथि राजा बनाउनुभएको छ।
2CH 1:10 मलाई बुद्धि र ज्ञान दिनुहोस्, र म यस जातिलाई डोर्‍याउन सकूँ; किनकि तपाईंको यो महान् जातिमाथि शासन गर्ने योग्यता कोसित छ र?”
2CH 1:11 परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “यो तेरो हृदयको इच्छा भएकोले तैँले धन, सम्पत्ति र सम्मान अथवा न त तेरा शत्रुहरूको मृत्यु मागिस्, न त तैँले दीर्घायु मागिस्, तर मैले तँलाई राजा बनाएको, मेरा जातिमाथि शासन गर्नका निम्ति बुद्धि र ज्ञान मागिस्।
2CH 1:12 यसकारण बुद्धि र ज्ञान तँलाई दिनेछु। म तँलाई तेरो अगि कुनै राजाले पनि नपाएको र तँपछि पनि कसैले नपाउने धन, सम्पत्ति र सम्मान पनि दिनेछु।”
2CH 1:13 तब सोलोमन गिबोनको उच्‍च स्थानबाट भेट हुने पालको सामुबाट यरूशलेममा गए, अनि तिनले इस्राएलमाथि शासन गरे।
2CH 1:14 सोलोमनले रथहरू र घोडाहरू जम्मा गरे। तिनीसित चौध सय रथ र बाह्र हजार घोडा थिए; जसलाई तिनले सहरहरूमा र आफूसित पनि यरूशलेममा राखे।
2CH 1:15 राजाले यरूशलेममा चाँदी र सुन ढुङ्गा जतिकै साधारण अनि देवदारुलाई चाहिँ पहाडका फेदीहरूका अञ्जीर जतिकै प्रशस्त बनाए।
2CH 1:16 सोलोमनका घोडाहरू इजिप्टबाट र क्यूएबाट आयात गरिन्थ्यो; अनि राजाका व्यापारीहरूले ती क्यूएबाट राम्रो दाममा किन्थे।
2CH 1:17 तिनीहरूले इजिप्टबाट एउटा रथ चाँदीका छ सय शेकेलमा, र एउटा घोडा एक सय पचास शेकेलमा किन्थे। तिनीहरूले ती हित्तीहरूका र अरामीहरूका सबै राजाहरूलाई निर्यात पनि गर्थे।
2CH 2:1 सोलोमनले याहवेहको नामका निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा राजमहल निर्माण गर्ने हुकुम दिए।
2CH 2:2 सोलोमनले सत्तरी हजार भारी बोक्ने मानिसहरू, असी हजार पहाडमा ढुङ्गा काट्नेहरू र छत्तीस सय चाहिँ तिनीहरूमाथि नाइके खटाए।
2CH 2:3 सोलोमनले टायरका राजा हीरामकहाँ यो सन्देश पठाए: “मेरा पिता दावीदका निम्ति बस्‍न एउटा महल बनाउन तपाईंले देवदारु पठाउनुहुँदा उहाँलाई गर्नुभएझैँ मलाई देवदारुका मुढाहरू पठाइदिनुहोस्।
2CH 2:4 अब म याहवेह मेरा परमेश्‍वरको नामका निम्ति एउटा मन्दिर बनाउन र पवित्र रोटी नियमित रूपले राख्न, प्रत्येक बिहान र बेलुकी, शब्बाथको दिन र औँसीहरूमा याहवेह हाम्रा परमेश्‍वरका तोकिएका चाडहरूमा होमबलि चढाउन र उहाँको सामु सुगन्धित धूप बाल्नका निम्ति त्यसलाई अर्पण गर्न लागेको छु। यो इस्राएलको निम्ति सदालाई एउटा धार्मिक विधि हो।
2CH 2:5 “मैले बनाउन लागेको मन्दिर भव्य हुनेछ; किनकि हाम्रा परमेश्‍वर अरू सबै देवी-देवताहरूभन्दा महान् हुनुहुन्छ।
2CH 2:6 तर उहाँको निम्ति कसले मन्दिर बनाउन सक्छ? किनकि आकाश र सबैभन्दा सर्वोच्‍च स्वर्गमा समेत उहाँ अटाउन सक्नुहुन्‍न। उहाँको सामु बलिदानहरू चढाउने ठाउँबाहेक उहाँको निम्ति मन्दिर बनाउने म को हुँ र?
2CH 2:7 “यसकारण मलाई सुन, चाँदी, काँसा, फलाम, बैजनी, रातो र निलो धागोमा काम गर्ने एक दक्ष मानिस, मेरा पिता दावीदले प्रबन्ध गरिदिनुभएका मेरा दक्ष कारिगरहरूसित यहूदा र यरूशलेममा कुँद्ने काममा शिल्पकार मानिस पठाइदिनुहोस्।
2CH 2:8 “मलाई लेबनानबाट देवदारु, सल्‍ला र चन्दनका मुढाहरू पनि पठाइदिनुहोस्; किनकि तपाईंका मानिसहरू काठ काट्नमा दक्ष छन् भनी म जान्दछु।
2CH 2:9 मेरो निम्ति प्रशस्त काठ जुटाउन मेरा मानिसहरूले तपाईंका मानिसहरूसित काम गर्नेछन्; किनकि मैले निर्माण गर्ने मन्दिर विशाल र भव्य हुनेछ।
2CH 2:10 म तपाईंका कर्मीहरू, अर्थात् रूखका काम गर्ने र काठ काट्नेहरूलाई बीस हजार कोर्स गहुँको पिठो, बीस हजार कोर्स जौ, बीस हजार बाथ्स दाखमद्य र बीस हजार बाथ्स जैतुनको तेल दिनेछु।”
2CH 2:11 तब टायरका राजा हीरामले सोलोमनलाई पत्रद्वारा यस्तो जवाफ दिए: “याहवेहले आफ्ना जातिलाई प्रेम गर्नुभएको कारण उहाँले तपाईंलाई तिनीहरूका राजा बनाउनुभयो।”
2CH 2:12 पत्रमा हीरामले यस्तो पनि लेखे: “स्वर्ग र पृथ्वी सृष्‍टि गर्नुहुने याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा होस्! उहाँले राजा दावीदलाई तीब्र बुद्धि र समझशक्तिले भरिएका एक बुद्धिमान् छोरा दिनुभयो। उहाँले नै याहवेहका निम्ति मन्दिर र आफ्नै निम्ति एउटा महल निर्माण गर्नुहुनेछ।
2CH 2:13 “म तपाईंकहाँ एक अति दक्ष मानिस हूराम-अब्बीलाई पठाउँदैछु,
2CH 2:14 जसकी आमा दान वंशकी र बुबाचाहिँ टायरका हुन्। यिनी सुन, चाँदी, काँसा र फलाम, पत्थर र काठका काम, साथै बैजनी, रातो र निलो धागो र मलमलका कपडाका काममा पनि अनुभवी शिल्पकार हुन्। यिनी बुट्टाका काममा तालिम पाएका मानिस हुन् र यिनलाई दिइएको कुनै पनि नमुनाको काम गर्न सक्छन्। यिनी तपाईंका दक्ष कारिगरहरूका साथमा र मेरा मालिक तपाईंका पिता दावीदका कारिगरहरूका साथमा काम गर्नेछन्।
2CH 2:15 “अब मेरा मालिकले आफूले प्रतिज्ञा गर्नुभएझैँ आफ्ना सेवकहरूलाई गहुँ र जौ, जैतुनको तेल र दाखमद्य पठाइदिनुहोस्।
2CH 2:16 हामी तपाईंलाई चाहिएका सबै मुढाहरू लेबनानबाट काट्नेछौँ र ती समुद्रबाट जोप्पामा पठाइदिनेछौँ। तपाईंले त्यहाँबाट ती यरूशलेममा लान सक्नुहुनेछ।”
2CH 2:17 सोलोमनले इस्राएलमा तिनका पिता दावीदले गणना गराएझैँ, सबै परदेशीहरूको गणना गर्न लगाए। तिनीहरू एक लाख त्रिपन्‍न हजार छ सय थिए।
2CH 2:18 तिनले तीमध्ये सत्तरी हजारलाई पहाडमा भारी बोक्ने र असी हजारलाई ढुङ्गा काट्ने काममा खटाए। ती मानिसहरूलाई हेरविचार गर्न तिनीहरूमाथि छत्तीस सयलाई नाइके खटाइदिए।
2CH 3:1 तब सोलोमनले तिनका पिता दावीदकहाँ याहवेह देखा पर्नुभएको मोरीयाह पर्वतमाथि यरूशलेममा याहवेहको भवन निर्माण गर्न सुरु गरे। त्योचाहिँ यबूसी अरौनाको खलामा तिनका पिता दावीदले प्रबन्ध गरेको स्थानमा थियो।
2CH 3:2 तिनले आफ्नो शासनको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिन कार्य सुरु गरे।
2CH 3:3 सोलोमनले परमेश्‍वरको मन्दिर निर्माणका निम्ति हालेको जग (पुरानो नापअनुसार) साठी क्यूबिट लामो र बीस क्यूबिट चौडा थियो।
2CH 3:4 मन्दिरको अगाडिको दलान मन्दिरको चौडाइपट्टि बीस क्यूबिट लामो र बीस क्यूबिट अग्लो थियो। तिनले भित्री भागलाई निखुर सुनले मोहोरे।
2CH 3:5 तिनले मुख्य सभाकक्षमा सल्‍लाका फलेकहरू लगाएर त्यसलाई निखुर सुनले मोहोरे; अनि खजूरका रूख र साङ्लाका बुट्टा बनाए।
2CH 3:6 तिनले भवनलाई बहुमूल्य पत्थरहरूले सिङ्गारे। तिनले प्रयोग गरेका सुनचाहिँ पर्वेमबाट ल्याइएको थियो।
2CH 3:7 तिनले छानाका दलिन, ढोकाका चौखटहरू, भित्ताहरू र मन्दिरका ढोकाहरूलाई सुनले मोहोरे; अनि तिनले भित्ताहरूमा करूबहरू खोपे।
2CH 3:8 तिनले मन्दिरको चौडाइअनुसार बीस क्यूबिट लामो र बीस क्यूबिट चौडाइको महा-पवित्रस्थान निर्माण गरे। तिनले त्यसको भित्री भागलाई छ सय टालेन्ट निखुर सुनले मोहोरे।
2CH 3:9 सुनका किलाहरू पचास शेकेल तौलका थिए। तिनले माथिल्‍ला भागहरूलाई पनि सुनले मोहोरे।
2CH 3:10 तिनले महा-पवित्रस्थानमा एक जोर करूबका आकृति बनाए, र ती सुनले मोहोरे।
2CH 3:11 करूबहरूका पखेटाहरू बीस क्यूबिट फैलिएका थिए। पहिलो करूबको एउटा पखेटा पाँच क्यूबिट लामो थियो। त्यसले मन्दिरको भित्तालाई छोएको थियो; अनि यसको पाँचै क्यूबिट लामो अर्को पखेटाले अर्को करूबको पखेटा छोएको थियो।
2CH 3:12 त्यसै गरी दोस्रो करूबको एउटा पखेटा पाँच क्यूबिट लामो थियो, र त्यसले मन्दिरको अर्को भित्तालाई, अर्को पखेटाले पहिलो करूबको पखेटा छोएको थियो।
2CH 3:13 यी करूबहरूका पखेटाहरू बीस क्यूबिट फैलिएका थिए। तिनीहरू मुख्य सभा-कक्षतिर फर्केर आफ्ना खुट्टामा उभिएका थिए।
2CH 3:14 तिनले निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडाको पर्दा बनाएर त्यसमा बुट्टेदार करूबहरू बनाए।
2CH 3:15 मन्दिरको अगाडि तिनले दुई वटा स्तम्भहरू बनाए, जुन एकसाथ मिलाएर पैँतीस क्यूबिट लामो थियो। जसको टुप्पामा पाँच क्यूबिटको एउटा स्तम्भ-शिर थियो।
2CH 3:16 तिनले जालीदार साङ्लाहरू बनाए, र तिनीहरूलाई ती स्तम्भहरूका टुप्पामा राखिदिए। तिनले एक सय वटा दारिमहरू पनि बनाए; अनि ती सिक्रीहरूसित जोडिदिए।
2CH 3:17 तिनले मन्दिरको सामु एउटा दक्षिणतिर र एउटा उत्तरतिर स्तम्भहरू खडा गरे। अनि तिनले दक्षिणतिरको नाम याकीन र उत्तरतिरको नाम बोअज राखे।
2CH 4:1 तिनले बीस क्यूबिट लामो, बीस क्यूबिट चौडा र दश क्यूबिट अग्लो एउटा काँसाको वेदी बनाए।
2CH 4:2 तिनले ढालेको धातुको एउटा गोलाकार खड्कुँलो एक छेउदेखि अर्को छेउ दश क्यूबिट र पाँच क्यूबिट अग्लो बनाए। त्यसको चारैतिरको नाप तीस क्यूबिट थियो।
2CH 4:3 किनारको मुन्तिर एक क्यूबिटमा दश वटा गरी चारैतिर गोरुहरूका आकृतिहरू थिए। ती गोरुहरू खड्कुँलोसितै दुई लहरहरूमा ढालिएका थिए।
2CH 4:4 त्यो खड्कुँलो तीन वटा उत्तरतिर, तीन वटा पश्‍चिमतिर, तीन वटा दक्षिणतिर अनि तीन वटा पूर्वपट्टि फर्किएका बाह्र वटा साँढेहरूमाथि अड्याइएको थियो। खड्कुँलोचाहिँ तिनीहरूको टुप्पामाथि अडिएको थियो। अनि तिनीहरूको पछिल्‍लो भागचाहिँ भित्रपट्टि फर्किएको थियो।
2CH 4:5 त्यसको मोटाइ एक बित्ता थियो, र त्यसको किनार लिली फूलको बिटजस्तै र कचौराको किनारजस्तो थियो। त्यसमा तीन हजार बाथ अटाउँथ्यो।
2CH 4:6 तिनले धुनका निम्ति दश वटा धुने भाँडाहरू बनाए; अनि पाँच वटा दक्षिणतिर र पाँच वटा उत्तरतिर गरी राखे। यिनैमा तिनीहरूले होमबलिका सबै चीजहरू पखाल्थे; तर खड्कुँलोचाहिँ पुजारीहरूले नुहाउनलाई प्रयोग गर्थे।
2CH 4:7 तिनले तिनीहरूका नमुनाअनुसार दश वटा सुनका सामदानहरू बनाए; पाँच वटा दक्षिणतिर र पाँच वटा उत्तरतिर गरी मन्दिरमा राखे।
2CH 4:8 तिनले दश वटा टेबुलहरू बनाए; पाँच वटा दक्षिणतिर र पाँच वटा उत्तरतिर गरी मन्दिरमा राखे। तिनले एक सय वटा छर्कने कचौराहरू पनि बनाए।
2CH 4:9 तिनले पुजारीहरूको निम्ति चोक, ठूलो चोक र चोकको निम्ति ढोकाहरू बनाए; अनि ढोकाहरूलाई काँसाले मोहोरे।
2CH 4:10 तिनले खड्कुँलोलाई मन्दिरको दक्षिणपट्टि दक्षिण-पूर्व कुनामा राखे।
2CH 4:11 तिनले भाँडाहरू, बेल्चाहरू र छर्कने कचौराहरू पनि बनाए। यसरी हूरामले परमेश्‍वरको मन्दिरमा राजा सोलोमनका निम्ति आफूले लिएका कामहरू गरेर सिद्ध्याए:
2CH 4:12 दुई स्तम्भहरू; र ती स्तम्भहरूका टुप्पामा बाटाजस्तै आकारका दुई वटा स्तम्भ-शिरहरू; स्तम्भहरूका टुप्पामाथि कचौरा आकारका दुई वटा स्तम्भ-शिरहरूलाई सिँगार्ने दुई वटा जालीहरू;
2CH 4:13 दुई जालीहरूका निम्ति चार सय दारिमहरू (खम्बाहरूका टुप्पामाथि भएका बाटा आकारका स्तम्भ-शिरलाई सिँगार्ने प्रत्येक जालीका निम्ति दुई लहर दारिमहरू);
2CH 4:14 गाडाहरूसहित तिनीहरूका बाटाहरू;
2CH 4:15 खड्कुँलो र त्यस मुनिका बाह्र वटा साँढेहरू;
2CH 4:16 भाँडाहरू, बेल्चाहरू, मासु उठाउने काँटाहरू र सम्बन्धित सबै सामानहरू। राजा सोलोमनलाई हूराम-अब्बीले याहवेहको मन्दिरका निम्ति बनाइदिएका सबै चीजहरू टल्काइएका काँसाका थिए।
2CH 4:17 राजाले तिनीहरूलाई सुक्‍कोत र सार्तानको बीचको यर्दन मैदानमा माटोको साँचोमा ढाल्न लाए।
2CH 4:18 सोलोमनले बनाएका यी सबै कुराहरू यति धेरै थिए, कि काँसाको तौल हिसाब गर्नै नसकिने थियो।
2CH 4:19 सोलोमनले परमेश्‍वरको मन्दिरमा भएका यी सबै सजावटका सामानहरू पनि बनाए: सुनको वेदी; उपस्थितिको रोटी राख्ने टेबुलहरू;
2CH 4:20 तोकिएअनुसार भित्री पवित्रस्थानको सामु बाल्नलाई बत्तीहरूसहित निखुर सुनका सामदानहरू;
2CH 4:21 सुनका फूलका कामहरू, बत्तीहरू र चिम्टाहरू (तिनीहरू ठोस सुनका थिए);
2CH 4:22 निखुर सुनका सलेदोका चिम्टाहरू, छर्कने कचौराहरू, भाँडाकुँडाहरू र धूपदानीहरू; अनि मन्दिरको सुनको ढोकाहरू: महा-पवित्रस्थानमा पस्‍ने भित्री ढोकाहरू र मुख्य सभा-कक्षका ढोकाहरू।
2CH 5:1 जब राजा सोलोमनले याहवेहको मन्दिरको निम्ति गर्नुपर्ने सम्पूर्ण कामहरू गरिसिद्ध्याए; अनि तिनले आफ्ना पिता दावीदले अर्पण गरेका चीजहरू, अर्थात् चाँदी र सुन अनि सबै सजावटका सामानहरू भित्र ल्याए। तिनले ती परमेश्‍वरको मन्दिरका भण्डारहरूमा राखे।
2CH 5:2 तब राजा सोलोमनले इस्राएलका प्रधानहरू, कुलहरूका सबै मुखियाहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई सियोन, अर्थात् दावीदको सहरबाट याहवेहको करारको सन्दुक ल्याउनलाई यरूशलेममा भेला हुन बोलाए।
2CH 5:3 इस्राएलका सबै मानिसहरू सातौँ महिनाको चाडको समय एकसाथ राजाकहाँ आए।
2CH 5:4 इस्राएलका सबै प्रधानहरू आइसकेपछि लेवीहरूले सन्दुक उठाए।
2CH 5:5 तिनीहरूले सन्दुक, भेट हुने पाल र त्यसमा भएका सबै पवित्र सजावटहरू माथि ल्याए। लेवी पुजारीहरूले ती बोकेर माथि ल्याए।
2CH 5:6 सन्दुकको सामु उपस्थित भएका राजा सोलोमन अनि तिनका चारैतिर भेला भएका इस्राएलका सम्पूर्ण समुदायले यति धेरै भेडाहरू र पशुहरू बलिदान चढाइरहेका थिए, कि त्यसलाई दर्ता गर्न अथवा गन्‍न पनि सकिँदैनथ्यो।
2CH 5:7 त्यसपछि पुजारीहरूले याहवेहको करारको सन्दुकलाई त्यसकै ठाउँमा मन्दिरको भित्री पवित्रस्थानमा, अर्थात् महा-पवित्रस्थानमा ल्याए। अनि त्यसलाई करूबहरूका पखेटामुनि राखिदिए।
2CH 5:8 सन्दुक राखिएको ठाउँको माथिपट्टि करूबहरूका पखेटाको छाया सन्दुक र त्यसलाई बोक्ने डण्डाहरूमाथि पर्दथ्यो।
2CH 5:9 ती डण्डाहरू यति लामा थिए, कि सन्दुकबाट निस्किएका तिनीहरूका छेउहरू पवित्रस्थानको अगिबाट देखिन्थे; तर पवित्रस्थानको बाहिरबाट देख्न सकिँदैनथिए। ती आज पनि त्यहीँ छन्।
2CH 5:10 त्यस सन्दुकभित्र दुई पाटीहरूबाहेक अरू केही थिएन, जसमा पाटीहरू मोशाले होरेबमा राखेका थिए, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएपछि याहवेहले तिनीहरूसित करार बाँध्नुभएको थियो।
2CH 5:11 त्यसपछि ती पुजारीहरू पवित्रस्थानबाट पछि हटे। आफ्ना दलहरूको वास्तै नगरी त्यहाँ भएका सबै पुजारीहरूले आफूलाई पवित्र तुल्याएका थिए।
2CH 5:12 सबै लेवी सङ्गीतकारहरू—आसाप, हेमान, यदूतून र तिनीहरूका छोराहरू र आफन्तहरू—मसिनो सुतीका कपडा लगाएर झ्याली, वीणा र सारङ्गीहरू बजाउँदै वेदीको पूर्वतिर खडा थिए। तिनीहरूसित तुरही फुकिरहेका एक सय बीस जना पुजारीहरू थिए।
2CH 5:13 तुरही फुक्नेहरू र गीत गाउनेहरूले याहवेहलाई प्रशंसा र धन्यवाद चढाउन एकसाथ एउटै सोर निकालिरहेका थिए। तिनीहरूले तुरही, झ्याली र अरू बजाउने बाजाहरूसित याहवेहको प्रशंसामा आफ्ना सोर उचालेर यसरी गीत गाए: “उहाँ भलो हुनुहुन्छ; उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” तब याहवेहको मन्दिर बादलले भरियो;
2CH 5:14 अनि बादलको कारण पुजारीहरूले आफ्ना सेवा गर्न सकेनन्; किनकि परमेश्‍वरको मन्दिर याहवेहको महिमाले भरियो।
2CH 6:1 तब सोलोमनले भने, “याहवेहले भन्‍नुभएको छ, कि उहाँ घोर बादलको अँध्यारोमा बास गर्नुहुन्छ।
2CH 6:2 मैले तपाईंका निम्ति एउटा भव्य भवन निर्माण गरेको छु, तपाईं सदासर्वदा बास गर्नलाई तपाईंको निम्ति एक वासस्थान।”
2CH 6:3 इस्राएलका सारा समुदाय त्यहाँ उभिरहेका बेला राजा तिनीहरूतिर फर्किए, र तिनीहरूलाई आशीर्वाद दिए।
2CH 6:4 त्यसपछि तिनले भने: “याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा होस्, जसले आफ्नै मुखले मेरा पिता दावीदलाई प्रतिज्ञा गर्नुभएको कुरा आफ्नै हातले पूरा गर्नुभएको छ। किनकि उहाँले भन्‍नुभयो,
2CH 6:5 ‘मैले मेरा मानिसहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएको दिनदेखि उसो आफ्नो नामको खातिर त्यहाँ एउटा मन्दिर बनाउनु भनेर मैले इस्राएलको कुनै कुलमा सहर चुनेको छैनँ, न त मैले आफ्नो जाति इस्राएलमाथि अगुवा हुन भनी कसैलाई चुनेको छु।
2CH 6:6 तर अब मेरो नाम त्यसमा रहोस् भनेर मैले यरूशलेमलाई चुनेको छु, र दावीदलाई मेरा प्रजा इस्राएलमाथि शासन गर्न मैले चुनेको छु।’
2CH 6:7 “मेरा पिता दावीदको हृदयमा याहवेह इस्राएलका परमेश्‍वरको नामको खातिर एउटा मन्दिर निर्माण गर्ने विचार थियो।
2CH 6:8 तर याहवेहले मेरा पिता दावीदलाई भन्‍नुभयो, ‘मेरो नामको खातिर तेरो हृदयमा एउटा मन्दिर बनाउने विचार राखेर तैँले आफ्नो हृदयमा असल गरिस्।
2CH 6:9 तापनि तैँले त्यो मन्दिर बनाउनेछैनस्, तर तेरो आफ्नै मासु र रगत, तेरो छोराले मेरो नामको खातिर मन्दिर बनाउनेछ।’
2CH 6:10 “याहवेहले आफ्नो प्रतिज्ञा कायम राख्नुभयो: म मेरा पिता दावीदपछि राजा भएँ। अनि अहिले म याहवेहले प्रतिज्ञा गर्नुभएझैँ इस्राएलको सिंहासनमा बसेको छु; र मैले याहवेह इस्राएलका परमेश्‍वरको नामका निम्ति यो मन्दिर बनाएको छु।
2CH 6:11 त्यहाँ मैले याहवेहले इस्राएलसँग बाँध्नुभएको करार भएको सन्दुक राखेको छु।”
2CH 6:12 तब सोलोमन इस्राएलका सारा समुदायको सामु याहवेहको वेदीको अगि उभिएर आफ्ना हात फैलाए।
2CH 6:13 सोलोमनले पाँच क्यूबिट लामो, पाँच क्यूबिट चौडा र तीन क्यूबिट अग्लो काँसाको मञ्च बनाएर त्यसलाई बाहिरी चोकको बीचमा राखेका थिए। तिनी त्यस मञ्चमाथि उभिए। त्यसपछि इस्राएलका सारा समुदायको सामु घुँडा टेके र स्वर्गतिर आफ्ना हातहरू फैलाए।
2CH 6:14 तिनले भने: “हे याहवेह, इस्राएलका परमेश्‍वर, आफ्ना तनमनले तपाईंको मार्गमा लागिरहने आफ्ना सेवकहरूसँग आफ्नो प्रेमको करार बाँध्नुहुने तपाईंजस्तो अरू कुनै ईश्‍वर स्वर्ग र पृथ्वीमा छैन।
2CH 6:15 तपाईंले आफ्नो सेवक मेरा पिता दावीदसित आफ्नो मुखले गर्नुभएको प्रतिज्ञा आफ्ना हातले पूरा गर्नुभएको छ, जो आजको दिनसम्मै छँदैछ।
2CH 6:16 “अब हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवक मेरा पिता दावीदको खातिर उहाँलाई यसो भन्‍नुभएको प्रतिज्ञा पूरा गर्नुहोस् ‘मेरा व्यवस्थाअनुसार तैँले गरेझैँ तेरा छोराहरू होसियारीसाथ मेरो सामु हिँडेर पालन गरे भने इस्राएलको सिंहासनमा बस्‍नलाई तँलाई कुनै मानिसको अभाव हुनेछैन।’
2CH 6:17 अब, हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवक दावीदलाई भन्‍नुभएको कुरा सत्य भएर आओस्।
2CH 6:18 “तर के परमेश्‍वर साँच्‍चै मानिसहरूसित पृथ्वीमा बस्‍नुहुनेछ? आकाश त के, अति उच्‍च स्वर्गमा पनि तपाईं अटाउनुहुन्‍न। मैले बनाएको यस मन्दिरले त झन् के सक्ला र?
2CH 6:19 तरै पनि, हे याहवेह मेरा परमेश्‍वर, आफ्नो सेवकको प्रार्थना र दयाको निम्ति चढाएको अर्जबिन्तीमा ध्यान दिनुहोस्। तपाईंको उपस्थितिमा तपाईंको सेवकले गरेको पुकार र प्रार्थना सुन्‍नुहोस्।
2CH 6:20 तपाईंले आफ्नो नाम राख्नेछु भनेर भन्‍नुभएको यस ठाउँमा तपाईंका आँखा दिनरात खुल्‍लै रहून्। यस ठाउँतिर फर्केर तपाईंको सेवकले चढाएको प्रार्थना सुन्‍नुहोस्।
2CH 6:21 तपाईंको सेवक र तपाईंको जाति इस्राएलले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तिनीहरूको अर्जबिन्ती सुनिदिनुहोस्। तपाईंको वासस्थान स्वर्गबाट सुन्‍नुहोस्; र तपाईंले सुन्‍नुभएपछि क्षमा गर्नुहोस्।
2CH 6:22 “कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा अपराध गर्‍यो, र उसलाई शपथ खान लगाइयो; अनि उसले यस मन्दिरमा तपाईंको वेदीको सामु आएर शपथ खायो भने,
2CH 6:23 तब तपाईंले स्वर्गबाट सुनेर काम गर्नुहोस्। आफ्ना सेवकहरूको बीचमा न्याय गर्नुहोस्, र त्यस दोषीलाई अपराधी ठहर्‍याउँदै त्यसले गरेको काम त्यसकै शिरमाथि खन्याइदिनुहोस्। अनि निर्दोषलाई त्यसको निर्दोषता प्रमाणित गरिदिनुहोस्।
2CH 6:24 “जब तपाईंको जाति इस्राएलले तपाईंको विरुद्धमा पाप गरेको कारणले तिनीहरू आफ्ना शत्रुहरूद्वारा हार्लान्, र तिनीहरू फेरि तपाईंतिर फर्केर यस मन्दिरमा आएर तपाईंको अगि प्रार्थना र बिन्ती गर्दै तपाईंको नामलाई प्रशंसा चढाए भने,
2CH 6:25 तब स्वर्गबाट सुन्‍नुहोस् र तपाईंले आफ्नो जाति इस्राएललाई क्षमा दिनुहोस्, र तिनीहरूलाई र तिनीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशमा फर्काएर ल्याउनुहोस्।
2CH 6:26 “तपाईंका जातिले पाप गरेको कारण आकाश बन्द भएर पानी परेन र तिनीहरूले यस ठाउँतिर फर्किएर प्रार्थना गर्दै तपाईंको नामलाई प्रशंसा चढाए अनि तपाईंले तिनीहरूलाई दण्ड दिनुभएको कारण तिनीहरू आफ्ना पापबाट फर्किए भने,
2CH 6:27 तब स्वर्गबाट सुन्‍नुहोस् र आफ्ना सेवकहरू, इस्राएल तपाईंको जातिलाई क्षमा गर्नुहोस्। तिनीहरूलाई ठिकसित जिउने मार्ग सिकाउनुहोस्। अनि तपाईंले आफ्नो जातिलाई उत्तराधिकारस्वरूप दिनुभएको देशमा वर्षा पठाइदिनुहोस्।
2CH 6:28 “जब देशमा अनिकाल वा विपत्ति आउँछ, अथवा वनस्पति ओइलाउने वा ढुसी पर्ने रोग लाग्छ, अथवा सलह र फट्याङ्ग्राहरू आउँछन्, वा तिनीहरूका कुनै सहरमा शत्रुहरूले घेरा हाल्छन्, र जस्तोसुकै आपत् वा रोग किन आइनपरोस्,
2CH 6:29 तपाईंको जाति इस्राएलले आफ्ना हात यस मन्दिरतिर फैलाउँदै आफ्नो कष्‍टलाई थाहा पाएर प्रार्थना र विनय चढायो भने,
2CH 6:30 तब तपाईंको वासस्थान स्वर्गबाट सुन्‍नुहोस् र क्षमा गर्नुहोस् (किनकि तपाईंले मात्र मानिसहरूका हृदयलाई जान्‍नुहुन्छ)। यसकारण त्यसलाई त्यसका सबै कामअनुसारको प्रतिफल दिनुहोस्।
2CH 6:31 यसरी तपाईंले हाम्रा पितापुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूले तपाईंको भय मानून्।
2CH 6:32 “ती विदेशीहरू, जो तपाईंका प्रजा इस्राएलबाट होइनन्, तर तपाईंको महान् नाम, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलिएको पाखुराको विषयमा सुनेर टाढा देशबाट आएका छन् भने जब तिनीहरूले यस मन्दिरतिर फर्केर प्रार्थना गर्छन्,
2CH 6:33 तब आफ्नो वासस्थान स्वर्गबाट सुन्‍नुहोस। अनि त्यस परदेशीले जे माग्छ, त्यही गर्नुहोस्; ताकि यस पृथ्वीका सबै मानिसहरूले तपाईंको जाति इस्राएलले झैँ तपाईंको नाम जानून् र तपाईंको भय मानून्। अनि मैले बनाएको यस भवनमा तपाईंको नाम रहेछ भनी जानून्।
2CH 6:34 “तपाईंका प्रजा आफ्ना शत्रुहरूको विरुद्धमा जाँदा तपाईंले तिनीहरूलाई जहाँ पठाउनुहुन्छ, तिनीहरूले तपाईंले चुन्‍नुभएको यो सहर, मैले तपाईंको नामको खातिर बनाएको यस मन्दिरतिर फर्केर तपाईंसित प्रार्थना गरेको बेला,
2CH 6:35 स्वर्गबाट तिनीहरूका प्रार्थना र तिनीहरूका अर्जबिन्ती सुनिदिनुहोस्, र तिनीहरूको पक्ष लिनुहोस्।
2CH 6:36 “जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्—किनकि पाप नगर्ने कोही पनि छैन; र तिनीहरूसित रिसाउनुभएर तपाईंले तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभएर उनीहरूले तिनीहरूलाई कैद गरेर टाढा र नजिक लगे भने,
2CH 6:37 तिनीहरू कैद भएको ठाउँमा तिनीहरूको हृदय परिवर्तन भएर तिनीहरूले आफू कैद गरिएको देशमा पश्‍चात्ताप गरेर तपाईंसित अर्जबिन्ती गर्दै ‘हामीले पाप गरेका छौँ, हामीले भूल गरेर दुष्‍ट काम गरेका छौँ’ भन्छन् भने;
2CH 6:38 अनि तिनीहरू आफू कैद भएर लगिएको देशमा आफ्ना हृदय र प्राणले तपाईंतिर फर्कन्छन्; र तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको देशतिर फर्केर, तपाईंले चुन्‍नुभएको सहरतिर फर्केर, मैले तपाईंको खातिर बनाएको मन्दिरतिर फर्केर, तिनीहरूले प्रार्थना गरे भने,
2CH 6:39 तपाईंको वासस्थान स्वर्गबाट तिनीहरूका प्रार्थना र अर्जबिन्ती सुनिदिनुहोस् र तिनीहरूको पक्ष लिइदिनुहोस्। तपाईंको विरुद्धमा पाप गर्ने तपाईंको प्रजालाई क्षमा दिनुहोस्।
2CH 6:40 “अब, हे मेरा परमेश्‍वर, आफ्ना आँखा खोल्नुहोस् र यस ठाउँमा चढाइएका प्रार्थनाहरू सुनिदिनुहोस्।
2CH 6:41 “अब उठ्नुहोस्, हे याहवेह परमेश्‍वर, तपाईं र तपाईंका शक्तिको सन्दुक,
2CH 6:42 हे याहवेह परमेश्‍वर, तपाईंको अभिषिक्त जनलाई इन्कार नगर्नुहोस्।
2CH 7:1 सोलोमनले प्रार्थना गरिसकेपछि स्वर्गबाट आगो झर्‍यो; अनि त्यसले होमबलि र बलिदानहरूलाई भस्म पार्‍यो, तब त्यो मन्दिर याहवेहको महिमाले भरियो।
2CH 7:2 पुजारीहरू याहवेहको मन्दिरभित्र पस्‍न सकेनन्; किनकि याहवेहको महिमाले त्यो मन्दिर ढाकिएको थियो।
2CH 7:3 जब इस्राएलीहरूले आगो झरेको र त्यस मन्दिरमाथि याहवेहको महिमा आएको देखे, तब तिनीहरू भुइँमा घोप्टो परे; अनि दण्डवत् गरेर याहवेहलाई धन्यवाद दिँदै यसो भने, “उहाँ भलो हुनुहुन्छ; उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”
2CH 7:4 त्यसपछि राजा र सबै मानिसहरूले याहवेहको सामु बलिदानहरू चढाए।
2CH 7:5 राजा सोलोमनले बाइस हजार बहर र एक लाख बीस हजार भेडाबाख्रा बलि चढाए। यसरी राजा र ती मानिसहरूले परमेश्‍वरको मन्दिरलाई समर्पण गरे।
2CH 7:6 पुजारीहरूले, लेवीहरूले झैँ याहवेहको वाद्य-वादनसित आ-आफ्ना स्थानमा उभिए, जुन वाद्य-वादनहरू राजा दावीदले याहवेहको प्रशंसा गर्नलाई बनाएका थिए; अनि दावीदले धन्यवाद दिँदा, “उहाँको प्रेम सदासर्वदा रहिरहन्छ” भन्दै ती वाद्य-वादनलाई तिनले प्रयोग गरेका थिए। लेवीहरूका सामु नै पुजारीहरूले आफ्ना तुरही फुके, र सबै इस्राएलीहरू उभिरहे।
2CH 7:7 सोलोमनले याहवेहको मन्दिरको सामु भएको चोकको बीच भागलाई पवित्र गरे; अनि त्यहाँ होमबलि र मेलबलिहरूका बोसो चढाए; किनकि तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्‍नबलि र बोसोको भाग अटाएनन्।
2CH 7:8 यसकारण सोलोमनले त्यस बेला सात दिनसम्म चाड मनाए, र तिनको साथमा सारा इस्राएलले—एउटा ठूलो समुदायले, बो-हमातका मानिसहरूदेखि लिएर इजिप्टको खोल्सासम्मका मानिसहरूले।
2CH 7:9 आठौँ दिनमा तिनीहरूले एउटा सभा राखे; किनकि तिनीहरूले सात दिनसम्म वेदीको अर्पणको उत्सव मनाए र अरू सात दिनसम्म चाड मनाए।
2CH 7:10 सातौँ महिनाको तेईसौँ दिन तिनले मानिसहरूलाई बिदा दिए; अनि तिनीहरू याहवेहले दावीद, सोलोमन र उहाँको प्रजा इस्राएलका निम्ति गर्नुभएको असल कुराहरूका कारण आनन्दले पूर्ण र हृदयमा हर्षित भएका थिए।
2CH 7:11 सोलोमनले याहवेहको मन्दिर र राजमहल बनाइसके; अनि याहवेहको मन्दिर र आफ्नो महलमा जे-जे बनाउने इच्छा तिनको हृदयमा आयो, ती सबै कुराहरू गरिसिद्ध्याए।
2CH 7:12 तब राति याहवेह सोलोमनकहाँ देखा पर्नुभयो र भन्‍नुभयो: “मैले तेरो प्रार्थना सुनेँ, र मैले यस ठाउँलाई बलिदान चढाउने मन्दिरको रूपमा आफ्नै निम्ति चुनेँ।
2CH 7:13 “मैले आकाशलाई बन्द गरेको बेला पानी नपर्दा, अथवा देशलाई सखाप पार्न सलहहरू पठाउँदा, अथवा मेरा मानिसहरूमाथि विपत्ति पठाउँदा,
2CH 7:14 यदि मेरो नामद्वारा बोलाइएका मेरा मानिसहरूले आफूलाई विनम्र तुल्याएर प्रार्थना गर्दै मतिर फर्के भने, र आफ्ना दुष्‍ट चालहरूबाट फर्के भने म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु; अनि तिनीहरूका पाप क्षमा गरेर तिनीहरूको देशलाई निको पार्नेछु।
2CH 7:15 अब यस ठाउँमा चढाइएका प्रार्थनाहरूप्रति मेरा आँखा खुल्‍ला र कान सतर्क रहनेछन्।
2CH 7:16 मैले यहाँ मेरो नाम सदासर्वदा भइरहोस् भनेर यस मन्दिरलाई चुनेर पवित्र गरेको छु। मेरा आँखा र हृदय सधैँ यहीँ रहिरहनेछन्।
2CH 7:17 “तेरो विषयमा चाहिँ, यदि तँ आफ्ना पिता दावीदझैँ मेरो सामु हिँडिस्, र मैले दिएका सबै आज्ञापालन गरिस् भने,
2CH 7:18 तेरा पिता दावीदसित ‘इस्राएलमाथि शासन गर्न तँलाई कुनै मानिसको अभाव हुनेछैन’ भनेर मैले गरेको करारअनुसार म तेरो राजकीय सिंहासन स्थापित गर्नेछु।
2CH 7:19 “तर यदि तँ त्यसबाट तर्किएर मैले तँलाई दिएका उर्दीहरू त्यागेर अरू देवताहरूको सेवा गरिस्, र तिनीहरूलाई पुज्न थालिस् भने,
2CH 7:20 मैले इस्राएललाई दिएको देशबाट तिनीहरूलाई उखेलिदिनेछु; र मैले आफ्नो नामका निम्ति पवित्र गरेको यस जातिहरूको बीचमा एउटा घृणा र गिल्‍लाको पात्र बनाइदिनेछु।
2CH 7:21 अहिले यो मन्दिर भव्य भए तापनि यसको छेउबाट भएर जाने सबैले भयभीत भएर यसो भन्‍नेछन्, ‘याहवेहले यस देश र यस मन्दिरलाई किन यस्तो गर्नुभएको होला?’
2CH 7:22 तब मानिसहरूले यसो भनेर जवाफ दिनेछन्, ‘किनकि तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुने याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्‍वरलाई तिनीहरूले त्यागेका छन्, र अरू देवी-देवताहरूलाई स्वीकार गरेर तिनीहरूलाई पुजिरहेका छन्। यसैकारण याहवेहले यी सबै विपत्तिहरू तिनीहरूमाथि ल्याउनुभयो।’ ”
2CH 8:1 सोलोमनले याहवेहको मन्दिर र आफ्नै महल बनाएको बीस वर्षको अन्त्यमा,
2CH 8:2 हीरामले तिनलाई दिएका सहरहरू पुनर्निर्माण गरे, र त्यहीँ इस्राएलीहरूलाई बसोबास गराए।
2CH 8:3 त्यसपछि सोलोमन हमात-सोबामा गएर त्यसलाई कब्जा गरे।
2CH 8:4 तिनले उजाडस्थानमा तादमोर र हमातमा बनाएका सबै भण्डारका सहरहरूलाई पनि पुनर्निर्माण गरे।
2CH 8:5 तिनले माथिल्‍लो र तल्‍लो बेथ-होरोनलाई पर्खालले घेरिएका सहरहरूझैँ पुनर्निर्माण गरे; अनि तिनमा पर्खालहरू, मूलढोकाहरू र बारहरू लगाए।
2CH 8:6 साथै तिनले बालात, तिनका सबै भण्डारका सहरहरू, आफ्ना रथहरू र घोडाहरू राख्ने सबै नगरहरू पनि पुनर्निर्माण गरे। तिनले यरूशलेममा, लेबनानमा र आफूले शासन गरेका प्रान्तहरूभरि आफूलाई जे-जे बनाउन इच्छा लाग्यो, ती सबै बनाए।
2CH 8:7 हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूबाट छोडिएका सबै मानिसहरूलाई (यी मानिसहरू इस्राएली थिएनन्);
2CH 8:8 अर्थात् देशमा रहेका तिनीहरूका सन्तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्, सोलोमनले आफ्ना बेगारी काम गर्न राखे, जस्तो आजको दिनसम्म भइरहेको छ।
2CH 8:9 तर सोलोमनले आफ्नो कामका निम्ति इस्राएलीहरूलाई चाकर बनाएनन्। तिनीहरू आफ्ना लडाकुहरू, सेनापतिहरूमाथिका सेनापतिहरू, रथहरू र घोडचढीहरूका सेनापतिहरू थिए।
2CH 8:10 तिनीहरू राजा सोलोमनका प्रमुख अधिकृतहरू थिए—अर्थात् मानिसहरूमाथि रेखदेख गर्ने दुई सय पचास अधिकृतहरू।
2CH 8:11 सोलोमनले फारोकी छोरीलाई दावीदको सहरबाट माथि तिनले उनका निम्ति बनाइदिएको महलमा ल्याए। किनकि तिनले भने, “याहवेहको सन्दुक प्रवेश गरेका ठाउँहरू पवित्र हुनाले मेरी पत्नी इस्राएलका राजा दावीदको महलमा बस्‍नुहुँदैन।”
2CH 8:12 दलानको सामु भएको सोलोमनले बनाएका याहवेहको वेदीमाथि तिनले याहवेहका निम्ति होमबलि चढाए।
2CH 8:13 मोशाको व्यवस्थाअनुसार शब्बाथका दिनहरू, औँसी र वर्षमा तीनपल्ट चढाउने चाडहरू, अर्थात् अखमिरी रोटीको चाड, साताहरूका चाड र छाप्रोबासको चाड हरेक दिन तोकिएअनुसार तिनले चढाउने गर्थे।
2CH 8:14 आफ्ना पिता दावीदको नियमअनुसार पुजारीहरूको दलहरूलाई तिनले आफ्ना काम गर्नका निम्ति, र दिन-दिनको नियमअनुसार प्रशंसाको नेतृत्व गर्न र पुजारीहरूलाई सघाउनका निम्ति लेवीहरूलाई नियुक्त गरे। तिनले विभिन्‍न मूलढोकाहरूका निम्ति द्वारपालहरूलाई पनि दल-दल गरी नियुक्त गरे; किनकि परमेश्‍वरको जन दावीदको आज्ञा यस्तै थियो।
2CH 8:15 राजकोषसम्बन्धी विषयमा पुजारीहरू अथवा लेवीहरूप्रति दिइएका राजाका आज्ञाहरूबाट उनीहरू यताउति हटेनन्।
2CH 8:16 याहवेहको भवनको जग बसालेको दिनदेखि त्यसलाई सिद्ध्याउन्जेल सोलोमनका सबै कामहरू भइरहेको थियो। यसरी याहवेहको भवन बनिसिद्धियो।
2CH 8:17 तब सोलोमनले लाल समुद्रको किनारमा भएको एस्योन-गेबेर र एलोतमा गए।
2CH 8:18 हीरामले तिनलाई आफ्नै अधिकृतहरू, समुद्रमा अनुभवी मानिसहरूद्वारा चलाइएका जहाजहरू पठाइदिए। यिनीहरू सोलोमनका मानिसहरूसित ओपीरमा गए। अनि चार सय पचास टालेन्ट सुन ल्याएर तिनीहरूले ती राजा सोलोमनलाई सुम्पिदिए।
2CH 9:1 जब शेबाकी रानीले सोलोमनको ख्यातिको विषयमा सुनिन्, तब तिनी उनलाई जाँच गर्नलाई कठिन प्रश्नहरू लिएर यरूशलेममा आइन्। तिनी विशाल लावालश्करको साथमा मसलाहरू, धेरै सुन र बहुमूल्य पत्थरहरू ऊँटहरूमा लदाएर सोलोमनकहाँ आइन्। तिनले सोलोमनसित आफ्ना मनका सबै प्रश्नहरू सोधिन्।
2CH 9:2 सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए। उनले शेबाकी रानीलाई बताउन नसक्ने एउटै प्रश्न पनि कठिन थिएन।
2CH 9:3 जब शेबाकी रानीले सोलोमनको बुद्धि जाँचेर सकिन्; अनि उनले बनाएको त्यो महल,
2CH 9:4 उनका टेबुलका भोजन, उनका अधिकृतहरूको बसाइ, हेरविचार गर्ने नोकरहरू र उनका विशिष्‍ट वस्त्र, आफ्ना विशिष्‍ट वस्त्रसहितका मद्य टक्राउनेहरू र उनले याहवेहको मन्दिरमा चढाएका होमबलिहरू देखिन्, तब तिनी छक्‍क परिन्।
2CH 9:5 तब तिनले राजालाई भनिन्, “मैले आफ्नो देशमा तपाईंको सफलता र बुद्धिको विषयमा सुनेको कुरा ठिक रहेछ।
2CH 9:6 तर आफैँ आएर आफ्नै आँखाले नदेखेसम्म मैले तिनीहरूले भनेका कुराहरू पत्याएकी थिइनँ। साँच्‍चै, मलाई त तपाईंको महानताको विषयमा आधा पनि बताइएको रहेनछ। मैले सुनेको कुराभन्दा तपाईं अझ बुद्धिमान् हुनुहुँदोरहेछ।
2CH 9:7 तपाईंका मानिसहरू कत्ति सुखी होलान्! तपाईंको सामु उभिएर तपाईंका बुद्धिका कुराहरू लगातार सुन्‍ने तपाईंका अधिकारीहरू कत्ति सुखी होलान्!
2CH 9:8 याहवेह तपाईंको परमेश्‍वरको प्रशंसा होस्, जसले तपाईंमा आनन्द लिनुभएर याहवेह तपाईंको परमेश्‍वरका निम्ति शासन गर्नलाई राजाको रूपमा आफ्नो सिंहासनमा बसाल्नुभएको छ। तपाईंको परमेश्‍वरले तिनीहरूलाई सदासर्वदा सम्हाल्न इस्राएललाई प्रेम गर्नुभयो। त्यसकारण न्याय र धार्मिकता अटल राख्नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्याउनुभएको छ।”
2CH 9:9 तब तिनले राजालाई एक सय बीस टालेन्ट सुन, धेरै मसलाहरू र बहुमूल्य पत्थरहरू दिइन्। शेबाकी रानीले राजा सोलोमनलाई जुन मसलाहरू दिएकी थिइन्, त्यस्तो फेरि कहिल्यै आएन।
2CH 9:10 (हीरामका मानिसहरू र सोलोमनका मानिसहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनका काठ र बहुमूल्य पत्थरहरू पनि ल्याए।
2CH 9:11 राजाले ती चन्दनका काठहरू याहवेहको मन्दिर र राजमहलका खुड्किलाहरू बनाउने काममा तथा सङ्गीतकारहरूका निम्ति वीणा र सारङ्गी बनाउने काममा लगाए। त्यस्ता कुराहरू यहूदामा कहिल्यै देखिएको थिएन।)
2CH 9:12 राजा सोलोमनले शेबाकी रानीलाई तिनले इच्छा गरेका र मागेका सबै कुराहरू दिए। उनीकहाँ तिनले जे-जे ल्याएकी थिइन्, त्योभन्दा बढी उनले तिनलाई दिए। त्यसपछि तिनी आफ्ना लावालस्करसित आफ्नै देशमा फर्किन्।
2CH 9:13 सोलोमनले प्रतिवर्ष पाउने सुनको तौल छ सय छयसट्ठी टालेन्ट थियो।
2CH 9:14 यस अतिरिक्त सामान निर्यात गर्ने व्यापारी र व्यवसायीहरूले पनि राजस्व ल्याउँथे। अरब देशका सबै राजाहरू र प्रादेशिक राज्यपालहरूले पनि राजाका निम्ति सुन र चाँदी ल्याउँथे।
2CH 9:15 राजा सोलोमनले पिटेको सुनका दुई सय वटा ठूला-ठूला ढालहरू बनाए। हरेक ढालमा छ सय शेकेल पिटिएको सुन लागेको थियो।
2CH 9:16 तिनले प्रत्येक ढालमा तीन सय शेकेल सुन लाग्ने गरी तीन सय वटा स-साना ढालहरू पनि पिटेका सुनले बनाए। राजाले ती ढालहरू लेबनानको वनमा भएको महलमा राखे।
2CH 9:17 त्यसपछि राजाले एउटा ठूलो सिंहासन बनाए; त्यसलाई हस्तीदन्त र निखुर सुनले मोहोरे।
2CH 9:18 सिंहासनमा उक्लने छ वटा खुड्किलाहरू थिए। त्यसमा सुनको पाउदान जोडिएको थियो। आसनका दुवैतिर हात अडाउने बाहुहरू थिए। हरेकको छेउ-छेउमा एक-एक वटा सिंह उभिएका थिए।
2CH 9:19 ती छ वटा खुड्किलाहरूमा, प्रत्येक खुड्किलामा दुई-दुई गरी जम्मा बाह्र वटा सिंहहरू थिए। कुनै पनि राज्यमा योजस्तो कहिल्यै बनाइएको थिएन।
2CH 9:20 राजा सोलोमनका पिउने सबै कचौराहरू सुनका थिए। लेबनानको वनको महलका सबै घरका सामानहरू निखुर सुनका थिए। कुनै पनि चीज चाँदीको बनाइएको थिएन; किनकि सोलोमनको समयमा चाँदी कम मूल्यको गनिन्थ्यो।
2CH 9:21 राजासित तर्शीशमा हीरामका मानिसहरूद्वारा चलाइने व्यापारी जहाजहरूको एक दल थियो। प्रत्येक तेस्रो वर्ष यो सुन, चाँदी, हस्तीदन्त, बाँदर र ढेढुहरू लिएर फर्कन्थ्यो।
2CH 9:22 यसरी राजा सोलोमन धन र बुद्धिमा संसारका सबै राजाहरूभन्दा महान् थिए।
2CH 9:23 संसारका सबै राजाहरू परमेश्‍वरले सोलोमनको हृदयमा राखिदिनुभएको बुद्धि सुन्‍नका निम्ति तिनको सामु जाने इच्छा गर्दथे।
2CH 9:24 वर्षैपिच्छे आउने हरेकले उपहारस्वरूप चाँदी र सुनका सामानहरू, वस्त्रहरू, हतियारहरू र मसलाहरू, घोडाहरू र खच्‍चरहरू ल्याउँथे।
2CH 9:25 आफ्ना घोडा र रथहरूका निम्ति सोलोमनका चार हजार तबेला थिए। तिनका बाह्र हजार घोडाहरू थिए। तीमध्ये कतिलाई तिनले रथहरू राख्ने सहरहरूमा र अरूलाईचाहिँ आफूसित यरूशलेममा राखे।
2CH 9:26 तिनले यूफ्रेटिस नदीदेखि पलिश्तीहरूको देशसम्म, इजिप्टको सिमानासम्म सबै राजाहरूमाथि शासन गर्थे।
2CH 9:27 राजाले यरूशलेममा चाँदीलाई ढुङ्गा जतिकै साधारण अनि देवदारुलाई चाहिँ पहाडका फेदीहरूका अञ्जीर जतिकै प्रशस्त बनाए।
2CH 9:28 सोलोमनका घोडाहरू इजिप्टबाट र अरू देशहरूबाट आयात गरिन्थे।
2CH 9:29 सोलोमनको शासनकालका अरू घटनाहरू, सुरुदेखि अन्त्यसम्म, नातान अगमवक्ताको इतिहास, शीलोनी अहीयाहको अगमवाणी र नबातका छोरा यारोबामको विषयमा दर्शी इद्दोका दर्शनको पुस्तकमा वर्णन गरिएका छैनन् र?
2CH 9:30 सोलोमनले सारा इस्राएलमाथि यरूशलेममा चालीस वर्ष राज्य गरे।
2CH 9:31 त्यसपछि तिनी आफ्ना पुर्खाहरूसित सुते, र आफ्ना पिता दावीदको सहरका चिहानमा गाडिए। तिनीपछि तिनका छोरा रहबाम राजा भए।
2CH 10:1 सारा इस्राएलले तिनलाई शेकेममा राजा बनाउन गएकाले रहबाम त्यहाँ गए।
2CH 10:2 जब नबातका छोरा यारोबामले यो कुरा सुने, (तिनी राजा सोलोमनदेखि भागेर गएदेखि इजिप्टमा थिए), तब तिनी इजिप्टबाट फर्किए।
2CH 10:3 यसकारण तिनीहरूले यारोबामलाई बोलाउन पठाए। अनि तिनी र इस्राएलको समुदाय रहबामकहाँ गएर तिनलाई भने:
2CH 10:4 “तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभएको थियो। अब उहाँले हामीमाथि लगाइदिनुभएको त्यस कठोर परिश्रम र गह्रौँ जुवालाई हलुङ्गो पारिदिनुहोस्; र हामी तपाईंको सेवा गर्नेछौँ।”
2CH 10:5 रहबामले जवाफ दिए, “मलाई तीन दिनको समय दिनुहोस् र फेरि आउनुहोस्।” यसकारण मानिसहरू गइहाले।
2CH 10:6 तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा, तिनका सेवा गर्ने प्रधानहरूसित यसो भनेर सल्‍लाह मागे, “यी मानिसहरूलाई म के जवाफ दिऊँ? तपाईंहरूले मलाई के सल्‍लाह दिनुहुन्छ?”
2CH 10:7 तिनीहरूले जवाफ दिए, “यदि तपाईं यी मानिसहरूप्रति दयालु हुनुभयो र तिनीहरूलाई खुशी पार्न मनपर्दो जवाफ दिनुभयो भने तिनीहरू सधैँ तपाईंका सेवकहरू हुनेछन्।”
2CH 10:8 तर रहबामले प्रधानहरूले दिएका सल्‍लाह इन्कार गरे; अनि तिनीसितै हुर्केका र तिनकै सेवा गरिरहेका जवान मानिसहरूसित सल्‍लाह लिए।
2CH 10:9 तिनले तिनीहरूलाई सोधे, “तिमीहरूले के सल्‍लाह दिन्छौ? ‘तपाईंका पिताले हामीमाथि राखिदिनुभएको बोझ अलिक हल्का पारिदिनुहोस्’ भन्‍ने यी मानिसहरूलाई कसरी जवाफ दिऊँ?”
2CH 10:10 तिनीसितै हुर्केका ती जवान मानिसहरूले जवाफ दिए, “तपाईंलाई ‘तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभयो; तर हाम्रा जुवा हल्का पारिदिनुहोस्’ भन्‍ने मानिसहरूलाई यसो भन्‍नुहोस्, ‘मेरो कान्छी औँला मेरा पिताको कम्मरभन्दा झन् मोटो छ।
2CH 10:11 मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई अझ गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई कोर्राले ताडना दिनुभयो, तर मचाहिँ तिमीहरूलाई बिच्छीहरूले डस्‍न लगाउनेछु।’
2CH 10:12 “तीन दिनमा मकहाँ फर्केर आउनुहोस्” भनी राजाले भनेझैँ, तीन दिनपछि यारोबाम र सबै मानिसहरू रहबामकहाँ आए।
2CH 10:13 राजाले तिनीहरूलाई कठोरतासाथ जवाफ दिए। तिनले प्रधानहरूको सल्‍लाह इन्कार गरे।
2CH 10:14 तिनले जवान मानिसहरूको सल्‍लाह सुनेर यसो भने, “मेरा पिताले तपाईंहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई झन् गह्रौँ पारिदिनेछु। मेरा पिताले तपाईंहरूलाई कोर्राले ताडना दिनुभयो; तर मचाहिँ तपाईंहरूलाई बिच्छीहरूले डस्‍न लाउनेछु।”
2CH 10:15 यसरी राजाले मानिसहरूका कुरा सुनेनन्; किनकि याहवेह परमेश्‍वरले शीलोका अहीयाहद्वारा नबातका छोरा यारोबामलाई भन्‍नुभएको वचन यसरी नै पूरा हुनुपर्थ्यो।
2CH 10:16 जब सारा इस्राएलले राजाले तिनीहरूका कुरा नसुनेका देखे; तिनीहरूले राजालाई जवाफ दिए: “दावीदमा हाम्रो के हिस्सा छ, यिशैका छोरामा के भाग छ? हे इस्राएल, आफ्ना पालहरूमा जाओ! हे दावीद, तिमी आफ्नै घर सम्हाल!” यसरी सारा इस्राएलीहरू आ-आफ्ना घरतिर गए।
2CH 10:17 तर यहूदाका सहरहरूमै बसिरहेका इस्राएलीहरूमाथि रहबामले नै शासन गरे।
2CH 10:18 राजा रहबामले ज्यालाविना काममा लगाउनेका जिम्मावाल अदोनीरामलाई पठाए; तर इस्राएलीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। तर राजा रहबाम आफ्नो रथमा चढेर यरूशलेममा भागेर जान सफल भए।
2CH 10:19 यसकारण इस्राएल आजको दिनसम्मै दावीदको घरानाको विरुद्धमा छ।
2CH 11:1 जब रहबाम यरूशलेममा आइपुगे, तब आफ्नो राज्य फिर्ता ल्याउने उद्देश्यले इस्राएलको विरुद्धमा लडाइँ गर्नलाई यहूदा र बेन्यामीनका घरानाबाट एक लाख असी हजार लडाकु मानिसहरू बटुले।
2CH 11:2 तर परमेश्‍वरका जन शमायाहकहाँ याहवेहको यो वचन आयो:
2CH 11:3 “सोलोमनको छोरा, यहूदाको राजा रहबाम अनि यहूदा र बेन्यामीनमा भएका सबै इस्राएलीहरूलाई यसो भन्,
2CH 11:4 ‘याहवेह यसो भन्‍नुहुन्छ: आफ्ना दाजुभाइहरूसित लडाइँ गर्न नजाओ। तिमीहरू हरेक आफ्ना घरमा जाओ; किनकि यो कामचाहिँ मबाट भएको हो।’ ” यसकारण तिनीहरूले याहवेहका कुरा सुनेर यारोबामको विरुद्धमा अगि बढ्नबाट पछि फर्के।
2CH 11:5 रहबामले यरूशलेममा बसेर यहूदाको सुरक्षाका निम्ति सहरहरू निर्माण गरे:
2CH 11:6 बेथलेहेम, एताम, तको,
2CH 11:7 बेथ-सूर, सोको, अदुल्‍लाम,
2CH 11:8 गात, मारेशा, जीप,
2CH 11:9 अदोराइम, लाकीश, अजेका,
2CH 11:10 सोरा, अय्यालोन र हेब्रोन, जो यहूदा र बेन्यामीनमा भएका सुरक्षित सहरहरू थिए।
2CH 11:11 तिनले तिनीहरूका प्रतिरक्षा बलियो पारे; अनि त्यहाँ खानेकुरा, जैतुनको तेल र दाखमद्यसहित सेनापतिहरू राखिदिए।
2CH 11:12 तिनले सबै सहरहरूमा ढालहरू र भालाहरू राखेर तिनलाई बलियो पारे। यसरी तिनले यहूदा र बेन्यामीनलाई आफ्नो अधीनमा लिए।
2CH 11:13 तब सारा इस्राएलभरिका पुजारीहरू र लेवीहरू आ-आफ्ना जिल्‍लाहरूबाट तिनीकहाँ हाजिर भए।
2CH 11:14 लेवीहरूले आफ्ना खर्कहरू र सम्पत्तिहरूसमेत त्यागेर यहूदा र यरूशलेममा आएका थिए; किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई याहवेहका पुजारीहरूको रूपमा इन्कार गरेका थिए।
2CH 11:15 तिनले अग्ला देवस्थानहरूका निम्ति र तिनले बनाएका बाख्रा र बाछाहरूका मूर्तिहरूका निम्ति आफ्नै पुजारीहरू नियुक्त गरेका थिए।
2CH 11:16 आफ्ना हृदय याहवेह इस्राएलका परमेश्‍वरको खोजीमा लगाउनेहरू, इस्राएलका प्रत्येक कुलबाट याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरकहाँ बलिदान चढाउन भनी लेवीहरूका पछि-पछि यरूशलेमतिर लागे।
2CH 11:17 तिनीहरूले यहूदाको राज्यलाई सुदृढ पारे; अनि त्यस समयमा दावीद र सोलोमनका मार्गहरूमा चलेर सोलोमनका छोरा रहबामलाई तीन वर्षसम्म समर्थन दिए।
2CH 11:18 रहबामले दावीदकी नातिनी, यरीमोतकी छोरी महलतलाई विवाह गरे। यरीमोतकी आमाको नाम अबीहेल थियो। तिनी यिशैका छोरा एलिआबकी छोरी थिइन्।
2CH 11:19 महलतबाट जन्मेका रहबामका छोराहरूका नाम यी हुन्: येऊश, शमर्याह र साहम।
2CH 11:20 तब तिनले अब्शालोमकी छोरी माकालाई विवाह गरे, जसले तिनका निम्ति अबीयाह, अत्तै, जीजा र शलोमीतलाई जन्माइन्।
2CH 11:21 रहबामले आफ्ना सबै पत्नीहरू र उपपत्नीहरूमध्ये अब्शालोमकी छोरी माकालाई सबैभन्दा बढी प्रेम गर्थे। तिनका जम्मा अठार पत्नीहरू, साठी उपपत्नीहरू, अट्ठाइस छोराहरू र साठी छोरीहरू थिए।
2CH 11:22 रहबामले माकाका छोरा अबीयाहलाई राजा तुल्याउनका निम्ति तिनका दाजुभाइहरूमध्ये अधिराजकुमार नियुक्त गरे।
2CH 11:23 तिनले आफ्ना केही छोराहरूलाई यहूदा र बेन्यामीनभरिका जिल्‍लाहरूमा र सबै सुरक्षित सहरहरूमा यताउता पठाइदिएर बुद्धिमानी काम गरे। तिनले तिनीहरूका निम्ति प्रशस्त कुराहरू प्रबन्ध गरिदिए; अनि तिनीहरूका निम्ति धेरै पत्नीहरू पनि ल्याइदिए।
2CH 12:1 राजा रहबामको राज्य शक्तिशाली र स्थिर भयो, तब तिनले र तिनीसित भएका सारा इस्राएलले याहवेहको व्यवस्था त्यागे।
2CH 12:2 तिनीहरू याहवेहप्रति अविश्‍वासी भएको कारण इजिप्टका राजा शीशकले राजा रहबामको पाँचौँ वर्षमा यरूशलेममाथि आक्रमण गर्दा,
2CH 12:3 बाह्र सय रथ, साठी हजार घोडचढीहरू र तिनीसित इजिप्टबाट आएका लिबियाली, सुक्‍किया र कूशीहरूका असंख्य दलहरू थिए।
2CH 12:4 तिनले यहूदाका सुरक्षित सहरहरू कब्जा गरेर यरूशलेमसम्मै आए।
2CH 12:5 तब अगमवक्ता शमायाह रहबाम र यहूदाका अगुवाहरूकहाँ आए, जो शिशकको डरले यरूशलेममा भेला भएका थिए, र तिनले उनीहरूलाई भने, “याहवेहले यसो भन्‍नुहुन्छ, ‘तिमीहरूले मलाई त्याग्यौ; यसैकारण अब मैले तिमीहरूलाई शीशकको हातमा सुम्पिदिएको छु।’ ”
2CH 12:6 इस्राएलका अगुवाहरू र राजाले आफूलाई विनम्र तुल्याएर भने, “याहवेह न्यायी हुनुहुन्छ।”
2CH 12:7 तिनीहरूले आफूलाई विनम्र तुल्याएका याहवेहले देखिपछि शमायाहकहाँ याहवेहको यो वचन आयो: “तिनीहरूले आफूलाई विनम्र तुल्याएको कारण म तिनीहरूलाई नाश गर्नेछैनँ, तर चाँडै छुटकारा दिनेछु। मेरो क्रोध शीशकद्वारा यरूशलेममाथि खनाइनेछैन।
2CH 12:8 तरै पनि तिनीहरूले मेरो सेवा गर्न र अरू देशका राजाहरूको सेवा गर्नुमा के भिन्‍नता छ, त्यो सिकून् भनेर तिनीहरू त्यसका अधीनमा रहनेछन्।”
2CH 12:9 इजिप्टका राजा शीशकले यरूशलेममाथि आक्रमण गरेपछि याहवेहको भवनका भण्डारका सबै चीजहरू र राजमहलका भण्डारका सामानहरू तिनले लगेर गए। सोलोमनले बनाएका सुनका ढालहरूसहित हरेक कुराहरू तिनले लगे।
2CH 12:10 यसकारण राजा रहबामले तिनीहरूका सट्टामा काँसाका ढालहरू बनाए, र ती राजमहलको प्रवेशद्वारका काममा खटिएका पहरेदारहरूका सेनापतिहरूको जिम्मामा दिए।
2CH 12:11 राजा जहिले-जहिले याहवेहको मन्दिरमा जान्थे, ती पहरेदारहरू ढालहरू बोकेर तिनीसित जान्थे। त्यसपछि तिनीहरूले ती पहरेदारहरूको कोठामा फर्काइदिन्थे।
2CH 12:12 रहबामले आफूलाई विनम्र तुल्याएकाले याहवेहको क्रोध तिनीबाट हट्यो र तिनी सम्पूर्ण रूपले नाश भएनन्। अवश्य पनि यहूदामा केही असल कुरा थिए।
2CH 12:13 राजा रहबामले आफूलाई यरूशलेममा दृढतापूर्वक स्थापित गरेर राज्य गरिरहे। तिनी राजा हुँदा एकचालीस वर्षका थिए; अनि तिनले याहवेहले आफ्नो नाम राख्नलाई इस्राएलका सबै कुलहरूबाट चुन्‍नुभएको सहर यरूशलेममा सत्र वर्ष राज्य गरे। तिनकी आमाको नाम नामा थियो; जो अम्मोनी थिइन्।
2CH 12:14 रहबामले आफ्नो हृदयमा याहवेहलाई नखोजेको कारण दुष्‍टता गरे।
2CH 12:15 रहबामको शासनका घटनाहरू, सुरुदेखि लिएर अन्त्यसम्म, के ती अगमवक्ता शमायाहका वृतान्तमा र वंशावली लेख्ने दर्शी इद्दोको वृतान्तमा लेखिएका छैनन् र? रहबाम र यारोबामको बीचमा लडाइँहरू भइरह्‍यो।
2CH 12:16 रहबाम आफ्ना पुर्खाहरूसित सुते, र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा अबीयाह राजा भए।
2CH 13:1 यारोबामको शासनकालको अठारौँ वर्षमा अबीयाह यहूदाका राजा भए।
2CH 13:2 तिनले यरूशलेममा तीन वर्ष राज्य गरे। तिनकी आमाको नाम माका थियो, जो गेबाको ऊरीएलकी छोरी थिइन्। अबीयाहह र यारोबामको बीचमा लडाइँ भयो।
2CH 13:3 अबीयाह चार लाख योग्य योद्धाहरूको दल लिएर लडाइँमा उत्रे। यारोबामले पनि तिनको विरुद्धमा आठ लाख योग्य सैनिकहरू चुने।
2CH 13:4 अबीयाहले एफ्राइमको पहाडी मुलुकमा भएको समारैम डाँडामा उभिएर भने, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन!
2CH 13:5 याहवेह इस्राएलका परमेश्‍वरले इस्राएल राज्य नुनको करारद्वारा दावीदलाई र तिनका सन्तानलाई सदासर्वदाका निम्ति दिनुभएको छ भनी के तिमीहरूले थाहा पाउनुपर्ने होइन र?
2CH 13:6 तरै पनि दावीदका छोरा सोलोमनका अधिकृत नबातका छोरा यारोबामले आफ्ना मालिकको विरुद्धमा विद्रोह गरे।
2CH 13:7 केही बेकम्मा बदमासहरू तिनको पछि लागेर सोलोमनका छोरा रहबामलाई विरोध गरे। त्यस समय रहबाम उमेरमा कलिलो र निर्णय लिन नसक्ने भएकोले तिनीहरूको प्रतिकार गर्न सक्दैनथिए।
2CH 13:8 “अब तिमीहरू दावीदका सन्तानको हातमा रहेको याहवेहको राज्यको विरुद्ध खडा हुने योजना गर्दछौ। अब तिमीहरूसित एउटा विशाल फौज र तिमीहरूका निम्ति देवताहरू हुनलाई यारोबामले बनाएका सुनका बाछाहरू छन्।
2CH 13:9 तर के तिमीहरूले याहवेहका पुजारीहरू, हारूनका छोराहरू र लेवीहरूलाई निकालेर अरू देशका मानिसहरूले गरेझैँ आफ्नै पुजारीहरू बनाएका छैनौ र? एउटा बाछा र सात वटा भेडा लिएर आफूलाई पवित्र तुल्याउन आउने जोसुकै पनि त्यसको पुजारी भइहाल्छ, जो ईश्‍वर हुँदै होइन।
2CH 13:10 “हाम्रो विषयमा चाहिँ याहवेह नै हाम्रा परमेश्‍वर हुनुहुन्छ र हामीले उहाँलाई त्यागेका छैनौँ। याहवेहको सेवा गर्ने पुजारीहरू हारूनका छोराहरू हुन्, र लेवीहरूले तिनीहरूलाई सघाउँछन्।
2CH 13:11 हरेक बिहान र साँझ तिनीहरूले याहवेहकहाँ होमबलि र सुगन्धित धूप चढाउँछन्। तिनीहरूले विधिपूर्वक शुद्ध गरिएको टेबुलमा रोटी मिलाएर राख्छन्, र हरेक साँझ सुनको सामदानमा बत्ती बाल्छन्। यसरी हामी साँच्‍चै याहवेहका नियमहरू पालन गर्छौँ। तर तिमीहरूले उहाँलाई त्यागेका छौ।
2CH 13:12 परमेश्‍वर हामीसित हुनुहुन्छ; उहाँ नै हाम्रा अगुवा हुनुहुन्छ। उहाँका पुजारीहरूले आफ्ना तुरहीहरूले तिमीहरूको विरुद्धमा युद्ध-ध्वनि निकाल्नेछन्। हे इस्राएलका मानिसहरू हो, याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा लडाइँ नगर; किनकि तिमीहरू सफल हुनेछेनौँ।”
2CH 13:13 त्यही बेला यारोबामले आफ्ना केही दललाई सुटुक्‍क पठाएका थिए, र तिनी यहूदाको सामु हुँदा ढुक्नेहरूचाहिँ तिनीहरूका पछि थिए।
2CH 13:14 यहूदाका मानिसहरूले फर्केर हेर्दा आफूलाई अगि र पछिबाट आक्रमण गरिरहेका देखे। तब तिनीहरूले याहवेहको पुकार गरे। पुजारीले आफ्ना तुरहीहरू फुके।
2CH 13:15 यहूदाका मानिसहरूले युद्ध घोषणाका आवाज निकाले। अनि यो आवाज गुञ्जिएपछि परमेश्‍वरले यारोबाम र सम्पूर्ण इस्राएललाई अबीयाह र यहूदाको सामु परास्त गर्नुभयो।
2CH 13:16 इस्राएलीहरू यहूदाको सामुबाट भागे, तब परमेश्‍वरले तिनीहरूलाई उनीहरूका हातमा सुम्पिदिनुभयो।
2CH 13:17 अबीयाह र उनका मानिसहरूले तिनीहरूलाई धेरै नोक्सानी पुर्‍याए, र इस्राएलका पाँच लाख योग्य मानिसहरू मारिए।
2CH 13:18 इस्राएलका मानिसहरू त्यस दिन पराजित भए, र यहूदाका मानिसहरू विजयी भए; किनकि तिनीहरूले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरमाथि भरोसा राखे।
2CH 13:19 अबीयाहले यारोबामलाई खेदे; अनि तिनीबाट बेथेल, येशना र एप्रोनका सहरहरू तिनीहरूका चारैतिरका गाउँहरूसमेत लिए।
2CH 13:20 अबीयाहको शासनकालभरि यारोबामले आफ्नो शक्ति प्राप्‍त गरेनन्। याहवेहले तिनीमाथि प्रहार गर्नुभयो र तिनी मरे।
2CH 13:21 तर अबीयाह सामर्थी हुँदैगए। तिनले चौध पत्नीहरू विवाह गरे। तिनी बाइस छोरा र सोह्र छोरीहरूका पिता भए।
2CH 13:22 अबीयाहहको शासनकालका अरू घटनाहरू, तिनले गरेका र भनेका ती कुराहरू अगमवक्ता इद्दोका वृतान्तहरूमा लेखिएका छन्।
2CH 14:1 अबीयाह आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आसा राजा भए। तिनको समयमा दश वर्षसम्म देश शान्त रह्‍यो।
2CH 14:2 आसाले याहवेह तिनका परमेश्‍वरको दृष्‍टिमा जे असल र ठिक थियो, त्यही गरे।
2CH 14:3 तिनले विदेशी वेदीहरू र अग्ला देवस्थानहरू हटाइदिए; अनि चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए, र अशेराका खम्बाहरू काटेर ढालिदिए।
2CH 14:4 तिनले यहूदालाई याहवेह तिनीहरूका पुर्खाका परमेश्‍वरलाई खोजी गर्ने, उहाँका व्यवस्था र आज्ञाहरू पालन गर्ने आज्ञा दिए।
2CH 14:5 तिनले यहूदाको प्रत्येक सहरबाट अग्ला देवस्थानहरू र धूपका वेदीहरू हटाइदिए। तिनको अधीनमा राज्यमा शान्त भइरह्‍यो।
2CH 14:6 देशमा शान्ति भएको कारण तिनले यहूदामा किल्‍ला भएका सहरहरू सुरक्षित पारे। ती दिनहरूमा कसैले पनि तिनीसित युद्ध गरेन; किनकि याहवेहले तिनलाई शत्रुहरूबाट विश्राम दिनुभयो।
2CH 14:7 तिनले यहूदाका मानिसहरूलाई भने, “हामी यी सहरहरू निर्माण गरौँ। साथै यिनको चारैतिर पर्खालहरू लगाएर यिनमा धरहराहरू, मूलढोकाहरू र बारहरू बनाऔँ। यो देश अझ हाम्रै हो; किनकि हामीले याहवेह हाम्रा परमेश्‍वरलाई खोजेका छौँ। हामीले उहाँलाई खोज्यौँ र उहाँले हामीलाई चारैतिर विश्राम दिनुभएको छ।” यसकारण तिनीहरूले निर्माण गरे, र सफलता प्राप्‍त गरे।
2CH 14:8 आसासित ठूला-ठूला ढालहरू र भालाहरूले सुसज्जित भएका यहूदाबाट तीन लाख मानिसहरू थिए। साना ढालहरू र धनुले सुसज्जित भएका बेन्यामीनबाट दुई लाख असी हजार मानिसहरू थिए। यी सबै साहसी लडाकु मानिसहरू थिए।
2CH 14:9 कूशी जेरह तिनीहरूको विरुद्धमा एउटा विशाल फौज र तीन सय रथहरू लिएर निस्के, र मारेशासम्म आइपुगे।
2CH 14:10 आसा तिनलाई भेट्न निस्के; अनि तिनीहरूले मारेशाको छेउमा सपताको बेँसीमा युद्धको मोर्चा बाँधे।
2CH 14:11 तब आसाले याहवेह तिनका परमेश्‍वरलाई पुकारेर भने, “शक्तिशालीको विरुद्धमा दुर्बललाई सहायता दिनुहुने हे याहवेह, तपाईंझैँ अरू कोही छैन। हे याहवेह, हाम्रा परमेश्‍वर, हामीलाई सहायता गर्नुहोस्; किनकि हामी तपाईंमाथि नै भरोसा गर्छौँ। तपाईंकै नाममा हामी यस विशाल फौजको विरुद्धमा आएका छौँ। हे याहवेह, तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्छ; मानिसहरूलाई तपाईंमाथि प्रबल हुन नदिनुहोस्।”
2CH 14:12 याहवेहले कूशीहरूलाई आसा र यहूदाका सामु प्रहार गर्नुभयो र कूशीहरू भागे।
2CH 14:13 आसा र तिनको फौजले तिनीहरूलाई गरारसम्म खेदे। कूशीहरू यति धेरै मारिए, कि युद्धको निम्ति तिनीहरू एउटै पनि जीवित रहेनन्। याहवेह र तिनका फौजहरूको सामु तिनीहरू चकनाचुर भए। यहूदाका मानिसहरूले ठूलो मात्रामा लुटका मालहरू लिएर गए।
2CH 14:14 तिनीहरूले गरारका चारैतिरका सहरहरूलाई नाश गरे; किनकि याहवेहको आतङ्क तिनीहरूमाथि छाएको थियो। त्यहाँ धेरै मालसामानहरू भएकाले तिनीहरूले ती सबै गाउँहरू लुटे।
2CH 14:15 तिनीहरूले गोठालाहरूमाथि पनि आक्रमण गरे; अनि भेडाहरू, बाख्राहरू र ऊँटहरूका बथानहरू लिएर गए। तब तिनीहरू यरूशलेममा फर्के।
2CH 15:1 परमेश्‍वरका आत्मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो।
2CH 15:2 तिनी आसालाई भेट्न निस्के, र तिनलाई भने, “हे आसा, सारा यहूदा र बेन्यामीन, मेरो कुरा सुन। जबसम्म तिमीहरू याहवेहको साथमा रहन्छौ, तबसम्म उहाँ तिमीहरूसित रहनुहुन्छ। यदि तिमीहरूले उहाँलाई खोजी गर्‍यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ। तर यदि तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ।
2CH 15:3 धेरै दिनसम्म इस्राएल सत्य परमेश्‍वरविना, सिकाउने पुजारीविना र व्यवस्थाविना थियो।
2CH 15:4 तर जब तिनीहरू आफ्नो सङ्कष्‍टमा याहवेह, इस्राएलका परमेश्‍वरकहाँ फर्के, र उहाँलाई खोजी गरे, तब उहाँ तिनीहरूद्वारा भेट्टाइनुभयो।
2CH 15:5 ती दिनहरूमा यात्रा गर्न सुरक्षित थिएन; किनकि सबै राष्ट्रका देशवासीहरू ठूलो समस्यामा थिए।
2CH 15:6 परमेश्‍वरले तिनीहरूलाई हरेक किसिमको समस्याले सताउनुभएको थियो। एउटा जातिले अर्को जातिलाई र एउटा सहरले अर्को सहरलाई दमन गरिरहेको थियो।
2CH 15:7 तर तिमीहरूचाहिँ बलियो होओ, र आफ्नो आशा नछोड; किनकि तिमीहरूले आफ्ना कामको प्रतिफल पाउनेछौ।”
2CH 15:8 आसाले यी कुरा र अगमवक्ता ओदेदका छोरा अजर्याहका भविष्यवाणी सुनेपछि साहस पाए। तिनले सम्पूर्ण यहूदा र बेन्यामीनबाट, साथै तिनले एफ्राइमको पहाडी मुलुकबाट कब्जा गरेका सहरहरूबाट घिनलाग्दा मूर्तिहरू हटाइदिए। तिनले याहवेहको मन्दिरको दलानको अगिल्तिर भएको वेदी मर्मत गरे।
2CH 15:9 त्यसपछि तिनले सबै यहूदा र बेन्यामीन, एफ्राइमका मानिसहरू, साथै तिनीहरूसित बसोबास गर्ने मनश्शे र शिमियोनका मानिसहरूलाई भेला गरे। किनकि याहवेह तिनका परमेश्‍वर तिनीसित हुनुहुन्छ भनी तिनीहरूले देखेर इस्राएलबाट ठूलो संख्यामा तिनीहरू उनीकहाँ आएका थिए।
2CH 15:10 तिनीहरू आसाको शासनकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा यरूशलेममा भेला भए।
2CH 15:11 त्यस बेला तिनीहरूले याहवेहकहाँ तिनीहरूले लुटेर ल्याएका मालहरूबाट सात सय गोरु र सात हजार भेडाबाख्रा बलिदान चढाए।
2CH 15:12 तिनीहरू आफ्ना सम्पूर्ण हृदय र प्राणले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई खोजी गर्न भनी करार बाँधे।
2CH 15:13 याहवेह, इस्राएलका परमेश्‍वरलाई खोजी नगर्ने सबै ठूला र साना, पुरुष र स्त्रीलाई मारिने निर्णय भयो।
2CH 15:14 तुरही र नरसिङ्गाको साथमा ठूलो सोरले चिच्याएर याहवेहकहाँ जयध्वनिसाथ तिनीहरूले शपथ खाए।
2CH 15:15 तिनीहरूले सम्पूर्ण हृदयले शपथ खाएका हुनाले त्यस शपथको विषयमा सारा यहूदा रमाए। तिनीहरूले परमेश्‍वरलाई पूर्ण हृदयसाथ खोजी गरेका थिए; अनि तिनीहरूले उहाँलाई भेट्टाए। यसकारण याहवेहले तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो।
2CH 15:16 राजा आसाले आफ्नी हजुरआमा माकालाई राजमाताको पदबाट हटाइदिए; किनकि उनले अशेराको घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यस मूर्तिलाई काटेर ढालिदिए; र त्यसलाई टुक्रा-टुक्रा पारेर किद्रोन खोल्सामा जलाइदिए।
2CH 15:17 तिनले इस्राएलबाट अल्गा देवस्थानहरू नहटाए तापनि आसाको हृदय आफ्नो जीवनभरि नै याहवेहप्रति सम्पूर्ण रूपले अर्पित थियो।
2CH 15:18 तिनले परमेश्‍वरको मन्दिरमा आफ्ना पिताले अर्पण गरेका थोकहरू र आफैँले अर्पण गरेका चाँदी, सुन र अरू सामग्रीहरू ल्याए।
2CH 15:19 आसाको शासनकालको पैँतीसौँ वर्षसम्म कुनै युद्ध भएन।
2CH 16:1 आसाको शासनकालको छत्तीसौँ वर्षमा इस्राएलका राजा बाशा यहूदाको विरुद्धमा उठे। तिनले कसैलाई पनि यहूदाका राजा आसाको प्रान्तबाट बाहिर जान र भित्र पस्‍न नदिनलाई रामाको चारैतिर पर्खाल बनाए।
2CH 16:2 तब आसाले याहवेहको मन्दिरका भण्डारहरूमा भएका र तिनका आफ्नै महलमा भएका चाँदी र सुन निकालेर दमस्कसमा अरामका राजा बेन-हददकहाँ पठाए।
2CH 16:3 तिनले भने, “मेरा पिता र तपाईंका पिताको बीचमा झैँ, म र तपाईंको बीचमा पनि एउटा सन्धि होस्। हेर्नुहोस्, मैले तपाईंकहाँ चाँदी र सुन पठाइरहेको छु। अब तपाईं र इस्राएलका राजा बाशाको बीचको सन्धि तोड्नुहोस्; ताकि तिनी मदेखि हटेर जाऊन्।”
2CH 16:4 तब बेन-हददले आसा राजासित सहमत भएर आफ्ना दलहरूका सेनापतिहरूलाई इस्राएलका सहरहरूको विरुद्धमा पठाए। तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्‍तालीका सबै भण्डार सहरहरू जिते।
2CH 16:5 यो सुनेर बाशाले रामालाई निर्माण गर्न छोडिदिए, र आफ्नो काम बन्द गरिदिए।
2CH 16:6 राजा आसाले यहूदाका सबै मानिसहरू ल्याए; अनि तिनीहरूले रामाबाट बाशाले प्रयोग गरिरहेका ढुङ्गा र काठहरू बोकेर लगे। ती थोकहरूबाट तिनले गेबा र मिस्पा निर्माण गरे।
2CH 16:7 त्यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आए, र तिनले उनलाई भने: “तपाईंले याहवेह, तपाईंका परमेश्‍वरमाथि होइन; तर अरामका राजामाथि भरोसा गर्नुभएको कारण आरामका राजाका सेना तपाईंको हातबाट उम्क्यो।
2CH 16:8 के कूशी र लिबियालीहरू धेरै संख्यामा रथहरू र घोडचढीहरू भएका शक्तिशाली फौज थिएनन् र? तरै पनि तपाईंले याहवेहमाथि भरोसा राख्नुभएको हुनाले उहाँले तिनीहरूलाई तपाईंका हातमा सुम्पिदिनुभयो।
2CH 16:9 किनकि जसको हृदय उहाँप्रति पूर्ण रूपमा समर्पित छ, तिनीहरूलाई बलियो पार्नको लागि याहवेहको दृष्‍टि पृथ्वीभरि रहिरहेको हुन्छ। तपाईंले मूर्ख काम गर्नुभयो; यसैले अब उसो तपाईंले युद्ध गरिरहनुपर्नेछ।”
2CH 16:10 यसकारण आसा दर्शीसित यतिसम्म रिसाए, कि तिनले उनलाई झ्यालखानामा हालिदिए। त्यस बेला तिनले केही मानिसहरूमाथि धेरै अत्याचार पनि गरे।
2CH 16:11 आसाको शासनकालका सुरुदेखि अन्तिमसम्मका घटनाहरू यहूदा र इस्राएलका राजाहरूका पुस्तकहरूमा लेखिएका छन्।
2CH 16:12 तिनको शासनको उनन्चालीसौँ वर्षमा आसाको खुट्टामा एउटा रोगले आक्रमण गर्‍यो। तिनको रोग गम्भीर भए तापनि आफ्नो बिरामी अवस्थामा तिनले याहवेहबाट सहायता नमागेर वैद्यहरू मात्र खोजे।
2CH 16:13 तब आफ्नो शासनकालको एकचालीसौँ वर्षमा आसा मरे, र आफ्ना पुर्खाहरूसित सुते।
2CH 16:14 मानिसहरूले तिनलाई चिहानमा गाडे, जो तिनले दावीदको सहरमा आफ्नो निम्ति बनाएका थिए। तिनीहरूले सबै किसिमका मसला र मिसाएका सुगन्धित मसलामाथि तिनलाई राखे; अनि तिनीहरूले तिनको सम्मानमा मृत्युको शोक प्रकट गर्दै एउटा ठूलो आगो बाले।
2CH 17:1 आसापछि तिनका छोरा यहोशापात राजा भए। तिनले आफूलाई इस्राएलको विरुद्धमा बलियो बनाए।
2CH 17:2 तिनले यहूदाका सबै सुरक्षित सहरहरूमा सैन्य दलहरू राखे; अनि यहूदामा र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा सैन्य छाउनीहरू राखे।
2CH 17:3 याहवेह यहोशापातसित हुनुहुन्थ्यो; किनभने आफ्ना सुरुका वर्षहरूमा तिनी आफ्ना पुर्खा दावीद हिँडेका चालहरूमा चले। तिनले बालका आकृतिहरूलाई पूजा गरेनन्।
2CH 17:4 तर आफ्ना पिताका परमेश्‍वरलाई खोजी गरे, र इस्राएलका रीतिहरूभन्दा उहाँकै आज्ञापालन गरे।
2CH 17:5 याहवेहले तिनको अधीनमा राज्य स्थापित गर्नुभयो; र सारा यहूदाले यहोशापातकहाँ उपहारहरू ल्याए। यसकारण तिनको धेरै सम्पत्ति र सम्मान भयो।
2CH 17:6 तिनको हृदय याहवेहका मार्गहरूमा लागेको थियो। यसबाहेक तिनले यहूदाबाट अग्ला देवस्थानहरू र अशेरा देवीका खम्बाहरू हटाइदिए।
2CH 17:7 आफ्नो शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना अधिकृतहरू बेन-हेल, ओबदिया, जकरिया, नथनिएल र मीकायालाई यहूदाका सहरहरूमा सिकाउन भनी पठाए।
2CH 17:8 तिनीहरूसित लेवी शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह, तोब-अदोनियाह, पुजारी एलीशामा र यहोराम थिए।
2CH 17:9 तिनीहरूले याहवेहको व्यवस्थाको पुस्तक आफूसित लगेर यहूदाभरि सिकाए। तिनीहरू यहूदाका सबै सहरहरूतिर गए, र मानिसहरूलाई सिकाए।
2CH 17:10 यहूदाका चारैतिरका सबै राज्यहरूमा याहवेहको डर छायो। यसकारण तिनीहरूले यहोशापातसित युद्ध गरेनन्।
2CH 17:11 केही पलिश्तीहरूले यहोशापातलाई उपहारहरू र चाँदीहरूद्वारा सलामी तिरे। अनि अरबीहरूले तिनीकहाँ सात हजार सात सय भेडा र सात हजार सात सय बोकाहरूका बथान ल्याए।
2CH 17:12 यहोशापात अझ शक्तिशाली हुँदैगए। तिनले यहूदामा किल्‍लाहरू र भण्डार गर्ने सहरहरू बनाए
2CH 17:13 यहूदाका सहरहरूमा धेरै खाद्यान्‍न राखे। तिनले यरूशलेममा अनुभवी लडाकु मानिसहरू पनि राखे।
2CH 17:14 परिवारअनुसार तिनीहरूका तालिका यस्तो थियो: यहूदाबाट दलका सेनापतिहरू एक हजार: सेनापति अदनाह, जससित तीन लाख लडाकु मानिसहरू थिए;
2CH 17:15 त्यसपछि येहोहानान र तिनको साथमा दुई लाख असी हजार मानिसहरूका सेनापति थिए।
2CH 17:16 त्यसपछि जिक्रीका छोरा अमसिया, जसले याहवेहका सेवाको निम्ति आफूलाई स्वेच्छापूर्वक दिएका थिए; अनि तिनको साथमा दुई लाख लडाकु मानिसहरू थिए।
2CH 17:17 बेन्यामीनबाट: एक जना वीर सिपाही एल्यादा, जससित धनु र ढाल बोकेका दुई लाख लडाकु मानिसहरू थिए।
2CH 17:18 त्यसपछि यहोजाबाद, जससित लडाइँका हतियार लिएका एक लाख असी हजार मानिसहरू थिए।
2CH 17:19 राजाको सेवा गर्ने मानिसहरू यिनीहरू नै थिए। यी मानिसहरू यहूदाभरिका सुरक्षित सहरहरूभित्र राखिएकाहरू बाहेकका थिए।
2CH 18:1 यहोशापात धेरै धनी र सम्मानित भए। तिनले आहाबसित विवाहद्वारा सम्बन्ध जोडे।
2CH 18:2 केही वर्षपछि तिनी आहाबलाई सामरियामा भेट्न गए। आहाबले तिनी र तिनीसित भएका मानिसहरूको निम्ति धेरै भेडाहरू र गोरुहरू मारे; अनि तिनलाई रामोत-गिलादमाथि आक्रमण गर्न बहकाए।
2CH 18:3 इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई सोधे, “के तपाईं रामोत-गिलादको विरुद्धमा आक्रमण गर्न मसित जानुहुन्छ?” यहोशापातले जवाफ दिए, “म तपाईंजस्तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन्। हामी तपाईंलाई युद्धमा साथ दिनेछौँ।”
2CH 18:4 तर यहोशापातले इस्राएलका राजालाई यो पनि भने, “पहिले याहवेहसित सल्‍लाह माग्नुहोस्।”
2CH 18:5 यसकारण इस्राएलका राजाले चार सय अगमवक्ताहरूलाई एकसाथ भेला गराए, र तिनीहरूलाई सोधे, “हामी रामोत-गिलादको विरुद्धमा युद्धमा जाऔँ कि नजाऔँ?” तिनीहरूले जवाफ दिए, “जानुहोस्, किनकि परमेश्‍वरले त्यसलाई राजाको हातमा दिनुहुनेछ।”
2CH 18:6 तर यहोशापातले सोधे, “यहाँ याहवेहका कुनै अगमवक्ता छैनन्, जसलाई हामीले यसको बारेमा सोध्न सकौँ?”
2CH 18:7 इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “याहवेहसित सल्‍लाह लिन एक जना मानिस त छ, तर म उसलाई घृणा गर्छु; किनकि उसले मेरो विषयमा कहिल्यै पनि भलो अगमवाणी गर्दैन; सधैँ कुभलो मात्र गर्छ। ऊ यिम्‍लाको छोरा मीकाया हो।” यहोशापातले जवाफ दिए, “राजाले त्यसो भन्‍नुहुँदैन।”
2CH 18:8 यसकारण इस्राएलका राजाले आफ्ना एक जना अधिकारीलाई बोलाएर भने, “झट्टै यिम्‍लाका छोरा मीकायालाई लिएर आऊ।”
2CH 18:9 आफ्ना राजकीय पोशाकहरू पहिरेर इस्राएलका राजा र यहूदाका राजा यहोशापात सामरियाको मूलढोकाको प्रवेशद्वार नजिकको खलामा आफ्ना सिंहासनहरूमा बसिरहेका थिए। सबै अगमवक्ताहरूले तिनीहरूका सामु अगमवाणी गरिरहेका थिए।
2CH 18:10 केनानका छोरा सिदकियाहले फलामका सिङहरू बनाएका थिए; अनि तिनले घोषणा गरे, “याहवेह यसो भन्‍नुहुन्छ: ‘यी सिङहरूद्वारा नै तिमीहरूले अरामीहरूलाई तिनीहरू नाश नभएसम्म हान्‍नेछौँ।’ ”
2CH 18:11 अरू सबै अगमवक्ताहरूले पनि अगमवाणीद्वारा त्यही कुरा भनिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि आक्रमण गरेर विजयी हुनुहोस्। किनकि याहवेहले त्यसलाई राजाको हातमा दिनुहुनेछ।”
2CH 18:12 मीकायालाई बोलाउन जाने समाचारवाहकले तिनलाई भने, “हेर्नुहोस्, अरू अगमवक्ताहरूले एकै मत भएर राजाको सफलताको पूर्व सूचना दिइरहेका छन्। तपाईं पनि तिनीहरूसितै सहमत भएर असल कुरा बोलिदिनुहोस्।”
2CH 18:13 तर मीकायाले भने, “जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म तिनलाई मेरा परमेश्‍वरले भन्‍नुभएको कुरा मात्र भन्‍नेछु।”
2CH 18:14 तिनी आइपुगेपछि राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा लडाइँ गर्न जाऔँ, कि नजाऔँ?” तिनले जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्; किनकि तिनीहरू तपाईंको हातमा दिइनेछन्।”
2CH 18:15 राजाले तिनलाई भने, “याहवेहको नाममा मलाई सत्यबाहेक केही नभन्‍नू भनी म तिमीलाई कति पटक शपथ खान लाऊँ?”
2CH 18:16 तब मीकायाले जवाफ दिए, “मैले इस्राएललाई गोठाला नभएका भेडाहरूझैँ पहाडतिर छरिएको देखेँ, र याहवेहले भन्‍नुभयो, ‘यी मानिसहरूका मालिक छैनन्। प्रत्येक शान्तिसँग आ-आफ्नो घर फर्केर जाऊन्।’ ”
2CH 18:17 इस्राएलका राजाले यहोशापातलाई भने, “यसले मेरो विषयमा कुभलोबाहेक कहिले पनि असल अगमवाणी गर्दैन भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?”
2CH 18:18 मीकायाले भन्दै गए, “यसकारण याहवेहको वचन सुन्‍नुहोस्: मैले याहवेहलाई सिंहासनमा बसिरहनुभएको देखेँ। उहाँका दाहिने र देब्रेपट्टि स्वर्गीय सेना उभिरहेका थिए।
2CH 18:19 तब याहवेहले भन्‍नुभयो, ‘कसले इस्राएलको राजा आहाबलाई रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ मार्नलाई बहकाउनेछ?’ “एउटाले एउटा कुरा भने, र अर्कोले अर्कै भने।
2CH 18:20 आखिरमा एउटा आत्माले अगि सरेर याहवेहको सामु उभिएर भन्यो, ‘म तिनलाई बहकाउनेछु।’ “याहवेहले सोध्नुभयो, ‘के गरेर बहकाउँछस्?’
2CH 18:21 “त्यसले भन्यो, ‘म गएर त्यसका सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हुनेछु।’ “याहवेहले भन्‍नुभयो, ‘तँ त्यसलाई बहकाउन सफल हुनेछस्। जा, गएर त्यसै गर्।’
2CH 18:22 “यसरी अब याहवेहले तपाईंका यी अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। याहवेहले तपाईंको निम्ति विपत्तिको फैसला गर्नुभएको छ।”
2CH 18:23 तब केनानका छोरा सिदकियाह उठेर गए, र मीकायाको अनुहारमा थप्पड लगाए। तिनले सोधे, “कहिले याहवेहको आत्मा मबाट निस्केर तिमीसित बोल्न जानुभयो?”
2CH 18:24 मीकायाले जवाफ दिए, “त्यो त तिमी भित्री कोठामा लुक्न गएको दिन थाहा पाउनेछौ।”
2CH 18:25 तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई लिएर सहरका शासक अमोन र राजाको छोरा योआशकहाँ पठाइदिनू।
2CH 18:26 अनि भन्‍नू, ‘राजा यसो भन्‍नुहुन्छ: यसलाई झ्यालखानामा हालिदिनू, र म सुरक्षित नफर्केसम्म यसलाई रोटी र पानीबाहेक अरू केही नदिनू।’ ”
2CH 18:27 मीकायाले घोषणा गरे, “यदि तपाईं सुरक्षित फर्कनुभयो भने याहवेह मद्वारा बोल्नुभएको होइन।” त्यसपछि तिनले अझ थपे, “तिमीहरू सबैले मेरो कुरा याद राख्नू!”
2CH 18:28 यसकारण इस्राएलका राजा र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए।
2CH 18:29 इस्राएलका राजाले यहोशापातलाई भने, “म लडाईँमा भेष बदलेर प्रवेश गर्नेछु; तर तपाईंले चाहिँ आफ्नो राजकीय पोशाक पहिरनुहोस्।” यसकारण इस्राएलका राजाले आफ्नो भेष बदली गरेर लडाइँ गर्न हिँडे।
2CH 18:30 अब अरामका राजाले भने आफ्ना रथहरूका सेनापतिहरूलाई यस्तो हुकुम दिएका थिए, “इस्राएलका राजाबाहेक साना-ठूला कसैसित पनि लडाइँ नगर्नू।”
2CH 18:31 रथका सेनापतिहरूले यहोशापातलाई देखेर, “यिनी नै इस्राएलका राजा हुन्” भनी सोचे। यसकारण तिनलाई आक्रमण गर्न भनी तिनीहरू फर्के, तर यहोशापात कराए; अनि याहवेहले तिनलाई सहायता गर्नुभयो। परमेश्‍वरले उनीहरूलाई तिनीदेखि टाढा लैजानुभयो।
2CH 18:32 ती रथका सेनापतिहरूले तिनी इस्राएलका राजा होइनन् भनी देखेपछि उनीहरूले तिनलाई खेद्न छोडिदिए।
2CH 18:33 तर कसैले आफ्नो धनु तानेर जथाभाबी काँड हानिपठाउँदा त्यसले इस्राएलका राजाको कवचको जोर्नीमा लाग्यो। राजाले रथ हाँक्नेलाई भने, “रथ फर्काएर मलाई लडाइँदेखि बाहिर लैजा। मलाई चोट लागेको छ।”
2CH 18:34 लडाइँ दिनभरि नै मच्‍चिरह्‍यो; अनि इस्राएलका राजाले साँझसम्मै आफूलाई आफ्नो रथको आडमा राखेर अरामीहरूको सामना गरिबसे, र सूर्यास्त हुँदा तिनी मरे।
2CH 19:1 यहूदाका राजा यहोशापात यरूशलेममा आफ्नो महलमा सुरक्षित फर्के।
2CH 19:2 हनानीका छोरा दर्शी येहू तिनलाई भेट्न निस्के, र तिनले यहोशापात राजालाई भने, “के तपाईंले दुष्‍टलाई सघाएर याहवेहलाई घृणा गर्नेहरूलाई प्रेम गर्नुहुन्छ? यसकारण तपाईंको यो कार्यको कारण याहवेहको क्रोध तपाईंमाथि पर्नेछ।
2CH 19:3 तरै पनि तपाईंमा केही असल कुरा छ; किनकि तपाईंले देशलाई अशेरा देवीका खम्बाहरूदेखि मुक्त गर्नुभएको छ, र आफ्नो हृदय याहवेहको खोजीमा लगाउनुभएको छ।”
2CH 19:4 यहोशापात यरूशलेममा बसोबास गर्थे; अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी मुलुकसम्म मानिसहरूकहाँ गए; अनि तिनीहरूलाई याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरतिर फर्काए।
2CH 19:5 तिनले देशमा र यहूदाका प्रत्येक सुरक्षित सहरमा न्यायकर्ताहरू नियुक्त गरे।
2CH 19:6 तिनले उनीहरूलाई भने, “तिमीहरूले जे गर्छौ, त्यसलाई होसियारीसाथ विचार गर; किनकि तिमीहरूले मानिसहरूका निम्ति न्याय गरेका होइनौ, तर तिमीहरूले न्याय गर्दा तिमीहरूसित हुनुहुने याहवेहका निम्ति न्याय गरेका हुन्छौ।
2CH 19:7 अब याहवेहको डर तिमीहरूमा रहोस्। होसियारीसाथ न्याय गर; किनभने याहवेह हाम्रा परमेश्‍वरले अन्याय, पक्षपात अथवा घूस लेनदेन गरेको सहनुहुन्‍न।”
2CH 19:8 यरूशलेममा पनि यहोशापातले याहवेहको व्यवस्था परिचालन गर्न र झगडा मिलाउनका निम्ति केही लेवीहरू, पुजारीहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई नियुक्त गरे।
2CH 19:9 तिनले उनीहरूलाई यी हुकुम दिए: “तिमीहरूले याहवेहको डरमा विश्‍वासयोग्यतामा र सम्पूर्ण हृदयले सेवा गर्नू।
2CH 19:10 सबै मुद्दा, जो सहरमा बस्‍ने तिमीहरूका सङ्गी नागरिकहरूबाट तिमीहरूका सामु आउँछन्, ती मुद्दाहरू हत्यासम्बन्धी होऊन् वा व्यवस्था वा आज्ञा, धर्मविधि वा नियमहरूका विरुद्धमा होऊन्, तिमीहरूले तिनीहरूलाई याहवेहको विरुद्धमा कुनै किसिमको अपराध नगर्नू भनी चेताउनी दिनू; नत्रता तिमीहरू र तिमीहरूका मानिसहरूमा पनि त्यसको निम्ति उहाँको क्रोध आइपर्नेछ। तिमीहरूले यसो गर्‍यौ भने तिमीहरू सबै दोषी ठहरिनेछैनौ।
2CH 19:11 “याहवेहसम्बन्धी कुनै पनि विषयमा मुख्य पुजारी अमर्याह तिमीहरूमाथि हुनेछन्। अनि राजासम्बन्धी कुनै पनि विषयमा इश्माएलका छोरा जबदियाह, यहूदाको कुलका अगुवा तिमीहरूमाथि हुनेछन्; र लेवीहरू तिमीहरूका सामु अधिकृतको रूपमा सेवा गर्नेछन्। साहससित काम गर्नू र असल गर्नेहरूसित याहवेह रहून्।”
2CH 20:1 त्यसपछि मोआबीहरू र अम्मोनीहरू केही मिद्यानीहरूसित मिलेर यहोशापातसित लडाइँ गर्न आए।
2CH 20:2 मानिसहरू आएर यहोशापातलाई भने, “एउटा विशाल फौज तपाईंको विरुद्धमा एदोमबाट मृत सागरको अर्को किनारबाट हासेसोन-तामार (अर्थात् एन-गदी) मा आइसकेका छन्।”
2CH 20:3 यहोशापातले डराएर याहवेहसित सल्‍लाह लिने सङ्कल्प गरे। तिनले सारा यहूदामा उपवास बस्‍नलाई घोषणा गरे।
2CH 20:4 यहूदाका मानिसहरू याहवेहबाट सहायता माग्न एकसाथ आए। वास्तवमा तिनीहरू उहाँसित सल्‍लाह माग्न यहूदाको प्रत्येक सहरबाट आए।
2CH 20:5 तब यहोशापात याहवेहको मन्दिरमा नयाँ चोकको सामु यहूदा र यरूशलेमको समुदायमा खडा भए,
2CH 20:6 र भने: “हे याहवेह, हाम्रा पुर्खाहरूका परमेश्‍वर, के स्वर्गमा हुनुहुने परमेश्‍वर तपाईं नै हुनुहुन्‍न? तपाईंले पृथ्वीका सारा राज्यहरूमा शासन गर्नुहुन्छ। अधिकार र शक्ति तपाईंकै हातमा छन्, र कोही पनि तपाईंको विरुद्धमा खडा हुन सक्दैन।
2CH 20:7 हे हाम्रा परमेश्‍वर, के तपाईंले आफ्नो जाति इस्राएलको सामु यस देशका मानिसहरूलाई धपाएर यसलाई तपाईंको मित्र अब्राहामका सन्तानहरूलाई सदाका निम्ति दिनुभएको होइन र?
2CH 20:8 तिनीहरू यसमा बसोबास गरेका छन्, र तपाईंको नामको खातिर यसो भन्दै एउटा पवित्रस्थान बनाएका छन्,
2CH 20:9 ‘यदि हामीमाथि कुनै विपत्ति आयो भने अथवा न्यायको तरवार अथवा महामारी अथवा अनिकाल आयो भने हामी तपाईंको नाम भएको यस मन्दिरको सामु तपाईंको उपस्थितिमा खडा भएर आफ्नो सङ्कष्‍टमा तपाईंलाई पुकार्नेछौँ; अनि तपाईंले हाम्रो अर्जबिन्ती सुनेर हामीलाई बचाउनुहुनेछ।’
2CH 20:10 “तर अब यहाँ अम्मोन, मोआब र सेइर पर्वतका मानिसहरू आएका छन्। इस्राएलीहरू इजिप्टबाट भएर आउँदा तिनीहरूका प्रान्तमा तपाईंले इस्राएलीहरूलाई आक्रमण गर्न दिनुभएन। यसैकारण इस्राएलीहरू यिनीहरूलाई नाश नगरी गइहाले।
2CH 20:11 तिनीहरूले हामीलाई तपाईंले उत्तराधिकारस्वरूप दिनुभएको ठाउँबाट धपाउनलाई आएर कसरी बदला लिइरहेका छन्, त्यो हेर्नुहोस्।
2CH 20:12 हे हाम्रा परमेश्‍वर, के तपाईंले तिनीहरूको न्याय गर्नुहुन्‍न? किनकि हामीमाथि आक्रमण गर्ने यो विशाल फौजको सामना गर्ने शक्ति हामीमा छैन।”
2CH 20:13 यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्नीहरू, सन्तानहरू र काखका बालबच्‍चाहरूसमेत त्यहाँ याहवेहको सामु खडा भए।
2CH 20:14 तब याहवेहको आत्मा आसापको सन्तान एक जना लेवी यहजीएलमाथि आउनुभयो। तिनी मत्तन्याहका जनाति, यीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा थिए।
2CH 20:15 तिनले भने: “हे सबै यहूदा र यरूशलेमका मानिसहरू र राजा यहोशापात, सुन्‍नुहोस्! याहवेहले तपाईंहरूलाई यसो भन्‍नुहुन्छ: ‘यो विशाल फौजको कारण नडराओ, र निराश नहोओ; किनकि यो लडाइँ तिमीहरूको होइन, तर परमेश्‍वरको हो।
2CH 20:16 भोलि तिनीहरूको विरुद्धमा तल जाओ। तिनीहरू जीजको घाटीबाट उकालो चढिरहेका हुनेछन्, र तिमीहरूले तिनीहरूलाई यरूएलको वनमा भएको घाटीमा भेट्टाउनेछौ।
2CH 20:17 तिमीहरूले यो लडाइँ लड्नु पर्नेछैन। आफ्नो मोर्चा लिनू र दह्रो भई खडा रहनू। हे यहूदा र यरूशलेम, याहवेहले तिमीहरूलाई दिने छुटकारालाई हेर! नडराओ र निराश नहोओ; भोलि तिनीहरूको सामना गर्न निस्कनू र याहवेह तिमीहरूसित हुनुहुनेछ।’ ”
2CH 20:18 यहोशापात भुइँतिर अनुहार पारेर घोप्टो परे; अनि यहूदा र यरूशलेमका मानिसहरू याहवेहको सामु दण्डवत् गर्न घोप्टो परे।
2CH 20:19 तब कहात र कोरहतर्फका केही लेवीहरू उभिएर चर्को सोरले याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा गरे।
2CH 20:20 बिहानै तिनीहरू तकोमा भएको उजाडस्थानतिर लागे। तिनीहरू निस्कँदा यहोशापातले खडा भएर भने, “हे यहूदा र यरूशलेमका मानिस हो, मेरो कुरा सुन! याहवेह आफ्ना परमेश्‍वरमाथि विश्‍वास गर, तब उहाँले तिमीहरूलाई सम्हाल्नुहुनेछ। उहाँका अगमवक्ताहरूमाथि विश्‍वास गर, तब तिमीहरू सफल हुनेछौ।”
2CH 20:21 मानिसहरूसित सल्‍लाह लिएपछि यहोशापातले याहवेहको पवित्रताको गौरवको निम्ति उहाँको स्तुति-प्रशंसा गर्न भनी मानिसहरूलाई नियुक्त गरे। तिनीहरू फौजको अगाडि यसो भन्दै गए: “याहवेहलाई धन्यवाद देओ; किनकि उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”
2CH 20:22 तिनीहरूले स्तुति-प्रशंसाका गीतहरू गाइरहेको बेला याहवेहले यहूदामाथि आक्रमण गर्ने अम्मोन, मोआब र सेइर पर्वतका मानिसहरूको विरुद्धमा धरापहरू राखिदिनुभयो, र तिनीहरू परास्त भए।
2CH 20:23 अम्मोन र मोआबका मानिसहरू सेइर पर्वतका मानिसहरूको विरुद्धमा तिनीहरूलाई सर्वनाश पार्नलाई उठे। तिनीहरूले सेइरका मानिसहरूलाई मारिसकेपछि तिनीहरूले एक-अर्कालाई नाश गरे।
2CH 20:24 जब यहूदाका मानिसहरूले उजाडस्थानलाई देखिने ठाउँमा आएर त्यस विशाल फौजतिर हेरे, तब उनीहरूले भुइँमा लासैलास मात्र लडिरहेका देखे; त्यहाँ कोही पनि उम्केको थिएन।
2CH 20:25 यसकारण यहोशापात र तिनका मानिसहरू लुटका माल बटुल्न गए। अनि तिनीहरूले उनीहरूसित प्रशस्त मात्रामा सामानहरू, लुगाहरू र मूल्यवान् चीजहरू बोक्न नसक्ने गरी पाए। लुटको माल यति धेरै थियो कि त्यो बटुल्न तिनीहरूलाई तीन दिन लाग्यो।
2CH 20:26 चौथो दिन तिनीहरू बराकाहको बेँसीमा भेला भए, जहाँ तिनीहरूले याहवेहको प्रशंसा गरे। यसैकारण त्यसलाई आजको दिनसम्मै बराकाहको बेँसी भनिन्छ।
2CH 20:27 तब यहोशापातको अगुवाइमा यहूदा र यरूशलेमका सबै मानिसहरू हर्षसाथ यरूशलेममा फर्के। किनकि याहवेहले तिनीहरूलाई आफ्ना शत्रुहरूमाथि रमाउने कारण दिनुभएको थियो।
2CH 20:28 तिनीहरू यरूशलेममा प्रवेश गरे; अनि याहवेहको मन्दिरमा वीणा, सितार र तुरहीहरूको साथमा गए।
2CH 20:29 सबै वरिपरिका राष्ट्रहरूले याहवेहले इस्राएलका शत्रुहरूको विरुद्धमा युद्ध गर्नुभएको सुनेर परमेश्‍वरको डर तिनीहरूमा छायो।
2CH 20:30 यहोशापातको राज्य शान्तिमा रह्‍यो; किनकि तिनका परमेश्‍वरले तिनलाई चारैतिर विश्राम दिनुभएको थियो।
2CH 20:31 यसरी यहोशापातले यहूदामाथि राज्य गरे। यहूदाका राजा हुँदा तिनी पैँतीस वर्षका थिए। तिनले यरूशलेममा पच्‍चीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अजूबा थियो, र उनी शिल्हीकी छोरी थिइन्।
2CH 20:32 तिनी आफ्ना पिता आसाका चालहरूमा हिँडिरहे, र तिनी तीबाट यताउता लागेनन्। तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे।
2CH 20:33 तर पनि देवस्थानहरू हटाइएनन्; किनभने अझ पनि मानिसहरूले आफ्ना हृदय तिनीहरूका पुर्खाहरूका परमेश्‍वरप्रति लगाएका थिएनन्।
2CH 20:34 यहोशापातको राज्यकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्म नै हनानीका छोरा येहूको इतिहासको पुस्तकमा लेखिएका छन्। ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
2CH 20:35 पछिबाट यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्याहसित मित्रता बाँधे, जो दुष्‍ट थिए।
2CH 20:36 व्यापार गर्नलाई जहाजहरू बनाउनका निम्ति तिनले अहज्याहसित सम्बन्ध राखे। यी जहाजहरू एस्योन-गेबेरमा बनाइए।
2CH 20:37 तब मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा अगमवाणी गरेर भने, “तपाईंले अहज्याहसित मित्रता बाँधेका हुनाले याहवेहले तपाईंले बनाउनुभएका कुराहरू नाश पारिदिनुहुनेछ।” ती जहाजहरू भत्किए, र व्यापार गर्नको लागि जान सकेनन्।
2CH 21:1 त्यसपछि यहोशापात आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूसितै दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा यहोराम राजा भए।
2CH 21:2 यहोरामका भाइहरू, जो यहोशापातका अरू छोराहरू अजर्याह, यहीएल, जकरिया, अजर्याहु, मिखाएल र शपत्याह थिए। यिनीहरू सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए।
2CH 21:3 तिनीहरूका पिताले तिनीहरूलाई चाँदी, सुन र बहुमूल्य चीजहरूका उपहारहरू र यहूदामा सुरक्षित सहरहरू दिएका थिए। तर राज्यचाहिँ यहोरामलाई दिएका थिए; किनकि तिनी उनका जेठा छोरा थिए।
2CH 21:4 जसै यहोरामले आफ्ना पिताको राज्यमा आफूलाई दृढतापूर्वक स्थापित गरे, तिनले आफ्ना सबै भाइहरूलाई इस्राएलका केही अधिकारीहरूसितै तरवारले मारे।
2CH 21:5 राजा हुँदा यहोराम बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष शासन गरे।
2CH 21:6 तिनी आहाबका घरानाले गरेझैँ इस्राएलका राजाहरूका चालहरूमा हिँडे; किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए। तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।
2CH 21:7 तरै पनि याहवेहले दावीदसित बाँध्नुभएको करारको कारण याहवेहले दावीदको घरानालाई नाश गर्ने इच्छा गर्नुभएन। उहाँले सदाको निम्ति तिनी र तिनका घरानाका निम्ति प्रकाश दिने एउटा बत्ती दिनेछु भनी प्रतिज्ञा गर्नुभएको थियो।
2CH 21:8 यहोरामको समयमा एदोमले यहूदाको विरुद्ध विद्रोह गर्‍यो, र एदोमीहरूले आफ्नै राजा खडा गरे।
2CH 21:9 यसकारण यहोराम आफ्ना अधिकृतहरू र आफ्ना रथहरू लिएर त्यहाँ गए। एदोमीहरूले तिनलाई र तिनका रथका सेनापतिहरूलाई घेरे। तर तिनी उठेर त्यस घेराबाट राति नै छिरेर गए।
2CH 21:10 आजको दिनसम्मै एदोम यहूदाको विरुद्धमा छ। यहोरामले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई त्यागेका हुनाले त्यही बेला लिब्ना सहर पनि परमेश्‍वरदेखि बागी भयो।
2CH 21:11 तिनले यहूदाका डाँडाहरूमा अग्ला देवस्थानहरू पनि बनाए, अनि यरूशलेमका मानिसहरूलाई वेश्यावृत्ति गर्न लगाएर भ्रष्‍ट पारे।
2CH 21:12 यहोरामले एलिया अगमवक्ताबाट एउटा पत्र पाए, जसमा यसरी लेखिएको थियो: “याहवेह, तपाईंका पुर्खा दावीदका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तँ तेरा पिता यहूदाका राजा यहोशापात अथवा आसाका मार्गहरूमा हिँडेको छैनस्।
2CH 21:13 तर इस्राएलका घरानाका राजाहरूका चालहरूमा हिँडेको छस्; अनि आहाबका घरानाले गरेझैँ तैँले यहूदा र यरूशलेमका मानिसहरूलाई वेश्यावृत्तितिर डोर्‍याइस्। तैँले आफ्नै भाइहरू, तेरा पिताका घरानाका सदस्यहरू, तँभन्दा असल मानिसहरूको हत्या गरिस्।
2CH 21:14 यसकारण अब याहवेहले तेरा मानिसहरू, तेरा छोराहरू, तेरा पत्नीहरू र तँसित भएका सबै कुरामाथि ठूला-ठूला विपत्तिले नाश गर्न लाग्नुभएको छ।
2CH 21:15 तँ आफैँचाहिँ निको नहुने पेटको रोगले ग्रस्त हुनेछस्; यतिसम्म कि त्यस रोगको कारण तेरो आन्द्राभुँडी बाहिर निस्कनेछन्।’ ”
2CH 21:16 याहवेहले यहोरामको विरुद्धमा पलिश्तीहरू र कूशीहरूको छेउमा बस्‍ने अरबीहरूलाई भड्काउनुभयो।
2CH 21:17 तिनीहरूले यहूदामाथि आक्रमण गरेर त्यसलाई जिते; अनि राजाको महलमा पाइने सबै चीजहरू, तिनका छोराहरू र रानीहरूलाई समेत लिएर गए। कान्छा छोरा अहोआहाजबाहेक अरू कुनै पनि छोरा बाँकी रहेन।
2CH 21:18 यी सबै घटनापछि याहवेहले यहोरामलाई आन्द्राहरूमा निको हुन नसक्ने रोगले ग्रस्त पार्नुभयो।
2CH 21:19 केही समय बितेपछि दोस्रो वर्षको अन्त्यमा त्यस रोगको कारण तिनको आन्द्राहरू बाहिर निस्केर आयो, र त्यही रोगले पीडित भएर तिनी मरे। तिनका मानिसहरूले तिनको सम्मानमा आगोसमेत जलाएनन्, जसरी तिनका पुर्खाहरूलाई आगो बालेर सम्मान दिएका थिए।
2CH 21:20 राजा हुँदा यहोराम बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष राज्य गरे। तिनको मृत्युमा कसैले शोक मनाएनन्। तिनी दावीदको सहरमा गाडिए, तर राजाहरूका चिहानहरूमा होइन।
2CH 22:1 अरबीहरूसित छाउनीमा लुटपाट गर्न आउनेहरूले यहोरामका सबै ठूला छोराहरूलाई मारिदिएका थिए। यसकारण यरूशलेमका मानिसहरूले तिनका कान्छा छोरा अहज्याहलाई तिनको ठाउँमा राजा तुल्याए। यसरी यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्य गर्न थाले।
2CH 22:2 राजा हुँदा अहज्याह बाइस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाम अतल्याह थियो, जो ओम्रीकी नातिनी थिइन्।
2CH 22:3 तिनी पनि आहाबका घरानाकै चालहरूमा हिँडे; किनकि तिनकी आमाले तिनलाई दुष्‍ट काम गर्न उत्साह दिइन्।
2CH 22:4 तिनले आहाबको घरानाले गरेझैँ याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। किनकि तिनका पिताको मृत्युपछि तिनीहरू तिनका खराब कामहरूमा सल्‍लाहकार भए।
2CH 22:5 तिनी रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न इस्राएलका राजा आहाबका छोरा योरामसित गए; अनि तिनीहरूका सल्‍लाहअनुसार हिँडे। अरामीहरूले योरामलाई घाइते बनाए।
2CH 22:6 यसकारण अरामका राजा हजाएलसित रामोतमा लडाइँ गर्न जाँदा अरामीहरूले तिनलाई घाइते बनाएका थिए, र त्यसबाट निको हुन योराम यिजरेलमा फर्के। तब यहोरामका छोरा यहूदाका राजा अहज्याह आहाबका छोरा योरामलाई हेर्न भनी यिजरेलमा झरे; किनकि योराम घाइते भएका थिए।
2CH 22:7 योरामलाई भेट्न तिनी गएको कारण परमेश्‍वरले अहज्याहमाथि पतन ल्याउनुभयो। अहज्याह आइपुगेपछि तिनी योरामसित निम्शीका छोरा येहूलाई भेट्न बाहिर गए, जसलाई आहाबको घरानालाई नाश गर्न भनी याहवेहले नियुक्त गर्नुभएको थियो।
2CH 22:8 येहूले आहाबको घरानामाथि न्याय गरिरहेको बेला तिनले अहज्याहकहाँ गएका यहूदाका राजकुमारहरू र अहज्याहका आफन्तहरूका छोराहरूलाई भेट्टाए, जो अहज्याहका अधिकारीहरू थिए। येहूले तिनीहरू सबैलाई मारिदिए।
2CH 22:9 त्यसपछि तिनी अहज्याहलाई खोज्न निस्के। तिनका मानिसहरूले तिनी सामरियामा लुकिरहेको बेला पक्रे। तिनी येहूकहाँ लगिए र तिनी मारिए। तिनीहरूले तिनलाई गाडेर भने, “तिनी याहवेहलाई सम्पूर्ण हृदयले खोज्ने यहोशापातका छोरा थिए।” यसरी त्यस राज्यलाई स्थिर राख्नलाई सामर्थ्य भएको कुनै व्यक्ति अहज्याहको घरानामा थिएन।
2CH 22:10 अहज्याहकी आमा अतल्याहले आफ्नो छोरा मरेको देखिन्, यसकारण तिनी यहूदाका सम्पूर्ण राज परिवारलाई नाश गर्न गइन्।
2CH 22:11 तर राजा यहोरामकी छोरी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका अरू राजकुमारहरूबाट चोरेर लगिन्। तिनी र तिनकी धाईलाई एउटा सुत्ने कोठामा राखिन्। राजा यहोरामकी छोरी र पुजारी यहोयादाकी पत्नी यहोशेबाचाहिँ अहज्याहकी दिदी भएकी हुनाले उनले बालकलाई अतल्याहबाट लुकाइन् र तिनले त्यसलाई मार्न सकिनन्।
2CH 22:12 अतल्याहले देशमा शासन नगरुन्जेल बालक उनीहरूसित परमेश्‍वरको मन्दिरमा छ वर्षसम्म लुकेर बसे।
2CH 23:1 सातौँ वर्षमा पुजारी यहोयादाले आफ्नो सामर्थ्य देखाए। तिनले सय-सय दलका सेनापतिहरूसित करार बाँधे: यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापात थिए।
2CH 23:2 तिनीहरू यहूदाभरि गए; अनि लेवीहरूलाई र इस्राएली परिवारका अगुवाहरूलाई सबै सहरहरूबाट भेला गराए। तिनीहरू यरूशलेममा आए।
2CH 23:3 तब सारा समुदायले राजासित परमेश्‍वरको मन्दिरमा करार बाँधे। यहोयादाले तिनीहरूलाई भने, “याहवेहले दावीदको सन्तानको सम्बन्धमा प्रतिज्ञा गर्नुभएझैँ राजाका छोराले शासन गर्नेछन्।
2CH 23:4 अब तपाईंहरूले गर्नुपर्ने यही हो: तपाईंहरू शब्बाथ दिनमा काममा खटिएका एक तिहाइ पुजारीहरू र लेवीहरू ढोकाको सुरक्षामा रहून्।
2CH 23:5 एक तिहाइले राजमहलको सुरक्षामा र एक तिहाइले जगको मूलढोकाको सुरक्षामा रहनुपर्छ; अनि अरू सबै मानिसहरूचाहिँ याहवेहको मन्दिरका चोकहरूमा रहनुपर्छ।
2CH 23:6 याहवेहको मन्दिरमा सेवाको कामका निम्ति खटिएका पुजारीहरू र लेवीहरूबाहेक अरू कोही पस्‍न पाउनेछैनन्, तिनीहरू मात्र पस्‍न पाउनेछन्, जो पवित्र पारिएका छन्। तर अरू सबै मानिसहरूले चाहिँ याहवेहले तिनीहरूलाई सुम्पनुभएको काम गर्नुपर्छ।
2CH 23:7 लेवीहरू प्रत्येकले आ-आफ्ना हातमा हतियार लिएर राजाको छेउछाउमा पहरा दिएको हुनुपर्छ। मन्दिरमा पस्‍ने जोसुकै पनि मारिनुपर्छ। राजा जहीँ गए तापनि तिनका छेउमै रहनू।”
2CH 23:8 लेवीहरू र यहूदाका सारा मानिसहरूले पुजारी यहोयादाले आज्ञा दिएझैँ गरे। हरेकले उसको आफ्नै मानिसलाई लिए—शब्बाथ दिनमा काममा खटिएकाहरू र काम सकेर फुर्सद पाएकाहरूलाई लिए, किनकि पुजारी यहोयादाले कुनै दललाई पनि बिदा दिएका थिएनन्।
2CH 23:9 तब तिनले सय-सयको दलमाथिका सेनापतिहरूलाई परमेश्‍वरको भवनमा रहेका दावीदका भालाहरू, ठूला र साना ढालहरू दिए।
2CH 23:10 तिनले राजाका चारैतिर, वेदी र मन्दिरको छेउमा मन्दिरको दक्षिण भागदेखि उत्तर भागसम्म सबै मानिसहरूलाई हातमा हतियार लिएर राखिदिए।
2CH 23:11 यहोयादा र तिनका छोराहरूले राजाका छोरालाई ल्याएर तिनलाई मुकुट लगाइदिए। तिनीहरूले तिनलाई करारको एक प्रति दिए, र तिनलाई राजा भनी घोषित गरे। तिनीहरूले उनलाई अभिषेक गरे, र तिनीहरू यसो भन्दै कराए, “राजा अमर रहून्!”
2CH 23:12 जब अतल्याहले मानिसहरू भागदौड गरिरहेका र राजालाई जयजयकार गरिरहेको हल्‍ला सुनिन्, तब तिनी याहवेहको भवनमा तिनीहरूकहाँ गइन्।
2CH 23:13 तिनले हेरिन्, र राजालाई प्रवेशद्वारमा आफ्नो खम्बानिर उभिरहेका देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाको छेउमा थिए। अनि सारा देशवासीहरू हर्ष मनाउँदै र तुरहीहरू फुकिरहेका थिए; यसकासाथै गायकहरूले बाजा-गाजासित प्रशंसाको अगुवाइ गरिरहेका थिए। तब अतल्याहले आफ्नो वस्त्रहरू च्यातेर “राजविद्रोह! राजविद्रोह!” भन्दै कराइन्।
2CH 23:14 पुजारी यहोयादाले दलहरूका जिम्मामा रहेका सय-सयका दलका सेनापतिहरूलाई यसो भनेर पठाए: “आतल्याहलाई दलहरूको बीचमा ल्याओ र तिनलाई पछ्याउने जतिलाई तरवारले मारिदेओ।” किनकि पुजारीले “तिनलाई याहवेहको मन्दिरमा नमार्नू” भनेका थिए।
2CH 23:15 यसकारण तिनी घोडा ढोकाको प्रवेशद्वारमा महलको मैदानमा पुग्दा तिनीहरूले तिनलाई पक्रे, र त्यहाँ तिनलाई मारे।
2CH 23:16 त्यसपछि यहोयादाले आफू, सबै मानिसहरू र राजा याहवेहका मानिसहरू हुनेछन् भनी करार बाँधे।
2CH 23:17 सबै मानिसहरू बालको मन्दिरमा गए, र तिनीहरूले त्यसलाई भत्काइदिए। तिनीहरूले वेदी र मूर्तिहरूलाई टुक्रा-टुक्रा पारिदिए; अनि बालको पुजारी मत्तानलाई वेदीहरूको सामु मारे।
2CH 23:18 त्यसपछि यहोयादाले याहवेहको भवनको हेरविचार गर्ने जिम्मा पुजारीहरूका हातमा दिए, जो लेवीहरू थिए। आफ्नो समयदेखि नै स्तुतिगान गर्दै र आनन्द मनाउँदै मोशाको व्यवस्थाअनुसार होमबलि चढाउन र याहवेहको भवनमा काम गर्न दावीदले तिनीहरूलाई खटाइदिएका थिए।
2CH 23:19 कुनै अशुद्ध व्यक्ति मन्दिरभित्र पस्‍न नपाओस् भनेर तिनले याहवेहको भवनको मूलढोकाहरूमा द्वारपालहरू पनि राखे।
2CH 23:20 तिनले आफूसित सय-सयमाथिका सेनापतिहरू, भारदारहरू, प्रजाहरूका प्रशासकहरू र सारा देशवासीहरूलाई लगे। राजालाई पनि याहवेहको भवनबाट पनि ल्याए। तिनीहरू माथिल्‍लो मूलढोकाहरूबाट महलमा पसे; अनि राजालाई राजकीय सिंहासनमाथि बसाए।
2CH 23:21 अनि देशका सबै मानिसहरूले हर्ष मनाए। सहरचाहिँ शान्त थियो; किनकि अतल्याह तरवारले मारिएकी थिइन्।
2CH 24:1 राजा हुँदा योआश सात वर्षका थिए। तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। तिनकी आमाको नाम सिब्या थियो; जो बेर्शेबाकी थिइन्।
2CH 24:2 योआशले पुजारी यहोयादाको जीवनकालभरि नै याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे।
2CH 24:3 यहोयादाले तिनका निम्ति दुई पत्नीहरू चुने, जसबाट तिनका छोराछोरीहरू भए।
2CH 24:4 केही समयपछि योआशले याहवेहको मन्दिर मर्मत गर्ने निश्‍चय गरे।
2CH 24:5 तिनले पुजारीहरू र लेवीहरूलाई एकसाथ बोलाएर तिनीहरूलाई भने, “यहूदाका सहरहरूमा गएर सारा इस्राएलीहरूबाट वर्षेनी परमेश्‍वरको मन्दिर मर्मत गर्ने रकम बटुल्नुहोस्। यो काम छिट्टै गरिहाल्नू।” तर लेवीहरूले झट्टै काम गरेनन्।
2CH 24:6 यसकारण राजाले मुख्य पुजारी यहोयादालाई बोलाए र तिनलाई भने, “याहवेहको सेवक मोशा र इस्राएलको समुदायले साक्षी पाटीको पालको निम्ति तोकिएको कर यहूदा र यरूशलेमबाट ल्याउन भनी किन लेवीहरूलाई कर लाउनुभएन?”
2CH 24:7 त्यस बेला त्यस दुष्‍ट स्त्री अतल्याहका छोराहरू परमेश्‍वरको भवनभित्र जबरजस्ती पसे; अनि त्यसका पवित्र चीजहरू पनि बालहरूको निम्ति प्रयोग गरेका थिए।
2CH 24:8 राजाको आदेशमा एउटा बाकस बनाइयो, र त्यसलाई याहवेहको भवनको मूलढोकामा बाहिर राखियो।
2CH 24:9 त्यसपछि यहूदा र यरूशलेममा याहवेका निम्ति कर ल्याउनुपर्छ भनी घोषणा गरियो, जुन कर परमेश्‍वरका जन मोशाले इस्राएलमाथि उजाडस्थानमा लगाएका थिए।
2CH 24:10 सबै अधिकृतहरू र मानिसहरूले आ-आफ्ना भेटी बाकस नभरुन्जेल खुशीसाथ त्यसमा हालिरहे।
2CH 24:11 लेवीहरूले जहिले पनि त्यो बाकस राजाका अधिकृतहरूकहाँ ल्याउँथे, र तिनीहरूले त्यहाँ धेरै रकम भएको देख्थे। राजकीय सचिव र मुख्य पुजारीका अधिकृत आएर त्यो बाकस खाली गरेर त्यसलाई त्यसकै ठाउँमा राखिदिन्थे। तिनीहरूले नियमित रूपले त्यसो गरे, र ठूलो रकम जम्मा गरे।
2CH 24:12 राजा र यहोयादाले त्यो रकम याहवेहको भवनको निम्ति काम गर्ने मानिसहरूलाई दिए। तिनीहरूले याहवेहको भवन पुनर्निर्माण गर्नको लागि डकर्मीहरू, सिकर्मीहरू, र मन्दिर मर्मत गर्नको लागि फलाम र काँसाका काम गर्नेहरूलाई पनि ज्यालामा लिए।
2CH 24:13 काम जिम्मा लिएका मानिसहरू उद्यमी थिए, र तिनीहरूको अधीनमा काम अगि बढ्यो। तिनीहरूले परमेश्‍वरको भवन त्यसको पहिलेको नमुनाअनुसार पुनर्निर्माण गरे, र थप बलियो बनाए
2CH 24:14 तिनीहरूले सिद्ध्याएपछि बाँकी रहेको रकम राजा र यहोयादाकहाँ ल्याए। अनि त्यसबाट याहवेहको भवनका सामग्रीहरू, सेवाका निम्ति र होमबलिका निम्ति सामग्रीहरू, सुन र चाँदीका थाल, कचौरा र अरू चीजहरू बनाइए। यहोयादा बाँचुन्जेल याहवेहको भवनमा होमबलि चढाउने काम भइरह्‍यो।
2CH 24:15 जब यहोयादा वृद्ध भए, तब तिनी एक सय तीस वर्षको उमेरमा मरे।
2CH 24:16 तिनले परमेश्‍वर र उहाँको भवनका निम्ति इस्राएलमा असल काम गरेकाले तिनी राजाहरूसित दावीदको सहरमा गाडिए।
2CH 24:17 यहोयादाको मृत्युपछि यहूदाका अधिकृतहरू आए, र राजालाई दण्डवत् गरे। तब तिनले उनीहरूका कुरा सुने।
2CH 24:18 तिनीहरूले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको भवनलाई त्यागे; अनि अशेरा देवीका खम्बाहरू र मूर्तिहरूलाई पुजे। तिनीहरूका दोषको कारण याहवेहको क्रोध यहूदा र यरूशलेममाथि आयो।
2CH 24:19 याहवेहले मानिसहरूलाई आफूकहाँ फर्काएर ल्याउनलाई अगमवक्ताहरू पठाउनुभयो; अनि तिनीहरूले उनीहरूका विरुद्धमा साक्षी दिए, तर उनीहरूले सुनेनन्।
2CH 24:20 तब याहवेहको आत्मा पुजारी यहोयादाका छोरा जकरियाकहाँ आउनुभयो। मनिसहरूको सामु खडा भएर तिनले भने, “परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीहरू याहवेहका आज्ञाहरू किन उल्‍लङ्घन गर्छौ? तिमीहरूको उन्‍नति हुनेछैन। तिमीहरूले याहवेहलाई त्यागेका छौ, यसकारण उहाँले पनि तिमीहरूलाई ल्याग्नुभएको छ।’ ”
2CH 24:21 तर तिनीहरूले तिनको विरुद्धमा षड्यन्त्र गरे, र राजाको आज्ञाअनुसार तिनीहरूले उनलाई याहवेहको मन्दिरको आँगनमा ढुङ्गाले हानेर मारे।
2CH 24:22 राजा योआशले जकरियाका पिता यहोयादाले तिनीप्रति देखाएको दया सम्झेनन्, तर तिनका छोरालाई मारे। अनि मर्ने बेला तिनले यसो भने, “याहवेहले यो देखून्, तपाईंसित त्यही अनुसारको लेखा लिऊन्।”
2CH 24:23 त्यस वर्षको अन्त्यमा अरामको फौज योआशको विरुद्धमा आए। तिनीहरूले यहूदा र यरूशलेममाथि आक्रमण गरे। मानिसहरूका सबै अगुवाहरूलाई मारिदिए। तिनीहरूले लुटका सबै मालहरू तिनीहरूका राजाकहाँ दमस्कसमा पठाइदिए।
2CH 24:24 अरामी फौजमा थोरै मानिसहरू थिए; तापनि याहवेहले तिनीहरूका हातमा एउटा धेरै ठूलो फौजलाई सुम्पिदिनुभयो। यहूदाले याहवेह आफ्ना पुर्खाहरूका परमेश्‍वरलाई त्यागेको कारण योआशमाथि न्याय पर्न गयो।
2CH 24:25 अरामीहरू हटेर जाँदा तिनीहरूले योआशलाई घाइते अवस्थामा छोडे। तिनका अधिकृतहरूले पुजारी यहोयादाका छोरा जकरियाको हत्याको कारण तिनको विरुद्धमा षड्यन्त्र गरे, तब तिनलाई आफ्ना पलङमै मारे। यसरी तिनी मरे, र दावीदको सहरमा गाडिए, तर राजाहरूका चिहानहरूमा गाडिएनन्।
2CH 24:26 तिनको विरुद्धमा षड्यन्त्र गर्नेहरू यिनै थिएः अम्मोनी स्त्री शिम्मतका छोरा जाबाद र मोआबी स्त्री शिम्रितका छोरा यहोजाबाद।
2CH 24:27 तिनका छोराहरूको विवरण र तिनको विषयमा भएका धेरै अगमवाणीहरू र परमेश्‍वरको भवनको पुनर्निर्माणको विषयमा राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।
2CH 25:1 अमस्याह पच्‍चीस वर्षको उमेरमा राजा भए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम यहोअदीन थियो; र तिनी यरूशलेमकी थिइन्।
2CH 25:2 तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो त्यही गरे, तर सम्पूर्ण हृदयले होइन।
2CH 25:3 सम्पूर्ण रूपमा राज्य आफ्नो अधीनमा आएपछि तिनले आफ्ना पिताको हत्या गर्ने ती अधिकृतहरूलाई मृत्युदण्ड दिए।
2CH 25:4 तापनि “छोराछोरीहरूका पापको कारण आमाबुबाहरू र आमाबुबाहरूका पापको कारण छोराछोरीहरूलाई नमार्नू, हरेक मानिस आफ्नै पापको कारण मर्नैपर्छ” भनेर याहवेहले आज्ञा दिनुभएको मोशाको व्यवस्थामा लेखिएअनुसार तिनले उनीहरूका सन्तानलाई मारेनन्।
2CH 25:5 अमस्याहले यहूदाका मानिसहरूलाई एकसाथ बोलाए, र तिनीहरूलाई आफ्ना परिवारहरू बमोजिम सबै यहूदा र बेन्यामीनको निम्ति हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूको जिम्मामा लगाइदिए। त्यसपछि तिनले बीस वर्ष र त्यसभन्दा माथिकाहरूलाई बटुले; अनि लडाइँका निम्ति तयार पारे, जसको संख्या तीन लाख थियो। यी मानिसहरू भाला र ढाल चलाउनमा कुशल थिए।
2CH 25:6 तिनले इस्राएलबाट चाँदीका एक सय टालेन्टमा एक लाख लडाकु मानिसहरू भाडामा लिए।
2CH 25:7 तर एक जना परमेश्‍वरका जनले तिनीकहाँ आएर भने, “हे महाराजा, इस्राएलबाटको यो दल तपाईंको साथमा नजाओस्; किनकि याहवेह इस्राएलसँग हुनुहुन्‍न, न त एफ्राइमका कुनै मानिससित नै हुनुहुन्छ।
2CH 25:8 यदि तपाईंले गएर साहसपूर्वक युद्ध लड्नुभयो भने पनि परमेश्‍वरले तपाईंलाई शत्रुको अगि परास्त गर्नुहुनेछ; किनकि सहायता गर्ने र हराउने शक्ति परमेश्‍वरसितै छ।”
2CH 25:9 अमस्याहले परमेश्‍वरका जनलाई सोधे, “तर मैले यी इस्राएली दलहरूको निम्ति तिरेको एक सय टालेन्टलाई के गर्ने?” परमेश्‍वरका जनले भने, “याहवेहले तपाईंलाई त्योभन्दा धेरै बढी दिन सक्नुहुन्छ।”
2CH 25:10 यसकारण अमस्याहले आफूकहाँ एफ्राइमबाट आएका दलहरूलाई बिदा दिएर घर पठाइदिए। तिनीहरू यहूदासित रिसले आगो भए; र रिसले चुर हुँदै घरतिर लागे।
2CH 25:11 तब अमस्याहले साहस गरेर आफ्नो फौजलाई नुनको बेँसीमा लगे; अनि त्यहाँ तिनले सेइरका दश हजार मानिसहरूलाई मारे।
2CH 25:12 यहूदाको फौजले पनि दश हजार मानिसहरूलाई जीवितै पक्रे; अनि तिनीहरूलाई एउटा अग्लो चट्टानमा लगेर त्यहाँबाट तल फ्याँकिदिए, तब तिनीहरू सबै टुक्रै-टुक्रा भए।
2CH 25:13 त्यसै बेला अमस्याहले लडाइँमा भाग लिन नदिएर फर्काइदिएका दलहरूले सामरियादेखि बेथ-होरोनसम्मै यहूदाका सहरहरूमा आक्रमण गरे। तिनीहरूले तीन हजार मानिसहरूलाई मारे, र धेरै मात्रामा लुटका मालहरू लिएर गए।
2CH 25:14 एदोमीहरूलाई परास्त गरेर फर्कँदा अमस्याहले सेइरका मानिहरूका देवताहरू ल्याए। तिनले ती मूर्तिहरूलाई आफ्नै ईश्‍वरझैँ राखे। तिनीहरूको सामु निहुरे, र तिनीहरूकहाँ होमबलिहरू चढाए।
2CH 25:15 तब याहवेहको क्रोध अमस्याहको विरुद्धमा दन्क्यो; अनि उहाँले एक जना अगमवक्ता तिनीकहाँ पठाउनुभयो; जसले तिनलाई भने, “तपाईंले यी मानिसहरूका देवताहरूसित किन सल्‍लाह लिनुहुन्छ, जसले आफ्नै मानिसहरूलाई तपाईंको हातबाट बचाउन सकेनन्?”
2CH 25:16 तिनी बोल्दाबोल्दै राजाले तिनलाई भने, “के हामीले तिमीलाई राजाको सल्‍लाहकार नियुक्त गरेका छौँ? चुप लाग! तिमी किन मारिन चाहन्छौ?” यसकारण ती अगमवक्ता चुप लागे, र यसो भने, “म जान्दछु, तपाईंले यसो गर्नुभएको छ; र मेरो सल्‍लाह सुन्‍नुभएन। यसकारण परमेश्‍वरले तपाईंलाई नाश गर्ने निश्‍चय गर्नुभएको छ।”
2CH 25:17 यहूदाका राजा अमस्याहले आफ्ना सल्‍लाहकारहरूसित सल्‍लाह लिए; अनि इस्राएलका राजा येहूका नाति यहोआहाजका छोरा योआशकहाँ यसो भनेर चुनौती पठाए, “आऊ, मसँग आमने-सामने लडाइँ गर।”
2CH 25:18 तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्याहलाई जवाफ दिए, “लेबनानमा भएको एउटा लुहुँडे काँडाले लेबनानको देवदारुलाई यसो भनेर खबर पठायो, ‘तपाईंकी छोरी मेरो छोरासित विवाह गर्न दिनुहोस्।’ तब लेबनानमा भएको एउटा जङ्गली पशु आएर त्यस लुहुँडे काँडालाई खुट्टाले कुल्चिदियो।
2CH 25:19 हेर, मैले एदोमलाई परास्त गरेँ भनी तिमी भन्छौ; अब तिमी घमण्डी र अहङ्कारी भएका छौ। तर अब घरमै बसिरहनू! किन विपत्ति खोज्छौ? आफ्नै पतन र यहूदाको समेत किन पतन गर्न चाहन्छौ?”
2CH 25:20 तर अमस्याहले सुन्‍न चाहेनन्; किनभने तिनीहरूले एदोमका देवताहरू खोजी गरेका थिए। यसकारण परमेश्‍वर तिनीहरूलाई यहोआशको हातमा पारिदिनलाई काम गर्नुभएको थियो।
2CH 25:21 यसकारण इस्राएलका राजा येहोआशले आक्रमण गरे। तिनी र यहूदाका राजा अमस्याहले यहूदाको बेथ-शेमेशमा एका-अर्काको सामना गरे।
2CH 25:22 यहूदा इस्राएलद्वारा पराजित भयो र प्रत्येक मानिस आ-आफ्नो घरतिर भागेर गए।
2CH 25:23 इस्राएलका राजा येहोआशले अहज्याहका नाति योआशका छोरा यहूदाका राजा अमस्याहलाई बेथ-शेमेशमा पक्रे। तब येहोआशले तिनलाई यरूशलेममा ल्याए र यरूशलेमको पर्खाललाई एफ्राइमको मूलढोकादेखि कुनाको मूलढोकासम्म चार सय क्यूबिट लामो भाग तोडिदिए।
2CH 25:24 तिनले सबै सुन, चाँदी र ओबेद-एदोमको जिम्मामा रहेका परमेश्‍वरको भवनका सबै सामग्रीहरू, महलका खजाना र कैदीहरू लिए, अनि तिनी सामरियामा फर्के।
2CH 25:25 यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि पन्ध्र वर्ष बाँचे।
2CH 25:26 अमस्याहको शासनका अरू घटनाहरू, सुरुदेखि अन्त्यसम्म, के ती यहूदा र इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छैनन् र?
2CH 25:27 अमस्याहले याहवेहलाई पछ्याउन छोडेको समयदेखि तिनीहरूले यरूशलेममा तिनको विरुद्धमा षड्यन्त्र रचे; अनि तिनी लाकीशमा भागेर गए, तर तिनीहरूले लाकीशमा मानिसहरू पठाएर तिनलाई त्यहीँ मारे।
2CH 25:28 तिनलाई घोडामाथि बोकाएर ल्याइयो, र यहूदामा सहरमा आफ्ना पुर्खाहरूसित गाडियो।
2CH 26:1 तब यहूदाका सारा मानिसहरूले सोह्र वर्षका उज्जियाहलाई लिए; अनि तिनलाई तिनका पिता अमस्याहको सट्टामा राजा तुल्याए।
2CH 26:2 अमस्याह आफ्ना पुर्खाहरूसित सुतेपछि एलोतलाई पुनर्निर्माण गरेर त्यसलाई फेरि यहूदामा मिलाउने तिनी नै थिए।
2CH 26:3 उज्जियाह राजा हुँदा सोह्र वर्षका थिए। तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्य गरे। तिनकी आमाको नाम यकोल्याह थियो, जो यरूशलेमकी थिइन्।
2CH 26:4 तिनले आफ्ना पिता अमस्याहले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे।
2CH 26:5 आफूलाई परमेश्‍वरको भय राख्न सिकाउने जकरियाको समयमा अमस्याहले परमेश्‍वरको खोजी गरुन्जेल उहाँले तिनलाई सफलता दिनुभयो।
2CH 26:6 तिनी पलिश्तीहरूको विरुद्धमा युद्ध गर्न गए; अनि गात, यब्ने र अश्दोदका पर्खालहरू भत्काइदिए। त्यसपछि तिनले पलिश्तीहरूको बीचमा अश्दोद र छेउछाउका सहरहरू पुनर्निर्माण गरे।
2CH 26:7 परमेश्‍वरले तिनलाई पलिश्तीहरू र गूर-बालमा बस्‍ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो।
2CH 26:8 अम्मोनीहरूले उज्जियाहलाई सलामी तिरे। तिनको ख्याति इजिप्टको सीमासम्म फैलियो; किनकि तिनी अति सामर्थी भएका थिए।
2CH 26:9 उज्जियाहले यरूशलेममा कुने मूलढोकामा, बेँसी मूलढोका र पर्खालको कुनामा धरहराहरू बनाए, र तिनले सहरलाई सुरक्षित पारे।
2CH 26:10 तिनीसित तराई र मैदानमा धेरै गाईबस्तु भएकाले तिनले उजाडस्थानमा पनि धरहराहरू बनाए, र धेरै कुवाहरू खने। तिनी कृषिमा रुचि राख्दथे। यसैले तिनीसित तराईका खेत र पहाडका दाखबारीहरूमा काम गर्ने मानिसहरू थिए।
2CH 26:11 उज्जियाहसित दल-दल गरी बाहिर जान तयार रहेका असल तालिम प्राप्‍त फौज थिए, जसलाई संख्याअनुसार सचिव यीएल र अधिकृत मासेयाहले एक जना राजकीय अधिकृत हनन्याहको अधीनमा भेला गर्थे।
2CH 26:12 ती लडाकु मानिसहरूमाथि रहेका परिवारका मुखियाहरूको जम्मा संख्या दुई हजार छ सय थियो।
2CH 26:13 तिनीहरूको अधीनमा युद्धको निम्ति तालिम पाएका र राजाका शत्रुहरूको विरुद्धमा तिनलाई सघाउने 3,07,500 मानिसहरू थिए।
2CH 26:14 उज्जियाहले आफ्नो सम्पूर्ण फौजका निम्ति ढालहरू, भालाहरू, टोपहरू, झिलमहरू, धनुहरू र घुयेँत्रोका ढुङ्गाहरू प्रबन्ध गरिदिएका थिए।
2CH 26:15 यरूशलेममा तिनले धरहराहरू र कुनाको सुरक्षामा प्रयोग गर्नका लागि आविष्कार गरिएका उपकरणहरू बनाएका थिए, ताकि सिपाहीहरूले तीरहरू हान्‍न र पर्खालहरूबाट ठूला-ठूला ढुङ्गाहरू हान्‍न सकून्। तिनको ख्याति चारैतिर टाढा-टाढासम्म फैलियो, किनकि तिनी शक्तिशाली नभएसम्म तिनले धेरै सहयोग पाइरहे।
2CH 26:16 तर उज्जियाह सामर्थी भएपछि, तिनको अहङ्कारले तिनलाई पतन गरायो। तिनी याहवेह आफ्ना परमेश्‍वरप्रति अविश्‍वासी भए; अनि धूप-वेदीमा आफैँ धूप बाल्न तिनी परमेश्‍वरको भवनभित्र पसे।
2CH 26:17 पुजारी अजर्याहले याहवेहका असी जना साहसी पुजारीहरूसित तिनलाई मन्दिरभित्रसम्म पछ्याए।
2CH 26:18 तिनीहरूले तिनको विरोध गरेर भने, “हे राजा उज्जियाह, याहवेहका निम्ति धूप बाल्न तपाईंको काम होइन। यो काम धूप बाल्ने काममा पवित्र तुल्याइएका हारूनका सन्तान पुजारीहरूका निम्ति हो। तपाईंले विश्‍वासघात गर्नुभएको छ। यसकारण मन्दिरबाट बाहिर गइहाल्नुहोस्, र तपाईंले याहवेह परमेश्‍वरबाट सम्मान पाउनुहुनेछैन।”
2CH 26:19 तर उज्जियाह राजा रिसाए; किनकि धूप बाल्नलाई भनी हातमा धूपदानी लिएका थिए। तिनी याहवेहको मन्दिरमा धूप वेदीको सामु पुजारीहरूसित रिसाउँदै गरेको बेला तिनको निधारमा कुष्‍ठरोग देखा पर्‍यो।
2CH 26:20 मुख्य पुजारी अजर्याह र अरू पुजारीहरूले तिनलाई हेरे, तब तिनको निधारमा कुष्‍ठरोग लागेको देखे; अनि तिनीहरूले तिनलाई हतार-हतार बाहिर निकालिदिए। याहवेहले तिनीमाथि विपत्ति पठाउनुभयो। त्यसकारण तिनी आफैँ पनि हतार गरेर निस्कन चाहन्थे।
2CH 26:21 राजा उज्जियाह आफू नमरेसम्म कुष्‍ठरोगले ग्रसित भइरहे। तिनी कुष्‍ठरोगले ग्रसित भएर एउटा अलग्गै घरमा बस्‍न थाले। तिनलाई याहवेहको मन्दिरमा पनि प्रवेश निषेध गरियो। तिनका छोरा योतामलाई महलको जिम्मा सुम्पियो र तिनले देशवासीहरूमाथि शासन गर्न थाले।
2CH 26:22 उज्जियाहको शासनकालका अरू घटनाहरूको विवरण, सुरुदेखि अन्त्यसम्म, आमोजका छोरा अगमवक्ता यशैयाले लेखेका छन्।
2CH 26:23 उज्जियाह आफ्ना पुर्खाहरूसित सुते; अनि राजाहरू गाडिने ठाउँको चिहान नजिक गाडिए, किनकि मानिसहरूले “तिनी कुष्‍ठरोगी हुन्” भन्थे। तिनीपछि तिनका छोरा योताम राजा भए।
2CH 27:1 योताम राजा हुँदा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनकी आमाको नाम यरूशा थियो, जो सादोककी छोरी थिइन्।
2CH 27:2 तिनले आफ्ना पिता उज्जियाहले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे; तर तिनी याहवेहको भवनभित्र पसेनन्। तरै पनि मानिसहरू आफ्ना दुष्‍ट चालमा लागिरहे।
2CH 27:3 योतामले याहवेहको भवनको माथिल्‍लो मूलढोका मर्मत गरे, र ओपेलको डाँडामा भएको पर्खालमा धेरै कामहरू गरे।
2CH 27:4 तिनले यहूदाका डाँडाहरूमा सहरहरू र जङ्गलहरू भएका ठाउँहरूमा किल्‍लाहरू र धरहराहरू बनाए।
2CH 27:5 योतामले अम्मोनीहरूका राजासित युद्ध गरे र तिनलाई जिते। त्यस वर्ष अम्मोनीहरूले एक सय टालेन्ट चाँदी, दश हजार कोर गहुँ र दश हजार कोर जौ तिरे। अम्मोनीहरूले तिनीकहाँ दोस्रो र तेस्रो वर्षमा पनि त्यही मात्रामा ल्याए।
2CH 27:6 याहवेह आफ्ना परमेश्‍वरको सामु अटल भई हिँडेको हुनाले योताम सामर्थी भए।
2CH 27:7 योतामको शासनकालका अरू घटनाहरू, तिनले लडेका युद्धहरू र गरेका अरू कामहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्।
2CH 27:8 राजा हुँदा तिनी पच्‍चीस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे।
2CH 27:9 योताम आफ्ना पुर्खाहरूसित सुते, र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आहाज राजा भए।
2CH 28:1 राजा हुँदा आहाज बीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दावीदले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यो गरेनन्।
2CH 28:2 तिनी इस्राएलका राजाहरूका चालहरूमा हिँडे, र बाल-देवताहरूका निम्ति ढलौटे मूर्तिहरू पनि बनाए।
2CH 28:3 तिनले बेन-हिन्‍नोमको बेँसीमा बलिदानहरू चढाए; अनि याहवेहले इस्राएलीहरूका सामु धपाइदिनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा चलेर आफ्ना सन्तानलाई आगोमा बलिदान चढाए।
2CH 28:4 तिनले अग्ला देवस्थानहरू र डाँडाहरूमा प्रत्येक झ्याम्म परेको रूखमुनि बलिदानहरू चढाए र धूप बाले।
2CH 28:5 यसकारण याहवेह तिनका परमेश्‍वरले तिनलाई अरामका राजाको हातमा सुम्पिदिनुभयो। अरामीहरूले तिनलाई परास्त गरे, र तिनका धेरै मानिसहरूलाई कैदी बनाएर दमस्कस ल्याए। तिनलाई इस्राएलका राजाको हातमा दिइयो, जसले तिनलाई पूर्ण रूपले पराजित गरे।
2CH 28:6 रमल्याहका छोरा पेकहले एकै दिनमा यहूदामा एक लाख बीस हजार सिपाहीहरू मारे; किनकि यहूदाले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई त्यागेका थिए।
2CH 28:7 एक जना एफ्राइम शूरवीर जिक्रीले राजाका छोरा मासेयाहलाई, महलका अधिपति अज्रीकाम र राजापछि दोस्रो हुने मानिस एल्कानालाई मारे।
2CH 28:8 इस्राएलीहरूले आफ्नै सङ्गी-जाति, जो यहूदाबाट थिए; दुई लाख स्त्रीहरू, छोराहरू र छोरीहरूलाई कैद गरेर लगे। तिनीहरूले धेरै मात्रामा लुटका मालहरू लिएर सामरियामा लगे।
2CH 28:9 तर त्यहाँ ओदेद नाम गरेका याहवेहका एक जना अगमवक्ता थिए। फौज सामरियामा फर्केर आउँदा उनी तिनीहरूलाई भेट्न गए। उनले तिनीहरूलाई भने, “याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वर यहूदासित रिसाउनुभएको हुनाले उहाँले तिनीहरूलाई तिमीहरूका हातमा दिनुभयो। तर तिमीहरूले आफ्ना रिसमा तिनीहरूलाई मारेको कुरा स्वर्गसम्म पुगेको छ।
2CH 28:10 अब तिमीहरूले यहूदा र यरूशलेमका पुरुषहरू र स्त्रीहरूलाई आफ्ना दास-दासी बनाउने इच्छा गरेका छौ। तर के तिमीहरू पनि याहवेह तिमीहरूका परमेश्‍वरको विरुद्धमा पापका दोषी छैनौ र?
2CH 28:11 अब मेरा कुरा सुन! तिमीहरूले कैद गरेर ल्याएका आफ्नै जातिलाई फर्काइदेऊ; किनभने याहवेहको भयानक क्रोध तिमीहरूमाथि रहेको छ।”
2CH 28:12 तब एफ्राइमका केही अगुवाहरू, यहोहानानका छोरा अजर्याह, मशिल्‍लेमोतका छोरा बेरेक्याह, शल्‍लूमका छोरा यहिज्कयाह र हद्लैका छोरा अमासाले लडाइँबाट आएकाहरूसित तर्कवितर्क गरे।
2CH 28:13 तिनीहरूले भने, “तिमीहरूले यी कैदीहरूलाई यहाँ नल्याओ; नत्रता हामी याहवेहको सामु दोषी हुनेछौँ। के तिमीहरू हाम्रा पाप र दोष थप्न चाहन्छौ? किनकि हाम्रा अपराध ठूलो छ र उहाँको भयानक क्रोध इस्राएलमाथि रहेको छ।”
2CH 28:14 यसकारण ती सिपाहीहरूले कैदीहरू र लुटका माललाई अधिकृतहरू र सारा समुदायको उपस्थितिमा छोडिदिए।
2CH 28:15 नाम अनुसारका पद भएका मानिसहरूले कैदीहरूलाई लिए, र त्यस लुटका मालबाट तिनीहरूले नाङ्गाहरूलाई लुगा लगाइदिए। तिनीहरूले उनीहरूलाई लुगा, जुत्ता, भोजन, पानी र निको पार्ने मलम प्रबन्ध गरिदिए। कमजोर जतिलाई तिनीहरूले गधाहरूमाथि चढाए। यसरी तिनीहरूले आफ्नै जातिहरूलाई यरीहो, अर्थात् खजूरको सहरमा लिएर गए, र तिनीहरू सामरियामा फर्के।
2CH 28:16 त्यस बेला राजा आहाजले अश्शूरका राजाकहाँ सहायताका निम्ति बिन्ती गरे।
2CH 28:17 एदोमीहरूले फेरि यहूदामाथि आक्रमण गरेर कैदीहरूलाई लगेका थिए।
2CH 28:18 किनभने पलिश्तीहरूले पहाडहरूमा भएका सहरहरू र यहूदाको दक्षिणतिर लुटपाट गरेका थिए। तिनीहरूले बेथ-शेमेश, अय्यालोन, गदेरोत, सोको, तिम्ना, गिम्जो र तिनीहरूका चारैतिरका गाउँहरूसमेत कब्जा गरे।
2CH 28:19 इस्राएलका राजा आहाजको कारणले नै याहवेहले यहूदालाई विनम्र तुल्याउनुभएको थियो; किनभने यहूदामा तिनले दुष्‍टता बढाएर तिनी याहवेहप्रति साह्रै नै विश्‍वासघाती भएका थिए।
2CH 28:20 अश्शूरका राजा तिग्लत-पिलेसेर तिनीकहाँ आए, तर तिनले उनलाई सहायताको साटो दुःख दिए।
2CH 28:21 आहाजले याहवेहको मन्दिरबाट, राजमहलबाट र राजकुमारहरूबाट केही चीजहरू लिएर ती अश्शूरका राजालाई चढाएका थिए; तर त्यसबाट तिनलाई केही सहायता मिलेन।
2CH 28:22 विपत्तिको समयमा राजा आहाज याहवेहप्रति अझ बढी अविश्‍वासी भए।
2CH 28:23 तिनले आफूलाई परास्त गर्ने दमस्कसका देवताहरूकहाँ बलिदानहरू चढाए; किनकि तिनले सोचेका थिए, “अरामका राजाहरूका देवताहरूले तिनीहरूलाई सघाएको कारण मैले तिनीहरूकहाँ बलिदान चढाएँ भने तिनीहरूले मलाई पनि सघाउने छन्।” तर ती तिनको र सारा इस्राएलको पतनको कारण बने।
2CH 28:24 आहाजले परमेश्‍वरको मन्दिरबाट सजाउने सामानहरू जम्मा गरे र ती सामानहरूलाई टुक्रा-टुक्रा पारिदिए। तिनले याहवेहको मन्दिरका ढोकाहरू थुनिदिए, र यरूशलेमको सहरको प्रत्येक बाटोको कुनामा वेदीहरू खडा गरे।
2CH 28:25 यहूदाका प्रत्येक सहरमा तिनले अरू देवताहरूलाई बलिदानहरू चढाउने ठाउँहरू निर्माण गरे, र याहवेह तिनका पुर्खाहरूका परमेश्‍वरलाई क्रोधित तुल्याए।
2CH 28:26 तिनको शासनकालका अरू घटनाहरू र तिनका सबै चालहरू, सुरुदेखि अन्त्यसम्म, यहूदा र इस्राएलका राजाहरूको पुस्तकमा लेखिएका छन्।
2CH 28:27 आहाज आफ्ना पुर्खाहरूसित सुते, र यरूशलेमको सहरमा गाडिए, तर तिनी इस्राएलका राजाहरूका चिहानहरूमा राखिएनन्। तिनीपछि तिनका छोरा हिजकिया राजा भए।
2CH 29:1 राजा हुँदा हिजकिया पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अबीयाह थियो। तिनी जकरियाकी छोरी थिइन्।
2CH 29:2 आफ्ना पुर्खा दावीदले गरेझैँ तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे।
2CH 29:3 आफ्नो शासनको पहिलो वर्षको पहिलो महिनामा तिनले याहवेहको मन्दिरका ढोकाहरू खोले र तिनलाई मर्मत गरे।
2CH 29:4 तिनले पुजारी र लेवीहरूलाई भित्र ल्याए। तिनीहरूलाई पूर्वतिरको चोकमा भेला गराए,
2CH 29:5 र भने: “हे लेवी हो, मेरो कुरा सुन! अहिले आफूलाई पवित्र बनाओ। याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको मन्दिरलाई पवित्र बनाओ। पवित्रस्थानबाट सबै अशुद्धताहरू हटाओ।
2CH 29:6 हाम्रा पुर्खाहरू विश्‍वासयोग्य थिएनन्; तिनीहरूले याहवेह हाम्रा परमेश्‍वरको दृष्‍टिमा दुष्‍टता गरे र उहाँलाई त्यागे। तिनीहरूले आफ्ना अनुहार याहवेहको वासस्थानदेखि अर्कैतिर फर्काए, र तिनीहरूले आफ्ना पिठिउँ उहाँतिर फर्काए।
2CH 29:7 तिनीहरूले दलानका ढोकाहरू पनि बन्द गरिदिए, र बत्तीहरू निभाइदिए। तिनीहरूले इस्राएलका परमेश्‍वरकहाँ धूप बालेनन्, र पवित्रस्थानमा होमबलि चढाएनन्।
2CH 29:8 यसकारण याहवेहको क्रोध यहूदा र यरूशलेममाथि आएको छ; उहाँले तिमीहरूलाई डर, आतङ्क र ठट्टाको पात्र बनाउनुभएको छ, जुन तिमीहरूले आफ्नै आँखाले देख्दैछौ।
2CH 29:9 यसैकारण हाम्रा पुर्खाहरू तरवारले मारिए। हाम्रा छोराहरू, छोरीहरू र पत्नीहरू कैदमा छन्।
2CH 29:10 उहाँको डरलाग्दो क्रोध हामीबाट हटोस् भनेर अब म याहवेह इस्राएलका परमेश्‍वरसित एउटा करार बाँध्ने इच्छा गर्छु।
2CH 29:11 मेरा छोराहरू, बेवास्ता नगर! किनकि याहवेहले तिमीहरूलाई उहाँको सामु खडा भएर उहाँको सेवा गर्नलाई, उहाँको अगाडि सेवक भएर धूप बाल्नलाई चुन्‍नुभएको छ।”
2CH 29:12 तब यी लेवीहरू काम गर्न निस्के: कहातीहरूबाट: अमासैका छोरा महत र अजर्याहका छोरा योएल; मरारीहरूबाट: अब्दीका छोरा कीश र यहललेलका छोरा अजर्याह; गेर्शोनीहरूबाट: जिम्माहका छोरा योआ र योआका छोरा अदन;
2CH 29:13 एलीशापानका सन्तानहरूबाट: शिम्री र यीएल; आसापका सन्तानहरूबाट: जकरिया र मत्तन्याह;
2CH 29:14 हेमानका सन्तानहरूबाट: यहीएल र शिमी; यदूतूनका सन्तानहरूबाट: शमायाह र उज्जीएल।
2CH 29:15 तिनीहरूले आफ्ना लेवी दाजुभाइहरूलाई भेला गरेर आफूलाई पवित्र गरे; अनि याहवेहको आज्ञाअनुसार राजाले हुकुम गरेझैँ तिनीहरू याहवेहको मन्दिर शुद्ध गर्न भित्र पसे।
2CH 29:16 पुजारीहरू पवित्रस्थानलाई शुद्ध गर्न त्यसभित्र पसे। तिनीहरूले याहवेहको भवनभित्र भेट्टाएका हरेक अशुद्ध कुरा याहवेहको मन्दिरबाट बाहिर आँगनमा ल्याए। लेवीहरूले त्यसलाई बोकेर किद्रोनको खोल्सामा लगे।
2CH 29:17 पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे, र आठौँ दिनमा तिनीहरू दलानसम्म पुगे। अनि अझै आठ दिनसम्म तिनीहरूले याहवेहको मन्दिर पवित्र गरे; अनि पहिलो महिनाको सोह्रौँ दिनमा तिनीहरूले त्यो काम सिद्ध्याए।
2CH 29:18 तब तिनीहरू राजा हिजकियाकहाँ गएर खबर दिए: “हामीले याहवेहको सम्पूर्ण मन्दिर होमबलिको वेदी र त्यसका सबै भाँडाकुँडाहरू, पवित्र रोटी राख्ने टेबुल र त्यसका सामग्रीहरू शुद्ध गरेका छौँ।
2CH 29:19 राजा हुँदा आहाजले आफ्नो अविश्‍वासमा हटाएका सबै सामग्रीहरू हामीले तयार गरेर शुद्ध पारेका छौँ। ती अब याहवेहको वेदीको सामु छन्।”
2CH 29:20 भोलिपल्ट बिहानै राजा हिजकियाले सहरका अधिकृतहरूलाई एकसाथ भेला गरे, र याहवेहको मन्दिरमा उक्लेर गए।
2CH 29:21 तिनीहरूले राज्यको निम्ति, पवित्रस्थानको निम्ति र यहूदाको निम्ति पाप शुद्धीकरण बलिस्वरूप सात वटा साँढे, सात वटा भेडा, सात वटा भेडाका थुमा र सात वटा बोका ल्याए। राजाले हारूनका सन्तान पुजारीहरूलाई ती याहवेहको वेदीमा चढाउने हुकुम गरे।
2CH 29:22 यसकारण तिनीहरूले ती साँढेहरू मारे, र पुजारीहरूले रगत लिएर त्यो वेदीमाथि छर्किदिए; अर्को दिन तिनीहरूले भेडा मारे, र तिनीहरूका रगत वेदीमाथि छर्किदिए। त्यसपछि तिनीहरूले थुमाहरू मारे, र तिनीहरूका रगत वेदीमाथि छर्किदिए।
2CH 29:23 पाप शुद्धीकरणका निम्ति बलिका बोकाहरूचाहिँ राजा र समुदायको सामु ल्याइए, र तिनीहरूले आफ्ना हात तीमाथि राखे।
2CH 29:24 त्यसपछि पुजारीहरूले ती बोकाहरूलाई मारे, र तिनीहरूका रगत सारा इस्राएलको प्रायश्‍चितको निम्ति पाप शुद्धीकरण बलिको रूपमा वेदीमा चढाए; किनकि राजाले इस्राएलको निम्ति होमबलि र पाप शुद्धीकरण बलिको निम्ति हुकुम गरेका थिए।
2CH 29:25 तिनले लेवीहरूलाई दावीदले, राजाका दर्शी गादले र अगमवक्ता नातानले तोकिदिएझैँ झ्यालीहरू, वीणाहरू र सिताराको साथमा याहवेहको मन्दिरमा राखिदिए। यी कुराहरू याहवेहले आफ्ना अगमवक्ताहरूद्वारा आज्ञा दिनुभएको थियो।
2CH 29:26 यसकारण लेवीहरू दावीदका बाजाहरू र पुजारीहरू आफ्ना तुरहीसित उभिए।
2CH 29:27 हिजकियाहले वेदीमाथि होमबलि चढाउने हुकुम दिए। भेटी चढाउने काम सुरु भएपछि याहवेहका निम्ति इस्राएलका राजा दावीदका तुरहीहरू र बाजाहरूबाट स्तुति गाउने काम पनि सुरु भयो।
2CH 29:28 सारा समुदाय आराधनामा निहुरे, गायकहरूले गाए र तुरही फूक्नेहरूले तुरही फुके। होमबलि चढाउने काम समाप्‍त नभएसम्म यस्तो भइरह्‍यो।
2CH 29:29 भेटीहरू चढाइसकिएपछि राजा र तिनीसित भएका सबै जनाले घुँडा टेकेर आराधना गरे।
2CH 29:30 राजा हिजकिया र तिनका अधिकृतहरूले लेवीहरूलाई दावीदका र दर्शी आसापका शब्दहरूमा याहवेहको प्रशंसा गर्ने हुकुम गरे। यसकारण तिनीहरूले खुशीसाथ प्रशंसाका गीत गाए; र आफ्ना शिरहरू निहुराएर आराधना गरे।
2CH 29:31 तब हिजकियाले भने, “तिमीहरूले अब आफूलाई याहवेहकहाँ अर्पण गरेका छौ। आओ, र याहवेहको मन्दिरमा बलिदानहरू र धन्यवादका भेटीहरू ल्याओ;” अनि राजीखुशी हुने सबैले होमबलि ल्याए।
2CH 29:32 समुदायले ल्याएका होमबलिको संख्या सत्तरी वटा साँढेहरू, एक सय वटा भेडाहरू र दुई सय वटा थुमाहरू थिए, यी सबै याहवेहका निम्ति होमबलिको रूपमा ल्याइएका थिए।
2CH 29:33 बलिदानको निम्ति अलग गरिएका पशुहरूको संख्या छ सय वटा साँढेहरू र तीन हजार भेडाबाख्राहरू थिए।
2CH 29:34 तरै पनि ती होमबलिका सबै छालाहरू निकाल्नको निम्ति पुजारीहरू अति कम थिए; यसकारण त्यो काम समाप्‍त नभएसम्म र अरू पुजारीहरूलाई पवित्र नपारेसम्म तिनीहरूकै आफन्त लेवीहरूले तिनीहरूलाई सघाए। किनकि आफूलाई पवित्र पार्ने काममा पुजारीहरूभन्दा लेवीहरू बढी होसियारी थिए।
2CH 29:35 त्यहाँ होमबलि पर्याप्‍त मात्रामा थिए; अनि मेलबलिको बोसो र होमबलिको साथमा चढाइने अर्घबलि पनि थिए। यसरी याहवेहको मन्दिरको सेवा पुनर्स्थापित गरियो।
2CH 29:36 परमेश्‍वरले आफ्ना जातिको निम्ति गर्नुभएको कामको निम्ति हिजकिया र सबै मानिसहरूले आनन्द मनाए; किनकि यो यति चाँडो गरिएको थियो।
2CH 30:1 हिजकियाले सारा इस्राएल र यहूदामा खबर पठाए; अनि एफ्राइम र मनश्शेलाई पनि पत्रहरू लेखे। तिनीहरूलाई याहवेह इस्राएलका परमेश्‍वरका निम्ति यरूशलेममा याहवेहको मन्दिरमा निस्तार चाड मनाउन आऊन् भनी निम्तो पठाए।
2CH 30:2 राजा, तिनका अधिकृतहरू र यरूशलेममा भएका सम्पूर्ण समुदायले दोस्रो महिनामा निस्तार चाड मनाउने निर्णय गरे।
2CH 30:3 पर्याप्‍त मात्रामा पुजारीहरूले आफूलाई शुद्ध नपारेका र मानिसहरू यरूशलेममा भेला नभएका हुनाले तिनीहरूले त्यस चाडलाई नियमित समयमा मनाउन सकेका थिएनन्।
2CH 30:4 यो योजना राजालाई र सम्पूर्ण समुदायलाई उचित लाग्यो।
2CH 30:5 तिनीहरूले इस्राएलभरि, बेर्शेबादेखि दानसम्मैका मानिसहरूलाई याहवेह, इस्राएलका परमेश्‍वरका निम्ति निस्तार चाड मनाउन यरूशलेममा आउने उर्दी घोषणा गर्न पठाउने निश्‍चय गरे। लेखिएअनुसार यसलाई ठूलो संख्यामा मनाइएको थिएन।
2CH 30:6 राजाको हुकुमअनुसार राजा र तिनका अधिकृतहरूबाट पत्रहरू लिएर सन्देश वाहकहरू इस्राएल र यहूदाभरि पठाइए। ती पत्रहरूमा यस्तो लेखिएको थियो: “इस्राएलका मानिस हो, अब्राहाम, इसहाक र याकोबका परमेश्‍वर याहवेहकहाँ फर्केर आओ। तिमीहरू छोडिएकाहरू र अश्शूरका राजाहरूका हातबाट उम्केकाहरूकहाँ उहाँ पनि फर्किआऊन्।
2CH 30:7 तिमीहरूका पुर्खा र सङ्गी इस्राएलीहरूझैँ नहोओ, जो याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरप्रति विश्‍वासघाती थिए; तिमीहरूले देखेकै छौ, उहाँले तिनीहरूलाई आतङ्कको पात्र बनाउनुभयो।
2CH 30:8 तिमीहरूका पुर्खाहरूझैँ याहवेहप्रति हठी नभई उहाँमा समर्पित होओ। उहाँले सधैँका लागि पवित्र पार्नुभएको पवित्रस्थानमा आओ। याहवेह, आफ्ना परमेश्‍वरको सेवा गर; ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस्।
2CH 30:9 यदि तिमीहरू याहवेहतिर फर्कियौ भने तिमीहरूका दाजुभाइहरू र तिमीहरूका बालबच्‍चाहरूले तिनीहरूलाई पक्रनेहरूबाट दया पाउनेछन्, र तिनीहरू यस देशमा फर्केर आउनेछन्; किनकि याहवेह तिमीहरूका परमेश्‍वर अनुग्रही र दयालु हुनुहुन्छ। तिमीहरू उहाँकहाँ फर्कियौ भने उहाँले तिमीहरूदेखि आफ्नो अनुहार फर्काउनुहुनेछैन।”
2CH 30:10 ती सन्देश वाहकहरू एफ्राइम र मनश्शेमा जबूलूनसम्मै एक सहरदेखि अर्को सहरमा गए; तर मानिसहरूले तिनीहरूको अनादर गरे र ठट्टा गरे।
2CH 30:11 तरै पनि आशेर, मनश्शे र जबूलूनका कतिपय मानिसहरूले आफूलाई विनम्र तुल्याए, र यरूशलेममा गए।
2CH 30:12 यहूदामा पनि याहवेहको वचनअनुसार राजा र तिनका अधिकृतहरूले दिएका हुकुम पालन गर्नलाई एकै मनका हुनको निम्ति परमेश्‍वरका हात मानिसहरूमाथि थियो।
2CH 30:13 दोस्रो महिनामा अखमिरी रोटीको चाड मनाउनलाई मानिसहरूको एउटा ठूलो भीड यरूशलेममा भेला भयो।
2CH 30:14 तिनीहरूले यरूशलेममा भएका वेदीहरू हटाइदिए र धूप-वेदीहरू निकालिदिए; र किद्रोनको खोल्सामा फ्याँकिदिए।
2CH 30:15 तिनीहरूले दोस्रो महिनाको चौथो दिन निस्तारको थुमा मारे। पुजारीहरू र लेवीहरू लज्जित भए; अनि तिनीहरूले आफूलाई पवित्र बनाएर याहवेहको मन्दिरमा होमबलि ल्याए।
2CH 30:16 तब तिनीहरूले परमेश्‍वरका जन मोशाको व्यवस्थामा तोकिएअनुसार आफ्ना नियमित स्थान लिए। अनि लेवीहरूले तिनीहरूलाई सुम्पेको रगत पुजारीहरूले वेदीमा छर्के।
2CH 30:17 त्यस भीडमा भएका धेरैले आफूलाई शुद्ध नतुल्याएका कारण, लेवीहरूले विधिअनुसार शुद्ध नभएका र आफ्ना थुमाहरूलाई याहवेहकहाँ अर्पण गर्न नसकेकाहरूका निम्ति निस्तारका थुमाहरू मार्नुपर्‍यो।
2CH 30:18 एफ्राइम, मनश्शे, इस्साखार र जबूलूनबाट आएका धेरैजसो मानिसहरूले आफूलाई शुद्ध नतुल्याएका भए तापनि तिनीहरूले लेखिएका कुराको विपरीत निस्तारको भोजन खाए। तर हिजकियाले तिनीहरूका निम्ति यसो भनेर प्रार्थना गरे, “असल याहवेहले ती हरेकलाई क्षमा गरून्,
2CH 30:19 जो पवित्रस्थानका नियमहरूअनुसार शुद्ध नभए तापनि तिनीहरूले याहवेह, तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई खोज्नमा आफ्ना हृदय लगाउँछन्।”
2CH 30:20 याहवेहले हिजकियाका कुरा सुनेर मानिसहरूलाई निको पार्नुभयो।
2CH 30:21 यरूशलेममा उपस्थित रहेका इस्राएलीहरूले ठूलो रमाहटसित सात दिनसम्म अखमिरी रोटीको चाड मनाए। लेवीहरू र पुजारीहरूले प्रत्येक दिन याहवेहको प्रशंसाका बाजाहरूसित याहवेहको निम्ति गाए।
2CH 30:22 हिजकियाले याहवेहको सेवाको असल समझशक्ति देखाउने लेवीहरूसित उत्साहपूर्वक कुराकानी गरे। सात दिनसम्म तिनीहरूले आफ्ना छुट्याइएका भोज खाइरहे। याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरकहाँ मेलबलि चढाए, र उहाँको प्रशंसा गरे।
2CH 30:23 त्यसपछि सारा समुदाय अरू सात दिनसम्म चाड मनाउन सहमत भए। यसकारण तिनीहरूले अरू सात दिन आनन्दसाथ उत्सव मनाए।
2CH 30:24 यहूदाका राजा हिजकियाले समुदायको निम्ति एक हजार वटा गोरु र सात हजार भेडाबाख्रा दिए। अधिकृतहरूले एक हजार गोरु र दश हजार भेडाबाख्रा बन्दोबस्त गरिदिए। पुजारीहरूको एउटा ठूलो संख्याले आफूलाई पवित्र तुल्याए।
2CH 30:25 पुजारीहरू, लेवीहरू र इस्राएलबाट भेला भएका सबैसित यहूदाको सारा समुदायले आनन्द मनाए। त्यसमा इस्राएलबाट आएका र यहूदामा बस्‍ने परदेशीहरू पनि सामेल थिए।
2CH 30:26 इस्राएलका राजा दावीदका छोरा सोलोमनको समयपछि यो बेलासम्म यरूशलेममा यस्तो उत्सव नभएको कारण यरूशलेममा ठूलो रमाहट भयो।
2CH 30:27 पुजारीहरू र लेवीहरू मानिसहरूलाई आशीर्वाद दिनलाई खडा भए, र परमेश्‍वरले तिनीहरूको कुरा सुन्‍नुभयो; किनकि प्रार्थना उहाँको पवित्र वासस्थान स्वर्गसम्म पुग्यो।
2CH 31:1 जब उत्सव सकियो, तब उपस्थित भएका सबै इस्राएलीहरू यहूदाका नगरहरूमा गएर चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए; अनि अशेरा देवीका खम्बाहरू ढालिदिए। तिनीहरूले समस्त यहूदा र बेन्यामीन, एफ्राइम र मनश्शेका अग्ला देवस्थान र वेदीहरू भत्काइदिए। यी सबै गरिसकेपछि प्रत्येक इस्राएली आ-आफ्नो नगर र पैतृक भूमिमा फर्के।
2CH 31:2 हिजकियाहले पुजारीहरू र लेवीहरूका प्रत्येकलाई तिनीहरूका पुजारी र लेवीहरूका कर्तव्यअनुसार होमबलि र मेलबलिहरू चढाउन, धन्यवाद चढाउन; अनि सेवा गर्नलाई याहवेहको वासस्थानका मूलढोकाहरूमा प्रशंसा-स्तुतिहरू गाउने काममा दल-दल गरेर खटाइदिए।
2CH 31:3 राजाले आफ्नै सम्पत्तिबाट याहवेहको व्यवस्थामा लेखिएअनुसार बिहान र बेलुकाका होमबलि र शब्बाथहरू, औँसीहरू र तोकिएका चाडहरूका निम्ति भेटी दिए।
2CH 31:4 पुजारीहरू र लेवीहरूले आफूलाई याहवेहको व्यवस्थाका निम्ति अर्पण गर्न सकून् भनेर राजाले यरूशलेममा बस्‍ने मानिसहरूलाई पुजारीहरू र लेवीहरूको भाग दिनू भनेर हुकुम गरे।
2CH 31:5 त्यो हुकुम हुनेबित्तिकै इस्राएलीहरूले उदार चित्तले आफ्ना अन्‍न, नयाँ दाखमद्य, जैतुनको तेल, मह र खेतले उब्जाएका सबै कुराको पहिलो फल दिए। तिनीहरूले हरेक कुराको प्रशस्त मात्रामा दशांश ल्याए।
2CH 31:6 यहूदाका नगरहरूमा बस्‍ने इस्राएल र यहूदाका मानिसहरूले पनि आफ्ना बथान र बगालका दशांश र याहवेह तिनीहरूका परमेश्‍वरकहाँ अर्पण गरिएका पवित्र चीजहरूको दशांश ल्याए; अनि तिनीहरूले ती कुराहरूको थाक-थाक लगाए।
2CH 31:7 तिनीहरूले तेस्रो महिनामा थाकहरू लगाउन थाले, र सातौँ महिनामा सिद्ध्याए।
2CH 31:8 जब हिजकिया र तिनका सबै अधिकृतहरू आएर ती थाकहरू देखे, तब तिनीहरूले याहवेहको प्रशंसा गरे, र आफ्ना प्रजा इस्राएललाई आशीर्वाद दिए।
2CH 31:9 हिजकियाले ती थुप्राहरूको विषयमा पुजारीहरू र लेवीहरूलाई सोधे,
2CH 31:10 र सादोकको परिवारबाटका मुख्य पुजारी अजर्याहले जवाफ दिए, “मानिसहरूले आफ्ना भेटीहरू याहवेहको मन्दिरमा ल्याउन थालेदेखि हामीसित खानलाई प्रशस्त छन् र प्रशस्त उब्रन्छन्। किनकि याहवेहले उहाँका मानिसहरूलाई आशिष् दिनुभएको छ, र धेरै मात्रामा उब्रेका पनि छन्।”
2CH 31:11 हिजकियाले याहवेहको मन्दिरमा भण्डार-कक्षहरू तयार गर्ने हुकुम दिए; अनि तिनीहरूद्वारा ती तयार गरिए।
2CH 31:12 तब तिनीहरूले विश्‍वासयोग्यतासाथ भेटीहरू, दशांशहरू र अर्पण गरिएका उपहारहरू ल्याए। यी कुराहरूका अधिकृत लेवी कनन्याह थिए। अनि उपअधिकृत पदमा चाहिँ तिनका भाइ शिमी थिए।
2CH 31:13 राजा हिजकिया र परमेश्‍वरको मन्दिरको जिम्मामा रहेका अधिकृत अजर्याहद्वारा नियुक्त गरिएका यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाह, कनन्याह र तिनका भाइ शिमीका अधीनमा रेखदेख गर्नेहरू थिए।
2CH 31:14 लेवी यिम्नाका छोरा कोरे पूर्वपट्टि मूलढोकाका द्वारपाल थिए; अनि तिनीचाहिँ परमेश्‍वरका स्वेच्छा-भेटीहरू, याहवेहका भेटीहरू र पवित्र गराइएका चीजहरू बाँड्ने काममा अधिपति थिए।
2CH 31:15 अदन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्याहले तिनीहरूका सङ्गी पुजारीहरूका सहरहरूमा तिनीहरूका दल-दलअनुसार, तिनीहरूका बुढापाका र जवानहरूलाई विश्‍वासयोग्य रूपले बाँड्नलाई लेवी कोरेलाई सहायता गरे।
2CH 31:16 यसबाहेक तिनीहरूले वंशावलीमा नाम दर्ता भएका तीन वर्ष उमेर पुगेका र त्योभन्दा माथिकालाई आफ्ना जिम्मेवारी र दलहरूअनुसार तिनीहरूका विभिन्‍न कामहरूका जिम्मेवारी दिनहुँ निभाउनका लागि याहवेहको मन्दिरभित्र प्रवेश गर्नेहरूलाई पनि बाँडिदिए।
2CH 31:17 तिनीहरूले आफ्ना परिवारहरूका वंशावलीमा नाम दर्ता गराइदिएका र बीस वर्षभन्दा माथिका लेवीहरूलाई तिनीहरूका जिम्मेवारी र दलअनुसारका पुजारीहरूलाई बाँडिदिन्थे।
2CH 31:18 तिनीहरूले सबै बालबच्‍चा, पत्नी र यी वंशावलीहरूमा सूचित भएका सम्पूर्ण समाजका छोराछोरीहरूलाई पनि सामेल गराए। किनकि तिनीहरू आफूलाई पवित्र पार्नमा विश्‍वासयोग्य थिए।
2CH 31:19 सहरहरूका चारैतिर भएका खेतीका जमिनहरूमा बस्‍ने अथवा कुनै सहरमा बस्‍ने हारूनका वंशका पुजारीहरू, हारूनका सन्तानहरूका निम्ति चाहिँ तिनीहरूका बीचमा भएका हरेक पुरुष र लेवीका वंशावलीहरूमा दर्ता भएअनुसार सबैका भागहरू बाँडिदिन नामद्वारा तोकिएका मानिसहरू खटाइएका थिए।
2CH 31:20 हिजकियाले यहूदाभरि यसो गरेर याहवेह आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे असल, ठिक र सत्य थियो, त्यही गरे।
2CH 31:21 परमेश्‍वरको मन्दिरको सेवा, व्यवस्था र आज्ञाहरूका पालनमा तिनले गरेका हरेक काममा तिनले आफ्ना परमेश्‍वरलाई खोजे र सम्पूर्ण हृदयले गरे। यसकारण तिनको उन्‍नति भयो।
2CH 32:1 हिजकियाले पूर्ण विश्‍वासयोग्यतामा सबै काम गरिसकेपछि अश्शूरका राजा सनहेरीब आए र यहूदामाथि आक्रमण गरे। तिनले सुरक्षित सहरहरूलाई आफ्ना निम्ति जित्ने विचारले ती सहरहरू घेरे।
2CH 32:2 सनहेरीबले यरूशलेमसित युद्ध गर्ने विचार राखेका छन् भनी हिजकियाले सुने।
2CH 32:3 तब तिनले सहरबाहिरका पानीहरूका मूलहरू बन्द गरिदिने विषयमा आफ्ना अधिकृतहरू र फौजका मानिसहरूसित सल्‍लाह लिए; अनि तिनीहरूले उनलाई सघाए।
2CH 32:4 मानिसहरूको एउटा ठूलो दल भेला भयो; अनि तिनीहरूले देशबाट भएर जाने सबै पानीका मुहानहरू थुनिदिए। तिनीहरूले भने, “अश्शूरका राजाले आएर किन प्रशस्त पानी भेट्टाऊन्?”
2CH 32:5 तब तिनले कठोर परिश्रमसाथ पर्खालका भत्किएका भागहरू मर्मत गरे; अनि तीमाथि धरहराहरू निर्माण गरे। तिनले त्यस पर्खालबाहिर अर्को पर्खाल बनाए, र दावीदको सहरका छानाहरूलाई बलियो पारे। तिनले धेरै मात्रामा भाला र ढालहरू पनि बनाए।
2CH 32:6 तिनले मानिसहरूमाथि सैन्य अधिकृतहरू नियुक्त गरेर तिनीहरूलाई सहरको मूलढोकाको चोकमा आफ्नो सामु भेला गरे। अनि यसो भनेर तिनीहरूलाई उत्साह दिए, “बलिया र साहसी होओ।
2CH 32:7 अश्शूरका राजा र तिनको विशाल फौजदेखि नडराओ; किनकि हामीसित हुनुहुने तिनीसित भएकाहरूभन्दा महान् हुनुहुन्छ।
2CH 32:8 तिनीसित शारीरिक हतियारहरू मात्र छन्, तर हामीसित हामीलाई सहायता गर्ने र हाम्रा युद्धहरू लडिदिनुहुने याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ।” यसरी यहूदाका राजा हिजकियाले भनेका कुराबाट मानिसहरूले आत्मबल पाए।
2CH 32:9 त्यसपछि जब अश्शूरका राजा सनहेरीब र तिनका सबै दलहरूले लाकीशलाई घेरा हलिरहेका थिए, तब तिनले आफ्ना अधिकृतहरूलाई यहूदाका राजा हिजकिया र त्यहाँ भएका सम्पूर्ण यहूदावासीहरूका निम्ति यो सन्देशको साथ यरूशलेममा पठाए:
2CH 32:10 “अश्शूरका राजा सनहेरीब यसो भन्छन्: तिमीहरूले कुन कुरामाथि भरोसा राखेर आफू यरूशलेमभित्र घेरा हालेर बसेका छौ?
2CH 32:11 जब हिजकियाले भन्छन्, ‘याहवेह हाम्रा परमेश्‍वरले हामीलाई अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ।’ तर तिनले तिमीहरूलाई भोक र तिर्खाले मर्नको लागि धोका दिँदैछन्।
2CH 32:12 के हिजकिया आफैँले ‘एउटै मात्र वेदीमा आराधना गर्नुपर्छ र यसैमाथि बलिदानहरू चढाउनुपर्छ’ भन्दै आफैँले यहूदा र यरूशलेमका मानिसहरूलाई देवस्थान र वेदीहरू हटाउन लगाएका थिएनन् र?
2CH 32:13 “मैले र मेरा पुर्खाहरूले अरू देशका मानिसहरूलाई जे गरेका छौँ, के तिमीहरू जान्दैनौ? के ती जातिहरूका देवताहरूले मेरो हातबाट तिनीहरूको देशलाई कहिल्यै बचाउन सकेका थिए?
2CH 32:14 मेरा पुर्खाहरूले नाश गरेका जातिहरूका सबै देवताहरूमध्ये कसले आफ्ना मनिसहरूलाई मबाट बचाउन सक्यो र? त्यसो भए कसरी तिमीहरूका ईश्‍वरले तिमीहरूलाई मेरो हातबाट छुटाउन सक्लान्?
2CH 32:15 अब हिजकियालाई तिमीहरूलाई धोका दिएर छल्न नदेऊ। तिनीमाथि विश्‍वास नगर; किनकि कुनै पनि जाति र राज्यका देवताले आफ्नो जातिलाई मेरो हातबाट अथवा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन। तिमीहरूलाई झन् के बचाउन सक्लान् र!”
2CH 32:16 सनहेरीबका अधिकृतहरूले याहवेह परमेश्‍वरको र उहाँको सेवक हिजकियाको विरुद्धमा अरू कुराहरू पनि बोले।
2CH 32:17 राजाले याहवेह इस्राएलका परमेश्‍वरलाई अपमान गर्दै यसो भन्दै उहाँको विरोध गरेर पत्र लेखे: “अरू देशहरूका मानिसहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट छुटाउन नसकेझैँ हिजकियाका ईश्‍वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट छुटाउनेछैन।”
2CH 32:18 तब सहरलाई कब्जा गर्नलाई तिनीहरूले पर्खालमा भएका यरूशलेमका मानिसहरूलाई आतङ्कित बनाउन र तर्साउनलाई तिनीहरूलाई हिब्रू भाषामा हपारे।
2CH 32:19 यरूशलेमका परमेश्‍वरको विषयमा तिनीहरूले संसारका अरू जातिहरूका देवताहरूको विषयमाझैँ मानिसहरूका हातका काम मात्र हो भनी भने।
2CH 32:20 राजा हिजकिया र आमोजका छोरा अगमवक्ता यशैयाले यस विषयमा स्वर्गतिर पुकार गरेर प्रार्थना गरे।
2CH 32:21 तब याहवेहले एउटा स्वर्गदूत पठाउनुभयो र तिनले अश्शूरका राजाका छाउनीमा भएका लडाकु मानिसहरू, अगुवाहरू र अधिकृतहरूको नामनिशानै मेटिदिए। यसरी तिनी अपमानित भएर आफ्नै देशमा फर्के। तिनी आफ्नै देवताको मन्दिरमा गएपछि तिनका आफ्नै छोराहरूमध्ये केहीले तिनलाई तरवारले छिनाइदिए।
2CH 32:22 यसरी याहवेहले हिजकिया र यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब र अरू सबैका हातबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिरबाट रक्षा गर्नुभयो।
2CH 32:23 धेरैले याहवेहको निम्ति यरूशलेममा भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति बहुमूल्य उपहारहरू ल्याए। त्यस समयदेखि उसो राजा हिजकियालाई सबै जातिहरूले अति सम्मान गर्न थाले।
2CH 32:24 ती दिनहरूमा हिजकिया बिरामी भएर मर्न लागे। तिनले याहवेहसित प्रार्थना गरे, र उहाँले तिनलाई जवाफ दिएर एउटा चिन्ह दिनुभयो।
2CH 32:25 तर हिजकियाहको हृदय अहङ्कारी थियो; तिनले आफूमाथि देखाइएको दयाप्रति कुनै प्रतिक्रिया देखाएनन्। यसकारण याहवेहको क्रोध तिनी, यहूदा र यरूशलेममाथि रह्‍यो।
2CH 32:26 तब हिजकियाले आफ्नो हृदयको अहङ्कारको निम्ति पश्‍चात्ताप गरे, जसरी यरूशलेमका मानिसहरूले गरेका थिए। यसकारण याहवेहको क्रोध हिजकियाको शासनकालमा तिनीहरूमाथि आएन।
2CH 32:27 हिजकियासित धेरै धनसम्पत्ति र सम्मान थियो; अनि तिनले आफ्ना चाँदी र सुनको निम्ति र आफ्ना बहुमूल्य पत्थरहरू, मसलाहरू, ढालहरू र सबै किसिमका बहुमूल्य चीजहरूको निम्ति भण्डारहरू बनाए।
2CH 32:28 तिनले अन्‍नको कटनी, नयाँ दाखमद्य र जैतुन तेल सुरक्षित राख्ने गोदामहरू बनाए। तब तिनले विभिन्‍न किसिमका जन्तुहरूका निम्ति तबेलाहरू र आफ्ना बगालका निम्ति गोठहरू पनि बनाए।
2CH 32:29 तिनले नगरहरू निर्माण गरे, र धेरै संख्यामा बगाल र बथानहरू प्राप्‍त गरे; किनकि परमेश्‍वरले तिनलाई धेरै धनसम्पत्ति दिनुभएको थियो।
2CH 32:30 गीहोनको पानीको मूलको माथिल्‍लो निकासलाई थुनेर त्यस पानीलाई कुलोद्वारा दावीदको सहरको पश्‍चिम भागतिर लैजाने हिजकिया नै थिए। आफूले गरेका हरेक काममा उनी सफल हुन्थे।
2CH 32:31 तर बेबिलोनका शासकहरूले त्यस देशमा भएको अचम्मको चिन्हको विषयमा सोध्न भनी प्रतिनिधिहरू पठाउँदा परमेश्‍वरले तिनका मनमा रहेका सबै कुरा जान्‍नको लागि परीक्षा गर्न तिनलाई छोडिदिनुभयो।
2CH 32:32 हिजकियाका शासनका अरू घटनाहरू र तिनका भक्तिका कार्यहरू, आमोजका छोरा अगमवक्ता यशैयाका दर्शनमा यहूदा र इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन्।
2CH 32:33 हिजकिया आफ्ना पुर्खाहरूसित सुते; अनि दावीदका सन्तानहरूका चिहानहरू भएको डाँडामा गाडिए। तिनको मृत्यु हुँदा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई सम्मान दिए। तिनीपछि तिनका छोरा मनश्शे राजा भए।
2CH 33:1 राजा हुँदा मनश्शे बाह्र वर्षका थिए। तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे।
2CH 33:2 याहवेहले इस्राएलीहरूको सामुबाट धपाइदिनुभएका जातिहरूका घिनलाग्दा रीतिहरूको पछि लागेर तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।
2CH 33:3 आफ्ना पिता हिजकियाले भत्काएका देवस्थानहरू तिनले फेरि बनाए। तिनले बाल देवताका निम्ति वेदीहरू पनि बनाए, र अशेरा देवीका खम्बाहरू बनाए। तिनी सारा तारामण्डलको अगि निहुरे; र तिनीहरूलाई पुजे।
2CH 33:4 तिनले “मेरो नाम यरूशलेममा सदासर्वदा रहनेछ” भन्‍नुहुने याहवेहको मन्दिरमा अरू देवी-देवताहरूका वेदीहरू बनाए।
2CH 33:5 याहवेहको मन्दिरका दुवै चोकहरूमा तिनले सारा तारामण्डलका निम्ति वेदीहरू बनाए।
2CH 33:6 तिनले आफ्ना छोराहरूलाई बेन-हिन्‍नोमको बेँसीमा आगोमा बलिदान गरे। तिनले जोखना हेर्न र तन्त्रमन्त्र, टुनामुना गर्न लगाए; अनि जादुगरी माध्यमहरू र भूतप्रेतहरूसित सल्‍लाह लिए। तिनले याहवेहको दृष्‍टिमा अति दुष्‍टता गरे; अनि उहाँलाई रिस उठाए।
2CH 33:7 तिनले आफूले खोपेका आकृतिलाई लिएर त्यसलाई परमेश्‍वरको मन्दिरमा राखिदिए, जसको विषयमा परमेश्‍वरले दावीद र तिनका छोरा सोलोमनलाई यसो भन्‍नुभएको थियो, “यस मन्दिरमा र मैले इस्राएलीहरूका सबै कुलहरूबाट चुनेको यरूशलेममा म सदाका निम्ति आफ्नो नाम राख्नेछु।
2CH 33:8 मोशाद्वारा दिइएका व्यवस्थाहरू, उर्दीहरू र नियमहरूका विषयमा मैले तिनीहरूलाई दिएका आज्ञाहरू होसियारीसाथ पालन गरे भने म इस्राएलीहरूलाई मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट फेरि धपाउनेछैनँ।”
2CH 33:9 तर मनश्शेले यहूदा र यरूशलेमका मानिसहरूलाई बहकाए, र तिनीहरूले याहवेहले इस्राएलीहरूका सामु नष्‍ट गर्नुभएका जातिहरूले भन्दा बढी दुष्‍टता गरे।
2CH 33:10 याहवेह मनश्शे र तिनका मानिसहरूसित बोल्नुभयो, तर तिनीहरूले ध्यानै दिएनन्।
2CH 33:11 यसकारण याहवेहले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका सेनापतिहरू ल्याउनुभयो, जसले मनश्शेलाई कैदी बनाए। तिनीहरूले तिनको नाकमा अङ्कुसे लगाइदिए, र तिनलाई काँसाका साङ्लाहरूले बाँधे; अनि तिनलाई बेबिलोनमा लगे।
2CH 33:12 आफ्नो विपत्तिमा याहवेह तिनका परमेश्‍वरको निगाह खोजे, र आफैँलाई तिनका पुर्खाहरूका परमेश्‍वरको सामु विनम्र तुल्याए।
2CH 33:13 जब तिनले उहाँलाई प्रार्थना गरे, तब याहवेह तिनको बिन्तीले खुशी हुनुभयो र तिनको विनय सुन्‍नुभयो; अनि तिनलाई यरूशलेम र आफ्नो राज्यमा ल्याउनुभयो। तब मनश्शेले याहवेह नै परमेश्‍वर हुनुहुन्छ भनी थाहा पाए।
2CH 33:14 त्यसपछि तिनले बेँसीमा गीहोनको पश्‍चिमतिरको दावीदको सहरको बाहिरी पर्खाललाई माछाको मूलढोकाको मुखसम्मै ओपेल डाँडालाई फेरो लगाएर पुनर्निर्माण गरे; तिनले त्यसलाई अझ अग्लो बनाए। तिनले यहूदाका सबै सुरक्षित सहरहरूमा सेनापतिहरू राखिदिए।
2CH 33:15 तिनी परदेशी देवताहरूदेखि अलग भए; अनि तिनले याहवेहको मन्दिरबाट आकृतिहरू हटाइदिए। साथसाथै तिनले मन्दिरको डाँडा र यरूशलेममा तिनले बनाएका वेदीहरू हटाए, र ती सहरबाहिर फ्याँकिदिए।
2CH 33:16 त्यसपछि तिनले याहवेहको वेदीलाई पुनर्स्थापित गरे; अनि त्यसमाथि मेलबलि र धन्यवाद बलि चढाए, अनि यहूदालाई याहवेह इस्राएलका परमेश्‍वरको सेवा गर्नू भने।
2CH 33:17 तरै पनि मानिसहरूले देवस्थानहरूमा बलिदान चढाइरहे, तर याहवेह तिनीहरूका परमेश्‍वरका लागि मात्र चढाउँथे।
2CH 33:18 मनश्शेको शासनकालका अरू घटनाहरू, तिनका परमेश्‍वरलाई तिनले चढाएको प्रार्थना र याहवेह इस्राएलका परमेश्‍वरको नाममा तिनलाई दर्शीहरूले भनेका कुराहरू इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन्।
2CH 33:19 तिनको प्रार्थना र तिनको विनयद्वारा कसरी परमेश्‍वर खुशी हुनुभयो, तिनले आफूलाई विनम्र बनाउन अगि तिनका पापहरू, अविश्‍वासयोग्यता र तिनले देवस्थानहरू बनाएर त्यसमा अशेराका खम्बाहरू र मूर्तिहरू राखेका घटनाहरू, यी सबै कुराहरू दर्शीहरूका पुस्तकमा लेखिएका छन्।
2CH 33:20 मनश्शे आफ्ना पिताहरूसित सुते; अनि तिनकै ठाउँमा गाडिए, र तिनीपछि तिनका छोरा आमोन राजा भए।
2CH 33:21 राजा हुँदा आमोन बाइस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्य गरे।
2CH 33:22 तिनले आफ्ना पिता मनश्शेले गरेझैँ याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। मनश्शेले बनाएका सबै मूर्तिहरूलाई आमोनले दण्डवत् गरे, र तिनीहरूलाई बलिदान चढाए।
2CH 33:23 तर तिनका पिता मनश्शेले याहवेहको अगि आफूलाई विनम्र तुल्याएझैँ तिनले गरेनन्; आमोनले आफ्नो दोष अझ धेरै बनाए।
2CH 33:24 आमोनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेर राजालाई तिनकै महलमा हत्या गरे।
2CH 33:25 तब देशका मानिसहरूले आमोनलाई मार्ने सबैलाई मारे; अनि तिनीहरूले तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए।
2CH 34:1 राजा हुँदा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे।
2CH 34:2 तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। अनि दाहिने-देब्रे कतैपट्टि लागेनन्, तर आफ्ना पुर्खा दावीदका चालहरूमा हिँडे।
2CH 34:3 तिनको शासनकालको आठौँ वर्षमा आफू जवान हुँदै तिनले आफ्ना पुर्खा दावीदका परमेश्‍वरलाई खोज्न थाले। तिनको बाह्रौँ वर्षमा तिनले यहूदा र यरूशलेमलाई देवस्थानहरू, अशेरा देवीका खम्बाहरू, खोपेका मूर्तिहरू र ढलौटे मूर्तिहरूबाट शुद्ध गर्न थाले।
2CH 34:4 तिनको निर्देशनमा बाल देवताका वेदीहरू भत्काइए। तिनले तीमाथि भएका धूप-वेदीहरूलाई टुक्रा-टुक्रा पारेर आकृतिहरूलाई धुलोपिठो बनाइदिए। तिनले ती कुराहरूलाई धुलोपिठो बनाएर तिनीहरूकहाँ बलिदान चढाउनेहरूका चिहानहरूमाथि छरिदिए।
2CH 34:5 तिनले पुजारीहरूका हाडहरू तिनीहरूका वेदीहरूमाथि जलाइदिए। यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध गरे।
2CH 34:6 मनश्शे, एफ्राइम, शिमियोनका सहरहरूमा र नप्‍तालीसम्मै तिनीहरूका चारैतिरका भग्नावशेषहरू मात्र होइन, तर तिनले वेदीहरू र अशेरा देवीका खम्बाहरू पनि भत्काइदिए।
2CH 34:7 तिनले ती मूर्तिहरूलाई टुक्रा-टुक्रा पारेर धुलोपिठो पारिदिए; अनि इस्राएलभरि भएका सबै धूप-वेदीहरूलाई टुक्रा-टुक्रा पारिदिए। तब तिनी यरूशलेममा फर्के।
2CH 34:8 योशियाहको शासनकालको अठारौँ वर्षमा तिनले देश र यरूशलेमलाई शुद्ध गर्न भनी असल्याहका छोरा शापान, सहरका प्रशासक मासेयाह र योआहाजका छोरा लेखापाल योआलाई याहवेह तिनका परमेश्‍वरको मन्दिर मर्मत गर्न भनी पठाए।
2CH 34:9 तिनीहरू प्रधान पुजारी हिल्कियाहकहाँ गए, र द्वारपाल लेवीहरूले मनश्शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै भागबाट, साथै यहूदाका र बेन्यामीनका मानिसहरूबाट र यरूशलेमका मानिसहरूबाट उठाएर परमेश्‍वरको मन्दिरमा ल्याइएको रकम तिनलाई सुम्पिदिए।
2CH 34:10 तब तिनीहरूले त्यो याहवेहको मन्दिरमा भइरहेका कामको जिम्मामा नियुक्त गरिएका मानिसहरूलाई दिए। यी मानिसहरूले मन्दिर मर्मत गर्ने र पुनर्स्थापन गर्ने कर्मचारीहरूलाई दिए।
2CH 34:11 तिनीहरूले यहूदाका राजाहरूले भत्किन दिएका भवनहरूका दलिन र थाम्ने काठको निम्ति काटेका ढुङ्गाहरू र काठहरू किन्‍न सिकर्मी र डकर्मीहरूलाई पनि रकम दिए।
2CH 34:12 ती मानिसहरूले विश्‍वासयोग्यतामा काम गरे। तिनीहरूलाई निर्देशन दिनलाई तिनीहरूमाथि मरारीका सन्तान लेवी यहत र ओबदिया थिए, जो कहातका सन्तान जकरिया र मशुल्‍लाम थिए। वाद्य-यन्त्रमा दक्ष लेवीहरू थिए,
2CH 34:13 जसलाई मजदुरहरूको जिम्मा दिइएको थियो र तिनीहरूले सबै कर्मचारीहरूको काम रेखदेख गर्थे। लेवीहरूमध्ये केही सचिव, शास्त्री र द्वारपालहरू थिए।
2CH 34:14 जब तिनीहरूले याहवेहको मन्दिरमा सङ्कलन गरिएको रकम बाहिर ल्याए, तब पुजारी हिल्कियाहले मोशाद्वारा दिइएको याहवेहको व्यवस्थाको पुस्तक भेट्टाए।
2CH 34:15 हिल्कियाहले सचिव शापानलाई भने, “मैले याहवेहको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु।” तिनले त्यो शापानलाई दिए।
2CH 34:16 तब शापानले त्यो पुस्तक राजाकहाँ लगे, र तिनलाई खबर दिए: “तपाईंका कर्मचारीहरूले तिनीहरूलाई जिम्मा दिएअनुसार सबै काम गरिरहेका छन्।
2CH 34:17 तिनीहरूले याहवेहको मन्दिरमा भएको रकम तिरिदिएका छन्। अनि त्यसलाई अधिकारीहरू र कर्मचारीहरूको जिम्मामा दिइसकेका छन्।
2CH 34:18 त्यसपछि पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन्।” सचिव शापानले त्यसलाई राजाको उपस्थितिमा पढे।
2CH 34:19 व्यवस्थाका कुराहरू सुनेपछि राजाले आफ्नो वस्त्र च्याते।
2CH 34:20 तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका सेवक असाहायाहलाई हुकुम दिए:
2CH 34:21 “जाओ र मेरा निम्ति, इस्राएल र यहूदाका बाँकी रहेकाहरूका निम्ति यो भेट्टाइएको पुस्तकमा लेखिएका कुराहरूबारे याहवेहसित सल्‍लाह लेओ। हाम्रा पुर्खाहरूले याहवेहको वचन पालन नगरेका र तिनीहरूले यस पुस्तकमा लेखिएअनुसार नगरेका हुनाले हामीमाथि याहवेहको ठूलो क्रोध खनिएको छ।”
2CH 34:22 हिल्कियाह र राजाले तिनीसित पठाएकाहरू अगमवादिनी हुल्दाकहाँ कुरा गर्न गए, जो वस्त्रहरूको रेखदेख गर्ने हसराका नाति तोखतका छोरा शल्‍लूमकी पत्नी थिइन्। उनी यरूशलेमको नयाँ भागमा बस्थिन्।
2CH 34:23 उनले तिनीहरूलाई भनिन्, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन्,
2CH 34:24 याहवेह यसो भन्‍नुहुन्छ: ‘म यस ठाउँ र यसमा भएका मानिसहरूमा विपत्ति, अर्थात् यहूदाको राजाको सामु यस पुस्तकबाट पढिएका श्रापहरू ल्याउनेछु।
2CH 34:25 तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूका निम्ति धूप बालेका छन्। तिनीहरूका हातले बनाएका सबै कुराहरूले मलाई रिस उठाएका छन्। यसकारण यस ठाउँमा मेरो क्रोध खन्याइनेछ, र त्यो शान्त हुनेछैन।’
2CH 34:26 याहवेहसित सल्‍लाह लिन तिमीहरूलाई पठाउने यहूदाका राजालाई भन्, ‘तैँले सुनेका कुराहरूको विषयमा याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:
2CH 34:27 तेरो हृदयले मेरा कुरा सुनेको हुनाले, यस ठाउँ र यसका मानिसहरूको विरुद्धमा मैले भनेको सुनेर तैँले आफूलाई परमेश्‍वरको सामु विनम्र तुल्याइस्; यसकारण तैँले मेरो सामु आफूलाई विनम्र तुल्याएर आफ्नो वस्त्र च्यातेर मेरो सामु रोइस्। अब मैले तेरो पुकार सुनेको छु भनी याहवेह घोषणा गर्नुहुन्छ।
2CH 34:28 अब म तँलाई तेरा पुर्खाहरूकहाँ भेला गराउनेछु, र तँ शान्तिमा गाडिनेछस्। तेरा आँखाले मैले यस ठाउँमा र यहाँ बस्‍नेहरूमा ल्याउने सबै विपत्तिहरू देख्नेछैन।’ ” यसकारण तिनीहरूले उनको जवाफ राजाकहाँ लगे।
2CH 34:29 तब राजाले यहूदा र यरूशलेमका सबै प्रधानहरूलाई एकसाथ बोलाए।
2CH 34:30 तिनी, यहूदाका र यरूशलेमका सबै बासिन्दाहरू, साथै पुजारीहरू र लेवीहरू, र सानादेखि लिएर ठूला सबै मानिसहरू याहवेहको मन्दिरसम्म गए। तिनले सबैले सुन्‍ने गरी याहवेहको मन्दिरमा भेट्टाइएको करारको पुस्तकबाट सबै कुराहरू पढे।
2CH 34:31 राजा आफ्नो खम्बाको छेउमा उभिए, र याहवेहको पछि लाग्न, उहाँका आज्ञाहरू, नियमहरू अनि उर्दीहरू आफ्नो सम्पूर्ण हृदय र प्राणले पालन गर्नको लागि र त्यस पुस्तकमा लेखिएका करारका वचनहरू पालन गर्न भनी याहवेहको सामु एउटा करार बाँधे।
2CH 34:32 तब तिनले यरूशलेम र बेन्यामीनमा भएका हरेकलाई करारका वचनमाथि प्रतिज्ञा गराए; यरूशलेमका मानिसहरूले परमेश्‍वर, अर्थात् तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको करारअनुसार गरे।
2CH 34:33 योशियाहले सबै घृणित मूर्तिहरूलाई इस्राएलका सबै प्रान्तहरूबाट हटाए, र तिनले इस्राएलमा उपस्थित रहेका सबैलाई याहवेह तिनीहरूका परमेश्‍वरको सेवा गर्न लगाए। तिनी बाँचुन्जेल तिनीहरूले कहिल्यै पनि याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको पछि लाग्न छोडेनन्।
2CH 35:1 योशियाहले याहवेहका निम्ति यरूशलेममा निस्तार चाड मनाए। पहिलो महिनाको चौधौँ दिन निस्तार चाडको थुमा मारे।
2CH 35:2 तिनले पुजारीहरूलाई तिनीहरूका काममा नियुक्त गरे, र तिनीहरूलाई याहवेहको मन्दिरको सेवामा उत्साहित तुल्याए।
2CH 35:3 तिनले सारा इस्राएललाई सिकाउने र याहवेहकहाँ पवित्र पारिएका लेवीहरूलाई भने: “पवित्र सन्दुकलाई इस्राएलका राजा दावीदका छोरा सोलोमनले बनाएको मन्दिरमा राख्नू। यसलाई तिमीहरूका काँधमा राखेर यताउता नलैजानू। अब याहवेह तिमीहरूका परमेश्‍वर र इस्राएलका मानिसहरूको सेवा गर्नू।
2CH 35:4 इस्राएलका मानिसहरू र राजा दावीदका छोरा सोलोमनले लेखेका निर्देशनअनुसार तिमीहरूका दलमा रहेका परिवार-परिवार गरी आफूलाई तयार बनाउनू।
2CH 35:5 “तिमीहरूका सङ्गी-दाजुभाइ, साधारण मानिसहरूका साना-साना प्रत्येक दलका निम्ति लेवीहरूका एक झुण्डसित पवित्रस्थानमा उभिनू।
2CH 35:6 याहवेहले मोशाद्वारा आज्ञा दिनुभएअनुसार निस्तारको थुमालाई मार्नू। आफूलाई पवित्र बनाउनू र तिमीहरूका सङ्गी-देशवासीहरूका निम्ति थुमाहरू तयार पार्नू।”
2CH 35:7 योशियाहले त्यहाँ भएका सबै साधारण मानिसहरूका निम्ति निस्तार चाड बलिदानको लागि तीस हजार भेडाबाख्राहरू र तीन हजार पशुहरू सबै राजाकै सम्पत्तिबाट प्रबन्ध गरिदिए।
2CH 35:8 तिनका अधिकृतहरूले पनि मानिसहरू, पुजारीहरू र लेवीहरूलाई स्वेच्छापूर्वक उपहार दिए। परमेश्‍वरको भवनका प्रशासकहरू हिल्कियाह, जकरिया र यहीएलले पुजारीहरूलाई छब्बीस सय वटा निस्तारका थुमा र तीन सय पशुहरू दिए।
2CH 35:9 केनन्याह र तिनका भाइहरू शमायाह र नथनिएल साथै लेवीहरूका अगुवाहरू हशब्याह, यीएल र योजाबादले लेवीहरूका निम्ति पाँच हजार निस्तार थुमा र पाँच सय पशुहरू प्रबन्ध गरिदिए।
2CH 35:10 यसरी सेवा आयोजन गरियो; अनि राजाले हुकुम गरेझैँ पुजारीहरू दल-दलमा रहेका लेवीहरूसित खडा भए।
2CH 35:11 निस्तारका थुमाहरू मारिए; अनि पुजारीहरूले तिनीहरूलाई दिइएको रगत वेदीमा छर्के, र लेवीहरूले पशुहरूका छाला काढे।
2CH 35:12 मोशाको पुस्तकमा लेखिएझैँ तिनीहरूले याहवेहका निम्ति चढाउनलाई मानिसहरूका परिवारहरूका साना-साना दलहरूलाई दिन भनी होमबलिहरू अलग गरे। तिनीहरूले गोरुहरूलाई पनि त्यसै गरे।
2CH 35:13 तिनीहरूले निस्तारका पशुहरूलाई विधिअनुसार आगोमा पोले; र पवित्र भेटीहरूलाई भाँडाहरू, कराहीहरू, ताप्केहरूमा उमाले र सबै मानिसहरूलाई छिटो-छिटो गरी दिए।
2CH 35:14 त्यसपछि तिनीहरूले आफ्नै निम्ति र पुजारीहरूका निम्ति तयारी गरे; किनकि हारूनका सन्तान पुजारीहरू रात परेसम्म होमबलि र बोसोको भाग चढाइरहेका थिए। यसरी लेवीहरूले आफ्नै निम्ति र हारूनवंशी पुजारीहरूका निम्ति तयारी गरे।
2CH 35:15 सङ्गीतकारहरू, आसापका सन्तान, दावीद, आसाप, हेमान र राजाका दर्शी यदूतूनले तोकिदिएका ठाउँहरूमा थिए। प्रत्येक मूलढोकाका द्वारपालहरूले आफ्नो ठाउँ छोड्नु आवश्यकता परेन; किनकि तिनीहरूका निम्ति तिनीहरूका सङ्गी-लेवीहरूले नै तयार गरिदिएका थिए।
2CH 35:16 यसकारण राजा योशियाहले हुकुम दिएझैँ निस्तार चाड मनाउनको लागि र याहवेहको वेदीमा होमबलि चढाउनलाई याहवेहको सम्पूर्ण सेवा सम्पन्‍न गरियो।
2CH 35:17 उपस्थित भएका इस्राएलीहरूले त्यस बेला निस्तार चाड मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड मनाए।
2CH 35:18 अगमवक्ता शमूएलको समयदेखि उसो इस्राएलमा यस्तो किसिमको निस्तार चाड मनाइएको थिएन। योशियाहले पुजारी, लेवी र यरूशलेमका मानिसहरूसित निस्तार चाड मनाएझैँ सबै यहूदा र इस्राएलका कुनै राजाले पनि कहिल्यै मनाएका थिएनन्।
2CH 35:19 योशियाहको शासनकालको अठारौँ वर्षमा यो निस्तार चाड मनाइएको थियो।
2CH 35:20 यी सबै कुराहरूपछि जब योशियाहले मन्दिरको व्यवस्था मिलाइसके, तब इजिप्टका राजा फारो नेको यूफ्रेटिसमा भएको कर्कमीशमा उक्लेर आए। योशियाह तिनीसित युद्ध गर्न त्यहाँ गए।
2CH 35:21 तर नेकोले तिनीकहाँ दूतहरू पठाएर भने, “हे यहूदाका राजा, तपाईं र मेरो के सरोकार छ र? अहिले मैले आक्रमण गरिरहेको तपाईंसँग होइन, तर मसँग शत्रुतामा रहेको घरानासँग मात्र हो। मलाई चाँडो जानू भन्‍ने परमेश्‍वरको आज्ञा छ। यसकारण मेरो पक्षमा हुनुहुने परमेश्‍वरको विरोध गर्न छोड्नुहोस्, नत्र उहाँले तपाईंलाई नाश गर्नुहुनेछ।”
2CH 35:22 तरै पनि योशियाहले तिनको कुरा सुनेनन्; तर तिनीसित लडाइँ गर्नलाई तिनले आफ्नो भेष बदली गरे। तिनले परमेश्‍वरको आज्ञामा फारो नेकोले भनेको कुरा सुनेनन्, तर तिनीसित लडाइँ गर्नलाई मगिद्दोको मैदानमा गए।
2CH 35:23 धनुर्धारीहरूले राजा योशियाहलाई काँडले हाने; तब तिनले आफ्ना अधिकृतहरूलाई भने, “मलाई लैजाऊ; मलाई गहिरो चोट लागेको छ।”
2CH 35:24 यसकारण उनीहरूले तिनलाई आफ्नो रथबाट निकालेर तिनको अर्को रथमा चढाएर यरूशलेममा ल्याए। अनि तिनी त्यहीँ नै मरे, र आफ्ना पुर्खाहरूका चिहानहरूमा गाडिए। यसरी सारा यहूदा र यरूशलेमले तिनका निम्ति शोक गरे।
2CH 35:25 यर्मियाले योशियाहका निम्ति विलापका गीतहरू रचे। आजको दिनसम्म नै पुरुष र स्त्री गायक-गायिकाहरूले तिनको स्मृतिमा विलापका गीत गाउँछन्। इस्राएलमा यो एउटा विधि नै भयो र यी विलापको पुस्तकमा लेखिएका छन्।
2CH 35:26 योशियाहको शासनकालका अरू घटनाहरू र याहवेहको व्यवस्थामा लेखिएअनुसार तिनका भक्तिका कामहरू,
2CH 35:27 सुरुदेखि अन्त्यसम्मका सबै घटनाहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्।
2CH 36:1 तब देशवासीहरूले योशियाहका छोरा यहोआहाजलाई लिएर तिनका पिताको ठाउँमा तिनलाई यरूशलेममा राजा बनाए।
2CH 36:2 राजा हुँदा यहोआहाज तेईस वर्षका थिए। तिनले यरूशलेममा तीन महिना राज्य गरे।
2CH 36:3 इजिप्टका राजाले यरूशलेममा यहोआहाजलाई पदच्युत गरे; अनि यहूदामाथि एक सय टालेन्ट चाँदी र एक टालेन्ट सुनको कर लगाइदिए।
2CH 36:4 इजिप्टका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा बनाए। एल्याकीमको नाम बदली गरेर यहोयाकीम राखे। तर फारो नेकोले एल्याकीमका दाजु यहोआहाजलाई लिएर इजिप्टमा गए।
2CH 36:5 राजा हुँदा यहोयाकीम पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनले याहवेह आफ्ना परमेश्‍वरको दृष्‍टिमा दुष्‍टता गरे।
2CH 36:6 बेबिलोनका राजा नबूकदनेसरले तिनीमाथि आक्रमण गरे; अनि तिनलाई बेबिलोनमा लैजानलाई काँसाका साङ्लाहरूले बाँधे।
2CH 36:7 नबूकदनेसरले याहवेहको मन्दिरबाट पनि सामग्रीहरू लगे, र ती सामग्रीहरू बेबिलोनमा आफ्नो मन्दिरमा राखे।
2CH 36:8 यहोयाकीमको शासनकालका अरू घटनाहरू, तिनले गरेका घिनलाग्दा कुराहरू र तिनका विरुद्धमा पाइने सबै कुराहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। तिनीपछि तिनका छोरा यहोयाकीन राजा भए।
2CH 36:9 राजा हुँदा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना दश दिन शासन गरे। तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।
2CH 36:10 बसन्त ऋतुमा राजा नबूकदनेसरले तिनलाई लिन पठाए, र तिनलाई याहवेहको मन्दिरका बहुमूल्य चीजहरूको साथमा बेबिलोनमा ल्याए। अनि यहोयाकीनका काका सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए।
2CH 36:11 राजा हुँदा सिदकियाह एक्‍काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे।
2CH 36:12 तिनले याहवेह आफ्ना परमेश्‍वरको दृष्‍टिमा दुष्‍टता गरे, र याहवेहको वचन बोल्ने अगमवक्ता यर्मियाको अगि आफूलाई विनम्र तुल्याएनन्।
2CH 36:13 तिनी आफूलाई परमेश्‍वरको नाममा शपथ खुवाउने राजा नबूकदनेसरको विरुद्धमा बागी भए। तिनी अटेरी भए, र आफ्नो हृदय कठोर बनाएर याहवेह इस्राएलका परमेश्‍वरतिर फर्केनन्।
2CH 36:14 यसबाहेक पुजारीहरू र मानिसहरूका सबै अगुवाहरू झन्-झन् अविश्‍वासी भए। सबै जातिहरूका घिनलाग्दा रीतिहरूका पछि लागेर याहवेहले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अशुद्ध पारे।
2CH 36:15 आफ्नो जाति र आफ्नो वासस्थानप्रति टिठाउनुभएको कारण याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरी-घरी वचन पठाउनुभयो।
2CH 36:16 तर तिनीहरूले उहाँका दूतहरूलाई हाँसो-ठट्टा गरे, उहाँका वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई गिल्‍ला गरे। यसकारण याहवेहको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो र त्यो शान्त हुनै सकेन।
2CH 36:17 उहाँले तिनीहरूका विरुद्धमा बेबिलोनका राजालाई ल्याउनुभयो, जसले तिनीहरूका जवान मानिसहरूलाई पवित्रस्थानको भवनभित्र तरवारले मारिदिए। के जवान पुरुष वा स्त्री वा वृद्ध मानिस र बुढापाका, कसैलाई पनि बाँकी राखेनन्। याहवेहले तिनीहरू सबैलाई नबूकदनेसरकहाँ सुम्पिदिनुभयो।
2CH 36:18 तिनले परमेश्‍वरको मन्दिरबाट साना-ठूला दुवै गरी सबै सामग्रीहरू, याहवेहको मन्दिरका खजाना साथै राजा र तिनका अधिकृतहरूका खजाना बेबिलोनमा लगे।
2CH 36:19 तिनीहरूले परमेश्‍वरको मन्दिर जलादिए, र यरूशलेमका पर्खालहरू भत्काइदिए। तिनीहरूले सबै महल र त्यहाँ भएका हरेक मूल्यवान् चीज जलाइदिए।
2CH 36:20 तरवारबाट बाँचेकाहरूलाई तिनले कैदी बनाएर बेबिलोनमा लगे। अनि परसीयाको राज्य शक्तिमा नआएसम्म तिनीहरू त्यहाँका राजा र तिनका छोराहरूका चाकरहरू भएर रहे।
2CH 36:21 यर्मियाद्वारा बोलिएको याहवेहको वचन पूरा हुन सत्तरी वर्ष पूरा नभएसम्म यसको उजाडको सबै अवस्थामा रहुन्जेल देशले आफ्ना शब्बाथ दिनहरू पालन गरिह्‍यो।
2CH 36:22 परसीयाका राजा कोरेसको पहिलो वर्षमा, यर्मियाद्वारा याहवेहले बोल्नुभएको वचन पूरा होस् भनेर याहवेहले परसीयाका राजा कोरेसको हृदयलाई उत्प्रेरित गर्नुभयो। अनि तिनले आफ्नो राज्यभरि एउटा उर्दी घोषणा गरे, र यसो भनेर त्यसलाई लिखित रूपमा पनि निकाले:
2CH 36:23 “परसीयाका राजा कोरेस यसो भन्छन्: “ ‘याहवेह स्वर्गका परमेश्‍वरले मलाई संसारका सबै राज्यहरू दिनुभएको छ। अनि उहाँले मलाई उहाँका निम्ति यहूदाको यरूशलेममा एउटा मन्दिर बनाउन नियुक्त गर्नुभएको छ। तिमीहरूमध्ये उहाँका हरेक मानिससित याहवेह उसका परमेश्‍वर रहून्, र त्यसलाई यरूशलेममा जान दिइयोस्।’ ”
EZR 1:1 परसीयाका राजा कोरेसको पहिलो वर्षमा, यर्मियाद्वारा याहवेहले बोल्नुभएको वचन पूरा होस् भनेर याहवेहले परसीयाका राजा कोरेसको हृदयलाई उत्प्रेरित गर्नुभयो। अनि तिनले आफ्नो राज्यभरि एउटा उर्दी घोषणा गरे, र यसो भनेर त्यसलाई लिखित रूपमा पनि निकाले:
EZR 1:2 “परसीयाका राजा कोरेस यसो भन्छन्: “ ‘याहवेह, स्वर्गका परमेश्‍वरले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ। याहवेहले यहूदाको यरूशलेममा उहाँका निम्ति मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नुभएको छ।
EZR 1:3 तिमीहरूको बीचमा जो याहवेहका प्रजा हुन्, तिनीहरूका परमेश्‍वर तिनीहरूसँग होऊन्! तिमीहरू याहवेह, इस्राएलका परमेश्‍वर, जो यरूशलेममा हुनुहुन्छ, उहाँको मन्दिर पुनर्निर्माण गर्नलाई यहूदाको यरूशलेममा जाओ।
EZR 1:4 अनि जहाँ-जहाँ यहूदीहरू अहिलेसम्म जीवित रहेका छन्, त्यहाँका स्थानीयवासीहरू सबैले यरूशलेममा परमेश्‍वरको मन्दिरका निम्ति सुन, चाँदी, धनसम्पत्ति र गाईबस्तुहरू, साथै स्वेच्छा-भेटीहरू ल्याऊन्।’ ”
EZR 1:5 त्यसपछि यरूशलेममा याहवेहको भवन पुनर्निर्माण गर्न यहूदा र बेन्यामीनका घरानाका अगुवाहरू, पुजारीहरू र लेवीहरू, हरेक जसका हृदयमा परमेश्‍वरले काम गर्नुभयो, तिनीहरू यरूशलेम गएर याहवेहको भवन पुनर्निर्माण गर्न तयार भए।
EZR 1:6 तिनीहरूका छिमेकीहरू सबैले स्वेच्छा भेटीहरूसहित सुन र चाँदीका सामानहरू, धनसम्पत्ति, गाईबस्तुहरू, र बहुमूल्य उपहारहरू दिएर उनीहरूलाई सहायता गरे।
EZR 1:7 त्यसबाहेक कोरेस राजाले याहवेहको भवनका भाँडाहरू पनि निकालेर ल्याए, जुन नबूकदनेसरले यरूशलेमबाट लगेर आफ्नो देवताको मन्दिरमा राखेका थिए।
EZR 1:8 परसीयाका राजा कोरेसले कोषाध्यक्ष मित्रेदातद्वारा ती चीजहरू ल्याए, जसले ती चीजहरू गन्ती गरेर सूची बनाए; अनि यहूदाका राजकुमार शेश्बस्सरलाई बुझाए।
EZR 1:9 ती चीजहरूको तालिका यही थियो: सुनका थालहरू 30 वटा; चाँदीका थालहरू 1,000 वटा; चाँदीका कराहीहरू 29 वटा;
EZR 1:10 सुनका कचौराहरू 30 वटा; एकै किसिमका चाँदीका कचौराहरू 410 वटा; अन्य भाँडाकुँडाहरू 1,000 वटा।
EZR 1:11 सबै गरेर सुन र चाँदीका जम्मा भाँडाहरू 5,400 थिए। बेबिलोनबाट यरूशलेम फर्कंदा शेश्बस्सरले निर्वासित यहूदीहरूसँगै ती सबै कुराहरू ल्याए।
EZR 2:1 बेबिलोनका राजा नबूकदनेसरले बेबिलोन कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के। (तिनीहरू
EZR 2:2 यरुबाबेल, येशूआ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसित यरूशलेम र यहूदामा आ-आफ्नै नगरमा फर्किएका थिए):
EZR 2:3 परोशका सन्तानहरू 2,172 जना;
EZR 2:4 शपत्याहका सन्तानहरू 372 जना;
EZR 2:5 अराहका सन्तानहरू 775 जना;
EZR 2:6 पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,812 जना;
EZR 2:7 एलामका सन्तान 1,254 जना;
EZR 2:8 जत्तूका सन्तान 945 जना;
EZR 2:9 जक्‍कैका सन्तान 760 जना;
EZR 2:10 बानीका सन्तान 642 जना;
EZR 2:11 बेबैका सन्तान 623 जना;
EZR 2:12 अज्गादका सन्तान 1,222 जना;
EZR 2:13 अदोनीकामका सन्तान जम्मा 666 जना;
EZR 2:14 बिग्वैका सन्तान 2,056 जना;
EZR 2:15 आदीनका सन्तान 454 जना;
EZR 2:16 आतेरका सन्तान (हिजकियाबाट) 98 जना;
EZR 2:17 बेजैका सन्तान 323 जना;
EZR 2:18 योराका सन्तान 112 जना;
EZR 2:19 हाशूमका सन्तान 223 जना;
EZR 2:20 गिब्बारका सन्तान 95 जना;
EZR 2:21 बेथलेहेमका मानिसहरू 123 जना;
EZR 2:22 नतोपाका मानिसहरू 56 जना;
EZR 2:23 अनातोतका मानिसहरू 128 जना;
EZR 2:24 अज्मावेतका मानिसहरू 42 जना;
EZR 2:25 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना;
EZR 2:26 रामा र गेबाका मानिसहरू 621 जना;
EZR 2:27 मिकमाशका मानिसहरू 122 जना;
EZR 2:28 बेथेल र ऐका मानिसहरू 223 जना;
EZR 2:29 नेबोका मानिसहरू 52 जना;
EZR 2:30 मग्बीसका मानिसहरू 156 जना;
EZR 2:31 अर्को एलामका मानिसहरू 1,254 जना;
EZR 2:32 हारीमका मानिसहरू 320 जना;
EZR 2:33 लोद, हादीद र ओनोका मानिसहरू 725 जना;
EZR 2:34 यरीहोका मानिसहरू 345 जना;
EZR 2:35 सेनाहका मानिसहरू 3,630 जना।
EZR 2:36 पुजारीहरू: यदायाहका सन्तानहरू (येशूआको परिवारबाट) 973 जना;
EZR 2:37 इम्मेरको परिवारबाट 1,052 जना;
EZR 2:38 पशहूरको परिवारबाट 1,247 जना;
EZR 2:39 हारीमको परिवारबाट 1,017 जना।
EZR 2:40 लेवीहरू: येशूआका र कदमिएलका सन्तानहरू (होदवियाहको वंश) 74 जना।
EZR 2:41 गायकहरू: आसापका सन्तानहरू 128 जना।
EZR 2:42 मन्दिरका द्वारपालहरू: शल्‍लूम, आतेर, तल्मोन, अक्‍कूब, हतीता र शोबैका सन्तानहरू 139 जना।
EZR 2:43 मन्दिरका सेवकहरूका सन्तानहरू: सीहा, हसूपा, तब्बाओत,
EZR 2:44 केरोस, सीआ, पादोन,
EZR 2:45 लेबाना, हागाबा, अक्‍कूब,
EZR 2:46 हागाब, शल्मै, हानान,
EZR 2:47 गिद्देल, गहर, रायाह,
EZR 2:48 रसीन, नकोदा, गज्जाम,
EZR 2:49 उज्जा, पसेह, बेसै,
EZR 2:50 अस्‍ना, मोनीम, नेपुसीम,
EZR 2:51 बक्बूक, हकूपा, हरहूर,
EZR 2:52 बस्लूत, महीदा, हर्शा,
EZR 2:53 बर्कोस, सीसरा, तेमह,
EZR 2:54 नसीह र हतीपा।
EZR 2:55 सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, सोपेरेत, परुदाका सन्तानहरू,
EZR 2:56 याला, दर्कोन, गिद्देल,
EZR 2:57 शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम र आमी
EZR 2:58 मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तान 392 जना।
EZR 2:59 तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्:
EZR 2:60 दलायाह, तोबिया र नकोदाका सन्तानहरू 652 जना।
EZR 2:61 अनि पुजारीहरूमध्येबाट: होबायाह, हक्‍कोस र बर्जिल्‍लैका सन्तानहरू (जसले गिलादी बर्जिल्‍लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)।
EZR 2:62 यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए।
EZR 2:63 राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए।
EZR 2:64 सम्पूर्ण जनसमूहको संख्या 42,360 जना थियो।
EZR 2:65 यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 200 गायक-गायिकाहरू पनि थिए।
EZR 2:66 तिनीहरूका 736 घोडा, 245 खच्‍चर,
EZR 2:67 435 ऊँट र 6,720 वटा गधा थिए।
EZR 2:68 जब तिनीहरू यरूशलेममा याहवेहको भवनमा आइपुगे, तब केही परिवारका अगुवाहरूले परमेश्‍वरको भवन पहिलेकै ठाउँमा पुनर्निर्माण गर्नलाई स्वेच्छा-भेटीहरू दिए।
EZR 2:69 तिनीहरूले आफ्ना क्षमताअनुसार भवन पुनर्निर्माणको निम्ति 61,000 डारिक सुन, 5,000 मीना चाँदी र 100 पुजारीका पोशाकहरू दिए।
EZR 2:70 पुजारीहरू, लेवीहरू, गायक-गायिकाहरू, द्वारपालहरू र मन्दिरका सेवकहरू तिनीहरूका आ-आफ्नै सहरहरूमा, अन्य अरू केही मानिसहरूसँगै बसोबास गरे। अनि बाँकी इस्राएलीहरूचाहिँ आ-आफ्ना सहरहरूमा बसोबास गरे।
EZR 3:1 सातौँ महिना लाग्दा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए। तब मानिसहरू एउटै मानिसझैँ भएर यरूशलेममा भेला भए।
EZR 3:2 तब परमेश्‍वरका जन मोशाको व्यवस्थामा लेखिएअनुसार होमबलि चढाउनलाई योसादाकका छोरा येशूआ र तिनका सह पुजारीहरू, शालतिएलका छोरा यरुबाबेल र तिनका मित्रहरू मिलेर इस्राएलका परमेश्‍वरको वेदी निर्माण गर्न सुरु गरे।
EZR 3:3 वरिपरिका मानिसहरूको डर तिनीहरूमा भए तापनि तिनीहरूले पुरानो भवन भएकै जगमाथि वेदी बनाए। अनि याहवेहलाई बिहान र बेलुकी दुवै समय होमबलि चढाए।
EZR 3:4 त्यसपछि लेखिएको नियमअनुसार प्रत्येक दिन चढाउनुपर्ने होमबलिको संख्याअनुसार होमबलि चढाएर तिनीहरूले छाप्रोबासको चाड मनाए।
EZR 3:5 त्यसपछि तिनीहरूले नियमित होमबलि, औँसीको बलिदान र याहवेहका निम्ति तोकिएका सबै चाडहरूका निम्ति बलिदानहरू चढाए, साथसाथै ल्याइएका स्वेच्छा-भेटीहरू पनि चढाए।
EZR 3:6 सातौँ महिनाको पहिलो दिनदेखि नै तिनीहरूले याहवेहलाई होमबलि चढाउन थाले। तापनि याहवेहको मन्दिरको जग अझ बसालिएकै थिएन।
EZR 3:7 त्यसपछि तिनीहरूले सिकर्मी र डकर्मीहरूलाई रकम दिए। तिनीहरूले परसीयाका राजा कोरेसको अनुमतिमा लेबनानबाट देवदारुका काठहरू समुद्रको बाटो भएर जोप्पासम्म ल्याउन सकून् भनी सीदोन र टायरका मानिसहरूलाई खानेकुरा, पिउने कुरा र जैतुनको तेल दिए।
EZR 3:8 दोस्रो वर्षको दोस्रो महिनामा तिनीहरू परमेश्‍वरको पुरानो भवन भएको ठाउँ यरूशलेममा आइपुगे। अनि शालतिएलका छोरा यरुबाबेल, योसादाकका छोरा येशूआ र उनीहरूका बाँकी दाजुभाइहरूले (पुजारीहरू, लेवीहरू र कैदबाट यरूशलेममा फर्कनेहरू सबै) काम सुरु गरे। तिनीहरूले बीस वर्ष र त्यसभन्दा माथिका लेवीहरूलाई याहवेहको भवन निर्माणको कामको रेखदेख गर्नलाई नियुक्त गरे।
EZR 3:9 तब येशूआ, तिनका छोराहरू, तिनका दाजुभाइहरू, कदमिएल र तिनका छोराहरू (होदबियाका सन्तानहरू), हेनादादका छोराहरू र भाइहरू—सबै लेवीहरू एकसाथ मिलेर परमेश्‍वरको भवनमा काम गर्नेहरूको रेखदेख गरे।
EZR 3:10 जब डकर्मीहरूले याहवेहको मन्दिरको जग बसाले, तब पुजारीहरूले आफ्नो पोशाकको साथमा तुरहीहरू लिए; अनि लेवीहरू अर्थात् आसापका छोराहरूले चाहिँ खैँजडीहरू लिएर इस्राएलका राजा दावीदले बताएअनुसार याहवेहको प्रशंसा गर्न आ-आफ्ना स्थानहरू लिए।
EZR 3:11 तिनीहरूले प्रशंसा र धन्यवादका साथमा याहवेहलाई यसो भनी स्तुति गरे: “उहाँ भलो हुनुहुन्छ; इस्राएलप्रतिको उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।” अनि सारा मानिसहरूले चर्को सोरले याहवेहको प्रशंसा गरे; किनकि याहवेहको भवनको जग बसालिएको थियो।
EZR 3:12 तर वृद्ध पुजारीहरू, लेवीहरू र परिवारका मुखियाहरू, जसले पुरानो मन्दिर देखेका थिए, तिनीहरू यो मन्दिरको जग बसालिएको देखेर ठूलो सोरले रोए। तर अरू धेरै मानिसहरूले चाहिँ हर्षले सोर उचालेर जयजयकार मनाए।
EZR 3:13 इस्राएलीहरूको हर्षको आवाज र रुवाइको आवाज कसैले पनि छुट्याउन सकेन। किनकि तिनीहरूले चर्को सोर निकालेका थिए। तिनीहरूको आवाज टाढा-टाढासम्म सुनिएको थियो।
EZR 4:1 जब यहूदा र बेन्यामीनका शत्रुहरूले निर्वासनबाट फर्किआएका यहूदीहरूले याहवेह इस्राएलका परमेश्‍वरको भवन निर्माण गर्दैछन् भन्‍ने कुरा सुने,
EZR 4:2 तब तिनीहरू यरुबाबेल र परिवारका मुखियाहरूकहाँ आएर भने, “हामीलाई पनि निर्माणको काममा सहायता गर्न दिनुहोस्; किनकि हामी पनि तपाईंहरूजस्तै तपाईंहरूका परमेश्‍वरको खोजी गर्दछौँ। अनि हामीलाई यहाँ ल्याएका अश्शूरका राजा एसरहदोनको समयदेखि नै उहाँलाई हामीले बलिदान चढाइरहेका छौँ।”
EZR 4:3 तर यरुबाबेल, येशूआ र इस्राएलका घरानाका मुखियाहरूले जवाफ दिए, “हाम्रो परमेश्‍वरको मन्दिर बनाउनमा तिमीहरूको कुनै अधिकार छैन। परसीयाका राजा कोरेसले हामीलाई आज्ञा गरेअनुसार याहवेह इस्राएलका परमेश्‍वरका निम्ति यो मन्दिर बनाउने काम हामी आफैँ पूरा गर्नेछौँ।”
EZR 4:4 त्यसपछि तिनीहरूका वरिपरिका शत्रुहरूले यहूदाका मानिसहरूलाई निराश बनाएर निर्माण गर्ने काममा डर पैदा गर्न थाले।
EZR 4:5 परसीयाका राजा कोरेसको सारा शासनकाल र परसीयाका अर्को राजा दाराको शासनकालभरि नै ती मानिसहरूले तिनीहरूका योजनालाई असफल तुल्याउन सल्‍लाहकारहरूलाई घूस दिए।
EZR 4:6 अहासूरसको शासनकालको सुरुमा तिनीहरूले यहूदा र यरूशलेमका मानिसहरूका विरुद्धमा एउटा अभियोगपत्र लेखे।
EZR 4:7 अनि परसीयाका राजा अर्तसास्तको पालामा बिश्लाम, मित्रेदात, ताबेल र तिनका अरू मित्रहरूले अर्तसास्तलाई एउटा पत्र लेखे। त्यो पत्र अरामी लिपिमा र अरामी भाषामै लेखिएको थियो।
EZR 4:8 सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको विरुद्धमा राजा अर्तसास्तलाई यस प्रकारको एउटा पत्र लेखे:
EZR 4:9 सेनापति रेहूम, सचिव शिम्शै र तिनीहरूका सहयोगी मित्रहरू—त्रीपोलीस, फारस, उरुक र बेबिलोनी न्यायधीशहरू, हाकिमहरू, र शूशनका एलामीहरू,
EZR 4:10 साथै अरू मानिसहरू, जसलाई महान् र आदरणीय ओस्‍नप्परले देश निकाला गरेर सामरिया र यूफ्रेटिसपारि बसोबास गराएका थिए।
EZR 4:11 (तिनीहरूले उहाँलाई पठाएको पत्रको प्रतिलिपि यही थियो।) राजा अर्तसास्तको सेवामा, यूफ्रेटिस पारिका हजुरका सेवकहरूबाट:
EZR 4:12 महाराजालाई यो कुरा थाहा होस्, ती यहूदीहरू, जो हजुरका राज्यबाट यहाँ हामीकहाँ आएर यरूशलेममा गएका छन्; अनि तिनीहरूले त्यो बागी र दुष्‍ट सहरलाई पुनर्निर्माण गर्दैछन्। तिनीहरूले पर्खालहरू पुनर्स्थापन गर्दैछन् र जगहरूका मर्मत गरिरहेका छन्।
EZR 4:13 महाराजालाई अझ थाहा होस्, यदि यो सहर बनियो र यसका पर्खालहरू पुनर्स्थापित गरियो भने तिनीहरूले आयकर, सलामी र अन्य महशुलहरू तिर्नेछैनन्। अनि राजकीय आम्दानीमा हानि हुनेछ।
EZR 4:14 किनकि हामी महाराजाप्रति ऋणी भएका हुनाले, र राजाको अपमान हेर्न हाम्रा निम्ति उचित नभएको कारण हामीले यो खबर महाराजालाई जानकारी गराउन पठाइरहेका छौँ:
EZR 4:15 हजुरका पितापुर्खाहरूका इतिहासमा यो सहरको बारेमा खोजी गरियोस्। यरूशलेम एउटा बागी सहर हो। प्रान्तहरू र राजाहरूका निम्ति कष्‍टदायक र प्राचीन समयदेखि नै यो एउटा राजद्रोहीको ठाउँ हो भनी हजुरले ती इतिहासका पुस्तकहरूबाट थाहा पाउनुहुनेछ। त्यही कारणले गर्दा यो सहर नष्‍ट पारिएको थियो।
EZR 4:16 हामी महाराजालाई यो जानकारी गराउँछौँ; यो सहर निर्माण भएर यसका पर्खालहरू फेरि पुनर्निर्माण गरिए भने हजुरका निम्ति यूफ्रेटिसपारि केही अधिकार रहनेछैन।
EZR 4:17 राजाले यस्तो जवाफ पठाए: सेनापति रेहूम, सचिव शिम्शै, सामरिया र तिमीहरूका यूफ्रेटिस पारिका मित्रहरूलाई: अभिवादन!
EZR 4:18 तिमीहरूले हामीलाई पठाएको पत्र मेरो उपस्थितिमा पढियो र अनुवाद गरियो।
EZR 4:19 मैले आदेश दिएअनुसार खोजी गरियो र यरुशलेमले राजाहरूका विरुद्धमा विद्रोह गरेको र राजद्रोहीको ठाउँ भएको एउटा लामो इतिहास पाइयो।
EZR 4:20 यरूशलेममा यूफ्रेटिस पारिका सम्पूर्ण इलाकाहरूमा शासन गर्ने शक्तिशाली राजाहरू रहेछन्; अनि उनीहरूलाई आयकर, सलामी र अन्य महशुलहरू तिरिएको रहेछ।
EZR 4:21 अब यी मानिसहरूका काम रोक्न एउटा आदेश जारी गर, र मैले हुकुम नदिएसम्म यो सहर फेरि पुनर्निर्माण नगरियोस्।
EZR 4:22 होसियार, यस बारेमा लापर्बाही नहोस्! राजकीय हितमा हानि पुर्‍याउने खतरा किन बढोस्?
EZR 4:23 यसरी राजा अर्तसास्तको पत्रको प्रतिलिपि रेहूम, सचिव शिम्शै र तिनीहरूका मित्रहरूलाई पढेर सुनाउने बित्तिकै तिनीहरू तुरुन्तै यरूशलेमका यहूदीहरूकहाँ गए; अनि तिनीहरूलाई जबरजस्ती काम रोक्न लगाए।
EZR 4:24 यसरी यरूशलेममा परमेश्‍वरको भवनको काम परसीयाका राजा दाराको शासनकालको दोस्रो वर्षसम्म रोकियो।
EZR 5:1 तब अगमवक्ता हाग्गै र इद्दोका सन्तान जकरिया अगमवक्ताले यरूशलेम र यहूदाका यहूदीहरूलाई तिनीहरूका इस्राएलका परमेश्‍वरको नाममा अगमवाणी गरे।
EZR 5:2 त्यसपछि शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूआले यरूशलेममा परमेश्‍वरको भवन फेरि बनाउन सुरु गरे। तब परमेश्‍वरका अगमवक्ताहरू तिनीहरूलाई सहायता गर्दै तिनीहरूसँगै रहे।
EZR 5:3 त्यस बेला यूफ्रेटिस पारिका प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिनीहरूका सहकर्मीहरू उनीहरूकहाँ गएर सोधे, “कसले तिमीहरूलाई यो मन्दिर पुनर्निर्माण गर्ने र यस संरचनालाई पुनर्स्थापित गर्ने अधिकार दियो?”
EZR 5:4 तिनीहरूले यो पनि सोधे, “यो भवन बनाउने मानिसहरूका नामहरू के-के हुन्?”
EZR 5:5 तर यहूदीहरूका अगुवाहरूमाथि परमेश्‍वरको निगाह रहेकोले, दाराकहाँ यो खबर पुगेर त्यसको लिखित जवाफ नपाउन्जेल कसैले पनि तिनीहरूलाई रोकेन।
EZR 5:6 यूफ्रेटिस पारिका प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै, तिनीहरूका सहकर्मीहरू र यूफ्रेटिस पारिका अधिकारीहरूले दारा राजालाई पठाएको पत्रको प्रतिलिपि यही हो।
EZR 5:7 तिनीहरूले पठाएका प्रतिवेदन यस प्रकारको छ: राजा दाराको सेवामा: हार्दिक अभिवादन!
EZR 5:8 राजालाई यो जानकारी होस्, कि हामी यहूदाको जिल्‍लामा बनिँदै गरेको महान् परमेश्‍वरको मन्दिरमा गयौँ। मानिसहरूले यसलाई ठूला-ठूला ढुङ्गाहरूले बनाउँदैछन् र पर्खालहरूमा काठका बीमहरू बसाल्दैछन्। सो काम तिनीहरूले मेहनतपूर्वक गरिरहेका छन्, र उनीहरूका निर्देशनमा काम तीब्र गतिमा प्रगति हुँदैछ।
EZR 5:9 हामीले ती अगुवाहरूलाई सोध्यौँ, “कसले तिमीहरूलाई यो मन्दिर फेरि बनाउने र पर्खाललाई फेरि पुनर्निर्माण गर्ने, र यसलाई बनाइसिद्ध्याउने अधिकार दियो?”
EZR 5:10 तपाईंको जानकारीको निम्ति तिनीहरूका नामहरू लेख्न सकौँ भनेर हामीले तिनीहरूका अगुवाहरूका नामहरू पनि सोध्यौँ।
EZR 5:11 तिनीहरूले हामीलाई यस्तो जवाफ दिए। “हामी स्वर्ग र पृथ्वीका परमेश्‍वरका सेवकहरू हौँ। अनि धेरै वर्षअगि इस्राएलको एक जना महान् राजाले बनाएका मन्दिरलाई हामी फेरि बनाउँदैछौँ।
EZR 5:12 किनकि हाम्रा पितापुर्खाहरूले स्वर्गका परमेश्‍वरलाई क्रोधित तुल्याए। अनि उहाँले बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा उनीहरूलाई सुम्पिदिनुभयो, जसले यस मन्दिरलाई नष्‍ट पारे, र मानिसहरूलाई बेबिलोनमा कैदी बनाएर लगे।”
EZR 5:13 तैपनि बेबिलोनका राजा कोरेसको पहिलो वर्षमा, कोरेस राजाले परमेश्‍वरको भवन फेरि बनाउनलाई एउटा उर्दी जारी गरे।
EZR 5:14 नबूकदनेसरले यरूशलेमका मन्दिरबाट बेबिलोनको मन्दिरमा ल्याएका परमेश्‍वरको भवनको सुन र चाँदीका भाँडाहरू पनि उनले बेबिलोनको मन्दिरबाट निकाले। त्यसपछि कोरेस राजाले ती भाँडाहरू शेश्बस्सर नाम भएका एक जना मानिसलाई दिए, जसलाई राजाले राज्यपाल नियुक्त गरेका थिए।
EZR 5:15 अनि राजाले शेश्बस्सरलाई भने, “यी भाँडाहरू लिएर जाऊ र यरूशलेमको मन्दिरमा जम्मा गर। अनि परमेश्‍वरको भवन त्यसकै पुरानो ठाउँमा फेरि पुनर्निर्माण गरियोस्।”
EZR 5:16 यसकारण तिनै शेश्बस्सर आएर यरूशलेममा परमेश्‍वरको भवनको जग बसाले। त्यस दिनदेखि अहिलेसम्म त्यसको निर्माणको काम भइरहेको छ, तर अझै सकिएको छैन।
EZR 5:17 अब हजुरलाई इच्छा लाग्यो भने बेबिलोनको राजकीय भण्डारको इतिहासहरूमा वास्तवमा कोरेस राजाले यरूशलेममा परमेश्‍वरको भवन फेरि बनाउने उर्दी जारी गरेको गरेका थिए कि थिएनन् भनेर खोजेर हेर्न सकिन्छ। त्यसपछि राजाले यस बारेमा आफ्नो निर्णय हामीलाई पठाउनुहोस्।
EZR 6:1 त्यसपछि राजा दाराले एउटा हुकुम जारी गरे। अनि तिनीहरूले बेबिलोनका राजभण्डारमा राखिएका अभिलेखहरूमा खोजी गरे।
EZR 6:2 मादी प्रान्तको एकबतानाको किल्‍लामा एउटा चर्मपत्र भेट्टाए। अनि त्यसमा यस्तो विवरण लेखिएको थियो: स्मारिका-पत्र:
EZR 6:3 राजा कोरेसको पहिलो वर्षमा, यी राजाले यरूशलेममा परमेश्‍वरको मन्दिरको विषयमा एउटा उर्दी जारी गरे। यहूदीहरूले पहिले बलिदान चढाउने गरेकै ठाउँमा बलिदानहरू चढाउने ठाउँको रूपमा मन्दिरको पुनर्निर्माण गरियोस्; अनि मन्दिरको जग बसालियोस्। यसको उचाइ साठी क्यूबिट र चौडाइ साठी क्यूबिट होस्।
EZR 6:4 विशाल ढुङ्गाहरूका तीन लहरहरू होस्, र काठको एक लहर होस्। यसको खर्च राजकीय कोषबाट बेहोरियोस्।
EZR 6:5 नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनमा ल्याएका सुन र चाँदीका भाँडाहरू पनि यरूशलेमको मन्दिरमा तिनीहरूकै ठाउँहरूमा फर्काएर लगिनुपर्छ। ती सरसामानहरू परमेश्‍वरको भवनमा जम्मा गरिनुपर्छ।
EZR 6:6 त्यसैले अब यूफ्रेटिस पारिका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र त्यस प्रान्तमा रहेका तिनीहरूका सह कर्मचारीहरू, त्यस ठाउँदेखि अलग रहून्।
EZR 6:7 तिमीहरूले परमेश्‍वरको मन्दिरको काममा बाधा नगर। यहूदीहरूका राज्यपाल र यहूदी प्रधानहरूले परमेश्‍वरको भवन त्यसकै पुरानो स्थानमा पुनर्निर्माण गरून्।
EZR 6:8 यसबाहेक परमेश्‍वरको भवन निर्माणमा लागेका यी यहूदीहरूका प्रधानहरूका लागि तिमीहरूले के गर्नुपर्छ भनी म यो आदेश दिँदछु: यूफ्रेटिसपारिबाट राजकोषमा जम्मा भएको राजस्वबाट यी मानिसहरूको खर्च पूर्ण रूपले तिरिनुपर्छ; ताकि यो पुनर्निर्माण गर्ने काम नरोकियोस्।
EZR 6:9 तिनीहरूलाई चाहिएका जुनसुकै कुरा—साँढेहरू, भेडाहरू, थुमाहरू, स्वर्गको परमेश्‍वरलाई होमबलिका निम्ति चाहिने भेडाहरू, गहुँ, नुन, दाखमद्य र जैतुनको तेल जे जति कुराहरू यरूशलेममा पुजारीहरूले माग गर्छन्, तिनीहरूलाई प्रत्येक दिन नबिर्सिकन दिनुपर्छ;
EZR 6:10 ताकि तिनीहरूले स्वर्गका परमेश्‍वरलाई खुशी पार्न बलिदानहरू चढाउन सकून्। अनि राजा र तिनका छोराहरूका भलाइका निम्ति प्रार्थना गरून्।
EZR 6:11 अनि म यो पनि आदेश दिँदछु, यदि कसैले यस उर्दीलाई परिवर्तन गर्छ भने त्यसको घरबाट एउटा खाँबो उखेलेर त्यसलाई त्यही खाँबोमा टाँगियोस्। अनि यस अपराधको निम्ति त्यसको घर भताभुङ्ग पारेर ढुङ्गाहरूको थुप्रो बनाइयोस्।
EZR 6:12 यरूशलेमको मन्दिरलाई नष्‍ट गर्न, अथवा यस उर्दीलाई परिवर्तन गर्न कुनै राजा, अथवा कुनै पनि मान्छेले हात उठायो भने त्यही परमेश्‍वर जसले आफ्नो नामलाई त्यहाँ स्थापित गर्नुभएको छ, उहाँले तिनीहरूलाई नष्‍ट पारून्। म दाराले यो आदेश दिएको छु। यो होसियारीपूर्वक पालन गरियोस्।
EZR 6:13 दारा राजाले आदेश दिएका हुनाले यूफ्रेटिस पारिका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिनीहरूका प्रान्तका मित्रहरूले साह्रै होसियारीसाथ यो काम गरे।
EZR 6:14 यसकारण यहूदीहरूका अगुवाहरूले अगमवक्ता हाग्गै र इद्दोका सन्तान जकरियाका अगमवाणीअनुसार निर्माणको काम निरन्तर प्रगति गर्दैगए। तिनीहरूले परमेश्‍वरको आदेशअनुसार र परसीयाका राजाहरू कोरेस, दारा र अर्तसास्तका आदेशअनुसार मन्दिर पुनर्निर्माणको काम समाप्‍त गरे।
EZR 6:15 दारा राजाको शासनकालको छैटौँ वर्षको अदार महिनाको तेईसौँ दिनमा, मन्दिरको काम पूरा भयो।
EZR 6:16 त्यसपछि इस्राएलका मानिसहरू, पुजारीहरू, लेवीहरू र निर्वासनबाट फर्कने यहूदीहरूले ठूलो रमाहटकासाथ परमेश्‍वरको भवन अर्पण गरे।
EZR 6:17 परमेश्‍वरको यस भवन अर्पणको निम्ति तिनीहरूले एक सय साँढे, दुई सय भेडा, चार सय थुमा र सारा इस्राएलको पाप शुद्धीकरण बलिका निम्ति बाह्र वटा बोका, इस्राएलका प्रत्येक बाह्र कुलको निम्ति एउटा-एउटा गरेर बलि चढाए।
EZR 6:18 अनि मोशाको पुस्तकमा लेखिएअनुसार तिनीहरूले यरूशलेममा परमेश्‍वरको सेवा गर्न भनेर पुजारीहरूलाई तिनीहरूकै दलमा र लेवीहरूलाई तिनीहरूकै झुण्डमा नियुक्त गरे।
EZR 6:19 निर्वासनबाट फर्कनेहरूले, बेबिलोनी पात्रोको पहिलो महिनाको चौधौँ दिनमा, निस्तार चाड मनाए।
EZR 6:20 पुजारीहरू र लेवीहरूले आफैँलाई शुद्ध पारेका थिए, र विधिपूर्वक सबै जना शुद्ध थिए। लेवीहरूले आफ्नै निम्ति र निर्वासनबाट फर्केका सबैका निम्ति, तिनीहरूका पुजारी दाजुभाइहरूका निम्ति निस्तार चाडको थुमा मारे।
EZR 6:21 यसकारण निर्वासनबाट फर्कने इस्राएलीहरूले, गैरयहूदी छिमेकीहरू, जसले इस्राएलका याहवेह परमेश्‍वरलाई खोज्नका निम्ति आफूलाई अशुद्ध रीतिथितिहरूबाट अलग राखेका थिए, तिनीहरूसँग नै मिलेर थुमा खाए।
EZR 6:22 सात दिनसम्म तिनीहरूले अखमिरी रोटीको चाड साह्रै आनन्दसाथ मनाए। किनकि याहवेहले अश्शूरका राजाको हृदयलाई परिवर्तन गरेर इस्राएलका परमेश्‍वरको भवनको काममा तिनीहरूलाई सहायता गर्ने बनाएर तिनीहरूलाई आनन्दले भरिदिनुभएको थियो।
EZR 7:1 यी सबै घटनापछि परसीयाका राजा अर्तसास्तको शासनकालमा एज्रा बेबिलोनबाट आए। एज्रा सरायाहका छोरा थिए, जो अजर्याहका छोरा थिए, जो हिल्कियाहका छोरा थिए,
EZR 7:2 हिल्कियाह शल्‍लूमका छोरा थिए, जो सादोकका छोरा थिए, जो अहीतूबका छोरा थिए,
EZR 7:3 अहीतूब अमर्याहका छोरा थिए, जो अजर्याहका छोरा थिए, जो मरायोतका छोरा थिए,
EZR 7:4 मरायोत जरयाहका छोरा थिए, जो उज्जीका छोरा थिए, जो बुक्‍कीका छोरा थिए,
EZR 7:5 बुक्‍की अबीशूका छोरा थिए, जो पीनहासका छोरा थिए, पीनहास एलाजारका छोरा थिए, एलाजार प्रधान पुजारी हारूनका छोरा थिए।
EZR 7:6 यी तिनै एज्रा हुन्, जो याहवेह इस्राएलका परमेश्‍वरले दिनुभएको मोशाको व्यवस्थामा एक निपुण शिक्षक थिए। तिनले मागेका हरेक कुरा राजाले दिएका थिए; किनकि याहवेह तिनका परमेश्‍वरको हात तिनीमाथि थियो।
EZR 7:7 राजा अर्तसास्तको सातौँ वर्षमा केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू र मन्दिरका सेवकहरू यरूशलेममा आए।
EZR 7:8 अर्तसास्त राजाको सातौँ वर्षको पाँचौँ महिनामा एज्रा यरूशलेममा आइपुगे।
EZR 7:9 तिनले आफ्नो यात्रा पहिलो महिनाको पहिलो दिनमा बेबिलोनदेखि सुरु गरेका थिए। अनि तिनी पाँचौँ महिनाको पहिलो दिनमा यरूशलेममा आइपुगे; किनकि तिनका परमेश्‍वरको कृपालु हात तिनीमाथि थियो।
EZR 7:10 एज्राले आफूलाई इस्राएलमा याहवेहको व्यवस्था अध्ययन गर्न, पालन गर्न, व्यवस्थाका आज्ञाहरू र नियमहरू सिकाउनलाई अर्पण गरेका थिए।
EZR 7:11 राजा अर्तसास्तले पुजारी एज्रालाई दिएको पत्रको प्रतिलिपि यही हो। ती एज्रा व्यवस्थाका शिक्षक थिए, जसले याहवेहले इस्राएललाई दिनुभएका आज्ञाहरू र आदेशहरूको विषयमा तिनले सिकेका थिए:
EZR 7:12 राजाहरूका राजा अर्तसास्तको तर्फबाट, स्वर्गका परमेश्‍वरको व्यवस्थाका शिक्षक, पुजारी एज्रालाई: अभिवादन।
EZR 7:13 अब म यो उर्दी जारी गर्दछु; मेरो राज्यमा भएका कुनै पनि इस्राएली, पुजारीहरू र लेवीहरूले तिमीसँग यरूशलेम जाने इच्छा गर्छन् भने तिनीहरू जान सक्छन्।
EZR 7:14 तिमीलाई तिम्रो जिम्मामा रहेको तिम्रा परमेश्‍वरको व्यवस्थाअनुसार यहूदा र यरूशलेमको विषयमा पत्ता लगाउन भनी राजा र उनका सात जना सल्‍लाहकारहरूद्वारा पठाइएका छौ।
EZR 7:15 यसबाहेक राजा र उनका सल्‍लाहकारहरूले यरूशलेममा वास गर्नुहुने इस्राएलका परमेश्‍वरलाई राजीखुशीले दिएको सुन र चाँदी तिमीले लिएर जानू।
EZR 7:16 साथै बेबिलोनको प्रान्तबाट लैजान सक्ने सबै सुन र चाँदी, मानिसहरू र पुजारीले यरूशलेममा तिनीहरूका परमेश्‍वरको मन्दिरका निम्ति चढाएका स्वेच्छा-भेटीहरू तिमीले लिएर जान सक्छौ।
EZR 7:17 यस रकमले साँढेहरू, भेडाहरू, थुमाहरू यसकासाथै तिनीहरूका निम्ति अन्‍नबलिहरू, अर्घबलिहरू निश्‍चय नै किन्‍नू। अनि तिमीले यी वस्तुहरूलाई यरूशलेममा परमेश्‍वरको मन्दिरको वेदीमा बलि चढाउनू।
EZR 7:18 बाँकी रहेका सुन र चाँदीले तिम्रो परमेश्‍वरको इच्छाअनुसार तिमी र तिम्रा यहूदी दाजुभाइहरू मिलेर जे असल लाग्छ, त्यही गर्न सक्छौ।
EZR 7:19 तिम्रा परमेश्‍वरको मन्दिरमा सेवाका निम्ति तिमीलाई जिम्मा दिइएका सबै भाँडाहरू यरूशलेमका परमेश्‍वरलाई सुम्पिदिनू।
EZR 7:20 अनि तिम्रा परमेश्‍वरको मन्दिरका निम्ति चाहिने कुनै पनि चीज खाँचो पर्‍यो भने त्यसको प्रबन्ध गर्ने जिम्मेवारी तिम्रो हो, त्यो तिमीले राजकीय कोषबाट लैजान सक्छौ।
EZR 7:21 अब, म राजा अर्तसास्त, यूफ्रेटिस पारिका प्रान्तहरूका कोषाध्यक्षहरूलाई यो आदेश दिँदछु, स्वर्गका परमेश्‍वरको व्यवस्थाका शिक्षक र पुजारी एज्राले तिमीहरूसँग मागेका जुनसुकै कुरा पनि जुटाइदिनू।
EZR 7:22 एक सय टालेन्ट चाँदी, एक सय कोर गहुँ, एक सय बाथ दाखमद्य, एक सय बाथ जैतुनको तेल, र चाहिए जति नुन पनि दिनू।
EZR 7:23 स्वर्गका परमेश्‍वरले आज्ञा दिनुभएअनुसार सबै थोक इमानदारसाथ स्वर्गका परमेश्‍वरको मन्दिरका निम्ति गरियोस्, ताकि राजा र तिनका छोराहरूका राज्यमाथि उहाँको क्रोध आइनपरोस्।
EZR 7:24 यसबाहेक तिमीहरूले यो कुरा पनि याद राख: पुजारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अथवा परमेश्‍वरको भवनका सेवकहरू र अरू कर्मचारीहरूबाट कर, सलामी अथवा अरू कुनै पनि महसुलहरू उठाउने अधिकार तिमीहरूलाई छैन।
EZR 7:25 अनि हे एज्रा, तिमीले पाएको तिम्रा परमेश्‍वरको बुद्धिअनुसार, यूफ्रेटिस पारिका सबै मानिसहरू जसले तिम्रा परमेश्‍वरको व्यवस्थालाई जान्दछन्, तिनीहरूमाथि न्याय गर्न शासकहरू र न्यायकर्ताहरू नियुक्त गर्नू; अनि जसले व्यवस्थाहरू जान्दैनन् तिनीहरूलाई तिमीले सिकाउनू।
EZR 7:26 जसले तिम्रा परमेश्‍वरको व्यवस्था पालन गर्दैन र राजाको हुकुम मान्दैन, त्यसलाई मृत्युदण्ड वा देश निकाला वा त्यसको सम्पत्ति जफत गरियोस्, अथवा झ्यालखानाको सजाय दिइयोस्।
EZR 7:27 हाम्रा पितापुर्खाहरूका परमेश्‍वर, याहवेहलाई महिमा होस्, जसले यरूशलेममा याहवेहको भवनको सम्मान ल्याउने विचार राजाको हृदयमा हालिदिनुभयो।
EZR 7:28 अनि उहाँले राजा, उनका सल्‍लाहकारहरू र राजाका शक्तिशाली अधिकारीहरूका सामु, उहाँको अचुक कृपा ममाथि राखिदिनुभएको छ। याहवेह मेरा परमेश्‍वरको हात ममाथि भएको हुनाले मैले साहस गरेँ; अनि मसँग इस्राएलबाट यरूशलेममा जानलाई अगुवाहरू जम्मा गरेँ।
EZR 8:1 राजा अर्तसास्तका शासनकालमा बेबिलोनबाट मसँग फर्केर आउने परिवारका अगुवाहरू र तिनीहरूसँगै दर्ता गरिएका मानिसहरू यिनै हुन्:
EZR 8:2 पीनहासका सन्तानहरू: गेर्शोम; ईतामारका सन्तानहरू: दानिएल; दावीदका सन्तानहरू: हत्तूश
EZR 8:3 शकन्याहका सन्तानहरू; परोशका सन्तानहरू: जकरिया र तिनीसित सूचीमा लेखिएका 150 पुरुषहरू;
EZR 8:4 पहत-मोआबका सन्तानहरू: जरयाहका छोरा एल्यहोएनै र तिनीसित 200 पुरुषहरू;
EZR 8:5 जत्तूका सन्तानहरू: यहजीएलका छोरा शकन्याह र तिनीसित 300 पुरुषहरू;
EZR 8:6 आदीनका सन्तानहरू: जोनाथनका छोरा एबेद र तिनीसित 50 पुरुषहरू;
EZR 8:7 एलामका सन्तानहरू: अतल्याहका छोरा यशयाह र तिनीसित 70 पुरुषहरू;
EZR 8:8 शपत्याहका सन्तानहरू: मिखाएलका छोरा जबदियाह र तिनीसित 80 पुरुषहरू थिए;
EZR 8:9 योआबका सन्तानहरू: यहीएलका छोरा ओबदिया र तिनीसित 218 पुरुषहरू;
EZR 8:10 बानीका सन्तानहरू: योसिप्याहका छोरा शलोमीत र तिनीसित एक सय 60 पुरुषहरू;
EZR 8:11 बेबैका सन्तानहरू: बेबैका छोरा जकरिया र तिनीसित 28 पुरुषहरू;
EZR 8:12 अज्गादका सन्तानहरू: हक्‍कातानको छोरा योहानान र तिनीसित 110 पुरुषहरू;
EZR 8:13 अदोनीकामका सन्तानहरू: अन्तिममा आएकाहरू, जसका नामहरू एलीपेलेत, यीएल र शमायाह; अनि तिनीहरूसित 60 पुरुषहरू;
EZR 8:14 बिग्वैका सन्तानहरू: ऊत्तै, जक्‍कूर र तिनीहरूसित 70 पुरुषहरू।
EZR 8:15 मैले तिनीहरूलाई अहावातिर बग्ने नहरको किनारमा भेला गरेँ; अनि हामी त्यहाँ छाउनीमा तीन दिनसम्म बस्यौँ। जब मैले मानिसहरू र पुजारीहरूको बीचमा निरीक्षण गरेँ, तब मैले त्यहाँ कुनै लेवीहरू भेट्टाइनँ।
EZR 8:16 यसकारण मैले अगुवाहरू एलीएजर, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकरिया र मशुल्‍लामलाई, साथै यहोयारीब र एल्नातान, जो विद्वान् थिए, तिनीहरूलाई बोलाइपठाएँ।
EZR 8:17 अनि मैले तिनीहरूलाई कासिप्याका अगुवा इद्दोकहाँ जान हुकुम गरेँ। मैले तिनीहरूलाई कासिप्याको मन्दिरमा सेवा गर्ने इद्दो र तिनका सहकर्मीहरूलाई के भन्‍नुपर्ने हो, सो भनी पठाए, ताकि तिनीहरूले परमेश्‍वरको भवनको निम्ति सेवकहरू ल्याउन सकून्।
EZR 8:18 हाम्रा परमेश्‍वरको कृपालु हात हामीमाथि रहेको हुनाले तिनीहरूले इस्राएलका छोरा लेवी, लेवीका छोरा महली, महलीका सन्तानबाट एक जना योग्य व्यक्ति शेरेबियाह, र शेरेबियाहका छोराहरू; अनि दाजुभाइहरू सबै गरेर 18 पुरुषहरू;
EZR 8:19 अनि हशब्याहसित, मरारीका सन्तानहरूबाट यशयाह, तिनका दाजुभाइहरू र भतिजाहरू सबै गरेर 20 पुरुषहरूलाई हामीकहाँ ल्याए।
EZR 8:20 दावीद र उनका अधिकारीहरूले नियुक्त गरेका लेवीहरूलाई सहयोग गर्ने 220 जना मन्दिरका सेवकहरूका झुण्डलाई पनि तिनीहरूले ल्याए। यिनीहरू सबैको नाम सूचीमा दर्ता गरिएको थियो।
EZR 8:21 त्यहाँ अहावा नहरको किनारमा मैले उपवासको घोषणा गरेँ, ताकि हामीले आफूलाई परमेश्‍वरको सामु नम्र तुल्याउन सकौँ; अनि हाम्रा छोराछोरीहरू र हाम्रा सबै सम्पत्ति सहित हामी परमेश्‍वरसँग सुरक्षित यात्राको प्रार्थना गर्न सकौँ।
EZR 8:22 हामीलाई बाटोमा शत्रुहरूदेखि रक्षा गर्न राजासँग सिपाहीहरू र घोडचढीहरू माग्न मलाई लाज लाग्यो; किनकि हामीले राजालाई भनेका थियौँ, “उहाँलाई खोज्ने हरेकमाथि हाम्रा परमेश्‍वरको अनुग्रही हात हुन्छ, तर उहाँलाई त्याग्नेहरूका विरुद्धमा उहाँको डरलाग्दो क्रोध पर्छ।”
EZR 8:23 यसकारण हामी उपवास बस्यौँ र यस विषयको निम्ति हाम्रा परमेश्‍वरलाई बिन्ती चढायौँ; अनि उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुभयो।
EZR 8:24 त्यसपछि मैले मुख्य पुजारीहरूमध्ये बाह्र जना र तिनीहरूसित शेरेबियाह, हशब्याह र तिनीहरूका दश जना दाजुभाइहरूलाई अलग गरेँ।
EZR 8:25 अनि मैले परमेश्‍वरको भवनका निम्ति त्यहाँ उपस्थित भएका सारा इस्राएलीहरू, राजा र उनका सल्‍लाहकारहरू, साथै अधिकारीहरूले भेटीको रूपमा चढाएका सुन र चाँदीका भाँडाहरू तिनीहरूलाई तौलेर दिएँ।
EZR 8:26 मैले तिनीहरूलाई 650 टालेन्ट चाँदी, 100 टालेन्ट चाँदीका भाँडाहरू, 100 टालेन्ट सुन,
EZR 8:27 1,000 डारिक बराबरका सुनका 20 वटा कचौराहरू र सुनजस्तै मूल्यवान् दुई वटा चिल्‍ला तामाका भाँडाहरू पनि तौलेर दिएँ।
EZR 8:28 मैले तिनीहरूलाई भनेँ, “तिमीहरूका साथै यी भाँडाहरू पनि याहवेहका निम्ति समर्पण गरिएका छन्। याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरको निम्ति सुन र चाँदीहरू स्वेच्छा-भेटी हुन्।
EZR 8:29 मुख्य पुजारीहरू र लेवीहरू, र इस्राएलका परिवारका अगुवाहरूका सामु यरूशलेममा याहवेहको भवनको कोठाहरूभित्र ती भाँडाहरू नतौलेसम्म तिमीहरूले होसियारीसाथ यसको रक्षा गर्नू।”
EZR 8:30 त्यसपछि यरूशलेममा परमेश्‍वरको भवनमा लैजानलाई जोखिएका सुन र चाँदी, पवित्र भाँडाहरू सबै पुजारीहरू र लेवीहरूले ग्रहण गरे।
EZR 8:31 पहिलो महिनाको बाह्रौँ दिनमा यरूशलेम जानलाई हामी अहावा नहरको किनारदेखि हिँड्यौँ। हाम्रा परमेश्‍वरको हात हामीमाथि थियो; अनि उहाँले हामीलाई बाटोमा शत्रुहरू र डाँकुहरूबाट बचाउनुभयो।
EZR 8:32 यसरी हामी यरूशलेममा आइपुग्यौँ र त्यहाँ हामीले तीन दिन विश्राम गर्‍यौँ।
EZR 8:33 चौथो दिनमा हाम्रा परमेश्‍वरको भवनमा उरियाहको छोरा मरेमोत पुजारीको हातमा सुन, चाँदी र पवित्र भाँडाहरू जोखेर सुम्पिदियौँ। मरेमोतसित पीनहासका छोरा पुजारी एलाजार, लेवीहरू येशूआका छोरा योजाबाद र बिन्‍नूईका छोरा नोअदिया पनि थिए।
EZR 8:34 हरेक कुरा गनिएको र जोखेर हिसाब गरिएको थियो; अनि त्यसै बेला सबै थोकको तौलको सूची बनाइयो।
EZR 8:35 त्यसपछि निर्वासनबाट फर्कने सारा निर्बासितहरूले इस्राएलका परमेश्‍वरको निम्ति होमबलिहरू चढाए: बाह्र वटा साँढेहरू, छयानब्बे भेडाहरू, सतहत्तर थुमाहरू होमबलिको निम्ति बलि चढाए। अनि यसबाहेक पापबलिको निम्ति बाह्र वटा बोकाहरू बलि चढाए। यी सबै याहवेहका निम्ति होमबलि थियो।
EZR 8:36 तिनीहरूले राजकीय शासकहरू र यूफ्रेटिस पारिका राज्यपालहरूलाई राजाका आदेशहरू पनि दिए। त्यसपछि तिनीहरूले मानिसहरू र परमेश्‍वरको भवनलाई सहायता गरे।
EZR 9:1 यी कुराहरू गरिसकेपछि अगुवाहरू मकहाँ आएर भने, “इस्राएलका मानिसहरूका साथै, पुजारीहरू र लेवीहरूले यहाँका स्थानीयवासीहरू अर्थात् कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, इजिप्टियन र एमोरीहरूका घृणित व्यवहारहरूबाट आफैँलाई अलग राखेका छैनन्।
EZR 9:2 तिनीहरूले कनानीहरूका छोरीहरूलाई आफू र आफ्ना छोराहरूका निम्ति पत्नीको रूपमा लगेका छन्। तिनीहरूले वरिपरिका मानिसहरूसँग घुलमिल गरेर पवित्र जातिलाई अशुद्ध पारेका छन्। यसरी अगुवाहरू र अधिकारीहरूले विश्‍वासघातको बाटोमा अगुवाइ गरेका छन्।”
EZR 9:3 जब मैले यो कुरा सुनेँ, तब मैले आफ्नो पोशाक र खास्टो च्यातेँ, शिरको र दाह्रीको केश उखेलेँ; अनि स्तब्ध भएर बसेँ।
EZR 9:4 त्यसपछि निर्वासनमा गएकाहरूको पापको कारण इस्राएलका परमेश्‍वरको वचनदेखि डराउनेहरू सबै मेरो वरिपरि भेला भए। अनि म बेलुकीको बलिदानको समयसम्म स्तब्ध भएर बसिरहेँ।
EZR 9:5 त्यसपछि साँझको बलिदानको समयमा म आफ्नो शोकाकुल अवस्थाबाट फाटेकै पोशाक र खास्टोसित उठेँ; अनि याहवेह मेरा परमेश्‍वरको सामु घुँडा टेकेर आफ्ना हातहरू फैलाउँदै
EZR 9:6 प्रार्थना गरेँ: “हे मेरा परमेश्‍वर, तपाईंतिर मेरो अनुहार देखाउन म अति नै लज्जित र अपमानित भएको छु; किनकि हाम्रा पापहरू हाम्रो शिरभन्दा माथि छन् र हाम्रा दोषहरू आकाशसम्मै पुगेका छन्।
EZR 9:7 हाम्रा पितापुर्खाहरूका दिनदेखि आजसम्म, हाम्रा दोषहरू अत्यन्तै धेरै भएका छन्। हाम्रा पापहरूले गर्दा हामी र हाम्रा राजाहरू र हाम्रा पुजारीहरूले विदेशी राजाहरूका तरवारबाट आजसम्मै मृत्यु, लुटपाट, कैद र अपमान खेप्नुपरेको छ, आज पनि हाम्रो हालत त्यस्तै छ।
EZR 9:8 “तर अब थोरै समयका लागि याहवेह हाम्रा परमेश्‍वर हामीप्रति कृपालु हुनुभएर हामीमध्ये केहीलाई अवशेषको रूपमा बचाउनुभएको छ; अनि उहाँको पवित्रस्थानमा हामीलाई एउटा स्थिर ठाउँ दिनुभएको छ। यसरी हाम्रा परमेश्‍वरले हाम्रा आँखाहरूमा ज्योति र हाम्रा दासत्वबाट केही विश्राम दिनुभएको छ।
EZR 9:9 हामीहरू दासहरू भए तापनि हाम्रा परमेश्‍वरले हामीलाई दासत्वमा त्याग्नुभएको छैन। परसीयाका राजाको सामु उहाँले हामीलाई अचुक कृपा देखाउनुभएको छ: हाम्रा परमेश्‍वरको भवन फेरि बनाउन र भत्केका भागलाई पुनर्निर्माण गर्नलाई उहाँले हामीलाई नयाँ जीवन दिनुभएको छ। अनि उहाँले हामीलाई यहूदा र यरूशलेममा सुरक्षाको पर्खाल दिनुभएको छ।
EZR 9:10 “तर अब हे हाम्रा परमेश्‍वर, यो भएपछि हामीले के भन्‍न सक्छौँ र? किनकि हामीले आज्ञाहरू तोडेका छौँ,
EZR 9:11 जुन तपाईंले आफ्नो सेवक अगमवक्ताहरूद्वारा अधिकार गर्न दिनुभयो; अनि त्यस बेला तपाईंले भन्‍नुभयो: ‘जुन देशमा तिमीहरू प्रवेश गर्न लागेका छौ, त्यो देश त्यहाँका मानिसहरूको अशुद्धताले दूषित पारिएको छ। तिनीहरूका घृणित व्यवहारहरूले र तिनीहरूका अशुद्धताले देशको एक कुनादेखि अर्को कुनासम्म भरिएको छ।
EZR 9:12 यसकारण तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूसित विवाहको निम्ति नदिनू। अनि तिमीहरूले पनि उनीहरूका छोरीहरू आफ्ना छोराहरूका निम्ति नल्याउनू। तिनीहरूसित मित्रताको नाता कहिल्यै नजोड्नु, ताकि तिमीहरू बलिया हुन सक र त्यस देशको असल थोकहरूमा अधिकार गर्न सक। तिमीहरूका सन्तानहरूका निम्ति सदासर्वदाका लागि पैतृक सम्पत्तिको रूपमा राख्न सक।’
EZR 9:13 “हामीलाई जे भएको छ, त्यो हाम्रै दुष्‍ट कामहरू र हाम्रै ठूलो दोषको परिणाम हो। तथापि हाम्रा परमेश्‍वर, तपाईंले हाम्रा पापहरूभन्दा कम नै सजाय दिनुभएको छ; यसरी हामीलाई अझै बाँकी राख्नुभएको छ।
EZR 9:14 के हामी फेरि तपाईंका आज्ञाहरूलाई तोडेर घृणित व्यवहार गर्ने र घृणित काम गर्ने मानिसहरूसित अन्तर-विवाह गर्ने? अनि के तपाईं हामीलाई एउटै पनि बाँकी नराखी नाश पार्न, अथवा एउटै पनि जीवित नछोडेसम्म तपाईंलाई रिस उठ्दैन थियो र?
EZR 9:15 हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईं धर्मी हुनुहुन्छ! आजको दिनसम्म हामी अवशेषको रूपमा छोडिएका छौँ। यहाँ हामी हाम्रा दोषहरूसहित तपाईंको उपस्थितिमा छौँ। यद्यपि पापको कारणले हामीमध्ये कोही पनि तपाईंको उपस्थितिमा उभिन योग्यको छैनौँ।”
EZR 10:1 जब एज्रा परमेश्‍वरको भवन अगिल्तिर भुइँमा लम्पसार परेर रुँदै पाप स्वीकार गर्दै प्रार्थना गर्दैथिए, तब इस्राएलीहरूको एउटा विशाल भीड—पुरुषहरू, स्त्रीहरू र केटाकेटीहरू, तिनको वरिपरि भेला भए। तिनीहरू सबै धुरुधुरु रोए।
EZR 10:2 त्यसपछि एलामको घरानाबाट यहीएलको छोरा शकन्याहले एज्रालाई भने, “हामीले हाम्रा वरिपरिका मानिसहरूबाट विदेशी स्त्रीहरूलाई विवाह गरेर हाम्रा परमेश्‍वरप्रति विश्‍वासघात गरेका छौँ। तर यस्तो पाप गरेको भए तापनि इस्राएलको निम्ति अझै आशा छ।
EZR 10:3 अब हाम्रा परमेश्‍वरको आज्ञाको डर मान्‍नेहरू र मेरा प्रभुको सल्‍लाहबमोजिम यी सबै कनानी स्त्रीहरू र तिनीहरूका छोराछोरीहरूलाई यहाँबाट टाढा पठाउन हामी हाम्रा परमेश्‍वरको अगि एउटा वाचा बाँधौँ। अनि योचाहिँ व्यवस्थाबमोजिम गरियोस्।
EZR 10:4 अब उठ्नुहोस्; यो काम तपाईंको हातमा छ। हामी तपाईंलाई साथ दिनेछौँ; साहस गरेर काम गर्नुहोस्।”
EZR 10:5 यसकारण एज्रा उभिएर मुख्य पुजारीहरू, लेवीहरू र सारा इस्राएलीहरूलाई सुझाव पाएअनुसार गर्नू भनेर शपथ खान लगाए। अनि तिनीहरूले शपथ खाए।
EZR 10:6 त्यसपछि एज्रा परमेश्‍वरको भवनको उपस्थितिबाट निस्केर एल्यासीबको छोरो येहोहानानको कोठातिर गए। त्यहाँ बस्दा तिनले खाना खाएनन्, न त पानी नै पिए। किनकि तिनले अझै पनि निर्वासनबाट फर्कने मानिसहरूका विश्‍वासघातको कारण शोक गरिरहेका थिए।
EZR 10:7 त्यसपछि निर्वासनबाट फर्कनेहरू सबै यरूशलेममा भेला हुन भनेर यहूदा र यरूशलेमभरि घोषणा जारी गरियो।
EZR 10:8 तीन दिनभित्र यदि कोही आएन भने अधिकारीहरू र प्रधानहरूका निर्णयअनुसार त्यसको सबै धनसम्पत्ति कब्जा गरिनेछ। अनि त्यसले आफैँलाई निर्वासनबाट फर्कनेहरूका सभाबाट अलग गर्नेछ।
EZR 10:9 तीन दिनभित्र यहूदा र बेन्यामीनका सारा मानिसहरू यरूशलेममा भेला भए। यो भेला नवौँ महिनाको बीसौँ दिनमा, परमेश्‍वरको भवनको अगिल्तिर आँगनमा भएको थियो। सारा मानिसहरू यो घटना र झरीको कारणले औधी दुःखित भएका थिए।
EZR 10:10 तब पुजारी एज्रा उभिएर तिनीहरूलाई भने, “तिमीहरू अविश्‍वासी भएका छौ; विदेशी स्त्रीहरू विवाह गरेर तिमीहरूले इस्राएलको दोषलाई अझ बढाएका छौ।
EZR 10:11 अब तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वर याहवेहको सामु आफ्ना पापहरू स्वीकार गर, र उहाँको इच्छाअनुसार गर। तिमीहरूका वरिपरिका मानिसहरू र तिमीहरूका विदेशी पत्नीहरूबाट आफूलाई अलग गर।”
EZR 10:12 सभामा भेला भएका सारा मानिसहरूले चर्को आवाजमा जवाफ दिए: “तपाईं ठिक हुनुहुन्छ! तपाईंले भन्‍नुभएअनुसार हामीले गर्नैपर्छ।
EZR 10:13 तर यहाँ असंख्य मानिसहरू छन्, र यो समय धेरै पानी पर्ने समय भएको हुनाले हामी बाहिर उभिरहन सक्दैनौँ। अनि यो विषय एक दुई दिनभित्रमा सिद्ध्याउन सकिँदैन; किनकि हामीले यस विषयमा घोर पाप गरेका छौँ।
EZR 10:14 हाम्रा अधिकारीहरूले सम्पूर्ण सभाको निम्ति काम गरून्। त्यसपछि हाम्रा परमेश्‍वरको भयङ्कर क्रोध हामीबाट नहटुन्जेल हाम्रो सहरमा भएका हरेक जसले विदेशी स्त्री विवाह गरेका छन्, ती त्यसै सहरका प्रधानहरू र न्यायकर्ताहरूसित तोकिएको समयमा आऊन्।”
EZR 10:15 असाहेलका छोरा जोनाथन र तिक्भाका छोरा यहजयाहले मात्र यस विषयको विरोध गरे। तर मशुल्‍लाम र लेवी शब्बतैले यो कुरालाई समर्थन गरे।
EZR 10:16 यसकारण निर्वासनबाट फर्कनेहरूले सङ्कल्प गरेअनुसार नै गरे। पुजारी एज्राले परिवारहरूका अगुवाहरूलाई छाने। प्रत्येक परिवारको समूहबाट एक-एक पुरुष गरेर छाने; अनि तिनीहरूका नामद्वारा तिनीहरूलाई नियुक्त गरियो। दसौँ महिनाको पहिलो दिनमा तिनीहरू ती मुद्दाहरू जाँच्नलाई बसे।
EZR 10:17 अनि पहिलो महिनाको पहिलो दिनमा जजसले विदेशी स्त्रीहरू विवाह गरेका थिए, ती सबै मानिसहरूका विषयमा खोज अनुसन्धान गरेर सिद्ध्याए।
EZR 10:18 पुजारीहरूका सन्तानहरूबाट निम्न मानिसहरूले विदेशी स्त्रीसँग विवाह गरेका थिए: योसादाकको छोरो येशूआका सन्तानहरू र तिनका दाजुभाइहरूबाट: मासेयाह, एलीएजर, यारीब र गदल्याह।
EZR 10:19 (तिनीहरू सबैले आ-आफ्ना पत्नीहरूलाई त्याग्न आफ्ना हातहरू बढाएर प्रतिज्ञा गरे। अनि आफ्ना पापका निम्ति हरेकले बथानबाट दोषबलिको रूपमा एउटा भेडा ल्याए।)
EZR 10:20 इम्मेरका सन्तानहरूबाट: हनानी र जबदियाह।
EZR 10:21 हारीमका सन्तानहरूबाट: मासेयाह, एलिया, शमायाह, यहीएल र उज्जियाह।
EZR 10:22 पशहूरका सन्तानहरूबाट: एल्योएनै, मासेयाह, इश्माएल, नथनिएल, योजाबाद र एलासा।
EZR 10:23 लेवीहरूबाट: योजाबाद, शिमी, केलायाह (जो कलीता हुन्), पतहयाह, यहूदा र एलीएजर।
EZR 10:24 सङ्गीतकारहरूबाट: एल्यासीब। द्वारपालहरूबाट: शल्‍लूम, तेलेम र ऊरी।
EZR 10:25 अनि अरू इस्राएलीहरूमा: परोशका सन्तानहरूबाट: रम्याह, यिज्जीयाह, मल्कियाह, मिय्यामीन, एलाजार, मल्कियाह र बनायाह।
EZR 10:26 एलामका सन्तानहरूबाट: मत्तन्याह, जकरिया, यहीएल, अब्दी, यरेमोत र एलिया।
EZR 10:27 जत्तूका सन्तानहरूबाट: एल्योएनै, एल्यासीब, मत्तन्याह, यरेमोत, जाबाद र अजीजा।
EZR 10:28 बेबैका सन्तानबाट: येहोहानान, हनन्याह, जब्बै र अत्लै।
EZR 10:29 बानीका सन्तानहरूबाट: मशुल्‍लाम, मल्‍लूक, अदायाह, याशूब, शाल र यरेमो।
EZR 10:30 पहत-मोआबका सन्तानहरूबाट: अदना, कलाल, बनायाह, मासेयाह, मत्तन्याह, बजलेल, बिन्‍नूई र मनश्शे।
EZR 10:31 हारीमका सन्तानहरूबाट: एलीएजर, यिशियाह, मल्कियाह, शमायाह, शिमियोन,
EZR 10:32 बेन्यामीन, मल्‍लूक र शमर्याह।
EZR 10:33 हाशूमका सन्तानहरूबाट: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्शे र शिमी।
EZR 10:34 बानीका सन्तानहरूबाट: मादै, अम्राम, ऊएल,
EZR 10:35 बनायाह, बेदयाह, कलूही,
EZR 10:36 भन्याह, मरेमोत, एल्यासीब,
EZR 10:37 मत्तन्याह, मत्तनै र यासू।
EZR 10:38 बिन्‍नूईका सन्तानहरूबाट: शिमी,
EZR 10:39 शेलेम्याह, नातान, अदायाह,
EZR 10:40 मक्नादबै, शाशै, शारै,
EZR 10:41 अज्रेल, शेलेम्याह, शमर्याह,
EZR 10:42 शल्‍लूम, अमर्याह र योसेफ।
EZR 10:43 नेबोको सन्तानहरूबाट: यीएल, मत्तीत्याह, जाबाद, जबीना, यद्दै, योएल र बनायाह।
EZR 10:44 यी सबै मानिसहरूले विदेशी स्त्रीहरूसँग विवाह गरेका थिए; अनि केही पत्नीहरूबाट सन्तान पनि जन्मिएका थिए।
NEH 1:1 हकल्याहका छोरा नहेम्याहका वचनहरू: अर्तसास्त राजाको शासनको बीसौँ वर्षको किसलेव महिनामा जब म फारसको राजधानी शूशनको सहरमा थिएँ,
NEH 1:2 तब मेरा दाजुभाइहरूमध्येका एक जना हनानी केही मानिसहरूसित यहूदाबाट आए। तब मैले तिनीहरूलाई कैदबाट बाँकी रहेका यहूदीहरूको बारेमा र यरूशलेमको बारेमा पनि सोधेँ।
NEH 1:3 तिनीहरूले मलाई भने, “कैदबाट बाँचेर निर्वासनबाट फर्कनेहरू अति कष्‍टमा र अपहेलनामा परेका छन्। यरूशलेमको पर्खाल भत्काइएको छ, र त्यसका ढोकाहरू आगोद्वारा जलाएर भस्म पारिएका छन्।”
NEH 1:4 जब मैले यो खबर सुनेँ, तब म बसेर रोएँ। मैले केही दिनसम्म विलाप गरेँ, उपवास बसेँ र स्वर्गका परमेश्‍वरसँग प्रार्थना गरेँ।
NEH 1:5 तब मैले भनेँ: “हे याहवेह, स्वर्गका परमेश्‍वर, महान् र भययोग्य परमेश्‍वर, तपाईंले तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञापालन गर्नेहरूप्रति आफ्नो अचुक प्रेमको करार पूरा गर्नुहुन्छ।
NEH 1:6 इस्राएलका मानिस तपाईंका सेवकहरूका निम्ति तपाईंको अगि तपाईंको सेवकले दिनरात चढाइरहेको प्रार्थना ध्यानसँग सुन्‍नलाई तपाईंका कानहरूले ध्यान देऊन् र हेर्नलाई आँखा खुला रहून्। हामी सबै इस्राएलीहरूले पाप गरेका छौँ, साथै म र मेरा पिताका घरानाले तपाईंको विरुद्धमा गरेका पापहरू स्वीकार गर्दछु।
NEH 1:7 हामीले तपाईंको विरुद्धमा अति दुष्‍ट काम गरेका छौँ। तपाईंले तपाईंको सेवक मोशालाई दिनुभएका आज्ञाहरू, उर्दीहरू र व्यवस्थाहरू हामीले पालन गरेका छैनौँ।
NEH 1:8 “तपाईंले आफ्नो सेवक मोशालाई यसो भनेर दिनुभएका वचनहरू सम्झनुहोस्, ‘यदि तिमीहरू अविश्‍वासी भयौ भने म तिमीहरूलाई जातिहरूका बीचमा छरपस्ट पारिदिनेछु।
NEH 1:9 तर यदि तिमीहरू मकहाँ फर्क्यौ र मेरा आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरूका कैदमा लगिएका मानिसहरू पृथ्वीको पल्‍लो छेउमा भए तापनि म तिनीहरूलाई त्यहाँबाट बटुल्नेछु। अनि तिनीहरूलाई मैले आफ्नो नामको खातिर मेरो वासस्थान हुनलाई चुनेको ठाउँ यरूशलेममा ल्याउनेछु।’
NEH 1:10 “तिनीहरू तपाईंका सेवक र तपाईंका मानिसहरू हुन्, जसलाई तपाईंले आफ्नो महान् शक्ति र सामर्थी हातले उद्धार गर्नुभयो।
NEH 1:11 हे प्रभु, तपाईंको कान तपाईंको यस सेवकको प्रार्थना र तपाईंको नामको डर मान्‍नलाई खुशी हुने तपाईंका सेवकहरूका प्रार्थनाप्रति ध्यान केन्द्रित रहून्। राजाको उपस्थितिमा निगाह प्राप्‍त गर्न दिएर तपाईंको सेवकलाई सफलता दिनुहोस्।” म राजालाई दाखमद्य टक्राउने अधिकृत थिएँ।
NEH 2:1 राजा अर्तसास्तको शासनको बीसौँ वर्षको नीसान महिनामा उहाँको निम्ति मद्य ल्याइएको बेला मैले मद्य उठाएँ, र त्यो राजालाई टक्राएँ। उहाँको उपस्थितिमा म पहिले कहिल्यै पनि उदास भएको थिइनँ।
NEH 2:2 यसकारण राजाले मलाई सोध्नुभयो, “तिमी बिरामी नभए तापनि तिम्रो अनुहार किन यति धेरै उदास देखिन्छ? यो त हृदयको उदासीनता बाहेक अरू केही हुन सक्दैन।” तब म साह्रै डराएँ।
NEH 2:3 अनि मैले राजालाई जवाफ दिएँ, “राजा अमर रहून्! मेरा पितापुर्खाहरू गाडिएको मेरो सहर उजाड अवस्थामा हुँदा, र त्यसका मूलढोकाहरू आगोद्वारा नष्‍ट भएको छ भने मेरो अनुहार किन उदास हुँदैन र?”
NEH 2:4 राजाले मलाई भन्‍नुभयो, “तिमी मबाट के चाहन्छौ?” तब मैले स्वर्गका परमेश्‍वरसँग प्रार्थना गरेँ,
NEH 2:5 अनि मैले राजालाई जवाफ दिएँ, “यदि राजालाई असल लाग्छ र यदि तपाईंको सेवकले राजाको दृष्‍टिमा निगाह प्राप्‍त गरेको छ भने मलाई मेरा पितापुर्खाहरू गाडिएको सहर यहूदामा जाने अनुमति दिइयोस्, ताकि म त्यस सहरलाई पुनर्निर्माण गर्न सकूँ।”
NEH 2:6 तब राजाले, रानी पनि उनको साथमा बसिरहेकी अवस्थामा मलाई सोध्नुभयो, “यात्राको लागि तिमीलाई कति समय लाग्नेछ र तिमी कहिले फर्कनेछौ?” मलाई यरूशलेम पठाउन राजालाई असल लाग्यो। यसकारण मैले यरूशलेम जान समय निर्धारण गरेँ।
NEH 2:7 मैले राजालाई यो पनि बिन्ती गरेँ, “यदि राजालाई असल लागे, के यूफ्रेटिस पारिका राज्यपालहरूलाई लेखिएको पत्र म पाउन सक्छु, ताकि म यहूदा नपुगेसम्म तिनीहरूले मप्रति असल व्यवहार गरून्?
NEH 2:8 अनि के म राजकीय वनका अधिकारी आसापलाई लेखिएको एउटा पत्र पनि पाउन सक्छु; ताकि मन्दिरको छेउको किल्‍लाका मूलढोकाहरूका निम्ति चौकस, सहरको पर्खाल र म बस्‍ने घरको निम्ति काठहरू तिनले मलाई देऊन्?” मेरा परमेश्‍वरका अनुग्रही हात ममाथि रहेको कारण राजाले मेरा बिन्तीहरूमा मन्जुर हुनुभयो।
NEH 2:9 यसकारण म यूफ्रेटिस नदीपारिका राज्यपालहरूकहाँ गएँ, र तिनीहरूलाई राजाका पत्रहरू दिएँ। राजाले मसित सेनापतिहरू र घोडचढीहरू पनि पठाइदिनुभएको थियो।
NEH 2:10 जब होरोनी सन्बलत र अम्मोनी अधिकृत तोबियाहले इस्राएलीहरूको भलाइ गर्न खोज्ने कोही व्यक्ति आएका छन् भन्‍ने कुरा सुने, तब तिनीहरू साह्रै विचलित भए।
NEH 2:11 म यरूशलेममा गएँ, र त्यहाँ तीन दिन बसेँ।
NEH 2:12 म रातको समयमा केही मानिसहरूसित निस्केँ। परमेश्‍वरले यरूशलेमको निम्ति केही गर्ने कुरा मेरो हृदयमा हालिदिनुभएको थियो। त्यो कुरा मैले कसैलाई भनिनँ। म आफू चढेको सवारीबाहेक मसित अरू पशु थिएन।
NEH 2:13 म राति नै बेँसीको मूलढोका हुँदै स्याल पोखरी र फोहोर मूलढोका भएर यरूशलेमका पर्खालहरू जाँच गर्दैगएँ, जुनचाहिँ भत्काइएका र त्यसका मूलढोकाहरू आगोले जलाएर भस्म पारिएका थिए।
NEH 2:14 त्यसपछि म फोहरा मूलढोका र राजाको पोखरीतिर अगि बढेँ, तर त्यहाँ मेरो पशुलाई छिर्ने ठाउँ थिएन।
NEH 2:15 यसकारण पर्खालहरू जाँच गर्दै म राति नै बेँसीमा उक्लेँ। आखिरमा म फर्केर बेँसीको मूलढोका हुँदै सहरभित्र पसेँ।
NEH 2:16 अधिकारीहरूलाई म कहाँ गएको थिएँ, अथवा मैले के गर्न लागेको थिएँ, त्यो कुरा थाहा भएन। किनकि मैले यहूदीहरू वा पुजारीहरू वा अधिकारीहरू वा अधिकृतहरू, अर्थात् अरू कामको जिम्मा लिने कसैलाई पनि केही भनेको थिइनँ।
NEH 2:17 तब मैले तिनीहरूलाई भनेँ, “हामी जुन कष्‍टमा छौँ, त्यो तिमीहरूले देखेका छौ: यरूशलेम भत्किएको अवस्थामा छ, र यसका मूलढोकाहरू आगोले जलाइएका छन्। आओ, हामी यरूशलेमको पर्खाल पुनर्निर्माण गरौँ। तब हामी फेरि अपमानित भएर रहन पर्नेछैन।”
NEH 2:18 ममाथि मेरा परमेश्‍वरका अनुग्रही हात रहेको र राजाले मलाई भन्‍नुभएका सबै कुरा मैले तिनीहरूलाई भनिदिएँ। तिनीहरूले जवाफ दिए, “हामी पुनर्निर्माणको काम सुरु गरौँ।” यसरी तिनीहरूले यो असल काम सुरु गरे।
NEH 2:19 तर जब होरोनी सन्बलत, अधिकृत अम्मोनी तोबियाह र अरबी गेशेमले यस बारेमा सुने, तब तिनीहरूले हाम्रो खिल्‍ली उडाए, र हाम्रो गिल्‍ला गरे। तिनीहरूले सोधे, “तिमीहरूले यो के गरेको? के यो राजाको विरुद्धमा गरेको विद्रोह होइन र?”
NEH 2:20 मैले तिनीहरूलाई यसो भनेर जवाफ दिएँ, “स्वर्गका परमेश्‍वरले हामीलाई सफलता दिनुहुनेछ। हामी उहाँका सेवकहरूले पुनर्निर्माणको काम सुरु गर्दैछौँ। तर तिमीहरूको बारेमा चाहिँ यरूशलेममा तिमीहरूको कुनै हिस्सा छैन, वा यसमा कुनै दाबी छैन; न त ऐतिहासिक अधिकार नै छ।”
NEH 3:1 प्रधान पुजारी एल्यासीब र तिनका सहयोगी पुजारीहरूले काम सुरु गरेर भेडा ढोकाको पुनर्निर्माण गरे। तिनीहरूले भेडा ढोकालाई समर्पण गरे, र ढोकाहरूलाई त्यसका ठाउँमा खडा गरे। तिनीहरूले यो काम सयको धरहरासम्मै र हननेलको धरहरासम्मै तिनीहरूले काम सके, र त्यसलाई अर्पण गरे।
NEH 3:2 त्यस पछिको जोडिएको भाग यरीहोका मानिसहरूले बनाए, र इम्रीका छोरा जक्‍कूरले तिनीहरूको छेउको भाग बनाए।
NEH 3:3 माछा ढोकाचाहिँ हस्सन्‍नाका छोराहरूले पुनर्निर्माण गरे। तिनीहरूले त्यसका चौकसहरू बसाले, र त्यसका ढोकाहरू, छेस्किनी र आग्लाहरू ठिक ठाउँमा राखे।
NEH 3:4 त्यस पछिको अर्को भाग मरेमोत उरियाहका छोरा हक्‍कोसका नातिले मर्मत गरे। त्यसका ठिक छेउमा मशुल्‍लाम बेरेक्याहका छोरा मशेजबेलका नातिले मर्मत गरे; अनि त्यसको छेउको भाग बानाहका छोरा सादोकले मर्मत गरे।
NEH 3:5 अर्को नजिकको भाग तकोका मानिसहरूले मर्मत गरे; तर तिनीहरूका खानदानी मानिसहरूले चाहिँ तिनीहरूका अगुवाहरूले भनेका काममा आफ्ना हात लगाएनन्।
NEH 3:6 येशना ढोकाचाहिँ यहोयादा पसेहका छोरा र मशुल्‍लाम बसोदयाहका छोराले मर्मत गरे। तिनीहरूले त्यसका चौकसहरू बसाले, र त्यसका ढोकाहरू, छेस्किनी र आग्लाहरू ठिक ठाउँमा लगाए।
NEH 3:7 तिनीहरूका छेउको भाग गिबोनी र मिस्पाका मानिसहरूले मर्मत गरे, अर्थात् गिबोनको मलत्याह र मरोनोतीको यादोन—तिनीहरू यूफ्रेटिस नदीपारिका प्रान्तका अधिकृतहरूको अधिकारमुनि थिए।
NEH 3:8 सुनारहरूमध्ये एक जना उज्जीएल हरहायाहका छोराले अर्को भाग मर्मत गरे; अत्तर बनाउनेहरूमध्ये एक जना हनन्याहले त्यस पछिको भाग मर्मत गरे। तिनीहरूले चौडा पर्खालसम्म यरूशलेमलाई पुनर्निर्माण गरे।
NEH 3:9 त्यस पछिको भाग हूरका छोरा रपायाह, यरूशलेमको आधा जिल्‍लाका शासकले मर्मत गरे।
NEH 3:10 त्यससित जोडिएको भाग यदायाह हारूमापका छोराले आफ्नो घरको सामुको भाग मर्मत गरे। अनि हत्तूश हशबन्याहका छोराले त्यस पछिको भाग मर्मत गरे।
NEH 3:11 त्यस पछिको अर्को भाग मल्कियाह हारीमका छोरा र हश्शूब पहत-मोआबका छोराले चुल्होको चिम्नी मर्मत गरे।
NEH 3:12 त्यस पछिको भाग शल्‍लूम हल्‍लोहेशका छोरा, जो यरूशलेमको आधा जिल्‍लाका शासक थिए, तिनका छोरीहरूको सहायताले मर्मत गरे।
NEH 3:13 बेँसी ढोकाचाहिँ हानून र जानोह सहरका बासिन्दाहरूले मर्मत गरे। तिनीहरूले त्यो पुनर्निर्माण गरे; अनि छेस्किनीहरू र आग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले। तिनीहरूले फोहोर मूलढोकासम्म नै एक हजार क्यूबिट लामो पर्खाल मर्मत गरे।
NEH 3:14 फोहोर मूलढोकाचाहिँ मल्कियाह रेकाबका छोरा, बेथ-हक्‍केरेम जिल्‍लाका शासकले मर्मत गरे। तिनले त्यसलाई पुनर्निर्माण गरेर त्यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू ठिक ठाउँमा लगाए।
NEH 3:15 फोहरा मूलढोका शल्‍लूम कोल-होजेका छोरा, मिस्पा जिल्‍लाका शासकले मर्मत गरे। तिनले त्यसलाई पुनर्निर्माण गरे। त्यसमाथि छाना लगाए र त्यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू ठिक ठाउँमा लगाए। तिनले राजाको बगैँचाको छेउको सिलोआमको पोखरीको पर्खालहुँदै दावीदको सहरबाट तल झर्ने खुड्‌किलाहरूसम्मै मर्मत गरे।
NEH 3:16 तिनको पछिको भाग नहेम्याह अज्बूकका छोरा, बेथ-सूरको आधा जिल्‍लाका शासकले दावीदका राजकीय चिहानहरूका सामु बनावटी पोखरी र वीर लडाकुहरूका घरसम्म मर्मत गरे।
NEH 3:17 तिनको छेउको भाग बानीका छोरा रेहूमको अधीनमा लेवीहरूले मर्मत गरे। तिनको छेउको भाग कीलाहको आधा जिल्‍लाका शासक हशब्याहले आफ्नो जिल्‍लाको निम्ति मर्मतको काम गरे।
NEH 3:18 तिनको छेउको भाग तिनीहरूका सङ्गी-लेवीहरूले कीलाह जिल्‍लाका शासक बाव्वै हेनादादका छोराको अधीनमा मरमत गरे।
NEH 3:19 तिनको छेउको भाग एजेर येशूअका छोरा, मिस्पा सहरका शासकले हतियार भण्डारतिर जाने छेउको सामुदेखि अर्को पर्खालको कुनाको भागसम्म मर्मत गरे।
NEH 3:20 तिनको छेउको भाग बारूक जब्बैका छोराले जोशको साथ प्रधान पुजारी एल्यासीबको घरको प्रवेशद्वारको कुनासम्मै मर्मत गरे।
NEH 3:21 तिनको पछिको भाग, मरेमोत हक्‍कोसका छोरा उरियाहका नातिले, एल्यासीबको घरको प्रवेशद्वारको कुनादेखि त्यसको अर्को कुनासम्मै मर्मत गरे।
NEH 3:22 तिनको छेउको भाग यरूशलेमका वरिपरिका इलाकामा बस्‍ने पुजारीहरूले मर्मत गरे।
NEH 3:23 तिनीहरूपछिको भाग बेन्यामीन र हश्शूब आफ्ना घरको सामु मर्मत गरे; अनि तिनीहरूपछिको भाग अजर्याह मासेयाहका छोरा अननियाहका नातिले आफ्नो घरको सामु मर्मत गरे।
NEH 3:24 अजर्याह पछि अर्को भाग बिन्‍नूई हेनादादका छोराले, अजर्याहका घरको घुमेको कुनाबाट अर्को कुनासम्म मर्मत गरे।
NEH 3:25 पलाल उज्जैका छोराले छेउको कुना र रक्षकहरूका चोकनिरको माथिल्‍लो राजमहलबाट देखिने धरहरासम्म मर्मत गरे। तिनको पछिको भाग पदायाह परोशका छोरा,
NEH 3:26 अनि ओपेलको डाँडामा बस्‍ने मन्दिरका कर्मचारीहरूले पूर्वतिर भएको पानी मूलढोकाको सामुको भाग र धरहरा देखिने ठाउँसम्म मर्मत गरे।
NEH 3:27 तिनीहरूपछिको अर्को भाग तकोका मानिसहरूले, ठूलो धरहरादेखि ओपेलको पर्खालसम्म मर्मत गरे।
NEH 3:28 घोडा मूलढोकाको मास्तिरचाहिँ पुजारीहरूले आ-आफ्नो घरको सामु मर्मत गरे।
NEH 3:29 तिनीहरूको पछिको भाग सादोक इम्मेरका छोराले आफ्नो घरको सामुको भाग मर्मत गरे। तिनको पछिको अर्को भाग शमायाह शकन्याहका छोरा, पूर्वीय मूलढोकाको द्वारपालले मर्मत गरे।
NEH 3:30 तिनको पछि हनन्याह शेलेम्याहका छोरा र सलापका छैटौँ छोरा हानूनले अर्को भाग मर्मत गरे। तिनीहरूपछि मशुल्‍लाम बेरेक्याहका छोराले आफ्नो बस्‍ने घरको सामुको भाग मर्मत गरे।
NEH 3:31 तिनको पछि सुनारहरूमध्येका एक मल्कियाहले निरीक्षण मूलढोकाको सामु मन्दिरका सेवकहरू र व्यापारीहरूको घरसम्मै, र कुनाको माथिको कोठासम्मै मर्मत गरे।
NEH 3:32 अनि माथिको कोठा र भेडा मूलढोकाको बीचको भाग सुनारहरू र व्यापारीहरूले मर्मत गरे।
NEH 4:1 जब हामीले पर्खालको पुनर्निर्माण गरिरहेका छौँ भन्‍ने सन्बलतले सुने, तब उनी साह्रै क्रोधित भएर रिसको आगोमा तिनले यहूदीहरूलाई खिसी गरे।
NEH 4:2 तिनका साथीहरू र सामरियाको सेनाहरूको उपस्थितिमा तिनले भने, “यी कमजोर यहूदीहरूले के गरिरहेका छन्? के तिनीहरूले आफ्नो पर्खाल पुनर्निर्माण गर्नेछन्? के तिनीहरूले बलिदानहरू चढाउनेछन्? के तिनीहरूले एकै दिनमा सिद्ध्याउनेछन्? के तिनीहरूले आगोले जलेका ढुङ्गाहरूका ती थुप्रोबाट नयाँ जीवन ल्याउन सक्छन्?”
NEH 4:3 उनको छेउमै भएको अम्मोनी तोबियाहले भने, “तिनीहरूले जे बनाइरहेका छन्—त्यसमाथि एउटा स्याल चढ्यो भने पनि तिनीहरूका ढुङ्गाका पर्खाल भत्काइदिनेछ!”
NEH 4:4 हे हाम्रा परमेश्‍वर, हाम्रो पुकार सुन्‍नुहोस्; किनकि तिनीहरूले हाम्रो अपमान गरिरहेका छन्। तिनीहरूका अपमानहरू तिनीहरूकै शिरमाथि फर्काइदिनुहोस्। तिनीहरूलाई कैदको देशमा लुटका मालसामानझैँ तुल्याइदिनुहोस्।
NEH 4:5 तिनीहरूका अपराध क्षमा नगरिदिनुहोस्, र तपाईंको दृष्‍टिबाट तिनीहरूका पापहरू नमेटिदिनुहोस्; किनकि तिनीहरूले निर्माण गर्नेहरूकै अगि अपमान गरेका छन्।
NEH 4:6 यसकारण हामीले पर्खाल त्यसको उचाइको आधा भाग नपुगेसम्म पुनर्निर्माण गर्‍यौँ; किनकि मानिसहरूले आफ्ना सम्पूर्ण हृदयले काम गरेका थिए।
NEH 4:7 तर जब सन्बलत, तोबिया, अरबीहरू, अम्मोनीहरू र अश्दोदका मानिसहरूले यरूशलेमको पर्खालको काम प्रगति भइरहेको छ र भत्किएका ठाउँहरू पुरिँदैछ भन्‍ने कुरा सुने तब तिनीहरू साह्रै रिसाए।
NEH 4:8 तिनीहरूले आएर यरूशलेमको विरुद्धमा युद्ध गर्न र यस सहरको विरुद्धमा खलबल गराउन एकसाथ मिलेर षड्यन्त्र गरे।
NEH 4:9 तर हामीले आफ्ना परमेश्‍वरलाई प्रार्थना गर्‍यौँ, र यस धम्कीको सामना गर्नलाई दिनरात पहरेदार राख्यौँ।
NEH 4:10 त्यसपछि यहूदाका मानिसहरूले भने, “मजदुरहरूको बल कमजोर भइरहेछ, र त्यहाँ फोहोर अति धेरै छ; यसकारण हामीले पर्खालको पुनर्निर्माण गर्न सक्दैनौँ।”
NEH 4:11 तब हाम्रा शत्रुहरूले भने, “तिनीहरूले थाहा पाउन वा हामीलाई देख्नभन्दा अगाडि नै, हामी तिनीहरूका बीचमा जानेछौँ, तिनीहरूलाई मारिदिनेछौँ र यस कामको अन्त्य गरिदिनेछौँ।”
NEH 4:12 तब तिनीहरूको छेउमा बस्‍ने यहूदीहरू आए, र हामीलाई दश पटकभन्दा बढी यसो भने, “तपाईंहरू जता फर्के तापनि तिनीहरूले हामीलाई चारैतिरबाट आक्रमण गर्नेछन्।”
NEH 4:13 यसकारण मैले केही मानिसहरूलाई पर्खालको सबैभन्दा तल्‍लो खुला ठाउँहरूमा तिनीहरूका परिवारअनुसार तिनीहरूका तरवारहरू, भालाहरू र धनुकाँड लिएर बस्‍ने आदेश दिएँ।
NEH 4:14 मैले सबै कुराहरू हेरिसकेपछि, म खडा भएर अधिकारीहरू, अधिकृतहरू र बाँकी मानिसहरूलाई भनेँ, “तिमीहरू तिनीहरूसित नडराओ। महान् र भययोग्य प्रभुलाई याद गर; अनि आफ्ना दाजुभाइहरूको निम्ति, आफ्ना छोराहरूका र छोरीहरूका निम्ति, आफ्ना पत्नीहरू र आफ्ना घरहरूको निम्ति युद्ध गर।”
NEH 4:15 जब हाम्रा शत्रुहरूले हामीलाई तिनीहरूको योजनाबारे थाहा भयो, र परमेश्‍वरले त्यसलाई विफल पार्नुभयो भन्‍ने कुरा सुने, हामी सबै पर्खालको पुनर्निर्माण काम गर्न फर्क्यौँ, र हामी प्रत्येक आ-आफ्ना काममा लाग्यौँ।
NEH 4:16 त्यस दिनदेखि उसो मेरो अधीनमा भएका आधा मानिसहरू काममा लागिरहे भने अर्को आधा भाग मानिसहरू भाला, ढाल, धनु र हतियारले सुसज्जित भइबसे; अनि यहूदाका सारा मानिसहरूको पछिल्तिर अगुवाहरू खडा भए,
NEH 4:17 जुन मानिसहरूले पर्खाल बनाइरहेका थिए। सामान बोक्ने कामदारहरूले एक हातले काम गर्थे, र अर्को हातले हतियार बोक्थे।
NEH 4:18 अनि निर्माण काम गर्नेहरू आफ्नो तरवार भिरेर बनाउने काम गर्थे। तर तुरही फुक्ने मानिसहरूचाहिँ मसँग बस्थे।
NEH 4:19 तब मैले अगुवाहरूलाई, अधिकारीहरूलाई र बाँकी मानिसहरूलाई यसो भनेँ, “काम बढिरहेको र फैलिएको छ; अनि हामीहरू पर्खालमा एक-अर्कादेखि निकै टाढा-टाढा छौँ।
NEH 4:20 तिमीहरूले जुन ठाउँमा तुरही बजेको आवाज सुन्छौ, त्यहीँ नै हामीहरूसँग भेला हुनू। हाम्रा परमेश्‍वरले हाम्रा निम्ति युद्ध गर्नुहुनेछ!”
NEH 4:21 यसरी आधा मानिसहरूले भाला समातेर पहरा गरेको अवस्थामा, अरू आधा मानिसहरूले चाहिँ बिहान उज्यालो भएदेखि राति तारा देखा पर्न थालुन्जेलसम्म काम गरिरह्‍यौँ।
NEH 4:22 त्यस बेला मैले मानिसहरूलाई यो पनि भनेँ, “राति हरेक मानिस र त्यसको सेवक यरूशलेमभित्र रहोस्, ताकि तिनीहरूले राति हाम्रो पहरेदारको रूपमा र दिउँसो कामदारको रूपमा सेवा गर्न सकून्।”
NEH 4:23 न मैले, न त मेरा दाजुभाइहरूले; न मेरा मानिसहरूले न त मसित भएका अङ्गरक्षकहरूले आफ्ना लुगा फुकाल्यौँ। पानी पिउन जाँदा पनि हरेकसँग आफ्नो हातमा हतियार हुन्थ्यो।
NEH 5:1 अब मानिसहरू र तिनीहरूका पत्नीहरूले आफ्ना यहूदी दाजुभाइहरूको विरोधका आवाज उठाउन थाले।
NEH 5:2 केही मानिसहरूले यसो भन्दैथिए, “हामी र हाम्रा छोराछोरीहरू ठूलो संख्यामा छौँ; यसकारण हामीलाई खान र बाँच्नको निम्ति, जसरी भए पनि, अन्‍न चाहिन्छ।”
NEH 5:3 अरू केही मानिसहरूले चाहिँ यसो भन्दैथिए, “हामी अनिकालको समयमा अन्‍न पाऔँ भनेर आफ्ना खेतबारीहरू, दाखबारीहरू र घरहरू बन्धक राख्दैछौँ।”
NEH 5:4 अनि अरू मानिसहरूले यसो भन्दैथिए, “हामीले आफ्ना खेतबारी र दाखबारीहरूका निम्ति कर तिर्नलाई रकम ऋण लिएका छौँ।
NEH 5:5 हामी आफ्ना दाजुभाइहरूकै मासु र रगत भए तापनि हाम्रा सन्तान तिनीहरूका झैँ असल भए तापनि हामीले आफ्ना छोराछोरीहरू तिनीहरूका अधीनमा कमारा-कमारी तुल्यानलाई दिनुपरेको छ। हाम्रा कोही-कोही छोरीहरू त पहिल्यै कमारी भइसकेका छन्। तर हामी असहाय छौँ, किनकि हाम्रा खेतबारीहरू र हाम्रा दाखबारीहरू अरूहरूका भइसकेका छन्।”
NEH 5:6 जब मैले तिनीहरूका रोदन र यी अभियोगहरू सुनेँ, तब मलाई साह्रै रिस उठ्यो।
NEH 5:7 मैले तिनीहरूलाई मनमा सम्झेँ। त्यसपछि अगुवाहरू र अधिकारीहरूलाई दोषी ठहराएँ। मैले तिनीहरूलाई भनेँ, “तिमीहरूले आफ्नै दाजुभाइहरूबाट ब्याज लिँदैछौ!” यसकारण तिनीहरूसँग सम्झौता गर्न मैले एउटा ठूलो सभा राखेँ।
NEH 5:8 अनि मैले तिनीहरूलाई भनेँ: “सम्भव भएसम्म हामीले अरू जातिहरूकहाँ बेचिएका हाम्रा यहूदी दाजुभाइहरूलाई दाम तिरेर छुटाएका छौँ। अब तिमीहरूले के आफ्ना दाजुभाइहरूलाई बेच्छौ त? वा तिनीहरू फेरि हामीहरूकहाँ नै बिक्री गरिऊन् त?” तब तिनीहरू चुपचाप बसे; किनकि तिनीहरूसँग जवाफ दिनको लागि केही थिएन।
NEH 5:9 यसकारण मैले भन्दै गएँ, “तिमीहरूले जे गरिरहेका छौ, सो ठिक छैन। हाम्रा गैरयहूदी शत्रुहरूको निन्दाबाट बच्नको लागि के तिमीहरू परमेश्‍वरको डर मानेर चल्नुपर्ने थिएन र?
NEH 5:10 यसरी म, मेरा दाजुभाइहरू र मेरा मानिसहरूले पनि तिनीहरूलाई रकम र अन्‍न उधारो दिन्छौँ। तर यस्तो ब्याज लिने कामचाहिँ बन्द गरौँ!
NEH 5:11 तिनीहरूलाई तिनीहरूका खेतहरू, दाखबारीहरू, जैतुनबारीहरू र घरहरू साथै तिमीहरूले तिनीहरूबाट लिएका रकम, अन्‍न, दाखमद्य र तेलको सयौँ भाग ब्याज तुरुन्तै फर्काइदेऊ।”
NEH 5:12 तिनीहरूले भने, “हजुर, हामी त्यो फर्काइदिनेछौँ। अनि हामी तिनीहरूबाट अरू केही कुरा माग गर्नेछैनौँ। तपाईंले भन्‍नुभएजस्तै हामी गर्नेछौँ।” तब मैले पुजारीहरूलाई बोलाइपठाएँ; अनि अगुवाहरू र अधिकारीहरूलाई तिनीहरूले जे गर्नेछौँ भनी भनेका थिए, त्यसको शपथ खान लगाएँ।
NEH 5:13 मैले आफ्ना वस्त्रको छेउको मोडिएको भाग टकटकाएर भनेँ, “यसरी नै यस प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसलाई त्यसको घर र सम्पत्तिबाट परमेश्‍वरले टकटक्याइ दिनुहुनेछ। यसरी नै यस्तो मानिस टकटक्याइएको होस् र रित्तो पारिएको होस्!” यस कुरामा सारा समुदायले भने, “आमेन,” अनि याहवेहको प्रशंसा गरे। तब मानिसहरूले आफूले प्रतिज्ञा गरेझैँ गरे।
NEH 5:14 यसबाहेक, राजा अर्तसास्तको शासनकालको बीसौँ वर्षमा म यहूदामा तिनीहरूको राज्यपाल नियुक्त भएदेखि उहाँको बत्तीसौँ वर्ष, अर्थात् बाह्र वर्षसम्म अधिकृत भएर सेवा गर्दा, न त मैले, न त मेरा दाजुभाइहरूले राज्यपालको निम्ति दिइने भोजन खायौँ।
NEH 5:15 तर मभन्दा पहिलेका राज्यपालहरूले मानिसहरूमाथि ठूलो बोझ लगाएका थिए। अनि भोजन र दाखमद्यको साथमा तिनीहरूबाट चार सय शेकेल चाँदी लिए। तिनीहरूका सहायकहरूले पनि मानिसहरूमाथि अधिकार जमाए। तर परमेश्‍वरप्रतिको डरको कारणले गर्दा मैले त्यसो गरिनँ।
NEH 5:16 त्यसको सट्टा मैले आफूलाई यस पर्खालको काममा लगाइरहेँ। मेरा सबै मानिसहरू कामको निम्ति त्यहाँ भेला भए; हामीले कुनै पनि जग्गाजमिन किनेनौँ।
NEH 5:17 यसबाहेक, मसँग मेरो टेबुलमा एक सय पचास जना यहूदीहरू र अधिकृतहरूले अनि वरिपरिका देशहरूबाट आउने मानिसहरूले खाने गर्थे।
NEH 5:18 प्रत्येक दिन मेरा निम्ति एउटा गोरु, छ वटा असल भेडाहरू र केही कुखुराहरू तयार गरिन्थे। प्रत्येक दश दिनमा सबै प्रकारका दाखमद्यहरू प्रशस्त मात्रामा जुटाइन्थ्यो। यी सबै कुरा हुँदा पनि मैले राज्यपालका निम्ति तोकिएको भोजन कहिल्यै मागिनँ; किनकि यी मानिसहरूमा ठूलो भार परेको थियो।
NEH 5:19 हे मेरा परमेश्‍वर, मैले यी मानिसहरूका निम्ति गरेका सबै भलाइका कामको निम्ति मलाई अनुग्रह सहित सम्झना गर्नुहोस्।
NEH 6:1 जब सन्बलत, तोबियाह, अरबी गेशेम र हाम्रा अरू शत्रुहरूकहाँ मैले पर्खालको पुनर्निर्माण गरिसकेको र त्यसमा एउटै दरार पनि नभएको खबर पुग्यो—यद्यपि त्यस बेलासम्म मैले मूलढोकाहरूमा ढोकाहरू लगाएको थिइनँ।
NEH 6:2 सन्बलत र गेशेमले मलाई यो खबर पठाए: “आऊ, हामी ओनोको बेँसीमा एउटा गाउँमा एकसाथ भेला होऔँ।” तर तिनीहरूले मलाई हानि गर्ने षड्यन्त्र गर्दैथिए।
NEH 6:3 यसैकारण मैले तिनीहरूकहाँ यो समाचार पठाएँ: “म एउटा महान् काम सञ्चालन गरिरहेको छु, र म त्यहाँ आउन सक्दिनँ। मैले काम छोडेर तपाईंहरूकहाँ त्यहाँ आएर यो काम किन रोकिने?”
NEH 6:4 तिनीहरूले मकहाँ चार पटकसम्म त्यही समाचार पठाए, र हरेक पटक मैले तिनीहरूलाई त्यही जवाफ दिएँ।
NEH 6:5 त्यसपछि पाँचौँ पटकमा सन्बलतले आफ्ना एक विशेष दूत मकहाँ त्यही समाचारको साथमा पठाए। अनि त्यसको हातमा एउटा बन्द नगरिएको पत्र थियो,
NEH 6:6 जुन पत्रमा यसरी लेखिएको थियो: “जातिहरूको बीचमा यस्तो खबर फैलिएको छ, र गेशेमले यो सत्य हो भनी भन्दैछन्; तपाईं र यहूदीहरूले राजद्रोहको षड्यन्त्र रच्दै हुनुहुन्छ। यसैकारण तपाईंहरूले पर्खाल पुनर्निर्माण गरिरहनुभएको छ। यसबाहेक यस खबरअनुसार तपाईंचाहिँ राजा हुन लाग्नुभएको छ रे।
NEH 6:7 अनि तपाईंको विषयमा: ‘यहूदामा एउटा राजा छन्!’ भनी यरूशलेममा घोषणा गर्नलाई अगमवक्ताहरू नियुक्त गर्नुभएको छ रे। यसबाहेक अब यो खबर राजालाई पठाइनेछ; यसकारण आउनुहोस्, हामी मिलेर कुराकानी गरौँ।”
NEH 6:8 मैले उसलाई यो जवाफ पठाइदिएँ: “तपाईंले भनेझैँ केही पनि भएको छैन; तपाईंले यो कुरा आफ्नै मनमा मात्र उब्जाउनुभएको छ।”
NEH 6:9 तिनीहरू सबैले हामीलाई भयभीत पार्ने कोसिस गर्दैथिए, “तिनीहरूका काम गर्ने हातहरू अति दुर्बल होऊन्, र त्यो काम कहिल्यै नससकिओस्” भन्‍ने सोच गरेका थिए। तर मैले प्रार्थना गरेँ, “हाम्रा हातहरू बलिया पारिदिनुहोस्।”
NEH 6:10 एक दिन म महेतबेलका नाति, दलायाहका छोरा शमायाहकहाँ गएँ, जो आफ्नो घरभित्रै बस्थे। तिनले भने, “हामी परमेश्‍वरको भवनमा भेटौँ, मन्दिरभित्र भेटेर मन्दिरको ढोका बन्द गरौँ; किनकि तपाईंलाई मार्न मानिसहरू राति आउँदैछन्।”
NEH 6:11 तर मैले भनेँ, “के मजस्तो मानिस भाग्छ र? अथवा के मजस्तो मानिस आफ्नो प्राण जोगाउन मन्दिरभित्र जान्छ र? अहँ, म भित्र जानेछैनँ!”
NEH 6:12 तिनलाई परमेश्‍वरले पठाउनुभएको होइन, तर तोबियाह र सन्बलतले तिनलाई भाडामा लिएका कारण तिनले मेरो विरुद्धमा अगमवाणी गरेको हो भन्‍ने कुरा मैले थाहा गरेँ।
NEH 6:13 तिनलाई घूसको रकम दिएर मलाई डर देखाउन खटाइएको थियो, ताकि मैले त्यसो गरेर पाप गरूँ; अनि मेरो नाम खराब गराएर तिनीहरूले मेरो बदनाम गर्न सकून्।
NEH 6:14 हे मेरा परमेश्‍वर, तोबियाह र सन्बलतले जे गरेका छन्, सो सम्झना राख्नुहोस्; मलाई डर देखाउने चेष्‍टा गरिरहने अगमवादिनी नोअदिया साथै अरू सबै अगमवक्ताहरूलाई पनि सम्झना राख्नुहोस्।
NEH 6:15 यसरी एलुल महिनाको पच्‍चीसौँ दिनमा, जम्मा बाउन्‍न दिनमा पर्खालको निर्माण सिद्धियो।
NEH 6:16 जब सारा शत्रुहरूले यो कुरा सुने, तब वरिपरिका सबै जातिहरू डराए र हतोत्साहित भए। किनकि यो काम हाम्रा परमेश्‍वरको सहायताले गरिएको थियो भन्‍ने कुरा तिनीहरूले थाहा गरे।
NEH 6:17 अनि ती दिनहरूमा यहूदाका अगुवाहरूले तोबियाकहाँ धेरै पत्रहरू पठाइरहेका थिए। अनि तोबियाहबाट तिनीहरूकहाँ जवाफ पनि आउँदैथिए।
NEH 6:18 तोबिया अराहका छोरा शकन्याहका जुवाइँ भएका कारण र तिनका छोरा येहोहानानले बेरेक्याहका छोरा मशुल्‍लामकी छोरीलाई विवाह गरेका कारण यहूदाका धेरै जना तिनीसँग सम्बन्धको करारमा बाँधिएका थिए।
NEH 6:19 यसबाहेक तिनीहरूले मलाई तिनका असल कामहरूबारे सुनाउँथे। अनि मैले भनेका सबै कुरा उनलाई बताइरहन्थेँ। अनि तोबियाहले मलाई डर देखाउनलाई पत्रहरू पठाउँथे।
NEH 7:1 पर्खालको पुनर्निर्माण भइसकेपछि, मैले ढोकाहरू तिनको ठिक ठाउँमा लगाइसकेँ; र द्वारपालहरू, सङ्गीतकारहरू र लेवीहरू नियुक्त गरेँ।
NEH 7:2 मैले आफ्नो भाइ हनानीलाई किल्‍लाको सेनापति हनन्याहसित यरूशलेमको अधिकारी नियुक्त गरेँ; किनकि हनन्याह एक विश्‍वासयोग्य, इमानदार र अरू मानिसहरूले भन्दा परमेश्‍वरको भय धेरै मान्‍ने गर्थे।
NEH 7:3 मैले तिनीहरूलाई भनेँ, “घाम निकै चर्को नलागेसम्म यरूशलेमका मूलढोकाहरू नखोल्नू। द्वारपालहरू काममा रहेकै बेला तिनीहरूलाई ढोकाहरू बन्द गरेर आग्ला लगाउनलाई भन्‍नू। अनि यरूशलेमका बासिन्दाहरू केहीलाई तिनीहरूका अड्डामा र केहीलाई तिनीहरूका आफ्नै घर छेउमा पहरेदार पनि नियुक्त गर्नू।”
NEH 7:4 अब सहर ठूलो र फराकिलो थियो, तर त्यस सहरमा मानिसहरू थोरै थिए; अनि घरहरूको पुनर्निर्माण अझसम्म भएको थिएन।
NEH 7:5 यसकारण मेरा परमेश्‍वरले मेरो हृदयमा अगुवा मानिसहरू, अधिकृतहरू र साधारण मानिसहरूलाई परिवार-परिवार गरी भेला गरी नाम लेख्नलाई विचार हालिदिनुभयो। मैले पहिलो पटक फर्कनेहरूका वंशावलीको सूची भेट्टाएँ; अनि मैले त्यहाँ यसरी लेखिएको पाएँ:
NEH 7:6 बेबिलोनका राजा नबूकदनेसरले कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के।
NEH 7:7 तिनीहरूसँगै यरुबाबेल, येशूआ, नहेम्याह, अजर्याह, रामियाह, नहामानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्वै, नहूम र बानाह फर्के।
NEH 7:8 परोशका सन्तानहरू 2,172 जना;
NEH 7:9 शपत्याहका सन्तानहरू 372 जना;
NEH 7:10 अराहका सन्तानहरू 652 जना।
NEH 7:11 पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,818 जना;
NEH 7:12 एलामका सन्तान 1,254 जना;
NEH 7:13 जत्तूका सन्तान 845 जना;
NEH 7:14 जक्‍कैका सन्तान 760 जना;
NEH 7:15 बिन्‍नूईका सन्तान 648 जना;
NEH 7:16 बेबैका सन्तान 628 जना;
NEH 7:17 अज्गादका सन्तान 2,322 जना;
NEH 7:18 अदोनीकामका सन्तान 667 जना;
NEH 7:19 बिग्वैका सन्तान 2,067 जना;
NEH 7:20 आदीनका सन्तान 655 जना;
NEH 7:21 आतेरका सन्तान (हिजकियाबाट) 98 जना;
NEH 7:22 हाशूमका सन्तान 328 जना;
NEH 7:23 बेजैका सन्तान 324 जना;
NEH 7:24 हारीपका सन्तान 112 जना;
NEH 7:25 गिबोनका सन्तान 95 जना।
NEH 7:26 बेथलेहेमका र नतोपाका मानिसहरू 188 जना;
NEH 7:27 अनातोतका मानिसहरू 128 जना;
NEH 7:28 बेथ-अज्मावेतका मानिसहरू 42 जना;
NEH 7:29 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना;
NEH 7:30 रामा र गेबाका मानिसहरू 621 जना;
NEH 7:31 मिकमाशका मानिसहरू 122 जना;
NEH 7:32 बेथेल र ऐका मानिसहरू 123 जना;
NEH 7:33 अर्को नेबोका मानिसहरू 52 जना;
NEH 7:34 अर्को एलामका मानिसहरू 1,254 जना;
NEH 7:35 हारीमका मानिसहरू 320 जना;
NEH 7:36 यरीहोका मानिसहरू 345 जना;
NEH 7:37 लोद, हादीद र ओनोका मानिसहरू 721 जना;
NEH 7:38 सेनाहका मानिसहरू 3,930 जना।
NEH 7:39 पुजारीहरू: यदायाहका सन्तानहरू (येशूआको परिवारबाट) 973 जना;
NEH 7:40 इम्मेरको परिवारबाट 1,052 जना;
NEH 7:41 पशहूरको परिवारबाट 1,247 जना;
NEH 7:42 हारीमको परिवारबाट 1,017 जना।
NEH 7:43 लेवीहरू: येशूआका सन्तानहरू (होदवियाहको वंश, कदमिएलबाट) 74 जना।
NEH 7:44 गायकहरू: आसापका सन्तानहरू 148 जना।
NEH 7:45 मन्दिरका द्वारपालहरू: शल्‍लूम, आतेर, तल्मोन, अक्‍कूब, हतीता र शोबैका सन्तानहरू 138 जना।
NEH 7:46 मन्दिरका सेवकहरू: तिनीहरूका सन्तानहरू: सीहा, हसूपा, तब्बाओत,
NEH 7:47 केरोस, सीआ, पादोन,
NEH 7:48 लेबाना, हागाबा, शल्मै,
NEH 7:49 हानान्, गिद्देल, गहर,
NEH 7:50 रायाह, रसीन, नकोदा,
NEH 7:51 गज्जाम, उज्जा, पसेह,
NEH 7:52 बेसै, मोनीम, नेपुसीम,
NEH 7:53 बक्बूक, हकूपा, हरहूर,
NEH 7:54 बस्लूत, महीदा, हर्शा,
NEH 7:55 बर्कोस, सीसरा, तेमह,
NEH 7:56 नसीह र हतीपा।
NEH 7:57 सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, सोपेरेत, परीदा,
NEH 7:58 याला, दर्कोन, गिद्देल,
NEH 7:59 शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम र आमोनका सन्तानहरू।
NEH 7:60 मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको 392 जना।
NEH 7:61 तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्:
NEH 7:62 दलायाह, तोबिया र नकोदाक सन्तानहरू 642 जना।
NEH 7:63 पुजारीहरूमध्येबाट: होबायाह, हक्‍कोस र बर्जिल्‍लैका सन्तानहरू (जसले गिलादी बर्जिल्‍लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)।
NEH 7:64 यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए।
NEH 7:65 यसकारण राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए।
NEH 7:66 सम्पूर्ण जनसमूहको संख्या 42,360 थियो।
NEH 7:67 यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 245 गायक-गायिकाहरू पनि थिए।
NEH 7:68 उनीहरूसित 736 घोडाहरू, 245 खच्‍चरहरू,
NEH 7:69 435 ऊँटहरू र 6,720 गधाहरू थिए।
NEH 7:70 परिवारका कतिपय अगुवाहरूले कामको निम्ति भेटी दिए। राज्यपालले भण्डारमा सुनका 1,000 डारिक, 50 वटा कचौराहरू र पुजारीहरूले लगाउने 530 वटा पोशाकहरू दिए।
NEH 7:71 परिवारहरूका कतिपय अगुवाहरूले कामको निम्ति भण्डारमा 20,000 डारिक सुन, र 2,200 मीना चाँदी दिए।
NEH 7:72 बाँकी रहेका मानिसहरूले 20,000 डारिक सुन, 2,200 मीना चाँदी र पुजारीहरूले लगाउने 67 वटा पोशाकहरू दिए।
NEH 7:73 पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू र मन्दिरका सेवकहरू र केही मानिसहरू साथै बाँकी रहेका इस्राएलीहरू आ-आफ्नै सहरहरूमा बसोबास गर्न थाले। सातौँ महिनासम्ममा इस्राएलीहरू आफ्ना सहरहरूमा बसोबास गरे।
NEH 8:1 सबै मानिसहरू एउटै मनको झैँ भएर पानी मूलढोकाको सामुको चोकमा भेला भए। तिनीहरूले व्यवस्थाका शिक्षक एज्रालाई मोशाको व्यवस्थाको पुस्तक ल्याउन लगाए, जुन व्यवस्था याहवेहले इस्राएलीहरूका निम्ति आज्ञा गर्नुभएको थियो।
NEH 8:2 यसैले पुजारी एज्राले सातौँ महिनाको पहिलो दिनमा पुरुषहरू र स्त्रीहरू र बुझ्न सक्ने सबै केटाकेटीहरू भेला भएका ठाउँमा सारा समुदायको सामु त्यो व्यवस्थाको पुस्तक ल्याए।
NEH 8:3 तिनले पानी मूलढोकाको सामु पुरुषहरू र स्त्रीहरू, र बुझ्न सक्ने केटाकेटीहरूको उपस्थितिमा बिहान घाम उदाएको समयदेखि दिउँसोसम्म चर्को आवाजमा व्यवस्थाको पुस्तक पढेर सुनाए। सबै मानिसहरूले व्यवस्थाको पुस्तकमा ध्यान दिए।
NEH 8:4 शिक्षक एज्रा काठले बनिएको अग्लो मञ्चमाथि उभिए। तिनको छेउमा दाहिनेपट्टि मत्तीत्याह, शेमा, अनायाह, उरियाह, हिल्किय्याह र मासेयाह; अनि देब्रेतिर पदायाह, मिशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया र मशुल्‍लाम थिए।
NEH 8:5 एज्राले व्यवस्थाको पुस्तक खोले। सबै मानिसहरूले तिनलाई देख्न सक्थे; किनकि तिनी मानिसहरूभन्दा अग्लो मञ्चमा उभिएका थिए। तिनले त्यो व्यवस्थाको पुस्तकलाई खोल्दा सबै मानिसहरू उभिए।
NEH 8:6 एज्राले याहवेह महान् परमेश्‍वरलाई प्रशंसा गरे; अनि सबै मानिसहरूले आफ्ना हातहरू उचालेर यसो भन्दै प्रतिक्रिया दिए, “आमेन! आमेन!” त्यसपछि तिनीहरू भुइँसम्म घोप्टो परेर याहवेहलाई दण्डवत् गरे।
NEH 8:7 येशूआ, बानी, शेरेबियाह, यामीन, अक्‍कूब, शब्बतै, होदिय्याह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान र पलायाहः यी लेवीहरूले त्यहाँ मानिसहरू उभिरहेकै बेला मानिसहरूलाई व्यवस्थाको अर्थ बुझाइदिए।
NEH 8:8 तिनीहरूले परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढे; अनि पढेको कुरा स्पष्‍ट हुने गरी अर्थ लगाइदिए, ताकि जे पढिएको थियो, सो मानिसहरूले बुझ्न सकून्।
NEH 8:9 तब राज्यपाल नहेम्याह, पुजारी र व्यवस्थाका शिक्षक एज्रा र लेवीहरू, जसले तिनीहरू सबैलाई निर्देशन दिँदै यसो भने, “यो दिन याहवेह तिमीहरूका परमेश्‍वरको निम्ति पवित्र छ। विलाप नगर र नरोऊ।” किनकि व्यवस्थाका वचन सुनेर सबै मानिसहरू रोइरहेका थिए।
NEH 8:10 नहेम्याहले भने, “गएर असल भोजन र मिठो दाखमद्य पिउनुहोस्; अनि खानेकुरा नभएकाहरूलाई केही पठाइदिनुहोस्। यो दिन हाम्रा याहवेहको निम्ति पवित्र छ। अफसोस नगर्नुहोस्; किनकि याहवेहको आनन्द नै तपाईंहरूको बल हो।”
NEH 8:11 लेवीहरूले यसो भनेर मानिसहरूलाई शान्त गराए, “शान्त हुनुहोस्, किनकि यो एउटा पवित्र दिन हो, शोक नगर्नुहोस्।”
NEH 8:12 तब सबै मानिसहरू खान, पिउन र आफूसँग भएको भोजनको केही भाग नभएकाहरूलाई पठाइदिन, र अति हर्षको साथ उत्सव मनाउन गइहाले। किनकि तिनीहरूलाई बुझाइएका कुरा अब तिनीहरूले बुझेका थिए।
NEH 8:13 महिनाको दोस्रो दिन सबै परिवारका अगुवाहरू, पुजारीहरू र लेवीहरूको साथमा व्यवस्थाका वचनहरू ध्यानसित बुझ्न शिक्षक एज्राकहाँ गए।
NEH 8:14 याहवेहले मोशाद्वारा आज्ञा दिनुभएको व्यवस्थामा तिनीहरूले यस्तो लेखिएको भेट्टाए, सातौँ महिनाको चाडमा इस्राएलीहरू छाप्रोमा बस्‍नुपर्छ।
NEH 8:15 तिनीहरूले आफ्ना सहरहरूमा र यरूशलेममा यो वचन घोषणा गरेर फैलाउनुपर्छ भन्‍ने कुरा पनि लेखिएको भेट्टाए: “पहाडी इलाकाहरूमा गएर जैतुन, जङ्गली जैतुनका रूखहरू, मेहदी, खजूर र छाया दिने रूखहरूबाट छाप्रो बनाउन हाँगाहरू ल्याओ”।
NEH 8:16 यसकारण मानिसहरू निस्केर बाहिर गए, र ती हाँगाहरू लिएर आए। अनि तिनीहरूले आ-आफ्नो निम्ति घरको छानामाथि, तिनीहरूका आँगनहरूमा र परमेश्‍वरको भवनका चोकहरूमा पानी मूलढोकाको छेउको चोकमा र एफ्राइमको मूलढोकाको छेउमा अस्थायी छाप्राहरू बनाए।
NEH 8:17 कैदबाट फर्किआउने सारा समुदायले अस्थायी छाप्राहरू बनाए, र त्यसमा बसे। नूनका छोरा यहोशूको समयदेखि उसो इस्राएलीहरूले यसरी यो उत्सव मनाएका थिएनन्। त्यसैले तिनीहरू धेरै खुशी थिए।
NEH 8:18 प्रत्येक दिन चाडको पहिलो दिनदेखि अन्तिम दिनसम्म एज्राले परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढे। तिनीहरूले सात दिनसम्म चाड मनाए, र आठौँ दिनमा विधिअनुसार पवित्र सभा राखे।
NEH 9:1 त्यही महिनाको चौबीसौँ दिनमा इस्राएलीहरू उपवास बसेर भाङ्ग्रा लगाउँदै र टाउकोमा धुलो हालेर उपवासको निम्ति एकसाथ भेला भए।
NEH 9:2 इस्राएलीहरूका सन्तानहरूले आफूलाई विदेशीहरूबाट अलग गरेका थिए। तिनीहरू आफ्ना स्थानहरूमा खडा भएर आफ्ना पाप र आफ्ना पुर्खाहरूका पाप स्वीकार गरे।
NEH 9:3 तिनीहरू आफू बसेको ठाउँमा खडा भए; अनि छ घण्टासम्म याहवेह तिनीहरूका परमेश्‍वरको व्यवस्थाको पुस्तक पढेर तिनीहरूले अर्को छ घण्टाचाहिँ आ-आफ्ना पाप स्वीकार गरे। अनि याहवेह आफ्ना परमेश्‍वरको आराधना गरिरहे।
NEH 9:4 यसपछि अग्लो खुट्किलामा लेवीहरू, येशूआ, बानी, कदमिएल, शबन्याह, बुन्‍नी, शेरेबियाह, बानी र कनानी उभिएर याहवेह तिनीहरूका परमेश्‍वरलाई चर्को आवाजमा पुकारे।
NEH 9:5 अनि लेवीहरू—येशूआ, कदमिएल, बानी, हशबन्याह, शेरेबियाह, होदिय्याह, शबन्याह र पतहयाहले भने: “युगौँयुगसम्म हुनुहुने याहवेह तिमीहरूका परमेश्‍वरलाई उभिएर प्रशंसा गर।” “तपाईंको महिमित नाम धन्यको होस्! यो सारा आशिष् र प्रशंसाभन्दा उच्‍च होस्!”
NEH 9:6 तपाईं मात्र याहवेह हुनुहुन्छ। तपाईंले नै स्वर्गहरू, सर्वोच्‍च आकाशहरू र तिनीहरूमा भएका तारामण्डलहरू, पृथ्वी र त्यसमा भएका सबै थोकहरू, समुद्रहरू र त्यसमा भएका सबै कुराहरू बनाउनुभयो। तपाईंले हरेक कुरालाई जीवन दिनुहुन्छ र स्वर्गदूतहरूले तपाईंलाई दण्डवत् गर्दछन्।
NEH 9:7 “तपाईं नै याहवेह परमेश्‍वर हुनुहुन्छ, जसले अब्रामलाई चुन्‍नुभयो र तिनलाई कल्दीहरूको देश ऊरबाट निकालेर ल्याउनुभयो; अनि तिनलाई अब्राहाम नाम दिनुभयो।
NEH 9:8 तपाईंले तिनको हृदय तपाईंप्रति विश्‍वासयोग्य पाउनुभयो; तब तपाईंले तिनका सन्तानहरूलाई कनानी, हित्ती, एमोरी, परिज्जी, यबूसी र गिर्गाशीहरूको देश दिनेछु भनी तिनीसित करार बाँध्नुभयो। तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ; किनकि तपाईं धर्मी हुनुहुन्छ।
NEH 9:9 “तपाईंले इजिप्टमा हाम्रा पुर्खाहरूका कष्‍टहरू देख्नुभयो; तपाईंले लाल समुद्रमा तिनीहरूको पुकार सुन्‍नुभयो।
NEH 9:10 तपाईंले फारो, तिनका अधिकृतहरू र तिनका देशका मानिसहरूको विरुद्धमा अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू पठाउनुभयो; किनकि इजिप्टियनहरूले हाम्रा पुर्खाहरूसित अति क्रूरतापूर्ण व्यवहार गरेका थिए, त्यो तपाईंलाई थाहा थियो। तपाईंले आफ्नै निम्ति एउटा नाम बनाउनुभयो, जुन नाम आजको दिनसम्मै छँदैछ।
NEH 9:11 तपाईंले पुर्खाहरूको सामु समुद्रलाई दुई भाग पारिदिनुभयो, तब तिनीहरू ओबानो जमिनबाट हिँडेर गए, तर तपाईंले तिनीहरूलाई खेद्ने शत्रुहरूलाई चाहिँ प्रचण्ड पानीमा परेको एउटा ढुङ्गाझैँ गहिरो पानीमा फ्याँकिदिनुभयो।
NEH 9:12 तपाईंले तिनीहरूलाई दिउँसो बादलको खाँबोद्वारा डोर्‍याउनुभयो र राति तिनीहरूले हिँड्ने बाटोमा उज्यालो होस् भनेर आगोको खाँबोद्वारा डोर्‍याउनुभयो।
NEH 9:13 “तपाईं सीनै पर्वतमा ओर्लेर आउनुभयो; तपाईं पुर्खाहरूसित स्वर्गबाट बोल्नुभयो। तपाईंले तिनीहरूलाई उर्दीहरू र व्यवस्थाहरू दिनुभयो, जुन न्यायसङ्गत र उचित छन्। अनि नियमहरू र आज्ञाहरू दिनुभयो, जुन असल छन्।
NEH 9:14 तपाईंले तिनीहरूलाई आफ्नो पवित्र शब्बाथ दिन पालन गर्न सिकाउनुभयो; अनि तिनीहरूलाई आफ्नो सेवक मोशाद्वारा आज्ञाहरू, उर्दीहरू र व्यवस्थाहरू दिनुभयो।
NEH 9:15 तिनीहरू भोकाएका बेला तपाईंले तिनीहरूलाई स्वर्गबाट रोटी दिनुभयो र तिनीहरू तिर्खाएको बेला तपाईंले तिनीहरूको निम्ति चट्टानबाट पानी निकालिदिनुभयो। तपाईंले तिनीहरूलाई दिनेछु भनी हात पसारेर शपथ खानुभएको देशमा गएर अधिकार गर्नलाई भन्‍नुभयो।
NEH 9:16 “तर हाम्रा पुर्खाहरू अहङ्कारी र हठी भएर तपाईंका आज्ञाहरू पालन गरेनन्।
NEH 9:17 तपाईंले तिनीहरूका बीचमा गर्नुभएका अचम्मका कामहरू सुन्‍न र स्मरण गर्न इन्कार गरे। तिनीहरू हठी भएर आफ्नो विद्रोहमा तिनीहरूले आफ्ना दासत्वमा फर्किजानलाई एक जना अगुवा नियुक्त गरे। तर तपाईं त क्षमा दिनुहुने, अनुग्रही, दयालु, रिस गर्नमा ढिला र अचुक प्रेम गर्नमा अपार हुनुहुन्छ। यसैकारण तपाईंले पुर्खाहरूलाई त्याग्नुभएन।
NEH 9:18 यद्यपि, तिनीहरूले आफ्नै निम्ति एउटा बाछाको आकृति बनाएर भनेका थिए, ‘तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने ईश्‍वर यही हो,’ अथवा जब तिनीहरूले अति डरलाग्दो ईश्‍वरनिन्दा गरेका थिए।
NEH 9:19 “तपाईंको अपार दयाको कारण तपाईंले तिनीहरूलाई उजाडस्थानमा त्याग्नुभएन। दिउँसो बादलको खाँबोले तिनीहरूको बाटोमा डोर्‍याउन छोडेन, न त राति तिनीहरूको बाटोमा ज्योति दिन आगोको खाँबो नै रोकियो।
NEH 9:20 तपाईंले आफ्नो असल आत्मा तिनीहरूलाई सिकाउनलाई दिनुभयो। तपाईंको मन्‍न तिनीहरूको मुखबाट तपाईंले खोस्‍नु भएन; अनि तपाईंले तिनीहरू तिर्खाएको बेला पानी दिनुभयो।
NEH 9:21 चालीस वर्षसम्म तपाईंले तिनीहरूलाई उजाडस्थानमा जुटाउनुभयो; तिनीहरूलाई कुनै पनि कुराको अभाव भएन। तिनीहरूका लुगाहरू फाटेनन् र तिनीहरूका खुट्टाहरू पनि सुनिएनन्।
NEH 9:22 “तपाईंले तिनीहरूलाई राज्यहरू, जातिहरू र सिमानामा रहेका ठाउँहरू पनि बाँडिदिनुभयो। तिनीहरूले हेश्बोनका राजा सीहोनको देश र बाशानका राजा ओगको देश कब्जा गरे।
NEH 9:23 तपाईंले तिनीहरूका सन्तानलाई आकाशका ताराहरूझैँ असंख्य बनाउनुभयो। अनि तपाईंले तिनीहरूलाई त्यो देशमा ल्याउनुभयो, जुन देशमा तिनीहरूका पुर्खाहरूलाई पस्‍न र अधिकार गर्नलाई भन्‍नुभएको थियो।
NEH 9:24 तिनीहरूका सन्तान गए र त्यस देशमा अधिकार गरे। तपाईंले तिनीहरूको सामु त्यस देशमा बस्‍ने कनानीहरूलाई तिनीहरूका अधीनमा ल्याउनुभयो; तपाईंले कनानीहरूलाई तिनीहरूका राजाहरू र देशवासीहरू समेत, तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूसित व्यवहार गर्नलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो।
NEH 9:25 तिनीहरूले सुरक्षित सहरहरू र मलिला भूमिहरू कब्जा गरे। तिनीहरूले सबै किसिमका असल चीजहरूले भरिएका घरहरू, खनेर तयार पारिएका कुवाहरू, दाखबारीहरू, जैतुनबारीहरू र फलका रूखहरू प्रशस्त मात्रामा कब्जा गरे। तिनीहरूले प्रशस्त खाएर हृष्‍टपुष्‍ट भए; अनि तपाईंको अपार भलाइमा साह्रै आनन्दित भए।
NEH 9:26 “तर तिनीहरू अनाज्ञाकारी भए र तपाईंप्रति बागी भए। तिनीहरूले तपाईंको व्यवस्थालाई तिरस्कार गरे। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे, जसले तिनीहरूलाई तपाईंतिर फर्काउन भनी चेताउनी दिएका थिए। तिनीहरूले डरलाग्दो ईश्‍वरनिन्दा गरेका थिए।
NEH 9:27 यसकारण तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूमाथि अत्याचार गरे। तर जब तिनीहरू अत्याचारमा परे, तिनीहरूले तपाईंलाई पुकार गरे। तपाईंले स्वर्गबाट तिनीहरूको पुकार सुन्‍नुभयो। अनि आफ्नो महान् दयामा तपाईंले तिनीहरूलाई उद्धारकहरू दिनुभयो, जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटाए।
NEH 9:28 “तर तिनीहरूले विश्राम पाउनसाथ तपाईंको दृष्‍टिमा जे खराब थियो, फेरि त्यही गरे। तब तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो, ताकि तिनीहरूले तिनीहरूमाथि शासन गरून्। अनि जब तिनीहरूले फेरि तपाईंलाई पुकार गरे, तब तपाईंले स्वर्गबाट तिनीहरूको पुकार सुन्‍नुभयो। अनि तपाईंले आफ्नो दयामा तिनीहरूलाई पटक-पटक छुटाउनुभयो।
NEH 9:29 “तपाईंले तिनीहरूलाई तपाईंको व्यवस्थामा फर्कन चेतावनी दिनुभयो, तर तिनीहरू अहङ्कारी भएर तपाईंका आज्ञाहरू उल्‍लङ्घन गरे। तिनीहरूले तपाईंका विधि-विधानहरूका विरुद्धमा पाप गरे, जसको बारेमा तपाईंले भन्‍नुभयो, ‘आज्ञाहरू पालन गर्ने मानिस जीवित रहन्छ।’ तिनीहरू हठी भएर तिनीहरूका पिठिउँ तपाईंतिर फर्काए; अनि तिनीहरू अटेरी भएर आज्ञापालन गरेनन्।
NEH 9:30 धेरै वर्षसम्म तपाईं तिनीहरूप्रति धैर्यवान् बन्‍नुभयो। तपाईंले आफ्ना अगमवक्ताहरूद्वारा तपाईंको आत्माले तिनीहरूलाई चेतावनी दिनुभयो। तर पनि तिनीहरूले ध्यानै दिएनन्। यसैकारण तपाईंले तिनीहरूलाई विदेशी मानिसहरूका हातमा सुम्पिदिनुभयो।
NEH 9:31 तर तपाईंको महान् कृपामा तपाईंले तिनीहरूलाई नाश गर्नुभएन, अथवा त्याग्नुभएन; किनकि तपाईं अनुग्रही र कृपालु परमेश्‍वर हुनुहुन्छ।
NEH 9:32 “यसकारण अब, हे हाम्रा परमेश्‍वर, महान्, सामर्थी र भययोग्य परमेश्‍वर, जसले आफ्नो प्रेमको करार पूरा गर्नुहुन्छ; हाम्रा राजाहरू, अगुवाहरू, पुजारीहरू, अगमवक्ताहरू, पुर्खाहरू र तपाईंका सबै प्रजाहरूमाथि अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म परिआएका कष्‍टहरू छन्। यी सबै कष्‍टहरू तपाईंको नजरमा हल्का देखा नपरोस्।
NEH 9:33 हामीमाथि घटेका सबै कुराहरूमा तपाईं धर्मी हुनुहुन्थ्यो; तपाईंले विश्‍वासयोग्यतासाथ काम गर्नुभयो, तर हामीले चाहिँ दुष्‍टता गरेका छौँ।
NEH 9:34 हाम्रा राजाहरू, अगुवाहरू, पुजारीहरू र पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेनन्। तिनीहरूले तपाईंका आज्ञाहरूमा अथवा तपाईंले तिनीहरूलाई दिनुभएका चेतावनीहरूमा ध्यान दिएनन्।
NEH 9:35 तिनीहरू आफ्ना राज्यमा, तपाईंले तिनीहरूलाई दिनुभएको फराकिलो र मलिलो जमिनमा हुँदा; अनि तपाईंको महान् भलाइ उपभोग गर्दासमेत तिनीहरूले तपाईंको सेवा गरेनन्, न त तिनीहरू आफ्ना कुमार्गहरूबाट नै फर्के।
NEH 9:36 “तर हेर्नुहोस्, आज हामी दास भएका छौँ। तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशका फलहरू खान र त्यसबाट आएका असल उब्जनी उपभोग गर्नलाई दिनुभएको देशमा हामी दास भएका छौँ।
NEH 9:37 हाम्रा पापको कारण, यस भूमिको प्रशस्त उब्जनीहरू तपाईंले हामीमाथि खटाउनुभएका राजाहरूकहाँ जान्छ। तिनीहरूले हाम्रा शरीरहरूमाथि र हाम्रा गाईबस्तुहरूमाथि तिनीहरूको इच्छाअनुसार शासन गर्छन्। हामी ठूलो सङ्कष्‍टमा परेका छौँ।
NEH 9:38 “यी सबै कुराहरूको कारणले गर्दा हामीले बाचा बाँधेर एउटा लिखित करारपत्र बनाउँदैछौँ; अनि हाम्रा अगुवाहरू, लेवीहरू र पुजारीहरूले त्यसमा आफ्ना सहीछाप लगाइदिँदछन्।”
NEH 10:1 करार-पत्रमा सहीछाप लगाउनेहरूको नाम यस प्रकार थियो: हकल्याहका छोरा राज्यपाल नहेम्याह। सिदकियाह,
NEH 10:2 सरायाह, अजर्याह, यर्मिया,
NEH 10:3 पशहूर, अमर्याह, मल्कियाह,
NEH 10:4 हत्तूश, शबन्याह, मल्‍लूक,
NEH 10:5 हारीम, मरेमोत, ओबदियाह,
NEH 10:6 दानिएल, गिन्‍नतोन, बारूक,
NEH 10:7 मशुल्‍लाम, अबीयाह, मिय्यामीन,
NEH 10:8 माज्याह, बिल्गै र शमायाह। यी सबै पुजारी थिए।
NEH 10:9 लेवीहरूमा: अजन्याहका छोरा येशूआ, हेनादादका परिवारका बिन्‍नूई, कदमिएल,
NEH 10:10 तिनीहरूका सहकर्मीहरू: शबन्याह, होदिय्याह, कलीता, पलायाह, हानान,
NEH 10:11 मीका, रहोब, हशब्याह,
NEH 10:12 जक्‍कूर, शेरेबियाह, शबन्याह,
NEH 10:13 होदिय्याह, बानी र बनीनू।
NEH 10:14 मानिसका अगुवाहरू यिनै थिए: परोश, पहत-मोआब, एलाम, जत्तू, बानी,
NEH 10:15 बुन्‍नी, अज्गाद, बेबै,
NEH 10:16 अदोनियाह, बिग्वै, आदीन,
NEH 10:17 आतेर, हिजकिया, अज्जूर,
NEH 10:18 होदिय्याह, हाशूम, बेजै,
NEH 10:19 हारीप, अनातोत, नेबै,
NEH 10:20 मग्पीआश, मशुल्‍लाम, हेजीर,
NEH 10:21 मशेजबेल, सादोक, यद्‍दूआ,
NEH 10:22 पलत्याह, हानान, अनायाह,
NEH 10:23 होशे, हनन्याह, हश्शूब,
NEH 10:24 हल्‍लोहेश, पिल्हा, शोबेक,
NEH 10:25 रेहूम, हशब्ना, मासेयाह,
NEH 10:26 अहीयाह, हानान, आनान,
NEH 10:27 मल्‍लूक, हारीम र बानाह।
NEH 10:28 “बाँकी रहेका मानिसहरू—पुजारीहरू, लेवीहरू, द्वारपालहरू, सङ्गीतकारहरू, मन्दिरका कर्मचारीहरू परमेश्‍वरको व्यवस्थाका निम्ति तिनीहरूका पत्नीहरू र बुझ्न सक्ने सबै छोराछोरीहरूसँग छिमेकी र अरू जातिहरूबाट आफूलाई अलग राखे।
NEH 10:29 अब परमेश्‍वरका सेवक मोशाद्वारा दिइएको परमेश्‍वरको व्यवस्था पालन गर्न र याहवेह हाम्रा परमेश्‍वरका सबै आज्ञाहरू, नियमहरू र आदेशहरू होसियारीसाथ पालन गर्नलाई आफ्ना अगुवा इस्राएली दाजुभाइहरूसित मिले। अनि तिनीहरूले आफूलाई श्राप-दण्डको भागीदार र व्यवस्था पालन गर्नलाई शपथ खाए।
NEH 10:30 “हामी आफ्ना छोरीहरूलाई हाम्रा चारैतिर भएका विदेशी मानिसहरूसँग विवाह गर्न दिनेछैनौँ, र तिनीहरूका छोरीहरूलाई हाम्रा छोराहरूका निम्ति लिनेछैनौँ भनी हामी प्रतिज्ञा गर्छौँ।
NEH 10:31 “जब छिमेकी मानिसहरूले व्यापारका मालसामानहरू अथवा अन्‍न शब्बाथमा बेच्न ल्याउँछन्, तब हामी तिनीहरूबाट शब्बाथ अथवा अरू कुनै पवित्र दिनमा किनमेल गर्नेछैनौँ। प्रत्येक सातौँ वर्षमा हामी जमिन खनजोत गर्नेछैनौँ र सबै ऋणहरू माफी गरिदिनेछौँ।
NEH 10:32 “प्रत्येक वर्ष हाम्रा परमेश्‍वरको भवनको कामको लागि एक तिहाइ शेकेल चाँदी दिनुपर्ने आज्ञालाई मान्‍नुपर्ने उत्तरदायित्व पालन गर्नेछौँ:
NEH 10:33 टेबुलमा राखिने रोटीको निम्ति; नियमित अन्‍नबलि र होमबलिको निम्ति; शब्बाथ दिनहरूमा भेटीको निम्ति, औँसीका चाडहरूमा र तोकिएका चाडहरूका निम्ति; पवित्र भेटीहरूको निम्ति; इस्राएलको निम्ति प्रायश्‍चित गर्न पापबलिको निम्ति; अनि हाम्रा परमेश्‍वरको भवनका सबै सेवाहरूका निम्ति उत्तरदायित्व पालन गर्नेछौँ।
NEH 10:34 “हामी पुजारीहरू, लेवीहरू र मानिसहरूले व्यवस्थामा लेखिएअनुसार, तोकिएका समयहरूमा प्रतिवर्ष हाम्रो प्रत्येक परिवारले याहवेह हाम्रा परमेश्‍वरको वेदीमा जलाउने काठ कहिले ल्याउनुपर्ने भनी जान्‍नलाई चिट्ठा हालेका छौँ।
NEH 10:35 “हामी प्रतिवर्ष याहवेहको भवनमा आफ्ना पहिलो फलबाट अन्‍न र फलेका प्रत्येक रूखबाट पहिलो फल ल्याउने जिम्मेवारी पनि लिन्छौँ।
NEH 10:36 “व्यवस्थामा लेखिएअनुसार, हाम्रा छोराहरूबाट, हाम्रा गाईबस्तुहरूबाट, हाम्रा बथानबाट र हाम्रा बगालबाट पहिले जन्मिएका जेठाहरूलाई पनि हामी परमेश्‍वरको भवनमा सेवा गरिरहेका पुजारीहरूकहाँ ल्याउनेछौँ।”
NEH 10:37 यसबाहेक हामी हाम्रा परमेश्‍वरको भवनको भण्डारमा पुजारीहरूकहाँ आफ्नो जमिनको पहिलो अन्‍न तयार गरी मुछेको पिठो, हाम्रा अन्‍नबलि, हाम्रा सबै रूखका पहिलो फलहरू र हाम्रा नयाँ दाखमद्य र नयाँ जैतुन तेलको पहिलो भाग ल्याउनेछौँ। अनि हामीले काम गर्ने सबै सहरहरूमा लेवीहरूले नै दशांश बटुल्ने हुनाले हामी आफ्नो जमिनको दशांश लेवीहरूकहाँ ल्याउनेछौँ।
NEH 10:38 लेवीहरूले दशांश लिँदा तिनीहरूसित हारूनवंशी एक जना पुजारी हुनुपर्छ, र लेवीहरूले दशांशको दशौँ भाग हाम्रा परमेश्‍वरको भवनको भण्डारमा ल्याउनुपर्नेछ।
NEH 10:39 इस्राएलका मानिसहरू, लेवीहरूले समेत तिनीहरूका अन्‍न, नयाँ दाखमद्य र जैतुन तेलको भाग भण्डारहरूमा ल्याउनुपर्छ, जहाँ पवित्रस्थानका सामानहरू राखिन्छन् र जहाँ सेवा गर्ने पुजारीहरू, द्वारपालहरू र सङ्गीतकारहरू बस्छन्। “हामी हाम्रा परमेश्‍वरको भवनलाई अवहेलना गर्नेछैनौँ।”
NEH 11:1 अब मानिसहरूका अगुवाहरूचाहिँ यरूशलेममा बसोबास गरे। बाँकी रहेका मानिसहरूले पवित्र सहर यरूशलेममा दश जनामध्ये एक जना बास बस्‍ने र बाँकी रहेका नौ जनाचाहिँ तिनीहरूका आफ्नै सहरहरूमा बास बस्‍ने विषयमा चिट्ठा हाले।
NEH 11:2 यरूशलेममा बास बस्‍न इच्छा गर्नेहरू सबैलाई मानिसहरूले प्रशंसा गरे।
NEH 11:3 यिनीहरू प्रदेशका अगुवाहरू थिए, जो यरूशलेममा बसोबास गर्थे। (अब केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका कर्मचारीहरू र सोलोमनका चाकरहरूका सन्तानहरू यहूदामा विभिन्‍न सहरहरूमा आफ्नै सम्पत्ति लिएर बसेका थिए।
NEH 11:4 तर यहूदा र बेन्यामीन दुवै कुलका अरू मानिसहरूचाहिँ यरूशलेममा बसोबास गरेका थिए।) यहूदाका सन्तानहरूबाट: पेरेसको वंशका अतायाह, जो उज्जियाहका छोरा, जो जकरियाका छोरा, जो अमर्याहका छोरा, जो शपत्याहका छोरा, जो महाललेलका छोरा थिए।
NEH 11:5 मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो यहोयारीबका छोरा, जो जकरिया छोरा, जो शेलहका छोरा थिए।
NEH 11:6 यरूशलेममा बस्‍ने पेरेसका सबै चार सय अठसट्ठी मानिसहरू वीर योद्धा थिए।
NEH 11:7 बेन्यामीनका सन्तानहरूबाट: सल्‍लू मशुल्‍लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इतीएलका छोरा, जो यशयाहका छोरा थिए।
NEH 11:8 अनि सल्‍लूको पछि लाग्नेहरू गब्बै र सल्‍लैसहित नौ सय अट्ठाइस मानिसहरू थिए।
NEH 11:9 जिक्रीका छोरा योएल तिनीहरूका प्रमुख अधिकृत थिए। हस्सेनूअका छोरा यहूदाचाहिँ सहरको दोस्रो प्रमुख अगुवा थिए।
NEH 11:10 पुजारीहरूबाट: यदायाह, यहोयारीबका छोरा, र याकीन;
NEH 11:11 सरायाह, जो हिल्कियाहका छोरा, जो मशुल्‍लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो अहीतूबका छोरा, जो परमेश्‍वरको भवनको रेखदेख गर्थे।
NEH 11:12 तिनीहरूका आठ सय बाइस जना सहयोगीहरू, जसले मन्दिरको निम्ति सेवा गर्थे। अदायाह यरोहामका छोरा, जो पलल्याहका छोरा, जो अम्सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए।
NEH 11:13 अदायाहका दुई सय बयालीस जना सहयोगीहरू, जो परिवारका अगुवाहरू थिए। अमाश्शै, जो अजरेलका छोरा, जो अहजैका छोरा, जो मशिल्‍लेमोतका छोरा, जो इम्मेरका छोरा थिए।
NEH 11:14 तिनीहरूका एक सय अट्ठाइस साहसी सहयोगीहरू थिए। तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्गदोलिमका छोरा जब्दीएल थिए।
NEH 11:15 लेवीहरूबाट: शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो बुन्‍नीका छोरा थिए।
NEH 11:16 शब्बतै र योजाबाद, लेवीहरूका दुई जना अगुवा थिए, जसले परमेश्‍वरको भवनमा बाहिरी कामको जिम्मा पाएका थिए।
NEH 11:17 धन्यवाद र प्रार्थनाको अगुवाइ गर्ने निर्देशक, मीकाका छोरा मत्तन्याह, जो जब्दीका छोरा, जो आसापका छोरा थिए; मत्तन्याहका सहयोगीहरूमा दोस्रो बक्बुक्याह; अनि शम्मूअका छोरा अब्दा, जो गलालका छोरा, जो यदूतूनका छोरा थिए।
NEH 11:18 पवित्र सहरमा भएका लेवीहरूको जम्मा संख्या दुई सय चौरासी थियो।
NEH 11:19 द्वारपालहरू: अक्‍कूब, तल्मोन र मूलढोकामा पहरा दिने तिनीहरूका एक सय बहत्तर जना सहयोगीहरू, जसले ढोकाको पहरेदार गर्थे।
NEH 11:20 बाँकी रहेका इस्राएलीहरू, पुजारीहरू र लेवीहरूसित आ-आफ्ना पैतृक सम्पत्तिको जमिन यहूदाका सबै सहरहरूमा बसोबास गर्थे।
NEH 11:21 मन्दिरका कर्मचारीहरू ओपेल डाँडामा बस्थे; अनि सीहा र गिश्पा तिनीहरूका जिम्मावाल थिए।
NEH 11:22 यरूशलेमका लेवीहरूका मुख्य अधिकृत बानीका छोरा उज्जी, जो हशब्याहका छोरा, जो मत्तन्याहका छोरा, जो मीकाका छोरा थिए। उज्जीचाहिँ परमेश्‍वरको भवनको सेवाको जिम्मावाल रहेका आसापका सङ्गीतकार सन्तानहरूमध्ये एक थिए।
NEH 11:23 सङ्गीतकारहरू राजाको आदेशमुनि थिए। राजाको आदेशले तिनीहरूका दैनिक कामको निर्देशन गर्दथ्यो।
NEH 11:24 यहूदाका छोरा जेरहका सन्तानहरूमध्ये एक जना मशेजबेलका छोरा पतहयाह, सारा मानिसहरू सम्बन्धी सबै मामिलाहरूमा राजाका एक विशेष प्रतिनिधि थिए।
NEH 11:25 गाउँहरूमा तिनीहरूका खेतबारीहरू सहित, यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका वरिपरिका बस्तीहरू, दीबोन र त्यसका वरिपरिका बस्तीहरू, यक्‍कब्सेल र त्यसका गाउँहरू,
NEH 11:26 येशूआमा, मोलादामा, बेथ-पेलेतमा;
NEH 11:27 हसर-शूआल, बेर्शेबा र त्यसका बस्तीहरूमा;
NEH 11:28 सिक्लगमा, मकोना र त्यसका बस्तीहरूमा,
NEH 11:29 एन-रिम्मोनमा, सोराहमा, यर्मूतमा,
NEH 11:30 जानोह, अदुल्‍लाम र तिनीहरूका गाउँहरूमा, लाकीश र त्यसका खेतहरूमा, र अजेका र त्यसका बस्तीहरूमा, यसरी तिनीहरू टाढामा रहेको बेर्शेबादेखि हिन्‍नोमको बेँसीसम्म बसेका थिए।
NEH 11:31 बेन्यामीनका सन्तानहरू गेबादेखि यी ठाउँहरूमा बस्थेः मिकमाश, अय्या, बेथेल र त्यसका बस्तीहरूमा,
NEH 11:32 अनातोत, नोब र अनन्याहमा,
NEH 11:33 हासोर, रामा र गित्तैममा,
NEH 11:34 हादीद, सबोयीम र नबल्‍लतमा,
NEH 11:35 लोद, ओनो र सिल्पकारहरूको बेँसी गे-हाराशिममा बसे।
NEH 11:36 यहूदाका लेवीहरूका केही दलहरूचाहिँ बेन्यामीनमा बसोबास गरे।
NEH 12:1 शालतिएलका छोरा यरुबाबेल र येशूआसित कैदबाट फर्कने पुजारीहरू र लेवीहरू यिनै थिए: सरायाह, यर्मिया, एज्रा,
NEH 12:2 अमर्याह, मल्‍लूक, हत्तूश,
NEH 12:3 शकन्याह, रेहूम, मरेमोत,
NEH 12:4 इद्दो, गिन्‍नतोन, अबीयाह,
NEH 12:5 मिय्यामीन, मअद्‌याह, बिल्गा,
NEH 12:6 शमायाह, यहोयारीब, यदायाह,
NEH 12:7 सल्‍लू, आमोक, हिल्कियाह र यदायाह।
NEH 12:8 लेवीहरू यिनीहरू नै थिएः येशूआ, बिन्‍नूई, कदमिएल, शेरेबियाह, यहूदा र मत्तन्याह, जो तिनका सहयोगीहरूसित धन्यवादी गीतहरूका जिम्मेवार थिए।
NEH 12:9 तिनीहरूका सहयोगीहरू उन्‍नी र बक्बुक्याह सङ्गीत सेवाहरूमा तिनीहरूको सामु उभिन्थे।
NEH 12:10 येशूआ योयाकीमका पिता थिए, योयाकीम एल्यासीबका पिता थिए, एल्यासीब यहोयादाका पिता थिए।
NEH 12:11 यहोयादा जोनाथनका पिता थिए, अनि जोनाथन यद्‌दूआका पिता थिए।
NEH 12:12 योयाकीमको समयमा यिनै पुजारी परिवारहरूका अगुवाहरू थिए: सरायाहका परिवारका मरायाह; यर्मियाका हनन्याह;
NEH 12:13 एज्राका मशुल्‍लाम; अमर्याहका येहोहानान;
NEH 12:14 मल्‍लूकका जोनाथन; शकन्याहका योसेफ;
NEH 12:15 हारीमका अदना; मरायोतका हल्कै;
NEH 12:16 इद्दोका जकरिया; गिन्‍नतोनका मशुल्‍लाम;
NEH 12:17 अबीयाहका जिक्री; मिन्यामीन र मोअद्‌याहका पिल्तै;
NEH 12:18 बिल्गाका शम्मूआ; शमायाहका यहोनातान;
NEH 12:19 यहोयारीबका मत्तनै; यदायाहका उज्जी;
NEH 12:20 सल्‍लूका कल्‍लै; आमोकका एबेर;
NEH 12:21 हिल्कियाहका हशब्याह; यदायाहका नथनिएल।
NEH 12:22 एल्यासीब, यहोयादा, योहानान र यद्‌दूआका साथै पुजारीहरूको पनि समयमा लेवीहरूका परिवारका अगुवाहरू परसीयाका राजा दाराको शासनकालमा दर्ता गरिएका थिए।
NEH 12:23 एल्यासीबका छोरा योहानानको समयसम्मका लेवीका सन्तानहरूका परिवारका अगुवाहरू इतिहासको पुस्तकमा लेखिएका थिए।
NEH 12:24 लेवीहरूका अगुवाहरू यिनीहरू नै थिएः हशब्याह, शेरेबियाह, कदमिएल छोरा येशूआ र तिनीहरूका सहयोगीहरू, परमेश्‍वरका जन दावीदले तोकिदिएअनुसार तिनीहरू पालैपालो धन्यवाद र प्रशंसा चढाउन एक दल अर्को दलको सामु खडा हुन्थे।
NEH 12:25 मत्तन्याह, बक्बुक्याह, ओबदियाह, मशुल्‍लाम, तल्मोन र अक्‍कूबचाहिँ द्वारपालहरू थिए, जो मूलढोकाहरूका भण्डार कोठाहरूमा पहरा दिन्थे।
NEH 12:26 तिनीहरूले येशूआका छोरा, योसादाकका नाति योयाकीमको पालोमा र राज्यपाल नहेम्याह र पुजारी शिक्षक एज्राका पालामा सेवा गरेका थिए।
NEH 12:27 यरूशलेमको पर्खालको समर्पणमा धन्यवादी गीतहरूको साथै झ्याली, वीणा र सारङ्गीको सङ्गीतको साथमा आनन्दसाथ समर्पणको उत्सव मनाउनका लागि लेवीहरूलाई तिनीहरू बसोबास गरेका ठाउँहरूबाट खोजी निकालेर यरूशलेममा ल्याइयो।
NEH 12:28 यरूशलेमका चारैतिरका इलाकाहरूबाट पनि सङ्गीतकारहरूलाई नतोपातीहरूका गाउँहरूबाट ल्याइयो।
NEH 12:29 बेत-गिलगालबाट, गेबा र अज्मावेतका इलाकाहरूबाट आए; किनकि सङ्गीतकारहरूले आफ्ना निम्ति यरूशलेमका वरिपरि गाउँहरू बसाएका थिए।
NEH 12:30 पुजारीहरू र लेवीहरूले आफूलाई विधिपूर्वक शुद्ध पारे; साथै तिनीहरूले मानिसहरू, मूलढोकाहरू र पर्खाललाई शुद्ध पारे।
NEH 12:31 त्यसपछि मैले यहूदाका अगुवाहरूलाई पर्खालमाथि जान लगाएँ। मैले दुई वटा ठूला गायन झुण्डहरूलाई पनि धन्यवाद चढाउने काममा नियुक्त गरेँ। एक दलचाहिँ पर्खालमाथि चढेर दाहिनेपट्टि फोहोर ढोकातिर जानुपर्ने थियो।
NEH 12:32 होशायाह र यहूदाका आधा भाग अगुवाहरूले तिनीहरूलाई पछ्याए;
NEH 12:33 अनि अजर्याह, एज्रा, मशुल्‍लाम,
NEH 12:34 यहूदा, बेन्यामीन, शमायाह, यर्मिया,
NEH 12:35 केही पुजारीहरू तुरही सहित र जकरिया जोनाथनका छोरा, जो शमायाहका छोरा, जो मत्तन्याहका छोरा, जो मीकायाका छोरा, जो जक्‍कूरका छोरा, जो आसापका छोरा थिए;
NEH 12:36 अनि जकरियाका सहयोगी दाजुभाइहरू शमायाह, अजरेल, मिललै, गिललै, माए, नथनिएल, यहूदा र हनानी—तिनीहरू परमेश्‍वरका जन दावीदले तोकिदिएका वाद्य-वाजाहरूसित थिए। व्यवस्थाको शिक्षक एज्रालेचाहिँ शोभायात्राको नेतृत्व गरे।
NEH 12:37 फोहरा मूलढोकामा तिनीहरूले दावीदको सहरका खुड्किलाहरूमा सोझै माथि उक्लँदै अगि बढे, र पर्खालमाथि चढे। त्यसपछि तिनीहरू दावीदको घरमाथिबाट पार भएर पूर्वतिरको पानी मूलढोकामा गए।
NEH 12:38 गायन-झुण्डको दोस्रो दलचाहिँ विपरीत दिशातिर बढे। म आधा मानिसहरूसँगै पर्खालको माथिसम्म तिनीहरूका पछि-पछि गएँ र भट्टीको धरहरा पार गरेर चौडा पर्खालसम्म गएँ।
NEH 12:39 एफ्राइम मूलढोकामाथि, येशना ढोका, माछा ढोका, हननेलको धरहरा र सयको धरहराहुँदै भेडा ढोकासम्म गएँ। अनि तिनीहरू पहरेदार ढोकामा रोकिए।
NEH 12:40 धन्यवाद चढाइसकेपछि दुई वटा गायन झुण्डहरू परमेश्‍वरको भवनमा तिनीहरूका ठाउँमा बसे; अनि मैले पनि तिनीहरूसित त्यसै गरेँ, अर्थात् अधिकृतहरूको आधा भागहरूसँग बसेँ।
NEH 12:41 साथै पुजारीहरू एल्याकीम, मासेयाह, मिन्यामीन, मीकाया, एल्योएनै, जकरिया र हनन्याहसँगै तिनीहरूका तुरही बजाउँदै हिँडे।
NEH 12:42 साथै मासेयाह, शमायाह, एलाजार, उज्जी, येहोहानान, मल्कियाह, एलाम र एजेर थिए। गायन झुण्डले यिज्रयाहको निर्देशनमा गीत गाए।
NEH 12:43 परमेश्‍वरले तिनीहरूलाई ठूलो आनन्द दिनुभएकोमा त्यस दिन तिनीहरूले आनन्दसाथ ठूलो बलिदानहरू चढाए। स्त्रीहरू र केटाकेटीहरूले पनि आनन्द मनाए। यरूशलेममा हर्ष मनाइएको आवाज धेरै टाढासम्म पनि सुन्‍न सकिन्थ्यो।
NEH 12:44 त्यस बेला भेटीहरू, अगौटे फलहरू र दशांशहरूका भण्डार कोठाहरूको जिम्मावाल हुनलाई मानिसहरू नियुक्त गरियो। तिनीहरूले सहरहरूका वरिपरिका खेतहरूबाट व्यवस्थाअनुसार पुजारीहरू र लेवीहरूका निम्ति तोकिएका भागहरू भण्डार कोठाहरूमा जम्मा गर्नुपर्थ्यो, किनकि सेवा गर्ने पुजारीहरू र लेवीहरूसित सारा यहूदाबासीहरू खुशी थिए।
NEH 12:45 तिनीहरूले आफ्ना परमेश्‍वरको सेवा र शुद्धीकरणको सेवा गर्थे। सङ्गीतकारहरू र द्वारपालहरूले पनि दावीद र तिनका छोरा सोलोमनका आदेशअनुसार सेवा गर्थे।
NEH 12:46 किनकि धेरै समयअगि दावीद र आसापका समयमा सङ्गीतकारहरूका निम्ति र परमेश्‍वरलाई प्रशंसा र धन्यवादका गीतहरू गाउनेहरूका निम्ति निर्देशकहरू हुन्थे।
NEH 12:47 यसकारण यरुबाबेल र नहेम्याहका दिनहरूमा सारा इस्राएलले सङ्गीतकारहरू र द्वारपालहरूका निम्ति दैनिक भागहरू दिए। तब तिनीहरूले अरू लेवीहरूका निम्ति पनि भाग छुट्याएर राख्थे; अनि लेवीहरूले चाहिँ हारूनका सन्तानको भाग छुट्ट्याए।
NEH 13:1 त्यस दिन मानिसहरूले सुन्‍ने गरी मोशाको पुस्तक चर्को आवाजमा पढियो; अनि त्यसमा यस्तो लेखिएको भेट्टाइयो: कुनै पनि अम्मोनी अथवा मोआबीलाई परमेश्‍वरको समुदायमा कहिल्यै प्रवेश गराउनुहुँदैन।
NEH 13:2 किनकि तिनीहरूले इस्राएलीहरूलाई भोजन र पानी दिएनन्; तर तिनीहरूलाई श्राप दिन भनी बालामलाई रकम दिएर बोलाएका थिए। तरै पनि हाम्रा परमेश्‍वरले त्यस सरापलाई आशिष्‌मा परिवर्तन गरिदिनुभयो।
NEH 13:3 मानिसहरूले यो व्यवस्था सुनेपछि तिनीहरूले विदेशी मूलका सबै मनिसहरूलाई इस्राएलबाट निकालिदिए।
NEH 13:4 यसअगि पुजारी एल्यासीबलाई परमेश्‍वरको भवनको भण्डार कोठाहरूको जिम्मावाल बनाइएको थियो। तिनको तोबियाहसँग घनिष्‍ठ सम्बन्ध थियो।
NEH 13:5 एल्यासीबले तोबियाहलाई एउटा ठूलो कोठा व्यवस्था गरिदिएका थिए, जहाँ पहिले अन्‍नबलिहरू, धूप र मन्दिरका सामानहरू र लेवीहरूका, सङ्गीतकारहरू र द्वारपालहरूका निम्ति तोकिएका अन्‍नका नयाँ दाखमद्यका र जैतुन तेलका दशांशहरूको साथमा पुजारीहरूका निम्ति भेटीहरू राखिन्थे।
NEH 13:6 तर यी सबै कुराहरू हुँदै गर्दा मचाहिँ यरूशलेममा थिइनँ; किनकि बेबिलोनका राजा अर्तसास्तको बत्तीसौँ वर्षमा म राजाकहाँ फर्किगएको थिएँ। केही समयपछि मैले राजाबाट अनुमति मागेँ,
NEH 13:7 र म यरूशलेममा फर्किआएँ। तब एल्यासीबले तोबियाहलाई परमेश्‍वरको भवनका चोकमा एउटा कोठा दिएर दुष्‍ट काम गरेको कुरा मैले थाहा पाएँ।
NEH 13:8 मलाई यो कुरा एकदमै मन परेन, र मैले तोबियाहका घरका सबै सामानहरू कोठाबाट बाहिर फ्याँकिदिएँ।
NEH 13:9 मैले कोठाहरू शुद्ध गर्ने आदेश दिएँ, र त्यस कोठामा परमेश्‍वरको भवनका सरसामानहरू, अन्‍नबलि र धूप राख्न लगाएँ।
NEH 13:10 मैले लेवीहरूलाई तोकिएका भागहरू नदिएको र सेवाको जिम्मामा रहेका लेवीहरू र सङ्गीतकारहरू आफ्नै खेतहरूतिर फर्किगएका थाहा पाएँ।
NEH 13:11 यसकारण अधिकृतहरूलाई हप्काएँ, र तिनीहरूलाई सोधेँ, “परमेश्‍वरको घरको अवहेलना किन गरिएको?” तब मैले तिनीहरूलाई एकसाथ भेला पारेँ, र तिनीहरूलाई आ-आफ्ना काममा नियुक्त गरेँ।
NEH 13:12 सारा यहूदाका मानिसहरूले अन्‍न, नयाँ दाखमद्य र जैतुन तेलका दशांशहरू भण्डारमा ल्याए।
NEH 13:13 मैले पुजारी शेलेम्याहलाई, शास्त्री सादोकलाई, र पदायाह नाउँका लेवीलाई भण्डारको जिम्मा दिएँ; अनि हानान जक्‍कूरका छोरा, मत्तन्याहका नातिलाई तिनीहरूको सहायक बनाएँ; किनकि यी मानिसहरू विश्‍वासयोग्य थिए। तिनीहरूलाई आफ्ना लेवी दाजुभाइहरूलाई आवश्यक सर-सामान बाँडिदिने जिम्मेवारी दिइएको थियो।
NEH 13:14 हे मेरा परमेश्‍वर, मलाई यो कुराको निम्ति स्मरण गर्नुहोस्, र मैले मेरा परमेश्‍वरका घर र त्यसका सेवाका निम्ति अति विश्‍वासयोग्यतासाथ जे गरेको छु, त्यो आफ्नो स्मरणबाट नमेट्नुहोस्।
NEH 13:15 ती दिनहरूमा मैले यहूदाका मानिसहरूलाई शब्बाथ दिनमा दाखको कोल पेलिरहेका र अन्‍न जम्मा गरेर, दाखमद्य, अङ्‌गुर, नेभारा र अरू किसिमका भारीहरू गधाहरूमा लदाएका देखेँ। तिनीहरूले ती सबै कुरा शब्बाथमा यरूशलेम ल्याउने गर्थे। यसकारण तिनीहरूलाई शब्बाथमा खानेकुरा बेचेको कारण मैले चेतावनी दिएँ।
NEH 13:16 यरूशलेममा बस्‍ने टायरका मानिसहरूले माछाहरू र सबै किसिमका व्यापारका सामानहरू यरूशलेममा ल्याए, र शब्बाथ दिनमा यहूदाका मानिसहरूलाई बेचिरहेका थिए।
NEH 13:17 मैले यहूदाका अधिकारीहरूलाई हप्काएँ, र तिनीहरूलाई भनेँ, “तिमीहरूले शब्बाथ दिनलाई अपवित्र पार्दै यो कस्तो दुष्‍ट काम गरिरहेका छौ?
NEH 13:18 के तिमीहरूका पुर्खाहरूले यस्तै काम गरेनन् र? त्यसकारण हाम्रा परमेश्‍वरले हामीमाथि र यस सहरमाथि सबै विपत्तिहरू ल्याउनुभएको होइन र? अब तिमीहरूले शब्बाथ दिनलाई अपवित्र पारेर इस्राएलमाथि उहाँको क्रोध बढाइरहेका छौ।”
NEH 13:19 जब शब्बाथको दिन अगि यरूशलेमका मूलढोकाहरूमा साँझको अँध्यारोको छाया पर्न थाल्यो, तब मैले शब्बाथ नबितेसम्म ढोकाहरू बन्द गर्न र नखोल्न आदेश दिएँ। मैले शब्बाथ दिनमा कुनै पनि भारी भित्र ल्याउन नसकून् भनेर मूलढोकामा मेरा आफ्ना केही मानिसहरूलाई खटाएँ।
NEH 13:20 एक-दुई पटक व्यापारीहरू र सबै किसिमका सामान बेच्नेहरू यरूशलेमबाहिर नै रात बिताए।
NEH 13:21 तर मैले तिनीहरूलाई चेतावनी दिएर भनेँ, “तिमीहरू किन पर्खालको छेउमा रात बिताउँछौ? यदि तिमीहरूले फेरि पनि यसै गर्‍यौ भने म तिमीहरूलाई कारबाही गर्नेछु।” त्यस दिनदेखि उसो तिनीहरू शब्बाथको दिनमा आउन छोडे।
NEH 13:22 त्यसपछि मैले लेवीहरूलाई आफैँ शुद्ध हुन, र शब्बाथ दिनलाई पवित्र राख्न मूलढोकामा आएर पहरा दिन आज्ञा दिएँ। हे मेरा परमेश्‍वर, यसको लागि पनि मलाई स्मरण गर्नुहोस्, र तपाईंको अचुक प्रेमअनुसार ममाथि कृपा देखाउनुहोस्।
NEH 13:23 यसबाहेक मैले ती दिनहरूमा यहूदाका मानिसहरूले अश्दोद, अम्मोनी र मोआबीहरूबाट स्त्रीहरूलाई विवाह गरिरहेका भेट्टाएँ।
NEH 13:24 तिनीहरूका आधा सन्तानले अश्दोदका अथवा अरू जातिका भाषाहरू बोल्थे, तर तिनीहरूले यहूदाको भाषा बोल्न जान्दैनथिए।
NEH 13:25 मैले तिनीहरूलाई हप्काएँ, र सरापको भागीदार बनाएँ। मैले केही मानिसहरूलाई पिटेँ; अनि तिनीहरूका केश उखेलिदिएँ। मैले तिनीहरूलाई परमेश्‍वरको नाममा शपथ खान लगाएर भनेँ, “तिमीहरूले आफ्ना छोरीहरूलाई तिनीहरूका छोराहरूसित विवाह गर्न दिनेछैनौँ, न त तिमीहरूले आफ्ना छोराहरूका निम्ति अथवा आफ्नै निम्ति तिनीहरूका छोरीहरू विवाह गरेर ल्याउँनेछौ।
NEH 13:26 के यस्तै विवाहको कारण इस्राएलका राजा सोलोमनले पाप गरेका थिएनन् र? धेरै जातिहरूका बीचमा तिनीजस्ता राजा अरू कोही थिएनन्। तिनलाई तिनका परमेश्‍वरले प्रेम गर्नुहुन्थ्यो, र परमेश्‍वरले तिनलाई सारा इस्राएलमाथि राजा बनाउनुभयो; तर तिनलाई समेत विदेशी स्त्रीहरूले पाप गर्न लगाए।
NEH 13:27 के अब तिमीहरूले पनि विदेशी स्त्रीहरूसित विवाह गरेर हाम्रा परमेश्‍वरप्रति अविश्‍वासयोग्य भएर यस्ता सबै दुष्‍टता गरिरहेका कुरा हामीले सुन्‍ने?”
NEH 13:28 प्रधान पुजारी एल्यासीबका एक जना छोरा यहोयादाचाहिँ होरोनी सन्बलतका जुवाइँ थिए। मैले त्यसलाई त्यहाँबाट निकालिदिएँ।
NEH 13:29 हे मेरा परमेश्‍वर, तिनीहरूले पुजारी पदलाई, पुजारी र लेवीको करारलाई अशुद्ध पारेका कारण तिनीहरूलाई स्मरण गर्नुहोस्।
NEH 13:30 यसकारण मैले पुजारीहरू र लेवीहरूलाई हरेक विदेशी कुराहरूबाट शुद्ध पारेँ; अनि तिनीहरू हरेकलाई तिनीहरूका आ-आफ्ना काम सुम्पिदिएँ।
NEH 13:31 मैले तोकिएको समयको लागि काठको दान र अगौटे फलको व्यवस्था पनि गरिदिएँ। हे मेरा परमेश्‍वर, असल कुराका निम्ति मलाई सम्झनुहोस्!
EST 1:1 अहासूरस जसले भारतदेखि कूशसम्म फैलिएको 127 वटा प्रान्तहरूमाथि शासन गर्थे, तिनको शासनकालमा घटेका घटनाहरूको विवरण यही हो:
EST 1:2 त्यस बेला राजा अहासूरसले शूशनको राजधानीमा रहेको आफ्नो राजकीय सिंहासनबाट शासन गर्थे।
EST 1:3 आफ्नो शासनको तेस्रो वर्षमा तिनले आफ्ना सबै हाकिम र अधिकारीहरूका निम्ति एउटा ठूलो भोज लगाए। त्यस भोजमा परसीया र मादीका सेनाका अगुवाहरू, राजकुमारहरू र प्रान्त प्रान्तका मुख्य मानिसहरू राजाको सामु उपस्थित भए।
EST 1:4 त्यस बेला तिनले आफ्नो राज्यको विशाल समृद्धि, वैभव र तिनको गौरवको महिमा 180 दिनसम्म प्रदर्शन गरिरहे।
EST 1:5 ती दिनहरू पूरा भएपछि राजाले शूशनको राजधानीमा भएका सानादेखि ठूला सबै मानिसहरूका निम्ति राजमहलको भित्रपट्टिको बगैँचामा सात दिनसम्म भोज लगाए।
EST 1:6 त्यस बगैँचामा सिङ्गमरमरका स्तम्भहरूमा चाँदीका गोलचक्रहरूमा लगाइएका सेता मसिनो र बैजनी कपडाहरूमा गाँसिएका सेता र निलो सुती कपडाका पर्दाहरू झुन्ड्याइएका थिए। त्यहाँ रातो-स्फटिक शिला, सिङ्गमरमर, मोती र अन्य मूल्यवान् पत्थरहरूले सिँगारिएको भुइँमाथि सुन र चाँदीका बस्‍ने आसनहरू राखिएका थिए।
EST 1:7 हरेक भिन्‍नाभिन्‍नै प्रकारका सुनका कचौराहरूमा दाखमद्य टक्राइन्थे; अनि त्यहाँ राजाको उदारताअनुसार राजकीय दाखमद्य प्रशस्त मात्रामा पाइन्थ्यो।
EST 1:8 राजाको आदेशमा सबै पाहुनाहरूलाई रोकटोकविना तिनीहरूको इच्छाअनुसार पिउन दिइएको थियो; किनकि राजाले आफ्ना सबै मद्य टक्राउनेहरूलाई हरेक मानिसको इच्छाअनुसार दिनू भन्‍ने आदेश दिएका थिए।
EST 1:9 तब रानी वश्तीले पनि त्यसै समयमा राजा अहासूरसको राजमहलका स्त्रीहरूका निम्ति एउटा ठूलो भोज लगाइन्।
EST 1:10 भोजको सातौँ दिनमा, जब राजा अहासूरस दाखमद्यको कारण प्रफुल्‍लित थिए, तब तिनले आफ्नो सेवा गर्ने सात जना नपुंसकहरू: महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कसलाई बोलाए।
EST 1:11 अनि मानिसहरू र अधिकारीहरूलाई रानी वश्तीको सुन्दरता देखाउन भनी राजसी मुकुट पहिरेकी रानीलाई ल्याउने आदेश दिए; किनकि तिनी हेर्नमा सुन्दरी थिइन्।
EST 1:12 तब ती सेवकहरूले राजाको हुकुम रानीलाई सुनाए; तर रानी वश्तीले आउन अस्वीकार गरिन्। यसैले राजा अत्यन्त क्रोधित भए, र तिनी रिसले आगो भए।
EST 1:13 त्यसपछि राजाले आफ्ना बुद्धिमान् मानिसहरू, जससँग यस्तो विषयमा राम्रो ज्ञान थियो, तिनीहरूसँग कुरा गरे। राजाले यस्ता नियम र कानुनको विषयमा पोख्त भएका ज्ञानी सल्‍लाहकारहरूको सल्‍लाह लिने चलन थियो।
EST 1:14 अनि राजासित घनिष्‍ठ रहेका परसीया र मादीका सात जना मुख्य हाकिमहरू: कर्शना, शेथार, अदमाता, तर्शीश, मेरेस, मर्सेना र ममूकान, जोसँग राजाको उपस्थितिमा प्रवेश गर्ने विशेष अधिकार थियो; अनि तिनीहरूले राज्य शासनमा विशेष स्थान पाएका थिए।
EST 1:15 तिनले तिनीहरूसित सोधे, “कानुनअनुसार रानी वश्तीलाई के गरौँ? किनभने तिनले नपुंसकहरूद्वारा दिइएको राजा अहासूरसको आज्ञापालन गरिनन्।”
EST 1:16 तब राजा र हाकिमहरूको उपस्थितिमा ममूकानले जवाफ दिए, “रानी वश्तीले राजाको विरुद्ध मात्र होइन, तर राजा अहासूरसका सबै प्रान्तहरूका सबै भारदारहरू र मानिसहरूको अनादर गरेकी छिन्।
EST 1:17 किनकि रानीको व्यवहारको बारेमा सबै स्त्रीहरूले जान्‍नेछन्, र तिनीहरूले आफ्ना पतिहरूलाई तुच्छ ठानेर यसो भन्‍नेछन्, ‘राजा अहासूरसले रानी वश्तीलाई तिनको सामु उपस्थित हुन हुकुम गर्नुभएको थियो, तर तिनले अस्वीकार गरिन्।’
EST 1:18 आजको यही दिन रानीले गरेको व्यवहारको बारेमा सुन्‍ने परसीया र मादीका मुख्य घरानाका स्त्रीहरूले राजाका हाकिमहरूसित यस्तै प्रकारको व्यवहार गर्नेछन्। यसले गर्दा अनादर र अशिष्‍टताको कुनै अन्त्य हुनेछैन।
EST 1:19 “यसकारण यदि राजालाई असल लाग्छ भने उहाँद्वारा एउटा राजकीय उर्दी निकालियोस्; अनि त्यसलाई परसीया र मादीहरूको ऐन-कानुनमा लेखियोस्, जसलाई कसैले पनि रद्द गर्न नसकून्; ताकि अब उसो राजा अहासूरसको उपस्थितिमा रानी वश्ती कहिल्यै देखा पर्न पाउनेछैनन्; अनि राजाले उनको राजकीय पद तिनीभन्दा असल अरू कसैलाई देऊन्।
EST 1:20 अनि जब राजाको उर्दी उनको सारा राज्यभरि सुनाइन्छ, तब सानादेखि ठूलासम्मका सबै स्त्रीहरूले आफ्ना पतिहरूलाई आदर गर्नेछन्।”
EST 1:21 तब राजा र तिनका भारदारहरूलाई यो सल्‍लाह मन पर्‍यो। यसकारण राजाले ममूकानले राखेको प्रस्तावअनुसार गरे।
EST 1:22 राजाले हरेक मानिस आफ्नो घरको मालिक हुनुपर्छ भन्‍ने आदेश आफ्नो राज्यका सबै राजकीय प्रान्तहरूमा पठाए। अनि प्रत्येक प्रान्तमा तिनीहरूका आ-आफ्नै लिपिअनुसार र हरेक जातिका आ-आफ्नै भाषाअनुसार आज्ञा-पत्रहरू पठाए।
EST 2:1 त्यसपछि जब राजा अहासूरसको क्रोध शान्त भयो, तब उनलाई वश्तीको याद आयो; अनि तिनले गरेको कुरा र उनको विरोधमा निकालिएको उर्दीलाई उनले सम्झना गरे।
EST 2:2 तब राजाका व्यक्तिगत सेवकहरूले यसो भनी प्रस्ताव गरे, “राजाका निम्ति सुन्दरी कन्याहरूको खोजी गरियोस्।
EST 2:3 ती सबै सुन्दरी केटीहरूलाई शूशनको राजधानीमा भएको स्त्री-गृहमा ल्याइयोस् भनेर राजाले आफ्नो राज्यका प्रत्येक प्रान्तमा उच्‍च कर्मचारीहरू नियुक्त गरून्। ती कन्याहरूलाई स्त्री-गृहको जिम्मावाल रहेका राजाका नपुंसक हेगेको अधीनमा राखियोस्; अनि तिनीहरूलाई सुन्दर बनाउने सिङ्गार-पटारका सामग्रीहरू दिइयोस्।
EST 2:4 अनि जुन स्त्रीले राजालाई रिझाउँछे, उही नै वश्तीको सट्टामा रानी होस्।” यो सल्‍लाह राजालाई असल लाग्यो, तब तिनले त्यस्तै गरे।
EST 2:5 शूशनको राजधानीमा मोर्दकै नाम भएका एक जना यहूदी थिए, जो याईरका छोरा शिमीका नाति र कीशका पनाति बेन्यामीन कुलका थिए;
EST 2:6 उनी बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैद गरेर लगिएकाहरू मध्येका एक थिए।
EST 2:7 मोर्दकैकी हदस्सा नाम भएकी एउटी बहिनी थिइन्। तिनका बुबाआमा कोही पनि थिएनन्। यसकारण मोर्दकैले नै तिनलाई हुर्काएका थिए। मोर्दकैले तिनका बुबाआमाको मृत्युपछि तिनलाई आफ्नी छोरीझैँ धर्म-पुत्री बनाएर राखेका थिए। तिनलाई एस्तर नामले पनि चिनिन्थ्यो; तिनी एउटी राम्रो जीउडाल भएकी सुन्दरी थिइन्।
EST 2:8 त्यसपछि जब राजाको आदेश र उर्दीको घोषणा भयो, तब शूशन राजधानीमा हेगेको जिम्मामा धेरै युवतीहरू भेला गराइए। तब एस्तरलाई पनि राजमहलमा ल्याइयो; अनि स्त्री-गृहको जिम्मावाल हेगेको जिम्मामा राखियो।
EST 2:9 एस्तरले हेगेलाई खुशी पारिन्, र तिनको निगाह प्राप्‍त गरिन्। तिनले तत्कालै एस्तरलाई सौन्दर्यका सामग्रीहरू र विशेष भोजनको प्रबन्ध गरिदिए। तिनले एस्तरलाई राजाको महलबाट चुनिएका सात जना सहेलीहरू खटाइदिए। अनि तिनी र तिनका सहेलीहरूलाई स्त्री-गृहको विशेष सुविधा भएको ठाउँमा राखिदिए।
EST 2:10 एस्तरले आफ्नो जातीय पृष्‍ठभूमि र परिवारको बारेमा प्रकट गरेकी थिइनन्; किनकि मोर्दकैले तिनलाई त्यसै गर्न सल्‍लाह दिएका थिए।
EST 2:11 एस्तर कस्तो अवस्थामा छिन् र तिनलाई के-कसो हुँदैछ, सो पत्ता लगाउन मोर्दकै दिनहुँ त्यस स्त्री-गृहको आँगनबाट भएर ओहोर-दोहोर गर्थे।
EST 2:12 कुनै पनि युवती एक-एक गरी राजा अहासूरसकहाँ जाने पालो आउनअगि तिनीहरूको लागि तोकिएको सिङ्गार-पटारको बाह्र महिना पूरा गर्नुपर्थ्यो। छ महिनासम्म मूर्रको तेलले, छ महिनासम्म सिङ्गार मसला र अत्तरको तेलले मालिश गरिन्थ्यो।
EST 2:13 यसरी ऊ राजाकहाँ जानुपर्थ्यो: युवतीहरूले स्त्री-गृहबाट आफूसँग राजाकहाँ लैजान चाहेका कुनै पनि चीज उसलाई लैजान दिइन्थ्यो।
EST 2:14 बेलुकी ऊ राजाकहाँ जान्थी, र भोलिपल्ट बिहान उपपत्नीहरूका जिम्मावाल रहेका राजाका नपुंसक शाश्गजको रेख-देखमा रहन स्त्री-गृहको अर्को ठाउँमा जान्थी। राजा ऊसँग प्रसन्‍न भएर उसको नाम काढेर नबोलाएसम्म ऊ राजाकहाँ फेरि जान पाउँदिनथिई।
EST 2:15 जब एस्तरको (जसलाई मोर्दकैले धर्म-पुत्री बनाएका थिए, तिनी मोर्दकैका काका अबीहेलकी छोरी थिइन्) राजाकहाँ जाने पालो आयो, तब तिनले स्त्री-गृहको जिम्मामा रहेका राजाका नपुंसक हेगेले सल्‍लाह दिएका कुराबाहेक अरू केही मागिनन्। यसरी एस्तरलाई देख्ने सबैको दृष्‍टिमा तिनले कृपा पाइन्।
EST 2:16 तिनलाई दसौँ महिना अर्थात् तेबेत महिनामा, राजाको शासनकालको सातौँ वर्षमा राजा अहासूरसको राजभवनभित्र लगियो।
EST 2:17 राजा अरू सबै स्त्रीहरूभन्दा एस्तरप्रति बढी आकर्षित भए; अनि तिनले अरू कन्याहरूले भन्दा बढी राजाको कृपा र निगाह पाइन्। यसकारण राजाले तिनको शिरमाथि राजसी मुकुट पहिराइदिए, र तिनलाई वश्तीको सट्टामा रानी तुल्याए।
EST 2:18 त्यसपछि राजाले एस्तरको सम्मानमा आफ्ना सबै भारदार र अधिकारीहरूका निम्ति एउटा ठूलो भोज लगाए। तिनले सबै प्रान्तभरि बिदाको घोषणा गरे; अनि राजाको उदारताअनुसार राजकीय उपहारहरू बाँडे।
EST 2:19 कन्याहरू दोस्रो पटक भेला भएको बेला, मोर्दकैचाहिँ राजाको दरबारको मूलढोकामा उपस्थित थिए।
EST 2:20 तर मोर्दकैले एस्तरलाई आफ्नो परिवार र जातियताको कुरा गुप्‍त राख्न भनेझैँ, तिनले त्यसै गरेकी थिइन्; किनकि मोर्दकैले उनलाई हुर्काउँदै गर्दा सिकाएका तिनका आदेशहरू पालन गर्दै आएकी थिइन्।
EST 2:21 मोर्दकै राजाको मूलढोकामा बसिरहेको समयमा, ढोकाको रक्षा गर्ने राजाका दुई जना अधिकारीहरू, बिग्थाना र तेरेश रिसाएका थिए; अनि राजा अहासूरसलाई मार्ने षड्यन्त्र खोज्न थाले।
EST 2:22 तर यो षड्यन्त्र मोर्दकैलाई थाहा भयो, तब त्यो कुरा रानी एस्तरलाई बताइदिए; अनि तिनले त्यसको श्रेय मोर्दकैलाई दिँदै त्यो कुरा राजालाई सुनाइदिइन्।
EST 2:23 अनि जब त्यस कुराको जाँचबुझ भयो, तब त्यो सत्य ठहरियो। तब ती दुवै अधिकारीहरूलाई फाँसीको सजाय दिएर खाँबोमा झुण्ड्याइयो। यी सबै कुरा राजाकै उपस्थितिमा इतिहासका पुस्तकमा लेखियो।
EST 3:1 यी घटनाहरूपछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानलाई अरू अधिकारीहरूभन्दा उच्‍च दर्जाको पद दिएर सम्मान गरे।
EST 3:2 राजाको मूलढोकामा सबै राजकीय अधिकारीहरूले घुँडा टेकेर हामानलाई सम्मान दिन्थे; किनकि राजाले यसो गर्न आज्ञा दिएका थिए। तर मोर्दकैले न घुँडा टेक्थे, न त सम्मान नै दिन्थे।
EST 3:3 तब राजाका मूलढोकामा नियुक्त राजकीय अधिकृतहरूले मोर्दकैलाई सोधे, “तपाईंले किन राजाको आज्ञा उल्‍लङ्घन गर्नुहुन्छ?”
EST 3:4 तिनीहरूले उनलाई दिनदिनै त्यही कुरा भन्थे, तर तिनले त्यो पालन गर्न अस्वीकार गरे। यसकारण तिनीहरूले मोर्दकैको व्यवहार स्वीकार्य छ कि छैन भनी, यस विषयमा हामानलाई भनिदिए; किनकि तिनले आफूलाई यहूदी भनेका थिए।
EST 3:5 जब मोर्दकैले घुँडा टेक्दैनन्, अथवा तिनलाई आदर गर्दैनन् भन्‍ने कुरा हामानले थाहा पाए, तब हामान रिसले चुर भए।
EST 3:6 तर जब हामानलाई मोर्दकैका मानिसहरू को हुन् भनी थाहा भयो, तब तिनले मोर्दकै लगायत अहासूरसको समस्त राज्यभरिका तिनका सबै जाति, यहूदीहरूलाई नै नाश गर्ने उपाय खोज्न थाले।
EST 3:7 राजा अहासूरसको बाह्रौँ वर्षको पहिलो महिना, अर्थात् नीसान महिनामा तिनीहरूले एउटा दिन र महिना छान्‍न भनी हामानको उपस्थितिमा एउटा पूर (अर्थात् चिट्ठा) हाले। अनि चिट्ठा बाह्रौँ महिना, अर्थात् अदार महिनामा पर्‍यो।
EST 3:8 तब हामानले राजा अहासूरसलाई भने, “तपाईंको राज्यका समस्त प्रान्तहरूमा धेरै जाति-जातिको बीचमा फैलिएर बसेको एउटा विशेष जाति छ; तिनीहरू आफैँलाई अरू जातिबाट अलग राख्छन्। तिनीहरूका रीतिहरू अरू जातिहरूका भन्दा फरक छन्; तर तिनीहरूले राजाका आज्ञापालन गर्दैनन्। यसकारण तिनीहरूलाई सहानुभूति देखाउनु राजाको हितमा छैन।
EST 3:9 यदि राजालाई असल लाग्यो भने तिनीहरूलाई नष्‍ट गर्ने एउटा आदेश जारी गरियोस्; अनि म यो काम गर्ने राजाका प्रशासकहरूका निम्ति राजकीय भण्डारमा दश हजार टालेन्ट चाँदी दिनेछु।”
EST 3:10 यसकारण राजाले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट निकालेर अगागी हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानलाई दिए।
EST 3:11 राजाले हामानलाई भने, “त्यो रकम आफूसँग राख, र ती मानिसहरूसित तिमीलाई जे इच्छा लाग्छ, त्यही गर।”
EST 3:12 तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो। हामानको आदेशमा तिनीहरूले विभिन्‍न प्रान्तहरूमा राजाका हाकिमहरू, अधिकृतहरू र विभिन्‍न जातिहरूका अधिकारीहरूलाई हरेक प्रान्तको लिपिअनुसार र हरेक जातिको भाषाअनुसार सबै आदेशहरू लेखियो। यो राजा अहासूरसकै नाममा लेखिएको थियो; अनि तिनको आफ्नै औँठीको छाप लगाइएको थियो।
EST 3:13 अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिनमा राजाका सबै प्रान्तहरूमा सन्देशवाहकद्वारा उर्दी पत्रहरू पठाइयो। ती पत्रहरूमा एकै दिनमा सारा यहूदीहरू, जवान र वृद्ध, स्त्री र केटाकेटीहरूलाई नाश गर्नू, मार्नू र नामनिशानै मेटिदिनु; अनि तिनीहरूका धनसम्पत्तिहरू लुट्नू भन्‍ने हुकुम गरिएको थियो।
EST 3:14 त्यो उर्दीको एउटा प्रतिलिपि प्रत्येक प्रान्तमा हरेक जातिका मानिसहरूमा कानुनझैँ पठाइयो, ताकि त्यस दिनका निम्ति तिनीहरू तयार होऊन्।
EST 3:15 त्यो उर्दी लिएर तुरुन्तै ती सन्देश वाहकहरू निस्के; अनि त्यसलाई राजधानी शूशनमा जारी गरियो। राजा र हामानचाहिँ मद्य पिउन बसे, तर शूशनको सहरमा हलचल मच्‍चियो।
EST 4:1 जब यी सबै कुरा मोर्दकैले थाहा पाए, तब तिनले आफ्ना लुगाहरू च्याते; अनि भाङ्ग्रा र खरानी लगाएर चर्को सोरमा विलाप गर्दै रुँदै सहरमा गए।
EST 4:2 तब तिनी राजाको मूलढोकासम्म पनि पुगे, तर भाङ्ग्रा लगाएको कोही पनि भित्र पस्‍न अनुमति पाउँदैनथ्यो।
EST 4:3 राजाको हुकुम र तिनको उर्दी सुनाइएको प्रत्येक प्रान्तमा यहूदीहरूको बीचमा ठूलो शोक, रुवाइ, उपवास र विलाप भयो। धेरै जना भाङ्ग्रा र खरानी लगाएर बसे।
EST 4:4 जब एस्तरका सहेलीहरू र तिनका नपुंसकहरूले तिनलाई मोर्दकैको बारेमा बताइदिए; तब तिनी अति विचलित भइन्। मोर्दकैले भाङ्ग्राको सट्टा लुगा लगाऊन् भनेर रानीले लुगाहरू पठाइदिइन्; तर उनले त्यो स्वीकार गरेनन्।
EST 4:5 तब एस्तरले आफ्नो रेखदेख गर्ने राजाको नपुंसक हताकलाई बोलाउन पठाइन्; अनि मोर्दकैलाई किन र के कारणले दुःखी बनायो, सो पत्ता लगाउन भनी आज्ञा दिइन्।
EST 4:6 यसकारण हताक राजाको मूलढोकाको अगाडि सहरको खुला चोकमा मोर्दकैकहाँ गए।
EST 4:7 अनि मोर्दकैले आफूमाथि के आइलागेको थियो र हामानले सारा यहूदीहरूको सर्वनाशको निम्ति राजकोषमा कति रकम जम्मा गरिदिनेछु भनी प्रतिज्ञा गरेको छ, त्यो सबै कुरा हताकलाई बताइदिए।
EST 4:8 अनि तिनले शूशनमा यहूदीहरूलाई मार्न भनी जारी गरिएको लिखित उर्दीको प्रतिलिपि पनि एस्तरलाई देखाउन र त्यो बुझाइदिन हताकलाई दिए। मोर्दकैले तिनलाई राजाको उपस्थितिमा गएर दयाको याचना गर्न र आफ्ना मानिसहरूका पक्षमा बिन्ती गर्नलाई निर्देशन दिए।
EST 4:9 तब हताक फर्केर गयो, र मोर्दकैले भनेका सबै कुरा एस्तरलाई बताइदियो।
EST 4:10 तब एस्तरले मोर्दकैलाई यसो भन्‍नू भनेर हताकलाई आदेश दिइन्;
EST 4:11 “राजाले नबोलाएसम्म राजाको भित्री चोकमा जाने कुनै पनि पुरुष अथवा स्त्रीका निम्ति राजाको एउटै कानुन छ भन्‍ने कुरा राजाका सबै अधिकारी र राजकीय प्रान्तका सबै मानिसहरूलाई थाहा छ: राजाले त्यस मानिसतिर आफ्नो सुनको राजदण्ड पसारे भने मात्र त्यो व्यक्ति जीवित रहन्छ। तर राजाले मलाई आफूकहाँ नबोलाउनू भएको तीस दिन भइसकेको छ।”
EST 4:12 जब एस्तरका यी कुराहरू मोर्दकैलाई सुनाइयो,
EST 4:13 तब तिनले यो जवाफ पठाए: “तिमी राजाको घरमा छौ भन्दैमा सारा यहूदीहरूबाट तिमी मात्र उम्कनेछौ भनेर नसोच।
EST 4:14 किनकि यदि तिमी यस्तो बेलामा चुप लागिरह्‍यौ भने यहूदीहरूका निम्ति अर्को ठाउँबाट सहायता र छुटकारा आउनेछ; तर तिमी र तिम्रा बुबाको परिवारचाहिँ नष्‍ट हुनेछ। कसले जान्दछ र, तिमी यस्तै समयका निम्ति राजकीय पदमा पुगेकी हौ कि?”
EST 4:15 त्यसपछि एस्तरले मोर्दकैकहाँ यो जवाफ पठाइन्:
EST 4:16 “गएर शूशनमा भएका सारा यहूदीहरूलाई एकसाथ भेला गर्नुहोस्; अनि तपाईंहरू तीन दिनसम्म रातदिन केही नखाई र नपिई मेरा निम्ति उपवास बस्‍नुहोस्। तपाईंहरूले गरेझैँ म र मेरा सहेलीहरूले पनि उपवास बस्‍नेछौँ। त्यसपछि नियमको विरुद्धै भए तापनि म राजाकहाँ जानेछु। यदि म नाश भएँ भने पनि होस्।”
EST 4:17 यसकारण मोर्दकै गइहाले, र एस्तरले निर्देशन दिएझैँ गरे।
EST 5:1 तेस्रो दिन एस्तरले आफ्नो राजकीय वस्त्र पहिरिन्, र राजमहलको भित्री चोकमा राज कक्षको सामु उभिइन्। राजाचाहिँ कक्षको राजकीय सिंहासनमा प्रवेशद्वारतिर फर्केर बसेका थिए।
EST 5:2 जब राजाले रानी एस्तरलाई चोकमा उभिरहेकी देखे, तब राजा तिनलाई देखेर खुशी भए; अनि आफ्नो हातमा भएको सुनको राजदण्ड एस्तरतिर पसारे। तिनी नजिक गइन् र राजदण्डको टुप्पो छोइन्।
EST 5:3 तब राजाले सोधे, “रानी एस्तर, तिम्रो बिन्ती के हो? तिमी के चाहन्छौँ? तिमीले आधा राज्य नै माग्यौ भने पनि त्यो तिमीलाई दिइनेछ।”
EST 5:4 एस्तरले जवाफ दिइन्, “महाराजालाई असल लाग्यो भने हजुरको निम्ति मैले तयार गरेको भोजमा आज राति हामानको साथमा हजुरको सवारी होस्।”
EST 5:5 राजाले भने, “हामानलाई झट्टै बोलाओ, र एस्तरले भनेझैँ हामी भोजमा जान सकौँ।” यसरी राजा र हामान एस्तरले तयार पारेको भोजमा गए।
EST 5:6 तिनीहरूले दाखमद्य पिउँदै गरेको बेला राजाले एस्तरलाई फेरि सोधे, “तिम्रो बिन्ती के छ? त्यो तिमीलाई दिइनेछ। अनि तिम्रो अनुरोध के छ? आधा राज्य नै भए तापनि त्यो दिइनेछ।”
EST 5:7 एस्तरले जवाफ दिइन्, “मेरो बिन्ती र मेरो अनुरोध यही हो:
EST 5:8 यदि राजाले ममाथि निगाह गर्नुहुन्छ, मेरो बिन्ती र मेरो माग पूरा गर्न राजालाई असल लाग्छ भने मैले हजुरहरूको निम्ति तयार पार्ने भोजमा राजा र हामानको सवारी होस्। तब म भोलि राजाको प्रश्नको उत्तर दिनेछु।”
EST 5:9 त्यस दिन हामान रमाउँदै र मनमा खुशी हुँदै निस्केर गए। तर जब तिनले राजाको मूलढोकामा मोर्दकै तिनको अगि न खडा भएको, न त तिनको उपस्थितिमा डराएको देखे, तब तिनी मोर्दकैसित रिसले चुर भए।
EST 5:10 तरै पनि हामानले आफूलाई सम्हालेर तिनी घरतिर गए। तब तिनले आफ्ना मित्रहरू र आफ्नी पत्नी जेरेशलाई बोलाए।
EST 5:11 अनि हामानले तिनीहरूलाई आफ्नो सम्पत्ति, आफ्ना धेरै छोराहरू, र राजाले कसरी तिनलाई धेरै सम्मान दिएका कुराहरू, अनि तिनले आफूलाई अरू प्रमुख व्यक्तिहरू र अधिकारीहरूभन्दा उच्‍च पदमा नियुक्त गरेको बारेमा धाक लगाए।
EST 5:12 हामानले भने, “अनि यति मात्र होइन, रानी एस्तरले दिएको भोजमा राजासित बस्‍न पाउने व्यक्ति म मात्र हुँ।” अनि भोलि पनि रानीले राजासित मलाई निम्तो दिएकी छिन्।
EST 5:13 तर पनि जबसम्म त्यो यहूदी मोर्दकैलाई राजाको मूलढोकामा देख्छु, यी सबै कुराहरूले मलाई सन्तुष्‍टि दिन सक्दैन।
EST 5:14 तब तिनकी पत्नी जेरेश र तिनका सबै मित्रहरूले तिनलाई सल्‍लाह दिए, “पचास क्यूबिट अग्लो एउटा फाँसीको काठ बनाउन लगाउनुहोस्; अनि त्यसैमा बिहान मोर्दकैलाई झुण्ड्याउन राजासँग बिन्ती गर्नुहोस्। त्यसपछि राजासित भोजमा गएर रमाइलो गर्नुहोस्।” यो सल्‍लाहले हामानलाई खुशी तुल्यायो; अनि तिनले फाँसी दिने काठ तयार गर्न लगाए।
EST 6:1 त्यस रात राजा सुत्नै सकेनन्; यसकारण तिनले आफ्नो शासनकालको ऐतिहासिक विवरणहरूको पुस्तक पढेर सुनाउने हुकुम गरे।
EST 6:2 अनि त्यस विवरणमा राजा अहासूरसको विरुद्ध षड्यन्त्र रचेर राजालाई मार्न खोज्ने द्वारपालहरू, बिग्थाना र तेरेशको योजनाको बारेमा मोर्दकैले बताइदिएको विषयमा लेखिएको थियो।
EST 6:3 अनि राजाले सोधे, “यस कामका लागि मोर्दकैलाई कुन सम्मान र कस्तो इनाम दिइयो त?” तब तिनका सेवकहरूले जवाफ दिए, “तिनका निम्ति केही पनि गरिएको छैन।”
EST 6:4 अनि राजाले सोधे, “चोकमा को छ?” त्यस बेला हामान मोर्दकैलाई झुण्ड्याउन तयार पारेको फाँसीको काठको विषयमा राजासित कुरा गर्न भनी राजमहलको बाहिरी चोकभित्र प्रवेश गरेका थिए।
EST 6:5 यसकारण राजाका सेवकहरूले तिनलाई भने, “चोकमा हामान उभिरहेका छन्।” राजाले आदेश दिए, “तिनलाई भित्र ल्याऊ।”
EST 6:6 जब हामान भित्र पसे, तब राजाले तिनलाई सोधे, “राजाले सम्मान दिन चाहेको मानिसलाई के गरिनुपर्छ?” हामानले मनमनै सोचे, “राजा मबाहेक अरू कसलाई सम्मान दिन इच्छुक हुनुभएको होला र?”
EST 6:7 यसकारण तिनले राजालाई जवाफ दिए, “जुन मानिसलाई सम्मान दिन राजा इच्छुक हुनुहुन्छ,
EST 6:8 उहाँले लगाउनुभएको राजकीय वस्त्र ल्याइयोस्, उहाँ सवार हुनुहुने घोडा र शिरमा लगाइएको मुकुट ल्याइयोस्।
EST 6:9 त्यसपछि त्यो वस्त्र र त्यो घोडा राजाका मुख्य राजकुमारहरूमध्ये एक जनाको जिम्मामा दिइयोस्। तिनीहरूले राजाले सम्मान दिन इच्छुक हुनुभएको मानिसलाई त्यो वस्त्र पहिर्‍याइदेऊन्; अनि तिनलाई त्यस घोडामाथि सवार गराएर सहरका सडकहरूमा डोर्‍याऊन्, र तिनको अगि-अगि यसो भनेर घोषणा गर्दै जाऊन् ‘राजाले सम्मान दिन चाहेका मानिसलाई यसै गरिन्छ।’ ”
EST 6:10 तब राजाले हामानलाई आज्ञा दिए, “झट्टै गएर वस्त्र र घोडा ल्याऊ, र तिमीले सल्‍लाह दिएअनुसार राजाको मूलढोकामा बसिरहेका यहूदी मोर्दकैको निम्ति त्यसै गर। तिमीले सिफारिस गरेका कुनै पनि कुरा नछोड्नू।”
EST 6:11 यसकारण हामानले त्यो वस्त्र र त्यो घोडा ल्याए। तिनले मोर्दकैलाई वस्त्र पहिर्‍याए; अनि घोडामा चढाएर सहरका सडकहरूमा, “राजाले सम्मान दिन इच्छुक हुनुभएको मानिसलाई यस्तै गरिन्छ!” भन्दै घोषणा गर्दै डोर्‍याए।
EST 6:12 त्यसपछि मोर्दकै राजाको मूलढोकामा फर्किआए। तर हामानचाहिँ शोकले झुकेको शिर छोपेर हतार-हतार गर्दै घरतिर गए।
EST 6:13 अनि आफ्नी पत्नी जेरेश र आफ्ना सबै साथीहरूलाई तिनीमाथि भएका सबै कुरा बताए। तिनका सल्‍लाहकारहरू र तिनकी पत्नी जेरेशले तिनलाई भने, “मोर्दकै, जसको सामु तपाईंको पतन सुरु भएको छ, तिनी जन्मजात यहूदी भएका कारण तपाईं तिनको विरुद्ध खडा रहन सक्नुहुन्‍न। तपाईंको विनाश निश्‍चित छ!”
EST 6:14 तिनीहरू हामानसित कुरा गरिरहेकै बेला राजाका नपुंसकहरू आए; अनि एस्तरले तयार पारेको भोजमा तिनलाई लगिहाले।
EST 7:1 तब राजा र हामान रानी एस्तरको भोजमा गए;
EST 7:2 अनि दोस्रो दिन, तिनीहरूले दाखमद्य पिउँदै राजाले फेरि सोधे, “रानी एस्तर, अब भन, तिम्रो बिन्ती के हो? मलाई भन, त्यो तिमीलाई दिइनेछ। तिम्रो अनुरोध के हो? राज्यको आधा भाग मागे तापनि त्यो दिइनेछ।”
EST 7:3 तब रानी एस्तरले जवाफ दिइन्, “हे महाराजा, मैले हजुरको निगाह प्राप्‍त गरेकी छु भने र हजुर राजी हुनुहुन्छ भने म र मेरा जातिहरूका जीवन जोगाइयोस् भन्‍ने मेरो बिन्ती छ। अनि मेरा मानिसहरूलाई बचाइदिनुहोस्—यो मेरो अनुरोध हो।
EST 7:4 किनकि म र मेरा जातिहरू सर्वनाश गरिन, हत्या गरिन र मृत्युको लागि बेचिएका छौँ। यदि हामी दास-दासीझैँ बेचिएका मात्र भए, म चुप लाग्नेथिएँ; किनभने यस्तो सानो कुराको लागि महाराजालाई दुःख दिनु उचित हुनेथिएन।”
EST 7:5 तब राजा अहासूरसले रानी एस्तरलाई सोधे, “त्योचाहिँ को हो? यस्तो काम गर्न साहस गर्ने, त्यो मानिस कहाँ छ?”
EST 7:6 एस्तरले भनिन्, “त्यो विरोधी र शत्रु, यही दुष्‍ट हामान हो!” यो सुनेपछि राजा र रानीको सामु हामान भयभीत भए।
EST 7:7 तब राजा रिसले चुर भएर उठे, र आफ्नो दाखमद्य त्यहीँ छोडेर राजमहलको बगैँचामा गए। तर हामानचाहिँ राजाले तिनको निम्ति दण्डको निर्णय गरिसकेका छन् भनी सोचेर एस्तर रानीसित आफ्नो प्राणको भीख माग्न भनी भित्रै बसे।
EST 7:8 राजा राजमहलको बगैँचाबाट भोज गर्ने हलमा फर्केर आए; हामानचाहिँ एस्तर रानीले आराम गर्ने पलङको छेउमा निहुरिरहेका थिए। तब राजा यसरी चिच्याए, “के यस मानिसले यहाँ मेरै सामु रानीलाई दुर्व्यवहार गर्ने आँट गरेको हो?” राजाको मुखबाट यो कुरा निस्कनसाथ, तिनीहरूले हामानको मुख छोपिदिए।
EST 7:9 तब राजाका सेवक नपुंसकहरूमध्येका एक जना हर्बोनाले भन्यो, “राजालाई सहायता गर्न बोल्ने मोर्दकैका निम्ति हामानले तयार पारेको पचास क्यूबिट अग्लो फाँसी दिने काठ त्यसको घरकै छेउमा खडा छ।” राजाले भने, “त्यसलाई त्यसैमा झुण्ड्याइदेओ!”
EST 7:10 यसकारण नपुंसकहरूले हामानलाई तिनले मोर्दकैका निम्ति तयार गरेको फाँसीको काठमा झुण्ड्याइदिए। तब राजाको रिस शान्त भयो।
EST 8:1 त्यही दिन राजा अहासूरसले यहूदीहरूको शत्रु हामानको सम्पूर्ण सम्पत्ति रानी एस्तरलाई दिए। अनि मोर्दकै राजाको अगि हाजिर भए; किनकि कसरी तिनी उनको आफन्त पर्छन् भनेर एस्तरले राजालाई बताइदिएकी थिइन्।
EST 8:2 राजाले हामानबाट फिर्ता लिएको छाप-औँठी फुकालेर त्यो मोर्दकैलाई दिए। अनि एस्तरले तिनलाई हामानको धनसम्पत्तिको अधिकारी तुल्याइन्।
EST 8:3 एस्तर फेरि रुँदै राजाको पाउमा परेर बिन्ती गरिन्। अगागी हामानले यहूदीहरूको विरुद्धमा रचेको षड्यन्त्र हटाइदिनुहोस् भनी राजासित अनुरोध गरिन्।
EST 8:4 तब राजाले एस्तरतिर सुनको राजदण्ड पसारे; अनि उनी उठिन् र राजाको सामु उभिन्।
EST 8:5 एस्तरले भनिन्, “यदि राजालाई असल लाग्यो भने, र हजुरले ममाथि निगाह राख्नुहुन्छ, साथै यसो गर्नु उचित हो भन्‍ने लाग्यो भने, र हजुर मसित प्रसन्‍न हुनुहुन्छ भने अगागी हम्मदाताका छोरा हामानले राजाका सबै प्रान्तमा भएका यहूदीहरूलाई नाश गर्ने षड्यन्त्र गरेर लेखेर पठाइएका पत्रहरूलाई रद्द गर्ने आदेश लेखियोस्।
EST 8:6 किनकि मेरा मानिसहरूमाथि विपत्ति आइपरेको म कसरी सहन सक्छु? म आफ्नो परिवारमा विनाश आइलागेको कसरी सहन सक्छु र?”
EST 8:7 राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हामानले यहूदीहरूमाथि आक्रमण गरेको कारण मैले त्यसको धनसम्पत्ति एस्तरलाई दिएको छु। त्यसलाई उसैले तयार गरेको फाँसीको काठमा झुण्ड्याइएको छ।
EST 8:8 अब राजाको नाममा यहूदीहरूको पक्षमा अर्को एउटा आदेश तिमीहरूलाई इच्छा लागेअनुसार लेख, र त्यसमा राजाको औँठी-छापको मोहर लगाइदेओ। किनकि राजाको नाममा लेखिएको र तिनको औँठी-छाप लगाएको कुनै पनि लिखित पत्र खारेज गर्न सकिँदैन।”
EST 8:9 तुरुन्तै सीवान भनिने तेस्रो महिनाको तेईसौँ दिन राजाका सचिवहरूलाई बोलाइयो। तिनीहरूले भारतदेखि कूश देशसम्मका 127 प्रान्तका बडाहाकिमहरू, अधिकृतहरू र शासकहरूलाई मोर्दकैले दिएका उर्दीहरू लेखे। ती उर्दीहरू प्रत्येक प्रान्तको आफ्नै लिपिमा र हरेक जातिको आफ्नै भाषामा, र यहूदीहरूका लागि पनि तिनीहरूका आ-आफ्नै लिपि र भाषामा लेखिएका थिए।
EST 8:10 मोर्दकैले राजा अहासूरसको नाममा उर्दीहरू लेखाए, र ती उर्दीहरूलाई राजाको औँठी-छापको मोहर लगाए। अनि ती उर्दीहरूलाई राजाको कामका लागि उच्‍च कोटीका फूर्तिला घोडाहरूमाथि सवार गर्ने सन्देशवाहकहरूद्वारा पठाइदिए।
EST 8:11 राजाको यस उर्दीले प्रत्येक सहरमा भएका यहूदीहरू भेला भएर, आफ्नो सुरक्षा गर्ने अधिकार दिएको थियो। तिनीहरू आफ्ना स्त्री र छोराछोरीहरूलाई आक्रमण गर्न आउने कुनै पनि जाति वा प्रान्तका हतियारधारी दलहरूलाई नाश गर्ने, मार्ने, विनाश गर्ने र तिनीहरूका शत्रुहरूका सम्पत्ति लुट्ने अनुमति दिएको थियो।
EST 8:12 राजा अहासूरसका सबै प्रान्तहरूमा यहूदीहरूका निम्ति यसो गर्न तोकिएको दिन, अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिन थियो।
EST 8:13 त्यस उर्दीको एउटा प्रतिलिपिलाई प्रत्येक प्रान्तमा कानुनी रूपमा निकालिने र प्रत्येक जातिका मानिसहरूलाई थाहा गराउनुपर्ने थियो, ताकि त्यस दिन यहूदीहरू तिनीहरूका शत्रुहरूमाथि बदला लिन तयार रहन सकून्।
EST 8:14 राजाको आज्ञाअनुसार सन्देश वाहकहरू हतार-हतार राजकीय घोडाहरूमाथि सवार भएर तेजसित बाहिर गए। अनि त्यो उर्दी राजधानी शूशनभरि जारी गरियो।
EST 8:15 मोर्दकै राजाको उपस्थितिबाट निलो र सेतो राजकीय पोशाक, शिरमा सुनको मुकुट र मलमलको बैजनी लबेदा पहिरेर निस्के। अनि समस्त शूशन सहरमा खुशी र आनन्दको उत्सव मनाइयो।
EST 8:16 किनकि यहूदीहरूका निम्ति त्यो एउटा खुशीयाली, आनन्द, हर्ष र सम्मानको दिन थियो।
EST 8:17 प्रत्येक प्रान्त र प्रत्येक सहरमा जहाँ-जहाँ राजाको उर्दी पुग्यो, त्यहाँ-त्यहाँ यहूदीहरूको बीचमा आनन्द र हर्षको साथमा भोज र उत्सव मनाइयो। अनि अरू जातिका मानिसहरूमा यहूदीहरूको डर पसेको कारण धेरै मानिसहरू यहूदी भए।
EST 9:1 अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिनमा, राजाले दिएको आदेश पालन गरिनुपर्नेथियो। त्यस दिन यहूदीहरूका शत्रुहरूले यहूदीहरूलाई जित्ने आशा राखेका थिए। तर त्यसको ठिक विपरीत यहूदीहरूले आफ्ना शत्रुहरूमाथि विजय पाए।
EST 9:2 यहूदीहरू तिनीहरूलाई नाश गर्न चाहनेहरूमाथि आक्रमण गर्न भेला भए; अनि राजा अहासूरसका सबै प्रान्तहरूमा भएका यहूदीहरू सहरहरूमा भेला भए। अरू सबै जातिका मानिसहरू तिनीहरूसित डराएका कारण यहूदीहरूको विरुद्धमा कोही पनि खडा हुन सकेनन्।
EST 9:3 अनि मोर्दकैको डरको कारण प्रान्तहरूका सबै अधिकारीहरू, बडाहाकिमहरू, अधिकृतहरू र राजाका प्रशासकहरूले यहूदीहरूलाई सघाए।
EST 9:4 राजमहलमा मोर्दकै प्रमुख भए, र तिनको ख्याति प्रान्तहरूभरि फैलिएको थियो; अनि तिनी झन्-झन् शक्तिशाली हुँदैगए।
EST 9:5 यहूदीहरूले आफ्ना सबै शत्रुहरूलाई तरवारले प्रहार गरेर मारे; अनि तिनीहरूले आफूलाई घृणा गर्नेहरूलाई जे गर्न चाहन्थे, त्यही गरे।
EST 9:6 राजधानी शूशनमा यहूदीहरूले पाँच सय मानिसहरूलाई मारेर नाश गरे।
EST 9:7 तिनीहरूले पर्शन्दाता, दल्फोन, अस्पाता,
EST 9:8 पोराता, अदलिया, अरीदाता,
EST 9:9 पर्मशता, अरीशै, अरीदै र बैजातालाई पनि मारे,
EST 9:10 जो हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानका दश जना छोराहरू थिए। तर तिनीहरूले लुटपाटमा भने हात लगाएनन्।
EST 9:11 राजधानी शूशनमा मारिएकाहरूको संख्या त्यसै दिन राजालाई सुनाइयो।
EST 9:12 राजाले रानी एस्तरलाई भने, “यहूदीहरूले राजधानी शूशनमा पाँच सय मानिसहरू र हामानका दश जना छोराहरूलाई मारेर नाश गरेका छन् भने तिनीहरूले राजाका बाँकी प्रान्तहरूमा के गरे होलान्? अब तिम्रो बिन्ती के छ? त्यो तिमीलाई दिइनेछ। तिमी के चाहन्छ्यौ? त्यो पनि गरिनेछ।”
EST 9:13 तब एस्तरले जवाफ दिइन्, “राजालाई असल लाग्यो भने शूशनमा भएका यहूदीहरूलाई आजको उर्दी भोलि पनि पालन गर्न दिनुहोस्; अनि हामानका दश जना छोराहरूलाई फाँसी दिने काठमा झुण्ड्याइयोस्।”
EST 9:14 यसकारण राजाले त्यसो गर्ने आज्ञा दिए। शूशनमा एउटा उर्दी जारी गरियो; अनि तिनीहरूले हामानका दश जना छोराहरूलाई झुण्ड्याए।
EST 9:15 शूशनमा भएका यहूदीहरू अदार महिनाको चौधौँ दिन एकसाथ भेला भए, र तिनीहरूले शूशनमा तीन सय मानिसहरूलाई मारे; तर तिनीहरूले लुटपाटमा भने हात लगाएनन्।
EST 9:16 त्यसै बेला राजाका प्रान्तमा भएका बाँकी यहूदीहरू पनि आफूलाई आफ्ना शत्रुहरूदेखि रक्षा गर्नलाई भेला भए। यहूदीहरूले उनीहरूका पचहत्तर हजार मानिसहरूलाई मारे; तर लुटपाटमा हात लगाएनन्।
EST 9:17 यो घटना अदार महिनाको तेह्रौँ दिनमा भएको थियो, र चौधौँ दिनमा तिनीहरूले विश्राम लिए। अनि त्यस दिनलाई तिनीहरूले उत्सव र आनन्दको दिन ठहराए।
EST 9:18 शूशनमा भएका यहूदीहरू तेह्रौँ र चौधौँ दिनमा भेला भए; अनि पन्ध्रौँ दिनमा तिनीहरूले विश्राम गरे। अनि त्यसलाई तिनीहरूले उत्सव र आनन्दको दिन ठहराए।
EST 9:19 यसैकारण टाढा-टाढाका सहरहरूमा बस्‍ने यहूदीहरूले अदार महिनाको चौधौँ दिनलाई आनन्द र भोजको उत्सव मान्छन्; अनि एक-अर्कालाई उपहारहरू पठाउँछन्।
EST 9:20 मोर्दकैले यी घटनाहरूका विषयमा लेखे; अनि तिनले राजा अहासूरसका सबै प्रान्तहरूमा नजिक र टाढा सबै ठाउँमा रहेका यहूदीहरूलाई
EST 9:21 वर्षेनी अदार महिनाको चौधौँ र पन्ध्रौँ दिनलाई यहूदीहरूले उत्सव मनाउनुपर्छ भनेर पत्रहरू पठाए।
EST 9:22 यहूदीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाएको दिनको रूपमा; अनि तिनीहरूको दुःखको शोकबाट आनन्द र विलापबाट उत्सवमा परिणत भएको महिनाको रूपमा मान्‍न स्थापित गरे। तिनीहरूले यी दिनहरूलाई भोज र आनन्दको दिनको रूपमा मनाउन र एक-आपसमा भोजनको सौगात पठाऊन् र गरिबहरूलाई उपहार देऊन् भनेर तिनीहरूलाई पत्र लेखे।
EST 9:23 यसकारण मोर्दकैले लेखेअनुसार यहूदीहरूले गरे; अनि तिनीहरूले सुरु गरेको उत्सवलाई कायम राख्नलाई सहमत भए।
EST 9:24 किनकि अगागी हम्मदाताका छोरा सारा यहूदीहरूका शत्रु हामानले यहूदीहरूलाई नाश गर्न भनी षड्यन्त्र गरेका थिए; अनि तिनीहरूको विनाश र सर्वनाशको निम्ति पूर (अर्थात् चिट्ठा) हालेका थिए।
EST 9:25 तर जब त्यो षड्यन्त्र राजाको नजरमा पर्‍यो, तब राजाले यहूदीहरूको विरुद्धमा हामानले गरेको योजना त्यसकै टाउकोमाथि परोस्; अनि त्यो र त्यसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याइयोस् भनेर लिखित उर्दी जारी गरे।
EST 9:26 (यसकारण यी दिनहरूलाई पूर शब्दबाट आएको हुनाले पूरीम भनिन्छ।) किनकि यस पत्रमा लेखिएका सबै कुराहरू, र तिनीहरूले जे-जे देखेका थिए; अनि तिनीहरूमाथि जे-जे घटना घटेका थिए, ती सबैको कारणले गर्दा
EST 9:27 यहूदीहरू, तिनीहरूका सन्तान र आफूसित मिल्न आउने सबैले प्रत्येक वर्ष यी दुई दिनहरूलाई लेखिएअनुसार र तोकिएको समयअनुसार अवश्य पालन गर्नुपर्ने रीति स्थापित गर्ने जिम्मा यहूदीहरू आफैँले लिए।
EST 9:28 यी दिनहरूलाई प्रत्येक पुस्ता, प्रत्येक परिवार, प्रत्येक प्रान्तमा र प्रत्येक सहरमा सम्झना गर्नुपर्छ र मनाउनुपर्छ। अनि पूरीमका यी दिनहरूलाई यहूदीहरूले चाड मनाउन कहिल्यै छाड्नुहुन्‍न, न त यी दिनहरूको सम्झना तिनीहरूका सन्तानहरूको बीचबाट नष्‍ट हुन दिनुहुन्छ।
EST 9:29 यसकारण अबीहेलकी छोरी रानी एस्तरले यहूदी मोर्दकैसित मिलेर पूरीमको विषयमा यो दोस्रो पत्रलाई पुष्‍टि गर्न पूर्ण आधिकारिक रूपमा लेखिन्।
EST 9:30 अनि मोर्दकैले अहासूरसका सबै 127 वटा राज्यहरूमा शान्ति र शुभकामनाका पत्रहरू पठाए।
EST 9:31 पूरीमका यी दिनहरू यहूदी मोर्दकै र रानी एस्तरले आदेश दिएझैँ, तिनीहरूले त्यो उपवास र विलापको समय स्थापित गरेझैँ, ती आफ्नो र आफ्ना सन्तानहरूका निम्ति तोकिएको समयमा स्थापना गरेर मनाउनुपर्ने भन्‍ने बारेमा लेखिएको थियो।
EST 9:32 एस्तरको आदेशले पूरीमका यी नियमहरूलाई पक्‍का गर्‍यो। अनि ती उर्दीहरू आधिकारिक रूपमा पुस्तकमा लेखेर राखियो।
EST 10:1 राजा अहासूरसले राज्यभरि अन्तिम सिमानासम्म राजकर तिर्न लगाए।
EST 10:2 अनि तिनको शक्ति र पराक्रमका सबै कामहरू, राजाले मोर्दकैलाई पदोन्‍नति गरेका कुराहरू, साथै तिनको महानताका सम्पूर्ण विवरणहरू, मादी र परसीयाका राजाहरूका इतिहासका पुस्तकहरूमा लेखिएका छन्।
EST 10:3 यहूदी मोर्दकै, राजा अहासूरसपछि दोस्रो दर्जामा थिए। यहूदीहरूका बीचमा सर्वश्रेष्‍ठ र आफ्ना सबै यहूदीहरूद्वारा सम्मानित थिए; किनकि तिनले आफ्ना मानिसहरूका भलाइको काम गरेका थिए, र सारा यहूदीहरूको भलाइका निम्ति बोलेका थिए।
JOB 1:1 ऊज देशमा इयोब नाम गरेका एक जना मानिस थिए। तिनी निर्दोष र धर्मी मानिस थिए; तिनी परमेश्‍वरको डर मान्थे र दुष्‍टताबाट टाढै बस्थे।
JOB 1:2 तिनका सात छोरा र तीन छोरी थिए।
JOB 1:3 तिनका सात हजार भेडा, तीन हजार ऊँट, पाँच सय हल गोरु, पाँच सय गधैनी थिए; अनि धेरै नोकरचाकर पनि थिए। तिनी पूर्वका सबै मानिसहरूभन्दा महान् थिए।
JOB 1:4 तिनका छोराहरूले आ-आफ्नो घरमा पालैपालो भोजको आयोजना गर्दथे। तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई आफूसँग खानपिन गर्नलाई बोलाउँथे।
JOB 1:5 जब भोजको कार्यक्रम सकिन्थ्यो, तब इयोबले आफ्ना सन्तानहरूलाई बोलाउँथे, र तिनीहरूलाई शुद्ध पार्ने गर्दथे। तिनी बिहान सबेरै उठेर तिनीहरू हरेकका निम्ति होमबलिहरू चढाउँथे; किनकि तिनले यो सोच्थे, “सायद मेरा छोराछोरीहरूले पाप गरे होलान् अथवा कतै तिनीहरूले आफ्ना हृदयमा परमेश्‍वरलाई सरापे पो होलान् कि।” यसो भनेर इयोबले सधैँ यस्तै गर्नेगर्थे।
JOB 1:6 एक दिन परमेश्‍वरका दूतहरूले आफूलाई याहवेहको सामु उपस्थित गराए, र शैतान पनि तिनीहरूसँगसँगै आयो।
JOB 1:7 याहवेहले त्यसलाई सोध्नुभयो, “तँ कहाँबाट आइस्?” शैतानले याहवेहलाई जवाफ दियो, “पृथ्वीको चारैतिर ओहोर-दोहोर गर्दै घुमफिर गर्दैआएको हुँ।”
JOB 1:8 तब याहवेहले शैतानलाई सोध्नुभयो, “के तैँले मेरो सेवक इयोबलाई विचार गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही पनि छैन; निर्दोष र धर्मी मानिस, परमेश्‍वरको डर मान्‍ने र दुष्‍टतादेखि टाढा रहने अरू मानिस छँदैछैन।”
JOB 1:9 शैतानले याहवेहलाई जवाफ दिएर भन्यो, “के इयोबले कुनै कारणविना नै परमेश्‍वरको डर राखेको हो र?
JOB 1:10 के तपाईंले उसलाई, उसको परिवारलाई र ऊसँग भएका सबै थोकलाई चारैतिरबाट घेरा लगाएर रक्षा गर्नुभएको छैन र? तपाईंले उसका हातका कामहरूमा आशिष् दिनुभएको छ, त्यसैकारण उसका बगाल र बथानहरू देशभरि फैलिएका छन्।
JOB 1:11 तर अब तपाईंले आफ्नो हात पसारेर ऊसँग भएका सबै थोकलाई प्रहार गरेर त हेर्नुहोस्, तब उसले तपाईंको मुखकै सामु तपाईंलाई सराप्नेछ।”
JOB 1:12 याहवेहले शैतानलाई भन्‍नुभयो, “ठिक छ, ऊसँग भएका सबै थोक तेरै हातमा छन्, तर त्यस मानिसमाथि चाहिँ औँलाले समेत छुन पाउँदैनस्।” तब शैतान याहवेहको उपस्थितिबाट गइहाल्यो।
JOB 1:13 एक दिन जब इयोबका छोराछोरीहरू तिनीहरूका जेठा दाजुको घरमा भोज खाइरहेका र दाखमद्य पिइरहेका थिए; तब
JOB 1:14 एउटा दूत इयोबकहाँ आएर भन्यो, “नजिकै गोरुहरूलाई जोतिरहेका र गधाहरू चरिरहेका थिए,
JOB 1:15 तब शेबाका मानिसहरूले हमला गरे; र तिनीहरू सबैलाई लिएर गए। तिनीहरूले नोकरचाकरहरूलाई तरवारले मारे। म मात्र उम्केँ, र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
JOB 1:16 त्यो बोल्दाबोल्दै अर्को दूत पनि आयो र भन्यो, “आकाशबाट परमेश्‍वरको आगो बर्सियो, र त्यसले भेडाहरू र नोकरचाकरहरूलाई भस्म पार्‍यो। म मात्र उम्केँ, र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
JOB 1:17 त्यो बोल्दाबोल्दै अर्को दूत पनि आइपुग्यो र भन्यो, “कल्दीका तीन दल छापामारहरू आए, र तपाईंका ऊँटहरूलाई लिएर गए। तिनीहरूले नोकरचाकरहरूलाई पनि तरवारले मारे। म मात्र उम्केँ, र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
JOB 1:18 त्यो मानिस बोल्दाबोल्दै फेरि अर्को दूत पनि आइपुगेर भन्यो, “जब तपाईंका छोराछोरीहरू तिनीहरूका जेठा दाजुको घरमा भोजन खाइरहेका र दाखमद्य पिइरहेका थिए;
JOB 1:19 तब अचानक मरुभूमिबाट एउटा ठूलो आँधीबेहरी आयो, र घरका चारै कुनामा बजारियो र त्यो घर तिनीहरूमाथि ढल्यो, र तिनीहरू मरे। म मात्र उम्केँ, र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
JOB 1:20 तब इयोब उठे, र आफ्नो लबेदा च्याते, र आफ्नो केश खौरे। त्यसपछि तिनी भुइँमा दण्डवत् गर्न घोप्टो परे,
JOB 1:21 अनि तिनले भने: “म मेरी आमाको गर्भबाट नाङ्गै आएँ, र नाङ्गै फर्केर जानेछु। याहवेहले नै मलाई सबै थोक दिनुभयो, र याहवेहले नै सबै थोक लैजानुभयो; याहवेहको नामको प्रशंसा होस्।”
JOB 1:22 यी सबै कुरामा इयोबले पाप गरेनन्, न त परमेश्‍वरलाई गलत कार्यको दोष नै लगाए।
JOB 2:1 फेरि अर्को दिन स्वर्गदूतहरू आफूलाई याहवेहको सामु उपस्थित गराउन आए, र शैतान पनि तिनीहरूसँगै आफूलाई उहाँको सामु उपस्थित गराउन आयो।
JOB 2:2 याहवेहले शैतानलाई भन्‍नुभयो, “तँ कहाँबाट आएको होस्?” शैतानले याहवेहलाई जवाफ दियो, “पृथ्वीको चारैतिर ओहोर-दोहोर गर्दै घुमफिर गर्दैआएको हुँ।”
JOB 2:3 तब याहवेहले शैतानलाई सोध्नुभयो, “के तैँले मेरो सेवक इयोबलाई विचार गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही पनि छैन; ऊजस्तो निर्दोष र धर्मी, परमेश्‍वरको डर मान्‍ने र दुष्‍टतादेखि अलग रहने, अर्को मानिस छँदैछैन। अझै पनि ऊ आफ्नो सत्यनिष्‍ठामा रहिरहेको छ। यद्यपि कारणविना उसलाई नाश गर्नलाई तैँले उसको विरुद्धमा मलाई उक्साइस्।”
JOB 2:4 अनि शैतानले जवाफ दियो, “छालाको साटो छाला! मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सबै थोक दिनेछ।
JOB 2:5 तर अब तपाईंले आफ्नो हात पसारेर त्यसको शरीर र हड्डीमा प्रहार गर्नुहोस्, तब निश्‍चय नै त्यसले तपाईंको मुखकै सामु तपाईंलाई सराप्नेछ।”
JOB 2:6 याहवेहले शैतानलाई भन्‍नुभयो, “ठिक छ, त्यो तेरै हातमा छ, तर तैँले त्यसको ज्यानचाहिँ छोडिदे।”
JOB 2:7 तब शैतान याहवेहको सामुबाट निस्केर गइहाल्यो, र त्यसले इयोबको शिरको थाप्लोदेखि खुट्टाको पैतालासम्मै पीडादायी घाउखटिराहरूले प्रहार गर्‍यो।
JOB 2:8 त्यसपछि इयोबले फुटेको भाँडाको एउटा खपटो लिए; अनि आफूलाई कन्याउँदै खरानीको थुप्रोमा बसे।
JOB 2:9 यस्तो देखेर तिनकी पत्नीले तिनलाई भनिन्, “के तपाईं अझै पनि आफ्नो सत्यनिष्‍ठामा अडिरहनुहुन्छ? बरु परमेश्‍वरलाई सराप्नुहोस् र मर्नुहोस्!”
JOB 2:10 तर तिनले यसो भने, “तिमी एउटी मूर्ख स्त्रीजस्तै कुरा गरिरहेकी छौ। के हामीले परमेश्‍वरबाट असल कुरा मात्र स्वीकार गर्ने, र दुःखचाहिँ अस्वीकार गर्ने?” यी सबै कुरामा इयोबले आफूले भनेको कुरामा कुनै पाप गरेनन्।
JOB 2:11 जब इयोबका तीन मित्र एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले तिनीमाथि आएका सबै विपत्तिको बारेमा सुने; तब तिनीहरू एकसाथ भेला भई तिनलाई सहानुभूति देखाउन र सान्त्वना दिन आ-आफ्ना घरबाट निस्के।
JOB 2:12 जब तिनीहरूले इयोबलाई टाढैबाट देखे, तिनीहरूले तिनलाई चिन्‍नै सकेनन्; तब तिनीहरू चर्को सोरमा रुन थाले, र आ-आफ्ना लबेदा च्याते, र तिनीहरूले आफ्नो शिरमाथि खरानीको धुलो छर्के।
JOB 2:13 तब तिनीहरू सात दिन र सात रातसम्म इयोबसँगै भुइँमा बसे। तिनीहरूमध्ये कसैले तिनीसित एक शब्द पनि बोलेनन्; किनकि तिनले साह्रै ठूलो पीडा भोगिरहेको तिनीहरूले देखे।
JOB 3:1 त्यसपछि इयोबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई धिक्‍कार्न थाले।
JOB 3:2 तिनले भने:
JOB 3:3 “म जन्मेको त्यो दिनलाई धिक्‍कार होस्! र ‘एउटा छोराको गर्भधारण भयो’ भनेर भनिएको त्यो रात पनि मेटिओस्!
JOB 3:4 त्यो दिन अन्धकारमा परिणत होस्; उच्‍चमा हुनुहुने परमेश्‍वरले त्यस दिनको वास्तै नगरून्; न त त्यो दिनमाथि कुनै ज्योति चम्कियोस्।
JOB 3:5 त्यो दिनलाई अँध्यारो र निस्पट्ट अन्धकारले एक पटक फेरि कब्जा गरोस्; त्यो दिनमाथि बादल छाओस्; र घोर अन्धकारले भयभीत पारोस्।
JOB 3:6 त्यो रात निस्पट्ट अँध्यारोले त्यसलाई छोपोस्; त्यो दिन, त्यस वर्षका दिनहरूका गन्तीमा नआओस्; न त त्यो दिन कुनै महिनामा आओस्।
JOB 3:7 त्यो रात बाँझो होस्; त्यो रातमा कुनै आनन्दको सोर नसुनियोस्।
JOB 3:8 दिनलाई सराप्नेहरूले, लिव्यातनलाई उठाउनेहरूले समेत त्यो दिनलाई धिक्‍कारून्।
JOB 3:9 त्यसका बिहानीका ताराहरू अँध्यारो होऊन्; त्यसको ज्योति देख्ने पर्खाइ व्यर्थ होस्। र मिरमिरेको पहिलो किरण देख्न नपाओस्;
JOB 3:10 किनभने त्यो रातले मेरी आमाको गर्भका ढोकाहरू मेरा निम्ति बन्द गरेन, न त त्यसले मेरा आँखाहरूबाट दुःख नै लुकायो।
JOB 3:11 “किन म जन्मँदै मरिनँ, अनि किन म गर्भदेखि निस्कँदा-किस्किँदै मरिनँ?
JOB 3:12 किन म जन्मँदा मलाई स्वागत गर्ने घुँडाहरू, र मलाई दूधपान गराउने स्तनहरू थिए?
JOB 3:13 नत्रता म अहिले शान्तिमा ढल्किरहेको हुनेथिएँ; म सुतेको अवस्थामा विश्राम पाउँथेँ।
JOB 3:14 पृथ्वीका राजाहरू र राजाका सल्‍लाहकारहरूसँग, जसले आफ्ना निम्ति महान् भवनहरू निर्माण गरे, जो अहिले भत्किएका अवस्थामा छन्;
JOB 3:15 सुन भएका भारदारहरूसँग, जसले आफ्ना घरहरू चाँदीले भरेका छन्।
JOB 3:16 अथवा नजन्मँदै मरेको बालकजस्तै म किन गाडिनँ, अथवा ज्योति देख्न नपाउँदै तुहिएका ती शिशुहरूजस्तै किन भइनँ?
JOB 3:17 दुष्‍ट मानिसहरू पनि चिहानमा दुष्‍ट्याइँ गर्न छोड्छन्; र त्यहाँ थकितहरूले विश्राम पाउँछन्।
JOB 3:18 त्यहाँ कैदीहरू पनि तिनीहरूको सुखमा रमाउँछन्; न त दासहरूले फेरि हाकिमहरूका सोर सुन्छन्।
JOB 3:19 साना र ठूला मानिसहरू त्यहाँ हुन्छन्; अनि दासहरू पनि आफ्ना मालिकहरूबाट त्यहाँ मुक्त हुन्छन्।
JOB 3:20 “किन कष्‍टमा भएकाहरूलाई ज्योति, र हृदयमा विरक्त भएकाहरूलाई जीवन दिइन्छ?
JOB 3:21 जो मर्न चाहन्छन्, तर मृत्यु आउँदैन; जसले मृत्युलाई गाडधनभन्दा बढी खोजी गर्छन्,
JOB 3:22 तिनीहरू मृत्यु आउँदा आनन्दले भरिन्छन्; अनि चिहानमा पुग्दा खूबै रमाउँछन्।
JOB 3:23 मानिसलाई जीवन किन दिइन्छ? जसको मार्ग लुकिएको छ, जसलाई परमेश्‍वरले दुःखको घेरा भित्र राख्नुभएको छ।
JOB 3:24 किनकि मेरा निम्ति प्रत्येक दिनको भोजन सुस्केरा भएको छ; मेरा चीत्कारहरू पानीजस्तै बग्दछन्।
JOB 3:25 म जेसँग डराउँथे, त्यही कुरा ममाथि आइपरेको छ; अनि जुन कुरादेखि म भयभीत हुन्थेँ, त्यही नै भएको छ।
JOB 3:26 न मलाई शान्ति छ, न त सुख नै छ; मेरा निम्ति आराम छैन, तर दुःख-कष्‍ट मात्र छ।”
JOB 4:1 तब एलीपज तेमानीले इयोबलाई जवाफ दिए:
JOB 4:2 “यदि कसैले तपाईंसँग कुरा गर्न खोज्दा के तपाईं झर्को मान्‍नुहुनेछ? तर कोचाहिँ केही नबोली बस्‍न सक्ला र?
JOB 4:3 हेर्नुहोस्, तपाईंले धेरैलाई शिक्षा दिनुभएको छ; तपाईंले लुला हातहरूलाई बलियो पार्नुभएको छ।
JOB 4:4 ठक्‍कर खानेहरूलाई तपाईंका वचनहरूले सम्हाल्नुभएको छ; निर्बल घुँडाहरूलाई तपाईंले बलियो पार्नुभएको छ।
JOB 4:5 तर अहिले तपाईंलाई सङ्कष्‍ट आइपरेको छ, र तपाईं निरुत्साहित हुनुभएको छ; यसले तपाईंलाई प्रहार गरेको छ, त्यसैले तपाईं भयभीत हुनुभएको छ।
JOB 4:6 के तपाईंको भक्तिभाव नै तपाईंको निम्ति आत्मविश्‍वास र तपाईंको निर्दोष जीवन नै तपाईंको निम्ति आशा हुनुपर्ने होइन र?
JOB 4:7 “अब विचार गर्नुहोस्: कुनै निर्दोष मानिस, कहिल्यै नाश भएको छ? धर्मी मानिसलाई कहाँ नष्‍ट पारिएको छ र?
JOB 4:8 दुष्‍टता जोत्ने र सङ्कट छर्नेहरूले त्यही अनुसारको कटनी गरेको मैले देखेको छु।
JOB 4:9 परमेश्‍वरको सासद्वारा तिनीहरू नष्‍ट हुन्छन्; उहाँको क्रोधको रापमा तिनीहरू भस्म हुन्छन्।
JOB 4:10 सिंहहरू जति नै गर्जून् र ङ्वार्र-ङुर्र गरून्, तर पनि ठूला सिंहहरूका दाँतहरू भाँचिन्छन्।
JOB 4:11 शिकारको अभावले गर्दा सिंहहरू मर्छन्, र सिंहनीका डमरुहरू तितरबितर हुन्छन्।
JOB 4:12 “गोप्य रूपमा एउटा खबर मकहाँ ल्याइयो, मेरो कानले त्यसको कानेखुसी सुन्यो।
JOB 4:13 रातका तर्साउने सपनाहरू बीच मानिसहरू गहिरो निद्रामा परेका बेला,
JOB 4:14 मलाई डर र कम्पले छोप्यो, जसले गर्दा मेरा सबै हड्डी समेत काँपे।
JOB 4:15 एउटा आत्माले मेरो अनुहार छोएर गयो; अनि मेरो शरीरभरि रौँ ठाडो भयो।
JOB 4:16 त्यो टक्‍क अडियो; तर त्यो के हो भनी मैले ठम्याउनै सकिनँ। एउटा आकृति मेरो आँखाको सामु उभियो। एकछिन चकमन्‍न भयो र मैले एउटा मधुर सोर सुनेँ,
JOB 4:17 ‘के मरणशील मानिस परमेश्‍वरभन्दा धर्मी हुन सक्छ? के कुनै बलियो मानिस पनि उसको सृष्‍टिकर्ताभन्दा पवित्र हुन सक्छ?
JOB 4:18 यदि परमेश्‍वरले आफ्नै सेवकहरूमाथि भरोसा गर्नुभएन भने, आफ्नै दूतहरूलाई गल्ती गर्दा दोष लगाउनुभयो भने,
JOB 4:19 झन् ती माटोका घरमा बस्‍नेहरूलाई कति बढ्ता गर्नुहोला, जसको जग नै धुलोमा हुन्छ, जसलाई पुतलीलाई भन्दा सजिलैसँग कुल्चीमिल्ची पार्न सकिन्छ!
JOB 4:20 तिनीहरू बिहान र बेलुकीको समयमा टुक्रा-टुक्रा पारिन्छन्; कसैले थाहा नपाई तिनीहरू सदाको लागि नाश हुन्छन्।
JOB 4:21 तिनीहरूका पालका डोरीहरू तानियो भने, तिनीहरू बुद्धि नपाई मर्दैनन् र?’
JOB 5:1 “यदि तपाईं चाहनुहुन्छ भने एक चोटि पुकारेर हेर्नुहोस्, तर तपाईंलाई कसले जवाफ देला र? तपाईं कुनचाहिँ पवित्र जनकहाँ फर्कनुहुन्छ?
JOB 5:2 रिसले मूर्खलाई मार्छ, र डाहले सोझा मानिसलाई मार्छ।
JOB 5:3 म आफैँले मूर्खले जरा गाडेको देखेको छु, तर अचानक त्यसको घर श्रापित भयो।
JOB 5:4 त्यसका छोराछोरीहरू असुरक्षित छन्; अदालतमा तिनीहरूलाई छुटाउनेवाला कोही नभएर पेलिएका छन्।
JOB 5:5 त्यसको अन्‍नबारी भोकाएका मानिसहरूले खाइदिन्छन्, काँडाहरूका बीचबाट पनि निकालेर लगिदिन्छन्; र लोभीले त्यसको धन हडप्ने लालसा गर्छ।
JOB 5:6 किनकि कठिनाइ माटोबाट उम्रँदैन, न त विपत्ति भुइँबाट पलाउँछ।
JOB 5:7 तरै पनि आगोको झिल्का माथि उडेझैँ मानिस विपत्तिकै निम्ति जन्मन्छ।
JOB 5:8 “तर यदि म तपाईंको ठाउँमा भएको भए, परमेश्‍वरलाई बिन्ती चढाउनेथिएँ; मेरो मामिला उहाँको सामु पेश गर्नेथिएँ।
JOB 5:9 परमेश्‍वरले हामीले बुझ्नै नसकिने अद्‌भुत कार्यहरू, गन्‍नै नसकिने अचम्मका कामहरू गर्नुहुन्छ,
JOB 5:10 उहाँले पृथ्वीको लागि वर्षा पठाउनुहुन्छ; उहाँले खेतबारीमा पानी पठाउनुहुन्छ।
JOB 5:11 उहाँले नम्रहरूलाई उच्‍च पार्नुहुन्छ, र विलाप गर्नेहरूलाई सुरक्षामा उठाउनुहुन्छ।
JOB 5:12 उहाँले धूर्तहरूका युक्तिलाई विफल पार्नुहुन्छ, ताकि तिनीहरूका हातले सफलता नपाऊन्।
JOB 5:13 उहाँले बुद्धिमान्‌लाई त्यसकै धूर्ततामा पक्रनुहुन्छ; र बठ्याइँ गर्नेहरूका योजनाहरूको चाँडै अन्त्य हुन्छ।
JOB 5:14 तिनीहरूमाथि दिउँसै अन्धकार आइलाग्नेछ; मध्यदिनमै तिनीहरू रातमा झैँ छामछाम-छुमछुम गरी हिँड्छन्।
JOB 5:15 उहाँले खाँचोमा परेकाहरूलाई तिनीहरूका मुखमा भएको तरवारबाट बचाउनुहुन्छ; उहाँले तिनीहरूलाई शक्तिशालीहरूका पञ्जाबाट बचाउनुहुन्छ।
JOB 5:16 त्यसकारण गरिबको निम्ति आशा छ; र अन्यायले आफ्नो मुख बन्द गर्छ।
JOB 5:17 “धन्यको हो त्यो मानिस, जसलाई परमेश्‍वरले सुधार गर्नुहुन्छ; यसकारण सर्वशक्तिमान् परमेश्‍वरको अनुशासनलाई तिरस्कार नगर्नुहोस्।
JOB 5:18 किनकि उहाँले घाउ पार्नुहुन्छ, तर उहाँले नै मलमपट्टी बाँध्नु पनि हुन्छ; उहाँले चोट पार्नुहुन्छ, तर उहाँको हातले निको पनि पार्नुहुन्छ।
JOB 5:19 उहाँले तपाईंलाई छ वटा विपत्तिहरूबाट छुटाउनुहुनेछ; सातौँ विपत्तिले समेत तपाईंलाई छुनेछैन।
JOB 5:20 उहाँले तपाईंलाई अनिकालमा मृत्युबाट, र युद्धमा तरवारको प्रहारबाट बचाउनुहुनेछ।
JOB 5:21 तपाईं जिब्रोको प्रहारबाट जोगाइनुहुनेछ, र विनाश आउँदा पनि डराउनुपर्नेछैन।
JOB 5:22 तपाईं विनाश र अनिकालमा हास्‍नुहुनेछैन; र जङ्गली जनावरहरूसँग पनि डराउनुपर्नेछैन।
JOB 5:23 किनकि खेतका ढुङ्गाहरूसँग पनि तपाईंको करार बाँधिनेछ; र जङ्गली जनावरहरू तपाईंसँग मेलमिलापमा रहनेछन्।
JOB 5:24 तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्‍नुहुनेछ; तपाईंले आफ्नो सम्पत्तिको हिसाब लिनुहुनेछैन, र त्यस सम्पत्तिबाट केही पनि चीज हराएको भेट्टाउनुहुनेछैन।
JOB 5:25 तपाईंका छोराछोरी धेरै हुनेछन्, र तपाईंका सन्तानहरू पृथ्वीका घाँसजस्तै हुनेछन् भनी तपाईंले थाहा पाउनुहुनेछ।
JOB 5:26 ठिक ऋतुमा बाली बटुलेझैँ, तपाईं चिहानमा जाँदा पूरा बुढेसकालमा लगिनुहुनेछ।
JOB 5:27 “हामीले यी कुरा जाँचेका छौँ, र यो सत्य हो। यसैले यो कुरा सुन्‍नुहोस् र आफैँमा यो लागू गर्नुहोस्।”
JOB 6:1 तब इयोबले जवाफ दिएर भने:
JOB 6:2 “यदि मैले मेरो वेदना तौलिन मात्र सकेको भए, र मेरा सबै कष्‍ट तराजुमा राख्न सकेको भए!
JOB 6:3 निश्‍चय नै यो समुद्रको बालुवाभन्दा पनि बढी गह्रौँ हुनेथियो— त्यसैले मेरो रुखो बोलीमा कुनै आश्‍चर्य मान्‍नुपर्दैन।
JOB 6:4 सर्वशक्तिमान्‌का काँडहरू मभित्र छेडिएका छन्, जसको विष मेरो आत्माले पिउँदछ; परमेश्‍वरको त्रास मेरो विरुद्धमा लस्करै खडा भएका छन्।
JOB 6:5 के जङ्गली गधाले घाँस पाउँदा हिनहिनाउँछ र? अथवा दानापानी पाउँदा गोरु डुक्रन्छ र?
JOB 6:6 स्वाद नभएको भोजन नुनविना खान सकिन्छ र? अथवा अण्डाको सेतो भागमा स्वाद हुन्छ र?
JOB 6:7 म त्यस्तो भोजनलाई छुन पनि इन्कार गर्छु; किनकि यसले मलाई वाक्‍कै बनाउँछ।
JOB 6:8 “हाय, परमेश्‍वरले मेरो बिन्ती सुनिदिनुभएको भए, कि त मैले आशा गरेको कुरा दिनुभएको भए,
JOB 6:9 यदि परमेश्‍वरले मलाई धुलोपिठो पार्न राजी हुनुभएको भए, अनि आफ्नो हात पसारेर मेरो जीवन मार्नुभएको भए त हुनेथियो!
JOB 6:10 तब मैले मेरो मृत्युमा चैन पाउनेथिएँ, यस्तो असह्‍य कष्‍टमा आनन्दित हुनेथिएँ, किनकि मैले पवित्र परमेश्‍वरको वचनलाई अस्वीकार गरेको छैनँ।
JOB 6:11 “अब मसँग सहन सक्ने बल नै छैन, तब मैले अझै के आशा राखूँ? अरू के नै सम्भावना छ, जसको लागि म धीरजी भइरहूँ?
JOB 6:12 के म ढुङ्गाजस्तै बलियो छु र? के मेरो शरीर काँसोको हो र?
JOB 6:13 के आफैँलाई बचाउने कुनै शक्ति मसँग छ र; अहिले प्रत्येक स्रोत मबाट खोसिएको छ?
JOB 6:14 “कुनै मानिसले मित्रबाट पाउनुपर्ने दया पाउँदैन भने, त्यसले सर्वशक्तिमान्‌को भयलाई त्याग्दछ।
JOB 6:15 तर मेरा दाजुभाइहरू खहरे खोलाहरू जस्तै भर पर्न नसकिने खालका छन्, तिनीहरू बगिजाने खोलाजस्तै मात्र छन्,
JOB 6:16 तिनीहरू बरफ पग्लेर अन्धकार भएजस्तै र हिउँ पग्लेर उर्लिएका भलजस्तै छन्,
JOB 6:17 तर त्यो सुक्खा ऋतुमा बग्नै छोड्छ, र गर्मीमा ती बगेका ठाउँहरूबाट हराइहाल्छन्।
JOB 6:18 यात्री दलहरू पानीको खोजीमा आफ्नो बाटोबाट तर्किजान्छन्; तिनीहरू मरुभूमिको ठाउँमा पुग्छन् र नष्‍ट हुन्छन्।
JOB 6:19 तेमाका यात्री दलहरूले पानी खोज्छन्, शेबाका व्यापारी यात्रीहरूले पनि आशाको साथ त्यसलाई खोज्दछन्।
JOB 6:20 यात्रीहरू ढुक्‍क भएको कारण तिनीहरू दुःखी भएका छन्; तिनीहरू लाजमा पर्नलाई मात्र पुग्छन्।
JOB 6:21 अहिले तपाईंहरू पनि मेरो लागि काम नलाग्ने साबित हुनुभयो; तपाईंहरू मेरो डरलाग्दो अवस्था देखेर डराउनु भएको छ।
JOB 6:22 के मैले कहिल्यै यसो भनेको छु, ‘मलाई केही दिनुहोस्, अथवा तपाईंहरूको सम्पत्तिबाट मेरा लागि मोल तिर्नुहोस्,
JOB 6:23 अथवा मलाई शत्रुको हातबाट छुटाउनुहोस्, वा निर्दयी मानिसहरूको पञ्जाबाट मलाई छुटाउनुहोस् भनेर कहिल्यै भनेको छु’?
JOB 6:24 “मलाई सिकाउनुहोस्, र म चुप लाग्नेछु; मैले कहाँ गल्ती गरेको छु, देखाउनुहोस्!
JOB 6:25 इमानदार वचनहरू कत्ति कष्‍टदायक छन्, तर तपाईंहरूका तर्कहरूले के प्रमाणित गर्दछ?
JOB 6:26 के तपाईंहरूले मैले भनेका कुराहरूलाई सुधार्न खोज्नुभएको हो, र मेरा निराशजनक शब्दहरूलाई हावाझैँ सम्झनुहुन्छ?
JOB 6:27 तपाईंहरूले त टुहुराहरूलाई पनि चिट्ठा हाल्नुहुन्छ, र आफ्ना मित्रलाई समेत साटफेर गर्नुहुन्छ।
JOB 6:28 “तर अहिले मलाई हेरेर दया गर्नुहोस्। के म तपाईंहरूको सामु झूटो बोल्छु र?
JOB 6:29 सोच्नुहोस्, अन्याय नगर्नुहोस्; फेरि विचार गर्नुहोस्; किनकि मेरो सत्यनिष्‍ठा अझै प्रश्नमा छ।
JOB 6:30 के मेरो जिब्रोमा केही दुष्‍टता छ? के मेरो मुखले खराबी छुट्याउन सक्दैन र?
JOB 7:1 “के मानिस जातिले पृथ्वीमा कठोर परिश्रम गर्नुपर्दैन र? के तिनीहरूका दिनहरू ज्यालादार मजदुरका जस्ता छैनन् र?
JOB 7:2 जसरी एउटा सेवकले बेलुकीको शीतल छायाको चाह गर्छ, अथवा एउटा मजदुरले आफ्नो ज्याला पर्खिरहन्छ,
JOB 7:3 त्यसरी नै मेरा निम्ति व्यर्थका महिनाहरू छुट्याइएका छन्, र कष्‍टका रातहरू मेरा निम्ति दिइएका छन्।
JOB 7:4 जब म ढल्कन्छु, तब मनमनै आफैँलाई सोध्छु, ‘म कहिले उठूँ?’ रात लामो हुँदैजान्छ, र म बिहानसम्मै कोल्टे फेर्दै छटपटाइरहन्छु।
JOB 7:5 मेरो शरीर किरा र पाप्राहरूले ढाकिएको छ, मेरो छाला चिरैचिरा परेको छ र पीप निस्किरहन्छ।
JOB 7:6 “मेरा दिनहरू कपडा बुन्‍ने तानको थुरी चलेकोभन्दा छिटो बितिरहेका छन्, र ती आशाविना नै अन्त्य हुन्छन्।
JOB 7:7 हे परमेश्‍वर, स्मरण गर्नुहोस्, मेरो जीवन सास मात्र हो; मेरा आँखाहरूले अब कहिल्यै सुखका दिन देख्नेछैनन्।
JOB 7:8 अहिले मलाई देख्ने आँखाले, अब उसो फेरि कहिल्यै मलाई देख्नेछैन; तपाईंले मलाई खोज्नुहुनेछ, तर अब उसो फेरि म रहनेछैनँ।
JOB 7:9 जसरी बादल लोप भएर जान्छ, त्यसरी नै चिहानमा जाने फेरि फर्केर आउँदैन।
JOB 7:10 त्यो आफ्नो घरमा फेरि कहिल्यै फर्केर आउँदैन; त्यसको ठाउँले त्यसलाई फेरि कहिल्यै चिन्‍नेछैन।
JOB 7:11 “त्यसैकारण म चुपचाप रहनेछैनँ; म आफ्नो मनको वेदनामा बोल्नेछु, मेरो आत्माको तितोपनामा म गुनासो पोखाउनेछु।
JOB 7:12 के म समुद्र हुँ र, अथवा गहिराइको विशाल जन्तु हुँ र तपाईं मलाई निगरानीमा राख्नुहुन्छ?
JOB 7:13 जब मलाई मेरो ओछ्यानले आराम दिनेछ; र मेरो पलङले मेरो गुनासो हल्का पार्नेछ भनी सोच्छु,
JOB 7:14 तर तपाईंले त झन् मलाई सपनाहरूले भयभीत पार्नुहुन्छ; र दर्शनहरूले मलाई तर्साउनुहुन्छ,
JOB 7:15 त्यसैले यस्तो कष्‍ट शरीरमा लिएर बाँच्नुभन्दा, बरु घाँटी अँठ्याएर मर्न चाहन्छु।
JOB 7:16 मेरो यस जीवनलाई घृणा गर्दछु; म अनन्तसम्म बाँच्नेछैनँ। मलाई एकलै छोडिदिनुहोस्; किनकि मेरा दिनहरू अर्थहीन छन्।
JOB 7:17 “मानिस जाति के हो र तपाईं त्यसको निम्ति यति धेरै महत्त्व राख्नुहुन्छ, र तपाईं त्यसलाई यति धेरै चासो गर्नुहुन्छ;
JOB 7:18 किन तपाईं हरेक बिहान तिनीहरूलाई जाँच गर्नुहुन्छ, र हरपल तिनीहरूको परीक्षा गर्नुहुन्छ?
JOB 7:19 तपाईंले मलाई हेर्न कहिल्यै छोड्नुहुन्‍न, अथवा एक पल पनि मलाई एकलै रहन दिनुहुन्‍न?
JOB 7:20 मानिसले गरेका सबै कुरा हेर्नुहुने तपाईं नै हुनुहुन्छ भने, यदि मैले पाप गरेको भए तापनि मैले तपाईंलाई के हानि गरेको छु र? तपाईंले किन मलाई आफ्नो निशाना बनाउनुहुन्छ? के म तपाईंको निम्ति बोझ भएको छु?
JOB 7:21 तपाईंले किन मेरा अपराधहरू माफ गर्नुहुन्‍न र मेरा पापहरू क्षमा गर्नुहुन्‍न? किनकि अब म चाँडै धुलोमा सुतिजानेछु; तपाईंले मलाई खोज्नुहुनेछ, तर भेट्टाउनुहुनेछैन।”
JOB 8:1 तब बिल्दद शुहीले यस्तो जवाफ दिए:
JOB 8:2 “कहिलेसम्म तपाईं यस्ता कुराहरू गर्नुहुन्छ? तपाईंको मुखका वचनहरू हुरीबतासजस्तै छन्।
JOB 8:3 के परमेश्‍वरले अन्याय गर्नुहुन्छ? अथवा के सर्वशक्तिमान्‌ले ठिक कुरालाई बिगार्नुहुन्छ र?
JOB 8:4 जब तपाईंका छोराछोरीहरूले उहाँको विरुद्धमा पाप गरे, तब उहाँले तिनीहरूलाई तिनीहरूकै पापको सजाय दिनुभयो।
JOB 8:5 तर यदि तपाईंले परमेश्‍वरलाई इमानदारीसाथ खोज्नुभयो भने, र सर्वशक्तिमान्‌सँग बिन्ती गर्नुभयो भने
JOB 8:6 यदि तपाईं निर्दोष र धर्मी हुनुहुन्छ भने, परमेश्‍वर आफैँ तपाईंको पक्षमा जाग्नुहुनेछ, र उहाँले तपाईंलाई पुनर्समृद्धिमा निर्माण गर्नुहुनेछ।
JOB 8:7 तपाईंको सुरुवात सामान्य देखिएला, तर तपाईंको भविष्य अति समृद्ध हुनेछ।
JOB 8:8 “पहिलेका पुस्ताहरूलाई सोध्नुहोस्, र तिनीहरूका पितापुर्खाहरूले सिकेका कुराहरूमा विचार गर्नुहोस्,
JOB 8:9 किनकि हामी त हिजो मात्र जन्मेका हौँ, र हामी केही जान्दैनौँ; अनि पृथ्वीमा हाम्रा दिनहरू छायाजस्ता छन्।
JOB 8:10 के तिनीहरूले तपाईंलाई सिकाउँदैनन्, र के तपाईंलाई बताउँदैनन् र? के तिनीहरूले आफ्ना समझशक्तिका कुराहरू निकाल्दैनन् र?
JOB 8:11 के सिमसार नभएको ठाउँमा काँस लहलहाउँछ र? के निगालाहरू पानीविना सप्रन्छन् र?
JOB 8:12 तिनीहरू बढ्दै जान्छन्, र नकाटीकनै ती अरू घाँसभन्दा छिटो ओइलाएर जान्छन्।
JOB 8:13 परमेश्‍वरलाई बिर्सनेहरूको अवस्था पनि त्यस्तै हुन्छ; यसरी नै ईश्‍वरहीन मानिसहरूको आशा नष्‍ट हुन्छ।
JOB 8:14 तिनीहरूले भरोसा राखेको कुरा कमजोर हुन्छ; तिनीहरूले भर परेको कुरा माकुराको जालजस्तो हुन्छ।
JOB 8:15 तिनीहरू जालमा आड लिन खोज्छन्, तर त्यो टिक्दैन; तिनीहरू त्यसलाई समात्छन्, तर त्यसले थाम्दैन।
JOB 8:16 तिनीहरू घामपानी पाएको बिरुवाजस्तै हुन्छन्, जसका टुसाहरू बगैँचाभरि फैलिएका हुन्छन्;
JOB 8:17 त्यसले आफ्ना जराहरूलाई ढुङ्गाको थुप्रोभित्र बटार्छ, र ढुङ्गाहरूका बीचमा ठाउँ खोज्छ।
JOB 8:18 तर जब त्यो त्यसको ठाउँबाट उखेलिन्छ, तब त्यस ठाउँले त्यसलाई त्यागेर भन्छ, ‘मैले तँलाई कहिल्यै देखिनँ।’
JOB 8:19 निश्‍चय नै त्यसको जीवन यसरी नै अन्त्य हुन्छ, र त्यस माटोबाट अरू बोटबिरुवाहरू उम्रन्छन्।
JOB 8:20 “निश्‍चय नै परमेश्‍वरले निर्दोष मानिसलाई त्याग्नुहुन्‍न अथवा दुष्‍ट काम गर्नेहरूका हातलाई बलियो पार्नुहुन्‍न।
JOB 8:21 उहाँले अझै पनि तपाईंको मुखलाई हाँसोले र तपाईंका ओठलाई आनन्दको सोरले भरिदिनुहुनेछ।
JOB 8:22 तपाईंका शत्रुहरू लाजले ढाकिनेछन्; र दुष्‍टका पालहरू रहनेछैनन्।”
JOB 9:1 तब इयोबले यस्तो जवाफ दिए:
JOB 9:2 “वास्तवमा यो कुरा सत्य हो भनी म जान्दछु। तर परमेश्‍वरको सामु मरणशील मानिसले आफूलाई कसरी निर्दोष साबित गर्न सक्छ र?
JOB 9:3 उहाँसँग कसैले वाद-विवाद गर्न चाह्‍यो भने तापनि मानिसहरूले उहाँलाई हजारौँमा एउटाको पनि जवाफ दिन सक्दैनन्।
JOB 9:4 उहाँको बुद्धि अथाह र उहाँको शक्ति विशाल छ। उहाँको विरोध गरेर को उम्केको छ, र हानिविना आएको छ?
JOB 9:5 उहाँले पहाडहरूलाई तिनीहरूले चालै नपाई हटाउनुहुन्छ, अनि उहाँले आफ्नो रिसमा तिनीहरूलाई पल्टाइदिनुहुन्छ।
JOB 9:6 परमेश्‍वरले पृथ्वीलाई त्यसको ठाउँबाट हल्‍लाइदिनुहुन्छ, र त्यसका खम्बाहरू थरथर काँप्छन्।
JOB 9:7 उहाँले सूर्यलाई आज्ञा गर्नुहुन्छ, र त्यसले प्रकाश दिँदैन; उहाँले ताराहरूको चमकलाई बन्द गर्नुहुन्छ।
JOB 9:8 उहाँ एकलैले आकाशहरूलाई फैलाउनुहुन्छ, र समुद्रका छालहरूमाथि कुल्चनुहुन्छ।
JOB 9:9 उहाँ सप्‍तर्षि, मृगशिरा, किरकिटी नक्षत्रहरू र दक्षिणका तारामण्डलहरूका सृष्‍टिकर्ता हुनुहुन्छ।
JOB 9:10 उहाँले हाम्रा समझशक्तिभन्दा बाहिरका अद्‌भुत कार्यहरू र अनगन्ती अचम्मका कामहरू गर्नुहुन्छ।
JOB 9:11 जब उहाँ मेरो छेउबाट भएर जानुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ; उहाँ मेरै छेउबाट भएर जानुहुँदा पनि म थाहा पाउँदिनँ।
JOB 9:12 यदि उहाँले कसैबाट केही खोस्‍नुभयो भने, कसले उहाँलाई रोक्न सक्छ र? कसले उहाँलाई ‘तपाईंले यो के गर्दै हुनुहुन्छ?’ भनेर सोध्न सक्छ र?
JOB 9:13 परमेश्‍वरले आफ्नो रिस थाम्नुहुन्‍न; राहाबका सहयोगीहरूले समेत उहाँको पाउमा झुक्छन्।
JOB 9:14 “त्यसो हो भने म कसरी उहाँसँग वाद-विवाद गर्न सक्छु र? उहाँसँग बहस गर्ने शब्दहरू म कसरी भेट्टाउन सक्छु र?
JOB 9:15 यद्यपि म निर्दोष भए तापनि मैले उहाँलाई जवाफ दिन सक्दिनँ; म मेरा न्यायाधीससँग कृपाको निम्ति बिन्ती मात्र गर्न सक्छु।
JOB 9:16 यदि मैले उहाँलाई बोलाएँ, र उहाँले जवाफ दिनुभए तापनि उहाँले मेरो कुरा सुन्‍नुहुन्छ भनी म विश्‍वास गर्दिनँ।
JOB 9:17 उहाँले मलाई आँधीबेहरीले आक्रमण गर्नुहुन्छ, र कारणविना मेरा चोटहरू बढाइदिनुहुन्छ।
JOB 9:18 उहाँले मलाई फेरि सास फेर्न पनि दिनुहुन्‍न, तर दुःखले मलाई व्याकुल पारिदिनुहुन्छ।
JOB 9:19 यदि शक्तिकै कुरा गर्ने हो भने उहाँ शक्तिशाली हुनुहुन्छ! र यदि न्यायको कुरा हो भने कसले उहाँलाई चुनौती दिन सक्छ?
JOB 9:20 म इमानदार भए तापनि मेरै मुखले मलाई दोषी ठहराउँछ; म दोषरहित भए तापनि उहाँले मलाई दोषी ठहराउनुहुनेछ।
JOB 9:21 “यद्यपि म दोषरहित छु, मलाई मेरो आफ्नो कुनै वास्ता छैन; म आफ्नै जीवनलाई तुच्छ ठान्छु।
JOB 9:22 सबै कुरा एउटै हो; त्यसैले म भन्दछु, ‘उहाँले निर्दोष र दुष्‍ट मानिस दुवैलाई नाश गर्नुहुन्छ।’
JOB 9:23 ठूलो विपत्तिले अचानक मृत्यु ल्याए तापनि निर्दोष मानिसको बिजोग देखेर उहाँ हाँस्‍नुहुन्छ।
JOB 9:24 जब दुष्‍ट मानिसको हातमा देश पर्छ; यसका न्यायकर्ताहरूलाई उहाँले अन्धा तुल्याइदिनुहुन्छ। यदि यसो गर्नुहुने उहाँ होइन भने अरू को होला त?
JOB 9:25 “मेरा दिनहरू त धावक दौडिएको भन्दा पनि छिटो दौडिरहेका छन्; आनन्दको झलकविना नै ती उडेर जान्छन्।
JOB 9:26 निगालाको डुङ्गा पानीमा सलल बगेझैँ, र चीलहरू आफ्नो शिकारमाथि वेगले झम्टिएझैँ, मेरा दिनहरू बितिरहेका छन्।
JOB 9:27 ‘तपाईंप्रतिको मेरो गुनासो बिर्सनेछु, म आफ्नो अनुहारको उदासीपनलाई हटाएर मुस्कुराउँनेछु,’ भनि मैले भने तापनि
JOB 9:28 आफूले भोगेका सबै कष्‍टहरूको कारण झन् म डराउँछु; किनकि म जान्दछु, तपाईंले मलाई निर्दोष ठहराउनुहुनेछैन।
JOB 9:29 म पहिले नै दोषी ठहराइएको छु भने मैले किन आफूलाई निर्दोष साबित गर्ने व्यर्थमा कोसिस गरूँ?
JOB 9:30 यदि मैले आफूलाई हिउँले नुहाएँ भने पनि, र मेरा हात खरानी पानीले धोएँ तापनि
JOB 9:31 तपाईंले मलाई हिले खाडलमा चोप्नुहुन्छ, जसले गर्दा मेरा लुगाले समेत मलाई घिन मान्‍नेछ।
JOB 9:32 “किनकि परमेश्‍वर मजस्तै मरणशील मानिस हुनुहुन्‍न, म कसरी उहाँलाई जवाफ दिन सक्छु, अनि हामी अदालतमा एक-अर्कासँग सामना गर्न सक्छौँ।
JOB 9:33 यदि परमेश्‍वर र मेरो बीचमा मध्यस्थ गर्ने कोही छन् भने, यदि कसैले हामीलाई एकसाथ ल्याउने भइदिए,
JOB 9:34 परमेश्‍वरको लहुरो मबाट कसैले हटाऊन्, ताकि उहाँको त्रासले मलाई अझ बढी भयभीत नपारोस्।
JOB 9:35 तब म उहाँको डरविना नै बोल्नेथिएँ, तर अहिलेको मेरो अवस्थामा म सक्दिनँ।
JOB 10:1 “म यो जीवनदेखि विरक्तिएको छु; यसकारण म धीत नमरुन्जेल गुनासो पोख्नेछु; र म मेरो मनको तितोपना व्यक्त गर्नेछु।
JOB 10:2 म परमेश्‍वरलाई भन्दछु: मलाई दोषी नठहराउनुहोस् तर मेरो विरुद्ध तपाईंका कस्ता आरोपहरू छन्, मलाई भन्‍नुहोस्।
JOB 10:3 मलाई सताएर, आफ्नै हातको कामलाई घृणा गरेर के तपाईंलाई खुशी मिल्छ र? जबकि तपाईं दुष्‍टको युक्तिमा चाहिँ मुस्कुराउनुहुन्छ?
JOB 10:4 के तपाईंका आँखाहरू मानिसका जस्ता छन्? के तपाईं मरणशील मानिसले हेरेँझैँ हेर्नुहुन्छ र?
JOB 10:5 के तपाईंका दिनहरू मरणशील मानिसका जस्तै छन् र? अथवा तपाईंका वर्षहरू एक बलियो मानिसका जस्तै छन् र?
JOB 10:6 तब तपाईंले मेरा दोषहरू सोधखोज गर्नुहुन्छ, र मेरा पापहरू खोतल्नुहुन्छ?
JOB 10:7 यद्यपि म दोषी छैनँ भनेर तपाईं जान्‍नुहुन्छ, र मलाई तपाईंको हातबाट कसैले छुटाउन सक्दैन।
JOB 10:8 “तपाईंका आफ्नै हातले मलाई आकार दिनुभयो, र मलाई बनाउनुभयो। के अब तपाईं आफैँले मलाई नाश गर्नुहुन्छ त?
JOB 10:9 सम्झना गर्नुहोस्, तपाईंले नै मलाई माटोबाट रच्नुभयो; के अब तपाईंले मलाई फेरि धुलोमै पठाउनुहुन्छ?
JOB 10:10 के तपाईंले मलाई दूधजस्तै खन्याउनुभएको, अनि मलाई पनिरझैँ जमाउनुभएको छैन र?
JOB 10:11 तपाईंले मलाई छाला र मासु पहिराउनुभई, अनि मलाई हड्डी र नसाहरूले एकसाथ गाँस्‍नुभएको होइन र?
JOB 10:12 तपाईंले मलाई जीवन दिनुभयो र मलाई दया देखाउनुभएको छ; र तपाईंको हेरचाहले मेरो आत्मा सुरक्षित भएको छ।
JOB 10:13 “तर यी कुराहरू तपाईंले आफ्नो हृदयमा लुकाएर राख्नुभएको थियो; र यी कुराहरू तपाईंको मनमा थियो भनी म जान्दछु:
JOB 10:14 यदि मैले पाप गरेको भए, तपाईंले मलाई हेरिरहनुहुनेथियो; र मेरा अपराधको दण्ड नदिई छोड्नुहुने थिएन।
JOB 10:15 यदि म दोषी छु भने मलाई धिक्‍कार होस्! म निर्दोष भए तापनि म आफ्नो शिर उठाउन सक्दिनँ; किनकि म शर्ममा परेको छु, अनि आफ्नो दुःखमा डुबेको छु।
JOB 10:16 यदि मैले शिर उठाउन कोसिस गरेँ भने पनि, सिंहले झैँ तपाईंले मलाई खेद्नुहुन्छ; र फेरि मेरो विरुद्धमा तपाईंले आफ्नो डरलाग्दो शक्ति देखाउनुहुन्छ।
JOB 10:17 तपाईंले फेरि मेरो विरुद्धमा नयाँ साक्षीहरू भेला पार्नुहुन्छ, र मेरो विरुद्ध आफ्नो क्रोध बढाउनुहुन्छ; तपाईंका सेनाहरू मेरो विरुद्धमा छालहरू जस्तै आइलाग्छन्।
JOB 10:18 “मलाई त्यस्तै गर्ने तपाईंको आसय थियो भने किन तपाईंले मलाई गर्भबाट बाहिर निस्कन दिनुभयो? कसैको आँखाले मलाई देख्नुअगि नै बरु म मरेको भए हुनेथियो।
JOB 10:19 यदि म अस्तित्वमै नआएको भए हुनेथियो, अथवा गर्भबाट सीधै चिहानमा लगिएको भए हुनेथियो!
JOB 10:20 के अब मेरा थोरै दिनहरू सकिनै लागेका छैनन् र? मबाट टाढा रहनुहोस्, ताकि केही क्षणको निम्ति म आनन्द पाउन सकूँ।
JOB 10:21 मबाट टाढा रहनुहोस्, म फेरि नफर्किने देशमा जानुअगि; जहाँ अन्धकार र घोर अन्धकार छ।
JOB 10:22 घोर अन्धकारको त्यो देशमा जान दिनुहोस्, जहाँ अन्धकार र अस्तव्यस्त छ, जहाँ उज्यालो पनि अँध्यारोझैँ छ।”
JOB 11:1 त्यसपछि सोपर नमातीले यस्तो जवाफ दिए:
JOB 11:2 “के यी सबै कुराहरूका जवाफ छैन र? के धेरै बोल्ने मानिस निर्दोष प्रमाणित हुन सक्छ र?
JOB 11:3 के तपाईंका व्यर्थका कुराहरूले अरूलाई चुप गराउँछ र? के तपाईंले गिल्‍ला गर्दा कसैले तपाईंलाई नहप्काउनु र?
JOB 11:4 तपाईंले परमेश्‍वरलाई भन्‍नुहुन्छ, ‘मेरो शिक्षा दोषरहित छ, र तपाईंको दृष्‍टिमा म शुद्ध छु।’
JOB 11:5 अहो, यदि परमेश्‍वर बोल्नुहुने भए, उहाँले आफ्ना ओठ तपाईंको विरुद्धमा खोल्नुहुन्थ्यो,
JOB 11:6 अनि तपाईंलाई बुद्धिका रहस्यहरू खोलिदिनुहुन्थ्यो; किनकि साँचो बुद्धिका दुई पक्ष हुन्छन्। यो कुरा बुझिराख्नुहोस्; परमेश्‍वरले तपाईंका केही पापहरू बिर्सिसक्नुभएको छ।
JOB 11:7 “के तपाईंले परमेश्‍वरका रहस्यहरू बुझ्न सक्नुहुन्छ? के तपाईंले सर्वशक्तिमान्‌को सीमाको जाँच गर्न सक्नुहुन्छ?
JOB 11:8 ती स्वर्गभन्दा उच्‍च छन्; तपाईंले के गर्न सक्नुहुन्छ र? ती पातालभन्दा गहिरा छन्; तपाईंले के पो जान्‍न सक्नुहुन्छ र?
JOB 11:9 तिनीहरूका नाप पृथ्वीभन्दा लामा र समुद्रभन्दा फराकिला छन्।
JOB 11:10 “यदि उहाँले तपाईंलाई पक्रेर कैदमा राख्नुभयो भने, र अदालतमा मुद्दाको लागि बोलाउनुभयो भने कसले उहाँको विरोध गर्न सक्छ र?
JOB 11:11 निश्‍चय नै उहाँले छली मानिसहरूलाई चिन्‍नुहुन्छ; र उहाँले दुष्‍टता देख्नुहुँदा, के उहाँले ख्यालै गर्नुहुन्‍न र?
JOB 11:12 जसरी जङ्गली गधाले मानिस जन्माउन सक्दैन, त्यसरी नै मूर्ख मानिस कहिल्यै बुद्धिमान् हुन सक्दैन।
JOB 11:13 “तरै पनि यदि तपाईंको हृदय उहाँलाई समर्पित गर्नुभयो भने, र तपाईंका हातहरू उहाँतिर पसार्नुभयो भने,
JOB 11:14 यदि तपाईंका हातका अधर्मलाई त्यागिदिनुभयो, र तपाईंको पालमा दुष्‍टतालाई कुनै ठाउँ दिनुभएन भने,
JOB 11:15 तब तपाईंले निःसंकोच आफ्नो अनुहार उठाउनुहुनेछ; तपाईं दह्रिलो भई खडा हुनुहुनेछ, र डराउनुहुने छैन।
JOB 11:16 निश्‍चय नै तपाईंले आफ्नो दुःखलाई बगेर गएको पानीजस्तो ठानी बिसर्नुहुनेछ।
JOB 11:17 तपाईंको जीवन मध्यदिनको उज्यालोभन्दा चम्किलो हुनेछ; र अन्धकारचाहिँ बिहानजस्तै हुनेछ।
JOB 11:18 अनि आशा भएको कारण सुरक्षित हुनुहुनेछ; हो, तपाईं ढुक्‍क हुनुहुनेछ र सुरक्षासाथ निदाउनुहुनेछ।
JOB 11:19 तपाईं आनन्दसाथ ढल्किनुहुनेछ, कसैले तपाईंलाई भयभीत पार्नेछैन; र धेरैले तपाईंको निगाह चाहनेछन्।
JOB 11:20 तर दुष्‍टहरूका आँखा कमजोर हुनेछन्; र तिनीहरूले उम्कने बाटो पाउनेछैनन्; अन्तिम सास लिनु नै तिनीहरूको आशा हुनेछ।”
JOB 12:1 तब इयोबले जवाफ दिएर भने:
JOB 12:2 “निस्सन्देह, तपाईंहरू मात्र सबै कुरा जान्‍ने मानिसहरू हुनुहुन्छ, र बुद्धि तपाईंहरूसँगै मर्नेछ!
JOB 12:3 तर तपाईंहरूसँग भएझैँ मसँग पनि समझ छ; म पनि तपाईंहरूभन्दा कमको छैनँ। यी सबै कुरा कसले जान्दैन र?
JOB 12:4 “यद्यपि मैले परमेश्‍वरलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो— तर पनि म आफ्ना साथीहरूको निम्ति एउटा हाँसोको पात्र बनेको छु, धर्मी र निर्दोष मानिस त एउटा हाँसोको पात्र पो बनिँदो रहेछ!
JOB 12:5 सुखी मानिसहरूले दुःखमा पर्नेहरूलाई उपहास गर्छन्; र खुट्टा चिप्लनेहरूका खुट्टा तान्‍ने गर्छन्।
JOB 12:6 परमेश्‍वर तिनीहरूकै हातमा भएझैँ, चोरहरू घरमा शान्तिसँग बस्दछन्, र परमेश्‍वरलाई रिस उठाउनेहरू सुरक्षित छन्।
JOB 12:7 “तर जनावरहरूलाई सोध्नुहोस्, र तिनीहरूले तपाईंहरूलाई सिकाइदिनेछन्; अथवा आकाशका चराचुरुङ्गीहरूलाई पनि सोध्नुहोस्, तिनीहरूले तपाईंहरूलाई बताइदिनेछन्;
JOB 12:8 अथवा पृथ्वीसँग बोल्नुहोस्, र त्यसले तपाईंहरूलाई सिकाउनेछ; अथवा समुद्रका माछाहरूले तपाईंहरूलाई बताइदेऊन्।
JOB 12:9 यी सबै कुरा याहवेहकै हातले गरेका हुन् भनी यीमध्ये कसलाई थाहा छैन र?
JOB 12:10 हरेक प्राणीको जीवन र सबै मानव-जातिको सास उहाँकै हातमा छ।
JOB 12:11 जिब्रोले भोजनको स्वाद चाखेजस्तै के कानले शब्दहरूको जाँच गर्दैन र?
JOB 12:12 के बुढापाकाहरूका बीचमा बुद्धि पाइँदैन र? के जीवनको दीर्घायुले समझ ल्याउँदैन र?
JOB 12:13 “बुद्धि र शक्ति परमेश्‍वरका हुन्; परामर्श र समझशक्ति उहाँकै हुन्।
JOB 12:14 उहाँले भत्काउनुभएको कुरालाई फेरि बनाउन सकिँदैन; उहाँले कैद गर्नुभएकोलाई कसैले छुटाउन सक्दैन।
JOB 12:15 यदि उहाँले पानीलाई रोक्नुभयो भने खडेरी पर्छ; यदि उहाँले पानीलाई छोडिदिनुभयो भने त्यसले जमिनलाई विध्वंस पार्छ।
JOB 12:16 शक्ति र बुद्धि परमेश्‍वरका हुन्; धोका दिने र धोका खाने दुवै उहाँकै हुन्।
JOB 12:17 उहाँले शासकहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ। र न्यायकर्ताहरूलाई मूर्ख बनाउनुहुन्छ।
JOB 12:18 उहाँले राजाहरूद्वारा बाँधिएका बन्धनहरूलाई फुकाइदिनुहुन्छ र तिनीहरूका कम्मरमा पेटी बाँधिदिनुहुन्छ।
JOB 12:19 उहाँले पुजारीहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ र धेरै अगाडिदेखि अधिकार गर्ने शासकहरूलाई खसालिदिनुहुन्छ।
JOB 12:20 उहाँले भरपर्दा सल्‍लाहकारहरूको ओठलाई चुप गराइदिनुहुन्छ, र प्रधानहरूका अन्तर्दृष्‍टिलाई हटाइदिनुहुन्छ।
JOB 12:21 उहाँले भारदारहरूमाथि अपमान खन्याउनुहुन्छ र शक्तिशालीहरूलाई निःशस्त्र तुल्याउनुहुन्छ।
JOB 12:22 उहाँले अन्धकारमा भएका गहिरा कुराहरूलाई प्रकट गर्नुहुन्छ, र घोर अन्धकारलाई ज्योतिमा ल्याउनुहुन्छ।
JOB 12:23 उहाँले राष्ट्रहरूलाई महान् बनाउनुहुन्छ, र तिनीहरूलाई नाश पनि गर्नुहुन्छ; उहाँले राष्ट्रहरूलाई बढाउनुहुन्छ, र तिनीहरूलाई तितरबितर पनि पार्नुहुन्छ।
JOB 12:24 उहाँले पृथ्वीका शासकहरूबाट तिनीहरूका समझशक्ति खोस्‍नुहुन्छ; तिनीहरूलाई बाटो नभएको बिरानो ठाउँमा भौँतारिने बनाउनुहुन्छ।
JOB 12:25 तिनीहरू उज्यालो नभएको अँध्यारोमा छामछाम-छुमछुम गरिहिँड्छन्; उहाँले तिनीहरूलाई मातेको मानिसजस्तै धरमरिँदै हिँड्ने बनाउनुहुन्छ।
JOB 13:1 “मेरा आँखाले यी सबै कुरा देखेका छन्, मेरा कानले सुनेका छन्, र मैले यो बुझेको छु।
JOB 13:2 तपाईंहरूले जे जान्‍नुहुन्छ, त्यो म पनि जान्दछु; म पनि तपाईंहरूभन्दा कमको छैनँ।
JOB 13:3 तर म सर्वशक्तिमान्‌सँग कुरा गर्न चाहन्छु, र मेरो मुद्दाको विषयमा परमेश्‍वरसँग बहस गर्न चाहन्छु।
JOB 13:4 तर तपाईंहरूको झूटले मलाई बदनाम गर्नुहुन्छ; तपाईंहरू सबै जना निकम्मा वैद्यहरू हुनुहुन्छ!
JOB 13:5 यदि तपाईंहरू चुप लागेर बसिदिनुभए त! यही नै तपाईंहरूको निम्ति बुद्धिमानी हुनेथियो।
JOB 13:6 अब मेरो बहस सुन्‍नुहोस्; मेरा ओठका बिन्ती ध्यानसँग सुन्‍नुहोस्।
JOB 13:7 के तपाईंहरू परमेश्‍वरको पक्षबाट झूटो बोल्नुहुनेछ? के तपाईंहरू उहाँको निम्ति छलपूर्ण कुरा गर्नुहुनेछ?
JOB 13:8 के तपाईंहरूले उहाँलाई पक्षपात गर्नुहुनेछ? के तपाईंहरूले परमेश्‍वरको निम्ति मुद्दाको बहस गर्नुहुनेछ?
JOB 13:9 यदि उहाँले तपाईंहरूलाई जाँच गर्नुभयो भने के त्यो असल होला र? मानिसहरूलाई छल गरेझैँ के तपाईंहरूले उहाँलाई छल्न सक्नुहुन्छ र?
JOB 13:10 यदि तपाईंहरूले गुप्‍तमा पक्षपात गर्नुभयो भने उहाँले तपाईंहरूलाई निश्‍चय नै हप्काउनुहुनेछ।
JOB 13:11 के उहाँको महानताले तपाईंहरूलाई भयभीत पार्दैन र? अनि उहाँको डर तपाईंहरूमाथि आइपर्दैन र?
JOB 13:12 तपाईंहरूका उपदेशहरू खरानीका उखानहरूजस्तै छन्; तपाईंहरूका सुरक्षाहरू माटोजस्तै कमजोर छन्।
JOB 13:13 “चुप लाग्नुहोस् र मलाई बोल्न दिनुहोस्; अनि ममाथि जे आइपर्ला, सो भोग्न तयार छु।
JOB 13:14 मैले आफूलाई किन जोखिममा पारूँ, र मेरो जीवन आफ्नै हातमा लिएर हिँडूँ?
JOB 13:15 उहाँले मेरो ज्यान लिनुभए तापनि उहाँमाथि नै म आफ्नो भरोसा राख्नेछु; निश्‍चय नै म उहाँसामु आफ्नो निम्ति बहस गर्नेछु।
JOB 13:16 सम्भवतः यी कुराहरू मेरो छुटकाराको निम्ति हुनेछन्, किनकि दुष्‍ट मानिसहरू उहाँको सामु आउने साहस गर्न सक्दैनन्!
JOB 13:17 मैले भनेका कुराहरू ध्यानसित सुन्‍नुहोस्; मेरा शब्दहरू तपाईंहरूका कानभित्र गुञ्जोस्!
JOB 13:18 अहिले मैले मेरो मुद्दा तयार गरिसकेको छु, म जान्दछु कि म निर्दोष ठहरिनेछु।
JOB 13:19 कसले मेरो विरुद्धमा आरोप लगाउन सक्छ? यदि सक्छ भने म चुपचाप बस्‍नेछु र मर्नेछु।
JOB 13:20 “हे परमेश्‍वर, मलाई केवल यी दुई कुराहरू मात्र दिनुहोस्, त्यसपछि म तपाईंदेखि लुक्नेछैनँ:
JOB 13:21 तपाईंको हात मबाट टाढा हटाउनुहोस्; र तपाईंका डरले मलाई भयभीत नपारोस्।
JOB 13:22 तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु, अथवा मलाई बोल्न दिनुहोस्, र मलाई तपाईंले जवाफ दिनुहोस्।
JOB 13:23 मैले कति गल्ती र पापहरू गरेँ? मलाई मेरो अपराध र मेरो पाप देखाइदिनुहोस्।
JOB 13:24 किन तपाईंले आफ्नो मुहार लुकाउनुहुन्छ, र मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ?
JOB 13:25 के तपाईं हावाले उडाएको एउटा पातलाई सताउनुहुन्छ? के तपाईं सुकेको भुसलाई लखेट्नुहुन्छ?
JOB 13:26 किनकि तपाईंले मेरो विरुद्धमा तिता कुराहरू लेख्नुहुन्छ, र मैले जवानीमा गरेका पापहरूको कटनी गराउनुहुन्छ।
JOB 13:27 तपाईंले मेरा पाउहरू साङ्लोले बाँध्नुभएको छ; मेरा खुट्टाका पैतालाहरूमा छाप लगाउनुभएर, मेरा सबै कदमहरूलाई नजिकबाट नियाल्नुहुन्छ।
JOB 13:28 “त्यसकारण मानिस कुहेको फोहोरमैलाझैँ, किराले खाएको लुगाझैँ नष्‍ट भएर जान्छ।
JOB 14:1 “स्त्रीको कोखबाट जन्मेको मरणशील मानिसको आयु छोटो र दुःख-पीडाले भरिएको हुन्छ।
JOB 14:2 तिनीहरू फूलझैँ फक्रन्छन्, र ओइलाइहाल्छन्; हराइजाने छायाजस्तै तिनीहरू रहिरहँदैनन्।
JOB 14:3 के तपाईंले त्यस्ता प्राणीहरूमा आफ्नो दृष्‍टि राख्नुहुन्छ? के तपाईंले मलाई न्यायको लागि आफ्नो सामु ल्याउनुहुन्छ?
JOB 14:4 अशुद्ध वस्तुबाट कसले शुद्ध वस्तु बनाउन सक्छ र? कसैले पनि सक्दैन!
JOB 14:5 हरेक व्यक्तिका दिनहरू निर्धारित छन्; तपाईंले त्यसका महिनाहरूको संख्या तोकिदिनुभएको छ र त्यसले पार गर्न नसक्ने सीमा राखिदिनुभएको छ।
JOB 14:6 यसकारण ज्यालादार मजदुरले जस्तै आफ्नो समय पूरा नगरेसम्म, त्यसबाट आफ्नो दृष्‍टि टाढा राख्नुहोस् र त्यसलाई एकलै रहन दिनुहोस्।
JOB 14:7 “किनकि रूखको समेत पनि आशा हुन्छ: त्यो काटेर ढालिए तापनि त्यो फेरि पलाउनेछ, र त्यसका नयाँ टुसाहरू निक्लन छोड्नेछैन।
JOB 14:8 त्यसका जराहरू जमिनमै छिप्पिए पनि र त्यसको ठुटो माटोमा सुके तापनि
JOB 14:9 पानीको गन्ध पायो भने त्यसमा फेरि पालुवा लाग्न थाल्छ, र नयाँ बोटबिरुवामा जस्तै त्यसमा टुसा उम्रन्छ।
JOB 14:10 तर मानिस मरेपछि मेटिएर जान्छ; जब उसले अन्तिम सास फेर्छ, र त्यसपछि त्यो कहाँ रहन्छ?
JOB 14:11 तालको पानी सुकेजस्तै, अथवा खोलानदी सुकेर सुक्खा भएजस्तै हुन्छ,
JOB 14:12 त्यसरी नै मानिस मर्छ, र फेरि उठ्दैन; जबसम्म आकाशहरू टलेर जाँदैनन्, मानिसहरू बिउँझनेछैनन्, अथवा तिनीहरू निद्राबाट फेरि उठ्नेछैनन्।
JOB 14:13 “यदि तपाईंले मलाई चिहानमा लुकाइदिनुभएको भए त, अनि तपाईंको रिस नमरेसम्म मलाई लुकाउनुभएको भए त हुनेथियो! यदि तपाईंले, मेरो समयको सीमा तोकिदिनुभएको भए त, अनि मलाई फेरि सम्झनुभएको भए हुनेथियो!
JOB 14:14 कोही मरेपछि फेरि जीवित हुन्छ र? मेरो कठिन परिश्रम जतिसुकै लामो भए तापनि मेरो नवीकरणको निम्ति म प्रतीक्षा गर्नेछु।
JOB 14:15 तपाईंले बोलाउनुहुनेछ, र म तपाईंलाई जवाफ दिनेछु; तपाईं आफ्नो हातले बनाउनुभएको प्राणीलाई हेर्न उत्सुक हुनुहुनेछ।
JOB 14:16 तब निश्‍चय नै तपाईंले मेरा पाइलाहरू गन्‍नु हुनेछ, तर मेरो पापको हिसाबचाहिँ राख्नुहुनेछैन।
JOB 14:17 मेरा अपराधहरूलाई एउटा थैलीमा लाहाछाप लगाएर राख्नुहुनेछ; तपाईंले मेरो पाप ढाकिदिनुहुनेछ।
JOB 14:18 “तर पर्वतहरू बिस्तारै खिइएर खसेझैँ र चट्टान त्यसको ठाउँबाट हटेर गएझैँ,
JOB 14:19 पानीले ढुङ्गाहरू खियाएर लगेझैँ, र भलबाढीले माटो बगाएर लगेझैँ, त्यसरी नै तपाईंले मानिसको आशा नष्‍ट पारिदिनुहुन्छ।
JOB 14:20 तपाईंले तिनीहरूलाई एकै पटकमा सधैँको निम्ति जित्नुहुन्छ, र तिनीहरू समाप्‍त भएर जान्छन्; तपाईंले तिनीहरूको स्वरूपलाई कुरूप बनाइदिनुहुन्छ र तिनीहरूलाई टाढा पठाइदिनुहुन्छ।
JOB 14:21 तिनीहरूका सन्तानहरूले सम्मान पाए तापनि तिनीहरूले त्यो थाहा पाउँदैनन्; यदि तिनीहरूका सन्तानहरू होच्याइए तापनि तिनीहरूले त्यो देख्दैनन्।
JOB 14:22 तिनीहरूले आफ्नै शरीरको पीडा मात्र महसुस गर्छन्, र आफ्नै लागि मात्र विलाप गर्छन्।”
JOB 15:1 तब एलीपज तेमानीले जवाफ दिए:
JOB 15:2 “के बुद्धिमान् मानिसले यस्तो खोक्रो ज्ञानले जवाफ दिन्छ, अथवा तिनीहरूको पेट तातो पूर्वीय बतासले भर्छन् र?
JOB 15:3 के तिनीहरूले यस्ता व्यर्थका शब्दहरू र मूल्यहीन कुराहरूसँग बहस गर्छन् र?
JOB 15:4 तर तपाईंले त परमेश्‍वरको सम्मानलाई नै त्याग्नुहुन्छ, र उहाँको भक्तिलाई बाधा पुर्‍याउनुहुन्छ।
JOB 15:5 तपाईंको पापले तपाईंको मुखलाई उत्प्रेरित गर्छ; तपाईंले धूर्त जिब्रो रुचाउनुहुन्छ।
JOB 15:6 तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मैले होइन; तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा साक्षी दिन्छ।
JOB 15:7 “के तपाईं सबैभन्दा पहिलो जन्मेको मानिस हुनुहुन्छ? के तपाईं पहाडहरूभन्दा पहिले सृष्‍टि गरिनुभएको थियो?
JOB 15:8 के तपाईंले परमेश्‍वरको सभामा बसेर सुन्‍नुभएको छ? के तपाईंको मात्रै बुद्धिमा एकाधिकार छ?
JOB 15:9 हामीले नजानेको कुनचाहिँ कुरा तपाईं जान्‍नुहुन्छ? हामीसँग नभएको कस्तो अन्तर्ज्ञान तपाईंसँग छ?
JOB 15:10 तपाईंका पिताभन्दा वृद्ध मानिस, केश फुलेका र पाका मानिसहरू हाम्रो पक्षमा छन्।
JOB 15:11 परमेश्‍वरको सान्त्वना, तपाईंलाई भनिएका मधुर शब्दहरू तपाईंका निम्ति पर्याप्‍त छैनन् र?
JOB 15:12 तपाईंको हृदयले तपाईंलाई किन बहकाउँछ? अनि तपाईंका आँखाहरूमा किन क्रोधको ज्वाला छन्?
JOB 15:13 त्यसैले तपाईं आफ्नो रिस परमेश्‍वरको विरुद्ध भड्काउनुहुन्छ र आफ्ना मुखबाट यस्ता शब्दहरू पोख्नुहुन्छ?
JOB 15:14 “मरणशील मानिस को हो र तिनीहरू शुद्ध हुन सक्छन्, अथवा स्त्रीबाट जन्मनेहरू, जो धर्मी हुन सक्छन्?
JOB 15:15 यदि परमेश्‍वरले आफ्ना पवित्र जनहरूमाथि भरोसा राख्नुभएन भने, यदि उहाँको दृष्‍टिमा स्वर्गहरू पनि शुद्ध छैनन् भने,
JOB 15:16 झन् मरणशील मानिस त कति कम होला, जो नीच र भ्रष्‍ट छन्, जसले दुष्‍टतालाई पानीझैँ पिउँछन्!
JOB 15:17 “मेरो कुरा सुन्‍नुहोस् र म तपाईंलाई बयान गर्नेछु; मैले जे देखेको छु, तपाईंलाई भन्‍न दिनुहोस्,
JOB 15:18 बुद्धिमान् मानिसहरूले जे घोषणा गरेका छन्, तिनीहरूका पितापुर्खाहरूबाट पाएका कुराहरू लुकाएका छैनन्,
JOB 15:19 (जसलाई मात्रै देश दिइएको थियो, जबकि कुनै परदेशीहरूले तिनीहरूका बीचमा बसोबास गरेनन्।)
JOB 15:20 दुष्‍ट मानिसले त्यसको जीवनकालभरि नै यातना भोग्छ, निर्दयी मानिसका निम्ति वर्षौँसम्म दुःख साँचिएको हुन्छ।
JOB 15:21 त्यसका कान डरलाग्दा आवाजहरूले भरिएका हुन्छन्; जब सबै कुरा ठिक देखिएजस्तो हुन्छ, तब डाँकुहरूले त्यसलाई आक्रमण गर्छन्।
JOB 15:22 त्यसमा अन्धकारको संसारबाट उम्कने आशा हुँदैन; किनकि त्यो तरवारको निशानामा हुन्छ।
JOB 15:23 त्यो गिद्धजस्तै आहाराको निम्ति भौँतारिन्छ; त्यसले अन्धकारका दिनहरू नजिकै छन् भनी जान्दछ।
JOB 15:24 कष्‍ट र वेदनाले त्यसलाई तर्साउँछ; आक्रमण गर्न तयार भएको राजाझैँ विपत्तिले त्यसलाई व्याकुल पार्छ;
JOB 15:25 किनकि त्यसले आफ्नो मुड्की परमेश्‍वरको विरुद्धमा बढाउँछ, र त्यसले सर्वशक्तिमान्‌को विरुद्ध जोरी खोज्छ,
JOB 15:26 आफ्नो मोटो र बलियो ढाल लिएर परमेश्‍वरको विरुद्धमा जाइलाग्छ।
JOB 15:27 “त्यसको अनुहारलाई बोसोले छोपेको भए तापनि र त्यसको कम्मर मासुले भरिएको भए तापनि
JOB 15:28 त्यो भत्किएका सहरहरूमा बास बस्‍नेछ, ती घरहरूमा जो भत्किएर थुप्रिनै लागेका छन्, जहाँ कोही पनि बास गर्दैनन्।
JOB 15:29 त्यो फेरि धनी हुनेछैन, र त्यसको धनसम्पत्ति रहनेछैन, न त त्यसको सम्पत्ति देशभरि फैलिनेछ।
JOB 15:30 त्यो अन्धकारबाट उम्कन सक्दैन; त्यसका टुसाहरूलाई आगोले सुकाइदिनेछ, र परमेश्‍वरको मुखको सासले त्यसलाई उडाउनेछ।
JOB 15:31 त्यसले व्यर्थका कुराहरूमा भरोसा राखेर आफैँलाई धोका नदेओस्; किनकि त्यसको साटोमा त्यसले केही पनि पाउनेछैन।
JOB 15:32 त्यसको समयभन्दा पहिले नै त्यो सुकेर जानेछ, र त्यसका हाँगाहरू फस्टाउने छैनन्।
JOB 15:33 त्यो त नपाकिकनै झरेको अङ्‌गुरजस्तै हुनेछ, र फूल झरेको जैतुनको रूखजस्तै हुनेछ।
JOB 15:34 किनकि परमेश्‍वर नमान्‍नेहरूको सङ्गत गर्नेहरू बाँझो हुनेछन्, र घूस लिन रुचाउनेहरूका पालहरू आगोले भस्म हुनेछन्।
JOB 15:35 तिनीहरूले विपत्तिलाई गर्भधारण गर्छन्, र दुष्‍टता जन्माउँछन्; तिनीहरूका गर्भले छल रच्तछन्।”
JOB 16:1 तब इयोबले जवाफ दिए:
JOB 16:2 “मैले यस्ता धेरै कुराहरू सुनेको छु; तपाईंहरू सबै दुःखको सान्त्वना दिनेहरू हुनुहुन्छ!
JOB 16:3 तपाईंहरूको वाहियात भाषणहरूको अन्त्य कहिल्यै हुँदैन? के कुराले गर्दा तपाईंहरू बहस गरिरहनुहुन्छ?
JOB 16:4 यदि तपाईंहरू मेरो ठाउँमा हुनुभएको भए, म पनि तपाईंहरूजस्तै बोल्न सक्नेथिएँ, म तपाईंहरूको विरुद्धमा असल भाषण दिन सक्नेथिएँ; र तपाईंहरूको विरुद्धमा आफ्नो टाउको हल्‍लाउँदै हाँसो उडाउने थिएँ।
JOB 16:5 तर मेरो मुखले तपाईंहरूलाई हौसला दिन्थ्यो; मेरा ओठको सान्त्वनाले तपाईंहरूलाई आराम दिने थियो।
JOB 16:6 “मैले बोले तापनि मेरो दुःख कम हुँदैन; र म नबोल्दा पनि मेरो पीडा घट्दैन।
JOB 16:7 साँच्‍चै नै परमेश्‍वर, तपाईंले मलाई थकित पार्नुभएको छ; तपाईंले मेरो पूरै परिवारलाई उजाड पार्नुभएको छ।
JOB 16:8 तपाईंले मलाई हाड र छाला मात्र बनाउनुभएको छ, र यो मेरो विरुद्ध एउटा साक्षी भएको छ; म दुब्लो र पातलो भएको कारणले यसले मेरो विरुद्ध साक्षी दिन्छ।
JOB 16:9 परमेश्‍वरले आफ्नो क्रोधमा मलाई छिन्‍नभिन्‍न पार्नुहुन्छ र घृणा गर्नुहुन्छ; र उहाँले मेरो विरुद्धमा दाह्रा किट्नुहुन्छ; मेरो शत्रुले मलाई आँखा तरेर हेर्छ।
JOB 16:10 मानिसहरूले मलाई जिस्काउन आफ्ना मुख खोल्छन्; तिनीहरूले मलाई खिसी गर्दै मेरो गालामा हिर्काउँछन्, र मेरो विरुद्धमा एकमत हुन्छन्।
JOB 16:11 परमेश्‍वरले मलाई अधर्मीहरूका हातमा सुम्पिदिनुभएको छ, र मलाई दुष्‍टहरूका पासोमा फ्याँकिदिनुभएको छ।
JOB 16:12 सबै कुरा मसँग ठिकठाक थियो, तर उहाँले मलाई चकनाचुर पार्नुभएको छ; उहाँले मलाई गर्दनमा पक्रनुभयो र चुर-चुर पार्नुभयो। उहाँले मलाई आफ्नो निशाना बनाउनुभएको छ;
JOB 16:13 उहाँका धनुर्धारीहरूले मलाई चारैतिरबाट घेरेका छन्। उहाँले दया नदेखाई मेरा मिर्गौलाहरू छेड्नुहुन्छ, र मेरो पित्त भुइँमा पोखाउनुहुन्छ।
JOB 16:14 उहाँ पटक-पटक ममाथि आइलाग्नुहुन्छ; उहाँ एक योद्धाझैँ मलाई झम्टिनुहुन्छ।
JOB 16:15 “मैले मेरो छालामाथि भाङ्ग्रा सिलाएको छु, र मैले मेरो सम्मान धुलोमा गाडेको छु।
JOB 16:16 रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ, मेरो आँखाको वरिपरि कालो छायाले घेरेको छ;
JOB 16:17 तापनि मेरा हातहरूले हिंसा गरेका छैनन्, र मेरो प्रार्थना शुद्ध छ।
JOB 16:18 “हे पृथ्वी, मेरो रगतलाई नछोप्; मेरो रोदनले कहिल्यै विश्राम नपाओस्!
JOB 16:19 अहिले पनि मेरो साक्षी स्वर्गमा हुनुहुन्छ; मेरो अधिवक्ता उच्‍चमा हुनुहुन्छ।
JOB 16:20 मेरा आँखाले परमेश्‍वरको सामु धरधरी आँसु झार्दा मेरो मध्यस्थ मेरा मित्र हुन्छन्;
JOB 16:21 एक व्यक्तिले मित्रको पक्षमा बिन्ती गरेझैँ, उसले मानिसको पक्षबाट परमेश्‍वरसँग बिन्ती गर्दछ।
JOB 16:22 “थोरै वर्ष बितेर गइसकेपछि, म त्यो बाटो जानेछु, जहाँबाट म फेरि फर्कनेछैनँ।
JOB 17:1 मलाई सास फेर्न गाह्रो परेको छ; मेरा दिनहरू घटाइएका छन्, चिहान मेरो पर्खाइमा छ।
JOB 17:2 साँच्‍चै, ठट्टा गर्नेहरूले मलाई घेरेका छन्; मेरा आँखाहरूले तिनीहरूका ठट्टामाथि टुलुटुलु हेर्नुपरेको छ।
JOB 17:3 “हे परमेश्‍वर, तपाईंले माग गर्नुभएको धरौटी मलाई दिनुहोस्। मेरो निम्ति कसले जमानी बसिदेला र?
JOB 17:4 तपाईंले तिनीहरूको बुझ्ने दिमागलाई बन्द गरिदिनुभएको छ; यसकारण तपाईंले तिनीहरूलाई विजयी हुन दिनुहुनेछैन।
JOB 17:5 यदि कसैले आफ्नो फाइदाको निम्ति आफ्ना मित्रहरूलाई धोका दिन्छ भने, तिनीहरूका छोराछोरीका आँखाहरू कमजोर हुन्छन्।
JOB 17:6 “परमेश्‍वरले मलाई हरेकको निम्ति एउटा उखान बनाउनुभएको छ, त्यो मानिस जसको अनुहारमा मानिसहरूले थुक्छन्।
JOB 17:7 मेरा आँखा शोकले गर्दा धमिला भएका छन्; मेरो सम्पूर्ण शरीर केवल एउटा छायाजस्तै मात्र छ।
JOB 17:8 धर्मी मानिसहरू मेरो यस्तो हालत देखेर तीन छक्‍क परेका छन्; निर्दोष मानिसहरू ईश्‍वरहीनहरूको विरुद्धमा उठेका छन्।
JOB 17:9 तापनि धर्मी मानिसहरू आफ्नै मार्गमा अटल रहनेछन्; र निर्दोष हात हुनेहरू अझ बलियो हुँदै जानेछन्।
JOB 17:10 “तर तपाईंहरू सबै आएर फेरि कोसिस गर्नुहोस्! म तपाईंहरूको माझमा एउटै बुद्धिमान् मानिस भेट्टाउँदिनँ।
JOB 17:11 मेरा दिनहरू बितेर गए, मेरा योजनाहरू चकनाचुर भए; अझ मेरो हृदयका इच्छाहरू पनि हराएर गए।
JOB 17:12 तिनीहरूले रातलाई दिन भन्छन्; अन्धकार हुन लाग्दा ज्योति नजिकै हुन्छ भन्दछन्।
JOB 17:13 यदि मैले आशा गरेको घर भनेकै चिहान हो भने यदि मैले अन्धकारमा आफ्नो ओछ्यान लगाएँ भने,
JOB 17:14 यदि मैले चिहानलाई, ‘तपाईं मेरो पिता हुनुहुन्छ,’ र किरालाई, ‘मेरी आमा’ अथवा ‘मेरी दिदीबहिनी,’ भन्छु भनेँ,
JOB 17:15 त्यसो भए मेरो आशा खोइ कहाँ छ त? मेरो निम्ति केही आशा छ भनेर कसले देख्न सक्छ त?
JOB 17:16 के मेरो त्यो आशा तल मृत्युको ढोकासम्म जानेछ र? के हामी एकसाथ धुलोमा जानेछौँ र?”
JOB 18:1 तब बिल्दद शुहीले यस्तो जवाफ दिए:
JOB 18:2 “तपाईंले यी भाषणहरू कहिले समाप्‍त गर्नुहुन्छ? संवेदनशील हुनुहोस् र मात्र हामी कुरा गर्न सक्छौँ।
JOB 18:3 हामीलाई किन पशुझैँ व्यवहार गर्नुहुन्छ, र तपाईंको दृष्‍टिमा हामीलाई मूर्ख सोच्नुहुन्छ?
JOB 18:4 तपाईं जसले आफ्नो रिसमा स्वयम्‌लाई टुक्रा-टुक्रा पार्नुभएको छ; के तपाईंको खातिर पृथ्वीलाई त्यागिदिने? अथवा के चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिने?
JOB 18:5 “दुष्‍ट मानिसको बत्ती निभाइन्छ; त्यसको आगोको ज्वाला बल्न छोड्छ।
JOB 18:6 त्यसको पालमा भएको उज्यालो अँध्यारो हुन्छ; त्यसको छेउमा भएको बत्ती निभेर जान्छ।
JOB 18:7 त्यसको बलियो पाइला कमजोर हुन्छ; त्यसका आफ्नै युक्तिहरूले त्यसलाई लडाइदिन्छन्।
JOB 18:8 त्यसका खुट्टाले त्यसलाई पासोमा पार्छ; त्यो त्यसको फन्दामा भौँतारिन्छ।
JOB 18:9 धरापले त्यसको कुर्कुच्‍चामा पक्रन्छ; पासोले त्यसलाई जोडसित समातेर राख्छ।
JOB 18:10 त्यसका निम्ति एउटा पासो जमिनमा लुकाइएको छ; त्यसका बाटोमा एउटा धराप थापिएको छ।
JOB 18:11 त्यसलाई त्रासले चारैतिरबाट तर्साउँछ, र त्यसको हरेक पाइलालाई खेद्‌दछ।
JOB 18:12 विपत्ति त्यसको निम्ति भोकाएको छ; जब त्यो लड्छ, तब प्रकोपले त्यसलाई पर्खिरहेको हुन्छ।
JOB 18:13 रोगले त्यसका छालाका भागहरू खाइदिन्छ; मृत्युको पहिलो सन्तानले त्यसका अङ्गहरू निल्दछ।
JOB 18:14 त्यसको पालको सुरक्षाबाट त्यसलाई टाढा लैजान्छ; र आतङ्कहरूको राजाकहाँ लगिन्छ।
JOB 18:15 त्यसको पालमा आगोले बास गर्छ, त्यसका वासस्थानमा बल्दैगरेको गन्धक छरिएको छ।
JOB 18:16 तल फेदमा त्यसका जराहरू सुकेर जान्छन्, र माथि त्यसका हाँगाहरू बोटमै ओइलिएर जान्छन्।
JOB 18:17 त्यसको सम्झना पृथ्वीबाटै मेटिएर जानेछ; देशमा त्यसको नामनिशानै रहनेछैन।
JOB 18:18 त्यसलाई उज्यालोबाट अन्धकारमा धपाइनेछ र त्यसलाई संसारबाटै निकालिनेछ।
JOB 18:19 त्यसका मानिसहरूको बीचमा त्यसका कुनै सन्तानहरू अथवा वंशहरू छैनन्; एक समय जहाँ त्यो बसेको थियो, त्यहाँ बाँचेकाहरू कोही पनि छैनन्।
JOB 18:20 त्यसको दशामा पश्‍चिमका मानिसहरू चकित हुनेछन्; र पूर्वका मानिसहरू त्रसित हुनेछन्।
JOB 18:21 साँच्‍चै दुष्‍ट मानिसको घरको दशा यस्तै हुनेछ; परमेश्‍वरलाई नचिन्‍नेहरूको घरको दशा पनि यस्तै हुनेछ।”
JOB 19:1 तब इयोबले जवाफ दिए:
JOB 19:2 “तपाईंहरूले मलाई कहिलेसम्म यातना दिइरहनुहुन्छ र तपाईंहरूको वचनले मलाई आघात पुर्‍याउनुहुन्छ?
JOB 19:3 तपाईंहरूले मलाई अहिलेसम्म दश पटक अपमान गर्नुभएको छ; तपाईंहरू मलाई निर्लज्ज भएर आक्रमण गर्नुहुन्छ।
JOB 19:4 यदि म बरालिएको साँचो हो भने मेरो गल्तीको सरोकार मसँगै मात्र रहन्छ।
JOB 19:5 यदि तपाईंहरूले आफूलाई मभन्दा उच्‍च ठान्‍नुहुन्छ, र मेरो अपमान मेरै विरुद्धमा प्रयोग गर्नुहुन्छ भने,
JOB 19:6 तपाईंहरूले यो कुरा बुझ्नुहोस् कि परमेश्‍वरले ममाथि अन्याय गर्नुभएको छ, र उहाँले मलाई चारैतिरबाट पासोमा पार्नुभएको छ।
JOB 19:7 “मैले, ‘अन्याय!’ भनेर कराए तापनि मैले कुनै जवाफ पाउँदिनँ; मैले सहायताको निम्ति गुहार मागे तापनि म कुनै न्याय पाउँदिनँ।
JOB 19:8 उहाँले मेरो बाटो थुनिदिनुभएको छ त्यसैले म पार गर्न सक्दिनँ; उहाँले मेरो मार्गलाई अन्धकारले ढाकिदिनुभएको छ।
JOB 19:9 उहाँले मेरो सम्मान मबाट खोस्‍नुभएको छ, र मेरो शिरबाट मुकुट हटाइदिनुभएको छ।
JOB 19:10 उहाँले म नाश नभएसम्म चारैतिरबाट छिन्‍नभिन्‍न पार्नुहुन्छ; उहाँले एउटा रूखलाईझैँ मेरो आशालाई जरैसमेत उखेलिदिनुहुन्छ।
JOB 19:11 उहाँको क्रोध मेरो विरुद्धमा जल्छ; उहाँले मलाई आफ्ना शत्रुहरू मध्येको एक ठान्‍नुहुन्छ।
JOB 19:12 उहाँका सेनाहरू शक्तिसाथ अगि बढ्छन्; तिनीहरूले मेरो विरुद्ध घेरा लगाएर बस्छन्, र मेरो पालका चारैतिर छाउनी बनाएर बस्छन्।
JOB 19:13 “उहाँले मेरा परिवारलाई मबाट बिरानो बनाइदिनुभएको छ; मेरा इष्‍टमित्रहरू पूर्ण रूपले मबाट पराई भएका छन्।
JOB 19:14 मेरा आफन्तहरू टाढा भएका छन्; मेरा नजिकका मित्रहरूले मलाई बिर्सेका छन्।
JOB 19:15 मेरा पाहुनाहरू र मेरा सेविकाहरूले मलाई विदेशीझैँ ठान्छन्; तिनीहरूले मलाई पराईझैँ ठान्छन्।
JOB 19:16 म मेरो सेवकलाई बोलाउँछु, मैले आफैँले त्यसलाई अनुरोध गरे तापनि त्यसले मलाई जवाफ दिँदैन;
JOB 19:17 मेरो सास मेरी पत्नीलाई आपत्तिजनक छ; मेरा आफ्नै दाजुभाइहरूका बीचमा म घृणित भएको छु।
JOB 19:18 साना केटाकेटीहरूसमेतले मलाई हेला गर्छन्; जब म देखा पर्छु, तिनीहरूले मेरो हाँसो उडाउँछन्।
JOB 19:19 मेरा सबै मिल्ने साथीहरूले मलाई घृणा गर्छन्; मैले अति प्रेम गरेकाहरू सबै मेरो विरुद्धमा उठेका छन्।
JOB 19:20 अब त म मात्र हाड र छाला भएको छु; म मेरो दाँतको छालाले मात्र बचेर उम्केको छु।
JOB 19:21 “मलाई दया देखाउनुहोस्, मेरा मित्रहरू, मलाई दया देखाउनुहोस्; किनकि परमेश्‍वरको हातले मलाई प्रहार गर्नुभएको छ।
JOB 19:22 परमेश्‍वरले मेरो खेदो गर्नुभएझैँ तपाईंहरूले पनि किन मेरो खेदो गर्नुहुन्छ? मेरो मासु चपाएर के तपाईंहरूलाई अझै पुगेन?
JOB 19:23 “अहो, मेरा शब्दहरू लेखिएका भए, ती एउटा चर्मपत्रमा लेखिएका भए,
JOB 19:24 यदि ती सिसामा फलामको औजारले खोपिएका भए, अथवा सदाको निम्ति चट्टानमा खोपिएका भए हुनेथियो!
JOB 19:25 म जान्दछु मेरा उद्धारकर्ता जीवित हुनुहुन्छ, र उहाँ अन्त्यको दिनमा यस पृथ्वीमा खडा हुनुहुनेछ।
JOB 19:26 अनि मेरो छाला नष्‍ट भइसकेपछि पनि, अझै म मेरो शरीरमा परमेश्‍वरलाई देख्नेछु;
JOB 19:27 म आफैँले उहाँलाई देख्नेछु, मेरो आफ्नै आँखाले—अरू कसैले होइन। मेरो हृदय मभित्र कति इच्छुक हुन्छ!
JOB 19:28 “यदि तपाईंहरूले यसरी भन्‍नुहुन्छ, ‘हामी कसरी त्यसलाई दुःख दिन सक्छौँ; किनकि समस्याको जड त त्यो आफैँ हो,’
JOB 19:29 तपाईंहरू आफैँमाथि तरवारको डर रहोस्; किनकि क्रोधले तरवारद्वारा दण्ड ल्याउनेछ, र त्यसपछि तपाईंहरूले न्याय छ भनेर जान्‍नुहुनेछ।”
JOB 20:1 तब सोपर नमातीले जवाफ दिए:
JOB 20:2 “मेरा पीडित विचारहरूले मलाई जवाफ दिन उक्साउँछ; किनकि म धेरै विचलित भएको छु।
JOB 20:3 जब म मेरो अपमान हुने गालीहरू सुन्छु, मेरो समझशक्तिले मलाई जवाफ दिन उत्प्रेरित गर्छ।
JOB 20:4 “निश्‍चय नै तपाईंले जान्‍नुहुन्छ, कि यो उहिलेदेखि नै हुँदैआएको छ, मानव-जातिलाई यो पृथ्वीमा राखिएको समयदेखि नै यो हुँदैआएको छ,
JOB 20:5 कि दुष्‍ट मानिसहरूको खुशी एकछिनको लागि, र ईश्‍वरहीनहरूको आनन्द क्षणभरको लागि मात्र रहन्छ।
JOB 20:6 यद्यपि ईश्‍वरहीन मानिसको घमण्ड आकाशसम्मै पुग्ला र त्यसको टाउकोले बादलहरूलाई नै छुइएला,
JOB 20:7 तर त्यो आफ्नो मलजस्तै, सदाको निम्ति नाश भएर जानेछ; त्यसलाई देखेकाहरूले भन्‍नेछन्, ‘खोइ, त्यो कहाँ छ?’
JOB 20:8 कहिल्यै पाउन नसकिने सपनाजस्तै त्यो उडेर जान्छ, रातको दर्शनजस्तै लोप भएर जान्छ।
JOB 20:9 त्यसलाई देखेका आँखाहरूले त्यसलाई फेरि देख्नेछैनन्; त्यसको ठाउँले त्यसलाई फेरि चिन्‍नेछैन।
JOB 20:10 त्यसका छोराछोरीहरूले गरिबहरूसँग भीख माग्नैपर्छ; त्यसका आफ्नै हातहरूले आफ्नो धन फर्काइदिनैपर्छ।
JOB 20:11 त्यसका हड्डीहरूमा भरिएका यौवन त्यसको मृत्युसँग धुलोमा सुतिजानेछ।
JOB 20:12 “दुष्‍टता त्यसको मुखमा मिठो भए तापनि र यसलाई त्यसले आफ्नो जिब्रोमुनि लुकाउँछ,
JOB 20:13 तथापि त्यसले त्यो छोड्न सक्दैन, त्यसको मुखमै रहिरहे तापनि
JOB 20:14 त्यसको भोजन त्यसको पेटमा अमिलो बन्‍नेछ; र त्यो सर्पको विषजस्तै त्यसभित्र परिवर्तन हुनेछ।
JOB 20:15 त्यसले निलेको धनसम्पत्ति त्यसले फेरि ओकलेर बाहिर निकाल्नेछ; परमेश्‍वरले त्यसको पेटलाई त्यो सबै ओकल्न लगाउनुहुनेछ।
JOB 20:16 त्यसले सर्पको विष चुस्‍नेछ; विषालु सर्पको लामो दाँतले त्यसलाई मार्नेछ।
JOB 20:17 त्यसले खोलाहरू अर्थात् मह र नौनी बहने नदीहरूमा आनन्द लिन पाउनेछैन।
JOB 20:18 त्यसले परिश्रम गरेका कुराहरूको उपभोग नगरी फिर्ता दिनुपर्छ; त्यसले आफ्नो व्यापारका नाफाहरूमा आनन्द मनाउन पाउनेछैन।
JOB 20:19 किनकि त्यसले गरिबलाई अत्याचार गरेको छ, र तिनीहरूलाई त्यागेको छ; र त्यसले आफूले नबनाएको घर कब्जा गरेको छ।
JOB 20:20 “निश्‍चय नै त्यसले आफ्नो लालसाबाट विश्राम पाउनेछैन; त्यसले आफ्नो धनसम्पत्तिद्वारा आफूलाई बचाउन सक्दैन।
JOB 20:21 त्यसको निम्ति खानलाई केही पनि बाँकी रहेको छैन; त्यसको समृद्धि धेरै दिनसम्म रहँदैन।
JOB 20:22 त्यसको प्रशस्तताको समयमा, त्यसमाथि विपत्ति आइपर्नेछ; जोडले कष्‍टको बोझ त्यसमाथि आइपर्नेछ।
JOB 20:23 त्यसले आफ्नो पेट भरेको बेला, परमेश्‍वरले आफ्नो बल्दो रिस त्यसको विरुद्ध खन्याउनुहुनेछ, र त्यसमाथि आफ्नो मुक्‍का बर्साउनुहुनेछ।
JOB 20:24 त्यो फलामको हतियारबाट बाँचे तापनि काँसोको टुप्पो भएको काँडले त्यसलाई छेड्नेछ।
JOB 20:25 त्यसले त्यो आफ्नो पिठिउँबाट थुतेर निकाल्छ, र चम्किरहेको काँडको टुप्पोले त्यसको कलेजो छेड्नेछ। अनि त्रास त्यसमाथि आइपर्नेछ।
JOB 20:26 त्यसको धनसम्पत्तिलाई घोर अन्धकारले ढुकेर बस्छ; नफुकेको आगोले त्यसलाई भस्म पार्नेछ; र त्यसको घरमा बाँकी भएका कुराहरूलाई स्वाहा पार्नेछ।
JOB 20:27 आकाशले त्यसको दोष उदाङ्गो पारिदिनेछ; पृथ्वी त्यसको विरुद्धमा उठ्नेछ।
JOB 20:28 त्यसको घरलाई बाढीले, र परमेश्‍वरको क्रोधको दिनको उर्लंदो भलले बगाएर लैजानेछ।
JOB 20:29 परमेश्‍वरले दुष्‍ट मानिसको दशा यसरी नै तोकिदिनुभएको छ, परमेश्‍वरले तिनीहरूको निम्ति यस्तै प्रतिफल तोकिदिनुभएको छ।”
JOB 21:1 तब इयोबले जवाफ दिए:
JOB 21:2 “मेरो कुरा ध्यानपूर्वक सुन्‍नुहोस्; यही नै तपाईंहरूले मलाई दिनुहुने सान्त्वना होस्।
JOB 21:3 म बोल्दा तपाईंहरूले मलाई सहिदिनुहोस्, र मैले बोलिसकेपछि मेरो गिल्‍ला गर्दैरहनुहोस्।
JOB 21:4 “के मेरो गुनासो मानिसहरूसँगको हो र? म किन अधैर्य नहुनु?
JOB 21:5 मलाई हेर्नुहोस् र अचम्म मान्‍नुहोस्; छक्‍क परेर दुवै हातले आफ्नो मुख छोप्नुस्।
JOB 21:6 जब म यो कुरा सोच्दछु, म त्रसित हुन्छु; मेरो शरीर डरले काँप्छ।
JOB 21:7 दुष्‍ट मानिसहरू किन दीर्घायु हुन्छन्, तिनीहरू किन वृद्ध अवस्थासम्म बाँचिरहन्छन्, र शक्तिमा बढ्दै जान्छन्?
JOB 21:8 तिनीहरूले आफ्ना छोराछोरीहरूलाई तिनीहरूकै वरिपरि स्थापित भएका र तिनीहरूका सन्तानहरू आफ्ना आँखाकै अगाडि रहेका देख्न पाउँछन्।
JOB 21:9 तिनीहरूका घरहरू सुरक्षित र भयरहित छन्; परमेश्‍वरको छडी तिनीहरूमाथि पर्दैन।
JOB 21:10 तिनीहरूका साँढेहरू प्रजनन्‌मा कहिल्यै असफल हुँदैनन्; तिनीहरूका गाईहरू बियाउँछन्, र तुहिँदैनन्।
JOB 21:11 तिनीहरूका छोराछोरीहरू भेडाका बगालजस्तै दौडन्छन्; तिनीहरूका स-साना केटाकेटीहरू नाच्दै उफ्रन्छन्।
JOB 21:12 तिनीहरूले खैँजडी र वीणाको सङ्गीतमा गाउँछन्; तिनीहरूले बाँसुरीको धुनमा आनन्द मनाउँछन्।
JOB 21:13 तिनीहरूले आफ्ना वर्षहरू सम्पन्‍नतामा बिताउँछन्, र शान्तिसँग चिहानमा जान्छन्।
JOB 21:14 तापनि तिनीहरूले परमेश्‍वरलाई भन्छन्, “हामीलाई एकलै छाडिदिनुहोस्! हामीलाई तपाईंका मार्गहरू जान्‍ने इच्छा छैन।
JOB 21:15 सर्वशक्तिमान् को हुनुहुन्छ र हामी उहाँको सेवा गरौँ? उहाँलाई प्रार्थना गरेर हामीलाई के नै लाभ हुन्छ र?”
JOB 21:16 तर तिनीहरूको उन्‍नति तिनीहरूको आफ्नो हातमा छैन, यसकारण म दुष्‍ट मानिसहरूको सल्‍लाहबाट धेरै टाढा रहन्छु।
JOB 21:17 “तरै पनि दुष्‍ट मानिसको बत्ती कति पटक निभ्छ र? तिनीहरूमाथि कति पटक विपत्ति आउँछ र, परमेश्‍वरले आफ्नो क्रोधमा तिनीहरूलाई दण्ड दिनुभएको छ र?
JOB 21:18 तिनीहरू कति पटक बतासको अगाडिको परालजस्तै, र आँधीले उडाएको भुसजस्तै भएका छन् र?
JOB 21:19 यसो भनिएको छ, ‘परमेश्‍वरले दुष्‍ट मानिसहरूको दण्ड तिनका छोराछोरीहरूका निम्ति साँचेर राख्नुहुन्छ।’ उहाँले त्यस दुष्‍टलाई दण्ड देऊन्, ताकि तिनीहरू आफैँले त्यो अनुभव गरून्!
JOB 21:20 तिनीहरूका आफ्नै आँखाहरूले आफ्नो विनाश देखून्; तिनीहरूले सर्वशक्तिमान्‌को क्रोधको कचौरा पिऊन्।
JOB 21:21 जब तिनीहरूका तोकिएका महिनाहरू समाप्‍त हुन्छन्, तिनीहरूले आफूले छोडेर जाने परिवारको निम्ति के वास्ता गर्छन् र?
JOB 21:22 “यदि परमेश्‍वरले सर्वोच्‍चमा हुनेलाई समेत न्याय गर्नुहुन्छ भने, के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ?
JOB 21:23 कोही मानिस मृत्युको दिनसम्म स्वस्थ रहन्छ, पूर्ण रूपले सुरक्षित र सुखमा,
JOB 21:24 हृष्‍टपुष्‍ट शरीरमा, हड्डी मासीले भरिएको अवस्थामा मर्छ।
JOB 21:25 तर कोही मानिस भने असल कुराहरूको कहिल्यै उपभोग गर्न नपाई, आफ्नो प्राणको तितोपनामा मर्छ;
JOB 21:26 ती दुवै सँगसँगै धुलोमा पस्रिएका हुन्छन्, र ती दुवैलाई किराहरूले ढाक्दछन्।
JOB 21:27 “तपाईंहरूले के सोच्दै हुनुहुन्छ भनी म राम्ररी जान्दछु, मलाई हानि पुर्‍याउने तपाईंहरूको दुष्‍ट योजना मलाई थाहा छ।
JOB 21:28 तपाईंहरूले भन्‍नुहुन्छ, ‘अब त्यो महान् मानिसको घर कहाँ छ, त्यो पाल जहाँ दुष्‍ट मानिस बस्दछ?’
JOB 21:29 के तपाईंहरूले ती यात्रा गर्नेहरूलाई कहिल्यै सोध्नुभएको छैन? के तपाईंहरूले तिनीहरूले भनेका कुराहरूप्रति ध्यान दिनुभएको छैन—
JOB 21:30 कि दुष्‍ट मानिसहरू विपत्तिको दिनमा बचाइनेछन्, तिनीहरू क्रोधको दिनबाट छुटाइनेछन्?
JOB 21:31 कसले तिनीहरूकै सामु तिनीहरूलाई दोष लगाउँछ र? तिनीहरूले जे गरेका छन्, त्यसको बदला कसले लिन्छ र?
JOB 21:32 तिनीहरूलाई चिहानमा लगिन्छ, र तिनीहरूको चिहानमाथि पहरा लगाइन्छ।
JOB 21:33 बेँसीको माटो तिनीहरूलाई मिठो लाग्छ; सबै मानिसहरूले तिनीहरूलाई पछ्याउँछन्, र असंख्य भीड तिनीहरूको अगि लाग्छन्।
JOB 21:34 “यसकारण तपाईंहरूले मलाई आफ्ना व्यर्थका कुराहरूले कसरी सान्त्वना दिन सक्नुहुन्छ? तपाईंहरूका जवाफ असत्यबाहेक अरू केही होइन!”
JOB 22:1 तब एलीपज तेमानीले जवाफ दिए:
JOB 22:2 “के कुनै मानिस परमेश्‍वरको निम्ति लाभदायक हुन सक्छ र? के कुनै बुद्धिमानी मानिसले पनि उहाँलाई लाभ दिन सक्छ र?
JOB 22:3 यदि तपाईं धर्मी व्यक्ति हुनुभएको भए तापनि सर्वशक्तिमान्‌लाई यसले के आनन्द दिन्छ र? तपाईंका मार्गहरू निर्दोष भएका भए तापनि त्यसले उहाँलाई के लाभ हुन्छ र?
JOB 22:4 “के तपाईंको भक्तिको कारण उहाँले तपाईंलाई हप्काउनुहुन्छ, र तपाईंको विरुद्धमा आरोप लगाउनुहुन्छ?
JOB 22:5 के तपाईंको दुष्‍टता ठूलो छैन र? के तपाईंका पापहरू नटुङ्गिने छैनन् र?
JOB 22:6 तपाईंले कारणविना आफ्ना दाजुभाइहरूबाट सुरक्षाको माग गर्नुहुन्छ; तपाईंले मानिसहरूलाई निर्वस्त्र पारेर तिनीहरूलाई नाङ्गो बनाइदिनुभएको छ।
JOB 22:7 तपाईंले थाकेकाहरूलाई पिउनलाई पानी दिनुभएन, र तपाईंले भोकाएकाहरूको भोजन रोकिदिनुभयो;
JOB 22:8 यद्यपि तपाईं जमिन भएको एक शक्तिशाली र त्यसैमा बस्‍ने एक सम्मानित मानिस हुनुहुन्थ्यो।
JOB 22:9 तपाईंले विधवाहरूलाई रित्तै हात पठाउनुभयो, र अनाथहरूका बललाई तोड्नुभयो।
JOB 22:10 त्यसैकारण तपाईंका चारैतिर पासोहरू छन्, र अचानक खतराले तपाईंलाई तर्साउँछ,
JOB 22:11 त्यसैले यति धेरै अँध्यारो छ कि तपाईंले देख्न सक्नुहुन्‍न; र बाढीको पानीले तपाईंलाई डुबाएको छ।
JOB 22:12 “के परमेश्‍वर स्वर्गका सर्वोच्‍चमा हुनुहुन्‍न र? हेर्नुहोस् ताराहरू कति उचाइमा छन्!
JOB 22:13 तापनि तपाईं भन्‍नुहुन्छ, ‘परमेश्‍वरले के जान्‍नुहुन्छ र? के उहाँले यस्तो अन्धकारबाट न्याय गर्नुहुन्छ र?
JOB 22:14 जब उहाँ आकाशमण्डलहरूमा यताउति हिँड्‍डुल गर्नुहुन्छ, उहाँलाई बाक्लो बादलले छोपेको हुनाले हामीलाई देख्नुहुन्‍न।’
JOB 22:15 के तपाईं दुष्‍ट मानिसहरू हिँडेको त्यस पुरानो मार्गमा हिँडिरहनुहुन्छ?
JOB 22:16 तिनीहरूको समयभन्दा अगि नै तिनीहरूलाई लगिए; तिनीहरूका जगहरू बाढीद्वारा बगाइए।
JOB 22:17 तिनीहरूले परमेश्‍वरलाई भने, ‘हामीलाई एकलै छाडिदिनुहोस्! हामीलाई सर्वशक्तिमान्‌ले के गर्न सक्नुहुन्छ र?’
JOB 22:18 तरै पनि उहाँले तिनीहरूका घरहरू उत्तम कुराहरूले भरिदिनुभयो; यसकारण म दुष्‍ट मानिसहरूका योजनाहरूबाट अलग रहन्छु।
JOB 22:19 धर्मीहरूले तिनीहरूको बरबादी देख्छन् र रमाउँछन्; निर्दोषहरूले तिनीहरूलाई यसो भन्दै गिल्‍ला गर्दछन्,
JOB 22:20 ‘निश्‍चय हाम्रा बैरीहरू नष्‍ट भएका छन्, र आगोले तिनीहरूको सम्पत्ति भस्म पार्छ।’
JOB 22:21 “परमेश्‍वरमा समर्पित हुनुहोस्, र उहाँसँग मिलाप गर्नुहोस्; यसरी सम्पन्‍नता तपाईंकहाँ फर्केर आउनेछ।
JOB 22:22 उहाँको मुखको निर्देशन स्वीकार गर्नुहोस्, र उहाँका वचनहरू तपाईंको हृदयमा साँच्नुहोस्।
JOB 22:23 यदि तपाईं सर्वशक्तिमान्‌कहाँ फर्कनुभयो भने, उहाँले तपाईंलाई फेरि पुनर्निर्माण गर्नुहुनेछ। यदि तपाईंले पालबाट दुष्‍टता टाढा हटाउनुभयो भने,
JOB 22:24 र तपाईंको सुनहरू धुलोमा, तपाईंका ओपीरका सुन चट्टानहरूका खोल्साहरूमा फालिदिनुभयो भने,
JOB 22:25 तब सर्वशक्तिमान् नै तपाईंका निम्ति सुन र अति उत्कृष्‍ट चाँदी हुनुहुनेछ।
JOB 22:26 तब निश्‍चय नै तपाईंले सर्वशक्तिमान्‌मा खुशी पाउनुहुनेछ, र तपाईंको मुहार परमेश्‍वरतिर उठाउनुहुनेछ।
JOB 22:27 तपाईंले परमेश्‍वरसँग प्रार्थना गर्नुहुनेछ, र उहाँले तपाईंलाई सुन्‍नुहुनेछ, अनि तपाईंले आफ्ना भाकलहरू पूरा गर्नुहुनेछ।
JOB 22:28 तपाईंले निर्णय गर्नुभएका कुराहरू पूरा हुनेछन्, र तपाईंका मार्गहरूमा ज्योति चम्कनेछन्।
JOB 22:29 जब मानिसहरूलाई होच्याइनेछ, र तपाईंले ‘तिनीहरूलाई उचाल्नुहोस्!’ भनी भन्‍नुहुनेछ, तब उहाँले हताश भएकाहरूलाई बचाउनुहुनेछ।
JOB 22:30 उहाँले पापीहरूलाई समेत छुटाउनुहुनेछ, तपाईंका निर्दोष हातद्वारा तिनीहरूलाई छुटाइनेछ।”
JOB 23:1 तब इयोबले जवाफ दिए:
JOB 23:2 “आज पनि मेरो गुनासो तितो छ; म आर्तनादमा छु, तर पनि उहाँको हात ममाथि भार भएको छ।
JOB 23:3 यदि मैले उहाँलाई कहाँ भेट्टाउन सक्छु भनी जानेको भए; यदि म उहाँको वासस्थानमा जान सक्ने भए,
JOB 23:4 म आफ्नो मुद्दा उहाँको सामु पेश गर्नेथिएँ, र मेरो मुख तर्कहरूले भर्नेथिएँ।
JOB 23:5 उहाँले मलाई कस्तो जवाफ दिनुहुँदो रहेछ भनी म पत्तो लगाउनेथिएँ, र उहाँले मलाई के भन्‍नु हुँदोरहेछ, त्यो विचार गर्नेथिएँ।
JOB 23:6 के उहाँले मलाई आफ्नो महान् शक्तिले विरोध गर्नुहुन्थ्यो? होइन, उहाँले मेरो विरुद्ध आरोप लगाउनुहुनेथिएन।
JOB 23:7 त्यहाँ धर्मी मानिसले तिनीहरूको निर्दोषता उहाँको सामु स्थापित गर्न सक्छन्, र त्यहाँ मेरा न्यायकर्ताबाट मैले सदाको निम्ति छुटकारा पाउन सक्थेँ।
JOB 23:8 “यदि म पूर्वमा गएँ भने, उहाँ त्यहाँ हुनुहुन्‍न; यदि म पश्‍चिममा गएँ भने, म उहाँलाई भेट्टाउन सक्दिनँ।
JOB 23:9 जब उहाँ उत्तरमा काम गर्नुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ; जब उहाँ दक्षिणतिर फर्कनुहुन्छ, म उहाँको एक झलक पनि पाउन सक्दिनँ।
JOB 23:10 तर उहाँले मैले लिएको मार्ग जान्‍नुहुन्छ; जब उहाँले मलाई जाँच गर्नुहुन्छ, म निखुर सुनजस्तै भएर आउनेछु।
JOB 23:11 मेरा खुट्टाहरूले उहाँका पाइलाहरूलाई नजिकबाट पछ्याएका छन्; मैले नतर्किकन उहाँका मार्गहरूलाई पछ्याएको छु।
JOB 23:12 म उहाँका ओठका आज्ञाहरूबाट तर्किएर गएको छैनँ; मैले उहाँका मुखका वचनहरूलाई मेरो दैनिक भोजनभन्दा पनि ज्यादै साँचेर राखेको छु।
JOB 23:13 “तर उहाँ अपरिवर्तनीय हुनुहुन्छ, र कसले उहाँको विरोध गर्न सक्छ? उहाँले जे रुचाउनुहुन्छ, त्यही गर्नुहुन्छ।
JOB 23:14 उहाँले आफ्नो आदेश मेरो विरुद्धमा जारी गर्नुहुन्छ, र उहाँले अझै यस्ता धेरै योजनाहरू साँच्नुभएको छ।
JOB 23:15 यसैकारण म उहाँको सामु त्रसित हुन्छु; जब म यी सबै कुरा विचार गर्छु, तब म उहाँसँग भयभीत हुन्छु।
JOB 23:16 परमेश्‍वरले मेरो हृदयलाई मूर्च्छा पार्नुभएको छ; सर्वशक्तिमान्‌ले मलाई त्रसित बनाउनुभएको छ।
JOB 23:17 बाक्लो अन्धकारले मेरो अनुहारलाई छोप्छ, तापनि अन्धकारले मलाई चुप लगाउन सक्दैन।
JOB 24:1 “किन सर्वशक्तिमान्‌ले न्यायको निम्ति समयहरू तोक्नुभएको छैन? किन भक्तजनहरूले व्यर्थमा यस्ता दिनहरूको प्रतीक्षा गर्नैपर्छ?
JOB 24:2 मानिसहरू जमिनका सिमानाका ढुङ्गाहरू हटाउँछन्; तिनीहरूले चोरेका भेडाबाख्राका बगालहरू चराउँछन्।
JOB 24:3 तिनीहरूले टुहुरा-टुहुरीहरूको गधा लैजान्छन्, र विधवाको गोरु बन्धकमा लैजान्छन्,
JOB 24:4 तिनीहरूले खाँचोमा परेकोलाई बाटोबाट घचेटिदिन्छन्; र देशका सबै गरिबहरूलाई लुक्न बाध्य बनाउँछन्।
JOB 24:5 मरुभूमिमा भएका जङ्गली गधाहरूजस्तै, गरिबहरू आफ्नो भोजन खोज्न भौँतारिन्छन्; तिनीहरूका छोराछोरीहरूका निम्ति रुखो भूमिले भोजन जुटाइदिन्छ।
JOB 24:6 तिनीहरूले अरूको खेतबाट घाँस बटुल्छन्, र दुष्‍ट मानिसहरूका दाखबारीबाट सिलाबाला बटुल्छन्।
JOB 24:7 लुगाफाटाको अभावमा तिनीहरूले नाङ्गै रात बिताउँछन्; जाडोमा आफूलाई ढाक्नको निम्ति तिनीहरूसँग केही हुँदैन।
JOB 24:8 तिनीहरू पहाडहरूका झरीले निथ्रुक्‍क भिज्छन्, र आश्रय नहुँदा तिनीहरूले चट्टानलाई अँगाल्छन्।
JOB 24:9 अनाथ बालकलाई स्तनपानबाट खोसेर लगिन्छ; गरिब घरको शिशुलाई ऋणको निम्ति बन्धकी बनाइन्छ।
JOB 24:10 लुगाफाटाको अभावमा तिनीहरू नाङ्गै डुलिहिँड्छन्; तिनीहरूले अरूको निम्ति अन्‍नका बोरा बोक्छन्, तर आफू भने भोकै हुन्छन्।
JOB 24:11 तिनीहरूले खेतका गराहरूमा जैतुन पेलेर तेल निकाल्छन्; तिनीहरूले कोलमा दाख पेलेर रस निकाल्छन्, तर आफैँ भने तिर्खाले व्याकुल भएका हुन्छन्।
JOB 24:12 मर्दै गरेकाहरूको चीत्कार सहरबाट माथि उठ्छ, र घाइतेहरूको प्राण सहायताका निम्ति कराउँछ; तापनि परमेश्‍वरले तिनीहरूको चीत्कारको बेवास्ता गर्नुहुन्छ।
JOB 24:13 “ज्योतिको विरुद्धमा विरोध गर्नेहरू पनि छन्, जसले ज्योतिका मार्गहरू जान्दैनन्, अथवा ज्योतिको मार्गमा रहँदैनन्।
JOB 24:14 जब दिनको उज्यालो जान्छ, हत्याराहरू उठ्छन्; तब गरिबहरू र खाँचोमा परेकाहरूलाई मार्दछन्, र तिनीहरू रातमा चोरले जस्तै चोर्दछन्।
JOB 24:15 व्यभिचारीको आँखाले साँझपखलाई पर्खिबस्छ; त्यसले सोच्छ, ‘मलाई कुनै पनि आँखाले देख्नेछैन,’ र त्यसले आफ्नो अनुहार लुकाउँछ।
JOB 24:16 रातमा चोरहरूले घरहरू फोर्छन्, तर दिनमा चाहिँ तिनीहरू भित्रै लुकेर बस्छन्; तिनीहरू दिनको उज्यालोमा केही गर्न चाहँदैनन्।
JOB 24:17 तिनीहरू सबैका लागि मध्यरात तिनीहरूको बिहानी हो; तिनीहरूले अन्धकारका त्रासहरूसँग मित्रता राख्छन्।
JOB 24:18 “तापनि तिनीहरू पानीको सतहमा भएका फिँजजस्तै हुन्; तिनीहरूको जमिनको भाग श्रापित छ; त्यसकारण तिनीहरू दाखबारीहरूमा काम गर्न जाँदैनन्।
JOB 24:19 गर्मी र खडेरीले पग्लेको हिउँलाई लगेझैँ, चिहानले पाप गर्नेहरूलाई तानेर लैजान्छ।
JOB 24:20 गर्भले तिनीहरूलाई भूलिहाल्छ; किराले तिनीहरूमाथि भोज गर्छन्; दुष्‍ट मानिसहरूको सम्झना रहँदैन, र तिनीहरू रूखजस्तै भाँचिएर जान्छन्।
JOB 24:21 तिनीहरूले बाँझी र निःसन्तान स्त्रीलाई शिकार बनाउँछन्, र विधवालाई कुनै दया देखाउँदैनन्।
JOB 24:22 तर परमेश्‍वरले शक्तिशालीहरूलाई आफ्नो शक्तिले खिँच्नुहुन्छ; तिनीहरू स्थापित भए तापनि तिनीहरूको जीवनको निश्‍चयता हुँदैन।
JOB 24:23 उहाँले तिनीहरूलाई सुरक्षाको भावनामा जिउन दिनुहुन्छ होला, तर उहाँका आँखाहरू तिनीहरूका मार्गहरूमाथि लागिरहन्छन्।
JOB 24:24 केही क्षणको निम्ति तिनीहरू उच्‍च पारिनेछन्, र त्यसपछि तिनीहरू रहनेछैनन्; तिनीहरूलाई होच्याइनेछ, र अरू सबैलाई जस्तै जम्मा गरिनेछ; तिनीहरू अन्‍नका बालाहरू काटिएजस्तै काटिनेछन्।
JOB 24:25 “यदि यसो होइन भने कसले मलाई झूटो ठहराउन सक्छ, र अर्थविना कसले मेरा शब्दहरू घटाउन सक्छ?”
JOB 25:1 तब बिल्दद शुहीले जवाफ दिए:
JOB 25:2 “प्रभुत्व र श्रद्धा परमेश्‍वरकै हुन्; उहाँले आकाशको उचाइमा शान्ति स्थापना गर्नुहुन्छ।
JOB 25:3 के उहाँका सेनाहरूलाई गन्‍न सकिन्छ? उहाँको ज्योति कसमाथि पर्दैन र?
JOB 25:4 त्यसो भए कसरी मरणशील मानिस परमेश्‍वरको अगि धर्मी हुन सक्छ? स्त्रीबाट जन्मने कसरी शुद्ध हुन सक्छ र?
JOB 25:5 उहाँको दृष्‍टिमा त चन्द्रमा पनि चहकिलो छैन, र ताराहरू पनि शुद्ध छैनन् भने,
JOB 25:6 मरणशील मानिस त झन् कति अशुद्ध होला, जो एउटा चुर्ना मात्र हो— परमेश्‍वरको दृष्‍टिमा मानिस जाति किरा मात्रै हो!”
JOB 26:1 तब इयोबले जवाफ दिए:
JOB 26:2 “तपाईंले शक्तिहीनहरूलाई कसरी सहायता गर्नुभयो! तपाईंले कमजोर पाखुरालाई कसरी बचाउनुभयो!
JOB 26:3 बुद्धिहीन मानिसलाई तपाईंले कस्तो सल्‍लाह दिनुभयो! अनि तपाईंले कस्तो महान् अन्तर्ज्ञान देखाउनुभयो!
JOB 26:4 तपाईंलाई कसले यी शब्दहरू उच्‍चारण गर्न सघाए? अनि तपाईंको मुखबाट कसको आत्मा बोल्यो?
JOB 26:5 “मरेकाहरू र पानीमुनि रहेकाहरू र त्यहाँ बास गर्नेहरू सबै गहिरो वेदनामा छन्।
JOB 26:6 मृत-लोक परमेश्‍वरको सामु नाङ्गो छ; र विनाश छर्लङ्गै भएको छ।
JOB 26:7 परमेश्‍वरले उत्तरको आकाशलाई रित्तो अन्तरिक्षमा फैलाउनुहुन्छ; उहाँले पृथ्वीलाई शून्यतामा झुण्ड्याउनुहुन्छ।
JOB 26:8 उहाँले पानीलाई आफ्नो बादलमा बेह्रेर राख्नुहुन्छ; तापनि त्यसको गह्रुँङ्गो भारले गर्दा बादल फुट्दैन।
JOB 26:9 उहाँले आफ्नो बादल फिँजाएर पूर्णिमाको चन्द्रमाको मुहारलाई ढाक्नुहुन्छ।
JOB 26:10 उज्यालो र अँध्यारोको बीचको सिमाना तोक्न उहाँले समुद्रको सतहमा क्षितिजलाई चिन्ह बनाउनुभएको छ।
JOB 26:11 उहाँको हप्कीमा आकाशका खम्बाहरू त्रासले काँप्छन्।
JOB 26:12 उहाँले आफ्नो शक्तिद्वारा समुद्रलाई मन्थन गर्नुभयो; उहाँले आफ्नो बुद्धिद्वारा राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो।
JOB 26:13 उहाँको सासद्वारा आकाश स्वच्छ भयो; बेगले भाग्दै गरेको सर्पलाई उहाँको हातले छेड्नुभयो।
JOB 26:14 यी सबै त उहाँका कामहरूको एक झलक मात्र हुन्; हामी उहाँका कामको कानेखुसी मात्र सुन्छौँ! त्यसो भए उहाँको शक्तिको गर्जन कसले बुझ्न सक्छ र?”
JOB 27:1 तब इयोबले आफ्नो बहस जारी राखे:
JOB 27:2 “सर्वशक्तिमान् परमेश्‍वर जीवित हुनुभएझैँ, जसले मेरो न्याय गर्नलाई इन्कार गर्नुभएको छ, र मेरो जीवन तितो बनाइदिनुभएको छ,
JOB 27:3 जबसम्म मभित्र जीवन रहन्छ, र परमेश्‍वरको सास मेरा नाकमा रहन्छ,
JOB 27:4 मेरा ओठले कहिल्यै पनि खराबी बोल्नेछैन, मेरो जिब्रोले झूटो कुरा उच्‍चारण गर्नेछैन।
JOB 27:5 तपाईंहरू ठिक हुनुहुन्छ भनी म कहिल्यै मान्‍नेछैनँ; म नमरुन्जेल मेरो निष्‍ठालाई म इन्कार गर्नेछैनँ।
JOB 27:6 म मेरो धार्मिकतालाई कायम राख्नेछु र त्यसलाई कहिल्यै छोड्नेछैनँ; म बाँचुन्जेल मेरो विवेकले मलाई धिक्‍कार्नेछैनँ।
JOB 27:7 “मेरो शत्रु दुष्‍टजस्तै, र मेरो विरोधीचाहिँ अधर्मीजस्तै होऊन्!
JOB 27:8 किनकि जब ईश्‍वरहीन मानिस नाश हुन्छ, तब त्यसको के आशा हुन्छ र? जब परमेश्‍वरले त्यसको जीवनलाई लिनुहुन्छ,
JOB 27:9 तब त्यसमाथि कष्‍ट आइलाग्दा, के परमेश्‍वरले त्यसको विलाप सुन्‍नुहुनेछ र?
JOB 27:10 के त्यसले सर्वशक्तिमान्‌बाट आनन्द पाउनेछ र? के त्यसले सधैँ परमेश्‍वरको नाम पुकार्नेछ र?
JOB 27:11 “म तपाईंहरूलाई परमेश्‍वरको शक्तिको विषयमा सिकाउनेछु; सर्वशक्तिमान्‌का मार्गहरू म लुकाउनेछैनँ।
JOB 27:12 तपाईंहरू आफैँले यो कुरा देख्नुभएको छ। तर पनि तपाईंहरू यस्ता व्यर्थका कुराहरू गर्नुहुन्छ।
JOB 27:13 “परमेश्‍वरले दुष्‍ट मानिसहरूको यस्तो दशा तोक्नुहुन्छ, निर्दयी मानिसले सर्वशक्तिमान्‌बाट प्राप्‍त गर्ने उत्तराधिकार यही हो:
JOB 27:14 त्यसका छोराछोरीहरू जति धेरै भए तापनि त्यसको अन्त्य तरवारद्वारा हुनेछ; त्यसका सन्तानहरूसँग कहिल्यै पनि प्रशस्त भोजन हुनेछैन।
JOB 27:15 अनि बाँचेकाहरूलाई रूढीले चिहानमा लानेछ, र त्यसका विधवाहरूले त्यसका निम्ति शोक गर्नेछैनन्।
JOB 27:16 त्यसले धुलोसरी चाँदी थुपारे तापनि माटोको थुप्रो जतिकै लुगाफाटा थुपारे तापनि
JOB 27:17 त्यसले थुपारेका कुराहरू धर्मीहरूले पहिरनेछन्, र निर्दोषहरूले त्यसको चाँदी बाँडचुँड गर्नेछन्।
JOB 27:18 त्यसले बनाएको घर माकुराको जालजस्तै कमजोर हुन्छ, पहरेदारले बनाएको झुपडीजस्तै हुन्छ।
JOB 27:19 दुष्‍ट धनी भएर सुत्छ, तर अब उसो त्यसले गर्न सक्नेछैन; त्यसले आफ्नो आँखा खोल्दा सबै गइसकेका हुनेछन्।
JOB 27:20 भलबाढीले जस्तै त्यसलाई त्रासले हताश पार्नेछ; आँधीले रातमा त्यसलाई खोसेर टाढा लैजानेछ।
JOB 27:21 पूर्वीय बतासले त्यसलाई उडाएर लैजान्छ, र त्यो रहँदैन; बतासले त्यसलाई उसको ठाउँबाट सोहोरेर लैजानेछ।
JOB 27:22 बतासको शक्तिबाट त्यो टाढा भागे तापनि बतास त्यसको विरुद्धमा दया नदेखाई जाइलाग्नेछ।
JOB 27:23 बतासले त्यसलाई उपहासको थपडी मार्नेछ, र सुसेल्दै त्यसको ठाउँबाट त्यसलाई हटाउनेछ।”
JOB 28:1 पक्‍कै पनि चाँदीको निम्ति खानी हुन्छ, र सुनलाई खारिने ठाँउ हुन्छ।
JOB 28:2 फलाम पृथ्वीबाट निकालिन्छ, र धातु गालेर तामा निकालिन्छ।
JOB 28:3 मरणशील मानिसले अन्धकारको अन्त्य गर्छ; तिनीहरूले पृथ्वीको अति गहिराइमा र घोर अन्धकारको ठाउँमा धातुको खोजी गर्छन्।
JOB 28:4 मानव वासस्थानदेखि टाढा, मानिसहरूका खुट्टाले नटेकेका ठाउँहरूमा सुरुङ खन्छन्; अरू मानिसहरूबाट टाढा डोरीमा झुण्डिन्छन् र हल्‍लिँदै धातु खनेर निकाल्छन्।
JOB 28:5 पृथ्वी, जहाँबाट भोजन निस्केर आउँछ, त्यसभित्र भने आगोले पग्लिरहेको हुन्छ;
JOB 28:6 त्यसका चट्टानहरूबाट नीलमणिहरू निस्कन्छन्, र त्यसका धुलोमा सुनका कणहरू हुन्छन्।
JOB 28:7 आकाशका शिकारी पक्षीहरूले त्यस गुप्‍त बाटोलाई जान्दैनन्, कुनै पनि बाजको आँखाले त्यसलाई देखेको हुँदैन।
JOB 28:8 जङ्गली पशुहरूले त्यसमा पाइला टेकेका छैनन्, र कुनै सिंहले त्यसमा शिकार गरेको छैन।
JOB 28:9 मानिसहरूले चकमके ढुङ्गालाई तिनीहरूका हातले फोर्छन्; र पर्वतहरूलाई फेदैबाट पल्टाइदिन्छन्।
JOB 28:10 तिनीहरूले चट्टानभित्रबाट सुरुङ खन्दछन्; तिनीहरूका आँखाले प्रत्येक बहुमूल्य चीजहरू देख्दछन्।
JOB 28:11 तिनीहरूले नदीहरूका मुहानहरू खोज्दछन्, र गुप्‍तमा रहेका कुराहरू ज्योतिमा ल्याउँदछन्।
JOB 28:12 तर बुद्धिचाहिँ कहाँ फेला पार्न सकिन्छ? समझशक्तिको बास कहाँ छ?
JOB 28:13 मरणशील मानिसले त्यसको मूल्य बुझ्दैन; यसलाई जीवितहरूको देशमा पाउन सकिँदैन।
JOB 28:14 महासागरले भन्छ, “त्यो बुद्धि मभित्र छैन”; समुद्रले भन्छ, “त्यो मसित छैन।”
JOB 28:15 त्यसलाई अति निखुर सुनले पनि किन्‍न सकिँदैन; न त त्यसको मूल्य चाँदीमा तौलन सकिन्छ।
JOB 28:16 त्यसलाई ओपीरको सुनले समेत किन्‍न सकिँदैन, बहुमूल्य रत्नहरू अथवा नीलमणि समेत पर्याप्‍त हुन्‍न।
JOB 28:17 त्यसको तुलना न सुन, न त स्फस्टिकसँग नै गर्न सकिन्छ; न त त्यसलाई सुनको गहनाले किन्‍न सकिन्छ।
JOB 28:18 मुगा र बिल्‍लौरको त नाम नै नलिए पनि हुन्छ; बुद्धिको मूल्य लालमणिभन्दा माथि हुन्छ।
JOB 28:19 कूश देशको पुष्पराजसँग पनि बुद्धिको तुलना गर्न सकिँदैन; बुद्धिलाई निखुर सुनले पनि किन्‍न सकिँदैन।
JOB 28:20 त्यसो भए बुद्धि कहाँबाट आउँछ, र समझशक्तिको बास कहाँ छ?
JOB 28:21 त्यसलाई त प्रत्येक जीवित प्राणीहरूका आँखाहरूबाट गुप्‍तमा राखिएको छ, अनि आकाशमा उड्ने पक्षीहरूबाट पनि त्यसलाई लुकाइएको छ।
JOB 28:22 विनाश र मृत्युले भन्छन्, “हाम्रो आफ्नै कानमा केवल यसको हल्‍ला मात्र पुगेको छ।”
JOB 28:23 परमेश्‍वरले मात्र यसको बाटो बुझ्नुहुन्छ; र त्यो कहाँ बास गर्छ, उहाँलाई मात्र थाहा छ,
JOB 28:24 किनकि उहाँले पृथ्वीको अन्तिम भागसम्म देख्नुहुन्छ; र उहाँले आकाशमण्डलमुनिका हरेक कुराहरू निरीक्षण गर्नुहुन्छ।
JOB 28:25 जब उहाँले बतासको शक्तिलाई स्थापित गर्नुभयो र बादलमा पानीको मापन गर्नुभयो;
JOB 28:26 जब उहाँले वर्षालाई आदेश दिनुभयो, र चट्याङको लागि बाटो तयार पार्नुभयो;
JOB 28:27 तब उहाँले बुद्धिलाई हेर्नुभयो र त्यसको मूल्याङ्कन गर्नुभयो; उहाँले त्यसलाई पक्‍का गर्नुभयो र जाँच्नुभयो।
JOB 28:28 अनि परमेश्‍वरले मानिस जातिलाई भन्‍नुभयो, “हेर प्रभुको भय नै बुद्धि हो; र दुष्‍टताबाट अलग रहनु नै समझशक्ति हो।”
JOB 29:1 इयोबले आफ्नो बहस जारी राखेर भने:
JOB 29:2 “अहो, म मेरा बितेका महिनाहरूको कत्ति धेरै चाहना गर्दछु, किनकि ती दिनहरूमा परमेश्‍वरले मेरो हेरचाह गर्नुहुन्थ्यो;
JOB 29:3 जब उहाँको बत्ती मेरो शिरमाथि चम्कन्थ्यो, र उहाँको ज्योतिद्वारा म अन्धकारमा हिँड्‍डुल गर्थेँ;
JOB 29:4 अहो, सुखका ती मेरा दिनहरू, जब परमेश्‍वरसँगको घनिष्‍ठ मित्रताले मेरो घरमा आशिष् ल्याउँथ्यो;
JOB 29:5 जब सर्वशक्तिमान् मसँगै हुनुहुन्थ्यो, र मेरा छोराछोरीहरू मेरा चारैतिर हुन्थे;
JOB 29:6 जब मेरा पाइलाहरू नौनीले भिजेका हुन्थे, र चट्टानले मेरो निम्ति जैतुनको तेलका खोलाहरू बहाउँथ्यो।
JOB 29:7 “जब म सहरको मूलढोकामा जान्थेँ, र सार्वजनिक चोकमा आफ्नो आसन ग्रहण गर्थेँ।
JOB 29:8 जवान मानिसहरू मलाई देखेर बाटो छोड्थे, र वृद्ध मानिसहरू आदरसाथ बसेको ठाउँबाट उठ्थे;
JOB 29:9 सहरका प्रमुख मानिसहरू बोल्न छोड्थे, र तिनीहरूले आफ्ना मुख हातले छोप्थे;
JOB 29:10 शासकहरूका आवाज मन्द हुन्थ्यो, र तिनीहरूको जिब्रो तिनीहरूको तालुमा टाँसिन्थ्यो।
JOB 29:11 मलाई सुन्‍नेहरूले मेरो विषयमा राम्रो कुरा गर्थे, र मलाई देख्नेहरूले मेरो गुणगान गर्थे;
JOB 29:12 किनकि सहायताको लागि गरिबहरूले पुकार्दा म तिनीहरूलाई सहायता गर्न तत्पर रहन्थेँ, मैले असहाय अनाथहरूलाई छुटाउथेँ।
JOB 29:13 मर्न आँटेको मानिसले मलाई आशिष् दिन्थ्यो; मैले विधवाको हृदयलाई आनन्दले गाउन सक्ने तुल्याउँथेँ।
JOB 29:14 मैले धार्मिकतालाई मेरो लुगाझैँ पहिरने गर्दथेँ; न्याय मेरो लवेदा र मेरो फेटा थियो।
JOB 29:15 म अन्धाका निम्ति आँखा, र लङ्गडाका निम्ति खुट्टा थिएँ।
JOB 29:16 खाँचोमा परेकाहरूका निम्ति म बुबा थिएँ; म परदेशीहरूको पक्षमा मुद्दा लिन्थेँ।
JOB 29:17 मैले दुष्‍ट मनिसहरूका बङ्गारा तोडिदिएँ, र तिनीहरूका दाँतहरूबाट पीडितहरूलाई खोसेँ।
JOB 29:18 “मैले सोच्ने गर्थेँ, ‘म मेरो आफ्नै घरमा मर्नेछु, मेरा दिनहरू बालुवाका कणहरूझैँ धेरै छन्।
JOB 29:19 मेरा जराहरू पानीसम्म पुग्नेछन्; र मेरा हाँगाहरूमा रातभरि नै शीत रहनेछ।
JOB 29:20 मेरो गौरव कहिल्यै घट्नेछैन; मेरो धनु सदाकाल मेरो हातमा नयाँ भइरहनेछ।’
JOB 29:21 “मानिसहरू आशावादी भएर मेरो कुरा सुन्थे, चुपचाप लागेर मेरो सल्‍लाह पर्खिरहन्थे।
JOB 29:22 मैले बोलिसकेपछि तिनीहरूले भन्‍ने कुरा रहँदैनथ्यो; मेरा शब्दहरू तिनीहरूका कानमा बिस्तारै पर्दथ्यो।
JOB 29:23 तिनीहरूले झरीलाई झैँ मलाई पर्खन्थे; र मेरा वचनहरूलाई बसन्तको झरीझैँ पिउँथे।
JOB 29:24 मैले तिनीहरूसँग मुस्कुराउँदा तिनीहरूलाई पत्यार लाग्दैनथ्यो; मेरो अनुहारको उज्यालो तिनीहरूका निम्ति विशेष थियो।
JOB 29:25 तिनीहरूका निम्ति म मार्ग छनौट गरिदिन्थेँ, र तिनीहरूका प्रमुखझैँ भएर बस्थेँ; राजा आफ्ना सेनाहरूसँग बसेझैँ म बस्थेँ; शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसजस्तै म थिएँ।
JOB 30:1 “तर अहिले त मभन्दा साना उमेरकाहरूले मेरो हाँसो उडाउँछन्, जसका बुबाहरूलाई मेरा भेडाहरूलाई हेर्ने कुकुरहरूसँग राख्न पनि अयोग्य ठान्थेँ।
JOB 30:2 तिनीहरूको जोश तिनीहरूबाट गइसकेको हुनाले, मेरा निम्ति तिनीहरूका हातको बल के नै कामको थियो र?
JOB 30:3 अभाव र भोकले दुब्लाएर, तिनीहरू राति सुक्खा जमिनमा भौँतारिन्थे, र उजाड ठाउँतिर डुलिहिँड्थे।
JOB 30:4 तिनीहरूले झाडीबाट नुनिला झारपातहरू बटुल्थे, र तिनीहरूको भोजन कुचोको झाङका जराहरू थिए।
JOB 30:5 तिनीहरू मानव समाजबाट धपाइएका थिए, चोरहरूलाई कराएर लखेटेजस्तै तिनीहरूलाई लखेटिन्थ्यो।
JOB 30:6 तिनीहरू खोलाका सुक्खा बगरहरू, जमिनका दुलाहरू र चट्टानका चिराहरूमा बस्‍न बाध्य हुन्थ्यो।
JOB 30:7 तिनीहरू झाडीहरूमा कराई हिँड्थे र पोथ्राहरूको मुनि गुटमुटिरहन्थे।
JOB 30:8 तिनीहरू मूर्ख र बेनामका सन्तानहरू; तिनीहरू देशबाट निकालिएकाहरू थिए।
JOB 30:9 “तर अहिले तिनीहरूका छोराहरूले गीत गाएर मलाई गिल्‍ला गर्छन्; म त तिनीहरूको बीचमा हाँसोको पात्र भएको छु।
JOB 30:10 तिनीहरूले मलाई घृणा गर्छन्, र मबाट टाढै रहन्छन्; तिनीहरूले मेरो मुखमा थुक्नधरि अप्ठ्यारो मान्दैनन्।
JOB 30:11 अहिले परमेश्‍वरले मेरो धनुलाई तारविनाको बनाइदिनुभएको छ र मलाई पीडा दिनुभएको छ; तिनीहरूले मेरो सामु संयमता त्यागेका छन्।
JOB 30:12 मेरो दाहिनेतिर एउटा झुण्डले आक्रमण गर्छ; तिनीहरूले मेरो खुट्टाको लागि पासो थाप्छन्, तिनीहरूले मेरो विरुद्धमा घेरा लगाउँछन्।
JOB 30:13 तिनीहरूले मेरो बाटो भत्काउँछन्; तिनीहरूले, ‘यसलाई कसैले सहायता गर्दैन,’ भनेर मलाई नाश गर्न सफल हुन्छन्।
JOB 30:14 तिनीहरू पर्खालका चेपहरूबाट छिरेर अगि बढ्छन्; तिनीहरू भग्नावशेषहरूबाट ठेलमठेल गर्दै मतिर आउँछन्।
JOB 30:15 मलाई त्रासले छाएको छ; मेरो प्रतिष्‍ठा बतासले उडाएजस्तै भएको छ, मेरो सुरक्षा बादलजस्तै हराएको छ।
JOB 30:16 “र अहिले मेरो जीवन मभित्रै छोटिँदै गइरहेको छ; कष्‍टपूर्ण दिनहरूले मलाई पक्रेका छन्।
JOB 30:17 रातले मेरा हड्डीहरूलाई छेड्छ; मलाई पिरोल्‍ने पीडा कहिल्यै थामिँदैन।
JOB 30:18 परमेश्‍वर आफ्नो महान् शक्तिमा मेरो लुगाझैँ हुनुभएको छ; उहाँले मलाई मेरो लुगाको कठालोले जस्तै गरी घाँटीमा अँठ्यानुभएको छ।
JOB 30:19 उहाँले मलाई हिलोमा फ्याँक्नुभएको छ, अनि म धुलो र खरानीजस्तै भएको छु।
JOB 30:20 “हे परमेश्‍वर, म तपाईंलाई पुकार्दछु, तर तपाईंले मलाई जवाफ दिनुहुन्‍न; म प्रार्थनामा खडा हुन्छु, तर तपाईंले मलाई हेर्नु पनि हुन्‍न।
JOB 30:21 तपाईं मसँग निर्दयी हुनुभएको छ; आफ्नो बलियो हातले मलाई आक्रमण गर्नुहुन्छ।
JOB 30:22 तपाईंले मलाई उचाल्नुहुन्छ र हावाको अगाडि पछार्नुहुन्छ; तपाईंले मलाई आँधीमा यताउति हुर्र्याउनुहुन्छ।
JOB 30:23 म जान्दछु कि तपाईंले मलाई मृत्युमा पुर्‍यानुहुन्छ, त्यस ठाउँमा, जुन सबै जीवित प्राणीहरूका निम्ति तोकिएको छ।
JOB 30:24 “पीडित मानिसले आफ्नो कष्‍टमा सहायताको निम्ति बिन्ती गर्दा निश्‍चय नै त्यसमाथि कसैले हात उठाउँदैन।
JOB 30:25 के म सङ्कष्‍टमा परेकाहरूका निम्ति रोएको थिइनँ र? के मेरो आत्मा गरिबका निम्ति शोकित भएन र?
JOB 30:26 तरै पनि मैले असल कुराको निम्ति आशा गर्दा दुष्‍टता नै आइलाग्यो; मैले ज्योतिको खोजी गर्दा अन्धकार नै आइलाग्यो।
JOB 30:27 मभित्रको उथलपुथल कहिल्यै थामिँदैन; कष्‍टका दिनहरूले मेरो सामना गर्छन्।
JOB 30:28 म कालो भएको छु, तर घामले होइन; म सभामा खडा हुन्छु, र सहायताको निम्ति कराउँछु।
JOB 30:29 म त स्यालहरूको भाइ, उल्‍लुहरूको साथी भएको छु।
JOB 30:30 मेरो छाला डढेर कालो भएको छ, र पिल्सिएको छ; मेरो शरीर ज्वरोले जलेको छ।
JOB 30:31 मेरो वीणा शोकमा परिणत भएको छ, र मेरो बाँसुरीले विलापको आवाज निकाल्छ।
JOB 31:1 “मैले कुनै कन्यालाई कामुक दृष्‍टिले नहेर्ने भनी मैले आफ्ना आँखाहरूसँग करार बाँधेको छु।
JOB 31:2 किनकि हाम्रो निम्ति स्वर्गबाट परमेश्‍वरले ठहराउनुभएको भाग, उच्‍चमा रहनुहुने सर्वशक्तिमान्‌बाटको अंश के हो?
JOB 31:3 के दुष्‍ट मानिसहरूका निम्ति विनाश, र खराब काम गर्नेहरूका निम्ति विपत्ति छैन र?
JOB 31:4 के उहाँले मेरा मार्गहरू देख्नुहुन्‍न र मेरो प्रत्येक पाइला गन्ती गर्नुहुन्‍न र?
JOB 31:5 “यदि म झूटो मार्गमा हिँडेको छु भने अथवा मेरा पाउहरू छलतर्फ हतारिएका छन् भने,
JOB 31:6 परमेश्‍वरले मलाई न्यायको तराजुमा तौलून्, अनि उहाँले म निर्दोष छु भनी जानून्।
JOB 31:7 यदि मेरा पाइलाहरू सोझो मार्गबाट तर्केका छन् भने, यदि मेरो हृदयलाई मेरा आँखाहरूले डोर्‍याइएका छन् भने, अथवा मेरा हातहरू अशुद्ध पारेको भए,
JOB 31:8 तब मैले छरेका अन्‍नहरू कसैले खाओस्, र मेरा बालीहरू उखालिओस्।
JOB 31:9 “यदि मेरो हृदय कुनै स्त्रीद्वारा मोहित पारेको भए, अथवा यदि मेरो छिमेकीको ढोकामा म ढुकिबसेको भए,
JOB 31:10 मेरी पत्नीले अर्कै मानिसको जाँतो पिँध्न परोस्, र परपुरुषहरू ऊसँग सुतून्;
JOB 31:11 किनकि त्यो घोर कुकर्म हो; र न्याय गरिनुपर्ने पाप हो।
JOB 31:12 किनकि यो त जलेर भस्म पार्ने आगो हो; यसले मेरो सबै खेतीलाई जरैसमेत उखेलिदिन्छ।
JOB 31:13 “मेरा कुनै पनि सेवकहरूले गुनासो गर्दा, चाहे स्त्री होस् वा पुरुष, यदि तिनीहरूलाई मैले न्याय गर्न इन्कार गरेको भए,
JOB 31:14 परमेश्‍वरसँग मेरो सामना हुँदा म के गरूँ? उहाँले मेरो लेखा लिनुहुँदा म उहाँलाई के जवाफ दिऊँ?
JOB 31:15 के मलाई आमाको गर्भमा बनाउनुहुनेले नै तिनीहरूलाई पनि बनाउनुभएको होइन र? के उहाँले नै हाम्रा आमाको गर्भमा हामी दुवैलाई रच्नुभएको होइन र?
JOB 31:16 “यदि मैले गरिबहरूका इच्छालाई इन्कार गरेको भए, अथवा विधवाहरूका आँखालाई निराश पारिदिएको भए,
JOB 31:17 यदि मैले आफ्नो लागि मात्र खानेकुरा राखेको भए, यदि मैले अनाथहरूसँग बाँडचुँड नगरी आफूसँगै राखेको भए—
JOB 31:18 तर मैले आफ्नो कलिलै उमेरदेखि बुबाले जस्तै गरी तिनीहरूलाई हुर्काएँ, र मेरो जन्मदेखि नै मैले विधवाहरूलाई डोर्‍याएँ—
JOB 31:19 यदि मैले कोही लुगा नभएर नष्‍ट भइरहेको देख्दा, अथवा लुगा नभएर खाँचोमा परेकाहरूलाई देख्दा,
JOB 31:20 अनि मेरो भेडाको ऊनले तिनीहरूलाई न्यानो पार्दा तिनीहरूको हृदयले मलाई आशिष् नदिएको भए,
JOB 31:21 यदि मैले अदालतमा मेरो प्रभाव छ भनेर, मैले अनाथहरूका विरुद्ध हात उठाएको भए,
JOB 31:22 त्यसो हो भने मेरा पाखुरा कुमबाट खुस्किजाओस्, त्यो जोर्नीबाट चुँडिओस्।
JOB 31:23 किनकि परमेश्‍वरबाटको विनाशसँग म त्रसित थिएँ, र उहाँको गौरवको डरले मैले त्यस्ता कामहरू गर्नै सकिनँ।
JOB 31:24 “यदि मैले मेरो भरोसा सुनमाथि राखेको छु भने अथवा निखुर सुनलाई यसरी भनेको छु भने, ‘तँ मेरो सुरक्षा होस्,’
JOB 31:25 यदि म आफ्नो प्रशस्त धनसम्पत्तिमा, मेरो हातको समृद्धिमा आनन्दित भएको छु भने
JOB 31:26 यदि मैले सूर्यको प्रतापलाई अथवा चन्द्रमाको गौरवलाई कदर गरेको भए,
JOB 31:27 जसले गर्दा मेरो हृदय गोप्य रूपमा तिनीहरूतर्फ मोहित हुनेथिए, र मेरा हातले तिनीहरूलाई श्रद्धाको चुम्बन चढाउनेथिए,
JOB 31:28 त्यसो भएको भए यो न्याय गरिने योग्यका पाप हुनेथिए; किनकि म उच्‍चमा हुनुहुने परमेश्‍वरप्रति अविश्‍वासयोग्य हुनेथिएँ।
JOB 31:29 “यदि म आफ्नो शत्रुहरूका दुर्भाग्यमा रमाएको भए, अथवा तिनीहरूमाथि आएको विपत्तिमा खुशी भएको भए—
JOB 31:30 मैले तिनीहरूको जीवनको विरुद्ध श्राप दिएर आफ्नो मुखलाई पाप गर्न दिएको छैनँ—
JOB 31:31 यदि मेरो घरानाका मानिसहरूले कहिल्यै यसो नभनेको भए, “इयोबको भोजनबाट कोचाहिँ तृप्‍त भएको छैन?”
JOB 31:32 तर कुनै पनि परदेशीले सडकमा रात बिताउनु पर्दैनथ्यो; किनकि मेरो घरको ढोका सधैँ यात्रीहरूका लागि खुल्‍लै रहन्थ्यो,
JOB 31:33 के मैले अरू मानिसहरूले जस्तै मेरो हृदयमा मेरो दोष लुकाएर मेरो पाप ढाकेको छु र?
JOB 31:34 म भीडसँग धेरै डराएर, आफन्तहरूले गिल्‍ला पो गर्लान् कि भनी, म चुपचाप घरमै लुकेर बसेको छु र?
JOB 31:35 (“अहो, मेरो कुरा सुनिदिने कोही भइदिए त! अब म आफ्नो बहसमा हस्ताक्षर गर्छु—सर्वशक्तिमान्‌ले नै मलाई जवाफ देऊन्; मलाई अभियोग लगाउनेहरूले आफ्नो दोषपत्रमा लेखेर देऊन्।
JOB 31:36 निश्‍चय नै म त्यो मेरो काँधमा बोकेर हिँड्नेथिएँ, म त्यसलाई मुकुटजस्तै लगाउनेथिएँ।
JOB 31:37 म उहाँलाई मेरो हरेक पाइलाको हिसाब दिनेथिएँ; म उहाँको सामु शासकझैँ उपस्थित हुनेथिएँ।)
JOB 31:38 “यदि मेरो जमिन मेरो विरुद्धमा कराउँथ्यो, र त्यसका सबै ड्याङहरू आँसुले भिजेका हुन्थे भने,
JOB 31:39 यदि मैले त्यसको फसल रकम नतिरी खाएको छु भने अथवा मोहीहरूलाई आत्महत्या गर्न बाध्य बनाएको छु भने
JOB 31:40 त्यसो भए गहुँको सट्टामा काँडैकाँडा, र जौको सट्टामा गन्हाउने झारपात उम्रून्।” यति भनिसकेपछि इयोबका वचनहरू समाप्‍त भए।
JOB 32:1 यसरी ती तीन जना मानिसहरूले इयोबलाई जवाफ दिन छोडे; किनकि तिनी आफ्नै दृष्‍टिमा धर्मी थिए।
JOB 32:2 तर रामका परिवारका बूजी बारकेलका छोरा एलिहू इयोबसँग धेरै रिसाए; किनकि तिनले परमेश्‍वरलाई भन्दा आफूलाई धर्मी ठहराइरहेका थिए।
JOB 32:3 तिनी तिनका तीन जना मित्रहरूसँग पनि रिसाए; किनकि तिनीहरूले इयोबलाई खण्डन गर्ने कुनै कुरा पाएका थिएनन्, र पनि तिनलाई दोषी नै ठहराइरहेका थिए।
JOB 32:4 तब इयोब बोलुन्जेल एलिहूले पर्खेर बसे; किनकि तिनीहरू उनीभन्दा बढी उमेरका थिए।
JOB 32:5 तर ती तीन जना मानिससँग इयोबलाई जवाफ दिन कुनै कुरा नभएको देखेर एलिहूलाई धेरै रिस उठेको थियो।
JOB 32:6 यसकारण बूजी बारकेलका छोरा एलिहूले भने: “म उमेरमा तपाईंहरूभन्दा कान्छो छु, तर तपाईंहरू मभन्दा पाको हुनुहुन्छ; त्यसैकारण म डराएको थिएँ, अनि मैले जानेका कुराहरू तपाईंहरूलाई भन्‍न आँट गरेको थिइनँ।
JOB 32:7 ‘पाका उमेरकाहरूले बोल्नुपर्छ, र उमेरमा पाको हुनेहरूले बुद्धिका कुराहरू सिकाउनुपर्छ’ भनी मैले सोचेको थिएँ।
JOB 32:8 तर यो त मानिसमा हुनुहुने आत्माले; सर्वशक्तिमान्‌को सासले पो तिनीहरूलाई समझशक्ति दिनुहुँदोरहेछ।
JOB 32:9 ठूला मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्, न त बुढापाका हुँदैमा सबै ठिक छ भनी बुझेका हुन्छन्।
JOB 32:10 “यसैकारण म भन्दछु: मेरो कुरा सुन्‍नुहोस्; म पनि जे जान्दछु, तपाईंहरूलाई त्यही कुराहरू भन्‍नेछु।
JOB 32:11 तपाईंहरू बोल्नुहुँदा मैले पर्खेँ, तपाईंहरूले के बोलौँ भनेर शब्दहरू खोज्नुभएको बेला, तपाईंहरूका तर्कहरू मैले ध्यान दिएर सुनिरहेँ।
JOB 32:12 मैले तपाईंहरूलाई पूरा ध्यान दिएँ। तर तपाईंहरूमध्ये कसैले पनि इयोबको गल्ती प्रमाणित गर्नुभएन; तपाईंहरू कसैले पनि तिनका तर्कहरूको जवाफ दिनुभएन।
JOB 32:13 तपाईंहरूले यसरी नभन्‍नुहोस्, ‘हामीले बुद्धि भेट्टाएका छौँ; मानिसले होइन, तर परमेश्‍वरले तिनको खण्डन गरून्।’
JOB 32:14 तर इयोबका तर्कहरू मेरो विरुद्धमा थिएनन्; अनि म तिनलाई तपाईंहरूका तर्कहरूले जवाफ दिनेछैनँ।
JOB 32:15 “तिनीहरू हैरान भए; र तिनीहरू अक्‍क न बक्‍क भए; तिनीहरूसँग बोल्नलाई शब्दहरू नै थिएन।
JOB 32:16 अहिले तिनीहरू जवाफरहित भएर उभिएका छन्; अनि तिनीहरू बोलेनन् भनेर के म पर्खिबसूँ त?
JOB 32:17 मसँग पनि मैले भन्‍नुपर्ने कुराहरू छन्; म पनि आफ्नो बिचार राख्नेछु;
JOB 32:18 किनकि मसँग प्रशस्त शब्दहरू छन्, र मभित्र भएको आत्माले मलाई बाध्य बनाउँछ।
JOB 32:19 म भित्रभित्रै उकुसमुकुस भएर बिर्को लगाइएको मद्यको बोतलजस्तै भएको छु; फुट्न लागेको नयाँ मद्यको मशकजस्तै भएको छु।
JOB 32:20 मैले बोल्नैपर्छ; र मन हल्का पार्नैपर्छ; मैले आफ्नो मुख खोल्नैपर्छ र जवाफ दिनैपर्छ।
JOB 32:21 म पक्षपात गर्नेछैनँ, न त कुनै मानिससँग चापलुसी नै गर्नेछु;
JOB 32:22 किनकि यदि म चापलुसी गर्न सिपालु भएको भए, मलाई मेरा सृष्‍टिकर्ताले चाँडै नाश गर्नुहुनेथियो।
JOB 33:1 “तर अब, हे इयोब, मेरो कुरा सुन्‍नुहोस्; मैले भनेको एक-एक कुरा ध्यान दिएर सुन्‍नुहोस्।
JOB 33:2 मैले मेरो मुख खोल्नै लागेको छु; मेरा कुराहरू मेरो जिब्रोको टुप्पैमा छन्।
JOB 33:3 मेरा शब्दहरू साँचो हृदयबाट आउँछन्; मेरा ओठले मैले जानेका कुराहरू इमानदारीतापूर्वक बोल्छन्।
JOB 33:4 परमेश्‍वरको आत्माले मलाई बनाउनुभएको हो; सर्वशक्तिमान्‌को सासले मलाई जीवन दिन्छ।
JOB 33:5 यदि तपाईंहरूले सक्नुहुन्छ भने मलाई जवाफ दिनुहोस्; तपाईंहरू उठ्नुहोस् र आफ्ना तर्कहरू मेरो सामु पेस गर्नुहोस्।
JOB 33:6 परमेश्‍वरको दृष्‍टिमा म पनि तपाईंहरूजस्तै छु; म पनि माटोबाटै बनाइएको हुँ।
JOB 33:7 तपाईंहरू मसँग डराउनुपर्दैन, न त तपाईंहरूमाथि मेरो हात नै गह्रौँ होस्।
JOB 33:8 “तर तपाईंहरूले मैले सुन्‍ने गरी भन्‍नुभएको छ— मैले ती शब्दहरू सुनेको छु—
JOB 33:9 ‘म पवित्र छु, र मैले पाप गरेको छैनँ; म शुद्ध छु; र पापरहित छु।
JOB 33:10 तर पनि परमेश्‍वरले मेरो गल्ती भेट्टाउनुभयो; उहाँले मलाई आफ्नो शत्रुझैँ ठान्‍नुहुन्छ।
JOB 33:11 उहाँले मेरा खुट्टाहरूलाई साङ्लाले बाँध्नुहुन्छ; उहाँले मेरा सबै मार्गहरू ध्यानसित नियाल्नुहुन्छ।’
JOB 33:12 “तर म तपाईंलाई भन्दछु, यस कुरामा तपाईं ठिक हुनुहुन्‍न; किनकि परमेश्‍वर मरणशील मानिसभन्दा महान् हुनुहुन्छ।
JOB 33:13 तपाईं किन उहाँलाई गुनासो पोख्नुहुन्छ, के उहाँले कुनै मानिसको तर्कहरूको जवाफ दिनुहुन्‍न भनेर हो?
JOB 33:14 किनकि परमेश्‍वर मानिसहरूसँग बोल्नुहुन्छ—अहिले एक प्रकारले, र पछि अर्कै प्रकारले— यद्यपि त्यो कसैले बुझ्नै सक्दैन।
JOB 33:15 सपनामा, रातको दर्शनमा, जब मानिसहरू गहिरो निन्द्रामा सुतेका हुन्छन्, अनि आफ्ना ओछ्यानमा मस्त निद्रामा परेका हुन्छन्;
JOB 33:16 तब उहाँ तिनीहरूका कानमा बोल्नुहुन्छ, र चेताउनीहरूले तिनीहरूलाई त्रसित पार्नुहुन्छ,
JOB 33:17 मानिसहरूलाई गलत काम गर्नदेखि फर्काउन र तिनीहरूलाई घमण्डदेखि टाढा राख्न,
JOB 33:18 तिनीहरूलाई खाडलबाट जोगाउन, तिनीहरूको जीवनलाई तरवारबाट नाश हुनबाट जोगाउनुहुन्छ।
JOB 33:19 “अथवा कसैलाई लगातार हड्डी दुख्‍ने रोगको साथ पीडाको ओछ्यानमा ताडना दिनुहुन्छ;
JOB 33:20 त्यसकारण तिनीहरूको शरीरले भोजन रुचाउँदैन र तिनीहरूको प्राणले जस्तै मिठो भोजनलाई पनि घृणा गर्छ।
JOB 33:21 तिनीहरूको शरीरको मासु सुकेर जान्छ, अनि तिनीहरूका एक समयमा नदेखिएका हड्डीहरू अब देखिन थाल्छन्।
JOB 33:22 तिनीहरू खाडलको नजिकै पुग्छन्, र तिनीहरूको जीवन मृत्युको दूतकहाँ पुग्छन्।
JOB 33:23 तरै पनि यदि तिनीहरूका पक्षमा एक जना स्वर्गदूत, हजारौँबाट एक जना दूत छन् भने, जसलाई तिनीहरूका निम्ति कसरी धर्मी हुने भनेर सिकाउन पठाइए भने,
JOB 33:24 अनि उनले ती व्यक्तिप्रति अनुग्रही भएर परमेश्‍वरलाई भनिदिए, तिनीहरूलाई खाडलमा जानदेखि बचाइदिनुहोस्; मैले यिनीहरूका निम्ति छुटकाराको मोल प्राप्‍त गरेको छु—
JOB 33:25 तिनीहरूको मासु बालकको जस्तै फेरि नयाँ भइजाओस्; तिनीहरू युवा अवस्थाका दिनहरूमा जस्तै फेरि पुनर्निर्माण होऊन्—
JOB 33:26 तब त्यसले परमेश्‍वरसँग प्रार्थना गर्न सक्छ, र उहाँको कृपादृष्‍टि पाउन सक्छ; तिनीहरूले परमेश्‍वरको मुहार देख्नेछन्, र आनन्दले जयजयकार गर्नेछन्; उहाँले तिनीहरूलाई पूर्ण स्वास्थ्यमा पुनर्स्थापित गर्नुहुनेछ।
JOB 33:27 तब तिनीहरू मानिसहरूकहाँ गएर भन्‍नेछन्, ‘मैले पाप गरेँ, जे कुरा ठिक थियो, मैले त्यसलाई बिगारेको छु; तर मैले भोग्नुपर्ने सजाय पाइनँ।
JOB 33:28 परमेश्‍वरले मेरो प्राणलाई तल मृत्युको खाडलमा जानदेखि छुटाउनुभएको छ, अनि म जीवनको ज्योतिमा रमाउनलाई जीवित रहनेछु।’
JOB 33:29 “परमेश्‍वरले यी सबै कुराहरू मानिसको लागि गर्नुहुन्छ— दुई पटक अथवा तीनपल्टसम्म—
JOB 33:30 तिनीहरूलाई मृत्युको खाडलबाट फर्काएर ल्याउनलाई, ताकि जीवनको ज्योति तिनीहरूमाथि चम्कन सकोस्।
JOB 33:31 “त्यसकारण हे इयोब, सुन्‍नुहोस्, र मेरो कुरामा ध्यान दिनुहोस्; चुप लागेर बस्‍नुहोस्, र म बोल्नेछु।
JOB 33:32 यदि तपाईंलाई केही भन्‍न मन लागेको छ भने मलाई भन्‍नुहोस्; बोल्नुहोस्, किनकि म तपाईंलाई निर्दोष साबित गर्नेछु।
JOB 33:33 तर यदि छैन भने मेरो कुरा सुन्‍नुहोस्; चुप लागेर बस्‍नुहोस्, र म तपाईंलाई बुद्धिका कुरा सिकाउनेछु।”
JOB 34:1 तब एलिहूले भने:
JOB 34:2 “हे बुद्धिमान् मानिसहरू हो, मेरा कुराहरू सुन्‍नुहोस्; हे विद्वान् मानिसहरू हो, मेरा कुरा सुन्‍नुहोस्।
JOB 34:3 किनकि जिब्रोले भोजनलाई चाखेजस्तै, कानले शब्दहरूको जाँच गर्छ।
JOB 34:4 जे ठिक छ, त्यसलाई हामी आफैँले छुट्याऊँ; जे कुरा असल छ, त्यो कुरा एकसाथ मिलेर सिकौँ।
JOB 34:5 “इयोबले भन्‍नुहुन्छ, ‘म निर्दोष छु, तर पनि परमेश्‍वरले मलाई न्याय गर्न इन्कार गर्नुभयो।
JOB 34:6 म ठिक भए तापनि म झूटो ठहराइएको छु; म दोषरहित भए तापनि उहाँको काँडले निको नहुने चोट दिएको छ।’
JOB 34:7 इयोबजस्तै अर्को कुनै मानिस छ, जसले अपमानलाई पानी पिएजस्तै पिउँछ?
JOB 34:8 जसले दुष्‍ट काम गर्नेहरूको सङ्गत गर्छन्; जो दुष्‍ट मानिसहरूसँग मिल्नुहुन्छ।
JOB 34:9 किनकि उहाँ भन्‍नुहुन्छ, ‘परमेश्‍वरलाई खुशी पार्न खोजेर मानिसलाई केही लाभ छैन।’
JOB 34:10 “यसकारण मेरो कुरा सुन्‍नुहोस्, तपाईं समझदार मानिसहरू। दुष्‍ट काम गर्न परमेश्‍वरबाट अलग हुनुहोस्, गलत काम गर्न सर्वशक्तिमान्‌बाट टाढा रहनुहोस्।
JOB 34:11 उहाँले मानिसहरूलाई तिनीहरूका कामअनुसार प्रतिफल दिनुहुन्छ; उहाँले तिनीहरूका व्यवहारअनुसारको फल दिनुहुन्छ।
JOB 34:12 परमेश्‍वरले दुष्‍ट कार्य गर्नुहुन्छ, र सर्वशक्तिमान्‌ले खराब गर्नुहुन्छ भन्‍ने कुरा सोच्नै नसकिने कुरा हो।
JOB 34:13 कसले उहाँलाई पृथ्वीमा नियुक्त गर्‍यो? कसले उहाँलाई सारा संसारको जिम्मा दियो?
JOB 34:14 यदि उहाँको यस्तो इच्छा भएको भए र उहाँले आफ्नो आत्मा र सास फर्काउनुभयो भने,
JOB 34:15 सारा मानव-जाति एकसाथ नाश हुनेछन्, र मानिस जाति सबै माटैमा फर्किजानेछन्।
JOB 34:16 “यदि तपाईंसँग समझशक्ति भए, यो कुरा सुन्‍नुहोस्; म के कुरा भन्छु, त्यो सुन्‍नुहोस्।
JOB 34:17 जसले न्यायलाई घृणा गर्छ, के उसैले शासन गर्न सक्छ र? के तपाईं धर्मी र सर्वशक्तिमान्‌लाई दोषी ठहराउनुहुन्छ र?
JOB 34:18 के उहाँ त्यही परमेश्‍वर हुनुहुन्‍न, जसले राजाहरूलाई, ‘तिमीहरू बेकामे छौ,’ र शासकहरूलाई, ‘तिमीहरू दुष्‍ट मानिसहरू हौ,’ भन्‍नुहुन्छ,
JOB 34:19 जसले शासकहरूलाई पक्षपात गर्नुहुन्‍न, र गरिबलाई भन्दा धनीलाई निगाह देखाउनुहुन्‍न, किनकि तिनीहरू सबै उहाँकै हातका काम हुन्?
JOB 34:20 तिनीहरू अचानक मध्यरातमा मरेर जान्छन्; मानिसहरू हल्‍लाइन्छन् र तिनीहरू मरिहाल्छन्; शक्तिशाली शासकहरू मानिसको हातै नपरे तापनि लोप भएर जान्छन्।
JOB 34:21 “उहाँका नजर मरणशील मानिसहरूका मार्गमा हुन्छ; उहाँले तिनीहरूका हरेक कदम देख्नुहुन्छ।
JOB 34:22 यस्तो कुनै अँध्यारो, घोर अन्धकार स्थान छैन, जहाँ दुष्‍ट काम गर्नेहरू उहाँको नजरदेखि लुक्न सक्छन्।
JOB 34:23 परमेश्‍वरको सामु न्यायको निम्ति को आउनुपर्छ भनेर उहाँले मानिसहरूलाई जाँचिरहनुपर्दैन।
JOB 34:24 उहाँले शक्तिशालीलाई सोधपुछ नै नगरी चकनाचुर पार्नुहुन्छ, र तिनीहरूका ठाउँमा अरूलाई बसाल्नुहुन्छ।
JOB 34:25 किनकि उहाँले तिनीहरूका कामको ख्याल राख्नुहुन्छ, उहाँले तिनीहरूलाई रातमा भताभुङ्ग पार्नुहुन्छ, र तिनीहरू धुलोपिठो भएर जान्छन्।
JOB 34:26 उहाँले तिनीहरूलाई तिनीहरूका दुष्‍टताको निम्ति दण्ड दिनुहुन्छ, जहाँ हरेक मानिसहरूले तिनीहरूलाई देख्न सक्छन्,
JOB 34:27 किनभने तिनीहरूले परमेश्‍वरलाई पछ्याउन छोडेका छन्, र उहाँका मार्गहरूको कुनै पनि मतलब नै गर्दैनन्।
JOB 34:28 तिनीहरूको कारण गरिबको चीत्कार उहाँको कानमा पर्छ, त्यसैले उहाँले खाँचोमा परेकाहरूको पुकार सुन्‍नुहुन्छ।
JOB 34:29 तर यदि उहाँ चुप रहनुभयो भने कसले उहाँलाई दोष दिन सक्छ र? यदि उहाँले आफ्नो मुहार लुकाउनुभयो भने उहाँलाई कसले देख्न सक्छ र? यद्यपि उहाँ त हरेक मानिस र जाति-जातिहरू दुवैमाथि हुनुहुन्छ;
JOB 34:30 ताकि ईश्‍वरहीन मानिस शासक नबनोस्, र मानिसहरू पासोमा नपरून्।
JOB 34:31 “मानौ कुनै मानिसले परमेश्‍वरलाई यसो भन्यो, ‘म दोषी छु, तर अब कहिल्यै अपराध गर्दिनँ।
JOB 34:32 मैले देख्न नसकेका कुराहरू मलाई सिकाउनुहोस्; यदि मैले गलत गरेको छु भने अब म फेरि त्यसो गर्नेछैनँ।’
JOB 34:33 तपाईंले पश्‍चात्ताप गर्न अस्वीकार गर्नुहुँदा, के परमेश्‍वरले तपाईंको सर्तअनुसार तपाईंलाई प्रतिफल दिनुपर्छ? मैले होइन, तपाईंले नै निर्णय लिनुपर्छ; यसकारण तपाईंलाई के थाहा छ, त्यो मलाई भन्‍नुहोस्।
JOB 34:34 “समझशक्ति भएका मानिसहरूले घोषणा गर्छन्, मेरा कुरा सुन्‍ने बुद्धिमान् मानिसहरूले मलाई भन्छन्,
JOB 34:35 ‘इयोबले ज्ञानविनै बोल्छन्; तिनका कुराहरूमा अन्तर्ज्ञान छैन।’
JOB 34:36 अहो, दुष्‍ट मानिसले जवाफ दिएजस्तै विवाद गरेकोमा इयोबलाई सकेसम्म जाँच गरिएको भए त!
JOB 34:37 तिनको पापमा तिनले विद्रोह थप्दछन्; तिनले हाम्रो बीचमा अपमानको ताली बजाउँछन्, र परमेश्‍वरको विरुद्ध अझ धेरै कुराहरू बोल्छन्।”
JOB 35:1 तब एलिहूले भने:
JOB 35:2 “के तपाईं यो न्यायसङ्गत हो भनी सोच्नुहुन्छ? तपाईं भन्‍नुहुन्छ, ‘म ठिक छु, तर परमेश्‍वर ठिक हुनुहुन्‍न।’
JOB 35:3 अझ पनि तपाईं उहाँलाई यसरी सोध्नुहुन्छ, ‘मलाई के फाइदा छ र, अनि मैले पाप नगरेर के लाभ भयो र?’
JOB 35:4 “म तपाईंलाई र तपाईंसँग भएका तीन जना साथीलाई जवाफ दिन चाहन्छु।
JOB 35:5 आकाशतिर दृष्‍टि लगाएर हेर्नुहोस्; तपाईंभन्दा धेरै माथि भएका बादललाई नियालेर हेर्नुहोस्।
JOB 35:6 यदि तपाईंले पाप गर्नुभयो भने त्यसले उहाँलाई कसरी असर गर्छ र? यदि तपाईंका पापहरू धेरै भए तापनि त्यसले उहाँलाई के गर्छ र?
JOB 35:7 यदि तपाईं धर्मी हुनुहुन्छ भने तापनि तपाईंले उहाँलाई के दिनुहुन्छ, अथवा उहाँले तपाईंका हातबाट के पाउनुहुन्छ र?
JOB 35:8 तपाईंको दुष्‍टताले तपाईंजस्तै मानिसलाई मात्र असर पार्छ, र तपाईंका धार्मिकताले अरू मानिसहरूलाई मात्र प्रभाव पार्छ।
JOB 35:9 “मानिसहरू अत्याचारको बोझमा परेर कराउँछन्; तिनीहरू शक्तिशालीहरूको पाखुराबाट छुटकाराको निम्ति बिन्ती गर्छन्।
JOB 35:10 तर कसैले पनि यसो भन्दैन, ‘मलाई बनाउनुहुने परमेश्‍वर कहाँ हुनुहुन्छ; जसले अन्धकारमा गीतहरू दिनुहुन्छ,
JOB 35:11 जसले हामीलाई पृथ्वीका पशुहरूलाई भन्दा बढी सिकाउनुहुन्छ, र हामीलाई आकाशका पक्षीहरूलाई भन्दा बुद्धिमान् तुल्याउनुहुन्छ?’
JOB 35:12 दुष्‍ट मानिसहरूको घमण्डको कारण उनीहरूले पुकार गर्दा उहाँले जवाफ दिनुहुन्‍न।
JOB 35:13 वास्तवमा परमेश्‍वरले तिनीहरूको खोक्रो बिन्ती सुन्‍नुहुन्‍न; सर्वशक्तिमान्‌ले त्यसलाई ध्यानै दिनुहुन्‍न।
JOB 35:14 त्यसो भए, जब तपाईंले उहाँलाई देख्दिनँ भन्‍नुहुन्छ, उहाँले झन् कति थोरै सुन्‍नुहोला; जबकि तपाईंको मुद्दा उहाँको सामु छ; र तपाईंले उहाँलाई पर्खनैपर्छ,
JOB 35:15 अनि अझ बढी, जब तपाईंले भन्‍नुहुन्छ कि उहाँको रिसले कहिल्यै दण्ड दिँदैन, र उहाँले दुष्‍टतामा पटक्‍कै ध्यान दिनुहुन्‍न।
JOB 35:16 यसकारण इयोबले खोक्रो कुराहरू लिएर आफ्नो मुख खोल्नुहुन्छ; ज्ञानविना उहाँले धेरै शब्द बोल्नुहुन्छ।”
JOB 36:1 एलिहू बोल्दै गए:
JOB 36:2 “मसँग केही बेर धैर्य धारण गर्नुहोस्, र म तपाईंलाई देखाउनेछु, कि परमेश्‍वरको पक्षबाट भन्‍नुपर्ने कुराहरू अझ धेरै छन्।
JOB 36:3 मैले आफ्नो ज्ञान टाढाबाट पाउनेछु; र न्यायको श्रेय मेरा सृष्‍टिकर्तालाई दिनेछु।
JOB 36:4 मेरा कुराहरू झूटो होइनन् भनी निश्‍चित रहनुहोस्; ज्ञानमा अति सिद्ध हुनुहुने उहाँ तपाईंसँग हुनुहुन्छ।
JOB 36:5 “परमेश्‍वर शक्तिशाली हुनुहुन्छ, तर उहाँले कसैलाई तुच्छ ठान्‍नुहुन्‍न; उहाँ शक्तिशाली र उहाँको उद्देश्यमा दृढ हुनुहुन्छ।
JOB 36:6 उहाँले दुष्‍टलाई जीवित राख्नुहुन्‍न; तर पीडितहरूलाई तिनीहरूका अधिकार दिनुहुन्छ।
JOB 36:7 उहाँले धर्मीहरूबाट आफ्नो नजर हटाउनुहुन्‍न; उहाँले तिनीहरूलाई राजाहरूसँग सिंहासनमा बसाल्नुहुन्छ; र तिनीहरूलाई सदाकालको निम्ति उच्‍च पार्नुहुन्छ।
JOB 36:8 तर यदि मानिसहरू साङ्लामा बाँधिएका, र पीडाका डोरीहरूले जकडिएका छन् भने,
JOB 36:9 तिनीहरूले के गरे भनी उहाँले तिनीहरूलाई भन्‍नुहुन्छ— किनकि तिनीहरूले घमण्डसाथ पाप गरेका छन्।
JOB 36:10 उहाँले तिनीहरूलाई सुधार्नको लागि सल्‍लाह दिनुहुन्छ, र तिनीहरूलाई आफ्ना दुष्‍टताबाट पश्‍चात्ताप गर्न आज्ञा दिनुहुन्छ।
JOB 36:11 यदि तिनीहरूले आज्ञा मानेर उहाँको सेवा गरे भने, तिनीहरूले आफ्ना बाँकी रहेका दिनहरू समृद्धिमा र तिनीहरूका वर्षहरू सुखैसुखमा बिताउनेछन्।
JOB 36:12 तर यदि तिनीहरूले सुनेनन् भने, तिनीहरू तरवारद्वारा नाश हुनेछन्, र ज्ञानविनै मरेर जानेछन्।
JOB 36:13 “ईश्‍वरहीन मानिसहरूले हृदयमा क्रोध पाल्छन्; परमेश्‍वरले तिनीहरूलाई बन्धनमा राख्दाधरि तिनीहरू सहायताका निम्ति पुकार्दैनन्।
JOB 36:14 तिनीहरू मन्दिरका देवदासहरूका बीचमा अनैतिक जीवन बिताएर, जवान उमेरमै मरेर जान्छन्,
JOB 36:15 तर उहाँले पीडितहरूलाई तिनीहरूका पीडाबाट छुटाउनुहुन्छ; उहाँ तिनीहरूको कष्‍टमा तिनीहरूसँग बोल्नुहुन्छ।
JOB 36:16 “उहाँले तपाईंलाई कष्‍टको मुखबाट निकालेर स्वतन्त्रताको खुल्‍ला ठाउँमा, मिठो भोजनले भरिएको तपाईंको आरामदायी टेबुलमा ल्याउनुहुनेछ।
JOB 36:17 तर अहिले तपाईं अरू दुष्‍टको दण्डको कारणले लादिनुभएको छ; अहिले तपाईंलाई न्याय र दण्डले पक्रिराखेको छ।
JOB 36:18 होसियार हुनुहोस्, कसैले पनि तपाईंलाई धनसम्पत्तिले नलोभ्याओस्; तपाईंलाई प्रशस्त घूसले नबहकाओस्।
JOB 36:19 के तपाईंको धन अथवा तपाईंको सारा सामर्थी प्रयासले तपाईंलाई थाम्न सक्छ र तपाईंले कष्‍ट भोग्नुपर्दैन?
JOB 36:20 मानिसहरूलाई तिनीहरूका घरहरूबाट घिस्याएर लैजाने रातको चाह नगर्नुहोस्।
JOB 36:21 दुष्‍टताबाट फर्कन होसियार हुनुहोस्; किनकि तपाईं कष्‍टभन्दा त्यसैलाई रुचाउँदै हुनुहुन्छ।
JOB 36:22 “परमेश्‍वर उहाँको शक्तिमा उच्‍च पारिनुभएको छ। उहाँजस्तो शिक्षक को छ र?
JOB 36:23 कसले उहाँका निम्ति मार्ग निर्धारित गरिदिएको छ, अथवा कसले उहाँलाई, ‘तपाईंले गल्ती गर्नुभएको छ’ भनी भन्‍न सक्छ र?
JOB 36:24 तपाईंले उहाँको कामको प्रशंसा गर्न स्मरण गर्नुहोस्, जुन कामलाई मानिसहरूले गीतद्वारा प्रशंसा गरेका छन्।
JOB 36:25 सबै मानिस जातिहरूले उहाँको कामलाई देखेका छन्; मरणशील मानिसहरूले टाढाबाट त्यसलाई हेरिरहन्छन्।
JOB 36:26 परमेश्‍वर कति महान् हुनुहुन्छ—हाम्रो समझशक्तिभन्दा बाहिर! उहाँका आयुका वर्षहरू पत्ता लगाउन असम्भव छ।
JOB 36:27 “उहाँले पानीका थोपाहरू माथितिर खिँच्नुहुन्छ, जसलाई त्यसको बाफअनुसार झरीको रूपमा बर्साउनुहुन्छ।
JOB 36:28 बादलले तिनीहरूको आफ्नो ओस पृथ्वीमा बर्साउँछन्, अनि मानिस जातिहरूमा प्रचुर झरी भएर बर्सिन्छ।
JOB 36:29 उहाँले बादललाई कसरी फिँजाउनुभयो, उहाँको मण्डपबाट मेघ कसरी गर्जन्छ भनी कसले बुझ्न सक्छ?
JOB 36:30 उहाँले कसरी आफ्नो चारैतिर बिजुली चम्काउनुहुन्छ, तर समुद्रको गहिराइचाहिँ अँध्यारो नै रहन्छ।
JOB 36:31 उहाँले यसरी जाति-जातिहरूमाथि शासन गर्नुहुन्छ, र तिनीहरूलाई प्रशस्त मात्रामा भोजन जुटाउनुहुन्छ।
JOB 36:32 उहाँले आफ्नो हात बिजुलीले भर्नुहुन्छ; अनि बिजुलीलाई निशानामा प्रहार गर्ने आज्ञा दिनुहुन्छ।
JOB 36:33 उहाँको मेघ गर्जनले आँधीबेहरी आउने सूचना दिन्छ; गाईबस्तुले समेत आँधीबेहरी आइरहेको आभास गर्छन्।
JOB 37:1 “यस्ता कुराले गर्दा मेरो मुटुको ढुकढुकी ज्यादै बढ्छ, अनि यो आफ्नो ठाउँबाट उफ्रन्छ।
JOB 37:2 सुन्‍नुहोस्! उहाँको आवाजको गर्जनलाई सुन्‍नुहोस्, उहाँको मुखबाट निस्केको गडगडाहट सुन्‍नुहोस्।
JOB 37:3 उहाँले आफ्नो बिजुली सारा स्वर्गमुनि छोडिदिनुहुन्छ; र यसलाई पृथ्वीको अन्तिमसम्म पठाइदिनुहुन्छ।
JOB 37:4 त्यसपछि उहाँको गर्जनको आवाज आउँछ; उहाँ आफ्नो प्रतापी आवाजमा गर्जनुहुन्छ। जब उहाँको आवाज गुञ्जन्छ, तब उहाँले केही पनि रोकेर राख्नुहुन्‍न।
JOB 37:5 परमेश्‍वरको आवाज अद्‌भुत किसिमले गर्जन्छ; उहाँले हाम्रो समझभन्दा बाहिरका महान् कामहरू गर्नुहुन्छ।
JOB 37:6 उहाँले हिउँलाई भन्‍नुहुन्छ, ‘पृथ्वीमा झर्,’ भारी वर्षालाई भन्‍नुहुन्छ, ‘मुसलधारे झरी पर्।’
JOB 37:7 यसर्थ उहाँले सृष्‍टि गर्नुभएका हरेक मानिसहरूले उहाँका कामलाई जानून्, उहाँले सबै मानिसहरूलाई तिनीहरूका परिश्रमबाट रोक्नुहुन्छ।
JOB 37:8 पशुहरू ओडारमा पस्छन्; तिनीहरू आफ्ना गुफामा बस्छन्।
JOB 37:9 प्रचण्ड आँधी आफ्नो स्थानबाट निस्कन्छ, र तेज बतासबाट धेरै जाडो आउँछ।
JOB 37:10 परमेश्‍वरको सासले बरफ उत्पादन गर्छ, र फराकिलो समुद्रको पानी जम्छ।
JOB 37:11 उहाँले बादललाई ओसको भारी बोकाउनुहुन्छ; उहाँले आफ्नो बिजुली बादलद्वारा छर्नुहुन्छ।
JOB 37:12 उहाँको आदेशमा उहाँले खटाउनुभए अनुसार तिनीहरू पृथ्वीको सतहभरि मडारिन्छन्।
JOB 37:13 परमेश्‍वरले मानिसहरूलाई दण्ड दिन, अथवा उहाँको पृथ्वीलाई भिजाउन र उहाँको प्रेम देखाउन बादललाई पठाउनुहुन्छ।
JOB 37:14 “इयोब, यो कुरा सुन्‍नुहोस्; रोकिनुहोस्, र परमेश्‍वरका अद्‌भुत कार्यहरूमा विचार गर्नुहोस्।
JOB 37:15 परमेश्‍वरले बादललाई कसरी वशमा राख्नुहुन्छ, अनि कसरी आफ्नो बिजुली चम्काउनुहुन्छ भनी के तपाईं जान्‍नुहुन्छ?
JOB 37:16 बादल कसरी शान्त भएर एक ठाउँमा अडिरहन्छ, ज्ञानमा सिद्ध हुनुहुनेले कसरी ती अद्‌भुत कार्यहरू गर्नुहुन्छ भन्‍ने कुरा के तपाईं जान्‍नुहुन्छ?
JOB 37:17 देश दक्षिणी बतासको प्रभावमा परेको बेला तपाईं आफ्ना वस्त्रहरूभित्र न्यानो भएर रहनुहुन्छ,
JOB 37:18 के तपाईं काँसोको ऐनाजस्तै कडा आकाशलाई, फैलाउने काममा उहाँलाई साथ दिन सक्नुहुन्छ?
JOB 37:19 “हामीले उहाँलाई के भन्‍नुपर्छ, भन्‍नुहोस्; हामी अन्धकारमा रहेको कारण आफ्नो तर्क प्रस्तुत गर्न सक्दैनौँ।
JOB 37:20 के उहाँलाई म केही बोल्न चाहन्छु भनेर बताउनुपर्छ र? के कुनै मानिसले आफू निलिएको चाहन्छ र?
JOB 37:21 तर अब बतासलाई बढारेर सफा पारेको आकाशमा भएको चम्किलो सूर्यलाई कसैले पनि हेर्न सक्दैन।
JOB 37:22 उत्तरतिरबाट उहाँ सुनौलो भव्यतामा आउनुहुन्छ; परमेश्‍वर अद्‌भुत महिमामा आउनुहुन्छ।
JOB 37:23 सर्वशक्तिमान् हाम्रो पहुँचभन्दा बाहिर र शक्तिमा उच्‍च हुनुहुन्छ; उहाँको न्याय र महान् धार्मिकतामा उहाँले मानिसहरूलाई थिचोमिचो गर्नुहुन्‍न।
JOB 37:24 यसकारण मानिसहरूले उहाँलाई श्रद्धा गर्दछन्; किनकि उहाँले हृदयमा बुद्धिमान् छु भनेर दाबी गर्नेहरू सबैलाई आदर गर्नुहुन्‍न।”
JOB 38:1 तब याहवेह आँधीबेहरीको बीचबाट इयोबसँग बोल्नुभयो। उहाँले भन्‍नुभयो:
JOB 38:2 “ज्ञानविनाका शब्दहरूले मेरो योजनालाई धमिल्याउने यो को हो?
JOB 38:3 अब मर्दझैँ कम्मर कसेर खडा हो; म तँलाई प्रश्न गर्नेछु, अनि तैँले मलाई जवाफ दिनेछस्।
JOB 38:4 “मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? यदि तैँले बुझेको छस् भने मलाई भन्।
JOB 38:5 पृथ्वीको नाप कसले गर्‍यो? निश्‍चय नै तँलाई थाहा होला! कसले यसको वरिपरि नाप्‍ने रेखा खिच्यो?
JOB 38:6 पृथ्वीका खम्बाहरू केमाथि अड्याइएको छ, अथवा कसले त्यसको कुनेढुङ्गा बसाल्यो?
JOB 38:7 जब बिहानको ताराहरूले एकसाथ गाउँदा र सारा स्वर्गदूतहरू आनन्दले जयजयकार गर्दा तँ कहाँ थिइस्?
JOB 38:8 “पृथ्वीको गर्भबाट समुद्र फुटिनिस्कँदा, कसले समुद्रको ढोका थुनिदियो?
JOB 38:9 जब मैले बादललाई पृथ्वीको वस्त्र बनाएँ, र यसलाई बाक्लो अन्धकारले लपेटिदिएँ,
JOB 38:10 जब मैले यसको सिमाना तोकिदिएँ, र त्यसका ढोकाहरू र आग्लाहरू ठिक ठाउँमा राखिदिएँ,
JOB 38:11 तब मैले भनेँ, ‘तँ यतिसम्म मात्र आउन सक्छस् र यहाँभन्दा अगि होइन; अनि तेरा घमण्डी छालहरू यहाँ अडिऊन्।’
JOB 38:12 “के तैँले बिहानलाई कहिल्यै हुकुम गरेको छस्, अथवा प्रभातलाई त्यसको ठाउँ देखाएको छस्,
JOB 38:13 ताकि यसले पृथ्वीको कुनाहरूमा पक्रोस्, र दुष्‍टहरूलाई हल्‍लाएर बाहिर फ्याँकोस्?
JOB 38:14 चिम्टे माटोमा परेको छापजस्तै पृथ्वीले आकृति लिन्छ; त्यसका विशेषताहरू लुगाझैँ देखिन्छन्।
JOB 38:15 दुष्‍ट मानिसहरूको ज्योति खोसिन्छ, र तिनीहरूका उठेका पाखुराहरू भाँचिन्छन्।
JOB 38:16 “के तैँले कहिल्यै समुद्रका मुहानहरूभित्र यात्रा गरेको छस्? अथवा सागरको गहिराइमा हिँडेको छस्?
JOB 38:17 के तँलाई मृत्युका ढोकाहरू देखाइएका छन्? के तैँले घोर अन्धकारका ढोकाहरू देखेको छस्?
JOB 38:18 के तैँले पृथ्वी कति विशाल फैलिएको छ भनी जान्दछस्? यदि तैँले यी सबै कुरा जानेको छस् भने मलाई भन्।
JOB 38:19 “ज्योतिको निवासको बाटो कहाँ छ? र अन्धकारले कहाँ बास बस्छ?
JOB 38:20 के तैँले तिनीहरू हरेकलाई तिनीहरूका ठाउँमा लैजान सक्छस्? के तँलाई तिनीहरूका वासस्थानहरूको बाटो थाहा छ?
JOB 38:21 निश्‍चय नै तँलाई थाहा छ; किनकि तँ पहिल्यै नै जन्मिसकेको थिइस्! तँ कति धेरै वर्ष बाँचेको छस्!
JOB 38:22 “के तँ हिउँको भण्डारगृहमा प्रवेश गरेको छस्, अथवा असिनाको भण्डारगृह देखेको छस्;
JOB 38:23 जो मैले विपत्तिको समयको निम्ति, युद्ध र लडाइँका दिनहरूका निम्ति जम्मा गरेको छु?
JOB 38:24 कुन बाटो भएर बिजुली छरिएर निस्कन्छ, अथवा कुन ठाउँबाट पूर्वीय बतास पृथ्वीमा चारैतिर फैलिन्छ, के तँ जान्दछस्?
JOB 38:25 मुसलधारे वृष्‍टिको निम्ति कसले नहर खनेको छ? र चट्याङको निम्ति कसले बाटो तयार गरेको छ?
JOB 38:26 कोही मानिस नबस्‍ने जमिन, कोही बास नगरिएको मरुभूमिलाई भिजाउन,
JOB 38:27 उजाड मरुभूमिलाई प्रशस्त भिजाउन र त्यसमा हरियो घाँसहरू उमार्न,
JOB 38:28 के झरीको पिता छ? अथवा शीतका थोपाहरूलाई कसले जन्माएको हो?
JOB 38:29 कसको गर्भबाट हिउँ निस्कन्छ? आकाशबाट झर्ने तुसारोलाई कसले जन्माउँछ,
JOB 38:30 पानी कहिले ढुङ्गाजस्तै कडा हुन्छ, र कहिले गहिरो समुद्रको सतह बरफ बन्छ?
JOB 38:31 “के तैँले किरकिटी ताराहरूलाई एकसाथ बाँध्न सक्छस्? अथवा के तैँले मृगशिराको बन्धनलाई फुकाल्न सक्छस्?
JOB 38:32 के तैँले तारामण्डललाई तिनीहरूका ऋतुअनुसार ठिकठिक ठाउँमा निकाल्न सक्छस्? अथवा सप्‍तर्षि तारा र त्यसका उपग्रहहरूलाई डोर्‍याउन सक्छस्?
JOB 38:33 के तैँले आकाशका नियमहरू जान्दछस्? के तैँले परमेश्‍वरको शासन पृथ्वीमा स्थापित गर्न सक्छस्?
JOB 38:34 “के तैँले आफ्नो सोर बादलसम्मै पुर्‍याउन सक्छस्, र आफूलाई पानीको भेलले ढाक्न सक्छस्?
JOB 38:35 के तैँले बिजुली चम्कनलाई त्यसको बाटोमा पठाउँछस्? के तँलाई तिनीहरूले, ‘हामी यहाँ हाजिर छौँ’ भनी भन्‍न आउँछन्?
JOB 38:36 कसले हृदयमा अन्तर्ज्ञान र दिमागलाई समझ दियो?
JOB 38:37 बादलहरूलाई गन्‍ने बुद्धि कोसँग छ? कसले आकाशका पानीका गाग्राहरूलाई घोप्ट्याउन सक्छ,
JOB 38:38 कहिले धुलो कडा हुन्छ, र माटोका ढिकाहरू एकसाथ टाँसिएर बस्छन्?
JOB 38:39 “के तैँले सिंहनीका निम्ति शिकार गरिदिन्छस्, र सिंहको भोकलाई तृप्‍त पार्न सक्छस्,
JOB 38:40 जब तिनीहरू आफ्नो गुफामा लुकेर बसेका हुन्छन्, अथवा झाडीमा ढुकेर बसेका हुन्छन्?
JOB 38:41 जब कागका बचेराहरूले आहाराको अभावको कारण परमेश्‍वरलाई पुकार्दा, तब कसले कागलाई आहारा जुटाइदिन्छ?
JOB 39:1 “के तैँले घोरलहरू कहिले बियाउँछ भनी जान्दछस्? के तैँले हरिणीहरूले बच्‍चाहरू बियाएका कहिल्यै देखेको छस्?
JOB 39:2 के तैँले तिनीहरूले बच्‍चा बियाउँने महिनाहरू गन्दछस्? के तैँले तिनीहरूको बच्‍चा बियाउँने समय जान्दछस्?
JOB 39:3 तिनीहरूले निहुरेर बच्‍चा बियाउँछन्; तब तिनीहरूको प्रसव वेदनाको अन्त्य हुन्छ।
JOB 39:4 तिनीहरूका बच्‍चाहरू हुर्कन्छन्, र जङ्गलमा बलिया हुँदै जान्छन्; तिनीहरूले आफ्ना घरलाई छोड्छन् र फर्केर आउँदैनन्।
JOB 39:5 “कसले जङ्गली गधालाई स्वतन्त्र छाडिदियो? कसले त्यसका डोरीहरू खोलिदियो?
JOB 39:6 गधाका निम्ति मैले मरुभूमिलाई घरको रूपमा, र नुनिला बेँसीहरू निवासको रूपमा दिएको छु।
JOB 39:7 त्यसले सहरको होहल्‍लालाई खिसी गर्छ; त्यसले धपाउनेको गाली सुन्दैन।
JOB 39:8 त्यो चरनको निम्ति डाँडातिर घुमिहिँड्छ, र त्यसले हरेक हरियो कुराको खोजी गर्दछ।
JOB 39:9 “के जङ्गली साँढेले तेरो सेवा गर्न मान्ला र? के त्यसले तेरो गोठमा रात बिताउला र?
JOB 39:10 के तैँले जङ्गली साँढेलाई जुवाको डोरीले बाँध्न सक्छस् र? के त्यसले तेरो पछिल्तिरको बेँसीहरू जोत्ला र?
JOB 39:11 के तैँले त्यसको ठूलो शक्तिमाथि भरोसा गर्नेछस्? के तेरो गाह्रो काम त्यसलाई छोडिदिनेछस्?
JOB 39:12 के त्यसले तेरो अन्‍न जम्मा गर्ला र खलामा ल्याइदेला भनेर तँ ढुक्‍क हुन सक्छस्?
JOB 39:13 “शुतुरमुर्गका पखेटाहरू आनन्दले फर्फराउँछन्, यद्यपि तिनीहरूलाई सारसका पखेटाहरू र प्वाँखहरूसँग तुलना गर्न सकिँदैन।
JOB 39:14 त्यसले आफ्ना अण्डाहरू बालुवाले तातो पारिदिओस् भनी जमिनमा अण्डाहरू पारेर छोडिराख्छे।
JOB 39:15 अनि खुट्टाले तिनलाई कुल्चेला, अथवा कुनै जङ्गली पशुले धुलोपिठो पार्ला भनी त्यसले सोच्दिन।
JOB 39:16 आफ्ना चल्‍लाहरू त्यसले आफ्ना होइनन् जस्तै गरी निर्दयी व्यवहार गर्छे; त्यसले आफ्नो प्रसव वेदना खेर गएकोमा वास्तै गर्दिन,
JOB 39:17 किनकि परमेश्‍वरले त्यसलाई बुद्धि दिनुभएको छैन, अथवा त्यसलाई असल विवेक दिनुभएको छैन।
JOB 39:18 तापनि जब त्यसले दगुर्नलाई आफ्नो पखेटाहरू फैलाउँछे, त्यसले घोडा र घोडसवारको खिसी गर्छे।
JOB 39:19 “के तैँले घोडालाई त्यसको शक्ति दिएको हो र? अथवा त्यसको घिच्रोमा जगर पहिर्‍याएको हो र?
JOB 39:20 के तैँले त्यसलाई सलहलाई जस्तै उफार्न सक्छस् र? त्यसको घमण्डी हिनहिनाइले त्रसित पार्दैन र?
JOB 39:21 त्यसले आफ्नो शक्तिमा आनन्दित हुँदै डरलाग्दो गरी टाप मार्छ, र युद्धको निम्ति जाइलाग्छ।
JOB 39:22 त्यसले डरलाई खिसी गर्छ, कुनै कुरासँग डराउँदैन; त्यसले तरवारलाई देखेर पनि पिठिउँ फर्काएर भाग्दैन।
JOB 39:23 त्यसको छेउमा काँडको ठोकर बज्दछन्, र त्यसको साथमा बर्छा र भाला चम्कन्छन्।
JOB 39:24 अति जोशसँग त्यो धेरै वेग गतिका साथ अगि बढ्छ; तुरहीको आवाज सुनेर त्यो स्थिर रहन सक्दैन।
JOB 39:25 तुरहीका आवाजहरू गुन्जँदा त्यसले, ‘आह!’ भन्छ, अनि त्यसले टाढैबाट लडाइँको गन्ध थाहा पाउँछ, सेनापतिहरूका गर्जन र लडाइँको चर्को आवाजहरू थाहा पाउँछ।
JOB 39:26 “के तेरो बुद्धिद्वारा बाज उँभो-उँभो उड्छ; र त्यसले आफ्ना पखेटाहरू दक्षिणतिर फैलाउँछ र?
JOB 39:27 के चीलले तेरो हुकुम पाएर उँभो उड्छ, र त्यसले आफ्नो गुँड अग्लो ठाउँमा बनाउँछ र?
JOB 39:28 त्यो पहरामा बास गर्छ, र रातमा त्यहीँ नै बस्छ; त्यसको गढ चट्टानको धाँदो हो।
JOB 39:29 त्यहाँबाट त्यसले आफ्नो शिकार खोज्छ; त्यसका आँखाहरूले यसलाई टाढैबाट चिनिहाल्छ।
JOB 39:30 त्यसका बचेराहरूले रगत चुस्छन्; र जहाँ सिनो हुन्छ, त्यो त्यहीँ नै हुन्छ।”
JOB 40:1 याहवेहले इयोबलाई भन्‍नुभयो:
JOB 40:2 “के सर्वशक्तिमान्‌सँग तर्क गर्नेले उहाँलाई सुधार गर्न सक्छ? परमेश्‍वरलाई दोष लगाउनेले नै उहाँलाई जवाफ देओस्!”
JOB 40:3 तब इयोबले याहवेहलाई जवाफ दिए:
JOB 40:4 “म अयोग्य छु, म तपाईंलाई कसरी जवाफ दिन सक्छु? म मेरो हातले आफ्नो मुख छोप्दछु।
JOB 40:5 म एक पटकको लागि बोलिहालेँ, तर मसँग कुनै जवाफ छैनँ, दुई पटक म बोलेँ, तर अब म केही भन्‍नेछैनँ।”
JOB 40:6 तब याहवेह आँधीबेहरीको बीचबाट इयोबसँग बोल्नुभयो:
JOB 40:7 “अब मर्दझैँ कम्मर कसेर खडा हो; म तँलाई प्रश्न गर्नेछु, अनि तैँले मलाई जवाफ दिनेछस्।
JOB 40:8 “के तैँले मेरो न्यायलाई गलत ठहराउँछस्? के तैँले आफूलाई सही ठहराउनलाई मलाई दोषी ठहराउँछस्?”
JOB 40:9 के तेरो पाखुरा परमेश्‍वरको जस्तो छ? के तेरो सोर उहाँको जस्तै गर्जन सक्छ?
JOB 40:10 त्यसो भए आफूलाई महिमा र गौरवले आभूषित गर्! अनि आफूलाई आदर र सम्मानको वस्त्रले ढाक्।
JOB 40:11 तेरो रिसको आगो पोखिदे; घमण्डीहरूलाई हेर्, र तिनीहरूलाई विनम्र पारिदे,
JOB 40:12 हरेक घमण्डीलाई हेर्, र तिनीहरूलाई होच्‍च्‍याइदे, दुष्‍टलाई तिनीहरू उभिएकै ठाउँमा कुल्चिदे।
JOB 40:13 तिनीहरूलाई एकसाथ धुलोमा गाडिदे; चिहानमा तिनीहरूका अनुहार कात्रोले छोपिदे।
JOB 40:14 तब तेरो आफ्नै दाहिने हातले तँलाई रक्षा गर्न सक्छ भनी म आफैँले तँसँग स्वीकार गर्नेछु।
JOB 40:15 “तँसँगै मैले बनाएको जलगैँडालाई हेर, जसले गोरुले जस्तै घाँस खान्छ।
JOB 40:16 त्यसको कम्मरमा कति बल छ, त्यसको पेटका मांसपेशीहरूमा कति शक्ति छ!
JOB 40:17 त्यसको पुच्छर देवदारुजस्तै बलियो हुन्छ; त्यसका तिघ्राका नशाहरू खूब कसिएर बुनिएका छन्।
JOB 40:18 त्यसका हड्डीहरू काँसोका नलीहरू जस्तै बलिया छन्; त्यसका हातखुट्टाहरू फलामका छडी जस्तै छन्।
JOB 40:19 त्यो परमेश्‍वरका कामहरूमध्ये पहिलो दर्जामा आउँछ; तापनि त्यसलाई बनाउनुहुनेले आफ्नो तरवारले त्यसलाई भेट्न सक्नुहुन्छ।
JOB 40:20 डाँडाहरूले तिनीहरूका उब्जनी ल्याउँछन्, र सबै जङ्गली जनावरहरू त्यसको छेउछाउतिरै खेल्छन्।
JOB 40:21 कमलको बोटमुनि त्यो ढल्कन्छ, सिमसारका निगालोहरूका आडमा लुक्छ।
JOB 40:22 कमलका फूलहरूले त्यसलाई आफ्ना छायामुनि लुकाउँछन्; खोलाको किनारका लहरे पीपलले त्यसलाई घेरेर राख्छन्।
JOB 40:23 वेगसँग उर्लेर आएको नदीलाई देखेर त्यो डराउँदैन; यर्दन नदीको भेल त्यसको विरुद्ध मुखैमा उर्लेर आए तापनि त्यो सुरक्षित रहन्छ।
JOB 40:24 के त्यसको आँखा खुल्‍ला हुँदा कसैले त्यसलाई पक्रन सक्छ? वा त्यसलाई पासोमा पारेर त्यसको नाक छेड्न सक्छ?
JOB 41:1 “के तैँले लिव्यातनलाई माछाको बल्छीले तान्‍न सक्छस्, वा त्यसको जिब्रोलाई डोरीले बाँध्न सक्छस्?
JOB 41:2 के तैँले त्यसको नाकबाट डोरी छिराउन सक्छस्; वा त्यसको चिउँडोलाई बल्छीले छेड्न सक्छस्?
JOB 41:3 के त्यसले तँसँग दयाको भीख माग्ला? वा त्यसले तँसँग नम्र भएर बोल्‍ला?
JOB 41:4 के जीवनकालभरि नै तेरो कमारो हुनलाई त्यसले तँसँग वाचा बाँध्ला र?
JOB 41:5 के तैँले त्यसलाई चरालाई झैँ घरमा पाल्न सक्छस्? अथवा तेरो घरका युवतीहरूका निम्ति त्यसलाई बाँधेर राख्न सक्छस्?
JOB 41:6 के व्यापारीहरूले त्यसलाई किन्‍ने प्रयास गर्लान् र? के तिनीहरूले त्यसलाई पसलेहरूका बीचमा भागबण्डा लाउनान् र?
JOB 41:7 के तैँले त्यसको छालामा भालाले रोप्न सक्छस्? अथवा त्यसको टाउकोलाई माछा मार्ने अङ्कुसेले छेड्न सक्छस्?
JOB 41:8 यदि तैँले त्यसमाथि हात उठाइस् भने तैँले त्यससँगको लडाइँलाई जिन्दगीभर याद गर्नेछस्, अनि त्यससित फेरि कहिल्यै जोरी खोज्नेछैनस्!
JOB 41:9 त्यसलाई वशमा ल्याउन आशा राख्नु नै बेकार छ; त्यसलाई देख्दैखेरि पनि मानिस हताश हुन्छ।
JOB 41:10 त्यसलाई कसैले उक्साउने साहस गर्दैन भने, झन् मेरो विरुद्धमा खडा हुने आँट कसले गर्न सक्ला?
JOB 41:11 मैले फिर्ता गर्नैपर्छ भनेर मेरो विरुद्धमा को उभिन सक्छ? किनकि आकाशमुनि भएका हरेक थोक मेरै हुन्।
JOB 41:12 “म लिव्यातनका अङ्गहरू, त्यसको बल र त्यसको सुन्दर बनावटको विषयमा बोल्न चुप रहनेछैनँ।
JOB 41:13 त्यसको बाहिरी छाला कसले उतार्न सक्छ? कसले त्यसको दोबर मोटो हतियारलाई छेड्न सक्छ?
JOB 41:14 डरलाग्दा दाँतहरूले घेरेको त्यसको मुखलाई कसले खोल्ने आँट गर्न सक्छ?
JOB 41:15 त्यसका खपटा ढालहरू मिलेर बनेका पङ्‌क्तिहरू जस्तै एकसाथ कस्सिएर बसेका छन्;
JOB 41:16 एक-अर्कासँग एकदमै खापैखाप टाँसिएकोले, त्यसको बीचबाट हावा पनि छिर्न सक्दैन।
JOB 41:17 ती एक-आपसमा कस्सिएर जोडिएका छन्; तिनीहरू एक-आपसमा टाँसिएका छन्, र त्यसलाई छुट्टाउन सकिँदैन।
JOB 41:18 लिव्यातनले हाच्छिउँ गर्दा ज्योतिको ज्वालाझैँ चम्कन्छ; त्यसका आँखाहरू बिहानीको किरणहरूजस्ता छन्।
JOB 41:19 त्यसको मुखबाट आगोका ज्वालाहरू निस्कन्छन्; आगोका झिल्काहरू बाहिर निस्कन्छन्।
JOB 41:20 बलिरहेको आगोमाथि उम्‍लेको भाँडाबाट निस्केको वाफझैँ त्यसको नाकबाट धुवाँको मुस्लो निस्कन्छ।
JOB 41:21 त्यसको मुखबाट ज्वालाहरू निस्कन्छन्, र त्यसको सासले कोइलाहरूमा आगो सल्काइदिन्छ।
JOB 41:22 त्यसको गर्दनमा बलको बास हुन्छ; जहाँ-जहाँ त्यो जान्छ, त्रास फैलिन्छ।
JOB 41:23 त्यसको मासु पत्रैपत्रा परेर कस्सिएर जोडिएको हुन्छ; त्यो स्थिर र अटल हुन्छ।
JOB 41:24 त्यसको छाती चट्टानजस्तै कडा, जाँतोको तल्‍लो भागजस्तै कडा हुन्छ।
JOB 41:25 जब त्यो खडा भएर उठ्छ, तब शक्तिशालीहरू पनि डराउँछन्; त्यसले आक्रमण गर्नुअगि नै तिनीहरू पछि हट्छन्।
JOB 41:26 त्यसलाई न तरवार, न भाला न तीर, अथवा न त बर्छाले नै केही असर पार्न सक्छ।
JOB 41:27 त्यसले फलामलाई परालझैँ, र काँसोलाई कुहेको काठझैँ ठान्छ।
JOB 41:28 काँडले त्यसलाई भगाउन सकिँदैन; त्यसका निम्ति घुयेँत्रोको ढुङ्गाहरू भुसजस्तै हुन्।
JOB 41:29 त्यसले मुङ्ग्रोलाई परालको टुक्राझैँ ठान्छ; अनि भाला चलाउँदाको आवाजमा त्यो हाँस्छ।
JOB 41:30 त्यसको पेट मुनिको भाग फुटेका भाँडाका तीखा-तीखा खपटाझैँ हुन्छन्; दाँदे लाउँदा खेत कोतरिएझैँ त्यसले हिलोमा आफ्नो छाप छोड्छ।
JOB 41:31 त्यसले गहिरो सागरलाई भाँडामा उम्‍लेको पानीझैँ बनाउँछ, र त्यसले समुद्रलाई भाँडामा मलम घोलेझैँ घोल्छ।
JOB 41:32 टलक्‍क टल्किने धार छोड्दै त्यो हिँड्छ; कसैले त्यस गहिरो सागरलाई सेतो कपाल फुलेको झैँ ठान्छन्।
JOB 41:33 पृथ्वीमा त्योजस्तो अरू कुनै जीव छैन, जसलाई निडर प्राणीको रूपमा बनाइएको छ।
JOB 41:34 त्यसले सबै अहङ्कारी जनावरहरूलाई केही ठान्दैन; त्यो सबै घमण्डीहरूका राजा हो।”
JOB 42:1 तब इयोबले याहवेहलाई जवाफ दिए:
JOB 42:2 “म जान्दछु, तपाईंले सबै कुराहरू गर्न सक्नुहुन्छ; तपाईंका कुनै पनि उद्देश्य रोक्न सकिँदैन।
JOB 42:3 तपाईंले मलाई सोध्नुभयो, ‘त्यो को हो, जसले ज्ञानविना मेरो योजनालाई अस्पष्‍ट पार्दछ?’ साँच्‍चै मैले नबुझेका कुराहरू बोलेँ, मैले जान्‍नै नसकेका अचम्मका कुराहरू बोलेँ।
JOB 42:4 “तपाईंले मलाई भन्‍नुभयो, ‘अब सुन्, र तँसँग म बोल्नेछु; म तँलाई सोध्नेछु, र तैँले मलाई जवाफ दिनेछस्।’
JOB 42:5 तपाईंको बारेमा मेरा कानले सुनेको मात्र थिएँ, तर अहिले तपाईंलाई मेरा आँखाहरूले देखेका छन्।
JOB 42:6 यसैकारण म आफूलाई तुच्छ ठान्दछु, अनि म धुलो र खरानीमा बसेर पश्‍चात्ताप गर्दछु।”
JOB 42:7 याहवेहले यी सबै कुराहरू इयोबलाई भन्‍नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्‍नुभयो, “मेरो सेवक इयोबले मेरो बारेमा सत्य बोलेझैँ तिमीहरूले नबोलेको कारण तँ र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु।
JOB 42:8 यसकारण अब सात वटा बहर र सात वटा थुमा लिएर मेरो सेवक इयोबकहाँ जाओ, र आफ्ना निम्ति होमबलि चढाओ। मेरो सेवक इयोबले तिमीहरूका निम्ति प्रार्थना गर्नेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु; अनि म तिमीहरूका मूर्खता अनुसारको व्यवहार गर्नेछैनँ। मेरो सेवक इयोबले मेरो बारेमा सत्य बोलेझैँ तिमीहरूले बोलेका छैनौ।”
JOB 42:9 यसकारण एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले तिनीहरूलाई याहवेहले भन्‍नुभएजस्तै गरे; अनि याहवेहले इयोबको प्रार्थना स्वीकार गर्नुभयो।
JOB 42:10 इयोबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरिसकेपछि याहवेहले तिनको सुदिन फेरि फर्काइदिनुभयो, र तिनलाई तिनीसँग पहिला भएका धनसम्पत्तिभन्दा दोबर दिनुभयो।
JOB 42:11 त्यसपछि इयोबका सबै दाजुभाइ तथा दिदीबहिनीहरू र तिनका पहिलेका चिनजानहरू तिनको घरमा तिनीसँग भेटघाट गर्न आए, र तिनीसँग तिनको घरमा भोज गरे। याहवेहले तिनीमाथि ल्याउनुभएका सबै विपत्तिका निम्ति तिनीहरूले तिनीसँग विलाप गरे, र तिनलाई समवेदना र सान्त्वना दिए; अनि हरेकले तिनलाई एक-एक टुक्रा चाँदी र एउटा-एउटा सुनको औँठी दिए।
JOB 42:12 याहवेहले इयोबको जीवनको पछिल्‍लो समयलाई पहिलेको भन्दा अझ बढी आशिष् दिनुभयो। तिनीसँग चौध हजार भेडाबाख्रा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधाहरू थिए।
JOB 42:13 तिनका सात छोरा र तीन छोरी पनि भए।
JOB 42:14 तिनले जेठी छोरीको नाम यामीमा, माहिलीको कसीआ र कान्छीको केरेन हप्पूक राखे।
JOB 42:15 सम्पूर्ण देशभरि इयोबका छोरीहरूजस्ता सुन्दर स्त्रीहरू अरू कोही पनि थिएनन्; अनि तिनीहरूका पिता इयोबले तिनीहरूलाई तिनीहरूका दाजुभाइहरूसरह पैतृक सम्पत्ति दिए।
JOB 42:16 त्यसपछि इयोब एक सय चालीस वर्ष बाँचे; तिनले आफ्ना छोराछोरी र तिनीहरूका छोराछोरीहरू गरी चार पुस्तासम्म देखे।
JOB 42:17 यसरी इयोब वृद्ध र पूरा वर्ष खाएर मरे।
PSA 1:1 धन्य हुन् तिनीहरू, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्दैनन्, जो पापीहरूको मार्गमा खडा हुँदैनन्, जो गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्दैनन्।
PSA 1:2 तर तिनीहरू याहवेहको व्यवस्थामा नै प्रसन्‍न रहन्छन्, र दिनरात उहाँकै व्यवस्थामा नै मनन गर्छन्।
PSA 1:3 तिनीहरू नदीको किनारमा रोपेको रूखजस्तै हुन्छन्, जसले आफ्नो ऋतुमा फल दिन्छ; र जसको पात कहिल्यै ओइलाउँदैन; तिनीहरूले जे काम गर्छन्, त्यसमा सफल हुन्छन्।
PSA 1:4 दुष्‍टहरू त्यस्ता हुँदैनन्; तर तिनीहरूचाहिँ बतासले उडाइलैजाने भुसजस्तै हुन्छन्।
PSA 1:5 यसकारण दुष्‍टहरू न्यायमा खडा रहनेछैनन्, न त धर्मीहरूको सभामा पापीहरूले स्थान पाउनेछन्।
PSA 1:6 किनकि याहवेहले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ; तर दुष्‍टहरूको मार्गले विनाशमा पुर्‍याउँछ।
PSA 2:1 राष्ट्रहरू किन षड्यन्त्र रच्दछन्, अनि जाति-जातिहरू किन व्यर्थमा जाल रच्छन्?
PSA 2:2 याहवेह र उहाँका अभिषिक्त जनका विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्, र शासकहरू एकजुट भएर भेला भएका छन्।
PSA 2:3 तिनीहरू यसो भन्छन्, “आओ, हामी तिनीहरूका साङ्लाहरू छिनालौँ, र तिनीहरूका बन्धनहरू फुकालौँ।”
PSA 2:4 स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्‍नुहुन्छ; प्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ।
PSA 2:5 आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुन्छ, र आफ्ना क्रोधमा तिनीहरूलाई यसो भन्दै भयभीत पार्नुहुन्छ,
PSA 2:6 “मैले मेरो राजालाई नियुक्त गरेको छु, मेरो पवित्र सियोन पर्वतमा”, प्रभु घोषणा गर्नुहुन्छ।
PSA 2:7 म याहवेहको उर्दी घोषणा गर्नेछु: उहाँले मलाई आज्ञा गर्नुभयो, “तिमी मेरा पुत्र हौ; आज म तिम्रो पिता भएको छु।
PSA 2:8 मसँग माग र म राष्ट्रहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु, र पृथ्वीको अन्तसम्म तिम्रो निज सम्पत्ति तुल्याइदिनेछु।
PSA 2:9 तिमीले फलामको राजदण्डले तिनीहरूलाई पिस्‍नेछौ, कुमालेको भाँडाझैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ।”
PSA 2:10 यसकारण हे राजाहरू हो, बुद्धिमान् होओ; पृथ्वीका शासकहरू हो, सचेत होओ!
PSA 2:11 भयसाथ याहवेहको सेवा गर, र कम्पनसाथ उहाँको आनन्द मनाओ।
PSA 2:12 उहाँको पुत्रलाई सम्मान गर, नत्रता उहाँ क्रोधित हुनुहुनेछ, र तिमीहरूको व्यवहारले विनाशमा पुर्‍याउला; किनकि उहाँको क्रोध चाँडै दन्कन्छ। धन्य हुन् तिनीहरू सबै, जो उहाँको शरणमा पर्दछन्।
PSA 3:1 दावीदको भजन; आफ्नो छोरा अब्शालोमदेखि भाग्दा उनले लेखेको भजन। हे याहवेह, मेरा विरोधीहरू कति धेरै छन्! मेरो विरुद्धमा कति धेरै जना खडा भएका छन्!
PSA 3:2 धेरैले मेरो विषयमा यसो भन्दैछन्, “परमेश्‍वरले त्यसलाई सहायता गर्नहुनेछैन।” सेला
PSA 3:3 तर हे याहवेह, तपाईं मेरो चारैतिर ढाल हुनुहुन्छ; तपाईं मेरो गौरव र मेरो शिर उच्‍च पारिदिने हुनुहुन्छ।
PSA 3:4 म ठूलो सोरमा याहवेहलाई पुकार गर्दछु, र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ। सेला
PSA 3:5 म पल्टन्छु र निदाउँछु; म फेरि उठ्छु; किनकि याहवेहले नै मलाई सम्हाल्नुहुन्छ।
PSA 3:6 मेरो विरुद्धमा मेरा वरिपरि घेरा हाल्ने दसौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ।
PSA 3:7 हे याहवेह, उठ्नुहोस्; हे मेरा परमेश्‍वर, मलाई उद्धार गर्नुहोस्! मेरा सबै शत्रुहरूका गालामा चड्काउनुहोस्; दुष्‍टहरूका दाँत भाँचिदिनुहोस्।
PSA 3:8 याहवेहबाट छुटकारा आउँछ, तपाईंको आशिष् तपाईंका प्रजामाथि रहोस्। सेला
PSA 4:1 सङ्गीत निर्देशकको निम्ति तारवाद्यको साथ, दावीदको भजन। हे मेरा धार्मिक परमेश्‍वर, मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्। मेरो सङ्कष्‍टबाट मलाई मुक्त गर्नुहोस्; ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्‍नुहोस्।
PSA 4:2 हे मानिसहरू हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म शर्ममा परिवर्तन गरिरहन्छौ? तिमीहरू कहिलेसम्म व्यर्थका कुराहरू मन पराउँछौ र असत्यको पछि लागिरहन्छौ? सेला
PSA 4:3 याद राख: याहवेहले आफ्नो निम्ति विश्‍वासयोग्य सेवकहरू छुट्ट्याउनुभएको छ; मैले पुकार गर्दा याहवेहले सुन्‍नुहुन्छ।
PSA 4:4 रिसमा पर्दा पाप नगर। जब तिमी ओछ्यानमा पल्टन्छौ, आफ्नो हृदयभित्र मनन गर, र शान्त रहो। सेला
PSA 4:5 धार्मिकताका बलिदानहरू चढाओ, र याहवेहमाथि भरोसा राख।
PSA 4:6 धेरैले सोध्दछन्, “हामीलाई कसले असल कुरा देखाउन सक्ला?” हे याहवेह, तपाईंको मुहारको ज्योति हामीमाथि चम्काउनुहोस्!
PSA 4:7 तपाईंले तिनीहरूका कटनी र नयाँ दाखमद्यको प्रशस्ततामा हुने, आनन्दभन्दा बढी आनन्दले मेरो हृदय भरिदिनुभएको छ।
PSA 4:8 म शान्तिसँग पल्टिनेछु र निदाउनेछु; किनकि हे याहवेह, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।
PSA 5:1 सङ्गीत निर्देशकको निम्ति बाँसुरीसहित गाइने, दावीदको भजन। हे याहवेह, मेरा शब्दहरूमा कान लगाइदिनुहोस्; मेरो सुस्केरामा ध्यान दिनुहोस्।
PSA 5:2 हे मेरा राजा, मेरा परमेश्‍वर, सहायताको निम्ति मेरो पुकार सुनिदिनुहोस्; किनकि तपाईंलाई म प्रार्थना गर्दछु।
PSA 5:3 हे याहवेह, बिहानै तपाईंले मेरो सोर सुन्‍नुहुन्छ; सबेरै तपाईंको अगि मेरो बिन्ती राख्दछु, र आशामा प्रतीक्षा गर्दछु।
PSA 5:4 तपाईं दुष्‍टतासँग प्रसन्‍न हुनुहुने परमेश्‍वर हुनुहुन्‍न; दुष्‍ट मानिसहरू तपाईंसँग बास गर्न सक्दैनन्।
PSA 5:5 घमण्डी मानिसहरू तपाईंको सामु खडा हुन सक्दैनन्। दुष्‍ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्छ।
PSA 5:6 झूटो बोल्नेहरूलाई तपाईंले नष्‍ट पार्नुहुन्छ; रक्तपात गर्ने र छलीहरूलाई तपाईं याहवेहले घृणा गर्नुहुन्छ।
PSA 5:7 तर मचाहिँ तपाईंको अचुक प्रेमद्वारा तपाईंको भवनभित्र आउनेछु; तपाईंको पवित्र मन्दिरतिर म श्रद्धासाथ दण्डवत् गर्नेछु।
PSA 5:8 हे याहवेह, तपाईंको धार्मिकतामा मलाई डोर्‍याउनुहोस्; मेरा शत्रुहरूका कारण, तपाईंको मार्ग मेरो सामु सोझो पारिदिनुहोस्।
PSA 5:9 तिनीहरूका मुखका एउटै शब्दमा पनि सत्यता छैन; तिनीहरूका हृदय विनाशले भरिएको छ। तिनीहरूका घोक्रो खुल्‍ला चिहानजस्तै छ; तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्।
PSA 5:10 हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्; तिनीहरूका आफ्नै जाल पतनको कारण होस्। तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्यागिदिनुहोस्; किनकि तिनीहरूले तपाईंका विरुद्धमा विद्रोह गरेका छन्।
PSA 5:11 तर तपाईंमा शरण लिनेहरूचाहिँ खुशी होऊन्; र तिनीहरू आनन्दले गीत गाऊन्। तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्; र तपाईंको नामलाई प्रेम गर्नेहरू तपाईंमा आनन्दित होऊन्।
PSA 5:12 निश्‍चय नै, हे याहवेह, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ; तपाईंले ढाललेझैँ, तपाईंको कृपादृष्‍टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ।
PSA 6:1 सङ्गीत निर्देशकको निम्ति तारवाला बाजाहरूमा शिमिनिथ, दावीदको भजन। हे याहवेह, मलाई तपाईंको रिसमा नहप्काउनुहोस्; न त तपाईंको क्रोधमा मलाई ताडना नै दिनुहोस्।
PSA 6:2 हे याहवेह, ममाथि कृपा गर्नुहोस्, किनकि म दुर्बल भएको छु; हे याहवेह, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरूमा घोर पीडा छ।
PSA 6:3 मेरो प्राण गहिरो वेदनामा छ; कहिलेसम्म, हे याहवेह, कहिलेसम्म?
PSA 6:4 हे याहवेह, मतिर फर्कनुहोस्, मेरो उद्धार गर्नुहोस्; तपाईंको अचुक प्रेमको कारण मलाई बचाउनुहोस्।
PSA 6:5 मृतकहरू कसैले तपाईंको नामको स्मरण गर्दैनन्, चिहानबाट कसले तपाईंको प्रशंसा गर्छ र?
PSA 6:6 मेरो पीडाले गर्दा म थाकिसकेको छु। रातभरि मेरो आँसुको बाढीले ओछ्यान तैरिन्छ। र मेरो आँसुले सिरानी डुबाउँछ।
PSA 6:7 मेरा आँखाहरू शोकले गर्दा कमजोर भएका छन्; मेरा वैरीहरूका कारणले ती कमजोर भएका छन्।
PSA 6:8 हे सबै दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा जाओ; किनकि याहवेहले मेरो रुवाइ सुन्‍नुभएको छ।
PSA 6:9 याहवेहले दयाको निम्ति मेरो पुकार सुन्‍नुभएको छ; याहवेहले मेरो प्रार्थना ग्रहण गर्नुहुन्छ।
PSA 6:10 मेरा सबै शत्रुहरू ज्यादै लज्जित हुनेछन् र डराउनेछन्; तिनीहरू एकै क्षणमा लज्जित भएर पछि हट्नेछन्।
PSA 7:1 बेन्यामीनी कूशको बारेमा दावीदले याहवेहको सामु गाएको शिग्गायोन। हे याहवेह, मेरो परमेश्‍वर, म तपाईंमा नै शरण पर्दछु; मेरो खेदो गर्नेहरूबाट मलाई बचाउनुहोस् र छुटकारा दिनुहोस्,
PSA 7:2 नत्रता तिनीहरूले मलाई सिंहले झैँ फहराउनेछन्; मेरो उद्धार गर्ने कोही नहुँदा तिनीहरूले मलाई टुक्रा-टुक्रा पार्नेछन्।
PSA 7:3 हे याहवेह, मेरा परमेश्‍वर, यदि मैले यो गरेको छु र यदि मेरा हातबाट केही अधर्म भएको छ भने;
PSA 7:4 यदि मसँग मिल्ने मित्रहरूलाई मैले खराबी गरेको छु भने; वा कारणविना मेरा शत्रुहरूलाई केही लुटेको छु भने;
PSA 7:5 यदि मैले यसो गरेको भए, मेरो शत्रुहरूले मलाई खेदून् र पक्रून्; तिनीहरूले मेरो प्राणलाई धुलोमा कुल्चिऊन्, र मेरो इज्जत धुलोमा पारून्। सेला
PSA 7:6 हे याहवेह, तपाईंको क्रोधमा उठ्नुहोस्; मेरा शत्रुहरूको क्रोधको विरुद्धमा खडा हुनुहोस्, हे मेरा परमेश्‍वर, उठ्नुहोस् र आफ्नो न्याय आदेश गर्नुहोस्।
PSA 7:7 जाति-जातिहरू तपाईंको वरिपरि भेला होऊन्; उच्‍च सिंहासनमा विराजमान भई तिनीहरूमाथि शासन गर्नुहोस्;
PSA 7:8 याहवेहले जाति-जातिहरूको न्याय गरून्। हे याहवेह, सर्वोच्‍च परमेश्‍वर मेरो धार्मिकताअनुसार, र मेरो इमानदारीताअनुसार निर्दोष प्रमाणित गर्नुहोस्।
PSA 7:9 हे धार्मिक परमेश्‍वर, जसले हृदय र मन जाँच्नुहुन्छ, दुष्‍टहरूको उपद्रवको अन्त्य गर्नुहोस्, अनि धर्मीहरूको सुरक्षा गर्नुहोस्।
PSA 7:10 सर्वोच्‍च परमेश्‍वर मेरो ढाल हुनुहुन्छ, जसले सोझो हृदय भएकाहरूलाई बचाउनुहुन्छ।
PSA 7:11 परमेश्‍वर धार्मिक न्यायकर्ता हुनुहुन्छ, यस्तो परमेश्‍वर, जसले प्रतिदिन आफ्नो क्रोध प्रकट गर्नुहुन्छ।
PSA 7:12 यदि मानिसले पश्‍चात्ताप गरेन भने, उहाँले आफ्नो तरवारमा शान लगाउनुहुनेछ; उहाँले आफ्नो धनुमा ताँदो चढाउनुहुनेछ र निसाना लगाउनुहुनेछ।
PSA 7:13 उहाँले आफ्ना प्राणघातक हातहतियार तयार पार्नुभएको छ; उहाँले आफ्ना अग्निकाँडहरू तयार पार्नुभएको छ।
PSA 7:14 जसले अधर्मको गर्भधारण गर्दछ, त्यसले सङ्कष्‍ट बोक्दछ र छललाई जन्म दिन्छ।
PSA 7:15 जसले खनेर खाडल बनाउँछ र अरूलाई गिराउन चाहन्छ, त्यसले खनेको खाडलमा आफैँ जाकिन्छन्।
PSA 7:16 त्यसले रचेका उपद्रवले आफैँलाई नै बेर्नेछ; र त्यसको अत्याचार त्यसकै टाउकोमा खनिन्छ।
PSA 7:17 उहाँका धार्मिकताको कारण म याहवेहलाई धन्यवाद चढाउनेछु र सर्वोच्‍च याहवेहको नामको स्तुति गाउनेछु।
PSA 8:1 सङ्गीत निर्देशकको निम्ति गित्तीथ मा आधारित, दावीदको भजन। हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ! स्वर्गभन्दा उच्‍चमा तपाईंले आफ्नो महिमा स्थापित गर्नुभएको छ।
PSA 8:2 तपाईंले केटाकेटीहरू र शिशुहरूका प्रशंसाबाट, आफ्ना शत्रुहरू र विरोधीहरूलाई चुप गराउनलाई शत्रुहरूका विरुद्ध बलियो किल्‍ला स्थापना गर्नुभएको छ।
PSA 8:3 जब म तपाईंका औँलाहरूद्वारा बनाइएको आकाशलाई, तपाईंले स्थापित गर्नुभएका चन्द्रमा र ताराहरूमाथि विचार गर्छु,
PSA 8:4 मानिस जाति के नै हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ? मनुष्यहरू के नै हुन् र तपाईं तिनीहरूको फ्रिक्री गर्नुहुन्छ?
PSA 8:5 तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभएको छ, र तिनीहरूलाई महिमा र आदरको मुकुट पहिर्‍याइदिनुभएको छ।
PSA 8:6 तपाईंका हातका कार्यहरूमाथि तपाईंले तिनीहरूलाई शासक बनाउनुभएको छ; र तपाईंले सबै थोक तिनीहरूका पैतालामुनि राखिदिनुभएको छ:
PSA 8:7 सबै भेडाबाख्रा र गाईगोरुहरू, र सबै जङ्गली पशुपक्षीहरू,
PSA 8:8 आकाशका चराचुरुङ्गीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौडने सबै जन्तुहरू।
PSA 8:9 हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ!
PSA 9:1 सङ्गीत निर्देशकको निम्ति पुत्रको मृत्युको रागमा आधारित, दावीदको भजन। हे याहवेह, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु; तपाईंका सबै अचम्मका कामहरूको वर्णन म गर्नेछु।
PSA 9:2 म तपाईंमा रमाउनेछु र आनन्द मनाउनेछु; हे सर्वोच्‍च परमेश्‍वर, तपाईंको नाममा म स्तुति गाउनेछु।
PSA 9:3 मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्छन्; तपाईंका सामु तिनीहरूले ठेस खान्छन् र नष्‍ट हुन्छन्।
PSA 9:4 किनकि तपाईंले न्याय गर्नुभयो र मेरो पक्षमा निर्णय गरिदिनुभएको छ, सिंहासनमा विराजमान भई तपाईंले निष्पक्ष न्याय गर्नुभएको छ।
PSA 9:5 तपाईंले जाति-जातिहरूलाई हप्काउनुभएको छ; र दुष्‍टहरूलाई नष्‍ट पार्नुभएको छ; तपाईंले तिनीहरूका नाम सधैँको निम्ति मेटिदिनुभएको छ।
PSA 9:6 मेरा शत्रुहरूमाथि अनन्त विनाश आइपरेको छ, तपाईंले तिनीहरूका सहरहरू ध्वस्त पारिदिनुभएको छ; तिनीहरूको सम्झना नै मेटिएको छ।
PSA 9:7 याहवेहले सदासर्वदाको निम्ति राज्य गर्नुहुन्छ; उहाँले आफ्नो सिंहासन न्यायको निम्ति स्थापित गर्नुभएको छ।
PSA 9:8 उहाँले धार्मिकतामा संसारको न्याय गर्नहुन्छ; उहाँले जाति-जातिहरूमाथि निष्पक्षसाथ न्याय गर्नुहुन्छ।
PSA 9:9 याहवेह थिचोमिचोमा परेकाहरूका निम्ति शरणस्थान हुनुहुन्छ, सङ्कष्‍टको समयमा उहाँ किल्‍ला हुनुहुन्छ।
PSA 9:10 तपाईंका नाम जान्‍नेहरूले तपाईंमा भरोसा राख्दछन्, किनकि, हे याहवेह, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले कहिल्यै त्याग्नुभएको छैन।
PSA 9:11 सियोनमा विराजमान हुनुहुने याहवेहको स्तुति गाओ; जाति-जातिहरूका बीच उहाँका कामहरूको घोषणा गर।
PSA 9:12 किनकि रक्तपातको बदला लिनुहुनेले सम्झना राख्नुहुन्छ; उहाँले सङ्कष्‍टमा परेकाहरूको पुकारलाई बेवास्ता गर्नुहुन्‍न।
PSA 9:13 हे याहवेह, हेर्नुहोस्, कसरी मलाई मेरा शत्रुहरूले खेदो गर्छन्। ममाथि कृपा गर्नुहोस् र मलाई मृत्युको मुखबाट छुटाउनुहोस्;
PSA 9:14 ताकि सियोनकी छोरीका ढोकाहरूमा म तपाईंको प्रशंसाको घोषणा गर्न सकूँ र त्यहाँ तपाईंले गर्नुभएको मुक्तिमा म रमाउन सकूँ।
PSA 9:15 राष्ट्रहरू आफूले खनेका खाडलमा आफैँ जाकिएका छन्; तिनीहरूले लुकाइराखेका जालमा तिनीहरूका आफ्नै पाउ परेका छन्।
PSA 9:16 याहवेह त उहाँको न्यायको कामद्वारा चिनिनुहुन्छ; तिनीहरूका हातका कामद्वारा दुष्‍टहरू जालमा पर्दछन्। हिग्गियोन। सेला
PSA 9:17 दुष्‍टहरूचाहिँ मृत्युको पातालमै फर्केर जानेछन्, सबै राष्ट्रहरू जसले परमेश्‍वरलाई बिर्सन्छन्।
PSA 9:18 तर परमेश्‍वरले अभावमा हुनेहरूलाई कहिल्यै बिर्सनुहुनेछैन; पीडितहरूको आशा कहिल्यै चकनाचुर हुनेछैन।
PSA 9:19 हे याहवेह, तपाईं उठ्नुहोस्, नाशवान् मानिस विजयी हुन नपाओस्; तपाईंको उपस्थितिमा जाति-जातिहरूको न्याय गरियोस्।
PSA 9:20 हे याहवेह, तिनीहरूमाथि त्रास खन्याउनुहोस्; तिनीहरू त नाशवान् मानिस मात्र हुन् भनी राष्ट्रहरूले जानून्। सेला
PSA 10:1 हे याहवेह, किन तपाईं टाढा उभिनुहुन्छ? तपाईं सङ्कष्‍टको समयमा किन आफूलाई लुकाउनुहुन्छ?
PSA 10:2 दुष्‍टहरूले आफ्ना अहङ्कारमा कमजोरहरूलाई अत्याचार गर्छन्। तिनीहरूले रचेका योजनामा उनीहरू फस्छन्।
PSA 10:3 तिनीहरूले आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्छन्; लोभीहरूलाई आशीर्वाद दिन्छन्, र याहवेहलाई निन्दा गर्छन्।
PSA 10:4 दुष्‍टहरूले आफ्नो घमण्डमा परमेश्‍वरको खोजी गर्दैनन्; तिनीहरूका सारा विचारहरूमा परमेश्‍वरको लागि कुनै स्थान हुँदैन।
PSA 10:5 दुष्‍टहरूका योजनाहरू सधैँ सफल हुन्छन्; तपाईंका विधिहरू तिनीहरूले इन्कार गर्छन्; तिनीहरूले आफ्ना सबै शत्रुहरूको उपहास गर्दछन्।
PSA 10:6 तिनीहरूले आफ्नो मनमा भन्छन्, “हामीलाई कुनै पनि कुराले हल्‍लाउन सक्नेछैन।” तिनीहरूले अडान लिन्छन्, “हाम्रो कुनै पनि पुस्तामा विपत्ति आइपर्नेछैन।”
PSA 10:7 तिनीहरूका मुख श्राप, छल र हप्कीले भरिएका हुन्छन्; तिनीहरूका जिब्रोमा दुष्‍टता र गलत कुरा हुन्छन्।
PSA 10:8 तिनीहरू गाउँहरूकै छेउमा ढुकिबस्छन्; पर्खेर निर्दोषहरूको हत्या गर्दछन्। तिनीहरूका आँखा असहायहरूलाई गुप्‍त स्थानहरूमा खोजिरहन्छ।
PSA 10:9 तिनीहरू सिंहझैँ झाडीमा ढुकेर बस्छन्; असहायहरूलाई पक्रनलाई ढुकेर बस्छन्; असहायहरूलाई पक्रन्छन् र आफ्नो पासोमा पारेर घिसार्दै लैजान्छन्।
PSA 10:10 तिनीहरूका शिकारहरू चकनाचुर पारिन्छन्, ती निर्बल भई ढल्छन्, दुष्‍टहरूका शक्तिमुनि उनीहरू लडिहाल्छन्।
PSA 10:11 तिनीहरूले आफ्नो मनमा भन्दछन्, “हामीले गरेका कुराहरू परमेश्‍वरले बिर्सनुभएको छ; उहाँले आफ्नो मुहार ढाक्नुभएको छ, र उहाँले कहिल्यै देख्नुहुन्‍न।”
PSA 10:12 हे याहवेह, उठ्नुहोस्, हे परमेश्‍वर, तपाईंको हात उठाउनुहोस्। असहायहरूलाई नबिर्सनुहोस्।
PSA 10:13 किन दुष्‍टहरूले परमेश्‍वरको विरोध गर्छन्? तिनीहरूले किन आफ्नो मनमा यसो भन्छन्, “उहाँले हाम्रो लेखा लिनुहुनेछैन?”
PSA 10:14 तर हे परमेश्‍वर, तपाईं दुःखीहरूका सङ्कष्‍ट देख्नुहुन्छ; तपाईंले तिनीहरूका दुःख देख्नुहुन्छ र आफ्नो हातमा लिनुहुन्छ। दुःखीहरूले आफूलाई तपाईंमा सुम्पन्छन्; तपाईं नै अनाथहरूका सहायक हुनुहुन्छ।
PSA 10:15 दुष्‍ट तथा कुकर्मीहरूका पाखुरा भाँचिदिनुहोस्; दुष्‍ट काम गर्नेहरूबाट लेखा लिनलाई बोलाउनुहोस्, ताकि तिनीहरूमा फेरि दुष्‍टता नभेट्टाइयोस्।
PSA 10:16 याहवेह सदासर्वदाको निम्ति राजा हुनुहुन्छ; उहाँको देशबाट जाति-जातिहरू नष्‍ट हुनेछन्।
PSA 10:17 हे याहवेह, तपाईंले कष्‍टमा परेकाहरूको इच्छा बुझ्नुहुन्छ; तपाईं तिनीहरूका पुकार सुन्‍नुहुन्छ र तिनीहरूलाई उत्साह दिनुहुन्छ।
PSA 10:18 तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको पक्षमा न्याय गर्नुहुन्छ, ताकि मरणशील मानिसले फेरि कसैमाथि आतङ्क नमच्‍चाओस्।
PSA 11:1 सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। याहवेहमा म शरण लिन्छु, तिमीहरू कसरी मलाई यसो भन्‍न सक्छौ: “चराझैँ तिम्रो डाँडामा उडिजाऊ,
PSA 11:2 किनकि हेर, दुष्‍टहरूले आफ्नो धनुमा ताँदो चढाउँछन्; अँध्यारोबाट काँड ताकेर सोझो हृदय भएकाहरूलाई हान्‍नका निम्ति तिनीहरूले आफ्नो काँड ताँदोमा चढाएका छन्।
PSA 11:3 जब जगहरू नै नष्‍ट पारिन्छन् भने, धर्मी जनहरूले के गर्न सक्छन् र?”
PSA 11:4 याहवेह आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ; याहवेह आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। उहाँले पृथ्वीका सबै मानिसहरूलाई नियालेर हेर्नुहुन्छ; उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ।
PSA 11:5 याहवेहले धर्मीहरूलाई जाँच गर्नुहुन्छ; तर दुष्‍टहरू, जसले हिंसा रुचाउँछन्, उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ।
PSA 11:6 दुष्‍टहरूमाथि उहाँले प्रचण्ड आगो र बल्दो गन्धक बर्साउनुहुनेछ; र पोल्ने हावा तिनीहरूको भाग हुनेछ।
PSA 11:7 किनकि याहवेह धर्मी हुनुहुन्छ, उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ; धर्मी मानिसहरूले उहाँको मुहारको दर्शन गर्नेछन्।
PSA 12:1 सङ्गीत निर्देशकको निम्ति शिमिनिथ। दावीदको भजन। हे याहवेह, सहायता गर्नुहोस्; किनकि भक्तजन एकै जना पनि रहेनन्; विश्‍वासयोग्यहरू मानिसहरूका बीचबाट मासिसकेका छन्।
PSA 12:2 हरेकले आफ्ना छिमेकीसँग झूटो बोल्छन्; तिनीहरूका ओठले चापलुसी गर्छन्; तर तिनीहरूका हृदयमा धोकाका कुरा राख्छन्।
PSA 12:3 सबै चापलुसी गर्ने ओठहरूलाई र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई याहवेहले काटी फालिदेऊन्—
PSA 12:4 तिनीहरू जसले भन्छन्, “हाम्रा जिब्राहरूले नै हामी जित्नेछौँ; हाम्रा ओठहरूले नै हामीलाई बचाउँछन्; हामीमाथि शासन गर्ने शासक को छ र?”
PSA 12:5 याहवेह भन्‍नुहुन्छ, “दुर्बलहरूमाथि भएको अत्याचार र खाँचोमा हुनेहरूको सुस्केराको कारणले म अब उठ्नेछु, म तिनीहरूलाई तिनीहरूको बदनाम गर्नेहरूबाट सुरक्षा गर्नेछु।”
PSA 12:6 याहवेहका वचनहरू खोटरहित छन्, ती भट्टीमा सातपल्ट खारेर शुद्ध पारिएका चाँदीजस्तै छन्।
PSA 12:7 हे याहवेह, तपाईंले खाँचोमा परेकाहरूलाई रक्षा गर्नुहुनेछ, र दुष्‍टहरूबाट हामीलाई सधैँ सुरक्षित राख्नुहुनेछ,
PSA 12:8 जब मानिसहरूका बीचमा दुष्‍टताको सम्मान हुन्छ; दुष्‍टहरू गमक्‍क भई खुल्‍ला रूपमा डुलिहिँड्छन्।
PSA 13:1 सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। हे याहवेह, कहिलेसम्म? के सधैँभरिको लागि तपाईंले बिर्सनुहुन्छ? तपाईंले आफ्नो मुहार मसँग कहिलेसम्म लुकाउनुहुन्छ?
PSA 13:2 कहिलेसम्म मैले आफ्नो चिन्ता बोक्ने, र दिनहुँ मेरो हृदयमा शोक बोकिराख्ने? मेरा शत्रुहरू कहिलेसम्म ममाथि विजयी भइरहने?
PSA 13:3 हे याहवेह, मेरा परमेश्‍वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस्; मेरा आँखालाई ज्योति दिनुहोस्, नत्रता म मृत्युको निद्रामा पर्नेछु।
PSA 13:4 नत्रता मेरो वैरीहरूले भन्‍नेछ, “मैले त्यसमाथि विजय पाएको छु,” र जब म डगमगाउँछु, मेरा वैरीहरू रमाउनेछन्।
PSA 13:5 तर मैले तपाईंको अचुक प्रेममा भरोसा राखेको छु; मेरो हृदय तपाईंको मुक्तिमा रमाउँछ।
PSA 13:6 म याहवेहको स्तुति गाउनेछु; किनकि उहाँ मप्रति भलो हुनुहुन्छ।
PSA 14:1 सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। मूर्खले आफ्नो मनमा भन्छ, “परमेश्‍वर छँदैछैन।” तिनीहरू भ्रष्‍ट छन्, तिनीहरूले नीच काम गर्दछन्; असल काम गर्ने कोही पनि छैन।
PSA 14:2 याहवेहले स्वर्गबाट सबै मानिस जातिलाई हेर्नुहुन्छ, यो जान्‍नलाई कि कोही त समझदार होला, जसले परमेश्‍वरको खोजी गर्दछ।
PSA 14:3 तिनीहरू सबै भड्किगएका छन्, सबै जना भ्रष्‍ट भएका छन्; असल गर्ने कोही छैन; एक जना पनि छैन।
PSA 14:4 के यी सबै दुष्‍ट काम गर्नेहरूले केही पनि जान्दैनन्? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्; तिनीहरूले याहवेहलाई कहिल्यै पुकार्दैनन्।
PSA 14:5 तर त्यहाँ तिनीहरू डरले काम्छन्; किनकि धर्मीहरूको समूहमा परमेश्‍वर उपस्थित हुनुहुन्छ।
PSA 14:6 तिमी दुष्‍ट काम गर्नेहरूले गरिबका योजनाहरूलाई विफल पार्छौ; तर याहवेह नै तिनीहरूका शरणस्थान हुनुहुन्छ।
PSA 14:7 अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो! जब याहवेहले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ, तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।
PSA 15:1 दावीदको भजन। हे याहवेह, तपाईंको पवित्र वासस्थानमा कसले बास गर्न पाउनेछ? तपाईंको पवित्र पर्वतमा कसले बस्‍न पाउनेछ?
PSA 15:2 त्यो मानिस, जसको जीवन निर्दोष छ; जसले धर्मी काम गर्छ, जसले आफ्नो हृदयबाट सत्य बोल्छ,
PSA 15:3 जसको जिब्रोले अरूको निन्दा गर्दैन, जसले आफ्नो छिमेकीको खराबी गर्दैन, र मित्रहरूको अपमान गर्दैन;
PSA 15:4 जसले दुष्‍ट मानिसलाई घृणा गर्दछ, तर याहवेहको भय मान्‍नेहरूलाई आदर गर्दछ; जसले आफ्नो हानि हुँदा पनि आफूले शपथ खाएको कुरा बदल्दैन, र जसले आफ्नो मन बदल्दैन;
PSA 15:5 जसले आफ्नो रकम खाँचोमा परेकालाई ब्याजमा लाउँदैन; र जसले निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्ता जीवन जिउनेहरू कहिल्यै पनि डगमगाउनेछैन।
PSA 16:1 दावीदको मिक्ताम। हे मेरा परमेश्‍वर, मलाई रक्षा गर्नुहोस्; किनकि मैले तपाईंमा शरण लिएको छु।
PSA 16:2 मैले याहवेहलाई भने, “तपाईं मेरा प्रभु हुनुहुन्छ; तपाईंबाहेक मसँग अरू कुनै असल कुरो छैन।”
PSA 16:3 पृथ्वीमा भएका भक्तजनहरू चाहिँ, “तिनीहरू नै आदर्श छन्; र तिनीहरूमा नै मेरो पूरा आनन्द छ।”
PSA 16:4 अरू देवताहरूको पछि लाग्नेहरूको दुःख बढ्दैजानेछ। म ती देवताहरूलाई रक्तबलि चढाउनेछैनँ। न त तिनीहरूका नाम मेरो ओठले उच्‍चारण गर्नेछ।
PSA 16:5 हे याहवेह, तपाईं नै मेरो हिस्सा र कचौरा हुनुहुन्छ; तपाईंले नै मेरो भाग सुरक्षित राखिदिनुभएको छ।
PSA 16:6 सिमानाका रेखाहरू मेरो मनपर्ने ठाउँमा परेका छन्; साँच्‍चै नै मलाई मनपर्ने पैतृक सम्पत्ति पाएको छु।
PSA 16:7 यसैकारण म याहवेहको प्रशंसा गर्दछु, जसले मलाई परामर्श दिनुहुन्छ; रातमा पनि मेरो हृदयले मलाई निर्देशन दिन्छ।
PSA 16:8 म मेरो आँखा सधैँ याहवेहमा राख्दछु, उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ।
PSA 16:9 यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीरले पनि सुरक्षितसाथ विश्राम गर्नेछ।
PSA 16:10 किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन; न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।
PSA 16:11 जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्तको आनन्द छ।
PSA 17:1 दावीदको प्रार्थना। हे याहवेह मेरो पुकारलाई सुन्‍नुहोस्, मेरो पुकार उचित छ; निष्कपट ओठहरूबाट निस्केका मेरो प्रार्थनामा कान लगाउनुहोस्।
PSA 17:2 मेरो निर्दोषता तपाईंबाट ठहरिएको होस्; तपाईंका आँखाहरूले जे सही छ, त्यही देखून्।
PSA 17:3 यदि तपाईंले मेरो हृदय जाँच्नुभयो भने, राति आएर मलाई जाँच गर्नुभए तापनि तपाईंले मभित्र केही पनि दुष्‍ट योजना भेट्टाउनुहुनेछैन; मैले संकल्प गरेको छु, मेरो ओठले पाप गर्नेछैन।
PSA 17:4 यद्यपि मानिसहरूले मलाई घूस दिन खोज्छन्; तपाईंको मुखबाट निस्केका आज्ञाद्वारा मैले आफूलाई हिंसाको मार्गबाट जोगाइराखेको छु।
PSA 17:5 मेरा पाइलाहरू तपाईंका मार्गमा चलेका छन्; मेरा पाउहरू चिप्लेका छैनन्।
PSA 17:6 हे परमेश्‍वर, म तपाईंलाई पुकार्छु; किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ; तपाईंको कान मतिर लगाउनुहोस्, र मेरो बिन्ती सुन्‍नुहोस्।
PSA 17:7 तपाईंको अचुक प्रेमको अद्‌भुत कार्यहरू देखाउनुहोस्; तपाईंमा शरण लिनेहरूलाई तिनीहरूका वैरीहरूबाट तपाईं आफ्नो दाहिने बाहुलीले बचाउनुहुन्छ।
PSA 17:8 मलाई तपाईंको आँखाको नानीलाई झैँ रक्षा गर्नुहोस्; तपाईंको पखेटाको छायामा मलाई लुकाउनुहोस्,
PSA 17:9 मलाई नष्‍ट पार्न आइलाग्ने दुष्‍टहरूबाट, मलाई घेरेर मार्न चाहने घातक शत्रुहरूबाट बचाउनुहोस्।
PSA 17:10 तिनीहरूले आफ्ना निर्दयी हृदय बन्द गरेका छन्, र तिनीहरूका मुखले घमण्डका कुरा गर्दछन्।
PSA 17:11 मलाई तिनीहरूले खोजी-खोजी निकालेर चारैतिर घेरेका छन्; मलाई जमिनमा पछार्नलाई तिनीहरू दाउ हेर्दछन्।
PSA 17:12 तिनीहरू शिकारको निम्ति भोकाएको सिंहझैँ छन्, तिनीहरू एउटा डरलाग्दो सिंहझैँ झाडीमा ढुकिबस्छन्।
PSA 17:13 हे याहवेह, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्; तिनीहरूलाई पराजित गरिदिनुहोस्; आफ्नो तरवारले मलाई दुष्‍टहरूबाट बचाउनुहोस्।
PSA 17:14 हे याहवेह, जसको पुरस्कार यस संसारको जीवनकालमा सीमित छ, संसारका यस्ता मानिसहरूबाट तपाईंको बाहुलीले मलाई बचाउनुहोस्। तपाईंले साँचेर राख्नुभएका थोकहरूले दुष्‍टहरूको पेट भरिएको होस्; तिनीहरूका छोराछोरीहरूले प्रशस्त खानेकुरा हसुरून्, र तिनीहरूका आफ्ना भावी छोराछोरीहरूका लागि पनि प्रशस्त रहोस्।
PSA 17:15 तर मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु; जब म बिउँझन्छु, तब तपाईंको मुहारको दर्शन गरेर म सन्तुष्‍ट हुनेछु।
PSA 18:1 सङ्गीत निर्देशकको निम्ति, याहवेहका सेवक दावीदले लेखेको भजन; शत्रुहरू र शाऊलका हातबाट याहवेहले बचाउनुहुँदा दावीदले याहवेहको निम्ति गाएको भजन। हे याहवेह, मेरा शक्ति, म तपाईंलाई प्रेम गर्दछु।
PSA 18:2 याहवेह मेरो चट्टान, मेरो किल्‍ला र मेरा उद्धारकर्ता हुनुहुन्छ; मेरो परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु, उहाँ मेरो ढाल, मेरो मुक्तिको सिङ र मेरो उच्‍च गढ हुनुहुन्छ।
PSA 18:3 म याहवेहलाई पुकार्दछु, जो प्रशंसाको योग्य हुनुहुन्छ, र म मेरा शत्रुहरूबाट बचाइन्छु।
PSA 18:4 मृत्युका पासोहरूले मलाई घेरे; विनाशको बाढीले मलाई भयभीत बनाए;
PSA 18:5 चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले; मैले मृत्युको पासोको सामना गर्नुपर्‍यो।
PSA 18:6 मेरो सङ्कष्‍टमा मैले याहवेहलाई पुकारेँ; सहायताको निम्ति मैले मेरा परमेश्‍वरलाई पुकारेँ। उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्‍नुभयो; मेरो पुकार उहाँको सामु पुग्यो। हो, उहाँको कानमै पुग्यो।
PSA 18:7 पृथ्वी काम्यो, र हल्‍लियो; र पहाडका जगहरू हल्‍लिए; तिनीहरू थरथर कामे, किनकि उहाँ रिसाउनुभएको थियो।
PSA 18:8 उहाँको नाकका प्वालबाट धुवाँ निस्क्यो; उहाँको मुखबाट भस्मकारी आगो निस्क्यो; त्यहाँबाट बल्दैगरेका कोइलाहरू निस्के।
PSA 18:9 उहाँ स्वर्ग उघारेर पृथ्वीमा ओर्लनुभयो; अँध्यारो बादल उहाँको पाउमुनि थियो।
PSA 18:10 करूबहरूमा सवार भएर उहाँ उड्नुभयो; बतासका पखेटाहरूमाथि चढेर उहाँ माथि उड्नुभयो।
PSA 18:11 उहाँले अन्धकारलाई आफ्नो ओढ्ने, मण्डप तुल्याउनुभयो; हो, आकाशको कालो झरीको बादललाई उहाँले ओढ्ने, मण्डप तुल्याउनुभयो।
PSA 18:12 उहाँको उपस्थितिको ज्योतिबाट, असिना र बिजुलीका गर्जन लिई बाक्लो बादल अगि बढ्यो।
PSA 18:13 याहवेह स्वर्गबाट गर्जनुभयो; असिना र बिजुलीका साथ सर्वोच्‍चको सोर गुञ्जायमान भयो।
PSA 18:14 उहाँले आफ्ना काँडहरू हानेर शत्रुहरूलाई तितरबितर पारिदिनुभयो; उहाँले तिनीहरूलाई चट्याङद्वारा अस्तव्यस्त पार्नुभयो।
PSA 18:15 हे याहवेह, तपाईंको हप्काइले र तपाईंका नाकका प्वालबाट निस्केका सासले समुद्रका तहहरू देखा परे, र पृथ्वीका जगहरू प्रकट भए।
PSA 18:16 उहाँले माथि उच्‍चबाट हात पसारेर मलाई समातेर थाम्नुभयो; उहाँले मलाई गहिरो सागरबाट तानेर निकाल्नुभयो।
PSA 18:17 उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा वैरीहरूबाट, जो मभन्दा धेरै बलिया थिए।
PSA 18:18 मेरा विपत्तिका दिनमा तिनीहरू ममाथि आइलागे, तर याहवेह मेरा सहारा हुनुभयो।
PSA 18:19 उहाँले मलाई एउटा फराकिलो ठाउँमा निकालेर ल्याउनुभयो; उहाँले मलाई छुटाउनुभयो; किनकि उहाँ मसँग प्रसन्‍न हुनुहुन्थ्यो।
PSA 18:20 याहवेहले मेरो धार्मिकताअनुसार मसँग व्यवहार गर्नुभएको छ; मेरा हातका शुद्धताअनुसार उहाँले मलाई प्रतिफल दिनुभएको छ।
PSA 18:21 किनकि म याहवेहको मार्गमा चलेको छु; मेरा परमेश्‍वरबाट तर्केर मैले दुष्‍टता गरेको छैनँ।
PSA 18:22 उहाँका सारा नियमहरू मेरा अगि छन्; उहाँका उर्दीहरूबाट म तर्केर हिँडेको छैनँ।
PSA 18:23 म उहाँको अगि निर्दोष रहेको छु; र मैले आफूलाई पापबाट जोगाइराखेको छु।
PSA 18:24 याहवेहले मेरो धार्मिकताअनुसार, उहाँको दृष्‍टिमा मेरा हातका शुद्धताअनुसार मलाई प्रतिफल दिनुभएको छ।
PSA 18:25 विश्‍वासयोग्यसँग तपाईं आफूलाई विश्‍वासयोग्य रूपमा देखाउनुहुन्छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष रूपमा प्रकट गर्नुहुन्छ;
PSA 18:26 शुद्धसँग तपाईं आफूलाई शुद्ध रूपमा प्रकट गर्नुहुन्छ, तर छलीसँग तपाईं आफूलाई चतुर प्रकट गराउनुहुन्छ।
PSA 18:27 तपाईं नम्रहरूलाई बचाउनुहुन्छ, तर जसका आँखामा अहङ्कार छ, तिनीहरूलाई होच्याउनुहुन्छ।
PSA 18:28 हे याहवेह, तपाईंले मेरो दियो बलि रहन दिनुहुन्छ; मेरा परमेश्‍वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ।
PSA 18:29 तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु; मेरा परमेश्‍वरसँग म अग्लो पर्खाल नाघ्न सक्छु।
PSA 18:30 परमेश्‍वरको बारेमा भन्‍नुपर्दा, उहाँका मार्ग सिद्ध छ: याहवेहको वचन दोषरहित छ; उहाँमा शरण लिनेहरू सबैको उहाँ ढाल हुनुहुन्छ।
PSA 18:31 किनकि याहवेहबाहेक अर्को परमेश्‍वर को छ र? हाम्रा परमेश्‍वरबाहेक अर्को चट्टान को छ र?
PSA 18:32 उनै परमेश्‍वरले मलाई युद्धको लागि तयार पार्नुहुन्छ, र मेरा मार्गलाई सुरक्षित तुल्याउनुहुन्छ।
PSA 18:33 उहाँले मेरा पाउहरू मृगको झैँ बनाउनुहुन्छ; उहाँले मलाई उच्‍च स्थानमा खडा रहन सक्षम बनाउनुहुन्छ।
PSA 18:34 उहाँले मेरा हातहरूलाई लडाइँको निम्ति तालिम दिनुहुन्छ; मेरा पाखुराले काँसोको धनु तानेर झुकाउन सक्छन्।
PSA 18:35 तपाईंले मलाई आफ्नो सुरक्षाको ढाल दिनुभएको छ, र तपाईंको दाहिने बाहुलीले मलाई सहारा दिएको छ; तपाईंको सहायताले मलाई महान् बनाएको छ।
PSA 18:36 तपाईंले मेरा पाइलाहरूका निम्ति बाटो फराकिलो बनाउनुहुन्छ, ताकि मेरा गोडा नचिप्लून्।
PSA 18:37 मेरा शत्रुहरूलाई मैले खेदेर भेट्टाएँ; तिनीहरूको विनाश नहोउन्जेल म फर्केर आइनँ।
PSA 18:38 मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्; तिनीहरू मेरा पाउमुनि लडे।
PSA 18:39 तपाईंले मलाई लडाइँको निम्ति तयार पार्नुभएको छ; तपाईंले मेरा शत्रुहरूलाई मेरा पाउमा निहुरन लगाउनुभएको छ।
PSA 18:40 तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न लगाउनुभएको छ, र मैले मेरा वैरीहरूलाई विनाश पारेँ।
PSA 18:41 तिनीहरूले सहायताको लागि पुकार गरे, तर तिनीहरूलाई बचाउने कोही पनि भएन तिनीहरूले याहवेहलाई पनि पुकारे, तर उहाँले पनि तिनीहरूलाई जवाफ दिनुभएन।
PSA 18:42 मैले तिनीहरूलाई बतासले उडाइलैजाने धुलोझैँ धुलोपिठो पारेँ; मैले तिनीहरूलाई बाटोको हिलोझैँ कुल्चिएँ।
PSA 18:43 तपाईंले मलाई मानिसहरूका आक्रमणबाट छुटाउनुभयो; तपाईंले मलाई राष्ट्रहरूका शासक बनाउनुभयो; मैले नचिनेका मानिसहरू मेरो अधीनमा आएका छन्।
PSA 18:44 विदेशीहरू मेरा अगि झुक्दछन्; मेरो सोर सुन्‍नसाथ तिनीहरू मेरा आज्ञापालन गर्दछन्।
PSA 18:45 तिनीहरूको सारा साहस हराउँछन्; तिनीहरूका किल्‍लाहरूबाट तिनीहरू डरले काम्दै निस्कन्छन्।
PSA 18:46 याहवेह जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति होस्! परमेश्‍वर, मेरा मुक्तिदाता, उच्‍च होऊन्!
PSA 18:47 उहाँ मेरो परमेश्‍वर हुनुहुन्छ, जसले मेरो निम्ति बदला लिनुहुन्छ, जसले राष्ट्रहरूलाई मेरो वशमा पारिदिनुहुन्छ,
PSA 18:48 जसले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ। तपाईंले मलाई मेरा वैरीहरूभन्दा माथि उच्‍च पार्नुभएको छ; हिंसक मानिसहरूबाट मलाई उद्धार गर्नुभएको छ।
PSA 18:49 यसैकारण हे याहवेह, राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसाको गीत गाउनेछु।
PSA 18:50 उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ; र उहाँका अभिषिक्त जनलाई आफ्नो अचुक प्रेम देखाउनुहुन्छ, दावीद र तिनका वंशहरूलाई सदासर्वदा।
PSA 19:1 सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्दछ; अन्तरिक्ष मण्डलले उहाँका हातका कामहरू प्रकट गर्दछन्।
PSA 19:2 हरेक दिनले अर्को दिनसँग परमेश्‍वरको महिमाको चर्चा गर्दछ; हरेक रातले अर्को रातलाई उहाँका ज्ञानको प्रदर्शन गर्दछ।
PSA 19:3 तिनीहरू बोल्दैनन्, न त तिनीहरूको बोल्ने शब्दहरू नै छन्; तिनीहरूबाट कुनै सोर सुनिँदैन।
PSA 19:4 तरै पनि तिनीहरूका सोर सारा पृथ्वीभरि पुग्दछ; तिनीहरूका आवाज संसारको अन्त्यसम्म पुगेका छन्। परमेश्‍वरले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ।
PSA 19:5 जुनचाहिँ विवाह-मण्डपबाट निस्केको दुलहाझैँ छ, दौडमा दौडिने धावकको विजयमा झैँ रमाउँछ।
PSA 19:6 त्यो आकाशको एक कुनाबाट उदाउँछ, र अर्को कुनासम्म चक्‍कर लगाउँछ; त्यसको तापबाट कुनै कुरो लुकिरहन सक्दैन।
PSA 19:7 याहवेहका व्यवस्थाहरू सिद्ध छन्, प्राणलाई ताजा गराउने, याहवेहका कानुनहरू विश्‍वासयोग्य छन्; सोझा व्यक्तिलाई बुद्धिमान् तुल्याउने।
PSA 19:8 याहवेहका नियमहरू ठिक छन्, हृदयलाई आनन्दित गराउने, याहवेहका आज्ञाहरू उज्ज्वल छन्, आँखालाई ज्योति दिने।
PSA 19:9 याहवेहको भय स्वच्छ छ, अनन्तकाल सम्मै स्थिर रहिरहने; याहवेहका उर्दीहरू अटल छन्, ती सबै धार्मिक सत्य छन्।
PSA 19:10 ती सुनभन्दा पनि ज्यादै बहुमूल्य, निखुर सुनभन्दा, अझ ज्यादा बहुमूल्य छन्; ती महभन्दा मिठा, चाकाबाट झर्दै गरेको महभन्दा मिठा छन्।
PSA 19:11 तीद्वारा तपाईंका सेवकले चेतावनी पाउँछ; ती पालन गर्दा ठूलो प्रतिफल मिल्छ।
PSA 19:12 तर कसले आफ्ना भूलहरू छुट्ट्याउन सक्छन्? मेरा गुप्‍त दोषहरू क्षमा गरिदिनुहोस्!
PSA 19:13 आफ्नै स्वइच्छाले गरेका पापहरूबाट तपाईंले आफ्नो सेवकलाई जोगाउनुहोस्; ममाथि ती प्रभुत्व हुन नपाओस्; अनि म दोषरहित र घोर अपराधहरूबाट निर्दोष हुनेछु।
PSA 19:14 हे याहवेह, मेरा चट्टान र मेरा उद्धारक! मेरा मुखका वचनहरू र मेरा हृदयका ध्यान तपाईंका दृष्‍टिमा ग्रहणयोग्य हुन सकून्।
PSA 20:1 सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। याहवेहले तपाईंको सङ्कष्‍टको दिनमा तपाईंलाई उत्तर देऊन्; याकोबका परमेश्‍वरका नामले तपाईंलाई सुरक्षा गरून्।
PSA 20:2 उहाँको वासस्थानबाट तपाईंलाई मदत पठाऊन्, र सियोनबाट तपाईंलाई सहारा देऊन्।
PSA 20:3 उहाँले तपाईंका सारा बलिदानहरू स्मरण गरून्, र तपाईंका होमबलिहरू ग्रहण गरून्। सेला
PSA 20:4 उहाँले तपाईंको मनको इच्छा पूरा गरून्, र तपाईंका सबै योजनाहरू सफल गरून्।
PSA 20:5 तपाईंको विजयमा हामी आनन्दले कराउनेछौँ, र हाम्रा परमेश्‍वरका नाममा हामी आफ्ना झण्डाहरू उच्‍च पार्नेछौँ। याहवेहले तपाईंका सबै बिन्ती पूरा गरिदेऊन्।
PSA 20:6 अब मलाई थाहा भयो: याहवेहले आफ्ना अभिषिक्त जनलाई विजय दिनुहुन्छ। उहाँले आफ्नो दाहिने बाहुलीको उद्धारको शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट अभिषिक्त जनलाई जवाफ दिनुहुन्छ।
PSA 20:7 कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्दछन्, तर हामीचाहिँ याहवेह हाम्रा परमेश्‍वरको नाममा भरोसा गर्दछौँ।
PSA 20:8 तिनीहरू निहुरेर भुइँमा घुँडा टेक्नेछन्, तर हामीहरूचाहिँ खडा हुनेछौँ र सीधा उभिनेछौँ।
PSA 20:9 हे याहवेह, राजालाई विजय गराउनुहोस्! हामीले पुकार गर्दा हामीलाई जवाफ दिनुहोस्!
PSA 21:1 सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। हे याहवेह, तपाईंको सामर्थ्यमा राजा रमाउँछन्, तपाईंले दिनुभएको विजयमा उहाँ अति धेरै आनन्दित छन्।
PSA 21:2 तपाईंले उनको हृदयका इच्छा पूरा गर्नुभएको छ, र उनको ओठको बिन्ती इन्कार गर्नुभएको छैन। सेला
PSA 21:3 तपाईंले उनलाई उत्तम आशिष् लिएर स्वागत गर्नुभयो। तपाईंले उनको शिरमा निखुर सुनको मुकुट पहिर्‍याइदिनुभयो।
PSA 21:4 उनले तपाईंबाट जीवन मागे, र तपाईंले उनलाई दिनुभयो अर्थात्, उनलाई सदाकालको निम्ति लामो आयु दिनुभएको छ।
PSA 21:5 तपाईंले दिनुभएका विजयहरूद्वारा उनको आदर र महिमा बढेको छ; तपाईंले उनलाई वैभव र ऐश्‍वर्य प्रदान गरिदिनुभएको छ।
PSA 21:6 निश्‍चय नै तपाईंले उनलाई अनन्त आशिष् प्रदान गर्नुभएको छ; र तपाईंको उपस्थितिको आनन्दले उनलाई हर्षित तुल्याउनुभएको छ;
PSA 21:7 किनकि राजाले याहवेहमा भरोसा राख्दछन्; सर्वोच्‍च परमेश्‍वरको अचुक प्रेमको कारण उनी अटल रहनेछन्।
PSA 21:8 तपाईंका बाहुलीले आफ्ना सारा शत्रुहरूलाई हराउनुहुन्छ; तपाईंको दाहिने बाहुलीले आफ्ना वैरीहरूलाई पक्रनुहुन्छ।
PSA 21:9 जब तपाईं प्रकट हुनुहुनेछ, तपाईंले शत्रुहरूलाई दन्किरहेको आगोको भट्टीमाझैँ जलाउनुहुनेछ। याहवेहले आफ्नो क्रोधमा तिनीहरूलाई निल्नुहुनेछ, र उहाँको आगोले तिनीहरूलाई भस्म पारिदिनेछ।
PSA 21:10 तपाईंले तिनीहरूका सन्ततिलाई पृथ्वीबाट र मानव-जातिको बीचबाट तिनीहरूका वंशलाई नष्‍ट पार्नुहुनेछ।
PSA 21:11 तिनीहरूले तपाईंको विरुद्धमा दुष्‍ट युक्ति रचे, र दुष्‍ट योजना तयार गरे तापनि तिनीहरू सफल हुनेछैनन्।
PSA 21:12 किनकि जब तपाईं आफ्नो धनुषले तिनीहरूमाथि निशाना ताक्नुहुन्छ, तपाईंले तिनीहरूलाई पिठिउँ फर्काएर भाग्न बाध्य बनाउनुहुनेछ।
PSA 21:13 हे याहवेह, आफ्नो शक्तिमा उच्‍च हुनुहोस्; हामी तपाईंको सामर्थ्यको बारेमा गाउने र प्रशंसा गर्नेछौँ।
PSA 22:1 सङ्गीत निर्देशकको निम्ति “प्रभातको हरिणी” को रागमा आधारित, दावीदको भजन। हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभएको छ? मलाई बचाउनको लागि तपाईं किन धेरै टाढा हुनुहुन्छ? मेरा गुहारका शब्दहरूबाट तपाईं किन यति धेरै टाढा हुनुहुन्छ?
PSA 22:2 हे मेरा परमेश्‍वर, म दिनमा पुकार्छु, तर तपाईंले जवाफ दिनुहुन्‍न; रातमा पनि मलाई विश्राम छैन।
PSA 22:3 तरै पनि तपाईं पवित्र परमेश्‍वर, सिंहासनमा विराजमान हुनुहुन्छ; इस्राएलले प्रशंसा गर्ने तपाईं मात्र हुनुहुन्छ।
PSA 22:4 हाम्रा पितापुर्खाले तपाईंमा नै भरोसा राखेका थिए; तिनीहरूले भरोसा राखे, र तपाईंले तिनीहरूलाई छुटकारा गर्नुभयो।
PSA 22:5 तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले बचाउनुभयो; तिनीहरूले तपाईंमाथि भरोसा गरे, र शर्ममा परेनन्।
PSA 22:6 तर म त मानिस होइनँ, एउटा किरा मात्र हुँ; सबैबाट गिल्‍ला गरिएको र मानिसहरूद्वारा अपमानित गरिएको।
PSA 22:7 मलाई देख्नेहरू सबैले मेरो गिल्‍ला गर्दछन्; तिनीहरूको टाउको हल्‍लाउँदै अपमान गर्दै भन्दछन्:
PSA 22:8 “त्यसले याहवेहमा भरोसा गर्दछ, याहवेहले नै त्यसलाई बचाऊन्; किनकि त्यसले उहाँमा नै रमाहट गर्दछ, उहाँले नै त्यसलाई छुटकारा देऊन्।”
PSA 22:9 तपाईंले नै मलाई आमाको गर्भबाट निकाल्नुभयो; म मेरी आमाको कोखमा बालक हुँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने तुल्याउनुभयो।
PSA 22:10 मेरो जन्मदेखि नै म तपाईंमा सुम्पिएको हुँ; आमाको गर्भदेखि नै तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ।
PSA 22:11 मबाट टाढा नहुनुहोस्; किनकि सङ्कष्‍ट मेरो नजिकै छ, र मलाई सहायता गर्ने कोही पनि छैन।
PSA 22:12 धेरै साँढेहरूले मलाई घेरेका छन्; बाशानका बलिया साँढेहरू मेरा चारैपट्टि छन्।
PSA 22:13 गर्जने सिंहहरू, जसले आफ्नो शिकार टुक्रा-टुक्रा पार्दछन्, तिनीहरू नै मेरा विरुद्धमा आफ्ना मुख बाउँछन्।
PSA 22:14 म त पानीझैँ पोखिएको छु, र मेरा सारा हड्डीहरू जोर्नीबाट खुस्केका छन्; मेरो हृदय मैनजस्तै भएको छ; त्यो मभित्रै पग्लेको छ।
PSA 22:15 मेरो शक्ति माटोको खपेटोजस्तै सुकेको छ, र मेरो जिब्रो तालुमा टाँसिएको छ; तपाईंले मलाई मृत्युको धुलोमा छोडिदिनुभएको छ।
PSA 22:16 कुकुरहरूले मलाई चारैतिर घेरेका छन्; खराब मानिसहरूको झुण्डले मलाई चारैपट्टि घेरेका छन्; तिनीहरूले मेरा हात र खुट्टाहरू छेडेका छन्।
PSA 22:17 मेरा सबै हाडहरू म गन्‍न सक्छु; मानिसहरूले मलाई एकोहोरो लगाएर खराब दृष्‍टिले हेर्छन्।
PSA 22:18 तिनीहरूले मेरा बाहिरी वस्त्रहरू एक-आपसमा बाँड्छन्, र मेरो भित्री वस्त्रको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्।
PSA 22:19 तर हे याहवेह, तपाईं मबाट टाढा नहुनुहोस्! तपाईं मेरो बल, चाँडो आएर मलाई सहायता गर्नुहोस्!
PSA 22:20 तरवारबाट मलाई बचाउनुहोस्; र मेरो अमूल्य जीवन कुकुरहरूका पञ्जाबाट छुटाउनुहोस्।
PSA 22:21 सिंहहरूका मुखबाट मेरो छुटकारा गर्नुहोस्; जङ्गली साँढेहरूका सिङबाट मलाई बचाउनुहोस्।
PSA 22:22 म आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका बीचमा तपाईंको नाम घोषणा गर्नेछु; मानिसहरूको भेलामा म तपाईंको प्रशंसा गर्नेछु।
PSA 22:23 तिमीहरू, जो याहवेहको भय मान्दछौ, उहाँको प्रशंसा गर! याकोबका सबै वंशहरू हो, उहाँको आदर गर! हे इस्राएलका सबै सन्तानहरू हो, उहाँको भय मान!
PSA 22:24 किनकि उहाँले दुःखीहरूको पीडालाई तुच्छ मान्‍नुभएको वा अवहेलना गर्नुभएको छैन; उहाँले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुभएको छैन, तर मदतको निम्ति तिनीहरूको पुकार उहाँले सुन्‍नुभएको छ।
PSA 22:25 ठूलो महासभामा मेरो प्रशंसाको विषय तपाईं नै हुनुहुन्छ; तपाईंको भय मान्‍नेहरूका सामु म आफ्नो भाकल पूरा गर्नेछु।
PSA 22:26 गरिबहरू खाएर तृप्‍त हुनेछन्; याहवेहलाई खोज्नेहरूले उहाँको प्रशंसा गर्नेछन्, तिनीहरूका हृदय आनन्दले सदासर्वदा रमाउनेछ।
PSA 22:27 पृथ्वीका अन्त्यसम्म रहने समस्त मानिसले याहवेहलाई सम्झना गर्नेछन्, र उहाँतर्फ फर्किनेछन्; र राष्ट्रहरूका सबै परिवारहरू उहाँको सामु निहुरिएर दण्डवत् गर्नेछन्।
PSA 22:28 किनकि शासन याहवेहको हो, र उहाँले नै राष्ट्रहरूमाथि शासन गर्नुहुन्छ।
PSA 22:29 पृथ्वीका सबै धनीहरू भोजन गर्दै उहाँको आराधना गर्नेछन्; जो धुलोमा मिलिजानेछन्, ती सबैले उहाँको सामु घुँडा टेक्नेछन्; जस-जसले आफूलाई बचाउन सक्दैनन्।
PSA 22:30 पछि आउने पुस्ताले उहाँको सेवा गर्नेछन्; भावी सन्तानहरूलाई प्रभुको बारेमा बताइनेछ।
PSA 22:31 तिनीहरूले भावी पुस्तालाई उहाँले गर्नुभएको धार्मिकताको घोषणा गर्नेछन्; उहाँले यस्तो अद्‌भुत काम गर्नुभएको छ!
PSA 23:1 दावीदको भजन। याहवेह मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको घटी हुँदैन।
PSA 23:2 उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ; उहाँले मलाई शान्त पानीतिर डोर्‍याउनुहुन्छ।
PSA 23:3 उहाँले मेरो प्राणलाई पुनः ताजा पार्नुहुन्छ। उहाँले आफ्नो नामको खातिर मलाई धार्मिकताका मार्गहरूमा अगुवाइ गर्नुहुन्छ।
PSA 23:4 मृत्युको अन्धकारमय घाटीबाट भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ; किनकि तपाईं मेरो साथमा हुनुहुन्छ; तपाईंको लहुरो र तपाईंको छडीले मलाई सान्त्वना दिन्छन्।
PSA 23:5 तपाईंले मेरा शत्रुहरूको सामु, मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईंले मेरो शीरलाई तेलले अभिषेक गर्नुहुन्छ; मेरो कचौरा भरिएर पोखिन्छ।
PSA 23:6 निश्‍चय नै तपाईंको भलाइ र प्रेम मेरो जीवनभरि हरेक दिन मेरो पछि लाग्नेछन्, र म सधैँभरि याहवेहको भवनमा बास गर्नेछु।
PSA 24:1 दावीदको भजन। पृथ्वी र यसमा भएका सबै थोक, यो संसार र यसमा बास गर्ने सबै प्राणीहरू याहवेहकै हुन्;
PSA 24:2 किनकि उहाँले पृथ्वीलाई समुद्रमाथि बसाल्नुभयो, र पानीमाथि स्थापित गर्नुभयो।
PSA 24:3 याहवेहको डाँडामा को उक्लिन सक्ला? उहाँको पवित्रस्थानमा को उभिन सक्ला?
PSA 24:4 त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय शुद्ध छ; जसले मूर्तिमाथि भरोसा राख्दैन, अथवा जसले झूटो ईश्‍वरको नाममा शपथ खाँदैन।
PSA 24:5 तिनीहरूले याहवेहबाट आशिष् पाउनेछन्, र मुक्तिदाता परमेश्‍वरले तिनीहरूलाई धर्मी ठहराउनुहुनेछ।
PSA 24:6 उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्, जसले तपाईंको दर्शन खोज्दछन्, हे याकोबका परमेश्‍वर। सेला
PSA 24:7 हे मूलढोकाहरू हो, आफ्ना शिर उच्‍च पार; हे सनातनका द्वारहरू हो, आफ्ना शिर उठाओ, ताकि महिमाका महाराजा प्रवेश गरून्।
PSA 24:8 यी महिमाका राजा को हुनुहुन्छ? याहवेह, जो बलियो र शक्तिशाली हुनुहुन्छ, याहवेह, जो लडाइँमा पराक्रमी हुनुहुन्छ।
PSA 24:9 हे मूलढोकाहरू हो, आफ्ना शिर उच्‍च पार; हे सनातनका ढोकाहरू हो, आफ्ना शिर उठाओ; ताकि महिमाका महाराजा प्रवेश गरून्।
PSA 24:10 महिमाका यी महाराजाचाहिँ को हुनुहुन्छ? सेनाहरूका याहवेह— उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। सेला
PSA 25:1 दावीदको भजन। हे याहवेह, मेरा परमेश्‍वर, म मेरो भरोसा तपाईंमा राख्दछु।
PSA 25:2 म तपाईंमा भरोसा गर्दछु; मलाई शर्ममा पर्न नदिनुहोस्, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्।
PSA 25:3 तपाईंमा आशा राख्ने कोही पनि कहिल्यै शर्ममा पर्नेछैन, तर कारणविना विश्‍वासघात गर्नेहरू भने शर्ममा पर्नेछन्।
PSA 25:4 हे याहवेह, मलाई तपाईंका मार्गहरू देखाउनुहोस्; मलाई तपाईंका मार्गहरूका शिक्षा दिनुहोस्,
PSA 25:5 मलाई तपाईंको सत्यतामा अगुवाइ गर्नुहोस् र मलाई सिकाउनुहोस्; किनकि तपाईं मेरा मुक्तिदाता परमेश्‍वर हुनुहुन्छ, अनि मेरो आशा दिनभरि नै तपाईंमा राख्दछु।
PSA 25:6 हे याहवेह, तपाईंका महान् करुणा र प्रेमको स्मरण गर्नुहोस्, किनकि ती प्राचीनकालदेखि नै भएका छन्।
PSA 25:7 मेरा जवानीका पापहरू र मेरा अपराधहरू स्मरण नगर्नुहोस्। हे याहवेह, तपाईंको अचुक प्रेमअनुसार मेरो सम्झना गर्नुहोस्, किनकि तपाईं भलो हुनुहुन्छ।
PSA 25:8 याहवेह भलो र धर्मी हुनुहुन्छ। यसैकारण उहाँले पापीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ।
PSA 25:9 उहाँले नम्रहरूलाई ठिक कुरामा अगुवाइ गर्नुहुन्छ, र तिनीहरूलाई उहाँका मार्गहरू सिकाउनुहुन्छ।
PSA 25:10 याहवेहका करारका शर्तहरू पालन गर्नेहरूप्रति उहाँका सबै मार्गहरू प्रेमिलो र विश्‍वासयोग्य हुन्छन्।
PSA 25:11 हे याहवेह, तपाईंको नामको खातिर, मेरो अपराध क्षमा गरिदिनुहोस्, किनकि मेरो यो अपराध अति ठूलो छ।
PSA 25:12 तब याहवेहको भय कसले मान्दछ? उहाँले तिनीहरूलाई कुन मार्गको छनौट गर्ने भन्‍ने शिक्षा दिनुहुनेछ।
PSA 25:13 तिनीहरूले आफ्ना जीवन समृद्धिमा बिताउनेछन्, र तिनीहरूका सन्ततिले देशमा अधिकार गर्नेछन्।
PSA 25:14 उहाँको भय मान्‍नेहरूसँग याहवेहले मित्रता राख्नुहुन्छ, उहाँले तिनीहरूलाई आफ्नो करार बताउनुहुन्छ।
PSA 25:15 मेरा आँखाहरू सधैँ याहवेहमा रहन्छन्, किनकि उहाँले मात्र मेरा खुट्टाहरू पासोबाट छुटाउनुहुनेछ।
PSA 25:16 हे याहवेह, मतिर फर्कनुहोस् र ममाथि कृपालु हुनुहोस्, किनकि म एकलो र पीडित छु।
PSA 25:17 मेरा हृदयका कष्‍टहरू ज्यादै बढेका छन्; मेरा पीडाहरूबाट मलाई छुटकारा दिनुहोस्।
PSA 25:18 मेरा दुःख र मेरा पीडाहरूलाई हेर्नुहोस्, र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्।
PSA 25:19 हेर्नुहोस्, मेरा शत्रुहरू कति धेरै भएका छन्, र कति भयानक रीतिले मलाई तिनीहरू घृणा गर्दछन्।
PSA 25:20 मेरो प्राणलाई रक्षा गर्नुहोस् र मेरो उद्धार गर्नुहोस्; मलाई शर्ममा नपार्नुहोस्, किनकि म तपाईंमा शरण पर्छु।
PSA 25:21 इमानदारीता र धार्मिकताले मेरो रक्षा गरून्, किनकि मेरो आशा याहवेह तपाईंमा छ।
PSA 25:22 हे परमेश्‍वर, इस्राएललाई तिनीहरूका सबै कष्‍टहरूबाट मुक्त गरिदिनुहोस्!
PSA 26:1 दावीदको भजन। हे याहवेह, मलाई निर्दोष प्रमाणित गर्नुहोस्; किनकि मैले दोषरहित जीवन जिएको छु; ढलपल नभइकन मैले याहवेहमा भरोसा राखेको छु।
PSA 26:2 हे याहवेह, मलाई जाँच्नुहोस्; र मेरो पारख गर्नुहोस्। मेरो हृदय र मन जाँचेर हेर्नुहोस्;
PSA 26:3 किनकि तपाईंको अचुक प्रेम सधैँ मेरो सामु छ; र म तपाईंको विश्‍वासयोग्यतामा हिँडेको छु।
PSA 26:4 म छली मानिसहरूसँग बस्दिनँ, न त पाखण्डीहरूसँग म सङ्गत गर्छु।
PSA 26:5 कुकर्मीहरूको झुण्डलाई म घृणा गर्दछु; म दुष्‍ट काम गर्नेहरूसँग बस्‍न इन्कार गर्दछु।
PSA 26:6 हे याहवेह, म आफ्ना हात निर्दोषतामा धुन्छु, र तपाईंका वेदीको परिक्रमा गर्दछु।
PSA 26:7 उच्‍च सोरले म तपाईंको प्रशंसाको घोषणा गर्दछु, र म तपाईंका सबै अचम्मका कामहरूको वर्णन गर्दछु।
PSA 26:8 हे याहवेह, तपाईंको वासस्थान, र तपाईंको महिमा रहने ठाउँलाई म प्रेम गर्दछु।
PSA 26:9 पापीहरूसँग मेरो प्राण, रक्तपिपासुहरूसँग मेरो जीवन नलिनुहोस्;
PSA 26:10 जसका हातहरू दुष्‍ट योजनाहरूले भरिएका छन्, र जसका दाहिने हात घूसले भरिएका छन्।
PSA 26:11 तर म त निर्दोष जीवन जिउँछु; मेरो उद्धार गर्नुहोस् र ममाथि कृपालु हुनुहोस्।
PSA 26:12 मेरा खुट्टाहरू समतल ठाउँमा खडा छन्; ठूलो महासभामा म याहवेहको प्रशंसा गर्नेछु।
PSA 27:1 दावीदको भजन। याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ; मैले कसको भय मान्‍नु? याहवेह नै मेरो जीवनको किल्‍ला हुनुहुन्छ; म कोसँग भयभीत हुनु?
PSA 27:2 जब दुष्‍टहरू मलाई आक्रमण गर्न मेरो विरुद्धमा अगि बढ्छन्, जब मेरा शत्रुहरू र मेरा वैरीहरू ममाथि आइलाग्दछन्; तब तिनीहरू ठक्‍कर खाएर लड्नेछन्।
PSA 27:3 सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैनँ; मेरो विरुद्धमा लडाइँ चले तापनि त्यस बेलामा पनि म पूरा निर्धक्‍क रहनेछु।
PSA 27:4 याहवेहसँग म एउटै कुरा माग्दछु, म त्यसैको मात्र खोजी गर्दछु: कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ, उहाँको सुन्दरता हेर्न पाऊँ, र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ।
PSA 27:5 किनकि सङ्कष्‍टका दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ; उहाँले आफ्नो पवित्र वासस्थानको छहारीमा मलाई लुकाउनुहुनेछ; र एउटा चट्टानमाथि उच्‍च राख्नुहुनेछ।
PSA 27:6 तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ; उहाँको पवित्र वासस्थानमा म आनन्दको सोर सुनाउँदै बलिदान चढाउनेछु; म भजन गाउनेछु, र याहवेहलाई प्रशंसा गर्नेछु।
PSA 27:7 हे याहवेह, जब म पुकार गर्छु, मेरो सोर सुन्‍नुहोस्; ममाथि कृपालु हुनुहोस् र मलाई जवाफ दिनुहोस्।
PSA 27:8 मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।” हे याहवेह, म तपाईंको मुहारको खोजी गर्नेछु।
PSA 27:9 मबाट तपाईंको मुहार नलुकाउनुहोस्; तपाईंको सेवकलाई क्रोधमा नहटाउनुहोस्; तपाईं मेरा सहायक हुनुभएको छ। हे परमेश्‍वर, मेरा मुक्तिदाता, मलाई नत्याग्नुहोस्; मलाई तिरस्कार नगर्नुहोस्।
PSA 27:10 मेरा बुबाआमाले मलाई त्यागे तापनि याहवेहले मलाई सम्हाल्नुहुनेछ।
PSA 27:11 हे याहवेह, मलाई तपाईंका मार्ग सिकाउनुहोस्; र मलाई अत्याचार गर्ने मानिसहरूको कारण, मलाई सोझो मार्गमा अगुवाइ गर्नुहोस्।
PSA 27:12 मेरा वैरीहरूका इच्छामा मलाई नछोडिदिनुहोस्; किनकि मेरो विरुद्धमा झूटा साक्षीहरू खडा भएका छन्, तिनीहरू खराब आरोप लगाउँछन्।
PSA 27:13 म यसमा अझ विश्‍वस्त छु: म जीवितहरूको देशमा याहवेहको भलाइ देख्नेछु।
PSA 27:14 याहवेहको प्रतीक्षा गर; बलियो र हृदयमा साहसिलो होऊ; र याहवेहको प्रतीक्षा गर।
PSA 28:1 दावीदको भजन। हे याहवेह, म तपाईंलाई पुकार्दछु; तपाईं मेरा चट्टान हुनुहुन्छ, मेरो पुकार नसुनेजस्तो नगर्नुहोस्; किनकि यदि तपाईं मौन रहनुभयो भने, म चिहानमा पर्नेहरूजस्तै हुनेछु।
PSA 28:2 मेरा हातहरू तपाईंको महा-पवित्रस्थानतर्फ पसार्दा, मदतको निम्ति मैले तपाईंलाई पुकार्दा, तपाईंको कृपाको निम्ति मेरो पुकार सुन्‍नुहोस्।
PSA 28:3 मलाई दुष्‍टहरूसित मर्नलाई नलैजानुहोस्; ती दुष्‍ट काम गर्नेहरूसित, जो छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्छन्, तर तिनीहरूका हृदयमा भने उनीहरूलाई क्षति पुर्‍याउने योजना गर्छन्।
PSA 28:4 तिनीहरूका काम र तिनीहरूले गरेका दुष्‍ट कामअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्; तिनीहरूका हातका कामअनुसार तिनीहरूलाई प्रतिफल दिनुहोस्; र तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरूलाई दिनुहोस्।
PSA 28:5 किनकि तिनीहरूले याहवेहका कामहरू, र उहाँका हातले गरेका कामहरूको इज्जत गर्दैनन्; उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ, र तिनीहरूलाई फेरि पुनर्निर्माण गर्नुहुनेछैन।
PSA 28:6 याहवेहलाई प्रशंसा होस्; किनकि उहाँले कृपाको निम्ति मेरो प्रार्थना सुन्‍नुभएको छ।
PSA 28:7 याहवेह मेरो बल र मेरो ढाल हुनुहुन्छ; मेरो हृदयले उहाँमा पूरा भरोसा राखेको छ, र उहाँले मलाई सहायता गर्नुभएको छ; मेरो हृदय आनन्दले उफ्रन्छ, र भजन गाएर म उहाँलाई धन्यवाद चढाउनेछु।
PSA 28:8 याहवेह आफ्नो प्रजाको निम्ति शक्ति हुनुहुन्छ, र आफ्नो अभिषिक्त जनको निम्ति मुक्तिको किल्‍ला हुनुहुन्छ।
PSA 28:9 तपाईंको प्रजाहरूलाई बचाउनुहोस् र तपाईंको उत्तराधिकारलाई आशिष् दिनुहोस्; तिनीहरूका गोठालो हुनुहोस् र सदाकालको निम्ति तिनीहरूलाई सम्हाल्नुहोस्।
PSA 29:1 दावीदको भजन। हे स्वर्गदूतहरू हो, याहवेहको गुणगान गर। याहवेहलाई महिमा र शक्तिको श्रेय देओ।
PSA 29:2 याहवेहलाई उहाँको नाम अनुसारको महिमा देओ; याहवेहलाई उहाँको पवित्रतामा सुशोभित भएर आराधना गर।
PSA 29:3 याहवेहको आवाज पानीहरूमाथि प्रतिध्वनि हुँदछ; महिमाका परमेश्‍वर गर्जनुहुन्छ; याहवेह शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्छ।
PSA 29:4 याहवेहको आवाज शक्तिशाली छ; याहवेहको आवाज प्रतापी छ।
PSA 29:5 याहवेहको आवाजले देवदारुका काठहरू भाँचिन्छन्; याहवेहले लेबनानका देवदारुका काठहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ।
PSA 29:6 उहाँले लेबनानलाई एउटा बाछाझैँ, र सिरिओनलाई जवान जङ्गली साँढेझैँ उफ्रन लगाउनुहुन्छ।
PSA 29:7 याहवेहको आवाजले बिजुलीका चमकझैँ प्रहार गर्छ।
PSA 29:8 याहवेहको आवाजले मरुभूमिलाई हल्‍लाउँदछ; याहवेहले कादेशको मरुभूमिलाई थर्कमान पार्नुहुन्छ।
PSA 29:9 याहवेहको आवाजले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्छ, र जङ्गललाई लाछलुछ पारेर उजाड पारिदिन्छ। उहाँको भवनमा सबै जना “महिमा!” भन्दै कराउँछन्।
PSA 29:10 याहवेह बाढी माथिको सिंहासनमा विराजमान हुनुहुन्छ; याहवेह राजा भई सदासर्वदै सिंहासनमा विराजमान हुनुहुन्छ।
PSA 29:11 याहवेहले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ; याहवेहले आफ्ना मानिसहरूलाई शान्तिको आशिष् दिनुहुन्छ।
PSA 30:1 मन्दिर समर्पणको निम्ति गीत; दावीदको भजन। हे याहवेह, म तपाईंलाई उच्‍च पार्नेछु; किनकि तपाईंले मलाई गहिराइबाट माथि उचाल्नुभएको छ, र मेरा शत्रुहरूलाई ममाथि विजय हुन दिनुभएको छैन।
PSA 30:2 हे याहवेह, मेरा परमेश्‍वर, मैले तपाईंलाई सहायताको निम्ति पुकारेँ, र तपाईंले मलाई निको पार्नुभयो।
PSA 30:3 हे याहवेह, तपाईंले मलाई पातालबाट माथि निकालेर ल्याउनुभएको छ; तपाईंले मलाई चिहानमा जानदेखि बचाउनुभएको छ।
PSA 30:4 हे याहवेहका पवित्र जनहरू हो, उहाँको स्तुति गाओ; उहाँको पवित्र नामको स्तुति गर।
PSA 30:5 किनकि उहाँको क्रोध क्षणभरको निम्ति मात्र रहन्छ; तर उहाँको कृपादृष्‍टि जीवनभरि नै रहन्छ; रुवाइ रातभरि मात्र रहन्छ, तर बिहान आनन्द आइहाल्छ।
PSA 30:6 जब मैले आफूलाई सुरक्षित पाएँ, तब मैले भनेँ, “म कहिल्यै ढलपल हुनेछैनँ।”
PSA 30:7 हे याहवेह, जब तपाईंले ममाथि आफ्नो कृपादृष्‍टि राख्नुभयो, तब तपाईंले मलाई पहाड समान स्थिर पार्नुभयो; तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो, म निराश भएँ।
PSA 30:8 हे याहवेह, तपाईंलाई मैले पुकारेँ; प्रभुलाई मैले दयाको निम्ति बिन्ती गरेँ;
PSA 30:9 “यदि मेरो विनाश भयो भने, यदि म चिहानमा गएँ भने के लाभ हुन्छ र? के धुलोले तपाईंको प्रशंसा गर्छ र? के त्यसले तपाईंको विश्‍वसनीयताको घोषणा गर्छ र?
PSA 30:10 हे याहवेह, मेरो बिन्ती सुन्‍नुहोस् र ममाथि कृपालु हुनुहोस्; हे याहवेह, तपाईं मेरो सहायक बन्‍नुहोस्।”
PSA 30:11 तपाईंले मेरो विलापलाई उल्‍लासमय नाचमा परिवर्तन गर्नुभयो; तपाईंले मेरो शरीरबाट भाङ्ग्राको वस्त्र हटाइदिनुभयो र आनन्दको वस्त्र पहिर्‍याइदिनुभयो,
PSA 30:12 ताकि मेरो हृदयले तपाईंको स्तुतिगान गरोस् र चुप नलागोस्। हे याहवेह, मेरा परमेश्‍वर, म सदासर्वदा तपाईंलाई प्रशंसा चढाउनेछु।
PSA 31:1 सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। हे याहवेह, मैले तपाईंमा शरण लिएको छु; मलाई कहिल्यै पनि शर्ममा पर्न नदिनुहोस्। तपाईंको धार्मिकतामा मलाई छुटाउनुहोस्।
PSA 31:2 मेरो पुकार सुन्‍न आफ्नो कान मतिर फर्काउनुहोस्; मेरो उद्धार गर्नलाई चाँडो आउनुहोस्; तपाईं मेरो शरण लिने चट्टान हुनुहोस्, मलाई बचाउने बलियो किल्‍ला तपाईं नै हुनुहोस्।
PSA 31:3 तपाईं मेरो चट्टान र मेरो किल्‍ला हुनुभएकोले, तपाईंको नामको खातिर मलाई अगुवाइ गर्नुहोस् र डोर्‍याउनुहोस्।
PSA 31:4 मेरो निम्ति गुप्‍तमा थापिएको पासोबाट मलाई छुटाउनुहोस्; किनकि तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ।
PSA 31:5 तपाईंकै हातमा मेरो आत्मा सुम्पन्छु; हे याहवेह, हे मेरा विश्‍वासयोग्य परमेश्‍वर, मेरो उद्धार गर्नुहोस्।
PSA 31:6 व्यर्थका मूर्तिहरूमा मन लगाउनेहरूलाई म घृणा गर्दछु; तर मचाहिँ याहवेहमा नै भरोसा राख्दछु।
PSA 31:7 म तपाईंको अचुक प्रेममा आनन्दित र हर्षित हुनेछु, किनकि तपाईंले मेरो पीडा देख्नुभयो, र मेरो प्राणको व्यथालाई जान्‍नुभएको छ।
PSA 31:8 तपाईंले मलाई शत्रुका हातमा पर्न दिनुभएको छैन; तर तपाईंले मेरा पाउलाई फराकिलो ठाउँमा खडा गर्नुभएको छ।
PSA 31:9 हे याहवेह, ममाथि कृपालु हुनुहोस्; किनकि म सङ्कष्‍टमा परेको छु; शोकले गर्दा मेरा आँखा कमजोर भएका छन्, अनि मेरो प्राण र मेरो शरीर शोकमा छन्।
PSA 31:10 मेरो जीवन वेदनामा जलेको छ, र मेरो आयुचाहिँ सुस्केरामा बितेका छन्; मेरो अधर्मको कारणले मेरो बल घटेको छ, र मेरा हाडहरू कमजोर भइसकेका छन्।
PSA 31:11 मेरा सारा शत्रुहरूका कारणले गर्दा, म मेरा छिमेकीहरूका निम्ति घृणाको पात्र बनेको छु, मेरा सबै हितैषी मित्रहरूका निम्ति म एक डरको कारण भएको छु, मलाई बाटोमा देख्नेहरू, मबाट टाढा भाग्दछन्।
PSA 31:12 मरिसकेको मानिसलाई झैँ मलाई तिनीहरूले बिर्सेका छन्; म एक फुटेको भाँडाझैँ भएको छु।
PSA 31:13 किनकि धेरैले मेरो विरुद्धमा कानेखुसी गरेको मैले सुनेको छु, “चारैपट्टि मेरो निम्ति खतरा मात्र छ।” तिनीहरूले मेरो विरुद्धमा जाल बनाउँदछन्, र मेरो प्राण लिनलाई तिनीहरू षड्यन्त्र रच्दछन्।
PSA 31:14 तर हे याहवेह, म तपाईंमा नै भरोसा राख्छु; म भन्छु, “तपाईं नै मेरो परमेश्‍वर हुनुहुन्छ।”
PSA 31:15 मेरा समयहरू तपाईंकै हातमा छन्; मलाई खेदो गर्ने, मेरा शत्रुहरूका हातबाट मलाई छुटाउनुहोस्!
PSA 31:16 तपाईंको मुहार आफ्नो सेवकमाथि चम्काउनुहोस्; तपाईंको अचुक प्रेममा मलाई बचाउनुहोस्!
PSA 31:17 हे याहवेह, मैले शर्माउन नपरोस्, किनकि मैले तपाईंलाई पुकारेको छु; तर दुष्‍टहरू शर्ममा परून्, र तिनीहरू पातालमा चुपचाप रहून्।
PSA 31:18 तिनीहरूका झूटो बोल्ने ओठहरू चुप होऊन्, किनकि घमण्ड र अवहेलनासाथ, तिनीहरू धर्मीहरूका विरुद्धमा अहङ्कारी भई बोल्छन्।
PSA 31:19 तपाईंका भलाइ कति प्रशस्त छन्, जसलाई तपाईंको भय मान्‍नेहरूका निम्ति तपाईंले भण्डार गर्नुभएको छ, तपाईंले सबै मानिसहरूका सामु तपाईंमा शरण पर्नेहरूलाई ती दिनुभएको छ।
PSA 31:20 तपाईंको उपस्थितिको छहारीमा, तपाईंले तिनीहरूलाई मानिसहरूको षड्यन्त्रबाट लुकाउनुहुन्छ; तपाईंले तिनीहरूलाई दोष लगाउने जिब्राहरूबाट आफ्नो वासस्थानमा सुरक्षित राख्नुहुन्छ।
PSA 31:21 याहवेहको प्रशंसा होस्; किनकि म शत्रुहरूको घेरामा परेको सहरभित्र हुँदा, उहाँले आफ्नो अद्‌भुत प्रेम ममाथि देखाउनुभयो।
PSA 31:22 म आत्तिएको बेलामा मैले भनेँ, “तपाईंको दृष्‍टिबाट हराएको छु।” तर जब मैले तपाईंलाई गुहारको निम्ति पुकारेँ, तब तपाईंले मेरो दयाको पुकार सुनिदिनुभयो।
PSA 31:23 हे सबै विश्‍वासयोग्यहरू हो, याहवेहलाई प्रेम गर। याहवेहले आफ्ना विश्‍वासयोग्यहरूलाई रक्षा गर्नुहुन्छ। तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्ड दिनुहुन्छ।
PSA 31:24 हे सबै याहवेहमा आशा राख्नेहरू हो, बलियो र साहसिलो होओ।
PSA 32:1 दावीदको मस्किल। धन्य हो त्यो मानिस, जसका अपराधहरू क्षमा भएका छन्; जसका पापहरू ढाकिएका छन्।
PSA 32:2 त्यो मानिस धन्यको हो, जसको पापको लेखा याहवेहले राख्नुहुन्‍न, जसको मनमा कुनै छलकपट छैन।
PSA 32:3 जब म आफ्नो पाप स्वीकार नगरी मौन रहेँ, तब मेरो दिनभरिको विलौनाले गर्दा मेरा हाडहरू मक्‍किए।
PSA 32:4 किनकि दिनरात तपाईंको बाहुलीको भार ममाथि रह्‍यो; मेरो शरीरको शक्ति गर्मीको तापलेझैँ सुकिगएको छ। सेला
PSA 32:5 तब मैले आफ्नो पाप तपाईंको सामु स्वीकार गरेँ, र मेरो अधर्म लुकाइ राखिनँ। मैले भनेँ, “म याहवेहको सामु मेरो अपराधहरू स्वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला
PSA 32:6 यसकारण, जबसम्म तपाईंलाई भेट्न सकिन्छ, सबै भक्तजनहरूले तपाईंमा प्रार्थना गरून्; निश्‍चय नै उर्लेको डरलाग्दो भेलले तिनीहरूलाई छुनेछैन।
PSA 32:7 तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ; तपाईंले मलाई सङ्कष्‍टबाट रक्षा गर्नुहुन्छ; तपाईंले मलाई उद्धारका गीतले चारैतिर घेर्नुहुन्छ। सेला
PSA 32:8 म तँलाई शिक्षा दिनेछु; र तँ कुन मार्गमा हिँड्नुपर्ने हो, सो तँलाई सिकाउनेछु; म तँलाई सल्‍लाह दिनेछु, र तँमाथि मेरो नजर राख्नेछु।
PSA 32:9 घोडा वा खच्‍चरझैँ नहोऊ, जसको समझशक्ति हुँदैन, जसलाई रोक्न लगाम र डोकरी चाहिन्छ, नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्।
PSA 32:10 दुष्‍टहरूले धेरै कष्‍ट भोग्छन्, तर याहवेहमा भरोसा राख्नेहरूलाई उहाँको अचुक प्रेमले चारैतिर घेर्दछ।
PSA 32:11 हे धर्मी जनहरू हो, याहवेहमा आनन्दित होओ र हर्ष मनाओ; सोझो मन भएकाहरू हो, तिमीहरू सबैले आनन्दसाथ जयजयकार गर!
PSA 33:1 हे धर्मी जनहरू हो, याहवेहमा आनन्दसाथ गाओ; सोझो मन भएकाहरूले उहाँको स्तुति गर्न सुहाउँछ।
PSA 33:2 वीणा बजाएर याहवेहको प्रशंसा गर; दसतारे वीणा बजाएर उहाँका लागि सङ्गीत बजाओ।
PSA 33:3 उहाँको निम्ति एउटा नयाँ गीत गाओ; निपुणतासाथ बाजाहरू बजाओ र आनन्दको जयजयकार गर।
PSA 33:4 किनकि याहवेहको वचन ठिक र सत्य छ; उहाँ आफ्ना सबै कामहरूमा विश्‍वासयोग्य हुनुहुन्छ।
PSA 33:5 याहवेहले धार्मिकता र न्यायलाई मन पराउनुहुन्छ; उहाँको अचुक प्रेमले पृथ्वी भरिपूर्ण छ।
PSA 33:6 याहवेहको वचनद्वारा आकाशहरू बनिए, उहाँकै मुखको सासले सूर्य, चन्द्र र ताराहरू बनिए।
PSA 33:7 उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ; उहाँले सागरहरूलाई भण्डारगृहमा राख्नुहुन्छ।
PSA 33:8 सारा पृथ्वीले याहवेहको डर मानोस्; संसारका सारा मानिसहरू, उहाँको भयमा स्थिर भई खडा होऊन्।
PSA 33:9 किनकि उहाँले बोल्नुभयो र पृथ्वी अस्तित्वमा आयो; उहाँको आज्ञाले पृथ्वी स्थिर भयो।
PSA 33:10 याहवेहले राष्ट्रहरूका योजनाहरू रद्द तुल्याउनुहुन्छ; उहाँले मानिसहरूका उद्देश्यलाई विफल तुल्याउनुहुन्छ।
PSA 33:11 तर याहवेहका योजनाहरू सदासर्वदा स्थिर रहन्छन्; उहाँका हृदयका विचारहरू पुस्तौँसम्म रहिरहन्छन्।
PSA 33:12 धन्यको हो त्यो राष्ट्र, जसका परमेश्‍वर याहवेह हुनुहुन्छ, ती प्रजा, जसलाई आफ्नो उत्तराधिकारको निम्ति उहाँले चुन्‍नुभएको छ।
PSA 33:13 याहवेहले स्वर्गबाट तल हेर्नुहुन्छ; उहाँले सबै मानव-जातिलाई देख्नुहुन्छ।
PSA 33:14 उहाँले आफ्नो वासस्थानबाट तल पृथ्वीका सारा बासिन्दाहरूमाथि नजर लगाउनुहुन्छ।
PSA 33:15 उहाँले नै सबैको हृदयको रचना गर्नुहुन्छ, तिनीहरूका सबै कामको विचार गर्नुहुन्छ।
PSA 33:16 कुनै पनि राजाले उसको ठूलो सेनाद्वारा विजय पाउन सक्दैन; कुनै पनि योद्धा उसको ठूलो शक्तिद्वारा उम्कन सक्दैन।
PSA 33:17 घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ; त्यसका सबै ठूला ताकतले पनि बचाउन सक्दैन।
PSA 33:18 तर याहवेहको नजर उहाँका भय मान्‍नेहरूमाथि रहन्छ; तिनीहरूमाथि, जसको आशा उहाँको अचुक प्रेममाथि हुन्छ,
PSA 33:19 तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा गराउन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न।
PSA 33:20 हाम्रो अन्तस्करणले याहवेहको बाटो हेर्दछौँ; उहाँ नै हाम्रो सहायक र हाम्रो ढाल हुनुहुन्छ।
PSA 33:21 उहाँमा नै हाम्रा हृदय रमाउँछन्; किनकि हामी उहाँको पवित्र नाममा भरोसा राख्दछौँ।
PSA 33:22 हे याहवेह, हामीले हाम्रो आशा तपाईंमा राखेअनुसार, तपाईंको अचुक प्रेम हामीमाथि रहोस्।
PSA 34:1 अबीमेलेकको सामु बौलाहा हुँ भनी दावीदले बहाना गरेको र तिनीद्वारा उनलाई धपाइएको समयको दावीदको भजन। हर समय म याहवेहलाई स्तुति गर्नेछु; उहाँको प्रशंसा मेरो मुखमा निरन्तर हुनेछ।
PSA 34:2 याहवेहमा नै मेरो अन्तस्करणले गर्व गर्नेछ; कष्‍टमा परेकाहरू यो सुनून्, र खुशी होऊन्।
PSA 34:3 मसँगसँगै याहवेहको महिमा गर; हामी मिलेर उहाँको नामलाई उच्‍च पारौँ।
PSA 34:4 मैले याहवेहको खोजी गरेँ; र उहाँले मलाई जवाफ दिनुभयो, उहाँले मेरा सबै डरहरूबाट मलाई छुटाउनुभयो।
PSA 34:5 उहाँलाई हेर्नेहरू उज्ज्वल हुन्छन्; तिनीहरूका अनुहार कहिल्यै शर्ममा पर्दैन।
PSA 34:6 यस गरिब मानिसले याहवेहलाई पुकार गर्‍यो, र उहाँले त्यसलाई सुन्‍नुभयो; उहाँले त्यसका सबै सङ्कष्‍टहरूबाट बचाउनुभयो।
PSA 34:7 याहवेहका स्वर्गदूतहरूले उहाँको डर मान्‍नेहरूका चारैतिर सुरक्षाको घेरा लगाउँछन्, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ।
PSA 34:8 याहवेहलाई जाँच गरेर हेर कि उहाँ कति असल हुनुहुन्छ! धन्य हुन् तिनीहरू, जसले उहाँमा शरण लिन्छन्।
PSA 34:9 हे याहवेहका पवित्र जनहरू हो, उहाँको डर मान; किनकि उहाँको डर मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैन।
PSA 34:10 जवान सिंहहरू कमजोर हुन सक्छन् र तिनीहरू भोकाउन सक्छन्; तर याहवेहको खोजी गर्नेहरूलाई कुनै असल कुराको अभाव हुँदैन।
PSA 34:11 हे मेरा बालबालिकाहरू हो, आओ र मेरा कुरा सुन। म तिमीहरूलाई याहवेहको भय सिकाउनेछु।
PSA 34:12 तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्दछ, दीर्घायु र असल दिनहरू देख्ने इच्छा गर्दछ भने
PSA 34:13 आफ्नो जिब्रोलाई खराब कुरादेखि र आफ्नो ओठलाई झूटो बोल्नदेखि अलग राख!
PSA 34:14 दुष्‍टताबाट अलग बस र भलाइ गर; शान्ति खोज, र त्यसको पछि लाग।
PSA 34:15 याहवेहको नजर धर्मीहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका पुकार सुन्‍नलाई खुल्‍ला हुन्छन्।
PSA 34:16 तर याहवेहको अनुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ, अनि उहाँले तिनीहरूको स्मृतिसमेत धर्तीबाट मेटाइदिनुहुन्छ।
PSA 34:17 धर्मी जनहरूले पुकार गर्दछन्, याहवेहले तिनीहरूको पुकार सुन्‍नुहुन्छ; तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ।
PSA 34:18 याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ, र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
PSA 34:19 धर्मी मानिसलाई धेरै विपत्तिहरू आइलाग्दछन्, तर याहवेहले त्यसलाई ती सबै विपत्तिबाट उद्धार गर्नुहुन्छ;
PSA 34:20 याहवेहले त्यसका सबै हाडहरूको रक्षा गर्नुहुन्छ; तिनमा एउटै हाड पनि भाँचिनेछैन।
PSA 34:21 खराबीले दुष्‍टलाई मार्दछ; धर्मी जनका शत्रुहरूचाहिँ दोषी ठहरिनेछन्।
PSA 34:22 याहवेहले आफ्ना सेवकहरूलाई उद्धार गर्नुहुन्छ; उहाँमा शरण पर्ने कोही पनि दोषी ठहरिनेछैन।
PSA 35:1 दावीदको भजन। हे याहवेह, मलाई विरोध गर्नेहरूको विरोध गरिदिनुहोस्; मसँग युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गरिदिनुहोस्।
PSA 35:2 ढाल लिनुहोस् र कवच पहिरनुहोस्; उठ्नुहोस् र मेरो सहायताको निम्ति खडा हुनुहोस्।
PSA 35:3 मलाई खेद्नेहरूका विरुद्धमा तपाईंको भाला र बर्छा उठाउनुहोस्। मलाई भन्‍नुहोस्, “म तेरो मुक्ति हुँ।”
PSA 35:4 मेरो प्राण लिन खोज्नेहरू अपमानित होऊन् र शर्ममा परून्; मेरा विरुद्धमा हानि रच्नेहरू पछाडि फर्कून् र शर्ममा परून्।
PSA 35:5 याहवेहका स्वर्गदूतले तिनीहरूलाई टाढा लखेटून्; तिनीहरू बतासले उडाएका भुसजस्ता होऊन्।
PSA 35:6 याहवेहका स्वर्गदूतले तिनीहरूलाई लखेटिरहून्; तिनीहरूको बाटो अँध्यारो र चिप्लो होस्।
PSA 35:7 किनकि कारणविना तिनीहरूले मलाई फसाउनलाई पासो बिछाए; र कारणविना मलाई फसाउनलाई तिनीहरूले खाडल खने,
PSA 35:8 अचानक तिनीहरूमाथि विनाश आइपरोस्; तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफैँ परून्, तिनीहरूले खनेका खाडलमा आफैँ परेर नष्‍ट होऊन्।
PSA 35:9 तब मेरो प्राणचाहिँ याहवेहमा आनन्दित हुनेछ, र उहाँको मुक्तिमा हर्षित हुनेछ।
PSA 35:10 मेरो पूरा बलले भन्‍नेछु, “हे याहवेह, तपाईंजस्तो को छ र? तपाईंले दुर्बलहरूलाई तिनीहरूभन्दा शक्तिशालीहरूबाट बचाउनुहुन्छ, अनि दुर्बल र खाँचोमा परेकाहरूलाई लुटेराहरूबाट बचाउनुहुन्छ।”
PSA 35:11 निर्दयी साक्षीहरू अगि आउँछन्; तिनीहरूले मैले जान्दै नजानेका कुराहरू मलाई सोध्छन्।
PSA 35:12 तिनीहरूले मलाई भलाइको बदलामा खराबी गर्छन्, तपाईंले मेरो प्राणलाई आफन्त गुमाएझैँ शोकमा डुबाउनुभएको छ।
PSA 35:13 तापनि जब तिनीहरू बिरामी भए, मैले भाङ्ग्राको वस्त्र लगाएँ; र उपवास बसेर आफूलाई दुःखित बनाएँ, जब मेरा प्रार्थना उत्तरविना नै फर्केर आयो,
PSA 35:14 मेरा मित्र वा भाइको निम्ति शोक गरेझैँ, म तिनीहरूको निम्ति शोक गर्दै हिँडेँ। आफ्नी आमाको निम्ति विलाप गरेझैँ मैले शोकमा शिर झुकाएँ।
PSA 35:15 तर जब मैले ठेस खाएँ, तिनीहरू मेरो विरुद्धमा एकमत भएर हाँसो गरे; मैले थाहै नपाई आक्रमणकारीहरू मेरो विरुद्धमा जम्मा भए। तिनीहरूले नथाकी लगातार मेरो निन्दा गरे।
PSA 35:16 भक्तिहीनलेझैँ तिनीहरूले क्रूरतासाथ निन्दा गरे; तिनीहरूले ममाथि दाह्रा किटे।
PSA 35:17 हे प्रभु, कहिलेसम्म तपाईं हेरिरहनुहुन्छ? तिनीहरूका आक्रमणबाट, र ती सिंहहरूबाट मलाई छुटाउनुहोस्।
PSA 35:18 म तपाईंलाई ठूलो महासभामा धन्यवाद चढाउनेछु; विशाल जनसमूहमा म तपाईंको प्रशंसा गर्नेछु।
PSA 35:19 मेरा शत्रुहरू कारणविना मेरो विरुद्धमा रमाउन नपाऊन्; मलाई घृणा गर्नेहरूले कारणविना एकनासै मेरो खिल्‍ली गर्न नपाऊन्।
PSA 35:20 तिनीहरू त शान्तिको कुरै गर्दैनन्; तर देशमा शान्तिसँग बस्‍ने मानिसहरूका विरुद्धमा झूटो आरोपहरू रच्दछन्।
PSA 35:21 तिनीहरूले ठूलो मुख बाएर मेरो विरुद्धमा भन्छन्, “ओहो! ओहो! हामीले आफ्नै आँखाले यो देख्न पायौँ।”
PSA 35:22 हे याहवेह, तपाईंले यो देख्नुभएको छ; अब चुप लागेर नबस्‍नुहोस्। हे प्रभु, मदेखि टाढा नहुनुहोस्!
PSA 35:23 हे प्रभु, मेरा परमेश्‍वर, उठ्नुहोस्; र मेरो रक्षाको निम्ति जाग्नुहोस्! मेरो निम्ति लडिदिनुहोस्।
PSA 35:24 हे याहवेह, मेरा परमेश्‍वर, तपाईंको धार्मिकतामा मलाई निर्दोष ठहराउनुहोस्; तिनीहरू ममाथि रमाउन नपाऊन्।
PSA 35:25 तिनीहरूले आफ्ना मनमा भन्‍न नपाऊन् कि, “आहा! हामीले चिताएजस्तै पुग्यो!” अथवा भन्‍न नपाऊन्, “हामीले त्यसलाई निलिदियौँ।”
PSA 35:26 मेरो विपतको समयमा मेरो हाँसो उडाउनेहरू सबै लाजमा र अन्योलमा परून्; मभन्दा ठूलो हुँ भनी घमण्डले धाक दिनेहरू सबै शर्म र अपमानले ढाकिऊन्।
PSA 35:27 म निर्दोष साबित भएको कामना राख्नेहरू आनन्दले जयजयकार गरून् र हर्षित होऊन्; तिनीहरूले निरन्तर यसो भनिरहून् कि, “याहवेह उच्‍च पारिनुभएको होस्, उहाँ, जो आफ्नो सेवकको भलाइमा प्रसन्‍न हुनुहुन्छ।”
PSA 35:28 मेरो जिब्रोले तपाईंको धार्मिकताको घोषणा गर्नेछ, र तपाईंको प्रशंसा दिनभरि गरिरहनेछ।
PSA 36:1 सङ्गीत निर्देशकको निम्ति, याहवेहको सेवक दावीदको भजन। दुष्‍टका पाप सम्बन्धी, मेरो हृदयमा परमेश्‍वरको एक सन्देश छ: तिनीहरूका आँखामा परमेश्‍वरको डर छैन।
PSA 36:2 तिनीहरूले आफूलाई आफ्नो नजरमा उच्‍च ठान्छन्, तिनीहरूले आफ्ना अधर्म फेला पार्दैनन् वा आफ्ना पाप घृणा गर्दैनन्।
PSA 36:3 तिनीहरूका मुखका शब्दहरू दुष्‍ट र छली छन्; तिनीहरू बुद्धिमानी हुन र भलाइको काम गर्न चुकेका छन्।
PSA 36:4 तिनीहरूले आफ्ना ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछन्; तिनीहरूले आफूलाई कुमार्गतिर लगाउँछन्; र तिनीहरूले खराबीलाई इन्कार गर्दैनन्।
PSA 36:5 हे याहवेह, तपाईंको अचुक प्रेम स्वर्गैसम्म फैलिएको छ, तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै छ।
PSA 36:6 तपाईंको धार्मिकता परमेश्‍वरका अति उच्‍च पहाडहरू जस्तै छन्; तपाईंको न्याय गहिरो समुद्रजस्तै छ। हे याहवेह, तपाईंले मानिस र पशुपक्षीलाई जोगाइराख्नुहुन्छ।
PSA 36:7 हे परमेश्‍वर, तपाईंको अचुक प्रेम कति अनमोलको छ! मानव जातिहरूले तपाईंका पखेटाको छायामा शरण लिन्छन्।
PSA 36:8 तिनीहरू तपाईंका भवनको प्रशस्तताबाट भोज गर्छन्; तपाईंको आनन्दको नदीबाट तिनीहरूलाई पिउन दिनुहुन्छ।
PSA 36:9 किनकि जीवनको स्रोत तपाईंसँग छ; तपाईंको ज्योतिमा हामी उज्यालो देख्छौँ।
PSA 36:10 तपाईंलाई चिन्‍नेहरूमा तपाईंको प्रेम र सोझो हृदय भएकाहरूमा तपाईंको धार्मिकता निरन्तर रहिरहोस्।
PSA 36:11 अहङ्कारीको खुट्टा मेरो विरुद्धमा मलाई कुल्चन नआओस्, न त दुष्‍टका हातले मलाई भगाउन पाओस्।
PSA 36:12 दुष्कर्मीहरू कसरी लम्पसार परेर लडेका छन्; तिनीहरू उठ्नै नसक्ने गरी फ्याँकिएका छन्।
PSA 37:1 दावीदको भजन। दुष्‍ट काम गर्ने मानिसहरूलाई देखेर झर्को नमान, वा दुष्‍ट काम गर्नेहरूप्रति डाही नहोऊ;
PSA 37:2 किनकि तिनीहरू त चाँडै घाँसजस्तै ओइलाउनेछन्, हरिया बिरुवाहरूजस्तै तिनीहरू चाँडै नष्‍ट हुनेछन्।
PSA 37:3 याहवेहमा भरोसा राख, र भलाइ गर; ताकि देशमा आनन्दसाथ बस्‍न सक।
PSA 37:4 याहवेहमा आनन्दित होऊ; र उहाँले तिम्रो हृदयका इच्छाहरू पूरा गरिदिनुहुनेछ।
PSA 37:5 तिम्रो आफ्नो मार्ग याहवेहलाई सुम्प; उहाँमा नै भरोसा राख; र उहाँले यो गर्नुहुनेछ:
PSA 37:6 उहाँले तिम्रो धार्मिकता प्रभातको ज्योतिसमान र तिम्रो न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ।
PSA 37:7 याहवेहको सामु मौन भई बस, र धैर्यतापूर्वक उहाँको प्रतीक्षा गर; जब मानिसहरू आफ्ना कुमार्गहरूमा सफल हुन्छन्, तब तिनीहरूका खराब योजनाहरू सफल हुँदा झर्को नमान।
PSA 37:8 रिसबाट टाढा होऊ, र क्रोधबाट फर्क; झर्को नमान—यसले खराबीतिर मात्र डोर्‍याउँछ।
PSA 37:9 किनकि दुष्‍टहरू नष्‍ट पारिनेछन्; तर याहवेहको प्रतीक्षा गर्नेहरूले देशमा अधिकार गर्नेछन्।
PSA 37:10 थोरै समय मात्र बाँकी छ, र दुष्‍टहरू रहनेछैनन्; तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू भेट्टाइनेछैनन्।
PSA 37:11 तर नम्रहरूले देश अधिकार गर्नेछन्, र शान्ति र प्रशस्ततामा जिउनेछन्।
PSA 37:12 दुष्‍टहरूले धर्मी जनका विरुद्धमा षड्यन्त्र रच्दछन्, र तिनीहरूले तिनीहरूमाथि दाह्रा किट्दछन्;
PSA 37:13 तर प्रभु दुष्‍टहरूमाथि हाँस्‍नुहुन्छ; किनकि उहाँले तिनीहरूको दिन आइरहेको जान्‍नुहुन्छ।
PSA 37:14 दुःखी र खाँचोमा परेकाहरूलाई ढाल्न, र सत्यको बाटोमा जिउनेहरूलाई मार्न, दुष्‍टहरूले तरवार थुत्छन्, र धनुमा ताँदो चढाउँछन्।
PSA 37:15 तर तिनीहरूका तरवारले तिनीहरूकै मुटु छेडिनेछ, र तिनीहरूका धनुहरू भाँचिनेछन्।
PSA 37:16 दुष्‍टहरूका धेरै सम्पत्तिभन्दा धर्मी जनहरूसँग भएको थोरै कुरा उत्तम हो;
PSA 37:17 किनकि दुष्‍टहरूको शक्ति तोडिनेछन्, तर याहवेहले धर्मीहरूलाई थामिराख्नुहुन्छ।
PSA 37:18 निर्दोष मानिसहरूले याहवेहको सुरक्षामा आफ्ना दिन बिताउँछन्, र तिनीहरूको अधिकार सदासर्वदा रहनेछ।
PSA 37:19 आपत्‌को दिनमा तिनीहरू शर्ममा पर्नेछैनन्; अनिकालको दिनमा तिनीहरूसँग प्रशस्त खानेकुरा हुनेछ।
PSA 37:20 तर दुष्‍टहरूचाहिँ नष्‍ट हुनेछन्: याहवेहका शत्रुहरूचाहिँ खेतका फूलहरूजस्तै भए तापनि तिनीहरू भष्म हुनेछन्, तिनीहरू धुवाँजस्तै लोप हुनेछन्।
PSA 37:21 दुष्‍टहरूले ऋण लिन्छन् र फर्काउँदैनन्; तर धर्मीहरूले उदारतापूर्वक दिन्छन्।
PSA 37:22 याहवेहबाट आशिष् पाउनेहरूले देश अधिकार गर्नेछन्; तर उहाँबाट श्राप पाउनेहरूचाहिँ नष्‍ट हुनेछन्।
PSA 37:23 याहवेहमा आनन्दित हुने मानिसका पाइलाहरूलाई उहाँले दह्रिलो पार्नुहुन्छ;
PSA 37:24 त्यसले ठेस खाए तापनि त्यो लड्नेछैन; किनकि याहवेहले त्यसलाई आफ्नो हातले थाम्नुहुन्छ।
PSA 37:25 म जवान थिएँ र अहिले वृद्ध भएको छु; तर धर्मी जनहरू त्यागिएका वा तिनका सन्तानहरूले मागेर खानुपरेको मैले कहिल्यै देखेको छैन।
PSA 37:26 तिनीहरू सधैँ उदार चित्तका हुन्छन्, र खुल्‍ला मनले दिन्छन्; तिनीहरूका सन्तान आशिषित हुनेछन्।
PSA 37:27 दुष्‍टताबाट फर्क र भलाइ गर; अनि तिमी देशमा सदासर्वदा बास गर्नेछौ।
PSA 37:28 किनकि याहवेहले न्यायीलाई प्रेम गर्नुहुन्छ, र आफ्ना विश्‍वासयोग्यहरूलाई त्याग्नुहुन्‍न। तिनीहरू सधैँका लागि सुरक्षित पारिनेछन्; तर दुष्‍टका सन्तानहरू नष्‍ट भएर जानेछन्।
PSA 37:29 धर्मी जनहरूले देशमा अधिकार गर्नेछन्, र त्यसमा सदासर्वदा बास गर्नेछन्।
PSA 37:30 धर्मीका मुखबाट बुद्धिका कुरा गर्छन्, र त्यसको जिब्रोले न्यायको कुरा बोल्छ।
PSA 37:31 त्यसको हृदयमा त्यसका परमेश्‍वरको व्यवस्था हुन्छ; त्यसका खुट्टाहरू चिप्लँदैनन्।
PSA 37:32 दुष्‍टले धर्मीको बाटोमा पासो थापेर बस्छ, र त्यसलाई मार्ने उद्देश्य राख्दछ;
PSA 37:33 तर याहवेहले धर्मी जनलाई दुष्‍टहरूको शक्तिमा छोड्नुहुनेछैन, न त न्याय हुँदा धर्मीलाई दोषी ठहरिन अनुमति दिनुहुन्छ।
PSA 37:34 याहवेहमा आशा गर र उहाँकै मार्गमा हिँड; प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ। दुष्‍टको विनाश तिम्रै आँखाले देख्नेछौ।
PSA 37:35 मैले एक जना दुष्‍ट र निर्दयी मानिसलाई आफ्नै जमिनमा उम्रेर सप्रेको बोटजस्तै देखेको छु,
PSA 37:36 तर त्यो चाँडै मर्‍यो, र यसको ठाउँमा केही पनि रहेन; यद्यपि मैले त्यसलाई खोजेँ, तर भेट्टाउन सकिनँ।
PSA 37:37 निर्दोष मानिसलाई विचार गर, र धर्मी मानिसलाई हेर; किनभने शान्तिप्रिय मानिसहरूका निम्ति सन्तति हुनेछन्।
PSA 37:38 तर सबै पापीहरू नष्‍ट हुनेछन्; दुष्‍टहरूका निम्ति कुनै सन्तति हुनेछैन।
PSA 37:39 धर्मी जनहरूको मुक्ति याहवेहबाट आउँछ; सङ्कष्‍टको समयमा उहाँ नै तिनीहरूको किल्‍ला हुनुहुन्छ।
PSA 37:40 याहवेहले तिनीहरूलाई मदत गर्नुहुन्छ, र तिनीहरूको उद्धार गर्नुहुन्छ; उहाँले तिनीहरूलाई दुष्‍टबाट उद्धार गर्नुहुन्छ र बचाउनुहुन्छ; किनभने तिनीहरूले उहाँमा शरण लिन्छन्।
PSA 38:1 दावीदको भजन। हे याहवेह, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्; वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस्।
PSA 38:2 किनकि तपाईंका काँडहरूले मलाई घोचेका छन्, र तपाईंको हात ममाथि परेको छ।
PSA 38:3 तपाईंको क्रोधले गर्दा मेरो शरीर तन्दुरुस्त छैन; मेरा पापको कारणले गर्दा मेरा हाडहरू स्वस्थ छैनन्।
PSA 38:4 मेरा अधर्महरूले मलाई ढाकिसकेको छ, बोक्न नसक्ने भारीझैँ ती धेरै गह्रौँ भएका छन्।
PSA 38:5 मेरो पापमय मूर्खताको कारणले गर्दा, मेरा घाउहरू दुर्गन्धित भएका छन्, र सडिसकेका छन्।
PSA 38:6 म झुकेर धुलैमा मिलिसकेको छु; सारा दिन म विलाप गर्दै हिँड्छु।
PSA 38:7 मेरो ढाड जलनको पीडाले भरिएको छ; मेरो शरीर स्वस्थ छैन।
PSA 38:8 म दुर्बल भएको छु, र पूर्ण रूपले टुटेको छु; हृदयको पीडामा म कहालिन्छु।
PSA 38:9 हे प्रभु, मेरा सबै इच्छा तपाईंको अगि खुलस्त छन्; मेरा सुस्केरा तपाईंबाट लुकेको छैन।
PSA 38:10 मेरो मुटु छिटो-छिटो धड्कन्छ; मेरो बलले भ्याउँदैन; मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ।
PSA 38:11 मेरा मित्रहरू, र सङ्गीहरू मेरा घाउहरूका कारणले गर्दा मबाट अलग बस्छन्; मेरा छिमेकीहरू टाढै उभिन्छन्।
PSA 38:12 मेरो प्राण लिन खोज्नेहरूले पासो थाप्छन्; मेरो हानि खोज्नेहरूले मेरो विनाशको कुरा गर्छन्; दिनभरि छली योजना रच्दछन्।
PSA 38:13 म त बहिरो मानिसझैँ भएको छु, जसले सुन्‍न सक्दैन; बोल्नै नसक्ने मानिसझैँ म लाटो भएको छु;
PSA 38:14 सुन्‍न नसक्ने मानिसजस्तै म भएको छु, जसको मुखले जवाफै दिन सक्दैन।
PSA 38:15 हे याहवेह, म तपाईंकै प्रतीक्षा गर्दछु; हे प्रभु, मेरा परमेश्‍वर, तपाईंले जवाफ दिनुहुनेछ।
PSA 38:16 किनकि मैले भनेँ, “तिनीहरूले मेरो उपहास गर्न नपाऊन्, वा मेरो गोडा चिप्लँदा तिनीहरूले घमण्ड गर्न नपाऊन्।”
PSA 38:17 किनकि म त ढल्नै लागेको छु; र मेरो पीडा सधैँ मसँग छ।
PSA 38:18 मेरो अधर्म म स्वीकार गर्दछु; मेरो पापको कारण म दुःखित छु।
PSA 38:19 कारणविना मेरा शत्रुहरू धेरै भएका छन्; कारणविना मलाई घृणा गर्नेहरू धेरै छन्।
PSA 38:20 मेरो भलाइको साटो खराबी गर्दछन्, मैले तिनीहरूको केवल भलाइ गर्न खोज्दा पनि मेरो विरुद्धमा दोष लगाउँछन्।
PSA 38:21 हे याहवेह, मलाई नत्याग्नुहोस्; हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस्!
PSA 38:22 हे प्रभु, मेरा मुक्तिदाता, मलाई सहायता गर्न चाँडै आउनुहोस्!
PSA 39:1 सङ्गीत निर्देशकको निम्ति, यदूतूनको लागि, दावीदको भजन। मैले भनेँ, “म आफ्नो चालचलनमा होसियार रहनेछु, र मेरो जिब्रोलाई पापबाट रोक्नेछु; दुष्‍टहरूको उपस्थितिमा, म आफ्नो मुखमा मोहोलो लगाएर बस्‍नेछु।”
PSA 39:2 तर जब मैले पूर्ण मौन धारण गरेँ, तब असल कुरा पनि बोलिनँ, तर मेरो पीडा झन् बढेर गयो।
PSA 39:3 मेरो हृदय मभित्र जलिरह्‍यो; मैले मनन गर्दा, आगो दन्कियो; तब मैले मेरो जिब्रोले बोलेँ:
PSA 39:4 “हे याहवेह, मेरो जीवनको अन्त्य देखाउनुहोस्, र मेरो जीवन अब कति दिन बाँकी छ; मेरो जीवन कति क्षणभङ्गुर छ भनी मलाई जान्‍न दिनुहोस्!
PSA 39:5 तपाईंले मेरो जीवनकाल छोटो बनाउनुभएको छ; तपाईंको दृष्‍टिमा मेरो जीवनको आयु नगण्य छ। हरेक मानिसको जीवन एक मुट्ठी सास मात्र हो; तिनीहरूको पनि जसले आफूलाई सुरक्षित सम्झन्छन्। सेला
PSA 39:6 “निश्‍चय नै हरेक मानिस एउटा छायाजस्तै हिँड्‍डुल गर्छ; व्यर्थमा तिनीहरू धनसम्पत्ति थुपार्न हतार गर्छन्; तर त्यो अन्त्यमा कसको हुन्छ, सो जान्दैनन्।
PSA 39:7 “हे प्रभु, अब म के कुराको निम्ति प्रतीक्षा गरूँ? मेरो आशा त तपाईंमा नै छ।
PSA 39:8 मलाई मेरा सबै अपराधहरूबाट छुटाउनुहोस्; मलाई मूर्खहरूको अपमानको पात्र नबनाउनुहोस्।
PSA 39:9 म मौन थिएँ; मैले मेरो मुख खोलिनँ; किनकि त्यो गर्ने तपाईं नै हुनुहुन्छ।
PSA 39:10 तपाईंको विपत्ति मबाट हटाउनुहोस्; तपाईंको हातको मुक्‍काबाट म पराजित भएको छु।
PSA 39:11 जब तपाईंले मानिसहरूलाई तिनीहरूका पापको निम्ति हप्काउनुहुन्छ र ताडना दिनुहुन्छ; तब तपाईंले तिनीहरूका धनसम्पत्ति धमिरालेझैँ नष्‍ट पार्नुहुन्छ— साँच्‍चै, हरेक मानिस एक मुट्ठी सास मात्र हो। सेला
PSA 39:12 “हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्, मदतको निम्ति मैले गरेको पुकार सुनिदिनुहोस्; मेरो आँसुलाई त्यसै नटारिदिनुहोस्; किनकि प्रवासीझैँ म तपाईंमा आश्रित छु, मेरा सबै पुर्खाहरूजस्ता थिए, त्यस्तै नै एक परदेशी हुँ।
PSA 39:13 मेरो अन्त हुनुभन्दा अगि नै मबाट क्रोधको दृष्‍टि हटाउनुहोस्, ताकि म फेरि हर्षित हुन सकूँ।”
PSA 40:1 सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। मैले धीरजसाथ याहवेहको प्रतीक्षा गरेँ; उहाँ मतिर फर्कनुभयो र मेरो पुकार सुन्‍नुभयो।
PSA 40:2 उहाँले मलाई खाडलबाट, दलदले हिलोबाट तानेर निकाल्नुभयो; उहाँले मेरा खुट्टाहरू चट्टानमाथि बसाल्नुभयो; र मलाई उभिन स्थिर स्थान दिनुभयो।
PSA 40:3 उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो; हाम्रा परमेश्‍वरका प्रशंसाको एउटा गीत। धेरै जनाले यो देख्नेछन्, र याहवेहको भय मान्‍नेछन्, र उहाँमाथि भरोसा राख्नेछन्।
PSA 40:4 धन्य हो त्यो मानिस, जसले याहवेहमा आफ्नो भरोसा राख्दछ, जसले घमण्डीहरूमा भरोसा राख्दैनन्, जो झूटो देवहरूपट्टि लाग्दैनन्।
PSA 40:5 हे याहवेह, मेरा परमेश्‍वर, तपाईंले गर्नुभएका अद्‌भुत कार्यहरू धेरै छन्; तपाईंले हाम्रो निम्ति गर्नुभएका योजनाहरू धेरै छन्। तपाईंको तुलना कसैसँग गर्न सकिँदैन; मैले तपाईंका कामहरूका बारेमा वर्णन गर्नुपर्‍यो भने, ती घोषणा गर्न असंख्य हुनेछन्।
PSA 40:6 तपाईंले बलिदान र भेटी चाहनुभएन, तर मेरा कानहरू तपाईंले खोलिदिनुभएको छ, तपाईंले होमबलि र पाप शुद्धीकरण बलि चाहनुभएन।
PSA 40:7 तब मैले भनेँ, “हेर्नुहोस्, म आएको छु, धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ।
PSA 40:8 म तपाईंको इच्छा पूरा गर्न चाहन्छु, हे मेरा परमेश्‍वर; तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।”
PSA 40:9 म ठूलो महासभामा तपाईंको धार्मिकताको घोषणा गर्छु; म मेरा ओठहरू बन्द गर्नेछैनँ; हे याहवेह, तपाईंले यो जान्‍नुहुन्छ।
PSA 40:10 तपाईंको धार्मिकता म मेरो हृदयमा लुकाउँदिनँ; तपाईंको विश्‍वासयोग्यता र तपाईंको मुक्तिको विषयमा म बोल्छु। तपाईंको अचुक प्रेम र तपाईंको सत्यता म ठूलो महासभामा लुकाउँदिनँ।
PSA 40:11 हे याहवेह, तपाईंको कृपा मदेखि नरोक्नुहोस्; तपाईंको अचुक प्रेम र तपाईंको विश्‍वासयोग्यताले मलाई निरन्तर रक्षा गरून्।
PSA 40:12 किनकि असंख्य कष्‍टहरूले मलाई चारैतिर घेरेका छन्; मेरा अपराधहरू यतिसम्म थुप्रिएका छन्, कि म देख्न पनि सक्दिनँ। ती मेरा शिरका केशभन्दा बढी छन्; यसैले मेरो हृदय हताश भएको छ।
PSA 40:13 हे याहवेह, मलाई बचाउन प्रसन्‍न हुनुहोस्; हे याहवेह, मलाई मदत गर्न चाँडै आउनुहोस्!
PSA 40:14 मेरो प्राण लिन खोज्नेहरू सबै जना शर्ममा र अन्योलमा परून्; मेरो विनाश चाहनेहरू सबै पिठिउँ फर्काएर भागून् र अपमानित होऊन्!
PSA 40:15 मलाई “खुच्‍चिङ! खुच्‍चिङ!” भन्‍नेहरू सबै लाजले गर्दा व्याकुल होऊन्।
PSA 40:16 तर तपाईंलाई खोज्नेहरू सबै, तपाईंमा रमाऊन् र आनन्दित होऊन्; तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्, “याहवेह महान् हुनुहुन्छ!”
PSA 40:17 तर म त गरिबी र अभावमा छु; प्रभुले मेरो बारेमा विचार गरिदिनुहोस्। तपाईं मेरा सहायक र मलाई छुटाउने हुनुहुन्छ; हे मेरा परमेश्‍वर, ढिलो नगर्नुहोस्।
PSA 41:1 सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। धन्य हुन् तिनीहरू, जसले गरिबलाई वास्ता गर्छन्; याहवेहले तिनीहरूलाई सङ्कष्‍टको दिनमा बचाउनुहुन्छ।
PSA 41:2 याहवेहले तिनीहरूको रक्षा गर्नुहुन्छ र जीवित राख्नुहुन्छ। तिनीहरू पृथ्वीका आशिषित मानिसहरूसँग गनिन्छन्। उहाँले तिनीहरूलाई तिनीहरूका वैरीहरूका इच्छामा छोड्नुहुन्‍न।
PSA 41:3 याहवेहले तिनीहरूलाई बिरामी हुँदा सम्हाल्नुहुन्छ, र तिनीहरूलाई तिनीहरूका बिरामीको ओछ्यानबाट स्वस्थ पार्नुहुन्छ।
PSA 41:4 मैले भनेँ, “हे याहवेह, ममाथि कृपा गर्नुहोस्; मलाई निको पार्नुहोस्; किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।”
PSA 41:5 मेरा शत्रुहरूले खराब कुरा बोलेर मलाई यसो भन्छन्, “त्यो कहिले मर्ला र त्यसको नामनिशानै मेटिएला?”
PSA 41:6 जब तीमध्ये कोही मलाई भेट्न आउँछ, त्यसले झूटो कुरा बोल्छ, र त्यसको हृदयले अधर्मका कुराहरू थुपार्छ; तब बाहिर गएर त्यसले मेरो निन्दाका कुरा फैलाउँछ।
PSA 41:7 मलाई घृणा गर्नेहरू सबै एकमत भएर मेरो विरुद्धमा कानेखुसी गर्दछन्; तिनीहरू मेरो विरुद्धमा हानि चिताएर यसो भन्छन्,
PSA 41:8 “त्यसलाई घातक रोग लागेको छ; त्यो बिरामी भएर जहाँ पस्रेको छ; त्यहाँबाट कहिल्यै उठ्नेछैन।”
PSA 41:9 मेरो घनिष्‍ठ मित्रले, जसलाई मैले भरोसा गरेँ, जसले मेरै भोजन खान्थ्यो, त्यसले समेत मेरो विरुद्धमा लात उठाएको छ।
PSA 41:10 तर हे याहवेह, ममाथि कृपा गर्नुहोस्; मलाई खडा गर्नुहोस्, र म तिनीहरूलाई बदला लिन सकूँ!
PSA 41:11 म जान्दछु, तपाईं मसँग प्रसन्‍न हुनुहुन्छ; किनकि मेरा शत्रुहरू ममाथि विजयी हुन पाउँदैनन्।
PSA 41:12 मेरो इमानदारीताको कारण तपाईंले मलाई सम्हाल्नुहुन्छ र मलाई तपाईंको उपस्थितिमा सदासर्वदा राख्नुहुन्छ।
PSA 41:13 याहवेह, इस्राएलका परमेश्‍वरलाई, सदासर्वदा प्रशंसा होस्!
PSA 42:1 सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूका मस्किल। जसरी हरिणले खोलाको पानीको तिर्सना गर्दछ, त्यसरी नै हे मेरा परमेश्‍वर, म तपाईंको तिर्सना गर्दछु।
PSA 42:2 मेरो प्राण परमेश्‍वरको निम्ति, जीवित परमेश्‍वरको निम्ति तिर्खाउँछ। म कहिले जाऊँ र परमेश्‍वरलाई भेटूँ?
PSA 42:3 मेरो आँसु दिनरात मेरो भोजन बनेको छ, मानिसहरू निरन्तर मलाई भनिरहन्छन्, “खोइ त तेरो परमेश्‍वर?”
PSA 42:4 मेरो हृदयका कुराहरू पोखाउँदा, यी कुराहरू म सम्झन्छु: कसरी ती उत्सव मनाउने जन समूहहरूसँग जयजयकार र धन्यवादसाथ, महान् परमेश्‍वरको सुरक्षामा म अगुवा भएर तिनीहरूलाई परमेश्‍वरको भवनतर्फ लाने गर्थेँ।
PSA 42:5 हे मेरो प्राण, तँ किन उदास हुन्छस्? मेरो अन्तस्करण तँ किन यति व्याकुल हुन्छस्? परमेश्‍वरमा आशा राख्, हे मेरा मुक्तिदाता, हे मेरा परमेश्‍वर, म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।
PSA 42:6 मेरो प्राण मभित्र उदास भएको छ; यसकारण म यर्दनको देशबाट हेर्मोन पर्वत—मिसारको डाँडाबाट तपाईंलाई सम्झनेछु।
PSA 42:7 तपाईंको छाँगाहरूका गर्जनमा, सागरले सागरलाई पुकार्दछ; तपाईंका सम्पूर्ण छालहरू र तरङ्गहरूले मलाई छोपेका छन्।
PSA 42:8 याहवेहले दिनमा उहाँको अचुक प्रेम पठाउनुहुन्छ, राति उहाँले मलाई एउटा गीत दिनुहुन्छ, जुनचाहिँ मेरो जीवनको परमेश्‍वरलाई प्रार्थना हो।
PSA 42:9 परमेश्‍वर मेरा चट्टानलाई म भन्छु, “तपाईंले मलाई किन बिर्सनुभएको? शत्रुको थिचोमिचोले गर्दा म किन शोक गरेर हिँडिरहनुपर्ने?”
PSA 42:10 मेरा हाडहरूमा गहिरो चोट पर्छ, जब मेरा वैरीहरूले मलाई गिल्‍ला गर्दै दिनभरि भन्छन्, “खोइ त तेरो परमेश्‍वर?”
PSA 42:11 हे मेरो प्राण, तँ किन उदास हुन्छस्? हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्? परमेश्‍वरमा आशा राख्, हे मेरा मुक्तिदाता, हे मेरा परमेश्‍वर, म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।
PSA 43:1 हे मेरा परमेश्‍वर, मलाई निर्दोष प्रमाणित गर्नुहोस्, र भक्तिहीन जातिको विरुद्धमा मेरो पक्षमा बोलिदिनुहोस्; छली र दुष्‍टहरूबाट मलाई छुटाउनुहोस्!
PSA 43:2 किनकि तपाईं परमेश्‍वर हुनुहुन्छ, जसमा मेरो शक्ति छ। तपाईंले मलाई किन त्याग्नुभएको छ? शत्रुबाट थिचोमिचोमा परेर मैले किन विलाप गर्दै हिँड्नुपर्छ?
PSA 43:3 तपाईंको ज्योति र तपाईंको विश्‍वासयोग्यतालाई पठाइदिनुहोस्; तिनले मलाई डोर्‍याऊन्; तिनले नै मलाई तपाईंको पवित्र पर्वतमा पुर्‍याऊन्; त्यस स्थानमा, जहाँ तपाईं बास गर्नुहुन्छ।
PSA 43:4 तब म परमेश्‍वरको वेदीमा जानेछु, परमेश्‍वरकहाँ, जो मेरो आनन्द र हर्ष हुनुहुन्छ। म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु, हे परमेश्‍वर, मेरा परमेश्‍वर।
PSA 43:5 हे मेरो प्राण, तँ किन उदास हुन्छस्? हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्? परमेश्‍वरमा आशा राख्, हे मेरा मुक्तिदाता, हे मेरा परमेश्‍वर, म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।
PSA 44:1 सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूको मस्किल। हे परमेश्‍वर, हामीले आफ्नै कानले सुनेका छौँ; हाम्रा पितापुर्खाहरूले हामीलाई भनेका छन्, तपाईंले प्राचीन कालमा, उनीहरूका समयमा के-के कामहरू गर्नुभयो।
PSA 44:2 तपाईंले आफ्नै हातले जाति-जातिहरूलाई धपाइदिनुभयो, र हाम्रा पितापुर्खाहरूलाई बसाल्नुभयो; तपाईंले जाति-जातिहरूलाई सताउनुभयो, र हाम्रा पितापुर्खाहरूलाई वृद्धि गराउनुभयो।
PSA 44:3 तिनीहरूले आफ्नै तरवारद्वारा देश जितेका होइनन्, न त तिनीहरूको बाहुबलले विजय पाएका हुन्; तपाईंको दाहिने बाहुलीले, तपाईंकै पाखुराले र तपाईंको मुहारको प्रकाशले तिनीहरू विजय भएका थिए; किनकि तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो।
PSA 44:4 तपाईं मेरा राजा र मेरा परमेश्‍वर हुनुहुन्छ; जसले याकोबलाई विजयको आदेश दिनुहुन्छ।
PSA 44:5 तपाईंद्वारा नै हाम्रा शत्रुहरूलाई पछाडि धपाउँछौँ; तपाईंको नामद्वारा नै हाम्रा वैरीहरूलाई कुल्चन्छौँ।
PSA 44:6 म आफ्नो धनुमा भरोसा गर्दिनँ, मेरो तरवारले मलाई विजय गराउँदैन;
PSA 44:7 तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूमाथि विजय दिनुहुन्छ; तपाईंले नै हाम्रा विरोधीहरूलाई लाजमा पार्नुहुन्छ।
PSA 44:8 दिनभरि नै हामी आफ्ना परमेश्‍वरमा गर्व गर्छौँ, र हामी सदाकाल तपाईंको नामको प्रशंसा गर्नेछौँ। सेला
PSA 44:9 तर अहिले तपाईंले हामीलाई त्याग्नुभएको छ, र लज्जित तुल्याउनुभएको छ; तपाईं हाम्रा सेनाहरूको साथमा जान छोड्नुभएको छ।
PSA 44:10 तपाईंले हामीलाई शत्रुहरूको सामुबाट पछि हट्ने तुल्याउनुभएको छ; र हाम्रा विरोधीहरूले हामीलाई लुटेका छन्।
PSA 44:11 तपाईंले हामीलाई भेडाहरूजस्तै अरूको आहारा हुनलाई त्यागिदिनुभएको छ; र हामीलाई जाति-जातिहरूका बीचमा तितरबितर पार्नुभएको छ।
PSA 44:12 तपाईंले आफ्नो प्रजाहरूलाई सस्तोमा दास हुनलाई बेचिदिनुभएको छ; तिनीहरूको बिक्रीबाट तपाईंलाई केही फाइदा भएको छैन।
PSA 44:13 हाम्रा वरिपरिका मानिसहरूका बीचमा हामीलाई तिरस्कार र हाँसोको पात्र बनाउनुभएको छ; छिमेकीहरूका बीचमा हामीलाई हाँसोको पात्र तुल्याउनुभएको छ।
PSA 44:14 तपाईंले हामीलाई जाति-जातिहरूका बीचमा हाँसोको पात्र हुन दिनुभएको छ; मानिसहरू हामीलाई देखेर टाउको हल्‍लाउँछन्।
PSA 44:15 मेरो गिल्‍ला गर्ने र खिसी गर्नेहरूका बोलीहरूले, बदला लिने शत्रुहरूका कारणले,
PSA 44:16 मैले आफ्नो अपमान दिनभरि सहनुपर्छ, र मेरो अनुहार लाजले ढाकिएको छ।
PSA 44:17 यी सबै कुरा हामीमाथि परिआएका छन्; यद्यपि हामीले तपाईंलाई बिर्सेका छैनौँ, हामी तपाईंको करारप्रति झूटो भएका छैनौँ।
PSA 44:18 हाम्रा हृदय तपाईंबाट पछाडि फर्केका छैनन्; हाम्रा पाइलाहरू तपाईंका मार्गबाट तर्किएका छैनन्।
PSA 44:19 तर तपाईंले हामीलाई चकनाचुर पारेर स्यालहरू बस्‍ने ठाउँ बनाउनुभयो, र हामीलाई घोर अन्धकारले ढाक्नुभयो।
PSA 44:20 यदि हाम्रा परमेश्‍वरको नाम हामीले बिर्सिएका छौँ भने, अथवा कुनै विदेशी देवी-देवतातिर हाम्रा हातहरू पसारेका छौँ भने,
PSA 44:21 के परमेश्‍वरले त्यो कुरा जान्‍नुहुने थिएन र? किनकि उहाँले हाम्रा हृदयका गुप्‍त कुराहरू समेत जान्‍नुहुन्छ।
PSA 44:22 तरै पनि तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ; हामीहरू काट्न लगिएका भेडाहरूजस्तै गनिएका छौँ।
PSA 44:23 हे प्रभु, उठ्नुहोस्! तपाईं किन सुत्नुहुन्छ? जाग्नुहोस्! हामीलाई सदाको लागि नत्याग्नुहोस्।
PSA 44:24 किन तपाईं आफ्नो मुहार लुकाउनुहुन्छ र हाम्रा दुःख र हामीमाथिको अत्याचार बिर्सनुहुन्छ?
PSA 44:25 हामी धुलोसम्मै झारिएका छौँ; हाम्रो पेट जमिनमै टाँसिसकेको छ।
PSA 44:26 उठ्नुहोस् र हामीलाई सहायता गर्नुहोस्; तपाईंको अचुक प्रेमको कारण हाम्रो उद्धार गरिदिनुहोस्!
PSA 45:1 सङ्गीत निर्देशकको लागि “लिली फूल” को रागमा आधारित, कोरहका छोराहरूबाट मास्किल। विवाहको गीत। जब म राजाको निम्ति गीत गाउँदछु; सुन्दर विचारहरूले मेरो हृदय भरिन्छ; मेरो जिब्रो सिपालु लेखकको कलम हुन्छ।
PSA 45:2 तपाईं पुरुषहरूमध्ये सर्वश्रेष्‍ठ हुनुहुन्छ; र तपाईंका ओठहरू अनुग्रहले अभिषिक्त छन्; किनकि परमेश्‍वरले तपाईंलाई सदाकालको निम्ति आशिष् दिनुभएको छ।
PSA 45:3 हे परमवीर योद्धा, तपाईंको कम्मरमा आफ्नो तरवार भिर्नुहोस्; प्रताप र वैभव धारण गर्नुहोस्।
PSA 45:4 तपाईंको वैभवमा विजयका साथ सवार हुनुहोस्; सत्यता, नम्रता र धार्मिकताको पक्षमा तपाईंको सवारी होस्; तपाईंको दाहिने बाहुलीले अचम्मका कामहरू गरोस्।
PSA 45:5 तपाईंका तीखा काँडहरूले राजाका शत्रुहरूका हृदय छेडिओस्; राष्ट्रहरू तपाईंको चरणमा झुकून्।
PSA 45:6 हे परमेश्‍वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ; न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हुनेछ।
PSA 45:7 तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्‍टतालाई घृणा गर्नुहुन्छ; यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई तपाईंका सङ्गीहरूभन्दा उच्‍च पार्नुभएको छ र हर्षको तेलले अभिषेक गर्नुभएको छ।
PSA 45:8 तपाईंका सबै कपडाहरू मूर्र, चन्दन, तेजपातको सुवास्‍नाले सुगन्धित छन्; हस्तीदन्तले सिँगारिएका राजमहलबाट तारको सुरिलो सङ्गीतले तपाईंलाई हर्षित तुल्याउँछ।
PSA 45:9 तपाईंका सम्मानित स्त्रीहरूमा राजकुमारीहरू छन्; तपाईंको दाहिने हातपट्टि ओपीरका निखुर सुनले सुसज्जित भएकी राजकीय दुलही छिन्।
PSA 45:10 हे कुमारी, सुन, ध्यान देऊ र विचार गर: तिम्रा मानिसहरू र आफ्नो पिताको घरलाई पनि बिर्स!
PSA 45:11 तिम्रो सुन्दरताले राजा मोहित होऊन्; उहाँको आदर गर; किनकि उहाँ तिम्रा मालिक हुन्।
PSA 45:12 टायरकी छोरीहरू उपहार लिएर आउनेछन्; धनी मानिसहरूले तिम्रो कृपादृष्‍टि खोज्नेछन्।
PSA 45:13 राजकुमारी राजमहलमा ऐश्‍वर्यमयी छिन्; तिनको वस्त्र सुनले जडिएको छ।
PSA 45:14 तिनी बुट्टेदार पोशाकमा राजाकहाँ पुर्‍याइन्छिन्; तिनका कुमारी साथीहरूले तिनलाई पछ्याउँछन्, जो तिनीसँगै रहनलाई ल्याइन्छन्।
PSA 45:15 हर्ष र आनन्दका साथ डोर्‍याइँदै, तिनीहरू राजाको महलभित्र प्रवेश गर्दछन्।
PSA 45:16 तपाईंका पुर्खाहरूको स्थानमा तपाईंका छोराहरू हुनेछन्; तपाईंले तिनीहरूलाई सारा पृथ्वीमा राजकुमार बनाउनुहुनेछ।
PSA 45:17 म तपाईंको नामलाई पुस्तौँ-पुस्तासम्म कायम राख्नेछु; यसकारण राष्ट्रहरूले तपाईंको प्रशंसा सदासर्वदा गर्नेछन्।
PSA 46:1 सङ्गीत निर्देशकको निम्ति, अलामोत लयमा आधारित, कोरहका छोराहरूका भजन। परमेश्‍वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ, सङ्कष्‍टमा सधैँ हाजिर हुने सहायक।
PSA 46:2 यसकारण हामी डराउनेछैनौँ, चाहे पृथ्वीमा ठूलो हलचल आओस्, चाहे पर्वतहरू समुद्रको गहिराइमा खसून्;
PSA 46:3 चाहे समुद्र गर्जोस् र फीँज काढोस्, र त्यो डरलाग्दो भेल उर्लेर आउँदा पर्वतहरू थर्कून्। सेला
PSA 46:4 एउटा नदी छ, जसको प्रवाहले परमेश्‍वरको नगर, सर्वोच्‍च परमेश्‍वरले बास गर्नुहुने पवित्रस्थानलाई हर्षित तुल्याउँछ।
PSA 46:5 परमेश्‍वर त्यस सहरभित्र हुनुहुन्छ, त्यो पतन हुनेछैन; परमेश्‍वरले त्यसलाई बिहानै सहायता गर्नुहुनेछ।
PSA 46:6 राष्ट्रहरूमा डरले कोलाहल हुन्छ; राज्यहरू पतन हुन्छन्। परमेश्‍वरले आफ्नो आवाज निकाल्नुहुन्छ, तब पृथ्वी पग्लन्छ।
PSA 46:7 सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ; याकोबका परमेश्‍वर हाम्रो किल्‍ला हुनुहुन्छ। सेला
PSA 46:8 आओ र याहवेहले गर्नुभएका कामहरू हेर, उहाँले पृथ्वीलाई कस्तो उजाड पार्नुभएको छ।
PSA 46:9 पृथ्वीको छेउसम्मै उहाँले मानिसहरूका लडाइँ झगडा रोक्नुहुन्छ; उहाँले धनु भाँच्नुहुन्छ र भालाहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ; उहाँले रथहरूलाई आगोमा जलाउनुहुन्छ।
PSA 46:10 उहाँले भन्‍नुहुन्छ, “शान्त रहो, र म नै परमेश्‍वर हुँ भनी जान; म राष्ट्रहरूको बीचमा उच्‍च पारिनेछु, म पृथ्वीमा उचालिनेछु।”
PSA 46:11 सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ; याकोबका परमेश्‍वर हाम्रो किल्‍ला हुनुहुन्छ। सेला
PSA 47:1 सङ्गीत निर्देशकको निम्ति, कोरहको छोराहरूका भजन। हे सबै जाति-जातिका मानिसहरू हो, ताली बजाओ; उच्‍च सोरले परमेश्‍वरको निम्ति जयजयकार गर!
PSA 47:2 सर्वोच्‍च याहवेह कस्तो महान् हुनुहुन्छ, सारा पृथ्वीभरिका महाराजा।
PSA 47:3 उहाँले राष्ट्रहरूलाई हाम्रा अधीनमा, र जाति-जातिहरूलाई हाम्रा पैतालामुनि पार्नुभएको छ।
PSA 47:4 उहाँले हाम्रा निम्ति उत्तराधिकारको भाग छान्‍नुभयो, याकोबको गौरव, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो। सेला
PSA 47:5 परमेश्‍वर आनन्दको सोरसित, याहवेह तुरहीको आवाजसित माथि उक्लनुभएको छ।
PSA 47:6 परमेश्‍वरको निम्ति गीत गाओ, गीत गाओ; हाम्रा राजाको निम्ति गीत गाओ, गीत गाओ!
PSA 47:7 किनकि परमेश्‍वर सारा पृथ्वीका राजा हुनुहुन्छ; उहाँको निम्ति प्रशंसाको भजन गाओ!
PSA 47:8 परमेश्‍वरले राष्ट्रहरूमाथि शासन गर्नुहुन्छ; परमेश्‍वर उहाँको पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ।
PSA 47:9 अब्राहामका परमेश्‍वरका मानिसहरूझैँ राष्ट्रहरूका श्रेष्‍ठ व्यक्तिहरू भेला भएका छन्; किनकि पृथ्वीका शासकहरू परमेश्‍वरकै हुन्; परमेश्‍वर अति उच्‍च हुनुहुन्छ।
PSA 48:1 एउटा गीत, कोरहका छोराहरूको भजन। हाम्रा परमेश्‍वरको सहरमा, उहाँको पवित्र पर्वतमा, याहवेह महान् र प्रशंसाको योग्य हुनुहुन्छ।
PSA 48:2 उचाइमा सुन्दर, सारा पृथ्वीको आनन्द सियोन पर्वत हो, जो सापोनको उचाइझैँ छ, जो हाम्रा महाराजाको सहर हो।
PSA 48:3 तिनका किल्‍लाहरूमा परमेश्‍वर हुनुहुन्छ; तिनका रक्षक परमेश्‍वर आफैँ हुनुहुन्छ भनी उहाँले देखाउनुभएको छ।
PSA 48:4 जब राजाहरूले एकसाथ दल बाँधे; जब तिनीहरूसँगै अगि बढे,
PSA 48:5 तिनीहरूले तिनलाई देखे; र तिनीहरू छक्‍क परे; तिनीहरू डराएर भागे।
PSA 48:6 तिनीहरू त्यहीँ नै डरले थरथर काँप्न लागे, प्रसवपीडामा भएकी स्त्रीजस्तै तिनीहरू पीडामा परे।
PSA 48:7 तर्शीशको जहाजहरूलाई झैँ तपाईंले तिनीहरूलाई पूर्वीय बतासले नष्‍ट पार्नुभयो।
PSA 48:8 सेनाहरूका याहवेहको सहरमा, हाम्रा परमेश्‍वरको नगरमा, जस्तो हामीले सुनेका थियौँ, त्यस्तै देखेका छौँः परमेश्‍वरले तिनलाई सदासर्वदा सुरक्षित राख्नुहुन्छ। सेला
PSA 48:9 हे परमेश्‍वर, तपाईंको मन्दिरभित्र, हामी तपाईंको अचुक प्रेमको ध्यान गर्छौँ।
PSA 48:10 हे परमेश्‍वर, तपाईंको नामजस्तै, तपाईंको प्रशंसा पृथ्वीको छेउसम्मै पुग्दछ; तपाईंको दाहिने बाहुली धार्मिकताले भरिएको छ।
PSA 48:11 तपाईंका सही न्यायहरूका कारण, सियोन पर्वत आनन्दित हुन्छ; यहूदाका सहरहरू हर्षित हुन्छन्।
PSA 48:12 सियोनको चारैतिर हिँड, र यसको परिक्रमा गर; यसका धरहराहरू गन,
PSA 48:13 यसको सुरक्षाको पर्खालहरूमाथि ध्यानसाथ हेर; यसका किल्‍लाहरूमाथि दृष्‍टि लगाओ; तब तिमीहरूले अर्को पुस्तालाई यसको बारेमा राम्ररी वर्णन गर्न सक्छौ।
PSA 48:14 किनकि यिनै परमेश्‍वर हाम्रा सदासर्वदाका परमेश्‍वर हुनुहुन्छ; अनन्तसम्मै उहाँले हामीलाई अगुवाइ गर्नुहुनुहुनेछ।
PSA 49:1 सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूको भजन। हे सबै जाति-जातिहरू हो, यो सुन; हे संसारका बासिन्दाहरू हो, सुन;
PSA 49:2 साना र ठूला दुवै, धनी र गरिब सबै ध्यान देओ:
PSA 49:3 मेरो मुखले बुद्धिका कुराहरू बोल्नेछ; मेरो हृदयका चिन्तनले समझशक्ति प्रदान गर्नेछ।
PSA 49:4 म हितोपदेशमा ध्यान लगाउनेछु; वीणा बजाएर उखानको अर्थ खोल्नेछु।
PSA 49:5 दुष्‍ट छलीहरूले मलाई घेर्दा, दुःखका दिनहरू आउँदा म किन डराउने,
PSA 49:6 तिनीहरू, जसले आफ्नो सम्पत्तिमाथि भरोसा राख्छन्, र आफ्नो ठूलो धनसम्पत्तिको घमण्ड गर्छन्।
PSA 49:7 कुनै पनि मानिसले कसैको प्राणको उद्धार गर्न सक्दैन, न त परमेश्‍वरलाई आफ्नो जीवनको लागि मोल नै दिन सक्छ।
PSA 49:8 जीवनको मूल्य धेरै मूल्यवान् हुन्छ; कसैको धनले तिरेर कहिल्यै पुग्दैन।
PSA 49:9 कोही पनि यस्तो मानिस छैन, जो सधैँ जीवित रहन्छ, र कहिल्यै कुहुनुपर्दैन।
PSA 49:10 किनकि सबैलाई थाहा छ, बुद्धिमान् मानिसहरू मर्छन्; मूर्ख र विवेकहीन मानिसहरू पनि मर्छन्, तिनीहरूका धनसम्पत्ति अरूहरूका लागि छोड्छन्।
PSA 49:11 तिनीहरूको निम्ति चिहान नै सदासर्वदाको घर हुन्छ; पुस्तौँसम्म ती तिनीहरूका वासस्थान हुनेछन्, यद्यपि तिनीहरूले आफ्नो जमिन आफ्नै नाममा राखेका थिए।
PSA 49:12 मानिसहरू महान् भए तापनि सधैँभरि जीवित रहन सक्दैनन्; तिनीहरू नष्‍ट हुने पशुजस्तै छन्।
PSA 49:13 आफूमाथि भर पर्ने ती सबैको गति यस्तै हुन्छ, र तिनीहरूको कुराहरूलाई समर्थन गरेर तिनीहरूका पछि लाग्नेहरूको गति पनि यस्तै हुन्छ। सेला
PSA 49:14 भेडाहरूजस्तै तिनीहरूको अन्त्य मृत्यु हुन्छ; मृत्यु तिनीहरूको गोठालो हुनेछ (तर बिहानै धर्मीहरूले तिनीहरूमाथि शासन गर्नेछन्)। तिनीहरूका भौतिक शरीर चिहानमा कुहेर जानेछ; तिनीहरूका राजकीय महलदेखि टाढा।
PSA 49:15 तर परमेश्‍वरले मेरो प्राणलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ; निश्‍चय नै उहाँले मलाई आफूसँग लिनुहुनेछ।
PSA 49:16 नडराओ, जब अरू कोही धनी हुन्छन्, जब तिनीहरूको घरको गौरव बढ्छ;
PSA 49:17 किनकि तिनीहरू मरेर जाँदा तिनीहरूले आफूसँग केही पनि लैजान सक्दैनन्; तिनीहरूको गौरव तिनीहरूसँग चिहानमा जाँदैन।
PSA 49:18 तिनीहरूले जीवित हुँदा आफूलाई धन्यको ठाने तापनि— र तिम्रो उन्‍नति हुँदा मानिसहरूले तिम्रो प्रशंसा गर्छन्—
PSA 49:19 तिनीहरू पहिल्यै मरेका आफ्ना पितापुर्खाहरूका पुस्ताकहाँ मिल्न जानेछन्; जसले जीवनको ज्योति फेरि कहिल्यै देख्नेछैनन्।
PSA 49:20 जोसँग धनसम्पत्ति छ, तर समझशक्ति छैन भने ती मानिसहरू नष्‍ट हुने पशुजस्तै हुन्।
PSA 50:1 आसापको भजन। याहवेह, सर्वशक्तिशाली परमेश्‍वर बोल्नुहुन्छ, र पृथ्वीका मानिसहरूलाई सूर्योदयदेखि सूर्यास्तसम्म बोलाउनुहुन्छ।
PSA 50:2 सुन्दरतामा सियोनबाट सिद्ध, परमेश्‍वर प्रकाशमान् हुनुभएको छ।
PSA 50:3 हाम्रा परमेश्‍वर आउनुहुन्छ, र शान्त बस्‍नुहुनेछैन; उहाँको अगि भस्म पार्ने आगो छ, र उहाँको चारैपट्टि ठूलो आँधीबेहरी छ।
PSA 50:4 आफ्ना मानिसहरूका न्याय गर्न परमेश्‍वरले माथिको आकाश र तलको पृथ्वीलाई बोलाउनुहुन्छ:
PSA 50:5 “मेरा समर्पित मानिसहरू मकहाँ भेला गराओ, जसले बलिद्वारा मसँग करार बाँधेका छन्।”
PSA 50:6 स्वर्गले उहाँको धार्मिकता घोषणा गर्छ; किनकि उहाँ नै न्यायको परमेश्‍वर हुनुहुन्छ। सेला
PSA 50:7 “हे मेरा मानिसहरू हो, सुन, र म तिमीहरूसँग बोल्नेछु; हे इस्राएल, म तेरो विरुद्धमा गवाही दिनेछु: म परमेश्‍वर, तेरा परमेश्‍वर हुँ।
PSA 50:8 म तँलाई तेरो बलिदानहरूका बारेमा दोष दिन्‍नँ, वा तेरो होमबलिहरूको बारेमा, जो सधैँ मेरो सामु छन्।
PSA 50:9 मलाई तेरो गोठबाट साँढेको, वा तेरो खोरहरूबाट बोकाको आवश्यकता छैन;
PSA 50:10 किनकि सम्पूर्ण जङ्गली पशुहरू मेरै हुन्, र हजारौँ डाँडाहरूका पशुप्राणी मेरै हुन्।
PSA 50:11 म पहाडहरूका हरेक पक्षीलाई चिन्दछु; भूमिका सबै प्राणीहरू मेरै हुन्।
PSA 50:12 यदि म भोकै भए तापनि तँलाई भन्‍नेथिइनँ; किनकि संसार मेरै हो, र त्यसमा भएका सबै थोक पनि मेरै हुन्।
PSA 50:13 के म साँढेहरूको मासु खान्छु? अथवा बोकाहरूको रगत पिउँछु र?
PSA 50:14 “परमेश्‍वरको निम्ति धन्यवादको बलि चढा, र सर्वोच्‍च परमेश्‍वरलाई गरेको तेरो भाकल पूरा गर्।
PSA 50:15 सङ्कष्‍टको दिनमा मलाई पुकार्; म तँलाई छुटाउनेछु, र तैँले मलाई महिमा दिनेछस्।”
PSA 50:16 तर परमेश्‍वरले दुष्‍टलाई भन्‍नुहुन्छ: “तैँले मेरो व्यवस्था पाठ गर्ने के हक छ? अथवा मेरो करारको कुरा गर्ने के अधिकार छ?
PSA 50:17 मेरो शिक्षालाई तैँले घृणा गर्छस्, र मेरा आज्ञाहरूलाई इन्कार गर्छस्।
PSA 50:18 जब चोरलाई देख्दा तँ चोरकै साथी बन्छस्; व्यभिचारीहरूसँग सहभागी हुन्छस्।
PSA 50:19 तेरो मुख खराबी कुरा बोल्नलाई प्रयोग गर्छस्, र तेरो जिब्रोलाई छली कुरा गर्नलाई चलाउँछस्।
PSA 50:20 तँ बस्छस्, र आफ्नै भाइको विरुद्धमा गवाही दिन्छस्; तँ आफ्नै साक्खै भाइलाई दोष लगाउँछस्।
PSA 50:21 तैँले यी सबै कुराहरू गरिस्, र म चुप रहेँ; तैँले मलाई पूर्णतया आफूजस्तै ठानिस्; तर अब म तँलाई हप्काउनेछु, र तेरै मुखको अगि तेरो दोष देखाउनेछु।
PSA 50:22 “हे परमेश्‍वरलाई बिसर्नेहरू हो, यो कुरा राम्ररी विचार गर; नत्रता म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र तिमीहरूलाई छुटाउने कोही पनि हुनेछैन:
PSA 50:23 धन्यवादको बलिदान चढाउनेहरूले नै मेरो आदर गर्दछन्, जसले आफ्नो मार्ग सुधार्छ, म त्यसलाई परमेश्‍वरको मुक्ति देखाउनेछु।”
PSA 51:1 सङ्गीत निर्देशकको निम्ति, दावीदले बतशेबासँग व्यभिचार गरेपछि नातान अगमवक्ता तिनीकहाँ आएपछिको दावीदको भजन। हे परमेश्‍वर, तपाईंको अचुक प्रेमअनुसार ममाथि दया गर्नुहोस्; तपाईंको महान् करुणाअनुसार मेरा अपराधहरू मेटिदिनुहोस्!
PSA 51:2 मेरा सबै अधर्महरूलाई पखालिदिनुहोस्, र मेरो पापबाट मलाई शुद्ध पारिदिनुहोस्!
PSA 51:3 किनकि मेरा अपराधहरू म जान्दछु; र मेरो पाप सधैँ मेरै सामु छ।
PSA 51:4 मैले तपाईंको विरुद्धमा, मात्र तपाईंकै विरुद्धमा पाप गरेको छु, अनि तपाईंको दृष्‍टिमा जे खराबी छ, मैले त्यही गरेको छु; यसकारण तपाईंको फैसलामा तपाईं सही हुनुहुन्छ, र तपाईंले न्याय गर्नुहुँदा धर्मी ठहरिनुहुन्छ।
PSA 51:5 निश्‍चय नै म जन्मँदै पापी थिएँ, मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।
PSA 51:6 तपाईंले गर्भमै विश्‍वासयोग्यता चाहना गर्नुहुन्छ; तपाईंले मलाई त्यो गोप्य ठाउँमा बुद्धिका कुरा सिकाउनुहुन्छ।
PSA 51:7 हिसपले मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु; मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु।
PSA 51:8 मलाई हर्ष र आनन्दका कुरा सुन्‍न दिनुहोस्; तपाईंले धुलोपिठो पार्नुभएका यी हड्डीहरू आनन्दित होऊन्!
PSA 51:9 मेरा पापहरूदेखि आफ्नो मुहार लुकाउनुहोस्, र मेरा सारा अधर्महरू मेटिदिनुहोस्!
PSA 51:10 हे परमेश्‍वर, मभित्र शुद्ध हृदय सृजना गर्नुहोस्, र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्!
PSA 51:11 तपाईंको उपस्थितिबाट मलाई टाढा नहटाउनुहोस्, र तपाईंको पवित्र आत्मा मबाट नलैजानुहोस्!
PSA 51:12 तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्, र मलाई सम्हाल्न तत्पर आत्मा दिनुहोस्!
PSA 51:13 तब म अपराधीहरूलाई तपाईंका मार्गहरू सिकाउनेछु, ताकि पापीहरू तपाईंतिर फर्केर आऊन्।
PSA 51:14 हे मेरा मुक्तिदाता परमेश्‍वर, मलाई हत्याको दोषबाट छुटकारा दिनुहोस् र मेरो ओठले तपाईंको धार्मिकता गाउनेछु।
PSA 51:15 हे प्रभु, मेरा ओठहरू खोलिदिनुहोस्, र मेरो मुखले तपाईंको प्रशंसाको घोषणा गर्नेछ।
PSA 51:16 बलिदानहरूमा तपाईं खुशी हुनुहुन्‍न, नत्रता म बलिदान चढाउनेथिएँ; तपाईं होमबलिमा प्रसन्‍न हुनुहुन्‍न।
PSA 51:17 हे परमेश्‍वर, तोडिएको मन नै मेरो बलिदान हो; हे परमेश्‍वर, तपाईंले चूर्ण र पश्‍चात्तापी हृदयलाई कहिल्यै तिरस्कार गर्नुहुन्‍न।
PSA 51:18 तपाईंको कृपाले सियोनको समृद्धि होस्, यरूशलेमका पर्खालहरू निर्माण गरिदिनुहोस्।
PSA 51:19 तब तपाईं धर्मीहरूका बलिदानहरूमा प्रसन्‍न हुनुहुनेछ, सिङ्गो चढाइएका होमबलिहरूमा; तब तपाईंको वेदीमा साँढेहरू बलि चढाइनेछन्।
PSA 52:1 सङ्गीत निर्देशकको निम्ति, दावीदको मस्किल—जब एदोमी दोएग शाऊल राजाकहाँ गएर दावीदको बारेमा भनेका थिए: “दावीद अहीमेलेकको घरमा गएका छन्।” हे वीर मानिस, तँ किन आफ्ना दुष्‍ट काममा गर्व गर्छस्? किन सारा दिन घमण्ड गर्छस्, तँ, जो परमेश्‍वरको दृष्‍टिमा घृणित छस्?
PSA 52:2 तँ छली कुरा गर्छस्, तेरा जिब्रोले विनाश पार्ने युक्ति रच्दछ; यो धारिलो छुरीजस्तै छ।
PSA 52:3 तँ असल कुराभन्दा खराब कुरा मन पराउँछस्; सत्य कुरा बोल्नुभन्दा बरु झूटो कुरा गर्न रुचाउँछस्।
PSA 52:4 ए छली जिब्रो! तँलाई हरेक हानिकारक शब्दहरू मन पर्छ।
PSA 52:5 निश्‍चय नै परमेश्‍वरले तँलाई अनन्तको विनाशमा फाल्नुहुनेछ: उहाँले तँलाई तानेर तेरो वासस्थानबाट निकाल्नुहुनेछ; उहाँले तँलाई जीवितहरूका देशबाट जरैसमेत उखेल्नुहुनेछ।
PSA 52:6 धर्मी जनहरू त्यो देखेर भय मान्‍नेछन्। तिनीहरूले यसो भनी तेरो हाँसो उडाउनेछन्,
PSA 52:7 “यो त्यही मानिस हो, जसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो धेरै धनसम्पत्तिमा भरोसा राख्यो, र अरूलाई विनाश गर्दै आफूचाहिँ बलियो भयो!”
PSA 52:8 तर मचाहिँ परमेश्‍वरको भवनमा बढेको हरियो जैतुनको रूखजस्तो छु; म परमेश्‍वरको अचुक प्रेममा सदासर्वदा भरोसा गर्दछु।
PSA 52:9 तपाईंले गर्नुभएका कार्यहरूका कारण भक्तजनहरूको उपस्थितिमा सधैँ म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंको नाममा म आशा राख्नेछु; किनकि तपाईंको नाम असल छ।
PSA 53:1 सङ्गीत निर्देशकको निम्ति, महलत शैली, दावीदको मस्किल। मूर्खले आफ्नो मनमा भन्छ, “परमेश्‍वर छँदैछैन।” तिनीहरू भ्रष्‍ट छन्, र तिनीहरूका चाल लाजमर्दो छ; असल काम गर्ने कोही पनि छैन।
PSA 53:2 परमेश्‍वरले स्वर्गबाट सबै मानिस जातिलाई हेर्नुहुन्छ यो जान्‍नलाई कि कोही त समझदार होला, जसले परमेश्‍वरको खोजी गर्दछ?
PSA 53:3 तर हरेक मानिस भड्किगएका छन्, सबै जना भ्रष्‍ट भएका छन्; असल गर्ने कोही छैन, एक जना पनि छैन।
PSA 53:4 के यी सबै दुष्‍ट काम गर्नेहरूले केही पनि जान्दैनन्? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्; तिनीहरूले परमेश्‍वरलाई कहिल्यै पुकार्दैनन्।
PSA 53:5 तर जहाँ डराउनुपर्ने कुनै कारण नै थिएन, त्यहीँ नै तिनीहरू डरले व्याकुल भए। परमेश्‍वरले तिमीहरूलाई आक्रमण गर्नेहरूका हड्डीहरू छरपस्ट पार्नुभएको छ; तिमीहरूले तिनीहरूलाई शर्ममा पारेका छौ; किनभने परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुभएको थियो।
PSA 53:6 अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो! जब परमेश्‍वरले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ, तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।
PSA 54:1 सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, दावीदको मस्किल—जब जीपीहरू शाऊलकहाँ गएर भनेका थिए, “के दावीद हामीहरूका माझमा लुकेका छैनन् र?” हे परमेश्‍वर, तपाईंको नामद्वारा मलाई बचाउनुहोस्; तपाईंको शक्तिद्वारा मलाई निर्दोष साबित गर्नुहोस्!
PSA 54:2 हे परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्; मेरा मुखका शब्दहरू सुनिदिनुहोस्!
PSA 54:3 मलाई परदेशीहरूले आक्रमण गर्छन्; मलाई निर्दयी मानिसहरूले मार्न खोज्छन्— ती मानिसहरूले परमेश्‍वरको श्रद्धा गर्दैनन्। सेला
PSA 54:4 हेर, परमेश्‍वर मेरा सहायक हुनुहुन्छ; प्रभुले नै मलाई सहारा दिनुहुन्छ।
PSA 54:5 मेरा विरोधीहरूका खराबी तिनीहरूमाथि नै फर्किऊन्; तपाईंको विश्‍वसनीयतामा तिनीहरूलाई सर्वनाश गर्नुहोस्!
PSA 54:6 म तपाईंलाई स्वेच्छाबलि चढाउनेछु; हे याहवेह, तपाईंको नामको प्रशंसा म गर्नेछु; किनकि त्यो असल कुरा हो।
PSA 54:7 तपाईंले मलाई मेरा सबै सङ्कष्‍टहरूबाट छुटाउनुभएको छ; र मेरा आँखाहरूले मेरा वैरीहरूमाथि मेरो विजयी देख्दछु।
PSA 55:1 सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, दावीदको मस्किल। हे परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्; मेरो बिन्तीलाई बेवास्ता नगर्नुहोस्!
PSA 55:2 मलाई सुन्‍नुहोस्, र मलाई जवाफ दिनुहोस्। मेरो मन धेरै दुःखित छ, र म व्याकुल भएको छु,
PSA 55:3 मेरा शत्रुहरूको आवाजको कारणले, दुष्‍टहरूका धम्कीले गर्दा। किनकि तिनीहरूले ममाथि कष्‍ट ल्याएका छन्, र तिनीहरूका क्रोधमा मलाई सताउने गर्दछन्।
PSA 55:4 मेरो हृदय मभित्र धेरै पीडामा छ; मृत्युको त्रास ममा परेको छ।
PSA 55:5 डर र कम्पनले मलाई डुबाएको छ; त्रासले मलाई व्याकुल बनाएको छ।
PSA 55:6 मैले भनेँ, “ओह, ढुकुरको जस्तै मेरा पखेटा भए त! म उडेर टाढा जानेथिएँ, र विश्राम लिनेथिएँ।
PSA 55:7 म उडेर धेरै टाढासम्म जानेथिएँ, र मरुभूमिमा बस्‍नेथिएँ। सेला
PSA 55:8 डरलाग्दा आँधीबेहरी र हुरीबाट धेरै टाढा, मेरो शरणस्थानतिर आतुरीसाथ जानेथिएँ।”
PSA 55:9 हे प्रभु, दुष्‍टहरूलाई खलबल्याइदिनुहोस्; तिनीहरूका योजनालाई निरुत्साहित पारिदिनुहोस्; किनकि मैले सहरमा हिंसा र झैझगडा देख्दछु।
PSA 55:10 तिनीहरू सहरका पर्खालहरूमा चढेर शिकारको खोजमा दिनरात वरिपरि घुम्छन्; त्यस सहरभित्र दुष्‍टता र उपद्रव छन्।
PSA 55:11 सहरभित्र विनाशकारी शक्तिहरू सक्रिय छन्; त्यसका गल्‍लीहरूलाई धम्की र झूटले कहिल्यै छोड्दैन।
PSA 55:12 यदि मेरा शत्रुहरूले मलाई अपमान गरेका भए, म त्यो सहन सक्नेथिएँ; यदि मेरा वैरीहरू मेरो विरुद्धमा उठेका भए, म लुक्न सक्नेथिएँ।
PSA 55:13 तर त्यो त मजस्तै मानिस, तँ नै होस्, मेरो सहकर्मी, मेरो घनिष्‍ठ साथी,
PSA 55:14 जससँग मेरो एक समय मिठो सम्बन्ध थियो; मानिसहरूको भीडमा, हामी एकसाथ हिँड्थ्यौँ, परमेश्‍वरको भवनमा सँगै जान्थ्यौँ।
PSA 55:15 मेरा शत्रुहरूलाई मृत्युले अचानक लैजाओस्; तिनीहरू चिहानमा जीवितै जाऊन्; किनकि तिनीहरूका बीच दुष्‍टताले बास गर्दछ।
PSA 55:16 तर मचाहिँ परमेश्‍वरलाई पुकार्छु; र याहवेहले मलाई बचाउनुहुन्छ।
PSA 55:17 साँझ, बिहान र दिउँसो दुःख-कष्‍टमा म उहाँलाई पुकार्छु, र उहाँले मेरो सोर सुन्‍नुहुन्छ।
PSA 55:18 विरोधीहरूका विरुद्धमा लडिरहेको युद्धबाट उहाँले मलाई विनाचोट बचाउनुहुन्छ, यद्यपि मेरो विरुद्धमा धेरै विरोधीहरू छन्।
PSA 55:19 परमेश्‍वर, जो सनातनदेखि सिंहासनमा विराजमान हुनुहुन्छ, जो कहिल्यै पनि बदलिनुहुन्‍न, उहाँले तिनीहरूलाई सुन्‍नुहुनेछ र तिनीहरूलाई नम्र तुल्याउनुहुनेछ; किनकि तिनीहरूले परमेश्‍वरको डर मान्दैनन्।
PSA 55:20 मेरा सहकर्मीले उसका आफ्नै मित्रहरूलाई आक्रमण गर्छ; उसले आफ्नो प्रतिज्ञा भङ्ग गर्छ।
PSA 55:21 उसको मुखको बोली घिउजस्तै चिप्लो छ, तर उसको हृदयमा युद्ध हुन्छ; उसका कुराहरू तेलभन्दा चिप्ला छन्, तर ती नाङ्गा तरवारहरू हुन्।
PSA 55:22 आफ्नो बोझ याहवेहमा राख; र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। उहाँले कहिल्यै धर्मीहरूलाई हार्न दिनुहुनेछैन।
PSA 55:23 तर हे परमेश्‍वर, तपाईंले दुष्‍टहरूलाई विनाशको खाडलमा खसाल्नुहुनेछ; हत्यारा र छली मानिसहरू तिनीहरूका आयुको अवधिको आधा समयसम्म पनि बाँच्नेछैनन्। तर मचाहिँ तपाईंमा भरोसा राख्दछु।
PSA 56:1 सङ्गीत निर्देशकको निम्ति, टाढाको बाजको रूखको ढुकुरको लयमा आधारित, दावीदको मिक्ताम; जब पलिश्तीहरूले उनलाई गातमा पक्रेका थिए। हे परमेश्‍वर, ममाथि दया देखाउनुहोस्; किनकि मेरा शत्रुहरूले मेरो खेदो गर्छन्; तिनीहरूले मलाई दिनभरि नै आक्रमण गरिरहन्छन्।
PSA 56:2 मेरा विरोधीहरूले दिनभरि नै मलाई खेदो गर्छन्; आफ्ना घमण्डमा धेरै जनाले मलाई आक्रमण गर्दछन्।
PSA 56:3 जब म डराउँछु, तब तपाईंमा भरोसा राख्दछु।
PSA 56:4 परमेश्‍वरमा, जसको वचनको प्रतिज्ञाको म प्रशंसा गर्दछु— म उहाँमा भरोसा राख्छु र डराउँदिनँ, मरणशील मानिसले मलाई के गर्न सक्छ र?
PSA 56:5 तिनीहरूले दिनभरि नै मेरा कुराहरूको उल्टो अर्थ लगाउँछन्; तिनीहरूका सबै योजनाहरू मेरो हानिको लागि हुन्छन्।
PSA 56:6 मलाई मार्ने आशामा तिनीहरू षड्यन्त्र रच्छन्, लुकी बस्छन्; तिनीहरूले मेरा कदमहरू नियाल्छन्।
PSA 56:7 तिनीहरूका दुष्‍टताको कारण तिनीहरूलाई उम्कन नदिनुहोस्; हे परमेश्‍वर, तपाईंको रिसमा राष्ट्रहरूलाई ढालिदिनुहोस्!
PSA 56:8 तपाईंले मेरो विलापको लेखा राख्नुहोस्; मेरा आँसुको हिसाब बोतलमा राख्नुहोस्— तपाईंको पुस्तकमा के ती सबै लेखिएका छैनन् र?
PSA 56:9 जब म सहायताको निम्ति पुकार्छु, तब मेरा शत्रुहरू मबाट पछि हटेर जानेछन्। यस कुराबाट परमेश्‍वर मेरो पक्षमा हुनुहुन्छ भन्‍ने कुरा म जान्दछु।
PSA 56:10 परमेश्‍वरमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु, याहवेहमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु—
PSA 56:11 परमेश्‍वरमा म भरोसा राख्दछु; र म डराउँदिनँ। मलाई मरणशील मानिसले के गर्न सक्छ र?
PSA 56:12 हे मेरा परमेश्‍वर, मैले तपाईंसँग भाकलहरू गरेको छु; मेरो धन्यवादको बलि म तपाईंलाई चढाउनेछु;
PSA 56:13 किनकि तपाईंले मलाई मृत्युबाट बचाउनुभएको छ; र मेरा पाउलाई ठेस लाग्नदेखि बचाइदिनुभएको छ, ताकि म परमेश्‍वरको सामु जीवनको ज्योतिमा हिँड्न सकूँ।
PSA 57:1 सङ्गीत निर्देशकको निम्ति, “विनाश नगर” लयमा आधारित, शाऊलबाट भागेर ओडारमा बास बस्दा दावीदको मिक्ताम। ममाथि कृपा गर्नुहोस्, हे मेरा परमेश्‍वर, ममाथि कृपा गर्नुहोस्; किनकि म तपाईंमा शरण लिन्छु। जबसम्म यो विपत्ति हट्दैन, तबसम्म म तपाईंको पखेटाको छायामुनि शरण लिनेछु।
PSA 57:2 म सर्वोच्‍च परमेश्‍वरलाई पुकार्छु, परमेश्‍वरलाई, जसले मलाई निर्दोष प्रमाणित गर्नुहुन्छ।
PSA 57:3 उहाँले स्वर्गबाट सहायता पठाउनुहुन्छ र मलाई बचाउनुहुन्छ; मलाई खेदो गर्नेहरूलाई उहाँले हप्काउनुहुन्छ, सेला परमेश्‍वरले आफ्नो अचुक प्रेम र विश्‍वसनीयता पठाउनुहुन्छ।
PSA 57:4 म सिंहहरूको बीचमा छु; हिँस्रक जनावरहरूजस्ता मानिसहरूका बीचमा बस्‍न म बाध्य छु; जसका दाँतहरू धारिला तरवार र काँड हुन्, जसका जिब्रा धारिलो तरवारजस्तै छन्।
PSA 57:5 हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्; सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्!
PSA 57:6 तिनीहरूले मेरा पाउहरूका निम्ति जाल बिछाएका छन्; म सङ्कष्‍टले झुकेको छु। तिनीहरूले मेरो मार्गमा खाडल खनेका छन्, तर तिनीहरू त्यस खाडलमा आफैँ परेका छन्। सेला
PSA 57:7 हे परमेश्‍वर, मेरो हृदय स्थिर छ, मेरो हृदय स्थिर छ; म गाउनेछु र धुन बजाउनेछु।
PSA 57:8 हे मेरो प्राण, उठ्! हे सारङ्गी र वीणा जाग्! म प्रभातलाई जगाउनेछु।
PSA 57:9 हे प्रभु, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; जाति-जातिहरूबीच म तपाईंको स्तुति गाउनेछु।
PSA 57:10 किनकि तपाईंको प्रेम महान् छ, आकाशझैँ उच्‍च छ; तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै पुग्दछ।
PSA 57:11 हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्; सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्!
PSA 58:1 सङ्गीत निर्देशकको निम्ति, “विनाश नहोस्” रागमा आधारित, दावीदको मिक्ताम। हे शासकहरू हो, के तिमीहरू न्यायपूर्वक बोल्दछौ? के तिमीहरू मानिसहरूलाई समान रूपमा न्याय गर्छौ?
PSA 58:2 होइन, तिमीहरू हृदयमा अन्याय रच्दछौ; र पृथ्वीमा तिमीहरूका आफ्ना हातले हिंसाका काम गर्छन्।
PSA 58:3 दुष्‍ट मानिसहरू जन्मैदेखि भड्केर जान्छन्; तिनीहरू गर्भदेखि नै पथभ्रष्‍ट हुन्छन्, झूटो फैलाउँछन्।
PSA 58:4 तिनीहरूको विष विषालु सर्पको विषजस्तै छ; तिनीहरू गोमन सर्पजस्तै छन्, जसले आफ्नो कान बन्द गरेको छ,
PSA 58:5 सपेराको सङ्गीतको धुन होस्, या जतिसुकै निपुण जादुगरको जादु होस्, तिनको सोर सुनिँदैन।
PSA 58:6 हे परमेश्‍वर, तिनीहरूका दाँत तिनीहरूकै मुखमा तोडिदिनुहोस्; हे याहवेह, ती सिंहहरूका बङ्गाराहरू भाँचिदिनुहोस्!
PSA 58:7 बग्ने पानीजस्तै तिनीहरू विलाइजाऊन्; जब तिनीहरूले धनुमा ताँदो चढाउँछन्, तब तिनीहरूका काँडहरू निशानासम्म नपुगून्।
PSA 58:8 चिप्ले किराजस्तै तिनीहरू हिँड्दा-हिँड्दै पग्लेर जाऊन्; जन्मिनै नपाई तुहेको बालकजस्तै तिनीहरूले सूर्यको उज्यालो कहिल्यै नदेखून्।
PSA 58:9 तिम्रा भाँडाहरू काँडाको आगोमा तात्तिन अगि, ती हरिया हुन् वा सुकेका, दुष्‍टहरू बगाएर लगिनेछन्।
PSA 58:10 जब पापीहरूमाथि बदला खनिन्छ, जब धर्मी जनहरूको पाउहरू दुष्‍टहरूको रगतमा चोबिन्छन्, तब धर्मी जनहरू हर्षित हुनेछन्।
PSA 58:11 तब मानिसहरूले भन्‍नेछन्, “निश्‍चय नै धर्मी जनहरू पुरस्कृत हुन्छन्; साँच्‍चै नै परमेश्‍वर हुनुहुन्छ, जसले पृथ्वीको न्याय गर्नुहुन्छ।”
PSA 59:1 सङ्गीत निर्देशकको निम्ति, “विनाश नहोस्” को रागमा आधारित, दावीदको मिक्ताम, जब शाऊलले दावीदलाई मार्न भनी उनका घरमा सुराकी गर्न पठाएका थिए। हे परमेश्‍वर, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्; मलाई आक्रमण गर्नेहरूबाट रक्षा गर्नुहोस्।
PSA 59:2 दुष्‍ट कार्य गर्नेहरूबाट मलाई छुटकारा दिनुहोस्, र मेरो प्राण लिन खोज्नेहरूबाट मलाई बचाउनुहोस्।
PSA 59:3 हेर्नुहोस्, मेरो प्राण लिनलाई तिनीहरू कसरी ढुकेर बसेका छन्! हे याहवेह, मेरो दोष वा पाप नभए तापनि कारणविना क्रूर मानिसहरू मेरो विरुद्धमा षड्यन्त्र रच्दछन्।
PSA 59:4 मेरो कुनै दोषविना नै तिनीहरू मलाई आक्रमण गर्न तयार छन्। मलाई सहायता गर्न उठ्नुहोस्; मेरो दुर्गतिमा दृष्‍टि गर्नुहोस्।
PSA 59:5 हे याहवेह, सेनाहरूका परमेश्‍वर, हे इस्राएलका परमेश्‍वर, सबै राष्ट्रहरूलाई दण्ड दिन तपाईं जाग्नुहोस्; विश्‍वासघातीहरूमाथि कुनै दया नदेखाउनुहोस्। सेला
PSA 59:6 तिनीहरू साँझपख कुकुरहरूजस्तै घुर्दै, सहरको चारैतिर आउँछन्।
PSA 59:7 हेर्नुहोस्, तिनीहरूको मुखबाट के निकाल्छन्— तिनीहरूका ओठबाट निक्लेका शब्दहरू तरवारजस्तै धारिला छन्; अनि तिनीहरू सोच्दछन्, “हामीलाई कसले सुन्‍न सक्छ र?”
PSA 59:8 तर हे याहवेह, तपाईं तिनीहरूमाथि हाँस्‍नुहुन्छ; तपाईं सबै राष्ट्रहरूको उपहास गर्नुहुन्छ।
PSA 59:9 तपाईं मेरो शक्ति हुनुहुन्छ, म तपाईंको प्रतीक्षा गर्दछु; हे परमेश्‍वर, तपाईं मेरो शरणस्थान हुनुहुन्छ।
PSA 59:10 मेरो परमेश्‍वरको अचुक प्रेममा, उहाँ मसँग खडा हुनुहुनेछ, र परमेश्‍वर मेरो अगाडि जानुहुनेछ। उहाँले मलाई मेरा शत्रुहरूमाथि विजय देख्न दिनुहुनेछ।
PSA 59:11 तर हे प्रभु, हाम्रा ढाल, तिनीहरूलाई नमार्नुहोस्, नत्रता मेरा मानिसहरूले भुल्नेछन्। तपाईंको शक्तिले तिनीहरूलाई उखेल्नुहोस् र तिनीहरूलाई होच्याउनुहोस्।
PSA 59:12 तिनीहरूका मुखको पापको फल, तिनीहरूका ओठका शब्दहरूका कारण, तिनीहरू आफ्नै घमण्डमा फसून्। तिनीहरूले बोलेका श्राप र झूटका कारण,
PSA 59:13 तपाईंको क्रोधमा तिनीहरूलाई भस्म पार्नुहोस्, तिनीहरू पूरै नष्‍ट नहोउन्जेल भस्म गर्नुहोस्। तब पृथ्वीको छेउसम्मै मानिसहरूले जान्‍नेछन्, कि परमेश्‍वरले इस्राएलमाथि र संसारभरि राज्य गर्नुहुन्छ।
PSA 59:14 तिनीहरू साँझपख कुकुरहरूजस्तै घुर्दै सहरको चारैतिर आउँछन्।
PSA 59:15 तिनीहरू आहाराको खोजीमा भौँतारिन्छन्, अनि तिनीहरू आहाराले सन्तुष्‍ट नहुँदा कराउँछन्।
PSA 59:16 तर म तपाईंको शक्तिको गुणगान गाउनेछु, बिहानै म तपाईंको अचुक प्रेमको गीत गाउनेछु; किनकि तपाईं मेरा किल्‍ला हुनुहुन्छ, सङ्कष्‍टको दिनमा मेरो शरणस्थान हुनुहुन्छ।
PSA 59:17 तपाईं मेरो बल हुनुहुन्छ, म तपाईंको प्रशंसा गाउनेछु; हे परमेश्‍वर, तपाईं मेरो शरणस्थान हुनुहुन्छ, मेरो प्रेमिला परमेश्‍वरमा म भरोसा गर्न सक्छु।
PSA 60:1 सङ्गीत निर्देशकको निम्ति, “करारको लिली” लयमा आधारित, दावीदको मिक्ताम, जब उनले अराम नहरेम र आराम सोबाह, र नुनको बेँसीमा युद्ध गरे, तब योआबले 12 हजार एदोमीहरूलाई मारेर फर्के। हे परमेश्‍वर, तपाईंले हामीलाई त्यागिदिनुभएको छ, र हामीलाई तोडिदिनुभएको छ; तपाईं हामीसँग रिसाउनुभएको छ—अब हामीलाई पुनर्स्थापित गर्नुहोस्!
PSA 60:2 तपाईंले धर्तीलाई हल्‍लाउनुभएको छ, र त्यसलाई फटाएर खुल्‍ला पार्नुभएको छ; पृथ्वीका धाँदाहरू जोडिदिनुहोस्; किनकि त्यो हल्‍लिँदैछ।
PSA 60:3 तपाईंले तपाईंका मानिसहरूलाई अति कठिन समयहरू भोग्न दिनुभएको छ; तपाईंले हामीलाई पिएर धरमराइदिने मद्य दिनुभएको छ।
PSA 60:4 तपाईंको भय मान्‍नेहरूका लागि तपाईंले विजयको झण्डा उच्‍च पार्नुभएको छ, ताकि तिनीहरूले धनुबाट सुरक्षा पाउन सकून्। सेला
PSA 60:5 तपाईंको दाहिने हातले हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्; ताकि तपाईंका प्रियजनहरूले छुटकारा पाऊन्।
PSA 60:6 परमेश्‍वरले उहाँको वासस्थानबाट बोल्नुभएको छ: “विजयमा म शेकेमलाई विभाजन गर्नेछु, र सुक्‍कोतको बेँसीलाई नापेर छुट्ट्याउनेछु।
PSA 60:7 गिलाद मेरो हो, र मनश्शे पनि मेरै हो; एफ्राइम मेरो टोप हो, यहूदा मेरो राजदण्ड हो।
PSA 60:8 मोआब मेरो हात धुने भाँडो हो, एदोममा म आफ्नो जुत्ता फाल्नेछु; पलिश्तीमाथिको विजयमा म कराउँछु।”
PSA 60:9 किल्‍ला भएको सहरमा मलाई कसले पुर्‍याइदेला? कसले मलाई एदोमसम्म डोर्‍याउला?
PSA 60:10 हे परमेश्‍वर, तपाईं नै होइन, जसले हामीलाई अहिले त्याग्नुभएको छ, र अहिले हाम्रा सेनाहरूका साथमा पनि जानुभएन?
PSA 60:11 शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्; किनकि मानिसको सहायता व्यर्थ छ।
PSA 60:12 परमेश्‍वरको सहायताद्वारा हामीले विजय प्राप्‍त गर्नेछौँ, र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।
PSA 61:1 सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, दावीदको भजन। हे परमेश्‍वर, मेरो पुकार सुन्‍नुहोस्; मेरो प्रार्थना सुनिदिनुहोस्।
PSA 61:2 जब मेरो हृदय धेरै व्याकुल हुन्छ, तब म पृथ्वीको छेउदेखि तपाईंलाई पुकार्दछु; मभन्दा धेरै अग्लो चट्टानमा मलाई लैजानुहोस्।
PSA 61:3 किनकि तपाईं मेरा लागि शरणस्थान हुनुहुन्छ, तपाईं मेरा वैरीका विरुद्धमा एक बलियो धरहरा हुनुहुन्छ।
PSA 61:4 तपाईंको पालमा सदासर्वदा रहिरहन, र तपाईंको पखेटामुनि शरण लिन पाऊँ भन्‍ने मेरो चाहना छ। सेला
PSA 61:5 किनकि हे परमेश्‍वर, तपाईंले मेरा भाकलहरू सुन्‍नुभएको छ; तपाईंको नामको भय मान्‍नेहरूका उत्तराधिकार मलाई दिनुभएको छ।
PSA 61:6 राजाको आयु बढाइदिनुहोस्; पुस्तौँसम्म उनको आयु बढाउनुहोस्।
PSA 61:7 उनी परमेश्‍वरको उपस्थितिमा सदासर्वदा राज गरून्; तपाईंको अचुक प्रेम र विश्‍वासयोग्यताले उनको सुरक्षा गर्नुहोस्!
PSA 61:8 तब म यसरी सदासर्वदा तपाईंको नामको स्तुतिगान गाउनेछु र प्रत्येक दिन मेरा भाकलहरू पूरा गर्नेछु।
PSA 62:1 सङ्गीत निर्देशकको निम्ति, यदूतूनका लागि, दावीदको भजन। परमेश्‍वरमा मात्र मेरो प्राणले विश्राम पाउँछ; उहाँबाट नै मेरो मुक्ति आउँछ।
PSA 62:2 साँच्‍चै, उहाँ मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ; उहाँ मेरो शरणस्थान हुनुहुन्छ, म कहिल्यै हार्नेछैनँ।
PSA 62:3 तिमीहरूले मलाई कहिलेसम्म आक्रमण गरिबस्छौ? ढल्न लागेको पर्खाल र भत्कन लागेको बारजस्तै मानिसलाई— तिमीहरू सबै जना मिलेर मलाई ढाल्छौ?
PSA 62:4 साँच्‍चै मलाई मेरो उच्‍च स्थानबाट खसाल्नलाई तिनीहरूले योजना बनाएका छन्; तिनीहरू असत्यतामा रमाउँछन्, तिनीहरूको मुखलेचाहिँ आशिष् दिन्छन्, तर तिनीहरूको हृदयले सराप्छन्। सेला
PSA 62:5 हे मेरो प्राण, परमेश्‍वरमा नै विश्राम गर्; मेरो आशा उहाँबाटै आउँछ।
PSA 62:6 साँच्‍चै उहाँ मात्र मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ; उहाँ मेरो शरणस्थान हुनुहुन्छ, म हार्नेछैनँ।
PSA 62:7 मेरो मुक्ति र मेरो सम्मान परमेश्‍वरमा आधारित छ; उहाँ मेरो बलियो चट्टान र मेरो शरणस्थान हुनुहुन्छ।
PSA 62:8 हे मानिसहरू हो, हर समय उहाँमा भरोसा गर; आफ्ना हृदय उहाँको सामु पोख; किनकि परमेश्‍वर हाम्रा शरणस्थान हुनुहुन्छ।
PSA 62:9 साँच्‍चै निम्न स्तरका मानिसहरू एक मुट्ठी सास मात्र हुन्; उच्‍च स्तरका मानिसहरू भ्रम मात्र हुन्। यदि तिनीहरूलाई तराजुमा जोखियो भने तिनीहरूको केही ओजन छैन; तिनीहरू दुवै एक मुट्ठी सास मात्र छन्।
PSA 62:10 लुटपाट गर्ने काममा भरोसा नगर, अथवा चोरीका सामानहरूमा घमण्ड नगर; तिम्रो धनसम्पत्ति वृद्धि भए तापनि त्यसमा तिम्रो हृदय नलगाओ!
PSA 62:11 एउटा कुरा परमेश्‍वरले भन्‍नुभएको छ, दुई पटक मैले सुनेको छु: “हे परमेश्‍वर, शक्ति तपाईंमा नै निहित छ;
PSA 62:12 हे प्रभु, अचुक प्रेम तपाईंमा छ।” “अनि निश्‍चय नै तपाईंले प्रत्येक मानिसलाई तिनीहरूका हरेक कामअनुसारको प्रतिफल दिनुहुन्छ।”
PSA 63:1 यहूदाको मरुभूमिमा हुँदा दावीदको भजन। हे परमेश्‍वर, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ; म दिलोज्यानले तपाईंलाई खोज्दछु; पानी नभएको सुक्खा र बाँझो जमिनमा, मेरो प्राण तपाईंका निम्ति तिर्खाउँछ।
PSA 63:2 पवित्रस्थानमा मैले तपाईंको दर्शन गरेको छु, र तपाईंको शक्ति र महिमालाई देखेको छु।
PSA 63:3 तपाईंको अचुक प्रेम जीवनभन्दा पनि उत्तम छ; यसैले मेरा ओठले तपाईंको महिमा गर्नेछ।
PSA 63:4 मेरो जीवनभरि नै म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंको नाममा म मेरो हात उचाल्नेछु।
PSA 63:5 मेरो प्राण अति उत्तम भोजनझैँ पूर्ण रूपमा सन्तुष्‍ट हुनेछ; स्तुतिगान गाउँदै मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ।
PSA 63:6 मेरो ओछ्यानमा म तपाईंलाई सम्झन्छु; रातको हरेक पहरमा म तपाईंलाई मनन गर्छु।
PSA 63:7 किनकि तपाईं मेरो सहायक हुनुहुन्छ; म तपाईंको पखेटाको छायामुनि आनन्दले गाउँछु।
PSA 63:8 मेरो सम्पूर्ण शक्तिले तपाईंलाई समात्छ; तपाईंको दाहिने हातले मलाई सम्हालेर राख्दछ।
PSA 63:9 मलाई मार्न खोज्नेहरूचाहिँ नष्‍ट पारिनेछन्; तिनीहरू पृथ्वीको गहिराइ भागहरूमा जानेछन्।
PSA 63:10 तिनीहरू तरवारद्वारा मारिनेछन्; र स्यालहरूको आहारा हुनेछन्।
PSA 63:11 तर राजा परमेश्‍वरमा आनन्दित हुनेछन्; परमेश्‍वरको नाममा शपथ लिनेहरू सबैले उहाँलाई महिमा दिनेछन्; जबकि झूटो बोल्ने मुख थुनिनेछ।
PSA 64:1 सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। हे मेरा परमेश्‍वर, मैले गुनासो गर्दा मेरो सोर सुन्‍नुहोस्; शत्रुको धम्कीबाट मेरो प्राणलाई बचाउनुहोस्!
PSA 64:2 दुष्‍टहरूको गुप्‍त पासोहरूबाट कुकर्मीहरूको षड्यन्त्रहरूबाट मलाई लुकाउनुहोस्!
PSA 64:3 तिनीहरूले आफ्नो जिब्रोलाई तरवारझैँ धारिलो पार्छन्, र तिनीहरूका निर्दयी शब्दहरूले प्राणघातक काँडझैँ ताकेका छन्।
PSA 64:4 तिनीहरूले निर्दोषहरूलाई ढुकि पासोमा पारेर काँड हान्छन्; तिनीहरूले डरैविना अचानक काँड हान्छन्।
PSA 64:5 तिनीहरूले एक-अर्कालाई आफ्ना दुष्‍ट षड्यन्त्रहरूबाट प्रोत्साहन दिन्छन्; तिनीहरूले लुकाएर पासो थाप्ने कुरा गर्छन्; तिनीहरूले भन्छन्, “यसलाई कसले देख्छ र?”
PSA 64:6 तिनीहरू अन्याय रच्छन् र भन्छन्, “हामीले सिद्ध योजना बनाएका छौँ!” मानिसको मन र हृदय साँच्‍चै धूर्त छ।
PSA 64:7 तर परमेश्‍वरले उहाँका काँडहरूले तिनीहरूलाई हान्‍नुहुनेछ; तिनीहरू अचानक घाइते हुनेछन्।
PSA 64:8 उहाँले तिनीहरूका जिब्रोलाई तिनीहरूकै विरुद्धमा बोल्न लगाउनुहुनेछ, र तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ; तिनीहरूलाई देख्ने सबैले गिल्‍ला गर्दै टाउको हल्‍लाउनेछन्।
PSA 64:9 सबै मानिसहरू परमेश्‍वरसँग डराउनेछन्; तिनीहरूले परमेश्‍वरको कामको घोषणा गर्नेछन्; र उहाँले गर्नुभएका कामहरू विचार गर्नेछन्।
PSA 64:10 धर्मी जनहरू याहवेहमा आनन्दित हुनेछन्, र उहाँमा शरण लिनेछन्; साँचो हृदय भएकाहरू सबैले उहाँको महिमा गर्नेछन्!
PSA 65:1 सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन; एक गीत। हे हाम्रा परमेश्‍वर, सियोनमा प्रशंसाले तपाईंलाई पर्खिरहेको छ; तपाईंसँगको हाम्रो भाकल पूरा गर्नेछौँ।
PSA 65:2 तपाईं प्रार्थना सुनेर त्यसको उत्तर दिने परमेश्‍वर हुनुहुन्छ। तपाईंकहाँ नै सबै मानिसहरू आउनेछन्।
PSA 65:3 जब हाम्रा पापहरूले हामीलाई डुबाएका थिए, तब हाम्रा अपराधहरूलाई तपाईंले क्षमा गरिदिनुभयो।
PSA 65:4 धन्यका हुन् ती मानिसहरू, जसलाई तपाईंले चुन्‍नुहुन्छ, र तपाईंको मन्दिरको आँगनमा बस्‍नलाई आफू नजिक ल्याउनुहुन्छ! तपाईंका पवित्र भवनका असल थोकहरूले हामी भरिएका छौँ।
PSA 65:5 तपाईंले हामीलाई महान् र धार्मिक कामहरूबाट जवाफ दिनुहुन्छ; हे हाम्रा उद्धारकर्ता परमेश्‍वर, पृथ्वीको छेउसम्मका समस्त मानिसहरू र टाढा-टाढा समुद्रपारि रहने मानिसहरूका आशा तपाईं नै हुनुहुन्छ,
PSA 65:6 तपाईंले आफ्नो शक्तिद्वारा पर्वतहरू निर्माण गर्नुभयो। तपाईंले आफूलाई शक्तिले सुसज्जित पार्नुभएको छ।
PSA 65:7 जसले समुद्रको गर्जन र तिनका छालहरूको गर्जन, र राष्ट्रहरूबीच भएको कोलाहल शान्त गर्नुभएको छ।
PSA 65:8 तपाईंका अलौकिक चिन्हहरू देखेर पृथ्वीभरिका सारा मानिसहरू छक्‍क पर्छन्; जहाँ सूर्य उदाउँछ, र जहाँ सूर्य अस्ताउँछ, तपाईंले आनन्दका गीतहरू आह्वान गर्नुहुन्छ।
PSA 65:9 तपाईंले भूमिको वास्ता गर्नुहुन्छ र पानीले भिजाउनुहुन्छ; तपाईंले भूमिलाई प्रशस्त गरी मलिलो बनाउनुहुन्छ। मानिसहरूलाई अन्‍नबाली जुटाउनलाई, परमेश्‍वरका नदीहरू पानीले भरिएका छन्; किनकि तपाईंले यसरी नै निर्धारण गर्नुभएको छ।
PSA 65:10 तपाईंले त्यसका गराहरूलाई पानीले भिजाउनुहुन्छ र त्यसका डीलहरूलाई सम्म पार्नुहुन्छ; तपाईंले खेतलाई झरीले भिजाएर नरम पार्नुहुन्छ, र त्यसको उब्जनीलाई आशिष् दिनुहुन्छ।
PSA 65:11 तपाईंको प्रशस्तताले वर्षलाई मुकुट पहिराउनुहुन्छ र तपाईंको प्रशस्त आशिष्‌को अन्‍नबालीले तपाईंका गाडाहरू भरिएर पोखिन्छन्।
PSA 65:12 मरुभूमिका वस्तु चर्ने खर्कहरू हरियो भएका छन्; डाँडाहरू हर्षले सुसज्जित छन्।
PSA 65:13 हरियो खर्कहरू भेडाबाख्राहरूले भरिभराउ भएका छन्; र बेँसीहरू बालीले ढाकिएका छन्; तिनीहरू सबै आनन्दले कराउँछन् र भजन गाउँछन्।
PSA 66:1 सङ्गीत निर्देशकको निम्ति, एक गीत; एक भजन। हे सारा पृथ्वी, आनन्दसाथ परमेश्‍वरको जयजयकार गर!
PSA 66:2 उहाँको नामको महिमा गर; र उहाँको प्रशंसा महिमामय बनाओ।
PSA 66:3 परमेश्‍वरलाई भन, “तपाईंका कार्यहरू कति अद्‌भुत छन्! तपाईंको शक्ति यति महान् छ कि तपाईंको अगि तपाईंका शत्रुहरू निहुरिन्छन्।
PSA 66:4 सारा पृथ्वी तपाईंको सामु झुक्छ; तिनीहरूले तपाईंको निम्ति प्रशंसा गाउँछन्, तिनीहरूले तपाईंको नामको गीत गाउँछन्।” सेला
PSA 66:5 आओ र परमेश्‍वरले गर्नुभएका कामहरू हेर; मानिसहरूको निम्ति उहाँका अद्‌भुत कार्यहरू!
PSA 66:6 उहाँले समुद्रलाई सुक्खा भूमिमा बदल्नुभयो, तिनीहरूले पैदलै सुक्खा नदी तरे— आओ, हामी उहाँमा आनन्द मनाऔँ।
PSA 66:7 परमेश्‍वरले आफ्नो शक्तिद्वारा सदासर्वदा शासन गर्नुहुन्छ; उहाँको आँखाले राष्ट्रहरूलाई हेर्नुहुन्छ— तपाईंको विरुद्धमा तपाईंका विद्रोहीहरू उठ्न नसकून्। सेला
PSA 66:8 हे सबै जाति-जातिहरू हो, हाम्रा परमेश्‍वरलाई प्रशंसा गर, उहाँलाई चढाइएको प्रशंसाको आवाज सुनियोस्;
PSA 66:9 उहाँले हामीलाई जीवित राख्नुभएको छ, र हाम्रा खुट्टाहरूलाई चिप्लन दिनुभएको छैन।
PSA 66:10 किनकि हे परमेश्‍वर, तपाईंले हामीलाई जाँच गर्नुभयो; तपाईंले हामीलाई चाँदीलाई जस्तै खार्नुभयो।
PSA 66:11 तपाईंले हामीलाई कैदमा पार्नुभयो; र हाम्रो ढाडमा गह्रौँ भारी बोकाउनुभयो।
PSA 66:12 तपाईंले हाम्रो शिरमाथि मानिसहरूलाई सवार गर्न दिनुभयो; हामी आगो र पानीद्वारा भएर गयौँ; तर तपाईंले हामीलाई प्रशस्तताको ठाउँमा ल्याउनुभयो।
PSA 66:13 म तपाईंको मन्दिरमा होमबलि सहित आउनेछु; र तपाईंसँग गरेका मेरा भाकलहरू पूरा गर्नेछु।
PSA 66:14 जब म सङ्कष्‍टमा थिएँ, मेरा ओठले प्रतिज्ञा गरेका र मेरो मुखले बोलेका भाकलहरू म पूरा गर्नेछु।
PSA 66:15 म तपाईंलाई मोटा पशुहरूको बलिदान चढाउनेछु; र भेडाहरूको भेटी चढाउनेछु; म बहरहरू र बोकाहरू चढाउनेछु। सेला
PSA 66:16 हे परमेश्‍वरको भय मान्‍नेहरू हो, सबै आओ र सुन; उहाँले मेरो निम्ति के गर्नुभएको छ, सो म तिमीहरूलाई बताउनेछु।
PSA 66:17 मेरो मुखले उहाँलाई सहायताको निम्ति पुकारेँ; उहाँको प्रशंसा मेरो जिब्रोमा थियो।
PSA 66:18 यदि मेरो हृदयमा मैले पापलाई ठाउँ दिएको भए, प्रभुले मेरो बिन्ती सुन्‍नुहुने थिएन;
PSA 66:19 तर परमेश्‍वरले साँच्‍चै नै सुन्‍नुभएको छ; र उहाँले मेरो प्रार्थना सुन्‍नुभएको छ।
PSA 66:20 परमेश्‍वरलाई प्रशंसा होस्, जसले मेरो प्रार्थना इन्कार गर्नुभएको छैन, वा मबाट उहाँको अचुक प्रेम रोक्नुभएको छैन!
PSA 67:1 सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, एउटा भजन; एउटा गीत। परमेश्‍वर हामीप्रति अनुग्रही होऊन्, र हामीलाई आशिष् देऊन्; अनि उहाँको मुहार हामीमाथि चम्काऊन्— सेला
PSA 67:2 ताकि तपाईंको मार्ग पृथ्वीमाथि प्रकट होस्, अनि तपाईंको मुक्ति सबै राष्ट्रहरूको बीचमा थाहा होस्।
PSA 67:3 हे परमेश्‍वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्; सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्।
PSA 67:4 जाति-जातिहरू रमाऊन् र आनन्दले गाऊन्; किनकि तपाईंले जाति-जातिहरूलाई निष्पक्षसाथ शासन गर्नुहुन्छ, र पृथ्वीका राष्ट्रहरूलाई अगुवाइ गर्नुहुन्छ। सेला
PSA 67:5 हे परमेश्‍वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्; सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्।
PSA 67:6 भूमिले आफ्नो बाली उब्जनी गर्छ; परमेश्‍वर, हाम्रा परमेश्‍वरले हामीलाई आशिष् दिनुहुन्छ।
PSA 67:7 परमेश्‍वरले हामीलाई अझै आशिष् देऊन्, कि समस्त पृथ्वीका मानिसहरूले उहाँको डर मानून्।
PSA 68:1 सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन; एक गीत। परमेश्‍वर उठून्, उहाँका शत्रुहरू छरपस्ट भइजाऊन्; उहाँका वैरीहरू उहाँको सामुबाट भागून्।
PSA 68:2 हावाले धुवाँलाई उडाए झैँ तपाईंले तिनीहरूलाई उडाइदिनुहोस्। आगोको अगि मैन बिलाइए झैँ, परमेश्‍वरको अगि दुष्‍टहरू नष्‍ट होऊन्।
PSA 68:3 तर धर्मीहरूचाहिँ खुशी होऊन्; र परमेश्‍वरको अगि तिनीहरू रमाऊन्; तिनीहरू खुशी र आनन्दित होऊन्।
PSA 68:4 परमेश्‍वरको निम्ति गाओ, उहाँको नामको प्रशंसा गाओ; बादलमा सवार हुनुहुनेलाई प्रशंसा गर; उहाँको नाम याहवेह हो—उहाँको अगि आनन्दित होओ।
PSA 68:5 उहाँको पवित्र वासस्थानमा परमेश्‍वर अनाथहरूका पिता र विधवाहरूका रक्षक हुनुहुन्छ।
PSA 68:6 एकलो मानिसलाई परमेश्‍वरले परिवारमा बसाल्नुहुन्छ; उहाँले कैदीहरूलाई स्वतन्त्र गर्नुहुन्छ, र आनन्दित तुल्याउनुहुन्छ; तर विद्रोहीहरूचाहिँ सुक्खा भूमिमा बस्छन्।
PSA 68:7 हे परमेश्‍वर, जब तपाईं आफ्ना मानिसहरूका अगि जानुभयो, जब तपाईं मरुभूमिबाट भएर अगि बढ्नुभयो, सेला
PSA 68:8 तब पृथ्वी काम्यो, आकाशले झरी बर्सायो; अद्वितीय परमेश्‍वरको सामु, जो सीनै पर्वतका परमेश्‍वर हुनुहुन्छ, परमेश्‍वरको सामु, जो इस्राएलका परमेश्‍वर हुनुहुन्छ।
PSA 68:9 हे परमेश्‍वर, तपाईंले प्रशस्त गरी पानी बर्साउनुभयो; तपाईंले सुक्खा भूमिलाई फेरि ताजा बनाउनुभयो।
PSA 68:10 तपाईंका मानिसहरू त्यस भूमिमा बसोबास गरे; हे परमेश्‍वर, तपाईंको प्रशस्तताबाट निमुखाहरूलाई सबै कुरा जुटाउनुभयो।
PSA 68:11 प्रभुले वचन घोषणा गर्नुहुन्छ; र त्यही वचनको घोषणा गर्ने स्त्रीहरूको समूह ठूलो छ:
PSA 68:12 “राजा र सेनाहरू बेपत्ता गरी भाग्छन्; घरका स्त्रीहरूचाहिँ लुटका सामानहरू बाँड्छन्,
PSA 68:13 जब तिमीहरू भेडाको खोरमा सुत्छौ, तब तिमीहरू ढुकुरका पखेटा चाँदी, र त्यसका प्वाँखहरू चम्किलो सुनले ढाकिएका जस्तै हुन्छौ।”
PSA 68:14 जब सर्वशक्तिमान्‌ले राजाहरूलाई देशमा छरपस्ट पार्नुभयो, त्यो जल्मोन डाँडामा हिउँ परेजस्तै थियो।
PSA 68:15 बाशानका पर्वतहरू, वैभवशाली पर्वतहरू, बाशानका पर्वतहरू, धेरै अग्ला पर्वतहरू,
PSA 68:16 हे अग्ला चुचुराहरू हो, तिमी किन ईर्ष्याले त्यस पर्वततिर हेर्छौ, जुन पर्वतमा परमेश्‍वरले शासन गर्न रोज्नुभएको छ; जहाँ याहवेह स्वयम् सदासर्वदा बास गर्नुहुनेछ?
PSA 68:17 परमेश्‍वरका रथहरू दसौँ हजार, र हजारौँ-हजार छन्; प्रभु सीनै पर्वतबाट उहाँको पवित्रस्थानमा आउनुभएको छ।
PSA 68:18 जब तपाईं उच्‍चमा चढिजानुभयो, तब तपाईंले धेरै कैदीहरूलाई बन्दी बनाएर लैजानुभयो; तपाईंले मानिसहरूबाट उपहार प्राप्‍त गर्नुभयो, विद्रोही मानिसहरूबाट समेत पाउनुभयो— ताकि तपाईं, याहवेह परमेश्‍वर, त्यहाँ बास गर्न सक्नुभएको होस्।
PSA 68:19 परमेश्‍वर, हाम्रा मुक्तिदाता प्रभुको प्रशंसा होस्, जसले हाम्रा दिनहुँको बोझहरू बोक्नुहुन्छ। सेला
PSA 68:20 हाम्रा परमेश्‍वर हामीलाई बचाउने परमेश्‍वर हुनुहुन्छ; याहवेह प्रभुमा नै मृत्युबाट छुटकारा छ।
PSA 68:21 परमेश्‍वरले निश्‍चय नै उहाँका शत्रुहरूका शिर कुच्याउनुहुनेछ; ती मानिसहरू, जसका टाउको केशले भरिएको छ, जो आफ्ना पापमा लागिरहन्छन्।
PSA 68:22 प्रभु भन्‍नुहुन्छ, “म तिनीहरूलाई बाशानबाट ल्याउनेछु; म तिनीहरूलाई समुद्रको गहिराइहरूबाट फर्काइल्याउनेछु;
PSA 68:23 तिमीहरूले आफ्ना खुट्टा आफ्ना वैरीहरूका रगतमा चोप्न सक, र तिमीहरूका कुकुरहरूले त्यही रगतमा जिब्रा चोप्न पाऊन्।”
PSA 68:24 हे परमेश्‍वर, तपाईंको विजययात्रा देख्न सकिन्छ, मेरा परमेश्‍वर र महाराजाको पवित्रस्थानतिर विजययात्रा सवार भइरहेको छ।
PSA 68:25 गायकहरू अगि-अगि छन्, तिनीहरूका पछि-पछि वाद्यवादकहरू छन्; र तिनीहरूसँग खैँजडी बजाउने कन्याहरू छन्।
PSA 68:26 ठूलो महासभामा परमेश्‍वरको प्रशंसा गर! इस्राएलको सभामा याहवेहको प्रशंसा गर!
PSA 68:27 सबैभन्दा सानो कुल बेन्यामीनले तिनीहरूलाई अगुवाइ गर्दछ, यहूदाका शासकहरू तिनीहरूको झुण्डमा सामेल छन्; जबूलूनका र नप्‍तालीका शासकहरू पनि तिनीहरूसँगै सामेल छन्।
PSA 68:28 हे परमेश्‍वर, आफ्नो शक्तिको आह्वान गर्नुहोस्; हे परमेश्‍वर, तपाईंको शक्ति बितेको दिनमा जस्तै गरी हामीलाई देखाउनुहोस्।
PSA 68:29 यरूशलेममा भएको तपाईंको मन्दिरको खातिर तपाईंको निम्ति राजाहरूले भेटीहरू ल्याउनेछन्।
PSA 68:30 निगालो घारीको बीचमा रहने जङ्गली पशुलाई हप्काउनुहोस्; राष्ट्रहरूका बाछाहरूका बीचमा रहने साँढेहरूको झुण्डलाई हकार्नुहोस्! हारेपछि तिनीहरूले चाँदीका टुक्राहरू ल्याऊन्। लडाइँमा रमाउने राष्ट्रहरूलाई छरपस्ट पारिदिनुहोस्।
PSA 68:31 राजदूतहरू इजिप्टबाट आउनेछन्; कूशले आफूलाई परमेश्‍वरमा समर्पण गर्नेछ।
PSA 68:32 हे पृथ्वीका राज्यहरू हो, परमेश्‍वरको स्तुतिगान गर, प्रभुको प्रशंसा गाओ; सेला
PSA 68:33 उहाँ, जो प्राचीनकालदेखि नै सर्वोच्‍च स्वर्गमा सवार गर्नुहुन्छ, जो शक्तिशाली आवाजका साथ गर्जनुहुन्छ।
PSA 68:34 परमेश्‍वरको शक्तिको घोषणा गर, जसको महानता इस्राएलभरि छाएको छ, आकाशले उहाँको शक्ति देखाउँछ।
PSA 68:35 तपाईं परमेश्‍वर, आफ्नो पवित्र वासस्थानमा अति शोभायमान हुनुहुन्छ; इस्राएलका परमेश्‍वरले उहाँका मानिसहरूलाई शक्ति र सामर्थ्य दिनुहुन्छ। परमेश्‍वरलाई प्रशंसा होस्!
PSA 69:1 सङ्गीत निर्देशकको निम्ति, “लिली फूल” को रागमा आधारित, दावीदको भजन। हे परमेश्‍वर, मलाई बचाउनुहोस्; किनकि पानी मेरो घाँटीसम्म आइसकेको छ।
PSA 69:2 म गहिरो दलदलमा डुब्दैछु, जहाँ उभिने ठाउँ नै छैन। म गहिरो पानीमा डुबेको छु; बाढीहरू ममाथि उर्लन्छन्।
PSA 69:3 सहायताको लागि पुकार गर्दा-गर्दा म थाकिसकेको छु; मेरो घाँटी सुकेको छ। मेरा परमेश्‍वरको खोजी गर्दा-गर्दा मेरा आँखाहरू कमजोर भएका छन्।
PSA 69:4 कारणविना मलाई घृणा गर्नेहरू मेरो टाउकोका केशभन्दा धेरै छन्; कारणविना मेरा शत्रुहरू धेरै छन्, जसले मलाई मार्न खोजिहिँड्छन्। जुन कुरा मैले चोरेकै छैनँ, मलाई त्यसको भरपाई गर्न बाध्य तुल्याइएको छु।
PSA 69:5 हे परमेश्‍वर, तपाईं मेरो मूर्खता जान्‍नुहुन्छ; मेरा दोषहरू तपाईंबाट लुकेका छैनन्।
PSA 69:6 हे प्रभु, सेनाहरूका याहवेह, तपाईंमा आशा राख्नेहरू मेरो कारणले शर्ममा नपरून्; हे इस्राएलका परमेश्‍वर, तपाईंलाई खोज्नेहरू मेरो कारणले लाजमा नपरून्।
PSA 69:7 किनकि तपाईंको खातिर मैले तिरस्कार सहेको छु; मेरो अनुहार लाजले ढाकेको छ।
PSA 69:8 मेरा आफन्तका बीचमा म विदेशी भएको छु, मेरा साक्खै दाजुभाइ-दिदीबहिनीहरूका बीच म बिरानो भएको छु;
PSA 69:9 किनकि तपाईंको घरप्रतिको जोशले मलाई खाएको छ, र तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि आइपरेको छ।
PSA 69:10 जब म रुन्छु, र उपवास बस्छु, मैले अपमान सहनैपर्छ;
PSA 69:11 जब म भाङ्ग्रा लगाउँछु, मानिसहरू मेरो हाँसो गर्दछन्।
PSA 69:12 सहरको मूलढोकामा बस्‍ने मानिसहरूले मेरो ठट्टा उडाउँछन्; अनि म मतवालाहरूको गीत बनेको छु।
PSA 69:13 तर हे याहवेह, तपाईंको ग्रहणयोग्य समयमा, म तपाईंलाई प्रार्थना गर्दछु; हे परमेश्‍वर, तपाईंको अचुक प्रेममा, तपाईंको निश्‍चित छुटकाराले मलाई उत्तर दिनुहोस्।
PSA 69:14 मलाई दलदले हिलोबाट बचाउनुहोस्! मलाई डुब्न नदिनुहोस्, घृणा गर्नेहरूबाट, गहिरो पानीबाट मलाई बचाउनुहोस्!
PSA 69:15 मलाई पानीको बाढीले नछोपोस् वा पानीको गहिराइले मलाई ननिलोस्, वा चिहानको मुख ममाथि बन्द नहोस्!
PSA 69:16 हे याहवेह, तपाईंको अचुक प्रेमको उत्तमतामा मलाई जवाफ दिनुहोस्; तपाईंको महान् कृपामा मतिर फर्कनुहोस्।
PSA 69:17 तपाईंको सेवकबाट आफ्नो मुहार नलुकाउनुहोस्; मलाई चाँडै जवाफ दिनुहोस्, किनकि म सङ्कटमा परेको छु।
PSA 69:18 मेरो नजिक आएर मेरो उद्धार गर्नुहोस्; मेरा शत्रुहरूका कारण मलाई छुटाउनुहोस्!
PSA 69:19 म अपमानित भएको, म शर्ममा परेको, र मेरो बेइज्जत भएको तपाईंलाई थाहा छ; मेरा सबै शत्रुहरू तपाईंकै सामु छन्।
PSA 69:20 अपमानले गर्दा मेरो मन टुटेको छ; र म निरीह भएको छु; मलाई सहानुभूति देखाउने कोही छन् कि भनेर खोजी गरेँ, तर कोही थिएनन्; र सान्त्वना दिनेहरू पनि खोजेँ, तर कोही भेटिनँ।
PSA 69:21 मेरो खानामा तिनीहरूले पित्त हाले, म तिर्खाउँदा सिर्का पिउन दिए।
PSA 69:22 तिनीहरूका अगि राखिएको भोजन तिनीहरूका निम्ति पासो बनोस्; र तिनीहरूका समृद्धि नै तिनीहरूको पासो बनोस्!
PSA 69:23 तिनीहरूका आँखाहरू अँध्यारा होऊन्, र तिनीहरूले नदेखून्; तिनीहरूका ढाड सदा कुप्रिरहून्!
PSA 69:24 तपाईंको क्रोध तिनीहरूमाथि खन्याउनुहोस्; तपाईंको रिसको आगो तिनीहरूमाथि आइपरोस्!
PSA 69:25 तिनीहरूको स्थान उजाड भइजाओस्; तिनीहरूका पालहरूमा बास गर्ने कोही नहोस्।
PSA 69:26 किनकि तपाईंले ताडना दिनु भएकाहरूलाई तिनीहरूले सताउँछन्, र तपाईंले घाइते पार्नुभएकाहरूका बारेमा तिनीहरूले कुरा काट्छन्।
PSA 69:27 तपाईंले तिनीहरूको अपराधमाथि अपराधको हिसाब राख्नुहोस्; र तिनीहरू तपाईंको मुक्तिमा सहभागी हुन नपाऊन्।
PSA 69:28 जीवनको पुस्तकबाट तिनीहरूका नाम मेटिओस्, र धर्मी जनहरूसँग तिनीहरू गन्ती नहोऊन्।
PSA 69:29 तर म त दुःखित र पीडित छु— हे परमेश्‍वर, तपाईंको मुक्तिले मलाई सुरक्षा गरोस्!
PSA 69:30 गीत गाएर म परमेश्‍वरको नामको प्रशंसा गर्नेछु, र धन्यवादसाथ उहाँलाई महिमा गर्नेछु।
PSA 69:31 यस कुराले याहवेहलाई साँढेको बलिभन्दा बढी सिङ र खुर भएको बहरको बलिले भन्दा बढी प्रसन्‍न पार्नेछ।
PSA 69:32 थिचोमिचोमा परेकाहरू यो कुरा देखेर रमाउनेछन्— हे परमेश्‍वरलाई खोज्नेहरू हो, तिमीहरूको हृदय नयाँ जोसले भरियोस्।
PSA 69:33 याहवेहले अभावमा परेकाहरूको पुकार सुन्‍नुहुन्छ, र बन्धनमा परेका आफ्ना मानिसहरूलाई अवहेलना गर्नुहुन्‍न।
PSA 69:34 स्वर्ग, पृथ्वी, समुद्र र तिनमा हिँड्‍डुल गर्ने सारा सृष्‍टिले परमेश्‍वरको प्रशंसा गरून्!
PSA 69:35 किनकि परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ, र यहूदाका सहरहरूलाई पुनर्निर्माण गर्नुहुनेछ। तब उहाँका मानिसहरू त्यहाँ बस्‍नेछन्, र त्यसमाथि कब्जा गर्नेछन्;
PSA 69:36 उहाँका सेवकहरूका सन्तानहरू त्यहाँ उत्तराधिकार हुनेछन्; अनि उहाँको नामलाई प्रेम गर्नेहरू त्यहाँ बास गर्नेछन्।
PSA 70:1 सङ्गीत निर्देशकको निम्ति, दावीदको बिन्ती भजन। हे परमेश्‍वर, मलाई बचाउनुहोस्; हे याहवेह, मलाई सहायता गर्न चाँडै आउनुहोस्!
PSA 70:2 मेरो प्राण लिन खोज्नेहरू सबै जना शर्ममा र अन्योलमा परून्; मेरो विनाश चाहनेहरू सबै पिठिउँ फर्काएर भागून् र अपमानित होऊन्।
PSA 70:3 मलाई “खुच्‍चिङ! खुच्‍चिङ!” भन्दै ठट्टा उडाउनेहरू, लाजको कारण पछि फर्कून्।
PSA 70:4 तर तपाईंलाई खोज्नेहरू सबै, तपाईंमा रमाऊन् र आनन्दित होऊन्; तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्, “परमेश्‍वर महान् हुनुहुन्छ!”
PSA 70:5 तर म त गरिबी र अभावमा छु; हे परमेश्‍वर, मकहाँ चाँडो आउनुहोस्; तपाईं मेरा सहायक र छुटकारा दिने हुनुहुन्छ; हे याहवेह, ढिलो नगर्नुहोस्!
PSA 71:1 हे याहवेह, मैले तपाईंमा शरण लिएको छु; मलाई कहिल्यै शर्ममा पर्न नदिनुहोस्!
PSA 71:2 तपाईंको धार्मिकतामा मलाई उद्धार गर्नुहोस् र छुटकारा दिनुहोस्; तपाईंको कान मतिर फर्काउनुहोस् र मलाई बचाउनुहोस्!
PSA 71:3 तपाईं मेरो आश्रयको चट्टान बन्‍नुहोस्, जहाँ म सधैँ जान सकूँ; मलाई बचाउने आज्ञा दिनुहोस्; किनकि तपाईं मेरो चट्टान र मेरो गढ हुनुहुन्छ।
PSA 71:4 हे मेरा परमेश्‍वर, मलाई दुष्‍टहरूका हातबाट, अन्यायी र निर्दयी मानिसहरूका पञ्जाबाट छुटाउनुहोस्!
PSA 71:5 किनकि हे सार्वभौम याहवेह, तपाईं मेरो आशा हुनुहन्छ; युवाअवस्थादेखि नै तपाईं मेरो शरणस्थान हुनुहुन्छ।
PSA 71:6 मैले जन्मदेखि नै तपाईंमाथि भरोसा गरेको छु; मलाई तपाईंले मेरी आमाको गर्भबाट निकाल्नुभएको हो। म तपाईंको निरन्तर प्रशंसा गरिरहनेछु।
PSA 71:7 म धेरै जनाको निम्ति चिन्ह भएको छु; तपाईं मेरो बलियो शरणस्थान हुनुहुन्छ।
PSA 71:8 मेरो मुख तपाईंको प्रशंसाले भरिएको छ; दिनभरि नै म तपाईंको वैभवता घोषणा गर्दछु।
PSA 71:9 मेरो वृद्धावस्थामा मलाई नत्याग्नुहोस्; मलाई मेरो बल घटेको अवस्थामा नत्याग्नुहोस्!
PSA 71:10 किनकि मेरा शत्रुहरूले मेरो विरुद्धमा कुरा गर्छन्; अनि मलाई मार्न खोज्नेहरू एकसाथ मिलेर षड्यन्त्र गर्छन्।
PSA 71:11 तिनीहरूले भन्छन्, “परमेश्‍वरले त्यसलाई त्याग्नुभएको छ; त्यसलाई खेदेर पक्रौँ; किनकि त्यसलाई बचाउने कोही छैन।”
PSA 71:12 हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस्; हे परमेश्‍वर, मलाई सहायता गर्न चाँडो आउनुहोस्!
PSA 71:13 मलाई दोष लाउनेहरू शर्ममा परेर नाश भइजाऊन्; मलाई हानि पुर्‍याउन चाहनेहरू लाजमा र अपमानमा परून्।
PSA 71:14 तर मचाहिँ तपाईंमा सधैँ आशा गरिरहनेछु; म तपाईंको अझ धेरै प्रशंसा गर्नेछु।
PSA 71:15 मेरो मुखले तपाईंका धार्मिक कामहरू र तपाईंका उद्धारको कामहरूको बारेमा दिनभरि नै मानिसहरूलाई भन्‍नेछु, यद्यपि मलाई तिनको बारेमा सबै कुरा कसरी भन्‍ने भनेर थाहा छैन।
PSA 71:16 हे सार्वभौम याहवेह, म तपाईंका महान् कार्यहरूको घोषणा गर्दै आउनेछु, म तपाईंको धार्मिक कार्यहरूको विषयमा घोषणा गर्नेछु, केवल तपाईंको धार्मिकताको म बयान गर्नेछु।
PSA 71:17 हे परमेश्‍वर, मेरो युवावस्थाका दिनदेखि नै मलाई तपाईंले सिकाउनुभएको छ; र आजको दिनसम्मै म तपाईंका अचम्मका कामहरूको घोषणा गर्दछु।
PSA 71:18 हे परमेश्‍वर, अहिले म वृद्ध भइसकेको छु, र मेरो कपाल फुलिसकेको छ; तबसम्म मलाई नत्याग्नुहोस्, जबसम्म अर्को पुस्तालाई र पछि आउने सबै मानिसहरूलाई तपाईंले गर्नुभएका महान् कामहरू र अचम्मका कुराहरू घोषणा गरी सक्दिनँ।
PSA 71:19 हे परमेश्‍वर, तपाईंका धार्मिकता आकाशसम्मै चुलिएको छ; तपाईंले महान् कामहरू गर्नुभएको छ। हे परमेश्‍वर, तपाईंजस्तो अरू को छ र?
PSA 71:20 यद्यपि तपाईंले मलाई धेरै र तिता कष्‍टहरू अनुभव गर्न दिनुभयो; तपाईंले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुनेछ, र पृथ्वीको गहिराइहरूबाट तपाईंले मलाई फेरि माथि ल्याउनुहुनेछ।
PSA 71:21 तपाईंले मेरो इज्जत बढाइदिनुहुनेछ, र मलाई फेरि सान्त्वना दिनुहुनेछ।
PSA 71:22 हे मेरा परमेश्‍वर, तपाईं विश्‍वासयोग्य हुनुभएको कारण म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु; हे इस्राएलका पवित्र परमेश्‍वर, म सारङ्गी बजाएर तपाईंको प्रशंसा गर्नेछु,
PSA 71:23 मेरा ओठहरू हर्षसाथ जयजयकार गर्नेछन्, म तपाईंको प्रशंसा गाउँछु; किनकि मलाई तपाईंले मुक्त गर्नुभएको छ।
PSA 71:24 मेरो जिब्रोले तपाईंका धार्मिक कार्यहरूको बारेमा दिनभरि नै मानिसहरूलाई भन्‍नेछु; किनकि मेरो हानि गर्न चाहनेहरू शर्ममा र अन्योलमा परेका छन्।
PSA 72:1 सोलोमनको भजन। हे परमेश्‍वर, राजालाई तपाईंको न्याय, र राजाका छोरालाई तपाईंको धार्मिकता दिनुहोस्।
PSA 72:2 राजाले तपाईंका मानिसहरूलाई धार्मिकतासाथ र तपाईंका पीडित जनहरूलाई धार्मिकतासाथ न्याय गरून्।
PSA 72:3 पर्वतहरूले मानिसहरूका लागि समृद्धि ल्याऊन्; पहाडहरूले धार्मिकताका फल ल्याऊन्।
PSA 72:4 उहाँले पीडितलाई मानिसहरूबीच रक्षा गरून्, र अभावमा हुनेहरूका सन्तानहरूलाई बचाऊन्; उहाँले अत्याचारीहरूलाई नाश गरून्।
PSA 72:5 जबसम्म सूर्य रहन्छ, र जबसम्म चन्द्रमा रहन्छ, सबै पुस्ताका मानिसहरूले राजाको भय मानून्।
PSA 72:6 तिनी काटिएको घाँसको चउरमाथि बर्सने पानीजस्तै, र जमिनलाई भिजाउन सिँचाइ गरिने झरीहरूझैँ होऊन्।
PSA 72:7 राजाको शासनकालमा धर्मीहरूको उन्‍नति होस्, र चन्द्रमा रहुन्जेल देशमा प्रसस्तता होस्।
PSA 72:8 राजाले एक समुद्रदेखि अर्को समुद्रसम्म, यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तिम छेउ-छाउसम्म शासन गरून्।
PSA 72:9 राजाको सामु मरुभूमिमा बस्‍नेहरूले दण्डवत् गरून्, र उनका शत्रुहरूले धुलो चाटून्।
PSA 72:10 तर्शीश र टाढा सामुद्रिक किनारका राजाहरूले उनलाई सलामी ल्याऊन्; शेबा र सेबाका राजाहरूले उनलाई भेटी चढाऊन्।
PSA 72:11 सबै राजाहरू उनको अगाडि निहुरिऊन्; र सबै राष्ट्रहरूले उनको सेवा गरून्।
PSA 72:12 किनकि उनले अभावमा हुनेहरूलाई उद्धार गर्छन्, जसले उहाँलाई पुकार गर्छन्; पीडितहरू जसको सहायता गर्ने कोही छैन।
PSA 72:13 दुर्बल र अभावमा भएकाहरूलाई उनले दया देखाउनेछन्, र अभावमा हुनेहरूको प्राण मृत्युदेखि बचाउनेछन्।
PSA 72:14 उनले तिनीहरूलाई हिंसा र अत्याचारबाट छुटाउनेछन्; किनकि उनको दृष्‍टिमा तिनीहरूको रगत बहुमूल्य छ।
PSA 72:15 तिनी दीर्घायु होऊन्! तिनलाई शेबाको सुन भेटीस्वरूप दिइयोस्। तिनको निम्ति मानिसहरूले सधैँ प्रार्थना गरून्, र दिनभरि नै तिनलाई आशिष् देऊन्।
PSA 72:16 देशभरि नै प्रशस्त अन्‍न होस्; पर्वतका टाकुराहरू समेतलाई प्रभावित पारून्। तिनको बाली लेबनानझैँ फस्टाओस्; र सहरका मानिसहरू जमिनको घाँसझैँ फस्टाऊन्।
PSA 72:17 तिनको नाम सदासर्वदा रहिरहोस्; सूर्य रहुन्जेलसम्म तिनको नाम रहिरहोस्। तब तिनीद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्; र तिनलाई धन्यका भन्‍नेछन्।
PSA 72:18 इस्राएलका परमेश्‍वर, याहवेह परमेश्‍वरलाई प्रशंसा होस्! उहाँले मात्र अचम्मका काम गर्नुहुन्छ।
PSA 72:19 उहाँको महिमायोग्य नामको सदासर्वदा प्रशंसा होस्; उहाँको महिमाले सारा पृथ्वी भरियोस्।
PSA 72:20 यिशैका छोरा दावीदका प्रार्थनाहरू यहीँ समाप्‍त हुन्छ।
PSA 73:1 आसापको भजन। साँच्‍चै नै परमेश्‍वर इस्राएलको निम्ति भलो हुनुहुन्छ; तिनीहरूको निम्ति, जसको हृदय शुद्ध छ।
PSA 73:2 तर मेरा खुट्टाहरू चिप्लनै लागेका थिए; मैले टेक्ने आधार हराउनै लागेको थिएँ;
PSA 73:3 किनकि जब मैले दुष्‍टहरूको उन्‍नति देखेँ, तब मैले ती घमण्डीहरूको डाह गर्न लागेँ।
PSA 73:4 तिनीहरूलाई कुनै पीडा छैन; तिनीहरूका शरीर एकदम हृष्‍टपुष्‍ट र बलिया छन्।
PSA 73:5 अन्य मानिसहरूझैँ तिनीहरू कष्‍टमा पर्दैनन्; मानिसलाई लाग्ने रोगहरूले तिनीहरूलाई छुँदैन।
PSA 73:6 यसकारण अहङ्कार तिनीहरूका गहना हो, र हिंसा तिनीहरूका पहिरन।
PSA 73:7 तिनीहरूका कठोर हृदयबाट अधर्म निस्कन्छ; तिनीहरूका दुष्‍ट कल्पनाको कुनै सीमा छैन।
PSA 73:8 तिनीहरूले अरूको ठट्टा गर्दछन् र खराबी कुरा गर्दछन्; अहङ्कारसाथ अरूलाई अत्याचारको धम्की दिन्छन्।
PSA 73:9 तिनीहरूका मुखले स्वर्ग हासिल गर्ने दाबी गर्दछन्, र तिनीहरूका जिब्रोले पृथ्वी अधिकार गर्दछन्।
PSA 73:10 त्यसकारण तिनीहरूका मानिसहरू तिनीहरूका कुरातर्फ फर्कन्छन्, र प्रशस्ततामा पानी पिउँछन्।
PSA 73:11 तिनीहरूले भन्छन्, “परमेश्‍वरले कसरी जान्‍नुहुन्छ र? के सर्वोच्‍च परमेश्‍वरमा कुनै कुराको ज्ञान छ र?”
PSA 73:12 दुष्‍टहरू कस्ता हुन्छन्— तिनीहरूले निस्फिक्री भई सधैँ धनसम्पत्ति थुपार्छन्।
PSA 73:13 साँच्‍चै मैले व्यर्थमा आफ्नो हृदय शुद्ध राखेको छु, र मेरो निर्दोषतामा आफ्नो हात धोएको छु।
PSA 73:14 दिनभरि म कष्‍ट भोगेको छु, र हरेक बिहान मैले दण्ड भोग्नुपर्दछ।
PSA 73:15 यदि मैले त्यसरी भनेको भए त, तपाईंका सन्तानलाई मैले विश्‍वासघात गर्नेथिएँ।
PSA 73:16 जब मैले यी सबै कुराहरू बुझ्ने कोसिस गरेँ, तब मेरा निम्ति यो अति कठिन भयो।
PSA 73:17 जब म परमेश्‍वरको पवित्रस्थानभित्र पसेँ; तब मात्र मैले तिनीहरूको अन्तिम अवस्था बुझेँ।
PSA 73:18 निश्‍चय नै तपाईंले तिनीहरूलाई चिप्ला स्थानहरूमा राख्नुहुन्छ; तपाईंले तिनीहरूलाई सर्वनाशको लागि फालिदिनुहुन्छ।
PSA 73:19 केही क्षणमै तिनीहरू नष्‍ट पारिन्छन्; त्रासले तिनीहरू पूर्ण रूपमा ध्वस्त हुन्छन्!
PSA 73:20 तिनीहरू बिहान बिउँझँदा टलेर जाने खराब सपनाजस्तै हुन्; हे प्रभु, जब तपाईं उठ्नुहुन्छ, तब तपाईंले तिनीहरूलाई कल्पना झैँ तुच्छ ठान्‍नुहुन्छ।
PSA 73:21 जब मेरो मन घोर पीडामा थियो, मेरो आत्मामा तितोपना थियो,
PSA 73:22 म चेतनाहीन र ज्ञानविहीन थिएँ; तपाईंको सामु म पशुजस्तै थिएँ।
PSA 73:23 तरै पनि म सधैँ तपाईंसँगै रहन्छु; तपाईंले मेरो दाहिने हात थाम्नुभएको छ।
PSA 73:24 तपाईंको सल्‍लाहले मलाई डोर्‍याउनुहुन्छ, र त्यसपछि मलाई महिमामा लानुहुनेछ।
PSA 73:25 स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? अनि तपाईंबाहेक पृथ्वीमा मैले चाहना गरेको अरू कोही छैन।
PSA 73:26 मेरो देह र मेरो हृदय दुवै विफल होलान्, तर परमेश्‍वर सदासर्वदाको निम्ति मेरो हृदयको बल र मेरो भाग हुनुहुन्छ।
PSA 73:27 तपाईंबाट टाढा रहने मानिसहरू नष्‍ट हुनेछन्; तपाईंलाई विश्‍वासघात गर्ने सबैलाई तपाईंले विनाश गर्नुहुन्छ।
PSA 73:28 तर मेरो लागि चाहिँ परमेश्‍वरको नजिक रहन पाउनु असल छ; मैले प्रभु याहवेहलाई मेरो शरणस्थान बनाएको छु; म तपाईंका सारा कामहरूको वर्णन गर्नेछु।
PSA 74:1 आसापको मस्किल। हे परमेश्‍वर, किन तपाईंले हामीलाई सधैँका लागि त्याग्नुभएको छ? तपाईंको क्रोध तपाईंका खर्कका भेडाहरूका विरुद्धमा किन दन्कन्छ?
PSA 74:2 आफ्ना राष्ट्रलाई सम्झना गर्नुहोस्, जसलाई तपाईंले प्राचीन समयमा किन्‍नुभएको थियो; जसलाई तपाईंका उत्तराधिकारका प्रजा हुनलाई तपाईंले मोल तिरेर छुटाउनुभयो— सियोन पर्वत, जहाँ तपाईं बास गर्नुहुन्छ।
PSA 74:3 आफ्ना कदमहरू यी अनन्त भग्नावशेषतिर बढाउनुहोस्; पवित्रस्थानमा भएका सबै थोक शत्रुहरूले नष्‍ट पारेका छन्।
PSA 74:4 तपाईंले हामीसँग भेट गर्नुभएको ठाउँमा तपाईंका वैरीहरू गर्जेका छन्; तिनीहरूले आफ्ना झण्डाहरू विजयको चिन्हको रूपमा गाडेका छन्।
PSA 74:5 झाडीका रूखहरू बन्चरोले काट्दै नष्‍ट पार्ने मानिसजस्तै तिनीहरू थिए।
PSA 74:6 तिनीहरूले ठूलो बन्चरो र घनले बुट्टादार काठहरूलाई चकनाचुर पारे।
PSA 74:7 तपाईंका पवित्रस्थानलाई तिनीहरूले आगो लगाए; तपाईंका नामको वासस्थान तिनीहरूले अपवित्र पारे।
PSA 74:8 तिनीहरूले आफ्ना मनमा भने, “हामी तिनीहरूलाई पूर्ण रूपले नाश पारौँ!” तिनीहरूले देशमा भएका परमेश्‍वरका आराधना गरिने हरेक पवित्रस्थान जलाए।
PSA 74:9 परमेश्‍वरबाट हामीले कुनै अलौकिक चिन्हहरू पाएका छैनौँ; अब कोही अगमवक्ता बाँकी रहेनन्, यस्तो हालत कहिलेसम्म रहने हो, सो हामी कसैले जान्दैनौँ।
PSA 74:10 हे परमेश्‍वर, कहिलेसम्म शत्रुहरूले तपाईंको ठट्टा उडाउनेछन्? के वैरीहरूले तपाईंको नामको निन्दा सदासर्वदा गर्नेछन् त?
PSA 74:11 किन तपाईं आफ्नो बाहुली, तपाईंको दाहिने हात रोक्नुहुन्छ? हस्तक्षेप गर्नुहोस् र तिनीहरूलाई नष्‍ट पार्नुहोस्।
PSA 74:12 तर परमेश्‍वर प्राचीन समयदेखि नै मेरा राजा हुनुहुन्छ; उहाँले नै पृथ्वीमा मुक्ति ल्याउनुहुन्छ।
PSA 74:13 तपाईंले नै आफ्नो शक्तिद्वारा समुद्रलाई दुई भाग पार्नुभयो; तपाईंले समुद्रको विशाल जन्तुहरूका टाउकाहरू कुच्याउनुभयो।
PSA 74:14 तपाईं नै हो, जसले लिव्यातनको शिर कुच्याउनुभयो; र त्यसलाई मरुभूमिका पशुहरूलाई आहाराको निम्ति दिनुभयो।
PSA 74:15 तपाईंले छहरा र नदीनालाका मूल फुटाइदिनुभयो; तपाईंले अटुट बगिरहने नदीहरूलाई सुकाइदिनुभयो।
PSA 74:16 दिन तपाईंको हो, र रात पनि तपाईंकै हो; तपाईंले नै सूर्य र चन्द्र स्थापित गर्नुभएको हो।
PSA 74:17 तपाईं नै हो, जसले पृथ्वीका सबै सिमानाहरू बनाउनुभयो; तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु दुवैलाई बनाउनुभयो।
PSA 74:18 हे याहवेह, तपाईंलाई शत्रुहरूले कसरी खिसी गर्थे, सम्झनुहोस्; र मूर्खहरूले कसरी तपाईंका नामको गिल्‍ला गर्थे।
PSA 74:19 आफ्नो ढुकुरको प्राण जङ्गली जनावरहरूका हातमा नसुम्पनुहोस्; आफ्ना पीडित मानिसहरूका प्राणलाई सदाकाल नभुल्नुहोस्।
PSA 74:20 तपाईंका करार सम्झनुहोस्; किनकि देशका अँध्यारा ठाउँहरू हिंसाले भरिएका छन्।
PSA 74:21 थिचोमिचोमा परेकाहरू लाजमा परेर पछि नहटून्; पीडित र अभावमा हुनेहरूले तपाईंको नामको प्रशंसा गरून्।
PSA 74:22 हे परमेश्‍वर, उठ्नुहोस्, र आफ्नो पक्षमा लड्नुहोस्; मूर्खहरूले कसरी दिनभरि नै तपाईंको ठट्टा गर्दछन्, सो कुरा सम्झनुहोस्।
PSA 74:23 तपाईंका विरोधीहरूको रिसको होहल्‍ला र तपाईंका शत्रुहरूले गरिरहेका खैलाबैला नभुल्नुहोस्।
PSA 75:1 सङ्गीत निर्देशकको निम्ति, “विनाश नहोस्” को रागमा आधारित, आसापको भजन; एक गीत। हे परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ; किनकि तपाईंको नाम नजिकै छ; मानिसहरूले तपाईंका अचम्मका कामहरूको वर्णन गर्दछन्।
PSA 75:2 तपाईं भन्‍नुहुन्छ, “मैले उचित समय ठहराएको छु; मैले नै निष्पक्षतासाथ न्याय गर्दछु।
PSA 75:3 जब पृथ्वीमा भुइँचालो जान्छ र मानिसहरू काम्छन्, त्यसका खम्बाहरूलाई स्थिर गरी थामिराख्ने म नै हुँ। सेला
PSA 75:4 घमण्डीहरूलाई म भन्दछु, ‘घमण्ड नगर,’ र दुष्‍ट मानिसहरूलाई भन्दछु, ‘तिमीहरूका सिङ नउठाओ,
PSA 75:5 स्वर्गको विरुद्धमा तिमीहरूको सिङ नउठाओ; मुन्टो बटारेर घमण्डसाथ नबोल।’ ”
PSA 75:6 किनकि विजय पूर्वबाट वा पश्‍चिमबाट वा मरुभूमिबाट आउँदैन।
PSA 75:7 परमेश्‍वरले न्याय गर्नुहुन्छ: उहाँले कसैलाई होच्याउनुहुन्छ, र कसैलाई उच्‍च पार्नुहुन्छ,
PSA 75:8 याहवेहको हातमा एउटा कचौरा छ, जसमा मसाला मिसिएको फीँज भएको मद्य छ; उहाँले त्यो खन्याउनुहुन्छ, र पृथ्वीका सबै दुष्‍टहरूले मद्यको थिग्रासम्मै पिउँछन्।
PSA 75:9 तर मचाहिँ सदाकाल यही कुरा घोषणा गर्नेछु; म याकोबका परमेश्‍वरको प्रशंसा गाउनेछु,
PSA 75:10 जसले भन्‍नुहुन्छ, “म सबै दुष्‍टहरूका सिङहरू काटिदिनेछु; तर धर्मी जनहरूका सिङचाहिँ उच्‍च पारिनेछन्।”
PSA 76:1 सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, आसापको भजन; एक गीत। यहूदामा परमेश्‍वर प्रसिद्ध हुनुभएको छ; इस्राएलमा उहाँको नाम महान् छ।
PSA 76:2 उहाँको पाल शालेममा छ, उहाँको वासस्थान सियोनमा छ।
PSA 76:3 त्यहाँ उहाँले अग्निकाँडहरू भाँच्नुभयो, ढाल, तरवार र युद्धका हतियारहरू भाँच्नुभयो। सेला
PSA 76:4 तपाईं ज्योतिले चम्किलो हुनुहुन्छ, र शिकारले भरिएका पर्वतहरूभन्दा पनि भव्य हुनुहुन्छ।
PSA 76:5 साहसी मानिसहरू लुटिएका छन्; तिनीहरू गहिरो निद्रामा परेका छन्; एउटै पनि शूरवीरले आफ्नो हात उचाल्न सक्दैन।
PSA 76:6 हे याकोबका परमेश्‍वर, तपाईंको हप्काइमा घोडा र रथ दुवै चीर निद्रामा परेका छन्।
PSA 76:7 तपाईं मात्र भययोग्य हुनुहुन्छ; तपाईं रिसाउनुहुँदा तपाईंको अगि को खडा रहन सक्छ र?
PSA 76:8 स्वर्गबाट तपाईंले न्याय घोषणा गर्नुभयो; र पृथ्वी डरायो र चुपचाप भयो—
PSA 76:9 हे परमेश्‍वर, जब तपाईं पृथ्वीमा पीडितहरू सबैलाई बचाउन न्याय गर्न उठ्नुभयो। सेला
PSA 76:10 निश्‍चय नै मानव-जाति विरुद्ध तपाईंको क्रोधले तपाईंलाई प्रशंसा ल्याउँदछ; र तपाईंको क्रोधबाट बाँचेकाहरू रोकिएका छन्।
PSA 76:11 तिमीहरूका परमेश्‍वर, याहवेहलाई भाकल गर, र त्यो पूरा गर; उहाँलाई, जो भययोग्य हुनुहुन्छ, देशको चारैपट्टि रहने मानिसहरू सबैले भेटी ल्याऊन्।
PSA 76:12 उहाँले शासकहरूको घमण्डलाई तोडिदिनुहुन्छ; पृथ्वीका राजाहरू उहाँसँग डराउँछन्।
PSA 77:1 सङ्गीत निर्देशकको निम्ति, यदूतूनको लागि, आसापको भजन। मैले सहायताको निम्ति परमेश्‍वरलाई पुकारेँ, मलाई सुन्‍नुभएको होस् भनेर मैले परमेश्‍वरलाई पुकारेँ।
PSA 77:2 जब म दुःखमा थिएँ, मैले प्रभुलाई प्रार्थना गरेँ; रातमा नथाकी उहाँमा मैले हात पसारेँ, तर मेरो हृदयले सान्त्वना पाएन।
PSA 77:3 हे परमेश्‍वर, मैले तपाईंको सम्झना गरेँ, र मैले अफसोस गरेँ; मैले हृदयमा मनन गरेँ, र मेरो आत्मा शिथिल भयो। सेला
PSA 77:4 तपाईंले मेरा आँखा चिम्‍लन दिनुभएन; म बोल्न नसक्ने गरी अति दुःखित थिएँ।
PSA 77:5 मैले बितेका दिनहरूको सम्झना गरेँ, धेरै अगाडिका वर्षहरू;
PSA 77:6 रातका मेरा गीतहरू सम्झेँ। मैले हृदयमा मनन गरेँ, र मेरो आत्माले यो विचार गर्‍यो:
PSA 77:7 “के प्रभुले सदाको निम्ति मलाई त्याग्नुहुनेछ? के उहाँले मलाई फेरि कहिल्यै दया देखाउनुहुनेछैन?
PSA 77:8 के उहाँको अचुक प्रेम सदाको लागि मेटिएको छ? के उहाँका प्रतिज्ञाहरू सदाको लागि असफल भएका हुन्?
PSA 77:9 के परमेश्‍वरले दया देखाउन बिर्सनुभएको हो? के उहाँले आफ्नो रिसमा दयाको दृष्‍टि रोक्नुभएको हो?” सेला
PSA 77:10 तब मैले सोचेँ, “मेरो पीडाको कारणचाहिँ सर्वोच्‍च परमेश्‍वरको दाहिने बाहुली परिवर्तन भएको छ।”
PSA 77:11 म याहवेहका हातका कामहरू स्मरण गर्नेछु; हो, म बितेका समयहरूका तपाईंका अचम्मका कामहरू याद गर्नेछु।
PSA 77:12 म तपाईंका सबै कामहरूलाई विचार गर्नेछु र तपाईंका सबै महान् कार्यहरूलाई मनन गर्नेछु।
PSA 77:13 हे परमेश्‍वर, तपाईंका मार्गहरू पवित्र छन्; हाम्रा महान् परमेश्‍वरझैँ अरू देव को छ र?
PSA 77:14 तपाईं अचम्मका कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ; तपाईंले आफ्नो शक्ति जाति-जातिहरूका बीच प्रकट गर्नुहुन्छ।
PSA 77:15 तपाईंको शक्तिशाली बाहुलीले आफ्ना मानिसहरूलाई, याकोब र योसेफका सन्तानहरूलाई उद्धार गर्नुभयो। सेला
PSA 77:16 हे परमेश्‍वर, समुद्रले तपाईंलाई देख्यो, सागरले तपाईंलाई देख्यो र डरायो; गहिरो महासागर डराएर काम्यो।
PSA 77:17 बादलहरूले झरी बर्साए, आकाशमा चट्याङ गुन्ज्यो; तपाईंको बिजुली काँडहरू चारैतिर चम्के।
PSA 77:18 तपाईंको चट्याङको गर्जन आँधीबेहरीमा सुनियो; तपाईंको चम्किलो बिजुलीले संसारलाई उज्यालो पारिदियो; पृथ्वी काम्यो र भुइँचालो गयो।
PSA 77:19 तपाईंको मार्गले समुद्र भएर डोर्‍यायो; तपाईंको बाटो महासागरको बीचमा थियो, यद्यपि तपाईंका पाइलाका छापहरू देखिएनन्।
PSA 77:20 तपाईंले आफ्ना मानिसहरूलाई भेडाका बथानलाई जस्तै मोशा र हारूनका हातद्वारा डोर्‍याउनुभयो।
PSA 78:1 आसापको मस्किल। हे मेरा मानिसहरू हो, मेरा शिक्षातिर ध्यान दिएर सुन; मेरा मुखका वचनहरूतिर ध्यान लगाओ।
PSA 78:2 म मेरो मुख दृष्‍टान्तमा बोल्नलाई खोल्नेछु; म प्राचीनका कुराहरूबाट गुप्‍त कुराहरू भन्‍नेछु—
PSA 78:3 हामीले ती कुराहरू सुनेका र जानेका छौँ, जुन कुरा हाम्रा पितापुर्खाहरूले हामीलाई बताएका छन्।
PSA 78:4 हामी ती कुराहरूलाई तिनीहरूका छोराछोरीहरूबाट लुकाउनेछैनौँ; हामी आउने पुस्तालाई याहवेहका प्रशंसायोग्य कामहरू, उहाँको शक्ति र उहाँले गर्नुभएका अद्‌भुत कार्यहरूको बारेमा वर्णन गर्नेछौँ।
PSA 78:5 उहाँले याकोबको निम्ति विधि-विधानहरू कायम गर्नुभयो, र इस्राएलमा व्यवस्था स्थापित गर्नुभयो; यी कुराहरू आफ्ना छोराछोरीहरूलाई सिकाउनु भनेर उहाँले हाम्रा पितापुर्खाहरूलाई आज्ञा दिनुभयो;
PSA 78:6 ताकि यी कुराहरू आउँदा पुस्ताले जानून्, यी कुराहरू नजन्मेका शिशुहरूले पनि जानून्, र यी कुराहरू तिनीहरूले पनि आफ्ना छोराछोरीहरूलाई भनून्।
PSA 78:7 तब तिनीहरूले परमेश्‍वरमा आफ्ना भरोसा राख्नेछन्, र उहाँका कामहरू तिनीहरूले बिर्सने छैनन्; तर तिनीहरूले उहाँका आज्ञाहरू पालन गर्नेछन्।
PSA 78:8 तिनीहरू आफ्ना पितापुर्खाहरू जस्तै अटेरी र विद्रोही पुस्ता हुनेछैनन्; तिनीहरूका हृदय परमेश्‍वरप्रति वफादार थिएनन्, तिनीहरूका आत्मा परमेश्‍वरप्रति विश्‍वासयोग्य थिएनन्।
PSA 78:9 एफ्राइमका मानिसहरू धनुकाँडले सुसज्जित भए तापनि लडाइँको दिनमा तिनीहरू पिठिउँ फर्काएर पछि भागे;
PSA 78:10 तिनीहरूले परमेश्‍वरका करार पालन गरेनन्, र उहाँका व्यवस्थाअनुसार चल्न अस्वीकार गरे।
PSA 78:11 परमेश्‍वरले गर्नुभएका कामहरू, उहाँले तिनीहरूलाई देखाउनुभएको अद्‌भुत कार्यहरू, तिनीहरूले बिर्से।
PSA 78:12 उहाँले तिनीहरूका पितापुर्खाहरूका अगि, इजिप्ट देश र सोअनको मैदानमा अचम्मका कामहरू गर्नुभयो।
PSA 78:13 उहाँले समुद्रलाई दुई भाग पार्नुभयो, र यसबाट तिनीहरूलाई पारि डोर्‍याउनुभयो; उहाँले पानीलाई पर्खालझैँ खडा गर्नुभयो।
PSA 78:14 उहाँले तिनीहरूलाई दिनमा बादलले र रातभरि आगोको उज्यालोले अगुवाइ गर्नुभयो।
PSA 78:15 उहाँले मरुभूमिमा चट्टानलाई दुई भाग पार्नुभयो, र सागरको पानीजस्तै गरी प्रशस्त पानी तिनीहरूलाई दिनुभयो;
PSA 78:16 उहाँले चट्टाने भिरबाट पानीका धारा निकाल्नुभयो, र पानीलाई बेँसीतिर नदीजस्तै बगाउनुभयो।
PSA 78:17 तर सर्वोच्‍च परमेश्‍वरको विरुद्धमा मरुभूमिमा विद्रोही भएर, तिनीहरू उहाँको विरुद्धमा निरन्तर पापमा लागिरहे।
PSA 78:18 तिनीहरूले असाध्यै खानेकुराको माग गरेर जानी-जानी परमेश्‍वरको परीक्षा गरे।
PSA 78:19 तिनीहरूले यसो भन्दै परमेश्‍वरको निन्दा गरे: “के परमेश्‍वरले हाम्रो निम्ति मरुभूमिमा भोजनको टेबुल तयार गर्न सक्नुहुन्छ र?
PSA 78:20 हेर! उहाँले चट्टानलाई हिर्काउनुभयो, र पानी फुटेर निस्क्यो, पानीका धारा प्रशस्त गरी बगेर निस्क्यो; तर के उहाँले हामीलाई खानेकुरा पनि दिन सक्नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूका निम्ति मासु जुटाउन सक्नुहुन्छ र?”
PSA 78:21 जब याहवेहले तिनीहरूका कुरा सुन्‍नुभयो, उहाँ धेरै रिसाउनुभयो; याकोबको विरुद्धमा उहाँको आगो दन्क्यो, र उहाँको क्रोध इस्राएलका विरुद्धमा दन्क्यो;
PSA 78:22 किनकि तिनीहरूले परमेश्‍वरमाथि विश्‍वास गरेनन्, न त उहाँको छुटकारामा नै भरोसा राखे।
PSA 78:23 तापनि उहाँले माथि आकाशलाई हुकुम गर्नुभयो, र स्वर्गका ढोकाहरू खोलिदिनुभयो;
PSA 78:24 उहाँले मानिसहरूका निम्ति खानलाई मन्‍न बर्साउनुभयो, उहाँले तिनीहरूलाई स्वर्गको अन्‍न दिनुभयो।
PSA 78:25 मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए; परमेश्‍वरले तिनीहरूलाई प्रशस्त खानेकुरा पठाइदिनुभयो।
PSA 78:26 उहाँले आकाशमा पूर्वीय बतास बहाउनुभयो; र उहाँको शक्तिद्वारा दक्षिणी बतासलाई चलाउनुभयो।
PSA 78:27 उहाँले धुलोको कणसरह तिनीहरूका निम्ति मासु बर्साउनुभयो; उड्ने पक्षीहरूलाई समुद्री किनारका बालुवासरह बर्साइदिनुभयो।
PSA 78:28 उहाँले ती पक्षीहरूलाई तिनीहरूका छाउनीभित्र, तिनीहरूका पालको वरिपरि झार्नुभयो।
PSA 78:29 तिनीहरूले नघाउन्जेल खाए— उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेअनुसार दिनुभयो।
PSA 78:30 तर तिनीहरूको भोक मेटिनु अगि नै, तिनीहरूले खाएका खाना तिनीहरूका मुखमा छँदै,
PSA 78:31 परमेश्‍वरको क्रोध तिनीहरूको विरुद्ध दन्क्यो; तिनीहरूमध्येका बलियाहरूलाई उहाँले मार्नुभयो, इस्राएलका जवान मानिसहरूलाई ढालिदिनुभयो।
PSA 78:32 यी सबै कुराहरू हुँदा पनि तिनीहरूले पाप गरी नै रहे; र उहाँका अद्‌भुत कार्यहरू देखेर पनि तिनीहरूले विश्‍वास गरेनन्।
PSA 78:33 यसकारण उहाँले तिनीहरूका दिनहरू व्यर्थतामा र तिनीहरूका वर्षहरूचाहिँ आतङ्कमा अन्त्य गरिदिनुभयो।
PSA 78:34 जब परमेश्‍वरले तिनीहरूमध्ये कतिलाई मार्नुभयो; तब तिनीहरूले उहाँको खोजी गर्दै, फेरि पश्‍चात्ताप गर्दै उहाँतिर फर्के।
PSA 78:35 परमेश्‍वर तिनीहरूका चट्टान हुनुहुन्छ र सर्वोच्‍च परमेश्‍वर तिनीहरूका उद्धारक हुनुहुँदोरहेछ भन्‍ने कुरा तिनीहरूले सम्झे।
PSA 78:36 तर त्यसपछि तिनीहरूका मुखले उहाँको चापलुसी गरे, र तिनीहरूका जिब्रोले उहाँसित झूटो बोले;
PSA 78:37 तिनीहरूका हृदय उहाँतर्फ वफादार थिएनन्, न त उहाँका करारप्रति तिनीहरू विश्‍वासयोग्य नै थिए।
PSA 78:38 तापनि तिनीहरूप्रति उहाँ दयालु हुनुभयो; उहाँले तिनीहरूका अपराधहरू क्षमा गर्नुभयो, र तिनीहरूलाई नष्‍ट पार्नुभएन। पटक-पटक उहाँले आफ्नो रिस नियन्त्रण गर्नुभयो र आफ्नो पूरा क्रोध पोख्नुभएन।
PSA 78:39 उहाँले मानिसहरू देह मात्र हुन् भनी सम्झिनुभयो, जो हावाजस्तो बहन्छन् र फर्किआउँदैनन्।
PSA 78:40 तिनीहरूले कत्ति चोटि मरुभूमिमा परमेश्‍वरको विरुद्धमा विद्रोह गरे, र उहाँलाई उजाडस्थानमा दुःखित तुल्याए!
PSA 78:41 तिनीहरूले घरी-घरी परमेश्‍वरलाई परीक्षा गरे; र इस्राएलका पवित्र परमेश्‍वरलाई उक्साए।
PSA 78:42 तिनीहरूले उहाँको शक्तिको स्मरण गरेनन्— जुन दिन उहाँले तिनीहरूलाई मोल तिरेर अत्याचारीबाट छुटकारा दिनुभएको थियो,
PSA 78:43 जब उहाँले इजिप्टमा आफ्नो अलौकिक चिन्हहरू, र सोअनको मैदानमा अद्‌भुत कार्यहरू देखाउनुभयो।
PSA 78:44 उहाँले तिनीहरूका नदीलाई रगतमा परिवर्तन गरिदिनुभयो; तिनीहरूले खोलाहरूका पानीबाट पिउन सकेनन्।
PSA 78:45 उहाँले तिनीहरूलाई नाश पार्नलाई झिँगाका हुलहरू पठाउनुभयो, र तिनीहरूलाई उजाड पार्नलाई भ्यागुताहरू पठाउनुभयो।
PSA 78:46 उहाँले तिनीहरूका अन्‍नबालीहरू फट्याङ्ग्राहरूलाई, र तिनीहरूका खेतका उब्जनी सलहलाई दिनुभयो।
PSA 78:47 उहाँले तिनीहरूका अङ्‌गुरका बोटहरू असिनाले र अञ्जीरका बोटहरू तुसारोले नष्‍ट पारिदिनुभयो।
PSA 78:48 उहाँले तिनीहरूका गाईबस्तुहरूलाई असिनाले, र भेडाबाख्राहरूलाई चट्याङले प्रहार गर्नुभयो।
PSA 78:49 उहाँले तिनीहरूका विरुद्ध आफ्नो प्रचण्ड रिस, क्रोध, आक्रोश र शत्रुता— विनाशकारी दूतहरूको एक दल पठाउनुभयो।
PSA 78:50 उहाँले आफ्नो क्रोधका लागि बाटो तयार पार्नुभयो; उहाँले तिनीहरूका प्राणलाई मृत्युबाट बचाउनुभएन, तर तिनीहरूका प्राण महामारीलाई सुम्पनुभयो।
PSA 78:51 उहाँले इजिप्टका सबै ज्येष्‍ठ सन्तानलाई, हामका पालहरूमा पुरुषत्वको रूपमा रहेका पहिलो फललाई मास्‍नुभयो।
PSA 78:52 तर उहाँले आफ्ना मानिसहरूलाई भेडाहरूका बथानलाई जस्तै निकालेर ल्याउनुभयो; उहाँले तिनीहरूलाई मरुभूमिमा भेडालाई जस्तै अगुवाइ गर्नुभयो।
PSA 78:53 उहाँले तिनीहरूलाई सुरक्षित डोर्‍याउनुभयो यसैले तिनीहरू डराएनन्; तर तिनीहरूका शत्रुहरूलाई चाहिँ समुद्रले निल्यो।
PSA 78:54 यसरी परमेश्‍वरले तिनीहरूलाई आफ्नो पवित्र देशको सिमानामा ल्याउनुभयो, जुन पर्वत उहाँले आफ्नो दाहिने हातले जित्नुभएको थियो।
PSA 78:55 उहाँले जाति-जातिहरूलाई तिनीहरूकै सामु लखेट्नुभयो, र उनीहरूका जमिन पैतृक सम्पत्तिझैँ इस्राएलीहरूलाई बाँडिदिनुभयो; र इस्राएलीहरूका कुललाई उनीहरूका घरमा बसाल्नुभयो।
PSA 78:56 तर तिनीहरूले परमेश्‍वरको परीक्षा गरे र सर्वोच्‍च परमेश्‍वरको विरुद्धमा विद्रोही भए; तिनीहरूले उहाँका विधि-विधानहरू पालन गरेनन्।
PSA 78:57 तिनीहरूका पितापुर्खाहरू जस्तै बेइमान र विश्‍वासघाती, भर पर्न नसकिने बाङ्गो धनुजस्तै भए।
PSA 78:58 तिनीहरूका देवस्थानहरूद्वारा उहाँलाई क्रोधित तुल्याए; तिनीहरूका मूर्तिहरूका कारण उहाँलाई डाही तुल्याए।
PSA 78:59 जब परमेश्‍वरले तिनीहरूको सोर सुन्‍नुभयो, उहाँ अत्यन्तै रिसाउनुभयो; उहाँले इस्राएलीहरूलाई पूर्ण रूपमा इन्कार गर्नुभयो।
PSA 78:60 उहाँले शीलोमा भएको पवित्रस्थानलाई त्याग्नुभयो, जुन पाल मानिसहरूका बीचमा उहाँले राख्नुभएको थियो।
PSA 78:61 उहाँको शक्तिको सन्दुक निर्वासनमा पठाइदिनुभयो, उहाँको महिमालाई शत्रुहरूका हातमा जान दिनुभयो।
PSA 78:62 उहाँले आफ्ना मानिसहरूलाई तरवारले काटिन सुम्पिदिनुभयो; आफ्ना उत्तराधिकारसँग अत्यन्तै रिसाउनुभयो।
PSA 78:63 आगोले तिनीहरूका जवान पुरुषहरू भस्म पारिए, र उनीहरूका कन्याहरूका निम्ति वैवाहिक गीत गाइएन;
PSA 78:64 तिनीहरूका पुजारीहरू तरवारले मारिए, र तिनीहरूका विधवाहरूले विलाप गर्न पाएनन्।
PSA 78:65 तब प्रभु निद्राबाट बिउँझिएझैँ जाग्नुभयो; र मद्यले मातेका लडाकुझैँ उहाँ बिउँझनुभयो।
PSA 78:66 उहाँले आफ्ना शत्रुहरूलाई बदला लिनुभयो; उहाँले तिनीहरूलाई अनन्तको निम्ति लाजमा पार्नुभयो।
PSA 78:67 तब उहाँले योसेफका पालहरूलाई त्याग्नुभयो, उहाँले एफ्राइमको वंशलाई छान्‍नुभएन;
PSA 78:68 तर यहूदाका कुललाई छान्‍नुभयो, सियोन पर्वत, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो।
PSA 78:69 यही ठाउँमा उहाँले आफ्नो पवित्रस्थान उच्‍च स्थानहरूझैँ बनाउनुभयो। उहाँले पृथ्वीलाईझैँ त्यस ठाउँलाई सदाको लागि स्थापित गर्नुभएको छ।
PSA 78:70 उहाँले दावीदलाई आफ्नो सेवक चुन्‍नुभयो, र तिनलाई भेडीगोठबाट उठाउनुभयो;
PSA 78:71 उहाँले भेडा गोठालोबाट, दावीदलाई याकोबका मानिसहरू र आफ्नो उत्तराधिकार इस्राएलीहरूको गोठालो हुनलाई ल्याउनुभयो।
PSA 78:72 अनि दावीदले हृदयको इमानदारीतामा तिनीहरूको हेरचाह गरे; निपुणतासाथ तिनीहरूको अगुवाइ गरे।
PSA 79:1 आसापको भजन। हे परमेश्‍वर, राष्ट्रहरूले तपाईंका उत्तराधिकारलाई आक्रमण गरेका छन्; तिनीहरूले तपाईंका पवित्र मन्दिरलाई अपवित्र पारेका छन्; तिनीहरूले यरूशलेमलाई भग्नावशेषका थुप्राहरू पारिदिएका छन्।
PSA 79:2 तिनीहरूले तपाईंका सेवकहरूका लासलाई आकाशका पक्षीहरूलाई आहाराको निम्ति छोडेका छन्, तपाईंका आफ्ना मानिसका शरीर जङ्गली जनावरहरूलाई दिएका छन्।
PSA 79:3 तिनीहरूले उनीहरूका रगत यरूशलेमको चारैतिर पानीजस्तै बगाएका छन्, र उनीहरूका लासलाई गाड्ने कोही छैनन्।
PSA 79:4 हाम्रा छिमेकीहरूका सामु हामी गिल्‍लाका पात्र; र हाम्रा वरिपरिका मानिसहरूका बीच तिरस्कार र हाँसोका पात्र भएका छौँ।
PSA 79:5 हे याहवेह, तपाईं कहिलेसम्म क्रोधित भइरहनुहुन्छ? के सधैँभरिको लागि? तपाईंको डाह कहिलेसम्म आगोझैँ दन्किनेछ?
PSA 79:6 तपाईंको क्रोध ती राष्ट्रहरूमाथि खन्याउनुहोस्, जसले तपाईंलाई स्वीकार गर्दैनन्; ती राज्यहरूमाथि, जसले तपाईंको नामलाई पुकार्दैनन्;
PSA 79:7 किनकि तिनीहरूले याकोबलाई निलेका छन्, र तिनको वासस्थान उजाड पारेका छन्।
PSA 79:8 हाम्रा पितापुर्खाहरूका पापको दण्ड हामीलाई नदिनुहोस्; तपाईंको कृपा चाँडै हामीलाई भेट्न आओस्, किनकि हामी अत्यन्तै अभावमा छौँ।
PSA 79:9 हे हाम्रा उद्धारक परमेश्‍वर, तपाईंको नामको महिमाको खातिर, हामीलाई सहायता गर्नुहोस्; तपाईंको नामको खातिर हामीलाई छुटाउनुहोस् र हाम्रा पाप क्षमा गर्नुहोस्!
PSA 79:10 “तिनीहरूका परमेश्‍वर कहाँ छन्?” भन्‍ने मौका राष्ट्रहरूले नपाऊन्। तपाईंका आफ्ना सेवकहरूको बगाइएका रगतको बदला लिनुहुन्छ भन्‍ने कुरा हाम्रै आँखाको अगि राष्ट्रहरूलाई थाहा गराउनुहोस्।
PSA 79:11 कैदीहरूका विलाप तपाईंको सामु पुगोस्; तपाईंको शक्तिशाली हातद्वारा मृत्युको दण्डमा परेकाहरूको रक्षा गर्नुहोस्।
PSA 79:12 हे प्रभु, तिनीहरूले तपाईंलाई गरेका तिरस्कारको सट्टा, हाम्रा छिमेकीहरूसँग सात गुणा बदला लिनुहोस्।
PSA 79:13 तब हामी, तपाईंका मानिसहरू, तपाईंको खर्कका भेडाहरूले, सदासर्वदा तपाईंको प्रशंसा गर्नेछौँ; पुस्तौँ-पुस्तासम्म हामी तपाईंको प्रशंसाको घोषणा गर्नेछौँ।
PSA 80:1 सङ्गीत निर्देशकको निम्ति, “करारका लिली फूल” को रागमा आधारित, आसापको भजन। हे इस्राएलका गोठाला, हामीलाई सुन्‍नुहोस्; तपाईं, जसले योसेफलाई भेडाबाख्राको बगाललाई झैँ अगुवाइ गर्नुहुन्छ, तपाईं, जो करूबहरूका बीचमा विराजमान हुनुहुन्छ, प्रकाशमान् हुनुहोस्!
PSA 80:2 एफ्राइम, बेन्यामीन र मनश्शेको सामु। आफ्नो सामर्थ्य जगाउनुहोस्; आउनुहोस् र हामीलाई बचाउनुहोस्!
PSA 80:3 हे परमेश्‍वर, हामीलाई पुनर्स्थापना गर्नुहोस्; आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्; र हामी बचाइन सकौँ।
PSA 80:4 हे याहवेह, सेनाहरूका परमेश्‍वर, आफ्नो प्रजाका प्रार्थनाको विरुद्ध, तपाईंको क्रोध कहिलेसम्म सल्किरहन्छ?
PSA 80:5 तपाईंले तिनीहरूलाई आँसुका रोटी खुवाउनुभएको छ; र पिउनलाई कचौराभरि आँसु दिनुभएको छ।
PSA 80:6 तपाईंले हामीलाई छिमेकीहरूका लागि झगडाको पात्र बनाउनुभएको छ, र हाम्रा शत्रुहरूले हामीलाई गिल्‍ला गर्छन्।
PSA 80:7 हे सेनाहरूका परमेश्‍वर, हामीलाई पुनर्स्थापन गर्नुहोस्; आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्; र हामी बचाइन सकौँ।
PSA 80:8 तपाईंले इजिप्टबाट एउटा दाखको बोट ल्याउनुभयो; र राष्ट्रहरूलाई लखेटेर त्यसलाई रोप्नुभयो।
PSA 80:9 तपाईंले त्यसको निम्ति भूमि तयार गर्नुभयो, र त्यसको जरो गड्यो; र त्यो देशभरि फैलियो।
PSA 80:10 त्यसका छायाले पहाडहरू ढाकिए, र त्यसका हाँगाबिँगाहरूले शक्तिशाली देवदारुका रूखहरू ढाके।
PSA 80:11 त्यसका हाँगाहरू भूमध्य समुद्रसम्म गए, अनि त्यसका मुनाहरूचाहिँ यूफ्रेटिस नदीसम्मै फैलिए।
PSA 80:12 तपाईंले त्यसका पर्खाल किन भत्काइदिनुभएको छ? के त्यहाँबाट जाने सबैले त्यसको फल टिपून्?
PSA 80:13 जङ्गलका बँदेलहरूले त्यसलाई नष्‍ट पार्छन्। र जङ्गली जनावरहरू त्यसमा चर्छन्।
PSA 80:14 हे सेनाहरूका परमेश्‍वर, हाम्रा बीचमा फेरि फर्कनुहोस्! स्वर्गबाट तल दृष्‍टि गर्नुहोस् र हाम्रो दुर्दशा हेर्नुहोस्! यस दाखको बोटको हेरचाह गर्नुहोस्।
PSA 80:15 तपाईंको आफ्नो दाहिने बाहुलीले रोप्नुभएको त्यो विरुवाको जरा, त्यो दाख, जसलाई तपाईंले आफ्नो लागि हुर्काउनुभएको छ।
PSA 80:16 तपाईंका दाखको बोट काटेर ढालिएको छ, आगोले डढाइएको छ; तपाईंको हप्कीले तपाईंका प्रजा नष्‍ट हुन्छन्।
PSA 80:17 तपाईंको दायाँतर्फ भएको मानिसमाथि तपाईंको हात रहोस्। त्यो मानिसको पुत्र, जसलाई तपाईंले आफ्नो निम्ति खडा गर्नुभएको छ।
PSA 80:18 तब हामी तपाईंबाट पिठिउँ फर्काउनेछैनौँ; हामीलाई नयाँ जीवन प्रदान गर्नुहोस्, र हामी तपाईंका नाम पुकार गर्नेछौँ।
PSA 80:19 हे याहवेह, सेनाहरूका परमेश्‍वर; हामीलाई पुनर्स्थापना गर्नुहोस्, आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्, र हामी बचाइन सकौँ।
PSA 81:1 सङ्गीत निर्देशकको निम्ति, गित्तित, आसापको भजन। परमेश्‍वरका लागि, आनन्दले गाओ, जो हाम्रो बल हुनुहुन्छ; उच्‍च सोरले याकोबका परमेश्‍वरको जयजयकार गर!
PSA 81:2 सङ्गीत बजाउन सुरु गर, खैँजडी बजाओ, मधुर सितार र वीणा बजाओ!
PSA 81:3 औँसी र पूर्णिमाको रातमा हुने, हाम्रो चाडमा भेडाको सिङबाट बनेको तुरही बजाओ।
PSA 81:4 इस्राएलको निम्ति यो एउटा आदेश हो, याकोबका परमेश्‍वरको यो एउटा विधि हो।
PSA 81:5 जब परमेश्‍वर इजिप्टको विरुद्ध उठ्नुभयो, उहाँले योसेफको निम्ति यो एउटा कानुनको रूपमा स्थापित गर्नुभयो। मैले एउटा अज्ञात आवाजले यसो भनेको सुनेँ:
PSA 81:6 “मैले तिनीहरूका काँधबाट बोझ हटाइदिएँ; डोकाको बोझबाट तिनीहरूका हात मुक्त भए।
PSA 81:7 दुःखमा पर्दा तिमीहरूले पुकार्‍यौ, र मैले तिमीहरूलाई छुटाएँ; मैले मेघ गर्जनबाट तिमीहरूलाई उत्तर दिएँ; मैले मेरीबाका पानीमा तिमीहरूलाई परीक्षा गरेँ। सेला
PSA 81:8 हे मेरा प्रजा सुन, म तिमीहरूलाई चेतावनी दिनेछु— हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको भए त!
PSA 81:9 तिमीहरूका बीचमा पराई देवता हुनुहुँदैन; तिमीहरूले मबाहेक कुनै देवतालाई दण्डवत् गर्नुहुँदैन।
PSA 81:10 म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ, तिमीहरूका मुख पूरा खोल, र म त्यो भरिदिनेछु।
PSA 81:11 “तर मेरा प्रजाले मैले भनेको सुन्दैनन्; इस्राएलले मेरो अधीनमा रहन मान्दैनन्।
PSA 81:12 यसकारण तिनीहरू आफ्नै युक्तिमा हिँडून् भनी मैले तिनीहरूलाई तिनीहरूकै हृदयको जिद्दीमा छोडिदिएँ।
PSA 81:13 “मेरा प्रजाले मेरा कुरा सुनेका भए त, इस्राएल मेरो मार्गमा हिँडेको भए त,
PSA 81:14 म कति चाँडो तिनीहरूका शत्रुहरूलाई पराजित गर्नेथिएँ, र तिनीहरूका दुश्मनहरूका विरुद्धमा मेरो हात उठाउनेथिएँ!
PSA 81:15 याहवेहलाई अवहेलना गर्नेहरू उहाँको अगि खुम्चिँदै लत्रक्‍क पर्नेथिए, र उनीहरूको दण्ड सदाकाल रहनेथियो।
PSA 81:16 तर तिमीहरूलाई सबैभन्दा सर्वोत्तम गहुँ खुवाउनेथिएँ; र चट्टानमा बनेको महले म तिमीहरूलाई तृप्‍त पार्नेथिएँ।”
PSA 82:1 आसापको भजन। परमेश्‍वर विशाल समुदायमा आफ्नो स्थान ग्रहण गर्नुहुन्छ; “देवताहरूका” बीचमा उहाँले न्याय गर्नुहुन्छ।
PSA 82:2 कहिलेसम्म तिमीहरू अन्यायीहरूको पक्ष लिइबस्छौ? र दुष्‍टहरूको पक्ष लिइरहन्छौ? सेला
PSA 82:3 दुर्बल र अनाथहरूका पक्षमा खडा होऊ; गरिब र अत्याचारमा परेकाहरूको हकको रक्षा गर!
PSA 82:4 दुर्बल र गरिबहरूलाई छुटाओ; दुष्‍टहरूका हातबाट तिनीहरूलाई मुक्त गर!
PSA 82:5 “तिनीहरू न केही जान्दछन्, न त केही बुझ्दछन्; तिनीहरू अन्धकारमा यताउता डुल्छन्; पृथ्वीका सारा जग नै डगमगाएका छन्।
PSA 82:6 “मैले भनेँ, ‘तिमीहरू “देवहरू” हौ; तिमीहरू सबै सर्वोच्‍च परमेश्‍वरका छोराहरू हौ।’
PSA 82:7 तर तिमीहरू साधारण मानिसहरूझैँ मर्नेछौ; अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।”
PSA 82:8 हे परमेश्‍वर, उठ्नुहोस्, पृथ्वीको न्याय गर्नुहोस्; किनकि सारा राष्ट्रहरू तपाईंका उत्तराधिकार हुन्।
PSA 83:1 एउटा गीत, आसापको भजन। हे परमेश्‍वर, तपाईं मौन नरहनुहोस्; हे परमेश्‍वर, आफ्नो कान नथुन्‍नुहोस्; तपाईं निष्क्रिय नहुनुहोस्!
PSA 83:2 हेर्नुहोस्, तपाईंका शत्रुहरूले कस्तो हुङ्कार गरेका छन्, तपाईंलाई घृणा गर्नेहरूले कसरी शिर ठाडो पारेका छन्।
PSA 83:3 तिनीहरूले धूर्ततासाथ तपाईंका मानिसहरूका विरुद्धमा षड्यन्त्र रच्तछन्; तिनीहरू तपाईंले अनमोल ठान्‍नुभएकाहरूको विरुद्धमा मतो गर्छन्।
PSA 83:4 तिनीहरू भन्छन्, “आओ, हामी तिनीहरूको राष्ट्रलाई ध्वंस पारौँ; ताकि इस्राएल भन्‍ने नामको सम्झना नै नरहोस्!”
PSA 83:5 तिनीहरू एकमत भएर षड्यन्त्र रच्दछन्; तिनीहरू तपाईंको विरुद्ध गठबन्धन गर्दछन्—
PSA 83:6 एदोमीहरू र इश्माएलीहरूका पालहरू, मोआबीहरू र हग्रीहरू,
PSA 83:7 गबालीहरू, अम्मोनीहरू र अमालेकीहरू, पलिश्तीहरू र टायरका निवासीहरू।
PSA 83:8 लोतका सन्तानलाई सशक्त पार्न, अश्शूर पनि तिनीहरूसँग मिलेको छ। सेला
PSA 83:9 मिद्यानीहरूलाई गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहोस्, कीशोन खोलामा सीसरा र याबीनलाई गरेझैँ गर्नुहोस्,
PSA 83:10 जो एन्दोरमा नाश पारिएका थिए, र जमिनमा फोहोर भएका थिए।
PSA 83:11 तिनीहरूका भारदारहरूलाई ओरेब र जीबझैँ, राजकुमारहरूलाई जेबह र सल्मुन्‍नाजस्तै बनाउनुहोस्;
PSA 83:12 जसले भने, “हामी परमेश्‍वरका खर्कलाई कब्जा गरौँ।”
PSA 83:13 हे मेरा परमेश्‍वर, तिनीहरूलाई भुमरीमा परेको धुलोझैँ, बतासले उडाएको भुसझैँ तुल्याउनुहोस्!
PSA 83:14 जसरी आगोले जङ्गल भस्म पार्छ, र ज्वालाले पहाड जलाउँछ,
PSA 83:15 त्यसरी नै तिनीहरूलाई तपाईंको प्रचण्ड आँधीले खेद्नुहोस् र आँधीबेहरीले तिनीहरूलाई भयभीत पार्नुहोस्!
PSA 83:16 तिनीहरूका मुहार लाजले ढाकिदिनुहोस्; ताकि हे याहवेह, तिनीहरूले तपाईंको नामको खोजी गरून्।
PSA 83:17 तिनीहरू सधैँ शर्ममा परून्, र भयभीत होऊन्; तिनीहरू अपमानमा नष्‍ट होऊन्।
PSA 83:18 तिनीहरूले जानून्, कि तपाईं जसको नाम याहवेह हो— तपाईं मात्र सारा पृथ्वीमा सर्वोच्‍च परमेश्‍वर हुनुहुन्छ।
PSA 84:1 सङ्गीत निर्देशकको निम्ति, गित्तित, कोरहका छोराहरूको भजन। हे सेनाहरूका याहवेह! तपाईंको वासस्थान कति मनोहर छ,
PSA 84:2 याहवेहको मन्दिरका चोकहरूको निम्ति मेरो प्राणले तिर्सना गर्दछ, र मूर्च्छा नै पर्छ; मेरो हृदय र मेरो शरीर दुवैले जीवित परमेश्‍वरको पुकार गर्दछ।
PSA 84:3 हे सेनाहरूका याहवेह, मेरा राजा अनि मेरा परमेश्‍वर, तपाईंका वेदीको नजिक भँगेरीले पनि घर पाउँछे, अनि गौँथलीले गुँड पाउँछे, जहाँ आफ्ना बचेराहरूलाई हुर्काउँछे।
PSA 84:4 तपाईंको वासस्थानमा बस्‍ने धन्यका हुन्; तिनीहरू सदा तपाईंको प्रशंसा गर्छन्। सेला
PSA 84:5 तिनीहरू धन्यका हुन्, जसको बल तपाईंमा छ; जसले आफ्ना मन सियोनको यात्रामा लगाएका छन्।
PSA 84:6 तिनीहरू बाकाको बेँसीबाट भएर जाँदा, तिनीहरूले त्यसलाई जलस्रोत बनाउँछन्; शरद ऋतुको वर्षाले त्यहाँ आशिष् हुँदछ।
PSA 84:7 तिनीहरूले बलमाथि बल प्राप्‍त गर्दै जान्छन्; जबसम्म प्रत्येक सियोनमा परमेश्‍वरको सामु उपस्थित हुँदैनन्।
PSA 84:8 हे याहवेह सेनाहरूका परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्; हे याकोबका परमेश्‍वर, मेरो बिन्ती सुन्‍नुहोस्! सेला
PSA 84:9 हे परमेश्‍वर, जो हाम्रो ढाल हुनुहुन्छ, हामीलाई हेर्नुहोस्; तपाईंको आफ्नो अभिषिक्तमाथि कृपादृष्‍टि गर्नुहोस्!
PSA 84:10 तपाईंको मन्दिरको चोकमा एक दिन अरू ठाउँको हजार दिनभन्दा उत्तम छ; दुष्‍टहरूका पालहरूमा बस्‍नुभन्दा त, बरु मेरा परमेश्‍वरको भवनको ढोके हुन मलाई मन पर्छ,
PSA 84:11 किनकि याहवेह परमेश्‍वर सूर्य र ढाल हुनुहुन्छ; याहवेहले निगाह र इज्जत दिनुहुन्छ; सत्य मार्गमा हिँड्नेहरूलाई याहवेहले कुनै भलो कुराबाट वञ्चित राख्नुहुन्‍न।
PSA 84:12 हे सेनाहरूका याहवेह, तपाईंमा भरोसा राख्ने मानिसहरू धन्यका हुन्।
PSA 85:1 सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूको भजन। हे याहवेह, तपाईंको देशमाथि तपाईंले कृपा राख्नुभएको छ; तपाईंले याकोबको सुख-शान्ति पुनर्स्थापित गरिदिनुभएको छ।
PSA 85:2 तपाईंले आफ्ना प्रजाको अधर्म क्षमा गर्नुभएको छ; तिनीहरूका सबै पाप ढाकिदिनुभएको छ। सेला
PSA 85:3 तपाईंले आफ्ना सबै क्रोध पन्छाउनुभयो; र आफ्नो दन्किँदो क्रोधबाट तपाईं फर्कनुभयो।
PSA 85:4 हे हाम्रा मुक्तिदाता परमेश्‍वर, हामीलाई पुनर्स्थापित गर्नुहोस्, र हामीप्रतिको तपाईंको अप्रसन्‍नता हटाइदिनुहोस्!
PSA 85:5 के तपाईं हामीसित सधैँ रिसाइरहनुहुनेछ? के तपाईं पुस्तौँ-पुस्तासम्म नै क्रोध गरिरहनुहुनेछ?
PSA 85:6 के तपाईं हामीलाई पुनर्जागृत बनाउनुहुन्‍न, ताकि तपाईंका प्रजा तपाईंमा रमाऊन्?
PSA 85:7 हे याहवेह, आफ्नो अचुक प्रेम हामीलाई देखाउनुहोस्, र हामीलाई तपाईंको मुक्ति प्रदान गर्नुहोस्!
PSA 85:8 याहवेह परमेश्‍वरले जे भन्‍नुहुनेछ, त्यो म सुन्‍नेछु; उहाँले आफ्ना प्रजाहरू, र आफ्ना विश्‍वासयोग्य सेवकहरूसँग शान्तिको प्रतिज्ञा गर्नुहुन्छ— तर तिनीहरू फेरि मूर्खतातिर नलागून्।
PSA 85:9 निश्‍चय नै उहाँको भय मान्‍नेहरूको नजिकै उहाँको मुक्ति छ; ताकि उहाँको महिमा हाम्रो देशमा बास गरोस्।
PSA 85:10 अचुक प्रेम र विश्‍वासयोग्यता आपसमा मिल्छन्; धार्मिकता र शान्तिले एक-अर्कालाई चुम्बन गर्छन्।
PSA 85:11 पृथ्वीबाट विश्‍वासयोग्यताको अङ्कुर निस्कन्छ, र स्वर्गबाट धार्मिकताले तल हेर्दछ।
PSA 85:12 जे असल छ, याहवेहले त्यही दिनुहुनेछ; र हाम्रा जमिनले फसल उमार्नेछ।
PSA 85:13 धार्मिकता उहाँको अगि-अगि जानेछ र उहाँका पाइलाहरूको निम्ति मार्ग तयार गर्छ।
PSA 86:1 सङ्कष्‍टमा दावीदको प्रार्थना। हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्, र मलाई जवाफ दिनुहोस्; किनकि म असहाय र अभावग्रस्त छु।
PSA 86:2 मेरो रक्षा गरिदिनुहोस्; किनकि म तपाईंको भक्त हुँ; तपाईंको सेवकलाई बचाउनुहोस्, जसले तपाईंमा भरोसा गर्दछ। तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ;
PSA 86:3 हे प्रभु, ममाथि दयालु हुनुहोस्; किनकि म दिनभरि तपाईंलाई पुकार गर्दछु।
PSA 86:4 आफ्नो सेवकलाई हर्षित पार्नुहोस्; किनकि प्रभु, म मेरो भरोसा तपाईंमा राख्दछु।
PSA 86:5 हे प्रभु, तपाईं भलो र क्षमाशील हुनुहुन्छ; तपाईंलाई पुकार्ने सबैलाई तपाईंको अचुक प्रेम प्रशस्त रहन्छ।
PSA 86:6 हे याहवेह, मेरो प्रार्थना सुनिदिनुहोस्; दयाको निम्ति मेरो पुकारमा ध्यान दिनुहोस्!
PSA 86:7 जब म सङ्कष्‍टमा हुन्छु, म तपाईंलाई पुकार गर्नेछु; किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ।
PSA 86:8 हे प्रभु! तपाईंजस्तो अरू कोही ईश्‍वरहरू छैनन्; तपाईंका कार्यहरू अरू कुनै ईश्‍वरसँग तुलना गर्न सकिँदैन।
PSA 86:9 हे प्रभु, तपाईंले बनाउनुभएका सबै राष्ट्रहरू तपाईंको सामु आएर दण्डवत् गर्नेछन्; तिनीहरूले तपाईंको नामको महिमा गर्नेछन्।
PSA 86:10 किनकि तपाईं महान् हुनुहुन्छ, र अचम्मका कामहरू गर्नुहुन्छ; तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ।
PSA 86:11 हे याहवेह, मलाई तपाईंको मार्ग सिकाउनुहोस्; ताकि म तपाईंको विश्‍वासयोग्यतामा भर पर्न सकूँ; मलाई एकाग्र मन दिनुहोस्, र म तपाईंको नामको भय मान्‍न सकूँ।
PSA 86:12 हे प्रभु, मेरा परमेश्‍वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु; म सदासर्वदा तपाईंको नामको महिमा गर्नेछु।
PSA 86:13 किनकि मप्रति तपाईंको अचुक प्रेम महान् छ; तपाईंले मेरो जीवनलाई पातालको गहिराइबाट छुटाउनुभएको छ।
PSA 86:14 हे परमेश्‍वर, अहङ्कारी मानिसहरूले मलाई आक्रमण गरिरहेका छन्; निर्दयी मानिसहरूका समूहले मलाई मार्न खोजिरहेका छन्— ती मानिसहरू, जसले तपाईंलाई आदर गर्दैनन्।
PSA 86:15 तर प्रभु, तपाईं दयालु र अनुग्रही परमेश्‍वर हुनुहुन्छ; रिसाउनमा ढिलो, प्रेम र सत्यतामा भरिपूर्ण हुनुहुन्छ।
PSA 86:16 मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्; आफ्नो शक्ति तपाईंको सेवकलाई दिनुहोस्, र आफ्नी सेविकाको छोरालाई बचाउनुहोस्! किनकि म तपाईंको सेवा गर्दछु।
PSA 86:17 तपाईंका भलाइको चिन्ह मलाई दिनुहोस्; र मलाई घृणा गर्नेहरू, त्यो देखेर शर्ममा परून्; किनकि हे याहवेह, तपाईंले मलाई सहायता गर्नुभएको छ र सान्त्वना दिनुभएको छ।
PSA 87:1 एउटा गीत, कोरहका छोराहरूका भजन। याहवेहले आफ्नो जग पवित्र पर्वतमा स्थापित गर्नुभएको छ।
PSA 87:2 याकोबका सबै वासस्थानहरूलाई भन्दा उहाँले सियोनका ढोकाहरूलाई बढी प्रेम गर्नुहुन्छ।
PSA 87:3 हे परमेश्‍वरको सहर, तेरो विषयमा प्रशंसामय कुराहरू भनिएका छन्: सेला
PSA 87:4 “मलाई स्वीकार गर्नेहरूमध्ये राहाब र बेबिलोनलाई म सूचीमा राख्नेछु— पलिश्ती, टायर र कूशलाई समेत भन्‍नेछु, ‘योचाहिँ सियोनमा जन्मेको थियो।’ ”
PSA 87:5 वास्तवमा सियोनको विषयमा चाहिँ यो भनिनेछ, “यो र त्यो त्यहीँ जन्मेका थिए, अनि सर्वोच्‍च परमेश्‍वरले नै त्यसलाई स्थापना गर्नुहुनेछ।”
PSA 87:6 याहवेहले जाति-जातिहरूका नाम दर्ता-पुस्तकमा लेख्नुहुनेछ: “यसको जन्म सियोनमा भएको हो।” सेला
PSA 87:7 सङ्गीत बजाउँदा तिनीहरूले गाउनेछन्: “मेरा सबै आशिष्‌का मूलहरू तँमा नै छन्।”
PSA 88:1 एउटा गीत, कोरहका छोराहरूको भजन, सङ्गीत निर्देशकको निम्ति—महलत लिन्‍नोत लयमा आधारित, एज्रीका हेमानको मस्किल। हे याहवेह, तपाईं नै त्यो परमेश्‍वर हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ; दिनरात म तपाईंलाई पुकार्दछु।
PSA 88:2 मेरो प्रार्थना तपाईंको सामु पुगोस्; मेरो क्रन्दनतिर आफ्नो कान लगाउनुहोस्!
PSA 88:3 किनकि मेरो प्राण पीडाले भरिएको छ र मेरो जीवन चिहानको नजिकै पुगेको छ।
PSA 88:4 चिहानमा जानेहरूसँगै मेरो गणना भएको छ; म शक्तिविहीन मानिसझैँ भएको छु।
PSA 88:5 म मरेकाहरूसितै छुट्ट्याइएको छु, मारिएका मानिसजस्तै, जो चिहानमा नै रहन्छन्, जसलाई तपाईं कहिल्यै सम्झनुहुन्‍न; जो तपाईंको वास्ताबाट त्यागिएका छन्।
PSA 88:6 तपाईंले मलाई चिहानको तल्‍लो भागमा, अति अन्धकारमय गहिराइहरूमा फ्याँकिदिनुभएको छ।
PSA 88:7 तपाईंको क्रोधले मलाई दबाएर राखेको छ; तपाईंका सबै छालहरूले मलाई व्याकुल पार्नुभएको छ। सेला
PSA 88:8 मेरा अति नजिकका साथीहरूबाट तपाईंले मलाई अलग गर्नुभएको छ; तपाईंले मलाई तिनीहरूको लागि घृणित तुल्याउनुभएको छ। म पासोमा परेको छु, र म उम्कन सक्दिनँ;
PSA 88:9 शोकले मेरा आँखाहरू धमिला हुन्छन्। हे याहवेह, म सारा दिन तपाईंलाई पुकार गर्दछु; म मेरा हात तपाईंतिर पसार्दछु।
PSA 88:10 के मृतकहरूलाई तपाईं आफ्ना अद्‌भुत कार्यहरू देखाउनुहुन्छ? के मरेकाहरू जीवित भएर तपाईंको स्तुति गर्छन् र? सेला
PSA 88:11 के तपाईंको अचुक प्रेम चिहानमा, तपाईंको विश्‍वसताको मृत-लोकमा घोषणा गरिन्छ?
PSA 88:12 के तपाईंको अद्‌भुत कार्यहरू अन्धकारको स्थानमा, अथवा तपाईंको धार्मिकताका कामहरू स्मरण नहुने देशमा चिनिन्छन् र?
PSA 88:13 हे याहवेह, तर म सहायताको निम्ति तपाईंमा पुकार गर्दछु; बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ।
PSA 88:14 हे याहवेह, तपाईं मलाई किन इन्कार गर्नुहुन्छ? अनि आफ्नो मुहार मबाट किन लुकाउनुहुन्छ?
PSA 88:15 मेरो युवावस्थादेखि नै म सताइएको छु, र मर्न लागेको छु; तपाईंको त्रासबाट म पीडित छु, र म निराश भएको छु।
PSA 88:16 तपाईंको क्रोध ममाथि खनिएको छ; तपाईंका त्रासहरूले मलाई नष्‍ट पारेका छन्।
PSA 88:17 तिनीहरूले मलाई दिनभरि नै बाढीले झैँ घेर्छन्; तिनीहरूले मलाई पूर्ण रूपमा घेरेका छन्।
PSA 88:18 तपाईंले मबाट मेरा मित्र र मेरा छिमेकीहरू हटाउनुभएको छ— अन्धकार मेरो नजिकको मित्र बनेको छ।
PSA 89:1 एज्रीका एतानको मस्किल। म याहवेहको अचुक प्रेमको प्रशंसा सदासर्वदा गाउनेछु; म मेरो मुखले पुस्तौँ-पुस्तालाई तपाईंको विश्‍वासयोग्यता बताइरहनेछु।
PSA 89:2 तपाईंको अचुक प्रेम सदाको निम्ति दृढ रहिरहनेछ; स्वर्गमा पनि तपाईंले आफ्नो विश्‍वासयोग्यता स्थापित गर्नुभएको छ भनी म घोषणा गर्नेछु।
PSA 89:3 तपाईंले भन्‍नुभयो, “मैले आफ्नो चुनेको मानिससित करार बाँधेको छु; मैले आफ्नो सेवक दावीदसित यो शपथ खाएको छु,
PSA 89:4 ‘म तेरो वंशलाई सदाको निम्ति स्थापित गर्नेछु, र पुस्तौँ-पुस्तासम्म म तेरो सिंहासन स्थिर बनाउनेछु।’ ” सेला
PSA 89:5 हे याहवेह, स्वर्गले तपाईंको अद्‌भुत कार्यहरूको प्रशंसा गर्दछ, पवित्र जनहरूको सभामा तपाईंको विश्‍वासयोग्यताको पनि गुणगान हुँदछ।
PSA 89:6 किनकि सारा ब्रह्‍माण्डमा नै याहवेहको तुलना कोसँग गर्न सकिन्छ र? स्वर्गीय प्राणीहरूमध्ये को याहवेहको समान छन् र?
PSA 89:7 पवित्र जनहरूको सभाघरमा परमेश्‍वर अधिक श्रद्धायोग्य हुनुहुन्छ; उहाँको वरिपरि हुनेहरूमध्ये, उहाँ अति भययोग्य हुनुहुन्छ।
PSA 89:8 हे सेनाहरूका याहवेह परमेश्‍वर, तपाईंजस्तो अरू को छ र? तपाईं शक्तिशाली हुनुहुन्छ, हे याहवेह, तपाईंको विश्‍वासयोग्यता तपाईंको वरिपरि छ।
PSA 89:9 उर्लंदो समुद्रमाथि तपाईंले नै राज्य गर्नुहुन्छ; त्यसका छालहरू उर्लंदा, तपाईंले नै तिनलाई शान्त गराउनुहुन्छ।
PSA 89:10 तपाईंले मारिएकाहरूलाई झैँ राहाबलाई नष्‍ट पार्नुभयो; तपाईंले आफ्ना शत्रुहरूलाई आफ्ना पाखुराले तितरबितर पार्नुभयो।
PSA 89:11 स्वर्गहरू तपाईंको हो, र पृथ्वी पनि तपाईंकै हो; संसार र त्यसमा भएका यावत् थोक तपाईंले नै स्थापित गर्नुभयो।
PSA 89:12 उत्तर र दक्षिण तपाईंले नै सृष्‍टि गर्नुभएको हो; तबोर र हेर्मोन तपाईंको नाममा हर्षले गाउँछन्।
PSA 89:13 तपाईंको पाखुरा शक्तिशाली छ; तपाईंको हात बलियो छ, तपाईंको दाहिने हात उच्‍च छ।
PSA 89:14 धार्मिकता र न्याय तपाईंको सिंहासनका जग हुन्; अचुक प्रेम र विश्‍वासयोग्यता तपाईंको अगि जान्छन्।
PSA 89:15 हे याहवेह, ती मानिसहरू धन्य हुन्, जसले जयध्वनिसाथ तपाईंको प्रशंसा गर्न सिकेका छन्; जो तपाईंका प्रकाशको उपस्थितिमा हिँड्छन्।
PSA 89:16 तिनीहरू दिनभरि तपाईंको नाममा रमाउँछन्; तिनीहरूले तपाईंको धार्मिकताको उत्सव मनाउँछन्।
PSA 89:17 किनकि तपाईं नै तिनीहरूका महिमा र बल हुनुहुन्छ, र तपाईंकै निगाहले हाम्रो सिङ उच्‍च पारिदिनुभएको छ।
PSA 89:18 वास्तवमा याहवेह नै हाम्रो ढाल हुनुहुन्छ; हाम्रा राजा इस्राएलका पवित्र परमेश्‍वर हुनुहुन्छ।
PSA 89:19 तपाईंले एक पटक दर्शनमा बोल्नुभयो, आफ्ना विश्‍वासयोग्य जनहरूसित यसो भन्‍नुभयो: “मैले एक योद्धालाई बल प्रदान गरेको छु; मैले मानिसहरूबाट चुनिएको एक युवकलाई उच्‍च पारेको छु।
PSA 89:20 मैले मेरो सेवक दावीदलाई भेट्टाएको छु; मैले आफ्नो पवित्र तेलले त्यसलाई अभिषेक गरेको छु।
PSA 89:21 मेरो हातले त्यसलाई थाम्नेछ; निश्‍चय नै मेरो पाखुराले त्यसलाई बलियो बनाउनेछ।
PSA 89:22 शत्रुले त्यसबाट तिरो असुल्ने छैन; कुनै दुष्‍ट मानिसले त्यसमाथि अत्याचार गर्नेछैन।
PSA 89:23 त्यसका वैरीलाई म त्यसकै सामु चूर्ण पार्नेछु, अनि त्यसलाई घृणा गर्नेहरूलाई प्रहार गर्नेछु।
PSA 89:24 मेरो विश्‍वासयोग्यता र अचुक प्रेम त्यससँग रहनेछ, र मेरो नामद्वारा त्यसको सिङ उच्‍च हुनेछ।
PSA 89:25 म त्यसको हातलाई समुद्रमाथि, त्यसको दाहिने हातलाई नदीहरूमाथि स्थापित गराउनेछु।
PSA 89:26 त्यसले मलाई यसो भनेर पुकार्नेछ, ‘तपाईं मेरा पिता, मेरा परमेश्‍वर, मेरो मुक्तिको चट्टान हुनुहुन्छ।’
PSA 89:27 म त्यसलाई मेरो पहिले जन्मेको, जेठो छोरा हुन नियुक्त गर्नेछु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्‍च तुल्याउनेछु।
PSA 89:28 म त्यसको निम्ति मेरो अचुक प्रेम सदासर्वदा कायम राख्नेछु, र त्यससँगको मेरो करार कहिल्यै विफल हुनेछैन।
PSA 89:29 म त्यसको वंश सदाको निम्ति स्थापना गर्नेछु, आकाशको अस्तित्व रहेसम्म, त्यसको सिंहासन राख्नेछु।
PSA 89:30 “त्यसका सन्तानले मेरो व्यवस्था त्यागे, र मेरा विधानहरू मानेनन् भने
PSA 89:31 यदि तिनीहरूले मेरा उर्दीहरू भङ्ग गरे भने र मेरा आदेशहरू पालन गरेनन् भने,
PSA 89:32 म तिनीहरूका पापको दण्ड छडीले, तिनीहरूका अधर्मको सजाय कोर्राले दिनेछु;
PSA 89:33 तर म मेरो अचुक प्रेम त्यसबाट हटाउनेछैनँ, न त कहिल्यै म मेरो विश्‍वासयोग्यतालाई घात गर्नेछु।
PSA 89:34 म मेरो करार भङ्ग गर्नेछैनँ, अथवा मेरो मुखले उच्‍चारण गरेका वचन बदल्नेछैनँ।
PSA 89:35 मैले मेरो पवित्रताद्वारा एक पटक सधैँको निम्ति शपथ खाएको छु— र म दावीदलाई ढाँट्नेछैनँ।
PSA 89:36 त्यसको वंश सदासर्वदाको निम्ति रहनेछ र त्यसको सिंहासन मेरो अगि सूर्यझैँ स्थिर रहनेछ;
PSA 89:37 आकाशमा रहेको विश्‍वासयोग्य साक्षी चन्द्रमाझैँ, त्यो सदासर्वदाको लागि स्थापित रहनेछ।” सेला
PSA 89:38 तर तपाईंले आफ्नो अभिषिक्त जनलाई त्याग्नुभएको छ, र तुच्छ ठान्‍नुभएको छ; तिनीसँग तपाईं क्रोधित हुनुभएको छ।
PSA 89:39 तपाईंले आफ्नो सेवकसितको करार रद्द गर्नुभएको छ; तपाईंले तिनको मुकुट धुलोमा फ्याँकेर अशुद्ध पार्नुभएको छ।
PSA 89:40 तपाईंले तिनका सबै सुरक्षित पर्खालहरू भत्काइदिनुभएको छ; र तिनका किल्‍लाहरू तहसनहस पारिदिनुभएको छ।
PSA 89:41 त्यहाँबाट भएर जानेहरू सबैले तिनलाई लुटेका छन्; आफ्ना छिमेकीको निम्ति तिनी हेलाको पात्र भएका छन्।
PSA 89:42 तिनका वैरीहरूका दाहिने हात तपाईंले उच्‍च पार्नुभएको छ; तपाईंले तिनका सबै शत्रुहरूलाई आनन्दित तुल्याउनुभएको छ।
PSA 89:43 तपाईंले तिनको तरवारको धारलाई काम नलाग्ने बनाउनुभएको छ, र युद्धमा तिनलाई समर्थन गर्नुभएको छैन।
PSA 89:44 तपाईंले तिनको वैभव समाप्‍त गरिदिनुभएको छ, र तिनको सिंहासन जमिनमा पल्टाइदिनुभएको छ।
PSA 89:45 तिनको जवानीका दिन तपाईंले घटाइदिनुभएको छ; तपाईंले तिनलाई लाजको वस्त्रले ढाकिदिनुभएको छ। सेला
PSA 89:46 हे याहवेह, कहिलेसम्म यस्तो गर्नुहुन्छ? के तपाईं आफूलाई सधैँभरिको निम्ति लुकाइराख्नुहुनेछ? कहिलेसम्म तपाईंको क्रोध आगोझैँ दन्किरहनेछ?
PSA 89:47 स्मरण गर्नुहोस्; मेरो आयु कति क्षणिक छ। किनकि तपाईंले सम्पूर्ण मानवतालाई कस्तो निरर्थकताको निम्ति सृजनुभएको छ!
PSA 89:48 यस्तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्छ र मृत्यु देख्दैन, अथवा चिहानको शक्तिबाट को उम्कन सक्छ र? सेला
PSA 89:49 हे प्रभु, तपाईंको अगिको अचुक प्रेम कहाँ छ? जसमा तपाईंले तपाईंको विश्‍वासयोग्यतामा दावीदसँग शपथ खानुभएको थियो?
PSA 89:50 हे प्रभु, स्मरण गर्नुहोस्; तपाईंको सेवकको कसरी उपहास भएको छ, म आफ्नो हृदयमा कसरी सबै राष्ट्रहरूको हाँसो बोकेर हिँड्दछु,
PSA 89:51 हे याहवेह, जसले मेरो उपहास गरेका छन्, ती तपाईंका शत्रुहरू हुन्, तिनीहरूले पाइला-पाइलामा कसरी तपाईंका अभिषिक्त जनको उपहास गरेका छन्।
PSA 89:52 सदासर्वदा याहवेहको प्रशंसा होस्!
PSA 90:1 परमेश्‍वरका जन मोशाको प्रार्थना। हे प्रभु, पुस्तौँ-पुस्तादेखि तपाईं हाम्रा वासस्थान हुनुभएको छ।
PSA 90:2 पहाडहरू उत्पन्‍न हुनुभन्दा अगि, अथवा तपाईंले पृथ्वी र संसारलाई अस्तित्वमा ल्याउन अगि, अनादिदेखि अनन्तसम्म, तपाईं नै परमेश्‍वर हुनुहुन्छ।
PSA 90:3 तपाईंले यसो भनेर मानिसलाई पुनः धुलोमा फर्काउनुहुन्छ, “ए मरणशील मानिस हो, धुलोमा फर्किजाओ!”
PSA 90:4 तपाईंको दृष्‍टिमा एक हजार वर्ष अहिले बितिगएको एक दिनजस्तै, अथवा रातको एक पहरजस्तै छ।
PSA 90:5 तापनि तपाईंले मानिसहरूलाई बाढीले लगेझैँ मृत्युको निद्रामा लैजानुहुन्छ— तिनीहरू बिहान पलाउने नयाँ घाँसजस्तै छन्:
PSA 90:6 त्यो बिहान नयाँ भएर मौलाउँछ; तर बेलुकी त्यो सुक्छ र ओइलाउँछ।
PSA 90:7 तपाईंको क्रोधले हामी नष्‍ट भएका छौँ, र तपाईंको क्रोधले हामी भयभीत हुन्छौँ।
PSA 90:8 तपाईंले हाम्रा अधर्महरू तपाईंकै सामु राख्नुभएको छ, हाम्रा गुप्‍त पापहरू तपाईंका उपस्थितिको प्रकाशमा छन्।
PSA 90:9 हाम्रा सारा दिनहरू तपाईंको क्रोधमुनि बित्दछन्; हामी आफ्ना वर्षहरू विलापमा बिताउँछौँ।
PSA 90:10 हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, अथवा बलले साथ दियो भने, असीसम्म; तापनि त्यसको उत्तम अवधि पनि कष्‍ट र शोकमा बित्छ; किनकि आयुचाहिँ चाँडै बितिजान्छ, र हामी उडिजान्छौँ।
PSA 90:11 तपाईंको आक्रोशको शक्ति कसले बुझ्न सकेको छ र? किनकि तपाईंको क्रोध तपाईंलाई दिनुपर्ने भय जत्तिकै ठूलो छ।
PSA 90:12 हामीलाई हाम्रा दिनहरू गन्‍न सिकाउनुहोस्, ताकि हामीले बुद्धिको हृदय प्राप्‍त गर्न सकौँ!
PSA 90:13 हे याहवेह, दयालु बनिदिनुहोस्; कहिलेसम्म तपाईं ढिलो गर्नुहुन्छ? आफ्ना सेवकहरूमाथि दया गर्नुहोस्!
PSA 90:14 हरेक बिहानले मेरो निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्, र हामी सारा जीवनभरि रमाएर गीत गाउन सकौँ र खुशी हुन सकौँ।
PSA 90:15 जति दिन तपाईंले हामीलाई कष्‍ट दिनुभयो, र जति वर्ष दुःख भोग्यौँ, त्यहीअनुसार हामीलाई खुशी तुल्याउनुहोस्!
PSA 90:16 तपाईंका कार्यहरू तपाईंका सेवकहरूलाई देखाइयोस्, तपाईंको वैभव तिनीहरूका छोराछोरीकहाँ प्रकट होस्!
PSA 90:17 प्रभु हाम्रा परमेश्‍वरको निगाह हामीमाथि रहोस्; हाम्रा हातका काम हाम्रा निम्ति सुदृढ पारिऊन्— हो, हाम्रा हातका कामहरू सुदृढ पारिऊन्!
PSA 91:1 जो सर्वोच्‍च परमेश्‍वरको शरणमा बास गर्दछ, त्यो सर्वशक्तिमान्‌को छत्रछायामुनि सुरक्षित रहनेछ।
PSA 91:2 म याहवेहको बारेमा भन्‍नेछु, “उहाँ मेरा शरणस्थान र किल्‍ला हुनुहुन्छ, मेरा परमेश्‍वर, उहाँमा नै म भरोसा राख्दछु।”
PSA 91:3 निश्‍चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट र घातक रूढीबाट बचाउनुहुनेछ।
PSA 91:4 उहाँले आफ्ना प्वाँखहरूले तिमीलाई ढाक्नुहुनेछ; र उहाँको पखेटामुनि तिमीले शरण पाउनेछौ; उहाँको विश्‍वासयोग्यता तिम्रो ढाल र सुरक्षाको पर्खाल हुनेछ।
PSA 91:5 तिमी रातको त्रासदेखि डराउनेछैनौ, न त दिउँसो उडेर आउने काँडदेखि नै डराउनेछौ,
PSA 91:6 न अन्धकारमा फैलिने रूढीदेखि, न त मध्यदिनमा नाश पार्ने महामारीदेखि नै डराउनेछौ।
PSA 91:7 तिम्रो नजिक एक हजार जना ढल्नेछन्, तिम्रो दाहिने हाततिर दश हजार; तर त्यो तिम्रो नजिक आउनेछैन।
PSA 91:8 तिमीले आफ्ना आँखाले मात्र त्यो हेर्नेछौ, र दुष्‍टहरूको दण्ड देख्नेछौ।
PSA 91:9 यदि तिमीले “याहवेह मेरो शरणस्थान हुनुहुन्छ भनी भन्यौ,” र सर्वोच्‍च परमेश्‍वरलाई आफ्नो वासस्थान बनायौ भने,
PSA 91:10 तिम्रो कुनै अनिष्‍ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
PSA 91:11 किनकि उहाँले तिम्रो निम्ति आफ्ना स्वर्गदूतहरूलाई तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ;
PSA 91:12 तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्, ताकि तिम्रो खुट्टा ढुङ्गामाथि नबजारियोस्।
PSA 91:13 तिमीले सिंह र गोमन सर्पलाई कुल्चनेछौ; जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि कुल्चनेछौ।
PSA 91:14 याहवेह भन्‍नुहुन्छ, “उसले मलाई प्रेम गरेको हुनाले, म उसलाई छुटाउनेछु; उसले मेरो नाम ग्रहण गरेको छ, यसकारण म उसको रक्षा गर्नेछु।
PSA 91:15 उसले मलाई पुकार्नेछ, र म उसलाई उत्तर दिनेछु; उसका दुःखको घडीमा म उसँग रहनेछु; म उसलाई छुटकारा दिनेछु र आदर गर्नेछु।
PSA 91:16 लामो आयु दिएर म उसलाई सन्तुष्‍ट पार्नेछु र म उसलाई मेरो मुक्ति देखाउनेछु।”
PSA 92:1 एउटा भजन; विश्राम दिनको निम्ति एउटा गीत। याहवेहको प्रशंसा गर्नु र हे सर्वोच्‍च परमेश्‍वर, तपाईंको नाममा धुन बजाउनु असल कुरा हो।
PSA 92:2 बिहान तपाईंको अचुक प्रेमको र राति तपाईंको विश्‍वासयोग्यताको घोषणा गर्नु,
PSA 92:3 दशतारे वीणाको सङ्गीतमा र सितारको मधुर लयमा तपाईंको स्तुति गर्नु असल कुरा हो।
PSA 92:4 किनकि हे याहवेह, तपाईंले आफ्ना कामद्वारा मलाई आनन्दित पार्नुभएको छ; तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु।
PSA 92:5 हे याहवेह, तपाईंका कार्यहरू कत्ति महान् छन्! तपाईंका विचारहरू कत्ति गहन छन्!
PSA 92:6 विवेकहीन मानिसले यो जान्दैन, मूर्खले यो बुझ्न सक्दैन,
PSA 92:7 यद्यपि दुष्‍टहरू घाँसजस्तै मौलाउँछन्, र सबै कुकर्मीहरूको फलिफाप पनि हुन्छ, तर परिणाम स्वरूप तिनीहरू सधैँका निम्ति नष्‍ट पारिनेछन्।
PSA 92:8 तर तपाईं, हे याहवेह, सदासर्वदा उच्‍च हुनुहुन्छ।
PSA 92:9 किनकि, हे याहवेह, तपाईंका शत्रुहरू, तपाईंका शत्रुहरू निश्‍चय नै नष्‍ट हुनेछन्; सबै कुकर्मीहरू तितरबितर हुनेछन्।
PSA 92:10 तपाईंले जङ्गली साँढेको सिङजस्तै मेरो सिङ उच्‍च पार्नुभएको छ; उत्तम तेलले मेरो अभिषेक भएको छ।
PSA 92:11 मेरा आँखाले मेरा विरोधीहरूको हार भएको देखेका छन्; मेरा कानले मेरा दुष्‍ट वैरीहरू लखेटिएका कुरा सुनेका छन्।
PSA 92:12 धर्मीहरूचाहिँ खजूरको बोटझैँ फस्टाउनेछन्; तिनीहरू लेबनानका देवदारुजस्तै बढ्नेछन्;
PSA 92:13 तिनीहरू याहवेहका भवनमा रोपिएका हुनेछन्, हाम्रा परमेश्‍वरका चोकहरूमा तिनीहरू मौलाउनेछन्।
PSA 92:14 बुढेसकालमा पनि तिनीहरू फलदायी हुनेछन्; तिनीहरू ताजा र हरिया भइरहनेछन्,
PSA 92:15 र यस्तो घोषणा गर्नेछन्, “याहवेह धर्मी हुनुहुन्छ; उहाँ मेरो चट्टान हुनुहुन्छ, र उहाँमा केही पनि दुष्‍टता छैन।”
PSA 93:1 याहवेहले राज्य गर्नुहुन्छ, उहाँ वैभवले आभूषित हुनुहुन्छ; याहवेह वैभवले आभूषित हुनुहुन्छ; र शक्तिले सुसज्जित हुनुहुन्छ; निश्‍चय नै संसार दृढ र सुरक्षित स्थापित गरिएको छ।
PSA 93:2 अनादिदेखि तपाईंको सिंहासन स्थापित भएको छ; तपाईं अनन्तदेखि हुनुहुन्छ।
PSA 93:3 हे याहवेह, समुद्रहरू उर्लिआएका छन्, समुद्रहरूले आफ्नो गर्जन उच्‍च पारेका छन्; तिनका भयानक छालहरू उर्लिएका छन्।
PSA 93:4 महासमुद्रको गर्जनभन्दा शक्तिशाली, समुद्रका तरङ्गहरूभन्दा पनि शक्तिशाली— उच्‍चमा हुनुहुने याहवेह शक्तिशाली हुनुहुन्छ।
PSA 93:5 हे याहवेह, तपाईंका कानुनहरू दृढ रहन्छन्; अनन्तकालको निम्ति तपाईंको भवन पवित्रताले सुसज्जित छ।
PSA 94:1 हे याहवेह, बदला लिनुहुने परमेश्‍वर, हे बदला लिनुहुने परमेश्‍वर, चम्कनुहोस्!
PSA 94:2 हे पृथ्वीका न्यायाधीश, उठ्नुहोस्; अहङ्कारीहरूलाई तिनीहरूले पाउनुपर्ने प्रतिफल दिनुहोस्!
PSA 94:3 हे याहवेह, कहिलेसम्म दुष्‍टहरू, आखिर कहिलेसम्म दुष्‍टहरू उल्‍लासित भइरहून्?
PSA 94:4 तिनीहरू अहङ्कारले भरिएको कुरा गर्छन्; सबै कुकर्मीहरू घमण्डले भरिएका छन्।
PSA 94:5 हे याहवेह, तिनीहरूले तपाईंका प्रजालाई कुल्चीमिल्ची पार्छन्; तपाईंका उत्तराधिकारीहरूमाथि अत्याचार गर्छन्।
PSA 94:6 तिनीहरू विधवा र विदेशीहरूलाई मार्दछन्; अनाथहरूलाई हत्या गर्दछन्।
PSA 94:7 तिनीहरू भन्छन्, “याहवेहले देख्नुहुन्‍न; याकोबका परमेश्‍वरले चाल पाउनुहुन्‍न।”
PSA 94:8 मानिसहरूका माझमा ए विवेकहीनहरूहो; केही त विचार गर, ए मूर्खहरू हो, तिमीहरू कहिले बुद्धिमान् हुन्छौ?
PSA 94:9 जसले कान दिनुभयो के उहाँले सुन्‍नुहुन्‍न र? जसले आँखा बनाउनुभयो के उहाँले देख्नुहुन्‍न र?
PSA 94:10 के राष्ट्रहरूलाई अनुशासन गर्नुहुनेले दण्ड दिनुहुन्‍न र? के मानव-जातिलाई शिक्षा दिनुहुनेलाई ज्ञानको अभाव हुन्छ र?
PSA 94:11 याहवेहले मानिसका सबै योजनाहरू जान्‍नुहुन्छ; ती व्यर्थ हुन्, भनी उहाँ जान्‍नुहुन्छ।
PSA 94:12 हे याहवेह, त्यो धन्यको हो, जसलाई तपाईंले अनुशासनमा राख्नुहुन्छ, जसलाई आफ्नो व्यवस्थाबाट सिकाउनुहुन्छ;
PSA 94:13 दुष्‍टहरूका निम्ति खाडल नखनिएसम्म तपाईंले त्यसलाई कष्‍टका दिनमा आराम दिनुहुनेछ,
PSA 94:14 किनकि याहवेहले आफ्ना प्रजालाई तिरस्कार गर्नुहुनेछैन। उहाँले आफ्ना उत्तराधिकारीहरूलाई त्याग्नुहुनेछैन।
PSA 94:15 न्याय फेरि धार्मिकतामा स्थापित गरिनेछ, र सबै सोझो हृदय भएकाहरू त्यसको पछि लाग्नेछन्।
PSA 94:16 दुष्‍टहरूका विरुद्धमा मसँग को उठ्नेछ? कुकर्मीहरूका विरुद्ध मेरो पक्षमा को खडा हुनेछ?
PSA 94:17 याहवेहले मलाई सहायता नगर्नुभएको भए, म चाँडै मृत्युको शून्यतामा बास गर्न पुग्नेथिएँ।
PSA 94:18 जब मैले भनेँ, “मेरो खुट्टा चिप्लँदैछ” तब हे याहवेह, तपाईंको अचुक प्रेमले मलाई थाम्यो।
PSA 94:19 जब मेरो मनमा ज्यादै चिन्ता-फिक्री भयो, तब तपाईंको सान्त्वनाले मलाई आनन्दित तुल्यायो।
PSA 94:20 के भ्रष्‍ट शासकहरू तपाईंसँग मिल्न सक्छन्, जसले आफ्ना उर्दीद्वारा विपत्ति ल्याउँछन्?
PSA 94:21 तिनीहरू धर्मीहरूका विरुद्ध एकजुट हुन्छन्, र निर्दोषमाथि मृत्युदण्डको आज्ञा गर्छन्।
PSA 94:22 तर याहवेह मेरो किल्‍ला हुनुभएको छ, र परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु।
PSA 94:23 उहाँले तिनीहरूका पाप तिनीहरूमाथि नै खन्याइदिनुहुनेछ, र तिनीहरूका दुष्‍टताको लागि तिनीहरूलाई नाश गर्नुहुनेछ; याहवेह हाम्रा परमेश्‍वरले तिनीहरूलाई नाश गर्नुहुनेछ।
PSA 95:1 आओ, हामी याहवेहको निम्ति आनन्दले गाऔँ; हाम्रा मुक्तिका चट्टानको निम्ति उच्‍च सोरले जयजयकार गरौँ!
PSA 95:2 धन्यवाद चढाउँदै उहाँको सामु आऔँ, भजन र सङ्गीतले उहाँको प्रशंसा गरौँ!
PSA 95:3 किनकि याहवेह महान् परमेश्‍वर हुनुहुन्छ, सबै देवहरूमाथि महान् राजा।
PSA 95:4 पृथ्वीका गहिराइहरू उहाँको हातमा छ; र पर्वतका चुचुराहरू उहाँकै हुन्।
PSA 95:5 समुद्र उहाँकै हो, किनकि त्यो उहाँले नै बनाउनुभएको हो, र सुक्खा जमिन उहाँकै हातद्वारा बनिए।
PSA 95:6 आओ, हामी उहाँलाई दण्डवत् गरौँ र आराधना गरौँ; याहवेह हाम्रा सृष्‍टिकर्ताको अगि घुँडा टेकौँ;
PSA 95:7 किनकि उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ; अनि हामी उहाँको खर्कका प्रजा र उहाँको रेख-देखमा रहेको बगाल हौँ। यदि आज तिमीहरूले उहाँको सोर सुन्यौ भने,
PSA 95:8 “तिमीहरूले मेरीबामा गरेजस्तो आफ्नो हृदय कठोर नपार; जस्तो तिमीहरूले त्यस दिन मरुभूमिमा भएको मस्सामा गरेका थियौ,
PSA 95:9 जहाँ तिमीहरूका पुर्खाहरूले मलाई परीक्षा गरे; तिनीहरूले मेरो काम देख्दादेख्दै पनि मेरो जाँच गरेका थिए।
PSA 95:10 चालीस वर्षसम्म म त्यस पुस्तासँग रिसाएँ, र मैले भनेँ, ‘यी यस्ता मानिसहरू हुन्, जसका हृदय बरालिएर जान्छन्, र तिनीहरूले मेरा मार्गहरू चिनेका छैनन्।’
PSA 95:11 यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ, ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्‍नेछैनन्।’ ”
PSA 96:1 याहवेहको निम्ति एउटा नयाँ गीत गाओ; सारा पृथ्वीले याहवेहको निम्ति गाओ!
PSA 96:2 याहवेहको निम्ति गाओ, उहाँका नामको प्रशंसा गर; प्रत्येक दिन उहाँले दिनुभएको मुक्तिको घोषणा गर!
PSA 96:3 जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर, सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर!
PSA 96:4 किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्‍च प्रशंसाको योग्य हुनुहुन्छ; सारा देवहरूभन्दा उहाँको भय मान्‍नुपर्छ।
PSA 96:5 किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्, तर याहवेहले त स्वर्गहरू सृष्‍टि गर्नुभयो।
PSA 96:6 उहाँको सामु गौरव र वैभव छन्; उहाँका पवित्रस्थानमा शक्ति र महिमा छन्।
PSA 96:7 हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान, याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ!
PSA 96:8 याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ; भेटी लिएर उहाँका मन्दिरका चोकहरूमा आओ!
PSA 96:9 उहाँका पवित्रताको वैभवमा याहवेहलाई आराधना गर; हे सारा पृथ्वी, उहाँको सामु थरथर काम।
PSA 96:10 जाति-जातिहरूका बीचमा घोषणा गर, “याहवेहले राज्य गर्नुहुन्छ।” संसार स्थिर रूपले स्थापित भएको छ, त्यो डगमगाउनेछैन; उहाँले निष्पक्षसाथ मानिसहरूको न्याय गर्नुहुन्छ।
PSA 96:11 आकाश आनन्दित होस्, र पृथ्वी रमाओस्; समुद्र र त्यसमा भएका सबै हर्षले गुञ्जायमान होऊन्!
PSA 96:12 खेत र त्यसमा भएका सबै कुरा उल्‍लासित होऊन्; जङ्गलका सारा रूखहरू आनन्दले गाऊन्।
PSA 96:13 सबै सृष्‍टिले याहवेहको सामु गाऊन्, किनकि उहाँ आउनुहुन्छ; उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र आफ्नो विश्‍वसतासाथ मानिसहरूको न्याय गर्नुहुनेछ।
PSA 97:1 याहवेहले राज्य गर्नुहुन्छ, पृथ्वी रमाओस्; टाढाका समुद्री तटहरू पनि आनन्दित होऊन्।
PSA 97:2 उहाँको वरिपरि बादल र बाक्लो अन्धकार छाएको छ; धार्मिकता र न्याय उहाँका सिंहासनका जग हुन्।
PSA 97:3 आगो उहाँको अगि-अगि जान्छ, र उहाँका वरिपरि रहेका वैरीहरूलाई भस्म पार्छ।
PSA 97:4 उहाँका बिजुलीले संसारलाई उज्यालो पार्दछ; पृथ्वीले यो देख्दछ, र थरथरी काम्दछ।
PSA 97:5 याहवेहको सामु, पर्वतहरू मैनझैँ पग्लन्छन्, उहाँको सामु, जो सारा पृथ्वीका प्रभु हुनुहुन्छ।
PSA 97:6 स्वर्गले उहाँका धार्मिकताको घोषणा गर्दछ, र समस्त जातिहरूले उहाँका महिमा देख्नेछन्।
PSA 97:7 मूर्तिहरूलाई आराधना गर्नेहरू, र मूर्तिहरूमा घमण्ड गर्नेहरू, सबै जना शर्ममा पर्नेछन्; हे सबै देवताहरू हो, तिमीहरूले याहवेहको आराधना गर!
PSA 97:8 तपाईंकै न्यायको कारण हे याहवेह, सियोनले सुन्छ र आनन्दित हुन्छ; र यहूदाका गाउँहरू हर्षित हुन्छन्।
PSA 97:9 किनकि हे याहवेह, तपाईं सारा पृथ्वीभन्दा सर्वोच्‍च परमेश्‍वर हुनुहुन्छ; तपाईं सबै देवताहरूभन्दा अति उच्‍च हुनुहुन्छ।
PSA 97:10 याहवेहलाई प्रेम गर्नेहरू सबैले दुष्‍टतालाई घृणा गरून्; किनकि उहाँले आफ्ना भक्तहरूको प्राणको रक्षा गर्नुहुन्छ र तिनीहरूलाई दुष्‍टहरूको हातबाट छुटाउनुहुन्छ।
PSA 97:11 धर्मीहरूमाथि ज्योति प्रकाशमान् हुन्छ र सोझो मन भएकाहरूमाथि आनन्द छाउँछ।
PSA 97:12 हे धर्मीहरू हो, याहवेहमा रमाहट गर; र उहाँका पवित्र नामको प्रशंसा गर!
PSA 98:1 एउटा भजन। याहवेहको निम्ति एउटा नयाँ गीत गाओ; किनकि उहाँले अद्‌भुत कार्य गर्नुभएको छ; उहाँका दाहिने हात र पवित्र पाखुराले उहाँको निम्ति विजयका कामहरू गरेका छन्।
PSA 98:2 याहवेहले आफ्नो मुक्तिको घोषणा गर्नुभएको छ; र उहाँले आफ्नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ।
PSA 98:3 उहाँले इस्राएलका घरानाप्रतिको आफ्नो अचुक प्रेम, र उहाँको विश्‍वासयोग्यता स्मरण गर्नुभएको छ; पृथ्वीका सम्पूर्ण सिमानाहरूले हाम्रा परमेश्‍वरका मुक्तिलाई देखेका छन्।
PSA 98:4 हे सारा पृथ्वी, आनन्दसाथ उच्‍च सोरले याहवेहको जयजयकार गर; सङ्गीतद्वारा उहाँको जयको घोषणा गर;
PSA 98:5 वीणा बजाएर याहवेहको भजन गाओ! वीणा र सुमधुर गीतकासाथ,
PSA 98:6 तुरहीहरू र भेडाका सिङ फुकेर, राजा याहवेहको सामु आनन्दले जयजयकार गर!
PSA 98:7 समुद्र र त्यसमा भएका सबै थोकले, संसार, र त्यहाँ बास गर्ने सबैले गुञ्जायमान गरून्।
PSA 98:8 नदीहरूका तरङ्गहरूले ताली बजाऊन्; पर्वतहरूले एकसाथ आनन्दले गाऊन्;
PSA 98:9 तिनीहरूले याहवेहको सामु गाऊन्; किनकि, उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले संसारलाई धार्मिकताकोसाथ र जातिहरूलाई निष्पक्षतासाथ न्याय गर्नुहुनेछ।
PSA 99:1 याहवेहले राज्य गर्नुहुन्छ; राष्ट्रहरू थरथर कामून्; उहाँ करूबहरूका बीचमा विराजमान हुनुहुन्छ; पृथ्वी हल्‍लियोस्!
PSA 99:2 सियोनमा याहवेह महान् हुनुहुन्छ; उहाँ सबै राष्ट्रहरूमाथि सर्वोच्‍च हुनुहुन्छ।
PSA 99:3 तिनीहरूले तपाईंको महान् र भययोग्य नामको प्रशंसा गरून्— उहाँ पवित्र हुनुहुन्छ।
PSA 99:4 राजा सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले न्यायलाई मन पराउनुहुन्छ— तपाईंले निष्पक्षता स्थापना गर्नुभएको छ; तपाईंले याकोबमा न्याय र धार्मिकता सम्पन्‍न गर्नुभएको छ।
PSA 99:5 याहवेह हाम्रा परमेश्‍वरलाई उच्‍च पार, र उहाँको पाउदानमा आराधना गर; उहाँ पवित्र हुनुहुन्छ।
PSA 99:6 उहाँका पुजारीहरूमध्ये मोशा र हारून थिए, र शमूएल उहाँका नाम पुकार गर्नेहरू मध्येका एक थिए; तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
PSA 99:7 उहाँले बादलको खाँबोबाट तिनीहरूसँग बोल्नुभयो; उहाँले तिनीहरूलाई दिनुभएका विधान र उर्दीहरूको तिनीहरूले पालन गरे।
PSA 99:8 हे याहवेह, हाम्रा परमेश्‍वर, तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो; तपाईं इस्राएलीहरूका निम्ति क्षमाशील परमेश्‍वर हुनुहुन्थ्यो, यद्यपि तपाईंले तिनीहरूका दुष्कर्महरूलाई दण्ड दिनुभयो।
PSA 99:9 याहवेह, हाम्रा परमेश्‍वरलाई उच्‍च पार, र उहाँको पवित्र पर्वतमा आराधना गर; किनकि याहवेह हाम्रा परमेश्‍वर पवित्र हुनुहुन्छ।
PSA 100:1 प्रशंसाको भजन। हे सारा पृथ्वी, आनन्दको निम्ति याहवेहको जयजयकार गर!
PSA 100:2 हर्षकासाथ याहवेहको आराधना गर; आनन्दका गीतहरू गाउँदै उहाँको सामु आओ!
PSA 100:3 याहवेह नै परमेश्‍वर हुनुहुन्छ भनी जान। उहाँले हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौँ; हामी उहाँका प्रजा, र उहाँका खर्कका भेडाहरू हौँ।
PSA 100:4 धन्यवादसाथ उहाँका मूलढोकाहरूभित्र पस; र प्रशंसा गर्दै उहाँका चोकहरूमा प्रवेश गर; उहाँलाई धन्यवाद देओ, र उहाँको नामको प्रशंसा गर!
PSA 100:5 किनकि याहवेह भलो हुनुहुन्छ, र उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ; उहाँको विश्‍वासयोग्यता सबै पुस्ताहरूमा रहिरहन्छ।
PSA 101:1 दावीदको भजन। म तपाईंको अचुक प्रेम र न्यायको गीत गाउनेछु; हे याहवेह, म तपाईंको प्रशंसा गाउनेछु।
PSA 101:2 म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु, तपाईं मकहाँ कहिले आउनुहुनेछ? म निर्दोष हृदय लिएर आफ्नो घरको कामकाज गर्नेछु।
PSA 101:3 म आफ्नो आँखाहरू अगि कुनै पनि अनुचित कुराहरू राख्नेछैनँ। पथभ्रष्‍ट भएकाहरूका कामलाई म घृणा गर्छु; यसमा मेरो कुनै सरोकार हुनेछैन।
PSA 101:4 कुटिल हृदय भएकाहरू मबाट टाढा रहनेछन्; दुष्‍टसँग मेरो कुनै सरोकार रहनेछैन।
PSA 101:5 जसले गुप्‍तमा आफ्ना छिमेकीको निन्दा गर्दछ, म त्यसलाई नाश गर्नेछु; अहङ्कारी दृष्‍टि भएका र घमण्डी हृदय भएकालाई, म सहनेछैनँ।
PSA 101:6 देशका विश्‍वासयोग्य जनहरूमाथि म मेरो नजर राख्नेछु; ताकि तिनीहरू मसित बास गरून्; त्यो, जसको चालचलन निर्दोष छ, उसले नै मेरो सेवा गर्नेछ।
PSA 101:7 छली काम गर्ने कसैले पनि मेरो घरमा बास पाउनेछैन; झूटो बोल्ने कोही पनि मेरो उपस्थितिमा खडा हुनेछैन।
PSA 101:8 हरेक बिहान म देशका दुष्‍ट काम गर्नेहरू सबैलाई नाश पार्नेछु; याहवेहको सहरबाट म हरेक दुष्कर्मीलाई नष्‍ट पार्नेछु।
PSA 102:1 विपत्तिमा परेको मानिसले याहवेहको सामु वर्णन गरेको विलाप। हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्; सहायताको निम्ति मेरो पुकार तपाईंका सामु पुगोस्!
PSA 102:2 मेरो कष्‍टको समयमा आफ्नो मुहार मबाट नलुकाउनुहोस्; तपाईंको कान मतिर लगाउनुहोस्; जब म पुकार गर्दछु, मलाई तुरुन्तै जवाफ दिनुहोस्!
PSA 102:3 किनकि मेरा दिनहरू धुवाँझैँ लोप भएर जान्छन्; मेरा हाडहरू सल्केका भुङ्ग्रोझैँ जल्दछन्।
PSA 102:4 मेरो हृदय घाँसझैँ ओइलाएर सुकेको छ; म आफ्नो भोजन खान पनि बिर्सन्छु।
PSA 102:5 मेरो पीडामा म चर्को सोरले कराएको कारण, म हाड र छाला भएको छु।
PSA 102:6 म उजाडस्थानको उल्‍लुझैँ भएको छु; भग्नावशेषमा बस्‍ने उल्‍लुझैँ छु।
PSA 102:7 अनिद्राले गर्दा म जागा रहन्छु; म छानामाथिको एकलो चरोझैँ भएको छु।
PSA 102:8 दिनभरि मेरा शत्रुहरूले मेरो गिल्‍ला गर्छन्; मेरो खिल्‍ली उडाउनेहरूले मेरो नाम सरापको रूपमा प्रयोग गर्छन्।
PSA 102:9 किनकि म खरानीलाई भोजनको रूपमा खान्छु, र म आफ्नो आँसु मिसिएको पानी पिउँछु;
PSA 102:10 किनकि तपाईंको ठूलो क्रोधले गर्दा, तपाईंले मलाई उठाएर एकापट्टि फाल्नुभएको छ।
PSA 102:11 मेरा दिनहरू साँझको छायाजस्तै बित्दछन्; म घाँसझैँ ओइलाएको छु।
PSA 102:12 तर तपाईं, हे याहवेह, सदाको निम्ति विराजमान हुनुहुन्छ; तपाईंको कीर्ति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
PSA 102:13 तपाईं उठ्नुहुनेछ र सियोनमाथि कृपा गर्नुहुनेछ; किनकि सियोनमाथि दया गर्ने समय अहिले नै हो; अब तोकिएको त्यो समय आइपुगेको छ।
PSA 102:14 किनकि तपाईंका सेवकहरूलाई त्यहाँका ढुङ्गाहरू अति प्रिय छन्; त्यहाँको धुलोले समेत तिनीहरूलाई दया देखाउँछन्।
PSA 102:15 जाति-जातिहरूले याहवेहको नामको भय मान्‍नेछन्, पृथ्वीका सबै राजाहरूले तपाईंको महिमाको आदर गर्नेछन्।
PSA 102:16 किनकि याहवेहले सियोनलाई पुनर्निर्माण गर्नुहुनेछ, र उहाँ आफ्नो महिमामा प्रकट हुनुहुनेछ।
PSA 102:17 उहाँले बेसहाराका प्रार्थनाप्रति ध्यान दिनुहुनेछ; उहाँले तिनीहरूका बिन्तीलाई तुच्छ ठान्‍नुहुनेछैन।
PSA 102:18 यी कुरा भावी पुस्ताको निम्ति लेखियोस्: ताकि अहिलेसम्म सृष्‍टि नगरिएका मानिसहरूले समेत याहवेहको प्रशंसा गरून्:
PSA 102:19 यसरी उहाँले कैदीहरूका क्रन्दन सुन्‍न, र मृत्युदण्ड पाएकाहरूलाई मुक्त गर्न, उच्‍च स्थानमा रहेको आफ्नो पवित्रस्थानबाट हेर्नुभयो; स्वर्गबाट तल पृथ्वीमाथि दृष्‍टि गर्नुभयो।
PSA 102:21 त्यस बेला, जब याहवेहको आराधना गर्नलाई जाति-जातिहरू र राज्यहरू एकत्रित हुनेछन्। यसकारण सियोनमा याहवेहको नामको र यरूशलेममा उहाँको प्रशंसा घोषणा गरिनेछ।
PSA 102:23 मेरो जीवनकालमा, उहाँले मेरो बल तोडिदिनुभयो; र मेरा दिनहरू घटाइदिनुभयो।
PSA 102:24 त्यसैले मैले भनेँ: “हे मेरा परमेश्‍वर, मेरो आधा उमेरमा नै मलाई उठाइ नलैजानुहोस्; तपाईंका वर्षहरू त पुस्तौँ-पुस्तासम्म रहिरहन्छन्।
PSA 102:25 सुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो; र स्वर्ग तपाईंकै हातका काम हुन्।
PSA 102:26 तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ; तिनीहरू कपडाझैँ सबै फाटेर जानेछन्। लुगा फेरेझैँ तपाईंले तिनलाई फेर्नुहुनेछ, र ती फालिनेछन्।
PSA 102:27 तर तपाईंचाहिँ एकनास रहनुहुन्छ, तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।
PSA 102:28 तपाईंका सेवकहरूका सन्तान तपाईंको उपस्थितिमा बास गर्नेछन्; तिनीहरूका सन्तान तपाईंको सामु स्थिर रहनेछन्।”
PSA 103:1 दावीदको गीत। ए मेरो प्राण, याहवेहको प्रशंसा गर्; ए मेरो सारा अन्तस्करण, उहाँको पवित्र नामको प्रशंसा गर्!
PSA 103:2 ए मेरो प्राण, याहवेहको प्रशंसा गर्, र उहाँका सबै उपकारहरू नबिर्सी—
PSA 103:3 जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ; र जसले तेरा सबै रोगहरू निको पार्नुहुन्छ;
PSA 103:4 जसले तेरो जीवनलाई चिहानबाट छुटाउनुहुन्छ; र तँलाई प्रेम र करुणासहितको मुकुट लगाइदिनुहुन्छ;
PSA 103:5 जसले तेरो जीवनलाई उत्तम कुराहरूले तृप्‍त गरिदिनुहुन्छ; ताकि तेरो जवानी चीलको जस्तै नयाँ होस्।
PSA 103:6 थिचोमिचोमा परेकाहरू सबैका निम्ति याहवेहले धार्मिकता र न्यायको काम गर्नुहुन्छ।
PSA 103:7 उहाँले आफ्नो मार्ग मोशालाई, आफ्नो काम इस्राएलीहरूलाई प्रकट गर्नुभयो:
PSA 103:8 याहवेह कृपालु र अनुग्रही हुनुहुन्छ, रिसाउनमा ढिलो र प्रेमले भरिपूर्ण।
PSA 103:9 उहाँले सधैँ दोष लगाइरहनुहुन्‍न, न त आफ्नो क्रोध सदासर्वदा लिइरहनुहुन्छ;
PSA 103:10 उहाँले हामीसित हाम्रा पापअनुसारको व्यवहार गर्नुहुन्‍न, न त हाम्रा अधर्मअनुसार हामीलाई बदला लिनुहुन्छ।
PSA 103:11 किनकि पृथ्वीबाट स्वर्ग जति उच्‍च छ, उहाँका डर मान्‍नेहरूमाथि उहाँको अचुक प्रेम त्यत्ति नै महान् छ।
PSA 103:12 पश्‍चिमबाट पूर्व जति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा हटाइदिनुभएको छ।
PSA 103:13 जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठ्याउँछन्, त्यसरी नै याहवेहले उहाँको भय मान्‍नेहरूलाई टिठ्याउनुभएको छ;
PSA 103:14 किनकि उहाँले हाम्रो बनावट जान्‍नुहुन्छ, हामी धुलो मात्र हौँ भनी उहाँ सम्झनुहुन्छ।
PSA 103:15 मानिसको आयु घाँसजस्तो छ, मैदानका फूलझैँ त्यो ढकमक्‍क फुल्दछ;
PSA 103:16 अनि बतास त्यस फूलमाथि भएर जाँदा त्यो विलाएर जान्छ; र त्यसको ठाउँले पनि त्यसको याद गर्दैन।
PSA 103:17 तर याहवेहको अचुक प्रेम, उहाँको भय मान्‍नेहरूमाथि अनन्तदेखि अनन्तसम्म रहिरहन्छ र उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूका सन्तानहरूमाथि रहन्छ—
PSA 103:18 तिनीहरूमाथि जस-जसले उहाँको करार पालन गर्दछन्, र उहाँका विधिहरू स्मरण गरेर त्यसअनुसार चल्दछन्।
PSA 103:19 याहवेहले आफ्नो सिंहासन स्वर्गमा स्थापित गर्नुभएको छ; र उहाँको प्रभुत्वले सबैमाथि शासन गर्दछ।
PSA 103:20 हे उहाँका शक्तिशाली स्वर्गदूतहरू हो, उहाँका आदेश सुनेर उहाँका योजना पूरा गर्नेहरू हो, याहवेहको प्रशंसा गर!
PSA 103:21 हे उहाँका सारा स्वर्गीय सेनाहरू हो, उहाँको इच्छाअनुसार काम गर्ने सेवकहरू हो, याहवेहको प्रशंसा गर।
PSA 103:22 हे याहवेहका सारा सृष्‍टि हो, उहाँका सबै राज्यमा रहेकाहरू हो, उहाँको प्रशंसा गर! हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!
PSA 104:1 हे मेरो प्राण, याहवेहको प्रशंसा गर्! हे याहवेह, मेरा परमेश्‍वर, तपाईं अति महान् हुनुहुन्छ; तपाईंले वैभव र प्रतापको पोशाक पहिरनुभएको छ।
PSA 104:2 पोशाक पहिरेझैँ उहाँले आफूलाई ज्योतिले ढाक्नुभएको छ; उहाँले आकाशलाई पालझैँ तन्काउनुभएको छ;
PSA 104:3 उहाँले आफ्नो माथिल्‍लो कोठाका दलिनहरू पानीमाथि बसाल्नुभएको छ। उहाँले बादललाई आफ्ना रथ बनाउनुहुन्छ; र उहाँ बतासका पखेटामा सवार हुनुहुन्छ।
PSA 104:4 उहाँले बतासलाई आफ्ना दूत, र आगोका ज्वालालाई आफ्ना सेवक बनाउनुहुन्छ।
PSA 104:5 उहाँले पृथ्वीलाई त्यसको जगमा बसाल्नुभयो; त्यो कहिल्यै डगमगाउनेछैन।
PSA 104:6 तपाईंले त्यसलाई वस्त्रले झैँ गहिरो पानीले ढाक्नुभयो; पानी पर्वतहरूमाथि पुगेको थियो।
PSA 104:7 तर तपाईंको हप्कीमा पानी भागे, तपाईंको गर्जनको सोरमा ती तुरुन्तै हटेर गए;
PSA 104:8 पर्वतहरू खडा भए र तल बेँसीहरू देखा परे, तपाईंले तिनीहरूलाई तोकिदिनुभएको ठाउँमा ती बनिए।
PSA 104:9 पानीले फेरि पृथ्वीलाई नडुबाओस् भनी तपाईंले त्यसले नाघ्न नसक्ने सिमाना राखिदिनुभयो।
PSA 104:10 उहाँले खोल्साहरूमा पानीका मूलहरू फुटाउनुहुन्छ; ती पर्वतका बीच भएर बग्दछन्।
PSA 104:11 तिनीहरूले मैदानका सबै जीवजन्तुलाई पानी दिन्छन्; अनि जङ्गली गधाहरूले पनि आफ्नो तिर्खा त्यहीँ मेटाउँछन्।
PSA 104:12 आकाशका चराचुरुङ्गीहरूले त्यसकै छेउमा आफ्ना गुँड बनाउँछन्; हाँगाहरूका बीचमा तिनीहरू गीत गाउँछन्।
PSA 104:13 उहाँले आफ्ना उच्‍च कक्षबाट पर्वतहरूमा पानी बर्साउनुहुन्छ; उहाँको कामका फलबाट पृथ्वी तृप्‍त हुन्छ।
PSA 104:14 उहाँले गाईबस्तुका निम्ति घाँस, र मानिसले खेतबारीमा परिश्रम गरोस् भनी बोटबिरुवा उमार्नुहुन्छ; र जमिनबाट आहारा ल्याउनुहुन्छ।
PSA 104:15 मानिसका हृदय हर्षित पार्नलाई दाखमद्य, त्यसको मुख चहकिलो पार्नलाई तेल, र त्यसको हृदय बलियो तुल्याउनलाई उहाँले रोटी दिनुहुन्छ।
PSA 104:16 याहवेहका रूखहरू र उहाँले लगाउनुभएका लेबनानका देवदारुका रूखहरूले पर्याप्‍त पानी पाउँछन्।
PSA 104:17 त्यहाँ चराहरूले आफ्ना गुँड लगाउँछन्; सारसले पनि सल्‍लाका रूखहरूमा आफ्नो गुँड बनाउँछ।
PSA 104:18 अग्ला पर्वतहरू जङ्गली बाख्राहरूका निम्ति हुन्; पहराहरू खरायोहरूका निम्ति शरणस्थान हुन्।
PSA 104:19 ऋतु छुट्ट्याउन उहाँले चन्द्रमा बनाउनुभयो; सूर्यले आफ्नो अस्ताउने बेला जान्दछ।
PSA 104:20 तपाईंले अँध्यारो ल्याउनुहुन्छ, र रात पर्छ; र सबै जङ्गली पशुहरू निस्किआउँछन्।
PSA 104:21 सिंहहरू आफ्ना शिकारका निम्ति गर्जन्छन् र तिनीहरूले परमेश्‍वरबाट आफ्ना आहारा खोज्छन्।
PSA 104:22 सूर्य उदाउँदा ती जङ्गली पशुहरू गइहाल्छन्; तिनीहरू आफ्ना ओडारमा फर्कन्छन् र आराम गर्छन्।
PSA 104:23 तब मानिसहरू आफ्ना काममा जान्छन्, र साँझसम्म परिश्रम गर्छन्।
PSA 104:24 हे याहवेह, तपाईंले कति धेरै जीवित प्राणीहरू बनाउनुभएको छ! ती सबै तपाईंले आफ्ना बुद्धिले बनाउनुभएको छ; पृथ्वी तपाईंको सृष्‍टिले भरिपूर्ण छ।
PSA 104:25 त्यहाँ विशाल र फराकिलो समुद्र छ, जसमा अनगन्ती जीवजन्तुहरू छन्— साना र ठूला दुवै किसिमका जीवित प्राणीहरू त्यहाँ छन्।
PSA 104:26 त्यसमाथि जहाजहरू ओहोर-दोहोर गर्दछन्; त्यहाँ लिव्यातन छ, जसलाई त्यहाँ खेल्नलाई तपाईंले बनाउनुभयो।
PSA 104:27 ठिक समयमा आफ्ना आहारा पाउने आशाले तिनीहरू सबैले तपाईंको बाटो हेर्छन्।
PSA 104:28 जब तपाईंले त्यो तिनीहरूलाई दिनुहुन्छ, तब तिनीहरूले त्यो बटुल्छन्; जब तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ, तिनीहरू उत्तम पदार्थहरूले तृप्‍त हुन्छन्।
PSA 104:29 जब तपाईंले आफ्ना मुहार लुकाउनुहुन्छ, तिनीहरू भयभीत हुन्छन्; जब तपाईंले तिनीहरूको सास लिनुहुन्छ, तिनीहरू मर्छन् र माटोमा फर्किजान्छन्।
PSA 104:30 जब तपाईंले आफ्नो आत्मा पठाउनुहुन्छ, तब तिनीहरूको सृष्‍टि हुन्छ; र तपाईंले पृथ्वीको रूपलाई नयाँ तुल्याउनुहुन्छ।
PSA 104:31 याहवेहको महिमा सदासर्वदा रहिरहोस्; याहवेह आफ्ना कार्यहरूमा प्रसन्‍न होऊन्—
PSA 104:32 उहाँले पृथ्वीलाई हेर्नुहुन्छ, र त्यो थरथरी काम्दछ; उहाँले पर्वतहरूलाई छुनुहुन्छ, र तीबाट धुवाँ निस्कन्छ।
PSA 104:33 म मेरो जीवनभरि याहवेहको भजन गाइरहनेछु; म बाँचुन्जेल परमेश्‍वरको प्रशंसा गाउनेछु।
PSA 104:34 जब म याहवेहमा आनन्दित हुन्छु; मेरो ध्यान उहाँलाई मनपर्दो होस्।
PSA 104:35 तर पापीहरू पृथ्वीबाट नाश भएर जाऊन्, र दुष्‍टहरू रहँदै नरहून्! हे मेरो प्राण, याहवेहको प्रशंसा गर्! याहवेहको प्रशंसा गर्!
PSA 105:1 याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर; जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर!
PSA 105:2 उहाँको निम्ति गाओ, उहाँको प्रशंसाको गीत गाओ; उहाँका सबै अद्‌भुत कार्यहरूको वर्णन गर!
PSA 105:3 उहाँको पवित्र नाममा गौरव गर; याहवेहलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्!
PSA 105:4 याहवेह र उहाँको शक्तिलाई हेर; उहाँको मुहारको निरन्तर खोजी गर!
PSA 105:5 हे याहवेहका सेवक, हे अब्राहामका वंश हो, हे उहाँबाट चुनिएका याकोबका सन्तानहरू हो, उहाँले गर्नुभएका अद्‌भुत कार्यहरूका स्मरण गर, उहाँका अचम्मका कामहरू र उहाँले गर्नुभएका फैसलाको सम्झना गर!
PSA 105:7 उहाँ नै याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ; उहाँका न्यायका कामहरू सारा पृथ्वीमा छ।
PSA 105:8 परमेश्‍वरले आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ, त्यो प्रतिज्ञा, जो उहाँले हजार पुस्ताहरूलाई दिनुभएको थियो,
PSA 105:9 त्यो करार जो उहाँले अब्राहामसँग बाँध्नुभएको थियो, त्यो शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो।
PSA 105:10 त्यो उहाँले याकोबसँग उर्दीको रूपमा, इस्राएलसँग अनन्त करारको रूपमा पक्‍का गर्नुभयो:
PSA 105:11 “म तँलाई कनान देश दिनेछु, त्यो पैतृक सम्पत्तिको रूपमा तेरो भाग हुनेछ।”
PSA 105:12 जब तिनीहरू संख्यामा थोरै थिए, अति थोरै र त्यसमाथि पनि परदेशी थिए,
PSA 105:13 तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा, एउटा राज्यबाट अर्को राज्यमा भौँतारिँदै हिँड्थे।
PSA 105:14 उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन; तिनीहरूको खातिर उहाँले राजाहरूलाई यसरी हप्काउनुभयो:
PSA 105:15 “मेरा अभिषिक्त जनहरूलाई नछोओ; मेरा अगमवक्ताहरूलाई केही हानि नगर!”
PSA 105:16 उहाँले त्यस देशमा अनिकाल पठाउनुभयो, र तिनीहरूका आहाराको सम्पूर्ण स्रोत नष्‍ट गरिदिनुभयो;
PSA 105:17 उहाँले योसेफ नाम गरेका पुरुषलाई, तिनीहरूको अगि पठाउनुभयो— जो दासको रूपमा बेचिएका थिए।
PSA 105:18 तिनका खुट्टाहरूमा नेल ठोकेर तिनीहरूले घाइते पारेका थिए; तिनको घाँटीमा फलामको साङ्लाले बाँधेका थिए,
PSA 105:19 उहाँका अगमवाणी पूरा नभएसम्म, याहवेहको वचनले तिनलाई सत्य प्रमाणित नगरेसम्म; तिनीहरूले त्यसो गरे।
PSA 105:20 राजाले मानिस पठाएर तिनलाई छुटाए; जनताका शासकले तिनलाई मुक्त गरे।
PSA 105:21 राजाले तिनलाई आफ्नो घरको मालिक, र आफ्ना सबै धनसम्पत्तिको शासक बनाए।
PSA 105:22 तिनकै इच्छाअनुसार आफ्ना राजकुमारहरूलाई बुद्धि सिकाऊन्, र आफ्ना प्रधानहरूलाई ज्ञानका कुरा सिकाऊन् भनी खटाए।
PSA 105:23 त्यसपछि इस्राएल इजिप्टमा आए; याकोब हामको देशमा प्रवासी भएर बसे।
PSA 105:24 याहवेहले आफ्ना प्रजालाई अत्यन्त फलवन्त बनाउनुभयो; तिनीहरूका शत्रुहरूभन्दा तिनीहरूको संख्या अनगन्ती बनाउनुभयो।
PSA 105:25 परमेश्‍वरले इजिप्टियनहरूका हृदयलाई उहाँका जनहरूलाई घृणा गर्ने बनाउनुभयो; ताकि आफ्ना सेवकहरूका विरुद्धमा षड्यन्त्र रचून्।
PSA 105:26 उहाँले आफ्ना सेवक मोशालाई, र आफूले चुन्‍नुभएका हारूनलाई तिनीहरूकहाँ पठाउनुभयो।
PSA 105:27 तिनीहरूका बीचमा ती दुईले उहाँका अलौकिक चिन्हहरू, हामका देशमा उहाँका अद्‌भुत कार्यहरू देखाए।
PSA 105:28 उहाँले अन्धकार पठाउनुभयो र देशमा अँध्यारो भयो— किनकि तिनीहरूले उहाँको आदेशहरूको विरोध गरेका थिए।
PSA 105:29 उहाँले तिनीहरूका पानीलाई रगतमा परिवर्तन गर्नुभयो, जसले गर्दा तिनीहरूका माछाहरू मरे।
PSA 105:30 तिनीहरूको देश भ्यागुताहरूले भरियो, ती तिनीहरूका शासकहरूका शयनकक्षसम्मै पुगे।
PSA 105:31 उहाँले आदेश दिनुभयो र त्यहाँ झिँगाको बथान ओइरियो, र तिनीहरूको सारा देश भुसुनाहरूले भरियो।
PSA 105:32 उहाँले पानीको साटो असिना बर्साउनुभयो, र उनीहरूको देशभरि चट्याङ पठाउनुभयो;
PSA 105:33 उहाँले तिनीहरूका अङ्‌गुर र नेभाराका रूखहरू ध्वस्त पार्नुभयो, र तिनीहरूका देशका रूखहरू ढालिदिनुभयो।
PSA 105:34 उहाँले आज्ञा गर्नुभयो, र सलहहरू आए, असंख्य फट्याङ्ग्राहरू आए;
PSA 105:35 तिनीहरूले त्यस देशका हरेक वनस्पति खाइदिए, तिनीहरूको भूमिको उब्जनीहरू सखाप पारिदिए।
PSA 105:36 तब उहाँले त्यस देशका सबै पहिले जन्मेकाहरूलाई, तिनीहरूका पुरुषार्थका पहिलो फलहरूलाई नाश पार्नुभयो।
PSA 105:37 उहाँले इस्राएललाई सुन र चाँदीले भरिपूर्ण पारि निकालेर ल्याउनुभयो; र तिनीहरूका कुलबाट कसैले पनि ठक्‍कर खाएनन्।
PSA 105:38 तिनीहरू निस्केर जाँदा इजिप्ट रमायो; किनकि इस्राएलको डर तिनीहरूमाथि परेको थियो।
PSA 105:39 उहाँले आवरणको रूपमा बादललाई फैलाउनुभयो, र रातमा उज्यालो दिनलाई आगो दिनुभयो।
PSA 105:40 तिनीहरूले मासु खान मागे, र उहाँले तिनीहरूका निम्ति बट्टाई चराहरू दिनुभयो; स्वर्गका रोटीले तिनीहरूलाई तृप्‍त पार्नुभयो।
PSA 105:41 उहाँले चट्टान फोर्नुभयो, र पानी बगेर निस्क्यो; त्यो मरुभूमिमा नदीझैँ बग्यो।
PSA 105:42 किनकि उहाँले आफ्नो सेवक अब्राहामलाई दिनुभएको पवित्र प्रतिज्ञा स्मरण गर्नुभयो।
PSA 105:43 उहाँले आफ्ना प्रजालाई आनन्दसाथ, र आफूले चुनेका जनहरूलाई हर्षोल्‍लासकासाथ गाउन लगाउँदै निकालेर ल्याउनुभयो;
PSA 105:44 उहाँले अरू जातिहरूका भूमिहरू तिनीहरूलाई दिनुभयो; र अरूले गरेको परिश्रमको फलमा तिनीहरूले आफ्नो अधिकार गरे—
PSA 105:45 तिनीहरूले उहाँका विधिहरू पालन गरून् र उहाँका नियमहरू मानून् भनेर नै यी सबै भए। याहवेहको प्रशंसा गर!
PSA 106:1 याहवेहको प्रशंसा गर! याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
PSA 106:2 याहवेहका शक्तिशाली कार्यहरू कसले घोषणा गर्न सक्छ र? अथवा उहाँको प्रशंसा कसले सम्पूर्ण रूपले घोषणा गर्न सक्छ र?
PSA 106:3 तिनीहरू धन्यका हुन्, जो न्यायमा चल्दछन्, जसले सधैँ उचित काम गर्दछन्।
PSA 106:4 हे याहवेह, तपाईंका प्रजामाथि कृपादृष्‍टि गर्नुहुँदा, मेरो स्मरण गर्नुहोस्; तिनीहरूको उद्धार गर्नुहुँदा मलाई पनि सहायता गर्नुहोस्;
PSA 106:5 ताकि तपाईंका चुनिएकाहरूको समृद्धिमा म आनन्दित हुन सकूँ, तपाईंको राष्ट्रको हर्षमा म सहभागी बन्‍न सकूँ। र तपाईंको उत्तराधिकारीहरूसँग मिलेर तपाईंलाई प्रशंसा दिन सकूँ।
PSA 106:6 हाम्रा पितापुर्खाले झैँ, हामीले पनि पाप गरेका छौँ; हामीले अधर्म गरेका छौँ, र दुष्‍टतापूर्ण काम गरेका छौँ।
PSA 106:7 हाम्रा पितापुर्खा इजिप्टमा हुँदा, तिनीहरूले तपाईंका अचम्मका कामहरूको वास्तै गरेनन्; तिनीहरूले तपाईंको अपार दयाको सम्झना नै गरेनन्; र लाल समुद्रको किनारमा तिनीहरूले तपाईंको विद्रोह गरे।
PSA 106:8 तापनि आफ्नो महान् पराक्रम प्रकट होस् भनी आफ्नो नामको खातिर, उहाँले तिनीहरूलाई बचाउनुभयो।
PSA 106:9 उहाँले लाल समुद्रलाई हकार्नुभयो, र त्यो सुकिहाल्यो; उहाँले तिनीहरूलाई समुद्रको गहिराइहरूमा सुक्खा जमिनमाथि जस्तै गरी पार गराउनुभयो।
PSA 106:10 उहाँले तिनीहरूलाई वैरीका हातबाट बचाउनुभयो; उहाँले तिनीहरूलाई शत्रुको हातबाट उद्धार गर्नुभयो।
PSA 106:11 तिनीहरूका विरोधीहरूलाई पानीले डुबायो; तिनीहरूमध्ये एउटै पनि बाँचेनन्।
PSA 106:12 तब तिनीहरूले उहाँका प्रतिज्ञाहरूमाथि विश्‍वास गरे; र उहाँको प्रशंसाको गीत गाए।
PSA 106:13 तर तिनीहरूले तुरुन्तै उहाँका कामहरू बिर्सिहाले; र तिनीहरूले उहाँको निर्देशनको प्रतीक्षा गरेनन्।
PSA 106:14 मरुभूमिमा तिनीहरू धेरै नै खाने लालसामा परे; तिनीहरूले उजाडस्थानमा परमेश्‍वरको जाँच गरे।
PSA 106:15 त्यसैले उहाँले तिनीहरूलाई मागेअनुसार दिनुभयो, तर तिनीहरूका बीचमा महामारी पठाउनुभयो।
PSA 106:16 तिनीहरूले छाउनीमा मोशासित र याहवेहमा अर्पण गरिएका हारूनसँग डाह गरे।
PSA 106:17 तब धर्ती फाटेर दातानलाई निल्यो; र अबीरामको दललाई पुरिदियो।
PSA 106:18 तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्क्यो; ज्वालाले दुष्‍टहरूलाई भस्म पार्‍यो।
PSA 106:19 होरेबमा तिनीहरूले एउटा बाछा बनाए; र धातुको त्यस मूर्तिलाई आराधना गरे।
PSA 106:20 यसरी तिनीहरूले परमेश्‍वरलाई दिने आफ्ना महिमा घाँस खाने साँढेको मूर्तिसँग साटे।
PSA 106:21 तिनीहरूले आफ्ना उद्धारकर्ता परमेश्‍वरलाई बिर्से, जसले इजिप्टमा महान् कामहरू गर्नुभएको थियो;
PSA 106:22 जसले हामको देशमा अचम्मका कामहरू, र लाल समुद्रको किनारमा अद्‌भुत कार्यहरू गर्नुभएको थियो।
PSA 106:23 यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुभयो। तर उहाँका चुनिएका जन मोशा तिनीहरूलाई नाश पार्ने उहाँको क्रोध हटाउनलाई उहाँको सामु खडा भए।
PSA 106:24 तब तिनीहरूले त्यो आनन्दको देशलाई तुच्छ ठाने; उहाँका प्रतिज्ञामा तिनीहरूले विश्‍वास गरेनन्।
PSA 106:25 तिनीहरूले आफ्ना पालहरूमा गनगन गरे; र याहवेहमा आज्ञाकारी भएनन्।
PSA 106:26 यसकारण तिनीहरूलाई उजाडस्थानमा विनाश पार्छु भनी उहाँले हात उचालेर शपथ खानुभयो,
PSA 106:27 तिनीहरूका वंशलाई जातिहरूका बीचमा छरपस्ट पार्छु, र तिनीहरूलाई देश-विदेशभरि तितरबितर पार्छु भन्‍नुभयो।
PSA 106:28 तिनीहरूले पोर भन्‍ने ठाउँको बाल-देवताको पूजा गरे, र निर्जीव देवताहरूलाई चढाइएका बलिका थोकहरू खाए।
PSA 106:29 तिनीहरूले आफ्ना दुष्‍ट कामहरूद्वारा याहवेहलाई क्रोधित तुल्याए; अनि तिनीहरूका बीचमा महामारी फैलियो।
PSA 106:30 तर पीनहासले साहसका साथ हस्तक्षेप गरे; र महामारी थामियो।
PSA 106:31 यो तिनको निम्ति अनन्त पुस्ताहरूको लागि धार्मिकताझैँ गनियो।
PSA 106:32 मेरीबाका पानीको नजिक पनि तिनीहरूले याहवेहलाई क्रोधित तुल्याए; र तिनीहरूले गर्दा मोशामाथि सङ्कट आयो;
PSA 106:33 किनकि तिनीहरू परमेश्‍वरका आत्माको विरुद्धमा बागी भए; र मोशाको मुखबाट अनर्थका कुराहरू निस्के।
PSA 106:34 याहवेहले आज्ञा गर्नुभएअनुसार तिनीहरूले वरपरका जातिहरूलाई नष्‍ट गरेनन्,
PSA 106:35 बरु तिनीहरू ती जातिहरूसित नै घुलमिल भए, र तिनीहरूका रीतिरिवाज अपनाए।
PSA 106:36 तिनीहरूले उनीहरूका मूर्तिहरूलाई आराधना गरे, जुन तिनीहरूका निम्ति पासो बन्‍न पुगे।
PSA 106:37 तिनीहरूले दुष्‍ट आत्माहरूका निम्ति आफ्ना छोराछोरीहरूलाई बलि चढाए।
PSA 106:38 तिनीहरूले निर्दोषको रगत, अर्थात् आफ्नै छोराछोरीहरूको रगत बगाए, जसलाई तिनीहरूले कनान देशका मूर्तिहरूका निम्ति बलि चढाए; र तिनीहरूको रगतले धर्ती अपवित्र भयो।
PSA 106:39 तिनीहरूका आफ्नै दुष्‍ट कामहरूले आफूलाई अशुद्ध पारे; आफ्नै कामहरूद्वारा तिनीहरू व्यभिचारी भए।
PSA 106:40 त्यसकारण याहवेह आफ्ना मानिसहरूसित रिसाउनुभयो, र उहाँले आफ्ना उत्तराधिकारीहरूलाई अति घृणा गर्नुभयो।
PSA 106:41 उहाँले तिनीहरूलाई अन्य राष्ट्रहरूका हातमा सुम्पिदिनुभयो; र तिनीहरूका वैरीहरूले तिनीहरूमाथि शासन गरे।
PSA 106:42 तिनीहरूका शत्रुहरूले तिनीहरूलाई दमन गरे, र तिनीहरूलाई आफ्ना शक्तिको वशमा पारे।
PSA 106:43 धेरै पटक उहाँले तिनीहरूलाई छुटाउनुभयो, तर तिनीहरूले विद्रोह नै गर्न रुचाए, र तिनीहरू आफ्ना पापका कारण पतन हुँदैगए।
PSA 106:44 तापनि उहाँले तिनीहरूको पुकार सुन्‍नुभयो, र तिनीहरूका कष्‍टमा टिठ्याउनुभयो;
PSA 106:45 तिनीहरूको खातिर उहाँले आफ्नो करार स्मरण गर्नुभयो, र आफ्नो अचुक प्रेममा दयालु हुनुभयो।
PSA 106:46 तिनीहरूलाई कैद गर्नेहरू सबैलाई तिनीहरूप्रति दया देखाउने बनाउनुभयो।
PSA 106:47 हे याहवेह हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस्, र जाति-जातिहरूबाट हामीलाई एकत्र गर्नुहोस्! ताकि हामी तपाईंको पवित्र नाममा धन्यवाद चढाउन सकौँ, र तपाईंको प्रशंसा गर्दै महिमा दिन सकौँ!
PSA 106:48 याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा, अनादिदेखि अनन्तसम्मै भइरहोस्! सबै मानिसहरूले भनून् “आमेन!” याहवेहको प्रशंसा गर!
PSA 107:1 याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ।
PSA 107:2 याहवेहले छुटकारा दिनुभएकाहरूले वैरीहरूका हातबाट छुटाइएकाहरूले,
PSA 107:3 विभिन्‍न देशहरूबाट, पूर्व र पश्‍चिमबाट, उत्तर र दक्षिणबाट एकत्रित भएकाहरूले यसो भनून्:
PSA 107:4 कसै-कसैले बसोबास गर्नलाई कुनै सहर भेट्टाएनन्, र मरुभूमिका उजाडस्थानतिर भौँतारिँदै हिँडे।
PSA 107:5 तिनीहरू भोक र प्यासले दुर्बल भई प्राण जालाजस्तै भइसकेका थिए।
PSA 107:6 तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट छुटाउनुभयो।
PSA 107:7 उहाँले तिनीहरूलाई सीधा मार्गबाट डोर्‍याउनु भएर, तिनीहरूलाई बास बस्‍न सक्ने सहरमा पुर्‍याउनुभयो।
PSA 107:8 उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति, तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!
PSA 107:9 किनकि उहाँले तिर्सना गर्नेहरूको प्यास मेट्नुहुन्छ, र भोकाहरूलाई असल आहाराले सन्तुष्‍ट पार्नुहुन्छ।
PSA 107:10 कोही-कोही अन्धकार, र घोर अन्धकारमा जिइरहेका थिए, कैदीहरू फलामका साङ्लाले बाँधिएर कष्‍ट भोगिरहेका थिए,
PSA 107:11 किनकि तिनीहरूले परमेश्‍वरका वचनको विरुद्धमा विद्रोह गरेका थिए र सर्वोच्‍च परमेश्‍वरको योजनालाई तिरस्कार गरेका थिए।
PSA 107:12 यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रम गर्न लगाउनुभयो; तिनीहरूले ठक्‍कर खाए, तर मदत गर्नलाई कोही थिएन।
PSA 107:13 तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट बचाउनुभयो।
PSA 107:14 उहाँले तिनीहरूलाई अन्धकार, र घोर अन्धकारहरूबाट निकाल्नुभयो; र तिनीहरू बाँधिएका साङ्लाहरू चुँडाइदिनुभयो।
PSA 107:15 उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्;
PSA 107:16 किनकि उहाँले काँसोका मूलढोकाहरू भत्काइदिनुहुन्छ, र फलामका आग्लोहरू काटेर टुक्रा-टुक्रा पारिदिनुहुन्छ।
PSA 107:17 कोही-कोही आफ्ना विद्रोही चालहरूले गर्दा मूर्ख बने, र आफ्नै अधर्मका कारण कष्‍ट भोगे।
PSA 107:18 तिनीहरू सबै प्रकारका खानेकुराहरूदेखि वाक्‍कै भए, र मृत्युका ढोका नजिक पुगे।
PSA 107:19 तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट बचाउनुभयो।
PSA 107:20 उहाँले आफ्नो वचन पठाउनुभयो, र तिनीहरूलाई निको पार्नुभयो, तिनीहरूलाई चिहानबाट छुटाउनुभयो।
PSA 107:21 उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!
PSA 107:22 तिनीहरूले धन्यवादका बलि चढाऊन् र हर्षका गीत गाएर उहाँका कार्यको वर्णन गरून्!
PSA 107:23 कोही-कोही जहाजहरूमा चढी सामुद्रिक यात्रामा गए; तिनीहरू महासागरका व्यापारीहरू थिए।
PSA 107:24 तिनीहरूले याहवेहका कामहरू देखे, गहिरो सागरमा तिनीहरूले उहाँका अद्‌भुत कार्यहरू देखे।
PSA 107:25 किनकि उहाँले आज्ञा गर्नुभयो, र प्रचण्ड आँधी चल्यो, जसले गर्दा समुद्रका छालहरू माथिसम्म उठे।
PSA 107:26 छालहरू आकाशसम्म नै उठे, र फेरि सागरको गहिराइहरूमा झरे; यस्तो जोखिममा तिनीहरूको साहस हराएर गयो।
PSA 107:27 तिनीहरू मदिराले मातेको मानिसझैँ धरमरिँन्थे; तिनीहरूका सबै सिपहरू बेकार साबित भए।
PSA 107:28 तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट छुटाउनुभयो।
PSA 107:29 उहाँले आँधीलाई शान्त पार्नुभयो; समुद्रका छालहरू साम्य भए।
PSA 107:30 आँधी शान्त हुँदा तिनीहरू खुशी भए; र उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेको बन्दरगाहमा पुर्‍याउनुभयो।
PSA 107:31 उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!
PSA 107:32 तिनीहरूले मानिसहरूको समुदायमा उहाँलाई उच्‍च पारून्, र प्रधानहरूका सभामा उहाँको प्रशंसा गरून्!
PSA 107:33 उहाँले नदीहरूलाई मरुभूमिमा, र पानीका मूलहरूलाई सुक्खा भूमिमा परिवर्तन गर्नुभयो।
PSA 107:34 त्यहाँका बासिन्दाहरूका दुष्‍टताको कारणले गर्दा, मलिला जमिनलाई नुनिलो मरुस्थलमा परिवर्तन गरिदिनुभयो।
PSA 107:35 उहाँले मरुभूमिलाई तालमा र सुक्खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नुभयो;
PSA 107:36 उहाँले त्यहाँ भोकाहरूलाई बासको निम्ति ल्याउनुभयो, र तिनीहरूले बसोबास गर्न सक्ने एउटा सहर निर्माण गरे।
PSA 107:37 तिनीहरूले खेतबारीमा बिउ छरे, र दाखबारी लगाए, अनि प्रशस्त उब्जनी कटनी गरे;
PSA 107:38 उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूको जनसंख्या बढाउनुभयो; अनि तिनीहरूका गाईबस्तुका बथान घट्न दिनुभएन।
PSA 107:39 त्यसपछि अत्याचार, विपत्ति र शोकले गर्दा, तिनीहरूको जनसंख्या घट्यो र तिनीहरू होच्याइए;
PSA 107:40 उहाँले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ, र तिनीहरूलाई पथविहीन उजाड ठाउँहरूमा भौँतारिँदै हिँड्ने बनाउनुभयो।
PSA 107:41 तर गरिबहरूलाई उहाँले तिनीहरूका दुःखबाट उठाउनुभयो, र तिनीहरूका परिवारहरूलाई भेडाका बगालझैँ बढाउनुभयो।
PSA 107:42 धर्मी मानिसहरू यो देखेर हर्षित हुन्छन्, तर सबै दुष्‍टहरूचाहिँ आफ्नो मुख बन्द गर्छन्।
PSA 107:43 जो बुद्धिमान् छ, त्यसले यी कुराहरूमा ध्यान देओस्, र याहवेहको महान् प्रेममाथि चिन्तन गरोस्।
PSA 108:1 एउटा गीत, दावीदको भजन। हे परमेश्‍वर, मेरो हृदय स्थिर छ; म गाउनेछु र मेरो सम्पूर्ण प्राणले धुन बजाउनेछु।
PSA 108:2 हे सारङ्गी र वीणा जाग्! म प्रभातलाई जगाउनेछु।
PSA 108:3 हे याहवेह, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; जाति-जातिहरूबीच म तपाईंको स्तुति गाउनेछु।
PSA 108:4 किनकि तपाईंको प्रेम महान् छ, आकाशभन्दा पनि उच्‍च छ; तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै पुग्दछ।
PSA 108:5 हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्; सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्।
PSA 108:6 तपाईंको दाहिने हातले हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्; ताकि तपाईंका प्रियजनहरूले छुटकारा पाऊन्।
PSA 108:7 परमेश्‍वरले उहाँको वासस्थानबाट बोल्नुभएको छ: “विजयमा म शेकेमलाई विभाजन गर्नेछु, र सुक्‍कोतको बेँसीलाई नापेर छुट्ट्याउनेछु।
PSA 108:8 गिलाद मेरो हो, मनश्शे पनि मेरै हो; एफ्राइम मेरो टोप हो, यहूदा मेरो राजदण्ड हो।
PSA 108:9 मोआब मेरो हात धुने भाँडो हो; एदोममा म आफ्नो जुत्ता फाल्नेछु; पलिश्तीमाथिको विजयमा म कराउनेछु।”
PSA 108:10 किल्‍ला भएको सहरमा मलाई कसले पुर्‍याइदेला? कसले मलाई एदोमसम्म डोर्‍याउला?
PSA 108:11 हे परमेश्‍वर, तपाईं नै होइन, जसले हामीलाई त्याग्नुभएको छ, र अहिले हाम्रा सेनाहरूका साथमा पनि जानुभएन?
PSA 108:12 शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्; किनकि मानिसको सहायता व्यर्थ छ।
PSA 108:13 परमेश्‍वरको सहायताद्वारा हामीले विजय प्राप्‍त गर्नेछौँ; र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।
PSA 109:1 सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। मेरा परमेश्‍वर, जसको म प्रशंसा गर्छु, तपाईं चुप लागेर नबस्‍नुहोस्;
PSA 109:2 किनकि दुष्‍ट र छली मानिसहरूले मेरो विरुद्धमा आफ्ना मुख खोलेका छन्; तिनीहरूका झूटो जिब्रोले मेरो विरुद्धमा बोलेका छन्।
PSA 109:3 तिनीहरूले मलाई घृणाका शब्दहरूले घेरेका छन्; कारणविना तिनीहरू मलाई हमला गर्छन्।
PSA 109:4 मेरो मित्रताको साटो तिनीहरू मलाई दोष लगाउँछन्, तर मचाहिँ प्रार्थना गर्ने मानिस हुँ।
PSA 109:5 तिनीहरूले मलाई भलाइको साटो खराबी गर्छन्, र मेरो मित्रताको साटो घृणा गर्छन्।
PSA 109:6 मेरो शत्रुका विरोध गर्न कुनै दुष्‍ट मानिसलाई खटाउनुहोस्; त्यसलाई दोष लगाउने मानिस त्यसको दाहिने हातपट्टि खडा होस्!
PSA 109:7 त्यसको न्याय हुँदा त्यो दोषी ठहरियोस्, र त्यसको विन्तिले त्यसैलाई दण्डको आज्ञा ठहरिओस्!
PSA 109:8 त्यसको आयु कम होस्; त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्!
PSA 109:9 त्यसका छोराछोरीहरू अनाथ होऊन् र त्यसकी पत्नी विधवा होस्!
PSA 109:10 त्यसका छोराछोरीहरू डुलुवा मगन्ते होऊन्; तिनीहरूका आफ्ना भताभुङ्ग भएका घरबाट पनि धपाइऊन्।
PSA 109:11 त्यससँग भएको सर्वस्व साहूले जफत गरोस्; त्यसका परिश्रमका फलहरू पराईहरूले लुटून्!
PSA 109:12 त्यसमाथि कसैले पनि दया नगरोस्, न त त्यसका अनाथ छोराछोरीमाथि कसैले दया देखाओस्!
PSA 109:13 त्यसका सन्तानहरू मरेर जाऊन्; र आउँदो पुस्ताबाट तिनीहरूका नामनिशानै मेटिएर जाओस्!
PSA 109:14 याहवेहको अगि, त्यसका पितापुर्खाहरूका पाप स्मरण होस्; त्यसकी आमाको पाप कहिल्यै नमेटिओस्!
PSA 109:15 तिनीहरूका पाप निरन्तर याहवेहको सामु रहिरहून्, ताकि उहाँले पृथ्वीबाट तिनीहरूको नामनिशानै मेटाइदेऊन्!
PSA 109:16 किनकि त्यसले दयालु हुन कहिल्यै सोचेन, तर दुःखी, अभावग्रस्त र हृदय टुटेकाहरूलाई मृत्युसम्म नै खेदो गरेको थियो।
PSA 109:17 त्यसले श्राप दिन मन पराउँथ्यो— त्यसको श्राप त्यसमाथि नै आइपरोस्; त्यसले आशिष् दिन रुचाएन— त्यसबाट पनि आशिष् त्यसरी नै टाढै रहोस्!
PSA 109:18 त्यसले श्रापलाई आफ्नो वस्त्रझैँ पहिरियो; त्यो पानीझैँ त्यसको पेटभित्र तेलझैँ त्यसका हाडहरूमा पसोस्!
PSA 109:19 श्राप नै त्यसलाई लपेट्ने वस्त्रजस्तै होस्, र यो त्यसको कम्मरमा सधैँभरि बाँधिने पटुकाजस्तै होस्।
PSA 109:20 मलाई दोष लगाउनेहरू र मेरो विरुद्धमा दुष्‍ट कुरा गर्नेहरूलाई याहवेहबाट यस्तै प्रतिफल मिलोस्!
PSA 109:21 तर हे प्रभु याहवेह, तपाईंको नामको खातिर मलाई मदत गर्नुहोस्; तपाईंको प्रेमको भलाइको कारण मलाई उद्धार गर्नुहोस्!
PSA 109:22 किनकि म गरिब र खाँचोमा छु, र मभित्र मेरो हृदय घाइते भएको छ।
PSA 109:23 म बेलुकीको छायाझैँ बिलाउँदै गएको छु; म सलहझैँ हुत्त्‍याइएर फालिएको छु।
PSA 109:24 उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन्; मेरो शरीर हाड र छाला मात्र भएको छ।
PSA 109:25 मलाई दोष लगाउनेहरूका अगि म निन्दाको पात्र बनेको छु; जब तिनीहरूले मलाई हेर्छन्, तब खिसी गर्दै आफ्ना टाउकाहरू हल्‍लाउँछन्।
PSA 109:26 हे याहवेह, मेरा परमेश्‍वर, मलाई मदत गर्नुहोस्; तपाईंको अचुक प्रेमअनुसार मलाई बचाउनुहोस्;
PSA 109:27 ताकि यो तपाईंकै हात हो भनी तिनीहरूले जानून्; हे याहवेह, यो तपाईंले नै गर्नुभएको हो भनी तिनीहरूले बुभून्!
PSA 109:28 तिनीहरूले मलाई सराप्दा, तपाईंले मलाई आशिष् दिनुहोस्; मलाई आक्रमण गर्नेहरू लाजमा परून्; तर तपाईंको सेवक रमाओस्!
PSA 109:29 मलाई दोष लगाउनेहरूले अपमानको वस्त्र पहिरेका होऊन्, र आफ्नै शर्मको खास्टोले झैँ ढाकिऊन्!
PSA 109:30 म मेरा ओठले याहवेहलाई उच्‍च प्रशंसा गर्नेछु; आराधकहरूको ठूलो भीडको बीचमा म उहाँको प्रशंसा गर्नेछु।
PSA 109:31 किनकि खाँचोमा परेकाहरूलाई मृत्युदण्ड दिन चाहनेको हातबाट रक्षा गर्नको लागि उहाँ तिनीहरूको दाहिने हातपट्टि खडा हुनुहुन्छ।
PSA 110:1 दावीदको भजन। याहवेहले मेरा प्रभुलाई भन्‍नुहुन्छ: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस।”
PSA 110:2 याहवेहले सियोनबाट यसो भन्दै आफ्नो महान् पराक्रमको राजदण्ड विस्तार गर्नुहुनेछ, “आफ्ना शत्रुहरूका बीच तपाईंले राज्य गर्नुहुनेछ!”
PSA 110:3 तपाईंका युद्धको दिनमा तपाईंका प्रजा राजीखुशीले तयार हुनेछन्। पवित्रताको वैभवमा सुशोभित भई, तपाईंका जवानहरू बिहानीको गर्भबाट निस्केको शीतझैँ तपाईंकहाँ आउनेछन्।
PSA 110:4 याहवेहले शपथ खानुभएको छ, र उहाँले आफ्नो करार भङ्ग गर्नुहुनेछैन: “तिमी सदासर्वदाको निम्ति, मल्कीसेदेकको दर्जाबमोजिम पुजारी हौ।”
PSA 110:5 प्रभु तिम्रो दाहिने हाततर्फ हुनुहुन्छ; उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई चकनाचुर पार्नुहुनेछ।
PSA 110:6 उहाँले लासको थुप्रो लगाएर राष्ट्रहरूको न्याय गर्नुहुनेछ; अनि पृथ्वीका सबै शासकहरूलाई चकनाचुर पार्नुहुनेछ।
PSA 110:7 उहाँले बाटो छेउको खोलाबाट पानी पिउनुहुनेछ; यसरी उहाँले आफ्नो शिर उच्‍च पार्नुहुनेछ।
PSA 111:1 याहवेहको प्रशंसा गर! म मेरो सारा हृदयले, धर्मी मानिसहरूको सभामा र समुदायमा म याहवेहलाई उच्‍च पार्नेछु।
PSA 111:2 याहवेहका कार्यहरू महान् छन्; ती कार्यहरूमा प्रसन्‍न हुनेहरू सबैले तीमाथि मनन गर्छन्।
PSA 111:3 उहाँका कार्य महिमामय र ऐश्‍वर्यपूर्ण छन्; र उहाँको धार्मिकता सदासर्वदा रहिरहन्छ।
PSA 111:4 उहाँले आफ्ना अद्‌भुत कार्यहरूको स्मरण गराउनुभएको छ; याहवेह अनुग्रही र दयालु हुनुहुन्छ।
PSA 111:5 उहाँको भय मान्‍नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्छ; र उहाँ आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ।
PSA 111:6 अन्य राष्ट्रहरूको भूमि आफ्ना प्रजालाई दिएर, उहाँले तिनीहरूलाई आफ्ना कार्यको शक्ति प्रकट गर्नुभएको छ,
PSA 111:7 उहाँका हातका कार्य विश्‍वासयोग्य र न्यायपूर्ण छन्; उहाँका सबै विधिहरू भरपर्दा छन्।
PSA 111:8 ती सदासर्वदाको लागि अटल छन्, ती धार्मिकता र विश्‍वासयोग्यतामा लागू गरिएका छन्।
PSA 111:9 उहाँले आफ्ना प्रजाको निम्ति छुटकारा उपलब्ध गराउनुभयो; उहाँले आफ्नो करार सदाकालको निम्ति स्थिर होस् भनी आज्ञा दिनुभयो— उहाँको नाम पवित्र र भययोग्य छ।
PSA 111:10 याहवेहको भय नै बुद्धिको सुरुवात हो; उहाँका विधिहरू पालन गर्नेहरू सबैले ठिक समझशक्ति पाउँछन्। उहाँको प्रशंसा अनन्तसम्म भइरहनेछ।
PSA 112:1 याहवेहको प्रशंसा गर! त्यो मानिस धन्यको हो, जसले याहवेहको भय मान्दछ, जो उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्‍न हुन्छ।
PSA 112:2 त्यसका सन्तानहरू पृथ्वीमाथि शक्तिशाली हुनेछन्; धर्मी मानिसहरूका पुस्ताले आशिष् पाउनेछन्।
PSA 112:3 त्यसको घरमा धन र सम्पत्ति रहन्छ, र त्यसको धार्मिकता सदाकाल रहिरहन्छ।
PSA 112:4 सत्यनिष्‍ठ मानिसहरू, जो अनुग्रही, दयालु, र धर्मी छन्, तिनीहरूका निम्ति अन्धकारमा पनि ज्योति चम्कन्छ।
PSA 112:5 उदार चित्तले ऋण दिनेहरू, र इमानदारीतासाथ आफ्नो कारोबार चलाउने मानिसहरूको भलो हुन्छ।
PSA 112:6 अवश्य नै धर्मी जनहरू कहिल्यै डगमगाउनेछैनन्; तिनीहरूको सम्झना सदासर्वदा गरिनेछ।
PSA 112:7 खराब समाचारले तिनीहरू कहिल्यै डराउनेछैनन्; याहवेहमा भरोसा गरेकोले तिनीहरूका हृदय दृढ रहन्छ।
PSA 112:8 तिनीहरूका हृदय निर्धक्‍क रहन्छ, र तिनीहरूलाई कुनै डर हुनेछैन; अन्त्यमा तिनीहरूले आफ्ना वैरीहरू हार भएको देख्नेछन्।
PSA 112:9 तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्; तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ; तिनीहरूका शिर सम्मानले उच्‍च रहनेछ।
PSA 112:10 दुष्‍ट मानिस त्यो देखेर कुँडिनेछ; तिनीहरूले आफ्ना दाह्रा किट्नेछन्, र नष्‍ट हुनेछन्; दुष्‍टहरूका अभिलाषाहरू विफल हुन्छन्।
PSA 113:1 याहवेहको प्रशंसा गर! हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर! याहवेहको नामको प्रशंसा गर!
PSA 113:2 अहिलेदेखि लिएर सदासर्वदा, याहवेहको नामको प्रशंसा भइरहोस्!
PSA 113:3 सूर्योदयदेखि सूर्यास्तसम्म नै याहवेहको नामको प्रशंसा हुनुपर्छ!
PSA 113:4 याहवेह सबै राष्ट्रहरूमाथि सर्वोच्‍च हुनुहुन्छ; र उहाँको महिमा आकाशभन्दा उच्‍च छ।
PSA 113:5 याहवेह हाम्रा परमेश्‍वरजस्तो को छ र? उहाँ उच्‍च सिंहासनमा विराजमान हुनुहुन्छ,
PSA 113:6 जो स्वर्ग र पृथ्वीलाई हेर्न भनी तल निहुरनुहुन्छ।
PSA 113:7 उहाँले गरिबहरूलाई धुलोबाट उठाउनुहुन्छ, अनि खाँचोमा परेकाहरूलाई खरानीको राशबाट उचाल्नुहुन्छ।
PSA 113:8 उहाँले तिनीहरूलाई राजकुमारहरूसित, आफ्नै प्रजाका राजकुमारहरूसित बसाउनुहुन्छ।
PSA 113:9 उहाँले बाँझी स्त्रीलाई सन्तान दिनुभएर उनलाई सुखी आमाको रूपमा उनको घरमा स्थिर गरिदिनुहुन्छ। याहवेहको प्रशंसा गर!
PSA 114:1 जब इस्राएलीहरू इजिप्टबाट निस्किआए, जब याकोबको घराना विदेशी भाषा बोल्ने मानिसहरूका बीचबाट निस्केर आए,
PSA 114:2 तब यहूदा परमेश्‍वरको पवित्रस्थान, अनि इस्राएलचाहिँ उहाँको राज्य भयो।
PSA 114:3 त्यो देखेर लाल समुद्र भाग्यो; यर्दन नदी पछिल्तिर फर्कियो;
PSA 114:4 पर्वतहरू भेडाहरूझैँ, डाँडाहरू थुमाहरूझैँ उफ्रन लागे।
PSA 114:5 हे समुद्र, तँ किन भागिस्? हे यर्दन, तँ किन पछि फर्किस्?
PSA 114:6 हे पर्वतहरू हो, तिमीहरू भेडाहरूझैँ, हे डाँडाहरू हो, तिमीहरू थुमाहरूझैँ किन उफ्र्यौ?
PSA 114:7 हे पृथ्वी, प्रभुको सामु, याकोबका परमेश्‍वरको सामु थरथरी काम्;
PSA 114:8 जसले चट्टानलाई पानीका तलाउमा, कठोर चट्टानलाई पानीका मूलहरूमा परिवर्तन गर्नुभयो।
PSA 115:1 हाम्रो होइन, हे याहवेह, हाम्रो होइन, तर तपाईंको अचुक प्रेम र विश्‍वसनीयताको कारण, तपाईंकै नामको महिमा होस्!
PSA 115:2 राष्ट्रहरूले किन यसो भन्छन्, “तिनीहरूका परमेश्‍वर कहाँ छन्?”
PSA 115:3 हाम्रा परमेश्‍वर स्वर्गमा हुनुहुन्छ; उहाँले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ।
PSA 115:4 तर तिनीहरूका मूर्तिहरू सुन र चाँदी हुन्, जसलाई मानिसहरूका हातहरूले बनाएका हुन्।
PSA 115:5 तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्; आँखा त छन्, तर देख्न सक्दैनन्;
PSA 115:6 तिनीहरूका कान त छन्, तर सुन्‍न सक्दैनन्; नाक त छन्, तर सुँघ्न सक्दैनन्;
PSA 115:7 हात त छन्, तर स्पर्श गर्न सक्दैनन्; खुट्टा त छन्, तर हिँड्न सक्दैनन्; न त तिनीहरू आफ्ना गलाबाट कुनै आवाज नै निकाल्न सक्दछन्।
PSA 115:8 मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्; तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्।
PSA 115:9 हे सारा इस्राएलीहरू हो, याहवेहमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।
PSA 115:10 हे हारूनका घराना हो, याहवेहमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।
PSA 115:11 याहवेहसँग डराउनेहरू हो, उहाँमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।
PSA 115:12 याहवेहले हामीलाई सम्झनुहुन्छ, र हामीलाई आशिष् दिनुहुनेछ; उहाँले आफ्ना प्रजा इस्राएललाई आशिष् दिनुहुनेछ; उहाँले हारूनको घरानालाई आशिष् दिनुहुनेछ।
PSA 115:13 उहाँको डर मान्‍ने साना र ठूला सबैलाई याहवेहले आशिष् दिनुहुनेछ।
PSA 115:14 याहवेहले तिमीहरूलाई वृद्धि गरून्, तिमीहरू र तिमीहरूका सन्तानहरूलाई।
PSA 115:15 याहवेहले तिमीहरूलाई आशिष् देऊन्, जो आकाश र पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ।
PSA 115:16 सर्वोच्‍च स्वर्ग याहवेहकै हो, तर पृथ्वीचाहिँ उहाँले मानिस जातिलाई दिनुभएको छ।
PSA 115:17 मृतकहरूले याहवेहको प्रशंसा गर्दैनन्; चिर निन्द्रामा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्;
PSA 115:18 तर हामी त अहिले र सदासर्वदा नै याहवेहको स्तुति गर्दछौँ। याहवेहको प्रशंसा गर!
PSA 116:1 म याहवेहलाई प्रेम गर्दछु; किनकि उहाँले मेरो सोर सुन्‍नुभयो; उहाँले मेरो दयाको पुकार सुन्‍नुभयो।
PSA 116:2 किनकि उहाँले आफ्नो कान मतिर फर्काउनुभयो, म जीवित रहुन्जेल उहाँमा पुकार गर्नेछु।
PSA 116:3 मृत्युका पासोहरूले मलाई घेरेका थिए; र चिहानको पीडा ममाथि आइलागेको थियो; दुःख र शोकले मलाई गाँजेको थियो।
PSA 116:4 तब मैले याहवेहको नाममा पुकार गरेँ: “हे याहवेह, मलाई बचाउनुहोस्!”
PSA 116:5 याहवेह अनुग्रही र धार्मिक हुनुहुन्छ; हाम्रा परमेश्‍वर कृपाले पूर्ण हुनुहुन्छ।
PSA 116:6 याहवेहले सोझाहरूलाई रक्षा गर्नुहुन्छ; जब म अति असहाय थिएँ, तब उहाँले मलाई बचाउनुभयो।
PSA 116:7 हे मेरो प्राण, फेरि एक पटक विश्राम गर्; किनकि याहवेह तँप्रति भलो हुनुभएको छ।
PSA 116:8 किनकि हे याहवेह, तपाईंले मलाई मृत्युदेखि, मेरा आँखालाई आँसुदेखि, र मेरा गोडालाई ठेस लाग्नदेखि जोगाउनुभएको छ।
PSA 116:9 ताकि म जीवितहरूका देशमा, याहवेहको सामु हिँड्‍डुल गर्न सकूँ।
PSA 116:10 मैले याहवेहमा विश्‍वास गरेँ, यसकारण मैले भनेँ, “म धेरै पीडित छु।”
PSA 116:11 अनि आफ्नो व्याकुलतामा मैले भनेँ, “हरेक मानिस झूटो हो।”
PSA 116:12 याहवेहले मप्रति गर्नुभएका सम्पूर्ण भलाइको साटोमा, म उहाँलाई के फिर्ता दिन सक्छु र?
PSA 116:13 म मुक्तिको कचौरा उठाउनेछु र याहवेहको नाममा पुकार गर्नेछु।
PSA 116:14 याहवेहलाई गरेका मेरो भाकलहरू, म उहाँका सारा प्रजाको सामु पूरा गर्नेछु।
PSA 116:15 याहवेहको नजरमा, उहाँका विश्‍वासयोग्य जनहरूको मृत्यु अनमोल छ।
PSA 116:16 हे याहवेह, साँच्‍चै नै म तपाईंको सेवक हुँ; म तपाईंकी सेविकाको छोरो, तपाईंको सेवक हुँ; तपाईंले मलाई मेरो बन्धनबाट छुटाउनुभएको छ।
PSA 116:17 म तपाईंलाई धन्यवादको बलि चढाउनेछु, र याहवेहको नाममा पुकार गर्नेछु।
PSA 116:18 याहवेहलाई गरेका मेरा भाकलहरू, म उहाँका सारा प्रजाको सामु पूरा गर्नेछु;
PSA 116:19 याहवेहको भवनको चोकहरूमा, हे यरूशलेम, तेरो बीचमा म त्यो पूरा गर्नेछु। याहवेहको प्रशंसा गर!
PSA 117:1 हे सारा राष्ट्रहरू हो, याहवेहको प्रशंसा गर; हे सारा जातिहरू हो, उहाँको जयजयकार गर!
PSA 117:2 किनकि हामीप्रति उहाँको अचुक प्रेम अपार छ; र याहवेहको विश्‍वासयोग्यता सदासर्वदा रहिरहन्छ। याहवेहको प्रशंसा गर!
PSA 118:1 याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
PSA 118:2 इस्राएलले भनोस्: “उहाँको अचुक प्रेम सदाकाल रहिरहन्छ।”
PSA 118:3 हारूनको घरानाले भनोस्: “उहाँको अचुक प्रेम सदाकाल रहिरहन्छ।”
PSA 118:4 याहवेहको भय मान्‍नेहरूले भनून्: “उहाँको अचुक प्रेम सदाकाल रहिरहन्छ।”
PSA 118:5 मेरो कष्‍टमा मैले याहवेहलाई पुकार गरेँ, उहाँले मलाई जवाफ दिनुभयो, र मलाई विशाल ठाउँमा ल्याउनुभयो।
PSA 118:6 याहवेह मेरो साथमा हुनुहुन्छ, म डराउनेछैनँ। मरणशील मानिसले मलाई के गर्न सक्छ र?
PSA 118:7 याहवेह मेरो साथमा हुनुहुन्छ; उहाँ मेरा सहायक हुनुहुन्छ। म मेरा शत्रुहरूमाथि विजयको दृष्‍टिले हेर्छु।
PSA 118:8 मानिसमाथि भरोसा गर्नुभन्दा त याहवेहमाथि शरण लिनु उत्तम हो।
PSA 118:9 राजकुमारहरूमा भरोसा गर्नुभन्दा त याहवेहमाथि शरण लिनु उत्तम हो।
PSA 118:10 सम्पूर्ण राष्ट्रहरूले मलाई घेरेका थिए, तर याहवेहका नाममा मैले तिनीहरूलाई नष्‍ट पारेँ।
PSA 118:11 तिनीहरूले मलाई घेरेका थिए, हो तिनीहरूले घेरेका थिए, तर याहवेहका नाममा मैले तिनीहरूलाई नष्‍ट पारेँ।
PSA 118:12 तिनीहरूले मलाई मौरीहरूले झैँ घेरेका थिए; तर तिनीहरू काँडाहरूमा लागेका आगोझैँ निभिहाले; याहवेहका नाममा मैले तिनीहरूलाई नष्‍ट पारेँ।
PSA 118:13 मेरा शत्रुले मलाई घचेटे, र म लड्नै लागेको थिएँ; तर याहवेहले मलाई सहायता गर्नुभयो।
PSA 118:14 याहवेह मेरो बल र मेरो रक्षा हुनुहुन्छ, उहाँ मेरो मुक्ति हुनुभएको छ।
PSA 118:15 धर्मीहरूका पालहरूमा हर्ष र विजयको सोर गुञ्जिन्छ: “याहवेहका दाहिने बाहुलीबाट पराक्रमका काम भएका छन्!
PSA 118:16 याहवेहका दाहिने बाहुली उच्‍च पारिएको छ; याहवेहका दाहिने बाहुलीबाट पराक्रमका काम भएका छन्।”
PSA 118:17 म मर्नेछैनँ, तर जीवित रहनेछु, र याहवेहले के गर्नुभएको छ, त्यो घोषणा गर्नेछु।
PSA 118:18 याहवेहले मलाई कठोर दण्ड दिनुभएको छ; तर उहाँले मलाई मर्न दिनुभएको छैन।
PSA 118:19 मेरा निम्ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्; म तीभित्र पस्‍नेछु र याहवेहलाई धन्यवाद दिनेछु।
PSA 118:20 याहवेहको ढोका यही हो, जसबाट धर्मी जनहरू प्रवेश गर्नेछन्।
PSA 118:21 म तपाईंलाई धन्यवाद दिनेछु; किनकि तपाईंले मलाई जवाफ दिनुभयो, तपाईं मेरो मुक्ति हुनुभएको छ।
PSA 118:22 जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही नै कुनाको मुख्य ढुङ्गा बन्यो;
PSA 118:23 यो याहवेहले गर्नुभएको हो; अनि यो हाम्रो दृष्‍टिमा आश्‍चर्यमय छ।
PSA 118:24 आजको दिन याहवेहले सृजनुभएको हो; यसमा हामी आनन्द मनाऔँ र रमाऔँ।
PSA 118:25 हे याहवेह, हामीलाई बचाउनुहोस्; हे याहवेह, हामीलाई सफलता दिनुहोस्!
PSA 118:26 याहवेहको नाममा आउने धन्यको हो, हामी याहवेहको भवनबाट तिमीहरूलाई आशीर्वाद दिन्छौँ।
PSA 118:27 याहवेह नै परमेश्‍वर हुनुहुन्छ; र उहाँले आफ्नो ज्योति हामीमाथि चम्काउनुभएको छ। हातमा स्याउला लिएर शोभायात्रामा सहभागी होओ, हर्षकासाथ डोरीहरूले वेदीका सिङहरूमा बाँध!
PSA 118:28 तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद चढाउनेछु; तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई उच्‍च पार्नेछु।
PSA 118:29 याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
PSA 119:1 तिनीहरू धन्यका हुन्, जो निर्दोष जीवन जिउँछन्, जो याहवेहका व्यवस्थाअनुसार हिँड्छन्।
PSA 119:2 तिनीहरू धन्यका हुन्, जसले उहाँका कानुनहरू पालन गर्दछन्, र आफ्ना सारा हृदयले उहाँलाई खोज्दछन्।
PSA 119:3 तिनीहरूले केही खराबी गर्दैनन्; तर उहाँका मार्गलाई पछ्याउँछन्।
PSA 119:4 तपाईंका विधिहरू होशियारपूर्वक पालन गरौँ भनी तपाईंले हामीलाई आज्ञा दिनुभयो।
PSA 119:5 अहो, तपाईंका उर्दीहरू पालन गर्नलाई, मेरा मार्गहरू दृढ भइदिए कति असल हुनेथियो!
PSA 119:6 तब तपाईंका सम्पूर्ण आज्ञाहरू पालन गरेर म शर्ममा पर्नेथिइनँ।
PSA 119:7 जब म तपाईंका धार्मिक नियमहरू सिक्दछु, तब म साँचो हृदयले तपाईंको प्रशंसा गर्नेछु।
PSA 119:8 म तपाईंका उर्दीहरू पालन गर्नेछु; मलाई कहिल्यै नत्याग्नुहोस्!
PSA 119:9 जवान मानिसले आफ्नो चालचलन कसरी पवित्र राख्न सक्छ? तपाईंको वचनअनुसार जीवन बिताएर नै हो।
PSA 119:10 मेरो सारा हृदयले तपाईंलाई खोज्दछु; तपाईंका आज्ञाहरूबाट मलाई तर्केर जान नदिनुहोस्!
PSA 119:11 तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचनलाई मैले मेरो हृदयमा लुकाइराखेको छु।
PSA 119:12 हे याहवेह, तपाईंको प्रशंसा होस्; तपाईंका उर्दीहरू मलाई सिकाउनुहोस्!
PSA 119:13 तपाईंका मुखबाट निस्केका सम्पूर्ण नियमहरू मैले मेरा ओठले वर्णन गरेको छु।
PSA 119:14 कसैले धेरै धनसम्पत्तिमा आनन्द गरेझैँ, म तपाईंका कानुनहरू पालन गर्नमा नै आनन्दित हुन्छु।
PSA 119:15 म तपाईंका विधिहरूमा मनन गर्छु, र तपाईंका मार्गहरूमा ध्यान दिन्छु।
PSA 119:16 म तपाईंका उर्दीहरूमा रमाउनेछु; म तपाईंको वचन बिर्सनेछैनँ।
PSA 119:17 आफ्नो सेवकलाई दया गर्नुहोस्; ताकि म जीवित रहन सकूँ र तपाईंको वचन पालन गर्न सकूँ।
PSA 119:18 मेरा आँखाहरू खोलिदिनुहोस्, ताकि म तपाईंको व्यवस्थाबाट उदेकका कुराहरू देख्न सकूँ।
PSA 119:19 यस पृथ्वीमा म एउटा परदेशी हुँ; तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्!
PSA 119:20 हरपल तपाईंका नियमहरू जान्‍ने तिर्सनाले मेरो प्राण छटपटिन्छ।
PSA 119:21 ती अहङ्कारीहरू, जो श्रापित छन्; र तपाईंका आज्ञाहरूबाट भड्किएर हिँड्छन्; तिनीहरूलाई तपाईंले हप्काउनुहुन्छ।
PSA 119:22 मबाट तिनीहरूका गिल्‍ला र तिरस्कार हटाउनुहोस्; किनकि म तपाईंका कानुनहरू पालन गर्दछु।
PSA 119:23 शासकहरू एकसाथ बसेर मेरो विरुद्धमा जाल रचे तापनि तपाईंको सेवकले तपाईंकै उर्दीहरूमा ध्यान दिनेछ।
PSA 119:24 तपाईंका कानुनहरू मेरा आनन्द हुन्; ती मेरा सल्‍लाहकारहरू हुन्।
PSA 119:25 म धुलोमा लम्पसार परेको छु; आफ्नो वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!
PSA 119:26 मैले मेरा चालचलनहरू बताएँ, र तपाईंले मलाई जवाफ दिनुभयो; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्!
PSA 119:27 मलाई तपाईंका विधिहरूका अर्थ बुझ्ने बनाउनुहोस्; ताकि म तपाईंका अचम्मका कामहरूमा ध्यान दिन सकूँ।
PSA 119:28 शोकले गर्दा मेरो प्राण थाकेको छ; आफ्नो वचनद्वारा मलाई बलियो पार्नुहोस्!
PSA 119:29 मलाई छलपूर्ण मार्गबाट जोगाउनुहोस्; ममाथि अनुग्रही बन्‍नुहोस् र मलाई तपाईंको व्यवस्था सिकाउनुहोस्!
PSA 119:30 मैले विश्‍वासयोग्यताको मार्ग छानेको छु; मैले मेरो हृदय तपाईंका नियमहरूमा लगाएको छु।
PSA 119:31 हे याहवेह, म तपाईंका कानुनहरूमा दृढ छु; मलाई शर्ममा पर्न नदिनुहोस्!
PSA 119:32 म तपाईंका आज्ञाहरूका मार्गमा दगुर्छु; किनकि तपाईंले मेरो समझलाई फराकिलो तुल्याउनुभएको छ।
PSA 119:33 हे याहवेह, मलाई तपाईंका उर्दीहरू पालन गर्न सिकाउनुहोस्; ताकि म अन्त्यसम्मै ती पालन गर्न सकूँ।
PSA 119:34 मलाई समझशक्ति दिनुहोस्, र म तपाईंको व्यवस्था पालन गर्न सकूँ, र सम्पूर्ण हृदयले म त्यसको पालन गर्न सकूँ।
PSA 119:35 मलाई तपाईंका आज्ञाहरूका मार्गमा डोर्‍याउनुहोस्; किनकि म त्यसैमा प्रसन्‍न हुन्छु।
PSA 119:36 मेरो हृदय तपाईंका कानुनहरूतर्फ फर्काइदिनुहोस्! स्वार्थी लाभतर्फ होइन।
PSA 119:37 व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखाहरू फर्काइदिनुहोस्; तपाईंको वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!
PSA 119:38 आफ्ना सेवकलाई गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहोस्; ताकि तपाईंको भय रहोस्!
PSA 119:39 जुन अपमानको मलाई डर छ, त्यो हटाउनुहोस्; किनकि तपाईंका नियमहरू असल छन्!
PSA 119:40 हेर्नुहोस्, म तपाईंका विधिहरूको कति अभिलाषी छु! तपाईंको धार्मिकतामा मेरो जीवनको रक्षा गर्नुहोस्!
PSA 119:41 हे याहवेह, मलाई तपाईंका अचुक प्रेम मिलोस्, र तपाईंको प्रतिज्ञाअनुसार तपाईंको मुक्ति मकहाँ आओस्!
PSA 119:42 तब मलाई गिल्‍ला गर्नेहरूलाई म जवाफ दिन सकूँ; किनकि म तपाईंको वचनमा भरोसा राख्दछु।
PSA 119:43 तपाईंको सत्य वचन मेरा मुखबाट कहिल्यै नखोसिदिनुहोस्; किनकि मैले तपाईंका नियमहरूमा आफ्नो आशा राखेको छु।
PSA 119:44 म तपाईंको व्यवस्था निरन्तर, सदासर्वदा पालन गर्नेछु।
PSA 119:45 म स्वतन्त्र भएर हिँड्‍डुल गर्नेछु; किनकि मैले तपाईंका विधिहरूको खोजी गरेको छु।
PSA 119:46 म तपाईंका कानुनहरूका विषयमा राजाहरूका सामु बोल्नेछु, र म लाजमा पर्नेछैनँ।
PSA 119:47 किनकि म तपाईंका आज्ञाहरूमा रमाउँछु; किनकि म तिनलाई प्रेम गर्दछु।
PSA 119:48 मैले प्रेम गरेका तपाईंका आज्ञाहरूतर्फ मेरा आफ्ना हातहरू उचाल्छु; ताकि म तपाईंका उर्दीहरूमाथि मनन गर्न सकूँ।
PSA 119:49 तपाईंका सेवकलाई दिनुभएको वचन सम्झना गर्नुहोस्; किनकि तपाईंले मलाई आशा दिनुभएको छ।
PSA 119:50 मेरो कष्‍टमा मेरो सान्त्वना यही छ: तपाईंका प्रतिज्ञाले मेरो जीवनको रक्षा गर्दछ।
PSA 119:51 अहङ्कारीहरू निर्दयी भएर मेरो हाँसो गर्छन्; तर म तपाईंका व्यवस्थाबाट तर्केर जादिनँ।
PSA 119:52 हे याहवेह, म तपाईंका प्राचीन कालदेखिका नियमहरू स्मरण गर्दछु, अनि म तिनमा सान्त्वना पाउँदछु।
PSA 119:53 तपाईंको व्यवस्था त्याग्ने दुष्‍टहरूले गर्दा, मलाई असाध्यै रिस उठेको छ।
PSA 119:54 म जहाँ बसोबास गरेँ तापनि तपाईंका उर्दीहरू मेरा गीतका विषयवस्तु भएका छन्।
PSA 119:55 हे याहवेह, रातको समयमा म तपाईंको नामको स्मरण गर्दछु, ताकि म तपाईंको व्यवस्था पालन गर्न सकूँ।
PSA 119:56 तपाईंका विधिहरू पालन गर्नु नै मेरो आचरण हुन गएको छ।
PSA 119:57 हे याहवेह, तपाईं मेरो भाग हुनुहुन्छ; तपाईंका वचनहरू पालन गर्नेछु भनी मैले प्रतिज्ञा गरेको छु।
PSA 119:58 मैले आफ्नो सारा हृदयले तपाईंको मुहारको खोजी गरेको छु; तपाईंको प्रतिज्ञाअनुसार ममाथि अनुग्रही बन्‍नुहोस्!
PSA 119:59 मैले आफ्ना आचरणहरूको बारेमा विचार गरेँ, अनि आफ्ना कदमहरू तपाईंका कानुनहरूतर्फ चालेको छु।
PSA 119:60 तपाईंका आज्ञाहरू पालन गर्न म हतारिनेछु, र ढिलो गर्नेछैनँ।
PSA 119:61 दुष्‍टहरूले मलाई डोरीहरूले बाँधे तापनि म तपाईंका व्यवस्था बिर्सनेछैनँ।
PSA 119:62 तपाईंका धार्मिक नियमहरूका निम्ति तपाईंलाई धन्यवाद चढाउन म मध्यरातमा उठ्दछु।
PSA 119:63 म तपाईंको भय मान्‍नेहरू र तपाईंका विधिहरू पालन गर्नेहरू सबैको मित्र हुँ।
PSA 119:64 हे याहवेह, पृथ्वी तपाईंको अचुक प्रेमले भरिपूर्ण छ; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्!
PSA 119:65 हे याहवेह, तपाईंले आफ्नो वचनअनुसार आफ्नो सेवकको भलाइ गर्नुहोस्।
PSA 119:66 मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्; किनकि म तपाईंका आज्ञाहरूमाथि विश्‍वास गर्दछु।
PSA 119:67 दुःख पाउनुअगि मैले बाटो बिराएको थिएँ, तर अब म तपाईंको वचन पालन गर्दछु।
PSA 119:68 तपाईं भलो हुनुहुन्छ, र तपाईं जे गर्नुहुन्छ, भलो नै गर्नुहुन्छ; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्!
PSA 119:69 अहङ्कारीहरूका झूटले मलाई कलङ्कित पारे तापनि मेरो सारा हृदयले तपाईंका विधिहरू पालन गर्दछु।
PSA 119:70 तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन्, तर मचाहिँ तपाईंको व्यवस्थामा प्रसन्‍न हुन्छु।
PSA 119:71 दुःख भोग्नु मेरा लागि असलै भयो, ताकि यसरी नै मैले तपाईंका उर्दीहरू सिक्न सकूँ।
PSA 119:72 तपाईंको मुखबाट निस्केका व्यवस्था, मेरा निम्ति हजारौँ चाँदी र सुनका टुक्राहरूभन्दा ज्यादा मूल्यवान् छन्।
PSA 119:73 तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका हुन्; तपाईंका आज्ञाहरू सिक्ने समझशक्ति मलाई दिनुहोस्।
PSA 119:74 तपाईंको भय मान्‍नेहरू मलाई देखेर खुशी होऊन्; किनकि मैले मेरो आशा तपाईंको वचनमा राखेको छु।
PSA 119:75 हे याहवेह, म जान्दछु, तपाईंका नियमहरू धार्मिक छन्, र आफ्नो विश्‍वसतामा तपाईंले मलाई ताडना दिनुभएको छ।
PSA 119:76 आफ्नो सेवकलाई गर्नुभएको प्रतिज्ञाअनुसार तपाईंको अचुक प्रेम मेरो सान्त्वना बनोस्!
PSA 119:77 तपाईंको कृपा ममाथि रहोस्, ताकि म जीवित रहन सकूँ; किनकि म तपाईंको व्यवस्थामा नै रमाउँदछु।
PSA 119:78 कारणविना मलाई दोष लगाएका हुनाले अहङ्कारीहरू शर्ममा परून्; तर मचाहिँ तपाईंका विधिहरूमा मनन गर्नेछु।
PSA 119:79 तपाईंको डर मान्‍नेहरू, र तपाईंका कानुन बुझ्नेहरू मतिर फर्कून्।
PSA 119:80 मेरो निर्दोष हृदयले तपाईंका उर्दीहरू पालन गर्न सकूँ, ताकि म शर्ममा नपरूँ!
PSA 119:81 मेरो प्राण तपाईंको मुक्ति प्राप्‍त गर्ने तिर्सनामा व्याकुल छ; तर मैले आफ्नो आशा तपाईंको वचनमा राखेको छु।
PSA 119:82 तपाईंको प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखाहरू धमिला भइसकेका छन्; म सोध्छु, “तपाईंले मलाई कहिले सान्त्वना दिनुहुन्छ?”
PSA 119:83 म धुवाँमा राख्दा-राख्दै खुम्चिएको दाखमद्यको मशकझैँ भएँ; तापनि मैले तपाईंका उर्दीहरू बिर्सेको छैनँ।
PSA 119:84 तपाईंको सेवकले कहिलेसम्म पर्खनुपर्छ? मलाई खेदो गर्नेहरूलाई कहिले दण्ड दिनुहुन्छ?
PSA 119:85 तपाईंको व्यवस्थाको विरोध गर्ने अहङ्कारीहरूले मलाई पासोमा पार्न खाडल खनेका छन्।
PSA 119:86 तपाईंका सारा आज्ञाहरू भरोसायोग्यका छन्; मलाई मदत गर्नुहोस्, म कारणविना सताइएको छु।
PSA 119:87 तिनीहरूले झण्डै मलाई पृथ्वीबाट नाश गरे; तर मैले तपाईंका विधिहरू त्यागेको छैनँ।
PSA 119:88 तपाईंको अचुक प्रेमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्; ताकि म तपाईंको मुखबाट निस्केका कानुनहरू पालन गर्न सकूँ।
PSA 119:89 हे याहवेह, तपाईंको वचन अनन्त छ; यो स्वर्गमा सदैव दृढ रहन्छ।
PSA 119:90 तपाईंको विश्‍वासयोग्यता पुस्तौँ-पुस्तासम्म रहिरहन्छ; तपाईंले नै पृथ्वीलाई स्थापित गर्नुभयो; अनि यो स्थिर रहन्छ।
PSA 119:91 तपाईंका नियमहरू आजको दिनसम्म स्थिर छन्; किनकि सबै सृष्‍टिले तपाईंको सेवा गर्दछन्।
PSA 119:92 तपाईंको व्यवस्थामा मेरो निम्ति आनन्द नहुँदो हो त म आफ्नो पीडामा नष्‍ट भइसकेको हुन्थेँ।
PSA 119:93 तपाईंका विधिहरू म कहिल्यै बिर्सनेछैनँ; किनकि तीद्वारा नै तपाईंले मेरो जीवनको रक्षा गर्नुभएको छ।
PSA 119:94 मलाई बचाउनुहोस्; किनकि म तपाईंकै हुँ; मैले तपाईंका विधिहरूको खोजी गरेको छु।
PSA 119:95 दुष्‍टहरूले मलाई नाश गर्न ढुकेर बसेका छन्; तर मचाहिँ तपाईंका कानुनहरूमा ध्यान दिनेछु।
PSA 119:96 हरेक सिद्धताको पनि सीमा भएको मैले देखेको छु; तर तपाईंका आज्ञाहरू असीमित छन्।
PSA 119:97 अहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु! दिनभरि म त्यसमा नै ध्यान गर्दछु।
PSA 119:98 तपाईंका आज्ञाहरू सधैँ मसँग छन्, र तिनले मेरा शत्रुहरूभन्दा मलाई बुद्धिमान् तुल्याउँछन्।
PSA 119:99 मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तर्दृष्‍टि ज्यादा छ; किनकि म तपाईंका कानुनहरूमा मनन गर्दछु।
PSA 119:100 सबै प्रधानहरूभन्दा मेरो समझशक्ति ज्यादा छ; किनकि म तपाईंका विधिहरू पालन गर्दछु।
PSA 119:101 तपाईंको वचन पालन गर्न सकूँ भनेर मैले आफ्ना खुट्टाहरूलाई हरेक खराब मार्गदेखि अलग्गै राखेको छु।
PSA 119:102 तपाईंका नियमहरूबाट म तर्केर हिँडेको छैनँ; किनकि तपाईं आफैँले नै मलाई सिकाउनुभएको छ।
PSA 119:103 तपाईंका वचनहरू मेरो लागि कति स्वादिष्‍ठ छन्; मेरो मुखमा ती महभन्दा पनि बढी मिठा छन्!
PSA 119:104 तपाईंका विधिहरूबाट म समझशक्ति प्राप्‍त गर्दछु; त्यसकारण म सबै खराब मार्गहरूलाई घृणा गर्दछु।
PSA 119:105 तपाईंको वचन मेरा खुट्टाहरूका निम्ति बत्ती, र मेरो बाटोका निम्ति ज्योति हो।
PSA 119:106 मैले शपथ खाएर त्यसलाई पक्‍का गरेको छु, ताकि म तपाईंका धार्मिक नियमहरू पालन गर्नेछु।
PSA 119:107 मैले ज्यादै कष्‍ट भोगेको छु; हे याहवेह, आफ्ना वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!
PSA 119:108 हे याहवेह, स्वेच्छाले मैले आफ्नो मुखले चढाएको प्रशंसा ग्रहण गर्नुहोस्, र मलाई तपाईंका नियमहरू सिकाउनुहोस्!
PSA 119:109 मेरो प्राण निरन्तर जोखिममा रहन्छ; तापनि म तपाईंको व्यवस्था बिर्संनेछैनँ।
PSA 119:110 दुष्‍टहरूले मेरो निम्ति पासो थापेका छन्; तर पनि म तपाईंका विधिहरूबाट तर्केको छैनँ।
PSA 119:111 तपाईंका कानुनहरू सदाकाल मेरा निम्ति उत्तराधिकारको अंश भएका छन्। त्यो नै मेरो हृदयको आनन्द हो।
PSA 119:112 तपाईंका उर्दीहरू अन्त्यसम्म नै पालन गर्न मेरो हृदयले अठोट गरेको छ।
PSA 119:113 दोहोरो मन भएका मानिसहरूलाई म घृणा गर्दछु; तर तपाईंको व्यवस्थालाई म प्रेम गर्दछु।
PSA 119:114 तपाईं मेरो शरणस्थान र मेरो ढाल हुनुहुन्छ; तपाईंको वचनमा मैले आफ्नो आशा राखेको छु।
PSA 119:115 हे दुष्कर्मीहरू हो, मबाट टाढा होइजाओ; ताकि म मेरा परमेश्‍वरका आज्ञाहरू पालन गर्न सकूँ!
PSA 119:116 मेरा परमेश्‍वर, मलाई तपाईंको प्रतिज्ञाअनुसार थामिराख्नुहोस्, र म जीवित रहनेछु; अनि मेरो आशाहरू चकनाचुर हुन नदिनुहोस्!
PSA 119:117 मलाई साथ दिनुहोस्, र मेरो उद्धार हुनेछ; म सधैँ तपाईंका उर्दीहरूमा अझ ध्यान दिनेछु।
PSA 119:118 तपाईंका उर्दीहरूबाट तर्केर जानेहरूलाई तपाईंले इन्कार गर्नुहुन्छ; किनकि तिनीहरूको धूर्तता व्यर्थ हुन्छ।
PSA 119:119 पृथ्वीका सबै दुष्‍टहरूलाई तपाईंले धातुको अशुद्धताझैँ फालिदिनुहुन्छ; यसैले म तपाईंका विधिहरूलाई प्रेम गर्दछु।
PSA 119:120 तपाईंको भयले मेरो शरीर काम्दछ; म तपाईंका नियमहरूले भयभीत हुन्छु।
PSA 119:121 जे धार्मिक र न्यायपूर्ण छ, मैले त्यही गरेको छु; मलाई अत्याचार गर्नेहरूका हातमा नछोडिदिनुहोस्!
PSA 119:122 तपाईंको सेवकको भलाइ सुनिश्‍चित गरिदिनुहोस्; अहङ्कारीहरूले मलाई अत्याचार गर्न नपाऊन्!
PSA 119:123 तपाईंको मुक्ति र तपाईंको धार्मिक प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखाहरू धमिला भइसकेका छन्।
PSA 119:124 आफ्नो अचुक प्रेमअनुसार आफ्ना सेवकसँग व्यवहार गर्नुहोस्, अनि मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्!
PSA 119:125 म तपाईंको सेवक हुँ; मलाई अन्तर्दृष्‍टि दिनुहोस्, ताकि म तपाईंका कानुनहरू बुझ्न सकूँ!
PSA 119:126 हे याहवेह, अब तपाईंले काम गर्ने समय आएको छ; तपाईंको व्यवस्था भङ्ग भएको छ।
PSA 119:127 किनकि मैले तपाईंका आज्ञाहरूलाई सुन, र निखुर सुनभन्दा पनि बढी प्रेम गर्दछु,
PSA 119:128 किनकि म तपाईंका सम्पूर्ण विधिहरू उचित ठान्दछु; अनि हरेक खराब मार्गलाई म घृणा गर्दछु।
PSA 119:129 तपाईंका कानुनहरू अद्‌भुत छन्; त्यसैले तिनलाई म पालन गर्छु।
PSA 119:130 तपाईंका वचनहरूको अर्थ खोलिँदा ज्योति चम्कन्छ; त्यसले सोझाहरूलाई समझशक्ति दिन्छ।
PSA 119:131 म तपाईंका आज्ञाहरूका तिर्सनाले आफ्नो मुख खोल्छु, र सुस्केरा हाल्दछु।
PSA 119:132 तपाईंको नामलाई प्रेम गर्नेहरूलाई तपाईंले सदा गरेझैँ, मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्!
PSA 119:133 तपाईंको वचनअनुसार मेरा पाइलाहरूलाई डोर्‍याउनुहोस्; र कुनै पापले ममाथि राज्य नगरोस्!
PSA 119:134 मानिसका अत्याचारबाट मलाई मोल तिरेर छुटाउनुहोस्, ताकि म तपाईंका विधिहरू पालन गर्न सकूँ।
PSA 119:135 तपाईंको सेवकमाथि आफ्नो मुहार चम्काउनुहोस्; र तपाईंका उर्दीहरू मलाई सिकाउनुहोस्!
PSA 119:136 मेरा आँखाहरूबाट आँसुका धारा बग्छन्; किनकि तपाईंको व्यवस्था पालन गरिएको छैन।
PSA 119:137 हे याहवेह, तपाईं धर्मी हुनुहुन्छ, अनि तपाईंका नियमहरू सही छन्।
PSA 119:138 तपाईंले स्थापित गर्नुभएका कानुनहरू धार्मिक छन्; तिनीहरू पूर्ण रूपले भरपर्दा छन्।
PSA 119:139 मेरो जोशले मलाई खाइसकेको छ; किनकि मेरा शत्रुहरूले तपाईंका वचनहरू वास्ता गर्दैनन्।
PSA 119:140 तपाईंका प्रतिज्ञाहरू सम्पूर्ण रूपले जाँच गरिएका छन्; र तपाईंको सेवकले तिनलाई प्रेम गर्दछ।
PSA 119:141 म क्षुद्र र तुच्छ छु; तापनि म तपाईंका विधिहरू बिर्संदिनँ।
PSA 119:142 तपाईंको धार्मिकता अनन्तकाल छ; अनि तपाईंको व्यवस्था सत्य छ।
PSA 119:143 ममाथि दुःख र कष्‍ट आइलागेका छन्; तर तपाईंका आज्ञाहरूले मलाई हर्षित बनाउँछन्।
PSA 119:144 तपाईंका कानुनहरू सदा धार्मिक छन्; मलाई समझशक्ति दिनुहोस्, ताकि म जीवित रहन सकूँ।
PSA 119:145 हे याहवेह, मेरो सारा हृदयले तपाईंलाई पुकार्छु; मलाई जवाफ दिनुहोस्; र म तपाईंका उर्दीहरू पालन गर्नेछु।
PSA 119:146 म तपाईंलाई पुकार्छु; मलाई बचाउनुहोस्, अनि म तपाईंका कानुनहरू पालन गर्नेछु।
PSA 119:147 म सूर्योदय हुन अगि नै उठेर सहयोगको लागि पुकार्छु; मैले तपाईंको वचनमाथि आशा राखेको छु।
PSA 119:148 तपाईंका प्रतिज्ञाहरूमा मनन गरूँ भनेर मेरा आँखाहरू रातका पहरहरूमा खुल्‍ला रहन्छन्।
PSA 119:149 तपाईंको अचुक प्रेमअनुसार मेरो सोर सुन्‍नुहोस्; हे याहवेह, तपाईंका नियमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!
PSA 119:150 दुष्‍ट योजना रच्नेहरू मेरो नजिकै छन्; तर तिनीहरू तपाईंको व्यवस्थाबाट टाढा छन्।
PSA 119:151 हे याहवेह, अझै पनि तपाईं नजिकै हुनुहुन्छ; र तपाईंका सबै आज्ञाहरू सत्य छन्।
PSA 119:152 धेरै अगिदेखि नै मैले तपाईंका कानुनहरूबाट सिकेको छु, कि तपाईंले तिनीहरूलाई सदाकालको निम्ति स्थापित गर्नुभएको छ।
PSA 119:153 मेरो दुःखलाई हेर्नुहोस्, र मलाई छुटकारा दिनुहोस्; किनकि मैले तपाईंको व्यवस्थालाई बिर्सेको छैनँ।
PSA 119:154 मेरो पक्षमा बोल्नुहोस्, र मलाई उद्धार गर्नुहोस्; तपाईंको प्रतिज्ञाअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!
PSA 119:155 दुष्‍टहरूदेखि मुक्ति टाढा छ; किनकि तिनीहरूले तपाईंका उर्दीहरूको खोजी गर्दैनन्।
PSA 119:156 हे याहवेह, तपाईंको कृपा महान् छन्; तपाईंका नियमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!
PSA 119:157 मलाई सताउने मेरा वैरीहरू धेरै छन्; तर म तपाईंका कानुनहरूबाट तर्केको छैनँ।
PSA 119:158 विश्‍वासघातीहरूलाई म घृणाको दृष्‍टिले हेर्छु; किनकि तिनीहरूले तपाईंको वचन पालन गर्दैनन्।
PSA 119:159 हेर्नुहोस्, म कसरी तपाईंका विधिहरूलाई प्रेम गर्दछु; हे याहवेह, तपाईंको अचुक प्रेमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!
PSA 119:160 तपाईंका सम्पूर्ण वचनहरू सत्य छन्; तपाईंका सबै धार्मिक नियमहरू अनन्तका छन्।
PSA 119:161 शासकहरूले कारणविना मलाई खेदो गर्दछन्; तर मेरो हृदयले तपाईंको वचनको भय मान्दछ।
PSA 119:162 जसरी लुटको ठूलो धन पाउने व्यक्ति रमाउँछ, त्यसरी नै म तपाईंको प्रतिज्ञामा रमाउँदछु।
PSA 119:163 म झूटलाई घृणा गर्दछु, र तुच्छ ठान्दछु; तर तपाईंको व्यवस्थालाई म प्रेम गर्दछु।
PSA 119:164 तपाईंका धार्मिक नियमहरूको निम्ति दिनमा म सातपल्ट तपाईंको प्रशंसा गर्दछु।
PSA 119:165 तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूका लागि ठूलो शान्ति हुन्छ, अनि कुनै कुराले तिनीहरूलाई ठेस पुर्‍याउँदैन।
PSA 119:166 हे याहवेह, म तपाईंको मुक्तिको प्रतीक्षा गर्दछु, र तपाईंका आज्ञाहरू पालन गर्दछु।
PSA 119:167 म तपाईंका कानुनहरू पालन गर्दछु; किनकि म तिनलाई अत्यन्तै प्रेम गर्दछु।
PSA 119:168 तपाईंका विधिहरू र तपाईंका कानुनहरू म पालन गर्दछु; किनकि मेरा सम्पूर्ण आचरणहरू तपाईं जान्‍नुहुन्छ।
PSA 119:169 हे याहवेह, मेरो पुकार तपाईंको सामु पुगोस्; तपाईंको वचनअनुसार मलाई समझशक्ति दिनुहोस्!
PSA 119:170 मेरो बिन्ती तपाईंको सामु पुगोस्; तपाईंको प्रतिज्ञाअनुसार मलाई छुटकारा दिनुहोस्!
PSA 119:171 मेरा ओठबाट तपाईंको प्रशंसा छचल्किऊन्; किनकि तपाईंले मलाई आफ्ना उर्दीहरू सिकाउनुहुन्छ।
PSA 119:172 मेरो जिब्रोले तपाईंका वचनको गीत गाओस्; किनकि तपाईंका सम्पूर्ण आज्ञाहरू धार्मिक छन्।
PSA 119:173 तपाईंको हात मलाई सहयोग गर्न तत्पर रहोस्; किनकि मैले तपाईंका विधिहरूलाई चुनेको छु।
PSA 119:174 हे याहवेह, म तपाईंको मुक्तिको तिर्सना गर्छु; अनि तपाईंको व्यवस्थाले मलाई हर्षित पार्दछ।
PSA 119:175 म जीवित रहूँ, ताकि तपाईंको प्रशंसा गर्न सकूँ; अनि तपाईंका नियमहरूले मलाई थामून्।
PSA 119:176 हराएको भेडाजस्तै म बरालिएको छु। आफ्नो सेवकको खोजी गर्नुहोस्; किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।
PSA 120:1 आरोहणको गीत। मेरो सङ्कष्‍टमा म याहवेहलाई पुकार्दछु, र उहाँले मलाई जवाफ दिनुहुन्छ।
PSA 120:2 हे याहवेह, मलाई झूटो बोल्ने ओठ र छली जिब्रोबाट बचाउनुहोस्।
PSA 120:3 ए छली जिब्रो, उहाँले तँलाई के गर्नुहुनेछ? अनि अझ बढ्ता के गर्नुहोला?
PSA 120:4 उहाँले तँलाई योद्धाका तीखा काँडले हानेर, र झाडीको आगोले जलाएर दण्ड दिनुहुनेछ!
PSA 120:5 मलाई धिक्‍कार छ! म मेशेकमा बास गर्दछु; किनकि केदारका पालहरूका बीचमा बसेको छु!
PSA 120:6 शान्तिलाई घृणा गर्नेहरूका बीचमा म बसेको धेरै समय भयो।
PSA 120:7 म त शान्तिप्रिय व्यक्ति हुँ; तर मैले बोल्दा, तिनीहरू लडाइँ गर्न तम्सिन्छन्।
PSA 121:1 आरोहणको गीत। म मेरा आँखाहरू पर्वतहरूतिर उचाल्छु— मेरो सहायता कहाँबाट आउँछ?
PSA 121:2 मेरो सहायता याहवेहबाट आउँछ, जो स्वर्ग र पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ।
PSA 121:3 उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन— तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन;
PSA 121:4 साँच्‍चै, इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न उँघ्नुहुन्छ, न त निदाउनुहुन्छ।
PSA 121:5 याहवेहले नै तिमीलाई रक्षा गर्नुहुनेछ— याहवेह नै तिम्रो दाहिने हातपट्टिको तिम्रो छहारी हुनुहुन्छ;
PSA 121:6 दिउँसोको घामले तिमीलाई पोल्नेछैन, न त राति चन्द्रमाले तिमीलाई हानि गर्नेछ।
PSA 121:7 याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ— उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ;
PSA 121:8 तिमी बाहिर जाँदा र भित्र आउँदा, अहिले अनि सदासर्वदा, याहवेहले तिम्रो रक्षा गर्नुहुनेछ।
PSA 122:1 दावीदको आरोहणको गीत। जब तिनीहरूले मलाई, “याहवेहका भवनमा हामी जाऔँ” भने, तब म तिनीहरूसँगै आनन्दित भएँ।
PSA 122:2 हे यरूशलेम, तेरा मूलढोकाहरूभित्र हाम्रा खुट्टाहरू उभिएका छन्।
PSA 122:3 यरूशलेम एउटा सहरजस्तै, एकै ठाउँमा टम्‍म गरी मिलाएर बसालिएको छ।
PSA 122:4 इस्राएललाई दिइएको कानुनअनुसार याहवेहका कुलहरू याहवेहको नामको प्रशंसा गर्न त्यहाँ जान्छन्।
PSA 122:5 किनकि त्यहाँ न्यायका सिंहासनहरू स्थापित छन्; त्यहाँ दावीदका वंशका सिंहासनहरू छन्।
PSA 122:6 यरूशलेमको शान्तिको निम्ति प्रार्थना गर: “तँलाई प्रेम गर्नेहरू सुरक्षित रहून्।
PSA 122:7 तेरा पर्खालहरूभित्र शान्ति रहोस्; र तेरा दरबारहरूभित्र सुरक्षा रहोस्!”
PSA 122:8 मेरा परिवार र मेरा मित्रहरूका खातिर म, “तिमीहरूमा शान्ति रहोस्!” भन्‍नेछु।
PSA 122:9 याहवेह हाम्रा परमेश्‍वरको भवनको खातिर, म तेरो भलो चिताउनेछु।
PSA 123:1 आरोहणको गीत। हे स्वर्गको सिंहासनमा विराजमान हुनुहुने परमेश्‍वर, मेरा आँखाहरू म तपाईंतिर उठाउँछु।
PSA 123:2 जसरी सेवकहरूका आँखाले आफ्ना मालिकका हाततिर हेर्दछन्, जसरी सेविकाले आफ्नी मालिक्नीका हाततिर हेर्दछे, त्यसरी नै उहाँले हामीमाथि दया नगरुन्जेल, हाम्रा आँखाहरूले, याहवेह हाम्रा परमेश्‍वरतिर हेर्दछन्।
PSA 123:3 हामीमाथि दया गर्नुहोस्, हे याहवेह, हामीमाथि दया गर्नुहोस्; किनकि हामीले अति नै अवहेलना सहेका छौँ।
PSA 123:4 हामीले अहङ्कारीहरूबाट अति नै उपहास र घमण्डीहरूबाट अति नै अवहेलना सहेका छौँ।
PSA 124:1 दावीदको आरोहणको गीत। यदि याहवेह हाम्रो पक्षमा नहुनुभएको भए— इस्राएलले भनोस्—
PSA 124:2 मानिसहरूले हामीलाई आक्रमण गर्दा, याहवेह हाम्रो पक्षमा नहुनुभएको भए;
PSA 124:3 तिनीहरूका क्रोध हाम्रो विरुद्ध दन्केको बेला, तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए;
PSA 124:4 उर्लिआएको बाढीले हामीलाई डुबाउनेथियो; अनि भल उर्लेर हामीलाई बगाउने थियो।
PSA 124:5 उर्लंदो पानीले हामीलाई बगाएर टाढा लैजानेथियो।
PSA 124:6 याहवेहलाई प्रशंसा होस्, जसले हामीलाई तिनीहरूका दाँतले फहराउन दिनुभएन।
PSA 124:7 शिकारीको पासोबाट चरा उम्केझैँ, हामी उम्केका छौँ; तिनीहरूको पासो छिनियो, र हामी उम्कियौँ।
PSA 124:8 स्वर्ग र पृथ्वी सृष्‍टि गर्नुहुने, याहवेहको नाममा हाम्रो सहायता छ।
PSA 125:1 आरोहणको गीत। याहवेहमा भरोसा राख्नेहरू सियोन पर्वतझैँ छन्, जो कहिल्यै डगमगाउँदैनन्; तर सदासर्वदा स्थिर रहन्छन्।
PSA 125:2 जसरी पहाडहरूले यरूशलेमलाई घेरेका छन्, त्यसरी नै याहवेहले आफ्ना मानिसहरूलाई आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ।
PSA 125:3 धर्मीहरूलाई छुट्ट्याइएको देशमा, दुष्‍टहरूको राजदण्ड रहनेछैन। नत्रता धर्मीहरूले आफ्ना हात अधर्मतिर लगाउलान्।
PSA 125:4 हे याहवेह, जो असल छन्, तिनीहरूलाई असल गर्नुहोस्; तिनीहरूलाई, जसका हृदय सोझो छन्।
PSA 125:5 तर खराब मार्गतिर जो फर्कन्छन्, याहवेहले तिनीहरूलाई दुष्कर्मीहरूसितै धपाउनुहुनेछ। इस्राएलमाथि शान्ति कायम रहोस्!
PSA 126:1 आरोहणको गीत। जब याहवेहले निर्वासितहरूलाई सियोनमा फर्काएर ल्याउनुभयो, यो त सपनाजस्तो थियो।
PSA 126:2 त्यस बेला हाम्रा मुहारहरू हाँसोले भरिए; हाम्रा जिब्राहरू हर्षका गीतले भरिए। तब जाति-जातिहरूका बीच यसो भनियो, “याहवेहले तिनीहरूका निम्ति महान् कार्यहरू गर्नुभएको छ।”
PSA 126:3 याहवेहले हाम्रा निम्ति महान् कार्यहरू गर्नुभएको छ, र हामी आनन्दले भरिएका छौँ।
PSA 126:4 हे याहवेह, दक्षिण देशका पानीका मुहानहरूझैँ, निर्वासितहरूलाई स्थापित गरिदिनुहोस्!
PSA 126:5 जसले आँसु बहाउँदै बिउ छर्दछन्, तिनीहरू हर्षका गीत गाउँदै कटनी गर्नेछन्।
PSA 126:6 जो रुँदै-रुँदै बिउ बोकेर छर्नको लागि बाहिर जान्छन्, तिनीहरू हर्षका गीत गाउँदै अन्‍नका बिटाहरू बोकेर फर्कनेछन्।
PSA 127:1 सोलोमनको आरोहणको गीत। यदि याहवेहले नै घर बनाउनुभएन भने, बनाउनेहरूको परिश्रम व्यर्थ हुन्छ। याहवेहले नै सहरको रक्षा गर्नुभएन भने, पहरादारहरू जागा रहनु व्यर्थ हुन्छ।
PSA 127:2 बिहानै उठ्नु, र अबेरसम्म जागो रहनु, अनि शोकको भोजन गर्नु व्यर्थै हुन्छ— किनकि जसलाई उहाँले प्रेम गर्नुहुन्छ, तिनीहरूलाई उहाँले निद्रा दिनुहुन्छ।
PSA 127:3 छोराछोरीहरू याहवेहले दिनुभएका उत्तराधिकार हुन्; गर्भका फलहरू उहाँले दिनुभएका उपहार हुन्।
PSA 127:4 युवावस्थामा जन्मेका छोराछोरीहरू, वीर योद्धाका हातमा भएका काँडहरूझैँ हुन्छन्।
PSA 127:5 त्यो मानिस धन्यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ। मूलढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा तिनीहरू लाजमा पर्नेछैनन्।
PSA 128:1 आरोहणको गीत। याहवेहको भय मान्‍नेहरू र उहाँमा आज्ञाकारी भएर हिँड्नेहरू सबै धन्यका हुन्।
PSA 128:2 तिमीले आफ्ना परिश्रमको कमाइ खानेछौ; भलाइ र समृद्धि तिम्रा हुनेछन्।
PSA 128:3 तिम्रो घरमा तिम्री पत्नी फलवन्त दाखको बोटझैँ हुनेछिन्; र तिम्रा छोराछोरीहरू तिम्रो टेबुलको वरिपरि जैतुनका मुनाहरूजस्तै हुनेछन्।
PSA 128:4 हो, याहवेहको भय मान्‍ने जन यसरी नै आशिषित हुनेछ।
PSA 128:5 याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्; तिम्रो जीवनभरि नै तिमीले यरूशलेमको समृद्धि देख्नेछौ।
PSA 128:6 तिमी आफ्ना नातिनातिनाहरूलाई देख्ने गरी बाँच— इस्राएलमाथि शान्ति रहोस्!
PSA 129:1 आरोहणको गीत। “मेरो युवावस्थादेखि तिनीहरूले मलाई धेरै सताएका छन्,” इस्राएलले यसो भनोस्;
PSA 129:2 “तिनीहरूले मेरो युवावस्थादेखि मलाई धेरै सताएका छन्; तर तिनीहरूले मलाई जित्न सकेका छैनन्।
PSA 129:3 हलो जोत्नेहरूले मेरो पिठिउँमा जोतेका छन्; र पिठिउँभरि लामा फालिहरूले कोरेका छन्।
PSA 129:4 तर याहवेह धार्मिक हुनुहुन्छ; उहाँले दुष्‍टहरूका बन्धन तोडेर मलाई मुक्त गर्नुभएको छ।”
PSA 129:5 सियोनलाई घृणा गर्नेहरू सबै लज्जित भएर फर्किऊन्!
PSA 129:6 तिनीहरू छानामाथिका घाँसजस्ता होऊन्, जो बढ्न नपाउँदै ओइलाइहाल्छन्;
PSA 129:7 त्यसबाट काट्नेले आफ्नो एक मुट्ठी पनि भर्न सक्दैन, न बिटा बटुल्नेले एक अँगालो नै भर्न सक्दछ।
PSA 129:8 त्यहाँबाट भएर जानेहरूले तिनीहरूका निम्ति यस्तो कामना नगरून्, “याहवेहको आशिष् तिमीहरूमाथि रहोस्; याहवेहका नाममा हामी तिमीहरूलाई आशिष् दिन्छौँ।”
PSA 130:1 आरोहणको गीत। हे याहवेह, गहिराइहरूबाट म तपाईंलाई पुकार्छु;
PSA 130:2 हे प्रभु, मेरो सोर सुन्‍नुहोस्; दयाको निम्ति गरिएको मेरो पुकारलाई तपाईंका कानहरूले ध्यान देऊन्!
PSA 130:3 हे याहवेह, यदि तपाईंले पापको लेखा राख्नुभयो भने, हे प्रभु, को खडा हुन सक्छ र?
PSA 130:4 तर तपाईं क्षमाशील हुनुहुन्छ, त्यसैले हामी श्रद्धापूर्वक तपाईंको सेवा गर्दछौँ।
PSA 130:5 म याहवेहलाई पर्खन्छु, मेरा सारा जीवनले उहाँको बाटो हेर्दछ, अनि उहाँको वचनमा म आशा राख्दछु।
PSA 130:6 पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी, हो, पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी, म प्रभुको प्रतीक्षा गर्दछु।
PSA 130:7 हे इस्राएल, याहवेहमा आफ्नो आशा राख्; किनकि याहवेहसँग नै अचुक प्रेम छ; र उहाँसित नै पूर्ण उद्धार छ।
PSA 130:8 उहाँ आफैँले इस्राएललाई तिनीहरूका सबै पापहरूबाट छुटाउनुहुनेछ।
PSA 131:1 दावीदको आरोहणको गीत। हे याहवेह, मेरो हृदय घमण्डी छैन, मेरा आँखाहरू हठी छैनन्; म ठूला-ठूला कुराहरू अथवा आफूले पाउनै नसक्ने कुराहरूमा आफूलाई अल्झाउँदिनँ।
PSA 131:2 तर मैले आफूलाई शान्त र चुप गराएको छु; आमासँग तृप्‍त भएर बसेको बालकझैँ, आमाको दूध छुटाइएको बालकझैँ म सन्तुष्‍ट छु।
PSA 131:3 हे इस्राएल, अहिले र सदासर्वदा याहवेहमा नै आफ्नो आशा राख्!
PSA 132:1 आरोहणको गीत। हे याहवेह, दावीद र तिनले भोगेका सबै दुःखलाई सम्झनुहोस्।
PSA 132:2 तिनले याहवेहसँग शपथ खाए, तिनले याकोबका सर्वशक्तिमान्‌सँग भाकल गरे:
PSA 132:3 “म, तबसम्म आफ्नो घरमा पस्‍नेछैनँ, वा आफ्नो ओछ्यानमा सुत्नेछैनँ,
PSA 132:4 म मेरा आँखाहरूमा निद्रा आउन दिनेछैनँ, र आँखाहरूका पलकहरूलाई उँघ्न पनि दिनेछैनँ;
PSA 132:5 जबसम्म याहवेहका निम्ति एउटा ठाउँ र याकोबका सर्वशक्तिमान्‌को निम्ति म एउटा वासस्थान भेट्टाउँदिनँ।”
PSA 132:6 हामीले एप्रातामा त्यसको विषयमा सुन्यौँ; हामीले याआरको मैदानमा त्यसलाई भेट्टायौँ:
PSA 132:7 “हामी उहाँका वासस्थानमा जाऔँ; यसो भन्दै उहाँका पाउदानमा दण्डवत् गरौँ,
PSA 132:8 ‘हे याहवेह, उठ्नुहोस्, तपाईं र तपाईंको शक्तिको चिन्ह सन्दुकसमेत, तपाईंको विश्रामस्थलभित्र आउनुहोस्।
PSA 132:9 तपाईंका पुजारीहरूले तपाईंको धार्मिकताको वस्त्र पहिरिऊन्; र तपाईंका विश्‍वासयोग्य जनहरू आनन्दले जयजयकार गरून्!’ ”
PSA 132:10 आफ्ना सेवक दावीदको निम्ति, तपाईंका अभिषिक्त जनलाई अस्वीकार नगर्नुहोस्!
PSA 132:11 याहवेहले दावीदसँग शपथ खानुभयो; एउटा पक्‍का शपथ, जुन उहाँले फिर्ता लिनुहुनेछैन: “म तेरो सिंहासनमा तेरा सन्तानहरूमध्ये एक जनालाई बसाल्नेछु।
PSA 132:12 यदि तेरा छोराहरूले मेरो करार र मैले सिकाएका मेरा विधिहरू पालन गरे भने, तिनीहरूका छोराहरू पनि सदासर्वदाको निम्ति तेरो सिंहासनमा बस्‍नेछन्।”
PSA 132:13 किनकि याहवेहले सियोनलाई चुन्‍नुभएको छ; उहाँले त्यसलाई आफ्नो वासस्थान बनाउने इच्छा गर्नुभएको छ;
PSA 132:14 “यो सदासर्वदाको निम्ति मेरो विश्रामको स्थान हो; म यहीँ सिंहासनमा बस्‍नेछु; किनकि मैले यस्तै इच्छा गरेको छु।
PSA 132:15 प्रशस्त खानपानका थोकले म त्यसलाई आशिष् दिनेछु; र त्यसका गरिबहरूलाई म रोटीले तृप्‍त पार्नेछु।
PSA 132:16 त्यसका पुजारीहरूलाई पनि म मुक्तिको वस्त्र पहिराउनेछु; र त्यसका विश्‍वासयोग्य जनहरू आनन्दले सधैँ जयजयकार गर्नेछन्।
PSA 132:17 “यहाँ दावीदको निम्ति म एउटा सिङको टुसा उमार्नेछु; र मेरा अभिषिक्त जनको निम्ति बत्ती तयार गर्नेछु।
PSA 132:18 म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउनेछु; तर त्यसको शिर भने प्रकाशमय मुकुटले शोभायमान हुनेछ।”
PSA 133:1 दावीदको आरोहणको गीत। परमेश्‍वरका जनहरू एक-आपसमा एकतामा बस्‍नु कति असल र आनन्दमय कुरा हुन्छ!
PSA 133:2 यो त शिरमा खन्याइने मूल्यवान् तेलजस्तो हुन्छ, जो दाह्रीसम्म बगेर जान्छ, हारूनको दाह्रीसम्म बगेर जान्छ, जो उनका पोशाकको कठालोसम्मै बगेर जान्छ।
PSA 133:3 त्यो हेर्मोन पर्वतको शीत सियोन पर्वतमा परेजस्तै हुन्छ; किनकि त्यहीँ नै याहवेहले, आफ्नो अनन्त जीवनको आशिष् समेत खन्याउनुहुन्छ।
PSA 134:1 आरोहणको गीत। हे याहवेहका सबै सेवकहरू हो, याहवेहको प्रशंसा गर! तिमीहरू, जो याहवेहको भवनमा राति उहाँको सेवा गर्दछौ।
PSA 134:2 उहाँका पवित्रस्थानमा आफ्ना हात उचाल र याहवेहलाई प्रशंसा गर।
PSA 134:3 स्वर्ग र पृथ्वी बनाउनुहुने याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्!
PSA 135:1 याहवेहको प्रशंसा गर! याहवेहको नामको प्रशंसा गर; हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर।
PSA 135:2 तिमीहरू, जो याहवेहको भवनमा, हाम्रा परमेश्‍वरको भवनका चोकहरूमा सेवा गर्दछौ।
PSA 135:3 याहवेहको प्रशंसा गर! किनकि याहवेह भलो हुनुहुन्छ; उहाँको नामको गीत गाओ; किनकि त्यो आनन्दमय हुन्छ।
PSA 135:4 किनकि याहवेहले याकोबलाई आफ्नो बनाउन, अनि इस्राएललाई आफ्नो बहुमूल्य सम्पत्ति हुनलाई चुन्‍नुभएको छ।
PSA 135:5 म जान्दछु, याहवेह महान् हुनुहुन्छ, र हाम्रा प्रभु सबै देवहरूभन्दा महान् हुनुहुन्छ।
PSA 135:6 आकाशमा र पृथ्वीमा, समुद्रहरू अनि तिनका गहिराइमा, याहवेह आफ्नो इच्छाअनुसार गर्नुहुन्छ।
PSA 135:7 उहाँले पृथ्वीको छेउबाट बादल उठाउनुहुन्छ; उहाँले वर्षासित बिजुली पठाउनुहुन्छ; र उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ।
PSA 135:8 उहाँले इजिप्टका मानिस र पशु, दुवैका पहिले जन्मेकाहरूलाई मार्नुभयो।
PSA 135:9 हे इजिप्ट, उहाँले तेरो बीचमा, आफ्ना अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू, फारो र उनका सारा भारदारहरूका विरुद्धमा पठाउनुभयो।
PSA 135:10 उहाँले धेरै राष्ट्रहरूलाई नाश गर्नुभयो; र धेरै शक्तिशाली राजाहरूलाई मार्नुभयो—
PSA 135:11 एमोरीहरूका राजा सीहोन, बाशानका राजा ओग, र कनानका सबै राजाहरूलाई नष्‍ट गर्नुभयो—
PSA 135:12 अनि तिनीहरूका भूमि पैतृक सम्पत्तिको रूपमा, आफ्ना प्रजा इस्राएललाई उत्तराधिकारको रूपमा दिनुभयो।
PSA 135:13 हे याहवेह, तपाईंको नाम सदासर्वदा रहिरहन्छ; हे याहवेह, तपाईंको ख्याति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
PSA 135:14 किनकि याहवेहले आफ्ना मानिसहरूलाई निर्दोष प्रमाणित गर्नुहुनेछ, र आफ्ना सेवकहरूमाथि करुणा देखाउनुहुनेछ।
PSA 135:15 जाति-जातिहरूका मूर्तिहरू सुन र चाँदी हुन्, ती सबै मानिसहरूका हस्तकला मात्र हुन्।
PSA 135:16 तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्; आँखा त छन्, तर देख्न सक्दैनन्।
PSA 135:17 तिनीहरूका कान छन्, तर सुन्‍न सक्दैनन्; न तिनीहरूको मुखमा सास नै छ।
PSA 135:18 मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्; तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्।
PSA 135:19 हे सबै इस्राएलका घराना हो, याहवेहलाई प्रशंसा गर; हे हारूनका घराना हो, याहवेहलाई प्रशंसा गर;
PSA 135:20 हे लेवीका घराना हो, याहवेहलाई प्रशंसा गर; हे उहाँको डर मान्‍नेहरू हो, याहवेहलाई प्रशंसा गर।
PSA 135:21 सियोनबाट याहवेहलाई प्रशंसा होस्! यरूशलेममा बास गर्नुहुनेको प्रशंसा होस्! याहवेहको प्रशंसा गर!
PSA 136:1 याहवेहलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ।
PSA 136:2 देवताहरूका परमेश्‍वरलाई धन्यवाद देओ;
PSA 136:3 प्रभुहरूका प्रभुलाई धन्यवाद देओ:
PSA 136:4 उहाँलाई धन्यवाद देओ, उहाँले मात्र ठूला अद्‌भुत कार्यहरू गर्नुहुन्छ;
PSA 136:5 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना समझशक्तिले आकाश सृष्‍टि गर्नुभयो;
PSA 136:6 उहाँलाई धन्यवाद देओ, जसले पानीमाथि पृथ्वी फैलाउनुभयो;
PSA 136:7 उहाँलाई धन्यवाद देओ, जसले विशाल ज्योतिहरू बनाउनुभयो;
PSA 136:8 उहाँलाई धन्यवाद देओ, जसले दिनमा प्रभुत्व गर्नलाई सूर्य बनाउनुभयो;
PSA 136:9 उहाँलाई धन्यवाद देओ, जसले रातमा प्रभुत्व गर्नलाई चन्द्रमा र ताराहरू बनाउनुभयो;
PSA 136:10 उहाँलाई धन्यवाद देओ, जसले इजिप्टका पहिले जन्मेकाहरूलाई प्रहार गर्नुभयो;
PSA 136:11 र उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूको बीचबाट इस्राएललाई निकालेर ल्याउनुभयो;
PSA 136:12 उहाँलाई धन्यवाद देओ, जसले शक्तिशाली हात र पराक्रमी पाखुराले तिनीहरूलाई निकालेर ल्याउनुभयो;
PSA 136:13 उहाँलाई धन्यवाद देओ, जसले लाल समुद्रलाई दुई भागमा विभाजन गर्नुभयो;
PSA 136:14 उहाँलाई धन्यवाद देओ, जसले इस्राएललाई त्यसको बीचबाट पार गराउनुभयो;
PSA 136:15 उहाँलाई धन्यवाद देओ, जसले फारो र तिनका सेनालाई लाल समुद्रमा डुबाइदिनुभयो;
PSA 136:16 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना प्रजालाई उजाडस्थानबाट भएर डोर्‍याउनुभयो;
PSA 136:17 उहाँलाई धन्यवाद देओ, जसले ठूला-ठूला राजालाई नाश पार्नुभयो;
PSA 136:18 उहाँलाई धन्यवाद देओ, जसले शक्तिशाली राजालाई मार्नुभयो;
PSA 136:19 उहाँलाई धन्यवाद देओ, जसले एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो;
PSA 136:20 उहाँलाई धन्यवाद देओ, जसले बाशानका राजा ओगलाई मार्नुभयो;
PSA 136:21 उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश पैतृक सम्पत्तिको रूपमा दिनुभयो;
PSA 136:22 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना सेवक इस्राएललाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो।
PSA 136:23 उहाँलाई धन्यवाद देओ, जसले हामी सबैलाई हाम्रा दुर्दशामा स्मरण गर्नुभयो;
PSA 136:24 उहाँलाई धन्यवाद देओ, जसले हाम्रा शत्रुहरूबाट हामीलाई छुटाउनुभयो।
PSA 136:25 उहाँलाई धन्यवाद देओ, जसले हरेक प्राणीलाई भोजन दिनुहुन्छ।
PSA 136:26 स्वर्गका परमेश्‍वरलाई धन्यवाद देओ;
PSA 137:1 बेबिलोनका नदीहरूको किनारमा बसेर, हामी सियोनलाई सम्झँदै रोयौँ।
PSA 137:2 त्यहाँका लहरे पीपलहरूमा हामीले आफ्ना वीणाहरू झुण्ड्यायौँ,
PSA 137:3 किनकि हामीलाई बन्दी बनाएर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए; हामीलाई यातना दिनेहरूले हर्षका गीतको माग गरे। तिनीहरूले भने, “हाम्रा निम्ति सियोनका गीतहरूमध्ये एउटा गीत गाओ!”
PSA 137:4 बिरानो देशमा हुँदा कसरी हामी याहवेहको गीत गाउन सक्छौँ?
PSA 137:5 हे यरूशलेम, यदि मैले तँलाई बिर्सेको भए, मेरो दाहिने हातले आफ्नो सिप भूलोस्।
PSA 137:6 यदि मैले तँलाई नसम्झेको भए, यदि मैले यरूशलेमलाई आफ्नो सर्वोच्‍च आनन्द नमानेको भए, मेरो जिब्रो मुखको तालुमा टाँसिजाओस्!
PSA 137:7 हे याहवेह, यरूशलेमको पतन भएको दिन, एदोमीहरूले के गरे, सम्झनुहोस्। तिनीहरूले चीत्कार गरे, “त्यसलाई भत्काओ, जगदेखि नै त्यसलाई भत्काओ!”
PSA 137:8 सर्वनाश हुन लागेकी, हे बेबिलोनकी छोरी, तैँले हामीमाथि जे गरिस्, त्यसको लागि तँमाथि प्रतिशोध लिने मानिस धन्य हुनेछ।
PSA 137:9 त्यो धन्य हुनेछ, जसले तेरा स-साना बच्‍चाहरूलाई खोस्छ र तिनीहरूलाई चट्टानमा पछार्दछ।
PSA 138:1 सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। हे याहवेह, सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु; “देवताहरूका” सामु म तपाईंको प्रशंसाको गीत गाउनेछु।
PSA 138:2 म तपाईंको पवित्र मन्दिरतिर फर्केर दण्डवत् गर्नेछु; अनि तपाईंको अचुक प्रेम र विश्‍वसनीयताको निम्ति तपाईंको नामको प्रशंसा गर्नेछु; किनकि तपाईंले आफ्नो आदेश यति उच्‍च पार्नुभयो कि, यसले तपाईंको प्रसिद्धिलाई पनि पार गर्दछ।
PSA 138:3 जब मैले पुकारेँ, तपाईंले मलाई जवाफ दिनुभयो; तपाईंले मलाई बल दिएर ज्यादै साहसी बनाउनुभयो।
PSA 138:4 हे याहवेह, तपाईंका आदेशहरू सुनेर, यस पृथ्वीका सम्पूर्ण राजाहरूले तपाईंको प्रशंसा गरून्।
PSA 138:5 तिनीहरूले याहवेहका मार्गहरूको जयजयकार गरून्; किनकि याहवेहको महिमा महान् छ।
PSA 138:6 याहवेह उच्‍चमा हुनुभए तापनि उहाँले नम्रहरूमाथि दयाले हेर्नुहुन्छ; तर अहङ्कारीहरूलाई भने उहाँले टाढैबाट चिन्‍नुहुन्छ।
PSA 138:7 म सङ्कष्‍टको बीच भएर हिँड्नुपरे तापनि तपाईंले मेरो जीवनको रक्षा गर्नुहुन्छ; मेरा वैरीहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढाउनुहुन्छ; र तपाईंको दाहिने हातले मलाई बचाउनुहुन्छ।
PSA 138:8 याहवेहले मलाई निर्दोष प्रमाणित गर्नुहुनेछ; हे याहवेह, तपाईंको अचुक प्रेम, सदासर्वदा रहिरहन्छ; तपाईंका हातका कामहरूलाई नत्याग्नुहोस्।
PSA 139:1 सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। हे याहवेह, तपाईंले मलाई जाँच्नुभएको छ, अनि मलाई चिन्‍नुहुन्छ।
PSA 139:2 तपाईंले मेरो उठाइ र मेरो बसाइ जान्‍नुहुन्छ; तपाईंले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ।
PSA 139:3 तपाईंले मेरो हिँडाइ र मेरो सुताइ जान्‍नुहुन्छ; मेरा सबै मार्गहरूसँग तपाईं परिचित हुनुहुन्छ।
PSA 139:4 मेरो जिब्रोमा कुनै शब्द आउनअगि नै, हे याहवेह, तपाईंले त्यो सम्पूर्ण रूपले जान्‍नुहुन्छ।
PSA 139:5 तपाईंले मलाई अगि र पछिबाट घेर्नुभएको छ; र आफ्नो हात ममाथि राख्नुभएको छ।
PSA 139:6 मेरो निम्ति यस्तो ज्ञान ज्यादै आश्‍चर्यपूर्ण छ; यसलाई प्राप्‍त गर्न मेरो निम्ति अति कठिन छ।
PSA 139:7 तपाईंको आत्माबाट म कहाँ जान सक्छु? तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु?
PSA 139:8 यदि म स्वर्गमा गएँ भने तापनि त्यहाँ तपाईं हुनुहुन्छ; यदि पातालमा मैले आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ।
PSA 139:9 यदि प्रभातको पखेटामा उडेर, समुद्रको पल्‍लो किनारमा पुगेर बसेँ भने पनि,
PSA 139:10 त्यहाँ पनि तपाईंको हातले मलाई डोर्‍याउनेछ, र तपाईंको दाहिने हातले मलाई थाम्नेछ।
PSA 139:11 यदि मैले, “अन्धकारले मलाई छोपोस्, अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार होस्,” भनी भनेँ पनि
PSA 139:12 अन्धकार तपाईंको निम्ति अँध्यारो हुनेछैन; र रात पनि दिनझैँ चम्कनेछ; किनकि तपाईंको निम्ति अन्धकार पनि ज्योतिजस्तै हो।
PSA 139:13 किनकि तपाईंले नै मेरो अन्तस्करण बनाउनुभयो; तपाईंले मलाई मेरी आमाको गर्भमा बुन्‍नुभयो।
PSA 139:14 म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्‌भुत तरिकाले बनिएको छु; तपाईंका कार्यहरू अद्‌भुत छन्, म त्यो राम्ररी जान्दछु।
PSA 139:15 मेरो आकार तपाईंबाट लुकेको थिएन, जब म पृथ्वीको गहिराइमा रचिँदै थिएँ; जब म अदृष्यमा बनिँदैथिएँ;
PSA 139:16 तब तपाईंका आँखाले मेरो नबनिएको त्यो शरीरलाई देखे; मेरा निम्ति तोकिएका दिनहरू तपाईंको पुस्तकमा लेखिएका थिए; तीमध्ये एउटै कुरा पनि अस्तित्वमा आउनअगि सबै लेखिएका थिए।
PSA 139:17 हे परमेश्‍वर, मेरा निम्ति तपाईंका विचारहरू कति मूल्यवान् छन्! तिनको योग कति विशाल छ!
PSA 139:18 यदि मैले तिनलाई गन्ती गरेँ भने, बालुवाका कणहरूभन्दा पनि तिनको संख्या बढी हुनेछन्। जब म बिउँझन्छु, तब म तपाईंसँग नै भएको पाउँदछु।
PSA 139:19 हे परमेश्‍वर, तपाईंले दुष्‍टहरूलाई मार्नुभए त कति असल हुनेथियो! हे रक्तपिपासुहरू हो, मबाट दूर भइजाओ!
PSA 139:20 दुष्‍ट मनसायले तिनीहरू तपाईंको विषयमा बोल्दछन्; तपाईंका शत्रुहरूले तपाईंको नामको दुरुपयोग गर्दछन्।
PSA 139:21 हे याहवेह, तपाईंलाई घृणा गर्नेहरूलाई, के म घृणा गर्दिनँ र? र तपाईंको विरोध गर्नेहरूलाई, के म तुच्छ ठान्दिनँ र?
PSA 139:22 मेरो हृदयमा तिनीहरूका निम्ति घृणाबाहेक अरू केही छैन; म तिनीहरूलाई मेरै शत्रु ठान्दछु।
PSA 139:23 हे परमेश्‍वर, मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई चिन्‍नुहोस्; मलाई खार्नुहोस् र मेरा चिन्तित विचारहरू जान्‍नुहोस्।
PSA 139:24 हेर्नुहोस्, मभित्र कुनै आपत्तिजनक चाल पो छ कि, र मलाई अनन्तको मार्गमा डोर्‍याउनुहोस्!
PSA 140:1 दावीदको भजन। हे याहवेह, दुष्‍ट मानिसहरूदेखि मलाई छुटाउनुहोस्; हिंस्रक मानिसहरूदेखि मलाई रक्षा गरिदिनुहोस्;
PSA 140:2 जसले आफ्ना हृदयमा दुष्‍ट योजना बनाउँछन्, र दिनहुँ युद्ध मच्‍चाउँछन्।
PSA 140:3 तिनीहरूले आफ्ना जिब्राहरू सर्पको जत्तिकै विषालु बनाउँछन्; तिनीहरूका ओठमा गोमन सर्पको विष छ। सेला
PSA 140:4 हे याहवेह, दुष्‍टहरूका हातबाट मलाई सुरक्षित राख्नुहोस्; हिंस्रक मानिसबाट मलाई रक्षा गर्नुहोस्; जसले मेरा खुट्टाहरूमा ठेस लाग्ने योजना बनाउँछन्।
PSA 140:5 अहङ्कारी मानिसहरूले मेरो निम्ति पासो थापेका छन्; तिनीहरूले आफ्ना जाल बिछाएका छन्; र मेरो निम्ति बाटोमा धराप थापेका छन्। सेला
PSA 140:6 म याहवेहलाई भन्दछु, “तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ।” हे याहवेह, मेरो दयाको पुकार सुन्‍नुहोस्!
PSA 140:7 हे याहवेह प्रभु, मेरा शक्तिशाली उद्धारक, लडाइँका दिनमा तपाईंले मेरो शिर सुरक्षित राख्नुहुन्छ।
PSA 140:8 हे याहवेह, दुष्‍टहरूका इच्छा पूरा हुन नदिनुहोस्; तिनीहरूका योजनाहरू सफल हुन नदिनुहोस्। सेला
PSA 140:9 जसले मलाई चारैतिरबाट घमण्डले शिर उठाउँदै घेरेका छन्; तिनीहरूका ओठको दुष्‍टता तिनीहरूमाथि नै आइपरोस्!
PSA 140:10 झरझराउँदो भुङ्ग्रो तिनीहरूमाथि ओइरियोस्; तिनीहरूलाई आगोमा नै फ्याँकियोस्; र कहिल्यै उठ्न नसक्ने गरी हिलाम्मे खाडलमा जाकिऊन्!
PSA 140:11 निन्दा गर्नेहरू भूमिमा स्थापित नहोऊन्, हिंस्रक मानिसलाई विनाशले शिकार बनाओस्!
PSA 140:12 म जान्दछु, याहवेहले सताइएहरूका पक्षमा न्याय दिनुहुन्छ; र खाँचोमा परेकाहरूलाई न्यायको समर्थन गर्नुहुन्छ।
PSA 140:13 निश्‍चय नै धर्मीहरूले तपाईंको नामको प्रशंसा गर्नेछन्; अनि सत्यनिष्‍ठ मानिसहरू तपाईंको उपस्थितिमा बास गर्नेछन्।
PSA 141:1 दावीदको भजन। हे याहवेह, म तपाईंलाई पुकार्छु, तपाईं चाँडै मकहाँ आउनुहोस्; जब म तपाईंलाई पुकार्छु, मलाई सुनिदिनुहोस्!
PSA 141:2 मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपजस्तै होस्; र मैले आफ्ना हातहरू उचाल्दा, बेलुकीको त्यस बलिदानजस्तै ठहरिओस्!
PSA 141:3 हे याहवेह, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्; मेरा ओठहरूको ढोकामाथि रखवाली गरिदिनुहोस्!
PSA 141:4 मेरो हृदय खराब कुरातिर आकर्षित नहोस्; ताकि अधर्मीहरूका दुष्कर्ममा म कुनै भाग नलिऊँ; साथै ती कुकर्मीहरूसित मिलेर मैले तिनीहरूको स्वादिष्‍ठ भोजन खान नपरोस्!
PSA 141:5 धर्मी जनले मलाई हिर्काऊन्, त्यो त मेरो निम्ति दया हुनेछ; तिनले मलाई हप्काऊन्, त्योचाहिँ मेरो शिरको निम्ति तेल हुनेछ। मेरो शिरले त्यसलाई इन्कार गर्नेछैन; किनभने मेरो प्रार्थना सधैँ कुकर्मीहरूका कामको विरुद्ध हुन्छ।
PSA 141:6 तिनीहरूका शासक भिरबाट तल खसालिनेछन्, र दुष्‍टहरूले जान्‍नेछन् कि, मेरा वचनहरू ठिक थिए।
PSA 141:7 तिनीहरूले भन्‍नेछन्, “जसरी हलो जोत्नेले जमिन जोतेर फुटाउँछ, त्यसरी नै हाम्रा हाडहरू चिहानका मुखमा छरिएका छन्।”
PSA 141:8 हे याहवेह प्रभु, मेरा आँखा तपाईंतिरै रहन्छन्; म तपाईंमा शरण लिन्छु; मेरो जीवन मृत्युलाई नदिनुहोस्!
PSA 141:9 कुकर्मीहरूले मेरा निम्ति थापेको धरापबाट, तिनीहरूले थापेका पासोबाट मलाई रक्षा गर्नुहोस्!
PSA 141:10 म सकुशल उम्कँदा, दुष्‍टहरूचाहिँ तिनीहरूका आफ्नै जालमा फसून्।
PSA 142:1 दावीदको मस्किल; गुफामा हुँदा उनको प्रार्थना। उच्‍च सोरले म याहवेहलाई पुकार्दछु; दयाको निम्ति याहवेहमा म आफ्नो आवाज उचाल्छु।
PSA 142:2 उहाँको सामु म आफ्नो उजुर पोख्दछु; उहाँको सामु म आफ्नो पीडा प्रकट गर्दछु।
PSA 142:3 मेरो आत्मा मभित्र व्याकुल हुँदा, त्यो तपाईं नै हुनुहुन्छ, जसले मेरो मार्ग जान्‍नुहुन्छ। म हिँड्ने मार्गमा मानिसहरूले मेरो निम्ति पासो थापेका छन्।
PSA 142:4 मेरो दाहिने हातपट्टि हेर्नुहोस्; कसैलाई मेरो वास्ता छैन। मेरो शरणस्थान कहीँ छैन; कसैले मेरो जीवनको वास्ता गर्दैन।
PSA 142:5 हे याहवेह, म तपाईंलाई पुकार गर्छु; म भन्दछु, “तपाईं मेरो शरणस्थान हुनुहुन्छ, अनि जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ।”
PSA 142:6 मेरो पुकार सुनिदिनुहोस्; किनकि म ज्यादै नम्र भएको छु; मलाई खेद्नेहरूबाट मलाई बचाउनुहोस्; किनकि तिनीहरू मभन्दा धेरै बलिया छन्।
PSA 142:7 मेरो कैदबाट मलाई छुटाउनुहोस्; ताकि म तपाईंको नामको प्रशंसा गर्न सकूँ। म प्रतिको तपाईंको भलाइको कारण, धर्मीहरू मेरा चारैतिर भेला हुनेछन्।
PSA 143:1 दावीदको भजन। हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्; दयाको लागि मेरो अन्तर्बिन्तीलाई ध्यान दिनुहोस्; तपाईंको विश्‍वसनीयता र धार्मिकताअनुसार मलाई जवाफ दिनुहोस्!
PSA 143:2 आफ्नो सेवकलाई मुद्दा मामिलाको न्यायमा नलैजानुहोस्; किनकि कोही पनि जीवित मानिस तपाईंको सामु धर्मी ठहरिँदैन।
PSA 143:3 शत्रुले मलाई लखेट्छ; त्यसले मलाई जमिनमा लडाएर कुल्चन्छ; धेरै अगि नै मरिसकेकाहरूजस्तै गरी, त्यसले मलाई अन्धकारमा बस्‍न बाध्य पार्दछ।
PSA 143:4 यसर्थ मेरो आत्मा मभित्र खिन्‍न हुन्छ; मेरो हृदय मभित्रै विचलित भएको छ।
PSA 143:5 म अतीतका ती दिनहरू सम्झना गर्दछु; तपाईंका सबै कार्यहरूमा ध्यान गर्दछु, र तपाईंका हातले गरेका काममाथि विचार गर्दछु।
PSA 143:6 म मेरा हात तपाईंतिर फैलाउँछु; सुक्खा जमिनझैँ म तपाईंको निम्ति तिर्खाउँछु। सेला
PSA 143:7 हे याहवेह, मलाई झट्टै जवाफ दिनुहोस्; मेरो आत्मा क्षीण हुँदछ। तपाईंको मुहार मबाट नलुकाउनुहोस्; नत्र म चिहानभित्र जानेहरूझैँ हुनेछु।
PSA 143:8 हरेक बिहानले मेरा निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्; किनकि तपाईंमा नै मैले आफ्नो भरोसा राखेको छु; म कुन मार्गमा हिँड्नुपर्ने हो, त्यो मलाई देखाउनुहोस्; किनकि म मेरो जीवन तपाईंमा अर्पण गर्दछु।
PSA 143:9 हे याहवेह, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्; किनकि म आफूलाई तपाईंमा लुकाउँछु।
PSA 143:10 मलाई तपाईंको इच्छा पूरा गर्न सिकाउनुहोस्; किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ। तपाईंको असल आत्माले मलाई समतल जमिनमा डोर्‍याऊन्!
PSA 143:11 हे याहवेह, आफ्ना नामको खातिर मेरो जीवनको रक्षा गर्नुहोस्; तपाईंको धार्मिकतामा मलाई कष्‍टबाट छुटाउनुहोस्।
PSA 143:12 तपाईंको अचुक प्रेममा, मेरा शत्रुहरूलाई चुप गराइदिनुहोस्; मेरा सबै वैरीहरूलाई नाश पार्नुहोस्; किनकि म तपाईंको सेवक हुँ।
PSA 144:1 दावीदको भजन। याहवेह मेरा चट्टानलाई प्रशंसा होस्, जसले मेरा हातहरूलाई युद्धकला, र मेरा औँलाहरूलाई लडाइँ गर्न सिकाउनुहुन्छ।
PSA 144:2 उहाँ मेरो प्रेमिलो परमेश्‍वर, र मेरो किल्‍ला हुनुहुन्छ; उहाँ मेरो बलियो किल्‍ला र मेरो उद्धारक, मेरो ढाल, जसमा म शरण लिन्छु, उहाँले जाति-जातिहरूलाई मेरो अधीनमा राख्नुहुन्छ।
PSA 144:3 हे याहवेह, मानव-जाति के हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ, मरणशील मानिस को हो, र तपाईं त्यसको विचार गर्नुहुन्छ?
PSA 144:4 तिनीहरू त केवल सासजस्तो मात्र हुन्; तिनीहरूका आयु ढलिजाने छायाजस्तै मात्र हुन्।
PSA 144:5 हे याहवेह, आफ्ना स्वर्गहरूलाई खोल्नुहोस् र तल ओर्लनुहोस्; पर्वतहरूलाई छुनुहोस् र तीबाट धुवाँ उठोस्।
PSA 144:6 बिजुली चम्काउनुहोस् र मेरा शत्रुहरूलाई तितरबितर पार्नुहोस्! आफ्ना काँडहरू छोडेर तिनीहरूलाई अलमलमा पारिदिनुहोस्!
PSA 144:7 उच्‍च स्थानबाट आफ्ना हात लम्काउनुहोस्; अनि उर्लंदो बाढीबाट र विदेशीहरूका हातबाट मलाई उद्धार गर्नुहोस् र छुटाउनुहोस्।
PSA 144:8 जसका मुख झूटले भरिएका छन्, जसका दाहिने हात छली छन्।
PSA 144:9 हे मेरा परमेश्‍वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु; दशतारे वीणा बजाएर म तपाईंको निम्ति सङ्गीत बजाउनेछु,
PSA 144:10 उहाँलाई, जसले राजाहरूलाई विजय दिनुहुन्छ; जसले आफ्नो सेवक दावीदलाई छुटकारा दिनुहुन्छ। घातक तरवारबाट
PSA 144:11 मलाई छुटकारा दिनुहोस्; विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस्; जसको मुख झूटले भरिएको छ, जसको दाहिने हात छली छ।
PSA 144:12 तब हाम्रा छोराहरू तिनीहरूका युवाअवस्थामा मौलाउँदा रूखहरूजस्ता हुनेछन्, र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका स्तम्भहरूजस्ता हुनेछन्।
PSA 144:13 हाम्रा धनसारहरू हरेक किसिमका अन्‍नले भरिभराउ हुनेछन्; हाम्रा भेडाहरू हजारौँ गुणा बढ्नेछन्, हाम्रा खेतमा ती लाखौँ हुनेछन्;
PSA 144:14 हाम्रा गोरुहरूले गह्रौँ भारी बोक्नेछन्। जहाँ पर्खालहरू फोरिनेछैनन्; हामी निर्वासनमा जानुपर्नेछैन; हाम्रा सडकहरूमा विलापको रुवाइ हुनेछैन।
PSA 144:15 धन्यका हुन् ती प्रजाहरू; जसको जीवनमा यो सत्य साबित भएको छ; धन्यका हुन् ती प्रजाहरू, जसका परमेश्‍वर याहवेह हुनुहुन्छ!
PSA 145:1 दावीदको प्रशंसाको भजन। हे मेरा परमेश्‍वर, मेरा राजा, म तपाईंलाई उच्‍च पार्नेछु; म सदासर्वदा तपाईंको नामको प्रशंसा गर्नेछु।
PSA 145:2 हरेक दिन म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा तपाईंको नामको स्तुति गर्नेछु।
PSA 145:3 याहवेह महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ; उहाँको महानता अपार छ।
PSA 145:4 एक पुस्ताले अर्को पुस्तालाई तपाईंका महान् कामहरूको प्रशंसा गर्नेछन्; तिनीहरूले तपाईंका शक्तिशाली कामहरूको वर्णन गर्नेछन्।
PSA 145:5 तिनीहरूले तपाईंका ऐश्‍वर्यको महिमामय वैभवको वर्णन गर्नेछन्— र म तपाईंका आश्‍चर्यपूर्ण कार्यहरूमा मनन गर्नेछु।
PSA 145:6 मानिसहरूले तपाईंका अद्‌भुत कार्यहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्— र म तपाईंका महान् कार्यहरूको घोषणा गर्नेछु।
PSA 145:7 तिनीहरूले तपाईंको प्रशस्त भलाइको बारेमा उत्सव मनाउनेछन्, र तपाईंको धार्मिकताबारे आनन्दले जयजयकार गर्नेछन्।
PSA 145:8 याहवेह अनुग्रही र कृपालु हुनुहुन्छ; रिसाउनमा ढिलो र अचुक प्रेममा महान् हुनुहुन्छ।
PSA 145:9 याहवेह सबैमाथि भलो हुनुहुन्छ; र आफ्ना सारा सृष्‍टिमाथि उहाँले कृपा देखाउनुहुन्छ।
PSA 145:10 हे याहवेह, तपाईंले सृष्‍टि गर्नुभएका सबै थोकले तपाईंको प्रशंसा गर्दछन्; तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको स्तुति गर्नेछन्।
PSA 145:11 तिनीहरूले तपाईंको राज्यको महिमाको वर्णन गर्नेछन्; र तपाईंको शक्तिको बखान गर्नेछन्,
PSA 145:12 ताकि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू, र तपाईंका राज्यको महिमामय वैभव थाहा पाऊन्।
PSA 145:13 तपाईंको राज्य अनन्तको राज्य हो, र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ।
PSA 145:14 लडेकाहरू सबैलाई याहवेहले सहारा दिनुहुन्छ; दबिएकाहरू सबैलाई उठाउनुहुन्छ।
PSA 145:15 सबैका आँखाहरूले तपाईंकै बाटो हेर्दछन्; अनि तपाईंले तिनीहरूलाई उचित समयमा तिनीहरूको भोजन दिनुहुन्छ।
PSA 145:16 तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ, र हरेक जीवित प्राणीका इच्छाहरूलाई तृप्‍त पार्नुहुन्छ।
PSA 145:17 याहवेह उहाँका सबै मार्गहरूमा धर्मी हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ।
PSA 145:18 याहवेहलाई पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ, उहाँलाई सत्यतामा पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ।
PSA 145:19 उहाँको भय मान्‍नेहरूका इच्छालाई उहाँले पूरा गर्नुहुन्छ; उहाँले तिनीहरूको पुकार सुन्‍नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ।
PSA 145:20 उहाँलाई प्रेम गर्ने सबैलाई याहवेहले रक्षा गर्नुहुन्छ; तर सबै दुष्‍टहरूलाई उहाँले नाश पार्नुहुनेछ।
PSA 145:21 मेरो मुखले याहवेहको प्रशंसा गर्नेछ; हरेक प्राणीले सदासर्वदा उहाँको पवित्र नामको प्रशंसा गरून्!
PSA 146:1 याहवेहको प्रशंसा गर! हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!
PSA 146:2 म मेरो जीवनभरि याहवेहको प्रशंसा गर्नेछु; म बाँचुन्जेल मेरा परमेश्‍वरको प्रशंसा गाउनेछु।
PSA 146:3 शासकहरूमाथि भरोसा नगर; मानव-जातिमाथि, जसले बचाउन सक्दैन।
PSA 146:4 जब तिनीहरूको आत्मा निस्कन्छ; तिनीहरू माटोमै फर्कन्छन्; त्यही दिन नै तिनीहरूका योजनाहरू पनि व्यर्थ हुन्छन्।
PSA 146:5 धन्य हुन् तिनीहरू, जसका सहायक याकोबका परमेश्‍वर हुनुहुन्छ, जसको आशा याहवेह तिनीहरूका परमेश्‍वरमा हुन्छ।
PSA 146:6 उहाँ स्वर्ग र पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोकका सृष्‍टिकर्ता हुनुहुन्छ; उहाँ सदाकाल विश्‍वासयोग्य रहनुहुन्छ।
PSA 146:7 उहाँले थिचोमिचोमा परेकाहरूको पक्षमा भएर न्याय गर्नुहुन्छ; र भोकाएकाहरूलाई भोजन दिनुहुन्छ। याहवेहले कैदीहरूलाई स्वतन्त्र गरिदिनुहुन्छ;
PSA 146:8 याहवेहले दृष्‍टिविहीनहरूका आँखा खोलिदिनुहुन्छ; र दबिएकाहरूलाई उठाउनुहुन्छ; याहवेहले धर्मी जनहरूलाई प्रेम गर्नुहुन्छ।
PSA 146:9 याहवेहले विदेशीहरूको रक्षा गर्नुहुन्छ; अनाथ र विधवाहरूलाई सम्हाल्नुहुन्छ; तर दुष्‍टहरूको योजनालाई विफल पारिदिनुहुन्छ।
PSA 146:10 याहवेहले सदासर्वदा राज्य गर्नुहुन्छ। हे सियोन, तेरा परमेश्‍वरले सारा पुस्तौँ-पुस्तासम्म राज्य गर्नुहुनेछ। याहवेहको प्रशंसा गर!
PSA 147:1 याहवेहको प्रशंसा गर! हाम्रा परमेश्‍वरको स्तुति गाउनु असल हो; उहाँको प्रशंसा गर्नु कत्ति आनन्दमय र उचित छ!
PSA 147:2 याहवेहले यरूशलेमलाई पुनर्निर्माण गर्नुहुन्छ; उहाँले इस्राएलका निर्वासितहरूलाई एकिकृत गर्नुहुन्छ।
PSA 147:3 उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
PSA 147:4 उहाँले ताराहरूको संख्या तोक्नुहुन्छ; र ती सबैलाई नामद्वारा बोलाउनुहुन्छ।
PSA 147:5 हाम्रा प्रभु महान् र शक्तिशाली हुनुहुन्छ; उहाँको समझशक्तिको कुनै सीमा छैन।
PSA 147:6 याहवेहले नम्रहरूलाई सम्हाल्नुहुन्छ; तर दुष्‍टलाई भुइँमा खसाल्नुहुन्छ।
PSA 147:7 कृतज्ञतासहित याहवेहका निम्ति गाओ; वीणाको सङ्गीत बजाउँदै हाम्रा परमेश्‍वरको स्तुति गाओ।
PSA 147:8 उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ, र पृथ्वीलाई वर्षा दिनुहुन्छ; अनि पहाडहरूमा घाँस उमार्नुहुन्छ।
PSA 147:9 उहाँले पशुहरूलाई आहारा दिनुहुन्छ, र कागका बचेराहरू कराउँदा तिनीहरूलाई खुवाउनुहुन्छ।
PSA 147:10 उहाँको आनन्द घोडाको बलमा होइन, न त योद्धाका खुट्टामा उहाँ प्रसन्‍न हुनुहुन्छ;
PSA 147:11 तर याहवेह उहाँको भय मान्‍नेहरूसँग, उहाँको अचुक प्रेममाथि भरोसा राख्नेहरूसँग प्रसन्‍न हुनुहुन्छ।
PSA 147:12 हे यरूशलेम, याहवेहको स्तुति गर्! हे सियोन, आफ्ना परमेश्‍वरको प्रशंसा गर्।
PSA 147:13 उहाँले तेरा ढोकाहरूका आग्लोहरू बलियो पारिदिनुहुन्छ; अनि तँभित्र बास गर्ने जातिलाई आशिष् दिनुहुन्छ।
PSA 147:14 उहाँले तेरा सिमानाहरूमा शान्ति ल्याउनुहुन्छ, उहाँले तँलाई असल गहुँले सन्तुष्‍ट पार्नुहुन्छ।
PSA 147:15 उहाँले पृथ्वीमा आफ्नो आदेश पठाउनुहुन्छ; उहाँको उर्दी द्रूत गतिमा प्रसार हुन्छ।
PSA 147:16 उहाँले हिउँलाई ऊनजस्तै फैलाउनुहुन्छ; अनि तुसारोलाई खरानीझैँ छरिदिनुहुन्छ।
PSA 147:17 उहाँले असिना कङ्कढझैँ बर्साउनुहुन्छ; उहाँका कठ्याङग्रिने चिसोमा को टिक्न सक्छ?
PSA 147:18 उहाँले आफ्ना वचन पठाउनुहुन्छ र ती पगाल्नुहुन्छ; उहाँले आफ्नो बतास चलाउनुहुन्छ, र पानी बग्न थाल्छ।
PSA 147:19 उहाँले आफ्नो वचन याकोबलाई, अनि आफ्ना नियम र आदेशहरू इस्राएललाई प्रकट गर्नुभएको छ।
PSA 147:20 उहाँले अरू जातिको निम्ति यस्तो कार्य गर्नुभएको छैन; तिनीहरूले उहाँका नियमहरू जान्दैनन्। याहवेहको प्रशंसा गर!
PSA 148:1 याहवेहको प्रशंसा गर! स्वर्गहरूबाट याहवेहको प्रशंसा गर! उच्‍च स्थानहरूबाट उहाँको प्रशंसा गर!
PSA 148:2 हे उहाँका सबै दूतहरू हो, उहाँको प्रशंसा गर! हे उहाँका स्वर्गीय सेनाहरू हो, उहाँको प्रशंसा गर!
PSA 148:3 हे सूर्य र चन्द्रमा हो, उहाँको प्रशंसा गर; हे सबै चम्किला ताराहरू हो, उहाँको प्रशंसा गर!
PSA 148:4 हे सर्वोच्‍च स्वर्गहरू र आकाशमाथिका पानी हो, तिमीहरूले उहाँको प्रशंसा गर!
PSA 148:5 तिनीहरूले याहवेहको नामको प्रशंसा गरून्; किनकि तिनीहरू उहाँका आज्ञामा सृष्‍टि भए।
PSA 148:6 तब उहाँले तिनीहरूलाई सदासर्वदाको निम्ति स्थापना गर्नुभयो; उहाँले कहिल्यै नटल्ने उर्दी जारी गर्नुभयो।
PSA 148:7 पृथ्वीबाट याहवेहको प्रशंसा गर! हे सामुद्रिक विशाल जन्तुहरू हो, र सबै गहिरा सागरहरू हो,
PSA 148:8 बिजुली र असिना, हिउँ र बादल, उहाँका वचन पालन गर्ने आँधीबतास हो;
PSA 148:9 पर्वतहरू र सबै डाँडाहरू हो, फल फलाउने रूखहरू र सबै देवदारुहरू हो;
PSA 148:10 जङ्गली जनावर र सम्पूर्ण गाईबस्तुहरू हो; स-साना जीवजन्तु र उड्ने पक्षीहरू,
PSA 148:11 पृथ्वीका राजाहरू र राष्ट्रहरू, भारदारहरू र पृथ्वीका सबै शासकहरू,
PSA 148:12 युवकहरू र युवतीहरू, वृद्ध मानिसहरू र बालकहरू; सबैले याहवेहको प्रशंसा गर!
PSA 148:13 तिनीहरू सबैले याहवेहका नामको प्रशंसा गरून्; किनकि उहाँको नाम मात्र सबैभन्दा महान् छ; उहाँको वैभव पृथ्वी र आकाशभन्दा पनि उच्‍च छ।
PSA 148:14 उहाँले आफ्ना जातिहरूका निम्ति एउटा सिङ खडा गर्नुभएको छ; इस्राएलका सबै विश्‍वासयोग्य सेवकहरूका प्रशंसाको निम्ति, जो उहाँको हृदयका नजिक रहन्छन्। याहवेहको प्रशंसा गर!
PSA 149:1 याहवेहको प्रशंसा गर! याहवेहको निम्ति एउटा नयाँ गीत गाओ, उहाँको प्रशंसा उहाँका विश्‍वासयोग्य जनहरूका सभामा छ।
PSA 149:2 इस्राएल आफ्ना सृष्‍टिकर्तामा आनन्दित होओस्; सियोनका मानिसहरू तिनीहरूका राजामा रमाऊन्!
PSA 149:3 तिनीहरूले नाच्दै उहाँको नामको प्रशंसा गरून्; र उहाँको निम्ति खैँजडी र वीणाको सङ्गीत बजाऊन्!
PSA 149:4 किनकि याहवेह आफ्ना प्रजासित प्रसन्‍न हुनुहुन्छ; उहाँले नम्रहरूलाई विजयको मुकुट पहिर्‍याइदिनुहुन्छ।
PSA 149:5 उहाँका विश्‍वासयोग्य जनहरूले यस्तो सम्मानमा आनन्द मनाऊन्; र तिनीहरूले आनन्दको निम्ति आ-आफ्ना ओछ्यानमा गाऊन्!
PSA 149:6 तिनीहरूका मुखमा परमेश्‍वरको प्रशंसा होस्, र तिनीहरूका हातमा दुईधारे तरवार होस्,
PSA 149:7 ताकि राष्ट्रहरूका विरुद्धमा तिनीहरूले बदला लिनका निम्ति, र जाति-जातिहरूलाई दण्ड दिन;
PSA 149:8 तिनीहरूका राजालाई साङ्लाहरूले, र तिनीहरूका भारदारलाई फलामका साङ्लाहरूले बाँध्न;
PSA 149:9 तिनीहरूका विरुद्ध लेखिएका मृत्युदण्ड दिन सकून्— यही नै उहाँका सबै विश्‍वासयोग्य जनहरूको महिमा हो। याहवेहको प्रशंसा गर!
PSA 150:1 याहवेहको प्रशंसा गर! परमेश्‍वरलाई उहाँको पवित्र वासस्थानमा प्रशंसा गर; उहाँको शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर!
PSA 150:2 उहाँका शक्तिशाली कामहरूको निम्ति उहाँको प्रशंसा गर; उहाँको अपार महानताको निम्ति उहाँको प्रशंसा गर!
PSA 150:3 तुरही फुक्दै उहाँको प्रशंसा गर; वीणा र सितार बजाएर उहाँको प्रशंसा गर!
PSA 150:4 खैँजडी बजाएर नाच्दै उहाँको प्रशंसा गर; तारबाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
PSA 150:5 झ्याली बजाएर उहाँको प्रशंसा गर; गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!
PSA 150:6 सास हुने हरेकले याहवेहको प्रशंसा गरून्! याहवेहको प्रशंसा गर!
PRO 1:1 इस्राएलका राजा, दावीदका पुत्र, सोलोमनका हितोपदेशहरू:
PRO 1:2 बुद्धि र अनुशासन प्राप्‍त गर्नका निम्ति, अन्‍तर्दृष्‍टिका वचनको समझ प्राप्‍त गर्नका निम्ति,
PRO 1:3 विवेकी आचरणको अनुशासन प्राप्‍त गर्नको निम्ति जे धार्मिक, न्यायी र निष्पक्ष छ, त्यो गर्नको निम्ति,
PRO 1:4 सोझाहरूलाई समझदार, जवानहरूलाई ज्ञान र स्वविवेक दिनका निम्ति—
PRO 1:5 बुद्धिमान्‌ले सुनोस् र तिनीहरूका ज्ञान बढाऊन्; र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्—
PRO 1:6 हितोपदेश र दृष्‍टान्तहरू, बुद्धिमान्‌का भनाइ र गहिरा-गहिरा वचनहरू बुझ्नका निम्ति।
PRO 1:7 याहवेहको भय ज्ञानको सुरुवात हो, तर मूर्खले चाहिँ बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।
PRO 1:8 हे मेरा छोराछोरी, आफ्ना बुबाको शिक्षा सुन र आफ्नी आमाको शिक्षालाई नत्याग।
PRO 1:9 ती तिम्रा शिरका निम्ति शोभायमान मुकुट र तिम्रा गलामा सम्मानको हार हुन्।
PRO 1:10 हे मेरा छोराछोरी, यदि पापीहरूले तिमीहरूलाई उक्साए भने, तिनीहरूसँग नलाग!
PRO 1:11 तिनीहरूले यसो भन्लान्, “हामीसित आऊ, हामी निर्दोषको रक्तपात गर्न ढुकेर बसौँ,” हामी कुनै निर्दोषलाई आक्रमण गरौँ;
PRO 1:12 हामी तिनीहरूलाई चिहानले जस्तै जिउँदै निलौँ; र सबै पातालमा जानेहरूलाई जस्तै पूरै निलौँ,
PRO 1:13 हामी सबै किसिमका मूल्यवान् कुराहरू पाउनेछौँ; र हाम्रा घरहरूलाई लुटका सामानहरूले भर्नेछौँ;
PRO 1:14 तिमी हाम्रो साझेदार बन, यो धन हामी सबैको हुनेछ।
PRO 1:15 हे मेरो छोराछोरी, तिनीहरूसित नजाओ; तिनीहरूका मार्गमा खुट्टै नटेक!
PRO 1:16 किनकि तिनीहरूका खुट्टा दुष्‍ट काम गर्न हतारिन्छन्, तिनीहरू रक्तपात गर्न अग्रसर हुन्छन्।
PRO 1:17 चराहरूले देख्ने गरी जाल बिछ्यानु कति निरर्थक हुन्छ!
PRO 1:18 यी मानिसहरू आफ्नै रगतको निम्ति ढुक्दछन्, तिनीहरूले आफैँलाई पासो थाप्दछन्!
PRO 1:19 बेइमानीसित नाफा कमाउने सबैका मार्गहरू यस्तै हुन्छन्, जसले यो लिन्छ, यसले तिनीहरू सबैको जीवन लिन्छ।
PRO 1:20 बुद्धि बाहिर खुल्‍ला सडकमा चर्को सोरले कराउँछे; त्यसले सार्वजनिक चोकहरूमा आफ्नो आवाज उचाल्छे;
PRO 1:21 व्यस्त सडकका अग्ला स्थानमा त्यसले पुकार्दछे; सहरका मूलढोकाहरूमा त्यसले आफ्नो भाषण गर्छे।
PRO 1:22 तिमी सोझाहरूले कहिलेसम्म आफ्ना मूर्खतालाई प्रेम गरिरहन्छौ? कहिलेसम्म गिल्‍ला गर्नेहरू गिल्‍ला गर्नमै रमाउँछौ? र मूर्खहरूले ज्ञानलाई घृणा गरिरहन्छौ?
PRO 1:23 मेरो हप्काइ सुनेर पश्‍चात्ताप गर, म आफ्ना विचारहरू तिमीहरूलाई खन्याउनेछु; मेरा शिक्षाहरू तिमीहरूलाई बुझाउनेछु।
PRO 1:24 तर मैले बोलाउँदा तिमीहरूले मलाई सुन्‍न नचाहेकाले, र मैले आफ्ना हातहरू फैलाउँदा कसैले ध्यान नदिएकाले,
PRO 1:25 तिमीहरूले मेरा सबै सल्‍लाहलाई तुच्छ ठानेका हुनाले र मेरो हप्काइलाई स्वीकार नगरेका हुनाले,
PRO 1:26 यसको बदलामा तिमीहरूमाथि प्रकोप आउँदा म हाँस्‍नेछु; विपत्तिले तिमीहरूलाई छोप्दा म खिल्‍ली उडाउनेछु;
PRO 1:27 विपत्तिले आँधीजस्तै तिमीहरूलाई उडाउँदा, जब भुमरीजस्तै आपत्ति तिमीहरूमाथि मडारिएर आउँछ; जब सङ्कष्‍ट र दुःखले तिमीहरूलाई डुबाउँछन्।
PRO 1:28 “तब तिनीहरूले मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैनँ; तिनीहरूले मलाई खोज्नेछन्, तर मलाई भेट्टाउनेछैनन्।”
PRO 1:29 तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले, र याहवेहप्रति भय मान्‍न नचाहेका हुनाले;
PRO 1:30 तिनीहरूले मेरो सल्‍लाह ग्रहण नगरेका, र मेरो हप्काइलाई तिरस्कार गरेका हुनाले,
PRO 1:31 तिनीहरूले आफ्ना कामको फलबाट खानेछन् र आफ्ना कपटकै योजनाहरूका फलले तिनीहरू भरिनेछन्।
PRO 1:32 आफ्नै पथभ्रष्‍टताले गर्दा सोझाहरू मर्नेछन्, र मूर्खहरूको आफ्नै लापर्बाहीले तिनीहरूलाई नाश गर्नेछ।
PRO 1:33 तर जजसले मेरो कुरामा ध्यान दिन्छन्, उनीहरू सुरक्षित रहनेछन्, र विपत्तिको डरबाट ढुक्‍क भई रहनेछन्।
PRO 2:1 हे मेरो छोरा, “यदि तिमीले मेरो वचन मान्यौ र मेरा आज्ञाहरू आफूभित्र सावधानीसाथ राख्यौ भने,
PRO 2:2 आफ्नो कान बुद्धिका कुरामा फर्कायौ र तिम्रो हृदयलाई समझशक्तितिर लगायौ भने,
PRO 2:3 साँच्‍चै, तिमीले अन्तर्दृष्‍टिको निम्ति आह्वान गर्‍यौ भने, र समझशक्तिको निम्ति जोडसित पुकार्‍यौ भने,
PRO 2:4 र तिमीले त्यसलाई चाँदीझैँ चाहना गर्‍यौ भने, अनि लुकाइएको गाडधनजस्तै त्यसलाई खोज्यौ भने,
PRO 2:5 तब तिमीले याहवेहप्रति भय मान्‍नुको अर्थ बुझ्नेछौ, र परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछौ।”
PRO 2:6 किनकि याहवेहले बुद्धि दिनुहुन्छ, अनि उहाँकै मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।
PRO 2:7 उहाँले धर्मीहरूका निम्ति सफलता साँचेर राख्नुहुन्छ; निर्दोष जीवन जिउनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ,
PRO 2:8 किनकि उहाँले न्यायका मार्गको रक्षा गर्नुहुन्छ, र उहाँले आफ्ना विश्‍वासयोग्य जनहरूका मार्ग सुरक्षित राख्नुहुन्छ।
PRO 2:9 तब तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो, हो, असल मार्ग के हो, त्यो बुझ्नेछौ।
PRO 2:10 किनकि बुद्धि तिम्रो हृदयमा पस्‍नेछ, र ज्ञानचाहिँ तिम्रो प्राणको निम्ति आनन्ददायक हुनेछ।
PRO 2:11 विवेकले तिमीलाई हेरचाह गर्नेछ, र समझशक्तिले तिम्रो रक्षा गर्नेछ।
PRO 2:12 बुद्धिले तिमीलाई दुष्‍ट मानिसको मार्ग, र भ्रष्‍ट कुरा गर्ने मानिसबाट जोगाउनेछ,
PRO 2:13 जसले अन्धकारका मार्गहरूमा हिँड्नका लागि सीधा मार्गहरू त्यागेका छन्,
PRO 2:14 जो खराबी गर्नमा रमाउँछन्, र दुष्‍टहरूका भ्रष्‍टतामा आनन्दित हुन्छन्,
PRO 2:15 जसका चालहरू टेढा, र आफ्ना मार्गहरूमा कुटिल छन्।
PRO 2:16 बुद्धिले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ,
PRO 2:17 जुन स्त्रीले आफ्नो युवा अवस्थाको जीवन साथीलाई त्यागेकी छे, र त्यसले परमेश्‍वरसित बाँधेको करारलाई इन्कार गरेकी छे।
PRO 2:18 निश्‍चय नै त्यसको घरले मृत्युतिर र त्यसका मार्गहरूले मृतकहरूका आत्मातिर पुर्‍याउँछन्।
PRO 2:19 त्यससित जाने पुरुष फर्किआउँदैन, न त जीवनको मार्ग नै प्राप्‍त गर्छ।
PRO 2:20 यसरी तिमी असल मानिसहरूका कदम अनुसरण गर्नेछौ, र धर्मी मानिसको बाटोमा लागिरहनेछौ।
PRO 2:21 किनकि धर्मीहरू देशमा बास गर्नेछन्, र निर्दोष मानिसहरू त्यहाँ रहिरहनेछन्,
PRO 2:22 तर दुष्‍टहरूचाहिँ देशबाट हटाइनेछन्, र विश्‍वासघातीहरू त्यहाँबाट जरैसमेत उखालिनेछन्।
PRO 3:1 हे मेरो छोराछोरी, मेरो शिक्षालाई नबिर्स; तर मेरा आज्ञाहरूलाई आफ्नो हृदयमा लुकाइराख;
PRO 3:2 किनकि यसले तिमीलाई दीर्घायु बनाउनेछ, र तिम्रा लागि शान्ति र उन्‍नति ल्याउनेछ।
PRO 3:3 प्रेम र विश्‍वासयोग्यताले तिमीलाई कहिल्यै नछोडून्, ती तिमीले आफ्नो गलामा बाँधिराख, ती तिमीले आफ्नो हृदयको पाटीमा लेखिराख।
PRO 3:4 तब तिमीले परमेश्‍वर र मानिसहरूको दृष्‍टिमा निगाह र असल नाम कमाउनेछौ।
PRO 3:5 तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर!
PRO 3:6 आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प, र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।
PRO 3:7 आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन; याहवेहको डर मान, र दुष्कर्मलाई त्याग!
PRO 3:8 यसले तिम्रो शरीरलाई स्वस्थ तुल्याउनेछ र तिम्रा हड्डीहरूलाई पोषण दिनेछ।
PRO 3:9 आफ्ना धनसम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले याहवेहलाई आदर गर।
PRO 3:10 तब तिम्रा ढुकुटीहरू भरिएर पोखिनेछन्, र तिम्रा घ्याम्पाहरू नयाँ दाखमद्यले भरिपूर्ण हुनेछन्।
PRO 3:11 हे मेरा छोराछोरी, याहवेहको अनुशासनलाई तुच्छ नठान, र उहाँको हप्कीप्रति चित्त नदुःखाऊ;
PRO 3:12 किनकि जसलाई याहवेहले प्रेम गर्नुहुन्छ, उसलाई नै उहाँले अनुशासन गर्नुहुन्छ, जसरी बुबाले आफ्नो प्यारो छोरालाई ताडना दिन्छन्।
PRO 3:13 त्यो मानिस धन्यको हो, जसले बुद्धि प्राप्‍त गर्छ, र जसले समझशक्ति प्राप्‍त गर्छ,
PRO 3:14 किनकि यो चाँदीभन्दा लाभदायक हुन्छ, र यसले सुनभन्दा उत्तम प्रतिफल दिन्छ।
PRO 3:15 बुद्धि माणिकहरूभन्दा पनि मूल्यवान् हुन्छ, तिमीले इच्छा गरेका कुनै पनि थोक यससँग तुलना गर्न सकिँदैन।
PRO 3:16 यसको दाहिने हातमा दीर्घायु छ, र यसको देब्रे हातमा धनसम्पत्ति र सम्मान छन्।
PRO 3:17 यसका मार्गहरू आनन्ददायक हुन्छन्, र यसका सबै बाटाहरू शान्तिका हुन्छन्।
PRO 3:18 यसलाई पक्रिरहनेहरूका निम्ति यो जीवनको रूख हो, यसलाई अपनाउनेहरूका लागि आशिष् हो।
PRO 3:19 बुद्धिद्वारा नै याहवेहले पृथ्वीको जग बसाल्नुभयो, समझशक्तिद्वारा उहाँले स्वर्गहरूलाई ठिक ठाउँमा राख्नुभयो,
PRO 3:20 उहाँको ज्ञानद्वारा सागरका गहिराइहरू भाग-भाग भए, र बादलहरूले शीत वृष्‍टि गरे।
PRO 3:21 हे मेरो छोरोछोरी, बुद्धि र समझशक्तिलाई तिम्रो दृष्‍टिबाट जान नदेऊ, उचित न्याय र विवेकलाई जोगाइराख,
PRO 3:22 ती तिम्रा निम्ति जीवन, र तिम्रा गलामा शोभायमान गहनाजस्तै हुनेछन्।
PRO 3:23 तब तिमी आफ्नो मार्गमा सुरक्षित भई हिँड्नेछौँ, तब तिम्रा खुट्टाले ठेस खानेछैन।
PRO 3:24 जब तिमी ढल्किनेछौ, तब तिमीलाई डर लाग्नेछैन, जब तिमी ढल्किनेछौ, तिमीलाई मिठो निद्रा लाग्नेछ।
PRO 3:25 तिमीलाई अचानक आउने विपत्तिको अथवा दुष्‍टमाथि आइपर्ने विनाशको डर हुनेछैन।
PRO 3:26 किनकि याहवेह तिम्रो भरोसा हुनुहुनेछ, र उहाँले तिम्रो खुट्टाहरूलाई पासोमा फस्‍नदेखि बचाउनुहुनेछ।
PRO 3:27 जसलाई भलाइ गर्नुपर्ने हो, तिम्रो बल होउन्जेल त्यसलाई नरोक।
PRO 3:28 तिमीसित दिनलाई केही कुरा छ भने, आफ्नो छिमेकीलाई “पछि आऊ, म तिमीलाई भोलि दिनेछु” भनी नभन!
PRO 3:29 आफ्नो नजिकमा भरपर्दो गरी बस्‍ने छिमेकीको विरुद्धमा षड्यन्त्र नरच।
PRO 3:30 कारणविना कुनै मानिसलाई दोष नलगाऊ, जसले तिम्रो कुनै हानि गरेको छैन।
PRO 3:31 हिंसात्मक मानिसप्रति डाही नबन, अथवा त्यसको कुनै पनि बाटो नरोज।
PRO 3:32 किनकि याहवेहले दुष्‍ट मानिसलाई घृणा गर्नुहुन्छ, तर धर्मीहरूलाई आफ्नो विश्‍वासपात्र बनाउनुहुन्छ।
PRO 3:33 दुष्‍टको घरमा याहवेहको श्राप रहन्छ; तर धर्मीको घरलाई उहाँले आशिष् दिनुहुन्छ।
PRO 3:34 गिल्‍ला गर्ने घमण्डीहरूलाई उहाँले गिल्‍ला गर्नुहुन्छ, तर नम्र र पीडितहरूलाई उहाँले अनुग्रह दिनुहुन्छ।
PRO 3:35 बुद्धिमान्‌हरूले सम्मान प्राप्‍त गर्दछन्; तर मूर्खहरूलाई उहाँले लाजमा पार्नुहुनेछ।
PRO 4:1 हे मेरा छोराछोरीहरू हो, आफ्नो बुबाको अर्ती सुन, यसमा ध्यान दिएर समझशक्ति प्राप्‍त गर।
PRO 4:2 म तिमीहरूलाई उचित कुरा सिकाउँछु, यसकारण मेरो शिक्षालाई नत्याग!
PRO 4:3 किनभने म पनि आफ्नो बुबाको एक मात्र छोरो थिएँ, मेरी आमाको कोमल र प्यारो छोरो थिएँ।
PRO 4:4 मेरा बुबाले मलाई यसो भनेर सिकाउनुभयो, “तिम्रो पूरा हृदयले मेरो वचनहरू पक्रिराख, मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ।
PRO 4:5 बुद्धि प्राप्‍त गर, समझशक्ति प्राप्‍त गर; मेरा वचनहरू नबिर्स, र तिनीहरूदेखि तर्किएर नजाऊ।
PRO 4:6 बुद्धिलाई नत्याग, र यसले तिमीलाई रक्षा गर्नेछ; यसलाई प्रेम गर, र यसले तिमीलाई पहरा दिनेछ।
PRO 4:7 बुद्धि सर्वोच्‍च हो, यसकारण बुद्धि प्राप्‍त गर। समझशक्तिको लागि तिमीसित भएका कुनै पनि मूल्य चुकाउनुपरे तापनि यसलाई प्राप्‍त गर।
PRO 4:8 बुद्धिलाई कदर गर, र यसले तिमीलाई उच्‍च पार्नेछ, यसलाई ग्रहण गर, र यसले तिम्रो आदर गर्नेछ।
PRO 4:9 यसले तिम्रो शिरमा शोभायमान माला पहिर्‍याइदिनेछ, र महिमामय मुकुट प्रदान गर्नेछ।”
PRO 4:10 हे मेरो छोराछोरी, सुन; मैले भनेको कुरा स्वीकार गर, र तिम्रो जीवन दीर्घायु हुनेछ।
PRO 4:11 म तिमीलाई बुद्धिको मार्ग सिकाउँछु, र तिमीलाई सीधा बाटोमा डोर्‍याउँछु।
PRO 4:12 तिमी हिँड्दा कुनै पनि कुराले तिम्रा पाइलाहरूलाई छेक्नेछैनन्, अनि तिमी दगुर्दा तिमीलाई ठेस लाग्नेछैन।
PRO 4:13 अर्तीलाई पक्रिबस, यसलाई जान नदेऊ; यसलाई जोगाइराख; किनकि यो तिम्रो जीवन हो।
PRO 4:14 दुष्‍टको मार्गमा पाइला नटेक अथवा खराब मानिसहरूको चालमा नहिँड।
PRO 4:15 त्योदेखि टाढै बस, त्यस बाटोमा नहिँड, त्यसबाट फर्क र आफ्नै बाटो लाग।
PRO 4:16 किनकि दुष्‍टहरू खराब काम नगरी सुत्नै सक्दैनन्; कसैको खराबी नगरेसम्म तिनीहरूलाई निद्रै लाग्दैन।
PRO 4:17 तिनीहरूले दुष्‍टताको रोटी खान्छन् र हिंसाको मद्य पिउँछन्।
PRO 4:18 धर्मीको चाल बिहानको पहिलो ज्योतिजस्तै हो, त्यो मध्यदिन नहुन्जेल झन्-झन् चहकिलो हुँदैजान्छ।
PRO 4:19 तर दुष्‍टको चाल घोर अन्धकारजस्तै हो; तिनीहरू कुन कुराले आफ्नो पतन हुँदैछ, सो जान्दैनन्।
PRO 4:20 हे मेरो छोराछोरी, मेरो कुरामा ध्यान देऊ; मेरा वचनहरू ध्यानसित सुन।
PRO 4:21 ती तिम्रो दृष्‍टिदेखि अलग हुन नदेऊ; ती तिम्रो हृदयभित्र राख,
PRO 4:22 किनकि तिनलाई पाउनेहरूका लागि ती जीवन हुन्, र सारा शरीरको निम्ति स्वास्थ्य हो।
PRO 4:23 यी कुराहरूभन्दा बढी आफ्नो हृदयलाई नै सुरक्षित राख; किनकि यो नै सारा जीवनको मूल हो।
PRO 4:24 तिम्रो मुखबाट भ्रष्‍टता टाढै रहोस्, भ्रष्‍ट कुराकानी तिम्रो ओठदेखि टाढै रहोस्।
PRO 4:25 तिम्रा आँखाले सीधा अगिल्तिर हेरोस्, तिम्रो अगिल्तिर सोझै एक टक लगाएर हेरोस्।
PRO 4:26 तिम्रा खुट्टाहरूका निम्ति समतल मार्ग बनाऊ, र आफ्ना सबै मार्गहरूमा दृढ होऊ!
PRO 4:27 दाहिने अथवा देब्रेतिर नलाग; सबै दुष्‍ट कुराबाट आफ्ना खुट्टाहरू अलग राख!
PRO 5:1 हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान देऊ, अन्‍तर्दृष्‍टिका मेरा वचनहरू ध्यानपूर्वक सुन,
PRO 5:2 ताकि तिमीले विवेकलाई कायम राख्न सक, र तिम्रो ओठले ज्ञानको रक्षा गरोस्।
PRO 5:3 किनकि व्यभिचारिणी स्त्रीको ओठबाट मह चुहिन्छ, र त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ,
PRO 5:4 तापनि आखिरमा त्यो पित्तजस्तै तितो, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ।
PRO 5:5 त्यसका पाउहरू मृत्युको बाटोतिर लाग्छन्, त्यसका पाइलाहरू सोझै पातालतिर लाग्छन्।
PRO 5:6 त्यसले जीवनको मार्गतिर वास्तै गर्दिन; त्यसका मार्गहरू अस्थिर छन्, तापनि यो कुरा त्यसले थाहै गर्दिन।
PRO 5:7 अब, हे मेरा छोराहरू, मेरो कुरा सुन, म जे भन्छु, त्यसबाट तर्किएर नजाओ!
PRO 5:8 त्यस्ती स्त्रीको मार्गदेखि टाढै बस, त्यसको घरको ढोका नजिक जाँदै नजाओ!
PRO 5:9 नत्रता तिमीहरूले आफ्नो इज्जत अर्काका हातमा दिनेछौ, र तिमीहरूको प्रतिष्‍ठा निर्दयीको हातमा पर्नेछ,
PRO 5:10 अनि अरूले तिमीहरूको धनसम्पत्तिमा चैन गर्नेछन्, र तिमीहरूका परिश्रमले अर्काको घरलाई समृद्ध तुल्याउनेछ।
PRO 5:11 जीवनको अन्तिम समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरू गलेर हाड र छाला हुनेछौ।
PRO 5:12 तब तिमीहरूले भन्‍नेछौ, “हाय मैले कसरी अनुशासनलाई घृणा गरेँ, र कसरी मेरो हृदयले सुधारलाई लत्यायो!
PRO 5:13 मैले मेरा शिक्षकहरूको आज्ञापालन गरिनँ, र मलाई सिकाउनेहरूको कुरामा ध्यानै दिइनँ।
PRO 5:14 परमेश्‍वरका मानिसहरूको सभामा, म पूरै सर्वनाशको खाडलमा आइपुगेको छु।”
PRO 5:15 आफ्नै भाँडाको पानी पिऊ, र आफ्नै कुवाबाट बगेको पानी पिऊ!
PRO 5:16 के तिम्रा मुहानहरू सडकतिर, र तिम्रा मुहानका पानी चोकहरूतिर बगेर जाऊन्?
PRO 5:17 त्यो तिम्रै निम्ति मात्र होस्, त्यसको साझेदार पराईहरू हुन नपाऊन्।
PRO 5:18 तिम्रो मुहान धन्यको होस्; र आफ्नो युवाअवस्थाकी पत्नीसित तिमी आनन्दित होऊ!
PRO 5:19 मायालु मृग, राम्री हरिणीजस्तै, त्यसकै स्तनहरूले तिमीलाई सधैँ सन्तुष्‍ट राखून्, तिमी सधैँ त्यसकै प्रेममा मोहित भइबस।
PRO 5:20 हे मेरो छोरा, तिमी किन अर्काकी पत्नीको मोहमा फस्छौ? तिमी किन स्वेच्छाचारी स्त्रीलाई अँगालो हाल्छौ?
PRO 5:21 किनकि मानिसका चालहरू याहवेहमा छर्लङ्ग छन्; र उहाँले त्यसका सबै मार्गहरूको जाँच गर्नुहुन्छ।
PRO 5:22 दुष्‍ट मानिसका अधर्मले त्यसलाई पासोमा फसाउँछ, र आफ्नै पापको बन्धनमा त्यो जेलिन्छ।
PRO 5:23 अनुशासनको अभावमा तिनीहरू मर्नेछन्; आफ्नै घोर मूर्खताले बहकिनेछन्।
PRO 6:1 हे मेरो छोराछोरी, यदि तिमी आफ्नो छिमेकीका जमानी बसेका छौ भने, वा पराईसँग वाचा बाँधेका छौ भने,
PRO 6:2 यदि आफूले बोलेको कुरामा तिमी फसेको छौ भने, र आफ्नै मुखको वचनले पासोमा फस्यौ भने,
PRO 6:3 हे मेरो छोराछोरी, तिमी आफ्नो छिमेकीको पन्जामा परेको हुनाले; आफूलाई मुक्त पार्न यसो गर: जाऊ र आफूलाई नम्र पार, र छिमेकीसँग खुरन्धार बिन्ती गर।
PRO 6:4 तिम्रा आँखाहरूलाई सुत्न नदेऊ, र तिम्रा आँखाको पलकलाई निदाउन नदेऊ।
PRO 6:5 शिकारीको हातबाट हरिण उम्केजस्तै, व्याधाको हातबाट चरा फुत्केजस्तै तिमीले आफूलाई मुक्त गर।
PRO 6:6 ए अल्छे, कमिलाकहाँ गएर त्यसको चालढङ्ग हेर्, र बुद्धिमानी बन्!
PRO 6:7 त्यसको कोही सेनापति हुँदैन, न त रेखदेख गर्ने शासक नै हुन्छ,
PRO 6:8 तरै पनि त्यसले ग्रीष्म ऋतुमा अन्‍नको भण्डार तयार गर्छ, र कटनीको समयमा आफ्नो खानेकुरा जम्मा गर्छ।
PRO 6:9 ए अल्छे, कहिलेसम्म तँ त्यहाँ ढल्किरहन्छस्? तँ आफ्नो निद्राबाट कहिले जाग्छस्?
PRO 6:10 एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले,
PRO 6:11 तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।
PRO 6:12 दुष्‍ट र उपद्रवी मानिस, जो भ्रष्‍ट मुख लिएर यताउति गर्दै हिँड्छ,
PRO 6:13 जसले आँखा झिम्काउँछ, आफ्ना खुट्टाले इसारा गर्छ; र औँलाले चलाउँछ,
PRO 6:14 आफ्नो छली हृदयमा त्यसले दुष्‍ट कुरा रच्दछ। त्यसले सधैँ विवाद उत्पन्‍न गराउँछ।
PRO 6:15 यसकारण विपत्ति त्यसमाथि अचानक आइलाग्नेछ; त्यो अचानक उपायविना नै नष्‍ट हुनेछ।
PRO 6:16 यी छ वटा कुराहरू याहवेहले घृणा गर्नुहुन्छ, सात वटा कुराहरू उहाँमा तुच्छ छन्:
PRO 6:17 अहङ्कारी आँखा, झूटो बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात,
PRO 6:18 दुष्‍ट युक्ति रच्ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाउहरू,
PRO 6:19 असत्य थुपार्ने झूटो साक्षी र समुदायको बीचमा कलह उठाउने मानिस।
PRO 6:20 हे मेरो छोरा, आफ्नो बुबाको आज्ञापालन गर; र आफ्नी आमाको शिक्षालाई नत्याग।
PRO 6:21 त्यसलाई तिम्रो हृदयमा सधैँको लागि टाँसी राख, त्यसलाई तिम्रो गलामा बाँधिराख।
PRO 6:22 जब तिमी हिँड्छौ, त्यसले तिमीलाई अगुवाइ गर्नेछ; जब तिमी निदाउँछौ, त्यसले तिम्रो सुरक्षा गर्नेछ; जब तिमी जाग्नेछौ, त्यसले तिमीलाई सल्‍लाह दिनेछ।
PRO 6:23 किनकि यो आज्ञा एउटा बत्ती हो, र शिक्षाचाहिँ ज्योति हो; अनि अनुशासनको सुधार जीवनका मार्ग हुन्,
PRO 6:24 जसले तिमीलाई चरित्रहीन स्त्रीबाट, स्वेच्छाचारी पत्नीको चिप्ले कुराबाट बचाउँछ।
PRO 6:25 तिम्रो हृदयमा त्यसको सुन्दरताको चाहना नगर; त्यसका आँखाले तिमीलाई वशमा नपारोस्।
PRO 6:26 किनकि वेश्याले तिमीलाई रोटी समान बनाउँछे, तर अर्काकी पत्नीले झन् तिम्रो जीवनलाई नै शिकार बनाउँछे।
PRO 6:27 के मानिसले आफ्नो काखमा आगो राख्यो भने उसको लुगा डढ्दैन र?
PRO 6:28 के मानिस भुङ्ग्रोमाथि हिँड्यो भने त्यसका पाउहरू जल्दैन र?
PRO 6:29 त्यसरी नै जो मानिस अर्काकी पत्नीसित सुत्छ, त्यसलाई छुने कोही पनि दण्ड नपाई उम्कनेछैन।
PRO 6:30 भोकले मर्न लागेको चोरले आफ्नो भोक मेटाउनलाई चोरी गरेकोमा कसैले त्यसलाई तुच्छ ठान्दैन।
PRO 6:31 तर यदि त्यो पक्राउ पर्‍यो भने त्यसले सात गुणा बढी तिर्नुपर्छ; चाहे त्यो उसको घरको सम्पूर्ण धन नै किन नहोस्।
PRO 6:32 तर व्यभिचार गर्ने व्यक्तिसित विवेक हुँदैन; यसो गर्ने सबैले आफूलाई नष्‍ट गर्छन्।
PRO 6:33 मुक्‍का र अपमान त्यसको भाग हुनेछ; र त्यसको अपमान कहिल्यै मेटिनेछैन।
PRO 6:34 किनकि डाहले पतिको क्रोधलाई उत्तेजित गराउँछ, र दयामाया नदेखाईकनै त्यसले बदला लिनेछ।
PRO 6:35 त्यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन; त्यसले जतिसुकै ठूलो घूसलाई पनि अस्वीकार गर्नेछ।
PRO 7:1 हे मेरो छोरा, मेरा वचनहरू पालन गर, र मेरा आज्ञाहरूलाई आफूभित्र साँचिराख।
PRO 7:2 मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ, मेरा अर्तीहरूलाई आफ्नो आँखाको नानीजस्तै जोगाइराख।
PRO 7:3 तिनलाई तिम्रा औँलाहरूमा बाँधिराख, तिनलाई आफ्नो हृदयको पाटीमा लेखिराख।
PRO 7:4 बुद्धिलाई भन, “तिमी मेरी बहिनी हौ,” र समझशक्तिलाई चाहिँ “तिमी मेरो आफन्त हौ।”
PRO 7:5 तिनले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीको चिप्ले कुराबाट बचाउनेछन्।
PRO 7:6 आफ्नो घरको झ्यालमा त्यसको आँखीझ्यालबाट मैले बाहिर हेरेँ।
PRO 7:7 मैले सोझाहरूको बीचमा, मैले जवान मानिसहरूमध्ये विवेक नभएको एउटा जवानलाई देखेँ।
PRO 7:8 त्यो तल सडक छेउको त्यस स्त्रीको घरको कुनामा जाँदैथियो; त्यो त्यसकै घरको कुनातिर हिँड्दैथियो।
PRO 7:9 दिन ढल्दै गरेको साँझको समय थियो, रातको अन्धकार बढ्दै थियो।
PRO 7:10 तब एउटी स्त्री त्यसलाई भेट्न आई, चरित्रहीन स्त्रीको जस्तै वस्त्र पहिरेकी र धूर्त नियत भएकी,
PRO 7:11 (त्यो चञ्चल र अभिमानी छे; त्यसका पाउहरू कहिल्यै घरमा बास बस्दैनन्,
PRO 7:12 त्यो कहिले सडकमा त कहिले चोकहरूमा हुन्छे; त्यो प्रत्येक कुनाकाप्चामा ढुकिबस्छे।)
PRO 7:13 तब त्यसले त्यसलाई समाती र चुम्बन गरी, अनि लाजै नमानी त्यसले भनी:
PRO 7:14 “मैले घरमा मेलबलि चढाउनु परेको छ; आज मैले आफ्नो भाकल पूरा गरेकी छु।
PRO 7:15 त्यसैले म तपाईंलाई भेट्न बाहिर आएकी हुँ, मैले तपाईंलाई खोजेँ, र अहिले भेट्टाएकी छु!
PRO 7:16 मैले मेरो ओछ्यानमा इजिप्टबाट ल्याएको मलमलको रङ्गीन तन्‍ना बिछ्याएकी छु।
PRO 7:17 मैले मेरो ओछ्यानमा मूर्र, एलवा र दालचिनीको सुघन्धित अत्तर छर्केकी छु।
PRO 7:18 आउनुहोस्, हामी बिहानसम्मै प्रेमले तृप्‍त बनौँ, हामी प्रेममा मस्त होऔँ!
PRO 7:19 मेरा पति घरमा हुनुहुन्‍न, उहाँ लामो यात्रामा जानुभएको छ।
PRO 7:20 उहाँले आफ्नो थैलीभरि रकम लानुभएको छ, र उहाँ पूर्णिमाको अगि घर फर्कनुहुन्‍न।”
PRO 7:21 लोभ्याउने वचनहरूले उसले त्यसलाई बहकाई; उसले त्यसलाई मोहित कुराले फसाई।
PRO 7:22 मारिनका निम्ति लगिएको गोरुझैँ, पासोमा फस्‍न लागेको मृगझैँ, त्यो तुरुन्तै त्यस स्त्रीको पछि लाग्यो,
PRO 7:23 काँडले त्यसको कलेजो नरोपिएसम्म, एउटा चरा पासोमा पर्नलाई वेगसित उडिआए जस्तै, त्यसलाई आफ्नो प्राण गुमाउनुपर्छ भन्‍ने थाहा हुँदैन।
PRO 7:24 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, म जे भन्छु, त्यसमा ध्यान देओ।
PRO 7:25 त्यस्ता स्त्रीतर्फ आफ्ना हृदय नफर्काओ, न त त्यसका मार्गहरूतिर हिँड।
PRO 7:26 त्यसले धेरैलाई शिकार बनाएकी छे; त्यसद्वारा नष्‍ट पारिएकाहरू असंख्य छन्।
PRO 7:27 त्यसको घर चिहानको राजमार्ग हो, जसले मृत्युका कोठाहरूतिर पुर्‍याउँछ।
PRO 8:1 के बुद्धिले आह्वान गर्दैन? के समझशक्तिले त्यसको आवाज उच्‍च पार्दैन?
PRO 8:2 गल्‍लीका उचाइहरूमा, जहाँ बाटाहरूका मिलन हुन्छ, त्यसले त्यहाँ आफ्नो अडान लिन्छ,
PRO 8:3 सहरमा पुर्‍याउने मूलढोकाहरूको छेउमा, प्रवेश द्वारहरूमा त्यो चर्को सोरले यसरी कराउँछ:
PRO 8:4 “हे मानिसहरू हो, म तिमीहरूलाई कराएर भन्छु; म सारा मानव-जातिलाई आफ्नो आवाज सुनाउँछु।
PRO 8:5 तिमीहरू जो सोझा छौ, सक्षम होऊ। तिमीहरू जो मूर्ख छौ, समझशक्ति प्राप्‍त गर्ने होऊ।
PRO 8:6 सुन, किनकि मसँग भन्‍नलाई काम लाग्ने कुराहरू छन्, जे ठिक छ, त्यो भन्‍न म मेरो ओठ खोल्छु।
PRO 8:7 मेरो मुखले साँचो कुरा बोल्दछ; किनकि मेरो ओठले दुष्‍टतालाई घृणा गर्छ।
PRO 8:8 मेरो मुखका सबै वचन न्यायसङ्गत छन्; तीमध्ये एउटै पनि बाङ्गा-टिङ्गा अथवा भ्रष्‍ट छैन।
PRO 8:9 विवेकशील व्यक्तिका लागि मेरा वचन ठिक छन्, ज्ञान हुने मानिसको निम्ति ती धार्मिक छन्।
PRO 8:10 मेरो अर्तीलाई चाँदीको सट्टामा, र ज्ञानलाई उत्तम सुनको सट्टामा चुन;
PRO 8:11 किनकि बुद्धि माणिकहरूभन्दा मूल्यवान् हुन्छ, र तिमीले इच्छा गरेको कुनै पनि कुरा त्यसको दाँजोमा आउँदैन।
PRO 8:12 “म, बुद्धि, विवेकसँग बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्।”
PRO 8:13 याहवेहप्रतिको भय दुष्‍टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्काउने कुराहरूलाई म घृणा गर्दछु।
PRO 8:14 परामर्श र उचित फैसला मद्वारा नै हुन्छन्; मसित समझशक्ति छ, र मसित सामर्थ्य छ।
PRO 8:15 मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायसङ्गत उर्दी जारी गर्छन्।
PRO 8:16 मद्वारा नै शासकहरूले राज्यव्यवस्था चलाउँछन्— र पृथ्वीमा शासन गर्ने सबै शासकहरू।
PRO 8:17 मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु; मेरो खोजी गर्नेहरूले मलाई भेट्टाउँछन्।
PRO 8:18 मसित धन र आदर, रहिरहने सम्पत्ति र समृद्धि छन्।
PRO 8:19 मेरो फल असल सुनभन्दा राम्रो छ; म जे पाउँछु, त्यो चुनिएको चाँदीभन्दा असल हुन्छ।
PRO 8:20 म धार्मिकताका बाटो हिँड्छु, र न्यायको मार्गमा हिँड्छु,
PRO 8:21 मलाई प्रेम गर्नेहरूलाई म धनसम्पत्तिले भरिपूर्ण पार्छु र म तिनीहरूका भण्डार भरिदिनेछु।
PRO 8:22 याहवेहले आफ्नो सृष्‍टिको सुरुमा नै, उहाँका पुरातनका सबै कामहरूभन्दा पहिले नै मलाई सृजनुभयो,
PRO 8:23 परापूर्वकाल अगि नै, अर्थात् संसारको सुरु हुनुभन्दा पहिलेदेखि नै मेरो सृष्‍टि भएको थियो।
PRO 8:24 सागरहरू हुनुभन्दा पहिले, पानीले भरिएका मुहानहरू हुनुभन्दा अगि नै मेरो जन्म भएको थियो,
PRO 8:25 पर्वतहरू आ-आफ्ना स्थानमा स्थापित हुनुभन्दा पहिले नै, पहाडहरूभन्दा पहिल्यै मेरो जन्म भएको थियो।
PRO 8:26 उहाँले पृथ्वी र त्यसका जमिनहरू, वा पृथ्वीका धुलो बनाउनुभन्दा अगि नै म सृजिएको थिएँ।
PRO 8:27 जब उहाँले आकाशलाई स्थापित गर्नुभयो, म अस्तित्वमा थिएँ; उहाँले महासागरमाथि क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ।
PRO 8:28 जब उहाँले माथिका बादलहरू स्थापित गर्नुभयो; जब पानीको मूललाई स्थिर गर्नुभयो;
PRO 8:29 जब पानीलाई उहाँको आज्ञा नाघेर बाहिर नजाओस् भनेर उहाँले समुद्रको सिमाना तोकिदिनुभयो; जब उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो;
PRO 8:30 त्यस समय म एक कारिगरजस्तै उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थेँ; उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थेँ।
PRO 8:31 उहाँको सम्पूर्ण संसारमा म आनन्द मनाउँथे, र मानव जातिमा प्रसन्‍न रहन्थेँ।
PRO 8:32 अब हे मेरा छोराछोरीहरू हो, मेरा कुरा सुन; तिनीहरू धन्य हुन्, जसले मेरा मार्गहरू पछ्याउँछन्।
PRO 8:33 मेरा अर्तीहरू सुन र बुद्धिमान् होओ, त्यसलाई बेवास्ता नगर,
PRO 8:34 त्यो मानिस धन्य हो, जसले मेरा वचन सुन्छ, जो दिनदिनै मेरा ढोकाहरूमा नियालेर हेर्दै, मेरो ढोकाको छेउमा पर्खिरहन्छ।
PRO 8:35 किनकि जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ, र याहवेहबाट निगाह प्राप्‍त गर्छ।
PRO 8:36 “तर जसले मलाई भेट्टाउन असफल हुन्छ, त्यसले आफूलाई नोक्सानी गर्छ, मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छन्।”
PRO 9:1 बुद्धिले आफ्नो घर बनाएको छ; त्यसले सात वटा खाँबो काटेर गाडेको छ।
PRO 9:2 त्यसले मासु पकाएको छ, र दाखमद्य तयार पारेको छ, त्यसले आफ्नो टेबुल पनि ठिक पारेको छ।
PRO 9:3 त्यसले आफ्नो सेवकहरूलाई बाहिर पठाएको छ, र सहरमा सबैभन्दा अग्लो ठाउँबाट बोलाउँछ।
PRO 9:4 “सोझाहरू सबै मेरो घरभित्र आओ!” ती समझ नभएकाहरूलाई त्यसले भन्छ:
PRO 9:5 “आओ, मसँग खाओ, र मैले मिसाएको दाखमद्य पिओ।
PRO 9:6 आफ्ना सोझा चालहरू त्याग, र तिमीहरू बाँच्नेछौ।” समझशक्तिको मार्गमा हिँड।
PRO 9:7 गिल्‍ला गर्नेलाई सुधार्नेले अपमान निम्त्याउँछ, जसले दुष्‍टलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ।
PRO 9:8 गिल्‍ला गर्नेलाई नहप्काऊ, नत्रता त्यसले तिमीलाई घृणा गर्नेछ; बुद्धिमान् मानिसलाई हप्काऊ, र त्यसले तिमीलाई प्रेम गर्नेछ।
PRO 9:9 बुद्धिमान्‌लाई अर्ती देऊ, र ऊ अझ बुद्धिमान् हुनेछ; धर्मी मानिसलाई शिक्षा देऊ, र उसले आफ्नो ज्ञान अझ बढाउँछ।
PRO 9:10 याहवेहको भय नै बुद्धिको सुरुवात हो, र पवित्र परमेश्‍वरको ज्ञान नै समझशक्ति हो।
PRO 9:11 किनकि बुद्धिद्वारा नै तिमी दीर्घायु हुनेछौ, र तिम्रो जीवनका वर्षहरू थपिनेछन्।
PRO 9:12 यदि तिमी बुद्धिमान् हौ भने तिमीलाई बुद्धिले इनाम दिनेछ; यदि तिमी गिल्‍ला गर्ने हौ भने तिमीले दुःख मात्र पाउनेछौ।
PRO 9:13 अज्ञानी स्त्री कोलाहलपूर्ण हुन्छे; त्यो सोझी र अज्ञानी हुन्छे।
PRO 9:14 त्यो आफ्नो घरको ढोकामा बस्छे, सहरका सबैभन्दा अग्लो ठाउँमा बस्छे,
PRO 9:15 आफ्नो बाटो सरासर हिँडिरहेकाहरूलाई त्यसले नजिकबाट बोलाउँछे।
PRO 9:16 “सोझाहरू सबै मेरो घरभित्र आओ!” ती समझ नभएकाहरूलाई त्यसले भन्छे:
PRO 9:17 “चोरीको पानी मिठो हुन्छ, गुप्‍तमा खाएको भोजन स्वादिष्‍ठ हुन्छ!”
PRO 9:18 तर तिनीहरूले त्यहाँ मृतकहरू छन्, र त्यसका पाहुनाहरू गहिरा चिहानभित्र छन् भन्‍ने कुरा जान्दैनन्।
PRO 10:1 सोलोमनका हितोपदेश: बुद्धिमान् छोराछोरीले आफ्ना बुबालाई खुशी तुल्याउँछन्, तर मूर्ख छोराछोरीले आफ्नी आमालाई पिरोल्छन्।
PRO 10:2 अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
PRO 10:3 याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्‍न; तर उहाँले दुष्‍टको लालसालाई विफल पार्नुहुन्छ।
PRO 10:4 अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्, तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्।
PRO 10:5 ग्रीष्म ऋतुमा अन्‍नको प्रबन्ध गर्ने छोराछोरी बुद्धिमान् हुन्; तर कटनीको समयमा सुत्ने छोराछोरी शर्म लाग्दा हुन्।
PRO 10:6 धर्मीको शिरमाथि आशिष्‌हरूका मुकुट रहन्छन्, तर दुष्‍ट मानिसको मुखमा हिंसा लुकेको हुन्छ।
PRO 10:7 धर्मीको नाम आशिष्‌मा प्रयोग गरिन्छ, तर दुष्‍टको नामचाहिँ कुहिएर जानेछ।
PRO 10:8 हृदयमा बुद्धिमान् हुनेहरूले आज्ञाहरू ग्रहण गर्छन्, तर बकबके मूर्खको विनाश हुन्छ।
PRO 10:9 इमानदार मानिस निर्धक्‍क भई जिउँछ; तर टेढो मार्गमा हिँड्ने पक्राउ पर्नेछ।
PRO 10:10 कपटपूर्ण आँखा झिम्काउनेले शोक ल्याउँछ; अनि बकबक गर्ने मूर्ख सर्वनाशमा पुग्छ।
PRO 10:11 धर्मीको मुख जीवनको फोहोरा हो, तर दुष्‍टको मुखमा हिंसा लुकेको हुन्छ।
PRO 10:12 घृणाले फाटो उब्जाउँछ; तर प्रेमले सबै अपराधहरू ढाक्दछ।
PRO 10:13 समझदार व्यक्तिका ओठमा बुद्धिका कुरा पाइन्छ; तर विवेकहीनहरूका पिठिउँमा त छडी पर्छ।
PRO 10:14 बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्; तर मूर्खको मुखले विनाश निम्त्याउँछ।
PRO 10:15 धनीको धन नै तिनीहरूका किल्‍ला भएको सहर हो, तर दरिद्रता गरिबहरूको विनाश हो।
PRO 10:16 धर्मीको ज्याला तिनीहरूको जीवन हो, तर दुष्‍टको कमाइ पाप र मृत्यु हो।
PRO 10:17 अनुशासन पालन गर्ने जीवनको बाटोमा जान्छ, तर जसले सुधारलाई बेवास्ता गर्छ, त्यसले अरूलाई पथभ्रष्‍ट पार्छ।
PRO 10:18 जसले आफूमा घृणा लुकाएर राख्छ, उसको जिब्रो छली हुन्छ र जसले निन्दा फैलाउँछ, त्यो मूर्ख हो।
PRO 10:19 जब बढ्ता बोलिन्छ, पापले बढी स्थान पाउँछ; तर बुद्धिमान्‌ले आफ्नो जिब्रोमा लगाम लगाउँछ।
PRO 10:20 धर्मीको जिब्रो निखुर चाँदी हो; तर दुष्‍टको हृदय भने केही मूल्यको हुँदैन।
PRO 10:21 धर्मीको ओठले धेरैलाई उत्साह दिन्छ, तर मूर्खहरू विवेकको अभावले मर्छन्।
PRO 10:22 याहवेहको आशिष्‌ले धनसम्पत्ति ल्याउँछ; अनि उहाँले यसमा दुःख थप्नुहुन्‍न।
PRO 10:23 मूर्खहरू दुष्‍ट चालमा आनन्दित हुन्छन्, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्‍न हुन्छ।
PRO 10:24 तिनीहरूलाई त्रसित बनाउने कुरा नै दुष्‍टमाथि आइपर्नेछ; धर्मीले जे इच्छा गर्छ, त्यो पूरा गरिनेछ।
PRO 10:25 आँधीबेहरी आएपछि दुष्‍टहरू सोहोरिएर गइहाल्छन्; तर धर्मीचाहिँ अन्त्यसम्मै स्थिर रहन्छन्।
PRO 10:26 दाँतलाई सिर्का र आँखालाई धुवाँजस्तै, अल्छे पनि त्यसलाई पठाउनेको निम्ति त्यस्तै हुन्।
PRO 10:27 याहवेहप्रति गरिएको श्रद्धाले जीवनको आयु लामो पार्छ; तर दुष्‍टका आयुचाहिँ घटाइन्छ,
PRO 10:28 धर्मीका आशा आनन्दमय हुन्छ; तर दुष्‍टहरूको आशा पूरा हुनेछैन।
PRO 10:29 याहवेहको मार्ग धर्मीहरूको निम्ति शरणस्थान हो; तर दुष्‍ट काम गर्नेहरूको निम्ति त्यो विनाश हो।
PRO 10:30 धर्मी कहिल्यै उखेलिनेछैन; तर दुष्‍ट पृथ्वीमा स्थिर रहनेछैन।
PRO 10:31 धर्मीको मुखबाट बुद्धिका कुरा निस्किन्छ, तर भड्काउने जिब्रो काटिनेछ।
PRO 10:32 धर्मीका ओठले उचित कुरा जान्दछन्; तर दुष्‍टको मुखले टेढामेढा कुराहरू मात्र जान्दछ।
PRO 11:1 छलको तराजु याहवेहले घृणा गर्नुहुन्छ, तर ठिक ढकदेखि उहाँ प्रसन्‍न हुनुहुन्छ।
PRO 11:2 जब अहङ्कार आउँछ, तब बदनामी पनि आउँछ; तर नम्रतासँग बुद्धि आउँछ।
PRO 11:3 धर्मीहरूको इमानदारीताले तिनीहरूलाई अगुवाइ गर्छ; तर विश्‍वासघातीहरू आफ्नै कपटले नष्‍ट हुन्छन्।
PRO 11:4 क्रोधको दिनमा धनसम्पत्ति कुनै काम लाग्दैन; तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
PRO 11:5 निर्दोषहरूका धार्मिकताले तिनीहरूका मार्ग सोझो बनाउँछ, तर दुष्‍टहरूचाहिँ तिनीहरूका आफ्नै दुष्‍टताले तल खसालिन्छन्।
PRO 11:6 सत्यनिष्‍ठहरूका धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर विश्‍वासघातीहरू दुष्‍ट इच्छाहरूद्वारा पासोमा पर्छन्।
PRO 11:7 जब दुष्‍ट मानिस मर्छ, तब त्यसको आशा पनि नष्‍ट हुन्छ; त्यसले आफ्नो शक्तिबाट राखेको आशा शून्यमा विलीन भइहाल्छ।
PRO 11:8 धार्मिक व्यक्ति सङ्कष्‍टबाट बचाइन्छ, र त्यो दुष्‍टमाथि आइपर्छ।
PRO 11:9 ईश्‍वरविहीन मानिसको कुराले आफ्नै मुखले आफ्नो छिमेकीलाई नष्‍ट पार्छ, तर धर्मीचाहिँ ज्ञानद्वारा उम्कनेछ।
PRO 11:10 धर्मीहरूको उन्‍नति हुँदा सहर रमाउँदछ; तर दुष्‍टहरूको नाश हुँदा हर्षको ध्वनि सुनिन्छ।
PRO 11:11 धर्मीका आशिष्‌द्वारा सहर उच्‍च हुन्छ; तर दुष्‍टको मुखबाट त्यो नष्‍ट हुन्छ।
PRO 11:12 विवेकहीनले आफ्नो छिमेकीको खिसी गर्छ; तर विवेकीले आफ्नो जिब्रोलाई लगाम लगाउँछ।
PRO 11:13 कुराउटेले गोप्य भरोसामा आघात पुर्‍याउँछ; तर विश्‍वासयोग्य मानिसले कुरा गोप्य राख्छ।
PRO 11:14 मार्गदर्शनको अभावमा देशको पतन हुन्छ; तर धेरै सल्‍लाहकारको कारण विजय हुन्छ।
PRO 11:15 अरूको जमानी बस्‍नेले निश्‍चय नै दुःख भोग्नुपर्नेछ, तर अर्काको नासोमा हात हाल्न इन्कार गर्ने व्यक्ति सुरक्षित रहनेछ।
PRO 11:16 दयालु हृदय भएकी स्त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन मात्र कमाउँछन्।
PRO 11:17 दयालु मानिसले आफैँलाई लाभ पुर्‍याउँछ, तर निर्दयी मानिसले आफूमाथि सङ्कष्‍ट निम्त्याउँछ।
PRO 11:18 दुष्‍ट मानिसले छलको ज्याला कमाउँछ, तर जसले धार्मिकता छर्छ, त्यसले निश्‍चय नै प्रतिफलको कटनी गर्छ।
PRO 11:19 धर्मी मानिसले निश्‍चय नै जीवन प्राप्‍त गर्छ, तर दुष्‍टताको पछि लाग्ने मानिस आफ्नै मृत्युमा पुग्छ।
PRO 11:20 याहवेहले भ्रष्‍ट हृदय भएकालाई घृणा गर्नुहुन्छ; तर निर्दोष मार्गमा चल्नेहरूसित उहाँ प्रसन्‍न हुनुहुन्छ।
PRO 11:21 यो निश्‍चय जान: दुष्‍टले आवश्य दण्ड पाउनेछ, तर धर्मीका सन्ततिले छुटकारा पाउनेछन्।
PRO 11:22 विवेकहीन सुन्दरीचाहिँ सुँगुरको थुतुनोमा सुनको बुलाकी भएजस्तै हो।
PRO 11:23 धर्मीहरूका इच्छाहरूको अन्त्य असल नै हुन्छ; तर दुष्‍टहरूका आशाको अन्त्य केवल क्रोधमा हुन्छ।
PRO 11:24 कसैले उदार चित्तले दिएर पनि अझ बढी लाभ गर्छन्; तर कसैले चाहिँ कञ्जुसी गर्छ, र पनि त्यसमाथि दरिद्रता आउँछ।
PRO 11:25 उदार मानिसको उन्‍नति हुनेछ; जसले अरूलाई उत्साह दिन्छ, ऊ आफैँ पनि उत्साहित हुनेछ।
PRO 11:26 अन्‍न लुकाएर थुपारी राख्नेलाई मानिसहरूले सराप्छन्, तर ती खुशीसाथ बेच्नेलाई आशिष् दिन्छन्।
PRO 11:27 जसले असल खोज्छ, त्यसले निगाह पाउँछ, तर दुष्‍टताको खोजी गर्नेहरूमा दुष्‍टता नै आउँछ।
PRO 11:28 जसले आफ्नो धनमाथि भरोसा राख्छ, त्यसको पतन हुन्छ; तर धर्मी जनहरूचाहिँ हरियो पालुवाजस्तै लहलह मौलाउनेछन्।
PRO 11:29 जसले आफ्नो परिवारमा विपत्ति ल्याउँछ, त्यसले पैतृक सम्पत्तिको रूपमा बतास मात्र प्राप्‍त गर्नेछ; र मूर्खचाहिँ बुद्धिमान्‌को सेवक हुनेछ।
PRO 11:30 धर्मी जनको फल जीवनको रूख हो; अनि बुद्धिमान्‌ले साथी पाउँदछ।
PRO 11:31 यदि धर्मी जनले आफ्नो प्रतिफल यस संसारमा पाउँछ भने, झन् अधर्मी र पापीहरूले त कति बढ्ता पाउनेछन्!
PRO 12:1 अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, तर सुधारलाई घृणा गर्ने व्यक्ति मूर्ख हो।
PRO 12:2 असल मानिसहरूले याहवेहबाट निगाह प्राप्‍त गर्छन्, तर धूर्त मानिसहरूलाई याहवेहले दोषी ठहराउनुहुन्छ।
PRO 12:3 दुष्‍टताले कुनै मानिस स्थापित हुन सक्दैन, तर धर्मी जनलाई उखेल्न सकिनेछैन।
PRO 12:4 चरित्रवान् पत्नी आफ्नो पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डीको क्यान्सरजस्तै हो।
PRO 12:5 धर्मी जनका योजनाहरू न्यायसङ्गत हुन्छन्; तर दुष्‍टका सल्‍लाह कपटपूर्ण हुन्छन्।
PRO 12:6 दुष्‍टका वचनहरूले रक्तपातको निम्ति ढुकिबस्छन्, तर धर्मीको बोलीले तिनीहरूलाई उद्धार गर्छ।
PRO 12:7 दुष्‍टहरू पराजित हुन्छन् र लोप हुन्छन्; तर धर्मी जनको घर दृढतासाथ खडा रहन्छ।
PRO 12:8 मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर बाङ्गाटेढा हृदय भएका मानिसहरू अपहेलित हुन्छन्।
PRO 12:9 खानको निम्ति भोजन नभए तापनि आफ्नै बढाइचढाइ गर्ने मानिसभन्दा बरु साधारण मानिस भएर एक जना मालिकको मात्र सेवक हुनु उत्तम हो।
PRO 12:10 धर्मी मानिसले आफ्नो पशुहरूको वास्ता गर्छ; तर दुष्‍ट मानिसको अति दयापूर्ण काम पनि निर्दयी हुन्छ।
PRO 12:11 आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ; तर दिवासपनाको पछि दौडने मानिसहरू मूर्ख हुन्छन्।
PRO 12:12 दुष्‍टले खराब मानिसहरूको लुटको अभिलाषा गर्छ, तर धर्मी जनको जरा रहिरहन्छ।
PRO 12:13 दुष्‍ट मानिस आफ्नै पापपूर्ण बोलीले पासोमा पर्छ; तर धर्मी मानिस विपत्तिबाट उम्कन्छ।
PRO 12:14 आफ्ना ओठका फलबाट नै मानिस असल थोकहरूले भरिन्छ; र आफ्नो हातका कामको प्रतिफल त्यसले निश्‍चय नै पाउँछ।
PRO 12:15 मूर्खको चाल त्यसकै लागि ठिक देखिन्छ, तर बुद्धिमान् मानिसले अरूको सल्‍लाह सुन्छ।
PRO 12:16 मूर्खले आफ्नो रिस झट्टै देखाउँछ; तर विवेकशील मानिसले अपमानको वास्तै गर्दैन।
PRO 12:17 साँचो साक्षीले सत्य बोल्छ, तर झूटो साक्षीले झूटो कुरा बोल्छ।
PRO 12:18 विवेकहीनका वचनहरूले मानिसलाई तरवारलेझैँ रोप्छ, तर बुद्धिमान्‌को जिब्रोले निको पार्छ।
PRO 12:19 सत्य बोल्ने ओठ सदा स्थिर रहन्छ; तर झूटो बोल्ने जिब्रो केही समय मात्र रहन्छ।
PRO 12:20 खराब योजना रच्नेहरूका हृदयमा छलकपट हुन्छ; तर शान्तिलाई प्रोत्साहन दिनेहरूको निम्ति आनन्द हुन्छ।
PRO 12:21 धर्मीमाथि हानिको कुनै प्रभाव हुँदैन, तर दुष्‍टहरू सङ्कष्‍टले भरिएका हुन्छन्।
PRO 12:22 याहवेहले झूटो बोल्ने ओठलाई घृणा गर्नुहुन्छ; तर भरोसायोग्य मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ।
PRO 12:23 विवेकशील मानिसले आफ्नो ज्ञान आफूसितै राख्छ; तर मूर्खहरूको हृदयबाट मूर्खता निस्किरहन्छ।
PRO 12:24 परिश्रमी हातले शासन गर्नेछ; तर अल्छेपनाले दासत्वमा पुर्‍याउँछ।
PRO 12:25 चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।
PRO 12:26 धर्मी मानिस आफ्नो मित्रतामा सतर्क रहन्छ; तर दुष्‍टको मार्गले तिनीहरूलाई बरालिदिन्छ।
PRO 12:27 अल्छे मानिसले आफ्नो शिकार पनि पकाउँदैन, तर लगनशील मानिस आफ्नो शिकारको प्रशस्तताबाट खान्छ।
PRO 12:28 धार्मिकताको मार्गमा जीवन हुन्छ; त्यही मार्गमा अमरत्व हुन्छ।
PRO 13:1 बुद्धिमान् छोराछोरीले आफ्ना बुबाको अनुशासनलाई स्वीकार गर्छ; तर गिल्‍ला गर्नेले हप्कीलाई बेवास्ता गर्छ।
PRO 13:2 आफ्ना ओठका फलबाट नै मानिसले असल थोकहरू उपभोग गर्दछ; तर विश्‍वासघातीहरू हिंसाकै चाहना गर्छन्।
PRO 13:3 आफ्नो ओठ जोगाउनेले आफ्नो जीवन जोगाउँछ, तर जो उत्ताउलो भई बोल्छ, त्यो नष्‍ट हुन्छ।
PRO 13:4 अल्छेले उत्कट इच्छा गर्छ, र त्यसलाई केही पनि मिल्दैन; तर परिश्रमीका इच्छाहरू पूर्ण रूपमा पूरा हुन्छन्।
PRO 13:5 धर्मीले झूटलाई घृणा गर्छ; तर दुष्‍टले दुर्गन्ध फैलाउँछ, र आफैँमा बदनाम ल्याउँछ।
PRO 13:6 धार्मिकताले निर्दोष मानिसलाई रक्षा गर्छ; तर दुष्‍टताले पापीलाई नष्‍ट पार्छ।
PRO 13:7 कोही मानिस धनी भएको धाक लगाउँछ, र पनि त्यससित केही हुँदैन; अर्कोले गरिब भएको बहाना गर्छ, र पनि त्यससित अपार सम्पत्ति हुन्छ।
PRO 13:8 कुनै मानिसको धनले त्यसको जीवनलाई छुटाउन सक्ला, तर गरिब मानिसले जीवनको धम्कीको डर मान्‍नुपर्दैन।
PRO 13:9 धर्मी जनको ज्योति उज्यालो भई चम्कन्छ, तर दुष्‍टको बत्ती निभाइन्छ।
PRO 13:10 अहङ्कारले झगडा मात्र उब्जाउँछ; तर सरसल्‍लाह लिनेहरूले बुद्धि पाइन्छ।
PRO 13:11 बेइमानीसित कमाएको पैसा सकिन्छ; तर परिश्रम गरी कमाएको पैसा बढ्दैजान्छ।
PRO 13:12 ढिलो भएको आशाले हृदय दुर्बल पार्छ, तर पूरा भएको चाहना जीवनको रूख हो।
PRO 13:13 अर्तीलाई अपमान गर्नेले त्यसको मूल्य चुकाउनेछ; तर आज्ञालाई आदर गर्नेले प्रतिफल पाउनेछ।
PRO 13:14 बुद्धिमान्‌को शिक्षा जीवनको मूल हो, जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ।
PRO 13:15 असल न्यायले निगाह प्राप्‍त गर्छ; तर विश्‍वासघातीको मार्गले तिनीहरूलाई विनाशमा डोर्‍याउँछ।
PRO 13:16 हरेक विवेकशील मानिसले आफ्नो ज्ञानद्वारा काम गर्छ; तर मूर्खले आफ्नो मूर्खता प्रकट गर्छ।
PRO 13:17 दुष्‍ट सन्देशवाहक जोखिममा पर्छ; तर विश्‍वासयोग्य दूतले चङ्गाइ ल्याउँछ।
PRO 13:18 अनुशासनको बेवास्ता गर्नेमाथि गरिबी र शर्म आइपर्नेछन्; तर सुधारमा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ।
PRO 13:19 पूर्ण भएको चाहना प्राणको निम्ति मिठो हुन्छ; तर मूर्खचाहिँ दुष्‍टताबाट फर्कन घृणा गर्छ।
PRO 13:20 बुद्धिमान्‌हरूसित हिँड्ने बुद्धिमान् नै हुनेछ; तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्नेछ।
PRO 13:21 पापीलाई विपत्तिले पछ्याउँछ; तर धर्मीको प्रतिफलचाहिँ समृद्धि हो।
PRO 13:22 असल मानिसले आफ्ना नातिनातिनाहरूका निम्ति पैतृक धन छोडिराख्छ; तर पापीको धन भने धर्मीको निम्ति नै साँचिएको हुन्छ।
PRO 13:23 गरिबको नजोतिएको जमिनले प्रशस्त अन्‍न फलाउन सक्ला; तर अन्यायले त्यो खोसिदिन्छ।
PRO 13:24 आफ्ना छोराछोरीलाई छडी नलाउनेले तिनीहरूलाई घृणा गर्छ, तर तिनीहरूलाई प्रेम गर्नेले त तिनीहरूलाई अनुशासनमा राख्दछ।
PRO 13:25 धर्मीले पेटभरि खान्छ; तर दुष्‍टको पेट भोकभोकै हुन्छ।
PRO 14:1 बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे; तर मूर्ख स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।
PRO 14:2 याहवेहको डर मान्‍नेहरू सत्यतामा जिउँछन्, तर उहाँलाई तुच्छ ठान्‍नेहरू कुमार्गमा हिँड्छन्।
PRO 14:3 मूर्खको बोलीले आफ्नै पिठिउँमा छडी निम्त्याउँछ; तर बुद्धिमान्‌को ओठले तिनीहरूलाई बचाउँछ।
PRO 14:4 जहाँ गोरुहरू छैनन्, त्यहाँ गोठ खाली रहन्छ; तर गोरुको बलबाट प्रशस्त फसल कटनी हुन्छ।
PRO 14:5 साँचो साक्षीले धोका दिँदैन; तर झूटो साक्षीले असत्य कुराहरू पोख्छ।
PRO 14:6 गिल्‍ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन; तर विवेकशील व्यक्तिले सजिलैसित ज्ञान प्राप्‍त गर्छ।
PRO 14:7 मूर्ख मानिसबाट टाढै बस, किनकि उसको ओठमा ज्ञानको कुरा पाइँदैन।
PRO 14:8 विवेकशील मानिसको बुद्धिले त्यसलाई सही मार्ग दिन्छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो।
PRO 14:9 दोष मूर्खहरूका निम्ति ठट्ठाको विषय हो; तर धर्मीहरूमा भने सद्भावना पाइन्छ।
PRO 14:10 प्रत्येक मनको तितोपनाले नै जान्दछ; र कोही त्यसको आनन्दको सहभागी हुन सक्दैन।
PRO 14:11 दुष्‍टको घर भत्काइनेछ; तर धर्मीको पालमा फलिफाप हुनेछ।
PRO 14:12 कुनै बाटो मानिसलाई ठिक लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ।
PRO 14:13 मुखमा हाँसो भए तापनि हृदयमा वेदना हुन सक्छ; र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ।
PRO 14:14 विश्‍वासहीनहरूलाई तिनीहरूको चाल अनुसारको प्रतिफल दिइनेछ; र असल मानिसले आफ्नो कामको प्रतिफल पाउनेछ।
PRO 14:15 सोझो मानिसले हरेक कुरामा विश्‍वास गर्छ; तर विवेकशील मानिसले आफ्ना पाइलाहरूबारे विचार गर्छ।
PRO 14:16 बुद्धिमान् मानिसले याहवेहको डर मान्छ, र दुष्‍टतादेखि परै बस्छ; तर मूर्खचाहिँ अहङ्कारी हुन्छ, विस्वस्त हुन्छ।
PRO 14:17 झट्टै रिसाउने मानिसले मूर्ख काम गर्छ; र दुष्‍ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ।
PRO 14:18 रिसाहाले मूर्खता कमाउँछन्, तर विवेकशीलहरूले ज्ञानको मुकुट लगाउँछन्।
PRO 14:19 खराब मानिसहरू असल मानिसहरूका सामु, र दुष्‍टहरू धर्मीहरूका मूलढोकाको सामु झुक्नेछन्।
PRO 14:20 गरिबहरू आफ्नै छिमेकीद्वारा त्यागिन्छन्; तर धनीको धेरै मित्रहरू हुन्छन्।
PRO 14:21 आफ्नो छिमेकीलाई तुच्छ ठान्‍नेले पाप गर्छ; तर त्यो मानिस धन्य हो, जसले अभावमा परेकाहरूमाथि दया देखाउँछ।
PRO 14:22 के दुष्‍ट योजना रच्नेहरू बरालिँदैनन् र? तर असल योजना बनाउनेहरूले प्रेम र विश्‍वासयोग्यता प्राप्‍त गर्छन्।
PRO 14:23 सबै कठोर परिश्रमले लाभ ल्याउँछ; तर कुरा मात्र गर्ने मानिसचाहिँ गरिबीमा पुग्छ।
PRO 14:24 बुद्धिमान्‌को धन तिनीहरूको मुकुट हो; तर मूर्खहरूको मूर्खपनाले मूर्खता मात्र उत्पन्‍न गराउँछ।
PRO 14:25 साँचो साक्षीले जीवन बचाउँछ; तर झूटो साक्षी छलपूर्ण हुन्छ।
PRO 14:26 याहवेहको डर मान्‍नेको किल्‍ला सुरक्षित रहन्छ; र त्यसका छोराछोरीको लागि त्यो एक शरणस्थान हुनेछ।
PRO 14:27 याहवेहप्रतिको श्रद्धा जीवनको मूल हो, जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ।
PRO 14:28 ठूलो जनसंख्या राजाको महिमा हो; तर प्रजाविनाको शासक नष्‍ट हुन्छ।
PRO 14:29 धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, तर झट्टै रिसाउनेले आफ्नो मूर्खतालाई प्रदर्शन गर्छ।
PRO 14:30 शान्त हृदयले शरीरलाई जीवन दिन्छ; तर ईष्‍र्याचाहिँ हड्डीहरूका निम्ति क्यान्सरजस्तै हुन्छ।
PRO 14:31 गरिबलाई थिचोमिचो गर्नेले आफ्ना सृष्‍टिकर्ताप्रति अपमान दर्शाउँछ; तर खाँचोमा परेकाहरूप्रति दयालु हुनेले परमेश्‍वरलाई सम्मान दिन्छ।
PRO 14:32 जब विपत्ति आउँछ, दुष्‍टहरूको पतन हुन्छ; तर धर्मीले चाहिँ मृत्युमा पनि परमेश्‍वरको आश्रय पाउँछ।
PRO 14:33 बुद्धिमान्‌को हृदयमा बुद्धिले बास गर्छ, र मूर्खहरूको बीचमा पनि त्यसले आफूलाई प्रकट गराउँछ।
PRO 14:34 धार्मिकताले राष्ट्रलाई उच्‍च तुल्याउँछ; तर पाप गर्नुचाहिँ कुनै पनि जातिको निम्ति कलङ्क हुन्छ।
PRO 14:35 बुद्धिमान् सेवकसँग राजा प्रसन्‍न रहन्छन्; तर शर्मलाग्दो सेवकले तिनको रिस जगाउँछ।
PRO 15:1 नम्र जवाफले क्रोधलाई शान्त पार्छ; तर कठोर वचनले रिस उठाउँछ।
PRO 15:2 बुद्धिमान्‌को जिब्रोले ज्ञानको कुरा गर्छ; तर मूर्खको मुखले मूर्खताकै कुरा पोख्छ।
PRO 15:3 याहवेहको नजर सर्वत्र रहन्छ; उहाँले दुष्‍ट र सज्जन दुवैमाथि नजर राखिरहनुहुन्छ।
PRO 15:4 निको पार्ने जिब्रो जीवनको रूख हो; तर छली जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ।
PRO 15:5 मूर्खले आफ्नो बुबाको अनुशासनलाई लत्याउँछ; तर सुधारलाई ध्यान दिनेले बुद्धिमानी देखाउँछ।
PRO 15:6 धर्मी जनको घरमा प्रशस्त धन हुन्छ; तर दुष्‍टको कमाइले तिनीहरूमाथि विपत्ति ल्याउँछ।
PRO 15:7 बुद्धिमान्‌का ओठले ज्ञान फैलाउँछ; तर मूर्खका हृदयले भने त्यस्तो गर्दैन।
PRO 15:8 दुष्‍टका बलिदानलाई याहवेहले घृणा गर्नुहुन्छ; तर धर्मीका प्रार्थनाले उहाँलाई प्रसन्‍न तुल्याउँछ।
PRO 15:9 याहवेहले दुष्‍टको मार्गलाई घृणा गर्नुहुन्छ; तर धार्मिकताको पछि लाग्नेहरूलाई उहाँले प्रेम गर्नुहुन्छ।
PRO 15:10 आफ्नो अनुशासनको मार्ग त्याग्नेले कठोर ताडना भोग्नुपर्छ; जसले सुधारलाई घृणा गर्छ, त्यो मर्नेछ।
PRO 15:11 मृत्यु र विनाश दुवै याहवेहको सामु खुलस्त रहन्छन्; मानिसको हृदय झन् कति खुलस्त होला!
PRO 15:12 गिल्‍ला गर्नेले सुधारलाई मन पराउँदैन; त्यसैले तिनीहरू बुद्धिमान्‌लाई तिरस्कार गर्छन्।
PRO 15:13 हर्षित हृदयले अनुहार प्रसन्‍न पारिदिन्छ; तर दुःखित हृदयले आत्मालाई चोट पुर्‍याउँछ।
PRO 15:14 विवेकशील हृदयले ज्ञानको खोजी गर्छ; तर मूर्खको भोजन मूर्खता हो।
PRO 15:15 थिचोमिचोमा परेकाहरूका सबै दिन अति दुःखमय हुन्छ; तर प्रसन्‍न हृदय सधैँ सुखी हुन्छ।
PRO 15:16 धेरै सम्पत्ति भएर चिन्तित हुनुभन्दा याहवेहको भयको साथमा थोरै धन हुनु नै असल हो।
PRO 15:17 घृणाले भरिएको घरमा पोसाएको बहरको मासु खानुभन्दा बरु प्रेमसित सागसब्जी खानु नै बेस हो।
PRO 15:18 तातो रिस भएको मानिसले झगडा उत्पन्‍न गराउँछ; तर धैर्यवान् मानिसले कलह शान्त गराउँछ।
PRO 15:19 अल्छेको मार्ग काँडाले छेकेको हुन्छ; तर धर्मीको मार्गचाहिँ राजमार्ग हो।
PRO 15:20 बुद्धिमान् छोराछोरीले आफ्नो बुबालाई हर्षित तुल्याउँछ, तर मूर्ख मानिसले आफ्नी आमालाई तुच्छ ठान्छ।
PRO 15:21 विवेकहीन मानिसलाई मूर्खताले आनन्द दिन्छ; तर समझशक्ति भएको मानिस सीधा बाटोमा हिँड्छ।
PRO 15:22 सल्‍लाहको अभावमा योजनाहरू असफल हुन्छन्; तर धेरै सल्‍लाहकार छन् भने ती सफल हुन्छन्।
PRO 15:23 उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ; र ठिक समयमा भनिएको वचन कति असल हुन्छ!
PRO 15:24 समझदार मानिसलाई जीवनको बाटोले माथितिर डोर्‍याउँछ; त्यसले उसलाई तल पातालतिर जानदेखि जोगाउँछ।
PRO 15:25 याहवेहले अहङ्कारी मानिसको घर भताभुङ्ग पारिदिनुहुन्छ, तर उहाँले विधवाको सिमाना स्थिर राख्नुहुन्छ।
PRO 15:26 याहवेह दुष्‍टका विचारहरूलाई घृणा गर्नुहुन्छ; तर शुद्ध वचन उहाँलाई मन पर्छ।
PRO 15:27 लोभीले आफ्नो परिवारमा विनाश ल्याउँछ; तर जसले घूसलाई घृणा गर्छ, त्यो बाँच्नेछ।
PRO 15:28 धर्मीको हृदयले जवाफ दिन अगि त्यसलाई तौलिन्छ; तर दुष्‍टको मुखले खराबी कुराहरू पोखिहाल्छ।
PRO 15:29 याहवेह दुष्‍टदेखि टाढै रहनुहुन्छ; तर उहाँले धर्मीको प्रार्थना सुन्‍नुहुन्छ।
PRO 15:30 हँसिलो अनुहारले हृदयमा आनन्द ल्याउँछ; र असल समाचारले हड्डीलाई हर्षित तुल्याउँछ।
PRO 15:31 जसले जीवन दिने हप्कीलाई सुन्छ, त्यो बुद्धिमान्‌हरूका साथमा रहनेछ।
PRO 15:32 अनुशासनको वास्ता नगर्नेले आफूलाई घृणा गर्छ; तर सुधारमा ध्यान दिनेले समझशक्ति प्राप्‍त गर्छ।
PRO 15:33 याहवेहप्रतिको श्रद्धाले नै मानिसलाई बुद्धि सिकाउँछ; अनि सम्मान पाउनुभन्दा अगि नम्रता आउँछ।
PRO 16:1 हृदयका योजनाहरू मानिसका हुन्; तर जिब्रोको ठिक जवाफ भने याहवेहबाट नै आउँछ।
PRO 16:2 हरेक मानिसलाई आफ्ना मार्गहरू निर्दोष लाग्छ; तर अभिप्रायहरू याहवेहबाट नै जाँचिएका हुन्छन्।
PRO 16:3 तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ, र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ।
PRO 16:4 याहवेहले हरेक कुरा आफ्नै उद्देश्यका निम्ति बनाउनुहुन्छ; उहाँले दुष्‍टलाई समेत विनाशको दिनको निम्ति राख्नुभएको छ।
PRO 16:5 हृदयमा अहङ्कार भएका सबैलाई याहवेहले घृणा गर्नुहुन्छ; यो निश्‍चित छ, तिनीहरू दण्ड नपाई छोडिनेछैनन्।
PRO 16:6 प्रेम र सत्यताद्वारा पापको प्रायश्‍चित हुन्छ; याहवेहप्रतिको श्रद्धाद्वारा मानिस खराबीदेखि अलग रहन्छ।
PRO 16:7 जब कुनै मानिसको जीवन याहवेहको दृष्‍टिमा मनपर्दो हुन्छ, उहाँले त्यसका शत्रुलाई पनि त्यससित मिलापमा ल्याउनुहुन्छ।
PRO 16:8 बेइमानी गरेर कमाएको प्रशस्त कमाइभन्दा, धार्मिकताको साथमा थोरै भएको असल हुन्छ।
PRO 16:9 मानिसले हृदयमा आफ्नो योजना बनाउँछ; तर त्यसका कदमहरू भने याहवेहले नै निर्धारण गर्नुहुन्छ।
PRO 16:10 राजाको ओठले ईश्‍वरवाणी बोल्दछ; र तिनको मुखले न्यायलाई चोट पुर्‍याउनुहुँदैन।
PRO 16:11 ठिक तराजु र तौल याहवेहकै हुन्, थैलोभित्रका सबै ढकहरू उहाँद्वारा नै बनिएका हुन्।
PRO 16:12 राजाहरूले कुकर्मलाई घृणा गर्दछन्, किनकि धार्मिकताद्वारा नै सिंहासन स्थापित हुन्छ।
PRO 16:13 राजाहरूले इमानदार ओठलाई मन पराउँछन्; सत्य बोल्ने मानिसलाई तिनीहरूले मन पराउँछन्।
PRO 16:14 राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले त्यसलाई शान्त गराउँछ।
PRO 16:15 जब राजाको अनुहार उज्यालो हुन्छ, तब त्यसको अर्थ जीवन हुन्छ; अनि तिनको निगाह बसन्त ऋतुका झरीको बादलजस्तै हो।
PRO 16:16 सुनभन्दा बुद्धि प्राप्‍त गर्नु, र चाँदीभन्दा समझदारी रोज्नु कत्ति असल हो!
PRO 16:17 धर्मीको राजमार्ग खराबीदेखि अलग रहन्छ; आफ्नो चालको रक्षा गर्नेहरूले आफ्नो जीवनको रक्षा गर्छन्।
PRO 16:18 विनाशको अगि अहङ्कार आउँछ, र पतनको अगि घमण्डी आत्मा आउँछ।
PRO 16:19 अहङ्कारीहरूसित लुटको मालमा सहभागी हुनुभन्दा आत्मामा नम्र भई थिचोमिचोमा परेकाहरूका बीचमा रहनु असल हो।
PRO 16:20 जसले निर्देशनलाई ध्यान दिन्छ, उसको उन्‍नति हुन्छ, धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ।
PRO 16:21 हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छन्, र मिठा वचनहरूले अर्तीलाई उत्साहित पार्छन्।
PRO 16:22 समझशक्ति भएकाहरूका निम्ति त्यो जीवनको मूल हो, तर मूर्खताले मूर्खहरूमाथि दण्ड ल्याउँछ।
PRO 16:23 बुद्धिमान् मानिसको हृदयले बुद्धि ल्याउँछ, र त्यसका ओठले अर्तीलाई बढाउँछ।
PRO 16:24 मिठा वचनहरू महको चाकाजस्तै हुन्छन्, जो प्राणको निम्ति मिठो र हड्डीलाई निको पार्ने हुन्छ।
PRO 16:25 कुनै बाटो मानिसलाई ठिक लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ।
PRO 16:26 परिश्रमीको पेटले त्यसलाई काम गर्न लगाउँछ; त्यसको भोकले त्यसलाई काम गर्न लगाउँछ।
PRO 16:27 बदमासले दुष्‍ट युक्ति रच्दछ; र त्यसका बोलीवचन भतभती पोल्ने आगोजस्तै हुन्छ।
PRO 16:28 भ्रष्‍ट मानिसले विवाद उत्पन्‍न गराउँछ, र कुराउटेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ।
PRO 16:29 उपद्रवी मानिसले आफ्नो छिमेकीलाई लोभ्याउँछ, र त्यसले उसलाई खराब मार्गतिर लैजान्छ।
PRO 16:30 आफ्नो आँखा झिम्काउनेले षड्यन्त्र रचेको हुन्छ; आफ्ना ओठ लेब्र्याउनेले षड्यन्त्र रचेको हुन्छ।
PRO 16:31 फूलेको केश शोभाको मुकुट हो, यो धर्मी जीवनबाट प्राप्‍त हुँदछ।
PRO 16:32 धैर्यवान् मानिस हुनु लडाइँका योद्धा हुनुभन्दा उत्तम हो, आफ्नो आत्मा नियन्त्रण राख्नु सहर कब्जा गर्नुभन्दा बेस हो।
PRO 16:33 चिट्ठा त हालिन्छ, तर त्यसको हरेक निर्णय याहवेहबाट नै हुन्छ।
PRO 17:1 शान्ति र मौनसित निस्तो गाँस खानु कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो।
PRO 17:2 विवेकी सेवकले अयोग्य छोरामाथि शासन गर्छ, र त्यसले एउटा पुत्रको रूपमा परिवारमा पैतृक सम्पत्ति पाउनेछ।
PRO 17:3 चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ, तर हृदयलाई जाँच्नुहुने याहवेह हुनुहुन्छ।
PRO 17:4 दुष्‍ट मानिसले दुष्‍ट कुरा सुन्छ; झूटो बोल्नेले विनाशकारी जिब्रोमाथि ध्यान दिन्छ।
PRO 17:5 गरिबलाई गिल्‍ला गर्नेले उसका सृष्‍टिकर्तालाई अपमान गर्छ; अरूका विपत्तिमा रमाउने जो कोही पनि दण्डबाट उक्‍कनेछैन।
PRO 17:6 नातिनातिनाहरू वृद्धहरूका मुकुट हुन्, र छोराछोरीहरू तिनीहरूका आमाबुबाका गर्व हुन्।
PRO 17:7 भक्तिहीन मूर्खको बोली असुहाउँदो हुन्छ भने, शासनको निम्ति झूटो बोल्ने ओठ त झन् कति असुहाउँदो हुन्छ!
PRO 17:8 घूस दिनेको लागि त्यो टुनामुनाजस्तै हो; उसले जे गरे तापनि ऊ सफल हुन्छ भन्‍ने उसलाई लाग्छ।
PRO 17:9 अपराधलाई ढाकिदिनेले प्रेम जगाउँछ; तर कुरा दोहोर्‍याउने जोसुकैले पनि घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ।
PRO 17:10 मूर्खलाई सय कोर्रा लगाउनुभन्दा त बरु समझशक्ति भएको मानिसलाई एकै हप्कीले असर पार्छ।
PRO 17:11 खराब मानिसको झुकाव विद्रोहतिर मात्रै हुन्छ; त्यसको विरुद्धमा एउटा निर्दयी अधिकृत पठाइनेछ।
PRO 17:12 मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा त बरु बच्‍चा खोसिएको भालु भेट्नु असल हो।
PRO 17:13 यदि मानिसले भलाइको साटो खराबी गर्छ भने, त्यसको घर खराबीले कहिल्यै छोड्नेछैन।
PRO 17:14 झगडा सुरु हुनु पानीको बाँध फुट्नुजस्तै हो; यसकारण झगडा बढ्नुभन्दा अगि नै त्यसलाई अन्त्य गरिदेऊ।
PRO 17:15 दोषीलाई छोडिदिने र निर्दोषलाई दण्ड दिने— यी दुवैलाई याहवेहले घृणा गर्नुहुन्छ।
PRO 17:16 मूर्खको हातमा रकम के काम लाग्ला र? किनकि त्यसमा बुद्धि प्राप्‍त गर्ने इच्छा नै हुँदैन।
PRO 17:17 मित्रले सबै समय प्रेम गर्छ, र दाजुभाइचाहिँ दुःखको बेलाका निम्ति जन्मेका हुन्छन्।
PRO 17:18 विवेकहीन मानिसले भाकल गर्छ, र आफ्नो छिमेकीको जमानी बस्छ।
PRO 17:19 झगडा रुचाउनेले पाप रुचाउँछ, र जो घमण्डले धाक लगाउँछ, त्यो नाश हुनेछ।
PRO 17:20 भ्रष्‍ट हृदय भएको मानिसको उन्‍नति हुँदैन; जसको जिब्रो छली छ, त्यो सङ्कष्‍टमा पर्छ।
PRO 17:21 मूर्ख छोराछोरीले सन्ताप ल्याउँछन्, मूर्खको बुबालाई खुशी मिल्दैन।
PRO 17:22 प्रसन्‍न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ।
PRO 17:23 दुष्‍ट मानिसले गुप्‍तमा घूस लिन्छ र न्याय प्राणाली बिगारिदिन्छ।
PRO 17:24 विवेकी मानिसले आफ्नो दृष्‍टिमा बुद्धि राख्छ, तर मूर्खको आँखा पृथ्वीको अन्त्यसम्म यताउता डुलिरहन्छ।
PRO 17:25 मूर्ख छोराछोरीले आफ्नो बुबालाई सन्ताप दिन्छन्, र त्यसलाई जन्माउनेमाथि तितोपन ल्याउँछन्।
PRO 17:26 निर्दोष मानिसलाई दण्ड दिनु, वा आफ्नो इमानदारीको खातिर कर्मचारीहरूलाई कोर्रा लगाउनु ठिक होइन।
PRO 17:27 समझदार मानिसले आफ्नो वचन होसियारीसाथ बोल्छ, र समझशक्ति भएको मानिस ठण्डा मिजासको हुन्छ।
PRO 17:28 चुप लाग्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ, र आफ्नो मुख बन्द राख्यो भने त्यो विवेकी मानिन्छ।
PRO 18:1 मित्रभाव नभएको मानिस स्वार्थको पछि लाग्छ; त्यसले सबै उचित न्यायलाई चुनौती दिँदछ।
PRO 18:2 मूर्खले समझदारी मन पराउँदैन, तर आफ्नै विचारमा धाक लगाउन प्रसन्‍न हुन्छ।
PRO 18:3 दुष्‍टता आउँदा घृणा पनि आउँछ; र शर्मको साथमा अपमान आउँछ।
PRO 18:4 मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्छन्; तर बुद्धिको मुहानचाहिँ बग्दै गरेको खोलाजस्तै सफा हुन्छ।
PRO 18:5 दुष्‍टको पक्ष लिनु राम्रो होइन अथवा निर्दोषलाई न्याय नदिनु उचित होइन।
PRO 18:6 मूर्खको ओठले त्यसलाई झगडामा पार्छ, र त्यसको मुखले पिटाइ निम्त्याउँछ।
PRO 18:7 मूर्खको मुख नै त्यसको विनाश हो, अनि त्यसको ओठचाहिँ आफ्नै जीवनका लागि पासो हुन्छ।
PRO 18:8 कुरौटेका बोलीहरू स्वादिष्‍ठ गाँसजस्तै हुन्छन्, ती मानिसका भित्री भागहरूमा पुग्छन्।
PRO 18:9 आफ्नो काममा अल्छी गरिरहने व्यक्ति सर्वनाश गर्नेको भाइ हो।
PRO 18:10 याहवेहको नाम किल्‍ला भएको सहरमा हो; धर्मीहरू त्यहाँ दगुर्दै जान्छन्, र सुरक्षित रहन्छन्।
PRO 18:11 धनीको धन नै तिनीहरूका किल्‍ला भएको सहर हो; तिनीहरूले त्यसलाई नाप्‍न नसकिने पर्खाल सम्झन्छन्।
PRO 18:12 आफ्नो पतन आउनुभन्दा अगि मानिसको हृदय घमण्डी हुन्छ, तर सम्मानको अगि नम्रता आउँछ।
PRO 18:13 जसले सुन्‍न अगि नै जवाफ दिन्छ, त्यो त्यसका निम्ति मूर्खता र शर्म हो।
PRO 18:14 मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सम्हाल्छ, तर टुटेको आत्मालाई कसले सहन सक्छ र?
PRO 18:15 विवेकीको हृदयले ज्ञान प्राप्‍त गर्छ, बुद्धिमान्‌को कानले त्यो खोजी निकाल्छ।
PRO 18:16 उपहारले दाताको निम्ति बाटो खोलिदिन्छ, र त्यसलाई महान् व्यक्तिहरूको उपस्थितिमा लैजान्छ।
PRO 18:17 दोस्रो व्यक्ति आएर प्रश्नहरू नगरुन्जेल, मुद्दा हाल्ने पहिलो व्यक्ति नै ठिक देखा पर्छ।
PRO 18:18 चिट्ठा हालेर झगडा मिलाइन्छ, र बलिया प्रतिद्वन्दीहरूलाई अलग राखिन्छ।
PRO 18:19 चित्त दुःखाएको भाइलाई मनाउनु किल्‍ला भएको सहर जित्नुभन्दा गाह्रो हुन्छ; अनि विवादचाहिँ किल्‍लामा आग्ला लगाइएका ढोकाहरूजस्तै हुन्छन्।
PRO 18:20 मानिसको पेट त्यसको मुखको फलले भरिन्छ; त्यसको ओठको कटनीद्वारा त्यो तृप्‍त हुन्छ।
PRO 18:21 जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ; त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानेछन्।
PRO 18:22 पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले याहवेहबाट निगाह प्राप्‍त गर्छ।
PRO 18:23 गरिब मानिसले दयाको बिन्ती चढाउँछ, तर धनी मानिसले रुखो जवाफ दिन्छ।
PRO 18:24 जसका साथीहरू अविश्‍वासयोग्य छन्; उसलाई उनीहरूले नोक्सानी पुर्‍याउन सक्छन्, तर कुनै मित्रचाहिँ दाजुभाइभन्दा पनि नजिक हुन्छ।
PRO 19:1 भ्रष्‍ट ओठ भएको मानिसभन्दा त निर्दोष जीवन भएको गरिब असल हो।
PRO 19:2 ज्ञानविनाको उत्साह असल हुँदैन; हतार गर्नेले बाटो बिराउँछ।
PRO 19:3 मानिसको आफ्नै मूर्खताले त्यसको जीवन बरबादीमा पुर्‍याउँछ; तरै पनि त्यसको हृदयले याहवेहको विरुद्धमा रिस प्रकट गर्छ।
PRO 19:4 धनले धेरै मित्रहरू बनाउँछ; तर गरिबको सबैभन्दा नजिकको साथीले पनि तिनीहरूलाई त्यागिदिन्छ।
PRO 19:5 झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन, र झूटो कुरा गर्ने मानिस स्वतन्त्र हुँदैन।
PRO 19:6 धेरैले शासकदेखि निगाह प्राप्‍त गर्न चाहन्छन्; र सबै मानिसहरू उपहार दिनेको मित्र हुन्छन्।
PRO 19:7 गरिब मानिस आफ्नै नातेदारहरूद्वारा घृणा गरिन्छ, त्यसका मित्रहरू झन् त्यसबाट कति टाढा रहलान्! त्यसले बिन्तीभाउ गरी तिनीहरूका पछि लागे तापनि तिनीहरू केही प्रतिक्रिया दिँदैनन्।
PRO 19:8 बुद्धि पाउनेले आफ्नै जीवनलाई प्रेम गर्छ; समझशक्तिको कदर गर्ने व्यक्तिको फलिफाप हुन्छ।
PRO 19:9 झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन; र झूटो कुरा गर्ने नष्‍ट हुनेछ।
PRO 19:10 मूर्खलाई विलासी भएर बस्‍न सुहाउँदैन; दासलाई राजकुमारहरूमाथि शासन गर्न झन् पटक्‍कै सुहाउँदैन!
PRO 19:11 बुद्धिले मानिसलाई धैर्यता दिन्छ; अपराध बेवास्ता गर्नुचाहिँ उसको लागि महिमा हुन्छ।
PRO 19:12 राजाको क्रोध सिंहको गर्जनजस्तै हुन्छ; तर तिनको निगाहचाहिँ घाँसमाथि परेको शीतजस्तै हुन्छ।
PRO 19:13 मूर्ख छोराछोरी आफ्ना बुबाको लागि पतन हो; र कचकचे पत्नीचाहिँ तपतप चुहिरहने छानाजस्तै हो।
PRO 19:14 घर र सम्पत्ति आमाबुबाबाट आएका हुन्छन्, तर विवेकी पत्नीचाहिँ याहवेहले मात्र दिन सक्नुहुन्छ।
PRO 19:15 अल्छेपनले घोर निद्रा ल्याउँछ, र काम नगर्ने मानिस भोकै रहन्छ।
PRO 19:16 आज्ञापालन गर्नेले आफ्नो जीवनको रक्षा गर्छ, तर तिनलाई तिरस्कार गर्नेहरू मर्नेछन्।
PRO 19:17 गरिबहरूप्रति दयालु हुनेले याहवेहलाई सापट दिन्छ, र उहाँले तिनीहरूको कामको प्रतिफल फिर्ता दिनुहुनेछ।
PRO 19:18 आफ्नो छोराछोरीलाई अनुशासनमा राख; किनकि त्यसमा आशा हुन्छ, तिनीहरूको मृत्युमा सहभागी नहोऊ।
PRO 19:19 रिसाहा मानिसले परिणाम भोग्नैपर्छ; त्यसलाई उम्कन दियौ भने फेरि पनि तिमीले त्यसै गर्नुपर्नेछ।
PRO 19:20 सल्‍लाह सुन, र अनुशासनलाई ग्रहण गर, र तिम्रो जीवनभरि तिमी बुद्धिमान् हुनेछौ।
PRO 19:21 मानिसका हृदयमा धेरै योजनाहरू हुन्छन्, तर अन्ततः याहवेहकै उद्देश्य पूरा हुन्छ।
PRO 19:22 मानिसले अचुक प्रेमको इच्छा राख्छ; झूटो बोल्ने हुनुभन्दा बरु गरिब हुनु नै बेस हो।
PRO 19:23 याहवेहप्रतिको श्रद्धाले जीवनमा पुर्‍याउँछ, तब मानिस ढुक्‍कसँग रहन्छ; दुःखले त्यसलाई छुँदैन।
PRO 19:24 अल्छेले आफ्नो हात थालमा हाल्छ, र त्यसले आफ्नो हात उठाएर मुखसम्म पनि ल्याउन चाहँदैन!
PRO 19:25 गिल्‍ला गर्नेलाई कोर्रा लगाऊ, यो देखेर सोझो मानिस चनाखो बन्‍नेछ; विवेकशील मानिसहरूलाई हप्काऊ, र तिनीहरूले ज्ञान बढाउनेछन्।
PRO 19:26 आफ्ना बुबालाई लुट्ने र आफ्नी आमालाई बाहिर निकाल्ने छोराछोरीले शर्म र कलङ्क ल्याउँदछन्।
PRO 19:27 हे मेरा छोराछोरी, अर्तीलाई सुन्‍न छोड्यौ भने, तिमीहरू ज्ञानका वचनहरूदेखि बहकिनेछौ।
PRO 19:28 भ्रष्‍ट गवाहीले न्यायलाई खिसी गर्छ, र दुष्‍टको मुखले दुष्‍टतालाई निल्छ।
PRO 19:29 खिसी गर्नेहरूका निम्ति दण्ड, र मूर्खहरूका पिठिउँका निम्ति पिटाइ तयार पारिएका हुन्छन्।
PRO 20:1 दाखमद्य उपहास हो, र कडा मद्यपान हल्‍ला हो; यी कुराहरूका लतमा लागेकाहरू बुद्धिमान् हुँदैनन्।
PRO 20:2 राजाको भय सिंहको गर्जनजस्तो हुन्छ; तिनलाई रिस उठाउनेहरूले आफ्नो प्राण गुमाउँछन्।
PRO 20:3 झगडाबाट अलग्गै रहनु मानिसका निम्ति सम्मानको कुरा हो; तर हरेक मूर्खचाहिँ झगडा मच्‍चाउनमा छिटो हुन्छ।
PRO 20:4 अल्छेले समयमै हलो जोत्दैन; यसकारण कटनीको बेला त्यसले खोज्छ, तर केही पाउँदैन।
PRO 20:5 मानिसको हृदयका उद्देश्यहरू गहिरो पानीजस्तै हुन्छन्; तर समझदार मानिसले त्यसलाई बाहिर निकाल्छ।
PRO 20:6 धेरै मानिसहरू आफूमा अचुक प्रेम भएको दाबी गर्छन्; तर विश्‍वासयोग्य मानिस कसले पाउन सक्छ र?
PRO 20:7 धर्मी मानिसले निष्कलङ्क जीवन जिउँछ; त्यसका पछि आउने सन्तानहरू धन्यका हुन्छन्।
PRO 20:8 जब राजा सिंहासनमा न्याय गर्न बस्छन्, तब तिनले आफ्नै आँखाले सबै खराबीलाई केलाउँछन्।
PRO 20:9 कसले भन्‍न सक्छ, “मैले आफ्नो हृदय शुद्ध राखेको छु, म सफा र पापरहित छु?”
PRO 20:10 असमान ढक र असमान नापहरू— याहवेहले यी दुवैलाई घृणा गर्नुहुन्छ।
PRO 20:11 बालकको चरित्र शुद्ध र ठिक छ कि छैन भनी उसको चालचलनबाट नै थाहा पाइन्छ।
PRO 20:12 सुन्‍ने कान र देख्ने आँखा— यी दुवै याहवेहले नै बनाउनुभएको हो।
PRO 20:13 निद्रालाई प्रेम नगर, नत्रता यसले तिमीलाई गरिब बनाउनेछ; जागा बस, र तिमीसित खानलाई प्रशस्त अन्‍न हुनेछ।
PRO 20:14 ग्राहकले भन्छ, “यो राम्रो छैन, यो राम्रो छैन!” तब फर्कँदा आफ्नो किनाइमा त्यसले घमण्ड गर्छ।
PRO 20:15 सुन छ, र माणिकहरू प्रशस्त छन्; तर ज्ञानका कुरा बोल्ने जिब्रो अमूल्य रत्नजस्तै हुन्छ।
PRO 20:16 परदेशीको जमानी बस्‍नेको लुगा लिइराख; परदेशीको जमानी बसेको छ भने त्यो लुगा बन्धकको रूपमा लिइराख।
PRO 20:17 छलसित प्राप्‍त गरेको भोजन मानिसको लागि स्वादिष्‍ठ हुन्छ, तर अन्त्यमा त्यो मुखमा रोडाजस्तै हुन्छ।
PRO 20:18 सरसल्‍लाहद्वारा योजनाहरू सफल हुन्छन्; सल्‍लाह नलिई युद्ध गर्न नजाओ।
PRO 20:19 कुरौटेले गुप्‍त कुरा प्रकट गरिदिन्छ; त्यसकारण धेरै बोल्ने मानिसदेखि अलग बस।
PRO 20:20 यदि कसैले आफ्ना बुबा वा आमालाई सराप्छ भने, त्यसको बत्ती घोर अन्धकारमा निभाइनेछ।
PRO 20:21 सुरुमै हतारमा प्राप्‍त गरेको पैतृक सम्पत्ति अन्त्यमा आशिषित हुँदैन।
PRO 20:22 यसो नभन, “म तिम्रो खराबीको बदला लिनेछु!” याहवेहको प्रतीक्षा गर, र उहाँले तिम्रो प्रतिशोध लिनुहुनेछ।
PRO 20:23 असमान ढकहरू याहवेहले घृणा गर्नुहुन्छ; र छलको तराजुले उहाँलाई प्रसन्‍न पार्दैन।
PRO 20:24 मानिसका पाइलाहरू याहवेहबाट नै निर्देशन गरिएका हुन्छन्; यसकारण कसले आफ्नै मार्ग जान्‍न सक्छ र?
PRO 20:25 असावधानीपूर्वक केही कुरो अर्पण गरिसकेपछि मात्रै आफ्नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ।
PRO 20:26 बुद्धिमान् राजाले दुष्‍टहरूलाई पन्साउँछन्; तिनले उनीहरूमाथि दाइँ गर्ने चक्‍का चलाउँछन्।
PRO 20:27 याहवेहको ज्योतिले मानिसको आत्मा खोजी गर्दछ, जसले उसको भित्री मनुष्यत्वलाई खोजी निकाल्छ।
PRO 20:28 प्रेम र विश्‍वासयोग्यताले राजालाई सुरक्षित राख्छन्; प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित रहन्छ।
PRO 20:29 जवान मानिसहरूको गौरव तिनीहरूको बल हो; वृद्धहरूको शोभा फुलेको केश हो।
PRO 20:30 मुक्‍का र चोटहरूले दुष्‍टता पखालिन्छ, र पिटाइले भित्री मनुष्यत्व खारिन्छ।
PRO 21:1 राजाको हृदय याहवेहको हातमा हुन्छ; उहाँले खोलाको पानीलाई आफ्नो मनपर्दो दिशातिर डोर्‍याएजस्तै, त्यसलाई डोर्‍याउनुहुन्छ।
PRO 21:2 मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला, तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ।
PRO 21:3 ठिक र न्यायोचित काम गर्नुचाहिँ याहवेहको सामु बलिदानभन्दा बढी ग्रहणयोग्य हुन्छ।
PRO 21:4 अहङ्कारी आँखा र अभिमानी हृदय तथा दुष्‍टका नजोतिएका जमिनले पाप उब्जाउँछ।
PRO 21:5 परिश्रमीको योजनाले लाभ दिन्छ; हतारले अवश्य नै गरिबीमा पुर्‍याउँछ।
PRO 21:6 झूटो जिब्रोद्वारा कमाएको धन उडिजाने वाफ र घातक पासो हो।
PRO 21:7 दुष्‍टहरूका हिंसाले नै तिनीहरूलाई पखाल्छ; किनकि जे ठिक हो, त्यो गर्न तिनीहरूले अस्वीकार गर्दछन्।
PRO 21:8 दोषीको चाल बाङ्गो हुन्छ; तर निर्दोषको चालचलन ठिक हुन्छ।
PRO 21:9 कचकचे पत्नीसित एउटै घरमा बस्‍नुभन्दा, घरको कौसीको एउटा कुनामा बस्‍नु असल हो।
PRO 21:10 दुष्‍ट मानिसले दुष्‍टताको चाहना गर्छ; त्यसको छिमेकीले त्यसबाट दया पाउँदैन।
PRO 21:11 गिल्‍ला गर्नेले दण्ड पाउँदा सोझाले बुद्धि प्राप्‍त गर्छ; बुद्धिमान्‌लाई अर्ती दिँदा त्यसले ज्ञान प्राप्‍त गर्छ।
PRO 21:12 धर्मी जनले दुष्‍टको घरलाई चिनिराख्छ; तर परमेश्‍वरले दुष्‍टहरूलाई पतन गराउनुहुन्छ।
PRO 21:13 जसले गरिबको चीत्कार सुन्दैन, त्यसले पनि पुकार गर्दा जवाफ पाउनेछैन।
PRO 21:14 गुप्‍तमा दिएको उपहारले क्रोधलाई शान्त गर्छ; लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गर्छ।
PRO 21:15 उचित न्यायले धर्मी जनको हृदयमा आनन्द ल्याउँछ; तर कुकर्मीहरू भने त्रसित हुन्छन्।
PRO 21:16 समझशक्तिदेखि कुमार्गतिर लाग्ने मानिस मृतकहरूको साथमा विश्राम गर्न पुग्छ।
PRO 21:17 सुख-विलास मन पराउने गरिब हुनेछ; दाखमद्य र विलासिता मन पराउने कहिल्यै धनी हुनेछैन।
PRO 21:18 दुष्‍टहरू धर्मीहरूको उद्धारको मोल, र विश्‍वासघाती निर्दोषहरूको उद्धारको मोल हुनेछन्।
PRO 21:19 झगडालु र गनगने पत्नीसित बस्‍नुभन्दा त बरु मरुभूमिमा बस्‍नु असल हुन्छ।
PRO 21:20 बुद्धिमान् मानिसको घरमा मनपर्दो धन र तेल हुन्छ; तर मूर्ख मानिसले आफूसँग भएको सबै उडाउँछ।
PRO 21:21 धार्मिकता र प्रेमको पछि लाग्नेले जीवन, उन्‍नति र सम्मान पाउँछ।
PRO 21:22 बुद्धिमान् मानिसले पराक्रमीको सहरमा आक्रमण गर्छ, र तिनीहरूले भरोसा गरेको किल्‍ला भत्काइदिन्छ।
PRO 21:23 आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई विपत्तिबाट जोगाउँछ।
PRO 21:24 अहङ्कारी र अभिमानी मानिसको नाम, “गिल्‍ला गर्ने” हो, त्यसले अभिमानसाथ व्यवहार गर्दछ।
PRO 21:25 अल्छेको इच्छा त्यसकै मृत्यु हुनेछ; किनकि त्यसका हातहरूले काम गर्न इन्कार गर्छन्।
PRO 21:26 दिनभरि नै त्यसले अझ बढी चाहना गर्छ, तर धर्मीले नसाँचिकन उदारतापूर्वक दिन्छ।
PRO 21:27 दुष्‍टको बलिदान घिनलाग्दो हुन्छ; त्यसले दुष्‍ट विचारले ल्याएको छ भने झन् कति बढी घृणित हुनेछ!
PRO 21:28 झूटो गवाही दिने नष्‍ट हुनेछ; तर साँचो साक्षीलाई सधैँ सुनिनेछ।
PRO 21:29 दुष्‍ट मानिसले आफ्नो अनुहारमा साहसीपना देखाउँछ; तर धर्मी जीवन जिउनेहरूले आफ्ना चालहरूमा विचार पुर्‍याउँछन्।
PRO 21:30 कुनै पनि बुद्धि, अन्तर्दृष्‍टि र योजना, याहवेहको विरुद्ध सफल हुन सक्दैन।
PRO 21:31 घोडा युद्धको निम्ति तयार राखिन्छ; तर विजयचाहिँ याहवेहकै हातमा हुन्छ।
PRO 22:1 धेरै धनसम्पत्तिभन्दा असल नामको इच्छा गर्नु उत्तम हो; सम्मान प्राप्‍त गर्नु चाँदी र सुनभन्दा असल हो।
PRO 22:2 धनी र गरिबमा एउटा कुरा समान छ: याहवेहले नै तिनीहरू सबैलाई बनाउनुभएको हो।
PRO 22:3 विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ; तर सोझाचाहिँ त्यतैतिर जान्छ, र परिणाम भोग्छ।
PRO 22:4 धन, सम्मान र दीर्घायु; नम्रता र याहवेहप्रतिको श्रद्धाका प्रतिफल हुन्।
PRO 22:5 दुष्‍टको बाटोमा काँडा र पासाहरू हुन्छन्; तर जसले आफ्नो प्राणको रक्षा गर्छ, त्यो त्यस्ता कुराहरूदेखि टाढै रहन्छ।
PRO 22:6 बालकलाई ठिक बाटोमा हिँड्ने तालिम देऊ; र त्यो वृद्ध भएपछि पनि त्यसबाट तर्केर जानेछैन।
PRO 22:7 धनीले गरिबमाथि शासन जमाउँछ; र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ।
PRO 22:8 अन्याय छर्नेले विपत्ति कटनी गर्छ; र त्यसका रिसको लहुरो भाँचिनेछ।
PRO 22:9 दयालु मानिस आफू पनि आशिषित हुनेछ; किनकि त्यसले आफ्नो भोजन गरिबहरूसित बाँड्छ।
PRO 22:10 गिल्‍ला गर्नेलाई बाहिर निकालिदेऊ, तब झगडा हराउँछ; कलह र अपमानको पनि अन्त्य हुनेछ।
PRO 22:11 जसले शुद्ध हृदय मन पराउँछ, र जसका बोलीवचन मिठो हुन्छ, उसका लागि राजा पनि मित्र हुनेछ।
PRO 22:12 याहवेहको दृष्‍टिले ज्ञानको रक्षा गर्छ, तर विश्‍वासघातीका वचनहरूलाई उहाँले विफल तुल्याउनुहुन्छ।
PRO 22:13 अल्छेले भन्छ, “बाहिर एउटा सिंह छ! सडकमा गएँ भने त्यहीँ मेरो हत्या हुनेछ।”
PRO 22:14 व्यभिचारिणी स्त्रीको मुख एक गहिरो खाडल हो; याहवेहको क्रोधमा पर्नेहरू त्यसमा खस्‍नेछन्।
PRO 22:15 बालकको हृदयमा मूर्खता हुन्छ, तर अनुशासनको छडीले उसलाई त्यसबाट टाढो भगाइदिनेछ।
PRO 22:16 आफ्नो धन बढाउन गरिबमाथि अत्याचार गर्ने र धनीलाई उपहारहरू दिने, दुवैमाथि दरिद्रता आउँछ।
PRO 22:17 बुद्धिमान्‌का कुराहरू सुन, र त्यसमा ध्यान देऊ; म जे सिकाउँछु, त्यसमा तिम्रो हृदय लगाऊ!
PRO 22:18 किनकि ती तिम्रा हृदयमा राख्यौ भने, र आफ्ना ओठमा तयार राख्यौ भने त्यसले तिमीलाई आनन्द दिनेछ।
PRO 22:19 तिम्रो भरोसा याहवेहमाथि होस् भनेर यो कुरा आज म तिमीलाई सिकाउँछु, हो, तिमीलाई।
PRO 22:20 के मैले तिम्रा लागि तीस वटा भनाइहरू साथमा सल्‍लाह र ज्ञानका वचनहरू लेखिदिएको छैनँ र?
PRO 22:21 आफूलाई पठाउनेलाई तिमीले ठिक जवाफ दिन सक भनेर मैले तिमीलाई सत्य विश्‍वसनीय वचनहरू सिकाएको होइनँ र?
PRO 22:22 असहाय छन् भन्दैमा तिनीहरूलाई शोषण नगर, न त खाँचोमा परेकाहरूलाई न्यायालयमा पेल;
PRO 22:23 किनकि तिनीहरूको मुद्दा याहवेहले नै लिनुहुनेछ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले पनि लुट्नुहुनेछ।
PRO 22:24 रिसाहा मानिसलाई मित्र नबनाऊ; झट्टै रिसाउनेहरूसित सङ्गत नगर,
PRO 22:25 नत्रता त्यसको बानी तिमीले सिक्छौ र आफूलाई पासोमा पार्छौ।
PRO 22:26 बन्धकमा आफ्नो हात नहाल, अथवा अर्काको ऋणको जमानी नबस;
PRO 22:27 यदि तिमीसित तिर्ने साधन छैन भने, तिमी सुतेको तिम्रो आफ्नै ओछ्यानसमेत खोसिनेछ।
PRO 22:28 प्राचीन साँधसिमानाको ढुङ्गो नहटाऊ, जो तिम्रा पुर्खाहरूले खडा गरेका हुन्।
PRO 22:29 के तिमीले आफ्नो काममा निपूर्ण मानिस देखेका छौ? तिनीहरूले राजाहरूका सामु सेवा गर्नेछन्, तिनीहरूले तल्‍लो तहका अधिकारीहरूको सेवा गर्नेछैनन्।
PRO 23:1 जब तिमी शासकसँग खान बस्छौ, तिम्रो अगि के छ, त्यो राम्ररी याद गर।
PRO 23:2 यदि तिम्रो धेरै खाने बानी छ भने, आफ्नो घाँटीमा छुरी राख।
PRO 23:3 तिनका स्वादिष्‍ठ भोजनहरूको लालसा नगर; किनकि त्यो भोजन छलपूर्ण हुन्छ।
PRO 23:4 धनी बन्‍न आफूलाई धेरै नघोट; उचित समयमा आफूलाई रोक्न बुद्धिमान् होऊ।
PRO 23:5 धनसम्पत्ति एकै छिनमा उडिजान्छन्; किनकि यसका पखेटाहरू पलाउँछन्, आकाशमा गरुडजस्तै, त्यो उडेर जानेछ।
PRO 23:6 लोभी मानिसको भोजन नखाऊ, त्यसका स्वादिष्‍ठ भोजनको चाहना नगर;
PRO 23:7 किनभने त्यो त्यस्तो किसिमको मानिस हो, जसले त्यसको दाम उठाउने बारेमा सधैँ सोचिरहेको हुन्छ; त्यसले तिमीलाई “खानुहोस्, पिउनुहोस्” भनी भन्छ, तर त्यसले मनबाट भनेको चाहिँ हुँदैन।
PRO 23:8 तिमीले अलिकति खाएको पनि उकेलिदिनेछौ, र त्यसलाई तिमीले भनेका मधुर वचन त्यसै व्यर्थ जानेछ।
PRO 23:9 मूर्खसित नबोल; किनकि त्यसले तिम्रा वचनहरूका ज्ञानलाई तिरस्कार गर्नेछ।
PRO 23:10 प्राचीन साँधसिमानाको ढुङ्गा नहटाऊ, अथवा टुहुरा-टुहुरीका खेतबारी नमिच,
PRO 23:11 किनकि तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्छ; उहाँले तिम्रो विरुद्धमा तिनीहरूका मामिला लिनुहुनेछ।
PRO 23:12 तिम्रो हृदय अर्तीमा र तिम्रा कानहरू ज्ञानका वचनहरूमा लगाऊ।
PRO 23:13 बालकलाई अनुशासनमा राख्न नरोक; तिमीले तिनीहरूलाई छडी लगायौ भने तिनीहरू मर्नेछैनन्।
PRO 23:14 छडी लगाएर त्यसलाई सजाय देऊ, र त्यसको प्राणलाई मृत्युबाट रक्षा गर।
PRO 23:15 हे मेरा छोराछोरी, यदि तिम्रो हृदय बुद्धिमान् छ भने, मेरो हृदय पनि प्रसन्‍न हुनेछ,
PRO 23:16 तिम्रा ओठले ठिक कुरा बोल्दछ भने, मेरो अन्तस्करण त्यसै समय रमाउनेछ।
PRO 23:17 तिम्रो हृदयले पापीहरूलाई डाह गर्न नदेऊ; तर याहवेहप्रतिको श्रद्धामा सधैँ जोशिलो होऊ।
PRO 23:18 निश्‍चय नै तिम्रा निम्ति भविष्यको आशा छ, र तिम्रो आशा खोसिनेछैन।
PRO 23:19 हे मेरा छोराछोरी, सुन, र बुद्धिमान् होऊ; अनि तिम्रो हृदय सत्य मार्गमा लगाऊ।
PRO 23:20 धेरै दाखमद्य पिउनेहरू, अथवा मुखमा मासु हसुर्नेहरूसित सङ्गत नगर;
PRO 23:21 किनकि मतवाला र घिचुवाहरू गरिब हुनेछन्; र नशाले तिनीहरूलाई थाङ्ने बनाउँछ।
PRO 23:22 तिमीलाई जीवन दिनुहुने बुबाका कुरा सुन, र आफ्नी आमा वृद्ध हुँदा उनलाई हेला नगर।
PRO 23:23 सत्य किन, र त्यसलाई नबेच; बुद्धि, अनुशासन र समझदारी प्राप्‍त गर।
PRO 23:24 धर्मी मानिसको बुबासित आनन्दित हुने कारण हुन्छ; बुद्धिमान् सन्तान जन्माउनु आनन्दको कुरा हो!
PRO 23:25 तिम्रा बुबा र आमा प्रसन्‍न होऊन्, तिमीलाई जन्म दिने आमाले रमाहट गरून्।
PRO 23:26 हे मेरो छोरो, तिम्रो हृदय मलाई देऊ, र तिम्रा आँखाले मेरा चालहरू हेर्न रमाऊन;
PRO 23:27 किनकि व्यभिचारिणी स्त्रीचाहिँ एउटा गहिरो खाडल हो, र भ्रष्‍ट पत्नी साँघुरो कुवा हो।
PRO 23:28 त्यो एउटा डाँकुजस्तै ढुकिरहन्‍छे, र मानिसहरूका बीचमा विश्‍वासघाती पुरुषहरूको संख्या बढाउँछे।
PRO 23:29 कष्‍ट कसलाई हुन्छ? दुःख कसलाई हुन्छ? को झगडा गरिरहन्छ? को गुनासो गरिरहन्छ? कसलाई अनावश्यक चोटपटक लाग्छ? कसका आँखाहरू राता-राता हुन्छन्?
PRO 23:30 तिनीहरू नै, जो मद्यमै भुलिरहन्छन्; जो मिश्रित मद्यको कचौरा चाख्न जान्छन्।
PRO 23:31 दाखमद्य रातो हुँदा, जब यो कचौरामा हाल्दा फीँज उठ्छ, जब यो बिस्तारै लिइन्छ त्यसतिर एक टक लगाएर नहेर।
PRO 23:32 अन्त्यमा यसले सर्पले जस्तै डस्छ, र विषालु सर्पले जस्तै विषयुक्त पार्छ।
PRO 23:33 तिम्रा आँखाले अनौठा दृश्यहरू देख्नेछन्, र तिम्रा मनले नचाहिँदा कुराहरूको कल्पना गर्नेछ।
PRO 23:34 महासमुद्रमा सुतिरहेझैँ तिमीलाई हुनेछ; मस्तुलका डोरीको माथितिर झुण्डिरहेझैँ तिमी हुनेछौ।
PRO 23:35 तिमीले भन्‍नेछौ, “तिनीहरूले मलाई हिर्काए”, तर मलाई चोट लागेन! तिनीहरूले मलाई पिट्छन्, तर मैले थाहै पाउँदिनँ! “म कहिले बिउँझूँ, अनि म फेरि अर्को मद्य पिऊँ?”
PRO 24:1 दुष्‍ट मानिसहरूप्रति ईर्ष्या नगर, तिनीहरूका सङ्गतको चाहना नगर;
PRO 24:2 किनकि तिनीहरूका हृदयले हिंसा रच्दछ, र तिनीहरूका ओठले समस्या ल्याउने कुरा गर्दछ।
PRO 24:3 बुद्धिद्वारा घर बनाइन्छ, र समझशक्तिद्वारा त्यसलाई स्थिर पारिन्छ;
PRO 24:4 ज्ञानद्वारा त्यसका कोठाहरू मूल्यवान् र सुन्दर सामग्रीले भरिन्छन्।
PRO 24:5 बुद्धिमान् योद्धा शक्तिशाली हुन्छ; र ज्ञानी मानिसले सामर्थ्य बढाउँछ।
PRO 24:6 निश्‍चय नै युद्ध गर्नलाई तिमीलाई मार्गदर्शन चाहिन्छ; र विजय पाउनलाई धेरै सल्‍लाहकारहरू चाहिन्छ।
PRO 24:7 मूर्खको लागि बुद्धि धेरै उच्‍च हुन्छ; मूलढोकामा भएको सभामा त्यसले आफ्नो मुख खोल्दैन।
PRO 24:8 जसले खराबी रच्दछ, त्यो षड्यन्त्रकारीको नामद्वारा चिनिनेछ।
PRO 24:9 मूर्खताका षड्यन्त्रहरू पाप हुन्; र मानिसहरूले गिल्‍ला गर्नेलाई घृणा गर्छन्।
PRO 24:10 यदि विपत्तिको समयमा तिमीले हरेस खायौ भने, तिम्रो बल कति थोरै रहेछ!
PRO 24:11 अन्यायपूर्ण मृत्युदण्डको लागि लगिएकाहरूलाई उद्धार गर; मारिन लगिएकाहरू, जो लरबराउँदै गइरहेका छन्, तिनीहरूलाई रोक।
PRO 24:12 यदि तिमी भन्छौ, “तर हामीलाई त यसबारे केही थाहै पाएनौँ”, तब हृदयका कुरा नाप्नुहुनेले के त्यो कुरा जान्‍नुहुन्‍न र? तिम्रो जीवन सुरक्षित राख्नुहुनेले त्यो जान्‍नुहुन्‍न र? के उहाँले हरेकलाई त्यसको कामअनुसार बदला लिनुहुनेछैन र?
PRO 24:13 हे मेरा छोराछोरी, मह खाऊ; किनकि त्यो असल हुन्छ; चाकाबाट निकालिएको मह स्वादिष्‍ठ हुन्छ।
PRO 24:14 यो पनि जान, बुद्धि तिम्रो प्राणको लागि महजस्तै गुलियो हुन्छ; तिमीले त्यो पायौ भने तिम्रा निम्ति भविष्यको आशा छ, र तिम्रो आशा खोसिनेछैन।
PRO 24:15 चोरझैँ धर्मी मानिसको घरको विरुद्धमा ढुकेर नबस; तिनको वासस्थान नलुट,
PRO 24:16 किनकि धर्मी मानिस सातपल्ट लड्यो भने तापनि फेरि उठ्छ; तर दुष्‍टहरूचाहिँ विपत्तिले नष्‍ट हुनेछन्।
PRO 24:17 तिम्रो शत्रुको पतन हुँदा रमाहट नगर, तिनीहरूले ठेस खाँदा तिम्रो हृदय आनन्दित नहोस्;
PRO 24:18 नत्रता याहवेहले देख्नुहुनेछ र असहमति जनाउनुहुनेछ; र उहाँको क्रोध तिनीहरूदेखि हटाउनुहुनेछ।
PRO 24:19 दुष्‍ट मानिसहरूका कारण चिन्ता नमान, न त दुष्‍टहरूप्रति डाही बन।
PRO 24:20 किनकि दुष्‍ट मानिसको भविष्यको आशा हुँदैन, र दुष्‍टको बत्ती निभाइनेछ।
PRO 24:21 हे मेरा छोराछोरी, याहवेहको र राजाको डर मान; र विद्रोहीहरूसित नमिल;
PRO 24:22 किनकि तिनीहरूमाथि अचानक सर्वनाश आउनेछ; दुवैले कस्ता विपत्तिहरू ल्याउनुहुने हो भनी कसलाई थाहा हुन्छ र?
PRO 24:23 यी पनि बुद्धिमान्‌का भनाइहरू हुन्: न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन।
PRO 24:24 जसले दोषीलाई “तिमी निर्दोष छौ” भनी भन्छ, मानिसहरूले त्यसलाई सराप्नेछन्, र राष्ट्रहरूले त्यसलाई घृणा गर्नेछन्।
PRO 24:25 तर दोषीलाई अपराधी ठहराउनेहरूलाई सबै असल नै हुनेछ, र तिनीहरूले प्रशस्त आशिष्‌हरू प्राप्‍त गर्नेछन्।
PRO 24:26 इमानदार जवाफचाहिँ ओठमाथि परेको चुम्बनजस्तै हो।
PRO 24:27 तिम्रो बाहिरको काम पूरा गर, र तिम्रो खेतबारी तयार पार; त्यसपछि आफ्नो घर बनाऊ।
PRO 24:28 तिम्रो छिमेकीका विरुद्धमा कारणविना साक्षी नदेऊ, उसको विषयमा झूटो नबोल।
PRO 24:29 “मलाई त्यसले जस्तो व्यवहार गरेको छ, म पनि त्यसलाई त्यस्तै गर्नेछु, म त्यसलाई बदला लिनेछु”, भनी नभन।
PRO 24:30 म एउटा अल्छेको खेतबाट भएर गएँ; म एउटा विवेकहीन मानिसको दाखबारीबाट भएर गएँ;
PRO 24:31 चारैतिर काँडाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकेको थियो, अनि ढुङ्गाको पर्खाल भत्किएको थियो।
PRO 24:32 मैले देखेका कुरा हृदयमा विचार गरेँ; र मैले देखेका ती कुराहरूबाट एउटा शिक्षा पाएँ:
PRO 24:33 एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले,
PRO 24:34 तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।
PRO 25:1 सोलोमनका यी हितोपदेशहरू यहूदाका राजा हिजकियाका मानिसहरूले नक्‍कल गरे:
PRO 25:2 कुनै कुरा गोप्य राख्दा परमेश्‍वरको महिमा हुन्छ; कुनै कुरा खोजी निकाल्दा राजाहरूको महिमा हुन्छ,
PRO 25:3 जसरी आकाशहरू उच्‍च छन् र पृथ्वी गहिरो, त्यसरी नै राजाहरूका हृदय बुझ्न सकिँदैन।
PRO 25:4 चाँदीबाट अशुद्धता निकालिदेऊ, ताकि त्यसबाट शिल्पकारले कुनै सामान बनाओस्।
PRO 25:5 राजाको उपस्थितिबाट दुष्‍ट अधिकारीहरूलाई निकालिदेऊ, र तिनको सिंहासन धार्मिकतामाथि स्थापित हुनेछ।
PRO 25:6 राजाको उपस्थितिमा तिमीले आफूलाई उच्‍च नपार, र महान् व्यक्तिहरूको बीचमा आफ्नो स्थानको दाबी नगर।
PRO 25:7 तिनले तिमीलाई भारदारहरूका सामु अनादर गर्नुभन्दा, तिमीलाई “यहाँ माथितिर आऊ” भनिनुचाहिँ असल हुन्छ। तिमीले आफ्नो आँखाले देखेका कुरा
PRO 25:8 झट्टै अदालतमा नलैजाऊ; किनकि अन्त्यमा तिम्रो छिमेकीले तिमीलाई शर्ममा पार्‍यो भने तिमी के गर्छौ?
PRO 25:9 आफ्नो छिमेकीसित बहस गर्दा, अर्को मानिसको गोपनीयतामा विश्‍वासघात नगर,
PRO 25:10 नत्रता त्यो सुन्‍नेले तिमीलाई शर्ममा पार्नेछ, र तिम्रो बदनाम कहिल्यै मेटिनेछैन।
PRO 25:11 ठिकसित बोलिएको वचन चाँदीको डालोमा सुनका स्याउहरूजस्तै हुन्छन्।
PRO 25:12 सुन्‍ने कानलाई बुद्धिमान् मानिसको हप्की सुनका लुर्का अथवा निखुर सुनका गहनाजस्तै हो।
PRO 25:13 कटनीको समयमा हिउँको चिसोजस्तै, विश्‍वासयोग्य दूत उसलाई पठाउनेको निम्ति हुन्छ; उसले आफ्ना मालिकको आत्मालाई उत्साहित तुल्याउँछ।
PRO 25:14 झरीविनाका बादल र बतासजस्तै, आफूले नदिएको दानमा धाक लगाउने मानिस हुन्छ।
PRO 25:15 धैर्य गर्नाले शासकलाई मनाउन सकिन्छ; र मिठो वचनले हड्डी तोडिदिन सक्छ।
PRO 25:16 मह भेट्टायो भने चाहिने जति मात्र खाऊ; धेरै खायौ भने तिमीले बान्ता गर्नेछौ।
PRO 25:17 तिम्रो छिमेकीको घरमा कहिलेकाहीँ मात्र जाने गर; घरी-घरी देख्दा त्यसले तिमीलाई घृणा गर्नेछ।
PRO 25:18 आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी दिने मानिस मुङ्ग्रो र तरवार वा तीखो काँडजस्तै हो।
PRO 25:19 विपत्तिको समयमा विश्‍वासघाती मानिसमाथि भरोसा गर्नु, भाँचिएको दाँत अथवा भाँचिएको खुट्टाजस्तै हो।
PRO 25:20 दुःखी हृदय भएकालाई गीत सुनाइदिने मानिस, जाडोको दिनमा लुगा खोस्‍ने मानिसजस्तै अथवा घाउमा चूक हालेजस्तै हो।
PRO 25:21 यदि तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई भोजन खान देऊ; यदि त्यो तिर्खाएको छ भने त्यसलाई पानी पिउन देऊ।
PRO 25:22 यसो गर्नाले तिमीले त्यसको टाउकोमाथि बलिरहेका कोइलाहरू खन्याउनेछौ; र याहवेहले तिमीलाई पुरस्कार दिनुहुनेछ।
PRO 25:23 उत्तरी बतासले अचानक पानी ल्याएजस्तै धूर्त जिब्रोले रिसाएको अनुहारलाई ल्याउँछ।
PRO 25:24 कचकचे पत्नीसित एउटै घरमा बस्‍नुभन्दा घरको कौसीको एउटा कुनामा बस्‍नु असल हो।
PRO 25:25 टाढा देशबाट आएको शुभ समाचार, थाकेको प्राणको लागि चिसो पानीजस्तै हो।
PRO 25:26 दुष्‍ट मानिसको अगि झुक्ने धर्मी मानिस, हिलो पानीको मूल अथवा दूषित कुवाजस्तै हो।
PRO 25:27 धेरै मह खानु असल होइन, न त आफ्नै मान खोज्नु सम्मानजनक हो।
PRO 25:28 आत्मसंयम नभएका मानिस, पर्खाल भत्काइएको सहरजस्तै हो।
PRO 26:1 ग्रीष्मकालमा हिउँ र कटनीको समयमा पानी परेजस्तै, मूर्खलाई सम्मान सुहाउँदैन।
PRO 26:2 भुर्र उड्ने भँगेरा र बेगले उड्ने गौँथलीजस्तै, कारणविनाको श्राप पनि लाग्दैन।
PRO 26:3 घोडाको लागि कोर्रा, गधाको लागि लगाम, र मूर्खहरूका पिठिउँमा छडी लगाउनुपर्छ!
PRO 26:4 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदेऊ, नत्रता तिमी आफू पनि त्योजस्तै हुनेछौ।
PRO 26:5 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ देऊ, नत्रता त्यो आफ्नै दृष्‍टिमा बुद्धिमान् हुनेछ।
PRO 26:6 मूर्खको हातमा समाचार पठाउनु भनेको आफ्नो खुट्टा काट्नु वा विष पिउनुजस्तै हो।
PRO 26:7 मूर्खको मुखमा हितोपदेश अपाङ्ग मानिसको झुण्डिएको खुट्टाजस्तै हो।
PRO 26:8 मूर्खलाई सम्मान दिनु घुयेँत्रोमा ढुङ्गा बाँधेजस्तै हो।
PRO 26:9 मूर्खको मुखमा हितोपदेश मतवालाको हातमा भएको काँडे झारजस्तै हो।
PRO 26:10 मूर्ख वा कुनै बटुवालाई ज्यालामा लगाउनु धनुर्धारीले जथाभाबी काँड हानेर चोट लगाएजस्तै हो।
PRO 26:11 कुकुर आफ्नै बान्तामा फर्किआएजस्तै, मूर्खले आफ्नो मूर्खता दोहोर्‍याउँछ।
PRO 26:12 के तिमी कुनै मानिसलाई आफ्नै दृष्‍टिमा बुद्धिमानी देख्छौ? त्यसको भन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ।
PRO 26:13 अल्छेले भन्छ, “बाटोमा सिंह छ, एउटा डरलाग्दो सिंह गल्‍लीहरूमा डुलिरहेको छ।”
PRO 26:14 ढोका कब्जामा यताउता फर्केजस्तै, अल्छे आफ्नो ओछ्यानमा यताउता पल्टिन्छ।
PRO 26:15 अल्छेले आफ्नो हात थालमा राख्छ, तर त्यसले आफ्नो हात उठाएर मुखसम्म पनि पुर्‍याउन अल्छी मान्छ।
PRO 26:16 सात जना मानिसले बुद्धिपूर्वक जवाफ दिएकोभन्दा, एक जना अल्छे आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ।
PRO 26:17 बाटो हिँड्ने मानिसले अर्काको झगडामा हस्तक्षेप गर्नु, कुकुरलाई कानमा समात्नुजस्तै हो।
PRO 26:18 आफ्नो छिमेकीलाई छल गरिसकेपछि, “मैले त ठट्टा मात्र गरेको हो!” भन्‍ने व्यक्ति अगुल्टो वा घातक काँड हान्‍ने बौलाहाजस्तो हो।
PRO 26:20 दाउराविना आगो निभ्छ; कुरौटेविना झगडा शान्त हुन्छ।
PRO 26:21 भुङ्ग्राको लागि कोइला, र आगोको लागि दाउराजस्तै, झगडा मच्च्याउनको लागि झगडालु मानिस हुन्छ।
PRO 26:22 कुरौटेका बोलीहरू स्वादिष्‍ठ गाँसजस्तै हुन्छन्, ती मानिसका भित्री भागहरूमा पुग्छन्।
PRO 26:23 माटोको भाँडोमा चाँदीको जलप लगाएजस्तै, दुष्‍ट हृदयका जोशिला ओठ हुन्छन्।
PRO 26:24 शत्रुले अरूप्रति आफ्नो घृणा मधुर शब्दहरूले लुकाउँछ, तर त्यसको हृदयमा चाहिँ छल भरिएको हुन्छ।
PRO 26:25 त्यसको बोली मनमोहक भए तापनि त्यसमा विश्‍वास नगर; किनकि त्यसको हृदय सात वटा घिनलाग्दा कुराले भरिएको हुन्छ।
PRO 26:26 त्यसको घृणा छलद्वारा ढाकिएको हुन्छ, तर त्यसको दुष्‍टता सभामा प्रकट गरिनेछ।
PRO 26:27 कुनै मानिसले खाडल खन्यो भने त्यो आफैँ त्यसमा पर्नेछ; कुनै मानिसले ढुङ्गा गुडायो भने त्यो गुडेर त्यसतर्फ फर्कनेछ।
PRO 26:28 झूटो बोल्ने जिब्रोले जसलाई चोट पार्छ, त्यसैलाई घृणा गर्छ, र चापलुसी घस्‍ने मुखले विनाश ल्याउँछ।
PRO 27:1 भोलिको घमण्ड नगर; किनकि त्यो कस्तो दिन हुनेछ, सो तिमी जान्दैनौ।
PRO 27:2 तिम्रो प्रशंसा आफ्नै मुखले होइन, तर अरू कसैबाट होस्; कुनै अपरिचितबाट, तर तिम्रो ओठबाट होइन।
PRO 27:3 ढुङ्गा गह्रौँ र बालुवा ओजनदार हुन्छ, तर मूर्खको क्रोध यी दुवैभन्दा गह्रौँ हुन्छ।
PRO 27:4 रिस निर्दयी र क्रोध बाढीझैँ हुन्छ; तर डाहको अगि को खडा हुन सक्छ र?
PRO 27:5 गुप्‍तको प्रेमभन्दा खुल्‍लमखुल्‍ला हप्की असल हुन्छ।
PRO 27:6 मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ; तर शत्रुले चुम्बनको वर्षा गर्छ।
PRO 27:7 अघाएको पेटले मह रुचाउँदैन, तर भोकाएकाहरूलाई तितो पनि मिठो हुन्छ।
PRO 27:8 घरदेखि टाढा बरालिएको मानिस, आफ्नो गुँडदेखि टाढा भड्किरहेको चरोजस्तै हो।
PRO 27:9 अत्तर र धूपले हृदयमा आनन्द ल्याउँछ; र मित्रको आनन्द त्यसको आन्तरिक सल्‍लाहबाट आउँछ।
PRO 27:10 आफ्नो मित्र वा आफ्नो परिवारका मित्रलाई नत्याग, तिमीलाई विपत्ति आइपर्दा आफ्नो दाजुभाइको घरमा नजाऊ; किनकि टाढा बस्‍ने आफन्तभन्दा नजिक बस्‍ने छिमेकी असल हुन्छ।
PRO 27:11 हे मेरा छोराछोरी, बुद्धिमान् होऊ, र मेरो हृदयलाई आनन्दित बनाइदेऊ; तब मलाई हेला गर्नेहरूलाई म जवाफ दिन सक्नेछु।
PRO 27:12 विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ; तर सोझाचाहिँ त्यतैतिर जान्छ र परिणाम भोग्छ।
PRO 27:13 परदेशीको जमानी बस्‍नेको लुगा लिइराख; परदेशीको जमानी बसेको छ भने त्यो लुगा बन्धकको रूपमा लिइराख।
PRO 27:14 कुनै मानिसले एकाबिहानै आफ्नो छिमेकीलाई चर्को सोरमा आशिष् दिन्छ भने, त्यो त त्यसका निम्ति श्राप दिएजस्तो हुनेछ।
PRO 27:15 झगडालु पत्नी मुसलधारे पानी परेको दिन तपतप चुहिरहने छानोजस्तै हो,
PRO 27:16 त्यसलाई वशमा राख्नु बतासलाई वशमा राख्नुजस्तो हो, अथवा हातले तेललाई च्याप्प पक्रनुजस्तै हो।
PRO 27:17 फलामले फलामलाई धारिलो बनाएजस्तै, एउटा मानिसले अर्को मानिसलाई तिखार्छ।
PRO 27:18 अञ्जीरको बोट स्याहार्नेले त्यसको फल खानेछ; र आफ्ना मालिकको रेखदेख गर्ने व्यक्ति सम्मानित हुनेछ।
PRO 27:19 पानीमा अनुहार प्रतिविम्बित भएजस्तै, मानिसको हृदयले व्यक्तित्वलाई प्रतिविम्बित पार्छ।
PRO 27:20 मृत्यु र विनाश कहिल्यै सन्तुष्‍ट हुँदैनन्, न त मानिसका आँखा नै सन्तुष्‍ट हुन्छ।
PRO 27:21 चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ, तर मानिसलाई चाहिँ त्यसले पाएको प्रशंसाद्वारा जाँचिएको हुन्छ।
PRO 27:22 मूर्खलाई ओखलीमा पिँधे तापनि वा त्यसलाई जाँतोमा राखेर अन्‍नझैँ पिँधे तापनि तिमीले त्यसको मूर्खता निकाल्न सक्नेछैनौ।
PRO 27:23 तिम्रा भेडाबाख्राहरूको अवस्था राम्ररी थाहा गर, आफ्ना बगालप्रति सावधानीपूर्वक ध्यान देऊ;
PRO 27:24 किनकि धनसम्पत्ति सधैँ रहिरहँदैन; र मुकुट पुस्ता-पुस्तासम्म सुरक्षित रहँदैन।
PRO 27:25 जब पराल हटाइन्छ, र नयाँ पालुवा देखा पर्छ, अनि डाँडा-पाखाहरूबाट घाँस बटुलिन्छ,
PRO 27:26 तब भेडाहरूले तिमीलाई वस्त्रको प्रबन्ध गरिदिन्छन्; र बाख्राहरूले जमिनको निम्ति पैसाको प्रबन्ध गरिदिन्छन्।
PRO 27:27 तिमीसित बाख्रीका दूध प्रशस्त हुनेछ, जसबाट तिमी र तिम्रो परिवारलाई खान पुग्नेछ, र तिम्रा नोकर्नीहरूलाई पोषण हुनेछ।
PRO 28:1 कसैले नखेदे तापनि दुष्‍ट मानिस भाग्छ; तर धर्मीचाहिँ सिंहजस्तै साहसी हुन्छ।
PRO 28:2 कुनै देश बागी भयो भने त्यसका धेरै शासकहरू हुन्छन्; तर समझशक्ति र ज्ञान भएका शासकले सुख-शान्ति कायम राख्छ।
PRO 28:3 गरिबमाथि शोषण गर्ने शासक अन्‍न नाश गर्ने मुसलधारे वृष्‍टिजस्तै हो।
PRO 28:4 व्यवस्था त्याग्नेहरूले दुष्‍टहरूका प्रशंसा गर्छन्; तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्।
PRO 28:5 दुष्‍ट मानिसहरूले न्याय बुझ्दैनन्, तर याहवेहलाई खोज्नेहरूले यसलाई सम्पूर्ण रूपले बुझ्दछन्।
PRO 28:6 धनी भएर भ्रष्‍ट जीवन जिउनुभन्दा बरु गरिब भएर निर्दोष जीवन जिउनु असल हो।
PRO 28:7 विवेकी छोराछोरीले शिक्षामा ध्यान दिन्छन्; तर घिचुवाहरूको सङ्गत गर्नेले आमाबुबालाई अपमान तुल्याउँछन्।
PRO 28:8 ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढाउँछ, त्यसले कुम्ल्याएको धन गरिबमाथि दया राख्नेको हुनेछ।
PRO 28:9 यदि कसैले व्यवस्थाप्रति आफ्नो कान सुन्‍नदेखि बन्द गर्छ भने, त्यसका प्रार्थनाहरू पनि घृणित हुन्छन्।
PRO 28:10 जसले धर्मी जीवन जिउनेलाई खराब बाटोतिर लैजान्छ, त्यो आफ्नै पासोमा फस्‍नेछ; तर निर्दोषले प्रशस्त अंश पाउनेछ।
PRO 28:11 धनी मानिस आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ; तर समझशक्ति भएका गरिब मानिसले त्यसलाई ठिकसँग मूल्याङ्कन गर्छ।
PRO 28:12 धर्मी जनहरू विजय हुँदा ठूलो खुशीयाली हुन्छ; तर दुष्‍टहरू उच्‍च पदमा पुग्दा मानिसहरू लुक्न थाल्छन्।
PRO 28:13 आफ्ना पापहरू लुकाउनेले उन्‍नति गर्दैन; तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।
PRO 28:14 धन्य हो त्यो मानिस, जसले सधैँभरि याहवेहप्रति श्रद्धा राख्छ; तर आफ्नो हृदय कठोर गर्ने व्यक्ति जोखिममा पर्छ।
PRO 28:15 असहाय मानिसहरूमाथि शासन गर्ने दुष्‍ट शासक गर्जने सिंह र आक्रमक भालुजस्तै हुन्छ।
PRO 28:16 अत्याचारी शासकको विवेक हुँदैन; तर जसले दुष्‍ट कमाइद्वारा पाएको लाभलाई घृणा गर्छ, उसले लामो शासनको आनन्द पाउनेछ।
PRO 28:17 हत्याको दोषले सताएको मानिस चिहानमा शरण लिनेछ; कसैले पनि त्यसलाई सहायता नगरोस्।
PRO 28:18 निर्दोष जीवन जिउने व्यक्ति सुरक्षित रहन्छ; तर जसका मार्गहरू भ्रष्‍ट छन्, तिनीहरू अचानक पतन हुनेछन्।
PRO 28:19 आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ; तर दिवासपनाको पछि दौडने मानिसहरू गरिबीले घेरिएका हुन्छन्।
PRO 28:20 विश्‍वासयोग्य मानिसले धेरै आशिष् पाउनेछ; तर धनी हुने इच्छुक व्यक्ति दण्ड नपाई उम्कनेछैन।
PRO 28:21 पक्षपात गर्नु उचित होइन; तापनि मानिसले एक टुक्रा रोटीको निम्ति पनि खराब काम गर्छ।
PRO 28:22 लोभी मानिस धनी हुने लालसा गर्छ; र त्यसलाई दरिद्रताले पर्खिरहेको छ भन्‍ने त्यसलाई थाहै हुँदैन।
PRO 28:23 कुनै मानिसलाई हप्काउनेले अन्त्यमा चापलुसी जिब्रो भएकोभन्दा बढी निगाह प्राप्‍त गर्नेछ।
PRO 28:24 आफ्नो बुबा वा आमालाई लुटेर “यो त भूल होइन” भन्‍ने व्यक्ति विनाशकारीको साझेदारजस्तै हो।
PRO 28:25 लोभी मानिसले फाटो ल्याउँछ; तर याहवेहमा भरोसा राख्ने मानिसले उन्‍नति गर्छ।
PRO 28:26 आफूमाथि भरोसा राख्ने व्यक्ति मूर्ख हो; तर बुद्धिको चालमा चल्ने सुरक्षित रहन्छ।
PRO 28:27 जसले गरिबलाई दिन्छ, उसलाई कुनै अभाव हुनेछैन; तर तिनीहरूप्रति वास्ता नदेखाउनेले धेरै श्राप पाउँछ।
PRO 28:28 दुष्‍टको हातमा शासनको जिम्मा आयो भने मानिसहरू लुक्छन्; तर जब दुष्‍टको सर्वनाश हुन्छ, धर्मी फस्टाउँछन्।
PRO 29:1 बारम्बार हप्की पाएर पनि अटेरी भई बस्‍ने मानिस, अचानक नाश हुनेछ—उपाय नै नरहने गरी।
PRO 29:2 धर्मीको फलिफाप हुँदा मानिसहरू रमाउँछन्; दुष्‍टले शासन गर्दा मानिसहरू सुस्केरा हाल्छन्।
PRO 29:3 बुद्धि मन पराउने मानिसले आफ्ना बुबालाई आनन्दित तुल्याउँछ; तर वेश्याहरूसँग सङ्गत गर्नेले आफ्नो धनसम्पत्ति बेकाममा उडाउँछ।
PRO 29:4 राजाले न्यायद्वारा देशलाई स्थिर राख्छन्; तर घूसको लोभ गर्नेले देशलाई सर्वनाश पार्छ।
PRO 29:5 जसले आफ्नो छिमेकीलाई फुर्काउँछ, त्यसले त्यसका खुट्टामुनि जाल बिछ्याउँछ।
PRO 29:6 दुष्‍ट मानिस त्यसका आफ्नै पापको कारण पासोमा पर्छ; तर धर्मी आनन्दले चिच्याउँछ र खुशी हुन्छ।
PRO 29:7 धर्मीले गरिबको न्यायको वास्ता गर्छ; तर दुष्‍टलाई चाहिँ त्यसबारे वास्तै हुँदैन।
PRO 29:8 गिल्‍ला गर्नेले सहरभरि हल्‍ला मच्‍चाउँछ; तर बुद्धिमान् मानिसले रिस शान्त गराउँछ।
PRO 29:9 यदि बुद्धिमान् मानिस मूर्खसित अदालतमा गयो भने, मूर्खको रिस र उपहासले त्यहाँ शान्ति हुँदैन।
PRO 29:10 रक्तपात गर्ने मानिसहरूले इमानदार मानिसलाई घृणा गर्छन्; र धर्मीलाई मार्न खोज्छन्।
PRO 29:11 मूर्खले आफ्नो क्रोध पूर्ण रूपमा पोखाउँछ, तर बुद्धिमान्‌ले यसलाई नियन्त्रणमा राख्छ।
PRO 29:12 यदि कुनै शासकले झूटो कुरा सुन्यो भने, त्यसका सबै अधिकारीहरू दुष्‍ट हुनेछन्।
PRO 29:13 गरिब र अत्याचारीमा यो कुरा समान हुन्छ: याहवेहले तिनीहरू दुवैका आँखालाई उज्यालो पार्नुहुन्छ।
PRO 29:14 यदि राजाले गरिबहरूको ठिक न्याय गर्छन् भने, तिनको सिंहासन सदाको निम्ति स्थापित रहनेछ।
PRO 29:15 सुधारको छडी र हप्कीले बुद्धि प्रदान गर्छ, तर अनुशासनहीन छोराछोरीले आफ्नी आमाको बेइज्जत गर्छन्।
PRO 29:16 जब दुष्‍टको फलिफाप हुन्छ, तब पापको पनि फलिफाप हुन्छ; तर धर्मीले तिनीहरूको पतन देख्नेछ।
PRO 29:17 आफ्ना छोराछोरीलाई अनुशासनमा राख, तिनीहरूले तिमीलाई शान्ति दिनेछन्; तिमीले चाहेको खुशी तिनीहरूले ल्याउनेछन्।
PRO 29:18 जहाँ दर्शन छैन, त्यहाँ मानिसहरू आफूखुशी गर्छन्; तर त्यो मानिस धन्यको हो, जसले व्यवस्थालाई पालन गर्दछ।
PRO 29:19 दासहरूलाई वचनले मात्र सुधार्न सकिँदैन; तिनीहरूले बुझे तापनि प्रतिउत्तर दिँदैनन्।
PRO 29:20 के हतारसित बोल्ने मानिसलाई देखेका छौ? त्यसका निम्ति भन्दा त बरु एउटा मूर्खका निम्ति धेरै आशा हुन्छ।
PRO 29:21 मानिसले आफ्नो दासलाई बाल्यकालदेखि नै पुलपुलायो भने, अन्त्यमा त्यो समस्या बन्‍नेछ।
PRO 29:22 क्रोधी मानिसले झगडा मच्‍चाउँछ, अनि गरम मिजास भएका मानिसले धेरै पाप गर्छ।
PRO 29:23 मानिसको अहङ्कारले त्यसलाई पतन गराउँछ; तर कोमल आत्मा भएको मानिसले सम्मान पाउँछ।
PRO 29:24 चोरको साझेदार हुने त्यसको आफैँ शत्रु हुन्छ; त्यसले शपथ खाएर पनि साक्षी दिन आँटै गर्दैन।
PRO 29:25 मानिसको डर पासोमा प्रमाणित हुन्छ; तर जसले याहवेहमाथि भरोसा राख्छ, ऊ सुरक्षित रहन्छ।
PRO 29:26 धेरैले शासकको निगाह प्राप्‍त गर्न चाहन्छन्; तर मानिसले याहवेहबाट मात्र न्याय पाउँछ।
PRO 29:27 भ्रष्‍ट मानिसले धर्मीलाई घृणा गर्छ; र दुष्‍टले धर्मी जीवन जिउनेलाई घृणा गर्छ।
PRO 30:1 याकेका छोरा आगूरका वचन—एक ईश्‍वरवाणी: यस मानिसले इतीएल र युकाललाई घोषणा गरेका हुन्:
PRO 30:2 निःसंदेह म एक जनावर हुँ, मानिस होइनँ; मसँग मानवीय समझशक्ति छैन।
PRO 30:3 मैले बुद्धि सिकिनँ, न त मसित पवित्र परमेश्‍वरको ज्ञान नै छ।
PRO 30:4 स्वर्गसम्म को उक्लेको छ, र तल ओर्लेर को आएको छ? कसका हातले बतासलाई समातेको छ? कसले पानीलाई वस्त्रमा बाँधेको छ? कसले पृथ्वीका सबै छेउलाई स्थापित गरेको छ? उहाँको नाम के हो, र उहाँको पुत्रको नाम के हो? यदि तिमीलाई थाहा छ भने मलाई भन!
PRO 30:5 “परमेश्‍वरका प्रत्येक वचन खोटरहित छ; उहाँमा शरण लिनेहरू सबैका निम्ति उहाँ ढाल हुनुहुन्छ।
PRO 30:6 उहाँका वचनहरूमा केही नथप; नत्रता उहाँले तिमीलाई हप्काउनुहुनेछ, र झूटो प्रमाणित गर्नुहुनेछ।
PRO 30:7 “हे याहवेह, तपाईंबाट म दुई कुराहरू माग्दछु; म मर्नुभन्दा अगि ती मबाट इन्कार नगर्नुहोस्:
PRO 30:8 असत्य र झूटो कुरा मबाट टाढा राखिदिनुहोस्; न मलाई गरिबी, न त धनसम्पत्ति नै दिनुहोस्; तर मलाई केवल दैनिक भोजन दिनुहोस्।
PRO 30:9 नत्रता मसित प्रशस्त भएर मैले तपाईंलाई इन्कार गरुँला, र भनुँला ‘याहवेह को हुनुहुन्छ र?’ अथवा म गरिब भएर चोरी गरुँला, र मेरा परमेश्‍वरको नामको अनादर गरुँला।
PRO 30:10 “कर्मचारीलाई त्यसको मालिकको सामु अपमान नगर्नू; नत्रता त्यसले तिमीलाई सराप्ला र तिमीले नोक्सानी उठाउनुपर्नेछ।
PRO 30:11 “यस्ताहरू पनि हुन्छन्, जसले आफ्ना बुबाहरूलाई सराप्छन्; र आफ्ना आमाहरूलाई धन्यका ठान्दैनन्।
PRO 30:12 तिनीहरू, जो आफ्नै दृष्‍टिमा शुद्ध छन्, र पनि आफ्ना अपवित्रताबाट चोख्याइएका छैनन्।
PRO 30:13 तिनीहरू, जसका आँखाहरू अति अहङ्कारी छन्! जसका आँखीभौँ घमण्डले उठेका छन्,
PRO 30:14 तिनीहरू, जसका दाँतहरू तरवारहरू हुन्, र जसका बङ्गाराहरू छुरीजस्तै छन्, जसले गरिबलाई पृथ्वीबाट र खाँचोमा परेकाहरूलाई मानव-जातिका माझमा निल्छन्।
PRO 30:15 “जुकाका दुई छोरीहरू छन्। तिनीहरू ‘देऊ! देऊ!’ भनी कराउँछन्। “तीन वटा कुराहरू छन्, जो कहिल्यै तृप्‍त हुँदैनन्; चार वटा कुराहरू छन्, जो कहिल्यै पुग्यो भन्दैनन्!
PRO 30:16 चिहान, बाँझो गर्भ; जमिन, जो कहिल्यै पानीदेखि तृप्‍त हुँदैन, र आगो, जसले कहिल्यै ‘पुग्यो!’ भनी भन्दैन।
PRO 30:17 “त्यो आँखा, जसले बुबालाई खिसी गर्छ, र आमाको आज्ञालाई तुच्छ ठान्छ, त्यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्, र गिद्धहरूले खानेछन्।
PRO 30:18 “तीन वटा कुराहरू छन्, जो मेरा निम्ति धेरै अचम्मका छन्; चार वटा, जो म बुझ्दिनँ:
PRO 30:19 आकाशमा गरुडको चाल; चट्टानमाथि सर्पको चाल, महासमुद्रमा जहाजको चाल; र स्त्रीसँग पुरुषको चाल।
PRO 30:20 “व्यभिचारिणी स्त्रीको चाल यस्तो हुन्छ: त्यसले खान्छे र आफ्नो मुख पुछ्छे, अनि त्यसपछि भन्छे, ‘मैले केही कुकर्म गरेकी छैनँ।’
PRO 30:21 “तीन वटा कुराहरूमा पृथ्वी काम्छ; चार वटा कुराहरू, जो त्यसले सहन सक्दैन:
PRO 30:22 नोकर, जब राजा बन्छ, मूर्खले पेटभरि भोजन खाएको,
PRO 30:23 माया नपाएकी स्त्रीले विवाह गरेकी, र नोकर्नी, जो आफ्नी मालिक्नीलाई पन्छाएर तिनको स्थानमा बस्छे।
PRO 30:24 “पृथ्वीमा चार वटा कुराहरू साना छन्, तापनि तिनीहरू अति बुद्धिमान् छन्:
PRO 30:25 कमिलाहरू, जो थोरै बल भएका प्राणी हुन्, तापनि तिनीहरूले ग्रीष्म ऋतुमा नै आफ्नो भोजनको सञ्चय गर्छन्,
PRO 30:26 भिर खरायोहरू थोरै बल भएका प्राणी हुन्, तापनि तिनीहरूले आफ्ना घर पहराहरूमा नै बनाउँछन्,
PRO 30:27 सलहहरूका राजा हुँदैनन्, तापनि तिनीहरू लहरै हुल बाँधेर अगि बढ्छन्।
PRO 30:28 माउसुली, जसलाई हातले समात्न सक्छौँ, तापनि त्यो राजाको महलहरूमा पाइन्छ।
PRO 30:29 “तीन वटा कुरा छन्, जसका हिँडाइ रवाफिला छन्; चार वटा कुरा छन्, जो शानसँग यताउता हिँड्छन्:
PRO 30:30 सिंह, जो पशुहरूमध्ये बलवान् हुन्छ, जो कसैदेखि पछि हट्दैन,
PRO 30:31 रवाफसित हिँड्ने भाले, बोको; अनि आफ्नो वरिपरि सेना राखेर हिँड्ने राजा।
PRO 30:32 “तिमी मूर्ख भएर आफूलाई उच्‍च पार्‍यौ भने, अथवा तिमीले दुष्‍ट युक्ति रच्यौ भने, तिम्रो मुखमाथि हात राख!
PRO 30:33 किनकि दूध मन्थन गरेर घिउ निस्केजस्तै, र नाक बटार्दा रगत निस्केजस्तै, रिसलाई चलाउँदा झगडा उत्पन्‍न हुन्छ।”
PRO 31:1 राजा लमूएलका नीतिवचन, जुन तिनका आमाले तिनलाई सिकाएकी थिइन्—एक ईश्‍वरवाणी।
PRO 31:2 हे मेरा छोरा, सुन्! हे मेरा गर्भका छोरा, सुन्! हे मेरो छोरा, प्रार्थनाहरूका जवाफ सुन्!
PRO 31:3 तेरो आफ्नो सम्पूर्ण बल स्त्रीहरूलाई दिएर नसक्; तेरो शक्ति तिनीहरूलाई नदे, जसले राजाहरूलाई पतन गराउँछन्।
PRO 31:4 यो कुरा राजाहरूका निम्ति होइन, हे लमूएल— राजाहरूले मद्यपान गर्नुहुन्‍न, शासकहरूले मदिराको लालसा गर्नुहुन्‍न,
PRO 31:5 कतै तिनीहरूले पिएर कानुनलाई बेवास्ता गर्लान्, र थिचोमिचोमा परेकाहरूलाई तिनीहरूका अधिकारबाट वञ्चित गर्लान्।
PRO 31:6 तिनीहरूलाई मदिरा दे, जो नष्‍ट भइरहेका छन्; तिनीहरूलाई मद्यपान दे, जो वेदनामा परेका छन्।
PRO 31:7 तिनीहरूले पिऊन् र आफ्नो गरिबी बिर्सून्, अनि आफ्ना वेदना कहिल्यै नसम्झून्।
PRO 31:8 आफ्ना निम्ति बोल्न नसक्नेहरूका निम्ति, र दुःख पाएकाहरूका अधिकारको निम्ति बोलिदे।
PRO 31:9 आवाज उठा, र ठिकसित न्याय गर्, गरिब र खाँचोमा परेकाहरूको अधिकारको रक्षा गर्!
PRO 31:10 असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी त माणिकहरूभन्दा बहुमूल्यकी हुन्छिन्।
PRO 31:11 तिनका पतिले तिनीमाथि पूर्ण भरोसा गर्छिन्; र तिनलाई कुनै मूल्यवान् कुराको अभाव हुँदैन।
PRO 31:12 तिनले आफ्नो जीवनकालभरि नै खराब कुरा होइन, तर असल कुरा दिन्छिन्।
PRO 31:13 तिनले ऊन र सनपाट चुन्छिन्, र इच्छुक हातले काम गर्छिन्।
PRO 31:14 व्यापारीका जहाजहरूले जस्तै; तिनले टाढाबाट भोजन ल्याउँछिन्।
PRO 31:15 मिरमिरे बिहान नहुँदै तिनी उठ्छिन्, आफ्नो परिवारको निम्ति भोजन जुटाउँछिन्, र आफ्नी सेविकाहरूलाई आ-आफ्नो भाग बाँडिदिन्छिन्।
PRO 31:16 तिनले विचार गरेर एउटा जमिन किन्छिन्, र आफ्नो कमाईबाट एउटा दाखबारी लगाउँछिन्।
PRO 31:17 तिनले आफ्नो काम जोसका साथ गर्छिन्; आफ्नो कामको निम्ति तिनले आफ्ना पाखुराहरू बलियो पार्छिन्।
PRO 31:18 तिनले आफ्नो कारोबारबाट लाभ भएको छ भनी देख्छिन्; र राति तिनको बत्ती निभ्दैन।
PRO 31:19 तिनले आफ्नो हातले चर्खा चलाउँछिन्, र आफ्नो औँलाले पिउरी समाउँछिन्।
PRO 31:20 तिनले गरिबका निम्ति आफ्नो मुट्ठी खोल्छिन्; र खाँचोमा परेकाहरूको निम्ति सहायताको हात बढाउँछिन्।
PRO 31:21 हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्; किनकि तिनीहरू सबैले सिन्दूरे रङ्गको वस्त्र पहिरेका हुन्छन्।
PRO 31:22 तिनी आफैँले ओछ्यान ढाक्ने तन्‍ना बनाउँछिन्; तिनले असल सुती र बैजनी वस्त्र लगाएकी हुन्छिन्।
PRO 31:23 उनका पतिलाई सहरको मूलढोकामा आदर गरिन्छ, जहाँ उनी देशका अगुवाहरूका बीचमा बस्छन्।
PRO 31:24 तिनले सुती कपडाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन्; र व्यापारीलाई पटुकाहरू उपलब्ध गराउँछिन्।
PRO 31:25 तिनी सामर्थ्य र सम्मानले सुशोभित हुन्छिन्; भविष्यको निम्ति तिनी मुस्कुराउन सक्छिन्।
PRO 31:26 तिनी बुद्धिसित बोल्छिन्; अनि तिनको जिब्रोमा विश्‍वासयोग्य अर्ती पाइन्छ।
PRO 31:27 तिनले आफ्नो घरानाको कामधन्धाको हेरविचार गर्छिन्, र आलस्यपनको रोटी खाँदिनन्।
PRO 31:28 तिनका छोराछोरीले उठेर तिनलाई धन्यकी भन्छन्, तिनका पतिले पनि यस्तो भन्दै तिनको प्रशंसा गर्छन्:
PRO 31:29 “धेरै स्त्रीहरूले असल काम गर्छन्; तर तिनीहरू सबैलाई तिमीले जितेकी छौ।”
PRO 31:30 सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उडिजाने हुन्छ; तर याहवेहको डर मान्‍ने स्त्रीको नै प्रशंसा हुनुपर्छ।
PRO 31:31 तिनले कमाएको इनाम तिनलाई नै देऊ; र तिनका कामले सहरको ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्।
ECC 1:1 दावीदका पुत्र, यरूशलेमका राजा, उपदेशकका वचनहरू:
ECC 1:2 “अर्थहीन नै अर्थहीन!” उपदेशकले भन्दछन्, “पूर्ण रूपमा अर्थहीन! सबै थोक अर्थहीन हुन्।”
ECC 1:3 मानिसहरूले सूर्यमुनि गरेका सबै परिश्रमबाट तिनीहरूलाई के नै लाभ हुन्छ र?
ECC 1:4 पुस्ताहरू आउँछन्, र पुस्ताहरू जान्छन्; तर पृथ्वी सदासर्वदा रहिरहन्छ।
ECC 1:5 सूर्य उदाउँछ, र सूर्य अस्ताउँछ; अनि जुन ठाउँबाट उदाएको थियो फेरि हतारिँदै आफ्नै ठाउँतिर फर्किजान्छ।
ECC 1:6 बतास दक्षिणतिर बहन्छ, र फेरि उत्तरतिर फर्कन्छ; त्यो फन्को मार्दै, फेरि फन्को मार्दै फर्केर आउँछ।
ECC 1:7 सबै नदीनालाहरू बगेर समुद्रमै जान्छन्, र पनि समुद्र कहिल्यै भरिँदैन; जुन स्थानबाट ती नदीनालाहरू आउँछन्, ती फेरि त्यतैतिर फर्केर जान्छन्।
ECC 1:8 सबै थोक विरक्तलाग्दा छन्, कसैले ती वर्णन गर्न सक्दैन। देखेर आँखा कहिल्यै सन्तुष्‍ट हुँदैन; न त सुनेर कान तृप्‍त हुन्छ।
ECC 1:9 जे भएको थियो, त्यही फेरि हुनेछ; जे गरिएको थियो, फेरि त्यही गरिनेछ; सूर्यमुनि कुनै कुरा नयाँ छैन।
ECC 1:10 के कुनै कुरो यस्तो छ, जसबारे कसैले भन्‍न सक्छ, “हेर! योचाहिँ नयाँ कुरा हो?” त्यो धेरै पहिलेदेखि नै यहाँ थियो, हाम्रो समयभन्दा पनि धेरै पहिलेदेखि।
ECC 1:11 विगतका पुस्ताहरूलाई कसैले सम्झनेछैन, र आउनेवालाहरूलाई पनि कसैले सम्झनेछैन; त्यसपछि आउनेहरूले पनि सम्झना गर्नेछैनन्।
ECC 1:12 म उपदेशक, यरूशलेममा इस्राएलको राजा थिएँ।
ECC 1:13 आकाशमुनि जे जति गरिन्छन्, ती सबै बुद्धिद्वारा अध्ययन र अनुसन्धान गर्न भनेर मैले मेरो मनलाई लगाएँ। परमेश्‍वरले मानिस जातिलाई कति कठिन बोझ दिनुभएको छ, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्।
ECC 1:14 सूर्यमुनि गरिने सबै काम मैले देखेको छु; ती सबै अर्थहीन हुन्, बतासलाई खेदेको जस्तो मात्र हो।
ECC 1:15 जे बाङ्गो छ, त्यसलाई सीधा पार्न सकिँदैन; अनि जे कुरा छँदैछैन, त्यसको गन्ती हुँदैन।
ECC 1:16 मैले मनमनै भनेँ, “हेर, मभन्दा अगि यरूशलेममा राज्य गर्ने सबैले भन्दा धेरै बुद्धि मैले प्राप्‍त गरेको छु; धेरै बुद्धि र ज्ञान मैले अनुभव गरेको छु।”
ECC 1:17 तब बुद्धि के रहेछ भनी बुझ्नलाई आफ्नो मन लगाएँ; यसै गरी पागलपन र मूर्खतामा पनि; अनि यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ भनी मैले जानेँ।
ECC 1:18 किनकि धेरै बुद्धिले धेरै शोक ल्याउँछ; र धेरै ज्ञानले त्यससँगै धेरै कष्‍ट पनि बढाउँछ।
ECC 2:1 मैले मनमनमै भनेँ, “आइज, म तँलाई असल के रहेछ भनी थाहा गर्न सुख-विलासद्वारा जाँच गर्नेछु।” तर त्यो पनि अर्थहीन रहेछ भनी प्रमाणित भयो।
ECC 2:2 मैले भनेँ, “हाँसो पागलपन हो; अनि सुख-विलासले के लाभ हुन्छ र?”
ECC 2:3 आफूलाई मनोरञ्जन गर्न मैले मद्यपान गरेँ, र मूर्खतालाई अँगालेँ—मेरो मनले अझै मलाई बुद्धिद्वारा डोर्‍याउँदैथियो। आफ्नो छोटो जीवनमा मानिसले स्वर्गमुनि के असल काम गर्नुपर्ने रहेछ भनी म जान्‍न चाहन्थेँ।
ECC 2:4 मैले ठूला-ठूला कामहरू सुरु गरेँ। मैले आफ्ना निम्ति घरहरू बनाएँ; र दाखबारी लगाएँ।
ECC 2:5 मैले बगैँचाहरू र उद्यानहरू बनाएँ, र त्यहाँ सबै किसिमका फलफूलका रूखहरू रोपेँ।
ECC 2:6 बढ्दै गरेका रूखहरूको सिँचाइ गर्नलाई मैले पानीका दहहरू बनाएँ।
ECC 2:7 मैले दास-दासीहरू किनेँ; अनि मेरा घरमा जन्मेका अन्य दासहरू पनि मसित थिए। यरूशलेममा मभन्दा अगिका सबै मानिसहरूका भन्दा पनि धेरै गाईबस्तु र भेडाबाख्राहरू मसँग थिए।
ECC 2:8 मैले आफ्ना निम्ति सुन र चाँदी, र विभिन्‍न राजाहरू र प्रान्तहरूबाट धनसम्पत्ति थुपारेँ; मैले मानिसको हृदयको आनन्दको निम्ति, गायक-गायिकाहरू र स्त्री-निवास समेत राखेँ।
ECC 2:9 म यरूशलेममा मेरो अगिका सबैभन्दा धेरै महान् भएँ। यी सबैमा मेरो बुद्धि मसँगै रहिरह्‍यो।
ECC 2:10 मेरा आँखाहरूले चाहेका कुनै पनि अभिलाषा प्राप्‍त गर्न मैले आफैँलाई इन्कार गरिनँ; मेरो हृदयलाई मोजमस्ती गर्न मैले कुनै पनि कसर बाँकी राखिनँ। मेरा सबै मेहनतमा मेरो हृदय प्रसन्‍न थियो; अनि मेरो सारा परिश्रमको फल यही थियो।
ECC 2:11 जब मैले मेरा हातहरूद्वारा गरिएका सबै कामहरू र मैले गरेका सबै परिश्रमका उपलब्धीहरूलाई विचार गरेँ; ती सबै कुराहरू अर्थहीन थिए। ती सबै कुराहरू बतासलाई खेदेको जस्तो मात्र रहेछ; सूर्यमुनि केही कुरो फाइदाको रहेनछ।
ECC 2:12 तब बुद्धि के रहेछ भनी जाँच्न मेरो सोचलाई लगाएँ; अनि यसै गरी पागलपन र मूर्खता पनि, जे जति गरिसकेका छन्; त्योभन्दा बढी राजाका उत्तराधिकारीले के गर्न सक्लान् र?
ECC 2:13 मैले देखेँ, मूर्खताभन्दा बुद्धि उत्तम हुँदोरहेछ, जसरी अन्धकारभन्दा उज्यालो उत्तम हुन्छ!
ECC 2:14 बुद्धिमान्‌को आँखा उसको शिरमा हुन्छ, तर मूर्खचाहिँ अँध्यारोमा हिँड्‍डुल गर्छ; तर मैले यो थाहा गरेँ कि, यी दुवैको अन्त्य एउटै हुँदोरहेछ।
ECC 2:15 तब मैले आफ्नो मनमनै विचार गरेँ, “मूर्खमाथि जे आइपर्छ, त्यस्तै ममाथि पनि हुन्छ। तब म बुद्धिमान् भएर मलाई के लाभ भयो र?” तब मैले आफ्नो मनमनै यसो भनेँ, “यो पनि अर्थहीन रहेछ!”
ECC 2:16 किनकि मूर्खको जस्तै, बुद्धिमान्‌को पनि सधैँभरि सम्झना गरिनेछैन; ती दिनहरू आइसकेका छन्, ती दुवै बिर्सिएका हुनेछन्; मूर्खजस्तै बुद्धिमान् मानिस पनि मर्नैपर्छ!
ECC 2:17 यसैले मैले आफ्नो जीवनलाई घृणा गरेँ; किनकि सूर्यमुनि गरिएको काम मेरो निम्ति दुःखमय थियो। यी सबै अर्थहीन हुन्; बतासलाई खेदेको जस्तो मात्र हो।
ECC 2:18 सूर्यमुनि मैले गरेका हरेक कामलाई मैले घृणा गर्न थालेँ; किनकि हरेक कामको फल मेरो उत्तराधिकारीको निम्ति मैले छोड्नैपर्छ।
ECC 2:19 अनि कसले जान्दछ, त्यो मूर्ख हुनेछ कि बुद्धिमान्? तापनि सूर्यमुनि मैले गरेको मेरो परिश्रमको हरेक फलमाथि त्यसले नै अधिकार जमाउने रहेछ, जसमा मैले सिप र प्रयत्न लगाएको थिएँ। यो पनि अर्थहीन रहेछ।
ECC 2:20 यसैले मैले सूर्यमुनि गरेका सबै कठिन परिश्रममा म निराश हुनथालेँ।
ECC 2:21 किनकि मानिसले आफ्ना बुद्धि, ज्ञान र सिप लगाएर काम गर्छ, र ती सबै अरू कोही, जसले यसको निम्ति मेहनत नै गरेको हुँदैन; उसैको निम्ति छोडेर जानुपर्दो रहेछ। यो पनि एक अर्थहीन र ठूलो दुर्भाग्य हो।
ECC 2:22 सूर्यमुनि गरेका आफ्ना सारा परिश्रम, चिन्ता र प्रयासको निम्ति मानिसले के नै पो पाउँछ र?
ECC 2:23 जीवनभरि त्यसको मेहनत दुःख र कष्‍ट मात्र हो; राति पनि त्यसको मनले विश्राम पाउँदैन। यो पनि अर्थहीन हो।
ECC 2:24 मानिसले खानु, पिउनु र आफ्ना परिश्रममा सन्तुष्‍ट रहनुभन्दा अरू कुनै कुरो असल छैन। म देख्दछु, यो पनि परमेश्‍वरका हातबाट प्राप्‍त हुँदछ;
ECC 2:25 किनकि उहाँविना कसले खान र आनन्द लिन सक्छ र?
ECC 2:26 जुन मानिसले परमेश्‍वरलाई खुशी पार्दछ, त्यसलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ; तर पापीलाई चाहिँ उहाँले धनसम्पत्ति जम्मा गर्ने र बटुल्ने काम दिनुहुन्छ; यसरी ती कुराहरू पनि उहाँलाई खुशी पार्नेले नै प्राप्‍त गर्दछ। यो पनि अर्थहीन र बतासलाई खेदेजस्तो मात्र हो।
ECC 3:1 हरेक कुराका लागि समय छ; र आकाशमुनि प्रत्येक गतिविधिको निम्ति एउटा समय छ:
ECC 3:2 जन्मने एउटा समय र मर्ने एउटा समय; रोप्ने एउटा समय र उखेल्ने एउटा समय।
ECC 3:3 मार्ने एउटा समय र निको पार्ने एउटा समय; भत्काउने एउटा समय र निर्माण गर्ने एउटा समय।
ECC 3:4 रुने एउटा समय र हाँस्‍ने एउटा समय; शोक गर्ने एउटा समय र नाच्ने एउटा समय।
ECC 3:5 ढुङ्गाहरू छरपस्ट पार्ने एउटा समय र ती बटुल्ने एउटा समय; अँगालो हाल्ने एउटा समय र अलग रहने एउटा समय।
ECC 3:6 खोज्ने एउटा समय र छोडिदिने एउटा समय; राख्ने एउटा समय र फाल्ने एउटा समय।
ECC 3:7 च्यात्ने एउटा समय र टाल्ने एउटा समय; चुप बस्‍ने एउटा समय र बोल्ने एउटा समय।
ECC 3:8 प्रेम गर्ने एउटा समय र घृणा गर्ने एउटा समय; युद्ध गर्ने एउटा समय र मिलाप गर्ने एउटा समय।
ECC 3:9 काम गर्नेले मेहनतका साथ आफूले गरेको परिश्रमबाट के लाभ पाउँछ र?
ECC 3:10 मानव जातिहरूमाथि परमेश्‍वरले राखिदिनुभएको बोझ मैले देखेको छु, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्।
ECC 3:11 सबै कुराहरू उहाँले ठिक समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता राखिदिनुभएको छ; तापनि सुरुदेखि अन्त्यसम्म परमेश्‍वरले जे जति काम गर्नुभयो, सो तिनीहरूले बुझ्न सक्दैनन्।
ECC 3:12 म जान्दछु, मानिसको निम्ति तिनीहरू बाँचुन्जेल खुशी रहनु र असल काम गर्नुबाहेक तिनमा अरू कुनै उत्तम कुरा छैन।
ECC 3:13 आफ्ना सारा परिश्रममा खुशी रहनु, खानु र पिउनु नै मानिसलाई परमेश्‍वरको दान हो।
ECC 3:14 म जान्दछु, परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो सदासर्वदा रहिरहन्छ; त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँको भय मानून् भनेर परमेश्‍वरले यसो गर्नुहुन्छ।
ECC 3:15 जे भइरहेको छ, त्यो अगिबाटै भइसकेको थियो; र जे हुनेछ, त्यो पनि अगिबाटै भइसकेको थियो; परमेश्‍वरले बितेका कुराहरू ल्याउनुहुन्छ।
ECC 3:16 त्यसबाहेक मैले सूर्यमुनि अरू यस्ता कुरा देखेँ: न्यायको ठाउँमा दुष्‍टता; धार्मिकताको ठाउँमा दुष्‍टता।
ECC 3:17 मैले आफ्नो मनमनै भनेँ, “परमेश्‍वरले धर्मी र अधर्मी दुवैलाई न्यायमा ल्याउनुहुनेछ; किनकि हरेक कृयाकलापको उचित समय हुनेछ; र हरेक कामको न्यायको उचित समय हुनेछ।”
ECC 3:18 मैले मनमै यो पनि विचार गरेँ, “मानिसलाई चाहिँ परमेश्‍वरले जाँच गर्नुहुन्छ, ताकि तिनीहरू जनावरजस्तै छन् भनी बुझ्न सकून्!
ECC 3:19 मानिसको अन्त्य पनि जनावरको जस्तै हुन्छ; दुवैको एउटै अन्त्य हुन्छ, जसरी एउटा मर्छ, अर्को पनि त्यसरी नै मर्छ। दुवैको सास एउटै हो; मानिसलाई जनावरको भन्दा बढी केही लाभ छैन। सबै कुरा अर्थहीन हुन्।
ECC 3:20 सबै एकै ठाउँमा जान्छन्; सबै धुलोबाट आउँछन्, र धुलोमै फर्किजान्छन्।
ECC 3:21 मानिसको आत्मा उँभोतिर, र पशुको आत्माचाहिँ उँधो पृथ्वीतिर जान्छ भनेर कसले जान्दछ र?”
ECC 3:22 यसरी मैले देखेँ, मानिसलाई आफ्नो काममा आनन्द लिनुभन्दा अरू असल कुरो केही रहेनछ; किनभने त्यही नै उसको भाग हो। उसको मृत्युपछि के हुने हो, त्यो देखाउनलाई कसले उसलाई ल्याउन सक्छ र?
ECC 4:1 फेरि मैले विचार गरेँ, र सूर्यमुनि भइरहेका सबै अत्याचारहरूलाई देखेँ: मैले अत्याचारमा परेकाहरूका आँसु देखेँ; र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन; अत्याचार गर्नेहरूको हातमा शक्ति थियो, र अत्याचारमा परेकाहरूलाई सान्त्वना दिने कोही थिएन।
ECC 4:2 अनि मैले यो घोषणा गरेँ, मृतकहरू, जो मरिसकेका थिए; तिनीहरू अझै जीवितै रहेकाहरूभन्दा धेरै आनन्दित छन्।
ECC 4:3 तर ती दुवैभन्दा अझ धेरै सुखीचाहिँ त्यो मानिस हो, जो जन्मिएकै छैन; जसले सूर्यमुनि भइरहेको दुष्‍ट काम देखेकै छैन।
ECC 4:4 अनि मैले देखेँ, मानिसका सम्पूर्ण परिश्रम र उपलब्धीहरूको मूलचाहिँ त्यसको आफ्ना छिमेकीमाथि भएको डाह हो। यो पनि अर्थहीन छ, बतासलाई खेदेको जस्तो मात्र हो।
ECC 4:5 मूर्खले आफ्ना हातहरू बाँधेर राख्छ, र आफ्नो निम्ति आफैँ विनाश ल्याउँछ।
ECC 4:6 दुई हातको परिश्रमले कमाएको र बतासलाई खेदेको दुई मुट्ठीभन्दा शान्तिको साथमा एक मुट्ठी हुनु अझ असल हो।
ECC 4:7 फेरि मैले सूर्यमुनि केही अर्थहीन कुरा देखेँ:
ECC 4:8 त्यहाँ नितान्त एउटा एकलो मानिस थियो; उसको न छोरो, न त दाजुभाइ थिए। उसको परिश्रमको अन्त्य थिएन; तापनि उसका आँखाहरू आफ्नो धनसम्पत्तिमा सन्तुष्‍ट थिएनन्। उसले आफैँलाई सोध्यो, “म कसका निम्ति परिश्रम गरिरहेको छु? र किन आफैँलाई जीवनका आनन्दबाट वञ्चित गर्दैछु?” यो पनि अर्थहीन छ, एक दुःखदायी कुरा हो।
ECC 4:9 एक जनाभन्दा दुई जना असल हुन्, किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्:
ECC 4:10 यदि कुनै एउटा लड्यो भने, अर्कोले त्यसलाई उठ्न मदत गर्न सक्छ; तर लड्दा उठाउने कोही नहुँदा कस्तो दुःखको कुरा हुन्छ!
ECC 4:11 फेरि, दुई जना सँगै सुते भने तिनीहरूलाई न्यानो हुन्छ; तर एकलो त कसरी न्यानो हुन सक्छ र?
ECC 4:12 एकलो मानिसलाई कसैले जित्ला; तर दुई जनाले त आफ्नो रक्षा गर्न सक्छन्। अनि तीन सुतरीले बाटेर बनेको डोरी झट्टै चुँडिदैन।
ECC 4:13 एक गरिब तर बुद्धिमान् युवक एक बूढो तर निर्बुद्धि राजाभन्दा उत्तम हो; जसले कसरी सल्‍लाह लिने भन्‍ने कुरा पनि जान्दैन।
ECC 4:14 त्यो युवक झ्यालखानाबाट छुटेर राजा बन्‍न आइपुगेको हुन सक्छ, अथवा उनकै राज्यमा गरिबीमा जन्मेको हुन सक्छ।
ECC 4:15 तर मैले सूर्यमुनि बास गर्ने र हिँड्‍डुल गर्ने सबै मानिसहरू राजाको उत्तराधिकारी त्यही युवकको पछि-पछि लागेका देखेँ।
ECC 4:16 तिनीहरूभन्दा अगिका सबै मानिसहरूको संख्या अनगन्ती थिए। तर पछिबाट आउनेहरू त्यस उत्तराधिकारीसित खुशी भएनन्। यो पनि अर्थहीन रहेछ, केवल बतासलाई खेदेको जस्तो मात्र।
ECC 5:1 परमेश्‍वरका भवनमा जाँदा आफ्ना कदमहरूमा होसियारी होऊ। मूर्खले आफू भूल गर्दैछु भनी नजानिकनै बलिदान चढाउनलाई गएजस्तो होइन, तर उहाँको आवाज सुन्‍नलाई नजिक जाऊ।
ECC 5:2 परमेश्‍वरको अगाडि बोल्नलाई हडबड नगर, र कुनै कुरा बोल्न तिम्रो हृदयले हतार नगरोस्; अनि उहाँको सामु प्रतिज्ञा गर्न हतार नगर। किनकि परमेश्‍वर स्वर्गमा हुनुहुन्छ, अनि तिमीचाहिँ पृथ्वीमा छौ; यसकारण तिम्रा शब्दहरू थोरै होऊन्!
ECC 5:3 जसरी धेरै चिन्ता हुँदा सपना आउँदछ; त्यसरी नै धेरै शब्दहरू मूर्खका बोली हुन्छन्।
ECC 5:4 जब परमेश्‍वरलाई प्रतिज्ञा गर्दछौ, त्यो पूरा गर्नमा ढिलो नगर। उहाँ मूर्खसित खुशी हुनुहुन्‍न; आफ्नो प्रतिज्ञा पूरा गर।
ECC 5:5 प्रतिज्ञा गरेर त्यो पूरा नगर्नुभन्दा प्रतिज्ञा गर्दै नगर्नु असल हो।
ECC 5:6 तिम्रो बोलीले पापमा नडोर्‍याओस्। अनि मन्दिरका दूतलाई, “मेरो प्रतिज्ञामा भूल भएछ,” भनेर विरोध नगर। तिम्रा वचनले किन परमेश्‍वरलाई रिस उठाउँछौ, र आफ्नै हातका काम नष्‍ट गर्न लगाउँछौ?
ECC 5:7 धेरै सपना देख्नु र धेरै कुरा गर्नु अर्थहीन छन्। त्यसकारण परमेश्‍वरको भय मान।
ECC 5:8 यदि तिमीले कुनै प्रान्तमा गरिबमाथि अत्याचार भएको, त्यसको अधिकार र न्याय इन्कार गरिएको देख्यौ भने अचम्म नमान; किनकि एक अधिकारीमाथि रेखदेख गर्न अर्को ठूलो अधिकारी खटाइएको हुन्छ, र ती सबैमाथि नजर राख्न अझ ठूलो अधिकारी खटाइएको हुन्छ।
ECC 5:9 जमिनबाट उब्जेका अन्‍न सबैले खान्छन्; राजा आफूले पनि जमिनबाट लाभ प्राप्‍त गर्दछन्।
ECC 5:10 जसले रुपैयाँपैसालाई प्रेम गर्छ, त्यसलाई कहिल्यै प्रशस्त हुँदैन। जसले धनसम्पत्तिलाई प्रेम गर्छ, त्यो आफ्नो आम्दानीमा कहिल्यै सन्तुष्‍ट हुँदैन; यो पनि अर्थहीन छ।
ECC 5:11 जब धनसम्पत्ति बढ्छ, तब खाने मुखहरू पनि धेरै बढ्छन्। अनि ती आँखाले हेर्नुबाहेक मालिकलाई धनसम्पत्तिको अरू के लाभ हुन्छ र?
ECC 5:12 परिश्रम गर्नेको निद्रा मिठो हुन्छ; चाहे त्यसले थोरै खाओस् वा धेरै खाओस्, तर धनीको प्रचुर धनले गर्दा त्यसलाई निद्रै लाग्दैन।
ECC 5:13 मैले सूर्यमुनि एउटा गम्भीर खराबी देखेको छु: मानिसले थुपारेको धनले त्यसैलाई क्षति गरेको,
ECC 5:14 अथवा दुर्भाग्यवश त्यो धनसम्पत्ति गुमाएको; त्यसका सन्तान भए तापनि त्यसको उत्तराधिकारको निम्ति केही बाँकी नरहेको।
ECC 5:15 आफ्नी आमाको गर्भबाट मानिस नाङ्गै आउँछ, र जस्तो आयो, त्यस्तै फर्किजान्छ। आफ्नो परिश्रमको कमाइबाट केही पनि हातमा लिएर जान सक्दैन।
ECC 5:16 यो पनि एक गम्भीर खराबी हो: मानिसजस्तो प्रकारले आयो, त्यस्तै फर्किजानेछ; तब त्यसलाई के लाभ भयो र, के त्यसको परिश्रम हावामा नै खेर गएन र?
ECC 5:17 त्यसले आफ्नो सारा जीवनकाल अन्धकारमा, ठूलो नैराश्य, कष्‍ट र रिस-रागमा जान्छ।
ECC 5:18 तब मैले यो थाहा पाएँ, मानिसको निम्ति खानु, पिउनु र परमेश्‍वरले सूर्यमुनि त्यसलाई दिनुभएको छोटो जीवनमा आफूले गरेको कठोर मेहनतमा सन्तुष्‍ट रहनु नै असल र उचित हुन्छ। यही त्यसको भाग हो।
ECC 5:19 त्यसबाहेक जब परमेश्‍वरले कुनै मानिसलाई धनसम्पत्ति दिनुहुन्छ, र ती उपभोग गर्ने मौका दिनुहुन्छ; तब त्यसले आफ्नो भागलाई स्वीकार गरी आफ्ना परिश्रममा प्रसन्‍न हुनुपर्दछ—यो परमेश्‍वरको वरदान हो।
ECC 5:20 आफ्नो जीवनका दिनहरूमा त्यसले विचारै गर्दैन; किनकि परमेश्‍वरले त्यसलाई हृदयको आनन्दमा व्यस्त गराउनुहुन्छ।
ECC 6:1 मैले सूर्यमुनि अर्को एउटा खराबी देखेँ, जो मानिस जातिहरूका बीचमा अति व्यापक भएको छ।
ECC 6:2 परमेश्‍वरले कसैलाई धन, सम्पत्ति र इज्जत दिनुहुन्छ; अनि त्यसको हृदयले चाहेका कुनै कुराको अभाव त्यसलाई हुँदैन, तर उहाँले त्यसबाट आनन्दित हुने क्षमता भने दिनुहुन्‍न। बरु त्यसको सट्टामा एउटा अपरिचित व्यक्ति आएर ती कुराको आनन्द लिँदछ; यो अर्थहीन हो र दुःखलाग्दो खराबी हो।
ECC 6:3 कुनै मानिस एक सय छोराछोरीसहित धेरै वर्ष बाँच्ला, तर जति नै लामो त्यसको आयु भए तापनि त्यसले आफ्नो समृद्धिको आनन्द भोग गर्न सक्दैन, र मरेपछि राम्ररी मृत-संस्कार पाउँदैन भने म भन्छु, त्यो मानिसभन्दा त एउटा नजन्मँदै तुहेको बच्‍चा नै असल हो।
ECC 6:4 त्यो अर्थहीनमा जन्मन्छ, र अन्धकारमा लोप हुन्छ; अनि त्यसको नाम अन्धकारमा नै हराउँछ।
ECC 6:5 त्यसले कहिल्यै सूर्य देखेको हुँदैन, र केही कुरा जानेको पनि हुँदैन; तर त्यस मानिसले भन्दा त धेरै आराम पाउँदछ—
ECC 6:6 यदि त्यो मानिस दुई हजार वर्ष बाँचेर पनि आफ्नो समृद्धिको सुख भोग गर्न असफल हुन्छ भने आखिरमा सबै एउटै ठाउँमा जाँदैनन् र?
ECC 6:7 मानिसले जति परिश्रम गर्दछ, त्यो पेट भर्नको निम्ति मात्र हो, तर पनि त्यसको खाने इच्छा कहिल्यै मेटिँदैन।
ECC 6:8 एउटा बुद्धिमान् मानिसलाई मूर्खबाट के लाभ हुन्छ र? गरिबले यो जानेर के फाइदा छ, कि अरू मानिसहरूका अगि कस्तो व्यवहार गर्ने?
ECC 6:9 आँखासामु जे छ, त्यसमा सन्तुष्‍ट हुनु धेरै कुराको चाहना गर्नुभन्दा असल हो; यो पनि अर्थहीन छ, बतासलाई खेदेको जस्तो मात्र हो।
ECC 6:10 जे छँदैछ, त्यसलाई नाम दिइसकिएको छ, र मानवता के हो, त्यो जानिएकै छ। आफूभन्दा बलियोसँग कसैले पनि विरोध गर्न सक्दैन।
ECC 6:11 जति धेरै कुरा, त्यति नै कम अर्थ हुन्छ। त्यसले मानिसलाई के फाइदा हुन्छ र?
ECC 6:12 किनकि छायाजस्तै बितेर जाने मानिसको जीवनको यो छोटो र अर्थहीन दिनहरूमा, त्यसको लागि कुन कुरो असल छ भनी कसले जान्दछ र? त्यो मरेपछि सूर्यमुनि के हुनेछ, त्यसलाई कसले बताउन सक्छ र?
ECC 7:1 असल नाम सुगन्धित अत्तरभन्दा उत्तम हो, अनि मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो।
ECC 7:2 भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु उत्तम हो; किनकि मृत्यु हरेक मानिसको अन्त्य हो; जीवित मानिसले यो कुरा हृदयमा राखोस्।
ECC 7:3 शोक गर्नु हाँसोभन्दा उत्तम हो; किनकि उदास अनुहार हृदयको निम्ति असल हुन्छ।
ECC 7:4 बुद्धिमान्‌को हृदय शोकको घरमा हुन्छ, तर मूर्खको हृदय भोजको घरमा हुन्छ।
ECC 7:5 मूर्खको गीत सुन्‍नुभन्दा बुद्धिमान् मानिसको हप्काइमा ध्यान दिनु उत्तम हो।
ECC 7:6 मूर्खको हाँसो, भाँडामुनि आगोमा पड्कने काँडाजस्तो हो। यो पनि अर्थहीन छ।
ECC 7:7 बलपूर्वक प्राप्‍त गरेको धनले बुद्धिमान् मानिसलाई मूर्ख बनाउँछ, अनि घूसले हृदयलाई भ्रष्‍ट पार्दछ।
ECC 7:8 कुनै पनि कुराको सुरुभन्दा त्यसको अन्त्य उत्तम हो; र अहङ्कारी हुनुभन्दा सहनशील हुनु उत्तम हो।
ECC 7:9 झट्टै रिस नदेखाऊ; किनकि रिस मूर्खहरूको काखैमा बास गर्दछ।
ECC 7:10 “बितेका दिनहरू वर्तमानभन्दा किन असल थिए?” भनी नभन। किनकि यस्ता प्रश्नहरू गर्नु बुद्धिमानी होइन।
ECC 7:11 बुद्धि, पैतृक सम्पत्तिजस्तै असल चीज हो, र सूर्य देख्नेहरूलाई फाइदा हुँदछ।
ECC 7:12 जसरी धन एउटा आश्रय हो, त्यसरी नै बुद्धि पनि एक आश्रय हो; तर ज्ञानको फाइदा यही होः बुद्धिले बुद्धिमान् मानिसलाई जोगाइराख्छ।
ECC 7:13 परमेश्‍वरले के गर्नुभयो, ती विचार गर: उहाँले बाङ्गो बनाउनुभएको कुरालाई कसले सीधा पार्न सक्छ?
ECC 7:14 जब समय असल हुँदछ, खुशी होऊ; तर जब समय खराब हुँदछ, तब यस कुरामा विचार गर: ती दुवै समय परमेश्‍वरले नै बनाउनुभएको हो। यसकारण मानिसले आफ्नो भविष्यको बारेमा केही पत्ता लगाउन सक्दैन।
ECC 7:15 मेरो यो अर्थहीन जीवनमा मैले यी दुवै कुरा देखेको छु: धर्मी आफ्नो धार्मिकतामा नष्‍ट भएको, र दुष्‍ट आफ्नो दुष्‍टतामा धेरै दिनसम्म बाँचेको।
ECC 7:16 धेरै धर्मी नहोऊ, र धेरै बुद्धिमानी नहोऊ— किन आफैँलाई नाश गर्छौ?
ECC 7:17 धेरै दुष्‍ट नहोऊ, र मूर्ख नहोऊ— आफ्नो समयभन्दा अगि नै किन मर्छौ?
ECC 7:18 एउटा कुरोलाई समाउनु, र अर्को कुरालाई नगुमाउनु असल हो। जसले परमेश्‍वरको भय मान्दछ, त्यसले दुवैलाई पछ्याउँछ।
ECC 7:19 बुद्धिले बुद्धिमान् मानिसलाई सहरका दश जना शासकहरूभन्दा शक्तिशाली बनाउँदछ।
ECC 7:20 वास्तवमा पृथ्वीमा एक जना पनि धर्मी मानिस छैन, जसले हर समय ठिक काम गर्दछ र कहिल्यै पाप गर्दैन।
ECC 7:21 मानिसहरूले भनेका हरेक कुरामा ध्यान नदेऊ; नत्रता तिमीले आफूलाई तिम्रै सेवकले तिमीलाई सरापेको सुन्‍नेछौ;
ECC 7:22 किनकि तिमीलाई आफ्नो हृदयमा थाहा छ, धेरैचोटि तिमी आफैँले अरूलाई सरापेका छौ।
ECC 7:23 मैले यी सबै कुरा बुद्धि लगाएर जाँच गरेँ। अनि मैले भनेँ, “मैले बुद्धिमान् हुने निश्‍चय गरेको छु”— तर यो मबाट टाढै रह्‍यो;
ECC 7:24 जे जति छ, त्यो मानवीय समझभन्दा धेरै टाढा छ— कसले त्यो पत्ता लगाउन सक्छ र?
ECC 7:25 यसैकारण मैले बुद्धिलाई बुझ्न, खोज्न र जाँच गर्न, र हरेक वस्तुको कारण बुझ्नमा आफ्नो मन लगाएँ; अनि दुष्‍टताको मूर्खता र मूर्खताको पागलपन बुझ्न चाहेँ।
ECC 7:26 मैले यो पत्ता लगाएँ, मृत्युभन्दा तितो त्यो स्त्री हो, जो एक पासोजस्तै हो; जसको हृदय एउटा धराप र जसका हात साङ्लो हो। परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने व्यक्ति यस्तो स्त्रीबाट उम्कनेछ, तर पापीलाई त्यसले जालमा पार्नेछे।
ECC 7:27 उपदेशक भन्दछन्, “हेर, मैले यो कुरा पत्ता लगाएको छु: “हरेक वस्तुको कारण बुझ्नलाई, एउटासँग अर्को कुरा थप्दै,
ECC 7:28 जब मैले खोजिरहेको थिएँ, तर भेट्टाएको थिइनँ, एक हजार मानिसबीच एउटा धर्मी पुरुष भेट्टाएँ; तर सम्पूर्ण स्त्रीहरू बीचमा त एउटै पनि धर्मी स्त्री भेट्टाइनँ।
ECC 7:29 मैले यो मात्र थाहा पाएँ: परमेश्‍वरले मानव-जातिलाई सोझो बनाउनुभएको हो; तर तिनीहरूचाहिँ अनेक योजनाहरू खोज्नका पछि लागेका छन्।”
ECC 8:1 बुद्धिमान् मानिसजस्तो को छ र? यी कुराहरूको व्याख्या कसले गर्न जान्दछ? मानिसको बुद्धिले उसको अनुहार उज्यालो बनाइदिन्छ, र त्यसको कठोर रूप बदलिन्छ।
ECC 8:2 म भन्दछु, राजाको आज्ञापालन गर; किनकि तिमीले परमेश्‍वरसामु शपथ खाएका छौ।
ECC 8:3 राजाको उपस्थितिबाट गइहाल्न हतार नगर। खराबीको पक्षमा खडा नहोऊ; किनकि तिनले आफूलाई जे गर्न इच्छा लाग्छ, त्यही नै गर्नेछन्।
ECC 8:4 राजाको बोली आधिकारिक हुनाले कसले तिनलाई यसरी भन्‍न सक्ला, “हजुर यो के गर्दै हुनुहुन्छ?”
ECC 8:5 जसले उहाँका आज्ञापालन गर्दछ, त्यसलाई केही हानि हुँदैन; अनि बुद्धिमान् हृदयले उचित समय र उचित प्रक्रियालाई जान्‍नेछ।
ECC 8:6 यद्यपि मानिसमाथि धेरै दुःख-कष्‍ट आए तापनि सबै थोकको उचित समय र उचित प्रक्रिया हुन्छ।
ECC 8:7 भविष्यको बारेमा कसैले नजानेको हुनाले; हुन आउने घटनाको बारेमा कसले उसलाई भन्‍न सक्छ र?
ECC 8:8 जसरी कुनै मानिससित हावालाई थाम्ने शक्ति छैन; त्यसरी नै मृत्युको दिनमाथि पनि कसैको शक्ति हुँदैन। जसरी युद्धको समयमा कसैले छुट्टी पाउँदैन; त्यसरी नै दुष्‍टताले दुष्‍टलाई छोड्दैन।
ECC 8:9 सूर्यमुनि गरिने सबै कामलाई विचार गरेर हेर्दा मैले यी सबै देखेँ। यस्तो एक समय हुन्छ, अर्कोमाथि कठोर शासन गर्ने मानिसले आफ्नै हानि गर्छ।
ECC 8:10 मैले दुष्‍ट मानिसहरू आदरपूर्वक गाडिएका पनि देखेँ—जो पवित्रस्थानबाट आउने-जाने गर्दथे, र तिनले खराबी गरेकै सहरमा प्रशंसा पाउँदथे; यो पनि अर्थहीन हो।
ECC 8:11 जब अपराध कार्यको निम्ति तुरुन्तै दण्ड दिइँदैन, तब मानिसको मन दुष्कर्म गर्ने इच्छाले भरिन्छ।
ECC 8:12 यद्यपि एक दुष्‍टले एक सय अपराध गरेर पनि धेरै दिनसम्म बाँचिरहला; तापनि म यो जान्दछु, परमेश्‍वरको भय मान्‍ने र उहाँप्रति श्रद्धा गर्ने मानिसलाई असल नै हुनेछ।
ECC 8:13 तर दुष्‍टले परमेश्‍वरको डर नमान्‍ने भएकोले त्यसलाई असल हुनेछैन; र त्यसको आयु बेलुकीको लामो छायाजस्तो हुनेछैन।
ECC 8:14 यसबाहेक पृथ्वीमा हुने अर्को अर्थहीन कुरा छ: अधर्मीले पाउनुपर्ने दण्ड धर्मीले पाउँदछ, र धर्मीले पाउनुपर्ने पुरस्कार अधर्मीले पाउँदछ; मैले भनेँ, यो पनि अर्थहीन छ।
ECC 8:15 यसैले म जीवनमा आनन्द गर्ने सल्‍लाह दिँदछु, किनकि मानिसलाई सूर्यमुनि खानु, पिउनु र रमाइलो गर्नुभन्दा अरू उत्तम कुरा केही छैन। सूर्यमुनि परमेश्‍वरले जति दिनहरू मानिसलाई दिनुभएको छ, उसको त्यही परिश्रमलाई नै आनन्दले साथ दिनेछ।
ECC 8:16 जब मैले आफ्नो बुद्धि जान्‍नमा र पृथ्वीमाथि दिनरात नसुती गरिने मानिसहरूका परिश्रम हेर्नमा मन लगाएँ,
ECC 8:17 तब मैले परमेश्‍वरका सारा कार्यहरूलाई देखेँ। सूर्यमुनि के-के हुन्छन्, ती कसैले बुझ्न सक्दैन; तिनको खोजी गर्न जति नै प्रयास गरे तापनि मानिसले तिनको अर्थ पत्ता लगाउन सक्दैन। कुनै बुद्धिमान् मानिसले म जान्दछु भनी दाबी गरे तापनि त्यसले वास्तवमा त्यो बुझेकै हुँदैन।
ECC 9:1 यसकारण मैले यी सबै कुरामा सोचविचार गरेँ, र यो निष्कर्षमा पुगेँ: धर्मी र बुद्धिमान् र तिनका कामहरू परमेश्‍वरका हातमा छन्; तर कुनै पनि मानिसलाई प्रेम वा घृणा कुन चाहिँले त्यसलाई पर्खिराखेको हुन्छ भनेर थाहा हुँदैन।
ECC 9:2 सबैको गन्तव्य समान हुन्छ—धर्मी र अधर्मी, असल र खराब, औपचारिक रूपमा शुद्ध र अशुद्ध; बलिदान चढाउने र नचढाउने सबैको। जस्तो असल मानिसमाथि जे आइपर्छ, त्यस्तै पापीमाथि पनि त्यही नै आइपर्छ; शपथ खानेहरूमाथि जस्तो हुन्छ; त्यस्तै शपथ खान डराउने मानिसहरूमाथि पनि समान गन्तव्य हुन्छ।
ECC 9:3 सूर्यमुनि जे जति कुराहरू हुन्छन्, ती सबैमा दुष्‍टता छ: सबैको एउटै गन्तव्य हुन्छ। यसकासाथै मानिसहरूका हृदय खराबीले भरिएका हुन्छन्। तिनीहरू बाँचुन्जेल तिनीहरूका मन पागलपनाले भरिन्छ; त्यसपछि ती सबै मरेकाहरूकहाँ जान्छन्।
ECC 9:4 जो बाँचिरहने मानिसहरूका बीचमा हुन्छ, त्यसका लागि आशा छ—मरेको सिंहभन्दा त जिउँदो कुकुर नै असल हो!
ECC 9:5 किनभने जिउँदाहरूले उनीहरू मर्नेछन् भनेर जान्दछन्; तर मरेकाहरूले केही जान्दैनन्; न त तिनीहरूले केही प्रतिफल नै पाउनेछन्; र तिनीहरूका नामको सम्झना पनि हराउँछ।
ECC 9:6 तिनीहरूका प्रेम, घृणा र तिनीहरूका ईर्ष्या धेरै समयअगि नै लोप भएका छन्; सूर्यमुनि जे गरिन्छ त्यसमा, फेरि तिनीहरूको कहिल्यै केही भाग हुनेछैन।
ECC 9:7 आफ्नो बाटो लाग, आनन्दसाथ आफ्नो भोजन गर, आनन्दित हृदयले आफ्नो दाखमद्य पिऊ; किनकि परमेश्‍वर अगिदेखि नै तिम्रा कामहरूसँग खुशी हुनुहुन्छ।
ECC 9:8 सधैँ सेता वस्त्र लगाऊ; र सधैँ आफ्नो शिरमा तेल लगाऊ।
ECC 9:9 आफ्नी पत्नीसँग जीवनको आनन्द लेओ, जसलाई तिमी प्रेम गर्छौ, यस अर्थहीन जीवनका सारा दिनहरू, जुन परमेश्‍वरले तिमीलाई सूर्यमुनि दिनुभएको छ—सबै अर्थहीन दिनहरूमा आनन्द भोग गर। किनकि यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रमको भाग त्यही हो।
ECC 9:10 तिम्रा हातले जे काम गर्न सक्छ, त्यो आफ्नो पूरा शक्तिले गर; किनकि चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ न कुनै काम, न त केही योजना; न ज्ञान, न त बुद्धि नै हुनेछ।
ECC 9:11 मैले सूर्यमुनि अर्को एउटा कुरा देखेको छु: न त दौड चाँडो दगुर्नेको निम्ति हुन्छ, अथवा न त युद्ध बलियाका निम्ति नै हुन्छ, न बुद्धिमान्‌ले भोजन पाउँछ; न त प्रतिभाशालीले धनसम्पत्ति; वा ज्ञानी पुरुषले कृपादृष्‍टि नै पाउँछ; तर ती सबै जनाले समय र मौका पाउँदछन्।
ECC 9:12 यसबाहेक कुनै पनि मानिसले आफ्नो समय कहिले आउनेछ भनी जान्दैन; माछा निर्दयी जालमा परेझैँ, अथवा चराचुरुङ्गीहरू पासोमा फसेझैँ, मानिसहरू दुर्दशाको पासोमा पर्दछन्; ती दुर्दशा नचिताएका बेलामा आइलाग्दछन्।
ECC 9:13 मैले सूर्यमुनि अर्को बुद्धिको उदाहरण पाएँ, जसले ममाथि ठूलो प्रभाव पार्‍यो:
ECC 9:14 थोरै जनसंख्या भएको एउटा सानो सहर थियो; अनि एउटा शक्तिशाली राजाले त्यसलाई आक्रमण गर्न आए। तिनले चारैपट्टिबाट त्यसलाई घेरे, र त्यसका विरुद्धमा चारैतिर घेराबन्दी पर्खाल बनाए।
ECC 9:15 अनि त्यसै सहरमा एक जना गरिब, तर बुद्धिमान् मानिस बास गर्थ्यो; र त्यसले आफ्नो बुद्धिले त्यस सहरलाई बचायो। तर त्यस गरिबलाई कसैले स्मरण गरेनन्।
ECC 9:16 त्यसैले मैले भनेँ, “बुद्धि बलभन्दा असल हो।” तर गरिबको बुद्धिको अवहेलना हुन्छ, त्यसपछि त्यसका कुरामा कसैले ध्यान दिँदैनन्।
ECC 9:17 मूर्ख राजाको उच्‍च सोरभन्दा बुद्धिमान्‌का शान्त वचनमा धेरै ध्यान दिनुपर्छ।
ECC 9:18 युद्धका हातहतियारभन्दा बुद्धि उत्तम हो; तर एक जना पापीले धेरै असल कामलाई नाश पार्दछ।
ECC 10:1 जसरी मरेका झिँगाहरूले अत्तरलाई दुर्गन्धित पार्दछन्, त्यसरी नै थोरै मूर्खताले बुद्धि र सम्मानलाई नष्‍ट पार्दछ।
ECC 10:2 बुद्धिमान्‌को हृदय सही मार्गमा लाग्दछ, तर मूर्खको हृदय गलत मार्गमा लाग्दछ।
ECC 10:3 बाटोमा हिँड्दै गर्दा पनि मूर्खलाई समझको अभाव हुन्छ; र सबैलाई त्यसले आफ्नो मूर्खता देखाउँदछ।
ECC 10:4 तिम्रो शासक तिमीसित रिसाए तापनि आफ्नो पद नछोड; शान्त स्वभावले ठूला भूलहरू सुधार्दछ।
ECC 10:5 सूर्यमुनि मैले एउटा खराबी देखेको छु, यस्तो त्रुटी एउटा शासकबाट हुन्छ:
ECC 10:6 मूर्खलाई धेरै उच्‍च पदमा नियुक्त गरिन्छ; तर धनी निम्न दर्जामा राखिन्छ।
ECC 10:7 मैले कमाराहरूलाई घोडाहरूमाथि सवार भएका, तर भारदारहरूचाहिँ कमाराहरूझैँ पैदल हिँडिरहेका देखेको छु।
ECC 10:8 जसले खाडल खन्छ, त्यसभित्र त्यो आफैँ नै जाकिन सक्छ; जसले पर्खाल भत्काउँछ, त्यसलाई नै सर्पले डस्‍न सक्छ।
ECC 10:9 ढुङ्गाको खानी खन्‍ने मानिसलाई त्यसैबाट चोट लाग्न सक्छ; काठ चिर्ने मानिसलाई त्यसैबाट खतरा हुन सक्छ।
ECC 10:10 यदि बन्चरो बोधो छ, र त्यसको धार उध्याइएको छैन भने, ज्यादै बल प्रयोग गर्नुपर्छ, तर सिपले सफलता ल्याउँछ।
ECC 10:11 यदि सर्पलाई लट्ठ्याउन अगि नै त्यसले डस्यो भने, सपेरालाई केही लाभ हुँदैन।
ECC 10:12 बुद्धिमान्‌का बोलीहरू अनुग्रही हुन्छन्, तर मूर्खहरू चाहिँ आफ्नै ओठहरूद्वारा नाश हुन्छन्।
ECC 10:13 त्यसले सुरुमा नै मूर्ख कुरा गर्छ; अन्त्यमा त्यसको कुरा दुष्‍ट पागलपना मात्र हुन्छ;
ECC 10:14 अनि मूर्खले धेरै बोल्छ। त्यसले के-कसो भन्‍ने हो, सो कसैले जान्दैन; त्यसपछि के हुने हो, सो कसले त्यसलाई भन्‍न सक्छ र?
ECC 10:15 मूर्खको कामले उसैलाई थकाउँछ; त्यसले सहर जाने बाटोसमेत चिन्दैन।
ECC 10:16 धिक्‍कार छ, त्यो देशलाई, जसको राजा कमारा हो, र जसका राजकुमारहरू बिहानै भोज गर्न बस्छन्।
ECC 10:17 त्यो देश धन्यको हो, जसका राजा कुलीन वंशका हुन्, र जसका राजकुमारहरू उचित समयमा ठिक भोजन गर्छन्, तिनीहरू शक्ति लाभ गर्नलाई भोजन गर्छन्, मतवाला हुनलाई होइन।
ECC 10:18 अल्छे मानिसको घरको धुरी भत्कन्छ; र हातहरूका सुस्तपनाले घरको छानो चुहिन्छ।
ECC 10:19 भोज खुशीयालीको लागि तयार गरिन्छ; दाखमद्यले जीवनलाई आनन्दित गराउँछ; र पैसाले यी सबै थोक दिन्छ।
ECC 10:20 राजालाई आफ्ना मनमा समेत निन्दा नगर; अथवा आफ्ना सुत्ने कोठामा धनी मानिसलाई नसराप! किनकि आकाशका पक्षीले समेत तिमीले गरेका कुरा लगिदेला, र त्यो उड्ने पक्षीले तिमीले भनेका कुरा सुनाइदेला।
ECC 11:1 आफ्नो अन्‍न समुद्रपारि पठाऊ; धेरै दिनपछि तिमीले त्यसको नाफा पाउनेछौ।
ECC 11:2 सात, आठ भागमा लगानी गर; किनकि पृथ्वीमाथि के कस्ता विपत्ति आइपर्ला, त्यो तिमी जान्दैनौ।
ECC 11:3 यदि बादलहरू पानीले भरिएका छन् भने मात्र तिनीहरूले पृथ्वीमा पानी बर्साउँछन्। रूख चाहे दक्षिणपट्टि वा उत्तरपट्टि ढलोस्, त्यो ढलेकै ठाउँमा लडिरहन्छ।
ECC 11:4 जसले बतासको गतिलाई विचार गरिबस्छ, त्यसले कहिल्यै बिउ छर्नेछैन; अनि जसले बादलहरू हेरिबस्छ, त्यस मानिसले कटनी गर्नेछैन।
ECC 11:5 जसरी बतासको बाटो तिमी जान्दैनौ, अथवा आमाको गर्भमा बच्‍चा कसरी बन्दछ बुझ्दैनौ; त्यसरी नै तिमीले सबै थोक बनाउनुहुने परमेश्‍वरका कामहरू बुझ्न सक्दैनौ।
ECC 11:6 बिहानै तिमीले आफ्नो बिउ छर, साँझमा आफ्ना हातहरूलाई अल्छे हुन नदेऊ; किनकि कुनचाहिँ सप्रन्छ, यो कि त्यो; वा दुवै नै राम्ररी सप्रन्छन्, सो तिमी जान्दैनौ।
ECC 11:7 ज्योति मनमोहक हुन्छ, सूर्यलाई देख्दा आँखाहरू प्रसन्‍न हुन्छन्।
ECC 11:8 मानिस जतिसुकै वर्ष बाँचोस्, त्यो ती सबैमा आनन्दित होस्। तर अन्धकारका समयहरू पनि धेरै हुन्छन् भनी स्मरण गरोस्। जे कुरा हुन आउँछ, सबै अर्थहीन छ।
ECC 11:9 हे जवान मानिस, आफ्नो युवावस्थामा छँदै खुशी होऊ; जवान रहुन्जेल तिम्रो हृदयले तिमीलाई आनन्द देओस्। आफ्ना हृदयले चाहेको र आँखाहरूले देखेका बाटोलाई पछ्याऊ! तर याद राख: यी सबै कुराहरूका लागि परमेश्‍वरले तिमीलाई लेखा लिनुहुनेछ।
ECC 11:10 यसकारण अब आफ्ना हृदयबाट चिन्ता-फिक्रीलाई पर राख, र शरीरका कष्‍टहरूलाई पनि फ्याँकिदेऊ; किनकि युवावस्था र जोश पनि अर्थहीन हुन्।
ECC 12:1 आफ्नो युवाअवस्थामा नै आफ्नो सृष्‍टिकर्तालाई सम्झ! दुःखको समय र वृद्धावस्था आउनुभन्दा पहिल्यै, “यस समयमा मेरो मन लाग्दैन” भन्‍ने वर्षहरू आउनुभन्दा अगि नै—
ECC 12:2 सूर्य र प्रकाश, चन्द्रमा र ताराहरू अँध्यारो हुन अगि, वर्षापछि बादल फर्कनुभन्दा अगि नै,
ECC 12:3 जब घरको हेरचाह गर्नेहरू काम्दछन्, र बलिया मानिसहरू कुप्रो पर्छन्, जाँतोका दाँतहरू झरेर कम भएका कारण जाँतो पिँध्नेहरूले काम बन्द गर्दछन्, र झ्यालबाट हेर्नेहरूका आँखा धमिला हुन्छन्;
ECC 12:4 जब गल्‍लीतिर जाने ढोकाहरू बन्द हुन्छन्, र जाँतोको आवाज कम हुँदैजान्छ, जब चराको चिरबिर आवाजमा मानिसहरू उठ्छन्, तर तिनीहरूका सबै गीत मधुरो हुन्छन्;
ECC 12:5 जब मानिसहरू अग्लो ठाउँसित र बाटाका खतरासित डराउँछन्, जब हाडे-बदामका बोटमा सेतै फूल फुल्दछन्, र फट्याङ्ग्राले आफैँलाई घिसारेर हिँड्दछ, अनि मनको चाहना अब उसो जाग्दैन; किनकि मानिस आफ्ना अनन्तको घरमा जान्छन्, अनि शोक गर्ने मलामीहरू गल्‍लीमा यताउता लाग्नेछन्।
ECC 12:6 आफ्नो सृष्‍टिकर्तालाई सम्झ—चाँदीका तार चुँडिनुअगि, र सुनको कचौरा फुट्नुअगि, पँधेरामा गाग्रो फुट्नुअगि र इनारमा चक्‍का भाँचिनुअगि,
ECC 12:7 धुलो माटैमा फर्केर जानुअगि, र आत्मा परमेश्‍वरकहाँ फर्किजानेछ; जसले त्यो दिनुभयो।
ECC 12:8 “अर्थहीन! अर्थहीन!” उपदेशक भन्दछन्। “सबै अर्थहीन छन्!”
ECC 12:9 उपदेशक बुद्धिमान् मात्र थिएनन्, तिनले मानिसहरूलाई ज्ञानका कुरा पनि सिकाउँथे। तिनले विचार गरे, खोजी गरेर धेरै हितोपदेशहरू क्रमबद्ध रूपमा राखे।
ECC 12:10 तिनले ठिक वचनहरू खोजी गरे, र जे लेखिए, ती वास्तविक र सत्य थिए।
ECC 12:11 बुद्धिमान्‌का वचनहरू गोठालोको लहुराजस्तै छन्। तिनीहरूले सङ्कलन गरेका भनाइहरू ठिकसित ठोकेका किलाझैँ छन्—ती एउटै गोठालोबाट प्राप्‍त भएका हुन्।
ECC 12:12 हे मेरा छोराछोरीहरू हो, यीबाहेक अरू कुरामा पनि होसियार होओ! किनकि धेरै पुस्तकहरूको लेखाइको अन्त्य छैन; अनि धेरै अध्ययनले शरीरलाई थकाउँछ।
ECC 12:13 अब जति पनि सुनियो: सबै कुराको निष्कर्ष यही हो: परमेश्‍वरको भय मान र उहाँका आज्ञापालन गर; किनकि समस्त मानव-जातिको कर्तव्य यही हो।
ECC 12:14 किनकि परमेश्‍वरले हामीले गरेका हरेक कामको न्याय गर्नुहुनेछ, प्रत्येक गुप्‍त कुरासमेत, चाहे त्यो असल होस् वा खराब।
SOL 1:1 सोलोमनको श्रेष्‍ठगीत।
SOL 1:2 उहाँले मलाई आफ्ना ओठका चुम्बनहरूले चुम्बन गरून्— किनकि तपाईंको प्रेम दाखमद्यभन्दा ज्यादा आनन्दमय छ।
SOL 1:3 तपाईंका अत्तरहरूका सुबास्‍ना सुगन्धित छ; अत्तर खन्याइएको बास्‍नाजस्तै तपाईंको नाम सुगन्धित छ। यसैकारण कन्याहरूले तपाईंलाई प्रेम गर्छन् भनेर अचम्म मान्‍नुपर्दैन!
SOL 1:4 मलाई तपाईंसित लैजानुहोस्—हामी हतार गरौँ! राजाले मलाई आफ्ना भित्री कोठामा ल्याऊन्। मित्रहरू तिमीमा हामी रमाउनेछौँ, र आनन्द गर्नेछौँ; दाखमद्यभन्दा बढी तिम्रो प्रेमको प्रशंसा हामी गर्नेछौँ। प्रेमिका तपाईंको प्रशंसा गरेर तिनीहरूले कति उचित गर्छन्!
SOL 1:5 हे यरूशलेमका छोरीहरू हो, म काली वर्णकी भए तापनि हिस्सी परेकी छु; केदारका पालहरूजस्तै, सोलोमनको पालका पर्दाजस्तै।
SOL 1:6 म काली भएकीले छक्‍क परेर मलाई नहेर; किनकि चर्को घामले डढेर म यस्ती भएकी हुँ। मेरी आमाका छोराहरू मसित रिसाएकाले मलाई तिनीहरूले दाखबारीको हेरचाह गर्ने जिम्मा दिए; तर मैले आफ्नै दाखबारीचाहिँ बेवास्ता गर्नुपर्‍यो।
SOL 1:7 हे मेरा प्रियतम, जसलाई म प्रेम गर्दछु, मलाई बताइदिनुहोस्; तपाईंले आफ्ना भेडाबाख्राहरू कहाँ चराउनुहुन्छ, मध्यदिनमा तिनीहरूलाई कहाँ विश्राम गराउनुहुन्छ, तपाईंका साथीहरूका बगालहरूका छेउमा म किन अनुहार छोपेकी स्त्रीझैँ बनूँ?
SOL 1:8 हे स्त्रीहरूमा सबैभन्दा सुन्दरी, तिमी त्यो जान्दिनौ भने, भेडाबाख्राका पाइलाहरू पहिल्‍याउँदै जाऊ, र गोठालाहरूका पालहरूको छेउमै आफ्ना बाख्राका पाठाहरूलाई चराऊ।
SOL 1:9 हे मेरी प्रिय, म तिमीलाई फारोको रथमा नारिएकी घोडीसित तुलना गर्दछु।
SOL 1:10 तिम्रा गाला कानका झुम्काले, र तिम्रो गला रत्न जडेको हारले सुन्दर देखिन्छन्।
SOL 1:11 हामी तिम्रा लागि चाँदीका दाना जडिएका सुनका लुर्कनहरू बनाउनेछौँ।
SOL 1:12 महाराजा आफ्नो भोजका टेबुलमा बस्‍नुहुँदा, मेरो अत्तरको सुबास्‍ना फैलिन्छ।
SOL 1:13 मेरा प्रियतम, मेरा निम्ति मूर्रको थैलीजस्तै हुनुहुन्छ, जो मेरा छातीको बीचमा ढल्कनुहुन्छ।
SOL 1:14 मेरा प्रेमी, मेरा निम्ति एन-गदीका दाखबारीहरूमा फुल्ने मेहदी फूलको गुच्छाझैँ हुनुहुन्छ।
SOL 1:15 हे मेरी प्रियसी, तिमी कत्ति सुन्दरी छ्यौ, ओह, कत्ति सुन्दरी! तिम्रा आँखाहरू ढुकुरजस्तै छन्।
SOL 1:16 हे मेरा प्रियतम, तपाईं कत्ति सुन्दर हुनुहुन्छ! कत्ति सुन्दर हुनुहुन्छ! हाम्रो ओछ्यान लहलहाउँदो छ।
SOL 1:17 हाम्रा घरका दलिनहरू देवदारुका छन्; अनि सल्‍ला रूखका छाना छन्।
SOL 2:1 म त शारोनको गुलाफ, बेँसीहरूको लिली फूल हुँ।
SOL 2:2 युवतीहरूका बीचमा मेरी प्रिय काँडाहरू बीचको लिली फूलझैँ छिन्।
SOL 2:3 युवकहरूका बीचमा मेरा प्रिय, जङ्गलका रूखहरूका बीचमा स्याउको बोटजस्तै हुनुहुन्छ। उहाँका छायामुनि बस्दा मलाई आनन्द लाग्दछ; अनि उहाँको फल मलाई साह्रै मिठो लाग्छ।
SOL 2:4 उहाँले मलाई महाभोजको कोठामा लैजानुभयो; र ममाथि उहाँको झण्डाचाहिँ उहाँको प्रेम हो।
SOL 2:5 प्रेम रोगले गर्दा म शिथिल भएकी छु, यसकारण मलाई किसमिस खुवाएर बलियो बनाउनुहोस्; स्याउ दिएर ताजा पार्नुहोस्!
SOL 2:6 उहाँको देब्रे हात मेरो शिरमुनि छ, र दाहिने हातले मलाई अँगालो हाल्नुभएको छ।
SOL 2:7 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई मैदानका मुडुली मृगीहरू र हरिणीहरूको नाममा शपथ खुवाएर आज्ञा गर्छु; उचित समय नभएसम्म प्रेमलाई नजगाओ, अथवा नबिउँझाओ!
SOL 2:8 सुन, मेरा प्रियतम! हेर, उहाँ आउँदैहुनुहुन्छ; पर्वतहरूलाई पार गर्दै, डाँडाहरूमाथि फड्को मार्दै, उहाँ आउँदैहुनुहुन्छ!
SOL 2:9 मेरा प्रिय एक मृगझैँ, अथवा जवान जरायोझैँ हुनुहुन्छ। हेर, उहाँ हाम्रा पर्खालको पछिल्तिर उभिनुभएको छ; झ्यालहरूबाट हेर्दै हुनुहुन्छ; अनि आँखीझ्याल भित्रबाट चियाउँदै हुनुहुन्छ।
SOL 2:10 मेरा प्रियले बोल्नुभयो र मलाई भन्‍नुभयो, “हे मेरी प्रियसी उठ, हे मेरी सुन्दरी, मसित आऊ!
SOL 2:11 हेर, हिउँद बित्यो, वर्षा पनि सकियो।
SOL 2:12 पृथ्वीमा फूलहरू देखा परेका छन्; गीत गाउने समय आएको छ। हाम्रो भूमिमा ढुकुरहरू कुर्लेको सोर सुनिन्छ।
SOL 2:13 अञ्जीरको बोटमा फलहरू फल्न थाल्यो; दाखले त फुलेर बास्‍ना फैलाउन थाल्यो। उठ, आऊ, मेरी प्रिय, हे मेरी सुन्दरी, मसित आऊ!”
SOL 2:14 चट्टानका चिराहरूमा, भिरपहराका गुप्‍त ठाउँहरूमा, लुकेर बसेकी मेरी ढुकुर; मलाई तिम्रो अनुहार देखाऊ! तिम्रो सोर सुन्‍न पाऊँ; किनकि तिम्रो सोर मिठो छ; र तिम्रो मुहार सुन्दर छ।
SOL 2:15 हाम्रा निम्ति फ्याउराहरू समातिदेऊ; साना फ्याउराहरू, जसले दाखबारीमा फूलहरू फुलेका बेला हाम्रा दाखबारीहरू नाश पार्दछन्।
SOL 2:16 मेरा प्रिय मेरै हुनुहुन्छ, र म उहाँकी हुँ; उहाँ लिली फूलहरूका बीचमा टहल्नुहुन्छ।
SOL 2:17 जबसम्म बिहान हुँदैन, र छायाहरू हराउँदैनन्, हे मेरा प्रियतम, फर्कनुहोस्; र मृगझैँ, अथवा भिरालो डाँडाहरूमाथि हुने घोर्ले जरायोझैँ हुनुहोस्!
SOL 3:1 रातभरि मैले मेरो ओछ्यानमा मेरा हृदयको प्रेमीलाई खोजेँ; मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाइनँ।
SOL 3:2 अब म उठेर सहरतिर जानेछु, गल्‍ली र चोकहरूहुँदो; मेरा हृदयको प्रेमीलाई खोज्नेछु। मैले उहाँलाई खोजेँ, तर उहाँलाई भेट्टाइनँ।
SOL 3:3 सहरमा घुम्‍दै गरेका पहरेदारहरूले मलाई भेट्टाए; मैले सोधेँ, “तपाईंहरूले मेरा हृदयको प्रेमीलाई देख्नुभयो?”
SOL 3:4 म तिनीहरूबाट केही पर मात्र के गएको थिएँ; मैले मेरा हृदयको प्रेमीलाई फेला पारेँ। मैले उहाँलाई च्याप्पै समातेँ र कतै जान दिइनँ, मेरी आमाको घरमा, मलाई जन्माउने मेरी आमाको कोठामा नपुगुन्जेल सँगै लिएर आएँ।
SOL 3:5 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई मैदानका मुडुली मृगीहरू र हरिणीहरूको नाममा शपथ खुवाएर आज्ञा गर्छु: उचित समय नभएसम्म प्रेमलाई नजगाओ, अथवा नबिउँझाओ।
SOL 3:6 व्यापारीहरूका सबै मसलाहरूबाट बनिएका धूप र मूर्रको सुगन्धले धुवाँको मुस्लोजस्तै, उजाडस्थानबाट माथि आइरहेका को हुन्?
SOL 3:7 हेर, सोलोमनको सवारी पालकी; इस्राएलका सुयोग्य, साठी जना योद्धाहरूको सुरक्षामा आइरहेका छन्।
SOL 3:8 तिनीहरू सबैले तरवार भिरेका छन्, सबै जना युद्धकलामा पोख्त छन्; रातको हरेक खतरादेखि बचाउन, हरेकले आफ्ना कम्मरमा तरवार भिरेका छन्।
SOL 3:9 सोलोमन राजाले आफ्नो निम्ति त्यो पालकी बनाएका हुन्; त्यो लेबनानको काठले बनिएको छ।
SOL 3:10 त्यसका डण्डाहरू चाँदीले, र आधार सुनले बनिएका छन्। त्यसको आसन बैजनी लुगाले सजाइएको छ। अनि भित्री भागमा चाहिँ प्रेमसाथ यरूशलेमका छोरीहरूले बुट्टा भरेका छन्।
SOL 3:11 हे सियोनका छोरीहरू हो, बाहिर आओ, सोलोमन राजाले मुकुट पहिरेका हेर; त्यो त्यही मुकुट हो, जुन तिनकी आमाले तिनको विवाहको दिनमा, तिनको हृदय आनन्दले पूर्ण भएको दिनमा, तिनको शिरमा लगाइदिएकी थिइन्।
SOL 4:1 हे मेरी प्रियसी, तिमी कत्ति सुन्दरी छौ, ओह, कत्ति सुन्दरी! घुम्टोभित्र तिम्रा आँखाहरू ढुकुरजस्तै छन्। तिम्रा केश गिलाद डाँडाबाट ओरालो झरेको बाख्राको बगालजस्तै छ।
SOL 4:2 तिम्रा दाँतहरू भर्खर ऊन कत्रेर नुहाएर उकालो लागेका भेडाहरूको बगालजस्तै छन्। हरेकका जुम्ल्याहा छन्; कुनै पनि एकलो छैन।
SOL 4:3 तिम्रा ओठ राता रिबनझैँ छन्; तिम्रो मुख कत्ति सुन्दर छ। घुम्टोभित्र लुकेको तिम्रो गाला दुई फ्याक पारेको अनारझैँ छ।
SOL 4:4 तिम्रो गला दावीदको धरहराजस्तै छ, जो ढुङ्गैढुङ्गाले मिलाएर बनाइएको थियो; त्यसमा हजार वटा ढालहरू झुण्ड्याइएका छन्। ती सबै वीर योद्धाहरूका ढाल हुन्।
SOL 4:5 तिम्रा दुई स्तन जुम्ल्याहा पाठाजस्तै छन्, मृगीका दुई पाठाजस्तै, जो लिली फूलहरूको बीचमा चर्दछन्।
SOL 4:6 जबसम्म बिहान हुँदैन, र अन्धकार हराउँदैन; म मूर्र भएको पहाड र धूपको डाँडामा जानेछु।
SOL 4:7 हे मेरी मायालु, तिमी असाध्यै सुन्दरी छ्यौ; तिमीमा कुनै खोट छैन।
SOL 4:8 हे मेरी दुलही, मसित लेबनानबाट आऊ, लेबनानबाट मसित आऊ! अमानाको शिखरबाट, सेनीर र हेर्मोनका टाकुराबाट, सिंहका गुफाबाट र चितुवाका पहाडी ओडारबाट तल आऊ।
SOL 4:9 हे मेरी प्रिय, मेरी दुलही, तिमीले मेरो हृदय चोरेकी छ्यौ; तिम्रा आँखाको एक नजरले, तिम्रो हारको एउटा रत्नले तिमीले मेरो हृदय चोरेकी छ्यौ।
SOL 4:10 तिम्रो प्रेम कति आनन्दमय छ, मेरी प्रिय, मेरी दुलही! तिम्रो प्रेम दाखमद्यभन्दा धेरै उत्तम छ! अनि तिम्रो अत्तरको बास्‍नाचाहिँ अरू मसलाभन्दा धेरै सुगन्धित छ!
SOL 4:11 मेरी दुलही, तिम्रा ओठबाट मौरीका चाकाको मिठास चुहुन्छ; तिम्रो जिब्रोमुनि दूध र मह छन्। अनि तिम्रा वस्त्रहरूको बास्‍नाचाहिँ लेबनानको बास्‍नाझैँ छ।
SOL 4:12 मेरी प्रिय, मेरी दुलही, तिमी बन्द गरी राखिएको बगैँचाझैँ छ्यौ; तिमी छोपिएको पानीको मूल, मोहर लगाएर बन्द राखेको पानीको मुहानझैँ छ्यौ।
SOL 4:13 तिम्रा बोटहरू अनारको बगैँचाजस्तै छन्; जसमा उत्तम फलहरू, मेहदी र जटामसीको बगैँचा;
SOL 4:14 जटामसी र केशर, बोझो र दालचिनी, सबै प्रकारका सुगन्धित धूपका रूखहरू, मूर्र र चन्दन अनि सर्वोत्तम मसालाहरूले भरिभराउ बगैँचा छन्।
SOL 4:15 तिमी बगैँचाको मुहान, लेबनानका पहाडी क्षेत्रबाट बगेर आउने पानीको मुहान हौ।
SOL 4:16 हे उत्तरको बतास, जाग्! हे दक्षिणको बतास, आइज! मेरो बगैँचाबाट भएर बहिदे, ताकि यसको बास्‍ना चारैतिर फैलियोस्। मेरा प्रिय आफ्नो बगैँचामा आऊन्, र त्यहाँका उत्तम फलहरू चाखून्!
SOL 5:1 हे मेरी प्रिय, मेरी दुलही, म मेरो बगैँचामा आएको छु; मैले आफ्नो मूर्र मसलाहरूसहित बटुलेको छु। मैले मेरो महको चाका र मेरो मह खाएको छु, मैले मेरो दाखमद्य र मेरो दूध पिएको छु। मित्रहरू हे मित्रहरू हो, खाओ र पिओ; प्रेमीहरू हो, अघाउन्जेल पिओ।
SOL 5:2 म त सुतेँ, तर मेरो हृदय जागै रह्‍यो; सुन! मेरा प्रियले ढोका ढकढकाउँदै हुनुहुन्छः “मेरी प्रेमी, मेरी प्रिय, मेरो निम्ति ढोका खोलिदेऊ; मेरी ढुकुर, मेरी निष्खोट सुन्दरी, मेरो शिर शीतले भिजेको छ; रातको शितले मेरो कपाल भिजेको छ।”
SOL 5:3 मैले मेरो वस्त्र फुकालीसकेकी छु— के मैले त्यो फेरि लगाउनू? मैले मेरा खुट्टा धोएकी छु— के मैले ती फेरि मैला बनाउनू?
SOL 5:4 मेरा प्रियले ढोका खोल्न चेपबाट हात भित्र छिराउँदा, उहाँको निम्ति मेरो मुटु धड्कन लाग्यो।
SOL 5:5 मेरा प्रियको निम्ति ढोका खोल्न म उठेँ, मेरो हात र औँलाहरूबाट मूर्र चुहुँदैथियो; र मेरा औँलाहरूबाट ढोका समात्ने ठाउँमा मूर्र चुहियो।
SOL 5:6 मैले मेरा प्रियको निम्ति ढोका खोलेँ, तर मेरा प्रिय हिँडिसक्नुभएछ; उहाँ गइसक्नुभएछ। उहाँको बिदाइमा मेरो हृदय खिन्‍न भयो। मैले उहाँलाई खोजेँ, तर भेट्टाइनँ। मैले उहाँलाई बोलाएँ, तर उहाँले केही जवाफ दिनुभएन।
SOL 5:7 सहरमा गस्ती गरिरहेका पहरेदारहरूले मलाई भेट्टाए। अनि तिनीहरूले मलाई हिर्काए र घाइते पारिदिए; ती पर्खालहरूका पहरेदारहरूले मेरो खास्टो खोसेर लगे!
SOL 5:8 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई अनुरोध गर्दछु— यदि तिमीहरूले मेरा प्रियलाई भेट्टायौ भने, उहाँलाई के भनौला? म प्रेमले पागल भइसकेकी छु भनेर भनिदेओ।
SOL 5:9 हे नारीहरूमध्ये परमसुन्दरी, तिम्रा प्रिय कसरी अरूहरूभन्दा असल छन्? तिम्रा प्रियचाहिँ कसरी अरूहरूभन्दा असल छन्, र तिमी हामीलाई यसरी आग्रह गर्दछ्यौ?
SOL 5:10 हे यरूशलेमका छोरीहरू हो, दश हजारमध्ये पनि मेरा प्रेमी श्रेष्‍ठ, उज्ज्वल र रातो-पिरो हुनुहुन्छ।
SOL 5:11 उहाँको शिर निखुर सुनको छ; उहाँको केश घुम्रिएको र कागझैँ कालो छ।
SOL 5:12 उहाँका आँखाहरू पानीका जलकुण्डको छेउमा बसेका ढुकुरहरूजस्ता, दूधले पखालिएको, बहुमूल्य पत्थर जडिएका जस्ता छन्।
SOL 5:13 उहाँका गाला सुगन्ध फैलाउने मसलाहरूका ड्याङझैँ छन्। उहाँका ओठ मूर्र चुहाउने लिली फूलसमान छन्।
SOL 5:14 उहाँका पाखुरा पीतमणि जडेका सुनका डण्डाजस्तै छन्। शरीर नीलमणि जडेको चिल्‍लो, टल्कने हस्तीदन्तझैँ छ।
SOL 5:15 उहाँका गोडा निखुर सुनको जगमा बसालिएका सिङ्गमरमरका खम्बा हुन्। उहाँको रूप लेबनानका उत्तम देवदारुजस्तै देखिन्छ।
SOL 5:16 उहाँको मुख मिठासपूर्ण छ; उहाँ सम्पूर्ण रूपले सुन्दर हुनुहुन्छ। उहाँ नै मेरा प्रिय, मेरा मित्र हुनुहुन्छ, हे यरूशलेमका छोरीहरू हो।
SOL 6:1 हे नारीहरूमा परमसुन्दरी, तिम्रा प्रिय कहाँ गएका छन्? तिनी कुन बाटोतिर गएका छन्, हामीलाई भन, ताकि हामी पनि तिमीसँगै तिनलाई खोज्जौँ?
SOL 6:2 मेरा प्रिय आफ्नो बगैँचामा, मसलाहरूको ड्याङहरूमा, त्यहाँ टहल्न र लिली फूल टिप्नलाई जानुभएको छ।
SOL 6:3 म मेरा प्रियकी हुँ, र मेरा प्रिय मेरै हुनुहुन्छ; उहाँ लिली फूलहरूका बीचमा टहल्नुहुन्छ।
SOL 6:4 मेरी प्रिय, तिमी तिर्सा सहरजस्तै सुन्दरी, र यरूशलेमजस्तै राम्री छ्यौ; आफ्ना झण्डा लिएर हिँड्ने सेनाझैँ गौरवशाली छ्यौ।
SOL 6:5 तिम्रा आँखाहरू मबाट हटाऊ; तिनले मलाई व्याकुल पार्दछन्, तिम्रा कपाल गिलाद डाँडाबाट ओरालो लागेका बाख्राहरूको बगालसरह छन्।
SOL 6:6 तिम्रा दाँतहरू नुहाएर उकालो लागेका भेडाहरूको बगालजस्तै छन्। हरेकका जुम्ल्याहा छन्, कुनै पनि एकलो छैन।
SOL 6:7 घुम्टोभित्र लुकेका तिम्रा दुई गाला दुई फ्याक पारेका अनारझैँ छन्।
SOL 6:8 चाहे साठी वटा रानीहरू होऊन्, चाहे असीवटा उपपत्नीहरू, चाहे अनगन्ती कन्ये केटीहरू होऊन्;
SOL 6:9 तर मेरी ढुकुर, मेरी सर्वश्रेष्‍ठ, तिनी विशेष छिन्; तिनकी आमाकी एउटी मात्र, मनपर्दो सन्तान हुन्। कन्याहरूले तिनलाई देखे, र तिनलाई आशिषित भने; रानीहरू र उपपत्नीहरूले तिनको प्रशंसा गरे।
SOL 6:10 चन्द्रमाझैँ स्वच्छ, सूर्यझैँ उज्ज्वल, झण्डा फहराउने प्रतापी सेनाझैँ, प्रभातजस्तो देखा पर्ने ऊनी को हुन्?
SOL 6:11 बदामका बोटहरू भएका बेँसीतिर नयाँ पालुवा लागे कि, दाखको बोटमा कोपिला लागेको छ कि छैन, वा अनारको फूल फुलेको छ कि छैन भनेर म तल हेर्न गएँ।
SOL 6:12 मैले थाहा पाउनुअगि मेरा प्रजाका राजकीय रथमा सवार हुन मलाई मेरो इच्छाले पुर्‍याइसकेको छ।
SOL 6:13 हे शूलम्मी, फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ, र हामी तिमीलाई एक टक लगाएर हेरिरहन सकौँ! प्रेमी महानोमको नाच हेरेझैँ किन तिमीहरू शूलम्मीलाई एक टक लगाएर हेर्न रहर गर्छौ?
SOL 7:1 हे राजकुमारकी छोरी, चप्पल लगाइएका तिम्रा पाउ कत्ति सुन्दर छन्! तिम्रा तिघ्राहरूका आकार शिल्पकारका हातले बनाइएका रत्नजस्तै छन्।
SOL 7:2 तिम्रो नाभी गोलो प्यालाजस्तै छ, जसमा मिसाएका दाखमद्यको अभाव कहिल्यै हुँदैन। तिम्रो कम्मर लिली फूलले घेरेको गहुँको थुप्रोजस्तै छ।
SOL 7:3 तिम्रा दुई स्तन जुम्ल्याहा पाठाजस्तै छन्, मृगीका दुई पाठाजस्तै।
SOL 7:4 तिम्रो गला हस्तीदन्तको धरहराजस्तै छ। तिम्रा आँखा बाथ-रब्बीमको छेउको हेश्बोनका पोखरीजस्तै छन्, तिम्रो नाक दमस्कसतिर हेरिराखेको लेबनानको धरहराजस्तै छ।
SOL 7:5 तिम्रो शिर कर्मेल पर्वतजस्तै मुकुट पहिरिएको देखिन्छ। तिम्रो कपाल हातले बुनेका राजकीय वस्त्रसमान छ; त्यसका चुल्ठाले राजालाई मोहित पारेको छ।
SOL 7:6 हे प्रिय, आनन्दले पूर्ण, र मनलाई खुशी पार्ने तिमी बिछट्टै राम्री छ्यौ!
SOL 7:7 तिम्रो शारीरिक कद खजूरको रूखझैँ छ, र तिम्रा स्तनहरू फलका झुप्पाहरूजस्ता छन्।
SOL 7:8 मैले भनेँ, “म खजूरको रूखमा चढ्नेछु; म त्यसका फल समात्नेछु।” तिम्रा स्तनहरू अङ्‌गुरका झुप्पाहरूजस्तै होऊन्, तिम्रो सासको बास्‍ना स्याउका बास्‍नाझैँ,
SOL 7:9 र तिम्रो मुख उत्तम दाखमद्यझैँ मगमगाऊन्। प्रेमिका ओठ र दाँतबाट सलल बग्दै दाखमद्य सीधै मेरा प्रेमीकहाँ पुगोस्।
SOL 7:10 म मेरा प्रियकी हुँ, र उहाँले मेरो तिर्सना गर्नुहुन्छ।
SOL 7:11 हे मेरा प्रिय, आउनुहोस्! हामी खेतबारीतिर जाऔँ; गाउँहरूमा हामी रात बिताऔँ।
SOL 7:12 दाखमा कोपिला लाग्यो कि, तिनमा फूल फुल्यो कि, अनारहरूमा फूल फुल्यो कि, भनेर हेर्न हामी बिहानै दाखबारीमा जाऔँ— त्यहाँ म तपाईंलाई मेरो प्रेम प्रकट गर्नेछु।
SOL 7:13 दूधेफलले बास्‍ना दिँदैछ, मैले तपाईंको निम्ति जम्मा गरेका हरेक स्वादिष्‍ठ, नयाँ र पुराना फलहरू, हाम्रा ढोकामा तयार छन्, हे मेरा प्रिय।
SOL 8:1 यदि तपाईं मेरी आमाको दूध खाएर हुर्केको, मेरा दाजुभाइझैँ हुनुहुँदो हो त! तपाईंलाई बाहिर भेट्दा म म्वाइँ खानेथिएँ, र कसैले मेरो निन्दा गर्ने थिएन।
SOL 8:2 तपाईंलाई डोर्‍याएर म मेरी आमाको घरमा ल्याउनेथिएँ— जुन आमाले मलाई शिक्षा दिएकी छन्। म तपाईंलाई मसाला मिसाएको दाखमद्य, मेरा अनारका रस पिउन दिनेथिएँ।
SOL 8:3 उहाँको देब्रे हात मेरो शिरमुनि छ, र दाहिने हातले मलाई अँगालो हाल्नुभएको छ।
SOL 8:4 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई शपथ खुवाएर आज्ञा गर्छु: उचित समय नभएसम्म प्रेमलाई नजगाओ अथवा नबिउँझाओ।
SOL 8:5 आफ्ना प्रेमीसित अडेसिएर उजाडस्थानबाट आउँदैगरेका यिनी को हुन्? प्रेमिका स्याउको रूखमुनि मैले तपाईंलाई जगाएँ; त्यहीँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरेकी थिइन्; त्यहीँ नै तिनले सुत्केरी व्यथा लागेर तपाईंलाई जन्म दिएकी थिइन्।
SOL 8:6 मलाई तपाईंका हृदयमा छापझैँ राख्नुहोस्, तपाईंका पाखुरामा छापझैँ लगाउनुहोस्; किनकि प्रेम मृत्युसमान प्रबल हुँदछ; यसको तिर्सना चिहानझैँ कठोर हुन्छ। यो दन्कने आगोसमान दन्कन्छ, यो शक्तिशाली ज्वाला जस्तै हुन्छ।
SOL 8:7 उर्लेको पानीले पनि प्रेमलाई निभाउन सक्दैन; नदीले पनि त्यसलाई बगाउन सक्दैन। यदि मानिसले प्रेमको निम्ति आफ्नो घरको सारा धनसम्पत्ति दिइहाले तापनि यो पूर्ण अवहेलना हुनेछ।
SOL 8:8 हाम्री एउटी जवान बहिनी छिन्, जसका छाती उठेका छैनन्। उनको विवाहको लागि कोही माग्न आएको दिनमा, आफ्नी बहिनीको लागि हामी के गरौँ?
SOL 8:9 यदि ऊ पर्खाल भए त, हामी ऊमाथि चाँदीका बुर्जा बनाउने थियौँ। यदि ऊ ढोका हुँदो हो त, हामी देवदारुका फल्याकले बारेर बन्द गर्ने थियौँ।
SOL 8:10 म एक पर्खाल हुँ, र मेरा स्तनहरू धरहराहरूजस्तै छन्। यसरी उहाँका नजरमा म सन्तुष्‍टि तुल्याउने ठहरिएकी छु।
SOL 8:11 बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो; आफ्नो दाखबारी मोहीहरूलाई दिए। हरेकले दाखबारीका फलको सट्टामा हजार सेकेल चाँदी ल्याउनुपर्थ्यो।
SOL 8:12 तर मेरो दाखबारी, जो मेरै अधिकार हो; हे सोलोमन, ती हजार सेकेल तपाईंकै निम्ति हुन्, र दुई सय ती फलफूल रेखदेख गर्नेहरूका निम्ति हुन्।
SOL 8:13 तिमी, जो दाखबारीमा आफ्ना मित्रहरूका साथमा बास गर्दछौ, तिम्रो सोरलाई सुन्‍न देऊ!
SOL 8:14 हे मेरा प्रेमी, बाहिर आउनुहोस्, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा हुने हरिणजस्तै अथवा जवान मृगजस्तै हुनुहोस्!
ISA 1:1 यो आमोजका छोरा यशैयाले यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा देखेको दर्शन हो।
ISA 1:2 हे आकाश, सुन्! हे पृथ्वी, ध्यान दिएर सुन्! किनकि याहवेह भन्‍नुहुन्छ: “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन्।
ISA 1:3 गोरुले आफ्नो मालिकलाई चिन्छ, र गधाले आफ्नो मालिकको डुँड चिन्छ। तर इस्राएलले चिन्दैन, मेरा मानिसहरूले बुझ्दैनन्।”
ISA 1:4 धिक्‍कार, त्यस पापी जाति, अपराधले लादिएको जाति, दुष्‍ट काम गर्नेहरूका सन्तान, भ्रष्‍ट भएका सन्तान! तिनीहरूले याहवेहलाई त्यागेका छन्; तिनीहरूले इस्राएलका पवित्र परमेश्‍वरलाई लत्याएका छन्, र उहाँतिर आफ्ना पिठिउँ फर्काएका छन्।
ISA 1:5 तिमीहरू किन अझै पिटाइ खान्छौ? तिमीहरू किन बागी भइरहन्छौ? तिमीहरूका शिरभरि चोट-चोटै छ; तिमीहरूका मुटुभरि पीडा छ।
ISA 1:6 खुट्टाको पैतालादेखि शिरसम्म स्वस्थता छैन। चोटहरू र निलो डामहरू, र उदाङ्गो घाउहरू छन्; ती घाउहरू सफा नगरिएका र पट्टी नबाँधिएका अथवा तेलले सेकिएका छैनन्।
ISA 1:7 तिमीहरूको देश उजाड छ, तिमीहरूका सहरहरू आगोले जलाइएका छन्; तिमीहरूका खेतहरू तिमीहरूकै सामु परदेशीहरूले उजाड पारिदिएका छन्; अपरिचितहरूले नाश पारिदिएझैँ, त्यो उजाड भएको छ।
ISA 1:8 सियोनकी छोरी दाखबारीको छाप्रोजस्तै, काँक्राबारीमा भएको छाप्रोजस्तै, घेरा हालिएको सहरजस्तै त्यागिएकी छ।
ISA 1:9 यदि सेनाहरूका याहवेहले हामी कसैलाई बचाएर नराख्नुभएको भए हामी सदोमझैँ हुनेथियौँ, हामी गमोराजस्ता बन्‍नेथियौँ।
ISA 1:10 हे सदोमका शासकहरू हो, याहवेहको वचन सुन; हे गमोराका मानिसहरू हो, हाम्रा परमेश्‍वरको व्यवस्था ध्यानसित सुन!
ISA 1:11 याहवेह भन्‍नुहुन्छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरा निम्ति के कामको छ र? मसित चाहिने भन्दा बढी साँढे र मोटा-मोटा पशुहरूका होमबलि छन्। साँढेहरू, थुमाहरू र बाख्राहरूको रगतले म प्रसन्‍न हुँदिनँ।
ISA 1:12 जब तिमीहरू मसँग भेट्नलाई आउँछौ, के तिमीहरूलाई कसैले मेरा आँगनहरू खुट्टाले कुल्चीमिल्ची गर्न भनेको छ र?
ISA 1:13 व्यर्थैका बलिहरू ल्याउन बन्द गर! तिमीहरूका धूप त मेरा निम्ति घृणित छ। औँसी, शब्बाथ दिन र सभाहरूका साथसाथै तिमीहरूका खराब जमघटहरू म सहन सक्दिनँ।
ISA 1:14 तिमीहरूका औँसीका चाडहरू, र तिमीहरूले ठहराएका चाडहरूलाई म मेरो सारा प्राणले घृणा गर्छु। ती मेरा निम्ति बोझ भएका छन्; ती बोक्दा-बोक्दै म थकित भइसकेको छु।
ISA 1:15 तिमीहरूले प्रार्थनामा आफ्ना हात फैलाउँदा, म आफ्ना आँखाहरू तिमीहरूबाट लुकाउनेछु; तिमीहरूले धेरै प्रार्थना गरे तापनि म त्यो सुन्‍नेछैनँ। तिमीहरूका हातहरू रगतले भरिएका छन्!
ISA 1:16 आफूलाई धोएर शुद्ध पार। तिमीहरूका दुष्‍ट कर्महरू मेरो दृष्‍टिबाट टाढा लैजाओ; खराबी गर्न छोड।
ISA 1:17 भलाइ गर्न सिक; न्याय खोज। थिचोमिचोमा परेकाहरूलाई ढाडस देओ। अनाथहरूका पक्षमा बोल; विधवाहरूको मुद्दा लडिदेओ।”
ISA 1:18 याहवेह भन्‍नुहुन्छ, “अब आओ, हामी एकसाथ विचार गरौँ। तिमीहरूका पाप सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्; ती गाढा राता रङ्गका भए तापनि ती ऊनजस्तै सेता हुनेछन्।
ISA 1:19 यदि तिमीहरू इच्छुक र आज्ञाकारी भयौ भने, तिमीहरूले देशका सर्वोत्तम कुराहरू खानेछौ;
ISA 1:20 तर यदि तिमीहरूले विरोध गर्‍यौ र बागी भयौ भने, तिमीहरू तरवारले काटिनेछौ।” किनकि याहवेहले बोल्नुभएको छ।
ISA 1:21 हेर, एउटा विश्‍वासयोग्य सहर कसरी वेश्याजस्तै भयो! कुनै समय त्यो न्यायपूर्ण थियो; धार्मिकताले त्यसमा वास गर्थ्यो, तर अहिले हत्याराहरूले वास गर्छन्!
ISA 1:22 तेरो चाँदी फोहोर भएको छ, तेरो उत्तम दाखमद्यमा पानी मिसाइएको छ।
ISA 1:23 तेरा शासकहरू बागी, र चोरहरूका साथीहरू बनेका छन्; तिनीहरू सबैले घूस मन पराउँछन्, र उपहारहरूको पछि लाग्छन्। तिनीहरूले अनाथहरूका पक्ष लिदैनन्; विधवाहरूको उजुर तिनीहरूकहाँ पुग्दैन।
ISA 1:24 यसकारण प्रभु, सेनाहरूका याहवेह इस्राएलका सर्वशक्तिमान् परमेश्‍वर घोषणा गर्नुहुन्छ: “आह! म आफ्ना शत्रुहरूमाथि क्रोध खन्याउनेछु। आफ्ना शत्रुहरूसँग म आफैँ बदला लिनेछु।
ISA 1:25 म आफ्नो हात तेरो विरुद्ध फर्काउनेछु; म तेरो फोहोरलाई पूर्ण रूपमा सफा गर्नेछु, र तेरा सबै अशुद्धताहरूलाई हटाइदिनेछु।
ISA 1:26 म तेरा न्यायकर्ताहरूलाई पुरानो समयमा भएकाजस्तै, तेरा सल्‍लाहकारहरूलाई सुरुका समयमा भएकाजस्तै फेरि स्थापित गर्नेछु। त्यसपछि तँ धार्मिकताको सहर; एउटा विश्‍वासयोग्य सहर भनिनेछस्।”
ISA 1:27 सियोन न्यायसित छुटाइनेछ। त्यहाँका पश्‍चात्ताप गर्नेहरू धार्मिकतासँगै छुटाइनेछन्।
ISA 1:28 तर बागीहरू र पापीहरू दुवै तोडिनेछन्; याहवेहलाई त्याग्नेहरू नाश हुनेछन्।
ISA 1:29 “तिमीहरूले आनन्द मानेका ती फलाँटका पवित्र रूखहरूको कारण तिमीहरू लज्जित हुनेछौ; तिमीहरूले रोजेका ती बगैँचाहरूको कारण नै तिमीहरू अपमानित हुनेछौ।
ISA 1:30 तिमीहरू पात झर्दै गरेका फलाँटका रूखहरूजस्तै, पानी नभएका बगैँचाजस्तै हुनेछौ।
ISA 1:31 शक्तिशाली मानिस सुकेको दाउरा र त्यसको काम झिल्काजस्तै हुनेछ; ती दुवै एकैसाथ जल्नेछन्, त्यो आगोलाई निभाउने कोही हुनेछैन।”
ISA 2:1 यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन यही हो:
ISA 2:2 अन्तिम दिनहरूमा याहवेहको मन्दिरको पर्वत अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ, र पहाडहरूभन्दा माथि उठाइनेछ; अनि सबै जातिहरू त्यसमा ओइरिएर आउनेछन्।
ISA 2:3 धेरै जातिहरू आएर भन्‍नेछन्, “आओ, हामीहरू याहवेहको पर्वतमा, याकोबका परमेश्‍वरको मन्दिरमा जाऔँ। उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ, ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।” व्यवस्था सियोनबाट र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्।
ISA 2:4 उहाँले राष्ट्रहरूका बीचमा न्याय गर्नुहुनेछ; अनि धेरै जतिहरूका वाद-विवाद सुल्झाउनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्, र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्। एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्।
ISA 2:5 हे याकोबका घराना, आओ, र हामी याहवेहको ज्योतिमा हिँडौँ।
ISA 2:6 हे याहवेह, तपाईंले आफ्नो प्रजा याकोबका घरानालाई त्याग्नुभएको छ। तिनीहरू पूर्वका अन्धविश्‍वासले भरिएका छन्; तिनीहरू पलिश्तीहरूले झैँ जोखना हेर्छन् र तिनीहरूका रीतिरिवाज अपनाउँछन्।
ISA 2:7 तिनीहरूको देश चाँदी र सुनले भरिएको छ, तिनीहरूको धनसम्पत्ति अपार छ। तिनीहरूको देशमा घोडाहरू प्रशस्त छन्; तिनीहरूका रथहरूको गन्ती छैन।
ISA 2:8 तिनीहरूको देशभरि मूर्तिहरू छन्; तिनीहरू आफ्ना हातका कामहरू, र आफ्ना औँलाले बनाएका कुराहरूका सामु निहुरिन्छन्।
ISA 2:9 यसकारण मानिस होच्याइनेछ, र हरेकलाई नम्र तुल्याइनेछ— यसकारण तिनीहरूलाई क्षमा नगर्नुहोस्!
ISA 2:10 याहवेहको डरबाट र उहाँको सर्वश्रेष्‍ठताको प्रतापबाट चट्टानभित्र पस्, माटोमुनि लुक्!
ISA 2:11 घमण्डीका आँखालाई नम्र तुल्याइनेछ; अनि मानिसहरूको अहङ्कार तल झारिनेछ। त्यस दिन याहवेह मात्र उच्‍च पारिनुहुनेछ।
ISA 2:12 सबै अभिमानी र वैभवशालीहरूका निम्ति, र उच्‍च पारिएकाहरू सबैका निम्ति, सेनाहरूका याहवेहले एउटा दिन साँचेर राख्नुभएको छ। त्यस दिन तिनीहरू विनम्र तुल्याइनेछन्।
ISA 2:13 लेबनानका सबै अग्ला र ठूला देवदारु, र बाशानका सबै फलाँटका रूखहरूका निम्ति,
ISA 2:14 धरहराझैँ उठेका सबै पर्वत, र सबै अग्ला डाँडाहरूका निम्ति,
ISA 2:15 प्रत्येक ठूला धरहरा, र प्रत्येक सुरक्षित पर्खालका निम्ति,
ISA 2:16 तर्शीशको प्रत्येक व्यापारी जहाज, र प्रत्येक राजकीय जहाजको निम्ति।
ISA 2:17 मानिसको अभिमान चूर्ण पारिनेछ, र मानिसहरूको घमण्ड नम्र बनाइनेछ; त्यस दिन याहवेह मात्र उच्‍च पारिनुहुनेछ;
ISA 2:18 अनि मूर्तिहरू सम्पूर्ण रूपले लोप हुनेछन्।
ISA 2:19 जब पृथ्वी हल्‍लाउनलाई याहवेह उठ्नुहुन्छ, तब उहाँको डर र उहाँको वैभवको प्रतापबाट मानिसहरू चट्टानका गुफाहरूतिर र पृथ्वीका प्वालहरूभित्र पस्‍नेछन्।
ISA 2:20 त्यस दिन मानिसहरूले आफ्ना लागि पुज्न भनी बनाएका चाँदीका मूर्तिहरू र सुनका मूर्तिहरू छुचुन्द्रा र चमेराहरूको अगि फालिदिनेछन्।
ISA 2:21 याहवेहले पृथ्वीलाई हल्‍लाउनलाई उठ्नुहुँदा उहाँको डर र उहाँको वैभवको प्रतापबाट तिनीहरू चट्टानका कन्दराहरूतिर र चट्टानका धाँदाहरूभित्र भागेर जानेछन्।
ISA 2:22 नाकको प्वालमा सास भएको मानिसमा भरोसा राख्न छोडिदेओ, त्यसको के मूल्य छ र?
ISA 3:1 अब हेर, प्रभु सेनाहरूका याहवेहले यरूशलेम र यहूदाबाट सर-सामान र सहारा दुवै लैजान लाग्नुभएको छ: सबै भोजनका सरसामानहरू र पानीका मुहानहरू,
ISA 3:2 वीर र योद्धा, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्ने र वृद्ध मानिसहरू,
ISA 3:3 पचास माथिका सेनापति र उच्‍च पदाधिकारी, सल्‍लाहकार, सिपालु कारिगर र चतुर जादुगर।
ISA 3:4 “म ठिटाहरूलाई तिनीहरूका शासक बनाउनेछु; बालबालिकाहरूले तिनीहरूमाथि शासन गर्नेछन्।”
ISA 3:5 मानिसहरूले एक-अर्कालाई अत्याचार गर्नेछन्; मानिसको विरुद्धमा मानिस, छिमेकीको विरुद्धमा छिमेकी उठ्नेछ। वृद्धको विरुद्धमा जवान, र सम्मानितको विरुद्धमा तुच्छ खडा हुनेछ।
ISA 3:6 एउटा मानिसले आफ्ना दाजुभाइहरूमध्ये एक जनालाई आफ्ना बुबाको घरमा समातेर भन्‍नेछ, “तिमीसित राम्रो पहिरन छ, तिमी नै हाम्रो अगुवा बन, र यस भग्नावशेषको जिम्मा लेऊ!”
ISA 3:7 तर त्यस दिन त्यसले कराएर भन्‍नेछ, “म उपचार गर्ने मानिस होइन। मेरो घरमा भोजन र वस्त्र केही पनि छैन; मलाई मनिसहरूका अगुवा नबनाओ।”
ISA 3:8 यरूशलेम धरमरिँदैछ, यहूदा लड्दैछ; तिनीहरूका वचन र कामहरू याहवेहको विरुद्ध छन्; तिनीहरू उहाँको महिमित उपस्थितिको बेवास्ता गर्छन्।
ISA 3:9 तिनीहरूका अनुहारले तिनीहरूकै विरुद्धमा साक्षी दिन्छ; तिनीहरूले सदोमले झैँ आफ्ना पापको प्रदर्शन गरेका छन्; तिनीहरूले ती लुकाउँदैनन्। तिनीहरूलाई धिक्‍कार! तिनीहरू आफैँले आफूमाथि विपत्ति ल्याएका छन्।
ISA 3:10 धर्मीहरूलाई भन, तिनीहरूलाई राम्रै हुनेछ; किनकि तिनीहरूले आफ्ना कामहरूको फल उपभोग गर्नेछन्।
ISA 3:11 दुष्‍टहरूलाई धिक्‍कार! तिनीहरूमाथि विपत्ति आउनेछ। तिनीहरूले आफ्ना हातहरूले गरेअनुसार नै भोग्नेछन्।
ISA 3:12 जवानहरूले मेरा मानिसहरूमाथि थिचोमिचो गरेका छन्; स्त्रीहरूले तिनीहरूमाथि शासन गर्छन्। हे मेरा मानिसहरू, तिमीहरूका पथ-प्रदर्शकहरूले नै तिमीहरूलाई बरालिदिएका छन्; तिनीहरूले तिमीहरूलाई बाटोबाट फर्काउँछन्।
ISA 3:13 याहवेहले न्यायालयमा आफ्नो आसन ग्रहण गर्नुहुन्छ; उहाँ मानिसहरूको न्याय गर्न खडा हुनुहुन्छ।
ISA 3:14 याहवेहले आफ्ना मानिसहरूका प्रधानहरू र अगुवाहरूको विरुद्ध न्याय गर्नुहुन्छ: “मेरो दाखबारी नष्‍ट पार्ने तिमीहरू नै हौ; गरिबहरूबाट लिइएका लुटको माल तिमीहरूका घरहरूमा छ।
ISA 3:15 मेरा मानिसहरूलाई धुलोपिठो बनाएको अनि गरिबहरूका अनुहारहरू पिँधेको तिमीहरूले के अर्थ लाउँछौ?” प्रभु, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
ISA 3:16 याहवेह भन्‍नुहुन्छ, “सियोनका स्त्रीहरू अभिमानी छन्, तिनीहरू गर्दन ठड्याउँदै र विलासी आँखाहरू तर्काउँदै, नक्‍कल पार्दै कल्‍ली लगाएर छमछम गर्दै हिँड्छन्।
ISA 3:17 यसकारण प्रभु याहवेहले सियोनका स्त्रीहरूका शिरमा घाउहरू ल्याउनुहुनेछ, र तिनीहरूका तालु केशविहीन बनाइदिनुहुनेछ।”
ISA 3:18 त्यस दिन प्रभुले तिनीहरूका सिङ्गारका चीजहरू जस्तै: चुराहरू र शिरबन्दीहरू, चन्द्रहारहरू,
ISA 3:19 झुम्काहरू र बालाहरू र घुम्टाहरू,
ISA 3:20 शिरका सिङ्गारहरू, कल्‍ली, पटुकाहरू, अत्तरदानीहरू, जन्तरहरू,
ISA 3:21 छाप-औँठीहरू र नत्थहरू,
ISA 3:22 मसिनो वस्त्रहरू, अलखा र ओढ्नेहरू, थैलीहरू,
ISA 3:23 अनि ऐनाहरू, मलमलका वस्त्रहरू, मुकुटहरू र दोसल्‍लाहरू खोसेर लैजानुहुनेछ।
ISA 3:24 सुगन्धको सट्टामा दुर्गन्ध हुनेछ; पटुकाको साटो डोरी; राम्ररी कोरिएको केशको साटो मुडुलो टाउको हुनेछ; मसिनो वस्त्रको साटो भाङ्ग्रा; सुन्दरताको साटो डामै-डाम हुनेछ।
ISA 3:25 तेरा मानिसहरू तरवारद्वारा मारिनेछन्; तेरा योद्धाहरू लडाइँमा मारिनेछन्।
ISA 3:26 सियोनका मूलढोकाहरूले बिलौना र शोक गर्नेछन्; आश्रयविहीन भई तिनी भुइँमा बस्‍नेछिन्।
ISA 4:1 त्यस दिन सात जना स्त्रीहरूले एक जना मानिसलाई समात्नेछन्, र यसो भन्‍नेछन्, “हामी आफ्नै भोजन खानेछौँ; अनि आफ्ना लुगाको प्रबन्ध आफैँ गर्नेछौँ; तपाईं हाम्रो पति हुनुहोस्। हाम्रो अपमान तपाईंले हटाइदिनुहोस्!”
ISA 4:2 त्यस दिन याहवेहको हाँगा सुन्दर र महिमित हुनेछ; अनि जमिनको फल इस्राएलमा बाँचेकाहरूका निम्ति गर्व र महिमा हुनेछ।
ISA 4:3 सियोनमा छोडिएका यरूशलेममा रहनेहरू सबै, जो यरूशलेममा बस्‍नेहरूको गन्तीमा आएका छन्, तिनीहरू पवित्र भनिनेछन्।
ISA 4:4 प्रभुले सियोनका स्त्रीहरूको मैला धोइदिनुहुनेछ; उहाँले न्यायको आत्मा र आगोको आत्माले यरूशलेमबाट रगतका दागहरू सफा गरिदिनुहुनेछ।
ISA 4:5 त्यसपछि याहवेहले सियोन पर्वतमाथि र त्यहाँ भेला हुने जातिमाथि दिनमा धुवाँको बादल अनि राति बल्दो आगोको ज्योति सृष्‍टि गरिदिनुहुनेछ; त्यस सम्पूर्ण महिमामाथि एउटा मण्डप हुनेछ।
ISA 4:6 त्यो दिनको गर्मीबाट बच्ने आश्रय र छाया; अनि आँधी र वर्षाबाट बचाउने शरणस्थान र लुक्ने ठाउँ हुनेछ।
ISA 5:1 अब म मेरो प्रियको निम्ति र उहाँको दाखबारीको निम्ति एउटा गीत गाउनेछु: एउटा मलिलो डाँडामा मेरा प्रियको एउटा दाखबारी थियो।
ISA 5:2 उहाँले त्यसलाई खनेर ढुङ्गाहरू हटाउनुभयो; अनि त्यसमा अति उत्तम दाख रोप्नुभयो। उहाँले त्यसमा एउटा मचान बनाउनुभयो; अनि एउटा कोल पनि खोप्नुभयो। तब उहाँले असल दाखको आशा राख्नुभयो, तर त्यसले खराब फल फलायो।
ISA 5:3 “अब हे यरूशलेमका बासिन्दा र यहूदाका मानिसहरू हो, म र मेरो दाखबारीका बीचमा न्याय गरिदेओ।
ISA 5:4 मेरो दाखबारीका निम्ति मैले जति गरेँ, त्योभन्दा बढी के गरिनुपर्नेथियो र? मैले असल दाखको आशा गर्दा किन त्यसले खराब फल फलायो?
ISA 5:5 अब म तिमीहरूलाई भन्‍नेछु, कि आफ्नो दाखबारीलाई म के गर्नेछु। म त्यसको बार निकालिदिनेछु, र त्यो नाश हुनेछ; म त्यसको पर्खाल भत्काइदिनेछु, र त्यो कुल्चीमिल्ची पारिनेछ।
ISA 5:6 म त्यसलाई नछिमलेको र नगोडिएको उजाडभूमि बनाइदिनेछु; अनि त्यसमा सिउँडी र काँडाहरू उम्रनेछन्। त्यसमा पानी नपरोस् भनेर, म बादललाई आज्ञा गर्नेछु।”
ISA 5:7 सेनाहरूका याहवेहको दाखबारी इस्राएलको घराना हो, र यहूदाका मानिसहरू उहाँलाई मनपर्ने बगैँचा हो। उहाँले न्यायको आशा गर्नुभयो, तर रक्तपात देख्नुभयो; धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्‍टको रुवाइ पो सुन्‍नुभयो।
ISA 5:8 धिक्‍कार तिमीहरूलाई, जसले केही जग्गा नरहने गरी घरमा घर थप्छौ; अनि खेतमा खेत जोड्छौ, र देशमा आफू मात्र बस्छौ।
ISA 5:9 सेनाहरूका याहवेहले मैले सुन्‍ने गरी घोषणा गर्नुभएको छ: “निश्‍चय नै ठूला घरहरू उजाड हुनेछन्, सुन्दर भवनहरू निर्जन हुनेछन्।
ISA 5:10 पाँच बिघा दाखबारीले एक बाथ दाखरस मात्र दिनेछ; एक होमेर बिउले एक एपा अन्‍न मात्र दिनेछ।”
ISA 5:11 धिक्‍कार तिनीहरूलाई, जो मद्यको निम्ति एकाबिहानै उठ्छन्, जो मद्यले नमातुन्जेल आधा रातसम्म बस्छन्।
ISA 5:12 तिनीहरूसित भोजमा वीणा र सारङ्गी, खैँजडी, बाँसुरी र मद्य हुन्छन्, तर तिनीहरूसित याहवेहका कार्यहरूका निम्ति कुनै श्रद्धा हुँदैन; उहाँका हातका कामप्रति कुनै आदर हुँदैन।
ISA 5:13 यसकारण समझशक्तिको अभावले गर्दा मेरा प्रजा देशबाट निकालिनेछन्; तिनीहरूका प्रतिष्‍ठित मानिसहरू भोकले मर्नेछन्; अनि तिनीहरूका सर्वसाधारण तिर्खाले सुक्नेछन्।
ISA 5:14 यसकारण चिहानले आफ्नो मुख खोल्छ, र आफ्नो मुख ठूलो उघार्छ; त्यसभित्र तिनीहरूका कुलीन व्यक्तिहरू र जनसमूह तिनीहरूका झगडालु र विलासीहरूसितै पस्‍नेछन्।
ISA 5:15 यसरी मानिस होच्याइनेछ; अनि हरेक जन नम्र बनाइनेछ, अभिमानीका आँखा नम्र पारिनेछन्।
ISA 5:16 तर सेनाहरूका याहवेह आफ्नो न्यायद्वारा उच्‍च पारिनुहुनेछ, पवित्र परमेश्‍वरले आफ्नो धार्मिकताद्वारा आफूलाई पवित्र प्रकट गर्नुहुनेछ।
ISA 5:17 तब भेडाहरू आफ्नै खर्कमा झैँ चर्नेछन्; तथा धनीहरूका खाली ठाउँहरूमा परदेशीहरूले खानेछन्।
ISA 5:18 धिक्‍कार तिनीहरूलाई जसले छलका डोरीहरूले पाप निकाल्छन्; अनि गाडाका डोरीहरूले झैँ दुष्‍टता निकाल्छन्,
ISA 5:19 जसले यसो भन्छन्, “परमेश्‍वरले हतार गरून्; उहाँले आफ्नो काम चाँडो गरून्, ताकि हामीले त्यो देख्न सकौँ। इस्राएलका पवित्र परमेश्‍वरको योजना आओस्, त्यो नजिक आओस्, ताकि हामीले जान्‍न सकौँ।”
ISA 5:20 धिक्‍कार तिनीहरूलाई, जसले दुष्‍टलाई असल र असललाई दुष्‍ट भन्छन्, जसले उज्यालोको सट्टा अँध्यारोलाई र अँध्यारोको सट्टा उज्यालोलाई राख्छन्; जसले मिठोको सट्टामा तितो, र तितोको सट्टा मिठो राख्छन्।
ISA 5:21 धिक्‍कार तिनीहरूलाई, जो आफ्नै नजरमा बुद्धिमान् छन्; अनि आफ्नै दृष्‍टिमा चतुर छन्।
ISA 5:22 धिक्‍कार तिनीहरूलाई, जो मद्य पिउन बहादुर छन्; अनि मद्य मिसाउन सिपालु छन्,
ISA 5:23 जसले घूस लिएर दोषीलाई छोडिदिन्छन्, तर निर्दोषलाई न्याय दिँदैनन्।
ISA 5:24 यसकारण पराललाई आगोका जिब्राहरूले चाटेझैँ र ज्वालामा सुक्खा घाँस खरानी भएझैँ तिनीहरूका जरा सडिजाने छन्, र तिनीहरूका फूलहरू धुलोझैँ उडिजानेछन्; किनकि तिनीहरूले सेनाहरूका याहवेहको व्यवस्थालाई इन्कार गरेका छन्; अनि इस्राएलका पवित्र परमेश्‍वरको वचनलाई लत्याएका छन्।
ISA 5:25 यसकारण याहवेहको क्रोध आफ्ना जातिको विरुद्ध दन्केको छ; उहाँको हात उठेको छ र उहाँले तिनीहरूलाई प्रहार गर्नुहुन्छ। पर्वतहरू काँप्छन्, र मृतक शरीरहरू सडकतिर कसिङ्गरझैँ छन्। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै पनि उठिराखेकै छ।
ISA 5:26 उहाँले टाढाका जातिहरूको निम्ति एउटा झण्डा खडा गर्नुहुनेछ; उहाँले पृथ्वीको पल्‍लो छेउमा भएकाहरूका निम्ति भनेर सुसेली मार्नुहुनेछ। तिनीहरू द्रूत गतिले आउँछन्!
ISA 5:27 तिनीहरूमध्ये एक जना पनि थाक्दैनन्, र धरमराउँदैनन्, कोही पनि झुल्दैनन्, न त निदाउँछन्। एउटै पेटी पनि खुकुलो हुँदैन, जुत्ताका एउटै फित्ता पनि चुँडिदैन।
ISA 5:28 तिनीहरूका काँडहरू तीखा छन्, सबै धनुहरूमा ताँदो चढाइएका छन्; तिनीहरूका घोडाका टाप बज्रझैँ छन्, तिनीहरूका रथका चक्‍काहरूको आवाज आँधीबेहरीझैँ छ।
ISA 5:29 तिनीहरूका गर्जन सिंहको झैँ छ, तिनीहरू जवान सिंहझैँ गर्जन्छन्; आफ्नो शिकारलाई पक्रँदा तिनीहरू ङ्वार-ङ्वार गर्छन्; अनि त्यसलाई कसैले नछुटाउने गरी लैजान्छन्।
ISA 5:30 त्यस दिन तिनीहरू त्यसमाथि समुद्र गर्जेझैँ गर्जनेछन्। अनि यदि कसैले देशलाई हेर्‍यो भने, त्यसले अन्धकार र सङ्कष्‍ट देख्नेछ; यहाँसम्म कि प्रकाशलाई पनि बादलले अँध्यारो बनाइदिनेछ।
ISA 6:1 उज्जियाह राजा मरेको वर्ष मैले प्रभुलाई एउटा अग्लो र उच्‍च सिंहासनमाथि विराजमान हुनुभएको देखेँ। उहाँको वस्त्रको फेरले मन्दिर ढाकिएको थियो।
ISA 6:2 उहाँका मास्तिर छ-छ वटा पखेटा भएका सराफहरू थिए: तिनीहरूले दुई वटा पखेटाले आफ्ना अनुहार ढाकेका थिए, दुई वटाले तिनीहरूका खुट्टाहरू ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दथे।
ISA 6:3 तिनीहरूले एकले अर्कोलाई यसो भन्दैथिए: “सेनाहरूका याहवेह, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ; सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।”
ISA 6:4 तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्‍लिए; अनि मन्दिर धुवाँले भरियो।
ISA 6:5 म कराएँ, “धिक्‍कार छ मलाई! म नाश भएँ! किनकि म अशुद्ध ओठ भएको मानिस हुँ। म अशुद्ध ओठ भएका मानिसहरूको बीचमा बस्छु; अनि मेरा आँखाले राजा, सेनाहरूका याहवेहलाई देखेका छन्।”
ISA 6:6 तब सराफहरूमध्ये एक जना आफ्नो हातमा बल्दैगरेको कोइला लिएर आए, जुन तिनले वेदीबाट चिम्टाले टिपेर ल्याएका थिए।
ISA 6:7 तिनले मेरो मुख छोएर भने, “हेर्, यसले तेरो ओठ छोएको छ; तेरा अपराध हटाइएको छ र तेरो पाप क्षमा भएको छ।”
ISA 6:8 तब मैले यसो भन्‍ने प्रभुको सोर सुनेँ, “म कसलाई पठाऊँ? र हाम्रा निम्ति को जाला?” तब मैले भनेँ, “म हाजिर छु। मलाई पठाउनुहोस्!”
ISA 6:9 उहाँले भन्‍नुभयो, “जा, र मानिसहरूलाई भन्: “ ‘तिमीहरू सधैँ सुनिरहन्छौ, तर कहिल्यै बुझ्दैनौ; तिमीहरू सधैँ हेरिरहन्छौ, तर कहिल्यै देख्दैनौ।’
ISA 6:10 यी मानिसहरूका हृदय कठोर तुल्याइदे; तिनीहरूका कानहरू मन्द गरिदे; अनि तिनीहरूका आँखा बन्द गरिदे। नत्रता तिनीहरूले आफ्ना आँखाहरूले देख्लान्, र आफ्ना कानहरूले सुन्लान्; तिनीहरूका हृदयहरूले बुझ्लान्; अनि फर्कलान् र फेरि निको होलान्।”
ISA 6:11 तब मैले भनेँ, “हे प्रभु, कहिलेसम्म?” तब उहाँले जवाफ दिनुभयो: “सहरहरू विनाश भएर निर्जन नभएसम्म, र घरहरू नत्यागिएसम्म; अनि खेतहरू पूर्ण रूपले नष्‍ट नभएसम्म,
ISA 6:12 जबसम्म याहवेहले कुनै पनि मानिसलाई टाढा पठाउनुहुन्‍न, र देश पूर्ण रूपले त्यागिँदैन।
ISA 6:13 अनि देशमा दसौँ भाग छोडिए तापनि त्यो फेरि उजाड पारिनेछ। तर जसरी फलाँटको रूख काटिए तापनि तिनीहरूले ठुटा छोडिराख्छन्, त्यसरी नै पवित्र बिउचाहिँ देशमा ठुटा हुनेछ।”
ISA 7:1 उज्जियाहका नाति, योतामका छोरा आहाज यहूदाको राजा हुँदा अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्ध युद्ध गर्न आए, तर तिनीहरूले त्यसलाई जित्न सकेनन्।
ISA 7:2 अब दावीदको घरानालाई यसो भनियो, “अराम एफ्राइमसित मिलेको छ।” यसरी वनका रूखहरू बतासले हल्‍लाएझैँ आहाज र तिनको प्रजाको हृदय काँप्यो।
ISA 7:3 तब याहवेहले यशैयालाई भन्‍नुभयो, “तँ र तेरा छोरा शार्यासूब धोबीहरूको खेतमा जाने बाटोमा माथिल्‍लो पोखरीको कुलोको अन्तिम भागमा आहाजलाई भेट्न निस्केर जा।
ISA 7:4 त्यसलाई भन्, ‘होशियार बस्, शान्त हो, र नडरा। धुवाँ मात्र आइरहेका दाउराका यी दुई ठुटाहरूका कारण रसीन, अराम र रमल्याहका छोराको डरलाग्दो रिसको कारण हताश नहो।
ISA 7:5 अराम, एफ्राइम र रमल्याहका छोराले तेरो विनाशको षड्यन्त्र गरेर यसो भनेका छन्,
ISA 7:6 “हामी यहूदामाथि आक्रमण गरौँ र त्यसलाई टुक्रा-टुक्रा पारौँ; अनि त्यसलाई हाम्रो बीचमा बाँडौँ, र ताबेलको छोरालाई त्यसका राजा बनाऔँ।”
ISA 7:7 तर प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘यो कहिल्यै हुनेछैन, यो टिक्नेछैन;
ISA 7:8 किनकि अरामको शिर दमस्कस हो; अनि दमस्कसको शिर रसीन मात्र हो। पैँसट्ठी वर्षभित्र एफ्राइम एउटा जाति नै नरहने गरी टुटफुट हुनेछ।
ISA 7:9 एफ्राइमको शिर सामरिया हो; अनि सामरियाको शिर रमल्याहको छोरा मात्र हो। यदि तँ आफ्नो विश्‍वासमा दृढतासाथ स्थिर रहिनस् भने, तँ स्थापित हुनेछैनस्।’ ”
ISA 7:10 फेरि याहवेहले आहाजलाई भन्‍नुभयो,
ISA 7:11 “याहवेह तेरा परमेश्‍वरलाई अति गहिराइमा अथवा अति उचाइमा भए तापनि एउटा चिन्ह माग्।”
ISA 7:12 तर आहाजले भने, “म माग्नेछैनँ; म याहवेहको परीक्षा गर्नेछैनँ।”
ISA 7:13 तब यशैयाले भने, “हे दावीदको घराना, अब यो सुन्! के मानिसहरूको धैर्यतालाई जाँच गर्नु पर्याप्‍त थिएन? के तँ मेरा परमेश्‍वरको धैर्य पनि जाँच गर्छस्?
ISA 7:14 यसकारण प्रभु आफूले तँलाई एउटा चिन्ह दिनुहुनेछ: कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्; अनि उनलाई इम्मानुएल भन्‍नेछिन्।
ISA 7:15 खराबलाई इन्कार गर्न र ठिकलाई चुन्‍न पर्याप्‍त ज्ञान पाएपछि उसले दही र मह खानेछ।
ISA 7:16 तर बालकले खराबलाई इन्कार गर्न र ठिकलाई चुन्‍न पर्याप्‍त ज्ञान पाउनुअगि तँलाई तर्साउने दुई राजाहरूको देश उजाड हुनेछ।
ISA 7:17 याहवेहले तँ र तेरा मानिसहरूमाथि, तेरा पिताका घरानामाथि एफ्राइम यहूदाबाट अलग भएको समयभन्दा बेग्लै समय यस देशमा ल्याउनुहुनेछ; उहाँले अश्शूरका राजालाई ल्याउनुहुनेछ।”
ISA 7:18 त्यस दिन याहवेहले इजिप्टका नदीहरूको पल्‍लो छेउमा रहेका झिँगाहरू र अश्शूरको देशबाटका मौरीहरूलाई सुसेली मारेर बोलाउनुहुनेछ।
ISA 7:19 तिनीहरू सबै आएर भिरालो कन्दराहरूमा, चट्टानका दुलाहरूमा, सबै काँडे-पोथ्राहरूमा र पानीको खाडलका सबै भ्वाङ्गहरूमाथि बस्‍नेछन्।
ISA 7:20 त्यस दिन प्रभुले तिमीहरूका कपाल खौरिन, तिमीहरूका दाह्री र शरीरका सबै रौँ खौरिनलाई नदी पारिबाट एउटा छुरा ज्यालामा लिनुहुनेछ, अर्थात् अश्शूरका राजालाई ल्याउनुहुनेछ।
ISA 7:21 त्यस दिन एउटा मानिसले एउटी कोरली र एक जोर भेडा पाल्नेछ।
ISA 7:22 तिनीहरूले प्रशस्त दूध दिएको कारण उसले दही खानेछ। त्यस देशमा छोडिएका सबैले दही र मह खानेछन्।
ISA 7:23 त्यस दिन एक हजार शेकेलको चाँदीको मूल्य बराबरको एक हजार दाखको बोट भएको प्रत्येक ठाउँमा खाली सिउँडी र काँडा मात्र हुनेछन्।
ISA 7:24 मानिसहरू त्यहाँ धनु र काँड लिएर जानेछन्; किनकि देश सिउँडी र काँडाहरूले ढाकिएको हुनेछ।
ISA 7:25 एकपल्ट तिमीहरूले कोदालोले खेती गरेका डाँडाहरूको विषयमा चाहिँ तिमीहरू त्यहाँ सिउँडी र काँडाहरूको डरले जानेछैनौ; ती गाईबस्तु र भेडाहरूका निम्ति चर्ने ठाउँ हुनेछन्।
ISA 8:1 याहवेहले मलाई भन्‍नुभयो, “एउटा ठूलो पाटी लिएर त्यसमा साधारण कलमले महेर-शालल-हाज-बजको बारेमा लेख्।
ISA 8:2 म पुजारी उरियाह र येबेरक्याहको छोरा जकरियालाई आफ्ना निम्ति विश्‍वासयोग्य साक्षी हुनलाई बोलाउनेछु।”
ISA 8:3 तब म अगमवादिनीकहाँ गएँ; उनी गर्भवती भइन्, र तिनले एउटा छोरा जन्माइन्। याहवेहले मलाई भन्‍नुभयो, “त्यसको नाम महेर-शालल-हाज-बज राख्।
ISA 8:4 यस बालकले ‘मेरा बुबा’ अथवा ‘मेरी आमा’ भनेर ज्ञान पाउनुअगि दमस्कसको धन र सामरियाको लुटको माल अश्शूरको राजाले लैजानेछ।”
ISA 8:5 याहवेहले मलाई फेरि भन्‍नुभयो:
ISA 8:6 “यस जातिले शीलोको शान्तसित बग्ने पानीलाई इन्कार गर्छ; अनि रसीन र रमल्याहको छोरामा रमाउँछ।
ISA 8:7 यसकारण प्रभुले यहूदाका मानिसहरूको विरुद्धमा यूफ्रेटिस नदीको शक्तिशाली पानीको भेल, अर्थात् अश्शूरका राजालाई आफ्नो पूरा रवाफसित ल्याउन लाग्नुभएको छ। त्यो यहूदाको सबै नालाहरूमा पोखिएर बग्नेछ; यसका सबै किनारहरूलाई त्यसले डुबाइदिनेछ;
ISA 8:8 अनि यहूदालाई बेगसित बगाएर स्वात्तै लैजानेछ, र त्यो त्यसको घाँटीसम्म नै पुग्नेछ। त्यसका फिँजाइएका पखेटाहरूले तेरो देशको चौडाइलाई वारपार ढाकिदिनेछ; हे इम्मानुएल!”
ISA 8:9 हे राष्ट्रहरू हो, युद्धको ध्वनि उठाओ, र चकनाचुर होओ! अनि हे टाढाका देशहरू हो, सुन। युद्धका निम्ति तयार होओ, तर तिमीहरू चकनाचुर हुनेछौ! युद्धका निम्ति तयार होओ, तर तिमीहरू चकनाचुर हुनेछौ!
ISA 8:10 आफ्ना उपायहरू बनाओ, तर ती विफल पारिनेछन्; आफ्नो योजना प्रस्ताव गर, तर त्यो खडा रहनेछैन; किनकि परमेश्‍वर हामीसित हुनुहुन्छ।
ISA 8:11 याहवेहले आफ्नो बलियो हात ममाथि राखेर मलाई यस जातिको मार्गमा नहिँड्न भनी चेतावनी दिँदै मसित बोल्नुभयो। उहाँले भन्‍नुभयो:
ISA 8:12 “जुन कुरालाई यस जातिले षड्यन्त्र भन्छ, त्यसलाई तिमीहरूले षड्यन्त्र नभन्‍नू; तिनीहरू जेसित डराउँछन्, तिमीहरू त्यससित नडराउनू; र त्यससित भयभीत नहुनू।
ISA 8:13 तिमीहरूले पवित्र मान्‍नुपर्ने सेनाहरूका याहवेह नै हुनुहुन्छ; तिमीहरू डराउनुपर्ने उहाँसितै हो; तिमीहरूचाहिँ उहाँसितै भयभीत हुनू।
ISA 8:14 उहाँ पवित्रस्थान बन्‍नुहुनेछ; तर इस्राएलका दुवै घरानाका निम्ति उहाँ यस्तो ढुङ्गो बन्‍नुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ; अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ, अनि तिनीहरूलाई फसाउने एउटा पासोजस्तो बन्‍नुहुनेछ। यरूशलेमका मानिसहरूका निम्ति उहाँ धराप र पासो हुनुहुनेछ।
ISA 8:15 तिनीहरूमध्ये धेरैले ठेस खानेछन्; तिनीहरू लडेर चकनाचुर हुनेछन्, तिनीहरू पासोमा पर्नेछन्।”
ISA 8:16 यस साक्षीलाई बाँधेर राख्; अनि मेरा चेलाहरूबीच व्यवस्थालाई मोहोरछाप लगाइदे।
ISA 8:17 म याहवेहलाई पर्खनेछु, जसले याकोबका घरानाबाट आफ्नो अनुहार लुकाउनुभएको छ। उहाँमाथि म आफ्नो भरोसा राख्नेछु।
ISA 8:18 याहवेहले मलाई दिनुभएका छोराछोरीहरूका साथमा म यहीँ नै छु। सियोन पर्वतमा विराजमान हुनुहुने सेनाहरूका याहवेहतर्फबाट इस्राएलमा हामी अलौकिक चिन्ह र सङ्केतहरू हौँ।
ISA 8:19 मानिसहरूले तिमीहरूलाई तन्त्रमन्त्र गर्नेहरू र भूतप्रेत खेलाउनेहरूसित सल्‍लाह लिनुभन्दा के मानिसहरूले आफ्ना परमेश्‍वरसित सोध्नुपर्दैन र? जिउँदाहरूको पक्षमा किन मरेकाहरूसित सल्‍लाह लिने?
ISA 8:20 परमेश्‍वरको निर्देशन र शिक्षालाई हेर्! यदि तिनीहरू यस वचनअनुसार बोल्दैनन् भने तिनीहरूसित प्रकाश छैन।
ISA 8:21 तिनीहरू दुःखी र भोका भई देशभरि घुमिहिँड्नेछन्; तिनीहरू क्रोधित भएपछि तिनीहरू रिसले चुर भएर मास्तिर हेर्दै तिनीहरूका राजा र तिनीहरूका परमेश्‍वरलाई सराप्नेछन्।
ISA 8:22 त्यसपछि तिनीहरूले पृथ्वीतिर हेर्नेछन्; अनि दुःख, अन्धकार, डरलाग्दो नैराश्य देख्नेछन् र तिनीहरू घोर अन्धकारमा फालिनेछन्।
ISA 9:1 तरै पनि त्यो सङ्कष्‍टमा परेकाहरूका निम्ति निराशा हुनेछैन। बितेका समयमा उहाँले जबूलून र नप्‍तालीको मुलुकलाई नम्र तुल्याउनुभयो। तर भविष्यमा उहाँले यर्दनतिरको समुद्र छेउको गैरयहूदीहरूको गालीललाई सम्मानित पार्नुहुनेछ—
ISA 9:2 अन्धकारमा जिउनेहरूले एउटा ठूलो ज्योति देखेका छन्; घोर अन्धकारमा बस्‍नेहरूमाथि ज्योति उदाएको छ।
ISA 9:3 तपाईंले जातिलाई फराकिलो पार्नुभएको छ; अनि तिनीहरूका आनन्द बढाइदिनुभएको छ; मानिसहरूले कटनीमा रमाएझैँ लुटको माल बाँड्दा रमाएझैँ, तिनीहरू तपाईंको सामु रमाउनेछन्।
ISA 9:4 किनकि मिद्यानको पराजयको दिनमा झैँ तपाईंले तिनीहरूलाई भार भएको जुवा, र तिनीहरूका काँधमा परेको बोझ, साथै तिनीहरूलाई सताउनेहरूका लहुरोलाई भाँचिदिनुभएको छ।
ISA 9:5 प्रत्येक योद्धाले लडाइँमा लगाएको जुत्ता, र रगतमा लतपतिएको हरेक वस्त्र आगोमा भस्म हुनेछ। त्यो आगोको निम्ति इन्धन हुनेछ।
ISA 9:6 किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ; हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँलाई उदेकको सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, सनातनका पिता, शान्तिका राजकुमार भनिनेछ।
ISA 9:7 उहाँको शासन वृद्धि र शान्तिको अन्त्य हुनेछैन। उहाँले दावीदको सिंहासनमाथि र तिनका राज्यमाथि शासन गर्नुहुनेछ। उहाँले राज्यलाई त्यस समयदेखि अनन्तसम्म न्याय र धार्मिकतासँग स्थापित गर्नुहुनेछ र दृढ पार्नुहुनेछ। सेनाहरूका याहवेहको जोशले यसलाई सम्पन्‍न गर्नेछ।
ISA 9:8 प्रभुले याकोबको विरुद्धमा एउटा सन्देश पठाउनुभएको छ; जुन इस्राएलमाथि पर्नेछ।
ISA 9:9 सबै मानिसहरूले त्यसलाई जान्‍नेछन्; एफ्राइम र सामरियाका बासिन्दाहरू, जो घमण्ड र अभिमानको हृदयले यसो भन्छन्,
ISA 9:10 “इँटाहरू लडेका छन्, तर हामी काटेका ढुङ्गाहरूले बनाउनेछौँ; नेभाराका रूखहरू ढालिएका छन्, तर हामी त्यसको सट्टामा देवदारुका रूखहरू लगाउनेछौँ।”
ISA 9:11 तर याहवेहले तिनीहरूको विरुद्ध रसीनका शत्रुहरूलाई बलियो पार्नुभएको छ; अनि तिनीहरूका शत्रुहरूलाई सुर्‍याउनुभएको छ।
ISA 9:12 पूर्वबाट अरामीहरू र पश्‍चिमबाट पलिश्तीहरूले मुख खोलेर इस्राएललाई खाएका छन्। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै पनि उठिराखेकै छ।
ISA 9:13 तर उहाँले प्रहार गर्नुभएका मानिसहरू उहाँतिर फर्केका छैनन्, न त तिनीहरूले सेनाहरूका याहवेहलाई खोजेका छन्।
ISA 9:14 यसकारण याहवेहले इस्राएलबाट शिर र पुच्छर, खजूरको हाँगा र निगालो दुवै एकै दिनमा अलग गरिदिनुहुनेछ।
ISA 9:15 प्रधानहरू र विशिष्‍ट व्यक्तिहरू शिर हुन्; अनि झूट सिकाउने अगमवक्ताहरूचाहिँ पुच्छर हुन्।
ISA 9:16 यस जातिलाई डोर्‍याउनेहरूले तिनीहरूलाई पथभ्रष्‍ट पार्छन्, र डोर्‍याइएकाहरू बरालिएका छन्।
ISA 9:17 यसकारण प्रभु जवान मानिसहरूसित प्रसन्‍न हुनुहुनेछैन। न त उहाँले अनाथ र विधवाहरूलाई टिठाउनुहुनेछ। किनकि हरेक मानिस ईश्‍वरहीन र दुष्‍ट छ; प्रत्येक मुखले नीच कुरा बोल्छ। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन; उहाँको हात उठिराखेकै छ।
ISA 9:18 किनकि निश्‍चय नै दुष्‍टता आगोझैँ बल्छ; यसले सिउँडी र काँडालाई भस्म पार्नेछ; यसले वनका झाडीहरू आगो लगाइदिनेछ, र त्यो धुवाँको मुस्लोमा बटारिँदै उँभो-उँभो जानेछ।
ISA 9:19 सेनाहरूका याहवेहको क्रोधद्वारा सबै देश भस्म हुनेछ; अनि मानिसहरू आगोको निम्ति दाउरा हुनेछन्; कसैले पनि आफ्नो दाजुभाइलाई बाँकी राख्नेछैन।
ISA 9:20 तिनीहरूले आफ्ना दाहिनेतिर खानेछ, र पनि अझ भोकै रहनेछ; देब्रेतिर तिनीहरूले खानेछन्, तर तृप्‍त हुनेछैनन्। प्रत्येकले आफ्नै सन्तानको मासु खानेछ:
ISA 9:21 मनश्शेले एफ्राइमलाई खानेछ र एफ्राइमले मनश्शेलाई खानेछ; ती दुवै एकसाथ यहूदाको विरुद्ध जाइलाग्नेछन्। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै उठिराखेकै छ।
ISA 10:1 धिक्‍कार तिनीहरूलाई, जसले अन्यायी नियम-कानुनहरू बनाउँछन्, जसले अत्याचारपूर्ण आदेशहरू निकाल्छन्;
ISA 10:2 गरिबहरूबाट अधिकार खोस्‍न र सताइएका मेरा मानिसहरूबाट न्याय रोक्न, विधवाहरूलाई आफ्ना शिकार बनाउन, र अनाथहरूलाई लुट्नका निम्ति तिनीहरू यसो गर्छन्।
ISA 10:3 लेखा दिनुपर्ने दिनमा विपत्ति टाढाबाट आउँदा तिमीहरू के गर्छौ? तिमीहरू सहायताका लागि कसकहाँ दौडेर जान्छौ? तिमीहरू आफ्ना सम्पत्ति कहाँ छोड्छौ?
ISA 10:4 कैदीहरूको बीचमा झुक्नुबाहेक र मारिएकाहरूका बीचमा लोट्नुबाहेक केही पनि छोडिनेछैन। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै उठिराखेकै छ।
ISA 10:5 “धिक्‍कार अश्शूरलाई, मेरो रिसको लहुरो, जसको हातमा भएको लहुरोचाहिँ मेरो क्रोध हो!
ISA 10:6 लुटको माल खोस्‍न र लुटपाट गरी ध्वस्त गर्न; अनि गल्‍लीको हिलोझैँ कुल्चीमिल्ची गर्न, ईश्‍वरहीन जाति तथा मलाई रिस उठाउने मानिसहरूको विरुद्धमा, मैले त्यसलाई पठाएको छु।
ISA 10:7 तर त्यसको यस्तो विचार छैन, र त्यसले आफ्नो मनमा यस्तो सोचेको छैन; त्यसको उद्देश्य नाश गर्नु हो, धेरै जातिहरूलाई नाश गर्नु हो।
ISA 10:8 त्यसले भन्छ, ‘के मेरा सेनापतिहरू सबै राजाहरू होइनन् र?
ISA 10:9 के कल्नोको दशा कर्कमीशको जस्तै भएन र? के हमात अर्पादझैँ र सामरिया दमस्कसझैँ छैन र?
ISA 10:10 जसरी मेरो हातले मूर्तिहरूका राज्यहरूलाई कब्जा गर्‍यो, जसको खोपेर बनाएका मूर्तिहरू यरूशलेम र सामरियाका मूर्तिहरूभन्दा धेरै थिए—
ISA 10:11 मैले सामरिया र त्यसका मूर्तिहरूसित व्यवहार गरेझैँ के म यरूशलेम र त्यसका मूर्तिहरूसित पनि त्यस्तै नगरूँ?’ ”
ISA 10:12 प्रभुले सियोन पर्वत र यरूशलेमको विरुद्धमा आफ्ना सबै कामहरू सिद्ध्याउनुभएपछि उहाँले भन्‍नुहुनेछ, “म अश्शूरको राजालाई त्यसको हृदयको इच्छाअनुसारको घमण्ड र त्यसको आँखामा चढेको अभिमानी हेराइका निम्ति दण्ड दिनेछु।
ISA 10:13 किनकि त्यसले भन्छ: “ ‘मेरो हातको बलले र मेरो बुद्धिले मैले यो गरेको हुँ; किनकि मसित समझशक्ति छ। मैले राष्ट्रहरूका सिमानाहरू हटाइदिएको छु, मैले तिनीहरूका खजाना लुटेको छु; एक शूरवीरले झैँ मैले तिनीहरूका राजाहरूलाई वशमा पारेको छु।
ISA 10:14 कसैले चराका गुँड फेला पारेझैँ, मेरो हात जातिहरूको धनसम्पत्तिमा पुग्यो; मानिसहरूले छोडेका अण्डाहरू बटुलेझैँ, मैले सबै देशहरूलाई भेला गरेको छु; एउटैले पनि पखेटा फ्याट-फ्याट गरेन, अथवा चूँ-चूँ गर्नलाई मुख खोलेन।’ ”
ISA 10:15 के बन्चरो आफैँ त्यसलाई चलाउनेभन्दा माथि उठ्न सक्छ, अथवा आराले त्यसलाई प्रयोग गर्नेभन्दा बढी घमण्ड गर्न सक्छ? मानौँ, लहुरो उठाउनेलाई लहुरोले नै चलाएजस्तो, अथवा जो काठ होइन, त्यसलाई मुङ्ग्रोले चलाएजस्तो!
ISA 10:16 यसकारण प्रभु, सेनाहरूका याहवेहले त्यसका प्रबल योद्धाहरूमाथि कमजोर हुने रोग पठाउनुहुनेछ; त्यसको गौरवमुनि बल्दो ज्वालाजस्तै आगो सल्काउनुहुनेछ।
ISA 10:17 इस्राएलको ज्योति आगो हुनेछ, र तिनीहरूका पवित्र परमेश्‍वर ज्वाला बन्‍नुहुनेछ; एकै दिनमा काँडाहरू र त्यसका सिउँडीहरूलाई जलाएर भस्म पारिदिनुहुनेछ।
ISA 10:18 वनहरू र मलिलो खेतहरू सम्पूर्ण रूपले नष्‍ट हुनेछ, त्यो बिरामी मानिस दुब्लाएर गएझैँ हुनेछ।
ISA 10:19 अनि त्यसका वनका रूखहरू यति थोरै हुनेछन्, कि एउटा बालकले पनि ती गन्ती गरेर लेख्न सक्छ।
ISA 10:20 त्यस दिन इस्राएलको अवशेष, याकोबका घरानाका बचेका भागले तिनीहरूलाई प्रहार गर्नेमाथि फेरि भरोसा गर्नेछैनन्, तर साँचो रूपले याहवेह, इस्राएलका पवित्र परमेश्‍वरमाथि भरोसा गर्नेछन्।
ISA 10:21 बाँकी मानिसहरू फर्कनेछन्, याकोबका बचेका मानिसहरू सर्वशक्तिमान् परमेश्‍वरतिर फर्कनेछन्।
ISA 10:22 हे इस्राएल, तेरा मानिसहरू समुद्रको किनारको बालुवासरी भए तापनि केवल एउटा अवशेष मात्र फर्कनेछ। सर्वनाश प्रचुरता र धार्मिकतासित ठहराइएको छ।
ISA 10:23 प्रभु, सेनाहरूका याहवेहले सम्पूर्ण देशमाथि ठहराएअनुसारको सर्वनाश ल्याउनुहुनेछ।
ISA 10:24 यसकारण प्रभु, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “हे सियोनमा बस्‍ने मेरो प्रजा हो, अश्शूरसित तिमीहरू नडराओ, जसले तिमीहरूलाई लाठोले हिर्काउनेछ; अनि तिमीहरूको विरुद्ध इजिप्टले गरेझैँ मुङ्ग्रो उठाउनेछ।
ISA 10:25 अनि चाँडै तिमीहरूका विरुद्ध मेरो रिस शान्त हुनेछ, र मेरो क्रोध तिनीहरूको सर्वनाशतिर लाग्नेछ।”
ISA 10:26 उहाँले मिद्यानलाई ओरेबको चट्टानमा प्रहार गर्नुभएझैँ, सेनाहरूका याहवेहले तिनीहरूलाई कोर्रा लाउनुहुनेछ; अनि उहाँले इजिप्टमा गर्नुभएझैँ, आफ्नो लहुरो पानीमाथि उठाउनुहुनेछ।
ISA 10:27 त्यस दिन तिमीहरूका काँधबाट तिनीहरूका भार उठाइनेछ; तिमीहरूका घिच्रोबाट तिनीहरूका जुवाको बोझ उठाइनेछ; अनि तिमीहरू मोटाएको कारणले जुवा भाँचिनेछ।
ISA 10:28 तिनीहरू अय्यातभित्र पस्छन्; तिनीहरू मिग्रोनबाट भएर जान्छन्; तिनीहरूले आफ्नो खाद्य-सामग्री मिकमाशमा जम्मा गर्छन्।
ISA 10:29 तिनीहरू घाटीबाट गएर भन्‍नेछन्, “हामी रातभरि गेबामा छाउनी लगाएर बस्‍नेछौँ।” रामा डराएको छ; शाऊलको गेबा भागेको छ।
ISA 10:30 हे गल्‍लीमकी छोरी सोर उचालेर चिच्‍या! हे लैशा, ध्यान दिएर सुन्! बिचरा अनातोत!
ISA 10:31 मदमेना भाग्दैछ; गेबीमका मानिसहरू लुक्दैछन्।
ISA 10:32 त्यस दिन तिनीहरू नोबमा अडिनेछन्; तिनीहरूले आफ्ना मुक्‍का सियोनकी छोरीको पर्वततिर, यरूशलेमको डाँडातिर देखाउनेछन्।
ISA 10:33 हेर, प्रभु, सेनाहरूका याहवेहले डरलाग्दो आवाज निस्कने गरी हाँगाहरू लाछ्नुहुनेछ। अग्ला-अग्ला रूखहरू ढालिनेछन्, र उच्‍च पारिएकाहरूलाई होच्याइनेछ।
ISA 10:34 उहाँले जङ्गलको बाक्लो झाडीलाई बन्चरोले काट्नुहुनेछ; परमेश्‍वरको सामु लेबनान ढल्नेछ।
ISA 11:1 यिशैको ठुटाबाट एउटा टुसा पलाउनेछ; त्यसका जराहरूबाट एउटा हाँगाले फल फलाउनेछ।
ISA 11:2 याहवेहका आत्मा उहाँमा रहनुहुनेछ; बुद्धि र समझका आत्मा, सल्‍लाह र शक्तिका आत्मा, ज्ञान र याहवेहको भयको आत्मा,
ISA 11:3 र उहाँ याहवेहको भयमा प्रसन्‍न हुनुहुनेछ। उहाँले आफ्ना आँखाले देखेअनुसार न्याय गर्नुहुनेछैन, अथवा आफ्ना कानले सुनेअनुसार निर्णय लिनुहुनेछैन;
ISA 11:4 तर उहाँले खाँचोमा परेकाहरूको न्याय धार्मिकतासित गर्नुहुनेछ; पृथ्वीका गरिबहरूका निम्ति न्यायसित उहाँले निर्णय दिनुहुनेछ। उहाँले पृथ्वीलाई आफ्नो मुखको वचनले प्रहार गर्नुहुनेछ; आफ्ना ओठको सासले उहाँले दुष्‍टलाई मार्नुहुनेछ।
ISA 11:5 धार्मिकता उहाँको कम्मरको पेटी हुनेछ; अनि विश्‍वासयोग्यता उहाँको पटुका हुनेछ।
ISA 11:6 ब्वाँसो थुमासँग बस्‍नेछ, र चितुवा बाख्रासित ढल्कनेछ; बाछा र सिंह एकसाथ रहनेछन्; र एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ।
ISA 11:7 गाई र भालु एकैसाथ चर्नेछन्; तिनीहरूका बच्‍चाहरू एकैसाथ ढल्किनेछन्; सिंहले गोरुले झैँ पराल खानेछ।
ISA 11:8 दुधे-बालक गोमन सर्पको दुलोको छेउमा खेल्नेछ; र शिशुले विषालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ।
ISA 11:9 मेरा सम्पूर्ण पवित्र पर्वतमा तिनीहरूले न हानि गर्नेछन्, न त नष्‍ट गर्नेछन्; किनकि समुद्र पानीले भरिएझैँ, याहवेहको ज्ञानले पृथ्वी भरिनेछ।
ISA 11:10 त्यस दिन जातिहरूका बीचमा यिशैको वंशबाट एउटा झण्डाजस्तै खडा हुनेछ; जातिहरू उहाँकहाँ भेला हुनेछन् र उहाँको विश्रामस्थल महिमामय हुनेछ।
ISA 11:11 त्यस दिन अश्शूर, इजिप्टको तल्‍लो भाग, माथिल्‍लो इजिप्ट, पत्रोस, कूश, एलाम, बेबिलोन, हमात र भुमध्यसागरका टापुहरूबाट उहाँको बाँचेको भागलाई लैजानका निम्ति प्रभुले दोस्रोपल्ट आफ्नो हात पसार्नुहुनेछ।
ISA 11:12 उहाँले जातिहरूका निम्ति झण्डा खडा गर्नुहुनेछ, र देशबाट निकालिएका इस्राएलीहरूलाई बटुल्नुहुनेछ; उहाँले पृथ्वीका चारै छेउहरूबाट तितरबितर भएका यहूदाका मानिसहरूलाई भेला गराउनुहुनेछ।
ISA 11:13 एफ्राइमको डाह लोप हुनेछ; अनि यहूदाका शत्रुहरू नाश हुनेछन्; एफ्राइमले यहूदासित डाह गर्नेछैन, र यहूदाले एफ्राइमसित शत्रुता राख्नेछैन।
ISA 11:14 तिनीहरू पलिश्तीको पश्‍चिमी भिरमा झम्टेर जानेछन्; तिनीहरूले एकसाथ पूर्वतिरका मानिसहरूलाई लुट्नेछन्। तिनीहरूले एदोम र मोआबलाई हराउनेछन्; अनि अम्मोनीहरू तिनीहरूको अधीनमा हुनेछन्।
ISA 11:15 याहवेहले इजिप्टको सामुन्द्रिक खाडीलाई सुकाइदिनुहुनेछ; उहाँले प्रचण्ड बतासले यूफ्रेटिस नदीमाथि आफ्नो हात चलाउनुहुनेछ। मानिसहरू जुत्ता लगाएरै तर्न सकून् भनेर उहाँले त्यसलाई सात वटा खोलामा विभाजित गराइदिनुहुनेछ।
ISA 11:16 इजिप्टबाट इस्राएल निस्केर आएको दिनजस्तै अश्शूरबाट आउने उहाँको बचेको भागका मानिसहरूका निम्ति एउटा राजमार्ग हुनेछ।
ISA 12:1 त्यस दिन तिमीहरू भन्‍नेछौ: “हे याहवेह, म तपाईंको प्रशंसा गर्नेछु। तपाईं मसित रिसाउनुभए तापनि तपाईंको रिस अब मरेको छ; अनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ।
ISA 12:2 निश्‍चय नै परमेश्‍वर मेरा उद्धार हुनुहुन्छ; म भरोसा गर्नेछु र डराउनेछैनँ। याहवेह, याहवेह नै मेरा सामर्थ्य र मेरा रक्षक हुनुहुन्छ; निश्‍चय नै उहाँ मेरा उद्धार हुनुहुन्छ।”
ISA 12:3 आनन्दसित तिमीहरूले उद्धारको इनारबाट पानी भर्नेछौ।
ISA 12:4 त्यस दिन तिमीहरू भन्‍नेछौ: “याहवेहलाई धन्यवाद देओ, उहाँको नामलाई पुकार; उहाँले गर्नुभएका कुराहरू जातिहरूलाई बताइदेओ; अनि उहाँको नाम उच्‍च पारिएको छ भनी घोषणा गर।
ISA 12:5 याहवेहका निम्ति भजन गाओ; किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ; यो कुरा सारा संसारले जानोस्।
ISA 12:6 हे सियोनका मानिस हो, उच्‍च सोरले कराओ र आनन्दले गाओ; किनकि तिमीहरूका बीचमा इस्राएलका पवित्र परमेश्‍वर महान् हुनुहुन्छ।”
ISA 13:1 आमोजको छोरा यशैयाले बेबिलोनको विषयमा देखेका भविष्यवाणी:
ISA 13:2 नाङ्गो डाँडाको टुप्पामाथि एउटा झण्डा खडा गर; तिनीहरूतर्फ उच्‍च सोरले कराओ; तिनीहरू कुलीन मानिसहरूका मूलढोकाभित्र प्रवेश गरून्।
ISA 13:3 मैले आफ्नो क्रोध खन्याउन आफ्ना पवित्र जनहरूलाई बोलाइपठाएको छु: युद्धका निम्ति तयार पारेका आफ्ना योद्धाहरूलाई आज्ञा गरेको छु, जो मेरो विजयमा रमाउँछन्।
ISA 13:4 पहाडहरूमा ठूलो भीडको खैलाबैलाजस्तो होहल्‍ला सुन्! जातिहरू एकसाथ भेला भएझैँ, राज्यहरूको बीचमा होहल्‍ला सुन्! सेनाहरूका याहवेहले युद्धका निम्ति सेना बटुल्दै हुनुहुन्छ।
ISA 13:5 याहवेह र उहाँका रिसका हतियारहरू टाढा देश, आकाशको पल्‍लो छेउदेखि सारा देशलाई नाश गर्न आउँछन्।
ISA 13:6 विलाप गर्! किनकि याहवेहको दिन नजिकै छ; सर्वशक्तिमान्‌को तर्फबाट सर्वनाशजस्तै त्यो आउनेछ।
ISA 13:7 यसैले सबै हातहरू लुला हुनेछन्। हरेक मानिसको हृदय पग्लनेछ।
ISA 13:8 तिनीहरू त्रसित हुनेछन्; तिनीहरूलाई कष्‍ट र वेदनाले पक्रनेछन्; तिनीहरू प्रसव-वेदनामा परेकी स्त्रीझैँ छटपटाउनेछन्। तिनीहरू हैरान भएर एक-अर्कातिर हेर्नेछन्; तिनीहरूका अनुहारहरू डरले गर्दा फिका हुनेछन्।
ISA 13:9 हेर, याहवेहको दिन देशलाई उजाड पार्न र त्यहाँभित्र भएका पापीहरूलाई सर्वनाश गर्न, रिस र भयानक क्रोधको साथ निष्‍ठुर दिन आइरहेछ।
ISA 13:10 आकाशका ताराहरू र तिनीहरूका नक्षत्रहरूले आफ्ना प्रकाश देखाउनेछैनन्। उदाउँदै गरेको सूर्य अँध्यारो हुनेछ; अनि चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन।
ISA 13:11 म संसारलाई त्यसको दुष्‍टताको लागि, र दुष्‍टहरूलाई तिनीहरूका पापको लागि दण्ड दिनेछु। म अभिमानीहरूको घमण्डको अन्त्य गरिदिनेछु, र निष्‍ठुरहरूको घमण्डलाई चुर पारिदिनेछु।
ISA 13:12 म मानिसहरूलाई निखुर सुनभन्दा दुर्लभ बनाउनेछु, ओपीरको सुनभन्दा दुर्लभ।
ISA 13:13 यसकारण म आकाशहरूलाई थरथर काम्ने तुल्याउनेछु; सेनाहरूका याहवेहको क्रोधको दिनमा, उहाँको बल्दो रिसको दिनमा पृथ्वी आफ्नो ठाउँमा हल्‍लिनेछ।
ISA 13:14 खेदिएको हरिणझैँ, गोठाला नभएको भेडाहरूझैँ, सबै आफ्नै मानिसकहाँ फर्कनेछन्; आफ्नै जन्मभूमिमा भागेर जानेछन्।
ISA 13:15 पक्राउ परेका जोसुकै पनि रोपिनेछन्; समातिएका जति सबै तरवारद्वारा मारिनेछन्।
ISA 13:16 तिनीहरूका शिशुहरू तिनीहरूकै आँखाहरूका सामु पछारेर टुक्रा-टुक्रा पारिनेछन्; तिनीहरूका घरहरू लुटिनेछन् र तिनीहरूका पत्नीहरू बलात्कृत हुनेछन्।
ISA 13:17 हेर, म तिनीहरूको विरुद्ध मादीहरूलाई सुर्‍याउनेछु, जसले चाँदीको वास्तै गर्दैनन्, र सुनमा प्रसन्‍न हुँदैनन्।
ISA 13:18 तिनीहरूका धनुले जवान मानिसहरूलाई लडाउनेछन्; शिशुहरूमाथि तिनीहरूले दया देखाउनेछैनन्, न त तिनीहरूले बालबालिकाहरूप्रति कृपा देखाउनेछन्।
ISA 13:19 राज्यहरूको रत्न बेबिलोन, बेबिलोनीहरूका घमण्डको गौरवलाई परमेश्‍वरले सदोम र गमोराझैँ पल्टाइदिनुहुनेछ।
ISA 13:20 त्यहाँ कहिल्यै कोही बसोबास गर्नेछैन, अथवा पुस्तौँसम्म कोही बस्‍नेछैनन्; कुनै घुमन्तेलेधरि त्यहाँ आफ्नो पाल टाँग्नेछैन; कुनै गोठालाले त्यहाँ आफ्नो बगाललाई विश्राम दिनेछैन।
ISA 13:21 तर जङ्गली जनावरहरूले त्यहाँ विश्राम गर्नेछन्; तिनका घरहरू स्यालहरूले भरिनेछन्; उल्‍लुहरू त्यहाँ बस्‍नेछन्, र जङ्गली बाख्राहरू त्यहाँ उफ्रँदै खेल्नेछन्।
ISA 13:22 हुँडारहरू तिनका किल्‍लाहरूमा तिनका आनन्दको महलहरूमा स्यालहरू कराउनेछन्। बेबिलोनको समय नजिक आएको छ, चाँडै यी सबै पूरा हुनेछन्।
ISA 14:1 याहवेहले याकोबमाथि दया देखाउनुहुनेछ; फेरि एकपल्ट उहाँले इस्राएललाई चुन्‍नुहुनेछ; अनि तिनीहरूलाई तिनीहरूका आफ्नै देशमा बसाल्नुहुनेछ। परदेशीहरू तिनीहरूसित मिल्नेछन् र याकोबका घरानासित तिनीहरू मिलेर बस्‍नेछन्।
ISA 14:2 राष्ट्रहरूले तिनीहरूलाई लगेर तिनीहरूको आफ्नै ठाउँमा ल्याइदिनेछन्। अनि इस्राएलले जातिहरूलाई याहवेहको देशमा आफ्ना दास-दासीहरू बनाउनेछ। तिनीहरूलाई पक्रनेहरूलाई तिनीहरूले आफ्ना कैदी बनाउनेछन्; अनि तिनीहरूमाथि थिचोमिचो गर्नेहरूमाथि शासन गर्नेछन्।
ISA 14:3 याहवेहले तिमीहरूलाई कष्‍ट, चिन्ता र कठिन परिश्रमबाट मुक्त गर्नुभएको दिन,
ISA 14:4 तिमीहरूले बेबिलोनको राजाको विरुद्धमा यसरी खिसी गर्नेछौ: अत्याचारी कसरी नाश भयो! त्यसको अत्याचार कसरी समाप्‍त भयो!
ISA 14:5 याहवेहले दुष्‍टको लहुरो, शासकहरूको राजदण्ड भाँचिदिनुभएको छ।
ISA 14:6 जसले रिसमा मानिसहरूलाई लगातार मुक्‍का लगाइरहन्थ्यो; अनि रिसमा राष्ट्रहरूलाई लगातार आक्रमणद्वारा अधीनमा राखेको थियो।
ISA 14:7 सारा देश विश्राम र शान्तिमा छ; तिनीहरू गीत गाइउठ्छन्।
ISA 14:8 सल्‍लाका रूखहरू र लेबनानका देवदारुसमेत तिमीहरूको अवस्था देखेर रमाउँछन् र भन्छन्, “अब तँ ढलिगएको कारणले काठको काम गर्ने कोही पनि आएर हामीलाई ढाल्दैनन्।”
ISA 14:9 तेरो आगमनको प्रतीक्षामा पाताल पनि उत्प्रेरित भएको छ; त्यसले तँलाई अभिवादन गर्न मरेका आत्माहरूलाई जगाउँछ— संसारका अगुवा भएर रहेका थिए; यसले एकपल्ट जातिहरूमाथि राजा भएकाहरूलाई तिनीहरूका सिंहासनबाट उठाउँछ।
ISA 14:10 तिनीहरू सबैले जवाफ दिएर तँलाई यसो भन्‍नेछन्, “तँ अब हामीजस्तै कमजोर भएको छस्; तँ हामीजस्तै भइस्।”
ISA 14:11 तेरा सबै रवाफ, र तेरा वीणाहरूको सोरसितै पातालमा खसालिएको छ; तेरो ओछ्यानमा औँसाहरू छरिएका छन्; अनि किराहरूले तँलाई ढाकेका छन्।
ISA 14:12 हे बिहानको तारा, प्रभातको पुत्र, तँ कसरी स्वर्गबाट खसेको छस्! जातिहरूलाई होच्याउने, तँ पृथ्वीमा फ्याँकिएको छस्!
ISA 14:13 तैँले आफ्नो हृदयमा भनिस्, “म स्वर्गमा उक्लनेछु; म आफ्नो सिंहासनलाई परमेश्‍वरका ताराहरूभन्दा माथि उचाल्नेछु; म सभाको पर्वतमाथि सिंहासनमा, शाफोन पर्वतको सर्वोच्‍च स्थानमा विराजमान हुनेछु।
ISA 14:14 म बादलहरूभन्दा माथि उक्लनेछु; म आफैँलाई सर्वोच्‍च परमेश्‍वर बराबर बनाउनेछु।”
ISA 14:15 तर तँलाई चिहानसम्म, खाडलको गहिराइसम्मै होच्याइयो।
ISA 14:16 तँलाई देख्नेहरूले तँलाई नियालेर हेर्नेछन्, तेरो दशामा तिनीहरूले विचार गर्नेछन्: “के यो त्यही मानिस हो, जसले पृथ्वीलाई हल्‍लायो; अनि राज्यहरूलाई थर्कमान बनायो।
ISA 14:17 त्यो मानिस, जसले संसारलाई मरुभूमि बनायो, जसले सहरहरूलाई हरायो; र आफ्ना कैदीहरूलाई घरमा जान दिएन?”
ISA 14:18 सबै राष्ट्रहरूका राजाहरू आ-आफ्नो चिहानमा पस्रिरहन्छन्।
ISA 14:19 तर तँ एउटा त्यागिएको हाँगाझैँ आफ्नो चिहानमा फालिएको छस्; तँ तरवारले रोपिएकाहरूसँग, खाडलका ढुङ्गाहरूमा खसेकाहरूसँग मारिएकाहरूले ढाकिएको छस्। तँ खुट्टाले कुल्चिएर पैतालामुनि परेको लासझैँ भएको छस्।
ISA 14:20 तँ तिनीहरूसित गाडिनेछैनस्; किनकि तैँले आफ्नो देशलाई नाश गरेको छस्; अनि तेरा मानिसहरूलाई मारेको छस्। दुष्‍टका सन्तानहरूको उल्‍लेख अब कहिल्यै गरिनेछैन।
ISA 14:21 तिनीहरूका पुर्खाहरूका पापको कारण त्यसका छोराहरूलाई मार्ने ठाउँ तयार गर्; देशमाथि अधिकार गर्न र पृथ्वीका सहरहरू ढाक्न तिनीहरू उठ्न पाउनेछैनन्।
ISA 14:22 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ: “म तिनीहरूको विरुद्ध उठ्नेछु। म बेबिलोनबाट बाँचेकाहरू, त्यसका सन्तान र त्यसको नाम मेटिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
ISA 14:23 “म त्यसलाई उल्‍लुको स्थानमा, र सिमसार धापमा परिणत गर्नेछु; म त्यसलाई विनाशको कुचोले बढार्नेछु,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
ISA 14:24 सेनाहरूका याहवेहले शपथ खानुभएको छ, “मैले जे योजना बनाएको छु, त्यो निश्‍चय पूरा हुनेछ; अनि मैले जे इच्छा गरेको छु, त्यो अटल रहनेछ।
ISA 14:25 म आफ्नो देशमा अश्शूरलाई धुलोपिठो पार्नेछु; म आफ्ना पर्वतहरूमा त्यसलाई कुल्चनेछु। मेरा मानिसहरूबाट त्यसको जुवा निकालिनेछ; अनि तिनीहरूका काँधबाट त्यसको भारी हटाइनेछ।”
ISA 14:26 सारा संसारका निम्ति तोकिएको योजना यही हो; सारा जातिहरूमाथि फैलाइएको हात यही हो।
ISA 14:27 सेनाहरूका याहवेहले नै यो विचार गर्नुभएको हो, कसले उहाँलाई विफल बनाउन सक्ला र? उहाँले हात फैलाउनुभएको छ, कसले त्यसलाई फर्काउन सक्ला र?
ISA 14:28 आहाज राजा मरेको वर्षमा यो भविष्यवाणी आयो:
ISA 14:29 हे सबै पलिश्ती हो, तिमीहरूलाई प्रहार गर्ने लहुरो भाँचियो भनेर नरमाओ; त्यस सर्पको वंशबाट अति विषालु सर्प निस्कनेछ, र प्रहार गर्ने विषालु सर्प त्यसको फल हुनेछ।
ISA 14:30 गरिबहरूभन्दा गरिबले खर्क पाउनेछ, र खाँचोमा परेकाहरू सुरक्षामा रहनेछन्। तर तेरो वंशलाई म अनिकालले नाश पार्नेछु, त्यसले तेरा बाँचेकाहरूलाई मार्नेछ।
ISA 14:31 हे मूलढोका, विलाप गर्! हे सहर, चीत्कार गर्! हे सबै पलिश्ती हो, पग्लेर जाओ! उत्तर दिशाबाट धुवाँको बादल आउँछ; अनि त्यसको सेनामा बरालिने कोही छैन।
ISA 14:32 त्यस जातिका राजदूतहरूलाई कस्तो जवाफ दिइनेछ? “याहवेहले सियोनलाई स्थापित गर्नुभएको छ; अनि कष्‍ट पाएका जातिले त्यसमा आश्रय पाउनेछन्।”
ISA 15:1 मोआबको बारेमा भविष्यवाणी: मोआबको आर सहर नष्‍ट पारिएको छ, त्यो एकै रातमा नाश भएको छ! मोआबको कीर सहर नष्‍ट भएको छ; त्यो एकै रातमा नाश भएको छ।
ISA 15:2 दीबोन त्यसको मन्दिरमा हुन्छ, त्यसका देवस्थानहरूमा रुनलाई उक्लिएको छ; मोआब नेबो र मेदेबाको निम्ति बिलौना गर्छ। प्रत्येक शिर खौरिएको छ; अनि प्रत्येक दाह्री काटिएको छ।
ISA 15:3 सडकहरूमा तिनीहरूले भाङ्ग्रा लगाएर बस्छन्; घरका कौसीहरू र सार्वजनिक चोकहरूमा तिनीहरू सबै लम्पसार परेर, रुँदै विलाप गर्छन्।
ISA 15:4 हेश्बोन र एलालेह चीत्कार गर्छन्; तिनीहरूका सोर यहसासम्म नै सुनिन्छ। यसकारण मोआबका हतियारधारी मानिसहरू चीत्कार गर्छन्; र तिनीहरूका हृदय व्याकुल भएका छन्।
ISA 15:5 मेरो हृदय मोआबको दुर्दशा देखेर रुन्छ; त्यसका भगुवाहरू सोअरसम्म नै, एग्लत-शलीशियाहसम्म नै भागेर जान्छन्। तिनीहरू लूहीत जाने उकालो, रुँदै-रुँदै चढ्छन्; होरोनैम जाने बाटोमा तिनीहरू आफ्ना सर्वनाशको लागि विलाप गर्छन्।
ISA 15:6 निम्रीमका पानी सुकिगएका छन्, र घाँस ओइलाएको छ; घाँसपात छँदैछैन, र कुनै हरियो थोक छँदैछैन।
ISA 15:7 यसरी तिनीहरूले प्राप्‍त गरेर थुपारेका धन तिनीहरूले लहरे पीपलहरूको खोल्सामा ओसार्छन्।
ISA 15:8 तिनीहरूका चीत्कार मोआबको सिमानाभरि सुनिन्छ; तिनीहरूका रुवाइ एग्लैमसम्म सुनिन्छ; तिनीहरूका विलाप बेअर-एलीमसम्मै सुनिन्छ।
ISA 15:9 दिमोनका पानी रक्ताम्मे छन्, तर म दिमोनमाथि अझ बढी ल्याउनेछु— मोआबका भगुवाहरूमाथि र देशमा रहेकाहरूमाथि म एउटा सिंह ल्याउनेछु।
ISA 16:1 सेलाबाट सियोनका छोरीहरूको पर्वतमा देशका शासककहाँ सौगातको रूपमा थुमाहरू पठाओ।
ISA 16:2 अर्नोनका जँघारमा सियोनका स्त्रीहरू, गुँडबाट धपाइएर यताउता उडिरहने चराहरूझैँ भएका छन्।
ISA 16:3 मोआबले भन्छ, “हामीलाई सल्‍लाह देओ, एउटा निर्णय लेओ। मध्यदिनमा तिम्रो छाया रातझैँ बनाओ! भगुवाहरूलाई लुकाओ, शरणार्थीहरूलाई धोका नदेओ!
ISA 16:4 मोआबी भगुवाहरूलाई तिमीहरूसित बस्‍न देओ; नाश गर्नेहरूको सामु तिनीहरूका निम्ति आश्रय बनिदेओ।” थिचोमिचो गर्नेहरूको अन्त्य हुनेछ, र सर्वनाश समाप्‍त हुनेछ; आक्रमणकारी देशबाट लोप हुनेछ।
ISA 16:5 प्रेममा एउटा सिंहासन स्थापित हुनेछ; त्यसमा दावीदको घरानाबाट विश्‍वासयोग्य एक मानिस विराजमान हुनुहुनेछ; उहाँले न्याय गर्दा निष्पक्षतासाथ गर्नुहुनेछ; र धार्मिकतामा काम गर्न ढिलो गर्नुहुनेछ।
ISA 16:6 हामीले मोआबको अहङ्कारको कुरा सुनेका छौँ, त्यसका प्रचण्ड अहङ्कार र आत्मभिमान, त्यसको अभिमान, घमण्ड र त्यसको धाक; तर त्यसका घमण्डहरू खोक्रा छन्।
ISA 16:7 यसकारण मोआबीहरू विलाप गर्नेछन्; तिनीहरू एकसाथ मोआबकै निम्ति विलाप गर्नेछन्। कीर-हरेशेतका किसमिसका निम्ति विलौना र शोक गर।
ISA 16:8 हेश्बोनका खेतहरू र सिब्माका दाखहरू पनि ओइलाउँछन्। जातिहरूका शासकहरूले अति सुन्दर दाखहरू कुल्चेका छन्, जो एक समय याजेरसम्म नै पुगेका थिए; अनि मरुभूमिभरि फैलिएका थिए। तिनीहरूका टुसाहरू फैलिएर समुद्रसम्म पुगेका थिए।
ISA 16:9 यसकारण सिब्माका दाखहरूका निम्ति याजेर रोएझैँ म रुन्छु। हे हेश्बोन, हे एलाले, म तँलाई आँसुले भिजाउँछु! तेरा पाकेको फलहरूका निम्ति निकालिएका आनन्दका चीत्कारहरू चकमन्‍न पारिएका छन्।
ISA 16:10 फलका बगैँचाहरूबाट हर्ष र आनन्द लगिएका छन्; दाखबारीहरूमा कसैले पनि गाउँदैन, न त कराउँछ; कसैले पनि कोमल दाखमद्य कोलमा पेल्दैन; किनकि मैले हर्षको आवाज समाप्‍त गरिदिएको छु।
ISA 16:11 मेरो हृदयले मोआबका निम्ति, र मेरो अन्तस्करणले कीर-हरेशेतका निम्ति वीणाले झैँ विलाप गर्दछ।
ISA 16:12 मोआब आफ्नो पूजाको अग्ला ठाउँहरूमा देखा पर्दा, ऊ आफूभित्र खिन्‍न मात्र हुन्छ; आफ्नो पवित्रस्थानमा प्रार्थना गर्न जाँदा, त्यसलाई केही फाइदा हुँदैन।
ISA 16:13 मोआबको विषयमा पहिल्यै भन्‍नुभएको याहवेहको वचन यही हो।
ISA 16:14 तर अब याहवेह भन्‍नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले आफ्ना दिनहरू गनेझैँ, तीन वर्षभित्रमा मोआबको गौरव र त्यसका सबै मानिसहरू तुच्छ ठहरिनेछन्; अनि त्यसका बाँचेकाहरू अति थोरै र कमजोर हुनेछन्।”
ISA 17:1 दमस्कसको विषयमा भविष्यवाणी: “हेर, अब उसो दमस्कस एउटा सहर रहनेछैन, तर त्यो भग्नावशेष थुप्रोको रास हुनेछ।
ISA 17:2 अरोएरका सहरहरू उजाड पारिनेछन्, त्यहाँ बगाल चर्नेछन् र आराम गर्नेछन्; अनि कसैले तिनीहरूलाई तर्साउनेछैन।
ISA 17:3 सुरक्षित सहर एफ्राइमबाट हराउनेछ, र दमस्कसबाट राजकीय शक्ति हटाइनेछ; अरामका बाँचेको भाग इस्राएलीहरूको गौरवझैँ हुनेछ,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
ISA 17:4 “त्यस दिन याकोबको गौरव लोप हुनेछ; त्यसको शरीरको बोसो बिलाएर जानेछ।
ISA 17:5 कटनी गर्नेले खडा रहेको बाली जम्मा गरेजस्तो त्यो हुनेछ; त्यसको हातले अन्‍न टिपेझैँ रपाईहरूको बेँसीमा कुनै मानिसले शिला-बाला टिपेझैँ त्यो हुनेछ।
ISA 17:6 तापनि जैतुनको रूखबाट फल झारेपछि दुई-तीन वटा फल हाँगाको टुप्पाका रहेझैँ, चार-पाँच वटा फलदायक हाँगाहरूमा रहेझैँ, केही शिला-बालाचाहिँ रहनेछन्,” याहवेह, इस्राएलका परमेश्‍वर घोषणा गर्नुहुन्छ।
ISA 17:7 त्यस दिन मानिसहरूले आफ्ना सृष्‍टिकर्तालाई हेर्नेछन्; अनि तिनीहरूका आँखा इस्राएलका पवित्र परमेश्‍वरतिर फर्काउनेछन्।
ISA 17:8 तिनीहरूले वेदीहरूतिर हेर्नेछैनन् जो तिनीहरूका आफ्ना हातका कामहरू हुन्; अनि अशेरा देवीका खम्बाहरू र आफ्ना औँलाले बनाएको धूप-वेदीहरूप्रति तिनीहरूको श्रद्धा हुनेछैन।
ISA 17:9 त्यस दिन तिनीहरूले इस्राएलीहरूका कारण छोडेका आफ्ना बलिया सहरहरू जङ्गलका निम्ति त्यागिएका ठाउँहरूझैँ हुनेछन्। अनि सबै उजाडस्थान भइजानेछ।
ISA 17:10 तिमीहरूले परमेश्‍वर आफ्ना उद्धारकर्तालाई बिर्सेका छौ; तिमीहरूले आफ्ना चट्टान र किल्‍लालाई सम्झेका छैनौ। यसकारण तिमीहरूले उत्तम बोटहरू र परदेशी कलमीहरू रोप्छौ,
ISA 17:11 तिमीहरूले रोपेकै दिन ती हुर्काए तापनि; अनि तिमीहरूले ती बिहान रोपेर कोपिला लागे तापनि रोग र निको नहुने कष्‍टको दिनमा कटनी शून्य हुनेछ।
ISA 17:12 हाय! धेरै राष्ट्रहरूका खैलाबैला, तिनीहरू जो समुद्रझैँ हल्‍ला मच्‍चाउँछन्! सुन! जातिहरूका खैलाबैला— तिनीहरू जो समुद्रको गर्जनझैँ गर्जन्छन्!
ISA 17:13 पानीको बेग गर्जेझैँ मानिसहरू गर्जिए तापनि परमेश्‍वरले तिनीहरूलाई हप्काउनुहुँदा तिनीहरू टाढा-टाढा भाग्नेछन्; अनि डाँडाहरूमा हावाले उडाएका भुसझैँ, र आँधीको सामु सानो झारझैँ हुर्‍याइनेछन्।
ISA 17:14 साँझमा अचानक आतङ्क हुन्छ! बिहान उज्यालो हुनुअगि नै तिनीहरू गइसकेका हुन्छन्! हामीलाई लुट्नेहरूको भाग यस्तै हुनेछ; हामीलाई लुटपाट गर्नेहरूको गति यही हुनेछ।
ISA 18:1 धिक्‍कार, कूशका नदीहरूका किनारमा भएको हुरुरु आवाज निकाल्नेहरूको देश,
ISA 18:2 जसले पानीमाथि निगालोका डुङ्गाहरूमा समुद्री बाटोद्वारा दूतहरू पठाउँछ। फूर्तिला दूतहरू, अग्ला र चिल्‍ला छाला भएका मानिसहरूकहाँ जाओ; चारैतिर डर मानिएका जातिकहाँ, अनौठो बोली भएका आक्रमणकारी जातिकहाँ, जसको देशलाई नदीहरूले भाग-भाग गरेको छ।
ISA 18:3 हे संसारका सबै मानिसहरू हो, जो यस पृथ्वीमा बस्दछौ, जब पर्वतहरूमा एउटा झण्डा उठाइन्छ, तिमीहरूले त्यसलाई देख्नेछौ; अनि तुरही बज्दा तिमीहरूले त्यो सुन्‍नेछौ।
ISA 18:4 याहवेहले मलाई यसो भन्‍नुहुन्छ: “म चुपचाप रहनेछु र घाम चर्केको तापझैँ, र कटनीको समय गर्मीमा शीतको बादलझैँ आफ्नो वासस्थानबाट हेर्नेछु।”
ISA 18:5 किनकि जब कटनीको अगि कोपिला फक्रिसकेको हुन्छ, र फूलबाट बढेर अङ्‌गुर पाकेको हुन्छ, तब उहाँले टुसालाई हँसियाले छिँवल्नुहुनेछ; अनि फैलिएका ती हाँगाहरूलाई काटेर लैजानुहुनेछ।
ISA 18:6 तिनीहरू पर्वतका शिकारी पक्षीहरूकहाँ र वन-पशुहरूकहाँ छोडिनेछन्; तब पक्षीहरूले ग्रीष्मकालभरि र वन-पशुहरूले चाहिँ हिउँदभरि खानेछन्।
ISA 18:7 त्यस समय सेनाहरूका याहवेहको अगि उपहार ल्याइनेछ। अग्ला र चिल्‍ला छाला भएका मानिसहरूबाट चारैतिर डर मानिएका जातिबाट, अनौठो बोली भएका आक्रमणकारी जातिबाट, जसको देशलाई नदीहरूले भाग गरेको छ। सेनाहरूका याहवेहको नाम भएको ठाउँमा सियोन पर्वतमा नै याहवेहकहाँ उपहार ल्याइनेछ।
ISA 19:1 इजिप्टको विरुद्धमा भविष्यवाणी: हेर, याहवेह तेजिलो बादलमा सवार भएर इजिप्टमा आउँदैहुनुहुन्छ। इजिप्टका मूर्तिहरू उहाँको सामु थरथर काँप्छन्; अनि इजिप्टियनहरूका हृदय भित्रभित्रै पग्लन्छन्।
ISA 19:2 “म इजिप्टियनहरूलाई इजिप्टियनहरूकै विरुद्धमा सुर्‍याउनेछु— दाजुभाइहरू आपसमा लडाइँ गर्नेछन्— छिमेकीको विरुद्ध छिमेकी, सहरको विरुद्ध सहर, राज्यको विरुद्ध राज्य।
ISA 19:3 इजिप्टियनहरू निराश हुनेछन्, र म तिनीहरूको योजना विफल गराउनेछु; तिनीहरूले मूर्तिहरू र मरेकाहरूका आत्मासित, तन्त्रमन्त्र गर्नेहरू र भूतप्रेत खेलाउनेहरूसित सल्‍लाह लिनेछन्।
ISA 19:4 म इजिप्टियनहरूलाई निर्दयी मालिकको अधीनमा सुम्पिदिनेछु, र एउटा निर्दयी राजाले तिनीहरूमाथि शासन गर्नेछ,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
ISA 19:5 नदीका पानी सुकेर जानेछन्, र त्यो नदीको सतह घटेर सुक्खा हुनेछ।
ISA 19:6 नहरहरू गन्हाउनेछन्; इजिप्टका खोलाहरू घटेर सुकिजानेछन्। निगालो र काँस ओइलाउनेछन्।
ISA 19:7 नील नदीका किनारका र नदीका नजिकै भएका बिरुवाहरू पनि ओइलाउनेछन्। नील नदीका किनारमा लगाएका प्रत्येक बाली सुकेर जानेछ, र ती बतासले उडाएर लैजानेछ।
ISA 19:8 सबै मछुवाहरू सुस्केरा मार्दै विलाप गर्नेछन्, जो नील नदीमा जाल हान्छन्; पानीमा जाल हान्‍नेहरू दुःखित हुनेछन्।
ISA 19:9 कपडा बनाउनेहरू निराश हुनेछन्, मसिनो सनपाट बुन्‍नेहरूले आशा मार्नेछन्।
ISA 19:10 कपडा बुन्‍नेहरू उदास हुनेछन्, र ज्यालामा काम गर्नेहरू सबैको हृदय दुःखित हुनेछ।
ISA 19:11 सोअनका अधिकृतहरू सबै मूर्ख छन्; फारोका बुद्धिमानी सल्‍लाहकारहरूले अर्थहीन सल्‍लाह दिन्छन्। तिमीहरूले फारोलाई, “म बुद्धिमानी मानिसहरूमध्ये एक हुँ, प्राचीन राजाहरूको एक चेला हुँ” भनेर कसरी भन्‍न सक्छौ?
ISA 19:12 तेरा बुद्धिमान् मानिसहरू अहिले कहाँ छन्? इजिप्टको विरुद्ध सेनाहरूका याहवेहले कस्तो योजना गर्नुभएको छ भनी तिनीहरूले तँलाई देखाऊन्।
ISA 19:13 सोअनका अधिकृतहरू मूर्ख भएका छन्; मेम्फिसका अगुवाहरू धोकामा परेका छन्; त्यसका मानिसहरूका कुने-ढुङ्गाहरूले इजिप्टलाई बहकाएका छन्।
ISA 19:14 याहवेहले तिनीहरूलाई विचलित गराउने आत्मा खन्याइदिनुभएको छ; मतवाला आफ्नो बान्ताको वरिपरि धरमरिएझैँ; तिनीहरूले इजिप्टलाई आफूले गरेका सबै काममा ढलपल गर्ने तुल्याएका छन्।
ISA 19:15 इजिप्टले गर्न सक्ने केही छैन— चाहे शिर होस् वा पुच्छर, खजूरको हाँगा होस् वा निगालो।
ISA 19:16 त्यस दिन इजिप्टियनहरू कमजोर स्त्रीहरूझैँ हुनेछन्। तिनीहरू सेनाहरूका याहवेहले तिनीहरूको विरुद्ध उठाउनुभएको हात देखेर डरले काँप्नेछन्।
ISA 19:17 तिनीहरूको विरुद्ध सेनाहरूका याहवेहले जुन योजना बनाउनुहुँदैछ, त्यसको कारण यहूदाको देशले इजिप्टियनहरूमा आतङ्क ल्याउनेछ, यहूदाको नाम सुनेर हरेक आतङ्कित हुनेछन्।
ISA 19:18 त्यस दिन इजिप्टका पाँच वटा सहरहरूले कनानको भाषा बोल्नेछन्, र सेनाहरूका याहवेहप्रति आफ्नो भक्तिको शपथ खानेछन्। तीमध्ये एउटालाई सर्वनाशको सहर भनिनेछ।
ISA 19:19 त्यस दिन इजिप्टको बीचमा याहवेहको निम्ति एउटा वेदी हुनेछ, र त्यसको सिमानामा याहवेहको निम्ति एउटा स्मारक खडा गरिनेछ।
ISA 19:20 त्यो इजिप्टमा सेनाहरूका याहवेहको निम्ति एउटा चिन्ह र साक्षी हुनेछ। आफ्ना अत्याचारीहरूको कारण तिनीहरूले याहवेहलाई पुकार्दा, उहाँले तिनीहरूलाई एक जना उद्धारकर्ता र रक्षक पठाउनुहुनेछ; अनि उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ।
ISA 19:21 यसरी याहवेहले आफूलाई इजिप्टियनहरूकहाँ चिनाउनुहुनेछ; अनि त्यस दिन तिनीहरूले याहवेहलाई स्वीकार गर्नेछन्। तिनीहरूले बलिदान र अन्‍नबलिले पुज्नेछन्; तिनीहरूले याहवेहमा भाकल गर्नेछन् र ती पूरा गर्नेछन्।
ISA 19:22 याहवेहले इजिप्टमाथि विपत्तिले प्रहार गर्नुहुनेछ; उहाँले तिनीहरूलाई प्रहार गर्नुहुनेछ र निको पार्नुहुनेछ। तिनीहरू याहवेहतिर फर्कनेछन्, र उहाँले तिनीहरूका बिन्ती सुनेर तिनीहरूलाई निको पार्नुहुनेछ।
ISA 19:23 त्यस दिन इजिप्टदेखि अश्शूरसम्म एउटा राजमार्ग हुनेछ। अश्शूरीहरू इजिप्टमा आउनेछन्, र इजिप्टियनहरू अश्शूरमा जानेछन्; अनि इजिप्टियनहरू र अश्शूरीहरूले एकैसाथ आराधना गर्नेछन्।
ISA 19:24 त्यस दिन इजिप्ट र अश्शूरको साथमा इस्राएल पृथ्वीमा एउटा आशिष्‌को तेस्रो देश बन्‍नेछ।
ISA 19:25 सेनाहरूका याहवेहले यसो भनेर तिनीहरूलाई आशिष् दिनुहुनेछ, “इजिप्ट मेरो प्रजा, अश्शूर मेरो हातको काम र इस्राएल मेरो उत्तराधिकारी धन्यका होऊन्।”
ISA 20:1 अश्शूरका राजा सर्गोनले पठाएका सेनापतिले अश्दोदमा आएर त्यसलाई कब्जा गरे।
ISA 20:2 त्यस बेला याहवेह आमोजका छोरा यशैयाद्वारा बोल्नुभयो। उहाँले तिनलाई भन्‍नुभयो, “आफ्नो शरीरबाट भाङ्ग्रा र आफ्ना खुट्टाबाट जुत्ता फुकाल्।” अनि तिनले त्यसै गरे; तिनी नाङ्गो र खाली खुट्टा यताउता हिँड्न थाले।
ISA 20:3 तब याहवेहले भन्‍नुभयो, “मेरो सेवक यशैया इजिप्ट र कूश देशको निम्ति एउटा चिन्ह र पाठ स्वरूप तीन वर्षसम्म नाङ्गो र खाली खुट्टा हिँड्यो;
ISA 20:4 त्यसरी नै अश्शूरका राजाले इजिप्टका कैदीहरू र कूशी निर्वासितहरू, जवान र वृद्धहरूलाई नाङ्गो र खाली खुट्टा, जाँघसमेत देखिने गरी इजिप्टलाई शर्ममा पार्न बन्दी बनाएर लैजानेछ।
ISA 20:5 कूशमा भरोसा राख्नेहरू र इजिप्टमा घमण्ड गर्नेहरू डराउनेछन् र शर्ममा पर्नेछन्।
ISA 20:6 त्यस दिन समुद्रका किनारमा बस्‍नेहरूले यसो भन्‍नेछन्; ‘हेर, हामीले जसमाथि भरोसा राखेका थियौँ, अश्शूरका राजाबाट उम्कनलाई सहायता माग्न हामी जसकहाँ भागेका थियौँ, तिनीहरूकै अवस्था यस्तो भएको छ! तब हामी कसरी उम्कौँला?’ ”
ISA 21:1 समुद्रको किनारमा भएको उजाडस्थानको विषयमा भविष्यवाणी: भुमरीले दक्षिण देशलाई स्वात्तै लगेझैँ, उजाडस्थानबाट, आतङ्कको देशबाट एउटा आक्रमणकारी आउँछ।
ISA 21:2 मलाई एउटा डरलाग्दो दर्शन देखाइएको छ: देशद्रोहीले विश्‍वासघात गर्छ, लुटेराले लुटेर लैजान्छ। एलाम, आक्रमण गर्! मादी घेरा हाल्! म त्यसका सबै क्रन्दनहरू समाप्‍त गरिदिनेछु।
ISA 21:3 यस दर्शनले मेरो शरीर कष्‍टले भरिएको छ, मलाई प्रसव-वेदनामा परेकी स्त्रीलाई झैँ व्यथा लागेको छ; म जे सुन्छु, त्यसको कारण म धरमराएको छु, म जे देख्छु, त्यसको कारण म हडबडाएको छु।
ISA 21:4 मेरो हृदय काम्छ, डरले मलाई ढुक-ढुक बनाउँछ; मैले इच्छा गरेको साँझ मेरा निम्ति त्रास भएको छ।
ISA 21:5 तिनीहरू टेबुल सजाउँछन्, तिनीहरू गलैँचा ओछ्याउँछन्, तिनीहरू खान्छन्, तिनीहरू पिउँछन्! अधिकृतहरू उठ, ढालमा तेल लगाओ!
ISA 21:6 प्रभु मलाई यसो भन्‍नुहुन्छ: “जा, पहरेदार खटा, र त्यसले के देख्छ, त्यो बताओस्।
ISA 21:7 जब त्यसले घोडाको टोलीसित रथहरू, गधामाथि सवार भएकाहरू अथवा ऊँटमाथि सवार भएकाहरूलाई देख्छ, तब त्यो सावधान, खूबै सावधान रहोस्।”
ISA 21:8 तब पहरेदार चिच्यायो, “मेरा प्रभु, म दिनहुँ धरहरामा खडा रहन्छु; प्रत्येक रात म आफ्नो चौकीमा बस्छु।
ISA 21:9 हेर्नुहोस्, एउटा मानिस घोडाहरूको टोलीसित रथमा सवार भएर आइरहेछ। अनि त्यसले प्रत्युत्तर दिन्छ: ‘बेबिलोन ढलेको छ, ढलेको छ! त्यसका देवताहरूका सबै मूर्तिहरू चकनाचुर पारिएर भुइँमा छरिएका छन्।’ ”
ISA 21:10 हे खलामा दाइँ गरिएका मेरा मानिस हो, मैले सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वरबाट जे सुनेको छु, त्यो म तिमीहरूलाई भन्छु।
ISA 21:11 दुमाको विरुद्धमा भविष्यवाणी: सेइरबाट मलाई कसैले बोलाउँछ, “पहरेदार, रात कति बाँकी छ? पहरेदार, रात कति बाँकी छ?”
ISA 21:12 पहरेदारले जवाफ दिन्छ, “बिहान हुन लाग्यो, तर पनि रात आउँदैछ। यदि तिमीलाई केही सोधखोज गर्ने हो भने सोध; र फेरि फर्केर सोध्न आऊ।”
ISA 21:13 अरब देशको विषयमा भविष्यवाणी: ददानीहरूका यात्री दलहरू, जो अरबका झाडीहरूमा छाउनी हालेर बस्छौ,
ISA 21:14 तिर्खाएकाहरूको निम्ति पानी ल्याओ; तेमामा बस्‍नेहरू, शरणार्थीहरूका निम्ति भोजन ल्यायो।
ISA 21:15 तिनीहरू तरवारबाट, नाङ्गो तरवारबाट, नुहेका धनुबाट, र घोर लडाइँबाट भाग्छन्।
ISA 21:16 प्रभु मलाई यसो भन्‍नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले दिन गनेझैँ एक वर्षभित्रमा केदारका सबै रवाफ समाप्‍त हुनेछ।
ISA 21:17 धनुर्धारीहरू र केदारका योद्धाहरू थोरै मात्र बाँच्नेछन्।” याहवेह, इस्राएलका परमेश्‍वर बोल्नुभएको छ।
ISA 22:1 दर्शनको बेँसीको विरुद्धमा भविष्यवाणी: अहिले तिमीहरूलाई के भयो, कि तिमीहरू सबै जना घरका कौसीहरूमा चढेर गयौ?
ISA 22:2 हे होहल्‍ला र खैलाबैला भरिएको सहर, हे हलचल र उत्तेजनाले भरिएको नगर; मारिएका तेरा मानिसहरू तरवारद्वारा मारिएका होइनन्, न त तिनीहरू लडाइँमा मारिएका हुन्।
ISA 22:3 तेरा सबै अगुवाहरू एकसाथ भागेका छन्; तिनीहरू कुनै धनु नचलाई पक्रिएका छन्। तेरा शत्रुहरू टाढा छँदै तँ भागिस्, र तिमीहरू एकसाथ कैदमा लगियौ।
ISA 22:4 यसकारण मैले भनेँ, “मबाट गइहाल; मलाई धुरुधुरु रुन देओ। मेरा जातिको संहारमा मलाई सान्त्वना दिने प्रयास नगर।”
ISA 22:5 सेनाहरूका याहवेह, प्रभुकहाँ दर्शनको बेँसीमा खैलाबैला, कुल्चीमिल्ची र आतङ्कको एउटा दिन छ; पर्खाल भत्काउने र पहाडहरूसित कराउने एउटा दिन छ।
ISA 22:6 एलामले आफ्ना सारथीहरू र घोडाहरूसित आफ्नो धनु राख्ने ठोक्रो भिर्छ; कीरले ढालको खोल निकाल्छ।
ISA 22:7 तेरा अति उत्तम बेँसीहरू रथहरूले भरिएका छन्, र सहरका मूलढोकाहरूमा घोडचढीहरू खटाइएका छन्।
ISA 22:8 यहूदाको सुरक्षा हटाइएको छ; अनि त्यस दिन तैँले वनमा भएको राजमहलका हतियारहरूतिर हेरिस्;
ISA 22:9 तैँले दावीदको सहरका धेरै पर्खालहरूमा धाँदाहरू देखिस्; तैँले तल्‍लो पोखरीमा पानी जम्मा गरिस्।
ISA 22:10 तैँले यरूशलेममा भवनहरू गनिस्, र पर्खाल बलियो पार्न घरहरू भत्काइस्।
ISA 22:11 तैँले पुरानो कुवाको पानीको निम्ति दुई वटा पर्खालहरूको बीचमा एउटा जलाशय निर्माण गरिस्, तर तैँले त्यसलाई निर्माण गर्नुहुनेतिर हेरिनस्; अनि धेरै पहिले त्यसलाई योजना गर्नुहुनेलाई आदर गरिनस्।
ISA 22:12 त्यस दिन प्रभु, सेनाहरूका याहवेहले तँलाई त्यससित रुन र विलाप गर्न, आफ्नो केश लुछ्न र भाङ्ग्रा लगाउन बोलाउनुभयो।
ISA 22:13 तर हेर, आनन्द र रमाहट, पशुहरू संहार गर्ने र भेडाहरू मार्ने, मासु खाने र मद्य पिउने काम भइरहेछ! तिमीहरू भन्छौ, “लौ, खाऔँ र पियौँ; किनकि भोलि त हामी मर्नेछौँ!”
ISA 22:14 सेनाहरूका याहवेहले मैले सुन्‍ने गरी यो प्रकट गर्नुभएको छ: “यो पाप तेरो मृत्युको दिनसम्म प्रायश्‍चित हुनेछैन” प्रभु, सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
ISA 22:15 प्रभु, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “जा, त्यस भण्डारेलाई, राजमहलको जिम्मामा रहेको शेब्नालाई यसो भन्:
ISA 22:16 तँ यहाँ के गर्दैछस्, र तँलाई यहाँ आफ्नो लागि चिहान बनाउन कसले अनुमति दियो? यस उचाइमा आफ्नो चिहान खोप्ने, र चट्टानमा आफ्ना निम्ति खोपेर विश्रामस्थल बनाउने अधिकार कहाँबाट पाइस्?
ISA 22:17 “होशियार, याहवेहले तँलाई बलियो गरी पक्रनुहुन्छ; अनि तँ शक्तिशाली मानिस सुन्, तँलाई उहाँले टिपेर टाढा फ्याँकिदिनुहुनेछ।
ISA 22:18 उहाँले तँलाई कसेर पोको पार्नुहुनेछ; अनि एउटा भकुण्डोजस्तै ठूलो देशमा हुर्‍र्याइदिनुहुनेछ। त्यहीँ नै तँ मर्नेछस्, र त्यहाँ तेरा तेजस्वी रथहरू जाकिनेछन्, र ती तेरा मालिकको घरानाका निम्ति शर्मको कुरा हुनेछ!
ISA 22:19 म तँलाई तेरो जिम्मेवारीको कामबाट हटाउनेछु, र तँ आफ्नो पदबाट निकालिनेछस्।
ISA 22:20 “त्यस दिन म हिल्कियाहको छोरा, मेरो सेवक एल्याकीमलाई बोलाउनेछु।
ISA 22:21 म त्यसलाई तेरो पोशाक पहिर्‍याइदिनेछु र त्यसलाई तेरो पटुका बाँधिदिनेछु; अनि तेरा सबै अधिकार त्यसलाई सुम्पिदिनेछु। त्यो यरूशलेममा बस्‍नेहरूका निम्ति र यहूदाको घरानाका निम्ति पिता हुनेछ।
ISA 22:22 म त्यसका काँधमा दावीदको घरानाको साँचो राखिदिनेछु; त्यसले जे खोल्छ, त्यो कसैले थुन्‍न सक्दैन; अनि त्यसले जे थुन्छ, त्यो कसैले खोल्न सक्दैन।
ISA 22:23 म त्यसलाई एउटा स्थिर ठाउँमा गाडिएको किलाझैँ गाड्नेछु। त्यो आफ्ना पिताको घरानाका निम्ति एउटा सम्मानको आसन हुनेछ।
ISA 22:24 आफ्नो परिवारको सम्पूर्ण महिमा—त्यसका सन्तान र शाखाहरू, त्यसका हरेक स-साना पात्रहरू—कचौरादेखि गाग्रोसम्मको महिमा त्यसमा नै निर्भर गर्नेछ।”
ISA 22:25 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन दृढ स्थानमा गाडिएको त्यो किला उखेलिनेछ; त्यो काटिएर ढल्नेछ, र त्यसमा झुण्डिएको भारी छिनेर जानेछ।” याहवेह बोल्नुभएको छ।
ISA 23:1 टायरको विषयमा भविष्यवाणी: हे तर्शीशका जहाज हो, विलाप गर! किनकि टायर नाश भएको छ, र घर वा बन्दरगाहरहित भएको छ। कित्तीम देशबाट, तिनीहरूकहाँ यो वचन आएको छ।
ISA 23:2 हे टापुका मानिसहरू र सीदोनका व्यापारीहरू हो, चुप लाग! तिमीहरूलाई समुद्री व्यवसायीहरूले धनी तुल्याएका छन्।
ISA 23:3 विशाल समुद्रमा शीहोरका अन्‍न आयो; नील नदीको कटनी टायरको कर थियो; अनि त्यो जातिहरूको व्यापार-केन्द्र भएको थियो।
ISA 23:4 हे सीदोन र सामुद्रिक किल्‍ला, लज्जित होओ; किनकि समुद्रले यसो भनेको छ: “न म सुत्केरी वेदनामा परेकी छु, न त मैले बालक जन्माएकी छु; न त मैले छोराहरू हुर्काएकी छु, न छोरीहरूलाई पालनपोषण गरेकी छु।”
ISA 23:5 जब इजिप्टमा वचन आउँछ, तब तिनीहरू टायरको समाचार सुनेर दुःखित हुनेछन्।
ISA 23:6 तिमीहरू तर्शीशतिर जाओ; हे टापुका मानिसहरू हो, विलाप गर।
ISA 23:7 के तिमीहरूका मनोरञ्जनको सहर यही हो? त्यो पुरानो, अति पुरानो सहर, जसका खुट्टाले त्यसलाई टाढा देशहरूमा गएर बसोबास गर्न लगायो!
ISA 23:8 मुकुटहरू प्रदान गर्ने टायरको विरुद्धमा कसले यो योजना बनायो? जसका व्यापारीहरू राजकुमारहरू हुन्, जसका व्यापारीहरू संसारमा प्रख्यात छन्!
ISA 23:9 त्यसका सबै प्रतापको घमण्डलाई होच्याउन, र संसारमा प्रख्यात भएकाहरूलाई नम्र तुल्याउन सेनाहरूका याहवेहले नै यो योजना बनाउनुभएको हो।
ISA 23:10 हे तर्शीशकी छोरी, नील नदीको किनारमा जस्तै आफ्नो जमिन जोत्, किनकि अब तँसित कुनै बन्दरगाह रहेन।
ISA 23:11 याहवेहले आफ्नो हात समुद्रमाथि पसार्नुभएको छ, र त्यसका राज्यहरूलाई हल्‍लाउनुभएको छ। उहाँले त्यसको किल्‍ला नष्‍ट होस् भनेर फोनिकेको विषयमा आज्ञा दिनुभएको छ।
ISA 23:12 उहाँले भन्‍नुभयो, “हे सीदोनकी कन्या छोरी, अब तेरा निम्ति खुशी आउनेछैन, तँ श्रापित भइस्! “उठ्, कित्तीम र पश्‍चिमी किनारमा जा; त्यहाँ पनि तैँले विश्राम पाउनेछैनस्।”
ISA 23:13 बेबिलोनीहरूको देशलाई हेर्, यो जाति, जसको अब कुनै मूल्य छैन! अश्शूरहरूले त्यसलाई मरुभूमिका जन्तुहरूको ठाउँ बनाएका छन्; तिनीहरूले आफ्ना घेराबन्दीका धरहराहरू अग्ला बनाए; तिनीहरूले त्यसका किल्‍लाहरू नाङ्गो पारिदिए, र त्यसलाई नष्‍ट गरिदिए।
ISA 23:14 हे तर्शीशका जहाजहरू हो, विलाप गर; तिमीहरूको किल्‍ला नष्‍ट पारिएको छ!
ISA 23:15 त्यस समय टायर सत्तरी वर्षसम्म, अर्थात् एउटा राजाको जीवन अवधिसम्म बिर्सिईनेछ। तर सत्तरी वर्ष बितेपछि टायरको दशा एउटी वेश्याको गीतजस्तै हुनेछ।
ISA 23:16 “हे बिर्सिएकी वेश्या, वीणा लिएर सहरको बीचमा वरिपरि घुमिहिँड्; सुमधुर वीणा बजा, धेरै गीत गा, र तेरो फेरि स्मरण गरियोस्!”
ISA 23:17 सत्तरी वर्ष बितेपछि यस्तो हुनेछ: याहवेहले टायरसित व्यवहार गर्नुहुनेछ। त्यो आफ्नो वेश्यावृत्तिको पेशातिर फर्किनेछे, र त्यसले पृथ्वीभरिका राज्यहरूसित आफ्नो व्यापार गर्नेछे।
ISA 23:18 र पनि त्यसको लाभ र त्यसको कमाइ याहवेहको निम्ति छुट्याइनेछ; ती भण्डारमा राखिनेछैनन् अथवा थुपारिनेछैनन्। त्यसका लाभहरू याहवेहको सामु रहनेहरूका निम्ति प्रशस्त भोजन र मसिनो वस्त्रको लागि जानेछन्।
ISA 24:1 हेर, याहवेहले पृथ्वीलाई उजाड पार्न र त्यसलाई विनाश गर्न लाग्नुभएको छ; उहाँले त्यसको सतह नष्‍ट पारिदिनुहुनेछ; अनि त्यसका बासिन्दाहरूलाई छरपस्ट पारिदिनुहुनेछ।
ISA 24:2 यस्तो हालतचाहिँ सबैका निम्ति एकैनास हुनेछ: जस्तो सर्वसाधारणको हालत, पुजारीहरूको पनि त्यस्तै हालत, जस्तो कमाराको हालत, मालिकको पनि त्यस्तै हालत, जस्तो कमारीको हालत, मालिक्नीको पनि त्यस्तै हालत, जस्तो किन्‍नेको हालत, बेच्नेको पनि त्यस्तै हालत, जस्तो ऋण दिनेको हालत, ऋण लिनेको पनि त्यस्तै हालत हुनेछ।
ISA 24:3 पृथ्वी पूर्ण रूपले उजाड रहनेछ; अनि पूर्ण रूपले लुटपाट गरिनेछ। याहवेहले यो वचन बोल्नुभएको हो।
ISA 24:4 पृथ्वी सुक्नेछ र ओइलाउनेछ; संसारले विलाप गर्नेछ र ओइलाउनेछ; पृथ्वीका उच्‍च मानिसहरू दुर्बल हुनेछन्।
ISA 24:5 पृथ्वी त्यसमा भएका मानिसहरूद्वारा अशुद्ध भएको छ; तिनीहरूले व्यवस्था भङ्ग गरेका छन्, आज्ञाहरू उल्‍लङ्घन गरेका छन्; अनि अनन्तको करार तोडेका छन्।
ISA 24:6 यसकारण श्रापले पृथ्वीलाई निलिहाल्छ; यसका मानिसहरूले आफ्ना दोषको दण्ड भोग्नुपर्छ। यसकारण पृथ्वीका बासिन्दाहरू जलाइएका छन्; अनि थोरै मात्र बाँकी रहेका छन्।
ISA 24:7 नयाँ दाखमद्य सुकेर जान्छ र दाख ओइलाउँछ; आनन्द मनाउनेहरू सबै सुस्केरा हाल्छन्।
ISA 24:8 खैँजडीको हर्ष बन्द भएको छ, हर्ष मनाउनेहरूको हल्‍ला रोकिएको छ, हर्षपूर्ण वीणाको आवाज बन्द छ।
ISA 24:9 तिनीहरूले गीतसित मद्य पिउन छोडे; मद्य पिउनेहरूलाई त्यो तितो लाग्छ।
ISA 24:10 ध्वंस भएको सहर उजाड भएको छ; हरेक घरको प्रवेशद्वार बन्द भएको छ।
ISA 24:11 सडकहरूमा तिनीहरू मद्यको निम्ति कराउँछन्; सबै आनन्द शोकमा परिणत हुन्छन्, सबै उल्‍लास पृथ्वीबाट हराइसक्यो।
ISA 24:12 सहर ध्वंस भएको अवस्थामा छोडिएको छ, त्यसका मूलढोकाहरू टुक्रा-टुक्रा पारिएका छन्।
ISA 24:13 जैतुनको रूख हल्‍लाउँदा फलहरू झरे जस्तो, अथवा अङ्‌गुर टिपिसकेपछि शिला छोडिएको जस्तो, त्यो पृथ्वीमा र जाति-जातिहरूमा हुनेछ।
ISA 24:14 तिनीहरूले आफ्ना सोर उचाल्छन्, तिनीहरू आनन्दसाथ कराउँछन्; पश्‍चिमबाट तिनीहरूले याहवेहको महानताको जयजयकार गर्छन्।
ISA 24:15 यसकारण पूर्वमा याहवेहलाई महिमा देओ; याहवेह, इस्राएलका परमेश्‍वरको नाम समुद्रका टापुहरूमा पनि उच्‍च पार।
ISA 24:16 पृथ्वीको अन्तिम छेउबाट हामी गाएका सुन्छौँ: “धर्मीलाई महिमा होस्।” तर मैले भनेँ, “म सुकेर जाँदैछु, म सुकेर जाँदैछु! मलाई धिक्‍कार छ! धोकाबाजीहरूले विश्‍वासघात गर्छन्! बेइमानीसाथ धोकाबाजीहरूले विश्‍वासघात गर्छन्!”
ISA 24:17 हे पृथ्वीका मानिस हो, तिमीहरूलाई आतङ्क, खाडल र पासोले पर्खिरहेका छन्।
ISA 24:18 आतङ्कको सोरमा भाग्नेहरू खाडलमा पर्नेछन्; खाडलबाट माथि चढ्नेहरू पासोमा पर्नेछन्। स्वर्गका भलका मूलढोकाहरू उघारिनेछन्, पृथ्वीका जगहरू हल्‍लिन्छन्।
ISA 24:19 पृथ्वी टुक्रिएको छ, पृथ्वी भाग-भाग भएको छ, पृथ्वी जोडसित हल्‍लिएको छ।
ISA 24:20 पृथ्वी मतवालाझैँ धरमराउँछ, झुप्रोलाई हावाले हल्‍लाएझैँ त्यो हल्‍लिन्छ; त्यसको विद्रोहको दोष यति गह्रौँ छ कि त्यो ढल्नेछ—कहिल्यै उठ्नेछैन।
ISA 24:21 त्यस दिन याहवेहले माथि आकाशका शक्तिहरूलाई र तल पृथ्वीमा भएका राजाहरूलाई दण्ड दिनुहुनेछ।
ISA 24:22 तिनीहरू खाडलभित्र बाँधेर राखिएका कैदीहरूझैँ एकसाथ थुपारिनेछन्; तिनीहरू झ्यालखानामा बन्द गरिनेछन्, र धेरै दिनपछि दण्ड भोग्नेछन्।
ISA 24:23 चन्द्रमाले शर्म मान्‍नेछ, र सूर्य लज्जित हुनेछ; किनकि सेनाहरूका याहवेहले सियोन पर्वतमा, यरूशलेममा, र त्यसका प्रधानहरूको सामु महिमासित शासन गर्नुहुनेछ।
ISA 25:1 हे याहवेह, तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ; म तपाईंलाई उच्‍च पार्नेछु र तपाईंको नामको प्रशंसा गर्नेछु; किनकि पूर्ण विश्‍वासयोग्यतामा तपाईंले अद्‌भुत कार्यहरू गर्नुभएको छ; ती कामहरू धेरै अगि योजना गरिएका कुराहरू थिए।
ISA 25:2 तपाईंले सहरलाई ढुङ्गाको थुप्रोझैँ पारिदिनुभयो। अनि सुरक्षित नगरलाई ध्वंस बनाइदिनुभएको छ। परदेशीहरूका शक्तिशाली गढ अब सहर रहेन; त्यो फेरि कहिल्यै बनाइनेछैन।
ISA 25:3 यसकारण बलवान् मानिसहरूले तपाईंलाई आदर गर्नेछन्; निष्‍ठुर जातिहरूका सहरहरूले तपाईंलाई सम्मान गर्नेछन्।
ISA 25:4 तपाईं गरिबहरूका निम्ति, कष्‍टमा परेकाहरूका निम्ति, आँधीबतासमा शरण र गर्मीबाट जोगाउने छाया हुनुभएको छ। किनकि निष्‍ठुरहरूको सास पर्खालमा ठोक्‍किने आँधी,
ISA 25:5 र मरुभूमिको गर्मीझैँ हो। तपाईंले परदेशीहरूको खैलाबैला बन्द गराउनुहुन्छ; गर्मीलाई बादलको छायाले कम गरिदिएझैँ, निष्‍ठुरहरूको गीत बन्द गराइन्छ।
ISA 25:6 यस पर्वतमा सेनाहरूका याहवेहले सबै मानिसहरूका निम्ति मिठा-मिठा थोकहरू, छिप्पिएको मद्यको ठूलो भोज, सर्वोत्तम मासु र सर्वोत्तम मद्य तयार पार्नुहुनेछ।
ISA 25:7 यस पर्वतमा उहाँले सबै मानिसहरूलाई ढाक्ने वस्त्र, र सबै जातिहरूलाई छोप्ने तन्‍ना नष्‍ट गर्नुहुनेछ;
ISA 25:8 उहाँले मृत्युलाई सधैँको निम्ति निलिदिनुहुनेछ। प्रभु याहवेहले सबै अनुहारहरूबाट आँसु पुछिदिनुहुनेछ; उहाँले समस्त पृथ्वीबाट आफ्ना मानिसहरूका अपमान हटाइदिनुहुनेछ। याहवेह बोल्नुभएको छ।
ISA 25:9 त्यस दिन तिनीहरूले यसो भन्‍नेछन्, “निश्‍चय उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ; हामीले उहाँमा भरोसा राख्यौँ, र उहाँले हामीलाई बचाउनुभयो। उहाँ नै याहवेह हुनुहुन्छ, र हामीले उहाँमाथि भरोसा राख्यौँ; हामी उहाँले दिनुभएको मुक्तिमा आनन्दित होऔँ र रमाऔँ।”
ISA 25:10 किनकि यस पर्वतमा याहवेहको हात रहनेछ; तर मोआबचाहिँ मलमा पराल कुल्चीमिल्ची पारिएझैँ तिनीहरूको देशमा कुल्चीमिल्ची पारिनेछ।
ISA 25:11 पौडी खेल्नेले पौडी खेल्दा आफ्ना हात पसारेझैँ, तिनीहरूले त्यसमा आफ्ना हात पसार्नेछन्। तिनीहरूले आफ्ना हातको चतुरता देखाए तापनि परमेश्‍वरले तिनीहरूका घमण्ड चुर पार्नुहुनेछ।
ISA 25:12 उहाँले तेरा अग्ला-अग्ला सुरक्षित पर्खालहरू ढालिदिनुहुनेछ, र ती होच्याइनेछन्; उहाँले ती भुइँमा खसाइदिनुहुनेछ, र ती धुलोमै मिलाउनुहुनेछ।
ISA 26:1 त्यस दिन यहूदा देशमा यो गीत गाइनेछ: हाम्रो एउटा बलियो सहर छ; परमप्रभुले हाम्रो सुरक्षाको लागि त्यसको भित्री र बाहिरी पर्खालहरू बनाउनुभएको छ।
ISA 26:2 मूलढोकाहरू खोल, र धार्मिक जाति, विश्‍वास राख्ने जाति भित्र पसोस्।
ISA 26:3 जसको मन तपाईंमा अडिएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ; किनकि त्यसले तपाईंमाथि भरोसा राख्छ।
ISA 26:4 सदासर्वदा याहवेहमा भरोसा राख; किनकि याहवेह, याहवेह नै अनन्तका चट्टान हुनुहुन्छ।
ISA 26:5 उहाँले उच्‍चमा बस्‍नेहरूलाई नम्र तुल्याउनुहुन्छ, उहाँले विशाल सहरलाई तल खसाल्नुहुन्छ; उहाँले त्यसलाई जमिनमा मिलाइदिनुहुन्छ, र धुलोमा फालिदिनुहुन्छ।
ISA 26:6 खुट्टाले त्यसलाई कुल्चिन्छ, थिचोमिचोमा परेकाहरूका खुट्टाले र गरिबका पाइलाले कुल्चीमिल्ची पार्नेछन्।
ISA 26:7 धर्मी जनको मार्ग समतल हुन्छ; हे धर्मी प्रभु, तपाईंले नै धर्मी जनको मार्ग समतल तुल्याउनुहुन्छ।
ISA 26:8 हो, हे याहवेह, तपाईंका व्यवस्थाको मार्गमा हिँड्दै, हामी तपाईंको प्रतीक्षा गर्छौँ; तपाईंको नाम र ख्याति नै हाम्रा हृदयका इच्छा हुन्।
ISA 26:9 राति मेरो प्राणले तपाईंको चाहना गर्दछ; बिहान मेरो आत्माले तपाईंको चाहना गर्छ। तपाईंका न्याय पृथ्वीमा आउँदा, संसारका मानिसहरूले धार्मिकता सिक्छन्।
ISA 26:10 दुष्‍टहरूलाई अनुग्रह देखाइए तापनि तिनीहरूले धार्मिकता सिक्दैनन्। सोझाहरूको देशमा पनि तिनीहरू दुष्‍टता गरिनै रहन्छन्, र याहवेहको महानताको कदर गर्दैनन्।
ISA 26:11 हे याहवेह, तपाईंको हात माथि उचालिएको छ, तर तिनीहरूले त्यो देख्दैनन्। तिनीहरूले तपाईंका मानिसहरूप्रति तपाईंको जोश देखून्, र शर्ममा परून्; तपाईंका शत्रुहरूका निम्ति साँचिएको आगोले तिनीहरूलाई भस्म पारोस्।
ISA 26:12 याहवेह, तपाईंले हाम्रा निम्ति शान्ति स्थापित गर्नुहुन्छ; हामीले पाएका सबै उपलब्धीहरू, ती सबै तपाईंले हाम्रै निम्ति गर्नुभएको हो।
ISA 26:13 हे याहवेह, हाम्रा परमेश्‍वर, तपाईंबाहेक अरू प्रभुहरूले हामीमाथि शासन गरे, तर तपाईंको नामलाई मात्र हामी आदर गर्छौँ।
ISA 26:14 तिनीहरू अब मरेर गएका छन्, तिनीहरू फेरि बाँच्नेछैनन्; ती गइसकेका आत्माहरू उठ्दैनन्। तपाईंले तिनीहरूलाई दण्ड दिनुभयो र तिनीहरूलाई सर्वनाश पार्नुभयो; तपाईंले तिनीहरूको सबै सम्झना मेटिदिनुभयो।
ISA 26:15 हे याहवेह, तपाईंले हाम्रो जातिलाई वृद्धि गर्नुभएको छ; तपाईंले हाम्रो जातिलाई वृद्धि गर्नुभएको छ। तपाईंले आफ्नै महिमा लिनुभएको छ; तपाईंले देशका सबै सिमानाहरू फराकिलो पार्नुभएको छ।
ISA 26:16 हे याहवेह, सङ्कष्‍टमा तिनीहरू तपाईंकहाँ आए; तपाईंले तिनीहरूलाई ताडना दिनुहुँदा तिनीहरूले मुस्किलले प्रार्थना गर्न सके।
ISA 26:17 बालक जन्माउन आँटेकी स्त्री छटपटाउँदै कष्‍टमा कराएझैँ, हामी पनि हे याहवेह, तपाईंको उपस्थितिमा त्यस्तै भएका थियौँ।
ISA 26:18 हामीले गर्भधारण गर्‍यौँ, हामी कष्‍टमा छटपटायौँ, तर हामीले त बतास मात्र जन्मायौँ। हामीले पृथ्वीमा मुक्ति ल्याएका छैनौँ, न त हामीले संसारका मानिसहरूलाई नै जन्मायौँ।
ISA 26:19 तर तपाईंका मरेकाहरू जिउनेछन्; तिनीहरूका शरीरहरू उठ्नेछन्। तिमीहरू धुलोमा बस्‍नेहरू, जाग र आनन्दले कराऊ; तपाईंका शीत बिहानका शीतझैँ छन्; पृथ्वीले आफ्नो मृतकहरूलाई जन्म दिनेछ।
ISA 26:20 हे मेरा मानिस हो, जाओ, आफ्ना कोठाभित्र पस, र पछिल्तिरबाट ढोका बन्द गर; उहाँको क्रोध शान्त नहोउन्जेल केही समयका निम्ति लुकिबस।
ISA 26:21 हेर, पृथ्वीका मानिसहरूलाई तिनीहरूका पापका निम्ति दण्ड दिनलाई, याहवेह आफ्ना वासस्थानबाट बाहिर निस्की आउनुहुँदैछ। पृथ्वीले त्यसमाथि बगाएको रगत देखाइदिनेछ; त्यसले अब आफ्ना मृतकहरूलाई अझै लुकाइराख्नेछैन।
ISA 27:1 त्यस दिन याहवेहले आफ्नो कठोर, उहाँको डरलाग्दो, महान् र शक्तिशाली तरवारले त्यस घस्रेर हिँड्ने सर्प लिव्यातनलाई दण्ड दिनुहुनेछ; त्यो समुद्रमा गुँडुलेर बस्‍ने लिव्यातनलाई मार्नुहुनेछ।
ISA 27:2 त्यस दिन, “फलवन्त दाखबारीको विषयमा गीत गाओ:
ISA 27:3 म, याहवेहले त्यसको हेरचाह गर्छु; म त्यसमा निरन्तर पानी हाल्छु। त्यसलाई कसैले हानि नगरोस् भनेर म त्यसलाई दिनरात पहरा दिन्छु।
ISA 27:4 म रिसाएको छैनँ। यदि त्यहाँ सिउँडी र काँडाहरू मलाई रोक्न उम्रेका भए त! म तिनीहरूका विरुद्ध लडाइँ गर्न जाइलाग्नेथिएँ; म तिनीहरूलाई जलाउनेथिएँ।
ISA 27:5 त्यसैले तिनीहरू शरणका निम्ति मकहाँ आऊन्; तिनीहरूले मसित मिलाप गरून्, हो, तिनीहरूले मसित मिलाप गरून्।”
ISA 27:6 आउँदा दिनहरूमा याकोबले जरा हाल्नेछ, इस्राएल पलाउनेछ, र त्यो फुल्नेछ; अनि सारा संसार त्यसको फलद्वारा भरिइनेछन्।
ISA 27:7 के त्यसलाई हिर्काउनेहरूलाई याहवेहले हिर्काउनुभएझैँ, उहाँले त्यसलाई हिर्काउनुभएको छ? के त्यसलाई मार्नेहरू मारिएझैँ, त्यो मारिएको छ?
ISA 27:8 युद्ध र निर्वासनद्वारा तपाईं त्यससित युद्ध गर्नुहुन्छ, पूर्वीय बतास चलेको दिनझैँ, आफ्नो प्रचण्ड सासद्वारा उहाँले तिनीहरूलाई हटाइदिनुहुन्छ।
ISA 27:9 तब यसद्वारा याकोबको अपराधको प्रायश्‍चित हुनेछ; अनि यसरी त्यसको पाप हटाएको सम्पूर्ण परिणाम यही हुनेछ: जब उहाँले वेदीका ढुङ्गाहरूलाई खरी ढुङ्गाझैँ धुलोपिठो पार्नुहुन्छ; त्यहाँ कुनै अशेरा देवीको खम्बा अथवा धूपको वेदी खडा हुनेछैन।
ISA 27:10 सुरक्षित सहर निर्जन भयो, निर्जन र त्यागिएका वासस्थान उजाड भूमिझैँ भयो; त्यहाँ बाछाहरू चर्छन्, त्यहाँ तिनीहरू विश्राम गर्छन्; तिनीहरूले त्यसका हाँगाहरू लुछेर नाङ्गा पारिदिन्छन्।
ISA 27:11 त्यसका हाँगाहरू सुक्छन् र ती भाँचिन्छन्; अनि स्त्रीहरूले आएर ती आगो सल्काउने काममा प्रयोग गर्छन्। किनकि यो एउटा निर्बुद्धि जाति हो; यसकारण तिनीहरूलाई बनाउनुहुनेको केही दया तिनीहरूप्रति छैन; तिनीहरूका सृष्‍टिकर्ताले तिनीहरूमाथि निगाह राख्नुहुन्‍न।
ISA 27:12 त्यस दिन याहवेहले बग्दै गरेको यूफ्रेटिसदेखि इजिप्टको नदीसम्म झाँट्नुहुनेछ; अनि हे इस्राएलीहरू हो, तिमीहरू एक-एक गरी भेला गरिनेछौ।
ISA 27:13 त्यस दिन ठूलो तुरही बज्नेछ। अश्शूरमा नष्‍ट हुनेहरू र इजिप्टमा निर्वासित भएकाहरू आएर यरूशलेममा पवित्र पर्वतमाथि याहवेहलाई आराधना गर्नेछन्।
ISA 28:1 एफ्राइमका मतवालाहरूको घमण्डका शिरको मुकुटलाई, र त्यसको महिमित शोभाको ओइलाउने फूललाई धिक्‍कार, जो मलिलो उपत्यकाको सिरानमा राखिएको छ; त्यो सहर, जसको घमण्डलाई दाखमद्यले होच्याइएको छ!
ISA 28:2 हेर, प्रभुको एक जना शक्तिशाली र बलवान् जन छन्। तिनले असिना र नाश गर्ने हुरीजस्तै, मुसलधार वर्षाको उर्लंदो पानीको बाढीजस्तै, त्यसलाई जबरजस्ती भुइँमा फाल्नेछन्।
ISA 28:3 एफ्राइमका मतवालाहरूको घमण्डका शिरको मुकुट, खुट्टामुनि कुल्चीमिल्ची पारिनेछ।
ISA 28:4 त्यो ओइलाउँदै गरेको फूल, मलिलो बेँसीको शिरमाथि लगाएको त्यसको महिमा, कटनीको अगि नै पाकेको नेभाराझैँ हुनेछ; मानिसहरूले यसलाई देख्नेबित्तिकै हातमा लिन्छन्, र तिनीहरूले यसलाई निलिहाल्छन्।
ISA 28:5 त्यस दिन सेनाहरूका याहवेह एउटा महिमित मुकुट, र आफ्ना बाँकी रहेका मानिसहरूका निम्ति एउटा सुन्दर माला बन्‍नुहुनेछ।
ISA 28:6 न्याय गर्न बस्‍नेका निम्ति उहाँ न्यायको आत्मा, र लडाइँ मूलढोकातिर नै फर्काइदिनेहरूका निम्ति उहाँ सामर्थका स्रोत हुनुहुनेछ।
ISA 28:7 तिनीहरू पनि मद्यले लरबरिन्छन्, र मदिरा पिएर भड्किएका छन्: पुजारी र अगमवक्ताहरू मताउने पेय पदार्थ पिएर धरमरिन्छन्, र मद्यले उन्मत्त हुन्छन्; तिनीहरू मद्यले धरमराएका छन्, दर्शन देख्दा तिनीहरू धरमरिएका छन्; तिनीहरू निर्णय दिँदा भड्किन्छन्।
ISA 28:8 सबै टेबुलहरू बान्ताले भरिएका छन्; अनि फोहोर नभएको ठाउँ एउटै पनि छैन।
ISA 28:9 “त्यसले कसलाई सिकाउन चाहेको छ? आफ्नो सन्देश कसलाई बयान गरिरहेको छ? भर्खर दूध छोडेका बच्‍चाहरू, भर्खर स्तनबाट अलग गरिएकाहरूलाई?
ISA 28:10 किनकि त्यो यस्तो हो: यो गर, त्यो गर; यसमाथि नियम, त्यसमाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ।”
ISA 28:11 त्यसो हो भने परमेश्‍वरले यस जातिसित परदेशीका ओठ र अनौठो भाषाद्वारा बोल्नुहुनेछ;
ISA 28:12 जसलाई उहाँले भन्‍नुभयो, “विश्रामस्थल यही हो; थाकेकाहरूले यहीँ नै विश्राम गरून्;” अनि “थकाइ मार्ने स्थान यही हो,” तर तिनीहरूले सुन्‍न इन्कार गरे।
ISA 28:13 यसकारण याहवेहको वचन तिनीहरूलाई यस्तो हुनेछ: यो गर, त्यो गर, यसमाथि नियम, त्यसमाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ, यसरी तिनीहरू अगि बढ्दा पछिल्तिर लोटून्; घाइते होऊन् र पासोमा परेर पक्राउ परून्।
ISA 28:14 यसकारण हे गिल्‍ला गर्नेहरू हो, याहवेहको वचन सुन, जसले यी मानिसहरूमाथि यरूशलेममा शासन गर्छौ।
ISA 28:15 तिमीहरू घमण्ड गर्छौ, “हामीले मृत्युसित करार बाँधेका छौँ; चिहानसित हामीले सम्झौता गरेका छौँ। कुनै भयानक विपत्ति छेउमा आइपर्दा, त्यसले हामीलाई छुन सक्दैन; किनकि हामीले झूटलाई आफ्नो शरणस्थान र असत्यलाई आफ्नो लुक्ने स्थान बनाएका छौँ।”
ISA 28:16 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “हेर, मैले सियोनमा एउटा ढुङ्गा बसालेको छु, एउटा जाँचिएको ढुङ्गा, एउटा दृढ जगको बहुमूल्य कुनेढुङ्गा, त्यसमा भरोसा गर्ने कहिल्यै निराश हुनेछैन।
ISA 28:17 म न्यायलाई नाप्‍ने डोरी, र धार्मिकतालाई साहुल बनाउनेछु; तिमीहरूको झूटको शरणस्थान असिनाले सोहोरेर लानेछ; अनि पानीले तिमीहरूको लुक्ने ठाउँलाई बगाइदिनेछ।
ISA 28:18 मृत्युसितको तिमीहरूको करार नष्‍ट पारिनेछ; चिहानसितको तिमीहरूको सम्झौता स्थिर रहनेछैन। जब विपत्तिको बाढी यताबाट जानेछ, त्यसले तिमीहरूलाई डुबाउनेछ।
ISA 28:19 जतिपल्ट त्यो आउँछ, त्यसले तिमीहरूलाई बगाएर लैजानेछ; हरेक बिहान, दिन र रातमा त्यो बगिरहनेछ।” यस सन्देशको बुझाइले आतङ्क मात्र ल्याउनेछ।
ISA 28:20 लम्पसार पर्नलाई पलङ साह्रै छोटो छ, र तिमीहरूलाई ढाक्न कम्बल साह्रै सानो छ।
ISA 28:21 पराजीम पर्वतमा उठ्नुभएझैँ याहवेह उठ्नुहुनेछ, गिबोनको बेँसीमा उहाँ जाग्नुभएझैँ जाग्नुहुनेछ— आफ्नो काम, आफ्नो अनौठो काम गर्न र आफ्नो कार्य, आफ्नो अद्‌भुत कार्य पूरा गर्न।
ISA 28:22 अब तिमीहरूको ठट्टा रोक, नत्रता तिमीहरूका साङ्लाहरू अझ गह्रौँ हुनेछन्; प्रभु, सेनाहरूका याहवेहले मलाई सारा देशको विरुद्ध उर्दी जारी गर्नुभएको छ।
ISA 28:23 ध्यान दिएर सुन, र मेरो सोर सुन; ध्यान देऊ, र म के भन्छु, सो सुन।
ISA 28:24 जब किसानले केही रोप्न जमिन जोत्छ, के उसले निरन्तर जोतिरहन्छ? के त्यसले निरन्तर माटो खनेर डल्‍लाहरू फुटाउँदै रहन्छ?
ISA 28:25 उसले माटो सम्म पारेपछि के उसले सुँप र जीरा छर्दैन र? के उसले त्यसकै ठाउँमा गहुँ, जौ त्यसकै ठाउँमा र कठियालाई त्यसकै ठाउँमा छर्दैन र?
ISA 28:26 उसका परमेश्‍वरले उसलाई अह्राउनुहुन्छ; अनि उसलाई ठिक तरिका सिकाउनुहुन्छ।
ISA 28:27 किनकि कुनै तीखो हतियारले सुँप झाँटिदैन, न त जीरालाई गाडाको चक्‍काले दाइँ गरिन्छ; तर लहुरोले सुँप चुटिन्छ, र जीराचाहिँ लठ्ठीले चुटिन्छ।
ISA 28:28 रोटी बनाउने अन्‍न पिसिनुपर्छ; यसकारण कसैले त्यसलाई सधैँ झाँटिरहँदैन। न त उसले त्यसमाथि गाडाको चक्‍का गुडाएर उसका घोडाहरूले त्यसलाई पिँध्छ।
ISA 28:29 यी सबै सेनाहरूका याहवेहबाट नै आउँदछ, जसको योजना अचम्मका र बुद्धि महान् छ।
ISA 29:1 हाय अरीएल, अरीएल तँलाई धिक्‍कार! त्यो सहर, जहाँ दावीदले बसोबास गर्थे। वर्षमाथि वर्ष थप्दै जा। र तेरा चाडहरूको चक्र चलिरहोस्।
ISA 29:2 तापनि म अरीएललाई घेर्नेछु; उसले बिलौना र विलाप गर्नेछ, र ऊ मेरा निम्ति वेदीको चुल्होझैँ हुनेछ।
ISA 29:3 म तेरो विरुद्ध चारैतिर छाउनी हाल्नेछु; म तँलाई धरहराहरूले चारैतिरबाट घेर्नेछु, र तेरो विरुद्धको घेरालाई स्थापित गर्नेछु।
ISA 29:4 तँ होच्याइनेछेस्, र भुइँबाट बोल्नेछेस्; धुलोबाट तेरो बोली अस्पष्‍ट सुनिनेछ। तेरो सोर प्रेतको जस्तो पृथ्वीबाट आउनेछ; धुलोबाट तेरो कानेखुसी सुनिनेछ।
ISA 29:5 तर तेरा धेरै शत्रुहरू धुलोझैँ हुनेछन्, र निर्दयी दलहरू उडाइएको भुसझैँ हुनेछन्। अचानक एकै क्षणमा,
ISA 29:6 सेनाहरूका याहवेह मेघ गर्जन, भुइँचालो र ठूलो आवाजसित, भुमरी, आँधीबेहरी र भस्म गर्ने आगोको ज्वालासित आउनुहुनेछ।
ISA 29:7 तब अरीएलको विरुद्धमा लडाइँ गर्ने, र त्यसका किल्‍लामाथि आक्रमण गरेर त्यसलाई घेरा हाल्ने, सबै राष्ट्रहरूका दलहरू सपनाझैँ, र रातको दर्शनझैँ हुनेछन्;
ISA 29:8 जसरी भोकाएको मानिसले सपनामा खाएको देख्छ, तर बिउँझँदा त्यो भोकै हुन्छ; अथवा जसरी तिर्खाएको मानिसले सपनामा पानी पिएको देख्छ, तर त्यो बिउँझँदा आफू तिर्खाएको र दुर्बल रहेको हुन्छ। सियोन पर्वतको विरुद्ध लडाइँ गर्ने सबै राष्ट्रहरूका दलहरू पनि त्यस्तै हुनेछन्।
ISA 29:9 व्याकुल होओ, चकित होओ, आफूलाई अन्धा बनाओ र दृष्‍टिविहीन होओ; मतवाला होओ, तर मद्यले भने होइन, धरमराओ, तर मताउने पेयले होइन।
ISA 29:10 याहवेहले तिमीहरूमाथि एउटा गहिरो निद्रा ल्याउनुभएको छ: उहाँले अगमवक्ताहरूका आँखा बन्द गरिदिनुभएको छ; उहाँले दर्शीहरूका शिरहरू छोपिदिनुभएको छ।
ISA 29:11 तिमीहरूका निम्ति यो सम्पूर्ण दर्शन अरू केही होइन, तर चर्मपत्रमा छाप लगाएर राखिएका शब्दहरू मात्र हुन्। अनि यदि तिमीहरूले लेखपढ गर्न सक्ने कसैलाई यो चर्मपत्र दिएर, “दया गरी यसलाई पढिदिनुहोस्” भन्यौ भने, त्यसले, “म सक्दिनँ, यसमा छाप लगाइएको छ” भनेर जवाफ दिनेछ।
ISA 29:12 अथवा तिमीहरूले लेखपढ गर्न नजान्‍ने कसैलाई यो चर्मपत्र दिएर, “दया गरी यसलाई पढिदिनुहोस्” भन्यौ भने त्यसले “म पढ्नै जान्दिनँ” भनेर जवाफ दिनेछ।
ISA 29:13 प्रभु भन्‍नुहुन्छ: “यी मानिसहरू मकहाँ आफ्ना मुख देखाउन आउँछन्; अनि मलाई तिनीहरूका ओठहरूले आदर गर्छन्, तर तिनीहरूका हृदय मदेखि टाढा छन्। मप्रति तिनीहरूका आराधना मानवीय नियम मात्र हुन्।
ISA 29:14 यसकारण म फेरि एकपल्ट यी मानिसहरूलाई अद्‌भुत कार्यमाथि अद्‌भुत कार्यले छक्‍क पार्नेछु; बुद्धिमानीहरूका बुद्धि नष्‍ट हुनेछ, र ज्ञानीहरूका ज्ञान लोप भएर जानेछ।”
ISA 29:15 तिनीहरूलाई धिक्‍कार! जो आफ्ना योजनाहरू याहवेहदेखि लुकाउनलाई गहिराइको खोज गर्छन्, जसले आफ्ना काम अन्धकारमा गरेर सोच्छन्, “हामीलाई कसले देख्छ? कसले थाहा पाउँछ?”
ISA 29:16 कुमालेलाई माटो सरह ठानेर तिमीहरू कुराहरू उल्टापुल्टा पार्छौ! के बनिएको चीजले आफूलाई बनाउनेलाई “उसले मलाई बनाएको होइन” भन्छ? के भाँडाले कुमालेलाई, “त्यसले केही जान्दैन” भन्‍न सक्छ?
ISA 29:17 केही समयमै के लेबनान एउटा मलिलो खेतमा परिणत हुनेछैन र? अनि मलिलो खेतचाहिँ एउटा जङ्गलमा बदलिँदैन र?
ISA 29:18 त्यस दिन बहिराहरूले चर्मपत्रका वचनहरू सुन्‍नेछन्; अनि धमिलोपन र अन्धाकारबाट अन्धाहरूका आँखाले देख्नेछन्।
ISA 29:19 फेरि एकपल्ट नम्रहरू याहवेहमा रमाउनेछन्; खाँचोमा परेकाहरू इस्राएलका पवित्र परमेश्‍वरमा आफ्नो आनन्द मनाउनेछन्।
ISA 29:20 निर्दयीहरू लोप हुनेछन्, ठट्टा गर्नेहरू हराएर जानेछन्; अनि दुष्‍टतामा ध्यान दिनेहरू सबै काटिएर ढालिनेछन्;
ISA 29:21 तिनीहरू, जसले मानिसलाई बोलीद्वारा दोषी ठहराउँछन्, जसले अदालतमा प्रतिवादीलाई पासो थाप्छन्; अनि झूटो गवाहीद्वारा निर्दोषहरूका न्याय खोस्छन्।
ISA 29:22 यसकारण अब्राहामलाई उद्धार गर्नुहुने याहवेह, याकोबको घरानालाई यसो भन्‍नुहुन्छ: “अब उसो याकोब शर्ममा पर्नेछैन; अब उसो तिनीहरूका अनुहार पहेँलो हुनेछैन।
ISA 29:23 तिनीहरूले आफ्ना बीचमा आफ्नै छोराछोरीहरू, मेरा हातको कामलाई देख्नेछन्; तिनीहरूले मेरो नामलाई पवित्र राख्नेछन्; तिनीहरूले याकोबका पवित्र परमेश्‍वरको पवित्रता स्वीकार गर्नेछन्; अनि इस्राएलका परमेश्‍वरको डर श्रद्धासाथ राख्नेछन्।
ISA 29:24 आत्मामा पथभ्रष्‍ट भएकाहरूले समझ पाउनेछन्; गनगनेहरूले सल्‍लाह ग्रहण गर्नेछन्।”
ISA 30:1 “धिक्‍कार! ती हठी सन्तानलाई,” याहवेह घोषणा गर्नुहुन्छ, “जसले योजनाहरू चलाउँछन्, जुन मेरा होइनन्; जसले मित्रता गाँस्छन्, तर मेरो आत्माद्वारा होइन; पापमाथि पाप थुपार्छन्;
ISA 30:2 मसित सल्‍लाह नलिएर, जो इजिप्टमा जान्छन्; जसले फारोदेखि सुरक्षाको आशा गर्छन्; शरणका निम्ति इजिप्टको छहारी खोज्छन्।
ISA 30:3 तर फारोको सुरक्षा तिमीहरूका निम्ति लज्जास्पद हुनेछ; इजिप्टको छहारीले तिमीहरूमा अपमान ल्याउनेछ।
ISA 30:4 तिनीहरूसित सोअनमा अधिकृतहरू भए तापनि र तिनीहरूका दूतहरू हानेसमा आइपुगे तापनि
ISA 30:5 तिनीहरूका निम्ति काम नलाग्ने जातिहरूको कारण, जसले, न त सहायता ल्याउँछन्, न त लाभ नै दिन्छन्; तर खाली शर्म र अपमान मात्र ल्याउँछन्; तिनीहरूको कारण हरेक शर्ममा पर्नेछन्।”
ISA 30:6 दक्षिणी भागका जन्तुहरूको विरुद्ध भविष्यवाणी: दुःख र वेदनाको देशबाट भएर, जहाँबाट सिंह र सिंहनी, विषालु सर्प र उड्ने सर्पहरू निस्कन्छन्; राजदूतहरूले आफ्ना धनसम्पत्ति गधाहरूका पिठिउँमा र आफ्ना बहुमूल्य भण्डारहरू ऊँटहरूका जुरोमा लदाएर त्यस जातिकहाँ लैजान्छन्, जसले तिनीहरूलाई केही लाभ दिँदैनन्।
ISA 30:7 किनभने इजिप्टमा जसको सहायता एकदमै व्यर्थको छ, यसकारण मैले त्यसलाई केही नगर्ने राहाब भनेको छु।
ISA 30:8 अब जा, आउँदा दिनहरूका निम्ति यो सधैँ साक्षी होस् भनेर, तिनीहरूको सामु यो एउटा पाटीमा लेख; यसलाई एउटा किताबमा लेखिराख।
ISA 30:9 यिनीहरू बागी मानिसहरू हुन्, छली सन्तान, याहवेहको आज्ञा नसुन्‍ने सन्तान हुन्।
ISA 30:10 यिनीहरू दर्शीहरूलाई भन्छन्, “अब उसो दर्शन नदेख!” अनि अगमवक्ताहरूलाई भन्छन्, “अबदेखि ठिक कुराहरूको दर्शन हामीलाई नदेओ! हामीलाई चाखलाग्दा कुराहरू भनिदेओ, छलका अगमवाणी भनिदेओ।
ISA 30:11 यस मार्गलाई त्यागिदेओ, यस मार्गबाट हटिदेओ; अनि हामीलाई इस्राएलका पवित्र परमेश्‍वरसित आमने-सामने गराउन छोडिदेओ!”
ISA 30:12 यसकारण इस्राएलका पवित्र परमेश्‍वर भन्‍नुहुन्छ: “तिमीहरूले यस समाचारलाई इन्कार गरेका हुनाले, र अत्याचारमा भरोसा गरेका हुनाले, र छलमा भर परेका हुनाले,
ISA 30:13 यो पाप तिमीहरूका निम्ति अग्लो पर्खाल चर्किएर ढल्न लागेजस्तै हुनेछ, जुन अचानक एकै क्षणमा भत्किएर जानेछ।
ISA 30:14 यो माटाका भाँडाझैँ टुक्रा-टुक्रा भएर जताततै छरपस्ट हुनेछ, जसले गर्दा चुलोबाट कोइला झिक्नलाई, अथवा इनारबाट पानी उघाउनलाई एउटा सानो टुक्राधरि पाइनेछैन।”
ISA 30:15 प्रभु याहवेह, इस्राएलका पवित्र परमेश्‍वर यही भन्‍नुहुन्छ: “पश्‍चात्ताप र विश्राममा तिमीहरूको मुक्ति छ। मौनता र भरोसामा तिमीहरूको सामर्थ्य छ, तर तिमीहरूले यी कुनै पनि कुरा चाहँदैनौ।
ISA 30:16 तिमीहरूले भन्यौ, ‘होइन, हामी घोडामा चढेर भाग्नेछौँ।’ यसकारण तिमीहरू भाग्नेछौ! तिमीहरूले भन्यौ, ‘हामी चाँडो दगुर्ने घोडामा सवार हुनेछौँ।’ यसकारण तिमीहरूलाई खेद्नेहरू फूर्तिला हुनेछन्!
ISA 30:17 एक जनाले धम्काउँदा एक हजार भाग्नेछन्; पाँच जनाले धम्काउँदा तिमीहरू सबै भागेर जानेछौ; जबसम्म तिमीहरू पर्वतको टाकुरामा रहेको झण्डाको डण्डाजस्तै, डाँडामा भएको एउटा झण्डाझैँ रहँदैनौ।”
ISA 30:18 तरै पनि याहवेह तिमीहरूप्रति अनुग्रहकारी हुने इच्छा राख्नुहुन्छ; उहाँ तिमीहरूलाई दया देखाउन खडा हुनुहुनेछ। किनकि याहवेह न्यायको परमेश्‍वर हुनुहुन्छ। उहाँको बाटो हेर्नेहरू सबै धन्यका हुन्!
ISA 30:19 हे यरूशलेममा बस्‍ने सियोनका मानिसहरू हो, तिमीहरू फेरि रुनेछैनौ। तिमीहरू सहायताको लागि रुँदा उहाँ अति अनुग्रहकारी हुनुहुनेछ! उहाँले सुन्‍नेबित्तिकै तिमीहरूलाई जवाफ दिनुहुनेछ।
ISA 30:20 प्रभुले तिमीहरूलाई विपत्तिको रोटी र कष्‍टको पानी दिनुभए तापनि तिमीहरूका शिक्षकहरू फेरि लुकाइनेछैनन्; तिमीहरूका आफ्नै आँखाले तिनीहरूलाई देख्नेछौ।
ISA 30:21 तिमीहरू दाहिने अथवा देब्रेतिर फर्के तापनि तिमीहरूका कानले आफ्ना पछिल्तिरबाट, “बाटो यही हो, यसमा हिँड” भन्‍ने सोर सुन्‍नेछन्।
ISA 30:22 तब आफूले चाँदीले मोहोरेका मूर्तिहरू र सुनले ढालेका प्रतिमाहरूलाई तिमीहरूले अपवित्र तुल्याउनेछौ। तिमीहरूले त्यसलाई रजस्वलाको लुगाझैँ फ्याँकेर त्यसलाई, “पर जा!” भन्‍नेछौ।
ISA 30:23 तिमीहरूले जमिनमा छरेका बिउ उमार्नका निम्ति उहाँले वर्षा पनि पठाइदिनुहुनेछ; अनि जमिनबाट आएको भोजन उत्तम र प्रशस्त हुनेछ। त्यस दिन तिमीहरूका गाईबस्तु ठूला मैदानहरूमा चर्नेछन्।
ISA 30:24 खेतमा जोत्ने गोरुहरू र गधाहरूले काँटा र बेल्चाले मिसाएको घाँस र दाना खानेछन्।
ISA 30:25 त्यस भयानक संहारको दिनमा धरहराहरू ढल्दा प्रत्येक अग्लो पर्वत र हरेक ठूलो डाँडामा पानीका खोलाहरू बग्नेछन्।
ISA 30:26 याहवेहले आफ्ना मानिसहरूका घाउहरूमा पट्टी बाँध्नुहुँदा र उहाँले दिनुभएका चोटहरू निको पार्नुहुँदा, त्यस दिन चन्द्रमा सूर्यजस्तै लाग्नेछ; अनि सूर्य सधैँभन्दा सात गुणा बढी चम्किलो, सात दिनको उज्यालो एकै दिनमा चम्केजस्तो हुनेछ।
ISA 30:27 हेर, याहवेहको नाम टाढाबाट बल्दो रिस र धुवाँको बाक्लो बादलसित आउँछ; उहाँका ओठहरू क्रोधले पूर्ण छन्; उहाँको जिब्रो भस्म पार्ने आगोजस्तो छ।
ISA 30:28 उहाँको सास गर्दनसम्म उठ्ने मुसलधारे पानीजस्तो छ। उहाँले राष्ट्रहरूलाई नाश गर्ने नाङ्लोले निफन्‍नुहुन्छ; र उहाँले मानिसहरूका बङ्गारामा फलामको लगाम लगाइदिनुहुनेछ, जसले तिनीहरूलाई दिशाहीन बनाइदिनेछ।
ISA 30:29 तिमीहरूले पवित्र चाड मनाएको रातमा झैँ गीत गाउनेछौ; मानिसहरू बाँसुरी लिएर याहवेहको पर्वतमा, इस्राएलका चट्टानकहाँ जाँदा, तिमीहरूका हृदय आनन्दित हुनेछ।
ISA 30:30 रिसको झोँक, भस्म गर्ने आगोको ज्वाला, गड्याङ-गुडुङ, आँधीबेहरी र असिनासहित याहवेहले मानिसहरूलाई आफ्नो प्रतापको वाणी सुन्‍न र आफ्नो बाहुबलको शक्ति हेर्न लगाउनुहुनेछ।
ISA 30:31 याहवेहको सोरले अश्शूरलाई चकनाचुर पार्नेछ; आफ्नो राजदण्डले उहाँले तिनीहरूलाई प्रहार गर्नुहुनेछ।
ISA 30:32 याहवेहले आफ्नो पाखुराले तिनीहरूको विरुद्धमा युद्धमा लड्नुहुँदा, उहाँले आफ्नो दण्डको लहुरोले प्रत्येक चोटि तिनीहरूलाई सजायको रूपमा प्रहार गर्नुहुँदा, चोट खैँजडी र वीणाको सङ्गीतको तालमा हुनेछ।
ISA 30:33 तोपेत तयार भइसकेको छ; राजाका निम्ति त्यो तयार पारिएको छ। त्यसको अग्निकुण्ड प्रशस्त आगो र दाउरासित; गहिरो र चौडा तयार पारिएको छ; बल्दैगरेको गन्धकको खोलाझैँ याहवेहको सासले त्यसलाई दन्काइदिनेछ।
ISA 31:1 धिक्‍कार तिनीहरूलाई, जो सहायता पाउनका निम्ति इजिप्टमा जान्छन्, घोडाहरूमाथि भर पर्दछन्, तिनीहरू आफ्ना असंख्य रथहरू र घोडसवारहरूका सामर्थ्यमा भरोसा राख्छन्, तर इस्राएलका पवित्र परमेश्‍वरतिर हेर्दैनन्; न त याहवेहबाट सहायता खोज्छन्।
ISA 31:2 यद्यपि उहाँ पनि बुद्धिमान् हुनुहुन्छ र विपत्ति ल्याउन सक्नुहुन्छ; उहाँले आफ्नो वचन फिर्ता लिनुहुन्‍न। उहाँ दुष्‍ट राष्ट्रको विरुद्ध उठ्नुहुनेछ, तिनीहरूको विरुद्ध, जसले दुष्‍ट काम गर्नेहरूलाई सहायता दिन्छन्।
ISA 31:3 इजिप्टियनहरू मानिस मात्र हुन्, परमेश्‍वर होइनन्; तिनीहरूका घोडाहरू शरीर हुन्, आत्मा होइनन्। जब याहवेहले आफ्नो हात पसार्नुहुन्छ, तब सहायता गर्नेले ठेस खानेछ; र सहायता पाउने पनि लोट्नेछ; ती दुवै एकैसाथ नष्‍ट हुनेछन्।
ISA 31:4 याहवेहले मलाई यो कुरो भन्‍नुहुन्छ: “जसरी सिंह गर्जन्छ, अथवा जवान सिंहले आफ्नो शिकारमाथि गर्जन्छ— अनि गोठालाहरूको सम्पूर्ण दल, त्यसको विरुद्ध एकजुट भएर, तिनीहरू कराए तापनि त्यो तर्सिँदैन, अथवा तिनीहरूका हल्‍लाखल्‍लाले विचलित हुँदैन। त्यसरी नै सेनाहरूका याहवेह सियोन पर्वतमा, र त्यसको उचाइमा युद्ध गर्न आउनुहुनेछ।
ISA 31:5 चराहरूले आफ्नो गुँडको रक्षा गरेझैँ सेनाहरूका याहवेहले यरूशलेमको रक्षा गर्नुहुनेछ। उहाँले त्यसलाई रक्षा गर्नुहुनेछ, र त्यसलाई छुटाउनुहुनेछ। उहाँ त्यसबाट भएर जानुहुनेछ र त्यसलाई छुटाउनुहुनेछ।”
ISA 31:6 हे इस्राएलीहरू हो, उहाँको विरुद्ध तिमीहरूले यति धेरै विद्रोह गरेका छौ, उहाँकहाँ फर्क।
ISA 31:7 किनकि त्यस दिन तिमीहरूले आफ्ना पापी हातले बनाएका चाँदी र सुनका मूर्तिहरू त्याग्नेछौ।
ISA 31:8 “अश्शूरीहरू तरवारद्वारा नाश पारिनेछन्, तर मानिसबाटको तरवारले होइन। तिनीहरू तरवारको सामु भाग्नेछन्; अनि तिनीहरूका जवानहरू बेगारी काममा लगाइनेछन्।
ISA 31:9 तिनीहरूका किल्‍ला आतङ्कको कारणले ढल्नेछ; लडाइँको झण्डा देखेर तिनीहरूका सेनापतिहरू त्रासित हुनेछन्।” याहवेह यो घोषणा गर्नुहुन्छ, जसको आगो सियोनमा छ, जसको भट्टी यरूशलेममा छ।
ISA 32:1 हेर, एउटा राजाले धार्मिकतामा राज्य गर्नुहुनेछ; अनि शासकहरूले न्यायपूर्वक शासन गर्नेछन्।
ISA 32:2 हरेक मानिस बतासबाट जोगिने आश्रय र आँधीबाट जोगिने शरणस्थानझैँ, मरुभूमिमा पानीको खोलाझैँ, र तिर्खाएको जमिनमा एउटा ठूलो चट्टानको छायाझैँ हुनेछ।
ISA 32:3 तब देख्नेहरूका आँखा फेरि बन्द गरिनेछैन; अनि सुन्‍नेहरूका कानले सुन्‍नेछन्।
ISA 32:4 अविवेकीको मनले समझशक्तिसाथ बुझ्नेछ; अनि भकभकाउने जिब्रोले स्पष्‍ट र सफासँग बोल्नेछ।
ISA 32:5 मूर्खलाई फेरि भद्र भनिनेछैन, न त बदमासलाई उच्‍च आदर दिइनेछ।
ISA 32:6 किनकि मूर्खले अज्ञानताको कुरा गर्छ, त्यसको मन दुष्‍ट कुराहरूमा लागिरहन्छ; त्यसले भक्तिहीनताका कामहरू गर्छ; अनि याहवेहको विषयमा गलत कुरा फैलाउँछ; भोकोलाई त्यसले भोकै छोड्छ, र तिर्खाएकोलाई त्यसले पानी दिँदैन।
ISA 32:7 बदमासका काम गर्ने तरिकाहरू दुष्‍ट हुन्छन्, र खाँचोमा परेकाहरूको बिन्ती न्यायोचित भए तापनि गरिबहरूलाई झूटले नाश गर्नलाई त्यसले दुष्‍ट योजनाहरू बनाउँछ।
ISA 32:8 तर भलादमीले भलो युक्ति रच्दछ; अनि भलो कामहरूद्वारा नै त्यो खडा रहन्छ।
ISA 32:9 हे ढुक्‍कसित बस्‍ने स्त्रीहरू हो, उठ र मेरो कुरा सुन; आफूलाई सुरक्षित ठान्‍ने छोरीहरू हो, मैले भन्‍नुपर्ने कुरा सुन!
ISA 32:10 एक वर्षभन्दा केही बढी समयमा तिमीहरू सुरक्षित ठान्‍नेहरू काँप्नेछौ; अङ्‌गुरको फसलै हुनेछैन, र फलको कटनी हुनेछैन।
ISA 32:11 हे ढुक्‍क बस्‍ने स्त्रीहरू हो, थरथर होओ; आफूलाई सुरक्षित ठान्‍ने हे छोरीहरू हो, थरथर काम! आफ्ना राम्रा लुगा फुकाल, र आफ्ना कम्मरमा भाङ्ग्रा लगाओ।
ISA 32:12 असल खेतहरूका निम्ति, फलदायक दाखको निम्ति आफ्ना छाती पिट;
ISA 32:13 अनि मेरो जातिका देशको निम्ति, काँडा र सिउँडीले ढाकेको देशका निम्ति— हो, सबै आनन्द मनाउने घरहरूका निम्ति, र यो आनन्दको सहरको निम्ति बिलौना गर।
ISA 32:14 किल्‍ला त्यागिनेछ, हल्‍लाको सहर शून्य हुनेछ; किल्‍ला र रक्षा-धरहरा सदाका निम्ति बेकामका रहनेछन्; जङ्गली गधाको निम्ति हर्ष र गाईबस्तुका निम्ति चरन हुनेछन्;
ISA 32:15 जबसम्म माथिबाट हामीमा आत्मा खन्याइदैन, र मरुभूमि मलिलो खेत हुँदैन, र मलिलो खेत जङ्गलझैँ देखिँदैन;
ISA 32:16 याहवेहको न्यायले त्यस मरुभूमिमा वास गर्नेछ। अनि मलिलो खेतमा उहाँको धार्मिकता रहनेछ।
ISA 32:17 धार्मिकताको फल शान्ति हुनेछ; अनि धार्मिकताको प्रभाव सदाको निम्ति चैन र भरोसा हुनेछ।
ISA 32:18 मेरा मानिसहरू शान्तिपूर्ण वासस्थानहरूमा, सुरक्षित घरहरूमा र शान्त विश्राम स्थलहरूमा बस्‍नेछन्।
ISA 32:19 असिनाले जङ्गललाई पूरै ढाके तापनि सहर पूर्ण रूपले समतल भए तापनि
ISA 32:20 तिमीहरू आफ्ना बिउहरू प्रत्येक खोलाको किनारमा छर्दै, अनि आफ्ना गाईबस्तु र गधाहरूलाई ढुक्‍कै चर्नका निम्ति दिन पाउँदा तिमीहरू कति धन्यका हुनेछौ।
ISA 33:1 धिक्‍कार तँ नाशकर्तालाई, जो नष्‍ट पारिएको छैनस्! धिक्‍कार तँ विश्‍वासघातीलाई, जसले धोका पाएको छैनस्! जब तैँले नष्‍ट गर्न छोड्छस्, तब तँ नष्‍ट पारिनेछस्; जब तैँले विश्‍वासघात गर्न छोड्छस्, तब तिनीहरूले तँसँग विश्‍वासघात गर्नेछन्।
ISA 33:2 हे याहवेह, हामीप्रति अनुग्रही हुनुहोस्; हामी तपाईंको बाटो हेरिरहन्छौँ; हरेक बिहान हाम्रो सामर्थ्य र विपत्तिमा हाम्रो मुक्ति बन्‍नुहोस्।
ISA 33:3 तपाईंको सेनाको गर्जनको आवाजमा मानिसहरू भाग्छन्; तपाईं खडा हुनुहुँदा राष्ट्रहरू तितरबितर हुन्छन्।
ISA 33:4 हे राष्ट्रहरू हो, तिमीहरूका लुटका सामान सलहहरूले झैँ कटनी गरिएको छ; मानिसहरू लुटका सामानमा सलहका बथानझैँ झम्टन्छन्।
ISA 33:5 याहवेह अति महान् हुनुहुन्छ; किनकि उहाँ उच्‍च स्थानमा विराजमान हुनुहुन्छ; उहाँले सियोनलाई न्याय र धार्मिकताले भरिदिनुहुनेछ।
ISA 33:6 उहाँ तिमीहरूका समयमा तिमीहरूका दृढ जग; मुक्ति, बुद्धि र ज्ञानका मूल्यवान् भण्डार हुनुहुनेछ; याहवेहको भय नै यस भण्डारको साँचो हो।
ISA 33:7 हेर, तिनीहरूका वीर मानिसहरू सडकहरूमा जोडसित रुन्छन्; शान्तिका दूतहरू धुरुधुरु रुन्छन्।
ISA 33:8 राजमार्गहरू त्यागिएका छन्; बाटोमा कुनै यात्री छैन। सन्धि तोडिएको छ; त्यसका गवाहीहरूलाई घृणा गरिन्छ; कसैको आदर छैन।
ISA 33:9 देशले विलाप गर्छ र चिन्तामा छ; लेबनान लज्जित भएर ओइलाउँछ; शारोन अराबाझैँ छ, बाशान र कर्मेलले आफ्ना पातहरू झार्छन्।
ISA 33:10 “अब म उठ्नेछु” याहवेह भन्‍नुहुन्छ। “अब म उच्‍च पारिनेछु; अब म उचालिनेछु।
ISA 33:11 तिमीहरूले भुसलाई गर्भधारण गर्छौ, तिमीहरूले पराल जन्माउँछौ; तिमीहरूका सास तिमीहरूलाई नै भस्म पार्ने आगो हो।
ISA 33:12 मानिसहरू चून जलेझैँ जल्नेछन्; काटिएका काँडाघारी आगोमा जलाइएझैँ तिनीहरू जलाइनेछन्।”
ISA 33:13 हे टाढा-टाढाका मानिसहरू हो, मैले के-के गरेको छु, सो कुरा सुन! तिमीहरू नजिक हुनेहरू, मेरो सामर्थ्य स्वीकार गर!
ISA 33:14 सियोनमा भएका पापीहरू आतङ्कित छन्; भक्तिहीनलाई कम्पनले समातेको छ; “हामीमध्ये को भस्म पार्ने आगोको साथमा बस्‍न सक्ला? हामीमध्ये को अनन्तको जलनसित बस्‍न सक्ला?”
ISA 33:15 त्यही मानिस, जो धार्मिकतामा चल्छ, र जे ठिक छ, त्यही बोल्छ; जसले लुटको लाभलाई इन्कार गर्छ, र आफ्नो हातलाई घूस लिनबाट अलग राख्छ, जसले हत्याको षड्यन्त्रको विरुद्ध आफ्ना कान बन्द गर्छ, र आफ्ना आँखा दुष्‍टता हेर्नबाट बन्द गर्छ;
ISA 33:16 यस्तो मानिस उच्‍च स्थानहरूमा वास गर्नेछ, जसको शरणस्थान पहाडको किल्‍ला हुनेछ। त्यसलाई रोटी जुटाइनेछ, र त्यसलाई पानीको अभाव हुनेछैन।
ISA 33:17 तेरा आँखाले राजालाई उहाँको सुन्दरतामा देख्नेछ, र टाढासम्म फैलिएको देशलाई देख्नेछ।
ISA 33:18 तेरा विचारहरूमा तैँले पहिलेका आतङ्क सोच्नेछस्: “त्यो प्रमुख अधिकृत कहाँ छ? कर असुल गर्ने खोइ? धरहराहरूको जिम्मामा रहेका अधिकृत कहाँ छन्?”
ISA 33:19 तैँले ती घमण्डी मानिसहरूलाई अब उसो देख्नेछैनस्; ती अस्पष्‍ट बोली भएका मानिसहरूलाई, जसको बोली बुझिँदैन।
ISA 33:20 हाम्रा चाडहरूको सहर, सियोनलाई हेर; तिमीहरूका आँखाले यरूशलेमलाई देख्नेछ; एउटा शान्तिपूर्ण वासस्थान, त्यो पाललाई सारिनेछैन; त्यसका किलाहरू कहिल्यै उखेलिनेछैनन्; न त त्यसका कुनै डोरी चुँडाइनेछ।
ISA 33:21 त्यहाँ याहवेह हाम्रो पराक्रमी परमेश्‍वर हुनुहुनेछ। त्यो चौडा नदीहरू र खोलाहरू भएको ठाउँजस्तै हुनेछ। पतवारले चलाइने कुनै युद्ध जहाज त्यहाँ चल्नेछैन; कुनै शक्तिशाली जहाज त्यहाँबाट भएर चल्नेछैन।
ISA 33:22 किनकि याहवेह हाम्रा न्यायकर्ता हुनुहुन्छ; याहवेह हाम्रो व्यवस्थादाता हुनुहुन्छ; याहवेह हाम्रा राजा हुनुहुन्छ; हामीलाई बचाउनुहुने उहाँ नै हुनुहुन्छ।
ISA 33:23 तेरा डोरीहरू खुकुला भएका छन्: मस्तुल सुरक्षित राखिएको छैन, पाल फिँजिएको छैन। तब लुटका प्रशस्त माल बाँडिनेछ, र लङ्गडाहरू समेतले लुटको माल लैजानेछन्।
ISA 33:24 सियोनमा बस्‍ने कसैले पनि, “म बिरामी छु” भन्‍नेछैन; अनि त्यहाँ बस्‍नेहरू सबैका पाप क्षमा गरिनेछन्।
ISA 34:1 हे जाति-जातिका मानिसहरू हो, नजिक आएर सुन; हे मानिसहरू हो, ध्यान देओ! पृथ्वी र यसमा भएका सबैले, संसार र यसबाट निस्किआउने सबैले सुनून्!
ISA 34:2 याहवेह सबै जातिहरूसित रिसाउनुभएको छ; उहाँको क्रोध तिनीहरूका सबै सेनाहरूमाथि छ। उहाँले तिनीहरूलाई सम्पूर्ण रूपले नाश गर्नुहुनेछ; उहाँले तिनीहरूलाई मारिनलाई दिनुहुनेछ।
ISA 34:3 तिनीहरूका मारिएकाहरू फालिनेछन्, र तिनीहरूका मृत शरीरहरूले दुर्गन्ध फैलाउनेछन्; पहाडहरू तिनीहरूका रगतले भिज्नेछन्।
ISA 34:4 आकाशका सबै ताराहरू विलीन हुनेछन्, र आकाशचाहिँ चर्मपत्रझैँ बेरिनेछ; सम्पूर्ण तारामण्डल अङ्‌गुरको बोटबाट ओइलिएका पातहरू झरेजस्तै, र नेभाराको बोटबाट चाउरी परेका नेभाराहरूझैँ खस्‍नेछन्।
ISA 34:5 मेरो तरवार आकाशमण्डलमा पिएर तृप्‍त भएको छ; हेर, न्यायका लागि एदोममाथि त्यसले प्रहार गर्नेछ; त्यस जातिमाथि, जसलाई मैले नाशका निम्ति अलग गरेको छु।
ISA 34:6 याहवेहको तरवार रगतमा चोपिएको छ; त्यो बोसोले पुष्‍ट भएको छ— थुमा र बाख्राहरूका रगत, भेडाहरूका मिर्गौलाको बोसोले लतपतिएको छ। किनकि बोज्रामा याहवेहको एउटा बलिदान छ; अनि एदोममा ठूलो संहार भएको छ।
ISA 34:7 तिनीहरूसित जङ्गली साँढेहरू, बाछाहरू र ठूला साँढेहरू लड्नेछन्। तिनीहरूको देश रगतले निथ्रुक्‍क भिज्नेछ; अनि धुलो बोसोसित मिसिनेछ।
ISA 34:8 किनकि याहवेहको बदला लिने एउटा दिन छ, सियोनको मुद्दा अटल राख्नलाई दण्ड दिने वर्ष छ।
ISA 34:9 एदोमका खोलाहरू अलकत्रामा परिवर्तन हुनेछन्; त्यसका धुलो बल्दैगरेको गन्धकमा परिवर्तन हुनेछ; त्यसको देश बल्दैगरेको अलकत्रा हुनेछ!
ISA 34:10 त्यो रात वा दिन, कहिल्यै निभ्नेछैन; त्यसको धुवाँ निरन्तर उँभो उठिरहनेछ। पुस्ता-पुस्तासम्म त्यो उजाड भएर रहनेछ; त्यसबाट भएर फेरि कोही जानेछैन।
ISA 34:11 त्यसलाई मरुभूमिको उल्‍लु र दुम्सीले अधिकार गर्नेछन्; ठूलो उल्‍लु र कागहरूले त्यसमा गुँड बनाउनेछन्। परमेश्‍वरले एदोममाथि गोलमालको नापडोरी र उजाडको साहुल तेर्साइदिनुहुनेछ।
ISA 34:12 त्यसका कुलीन मानिसहरूका निम्ति राज्य भन्‍न लायक त्यहाँ केही पनि हुनेछैन; त्यसका सबै राजकुमारहरू बेपत्ता हुनेछन्।
ISA 34:13 त्यसका किल्‍लाका बुर्जाहरूमा काँडा, र त्यसका किल्‍लाहरूमा सिस्‍नु र सिउँडीहरू उम्रनेछन्। त्यो स्यालहरू र उल्‍लुहरूका वासस्थान हुनेछ।
ISA 34:14 मरुभूमिका जन्तुहरू हुँडारहरूसित भेट गर्नेछन्; अनि जङ्गली बाख्राहरू आपसमा म्याँ-म्याँ गर्नेछन्; त्यहाँ रातका पशुहरू पनि ढल्किनेछन्; अनि आफ्नै निम्ति विश्रामस्थल भेट्टाउनेछन्।
ISA 34:15 उल्‍लुले त्यहाँ गुँड बनाएर अण्डा पार्नेछे, त्यसले बचेरा काढेर त्यसलाई आफ्ना पखेटाको छहारीमा हुर्काउँछे; त्यहाँ बाजहरू पनि आ-आफ्ना जोडीसित भेट गर्नेछन्।
ISA 34:16 याहवेहको चर्मपत्रमा हेर र पढ: तीमध्ये एउटै पनि हराउनेछैन, कसैलाई आफ्नो जोडीको अभाव हुनेछैन। किनकि यो हुकुम उहाँको मुखले दिएको हो; अनि उहाँका आत्माले ती एकसाथ बटुल्नुहुनेछ।
ISA 34:17 उहाँले तिनीहरूका भाग छुट्ट्याइदिनुहुनेछ; उहाँको हातले नाप्‍ने डोरी तानेर बाँडिदिनुभएको छ। तिनीहरूले त्यसलाई सदाको निम्ति आफ्नो बनाउनेछन् र पुस्तादेखि पुस्तासम्मै त्यहाँ बस्‍नेछन्।
ISA 35:1 मरुभूमि र निर्जलभूमि खुशी हुनेछन्; उजाडस्थान रमाएर फक्रनेछ। र अति आनन्दित हुनेछन्; अनि केशरझैँ
ISA 35:2 हर्षले फुल्नेछ; त्यो अति खुशी भएर आनन्दले कराउनेछ। लेबनानको महिमा; कर्मेल र शारोनको गौरव त्यसलाई दिइनेछ; तिनीहरूले याहवेहको महिमा र हाम्रा परमेश्‍वरको प्रताप देख्नेछन्।
ISA 35:3 दुर्बल हातहरू बलियो बनाओ! कमजोर घुँडाहरू दह्रिला पार;
ISA 35:4 हृदयमा डर बोकेकाहरूलाई भन, “बलियो होओ, नडराओ; तिमीहरूका परमेश्‍वर आउनुहुनेछ; उहाँ बदला लिन आउनुहुनेछ; उहाँ तिमीहरूलाई बचाउन ईश्‍वरीय प्रतिशोधसित आउनुहुनेछ।”
ISA 35:5 तब अन्धाहरूका आँखा खोलिनेछन्; अनि बहिराहरूका कान बन्द रहनेछैनन्।
ISA 35:6 तब लङ्गडाहरू मृगझैँ उफ्रनेछन्; अनि गुँगाहरूको जिब्रोले स्तुति गर्नेछ। उजाडस्थानमा पानी फुटेर निस्कनेछ; अनि मरुभूमिमा खोला बग्नेछ।
ISA 35:7 तातो बालुवा ठूलो तलाउ बन्‍नेछ, तिर्खाएको जमिनमा कलकल गर्ने पानीका मूल फुट्नेछन्। कुनै समय स्याल बस्‍ने ठाउँमा घाँस, निगालो र काँस हुर्कनेछन्।
ISA 35:8 त्यहाँ एउटा राजमार्ग हुनेछ; त्यसलाई पवित्रताको मार्ग भनिनेछ; अशुद्ध त्यसबाट भएर जानेछैन। तर त्यसबाट भएर हिँड्नेहरूका लागि मात्र त्यो हुनेछ; दुष्‍ट मूर्खहरू त्यसबाट भएर जानेछैनन्।
ISA 35:9 त्यहाँ कुनै सिंह हुनेछैन, न त कुनै हिंसक पशु त्यहाँ पुग्न सक्नेछ; तिनीहरू त्यहाँ भेट्टाइनेछैनन्। तर छुटकारा पाएकाहरू मात्र त्यहाँ हिँड्नेछन्।
ISA 35:10 याहवेहका मोल तिरेर छुटाइएकाहरू फर्कनेछन्। तिनीहरू सियोनमा गाउँदै पस्‍नेछन्; तिनीहरूका शिरमा सदासर्वदाको आनन्दको मुकुट हुनेछ। तिनीहरू आनन्द र हर्षमा चुर्लुम्म डुब्नेछन्; अनि दुःख र सुस्केरा हराएर जानेछन्।
ISA 36:1 राजा हिजकियाको शासनको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका सबै सुरक्षित सहरहरूमाथि आक्रमण गरेर ती कब्जा गरे।
ISA 36:2 तब अश्शूरका राजाले एउटा ठूलो सेनासहित आफ्नो मैदानका सेनापतिलाई लाकीशबाट यरूशलेममा राजा हिजकियाकहाँ पठाए। जब ती सेनापति माथिल्‍लो पोखरीको नहरमा धोबीको खेत जाने बाटोमा रोकिए,
ISA 36:3 तब महलका प्रशासक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र आसापका छोरा लेखापाल योआ तिनीकहाँ गए।
ISA 36:4 मैदानका सेनापतिले तिनीहरूलाई भने, “हिजकियालाई भन्‍नू: “ ‘महान् राजा, अश्शूरका राजा, यसो भन्‍नुहुन्छ: तपाईंले आफ्नो भरोसा कुन आधारमाथि राख्नुभएको छ?
ISA 36:5 तपाईं भन्‍नुहुन्छ तपाईंसित लडाइँको रणनीति र सैन्य-बल छ। तपाईं खोक्रो कुरा गर्नुहुन्छ। तपाईं कसमाथि भरोसा गरेर मेरो विरुद्धमा बागी हुनुभएको छ?
ISA 36:6 अब हेर्नुहोस्, तपाईं इजिप्टमाथि भर पर्नुभएको छ। त्यो एउटा दुर्बल निगालो मात्र हो, जसले मानिसको हात मात्र घोच्छ, र त्यसमाथि अडेस लाग्नेलाई चोट मात्र लाग्छ! इजिप्टका राजा फारोमाथि भर पर्ने जोसुकैको निम्ति पनि यस्तै हुन्छ।
ISA 36:7 तपाईंले मलाई “हामी याहवेह हाम्रा परमेश्‍वरमाथि भरोसा राख्छौँ” भन्‍नुहुन्छ भने के त्यो त्यही देवता होइन, जसका अल्गा देवस्थानहरू र वेदीहरू हिजकियाले हटाएर यहूदा र यरूशलेमलाई “तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ” भनेका थिए?
ISA 36:8 “ ‘यसकारण अब मेरा मालिक अश्शूरका राजासित लेनदेन गर्नुहोस्। म तपाईंलाई दुई हजार घोडाहरू दिनेछु तपाईंले तीमाथि सवार गर्नेहरू जुटाउन सक्नुहुन्छ भने!
ISA 36:9 तपाईं रथहरू र घोडचढीहरूका निम्ति इजिप्टमाथि भर परिरहनुभएको छ भने मेरा मालिकका अधिकृतहरूमध्ये सबैभन्दा सानोलाई कसरी अस्वीकार गर्नुहुन्छ?
ISA 36:10 यसबाहेक के म याहवेहविना नै यस देशमाथि आक्रमण गरेर यसलाई नाश गर्न आएको छु र? याहवेह स्वयम्‌ले मलाई यस देशको विरुद्धमा आक्रमण गरेर नाश गर्नू भन्‍नुभएको छ।’ ”
ISA 36:11 तब एल्याकीम, शेब्ना र योआले मैदानका सेनापतिलाई भने, “कृपा गरी आफ्ना सेवकहरूसित अरामी भाषामा कुरा गर्नुहोस्। किनकि हामी यो भाषा बुझ्दछौँ। पर्खालमाथि भएका मानिसहरूले सुन्‍ने गरी हिब्रू भाषामा नबोलिदिनुहोस्।”
ISA 36:12 तर सेनापतिले जवाफ दिए, “के मेरा मालिकले यी कुराहरू तिमीहरूका मालिक र तिमीहरूलाई मात्र भन्‍नु भनेर पठाउनुभएको हो, र पर्खालमाथि बस्‍ने मानिसहरूलाई होइन—जसले तिमीहरूले झैँ आफ्नै दिसा खानुपर्नेछ र पिसाब पिउनुपर्नेछ?”
ISA 36:13 तब ती सेनापतिले उठेर कराएर हिब्रूमा भने, “महान् राजा, अश्शूरका राजाका कुरा सुन!
ISA 36:14 राजा यसो भन्‍नुहुन्छ, हिजकियाले तिमीहरूलाई छल्न नपाऊन्। तिनले तिमीहरूलाई मेरा हातबाट छुटाउन सक्नेछैनन्।
ISA 36:15 हिजकियाले तिमीहरूलाई याहवेहमाथि भरोसा गर्नलाई यसो भन्दै धोका दिन नपाऊन्, ‘याहवेहले निश्‍चय हामीलाई छुटाउनुहुनेछ। यो सहर अश्शूरका राजाका हातमा दिइनेछैन।’
ISA 36:16 “हिजकियाको कुरा नसुन्‍नू। अश्शूरका राजा भन्‍नुहुन्छ: मसित मिलाप गरेर बाहिर मकहाँ आओ। तब तिमीहरू प्रत्येकले आफ्नै दाख र नेभाराको फलबाट खानेछौ र आफ्नै इनारबाट पिउनेछौ।
ISA 36:17 जबसम्म म आएर तिमीहरूलाई तिमीहरूकै आफ्नै देशजस्तो ठाउँमा—अन्‍न र नयाँ दाखमद्यको देशमा—रोटी र दाखबारी भएको देशमा लैजान्‍नँ।
ISA 36:18 “हिजकियाले तिमीहरूलाई, ‘याहवेहले हामीलाई बचाउनुहुन्छ’ भनेर भ्रममा नपारून्। के आजसम्म कुनै जातिको देवताले आफ्नो देशलाई अश्शूरका राजाको हातबाट छुटाउन सकेको छ?
ISA 36:19 हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेमका देवताहरू कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटाउन सके?
ISA 36:20 यी देशहरूका कुन देवताले आफ्नो देशलाई मबाट बचाउन सकेको छ र? त्यसो भए कसरी याहवेहले मेरो हातबाट यरूशलेमलाई छुटाउन सक्नुहुन्छ?”
ISA 36:21 तर मानिसहरू चुप रहे अनि जवाफमा केही भनेनन्, किनकि राजाले तिनीहरूलाई, “त्यसलाई कुनै जवाफ नदिनु” भनेर आज्ञा दिएका थिए।
ISA 36:22 तब हिल्कियाहका छोरा एल्याकीम, जो महलका प्रशासक थिए, सचिव शेब्ना र आसापका छोरा लेखापाल योआ आफ्ना लुगा च्यातेर हिजकियाहकहाँ गए। अनि तिनलाई मैदानका सेनापतिले भनेका कुरा सुनाइदिए।
ISA 37:1 जब हिजकिया राजाले यो कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते र भाङ्ग्रा लगाएर याहवेहको मन्दिरभित्र गए।
ISA 37:2 तिनले राजमहलका प्रशासक एल्याकीम, सचिव शेब्ना र प्रमुख पुजारीहरूलाई भाङ्ग्रा लगाएर आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए।
ISA 37:3 तिनीहरूले तिनलाई भने, “हिजकिया यसो भन्‍नुहुन्छ: आजको दिन छोराछोरी जन्मनै लाग्दा आमामा बच्‍चा जन्माउन बल नभएकोझैँ कष्‍ट, निन्दा र तिरस्कारको दिन भएको छ।
ISA 37:4 सायद याहवेह तपाईंका परमेश्‍वरले मैदानका सेनापतिले भनेका कुरा सुन्‍नुभएको छ होला, जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरलाई ठट्टा गर्न पठाएका छन्। याहवेह तपाईंका परमेश्‍वरले सुन्‍नुभएका कुराहरूका निम्ति तिनलाई हपार्नुहुनेछ। यसकारण बाँचेकाहरूका निम्ति प्रार्थना गरिदिनुहोस्।”
ISA 37:5 जब राजा हिजकियाका अधिकृतहरू यशैयाकहाँ आए,
ISA 37:6 तब यशैयाले तिनीहरूलाई भने, “तिमीहरूका मालिकलाई भन, ‘याहवेह यसो भन्‍नुहुन्छ: तैँले सुनेका ती शब्दहरूका कारण नडरा, जसद्वारा अश्शूरको राजाका अधीनमा रहेका मानिसहरूले मेरो निन्दा गरेका छन्।
ISA 37:7 सुन्! म त्यसभित्र यस्तो आत्मा हालिदिनेछु, र त्यसले केही खबर सुनेर त्यो आफ्नै देशमा फर्केर जानेछ। अनि त्यहीँ त्यसलाई म तरवारले मार्न लाउनेछु।’ ”
ISA 37:8 त्यस मैदानका सेनापतिले अश्शूरका राजा लाकीशबाट गएका कुरा सुने। तब तिनी फर्केर गए, र राजालाई लिब्नाको विरुद्धमा लडाइँ गरिरहेका भेट्टाए।
ISA 37:9 अब सनहेरीबले कूशी राजा तिर्हाकाह आफूसित लडाइँ गर्न आइरहेका छन् भन्‍ने खबर पाए। त्यो सुनेपछि तिनले यो वचनसहित हिजकियाकहाँ दूतहरू पठाए:
ISA 37:10 “यहूदाका राजा हिजकियालाई यसो भन्‍नू: तिमीले भर पर्ने परमेश्‍वरले ‘यरूशलेम अश्शूरका राजाको हातमा दिइनेछैन’ भनेर तिमीलाई छल गर्न नपाऊन्।
ISA 37:11 अश्शूरका राजाहरूले सबै देशहरूलाई के गरेका छन् र कसरी सम्पूर्ण रूपले नाश गरेका छन् भनी तिमीले निश्‍चय नै सुनेका छौ, तब के तिमी छुटाइने छौ त?
ISA 37:12 के मेरा पितापुर्खाहरूले नाश गरेका जातिहरूका देवताहरूले तिनीहरूलाई छुटाए? अर्थात् गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्‍ने अदनका मानिसहरूलाई तिनीहरूका देवताहरूले छुटाए?
ISA 37:13 हमातका राजा, अर्पादका राजा, लाइर, सपर्बेम, हेना र इव्वाका राजाहरू कहाँ छन्?”
ISA 37:14 हिजकियाले ती दूतहरूबाट पत्र पाए र त्यसलाई पढे। तब तिनी याहवेहको मन्दिरमा गए, र पत्रलाई याहवेहको सामु खोलेर राखिदिए।
ISA 37:15 तब हिजकियाले याहवेहसित प्रार्थना गरे:
ISA 37:16 “हे सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, करूबहरूका बीचमा सिंहासनमा विराजमान हुनुहुने, तपाईं मात्र संसारका सबै राज्यहरूमाथि परमेश्‍वर हुनुहुन्छ। तपाईंले नै स्वर्ग र पृथ्वी बनाउनुभयो।
ISA 37:17 हे याहवेह, आफ्नो कान थापेर सुन्‍नुहोस्। हे याहवेह, आफ्ना आँखा खोलेर हेर्नुहोस्; सनहेरीबले जीवित परमेश्‍वरको अपमान गर्न पठाएका सबै कुराहरू सुन्‍नुहोस्।
ISA 37:18 “हे याहवेह, अश्शूरका राजाहरूले सबै मानिसहरू र तिनका देशहरूलाई उजाड पारेका कुरा साँचो हो।
ISA 37:19 तिनीहरूले उनीहरूका देवताहरूलाई आगोमा हालेर नष्‍ट गरिदिएका छन्; किनकि तिनीहरूका देवता परमेश्‍वर थिएनन्, तर मानिसहरूका हातले तयार गरिएका काठ र ढुङ्गा मात्र थिए।
ISA 37:20 अब हे याहवेह, हाम्रा परमेश्‍वर, हामीलाई त्यसको हातबाट बचाउनुहोस् र पृथ्वीका सम्पूर्ण राज्यहरूले, हे याहवेह, तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ भनी जानून्।”
ISA 37:21 तब आमोजका छोरा यशैयाले हिजकियालाई खबर पठाए: “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तैँले अश्शूरको राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरिस्,
ISA 37:22 यसकारण याहवेहले त्यसको विरुद्ध यो कुरा बोल्नुभएको छ: “सियोनकी कन्या छोरीले तँलाई तुच्छ ठान्छे र खिसी गर्छे। तँ भाग्दा यरूशलेमकी छोरीले आफ्नो शिर हल्‍लाउँछे।
ISA 37:23 तैँले कसको ठट्टा र निन्दा गरेको छस्? कसका विरुद्धमा तैँले आफ्ना आवाज उठाएको छस्, र घमण्डमा आफ्ना आँखा उठाएको छस्? इस्राएलका पवित्र परमेश्‍वरको विरुद्धमा निन्दा गरेको छस्!
ISA 37:24 आफ्ना दूतहरूद्वारा तैँले प्रभुको निन्दा गरेको छस्। अनि तैँले भनेको छस्, ‘म आफ्ना धेरै रथहरूसित पहाडहरूका शिखरहरूमा उक्लेको छु; अँ, लेबनानको सर्वोच्‍च शिखरहरूमा। मैले त्यसका सबैभन्दा अग्ला देवदारुका रूखहरू, त्यसका अति सर्वोत्तम सल्‍लाका रूखहरू काटेर ढालेको छु। म त्यसका दुर्गम उचाइहरूमा, त्यसका सर्वोत्तम वनहरूमा पुगेको छु।
ISA 37:25 मैले परदेशमा इनारहरू खनेको छु, र त्यहाँ पानी पिएको छु। मेरा खुट्टाका पैतालाले मैले इजिप्टका सबै नदीहरू सुकाइदिएको छु।’
ISA 37:26 “के तैँले सुनेको छैनस्? धेरै पहिले नै मैले यो नियुक्त गरेको थिएँ। प्राचीन कालमा नै मैले यो योजना बनाएको थिएँ। अब मैले यसलाई हुन दिएँ, र तैँले सुरक्षित सहरहरूलाई ढुङ्गाका थुप्रोमा परिणत गरेको छस्।
ISA 37:27 त्यसका मानिसहरू शक्तिहीन भई, निराश भएर शर्ममा परेका छन्। तिनीहरू बढ्न अगि नै घामले डढेका खेतका अन्‍नहरूजस्तै, कलिला टुसाझैँ, छतमा उम्रिरहेका घाँसझैँ छन्।
ISA 37:28 “तर तँ कहाँ बस्छस्, तँ कहिले आउँछस् र जान्छस्; अनि तँ कसरी मेरो विरुद्धमा रिसाउँछस्, त्यो म जान्दछु।
ISA 37:29 तँ मेरो विरुद्धमा रिसाएकोले र तेरो क्रोध मेरो कानसम्म आइपुगेको कारणले, म आफ्नो अङ्कुसे तेरो नाकमा र आफ्नो लगाम तेरो मुखमा लगाउनेछु; अनि म तँलाई, तँ आएकै बाटो भएर तँलाई फर्केर जान लाउनेछु।
ISA 37:30 “हे हिजकिया, तेरा निम्ति यो चिन्ह हुनेछ: “यो वर्ष तैँले आफैँ उम्रेको कुरा खानेछस्; र दोस्रो वर्ष तैँले त्यसैबाट उम्रेको कुरा खानेछस्। तर तेस्रो वर्षमा छर र कटनी गर, दाखबारी लगा र त्यसको फल खा।
ISA 37:31 एकपल्ट फेरि यहूदाका घरानाका बाँकी रहेकाले जमिनमा जरा हाल्नेछन्, र जमिनमाथि फल फलाउनेछन्।
ISA 37:32 किनकि यरूशलेमबाट एउटा बाँचेको भाग र सियोन पर्वतबाट बाँच्नेहरूको एउटा दल निस्कनेछ। सेनाहरूका याहवेहको जोशले यो सम्पन्‍न गर्नेछ।
ISA 37:33 “यसकारण अश्शूरको राजाको विषयमा याहवेह यसो भन्‍नुहुन्छ: “त्यसले यस सहरमा प्रवेश गर्नेछैन, न त यहाँ एउटा काँड नै हान्‍नेछ। त्यो यसको सामु ढालसित आउनेछैन, न त यसलाई घेराबन्दी लगाउनेछ।
ISA 37:34 त्यो त आफू आएकै बाटो भएर फर्कनेछ; त्यसले यस सहरमा प्रवेश गर्नेछैन,” याहवेह घोषणा गर्नुहुन्छ।
ISA 37:35 “म यस सहरलाई, मेरो खातिर र मेरो सेवक दावीदको खातिर रक्षा गरेर बचाउनेछु!”
ISA 37:36 त्यस रात याहवेहका दूतले बाहिर गएर अश्शूरहरूको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। भोलिपल्ट बिहानै मानिसहरू उठ्दा सबै मरेका लासहरू मात्र देखे!
ISA 37:37 यसकारण अश्शूरका राजा सनहेरीब छाउनी भत्काएर हटिगए। तिनी निनवेमा फर्केर त्यहीँ बसे।
ISA 37:38 एक दिन तिनी आफ्ना देवता निस्रोकको मन्दिरमा पूजा गरिरहेको बेला तिनका छोराहरू अद्रम्मलेक र शरेसेरले तिनलाई तरवारले मारे; र तिनीहरू अरारातको देशमा भागे। अनि तिनका छोरा एसरहदोन तिनीपछि राजा भए।
ISA 38:1 ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्युको मुखैमा पुगे।आमोजका छोरा अगमवक्ता यशैयाले तिनीकहाँ गएर भने, “याहवेह यसो भन्‍नुहुन्छ: आफ्ना घरानालाई ठिक राख्; किनकि तँ मर्नेछस्; तँ निको हुनेछैनस्।”
ISA 38:2 हिजकियाले आफ्नो अनुहार भित्तातिर फर्काएर याहवेहलाई प्रार्थना गरे,
ISA 38:3 “हे याहवेह, म तपाईंको सामु कसरी विश्‍वासयोग्यतामा र सम्पूर्ण हृदयको भक्तिमा हिँडेको छु, र मैले तपाईंको दृष्‍टिमा जे ठिक छ, त्यही गरेको कुरालाई सम्झनुहोस्।” अनि हिजकिया धुरुधुरु रोए।
ISA 38:4 तब याहवेहको वचन यशैयाकहाँ आयो:
ISA 38:5 “जा, र हिजकियालाई भन्, ‘याहवेह तेरा पुर्खा दावीदका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तेरो प्रार्थना सुनेको छु, र तेरो आँसु देखेको छु; म तेरो आयुमा अरू पन्ध्र वर्ष थपिदिनेछु।
ISA 38:6 अनि तँ र यस सहरलाई अश्शूरको राजाको हातबाट म छुटकारा दिनेछु, र यस सहरको रक्षा गर्नेछु।
ISA 38:7 “ ‘याहवेहले जे प्रतिज्ञा गर्नुभएको छ, सो गर्नुहुनेछ भन्‍ने तेरा निम्ति याहवेहबाट यो चिन्ह हुनेछ:
ISA 38:8 म आहाजको सिँढीमा तल गएको घामले बनाएको छायालाई दश कदम पछि सारिदिनेछु।’ ” यसकारण तल गएको घामको छाया दश कदम पछि सर्‍यो।
ISA 38:9 आफ्नो बिमार निको भएपछि यहूदाका राजा हिजकियाले लेखे:
ISA 38:10 मैले भनेँ, “मेरो जीवनको बीचमा के म मृत्युको मूलढोकाबाट भएर जानुपर्छ, र मेरा बाँकी वर्षहरू मबाट खोसिनेछ?”
ISA 38:11 मैले भनेँ, “म फेरि जीवितहरूको देशमा याहवेहलाई देख्नेछैनँ, अब उसो मानव-जातिलाई देख्नेछैनँ, वा अहिले यस संसारमा रहनेहरूसित हुनेछु।
ISA 38:12 मेरो घर गोठालाको पालझैँ उखेलिएर मबाट लगिएको छ। तान बुन्‍नेले झैँ मैले आफ्नो जीवनलाई बेह्रेको छु, र उहाँले मलाई तानबाट काटिदिनुभएको छ; दिनरात तपाईंले मलाई अन्त्य गर्नुभएको छ।
ISA 38:13 मैले बिहानसम्म धैर्यसाथ पर्खेँ, तर सिंहले झैँ मेरा सबै हाडहरू उहाँले भाँचिदिनुभयो; दिनरात तपाईंले मलाई अन्त्य गर्नुभएको छ।
ISA 38:14 म गौँथली वा सारसझैँ चिरबिर कराएँ; मैले विलाप गर्ने ढुकुरझैँ विलाप गरेँ। स्वर्गतिर हेर्दा मेरा आँखा कमजोर भए। म खतरामा छु; हे प्रभु, मेरा सहायताको निम्ति आउनुहोस्!”
ISA 38:15 तर म के भन्‍न सक्छु र? उहाँ मसित बोल्नुभएको छ, र उहाँ आफैँले यो गर्नुभएको हो। मेरो प्राणको चिन्ताको कारण म आफ्नो जीवनभरि नम्र भई हिँड्नेछु।
ISA 38:16 हे प्रभु, यस्तै कुराहरूद्वारा मानिसहरू जिउँछन्; र मेरो आत्माले पनि यिनमा जीवन पाउँछ। तपाईंले मलाई फेरि स्वस्थ पारिदिनुभयो र मलाई बचाउनुभयो।
ISA 38:17 निश्‍चय मेरै शान्तिको निम्ति मैले यस्तो वेदना खप्नुपर्‍यो। तपाईंले आफ्नो प्रेममा मलाई सर्वनाशको खाडलबाट अलग राख्नुभयो; किनकि तपाईंले मेरा सबै पापलाई आफ्नो पिठिउँपछाडि फ्याँकिदिनुभयो।
ISA 38:18 किनकि चिहानले तपाईंको प्रशंसा गर्न सक्दैन, मृत्युले तपाईंको प्रशंसा गाउन सक्दैन; खाडलमा पर्नेहरूले तपाईंको विश्‍वासयोग्यताको आशा राख्न सक्दैनन्।
ISA 38:19 जिउँदाहरूले मात्र तपाईंको प्रशंसा गर्छन्, जसरी आज म गरिरहेछु; बुबाहरूले आफ्ना सन्तानलाई तपाईंको विश्‍वासयोग्यताबारे बताउँछन्।
ISA 38:20 याहवेहले मलाई बचाउनुहुनेछ; अनि हामी याहवेहको मन्दिरमा आफ्ना जीवनकालभरि तार-बाजाहरूसित गाउनेछौँ।
ISA 38:21 यशैयाले भनेका थिए, “नेभाराको लेप बनाएर पिलोमा लगाउनू र त्यो निको हुनेछ।”
ISA 38:22 हिजकियाले यसो भनी सोधेका थिए, “म याहवेहको मन्दिरमा जानेछु भन्‍ने के चिन्ह हुनेछ?”
ISA 39:1 त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियाकहाँ पत्रहरू र एउटा उपहार पठाए; किनकि तिनले उनको बिमार र स्वास्थ्य-लाभको विषयमा सुनेका थिए।
ISA 39:2 हिजकियाले दूतहरूलाई हर्षसाथ स्वागत गरेर तिनीहरूलाई आफ्ना भण्डारमा भएका सबै चीजहरूः चाँदी, सुन, मसलाहरू, बहुमूल्य तेल, आफ्ना सारा हतियारहरू राख्ने घर र भण्डारमा भएका प्रत्येक चीज देखाइदिए। हिजकियाले आफ्नो महलमा वा सम्पूर्ण राज्यमा तिनीहरूलाई नदेखाएको कुनै चीज थिएन।
ISA 39:3 तब अगमवक्ता यशैया राजा हिजकियाकहाँ गएर सोधे, “ती मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?” हिजकियाले जवाफ दिए, “एउटा टाढा देश बेबिलोनबाट मकहाँ आएका हुन्।”
ISA 39:4 तब अगमवक्ताले सोधे, “तिनीहरूले तपाईंको महलमा के-के देखे?” हिजकियाले भने, “तिनीहरूले मेरो महलमा भएको प्रत्येक कुरा देखे। मेरो भण्डारमा भएका सबै थोक मैले तिनीहरूलाई देखाएँ।”
ISA 39:5 तब यशैयाले हिजकियालाई भने, “सेनाहरूका याहवेहको वचन सुन्‍नुहोस्:
ISA 39:6 त्यो समय निश्‍चय आउनेछ, जब तेरो महलमा भएको प्रत्येक चीज र तेरा पितापुर्खाहरूले आजको दिनसम्म थुपारेका सबै कुराहरू बेबिलोनमा लगिनेछन्; केही पनि छोडिनेछैन, याहवेह भन्‍नुहुन्छ।
ISA 39:7 तेरा केही सन्तान, तेरा आफ्नै मासु र रगत, जो तँबाट जन्मनेछन्, ती लगिनेछन्। तिनीहरू बेबिलोनको राजाको महलमा नपुंसक हुनेछन्।”
ISA 39:8 हिजकियाले जवाफ दिए, “तपाईंले बोल्नुभएको याहवेहको वचन असल छ।” किनकि तिनले सोचे, “मेरो जीवनकालमा शान्ति र सुरक्षा भइरहनेछ।”
ISA 40:1 सान्त्वना, मेरा प्रजालाई सान्त्वना देओ! तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ।
ISA 40:2 यरूशलेमसित कोमलतासाथ कुरा गर। त्यसलाई भन, त्यसका कठिन सेवा पूरा भइसकेको छ, त्यसका पापको मूल्य तिरिएको छ; त्यसले याहवेहको हातबाट आफ्ना सबै पापका निम्ति दोबर पाएको छ।
ISA 40:3 एक जना कराउनेको आवाज सुनिन्छ: “उजाडस्थानमा याहवेहको निम्ति बाटो तयार पार; उजाडस्थानमा हाम्रा परमेश्‍वरका निम्ति राजमार्ग सीधा बनाओ।
ISA 40:4 प्रत्येक उपत्यका अग्लो पारिनेछ, प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ; टेढामेढा जमिन मिलाइनेछ, खाल्टाखुल्टी समतल बनाइनेछ।
ISA 40:5 तब याहवेहको महिमा प्रकट हुनेछ, र सारा मानव जातिले त्यसलाई एकसाथ देख्नेछन्। किनकि याहवेहको मुखले यो भनेको छ।”
ISA 40:6 एउटा आवाजले भन्छ, “करा।” अनि मैले भनेँ, “म के भनेर कराऊँ?” “सारा मानिसहरू घाँसजस्तै हुन्, र तिनीहरूका गौरव मैदानका फूलहरूझैँ हुन्।
ISA 40:7 घाँस ओइलाउँछ र फूल झरिहाल्छ; किनकि याहवेहको सास तीमाथि फुकिन्छ। निश्‍चय नै मानिसहरू घाँस नै हुन्।
ISA 40:8 घाँस ओइलाउँछ र फूल झरिहाल्छ, तर हाम्रा परमेश्‍वरको वचन सदासर्वदा रहिरहन्छ।”
ISA 40:9 हे सियोनमा शुभ समाचार ल्याउने, अग्लो पर्वतमा चढ्! हे यरूशलेममा शुभ समाचार ल्याउने, आफ्नो सोर जोडले उचाल्, सोर उचाल्, नडरा; यहूदाका नगरहरूलाई भन्, “तिमीहरूका परमेश्‍वर यहाँ हुनुहुन्छ!”
ISA 40:10 हेर, सार्वभौम याहवेह शक्तिसाथ आउनुहुन्छ, र आफ्नो बाहुलीले शासन गर्नुहुन्छ। हेर, उहाँको पुरस्कार उहाँसितै छ, र उहाँको प्रतिफल उहाँको साथमा छ।
ISA 40:11 उहाँले आफ्ना बगाललाई गोठालाले झैँ हेरचाह गर्नुहुन्छ: उहाँले थुमाहरूलाई आफ्ना अँगालोमा लिनुहुन्छ; तिनीहरूलाई आफ्नो मुटुको नजिक राख्नुहुन्छ; उहाँले स-साना बच्‍चा भएकाहरूलाई बिस्तारै डोर्‍याउनुहुन्छ।
ISA 40:12 कसले आफ्नो अञ्जुलीमा पानीलाई नापेको छ, अथवा आफ्ना हातको चौडाइले आकाश नापेको छ? कसले पृथ्वीको धुलोलाई एउटा डालोमा भरेको छ, अथवा पर्वतहरू र डाँडाहरूलाई तराजुमा जोखेको छ?
ISA 40:13 कसले याहवेहको मनलाई बुझेको छ, वा उहाँको सल्‍लाहकार भएर उहाँलाई शिक्षा दिएको छ?
ISA 40:14 समझको निम्ति याहवेहले कससित सल्‍लाह लिनुभयो, र कसले उहाँलाई उचित मार्ग देखायो? उहाँलाई ज्ञान सिकाउने अथवा समझको मार्ग देखाउने को हो?
ISA 40:15 निश्‍चय नै जातिहरू त बाल्टीमा भएको एक थोपा पानीजस्ता हुन्; तिनीहरू त तराजुमा भएको धुलोझैँ ठानिएका छन्; उहाँले टापुहरूलाई धुलोजस्तै तौलिनुहुन्छ।
ISA 40:16 वेदीका दाउराको निम्ति लेबनान पर्याप्‍त छैन, न त त्यसका जन्तुहरू होमबलिको निम्ति प्रशस्त छन्।
ISA 40:17 उहाँको सामु सबै जातिहरू केही होइनन्; तिनीहरूलाई उहाँले व्यर्थको र शून्यभन्दा पनि थोरै ठान्‍नुभएको छ।
ISA 40:18 तब तिमीहरू परमेश्‍वरलाई कोसित तुलना गर्छौ? तिमीहरूले उहाँलाई कुन आकृतिसित तुलना गर्छौ?
ISA 40:19 मूर्तिलाई कारिगरले खोपेर बनाउँछ, सुनारले त्यसलाई सुनले मोहर्छ, र त्यसको निम्ति चाँदीको सिक्रीहरू बनाउँछ।
ISA 40:20 यस्तो भेटी चढाउन नसक्ने अति गरिबले चाहिँ एउटा नकुहिने काठ छान्छ; त्यसले नहल्‍लिने किसिमको एउटा मूर्ति बनाउन एक जना सिपालु कारिगर खोज्छ।
ISA 40:21 के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के तिमीहरूलाई यो सुरुदेखि नै भनिएको थिएन? के तिमीहरूले पृथ्वीको जग बसालिएदेखि नै बुझेका छैनौ?
ISA 40:22 उहाँ पृथ्वीको गोलाइमाथि सिंहासनमा विराजमान हुनुहुन्छ; पृथ्वीका मानिसहरू फट्याङ्ग्राजस्ता छन्। उहाँले आकाशलाई मण्डपझैँ तन्काउनुहुन्छ; अनि त्यसमा बास गर्नलाई त्यो पालझैँ फिँजाउनुहुन्छ।
ISA 40:23 उहाँले राजकुमारहरूलाई शून्य ठहराउनुहुन्छ, र यस संसारका शासकहरूलाई हटाएर बेकम्मा तुल्याउनुहुन्छ।
ISA 40:24 तिनीहरू रोपिनेबित्तिकै, छरिनासाथ, तिनीहरूले जमिनमा जरा हाल्नसाथ, उहाँले तिनीहरूलाई फुकिदिनुहुन्छ, र तिनीहरू ओइलिन्छन्; अनि भुमरीले तिनीहरूलाई भुसझैँ उडाएर लैजान्छ।
ISA 40:25 “तिमीहरू मलाई कससित तुलना गर्छौ? अथवा को म समान छ?” पवित्र परमेश्‍वर भन्‍नुहुन्छ।
ISA 40:26 आफ्ना आँखा उठाएर आकाशतिर हेर: कसले यी सबै कुराहरू सृष्‍टि गरे? उहाँ, जसले तारामण्डललाई एक-एक गरी ल्याउनुहुन्छ, र प्रत्येकलाई नामद्वारा बोलाउनुहुन्छ। उहाँको महान् पराक्रम र बलवान् शक्तिको कारण तीमध्ये एउटै पनि हराएको छैन।
ISA 40:27 हे याकोब, तँ किन गुनासो पोख्छस्, हे इस्राएल, तँ किन यस्तो भन्छस्, “मेरो मार्ग याहवेहबाट लुकेको छ; मेरो मुद्दा मेरा परमेश्‍वरले बेवास्ता गर्नुभएको छ?”
ISA 40:28 के तँ जान्दैनस्? के तैँले सुनेको छैनस्? याहवेह अनन्तका परमेश्‍वर हुनुहुन्छ, सारा पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ। उहाँ थाक्नुहुन्‍न, न त गल्नु हुन्छ, उहाँको बुद्धि अपरम्पार छ।
ISA 40:29 उहाँले थकितहरूलाई सामर्थ्य दिनुहुन्छ, र दुर्बलहरूको शक्ति बढाइदिनुहुन्छ।
ISA 40:30 जवानहरू पनि थाक्छन् र गल्छन्; अनि जवान मानिसहरू ठक्‍कर खाएर लड्छन्;
ISA 40:31 तर याहवेहमा आशा राख्नेहरूले नयाँ सामर्थ्य पाउँछन्। तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्; तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्; तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।
ISA 41:1 “हे टापुहरू हो, मेरो सामु चुप लागेर बस! राष्ट्रहरूले नयाँ सामर्थ्य प्राप्‍त गरून्! तिनीहरू अगि आएर बोलून्; हामी न्यायको ठाउँमा भेट गरौँ!
ISA 41:2 “कसले पूर्वबाट एक जनालाई उहाँको सेवाको निम्ति धार्मिकतामा बोलाएर सुर्‍याएको छ? उहाँले त्यसलाई राष्ट्रहरू दिनुहुन्छ, र राजाहरूलाई त्यसको वशमा पार्नुहुन्छ। जसले आफ्नो तरवारले तिनीहरूलाई माटोमा परिणत गरिदिनुहुन्छ, तथा आफ्नो धनुले बतासलाई उडाएको भुसमा परिणत गरिदिनुहुन्छ।
ISA 41:3 त्यसले तिनीहरूलाई खेद्छ र विनारोकटोक अगि बढ्छ; यस्तो बाटोबाट, जसमा त्यसका खुट्टाले पहिले हिँडेका थिएनन्।
ISA 41:4 पुस्ताहरूलाई सुरुदेखि बोलाएर, यो काम कसले गर्‍यो र पूरा गर्‍यो? म याहवेह नै हुँ, जो तिनीहरूका पहिलो र पछिल्‍लोसित रहन्छु।”
ISA 41:5 टापुहरूले त्यो देखे, र डराए; पृथ्वीको पल्‍लो छेउहरू काँप्छन्। तिनीहरू नजिक आएर अगाडि आउँछन्;
ISA 41:6 एक-अर्कालाई सघाउँछन्, र एउटाले अरू दाजुभाइलाई भन्छ, “बलियो होउ!”
ISA 41:7 कारिगरले सुनारलाई ढाडस दिन्छ, र धातु पिट्न घन प्रहार गर्नेले लिहिमा धातु पिटेर चिल्‍लो पार्नेलाई प्रोत्साहन दिन्छ। त्यसले लिहिको विषयमा यसो भन्छ, “यो असलै छ।” त्यसले मूर्तिलाई किला ठोकेर बलियो पार्छ।
ISA 41:8 “तर तँ, हे मेरो सेवक इस्राएल, याकोब, जसलाई मैले चुनेको छु। मेरा मित्र, अब्राहामका सन्तान,
ISA 41:9 मैले तँलाई पृथ्वीको पल्‍लो छेउबाट लिएँ, र त्यसका सुदूर कुनाबाट मैले तँलाई बोलाएँ। अनि मैले भनेँ, ‘तँ मेरो दास होस्’ मैले तँलाई चुनेको छु, र तँलाई इन्कार गरेको छैनँ।
ISA 41:10 यसकारण नडरा; किनकि म तँसित छु; निराश नहो, किनकि म तेरो परमेश्‍वर हुँ। म तँलाई सामर्थी बनाउनेछु, र सहायता दिनेछु; म तँलाई आफ्ना धार्मिकताको दाहिने हातले सम्हाल्नेछु।
ISA 41:11 “तेरो विरुद्ध रिस गर्ने सबै लाजमा पर्नेछन्, र अपमानित हुनेछन्; तेरो विरोध गर्नेहरू नाश भएर मेटिनेछन्।
ISA 41:12 तैँले तेरा शत्रुहरूलाई खोजे तापनि तिनीहरूलाई भेट्टाउनेछैनस्। तेरो विरुद्धमा लडाइँ गर्नेहरू नाश भएर मेटिनेछन्।
ISA 41:13 किनकि म याहवेह नै तेरा परमेश्‍वर हुँ, जसले तेरो दाहिने हात समातेर तँलाई भन्दछु, नडरा; म तँलाई सहायता गर्नेछु।
ISA 41:14 हे किरासमान याकोब, हे सानो इस्राएल, नडरा; किनकि म आफैँ तँलाई सहायता गर्नेछु” तेरो उद्धारक, इस्राएलका पवित्र परमेश्‍वर, याहवेह घोषणा गर्नुहुन्छ,
ISA 41:15 “हेर, म तँलाई दाँदेजस्तै हतियार बनाउनेछु; नयाँ र तीखा धेरै दाँतहरू भएको धारिलो दाँदेजस्तै बनाउनेछु। तैँले पर्वतहरूलाई दाइँ गर्नेछस् र तिनीहरूलाई पेल्नेछस्; अनि पर्वतहरूलाई घटाएर भुस बनाउनेछस्।
ISA 41:16 तैँले तिनीहरूलाई नाङ्लोले निफन्‍नेछस्, र हावाले तिनीहरूलाई उडाइलैजानेछ, र आँधीले तिनीहरूलाई छरपस्ट पारिदिनेछ। तर तँचाहिँ याहवेहमा आनन्दित हुनेछस्, र तैँले इस्राएलका पवित्र परमेश्‍वरलाई प्रशंसा गर्नेछस्।
ISA 41:17 “गरिब र खाँचोमा परेकाहरूले पानी खोज्छन्, तर पानी कतै छैन; तिनीहरूका जिब्रा प्यासले सुकेका छन्। तर म याहवेहले नै तिनीहरूलाई जवाफ दिनेछु; म इस्राएलका परमेश्‍वर भएको कारण तिनीहरूलाई त्याग्नेछैनँ।
ISA 41:18 म बाँझो अग्ला ठाउँहरूमा नदीहरू बग्न लगाउनेछु; अनि बेँसीमा खोलाहरू बग्न लगाउनेछु। म मरुभूमिलाई पानीको पोखरीमा र डढेको जमिनलाई खोलाहरूमा परिणत गर्नेछु।
ISA 41:19 म मरुभूमिमा देवदारु र बबुल, मेहदी र जैतुन लगाउनेछु। म बाँझो जमिनमा सल्‍ला, धूपी र सिसौ एकैसाथ उमार्नेछु,
ISA 41:20 ताकि मानिसहरूले देखून् र जानून्, विचार गरून् र बुभून्, कि यो याहवेहको हातको काम हो; इस्राएलका पवित्र परमेश्‍वरले यो सृजनुभएको हो।”
ISA 41:21 याहवेह भन्‍नुहुन्छ, “तिमीहरूका मुद्दा पेश गर।” याकोबका राजा भन्‍नुहुन्छ, “तिमीहरूका तर्क पेश गर।
ISA 41:22 तिमीहरूका मूर्तिहरूलाई लिएर आओ भविष्यका कुरा तिनीहरूले भनून्। अगिका कुराहरू के थिए, हामीलाई भन, र हामी तिनीहरूमाथि विचार गरौँ; अनि तिनीहरूका अन्तिम नतिजा जान्‍न सकौँ। अथवा भविष्यमा हुने कुराहरू घोषणा गर;
ISA 41:23 भविष्यमा के हुने हो, हामीलाई भन, र तिमीहरू देवताहरू हौ भनी हामी जान्‍न सकौँ। असल वा खराब केही गर ताकि हामी चकित भएर डराउनु परोस्।
ISA 41:24 तर तिमीहरू त केही होइनौ, र तिमीहरूका कामहरू पूर्ण व्यर्थ छन्; तिमीहरूलाई छान्‍नेहरू घृणित हुन्।
ISA 41:25 “मैले उत्तरबाट एक जनालाई सुर्‍याएको छु; अनि त्यो आउँछ, घाम उदाउने दिशाबाट, जसले मेरो नामको पुकार गर्छ। त्यसले शासकहरूलाई यसरी कुल्चनेछ, जसरी कुमालेले माटो कुल्चन्छ।
ISA 41:26 यस विषयमा सुरुदेखि कसले भन्यो र हामी जान्‍न सकौँ, अथवा पहिले नै बताएको छ र हामी ‘त्यो ठिक छ’ भन्‍न सकौँ? यसबारे कसैले भनेनन्, कसैले कहिल्यै भनेनन्; तिमीहरूबाट कसैले केही कुरा सुनेनन्।
ISA 41:27 सियोनलाई, ‘हेर, तिनीहरू यहाँ छन्!’ भन्‍ने म नै पहिलो हुँ। यरूशलेमलाई शुभ समाचार दिने दूत म नै हुँ।
ISA 41:28 म हेर्छु, तर कोही छैन; तिनीहरूमा सल्‍लाह दिने कोही पनि छैन; मैले तिनीहरूलाई प्रश्न गर्दा जवाफ दिने कोही पनि छैन।
ISA 41:29 हेर, तिनीहरू सबै झूटा हुन्! तिनीहरूका काम व्यर्थैका हुन्; तिनीहरूका मूर्तिहरू हावा र व्यर्थका मात्र हुन्।
ISA 42:1 “हेर मेरो सेवक, जसलाई म सम्हाल्दछु, मैले चुनेको जन, जसमा म प्रसन्‍न छु; म तिनमा मेरो आत्मा हाल्नेछु, र तिनले जाति-जातिहरूबीच न्याय ल्याउनेछन्।
ISA 42:2 तिनी चिच्याउने वा जोरले कराउने छैनन्, न त आफ्नो सोर सडकतिर सुनाउनेछन्।
ISA 42:3 फुटेको निगालोलाई तिनले भाँच्नेछैनन्, र निभ्न लागेको सलेदोलाई तिनले फुकिदिनेछैनन्। तिनले विश्‍वासयोग्यतामा न्याय गर्नेछन्;
ISA 42:4 जबसम्म तिनले पृथ्वीमा न्याय स्थापित गर्नेछैनन्; तिनी कमजोर हुने निरुत्साहित हुनेछैनन्। तिनको व्यवस्थामा टापुहरूले समेत आफ्नो आशा राख्नेछन्।”
ISA 42:5 याहवेह परमेश्‍वर यसो भन्‍नुहुन्छ: जसले आकाशहरू सृष्‍टि गरेर तिनलाई फैलाउनुभयो, जसले पृथ्वी र त्यसबाट आउने सबैलाई फिँजाउनुभयो, जसले यसका मानिसहरूलाई सास र त्यसमा हिँड्नेहरूलाई जीवन दिनुहुन्छ:
ISA 42:6 “म याहवेहले नै तँलाई धार्मिकतामा बोलाएको छु, म तेरो हात पक्रनेछु। म तेरो रक्षा गर्नेछु; अनि तँलाई जाति-जातिहरूका निम्ति करार र गैरयहूदीहरूका निम्ति ज्योति बनाउनेछु;
ISA 42:7 तब तैँले अन्धाहरूका आँखा खोल्न, कैदीहरूलाई कैदबाट छुटकारा दिन र अन्धकारको खाडलमा बस्‍नेहरूलाई निकाल्न सक्नेछस्।
ISA 42:8 “म नै याहवेह हुँ; मेरो नाम त्यही हो! म मेरो महिमा अर्कोलाई दिनेछैनँ, न त मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछु।
ISA 42:9 हेर, पहिलेका कुराहरू बितिसके, अब नयाँ कुराहरू म घोषणा गर्छु; तिनीहरू आउनुभन्दा पहिल्यै म ती तिमीहरूलाई बताउँछु।”
ISA 42:10 याहवेहको लागि एउटा नयाँ गीत गाओ, र पृथ्वीको छेउबाट उहाँको प्रशंसा गर; हे समुद्र यात्रा गर्नेहरू, र त्यसमा भएका सबै थोक, टापुहरू र तिनका सबै बासिन्दा हो।
ISA 42:11 मरुभूमि र त्यसका नगरहरूले आफ्ना सोर उचालून्; केदारमा बसेका बस्तीहरू आनन्दित होऊन्। सेलाका मानिसहरू आनन्दले गाऊन्; तिनीहरू पर्वतका टाकुराहरूबाट चिच्याऊन्।
ISA 42:12 तिनीहरूले याहवेहलाई महिमा देऊन्, र टापुहरूमा उहाँको प्रशंसा घोषणा गरून्।
ISA 42:13 याहवेह पराक्रमी मानिसझैँ अगि बढ्नुहुनेछ; योद्धाझैँ उहाँले आफ्नो जोश देखाउनुहुनेछ; चर्को सोरले उहाँले युद्ध-ध्वनि निकाल्नुहुनेछ; अनि उहाँले आफ्ना शत्रुहरूमाथि विजय पाउनुहुनेछ।
ISA 42:14 “धेरै समयसम्म म चुप रहेँ, म शान्त भएर आफूलाई रोकिराखेँ। तर अब, प्रसव वेदना लागेकी स्त्रीझैँ म चिच्याउँछु; म स्वाँ-स्वाँ गर्छु र छिटो-छिटो सास फेर्छु।
ISA 42:15 म पर्वतहरू र डाँडाहरूलाई उजाड पारिदिनेछु, र तिनका सबै वनस्पतिहरूलाई सुकाइदिनेछु; म नदीहरूलाई टापुहरूमा परिणत गरिदिनेछु; अनि पोखरीहरू सुकाइदिनेछु।
ISA 42:16 म अन्धाहरूलाई तिनीहरूले नजानेका बाटोहरूमा डोर्‍याउनेछु; नचिनेका बाटोहरूमा म तिनीहरूलाई डोर्‍याउनेछु; म तिनीहरूको सामु अन्धकारलाई उज्यालोमा परिणत गरिदिनेछु; अनि खाल्टाखुल्टी ठाउँहरूलाई समतल बनाउनेछु। म यी कुराहरू गर्नेछु; म तिनीहरूलाई त्याग्नेछैनँ।
ISA 42:17 तर मूर्तिहरूमाथि भरोसा राख्नेहरू, जसले मूर्तिहरूलाई ‘तपाईंहरू हाम्रा ईश्‍वर हुनुहुन्छ’ भनेर भन्छन्, तिनीहरू अन्त्यमा शर्ममा पारिनेछन्।
ISA 42:18 “हे बहिराहरू हो, सुन; हे अन्धाहरू हो, हेर र देख!
ISA 42:19 मेरो सेवकबाहेक अरू को अन्धो छ? मैले पठाएको दूतझैँ अरू को बहिरो छ? मसँग करारमा बाँधिएको व्यक्तिझैँ अन्धो को छ? याहवेहको सेवकझैँ अन्धो को छ?
ISA 42:20 तिमीहरूले धेरै कुरा देखेका छौ, तर त्यसमा ध्यान दिएका छैनौ; तिमीहरूका कान खुल्‍ला छन्, तर तिमीहरू केही सुन्दैनौ।”
ISA 42:21 आफ्ना धार्मिकताको खातिर उहाँको व्यवस्था महान् र महिमित बनाउन याहवेहलाई प्रसन्‍न लाग्यो।
ISA 42:22 तर यो जाति खोसिएको र लुटिएको छ; ती सबै खाडलमा परेका छन्, अथवा झ्यालखानामा लुकाइएका छन्। कसैले छुटाउन नसक्ने गरी तिनीहरू लुटिएका छन्; तिनीहरू लुट बनाइएका छन्, कसैले पनि ती फर्काओ भन्दैनन्।
ISA 42:23 तिमीहरूबीच कसले यो सुन्‍नेछौ, अथवा आउने समयमा ध्यान दिनेछौ?
ISA 42:24 कसले याकोबलाई लुटिन दियो, र इस्राएललाई कसले खोसिन दियो? के याहवेहले नै होइन? जसका विरुद्ध हामीले पाप गरेका छौँ? किनकि तिनीहरू उहाँका मार्गमा हिँडेनन्; तिनीहरूले उहाँको व्यवस्था पालन गरेनन्।
ISA 42:25 यसकारण उहाँले तिनीहरूमाथि आफ्नो बल्दो रिस खन्याइदिनुभयो, र युद्धको प्रचण्डता पोखाउनुभयो। त्यसले तिनीहरूलाई ज्वालामा लपेट्यो, तर पनि तिनीहरूले बुझेनन्; त्यसले तिनीहरूलाई भस्म पारिदियो, तर पनि तिनीहरूले त्यो कुरा मतलब राखेनन्।
ISA 43:1 तर अब, हे याकोब, तँलाई रच्नुहुने, हे इस्राएल, तँलाई सृष्‍टि गर्नुहुने, याहवेह यसो भन्‍नुहुन्छः “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु; मैले तँलाई नाम काढेर बोलाएको छु; तँ मेरै होस्।
ISA 43:2 तँ पानीबाट भएर जाँदा म तँसित हुनेछु; अनि तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई बगाउनेछैनन्। तँ आगोबाट हिँडेर जाँदा तँ जल्नेछैनस्; त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन।
ISA 43:3 किनकि म याहवेह नै तेरा परमेश्‍वर हुँ; इस्राएलका पवित्र परमेश्‍वर, तेरा उद्धारकर्ता हुनुहुन्छ। तेरो छुटकाराको मोलको निम्ति मैले इजिप्ट दिएको छु; तेरो सट्टामा कूश र सेबा दिएँ।
ISA 43:4 मेरो दृष्‍टिमा तँ बहुमूल्य र आदरणीय छस्; अनि मैले तँलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सट्टामा र राष्ट्रहरूलाई तेरो जीवनको सट्टामा दिनेछु।
ISA 43:5 नडरा, किनकि म तँसित छु; म तेरा सन्तानहरूलाई पूर्वबाट ल्याउनेछु, र तँलाई पश्‍चिमबाट भेला गराउनेछु।
ISA 43:6 म उत्तरलाई भन्‍नेछु, ‘तिनीहरू मलाई दिइहाल्!’ र दक्षिणलाई भन्‍नेछु, ‘तिनीहरूलाई नरोक्।’ मेरा छोराहरूलाई टाढा-टाढाबाट ल्याओ; अनि मेरा छोरीहरूलाई पृथ्वीको छेउ-छेउबाट ल्याओ;
ISA 43:7 मेरो नामले बोलाइएको हरेकलाई, जसलाई मैले आफ्नो महिमाको निम्ति सृष्‍टि गरेँ, जसलाई मैले नै रचेँ।”
ISA 43:8 आँखा भएर अन्धा र कान भएर पनि बहिरा हुनेहरूलाई डोर्‍याएर निकाल।
ISA 43:9 सबै जातिहरू एकसाथ जम्मा होऊन्; अनि मानिसहरू भेला होऊन्। तिनीहरूमध्ये कसले यो अगिबाटै बतायो; अनि अगिका कुराहरूको हामीलाई घोषणा गर्‍यो? तिनीहरू ठिक हुन् भनेर प्रमाणित गर्न तिनीहरूले साक्षीहरू ल्याऊन्, ताकि अरूले सुनून् र “यो साँचो हो” भनून्।
ISA 43:10 “तिमीहरू मेरा साक्षी हौ; याहवेह घोषणा गर्नुहुन्छ, मैले चुनेको मेरा सेवक, ताकि म उही हुँ भनी तिमीहरूले जान्‍न सक; अनि मलाई विश्‍वास गर्न र बुझ्न सक। मभन्दा पहिले कुनै ईश्‍वर रचिएको थिएन, न त मपछि कोही हुनेछ।
ISA 43:11 म हुँ, म नै याहवेह हुँ। मबाहेक अरू कुनै उद्धारकर्ता छैन।
ISA 43:12 मैले प्रकट गरेको छु, बचाएको छु र घोषणा गरेको छु— तिमीहरूबीच भएको कुनै परदेशी देवताले होइन। मेरा साक्षी तिमीहरू नै हौ,” भनी याहवेह घोषणा गर्नुहुन्छ, कि, “म नै परमेश्‍वर हुँ,
ISA 43:13 हो, प्राचीनकालदेखि म उही हुँ। मेरो हातबाट कसैले छुटाउन सक्दैन। जब म काम गर्छु, कसले त्यसलाई उल्टाउन सक्छ?”
ISA 43:14 याहवेह, तिमीहरूका उद्धारक, इस्राएलका पवित्र परमेश्‍वर भन्‍नुहुन्छ— “तिमीहरूको खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु; अनि सबै बेबिलोनीहरूलाई तिनीहरूले गर्व गरेका जहाजहरूमा शरणार्थीहरूलाई झैँ ल्याउनेछु।
ISA 43:15 म नै याहवेह, तिमीहरूका पवित्र परमेश्‍वर, इस्राएलका सृष्‍टिकर्ता, तिमीहरूका राजा हुँ।”
ISA 43:16 याहवेह यसो भन्‍नुहुन्छ, जो समुद्रबाट बाटो बनाउनुहुने, शक्तिशाली सागरमा मार्ग बनाउनुहुने,
ISA 43:17 रथ र घोडाहरू, सेना र थप सेनालाई एकैसाथ निकाल्नुहुने, तिनीहरू, जो फेरि उठ्न नसक्ने गरी लोटेका थिए; सलेदो निभाइएझैँ निभाइएका थिए:
ISA 43:18 “पहिलेका कुराहरू नसम्झ, बितेका कुराहरूमा नअल्झ।
ISA 43:19 हेर, म एउटा नयाँ काम गर्दैछु! अहिले नै यो प्रष्‍ट हुन्छ; के तिमीहरू यसलाई देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र उजाडभूमिमा खोलाहरू बनाउँदैछु।
ISA 43:20 जङ्गली जनावरहरू, स्यालहरू र उल्‍लुहरूले मलाई आदर गर्छन्; किनकि म आफ्नो चुनिएको जातिलाई पिउनका निम्ति मरुभूमिमा पानी र उजाडस्थानमा खोलाहरू प्रबन्ध गर्छु।
ISA 43:21 मैले आफ्नै निम्ति रचेको जातिको निम्ति, ताकि तिनीहरूले मेरो प्रशंसा घोषणा गरून्।
ISA 43:22 “तापनि हे याकोब, तैँले मलाई पुकार गरेको छैनस्; हे इस्राएल, तैँले मेरो निम्ति आफैँलाई थकित पारेको छैनस्।
ISA 43:23 तैँले मेरो निम्ति होमबलिको भेडा ल्याएको छैनस्, न त आफ्ना बलिदानहरूद्वारा मेरो आदर नै गरेको छस्। मैले तँलाई अन्‍नबलिको बोझ बोकाएको छैनँ, न त धूपको माग गरेर तँलाई थकित पारेको छु।
ISA 43:24 तैँले मेरा निम्ति बास्‍ना आउने बोझो ल्याएको छैनस्, न त बलिदानका बोसोहरूमा धेरै खर्च गरेको छस्। तर तैँले मलाई आफ्ना पाप बोकाएको छस्; अनि तेरा अपराधहरूले मलाई थकित पारेको छस्।
ISA 43:25 “म उही हुँ, जसले आफ्नै खातिर तेरा अधर्महरू मेटिदिन्छु, र तेरा पापहरू कहिल्यै स्मरण गर्नेछैनँ।
ISA 43:26 मेरो निम्ति पहिलेका कुरा विचार गर्, हामी आपसमा यस विषयमा तर्क गरौँ; तेरो निर्दोषताको मुद्दा बता।
ISA 43:27 पहिलेका तेरो पुर्खाले पाप गरे; तेरा प्रवक्ताहरूले मेरो विद्रोह गरे।
ISA 43:28 यसकारण म तेरो मन्दिरका उच्‍च शासकहरूलाई अपमान गर्नेछु; अनि याकोबलाई नाशको निम्ति र इस्राएललाई गिल्‍लाहका निम्ति सुम्पिदिनेछु।
ISA 44:1 “तर अब हे मेरो सेवक याकोब, मैले चुनेको इस्राएल, ध्यानसित सुन्।
ISA 44:2 तँलाई बनाउनुहुने, तँलाई गर्भमा रच्नुहुने, तँलाई सहायता गर्नुहुने याहवेह यसो भन्‍नुहुन्छ— हे याकोब, मेरो सेवक, मैले चुनेको यशूरून्, तँ नडरा!
ISA 44:3 किनकि म तिर्खाएको जमिनमा पानी खन्याउनेछु, र सुक्खा भूमिमा खोलाहरू बहाउनेछु; म मेरो आत्मा तेरा सन्तानहरूमाथि खन्याउनेछु; अनि मेरा आशिष्‌हरू तेरा वंशमाथि खन्याउनेछु।
ISA 44:4 तिनीहरू मैदानमा घाँस उम्रेझैँ उम्रनेछन्, बग्ने खोलाको किनारका लहरे पीपलझैँ हुनेछन्।
ISA 44:5 कसैले भन्‍नेछ, ‘म याहवेहको हुँ।’ अर्कोले आफूलाई याकोबको नामद्वारा बोलाउनेछ; अझ अर्कोले आफ्नो हातमा, ‘म याहवेहको हुँ’ भनेर लेख्नेछ, र आफ्नो नाम इस्राएल राख्नेछ।
ISA 44:6 “इस्राएलका महाराजा र उद्धारक, सेनाहरूका याहवेह भन्‍नुहुन्छ: पहिलो र पछिल्‍लो म नै हुँ; मबाहेक अरू कुनै परमेश्‍वर छैन।
ISA 44:7 मजस्तो को छ र? त्यसले त्यो घोषणा गरोस्। मैले मेरा प्राचीन जातिलाई स्थापित गरेपछि के भयो? त्यसले घोषणा गरोस् र मेरो सामु राखिदेओस्; अनि अब के हुनेछ— हो, त्यसले अब के हुनेछ, सो पहिलेबाटै भनोस्।
ISA 44:8 थरथर नकाँप र नडराओ। के मैले तिमीहरूलाई धेरै अगि नै यो घोषणा गरेको र बताएको होइन र? तिमीहरू मेरा साक्षी हौ। के मबाहेक अरू परमेश्‍वर छ र? होइन, अरू चट्टान छैन; म कसैलाई पनि चिन्दिनँ।”
ISA 44:9 मूर्ति बनाउनेहरू सबै केही पनि होइनन्, र तिनीहरूले मूल्यवान् ठानेका कुराहरू बेकामका हुन्। तिनीहरूका पक्षमा बोल्नेहरू अन्धा छन्; आफ्नै बदनामीको निम्ति तिनीहरू अज्ञात छन्।
ISA 44:10 आफूलाई केही फाइदा नहुने देवतालाई, कसले आकार दिएर ढलौटे मूर्ति बनाउँछ?
ISA 44:11 त्यस्तो काम गर्ने सबै लाजमा पर्नेछन्; यस्ता कारिगरहरू मानिसबाहेक केही होइनन्। तिनीहरू सबै आएर आफ्ना अडान लिऊन्; तिनीहरू सबै त्रसित र लज्जित हुनेछन्।
ISA 44:12 लोहारले एउटा हतियार लिन्छ, र त्यो लिएर उसले कोइलामा काम गर्छ; घनले मूर्तिको आकार निकाल्छ, र आफ्नो हातको शक्तिले त्यसलाई बनाउँछ। उसलाई भोक लाग्छ र त्यसको बल हराउँछ; पानी नपिएकोले ऊ कमजोर हुन्छ।
ISA 44:13 सिकर्मीले सूत तानेर सिसाकलमले चिन्ह लगाउँछ। उसले रामोले चिल्‍लो पारेर त्यसको आकार निकाल्छ, र परकालले त्यसमा चिन्ह लगाएर घरमा राख्नलाई मानिसको सबै सुन्दरताको रूपमा त्यसको आकार निकाल्छ।
ISA 44:14 उसले देवदारुहरू काट्छ, अथवा सिसौ र फलाँटको रूखहरू चुन्छ; उसले त्यसलाई वनका रूखहरूसित बढ्न दिन्छ, अथवा सालको रूख रोप्छ र वर्षाले त्यसलाई बढाउँछ।
ISA 44:15 त्यो यस मानिसका निम्ति बाल्नलाई दाउरा हुन्छ; त्यसबाट केही लिएर उसले आफूलाई न्यानो पार्छ; उसले आगो सल्काएर रोटी पकाउँछ। तर उसले काठबाट देवता पनि बनाएर त्यसलाई पुज्छ; उसले मूर्ति बनाएर त्यसको सामु निहुरिन्छ।
ISA 44:16 आधा काठ उसले आगोमा जलाउँछ; त्यसमा उसले आफ्नो भोजन पकाउँछ, त्यसैबाट उसले मासु पोल्छ र अघाउन्जेल खान्छ। उसले आफूलाई न्यानो पारेर भन्छ, “अहो! म न्यानो भएँ, मैले आगो देख्न पाएँ।”
ISA 44:17 बाँकी भागबाट उसले एउटा देवता बनाउँछ, त्यसको मूर्ति बनाउँछ; ऊ त्यसको सामु घोप्टो परेर त्यसलाई पुज्छ। उसले त्यसलाई प्रार्थनामा भन्छ, “मलाई बचाउनुहोस्, तपाईं मेरा ईश्‍वर हुनुहुन्छ।”
ISA 44:18 तिनीहरू केही जान्दैनन्, न त तिनीहरूले केही बुझ्छन्; तिनीहरूका आँखामा पट्टी बाँधिएको छ र तिनीहरू देख्न सक्दैनन्; अनि तिनीहरूका मन बन्द भएका छन् र तिनीहरू बुझ्न सक्दैनन्।
ISA 44:19 कसैले पनि विचार गर्दैन, “यसको आधा भाग मैले दाउराको रूपमा जलाएँ; यसको कोइलामा मैले रोटी पनि पोलेँ, र मैले मासु पोलेर खाएँ। त्यसको बाँकी भागबाट के म एउटा घृणित कुरा बनाऊँ? के म काठको टुक्राको सामु घोप्टो परूँ?” भन्‍ने ज्ञान र समझशक्ति कसैसित छैन।
ISA 44:20 उसले खरानी खान्छ, एउटा ठगिएको हृदयले त्यसलाई पथभ्रष्‍ट पार्छ; उसले आफूलाई बचाउन सक्दैन, अथवा “के मेरो दाहिने हातमा भएको यो कुरो झूट होइनँ?” भन्‍न सक्दैन।
ISA 44:21 “हे याकोब, यी कुराहरू सम्झना गर्; किनकि हे इस्राएल, तँ मेरो सेवक होस्। मैले तँलाई बनाएँ, तँ मेरो सेवक होस्; हे इस्राएल, म तँलाई बिर्सनेछैनँ।
ISA 44:22 मैले तेरा अपराधहरूलाई बादलझैँ, र तेरा पापहरूलाई बिहानको तुवाँलोझैँ हटाइदिएँ। मकहाँ फर्की; किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु।”
ISA 44:23 हे आकाश आनन्दले गा; किनकि याहवेहले यसो गर्नुभएको छ; हे पृथ्वीको गहिराइ, चर्को सोरले करा। हे पर्वतहरू हो, उच्‍च सोरले गा! हे जङ्गल र रूखहरू हो, आनन्दले गा; किनकि याहवेहले याकोबलाई मोल तिरेर छुटाउनुभएको छ, र उहाँले आफ्नो महिमा इस्राएलमा देखाउनुहुन्छ।
ISA 44:24 “तेरा उद्धारकर्ता, तँलाई गर्भमा रच्नुहुने याहवेह यसो भन्‍नुहुन्छ: म नै तेरा याहवेह हुँ, जसले सबै कुराहरू बनाउनुभएको छ; जसले आकाशलाई फैलाउनुभयो, र पृथ्वीलाई फिँजाउनुभयो;
ISA 44:25 जसले झूटा अगमवक्ताका अलौकिक चिन्हहरू विफल पारिदिनुहुन्छ र जोखना हेर्नेहरूलाई मूर्ख तुल्याउनुहुन्छ; जसले बुद्धिमान्‌हरूका विद्यालाई उल्टो पारिदिनुहुन्छ र त्यसलाई मूर्ख बनाइदिनुहुन्छ;
ISA 44:26 “जसले उहाँका सेवकहरूका वचनहरू पक्‍का गर्नुहुन्छ, र आफ्ना सन्देशवाहकहरूका भविष्यवाणीहरू पूरा गरिदिनुहुन्छ। जसले यरूशलेमलाई, ‘यो बसोबास हुनेछ,’ र यहूदाका नगरहरूलाई, ‘ती बनाइनेछन्,’ र भग्नावशेषको विषयमा, ‘म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु’ भन्‍नुहुन्छ।
ISA 44:27 जसले गहिरा पानीलाई भन्‍नुहुन्छ, ‘सुकिजा! म तेरा खोलाहरूलाई सुकाउनेछु’,
ISA 44:28 जसले कोरेसलाई भन्‍नुहुन्छ, ‘त्यो मेरो गोठालो हो र मेरा सबै इच्छा त्यसले पूरा गर्नेछ। उहाँले यरूशलेमलाई भन्‍नुहुन्छ, “त्यो पुनर्निर्माण गराइओस्,” र मन्दिरलाई “यसको जग बसालिओस्।” ’
ISA 45:1 “याहवेह आफ्नो अभिषिक्त जन कोरेसलाई यसो भन्‍नुहुन्छ, मैले त्यसको दाहिने हात थामेको छु, त्यसको सामु जातिहरूलाई पराजित गर्न; अनि राजाहरूको हतियार खोस्‍न, मूलढोकाहरू बन्द नहोस् भनेर त्यसको सामु ढोकाहरू खोलिदिन:
ISA 45:2 म तेरो अगि-अगि जानेछु, र पर्वतहरूलाई समतल पारिदिनेछु; म काँसाका मूलढोकाहरू भत्काइदिनेछु; अनि फलामका बारहरू म काटिदिनेछु।
ISA 45:3 म नै याहवेह हुँ, म नै इस्राएलका परमेश्‍वर हुँ; मैले नै तँलाई तेरो नाम काढेर बोलाएको छु भनेर तैँले थाहा पाउनलाई म तँलाई अँध्यारो ठाउँमा भएको भण्डार र गुप्‍त स्थानमा जम्मा गरेका धन दिनेछु।
ISA 45:4 मेरो सेवक याकोब, र मैले चुनेको इस्राएलको खातिर तैँले मलाई स्वीकार नगरे तापनि मैले तँलाई नाम काढेर बोलाएको छु; र तँलाई सम्मानको उपाधी प्रदान गरेको छु।
ISA 45:5 म नै याहवेह हुँ, र मबाहेक अरू कुनै परमेश्‍वर छैन; मबाहेक अरू कोही परमेश्‍वर छैन। तैँले मलाई स्वीकार नगरेको भए तापनि म तँलाई बलियो पार्नेछु,
ISA 45:6 ताकि सूर्योदयदेखि सूर्यास्तसम्म मानिसहरूले जानून् कि मबाहेक अरू कोही छैन। म नै याहवेह हुँ, र मबाहेक अरू कोही छैन।
ISA 45:7 म ज्योति र अन्धकार सृष्‍टि गर्दछु; म सुख-शान्ति ल्याउँछु, र विपत्ति सृष्‍टि गर्छु; यी सबै कुराहरू गर्ने म याहवेह नै हुँ।
ISA 45:8 “हे आकाश हो, माथिबाट धार्मिकताको वृष्‍टि खन्या; बादलहरूले त्यो बर्साओस्; पृथ्वी चौडा गरी उघारिओस्, र उद्धार उम्रेर आओस्; त्यससित धार्मिकता बढोस्; म याहवेहले नै यसलाई सृष्‍टि गरेको हुँ।
ISA 45:9 “धिक्‍कार त्यसलाई, जसले आफ्नो सृष्‍टिकर्तासित झगडा गर्छ! त्यो पनि भुइँमा भएका माटोका खपटाहरूमध्ये एउटा खपटा मात्र हो। के माटोले कुमालेलाई ‘तैँले के बनाउँदैछस्’ भनी सोध्छ? के तेरो कामले ‘त्यसको हातै छैन’ भनी भन्छ?
ISA 45:10 धिक्‍कार त्यसलाई, जसले आफ्नो बुबालाई ‘तपाईंले कस्तो सन्तान जन्माउनुभयो?’ भनी भन्छ, अथवा आमालाई, ‘तपाईंले के जन्माउनुभयो?’ भनी भन्छ।
ISA 45:11 “आउने कुराहरूका विषयमा इस्राएलका पवित्र परमेश्‍वर, त्यसलाई बनाउनुहुने याहवेह भन्‍नुहुन्छ— के मेरो सन्तानको विषयमा तँ मलाई प्रश्न गर्छस्, अथवा मेरा हातका कामहरूको विषयमा मलाई आज्ञा दिन्छस्?
ISA 45:12 पृथ्वी बनाउने र त्यसमा मानिसहरूलाई सृष्‍टि गर्ने म नै हुँ। मेरा आफ्नै हातहरूले आकाश फिँजाएँ; त्यसमा भएका तारामण्डललाई मैले ठिकसँग मिलाएर राखेको हुँ।
ISA 45:13 म कोरेसलाई मेरो धार्मिकतामा उचाल्नेछु; म त्यसका मार्गहरू सोझा बनाइदिनेछु; त्यसले मेरो सहर पुनर्निर्माण गर्नेछ; अनि देश निकाला भएका मेरा मानिसहरूलाई मुक्त गर्नेछ, तर कुनै मूल्य र पुरस्कारको लागि होइन, सेनाहरूका याहवेह भन्‍नुहुन्छ।”
ISA 45:14 याहवेह यसो भन्‍नुहुन्छ: “इजिप्टको उब्जनी र कूशको व्यापारको धन र ठूला कद भएका सेबाका मानिसहरू तँकहाँ आउनेछन्, र ती तेरा हुनेछन्; तिनीहरू साङ्लाले बाँधिएर कष्‍टसाथ तेरो पछि-पछि आउनेछन्। तिनीहरू तेरो सामु झुक्नेछन् र बिन्ती गर्दै यसो भन्‍नेछन्ः ‘निश्‍चय परमेश्‍वर तपाईंसित हुनुहुन्छ, र अरू कोही पनि छैन; अर्को ईश्‍वर छँदैछैन।’ ”
ISA 45:15 हे इस्राएलका परमेश्‍वर र उद्धारकर्ता, साँच्‍चै तपाईं आफूलाई अदृश्य पार्नुहुने परमेश्‍वर हुनुहुन्छ।
ISA 45:16 मूर्ति बनाउने सबै जना शर्ममा पर्नेछन् र अपमानित हुनेछन्; तिनीहरू एकसाथ अपमानित भएर जानेछन्।
ISA 45:17 तर इस्राएल अनन्तको उद्धारसित याहवेहद्वारा बचाइनेछ; तँ कहिल्यै शर्ममा पर्नेछैनस्, अथवा युग-युगसम्म अपमानित हुनेछैनस्।
ISA 45:18 किनकि याहवेह भन्‍नुहुन्छ— जसले स्वर्ग सृजनुभयो, उहाँ परमेश्‍वर हुनुहुन्छ; उहाँ, जसले पृथ्वीलाई आकार दिएर बनाउनुभयो; उहाँले त्यसलाई स्थापित गर्नुभयो; त्यसलाई रित्तो हुनलाई सृष्‍टि गर्नुभएको होइन, तर त्यसलाई बसोबास गराउनको लागि बनाउनुभयो— उहाँ भन्‍नुहुन्छ: “म नै याहवेह हुँ, मबाहेक अर्को कोही परमेश्‍वर छैन।
ISA 45:19 मैले गुप्‍तमा वा कुनै अन्धकारको ठाउँबाट बोलेको छैनँ; मैले याकोबका सन्तानलाई ‘मलाई व्यर्थमा खोज्’ भनेको छैनँ। म याहवेह सत्य बोल्छु; जे ठिक छ, त्यही घोषणा गर्छु।
ISA 45:20 “एकसाथ भेला भएर आओ; हे जाति-जातिका शरणार्थीहरू हो, भेला होओ। काठका मूर्तिहरू बोकिहिँड्नेहरू सबै अज्ञानी हुन्, जसले बचाउन नसक्ने देवताहरूसित प्रार्थना गर्दछन्।
ISA 45:21 अब के हुनेछ, घोषणा गर्, त्यसलाई प्रस्तुत गर्— तिनीहरूले एकसाथ सल्‍लाह लिऊन्। कसले यो धेरै पहिले बतायो, कसले यो धेरै पहिले नै घोषणा गर्‍यो? के म याहवेहले नै होइन? मबाहेक अरू कोही परमेश्‍वर छैन; धर्मी र उद्धारकर्ता परमेश्‍वर म नै हुँ; मबाहेक अरू परमेश्‍वर कोही छैन।
ISA 45:22 “मकहाँ फर्क र बाँच, हे पृथ्वीका पल्‍लो छेउका मानिसहरू हो; किनकि परमेश्‍वर म नै हुँ, र अरू कोही पनि छैन।
ISA 45:23 मैले आफ्नै शपथ खाएको छु; मेरो मुखले सम्पूर्ण इमानदारीमा रद्द नहुने हरेक कुरा उच्‍चारण गरेको छु; मेरो सामु हरेक घुँडा टेकिनेछ, र हरेक जिब्रोले शपथ खानेछ।
ISA 45:24 तिनीहरूले मेरो विषयमा यसो भन्‍नेछन्, ‘याहवेहमा मात्र धार्मिकता र शक्ति छ।’ ” उहाँको विरुद्धमा रिस गर्नेहरू सबै उहाँकहाँ नै आउनेछन्, र शर्ममा पर्नेछन्।
ISA 45:25 तर याहवेहमा इस्राएलका सबै सन्तानहरू धार्मिक भेट्टाइनेछन्, र उहाँमा गर्व गर्नेछन्।
ISA 46:1 बेल देवता झुक्छ, नेबो देवता निहुरिन्छ; तिनीहरूका मूर्तिहरू भारी बोक्ने पशुहरूले बोकेका छन्। तिनीहरूले लिएर हिँडेका मूर्तिहरू थाकेकाहरूका निम्ति गह्रौँ भारजस्तै छन्।
ISA 46:2 त्यस भारबाट मुक्त हुन नसकेर तिनीहरू एकसाथ निहुरिन्छन्, ती सँगसँगै झुक्छन्; तिनीहरू आफैँ कैदमा गइहाल्छन्।
ISA 46:3 “हे याकोबको घराना, मेरो कुरा ध्यानसित सुन्, इस्राएलका घरानाका बाँचेकाहरू सबै, जसलाई गर्भधारण गरेको समयदेखि मैले सम्हालेको छु, र जन्मेको घडीदेखि नै मैले बोकेको छु।
ISA 46:4 तिमीहरूका वृद्धावस्था र केश फुलेका बेलासम्म म उही हुँ; म उही हुँ, जसले तिमीहरूलाई थामिराख्नेछ। मैले तिमीहरूलाई बनाएँ, र म तिमीहरूलाई बोक्नेछु; म तिमीहरूलाई थामिराख्नेछु, र म तिमीहरूलाई छुटाउनेछु।
ISA 46:5 “तिमीहरूले मलाई कोसित तुलना गर्छौ वा त्यसको बराबरी सम्झन्छौ? मेरो तुलना गर्न तिमीहरूले मलाई कोजस्तो ठान्छौ?
ISA 46:6 कसैले आफ्ना थैलाबाट सुन खन्याउँछन् र तराजुमा चाँदी जोख्छन्; तिनीहरूले त्यसबाट देवता बनाउनको लागि सुनारलाई ज्यालामा लिन्छन्, र घोप्टेर त्यसलाई पुज्छन्।
ISA 46:7 त्यसलाई काँधमा उठाएर बोक्छन्; अनि त्यसलाई त्यसको ठाउँमा राख्छन् र त्यो त्यहाँ खडा रहन्छ। त्यस ठाउँबाट त्यो यताउता चल्न सक्दैन। कसैले त्यसलाई पुकार गर्‍यो भने तापनि त्यसले जवाफ दिन सक्दैन; त्यसले तिनीहरूलाई विपत्तिबाट बचाउन सक्दैन।
ISA 46:8 “हे बागीहरू हो, यो याद राख, मनमा छाप लगाओ, यसलाई हृदयभित्र राख।
ISA 46:9 ती धेरै पहिल्यैका पुराना कुराहरू सम्झ; किनकि म परमेश्‍वर हुँ, अरू कोही पनि छैन; म परमेश्‍वर हुँ, मजस्तो अरू कोही पनि छैन।
ISA 46:10 म अन्तिमका कुराहरू पहिल्यैदेखि नै; र प्राचीन समयदेखि नै, हुन आउने घटनाहरूको बारेमा भन्छु। म भन्छु, ‘मेरो उद्देश्य अटल रहन्छ, र म आफ्नो इच्छाअनुसार सबै कुरा गर्नेछु।’
ISA 46:11 पूर्वबाट म शिकारी पक्षीलाई बोलाउँछु; मेरो उद्देश्य पूरा गर्नलाई टाढा देशबाट मानिसलाई बोलाउँछु। मैले जे भनेको छु, त्यो म गर्नेछु; मैले जे योजना गरेको छु, त्यो म गर्नेछु।
ISA 46:12 हे हठी हृदय भएकाहरू हो, मेरो कुरा ध्यानसित सुन; तिमीहरू, जो धार्मिकताबाट टाढा छौ।
ISA 46:13 म आफ्नो धार्मिकता नजिक ल्याउँदैछु; यो टाढा छैन, र मेरो उद्धार ढिलो हुनेछैन। मेरो उद्धार सियोनलाई दिनेछु, मेरो गौरव इस्राएललाई दिनेछु।
ISA 47:1 “हे बेबिलोनकी कन्ये छोरी, तल गएर धुलोमा बस्; बेबिलोनीहरूकी छोरी, सिंहासनविना नै भुइँमा बस्। अब उसो तँ कलिलो र कोमल भनिनेछैनस्।
ISA 47:2 जाँतो लिएर पिठो पिँध्; आफ्नो घुम्टो निकाल्। तेरो फरिया माथि सार्, नाङ्गो जाँघ नछोपी खोलाहरू तर्।
ISA 47:3 तेरो नग्नता उघारिनेछ, र तेरो लाज प्रकट हुनेछ। म बदला लिनेछु; एउटैलाई पनि म बाँकी छोड्नेछैनँ।”
ISA 47:4 हाम्रा उद्धारकको नाम सेनाहरूका याहवेह हो। उहाँ इस्राएलका पवित्र परमेश्‍वर हुनुहुन्छ।
ISA 47:5 “बेबिलोनीहरूकी छोरी, चुपचाप बस्, अन्धकारभित्र जा; अब उसो तँलाई राज्यहरूकी रानी भनिनेछैन।
ISA 47:6 म आफ्ना मानिसहरूसित रिसाएको थिएँ, र मैले आफ्नो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ; मैले तिनीहरूलाई तेरो हातमा दिएँ, तर तैँले तिनीहरूलाई दया देखाइनस्; वृद्धहरूमाथि पनि तैँले गह्रौँ जुवा लादिदिइस्।
ISA 47:7 तैँले, ‘म सदाको निम्ति अनन्तकी रानी भइरहनेछु’ भनिस्; तर तैँले यी कुराहरू विचार गरिनस्, अथवा के होला भनी ध्यान दिइनस्।
ISA 47:8 “आफ्नो सुरक्षामा आराम गरिरहने र आफूलाई, ‘म नै हुँ, मबाहेक अरू कोही पनि छैन। म कहिल्यै विधवा हुनेछैनँ, न त छोराछोरी नै गुमाउनेछु’ भनी ठान्‍ने हे विलासी, अब सुन्।
ISA 47:9 यी दुवै कुराहरू, छोराछोरीको वियोग र विधवापन एकै दिनमा तँमाथि आइपर्नेछ। तेरा धेरै तन्त्रमन्त्रहरू र सबै शक्तिशाली टुनामुनाहरू हुँदा-हुँदै पनि ती तँमाथि पूर्ण रूपले आइपर्नेछन्।
ISA 47:10 तैँले आफ्नो दुष्‍टतामाथि भरोसा राखेकी छेस्, र ‘मलाई कसैले देख्नेछैन’ भनेकी छेस्। तैँले आफूलाई, ‘म नै हुँ, र मबाहेक अरू कोही पनि छैन’ भनेकी छेस्; तेरो बुद्धि र ज्ञानले तँलाई कुबाटोमा लगेको छ।
ISA 47:11 विपत्ति तँमाथि आइपर्नेछ; त्यसलाई तैँले हटाउन जान्‍नेछैनस्। प्रकोप तँमाथि आउनेछ, जसलाई तैँले मोल तिरेर पनि भगाउन सक्दिनस्; तैँले पहिलेबाटै देख्न नसकेको प्रलय तँमाथि अचानक आइपर्नेछ।
ISA 47:12 “तैँले बाल्यकालदेखि परिश्रम गर्दैआएको टुनामुना र तेरा धेरै तन्त्रमन्त्रमा नै लागिबस्। सायद तँ सफल हुनेछेस्, सायद तैँले आतङ्कित पार्न सक्छेस् कि!
ISA 47:13 तैँले सुनेका सबै सल्‍लाहहरूले तँलाई खिन्‍न मात्र पारेको छ! तेरा ज्योतिषीहरू अगि आऊन्; ती तारा हेर्नेहरू, जसले महिनैपिच्छे भविष्यका कुरा भन्छन्, तिनीहरूले तँमाथि आउन लागेको कुराहरूबाट तँलाई बचाऊन्।
ISA 47:14 तिनीहरू निश्‍चय नै ठुटाझैँ हुन्; आगोले तिनीहरूलाई जलाइदिनेछ। तिनीहरूले आफूलाई ज्वालाको शक्तिबाट बचाउनसमेत सक्दैनन्। यो कसैलाई न्यानो पार्ने कोइला होइन; न त नजिक बस्‍ने आगो नै हो।
ISA 47:15 तिनीहरूले तँलाई गर्न सक्ने यति नै हो— तिनीहरू जोसित तैँले परिश्रम गरिस् र तेरो बाल्यकालदेखि नै कारोबार गरिस्। तिनीहरू हरेक आफ्नै गल्तीमा लागि बस्छन्; तँलाई बचाउन सक्ने कोही पनि हुनेछैन।
ISA 48:1 “हे याकोबको घराना, यो कुरा सुन, तिमीहरू, जो इस्राएलको नामले बोलाइएका छौ, र यहूदाको वंशबाट आएका छौ, तिमीहरू, जसले याहवेहको नाममा शपथ खान्छौ र इस्राएलका परमेश्‍वरलाई पुकार्छौ; तर सत्यता र धार्मिकतामा होइन;
ISA 48:2 तिमीहरू, जो आफूलाई पवित्र सहरका नागरिक भन्छौ; अनि इस्राएलका परमेश्‍वरमा भरोसा राख्छौ; उहाँको नाम सेनाहरूका याहवेह हो।
ISA 48:3 मैले पहिलेका कुराहरू धेरै अगि नै भनिसकेको छु, मेरो मुखबाट ती निस्के, र मैले ती भनिदिएँ; तब झट्टै मैले काम गरेँ, र ती हुन आए।
ISA 48:4 किनकि तँ कति हठी छस् भन्‍ने मलाई थाहा थियो; तेरो गर्दन फलामको जस्तो, र तेरो निधार काँसाको जस्तो थियो।
ISA 48:5 यसकारण मैले यी कुराहरू तँलाई धेरै अगि नै भनिदिएँ; ती हुनुभन्दा पहिले नै मैले तँलाई सूचित गरेँ, ताकि तैँले ‘मेरा मूर्तिहरूले यी गरेका हुन्, र मेरा काठका मूर्तिहरूले यी गरेका हुन्’ भनी भन्‍न नपाओस्।
ISA 48:6 तैँले यी कुराहरू सुनेको छस्; ती सबैलाई हेर्। के तँ ती कुराहरू स्वीकार गर्दैनस्? “अब उसो म तँलाई नयाँ कुराहरूको विषयमा भन्‍नेछु, तैँले नजानेका गुप्‍त कुराहरू भन्‍नेछु।
ISA 48:7 ती धेरै अगि होइन, अहिले सृजिएका हुन्; तैँले यी विषयमा आजभन्दा पहिले सुनेको छैनस्। यसकारण तैँले, ‘हो, मैले तिनीहरूको विषयमा जानेको थिएँ’ भन्‍न सक्दैनस्।
ISA 48:8 तैँले न त सुनेको छस्, न त बुझेको छस्; प्राचीन समयदेखि नै तेरो कान खोलिएको छैन। तँ कति विश्‍वासघाती छस् भनी म राम्ररी जान्दछु; तँलाई त जन्मैदेखि विद्रोही भनिन्थ्यो।
ISA 48:9 म आफ्नै नामको खातिर आफ्नो क्रोधलाई ढिलो गराउँछु; मेरो प्रशंसाको निम्ति मेरो क्रोध तँबाट रोकी राखेको छु, यसैले कि तँ पूर्ण रूपमा नाश हुन नपरोस्।
ISA 48:10 हेर्, मैले तँलाई खारेको छु, तर चाँदीलाई जस्तै होइन; मैले तँलाई कष्‍टको भट्टीमा जाँचेको छु।
ISA 48:11 मेरो खातिर, मेरो आफ्नै खातिर म यसो गर्नेछु। म कसरी आफ्नै बदनामी हुन दिन सक्छु? म आफ्नो महिमा अरू कसैलाई दिनेछैनँ।
ISA 48:12 “हे याकोब सुन्, इस्राएल, जसलाई मैले बोलाएको छु: म उही हुँ, प्रथम र अन्तिम म नै हुँ।
ISA 48:13 मेरो आफ्नै हातले पृथ्वीको जग बसालेको हो, र मेरो दाहिने हातले आकाशहरू फैलाएको हो; मैले तिनीहरूलाई बोलाउँदा तिनीहरू सबै एकसाथ खडा हुन्छन्।
ISA 48:14 “तिमीहरू सबै एकसाथ आएर सुन: कुन मूर्तिले यी कुराहरू पहिलेबाटै भनिदिएको छ? याहवेहको चुनिएको सहयोगीले बेबिलोनको विरुद्ध उहाँको उद्देश्य पूरा गर्नेछ; त्यसको बाहुली बेबिलोनीहरूको विरुद्ध हुनेछ।
ISA 48:15 म आफैँले बोलेको छु; हो, मैले त्यसलाई बोलाएको छु। म त्यसलाई ल्याउनेछु, र त्यो आफ्नो काममा सफल हुनेछ।
ISA 48:16 “मेरो नजिक आएर यो सुन: “मेरो पहिलो घोषणादेखि नै म गुप्‍तमा बोलेको छैनँ; यो हुन आएको समयदेखि नै, म छँदैछु।” अब प्रभु याहवेहले मलाई उहाँको आत्मासित पठाउनुभएको छ।
ISA 48:17 तिमीहरूका उद्धारक, इस्राएलका पवित्र परमेश्‍वर याहवेह यसो भन्‍नुहुन्छ— “म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई सबैभन्दा असल के हुन्छ, सो सिकाउनुहुन्छ, जसले तिमीहरूले हिँड्नुपर्ने बाटो बताउनुहुन्छ।
ISA 48:18 यदि तिमीहरूले मेरा आज्ञाहरूमा ध्यान दिएका मात्र भए, तिमीहरूका शान्ति नदीझैँ हुनेथियो; तिमीहरूका धार्मिकता समुद्रका छालहरूझैँ हुनेथियो।
ISA 48:19 तिमीहरूका सन्तान बालुवाझैँ हुनेथिए, र तिमीहरूका बालबच्‍चाहरू त्यसका असंख्य कणहरूझैँ हुनेथिए; तिनीहरूका नाम मेरो सामुबाट कहिल्यै हटाइनेथिएन, न त नाश गरिनेथियो।”
ISA 48:20 बेबिलोनलाई छोडिदेओ, बेबिलोनीहरूबाट भाग! यसलाई हर्षको चीत्कारले सूचित गर र यसलाई घोषणा गर। यसलाई पृथ्वीको छेउसम्म पठाओ; “याहवेहले आफ्नो सेवक याकोबलाई मोल तिरेर छुटाउनुभएको छ” भनी भन।
ISA 48:21 तिनीहरूलाई उहाँले उजाडस्थान भएर लैजानुहुँदा तिनीहरू तिर्खाएनन्; तिनीहरूको निम्ति उहाँले चट्टानबाट पानी निकाल्नुभयो; उहाँले चट्टानलाई फोर्नुभयो र पानी जोडसित फुटेर निस्क्यो।
ISA 48:22 याहवेह भन्‍नुहुन्छ, “दुष्‍टहरूका निम्ति शान्ति छैन।”
ISA 49:1 हे टापुहरू हो, मेरो कुरा सुन; हे टाढाका जातिहरू हो, यो सुन; म जन्मनुभन्दा अगि याहवेहले मलाई बोलाउनुभयो; म आमाको गर्भमा हुँदादेखि नै उहाँले मलाई नाम दिनुभयो।
ISA 49:2 उहाँले मेरो मुख उध्याएको तरवारझैँ बनाउनुभयो; उहाँले मलाई आफ्नो हातको छायामा लुकाउनुभयो; उहाँले मलाई टल्काइएको तीरझैँ बनाउनुभयो, र मलाई उहाँको ठोक्रोमा लुकाउनुभयो।
ISA 49:3 उहाँले मलाई भन्‍नुभयो, “तँ मेरो सेवक इस्राएल होस्, जसमा म आफ्नो महिमा प्रकट गर्छु।”
ISA 49:4 तर मैले भनेँ, “मैले व्यर्थैमा परिश्रम गरेछु; मैले आफ्नो बल सबै व्यर्थमा खर्च गरेछु। तर पनि मैले पाउनुपर्ने जे छ, त्यो याहवेहकै हातमा छ; अनि मेरो पुरस्कार मेरा परमेश्‍वरसित छ।”
ISA 49:5 यसैले अब याहवेह भन्‍नुहुन्छ— उहाँ जसले याकोबलाई उहाँकहाँ फर्काएर ल्याउन, र इस्राएललाई आफूकहाँ भेला गराउन, मलाई उहाँको सेवक हुन भनी गर्भैमा रच्नुभयो; किनकि म याहवेहको दृष्‍टिमा सम्मानित भएको छु, र मेरा परमेश्‍वर नै मेरो बल हुनुभएको छ।
ISA 49:6 उहाँ भन्‍नुहुन्छ: “याकोबका कुलहरूलाई पुनर्स्थापित गर्न र मैले जोगाइराखेको इस्राएललाई फर्काएर ल्याउनको निम्ति तँ मेरो सेवक हुने कुरा तेरो निम्ति अति सानो कुरा हो। मेरो उद्धार पृथ्वीको छेउसम्म फैलियोस् भनेर म तँलाई गैरयहूदीहरूका निम्ति एउटा ज्योति पनि बनाउनेछु।”
ISA 49:7 जसलाई जाति-जातिहरूले तुच्छ ठाने र घृणा गरे— उद्धारकर्ता र इस्राएलका पवित्र परमेश्‍वर— त्यो शासकहरूका सेवकलाई, याहवेह पवित्र परमेश्‍वर भन्‍नुहुन्छ: “राजाहरूले तँलाई देख्नेछन् र खडा हुनेछन्; अनि राजकुमारहरूले देख्नेछन् र तेरो अगि घोप्टो पर्नेछन्; किनभने विश्‍वासयोग्य याहवेह, इस्राएलका पवित्र परमेश्‍वरले तँलाई चुन्‍नुभएको छ।”
ISA 49:8 याहवेह यसो भन्‍नुहुन्छ: “मेरो निगाहको समयमा म तँलाई जवाफ दिनेछु, र उद्धारको दिन म तँलाई सहायता गर्नेछु; म तँलाई सम्हाल्नेछु र तँलाई बनाउनेछु; मानिसहरूका निम्ति एउटा करार बनाउन, देशलाई पुनर्स्थापन गर्न, र त्यसका उजाड उत्तराधिकारहरू फेरि दिलाउन,
ISA 49:9 कैदीहरूलाई ‘बाहिर आओ’ र अन्धकारमा भएकाहरूलाई ‘स्वतन्त्र होओ’ भन्‍न। “तिनीहरू बाटोका किनारमा खानेछन् र प्रत्येक बाँझो डाँडामा खर्क भेट्टाउनेछन्।
ISA 49:10 तिनीहरू न त भोकाउनेछन्, न त तिर्खाउनेछन्, न त मरुभूमिको गर्मी र घामले तिनीहरूलाई पोल्नेछ। तिनीहरूमाथि दया गर्नुहुनेले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ, र तिनीहरूलाई पानीका खोलाहरूका छेउमा डोर्‍याउनुहुनेछ।
ISA 49:11 म आफ्ना पर्वतहरूलाई बाटोमा परिणत गर्नेछु, र मेरा राजमार्गहरू उच्‍च पारिनेछन्।
ISA 49:12 हेर, तिनीहरू धेरै टाढाबाट आउनेछन्— कोही उत्तरबाट, कोही पश्‍चिमबाट, र कोही सीनीम देशबाट आउनेछन्।”
ISA 49:13 हे आकाश, आनन्दले करा; हे पृथ्वी, हर्ष मना; हे पर्वतहरू हो, चर्को सोरले गा! किनकि याहवेहले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ; अनि कष्‍ट पाएका आफ्नाहरूलाई दया देखाउनुहुन्छ।
ISA 49:14 तर सियोनले भन्यो, “याहवेहले मलाई त्याग्नुभएको छ, प्रभुले मलाई भुल्नुभएको छ।”
ISA 49:15 “के कुनै आमाले आफ्नो दुधे-बालकलाई बिर्सन सक्छे, र आफूले जन्माएको बालकमाथि दया नदेखाउली र? त्यसले भुल्न पनि सक्छे, तर म तँलाई कहिल्यै पनि भुल्नेछैनँ!
ISA 49:16 हेर्, मैले तँलाई आफ्नो हत्केलामा खोपेको छु; तेरा पर्खालहरू सधैँ मेरो सामु छन्।
ISA 49:17 तेरा छोराहरू चाँडो गरी फर्कँदैछन्, र तँलाई उजाड पार्नेहरू तँबाट गइहाल्छन्।
ISA 49:18 तेरा आँखाहरू उचालेर चारैतिर हेर्; तेरा सबै छोराहरू भेला भएर तँकहाँ आउँछन्। म जीवित भएझैँ,” याहवेह घोषणा गर्नुहुन्छ, “तँ गहनाले सिङ्गारिएझैँ यी सबैले सिङ्गारिनेछस्; अनि दुलहीले झैँ तैँले यी सबै लगाउनेछस्।
ISA 49:19 “यद्यपि तँ नष्‍ट र उजाड पारिएको थिइस् र तेरो देश रुखो पारिएको थियो; अब तँ आफ्ना मानिसहरूका निम्ति अति सानो हुनेछस्, र तँलाई निलिहाल्नेहरू टाढै हुनेछन्।
ISA 49:20 तेरो शोकको समयमा जन्मेका बालबच्‍चाहरूले तैँले सुन्‍ने गरी ‘यो ठाउँ हामीलाई साह्रै सानो भयो; हामीलाई अझ धेरै बस्‍ने ठाउँ देओ’ भन्‍नेछन्।
ISA 49:21 तब तैँले आफ्ना हृदयमा भन्‍नेछस्, ‘कसले मेरा निम्ति यिनीहरूलाई जन्माए? म त शोकित र बाँझी थिएँ; म देशबाट निकालिएकी र त्यागिएकी थिएँ। यिनीहरूलाई कसले हुर्काए? म एकलै छोडिएकी थिएँ, तर यिनीहरू कहाँबाट आए?’ ”
ISA 49:22 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “हेर, म गैरयहूदीहरूतिर इशारा गर्छु; म जातिहरूतिर आफ्नो झण्डा उचाल्नेछु; तिनीहरूले तेरा छोराहरूलाई आफ्ना हातमा ल्याउनेछन्, र तेरा छोरीहरूलाई आफ्ना काँधमा बोक्नेछन्।
ISA 49:23 राजाहरू तेरा स्याहार गर्ने बुबा र रानीहरू तेरा स्याहार गर्ने आमा हुनेछन्। तिनीहरू तेरा सामु आफ्ना अनुहार भुइँतिर निहुर्‍याएर दण्डवत् गर्नेछन्; तिनीहरूले तेरा खुट्टाको धुलो चाट्नेछन्। तब तैँले म नै याहवेह हुँ, भनी जान्‍नेछस्; ममाथि आशा राख्नेहरू निराश हुनेछैनन्।”
ISA 49:24 के योद्धाहरूबाट लुटको माल खोसिन सकिन्छ, अथवा निर्दयीको हातबाट कैदीहरू खोसिन सकिन्छ?
ISA 49:25 तर याहवेह यसो भन्‍नुहुन्छ: “हो, योद्धाहरूबाट कैदीहरू खोसिनेछन्, र लुटको माल निर्दयीहरूबाट फिर्ता लिइनेछ; तँसित झगडा गर्नेहरूसित म झगडा गर्नेछु; अनि तेरा बालबच्‍चाहरूलाई म बचाउनेछु।
ISA 49:26 तेरा अत्याचारीहरूलाई म तिनीहरूका आफ्नै मासु खान लाउनेछु; मद्यले मात्तिएझैँ तिनीहरू आफ्नै रगत पिएर मात्नेछन्। तब सबै मानव जातिले जान्‍नेछन्, कि म याहवेह नै तेरा उद्धारकर्ता तँलाई मोल तिरेर छुटाउने, याकोबको सर्वशक्तिमान् परमेश्‍वर हुँ।”
ISA 50:1 याहवेह यसो भन्‍नुहुन्छ: “मैले तेरी आमासितै पठाइदिएको त्यसको त्यागपत्र कहाँ छ? अथवा तँलाई मैले कुन ऋणदाताकहाँ बेचेँ? तेरा पापहरूको कारण तँ बेचिएको थिइस्; तेरा अर्धमहरूको कारण तेरी आमा पठाइएकी थिइन्।
ISA 50:2 म आउँदा किन कोही थिएन? मैले बोलाउँदा किन जवाफ दिने कोही मानिस थिएन? के मेरो हात तँलाई छुटाउन नसक्ने गरी साह्रै छोटो थियो? के तँलाई बचाउने शक्ति मसित छैन र? मेरो एउटा हप्कीले म समुद्र सुकाउन सक्छु, म नदीलाई मरुभूमि बनाउन सक्छु; पानीको कमीले गर्दा माछाहरू कुहिन्छन् र तिर्खाले मर्छन्।
ISA 50:3 म आकाशलाई अन्धकारले ढाक्छु, र भाङ्ग्रालाई त्यसको ओढ्ने बनाउँछु।”
ISA 50:4 थाकेकाहरूलाई उत्साह दिने शब्द जान्‍नका निम्ति प्रभु याहवेहले मलाई सिकाउने जिब्रो दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्छे बिउँझाउनुहुन्छ, मेरो कानलाई सिक्नेलाई झैँ बिउँझाउनुहुन्छ।
ISA 50:5 प्रभु याहवेहले मेरा कानहरू खोलिदिनुभएको छ, म बागी भएको छैनँ; म पछि हटेको छैनँ।
ISA 50:6 मलाई पिट्नेहरूतिर मैले आफ्नो पिठिउँ नाङ्गो देखाइदिएँ, मेरो दाह्री लुछ्नेहरूलाई मैले आफ्नो गाला फर्काइदिएँ; गिल्‍ला र थुकाइदेखि मैले आफ्नो अनुहार लुकाइनँ।
ISA 50:7 प्रभु याहवेहले मलाई सहायता दिनुभएकोले म अपमानित हुनेछैनँ। यसकारण मैले आफ्नो अनुहारलाई चकमके ढुङ्गाझैँ स्थिर पारेको छु, र म शर्ममा पर्नेछैनँ भनी जान्दछु।
ISA 50:8 मलाई निर्दोष ठहराउनुहुने मेरो छेउमा हुनुहुन्छ। यसकारण कसले मेरो विरुद्धमा अभियोग लगाउन सक्छ र? हामी एक-आपसको सामना गरौँ! मलाई दोष लगाउने को हो? त्यसले मेरो सामना गरोस्!
ISA 50:9 मलाई सहायता गर्नुहुने प्रभु याहवेह नै हुनुहुन्छ। कसले मलाई दोषी ठहराउँछ? तिनीहरू सबै लुगाझैँ थोत्रा भएर जानेछन्; तिनीहरूलाई किराहरूले खाइदिनेछन्।
ISA 50:10 तिमीहरूमा कसले याहवेहको डर मान्छ र उहाँको सेवकका कुराहरू कसले पालन गर्छ? अन्धकारमा हिँड्ने, जससित ज्योति छैन, याहवेहको नाममा विश्‍वास राखोस्, र उसको परमेश्‍वरमाथि भरोसा राखोस्।
ISA 50:11 तर अब तिमीहरू जसले आगो बाल्छौ, र आफ्नो निम्ति जलिरहेको राँको प्रबन्ध गर्छौ, जाओ र आफ्नो आगोका उज्यालोमा तिमीहरूले बालेको राँकोको उज्यालोमा हिँड। तिमीहरूले मेरो हातबाट यही पाउनेछौ; तिमीहरू यातनामा रहिरहनेछौ।
ISA 51:1 “हे धार्मिकताको पछि लाग्नेहरू र याहवेहलाई खोज्नेहरू हो, मेरो कुरा सुन: तिमीहरू जुन चट्टानबाट निकालिएका र जुन खानिबाट कुँदिएका थियौ, त्यसलाई हेर।
ISA 51:2 तिमीहरूका पुर्खा अब्राहाम, र तिमीहरूलाई जन्माउने सारालाई हेर। मैले उसलाई बोलाउँदा ऊ एकलै थियो; अनि मैले उसलाई आशिष् दिएँ, उसलाई संख्यामा बढाएँ।
ISA 51:3 निश्‍चय नै याहवेहले सियोनलाई सान्त्वना दिनुहुनेछ, र त्यसका सबै भग्नावशेषहरूलाई दयाको नजरले हेर्नुहुनेछ; उहाँले त्यसका मरुभूमिहरूलाई अदनझैँ र त्यसका बाँझो जमिनहरूलाई याहवेहको बगैँचाजस्तै बनाउनुहुनेछ। अनि त्यसमा आनन्द, खुशीयाली, धन्यवाद र गीतको ध्वनि पाइनेछन्।
ISA 51:4 “हे मेरा प्रजा हो, मेरा कुरामा ध्यान देओ; हे मेरो जाति हो, मेरो कुरा सुन: मबाट व्यवस्था निस्कनेछ; मेरो न्याय राष्ट्रहरूको ज्योति हुनेछ।
ISA 51:5 मेरो धार्मिकता नजिक छ, मेरो उद्धार आउँदैछ; अनि मेरो बाहुलीले राष्ट्रहरूमा न्याय ल्याउनेछ। टापुहरूले मतिर हेर्नेछन्, र मेरो बाहुलीको निम्ति आशा लिएर प्रतीक्षा गर्नेछन्।
ISA 51:6 तिमीहरूका आँखा आकाशतिर उठाओ, तल पृथ्वीमा हेर; आकाश धुवाँझैँ लोप भइजानेछ; पृथ्वी लुगाझैँ मक्‍किएर जानेछ, र यसका बासिन्दाहरू झिँगाझैँ मरिजाने छन्। तर मेरो उद्धार सदासर्वदा रहनेछ; मेरो धार्मिकता कहिल्यै चुक्नेछैन।
ISA 51:7 “जे असल छ, त्यो जान्‍नेहरू र तिमीहरू, जसको हृदयमा मेरो व्यवस्था छ, मेरो कुरा सुन। मानिसहरूका बदनामदेखि नडराओ, न त तिनीहरूको अपमानदेखि भयभीत होओ।
ISA 51:8 किनकि तिनीहरूलाई किराले लुगा खाएझैँ खानेछन्; अनि तिनीहरूलाई किराले ऊन खाएझैँ खानेछन्। तर मेरो धार्मिकता सदासर्वदा रहिरहनेछ; मेरो उद्धार पुस्तादेखि पुस्तासम्मै रहिरहनेछ।”
ISA 51:9 जाग, जाग! हे याहवेहको बाहुली, आफैँलाई शक्ति धारण गर; बितेका समयमा झैँ, पुराना पुस्ताहरूमा झैँ जाग! के राहाबलाई टुक्रा-टुक्रा पार्ने तपाईं नै हुनुहुन्‍न? जसले त्यस अजिङ्गरलाई वारपार छेडिदिनुभयो।
ISA 51:10 के तपाईं त्यही हुनुहुन्‍न? जसले समुद्र सुकाउनुभयो, अथाह समुद्रको पानी सुकाउनुभयो; अनि आफूले उद्धार गर्नुभएकाहरूलाई पार गर्नका निम्ति समुद्रको गहिराइमा मार्ग बनाइदिनुभयो?
ISA 51:11 याहवेहका मोल तिरेर छुटाइएकाहरू फर्कनेछन्। तिनीहरू सियोनमा गाउँदै पस्‍नेछन्; तिनीहरूका शिरमा सदासर्वदाको आनन्दको मुकुट हुनेछ। तिनीहरू आनन्द र हर्षमा चुर्लुम्म डुब्नेछन्; अनि दुःख र सुस्केरा हराएर जानेछन्।
ISA 51:12 “म, हो! म नै हुँ, जसले तिमीहरूलाई सान्त्वना दिन्छु। मरणशील मानिसदेखि घाँसजस्तै ओइलाउने मानिसका सन्तानदेखि डराउने तिमीहरू को हौ?
ISA 51:13 तिमीहरू आफ्नो सृष्‍टिकर्ता याहवेहलाई भुल्छौ, जसले आकाश फिँजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो; तिमीहरूलाई नाश गर्न इच्छुक रहने अत्याचारीहरूका क्रोधसित तिमीहरू दिनहुँ डराएर बस्छौ? ती अत्याचारीहरूका क्रोध कहाँ छ?
ISA 51:14 डरले काँपिरहेका कैदीहरू चाँडै मुक्त भइजानेछन्; तिनीहरू आफ्ना खाडलहरूमा मर्नेछैनन्, न त तिनीहरूलाई रोटीको अभाव हुनेछ।
ISA 51:15 किनकि म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ, जसले समुद्रलाई उथलपुथल गर्छ, र त्यसका छालहरू गर्जन्छन्; जसको नाम सेनाहरूका याहवेह हो।
ISA 51:16 मैले तेरो मुखमा आफ्नो वचन हालिदिएको छु; अनि तँलाई आफ्नो हातको छायाले ढाकेको छु; मैले आकाशलाई त्यसको ठाउँमा राखेको छु, जसले पृथ्वीको जग बसालेको छु, र सियोनलाई, ‘तँ मेरो प्रजा होस् भनेको छु।’ ”
ISA 51:17 जाग्, जाग्! हे यरूशलेम उठ्, तिमीहरू जसले याहवेहको हातबाट, उहाँको क्रोधको कचौरा पिएका छौ; तिमीहरू जसले कचौरामा भएको धरमराइदिने मद्य पूरै पिएर रित्याएका छौ।
ISA 51:18 त्यसले जन्माएका छोराहरूमध्ये त्यसलाई अगुवाइ गर्ने कोही पनि थिएन; त्यसले हुर्काएका छोराहरूमध्ये त्यसको हात समात्ने कोही पनि थिएन।
ISA 51:19 यी दुवै विपत्तिहरू तँमाथि आएका छन्— तँलाई कसले सान्त्वना दिन सक्छ? विध्वंश र सर्वनाश, अनिकाल र तरवार— कसले तँलाई सान्त्वना दिन सक्छ र?
ISA 51:20 तेरा छोराहरू बेहोस छन्; तिनीहरू पासोमा परेका मृगझैँ हरेक गल्‍लीका कुनामा पल्टिरहेका छन्। तिनीहरू याहवेहको क्रोध, र तेरा परमेश्‍वरको हप्कीले भरिएका छन्।
ISA 51:21 यसकारण यो कुरा सुन्, तँ दुःखित र दाखमद्यविना मात्तिएकी होस्।
ISA 51:22 आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुने, तेरा सर्वशक्तिमान् परमेश्‍वर, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “हेर्, तँलाई धरमराइदिने कचौरालाई मैले तेरो हातबाट निकालिदिएको छु; त्यस कचौराबाट, मेरो क्रोधको कचौराबाट तैँले फेरि कहिल्यै पिउनेछैनस्।
ISA 51:23 तिमीहरूलाई सताउनेहरूको हातमा म क्रोधको कचौरा राखिदिनेछु, जसले तँलाई भने, ‘घोप्टो पर्, र हामी तँमाथि टेकेर हिँडौँ।’ अनि तैँले आफ्नो पिठिउँलाई जमिनझैँ, हिँड्नलाई सडकझैँ बनाइस्।”
ISA 52:1 हे सियोन, जाग्, जाग्, तेरो बल धारण गर्। हे पवित्र सहर यरूशलेम, तेरो महिमाको पोशाक लगा; खतना नभएकाहरू र अशुद्धहरू तँभित्र फेरि पस्‍नेछैनन्।
ISA 52:2 हे यरूशलेम, तेरो धुलो टक्टक्या; उठ्, र सिंहासनमा बस्। हे सियोनकी कैदी छोरी तेरो घाँटीका बन्धनका साङ्लाहरूबाट आफूलाई मुक्त पार्।
ISA 52:3 किनकि याहवेह यसो भन्‍नुहुन्छ: “तँ सित्तैँमा बेचिएकी थिइस्, र तँ रकमविना नै छुटाइनेछस्।”
ISA 52:4 किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “सुरुमा मेरा मानिसहरू बसोबास गर्न भनी इजिप्टमा गए; अनि पछि अश्शूरले तिनीहरूमाथि अत्याचार गर्‍यो।
ISA 52:5 “अब यहाँ मेरो के छ र?” याहवेह घोषणा गर्नुहुन्छ। “किनकि मेरा मानिसहरू विनाकारण लगिएका छन्; अनि शासन गर्नेहरूले तिनीहरूलाई ठट्टा गर्छन्,” याहवेह घोषणा गर्नुहुन्छ। “अनि दिनभरि नै मेरो नामको निन्दा लगातार भइरहन्छ।
ISA 52:6 यसकारण मेरा मानिसहरूले मेरो नाम जान्‍नेछन्; यसकारण यो पहिलेबाटै बताउने म नै हुँ भनी त्यस दिन तिनीहरूले जान्‍नेछन्। हो, त्यो म नै हुँ।”
ISA 52:7 सुसमाचार ल्याउनेहरू, शान्ति घोषणा गर्नेहरू, उद्धार घोषणा गर्नेहरू, सियोनलाई “तेरा परमेश्‍वरले राज्य गर्नुहुन्छ!” सुसमाचार ल्याउनेहरूका पाउ पहाडहरूहुँदो कति सुन्दर!
ISA 52:8 सुन्! तेरा पहरेदारहरू आफ्ना सोर उचाल्छन्; तिनीहरू आनन्दले एकसाथ चिच्याउँछन्। जब याहवेह सियोनमा फर्केर आउनुहुन्छ, तब तिनीहरूले त्यो आफ्नै आँखाले छर्लङ्गै देख्नेछन्।
ISA 52:9 हे यरूशलेमका भग्नावशेषहरू हो, आनन्दका गीतहरू जोडसित एकसाथ गाओ; किनकि याहवेहले उहाँका मानिसहरूलाई सान्त्वना दिनुभएको छ; उहाँले यरूशलेमलाई मोल तिरेर छुटाउनुभएको छ।
ISA 52:10 सबै जातिहरूले देख्ने गरी याहवेहले आफ्ना पवित्र बाहुली देखाउनुभएको छ; पृथ्वीको पल्‍लो छेउका मानिसहरूले हाम्रा परमेश्‍वरको उद्धार देख्नेछन्।
ISA 52:11 गइहाल! गइहाल! त्यहाँबाट निस्केर गइहाल! कुनै अशुद्ध थोक नछोओ! तिमीहरू जो याहवेहका पात्र बोक्छौ, त्यसबाट निस्केर आओ र शुद्ध होओ!
ISA 52:12 तर तिमीहरू हतार-हतार गरी जानेछैनौ; अनि न त भागेर जानेछौ; किनकि याहवेह तिमीहरूका अगि-अगि जानुहुनेछ, र इस्राएलका परमेश्‍वर तिमीहरूका पछिल्तिर रक्षक बन्‍नुहुनेछ।
ISA 52:13 हेर, मेरो सेवकले बुद्धिमानीसाथ काम गर्नेछ; ऊ उठाइनेछ र उच्‍च पारिनेछ, र ऊ अति सम्मानित पारिनेछ।
ISA 52:14 जसरी उसदेखि धेरै जना चकित थिए— उसको अनुहार चिन्‍नै नसकिने गरी र उसको रूप मानिसको भन्दा पनि कुरूप बनाइएको थियो—
ISA 52:15 त्यसरी नै उसले धेरै जातिहरूलाई पवित्र पार्नेछ; उसको कारण राजाहरूले आफ्ना मुख बन्द गर्नेछन्। किनकि तिनीहरूलाई नभनिएको कुराहरू तिनीहरूले देख्नेछन्; तिनीहरूले नसुनेका कुराहरू तिनीहरूले नै बुझ्नेछन्।
ISA 53:1 कसले हाम्रो समाचारलाई विश्‍वास गरेको छ? र याहवेहको बाहुबल कसलाई प्रकट गरिएको छ?
ISA 53:2 ऊ उहाँको सामु कलिलो टुसाजस्तो, र सुक्खा जमिनबाट निस्केको जराजस्तो हुर्कियो। ऊसँग हामीलाई आकर्षित गर्न कुनै सुन्दरता वा शोभा थिएन; उसको अनुहारमा हामीलाई मनपर्ने केही कुरा थिएन।
ISA 53:3 मानिसहरूबाट ऊ घृणित र तिरस्कृत गरियो, दुःखित मानिस, जो कष्‍टसित परिचित थियो। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्; ऊ घृणित थियो, र हामीले उसलाई कुनै मूल्यको ठानेनौँ।
ISA 53:4 निश्‍चय नै उसले हाम्रा दुःखहरू आफूमाथि लियो; अनि हाम्रा कष्‍टहरूलाई बोक्यो, तर हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँद्वारा पिटिएको र यातना दिइएको ठान्यौँ।
ISA 53:5 तर ऊ त हाम्रै अधर्महरूका निम्ति छेडियो। ऊ हाम्रा अपराधहरूका निम्ति कुल्चियो; हामीमा शान्ति ल्याउने ताडना उसमाथि पर्‍यो; अनि उसका चोटहरूले हामी निको भयौँ।
ISA 53:6 हामी सबै भेडाहरूझैँ बरालिएका छौँ; हामी प्रत्येक आ-आफ्नै बाटो लागेका छौँ। याहवेहले उसैमाथि हामी सबैका अपराधहरू राखिदिनुभएको छ।
ISA 53:7 उसलाई सताइयो र उसलाई कष्‍ट दिइयो, तर पनि उसले आफ्नो मुख खोलेन; उसलाई मारिन लगिएको थुमाझैँ लगियो; ऊन कत्रनेहरूको सामु भेडा शान्त रहेझैँ, उसले आफ्नो मुख खोलेन।
ISA 53:8 अत्याचार र न्यायद्वारा भएर ऊ लगियो। अनि उसका सन्तानहरूको विषयमा कसले बोल्न सक्छ? किनकि ऊ त जीवितहरूको देशबाट अलग गरियो; र मेरा मानिसहरूका अपराधको कारण ऊ पिटियो।
ISA 53:9 उसको चिहान दुष्‍टहरूसित बनाइयो, तर मृत्युमा उसले धनी व्यक्तिको चिहान पायो; किनकि उसले कुनै अत्याचार गरेको थिएन, न त उसको मुखमा कुनै छल नै थियो।
ISA 53:10 तरै पनि याहवेहलाई उसलाई कुल्चिन र कष्‍ट दिन इच्छा लाग्यो; याहवेहले उसको जीवनलाई दोषबलि बनाउनुभए तापनि उसले आफ्नो सन्तान देख्नेछ, र उसका दिनहरू बढाइनेछन्; अनि उसको हातमा याहवेहको इच्छा पूरा हुनेछ।
ISA 53:11 उसको प्राणको कष्‍टपछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्‍ट हुनेछ। आफ्नो ज्ञानद्वारा मेरो धर्मी सेवकले धेरैलाई धर्मी ठहराउनेछ; अनि उसले तिनीहरूका अधर्म बोक्नेछ।
ISA 53:12 यसकारण म उसलाई महान्‌हरूसित एउटा भाग दिनेछु; अनि उसले लुटको माल सामर्थीहरूसित बाँड्नेछ; किनकि उसले आफ्नो जीवन मृत्युमा खन्याइदिएको छ; ऊ अधर्मीहरूसित गनियो। किनकि उसले चाहिँ धेरैको पाप बोक्यो, र अपराधीहरूका निम्ति बिन्ती गर्‍यो।
ISA 54:1 “हे बाँझी स्त्री, गीत गा! तँ, जसले कहिल्यै बच्‍चा जन्माएकी छैनस्; आनन्दसाथ र चर्को सोरमा करा; तँ, जो प्रसव-वेदनामा कहिल्यै परेकी छैनस्; किनकि त्यागिएकी स्त्रीका सन्तानचाहिँ पति भएकी स्त्रीको भन्दा धेरै छन्,” याहवेह भन्‍नुहुन्छ।
ISA 54:2 “तेरो पालको ठाउँ बढा, आफ्नो पालको पर्दाहरू तन्का, बाँकी नराख्; तेरा डोरीहरू लामो पार्, तेरा किलाहरू बलियो पार्।
ISA 54:3 किनकि तँ दाहिने र देब्रेतिर फैलिनेछस्; तेरा सन्तानहरूले राष्ट्रहरूलाई अधिकार गर्नेछन्; अनि तिनीहरूका त्यागिएका सहरहरूमा बसोबास गर्नेछन्।
ISA 54:4 “नडरा, तँ शर्ममा पर्नेछैनस्। अपमानसित नडरा, तँ होच्याइनेछैनस्। तैँले आफ्नो जवानीको शर्म भुल्नेछस्; अनि तेरो विधवापनको निन्दा फेरि सम्झनेछैनस्।
ISA 54:5 किनकि तेरो सृष्‍टिकर्ता तेरो पति हुनुहुन्छ; उहाँको नाम सेनाहरूका याहवेह हो; इस्राएलका पवित्र परमेश्‍वर तेरा उद्धारकर्ता हुनुहुन्छ; उहाँ सारा पृथ्वीका परमेश्‍वर कहलाइनुहुन्छ।
ISA 54:6 तेरा परमेश्‍वर भन्‍नुहुन्छ, त्यागिएकी र आत्मामा दुःखित स्त्रीलाई झैँ र जवानीमा विवाह भएर त्यागिएकी पत्नीलाई झैँ याहवेहले तँलाई फेरि बोलाउनुहुनेछ।
ISA 54:7 केही समयको लागि मैले तँलाई त्यागेको थिएँ, तर ठूलो कृपासाथ म तँलाई फेरि फर्काइल्याउनेछु।
ISA 54:8 रिसको झोँकमा मैले आफ्नो अनुहार केही समयको निम्ति तँदेखि लुकाएँ; तर अनन्तको करूणासहित म तँमाथि कृपा देखाउनेछु” याहवेह तेरा उद्धारकर्ता भन्‍नुहुन्छ।
ISA 54:9 “यो मेरो निम्ति नोआको समयजस्तै हो; किनभने नोआका समयमा पानीजस्तै फेरि पृथ्वीमा जलप्रलय कहिल्यै हुनेछैन भनी मैले शपथ खाएको छु। यसकारण तँसित कहिल्यै रिसाउनेछैनँ; तँलाई फेरि हप्काउनेछैनँ भनी मैले अहिले शपथ खाएको छु।
ISA 54:10 पहाडहरू हल्‍लाइए र डाँडाहरू हटाइए तापनि तँप्रतिको मेरो अचुक प्रेम कहिल्यै हटाइनेछैन, न त शान्तिको मेरो करार हटाइनेछ” तँलाई कृपा गर्नुहुने याहवेह भन्‍नुहुन्छ।
ISA 54:11 “हे दुःखमा परेकी, आँधीबेहरीले पछारिएकी र सान्त्वना नपाएकी सहर, म तँलाई बहुमूल्य पत्थरहरूले निर्माण गर्नेछु; तेरा जगहरू नीलमणिले निर्माण गर्नेछु।
ISA 54:12 म तेरा सुरक्षा पर्खालहरू लालमणिले, तेरा मूलढोकाहरू जगमगाउने रत्नहरूले, र तेरा पर्खालहरू बहुमूल्य पत्थरहरूले बनाउनेछु।
ISA 54:13 तेरा सबै छोराहरू याहवेहद्वारा सिकाइनेछन्; अनि तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।
ISA 54:14 तँ धार्मिकतामा स्थापित गरिनेछस्: अत्याचार तँबाट टाढा रहनेछ; तँ कुनै कुरामा डराउनुपर्नेछैन। आतङ्क टाढा हटाइनेछ, र त्यो तेरो छेउ पर्नेछैन।
ISA 54:15 यदि कसैले तँमाथि आक्रमण गर्‍यो भने त्यो मेरो काम हुनेछैन; तँलाई जसले आक्रमण गरे तापनि त्यसले तेरो सामु आत्मसमर्पण गर्नेछ।
ISA 54:16 “हेर्, लोहारलाई सृष्‍टि गर्ने म नै हुँ, जसले कोइला फुकेर ज्वाला बनाउँछ, र काम गर्ने ठिक हतियार बनाउँछ। उत्पात गरेर नष्‍ट पार्नेलाई मैले नै सृष्‍टि गरेको हुँ;
ISA 54:17 तेरो विरुद्धमा बनाइएको हतियार पनि काम लाग्नेछैन; अनि तँलाई दोष लगाउने हरेक जिब्रोलाई तैँले चुप लगाउनेछस्। याहवेहका सेवकहरूका पैतृक सम्पत्ति यही हो, र तिनीहरूप्रति मेरो धार्मिकताको प्रमाण यही हो” याहवेह घोषणा गर्नुहुन्छ।
ISA 55:1 “हे सबै तिर्खाएकाहरू हो, पानीनिर आओ; जससित धन छैन, तिमीहरू पनि आओ, र किनेर खाओ! आओ, विनाधन, विनामूल्य दाखमद्य र दूध किन!
ISA 55:2 जे कुरा रोटी होइन, त्यसका निम्ति तिमीहरू किन रकम खर्च गर्छौ; अनि जुन कुराले सन्तुष्‍ट पार्दैन, त्यसको निम्ति किन परिश्रम गर्छौ? सुन, मेरो कुरा सुन, र जे असल छ, त्यो खाओ, ताकि तिमीहरूको प्राण उत्तम भोजनमा तृप्‍त हुन सकोस्।
ISA 55:3 कान थाप र मकहाँ आओ; मेरो कुरा सुन, ताकि तिमीहरू जीवित रहन सक। म तिमीहरूसित अनन्तको करार बाँध्नेछु; दावीदलाई प्रतिज्ञा गरेको मेरो विश्‍वासयोग्य प्रेम।
ISA 55:4 हेर, मैले त्यसलाई जातिहरूका बीच साक्षी बनाएको छु; मानिसहरूका शासक र सेनापति ठहराएको छु।
ISA 55:5 निश्‍चय तिमीहरूले नजानेका राष्ट्रहरूलाई तिमीहरू बोलाइपठाउनेछौ; अनि याहवेह इस्राएलका पवित्र परमेश्‍वरका कारण तिमीहरूलाई नचिनेका जातिहरू तिमीहरूतिर हतारसाथ आउनेछन्; किनकि उहाँले तिमीहरूलाई गौरवले भर्नुभएको छ।”
ISA 55:6 जबसम्म याहवेहलाई पाउन सक्छौ, तबसम्म उहाँलाई खोज! उहाँ नजिक हुनुहुँदा नै उहाँलाई पुकार!
ISA 55:7 दुष्‍टले आफ्नो चाल, र अधर्मीले आफ्नो विचार त्यागोस्। तिनीहरू याहवेहतिर फर्कून्, र उहाँले तिनीहरूमाथि कृपा देखाउनुहुनेछ; अनि हाम्रा परमेश्‍वरतर्फ फर्कून्; किनकि उहाँले सित्तैँमा क्षमा दिनुहुनेछ।
ISA 55:8 “किनकि मेरा विचार तिमीहरूका विचार होइनन्, न त मेरा मार्गहरू तिमीहरूका मार्गहरू हुन्” याहवेह घोषणा गर्नुहुन्छ।
ISA 55:9 “जसरी आकाश पृथ्वीभन्दा उच्‍च छ, त्यसरी नै मेरा मार्गहरू तिमीहरूका मार्गहरूभन्दा उच्‍च छन्; अनि मेरा विचारहरू तिमीहरूका विचारहरूभन्दा उच्‍च छन्।
ISA 55:10 जसरी वर्षा र हिउँ आकाशबाट झर्छ, र पृथ्वीलाई नभिजाएसम्म र त्यसमा कोपिला लागेर उब्जनी नदिएसम्म, त्यसले छर्नेलाई बिउ र खानेलाई भोजन नदिएसम्म फर्केर जाँदैन;
ISA 55:11 त्यसरी नै मेरो मुखबाट निस्केको वचन पनि त्यस्तै हुनेछ: त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर त्यसले मैले इच्छा गरेको काम सम्पन्‍न गर्छ; अनि मैले जुन उद्देश्यले त्यसलाई पठाएँ, त्यो प्राप्‍त गर्छ।
ISA 55:12 तिमीहरू आनन्दमा जानेछौ, र शान्तिमा डोर्‍याइनेछौ; पर्वतहरू र डाँडाहरूले तिमीहरूको सामु जोडसित गीत गाउनेछन्; अनि वनका रूखहरूले ताली बजाउनेछन्।
ISA 55:13 काँडाहरूको सट्टा सल्‍लाका रूखहरू उम्रनेछन्; अनि लुहुँडेकाँडाको सट्टामा मेहदी उम्रनेछ; त्यो कुरा याहवेहको ख्यातिको निम्ति अनन्तको चिन्हको रूपमा हुनेछ, जुन सदाको निम्ति रहनेछ।”
ISA 56:1 याहवेह यसो भन्‍नुहुन्छ: “न्याय पालना गर, जे ठिक छ, त्यही गर; किनकि मेरो उद्धार नजिकै छ, र मेरो धार्मिकता चाँडै प्रकट गरिनेछ।
ISA 56:2 त्यो मानिस धन्यको हो, जसले यो गर्छ; त्यो मानिस, जसले यसलाई स्थिर राख्छ; जसले शब्बाथ दिनलाई अपवित्र नपारी पालन गर्छ, र आफ्नो हातलाई दुष्‍ट काम गर्नबाट रोकिराक्छ।”
ISA 56:3 याहवेहमा समर्पित भएको कुनै परदेशीले यसो नभनोस्, “याहवेहले मलाई निश्‍चय उहाँका मानिसहरूबाट अलग गर्नुहुनेछ।” कुनै नपुंसकले यस्तो नभनोस्, “म त एउटा सुकेको रूख मात्र हुँ!”
ISA 56:4 किनकि याहवेह यसो भन्‍नुहुन्छ: “मेरा शब्बाथ दिनहरू पालन गर्ने, मैले मन पराएका कुराहरू चुन्‍ने, र मेरो करारमा स्थिर बस्‍ने नपुंसकहरूका निम्ति—
ISA 56:5 तिनीहरूलाई मेरो मन्दिर र त्यसका पर्खालहरूभित्र छोराछोरीहरूभन्दा पनि अझ उत्तम स्मारक तुल्याउनेछु; र तिनीहरूलाई अझ असल नाम दिनेछु। म तिनीहरूलाई कहिल्यै नमेटिने अनन्तको नाम दिनेछु।
ISA 56:6 आफूलाई याहवेहमा समर्पित गरेका परदेशीहरू, जसले उहाँको सेवा गर्ने, याहवेहको नामलाई प्रेम गर्ने र उहाँलाई आराधना गर्ने; शब्बाथ दिनलाई अपवित्र नगरी पालन गर्ने, र मेरो करारमा स्थिर रहनेहरू—
ISA 56:7 तिनीहरूलाई म आफ्नो पवित्र पर्वतमा ल्याउनेछु। म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा आनन्द दिनेछु। तिनीहरूले मेरो वेदीमा चढाएका होमबलि र बलिदानहरू म ग्रहण गर्नेछु; किनकि मेरो घर सबै जातिहरूका लागि प्रार्थनाको घर हुनेछ।”
ISA 56:8 इस्राएलका निर्वासितहरूलाई बटुल्नुहुने प्रभु याहवेह घोषणा गर्नुहुन्छ: “भेला गरिएकाहरूबाहेक म अझ अरूलाई तिनीहरूमा भेला गर्नेछु।”
ISA 56:9 हे मैदानका सबै पशुहरू हो, आओ! हे वनका सबै पशुहरू हो, खानलाई आओ!
ISA 56:10 इस्राएलका पहरेदारहरू अन्धा छन्; तिनीहरू सबैमा ज्ञानको अभाव छ; तिनीहरू सबै भुक्न नसक्ने लाटा कुकुरहरूजस्ता छन्; जो पल्टिरहने र सपना देख्नेहरू हुन्, र तिनीहरू सुत्न मात्र रुचाउँछन्।
ISA 56:11 तिनीहरू असाध्यै भोकाएका कुकुरहरू हुन्; तिनीहरू कहिल्यै अघाउँदैनन्। तिनीहरू समझ नै नभएका गोठालाहरू हुन्; सबै आफ्नै बाटो लाग्ने र आफ्नै लाभ खोज्नेहरू हुन्।
ISA 56:12 प्रत्येक यसो भनेर कराउँछन्, “आओ, मलाई मद्य देओ! हामी लट्ठ हुने गरी मद्यपान गरौँ! अनि भोलि आजको दिनजस्तै हुनेछ, झन् राम्रो हुनेछ।”
ISA 57:1 धर्मी जनहरू नाश हुन्छन्, र यस कुराको कसैले आफ्नो हृदयमा विचार गर्दैन; भक्तहरू उठाइलगिन्छन्, र धर्मीहरूलाई दुष्‍टताबाट बचाइनका निम्ति लगिँदैछन् भनेर कसैले बुझ्दैनन्।
ISA 57:2 धर्मको मार्गमा हिँड्नेहरू शान्तिमा प्रवेश गर्छन्; तिनीहरू मृत्युमा सुत्दा विश्राम पाउनेछन्।
ISA 57:3 “तर हे टुनामुना गर्ने स्त्रीका सन्तान, व्यभिचारी र वेश्याका सन्तान हो, यहाँ आओ!
ISA 57:4 तिमीहरू कसलाई गिल्‍ला गर्दछौ? कसका विरुद्धमा मुख खोल्छौ र जिब्रो निकाल्छौ? के तिमीहरू बागी वा झूटाहरूका सन्तान होइनौ?
ISA 57:5 तिमीहरू फलाँटका रूखहरूको बीचमा हरेक झ्याम्म परेको रूखमुनि कामवासनाले उत्तेजित हुन्छौ; तिमीहरू आफ्ना छोराछोरीहरूलाई खोल्सा र चट्टानका धाँदाहरूमा बलिदान गर्छौ।
ISA 57:6 खोल्साका चिल्‍ला ढुङ्गाहरूको बीचमा भएका मूर्तिहरू तिमीहरूका भाग हुन्; तिनीहरू नै तिमीहरू भाग हुन्। हो, तिनीहरूलाई तिमीहरूले अर्घबलि र अन्‍नबलि चढाएका छौ। यस्ता कुराहरू जान्दाजान्दै पनि के म खुशी होऊँ?
ISA 57:7 तिमीहरूले आफ्नो ओछ्यान अग्ला डाँडाहरूमा बिछ्याएका छ्यौ; तिमीहरू त्यहाँ आफ्ना बलिदानहरू चढाउन उक्लेर गयौ।
ISA 57:8 तिमीहरूका ढोका र चौकसहरूको पछिल्तिर तिमीहरूले आफ्नो देवताहरूका चिन्हहरू राख्यौ। मलाई त्यागेर तिमीहरूले आफ्नो ओछ्यान उघार्‍यौ! त्यसमा चढेर तिमीहरूले त्यसलाई उदाङ्गो पार्‍यौ; तिमीहरूले जसका ओछ्यान मन परायौ, तिनीहरूसित सम्बन्ध गाँस्यौ, र तिमीहरूले तिनीहरूको नग्नता हेर्‍यौ।
ISA 57:9 तिमीहरू मोलोखकहाँ जैतुनको तेल लिएर गयौ; अनि तिमीहरूले सुगन्धित तेलहरू लगायौ। तिमीहरूले आफ्नो राजदूतहरू टाढा पठायौ, र तिमीहरू पातालसम्मै ओर्लेर गयौ!
ISA 57:10 तिमीहरू आफ्नो लामो मार्गले गर्दा थकित भयौ, तर तिमीहरूले, ‘यो व्यर्थको हो’ भनेनौ। तिमीहरूले नयाँ सामर्थ्य पायौ, यसैकारण तिमीहरू मूर्च्छा परेनौ।
ISA 57:11 “कोसित तिमीहरू यति साह्रो डरायौ र त्रसित भयौ, कि तिमीहरू मप्रति झूटो भयौ; अनि न त मलाई सम्झना गर्‍यौ, न त आफ्ना हृदयमा यस विषयमा विचार गर्‍यौ? के धेरै बेरसम्म म चुप रहेँ भनेर नै तिमीहरूले मलाई आदर गर्न छाडेका हौ त?
ISA 57:12 म तिमीहरूका धार्मिकता र तिमीहरू कामहरू देखाइदिनेछु, तर यसबाट तिमीहरूलाई कुनै लाभ हुनेछैन।
ISA 57:13 तिमीहरूले सहायताको निम्ति पुकार्दा तिमीहरूले थुपारेका मूर्तिहरूले नै तिमीहरूलाई बचाऊन्! हावाले तिनीहरू सबैलाई उडाइलानेछ; एकै सासले पनि तिनीहरूलाई टाढा लानेछ। तर मलाई शरणस्थान बनाउने मानिसले देशमाथि अधिकार गर्नेछ, र मेरो पवित्र पर्वतलाई प्राप्‍त गर्नेछ।”
ISA 57:14 तब यसो भनिनेछ: “बनाओ, बनाओ, बाटो तयार गर! मेरा प्रजाको निम्ति बाटोदेखि बाधाहरू हटाओ।”
ISA 57:15 किनकि उच्‍च र सर्वश्रेष्‍ठ परमेश्‍वर भन्‍नुहुन्छ: जो सदाकालको निम्ति रहनुहुन्छ, जसको नाम पवित्र होः “म उच्‍च र पवित्र ठाउँमा बस्छु, तर नम्रहरूको आत्मा र पश्‍चात्तापीहरूको हृदयलाई जागृत पार्न, आत्मामा नम्र र पश्‍चात्तापी भएकाहरूसित पनि बस्दछु।
ISA 57:16 म सदाको निम्ति दोष दिइरहनेछैनँ, न त सधैँ रिसाउनेछु; किनकि त्यसो गर्दा मानिसको आत्मा, मैले सृष्‍टि गरेको मानिसको सास, मेरो सामु शिथिल हुनेछ।
ISA 57:17 मलाई त्यसको पापपूर्ण लोभले रिस उठायो; मैले त्यसलाई दण्ड दिएँ, र रिसमा आफ्नो अनुहार लुकाएँ; तापनि त्यो आफ्नै इच्छाको मार्गमा चलिरह्‍यो।
ISA 57:18 मैले त्यसका चालहरू देखेको छु, तर म त्यसलाई निको पार्नेछु; म त्यसलाई डोर्‍याउनेछु, र त्यसको चैन त्यसकहाँ फर्काइल्याउनेछु;
ISA 57:19 म शोक गर्नेहरूका ओठमा प्रशंसा सृष्‍टि गरिदिनेछु।” याहवेह भन्‍नुहुन्छ, “नजिक र टाढा भएकाहरूलाई शान्ति! शान्ति! अनि म तिनीहरूलाई निको पार्नेछु।”
ISA 57:20 तर दुष्‍टहरू अस्थिर समुद्रझैँ हुन्, जसले विश्राम लिन सक्दैन, जसका छालहरूले हिलो र माटो फ्याँक्छन्।
ISA 57:21 मेरा परमेश्‍वर भन्‍नुहुन्छ, “दुष्‍टहरूलाई शान्ति हुँदैन।”
ISA 58:1 “उच्‍च सोरले करा, चुप लागेर नबस्। तुरहीको जस्तै तेरो सोर उचाल्। मेरो प्रजालाई तिनीहरूका विद्रोह र याकोबका घरानालाई तिनीहरूका पाप घोषणा गरिदे।
ISA 58:2 किनकि तिनीहरूले मलाई दिनहुँ खोज्छन्; तिनीहरू जे ठिक छ, त्यही गर्ने र आफ्ना परमेश्‍वरको आज्ञा नत्याग्ने, तर मेरा मार्ग जान्‍न इच्छा गर्ने जातिजस्तै देखिन्छन्। तिनीहरू मसँग उचित निर्णयहरू सोध्छन्, र परमेश्‍वर तिनीहरूका नजिक आऊन् भनी इच्छा राख्छन्।
ISA 58:3 तिनीहरू भन्छन्, ‘हामीहरूले उपवास बस्यौँ, तपाईंले किन त्यो देख्नुहुन्‍न? हामीले आफूलाई नम्र तुल्यायौँ, तपाईंले किन ध्यान दिनुहुन्‍न?’ “तर तिमीहरू उपवास बस्दा आफूखुशी गर्छौ, र तिमीहरूका सबै कामदारहरूलाई शोषण गर्छौ।
ISA 58:4 तिमीहरूका उपवास वाद-विवाद, झगडा र हात हालाहालमा टुङ्गिन्छ। यस प्रकारको उपवास बस्दा तिमीहरूको प्रार्थना ग्रहणयोग्य हुँदैन।
ISA 58:5 के मानिसले एक दिन मात्र आफूलाई विनम्र तुल्याउने किसिमको उपवास मैले चाहेको हो र? के यो आफ्नो शिर निगालोझैँ निहुराएर भाङ्ग्रा र खरानीमा बस्‍ने मात्र हो? के यसैलाई तिमीहरू उपवास भन्छौ, के यस्तो उपवास याहवेहले ग्रहण गर्नुहुन्छ?
ISA 58:6 “मैले चाहेको उपवास: अन्यायका बन्धन, र जुवाको डोरी फुकाल्नु, शोषणमा परेकाहरूलाई स्वतन्त्र गरिदिनु र प्रत्येक जुवा भाँचिदिनु होइन र?
ISA 58:7 के तिमीहरूका भोजन भोकाएकाहरूसित बाँड्नु, घरबार नभएका गरिबलाई आश्रय दिनु, नाङ्गोलाई देख्दा त्यसलाई ढाकिदिनु, र आफ्ना खाँचोमा परेका नातेदारहरूसँग नलुक्नु नै उपवास होइन र?
ISA 58:8 जब तिमीहरू यी सबै गर्न थाल्छौ, तब तिमीहरूको ज्योति सूर्योदयझैँ चम्कनेछ, तिमीहरू चाँडै निको हुनेछौ; धार्मिकता तिमीहरूको अगि-अगि जानेछ, र याहवेहको महिमा तिमीहरूको पछिल्तिर रक्षक हुनेछ।
ISA 58:9 जब तिमीहरूले पुकार्नेछौ, र याहवेहले जवाफ दिनुहुनेछ; तिमीहरू सहायताको निम्ति गुहार्नेछौ, तब उहाँले, ‘म यहाँ छु’ भन्‍नुहुनेछ। “यदि तिमीहरूले अत्याचारको जुवा भाँचिदियौ, एक-अर्कालाई दोष लगाउने काम र दुष्‍ट कुरा त्यागिदियौ भने,
ISA 58:10 यदि तिमीहरू भोकाहरूका पक्षमा खडा भयौ, र शोषणमा परेकाहरूका खाँचो पूरा गरिदियौ भने, तिमीहरूका ज्योति अन्धकारमा चम्कनेछ; अनि अन्धकारचाहिँ मध्यदिनझैँ हुनेछ।
ISA 58:11 याहवेहले तिमीहरूलाई सधैँ अगुवाइ गर्नुहुनेछ; उहाँले सुक्खा भूमिमा पनि तिमीहरूलाई तृप्‍त पार्नुहुनेछ; अनि तिमीहरूको शरीर बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्त पानी सिँचेको बगैँचाझैँ, र कहिल्यै नसुक्ने पानीको मूलझैँ हुनेछौ।
ISA 58:12 तिमीहरूका मानिसहरूले प्राचीन भग्नावशेषहरू पुनर्निर्माण गर्नेछन्; अनि पुस्तौँदेखिका जगहरू खडा गर्नेछन्; तिमीहरू भत्किएका पर्खाल मर्मत गर्नेहरू, सडकहरूमा बसोबास गर्नलाई सडकहरू बनाउनेहरू भनिनेछौ।
ISA 58:13 “यदि तिमीहरूले आफ्ना खुट्टाहरूलाई शब्बाथ दिन उल्‍लङ्घन गर्नबाट, र मेरो पवित्र दिनमा आफूखुशी गर्नबाट रोक्यौ भने, तिमीहरूले शबाथ दिनलाई प्रसन्‍नता, र याहवेहको पवित्र दिनलाई आदरणीय ठान्यौ, र तिमीहरूले आफ्ना इच्छाअनुसार नचली, आफ्नो इच्छाअनुसार नगरी, अथवा व्यर्थको कुरा नबोलेर त्यस दिनलाई चाहिँ आदर गर्‍यौ भने,
ISA 58:14 तब तिमीहरूले आफ्नो आनन्द याहवेहमा पाउनेछौ, र म तिमीहरूलाई देशका उचाइहरूमा सवार हुन लाउनेछु; तिमीहरूका पुर्खा याकोबको पैतृक सम्पत्ति उपभोग गर्न दिनेछु।” म याहवेहको मुखले बोलेको हुँ।
ISA 59:1 हेर, याहवेहको हात बचाउन नसक्ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्‍न नसक्ने गरी बहिरो भएको छ।
ISA 59:2 तर तिमीहरूका अपराधहरूले तिमीहरूलाई आफ्ना परमेश्‍वरबाट अलग गरेका छन्; तिमीहरूका पापहरूले गर्दा उहाँको अनुहार तिमीहरूबाट लुकाइएको छ, त्यसैकारण उहाँले सुन्‍नुहुन्‍न।
ISA 59:3 किनकि तिमीहरूका हातहरू रगतले र तिमीहरूका औँलाहरू दोषले अशुद्ध भएका छन्। तिमीहरूका ओठहरूले झूट बोलेका छन्, र तिमीहरूका जिब्राले दुष्‍ट कुराहरू बोल्दछन्।
ISA 59:4 कसैले पनि न्यायको माग गर्दैन; कसैले पनि मुद्दा न्यायपूर्वक लड्दैन। तिनीहरू व्यर्थका तर्कहरूमाथि भर पर्छन् र झूट बोल्छन्; तिनीहरूले समस्या गर्भधारण गर्छन् र दुष्‍टता जन्माउँछन्।
ISA 59:5 तिनीहरू विषालु सर्पका अण्डा ओथ्राउँछन्, र माकुराको जाल बुन्छन्। तिनीहरूका अण्डा खाने जोसुकै पनि मर्छ, र अण्डा फुटायो भने विषालु सर्पको बच्‍चा निस्कन्छ।
ISA 59:6 तिनीहरूका जालले कपडा बनाउन सकिँदैन; तिनीहरूले बनाएका थोकले मानिसहरूले आफूलाई ढाक्न सक्दैनन्। तिनीहरूका काम दुष्‍टतापूर्ण छन्, र तिनीहरूका हातमा हिंसाका कामहरू छन्।
ISA 59:7 तिनीहरूका खुट्टा पाप गर्न दौडिन्छन्; तिनीहरू निर्दोष रगत बगाउन हतारिन्छन्। तिनीहरूका विचार दुष्‍ट विचार हुन्; तिनीहरूका मार्ग बरबादी र विनाशले भरिएका छन्।
ISA 59:8 तिनीहरू शान्तिको मार्ग जान्दैनन्; तिनीहरूका मार्गमा न्याय छैन। तिनीहरूले आफ्ना मार्ग बाङ्गो बनाएका छन्; त्यसमा हिँड्ने कसैले पनि शान्ति पाउनेछैन।
ISA 59:9 यसकारण न्याय हामीबाट टाढा छ, र धार्मिकता हामीकहाँ आइपुग्दैन। हामी ज्योतिको आशा गर्छौँ, तर अन्धकार छ; हामी उज्यालोको बाटो हेर्छौँ, तर घोर अन्धकारमा हिँड्छौँ।
ISA 59:10 अन्धाले जस्तै हामी भित्ता छामछाम-छुमछुम गर्छौँ, आँखा नभएको मानिसजस्तै हामी आफ्नो बाटो छामिहिँड्छौँ। मध्यदिनमा पनि साँझमा जस्तै हामी ठक्‍कर खान्छौँ; बलियाहरूको बीचमा हामी मरेका मानिसहरूजस्ता छौँ।
ISA 59:11 हामी भालुजस्तै कराउँछौँ; हामी ढुकुरजस्तै विलाप गर्छौँ, हामी न्याय खोज्छौँ, तर पाउँदैनौँ; हामी छुटकारा खोज्छौँ, तर त्यो हामीदेखि टाढा छ।
ISA 59:12 किनकि हाम्रा अपराधहरू तपाईंको दृष्‍टिमा धेरै छन्, र हाम्रा पापहरूले हाम्रै विरुद्धमा गवाही दिन्छन्। हाम्रा अपराधहरू सधैँ हामीसँग छन्, र हामी आफ्ना अपराधहरू स्वीकार गर्छौँ:
ISA 59:13 हामीले याहवेहको विरुद्ध विश्‍वासघात र विद्रोह गरेका छौँ; हाम्रा पिठिउँ परमेश्‍वरतिर फर्काएका छौँ; विद्रोह र अत्याचार गरेका छौँ, र हाम्रा हृदयभित्र सोचेका झूटहरू मुखले उच्‍चारण गरेका छौँ।
ISA 59:14 यसरी न्यायलाई पछिल्तिर पन्छाएका छौँ, र धार्मिकता टाढा भएको छ; सत्यताले चाहिँ बाटोमा ठक्‍कर खाएको छ, र इमानदारीताले प्रवेश गर्न सक्दैन।
ISA 59:15 सत्यता कहीँ पनि पाइँदैन, र दुष्‍टतादेखि अलग बस्‍ने जोसुकै पनि शिकार हुन्छन्। याहवेहले देख्नुभयो, र न्याय हुँदै नभएकोले उहाँलाई दुःख लाग्यो।
ISA 59:16 उहाँले कोही पनि नभएको देख्नुभयो; मध्यस्थ गर्ने कोही पनि नभएकोले उहाँले अचम्म मान्‍नुभयो; यसैले उहाँकै बाहुलीले उद्धारको काम गर्नुभयो, र उहाँकै धार्मिकताले सम्हाल्नुभयो।
ISA 59:17 उहाँले आफ्नो धार्मिकताको छाती-पाता र आफ्नो शिरमाथि मुक्तिको टोप पहिरिनुभयो; उहाँले बदलाको वस्त्र लगाउनुभयो र जोशलाई पोशाकझैँ पहिरनुभयो।
ISA 59:18 तिनीहरूले गरेअनुसार उहाँले बदला लिनुहुनेछ; उहाँका शत्रुहरूमाथि क्रोध र बैरीहरूलाई प्रतिशोध दिनुहुनेछ; उहाँले टापुहरूलाई तिनीहरूले पाउनुपर्ने दण्ड दिनुहुनेछ।
ISA 59:19 पश्‍चिमबाट, विदेशीहरूले याहवेहको नामको डर मान्‍नेछन्, र सूर्योदयदेखि नै तिनीहरूले उहाँको महिमा गर्नेछन्। किनकि उहाँ याहवेहको सासले ठेल्दै ल्याएको उर्लंदो भेलजस्तै आउनुहुनेछ।
ISA 59:20 “आफ्ना पापको पश्‍चात्ताप गरी फर्कने याकोबका सन्तानहरूका निम्ति मुक्तिदाता सियोन पर्वतमा आउनुहुनेछ,” याहवेह घोषणा गर्नुहुन्छ।
ISA 59:21 याहवेह भन्‍नुहुन्छ, “मेरो करार तिनीहरूसित चाहिँ यही नै हो। तँमाथि मेरो जुन आत्मा छ, त्यो तँबाट हट्नेछैन; अनि मैले तेरो मुखमा राखिदिएको मेरो वचन तेरो मुखबाट अथवा तेरा छोराछोरीहरूका मुखबाट, न त अब उसो तिनीहरूका सन्तानहरूका मुखबाट सदासर्वदाका निम्ति हट्नेछ,” याहवेह भन्‍नुहुन्छ।
ISA 60:1 “प्रकाशमान् हो, उठ्; किनकि तेरो ज्योति आएको छ, र याहवेहको महिमा तँमाथि उदाएको छ।
ISA 60:2 हेर्, अन्धकारले पृथ्वीलाई ढाक्छ, र मानिसहरूमाथि बाक्लो अन्धकार छ, तर याहवेह तँमाथि उदाउनुहुनेछ; अनि उहाँको महिमा तँमाथि देखा पर्नेछ।
ISA 60:3 जातिहरू तेरो प्रकाशमा आउनेछन्, र राजाहरू तेरो प्रभातको उज्यालोमा आउनेछन्।
ISA 60:4 “तेरा आँखा उठाएर चारैतिर हेर्: सबै भेला भएर तँकहाँ आउँछन्; तेरा छोराहरू टाढाबाट आउनेछन्, र तेरा छोरीहरूलाई हात समाएर ल्याइनेछन्।
ISA 60:5 तब तैँले हेर्नेछस् र चम्कनेछस्; तेरो हृदय उल्‍लासित हुनेछ र आनन्दले फुल्नेछ; समुद्रको सम्पत्ति तँकहाँ ल्याइनेछ; जातिहरूका धन तँकहाँ आउनेछ।
ISA 60:6 ऊँटहरूका बथान, मिद्यान र एपाका साना-साना सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ। शेबाबाट सबै मानिसहरू याहवेहको प्रशंसाको घोषणा गर्दै सुन र धूप बोकेर आउनेछन्।
ISA 60:7 केदारका सबै बगालहरू तँकहाँ भेला गराइनेछन्; नबायोतका भेडाहरूले तेरो सेवा गर्नेछन्; मेरो वेदीमा ती भेटीस्वरूप ग्रहण गरिनेछन्, र म आफ्नो महिमित मन्दिरलाई सिँगार्नेछु।
ISA 60:8 “बादलझैँ उड्ने, र आफ्ना गुँडतिर उड्ने ढुकुरहरूजस्ता यी को हुन्?
ISA 60:9 निश्‍चय नै टापुहरूले मलाई हेर्नेछन्; टाढाबाट तेरा बालबच्‍चाहरूलाई ल्याउँछन्, तिनीहरूका सुन र चाँदी लिएका तर्शीशका जहाजहरू अगि-अगि छन्; ती सबै याहवेह तेरा परमेश्‍वर, इस्राएलका पवित्र परमेश्‍वरलाई सम्मान दिनका निम्ति हो; किनकि उहाँले तँलाई गौरवले सम्मानित तुल्याउनुभएको छ।
ISA 60:10 “विदेशीहरूले तेरा पर्खालहरू पुनर्निर्माण गर्नेछन्, र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन्। मैले रिसमा तँलाई प्रहार गरे तापनि मेरो निगाहमा म तँलाई दया देखाउनेछु।
ISA 60:11 तेरा सहरका मूलढोकाहरू सधैँ खुला रहनेछन्; ती मुलढोकाहरू दिन र रात कहिल्यै बन्द हुनेछैनन्, ताकि मानिसहरूले तँकहाँ जातिहरूका धनसम्पत्ति ल्याउन सकून्, अर्थात् तिनीहरूका राजाहरू विजयी जुलूसको साथ पस्‍न सकून्।
ISA 60:12 किनकि तेरो सेवा नगर्ने जाति र राज्य सर्वनाश हुनेछन्; त्यो पूर्ण रूपमा सर्वनाश पारिनेछ।
ISA 60:13 “लेबनानको गौरव तँकहाँ आउनेछ, सल्‍ला, धूपी र सिसौका रूखहरूसमेत, मेरो पवित्रस्थानलाई सिँगार्न ल्याइनेछन्; अनि म आफ्ना पवित्रस्थानलाई महिमित तुल्याउनेछु।
ISA 60:14 तँलाई अत्याचार गर्नेहरूका छोराछोरीहरू तेरो सामु निहुरेर आउनेछन्; तँलाई घृणा गर्ने सबै तेरो पाउमा झुक्नेछन्, र तँलाई याहवेहको सहर, इस्राएलका पवित्र परमेश्‍वरको सियोन भन्‍नेछन्।
ISA 60:15 “तँ त्यागिएकी र घृणित भएकी, तँबाट भएर यात्रा गर्ने कोही नगए तापनि म तँलाई अनन्तको निम्ति महान् र पुस्तौँ-पुस्ताहरूका निम्ति आनन्द बनाउनेछु।
ISA 60:16 तैँले जातिहरूको दूध पिउनेछस्, र राजकीय स्तन चुस्‍नेछस्। तब तैँले जान्‍नेछस्, कि म याहवेह नै तेरो मुक्तिदाता, तेरो उद्धारकर्ता, याकोबका सर्वशक्तिमान् परमेश्‍वर हुँ।
ISA 60:17 म तँलाई काँसाको सट्टामा सुन र फलामको सट्टामा चाँदी ल्याइदिनेछु। म तँलाई काठको सट्टामा काँसा र ढुङ्गाको सट्टामा फलाम ल्याइदिनेछु। म शान्तिलाई तेरा राज्यपाल र धार्मिकतालाई तेरा शासक तुल्याइदिनेछु।
ISA 60:18 तेरो देशमा फेरि हिंसा सुनिनेछैन, न त तेरा सिमानाहरूमा विध्वंश र सर्वनाश सुनिनेछ, तर तैँले आफ्ना पर्खालहरूलाई मुक्ति भन्‍नेछस् र तेरा मूलढोकाहरूलाई प्रशंसा नाम राख्नेछस्।
ISA 60:19 अब उसो दिनमा तेरो निम्ति सूर्यले ज्योति दिनेछैन, न त चन्द्रमाको उज्यालो तँमाथि चम्कनेछ; किनकि याहवेह नै तेरो निम्ति अनन्तको ज्योति हुनुहुनेछ; अनि तेरा परमेश्‍वर तेरो महिमा हुनुहुनेछ।
ISA 60:20 तेरो सूर्य फेरि कहिल्यै अस्ताउनेछैन, र तेरो चन्द्रमा फेरि धमिलो हुनेछैन; याहवेह नै तेरो अनन्तको ज्योति हुनुहुनेछ; अनि तेरा दुःखका दिनहरू समाप्‍त हुनेछन्।
ISA 60:21 तब तेरा सबै मानिसहरू धार्मिक हुनेछन्; अनि तिनीहरूले सदाको निम्ति देशमाथि अधिकार गर्नेछन्। मेरो महानता देखाउनको निम्ति, मैले रोपेका बिरुवाहरू, मेरा हातका कामहरू तिनीहरू नै हुन्।
ISA 60:22 तिमीहरूमध्ये सबैभन्दा थोरैचाहिँ हजार हुनेछ; अनि सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ। म नै याहवेह हुँ; म यी प्रतिज्ञाहरू त्यसको समयमा र चाँडै पूरा गर्नेछु।”
ISA 61:1 प्रभु याहवेहको आत्मा ममाथि छ; किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति याहवेहले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई टुटेका हृदयहरूलाई जोड्न, कैदमा परेकाहरूलाई स्वतन्त्रताको घोषणा गर्न, र बन्धनमा परेकाहरूलाई अन्धकारबाट मुक्त गर्न,
ISA 61:2 याहवेहको निगाहको वर्ष र हाम्रा परमेश्‍वरको बदलाको घोषणा गर्न, शोक गर्नेहरूलाई सान्त्वना दिन,
ISA 61:3 र सियोन पर्वतमा शोकाकुल हुनेहरूलाई प्रबन्ध गरिदिन, तिनीहरूलाई खरानीको सट्टा सुन्दरताको मुकुट प्रदान गर्न, विलापको सट्टा आनन्दको तेल दिन, निराशाको आत्माको सट्टा प्रशंसाको पोशाक पहिराइदिन पठाउनुभएको छ। उहाँको गौरव प्रदर्शन गर्न तिनीहरूलाई याहवेहले रोप्नुभएको धार्मिकताका फलाँटहरू भनिनेछन्।
ISA 61:4 तिनीहरूले प्राचीन भग्नावशेषहरूलाई पुनर्निर्माण गर्नेछन्; अनि धेरै पहिले भत्काइएका ठाउँहरूलाई पुनर्स्थापित गर्नेछन्; पुस्तौँसम्म भत्काएर उजाड र ध्वस्त पारिएका सहरहरूलाई तिनीहरूले मर्मत गरेर फेरि बसाल्नेछन्।
ISA 61:5 परदेशीहरूले तिमीहरूका बगालहरूलाई चराउनेछन्; विदेशीहरूले तिमीहरूका खेतहरू र दाखबारीमा काम गर्नेछन्।
ISA 61:6 तिमीहरू याहवेहका पुजारीहरू भनिनेछौ; तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवकहरूको नाम दिइनेछ। तिमीहरूले जाति-जातिहरूका सम्पत्ति खानेछौ; अनि तिनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ।
ISA 61:7 तिमीहरूका शर्मको सट्टामा तिमीहरूले दोबर भाग पाउनेछौ; अनि तिमीहरूले अपमानको सट्टामा तिमीहरूका उत्तराधिकारमा आनन्द मनाउनेछौ; यसरी तिमीहरूले आफ्ना देशमा दोबर भाग अधिकार गर्नेछौ, र सदाको निम्ति आनन्दित हुनेछौ।
ISA 61:8 “किनकि म याहवेहले न्यायलाई प्रेम गर्छु; डकैती र अधर्मलाई घृणा गर्छु। म मेरो विश्‍वासयोग्यतामा मेरा प्रजालाई प्रतिफल दिनेछु, र तिनीहरूसँग सदाको करार बाँध्नेछु।
ISA 61:9 तिनीहरूका सन्तानहरू जातिहरूका बीचमा र तिनीहरूका बालबच्‍चाहरू मानिसहरूका बीचमा चिनिनेछन्। तिनीहरूलाई देख्ने सबैले जान्‍नेछन्, कि तिनीहरू याहवेहले आशिष् दिनुभएको जाति हुन्।”
ISA 61:10 म याहवेहमा अत्यन्त आनन्दित हुन्छु; मेरो प्राणले मेरा परमेश्‍वरमा आनन्द गर्छ। किनकि दुलहाले आफ्नो शिरलाई पुजारीले सिँगारेझैँ, र दुलहीले आफूलाई गहनाहरूले सिँगारेझैँ, उहाँले मलाई मुक्तिको पोशाक लगाइदिनुभएको छ, र धार्मिकताको पोशाकले मलाई सजाउनुभएको छ।
ISA 61:11 जसरी माटोले टुसालाई उम्रन दिन्छ, र बगैँचाले बिउलाई बढ्न दिन्छ, त्यसरी नै प्रभु याहवेहले धार्मिकता र प्रशंसालाई सबै जातिहरूका बीच बढाउनुहुनेछ।
ISA 62:1 यरूशलेमको धार्मिकता प्रभातझैँ नचम्केसम्म, त्यसको मुक्ति राँकोझैँ चहकिलो नबलेसम्म, म सियोनको खातिर चुप रहनेछैनँ; म यरूशलेमको खातिर मौन रहनेछैनँ।
ISA 62:2 जाति-जातिहरूले तेरो धार्मिकता, सबै राजाहरूले तेरो गौरव देख्नेछन्; याहवेहले आफ्नै मुखले दिनुहुने नयाँ नामद्वारा तँ बोलाइनेछस्।
ISA 62:3 तँ याहवेहको हातमा गौरवको एउटा मुकुट, र आफ्नो परमेश्‍वरको हातमा राजकीय शिरपेच हुनेछस्।
ISA 62:4 अब उसो तिनीहरूले तँलाई त्यागिएकी भन्‍नेछैनन्, न त तेरो देशलाई उजाड भन्‍नेछन्। तर तँलाई हेप्सीबा, र तेरो देशलाई ब्युलाह भनिनेछ; किनकि याहवेह तँसित प्रसन्‍न हुनुहुनेछ, र तेरो देशलाई विवाह गरिनेछ।
ISA 62:5 जसरी एउटा जवान मानिसले एउटी कन्ये-केटीलाई विवाह गर्छ, त्यसरी नै तेरा निर्माणकर्ताले तँलाई विवाह गर्नुहुनेछ; जसरी दुलहा आफ्नी दुलहीमा रमाउँछ, त्यसरी नै तेरा परमेश्‍वर तँसित रमाउनुहुनेछ।
ISA 62:6 हे यरूशलेम, मैले तेरा पर्खालहरूमाथि पहरेदारहरू खटाएको छु; तिनीहरू दिनरात कहिल्यै चुपचाप बस्‍न पाउनेछैनन्। हे याहवेहलाई पुकार्नेहरू हो, आफूलाई विश्राम नदेओ;
ISA 62:7 उहाँले यरूशलेमलाई स्थापित नगर्नुभएसम्म र त्यसलाई पृथ्वीको प्रशंसा नबनाउनुभएसम्म उहाँलाई विश्राम नदेओ।
ISA 62:8 याहवेहले आफ्नो दाहिने हात र आफ्ना शक्तिशाली बाहुलीको शपथ लिनुभएको छ: “म फेरि कहिल्यै तेरो अन्‍न तेरा शत्रुहरूलाई भोजनको निम्ति दिनेछैनँ; अनि नयाँ दाखमद्य, जसको निम्ति तैँले परिश्रम गरेको थिइस्, त्यो विदेशीहरूले कहिल्यै पिउन पाउनेछैनन्।
ISA 62:9 तर त्यसको कटनी गर्नेहरूले नै त्यो खानेछन्, र याहवेहको प्रशंसा गर्नेछन्; अनि जसले अङ्‌गुर बटुल्नेछन्, तिनीहरूले नै मेरो पवित्रस्थानका चोकहरूमा ती पिउनेछन्।”
ISA 62:10 जाओ, मूलढोकाहरूबाट भएर जाओ! मानिसहरूका निम्ति बाटो तयार पार। बनाओ, राजमार्ग बनाओ! ढुङ्गाहरू हटाओ। जाति-जातिहरूका निम्ति झण्डा खडा गर।
ISA 62:11 याहवेहले पृथ्वीको पल्‍लो छेउसम्म घोषणा गर्नुभएको छ: “सियोनकी छोरीलाई भन, ‘हेर्, तेरा मुक्तिदाता आउनुहुन्छ! हेर्, उहाँको पुरस्कार उहाँसित छ, र उहाँको प्रतिफल उहाँको साथमा नै छ।’ ”
ISA 62:12 तिनीहरू पवित्र जाति, याहवेहबाट छुटकारा पाएकाहरू भनिनेछन्; तिमीहरूलाई अब उसो परमेश्‍वरले खोज्नुभएको सहर, नत्यागिएको सहर भनिनेछ।
ISA 63:1 एदोमको बोज्राबाट को आइरहेको छ? जसले आफ्नो वस्त्रमा रातो रङ्ग लगाएको छ? तेजस्वी पोशाक पहिरेर आफ्नो शक्तिको महानतामा को आइरहेको छ? “विजयको घोषणा गर्दै, बचाउने सामर्थी म नै हुँ।”
ISA 63:2 किन तपाईंको पोशाक दाखको कोल पेल्नेहरूको जस्तै रातो छ?
ISA 63:3 “म एकलैले दाखको कोल पेलेको छु; मसित जातिहरूबाट कोही पनि थिएन। मैले आफ्नो रिसमा तिनीहरूलाई कुल्चेँ र आफ्नो क्रोधमा तिनीहरूलाई पेलेँ; तिनीहरूको रगतका छिटा मेरा वस्त्रहरूमा परेका छन्, र मेरा वस्त्रभरि दाग लागेका छन्।
ISA 63:4 किनकि मेरो मनमा त्यो दिन बदलाको दिन थियो, र मेरो उद्धारको वर्ष आएको छ।
ISA 63:5 अनि मैले हेरेँ, तर सहायता गर्ने कोही पनि थिएन; सहयोग गर्ने कोही पनि नदेखेर म छक्‍क परेँ; यसैले मेरो आफ्नै बाहुबलले उद्धार गरेँ, र मेरो आफ्नो क्रोधले मलाई सम्हाल्यो।
ISA 63:6 मैले मेरो रिसमा जातिहरूलाई कुल्चीमिल्ची पारेँ; मेरो क्रोधमा मैले तिनीहरूलाई मत्ताएँ, र तिनीहरूका रगत भुइँमा पोखाइदिएँ।”
ISA 63:7 म याहवेहको दयाको बारेमा बताउनेछु, उहाँले हाम्रो निम्ति गर्नुभएका सबै कामअनुसार, जुन कामको निम्ति उहाँको प्रशंसा हुनुपर्छ— हो, उहाँको दया र महान् कृपाअनुसार उहाँले इस्राएलको घरानाको निम्ति धेरै असल कार्यहरू गर्नुभएको छ।
ISA 63:8 उहाँले भन्‍नुभयो, “वास्तवमा तिनीहरू नै मेरा प्रजा हुन्, र ती मेरा छोराहरू, जो मप्रति विश्‍वासयोग्य रहनेछन्”; अनि यसरी उहाँ तिनीहरूका मुक्तिदाता हुनुभयो।
ISA 63:9 तिनीहरूका सबै दुःखहरूमा उहाँ आफैँ पनि दुःखित हुनुभयो; अनि उहाँको उपस्थितिका स्वर्गदूतले तिनीहरूका दुःखबाट तिनीहरूलाई बचाए। उहाँले आफ्नो प्रेम र कृपामा तिनीहरूलाई उद्धार गर्नुभयो; उहाँले तिनीहरूलाई उठाउनुभयो र ती विगतका सबै दिनहरूमा तिनीहरूलाई बोक्नुभयो।
ISA 63:10 यद्यपि तिनीहरू विद्रोही भए, र उहाँको पवित्र आत्मालाई दुःखित तुल्याए। यसकारण उहाँ तिनीहरूका शत्रु हुनुभयो, र उहाँ आफैँ तिनीहरूको विरुद्ध लडाइँ गर्नुभयो।
ISA 63:11 तब उहाँका मानिसहरूले विगतका दिनहरूलाई सम्झे, मोशा र तिनका मानिसहरूका दिनहरू— उहाँ कहाँ हुनुहुन्छ, जसले तिनीहरूलाई समुद्र बीचबाट आफ्ना बगालको गोठालासितै ल्याउनुभयो? उहाँ कहाँ हुनुहुन्छ, जसले आफ्ना पवित्र आत्मालाई तिनीहरूबीच राखिदिनुभयो,
ISA 63:12 जसले आफ्नो शक्तिको बलवान् हातलाई मोशाको दाहिने हातमा रहनलाई पठाउनुभयो, जसले आफ्नै नाम सदाको निम्ति प्रसिद्ध हुनलाई तिनीहरूको सामु पानीलाई दुई भागमा विभाजन गरिदिनुभयो।
ISA 63:13 तिनीहरूलाई समुद्रको गहिराइबाट कसले डोर्‍याउनुभयो? उजाड देशमा भएका घोडाझैँ तिनीहरूलाई ठेस लागेन;
ISA 63:14 तल मैदानमा जाने गाईबस्तुलाईझैँ याहवेहको आत्माद्वारा तिनीहरूलाई विश्राम दिइयो। तपाईंले आफ्नो नाम महिमित राख्न आफ्ना प्रजालाई यसरी डोर्‍याउनुभयो।
ISA 63:15 स्वर्गबाट तल हेर्नुहोस्, तपाईंको उच्‍च, पवित्र र महिमित सिंहासनबाट दृष्‍टि गर्नुहोस्। तपाईंको जोश र तपाईंको सामर्थ्य कहाँ छन्? तपाईंको करुणा र दया हामीबाट रोकिएका छन्।
ISA 63:16 अब्राहामले हामीलाई नचिने तापनि अथवा इस्राएलले हामीलाई स्वीकार नगरे तापनि तपाईंचाहिँ हाम्रा पिता हुनुहुन्छ; तपाईं, याहवेह नै हाम्रा पिता हुनुहुन्छ, प्राचीनकालदेखि नै तपाईंको नाम हाम्रा उद्धारकर्ता हो।
ISA 63:17 हे याहवेह, तपाईंले हामीलाई किन आफ्ना मार्गबाट बरालिन दिनुहुन्छ? तपाईंको मार्गबाट भड्किहिँड्नका लागि किन हाम्रा हृदयलाई कठोर बनाउनुहुन्छ? तपाईंका सेवकहरूको खातिर तपाईंका उत्तराधिकारका खातिर फर्कनुहोस्।
ISA 63:18 तपाईंका प्रजाले केही समयको निम्ति मात्र तपाईंको पवित्र ठाउँमा अधिकार गरे, तर अहिले हाम्रा शत्रुहरूले तपाईंको पवित्रस्थानलाई कुल्चीमिल्ची पारेका छन्।
ISA 63:19 हामी प्राचीन समयदेखि नै तपाईंका मानिसहरू हौँ; तर तपाईंले तिनीहरूमाथि कहिल्यै शासन गर्नुभएको छैन; अनि तिनीहरू तपाईंको नामले कहिल्यै बोलाइएका छैनन्।
ISA 64:1 अहो, तपाईं आकाश च्यातेर तल ओर्ली आउनुभए त, पर्वतहरू पनि तपाईंको सामु काँप्ने थिए!
ISA 64:2 आगोले झारपात जलाएझैँ र पानी उमालेझैँ, तपाईंको नाम तपाईंका शत्रुहरूलाई प्रकट गर्न, र जातिहरू तपाईंको उपस्थितिमा थरथर काँप्नलाई तपाईं ओर्लेर आउनुहोस्!
ISA 64:3 किनकि जब तपाईंले हामीले नचिताएका अद्‌भुत कुराहरू गर्नुभयो, तब तपाईं तल आउनुभयो, र तपाईंको सामु पर्वतहरू थरथर कामे।
ISA 64:4 प्राचीनकालदेखि नै तपाईंबाहेक अर्को परमेश्‍वरको बारेमा कसैले सुनेका छैनन्; कुनै कानले सुनेको छैन, कुनै आँखाले देखेको छैन; तपाईंले आफूमाथि प्रतीक्षा गर्नेहरूको निम्ति काम गर्नुहुन्छ।
ISA 64:5 जसले खुशीसाथ ठिक काम गर्छन्, जसले तपाईंका मार्गहरू सधैँ सम्झन्छन्; तपाईं तिनीहरूको सहायताको निम्ति आउनुहुन्छ। तर जब हामीले तपाईंका मार्गहरूको विरुद्ध पाप गरिरह्‍यौँ, तब तपाईं हामीसित रिसाउनुभयो। अब हामी कसरी बचाइन सक्छौँ?
ISA 64:6 हामी सबै अशुद्ध थोकझैँ भएका छौँ, र हाम्रा सबै धार्मिक कामहरू फोहोर झुत्राझैँ छन्; हामी सबै पातझैँ ओइलाइहाल्छौँ, र हाम्रा पापहरूले हामीलाई हावाझैँ उडाइलैजान्छन्।
ISA 64:7 कसैले पनि तपाईंको नाम पुकार्दैनन्, न त तपाईंलाई पक्रिरहने उत्कट प्रयास गर्छन्; किनकि तपाईंले हामीबाट आफ्नो अनुहार लुकाउनुभएको छ, र हामीलाई हाम्रा पापहरूकै हातमा छोडिदिनुभएको छ।
ISA 64:8 तापनि हे याहवेह, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटो हौँ र तपाईं कुमाले हुनुहुन्छ; हामी सबै तपाईंकै हातका काम हौँ।
ISA 64:9 हे याहवेह, हामीसित ज्यादै क्रोधित नहुनुहोस्; हाम्रा पापहरू सधैँभरि नसम्झनुहोस्। बिन्ती छ, हामीतिर हेर्नुहोस्; किनकि हामी सबै तपाईंका प्रजा हौँ।
ISA 64:10 तपाईंका पवित्र सहरहरू मरुभूमि भएका छन्; सियोनसमेत मरुभूमि भएको छ, यरूशलेम ध्वस्त भएको छ।
ISA 64:11 हाम्रा पवित्र र महिमित मन्दिर, जहाँ हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेका थिए, त्यो ठाउँ आगोले जलाइएको छ; अनि हाम्रा बहुमूल्य थोकहरू सबै सर्वनाश भएका छन्।
ISA 64:12 यी सबै कुरा भएर पनि, हे याहवेह, के तपाईं आफूलाई रोकिराख्नुहुन्छ? के तपाईं चुपचाप रहनुहुन्छ र हामीलाई धेरै कष्‍ट दिनुहुन्छ?
ISA 65:1 याहवेहले भन्‍नुहुन्छ, “मलाई सोधखोज नगर्नेहरूकहाँ मैले आफूलाई प्रकट गरेको छु; मलाई खोजी नगर्नेहरूले मलाई भेट्टाएका छन्। मेरो नाम पुकार नगर्ने जातिलाई, मैले भनेँ, ‘म यहाँ छु, म यहाँ छु।’
ISA 65:2 दिनभरि मैले यस्तो अटेरी जातितिर आफ्ना हात पसारेँ, जो आफ्नै कल्पनाको पछि लागेर कुबाटोमा हिँड्छन्;
ISA 65:3 यस्तो जाति, जसले मेरो सामु मलाई निरन्तर रिस उठाउँछन्, जसले बगैँचाहरूमा बलिदान चढाउँछन्, र इँटाका वेदीहरूमा धूप बाल्छन्;
ISA 65:4 जो चिहानहरूका बीचमा बस्दछन्, र गुप्‍त ठाउँमा रात बिताउँछन्; जसले सुँगुरको मासु खान्छन्, र जसका भाँडाहरूमा अशुद्ध मासुका झोल राखिएका हुन्छन्;
ISA 65:5 जसले भन्छन्, ‘टाढै बस्; मेरो नजिक नआइज; किनकि म तेरो निम्ति अति पवित्र छु!’ यस्ता मानिसहरू मेरो नाकका धुवाँजस्ता हुन्, जुन धुवाँ दिनभरि आगोजस्तै जलिरहन्छ।
ISA 65:6 “हेर, मेरो सामु यस्तो लेखिएको छ: म चुपचाप रहनेछैनँ, तर पूरै बदला लिनेछु; निश्‍चय नै म तिनीहरूकै काखमा साटो लिनेछु—
ISA 65:7 तिमीहरूका र तिमीहरूका पितापुर्खाहरूका पापको बदला म लिनेछु,” याहवेह भन्‍नुहुन्छ। “किनभने तिनीहरूले पर्वतहरूमा बलिदान जलाए, र डाँडाहरूमा मेरो निन्दा गरे। म तिनीहरूका पहिलेका कामहरूको बदला तिनीहरूकै काखमा हालिदिनेछु।”
ISA 65:8 याहवेह यसो भन्‍नुहुन्छ: “अङ्‌गुरको झुप्पामा अझ रसिलो अङ्‌गुर छँदै मानिसहरूले भने, ‘त्यसलाई नष्‍ट नगर; किनकि त्यसमा अझ दाखरस असल छ,’ यसरी नै म मेरा सेवकहरूको पक्षमा त्यसै गर्नेछु; म तिनीहरू सबैलाई नाश गर्नेछैनँ।
ISA 65:9 म याकोबका सन्तानहरूलाई ल्याउनेछु, र यहूदाका सन्तानहरूलाई मेरो पर्वतहरूमाथि उत्तराधिकार बनाउनेछु; मेरा छानिएका मानिसहरूले ती पर्वतहरूमाथि अधिकार गर्नेछन्, र मेरा सेवकहरू त्यहाँ बस्‍नेछन्।
ISA 65:10 मलाई खोज्ने मानिसहरूका निम्ति, शारोनको मैदान बगालहरूको लागि खर्क र आकोरको बेँसी विश्रामस्थल हुनेछ।
ISA 65:11 “तर याहवेहलाई त्याग्नेहरूका निम्ति, जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छन्, जसले गाद देवताको निम्ति टेबुल तयार गर्छन्, र मेनी देवीको निम्ति मिसाएको मद्यको कचौरा भर्छन्;
ISA 65:12 म तिमीहरूलाई तरवारको निम्ति दिनेछु, र तिमीहरू सबै काटिनलाई घुँडा टेक्नेछौ; किनकि मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफ दिएनौ; मैले बोलाएँ, तर तिमीहरूले सुनेनौ। तिमीहरूले मेरो नजरमा दुष्‍ट काम गर्‍यौ र मलाई मन नपर्ने कुराहरू रोज्यौ।”
ISA 65:13 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “मेरा सेवकहरूले खानेछन्, तर तिमीहरूचाहिँ भोकै रहनेछौ; मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरूचाहिँ तिर्खाउनेछौ; मेरा सेवकहरू रमाउनेछन्, तर तिमीहरूचाहिँ शर्ममा पर्नेछौ।
ISA 65:14 मेरा सेवकहरूले आफ्ना हृदयको आनन्दमा गाउनेछन्; तर तिमीहरू हृदयको वेदनामा कराएर रुनेछौ, र हृदयको वेदनामा विलाप गर्नेछौ।
ISA 65:15 तिमीहरूले आफ्नो नाम मेरा चुनिएका मानिसहरूका निम्ति सरापको रूपमा छोड्नेछौ; प्रभु याहवेहले तिमीहरूलाई मृत्युमा पार्नुहुनेछ, तर उहाँले आफ्ना सेवकहरूलाई अर्को नाम दिनुहुनेछ।
ISA 65:16 जब देशमा कसैले आशिष्‌को माग गर्छ, त्यसले सत्य परमेश्‍वरको नामद्वारा माग गर्नेछ; जसले देशमा शपथ खान्छ; त्यसले सत्य परमेश्‍वरको नामद्वारा शपथ खानेछ। किनकि बितेका दुःखहरू भुलिनेछन्, र मेरा आँखाबाट लुकाइनेछन्।
ISA 65:17 “हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्‍टि गर्नेछु। बितेका कुराहरू स्मरण गरिनेछैनन्, न त तिनीहरू मनमा नै आउनेछन्।
ISA 65:18 तर म जे सृष्‍टि गर्नेछु, त्यसमा सधैँ खुशी होओ र हर्ष मनाओ; किनकि म यरूशलेमलाई हर्षोल्‍लास र त्यसका मानिसहरूलाई आनन्दित तुल्याउनेछु।
ISA 65:19 म यरूशलेमसँग खुशी हुनेछु, र मेरा प्रजामा हर्षित हुनेछु; यरूशलेममा रोएको र कराएको सोर फेरि कहिल्यै सुनिनेछैन।
ISA 65:20 “थोरै दिनसम्म बाँच्ने बालक, वा आफ्नो पूरा उमेरसम्म नबाँच्ने वृद्ध मानिस त्यहाँ कहिल्यै हुनेछैन; सय वर्ष बाँच्ने मानिस जवान मानिनेछ; र सय वर्षसम्म नबाँच्ने मानिसचाहिँ श्रापित मानिनेछ।
ISA 65:21 तिनीहरूले घर बनाउनेछन्, र त्यसमा बस्‍नेछन्; तिनीहरूले दाखबारी लगाउनेछन्, र त्यसका फल खानेछन्।
ISA 65:22 तिनीहरूले बनाएका घरहरूमा अरूहरू नै आएर बस्‍नेछैनन्, वा तिनीहरूले लगाएका दाखबारीको फल फेरि कहिल्यै अरूहरूले खानेछैनन्। किनकि रूखको आयु जति लामो हुन्छ, त्यति नै धेरै आयु मेरा प्रजाको हुनेछ; मेरा चुनिएका प्रजाले आफ्ना हातका काम लामो समयसम्म उपभोग गर्नेछन्।
ISA 65:23 तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न त तिनीहरूले विपत्तिको निम्ति छोराछोरीहरू जन्माउनेछन्; किनकि तिनीहरू र तिनीहरूका सन्तानहरूसमेत याहवेहद्वारा आशिष् पाएका मानिसहरू हुनेछन्।
ISA 65:24 तिनीहरूले पुकार गर्नुभन्दा अगाडि म जवाफ दिनेछु; तिनीहरूले बोल्दाबोल्दै म सुन्‍नेछु।
ISA 65:25 ब्वाँसो र थुमाले एउटै ठाउँमा एकैसाथ खानेछन्, सिंहले गोरुले झैँ पराल खानेछ; अनि सर्पको आहारा धुलो हुनेछ। तिनीहरूले मेरा सबै पवित्र पर्वतहरूमा न त हानि गर्नेछन्, न त नाश गर्नेछन्,” याहवेह भन्‍नुहुन्छ।
ISA 66:1 याहवेह यसो भन्‍नुहुन्छ: “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरा निम्ति तिमीहरूले कहाँ भवन बनाउँछौ? मेरो विश्रामस्थल कहाँ हुनेछ?
ISA 66:2 के मेरै हातले यी सबै थोक बनाएको होइन, र यसरी अस्तित्वमा आए?” याहवेह घोषणा गर्नुहुन्छ। “त्यो मानिस, जसलाई म निगाह गर्छु: जो नम्र र आत्मामा दीन छ; अनि जो मेरो वचनमा आज्ञाकारी छ।
ISA 66:3 तर जसले बहर बलिदान चढाउँछ, त्यो त कुनै मानिस हत्या गर्नेजस्तै हो, र जसले थुमा चढाउँछ; त्यो कुकुरको घिच्रो भाँच्नेजस्तै हो; जसले अन्‍नबलि चढाउँछ, त्यो सुँगुरको रगत चढाउनेजस्तै हो; अनि जसले धूप चढाउँछ, त्यो मूर्तिपूजा गर्ने व्यक्तिजस्तै हो। तिनीहरूले आफ्नै मार्ग रोजेका छन्, र तिनीहरू आफ्ना घृणित कामहरूमा खुशी हुन्छन्;
ISA 66:4 यसकारण म पनि तिनीहरूका निम्ति कठोर व्यवहार रोज्नेछु; अनि तिनीहरूले डर मानेका कुरा नै तिनीहरूमाथि ल्याउनेछु। किनकि मैले बोलाउँदा कसैले जवाफ दिएन, जब म बोलेँ, कसैले सुनेन। तिनीहरूले मेरो नजरमा दुष्‍ट काम गरे, र मलाई मन नपर्ने कुरा रोजे।”
ISA 66:5 हे याहवेहको वचनमा आज्ञाकारी हुनेहरू हो, याहवेहको वचन सुन: “तिमीहरूका दाजुभाइहरू, जसले तिमीहरूलाई घृणा गर्छन्; अनि मेरो नामको कारण तिमीहरूलाई बहिष्कार गर्छन्, र तिनीहरूले यसो भनेका छन्, ‘याहवेहको महिमा होस्, ताकि हामी तिमीहरूको आनन्द देख्न पाऔँ!’ तर तिनीहरू शर्ममा पर्नेछन्।
ISA 66:6 सहरबाट निस्केको होहल्‍ला सुन, मन्दिरबाट निस्केको आवाज सुन! यो आफ्ना शत्रुहरूलाई सुहाउँदो बदला लिनुहुने याहवेहको आवाज हो।
ISA 66:7 “प्रसव वेदना सुरु हुनुभन्दा पहिले नै त्यसले जन्माउँछे; त्यसलाई व्यथा लाग्नुभन्दा पहिले नै त्यसले एउटा छोरा जन्माउँछे।
ISA 66:8 के कसैले यस्तो कुरा कहिल्यै सुनेको छ? के कसैले यस्तो कुराहरू कहिल्यै देखेको छ? के कुनै राष्ट्रलाई एकै दिनमा उत्पन्‍न गराउन सकिन्छ, अथवा कुनै जाति एकै क्षणमा उत्पन्‍न हुन सक्छ? तर सियोनलाई व्यथा लाग्नसाथ त्यसले आफ्ना सन्तान जन्माउँछे।
ISA 66:9 के मैले प्रसव वेदनासम्म ल्याएर पनि जन्मन दिन्‍नँ र?” याहवेह भन्‍नुहुन्छ। “के म जन्माउन लाउनेले, गर्भलाई थुन्छु र?” तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ।
ISA 66:10 “यरूशलेमलाई मन पराउनेहरू सबै त्यससित रमाओ र त्यसको निम्ति खुशी होओ; त्यसको निम्ति शोक गर्नेहरू सबै त्यससित ज्यादै हर्षित होओ।
ISA 66:11 किनकि तिमीहरूले त्यसको सान्त्वनाको स्तनपान गर्नेछौ र तृप्‍त हुनेछौ; तिमीहरूले बेसरी पिउनेछौ र त्यसको दूधको प्रशस्ततामा आनन्दित हुनेछौ।”
ISA 66:12 किनकि याहवेह यसो भन्‍नुहुन्छ: “म नदीझैँ शान्ति र जातिहरूका धन उर्लंदो भेलझैँ त्यसतर्फ फैलाउनेछु; तिमीहरूले दूध पिउनेछौ र हातमा बोकिनेछौ; अनि त्यसको घुँडामा उफ्रनेछौ।
ISA 66:13 एउटी आमाले आफ्नो बालकलाई सान्त्वना दिएझैँ, म तिमीहरूलाई सान्त्वना दिनेछु; अनि तिमीहरूले यरूशलेममा नै सान्त्वना पाउनेछौ।”
ISA 66:14 जब तिमीहरूले यो देख्छौ, तिमीहरूका हृदय रमाउनेछन्, र तिमीहरू घाँसझैँ मौलाउनेछौ; याहवेहको मदतको हात उहाँका सेवकहरूमाथि पसारिनेछ, तर उहाँको क्रोध उहाँका शत्रुहरूमाथि देखाइनेछ।
ISA 66:15 हेर, याहवेह आगोको साथमा आउँदैहुनुहुन्छ, र उहाँका रथहरू आँधीबेहरीझैँ छन्; उहाँले आफ्नो रिस प्रकोपसित र उहाँको हप्की आगोको ज्वालासित ल्याउनुहुनेछ।
ISA 66:16 किनकि याहवेहले सबै मानिसहरूमाथि आफ्नो न्याय आगो र तरवारले गर्नुहुनेछ; याहवेहद्वारा मारिने मानिसहरू धेरै हुनेछन्।
ISA 66:17 याहवेह घोषणा गर्नुहुन्छ, “तिनीहरू जसले सुँगुर, मुसाको मासु र अरू अशुद्ध चीजहरू खानेहरूका बीचमा भएकालाई पछ्याएर बगैँचासम्म जानलाई आफूलाई पवित्र र शुद्ध पार्छन्—तिनीहरूले पछ्याउनेसँगै तिनीहरूको अन्त्य एकैसाथ हुनेछ।
ISA 66:18 “किनकि म तिनीहरूका योजनाहरू र कामहरूको कारण सबै भाषा र जातिहरूलाई एकसाथ भेला गराउन आउन लागेको छु; अनि तिनीहरूले आएर मेरो महिमा देख्नेछन्।
ISA 66:19 “म तिमीहरूको बीचमा एउटा चिन्ह राख्नेछु; अनि बाँचेकाहरूलाई म जातिहरूकहाँ पठाउनेछु—तर्शीश, लिबिया, लूदीहरू, जो धनुर्धारी हुन्; तूबल र ग्रीसमा मेरो कीर्तिको बारेमा नसुनेका र मेरो महिमा नदेखेका टाढाका टापुहरूमा पठाउनेछु। तिनीहरूले जातिहरूका बीचमा मेरो महिमा घोषणा गर्नेछन्।
ISA 66:20 तब तिनीहरूले सबै देशहरूबाट तिमीहरूका दाजुभाइहरूलाई घोडा, रथ, खच्‍चर, ऊँट र गाडाहरूमा सवार गराई यरूशलेममा याहवेहको निम्ति भेटीको रूपमा मेरो पवित्र पर्वतमा ल्याउनेछन्,” याहवेह भन्‍नुहुन्छ। “इस्राएलीहरूले याहवेहको भवनमा विधिपूर्वक शुद्ध पारिएका भाँडाहरूमा आफ्ना अन्‍नबलि जसरी ल्याउँछन्, त्यसरी नै तिनीहरूले इस्राएलीहरूलाई ल्याउनेछन्।
ISA 66:21 तब म तिनीहरूमध्ये केहीलाई पुजारी र केहीलाई लेवी हुनलाई पनि छान्‍नेछु,” याहवेह भन्‍नुहुन्छ।
ISA 66:22 “जसरी मैले बनाएको नयाँ आकाश र नयाँ पृथ्वी मेरो सामु रहिरहनेछ, त्यसरी नै तिमीहरूका नाम र सन्तान पनि रहिरहनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
ISA 66:23 “एउटा औँसीदेखि अर्को औँसीसम्म र एउटा शब्बाथदेखि अर्को शब्बाथ दिनसम्म सबै जातिहरू आएर मेरो सामु झुक्नेछन्,” याहवेह भन्‍नुहुन्छ।
ISA 66:24 “तब तिनीहरू बाहिर जानेछन् र मेरो विरोध गर्नेहरूका मृत शरीरहरूलाई हेर्नेछन्; तिनीहरूलाई खाने किराहरू मर्नेछैनन्, न त तिनीहरूलाई जलाउने आगो निभ्नेछ; अनि तिनीहरू सबै मानिसहरूका लागि घृणित हुनेछन्।”
JER 1:1 बेन्यामीनी प्रान्तको अनातोतमा बस्‍ने हिल्कियाह, जो पुजारीहरूमध्ये एक थिए; तिनका छोरा यर्मियाका वचनहरू यिनै हुन्।
JER 1:2 यहूदाका राजा आमोनका छोरा योशियाहको शासनको तेह्रौँ वर्षमा याहवेहको वचन तिनीकहाँ आयो।
JER 1:3 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालदेखि योशियाहका अर्का छोरा सिदकियाहको एघारौँ वर्षको पाँचौँ महिनासम्म, अर्थात् यरूशलेमका मानिसहरू कैदमा लगिएको समयसम्म आइरह्‍यो।
JER 1:4 याहवेहको वचन मकहाँ आयो,
JER 1:5 “मैले तँलाई गर्भमा सृष्‍टि गर्नुभन्दा अगि नै तँलाई चिनिसकेको थिएँ; तँ जन्मनुभन्दा अगि नै मैले तँलाई अलग गरेँ; अनि मैले तँलाई जातिहरूका निम्ति अगमवक्ताको रूपमा नियुक्त गरेँ।”
JER 1:6 तब मैले भनेँ, “हे प्रभु याहवेह, म बोल्न जान्दिनँ; किनभने म त बालकै छु।”
JER 1:7 तर याहवेहले मलाई भन्‍नुभयो, “म बालकै छु भनी नभन्। मैले तँलाई पठाएका सबै मानिसहरूकहाँ तँ जानैपर्छ र मैले तँलाई जे-जे आज्ञा गर्छु, त्यो तैँले भन्‍नैपर्छ।
JER 1:8 तिनीहरूसित नडरा, किनकि म तँसित छु र तँलाई छुटाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 1:9 त्यसपछि याहवेहले आफ्नो हात पसारेर मेरो मुख छुनुभयो र मलाई भन्‍नुभयो, “मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु।
JER 1:10 हेर्, उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्न भनी आज म तँलाई राष्ट्रहरू र राज्यहरूमाथि नियुक्त गर्दछु।”
JER 1:11 याहवेहको यो वचन मकहाँ आयो: “यर्मिया तँ के देख्दैछस्?” मैले जवाफ दिएँ, “म हाडे-बदामका रूखको एउटा हाँगा देख्दैछु।”
JER 1:12 याहवेहले मलाई भन्‍नुभयो, “तैँले ठिक देखेको छस्; किनकि म आफ्नो वचन पूरा भएको देख्दैछु।”
JER 1:13 याहवेहको वचन फेरि मकहाँ आयो: “तँ के देख्दैछस्?” तब मैले जवाफ दिएँ, “म एउटा उम्‍लिरहेको भाँडो देख्दैछु, जुन उत्तर दिशाबाट हामीतिर ढल्किरहेको छ।”
JER 1:14 याहवेहले मलाई भन्‍नुभयो, “यस देशमा बस्‍ने सबै मानिसहरूमाथि उत्तर दिशाबाट विपत्ति खन्याइनेछ।
JER 1:15 म उत्तरी राज्यहरूका सबै जातिहरूलाई भेला गराउन लागेको छु,” याहवेह घोषणा गर्नुहुन्छ। “तिनीहरूका राजाहरू आउनेछन्, र यरूशलेमका मूलढोकाहरूको मुखमा तिनीहरूले आफ्ना सिंहासनहरू स्थापित गर्नेछन्; तिनीहरू त्यसका चारैतिरका पर्खालहरूको विरुद्धमा र यहूदाका सबै नगरहरूको विरुद्धमा आउनेछन्।
JER 1:16 म आफ्ना जातिहरूमाथि आफ्नो न्यायको घोषणा गर्नेछु; किनकि तिनीहरूले मलाई त्यागेर दुष्‍टता गरेका छन्; अनि आफ्नै हातले बनाएका अरू देवी-देवताहरूका अगि धूप बालेर पूजा गरेका छन्।
JER 1:17 “यसकारण उठ्, र आफूलाई तयार गर्! मैले तँलाई आज्ञा गरेका सबै कुरा तिनीहरूलाई भन्। तिनीहरूसँग नडरा, नत्रता म तँलाई तिनीहरूको अगि भयभीत बनाउनेछु।
JER 1:18 आज मैले तँलाई सम्पूर्ण देशको विरुद्धमा—यहूदाका राजाहरू, त्यसका हाकिमहरू, त्यसका पुजारीहरू र देशका मानिसहरूको विरुद्धमा खडा हुन फलामको खम्बा, काँसाको पर्खाल र एउटा बलियो किल्‍ला भएको सुरक्षित सहर बनाएको छु।
JER 1:19 तिनीहरू तेरो विरुद्ध लडाइँ गर्नेछन्, तर तँलाई जित्न सक्नेछैनन्; किनकि म तँसित हुनेछु र तँलाई छुटाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 2:1 याहवेहको वचन मकहाँ आयो:
JER 2:2 “जा, र यरूशलेमका मानिसहरूले सुन्‍ने गरी घोषणा गर्: “याहवेह यसो भन्‍नुहुन्छ: “ ‘तेरो युवा अवस्थाको भक्ति म सम्झना गर्छु; कसरी तैँले एउटी दुलहीले झैँ मलाई प्रेम गर्थिस्; अनि बिउ नछरिएको भूमिमा, मलाई मरुभूमिमा पछ्याइस्।
JER 2:3 याहवेहका निम्ति इस्राएल पवित्र थियो; उहाँको फसलको पहिलो फल थियो; इस्राएललाई निल्नेहरू सबै दोषी ठहरिए; अनि तिनीहरूमाथि विपत्ति आइलाग्यो,’ ” याहवेह घोषणा गर्नुहुन्छ।
JER 2:4 हे याकोबका सन्तान, इस्राएलका सबै वंशहरू हो, याहवेहको वचन सुन।
JER 2:5 याहवेह यसो भन्‍नुहुन्छ: “तिमीहरूका पितापुर्खाहरूले ममा के दोष भेट्टाए, र तिनीहरू मबाट यति धेरै टाढा भए? तिनीहरू काम नलाग्ने मूर्तिहरूका पछि लागेर तिनीहरू आफैँ काम नलाग्ने भए।
JER 2:6 तिनीहरूले यसो भनी सोधेनन्, ‘याहवेह कहाँ हुनुहुन्छ? जसले हामीलाई इजिप्टबाट ल्याउनुभयो; र हामीलाई उजाडस्थानबाट मरुभूमिको ठाउँ र खाडलबाट, सुक्खा भूमि र घोर अन्धकार ठाउँबाट, कुनै मानिस नहिँडेको र कोही नबसेको देशबाट डोर्‍याउनुभयो?’
JER 2:7 मैले तिमीहरूलाई मलिलो देशमा त्यसका फलहरू र असल उब्जनी खानका निम्ति ल्याएँ। तर तिमीहरू आयौ र मेरो देशलाई अशुद्ध पार्‍यौ; अनि मेरो उत्तराधिकारलाई घृणित बनायौ।
JER 2:8 पुजारीहरूले, ‘याहवेह कहाँ हुनुहुन्छ?’ भनी सोधेनन्; व्यवस्थाका काम गर्नेहरूले मलाई चिनेनन्; अगुवाहरूले मेरो विरुद्धमा विद्रोह गरे। काम नलाग्ने मूर्तिहरूका पछि लागेर, अगमवक्ताहरूले बाल-देवताको नाममा अगमवाणी गरे।
JER 2:9 “यसकारण म फेरि तिमीहरूको विरुद्धमा मुद्दा लगाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “अनि म तिमीहरू, तिमीहरूका छोराछोरी र नातिनातिनाहरूका विरुद्धमा मुद्दा लगाउनेछु।
JER 2:10 कित्तीमको किनारपारि गएर हेर्, केदार मरुभूमिमा पठा, र ध्यानपूर्वक हेर्; त्यहाँ यस्तो कहिल्यै भएको छ कि छैन, सो पत्ता लगा:
JER 2:11 के कुनै राष्ट्रले आफ्ना देवी-देवताहरू बदली गरेका छन्? (यद्यपि तिनीहरू देवता नै होइनन्।) तर मेरो आफ्नै जातिले आफ्ना महिमित परमेश्‍वरलाई व्यर्थका मूर्तिहरूसित साटेका छन्।
JER 2:12 हे आकाशमण्डल हो, तिमीहरू यस कुरामा चकित होओ; अनि भयानक डरले थरथर काम,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 2:13 “मेरा मानिसहरूले दुई वटा पापहरू गरेका छन्: तिनीहरूले मलाई त्यागेका छन्, जिउँदो पानीको मूललाई; अनि तिनीहरूले पानी नअडिने आफ्नै कुवाहरू खनेका छन्।
JER 2:14 के इस्राएल एउटा सेवक, जन्मजात दास हो र? तब किन त्यो लुटिएको छ?
JER 2:15 सिंहहरू गर्जेका छन्; तिनीहरूले इस्राएललाई झम्टेका छन्। तिनीहरूले त्यसको भूमिलाई उजाड पारिदिएका छन्; त्यसका सहरहरू जलाइएका र त्यागिएका छन्।
JER 2:16 मेम्फिस र तहपनेसका मानिसहरूले पनि तिमीहरूका खप्परलाई कुच्याइदिएका छन्।”
JER 2:17 जब तिमीहरूलाई याहवेह तिमीहरूका परमेश्‍वरले बाटोमा डोर्‍याउँदै हुनुहुन्थ्यो, तब उहाँलाई तिमीहरूले त्यागेर, यो कुरा आफैँमाथि ल्याएका होइनौ र?
JER 2:18 अब नील नदीबाट पानी पिउन इजिप्टमा किन जान्छौ? अनि यूफ्रेटिस नदीबाट पानी पिउन अश्शूरमा किन जान्छौ?
JER 2:19 तिमीहरूको दुष्‍टताले तिमीहरूलाई दण्ड दिनेछ; “तिमीहरूको धर्म-त्यागले तिमीहरूलाई हप्काउनेछ। तिमीहरूले याहवेह तिमीहरूका आफ्ना परमेश्‍वरलाई त्यागेर मेरो भय नराख्दा त्यो तिमीहरूका निम्ति कति दुष्‍टता र तितोपना हुनेछ भनी विचार गरेर जान,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
JER 2:20 “धेरै समयअगि नै तैँले आफ्नो जुवा भाँचिस् र आफ्ना बन्धनहरू फुकाइस्; तैँले भनिस्, ‘म तपाईंको सेवा गर्नेछैनँ!’ अनि प्रत्येक अग्ला डाँडाहरूमाथि र हरेक झ्याम्म परेको रूखमुनि तँ वेश्याजस्तै ढल्किस्।
JER 2:21 मैले तँलाई एक असल र भरपर्दो बोटबाट एउटा उत्तम दाखको बोटझैँ रोपेको थिएँ। तर कसरी तँ मेरो विरुद्धमा खडा भएर, भ्रष्‍ट जङ्गली दाखको बोट भइस्?
JER 2:22 तैँले आफूलाई कडा साबुन र सोडाले धोए तापनि तेरो अपराधको दाग अझै पनि मेरो सामु रहेको छ,” प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
JER 2:23 “कसरी तैँले भन्‍न सक्छस्, ‘म अशुद्ध भएको छैनँ; म बाल-देवताहरूका पछि लागेको छैनँ?’ हेर्, तैँले बेँसीमा कस्तो व्यवहार गरेको थिइस्; तैँले के गरेको थिइस्, सो विचार गर्। तँ त यताउता दौडिहिँड्ने उत्तेजित ऊँटजस्तै छस्,
JER 2:24 उजाडस्थानमा रहने बानी भएकी, कामुक भएर हावा सुँघिहिँड्ने जङ्गली गधैनीजस्तै। त्यसको उन्मात कामुकतालाई कसले रोक्न सक्छ? त्यसलाई पछ्याउने गधाहरूले आफूलाई थकाउनुपर्दैन; कामवासनाको समयमा तिनीहरूले त्यसलाई भेट्टाइहाल्छन्।
JER 2:25 तेरा खुट्टा नाङ्गो नभएसम्म र तेरो घाँटी तिर्खाले सुक्खा नहुन्जेल नकुद्। तर तैँले भनिस्, ‘म फर्कन सक्दिनँ! म विदेशी देवताहरूलाई प्रेम गर्छु; अनि मैले तिनीहरूलाई पछ्याउनैपर्छ।’
JER 2:26 “पक्राउ पर्दा चोर लज्जित भएझैँ, इस्राएलको घराना लज्जित भएको छ; अर्थात् तिनीहरू, आफ्ना राजाहरू र तिनीहरूका अधिकारीहरू, तिनीहरूका पुजारीहरू र तिनीहरूका अगमवक्ताहरू सबै लज्जित भएका छन्।
JER 2:27 तिनीहरूले काठलाई भन्छन्, ‘तपाईं मेरा पिता हुनुहुन्छ,’ अनि ढुङ्गालाई भन्छन्, ‘तपाईंले मलाई जन्माउनुभयो।’ तिनीहरूले मतिर मुख होइन, तर आफ्नो पिठिउँ फर्काएका छन्; तापनि तिनीहरू विपत्तिमा पर्दा तिनीहरू भन्छन्, ‘आएर हामीलाई बचाउनुहोस्!’
JER 2:28 त्यसो भए तिमीहरूले आफ्ना निम्ति बनाएका देवी-देवताहरू चाहिँ कहाँ छन् त? तिमीहरू विपत्तिमा परेको बेला तिनीहरूले बचाउन सक्छन् भने तिनीहरू आऊन्! किनकि हे यहूदा, तँसित जति सहरहरू छन्, त्यति नै धेरै देवी-देवताहरू पनि छन्।
JER 2:29 “तिमीहरू मेरो विरुद्धमा किन अभियोग लगाउँछौ? तिमीहरू सबै मेरो विरुद्धमा बागी भएका छौ,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 2:30 “मैले व्यर्थैमा तिम्रा मानिसहरूलाई दण्ड दिएँ; किनकि तिनीहरूले सुध्रिन मानेनन्। तिमीहरूका तरवारले तिमीहरूका अगमवक्ताहरूलाई निलिहाल्ने शिकारी सिंहले जस्तै नाश गरेका छौ।
JER 2:31 “यस पुस्ताका मानिसहरू, तिमीहरूले याहवेहको वचन विचार गर: “के म इस्राएलका निम्ति मरुभूमि अथवा घोर अन्धकारको देशजस्तै भएको छु? किन मेरा मानिसहरूले यसो भन्छन्, ‘हामी आफूखुशी गर्न स्वतन्त्र छौँ; हामी तपाईंकहाँ फेरि फर्केर आउनेछैनौँ?’
JER 2:32 के एउटी कन्याले आफ्ना गरगहना, वा एउटी दुलहीले आफ्नो विवाहका गरगहनाहरू बिर्सन सक्छे र? तापनि मेरा मानिसहरूले, धेरै समयदेखि मलाई बिर्सेका छन्।
JER 2:33 तँ प्रेमिका पछि लाग्नलाई कति सिपालु छेस्! अति दुष्‍ट स्त्रीहरूले पनि तेरो चालहरूबाट सिक्न सक्छन्।
JER 2:34 तेरा लुगाहरूमा निर्दोष गरिबहरूको रगत भेटिन्छ, यद्यपि तैँले तिनीहरूले घर फोर्दै गरेको भेट्टाइनस्। तर यी सबै कुरा हुँदा-हुँदै पनि
JER 2:35 तँ भन्छस्, ‘म त निर्दोष छु; उहाँ मसित रिसाउनुभएको छैन।’ तर तैँले, ‘मैले पाप गरेकी छैनँ’ भनेकै कारण म तेरो न्याय गर्नेछु।
JER 2:36 तँ किन आफ्ना मार्गहरू बदलेर, यताउता डुलिहिँड्छस्? अश्शूरले तँलाई निराश तुल्याएजस्तै तँ इजिप्टबाट पनि निराश हुनेछस्।
JER 2:37 तैँले त्यो ठाउँलाई पनि आफ्ना हात आफ्नै थाप्लोमा राखेर छाड्नेछस्; किनकि तैँले भरोसा राखेकाहरूलाई याहवेहले त्याग्नुभएको छ; तैँले तिनीहरूबाट सहायता पाउनेछैनस्।
JER 3:1 “यदि कुनै मानिसले आफ्नी पत्नीसँग सम्बन्ध-विच्छेद गर्‍यो र स्त्रीले त्यसलाई छोडेर अर्को मानिससित विवाह गरी भने, के त्यो पतिले त्यस स्त्रीलाई फेरि फर्काएर ल्याउँछ र? यसो गर्दा के देश पूर्ण रूपले अशुद्ध हुँदैन र? तर तँ धेरै प्रेमीहरूसित एक वेश्याझैँ बसेकी छेस्, अर्थात् के अब तँ मकहाँ फर्केर आउन सक्छेस्?” याहवेह घोषणा गर्नुहुन्छ।
JER 3:2 “बाँझो पहाडहरूतिर आँखा उठाएर हेर्। के तैँले कुकर्म नगरेको कुनै ठाउँ छ? मरुभूमिमा डुलुवा बसेझैँ, तँ बाटोको छेउतिर प्रेमिकाहरूको प्रतीक्षामा बसिस्। तैँले देशलाई तेरो व्यभिचार र दुष्‍टताले भ्रष्‍ट पारेकी छेस्।
JER 3:3 यसकारण झरी रोकिएको छ; अनि वसन्त ऋतुको वर्षा आएकै छैन। तापनि तँ लाज नभएकी वेश्याजस्तै देखिन्छेस्; तँ लाजले भुतुक्‍क हुँदिनस्।
JER 3:4 के तैँले मलाई भर्खरै यसरी पुकारिनस्, ‘मेरा पिता, मेरा युवावस्थादेखिको साथी,
JER 3:5 के तपाईं सधैँ रिसाइरहनुहुनेछ? के तपाईंको क्रोध सदासर्वदा रहिरहनेछ?’ तैँले यसरी कुरा गर्छेस्, तर तैँले सक्ने सबै दुष्‍ट्याइँ गर्छेस्।”
JER 3:6 राजा योशियाहको शासनकालमा याहवेहले मलाई भन्‍नुभयो, “इस्राएलले कस्तो विश्‍वासघाती काम गरेको छ, के तैँले देखेको छस्? इस्राएल प्रत्येक अग्लो डाँडा र हरेक झ्याम्म परेको रूखमुनि गएर त्यसले त्यहाँ व्यभिचार गरेकी छे।
JER 3:7 इस्राएलले यी सबै कुरा गरेपछि मतिर फर्किन्छे होला भन्‍ने मैले सोचेको थिएँ, तर त्यो फर्किन। अनि त्यसकी अविश्‍वासी बहिनी यहूदाले यो कुरा देखी।
JER 3:8 मैले अविश्‍वासी इस्राएललाई त्यसको सम्बन्ध-विच्छेदको त्यागपत्र दिएँ र त्यसको व्यभिचारको कारण त्यसलाई टाढा पठाइदिएँ। तापनि त्यसकी अविश्‍वासी बहिनी यहूदा डराइन; त्यो पनि गई र व्यभिचार गरी।
JER 3:9 किनकि इस्राएलको अनैतिक चरित्र त्यसको निम्ति केहीजस्तो लागेन, त्यसले ढुङ्गा र काठसित व्यभिचार गरेर देशलाई बिटुलो पारेकी छे।
JER 3:10 यी सबै कुरा भएर पनि त्यसकी विश्‍वासघाती बहिनी यहूदा मतिर सम्पूर्ण हृदयले होइन, तर त्यसले फर्केको बहाना मात्र गरेकी छे,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 3:11 याहवेहले मलाई भन्‍नुभयो, “अविश्‍वासी इस्राएल अविश्‍वासी यहूदाभन्दा बढी धर्मी छ।
JER 3:12 जा, उत्तरतिर यो सन्देश घोषणा गर्: “याहवेह भन्‍नुहुन्छ: ‘अविश्‍वासी इस्राएल फर्की, म तँलाई फेरि रिसाएको आँखाले हेर्नेछैनँ; किनकि म विश्‍वासयोग्य छु,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘म सधैँभरि रिसाउनेछैनँ।
JER 3:13 तैँले आफ्नो दोष मात्र स्वीकार गर्, तँ याहवेह तेरा परमेश्‍वरको विरुद्धमा विरोधी भएकी छेस्; अनि तैँले आफ्नो प्रेम हरेक झ्याम्म परेको रूखमुनि विदेशी देवी-देवताहरूलाई बाँडिदिएकी छेस्; अनि मेरा आज्ञापालन गरेकी छैनस्,’ याहवेह घोषणा गर्नुहुन्छ।”
JER 3:14 याहवेह घोषणा गर्नुहुन्छ, “हे अविश्‍वासी मानिसहरू हो, फर्क! किनकि म तिमीहरूको पति हुँ। म तिमीहरूलाई एउटा सहरबाट एक जनालाई र एउटा वंशबाट दुई जना गरेर छान्‍नेछु—अनि म तिमीहरूलाई सियोनमा ल्याउनेछु।
JER 3:15 त्यसपछि म तिमीहरूलाई मेरो हृदयअनुसारको गोठालाहरू दिनेछु, जसले तिमीहरूलाई ज्ञान र समझकासाथ डोर्‍याउनेछन्।
JER 3:16 ती दिनहरूमा, जब देशमा तिमीहरूको संख्या धेरै बढ्नेछ,” तब याहवेह घोषणा गर्नुहुन्छ, “मानिसहरूले ‘याहवेहको करारको सन्दुक’ भनेर फेरि कहिल्यै भन्‍नेछैनन्, न त फेरि कहिल्यै याद गर्नेछन्; त्यो तिनीहरूका मनमा सम्झनास्वरूप कहिल्यै आउनेछैन, न त त्योजस्तै फेरि अर्को कहिल्यै बनाइनेछ।
JER 3:17 त्यस बेला मानिसहरूले यरूशलेमलाई याहवेहको सिंहासन भन्‍नेछन्; अनि सबै जातिका मानिसहरू याहवेहको नामलाई आदर गर्न यरूशलेममा भेला हुनेछन्। तिनीहरू फेरि आफ्ना दुष्‍ट हृदयको हठीपनाको पछि लाग्नेछैनन्।
JER 3:18 ती दिनहरूमा यहूदाका घराना, इस्राएलको घरानासित मिल्नेछ; अनि तिनीहरू एकसाथ उत्तरी देशबाट मैले उत्तराधिकारको रूपमा तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा आउनेछन्।
JER 3:19 “म याहवेह आफैँले भनेको हुँ, “ ‘म कति खुशीसाथ तिमीहरूलाई मेरो छोराछोरीहरूजस्तै व्यवहार गर्नेथिएँ; अनि तिमीहरूलाई अति असल देश, मेरो राष्ट्रमा सबैभन्दा सुन्दर उत्तराधिकार दिनेथिएँ।’ तिमीहरूले मलाई ‘पिता’ भनी बोलाउनेछौ, र मलाई पछ्याउन छोड्नेछैनौ भनी सोचेको थिएँ।
JER 3:20 तर आफ्नो पतिप्रति अविश्‍वासी रहेकी पत्नीझैँ, हे इस्राएलका घराना हो, तिमीहरू मप्रति अविश्‍वासी भएका छौ,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 3:21 नाङ्गा डाँडाहरूमा एउटा रोदन सुनिन्छ; इस्राएलका मानिसहरूका रुवाइ र दयाका निम्ति पुकाराको सोर, किनकि तिनीहरू कुबाटोतिर लागेका छन्; अनि याहवेह तिनीहरूका परमेश्‍वरलाई बिर्सेका छन्।
JER 3:22 “हे अविश्‍वासी मानिसहरू हो, फर्क! म तिमीहरूका विश्‍वासघाती हृदयलाई निको पार्नेछु।” “हजुर, हामी तपाईंकहाँ फर्केर आउनेछौँ; किनकि तपाईं नै याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ।”
JER 3:23 “निश्‍चय नै डाँडाहरूमा मूर्तिपूजाको होहल्‍ला छ, र पर्वत एउटा छल हो; निश्‍चय नै याहवेह हाम्रा परमेश्‍वरमा इस्राएलको निम्ति उद्धार छ।
JER 3:24 हाम्रो जवान अवस्थाबाट नै लाजमर्दो देवी-देवताहरूले हाम्रा पितापुर्खाहरूका परिश्रमका फलहरू— अर्थात्, भेडाबाख्राका बगालहरू र गाईबस्तुका बथानहरू; अनि तिनीहरूका छोराछोरीहरू सबै कुरा निलिदिएको छ।
JER 3:25 हामी आफ्नो लाजमा घोप्टो परौँ; अनि हाम्रा अपमानले हामीलाई ढाकोस्। हामीले याहवेह हाम्रा परमेश्‍वरको विरुद्धमा हामी र हाम्रा पितापुर्खाहरू दुवैले पाप गरेका छौँ; हाम्रो जवानी अवस्थादेखि आजको दिनसम्म हामीले याहवेह हाम्रा परमेश्‍वरको आज्ञापालन गरेका छैनौँ।”
JER 4:1 “हे इस्राएल, यदि तिमीहरू फर्किआउन चाहन्छौ भने, मकहाँ फर्किआओ,” याहवेह घोषणा गर्नुहुन्छ। “यदि तिमीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू मेरो दृष्‍टिबाट टाढा राख्यौ र फेरि बरालिएनौ भने,
JER 4:2 अनि तिमीहरूले सत्य, न्याय र धार्मिकतामा ‘जीवित याहवेहलाई साक्षी’ राखेर शपथ खायौ भने, तब उहाँद्वारा जातिहरू आशिषित हुनेछन्; अनि तिनीहरूले उहाँमा नै गर्व गर्नेछन्।”
JER 4:3 यरूशलेम र यहूदाका मानिसहरूलाई याहवेह यसो भन्‍नुहुन्छ: “तिमीहरूको बाँझो जमिनमा खनजोत गर, र काँडाहरूको बीचमा बिउ नछर।
JER 4:4 हे यरूशलेम र यहूदाका मानिसहरू हो, याहवेहका निम्ति आ-आफ्नो खतना गर, तिमीहरूका आफ्नो हृदयको खतना गर। नत्रता तिमीहरूले गरेका दुष्‍टताको कारण मेरो क्रोध दन्केर निस्कनेछ, र आगोझैँ बल्नेछ, अर्थात् यसरी बल्नेछ, कि कसैले पनि निभाउन सक्नेछैन।
JER 4:5 “यहूदाका मानिसहरू र यरूशलेमका मानिसहरूलाई यसो भनेर घोषणा गर: ‘देशभरि तुरही फुक!’ चर्कोसँग कराएर भन: ‘एकसाथ भेला होओ! हामी किल्‍ला भएका सुरक्षित सहरहरूतिर भागौँ।’
JER 4:6 सियोनतिर जाने झण्डा उठाओ! ढिलो नगरी सुरक्षाको निम्ति भाग! किनकि म उत्तर दिशाबाट विपत्ति ल्याउँदैछु; अब डरलाग्दो सर्वनाश ल्याउनेछु।”
JER 4:7 एउटा सिंह, जो आफ्नो ओडारबाट निस्किआएको छ; राष्ट्रहरूलाई नाश गर्न एक जना निस्किसकेको छ। तिमीहरूको देशलाई सर्वनाश पार्न त्यो आफ्नो ठाउँबाट निस्किसकेको छ। तिमीहरूका सहरहरू नष्‍ट हुनेछन्, र त्यहाँ कोही पनि बसोबास गर्नेछैन।
JER 4:8 यसकारण भाङ्ग्रा लगाएर विलाप गर र रोओ; किनकि याहवेहको डरलाग्दो क्रोध हामीबाट हटेको छैन।
JER 4:9 याहवेह घोषणा गर्नुहुन्छ, “त्यो दिन, राजा र अधिकारीहरू हताश हुनेछन्, र पुजारीहरू भयभीत हुनेछन्; अनि अगमवक्ताहरू चकित हुनेछन्।”
JER 4:10 तब मैले भनेँ, “हे प्रभु याहवेह, ‘तिमीहरूलाई शान्ति हुनेछ’ भनेर यिनीहरू र यरूशलेमका मानिसहरूलाई पूर्ण रूपले कसरी धोका दिनुभएको छ; किनकि तरवार हाम्रा घाँटीसम्म नै छ!”
JER 4:11 त्यस बेला यी मानिसहरू र यरूशलेमलाई यसो भनिनेछ, “मरुभूमिका अग्ला बाँझो ठाउँहरूबाट एउटा प्रचण्ड तातो बतास मेरा मानिसहरूतिर बहनेछ, तर त्यो बतास निफन्‍नलाई वा सफा पार्नलाई होइन;
JER 4:12 किनकि मबाट आउने बतास अति शक्तिशाली हुनेछ। अब म यहूदाका मानिसहरूमाथि मेरो दण्ड घोषणा गर्नेछु।”
JER 4:13 हेर! उहाँ बादलझैँ अगि बढ्नुहुन्छ, उहाँका रथहरू भुमरीझैँ आउँछन्; उहाँका घोडाहरू गरुडभन्दा तेज दगुर्छन्। हाय हामीलाई, किनकि हामीहरू बरबाद भयौँ!
JER 4:14 हे यरूशलेम, तेरो हृदयबाट दुष्‍ट कुराहरू धोएर पखाल्, तब तँ बाँच्नेछेस्। तँ कहिलेसम्म दुष्‍ट विचारहरू पालिरहन्छेस्?
JER 4:15 दानबाट एउटा आवाजले घोषणा गर्दैछ; एफ्राइमका डाँडाहरूबाट सर्वनाशको घोषणा हुँदैछ,
JER 4:16 “यो कुरा राष्ट्रहरूलाई भन्, यरूशलेमलाई यो घोषणा गर्: ‘यहूदाका सहरहरूको विरुद्धमा युद्धको ध्वनि सुनाउँदै, टाढा देशबाट घेरा हाल्ने सेनाहरू आउँदैछन्।
JER 4:17 मानिसहरूले खेतको रक्षा गरेझैँ तिनीहरूले यरूशलेमलाई घेर्नेछन्; किनकि त्यसले मेरो विरुद्धमा विद्रोह गरेको छ,’ ” याहवेह घोषणा गर्नुहुन्छ।
JER 4:18 “तेरा आफ्नै चाल र कामहरूले तँमाथि कष्‍ट ल्याएको हो। तेरो दण्ड यही हो। यो कस्तो तितो छ! त्यो कष्‍टले तेरो मुटुलाई नै छेड्छ!”
JER 4:19 हाय, मेरो पीडा! मेरो पीडा! म कष्‍टमा छटपटाउँछु! हाय, मेरो हृदयको वेदना! मेरो हृदय जोडसित धड्कन्छ! म चुपचाप रहन सक्दिनँ। किनकि मैले तुरहीको आवाज सुनेको छु; मैले युद्धको ध्वनि सुनेको छु।
JER 4:20 विनाशपछि विनाश आउँछ; सम्पूर्ण देश ध्वस्त भएको अवस्थामा छ। अचानक मेरा पालहरू नष्‍ट हुन्छन्, एकै क्षणमै मेरो शरणस्थान नष्‍ट पारिन्छ;
JER 4:21 मैले कहिलेसम्म लडाइँको झण्डा हेरिरहूँ, अनि तुरहीको आवाज सुनिरहूँ?
JER 4:22 “मेरा मानिसहरू मूर्ख छन्; तिनीहरूले मलाई चिन्दैनन्। तिनीहरू ज्ञान नभएका बालकहरूजस्ता हुन्; तिनीहरूको समझशक्ति छैन। तिनीहरू दुष्‍ट काम गर्न सिपालु छन्; तर तिनीहरूले भलाइ कसरी गर्ने भन्‍ने कुरा जान्दैनन्।”
JER 4:23 मैले पृथ्वीतिर हेरेँ, त्यो आकारविनाको र शून्य थियो; अनि आकाशतिर हेरेँ, र त्यहाँ उज्यालो थिएन।
JER 4:24 मैले डाँडाहरूतिर हेरेँ, तिनीहरू काँपिरहेका थिए; सबै डाँडा हल्‍लिरहेका थिए।
JER 4:25 मैले हेरेँ, र त्यहाँ कोही पनि मानिसहरू थिएनन्; आकाशका सबै चरा उडेर गइसकेका थिए।
JER 4:26 मैले हेरेँ, र फलदायी जमिन मरुभूमि भएको थियो; त्यसका सबै सहर याहवेहको सामु उहाँको भयानक रिसमा नष्‍ट भएका थिए।
JER 4:27 याहवेह यसो भन्‍नुहुन्छ: “मैले पृथ्वीलाई पूर्ण रूपले नाश नगरे तापनि सारा देश नष्‍ट हुनेछ।
JER 4:28 यसकारण पृथ्वीले शोक गर्नेछ, र माथिको आकाश अँध्यारो हुनेछ; किनकि मैले बोलेको छु, र मेरो मन बदलिनेछैन; मैले निर्णय गरिसकेको छु, र मपछि हट्नेछैनँ।”
JER 4:29 घोडचढी र धनुर्धारीहरूको आवाज सुनेर सबै सहर भाग्नेछन्। तिनीहरू झाडीहरूतिर पस्‍नेछन्; अरूचाहिँ चट्टानमाथि उक्लनेछन्। सबै सहरहरू सुनसान हुनेछन्; ती सहरहरूमा कुनै मानिस बस्‍नेछैन।
JER 4:30 हे उजाड पारिएकी यरूशलेम, तँ के गर्दैछेस्? तैँले किन रातो वस्त्र पहिरहन्छेस्? र सुनको गहना लगाउँछेस्? तेरो आँखामा किन गाजल लगाउँछेस्? तँ व्यर्थमा आफूलाई सिङ्गार गर्छेस्। तेरा प्रेमीहरूले तँलाई घृणा गर्छन्; तिनीहरूले तँलाई मार्न खोज्दैछन्।
JER 4:31 म प्रसुती वेदनामा परेकी स्त्रीको रोदनजस्तै सुन्छु; पहिलो प्रसुती-वेदनाले छटपटाएको सुस्केरा, सास लिन गाह्रो परेकी सियोनकी छोरीको चीत्कार, आफ्नो हात पसारेर यसो भन्दै गरेकी, “हाय, म बेहोश हुँदैछु; मेरो जीवन हत्याराहरूको हातमा सुम्पिएको छ।”
JER 5:1 “यरूशलेमका सडकहरूहुँदो माथि र तल जा; चारैतिर हेर्, र विचार गर्। सहरका चोकहरूमा खोजी गर्। यदि तैँले इमानदारीसाथ चल्ने र सत्यको खोजी गर्ने एउटै मात्र व्यक्ति कतै भेट्टाइस् भने, म यस सहरलाई क्षमा गरिदिनेछु।
JER 5:2 यद्यपि तिनीहरूले, ‘जीवित याहवेहलाई साक्षी राखेर’ भन्छन्, तर पनि तिनीहरूले झूटो शपथ खान्छन्।”
JER 5:3 हे याहवेह, के तपाईंका आँखाले सत्यतालाई खोज्दैन र? तपाईंले तिनीहरूलाई प्रहार गर्नुभयो, तर तिनीहरूले वास्तै गरेनन्; तपाईंले तिनीहरूलाई धुलोपिठो पार्नुभयो, तर तिनीहरूले सुध्रिन इन्कार गरे। तिनीहरूले आफ्ना अनुहार ढुङ्गाभन्दा कठोर पारे, र तिनीहरूले पश्‍चात्ताप गर्न इन्कार गरे।
JER 5:4 मैले त सोचेको थिएँ, “यिनीहरूचाहिँ गरिब छन्, यिनीहरू मूर्ख छन्; किनकि यिनीहरूले याहवेहका मार्गहरू जान्दैनन्, यिनीहरूका परमेश्‍वरको आज्ञालाई बुझ्दैनन्।
JER 5:5 यसकारण म तिनीहरूका अगुवाहरूकहाँ जानेछु, र तिनीहरूसँग कुरा गर्नेछु; अवश्य नै तिनीहरूले याहवेहका मार्गहरू जान्दछन्, तिनीहरूका परमेश्‍वरको आज्ञालाई बुझ्दछन्।” तर तिनीहरूले पनि एकसाथ मिलेर आफ्ना जुवाहरू भाँचेका थिए, र बन्धनहरू चुँडाएका थिए।
JER 5:6 यसकारण जङ्गलबाट निस्केको सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ; मरुभूमिबाट निस्केको ब्वाँसोले तिनीहरूलाई मार्नेछ; सहरबाट बाहिर निस्कने जो कोहीलाई पनि टुक्रा-टुक्रा पार्नेछन्, र चितुवा तिनीहरूका सहरहरू नजिकै ढुकिबस्‍नेछ; किनकि तिनीहरू धेरै बागी भएका छन्; अनि तिनीहरूका अपराधहरू धेरै छन्।
JER 5:7 “मैले तिमीहरूलाई किन क्षमा गरूँ? तिमीहरूका छोराछोरीहरूले मलाई त्यागेका छन्; अनि तिनीहरूले झूटा ईश्‍वरहरूका शपथ खाएका छन्, जो ईश्‍वर नै होइनन्। मैले तिनीहरूका सबै अभाव पूरा गरिदिएँ, तापनि तिनीहरूले व्यभिचार गरे, र वेश्याहरूका घरमा भीड लागे।
JER 5:8 तिनीहरू पोसिएर कामवासनाले मातिएका घोडाहरूजस्तै छन्, जो हरेक छिमेकीका पत्नीको निम्ति हिनहिनाउँछन्।
JER 5:9 के म यी पापहरूका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ?” याहवेह घोषणा गर्नुहुन्छ। “के म यस राष्ट्रमाथि, मेरो बदला नलिऊँ?
JER 5:10 “यहूदाका दाखबारीहरूभित्र जा, र तिनीहरूलाई नाश गर्, तर तिनीहरूलाई पूर्ण रूपले चाहिँ नाश नगर्। त्यसका हाँगाहरू लाछिदे; किनकि यी मानिसहरू याहवेहका होइनन्।
JER 5:11 इस्राएलको घराना र यहूदाको घराना मप्रति अति नै विश्‍वासघाती भएका छन्,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 5:12 तिनीहरूले याहवेहको बारेमा झूटो बोलेका छन्; तिनीहरूले, “उहाँले केही गर्नुहुन्‍न! हामीमाथि कुनै हानि आइपर्नेछैन; हामीले तरवार र अनिकाल कहिल्यै देख्नेछैनौँ।
JER 5:13 अगमवक्ताहरूले हावाका कुरा मात्रै गर्छन्, र तिनीहरूमा परमेश्‍वरको वचन छैन; त्यसैले तिनीहरूले जे भनेका छन्, तिनीहरूमाथि त्यस्तै गरिऊन्।”
JER 5:14 यसकारण सेनाहरूका याहवेह परमेश्‍वर यसो भन्‍नुहुन्छ: “यी मानिसहरूले यस्तो वचन बोलेका हुनाले, म मेरो वचनलाई तेरो मुखमा आगो बनाउनेछु, र यी मानिसहरूलाई चाहिँ दाउरालाई भस्म पारेजस्तै भस्म पार्नेछु।”
JER 5:15 याहवेह घोषणा गर्नुहुन्छ, “हे इस्राएलको घराना, म तिमीहरूको विरुद्धमा टाढाको एउटा राष्ट्रलाई ल्याउँदैछु— एउटा प्राचीन र स्थायी राष्ट्रलाई, जसको भाषा तिमीहरूले जान्दैनौ, जसको बोली तिमीहरूले बुझ्दैनौ।
JER 5:16 तिनीहरूको काँडका ठोक्रोहरू खुला चिहानजस्तो छन्; तिनीहरू सबै वीर योद्धाहरू हुन्।
JER 5:17 तिनीहरूले तिमीहरूका फसल र खानेकुरा निल्नेछन्; तिमीहरूका छोराछोरीहरूलाई निल्नेछन्; तिनीहरूले तिमीहरूका भेडाबाख्राका बगालहरू र गाईबस्तुका बथानहरू निल्नेछन्; तिमीहरूका दाखका बोटहरू र नेभाराका रूखहरू नष्‍ट गरिदिनेछन्। तिमीहरूले भरोसा गरेका सुदृढ सहरहरूलाई, तिनीहरूका तरवारद्वारा नष्‍ट गरिदिनेछन्।
JER 5:18 “ती दिनहरूमा पनि म तिमीहरूलाई पूर्ण रूपले नाश गर्नेछैनँ,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 5:19 “जब मानिसहरूले सोध्छन्, ‘याहवेह हाम्रा परमेश्‍वरले हामीलाई यो सबै किन गर्नुभएको होला?’ तैँले तिनीहरूलाई यस्तो जवाफ दिनू, ‘जसरी तिमीहरूले मलाई त्याग्यौ र तिमीहरूको आफ्नै देशमा विदेशी देवताहरूको सेवा गर्‍यौ, त्यसरी नै अब तिमीहरूले बिरानो देशमा विदेशीहरूको सेवा गर्नेछौ।’
JER 5:20 “याकोबको घरानालाई यसो भन्, र यहूदाका मानिसहरूलाई यो कुरा घोषणा गर्:
JER 5:21 यो कुरा सुन, हे मूर्ख र विवेकहीन मानिसहरू हो, जसका आँखा त छन्, तर देख्दैनन्, जसका कान त छन्, तर सुन्दैनन्:
JER 5:22 के तिमीहरू मेरो भय मान्दैनौ?” याहवेह घोषणा गर्नुहुन्छ। “के तिमीहरू मेरो उपस्थितिमा काम्दैनौ? मैले बालुवालाई समुद्रको निम्ति सिमाना ठहराएको छु, समुद्रले सधैँका निम्ति नाघ्न नसक्ने सिमाना बनाएको छु। छालहरू उर्ले तापनि त्यस सिमानालाई नाघेर जान सक्दैनन्; तिनीहरू गर्जेलान्, तर त्यसलाई नाघ्न सक्दैनन्।
JER 5:23 तर यी मानिसहरूको हृदय हठी र विद्रोही छ; तिनीहरू मबाट तर्केर अर्को बाटोतिर लागेका छन्।
JER 5:24 तिनीहरू आफ्ना हृदयमा यसो भन्दैनन्, ‘हामी याहवेह हाम्रा परमेश्‍वरको डर राखौँ, जसले ऋतुअनुसार हामीलाई शरद र बसन्तको झरी दिनुहुन्छ, जसले हामीलाई नियमित फसलका हप्‍ताहरू निश्‍चित गरिदिनुहुन्छ।’
JER 5:25 तिमीहरूका अपराधले यी कुराहरू टाढा भएका छन्; तिमीहरूका कुकर्महरूले तिमीहरू असल कुराबाट बञ्चित भएका छौ।
JER 5:26 “मेरा मानिसहरूका बीचमा दुष्‍ट मानिसहरू छन्, जो चराहरूलाई पासो थाप्न ढुकिबस्‍ने मानिसहरूझैँ र मानिसहरू पक्रनलाई पासो थाप्नेहरूझैँ छन्।
JER 5:27 चराहरूले भरिएको पिन्जराझैँ, तिनीहरूका घर कपटले भरिएका छन्; तिनीहरू धनी र सामर्थी भएका छन्;
JER 5:28 अनि तिनीहरू मोटा र चिल्‍ला भएका छन्। तिनीहरूका दुष्‍ट कामहरूको सीमा नै छैन; तिनीहरूले न्याय खोज्दैनन्। तिनीहरूले अनाथहरूको मुद्दा लडिदिँदैनन्; तिनीहरूले गरिबहरूको अधिकारको रक्षा गर्दैनन्।
JER 5:29 के म यी कामहरूका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ?” याहवेह घोषणा गर्नुहुन्छ। “के म यस्तो राष्ट्रसँग बदला नलिऊँ?
JER 5:30 “देशमा एउटा डरलाग्दो र विचलित पार्ने कुरा भएको छ:
JER 5:31 अगमवक्ताहरूले झूटो अगमवाणी गर्छन्; पुजारीहरू आफ्नै अधिकारद्वारा शासन गर्छन्; अनि मेरा मानिसहरूले पनि यस्तै मन पराउँछन्। तर अन्त्यमा तिमीहरू के गर्नेछौ?
JER 6:1 “हे बेन्यामीनीहरू हो, सुरक्षाको निम्ति यरूशलेमबाट भाग! तको सहरमा तुरही फुक! बेथ-हक्‍केरेममा खतराको सङ्केत देओ! किनकि उत्तर दिशाबाट विपत्ति, डरलाग्दो विनाश आउँदैछ।
JER 6:2 सियोनकी छोरी, जो सुन्दरी र कोमल छे, म त्यसलाई नाश गर्नेछु।
JER 6:3 गोठालाहरू आ-आफ्ना बगाल लिएर त्यसको विरुद्धमा आउनेछन्; तिनीहरूले यरूशलेमको चारैतिर आफ्ना पालहरू टाँग्नेछन्; हरेकले आफ्नै बगालको हेरचाह गर्नेछन्।”
JER 6:4 “यरूशलेमको विरुद्धमा लडाइँको तयारी गर! उठ, हामी मध्यदिनमा आक्रमण गरौँ! तर, हाय! दिन ढल्किँदैछ; अनि बेलुकीको छाया लामो हुँदैछ।
JER 6:5 यसकारण उठ, हामी राति त्यसमाथि आक्रमण गरौँ, र यरूशलेमका किल्‍लाहरू नाश पारिदिऔँ!”
JER 6:6 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “रूखहरू काटेर ढालिदेओ, र यरूशलेमको विरुद्धमा घेरा-मचान बनाओ। यो सहरले दण्ड पाउनैपर्छ; यो सहर अत्याचारले भरिएको छ।
JER 6:7 जसरी इनारबाट पानी निस्कन्छ, त्यसरी नै त्यसले आफ्नो दुष्‍टता निकाल्छे। त्यसभित्र हिंसा र विनाश गुञ्जिन्छ; त्यसका रोगहरू र चोटहरू सधैँ मेरा सामु छन्।
JER 6:8 हे यरूशलेम यो चेतावनी सुन्, नत्रता म तँदेखि टाढा हुनेछु, र तेरो देशलाई उजाड पारिदिनेछु; अनि त्यहाँ कोही पनि बास गर्नेछैन।”
JER 6:9 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “तिनीहरूले इस्राएलका बाँकी रहेकाहरूलाई दाखको बोटमा छोडिएका फल नछोडी टिपेझैँ टिपून्; कुनै मानिसले अङ्‌गुरहरू बटुलेझैँ, आफ्नो हात फेरि ती दाखका हाँगाहरूमा लगा।”
JER 6:10 म कोसँग बोलूँ र कसलाई चेतावनी दिऊँ? मेरो कुरा कसले सुन्ला? तिनीहरूका कान बन्द भएका छन्। त्यसैले तिनीहरू सुन्‍न सक्दैनन्। याहवेहको वचन तिनीहरूलाई मन पर्दैन; तिनीहरू वचन सुन्‍नै चाहँदैनन्।
JER 6:11 यसकारण म याहवेहको क्रोधले भरिएको छु; अनि म यसलाई थामिराख्न सक्दिनँ। “यसलाई सडकमा भएका केटाकेटीहरू र एकसाथ भेला भएका जवान मानिसहरूमाथि; पति र पत्नी दुवै, र वृद्धहरूमाथि खन्याइदेओ।
JER 6:12 जब मेरो हात यस देशमा बाँचेकाहरूका विरुद्धमा बढाउँछु, तब तिनीहरूका घर, खेतबारी र पत्नीहरूसमेत अरू मानिसहरूलाई दिइनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 6:13 “सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म हरेक अनुचित धन कमाइको निम्ति लोभी छन्। अगमवक्ता र पुजारीहरू सबै छलका कुरा गर्छन्।
JER 6:14 तिनीहरूले मेरा मानिसहरूका घाउहरूमा लापर्बाही तरिकाले मलमपट्टी बाँधिदिन्छन्। शान्ति नहुँदा पनि तिनीहरूले, ‘शान्ति, शान्ति’ भन्दछन्।
JER 6:15 के तिनीहरू आफ्ना घृणित आचरणहरूप्रति लज्जित छन् र? अहँ, तिनीहरूलाई अलिकति पनि लाज लाग्दैन। तिनीहरू कसरी लाज मान्‍ने भन्‍ने पनि जान्दैनन्। यसकारण तिनीहरू पतन भएकाहरूसँग पतन हुनेछन्; जब म तिनीहरूलाई दण्ड दिन्छु, तब तिनीहरू नष्‍ट हुनेछन्,” याहवेह भन्‍नुहुन्छ।
JER 6:16 याहवेह यसो भन्‍नुहुन्छ: “चौबाटोमा उभिएर हेर, र प्राचीन मार्गको बारेमा सोध; त्यो असल मार्ग कहाँ छ, सोध र त्यसैमा हिँड, तब तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ। तर तिमीहरूले भन्यौ, ‘हामी यस मार्गमा हिँड्नेछैनौँ।’
JER 6:17 मैले तिमीहरूमाथि पहरेदारहरू नियुक्त गरेर भनेँ, ‘तुरहीको आवाजलाई ध्यानसित सुन!’ तर तिमीहरूले भन्यौ, ‘हामी सुन्‍नेछैनौँ।’
JER 6:18 यसकारण हे राष्ट्रहरू हो, सुन; हे साक्षीहरू हो, तिनीहरूलाई के हुँदोरहेछ, सो ध्यानसित हेर।
JER 6:19 हे पृथ्वी, सुन्; तिनीहरूकै योजनाको फलस्वरूप, म यस जातिमाथि विपत्ति ल्याउँदैछु; किनकि तिनीहरूले मेरा वचनहरू सुनेनन्, र मेरा व्यवस्थाहरूलाई इन्कार गरे।
JER 6:20 शेबादेखि ल्याएको धूप अथवा टाढा देशबाट ल्याएको बोझो मलाई के मतलब छ र? तिमीहरूका होमबलिहरू ग्रहणयोग्य छैनन्; तिमीहरूका बलिदानहरू मेरा निम्ति मनपर्दा छैनन्।”
JER 6:21 यसकारण याहवेह यसो भन्‍नुहुन्छ: “म यस जातिको सामु ठेस लाग्ने कुराहरू राखिदिनेछु। बुबा र छोराछोरीहरू एकसाथ ती कुरामा ठेस खानेछन्; छिमेकीहरू र मित्रहरू नष्‍ट हुनेछन्।”
JER 6:22 याहवेह यसो भन्‍नुहुन्छ: “हेर, उत्तर देशबाट एक दल सेना आउँदैछ। पृथ्वीको अन्तिम सिमानाबाट एउटा ठूलो राष्ट्रलाई सुर्‍याइरहेको छ।
JER 6:23 तिनीहरू धनु र भालाले सुसज्जित भएका छन्; तिनीहरू निर्दयी छन् र दया देखाउँदैनन्। तिनीहरू आफ्ना घोडाहरूमाथि सवार हुँदा तिनीहरूको आवाज समुद्रको गर्जनजस्तै सुनिन्छ; हे यरूशलेमकी छोरी, तँलाई आक्रमण गर्नका लागि तिनीहरू युद्धको पङ्‌क्ति बाँधेर आइरहेका छन्।”
JER 6:24 हामीले तिनीहरूको बारेमा खबर सुन्यौँ, र हाम्रा हातहरू लल्याकलुलुक भए। प्रसुती वेदनामा परेकी स्त्रीझैँ हामी छटपटिएका छौँ।
JER 6:25 खेततिर काम गर्न नजाओ, न त सडकतिर हिँड्‍डुल गर; किनकि शत्रुसित तरवार छ, र चारैतिर डरैडर देखिँदैछ।
JER 6:26 हे मेरा मानिसहरू हो, भाङ्ग्रा लगाओ; अनि खरानीमा लडीबुडी गर। एक मात्र छोराका निम्ति विलाप गरेझैँ शोक गर; किनकि विनाशकारी हामीमाथि अचानक आइलाग्नेछ।
JER 6:27 “मैले तँलाई धातु जाँच्ने वस्तु र मानिसहरूलाई कच्‍चा धातु बनाएको छु, ताकि तैँले तिनीहरूलाई ध्यानसित हेर्न र तिनीहरूका मार्गहरू जाँच गर्न सक्।
JER 6:28 तिनीहरू सबै निन्दा गर्दै, यताउति डुलिहिँड्ने कठोर विद्रोहीहरू हुन्। तिनीहरू काँसा र फलाम हुन्; तिनीहरू सबै भ्रष्‍ट चालहरूमा चल्दछन्।
JER 6:29 आरनमा सिसा जलाउनका लागि खूब जोडसित आगो फुकिन्छ, तर खार्ने काम व्यर्थै जान्छ; त्यसरी नै मेरा मानिसहरू यति दुष्‍ट छन्, कि तिनीहरूबाट दुष्‍ट्याइँ हटाउन सकिँदैन।
JER 6:30 तिनीहरूलाई खोट लागेको चाँदी भनिन्छ; किनकि याहवेहले तिनीहरूलाई त्याग्नुभएको छ।”
JER 7:1 यर्मियाकहाँ आएको याहवेहको वचन यही हो:
JER 7:2 “याहवेहको भवनको मूलढोकामा उभिएर त्यहाँ यो सन्देश घोषणा गर्: “ ‘याहवेहलाई आराधना गर्न यी मूलढोकाहरूबाट भित्र प्रवेश गर्ने हे यहूदाका सबै मानिसहरू हो, याहवेहको वचन सुन!
JER 7:3 इस्राएलका परमेश्‍वर, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूका जीवनशैली र कामहरू सुधार; अनि म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु।
JER 7:4 छली कुराहरूमा विश्‍वास गरेर यसो नभन, “यो याहवेहको भवन हो, याहवेहको भवन हो, याहवेहको भवन हो!”
JER 7:5 यदि तिमीहरूले आफ्ना जीवनशैलीहरू र आफ्ना कामहरू साँच्‍चै परिवर्तन गर्‍यौ र एक-आपसमा न्यायसङ्गत व्यवहार गर्‍यौ भने,
JER 7:6 यदि तिमीहरूले यस ठाउँमा विदेशीहरूमाथि, टुहुरा-टुहुरीहरूमाथि, र विधवाहरूमाथि अत्याचार गरेनौ भने वा निर्दोषहरूको रगत बगाएनौ भने, र आफ्नै खराबीका निम्ति अरू देवी-देवताहरूका पछि लागेनौ भने,
JER 7:7 तब म तिमीहरूलाई यस देशमा बस्‍न दिनेछु, जुन देश मैले तिमीहरूका पितापुर्खाहरूलाई सदाका निम्ति दिएको थिएँ।
JER 7:8 हेर, तिमीहरू व्यर्थका झूटा वचनहरूमा भरोसा गर्दैछौ।
JER 7:9 “ ‘के तिमीहरू साँच्‍चै चोरी, हत्या, व्यभिचार गर्छौ, र झूटो शपथ खान्छौ; बाल-देवतालाई धूप बाल्छौ र तिमीहरूले नजानेका अरू देवी-देवताहरूलाई पछ्याउँछौ,
JER 7:10 अनि आएर मेरो नाम बोकेको यस भवनमा मेरो सामु उभिएर भन्छौ, “हामी सुरक्षित छौँ!” हामी यी सबै घिनलाग्दा काम गर्न भनी ढुक्‍क छौँ?
JER 7:11 के मेरो नाम बोकेको यो भवन तिमीहरूका निम्ति डाँकुहरूको ओडार भएको छ? तर मैले देखेको छु! याहवेह घोषणा गर्नुहुन्छ।
JER 7:12 “ ‘अब शीलोको त्यो ठाउँमा जाओ, जहाँ मैले पहिले मेरो नामको निवासस्थान बनाएको थिएँ। मेरा प्रजा इस्राएलीको दुष्‍टताको कारण मैले त्यस ठाउँलाई के गरेको छु, त्यो हेर।
JER 7:13 याहवेह घोषणा गर्नुहुन्छ, तिमीहरूले यी कुराहरू गरिरहँदा म तिमीहरूसँग बारम्बार बोलेँ, तर तिमीहरूले सुनेनौ। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफै दिएनौ।
JER 7:14 यसकारण मैले शीलोलाई जे गरेको थिएँ, अब म मेरो नाम बोकेको भवनलाई त्यही गर्नेछु, जसमा तिमीहरू भरोसा राख्दछौ, मैले त्यो ठाउँ तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिएको थिएँ।
JER 7:15 मैले एफ्राइमका मानिसहरू, तिमीहरूका दाजुभाइ इस्राएलीहरूलाई फ्याँकेझैँ, म तिमीहरूलाई आफ्नो उपस्थितिबाट फ्याँकिदिनेछु।’
JER 7:16 “यसकारण यर्मिया यी मानिसहरूका निम्ति प्रार्थना नगर्, न त तिनीहरूका निम्ति कुनै बिलौना वा बिन्ती गर्। मसित अर्जबिन्ती नचढा; किनकि म तेरो कुरा सुन्‍नेछैनँ।
JER 7:17 तिनीहरूले यहूदाका सहरहरूमा र यरूशलेमका सडकहरूमा के गरिरहेका छन्, के तैँले त्यो देख्दैनस्?
JER 7:18 तिनीहरूका छोराछोरीले दाउरा बटुल्छन्, बुबाहरूले आगो बाल्छन्; अनि स्त्रीहरू स्वर्गकी रानीका निम्ति फुलौरा चढाउन पिठो मुछ्छन्। मलाई रिस उठाउनलाई तिनीहरूले अरू देवी-देवताहरूकहाँ अर्घबलि चढाउँछन्।
JER 7:19 तर तिनीहरूले के मलाई उक्साइरहेका हुन् र? याहवेह भन्‍नुहुन्छ, के तिनीहरूले आफैँलाई लज्जित तुल्याइरहेका र आफूलाई नै खराबी गरिरहेका छैनन् र?
JER 7:20 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो रिस र मेरो क्रोध यस मन्दिरमाथि, मानिस र पशुहरूमाथि, खेतका रूख र भुइँका फसलहरूमाथि खन्याउनेछु। यो आगोझैँ बलिरहनेछ र कसैले निभाउन सक्नेछैन।
JER 7:21 “ ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका अरू बलिदानहरूमा होमबलिहरू थप, र त्यो मासुचाहिँ तिमीहरू आफैँले खाओ!
JER 7:22 किनकि जब मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएँ, त्यस दिन जब म तिनीहरूसँग बोलेँ, तब मैले तिनीहरूलाई होमबलि र बलिदानहरूको विषयमा आज्ञा दिइनँ,
JER 7:23 तर मैले तिनीहरूलाई यो आज्ञा दिएँ: मेरा आज्ञापालन गर, र म तिमीहरूका परमेश्‍वर हुनेछु; अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ। मैले तिमीहरूलाई दिएको आज्ञाअनुसार सबै मार्गहरूमा हिँड, ताकि तिमीहरूको भलो होस्।
JER 7:24 तर तिनीहरूले आज्ञापालन गरेनन्, न त ध्यान नै दिए। त्यसका सट्टामा तिनीहरू आफ्ना दुष्‍ट हृदयका हठी इच्छाअनुसार हिँडे। तिनीहरू मबाट धेरै टाढा गए, र तिनीहरूले आफ्ना पिठिउँ मतिर फर्काए।
JER 7:25 तिमीहरूका पितापुर्खाहरूले इजिप्ट छोडेको समयदेखि आजसम्म, दिनहुँ बारम्बार मैले मेरा सेवक अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएँ।
JER 7:26 तर तिनीहरूले मेरा आज्ञाहरू पालन गरेनन्, न त ध्यान नै दिए। तिनीहरू हठी भए; अनि तिनीहरूले आफ्ना पितापुर्खाहरूले भन्दा बढी दुष्‍ट कामहरू गरे।’
JER 7:27 “जब तैँले यहूदाका मानिसहरूलाई यी सबै कुरा भन्छस्, तब तिनीहरूले तेरा कुराहरू सुन्‍नेछैनन्; तैँले तिनीहरूलाई बोलाए तापनि तिनीहरूले तँलाई जवाफ दिनेछैनन्।
JER 7:28 यसकारण तिनीहरूलाई यसो भन्, ‘यो राष्ट्र, जसले याहवेह आफ्ना परमेश्‍वरको आज्ञापालन गरेको छैन, अथवा सुधारलाई ग्रहण गरेको छैन। सत्यता नष्‍ट भइसकेको छ। तिनीहरूका ओठबाट सत्यता लोप भइसकेको छ।
JER 7:29 “ ‘तेरो केश खौरेर टाढा फ्याँकिदे, र अग्ला नाङ्गा डाँडाहरूमा गएर विलाप गर्; किनकि उहाँको रिसमा याहवेहले यो पुस्तालाई पूर्ण रूपमा इन्कार गर्नुभएको छ।
JER 7:30 “ ‘यहूदाका मानिसहरूले मेरो दृष्‍टिमा दुष्‍ट काम गरेका छन्, याहवेह घोषणा गर्नुहुन्छ। तिनीहरूले मेरो नाम बोकेको मेरो भवनमा तिनीहरूका घिनलाग्दा मूर्तिहरू खडा गरेका छन् र भवनलाई अशुद्ध पारेका छन्।
JER 7:31 तिनीहरूका छोराछोरीहरूलाई आगोमा जलाउनलाई बेन-हिन्‍नोमको बेँसी तोपेतमा अग्ला ठाउँहरू निर्माण गरेका छन्—जुन कुरा न मैले तिनीहरूलाई आज्ञा गरेको थिएँ, न त मैले मेरो मनमा सोचेको थिएँ।
JER 7:32 यसकारण होसियार रहो, ती दिनहरू आउँदैछन्, याहवेह घोषणा गर्नुहुन्छ, जब मानिसहरूले यस बेँसीलाई तोपेत अथवा बेन-हिन्‍नोमको बेँसी होइन, तर हत्याको बेँसी भन्‍नेछन्, तब तिनीहरूले तोपेतमा कुनै ठाउँ नै नरहुन्जेल मृतकहरूलाई गाड्नेछन्।
JER 7:33 तब मानिसहरूका मृत शरीरहरू आकाशका चराहरू र जमिनका पशुहरूका निम्ति आहारा हुनेछन्; अनि तिनीहरूलाई तर्साएर धपाउने कोही पनि हुनेछैनन्।
JER 7:34 म यहूदाका सहरहरू र यरूशलेमका गल्‍लीहरूमा हर्ष र आनन्दको सोर, दुलहा र दुलहीको सोर अन्त्य गरिदिनेछु; किनकि देश उजाड हुनेछ।
JER 8:1 “ ‘याहवेह घोषणा गर्नुहुन्छ: त्यस बेला यहूदाका राजाहरू र अधिकारीहरू, पुजारीहरू र अगमवक्ताहरूका हड्डीहरू र यरूशलेमका मानिसहरूका हड्डीहरू तिनीहरूका चिहानहरूबाट हटाइनेछन्।
JER 8:2 तिनीहरूका हड्डीहरू घाम, जुन र आकाशका ताराहरूमुनि फिँजाइनेछन्, जसलाई तिनीहरूले प्रेम गरेका थिए, सेवा गरेका थिए; अनि जसलाई तिनीहरूले पछ्याएका थिए, त्यससँग सल्‍लाह मागेका थिए र पूजा गरेका थिए। ती हड्डीहरू बटुलिने छैनन्, अथवा गाडिनेछैनन्, तर ती हड्डीहरू जमिनमा जनावरका मलजस्तै फिँजाइनेछन्।
JER 8:3 म जहाँ-जहाँ तिनीहरूलाई निर्वासनमा पठाउँछु, यस दुष्‍ट जातिका बाँचेकाहरू सबैले जीवनभन्दा मृत्यु नै रुचाउनेछन्, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।’
JER 8:4 “तिनीहरूलाई यो पनि भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: “ ‘जब मानिसहरू लड्दछन्, के तिनीहरू उठ्दैनन् र? जब कोही मानिस तर्केर जान्छ, के त्यो फेरि फर्कंदैन र?
JER 8:5 त्यसो भए यी मानिसहरू किन तर्किगएका छन्? यरूशलेम किन सधैँ तर्किएर जान्छ? तिनीहरू झूटा कुराहरूमा अल्झिरहन्छन्; तिनीहरू फर्कन अस्वीकार गर्दछन्।
JER 8:6 मैले ध्यानपूर्वक सुनेको छु, तर तिनीहरूले सही के हो, त्यो बोल्दैनन्। तिनीहरू, “मैले के गरेको छु र?” भन्दै, कसैले पनि आफ्नो दुष्‍टताको पश्‍चात्ताप गर्दैनन्। युद्धको निम्ति घोडा जाइलागेझैँ, तिनीहरू हरेक आफ्नै मार्गमा चलेका छन्।
JER 8:7 आकाशका सारसले पनि आफ्नो तोकिएको ऋतुहरू जान्दछ; अनि ढुकुर, गौँथली र मैनाले पनि आफ्नो बसाइँ सर्ने समय जान्दछन्, तर मेरा मानिसहरूले याहवेहले आज्ञा गर्नुभएका कुराहरू पालन गर्न जान्दैनन्।
JER 8:8 “ ‘तिमीहरूले कसरी भन्‍न सक्छौ, “हामी बुद्धिमान् छौँ, किनकि हामीसँग याहवेहको व्यवस्था छ,” जबकि वास्तवमा शास्त्रीहरूको झूटो कलमले व्यवस्थालाई झूटो तुल्याएको छ?
JER 8:9 बुद्धिमान्‌हरू शर्ममा पर्नेछन्; तिनीहरू हताश हुनेछन् र पासोमा पर्नेछन्। किनभने तिनीहरूले याहवेहको वचनलाई अस्वीकार गरेका छन्। तिनीहरूसँग कस्तो बुद्धि छ?
JER 8:10 यसकारण म तिनीहरूका पत्नीहरू अरू मानिसहरूलाई र तिनीहरूका खेतहरू नयाँ मालिकलाई दिनेछु। सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म हरेक अनुचित धन कमाइको निम्ति लोभी छन्। अगमवक्ताहरू र पुजारीहरूसमेत सबैले छल गर्दछन्।
JER 8:11 तिनीहरूले मेरा मानिसहरूका घाउहरूमा लापर्बाही तरिकाले मलमपट्टी बाँधिदिन्छन्। शान्ति नहुँदा पनि, तिनीहरूले, “शान्ति, शान्ति,” भन्दछन्।
JER 8:12 के तिनीहरू आफ्ना घृणित आचरणहरूप्रति लज्जित छन् र? अहँ, तिनीहरूलाई अलिकति पनि लाज लाग्दैन। तिनीहरू कसरी लाज मान्‍ने भन्‍ने पनि जान्दैनन्। यसकारण तिनीहरू पतन भएकाहरूसँग पतन हुनेछन्। जब म तिनीहरूलाई दण्ड दिन्छु, तब तिनीहरू नष्‍ट हुनेछन्, याहवेह भन्‍नुहुन्छ।
JER 8:13 “ ‘याहवेह घोषणा गर्नुहुन्छ: म तिनीहरूका फसलहरू लैजानेछु। दाखका बोटहरूमा अङ्‌गुरहरू हुनेछैनन्। नेभाराको बोटमा फल हुनेछैन; अनि तिनीहरूका पातहरू ओइलाउनेछन्। मैले तिनीहरूलाई जे जति दिएको छु, ती तिनीहरूबाट खोसिनेछन्।’ ”
JER 8:14 हामी यहाँ किन चुप लागेर बसिरहेका छौँ? एकसाथ भेला होऔँ! हामी सुरक्षित सहरहरूतिर भागौँ र त्यहीँ नै नष्‍ट होऔँ! किनकि याहवेह हाम्रा परमेश्‍वरले हाम्रो विनाशको निर्णय गर्नुभएको छ; अनि हामीलाई विषालु पानी पिउनलाई दिनुभएको छ; किनकि हामीले उहाँको विरुद्धमा पाप गरेका छौँ।
JER 8:15 हामीले शान्तिको आशा गरेका थियौँ, तर कुनै पनि असल कुरा भएको छैन। निको हुने आशा गरेका थियौँ, तर त्यहाँ आतङ्क मात्र भएको छ।
JER 8:16 दानबाट शत्रुका घोडाहरूका आवाज सुनिँदैछ। तिनीहरूका घोडाहरूको हिनहिनाएको आवाजमा सारा देश थरथर काम्दछ। तिनीहरू देश र त्यसमा भएका हरेक कुराहरू, सहर र त्यहाँ बस्‍ने सबै मानिसहरूलाई नाश गर्न आएका छन्।
JER 8:17 “हेर, म तिमीहरूका बीचमा विषालु सर्पहरू पठाउनेछु। त्यस्ता सर्पहरू जसलाई वशमा पार्न सकिँदैन; अनि तिनीहरूले तिमीहरूलाई डस्‍नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 8:18 हे मेरा दुःखमा सान्त्वना दिने, मेरो हृदय मभित्र दुर्बल भएको छ।
JER 8:19 टाढाबाट मेरा मानिसहरूको चिच्याहट, मेरा मानिसहरूका क्रन्दन सुन्‍नुहोस्: “के याहवेह सियोनमा हुनुहुन्‍न? के सियोनको राजा अब त्यहाँ हुनुहुन्‍न?” “किन तिनीहरूले तिनीहरूका कुँदिएका मूर्तिहरू र तिनीहरूका काम नलाग्ने विदेशी मूर्तिहरूले मलाई रिस उठाएका छन्?”
JER 8:20 “कटनीको समय बितिसकेको छ; ग्रीष्म ऋतु समाप्‍त भइसकेको छ, तर पनि हाम्रोचाहिँ उद्धार भएकै छैन।”
JER 8:21 मेरा मानिसहरू चकनाचुर पारिएका छन्; अनि म पनि चकनाचुर भएको छु। म शोकमा छु र पूर्ण रूपमा हताश भएको छु।
JER 8:22 के गिलादमा निको पार्ने मलम छैन? के त्यहाँ कुनै वैद्यहरू छैनन्? त्यसो भए किन मेरा मानिसहरूको चोट निको भएको छैन?
JER 9:1 अहो, यदि मेरो शिर पानीको मूल र मेरा आँखाहरू आँसुका फोहरा भएको भए! मेरा मारिएका मानिसहरूका निम्ति म दिनरात रुनेथिएँ।
JER 9:2 अहो, मरुभूमिमा यात्रीहरूका निम्ति मसँग एउटा बास बस्‍ने ठाउँ भएको भए, म मेरा मानिसहरूलाई त्यहाँ राखेर तिनीहरूबाट टाढा जानेथिएँ; किनकि तिनीहरू सबै व्यभिचारी र विश्‍वासघाती मानिसहरूको भीड हो।
JER 9:3 “तिनीहरूले झूट बोल्नका लागि आफ्ना जिब्रा धनुजस्तै तयार गर्छन्; देशमा तिनीहरू सत्यताद्वारा विजयी भएका होइनन्। तर तिनीहरू एउटा पापपछि अर्को पाप गर्दै जान्छन्; तिनीहरूले मलाई जान्दैनन्,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 9:4 “तिमीहरूका साथीहरूदेखि होसियार होओ; आफ्ना वंशको कुनै पनि दाजुभाइहरूमाथि भरोसा नगर। किनकि हरेक दाजुभाइहरू छली छन्; अनि हरेक साथी निन्दक छन्।
JER 9:5 एउटा मित्रले अर्को मित्रलाई छल गर्छ; अनि कसैले पनि सत्य कुरा बोल्दैन। तिनीहरूले आफ्नो जिब्रोलाई झूट बोल्न सिकाएका छन्; तिनीहरू पाप गरेर आफैँलाई थकित तुल्याउँछन्।
JER 9:6 तँ छलीहरूको बीचमा बस्छस्; तिनीहरूको छलमा तिनीहरूले मलाई आफ्ना परमेश्‍वरको रूपमा स्वीकार गर्न मान्दैनन्,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 9:7 यसकारण सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “हेर, म तिनीहरूलाई खार्नेछु र तिनीहरूलाई जाँच्नेछु; किनकि मेरा मानिसहरूका पापको निम्ति म अरू के गर्न सक्छु र?
JER 9:8 तिनीहरूका जिब्रा घातक काँड हुन्; ती जिब्राले छलको कुरा बोल्दछन्। तिनीहरू सबै आफ्ना छिमेकीहरूसँग मुखले मिठो कुरा गर्दछन्, तर आफ्ना हृदयमा भने छिमेकीको विरुद्धमा पासो थाप्छन्।”
JER 9:9 याहवेह घोषणा गर्नुहुन्छ, “के म यस्तो पापका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ? के यस्तो राष्ट्रसँग, म बदला नलिऊँ?”
JER 9:10 म पर्वतहरूका निम्ति रुनेछु र विलाप गर्नेछु; अनि मरुभूमिका खर्कहरूका निम्ति पनि विलाप गर्नेछु। ती खर्कहरू जलाएर भस्म पारिएका छन् र त्यहाँबाट कोही पनि हिँड्दैनन्; अनि त्यहाँ गाईबस्तुको आवाज पनि सुनिँदैन। आकाशका चराहरू सबै उडेर गइसकेका छन् र जनावरहरू पनि गइसकेका छन्।
JER 9:11 “म यरूशलेमलाई भग्नावशेषको थुप्रो र स्यालको ओडार बनाउनेछु; अनि यहूदाका सहरहरूमा कोही नबसून् भनेर म यहूदालाई उजाड पारिदिनेछु।”
JER 9:12 व्यवस्थालाई बुझ्न सक्ने बुद्धिमान् मानिस को छ? याहवेहले कसलाई निर्देशन गर्नुभएको छ र व्यवस्थालाई व्याख्या गर्न सक्छ? देश किन विनाश गरिएको छ र कोही हिँड्न नसक्ने मरुभूमिजस्तै किन पारिएको छ?
JER 9:13 याहवेहले भन्‍नुभयो, “मैले तिनीहरूका अगि राखिदिएको मेरो व्यवस्थालाई तिनीहरूले त्यागेका कारण यी सबै कुरा भएका हुन्; तिनीहरूले मेरो आज्ञापालन गरेनन्, न त मेरो व्यवस्था नै पालन गरे।
JER 9:14 बरु तिनीहरू आफ्ना हृदयको हठीपनको पछि लागेका छन्; तिनीहरूका पितापुर्खाहरूले तिनीहरूलाई सिकाएझैँ, तिनीहरू बाल-देवताहरूका पछि लागेका छन्।”
JER 9:15 यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “हेर, म यस जातिलाई तितो भोजन खान लगाउनेछु र विषालु पानी पिउन लगाउनेछु।
JER 9:16 म तिनीहरूलाई, न तिनीहरूले, न त तिनीहरूका पितापुर्खाहरूले जानेका वा चिनेका जातिहरूको बीचमा छरपस्ट पारिदिनेछु। म तिनीहरूलाई तिनीहरूको विनाश नहोउन्जेलसम्म खेद्नेछु।”
JER 9:17 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “अब यी कुराहरू विचार गर! विलाप गर्ने स्त्रीहरूलाई बोलाओ; तिनीहरूमध्येका सबैभन्दा सिपालु स्त्रीहरूलाई ल्याओ।
JER 9:18 तिनीहरू चाँडै आऊन्, र हाम्रा आँखाबाट आँसुका भलहरू र हाम्रा आँखाको परेलाबाट पानीको धारा नबगेसम्म हाम्रा निम्ति विलाप गरिदेऊन्।
JER 9:19 सियोनबाट विलापको सोर सुनिँदैछ: हामी कसरी नष्‍ट भएका छौँ! हामी साह्रै लज्जित छौँ! हामीले आफ्नो देश छोड्नैपर्छ; किनकि हाम्रा घरहरू नष्‍ट भएका छन्।”
JER 9:20 तर हे स्त्रीहरू, याहवेहको वचन सुन; उहाँको मुखको वचन सुन्‍न आफ्ना कानहरू खोल। आफ्ना छोरीहरूलाई बिलौना गर्न सिकाओ; एक-अर्कालाई विलापको गीत सिकाइदेओ।
JER 9:21 मृत्यु हाम्रा झ्यालहरूबाट चढेर आएको छ, र हाम्रा किल्‍लाहरूमा पसेको छ; यसले केटाकेटीहरूलाई बाटो-बाटोबाट र जवानहरूलाई चोक-चोकबाट नष्‍ट गरेको छ।
JER 9:22 तैँले भन्, “याहवेह यसरी घोषणा गर्नुहुन्छ: “ ‘मानिसहरूका लासहरू खुला मैदानमा मलझैँ छरिएका हुनेछन्; तिनीहरू कटनी गर्नेले छोडेको अन्‍नझैँ हुनेछन्। ती छोडिएको अन्‍नहरू कसैले बटुल्ने छैन।’ ”
JER 9:23 याहवेह यसो भन्‍नुहुन्छ: “बुद्धिमान् मानिसले आफ्नो बुद्धिको घमण्ड नगरोस्, बलवान् मानिसले आफ्नो बलको घमण्ड नगरोस्, र धनी मानिसले आफ्नो धनको घमण्ड नगरोस्;
JER 9:24 तर जसले घमण्ड गर्छ, त्यसले यस विषयमा चाहिँ घमण्ड गरोस्: कि त्यससँग मलाई चिन्‍ने समझशक्ति छ; म याहवेह हुँ, जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्दछु; किनकि यिनै कुराहरूमा म प्रसन्‍न हुन्छु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 9:25 याहवेह घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्, जब म शरीरमा मात्रै खतना भएकाहरू सबैलाई दण्ड दिनेछु;
JER 9:26 अर्थात् इजिप्ट, यहूदा, एदोम, अम्मोन, मोआब र टाढा मरुभूमिका सिमानाहरूमा बस्‍ने सबैलाई दण्ड दिनेछु। किनकि यी सबै जातिहरू साँचो रूपमा खतना भएका छैनन्; अनि इस्राएलको सम्पूर्ण घरानाको पनि हृदयमा खतना भएको छैन।”
JER 10:1 हे इस्राएलका घराना हो, याहवेहले तिमीहरूलाई के भन्दै हुनुहुन्छ, सो सुन।
JER 10:2 उहाँले तिमीहरूलाई यसो भन्‍नुहुन्छ: “अरू राष्ट्रहरूका मार्गहरू नसिक, अथवा आकाशका चिन्हहरूद्वारा नआत्तिओ; यद्यपि ती राष्ट्रहरूचाहिँ ती चिन्हहरूद्वारा आत्तिन्छन्।
JER 10:3 किनकि तिनीहरूका रीतिरिवाजहरू व्यर्थका छन्; तिनीहरूले जङ्गलबाट एउटा रूख काट्छन्; अनि शिल्पकारले आफ्नो हतियारले त्यसलाई आकार दिन्छ।
JER 10:4 तिनीहरूले त्यसलाई चाँदी र सुनले सिँगार्छन्; हथौडाले काँटी ठोकेर तिनीहरूले त्यसलाई जोड्छन्, ताकि त्यो यताउता नहल्‍लिओस्।
JER 10:5 काँक्राबारीमा काग धपाउन राखिएको पुत्लाझैँ, तिनीहरूका मूर्तिहरू बोल्न सक्दैनन्; किनकि ती हिँड्न सक्दैनन्। ती मूर्तिहरूलाई बोकेर लैजानुपर्छ। तिनीहरूदेखि नडराओ; तिनीहरूले कुनै पनि हानि गर्न सक्दैनन्, न त तिनीहरूले कुनै असल कुरा नै गर्न सक्छन्।”
JER 10:6 हे याहवेह, तपाईंजस्तो अरू कोही पनि छैन; तपाईं महान् हुनुहुन्छ; अनि तपाईंको नाम महान् र शक्तिशाली छ।
JER 10:7 हे राष्ट्रहरूका राजा, तपाईंसँग कोचाहिँ डराउँदैन र? किनकि तपाईं आदरयोग्य हुनुहुन्छ। राष्ट्रहरूका सबै बुद्धिमान् मानिसहरू र तिनीहरूका सबै राज्यहरूमा तपाईंजस्तो अरू कोही छैन।
JER 10:8 तिनीहरू सबै विवेकहीन र मूर्ख छन्; तिनीहरू काम नलाग्ने काठका मूर्तिहरूद्वारा सिकाइएका छन्।
JER 10:9 मूर्ति बनाउन तर्शीशबाट पिटिएको चाँदी र उपाजबाट सुन ल्याइन्छ। शिल्पकार र सुनारद्वारा त्यसलाई बनाइन्छ; अनि त्यसमा निलो र बैजनी रङ्गको लुगा लगाइन्छ। ती सबै थोक सिपालु कारिगरहरूद्वारा बनाइएका छन्।
JER 10:10 तर याहवेह सत्य परमेश्‍वर हुनुहुन्छ; उहाँ जीवित र अनन्तसम्मका राजा हुनुहुन्छ। जब उहाँ रिसाउनुहुन्छ, पृथ्वी थरथर काँप्छ; राष्ट्रहरूले उहाँको क्रोध सहनै सक्दैनन्।
JER 10:11 “तिनीहरूलाई यसो भन्: ‘यी देवताहरू, जसले स्वर्ग र पृथ्वी बनाएनन्, ती पृथ्वी र आकाशमुनिबाट नष्‍ट हुनेछन्।’ ”
JER 10:12 तर परमेश्‍वरले पृथ्वी आफ्नो शक्तिद्वारा बनाउनुभयो; उहाँले संसारलाई आफ्नो बुद्धिले स्थापित गर्नुभयो; र उहाँले आकाशलाई आफ्नो समझशक्तिले फैलाउनुभयो।
JER 10:13 जब उहाँ बोल्नुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ; उहाँले बादललाई पृथ्वीको अन्तिम छेउबाट उठाउनुहुन्छ। उहाँले झरीसँग बिजुली पठाउनुहुन्छ; अनि हावालाई उहाँको भण्डारहरूबाट निकाल्नुहुन्छ।
JER 10:14 हरेक मानिस विवेकहीन र ज्ञानहीन छ; हरेक सुनार आफ्नै मूर्तिहरूद्वारा शर्ममा पर्नेछ। किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन्; तिनीहरूमा जीवनको सास हुँदैन।
JER 10:15 ती मूर्तिहरू सबै व्यर्थका र ठट्टाका पात्र हुन्; जब तिनीहरूको न्याय आउँछ, तब तिनीहरू नष्‍ट हुनेछन्।
JER 10:16 उहाँ, जो याकोबका अंश हुनुहुन्छ, उहाँ ती मूर्तिहरूजस्ता हुनुहुन्‍न; किनकि उहाँ सबै कुराहरूको सृष्‍टिकर्ता हुनुहुन्छ, जसमा इस्राएल, उहाँको उत्तराधिकारका मानिसहरू पनि सामेल छन्; सेनाहरूका याहवेह उहाँको नाम हो।
JER 10:17 हे घेराउमा परेर बसेका यरूशलेमका बासिन्दाहरू हो, देश छोड्नलाई आफ्ना सरसामानहरू बटुल।
JER 10:18 किनकि याहवेह यसो भन्‍नुहुन्छ: “यसै समयमा म यस देशमा बस्‍नेहरूलाई झटारो हानेर निकालिदिनेछु; म तिनीहरूमाथि सङ्कष्‍ट ल्याउनेछु, ताकि तिनीहरू पक्राउ परून्।”
JER 10:19 मेरो चोटको खातिर मलाई धिक्‍कार छ! मेरो चोट निको नहुने किसिमको छ! तापनि मैले आफूलाई भनेँ, “यो मेरो रोग हो, र मैले यसलाई सहनैपर्छ।”
JER 10:20 मेरो पाल भत्काइएको छ; पालका सबै डोरीहरू चुडाइएका छन्। मेरा छोराछोरीहरू मबाट गइसकेका छन् र अब कोही पनि छैन; अब मेरो पाल टाँगिदिने अथवा मेरो वासस्थान ठिक गरिदिने कोही पनि बाँकी छैन।
JER 10:21 गोठालाहरू विवेकहीन भएका छन्, र तिनीहरू याहवेहको खोजी गर्दैनन्; यसैकारण तिनीहरू सफल हुँदैनन्; अनि तिनीहरूका सबै बगालहरू छरपस्ट भएका छन्।
JER 10:22 सुन! यस्तो खबर आइरहेको छ, उत्तरको देशबाट एउटा ठूलो होहल्‍ला आइरहेछ! यसले यहूदाका सहरहरूलाई उजाड पार्नेछ, र स्यालहरूका ओडार बनाउनेछ।
JER 10:23 हे याहवेह, म जान्दछु, मानिसको जीवन उसको आफ्नो हातमा छैन; तिनीहरू आफैँले आफ्ना पाइलाहरूलाई निर्देशन गर्दैनन्।
JER 10:24 हे याहवेह, मलाई सुधार्नुहोस्, तर तपाईंको न्यायअनुसार, तपाईंको रिसमा चाहिँ होइन; नत्रता तपाईंले मलाई भष्म पारिदिनुहुनेछ।
JER 10:25 तपाईंको क्रोध ती राष्ट्रहरूमाथि खन्याइदिनुहोस्, जसले तपाईंलाई परमेश्‍वर भनी स्वीकार गर्दैनन्; ती मानिसहरूमाथि, जसले तपाईंको नाम पुकार्दैनन्। किनकि तिनीहरूले याकोबलाई निलेका छन्; तिनीहरूले तिनलाई सर्लक्‍कै निलेका छन्; अनि तिनको जन्मभूमिलाई उजाड पारिदिएका छन्।
JER 11:1 यर्मियाकहाँ आएको याहवेहको वचन यही हो:
JER 11:2 “यस करारका शर्तहरू सुन्। अनि ती यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भन्।
JER 11:3 याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ भनी तिनीहरूलाई भन्: ‘यस करारका शर्तहरू पालन नगर्ने मानिस श्रापित होस्,
JER 11:4 अर्थात् ती शर्तहरू, जुन मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट, फलाम पगाल्ने भट्टीबाट निकालेर ल्याउँदा तिनीहरूलाई आज्ञा गरेको थिएँ।’ मैले भनेँ, ‘मलाई र मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुराहरू पालन गर्‍यौ भने तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु।
JER 11:5 तब तिमीहरूका पितापुर्खाहरूलाई दूध र मह बग्ने देश दिनेछु’ भनी मैले तिनीहरूसित शपथ खाएर बाँधेको प्रतिज्ञा पूरा गर्नेछु; त्यही देश, जुन आज तिमीहरूको अधिकारमा छ।” मैले जवाफ दिएर भनेँ, “आमेन, याहवेह।”
JER 11:6 याहवेहले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा यी सबै वचनहरू घोषणा गर्: ‘करारका यी वचनहरू सुन र ती वचनहरू पालन गर।
JER 11:7 “मेरो आज्ञापालन गर,” भनेर मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट ल्याएको समयदेखि आजसम्म मैले तिनीहरूलाई बारम्बार चेतावनी दिँदैआएको छु।
JER 11:8 तर तिनीहरूले सुनेनन्, अथवा ध्यानै दिएनन्; बरु तिनीहरू आफ्नै दुष्‍ट हृदयको हठीपनामा लागिरहे। त्यसैले तिनीहरूले पालन नगरेको हुनाले मैले तिनीहरूलाई पालन गर्नलाई दिएको करारका सबै सरापहरू तिनीहरूमाथि ल्याएँ।’ ”
JER 11:9 तब याहवेहले मलाई भन्‍नुभयो, “यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरूले मेरो विरुद्धमा एउटा षड्यन्त्र रचेका छन्।
JER 11:10 तिनीहरू आफ्ना पितापुर्खाहरूका पापमा फर्किगएका छन्, जसले मेरो वचन सुन्‍न इन्कार गरेका थिए। तिनीहरू अन्य देवताहरूका पछि लागेका छन् र तिनीहरूको सेवा गरेका छन्। मैले तिनीहरूका पितापुर्खाहरूसित बाँधेको करारलाई इस्राएल र यहूदा दुवैले भङ्ग गरेका छन्।
JER 11:11 यसकारण याहवेह यसो भन्‍नुहुन्छ: ‘म तिनीहरू उम्कनै नसक्ने गरी तिनीहरूमाथि विपत्ति ल्याउनेछु। तिनीहरूले सहायताका निम्ति पुकार गरे तापनि म तिनीहरूको पुकार सुन्‍नेछैनँ।
JER 11:12 तब यहूदाका र यरूशलेमका मानिसहरू जानेछन् र तिनीहरूले धूप बालेका देवताहरूकहाँ पुकार्नेछन्, तर विपत्ति आइपर्दा ती देवताहरूले कुनै पनि सहायता गर्न सक्दैनन्।
JER 11:13 हे यहूदा, तँसित जति सहरहरू छन्, त्यति नै देवताहरू छन्; अनि तैँले त्यस लाजमर्दो बाल-देवताको निम्ति धूप बाल्न खडा गरेका वेदीहरू त्यति नै छन्, जति यरूशलेमका सडकहरू छन्।’
JER 11:14 “यी मानिसहरूका निम्ति प्रार्थना नगर्, न त कुनै विलौना अथवा बिन्ती नै गर्; किनकि तिनीहरूको विपत्तिको समयमा तिनीहरूले सहायताका निम्ति मेरो पुकार गर्दा म सुन्‍नेछैनँ।
JER 11:15 “मेरो मन्दिरमा मेरी प्रिय के गर्दैछे, जबकि त्यसले धेरैजनासँग कुकर्म गरिसकेकी छे? के अर्पण गरिएको मासुले तेरो दण्ड पन्साउन सक्छ र? जब तँ आफ्ना दुष्‍ट कर्महरूमा लाग्छेस्, तब तँ खुशी हुन्छेस्।”
JER 11:16 याहवेहले तँलाई मौलाएको असल फलहरूको जैतुनको रूख भन्‍नुभयो। तर शक्तिशाली आँधीबेहरीको गर्जनले उहाँले त्यसलाई आगो लगाइदिनुहुनेछ; अनि त्यसका हाँगाहरू पूर्ण रूपमा भाँचिनेछन्।
JER 11:17 सेनाहरूका याहवेह, जसले तँलाई रोप्नुभयो, उहाँले तेरो विरुद्धमा विपत्तिको आदेश दिनुभएको छ; किनकि इस्राएल र यहूदाका मानिसहरूले बाल-देवतालाई धूपहरू बालेर दुष्‍ट काम गरेका छन् र मलाई रिस उठाएका छन्।
JER 11:18 किनभने याहवेहले मलाई तिनीहरूको षड्यन्त्र प्रकट गरिदिनुभयो; अनि मैले त्यो थाहा पाएँ; किनकि त्यस बेला तिनीहरूले जे गरिरहेका थिए, उहाँले मलाई देखाउनुभयो।
JER 11:19 तर म त मारिनलाई लगिएको एउटा सुधो थुमाजस्तो थिएँ; तिनीहरूले मलाई यसो भन्दै षड्यन्त्र रचेको मलाई थाहै थिएन, “हामी यस रूख र यसको फललाई नाश गरिदिऔँ; यसलाई जीवितहरूको देशबाट काटेर ढालिदिऔँ, ताकि यस रूखको नामको सम्झनाधरि नरहोस्।”
JER 11:20 तर तपाईं सेनाहरूका याहवेह, जसले धार्मिकतासाथ न्याय गर्नुहुन्छ; अनि हृदय र मनलाई जाँच गर्नुहुन्छ; तिनीहरूमाथि तपाईंको बदला म देख्न पाऊँ; किनकि मैले मेरो मुद्दा तपाईंलाई सुम्पिदिएको छु।
JER 11:21 यसकारण “याहवेहको नाममा अगमवाणी नगर्, नत्रता तँ हाम्रो हातबाट मर्नेछस्,” भन्दै तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूको बारेमा याहवेह यसो भन्‍नुहुन्छ:
JER 11:22 यसकारण सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “म तिनीहरूलाई दण्ड दिनेछु। तिनीहरूका जवान मानिसहरू तरवारले र तिनीहरूका छोरीहरूचाहिँ अनिकालले मर्नेछन्।
JER 11:23 अनातोतका मानिसहरू कोही पनि बाँकी रहनेछैनन्; किनकि तिनीहरूलाई दण्ड दिने वर्षमा म अनातोतका मानिसहरूमाथि सर्वनाश ल्याउनेछु।”
JER 12:1 जब म मेरो मुद्दा तपाईंकहाँ राख्दछु, तब याहवेह, तपाईं सदैव धर्मी हुनुहुन्छ। तापनि म तपाईंसँग तपाईंको न्यायको बारेमा कुरा गर्न चाहन्छु: किन दुष्‍ट मानिसहरू सफल हुन्छन्? किन सबै अधर्मीहरू सुखी जीवन जिउँछन्?
JER 12:2 तपाईंले तिनीहरूलाई रोप्नुभयो र तिनीहरूले जरा हाले; तिनीहरू बढ्छन् र फल फलाउँछन्। तिनीहरूको मुखले त सधैँ तपाईंको नाम लिन्छन्, तर तिनीहरूका हृदयबाट भने तपाईं टाढा हुनुहुन्छ।
JER 12:3 तर हे याहवेह, तपाईंले मलाई जान्‍नुहुन्छ; तपाईंले मलाई देख्नुहुन्छ र तपाईंप्रतिका मेरा विचारहरू जाँच्नुहुन्छ। तिनीहरूलाई काट्न लगिएका भेडालाई जस्तै तानेर लैजानुहोस्! तिनीहरूलाई मारिने दिनको निम्ति अलग गर्नुहोस्!
JER 12:4 कहिलेसम्म देश उजाड अवस्थामा रहिरहने र मैदानको घाँस ओइलिरहने? किनकि त्यस ठाउँमा बस्‍नेहरू दुष्‍ट छन्; जनावरहरू र चराहरू नष्‍ट भएका छन्। यसबाहेक, मानिसहरूले यसो भनिरहेका छन्, “हामीमाथि के हुँदैछ, परमेश्‍वरले देख्नुहुनेछैन।”
JER 12:5 “तँ मानिसहरूसँग दगुर्दा तिनीहरूले तँलाई थकाए भने, कसरी तँ घोडाहरूसित दगुर्न सक्छस्? यदि तँ सुरक्षित देशमा त ठेस खान्छस् भने, यर्दनका छेउछाउका काँढे झाडीहरूमा झन् के गर्छस्?
JER 12:6 तेरा दाजुभाइहरू, तेरा आफ्नै परिवारका सदस्यहरू, तिनीहरूले समेत तँलाई धोका दिएका छन्; तिनीहरूले तेरो विरुद्धमा बोलेका छन्। तिनीहरूले तँसँग मिठा-मिठा कुरा गरेका छन्, तापनि तिनीहरूलाई विश्‍वास नगर्।
JER 12:7 “म आफ्नो घर इस्राएललाई त्यागिदिनेछु, म आफ्नो उत्तराधिकारलाई छोडिदिनेछु; मैले प्रेम गरेका मानिसहरूलाई म तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु।
JER 12:8 मेरो उत्तराधिकारीहरू मेरा निम्ति जङ्गलको सिंहजस्तै भएका छन्। तिनीहरू मसित गर्जन्छन्; यसैकारण म तिनीहरूलाई घृणा गर्दछु।
JER 12:9 के मेरो उत्तराधिकार, मेरा निम्ति शिकारी पक्षीहरूले वरिपरि घेरेर आक्रमण गरी चोट लागेको चराझैँ भएको छैन? जा, गएर सबै जङ्गली पशुहरूलाई भेला गर्; तिनीहरूलाई खान ती पशुहरूलाई लिएर आइज।
JER 12:10 धेरै विदेशी शासकहरूले मेरो दाखबारीलाई नष्‍ट गर्नेछन्, र मेरो भूमि कुल्चीमिल्ची पार्नेछन्; तिनीहरूले मेरो सुन्दर भूमिलाई उजाड र बाँझो बनाइदिनेछन्।
JER 12:11 त्यो भूमि मेरो सामु सुक्खा, उजाड र बाँझो बनाइनेछ; समस्त देश उजाड पारिनेछ; किनकि त्यसको हेरचाह गर्ने कोही पनि छैन।
JER 12:12 मरुभूमिका सम्पूर्ण अग्ला नाङ्गा डाँडाहरूमाथि नाश गर्नेहरू हुल लागेर आउनेछन्; किनकि याहवेहको तरवारले देशको एक छेउदेखि अर्को छेउसम्म नाश गर्नेछ; कोही पनि सुरक्षित रहनेछैन।
JER 12:13 तिनीहरूले गहुँ छर्नेछन्, तर काँडाहरूको कटनी गर्नेछन्; तिनीहरूले कडा परिश्रम गर्नेछन्, तर केही फाइदा हुनेछैन। याहवेहको डरलाग्दो रिसको कारण, तिनीहरू आफ्नो फसलमा लज्जित हुनेछन्।”
JER 12:14 याहवेह यसो भन्‍नुहुन्छ: “मैले आफ्ना मानिस, इस्राएलीहरूलाई दिएको उत्तराधिकारमाथि हात लगाउने मेरा सबै दुष्‍ट छिमेकीहरूलाई, म तिनीहरूका देशबाट उखेल्नेछु, र म तिनीहरूका बीचबाट यहूदाका घरानालाई उखेल्नेछु।
JER 12:15 तर तिनीहरूलाई उखेलेपछि म तिनीहरूमाथि फेरि दया देखाउनेछु; अनि तिनीहरू हरेकलाई तिनीहरूका आफ्नै उत्तराधिकारको भूमि र तिनीहरूका आफ्नै देशमा फर्काएर ल्याउनेछु।
JER 12:16 यदि तिनीहरूले मेरा मानिसहरूका चालचलनहरू राम्रोसँग सिकेर, ‘जीवित याहवेहको नाममा भनेर शपथ’ खाए भने तिनीहरूले एक पटक मेरा मानिसहरूलाई बाल-देवताको नाममा शपथ खान सिकाएका भए तापनि तिनीहरू मेरा मानिसहरूको बीचमा स्थापित हुनेछन्।
JER 12:17 तर यदि कुनै पनि राष्ट्रले वचन पालन गरेन भने म त्यसलाई सम्पूर्ण रूपले उखेलेर नाश गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 13:1 याहवेहले मलाई यसो भन्‍नुभयो: “जा, गएर एउटा सुतीको पटुका किन् र त्यसलाई आफ्नो कम्मरमा बाँध्, तर त्यसलाई पानीले भिज्न नदे।”
JER 13:2 यसकारण याहवेहले हुकुम गर्नुभएझैँ मैले एउटा सुतीको पटुका किनेँ र आफ्नो कम्मरमा बाँधेँ।
JER 13:3 तब याहवेहको वचन दोस्रोपल्ट मकहाँ आयो:
JER 13:4 “तैँले किनेको तेरो कम्मरमा बाँधिराखेको पटुका लिएर अब परात नदीमा जा, र त्यसलाई त्यहाँ चट्टानको एउटा दुलोमा लुकाइराख्।”
JER 13:5 यसकारण याहवेहले मलाई भन्‍नुभएझैँ म परातमा गएँ, र त्यस पटुकालाई चट्टानमा लुकाएँ।
JER 13:6 केही दिनपछि याहवेहले मलाई भन्‍नुभयो, “परातमा जा, र मैले तँलाई लुकाउन लगाएको पटुका त्यहाँबाट लिएर आइज।”
JER 13:7 यसकारण म परातमा गएँ, र मैले पटुकालाई लुकाइराखेको ठाउँबाट खनेर निकालेँ, तर त्यो पटुका मक्‍किएर कामै नलाग्ने भएको पाएँ।
JER 13:8 तब याहवेहको वचन मकहाँ आयो:
JER 13:9 “याहवेह यसो भन्‍नुहुन्छ: ‘ठिक यसरी नै म यहूदाको र यरूशलेमको घमण्डलाई नष्‍ट गर्नेछु।
JER 13:10 यी दुष्‍ट मानिसहरू, जसले मेरा वचन सुन्‍न इन्कार गर्छन्; तिनीहरू आफ्ना हृदयलाई कठोर पार्दै अरू देवी-देवताको पूजा गर्न र सेवा गर्न जान्छन्। यस्ता मानिसहरू यही पटुकाजस्तै पूर्ण रूपले केही कामको हुँदैनन्!
JER 13:11 किनकि मानिसले पटुका कम्मरमा बाँधेझैँ, मैले इस्राएलको र यहूदाको सम्पूर्ण घरानालाई मेरो ख्याति, प्रशंसा र सम्मानको निम्ति प्रजा हुनेछन् भनी मैले तिनीहरूलाई आफ्नो कम्मरमा बाँधेँ, तर तिनीहरूले मेरो आज्ञापालन गरेनन्,’ याहवेह घोषणा गर्नुहुन्छ।
JER 13:12 “यसकारण तिनीहरूलाई भन्: ‘याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: हरेक मशक दाखमद्यले भरिएको हुनुपर्छ।’ अनि तिनीहरूले यदि तँलाई, ‘प्रत्येक मशक दाखमद्यले भरिनुपर्छ भन्‍ने कुरा के हामीलाई थाहा छैन?’ भनी भनेछन् भने,
JER 13:13 तब तिनीहरूलाई यसरी भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: दावीदको सिंहासनमा बस्‍ने राजाहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्‍नेहरू सबैलाई र यस देशका बासिन्दाहरू सबैलाई म दाखमद्यले मताइदिनेछु।
JER 13:14 म तिनीहरूलाई आमाबुबाहरू र छोराछोरीहरू समेतलाई एक-अर्काको विरुद्धमा जुधाइदिनेछु, याहवेह घोषणा गर्नुहुन्छ। मलाई दया, माया, कृपा अथवा कुनै पनि कुराले तिनीहरूलाई सर्वनाश गर्नबाट रोक्न सक्दैन।’ ”
JER 13:15 सुन, र ध्यान देओ, अहङ्कारी नहोओ; किनकि याहवेहले बोल्नुभएको छ।
JER 13:16 परमेश्‍वरले अन्धकार ल्याउन अगि, अँध्यारो डाँडाहरूमा तिमीहरूका खुट्टाहरू ठेस खानुभन्दा अगि, याहवेह तिमीहरूका परमेश्‍वरलाई महिमा देओ। तिमीहरू उज्यालोको आशा गर्दछौ, तर उहाँले ज्योतिलाई घोर अन्धकारमा बदली दिनुहुनेछ; अनि त्यसलाई गहिरो अन्धकार तुल्याइदिनुहुनेछ।
JER 13:17 तर तिमीहरूले अझै पनि सुन्‍न इन्कार गर्‍यौ भने, तिमीहरूको घमण्डको कारणले म गुप्‍तमा रुनेछु; आँखामा आँसुको धारा बगाउँदै, म धुरुधुरु रुनेछु; किनकि याहवेहको बगाल कैदी भएर लगिनेछ।
JER 13:18 राजा र राजमातालाई भन्: “तपाईंहरूका सिंहासनबाट ओर्लनुहोस्; किनकि तपाईंहरूका गौरवशाली मुकुटहरू तपाईंहरूका शिरबाट खस्‍नेछन्।”
JER 13:19 दक्षिणमा भएका सहरहरू घेरामा पर्नेछन्; अनि तिनीहरूलाई सहायता गर्ने कोही हुनेछैनन्। समस्त यहूदालाई निर्वासनमा लगिनेछ, तिनीहरू पूर्ण रूपले कैदी भएर लगिनेछन्।
JER 13:20 आफ्ना आँखा उठाएर उत्तर दिशाबाट आइरहेका शत्रुहरूलाई हेर्! तँलाई सुम्पिदिएको बगालहरू कहाँ छन्, त्यो बगाल, जसमा तैँले घमण्ड गर्थिस्?
JER 13:21 तैँले विशेष मित्रझैँ मानेकोलाई नै, याहवेहले तँमाथि शासक नियुक्त गरिदिनुहुँदा अब तँ के भन्‍नेछस्? के यसो हुँदा तँ प्रसुती वेदनामा परेकी स्त्रीझैँ पीडाले तड्पिने छैनस् र?
JER 13:22 अनि यदि तैँले “मलाई किन यस्तो भयो?” भनेर आफैँलाई सोधिस् भने, यो त तेरै पापको कारणले गर्दा तेरो फरिया च्यातिएको छ; अनि तेरो शरीरसँग दुर्व्यवहार गरिएको छ।
JER 13:23 के कूशी मानिसले आफ्नो छाला अथवा चितुवाले आफ्नो थोप्ला बदली गर्न सक्छ? तेरो दुष्‍ट काम गर्ने बानी भएको हुँदा तैँले असल काम गर्न सक्नेछैनस्।
JER 13:24 “मरुभूमिको बतासले उडाइदिएको भुसजस्तै म तँलाई छरपस्ट पारिदिनेछु।
JER 13:25 तेरो भाग यही हो, मैले आदेश दिएको तेरो हिस्सा,” याहवेहले घोषणा गर्नुहुन्छ; “किनकि तैँले मलाई बिर्सेर झूटा देवी-देवताहरूमाथि भरोसा गरेको छस्।
JER 13:26 म तेरो फरिया उचालेर तेरो मुखमा पुर्‍याइदिनेछु, ताकि तेरो लाज देखियोस्—
JER 13:27 तैँले गरेको व्यभिचार र तेरो कामुकताको हिनहिनाइ, र तेरो शर्मलाग्दो वेश्यावृत्ति! मैले अग्ला डाँडाहरूमा र मैदानहरूमा तेरा घिनलाग्दा वेश्यावृत्तिहरू देखेको छु। हे यरूशलेम, तँलाई धिक्‍कार छ! तँ कहिलेसम्म यसरी अशुद्ध भइरहनेछस्?”
JER 14:1 खडेरीको बारेमा यर्मियाकहाँ आएको याहवेहको वचन यही हो:
JER 14:2 “यहूदा विलाप गर्छ, त्यसका सहरहरू कमजोर भएका छन्; तिनीहरू देशका निम्ति विलौना गर्छन्; अनि यरूशलेमका मानिसहरूको चीत्कार आकासिन्छ।
JER 14:3 कुलिन मानिसहरूले आफ्ना नोकरहरूलाई पानी लिन पठाउँछन्; तिनीहरू कुवामा जान्छन्, तर पानी भेट्टाउँदैनन्। तिनीहरू आफ्ना गाग्राहरू रित्तै लिएर, लज्जित र हतोत्साहित भएर, आफ्ना शिरहरू ढाकेर फर्कन्छन्।
JER 14:4 देशमा वर्षा नभएको कारण जमिन चर्केर चिरा-चिरा परेको छ; किसानहरू निराश भएका छन्, र तिनीहरूले आफ्ना शिर ढाकेका छन्।
JER 14:5 घाँस नभएको कारणले मैदानको मुडुली मृगले समेत आफ्नो बच्‍चालाई छोडिदिन्छे।
JER 14:6 जङ्गली गधाहरू अग्ला नाङ्गा डाँडाहरूमा उभिन्छन् र स्यालहरूजस्तै स्याँ-स्याँ गर्दै सास फेर्छन्; घाँस खान नपाएको कारण तिनीहरूले राम्रोसँग देख्न सक्दैनन्।”
JER 14:7 हाम्रा पापहरूले हाम्रा विरुद्धमा गवाही दिए तापनि हे याहवेह, तपाईंको नामको खातिर हामीलाई सहायता गर्नुहोस्। किनकि हामीले तपाईंको विरुद्धमा बारम्बार पाप गरेका छौँ; हामीले धेरै अपराधहरू गरेका छौँ।
JER 14:8 हे याहवेह, तपाईं इस्राएलको आशा हुनुहुन्छ, सङ्कष्‍टको समयमा इस्राएलको उद्धारकर्ता, एक रातको लागि मात्र बास बस्‍ने यात्रीजस्तै, तपाईं किन यस देशमा एक परदेशीजस्तो हुनुहुन्छ?
JER 14:9 तपाईं किन अचम्ममा परेको मानिसजस्तै, बचाउन नसक्ने शक्तिहीन योद्धाजस्तै हुनुहुन्छ? हे याहवेह, तपाईं हाम्रा बीचमा हुनुहुन्छ, र हामी तपाईंको नामले चिनिएका प्रजा हौँ; हामीलाई नत्याग्नुहोस्!
JER 14:10 यस जातिको विषयमा याहवेह यसो भन्‍नुहुन्छ: “तिनीहरू बाटो बिराएर हिँड्न साह्रै मन पराउँछन्; तिनीहरूले आफ्ना खुट्टाहरूलाई वशमा राख्दैनन्। यसकारण याहवेहले तिनीहरूलाई स्वीकार गर्नुहुन्‍न; अब उहाँले तिनीहरूका दुष्‍टतालाई सम्झनुहुन्छ, र तिनीहरूका पापका निम्ति तिनीहरूलाई दण्ड दिनुहुनेछ।”
JER 14:11 तब याहवेहले मलाई भन्‍नुभयो, “यी मानिसहरूको भलाइको निम्ति प्रार्थना नगर्।
JER 14:12 तिनीहरूले उपवास बसे तापनि म तिनीहरूको विलौना सुन्‍नेछैन; तिनीहरूले होमबलि र अन्‍नबलि चढाए तापनि म खुशी हुनेछैन। त्यसको सट्टा म तिनीहरूलाई तरवार, अनिकाल र रूढीले नाश गर्नेछु।”
JER 14:13 तर मैले भनेँ, “हे, प्रभु याहवेह! अगमवक्ताहरूले तिनीहरूलाई यसो भनिरहेका छन्, ‘तिमीहरूले तरवार र अनिकाल देख्नेछैनौ। अवश्य नै याहवेह परमेश्‍वरले तिमीहरूलाई यस ठाउँमा अनन्तको शान्ति दिनुहुनेछ।’ ”
JER 14:14 तब याहवेहले मलाई भन्‍नुभयो, “ती अगमवक्ताहरूले मेरो नाममा झूटो अगमवाणी गरिरहेका छन्। मैले न तिनीहरूलाई पठाएको हुँ, न त नियुक्त नै गरेको हुँ, न त तिनीहरूसँग नै बोलेको छु। तिनीहरूले तिमीहरूसँग आफ्नै मनका झूटा दर्शनहरू, तन्त्रमन्त्रहरू, मूर्तिपूजाहरू र मनका भ्रमात्मक कुराहरू अगमवाणी गरिरहेका छन्।
JER 14:15 यसकारण याहवेहले उहाँको नाममा झूटो अगमवाणी गर्ने अगमवक्ताहरूको विषयमा यसो भन्‍नुहुन्छ: मैले तिनीहरूलाई पठाएको होइनँ, तर पनि तिनीहरूले यसो भनिरहेका छन्, ‘यस देशलाई कुनै तरवारले अथवा अनिकालले छुनेछैन।’ यसकारण ती अगमवक्ताहरू तरवार र अनिकालले नाश हुनेछन्।
JER 14:16 अनि ती झूटा अगमवक्ताहरूले अगमवाणी गरिरहेका मानिसहरू अनिकाल र तरवारको कारण यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्। तिनीहरू, तिनीहरूका पत्नीहरू र छोराछोरीहरूलाई गाड्ने कोही पनि हुनेछैनन्। म तिनीहरूले भोग्नुपर्ने विपत्ति तिनीहरूमाथि खन्याइदिनेछु।
JER 14:17 “तैँले तिनीहरूलाई यो वचन भन्‍नू: “ ‘मेरा आँखाबाट आँसुको धारा नथामियोस् र मेरो आँसु दिनरात बगिरहोस्; किनकि मेरो जातिको कुमारी छोरीलाई, गहिरो चोट लागेको छ, र ठूलो चोट लाग्ने प्रहार भएको छ।
JER 14:18 यदि म देशभित्र गएँ भने, म तरवारद्वारा मारिएकाहरूलाई देख्छु; यदि म सहरभित्र गएँ भने, म अनिकालले पीडित मानिसहरूलाई देख्छु। अगमवक्ता र पुजारी दुवै, तिनीहरूले नचिनेको देशमा गएका छन्।’ ”
JER 14:19 हे परमेश्‍वर, के तपाईंले यहूदालाई पूर्ण रूपले त्याग्नुभएको छ? के तपाईंले सियोनलाई तुच्छ ठान्‍नुहुन्छ? किन तपाईंले हामीलाई निको नहुने गरी यति धेरै घाइते पार्नुभएको छ? हामीले शान्तिको आशा गरेका थियौँ, तर कुनै पनि असल कुरा भएको छैन; निको हुने आशा गरेका थियौँ, तर त्यहाँ आतङ्कित मात्र भएका छौँ।
JER 14:20 हे याहवेह, हामी आफ्ना दुष्‍टता र हाम्रा पितापुर्खाहरूका अपराधहरू जान्दछौँ; साँच्‍चै नै हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ।
JER 14:21 तर तपाईंको नामको खातिर हामीलाई घृणा नगर्नुहोस्; तपाईंको महिमित सिंहासनको अपमान नगर्नुहोस्। हामीसँग गर्नुभएको तपाईंको करार सम्झनुहोस्, र त्यस करारलाई नतोड्नुहोस्।
JER 14:22 के जातिहरूका कामै नलाग्ने मूर्तिहरूले वर्षा ल्याउन सक्छन् र? के आकाशहरू आफैँले झरी पठाउन सक्छन् र? यस्तो हुन सक्दैन, हे याहवेह, अथवा हाम्रा परमेश्‍वर तपाईंले मात्र यस्तो गर्न सक्नुहुन्छ। यसकारण हाम्रो आशा तपाईंमा छ; किनकि यी सबै कुराहरू गर्नुहुने तपाईं नै हुनुहुन्छ।
JER 15:1 तब याहवेहले मलाई भन्‍नुभयो: “यदि मोशा र शमूएल नै मेरो सामु खडा भएर बिन्ती गरे तापनि यस जातिप्रति मेरो हृदय फर्कनेछैनँ। यी मानिसहरूलाई मेरो दृष्‍टिबाट टाढा पठाई दे! तिनीहरू जाऊन्!
JER 15:2 अनि यदि तिनीहरूले तँलाई यसो भनेर सोधे भने, ‘हामी कता जाऔँ?’ तिनीहरूलाई भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ: “ ‘मृत्युका निम्ति ठहराइएकाहरू मृत्युमा जाऊन्; तरवारका निम्ति ठहराइएकाहरू तरवारमा जाऊन्; अनिकालका निम्ति ठहराइएकाहरू, अनिकालमा जाऊन्; कैदका निम्ति ठहराइएकाहरू, कैदमा नै जाऊन्।’ ”
JER 15:3 याहवेह घोषणा गर्नुहुन्छ, “म तिनीहरूका विरुद्धमा चार किसिमका विनाशहरू पठाउनेछु: तिनीहरूलाई मार्नलाई तरवार, घिसार्दै लैजानलाई कुकुरहरू; अनि निल्न र नाश गर्नलाई आकाशका चराहरू र जमिनका पशुहरू।
JER 15:4 यहूदाका राजा हिजकियाका छोरा मनश्शेले यरूशलेममा जे गरेका थिए, त्यसैको कारणले म यहूदाका मानिसहरूलाई देख्ने पृथ्वीभरिका सबै राज्यहरू भयभीत हुने तुल्याइदिनेछु।
JER 15:5 “हे यरूशलेम, तँलाई कसले दया देखाउला? तेरा निम्ति कसले विलाप गर्ला? तँ कस्तो छस् भनी सोध्न को रोकिएला?”
JER 15:6 याहवेह घोषणा गर्नुहुन्छ, “यरूशलेम, तैँले मलाई त्यागेको छस्। तैँले मतिर आफ्नो पिठिउँ फर्काएको छस्। यसकारण म तेरो विरुद्धमा आफ्नो हात उठाउनेछु र तँलाई विनाश गर्नेछु; अब म तँप्रतिको रिस थाम्न सक्दिनँ।
JER 15:7 देशका मूलढोकाहरूमा म तिनीहरूलाई नाङ्लोले निफनेझैँ निफन्‍नेछु। म मेरा मानिसहरूमाथि तिनीहरूका सन्तानको शोक र सर्वनाश ल्याउनेछु; किनकि तिनीहरूले आफ्ना मार्गहरू बदली गरेका छैनन्।
JER 15:8 म तिनीहरूका विधवाहरूको संख्या समुद्रको बालुवाभन्दा धेरै बढाउनेछु। मध्यदिनको समयमा म तिनीहरूका जवान ठिटाहरूका आमाहरूको विरुद्धमा एक जना विनाशकर्तालाई ल्याउनेछु; म तिनीहरूमाथि एक्‍कासि सङ्कष्‍ट र त्रास ल्याउनेछु।
JER 15:9 सात जनाकी आमा बेहोश हुनेछे, र त्यसले आफ्नो अन्तिम सास फेर्नेछे। दिन छँदै त्यसको सूर्य अस्ताउँछ; त्यो अपमानित हुनेछे र शर्ममा पर्नेछे। बाँचेकाहरूलाई चाहिँ म तिनीहरूका शत्रुहरूको सामु तरवारले मार्न दिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 15:10 यर्मियाले भने, हाय म कस्तो दुःखी मान्छे हुँ। मेरी आमाले मजस्तो मानिसलाई जन्माउनुभयो! एउटा यस्तो मानिस, जससँग सारा देशले झगडा र विवाद गर्छ! मैले तिनीहरूलाई न ऋण दिएको छु, न त ऋण नै लिएको छु, तर पनि सबै मानिसहरूले मलाई सराप्छन्।
JER 15:11 याहवेहले भन्‍नुभयो, “निश्‍चय नै म तँलाई असल उद्देश्यले छुटाउनेछु; निश्‍चय नै म तेरा शत्रुहरूलाई दुःख र सङ्कष्‍टको समयमा, तँसित बिन्ती गर्न लगाउनेछु।
JER 15:12 “के कुनै मानिसले फलाम भाँच्न सक्छ, उत्तर दिशाको फलाम अथवा काँसालाई भाँच्न सक्छ?
JER 15:13 “तिमीहरूले आफ्नो देशभरि गरेका पापहरूको कारणले तिमीहरूका सम्पत्ति र तिमीहरूका भण्डारहरू, लुटको मालसामानजस्तै, म सितैँमा अरूलाई दिनेछु।
JER 15:14 तिमीहरूले नचिनेका देशमा तिमीहरूलाई आफ्नै शत्रुका दास तुल्याउनेछु; किनकि मेरो क्रोध आगोजस्तै दन्कनेछ, जुन तेरो विरुद्धमा दन्कनेछ।”
JER 15:15 तब यर्मियाले भने, हे याहवेह, तपाईंलाई सबै कुरा थाहा छ; मलाई सम्झनुहोस् र मेरो निम्ति काम गर्नुहोस्। मलाई सताउनेहरूलाई बदला लिनुहोस्। तपाईं धैर्यवान् हुनुहुन्छ। मलाई टाढा नलैजानुहोस्; मैले तपाईंका निम्ति कति अपमान सहेको छु, सो विचार गर्नुहोस्।
JER 15:16 जब तपाईंका वचनहरू आए, मैले ती सबै निलेँ; ती वचनहरू मेरा निम्ति आनन्द र हृदयको निम्ति हर्षको स्रोत थिए; किनकि हे याहवेह सेनाहरूका परमेश्‍वर, मैले तपाईंको नाम बोकेको छु।
JER 15:17 म मोजमज्जा गर्नेहरूको समूहमा कहिल्यै बसिनँ; तिनीहरूसँग कहिल्यै रमाइलो गरिनँ; म एकलै बसेँ, किनकि तपाईंको हात ममाथि थियो र तपाईंले मलाई रिसले भरिदिनुभएको थियो।
JER 15:18 मेरो पीडाको अन्त्य किन हुँदैन, र मेरो घाउ किन पीडादायक र निको नहुने भएको छ? के तपाईं मेरा निम्ति सुकेर जाने खोल्साजस्तै हुनुहुन्छ, भर पर्न नसकिने मुहानजस्तै?
JER 15:19 यसकारण याहवेह यसो भन्‍नुहुन्छ: “यदि तैँले पश्‍चात्ताप गरिस् भने म तँलाई पुनर्स्थापित गर्नेछु, र तँ मेरो सेवक बन्‍नेछस्; यदि तैँले व्यर्थको कुरा नगरेर मूल्यवान् कुराहरू मात्र बोलिस् भने, तँ मेरो अगमवक्ता हुनेछस्। यी मानिसहरू तँतिर फर्कून्, तर तँचाहिँ तिनीहरूतिर नफर्कनू।
JER 15:20 म तँलाई यी मानिसहरूका निम्ति एउटा पर्खाल, काँसाको एउटा किल्‍ला बनाउनेछु; तिनीहरू तेरो विरुद्धमा लडाइँ गर्नेछन्, तर तँमाथि विजयी हुनेछैनन्; किनकि तँलाई विजय दिन र बचाउन म तेरो साथमा छु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 15:21 “म तँलाई दुष्‍टहरूका हातबाट बचाउनेछु; अनि म तँलाई निर्दयीहरूका हत्केलाबाट छुटाउनेछु।”
JER 16:1 फेरि याहवेहको यो वचन मकहाँ आयो:
JER 16:2 “तैँले यस ठाउँमा विवाह गर्नु र छोराछोरीहरू जन्माउनुहुँदैन।”
JER 16:3 किनकि यस ठाउँमा जन्मेका छोराछोरीहरूको बारेमा र तिनीहरूलाई जन्म दिने तिनीहरूका आमा र बुबाहरूको बारेमा याहवेह यसो भन्‍नुहुन्छ:
JER 16:4 “तिनीहरू घातक रोगले मर्नेछन्। तिनीहरूका निम्ति शोक गरिनेछैन, तर तिनीहरू मैदानमा लडिरहने मलजस्तै हुनेछन्। तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछन्; अनि तिनीहरूका लासहरू आकाशका चराहरू र जमिनका पशुहरूका निम्ति भोजन हुनेछन्।”
JER 16:5 किनकि याहवेह यसो भन्‍नुहुन्छ: “मृत्यु भएको घरमा भोज खान नजा; अथवा शोक गर्न र सहानुभूति प्रकट गर्न पनि नजा; किनकि मैले यस जातिबाट मेरो आशिष्, मेरो प्रेम र मेरो दया फिर्ता लिइसकेको छु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 16:6 “यस देशका धनी र गरिब सबै मानिसहरू मर्नेछन्। तिनीहरू गाडिनेछैनन् र तिनीहरूको निम्ति शोक गरिनेछैन; अनि कसैले पनि तिनीहरूका निम्ति आफ्नो शरीर काट्ने छैनन्, अथवा आफ्नो कपाल खौरनेछैनन्।
JER 16:7 मरेकाहरूका निम्ति शोक गर्नेहरूलाई सान्त्वना दिन कसैले पनि भोजन दिनेछैन। तिनीहरूका बुबा र आमाका निम्ति शोक गर्नेलाई समेत कसैले तिनीहरूलाई सान्त्वनाको पानी दिनेछैन।
JER 16:8 “यदि कुनै घरमा भोज भइरहेको छ भने तापनि तिनीहरूसित खान र पिउनलाई तँ नबस्।
JER 16:9 किनकि सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका आँखाकै सामु र तिमीहरूकै समयमा यस ठाउँमा हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको सोर म बन्द गरिदिनेछु।
JER 16:10 “जब तैँले यी मानिसहरूलाई यी सबै कुरा भन्‍नेछस्, र तिनीहरूले तँलाई सोध्नेछन्, ‘किन याहवेहले हाम्रो विरुद्धमा यति ठूलो विपत्ति जारी गर्नुभएको छ? हामीले के अपराध गरेका छौँ र? हामीले याहवेह हाम्रा परमेश्‍वरको विरुद्धमा के पाप गरेका छौँ र?’
JER 16:11 तब तिनीहरूलाई भन्, ‘किनभने तिमीहरूका पितापुर्खाहरूले मलाई त्यागेर अरू देवताहरूको पछि लागे; अनि तिनीहरूको सेवा गरे र तिनीहरूको पूजा गरे। तिनीहरूले मलाई त्यागे र मेरो व्यवस्थालाई पनि पालन गरेनन्।
JER 16:12 तर तिमीहरू त तिमीहरूका पितापुर्खाहरूभन्दा बढी दुष्‍ट हृदयको हठीपनामा हिँडिरहेका छौ।
JER 16:13 यसकारण म तिमीहरूलाई यस देशबाट निकालेर तिमीहरू र तिमीहरूका पितापुर्खाहरूले नचिनेको देशमा फ्याँकिदिनेछु; अनि तिमीहरूले त्यहाँ दिनरात अरू देवताहरूको सेवा गर्नेछौ; किनकि म तिमीहरूमाथि कुनै दया देखाउनेछैन।’
JER 16:14 “यसकारण हेर, दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ, “जब मानिसहरूले फेरि यसो भनेर शपथ खानेछैनन्, ‘निश्‍चय नै जीवित याहवेहको नाममा, जसले इस्राएलीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।’
JER 16:15 तर तिनीहरूले यसो भन्‍नेछन्, ‘निश्‍चय नै जीवित याहवेहको नाममा, जसले इस्राएलीहरूलाई उत्तरको देशबाट र उहाँले तिनीहरूलाई निर्वासनमा पठाउनुभएका सबै सहरहरूबाट निकालेर ल्याउनुभयो।’ किनकि मैले तिनीहरूका पितापुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु।
JER 16:16 याहवेह घोषणा गर्नुहुन्छ, “तर अब हेर, म धेरै जालहारीहरूलाई पठाउनेछु, र तिनीहरूले मानिसहरूलाई पक्रनेछन्। त्यसपछि म धेरै शिकारीहरूलाई पठाउनेछु; अनि तिनीहरूले मानिसहरूलाई प्रत्येक अग्ला पर्वत, पहाड र चट्टानका ओडारहरूबाट खोजेर निकाल्नेछन्।
JER 16:17 तिनीहरूका हरेक मार्गहरूमाथि मेरो दृष्‍टि छ; तिनीहरूका गतिविधिहरू मबाट लुकेका छैनन्, न त तिनीहरूका अपराधहरू मेरा आँखाबाट लुकेका छन्।
JER 16:18 म तिनीहरूका दुष्‍टता र तिनीहरूका अपराधका निम्ति दोबर दण्ड दिनेछु; किनकि तिनीहरूले मेरो देशलाई तिनीहरूका घृणित मूर्तिहरूका निर्जीव आकृतिहरूले अशुद्ध पारेका छन्, र मेरो उत्तराधिकारको देशलाई आफ्ना घिनलाग्दा मूर्तिहरूले भरिदिएका छन्।”
JER 16:19 हे याहवेह, मेरो बल र मेरो किल्‍ला, दुःखको दिनमा मेरो शरणस्थान, पृथ्वीका कुना कुनाबाट जातिहरू तपाईंकहाँ आएर भन्‍नेछन्, “हाम्रा पितापुर्खाहरूले झूटा देवताहरूबाहेक केही अधिकार गरेनन्; यस्ता काम नलाग्ने मूर्तिहरू, जसले तिनीहरूलाई केही फाइदा भएन।
JER 16:20 के मानिसहरूले आफ्ना निम्ति देवी-देवताहरू आफैँ बनाउँछन् र? अँ! बनाउँछन्, तर तिनीहरू त ईश्‍वरहरू नै होइनन्!”
JER 16:21 “यसकारण म तिनीहरूलाई सिकाउनेछु; यस पटक म तिनीहरूलाई मेरो शक्ति र महानता देखाउनेछु। तब मेरो नाम याहवेह हो भनी तिनीहरूले जान्‍नेछन्।
JER 17:1 “यहूदाका पापहरू फलामका हतियारले खोपिएका छन्; चकमके ढुङ्गाको टुप्पोले तिनीहरूका हृदयका पाटीमा र तिनीहरूका वेदीहरूका सिङहरूमा खोपिएका छन्।
JER 17:2 तिनीहरूका छोराछोरीहरूले पनि झाँगिएका रूखहरू र अग्ला डाँडाहरूका छेउमा भएका अशेराका खम्बाहरू र वेदीहरूको सम्झना गर्छन्।
JER 17:3 देशभरि नै तिमीहरूले गरेका आफ्ना पापको कारण म यस देशमा भएको मेरो पर्वत, तिमीहरूका धनसम्पत्ति र तिमीहरूका सबै भण्डारहरू साथै तिमीहरूका अग्ला ठाउँहरूसमेत सबै लुटको मालझैँ म लान दिनेछु।
JER 17:4 तिमीहरूका आफ्नै गल्तीको कारण मैले तिमीहरूलाई दिएको अधिकार गुमाउनेछौ। तिमीहरूले नचिनेको देशमा म तिमीहरूलाई तिमीहरूकै शत्रुहरूको दास बनाउनेछु; किनकि तिमीहरूले मेरो रिसलाई दन्काएका छौ; अनि यो सधैँभरि जलिरहनेछ।”
JER 17:5 याहवेह यसो भन्‍नुहुन्छ: “श्रापित होस् त्यो मानिस, जसले मानिसमाथि भरोसा राख्छ, जो आफ्नो शारीरिक शक्तिमा भर पर्छ; अनि जसको हृदय याहवेहबाट तर्किएर जान्छ।
JER 17:6 त्यो मानिस उजाड ठाउँमा भएको झाडीजस्तै हुनेछ; समृद्धि हुँदा तिनीहरूले त्यो देख्नेछैनन्। तिनीहरू मरुभूमिका सुक्खा ठाउँहरूमा, कोही पनि नबस्‍ने नुनिलो भूमिमा बसोबास गर्नेछन्।
JER 17:7 “धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ, जसको भरोसा उहाँमाथि हुन्छ।
JER 17:8 तिनीहरू पानीको छेउमा रोपिएको रूखजस्तै हुनेछन्, जसका जराहरू खोलासम्म फैलिएका हुन्छन्। गर्मीका दिनहरू आउँदा पनि त्यसलाई डर हुँदैन; त्यसका पातहरू सधैँभरि हरिया रहन्छन्। खडेरीको वर्षमा त्यसलाई कुनै फिक्री हुँदैन, र त्यसले फल फलाउन कहिल्यै छोड्दैन।”
JER 17:9 मानिसको हृदय सबैभन्दा छली हुन्छ, र यो निको हुन नसक्ने किसिमको छ। हृदयलाई कसले बुझ्न सक्छ र?
JER 17:10 “म याहवेहले हृदयको खोजी गर्छु, र मनको जाँच गर्छु, मानिसहरूलाई तिनीहरूका जीवनका चालअनुसार र तिनीहरूका कामअनुसार प्रतिफल दिनेछु।”
JER 17:11 बेइमानीसाथ धन कमाउने मानिस आफूले नपारेको अण्डामा ओथ्रा बसेर चल्‍ला काढ्ने तित्रा चराजस्तै हुन्छ। जब तिनीहरूको आधा उमेर बितेर जान्छ, तब तिनीहरूको धनसम्पत्तिले तिनीहरूको साथ छोड्नेछ; अनि अन्त्यमा तिनीहरू मूर्ख ठहरिनेछन्।
JER 17:12 सुरुदेखिकै उच्‍च पारिएको तपाईंको महिमित सिंहासन, हाम्रो पवित्रस्थानको ठाउँ हो।
JER 17:13 हे याहवेह, इस्राएलका आशा तपाईं नै हुनुहुन्छ; तपाईंलाई त्याग्नेहरू सबै लाजमा पर्नेछन्। तपाईंबाट तर्किएर जानेहरूको नाम धुलोमा लेखिनेछन्; किनकि तिनीहरूले याहवेह, जीवित पानीका मूललाई त्यागेका छन्।
JER 17:14 मलाई निको पार्नुहोस्, हे याहवेह, र म निको हुनेछु; मलाई बचाउनुहोस्, र म बाँच्नेछु; किनकि तपाईं मात्र हुनुहुन्छ, जसको म प्रशंसा गर्दछु।
JER 17:15 हेर्नुहोस्, मानिसहरूले मलाई भनिरहन्छन्, “याहवेहको वचन कहाँ छ? तपाईंको वचन अहिले नै पूरा भइजाओस्!”
JER 17:16 म तपाईंको सेवामा गोठालो हुनदेखि भागेर गएको छैन; तपाईंलाई थाहा छ, मैले निराशको दिन चाहेको छैन। मेरा ओठबाट निस्केका सबै कुरा तपाईंकै सामु छन्।
JER 17:17 तपाईं मेरो त्रासको कारण नबन्‍नुहोस्; मेरो विपत्तिको दिनमा तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ।
JER 17:18 मलाई सताउनेहरू शर्ममा परून्, तर मलाईचाहिँ शर्ममा पर्नबाट जोगाउनुहोस्; तिनीहरू त्रसित होऊन्, तर मलाई त्रासबाट जोगाउनुहोस्। तिनीहरूमाथि विपत्तिको दिन ल्याइदिनुहोस्; तिनीहरूलाई दोबर विपत्तिले सर्वनाश गर्नुहोस्।
JER 17:19 याहवेहले मलाई यसो भन्‍नुभयो: “जा, र यहूदाका राजाहरू भित्र र बाहिर गर्ने सेनाहरूको मूलढोकामा उभी; यरूशलेमका अरू सबै मूलढोकाहरूमा पनि उभी।
JER 17:20 तिनीहरूलाई भन्, ‘हे यहूदाका राजाहरू र यहूदाका सबै मानिसहरू र यी मूलढोकाहरूबाट आउने यरूशलेमका सबै बासिन्दाहरू हो, याहवेहको वचन सुन।
JER 17:21 याहवेह यसो भन्‍नुहुन्छ: शब्बाथ दिनमा कुनै भारी नबोक अथवा भारी बोकेर यरूशलेमका मूलढोकाहरू भित्र नल्याओ, यो कुरा होसियारीसाथ पालन गर।
JER 17:22 शब्बाथ दिनमा कुनै भारी तिमीहरूका घरबाट बाहिर ननिकाल अथवा शब्बाथ दिनमा कुनै काम नगर; अनि मैले तिमीहरूका पितापुर्खाहरूलाई आज्ञा गरेझैँ शब्बाथ दिनलाई पवित्र राख।
JER 17:23 तर तिनीहरूले यो कुरा सुनेनन् अथवा ध्यानै दिएनन्; तिनीहरू हठी थिए र तिनीहरूले न सुन्‍न चाहे न त अनुशासनमा नै ध्यान दिए।
JER 17:24 याहवेह भन्‍नुहुन्छ, तर यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गर्‍यौ भने, र शब्बाथ दिनमा यस सहरका मूलढोकाहरूबाट कुनै भारी ल्याएनौ र कुनै काम नगरी शब्बाथ दिनलाई पवित्र मान्यौ भने,
JER 17:25 तब दावीदका सिंहासनमा बस्‍ने राजाहरू, यस सहरका मूलढोकाहरूबाट तिनीहरूका अधिकारीहरूसँग आउनेछन्। राजाहरू र तिनीहरूका अधिकारीहरू घोडाहरू र रथहरूमा सवार भएर यहूदा र यरूशलेमका मानिसहरूसहित आउनेछन्; अनि तिनीहरू यो यरूशलेम सहरमा सधैँका निम्ति बसोबास गर्नेछन्।
JER 17:26 मानिसहरू यहूदाका सहरहरूबाट र यरूशलेमका वरिपरिका गाउँहरूबाट, बेन्यामीनका प्रान्तहरू र पश्‍चिमी तराई बेँसीहरूबाट, पहाडी मुलुक र दक्षिणबाट होमबलि र बलिदानहरू, अन्‍नबलिहरू, धूप र धन्यवादका भेटीहरू लिएर याहवेहको भवनमा आउनेछन्।
JER 17:27 तर यदि तिमीहरू शब्बाथ दिनमा यरूशलेमका मूलढोकाहरूभित्र आउँदा, भारी बोक्यौ र शब्बाथ दिनलाई पवित्र राख्ने मेरो आज्ञापालन गरेनौ भने म यरूशलेमका मूलढोकाहरूमा निभाउन नसकिने आगो सल्काइदिनेछु, त्यस आगोले त्यसका किल्‍लाहरू भस्म पारिदिनेछ।’ ”
JER 18:1 यर्मियाकहाँ आएको याहवेहको वचन यही हो:
JER 18:2 “तल कुमालेको घरमा जा, र त्यहाँ म तँलाई मेरो सन्देश दिनेछु।”
JER 18:3 यसकारण म कुमालेको घरमा गएँ; अनि मैले उसलाई आफ्नो चक्‍कामा काम गरिरहेको देखेँ।
JER 18:4 तर उसले बनाइरहेको भाँडा, उसको हातमा बिग्रियो; यसकारण त्यस कुमालेले त्यसबाट आफूलाई मन लागेअनुसार फेरि त्यस्तै अर्को भाँडा बनायो।
JER 18:5 तब याहवेहको वचन मकहाँ आयो।
JER 18:6 उहाँले भन्‍नुभयो, “हे इस्राएलको घराना, यस कुमालेले माटोलाई गरेझैँ के म तँलाई गर्न सक्दिनँ र?” याहवेह घोषणा गर्नुहुन्छ। “सुन्, कुमालेको हातमा भएको माटोझैँ तँ इस्राएल पनि मेरो हातमा छस्; मलाई जे गर्न मन लाग्छ, तँसँग त्यस्तै गर्न सक्छु।
JER 18:7 यदि कुनै समयमा मैले कुनै राष्ट्र अथवा राज्यलाई उखेलिदिन्छु; पतन र नाश गरिदिन्छु भनी घोषणा गरुँला,
JER 18:8 तर यदि मैले चेतावनी दिएको त्यो राष्ट्रले आफ्नो दुष्‍ट कामबाट पश्‍चात्ताप गर्‍यो भने म मेरो मन बदल्नेछु र मैले त्यसमाथि विचार गरेको विपत्ति ल्याउनेछैनँ।
JER 18:9 अनि अर्को समयमा कुनै राष्ट्र अथवा राज्यलाई पुनर्निर्माण र पुनर्स्थापित हुनेछ भनेर मैले घोषणा गरुँला,
JER 18:10 तर यदि त्यस राष्ट्रले मेरो दृष्‍टिमा दुष्‍टता गर्छ र मेरो आज्ञापालन गर्दैन भने, तब मैले त्यसका निम्ति भलाइ गर्न चाहेको योजनामा म पुनर्विचार गर्नेछु।
JER 18:11 “यसकारण अब यहूदाका मानिसहरू र यरूशलेममा बसोबास गर्ने मानिसहरूलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: हेर! म तिमीहरूका निम्ति विपत्ति तयार गरिरहेछु, र तिमीहरूका विरुद्धमा योजना बनाउँदैछु। यसकारण तिमीहरू हरेक आफ्नो दुष्‍ट कामबाट फर्क; अनि तिमीहरूका चालहरू र तिमीहरूका कामहरू सुधार।’
JER 18:12 तर तिनीहरूले जवाफ दिनेछन्, ‘हामीलाई कुनै फाइदा छैन। हामी हाम्रा आफ्नै युक्तिमा लागिरहनेछौँ; हामी सबै आफ्नै हृदयको हठीपनाको पछि लागिरहनेछौ।’ ”
JER 18:13 यसकारण याहवेह यसो भन्‍नुहुन्छ: “राष्ट्र-राष्ट्रहरूकहाँ गएर सोधपुछ गर: कसैले यस्तो कुरा कुनै दिन सुनेको छ? कुमारी इस्राएलले अति घृणित वा डरलाग्दो काम गरेकी छे।
JER 18:14 के लेबनानको चट्टानी भिरमा कहिल्यै हिउँ बिलाउँछ र? के टाढाको मुहानबाट आएको चट्टानको चिसो पानी कहिल्यै बग्न छोड्छ र?
JER 18:15 तर मेरा मानिसहरूले मलाई बिर्सेका छन्; तिनीहरू काम नलाग्ने मूर्तिहरूलाई धूप बाल्छन्, जसले तिनीहरूलाई तिनीहरूका मार्गहरूमा र तिनीहरूका पुराना मार्गहरूमा ठेस लाग्ने तुल्याएका छन्। ती मूर्तिहरूले मानिसहरूलाई अप्ठ्यारा गोरेटोहरूमा र नबनाइएका बाटोहरूमा हिँडाएका छन्।
JER 18:16 तिनीहरूको देश उजाड पारिनेछ, र त्यो सदासर्वदा हाँसोको पात्र बन्‍नेछ; त्यसबाट भएर हिँड्ने सबै तर्सनेछन्, र तिनीहरूले आफ्ना टाउको हल्‍लाउनेछन्।
JER 18:17 पूर्वबाट आएको बतासझैँ, म तिनीहरूलाई तिनीहरूका शत्रुहरूबीच छरपस्ट पारिदिनेछु; तिनीहरूका विपत्तिका दिनहरूमा म तिनीहरूतिर आफ्नो अनुहार होइन, तर आफ्नो पिठिउँ फर्काइदिनेछु।”
JER 18:18 तिनीहरूले भने; “आओ, हामी यर्मियाको विरुद्धमा योजना बनाऔँ; किनकि न पुजारीद्वारा सिकाइने व्यवस्था न त बुद्धिमान्‌को सल्‍लाह, न त अगमवक्ताहरूबाट आउने वचनको नै अभाव हुनेछ। यसैले आओ हामी त्यसको विरुद्धमा युक्ति रचौँ, र त्यसले भनेको कुनै पनि कुरामा ध्यान नदिऔँ।”
JER 18:19 हे याहवेह, मेरा कुरामा ध्यान दिनुहोस्; मेरा शत्रुहरूले के भनिरहेका छन्, सो कुरा सुन्‍नुहोस्!
JER 18:20 के भलाइको सट्टा खराबी गरिन्छ? तर तिनीहरूले त मेरो निम्ति एउटा खाडल खनेका छन्। म तपाईंको सामु उभिएर, तिनीहरूबाट तपाईंको क्रोध हटाउनलाई तिनीहरूको पक्षमा मैले तपाईंको सामु बिन्ती गरेको कुरा स्मरण गर्नुहोस्।
JER 18:21 यसकारण तिनीहरूका छोराछोरीहरूलाई अनिकालमा सुम्पिदिनुहोस्; तिनीहरूलाई तरवारको शक्तिमा सुम्पिदिनुहोस्। तिनीहरूका पत्नीहरू निःसन्तान र विधवा होऊन्; तिनीहरूका मानिसहरू लडाइँमा मारिऊन्; तिनीहरूका जवान मानिसहरू लडाइँमा तरवारद्वारा मारिऊन्।
JER 18:22 जब तपाईंले तिनीहरूको विरुद्धमा अचानक आक्रमण गर्नेहरू ल्याउनुहुन्छ, तिनीहरूका घरहरूबाट चीत्कारको सोर सुनियोस्; किनकि तिनीहरूले मलाई फसाउन एउटा खाडल खनेका छन्; अनि मेरा खुट्टाहरूका निम्ति पासो थापेका छन्।
JER 18:23 तर हे याहवेह, मलाई मार्ने तिनीहरूका सबै षड्यन्त्रहरू तपाईंलाई थाहा छ। तिनीहरूका अपराधहरू क्षमा नगर्नुहोस्, अथवा तपाईंको दृष्‍टिबाट तिनीहरूका पापहरू नमेटाउनुहोस्। तिनीहरू तपाईंको सामु परास्त होऊन्; तपाईंको क्रोधमा तिनीहरूसित उचित व्यवहार गर्नुहोस्।
JER 19:1 याहवेह यसो भन्‍नुहुन्छ: “तँ कुमालेकहाँ गएर माटोको एउटा भाँडो किन्। त्यसपछि मानिसहरूका पुजारीहरू र केही अगुवाहरू आफूसँग लिएर,
JER 19:2 खपटाका मूलढोकाको नजिक भएको बेन-हिन्‍नोमको बेँसीमा जा। अनि मैले तँलाई भनेका वचनहरू त्यहाँ घोषणा गर्;
JER 19:3 अनि यसो भन्, ‘हे यहूदाका राजाहरू र यरूशलेमका मानिसहरू हो, याहवेहको वचन सुन। सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: सुन! म यस ठाउँमा विपत्ति ल्याउनेछु, जसको बारेमा सुन्‍ने हरेकको कान झनझनाउनेछ।
JER 19:4 किनकि तिनीहरूले मलाई त्यागेका छन् र यो ठाउँलाई विदेशी देवताहरूको ठाउँ बनाएका छन्; तिनीहरूले यस ठाउँमा देवताहरूलाई धूप बालेका छन्, जसलाई न तिनीहरूले, न तिनीहरूका पितापुर्खाहरूले, न त यहूदाका राजाहरूले कहिल्यै चिनेका थिए; अनि तिनीहरूले यस ठाउँलाई निर्दोष मानिसहरूका रगतले भरिदिएका छन्।
JER 19:5 तिनीहरूले आफ्ना छोराछोरीहरू बाल-देवताको आगोमा बलिदान चढाउनलाई देवस्थानहरूमा बाल देवताका थानहरू बनाएका छन्, जुन कुरा मैले कहिल्यै आज्ञा दिएको थिइनँ, अथवा बताएको थिइनँ, न त यो कुरा कहिल्यै मेरो मनमै आएको थियो।’
JER 19:6 यसकारण होसियार रहो, याहवेह भन्‍नुहुन्छ, यस्ता दिनहरू आउँदैछन्, जब मानिसहरूले यस ठाउँलाई फेरि तोपेत अथवा बेन-हिन्‍नोमको बेँसी भन्‍नेछैनन्, तर हत्याको बेँसी भन्‍नेछन्।
JER 19:7 “ ‘यस ठाउँमा म यहूदा र यरूशलेमका युक्तिहरू विफल पारिदिनेछु। म तिनीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरूको तरवारको सामु राखिदिनेछु; अनि म तिनीहरूका मृत शरीरलाई आकाशका चराहरू र जमिनका पशुहरूको आहाराको निम्ति दिनेछु।
JER 19:8 म यस सहरलाई ध्वस्त पार्नेछु र खिसीको पात्र बनाइदिनेछु; त्यसका सबै चोटहरूको कारण त्यसबाट भएर जाने सबै तर्सनेछन् र त्यसलाई गिल्‍ला गर्नेछन्।
JER 19:9 म तिनीहरूलाई आफ्ना छोराछोरीहरूको मासु खान लाउनेछु; अनि तिनीहरूले एक-अर्काको मासु समेत खानेछन्; किनभने तिनीहरूका शत्रुहरूले तिनीहरूलाई नाश गर्नलाई घेरा हालेर धेरै कष्‍ट दिनेछन्।’
JER 19:10 “त्यसपछि तँसित जाने मानिसहरूका सामु त्यो भाँडो फुटाइदिनू;
JER 19:11 अनि तिनीहरूलाई भन्, ‘सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: जसरी कुमालेले यस भाँडोलाई फुटाएपछि यो फेरि जोडिन सक्दैन, त्यसरी नै म यस जाति र यरूशलेम सहरलाई फेरि नजोडिने गरी टुक्रा-टुक्रा पारिदिनेछु। तिनीहरूले तोपेतमा कुनै ठाउँ नै नरहने गरी लासलाई गाड्नेछन्।
JER 19:12 म यरूशलेम र यहाँ बस्‍ने मानिसहरूलाई यस्तै गर्नेछु, याहवेह घोषणा गर्नुहुन्छ। यस सहरलाई म तोपेतजस्तै बनाउनेछु।
JER 19:13 यरूशलेमका घरहरू र यहूदाका राजाहरूका घरहरू तोपेतझैँ अशुद्ध पारिनेछन्, अर्थात् ती सबै घरहरू, जसमा तिनीहरूले आकाशका सारा तारामण्डलका निम्ति छानामा धूप बाले, र अरू आकाशको देवताहरूका निम्ति अर्घबलिहरू चढाए।’ ”
JER 19:14 त्यसपछि यर्मिया तोपेतबाट फर्के, जहाँ तिनलाई याहवेहले अगमवाणी भन्‍न पठाउनुभएको थियो; अनि याहवेहको मन्दिरको चोकमा उभिए र सबै मानिसहरूलाई भने,
JER 19:15 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘सुन! म यो सहर र यसका चारैतिरका गाउँहरूमा मैले तिनीहरूको विरुद्धमा घोषणा गरेको हरेक विपत्ति ल्याउन लागेको छु; किनकि तिनीहरू ढीट भएका छन् र मेरो वचन पालन गरेका छैनन्।’ ”
JER 20:1 जब इम्मेरका छोरा पुजारी पशहूर याहवेहको भवनका मुख्य अधिकारी थिए, तब यर्मियाले यी कुराहरू अगमवाणी गरिरहेका सुने;
JER 20:2 तिनले अगमवक्ता यर्मियालाई पिटे र ठिँगुरोमा हालेर याहवेहको मन्दिरमा बेन्यामीनको माथिल्‍लो मूलढोकामा राख्न लगाए।
JER 20:3 भोलिपल्ट बिहान, जब पशहूरले तिनलाई ठिँगुरोबाट निकाले, तब यर्मियाले तिनलाई भने, “याहवेहले तिम्रो नाम पशहूर होइन, तर मागोर-मिसाबीब राख्नुभएको छ।
JER 20:4 किनकि याहवेह यसो भन्‍नुहुन्छ: ‘म तँलाई तेरै निम्ति र तेरा सबै साथीहरूका निम्ति त्रसित तुल्याउनेछु। तेरा आफ्नै आँखाले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका तरवारले मारेको देख्नेछस्। म समस्त यहूदालाई बेबिलोनको राजाको हातमा सुम्पिदिनेछु, जसले तिनीहरूलाई बेबिलोनमा लैजानेछन् र तरवारले मार्नेछन्।
JER 20:5 म यरूशलेम सहरको सबै धनसम्पत्ति तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु, अर्थात् यस सहरका सबै फसल, सहरका सबै बहुमूल्य चीजहरू र यहूदाका राजाहरूका सबै भण्डारहरू शत्रुहरूलाई सुम्पिदिनेछु। तिनीहरूले सबै कुराहरूलाई लुटका मालसामानहरूजस्तै बेबिलोनमा लिएर जानेछन्।
JER 20:6 अनि हे पशहूर, तँ र तेरो घरमा बस्‍ने सबै परिवारचाहिँ देशबाट निकालिएर बेबिलोनको कैदमा जानेछौ। तँ र तेरा सबै साथीहरू मर्नेछौ र त्यहीँ गाडिनेछौ, जसलाई तैँले झूटो अगमवाणी गरेको थिइस्।’ ”
JER 20:7 हे याहवेह, तपाईंले मलाई धोका दिनुभयो, र म धोकामा परेँ; तपाईंले मलाई जित्नुभयो, किनकि तपाईं मभन्दा बलियो हुनुहुन्छ। दिनभरि नै म हाँसोको पात्र बनेको छु; सबैले मलाई गिल्‍ला गर्छन्।
JER 20:8 जब-जब म बोल्छु, तब-तब हिंसा र विनाश हुनेछ भनी घोषणा गर्दै चिच्याउँछु। यसकारण दिनभरि नै याहवेहको वचनले मेरा निम्ति अपमान ल्याएको छ।
JER 20:9 तर यदि मैले, “म उहाँको वचन भन्दिनँ अथवा उहाँको नाममा अबदेखि बोल्दिनँ” भनी भन्छु भने, उहाँको वचन मेरो हृदयमा आगोजस्तै, अथवा मेरा हड्डीहरूभित्र बन्द गरेको आगोजस्तै हुन्छ। मैले वचनलाई भित्र रोकिराखेको कारण थकित भएको छु; वास्तवमा म यो थाम्नै सक्दिनँ।
JER 20:10 धेरैले कानेखुसी गरेको म सुन्दछु, “त्रास चारैतिर छ! त्यसको निन्दा गरौँ! त्यसको विरुद्धमा खबर गरौँ!” मेरा सबै मित्रहरू यसो भन्दै मेरो पतन पर्खिरहेका छन्, “सायद त्यसले धोका खानेछ; तब हामी ऊमाथि विजयी हुनेछौँ, र हामी त्यसमाथि आफ्नो बदला लिनेछौँ।”
JER 20:11 तर याहवेह मसँग एक शक्तिशाली योद्धाझैँ हुनुहुन्छ; यसकारण मलाई सताउनेहरूले ठेस खाएर लड्नेछन्। तिनीहरू असफल हुनेछन् र अति लाजमा पर्नेछन्; तिनीहरूका अपमान कहिल्यै पनि बिर्सिइनेछैन।
JER 20:12 हे सेनाहरूका याहवेह, तपाईं धर्मी जनहरूलाई जाँच्नुहुन्छ; अनि हृदय र अन्तस्करण जान्‍नुहुन्छ, तपाईंले तिनीहरूमाथि लिनुहुने बदला हेर्न पाऊँ; किनकि मैले मेरो मुद्दा तपाईंलाई सुम्पिदिएको छु।
JER 20:13 याहवेहको स्तुति गाओ! याहवेहको प्रशंसा गर! उहाँले गरिब मानिसहरूका प्राणलाई दुष्‍टहरूका हातबाट छुटाउनुभएको छ।
JER 20:14 म जन्मेको दिन श्रापित होस्! मेरी आमाले मलाई जन्म दिनुभएको दिन आशिषित नहोस्!
JER 20:15 त्यो मानिस श्रापित होस्, जसले मेरो बुबाकहाँ यो खबर ल्यायो, जसले तिनलाई “तपाईंको एउटा बालक, अर्थात् छोरा जन्मेको छ!” भन्‍ने खबरले अति खुशी तुल्यायो।
JER 20:16 त्यो मानिस याहवेहले दया नगरी नष्‍ट गरिदिनुभएका ती सहरहरूजस्तै होस्। त्यस मानिसले बिहान विलाप र दिउँसो लडाइँको सोर सुनोस्।
JER 20:17 किनकि त्यसले मलाई गर्भमा छँदै मारेन, नत्रता मेरी आमाको गर्भ नै मेरो चिहान हुनेथियो; अनि म सधैँका निम्ति उहाँकै कोखमा रहने थिएँ।
JER 20:18 सङ्कष्‍ट र दुःख देख्न र अन्त्यमा शर्ममा परेर मर्नलाई म किन गर्भबाट बाहिर आएँ?
JER 21:1 याहवेहको यो वचन यर्मियाकहाँ त्यस बेला आयो, जब राजा सिदकियाहले मल्कियाहका छोरा पशहूर र मासेयाहका छोरा पुजारी सपन्याहलाई यर्मियाकहाँ पठाएका थिए। तिनीहरूले भने:
JER 21:2 “बेबिलोनका राजा नबूकदनेसर हामीलाई आक्रमण गर्न आउँदैछन्; त्यसैले याहवेहसँग हाम्रा निम्ति सोधखोज गरिदिनुहोस्। सायद याहवेहले बितेका समयमा गरेझैँ, हाम्रा निम्ति अद्‌भुत कार्यहरू गर्नुहुनेछ, र नबूकदनेसर हामीबाट फिर्ता जानेछन्।”
JER 21:3 तर यर्मियाले तिनीहरूलाई जवाफ दिए, “सिदकियाहलाई भन,
JER 21:4 ‘याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका हातमा जुन हतियारहरू छन्, जसद्वारा पर्खालबाहिर तिमीहरूलाई घेरा हाल्ने बेबिलोनको राजा र बेबिलोनीहरूको विरुद्धमा तिमीहरू लडाइँ लड्छौ, ती हतियारहरूलाई तिमीहरूकै विरुद्धमा म फर्काउन लागेको छु। अब म तिनीहरूलाई यस सहरभित्र भेला गराउनेछु।
JER 21:5 मेरो आफ्नै पसारिएको हात र शक्तिशाली पाखुराले भयानक रिस र प्रचण्ड क्रोधमा तिमीहरूको विरुद्धमा लडाइँ गर्नेछु।
JER 21:6 म यस सहरमा बस्‍नेहरू: के मानिसहरू, के पशुहरू दुवैलाई प्रहार गर्नेछु; अनि तिनीहरू भयानक रूढीले मर्नेछन्।
JER 21:7 त्यसपछि याहवेह घोषणा गर्नुहुन्छ, यहूदाका राजा सिदकियाह, त्यसका अधिकारीहरू र यस सहरका सबै मानिसहरू, जो विपत्ति, तरवार र अनिकालबाट बाँच्नेछन्, म तिनीहरूलाई बेबिलोनका राजा नबूकदनेसर र तिनीहरूका शत्रुहरूकहाँ सुम्पिदिनेछु। शत्रुहरूले तिनीहरूलाई तरवारले मार्नेछन्। यी मानिसहरूले तिनीहरूलाई कुनै दया, माया र करुणा देखाउनेछैनन्।’
JER 21:8 “यी मानिसहरूलाई अझै भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: हेर, म तिमीहरूका निम्ति जीवनको बाटो र मृत्युको बाटो राख्दैछु।
JER 21:9 यस सहरमा बस्‍ने सबै तरवार, अनिकाल र विपत्तिद्वारा मर्नेछन्। तर यस सहरबाट बाहिर निस्कने र तिमीहरूलाई घेरेर बसिरहेका बेबिलोनीहरूकहाँ आत्मसमर्पण गर्ने सबै बाँच्नेछन्। तिनीहरू आफ्नो ज्यान जोगाएर भाग्न सक्छन्।
JER 21:10 मैले यस सहरलाई भलाइ होइन, तर हानि गर्ने निर्णय गरेको छु, याहवेह घोषणा गर्नुहुन्छ। यस सहरलाई बेबिलोनका राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; अनि त्यसले यसलाई आगोले भस्म गर्नेछ।’
JER 21:11 “यसबाहेक यहूदाको राजकीय घरानालाई यसो भन्, ‘याहवेहको वचन सुन!
JER 21:12 हे दावीदका घराना, याहवेह तिमीहरूलाई यसो भन्‍नुहुन्छ: “ ‘हरेक बिहान न्याय कायम गर; जो लुटिएको छ, त्यसलाई अत्याचारीहरूको हातबाट मुक्त गर्, नत्रता तैँले गरेको दुष्‍ट कामको कारण मेरो क्रोध आगोजस्तै दन्किनेछ; अनि त्यसलाई निभाउने कोही पनि हुनेछैन।
JER 21:13 हे यरूशलेम, म तेरो विरुद्धमा छु; तँ, जो यस बेँसीको उच्‍च चट्टानमा बस्छस्, याहवेह घोषणा गर्नुहुन्छ, तँ भन्छस् कि, “तेरो विरुद्धमा को आउनसक्छ र? हाम्रो शरणस्थानमा को प्रवेश गर्न सक्छ?”
JER 21:14 म तिमीहरूका कामहरूको फलअनुसार तिमीहरूलाई दण्ड दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ। म तिमीहरूका जङ्गलहरूमा आगो लगाइदिनेछु, जसले तिमीहरूका चारैतिरका सबै थोकलाई भस्म पारिदिनेछ।’ ”
JER 22:1 याहवेह यसो भन्‍नुहुन्छ: “यहूदाका राजाको महलमा तल जा, र त्यहाँ यो वचन घोषणा गर्:
JER 22:2 ‘हे यहूदाका राजा, याहवेहको वचन सुन्, तँ दावीदको सिंहासनमा विराजमान हुने राजा, तँ, तेरा अधिकारीहरू र यी मूलढोकाहरूबाट आउने यरूशलेमका सबै मानिसहरूले सुन्।
JER 22:3 याहवेह यसो भन्‍नुहुन्छ: जे न्यायसङ्गत र उचित छ, त्यही गर। जो लुटिएको छ, त्यसलाई अत्याचारीहरूको हातबाट मुक्त गर। विदेशी, टुहुरा-टुहुरी, विधवामाथि कुनै हानि अथवा अन्याय र अत्याचार नगर; अनि यस ठाउँमा निर्दोष मानिसहरूको रगत नबगाओ।
JER 22:4 किनकि यदि तिमीहरूले यी आज्ञाहरू होसियारीसाथ पालन गर्‍यौ भने दावीदको सिंहासनमा बस्‍ने राजाहरू, रथहरू र घोडाहरूमा सवार भएर तिनीहरूका अधिकारीहरू र तिनीहरूका प्रजाहरूका साथमा यस राजमहलका मूलढोकाहरूबाट प्रवेश गर्नेछन्।
JER 22:5 तर यदि तिमीहरूले यी आज्ञाहरू पालन गरेनौ भने याहवेह घोषणा गर्नुहुन्छ, म आफ्नै शपथ खाएर भन्छु, यो महल ध्वस्त हुनेछ।’ ”
JER 22:6 किनकि यहूदाको राजमहलको बारेमा याहवेह यसो भन्‍नुहुन्छ: “तँ मेरा निम्ति गिलादझैँ र लेबनानको टाकुराझैँ भए तापनि निश्‍चय नै म तँलाई बसोबास नभएको निर्जन सहरहरूजस्तै उजाड पार्नेछु।
JER 22:7 म तेरो विरुद्धमा विनाशकर्ताहरू पठाउनेछु, हरेकले आ-आफ्नो हतियार लिएर आउनेछन्; अनि तिनीहरूले तेरा असल देवदारुका काठका बीमहरू काट्नेछन् र तिनीहरूलाई आगोमा फ्याँकिदिनेछन्।
JER 22:8 “धेरै देशका मानिसहरू यस सहरबाट जानेछन् र आपसमा सोध्नेछन्, ‘यस महान् सहरलाई याहवेहले किन यस्तो डरलाग्दो व्यवहार गर्नुभएको होला?’
JER 22:9 अनि जवाफ यस्तो हुनेछ: ‘किनकि तिनीहरूले याहवेह, तिनीहरूका परमेश्‍वरको करार त्यागेका छन्, र तिनीहरूले अरू देवताहरूलाई मानेका छन् र सेवा गरेका छन्।’ ”
JER 22:10 मरिगएको राजाको निम्ति अथवा गइसकेका निम्ति शोक नगर; बरु निर्वासनमा लगिएकाहरूका निम्ति विलाप गर; किनकि त्यो फेरि फर्केर कहिल्यै आउनेछैन, न त त्यसले आफ्नो जन्मभूमि फेरि देख्नेछ।
JER 22:11 किनकि याहवेह यसो भन्‍नुहुन्छ, योशियाहका छोरा शल्‍लूम, जो आफ्ना पितापछि यहूदाको राजा भएको थियो, तर ऊ यस ठाउँबाट गइसकेको छ: “त्यो कहिल्यै फर्केर आउनेछैन।
JER 22:12 शत्रुहरूले त्यसलाई कैद गरेर लगेकै ठाउँमा त्यो मर्नेछ; त्यसले यस देशलाई फेरि कहिल्यै देख्नेछैन।”
JER 22:13 “धिक्‍कार त्यसलाई, जसले अधर्मले आफ्नो महल बनाउँछ, जसले आफ्ना माथिल्‍ला कोठाहरू अन्यायले बनाउँछ; आफ्ना देशवासीहरूलाई तिनीहरूका परिश्रमको ज्याला नदिई सितैँमा काममा लगाउँछ।
JER 22:14 त्यसले भन्छ, ‘म आफ्ना निम्ति माथिल्‍लो तलामा फराकिला कोठाहरू भएको एउटा ठूलो महल बनाउनेछु।’ यसकारण त्यसले त्यस घरमा ठूला झ्यालहरू बनाउँछ, त्यसमा देवदारुका पल्‍लाहरू लगाउँछ; अनि त्यसलाई रातो रङ्गले रङ्गाउँछ।
JER 22:15 “के धेरै देवदारु बटुलेर महङ्गो घर बनाउँदैमा, तँ राजा हुन्छस् र? के तेरा पितासँग खाने र पिउने कुरो थिएन? जे उचित र न्यायसङ्गत थियो, त्यसले त्यही गर्‍यो। यसकारण त्यसलाई सबै कुरामा भलाइ नै भयो।
JER 22:16 त्यसले गरिब र खाँचोमा परेकाहरूको पक्ष लियो; अनि त्यसको सबै कुरामा राम्रो भयो। के मलाई चिन्‍नुको अर्थ त्यही नै होइन र?” याहवेह घोषणा गर्नुहुन्छ।
JER 22:17 “तर तेरा आँखा र तेरा हृदय त बेइमानीसाथ कमाउनेतिर, निर्दोष मानिसहरूको रगत बहाउनेतिर; अनि अत्याचार र हिंसातिर लागेका छन्।”
JER 22:18 यसकारण योशियाहका छोरा, यहूदाका राजा यहोयाकीमको बारेमा याहवेह यसो भन्‍नुहुन्छ: “तिनीहरू त्यसका निम्ति शोक गर्नेछैनन्; ‘हाय, मेरा दाजु, हाय, मेरी बहिनी!’ भन्‍नेछैनन्। तिनीहरू त्यसका निम्ति शोक गर्नेछैनन्: ‘हाय, मेरा मालिक, हाय, उहाँको गौरव!’ भन्‍नेछैनन्।
JER 22:19 त्यसको दफन गधाको जस्तै हुनेछ; त्यसलाई घिस्याउँदै लगेर यरूशलेमको मूलढोकाको बाहिर फ्याँकिदिनेछन्।”
JER 22:20 “उक्लेर लेबनानसम्म जा, र चर्कोगरी करा, तेरो सोर बाशानसम्मै सुनिओस्; अबारीमबाट करा, किनकि तेरा सबै मित्रहरू नष्‍ट भएका छन्।
JER 22:21 तैँले आफूलाई सुरक्षित महसुस गर्दा मैले तँलाई चेतावनी दिएँ, तर तैँले भनिस्, ‘म सुन्‍नेछैनँ!’ यो त तेरो जवानीदेखिकै चाल भएको छ; तैँले मेरो आज्ञापालन गरेकै छैनस्।
JER 22:22 हावाले तेरा सबै गोठालाहरूलाई उडाइदिनेछ; अनि तेरा मित्रहरू देशबाट कैदमा लगिनेछन्। तब तेरा सबै दुष्‍ट कामहरूको कारणले तँ लज्जित र अपमानित हुनेछस्।
JER 22:23 हे लेबनानमा बस्‍नेहरू, तिमीहरू, जो देवदारुका भवनहरू बनाएर बसेका छौ, तिमीहरूमाथि जब पीडा आइपर्ला, तब तिमीहरू पीडाले चीत्कार गर्नेछौ, त्यो पीडा सुत्केरीको प्रसव वेदनाजस्तै हुनेछ!”
JER 22:24 याहवेह घोषणा गर्नुहुन्छ, “म जीवित भएझैँ, हे यहूदाका राजा यहोयाकीमको छोरा यहोयाकीन, तँ यदि मेरा दाहिने हातको छाप-औँठी नै भए तापनि म तँलाई फुकालेर फ्याँकिदिनेछु।
JER 22:25 म तँलाई मार्न चाहने मानिसहरू, बेबिलोनको राजा नबूकदनेसर र बेबिलोनीहरूका हातमा तँलाई सुम्पिदिनेछु, जससँग तँ डराउँदछस्।
JER 22:26 म तँलाई र तँलाई जन्माउने तेरी आमालाई अर्को देशमा फ्याँकिदिनेछु, जहाँ तिमीहरू कोही पनि जन्मेका थिएनौ; अनि तिमीहरू दुवै आमा छोराछोरीहरू त्यहीँ नै मर्नेछौ।
JER 22:27 तिमीहरू जन्मभूमिमा फर्कन इच्छा गर्नेछौ, तर फर्केर यहाँ कहिल्यै आउनेछैनौ।”
JER 22:28 के यो मानिस यहोयाकीन तुच्छ ठानिएको एउटा घृणित, फुटेको माटोको भाँडो हो? त्यो र त्यसका छोराछोरीहरूलाई निकालेर, तिनीहरूले नजानेको देशमा किन फ्याँकिनेछन्?
JER 22:29 हे देश, हे देश, हे देश, याहवेहको वचन सुन्!
JER 22:30 याहवेह यसो भन्‍नुहुन्छ: “यस मानिसलाई निःसन्तान भनी दर्ता गर्, यस्तो मानिस, जो जीवनकालभरि सफल हुनेछैन; किनकि त्यसको कुनै पनि सन्तान सफल हुनेछैन र कोही पनि दावीदको सिंहासनमा बस्‍नेछैन, अथवा यहूदामा फेरि कसैले पनि शासन गर्नेछैन।”
JER 23:1 “धिक्‍कार ती गोठालाहरूलाई, जसले मेरा खर्कका भेडाहरूलाई नाश गर्दैछन् र छरपस्ट पार्दैछन्!” याहवेह घोषणा गर्नुहुन्छ।
JER 23:2 यसकारण याहवेह इस्राएलका परमेश्‍वर आफ्ना भेडाहरूको हेरचाह गर्ने गोठालाहरूलाई यसो भन्‍नुहुन्छ: “तिमीहरूले मेरो बगाललाई छरपस्ट पारेर टाढा धपाइदिएका कारण र तिनीहरूको हेरचाह नगरेको कारण, तिमीहरूले गरेको दुष्‍ट कामका निम्ति म तिमीहरूलाई दण्ड दिनेछु,” याहवेह भन्‍नुहुन्छ।
JER 23:3 “मैले तिनीहरूलाई धपाइदिएका सबै देशहरूबाट मेरा बगालका बाँचेकाहरूलाई म आफैँ भेला गर्नेछु र तिनीहरूलाई तिनीहरूकै खर्कमा फर्काएर ल्याउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन् र संख्यामा वृद्धि हुँदै जानेछन्।
JER 23:4 म तिनीहरूमाथि गोठालाहरू राखिदिनेछु, जसले तिनीहरूको हेरचाह गर्नेछन्; अनि तिनीहरू फेरि डराउनेछैनन् र त्रसित हुनेछैनन्, न त कोही हराउनेछन्,” याहवेह भन्‍नुहुन्छ।
JER 23:5 याहवेह यसो भन्‍नुहुन्छ, “हेर, ती दिनहरू निश्‍चित रूपमा आउँदैछन्, जब म दावीदको निम्ति एउटा धर्मी हाँगा खडा गर्नेछु; यस्तो राजा, जसले बुद्धिमान् भएर राज्य गर्नेछ; अनि देशमा जे न्याय र धार्मिक छ, त्यसले त्यही गर्नेछ।
JER 23:6 त्यस राजाको समयमा यहूदा बचाइनेछ, र इस्राएल सुरक्षासाथ बास गर्नेछ। त्यो त्यही नाम हो, जसद्वारा उहाँलाई बोलाइनेछ: याहवेह हाम्रा धार्मिक उद्धारकर्ता।”
JER 23:7 “यसकारण अब यस्ता दिनहरू आउँदैछन्,” भनी याहवेह भन्‍नुहुन्छ, “अब उसो मानिसहरूले यसो भन्‍नेछैनन्, ‘याहवेह जीवित हुनुभएझैँ, जसले इस्राएलीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।’
JER 23:8 तर तिनीहरूले भन्‍नेछन्, ‘याहवेह जीवित हुनुभएझैँ, जसले इस्राएलीहरूलाई उत्तरको देशबाट र उहाँले तिनीहरूलाई निर्वासनमा पठाउनुभएका सबै देशहरूबाट निकालेर ल्याउनुभयो।’ ”
JER 23:9 अगमवक्ताहरूको विषयमा: मेरो हृदय मभित्रै टुटेको छ; मेरा सबै हड्डीहरू काप्छन्। याहवेह र उहाँको पवित्र वचनको कारणले मात्तिएको म एउटा मतवालाजस्तै भएको छु, दाखमद्यले लट्ठ मातेको मानिसजस्तै छु।
JER 23:10 सारा देश व्यभिचारीहरूले भरिएको छ; श्रापको कारण देशका मानिसहरू शोक गर्दैछन्; अनि उजाडस्थानका खर्कहरू सुकेका छन्। तिनीहरूका अगमवक्ताहरू दुष्‍ट मार्ग पछ्याउँछन्, र तिनीहरूको शक्ति अन्यायको लागि प्रयोग गर्छन्।
JER 23:11 “अगमवक्ता र पुजारी दुवै ईश्‍वरहीन छन्; मेरो मन्दिरमा पनि म तिनीहरूको दुष्‍टता भेट्टाउँछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 23:12 “यसकारण तिनीहरूका बाटाहरू चिप्ला हुनेछन्; तिनीहरू अँध्यारोमा बाहिर फ्याँकिनेछन्, र तिनीहरू त्यसैमा ठेस खाएर लड्नेछन्। तिनीहरूले दण्ड पाउने वर्षमा, म तिनीहरूमाथि विपत्ति ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 23:13 “सामरियाका अगमवक्ताहरूबीच मैले यी घिनलाग्दा कामहरू देखेँ: तिनीहरूले बाल-देवताको नाममा अगमवाणी गरे, र मेरो जाति इस्राएललाई गलत बाटोमा बहकाए।
JER 23:14 अनि यरूशलेमका अगमवक्ताहरूका बीच मैले केही भयानक कुराहरू देखेँ: तिनीहरू व्यभिचार गर्छन् र झूटलाई पछ्याउँछन्। तिनीहरूले दुष्‍ट काम गर्ने मानिसहरूलाई प्रोत्साहित गर्छन्, ताकि कोही पनि तिनीहरूको दुष्‍टताबाट नफर्कून्। मेरा निम्ति तिनीहरू सबै सदोमजस्ता छन्; यरूशलेमका मानिसहरू गमोराका मानिसहरूजस्ता छन्।”
JER 23:15 यसकारण अगमवक्ताहरूको बारेमा सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “हेर, म तिनीहरूलाई तितो भोजन खान लगाउनेछु, र विषालु पानी पिउन दिनेछु; किनभने यरूशलेमका अगमवक्ताहरूले देशभरि नै भक्तिहीनता फैलाएका छन्।”
JER 23:16 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “अगमवक्ताहरूले तिमीहरूलाई अगमवाणी गरेका कुराहरूमा ध्यान नदेओ; तिनीहरूले तिमीहरूलाई झूटो आशाले भरिदिन्छन्। तिनीहरूले याहवेहको मुखबाट होइन, तर आफ्नो मनबाट दर्शनहरू बताउँछन्।
JER 23:17 मलाई घृणा गर्ने मानिसहरूलाई तिनीहरू यसो भनिरहन्छन्; ‘याहवेह भन्‍नुहुन्छ, तिमीहरूलाई शान्ति हुनेछ।’ अनि अटेरी गरेर आफ्नै हृदयका हठीपनको पछि लाग्नेहरूलाई तिनीहरू भन्छन्, ‘तिमीहरूलाई कुनै पनि हानि हुनेछैन।’
JER 23:18 तर अगमवक्ताहरूमध्ये कोचाहिँ हेर्नलाई अथवा उहाँको वचन सुन्‍न भनी याहवेहको सभामा खडा भएको छ? उहाँको वचन कसले ध्यान दिएर सुनेको छ?
JER 23:19 हेर, याहवेहको क्रोध आँधीबेहरीजस्तै फुटेर निस्कनेछ; त्यो दुष्‍टहरूका टाउकामाथि बतासको भुमरीको झोक्‍काझैँ बजारिनेछ।
JER 23:20 याहवेहको रिस उहाँको हृदयका उद्देश्यहरू पूर्ण रूपमा पूरा नभएसम्म उहाँको रिस शान्त हुनेछैन। आउने न्यायका दिनहरूमा तिमीहरूले यो कुरा छर्लङ्ग बुझ्नेछौ।
JER 23:21 मैले यी अगमवक्ताहरूलाई पठाएको होइनँ, तर पनि तिनीहरू आफ्नै सन्देश लिएर दौडिएका छन्; मैले तिनीहरूलाई कुनै सन्देश दिएको छैनँ, तापनि तिनीहरूले मेरो नाममा अगमवाणी गरेका छन्।
JER 23:22 तर यदि तिनीहरू मेरो सभामा खडा भएका भए, र तिनीहरूले मेरा मानिसहरूलाई मेरो वचन घोषणा गरेका भए; तिनीहरूले तिनीहरूलाई आफ्ना दुष्‍ट चालहरूबाट र तिनीहरूका दुष्‍ट कामहरूबाट फर्काउनेथिए।”
JER 23:23 याहवेह घोषणा गर्नुहुन्छ, “के म नजिकमा मात्र रहने परमेश्‍वर हुँ र, अनि टाढाको परमेश्‍वरचाहिँ होइन र?”
JER 23:24 याहवेह घोषणा गर्नुहुन्छ, “कसले आफूलाई गुप्‍त ठाउँहरूमा लुकाउन सक्छ, जहाँ म तिमीहरूलाई देख्न सक्दिनँ? के म स्वर्ग र पृथ्वी दुवै ठाउँमा देख्न सक्दिनँ र?” याहवेह घोषणा गर्नुहुन्छ।
JER 23:25 “मेरो नाममा झूटो अगमवाणी गर्ने अगमवक्ताहरूले भनेको कुरा मैले सुनेको छु। तिनीहरू भन्दछन्, ‘मैले सपना देखेको छु! मैले सपना देखेको छु!’
JER 23:26 यो कहिलेसम्म झूटा अगमवक्ताहरूका हृदयमा रहला, जसले आफ्नो मनका भ्रामक कुराबाट अगमवाणी गर्छन्?
JER 23:27 ती अगमवक्ताहरू सोच्दछन्, कि तिनीहरूले एक-आपसमा भनेका सपनाहरूले गर्दा, मेरा मानिसहरूले मेरो नाम बिर्सनेछन्, जसरी तिनीहरूका पितापुर्खाहरूले बाल-देवतालाई पूजा गरेर मेरो नाम बिर्सेका थिए।
JER 23:28 सपना देख्ने अगमवक्ताले उसको सपना नै भनोस्, तर मेरो वचन पाउनेले विश्‍वासयोग्यतासाथ त्यही बोलोस्। किनकि अन्‍नसित परालको के तुलना हुन सक्छ र?” याहवेह घोषणा गर्नुहुन्छ।
JER 23:29 “के मेरो वचन आगोजस्तै छैन र?” याहवेह घोषणा गर्नुहुन्छ, “अनि चट्टानलाई टुक्रा-टुक्रा पार्ने हथौडाजस्तै छैन र?”
JER 23:30 याहवेह घोषणा गर्नुहुन्छ, “यसकारण म ती झूटा अगमवक्ताहरूको विरुद्धमा छु, जसले एक-अर्काबाट वचनहरू चोर्छन्, र मबाट आएको वचन हो भन्दै घोषणा गर्छन्।”
JER 23:31 याहवेह घोषणा गर्नुहुन्छ, “हो, म ती अगमवक्ताहरूको विरुद्धमा छु, जसले आफ्नै जिब्रो चलाउँछन्, तर पनि भन्दछन्, ‘याहवेह घोषणा गर्नुहुन्छ।’
JER 23:32 हेर, म झूटो सपनाको अगमवाणी गर्ने अगमवक्ताहरूको विरुद्धमा छु,” याहवेह घोषणा गर्नुहुन्छ। “तिनीहरूले तिनीहरूका झूटा अगमवाणीहरू भन्दछन् र आफ्ना अहङ्कारी झूटा कुराहरूद्वारा मेरा मानिसहरूलाई बहकाइदिन्छन्। तर मैले तिनीहरूलाई पठाएको अथवा नियुक्त गरेकै होइनँ। तिनीहरूले यी मानिसहरूलाई कुनै फाइदा पुर्‍याउँदैनन्,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 23:33 “जब यी मानिसहरू अथवा अगमवक्ताहरू अथवा पुजारीहरूले ‘याहवेहको सन्देश के छ?’ भनी तँलाई सोध्दछन्, तब तिनीहरूलाई भन् ‘कस्तो सन्देश? म तिमीहरूलाई त्यागिदिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।’
JER 23:34 यदि कुनै अगमवक्ता अथवा पुजारी अथवा कसैले ‘याहवेहको सन्देश यही हो’ भनी दाबी गर्छ भने म त्यो मानिस र त्यसको परिवारलाई दण्ड दिनेछु।
JER 23:35 तिमीहरूमध्ये हरेकले आफ्ना साथीहरू वा अरू इस्राएलीहरू वा एक-अर्कालाई यसरी सोधिरहने गर्छौ: ‘याहवेहको जवाफ के छ? अथवा याहवेहले के बोल्नुभएको छ?’
JER 23:36 तर तिमीहरूले फेरि ‘यो याहवेहको सन्देश हो’ भनेर उल्‍लेख नगर्नू; किनभने हरेक मानिसको आफ्नै कुरा उसको ईश्‍वरवाणी हुन्छ। यसरी तिमीहरूले जीवित परमेश्‍वर, सेनाहरूका याहवेह हाम्रा परमेश्‍वरको वचनलाई बङ्ग्याउँछौ।
JER 23:37 तिमीहरूले अगमवक्तालाई यसो भन्‍नू, ‘तिमीहरूलाई याहवेहको जवाफ के छ? अथवा याहवेहले के भन्‍नुभएको छ?’
JER 23:38 यद्यपि तिमीहरूले याहवेहको सन्देश यही हो भनेर दाबी गरे तापनि याहवेह यसो भन्‍नुहुन्छ: ‘तिमीहरूले यो याहवेहको सन्देश हो,’ भनेर दाबी नगर्नू भनेर मैले तिमीहरूलाई भने तापनि तिमीहरूले ‘यो याहवेहको सन्देश हो’ भनी दाबी गर्‍यौ।
JER 23:39 यसकारण, निश्‍चय नै म तिमीहरूलाई बिर्सनेछु, र मैले तिमीहरू र तिमीहरूका पितापुर्खालाई दिएको सहरको साथसाथै, मैले तिमीहरूलाई मेरो उपस्थितिबाट पनि बाहिर निकालिदिनेछु।
JER 23:40 म तिमीहरूमाथि अनन्तसम्म रहने यस्तो लाज र अनन्तको बदनामी ल्याउनेछु, कि त्यो कहिल्यै बिर्सिइनेछैन।”
JER 24:1 यहूदाका राजा यहोयाकीमको छोरा, यहोयाकीन र अधिकारीहरू, यहूदाका कारिगरहरू र शिल्पकारहरूलाई, बेबिलोनको राजा नबूकदनेसरले यरूशलेमबाट बेबिलोनको निर्वासनमा लगेपछि याहवेहले मलाई याहवेहको मन्दिरको सामु राखिएका दुई डाला नेभाराहरू देखाउनुभयो।
JER 24:2 एउटा डालोमा पहिले पाकेका खूब असल नेभाराहरू थिए; अर्को डालोमा चाहिँ अति नराम्रा नेभाराहरू थिए। ती खानै नसकिने अति खराब थिए।
JER 24:3 तब याहवेहले मलाई सोध्नुभयो, “यर्मिया, तँ के देख्दैछस्?” मैले जवाफ दिएँ, “म नेभाराहरू देख्दैछु। राम्रा नेभाराहरू अति राम्रा छन्, तर नराम्राहरूचाहिँ खानै नसकिने खराब छन्।”
JER 24:4 त्यसपछि याहवेहको वचन मकहाँ आयो:
JER 24:5 “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘म यहूदाका मानिसहरूलाई यी असल नेभाराहरूजस्ता ठान्छु, जसलाई मैले यस ठाउँबाट बेबिलोनीहरूको देशमा निर्वासनमा पठाएको थिएँ।
JER 24:6 तिनीहरूको भलाइका निम्ति म मेरो दृष्‍टि तिनीहरूमाथि लगाउनेछु, र म तिनीहरूलाई यस देशमा फर्काएर ल्याउनेछु। म तिनीहरूलाई निर्माण गर्नेछु, भत्काउनेछैनँ; म तिनीहरूलाई रोप्नेछु, उखेल्नेछैनँ।
JER 24:7 म तिनीहरूलाई म नै याहवेह हुँ भनी जान्‍ने हृदय दिनेछु। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु; किनभने तिनीहरू आफ्ना सम्पूर्ण हृदयले मतिर फर्कनेछन्।
JER 24:8 “ ‘याहवेह घोषणा गर्नुहुन्छ, तर ती खानै नसकिने धेरै खराब नराम्रा नेभाराहरूजस्तै, म यहूदाको राजा सिदकियाह, त्यसका अधिकारीहरू र यरूशलेमबाट बाँचेकाहरूसँग ती नेभाराहरूलाई जस्तै व्यवहार गर्नेछु, चाहे तिनीहरू यस देशमा रहून्, अथवा इजिप्टमै रहून्।
JER 24:9 म तिनीहरूलाई पृथ्वीका सबै राज्यहरूका निम्ति अति घृणित र अपमानित तुल्याउनेछु। मैले तिनीहरूलाई निकालेर जहाँ-जहाँ खेदे तापनि तिनीहरूलाई निन्दा, श्राप र गिल्‍लाको पात्र तुल्याउनेछु।
JER 24:10 मैले तिनीहरू र तिनीहरूका पितापुर्खाहरूलाई दिएको देशबाट तिनीहरू पूरै नाश नभएसम्म म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र महामारी पठाउनेछु।’ ”
JER 25:1 योशियाहका छोरा, यहूदाका राजा यहोयाकीमको शासनकालको चौथो वर्षमा, जुन बेबिलोनका राजा नबूकदनेसरको शासनकालको पहिलो वर्ष थियो; अनि यहूदाका सबै मानिसहरूका बारेमा यर्मियाकहाँ यो वचन आयो।
JER 25:2 यसकारण अगमवक्ता यर्मियाले यहूदाका सबै मानिसहरू र यरूशलेममा बसोबास गर्ने सबैलाई भने:
JER 25:3 यहूदाका राजा आमोनका छोरा, योशियाहको तेह्रौँ वर्षदेखि आजको दिनसम्म, तेईस वर्ष भयो—आजको दिनसम्म याहवेहको वचन मकहाँ आएको छ; अनि म तिमीहरूसित बारम्बार बोलिरहेको छु, तर तिमीहरूले ध्यान दिएर सुनेका छैनौ।
JER 25:4 अनि याहवेहले आफ्ना सबै सेवकहरू अर्थात् अगमवक्ताहरूलाई तिमीहरूकहाँ बारम्बार पठाउनुभए तापनि तिमीहरूले सुनेका छैनौ, अथवा ध्यानै दिएका छैनौ।
JER 25:5 अगमवक्ताहरूले भने, “तिमीहरू हरेक आफ्ना दुष्‍ट मार्गहरू र तिमीहरूका खराब चालचलनहरूबाट फर्क; अनि याहवेहले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशमा तिमीहरू सदाकालको निम्ति बस्‍न पाउनेछौ।
JER 25:6 तिमीहरू अन्य देवताहरूको सेवा गर्न र तिनीहरूलाई पुज्नलाई पछि नलाग; तिमीहरूका हातले बनाएका मूर्तिहरूको कारणले मेरो रिस नउठोस्। तब म तिमीहरूको हानि गर्नेछैनँ।”
JER 25:7 याहवेह घोषणा गर्नुहुन्छ, “तर तिमीहरूले मेरो कुरा सुनेनौ र तिमीहरूले आफ्ना हातले बनाएका मूर्तिहरूले मलाई रिस उठायौ; यसरी तिमीहरूले आफूमाथि नोक्सानी ल्यायौ।”
JER 25:8 यसकारण सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “तिमीहरूले मेरा कुरा नसुनेको हुनाले,
JER 25:9 म उत्तरका सबै जातिहरूलाई र मेरो सेवक बेबिलोनका राजा नबूकदनेसरलाई बोलाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ, “अनि म तिनीहरूलाई यो देश र यस देशका बासिन्दाहरूको विरुद्धमा र वरिपरिका सबै राष्ट्रहरूको विरुद्धमा भेला गराउनेछु। म तिनीहरूलाई सम्पूर्ण रूपले सर्वनाश गर्नेछु; म तिनीहरूलाई त्रास, हाँसो र अनन्त विनाशको पात्र बनाउनेछु।
JER 25:10 म तिनीहरूबाट हर्ष र आनन्दको सोर, दुलहा र दुलहीको आवाज, जाँतो पिँधेको आवाज र बत्तीको उज्यालोलाई हटाइदिनेछु।
JER 25:11 यो समस्त देश उजाड र बाँझो भूमि हुनेछ; अनि यी राष्ट्रहरूले सत्तरी वर्षसम्म बेबिलोनको राजाको सेवा गर्नेछन्।
JER 25:12 “तर जब सत्तरी वर्ष पूरा हुन्छ, तब म बेबिलोनको राजा र त्यसको राज्य बेबिलोनीहरूको देशलाई तिनीहरूको अपराधको कारण दण्ड दिनेछु; अनि त्यस देशलाई सधैँका निम्ति उजाड पारिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 25:13 “म बेबिलोनमाथि मैले यसको विरुद्धमा बोलेका सबै कुराहरू, यस पुस्तकमा लेखिएका सबै कुराहरू र यर्मियाले राष्ट्रहरूको विरुद्धमा गरेका अगमवाणीहरू बेबिलोनमा ल्याउनेछु।
JER 25:14 तिनीहरू आफैँ पनि धेरै राष्ट्रहरू र महान् राजाहरूद्वारा दास तुल्याइनेछन्; म तिनीहरूलाई तिनीहरूकै हातका कामहरू र कर्महरू अनुसार बदला लिनेछु।”
JER 25:15 याहवेह, इस्राएलका परमेश्‍वरले मलाई यसो भन्‍नुभयो: “मेरो क्रोधको मद्यले भरिएको यो कचौरा मेरो हातबाट लि, र मैले तँलाई पठाएका सबै राष्ट्रहरूलाई यो पिउन दे।
JER 25:16 जब तिनीहरूले यो पिउनेछन्, तब मैले तिनीहरूका बीचमा पठाउने तरवारको कारण तिनीहरू धरमराउनेछन् र बौलाहा हुनेछन्।”
JER 25:17 यसकारण मैले त्यो कचौरा याहवेहको हातबाट लिएँ, र उहाँले मलाई पठाउनुभएका सबै जातिहरूलाई पिउन दिएँ:
JER 25:18 सुरुमा मैले यरूशलेम र यहूदाका सहरहरू, त्यसका राजाहरू र अधिकारीहरूलाई त्रास र घृणा तथा सरापको पात्र बनाउनलाई कचौराबाट पिउन लगाएँ। तिनीहरू आज त्यस्तै अवस्थामा छन्;
JER 25:19 त्यसपछि इजिप्टका राजा फारो र त्यसका कर्मचारीहरू, त्यसका अधिकारीहरू र त्यसका सबै मानिसहरू;
JER 25:20 अनि त्यहाँ रहेका सबै विदेशी मानिसहरू; अनि ऊज देशका सबै राजाहरू; पलिश्तीका सबै राजाहरू (अश्कलोन, गाजा, एक्रोन र अश्दोदमा छोडिएका सबै मानिसहरू);
JER 25:21 एदोम, मोआब र अम्मोन;
JER 25:22 टायर र सीदोनका सबै राजाहरू; भूमध्य सागरको किनारका सबै राजाहरू;
JER 25:23 ददान, तेमा, बूज र टाढा ठाउँहरूमा भएका सबै मानिसहरू;
JER 25:24 अरब देशका सबै राजाहरू र मरुभूमिमा बस्‍ने विदेशी मानिसहरूका सबै राजाहरू;
JER 25:25 जिम्री, एलाम र मादीका सबै राजाहरू;
JER 25:26 अनि टाढा र नजिकमा रहेका उत्तरका सबै राजाहरू, एकपछि अर्कालाई—पृथ्वीमा भएका सबै राज्यहरूलाई पिउन दिएँ। अनि यी माथिका सबै राजाहरू र जातिहरूपछि शेशकका राजाले पनि त्यो कचौराबाट पिउनेछ।
JER 25:27 “तब तिनीहरूलाई भन्, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: पिओ, मात र बान्ता गर! अनि मैले तिमीहरूका लागि पठाउन लागेको तरवारको कारण कहिल्यै उठ्न नसक्ने गरी लोट।’
JER 25:28 तर यदि तिनीहरूले तेरो हातका कचौराबाट पिउन इन्कार गरे भने तिनीहरूलाई भन्, ‘सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूले यो पिउनैपर्छ!
JER 25:29 हेर, म मेरो नाम बोकेको सहरमाथि विपत्ति ल्याउने काम सुरु गर्दैछु; अनि के तिमीहरू दण्डविना उम्कन सक्छौ? तिमीहरू दण्डविना उम्कनेछैनौ; किनकि म यस पृथ्वीमा भएका सबै मानिसहरूमाथि तरवार पठाउँदैछु, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।’
JER 25:30 “अब तिनीहरू सबैको विरुद्धमा अगमवाणी गर्, र तिनीहरूलाई भन्: “ ‘याहवेह उचाइबाट गर्जनुहुनेछ; उहाँ आफ्नो पवित्र वासस्थानबाट मेघ गर्जनजस्तै गर्जनुहुनेछ, र आफ्नो देशको विरुद्धमा अति जोडसँग गर्जनुहुनेछ। उहाँ पृथ्वीमा बस्‍ने सबै मानिसहरूको विरुद्धमा, अङ्‌गुर पेल्ने मानिसहरूजस्तो जोडसित चिच्याउनुहुनेछ।
JER 25:31 मानिसहरूको होहल्‍लाको खैलाबैला पृथ्वीको पल्‍लो छेउहरूसम्म गुञ्जिनेछ; किनकि याहवेहले राष्ट्रहरूको विरुद्धमा अभियोग लगाउनुहुनेछ; उहाँले सबै मानव-जातिमाथि न्याय ल्याउनुहुनेछ, र दुष्‍टहरूलाई तरवारले मार्नुहुनेछ,’ ” याहवेह घोषणा गर्नुहुन्छ।
JER 25:32 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “हेर, एक राष्ट्रदेखि अर्को राष्ट्रसम्म विपत्ति फैलिनेछ; पृथ्वीको पल्‍लो छेउबाट एउटा शक्तिशाली आँधीबेहरी उठ्दैछ।”
JER 25:33 त्यस बेला याहवेहद्वारा मारिएकाहरूको मृत शरीर पृथ्वीको एक छेउबाट अर्को छेउसम्म चारैतिर हुनेछन्। तिनीहरूका निम्ति न त शोक गरिनेछ, न त तिनीहरू गाडिनेछन्, तर तिनीहरू भुइँमा छरिएको मलजस्तै हुनेछन्।
JER 25:34 हे गोठालाहरू हो, रोओ, विलाप गर; हे बगालका अगुवाहरू हो, धुलोमा लडीबुडी गर। किनकि तिमीहरूको मारिने समय आएको छ; तिमीहरू असल भेडा ढलेझैँ ढल्नेछौ,
JER 25:35 गोठालाहरू भागेर जाने ठाउँ कहीँ पनि हुनेछैन; बगालका अगुवाहरू उम्कने ठाउँ कहीँ पनि हुनेछैन।
JER 25:36 गोठालाहरूको दुःखको बिलौना सुन, बगालका अगुवाहरूका विलाप सुन; किनकि याहवेहले तिनीहरूका खर्क नष्‍ट गर्नुहुँदैछ।
JER 25:37 याहवेहको भयानक क्रोधको कारण शान्तिपूर्ण चरनहरू उजाड हुनेछन्।
JER 25:38 उहाँले सिंहले झैँ आफ्नो ओडार छोड्नुहुनेछ; अत्याचारीको तरवारको कारण र याहवेहको भयानक क्रोधको कारण तिनीहरूको देश उजाड हुनेछ।
JER 26:1 योशियाहका छोरा, यहूदाका राजा यहोयाकीमको शासनकालको सुरुका दिनहरूमा याहवेहबाट यो वचन आयो:
JER 26:2 “याहवेह यसो भन्‍नुहुन्छ: याहवेहको भवनको चोकमा खडा हो, र याहवेहको भवनमा आराधना गर्न आउने यहूदाका सहरहरूका सबै मानिसहरूसित कुरा गर्। मैले तँलाई आज्ञा गरेको हरेक कुरा तिनीहरूलाई एक शब्द पनि नछोडी सुना।
JER 26:3 सायद तिनीहरूले सुन्लान् र तिनीहरू हरेक आफ्ना दुष्‍ट चालहरूबाट फर्कलान्। तब म आफ्नो मन परिवर्तन गर्नेछु र तिनीहरूले गरेका दुष्‍टताको कारण तिनीहरूमाथि विपत्ति ल्याउनेछैनँ।
JER 26:4 तिनीहरूलाई भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ: यदि तिमीहरूले मेरा कुरा सुनेनौ र मैले तिमीहरूको सामु राखिदिएको मेरो व्यवस्था पालन गरेनौ भने,
JER 26:5 र तिमीहरूले मेरा सेवक अगमवक्ताहरूका वचनहरू सुनेनौ भने जसलाई मैले तिमीहरूकहाँ बारम्बार पठाएको थिएँ, यद्यपि तिमीहरूले सुनेका छैनौ,
JER 26:6 तब म यस भवनलाई शीलोजस्तै र यस सहरलाई पृथ्वीका सबै जातिहरूबीच एक सरापको पात्र तुल्याउनेछु।’ ”
JER 26:7 पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले याहवेहको भवनमा यर्मियाले भनेका यी वचनहरू सुने।
JER 26:8 तर जब याहवेहले यर्मियालाई भन्‍नू भनी आज्ञा दिनुभएका सबै कुराहरू तिनले भनिसके, तब पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले तिनलाई समातेर भने, “तँ अब मर्नैपर्छ!
JER 26:9 यो भवन शीलोजस्तै हुनेछ, र यो सहरचाहिँ उजाड र रुखो हुनेछ भनी किन याहवेहको नाममा अगमवाणी गरिस्?” अनि याहवेहको भवनमा सबै मानिसहरूले यर्मियालाई घेरे।
JER 26:10 जब यहूदाका अधिकारीहरूले यो कुरा सुने, तब तिनीहरू राजमहलबाट याहवेहको भवनमा गए, र याहवेहको नयाँ मूलढोकाको प्रवेशद्वारमा आ-आफ्ना ठाउँमा बसे।
JER 26:11 तब पुजारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिसहरूलाई भने, “यस मानिसलाई मृत्युदण्ड दिनुपर्छ; किनकि यसले यस सहरको विरुद्धमा अगमवाणी गरेको छ। तपाईंहरूले यो कुरा आफ्नै कानले सुन्‍नुभएको छ!”
JER 26:12 तब यर्मियाले सबै अधिकारीहरू र सबै मानिसहरूलाई भने: “याहवेहले नै मलाई यस भवन र यस सहरको विरुद्धमा तपाईंहरूले सुनेका सबै कुराहरू अगमवाणी गर्नलाई पठाउनुभएको हो।
JER 26:13 अब तपाईंहरूले आ-आफ्ना चाल र कामहरू सुधार्नुहोस्! अनि याहवेह तपाईंहरूका परमेश्‍वरको आज्ञापालन गर्नुहोस्। तब याहवेहले आफ्नो मन बदल्नुहुनेछ र उहाँले तपाईंहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्ति ल्याउनुहुनेछैन।
JER 26:14 मेरो बारेमा भन्‍नुपर्दा, म त तपाईंहरूकै हातमा छु; तपाईंहरूलाई जे असल र उचित लाग्छ, त्यही मसित गर्नुहोस्।
JER 26:15 तर यो कुरा जान्‍नुहोस्, कि तपाईंहरूले मलाई मार्नुभयो भने निश्‍चय तपाईंहरूले निर्दोष मानिसको रगतको दोष आफूमाथि, यस सहरमाथि र यस सहरमा बस्‍ने मानिसहरूमाथि पनि ल्याउनुहुनेछ; किनकि याहवेहले मलाई तपाईंहरूले सुन्‍ने गरी यी सबै वचनहरू तपाईंहरूलाई चेतावनी दिन पठाउनुभएको कुरा सत्य हो।”
JER 26:16 तब ती अधिकारीहरू र मानिसहरूले पुजारीहरू र अगमवक्ताहरूलाई भने, “यो मानिस मृत्युदण्ड पाउन योग्य छैन! किनकि यसले याहवेह हाम्रा परमेश्‍वरको नाममा, उहाँको तर्फबाट हामीसित बोलेको छ।”
JER 26:17 प्रधानहरूमध्ये केही मानिसहरू उठेर भेला भएका सम्पूर्ण समुदायलाई भने,
JER 26:18 “मोरेशेतका मीकाले यहूदाका राजा हिजकियाहको समयमा अगमवाणी गरे। तिनले यहूदाका सबै मानिसहरूलाई भने, ‘सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “ ‘सियोन खेतजस्तै जोतिनेछ; यरूशलेम भग्नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ झाडीले भरिएको ढिस्कोझैँ हुनेछ।’
JER 26:19 “के यहूदाका राजा हिजकियाह अथवा यहूदाका अरू कसैले मीकालाई मारे? के हिजकियाहले याहवेहसित डराएर उहाँको कृपा खोजेनन्? अनि के याहवेहले आफ्नो मन बदलेर उहाँले तिनीहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्तिदेखि आफ्नो मन बदल्नुभएन र? तर हामीले आफूमाथि एक डरलाग्दो विपत्ति ल्याउन लाग्दैछौँ!”
JER 26:20 (किर्यत-यारीमबाट शमायाहका छोरा उरियाह नाम गरेका अर्का मानिस थिए, जसले याहवेहको नाममा अगमवाणी गरेका थिए; उरियाहले पनि यस सहर र यस देशको विरुद्धमा यर्मियाले झैँ अगमवाणी गरे।
JER 26:21 जब राजा यहोयाकीम र तिनका सबै अधिकारीहरू र अधिकृतहरूले तिनका वचनहरू सुने, तब राजाले तिनलाई मार्न खोजेका थिए। तर जब उरियाहले यो कुरा सुने, तब तिनी डरले इजिप्टतिर भागे।
JER 26:22 अनि राजा यहोयाकीमले उरियाहलाई पक्रन अक्बोरको छोरा एल्नातानलाई अरू केही मानिसहरूसहित इजिप्टमा पठाए।
JER 26:23 तिनीहरूले उरियाहलाई इजिप्टबाट लिएर आए, र राजा यहोयाकीमकहाँ लगे, जसले तिनलाई तरवारले प्रहार गरेर मारे। अनि तिनको शरीरलाई सर्वसाधारण मानिसहरू गाडिने ठाउँमा फ्याँक्न लगाए)।
JER 26:24 तर शापानका छोरा अहीकामले यर्मियालाई समर्थन गरे। त्यसैकारण तिनीहरूले यर्मियालाई पक्रेर मारिनका निम्ति मानिसहरूका हातमा दिएनन्।
JER 27:1 योशियाहका छोरा, यहूदाका राजा सिदकियाहको शासनकालको सुरुका दिनहरूमा याहवेहबाट यर्मियाकहाँ यो वचन आयो:
JER 27:2 याहवेहले मलाई यसो भन्‍नुभयो: “छालाको डोरी र एउटा जुवा बना, र तेरो काँधमा राख्।
JER 27:3 त्यसपछि एदोम, मोआब, टायर, अम्मोन र सीदोनका राजाहरूका राजदूतहरू, जो यरूशलेममा यहूदाको राजा सिदकियाहलाई भेट्न आएका छन्, ती राजदूतहरूद्वारा राजाकहाँ समाचार पठा।
JER 27:4 तिनीहरूका राजाहरूका निम्ति यो सन्देश दिएर भन्, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीहरूका मालिकहरूलाई यो सन्देश भन्‍नू:
JER 27:5 मैले आफ्नो महाशक्ति र बलवान् हातले पृथ्वी र त्यसमा भएका मानिसहरू र पशुप्राणीहरू बनाएँ; जसलाई इच्छा लाग्छ त्यसैलाई म यो दिन्छु।
JER 27:6 अब म तिमीहरूका सबै देशहरू मेरो सेवक बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; म जङ्गली जनावरहरूलाई पनि त्यसको अधीनमा राखिदिनेछु।
JER 27:7 त्यस देशको पतनको समय नआइपुगेसम्म सबै जातिहरूले त्यसका छोरा र नातिको सेवा गर्नेछन्। त्यसपछि धेरै राष्ट्रहरू र महान् राजाहरूले त्यसलाई आफ्नो अधीनमा पार्नेछन्।
JER 27:8 “ ‘ “तर यदि कुनै राष्ट्र अथवा राज्यले बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्दैन अथवा त्यसको जुवामुनि निहुरिन चाहँदैन भने म त्यस राष्ट्रलाई नबूकदनेसरकै हातबाट नाश नभएसम्म, तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।
JER 27:9 यसकारण तिमीहरूले आफ्ना अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ खोल्नेहरू, टुनामुना गर्नेहरूका कुरा नसुन, जसले तिमीहरूलाई भन्‍नेछन्, ‘तिमीहरूले बेबिलोनको राजाको सेवा गर्नेछैनौ।’
JER 27:10 तिनीहरू झूटो अगमवाणी गर्छन्, जसले गर्दा तिमीहरूलाई आफ्नो देशबाट टाढा लैजाने काम मात्र गर्नेछ; म तिमीहरूलाई देशबाट निकालिदिनेछु र तिमीहरू नष्‍ट हुनेछौ।
JER 27:11 तर यदि कुनै राष्ट्रले बेबिलोनको राजाको जुवामुनि निहुरेर त्यसको सेवा गर्छ भने म त्यस राष्ट्रलाई त्यसको आफ्नै देशमा खेती गर्न र बस्‍न दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।” ’ ”
JER 27:12 मैले यही समाचार यहूदाका राजा सिदकियाहलाई दिएँ। मैले भनेँ, “बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध राख्; त्यस राजाको र त्यसका मानिसहरूको सेवा गर्, तब तँ जीवित रहनेछस्।
JER 27:13 किन याहवेहले बेबिलोनको राजाको सेवा नगर्ने जातिहरूका निम्ति दिनुभएको चेतावनीझैँ, तँ र तेरा मानिसहरू तरवार, अनिकाल र विपत्तिद्वारा मर्न चाहन्छौ?
JER 27:14 तिमीहरूले अगमवक्ताहरूका कुरा नसुन, जसले तिमीहरूलाई, ‘तिमीहरूले बेबिलोनको राजाको सेवा गर्नेछैनौ’ भन्दछन्; किनकि तिनीहरूले तिमीहरूसँग झूटो अगमवाणी गरिरहेका छन्।
JER 27:15 याहवेह घोषणा गर्नुहुन्छ, ‘मैले तिनीहरूलाई पठाएको होइनँ। तिनीहरूले मेरो नाममा झूटो अगमवाणी गरिरहेका छन्। यसकारण म तिमीहरू र तिमीहरूलाई अगमवाणी गर्ने अगमवक्ताहरू दुवैलाई देशबाट निकालिदिनेछु र तिमीहरू नाश हुनेछौ।’ ”
JER 27:16 तब मैले पुजारीहरू र यी सबै मानिसहरूलाई भनेँ, “याहवेह यसो भन्‍नुहुन्छ: ‘अब चाँडै नै याहवेहको भवनका सामग्रीहरू बेबिलोनबाट फर्काएर ल्याइनेछ,’ भनेर अगमवाणी गर्ने अगमवक्ताहरूको कुरा नसुन। तिनीहरूले तिमीहरूसँग झूटो अगमवाणी गरिरहेका छन्।
JER 27:17 तिनीहरूका कुरा नसुन। बेबिलोनका राजाको सेवा गर, र तिमीहरू जीवित रहनेछौ। किन यो सहरलाई नष्‍ट हुन दिने?
JER 27:18 यदि तिनीहरू साँच्‍चै नै अगमवक्ताहरू हुन् र तिनीहरूसँग याहवेहको वचन छ भने याहवेहको भवनमा रहेका र यहूदाका राजाका महलमा र यरूशलेममा रहेका सामानहरू बेबिलोनमा नलगियोस् भनी तिनीहरूले सेनाहरूका याहवेहसँग बिन्ती गरून्।
JER 27:19 किनकि यस सहरमा छोडिएका स्तम्भहरू, काँसाको विशाल खड्कुँलो, गुड्ने गाडाहरू र अरू सामग्रीहरूको विषयमा सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ,
JER 27:20 जुन कुराहरू बेबिलोनका राजा नबूकदनेसरले यहोयाकीमका छोरा, यहूदाका राजा यहोयाकीनलाई यहूदा र यरूशलेमका मुख्य मनिसहरूसहित, यरूशलेमबाट बेबिलोनमा कैद गरेर लैजाँदा ती सामानहरू लगेका थिएनन्—
JER 27:21 हो, याहवेहको भवनमा र यहूदाका राजाको महलमा र यरूशलेममा छोडिएका कुराहरूको विषयमा सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:
JER 27:22 ‘ती सामानहरू बेबिलोनमा लगिनेछन्; अनि म तिनीहरूका निम्ति केही नगरेसम्म ती त्यहीँ रहनेछन्,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘त्यसपछि म तिनीहरूलाई यरूशलेममा फर्काएर ल्याउनेछु र तिनीहरूलाई यस ठाउँमा पुनर्स्थापित गर्नेछु।’ ”
JER 28:1 त्यही वर्षको पाँचौँ महिनामा, यहूदाका राजा सिदकियाहको शासनकालको चौथो वर्षको सुरुवातमा गिबोनमा बस्‍ने अज्जूरको छोरा हनन्याह अगमवक्ताले याहवेहको भवनमा पुजारीहरू र मानिसहरूका उपस्थितिमा मलाई भने,
JER 28:2 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘म बेबिलोनको राजाको जुवा भाँचिदिनेछु।
JER 28:3 बेबिलोनको राजा नबूकदनेसरले यस ठाउँबाट निकालेर बेबिलोनमा लगेका याहवेहको भवनका सबै सामग्रीहरू दुई वर्षभित्र नै म फर्काएर ल्याउनेछु।
JER 28:4 यहोयाकीमका छोरा यहूदाको राजा यहोयाकीन र यहूदाबाट निकालिएर बेबिलोनमा लगिएका अरू सबै मानिसहरूलाई पनि म यस ठाउँमा फर्काएर ल्याउनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ; ‘किनकि म बेबिलोनको राजाको जुवा भाँचिदिनेछु।’ ”
JER 28:5 तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई याहवेहको भवनमा उभिरहेका पुजारीहरू र सबै मानिसहरूको सामु जवाफ दिए।
JER 28:6 तिनले भने, “आमेन! याहवेहले त्यसै गरून्! याहवेहको भवनका सबै सामग्रीहरू र निर्वासनमा लगिएका सबैलाई बेबिलोनबाट यस ठाउँमा फर्काएर ल्याउने भनेर, तिमीले गरेको अगमवाणीका वचनहरू याहवेहले पूरा गरिदेऊन्।
JER 28:7 तापनि सुन, तिमी र सबै मानिसहरूले सुन्‍ने गरी म केही कुरा भन्‍न चाहन्छु सुन:
JER 28:8 सुरुदेखि नै तिमी र मभन्दा अगिका अगमवक्ताहरूले धेरै देशहरू र ठूला राज्यहरूको विरुद्धमा लडाइँ, विपत्ति र रूढीको अगमवाणी गर्थे।
JER 28:9 तर याहवेहको शान्तिको अगमवाणी गर्ने अगमवक्तालाई साँच्‍चै याहवेहले नै पठाउनुभएको हो भनेर तब मात्र चिनिन्छ, जब त्यसले भनेको अगमवाणीहरू पूरा हुन्छ।”
JER 28:10 तब अगमवक्ता हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर त्यसलाई भाँचिदिए;
JER 28:11 अनि तिनले सबै मानिसहरूको सामु भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘यसै गरी म दुई वर्षभित्र सबै राष्ट्रहरूका काँधबाट बेबिलोनको राजा नबूकदनेसरको जुवा भाँचिदिनेछु।’ ” त्यसपछि अगमवक्ता यर्मियाचाहिँ आफ्नो बाटो लागे।
JER 28:12 अगमवक्ता हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर भाँचिदिएपछि यर्मियाकहाँ याहवेहको वचन आयो:
JER 28:13 “जा, र हनन्याहलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: तैँले काठको जुवा भाँचिस्, तर त्यसको ठाउँमा फलामको जुवा पाउनेछस्।’
JER 28:14 सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘बेबिलोनको राजा नबूकदनेसरको सेवा गरून् भनेर म यी सबै राष्ट्रहरूका काँधमा फलामको जुवा राखिदिनेछु; अनि तिनीहरूले नबूकदनेसरको सेवा गर्नेछन्। म त्यसलाई जङ्गली जनावरहरूमाथि पनि अधिकार गर्नलाई दिनेछु।’ ”
JER 28:15 तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन, हनन्याह! याहवेहले तिमीलाई पठाउनुभएको थिएन, तर पनि तिमीले यस राष्ट्रलाई झूटो अगमवाणीका कुराहरूमा विश्‍वास गर्न लगायौ।
JER 28:16 यसकारण याहवेह यसो भन्‍नुहुन्छ: ‘म तँलाई पृथ्वीबाट हटाउन लागेको छु। तँ यही वर्ष नै मर्नेछस्; किनभने तैँले याहवेहको विरुद्धमा विद्रोहको प्रचार गरिस्।’ ”
JER 28:17 अनि त्यही वर्षको सातौँ महिनामा अगमवक्ता हनन्याहको मृत्यु भयो।
JER 29:1 नबूकदनेसरले यरूशलेमबाट कैद गरेर बेबिलोनमा लगेका मानिसहरूमध्ये बाँचेका प्रधानहरू, पुजारीहरू, अगमवक्ताहरू र अरू सबै मानिसहरूलाई यरूशलेमबाट यर्मियाले पठाएको पत्रको मूल सन्देश यही हो।
JER 29:2 (योचाहिँ राजा यहोयाकीन र राजमाता, यहूदा र यरूशलेमका अदालतका अधिकारीहरू र अगुवाहरू, दक्ष कारिगरहरू र शिल्पकारहरू सबै यरूशलेमबाट निर्वासनमा गइसकेपछि पठाइएको पत्रको कुरा हो)।
JER 29:3 तिनले यो पत्र शापानका छोरा एलासा र हिल्कियाहको छोरा गमर्याहलाई जिम्मा दिए, जुन पत्र यहूदाका राजा सिदकियाहले बेबिलोनमा राजा नबूकदनेसरकहाँ पठाएका थिए। त्यस पत्रमा यस्तो लेखिएको थियो:
JER 29:4 मैले यरूशलेमबाट बेबिलोनमा निर्वासनमा लगेका सबै मानिसहरूलाई, सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, यसो भन्‍नुहुन्छ:
JER 29:5 “तिमीहरू घरहरू बनाओ र बसोबास गर; बगैँचाहरू लगाओ र त्यहाँका उब्जनीहरू खाओ।
JER 29:6 विवाह गर र छोराछोरीहरू जन्माओ; तिमीहरूका छोराहरूका निम्ति पत्नीहरू खोजिदेओ र आफ्ना छोरीहरूको विवाह गरिदेओ, र तिनीहरूका पनि छोराछोरीहरू होऊन्। तिमीहरू संख्यामा वृद्धि हुँदैजाओ, तर घटेर नजाओ।
JER 29:7 मैले तिमीहरूलाई निर्वासनमा लगेको सहरको शान्ति र उन्‍नतिको निम्ति प्रार्थना गर। त्यस सहरको निम्ति याहवेहसित प्रार्थना गर; किनकि त्यस सहरको उन्‍नति भयो भने तिमीहरूको पनि उन्‍नति हुनेछ।”
JER 29:8 हो, सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीहरूका बीचमा भएका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्। तिमीहरूले देखेका सपनाहरूमा ध्यान नदेओ।
JER 29:9 तिनीहरूले मेरो नाममा तिमीहरूलाई झूटो अगमवाणी गरिरहेका छन्। मैले तिनीहरूलाई पठाएको होइनँ,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 29:10 याहवेह यसो भन्‍नुहुन्छ: “जब बेबिलोनको निम्ति सत्तरी वर्ष पूरा हुन्छ, तब म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउनेछु भनी तिमीहरूसँग गरेको मेरो असल प्रतिज्ञा पूरा गर्नेछु।”
JER 29:11 किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। “ती योजनाहरू तिमीहरूका उन्‍नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो।
JER 29:12 तब तिमीहरू मकहाँ आउनेछौ र प्रार्थना गर्नेछौ; अनि म तिमीहरूको कुरा सुन्‍नेछु।
JER 29:13 जब तिमीहरूले मलाई आफ्नो सम्पूर्ण हृदयले खोज्नेछौ, तब तिमीहरूले मलाई भेट्टाउनेछौ।”
JER 29:14 “मलाई तिमीहरूले भेट्टाउनेछौ, याहवेह घोषणा गर्नुहुन्छ; अनि म तिमीहरूलाई कैदबाट फर्काइल्याउनेछु। तिमीहरूलाई मैले धपाएर पठाएका सबै राष्ट्रहरू र ठाउँहरूबाट भेला गर्नेछु। अनि जुन ठाउँबाट मैले तिमीहरूलाई निर्वासनमा पठाएँ, त्यही ठाउँमा म तिमीहरूलाई फर्काएर ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 29:15 तिमीहरूले भन्‍नेछौ, “याहवेहले हाम्रा निम्ति बेबिलोनमा अगमवक्ताहरू खडा गर्नुभएको छ,”
JER 29:16 तर दावीदको सिंहासनमा विराजमान हुनुहुने राजा र यस सहरमा बाँकी रहेका सबै मानिसहरूको विषयमा, अर्थात् तिमीहरूका देशवासीहरू, जो तिमीहरूसित निर्वासनमा गएनन्, तिनीहरूको बारेमा याहवेह यसो भन्‍नुहुन्छ—
JER 29:17 हेर, सेनाहरूका याहवेह भन्‍नुहुन्छ: “म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र रूढी पठाउनेछु; अनि म तिनीहरूलाई खानै नसकिने गरी कुहिएको नेभारा जस्तै बनाउनेछु।
JER 29:18 म तिनीहरूलाई तरवार, अनिकाल र रूढीले खेद्नेछु। म तिनीहरूलाई पृथ्वीका सबै राज्यहरूका निम्ति अति घृणाको पात्र बनाउनेछु। मैले तिनीहरूलाई धपाएका सबै राष्ट्रहरूको बीचमा श्राप, त्रास, हाँसो र निन्दाको पात्र बनाउनेछु।”
JER 29:19 “किनकि तिनीहरूले मेरा वचन सुनेनन्, याहवेह घोषणा गर्नुहुन्छ, अर्थात् मैले बारम्बार मेरा सेवक अगमवक्ताहरूद्वारा तिनीहरूकहाँ पठाएका वचनहरू तिमी निर्वासनमा गएकाहरूले पनि सुनेका छैनौ,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 29:20 यसकारण मैले यरूशलेमबाट बेबिलोनको कैदमा पठाएका सबै मानिसहरू हो, याहवेहको वचन सुन।
JER 29:21 मेरो नाममा झूटो अगमवाणी गर्ने कोलायाहको छोरा आहाब र मासेयाहको छोरा सिदकियाहको बारेमा सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “म तिनीहरूलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; अनि त्यसले तिनीहरूलाई तिमीहरूका आँखाकै सामु मार्नेछ।”
JER 29:22 तिनीहरूको कारण बेबिलोनमा भएका यहूदाका कैदीहरू सबैले यसरी श्राप प्रयोग गरेर भन्‍नेछन्: “याहवेहले तिमीहरूलाई सिदकियाह र आहाबलाई गरेजस्तै गरून्, जसलाई बेबिलोनका राजाले आगोमा जलाएका थिए।”
JER 29:23 “किनकि तिनीहरूले इस्राएलमा अति घृणित पापहरू गरेका छन्; तिनीहरूले आफ्ना छिमेकीका पत्नीहरूसित व्यभिचार गरेका छन्; अनि मेरो नाममा तिनीहरूले झूटा अगमवाणीहरू गरेका छन्—जुन कुरा गर्नु भनी मैले तिनीहरूलाई आज्ञा गरेको थिइनँ। म यो कुरा जान्दछु र म नै यस कुराको गवाही हुँ,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 29:24 नहेलामवासी शमायाहलाई यसो भन्,
JER 29:25 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तैँले यरूशलेमका सबै मानिसहरूलाई, मासेयाहको छोरा पुजारी सपन्याहलाई र अरू सबै पुजारीहरूलाई आफ्नै नाममा पत्रहरू पठाइस्। तैँले सपन्याहलाई भनिस्,
JER 29:26 ‘याहवेहले तिमीलाई यहोयादाको ठाउँमा याहवेहको भवनको जिम्मेवार पुजारी नियुक्त गर्नुभएको छ। तिमीले त्यहाँ अगमवाणीको नक्‍कल गर्ने जुनसुकै बौलाहाजस्तो अगमवक्तालाई ठिँगुरोमा हाल्नू र त्यसको घिच्रोमा फलामको साङ्लाले बाँधेर राख्नू।
JER 29:27 यसकारण अब तिमीहरूले किन अनातोतको यर्मियालाई हप्काएका छैनौ, जसले तिमीहरूबीच अगमवाणी गरेजस्तो नक्‍कल गर्छ?
JER 29:28 त्यसले हामीलाई बेबिलोनमा यो समाचार पठाएको छ: यो कैदको समय लामो हुनेछ: यसकारण तिमीहरूले घरहरू बनाओ र बसोबास गर; बगैँचा लगाओ र त्यसका उब्जनीहरू खाओ।’ ”
JER 29:29 पुजारी सपन्याहले त्यो पत्र पढेर यर्मिया अगमवक्तालाई सुनाए।
JER 29:30 तब याहवेहको वचन यर्मियाकहाँ आयो:
JER 29:31 “यो सन्देश निर्वासनमा भएका सबै मानिसहरूकहाँ पठा: ‘नहेलामवासी शमायाहको बारेमा याहवेह यसो भन्‍नुहुन्छ: मैले शमायाहलाई नपठाए तापनि त्यसले तिमीहरूलाई अगमवाणी गरेर र तिमीहरूलाई झूटो कुरामा विश्‍वास गर्न लगायो,
JER 29:32 यसकारण याहवेह यसो भन्‍नुहुन्छ, म नहेलामवासी शमायाह र त्यसका सन्तानलाई निश्‍चय नै दण्ड दिनेछु। यस जातिहरूको बीचमा त्यसको एक जना सन्तान पनि छोडिनेछैन, न त मैले आफ्नो जातिलाई गर्ने असल कुराहरू त्यसले देख्नेछ, याहवेह घोषणा गर्नुहुन्छ: किनभने त्यसले मेरो विरुद्धमा विद्रोह गर्न सिकाएको छ।’ ”
JER 30:1 यर्मियाकहाँ आएको याहवेहको वचन यही हो:
JER 30:2 “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘मैले तँलाई भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख्।
JER 30:3 हेर, दिनहरू आउँदैछन्,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘जब म मेरो प्रजा इस्राएल र यहूदालाई कैदबाट फर्काएर ल्याउनेछु, तब मैले तिनीहरूका पितापुर्खाहरूलाई अधिकारमा दिएको देशमा तिनीहरूलाई पुनर्स्थापित गर्नेछु,’ याहवेह भन्‍नुहुन्छ।”
JER 30:4 इस्राएल र यहूदाको बारेमा याहवेहले भन्‍नुभएको कुराहरू यिनै हुन्:
JER 30:5 याहवेह यसो भन्‍नुहुन्छ: “डराएकाहरूका चीत्कार सुनिँदैछ— त्रासको चीत्कार, शान्तिको होइन।
JER 30:6 अहिले सोध र हेर: के कुनै पुरुषले छोराछोरी जन्माउन सक्छ? त्यसो भए किन म हरेक बलियो पुरुषले सुत्केरी व्यथामा परेकी स्त्रीले जस्तै आफ्नो हात आफ्नो पेटमाथि राखेको, र हरेक अनुहार मरेको जस्तै पहेँलो भएको देख्छु?
JER 30:7 हाय! त्यो दिन अति भयानक दिन हुनेछ! त्यस्तो अरू कुनै दिन पनि हुनेछैन। त्यो दिन याकोबका निम्ति सङ्कष्‍टको समय हुनेछ; तर ऊ त्यसबाट बचाइनेछ।
JER 30:8 “ ‘त्यस दिन,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘म तिनीहरूका काँधबाट जुवा भाँचिदिनेछु; अनि तिनीहरूका बन्धन फुकाइदिनेछु; अब फेरि तिनीहरूलाई विदेशीहरूले कमारा बनाउने छैनन्।
JER 30:9 त्यसको सट्टामा तिनीहरूले याहवेह आफ्ना परमेश्‍वरको र तिनीहरूका राजा दावीदको सेवा गर्नेछन्, जसलाई म तिनीहरूका निम्ति खडा गर्नेछु।
JER 30:10 “ ‘यसकारण हे मेरो सेवक याकोब, नडरा; हे इस्राएल, हताश नहो,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘म निश्‍चय नै तँलाई टाढाको ठाउँबाट र तेरा सन्तानहरूलाई बेबिलोनको कैदबाट बचाउनेछु। याकोब फेरि शान्ति र सुरक्षामा हुनेछ; अनि कसैले पनि इस्राएललाई भयभीत पार्न सक्नेछैन।
JER 30:11 म तेरो साथमा छु, र तँलाई बचाउनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘मैले तँलाई जुन राष्ट्रहरूको बीचमा छरपस्ट पारेँ, ती राष्ट्रहरूलाई सम्पूर्ण रूपले नाश गरे तापनि म तँलाईचाहिँ पूर्ण रूपले नाश गर्नेछैनँ। तर म तँलाई विनादण्ड चाहिँ छोड्नेछैनँ; म तँलाई न्यायपूर्वक दण्ड दिनेछु।’
JER 30:12 “याहवेह यसो भन्‍नुहुन्छ: “ ‘तेरो चोट निको नहुने खालको छ; तेरो घाउ पीडादायी छ।
JER 30:13 तेरो पक्षमा बोलिदिने कोही पनि छैन; तेरो घाउको निम्ति कुनै उपचार छैन; अनि तेरो निम्ति कुनै चङ्गाइ छैन।
JER 30:14 तेरा सबै मित्रहरूले तँलाई बिर्सेका छन्; तिनीहरूले तेरो कुनै वास्ता गर्दैनन्। मैले तँलाई शत्रुले झैँ प्रहार गरेको छु; अनि निष्‍ठुरीले झैँ तँलाई दण्ड दिएको छु; किनकि तेरो अपराध अति ठूलो र तेरा पापहरू अति धेरै छन्।
JER 30:15 तँ आफ्नो घाउले गर्दा र तेरो निको नहुने पीडाको निम्ति किन रुन्छस्? तेरो ठूलो अपराध र धेरै पापहरूका कारण मैले तँसँग यी कुराहरू गरेको हुँ।
JER 30:16 “ ‘तर तँलाई निल्नेहरू सबै अरूद्वारा निलिनेछन्; तेरा सबै शत्रुहरू निर्वासनमा जानेछन्। तँलाई लुट्नेहरू अरूद्वारा लुटिनेछन्; तँलाई बिगार्नेहरूलाई म बिगारिदिनेछु।
JER 30:17 तर म तँलाई फेरि स्वस्थ तुल्याउनेछु, र तेरा घाउहरू निको पार्नेछु,’ याहवेह घोषणा गर्नुहुन्छ; ‘किनकि तँलाई बहिष्कृत गरिएका भनिनेछ, सियोन, जसको कसैले वास्ता गर्दैन।’
JER 30:18 “याहवेह यसो भन्‍नुहुन्छ: “ ‘हेर, म याकोबको पालको सुख-शान्ति पुनर्स्थापित गर्नेछु, र त्यसको वासस्थानमाथि दया देखाउनेछु; त्यो सहर त्यसकै भग्नावशेषमाथि पुनर्निर्माण हुनेछ; अनि राजमहल पहिलेकै आफ्नै स्थानमा खडा हुनेछ।
JER 30:19 तिनीहरूबाट धन्यवादका स्तुतिगान र आनन्दको सोर निस्कनेछ। म तिनीहरूका संख्याको वृद्धि गर्नेछु; अनि तिनीहरू घट्नेछैनन्; म तिनीहरूलाई आदर दिनेछु; अनि तिनीहरू अपहेलित हुनेछैनन्।
JER 30:20 तिनीहरूका छोराछोरीहरू पहिलेकै जस्तै हुनेछन्; अनि तिनीहरूको समुदाय मेरो सामु स्थापित गरिनेछ; तिनीहरूलाई थिचोमिचो गर्ने सबैलाई म दण्ड दिनेछु।
JER 30:21 तिनीहरूको अगुवा तिनीहरूकै आफ्नै जातिबाट हुनेछ; तिनीहरूको शासक तिनीहरूमध्येबाट खडा हुनेछ। म त्यसलाई मेरो नजिक ल्याउनेछु र त्यो मेरो नजिक आउनेछ; किनकि आफैँले साहस गरेर को मेरो नजिक आउनसक्छ र?’ याहवेह घोषणा गर्नुहुन्छ।
JER 30:22 ‘यसरी तिमीहरू मेरो प्रजा हुनेछौ; अनि म तिमीहरूले सेवा गर्ने परमेश्‍वर हुनेछु।’ ”
JER 30:23 हेर, याहवेहको रिस आँधीबेहरीजस्तै फुटेर निस्कनेछ; अनि दुष्‍टहरूका टाउकोमाथि त्यो बतासको भुमरी जोडसित बजारिनेछ।
JER 30:24 जबसम्म याहवेहले उहाँको हृदयको उद्देश्यहरू पूर्ण रूपमा पूरा गर्नुहुन्‍न, तबसम्म उहाँको भयानक रिस शान्त हुनेछैन। आउने दिनहरूमा तिमीहरूले यो कुरा बुझ्नेछौ।
JER 31:1 याहवेह घोषणा गर्नुहुन्छ, “त्यस बेला म इस्राएलका सबै घरानाहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन्।”
JER 31:2 याहवेह यसो भन्‍नुहुन्छ: “तरवारबाट बाँचेका मानिसहरूले मरुभूमिमा निगाह पाउनेछन्; म इस्राएललाई विश्राम दिनका लागि आउनेछु।”
JER 31:3 बितेको समयमा याहवेह हामीकहाँ देखा पर्नुभयो र भन्‍नुभयो: “अनन्त प्रेमले मैले तँलाई प्रेम गरेको छु; अचुक कृपाले मैले तँलाई आकर्षित गरेको छु।
JER 31:4 म तँलाई फेरि निर्माण गर्नेछु; अनि हे कन्या इस्राएल, तँ फेरि निर्माण गरिनेछस्। तँ फेरि आफ्नो खैँजडी लिएर आनन्दसाथ नाच्दै निक्लनेछस्।
JER 31:5 तैँले फेरि सामरियाका डाँडाहरूमा दाखबारीहरू लगाउनेछस्; किसानहरूले दाखबारीहरू लगाउनेछन्, र तिनीहरूले आफ्ना फलहरूबाट आनन्द लिनेछन्।
JER 31:6 यस्तो दिन आउनेछ, जब पहरेदारहरू एफ्राइमका डाँडाहरूमा यसरी कराउनेछन्, ‘आओ, हामी याहवेह हाम्रा परमेश्‍वरकहाँ सियोनमा जाऔँ।’ ”
JER 31:7 याहवेह यसो भन्‍नुहुन्छ: “याकोबका निम्ति आनन्दसाथ गाओ; राष्ट्रहरूका प्रमुखका निम्ति चर्को सोरले कराओ। उच्‍च सोरले प्रशंसा गरेर भन, ‘हे याहवेह, तपाईंको जाति इस्राएलका बाँकी रहेकाहरूलाई बचाउनुहोस्।’
JER 31:8 हेर, म तिनीहरूलाई उत्तरको देशबाट यहाँ फर्काएर ल्याउनेछु, र तिनीहरूलाई पृथ्वीको पल्‍लो छेउबाट एकसाथ भेला गर्नेछु। तिनीहरूका बीचमा अन्धा र लङ्गडा, गर्भवती आमाहरू र प्रसुती वेदनामा परेका स्त्रीहरू हुनेछन्; एउटा विशाल भीड फर्किनेछ।
JER 31:9 तिनीहरू रुँदै-रुँदै फर्किआउनेछन्; मैले तिनीहरूलाई फर्काएर ल्याउँदा तिनीहरूले प्रार्थना गर्नेछन्। म तिनीहरूलाई पानीको मुहानका छेउबाट डोर्‍याउनेछु; समतल बाटोबाट, जहाँ तिनीहरूले ठेस खानेछैनन्; किनकि म इस्राएलका पिता हुँ, र एफ्राइम मेरो जेठा छोरा हो।
JER 31:10 “हे राष्ट्रहरू हो, याहवेहको वचन सुन; वचनलाई टाढा-टाढाका टापुसम्म घोषणा गर: ‘इस्राएललाई छरपस्ट पार्नुहुनेले तिनीहरूलाई भेला गर्नुहुनेछ, र उहाँले आफ्नो बगाललाई गोठालोले झैँ हेरचाह गर्नुहुनेछ।’
JER 31:11 किनकि याहवेहले याकोबलाई छुटाउनुहुनेछ, र तिनीहरूभन्दा बलिया शत्रुहरूका हातबाट तिनीहरूलाई मोल तिरेर छुटाउनुहुनेछ।
JER 31:12 तिनीहरू आउनेछन् र सियोनका उच्‍च ठाउँहरूमा आनन्दसाथ गाउनेछन्; याहवेहबाट प्रशस्ततामा तिनीहरू आनन्दित हुनेछन्— अन्‍न, नयाँ दाखमद्य र जैतुनको तेल, भेडाबाख्राका पाठापाठी र गाईबस्तुका बाछाबाछीहरूका कारण रमाहट गर्नेछन्। तिनीहरू पानीले सिँचेको बगैँचाझैँ हुनेछन्, अनि तिनीहरू फेरि दुःखी हुनेछैनन्।
JER 31:13 तब तरुणीहरू, जवानहरू, वृद्धहरू नाच्नेछन् र आनन्दित हुनेछन्। म तिनीहरूको शोकलाई आनन्दमा परिणत गरिदिनेछु; म तिनीहरूको शोकलाई सान्त्वना र आनन्दमा परिणत गरिदिनेछु।
JER 31:14 म पुजारीहरूलाई प्रशस्त भोजनले तृप्‍त पारिदिनेछु; अनि मेरा मानिसहरू मेरो प्रशस्तताले भरिपूर्ण हुनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 31:15 याहवेह यसो भन्‍नुहुन्छ: “रामामा एउटा सोर सुनियो, शोक र घोर विलापको सोर; राहेल आफ्ना बालबच्‍चाको निम्ति रोइरहेकी, र तिनले सान्त्वनालाई इन्कार गरेकी छिन्; किनकि तिनीहरू अब रहेनन्।”
JER 31:16 याहवेह यसो भन्‍नुहुन्छ: “तेरो रोदनको सोरलाई र तेरो आँखाको आँसुलाई रोक्; किनकि तेरो कामको इनाम पाउनेछेस्,” याहवेह घोषणा गर्नुहुन्छ। “तिनीहरू शत्रुको देशबाट फर्कनेछन्।
JER 31:17 याहवेह घोषणा गर्नुहुन्छ, “भविष्यको निम्ति तिमीहरूका सन्तानलाई आशा छ, तिमीहरूका छोराछोरीहरू तिनीहरूका आफ्नै देशमा फर्कनेछन्।
JER 31:18 “वास्तवमै मैले एफ्राइमको विलाप सुनेको छु: ‘तपाईंले नसधाइएको बाछोलाई झैँ मलाई अनुशासन सिकाउनुभयो, र म अनुशासित भएको छु। मलाई पुनर्स्थापित गर्नुहोस्, र म फर्कनेछु; किनकि तपाईं याहवेह नै मेरा परमेश्‍वर हुनुहुन्छ।
JER 31:19 म बरालिएर गएपछि मैले पश्‍चात्ताप गरेँ; मैले बुझेपछि मैले आफ्नो छाती पिटेँ। म लज्जित भएँ, र शिर झुकाएँ; किनकि मेरो युवावस्थाको अपमान मैले बोकेको थिएँ।’
JER 31:20 याहवेह घोषणा गर्नुहुन्छ, के एफ्राइम मैले मन पराएको बालक, मेरो प्यारो छोरा होइन र? मैले त्यसको विरुद्धमा बोले तापनि म अझै पनि त्यसको याद गर्छु। यसकारण मेरो हृदय त्यसको निम्ति तड्पिन्छ; म त्यसलाई निश्‍चय नै दया देखाउनेछु।
JER 31:21 “बाटोको निम्ति सङ्केत चिन्हहरू बना; मार्गदर्शन गर्ने खम्बाहरू खडा गर्। तैँले हिँड्नलाई छानेको बाटो, त्यो राजमार्गतिर ध्यान लगा। हे कन्या इस्राएल, फर्की, तेरा आफ्नै सहरहरूमा फर्की।
JER 31:22 ए अविश्‍वासी छोरी इस्राएल, तँ कहिलेसम्म बरालिन्छेस्? याहवेहले पृथ्वीमा एउटा नयाँ कुरा सृष्‍टि गर्नुहुनेछ— अब स्त्री पुरुषकहाँ फर्किनेछे।”
JER 31:23 इस्राएलका परमेश्‍वर, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “जब म तिनीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु, तब यहूदाको देश र त्यसका सहरहरूमा भएका मानिसहरूले फेरि यी वचनहरू भन्‍नेछन्: ‘हे समृद्ध यरूशलेम, हे पवित्र पर्वत, याहवेहले तँलाई आशिष् देऊन्।’
JER 31:24 यहूदा र त्यसका सबै सहरहरूमा भएका मानिसहरू, किसानहरू र आफ्ना बगालहरू लिएर यताउता डुलिहिँड्नेहरू सबै एकसाथ बस्‍नेछन्।
JER 31:25 थाकेकाहरूलाई म फेरि ताजा बनाउनेछु र मूर्च्छा परेकाहरूलाई तृप्‍त पार्नेछु।”
JER 31:26 यतिकैमा म बिउँझेँ, र मैले चारैतिर हेरेँ। मेरो निन्द्रा मलाई मिठो लागेको थियो।
JER 31:27 याहवेह घोषणा गर्नुहुन्छ, “हेर, यस्ता दिनहरू आउँछन्, जब म इस्राएल र यहूदाका मानिसहरूलाई तिनीहरूका सन्तान र पशुहरूका बच्‍चाहरूसमेत वृद्धि गर्नेछु।
JER 31:28 जसरी मैले तिनीहरूलाई उखेल्न, च्यातचुत पार्न र फ्याँक्न, विनाश गर्न र विपत्ति ल्याउन नियालेर हेरेँ; त्यसरी नै म तिनीहरूलाई निर्माण गर्न र रोप्नलाई पनि नियालेर हेर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 31:29 “ती दिनहरूमा मानिसहरूले फेरि यसो कहिल्यै भन्‍नेछैनन्, ‘अमिलो अङ्‌गुर खाने आमाबुबा; अनि दाँत कुँडिने छोराछोरीहरूको।’
JER 31:30 त्यसको सट्टामा, हरेक मानिस उसको आफ्नै पापको कारणले मर्नेछ; जसले अमिलो अङ्‌गुर खान्छ, त्यसकै दाँत कुँडिनेछ।
JER 31:31 “हेर, यस्ता दिनहरू आउनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ, “जब म इस्राएलका मानिसहरू र यहूदाका मानिसहरूसँग नयाँ करार स्थापित गर्नेछु।
JER 31:32 यो त्यो करारजस्तै हुनेछैन, जुन मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेँ; जब मैले तिनीहरूलाई हात समातेर, इजिप्टबाट डोर्‍याएर ल्याएको थिएँ; किनकि म तिनीहरूको पति भए तापनि तिनीहरूले मेरो करार भङ्ग गरे,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 31:33 “त्यसपछि म इस्राएलका मानिसहरूसँग यो करार बाँध्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “म आफ्नो व्यवस्था तिनीहरूका मनमा राखिदिनेछु, र त्यसलाई तिनीहरूका हृदयमा लेखिदिनेछु। म तिनीहरूका परमेश्‍वर हुनेछु; र तिनीहरू मेरा मानिसहरू हुनेछन्।
JER 31:34 अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाई अथवा एक-अर्कालाई, ‘याहवेहलाई चिन,’ भनी सिकाउनेछैन; किनकि सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्‍नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ। “किनकि म तिनीहरूका दुष्‍टता क्षमा गरिदिनेछु, र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।”
JER 31:35 याहवेह यसो भन्‍नुहुन्छ, जसले सूर्यलाई दिउँसो प्रकाश दिन नियुक्त गर्नुहुन्छ, जसले जुन र ताराहरूलाई राति चम्कनलाई आदेश दिनुहुन्छ, जसले समुद्रलाई हल्‍लाउनुहुन्छ, ताकि छालहरू गर्जून्; उहाँको नाम सेनाहरूका याहवेह हो:
JER 31:36 याहवेह घोषणा गर्नुहुन्छ, “जसरी मेरो दृष्‍टिबाट यी उर्दीहरू कहिल्यै रद्द हुँदैनन्, त्यसरी नै इस्राएल मेरो सामु सधैँभरि एक स्थिर राष्ट्र भई रहनेछ।”
JER 31:37 याहवेह यसो भन्‍नुहुन्छ: “यदि माथिका आकाशहरू नाप्‍न सकिन्छ, र मुनि पृथ्वीका जगहरू खोजेर निकाल्न सकिन्छ भने मात्र, म इस्राएलले गरेका पापहरूको कारण तिनीहरूका सन्तानहरूलाई इन्कार गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 31:38 याहवेह घोषणा गर्नुहुन्छ, “यस्ता दिनहरू आउँदैछन्, जब हननेलको धरहरादेखि कुने मूलढोकासम्म यो सहर मेरा निम्ति पुनर्निर्माण हुनेछ।
JER 31:39 नाप्‍ने डोरी त्यहाँबाट सीधा गारेबको डाँडामा पुगेर गोआसम्म जानेछ।
JER 31:40 समस्त बेँसीमा लासहरू र खरानीहरू फ्याँकिनेछ। अनि यरूशलेमको पूर्वतिरको किद्रोन खोल्सामाथि भएका मृत्युका खेतहरू र घोडे-ढोकासम्म भएका सबै इलाका याहवेहका निम्ति पवित्र हुनेछन्। त्यो सहर फेरि कहिल्यै उखेलिनेछैन, न त भत्काइनेछ।”
JER 32:1 यहूदाका राजा सिदकियाहको शासनकालको दशौँ वर्षमा, अर्थात् नबूकदनेसरको शासनकालको अठारौँ वर्षमा याहवेहको यो वचन यर्मियाकहाँ आयो।
JER 32:2 त्यस बेला बेबिलोनका राजाका सेनाहरूले यरूशलेमलाई घेरिराखेका थिए। अनि यर्मिया अगमवक्तालाई चाहिँ यहूदाको राजकीय महलको पहरेदार चोकमा कैदमा राखिएको थियो।
JER 32:3 यहूदाका राजा सिदकियाहले तिनलाई यसो भनेर त्यहाँ कैद गरेका थिए, “तैँले किन अगमवाणी गर्छस् र यसरी भन्छस्? याहवेह यसो भन्‍नुहुन्छ: ‘मैले यस सहरलाई बेबिलोनको राजाको हातमा सुम्पिदिन लागेको छु र त्यसले यसलाई कब्जा गर्नेछ।
JER 32:4 यहूदाका राजा सिदकियाह बेबिलोनीहरूबाट उम्कनेछैन, तर निश्‍चय नै बेबिलोनको राजाको हातमा सुम्पिइनेछ। अनि बेबिलोनको राजासँग आफ्नै आँखाले आमने-सामने हेरेर कुरा गर्नेछ।
JER 32:5 बेबिलोनको राजाले सिदकियाहलाई बेबिलोनमा लैजानेछ, जहाँ सिदकियाहलाई मैले उसको मामिलामा विचार नगरेसम्म ऊ त्यहीँ हुनेछ, याहवेह घोषणा गर्नुहुन्छ। यदि तिमीहरूले बेबिलोनीहरूको विरुद्धमा लडाइँ गर्‍यौ भने तिमीहरू सफल हुनेछैनौ भनेर तँ किन यसो भन्छस्।’ ”
JER 32:6 तब यर्मियाले भने, “याहवेहको वचन मकहाँ आयो:
JER 32:7 तेरा काका शल्‍लूमको छोरा हनमेल यसो भन्दै तँकहाँ भेट्न आउन लागेको छ, ‘बेन्यामीनको प्रान्तको अनातोतमा भएको मेरो जमिन किन्‍नुहोस्; किनकि तपाईं नजिकको नातेदार हुनुभएको कारण जमिन किन्‍ने अधिकार र कर्तव्य तपाईंको हो।’
JER 32:8 “तब याहवेहले भन्‍नुभएझैँ मेरो भाइ हनमेल पहरेदारको चोकमा मकहाँ आएर मलाई भन्यो, ‘बेन्यामीनको प्रान्तको अनातोतमा भएको मेरो जमिन किन्‍नुहोस्। किनकि यस जमिनलाई मूल्य चुकाएर छुटाउने र अधिकार गर्ने हक तपाईंकै छ। यसकारण जमिनलाई तपाईंले नै किन्‍नुहोस्।’ “यो याहवेहको वचन हो भनी म जान्दछु;
JER 32:9 यसकारण मैले आफ्नो भाइ हनमेलबाट अनातोतमा भएको त्यो जमिन किनेँ, र सत्र शेकेल चाँदी जोखेर त्यसलाई दिएँ।
JER 32:10 मैले त्यस जमिनको तमसुकमा सही गरेर छाप लगाएँ। मैले साक्षीहरू राखेँ, र तराजुमा त्यो चाँदी जोखिदिएँ।
JER 32:11 मैले जमिन किनेको तमसुक, अर्थात् शर्तहरू सहितको सहीछाप लगाइएको तमसुकको साथमा छाप नलगाइएको प्रतिलिपी पनि लिएँ।
JER 32:12 अनि आफ्नो भाइ हनमेलको उपस्थिति र त्यस तमसुकमा सही गर्ने साक्षीहरू र पहरेदार चोकमा बसिरहेका सबै यहूदीहरूको उपस्थितिमा त्यस तमसुकलाई महसेयाहको नाति, नेरियाहको छोरा बारूकलाई दिएँ।
JER 32:13 “ती मानिसहरूकै उपस्थितिमा मैले बारूकलाई यी आदेशहरू दिएँ:
JER 32:14 ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: सहीछाप लगाइएको र नलगाइएको यी दुवै प्रतिलिपिहरू लिएर लामो समयसम्म सुरक्षित रहून् भनेर यिनीहरूलाई माटोको भाँडोमा राख्नू।
JER 32:15 किनकि सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: यस देशमा फेरि घरहरू, जमिनहरू र दाखबारीहरू किनबेच गरिनेछन्।’
JER 32:16 “मैले नेरियाहको छोरा बारूकलाई किनबेचको तमसुक दिइसकेपछि मैले याहवेहसँग प्रार्थना गरेँ:
JER 32:17 “हे प्रभु याहवेह, तपाईंले आफ्नो महाशक्ति र बाहुबलले आकाश र पृथ्वीलाई बनाउनुभयो। तपाईंका निम्ति कुनै कुरा पनि कठिन छैन।
JER 32:18 तपाईंले हजारौँ मानिसहरूमाथि प्रेम देखाउनुहुन्छ, तर बुबाआमाको अपराधहरूका दण्ड तिनीहरूपछि तिनीहरूका सन्तानहरूलाई दिनुहुन्छ। हे महान् र शक्तिशाली परमेश्‍वर, जसको नाम सेनाहरूका याहवेह हो;
JER 32:19 तपाईंका उद्देश्यहरू महान् र तपाईंका कामहरू शक्तिशाली छन्। तपाईंका आँखा सबै मानव-जातिका चालहरूमाथि खुल्‍ला रहन्छन्; तपाईंले हरेक मानिसलाई तिनीहरूका चालहरू र तिनीहरूका कामअनुसारको इनाम दिनुहुन्छ।
JER 32:20 तपाईंले इजिप्टमा अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गर्नुभयो। आजको दिनसम्म इस्राएल र सबै मानव-जाति दुवैका बीचमा ती प्रकट गरिरहनुभएको छ। अनि तपाईंले ख्याति प्राप्‍त गर्नुभएको छ, जुन आजको दिनसम्म पनि तपाईंकै हो।
JER 32:21 तपाईंले आफ्नो जाति इस्राएललाई अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरूद्वारा तपाईंको शक्तिशाली हात र बाहुबलको ठूलो त्राससहित इजिप्टबाट निकालेर ल्याउनुभयो।
JER 32:22 तपाईंले तिनीहरूका पितापुर्खाहरूसँग शपथ खाएर दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको यो देश, जुन दूध र मह बग्ने देश हो, तिनीहरूलाई दिनुभयो।
JER 32:23 इस्राएलीहरू देशभित्र आए, र देशलाई अधिकार गरे; तर तिनीहरूले तपाईं र तपाईंका आज्ञाहरू पालन गरेनन्। तपाईंले तिनीहरूलाई पालन गर्नू भनेर दिनुभएको आज्ञा तिनीहरूले पालन गरेनन्। यसैकारण तपाईंले तिनीहरूमाथि यी सबै विपत्तिहरू ल्याउनुभयो।
JER 32:24 “हेर्नुहोस्, यस सहरलाई कब्जा गर्नलाई बेबिलोनीहरूले घेरा हाल्न कसरी मोर्चा बनाएका छन्। किनकि तरवार, अनिकाल र रूढीको कारणले यो सहर बेबिलोनीहरूको हातमा सुम्पिइनेछ, जसले यस सहरमाथि आक्रमण गरिरहेका छन्। तपाईंले जे भन्‍नुभयो, त्यो पूरा भइरहेको छ, जस्तो अहिले तपाईंले देख्दैहुनुहुन्छ।
JER 32:25 अनि यो सहर यरूशलेमलाई बेबिलोनीहरूको हातमा सुम्पिने भए तापनि हे प्रभु याहवेह, तपाईंले मलाई भन्‍नुहुन्छ, ‘यस जमिनलाई चाँदीले किन र किनबेच गरिएको साक्षी राख।’ ”
JER 32:26 तब याहवेहको वचन यर्मियाकहाँ आयो:
JER 32:27 “म याहवेह सबै मानव-जातिका परमेश्‍वर हुँ। के मेरो निम्ति कुनै कुरा कठिन छ र?
JER 32:28 यसकारण याहवेह यसो भन्‍नुहुन्छ: म यस सहरलाई बेबिलोनीहरू र बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिन लागेको छु, जसले यस सहरलाई कब्जा गर्नेछ।
JER 32:29 यस सहरलाई आक्रमण गरिरहेका बेबिलोनीहरू सहरभित्र आउनेछन्, र यस सहरलाई आगो लगाइदिनेछन्। बाल देवताका छानाहरूमा धूप बालेर अरू देवताहरूलाई अर्घबलि चढाएर मलाई रिस उठाउने मानिसहरू बसेका घरहरूको साथमा यस सहरलाई पनि जलाइदिनेछन्।
JER 32:30 “इस्राएल र यहूदाका मानिसहरूले तिनीहरूका जवानी अवस्थादेखि नै दुष्‍ट कामहरूबाहेक अरू केही पनि गरेका छैनन्। साँच्‍चै इस्राएलका मानिसहरूले तिनीहरूका हातले बनाएका मूर्तिहरूद्वारा मलाई रिस उठाउने कामबाहेक अरू केही गरेका छैनन्, याहवेह घोषणा गर्नुहुन्छ।
JER 32:31 यो यरूशलेमको सहर बनिएको दिनदेखि आजको दिनसम्म यस सहरका मानिसहरूले मलाई रिस उठाएर क्रोधित तुल्याएका छन्। यसकारण मैले यस सहरलाई आफ्नो दृष्‍टिबाट हटाइदिनैपर्छ।
JER 32:32 इस्राएल र यहूदाका मानिसहरू, तिनीहरू, तिनीहरूका राजाहरू र अधिकारीहरू, तिनीहरूका पुजारीहरू र अगमवक्ताहरू, यहूदाका मानिसहरू र यरूशलेमका मानिसहरूले सबै दुष्‍ट कामहरू गरेर मलाई क्रोधित तुल्याएका छन्।
JER 32:33 तिनीहरूले मतिर तिनीहरूका अनुहार होइन, तर तिनीहरूका पीठ फर्काएका छन्; मैले तिनीहरूलाई घरी-घरी सिकाए तापनि तिनीहरूले सुनेनन् र अनुशासनलाई ग्रहण गरेनन्।
JER 32:34 तिनीहरूले मेरो नाम बोकेको परमेश्‍वरको भवनमा तिनीहरूका घिनलाग्दा मूर्तिहरू खडा गरे र भवनलाई अपवित्र पारे।
JER 32:35 तिनीहरूले आफ्ना छोराछोरीहरूलाई मोलेख देवतालाई बलिदान चढाउनलाई बेन-हिन्‍नोमको खोल्सामा बालको निम्ति अग्ला ठाउँ वा देवस्थानहरू बनाए। तिनीहरूले यस्ता घिनलाग्दा पापहरू गर्न, न त मैले तिनीहरूलाई कहिल्यै आज्ञा गरेको थिएँ, न त यस्तो कुरा मेरो मनमा नै थियो।
JER 32:36 “तिमीहरू यस सहरको विषयमा यसरी भन्दैछौ, ‘तरवार, अनिकाल र रूढीद्वारा यो सहर बेबिलोनका राजाको हातमा दिइनेछ’; तर याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:
JER 32:37 निश्‍चय नै म तिनीहरूलाई सबै देशहरूबाट जम्मा गर्नेछु, जहाँ मैले आफ्नो रिस र प्रचण्ड क्रोधमा तिनीहरूलाई धपाइदिएको थिएँ। म तिनीहरूलाई यस भूमिमा फर्काएर ल्याउनेछु र तिनीहरूलाई सुरक्षित भएर बस्‍न दिनेछु।
JER 32:38 तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु।
JER 32:39 म तिनीहरूलाई एउटै हृदय र एउटै उद्देश्य दिनेछु, ताकि तिनीहरूले आफ्ना र तिनीहरूका सन्तानको भलाइका निम्ति सधैँ मेरो डर मान्‍नेछन्।
JER 32:40 म तिनीहरूसँग अनन्तको करार बाँध्नेछु। म तिनीहरूको भलाइ गर्न कहिल्यै छोड्नेछैनँ। अनि म तिनीहरूलाई मप्रति डर मान्‍ने बनाउनेछु। यसकारण तिनीहरू मबाट कहिल्यै तर्केर टाढा जानेछैनन्।
JER 32:41 तिनीहरूको भलाइ गर्दा म आनन्दित हुनेछु; अनि मेरो सारा हृदयले र सारा प्राणले तिनीहरूलाई यस देशमा निश्‍चय नै स्थायी रूपमा स्थापित गर्नेछु।
JER 32:42 “याहवेह यसो भन्‍नुहुन्छ: जसरी मैले यस जातिमाथि यी सबै विपत्ति ल्याएको छु, त्यसरी नै मैले तिनीहरूलाई प्रतिज्ञा गरेका सबै असल थोकहरू म तिनीहरूलाई दिनेछु।
JER 32:43 जुन देशको बारेमा तिमीहरू यसो भन्छौ, ‘यो त उजाड र काम नलाग्ने, मानिसहरू र पशुहरू केही नभएको उजाड भूमिजस्तो छ; किनकि यो देश बेबिलोनीहरूका हातमा दिइएको छ, तर यस देशमा फेरि जमिनहरू किनिनेछन्।’
JER 32:44 चाँदीको लागि जमिनहरू किनिनेछन्, र बेन्यामीनको इलाकामा, यरूशलेमका वरिपरिका गाउँहरूमा, यहूदाका सहरहरूमा, पश्‍चिमी पहाडको फेद र दक्षिणतिरको पहाडी इलाकाका सहरहरूमा किनबेचको तमसुकहरूमा हस्ताक्षर गरिनेछन्। सहीछाप लाएर तमसुकहरू साक्षीका निम्ति राखिनेछन्; किनकि म तिनीहरूको सुख-शान्ति फेरि फर्काइदिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।”
JER 33:1 यर्मिया पहरेदार चोकमा थुनिएको बेलामा याहवेहको वचन दोस्रोपल्ट तिनीकहाँ आयो:
JER 33:2 “याहवेह यसो भन्‍नुहुन्छ, उहाँ, जसले पृथ्वी बनाउनुभयो, याहवेह जसले पृथ्वीको आकार बनाउनुभयो र पृथ्वीलाई स्थापित गर्नुभयो—उहाँको नाम याहवेह हो:
JER 33:3 ‘मलाई पुकार् र म तँलाई जवाफ दिनेछु; अनि तैँले नजानेका महान् र गुप्‍त कुराहरू म तँलाई बताउनेछु।’
JER 33:4 किनकि बेबिलोनीहरूको घेराबन्दी र तरवारको विरुद्धमा भएको प्रतिरोधको लडाइँमा भत्काइएका यस सहरका घरहरू र यहूदाका राजकीय महलहरूको बारेमा याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ,
JER 33:5 बेबिलोनीहरूसँगको लडाइँमा: ‘मैले आफ्नो रिस र क्रोधमा मारेका मानिसहरूका लासहरूले ती भवन र घरहरू भरिनेछन्। यस सहरका सबै दुष्‍टताको कारण म यस सहरबाट आफ्नो अनुहार लुकाउनेछु।
JER 33:6 “ ‘तापनि म यस सहरमा फेरि स्वस्थता र चङ्गाइ ल्याउनेछु, र म मेरा मानिसहरूलाई फेरि निको पार्नेछु; अनि तिनीहरूलाई प्रशस्त शान्ति र सुरक्षा उपभोग गर्न दिनेछु।
JER 33:7 म यहूदा र इस्राएललाई कैदबाट फर्काएर ल्याउनेछु, र तिनीहरूलाई पहिलेजस्तै फेरि म पुनर्निर्माण गर्नेछु।
JER 33:8 तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अपराधबाट म तिनीहरूलाई शुद्ध पार्नेछु। मेरो विरुद्धमा तिनीहरूले गरेका सबै पाप र विद्रोहहरूलाई क्षमा गर्नेछु।
JER 33:9 तब यस यरूशलेम सहरको निम्ति मैले गरेका सबै भलाइका कुराहरू सुनेर यस पृथ्वीका सबै जातिहरूको सामु यस सहरले मलाई ख्याति, आनन्द, प्रशंसा र सम्मान ल्याउनेछ। अनि मैले यस यरूशलेमको निम्ति दिएको प्रशस्त उन्‍नति र शान्तिको कारण मानिसहरू डराएर थरथर काम्नेछन्।’
JER 33:10 “याहवेह यसो भन्‍नुहुन्छ: ‘तिमीहरू यस ठाउँको बारेमा भन्दछौ, यो त कुनै मानिस र पशुप्राणीहरू नभएको उजाड ठाउँ हो। यद्यपि यरूशलेमका सडकहरू र यहूदाका सहरहरू, जो कुनै मानिस, कुनै बासिन्दा नभएका र त्यागिएका उजाड छन्,
JER 33:11 एक पटक फेरि आनन्द र हर्षको सोर, दुलहा र दुलहीका आवाजहरू; अनि याहवेहको भवनमा धन्यवादको भेटी लिएर आउनेहरूका सोरहरू सुनिनेछन्, जसले यसो भन्‍नेछन्, “सेनाहरूका याहवेहलाई धन्यवाद चढाओ; किनकि सेनाहरूका याहवेह भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।” किनकि यस देशको सुख-शान्ति फेरि फर्काएर पहिलेको जस्तै म पुनर्निर्माण गरिदिनेछु,’ याहवेह यसो भन्‍नुहुन्छ।
JER 33:12 “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘यो उजाड ठाउँ मानिसहरू र पशुप्राणीहरू नभएको ठाउँमा—यस देशका सबै सहरमा गोठालाहरूका निम्ति तिनीहरूका बगालहरू विश्राम गर्ने खर्कहरू फेरि हुनेछन्।
JER 33:13 यहूदाको सहरहरूमा, यरूशलेमका चारैपट्टिका गाउँहरूमा, बेन्यामीनका इलाकामा, पश्‍चिमी पहाडका तराई, बेँसी र दक्षिणका पहाडी इलाकाका सहरहरूमा गोठालाहरूले फेरि भेडाबाख्राहरूका बगालहरू गन्‍नेछन्, याहवेह यसो भन्‍नुहुन्छ।
JER 33:14 “ ‘हेर, ती दिनहरू आउँदैछन्, याहवेह घोषणा गर्नुहुन्छ, ‘जब म इस्राएलको घराना र यहूदाको घरानासित मैले गरेका असल प्रतिज्ञाहरू पूरा गर्नेछु।
JER 33:15 “ ‘ती दिनहरूमा र त्यस समयमा म दावीदको वंशबाट एउटा धार्मिकताको हाँगा उमार्नेछु; त्यसले देशमा जे न्यायसङ्गत र उचित छ, त्यही गर्नेछ।
JER 33:16 ती दिनहरूमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षितसाथ रहनेछ। तिनलाई यही नामद्वारा बोलाइनेछ: याहवेह, हाम्रा धार्मिक उद्धारकर्ता।’
JER 33:17 किनकि याहवेह यसो भन्‍नुहुन्छ: ‘इस्राएलको घरानाको सिंहासनमा बस्‍न दावीदलाई कुनै दिन पनि मानिसको अभाव हुनेछैन;
JER 33:18 न त लेवी पुजारीहरूले होमबलि चढाउन, अन्‍नबलि जलाउन र बलिदानहरू चढाउन मेरो सामु खडा हुने मानिसको कहिल्यै अभाव हुनेछ।’ ”
JER 33:19 याहवेहको वचन यर्मियाकहाँ आयो:
JER 33:20 “याहवेह यसो भन्‍नुहुन्छ: ‘यदि तिमीहरूले दिन र रातसँग मेरो करार भङ्ग गर्न सक्यौ, र दिन र रात तिनीहरूको तोकिएको समयमा प्रकट भएनन् भने,
JER 33:21 तब मात्र मेरो सेवक दावीदसँगको मेरो करार, लेवीहरू र पुजारीहरू, जो मेरो सामु रहेर सेवा गर्छन्, तिनीहरूसँगको मेरो करार भङ्ग हुन सक्छ; यहाँसम्म कि दावीदको सिंहासनमा शासन गर्नलाई उसको कुनै सन्तान हुनेछैन।
JER 33:22 म आफ्नो सेवक दावीद र मेरो सामु सेवा गर्ने लेवीहरूका सन्तानहरूलाई आकाशका गन्‍न नसकिने ताराहरू र समुद्रका किनारमा भएका बालुवा जोखिन नसकिनेजस्तै बढाइदिनेछु।’ ”
JER 33:23 याहवेहको वचन यर्मियाकहाँ आयो:
JER 33:24 “के यी मानिसहरूले ‘याहवेहले आफूले चुन्‍नुभएका दुई राज्य यहूदा र इस्राएललाई त्यागिदिनुभएको छ’ भनिरहेको कुरा के तैँले ख्याल गरेको छैनस्? यसकारण ती मानिसहरूले मेरा मानिसहरूलाई घृणा गर्छन् र तिनीहरूलाई एक राष्ट्रको रूपमा ठान्दैनन्।
JER 33:25 याहवेह यसो भन्‍नुहुन्छ: ‘यदि मैले दिन र रातसँग आफ्नो करार स्थापित गरेको होइन भने साथै आकाश र पृथ्वीका नियमहरू तोकिदिएको होइन भने,
JER 33:26 म याकोब र मेरो सेवक दावीदका सन्तानहरूलाई तिरस्कार गर्नेछु। अनि त्यसको सन्तानको कुनै पनि छोरालाई अब्राहाम, इसहाक र याकोबका सन्तानमाथि शासन गर्नलाई म चुन्‍नेछैनँ। तर म तिनीहरूलाई कैदबाट फर्काएर तिनीहरूको समृद्धि पनि फर्काइदिनेछु र तिनीहरूमाथि दया देखाउनेछु।’ ”
JER 34:1 बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, आफ्नो शासनको अधीनमा रहेका सबै राज्य र जातिहरूले यरूशलेम र त्यसका वरिपरिका सबै सहरको विरुद्धमा लडाइँ गरिरहेको बेला याहवेहबाट यर्मियाकहाँ यो वचन आयो:
JER 34:2 “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: यहूदाको राजा सिदकियाहकहाँ गएर त्यसलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: मैले यस सहरलाई बेबिलोनको राजाको हातमा सुम्पिदिन लागेको छु, र त्यसले यस सहरलाई आगोले भस्म पार्नेछ।
JER 34:3 तँ त्यसको हातबाट उम्कनेछैनस्। तँ निश्‍चय नै पक्राउ परेर त्यसको हातमा सुम्पिनेछस्। तैँले बेबिलोनको राजालाई आफ्नै आँखाले देख्नेछस्; अनि त्यसले तँसँग आमने-सामने कुरा गर्नेछ, र तँ बेबिलोनमा जानेछस्।
JER 34:4 “ ‘तापनि हे यहूदाका राजा सिदकियाह, याहवेहको प्रतिज्ञा सुन्। तेरो बारेमा याहवेह यसो भन्‍नुहुन्छ: तँ तरवारद्वारा मारिनेछैनस्;
JER 34:5 तर तँ शान्तिसित मर्नेछस्। जसरी मानिसहरूले तँभन्दा पहिलेका तेरा पुर्खाहरूका सम्मानका निम्ति अन्तिम संस्कारमा सुगन्धित धूप बालेका थिए, त्यसरी नै तिनीहरूले तेरो सम्मानको निम्ति पनि आगोमा धूप बाल्नेछन् र यसो भनेर विलाप गर्नेछन्, “हाय, हे मालिक!” म आफैँले यो प्रतिज्ञा गर्दछु, याहवेह घोषणा गर्नुहुन्छ।’ ”
JER 34:6 तब यर्मिया अगमवक्ताले यरूशलेममा यहूदाका राजा सिदकियाहलाई यी सबै कुरा भने,
JER 34:7 जुन बेला बेबिलोनका राजाका सेनाहरू यरूशलेम र यहूदाका बाँकी रहेका अरू सहरहरूलाई जित्न, लाकीश र अजेकाको विरुद्धमा लडाइँ गरिरहेका थिए। यहूदामा रहेका सहरहरूमध्ये पर्खालले घेरिएका यी दुई सहरहरू मात्र बाँकी थिए।
JER 34:8 सिदकियाह राजाले यरूशलेममा बस्‍ने सबै मानिसहरूसँग दासहरूको स्वतन्त्रता घोषणा गरिदिने करार बाँधेपछि याहवेहको वचन यर्मियाकहाँ आयो।
JER 34:9 हरेकले आ-आफ्ना हिब्रू दास-दासीलाई स्वतन्त्र गरिदिनुपर्थ्यो। कसैले पनि आफ्ना हिब्रू दाजुभाइहरूलाई बन्धनमा राख्न मिल्दैनथ्यो।
JER 34:10 यसकारण यस करारमा सामेल हुने सबै अधिकारी र मानिसहरूले तिनीहरूका दास-दासीहरूलाई स्वतन्त्र गरिदिने र तिनीहरूलाई अब उसो दासत्वमा नराख्ने कुरामा राजी भए। तिनीहरू त्यो करारमा राजी भए र दास-दासीहरूलाई स्वतन्त्र गरिदिए।
JER 34:11 तर पछिबाट तिनीहरूले आफ्ना मन बदले र तिनीहरूले स्वतन्त्र गरिदिएका दास-दासीहरूलाई फर्काइल्याएर फेरि दास-दासी बनाए।
JER 34:12 तब याहवेहको वचन यर्मियाकहाँ आयो:
JER 34:13 “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट, अर्थात् दासत्वको देशबाट निकालेर ल्याउँदा तिनीहरूसँग एउटा करार बाँधेको थिएँ। मैले यसो भनेँ,
JER 34:14 ‘प्रत्येक सातौँ वर्षमा तिमीहरूकहाँ आफैँलाई बेचेका तिमीहरूका हिब्रू कमारा दाजुभाइहरूलाई तिमीहरू हरेकले स्वतन्त्र गरिदिनुपर्छ। तिमीहरूका कमारा कमारीहरूले छ वर्षसम्म तिमीहरूको सेवा गरिसकेपछि तिमीहरूले तिनीहरूलाई स्वतन्त्र गरिदिनैपर्छ।’ तापनि तिमीहरूका पितापुर्खाहरूले मेरा कुरामा ध्यानै दिएनन्, अथवा मेरो आज्ञापालन गरेनन्।
JER 34:15 तिमीहरूले भर्खरै पश्‍चात्ताप गर्‍यौ र मेरो दृष्‍टिमा जे उचित छ, त्यही तिमीहरूले गर्‍यौ: तिमीहरू हरेकले आ-आफ्ना दाजुभाइहरूलाई स्वतन्त्रताको घोषणा गर्‍यौ। मेरो नाम बोकेको भवनमा मेरो सामु तिमीहरूले करार पनि बाँधेका थियौ।
JER 34:16 तर अब फेरि तिमीहरू पछि हटेर मेरो नाम अशुद्ध पारेका छौ। तिमीहरूले कमारा-कमारीहरूलाई इच्छा लागेको ठाउँमा जान स्वतन्त्र गरिदिएका थियौ, तर अब फेरि तिमीहरू हरेकले तिनीहरूलाई फर्काएर ल्यायौ। तिमीहरूले तिनीहरूलाई आफ्ना कमारा-कमारी हुनलाई फेरि बाध्य बनायौ।
JER 34:17 “यसकारण याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूले मेरो आज्ञापालन गरेनौ; तिमीहरूले आफ्ना दाजुभाइहरूलाई स्वतन्त्रताको घोषणा गरेनौ। यसकारण अब हेर, म तिमीहरूका निम्ति ‘स्वतन्त्रताको’ घोषणा गर्दछु, याहवेह घोषणा गर्नुहुन्छ—तरवार, अनिकाल र रूढीद्वारा नष्‍ट हुने स्वतन्त्रताको घोषणा। तिमीहरूको हालत यस्तो बनाइदिनेछु, कि पृथ्वीका सबै राज्यहरूले यो देखेर भयभीत हुनेछन्।
JER 34:18 जजसले मेरो करार भङ्ग गरेका छन् र तिनीहरूले मेरो सामु गरेका करारका शर्तहरू पूरा गरेका छैनन्, म तिनीहरूसँग त्यही बाछालाई जस्तो व्यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई टुक्रा पारेर ती टुक्राहरूका बीचबाट हिँडे।
JER 34:19 यहूदा र यरूशलेमका अगुवाहरू, अदालतका पदाधिकारीहरू, पुजारीहरू र देशका सबै मानिसहरू, जो बाछाका यी टुक्राहरूका बीचबाट हिँडेका छन्,
JER 34:20 म तिनीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरूका लासहरू आकाशका चराहरू र जङ्गली पशुहरूका निम्ति भोजन हुनेछन्।
JER 34:21 “म यहूदाको राजा सिदकियाह र त्यसका अधिकारीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरू, बेबिलोनको राजाको सेनाहरूका हातमा सुम्पिदिनेछु, जुन सेनाहरू तिमीहरूबाट पछि हटेका छन्।
JER 34:22 याहवेह घोषणा गर्नुहुन्छ, म बेबिलोनी सेनाहरूलाई आदेश दिनेछु; अनि म तिनीहरूलाई यस सहरमा फर्काएर ल्याउनेछु। तिनीहरूले यस सहरको विरुद्धमा लडाइँ गर्नेछन्। यस सहरलाई कब्जा गर्नेछन् र आगो लगाएर भस्म पार्नेछन्। यसरी म यहूदाका सहरहरूलाई उजाड पारिदिनेछु, ताकि त्यहाँ कोही पनि बसोबास गर्न नपाओस्।”
JER 35:1 यो त्यो वचन हो, जो यहूदाका राजा योशियाहका छोरा, यहोयाकीमको शासनकालको समयमा याहवेहबाट यर्मियाकहाँ आयो:
JER 35:2 “रेकाबी परिवारकहाँ गएर तिनीहरूलाई याहवेहको भवनको एक छेउको कोठामा आउने निमन्त्रणा दे, र तिनीहरूलाई दाखमद्य पिउन दे।”
JER 35:3 यसकारण म हबसिन्याहका नाति, यर्मियाका छोरा याजन्याह, उनका दाजुभाइहरू, र उनका सबै छोराहरू—रेकाबीहरूका सम्पूर्ण परिवारलाई लिन गएँ।
JER 35:4 मैले तिनीहरूलाई याहवेहको भवनको कोठामा ल्याएँ, जुन कोठाचाहिँ यिग्दल्याहका छोरा परमेश्‍वरको अगमवक्ता हानानका छोराहरूको थियो, त्यहीँ कोठामा ल्याएँ। त्यो कोठाचाहिँ शल्‍लूमको छोरा मूलढोकाको पहरेदार मासेयाहको कोठामाथि अधिकारीहरूको कोठाको छेउमा थियो।
JER 35:5 त्यसपछि मैले रेकाबी परिवारका मानिसहरूको सामु दाखमद्यले भरिएका भाँडाहरू र केही कचौराहरू राखिदिएँ; अनि तिनीहरूलाई भनेँ, “केही दाखमद्य पिउनुहोस्।”
JER 35:6 तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउदैनौँ; किनकि रेकाबका छोरा, हाम्रा पुर्खा योनादाबले हामीलाई यो आज्ञा दिएका थिए: ‘तिमीहरू र तिमीहरूका सन्तान कसैले पनि कहिल्यै दाखमद्य नपिउनू।
JER 35:7 अनि तिमीहरूले घरहरू नबनाउनू, बिउ नछर्नू अथवा दाखबारी नलगाउनू। तिमीहरूसँग यी कुनै पनि कुराहरू कहिल्यै नहोस्, तर तिमीहरू सधैँ पालहरूमा बस्‍नू। तिमीहरू प्रवासी भएर बसेको यस देशमा लामो समयसम्म बाँच्नेछौ।’
JER 35:8 हामीले हाम्रा पुर्खा रेकाबका छोरा योनादाबले हामीलाई आज्ञा दिएका हरेक कुरा पालन गरेका छौँ। न हामी आफैँले, न हाम्रा पत्नीहरूले, न त हाम्रा छोराछोरीहरूले कहिल्यै मद्य पिएका छौँ,
JER 35:9 अथवा न त आफ्ना निम्ति बस्‍न घरहरू बनाएका छौँ, न आफ्ना दाखबारीहरू लगाएका छौँ, न त खेतबारी लगाएका छौँ, न अन्‍नहरू नै जम्मा गरेका छौँ।
JER 35:10 हामी पालहरूमा बसेका छौँ, र हाम्रा पुर्खा योनादाबले हामीलाई आज्ञा दिएका हरेक कुरा पालन गरेका छौँ।
JER 35:11 तर बेबिलोनका राजा नबूकदनेसरले यस देशमाथि आक्रमण गर्दा ‘हामीले भन्यौँ, आओ, बेबिलोनी र अरामी सेनाहरूबाट उम्कन हामी यरूशलेममा जाऔँ।’ यसरी हामी यरूशलेममै बस्दैछौँ।”
JER 35:12 तब याहवेहको यो वचन यर्मियाकहाँ आयो:
JER 35:13 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: गएर यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भन्, ‘के तिमीहरूले पाठ सिक्दैनौ र मेरा कुराहरू पालन गर्दैनौ?’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
JER 35:14 ‘रेकाबको छोरा योनादाबले आफ्ना छोराहरूलाई दाखमद्य नपिउनू भनी आदेश दियो, र तिनीहरूले त्यस आज्ञालाई पालन गरेका छन्। आजको दिनसम्म तिनीहरू दाखमद्य पिउँदैनन्; किनकि तिनीहरूले आफ्ना पुर्खाको आज्ञापालन गर्छन्। तर मैले तिमीहरूलाई बारम्बार भन्दै आएको छु, तापनि तिमीहरूले मेरा आज्ञापालन गरेका छैनौ।
JER 35:15 मैले घरी-घरी तिमीहरूकहाँ आफ्ना सेवक अगमवक्ताहरूलाई पठाएँ। तिनीहरूले भने, “तिमीहरू हरेकले तिमीहरूका दुष्‍ट चालहरूबाट फर्क! आफ्ना कामहरू सुधार! अन्य देवताहरूको सेवा गर्न तिनीहरूको पछि नलाग। तब मैले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा तिमीहरू बस्‍नेछौ।” तर तिमीहरूले मेरो वचनमा ध्यानै दिएनौ, अथवा मेरो कुरालाई सुनेनौ।
JER 35:16 रेकाबको छोरा योनादाबका सन्तानहरूले आफ्ना पुर्खाले तिनीहरूलाई दिएका आज्ञाहरू पालन गरेका छन्, तर यी मानिसहरूले मेरो वचन पालन गरेका छैनन्।’
JER 35:17 “यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘सुन! म यहूदा र यरूशलेममा बस्‍ने सबैमाथि मैले तिनीहरूको विरुद्धमा घोषणा गरेको सबै विपत्ति ल्याउँदैछु। मैले तिनीहरूसँग बोलेँ, तर तिनीहरूले ध्यानसँग सुनेनन्; मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफ पनि दिएनन्।’ ”
JER 35:18 तब यर्मियाले रेकाबीहरूका परिवारलाई भने, “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तिमीहरूले आफ्ना पुर्खा योनादाबको आज्ञापालन गरेका छौ र उसका सबै निर्देशनअनुसार चलेका छौ; अनि उसले आज्ञा गरेका सबै कुरा गरेका छौ।’
JER 35:19 यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘रेकाबको छोरा योनादाबको सन्तानमा मेरो सेवा गर्ने मानिसको अभाव हुनेछैन।’ ”
JER 36:1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालको चौथो वर्षमा याहवेहको वचन यर्मियाकहाँ आयो:
JER 36:2 “योशियाहको शासनकालदेखि अहिलेसम्म इस्राएल, यहूदा र अरू सबै जातिहरूको विषयमा मैले तँसित कुरा गर्न थालेको दिनदेखि आजसम्म मैले भनेका प्रत्येक कुराहरू एउटा चर्मपत्र लिएर त्यसमा लेख्।
JER 36:3 सायद मैले तिनीहरूमाथि ल्याउन लागेको हरेक विपत्तिको बारेमा जब यहूदाका मानिसहरूले सुन्लान्, र तिनीहरू हरेक आफ्नो दुष्‍ट मार्गहरूबाट फर्कलान्; तब म तिनीहरूका अपराध र पाप क्षमा गर्नेछु।”
JER 36:4 यसकारण यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए; अनि याहवेहले यर्मियालाई भन्‍नुभएका सबै कुरा तिनले भने; अनि बारूकले चाहिँ ती कुराहरू चर्मपत्रमा लेखे।
JER 36:5 तब यर्मियाले बारूकलाई भने, “म थुनामा छु; मलाई याहवेहको मन्दिरमा जान अनुमति छैन।
JER 36:6 यसकारण तिमी उपवासको दिन याहवेहको भवनमा जाऊ। मैले भनेको र तिमीले चर्मपत्रमा लेखेका कुराहरू मानिसहरूका निम्ति पढिदेऊ। ती वचनहरू सहरहरूबाट भित्र आएका यहूदाका ती सबै मानिसहरूले सुन्‍ने गरी पढिदेऊ।
JER 36:7 सायद तिनीहरूले आफ्ना बिन्ती याहवेहको सामु ल्याऊलान् र प्रत्येक मानिस आ-आफ्नो दुष्‍ट मार्गहरूबाट फर्कलान्; किनकि याहवेहले आफ्ना मानिसहरूका विरुद्धमा घोषणा गर्नुभएको रिस र त्यो क्रोध अति भयानक छन्।”
JER 36:8 यर्मिया अगमवक्ताले भनेअनुसार हरेक वचनहरू नेरियाहका छोरा बारूकले पढेर सुनाए; बारूकले त्यस चर्मपत्रबाट याहवेहका ती वचनहरू याहवेहको मन्दिरमा पढेर सुनाए।
JER 36:9 यहूदाका राजा योशियाहका छोरा, यहोयाकीमको शासनकालको पाँचौँ वर्षको नवौँ महिनामा, यरूशलेमका सबै मानिसहरू र यहूदाका सहरहरूबाट आएका सबै मानिसहरूका निम्ति याहवेहको सामु उपवासको समय घोषणा गरियो।
JER 36:10 मन्दिरको नयाँ मूलढोकाको प्रवेशद्वारको माथिल्‍लो चोकमा रहेको शापानका छोरा सचिव गमर्याहको कोठाबाट, बारूकले याहवेहको मन्दिरमा भएका सबै मानिसहरूको निम्ति यर्मियाले भनेका चर्मपत्रबाट वचनहरू पढे।
JER 36:11 जब शापानका नाति, गमर्याहका छोरा मीकायाले चर्मपत्रबाट याहवेहका सबै वचनहरू सुने,
JER 36:12 तब तिनी राजमहलमा भएको सचिवको कोठामा गए, जहाँ सबै अधिकारीहरू, अर्थात् सचिव एलिशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह, हनन्याहका छोरा सिदकियाह, र अरू सबै अधिकारी बसिरहेका थिए।
JER 36:13 बारूकले चर्मपत्रबाट मानिसहरूका निम्ति पढेर सुनाएका सबै कुरा मीकायाले मानिसहरूलाई सुनाएदिए।
JER 36:14 तब सबै अधिकारीले कूशीका पनाति, शेलेम्याहका नाति, नतन्याहका छोरा येहूदीलाई बारूककहाँ यसो भन्‍नलाई पठाए, “तिमीले जुन चर्मपत्रबाट मानिसहरूलाई पढेर सुनायौ, त्यही चर्मपत्र लिएर आऊ।” यसकारण नेरियाहका छोरा बारूकले आफ्नो हातमा चर्मपत्र लिएर तिनीहरूकहाँ गए।
JER 36:15 तिनीहरूले तिनलाई भने, “यहाँ बस, र हाम्रो निम्ति त्यो पढिदेऊ।” यसकारण बारूकले तिनीहरूलाई त्यो पढेर सुनाइदिए।
JER 36:16 जब तिनीहरूले ती सबै वचन सुने, तब तिनीहरू डरले एक-अर्कालाई हेराहेर गर्न लागे र बारूकलाई भने, “हामीले यी सबै कुरा राजालाई सुनाउनैपर्छ।”
JER 36:17 तब तिनीहरूले बारूकलाई सोधे, “तिमीले यो सबै कुरा कसरी लेख्यौ? के यर्मियाले यी सबै कुरा लेख्न लगाएका हुन्?”
JER 36:18 बारूकले जवाफ दिए, “हजुर, उहाँले नै यी सबै वचनहरू मलाई भन्‍नुभएको हो; अनि मैले ती वचनहरू यस चर्मपत्रमा मसीले लेखेँ।”
JER 36:19 तब ती अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया गएर लुकेर बस। तिमीहरू कहाँ छौ, सो कुरा कसैले पनि थाहा नपाओस्।”
JER 36:20 अधिकारीहरूले त्यस चर्मपत्रलाई सचिव एलिशामाको कोठामा राखिछोडे, र चोकमा राजाकहाँ गएर यी सबै कुरा भनिदिए।
JER 36:21 राजाले येहूदीलाई त्यो चर्मपत्र लिन पठाए, र येहूदीले सचिव एलिशामाको कोठाबाट त्यसलाई ल्याए। अनि राजा र तिनका छेउमा उभिरहेका सबै अधिकारीलाई पढेर सुनाइदिए।
JER 36:22 त्यो नवौँ महिना थियो र राजा हिउँदमा बस्‍ने महलमा बसिरहेका थिए। अनि तिनको सामु मकलमा आगो बलिरहेको थियो।
JER 36:23 जब येहूदीले चर्मपत्रका तीन चार पङ्‌क्ति मात्र पढेका थिए, तब राजाले कागज काट्ने छुरीले ती चर्मपत्रलाई काटेर पूरै जलेर भस्म नहुन्जेल मकलको आगोमा फालिदिए।
JER 36:24 यी वचनहरू सुन्‍ने राजा र तिनका सबै सेवकहरू न डराए, न त तिनीहरूले आफ्ना वस्त्रहरू नै च्याते।
JER 36:25 एल्नातान, दलायाह र गमर्याहले राजालाई त्यो चर्मपत्र नजलाउनु भनेर बिन्ती गरे, तर तिनले तिनीहरूको कुरा सुन्‍नै मानेनन्।
JER 36:26 त्यसको सट्टा राजाले आफ्ना छोरा यरहमेल, अज्रीएलका छोरा सरायाह र अब्दीलका छोरा शेलेम्याहलाई शास्त्री बारूक र यर्मिया अगमवक्तालाई पक्रने आदेश दिए। तर याहवेहले तिनीहरूलाई लुकाउनुभएको थियो।
JER 36:27 यर्मियाले लेख्न लगाएअनुसार बारूकले लेखेका चर्मपत्र राजाले जलाइदिएपछि याहवेहको यसो भन्‍ने वचन यर्मियाकहाँ आयो:
JER 36:28 “अर्को एउटा चर्मपत्र लिएर पहिलो चर्मपत्रमा भएका सबै वचन लेख्, जसलाई यहूदाको राजा यहोयाकीमले जलाएको थियो।
JER 36:29 यहूदाको राजा यहोयाकीमलाई यो पनि भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ: तैँले त्यस चर्मपत्र जलाइस्, र भनिस्, “बेबिलोनको राजा निश्‍चय नै आउनेछ, यस देशलाई नष्‍ट गर्नेछ। अनि यस देशका मानिसहरू र पशुप्राणीहरू दुवैलाई नाश गर्नेछ भनेर तैँले त्यसमा किन लेखिस्?”
JER 36:30 यसकारण यहूदाका राजा यहोयाकीमको बारेमा याहवेह यसो भन्‍नुहुन्छ: दावीदको सिंहासनमा बस्‍नका लागि त्यसको सन्तानबाट कोही पनि हुनेछैन। त्यसको शरीर बाहिर फ्याँकिनेछ र दिउँसोको गर्मी र रातको चिसो शीतमा छोडिनेछ।
JER 36:31 म त्यसलाई, त्यसका छोराछोरीहरूलाई र त्यसका सेवकहरूलाई तिनीहरूका दुष्‍ट कामको निम्ति दण्ड दिनेछु। म तिनीहरूमाथि, र यरूशलेमका बासिन्दा र यहूदाका मानिसहरूमाथि तिनीहरूको विरुद्धमा मैले घोषणा गरेका हरेक विपत्ति ल्याउनेछु। किनकि तिनीहरूले मेरो चेतावनीमा कुनै ध्यान दिएका छैनन्।’ ”
JER 36:32 यसकारण यर्मियाले अर्को चर्मपत्र लिए र नेरियाहका छोरा शास्त्री बारूकलाई त्यो दिए; अनि यर्मियाले भनेअनुसार बारूकले यहूदाका राजा यहोयाकीमले आगोमा जलाइदिएका चर्मपत्रमा भएका सबै वचनहरू फेरि लेखे। अनि ती वचनहरूसँग मिल्ने अरू यस्तै वचनहरू पनि त्यसमा थपिए।
JER 37:1 बेबिलोनका राजा नबूकदनेसरले योशियाहका छोरा सिदकियाहलाई यहूदाका राजा बनाएका थिए; तिनले यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा राज्य गरे।
JER 37:2 तर न तिनले, न तिनका सेवकहरूले, न त देशका मानिसहरूले नै यर्मिया अगमवक्ताद्वारा बोलिएका याहवेहका वचनहरू पालन गरे।
JER 37:3 तापनि राजा सिदकियाहले शेलेम्याहका छोरा यहूकललाई, मासेयाहका छोरा पुजारी सपन्याहसँग यर्मिया अगमवक्ताकहाँ यो सन्देश पठाए, “कृपया, याहवेह हाम्रा परमेश्‍वरसँग हाम्रो निम्ति प्रार्थना गरिदिनुहोस्।”
JER 37:4 त्यस बेला यर्मिया मानिसहरूका बीचमा आउजाउ गर्न स्वतन्त्र थिए; किनकि तिनलाई त्यस बेलासम्म झ्यालखानामा राखिएको थिएन।
JER 37:5 फारोको सेना इजिप्टबाट मोर्चा बाँधेर निस्किसकेको थियो, जब यरूशलेमलाई घेरिराखेका बेबिलोनीहरूले तिनीहरूको बारेमा सुने, तब तिनीहरू यरूशलेमबाट पछि हटेर गए।
JER 37:6 तब याहवेहको वचन यर्मिया अगमवक्ताकहाँ आयो:
JER 37:7 “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: यहूदाको राजा, जसले तँलाई मसँग सल्‍लाह लिन पठाएको छ, त्यसलाई भन्, ‘तँलाई सघाउनको निम्ति मोर्चा बाँधेर निस्किसकेका फारोका सेना त्यसको आफ्नै देश इजिप्टमा फर्किजानेछ।
JER 37:8 तब बेबिलोनीहरू फर्कनेछन् र यस सहरलाई आक्रमण गर्नेछन्। तिनीहरूले यस सहरलाई कब्जा गर्नेछन् र आगोले जलाएर भस्म पार्नेछन्।’
JER 37:9 “याहवेह यसो भन्‍नुहुन्छ: ‘बेबिलोनीहरूले हामीलाई निश्‍चय छोडिदिनेछन्,’ भन्‍ने सोचेर तिमीहरू आफैँलाई धोका नदेओ। तिनीहरूले छोडेर जानेछैनन्!
JER 37:10 यदि तिमीहरूका विरुद्धमा आक्रमण गर्ने सम्पूर्ण बेबिलोनी सेनाहरूलाई परास्त गर्न तिमीहरू सफल भयौ भने तापनि तिनीहरूका पालहरूमा छोडिएका घाइते मानिसहरू बाहिर आएर यस सहरलाई जलाइदिनेछन्।”
JER 37:11 फारोका सेनाको कारण बेबिलोनी सेना यरूशलेमबाट हटेर गयो।
JER 37:12 तब यर्मिया बेन्यामीनको इलाकाका मानिसहरूबाट आफ्नो सम्पत्तिको भाग लिनलाई यरूशलेमबाट निस्के।
JER 37:13 तर जब तिनी बेन्यामीन मूलढोकामा पुगे, तब अङ्गरक्षकका सेनापति जसको नाम यिरियाह थियो, जो हनन्याहका नाति शेलेम्याहका छोरा थिए; उनले यर्मियालाई पक्रेर भने, “तिमी भागेर बेबिलोनीहरूकहाँ जाँदैछौ!”
JER 37:14 यर्मियाले जवाफ दिएर भने, “यो कुरा सत्य होइन! म भागेर बेबिलोनीहरूकहाँ गएको होइनँ।” तर यिरियाहले तिनको कुरा सुन्‍नै चाहेनन्। यसकारण उनले यर्मियालाई पक्रेर तिनलाई अधिकारीहरूकहाँ ल्याए।
JER 37:15 तिनीहरू यर्मियासँग रिसाएर तिनलाई पिटे, र तिनलाई सचिव जोनाथनको घरमा कैद गरेर राखे; किनकि त्यस घरलाई तिनीहरूले झ्यालखाना बनाएका थिए।
JER 37:16 तिनीहरूले यर्मियालाई एउटा अँध्यारो बन्दी कोठामा राखिदिए, जहाँ तिनी धेरै दिनसम्म रहे।
JER 37:17 तब सिदकियाह राजाले तिनलाई ल्याउन लगाए, र तिनलाई राजमहलमा ल्याए, जहाँ तिनलाई गुप्‍तमा सोधे, “के याहवेहबाट केही सन्देश छ?” यर्मियाले जवाफ दिए, “हजुर, छ। तपाईं बेबिलोनका राजाको हातमा सुम्पिइनुहुनेछ।”
JER 37:18 तब यर्मियाले राजा सिदकियाहलाई भने, “मैले तपाईं, तपाईंका अधिकारीहरू र यी मानिसहरूको विरुद्धमा के अपराध गरेको छु, र तपाईंले मलाई झ्यालखानामा राख्नुभयो?
JER 37:19 तपाईंका ती अगमवक्ताहरू कहाँ छन्, जसले तपाईंलाई, ‘बेबिलोनका राजाले तिनका सेनासँग तपाईं अथवा यस देशको विरुद्धमा आक्रमण गर्नेछैन’ भनेर अगमवाणी गरेका थिए?
JER 37:20 तर अब हे मेरा मालिक राजा, दया गरी सुनिदिनुहोस्। मलाई मेरो बिन्ती तपाईंको अगि राख्न दिनुहोस्: मलाई सचिव जोनाथनको घरमा फर्काएर नपठाउनुहोस्, नत्रता म त्यहीँ मर्नेछु।”
JER 37:21 तब राजा सिदकियाहको आदेशअनुसार यर्मिया पहरेदारको चोकमा राखिए; अनि सहरका सबै रोटी नसकुन्जेल बजारको पसलबाट दिनहुँ रोटी ल्याएर तिनलाई दिइन्थ्यो। यसरी यर्मिया पहरेदारको चोकमा रहन लागे।
JER 38:1 मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा येहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भनिरहेका सुने,
JER 38:2 “याहवेह यसो भन्‍नुहुन्छ: ‘यस सहरमा जो बस्छ, त्यो तरवार, अनिकाल र रूढीले मर्नेछ; तर बेबिलोनी सेनाहरूकहाँ गएर आफैँलाई समर्पण गर्नेचाहिँ जीवित रहनेछ। त्यसले आफ्नो प्राण जोगाउनेछ र जीवित रहनेछ।’
JER 38:3 अनि याहवेह यसो भन्‍नुहुन्छ: ‘यो सहर निश्‍चय नै बेबिलोनको राजाका सेनाको हातमा दिइनेछ, जसले यस सहरलाई कब्जा गर्नेछ।’ ”
JER 38:4 तब अधिकारीहरूले राजालाई भने, “यो मानिसलाई मार्नुपर्छ; किनकि यसले मानिसहरूलाई भनिरहेका कुराहरूले यस सहरमा बाँकी रहेका सेना र सबै मानिसहरूलाई समेत निरुत्साहित पार्दैछ। यस मानिसले यी मानिसहरूको भलाइ होइन, तर तिनीहरूको हानि गर्न चाहन्छ।”
JER 38:5 तब राजा सिदकियाहले जवाफ दिए, “त्यो मानिस तिमीहरूकै हातमा छ। म तिमीहरूलाई रोक्न सक्दिनँ।”
JER 38:6 यसकारण तिनीहरूले यर्मियालाई लगेर राजाको छोरा मल्कियाहको पानीको खाडलमा हालिदिए। त्यो खाडल पहरेदारको चोकमा थियो। तिनीहरूले यर्मियालाई डोरीबाट तल अँध्यारो बन्द खाडलभित्र झारिदिए; त्यस अँध्यारो खाडलमा पानी थिएन, तर हिलो मात्र थियो; यसकारण यर्मिया हिलोमा भासिए।
JER 38:7 तर राजमहलका एक जना नपुंसक अधिकारी कूशी एबेद-मेलेकले तिनीहरूले यर्मियालाई बन्द खाडलमा हालेको कुरा सुने। त्यस बेला राजा बेन्यामीन ढोकामा बसिरहेका थिए।
JER 38:8 तब एबेद-मेलेक महलबाट निस्केर गएर राजालाई यसो भने,
JER 38:9 “मेरा प्रभु महाराजा, यी मानिसहरूले यर्मिया अगमवक्तालाई अति दुष्‍टतापूर्ण व्यवहार गरेका छन्। तिनीहरूले उनलाई खाडलभित्र खसालिदिएका छन्, जहाँ उनी भोकै मर्नेछन्; किनकि सहरमा अब केही खानेकुरा बाँकी छैन।”
JER 38:10 तब राजाले कूशी एबेद-मेलेकलाई आज्ञा दिए, “यहाँबाट आफूसँग तीस जना मानिसहरू लैजाऊ र तिनी मर्नुभन्दा अगि नै यर्मिया अगमवक्तालाई त्यस खाडलबाट निकाल।”
JER 38:11 यसकारण एबेद-मेलेकले आफूसँग ती मानिसहरू लिएर महलमा भएको भण्डारमुनिको कोठामा गए। तिनले त्यहाँबाट केही फाटेका र पुराना लुगाहरू लिए। अनि तिनले ती कपडाहरू डोरीमा बाँधेर खाडलभित्र यर्मिया अगमवक्ताकहाँ झारिदिए।
JER 38:12 अनि कूशी एबेद-मेलेकले यर्मियालाई भने, “यी फाटेका र पुराना कपडाहरूलाई डोरीले नदुःखोस् भनेर तिम्रा काखीमुनि लगाऊ।” तब यर्मियाले त्यसै गरे।
JER 38:13 अनि तिनीहरूले ती डोरीहरूको सहायताले यर्मियालाई खाडलबाट बाहिर निकाले। त्यसपछि यर्मिया पहरेदारको चोकमा रहन थाले।
JER 38:14 तब राजा सिदकियाहले यर्मिया अगमवक्तालाई बोलाउन पठाए, र तिनलाई याहवेहको मन्दिरको तेस्रो प्रवेशद्वारमा ल्याउन लगाए। राजाले यर्मियालाई भने, “म तिमीलाई केही कुरा सोध्न लागेको छु। मबाट केही कुरा पनि नलुकाऊ!”
JER 38:15 यर्मियाले सिदकियाहलाई भने, “यदि मैले तपाईंलाई जवाफ दिएँ भने के तपाईंले मलाई मार्नुहुन्‍न र? यदि मैले तपाईंलाई सल्‍लाह दिएँ भने तापनि तपाईंले मेरो कुरा सुन्‍नुहुनेछैन।”
JER 38:16 तर राजा सिदकियाहले यर्मियासँग गुप्‍तमा यो शपथ खाए: “हामीलाई सास दिनुहुने जीवित याहवेहको नाममा शपथ खाएर भन्छु, म तिमीलाई मार्नेछैनँ, न त तिमीलाई मार्न चाहनेहरूका हातमा नै तिमीलाई सुम्पिदिनेछु।”
JER 38:17 तब यर्मियाले सिदकियाहलाई भने, “याहवेह सेनाहरूका परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘यदि तैँले बेबिलोनको राजाका अधिकारीहरूको हातमा आफूलाई समर्पण गरिस् भने तँ जीवित रहनेछस्, र तिनीहरूले यो सहरलाई जलाएर भस्म पार्नेछैनन्; तेरो परिवारसहित तँ जीवित रहनेछस्।
JER 38:18 तर यदि तैँले बेबिलोनका राजाका अधिकारीहरूको हातमा समर्पण गरिनस् भने यो सहर बेबिलोनीहरूका हातमा सुम्पिनेछ, र तिनीहरूले यस सहरलाई जलाएर भस्म पार्नेछन्; तँ आफैँ पनि तिनीहरूका हातबाट उम्कनेछैनस्।’ ”
JER 38:19 राजा सिदकियाहले यर्मियालाई भने, “बेबिलोनीहरूकहाँ शरण लिन गएका यहूदीहरूसँग मलाई डर लागिरहेको छ; किनकि बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्पिदेलान्, र तिनीहरूले मसँग दुर्व्यवहार गर्लान्।”
JER 38:20 यर्मियाले जवाफ दिए, “तिनीहरूले तपाईंलाई सुम्पिनेछैनन्। मैले तपाईंलाई भनेका कुरा गरेर याहवेहको आज्ञापालन गर्नुहोस्। तब तपाईंको भलो हुनेछ, र तपाईं जीवित रहनुहुनेछ।
JER 38:21 तर यदि तपाईंले समर्पण गर्न इन्कार गर्नुभयो भने याहवेहले मलाई यो कुरा प्रकट गर्नुभएको छ:
JER 38:22 सुन्‍नुहोस्, यहूदाको राजाका महलमा छोडिएका ती सबै स्त्रीहरू बेबिलोनका अधिकारीहरूकहाँ बाहिर निकालेर ल्याइनेछन्। ती स्त्रीहरूले तपाईंलाई यसो भन्‍नेछन्: “ ‘तपाईंले भरोसा गरेका मित्रहरूले, तपाईंलाई धोका दिएर जिते। तपाईंका खुट्टाहरू हिलोमा डुबेका छन्; तपाईंका मित्रहरूले तपाईंलाई त्यागिदिएका छन्।’
JER 38:23 “तपाईंका सबै पत्नीहरू र छोराछोरीहरू बेबिलोनीहरूकहाँ बाहिर निकालेर ल्याइनेछन्। तपाईं आफैँ पनि तिनीहरूका हातबाट उम्कनु हुनेछैन, तर बेबिलोनका राजाद्वारा कब्जामा पारिनुहुनेछ; अनि यो सहरचाहिँ आगोले जलेर भस्म पारिनेछ।”
JER 38:24 तब सिदकियाहले यर्मियालाई भने, “यस कुराकानीको बारेमा अरू कसैलाई पनि केही नभन्‍नू, नत्रता तिमी मर्नेछौ।
JER 38:25 यदि मैले तिमीसँग बातचित गरेको कुरा अधिकारीहरूले सुनेछन् भने, र तिनीहरू तिमीकहाँ आएर ‘तिमीले राजालाई के भन्यौ र राजाले तिमीलाई के भन्‍नुभयो हामीलाई भन; यो कुरा हामीबाट नलुकाऊ, नत्रता हामी तिमीलाई मार्नेछौँ,’ भनी भनेछन् भने,
JER 38:26 तब तिनीहरूलाई भनिदेऊ, ‘मलाई मर्नका निम्ति जोनाथनको घरमा फर्काएर नपठाउनुहोस् भनेर म राजासँग बिन्ती गर्दैथिएँ।’ ”
JER 38:27 ती सबै अधिकारीहरू यर्मियाकहाँ आए, र तिनलाई सोधे; अनि यर्मियाले राजाले अधिकारीहरूलाई जे भन्‍ने आदेश दिएका थिए, ती हरेक कुरा तिनीहरूलाई भनिदिए। यसकारण अधिकारीहरूले यर्मियालाई अरू केही भनेनन्; किनकि राजासित भएको तिनको कुराकानी कसैले पनि सुनेका थिएनन्।
JER 38:28 अनि यरूशलेमको कब्जा हुने दिनसम्म नै यर्मिया राजमहलको पहरेदारको चोकमा नै रहे। यसरी यरूशलेमलाई कैदमा लगियो:
JER 39:1 यहूदाका राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दशौँ महिनामा, बेबिलोनका राजा नबूकदनेसर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेमको विरुद्धमा मोर्चा बाँधेर आए र त्यसलाई घेरा हाले।
JER 39:2 अनि सिदकियाहको शासनकालको एघारौँ वर्षको चौथो महिनाको नवौँ दिनमा सहरको पर्खाल भत्काइयो।
JER 39:3 तब बेबिलोनका राजाका सबै अधिकारीहरू भित्र आए, र बीचको मूलढोकामा बसे: समगरका नेर्गल-सरेसेर, मुख्य अधिकारी नबो-सर्कसीम, उच्‍च अधिकारी नेर्गल-सरेसेर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरू पनि थिए।
JER 39:4 जब यहूदाका राजा सिदकियाह र अरू सबै सेनाले बेबिलोनीहरूलाई देखे, तब तिनीहरू भागे; अनि तिनीहरू राजाको बगैँचाका दुई वटा पर्खालहरू बीचको मूलढोकाबाट निस्केर राति नै सहरबाट भागेर अराबातिर लागे।
JER 39:5 तर बेबिलोनी सेनाहरूले तिनीहरूलाई खेदे, र सिदकियाहलाई यरीहोको मैदानमा भेट्टाए। तिनीहरूले तिनलाई पक्रे, र तिनलाई हमातको सहरमा भएको रिब्ला इलाकामा बेबिलोनका राजा नबूकदनेसरकहाँ लगे, जहाँ तिनले सिदकियाहलाई दण्डको आज्ञा सुनाए।
JER 39:6 त्यहाँ रिब्ला इलाकामा बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई र यहूदाका सबै अधिकारीहरूलाई तिनकै आँखाको सामु मारे।
JER 39:7 त्यसपछि तिनले सिदकियाहका आँखा निकालिदिए, र बेबिलोनमा लैजानलाई तिनलाई काँसाका साङ्लाहरूले बाँधे।
JER 39:8 बेबिलोनीहरूले राजदरबार र मानिसहरूका घरहरूमा आगो लगाइदिए; अनि यरूशलेमका पर्खालहरू भत्काइदिए।
JER 39:9 बेबिलोनका राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले सहरमा बचेका मानिसहरू र पहिले तिनीहरूकहाँ भागेर गइसकेका मानिसहरू र त्यहाँका अरू बाँकी मानिसहरूलाई कैद गरेर बेबिलोनमा लगे।
JER 39:10 तर अङ्गरक्षकका सेनापति नबूजरदानले केही पनि नभएका मानिसहरूलाई यहूदामै छोडिदिए; अनि त्यस समय तिनले ती गरिबहरूलाई दाखबारी र खेतबारीहरू दिए।
JER 39:11 अब बेबिलोनका राजा नबूकदनेसरले राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानलाई यर्मियाको बारेमा यस्तो आदेश दिएका थिए:
JER 39:12 “यर्मियालाई ल्याऊ र तिनलाई राम्ररी हेरचाह गर। तिनलाई हानि नगर्नू, तर तिनले जे चाहन्छन्, तिनका निम्ति त्यही गर्नू!”
JER 39:13 यसकारण अङ्गरक्षकका सेनापति नबूजरदान, मुख्य अधिकारी नबूशजवान, उच्‍च अधिकारी नेर्गल-सरेसेर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरूले मिलेर
JER 39:14 मानिसहरू पठाए र यर्मियालाई पहरेदारको चोकबाट बाहिर निकालेर ल्याए। तिनीहरूले यर्मियालाई तिनको आफ्नै घरमा लैजान भनी शापानका नाति, अहीकामका छोरा गदल्याहलाई सुम्पिदिए। अनि यसरी तिनी आफ्नै मानिसहरूसँग रहे।
JER 39:15 यर्मिया पहरेदार चोकमा कैदमा रहेको बेला याहवेहको वचन तिनीकहाँ आएको थियो:
JER 39:16 “गएर कूशी एबेद-मेलेकलाई भन्, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: म यस सहरको विरुद्धमा मेरा वचनहरू पूरा गर्न लागेको छु; उन्‍नति गरेर होइन, तर विपत्ति ल्याएर। त्यस समयमा तेरा आँखाकै सामु ती सबै पूरा भएको देख्नेछस्,
JER 39:17 याहवेह घोषणा गर्नुहुन्छ। तर त्यस दिन तँलाई म बचाउनेछु। तँ जुन मानिसहरूसँग डराउँछस्, तिनीहरूको हातमा सुम्पिइनेछैनस्।
JER 39:18 म तँलाई बचाउनेछु। तँ तरवारद्वारा मारिनेछैनस्, तर तँ लुटको मालजस्तै जीवितै उम्कनेछस्; किनकि तैँले ममाथि भरोसा राखेको छस्, याहवेह घोषणा गर्नुहुन्छ।’ ”
JER 40:1 राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले यर्मियालाई रामा सहरमा छोडिसकेपछि याहवेहको वचन यर्मियाकहाँ आयो। तिनले यर्मियालाई बेबिलोनमा कैद गरेर लगिन लागेका यरूशलेम र यहूदाका कैदीहरूसँग साङ्लाले बाँधिएको अवस्थामा भेट्टाएका थिए।
JER 40:2 जब अङ्गरक्षकका सेनापति नबूजरदानले यर्मियालाई भेट्टाए, तब नबूजरदानले उनलाई भने, “याहवेह तपाईंका परमेश्‍वरले यस ठाउँमाथि यो विपत्ति ल्याउने घोषणा गर्नुभएको थियो।
JER 40:3 अनि अहिले याहवेहले यो कुरा हुन दिनुभएको छ; उहाँले जे गर्छु भन्‍नुभएको थियो, त्यो गर्नुभएको छ। किनकि तपाईंहरूले याहवेहको विरुद्धमा पाप गर्नुभएको छ र उहाँको आज्ञापालन गर्नुभएको छैन।
JER 40:4 तर आज म तपाईंलाई तपाईंका हातको साङ्लाबाट मुक्त गरिदिँदैछु। यदि तपाईंलाई इच्छा लाग्यो भने मसँग बेबिलोनमा आउनुहोस्, र म तपाईंको हेरचाह गर्नेछु; तर यदि तपाईं आउन चाहनुहुन्‍न भने नआउनुहोला। हेर्नुहोस्, सारा देश तपाईंको सामु छ, तपाईंलाई जहाँ जान ठिक लाग्छ, त्यहीँ जानुहोस्।”
JER 40:5 अनि यर्मिया जान लाग्दा नबूजरदानले थपेर भने, “शापानका नाति, अहीकामका छोरा गदल्याहकहाँ फर्केर जानुहोस्, जसलाई बेबिलोनका राजाले यहूदाका सहरहरूमाथि राज्यपाल नियुक्त गर्नुभएको छ। अनि तिनीसँग मानिसहरूबीच तपाईं बस्‍न सक्नुहुन्छ, अथवा तपाईंलाई जहाँ जान ठिक लाग्छ, त्यहीँ जान सक्नुहुन्छ।” तब सेनापतिले तिनलाई केही खानेकुराहरू र उपहार दिएर तिनलाई जान दिए।
JER 40:6 यसकारण यर्मिया अहीकामका छोरा गदल्याहकहाँ मिस्पा सहरमा गए, र तिनीसँगै देशमा बाँकी रहेका मानिसहरूसँग बस्‍न लागे।
JER 40:7 बेबिलोनका राजाले अहीकामका छोरा गदल्याहलाई त्यस देशका राज्यपाल नियुक्त गरेका छन्; र त्यहाँका मानिसहरू, स्त्रीहरू र केटाकेटीहरू, जो देशमा गरिब थिए, र तिनीहरूलाई बेबिलोनमा कैद गरेर लगिएको थिएन; अनि ती सबै तिनको जिम्मामा छन् भनेर जब त्यस बस्तीमा आत्मसमर्पण नगरी बसिरहेका सेनाका केही अधिकारीहरू र तिनीहरूका मानिसहरूले सुने,
JER 40:8 तब तिनीहरू, नतन्याहका छोरा इश्माएल, कारेहका छोराहरू योहानान र जोनाथन, तन्हूमेतका छोरा सरायाह, नतोपाती एपैका छोराहरू, माकातीका छोरा याजन्याह, र तिनीहरूका मानिसहरू मिस्पामा गदल्याहकहाँ आए।
JER 40:9 शापानका नाति, अहीकामका छोरा गदल्याहले तिनीहरूलाई र तिनीहरूका मानिसहरूलाई आश्‍वासन दिन फेरि यो शपथ खाएर तिनले भने, “बेबिलोनीहरूको सेवा गर्न नडराओ। देशमा बसोबास गर, र बेबिलोनका राजाको सेवा गर, तब तिमीहरूको भलो हुनेछ।
JER 40:10 म आफैँचाहिँ हामीहरूकहाँ आउने बेबिलोनीहरूका अगाडि तिमीहरूको प्रतिनिधित्व गरेर मिस्पामा बस्‍नेछु, तर तिमीहरूले चाहिँ दाखमद्यको निम्ति कालो अङ्‌गुर, ग्रीष्म ऋतुका फलहरू र जैतुन तेलका कटनी गरेर आफ्ना भाँडाहरूमा भण्डारण गर, र तिमीहरूले कब्जा गरेका सहरहरूमा बस।”
JER 40:11 जब मोआब, अम्मोन, एदोम र अरू सबै प्रान्तहरूका यहूदीहरूले बेबिलोनका राजाले यहूदामा केही इस्राएलीहरूलाई रहन दिएका छन् र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तिनीहरूमाथि राज्यपाल नियुक्त गरिदिएका छन् भन्‍ने कुरा सुने;
JER 40:12 तब तिनीहरू सबै छरपस्ट भएका प्रान्तहरूबाट यहूदाको देशमा गदल्याहकहाँ मिस्पामा फर्केर आए। अनि तिनीहरूले अङ्‌गुर र ग्रीष्म ऋतुका फलहरू प्रशस्त कटनी गरेर जम्मा गरे।
JER 40:13 त्यसपछि कारेहका छोरा योहानान र खुल्‍ला मैदानमा भएका सेनाका सबै अधिकारीहरू मिस्पा सहरमा गदल्याहकहाँ आए;
JER 40:14 अनि तिनलाई भने, “के अम्मोनीहरूका राजा बालीसले नतन्याहका छोरा इश्माएललाई तपाईंको ज्यान लिन पठाएका छन् भन्‍ने कुरा तपाईंलाई थाहा छैन?” तर अहीकामका छोरा, गदल्याहले तिनीहरूको कुरामा विश्‍वास नै गरेनन्।
JER 40:15 तब कारेहका छोरा योहानानले मिस्पामा गदल्याहलाई एकान्तमा भने, “मलाई जान दिनुहोस्, र नतन्याहका छोरा इश्माएललाई मार्न दिनुहोस्; अनि कसैले पनि यो कुरा थाहा पाउनेछैन। त्यसलाई किन तपाईंको प्राण लिन दिने र तपाईंका वरिपरि भेला भएका यहूदीहरूलाई फेरि छरपस्ट हुन दिने र यहूदामा बाँकी रहेकाहरूलाई नष्‍ट हुन किन दिने?”
JER 40:16 तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, “तिमीले यस्तो काम नगर! तिमीले इश्माएलको बारेमा भनेको कुरा सत्य होइन।”
JER 41:1 सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राज घरानाका र राजाका अफिसरहरूमध्येका एक थिए; तिनले दश जना मानिसहरू लिएर मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ आए। जब तिनीहरू सबै एकैसाथ त्यहाँ भोजन खाइरहेका थिए,
JER 41:2 तब तिनीहरूसँग भएका नतन्याहका छोरा इश्माएल र दश जना मानिसहरू उठे, र बेबिलोनका राजाले त्यस देशमाथि राज्यपाल नियुक्त गरेका व्यक्ति शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले प्रहार गरेर मारे।
JER 41:3 इश्माएलले मिस्पामा गदल्याहसँग भएका सबै यहूदी र त्यहाँ भएका बेबिलोनी सेनाहरूलाई पनि मारे।
JER 41:4 गदल्याहको हत्याको भोलिपल्ट त्यस घटनाको बारेमा कसैले थाहा पाउनुअगि नै
JER 41:5 शेकेम, शीलो र सामरियाबाट आफ्ना दाह्री खौरेका, आफ्ना लुगा च्यातेका र आफ्ना शरीरलाई चिरा-चिरा पारेर काटेका असी जना मानिसहरू आफूसँग अन्‍नबलि र धूप लिएर याहवेहको भवनमा आए।
JER 41:6 नतन्याहका छोरा इश्माएल मिस्पाबाट तिनीहरूलाई भेट्न रुँदै आए। अनि तिनले उनीहरूलाई भेटेर भने, “अहीकामका छोरा गदल्याहकहाँ आओ।”
JER 41:7 जब तिनीहरू सहरभित्र गए, तब नतन्याहका छोरा इश्माएल र तिनीसँग भएका दश जना मानिसहरूले तिनीहरूलाई मारे, र तिनीहरूलाई खाडलभित्र फ्याँकिदिए।
JER 41:8 तर तिनीहरूमध्ये दश जनाले इश्माएललाई भने, “हामीलाई नमार्नुहोस्! हामीले खेतमा गहुँ, जौ, जैतुन तेल र मह लुकाइराखेका छौँ।” यसकारण तिनले तिनीहरूलाई छोडिदिए, र तिनीहरूलाई अरूसँगै मारेनन्।
JER 41:9 जुन खाडलमा तिनले गदल्याहसँगै अरू मानिसहरूलाई पनि मारेर तिनीहरूका मृत शरीरहरू फ्याँकेका थिए, त्यो खाडल राजा आसाले इस्राएलका राजा बाशाको आक्रमणबाट बच्न भनी बनाएका थिए। तर नतन्याहका छोरा इश्माएलले त्यसलाई लासैलासले भरिदिए।
JER 41:10 तब मिस्पामा भएका बाँकी रहेका मानिसहरू, राजाका छोरीहरू र त्यहाँ छोडिएका सबै मानिसहरू, जसमाथि राजकीय सेनापति नबूजरदानले अहीकामका छोरा गदल्याहलाई नियुक्त गरेका थिए, तिनीहरू सबैलाई इश्माएलले कैदी बनाए। नतन्याहका छोराले तिनीहरूलाई कैदी बनाएर अम्मोनीहरूको इलाकामा जानलाई हिँडे।
JER 41:11 जब कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरूले नतन्याहका छोरा इश्माएलले गरेका सबै अपराधहरूको बारेमा सुने;
JER 41:12 तब तिनीहरूले आफ्ना सबै मानिसहरू लिएर नतन्याहका छोरा इश्माएलसँग लडाइँ गर्न गए। तिनीहरूले इश्माएललाई गिबोनमा भएको ठूलो पोखरीको नजिकै भेट्टाए।
JER 41:13 जब इश्माएलसँग भएका सबै मानिसहरूले कारेहका छोरा योहानान र तिनीसँग भएका सबै सेनाका अधिकारीहरूलाई देखे, तब तिनीहरू आनन्दित भए।
JER 41:14 इश्माएलले मिस्पाबाट कैद गरेर ल्याएका सबै मानिसहरू कारेहका छोरा योहानानतिर फर्केर गए।
JER 41:15 तर नतन्याहका छोरा इश्माएल र तिनका आठ जना मानिसहरू योहानानबाट उम्केर अम्मोनीहरूको देशमा भागेर गए।
JER 41:16 तब कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरूले मिस्पाबाट बाँचेर आएका सबै मानिसहरूलाई फर्काएर लगे, जसलाई नतन्याहका छोरा इश्माएलले गदल्याहलाई मारेपछि बन्दी बनाएका थिए। इश्माएलबाट योहानानले तिनीहरूलाई छुटाएर ल्याएका थिए। ती मानिसहरू यिनै थिए: सेनाहरू र अहीकामले गिबोनबाट ल्याएका स्त्रीहरू, केटाकेटीहरू र अदालतका अधिकारीहरू।
JER 41:17 अनि तिनीहरू बेबिलोनीहरूदेखि उम्कन इजिप्ट जाने बाटोमा बेथलेहेमको छेउमा गेरूत किमहाममा बास बसे।
JER 41:18 तिनीहरू बेबिलोनीहरूसँग डराएका थिए; किनकि नतन्याहका छोरा इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेका थिए, जसलाई बेबिलोनका राजाले देशमाथि राज्यपाल नियुक्त गरेका थिए।
JER 42:1 तब सेनाका सबै अधिकारीहरू, कारेहका छोरा योहानान, होशायाहका छोरा याजन्याह, र साना दर्जादेखि लिएर ठूला दर्जासम्मका सबै मानिसहरू
JER 42:2 अगमवक्ता यर्मियाकहाँ गएर तिनलाई भने, “कृपया, हाम्रो बिन्ती सुन्‍नुहोस् र हामी सबै बाँचेकाहरूका निम्ति याहवेह तपाईंका परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस्। किनकि तपाईं आफैँले अहिले देख्नुभएझैँ, हामी एक समयमा धेरै भए तापनि अहिले हामी सानो अवशेषको रूपमा छौँ।
JER 42:3 याहवेह तपाईंका परमेश्‍वरले हामीलाई कुन बाटो हिँड्नुपर्ने हो, र हामीले के गर्नुपर्ने हो, सो कुरा बताइदेऊन् भनी प्रार्थना गरिदिनुहोस्।”
JER 42:4 यर्मिया अगमवक्ताले जवाफ दिए, “मैले तिमीहरूका कुरा सुनेँ। निश्‍चय नै तिमीहरूले अनुरोध गरेझैँ म याहवेह तिमीहरूका परमेश्‍वरसँग प्रार्थना गर्नेछु। याहवेहले भन्‍नुभएको हरेक कुरा म तिमीहरूलाई बताउनेछु, र म तिमीहरूसँग कुनै पनि कुरा लुकाउनेछैनँ।”
JER 42:5 तब तिनीहरूले यर्मियालाई भने, “यदि हामीले याहवेह तपाईंका परमेश्‍वरले तपाईंलाई भन्‍न पठाउनुभएको हरेक कुराअनुसार गरेनौँ भने याहवेह नै हाम्रा विरुद्धमा साँचो र विश्‍वासयोग्य साक्षी होऊन्।
JER 42:6 याहवेह हाम्रा परमेश्‍वर, जसकहाँ हामी तपाईंलाई पठाइरहेका छौँ; उहाँको आज्ञा चाहे मनपर्ने होस् वा मन नपर्ने होस्, हामी सो पालन गर्नेछौँ, ताकि हाम्रो भलाइ होस्, किनकि हामी याहवेह हाम्रा परमेश्‍वरको आज्ञापालन गर्नेछौँ।”
JER 42:7 अनि दश दिनपछि याहवेहको वचन यर्मियाकहाँ आयो।
JER 42:8 यसकारण तिनले कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरू र साना दर्जादेखि ठूला दर्जासम्मका सबै मानिसहरूलाई बोलाए।
JER 42:9 यर्मियाले तिनीहरूलाई भने, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई आफ्ना बिन्ती चढाउन पठाएका थियौ:
JER 42:10 ‘यदि तिमीहरू यस देशमै रह्‍यौ भने म तिमीहरूलाई निर्माण गर्नेछु, तर तिमीहरूलाई भत्काउनेछैनँ। म तिमीहरूलाई रोप्नेछु, तर तिमीहरूलाई उखेल्नेछैनँ; किनकि मैले तिमीहरूमाथि ल्याएको ठूलो विपत्तिको कारण म दुःखित छु।
JER 42:11 बेबिलोनको राजा, जससँग तिमीहरू अहिले डराउँछौ, त्यससँग नडराओ। याहवेह घोषणा गर्नुहुन्छ, बेबिलोनको राजादेखि नडराओ; किनकि म तिमीहरूको साथमा छु र म तिमीहरूलाई बचाउनेछु। अनि तिमीहरूलाई उसको हातबाट छुटाउनेछु।
JER 42:12 म तिमीहरूमाथि दया देखाउनेछु, ताकि उसले तिमीहरूमाथि दया देखाउनेछ, र उसले तिमीहरूलाई तिमीहरूको देशमा पुनर्स्थापित गर्नेछ।’
JER 42:13 “तापनि यदि तिमीहरूले यसो भन्यो भने, ‘हामी यस देशमा बस्‍नेछैनौँ;’ अनि यसरी याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन गरेनौ भने,
JER 42:14 र यदि तिमीहरूले यसो भन्छौ भने, ‘होइन, हामी इजिप्टमा गएर बस्‍नेछौँ, जहाँ हामी युद्ध देख्नेछैनौँ, अथवा तुरहीको आवाज सुन्‍नेछैनौँ, अथवा रोटीको निम्ति भोको रहनेछैनौँ;’
JER 42:15 त्यसकारण हे यहूदाका बाँकिरहेका मानिसहरू हो, याहवेहको वचन सुन। सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘यदि तिमीहरूले इजिप्टमा जान पक्‍का गरेका छौ र त्यहाँ बसोबास गर्न जान चाहन्छौ भने,
JER 42:16 तब तिमीहरू डराएका ती तरवारले तिमीहरूलाई त्यस देशमा खेदेर भेट्टाउनेछ; अनि तिमीहरू डराएको अनिकालले तिमीहरूलाई इजिप्टसम्म पछ्याउनेछ, तब तिमीहरू त्यहीँ नै मर्नेछौ।
JER 42:17 निश्‍चय नै इजिप्टमा गएर बसोबास गर्न चाहने सबै जना तरवार, अनिकाल र रूढीले मर्नेछन्। मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट तिनीहरूमध्ये एक जना पनि बाँच्नेछैन।’
JER 42:18 सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘जसरी मेरो रिस र क्रोध यरूशलेममा बस्‍नेहरूमाथि खन्याइएको छ, त्यसरी नै तिमीहरू इजिप्टमा जाँदा मेरो क्रोध तिमीहरूमाथि खनिनेछ। तिमीहरू श्राप र त्रास, दोष र निन्दाका पात्रहरू बन्‍नेछौ। तिमीहरूले यो ठाउँ फेरि कहिल्यै पनि देख्नेछैनौ।’
JER 42:19 “हे यहूदाका बाँकी रहेकाहरू हो, याहवेहले तिमीहरूलाई, ‘इजिप्टमा नजाओ,’ भन्‍नुभएको छ। तिमीहरूले यो कुरा स्पष्‍टसँग बुझिराख; आज म तिमीहरूलाई चेतावनी दिँदैछु;
JER 42:20 किनकि तिमीहरूले मलाई याहवेह तिमीहरूका परमेश्‍वरकहाँ पठाएर ‘हाम्रा निम्ति याहवेह हाम्रा परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस्। उहाँले भन्‍नुभएको सबै कुरा हामीलाई बताइदिनुहोस्, र हामी त्यो पालन गर्नेछौँ,’ भनेर तिमीहरूले ठूलो भूल गरेका छौ।
JER 42:21 उहाँले तिमीहरूलाई भन्‍नू भनेर मलाई पठाउनुभएका सबै कुराहरू आज मैले तिमीहरूलाई बताएको छु, तर तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरको आज्ञा अझै पनि पालन गरेका छैनौ।
JER 42:22 यसकारण अब यो पक्‍का गरी जानिराख: जुन ठाउँमा तिमीहरू गएर बसोबास गर्न चाहन्छौ, त्यस ठाउँमा तिमीहरू तरवार, अनिकाल र रूढीले मर्नेछौ।”
JER 43:1 जब यर्मियाले मानिसहरूलाई याहवेह तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई भन्‍नू भनेर पठाउनुभएको प्रत्येक कुराहरू तिनले भनिसिद्ध्याए,
JER 43:2 तब होशायाहका छोरा अजर्याह, कारेहका छोरा योहानान र सबै अहङ्कारी मानिसहरूले यर्मियालाई यसो भने, “तिमीले झूट बोलिरहेका छौ! याहवेह हाम्रा परमेश्‍वरले तिमीलाई ‘तिमीहरू इजिप्टमा बसोबास गर्नलाई जाँदै नजानू’ भनेर भन्‍न पठाउनुभएको होइन;
JER 43:3 तर बेबिलोनीहरूले हामीलाई मारून् अथवा हामीलाई कैद गरेर बेबिलोनमा लैजाऊन् भनी नेरियाहका छोरा बारूकले तिमीलाई हाम्रो विरुद्धमा बेबिलोनीहरूको हातमा हामीलाई सुम्पिदिन उस्काउँदैछ।”
JER 43:4 यसकारण कारेहका छोरा योहानान, सेनाका सबै अधिकारीहरू र सबै मानिसहरूले यहूदाको देशमै बस्‍नू भन्‍ने परमेश्‍वरको आज्ञापालन गरेनन्।
JER 43:5 त्यसको सट्टा यहूदाका बाँकी रहेका सबै मानिसहरू, जो अरू देशमा तितरबितर भएका थिए; अनि अहिले यहूदामा बस्‍नलाई फर्केर आएका थिए, तिनीहरूलाई कारेहका छोरा योहानान र सेनाका सबै अधिकारीहरूले आफूसितै लगे।
JER 43:6 राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले शापानका नाति अहीकामका छोरा गदल्याहको जिम्मामा छोडेकाहरू—पुरुषहरू, स्त्रीहरू, केटाकेटीहरू र राजाका छोरीहरू, यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकसमेत सबै मानिसहरूसँगै तिनीहरूले लगे।
JER 43:7 यसरी तिनीहरू याहवेहको आज्ञा उल्‍लङ्घन गर्दै इजिप्टमा प्रवेश गरे, र तहपनेससम्म पुगे।
JER 43:8 तहपनेसमा याहवेहको वचन यर्मियाकहाँ आयो:
JER 43:9 “यहूदीहरूले हेरिरहेका बेला, तैँले आफूसँग केही ठूला ढुङ्गाहरू लिनू, र तहपनेसमा भएको फारोको राजमहलको प्रवेशद्वारको बाटोमा छापेका इँटामुनिको माटोमा ती ढुङ्गालाई गाडिदिनू।
JER 43:10 त्यसपछि तिनीहरूलाई यसो भन्‍नू, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, म मेरो सेवक बेबिलोनको राजा नबूकदनेसरलाई ल्याउनेछु र यस ठाउँमा पठाउनेछु; अनि म त्यसको सिंहासन मैले गाडेका यी ढुङ्गाहरूमाथि खडा गर्नेछु। त्यसले आफ्नो राजकीय मण्डप यसमाथि फैलाउनेछ।
JER 43:11 तब त्यो आउनेछ र त्यसले इजिप्टमाथि आक्रमण गर्नेछ; अनि मृत्युको निम्ति छुट्याइएकाहरूमा मृत्यु नै आउनेछ, कैदको निम्ति छुट्याइएकाहरू कैदमा नै जानेछन्, र तरवारका निम्ति छुट्याइएकाहरू तरवारले काटिनेछन्।
JER 43:12 त्यसले इजिप्टका देवताहरूका मन्दिरहरूमा आगो लगाइदिनेछ, र तिनीहरूका मन्दिरहरू जलाइदिनेछ; अनि तिनीहरूका देवताहरूलाई कैद गरेर लैजानेछ। जसरी गोठालाले आफ्नो लुगालाई सफा गर्न जुम्रा निकालेर फ्याँक्छ, त्यसरी नै त्यसले इजिप्टलाई निकालेर सफा गरेर सुरक्षितसाथ बाटो लाग्नेछ।
JER 43:13 त्यहाँ इजिप्टमा भएको सूर्यको मन्दिरका पवित्र खम्बाहरूलाई ढालिदिनेछ; अनि इजिप्टका देवताहरूका मन्दिरहरूलाई आगोले भस्म पारिदिनेछ।’ ”
JER 44:1 इजिप्टको तल्‍लो भाग मिग्दोल, तहपनेस र मेम्फिसमा र माथिल्‍लो इजिप्टमा बस्‍ने सबै यहूदीहरूको विषयमा याहवेहको यो वचन यर्मियाकहाँ आयो:
JER 44:2 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले यरूशलेम र यहूदाका सबै सहरहरूमाथि ल्याएको ठूलो विपत्ति तिमीहरूले देखेका छौ। आज ती उजाड र ध्वस्त अवस्थामा छन्।
JER 44:3 तिमीहरूले गरेको दुष्‍टताको कारणले त्यो भएको थियो। किनकि न तिमीहरूले, न त तिमीहरूका पुर्खाहरूले कहिल्यै चिनेका वा जानेका अन्य देवताहरूका निम्ति धूप बालेर तिनीहरूलाई पुजेर तिनीहरूले मलाई क्रोधित तुल्याए।
JER 44:4 मैले तिमीहरूकहाँ घरी-घरी मेरा सेवक अगमवक्ताहरूलाई पठाएँ, जसले तिमीहरूलाई भने, ‘मैले घृणा गर्ने यी घिनलाग्दा कामहरू नगर!’
JER 44:5 तर तिनीहरूले न मेरो कुरा सुने, न त ध्यान नै दिए; न तिनीहरू आफ्ना दुष्‍टताबाट फर्के, न अरू देवताहरूलाई धूप बाल्न नै छाडे।
JER 44:6 यसकारण मेरो डरलाग्दो रिसको ज्वाला खनियो; यसले यहूदाका सहरहरू र यरूशलेमका सहरहरू भस्म पार्‍यो; अनि ती ठाउँहरूलाई उजाड र भस्म पारियो, जस्तो आजको दिनसम्म छँदैछ।
JER 44:7 “यसकारण याहवेह सेनाहरूका परमेश्‍वर, इस्राएलका परमेश्‍वर, यसो भन्‍नुहुन्छ: किन तिमीहरू आफ्नो कुनै अवशेष नै नरहने गरी यहूदाबाट पुरुषहरू र स्त्रीहरू, केटाकेटीहरू र दुधे बालबालिकाहरूलाई नष्‍ट गरेर, आफूमाथि भयङ्कर विपत्ति ल्याउन चाहन्छौ?
JER 44:8 तिमीहरू बस्‍न आएको इजिप्टमा आफ्नै हातले बनाएका मूर्तिहरूले अरू देवताहरूलाई धूप बालेर मलाई किन रिस उठाउँछौ? यसो गर्‍यौ भने तिमीहरूले आफूलाई सर्वनाश गर्नेछौ; अनि पृथ्वीमा सबै जातिहरूका बीचमा आफूलाई श्राप र घृणाको पात्र बनाउनेछौ।
JER 44:9 के तिमीहरूले आफ्ना पितापुर्खाहरूले गरेका दुष्‍टता, यहूदाका राजा र रानीहरूले गरेका दुष्‍टता, तिमीहरूका पत्नीहरूले गरेका दुष्‍टता बिर्स्यौ, जुन यहूदाको देशमा र यरूशलेमका सडकहरूमा गरेका थिए?
JER 44:10 आजको दिनसम्म तिनीहरूले आफूलाई विनम्र तुल्याएका छैनन्, अथवा मप्रति आदर देखाएका छैनन्, न त मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूको अगि स्थापित गरेका व्यवस्था र विधिहरू नै तिनीहरूले पालन गरेका छन्।
JER 44:11 “यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, यसो भन्‍नुहुन्छ: हेर, मैले तिमीहरूमाथि विपत्ति ल्याउन र सम्पूर्ण यहूदालाई नाश गर्ने निर्णय लिएको छु।
JER 44:12 इजिप्टमा गएर त्यहीँ बसोबास गर्ने निश्‍चय गरेका यहूदाका बाँकी रहेका मानिसहरू सबैलाई म नष्‍ट गर्नेछु। तिनीहरू सबै इजिप्टमा नष्‍ट हुनेछन्; तिनीहरू तरवारद्वारा ढल्नेछन् अथवा अनिकालले मर्नेछन्। सानादेखि लिएर ठूलासम्मका सबै मानिसहरू तरवार अथवा अनिकालले मर्नेछन्। तिनीहरू श्राप, त्रास र निन्दाको पात्र हुनेछन्।
JER 44:13 जसरी मैले यरूशलेमलाई दण्ड दिएँ, त्यसरी नै म इजिप्टमा गएर बस्‍नेहरूलाई तरवार, अनिकाल र रूढी पठाएर दण्ड दिनेछु।
JER 44:14 यहूदाका बाँकी रहेका मानिसहरू, जो इजिप्टमा बसोबास गर्नलाई गएका छन्; तिनीहरू कसैले यहूदाको मुलुकमा फर्केर बस्‍ने इच्छा गरे तापनि फर्कनेछैनन्; तिनीहरूमध्ये ती उम्केकाहरूबाहेक कोही पनि फर्कन पाउनेछैनन्।”
JER 44:15 त्यसपछि आफ्ना पत्नीहरूले अरू देवताहरूलाई धूप बालेका थाहा पाउने मानिसहरू र त्यहाँ उपस्थित भएका अरू सबै स्त्रीहरू सहितको एउटा ठूलो जमात, तल्‍लो र माथिल्‍लो इजिप्टमा बस्‍ने सबै इस्राएलीहरूले यर्मियालाई भने,
JER 44:16 “तिमीले याहवेहको नाममा हामीसँग बोलेको सन्देश हामी सुन्‍नेछैनौँ!
JER 44:17 हामीले गर्छौँ भनेका सबै कुरा हामी अवश्य गर्नेछौँ: हामी र हाम्रा पितापुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अधिकारीहरूले यहूदाका सहरहरूमा र यरूशलेमका सडकहरूमा पहिले गरेझैँ, हामी स्वर्गकी रानीलाई धूप बाँल्नेछौँ र तिनलाई अर्घबलि चढाउनेछौँ। त्यस बेला हामीसँग प्रशस्त भोजन थियो र हामी सम्पन्‍न थियौँ; अनि हामीमाथि कुनै विपत्ति आएको थिएन।
JER 44:18 तर हामीले स्वर्गकी रानीलाई धूप बाल्न र तिनलाई अर्घबलि चढाउन छोडेदेखि उसो, हामीलाई चाहिने कुरा हामीसँग केही पनि रहेन; अनि हामी तरवार र अनिकालले नष्‍ट भइरहेका छौँ।”
JER 44:19 ती स्त्रीहरूले थप्दै यसो भने, “जब हामीले स्वर्गकी रानीलाई धूप बाल्दा र तिनलाई अर्घबलि चढाउँदा के हाम्रा पतीहरूले हामीले तिनको मूर्तिको आकारमा फुरौला बनाउँदैछौँ, र तिनलाई अर्घबलि चढाउँदैछौँ भन्‍ने कुरा जान्दैनथिए र?”
JER 44:20 तब यर्मियालाई जवाफ दिने पुरुषहरू र स्त्रीहरू सबैलाई तिनले यसो भने,
JER 44:21 “तिमीहरू, तिमीहरूका पितापुर्खाहरू, तिमीहरूका राजाहरू र तिमीहरूका अधिकारीहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा जलाएको धूपको बारेमा के याहवेहले बिर्सनुभएको छ अनि के यो कुरा उहाँलाई थाहा छैन र?
JER 44:22 जब तिमीहरूले गरेका तिमीहरूका दुष्‍ट र घिनलाग्दा कामहरूलाई याहवेहले अझ सहन सक्नुभएन, तब तिमीहरूको देश श्रापित भयो र कुनै बासिन्दा नरहने गरी उजाड भयो, जुन आजको दिनसम्म त्यस्तै छ।
JER 44:23 तिमीहरूले धूप बालेर याहवेहको विरुद्धमा पाप गरेका छौ, उहाँका आज्ञापालन गरेका छैनौ, र उहाँको व्यवस्थाका आदेशहरू अथवा उहाँका सल्‍लाहहरू अथवा नियमहरू पालन गरेका छैनौँ। यसकारण यो ठूलो विपत्ति तिमीहरूमाथि आएको छ, जुन विपत्ति आज तिमीहरू देख्दैछौ।”
JER 44:24 त्यसपछि यर्मियाले सबै मानिसहरू र ती स्त्रीहरूलाई भने, “हे इजिप्टमा भएका सबै यहूदाका मानिसहरू हो, याहवेहको वचन सुन।
JER 44:25 सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरू र तिमीहरूका पत्नीहरूले जे गर्छौ भनी शपथ खाएका थियौ, ‘हामी स्वर्गकी रानीलाई धूप बाल्नेछौँ र अर्घबलि चढाउनेछौँ भनी हामीले खाएको शपथ हामी अवश्य पूरा गर्नेछौँ।’ “त्यसैले तिमीहरू अगि बढ, तिमीहरूले प्रतिज्ञा गरेको कुरा गर! आफ्नो भाकल पूरा गर!
JER 44:26 तर इजिप्टमा बस्‍ने हे सबै यहूदीहरू हो, तिमीहरूले याहवेहको वचन सुन: ‘म मेरो महान् नामको शपथ खान्छु,’ याहवेह भन्‍नुहुन्छ, ‘इजिप्टको कुनै पनि ठाउँमा बस्‍ने यहूदाबाटका मानिसहरू कसैलाई पनि मेरो नाममा, “जीवित प्रभु याहवेहको नाममा शपथ खान्छु” भनेर कहिल्यै पुकार्न दिनेछैन, अथवा शपथ खान दिनेछैन।’
JER 44:27 किनकि मैले तिनीहरूमाथि भलाइको निम्ति होइन, तर खराबीको निम्ति हेर्दैछु; तिनीहरू सबै पूरै नाश नभएसम्म इजिप्टमा रहेका यहूदीहरू तरवार र अनिकालले नष्‍ट हुनेछन्।
JER 44:28 तरवारबाट उम्कने थोरै मानिसहरू मात्र इजिप्टबाट यहूदाको देशमा फर्कनेछन्। तब इजिप्टमा बसोबास गर्न आउने यहूदाका सबै बाँकी रहेका अवशेषहरूले कसको वचन अटल रहनेछ—मेरो वा तिनीहरूको भनी जान्‍नेछन्।
JER 44:29 “ ‘तिमीहरूका निम्ति चिन्ह यो हुनेछ, यस ठाउँमा म तिमीहरूलाई दण्ड दिनेछु;’ याहवेह घोषणा गर्नुहुन्छ, ‘ताकि तिमीहरूको विरुद्धमा खराबी गर्ने मेरो धम्की निश्‍चय नै पूरा हुनेछ।’
JER 44:30 याहवेह यसो भन्‍नुहुन्छ: ‘जसरी मैले यहूदाका राजा सिदकियाह र उसलाई मार्न चाहने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिएँ, त्यसरी नै म इजिप्टको राजा फारो होप्रालाई पनि त्यसलाई मार्न चाहने शत्रुहरूका हातमा सुम्पिदिनेछु।’ ”
JER 45:1 जब नेरियाहका छोरा बारूकले यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालको चौथो वर्षमा यर्मियाले भनेका वचनहरू एउटा चर्मपत्रमा लेखे, तब यर्मिया अगमवक्ताले बारूकलाई यसो भने:
JER 45:2 “याहवेह इस्राएलका परमेश्‍वरले, तिमीलाई यसो भन्‍नुहुन्छ, बारूक:
JER 45:3 तैँले भनिस् ‘धिक्‍कार छ मलाई! याहवेहले मेरो दुःखमा पीडा थपिदिनुभएको छ; म सुस्केरा मार्दा-मार्दा थकित भएको छु र मलाई कतै पनि आराम छैनँ।’ ”
JER 45:4 तर याहवेहले मलाई तिमीलाई यसो भन् भनेर भन्‍नुभएको छ, “याहवेह यसो भन्‍नुहुन्छ: ‘मैले जे बनाएको छु, त्यो म भत्काउनेछु, मैले देशभरि जे रोपेको छु, त्यो म उखेलिदिनेछु।
JER 45:5 त्यसो भए के तैँलेचाहिँ आफ्नो निम्ति महान् कुराहरू खोज्दैछस्? ती कुराहरू नखोज्। याहवेह घोषणा गर्नुहुन्छ; किनकि म सबै मानिसहरूमाथि विपत्ति ल्याउनेछु, तर तँ जहाँ गए तापनि म तँलाई लुटको मालसरह जीवितै उम्कन दिनेछु।’ ”
JER 46:1 राष्ट्रहरूको बारेमा यर्मिया अगमवक्ताकहाँ आएको याहवेहको वचन यही हो:
JER 46:2 इजिप्टको सम्बन्धमा: यहूदाका राजा योशियाहका छोरा, यहोयाकीमको शासनकालको चौथो वर्षमा, बेबिलोनका राजा नबूकदनेसरद्वारा यूफ्रेटिस नदीको कर्कमीशमा पराजित भएका इजिप्टका राजा फारो नेकोका सेनाको विरुद्धमा आएको सन्देश यही हो:
JER 46:3 “तेरा ठूला र साना दुवै ढालहरू तयार गर्; अनि युद्ध गर्नका निम्ति मोर्चा बाँधेर अगि बढ्!
JER 46:4 घोडाहरूमा जीन-लगाम कस्, र घोडाहरूमाथि चढ्! लडाइँका टोप लगाएर आफ्नो पङ्‌क्तिमा खडा हो! आफ्ना भालाहरू टल्का; आफ्ना हातहतियारहरूले सुसज्जित हो!
JER 46:5 तर म के देख्दैछु? ती इजिप्टियन सेनाहरू त्रसित भएका छन्; तिनीहरू पछि हट्दैछन्; तिनीहरूका योद्धाहरू हारेका छन्। तिनीहरू पछाडि नहेरी हतार-हतार भाग्दैछन्; अनि त्यहाँ चारैतिर त्रास नै त्रास फैलिएको छ,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 46:6 “चाँडो भाग्ने पनि भाग्न सक्दैन, न त योद्धाहरू नै उम्कन सक्छन्। उत्तर दिशामा यूफ्रेटिस नदीको किनारमा तिनीहरू ठक्‍कर खानेछन् र लड्नेछन्।
JER 46:7 “नील नदीजस्तै बढेर आउने, नदीहरूको बाढीझैँ उर्लेर आउने त्यो को हो?
JER 46:8 नील नदीजस्तै बढेर आउने, पानीको नदीजस्तै उर्लेर आउने त्यो इजिप्ट हो।” इजिप्टले भन्छे, “म उठ्नेछु र पृथ्वीलाई ढाकिदिनेछु; म सहरहरू र तिनीहरूका मानिसहरूलाई नाश गरिदिनेछु।”
JER 46:9 हे घोडाहरू हो, आक्रमण गर! हे रथ हाक्नेहरू हो, वेगसँग अगाडि बढ! हे योद्धाहरू हो, अगि बढ। ढाल बोक्ने कूश र पूतका मानिसहरू, धनु हान्‍न सिपालु लूदीमका मानिसहरू अगि बढ।
JER 46:10 तर त्यो दिन प्रभु, सेनाहरूका याहवेहको दिन हो। बदलाको दिन, उहाँको शत्रुहरूमाथि बदला लिने दिन हो। तरवार सन्तुष्‍ट नभएसम्म त्यसले नाश गर्नेछ; रगतले तिर्खा नमेटेसम्म त्यो चल्नेछ। किनकि सेनाहरूका याहवेहले उत्तरको देशलाई यूफ्रेटिस नदीको किनारमा बलिदान चढाउनुहुनेछ।
JER 46:11 “हे इजिप्टकी कन्या छोरी, माथि गिलादमा गएर मलम ली, तर तैँले व्यर्थैमा धेरै औषधीहरू प्रयोग गरिस्; तँ निको हुनेछैनस्।
JER 46:12 राष्ट्रहरूले तेरो अपमानको बारेमा सुन्‍नेछन्; तेरो रोदन पृथ्वीभरि सुनिनेछ। एउटा योद्धा अर्कोमाथि ठक्‍कर खानेछ; दुवै योद्धा एकसाथ जमिनमा लोट्नेछन्।”
JER 46:13 बेबिलोनका राजा नबूकदनेसरले इजिप्टलाई आक्रमण गर्न आउने बारेमा याहवेहले यर्मिया अगमवक्तासँग बोल्नुभएको सन्देश यही हो:
JER 46:14 “यो सन्देश इजिप्टमा भन्, र यसलाई मिग्दोलमा घोषणा गर्; यसलाई मेम्फिसमा र तहपनेसमा पनि घोषणा गर्: ‘आफ्नो सुरक्षाको निम्ति आ-आफ्ना स्थानमा तयार होओ; किनकि तेरा चारैतिर भएकाहरूलाई तरवारले नाश गर्नेछ।’
JER 46:15 तेरा योद्धाहरू किन सोत्तर हुनेछन्? तिनीहरू खडा हुन सक्दैनन्; किनकि याहवेहले तिनीहरूलाई जमिनमा ठेलिदिनुहुनेछ।
JER 46:16 तिनीहरू घरी-घरी ठक्‍कर खानेछन्; तिनीहरू एक-अर्कामाथि लड्नेछन्। तिनीहरूले भन्‍नेछन्, ‘उठ, हामी शत्रुहरूका तरवारदेखि टाढा आफ्नै मानिसहरूकहाँ र आफ्नो जन्मभूमिमा फर्केर जाऔँ।’
JER 46:17 त्यहाँ तिनीहरू चिच्याउनेछन्, ‘इजिप्टका राजा फारो चर्को आवाज मात्र हो; फारोले आफ्नो मौका गुमाएको छ।’
JER 46:18 “म जीवित भएझैँ,” राजाले यसरी घोषणा गर्नुहुन्छ, जसको नाम सेनाहरूका याहवेह हो, पहाडहरूमध्ये उच्‍च तबोरजस्तै, समुद्रभन्दा उच्‍च कर्मेल पर्वतजस्तै एक जना शक्तिशाली आउनुहुनेछ।
JER 46:19 हे इजिप्टमा बस्‍ने मानिसहरू हो, तिमीहरू कैदमा जान आ-आफ्ना सरसामानहरू पोको पार; किनकि मेम्फिस उजाड हुनेछ, र कोही पनि नबस्‍ने रुखो भग्नावशेष हुनेछ।
JER 46:20 “इजिप्ट एउटी सुन्दरी कोरली हो, तर त्यसको विरुद्धमा उत्तर दिशाबाट एउटा डाँस आउँदैछ।
JER 46:21 त्यसका ज्यालादार सिपाहीहरू मोटाएर पोसिएका बाछाहरूजस्तै छन्। तिनीहरू एकसाथ पीठ फर्काएर भाग्नेछन्; तिनीहरू आफ्नो स्थानमा खडा भएर लड्दैनन्; किनकि तिनीहरूका निम्ति दण्ड पाउने समय आएको छ; तिनीहरूमाथि विपत्तिका दिनहरू आउँदैछन्।
JER 46:22 जब शत्रुहरू अगि बढ्दै आउँछन्, तब भाग्ने सर्पझैँ सुलुलु आवाज इजिप्टले निकाल्नेछ; तिनीहरू त्यसको विरुद्धमा रूख काट्ने मानिसहरूझैँ बन्चरो लिएर आउनेछन्।”
JER 46:23 याहवेह घोषणा गर्नुहुन्छ, “तिनीहरूका जङ्गलहरू जति नै बाक्लो भए तापनि तिनीहरूले ती काटेर ढालिदिनेछन्। तिनीहरू संख्यामा सलहभन्दा धेरै छन्, तिनीहरू अनगन्ती छन्।
JER 46:24 इजिप्टकी छोरी शर्ममा पर्नेछे; त्यसलाई उत्तर दिशाबाट आएका शत्रुहरूका हातमा सुम्पिइनेछ।”
JER 46:25 सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ: “म थेबेसको देवता अमोन, फारो, इजिप्ट र यसका देवताहरू र यसका राजाहरू र फारोमाथि भरोसा राख्नेहरूमाथि दण्ड ल्याउन लागेको छु।
JER 46:26 म तिनीहरूलाई मार्न चाहनेहरूका हातमा—बेबिलोनको राजा नबूकदनेसर र त्यसका अधिकारीहरूको हातमा सुम्पिदिनेछु। त्यसपछि इजिप्टमा पहिलेजस्तै मानिसहरू बसोबास गर्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 46:27 “हे मेरो सेवक याकोब, तँ नडरा! हे इस्राएल निरुत्साहित नहो। म निश्‍चय नै तँलाई टाढाको ठाउँबाट तेरा सन्तानहरूलाई तिनीहरूका बेबिलोनको कैदबाट बचाउनेछु। याकोब फेरि शान्ति र सुरक्षामा बस्‍नेछ; अनि कसैले पनि इस्राएललाई डर देखाउन सक्नेछैन।
JER 46:28 हे मेरो सेवक याकोब, तँ भयभीत नहो; किनकि म तँसँग छु,” याहवेह घोषणा गर्नुहुन्छ। “मैले तँलाई जुन राष्ट्रहरूको बीचमा छरपस्ट पारेँ, मैले ती राष्ट्रहरूलाई सम्पूर्ण रूपले नाश गरे तापनि तँलाईचाहिँ पूर्ण रूपले नाश गर्नेछैनँ। म तँलाई न्यायपूर्वक ताडना दिनेछु; तर म तँलाई विनादण्ड छोड्छैनँ।”
JER 47:1 फारोले गाजा सहरमाथि आक्रमण गर्नुअगि पलिश्तीहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको याहवेहको वचन यही हो:
JER 47:2 याहवेह यसो भन्‍नुहुन्छ: “हेर, उत्तर दिशामा पानीका छालहरू कसरी उठिरहेका छन्; तिनीहरू डुबाउने बाढीको भलजस्तै हुनेछन्। त्यसले जमिन र त्यसमा भएका सबै थोकलाई सहरहरू र त्यसमा बस्‍नेहरू सबैलाई डुबाउनेछ। मानिसहरू सहायताको निम्ति चिच्याउनेछन्; देशमा बस्‍नेहरू सबै विलाप गर्नेछन्,
JER 47:3 दौडिरहेका घोडाहरूका खुरहरूको आवाजमा वेगसित दगुर्ने शत्रुहरूका रथहरूका चक्‍काका गडगडाहट सुनेर आमाबुबाहरू आफ्ना छोराछोरीलाई सहायता गर्न फर्केर हेर्नेछैनन्; तिनीहरूका हातहरू लुला हुनेछन्।
JER 47:4 किनकि सबै पलिश्तीहरूलाई नाश गर्ने दिन आएको छ, टायर र सीदोनलाई सहायता दिन सक्ने बाँचेकाहरू सबैलाई नष्‍ट गर्ने दिन आएको छ। याहवेहले कप्‍तोरका किनारमा बाँकी रहेका सबै पलिश्तीहरूलाई नष्‍ट गर्न लाग्नुभएको छ।
JER 47:5 गाजाले शोकमा आफ्नो कपाल खौरनेछ; अश्कलोन मौन हुनेछ। हे तराईका अवशेष हो, तँ कहिलेसम्म आफूलाई चोट पारिरहन्छस्?”
JER 47:6 रुँदै तैँले भन्‍नेछस्, “ ‘ओह, याहवेहको तरवार, तँ कहिले शान्त हुन्छस्? ए तरवार, तँ आफ्नो म्यानमा फर्किजा, र शान्तसँग बस्।’
JER 47:7 तर यो कसरी शान्त बस्‍न सक्छ? किनकि याहवेहले यसलाई अश्कलोन र समुद्री किनारको विरोधमा आक्रमण गर्न आदेश दिनुभएको छ।”
JER 48:1 मोआबको विषयमा: सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, यसो भन्‍नुहुन्छ: “धिक्‍कार नेबोलाई! किनकि त्यो नष्‍ट हुनेछ, किर्यातैम अपमानित हुनेछ र कब्जा गरिनेछ; शत्रुहरूले तिनीहरूको बलियो गढ नष्‍ट गरेर चकनाचुर पार्नेछन्।
JER 48:2 मोआबको प्रशंसा फेरि कहिल्यै हुनेछैन; हेश्बोनमा मानिसहरूले मोआबको विरुद्धमा पतनको षड्यन्त्र गर्दछन्: ‘आओ, हामी त्यस राष्ट्रको अस्तित्व मेटिदिऔँ।’ हे मदमेनका मानिसहरू, तँलाई पनि चुप गराइनेछ; तँलाई तरवारले खेद्नेछ।
JER 48:3 होरोनैमबाट पीडाको चीत्कार उठ्नेछ, ठूलो विध्वंस र सर्वनाशको चीत्कार।
JER 48:4 मोआब नष्‍ट हुनेछ; त्यसका बालकहरू चर्को सोरले रुनेछन्।
JER 48:5 तिनीहरू दुःखी भएर रुँदै लूहीत सहरतिर जाने उकालोमा चढ्नेछन्; होरोनैमतिर झर्ने ओरालो बाटोमा सर्वनाशको कारण दर्दनाक चीत्कार सुनिन्छन्।
JER 48:6 भाग! आफ्नो जीवन बचाउनलाई दौड; मरुभूमिमा भएको पोथ्राजस्तै होओ।
JER 48:7 किनकि तिमीहरूले आफ्ना कामहरू र धनसम्पत्तिहरूमा भरोसा राखेका कारण, तिमीहरू पनि कैदमा लगिनेछौ; अनि कमोश देवता आफ्ना पुजारीहरू र अधिकारीहरूसँग निर्वासनमा जानेछ।
JER 48:8 विनाशकर्ता प्रत्येक सहरको विरुद्धमा आउनेछ; अनि एउटै सहर पनि उम्कनेछैन। उपत्यका ध्वस्त हुनेछ, र बेँसी नष्‍ट पारिनेछ; किनकि याहवेहले भन्‍नुभएको छ।
JER 48:9 मोआबमा नुन छरिदेओ; किनकि त्यो उजाड हुनेछ; त्यसका सहरहरू कोही पनि नबस्‍ने गरी उजाड हुनेछन्।
JER 48:10 “याहवेहको काममा लापर्बाही गर्ने व्यक्ति श्रापित होस्! तिनीहरूको तरवारलाई रक्तपात गर्न नदिने व्यक्ति श्रापित होस्!
JER 48:11 “मोआब त्यसको युवाअवस्थादेखि नै आराममा छ; एउटा भाँडाबाट अर्को भाँडामा नखन्याई भाँडामा छोडिराखेको दाखमद्यजस्तै, अर्थात् मोआब निर्वासनमा गएकी छैन। त्यसको स्वाद पहिलेको जस्तै छ; अनि त्यसको वासना बदलिएको छैन।”
JER 48:12 यसकारण, “हेर, दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ, जब म मानिसहरू पठाउनेछु, जसले मशकबाट दाखमद्य खन्याउनेछन्, त्यसरी नै तिनीहरूले मोआबलाई पोखाइदिनेछन्; तिनीहरूले त्यसका मशकहरू रित्याइदिनेछन्, र त्यसका मशकहरू चकनाचुर पारिदिनेछन्।
JER 48:13 जसरी इस्राएलीहरूले बेथेल झूटो देवतामाथि भरोसा गर्दा इस्राएलको घराना लाजमा परेको थियो, त्यसरी नै मोआब पनि कमोश देवताको कारण लज्जित हुनेछ।
JER 48:14 “तिमीहरूले कसरी भन्‍न सक्छौ, ‘हामी लडाइँका वीर योद्धाहरू वा बहादुर मानिसहरू हौँ?’
JER 48:15 मोआब नष्‍ट हुनेछ र त्यसका सहरहरूमा आक्रमण गरिनेछ; त्यसका अति असल जवानहरू शत्रुहरूले काटेर मर्नेछन्,” राजाले घोषणा गर्नुहुन्छ, जसको नाम सेनाहरूका याहवेह हो।
JER 48:16 “मोआबको पतन नजिकै आइपुगेको छ; त्यसको विनाश चाँडै आउनेछ।
JER 48:17 त्यसका वरिपरि बस्‍नेहरू, त्यसको ख्याति थाहा पाउनेहरू सबैले त्यसको निम्ति शोक गर; र यसो भन, ‘शक्तिशाली राजदण्ड कसरी तोडिएको छ, गौरवशाली राज्यको लहुरो कसरी भाँचिएको छ!’
JER 48:18 “हे दीबोन सहरकी छोरीहरू वा बासिन्दाहरू हो, तिमीहरूका गौरवको उचाइबाट ओर्लेर आओ, र सुक्खा धुलोमा बस; किनकि मोआबलाई विनाश गर्ने शत्रुहरू तिमीहरूको विरुद्धमा आउनेछन्, र तिमीहरूका सुरक्षित सहरहरू ध्वस्त पारिदिनेछन्।
JER 48:19 हे अरोएरका बासिन्दाहरू हो, सडकको छेउमा खडा होओ र ध्यानसित हेर। भाग्दै गरेका मानिसहरू र उम्कँदै गरेकी स्त्रीहरूलाई सोध, तिनीहरूलाई, ‘के भयो?’ भनेर सोध।
JER 48:20 मोआब अपमानित भएकी छे; किनकि ऊ चकनाचुर पारिएकी छे; विलाप गर र रोओ! अर्नोन नदीको छेउमा गएर बताइदेओ, मोआब नष्‍ट पारिएकी छे।
JER 48:21 उच्‍च पठारमाथि न्याय आएको छ— अर्थात् होलोन, यहसा र मेपातमाथि,
JER 48:22 दीबोन, नेबो र बेथ-दिब्लातैममाथि,
JER 48:23 किर्यातैम, बेथ-गामूल र बेथ-मोनमाथि,
JER 48:24 किर्योत र बोज्रामाथि— मोआबका टाढा र नजिकका सबै सहरहरूमाथि न्याय आएको छ।
JER 48:25 मोआबको सिङ काटियो; त्यसको पाखुरा भाँचिएको छ,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 48:26 “मोआबलाई दाखमद्यले मताओ; किनकि त्यसले याहवेहको विरुद्धमा विद्रोह गरेको छ। मोआबलाई त्यसकै बान्तामा लडीबुडी गर्न देओ; मोआबलाई हाँसोको पात्र हुन देओ।
JER 48:27 ए मोआब, के तैँले इस्राएलको हाँसो उडाएको थिइनस् र? के त्यो चोरहरूसँग पक्राउ परेकी थिई, त्यसको बारेमा कुरा गर्दा त्यसको ठट्टा गर्दै तैँले आफ्नो टाउको हल्‍लाउने गर्थिस्?
JER 48:28 ए मोआबमा बस्‍नेहरू हो, तिमीहरूले आफ्ना सहरहरू छोडेर चट्टानको ओडारहरूमा बस। तिमीहरू ओडारको मुखमा आफ्नो गुँड बनाउने ढुकुरजस्तै होओ।
JER 48:29 “हामीले मोआबको घमण्डको बारेमा सुनेका छौँ— त्यसको घमण्ड अति ठूलो छ! त्यसको अहङ्कार, त्यसको घमण्ड र अभिमान; अनि त्यसका हृदयको सेखीको बारेमा सुनेका छौँ।
JER 48:30 ‘म त्यसको अहङ्कार जान्दछु, तर त्यसको अहङ्कार व्यर्थको छ,’ याहवेह घोषणा गर्नुहुन्छ; अनि त्यसको घमण्डले केही गर्न सक्दैन।
JER 48:31 यसकारण म मोआबको निम्ति बिलौना गर्छु; किनकि म सम्पूर्ण मोआबको निम्ति रुन्छु; म कीर-हरेशेतका मानिसहरूका निम्ति विलाप गर्छु।
JER 48:32 म याजेरको निम्ति भन्दा तेरो निम्ति धेरै रुन्छु; हे सिब्माका दाखका बोटहरू, तेरा हाँगाहरू समुद्रसम्म पुगेका छन्; ती हाँगाहरू याजेरसम्मै पुगेका छन्। विनाशकर्ताहरू तेरा पाकेका फलहरू र अङ्‌गुरहरूमाथि आइलागेका छन्।
JER 48:33 मोआबका बगैँचाहरू र खेतबारीहरूबाट आनन्द र खुशीयाली गइसकेका छन्। मैले कोलहरूबाट रस बग्न बन्द गरिदिएको छु; कसैले पनि आनन्दको आवाजसँग ती पेल्दैनन्। यद्यपि त्यहाँ चर्को आवाजमा कराइरहेका छन्, तर ती आवाजहरू खुशीका होइनन्।
JER 48:34 “हेश्बोनदेखि एलाले र यहससम्म सोअरदेखि टाढा होरोनैम र एग्लत-शलीशियाहसम्म नै तिनीहरूको चीत्कारको आवाज सुनिन्छ; किनकि निम्रीमको पानीसमेत सुकिसकेको छ।
JER 48:35 म मोआबका अग्ला-अग्ला ठाउँहरूमा भेटी चढाउनेहरू र तिनीहरूका देवताहरूलाई धूप बाल्नेहरूको अन्त्य गरिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 48:36 “यसकारण मोआबका निम्ति मेरो हृदयले बाँसुरीको सोरजस्तै विलाप गर्छ; यसले कीर-हरेशेतका मानिसहरूको निम्ति बाँसुरीजस्तै विलाप गर्छ। तिनीहरूले आर्जन गरेका धनसम्पत्ति सबै नष्‍ट भएको छ।
JER 48:37 हरेक मानिसको कपाल खौरिएको छ, र हरेक मानिसको दाह्री काटिएको छ; हरेक हात ताछिएको छ, र हरेक कम्मरमा भाङ्ग्रा बेरिएको छ।
JER 48:38 मोआबका सबै छानाहरूमा र सबै सार्वजनिक चोकहरूमा मानिसहरूको विलापबाहेक त्यहाँ अरू केही छैन; किनकि मैले मोआबलाई कसैले मन नपराएको भाँडालाई जस्तै फुटाइदिएको छु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 48:39 “मोआब कति छरपस्ट भएको छ! तिनीहरू कसरी विलाप गर्दैछन्! मोआब लाजले कसरी आफ्नो पिठिउँ फर्काउँछ! मोआब एक हाँसोको पात्र भएको छ, त्यसको वरिपरि भएका सबै राष्ट्रहरूका निम्ति एक त्रासको पात्र बनेको छ।”
JER 48:40 याहवेह यसो भन्‍नुहुन्छ: “हेर! एउटा चील आफ्ना पखेटा फैलाएर मोआबमाथि वेगसित आउँदैछ।
JER 48:41 किर्योत सहर कब्जा गरिनेछ, र बलिया किल्‍लाहरू लिइनेछन्। त्यस दिन मोआबका योद्धाहरूका हृदय प्रसव-वेदनामा परेकी स्त्रीको हृदयजस्तै हुनेछ।
JER 48:42 मोआब राष्ट्र नाश हुनेछ; किनकि त्यसले याहवेहको अवहेलना गरेको छ।
JER 48:43 हे मोआबका मानिसहरू हो, तिमीहरूलाई त्रास, खाडल र पासोले पर्खिरहेका छन्,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 48:44 “जो आतङ्कबाट भाग्छ, त्यो खाडलमा खस्‍नेछ; जो खाडलबाट बाहिर निस्कन्छ, त्यो पासोमा पर्नेछ; किनकि म मोआबमाथि त्यसको दण्डको वर्ष ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 48:45 “हेश्बोनका छायामा भाग्नेहरू असहाय भएर उभिन्छन्; किनकि हेश्बोनबाट आगोबाहिर निस्केको छ; सीहोनको बीचबाट ज्वाला निस्केको छ; यसले मोआबका निधारहरू, दुःख दिने अहङ्कारीहरूका थाप्लाहरू जलाइदिनेछ।
JER 48:46 हे मोआब, तँलाई धिक्‍कार छ! कमोश देवताका मानिसहरू नष्‍ट भएका छन्; तिमीहरूका छोराहरू निर्वासनमा र तिमीहरूका छोरीहरू कैदी बनाएर दासत्वमा लगिनेछ।
JER 48:47 “तरै पनि पछिल्‍ला दिनहरूमा म मोआबको सुख-शान्ति फर्काइल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। मोआबको न्यायको बारेमा यर्मियाले गरेका अगमवाणी यहीँ समाप्‍त हुन्छ।
JER 49:1 अम्मोनीहरूको विषयमा: याहवेह यसो भन्‍नुहुन्छ: “के इस्राएलका छोराहरू छैनन्? के त्यसका उत्तराधिकारीहरू छैनन्? त्यसो भए किन मोलेखले गादमाथि अधिकार जमाएको छ? उहाँका मानिसहरू किन त्यसका सहरहरूमा बस्छन्?
JER 49:2 तर दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ। “जब म अम्मोनीहरूका रब्बाको विरुद्धमा युद्धको ध्वनि सुनाउनेछु; अनि त्यो एउटा भग्नावशेषको थुप्रो हुनेछ, र त्यसका चारैतिरका गाउँहरूमा आगो लगाइनेछ। तब जसले इस्राएललाई धपाएका थिए, तिनीहरूलाई इस्राएलले धपाउनेछ,” याहवेह भन्‍नुहुन्छ।
JER 49:3 “हे हेश्बोन, विलाप गर्; किनकि ऐ नाश भएको छ! हे रब्बाका छोरीहरू हो, चर्कोगरी रोओ! भाङ्ग्रा लगाएर शोक गर; पर्खालभित्र यताउता दगुर; किनकि मोलेख आफ्ना पुजारीहरू र अधिकारीहरूसँग कैदमा जानेछ।
JER 49:4 तँ किन आफ्ना उपत्यकाहरूमा घमण्ड गर्छस्? तँ आफ्ना फलदायक उपत्यकाका निम्ति किन घमण्ड गर्छस्? हे विश्‍वासीघाती आमोनका छोरी, तँ आफ्ना धनसम्पत्तिमा भरोसा राख्छेस् र भन्छेस्, ‘हामीलाई कसले आक्रमण गर्ला?’
JER 49:5 म तेरा चारैतिरबाट तँमाथि आतङ्क ल्याउनेछु,” प्रभु सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “तिमीहरू हरेक धपाइनेछौ; अनि भागेर जानेहरूलाई कसैले पनि भेला गर्नेछैन।
JER 49:6 “अनि त्यसपछि म अम्मोनीहरूको सुख-शान्ति फर्काइदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 49:7 एदोमको विषयमा: सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “के अब तेमानमा बुद्धि छैन? के बुद्धिमान्‌हरूबाट परामर्श नष्‍ट भएर गएको छ? के तिनीहरूको बुद्धि भ्रष्‍ट भएकै हो?
JER 49:8 हे ददानमा बस्‍नेहरू हो, भाग, फर्केर जाओ! र गहिरा ओडारहरूमा गएर लुक; किनकि एसावलाई दण्ड दिने समयमा म एसावमाथि विपत्ति ल्याउनेछु।
JER 49:9 यदि तँकहाँ अङ्‌गुर टिप्नेहरू आए भने, के तिनीहरूले केही अङ्‌गुरहरू छोड्दैनन् र? यदि रातको समयमा चोरहरू आए भने, के तिनीहरूले आफूलाई चाहिए जति मात्र चोर्दैनन् र?
JER 49:10 तर म एसावलाई पूर्ण रूपमा नाङ्गो बनाइदिनेछु; म त्यसका लुक्ने ठाउँहरू उदाङ्गो पारिदिनेछु, ताकि त्यसले आफूलाई लुकाउन नसकोस्। त्यसका हतियारधारीहरू र त्यसका छोराछोरी, आफन्तहरू र छिमेकीहरू नष्‍ट हुनेछन्; यसकारण यसो भन्‍ने मान्छे कोही पनि हुनेछैन,
JER 49:11 ‘तिमीहरूका टुहुरा-टुहुरीहरूलाई छोडिराख्; म तिनीहरूको हेरचाह गर्नेछु। तिमीहरूका विधवाहरूले पनि ममाथि भरोसा राखून्।’ ”
JER 49:12 याहवेह यसो भन्‍नुहुन्छ: “यदि कोही कचौराबाट पिउन योग्यको नभए तापनि त्यसले पिउनैपर्छ भने, के तँ दण्ड नपाई उम्कनेछस् र? दण्डबाट तँ उम्कनेछैनस्, तर तैँले दण्डको कचौराबाट पिउनैपर्छ।
JER 49:13 म आफ्नै नाममा शपथ खान्छु,” याहवेह घोषणा गर्नुहुन्छ, “बोज्रा ध्वस्त हुनेछ; त्यो त्रास, निन्दा र सरापको पात्र हुनेछ; अनि त्यसका सबै सहरहरू सदाका निम्ति ध्वस्त हुनेछन्।”
JER 49:14 मैले याहवेहबाट एउटा सन्देश सुनेको छु; राष्ट्रहरूलाई यसो भन्‍ने एक जना दूत पठाइयो, “आफ्ना सेनाहरू युद्धको निम्ति भेला गर! एदोमसँग लडाइँ गर्नका निम्ति तयार होओ!
JER 49:15 “हेर्, अब म तँलाई राष्ट्रहरूमध्ये सबैभन्दा सानो तुल्याउनेछु; तँ मानव-जातिहरू बीच घृणित हुनेछस्।
JER 49:16 तेरो डरलाग्दो व्यवहार र तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ; हे चट्टानका दरारहरूमा बस्‍ने, हे डाँडाका अग्ला-अग्ला ठाउँहरू ओगट्ने, तैँले चीलको गुँड झैँ अग्लो ठाउँमा बास बनाए तापनि म तँलाई त्यहाँबाट तल झारिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 49:17 “एदोम त्रासको पात्र हुनेछ; त्यसका सबै घाउहरूका कारण त्यसका छेउबाट भएर जाने हरेक तर्सनेछ, र त्यसलाई खिसी गर्नेछ।
JER 49:18 जसरी सदोम र गमोरा तिनीहरूका छेउछाउका सहरहरूसहित नष्‍ट भएका थिए,” याहवेह भन्‍नुहुन्छ, “त्यसरी नै त्यहाँ कोही पनि बस्‍नेछैन; त्यहाँ कोही पनि बसोबास गर्नेछैन।
JER 49:19 “हेर, यर्दन नदीका झाडीहरूबाट हरियो खर्कबाट निस्केर आइरहेको सिंहझैँ, म निस्कनेछु; र म एदोमलाई झट्टै त्यसकै देशबाट खेद्नेछु। यस देशको निम्ति जसलाई चुन्छु, उसैलाई नियुक्त गर्नेछु। मजस्तो को छ र? मलाई कसले चुनौती दिन सक्छ? अनि कुनचाहिँ गोठालो मेरो विरुद्धमा खडा हुन सक्छ?”
JER 49:20 यसकारण एदोमको विरुद्धमा याहवेहको योजना, र तेमानमा बस्‍नेहरूको विरुद्धमा उहाँको उद्देश्य के छ, त्यो कुरा सुन: बगालका कलिला पाठाहरूलाई घिसारेर लगिनेछ; तिनीहरूको खर्क पूर्ण रूपमा उजाड हुनेछ।
JER 49:21 तिनीहरूको पतनको आवाजले पृथ्वी थरथर काँप्‍नेछ; तिनीहरूको चीत्कार लाल समुद्रसम्म गुञ्जिनेछ।
JER 49:22 हेर! एउटा चील आफ्ना पखेटा फैलाउँदै वेगसित बोज्रामाथि झम्टेर आउनेछ। त्यस दिन एदोमका योद्धाहरूका हृदय प्रसव-वेदनामा परेकी स्त्रीको हृदयजस्तै हुनेछ।
JER 49:23 दमस्कसको विषयमा: “हमात र अर्पाद हतोत्साहित भएका छन्; किनकि तिनीहरूले खराब समाचार सुनेका छन्। तिनीहरू निराश भएका छन्, अशान्त समुद्रजस्तै विचलित भएका छन्।
JER 49:24 दमस्कसका मानिसहरू कमजोर भएका छन्; तिनीहरू भाग्नलाई पछि फर्केका छन्, र तिनीहरूलाई त्रासले समातेको छ; कष्‍ट र वेदनाले तिनीहरूलाई पक्रेको छ, प्रसव-वेदनामा परेकी स्त्रीको जस्तै पीडाले पक्रेको छ।
JER 49:25 त्यो प्रसिद्ध सहर कसरी त्यागिएको छैन; त्यो सहर जसमा म प्रसन्‍न हुन्छु?
JER 49:26 निश्‍चय नै तिनीहरूका जवान मानिसहरू सडकहरूमा ढल्नेछन्; त्यस दिन त्यसका सबै सेनाहरू मारिनेछन्,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
JER 49:27 “म दमस्कसका पर्खालहरूमा आगो लगाइदिनेछु; त्यो आगोले बेन-हददको किल्‍लालाई भस्म पारिदिनेछ।”
JER 49:28 बेबिलोनका राजा नबूकदनेसरले आक्रमण गरेका केदार र हासोरका राज्यहरूको बारेमा: याहवेह यसो भन्‍नुहुन्छ: “उठ र केदारलाई आक्रमण गर, र पूर्वका मानिसहरूलाई नाश गर।
JER 49:29 तिनीहरूका पालहरू र तिनीहरूका बगालहरू लगिनेछन्; तिनीहरूका ओत लाग्ने छाप्राहरू, तिनीहरूका सबै मालसामानहरू र ऊँटहरूसमेत लगिनेछन्। मानिसहरूले तिनीहरूलाई भन्‍नेछन्, ‘चारैतिर त्रासै-त्रास छ!’
JER 49:30 “छिटो टाढा भाग! हे हासोरमा बस्‍नेहरू हो, तिमीहरू गहिरा ओडारहरूमा बस,” याहवेह घोषणा गर्नुहुन्छ। बेबिलोनको राजा नबूकदनेसरले तिमीहरूको विरुद्धमा षड्यन्त्र रचेको छ; त्यसले तिमीहरूको विरुद्धमा एउटा योजना बनाएको छ।
JER 49:31 “उठ र शान्तिमा रहेको राष्ट्रलाई आक्रमण गर, जो आरामसँग ढुक्‍क भएर बसेको छ,” याहवेह घोषणा गर्नुहुन्छ। “एउटा राष्ट्र, जसका न मूलढोकाहरू, न त गजबारहरू नै छन्; त्यस राष्ट्रका मानिसहरू खतराबाट टाढा बस्छन्।
JER 49:32 तिनीहरूका ऊँटहरू लुटका माल हुनेछन्; अनि तिनीहरूका ठूला-ठूला बथानहरू लुटिएका माल हुनेछन्। म टाढा ठाउँमा रहेकाहरूलाई बतासमा छरपस्ट पारिदिनेछु र म तिनीहरूमाथि चारैतिरबाट विपत्ति ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 49:33 “हासोर सहर स्यालको वासस्थान हुनेछ; सदाको निम्ति उजाडस्थान बन्‍नेछ। त्यहाँ कोही पनि बस्‍नेछैन; त्यहाँ कुनै पनि मानिस बसोबास गर्नेछैन।”
JER 49:34 यहूदाका राजा सिदकियाहको शासनकालको सुरुका समयमा एलामको बारेमा अगमवक्ता यर्मियाकहाँ आएको याहवेहको वचन यही हो:
JER 49:35 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “हेर, म एलामको धनु, तिनीहरूको शक्तिको मुख्य आधार भाँचिदिनेछु।
JER 49:36 म एलामको विरुद्धमा आकाशका चारै दिशाबाट चार वटा बतासहरू ल्याउनेछु; म तिनीहरूलाई चार वटा बतासहरूमा छरपस्ट पार्नेछु; अनि एलामबाट निर्वासनमा नगएको कुनै राष्ट्र हुनेछैन।
JER 49:37 म एलामलाई तिनीहरूका शत्रुहरूको सामु चकनाचुर पार्नेछु; तिनीहरूको शत्रुहरूको सामु, जसले तिनीहरूलाई मार्न चाहन्छन्; म मेरो भयानक क्रोधमा, तिनीहरूमाथि विनाश ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “म तिनीहरूलाई पूर्ण रूपले नष्‍ट नपारुन्जेल, तिनीहरूलाई तरवार लिएर खेद्नेछु।
JER 49:38 म एलाममा आफ्नो सिंहासन खडा गर्नेछु; अनि त्यसका राजा र अधिकारीहरूलाई नाश गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 49:39 “तापनि आउँदा दिनहरूमा म एलामको सुख-शान्ति फर्काइल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 50:1 बेबिलोन र बेबिलोनीहरूको देशको विषयमा यर्मिया अगमवक्ताद्वारा याहवेहले बोल्नुभएको वचन यही हो:
JER 50:2 “राष्ट्रहरू बीचमा सूचना दे, र घोषणा गर्; झण्डा उठाएर यो घोषणा गर्; केही कुरा नलुकाई भनिदे, ‘बेबिलोन कब्जा गरिनेछ; बेल शर्ममा पर्नेछ, मारोदक त्रासले भरिनेछ। त्यसका प्रतिमाहरू लाजमा पारिनेछन्, र त्यसका मूर्तिहरू त्रासले भरिनेछन्।’
JER 50:3 उत्तर दिशाबाट एउटा राष्ट्रले त्यसलाई आक्रमण गर्नेछ, र त्यसलाई उजाड पारिदिनेछ। त्यहाँ कोही पनि बस्‍नेछैन; मानिसहरू र पशुहरू दुवै भागेर जानेछन्।
JER 50:4 “ती दिनहरूमा र त्यस समयमा,” याहवेह घोषणा गर्नुहुन्छ, “इस्राएलका र यहूदाका मानिसहरू एकसाथ याहवेह तिनीहरूका परमेश्‍वरलाई खोज्न रुँदै जानेछन्।
JER 50:5 तिनीहरूले सियोन जाने बाटो सोध्नेछन् र आफ्ना अनुहार त्यस दिशातिर फर्काउनेछन्। तिनीहरू आउनेछन् र आफूलाई अनन्तको करारमा याहवेहसँग बाँध्नेछन्, जुन कहिल्यै बिर्सिइनेछैन।
JER 50:6 “मेरा मानिसहरू हराएका भेडाहरूजस्तै भएका छन्; तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुबाटोतिर लगाएका छन्, र पर्वततिर डुलिहिँड्ने बनाइदिएका छन्। तिनीहरू डाँडा र पहाडतिर बरालिएका छन्, र तिनीहरूले आफ्ना बासस्थानलाई बिर्सेका छन्।
JER 50:7 जजसले तिनीहरूलाई भेट्टाए, तिनीहरूलाई निले; तिनीहरूका शत्रुहरूले भने, ‘हामी दोषी छैनौँ; किनकि तिनीहरूले याहवेह, तिनीहरूको साँचो खर्क, याहवेह, तिनीहरूका पितापुर्खाहरूका आशाको विरुद्धमा पाप गरेका छन्।’
JER 50:8 “बेबिलोनबाट भाग, बेबिलोनीहरूको देशलाई छोडेर भाग; अनि बगाललाई बाटो देखाउने बाख्राहरूजस्तै होओ।
JER 50:9 किनकि हेर, म उत्तरको देशबाट महान् जातिहरूको जमातलाई सुर्‍याएर बेबिलोनको विरुद्धमा ल्याउनेछु। तिनीहरू त्यसको विरुद्धमा युद्धको निम्ति तयार हुनेछन्; अनि उत्तर दिशाबाट त्यसलाई कब्जा गर्नेछन्। तिनीहरूका काँडहरू सिपालु योद्धाहरूजस्ता हुनेछन्, जो रित्तो हात फर्कँदैनन्।
JER 50:10 यसरी बेबिलोनिया लुटिनेछ; बेबिलोनलाई लुट्नेहरू सबैसँग प्रशस्त हुनेछ,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 50:11 “मेरो उत्तराधिकारलाई लुट्ने तिमीहरू, आनन्दित भएर खुशी मनाएको कारण तिमीहरू अन्‍न दाइँ गर्दा खलामा हर्षले उफ्रने कोरलीजस्तै रमाएको कारण र घोडाजस्तै तिमीहरू हिनहिनाएको कारण,
JER 50:12 तिमीहरूकी आमा ठूलो शर्ममा पर्नेछे; तिमीहरूलाई जन्म दिने आमा अपमानित हुनेछे। त्यो राष्ट्रहरूमा सबैभन्दा सानो हुनेछे— एउटा उजाडस्थान, रुखो जमिन र मरुभूमिजस्तै हुनेछे।
JER 50:13 याहवेहको रिसको कारण त्यसमा कोही बसोबास गर्नेछैन, तर पूर्ण रूपमा सदाको निम्ति उजाड हुनेछ। बेबिलोनबाट भएर जानेहरू सबै चकित हुनेछन्; तिनीहरूले त्यसका चोटहरूमा खिसी गर्नेछन्।
JER 50:14 “हे सबै धर्नुधारीहरू हो, बेबिलोनको चारैतिर मोर्चा बाँध। त्यसलाई हान! एउटै काँड बाँकी नरहने गरी हान; किनकि त्यसले याहवेहको विरुद्धमा पाप गरेकी छे।
JER 50:15 त्यसको विरुद्धमा चारैतिर युद्धको निम्ति कराओ! त्यसले आत्मसमर्पण गर्नेछे र त्यसका धरहराहरू ढल्नेछन्; त्यसका पर्खालहरू भत्काएर ढालिनेछन्। किनकि योचाहिँ याहवेहको बदला हो। त्यससँग बदला लेओ; त्यसले अरूलाई जस्तो गरेकी छे, त्यससँग पनि त्यस्तै गर।
JER 50:16 बेबिलोनबाट छर्नेहरूलाई, र फसलमा हँसिया लिएर कटनी गर्नेहरूलाई नाश गर। आक्रमणकारीहरूका तरवारको कारण हरेक व्यक्ति आफ्नै मानिसहरूकहाँ फर्किएर जाऊन्, र हरेक व्यक्ति आफ्नै देशमा भागेर जाऊन्।
JER 50:17 “इस्राएल सिंहले खेदेर छरपस्ट भएको भेडाको बगालजस्तै छ। तिनीहरूलाई निल्ने पहिलो सिंहचाहिँ अश्शूरको राजा थियो; तिनीहरूको हड्डी चुर-चुर पार्ने अन्तिम सिंहचाहिँ बेबिलोनको राजा नबूकदनेसर थियो।”
JER 50:18 यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, यसो भन्‍नुहुन्छ: “अश्शूरको राजालाई मैले दण्ड दिएझैँ, बेबिलोनको राजा र त्यसको देशलाई पनि म दण्ड दिनेछु।
JER 50:19 तर म इस्राएललाई तिनीहरूको आफ्नै खर्कमा फर्काएर ल्याउनेछु; अनि त्यो कर्मेल र बाशानमा चर्नेछ; तिनीहरूको भोक एफ्राइम र गिलादका पहाडहरूमा तृप्‍त हुनेछ।
JER 50:20 ती दिनहरूमा र त्यस समयमा,” याहवेह घोषणा गर्नुहुन्छ, “इस्राएलको अपराध खोजिनेछ, तर त्यहाँ एउटै पनि पाइनेछैन; अनि यहूदाका पापहरू पनि खोजिनेछ, तर केही पनि फेला पर्नेछैन; किनकि मैले बचाइराखेको बाँकी मानिसहरूलाई म क्षमा गर्नेछु।
JER 50:21 “मरातैमको देशलाई र पेकोदमा बस्‍नेहरूलाई आक्रमण गर। तिनीहरूलाई लखेट, मार र सम्पूर्ण रूपले नष्‍ट गर,” याहवेह घोषणा गर्नुहुन्छ। मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा पूरा गर।
JER 50:22 देशमा युद्धको हल्‍ला सुनिँदैछ, ठूलो विनाशको होहल्‍ला भएको छ!
JER 50:23 हेर, सारा पृथ्वीको घन बेबिलोन कसरी टुक्रिएकी छे र चकनाचुर भएकी छे! राष्ट्रहरूका बीचमा बेबिलोन कति उजाड भएकी छे!
JER 50:24 हे बेबिलोन, मैले तेरा लागि पासो थापेको छु; अनि तैँले थाहा पाउन अगि नै तँ पासोमा परिसकेकी छेस्; तँ फेला परिस् र कब्जामा परिस्; किनकि तँ याहवेहको विरोधमा खडा भइस्।
JER 50:25 याहवेहले आफ्नो अस्त्रभण्डार खोल्नुभएको छ, र आफ्नो क्रोधका हतियारहरू निकाल्नुभएको छ; किनकि प्रभु सेनाहरूका याहवेहले बेबिलोनीहरूका देशमा आफ्नो काम गर्नुपर्नेछ।
JER 50:26 टाढा देशबाट बेबिलोनको विरुद्धमा आओ। त्यसका अन्‍नका भण्डारहरू भत्काइदेओ; बेबिलोनलाई अन्‍नको थुप्रोझैँ थुपारी देओ। त्यसलाई पूर्ण रूपमा नाश गरिदेओ, र त्यसको लागि कसैलाई बाँकी नराख।
JER 50:27 त्यसका सबै जवान साँढेहरूलाई मारिदेओ; तिनीहरू काटिने ठाउँमा जाऊन्! तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरूको समय आएको छ; तिनीहरूको दण्डको समय आएको छ।
JER 50:28 बेबिलोनबाट भाग्नेहरू र शरण लिने मानिसहरूले सियोन पर्वतमा घोषणा गरिरहेका छन्, सो कुरा सुन, “याहवेह हाम्रा परमेश्‍वरले बेबिलोनीहरूलाई उहाँको मन्दिर भत्काएको कारण उहाँले कसरी बदला लिनुभएको छ।
JER 50:29 “धनुकाँड चलाउन सक्ने सबै सिपालु धनुर्धारीहरूलाई बेबिलोनको विरुद्धमा बोलाओ। त्यसका चारैतिर छाउनी बनाएर घेरा लगाओ; एउटै पनि भाग्न नपाओस्। त्यसले गरेका कामहरूको बदला लेओ; त्यसले जस्तो गरेकी छे, त्यसलाई त्यस्तै व्यवहार गर। किनकि त्यसले इस्राएलका याहवेह पवित्र परमेश्‍वरलाई घमण्डसाथ अवहेलना गरेकी छे।
JER 50:30 यसकारण त्यसका जवान मानिसहरू सडकहरूमा ढल्नेछन्; त्यस दिन त्यसका सबै सेनाहरू मारिनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 50:31 “हेर, हे अहङ्कारी बेबिलोन, म तेरो विरुद्धमा छु,” प्रभु, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ; “किनकि तेरो दिन आएको छ, तेरो दण्ड पाउने समय आएको छ।
JER 50:32 त्यो अहङ्कारी बेबिलोन ठक्‍कर खाएर लड्नेछे, र त्यसलाई कसैले पनि उठ्न सहायता गर्नेछैन; म त्यसका सहरहरूमा आगो लगाइदिनेछु, र त्यस आगोले त्यसका चारैतिर भएका अहङ्कारीहरू सबैलाई भस्म पारिदिनेछ।”
JER 50:33 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “इस्राएलका मानिसहरू थिचोमिचोमा परेका छन्; अनि यहूदाका मानिसहरू पनि थिचोमिचोमा छन्। तिनीहरू दुवैलाई कैद गरेर लैजानेहरू सबैले तिनीहरू दुवैलाई छोडिदिन इन्कार गर्छन्।
JER 50:34 तापनि तिनीहरूका उद्धारकर्ता शक्तिशाली हुनुहुन्छ; उहाँको नाम सेनाहरूका याहवेह हो। उहाँले तिनीहरूको पक्षमा लड्नुहुनेछ, ताकि उहाँले पृथ्वीमा भएका सबै मानिसहरूमाथि शान्ति ल्याउनुहुनेछ, तर बेबिलोनमा बस्‍ने मानिसहरूमा चाहिँ अशान्ति ल्याउनुहुनेछ।
JER 50:35 “बेबिलोनीहरूको विरुद्धमा एउटा तरवार परेको छ!” याहवेह घोषणा गर्नुहुन्छ— “बेबिलोनमा बस्‍ने मनिसहरूको विरुद्धमा, त्यसका अधिकारीहरू र बुद्धिमान् मानिसहरूको विरुद्धमा!
JER 50:36 तिनीहरूका झूटा अगमवक्ताहरूको विरुद्धमा तरवार चलेको छ! तिनीहरू मूर्ख हुनेछन्। त्यसका योद्धाहरूको विरुद्धमा तरवार परेको छ! तिनीहरू त्रासले भरिनेछन्।
JER 50:37 त्यसका घोडाहरू, रथहरू र त्यसका साथमा रहेका सबै विदेशीहरूको विरुद्धमा तरवार चलेको छ! तिनीहरू स्त्रीहरूझैँ दुर्बल हुनेछन्। तिनीहरूका धनका भण्डारहरूको विरुद्धमा तरवार परेको छ! ती धनका भण्डारहरू लुटिनेछन्।
JER 50:38 देशका पानीका मुहानहरूमा खडेरी परोस्! त्यसका नदीहरू सबै सुकोस्। किनकि बेबिलोन मूर्तिहरूको देश हो, ती मूर्तिहरूले मानिसहरूलाई त्रसित बनाएका छन्।
JER 50:39 “यसकारण त्यहाँ मरुभूमिका जङ्गली जनावर र हुँडारहरू बस्‍नेछन्; अनि त्यहाँ उल्‍लुहरू बास गर्नेछन्। त्यहाँ फेरि पुस्तादेखि पुस्तासम्म, मानिसहरूले फेरि कहिल्यै बास बस्‍नेछैनन्।
JER 50:40 जसरी मैले सदोम र गमोरालाई तिनीहरूका चारैतिरका सहरहरूसितै नाश गरेँ,” याहवेह घोषणा गर्नुहुन्छ, “त्यसरी नै त्यहाँ कोही पनि मानिस बास बस्‍नेछैन; त्यहाँ कुनै मानव-जाति बसोबास गर्नेछैन।
JER 50:41 “हेर! उत्तरबाट एक दल सेना आउँदैछ; पृथ्वीको अन्तिम सिमानाबाट एउटा ठूलो राष्ट्रलाई र धेरै राजाहरूलाई सुर्‍याइरहेको छ।
JER 50:42 तिनीहरू धनु र भालाहरूले सुसज्जित छन्; तिनीहरू निष्‍ठुर र निर्दयी छन्। तिनीहरू आ-आफ्ना घोडाहरूमा सवार गर्दा तिनीहरूको घोडसवारको आवाज समुद्रको गर्जनझैँ सुनिन्छ; हे बेबिलोनकी छोरी, तिनीहरूले तिमीहरूलाई आक्रमण गर्न आउँदा लडाइँको मोर्चा बाँधेर तिनीहरू मानिसहरूझैँ आउनेछन्।
JER 50:43 बेबिलोनको राजाले तिनीहरूको बारेमा खबर सुनेको छ; अनि त्यसका हातहरू लल्याकलुलुक भएका छन्। प्रसव-वेदनामा परेकी स्त्रीलाई जस्तै पीडाले त्यसलाई पक्रेको छ।
JER 50:44 हेर, यर्दन नदीका झाडीहरूबाट हरियो खर्कबाट निस्केर आइरहेको सिंहझैँ म निस्कनेछु, र म बेबिलोनलाई झट्टै त्यसकै देशबाट खेद्नेछु; यस देशको निम्ति जसलाई चुन्छु, उसैलाई नियुक्त गर्नेछु। मजस्तो को छ र? कसले मलाई चुनौती दिन सक्छ? अनि कुनचाहिँ गोठालो मेरो विरुद्धमा खडा हुन सक्छ?”
JER 50:45 यसकारण बेबिलोनको विरुद्धमा याहवेहले जे योजना गर्नुभएको छ, उहाँले बेबिलोनीहरूको देशको विरुद्धमा जे उद्देश्य राख्नुभएको छ, सुन: बगालका कलिला बालबालिकाहरू तानेर लगिनेछन्; तिनीहरूका खर्कहरू पूर्ण रूपमा सर्वनाश हुनेछन्।
JER 50:46 बेबिलोन कब्जा गरिएको आवाजले पृथ्वी थरथर काँप्‍नेछ; तिनीहरूको चीत्कार राष्ट्रहरूका बीचमा गुञ्जिनेछ।
JER 51:1 याहवेह यसो भन्‍नुहुन्छ: “हेर, बेबिलोन र लेब-कमाईका मानिसहरूका विरुद्धमा म एक विनाश गर्ने आत्मालाई उक्साउनेछु।
JER 51:2 म बेबिलोनलाई निफन्‍न र त्यस देशलाई नष्‍ट गर्नलाई विदेशीहरू पठाउनेछु; त्यसको विपत्तिको दिनमा शत्रुहरूले चारैतिरबाट त्यसको विरोध गर्नेछन्।
JER 51:3 धनुर्धारीले आफ्नो धनुमा ताँदो नचढाओस्, न त त्यो आफ्नो कवच लगाएर खडा होस्। तिनीहरूका जवानहरूलाई बाँकी नराख; तिनीहरूका सेनाहरूलाई पूर्ण रूपले सर्वनाश गर।
JER 51:4 तिनीहरू बेबिलोनका सडकहरूमा घाइते भएर लड्नेछन्, र तिनीहरू बेबिलोनमै मारिनेछन्।
JER 51:5 किनकि इस्राएल र यहूदा तिनीहरूका परमेश्‍वर, सेनाहरूका याहवेहद्वारा त्यागिएका छैनन्; यद्यपि बेबिलोनीहरूको देश इस्राएलका पवित्र परमेश्‍वरको सामु अपराधले भरिएको छ।
JER 51:6 “बेबिलोनबाट भाग! आ-आफ्नो प्राण बचाउनलाई भाग! त्यसका पापहरूको कारण तिमीहरू नाश नहोओ। यो त याहवेहले बदला लिने समय हो; उहाँले त्यसलाई उचित दण्ड दिनुहुनेछ।
JER 51:7 बेबिलोन याहवेहको हातमा एउटा सुनको कचौरा थियो; त्यसले सारा पृथ्वीलाई मतायो। राष्ट्रहरूले त्यसको मद्य पिएका छन्; यसकारण अहिले तिनीहरू पागल भएका छन्।
JER 51:8 बेबिलोन एक्‍कासि पतन हुनेछ र टुक्रिनेछ। त्यसको निम्ति विलाप गर! त्यसको कष्‍टका निम्ति मलम ल्याओ; सायद त्यो निको हुन्छे कि!
JER 51:9 “हामी बेबिलोनलाई निको पार्नेथियौँ, तर त्यो निको हुन सक्दैन; त्यसलाई छोडिदियौँ र हामी आ-आफ्नो देशमा जाऔँ; किनकि त्यसको दण्ड आकाशसम्म पुगेको छ, त्यो स्वर्गसम्मै चुलिएको छ।
JER 51:10 “याहवेहले हामीलाई निर्दोष ठहराउनुभएको छ; आओ, हामी सियोनमा जाऔँ, र याहवेह हाम्रा परमेश्‍वरको काम बयान गरौँ।
JER 51:11 “धनुकाँडहरू तीखा पार! ढालहरू उठाओ! याहवेहले मादीका राजाहरूलाई उक्साउनुभएको छ; किनकि उहाँको उद्देश्य बेबिलोनलाई नष्‍ट गर्नु हो। याहवेहले बदला लिनुहुनेछ; उहाँको मन्दिर नष्‍ट गर्नेहरूलाई बदला लिनुहुनेछ।
JER 51:12 बेबिलोनका पर्खालहरूको विरुद्धमा झण्डा उठाओ! पहरा-चौकी बलियो बनाओ; पहरेदारहरूलाई खटाओ, ढुकेर आक्रमण गर्नेहरूलाई तयार गर! याहवेहले आफ्नो उद्देश्य पूरा गर्नुहुनेछ; अनि बेबिलोनका मानिसहरूको विरुद्धमा उहाँले आफ्नो उर्दी पूरा गर्नुहुनेछ।
JER 51:13 तँ बेबिलोन, जो धेरै नदीहरूको नजिक बस्छेस् र धेरै धनसम्पत्तिको भण्डारले पूर्ण भएकी छेस्, तर तेरो अन्त्य आएको छ। तेरो विनाशको समय आएको छ।
JER 51:14 सेनाहरूका याहवेहले आफ्नै नामको शपथ खानुभएको छ: म निश्‍चय नै बेबिलोनलाई आक्रमण गर्न सलहको बथानझैँ सेनाहरूको भीडले भरिदिनेछु; अनि तिनीहरूले तँमाथि विजयी भएर जयजयकार गर्नेछन्।
JER 51:15 “याहवेहले पृथ्वी आफ्नो शक्तिद्वारा बनाउनुभयो; उहाँले संसारलाई आफ्नो बुद्धिले स्थापित गर्नुभयो र उहाँले आकाशलाई आफ्नो समझशक्तिले फैलाउनुभयो।
JER 51:16 जब उहाँ बोल्नुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ; उहाँले बादललाई पृथ्वीको अन्तिम छेउबाट उठाउनुहुन्छ। उहाँले झरीसँग बिजुली पठाउनुहुन्छ, अनि हावालाई उहाँको भण्डारहरूबाट निकाल्नुहुन्छ।
JER 51:17 “हरेक मानिस विवेकहीन र ज्ञानहीन छ; हरेक सुनार आफ्नै मूर्तिहरूद्वारा शर्ममा पर्नेछ। किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन्; तिनीहरूमा जीवनको सास हुँदैन।
JER 51:18 ती मूर्तिहरू सबै व्यर्थका र ठट्टाका पात्र हुन्; जब तिनीहरूको न्याय आउँछ, तब तिनीहरू नष्‍ट हुनेछन्।
JER 51:19 उहाँ, जो याकोबका अंश हुनुहुन्छ, उहाँ ती मूर्तिहरूजस्ता हुनुहुन्‍न; किनकि उहाँ सबै कुराहरूको सृष्‍टिकर्ता हुनुहुन्छ, जसमा उहाँको उत्तराधिकारका मानिसहरू पनि सामेल छन्; सेनाहरूका याहवेह उहाँको नाम हो।
JER 51:20 “तँ मेरो युद्धको मुङ्ग्रो, मेरो लडाइँका निम्ति हतियार होस्; तँद्वारा म राष्ट्रहरूलाई चकनाचुर पार्छु; र तँद्वारा नै म राज्यहरूलाई नष्‍ट गर्छु।
JER 51:21 तँद्वारा म घोडा र घोडसवारहरूलाई टुक्रा-टुक्रा पार्छु; तँद्वारा म रथहरू र रथ-सवारहरूलाई चकनाचुर पार्छु।
JER 51:22 तँद्वारा म पुरुषहरू र स्त्रीहरूलाई चकनाचुर पार्छु। तँद्वारा म वृद्ध मानिस र जवानलाई चकनाचुर पार्छु। तँद्वारा म जवान केटाहरू र कन्या केटीहरूलाई चकनाचुर पार्छु।
JER 51:23 तँद्वारा म गोठाला र भेडाबाख्राको बगाललाई चकनाचुर पार्छु; तँद्वारा म किसान र गोरुहरूलाई चकनाचुर पार्छु। तँद्वारा म राज्यपालहरू र अधिकारीहरूलाई चकनाचुर पार्छु।
JER 51:24 “तेरो आँखाको सामु म बेबिलोन र बेबिलोनमा बस्‍ने सबै मानिसहरूलाई सियोनमा तिनीहरूले गरेका सबै खराबीको निम्ति दण्ड दिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 51:25 “हे, विनाशकारी पर्वत, म तेरो विरुद्धमा छु; तैँले सारा पृथ्वीलाई नष्‍ट गर्छस्,” याहवेह घोषणा गर्नुहुन्छ। “म तेरो विरुद्धमा मेरो हात पसार्नेछु, तँलाई भिरबाट तल गुडाइदिनेछु; अनि तँलाई एउटा डढेको उजाड पहाड तुल्याउनेछु।
JER 51:26 तँबाट कुनाको निम्ति कुनै ढुङ्गा लिइनेछैन, न त जगको निम्ति कुनै ढुङ्गा लिइनेछ; किनकि तँ सदाको निम्ति उजाड रहनेछस्,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 51:27 “देशमा एउटा झण्डा उठाओ! राष्ट्रहरूका बीचमा तुरही बजाओ! त्यसको विरुद्धमा लडाइँको निम्ति राष्ट्रहरूलाई तयार पार; यी राज्यहरूलाई त्यसको विरुद्धमा आक्रमण गर्नलाई बोलाओ: अरारात, मिन्‍नी र अश्कनजलाई बोलाओ। त्यसको विरुद्धमा एउटा सेनापति नियुक्त गर; सलहको बथानझैँ घोडाहरूलाई पठाओ।
JER 51:28 त्यसको विरुद्धमा युद्ध गर्नलाई राष्ट्रहरूलाई तयार गर! मादीका राजाहरूलाई, तिनीहरूका राज्यपालहरूलाई र तिनीहरूका सबै अधिकारीहरूलाई, र तिनीहरूले शासन गर्ने देशहरूलाई तयार गर।
JER 51:29 देश थरथर काम्छ र छटपटिन्छ; किनकि बेबिलोनको विरुद्धमा याहवेहको उद्देश्य अटल छ! बेबिलोनको देशलाई उजाड पार्नलाई, त्यहाँ कोही पनि नबसून्।
JER 51:30 बेबिलोनका सेनाहरूले युद्ध गर्न बन्द गरेका छन्; तिनीहरू आफ्ना किल्‍लाहरूमा रहन्छन्। तिनीहरूको बल शिथिल भएको छ; तिनीहरू दुर्बल भएका छन्। त्यसका वासस्थानहरूमा आगो लगाइएका छन्; त्यसका मूलढोकाका गजबारहरू भत्काइएका छन्।
JER 51:31 एक हुलाकी अर्को हुलाकीको पछि दौडन्छ; एक सन्देशवाहक अर्को सन्देशवाहकको पछि दौडन्छ। बेबिलोनको राजालाई यो खबर दिन उसको सम्पूर्ण सहर कब्जा गरिएका छन्;
JER 51:32 अनि नदीका घाटहरूलाई कब्जा गरिएका छन्; धापहरूमा आगो लगाइएका छन्; अनि योद्धाहरू त्रसित भएका छन्।”
JER 51:33 सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “बेबिलोनकी छोरी दाइँ गर्ने समयमा कुल्चिएको खलाझैँ भएकी छे; त्यसको कटनी गर्ने समय चाँडै आउँदैछ।”
JER 51:34 “बेबिलोनको राजा नबूकदनेसरले हामीलाई निलेको छ; त्यसले हामीलाई अलमलमा पारिदिएको छ। त्यसले हामीलाई रित्तो भाँडाजस्तै बनाइदिएको छ। त्यसले हामीलाई अजिङ्गरले झैँ निलेको छ, र त्यसले हाम्रो स्वादिष्‍ठ भोजनले आफ्नो पेट भरेको छ; त्यसपछि हामीलाई बान्ता गरेर फ्याँकिदिएको छ।
JER 51:35 सियोनका बासिन्दाहरूले भन्छन्, हामी र हाम्रा छोराछोरीहरूमाथि जस्तो अत्याचार परेको छ, त्यस्तै बेबिलोनमाथि पनि परोस्”। यरूशलेमले भन्छ, “हाम्रो रगत बगाएको बदला बेबिलोनमा बस्‍ने मानिसहरूमाथि परोस्”।
JER 51:36 यसकारण याहवेह भन्‍नुहुन्छ: “हेर, म तेरो पक्ष लिनेछु, र तेरो बदला लिनेछु; म त्यसको समुद्र सुकाइदिनेछु; अनि त्यसको पानीका मुहानहरू सुकाइदिनेछु।
JER 51:37 बेबिलोन भग्नावशेषको थुप्रो हुनेछ; स्यालहरूको ओडार हुनेछ; त्रास र गिल्‍लाको पात्र, कोही पनि नबस्‍ने एउटा उजाड ठाउँ हुनेछ।
JER 51:38 त्यसका मानिसहरू सबै सिंहझैँ गर्जन्छन्। तिनीहरू सिंहका डमरुझैँ ङुर्र-ङुर्र गर्छन्।
JER 51:39 तर जब तिनीहरू उत्तेजित हुन्छन्, म तिनीहरूका निम्ति भोज तयार पार्नेछु, र तिनीहरूलाई मताउनेछु, ताकि तिनीहरू हाँस्दै चिच्याउनेछन्; अनि सदाको निम्ति सुत्नेछन् र निन्द्राबाट कहिल्यै बिउँझनेछैनन्,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 51:40 “म तिनीहरूलाई काटिनका निम्ति लगिएका थुमाहरू, भेडाहरू र बाख्राहरूझैँ तल लैजानेछु।
JER 51:41 “शेशक कसरी कब्जा हुनेछ; सारा पृथ्वीको प्रशंसाको पात्र बेबिलोन कब्जा गरिनेछ! राष्ट्रहरूको बीचमा बेबिलोन एउटा भयानक दृश्य हुनेछ!
JER 51:42 बेबिलोनमाथि समुद्र उठ्नेछ; त्यसका गर्जने छालहरूले त्यसलाई छोपिदिनेछन्।
JER 51:43 त्यसका सहरहरू उजाड हुनेछन्, सुक्खा र मरुभूमिको देश, जहाँ कोही पनि नबस्‍ने देश, जुन देशबाट भएर कसैले पनि यात्रा गर्नेछैन।
JER 51:44 म बेबिलोनमा बेललाई दण्ड दिनेछु; अनि त्यसले जे निलेको छ, त्यो बान्ता गर्न लगाउनेछु। फेरि राष्ट्रहरू ताँती लगाएर आउनेछैनन्, र बेबिलोनको पर्खाल ढल्नेछ।
JER 51:45 “हे मेरा मानिसहरू हो! आफ्ना प्राण बचाउनलाई भाग! याहवेहको भयानक क्रोधदेखि भाग।
JER 51:46 जब देशमा हल्‍ला सुन्छौ, तब हतोत्साही नहोओ, अथवा नडराओ; यस वर्ष एउटा हल्‍ला र अर्को वर्ष अर्कै हल्‍ला आउँछ; देशमा अत्याचारको हल्‍ला र शासकको विरुद्धमा शासक भएको हल्‍ला।
JER 51:47 किनकि हेर, समय निश्‍चय नै आउनेछ, जब म बेबिलोनका मूर्तिहरूलाई दण्ड दिनेछु; तब त्यसको सम्पूर्ण देश अपमानित हुनेछ, र त्यसका मारिएकाहरू सबै त्यसकै भूमिमा ढलिरहनेछन्।
JER 51:48 तब स्वर्ग, पृथ्वी र तिनीहरूमा भएका सबै बेबिलोनको यस्तो स्थितिमा रमाउनेछन्; किनकि उत्तर दिशातिरबाट विनाशकर्ताहरूले त्यसलाई आक्रमण गर्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 51:49 “बेबिलोनको कारण पृथ्वीभरि मानिसहरू मारिएझैँ, इस्राएलका मानिसहरूको हत्या गरिएको कारण बेबिलोनको पतन हुनैपर्छ।
JER 51:50 तिमीहरू, जो तरवारबाट उम्केछौ, ढिलो नगरी भागिहाल! टाढा देशबाट याहवेहलाई स्मरण गर; अनि यरूशलेमको बारेमा याद गर।”
JER 51:51 “हामी लज्जित भएका छौँ; किनकि हामी बदनामी भएका छौँ, र हाम्रा अनुहार शर्मले ढाकिएका छन्; किनकि विदेशीहरू हाम्रा याहवेहको भवनका पवित्र ठाउँहरूमा प्रवेश गरेका छन्।”
JER 51:52 “तर हेर, दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ। “जब म त्यसका मूर्तिहरूलाई दण्ड दिनेछु, तब त्यसको देशभरि नै घाइतेहरूले सुस्केरा हाल्नेछन्।
JER 51:53 यदि बेबिलोनले आकाशसम्मै पुगेर आफ्ना अग्ला किल्‍लाहरूलाई बलियो पारे तापनि म त्यसको विरुद्धमा विनाश गर्नेहरू पठाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
JER 51:54 “बेबिलोनबाट चीत्कारको आवाज निस्कन्छ; बेबिलोनीहरूको देशबाट आएको ठूलो विनाशको आवाज।
JER 51:55 याहवेहले बेबिलोनलाई नाश गर्नुहुनेछ; उहाँले त्यसको ठूलो होहल्‍लालाई बन्द गराउनुहुनेछ। शत्रुहरू समुद्रका विशाल छालहरूझैँ गर्जनेछन्; तिनीहरूका आवाजको गर्जन गुञ्जिनेछ।
JER 51:56 बेबिलोनको विरुद्धमा एउटा विनाशकर्ता आउनेछ; त्यसका योद्धाहरू कब्जा गरिनेछन्; अनि तिनीहरूका धनुकाँडहरू भाँचिनेछन्। किनकि याहवेह उचित प्रतिफल दिनुहुने परमेश्‍वर हुनुहुन्छ; उहाँले पूर्ण रूपमा दण्ड दिनुहुनेछ।
JER 51:57 म तिनीहरूका अधिकारीहरू, बुद्धिमान् मानिसहरूलाई मताइदिनेछु; त्यसका राज्यपालहरू, अधिकारीहरू र योद्धाहरू समेतलाई मताइदिनेछु; तिनीहरू सदाको निम्ति निदाउनेछन् र कहिल्यै पनि उठ्नेछैनन्,” राजा घोषणा गर्नुहुन्छ, “जसको नाम सेनाहरूका याहवेह हो।”
JER 51:58 सेनाहरूका याहवेह भन्‍नुहुन्छ: “बेबिलोनको चौडा पर्खाल समतल बनाइनेछ; अनि त्यसका अग्ला मूलढोकाहरूमा आगो लगाइनेछन्; मानिसहरू व्यर्थैमा थाकेर शिथिल हुन्छन्, र राष्ट्रको परिश्रमचाहिँ ज्वालाको निम्ति इन्धन मात्र हुनेछन्।”
JER 51:59 यहूदाका राजा सिदकियाहको शासनकालको चौथो वर्षमा महसेयाहका नाति, नेरियाहका छोरा प्रमुख अधिकारी सरायाहलाई, राजासित बेबिलोनमा जाँदा यर्मियाले तिनलाई दिएको सन्देश यही हो।
JER 51:60 बेबिलोनमाथि आउने सबै विपत्तिहरूको बारेमा यर्मियाले एउटा चर्मपत्रमा लेखेका थिए—बेबिलोनको विषयमा सबै कुराहरू लेखे।
JER 51:61 यर्मियाले सरायाहलाई भने, “जब तिमी बेबिलोनमा पुग्छौ, तब तिमीले यी सबै वचनहरू अवश्य चर्को आवाजमा मानिसहरूलाई पढेर सुनाउनू।
JER 51:62 त्यसपछि यसो भन, ‘हे याहवेह, तपाईंले यस ठाउँलाई नाश गर्नेछु भन्‍नुभएको छ। यसमा न मानिस, न त पशु बसोबास गर्नेछ; यो सदाको निम्ति उजाड हुनेछ।’
JER 51:63 जब तिमीले यो चर्मपत्र पढिसक्छौ, तब यसमा एउटा ढुङ्गा बाँध र यसलाई यूफ्रेटिस नदीमा फालिदेऊ।
JER 51:64 तब यसो भन, ‘मैले बेबिलोनमाथि ल्याउने विपत्तिको कारण यसरी नै बेबिलोन कहिल्यै नउठ्ने गरी डुब्नेछ। अनि त्यसका मानिसहरूको पतन हुनेछ।’ ” यर्मियाको सन्देश यहीँ समाप्‍त हुन्छ।
JER 52:1 राजा हुँदा सिदकियाह एक्‍काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाम हमुतल थियो, जो यर्मियाकी छोरी थिइन्। तिनी लिब्ना निवासी थिइन्।
JER 52:2 यहोयाकीमले गरेझैँ सिदकियाहले पनि याहवेहको दृष्‍टिमा जे कुरा खराब थियो, त्यही गरे।
JER 52:3 याहवेहको क्रोधको कारणले नै यरूशलेम र यहूदामा यी सबै हुन आएका थिए। आखिरमा उहाँले तिनीहरूलाई आफ्ना उपस्थितिबाट निकालिदिनुभयो। तब सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे।
JER 52:4 यसकारण सिदकियाहको शासनकालको नवौँ वर्षको, दशौँ महिनाको दशौँ दिनमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्नो सम्पूर्ण सेना लिएर आए। तिनीहरूले सहरको बाहिर छाउनी हाले र त्यसका चारैतिर घेरा-मचान बनाए।
JER 52:5 राजा सिदकियाहको एघारौँ वर्षसम्म सहर घेराबन्दीमा राखिएको थियो।
JER 52:6 चौथो महिनाको नवौँ दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्‍यो कि देशका मानिसहरूका निम्ति केही खानेकुरा बाँकी रहेन।
JER 52:7 तब सहरको पर्खाल भत्काइयो; अनि यरूशलेमका सम्पूर्ण सेनाहरू भागेर गए। बेबिलोनीहरूले सहरलाई घेरेर राखेको भए तापनि तिनीहरूले राजाको बगैँचाको छेउका दुई पर्खालको बीचमा भएको मूलढोकाबाट भएर राति नै सहरलाई छोडेर भागे। तिनीहरू अराबातिर भागे;
JER 52:8 तर बेबिलोनी सेनाले राजा सिदकियाहलाई खेदे, र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सेना तिनीबाट अलग भएर छरपस्ट भएका थिए;
JER 52:9 र तिनी पक्राउ परे। तब तिनलाई बेबिलोनका राजाकहाँ हमातको सहर रिब्लामा लगियो, जहाँ बेबिलोनका राजाले सिदकियाहमाथि दण्डको घोषणा गरे।
JER 52:10 त्यहाँ रिब्लामा बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाको अगाडि मारे; तिनले यहूदाका सबै अधिकारीहरूलाई पनि मारे।
JER 52:11 त्यसपछि तिनले सिदकियाहका आँखाहरू निकालिदिए; अनि तिनलाई काँसाको साङ्लाले बाँधेर बेबिलोनमा लगे, जहाँ तिनले सिदकियाहको मृत्यु नहोउन्जेलसम्म उनलाई झ्यालखानामा राखे।
JER 52:12 बेबिलोनका राजा नबूकदनेसरको उन्‍नाइसौँ वर्षको पाँचौँ महिनाको दशौँ दिनमा, राजकीय अङ्गरक्षकहरूका सेनापति नबूजरदान जसले बेबिलोनका राजाको सेवा गर्थे, यरूशलेममा आए।
JER 52:13 तिनले याहवेहको मन्दिर, राजमहल र यरूशलेमका सबै घरहरूमा आगो लगाइदिए। तिनले प्रत्येक मुख्य भवन जलाइदिए।
JER 52:14 बेबिलोनका सम्पूर्ण फौजले राजकीय अङ्गरक्षकहरूका सेनापतिको अधीनमा यरूशलेमका चारैतिरका सबै पर्खालहरू भत्काइदिए।
JER 52:15 अङ्गरक्षकहरूका सेनापति नबूजरदानले केही गरिब मानिसहरू र सहरमा बाँकी रहेकाहरू, साथै सिपालु कारिगरहरू र बेबिलोनका राजाको पछि लाग्ने मानिसहरूलाई कैदी बनाएर निर्वासनमा लगे।
JER 52:16 तर नबूजरदानले देशमा बाँकी रहेका केही अति गरिब मानिसहरूचाहिँ दाखबारी र खेतबारीहरूमा काम गर्नलाई त्यहीँ छोडिदिए।
JER 52:17 बेबिलोनीहरूले याहवेहको मन्दिरमा भएका काँसाका खम्बाहरू, ठेलागाडीहरू र काँसाका खड्कुँलो भत्काइदिए, र सबै काँसाचाहिँ तिनीहरूले बेबिलोनमा लगे।
JER 52:18 तिनीहरूले भाँडाहरू, बेल्चाहरू, सलेदो काट्ने कैँचीहरू, छर्कने बाटाहरू, थाल बटुकाहरू र मन्दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामग्रीहरू लगे।
JER 52:19 राजकीय अङ्गरक्षकका सेनापतिले बाटाहरू, धूपदानीहरू, छर्कने बाटाहरू, भाँडाहरू, सामदानहरू, थाल बटुकाहरू र अर्घबलिको निम्ति प्रयोग गरिने बाटाहरू—निखुर सुन र चाँदीले बनिएका सबै सामग्रीहरू तिनीहरूले लगे।
JER 52:20 ती दुई स्तम्भहरू, खड्कुँलो र त्यसका मुन्तिर भएका काँसाका बाह्र वटा साँढेहरू र याहवेहको मन्दिरको निम्ति सोलोमन राजाले बनाएका गुड्ने आधारहरूबाट जम्मा गरिएका काँसाहरू जसको वजन जोखेर जोख्न नसकिने थिए।
JER 52:21 प्रत्येक स्तम्भ अठार क्यूबिट अग्लो र त्यसको गोलाइ बाह्र क्यूबिटको थियो। प्रत्येक खम्बा चार अङ्गुल बाक्लो मोटाइ र त्यो बीचमा खोक्रो थियो।
JER 52:22 एउटा खम्बाको टुप्पोमा भएको काँसाको टुप्पो पाँच क्यूबिट अग्लो थियो। अनि चारैतिर काँसाका जाली र दारिमको बुट्टाले वरिपरि सिँगारिएको थियो। अर्को खम्बा पनि त्यस्तै दारिम बुट्टाले सजिएको थियो।
JER 52:23 त्यस खम्बाको छेउ-छेउमा छयानब्बे वटा दारिमको बुट्टाहरू थिए; चारैतिरका जालीमाथि भएका दारिमका बुट्टाहरूको संख्या एक सय थियो।
JER 52:24 अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह र दोस्रो दर्जाका पुजारी सपन्याह र तीन जना पहरेदारहरूलाई पनि कैद गरेर लगे।
JER 52:25 सहरमा अझ रहेकाहरूमध्ये तिनले लडाकु मानिसहरूका अधिकृत र सात जना राजकीय सल्‍लाहकारहरूलाई पनि लगे। तिनले देशका मानिसहरूलाई सेनामा तयार गर्ने प्रमुख अधिकारी प्रधान सचिवसहित, सहरमा भेट्टाइएका साठी जना मानिसहरूलाई पनि लगे।
JER 52:26 सेनापति नबूजरदानले तिनीहरू सबैलाई लगे, र बेबिलोनका राजाकहाँ रिब्लामा ल्याए।
JER 52:27 त्यहाँ हमात देशको रिब्लामा राजाले तिनीहरूलाई मारे। यसरी यहूदा आफ्नो देशबाट कैदमा लगियो।
JER 52:28 नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरूको संख्या यही हो: सातौँ वर्षमा, 3,023 यहूदीहरू;
JER 52:29 नबूकदनेसरको शासनकालको अठारौँ वर्षमा यरूशलेमबाट 832 मानिसहरू;
JER 52:30 तिनको शासनकालको तेईसौँ वर्षमा, राजकीय अङ्गरक्षका सेनापति नबूजरदानद्वारा 745 यहूदीहरू निर्वासनमा लगिए।
JER 52:31 यहूदाका राजा यहोयाकीनलाई निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा, एबील-मरोदक बेबिलोनको राजा भएको वर्षमा तिनले बाह्रौँ महिनाको पच्‍चीसौँ दिनमा यहूदाका राजा यहोयाकीनलाई निकाले र झ्यालखानाबाट मुक्त गरिदिए।
JER 52:32 तिनले उनीसित दयापूर्वक कुरा गरे, र आफूसित बेबिलोनमा भएका अरू राजाहरूभन्दा माथिल्‍लो दर्जाको सम्मानको आसन दिए।
JER 52:33 यसकारण यहोयाकीनले आफ्ना कैदका वस्त्रहरू उतारे, र आफ्नो जीवनकालभरि नै राजाका टेबुलमा खाए।
JER 52:34 बेबिलोनका राजाले यहोयाकीनको जीवनकालभरि तिनको मृत्यु नहुन्जेल दिन प्रतिदिन नियमित भत्ता दिए।
LAM 1:1 एक समय मानिसले भरिएको त्यो सहर, अहिले कस्तो सुनसान भएको छ! त्यो सहर एक समयमा राष्ट्रहरूको बीचमा महान् राजकुमारी थिई, अहिले त्यो विधवाजस्ती भएकी छे! प्रदेशहरूको बीचमा त्यो रानीजस्ती थिई, अहिले दासत्वमा परेकी छे।
LAM 1:2 रातभरि त्यो धुरुधुरु रुन्छे; त्यसका गालामा आँसु बगिरहन्छ। त्यसका सबै प्रेमीहरूमध्ये त्यसलाई सान्त्वना दिने कोही पनि छैन। त्यसका सबै साथीहरूले त्यसलाई विश्‍वासघात गरेका छन्; तिनीहरू सबै त्यसका शत्रु भएका छन्।
LAM 1:3 कष्‍ट र कठोर परिश्रमपछि यहूदालाई निर्वासनमा लगिएको छ। अब त्यो राष्ट्रहरूको बीचमा रहन्छे; त्यसले आराम गर्ने ठाउँ पाउँदिन। त्यसलाई खेद्नेहरू सबैले त्यसलाई आपत् परेकै बेला पक्रेका छन्।
LAM 1:4 सियोनमा जाने बाटोहरूले शोक गर्छन्; किनकि त्यसका तोकिएका चाडहरूमा कोही पनि आउँदैनन्। त्यसका सबै मूलढोकाहरू उजाड भएका छन्; त्यसका पुजारीहरू सुस्केरा हाल्छन्, त्यसका जवान केटीहरू शोक गर्छन्; अनि त्यो कठोर वेदनामा छे।
LAM 1:5 त्यसका शत्रुहरू त्यसका मालिक भएका छन्; त्यसका शत्रुहरू विजयी भएका छन्; त्यसका धेरै पापहरूको कारण याहवेहले त्यसलाई दुःखमा पार्नुभएको छ। त्यसका छोराछोरीहरू शत्रुहरूकै सामु निर्वासनमा लगिएका छन्।
LAM 1:6 सियोनकी छोरीबाट सबै गौरव हटिसकेको छ। त्यसका राजकुमारहरू घाँसे खर्क नपाएका कमजोर मृगहरूजस्तै भएका छन्; तिनीहरू दुर्बल भएर तिनीहरूलाई खेद्नेहरूको अगि-अगि भागेका छन्।
LAM 1:7 यरूशलेमले सङ्कष्‍ट र भौँतारिएको बेलामा आफ्ना धनसम्पत्तिको सम्झना गर्दछे, जुन धनसम्पत्ति त्यसका बितेका पुराना दिनहरूमा थिए। जब त्यसका मानिसहरू शत्रुहरूका हातमा परे, तब त्यसलाई मदत दिने कोही पनि थिएन। त्यसका शत्रुहरूले त्यसलाई देखे, र त्यसको विनाशमा ठट्टा गरे।
LAM 1:8 यरूशलेमले घोर अपराध गरेकी छे; यसैकारण त्यो अशुद्ध भएकी छे। त्यसलाई आदर गर्नेहरू सबैले त्यसलाई घृणा गर्छन्; किनकि तिनीहरूले त्यसको नग्नता देखेका छन्; त्यसले सुस्केरा मार्छे, र लाजले आफ्नो मुख लुकाउँछे।
LAM 1:9 त्यसको अशुद्धपन त्यसको फरियामा टाँसिएको थियो; त्यसले आफ्नो भविष्यको बारेमा सम्झिन। त्यसको पतन भयङ्कर थियो; त्यसलाई सान्त्वना दिने कोही पनि थिएन। “हे याहवेह, मेरो सङ्कष्‍टमा मलाई सहायता गर्नुहोस्; किनकि शत्रुहरू विजयी भएका छन्।”
LAM 1:10 त्यसका सबै धनसम्पत्तिहरू शत्रुले हात पारेका छन्; त्यसले यरूशलेमको पवित्रस्थानमा गैरयहूदीहरू प्रवेश गरेको देखेकी छे, जसलाई आफ्नो सभामा पस्‍न तपाईंले निषेध गर्नुभएको थियो।
LAM 1:11 त्यसका सबै मानिसहरू सुस्केरा मार्दै रोटीको खोजी गर्दछन्; तिनीहरू जीवित रहनका निम्ति आफ्ना धनसम्पत्तिहरू खानेकुरासँग साट्दछन्। “हे याहवेह, हेर्नुहोस् र विचार गर्नुहोस्; किनकि म त तुच्छ भएको छु।”
LAM 1:12 “यहाँबाट भएर जाने तिमीहरू सबै, के तिमीहरूलाई यी कुराहरूको वास्ता छैन? चारैतिर आँखा लगाएर हेर। उहाँको भयङ्कर क्रोधको दिनमा उहाँले मलाई दिनुभएको मेरो कष्‍टजस्तो अर्को कुनै कष्‍ट छ?
LAM 1:13 “उहाँले माथिबाट आगो पठाउनुभएको छ; त्यो आगो मेरा हड्डीभित्र सल्किएको छ। उहाँले मेरा पाउका निम्ति जाल फैलाउनुभएको छ, र उहाँले मलाई फर्काउनुभएको छ। उहाँले मलाई उजाड पार्नुभएको छ, र अटुट पीडामा छोड्नुभएको छ।”
LAM 1:14 “मेरा अपराधहरू मेरै जुवामा बाँधिएका छन्; उहाँकै हातद्वारा ती एकसाथ मेरो घाँटीमा बुनिएका छन्। त्यसको भार मेरो घाँटीमा झुण्डाइदिनुभएको छ; अनि प्रभुले मेरो शक्ति घटाइदिनुभएको छ। उहाँले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ, जसको म सामना नै गर्न सक्दिनँ।”
LAM 1:15 प्रभुले मेरो बीचमा रहेका सबै वीर योद्धाहरूलाई इन्कार गर्नुभएको छ; मेरा जवानहरूलाई धुलोपिठो पार्नलाई उहाँले मेरो विरुद्धमा सेना जम्मा गर्नुभएको छ। उहाँले यहूदाका कुमारीहरूलाई आफ्नो दाखको कोलमा पेल्नुभएको छ।
LAM 1:16 “यी सबै कारणले म रुन्छु, र मेरा आँखाबाट आँसुका धारा बग्छन्। मलाई सान्त्वना दिने कोही पनि नजिक छैन, र मेरो आत्मा पुनर्जीवित गर्ने कोही पनि छैन। मेरो शत्रु विजयी भएको कारण मेरा छोराछोरीहरू बेसहारा भएका छन्।”
LAM 1:17 सियोनले आफ्नो हात फैलाउँछे, तर त्यसलाई सान्त्वना दिने कोही पनि छैन। याहवेहले याकोबको विरुद्धमा आज्ञा दिनुभएको छ; त्यसका छिमेकीहरू त्यसका शत्रु होऊन्; यरूशलेम तिनीहरूका बीचमा एक अशुद्ध कुरा भएकी छे।
LAM 1:18 “याहवेह न्यायी हुनुहुन्छ, तर पनि मैले उहाँका आज्ञाको विरुद्धमा विद्रोह गरेँ। हे सारा जातिहरू हो, सुन; मेरो पीडालाई हेर। मेरा जवान मानिस र कुमारीहरू निर्वासनमा लगिएका छन्।
LAM 1:19 “मैले मेरा मित्रहरूलाई बोलाएँ, तर तिनीहरूले मलाई धोका दिए। मेरा पुजारीहरू र मेरा अगुवाहरू आफू जीवित रहनका निम्ति खानेकुरा खोज्दा-खोज्दै सहरमा नै नष्‍ट भए।
LAM 1:20 “हेर्नुहोस्, हे याहवेह, म कस्तो कष्‍टमा छु! मेरो प्राण मभित्र पीडामा मडारिन्छ, र मेरो हृदय व्याकुल छ; किनकि म अति विद्रोही भएको छु। घरबाहिर तरवार नष्‍ट गर्नमा सक्रिय छ भने, घरभित्र पनि मृत्यु मात्र छ।
LAM 1:21 “मानिसहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही पनि छैन। मेरा सबै शत्रुहरूले मेरो कष्‍टको बारेमा सुनेका छन्; तपाईंले जे गर्नुभयो, त्यसमा शत्रुहरू रमाउँछन्। तपाईंले घोषणा गर्नुभएको दण्डको दिन ल्याउनुहोस्, र मेरा शत्रुहरू पनि मजस्तै कष्‍टमा परून्।
LAM 1:22 “शत्रुहरूका सबै दुष्‍ट कामहरू तपाईंको सामु आऊन्; मेरा पापहरूको कारण मसँग जस्तो व्यवहार गर्नुभयो, तिनीहरूसँग पनि त्यस्तै व्यवहार गर्नुहोस्। मेरा सुस्केरा धेरै छन् र मेरो हृदय दुर्बल छ।”
LAM 2:1 प्रभुले आफ्नो रिसको बादलले कसरी सियोनकी छोरीलाई ढाकिदिनुभएको छ! उहाँले इस्राएलको स्वर्गीय गौरवलाई तल पृथ्वीमा खसालिदिनुभएको छ; उहाँले आफ्नो रिसको दिनमा आफ्नो पाउदानलाई सम्झनुभएन।
LAM 2:2 प्रभुले याकोबका सबै वासस्थानहरूलाई दया नदेखाई नष्‍ट पार्नुभयो; उहाँले आफ्नो रिसमा यहूदाका छोरीका बलिया किल्‍लाहरू ध्वस्त गर्नुभयो। उहाँले त्यसको राज्य र त्यसका राजकुमारलाई भुइँको धुलोसँग मिलाएर अपमानित तुल्याउनुभयो।
LAM 2:3 उहाँको डरलाग्दो क्रोधमा इस्राएलको सबै शक्तिलाई उहाँले नष्‍ट पार्नुभयो। उहाँले इस्राएलीहरूको शत्रु नजिक आइपुग्दा, आफ्नो सहयोगी हात पछिल्तिर सार्नुभयो। उहाँ याकोबमाथि दन्केको आगोझैँ दन्कनुभयो, जसले वरिपरिका सबै कुरा भस्म पार्‍यो।
LAM 2:4 उहाँले शत्रुले जस्तै आफ्नो धनुमा ताँदो चढाउनुभएको छ; निशाना लगाउन उहाँको दाहिने हात तयार छ। उहाँले आफ्ना नजरमा प्रिय ठानेकाहरूलाई शत्रुलाई झैँ संहार गर्नुभयो; उहाँले सियोनकी छोरीको पालमा आफ्नो रिस आगोजस्तै बर्साउनुभएको छ।
LAM 2:5 प्रभु शत्रुजस्तै बन्‍नुभएको छ; उहाँले इस्राएललाई निल्नुभएको छ। उहाँले यरूशलेमका सबै महलहरू नष्‍ट गर्नुभएको छ; अनि त्यसका किल्‍लाहरू भत्काइदिनुभएको छ। यहूदाका छोरीको निम्ति उहाँले शोक र विलाप बढाइदिनुभएको छ।
LAM 2:6 उहाँले आफ्नो यरूशलेमको बासस्थानलाई बगैँचाको छाप्रोलाई झैँ भत्काइदिनुभएको छ; अनि उहाँले आफ्नो सभाको स्थानलाई नष्‍ट पारिदिनुभएको छ। याहवेहले सियोनबाट तोकिएका चाडहरू र शब्बाथ दिनहरूको सम्झना मेटिदिनुभएको छ; उहाँले आफ्नो डरलाग्दो क्रोधमा राजा र पुजारी दुवैलाई तिरस्कार गर्नुभएको छ।
LAM 2:7 प्रभुले आफ्नो वेदीलाई इन्कार गर्नुभएको छ, र आफ्नो पवित्रस्थानलाई त्याग्नुभएको छ। उहाँले त्यसका महलका पर्खालहरू शत्रुका हातमा दिनुभएको छ; तिनीहरूले तोकिएको चाडको दिनमा झैँ याहवेहको भवनमा उत्सवको उच्‍च आवाज उठाएका छन्।
LAM 2:8 याहवेहले सियोनको छोरीका वरिपरिको पर्खाल भत्काउने अठोट गर्नुभयो। उहाँले एउटा नाप्‍ने फित्ताले नाप लिनुभयो र त्यसलाई नष्‍ट गर्न आफ्नो हातलाई रोक्नुभएन। उहाँले किल्‍लाहरू र पर्खालहरूलाई विलाप गर्न लगाउनुभयो; अनि ती पर्खालहरू एकैसाथ ढले।
LAM 2:9 त्यसका मूलढोकाहरू जमिनमा भासिए; त्यसका गजबारहरू भत्काएर नष्‍ट पारिए। त्यसका राजा र राजकुमारहरू गैरयहूदीहरूका बीचमा निर्वासित भएका छन्। अब व्यवस्था रहँदैन, न त तिनीहरूका अगमवक्ताहरूले याहवेहबाट कुनै दर्शन नै पाउँछन्।
LAM 2:10 सियोनका छोरीका धर्मगुरुहरू चुपचाप भुइँमा बसेका छन्; तिनीहरूले आफ्ना शिरमा धुलो छरेका छन्, र भाङ्ग्राका वस्त्र पहिरिएका छन्। यरूशलेमका कुमारीहरूले आफ्नो शिर भुइँतिर झुकाएका छन्।
LAM 2:11 मेरा आँखा रुँदा-रुँदा टट्टाइसकेका छन्, मेरो प्राण मभित्र व्याकुल छ; मेरो हृदय छिया-छिया भएको छ; किनकि मेरा मानिसहरू नष्‍ट भएका छन्; अनि बालबालिकाहरू र दुधे बच्‍चाहरू सहरका गल्‍लीहरूमा बेहोश भएका छन्।
LAM 2:12 जब तिनीहरू गल्‍लीहरूमा घाइते ढलेझैँ ढल्छन्, जब तिनीहरूको प्राण आफ्ना आमाका काखमा शिथिल हुन्छन्, तब आफ्ना आमाहरूलाई यसो भन्छन्, “खोइ, भोजन र दाखमद्य कहाँ छन्?”
LAM 2:13 हे यरूशलेमकी छोरी, तँलाई म के भनूँ? म तँलाई केसँग तुलना गरूँ? हे सियोनकी कुमारी छोरी, म तँलाई केसँग तुलना गरूँ? ताकि म तँलाई सान्त्वना दिन सकूँ? तेरो विनाशको चोट सागरझैँ गहिरो छ। तँलाई कसले निको पार्न सक्ला?
LAM 2:14 तिमीहरूका अगमवक्ताहरूका दर्शनहरू झूटा र व्यर्थका थिए; तँलाई कैदमा जानबाट जोगाउनलाई तिनीहरूले तेरो पाप प्रकट गरिदिएनन्। बरु तिनीहरूले तेरा लागि झूटो र भ्रामक ईश्‍वरवाणी गरे।
LAM 2:15 तेरो बाटो छेउभएर जाने मानिसहरू सबैले तँलाई खिसी गर्दै ताली बजाउँछन्; यरूशलेमकी छोरीको विरुद्ध खिसी गर्दै टाउको हल्‍लाउँछन्: “के यो त्यही सहर हो, जसलाई अति सुन्दर र सारा पृथ्वीको आनन्द भनेर चिनिन्थ्यो?”
LAM 2:16 तेरा सबै शत्रुहरू आफ्ना मुख खोलेर तेरो विरुद्धमा बोल्छन्; तिनीहरूले खिसी गर्छन्; आफ्ना दाह्रा किट्छन्, र भन्छन्, “हामीले त्यसलाई निलिसक्यौँ। हामीले प्रतीक्षा गरेको दिन यही हो; हामी यो दिन हेर्नलाई नै बाँचेका थियौँ।”
LAM 2:17 याहवेहले जे योजना गर्नुभएको थियो; उहाँले त्यही आफ्नो वचन पूरा गर्नुभएको छ, जुन वचन उहाँले धेरै समयअगि घोषणा गर्नुभएको थियो। उहाँले तँलाई दयाविना ध्वस्त गर्नुभएको छ; उहाँले तेरा शत्रुहरूलाई तँमाथि रमाउन दिनुभएको छ, र उहाँले तेरा शत्रुहरूका सिङ उच्‍च पारिदिनुभएको छ।
LAM 2:18 मानिसका हृदयले प्रभुलाई चर्को सोरले पुकार्दछन्। हे सियोनकी छोरीको पर्खाल, तेरो आँसु नदीझैँ दिनरात बगोस्; तैँले आफूलाई अलिकति पनि विश्राम नदे! अनि आफ्ना आँखाहरूलाई पनि आराम नदे।
LAM 2:19 जब रातको पहिलो पहर सुरु हुन्छ, तब रातभरि उठेर करा; तेरो हृदय पानीझैँ प्रभुको उपस्थितिमा पोख्। तेरा बालबालिकाको जीवनको निम्ति आफ्ना हातहरू उहाँतिर उठा, ती बालकहरू, जो हरेक गल्‍लीका मोडमा भोकले मूर्च्छा परेका छन्।
LAM 2:20 “हे याहवेह हेर्नुहोस् र विचार गर्नुहोस्: तपाईंले कोसँग यस्तो व्यवहार गर्नुभएको छ? के स्त्रीहरूले आफ्ना सन्तानहरूलाई, आफूले स्याहारेका आफ्नै गर्भका फलहरूलाई खाऊन्? के प्रभुका पवित्रस्थानका पुजारीहरू र अगमवक्ताहरू दुवै मारिऊन्?
LAM 2:21 “बुढापाका र जवानहरू सडकको धुलोमा एकसाथ लडिरहेका छन्; मेरा जवान केटा र केटीहरू शत्रुका तरवारले मारिएका छन्। तपाईंको क्रोधको दिनमा तपाईंले तिनीहरूलाई मार्नुभएको छ; तपाईंले तिनीहरूलाई नटिठ्याई मार्नुभएको छ।
LAM 2:22 “तपाईंले चाडको दिनमा मानिसहरूलाई बोलाएझैँ, तपाईंले चारैतिरबाट मेरो विरुद्धमा त्रास निम्त्याउनुभयो। याहवेहको क्रोधको दिनमा कोही पनि भाग्न वा बाँच्न सकेनन्; जसलाई मैले हुर्काएँ र स्याहारेँ; तिनीहरूलाई मेरा शत्रुहरूले सर्वनाश गरेका छन्।”
LAM 3:1 याहवेहको क्रोधको लाठोद्वारा दुःख भोग्ने मानिस म नै हुँ।
LAM 3:2 उहाँले मलाई खेद्नुभयो, र उज्यालोको सट्टा अन्धकारमा हिँड्न लगाउनुभएको छ;
LAM 3:3 वास्तवमा उहाँले आफ्नो हात दिनभरि नै घरी-घरी मेरो विरुद्धमा उठाउनुभएको छ।
LAM 3:4 उहाँले मेरो छाला र मासु धुजा-धुजा पारिदिनुभएको छ; अनि मेरा हड्डीहरू भाँचिदिनुभएको छ।
LAM 3:5 उहाँले मलाई तितोपना र कष्‍टले चारैतिर घेरेर कब्जामा पार्नुभएको छ।
LAM 3:6 उहाँले मलाई धेरै अगि मरेकाहरूलाईझैँ अन्धकारमा राख्नुभएको छ।
LAM 3:7 म भाग्न नसकूँ भनेर उहाँले मेरो चारैतिर पर्खालले घेर्नुभएको छ; उहाँले मलाई गह्रौँ साङ्लाले बाँध्नुभएको छ।
LAM 3:8 मैले उहाँलाई सहायताको निम्ति पुकार्दा र रुँदा पनि उहाँले मेरो प्रार्थनालाई इन्कार गर्नुभयो।
LAM 3:9 उहाँले ठूला-ठूला ढुङ्गाले मेरो बाटो थुनिदिनुभएको छ; उहाँले मेरो बाटो बाङ्गो-टिङ्गो बनाइदिनुभएको छ।
LAM 3:10 आक्रमण गर्नलाई ढुकिरहेको भालुजस्तै र लुकिरहेको सिंहले जस्तै
LAM 3:11 उहाँले मलाई बाटोबाट घिसारेर लैजानुभयो, र उहाँले मलाई टुक्रा-टुक्रा पार्नुभयो र सहाराहीन तुल्याउनुभयो।
LAM 3:12 उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै उहाँको काँडको निसाना बनाउनुभयो।
LAM 3:13 उहाँले आफ्नो ठोक्रोको काँडले मेरो मुटु छेडिदिनुभयो।
LAM 3:14 म सबै मानिसहरूको हाँसोको पात्र भएको छु; दिनभरि नै म तिनीहरूको गिल्‍लाको गीत भएको छु।
LAM 3:15 उहाँले मलाई तितो जडीबुटीले भरिदिनुभयो र पित्त पिउन दिनुभयो।
LAM 3:16 उहाँले रोडा चपाउन लगाएर मेरा दाँतहरू भाँचिदिनुभयो; उहाँले मलाई धुलोमा कुल्चीमिल्ची गर्नुभयो।
LAM 3:17 मेरो आत्माबाट शान्ति खोसिएको छ; सुख के हो, त्यो मैले बिर्सिसकेको छु।
LAM 3:18 यसकारण म भन्दछु, “मेरो गौरव र मैले याहवेहबाट गरेको आशा टुटिसकेको छ।”
LAM 3:19 म मेरो कष्‍ट र मेरो घरविहीनको अवस्था, तितोपन र पित्तको स्मरण गर्दछु।
LAM 3:20 म तिनीहरूलाई राम्ररी स्मरण गर्दछु, र मेरो आत्मा मभित्र हताश हुन्छ।
LAM 3:21 तर पनि जब म यो कुरा स्मरण गर्दछु, तब यसैले मलाई आशा दिन्छ:
LAM 3:22 याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ; किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन।
LAM 3:23 हरेक बिहान ती नयाँ भएर आउँछन्; तपाईंको विश्‍वसनीयता महान् छ।
LAM 3:24 म आफूलाई भन्दछु, “याहवेह मेरो सर्वस्व हुनुहुन्छ; यसैकारण म उहाँको प्रतीक्षा गर्नेछु।”
LAM 3:25 याहवेहमा आशा राख्नेहरू र उहाँको खोजी गर्नेहरूसँग उहाँ भलो हुनुहुन्छ;
LAM 3:26 याहवेहको उद्धारका निम्ति चुपचाप प्रतीक्षा गर्नु असल कुरा हो।
LAM 3:27 आफ्नो जवान अवस्थामा नै जुवा बोक्नु मानिसका निम्ति असल हुन्छ।
LAM 3:28 त्यो एकलै शान्त भएर बसोस्; किनकि याहवेहले त्यसलाई जुवा बोकाउनुभएको छ।
LAM 3:29 त्यसले आफ्नो मुख भुइँसम्म झुकाओस्, अझै पनि त्यसमा आशा होस्।
LAM 3:30 उसलाई प्रहार गर्नेलाई त्यसले आफ्नो गाला थापिदिओस्; अनि त्यसले अपमान गिल्‍ला सहँदै रहोस्।
LAM 3:31 किनकि प्रभुले मानिसलाई सधैँभरिको निम्ति कहिल्यै पनि त्याग्नुहुनेछैन।
LAM 3:32 उहाँले दुःख दिनुभए तापनि उहाँले कृपा देखाउनुहुन्छ; किनकि उहाँको अटुट प्रेम अति महान् छ।
LAM 3:33 किनकि उहाँले स्वइच्छाले कसैमाथि पनि दुःख वा कष्‍ट दिनुहुन्‍न।
LAM 3:34 यहूदा देशका सबै कैदीहरूलाई पैतालामुनि कुल्चँदा,
LAM 3:35 सर्वोच्‍च परमेश्‍वरको सामु मानिसको अधिकार खोसिँदा,
LAM 3:36 र तिनीहरूले न्याय नपाउँदा के यी सबै कुराहरू प्रभुले देख्न सक्नुहुन्‍न र?
LAM 3:37 प्रभुले आज्ञा गर्नुभएन भने कसले पो बोलेको कुरा पूरा गर्न सक्छ?
LAM 3:38 के सर्वोच्‍चका मुखबाट नै विपत्ति र असल कुरा दुवै आउँदैनन् र?
LAM 3:39 जीवित मानिसले आफ्ना पापको दण्ड पाउँदा किन गनगन गर्नु?
LAM 3:40 हामीले हाम्रा चालहरू जाँच गरेर हेरौँ, र हामी याहवेहतिर फर्कौँ।
LAM 3:41 हामी हाम्रा हात र हृदय स्वर्गका परमेश्‍वरतिर उचालौँ र भनौँ:
LAM 3:42 “हामीले पाप गरेका छौँ र विद्रोह गरेका छौँ, अनि तपाईंले क्षमा गर्नुभएको छैन।
LAM 3:43 “तपाईं क्रोधले भरिनुभयो र हामीलाई खेद्नुभयो; तपाईंले हामीलाई निर्दयतापूर्वक मार्नुभयो।
LAM 3:44 तपाईंले आफैँलाई बादलले ढाक्नुभएको छ, ताकि तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस्।
LAM 3:45 तपाईंले हामीलाई राष्ट्रहरूका बीचमा फोहोर-कसिङ्गरको थुप्रोझैँ बनाउनुभएको छ।
LAM 3:46 “हाम्रा सबै शत्रुहरूले ठूलो मुख खोलेर हाम्रा विरुद्धमा बोलेका छन्।
LAM 3:47 हामीले त्रास र खतराको पासो, नाश र विनाशको कष्‍ट भोगेका छौँ।”
LAM 3:48 मेरा आँखाबाट आँसुका धारा निरन्तर बग्दछन्; किनकि मेरा मानिसहरू सर्वनाश भएका छन्।
LAM 3:49 मेरा आँखाबाट आँसु नरोकी, निरन्तर बगिरहनेछ,
LAM 3:50 जबसम्म याहवेहले स्वर्गबाट तल हेर्नुहुन्‍न र देख्नुहुन्‍न।
LAM 3:51 मैले देखेको कुराले मलाई शोकित बनाउँदछ; किनकि म मेरो सहरका सबै स्त्रीहरूको दुर्दशा देख्छु।
LAM 3:52 मेरा शत्रुहरूले विनाकारण मलाई चरालाई झैँ शिकार गरिहिँडे।
LAM 3:53 तिनीहरूले एउटा खाडलमा मेरो जीवनको अन्त्य गर्न खोजे र मलाई ढुङ्गाले हाने;
LAM 3:54 पानी मेरो टाउकोसम्म नै आइपुग्यो; तब मैले सोचेँ कि अब मेरो अन्त्य आइपुग्यो।
LAM 3:55 हे याहवेह, मैले खाडलको गहिराइबाट, तपाईंको नाममा पुकारेँ।
LAM 3:56 तपाईंले मेरो बिन्ती सुन्‍नुभयो: “छुटकाराको मेरो पुकारप्रति आफ्नो कान बन्द नगर्नुहोस्!”
LAM 3:57 मैले पुकारेको दिनमा तपाईं मेरो छेउमा आउनुभयो, र तपाईंले भन्‍नुभयो, “नडरा!”
LAM 3:58 हे प्रभु, तपाईंले मेरो मुद्दाहरू लिएर लड्नुभयो; र तपाईंले मेरो जीवनको उद्धार गर्नुभयो।
LAM 3:59 हे याहवेह, तपाईंले ममाथि भएको अत्याचार देख्नुभएको छ। मेरो न्याय गरिदिनुहोस्!
LAM 3:60 तिनीहरूले मसित लिएको बदलाको गहिराइ र मेरो विरुद्धमा गरेका सबै युक्तिहरू देख्नुभएको छ।
LAM 3:61 हे याहवेह, तिनीहरूले ममाथि गरेका अपमान र तिनीहरूका सबै युक्तिहरू तपाईंले सुन्‍नुभएको छ;
LAM 3:62 मेरा शत्रुहरूले दिनभरि मेरो विरुद्धमा गरेका कानेखुसी र गनगनलाई सुन्‍नुभएको छ।
LAM 3:63 तिनीहरूको उठाइ र बसाइ हेर्नुहोस्! तिनीहरू गीत गाएर मेरो गिल्‍ला गर्दछन्।
LAM 3:64 हे याहवेह, तिनीहरूका हातले जे गरेका छन्, तिनीहरूले पाउनुपर्ने उचित दण्ड तिनीहरूलाई दिनुहोस्।
LAM 3:65 तिनीहरूका हृदयमा पर्दा लगाइदिनुहोस्; अनि तपाईंको श्राप तिनीहरूमाथि परोस्!
LAM 3:66 हे याहवेह, आफ्नो रिसमा तिनीहरूलाई खेद्नुहोस्, र तपाईंको स्वर्गमुनिबाट नाश गर्नुहोस्!
LAM 4:1 सुनले कसरी आफ्नो चमक हरायो! निखुर सुन कसरी फिक्‍का भएको छ! हरेक पवित्र पत्थरहरू सडकको कुनामा छरपस्ट भएका छन्।
LAM 4:2 सियोनका बहुमूल्य छोराहरू, जो एक पटक सुन जत्तिकै उत्कृष्‍ट थिए, तर अहिले तिनीहरू कुमालेका हातले बनेका माटाका भाँडा समान गनिएका छन्!
LAM 4:3 स्यालका माउले पनि तिनीहरूका बच्‍चालाई आफ्ना स्तनपान गराउँछन्, तर मेरा प्रजा मरुभूमिका शुतुरमुर्गजस्तै हृदयविहीन भएका छन्।
LAM 4:4 किनकि दुधे बालकको जिब्रो तिर्खाले त्यसको मुखको तालुमा टाँसिन्छ; केटाकेटीहरूले खानेकुरा माग्छन्, तर कसैले पनि तिनीहरूलाई केही दिँदैनन्।
LAM 4:5 कुनै समय मिठा-मिठा खानेकुरा खानेहरू अहिले सडकहरूमा बेसहारा भएका छन्। राजकीय बैजनी वस्त्र पहिरेर हुर्केकाहरू अहिले खरानीको घुरानमा बसिरहेका छन्।
LAM 4:6 मेरो प्रजाको दण्ड सदोमको दण्डभन्दा ठूलो छ, जुन सहर क्षणभरमा विनाश भयो, जसलाई गुहार गर्ने मान्छे एउटै पनि भएन।
LAM 4:7 त्यसका राजकुमारहरू हिउँभन्दा चम्किला र दूधभन्दा सेता थिए; तिनीहरूको शरीर बहुमूल्य रत्नमणीभन्दा राता र तिनीहरूको रूप नीलमणिको जस्तो तेजस्वी थियो।
LAM 4:8 तर अहिले तिनीहरूको रूप मोसोभन्दा कालो भएको छ; तिनीहरू सडकहरूमा चिनिँदैनन्। तिनीहरूका छाला हड्डीहरूमा टाँसिएको छ; त्यो काठझैँ सुक्खा भएको छ।
LAM 4:9 अनिकालले मर्नेहरूभन्दा तरवारले मारिएकाहरू झन् असल हुन्छन्; तिनीहरू जमिनका फसलको अभाव र भोकले पीडित भएर सुक्दै गइरहेका छन्।
LAM 4:10 जब मेरा प्रजाहरू सर्वनाश भइरहेका थिए, तब दयालु हृदय भएका स्त्रीहरूले पनि आफ्नै हातले आफ्ना छोराछोरीहरूलाई पकाए; आफ्नै सन्तानहरू तिनीहरूका भोजन भए।
LAM 4:11 याहवेहले आफ्नो क्रोध पूर्ण रूपमा प्रकट गर्नुभएको छ; उहाँले आफ्नो भयङ्कर रिस पोख्नुभएको छ। उहाँले सियोनमा रिसको आगो सल्काउनुभएको छ, र आगोले त्यसका जगहरू भस्म भएको छ।
LAM 4:12 कुनै पनि शत्रु र विरोधीहरू यरूशलेमका मूलढोकाहरूबाट भित्र पस्लान् भनी न पृथ्वीका राजाहरूले, न त संसारका कुनै मानिसले नै विश्‍वास गरेका थिए।
LAM 4:13 तर त्यस देशका अगमवक्ताहरूका पाप र पुजारीहरूका अपराधको कारणले गर्दा त्यसो भएको हो। तिनीहरूले यरूशलेमभित्र धर्मीहरूका रगत बगाएका थिए।
LAM 4:14 अहिले तिनीहरू अन्धा मानिसहरूजस्ता सडकहरूमा छामछुम गरेर हिँड्छन्। तिनीहरू रगत लागेर यति अशुद्ध भएका छन्, कि तिनीहरूका वस्त्रहरू कसैले पनि छुन चाहँदैनन्।
LAM 4:15 मानिसहरूले अगमवक्ता र पुजारीहरूलाई कराएर भन्छन्, “टाढा जाओ! तिमीहरू अशुद्ध छौ!” “टाढा जाओ! टाढा जाओ! हामीलाई नछोओ!” जब तिनीहरू भगुवा र फिरन्ते भए, तब राष्ट्रहरूको बीचमा विदेशी मानिसहरूले यसो भने, “तिनीहरू अब हामीसित बसोबास गर्न पाउनेछैनन्।”
LAM 4:16 याहवेह आफैँले तिनीहरूलाई छरपस्ट पार्नुभएको छ; अब उहाँले तिनीहरूको वास्ता गर्न छोड्नुभएको छ। न पुजारीहरूलाई सम्मान दिइएको छ, न त अगुवाहरूलाई नै कृपादृष्‍टि देखाइएको छ।
LAM 4:17 गुहारका निम्ति व्यर्थै बाटो हेर्दा-हेर्दा हाम्रा आँखा टट्टाइसके; हामीले आफ्नो धरहराबाट यस्तो राष्ट्रको बाटो हेरिबस्यौँ, जसले हामीलाई बचाउन सकेन।
LAM 4:18 मानिसहरूले हाम्रो हरेक पाइलाको सुराकी गरेको कारण हामी आफ्ना बाटोहरूमा पनि हिँड्न सकेनौँ। हाम्रो अन्त्य नजिक थियो, हाम्रा दिनहरूको गन्ती भइसकेको थियो; किनकि हाम्रो अन्त्यको समय आइपुगेको थियो।
LAM 4:19 हामीलाई खेदो गर्नेहरू आकाशका चीलहरूभन्दा पनि फूर्तिला थिए; तिनीहरूले हामीहरूलाई पर्वतहरूमा खेदे, र मरुभूमिमा हामीलाई ढुकेर बसे।
LAM 4:20 याहवेहको अभिषिक्त राजा, हाम्रो जीवनको सास, तिनकै पासोमा थियो। हामीले सोच्यौँ कि राजाकै छायामुनि हामी राष्ट्रहरूका बीचमा सुरक्षित बसोबास गर्नेछौँ।
LAM 4:21 हे ऊज देशमा बसोबास गर्ने एदोमकी छोरी, रमा र आनन्दित हो। तर पनि त्यो कचौरा तँलाई पिउनलाई दिइनेछ; त्यो कचौरा पिएर तँ मात्तिनेछस्, र आफैँलाई नाङ्गो पार्नेछस्।
LAM 4:22 हे सियोनकी छोरी, तेरो दण्डको अन्त्य हुनेछ; उहाँले तेरो निर्वासनको अवधि लम्ब्याउनुहुनेछैन। तर हे एदोमकी छोरी, उहाँले तेरो पापको दण्ड दिनुहुनेछ; अनि उहाँले तेरो दुष्‍टता प्रकट गरिदिनुहुनेछ।
LAM 5:1 हे याहवेह, हामीमाथि के आइपरेको छ, त्यो सम्झनुहोस्; हेर्नुहोस्, हामी कति अपमानित भएका छौँ।
LAM 5:2 हाम्रो उत्तराधिकार अपरिचितहरूलाई र हाम्रा घर विदेशीहरूलाई सुम्पिइएको छ।
LAM 5:3 हामी बुबाविहीन भएका छौँ; हाम्रा आमाहरू विधवाहरूजस्ता भएका छन्।
LAM 5:4 आफ्नै पिउने पानी पनि हामीले दाम तिरेर पिउनुपर्छ; हाम्रो आफ्नै दाउरा पनि दाम तिरेर किन्‍नुपर्छ।
LAM 5:5 हामीलाई खेद्नेहरू हाम्रा पाइलाहरूमै छन्; हामी थाकेका छौँ र विश्राम पाएका छैनौँ।
LAM 5:6 हाम्रो पेट भर्नका लागि हामीले आफैँलाई इजिप्ट र अश्शूरका अधीनमा सुम्पिदियौँ।
LAM 5:7 हाम्रा पितापुर्खाले पाप गरे, र मरेर गए; तर हामीले तिनीहरूका पापको दण्ड भोगिरहेका छौँ।
LAM 5:8 दासहरूले हामीमाथि शासन गर्दछन्; अनि तिनीहरूका हातबाट हामीलाई छुटकारा दिने कोही पनि छैन।
LAM 5:9 मरुभूमिमा तरवार भिरेका शत्रुहरू भएकोले हामीले आफ्नो जीवनको खतरा मोलेर रोटी जुटाउँछौँ,
LAM 5:10 हामीलाई भोकले गर्दा ज्वरो आएको छ, र हाम्रो छाला चुल्होझैँ रन्केको छ।
LAM 5:11 सियोनमा स्त्रीहरू र यहूदाका सहरहरूमा कुमारीहरू बलात्कारको शिकार भएका छन्।
LAM 5:12 शासकहरूको हात बाँधेर तिनीहरूलाई झुण्ड्याइएको छ; अगुवाहरूलाई अलिकति पनि इज्जत दिइएको छैन।
LAM 5:13 जवान मानिसहरू जाँतो पिँध्न बाध्य छन्; अनि जवान केटाहरू दाउराका भारीले थिचिएर लड्बडाउँदै हिँड्छन्।
LAM 5:14 अगुवाहरू सहरका मूलढोकामा भेला हुन छोडेका छन्; जवान केटाहरूले आफ्ना सङ्गीत छोडिदिएका छन्।
LAM 5:15 हाम्रा हृदयबाट आनन्द गइसक्यो; हाम्रो नाच शोकमा बदली भइसक्यो।
LAM 5:16 हाम्रा शिरबाट मुकुट खसेको छ। हामीलाई धिक्‍कार छ; किनभने हामीले पाप गरेका छौँ!
LAM 5:17 यसले गर्दा हाम्रा हृदय मूर्छित भएका छन्; यी कुराहरूले गर्दा हाम्रा आँखा धमिला भएका छन्;
LAM 5:18 किनकि सियोन पर्वत उजाड भएको छ; अनि त्यहाँ स्यालहरू शिकार खोज्दै यताउति घुमिहिँड्छन्।
LAM 5:19 हे याहवेह, तपाईं अनन्तकालसम्म राज्य गर्नुहुन्छ; तपाईंको सिंहासन पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
LAM 5:20 तपाईंले हामीलाई किन सधैँ बिर्सनुहुन्छ? तपाईंले हामीलाई किन यति लामो समयसम्म त्याग्नुहुन्छ?
LAM 5:21 यदि तपाईंले हामीलाई पूर्णतया इन्कार गर्नुभएको छैन र तपाईं हामीसित औधी रिसाउनुभएको छैन भने,
LAM 5:22 हे याहवेह, हामीलाई तपाईंमा पुनर्स्थापित गर्नुहोस्, र हामी तपाईंकहाँ फर्कन सकौँ; हाम्रा दिनहरू पहिलेको जस्तै नयाँ बनाइदिनुहोस्।
EZE 1:1 तीसौँ वर्षको चौथो महिनाको पाँचौँ दिनमा, जब म कबार नदीको छेउमा निर्वासन गरेर लगिएका यहूदी कैदीहरूसँग थिएँ, तब स्वर्ग खोलियो र मैले परमेश्‍वरको दर्शन देखेँ।
EZE 1:2 त्यस महिनाको पाँचौँ दिन, राजा यहोयाकीन बेबिलोनको निर्वासनमा लगिएको पाँचौँ वर्ष थियो।
EZE 1:3 बेबिलोनीहरूको देशमा कबार नदीको किनारमा याहवेहको वचन बूजीका छोरा पुजारी इजकिएलकहाँ आयो। त्यहाँ याहवेहको हात तिनीमाथि थियो।
EZE 1:4 जब मैले हेरेँ, उत्तर दिशाबाट एउटा आँधीबेहरी—चम्कँदै गरेको बिजुलीसहित अति चहकिलो ज्योतिले घेरिएको एउटा विशाल बादल आइरहेको देखेँ। आगोको बीच भागमा चाहिँ बल्दैगरेको चहकिलो काँसाको धातुजस्तै देखिन्थ्यो।
EZE 1:5 अनि त्यस आगोमा चार जीवित प्राणीहरूजस्ता केही देखिन्थ्यो। तिनीहरूको आकार हेर्दा एउटा मानिसको जस्तो थियो;
EZE 1:6 तर ती हरेक प्राणीका चार वटा अनुहार र चार वटा पखेटाहरू थिए।
EZE 1:7 तिनीहरूका खुट्टाहरू सीधा थिए; तिनीहरूका पैताला बाछाका खुरझैँ र टल्काइएका काँसाझैँ टल्कन्थे।
EZE 1:8 ती चारै प्राणीहरूका पखेटामुनि चारैपट्टि मानिसका हातहरू थिए। ती चारै प्राणीका अनुहार र पखेटाहरू थिए।
EZE 1:9 अनि एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो। तिनीहरू हरेक यताउता नमोडि सीधा अगाडि बढ्थे।
EZE 1:10 ती चारै वटा प्राणीहरूका अनुहार यस्ता देखिन्थे: हरेकको एउटा अनुहार मानिसको जस्तो थियो; अनि हरेकको दाहिनेपट्टिको अनुहार सिंहको जस्तै थियो; अनि देब्रेपट्टिको अनुहार गोरुको जस्तै थियो; अनि हरेकको पछाडिपट्टिको अनुहार चीलको जस्तो थियो।
EZE 1:11 तिनीहरूका अनुहार यस्तै थिए। ती प्राणीहरूका दुई वटा पखेटाहरू माथितिर फैलिएका थिए। हरेक प्राणीका दुई वटा पखेटाहरूले दुवैतिर एउटा पखेटाले अर्को प्राणीको पखेटामा छोइरहेको थियो; अनि तिनीहरू हरेकले आफ्ना दुई वटा पखेटाले आफ्ना शरीर ढाकेका थिए।
EZE 1:12 ती हरेक जीवित प्राणी चारै दिशापट्टि सीधा अगाडि बढ्थे। आत्मा जता-जता जान्थे, तिनीहरू त्यतै जान्थे; तिनीहरू यताउता नफर्की अगाडि बढ्थे।
EZE 1:13 ती चार जीवित प्राणीहरूका रूप आगोका बल्दैगरेको कोइलाजस्तो अथवा राँकोजस्तो देखिन्थ्यो। ती प्राणीहरूका बीचमा बलिरहेको आगो यताउता जान्थ्यो; त्यो चहकिलो थियो र त्यसबाट बिजुली निस्कन्थ्यो।
EZE 1:14 ती जीवित प्राणीहरू बिजुलीको चमकजस्तै यताउता वेगसित दौडन्थे।
EZE 1:15 जब मैले ती जीवित प्राणीहरूलाई हेर्दैथिएँ, ती चार वटा अनुहार भएका जीवित प्राणीहरूको छेउमा जमिनमाथि एक-एक वटा चक्‍का थियो।
EZE 1:16 ती चारै वटा चक्‍काहरूका आकार र बनावट यस्तो थियो: तिनीहरू चम्किलो पुष्परागजस्तै थिए; अनि ती चारै एकसमान देखिन्थे। ती चक्‍काहरूको बनावटचाहिँ एउटा चक्‍काको बीचमा अर्को चक्‍का वारपार भएजस्तो थियो।
EZE 1:17 ती चक्‍काहरू जीवित प्राणीहरू फर्केका चार दिशाहरूमध्ये कुनै पनि दिशातर्फ जान सक्थे; जब ती प्राणीहरू अगाडि बढ्थे, तब चक्‍काहरू पनि अर्को दिशातिर यताउता नफर्की अगाडि बढ्थे।
EZE 1:18 ती चक्‍काहरूका घेरा अग्ला र डरलाग्दा थिए; अनि चारै वटा घेराहरूका वरिपरि आँखै-आँखाहरूले घेरिएका थिए।
EZE 1:19 जब ती जीवित प्राणीहरू अगाडि बढ्थे, तब तिनीहरूका छेउमा भएका चक्‍काहरू पनि अगाडि बढ्थे; अनि ती जीवित प्राणीहरू जमिनबाट उठ्दा ती चक्‍काहरू पनि माथि उठ्थे।
EZE 1:20 आत्मा जता-जता जान्थे, तिनीहरू पनि त्यतैतिर नै जान्थे; अनि ती चक्‍काहरू तिनीहरूसितै माथि उठ्थे; किनकि ती जीवित प्राणीहरूका आत्मा ती चक्‍काहरूमा थियो।
EZE 1:21 जब ती प्राणीहरू अगाडि बढ्थे, तब चक्‍काहरू पनि अगाडि बढ्थे; जब ती प्राणीहरू खडा हुन्थे, तब ती चक्‍काहरू पनि खडा हुन्थे; अनि जब ती प्राणीहरू जमिनबाट माथि उढ्थे, तब ती चक्‍काहरू तिनीहरूसितै उढ्थे; किनकि ती जीवित प्राणीहरूको आत्मा ती चक्‍काहरूमा थिए।
EZE 1:22 ती जीवित प्राणीहरूका शिरमाथि हिउँझैँ चम्किलो, डरलाग्दो अन्तर देखिन्थ्यो।
EZE 1:23 त्यस अन्तरमुनि तिनीहरूका पखेटाहरू एउटाको पखेटाले अर्काको पखेटालाई छुने गरी सीधै फैलिएका थिए। हरेकसँग तिनीहरूका शरीरलाई छोप्ने दुई वटा पखेटाहरू पनि थिए।
EZE 1:24 जब ती प्राणीहरू अगाडि बढ्थे, तब वेगसित बगिरहेका पानीको गर्जनजस्तो, सर्वशक्तिमान्‌को आवाजजस्तो, सेनाको होहल्‍लाजस्तो, तिनीहरूका पखेटाहरूको आवाज मैले सुन्थे। जब तिनीहरू खडा हुन्थे, तब तिनीहरूले आफ्ना पखेटाहरू तल झार्थे।
EZE 1:25 जब तिनीहरू आफ्ना पखेटा तल झारेर उभिरहेका थिए, तब तिनीहरूका शिरमाथिको अन्तरबाट एउटा आवाज आयो।
EZE 1:26 तिनीहरूका शिरमाथि भएको अन्तरमाथि नीलमणिको सिंहासनजस्तो देखिन्थ्यो; अनि मास्तिर त्यस सिंहासनमा मानिसको जस्तै एउटा आकृति थियो।
EZE 1:27 मैले तिनको कम्मरदेखि मास्तिर आगोले भरिएको बल्दैगरेको चम्किलो धातुजस्तो देखेँ; अनि कम्मरदेखि मुन्तिर पनि आगोजस्तै देखिन्थ्यो; अनि तिनको वरिपरि चम्किलो ज्योतिले घेरिराखेको थियो।
EZE 1:28 पानी परेको दिन बादलमा इन्द्रेणी देखिएजस्तै तिनका वरिपरि चम्किलो ज्योति थियो। याहवेहको महिमाको प्रतिरूपको रूप यसरी देखा पर्‍यो। जब मैले त्यो देखेँ, म घोप्टो परेर भुइँमा लडेँ; अनि मैले कोही बोलिरहेको सोर सुनेँ।
EZE 2:1 उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, आफ्नो खुट्टामा उभी, म तँसित कुरा गर्नेछु।”
EZE 2:2 जब परमेश्‍वर मसँग बोल्नुभयो, तब उहाँको आत्मा मभित्र आउनुभयो र मलाई आफ्नो खुट्टामा उभ्याउनुभयो; अनि उहाँले मसँग कुरा गर्नुभएको मैले सुनेँ।
EZE 2:3 उहाँले भन्‍नुभयो: “हे मानिसको छोरा, म तँलाई इस्राएलीहरूकहाँ पठाउँदैछु, एउटा विद्रोही जातिकहाँ, जो मेरो विरुद्धमा विद्रोही भएका छन्। तिनीहरू र तिनीहरूका पुर्खाहरूले आजको दिनसम्म नै मेरो विरुद्धमा विद्रोह गर्दैआएका छन्।
EZE 2:4 म तँलाई ती मानिसहरूकहाँ पठाउँदैछु, जो कठोर र हठी छन्। तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ।’
EZE 2:5 अनि तिनीहरूले चाहे सुनून् चाहे नसुनून्—किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्—तर पनि तिनीहरूका बीचमा एक जना अगमवक्ता छ भनेर तिनीहरूले थाहा पाउनेछन्।
EZE 2:6 अनि तँ हे मानिसको छोरा, तिनीहरू अथवा तिनीहरूका कुरादेखि नडरा। तेरा वरिपरि सिउँडी काँडा र अरू काँडाहरू भए तापनि र तँ बिच्छीहरूको बीचमा बसे तापनि नडरा। तिनीहरू विद्रोही भए तापनि तिनीहरूका कुराहरूदेखि नडरा अथवा तीबाट त्रसित नहो।
EZE 2:7 तिनीहरूले चाहे सुनून् वा नसुनून्, तैँले मेरा वचनहरू भन्‍नू; किनकि तिनीहरू विद्रोही छन्।
EZE 2:8 तर हे मानिसको छोरा, म तँलाई के भन्दैछु, त्यो तैँले सुन्। ती विद्रोही मानिसहरूजस्तै तँ विद्रोही नहो; आफ्नो मुख खोल्, र मैले तँलाई दिएको कुरा खा।”
EZE 2:9 तब मैले हेरेँ, र एउटा हात मतिर पसारिएको मैले देखेँ। हातमा एउटा मुट्ठो थियो,
EZE 2:10 जुन मुट्ठो उहाँले मेरो अगाडि खोल्नुभयो। त्यसका दुवैतिर विलाप, शोक र दुःखका कुरा लेखिएका थिए।
EZE 3:1 अनि परमेश्‍वरले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, तेरो अगाडि जे कुरा छ, त्यो खा! यो मुट्ठो खा; त्यसपछि गएर इस्राएलका घरानाहरूलाई भन्।”
EZE 3:2 यसकारण मैले आफ्नो मुख खोलेँ र उहाँले मलाई त्यो मुट्ठो खान दिनुभयो।
EZE 3:3 तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, मैले तँलाई दिएको यो मुट्ठो खा, र यसले आफ्नो पेट भर्।” यसकारण मैले मुट्ठो खाएँ, र त्यो मेरो मुखमा महझैँ गुलियो भयो।
EZE 3:4 तब उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, अब इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरा वचनहरू भन्।
EZE 3:5 तँ विदेशी भाषा बोल्ने र अप्ठ्यारो भाषा बोल्ने जातिहरूकहाँ पठाइँदैछैनस्, तर इस्राएलका मानिसहरूकहाँ पठाइँदैछस्—
EZE 3:6 विदेशी भाषा बोल्ने र अप्ठ्यारो भाषा भएका धेरै जातिहरूकहाँ होइन, जसका कुरा तँ बुझ्न सक्दैनस्। यदि मैले तँलाई तिनीहरूकहाँ पठाएको भए निश्‍चय नै तिनीहरूले तेरो कुरा सुन्‍नेथिए।
EZE 3:7 तर इस्राएलका मानिसहरूले तेरो कुरा सुन्‍न चाहँदैनन्; किनभने तिनीहरूले मेरो कुरा सुन्‍न इच्छा गर्दैनन्; किनकि इस्राएलीहरू कठोर र जिद्दी भएका छन्।
EZE 3:8 तर म तँलाई तिनीहरूजस्तै नझुक्ने र कठोर बनाउनेछु।
EZE 3:9 म तेरो निधारलाई चकमके ढुङ्गाभन्दा कडा बनाइदिनेछु। यद्यपि तिनीहरू विद्रोही घराना भए तापनि तिनीहरूसँग नडरा अथवा तिनीहरूदेखि त्रसित नहो।”
EZE 3:10 फेरि उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, तैँले ध्यानसित सुन्, र मैले तँलाई भनेका मेरा सबै वचन तेरो हृदयमा राख्।
EZE 3:11 निर्वासनमा लगिएका तेरा देशवासीहरूकहाँ गएर तिनीहरूसँग कुरा गर्। ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ, तिनीहरूले सुनून् वा नसुनून्, तिनीहरूलाई भन्।’ ”
EZE 3:12 तब आत्माले मलाई माथि उचाल्नुभयो; अनि जब याहवेहको महिमा आफ्नो स्थानबाट उठ्यो, तब मैले मेरो पछाडि एउटा ठूलो गडगडाहटको आवाज सुनेँ।
EZE 3:13 त्यो आवाज ती जीवित प्राणीहरूका पखेटाहरू एक-अर्कालाई छुँदा निस्केको आवाज र तिनीहरूका छेउका चक्‍काहरू घुमेको आवाज, भुइँचालो गएको जस्तै ठूलो गडगडाहटको आवाज थियो।
EZE 3:14 त्यसपछि आत्माले मलाई उठाएर माथितिर टाढा लैजानुभयो, तब मेरो मनमा तितो लाग्यो र रिस उठ्यो; अनि याहवेहको बलियो हात ममाथि थियो।
EZE 3:15 म कबार नदीको छेउमा भएको तेल-अबीबमा बस्‍ने निर्वासनमा लगिएकाहरूकहाँ गएँ। अनि त्यहाँ तिनीहरू बसोबास गरेको ठाउँमा तिनीहरूको बीचमा म सात दिनसम्म अति दुःखी भएर रहेँ।
EZE 3:16 तेल-अबीबमा बसेको सात दिनको अन्त्यमा याहवेहको वचन मकहाँ आयो:
EZE 3:17 “हे मानिसको छोरा, मैले तँलाई इस्राएलको घरानाको निम्ति पहरेदार तुल्याएको छु; यसकारण मैले भनेको वचन सुन् र तिनीहरूलाई मबाट चेतावनी दे।
EZE 3:18 जब म एक जना दुष्‍टलाई भन्छु, ‘तँ निश्‍चय नै मर्नेछस्,’ अनि तैँले त्यसको प्राण बचाउनलाई चेतावनी दिइनस् र त्यसका दुष्‍ट चालहरूबाट फर्कनलाई बताइनस् भने, त्यो दुष्‍ट मानिस आफ्नो पापको निम्ति मर्नेछ; तर म त्यसको मृत्युको निम्ति तँलाई जिम्मेवार ठहराउनेछु।
EZE 3:19 तर यदि तैँले त्यस दुष्‍ट मानिसलाई चेतावनी दिइस् र त्यो आफ्नो दुष्‍टता अथवा आफ्नो खराब चालबाट फर्केन भने त्यो आफ्नो पापमा नै मर्नेछ; तर तैँलेचाहिँ आफ्नो प्राण बचाउनेछस्।
EZE 3:20 “तर जब धर्मी मानिसले आफ्नो धार्मिकताबाट फर्केर दुष्‍ट्याइँ गर्छ, र मैले त्यसको अगि ठेस लाग्ने ढुङ्गो राखिदिएँ भने त्यो मर्नेछ। तैँले त्यसलाई चेतावनी नदिएको हुनाले त्यो आफ्नै पापको कारण मर्नेछ। त्यसले गरेका धार्मिक कामहरूको सम्झना हुनेछैन; अनि म तँलाई त्यसको रगतको जिम्मेवार ठहराउनेछु।
EZE 3:21 तर यदि तैँले धर्मी मानिसलाई पाप नगर्नू भनेर चेतावनी दिइस् र त्यसले पाप गरेन भने त्यो निश्‍चय नै बाँच्नेछ; किनकि त्यसले चेतावनी ग्रहण गर्‍यो, र तैँले आफ्नो प्राणलाई बचाउनेछस्।”
EZE 3:22 तब त्यहाँ याहवेहको हात ममाथि थियो र उहाँले मलाई भन्‍नुभयो, “उठ् र मैदानमा जा; अनि त्यहाँ म तँसँग कुरा गर्नेछु।”
EZE 3:23 यसकारण म उठेर मैदानमा गएँ; अनि कबार नदीको किनारमा मैले देखेको जस्तै याहवेहको महिमा त्यहाँ प्रकट भएको थियो; अनि म भुइँमा घोप्टो परेर निहुरिएँ।
EZE 3:24 तब ममा आत्मा आउनुभयो र मलाई आफ्नो खुट्टामा उभ्याउनुभयो। उहाँले मसँग कुरा गर्नुभयो र मलाई भन्‍नुभयो: “तेरो घरमा जा, गएर आफ्नो घरभित्र ढोका बन्द गरेर बस्।
EZE 3:25 अनि हे मानिसको छोरा, तिनीहरूले तँलाई डोरीले बाँध्नेछन्, र तँ बाँधिनेछस्; अनि तँ मानिसहरूको बीचमा बाहिर निस्केर जान पाउनेछैनस्।
EZE 3:26 म तेरो जिब्रोलाई तालुमा टाँसिदिनेछु; अनि तँ बोल्न नसक्ने हुनेछस्, र तैँले तिनीहरूलाई हप्काउन सक्नेछैनस्; किनकि तिनीहरू विद्रोही घरानाका हुन्।
EZE 3:27 तर जब म तँसित बोल्छु, म तेरो मुख खोलिदिनेछु र तैँले तिनीहरूलाई भन्‍नू: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ।’ जसले सुन्‍न चाहन्छ, ध्यानसित सुनोस्, र सुन्‍न नचाहनेले नसुनोस्; किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्।”
EZE 4:1 “अब हे मानिसको छोरा, एउटा माटोको इँटा लिएर त्यसलाई आफ्नो अगाडि राख् र त्यसमा यरूशलेम सहरको चित्र कोर्।
EZE 4:2 त्यसपछि त्यसको चारैतिर घेराबन्दी हाल्: त्यसको विरुद्धमा घेरा-मचान बना, र त्यसको विरुद्धमा सैनिक मोर्चा लगा; अनि त्यसको विरुद्धमा छाउनी हाल्। अनि त्यसको चारैतिर पर्खाल भत्काउने ठूला-ठूला मुढाहरू राख्।
EZE 4:3 त्यसपछि एउटा फलामको थाल लिएर त्यसलाई तेरो र सहरको बीचमा एउटा फलामको पर्खालझैँ खडा गर्, र तेरो अनुहार त्यस सहरपट्टि फर्का। त्यो घेराबन्दीमा रहनेछ र तैँले त्यसलाई घेराबन्दीमा पार्। योचाहिँ इस्राएलका मानिसहरूका निम्ति एउटा चिन्ह हुनेछ।”
EZE 4:4 तब तँ आफ्नो देब्रेपट्टि पल्टेर सुत्, र इस्राएलका मानिसहरूका पापको दोष आफूमाथि बोक। जति दिनसम्म तँ कोल्टे परेर सुत्छस्, त्यति दिन नै तैँले तिनीहरूका पाप आफूमाथि बोक्नुपर्छ।
EZE 4:5 मैले तँलाई तिनीहरूका पापका वर्षका संख्याकै बराबर एक वर्षको एक दिन गरेर दिनहरू तोकिदिएको छु। यसकारण तैँले तीन सय नब्बे दिनसम्म इस्राएलको घरानाको पापको दण्ड भोग्नुपर्नेछ।
EZE 4:6 तैँले त्यसो गरिसकेपछि दाहिनेपट्टि फेरि तँ कोल्टे परेर सुत्, र यहूदाका मानिसहरूका पाप आफूमाथि बोक्। मैले तँलाई एक वर्षको एक दिन गरेर चालीस दिन तोकिदिएको छु।
EZE 4:7 तेरो आफ्नो अनुहार यरूशलेमको घेराबन्दीतिर फर्काएर राख्, र खाली हातसित यरूशलेमको विरुद्धमा अगमवाणी गर्।
EZE 4:8 म तँलाई डोरीले बाँधिदिनेछु, र तैँले आफ्नो घेराबन्दीका दिनहरू पूरा नगरेसम्म तँ एकापट्टिबाट अर्कोपट्टि फर्कन सक्नेछैनस्।
EZE 4:9 गहुँ, जौ, सिमी, दाल, कोदो र कठिया जम्मा गर्; ती एउटा भाँडामा हालेर राख्, र त्यो आफ्नै लागि रोटी बनाउने काममा प्रयोग गर्। तँ तीन सय नब्बे दिनसम्म कोल्टे परेर सुतेको समयमा तैँले त्यो खानू।
EZE 4:10 तैँले प्रत्येक दिन खानका लागि बीस शेकेल पिठो जोखेर तोकिएको समयहरूमा भोजन खानू।
EZE 4:11 तैँले एक हिनको छैटौँ भाग पानी पनि नापेर तोकिएको समयहरूमा पिउनू।
EZE 4:12 तैँले भोजनलाई जौको फुलौरा खाएझैँ खानू; तैँले रोटीलाई मानिसहरूले देख्ने गरी मानिसबाट निस्केको दिसालाई दाउराको रूपमा प्रयोग गरेर त्यो पकाएर खानू।
EZE 4:13 याहवेहले भन्‍नुभयो, “यसरी नै इस्राएलका मानिसहरूले मैले तिनीहरूलाई धपाइदिने अरू जातिहरूको बीचमा अशुद्ध भोजन खानेछन्।”
EZE 4:14 तब मैले भनेँ, “हे प्रभु याहवेह, यस्तो नहोस्! मैले आफूलाई कहिल्यै अशुद्ध तुल्याएको छैनँ। मेरो युवावस्थादेखि अहिलेसम्म कहिल्यै पनि मरेको अथवा जङ्गली पशुहरूले फहराएको कुनै पनि कुरो मैले खाएको छैनँ। मेरो मुखमा कहिल्यै पनि कुनै अशुद्ध मासु परेको छैनँ।”
EZE 4:15 उहाँले भन्‍नुभयो, “ठिक छ, म तँलाई मानिसको दिसाको सट्टा गाईको गोबर प्रयोग गरेर आफ्नो निम्ति रोटी पकाउन दिनेछु।”
EZE 4:16 त्यसपछि उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, म यरूशलेममा भोजनको अभाव गराउनेछु। मानिसहरूले तौल अनुसारको भोजन चिन्तित हुँदै खानेछन्, र तौल अनुसारको पानी डराउँदै पिउनेछन्;
EZE 4:17 किनकि भोजन र पानीको अभाव हुनेछ। तिनीहरू एक-अर्कालाई हेर्दै तर्सनेछन् र आफ्नै पापको कारण नाश हुनेछन्।”
EZE 5:1 “अब हे मानिसको छोरा, एउटा धारिलो तरवार लिएर आफ्नो कपाल र दाह्री खौरनलाई हजामको छुराझैँ प्रयोग गर्। त्यसपछि एउटा तराजु लिएर तेरो कपाललाई जोखेर भाग-भाग गर्।
EZE 5:2 जब तेरो घेराबन्दीको समय समाप्‍त हुन्छ, तेरो कपालको एक तिहाइ भागलाई सहरभित्र आगोमा जलाइदे। त्यसको एक तिहाइ भागलाई लिएर सहरको बाहिर तरवारले काटेर चौरतिर टुक्रा-टुक्रा पार्दै हिँड्। अनि बाँकी एक तिहाइ भाग हावामा छरपस्ट पारिदे। किनकि म तिनीहरूलाई नाङ्गो तरवारले खेद्नेछु।
EZE 5:3 तर तेरो कपालबाट केही कपाल लिएर आफ्नो वस्त्रको किनारमा बाँधिराख्।
EZE 5:4 फेरि वस्त्रमा बाँधिएका ती कपालमध्ये केही लिएर आगोमा फ्याँकिदे र त्यसलाई जलाइदे। तीबाट आगो निस्केर इस्राएलको सम्पूर्ण घरानामा फैलिनेछ।”
EZE 5:5 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: यो यरूशलेम हो, जसलाई मैले चारैतिर देशहरूको बीचमा जातिहरूको केन्द्रमा बसालेको छु।
EZE 5:6 तर आफ्नो दुष्‍टतामा त्यसले मेरा व्यवस्था र उर्दीहरूमा आफ्ना चारैतिरका जातिहरू र देशहरूभन्दा बढी विद्रोह गरेकी छे। मेरा व्यवस्थाहरू इन्कार गरेकी छे, र उर्दीहरू पालन गरेकी छैन।
EZE 5:7 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरू आफ्ना चारैतिरका जातिहरूभन्दा बढी विद्रोही भएका हुनाले मेरा उर्दीहरू र मेरा व्यवस्थाहरू तिमीहरूले पालन गरेका छैनौ। तिमीहरू आफ्ना चारैतिरका जातिहरूका स्तरसम्म पनि पुगेका छैनौ।
EZE 5:8 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे यरूशलेम, म स्वयम् तेरो विरुद्धमा छु; अनि म आफैँले ती जातिहरूका आँखाको सामु तँलाई दण्ड दिनेछु।
EZE 5:9 तेरा सबै घिनलाग्दा मूर्तिहरूको कारण म तँलाई यस्तो गर्नेछु, जुन मैले पहिले कहिल्यै गरेको छैनँ, न त फेरि कहिल्यै गर्नेछु।
EZE 5:10 यसकारण तेरो बीचमा बुबाहरूले आफ्ना छोराछोरीहरू खानेछन्; अनि छोराछोरीहरूले आफ्ना बुबाहरूलाई खानेछन्। म तँमाथि दण्ड ल्याउनेछु, र तेरा बाँचेकाहरू सबैलाई हावामा छरपस्ट पारिदिनेछु।
EZE 5:11 यसकारण म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, तैँले आफ्ना सबै घृणित मूर्तिहरू र घिनलाग्दा कामहरूद्वारा मेरो पवित्रस्थानलाई अशुद्ध पारिदिएको कारण म आफैँले मेरो निगाह हटाउनेछु; म तँलाई दयाको दृष्‍टिले हेर्नेछैनँ, न त तँलाई बचाउनेछु।
EZE 5:12 तेरो एक तिहाइ भाग मानिसहरू रूढीले मर्नेछन् अथवा यरूशलेमभित्र अनिकालले नष्‍ट हुनेछन्; एक तिहाइ भाग पर्खालबाहिर तरवारद्वारा मर्नेछन्; अनि एक तिहाइ भागलाई चाहिँ म हावामा छरपस्ट पारिदिनेछु, र तिनीहरूलाई नाङ्गो तरवार लिएर खेद्नेछु।
EZE 5:13 यसरी मेरो रिस थामिनेछ, र तिनीहरूको विरुद्धमा भएको मेरो क्रोध शान्त हुनेछ, र मेरो बदला पूरा हुनेछ। अनि जब मैले आफ्नो क्रोध तिनीहरूमाथि पोख्नेछु, तब तिनीहरूले म याहवेहले आफ्नो जोशमा बोलेको हुँ भनी जान्‍नेछन्।
EZE 5:14 “तेरा चारैतिरका जातिहरूको बीचमा, तेरो छेउबाट भएर जाने सबैको दृष्‍टिमा म तँलाई एउटा उजाड भग्नावशेष र निन्दाको पात्र बनाइदिनेछु।
EZE 5:15 जब म तँलाई रिस, क्रोध र हप्काइसहित दण्ड दिनेछु, तब तँ तेरा वरपरका जातिहरूका लागि निन्दा, गिल्‍ला, चेतावनी र त्रासको पात्र हुनेछस्। म याहवेहले नै यो भनेको हुँ।
EZE 5:16 जब मैले तँलाई अनिकालको समयमा मेरा घातक र विनाशकारी काँडहरूले प्रहार गर्नेछु, तब म तँलाई नष्‍ट गर्नलाई प्रहार गर्नेछु। म तँमाथि झन् बढीभन्दा बढी अनिकाल ल्याउनेछु, र तेरो भोजनको आपूर्ति बन्द गरिदिनेछु।
EZE 5:17 म तेरो विरुद्धमा अनिकाल र जङ्गली पशुहरू पठाउनेछु; अनि तिनीहरूले तँलाई निःसन्तान तुल्याउनेछन्। रूढी र रक्तपात तेरो बीचमा भइरहनेछन्। म तेरो विरुद्धमा तरवार ल्याउनेछु। म याहवेहले नै यो भनेको हुँ।”
EZE 6:1 याहवेहको वचन मकहाँ आयो:
EZE 6:2 “हे मानिसको छोरा, तेरो अनुहार इस्राएलका पर्वतहरूतिर फर्का; तिनीहरूका विरुद्धमा अगमवाणी गर्,
EZE 6:3 र भन्: ‘हे इस्राएलका पर्वतहरू हो, प्रभु याहवेहको वचन सुन। पहाडहरू र डाँडाहरूलाई, खोल्साहरू र बेँसीहरूलाई प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले तिमीहरूका विरुद्धमा तरवार ल्याउन लागेको छु, र तिमीहरूका देवस्थानहरू म नाश गरिदिनेछु।
EZE 6:4 तिमीहरूका वेदीहरू भत्काइनेछन् र तिमीहरूका धूप-वेदीहरू चकनाचुर पारिनेछन्; अनि म तिमीहरूका मानिसहरूलाई तिमीहरूकै मूर्तिहरूका सामु मार्नेछु।
EZE 6:5 म इस्राएलीहरूका लासहरू तिनीहरूका मूर्तिहरूकै सामु राखिदिनेछु; अनि म तिमीहरूका हड्डीहरू तिमीहरूका वेदीहरूका चारैतिर छरपस्ट पारिदिनेछु।
EZE 6:6 तिमीहरू जहाँ बसे तापनि तिमीहरूका सहरहरू उजाड पारिनेछन् र देवस्थानहरू भत्काइनेछन्, र तिमीहरूका वेदीहरू उजाड र क्षत-विक्षत हुनेछन्। तिमीहरूका मूर्तिहरू चकनाचुर हुनेछन् र ध्वस्त पारिनेछन्, तिमीहरूका धूप-वेदीहरू भत्काइनेछन्; अनि तिमीहरूले बनाएका सबै चीजहरू नष्‍ट हुनेछन्।
EZE 6:7 तिमीहरूका मानिसहरू तिमीहरूकै बीचमा मारिएर लड्नेछन्, तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
EZE 6:8 “ ‘तर म केही मानिसहरूलाई बचाइराख्नेछु; किनकि जब तिमीहरू देश र जाति-जातिहरू बीचमा छरपस्ट हुनेछौ, तब तिमीहरूमध्ये केही तरवारबाट उम्कनेछौ।
EZE 6:9 त्यसपछि कैदमा लगिएका मानिसहरू, जाति-जातिहरूका बीचबाट उम्कनेहरू, जसले मलाई सम्झनेछन्—तिनीहरूका व्यभिचारी हृदयबाट मदेखि अलग भएका छन्; अनि तिनीहरू आकर्षित मूर्तिहरूका पछि लागेका छन्, र तिनीहरूका लोभी नजरहरूको कारण म दुःखित भएको छु। तिनीहरूले गरेका दुष्‍टता र तिनीहरूका सबै घिनलाग्दा कामहरूका निम्ति तिनीहरू आफ्नै नजरमा घृणित हुनेछन्।
EZE 6:10 तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्। तिनीहरूमाथि विपत्तिहरू ल्याउँछु भनी मैले व्यर्थैमा धम्की दिएको होइनँ।
EZE 6:11 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: इस्राएलका घरानाका सबै दुष्‍टता र घिनलाग्दा कामहरूको कारण आफ्ना हातहरू ठटाउँदै र खुट्टाहरू एकसाथ बजारेर भन्, “हाय!” किनकि तिनीहरू तरवार, अनिकाल र रूढीले नष्‍ट हुनेछन्।
EZE 6:12 टाढा हुनेहरू रूढीद्वारा मर्नेछन् र नजिक हुनेहरू तरवारले ढल्नेछन्; अनि बाँचेकाहरू र छोडिएकाहरूचाहिँ अनिकालले मर्नेछन्। यसरी म आफ्नो क्रोध तिनीहरूमाथि खन्याउनेछु।
EZE 6:13 जब तिनीहरूका वेदीहरूका चारैतिर तिनीहरूका मूर्तिहरूका बीचमा, प्रत्येक देवस्थानमा, सबै पहाडहरूमा, तिनीहरूका प्रत्येक झ्याम्म परेको फलाँटका रूखमुनि, तिनीहरूका सबै मूर्तिहरूलाई सुगन्धित धूप चढाएका ठाउँहरूमा र तिनीहरूका मारिएका मानिसहरू छरपस्ट भई छरिरहनेछन्, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।
EZE 6:14 अनि म तिनीहरूको विरुद्धमा आफ्नो हात पसार्नेछु, र मरुभूमिदेखि दिब्लासम्म—तिनीहरू जहाँ बसे तापनि देशलाई उजाड पारिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ”
EZE 7:1 याहवेहको वचन मकहाँ आयो:
EZE 7:2 “हे मानिसको छोरा, प्रभु याहवेह इस्राएल देशलाई यसो भन्‍नुहुन्छ: “ ‘अन्त्य! देशका चारै कुनामाथि अन्त्य आइपुगेको छ!
EZE 7:3 अब अन्त्य तँमाथि छ, र म आफ्नो रिस तेरो विरुद्धमा ल्याउनेछु। म तेरा चालअनुसार तेरो न्याय गर्नेछु; अनि तेरा सबै घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु।
EZE 7:4 म तँलाई दयाको नजरले हेर्नेछैनँ; म तँलाई छोड्नेछैनँ। म निश्‍चय नै तेरा चाल र तेरा बीचमा भएका घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु। “ ‘तब तैँले जान्‍नेछस्, कि म नै याहवेह हुँ।’
EZE 7:5 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘विपत्ति! कहिल्यै नसुनिएको विपत्ति! हेर्, यो विपत्ति आउँदैछ!
EZE 7:6 अन्त्य आएको छ! अन्त्य आएको छ! यो तेरो विरुद्धमा आफैँ सुरिइएको छ। हेर्, त्यो आउँदैछ!
EZE 7:7 यो देशमा बसोबास गर्नेहरू, तिमीहरूमाथि सर्वनाश आएको छ। समय आएको छ! दिन नजिकै छ! पर्वतहरूमा आनन्द होइन, तर त्रास छ।
EZE 7:8 मैले मेरो क्रोध तँमाथि खन्याउन लागेको छु, र तेरो विरुद्धमा मेरो रिस पोखाउन आँटेको छु। म तेरा चालअनुसार तेरो न्याय गर्नेछु, र तेरा सबै घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु।
EZE 7:9 म तँलाई दयाको नजरले हेर्नेछैनँ; म तँलाई छोड्नेछैनँ। म तेरा चालअनुसार र तेरा बीचमा भएका घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु। “ ‘तब तैँले जान्‍नेछस्, कि तँलाई प्रहार गर्ने याहवेह म नै हुँ।
EZE 7:10 “ ‘हेर्, त्यो दिन! हेर्, त्यो आएको छ! सर्वनाश निस्केर आएको छ; लट्ठीमा टुसा पलाएको छ, अहङ्कार फक्रेको छ!
EZE 7:11 दुष्‍टलाई दण्ड दिनलाई, लट्ठी बनेको छ; कुनै पनि मानिस छोडिनेछैन; त्यस भीडका कोही पनि रहनेछैन। तिनीहरूका धनसम्पत्ति, कुनै पनि बहुमूल्य कुरा, केही पनि छोडिनेछैन।
EZE 7:12 त्यो समय आइपुगेको छ! त्यो दिन आइपुगेको छ! किन्‍नेले हर्ष नमनाओस्, न त बेच्नेले शोक गरोस्; किनभने मेरो क्रोध सारा भीडमाथि परेको छ।
EZE 7:13 बेच्ने र किन्‍ने दुवै बाँचुन्जेल— बेच्नेले बेचेको जमिन फेरि पाउन सक्दैन। किनकि सम्पूर्ण भीडहरूका निम्ति न्यायको दर्शन बदलिनेछैन। तिनीहरूका पापको कारण तिनीहरूमध्ये एउटैले पनि आफ्नो जीवन जोगाइराख्न सक्दैनन्।
EZE 7:14 “ ‘तिनीहरूले तुरही फुकेका छन्; तिनीहरूले सबै कुरा तयार गरेर राखेका छन्, तर कोही पनि लडाइँमा जानेछैनन्; किनकि मेरो क्रोध सम्पूर्ण भीडमाथि नै परेको छ।
EZE 7:15 बाहिर तरवार छ; भित्र रूढी र अनिकाल छन्। गाउँमा भएकाहरू तरवारद्वारा मर्नेछन्; सहरभित्र हुनेहरू रूढी र अनिकालले मर्नेछन्।
EZE 7:16 बाँचेका र उम्केकाहरू पहाडहरूतिर भाग्नेछन्। बेँसीका ढुकुरहरूझैँ, तिनीहरू सबैले आ-आफ्ना पापका निम्ति विलाप गर्दै रहनेछन्।
EZE 7:17 हरेकका हात डरले शिथिल हुनेछन्; हरेकका खुट्टा पिसाबले भिज्नेछन्!
EZE 7:18 तिनीहरूले भाङ्ग्रा लगाउनेछन्, र तिनीहरूले त्रासको लुगा पहिरनेछन्। तिनीहरू सबैका अनुहार शर्मले ढाकिनेछन्; अनि तिनीहरू सबैका कपाल खौराइनेछन्।
EZE 7:19 “ ‘तिनीहरूले आफ्ना चाँदी सडकहरूमा फ्याँकिदिनेछन्, र तिनीहरूका सुन अशुद्ध कुरो हुनेछ। याहवेहको क्रोधको दिनमा तिनीहरूका सुनचाँदीले तिनीहरूलाई बचाउन सक्नेछैन। सुनचाँदीले तिनीहरूका भोक मेटाउनेछैन अथवा तिनीहरूको पेट भर्नेछैन; किनकि सुनचाँदी नै तिनीहरूका पापको निम्ति ठक्‍करको कारण बनेको थियो।
EZE 7:20 तिनीहरूले आफ्ना सुन्दर गहनामा घमण्ड गरे, र त्यसलाई तिनीहरूका घृणित मूर्तिहरू बनाउन प्रयोग गरे। तिनीहरूले अशुद्ध आकृतिहरू बनाउनमा प्रयोग गरे; यसकारण म ती कुराहरूलाई तिनीहरूका निम्ति अशुद्ध बनाइदिनेछु।
EZE 7:21 म तिनीहरूका धनसम्पत्ति विदेशीहरूलाई लुटको सामानझैँ दिनेछु, पृथ्वीका सबैभन्दा दुष्‍टका हातमा दिनेछु, उनीहरूले ती धनसम्पत्तिलाई अपवित्र पार्नेछन्।
EZE 7:22 म आफ्नो अनुहार मानिसहरूदेखि फर्काउनेछु, र डाँकुहरूले मेरो बहुमूल्य ठाउँलाई अशुद्ध पारिदिनेछन्। डाँकुहरू यरूशलेमको भवनभित्र पस्‍नेछन्, र त्यसलाई अशुद्ध पारिदिनेछन्।
EZE 7:23 “ ‘साङ्लाहरू तयार गर्! किनकि देश रक्तपातले भरिएको छ, र सहर हिंसाले भरिएको छ।
EZE 7:24 जातिहरूमध्ये सबैभन्दा दुष्‍ट मानिसहरूलाई म इस्राएलीहरूका घरहरू कब्जा गर्नलाई ल्याउनेछु। म तिनीहरूका बलिया योद्धाहरूका घमण्डको अन्त्य गरिदिनेछु; अनि तिनीहरूका पवित्र ठाउँहरू अशुद्ध पारिनेछन्।
EZE 7:25 जब तिनीहरू त्रसित हुनेछन्, तब तिनीहरूले व्यर्थमा शान्ति खोज्नेछन्, तर सुरक्षित ठाउँ कहीँ पनि पाउनेछैनन्।
EZE 7:26 विपत्तिमाथि विपत्ति आउनेछ; अनि हल्‍लामाथि हल्‍ला आउनेछ। तिनीहरू अगमवक्ताबाट दर्शनको खोज गर्नेछन्; तर पुजारीबाट शिक्षा लोप भइजानेछन्, र प्रधानहरूका परामर्शको पनि अन्त्य हुनेछ।
EZE 7:27 राजाले शोक गर्नेछन्, राजकुमारलाई निराशाले ढाक्नेछ, र देशका मानिसहरूका हातहरू त्रासले थरथर काम्नेछन्। म तिनीहरूका चालअनुसार तिनीहरूसित व्यवहार गर्नेछु, र म तिनीहरूकै स्तरअनुसार तिनीहरूको न्याय गर्नेछु। “ ‘तब म नै याहवेह हुँ भनी तिनीहरूले जान्‍नेछन्।’ ”
EZE 8:1 यहोयाकीनलाई कैद गरेर बेबिलोनमा लगिएको छैटौँ वर्षको छैटौँ महिनाको पाँचौँ दिनमा, जब म आफ्नो घरमा बसिरहेको थिएँ, र मेरो सामु यहूदाका प्रधानहरू बसिरहेका थिए, तब त्यहाँ प्रभु याहवेहको हात ममाथि आयो।
EZE 8:2 अनि मैले हेरेँ, र मानिसको जस्तै एउटा आकृति देखेँ। उहाँको कम्मरजस्तो देखिने भागदेखि मुन्तिर आगोजस्तै थियो, र कम्मरदेखि मास्तिरको रूपचाहिँ टल्काइएको धातुको झलकजस्तो थियो।
EZE 8:3 अनि उहाँले हातजस्तै देखिने आकार पसारेर मेरो टाउकोको केशको मुठा समातेर मलाई जुरुक्‍क उठाउनुभयो। त्यसपछि आत्माले मलाई पृथ्वी र आकाशको बीचमा उचालेर परमेश्‍वरको दर्शनमा उहाँले मलाई यरूशलेममा भित्र चोकको उत्तरतिर फर्केको मूलढोकाको मुखमा लैजानुभयो, जहाँ डाह उत्पन्‍न गराउने मूर्ति खडा थियो।
EZE 8:4 अनि मैले मैदानमा देखेको दर्शनमा जस्तै त्यहाँ मेरो सामु इस्राएलका परमेश्‍वरको महिमा थियो।
EZE 8:5 तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, उत्तरतिर हेर्।” अनि मैले हेरेँ, र वेदीको उत्तरपट्टिको प्रवेशद्वारमा मैले त्यो डाहको मूर्ति देखेँ।
EZE 8:6 अनि उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, तिनीहरूले के गरिरहेका छन्, के तैँले ती कुराहरू देख्दैछस्? अर्थात्, इस्राएलका घरानाले यहाँ गरिरहेका ती अति घृणित कुराहरू, जसले मलाई आफ्नो पवित्रस्थानबाट टाढा लैजाओस्? तर तैँले यी कुराहरूभन्दा अझै घृणित कुराहरू देख्नेछस्।”
EZE 8:7 तब उहाँले मलाई चोकको प्रवेशद्वारमा ल्याउनुभयो। मैले हेरेँ, त्यहाँ भित्तामा एउटा प्वाल देखेँ।
EZE 8:8 उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, अब भित्ता फोर्।” यसकारण मैले भित्ता फोरेँ, र त्यहाँ एउटा ढोका देखेँ।
EZE 8:9 अनि उहाँले मलाई भन्‍नुभयो, “भित्र जा, र तिनीहरूले यहाँ गरिरहेका दुष्‍ट र घृणित कुराहरू हेर्।”
EZE 8:10 यसकारण म भित्र पसेँ र हेरेँ। त्यहाँ सबै किसिमका घस्रने जन्तुहरू, घिनलाग्दा पशुहरू र इस्राएलका सबै मूर्तिहरूको चित्र भित्ताभरि खोपिएको थियो।
EZE 8:11 ती चित्रहरूका सामु इस्राएलका सत्तरी जना प्रधानहरू उभिरहेका थिए। अनि शापानका छोरा याजन्याह तिनीहरूका बीचमा उभिरहेका थिए। हरेकको हातमा एक-एक वटा धुपौरा थिए, र धूपको सुगन्धित धुवाँको बादलमाथि उठिरहेको थियो।
EZE 8:12 उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, इस्राएलका प्रधानहरूले तिनीहरूका आफ्ना देवस्थानमा रहेर गुप्‍त रूपमा अन्धकारमा के गरिरहेका छन्, के तैँले देखेको छस्? तिनीहरू भन्छन्, याहवेहले हामीलाई देख्नुहुन्‍न; याहवेहले देशलाई त्यागिदिनुभएको छ।”
EZE 8:13 उहाँले फेरि भन्‍नुभयो, “तिनीहरूले यीभन्दा अझ धेरै घृणित कामहरू गरेको तैँले देख्नेछस्।”
EZE 8:14 तब उहाँले मलाई याहवेहको भवनको उत्तरी मूलढोकाको प्रवेशद्वारमा ल्याउनुभयो, र मैले त्यहाँ स्त्रीहरू बसेर तम्मूज देवताको लागि विलाप गरिरहेका देखेँ।
EZE 8:15 उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, के तँ यो देख्दैछस्? तैँले यीभन्दा अझ धेरै घृणित कुराहरू देख्नेछस्।”
EZE 8:16 तब उहाँले मलाई याहवेहको भवनको भित्री चोकमा ल्याउनुभयो। त्यहाँ दलान र वेदीको बीचमा मन्दिरको प्रवेशद्वारमा करिब पच्‍चीस जना मानिसहरू थिए। तिनीहरूका पीठ मन्दिरतिर र तिनीहरूका अनुहारहरू पूर्वतिर फर्काएर तिनीहरूले सूर्यलाई दण्डवत् गरिरहेका थिए।
EZE 8:17 उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, के तैँले यो देखिस्? के यहूदाका मानिसहरूका निम्ति तिनीहरूले यहाँ गरिरहेका घृणित कुराहरू सानो कुरा हो? के तिनीहरूले देशलाई पनि हिंसाले भर्नैपर्छ र मेरो रिस निरन्तर उठाइरहनुपर्छ? हेर्, तिनीहरूले आफ्ना नाकमा रूखको हाँगा राखेका छन्!
EZE 8:18 यसकारण म मेरो क्रोधमा तिनीहरूसित व्यवहार गर्नेछु। म तिनीहरूलाई दयाको नजरले हेर्नेछैनँ वा तिनीहरूलाई छोड्नेछैनँ। तिनीहरूले मेरो कानमा चिच्याए तापनि म तिनीहरूको कुरा सुन्‍नेछैनँ।”
EZE 9:1 तब मैले परमेश्‍वरले चर्को सोरले बोलाइरहनुभएको सुनेँ, “सहरमा न्याय गर्न नियुक्त भएकाहरूलाई उनीहरूका हातमा हतियारसहित यहाँ नजिक ल्याओ।”
EZE 9:2 तब मैले छ जना मानिसहरूलाई माथिल्‍लो मूलढोका उत्तर दिशातिर फर्केकाबाट हरेकले आफ्ना हातमा घातक हतियार बोकेर आइरहेका देखेँ। तिनीहरूसित सुती कपडा लगाएको र कम्मरमा मसीदानी भिरेको एक जना मानिस थिए। तिनीहरू मन्दिरको भित्री भागमा आए, र काँसाको वेदीको छेउमा उभिए।
EZE 9:3 तब इस्राएलका परमेश्‍वरको महिमा भएको ठाउँ करूबहरूदेखि माथि उठ्यो र मन्दिरको सँघारमा पुग्यो। त्यसपछि याहवेहले सुती कपडा लगाउने र कम्मरमा लेख्ने सामग्रीको थैलो बोकेका मानिसलाई आफ्नो नजिक बोलाउनुभयो,
EZE 9:4 र तिनलाई भन्‍नुभयो, “यरूशलेम सहरको चारैतिर जा, र त्यसमा गरिएका घिनलाग्दा कामहरूका निम्ति दुःखी हुने र विलाप गर्ने सबैको निधारमा एउटा चिन्ह लगाइदे।”
EZE 9:5 मैले सुनिरहेको बेला उहाँले छ जना मानिसहरूलाई भन्‍नुभयो, “सुती कपडा लगाउने त्यस मानिसको पछि-पछि सहरमा जाओ, र निधारमा चिन्ह नभएका मानिसहरूलाई कुनै दयामाया नदेखाई मार्नू।
EZE 9:6 वृद्धहरू, युवक-युवतीहरू, स्त्रीहरू र बालबालिकाहरूलाई मार्नू। तर निधारमा त्यो चिन्ह हुने कसैलाई पनि नछोओ। मेरै पवित्रस्थानबाट नै सुरु गर।” यसकारण तिनीहरूले मन्दिरको सामु भएका वृद्धहरूबाट नै सुरु गरे।
EZE 9:7 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ, मन्दिरलाई अशुद्ध पार, र चोकहरूलाई मरेका लासहरूले भरिदेओ!” यसकारण ती छ जना मानिसहरू निस्केर गए, र सहरका चारैतिर मानिसहरूलाई मार्न थाले।
EZE 9:8 तिनीहरूले मानिसहरूलाई मारिरहँदा म एकलै छोडिएको थिएँ, तब मैले जमिनमा घोप्टो परी रुँदै भनेँ, “हे, प्रभु याहवेह! तपाईंको क्रोध यरूशलेममाथि पोखाउनुहुँदा के तपाईं इस्राएलका बाँकी रहेका सबै मानिसहरूलाई नाश गर्नुहुनेछ?”
EZE 9:9 उहाँले मलाई भन्‍नुभयो, “इस्राएल र यहूदाका मानिसहरूका पाप अत्यन्तै धेरै छन्; देश रक्तपातले र सहर अन्यायले भरिएको छ। तिनीहरू भन्छन्, ‘याहवेहले देशलाई त्याग्नुभएको छ; याहवेहले देख्नुहुन्‍न।’
EZE 9:10 यसकारण म तिनीहरूलाई दयाको नजरले हेर्नेछैनँ, अथवा तिनीहरूलाई छोड्नेछैनँ; तर म तिनीहरूले गरेका कामको बदला तिनीहरूकै शिरमाथि खन्याइदिनेछु।”
EZE 9:11 तब त्यो सुती कपडा लगाएको र कम्मरमा मसीदानी भिरेको मानिस फर्किआएर यसो भने, “तपाईंले मलाई आज्ञा गर्नुभएझैँ मैले गरेको छु।”
EZE 10:1 तब मैले हेर्दा करूबहरूका शिरमाथिका अन्तरको माथि नीलमणिको सिंहासनजस्तै देखेँ।
EZE 10:2 याहवेहले सुती कपडा लगाएको त्यस मानिसलाई भन्‍नुभयो, “करूबहरूका मुन्तिर रहेका चक्‍काहरूको बीचमा जा। करूबहरूका बीचमा भएको जल्दैगरेका भुङ्ग्राहरूले आफ्ना हातहरू भर्, र तिनलाई सहरमाथि छरिदे!” तब मैले हेर्दाहेर्दै तिनी सहरभित्र गइहाले।
EZE 10:3 त्यो मानिस भित्र पसेको बेला ती करूबहरू मन्दिरको दक्षिण भागमा उभिरहेका थिए; अनि भित्री चोकलाई चाहिँ बादलले ढाकेको थियो।
EZE 10:4 तब याहवेहको महिमा करूबहरूको माथिबाट उठेर मन्दिरको सँघारमा गयो। बादलले मन्दिरलाई ढाकिदियो, र चोकचाहिँ याहवेहको महिमाको चमकले भरियो।
EZE 10:5 करूबहरूका पखेटाहरूको आवाज बाहिरको टाढा चोकसम्मै सुनिन्थ्यो। त्यो आवाज सर्वशक्तिमान् परमेश्‍वर बोल्नुहुँदा निस्कने आवाजजस्तै थियो।
EZE 10:6 जब याहवेहले सुती कपडा लगाउने त्यो मानिसलाई आज्ञा दिनुभयो, “करूबहरूका बीचमा चक्‍काहरूबाट आगो ले,” त्यो मानिस भित्र गयो, र एउटा चक्‍काको छेउमा उभियो।
EZE 10:7 तब ती करूबहरूमध्ये एक जनाले तिनीहरूको बीचमा भएको आगोमा आफ्नो हात पसारे। तिनले बीचबाट केही आगोको भुङ्ग्रो लिएर सुती कपडा लगाउने मानिसको हातमा राखिदिए, र त्यसले त्यो कोइला लियो र बाहिर गइहाल्यो।
EZE 10:8 (करूबहरूका पखेटामुनि मानवका हातहरूजस्ता देखिन्थे।)
EZE 10:9 तब मैले हेरेँ, हरेक करूबको छेउमा एउटा-एउटा चक्‍का गरी चार वटा चक्‍काहरू देखेँ; ती चक्‍काहरू चहकिलो गोमेद मणिझैँ चम्कन्थे।
EZE 10:10 तिनीहरूका रूपको विषयमा ती चारै वटा एकै किसिमका देखिन्थे—प्रत्येक चक्‍काभित्र अर्को चक्‍का छिरेको जस्तै।
EZE 10:11 ती चक्‍काहरू अगि बढ्दा चारै वटा दिशातिर जान सक्थे; किनभने ती करूबहरूका शिर जतातिर फर्किएको हुन्थ्यो, ती चक्‍काहरू पनि यताउता नफर्की त्यतैतिर अगि बढ्थे।
EZE 10:12 जीवित प्राणीहरूका सम्पूर्ण शरीर, तिनीहरूका पीठ, तिनीहरूका हातहरू, पखेटाहरू र तिनीहरूका चार वटा चक्‍काहरू सम्पूर्ण आँखै-आँखाहरूले भरिएका थिए।
EZE 10:13 मैले ती चक्‍काहरूलाई यसो भनिएको सुनेँ, “हुरुरुरु घुम्ने चक्‍काहरू।”
EZE 10:14 ती करूबहरू प्रत्येकका चार वटा अनुहारहरू थिए: पहिलो अनुहार करूबको थियो, दोस्रो अनुहार मानिसको, तेस्रो अनुहार सिंहको र चौथो अनुहार चीलको थियो।
EZE 10:15 तब ती करूबहरू मास्तिर उठे। ती करूबहरू मैले कबार नदीको किनारमा देखेकै जीवित प्राणीहरू थिए।
EZE 10:16 जब करूबहरू हिँड्थे, तिनीहरूका छेउका चक्‍काहरू पनि हिँड्थे; अनि जब करूबहरूले भुइँबाट उँभो उचालिनलाई आफ्ना पखेटा फैलाउँथे, तब ती चक्‍काहरू पनि तिनीहरूका छेउबाट हट्दैनथे।
EZE 10:17 जब ती करूबहरू खडा हुन्थे, तब तिनीहरू पनि खडा हुन्थे; अनि करूबहरू उठ्थे, तब ती चक्‍काहरू पनि तिनीहरूसित नै माथि उठ्थे; किनकि ती जीवित प्राणीहरूका आत्मा ती चक्‍काहरूमा थिए।
EZE 10:18 तब याहवेहको महिमा मन्दिरको सँघारको मास्तिरबाट हट्यो र करूबहरूमाथि गएर अडियो।
EZE 10:19 मैले हेर्दाहेर्दै ती करूबहरूले आफ्ना पखेटा फैलाए र जमिनबाट माथि उठाए; अनि तिनीहरू जाँदा चक्‍काहरू पनि तिनीहरूसितै माथि गए। तिनीहरू याहवेहको भवनको पूर्वतिरको मूलढोकाको प्रवेशद्वारमा अडिए, र इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूमाथि थियो।
EZE 10:20 मैले कबार नदीको किनारमा इस्राएलका परमेश्‍वरको मुन्तिर देखेका जीवित प्राणीहरू यिनै थिए, र तिनीहरू करूबहरू रहेछन् भनी मैले थाहा पाएँ।
EZE 10:21 हरेकका चार वटा अनुहार र चार वटा पखेटा थिए; अनि तिनीहरूका पखेटामुनि मानिसका हातहरूजस्ता देखिन्थे।
EZE 10:22 मैले कबार नदीको किनारमा देखेका प्राणीहरूको जस्तै तिनीहरूका अनुहारहरू थिए। तिनीहरू प्रत्येक सीधा अगिल्तिर बढ्थे।
EZE 11:1 तब आत्माले मलाई माथि उठाएर याहवेहको भवनको पूर्वीय मूलढोकामा ल्याउनुभयो। त्यहाँ मूलढोकाको प्रवेशद्वारमा पच्‍चीस जना मानिसहरू थिए। तिनीहरूमध्ये मैले मानिसहरूका अगुवाहरू अज्जूरका छोरा यजन्याह र बनायाहका छोरा पलत्याहलाई देखेँ।
EZE 11:2 याहवेहले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, यी ती मानिसहरू हुन्, जसले सहरमा दुष्‍टता रच्दछन् र दुष्‍ट सल्‍लाह दिन्छन्।
EZE 11:3 तिनीहरू भन्छन्, ‘के हाम्रा घरहरू हालसालै पुनर्निर्माण भएका होइनन् र? यो सहर एउटा कराहीजस्तै हो, र हामीचाहिँ यसमा राखिएको मासु हौँ।’
EZE 11:4 यसकारण तिनीहरूको विरुद्धमा अगमवाणी गर्; हे मानिसको छोरा, अगमवाणी गर्।”
EZE 11:5 तब याहवेहको आत्मा ममाथि आउनुभयो, र उहाँले मलाई यसो भन्‍न लाउनुभयो: “याहवेह यसो भन्‍नुहुन्छ: हे इस्राएलका घराना हो, तिमीहरूले यसरी भनिरहेका त छौ, तर तिमीहरूका मनभित्र के सोचिरहेका छौ, सो म जान्दछु।
EZE 11:6 तिमीहरूले यस सहरभित्र धेरै मानिसहरू मारेका छौ, र सहरका सडकहरू मानिसहरूका लासहरूले भरिदिएका छौ।
EZE 11:7 “यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूले सहरमा फ्याँकिदिएका लासहरू मासु हो, र यो सहरचाहिँ कराही हो; तर म तिमीहरूलाई यहाँबाट धपाइदिनेछु।
EZE 11:8 तिमीहरू तरवारसँग डराउँछौ, तर म तिमीहरूको विरुद्धमा तरवार नै ल्याउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 11:9 म तिमीहरूलाई यस सहरबाट बाहिर धपाइदिनेछु; अनि तिमीहरूलाई विदेशीहरूका हातमा सुम्पिदिनेछु र तिमीहरूमाथि दण्ड ल्याउनेछु।
EZE 11:10 तिमीहरू तरवारले मारिनेछौ, र इस्राएलको सिमानामा म तिमीहरूको न्याय गर्नेछु। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ।
EZE 11:11 यो सहर तिमीहरूका निम्ति कराही बन्‍नेछैन, न त तिमीहरू यसभित्र मासु नै बन्‍नेछौ; म इस्राएलका सिमानाहरूमा तिमीहरूको न्याय गर्नेछु।
EZE 11:12 अनि तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ; किनकि तिमीहरूले मेरा उर्दीहरू पालन गरेका छैनौ र आज्ञाहरू मानेका छैनौ; तर तिमीहरू आफ्ना चारैतिरका अन्य जातिहरूकै स्तरमा तिनीहरूका रीतिअनुसार चलेका छौ।”
EZE 11:13 जब मैले अगमवाणी गरिरहेको थिएँ, बनायाहका छोरा पलत्याहको मृत्यु भयो। तब म भुइँमा घोप्टो परेँ र चर्को सोरले कराएँ, “हाय, प्रभु याहवेह! के तपाईंले इस्राएलको बाँकी रहेका मानिसहरूलाई पनि सम्पूर्ण रूपले नाश गर्नुहुनेछ?”
EZE 11:14 याहवेहको वचन मकहाँ आयो:
EZE 11:15 “हे मानिसको छोरा, यरूशलेममा बसोबास गर्ने मानिसहरूले तेरा आफ्नै नातेदार निर्वासित यहूदी दाजुभाइहरू र इस्राएलका सम्पूर्ण घरानाहरूका विषयमा यसो भनेका छन्, ‘तिनीहरू याहवेहदेखि धेरै टाढा छन्; यो इस्राएल देश हामीलाई हाम्रो अधिकारको रूपमा दिइएको हो।’
EZE 11:16 “यसकारण भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: यद्यपि मैले तिनीहरूलाई जातिहरूको बीचमा टाढा पठाएँ, र तिनीहरूलाई अन्य देशहरूका बीचमा तितरबितर पारेँ; तर पनि तिनीहरू गएका देशहरूमा म केही समय तिनीहरूका निम्ति पवित्रस्थान बनिरहेँ।’
EZE 11:17 “यसकारण निर्वासित इस्राएलीहरूलाई भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तिमीहरूलाई जाति-जातिहरूबाट जम्मा गर्नेछु, र तिमीहरूलाई छरपस्ट पारिएका देशहरूबाट फर्काएर ल्याउनेछु; अनि फेरि म तिमीहरूलाई इस्राएल देश फर्काइदिनेछु।
EZE 11:18 “तिनीहरू इस्राएलमा फर्कनेछन् र यस देशका सबै घृणित आकृतिहरू र घिनलाग्दा मूर्तिहरू हटाइदिनेछन्।
EZE 11:19 म तिनीहरूलाई अविभाजित हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिनीहरूबाट तिनीहरूका ढुङ्गाको हृदय हटाइदिनेछु र तिनीहरूलाई मासुको हृदय दिनेछु।
EZE 11:20 त्यसपछि तिनीहरूले मेरा उर्दीहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा आज्ञाहरू होसियारीसाथ मान्‍नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु।
EZE 11:21 तर जसका हृदय तिनीहरूका घृणित आकृतिहरू र घिनलाग्दा मूर्तिहरूको पछि लाग्छ, म तिनीहरूले गरेका कामहरूको दण्ड तिनीहरूकै शिरमाथि खन्याइदिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
EZE 11:22 तब करूबहरूले तिनीहरूका छेउमा भएका चक्‍काहरूसहित आफ्ना पखेटा फैलाए, र इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूका मास्तिर थियो।
EZE 11:23 याहवेहको महिमा सहरभित्रबाट माथि गयो र त्यस सहरको पूर्वतिरको पर्वतमाथि गएर अडियो।
EZE 11:24 फेरि आत्माले मलाई माथि उठाउनुभयो र परमेश्‍वरका आत्माद्वारा दिनुभएको दर्शनमा बेबिलोनमा निर्वासित भएकाहरूको बीचमा मलाई ल्याउनुभयो। तब मैले देखेको दर्शन मबाट माथि गइहाल्यो;
EZE 11:25 याहवेहले मलाई देखाउनुभएको सबै कुरा मैले कैदमा लगिएका मानिसहरूलाई भनिदिएँ।
EZE 12:1 याहवेहको वचन मकहाँ आयो:
EZE 12:2 “हे मानिसको छोरा, तँ विद्रोही मानिसहरूका बीचमा बस्दैछस्। तिनीहरूका आँखाहरू त छन्, तर देख्दैनन्; तिनीहरूका कानहरू त छन्, तर सुन्दैनन्; किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्।
EZE 12:3 “यसकारण हे मानिसको छोरा, निर्वासनको निम्ति आफ्ना सरसामानहरू दिउँसो तयार पार्! मानिसहरूले हेरिरहेकै बेला बाहिर निस्की, र तँ जहाँ छस्, त्यहीँबाट अर्को ठाउँमा जा। यद्यपि तिनीहरू विद्रोही मानिसहरू हुन, तर पनि सायद तिनीहरूले केही बुझ्नेछन्।
EZE 12:4 निर्वासनको निम्ति पोको पारेका तेरा सरसामानहरू तिनीहरूका आँखाकै सामु दिउँसै बाहिर झिक्। अनि तिनीहरूले हेरिरहेकै बेला तँ बेलुका कैदमा परेर जानेहरूजस्तो निस्केर जानू।
EZE 12:5 तिनीहरूले हेरिरहेकै बेला भित्ता फोरेर तेरा सरसामानहरू त्यहाँबाट बाहिर निकाल्।
EZE 12:6 तिनीहरूले हेरिरहेकै बेला ती सरसामानहरू तेरो काँधमा राख्, र साँझपख बोकेर लैजा। तैँले आफ्नो अनुहार छोप्, ताकि तैँले भूमि नदेखोस्; किनकि मैले तँलाई इस्राएलीहरूका निम्ति एउटा चिन्ह बनाएको छु।”
EZE 12:7 यसकारण मलाई आज्ञा दिइएअनुसार मैले गरेँ। दिउँसो मैले निर्वासनको निम्ति पोको पारेको आफ्ना सरसामानहरू निकालेँ। त्यसपछि बेलुकी मैले आफ्ना हातले भित्ता फोरेँ। मैले आफ्ना सामानहरू तिनीहरूले हेरिरहेकै बेला आफ्ना काँधमा बोकेर साँझपखमा निकालेँ।
EZE 12:8 बिहान याहवेहको वचन मकहाँ आयो:
EZE 12:9 “हे मानिसको छोरा, के इस्राएलका ती विद्रोही मानिसहरूले, ‘के गरेको?’ ” भनेर तँलाई सोधेनन् र?
EZE 12:10 “ती सोध्नेहरूलाई भन्, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: यो अगमवाणी यरूशलेमका राजकुमार र त्यहाँ भएका सबै इस्राएलीहरूसँग सम्बन्धित छ।
EZE 12:11 तिनीहरूलाई भन्, ‘म तिमीहरूका निम्ति एउटा चिन्ह हुँ।’ “जस्तो मैले गरेको छु, तिनीहरूलाई त्यस्तै गरिनेछ। तिनीहरू देशबाट कैदीहरूजस्तै निर्वासनमा जानेछन्।
EZE 12:12 “तिनीहरूमध्ये राजकुमारले साँझमा आफ्ना सामानहरू आफ्नो काँधमा बोकेर निस्कनेछ, र छिर्नलाई भित्तामा प्वाल बनाउनेछ। उसले आफ्नो अनुहार छोप्नेछ, ताकि जमिन नदेखोस्।
EZE 12:13 म त्यसको निम्ति मेरो जाल फिँजाउनेछु, र त्यो मेरो पासोमा पर्नेछ; म त्यसलाई कल्दीहरूको देश, बेबिलोनमा ल्याउनेछु; अनि त्यसको मृत्यु त्यहीँ हुनेछ; तर त्यसले त्यो देश देख्नेछैन।
EZE 12:14 म त्यसका चारैतिर हुनेहरूलाई हावामा तितरबितर पार्नेछु—त्यसका कर्मचारीहरू र त्यसका सबै सेनाहरूलाई—तिनीहरूलाई म नाङ्गो तरवारले खेद्नेछु।
EZE 12:15 “जब म तिनीहरूलाई जातिहरूको बीचमा छरपस्ट पारिदिनेछु, र तिनीहरूलाई देश विदेशतिर तितरबितर पारिदिनेछु, तब म नै याहवेह हुँ भनी तिनीहरूले जान्‍नेछन्।
EZE 12:16 तर तिनीहरूमध्ये थोरैलाई म तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि आफू गएको ठाउँमा आफ्ना सबै घिनलाग्दा कामहरू तिनीहरूले स्वीकार गरून्। तब म नै याहवेह हुँ भनी तिनीहरूले जान्‍नेछन्।”
EZE 12:17 याहवेहको वचन मकहाँ आयो:
EZE 12:18 “हे मानिसको छोरा, तैँले आफ्नो भोजन काम्दै खानू, र डरले थरथराउँदै पानी पिऊनू।
EZE 12:19 देशका मानिसहरूलाई भन्: यरूशलेममा र इस्राएलमा बसोबास गर्ने मानिसहरूलाई प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिनीहरूले तिनीहरूका भोजन चिन्तासहित खानेछन् र तिनीहरूका पानी निराशामा पिउनेछन्; किनकि त्यहाँ बसोबास गर्नेहरू सबै मानिसहरूको हिंसाको कारण तिनीहरूको देशमा भएका सबै कुराहरू उजाड पारिनेछन्।
EZE 12:20 आबाद भएका सहरहरू नष्‍ट पारिनेछन् र देश उजाड हुनेछ। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ।”
EZE 12:21 याहवेहको वचन मकहाँ आयो:
EZE 12:22 “हे मानिसको छोरा, इस्राएलको देशमा तिमीहरूको यो उखान के हो: ‘दिनहरू बितेर जान्छन्, तर दर्शनहरू पूरा हुँदैनन्’?
EZE 12:23 तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म यस उखानको अन्त्य गरिदिनेछु, र तिनीहरूले अब उसो इस्राएलमा यो उखान भन्‍नेछैनन्।’ तिनीहरूलाई भन्, ‘ती दिनहरू नजिकै छन्, र सबै दर्शन पूरा हुनेछन्।
EZE 12:24 किनकि तब इस्राएलका मानिसहरूका बीचमा झूटा दर्शनहरू र बढाइचढाइपूर्ण जोखनाहरू हुनेछैनन्।
EZE 12:25 किनकि म याहवेहले नै बोल्नेछु। म जे भन्छु, त्यो पूरा हुनेछ, र मेरो वचन ढिलो नभई पूरा हुनेछ। किनकि हे विद्रोही मानिसहरू हो, तिमीहरूकै दिनहरूमा मैले जे भनेको छु, त्यो पूरा गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
EZE 12:26 याहवेहको वचन मकहाँ आयो:
EZE 12:27 “हे मानिसको छोरा, इस्राएलीहरूले भनिरहेका छन्, ‘त्यसले देखेको दर्शन धेरै वर्षपछि मात्र पूरा हुनेछ, र धेरै समयपछिको विषयमा त्यसले अगमवाणी गर्छ।’
EZE 12:28 “यसकारण तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो कुनै पनि वचन अब ढिलो हुनेछैन; मैले जे भनेको छु, त्यो पूरा हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
EZE 13:1 याहवेहको वचन मकहाँ आयो:
EZE 13:2 “हे मानिसको छोरा, अहिले अगमवाणी गरिरहेका इस्राएलका अगमवक्ताहरूको विरुद्धमा अगमवाणी गर्। आफ्नै कल्पनाबाट अगमवाणी गर्नेहरूलाई भन्: ‘याहवेहको वचन सुन!’
EZE 13:3 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: धिक्‍कार ती मूर्ख अगमवक्ताहरूलाई, जसले आफ्नै आत्माका कुराहरू गर्छन् र केही पनि देखेका छैनन्!”
EZE 13:4 हे इस्राएल, तिमीहरूका अगमवक्ताहरू भत्केका ठाउँहरूमा बस्‍ने स्यालहरूजस्ता छन्।
EZE 13:5 तिमीहरू इस्राएलका मानिसहरूका भत्केका पर्खाल मर्मत गर्न धाँदोहरूमा गएनौ, न त याहवेहको दिनको लडाइँमा खडा रहन सकियोस् भनी बार बनायौ।
EZE 13:6 तिनीहरूका दर्शनहरू झूटा र तिनीहरूका जोखनाहरू छल हुन्। यद्यपि याहवेहले तिनीहरूलाई पठाउनुभएकै होइन, तर पनि तिनीहरू भन्छन्, “याहवेह घोषणा गर्नुहुन्छ;” अनि तिनीहरूका वचन उहाँले पूरा गर्नुभएको होस् भनी तिनीहरू आशा गर्दछन्।
EZE 13:7 मैले नबोले तापनि “याहवेह घोषणा गर्नुहुन्छ,” भनेर तिमीहरूले भन्दछौ, तब के तिमीहरूले झूटो दर्शन देखेका र झूटो जोखना उच्‍चारण गरेका होइनौ र?
EZE 13:8 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूका झूटा वचनहरू र झूटा दर्शनहरूको कारण म तिमीहरूको विरुद्धमा छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 13:9 मेरो हात झूटो दर्शन देख्ने र झूटो जोखना बताउने अगमवक्ताहरूको विरुद्धमा हुनेछ। तिनीहरू मेरा मानिसहरूको सभामा सहभागी हुनेछैनन्, न त इस्राएलको घरानाको नामावलीमा लेखिनेछन्, न त तिनीहरू इस्राएल देशमा प्रवेश गर्नेछन्। तब तिमीहरूले म नै प्रभु याहवेह हुँ भनी जान्‍नेछौ।
EZE 13:10 “ ‘किनकि तिनीहरूले मेरा मानिसहरूलाई शान्ति नै नहुँदासमेत, “तिमीहरूलाई शान्ति हुनेछ” भनेर बहकाएका छन्; अनि तिनीहरूले एउटा अति कमजोर पर्खाल बनाउँछन्, र त्यसलाई सेतो चून पोतेर छोप्छन्;
EZE 13:11 यसकारण त्यो सेतो चून पोत्नेहरूलाई त्यो पर्खाल ढल्न लागेको छ भनी भनिदे; पानीको बाढी आउनेछ र म प्रचण्ड रूपले असिना पठाइदिनेछु; अनि प्रचण्ड आँधी चल्नेछ।
EZE 13:12 जब त्यो पर्खाल ढल्नेछ, तब के मानिसहरूले तिमीहरूलाई यसो भनेर सोध्नेछैनन्, ‘तिमीहरूले पर्खालमा पोतेको सेतो चून कहाँ छ?”
EZE 13:13 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो क्रोधमा म प्रचण्ड बतास छोडिदिनेछु; अनि मेरो रिसमा असिना र विनाशकारी पानी बाढीझैँ पर्खालमाथि खस्‍नेछन्।
EZE 13:14 म तिमीहरूले सेतो चूनले पोतेको पर्खाललाई भताभुङ्ग पारिदिनेछु; अनि त्यसलाई जमिनमै मिलाइदिनेछु, ताकि त्यसको जगसमेत देखा परोस्। जब त्यो सहर ढल्नेछ, र तिमीहरू त्यसैमा नष्‍ट हुनेछौ; अनि म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ।
EZE 13:15 यसरी म आफ्नो क्रोध त्यस पर्खालको विरुद्धमा र पर्खालमा त्यो चूनले पोत्नेहरूका विरुद्धमा पोखाउनेछु। म तिमीहरूलाई भन्‍नेछु, “त्यो पर्खाल अब छैन, र त्यसलाई सेतो चूनले पोत्नेहरू पनि छैनन्;
EZE 13:16 इस्राएलका ती अगमवक्ताहरू, जसले यरूशलेमको निम्ति अगमवाणी गरे, र त्यस सहरको निम्ति शान्तिको दर्शन देखे; तर त्यहाँ शान्ति नै थिएन, प्रभु याहवेह भन्‍नुहुन्छ।” ’
EZE 13:17 “अब हे मानिसको छोरा, तेरो अनुहार तिनीहरूका आफ्नै कल्पनाको आधारमा अगमवाणी गर्ने तेरा मानिसहरूका छोरीहरूतिर तिनीहरूको विरुद्धमा फर्का, र तिनीहरूको विरुद्धमा अगमवाणी गर्;
EZE 13:18 अनि तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: धिक्‍कार ती स्त्रीहरूलाई, जसले तिनीहरू सबैका नाडीहरूमा जादुका बुटी बाँधिदिन्छन्; अनि मानिसहरूलाई पासोमा पार्न तिनीहरूका शिरमा लगाउने विभिन्‍न प्रकारका लामा-लामा घुम्टाहरू बनाउँछन्। के तिमीहरू मेरा मानिसहरूको जीवनलाई पासोमा पारेर आफ्ना जीवनलाई जोगाइराख्छौ?”
EZE 13:19 तिमीहरूले एक मुट्ठी जौ र रोटीका टुक्राहरूको निम्ति मलाई मेरा मानिसहरूका बीचमा अनादर गरेका छौ। झूटो सुन्‍न मन पराउने मेरा मानिसहरूलाई झूटो बोलेर तिमीहरूले ती मर्नुनपर्ने मानिसहरूलाई मारेका छौ, र मर्नुपर्नेहरूलाई चाहिँ जीवित छोडेका छौ।
EZE 13:20 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तिमीहरूका जादुका बुटीहरूको विरुद्धमा छु, जसको कारण तिमीहरूले मानिसहरूलाई चराहरूलाई झैँ पासोमा पार्छौ, र म ती बुटीहरू तिमीहरूका नाडीबाट चुँडाइदिनेछु; तिमीहरूले चराहरूलाई झैँ पासोमा पारेका मानिसहरूलाई म छुटकारा दिनेछु।
EZE 13:21 म तिमीहरूका घुम्टाहरू च्यातिदिनेछु, र मेरा मानिसहरूलाई तिमीहरूका हातबाट छुटाउनेछु; अनि तिनीहरू फेरि कहिल्यै पनि तिमीहरूको शक्तिको शिकार हुनेछैनन्। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ।
EZE 13:22 किनकि मैले तिनीहरूमाथि शोक नल्याए तापनि तिमीहरूले धर्मी मानिसहरूलाई निराश पारिदिएका छौ; किनकि तिमीहरूले दुष्‍टहरूलाई आफ्ना दुष्‍ट चालहरूबाट नफर्कोस् भनेर उत्साह दिन्छौ र तिनीहरूका प्राण बचाउँछौ।
EZE 13:23 यसकारण अब फेरि तिमीहरूले कहिल्यै पनि झूटो दर्शन देख्नेछैनौ, न त जोखना हेर्नेछौ। म आफ्ना मानिसहरूलाई तिमीहरूका हातबाट छुटाउनेछु। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ।’ ”
EZE 14:1 इस्राएलका केही प्रधानहरू मकहाँ आएर मेरो सामु बसे।
EZE 14:2 तब याहवेहको वचन मकहाँ आयो:
EZE 14:3 “हे मानिसको छोरा, यी मानिसहरूले आफ्ना हृदयमा मूर्तिहरू खडा गरेका छन्, र तिनीहरूले अधर्मका ठक्‍कर लाग्ने ढुङ्गा आफ्नै अनुहारको सामु राखेका छन्। तिनीहरूले मलाई केही सोधखोज गर्न आउँदा के मैले अनुमति दिनुपर्छ र?
EZE 14:4 यसकारण तिनीहरूसँग कुरा गर् र तिनीहरूलाई भनिदे, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जब कुनै इस्राएलीले आफ्नो हृदयमा मूर्तिहरू बसाल्छ, र तिनीहरूका अधर्मको ठक्‍कर लाग्ने ढुङ्गा राख्छ र अगमवक्ताकहाँ जान्छ, म याहवेह आफैँले तिनीहरूको ठूलो मूर्तिपूजाको निम्ति तिनीहरूलाई जवाफ दिनेछु।
EZE 14:5 इस्राएलका मानिसहरू, जसले आफ्ना मूर्तिहरूका कारण मलाई त्यागिदिएका छन्; तिनीहरूका हृदयलाई फेरि आफूतिर फर्काउनलाई म यो काम गर्नेछु।’
EZE 14:6 “यसकारण इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: पश्‍चात्ताप गर! तिमीहरूका मूर्तिहरूबाट फर्क र आफ्ना सबै घिनलाग्दा कामहरूलाई छोडिदेओ!
EZE 14:7 “ ‘जब कुनै इस्राएली अथवा इस्राएलमा बस्‍ने कुनै पनि विदेशीले आफूलाई मदेखि अलग गरेर आफ्नो हृदयमा मूर्ति बसाल्छ, र तिनीहरूको अधर्मको ठक्‍कर लाग्ने ढुङ्गा आफ्नो अनुहारको सामु राख्छ; अनि त्यसपछि मसँग सोधखोज गर्न अगमवक्ताकहाँ जान्छ, म याहवेह आफैँले तिनीहरूलाई जवाफ दिनेछु।
EZE 14:8 म मेरो मुख त्यसको विरुद्धमा फर्काउनेछु; अनि त्यसलाई एउटा नमुना र गिल्‍लाको पात्र तुल्याउनेछु। म त्यसलाई मेरा प्रजाबाट अलग गर्नेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
EZE 14:9 “ ‘अनि यदि अगमवक्तालाई लोभ्याएर अगमवाणी गर्न लगाइएको छ भने म याहवेहले नै त्यस अगमवक्तालाई लोभ्याएको हुँ; अनि म आफ्नो हात त्यसको विरुद्धमा पसार्नेछु र त्यसलाई मेरा प्रजा इस्राएलको बीचबाट नाश गरिदिनेछु।
EZE 14:10 तिनीहरूले आफ्ना दोष बोक्नेछन्—अगमवक्ता र सल्‍लाह लिन आउने दुवै बराबर दोषी ठहरिनेछन्।
EZE 14:11 तब इस्राएलका मानिसहरू मदेखि फेरि कहिल्यै बरालिएर जानेछैनन्, न त तिनीहरूले आफैँलाई आफ्ना पापहरूद्वारा फेरि कहिल्यै अशुद्ध पार्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन्; अनि म तिनीहरूका परमेश्‍वर हुनेछु, प्रभु याहवेह भन्‍नुहुन्छ।’ ”
EZE 14:12 याहवेहको यो वचन मकहाँ आयो:
EZE 14:13 “हे मानिसको छोरा, यदि कुनै देशले अविश्‍वासी भएर मेरो विरुद्धमा पाप गर्छ भने त्यसको विरुद्धमा म आफ्नो हात पसारेर त्यसको खानेकुराको भण्डार बन्द गरिदिनेछु। म त्यसमाथि अनिकाल पठाएर मानिसहरू र पशुहरूलाई मार्नेछु।
EZE 14:14 यी तीन जना मानिसहरू—नोआ, दानिएल र इयोब त्यहाँ भए तापनि तिनीहरूले आफ्ना धार्मिकताद्वारा आफूलाई मात्र बचाउन सक्नेथिए, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 14:15 “अथवा यदि मैले त्यस देशमा जङ्गली पशुहरू हिँड्न लगाएँ भने, र तिनीहरूलाई सन्तानविहीन पारिदिएँ; अनि त्यो देश उजाड बनाइदिएँ भने ती जङ्गली पशुहरूको कारण त्यो ठाउँबाट कोही पनि नहिँडून्;
EZE 14:16 प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ, यदि यी तीन जना मानिसहरू नै त्यहाँ भए तापनि तिनीहरूले आफ्नै छोराछोरीहरूसमेत बचाउन सक्नेथिएनन्। तिनीहरू आफैँ मात्र छुटाइनेथिए, तर देशचाहिँ उजाड नै हुनेथियो।
EZE 14:17 “अथवा यदि मैले त्यस देशको विरुद्धमा तरवार ल्याएँ भने, र ‘यो तरवार देशभरि नै चलोस्,’ भनेर त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू मारिदिएँ भने,
EZE 14:18 प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ; यदि यी तीन जना मानिसहरू नै त्यहाँ भए तापनि तिनीहरूले पनि आफ्नै छोराछोरीहरू छुटाउन सक्नेथिएनन्। तिनीहरू आफैँ मात्र छुटाइनेथिए।
EZE 14:19 “अथवा यदि मैले त्यस देशमा रूढी पठाएँ, र रक्तपातद्वारा आफ्नो क्रोध त्यसमाथि खन्याएँ, र देशका मानिसहरू र तिनीहरूका पशुहरू मारिदिएँ भने,
EZE 14:20 प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ; यदि त्यस देशमा नोआ, दानिएल र इयोब नै भए तापनि तिनीहरूले न त छोरा, न त छोरीलाई बचाउन सक्नेथिए। तिनीहरूले आफ्ना धार्मिकताद्वारा आफूलाई मात्र बचाउनेथिए।
EZE 14:21 “किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले यरूशलेमको विरुद्धमा मेरा चार वटा डरलाग्दा दण्डहरू—तरवार, अनिकाल, जङ्गली पशुहरू र रूढी; अनि त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू मार्नलाई पठाउँदा झन् कति खराब होला!
EZE 14:22 तापनि त्यहाँ केही छोडिनेछन्—छोराहरू र छोरीहरू, जो त्यस देशबाट निकालिनेछन्। तिनीहरू तिमीहरूकहाँ आउनेछन्; अनि जब तिमीहरूले तिनीहरूका चाल र कामहरू देख्नेछौ, तब मैले यरूशलेममाथि ल्याएका सर्वनाशहरूको बारेमा तिमीहरूले सान्त्वना पाउनेछौ—मैले त्यस सहरमाथि ल्याएको हरेक विपत्तिको निम्ति सान्त्वना पाउनेछौ।
EZE 14:23 तिनीहरूका चाल र तिनीहरूका कामहरू देखेर तिमीहरूले सान्त्वना पाउनेछौ; किनकि तिमीहरूले जान्‍नेछौ, कि मैले त्यस देशमा विनाकारण केही गरेको थिइनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
EZE 15:1 याहवेहको वचन मकहाँ आयो:
EZE 15:2 “हे मानिसको छोरा, दाखको बोटको दाउरा जङ्गलमा भएका रूखहरूका हाँगाभन्दा कसरी असल हुन्छ?
EZE 15:3 के कुनै उपयोगी चीज बनाउनका निम्ति दाखको बोटबाट कहिल्यै काठ निकालिन्छ र? के मानिसहरूले दाखको बोटबाट केही झुण्ड्याउनका निम्ति किला बनाउँछन् र?
EZE 15:4 अनि त्यसलाई दाउराको रूपमा आगोभित्र फ्याँकेपछि त्यसका दुवैतिर टुप्पो र फेद आगोले जलेर बीचको भागसमेत कोइला बन्छ भने के त्यो कुनै कामको निम्ति उपयोगी हुन्छ?
EZE 15:5 यदि त्यो सिङ्गो हुँदा कुनै पनि कामको निम्ति उपयोगी हुँदैन भने, जब त्यसलाई आगोले जलाएर कोइला बनिएपछि त्यो कुनै उपयोगी कुरा बनिनलाई झन् कति कम उपयोगी हुन्छ होला?
EZE 15:6 “यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जङ्गलका रूखहरूको बीचमा मैले दाखको हाँगालाई आगोको निम्ति दाउरा हुनलाई दिएको छु, त्यसरी नै म यरूशलेममा बसोबास गर्ने मानिसहरूसँग पनि त्यसै गर्नेछु।
EZE 15:7 म मेरो अनुहार तिनीहरूको विरुद्धमा फर्काउनेछु। तिनीहरू आगोबाट बाहिर निस्केर आए तापनि आगोले तिनीहरूलाई भस्म गर्नेछ। अनि जब मैले मेरो मुख तिनीहरूको विरुद्धमा फर्काउँछु, तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ।
EZE 15:8 तिनीहरू अविश्‍वासयोग्य भएको कारण म देशलाई उजाड पारिदिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
EZE 16:1 याहवेहको यो वचन मकहाँ आयो:
EZE 16:2 “हे मानिसको छोरा, यरूशलेमलाई त्यसका घिनलाग्दा कामहरू औँल्याइदे,
EZE 16:3 र भन्, ‘प्रभु याहवेह यरूशलेमलाई यसो भन्‍नुहुन्छ: तेरो पुर्खा र तेरो जन्म कनानीहरूको देशमा भएको थियो; तेरो बुबा एक एमोरी थियो र तेरी आमा एक हित्तीनी थिई।
EZE 16:4 तँ जन्मेको दिन तेरो नाल काटिएको थिएन, न त तँलाई सफा गर्नलाई पानीले पखालियो; न त तँलाई नुनले मलियो अथवा लुगाले बेह्रियो।
EZE 16:5 तँलाई कसैले दयाको दृष्‍टिले हेरेन, न त तेरो निम्ति कसैले केही गरिदियो वा दया नै देखायो। बरु तँ खुला मैदानमा फ्याँकिएको थिइस्; किनकि तँ जन्मेकै दिन घृणित भएको थिइस्।
EZE 16:6 “ ‘जब म तेरो छेउबाट भएर गएँ, र तँलाई आफ्नो रगतमा लतपतिएको देखेँ; अनि तँ आफ्नो रगतमा लतपतिरहेकै अवस्थामा मैले तँलाई भने, “जीवित हो।”
EZE 16:7 मैले तँलाई खेतको बोटबिरुवाजस्तै बढ्न दिएँ। तँ बढिस्, हुर्किस् र युवावस्थामा प्रवेश गरिस्। तेरा स्तनहरू बढे र तेरो केश लामो भयो, तर पनि तँ पूरै नाङ्गै थिइस्।
EZE 16:8 “ ‘त्यसपछि म छेउबाट भएर जाँदा, जब मैले तँलाई हेरेँ, र तँलाई देखेँ; तँ प्रेम गर्ने उमेरको भएको थिइस्। मैले मेरो लुगाको एउटा किनार तँमाथि फैलाइदिएँ र तेरो नग्नता ढाकिदिएँ। अनि मैले तँसँग शपथ खाएँ, र तँलाई करारमा बाँधेँ; तब तँ मेरी भइस्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 16:9 “ ‘मैले तँलाई पानीले नुहाइदिएँ, र तेरो रगत सफा गरिदिएँ; अनि तँलाई मलम लगाइदिएँ।
EZE 16:10 मैले तँलाई बुट्टेदार वस्त्र लगाइदिएँ, र तँलाई अति राम्रो छालाको जुत्ता लगाइदिएँ। मैले तँलाई मलमल कपडा पहिर्‍याइदिएँ, र तँलाई बहुमूल्य वस्त्रले ढाकिदिएँ।
EZE 16:11 मैले तँलाई गरगहनाले आभूषित गराएँ: मैले तेरा हातमा चुरा र तेरो घाँटीमा हार पहिर्‍याइदिएँ।
EZE 16:12 मैले तेरो नाकमा नत्थ, तेरा कानहरूमा मुन्‍द्रा र तेरो शिरमा सुन्दर मुकुट लगाइदिएँ।
EZE 16:13 यसरी तँ सुन र चाँदीले सिँगारिइस्; तेरा वस्त्रहरू मिहिन सुती, बहुमूल्य र बुट्टेदार कपडाका थिए र तेरो भोजन एकदमै राम्रो मसिनो पिठो, मह र जैतुन तेल थियो। तँ असाध्यै सुन्दरी थिइस् र रानी हुन लायकको भइस्।
EZE 16:14 तेरो सुन्दरताको कारण जाति-जातिहरूको बीचमा तेरो ख्याति फैलियो; किनकि मैले तँलाई दिएको गौरवले तेरो सुन्दरतालाई पूर्ण बनाइदिएको थियो, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 16:15 “ ‘तर तैँले आफ्नो सुन्दरतामा भरोसा राखिस्, र आफ्नो ख्यातिलाई वेश्यावृत्तिको रूपमा प्रयोग गरिस्। तैँले आफ्नो कामुकतालाई तेरो छेउबाट भएर जाने जोसुकैमाथि मनपरी सुम्पिस् र तेरो सुन्दरता त्यस मानिसको भयो।
EZE 16:16 तैँले आफ्ना केही वस्त्रहरू लिएर देवस्थानहरू सिँगारिस्, जहाँ तैँले वेश्याकर्म गरिस्। तँ ती सिँगारिएका डाँडाहरूमा त्यसकहाँ गइस् र त्यसले तेरो सुन्दरता लुट्यो।
EZE 16:17 मैले तँलाई दिएका अति सुन्दर गहना, मेरो सुनचाँदीले बनिएको गरगहना तैँले लिइस्, र आफ्नै निम्ति पुरुषका मूर्तिहरू बनाएर तिनीहरूसितै वेश्यावृत्ति गर्न थालिस्।
EZE 16:18 अनि तैँले ती मूर्तिहरूलाई ढाक्नलाई तेरा बुट्टेदार कपडाहरू लगिस्, र तैँले ती मूर्तिहरूको अगि मेरो जैतुनको तेल र धूप चढाइस्।
EZE 16:19 अनि मैले तँलाई प्रबन्ध गरिदिएका भोजनहरू—मैले तँलाई खान भनेर जुटाइदिएको मसिनो पिठो, जैतुनको तेल र मह—तैँले ती मूर्तिहरूको अगाडि सुगन्धित धूपको रूपमा चढाइस्। प्रभु याहवेह भन्‍नुहुन्छ, त्यस्तै नै भएको थियो।
EZE 16:20 “ ‘तैँले मेरा निम्ति जन्माएका छोराछोरीहरू लिएर मूर्तिहरूका निम्ति भोजनको रूपमा बलिदान गरिस्। के यो तेरो वेश्यावृत्ति पर्याप्‍त थिएन?
EZE 16:21 तैँले मेरा छोराछोरीहरूलाई मारेर मूर्तिहरूलाई बलि चढाइस्।
EZE 16:22 तेरा सबै घिनलाग्दा कामहरूमा र तेरा वेश्यावृत्तिमा तैँले आफ्नो युवावस्थाका दिनहरू सम्झिनस्; जब तँ नाङ्गो र वस्त्रविहीन थिइस्, आफ्नो रगतमा तँ लतपतिएकी थिइस्।
EZE 16:23 “ ‘धिक्‍कार! तँलाई धिक्‍कार, प्रभु याहवेह भन्‍नुहुन्छ। तेरा अरू सबै दुष्‍टताहरूबाहेक
EZE 16:24 तैँले आफ्नै निम्ति पूजा गर्ने एउटा उच्‍च स्थान बनाइस् र हरेक सार्वजनिक चोकमा उच्‍च देवस्थान बनाइस्।
EZE 16:25 हरेक सडकको कुनामा तैँले देवस्थान बनाइस् र त्यहाँबाट भएर जाने हरेकलाई आफ्नो पाउ फैलाएर वेश्यावृत्तिको निम्ति तेरो शरीर सुम्पिइस्, र आफ्नो सुन्दरतालाई अपमानित गरिस्।
EZE 16:26 तैँले आफ्ना कामुक छिमेकी इजिप्टियनहरूसँग पनि वेश्यावृत्ति गरिस्, र आफ्नो बढ्दो वेश्यावृत्तिले मलाई रिस उठाइस्।
EZE 16:27 यसकारण हेर्, मैले मेरो हात तेरो विरुद्धमा पसारेको छु, र मैले तेरो देशको सिमाना सानो बनाइदिएको छु; मैले तँलाई तेरा शत्रुहरू, अर्थात् पलिश्तीहरूका छोरीहरूका लोभको शिकार बनाइदिएको छु, जो तेरो अनैतिकताको चाल देखेर लज्जित भएका थिए।
EZE 16:28 तैँले अश्शूरहरूसित पनि वेश्यावृत्ति गरिस्; किनकि तेरो तिर्खा मेटिँदैनथ्यो, तर पनि तँ तृप्‍त भइनस्।
EZE 16:29 तब तैँले व्यापारी देश बेबिलोनसँग पनि तेरो वेश्यावृत्ति बढाएर लगिस्, तर यसले पनि तँ तृप्‍त भइनस्।
EZE 16:30 “ ‘यसैले तेरो विरुद्धमा म रिसको आगोले भरिएँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ: जब तैँले यी सबै कामहरू गरिस्, तैँले एक निर्लज्ज वेश्याको जस्तै व्यवहार गरिस्!
EZE 16:31 जब तैँले हरेक सडकको कुनामा उच्‍च स्थान र हरेक सार्वजनिक चोकमा देवस्थान बनाइस्, तँ साधारण वेश्याजस्तो पनि थिइनस्; किनकि तैँले ज्याला लिइनस्।
EZE 16:32 “ ‘तँ व्यभिचारिणी पत्नी होस्! तैँले आफ्नै पतिलाई भन्दा बाहिरका बिरानो मानिसहरूलाई मन पराउँछेस्!
EZE 16:33 सबै वेश्याहरूले ज्याला लिन्छन्, तर तैँले त आफ्ना सबै प्रेमीहरूलाई उपहार दिन्छेस्, र चारैतिरबाट तँसँग वेश्यावृत्ति गर्न आऊन् भनेर घूस पनि दिन्छेस्।
EZE 16:34 यसकारण तेरो वेश्यावृत्तिमा तँ अरूहरूभन्दा फरक छेस्; तँसँग वेश्यावृत्ति गर्नलाई तेरो पछि कोही पनि दगुर्दैनन्। तँ साँच्‍चै उल्टो छेस्; किनकि तँसँग वेश्यावृत्ति गर्नलाई अरूलाई ज्याला दिन्छेस्, तर कसैले तँलाई ज्याला दिँदैन।
EZE 16:35 “ ‘यसकारण हे वेश्या, याहवेहको वचन सुन्!
EZE 16:36 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तैँले आफ्ना प्रेमीहरूसितको वेश्यावृत्तिमा आफ्नो धनसम्पत्ति खन्याएकी र आफ्नो नग्नता देखाएकी कारणले र तेरा सबै घिनलाग्दा मूर्तिहरूको कारण, र तैँले आफ्ना छोराछोरीहरूका रगत ती मूर्तिहरूलाई चढाएको कारण,
EZE 16:37 म तेरा सबै प्रेमीहरू भेला गराउनेछु, जससँग तैँले आनन्द लिइस्, जसलाई तैँले प्रेम गरिस् र तैँले घृणा गरिस्। म तिनीहरूलाई चारैतिरबाट तेरो विरुद्धमा जम्मा गर्नेछु; तिनीहरूले तेरो नग्नता देखून् भनेर तिनीहरूको सामु तेरो नग्नता उघारिदिनेछु।
EZE 16:38 म तँलाई ती स्त्रीहरूलाई झैँ दण्ड दिनेछु, जसले व्यभिचार गर्छन् र जसले रक्तपात गर्छन्; म तँमाथि मेरो क्रोध र डाहपूर्ण रिसको रगतको बदला खन्याउनेछु।
EZE 16:39 तब म तँलाई तेरा प्रेमीहरूकहाँ सुम्पिदिनेछु, र तिनीहरूले तेरा अग्ला स्थानहरू भत्काइदिनेछन्; अनि तेरा देवस्थानहरू नाश गरिदिनेछन्। तिनीहरूले तेरा वस्त्रहरू उतारिदिनेछन्, र तेरा सुन्दर गरगहनाहरू लगेर तँलाई नाङ्गै छोडिदिनेछन्।
EZE 16:40 तिनीहरूले तेरो विरुद्धमा एउटा भीडलाई ल्याउनेछन्, जसले तँलाई ढुङ्गाले हान्‍नेछन् र आफ्ना तरवारहरूले तँलाई टुक्रा-टुक्रा पारिदिनेछन्।
EZE 16:41 तिनीहरूले तेरा घरहरू जलाइदिनेछन् र धेरै स्त्रीहरूले देख्ने गरी तँलाई दण्ड दिनेछन्। म तेरो वेश्यावृत्तिलाई रोकिदिनेछु, र अब तैँले तेरा प्रेमीहरूलाई फेरि ज्याला दिनेछैनस्।
EZE 16:42 त्यसपछि तेरो विरुद्धमा मेरो क्रोध शान्त हुनेछ, र मेरो डाहको रिस तँबाट हट्नेछ; अनि म शान्त हुनेछु र अब फेरि क्रोधित हुनेछैनँ।
EZE 16:43 “ ‘तैँले तेरा जवानीका दिनहरू सम्झना गरिनस्, तर यी सबै कुराहरूले मलाई रिस उठाएको कारण तैँले जे गरेकी छेस्, त्यो निश्‍चय नै तेरो शिरमाथि खन्याइदिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। के तैँले आफ्ना अरू सबै घिनलाग्दा कामहरूमाथि कामुकता थपेकी छैनस्?
EZE 16:44 “ ‘उखान भन्‍ने हरेकले तेरो विषयमा यही उखान भन्‍नेछ: “जस्ती आमा, त्यस्ती नै छोरी।”
EZE 16:45 तँ तेरी आमाजस्तै छेस्, जसले आफ्नो पति र आफ्ना छोराछोरीहरूलाई घृणा गर्थी; अनि तँ साँच्‍चै आफ्ना दिदीबहिनीहरू जस्ती छेस्; जसले आफ्ना पतिहरू र छोराछोरीहरूलाई घृणा गर्थे। तेरी आमा एउटी हित्ती स्त्री थिई र तेरो बुबा एक एमोरी थियो।
EZE 16:46 तेरी ठूली दिदी सामरिया थिई, जो आफ्ना छोरीहरूसित तेरो उत्तरपट्टि बस्थी; अनि तेरी सानी बहिनी सदोम थिई, जो आफ्ना छोरीहरूसित तेरो दक्षिणपट्टि बस्थी।
EZE 16:47 तँ तिनीहरूका मार्गहरूमा मात्र हिँडिनस्, र तिनीहरूका घिनलाग्दा कामहरू मात्र सिकिनस्, तर तेरा सबै मार्गहरूमा तँ चाँडै नै तिनीहरूभन्दा बढी खराब भइस्।
EZE 16:48 म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, तेरी बहिनी सदोम र त्यसका छोरीहरूले तैँले र तेरा छोरीहरूले गरेजस्तो कहिल्यै गरेका थिएनन्।
EZE 16:49 “ ‘अब तेरी बहिनी सदोमको पाप यस्तो थियो: त्यो र त्यसका छोरीहरू अहङ्कारी थिए; अनि पेटभरि खान्थे र लापर्बाही जिउँथे। तिनीहरूले गरिब र खाँचोमा परेकाहरूलाई वास्ता गर्दैनथिए।
EZE 16:50 तिनीहरू अहङ्कारी थिए, र तिनीहरूले मेरो सामु घिनलाग्दा कामहरू गरेका थिए। यसकारण मैले तिनीहरूलाई नष्‍ट गरिदिएँ, त्यो तैँले देखेकी छेस्।
EZE 16:51 सामरियाले तैँले गरेका पापहरूको आधाजति पनि गरेन। तैँले तिनीहरूले भन्दा बढी घृणित कामहरू गरिस्, र तैँले गरेका यी सबै घिनलाग्दा कामहरूद्वारा तेरा आफ्ना दिदीबहिनीहरूलाई धर्मी देखिने बनाइस्।
EZE 16:52 अब तैँले आफ्नो अपमान भोग्; किनकि तैँले आफ्ना दिदीबहिनीहरूलाई धर्मी ठहराउने काम गरिस्। तेरा पापहरू तिनीहरूका भन्दा बढी घिनलाग्दा भएका कारण तिनीहरू तँभन्दा बढी धर्मी देखिन्छन्। यसकारण लाज मान्, र आफ्नो अपमान बोक्; किनकि तैँले आफ्ना दिदीबहिनीहरूलाई बढी धर्मी देखिने तुल्याइस्।
EZE 16:53 “ ‘तापनि म सदोम र त्यसका छोरीहरू, सामरिया र त्यसका छोरीहरूको सुख-शान्ति फर्काइदिनेछु; अनि तिनीहरूसित तेरो सुदिन समेत फर्काइदिनेछु,
EZE 16:54 ताकि तैँले तेरो अपमान सहन सकोस् र तिनीहरूलाई सान्त्वना दिँदा तैँले गरेका सबै कामहरूका निम्ति लज्जित हुन सकोस्।
EZE 16:55 अनि तेरा दिदीबहिनीहरू, सदोम र त्यसका छोरीहरू, सामरिया र त्यसका छोरीहरू आफ्नो पहिलेकै अवस्थामा फर्कनेछन्; तब तँ र तेरा छोरीहरू पनि पहिलेकै अवस्थामा फर्कनेछौ।
EZE 16:56 आफ्नो घमण्डको दिनमा तेरो दुष्‍टता प्रकट गरिनुभन्दा पहिले,
EZE 16:57 तैँले आफ्नी बहिनी सदोमको नामसम्म लिएकी थिइनस्। यसैले अब एदोमका छोरीहरू र त्यसका सबै छिमेकीहरू र पलिश्तीहरूका छोरीहरूद्वारा तेरा चारैतिर भएकाहरू सबैले तँलाई घृणा गर्छन्।
EZE 16:58 तैँले तेरा सबै कामुकता र तेरा सबै घृणित कामहरूको प्रतिफल भोग्नेछेस्, याहवेह घोषणा गर्नुहुन्छ।
EZE 16:59 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तँलाई तैँले गरेको दुष्‍टताको योग्यको दण्ड दिनेछु; किनकि तैँले मेरो करार तोडेर मेरो शपथ तुच्छ ठानेकी छेस्।
EZE 16:60 तापनि मैले तेरो युवावस्थामा तँसँग बाँधेको करार सम्झनेछु, र म तँसित एउटा अनन्तको करार स्थापित गर्नेछु।
EZE 16:61 त्यसपछि तैँले तेरा आफ्ना दिदीबहिनीहरू, तँभन्दा ठूली दिदी र तँभन्दा सानी बहिनीहरूलाई स्वीकार गर्नेछेस्; अनि तैँले आफ्ना चालहरू विचार गर्नेछेस्, र तँ लज्जित हुनेछस्। अनि म तिनीहरूलाई तेरा छोरीहरूको रूपमा तँलाई दिनेछु, तर तँसँगको मेरो करारको कारणले होइन।
EZE 16:62 तब म तँसित मेरो करार स्थापित गर्नेछु, र म नै याहवेह हुँ भनी तैँले जान्‍नेछेस्।
EZE 16:63 जब तैँले गरेका सबै घृणित कामहरूका निम्ति म क्षमा गर्नेछु, तब तैँले आफ्नो पाप सम्झनेछेस्, र तँ लज्जित हुनेछेस्; अनि आफ्नो अपमानको कारण तैँले आफ्नो मुख कहिल्यै खोल्नेछैनस्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
EZE 17:1 याहवेहको वचन मकहाँ आयो:
EZE 17:2 “हे मानिसको छोरा, एउटा उखान बनाएर इस्राएलीहरूलाई दृष्‍टान्तको रूपमा भन्।
EZE 17:3 तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: शक्तिशाली र लामा-लामा पखेटा र सुन्दर प्वाँखहरू भएको एउटा ठूलो चील लेबनानमा आयो। त्यसले देवदारुको रूखको टुप्पालाई चुँडायो;
EZE 17:4 अनि सबैभन्दा माथिको टुप्पाको टुसालाई चुँडाएर त्यसलाई व्यापारीहरूको एउटा देशमा लग्यो, र त्यस देवदारुलाई व्यापारीहरूको एउटा सहरमा रोपिदियो।
EZE 17:5 “ ‘चिलले त्यस देशका केही बिउहरू लिएर मलिलो माटोमा रोपिदियो। चिलले त्यो प्रशस्त पानी भएको ठाउँमा बैँसको रूखझैँ रोप्यो;
EZE 17:6 अनि त्यसमा पालुवा पलायो र एउटा होचो कद भएको, फैलिरहने दाखको बोट बन्यो। दाखका हाँगाहरू चिलतिर बढेर आयो, तर दाखका जराहरू जमिनमुनि नै रहे। अनि यो दाखको बोट बन्यो र त्यसका हाँगाहरू उम्रन थाले र त्यसबाट धेरै पातसहितका हाँगाहरू निस्के।
EZE 17:7 “ ‘तर त्यहाँ शक्तिशाली पखेटा र धेरै प्वाँखहरू भएको अर्को ठूलो चील पनि थियो। अब त्यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्ना जराहरू त्यस अर्को चिलतिर बढायो र पानीको निम्ति आफ्ना हाँगाहरू त्यस चिलतिर फैलायो।
EZE 17:8 त्यसले हाँगाहरू उमारोस् र फल फलाएर एउटा सुन्दर दाखको बोट बनोस् भनेर त्यसलाई असल माटोमा र प्रशस्त पानीको छेउमा रोपिएको थियो।’
EZE 17:9 “तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: के त्यो नयाँ दाखको बोट सप्रला र? के त्यो ओइलिएर जाओस् भनी उखेलिँदैन र? वा त्यसका फलहरू रित्तो पारिँदैनन् र? त्यसका सबै नयाँ मुनाहरू ओइलाएर जानेछन्। त्यसलाई जरैसित उखेल्नलाई बलियो हात वा धेरै मानिसहरूको खाँचो पर्नेछैन।
EZE 17:10 यदि त्यो अर्को ठाउँमा रोपियो भने के त्यो सप्रला र? पूर्वीय बतासले त्यसलाई प्रहार गरेपछि के त्यो पूर्ण रूपले ओइलाउने छैन र—त्यो जहाँ रोपियो र बढ्यो, के त्यहीँ ओइलिनेछैन र?’ ”
EZE 17:11 तब याहवेहको वचन मकहाँ आयो:
EZE 17:12 “यी विद्रोही मानिसहरूलाई भन्, ‘यस कुराहरूको अर्थ के हो, के तिमीहरू जान्दैनौ?’ तिनीहरूलाई भन्: ‘बेबिलोनको राजा नबूकदनेसर यरूशलेममा गयो; अनि त्यहाँका राजा र राजकीय व्यक्तिहरूलाई कैद गरी तिनीहरूलाई आफूसँग बेबिलोनमा ल्यायो।
EZE 17:13 त्यसपछि राजाले राजकीय परिवारका एक सदस्यलाई लियो, र शपथ खुवाएर त्यससित एउटा सन्धि गर्‍यो। नबूकदनेसर राजाले देशका केही मुख्य मानिसहरूलाई पनि कैद गरेर लग्यो,
EZE 17:14 ताकि यहूदा राज्य कमजोर होस्, फेरि उठ्न नसकोस्, तर त्यसले गरेको सन्धि कायम राखेर मात्र बाँचोस्।
EZE 17:15 तर यहूदाका राजा सिदकियाहले इजिप्टबाट घोडाहरू र ठूलो सेनाहरू ल्याउन भनी आफ्ना दूतहरू पठाएर नबूकदनेसरको विरुद्धमा विद्रोह गर्‍यो। के त्यो सफल हुनेछ? के यस्ता कामहरू गर्ने मानिस बच्न सक्छ र? के त्यसले सन्धि तोडेर पनि त्यो बच्न सक्ला र?
EZE 17:16 “ ‘म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, त्यो बेबिलोनमा मर्नेछ, त्यो राजाको देशमा, जसले त्यसलाई सिंहासनमा राख्यो, जसको शपथलाई त्यसले तुच्छ ठान्यो र जसको सन्धि त्यसले तोड्यो।
EZE 17:17 जब घेराबन्दीहरू खडा गरिन्छ र घेरा हाल्नलाई पर्खालहरू बनाइन्छ, तब फारोको शक्तिशाली सेना र ठूलो सेनाको दलले लडाइँमा त्यसलाई कुनै सहयोग गर्न सक्नेछैन।
EZE 17:18 सिदकियाहले करार भङ्ग गरेर शपथलाई तुच्छ ठान्यो। त्यसले आफ्नो हात दिएर शपथ खाए तापनि यी सबै कुराहरू गरेको कारण त्यो उम्कनेछैन।
EZE 17:19 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म जीवित भएझैँ, त्यसले मेरो शपथ तुच्छ ठानेको र मेरो करार तोडेको कारण म त्यसलाई दण्ड दिनेछु।
EZE 17:20 म त्यसको विरुद्धमा मेरो जाल फिजाउनेछु, र त्यो मेरो पासोमा पर्नेछ। म त्यसलाई बेबिलोनमा ल्याउनेछु, र त्यहाँ त्यसमाथि न्याय गर्नेछु; किनकि त्यो मप्रति अविश्‍वासयोग्य भयो।
EZE 17:21 त्यसका सबै छानिएका दलहरू तरवारद्वारा ढल्नेछन्; अनि बाँचेका सेनाहरू बतासमा छरपस्ट पारिनेछन्। तब म याहवेहले नै बोलेको हुँ भनी तिमीहरूले जान्‍नेछौ।
EZE 17:22 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म आफैँले देवदारुको टुप्पाबाट एउटा टुसा लिनेछु र त्यसलाई रोप्नेछु; म त्यसका सबैभन्दा टुप्पाको टुसाबाट एउटा सानो कलिलो हाँगा चुँडाएर त्यसलाई एउटा अग्लो र ठूलो पर्वतमा रोप्नेछु।
EZE 17:23 म त्यस हाँगालाई इस्राएलको पहाडको टुप्पोमा रोप्नेछु; त्यसका हाँगाहरू पलाउनेछन् र फल फलाउनेछन्; अनि एउटा सुन्दर देवदारुको बोट हुनेछ। त्यहाँ हरेक किसिमका चराहरूले गुँड बनाउनेछन्; त्यसका हाँगाहरूका छायामा ती चराहरूले आफ्ना गुँड लगाउनेछन्।
EZE 17:24 म याहवेहले नै अग्ला रूखहरूलाई होच्याउनेछु, र होचा रूखहरूलाई अग्लो बनाउनेछु भनी जङ्गलका सबै रूखहरूले जान्‍नेछन्। हरियो रूखलाई सुकाउने र सुकेको रूखलाई हरियो बनाउने याहवेह म नै हुँ। “ ‘म याहवेहले नै बोलेको हुँ, र त्यो म गर्ने नै छु।’ ”
EZE 18:1 याहवेहको वचन मकहाँ आयो:
EZE 18:2 “इस्राएल देशको बारेमा मानिसहरूले भनेका यस उखानको अर्थ के हो? “ ‘अमिलो अङ्‌गुर खाने बुबाआमा, र दाँत कुँडिने छोराछोरी’!
EZE 18:3 “म जीवित भएझैँ, प्रभु याहवेह भन्‍नुहुन्छ, तिमीहरूले अब उसो इस्राएलमा यो उखान कहिल्यै भन्‍नेछैनौ।
EZE 18:4 किनकि हेर, हरेक जीवित प्राणी मेरै हो, बुबाआमा र छोराछोरी—ती दुवै मेरै हुन्। जसले पाप गर्छ, त्यही मर्नेछ।
EZE 18:5 “उदाहरणको लागि एक जना न्यायसङ्गत र ठिक काम गर्ने धर्मी मानिस छ।
EZE 18:6 त्यसले पर्वतको देवस्थानहरूमा खाँदैन, अथवा इस्राएलका मूर्तिहरूलाई हेर्दैन। त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्दैन, अथवा कुनै स्त्रीको महिनावारीको समयमा त्यस स्त्रीसित यौन सम्पर्क गर्दैन।
EZE 18:7 त्यसले कसैलाई पनि अत्याचार गर्दैन, तर त्यसले ऋणको निम्ति लिएको बन्धक फर्काइदिन्छ। त्यसले लुटपाट गर्दैन, तर त्यसले भोकाएकाहरूलाई आफ्नो भोजन दिन्छ, र नाङ्गाहरूलाई लुगाफाटा जुटाइदिन्छ।
EZE 18:8 त्यसले मानिसहरूलाई व्याजमा ऋण दिँदैन, अथवा तिनीहरूबाट फाइदा लिँदैन। त्यसले आफ्ना हातहरू खराबी गर्नबाट रोक्छ, र त्यसले मानिसहरूको दुई समूहको बीचमा ठिक न्याय गर्छ।
EZE 18:9 त्यसले मेरा उर्दीहरू पालन गर्छ, र मेरा व्यवस्थाहरू विश्‍वासयोग्यतासाथ मान्छ। त्यो मानिसचाहिँ धर्मी हो; त्यो निश्‍चय नै जीवित रहनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 18:10 “मानौँ त्यसको एउटा हिंसात्मक छोरा छ, जसले रक्तपात गर्छ; यी कामहरूमध्ये अरू खराबी कुराहरू पनि गर्छ,
EZE 18:11 (यद्यपि त्यसका बुबाले चाहिँ यी खराब कामहरूमध्ये एउटै पनि गरेनन्): “त्यसले पर्वतका देवस्थानहरूमा खान्छ। त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्छ।
EZE 18:12 त्यसले गरिब र खाँचोमा परेकाहरूलाई अत्याचार गर्छ, त्यसले लुटपाट गर्छ। त्यसले ऋणको निम्ति आफूले बन्धक लिएको कुरो फर्काउँदैन, त्यसले मूर्तिहरूतिर हेर्छ। त्यसले घिनलाग्दा कामहरू गर्छ।
EZE 18:13 त्यसले रकम ब्याजमा दिन्छ र फाइदा लिन्छ। के यस्तो मानिस जीवित रहला र? त्यो जीवित रहनेछैन! त्यसले यी सबै घिनलाग्दा कामहरू गरेको कारण त्यो निश्‍चय नै मारिनैपर्छ; त्यसको रगतको दोष त्यसको आफ्नै टाउकोमा हुनेछ।
EZE 18:14 “अब मानौँ त्यस मानिसको एउटा छोरा छ, जसले आफ्नो बुबाले गरेका सबै पापहरू देख्छ; अनि त्यसले ती देखे तापनि यस्ता कुराहरू गर्दैन:
EZE 18:15 “त्यसले पर्वतका देवस्थानहरूमा खाँदैन, अथवा इस्राएलका मूर्तिहरूलाई हेर्दैन। त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्दैन।
EZE 18:16 त्यसले कसैलाई पनि अत्याचार गर्दैन, अथवा ऋणको निम्ति बन्धक लिँदैन। त्यसले लुटपाट गर्दैन, तर त्यसले भोकाएकाहरूलाई आफ्ना भोजन दिन्छ, र नाङ्गाहरूलाई लुगाफाटा जुटाइदिन्छ।
EZE 18:17 त्यसले गरिबहरूलाई गलत व्यवहार गर्नबाट आफ्ना हात रोक्छ र रकमको ब्याज लिँदैन अथवा फाइदा लिँदैन। त्यसले मेरा आज्ञाहरू पालन गर्छ र मेरा उर्दीहरू मान्छ। त्यो आफ्नो बुबाको पापको कारण मर्नेछैन; त्यो निश्‍चय नै जीवित रहनेछ।
EZE 18:18 तर त्यसको बुबा आफ्नै पापको कारण मर्नेछ; किनकि त्यसले जबरजस्तीसँग खराब गरेको छ, र आफ्ना दाजुभाइलाई लुटेको छ; अनि आफ्ना मानिसहरूका बीचमा जुन कुरा खराब थियो, त्यही गरेको छ।
EZE 18:19 “तापनि तिमीहरू सोध्छौ, ‘त्यो छोरा आफ्नो बुबाको दोषको सहभागी किन भएन?’ त्यो छोराले जे न्यायसङ्गत र ठिक थियो, त्यही गर्‍यो; अनि मेरा उर्दीहरू होसियारीसाथ पालन गरेको कारण त्यो निश्‍चय नै जीवित रहनेछ।
EZE 18:20 जसले पाप गर्छ, त्यही मर्नेछ। छोराछोरीले बुबाआमाको दोषको दण्ड भोग्नेछैनन्, न त बुबाआमाले छोराछोरीको दोषको दण्ड भोग्नेछन्। धर्मीले आफ्नो धार्मिकताको फल, र दुष्‍टहरूले तिनीहरूको दुष्‍टताको परिणाम पाउनेछन्।
EZE 18:21 “तर यदि कुनै दुष्‍ट मानिस आफूले गरेका सबै पापहरूबाट फर्कन्छ, र त्यसले मेरा सबै उर्दीहरू पालन गर्छ; अनि जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यो निश्‍चय नै जीवित रहनेछ, त्यो मर्नेछैन।
EZE 18:22 त्यसले गरेका कुनै पनि अपराधको सम्झना त्यसको विरुद्धमा हुनेछैन। त्यसले गरेका धार्मिक कुराहरूको कारण त्यो जीवित रहनेछ।
EZE 18:23 के म दुष्‍टको मृत्युमा खुशी हुन्छु र? प्रभु याहवेह घोषणा गर्नुहुन्छ। बरु के तिनीहरू आफ्ना दुष्‍ट चालबाट फर्कँदा म खुशी हुँदिनँ र?
EZE 18:24 “तर धर्मी मानिस आफ्नो धार्मिकताबाट फर्केर पाप गर्छ, र दुष्‍ट मानिसले गर्ने त्यही घिनलाग्दा कामहरू गर्छ भने के त्यो जीवित रहला र? त्यसले गरेको कुनै पनि धार्मिक कामहरूको सम्झना हुनेछैन। त्यसले गरेका अविश्‍वासयोग्यताको दोषको कारण र त्यसले गरेका पापहरूको कारण त्यो मर्नेछ।
EZE 18:25 “तापनि तिमीहरू भन्छौ, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ हे इस्राएलीहरू हो, सुन: के मेरो मार्ग न्यायसङ्गत छैन? के तिमीहरूकै चालहरू बेठीक छैनन् र?
EZE 18:26 यदि कुनै धर्मी मानिसले आफ्नो धार्मिकतालाई त्याग्छ, र पाप गर्छ भने त्यसको निम्ति त्यो मर्नेछ; त्यसले गरेको पापको कारण त्यो मर्नेछ।
EZE 18:27 तर यदि एक जना दुष्‍ट मानिस आफूले गरेको दुष्‍टताबाट फर्कन्छ; अनि जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यसले आफ्नो प्राण बचाउनेछ।
EZE 18:28 त्यसले आफूले गरेका सबै अपराधहरू विचार गरेर तीबाट फर्केको कारण, त्यो व्यक्ति निश्‍चय नै जीवित रहनेछ; त्यो व्यक्ति मर्नेछैन।
EZE 18:29 तापनि इस्राएलीहरू भन्छन्, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ हे इस्राएलका मानिसहरू हो, के मेरा मार्गहरू न्यायसङ्गत छैनन् र? के तिमीहरूकै मार्गहरू बेठीक छैनन् र?
EZE 18:30 “यसकारण हे इस्राएलीहरू हो, म हरेकलाई तिमीहरूका आफ्नै चालहरूअनुसार न्याय गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। पश्‍चात्ताप गर! तिमीहरूका सबै अपराधहरूबाट फर्क; तब तिमीहरूको पतनको कारण पाप हुनेछैन।
EZE 18:31 तिमीहरूले गरेका सबै अपराधहरूलाई त्यागिदेओ; अनि नयाँ हृदय र नयाँ आत्मा लेओ। हे इस्राएलका मानिसहरू हो, तिमीहरू किन मर्छौ?
EZE 18:32 किनकि कसैको पनि मृत्युमा म प्रसन्‍न हुँदिनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। यसकारण पश्‍चात्ताप गर, र जीवित रहो!
EZE 19:1 “इस्राएलका राजकुमारहरूका निम्ति एउटा विलापको गीत सुना,
EZE 19:2 र भन्: “सिंहहरूमध्ये तेरी आमा कस्ती सिंहिनी थिई! जवान सिंहहरूको बीचमा बसेर त्यसले आफ्ना डमरुहरूलाई हुर्काई।
EZE 19:3 त्यसले आफ्ना डमरुहरूमध्ये एउटालाई हुर्काई; अनि त्यो एउटा बलियो सिंह भयो। त्यसले शिकारलाई फहराउन जान्यो, र त्यसले मानिसहरूलाई खान थाल्यो।
EZE 19:4 जाति-जातिहरूले त्यसको बारेमा सुने, र त्यो तिनीहरूको खाडलको पासोमा पर्‍यो। तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर इजिप्ट देशमा लगे।
EZE 19:5 “ ‘जब त्यस सिंहिनीले आफ्नो आशा पूरा नभएको, आफ्नो अपेक्षा टुटेको देखी; तब त्यसले आफ्ना डमरुहरूमध्ये अर्को एउटालाई लिई र त्यसलाई एउटा बलियो सिंह बनाई।
EZE 19:6 त्यो सिंहहरूको बीचमा शिकारको खोजीमा यताउता हिँड्‍डुल गर्न थाल्यो; किनकि अब त्यो एउटा बलवान् सिंह भएको थियो। त्यसले शिकारलाई फहराउन जान्यो, र त्यो मानिस खाने भयो।
EZE 19:7 त्यसले तिनीहरूका बलियो किल्‍लाहरू भत्काइदियो, र तिनीहरूका सहरहरू ध्वस्त पारिदियो। देश र त्यसमा भएका सबै जना त्यसको गर्जनद्वारा त्रसित भए।
EZE 19:8 तब त्यसको चारैतिर भएका जाति-जातिहरू त्यसको विरुद्धमा आए। तिनीहरूले त्यसको विरुद्धमा तिनीहरूका जाल फिँजाए, र त्यो तिनीहरूको खाडलको पासोमा फस्यो।
EZE 19:9 तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर खोरमा हाले र त्यसलाई बेबिलोनका राजाकहाँ ल्याए। तिनीहरूले त्यसलाई थुनेर राखे। त्यसैले त्यसको गर्जन इस्राएलका पर्वतहरूमा फेरि सुनिएन।
EZE 19:10 “ ‘पानीको छेउमा रोपिएको तेरो दाखबारीको दाखको बोटजस्तै तेरी आमा थिई; प्रशस्त पानी भएको कारण त्यो फलदायक र हाँगाहरूले भरिएको थियो।
EZE 19:11 त्यसका हाँगाहरू बलिया थिए, र शासकको राजदण्डको निम्ति योग्यका थिए। बाक्ला पातहरूमाथि त्यो अग्लो बोट भएर बढ्यो; अनि त्यसका हाँगाहरू धेरै थिए, र त्यो उचाइमा अग्लो देखिन्थ्यो।
EZE 19:12 तर क्रोधमा त्यो उखेलियो, र जमिनमा त्यो फ्याँकियो। अनि पूर्वीय बतासले त्यसलाई सुकाइदियो, र त्यसका फलहरू सबै झारिदियो; त्यसका बलिया हाँगाहरू सुकिहाले, र आगोले ती भस्म पार्‍यो।
EZE 19:13 अब त त्यो सुक्खा र पानी नभएको ठाउँ, मरुभूमिमा रोपिएको छ।
EZE 19:14 त्यसका मुख्य हाँगाहरूमध्ये एउटाबाट आगो फैलियो र त्यसका फलहरूलाई भस्म पारिदियो। शासकको राजदण्डको निम्ति योग्य, कुनै पनि बलियो हाँगा त्यसमा छोडिएन।’ यो एक विलापको गीत हो, र यो विलापको गीतको रूपमा प्रयोग हुनुपर्छ।”
EZE 20:1 सातौँ वर्षको पाँचौँ महिनाको दसौँ दिनमा, इस्राएलका केही प्रधानहरू याहवेहकहाँ सल्‍लाह लिन आए, र तिनीहरू मेरो सामु बसे।
EZE 20:2 तब याहवेहको वचन मकहाँ आयो:
EZE 20:3 “हे मानिसको छोरा, इस्राएलका प्रधानहरूसँग कुरा गरेर तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: के तिमीहरू मसँग सल्‍लाह लिन आएका हौ? म जीवित भएझैँ, तिमीहरूलाई मसँग सल्‍लाह लिन दिनेछैन, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’
EZE 20:4 “के तँ तिनीहरूको न्याय गर्छस्? हे मानिसको छोरा, के तँ तिनीहरूको न्याय गर्छस्? त्यसो भए तिनीहरूलाई तिनीहरूका पितापुर्खाहरूका घिनलाग्दा कामहरूबारे प्रस्ट बताइदे,
EZE 20:5 र तिनीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जुन दिन मैले इस्राएललाई चुनेँ, र मैले आफ्नो हात उचालेर याकोबका सन्तानहरूसँग शपथ खाएँ; अनि आफूलाई इजिप्टमा प्रकट गर्दै मैले आफ्नो हात उचालेर तिनीहरूलाई भनेँ, “म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।”
EZE 20:6 त्यस दिन मैले तिनीहरूलाई इजिप्टबाट निकालेर मैले तिनीहरूका निम्ति खोजेको देशमा, अर्थात् दूध र मह बग्ने देशमा तिनीहरूलाई ल्याउनेछु भनी शपथ खाएँ, जुन देशचाहिँ सबै देशहरूमध्ये सुन्दर थियो।
EZE 20:7 मैले तिनीहरूलाई भनेँ, “तिमीहरू हरेकले आँखा लगाएका ती घृणित मूर्तिहरू त्यागिदेओ, र इजिप्टका मूर्तिहरूद्वारा आफूलाई अशुद्ध नपार! म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।”
EZE 20:8 “ ‘तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरे र मेरा कुरा सुनेनन्; तिनीहरूले आफ्ना आँखा गाडेका ती घृणित मूर्तिहरूलाई त्यागेनन्, न त तिनीहरूले इजिप्टका मूर्तिहरूलाई नै त्यागे। यसैकारण मैले भनेँ, म तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनेछु, र इजिप्टमा तिनीहरूको विरुद्ध मेरो रिस खन्याउनेछु।
EZE 20:9 तर मेरो नामको खातिर मैले तिनीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएँ। तिनीहरू जुन जातिहरूको बीचमा बसोबास गरेका थिए, र जसको आँखाको अगाडि मैले आफूलाई इस्राएलीहरूकहाँ प्रकट गरेको थिएँ, तिनीहरूकै अगाडि मेरो नाम अपवित्र नहोस् भनेर मैले यसो गरेँ।
EZE 20:10 यसकारण मैले तिनीहरूलाई इजिप्टबाट निकालेर उजाडस्थानमा ल्याएँ।
EZE 20:11 मैले तिनीहरूलाई मेरा उर्दीहरू दिएँ, र तिनीहरूलाई मेरा व्यवस्थाहरू सिकाएँ, ताकि ती पालन गर्ने मानिस ती व्यवस्थाहरूद्वारा नै जीवित रहोस्।
EZE 20:12 मेरो र तिनीहरूको बीचमा एउटा चिन्हको रूपमा मैले तिनीहरूलाई मेरा शब्बाथ दिनहरू पनि दिएँ, ताकि म याहवेहले नै ती शब्बाथहरूलाई पवित्र बनाएको हुँ भनी तिनीहरूले जानून्।
EZE 20:13 “ ‘तापनि इस्राएलका मानिसहरूले उजाडस्थानमा मेरो विरुद्धमा विद्रोह गरे। तिनीहरूले मेरा उर्दीहरू पालन गरेनन्, तर तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरे; यद्यपि ती नियमहरू पालन गर्ने मानिस तीद्वारा नै जीवित रहनेछ; अनि तिनीहरूले मेरा शब्बाथहरूलाई पूर्ण रूपमा अपवित्र तुल्याए। यसकारण मैले भनेँ, म तिनीहरूमाथि मेरो क्रोध खन्याउनेछु, र तिनीहरूलाई उजाडस्थानमा नष्‍ट गर्नेछु।
EZE 20:14 तर मेरो नामको खातिर जुन जातिहरूको आँखाको अगाडि मैले तिनीहरूलाई निकालेर ल्याएँ, तिनीहरूको दृष्‍टिमा मेरो नाम अपवित्र नहोस् भनेर मैले यसो गरेँ।
EZE 20:15 मैले तिनीहरूलाई उजाडस्थानमा हात उचालेर तिनीहरूसँग शपथ पनि खाएँ, कि म तिनीहरूलाई मैले दिएको देशमा ल्याउनेछैनँ—दूध र मह बग्ने देश, सबै देशहरूमध्ये सबैभन्दा सुन्दर देश;
EZE 20:16 किनकि तिनीहरूले मेरा व्यवस्थाहरूलाई त्यागिदिए, र मेरा उर्दीहरू पालन गरेनन्; अनि मेरा शब्बाथ दिनहरू अपवित्र पारे। किनकि तिनीहरूको हृदय तिनीहरूका मूर्तिहरूप्रति समर्पित थिए।
EZE 20:17 तापनि मैले तिनीहरूलाई दयाको दृष्‍टिले हेरेँ, र तिनीहरूलाई नाश गरिनँ, अथवा तिनीहरूलाई उजाडस्थानमा सर्वनाश गरिनँ।
EZE 20:18 मैले उजाडस्थानमा तिनीहरूका छोराछोरीहरूलाई भनेँ, “तिमीहरूका आमाबुबाहरूका आदेशहरूअनुसार नहिँड, अथवा तिनीहरूका नियमहरू पालन नगर, न त तिनीहरूका मूर्तिहरूद्वारा आफूलाई अपवित्र पार।
EZE 20:19 म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; मेरा उर्दीहरू पालन गर र तिनलाई होसियारीसाथ पछ्याओ।
EZE 20:20 मेरा शब्बाथ दिनहरू पवित्र राख; तब ती शब्बाथहरू हाम्रो बीचमा एउटा चिन्ह होऊन्। तब म नै याहवेह तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ।”
EZE 20:21 “ ‘तर तिनीहरूका सन्तानले पनि मेरो विरुद्धमा विद्रोह गरे: तिनीहरूले मेरा उर्दीहरू पालन गरेनन्; तिनीहरूले मेरा व्यवस्थाहरू होसियारीसाथ पालन गरेनन्, जसका विषयमा मैले भनेको थिएँ, “ती पालन गर्ने मानिस ती व्यवस्थाहरूद्वारा नै जीवित रहनेछ,” र तिनीहरूले मेरा शब्बाथ दिनहरूलाई अपवित्र पारे। यसकारण मैले भनेँ: म तिनीहरूमाथि मेरो क्रोध खन्याउनेछु, र उजाडस्थानमा म मेरो रिस तिनीहरूको विरुद्धमा पोखाउनेछु।
EZE 20:22 तर मैले मेरो हातलाई रोकेँ, र मेरो नामको खातिर, जुन जातिहरूको आँखाको अगाडि मैले तिनीहरूलाई निकालेर ल्याएको थिएँ, तिनीहरूको दृष्‍टिमा मेरो नाम अपवित्र नहोस् भनेर मैले यसो गरेँ।
EZE 20:23 साथै मैले उजाडस्थानमा हात उठाएर तिनीहरूलाई जातिहरूको बीचमा तितरबितर पारिदिनेछु र तिनीहरूलाई देशभरि छरपस्ट पारिदिनेछु भनी शपथ पनि खाएँ;
EZE 20:24 किनकि तिनीहरूले मेरा नियमहरू पालन गरेका थिएनन्, तर मेरा उर्दीहरूलाई त्यागेका थिए, र मेरा शब्बाथ दिनहरू अपवित्र तुल्याइएका थिए; अनि तिनीहरूका आँखा तिनीहरूका आमाबुबाहरूका मूर्तिहरूमा गाडेका थिए।
EZE 20:25 यसकारण मैले तिनीहरूलाई अरू धार्मिक विधिहरू दिएँ, जुन तिनीहरूका निम्ति असल थिएनन् र यस्ता नियमहरू जसद्वारा तिनीहरू जीवित रहन सक्दैनथे;
EZE 20:26 मैले तिनीहरूलाई तिनीहरूका उपहारहरूद्वारा हरेक जेठा छोराहरूलाई बलिदानहरूद्वारा अशुद्ध हुन दिएँ, ताकि तिनीहरू आतङ्कले भरिऊन्; यसरी तिनीहरूले म नै याहवेह हुँ भनी जानून्।’
EZE 20:27 “यसकारण हे मानिसको छोरा, इस्राएलका मानिसहरूसँग कुरा गरेर तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: यसमा पनि तिमीहरूका पितापुर्खाहरू विश्‍वासघाती भएर मलाई त्यागेर मेरो निन्दा गरे:
EZE 20:28 जब मैले तिनीहरूलाई दिन्छु भनी शपथ खाएको देशमा मैले तिनीहरूलाई ल्याएँ; जब तिनीहरूले कुनै पनि अग्लो स्थान, अथवा कुनै पनि झ्याम्म परेको रूख देख्थे, तब त्यहाँ तिनीहरूले आफ्ना बलिदानहरू चढाए, र तिनीहरूले मूर्तिहरूलाई भेटीहरू चढाए; अनि तिनीहरूका सुगन्धित धूप चढाए। यसरी तिनीहरूले आफ्ना अर्घबलिहरू चढाएर मलाई रिस उठाए।
EZE 20:29 तब मैले तिनीहरूलाई भनेँ: तिमीहरू जाने गरेका ती अग्लो स्थान के हो र?’ (यसलाई आजको दिनसम्मै बामा भनिन्छ)।
EZE 20:30 “यसकारण इस्राएलीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: के तिमीहरू पनि आफ्ना पितापुर्खाहरूले जस्तै आफूलाई अपवित्र पार्छौ? र तिनीहरूका घिनलाग्दा आकृतिहरूसँग व्यभिचार गर्छौ?
EZE 20:31 जब तिमीहरूले तिमीहरूका उपहारहरू अर्पण गर्छौ, आफ्ना छोराछोरीहरूलाई आगोमा बलि चढाउँछौ, तब तिमीहरूले आजको दिनसम्मै तिमीहरूका मूर्तिहरूद्वारा आफूलाई अशुद्ध पारिरहेका छौ। हे इस्राएलीहरू हो, के तिमीहरूले मसँग सोधपुछ गर्न पाऔला र? म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म तिमीहरूलाई मसँग सोधपुछ गर्न दिनेछैनँ।
EZE 20:32 “ ‘तिमीहरू भन्छौ, “हामी ती अरू देशहरूजस्तै, संसारका ती अरू जातिहरूजस्तै हुन चाहन्छौँ, जसले काठ र ढुङ्गालाई पूजा गर्दछन्।” तर तिमीहरूका मनमा भएका कुरा कहिल्यै पूरा हुनेछैन।
EZE 20:33 म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म तिमीहरूमाथि शक्तिशाली हात र फैलिएको पाखुराद्वारा र पोखिएको क्रोधसँग शासन गर्नेछु।
EZE 20:34 म तिमीहरूलाई भेला गर्नेछु, जुन देशहरूमा तिमीहरू छरपस्ट भएका छौ। म तिमीहरूलाई शक्तिशाली हात र फैलिएको पाखुरा र पोखिएको क्रोधसँग जाति-जातिहरूका बीचबाट निकालेर ल्याउनेछु।
EZE 20:35 म तिमीहरूलाई जातिहरूको मरुभूमिमा ल्याउनेछु, र त्यहाँ म तिमीहरूलाई आमने-सामने न्याय गर्नेछु।
EZE 20:36 जसरी मैले इजिप्टको मरुभूमिमा तिमीहरूका पितापुर्खाहरूको न्याय गरेको थिएँ, त्यसरी नै म तिमीहरूको न्याय गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 20:37 तिमीहरू मेरो लहुरोमुनिबाट भएर छिर्दा म तिमीहरूलाई हेर्नेछु, र म तिमीहरूलाई करारको बन्धनमा ल्याउनेछु।
EZE 20:38 म तिमीहरूलाई मलाई विरोध गर्नेहरू र मेरो विरुद्धमा विद्रोह गर्नेहरूबाट शुद्ध गर्नेछु। यद्यपि म तिनीहरू बसिरहेका देशबाट तिनीहरूलाई निकालेर ल्याउनेछु, तर पनि तिनीहरू इस्राएलमा प्रवेश गर्न पाउनेछैनन्। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
EZE 20:39 “ ‘तिमीहरूको बारेमा हे इस्राएलका मानिसहरू हो, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जाओ र हरेकले आफ्ना मूर्तिहरूको सेवा गर! तर पछिबाट तिमीहरूले निश्‍चय नै मेरा कुरा सुन्‍नेछौ, र मेरो पवित्र नामलाई तिमीहरूका उपहारहरू र मूर्तिहरूद्वारा कहिल्यै पनि अपवित्र तुल्याउनेछैनौ।
EZE 20:40 किनकि मेरो पवित्र पर्वतमा, इस्राएलको अग्लो पर्वतमा, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, त्यहाँ त्यस देशमा इस्राएलका सारा मानिसहरूले मेरो सेवा गर्नेछन्, र त्यहाँ म तिनीहरूलाई ग्रहण गर्नेछु। त्यहाँ म तिमीहरूका अति उत्तम उपहारहरूका साथै तिमीहरूका सबै पवित्र बलिदानहरू ग्रहण गर्नेछु।
EZE 20:41 जब म तिमीहरूलाई जातिहरूबाट निकालेर तिमीहरू छरपस्ट भएका देशहरूबाट भेला गर्नेछु, तब म तिमीहरूलाई सुगन्धित धूपझैँ ग्रहण गर्नेछु; अनि जातिहरूको दृष्‍टिमा म तिमीहरूका बीचमा पवित्र प्रमाणित हुनेछु।
EZE 20:42 जब म तिमीहरूलाई इस्राएल देशमा ल्याउनेछु, जुन देश मैले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी हात उचालेर शपथ खाएको थिएँ, तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
EZE 20:43 त्यहाँ तिमीहरूले आफ्ना चालचलन र तिमीहरूले आफूलाई अशुद्ध बनाएका सबै कामहरू सम्झनेछौ; अनि तिमीहरूले गरेका सबै दुष्‍ट कामहरूका निम्ति तिमीहरूले आफैँलाई घृणा गर्नेछौ।
EZE 20:44 हे इस्राएलका मानिसहरू हो, मैले तिमीहरूसँग तिमीहरूका दुष्‍ट चालहरू र तिमीहरूका भ्रष्‍ट कामहरूअनुसार होइन, तर जब म मेरो नामको खातिर व्यवहार गर्छु, तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
EZE 20:45 अनि याहवेहको यसो भन्‍ने वचन मकहाँ आयो:
EZE 20:46 “हे मानिसको छोरा, तेरो अनुहार दक्षिणतिर फर्का; दक्षिणको विरुद्धमा प्रचार गर्, र दक्षिण देशको जङ्गलको विरुद्धमा अगमवाणी गर्।
EZE 20:47 दक्षिणको जङ्गललाई भन्: ‘याहवेहको वचन सुन्। प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर्, मैले तँलाई आगो लगाउन आँटेको छु; अनि यसले तेरा सबै हरिया रूखहरू र सबै सुक्खा रूखहरू भस्म पार्नेछ। त्यो दन्केको आगोको ज्वाला कसैले निभाउन सक्नेछैन र दक्षिणबाट उत्तरसम्मका सबैका अनुहार आगोको ज्वालाद्वारा पोल्नेछ।
EZE 20:48 हरेक मानिसले म याहवेहले नै यो आगो सल्काएको हुँ भनी जान्‍नेछन्; यो आगो निभ्नेछैन।’ ”
EZE 20:49 तब मैले भनेँ, “हे, प्रभु याहवेह! तिनीहरूले मेरो बारेमा भन्दैछन्, ‘त्यसले दृष्‍टान्तहरू मात्र त बोलेको होइन र?’ ”
EZE 21:1 याहवेहको वचन मकहाँ आयो:
EZE 21:2 “हे मानिसको छोरा, तेरो अनुहार यरूशलेमको विरुद्धमा फर्का र पवित्रस्थानको विरुद्धमा प्रचार गर्। इस्राएल देशको विरुद्धमा अगमवाणी गर्;
EZE 21:3 अनि त्यसलाई भन्: ‘याहवेह यसो भन्‍नुहुन्छ: म तेरो विरुद्धमा छु। म म्यानबाट मेरो तरवार थुत्नेछु, र तेरा धर्मी र दुष्‍ट दुवैलाई नाश गर्नेछु।
EZE 21:4 मैले धर्मी र दुष्‍ट दुवैलाई नाश गर्न लागेको कारण, मेरो तरवार म्यानबाट बाहिरै रहेर दक्षिणदेखि उत्तरसम्म सबैको विरुद्धमा हुनेछ।
EZE 21:5 तब सबै मानिसहरूले म याहवेहले नै मेरो तरवार म्यानबाट बाहिर निकालेको छु भनी जान्‍नेछन्; यो फेरि म्यानमा फर्केर आउनेछैन।’
EZE 21:6 “यसकारण हे मानिसको छोरा, सुस्केरा हाल्! तिनीहरूकै आँखाको सामु व्याकुल र अति दुःखी भएर सुस्केरा हाल्।
EZE 21:7 अनि जब तिनीहरूले तँलाई सोध्छन्, ‘तिमी किन सुस्केरा हाल्दैछौ?’ तब तिनीहरूलाई यसरी भन्, ‘आइरहेको खबरको कारणले सबैको हृदय डरले हताश हुनेछ, र हरेक हात कमजोर हुनेछ; हरेक आत्मा मूर्च्छा पर्नेछ र हरेक घुँडा अति कमजोर हुनेछन्।’ हेर, यो कुरा आइरहेको छ! यो निश्‍चय नै हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
EZE 21:8 याहवेहको वचन मकहाँ आयो:
EZE 21:9 “हे मानिसको छोरा, अगमवाणी गरेर भन्, ‘प्रभु यसो भन्‍नुहुन्छ: “ ‘एउटा तरवार, एउटा तरवार, उध्याइएको छ, र टल्काइएको छ,
EZE 21:10 अर्थात् काटमारका निम्ति उध्याइएको छ! बिजुलीझैँ चम्कनलाई टल्काइएको छ! “ ‘के हामी मेरो राजकीय छोराको राजदण्डमा खुशी होऔँ? तरवारले यस्तो दण्डलाई तुच्छ ठान्छ।
EZE 21:11 “ ‘तरवार टल्काउनलाई र हातले पक्रिनलाई नियुक्त गरिएको छ। तरवार उध्याइएको छ र टल्काइएको छ, काटमार गर्नेको हातमा तयार पारिएको छ।
EZE 21:12 हे मानिसको छोरा, चर्कोगरी करा र विलाप गर्; किनकि यो मेरा प्रजाको विरुद्धमा छ; यो इस्राएलका सबै राजकुमारहरूको विरुद्धमा छ। तिनीहरू मेरा प्रजाहरूसँगै तरवारमा फ्याँकिएका छन्। यसकारण तँ विलाप गर।
EZE 21:13 “ ‘जाँच निश्‍चय नै आउनेछ। अनि यदि यहूदाको राजदण्ड, जसलाई तरवारले घृणा गर्छ, त्यो रहेन भने? प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’
EZE 21:14 “यसकारण हे मानिसको छोरा, अगमवाणी गर्! अनि दुवै हात ठटाएर ताली बजा। तरवारले दुईपल्ट प्रहार गरोस्, अझ तीनपल्टसम्म नै प्रहार गरोस्। यो काटमारको तरवार हो— तिनीहरूको चारैतिरबाट घेरा हालेर आइरहेको काटमारको एउटा ठूलो तरवार हो।
EZE 21:15 तिमीहरूका हृदय डरले हताश होऊन्, र ढल्नेहरू धेरै जना होऊन्; मैले तिनीहरूका सबै मूलढोकाहरूमा काटमारको निम्ति तरवार नियुक्त गरेको छु। हेर्, बिजुलीजस्तै चम्कन तरवारलाई टल्काइएको छ! यसलाई काटमारको निम्ति समातिन्छ।
EZE 21:16 ए धारिलो तरवार, दायाँतिर काट्; त्यसपछि बायाँतिर काट्, जतातिर तेरो धार जान्छ, उतैतिर काट्।
EZE 21:17 म पनि मेरो दुवै हातले ताली बजाउनेछु; अनि मेरो क्रोध शान्त हुनेछ, म याहवेहले नै भनेको हुँ।”
EZE 21:18 याहवेहको वचन मकहाँ आयो:
EZE 21:19 “हे मानिसको छोरा, बेबिलोनको राजाको तरवारले लिनुपर्ने दुई वटा बाटोहरूमा चिन्ह लगा, र दुवै चिन्हहरू एउटै देशबाट सुरु भएका होऊन्। एउटा चिन्ह लगाउने खम्बा बना, जहाँबाट बाटो छुट्टिएर सहरतिर जान्छ।
EZE 21:20 अम्मोनीहरूको रब्बाको विरुद्धमा आउने तरवारको निम्ति एउटा बाटोमा चिन्ह लगा, र अर्कोमा यहूदा र सुरक्षित यरूशलेमको विरुद्धमा चिन्ह लगा।
EZE 21:21 किनकि बेबिलोनको राजा जोखना हेर्नलाई दोबाटोमा र बाटोको दोभानमा रोकिनेछ: त्यसले काँडको चिट्ठा हाल्नेछ; राजाले आफ्ना मूर्तिहरूसित सल्‍लाह लिनेछ। त्यसले बलिदान चढाएको पशुको कलेजो जाँच गर्नेछ।
EZE 21:22 त्यसको दायाँ हाततर्फ यरूशलेम आउनेछ, जहाँ त्यसले पर्खाल भत्काउने रूखका ठूला-ठूला मुढाहरू राख्नुपर्छ; काटमार गर्ने आदेश दिनुपर्छ र युद्ध-ध्वनिको आवाज सुनाउनुपर्छ। मूलढोकाहरूको विरुद्धमा भत्काउने रूखका मुढाहरू राख्नुपर्छ र घेरा-मचान खडा गर्नुपर्छ।
EZE 21:23 यरूशलेमका मानिसहरूका निम्ति यो झूटो जोखनाजस्तो लाग्नेछ; किनकि तिनीहरूले राजासित मित्रताको शपथ खाएर सन्धि गरेका थिए; तर नबूकदनेसरले तिनीहरूलाई तिनीहरूका दोष देखाएर तिनीहरूलाई कैद गरेर लैजानेछ।
EZE 21:24 “यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘तिमीहरूका खुल्‍ला विद्रोहद्वारा तिमीहरूका पापको स्मरण गराएका छौ, जसमा तिमीहरूले गरेका सबै कामहरूबाट तिमीहरूका सबै पापहरू प्रकट भएका छन्। तिमीहरूले यसो गरेको कारण, अथवा तिमीहरूको पापको कारण तिमीहरूका विरोधी शत्रुहरूद्वारा तिमीहरू कैदमा लगिनेछौ।
EZE 21:25 “ ‘हे इस्राएलको अपवित्र र दुष्‍ट राजकुमार, जसको दिन आइपुगेको छ, जसको दण्डको दिन आखिरी विन्दुमा पुगेको छ।
EZE 21:26 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तेरो फेटा निकाल् र मुकुट उतारिदे। अब यो एकनास रहनेछैन: नम्रहरू उच्‍च पारिनेछन् र उच्‍चमा हुनेहरू होच्याइनेछन्।
EZE 21:27 भग्नावशेष! भग्नावशेष! म यसलाई एउटा भग्नावशेष बनाइदिनेछु! यो मुकुट जबसम्म आधिकारिक रूपमा जसको हो, त्यो सम्बन्धित व्यक्ति नआएसम्म यो फेरि बनिनेछैन; म उसैलाई यो दिनेछु।’
EZE 21:28 “अनि हे मानिसको छोरा, तँ अगमवाणी गरेर भन्, ‘अम्मोनीहरू र तिनीहरूका अपमानको बारेमा प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘एउटा तरवार, एउटा तरवार, काटमारको निम्ति निकालिएको छ; भस्म गर्नलाई र बिजुलीजस्तै चम्कन टल्काइएको छ!
EZE 21:29 तेरो बारेमा भएको झूटो दर्शन भए तापनि र तेरो बारेमा झूटो जोखना भए तापनि यो मारिनुपर्ने दुष्‍टहरूका घिच्रोमा राखिनेछ, जसको दिन आइपुगेको छ, जसको दण्डको समय आखिरी विन्दुमा पुगेको छ।
EZE 21:30 “ ‘तरवारलाई त्यसको म्यानमा राख्। तँ सृष्‍टि भएकै ठाउँमा, तेरो पितापुर्खाहरूको देशमा, म तेरो न्याय गर्नेछु।
EZE 21:31 म मेरो क्रोध तँमाथि खन्याउनेछु, र मेरो रिसको आगो तेरो विरुद्धमा पोखाउनेछु; म तँलाई नाश गर्न सिपालु मानिसहरू, क्रूर मानिसहरूका हातमा सुम्पिदिनेछु।
EZE 21:32 तँ आगोका निम्ति दाउरा हुनेछस्; तेरो रगत तेरो देशमा बगाइनेछ; तेरो सम्झना फेरि कहिल्यै गरिनेछैन; किनकि म याहवेहले नै बोलेको छु।’ ”
EZE 22:1 याहवेहको वचन मकहाँ आयो:
EZE 22:2 “हे मानिसको छोरा, के तैँले त्यसको न्याय गर्नेछस्? के तैँले रक्तपातको यो सहरलाई न्याय गर्नेछस्? तब त्यसका सबै घिनलाग्दा कामहरूसँग सामना गर्,
EZE 22:3 र त्यसलाई भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे सहर तैँले आफ्नो बीचमा रक्तपात गरेर आफूमाथि सर्वनाश ल्याउँछस्, र मूर्तिहरू बनाएर आफूलाई अशुद्ध पार्छस्,
EZE 22:4 तैँले रक्तपात गरेको कारण तँ दोषी भएको छस्; अनि तैँले मूर्तिहरू बनाएको कारण तँ अपवित्र भएको छस्। तैँले तेरा दिनहरूको अन्त्य नजिक ल्याएको छस्; अनि तेरा वर्षहरूको अन्त्य आइपुगेको छ। यसकारण जातिहरूका निम्ति म तँलाई गिल्‍लाको पात्र र सबै देशहरूका निम्ति हाँसोको पात्र बनाउनेछु।
EZE 22:5 हे कुख्यात सहर, उपद्रवले भरिएको तेरा नजिक हुने देशहरू र तँबाट टाढा हुने देशहरूले तँलाई गिल्‍ला गर्नेछन्।
EZE 22:6 “ ‘हेर्, सहरमा भएका इस्राएलका हरेक राजकुमारले कसरी आफ्नो शक्ति रक्तपात गर्नलाई प्रयोग गर्छन्।
EZE 22:7 तँभित्र तिनीहरूले आफ्ना बुबा र आमालाई घृणा गरेका छन्; विदेशीमाथि अत्याचार गरेका छन् र अनाथहरू र विधवाहरूलाई दुर्व्यवहार गरेका छन्।
EZE 22:8 तैँले मेरा पवित्र कुराहरूलाई तुच्छ ठानेको छस्, र मेरा शब्बाथ दिनहरूलाई अपवित्र पारेको छस्।
EZE 22:9 तँभित्र रक्तपात गर्न रुचाउने र निन्दा गर्ने मानिसहरू छन्; तँभित्र देवस्थानहरूका झूटा मूर्तिहरूलाई चढाइएका खानेहरू र कामुक काम गर्ने मानिसहरू छन्।
EZE 22:10 तँभित्र ती मानिसहरू छन्, जो आफ्ना बुबाको ओछ्यानको अनादर गर्छन्; तँभित्र यस्ता मानिसहरू छन्, जो रजस्वलाको अवस्थामा र विधिपूर्वक अशुद्ध अवस्थामा रहेकी स्त्रीहरूसित यौन सम्पर्क राख्छन्।
EZE 22:11 तँभित्र एउटा मानिसले आफ्नो छिमेकीकी पत्नीसित घिनलाग्दो काम गर्छ, र अर्को मानिसले आफ्नो बुहारीलाई शर्मलाग्दो तरिकाले अशुद्ध पार्छ; अनि अर्को मानिसले आफ्नी बहिनी र आफ्नै बुबाकी छोरीसँग यौन सम्पर्क राखेर अशुद्ध पार्छ।
EZE 22:12 तँभित्र तिनीहरूले घूस लिएर रक्तपात गर्छन्; तैँले खाँचोमा पर्नेहरूबाट वा गरिबहरूबाट ब्याज लिन्छस् र आफ्नो फाइदा गर्छस्। तैँले जबरजस्ती लिएर आफ्ना छिमेकीहरूबाट अन्यायपूर्वक फाइदा लिन्छस्। अनि तैँले मलाई पनि भुलेको छस्, प्रभु याहवेह भन्‍नुहुन्छ।
EZE 22:13 “ ‘तैँले अन्यायपूर्वक फाइदा लिएको कारण र तैँले आफ्नो बीचमा रक्तपात गरेको कारण म निश्‍चय नै रिसमा मेरो दुवै हात ठटाउनेछु।
EZE 22:14 जब म तेरो न्याय गर्छु, के तेरो साहस स्थिर रहला? अथवा तेरा हातहरू दह्रिला रहलान्? म याहवेहले नै भनेको हुँ, र म यो गर्ने नै छु।
EZE 22:15 म तँलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु, र तँलाई भिन्‍न-भिन्‍न देशभरि छरपस्ट पारिदिनेछु; अनि म तेरो अशुद्धताको अन्त्य गरिदिनेछु।
EZE 22:16 जब तँ जाति-जातिहरूको दृष्‍टिमा अशुद्ध पारिन्छस्, तब तैँले म नै याहवेह हुँ भनी जान्‍नेछस्।’ ”
EZE 22:17 तब याहवेहको वचन मकहाँ आयो:
EZE 22:18 “हे मानिसको छोरा, इस्राएलका मानिसहरू मेरा निम्ति फोहोर भएका छन्; तिनीहरू सबै आगोको भट्टीभित्र छोडिएका तामा, टिन, फलाम र सीसाका खार हुन्। तिनीहरू चाँदीका काम नलाग्ने फोहोर मात्र हुन्।
EZE 22:19 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘तिमीहरू सबै काम नलाग्ने फोहोर भएका कारण म तिमीहरूलाई यरूशलेममा भेला गर्नेछु।
EZE 22:20 जसरी मानिसहरूले चाँदी, तामा, फलाम, सिसा र टिन भट्टीभित्र दन्केको ज्वालाले पगाल्नलाई बटुल्छन्; त्यसरी नै म तिमीहरूलाई मेरो रिस र मेरो क्रोधमा भेला गर्नेछु, र तिमीहरूलाई सहरभित्र हालेर पगाल्नेछु।
EZE 22:21 म तिमीहरूलाई भेला गराउनेछु, र मेरो अग्निमय क्रोध तिमीहरूमाथि फुकिदिनेछु; अनि तिमीहरू त्यसभित्र पग्लिनेछौ।
EZE 22:22 जसरी चाँदी आगोको भट्टीभित्र पग्लिन्छ, त्यसरी नै तिमीहरू त्यसभित्र पग्लिनेछौ; अनि तिमीहरूले म याहवेहले नै मेरो क्रोध तिमीहरूमाथि खन्याएको हुँ भनी जान्‍नेछौ।’ ”
EZE 22:23 याहवेहको वचन फेरि मकहाँ आयो:
EZE 22:24 “हे मानिसको छोरा, त्यो देशलाई भन्, ‘तँ एउटा यस्तो देश होस्, जो मेरो क्रोधको दिनमा सफा हुनेछैन, अथवा झरी पर्नेछैन।’
EZE 22:25 त्यसमा भएका अगमवक्ताहरूले गर्जने सिंहले आफ्नो शिकार च्यातेझैँ एउटा षड्यन्त्र रच्दछन्; तिनीहरूले मानिसहरूलाई निल्छन्, तिनीहरूले धनसम्पत्ति र बहुमूल्य चीजहरू लुट्छन् र सहरभित्र धेरैलाई विधवा बनाउँछन्।
EZE 22:26 त्यसका पुजारीहरूले मेरो व्यवस्था भङ्ग गर्छन्, र मेरो पवित्र चीजहरूलाई अपवित्र पार्छन्; तिनीहरूले पवित्र र साधारण थोकहरू पनि छुट्याउँदैनन्; तिनीहरूले शुद्ध र अशुद्धमा केही भिन्‍नता छैन भनी सिकाउँछन्; अनि तिनीहरू शब्बाथ दिनहरू पालन गर्नलाई तिनीहरूका आँखा चिम्‍लन्छन्; यसैले म इस्राएलीहरूको बीचमा अपवित्र पारिएको छु।
EZE 22:27 सहरभित्र भएका अधिकारीहरू आफ्ना शिकारलाई फहराउने ब्वाँसाहरूजस्ता छन्; तिनीहरूले रक्तपात गर्छन् र अन्यायपूर्वक फाइदा उठाउनका निम्ति मानिसहरूलाई मार्छन्।
EZE 22:28 सहरका अगमवक्ताहरूले झूटा दर्शनहरू र झूटा जोखनाहरूद्वारा तिनीहरूका दुष्‍ट कामहरूमाथि सेतो चूना पोतिदिन्छन्। याहवेह तिनीहरूसित नबोल्नू भए तापनि ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ’ भनी तिनीहरू भन्छन्।
EZE 22:29 देशका मानिसहरूले जबरजस्ती खोसेर लुट्ने काम गर्छन्; तिनीहरूले गरिब र खाँचोमा परेकाहरूमाथि अत्याचार गर्छन्; अनि विदेशीहरूसित दुर्व्यवहार गर्छन् र तिनीहरूलाई न्याय दिन इन्कार गर्छन्।
EZE 22:30 “मैले तिनीहरूको बीचमा यस्तो एउटा मानिस खोजेँ, जसले पर्खाल बनाउँछ र देशको पक्षमा मेरो अगि धाँदोमा त्यो उभिनेछ, ताकि मैले त्यसलाई नाश नगरूँ, तर मैले एउटै पनि व्यक्तिलाई भेट्टाइनँ।
EZE 22:31 यसकारण म मेरो क्रोध तिनीहरूमाथि खन्याउनेछु; अनि तिनीहरूलाई मेरो रिसको आगोले भस्म पार्नेछु, र तिनीहरूले गरेका सबै कामहरूको दण्ड तिनीहरूकै शिरमाथि ल्याइदिनेछु, प्रभु याहवेह भन्‍नुहुन्छ।”
EZE 23:1 याहवेहको वचन मकहाँ आयो:
EZE 23:2 “हे मानिसको छोरा, दुई स्त्रीहरू थिए, जो एउटै आमाका छोरीहरू थिए।
EZE 23:3 तिनीहरू इजिप्टमा वेश्या भए। तिनीहरूको युवावस्थादेखि नै वेश्यावृत्तिमा लागे। त्यस देशमा तिनीहरूका स्तन माडिए र तिनीहरूका कुमारी अवस्थाका स्तन मुसारिए।
EZE 23:4 जेठीको नाम ओहोला राखिएको थियो, र त्यसकी बहिनीको नाम ओहोलीबा थियो। तिनीहरू मेरा थिए र तिनीहरूले छोराछोरीहरू जन्माए। ओहोला सामरिया र ओहोलीबा यरूशलेम हो।
EZE 23:5 “ओहोला मेरी पत्नी भए तापनि वेश्यावृत्तिको काम गरी; अनि त्यो आफ्ना प्रेमीहरूको कामुकतामा वेश्यावृत्ति गरिरही—अश्शूरका वीर योद्धाहरूको मोहमा परी।
EZE 23:6 निलो रङ्गका वस्त्र पहिरेका राज्यपालहरू, सेनापतिहरू, सबै सुन्दर-सुन्दर जवान केटाहरू र घोडामा सवारहरू थिए।
EZE 23:7 त्यसले आफूलाई अश्शूरका सबै विशिष्‍ट छानिएका सेनाहरूकहाँ वेश्याको रूपमा दिई र आफू मोहित भएका सबै मानिसहरूका सबै मूर्तिहरूसित आफूलाई अशुद्ध पारी।
EZE 23:8 न त त्यसले इजिप्टबाट सुरु गरेकी वेश्यावृत्तिलाई छोडी। त्यसको युवावस्थामा मानिसहरू त्यससँग सुते; तिनीहरूले त्यसको कुमारी स्तन माडेका थिए र तिनीहरूका कामुकता त्यसमाथि पोखाएका थिए।
EZE 23:9 “यसकारण मैले त्यसलाई त्यसका प्रेमीहरू, अर्थात् अश्शूरहरूकहाँ सुम्पिदिएँ, जसप्रति त्यो कामुकताले मोहित भएकी थिई।
EZE 23:10 तिनीहरूले ओहोलालाई पूर्ण रूपमा नाङ्गो पारिदिए, र त्यसका छोराछोरीहरूलाई कब्जा गरे; अनि त्यसलाई चाहिँ तरवारले मारे। त्यो स्त्रीहरूको बीचमा गिल्‍लाको पात्र भई, र त्यसलाई दण्ड दिइयो।
EZE 23:11 “त्यसकी बहिनी ओहोलीबाले त्यो कुरा देखी, तब आफ्नो कामुकता र वेश्यावृत्तिमा त्यो आफ्नी दिदी सामरियाभन्दा अझ भ्रष्‍ट भई।
EZE 23:12 त्यो पनि अश्शूरहरूको मोहमा परी, जो पूरा सैनिक पोशाक लगाएका योद्धाहरू, अश्शूरका राज्यपालहरू, सेनापतिहरू, घोडसवारहरू र सबै आकर्षक जवान मानिसहरू थिए।
EZE 23:13 तब मैले देखेँ, त्यसले पनि आफूलाई अपवित्र पारी; ती दुवै दिदीबहिनी एउटै चालमा हिँडे।
EZE 23:14 “तर ओहोलीबाले झन्-झन् आफ्नो वेश्यावृत्तिको कामलाई बढाई। त्यसले भित्तामा अङ्कित गरिएका मानिसहरू, रातो रङ्गमा बेबिलोनीहरूका चित्र रङ्गिएका देखी,
EZE 23:15 जसका कम्मरका वरिपरि पेटी बाँधिएका र तिनीहरूका शिरमा बाँधिएका फेटाहरू, जो सबै बेबिलोनी रथका अधिकारीहरूजस्ता देखिन्थे; ती कल्दी देशवासीहरू थिए।
EZE 23:16 ओहोलीबाले तिनीहरूलाई देख्नेबित्तिकै त्यो तिनीहरूको मोहमा परी र त्यसले कल्दीमा तिनीहरूकहाँ दूतहरू पठाई।
EZE 23:17 तब बेबिलोनीहरू त्यसकहाँ आए, र तिनीहरू प्रेमको ओछ्यानमा सहवासको लागि आए; अनि तिनीहरूका कामुकतामा तिनीहरूले त्यसलाई अशुद्ध पारे। अनि तिनीहरूद्वारा अशुद्ध पारिएपछि त्यसको मन तिनीहरूबाट टाढियो।
EZE 23:18 जब त्यसले खुल्‍लमखुल्‍ला वेश्याकर्म गरी र आफ्नो नग्न शरीर देखाई, तब म घृणाले त्यसदेखि अलग भएँ, जसरी म त्यसकी दिदीबाट अलग भएको थिएँ।
EZE 23:19 तर त्यसले आफ्नो युवावस्थाका दिनहरू सम्झना गरेर, जुन दिनहरूमा त्यसले इजिप्टमा वेश्याको काम गरेकी थिई, त्यसले आफ्ना वेश्याकर्महरू झन्-झन् बढाई।
EZE 23:20 त्यहाँ त्यो आफ्ना प्रेमीहरूप्रति मोहित भई, जसको लिङ्ग गधाहरूको लिङ्गजस्तो र जसको वीर्य घोडाहरूको वीर्यजस्तो थियो।
EZE 23:21 यसरी तैँले तेरो युवावस्थाको कामुकताको तिर्सना गरिस्, जब इजिप्टमा तेरा स्तनहरू माडिएका र तेरा कलिला स्तनहरू मुसारिएका थिए।
EZE 23:22 “यसकारण हे ओहोलीबा, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तेरा प्रेमीहरूलाई तेरो विरुद्धमा सुर्‍याउनेछु; तेरा प्रेमीहरू जसबाट तँ घृणाले अलग भइस्; म तिनीहरूलाई तेरो विरुद्धमा चारैतिरबाट ल्याउनेछु;
EZE 23:23 अनि बेबिलोनीहरू र सबै कल्दीहरू, पेकोदका मानिसहरू, शोअ र कोअका मानिसहरू, तिनीहरूसित भएका सबै अश्शूरीहरू, आकर्षक जवान मानिसहरू, राज्यपालहरू र सेनापतिहरू, रथका अधिकारीहरू र उच्‍च पदाधिकारीहरू, सबै घोडसवार गर्नेहरू सबैलाई ल्याउनेछु।
EZE 23:24 तिनीहरू तेरो विरुद्धमा हतियारहरू, रथहरू, गाडाहरू र मानिसहरूको भीड लिएर आउनेछन्; तिनीहरू ठूला र साना ढालहरू र टोप लगाएर तेरो चारैतिर तेरो विरुद्धमा तिनीहरूका स्थान लिएर खडा हुनेछन्। म तँलाई दण्डको निम्ति तिनीहरूका हातमा सुम्पिदिनेछु; अनि तिनीहरूले तँलाई तिनीहरूकै नापअनुसारको दण्ड दिनेछन्।
EZE 23:25 म मेरो डाहको रिस तेरो विरुद्धमा ल्याउनेछु; अनि तिनीहरूले तँसँग रिसको आगोमा व्यवहार गर्नेछन्। तिनीहरूले तेरा नाक र कान काटिदिनेछन्; अनि तेरा बाँकी छोडिएकाहरू तरवारद्वारा मर्नेछन्। तिनीहरूले तेरा छोराछोरीहरूलाई कब्जा गरेर लैजानेछन्; अनि तेरा बाँकी रहेकाहरू आगोले भस्म हुनेछन्।
EZE 23:26 तिनीहरूले तेरा वस्त्रहरू खोलेर नाङ्गै पार्नेछन् र तेरा सुन्दर-सुन्दर गहनाहरू लैजानेछन्।
EZE 23:27 यसरी म तैँले इजिप्टमा सुरु गरेको तेरो कामुकता र वेश्यावृत्ति रोक्नेछु। तैँले यी कुराहरूका चाहना गर्नेछैनस्, अथवा इजिप्टलाई कहिल्यै याद गर्नेछैनस्।
EZE 23:28 “किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले तँलाई तिनीहरूकहाँ सुम्पन लागेको छु, जसलाई तँ घृणा गर्छेस्, जससँग तँ घृणामा अलग भएकी थिइस्।
EZE 23:29 तिनीहरूले तँसित घृणाको व्यवहार गर्नेछन् र तैँले जुन कुराको निम्ति मेहनत गरेकी थिइस्, त्यो सबै कुरा तिनीहरूले लैजानेछन्। तिनीहरूले तँलाई नाङ्गै छोड्नेछन्; अनि तेरो वेश्यावृत्तिको नाङ्गोपना प्रकट हुनेछ। तेरो कामुकता र वेश्यावृत्तिको कारणले गर्दा,
EZE 23:30 यो तँमाथि ल्याइएका हुन्; किनकि तैँले जाति-जातिहरूका निम्ति उत्कट इच्छा गरिस् र आफूलाई तिनीहरूका मूर्तिहरूसित अपवित्र पारिस्।
EZE 23:31 तँ आफ्नी दिदी ओहोलाको बाटोमा हिडेकी छस्; यसैकारण म त्यसको दण्डको कचौरा तेरो हातमा दिनेछु।
EZE 23:32 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “तैँले तेरो दिदीको दण्डको कचौरा पिउनेछेस्, ठूलो र गहिरो दण्डको कचौरा; यसले गिल्‍ला र अपमान ल्याउनेछ; किनकि कचौरामा धेरै मात्रामा अटाउँछ।
EZE 23:33 तँ दण्डको कचौराले मात्तिनेछेस् र दुःख-कष्‍टले भरिनेछेस्, तेरी दिदी सामरियाको दण्डको कचौरा, डरलाग्दो सर्वनाश र उजाड अवस्थाको कचौरा हो।
EZE 23:34 तैँले कचौराबाट रित्तो नभएसम्म पिउनेछेस्, र तैँले त्यो कचौरालाई टुक्रा-टुक्रा पार्नेछेस्; अनि आफ्ना स्तनहरू लुछ्नेछेस्। मैले भनेको हुँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 23:35 “यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तैँले मलाई बिर्सेको कारण र मलाई आफ्नो पीठ फर्काएको कारण, तैँले आफ्नो कामुकता र वेश्यावृत्तिको प्रतिफल भोग्नैपर्छ।”
EZE 23:36 याहवेहले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, के तैँले ओहोला र ओहोलीबाको न्याय गर्नेछस्? त्यसकारण तिनीहरूले गरेका तिनीहरूका घिनलाग्दा कामहरू बताइदे;
EZE 23:37 किनकि तिनीहरूले व्यभिचार गरेका छन्, र तिनीहरूको हातमा रगत छ। तिनीहरूले आफ्ना मूर्तिहरूसँग व्यभिचार गरेका छन्; तिनीहरूले मेरा निम्ति जन्माएका आफ्ना सन्तानलाई समेत ती मूर्तिहरूको भोजनको रूपमा बलिदान गरेका छन्।
EZE 23:38 तिनीहरूले मसँग यस्तो पनि गरेका छन्: तिनीहरूले त्यही दिन मेरो पवित्रस्थानलाई अशुद्ध पारेका छन् र मेरा शब्बाथ दिनहरूलाई अपवित्र पारेका छन्।
EZE 23:39 तिनीहरूले आफ्ना सन्तानलाई तिनीहरूका मूर्तिहरूका निम्ति बलिदान गरे; त्यही दिनमा मेरो पवित्रस्थानभित्र पसेर तिनीहरूले त्यसलाई अशुद्ध पारेका छन्। तिनीहरूले मेरो भवनभित्र यसो गरेका छन्।
EZE 23:40 “तिनीहरूले टाढाबाट आएका मानिसहरूका निम्ति दूतहरूसमेत पठाए, र तिनीहरू आइपुगेपछि तैँले तिनीहरूका निम्ति नुहाइधुवाइ गरिस्; आफ्ना आँखामा गाजल लगाइस् र गरगहना लगाएर आफूलाई सिँगारिस्।
EZE 23:41 तँ एउटा टेबुलको सामु राखिएको सुन्दर सोफामा बसिस्, जुन टेबुलमाथि तैँले मेरो धूप र जैतुनको तेल राखिस्।
EZE 23:42 “त्यस टेबुलको चारैतिर मोजमस्ती गर्ने मानिसहरूको भीड थियो; मतवाला मानिसहरूसित अरू धेरै साधारण मानिसहरू पनि मरुभूमिबाट ल्याइएका थिए; अनि तिनीहरूले त्यस स्त्रीको र त्यसकी बहिनीका पाखुरामा बालाहरू र तिनीहरूका शिरमा सुन्दर-सुन्दर मुकुटहरू लगाइदिए।
EZE 23:43 तब मैले व्यभिचारद्वारा गलिसकेकी एउटी स्त्रीको बारेमा यसो भनेँ, ‘अब तिनीहरूले त्यसलाई वेश्याको रूपमा प्रयोग गरून्; किनकि त्यो वेश्या नै हो।’
EZE 23:44 अनि तिनीहरू त्यससित सुते। जसरी मानिसहरू वेश्याहरूसँग सुत्छन्, त्यसरी नै तिनीहरू ती कामुक स्त्रीहरू, ओहोला र ओहोलीबासित सुते।
EZE 23:45 तर धर्मी न्यायकर्ताहरूले तिनीहरूलाई व्यभिचारी र रक्तपात गर्ने स्त्रीहरूले पाउने दण्ड दिनेछन्; किनकि तिनीहरू व्यभिचारिणी स्त्रीहरू हुन् र रगत तिनीहरूका हातमा छ।
EZE 23:46 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिनीहरूको विरुद्धमा एउटा भीड ल्याओ; अनि तिनीहरूलाई लुट र आतङ्कको निम्ति सुम्पिदेओ।
EZE 23:47 भीडले तिनीहरूलाई ढुङ्गाले हान्‍नेछन्, र तिनीहरूका तरवारले तिनीहरूलाई काटेर ढालिदिनेछन्; सेनाहरूले ओहोला र ओहोलीबाहरूका सन्तानलाई मार्नेछन्; अनि तिनीहरूका घरहरू जलाइदिनेछन्।
EZE 23:48 “यसरी म देशमा भएको कामुकताको अन्त्य गरिदिनेछु, र तेरो कामुकताको अनुकरण नगर्नू भन्‍ने चेतावनी सबै स्त्रीहरूले पाऊन्।
EZE 23:49 तैँले आफ्नो कामुकताको दण्ड पाउनेछेस्, र तेरो मूर्तिपूजाका पापको परिणाम भोग्नेछेस्। तब तैँले म नै प्रभु याहवेह हुँ भनी जान्‍नेछस्।”
EZE 24:1 नवौँ वर्षको दसौँ महिनाको दसौँ दिनमा, याहवेहको वचन मकहाँ आयो:
EZE 24:2 “हे मानिसको छोरा, यस दिनलाई लेखिराख्, आजकै दिनलाई लेखिराख्; किनकि बेबिलोनको राजाले आजकै दिन यरूशलेमलाई घेरा हालेको छ।
EZE 24:3 यी विद्रोही मनिसहरूलाई एउटा उखान बताइदिएर तिनीहरूलाई भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘आगोमाथि पकाउने भाँडो राख्; भाँडो राख्, र त्यसमा पानी खन्या।
EZE 24:4 भाँडोभित्र मासुका टुक्राहरू हाल्, सबै असल टुक्राहरू—साँप्रो र कुम। भाँडालाई असल हड्डीहरूले भरिदे;
EZE 24:5 बगालबाट सबैभन्दा असल पशु छानेर ली। हड्डीहरूका निम्ति भाँडोमुनि दाउराको थुप्रो लगा; मासुका टुक्राहरूलाई उमाल र त्यसमा हड्डीहरू पका।
EZE 24:6 “ ‘किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘रक्तपातको यस सहरलाई धिक्‍कार, खिया लागिसकेको त्यो भाँडो, जसको थिग्रो त्यसबाट निस्कँदैन! भाँडाबाट जस्तो आउँछ, त्यस्तै मासुका टुक्रा-टुक्रा गरेर निकाल्।
EZE 24:7 “ ‘किनकि त्यसले बगाएको रगत त्यसकै बीचमा छ: त्यसले त्यो रगतलाई नाङ्गो चट्टानमाथि खन्याई; तर त्यसले त्यो रगतलाई चाहिँ भुइँमा पोख्न दिइन, जहाँ धुलोले त्यसलाई छोप्न सक्नेथियो।
EZE 24:8 क्रोधलाई सुर्‍याउन र बदला लिन मैले त्यसको रगत नाङ्गो चट्टानमाथि राखिदिएँ, ताकि त्यो नछोपिओस्।
EZE 24:9 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘धिक्‍कार यस रक्तपातको सहरलाई! म पनि दाउराको थुप्रो लगाउनेछु।
EZE 24:10 यसकारण दाउराको थुप्रो लगा, र आगो बाल्। मासु राम्रोसँग पका, र मसलाहरू राम्ररी मिसा; अनि हड्डीहरू डढून्।
EZE 24:11 तब रित्तो भाँडालाई नतात्तिएसम्म र त्यसको तामा तात्तिएर रातो नहोउन्जेल कोइलामाथि राख्, ताकि यसका अशुद्ध कुराहरू पग्लिजाऊन्, र त्यसका थिग्राहरू जलिजाऊन्।
EZE 24:12 यसले सबै प्रयासहरूलाई निराश तुल्याइदिएको छ; यसका बाक्लो थिग्राहरू आगोले पनि हटाउन सकिँदैन।
EZE 24:13 “ ‘अहिले तेरो अशुद्ध कुराहरू तेरो कामुकता हो। मैले तँलाई शुद्ध गर्ने कोसिस गरेँ, तर तँ आफ्नो अशुद्धताबाट शुद्ध हुनेछैनस्; तेरो विरुद्धमा मेरो क्रोध शान्त नभएसम्म तँ फेरि शुद्ध हुनेछैनस्।
EZE 24:14 “ ‘म याहवेहले नै भनेको हुँ। मेरा निम्ति काम गर्ने समय आएको छ। म पछि हट्नेछैनँ; म दया देखाउनेछैनँ, न त म पछुताउनेछु। तेरो चाल र कामहरूअनुसार तेरो न्याय हुनेछ, प्रभु याहवेह भन्‍नुहुन्छ।’ ”
EZE 24:15 याहवेहको वचन मकहाँ आयो:
EZE 24:16 “हे मानिसको छोरा, एकै प्रहारमा म तेरो आँखाको खुशीलाई लैजान लागेको छु। तापनि विलाप नगर्, नरो, र तेरा आँखाबाट आँसु नबगा।
EZE 24:17 चुपचाप सुस्केरा हाल्; मृतकको निम्ति शोक नगर्। तेरो फेटा बाँधिराख् र तेरा खुट्टामा जुत्ता लगाइराख्; तेरो दाह्री वा जुङ्गालाई नछोप्, न त रीतिअनुसार शोक गर्नेहरूको भोजन खा।”
EZE 24:18 यसरी मैले बिहान मानिसहरूसँग भनेँ, र बेलुका मेरी पत्नीको मृत्यु भयो। भोलिपल्ट मलाई आज्ञा गरिएअनुसार मैले गरेँ।
EZE 24:19 तब मानिसहरूले मलाई भने, “यी कुराहरूको हामीसित के सम्बन्ध छ र, के तिमी हामीलाई भन्दैनौ?”
EZE 24:20 यसकारण मैले तिनीहरूलाई भनेँ, “याहवेहको वचन मकहाँ आयो:
EZE 24:21 इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म मेरो पवित्रस्थान—जुन किल्‍लामा तिमीहरू घमण्ड गर्छौ, तिमीहरूका आँखाका खुशी, तिमीहरूले धेरै प्रेम गर्ने स्थानलाई अपवित्र पार्न लागेको छु। तिमीहरूले छोडेका छोराछोरीहरू तरवारद्वारा मारिनेछन्।
EZE 24:22 तब तिमीहरूले मैले गरेझैँ गर्नेछौ। तिमीहरूले आफ्ना दाह्री वा जुङ्गालाई छोप्नेछैनौ, न त रीतिअनुसार शोक गर्नेहरूका भोजन खानेछौ।
EZE 24:23 तिमीहरूले तिमीहरूका फेटा आफ्ना शिरमाथि नै राख्नेछौ, र तिमीहरूका जुत्ता खुट्टामा लगाएकै हुनेछौ। तिमीहरूले शोक गर्नेछैनौ अथवा रुनेछनौ, तर आफ्ना पापको कारण तिमीहरू सुक्दै जानेछौ र आफैँभित्र सुस्केरा हाल्नेछौ।
EZE 24:24 इजकिएल तिमीहरूका निम्ति एउटा चिन्ह हुनेछ; त्यसले गरेझैँ तिमीहरूले गर्नेछौ। जब यो कुरा हुन्छ, तब तिमीहरूले म नै प्रभु याहवेह हुँ भनी जान्‍नेछौ।’
EZE 24:25 “अनि हे मानिसको छोरा, मैले तिनीहरूको किल्‍ला, तिनीहरूको आनन्द र गौरव, तिनीहरूका आँखाको खुशी, तिनीहरूको हृदयले चाहना गर्ने स्थान र तिनीहरूका छोराछोरीहरू पनि लगेको दिन;
EZE 24:26 त्यस दिन एक जना भागेर बाँचेको व्यक्ति तँकहाँ समाचार दिन आउनेछ।
EZE 24:27 त्यस बेला तेरो मुख खोलिनेछ; तँ त्यससित बोल्नेछस्, र फेरि कहिल्यै चुपचाप रहनेछैनस्। यसरी तिनीहरूका निम्ति तँ एउटा चिन्ह हुनेछस्, र तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।”
EZE 25:1 याहवेहको वचन मकहाँ आयो:
EZE 25:2 “हे मानिसको छोरा, आफ्नो अनुहार अम्मोनीहरूको विरुद्धमा फर्का र तिनीहरूको विरुद्धमा अगमवाणी गर्।
EZE 25:3 तिनीहरूलाई भन्, ‘प्रभु याहवेहको वचन सुन: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो पवित्रस्थान अपवित्र पारिँदा, इस्राएल देश उजाड पारिँदा र यहूदाका मानिसहरू निर्वासनमा लगिँदा, तिमीहरूले “आह! आह!” भन्यौ,
EZE 25:4 यसकारण म तिमीहरूलाई अधिकारको रूपमा पूर्वका मानिसहरूलाई सुम्पिदिन लागेको छु। तिनीहरूले तिमीहरूका बीचमा तिनीहरूका छाउनी खडा गर्नेछन् र तिनीहरूका पालहरू टाँग्नेछन्; तिनीहरूले तिमीहरूका फलफूलहरू खानेछन् र तिमीहरूका वस्तुहरूका दूध पिउनेछन्।
EZE 25:5 म रब्बालाई ऊँटहरू राख्ने ठाउँ र अम्मोनलाई भेडाहरू बस्‍ने ठाउँको रूपमा परिणत गर्नेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
EZE 25:6 किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूको हृदयमा भएको इर्ष्याको कारण इस्राएल देशको विरुद्धमा आनन्द मनाउँदै तिमीहरूले ताली बजाउँदै खुट्टा बजारेका छौ।
EZE 25:7 यसकारण म मेरो हात तिमीहरूको विरुद्धमा उठाउनेछु, र तिमीहरूलाई जाति-जातिहरूकहाँ लुटको मालझैँ दिनेछु। म तिमीहरूलाई जाति-जातिहरूबाट अलग गरिदिनेछु, र देशहरूबाट तिमीहरूका नामनिशानै मेटिदिनेछु। म तिमीहरूलाई सर्वनाश गर्नेछु; अनि तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।’ ”
EZE 25:8 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘किनकि मोआब र सेइरले यसो भने, “हेर, यहूदा अरू जातिहरूजस्तै भएको छ;”
EZE 25:9 यसकारण म त्यसका सिमानाका सहरहरू—बेथ-यशीमोत, बाल-मोनर र किर्यातैम, जुन सहरहरू देशका गौरव हुन्, ती सहरहरूका सिमानाहरूदेखि नै सुरु गरेर मोआबका सिमानाका भिरालो भागहरूलाई म खुल्‍ला पारिदिनेछु।
EZE 25:10 अनि म मोआबलाई अम्मोनीहरूसहित पूर्वका मानिसहरूलाई अधिकारको रूपमा दिनेछु, ताकि जातिहरूको बीचमा अम्मोनीहरूको नामनिशानै रहनेछैन;
EZE 25:11 अनि म मोआबमाथि दण्ड ल्याउनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ”
EZE 25:12 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘एदोमले यहूदाको विरुद्धमा बदला लिएको कारण एदोम अझ धेरै दोषी ठहरियो।
EZE 25:13 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म एदोमको विरुद्धमा मेरो हात उठाउनेछु; अनि त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू दुवैलाई मारिदिनेछु। म त्यसलाई ध्वस्त पारिदिनेछु, र तेमानदेखि ददानसम्म तिनीहरू तरवारद्वारा मारिनेछन्।
EZE 25:14 म मेरो प्रजा इस्राएलका हातद्वारा एदोमसँग बदला लिनेछु; अनि तिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोमसित व्यवहार गर्नेछन्; तब तिनीहरूले मेरो बदला जान्‍नेछन्, प्रभु याहवेह भन्‍नुहुन्छ।’ ”
EZE 25:15 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘किनकि पलिश्तीहरूले बदला लिने काम गरे, र आफ्ना हृदयमा ईर्ष्या लिएर बदला लिए; अनि पुरानो दुश्मनी लिएर यहूदालाई सर्वनाश पार्न खोजे।
EZE 25:16 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले मेरो हात पलिश्तीहरूको विरुद्धमा उठाउन लागेको छु; अनि म करेतीहरूलाई र किनारतिर बस्‍ने अरू बाँकी रहेका जातिहरूलाई पनि सर्वनाश गर्नेछु।
EZE 25:17 म तिनीहरूमाथि मेरो भयङ्कर बदला लिनेछु, र मेरो क्रोधमा तिनीहरूलाई दण्ड दिनेछु। जब म तिनीहरूमाथि बदला लिनेछु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ”
EZE 26:1 बाह्रौँ वर्षको एघारौँ महिनाको पहिलो दिनमा, याहवेहको वचन मकहाँ आयो:
EZE 26:2 “हे मानिसको छोरा, टायरले यरूशलेमको विषयमा यसो भनेको कारण, ‘अहा! जाति-जातिहरूका मूलढोकाहरू भत्केका छन्, र त्यसका ढोकाहरू मेरो निम्ति खुल्‍ला भएका छन्; अहिले त्यो ध्वस्त भएकाले मेरो उन्‍नति हुनेछ।’
EZE 26:3 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे टायर, म तेरो विरुद्धमा छु; समुद्रले छालहरू उर्लाएझैँ म तेरो विरुद्धमा धेरै जातिहरूलाई उठाएर ल्याउनेछु।
EZE 26:4 तिनीहरूले टायरका पर्खालहरू नष्‍ट गर्नेछन्, र त्यसका धरहराहरू ढालिदिनेछन्; म त्यसका धुलो खुर्केर त्यसलाई एउटा नाङ्गो चट्टान बनाइदिनेछु।
EZE 26:5 समुद्रको बीचमा माछा पक्रन जाल फिँजाउने एउटा ठाउँ हुनेछ; किनकि मैले भनेको छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। त्यो जाति-जातिहरूका निम्ति लुटको माल हुनेछ;
EZE 26:6 अनि त्यसको मुख्य भूमिमा भएका बस्तीहरू तरवारद्वारा ध्वस्त पारिनेछन्। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।
EZE 26:7 “किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म टायरको विरुद्धमा उत्तर दिशाबाट राजाहरूका राजा, बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, घोडसवारहरू र ठूलो सेनाको साथ ल्याउनेछु।
EZE 26:8 राजाले मुख्य भूमिमा तेरा बस्तीहरूलाई तरवारले ध्वस्त पार्नेछ; त्यसले तेरो विरुद्धमा घेरा-मचान खडा गर्नेछ, र तँलाई आक्रमण गर्नलाई तेरो विरुद्ध पर्खालमा माटोको ढिस्को खडा गर्नेछ।
EZE 26:9 राजाले तेरा पर्खाल भत्काउनलाई रूखका ठूला-ठूला मुढाहरूले प्रहार गर्न लगाउनेछ, र तिनीहरूका हतियारहरूले तेरा धरहराहरू ढालिदिनेछ।
EZE 26:10 त्यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनीहरूका धुलोले तँलाई छोपिदिनेछ। पर्खाल भत्किएको सहरभित्र मानिसहरू पसेझैँ त्यो तेरा मूलढोकाहरूमा प्रवेश गर्दा लडाइँका घोडाहरू, गाडाहरू र रथहरूको आवाजले गर्दा तेरा पर्खालहरू हल्‍लिनेछन्।
EZE 26:11 त्यसका घोडाहरूका खुरहरूले तेरा सबै सडकहरू कुल्चनेछन्; त्यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खम्बाहरू भुइँमा ढल्नेछन्।
EZE 26:12 तिनीहरूले तेरा धनसम्पत्ति लुट्नेछन् र तेरो व्यापारका मालहरू खोसेर लैजानेछन्; तिनीहरूले तेरा पर्खालहरू भत्काइदिनेछन् र तेरा सुन्दर घरहरू भत्काउनेछन्; अनि तेरा ढुङ्गाहरू, काठहरू र रोडाहरू समुद्रमा फालिदिनेछन्।
EZE 26:13 म तेरो कोलाहलपूर्ण गीतहरूको अन्त्य गरिदिनेछु, र तेरा वीणाहरूको सङ्गीत फेरि कहिल्यै सुनिनेछैन।
EZE 26:14 म तँलाई एउटा नाङ्गो चट्टान तुल्याइदिनेछु, र तँ माछा पक्रने जालहरू फैलाउने एउटा ठाउँ हुनेछस्। तँ कहिल्यै निर्माण हुनेछैनस्; किनकि म याहवेहले नै भनेको हुँ, प्रभु याहवेह भन्‍नुहुन्छ।
EZE 26:15 “प्रभु याहवेह टायरलाई यसो भन्‍नुहुन्छ: टायरमा घाइतेहरूले सुस्केरा हाल्दा र काटमार हुँदा के तेरो पतनको आवाजमा समुद्र किनारका देशहरू काम्दैनन् र?
EZE 26:16 तब समुद्र किनारका सबै राजकुमारहरू आ-आफ्ना सिंहासनबाट तल ओर्लनेछन्, र तिनीहरूले आ-आफ्ना लबेदाहरू एकातिर छोड्नेछन् र आफ्ना बुट्टेदार वस्त्रहरू फुकाल्नेछन्। तँलाई देखेर त्रासले तिनीहरू थरथर काम्दै भुइँमा बस्‍नेछन्।
EZE 26:17 तब तिनीहरूले तेरो बारेमा एउटा विलाप गीत गाउनेछन् र तँलाई भन्‍नेछन्: “ ‘हे प्रसिद्ध सहर, समुद्रका मानिसहरूले भरिएकी सहर, तँ कसरी सर्वनाश भइस्! समुद्रमा तँ एक शक्ति थिइस्, तँ र तेरा नागरिकहरू; तैँले त्यहाँ बस्‍नेहरू सबैमाथि तेरो आतङ्क फैलाइस्।
EZE 26:18 अब तेरो पतनको दिनमा समुद्र किनारमा भएका देशहरू काम्छन्; तेरो पतन हुँदा समुद्रका टापुहरू भयभीत भएका छन्।’
EZE 26:19 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जब मैले तँलाई एउटा उजाड सहर, कहिल्यै मानिस नबसेको सहरजस्तै बनाएको छु, र जब म गहिरो समुद्र उर्लाएर तँमाथि ल्याउँछु, र त्यसको विशाल पानीले तँलाई छोप्छु,
EZE 26:20 तब म तँलाई तल खाडलमा जानेहरूसित ती पहिले मरेका मानिसहरूकहाँ तल ल्याउनेछु। म तँलाई प्राचीन कालका भग्नावशेषहरूमा जस्तै, तल खाडलमा जानेहरूसँगै पृथ्वीको तल्‍लो भागमा बस्‍न लगाउनेछु; अनि तँ त्यहाँबाट फर्कनेछैनस्, जीवितहरूको देशमा तेरो ठाउँ लिनेछैनस्।
EZE 26:21 म तँलाई डरलाग्दो अन्त्यमा ल्याउनेछु र फेरि तेरो अस्तित्व हुनेछैन। तँ खोजिनेछस्, तर फेरि कहिल्यै भेट्टाइनेछैनस्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
EZE 27:1 याहवेहको यो वचन मकहाँ आयो:
EZE 27:2 “हे मानिसको छोरा, टायरको विषयमा एउटा विलाप गीत गा;
EZE 27:3 समुद्रको प्रवेशद्वारमा रहेको, धेरै किनारहरूमा रहेका टायरका व्यापारी मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘हे टायर, तँ भन्छस्, “म सुन्दरतामा सिद्ध छु।”
EZE 27:4 तेरा सिमानाहरू समुद्रको बीचमा फैलिएको थियो; तेरा निर्माणकर्ताहरूले तेरो सुन्दरतालाई सिद्ध पारिदिए।
EZE 27:5 तिनीहरूले तेरा काठका फल्याकहरू सेनीरका सल्‍लाका रूखहरूबाट बनाए; तेरा निम्ति मस्तुल बनाउनलाई लेबनानबाट देवदारु ल्याए।
EZE 27:6 तिनीहरूले तेरा पतवारहरू बाशानका फलाँटका रुखहरूबाट बनाए; तिनीहरूले तेरो जहाजको तला साइप्रसका किनारका सिसौका काठहरूले बनाए, र त्यसलाई हस्तीदन्तले सिँगारे।
EZE 27:7 तेरो जहाजको पाल इजिप्टको मिहिन बुट्टेदार सुतीको कपडाबाट बनिएको थियो, र त्यसले तेरो झण्डाको काम पनि गर्थ्यो; तेरो चँदुवा निलो र बैजनी कपडाको साइप्रसको एलीशाह सहरका किनारबाट ल्याइएको थियो।
EZE 27:8 सीदोन र अर्वदका मानिसहरू तेरा नाविक थिए; हे टायर, तेरा निपुण मानिसहरू जहाजमै चढेर बसेका चालकहरू थिए।
EZE 27:9 जहाजमा टालटुल गर्ने कामको निम्ति गबालका अनुभवी र सिपालु कारिगरहरू जहाजमै थिए। समुद्रका सबै जहाजहरू र तिनीहरूका नाविकहरू तेरा मालसामानहरू व्यापार गर्न तँकहाँ आउँथे।
EZE 27:10 “ ‘परसीयाका मानिसहरू, लूद र पूतका मानिसहरू तेरो सेनामा सेवा गर्ने सिपाहीहरू थिए। तिनीहरूले आफ्ना ढाल र टोपहरू तेरा पर्खालहरूमा झुण्ड्याएर तेरो गौरव बढाए।
EZE 27:11 अर्वद र हेलेकका मानिसहरू तेरा पर्खालका चारैतिर पहरेदार थिए; गमादका मानिसहरू तेरा धरहराहरूमा थिए। तिनीहरूले आफ्ना ढालहरू तेरा पर्खालका चारैतिर झुण्ड्याउँथे; तेरो सुन्दरता पूर्ण बनाउँथे।
EZE 27:12 “ ‘तेरा मालसामानहरूको धेरै धनसम्पत्ति भएको कारण तर्शीशले तँसँग व्यापार गर्थ्यो; तिनीहरूले तेरा व्यापारका सरसमानहरूसँग चाँदी, फलाम, टिन र सिसा साटासाट गरे।
EZE 27:13 “ ‘ग्रीस, तूबल र मेशेकले तँसित व्यापार गर्थे; तिनीहरूले तेरा मालसामानहरूसित कमाराहरू र काँसाका सामग्रीहरूसँग साटासाट गर्थे।
EZE 27:14 “ ‘बेथ-तोगर्माका मानिसहरूले रथका घोडाहरू, लडाइँका घोडाहरू र खच्‍चरहरू तेरा व्यापारका मालसामानहरूसित साटासाट गर्थे।
EZE 27:15 “ ‘रोडसका मानिसहरूले तँसित व्यापार गरे; अनि समुद्र किनारका धेरै देशहरू तेरा ग्राहकहरू थिए; तिनीहरूले तँलाई हस्तीदन्त र आब्नुस काठ दामको रूपमा तिरे।
EZE 27:16 “ ‘तेरा धेरै उत्पादित कुराहरूको कारण अरामले तँसित व्यापार गर्‍यो; तिनीहरूले नीलमणि, बैजनी वस्त्र, बुट्टेदार चीजहरू, मलमल सुती कपडा, मुगा र लालमणि तेरा व्यापारका मालसामानहरूसित साटासाट गरे।
EZE 27:17 “ ‘यहूदा र इस्राएलले तँसित व्यापार गरे; तिनीहरूले तेरा मालसामानहरूसित मिन्‍नीतका गहुँ र नेभारा, मह, जैतुन तेल र सुगन्धित लेप साटासाट गरे।
EZE 27:18 “ ‘तेरा धेरै उत्पादित कुराहरू र मालसामानहरूको धेरै धनसम्पत्ति भएको कारण दमस्कसले तँसित व्यापार गर्‍यो। तिनीहरूले हेल्बोनबाट ल्याएको मद्य र जहरबाट ल्याएको सेतो ऊन दिए।
EZE 27:19 दानवंशीहरू र उजालका ग्रीकहरूले तँसित व्यापार गरे: तिनीहरूले तेरा सामानहरूसित फलाम, तेजपात र बोझो साटे।
EZE 27:20 “ ‘ददानले तँसित जिनको व्यापार गर्‍यो।
EZE 27:21 “ ‘अरब र केदारका सबै राजकुमारहरू तेरा ग्राहकहरू थिए; तिनीहरूले तँसित थुमाहरू, साँढे भेडाहरू र बाख्राहरूको व्यापार गरे।
EZE 27:22 “ ‘शेबा र रामाहका व्यापारीहरूले तँसित व्यापार गरे; तिनीहरूले सबैभन्दा उत्तम किसिमका मसलाहरू, बहुमूल्य पत्थरहरू र सुनहरू तेरा मालसामानहरूसित साटासाट गरे।
EZE 27:23 “ ‘हारान, कन्‍ने, अदन र शेबाका व्यापारीहरू, अश्शूर र किल्मदले तँसित व्यापार गरे।
EZE 27:24 तिनीहरूले तेरा बजारमा सुन्दर वस्त्रहरू, निलो धागोले बनाएका लुगा, बुट्टेदार कपडाहरू र बटारिएका र कसिएका डोरीहरूसँग बनिएका रङ्गी-बिरङ्गी गलैँचाहरूको व्यापार गरे।
EZE 27:25 “ ‘तर्शीशका जहाजहरूले तेरा सामानहरू बोकेर व्यापार गर्छन्। तँ समुद्रको बीचमा यात्रा गर्दा तेरो जहाज मालसामानले भरिएको हुन्छ।
EZE 27:26 तेरा नाविकहरूले तँलाई बीच समुद्रमा लैजान्छन्, तर पूर्वीय बतासले तँलाई समुद्रको बीचमा टुक्रा-टुक्रा पारिदिनेछ।
EZE 27:27 तेरो धनसम्पत्ति, व्यापारका मालसामानहरू, तेरा नाविकहरू, चालकहरू र टालटुल गर्ने मानिसहरू, तेरा व्यापारीहरू र तेरा सबै सिपाहीहरू; अनि तेरो सर्वनाशको दिन जहाजमा भएका सबै जना समुद्रको बीचमा डुबिजानेछन्।
EZE 27:28 तेरा नाविकहरूले चीत्कार गर्दा समुद्र किनारका ठाउँहरू काम्नेछन्।
EZE 27:29 पतवार खियाउनेहरू सबैले तिनीहरूका जहाजहरू त्यागिदिनेछन्; सबै नाविकहरू र चालकहरू समुद्रको किनारमा उभिनेछन्।
EZE 27:30 तिनीहरूले आफ्ना सोर उचाल्नेछन्, र तेरा निम्ति धुरुधुरु रुनेछन्; तिनीहरूले आफ्ना शिरमाथि धुलो छर्नेछन् र खरानीमा लडीबुडी गर्नेछन्।
EZE 27:31 तिनीहरूले तेरो कारण आफ्ना शिर खौरनेछन् र भाङ्ग्रा लगाउनेछन्। तेरा निम्ति तिनीहरू आत्मामा विचलित भएर शोकमा परी धुरुधुरु रुनेछन्।
EZE 27:32 तिनीहरूले तेरो निम्ति विलाप गरिरहँदा, तिनीहरूले तेरो बारेमा यसो भन्दै एउटा विलाप गीत गाउनेछन्: “समुद्रले घेरिएको टायरलाई जस्तै कसैलाई कहिल्यै चुप गराइएको छ?”
EZE 27:33 तेरो व्यापारिक मालसामानहरू समुद्रपार भएर जाँदा, तैँले धेरै जातिहरूलाई सन्तुष्‍ट पारिस्; तेरो ठूलो धनसम्पत्ति र तेरा मालसामानहरूले पृथ्वीका राजाहरूलाई तैँले धनी तुल्याइस्।
EZE 27:34 अहिले तँ पानीको गहिराइमा समुद्रद्वारा चकनाचुर पारिएको छस्; तेरा मालसामानहरू र तेरा सबै साथीहरू तँसितै तल समुद्रको गहिराइमा नष्‍ट भएका छन्।
EZE 27:35 समुद्रको किनारमा बस्‍नेहरू सबै तँलाई देखेर भयभीत भएका छन्; तिनीहरूका राजाहरू त्रासले थरथर काम्छन्, र तिनीहरूका अनुहारहरूमा डर छाएको छ।
EZE 27:36 जाति-जातिहरूका व्यापारीहरूले तँलाई खिसी गर्छन्; तँ डरलाग्दो अन्त्यमा आइपुगेको छस्; अनि तँ अब सदाको निम्ति नष्‍ट हुनेछस्।’ ”
EZE 28:1 याहवेहको वचन मकहाँ आयो:
EZE 28:2 “हे मानिसको छोरा, टायरको शासकलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘आफ्नो हृदयको घमण्डमा तैँले भन्छस्, “म एक ईश्‍वर हुँ; म समुद्रको बीचमा एक ईश्‍वरको सिंहासनमा बस्छु।” तर तँ एउटा साधारण मानिस मात्र होस्, ईश्‍वर होइनस्; यद्यपि तैँले आफूलाई ईश्‍वर जत्तिकै बुद्धिमान् सम्झन्छस्।
EZE 28:3 के तँ दानिएलभन्दा बुद्धिमान् छस्? के तँबाट कुनै पनि रहस्य लुकेको छैन?
EZE 28:4 तेरो बुद्धि र समझशक्तिद्वारा तैँले आफ्नै निम्ति धनसम्पत्ति कमाएको छस्, र तेरो भण्डारमा आफ्नो निम्ति सुन र चाँदी थुपारेको छस्।
EZE 28:5 तेरो व्यापारको धेरै सिपहरूद्वारा तैँले आफ्नो धनसम्पत्ति बढाएको छस्; अनि तेरो धनसम्पत्तिको कारण तेरो हृदय घमण्डले फुलेको छ।
EZE 28:6 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘किनकि तैँले आफूलाई ईश्‍वर जत्तिकै बुद्धिमान् सम्झन्छस्;
EZE 28:7 यसैकारण म जातिहरूमध्ये सबैभन्दा निष्‍ठुर विदेशीहरूलाई तेरो विरुद्धमा ल्याउनेछु; तिनीहरूले तेरो सुन्दरता र बुद्धिको विरुद्धमा आफ्नो तरवार निकाल्नेछन्, र तेरो चम्किलो गौरवलाई छेड्नेछन्।
EZE 28:8 तिनीहरूले तँलाई तल खाडलमा ल्याउनेछन्; अनि समुद्रको बीचमा तेरो मरण एक हिंसक मृत्यु हुनेछ।
EZE 28:9 त्यस बेला तँलाई मार्नेहरूको उपस्थितिमा, “म ईश्‍वर हुँ” भनी के तैँले भन्‍नेछस्? तँलाई मार्नेहरूको हातमा तँ ईश्‍वर होइनस्, तर एउटा मरणशील मानिस मात्र हुनेछस्।
EZE 28:10 तँ परदेशीहरूको हातमा एउटा खतना नभएको मानिसजस्तै मर्नेछस्। किनकि मैले नै यो भनेको हुँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
EZE 28:11 याहवेहको यो वचन मकहाँ आयो:
EZE 28:12 “हे मानिसको छोरा, टायरका राजाको बारेमा एउटा विलाप गीत गा, र त्यसलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘तँ पूर्णताको नमुना, बुद्धिले भरिपूर्ण र सुन्दरतामा सिद्ध थिइस्।
EZE 28:13 तँ परमेश्‍वरको बगैँचा अदनमा थिइस्; सबै प्रकारका बहुमूल्य पत्थरले तँ आभूषित थिइस्: माणिक, पुष्पराज, हीरा, फिरोजा, गोमेद र स्फटिक, नीलमणि, हरितमणि र बहुमूल्य पत्थरले सजिएको थिइस्। तेरा गरगहनाहरू सुनले बनिएका थिए; तँ सृष्‍टि गरिएको दिनमा नै ती चीजहरू तयार गरिएका थिए।
EZE 28:14 अभिभावक करूबको रूपमा तँ अभिषेक गरिएको थिइस्; किनकि मैले तँलाई नियुक्त गरेको थिएँ; तँ परमेश्‍वरको पवित्र पर्वतमा थिइस्; तँ आगोजस्तै चम्किलो पत्थरहरूको बीचमा हिँड्थिस्।
EZE 28:15 तँ सृष्‍टि गरिएको दिनदेखि तँमा दुष्‍टता नपाउन्जेलसम्म तँ आफ्ना चालहरूमा निर्दोष थिइस्।
EZE 28:16 तेरो चौतर्फी फैलिएको व्यापारद्वारा तँ अत्याचारले भरिइस्; अनि तैँले पाप गरिस्। यसकारण मैले तँलाई परमेश्‍वरको पर्वतबाट अपमानित गरेर धपाइदिएँ; अनि हे अभिभावक करूब, मैले तँलाई ती आगोजस्तै चम्किलो पत्थरहरूको बीचबाट निकालिदिएँ।
EZE 28:17 तेरो सुन्दरताको कारण तेरो हृदय घमण्डी भयो; अनि आफ्नो गौरवको कारण तैँले आफ्नो बुद्धिलाई भ्रष्‍ट पारिस्। यसकारण मैले तँलाई पृथ्वीमा फ्याँकिदिएँ; मैले तँलाई राजाहरूको सामु एक तमाशा बनाइदिएँ।
EZE 28:18 तेरा धेरै पापहरू र बेइमान व्यापारद्वारा तैँले आफ्ना पवित्रस्थानहरू अपवित्र बनाएको छस्। यसकारण मैले टायरको बीचबाट आगो निस्कन दिएँ, र त्यस आगोले तँलाई भस्म पारिदियो; मैले तँलाई भुइँमा खरानी तुल्याएँ, ती सबै मानिसहरूको आँखाको अगाडि, जसले तँलाई हेरिरहेका थिए।
EZE 28:19 तँलाई चिन्‍ने सबै राष्ट्रहरू तँलाई देखेर भयभीत भए; तँ डरलाग्दो अन्त्यमा आइपुगेको छस्, र तेरो अस्तित्व अब रहनेछैन।’ ”
EZE 28:20 याहवेहको यो वचन मकहाँ आयो:
EZE 28:21 “हे मानिसको छोरा, तेरो अनुहार सीदोनको विरुद्धमा फर्का,
EZE 28:22 र भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘हे सीदोन, म तेरो विरुद्धमा छु, र तेरो बीचमा म आफ्नो महिमा प्रकट गर्नेछु। जब म तँलाई दण्ड दिन्छु, र तेरै सामु आफूलाई पवित्र प्रमाणित गर्छु, तब म नै याहवेह हुँ भनी तैँले जान्‍नेछस्।
EZE 28:23 म तँमाथि महामारी पठाउनेछु, र तेरा सडकहरूमा रगत बग्न दिनेछु। तेरो विरुद्धमा चारैतिर भएको तरवारले तेरै बीचमा मरिएकाहरू ढल्नेछन्। तब म नै याहवेह हुँ भनी तैँले जान्‍नेछस्।
EZE 28:24 “ ‘अब उप्रान्त इस्राएलका मानिसहरूसँग तिनीहरूलाई घृणा गर्ने छिमेकीहरू हुनेछैनन्, जो सिउँडी काँडा र तीखा काँडाहरू हुन्। तब म नै प्रभु याहवेह हुँ भनी तिनीहरूले जान्‍नेछन्।
EZE 28:25 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जब म इस्राएलका मानिसहरूलाई तिनीहरू तितरबितर भएका राष्ट्रहरूबाट भेला गर्छु, म जाति-जातिहरूका दृष्‍टिमा तिनीहरूद्वारा पवित्र प्रमाणित हुनेछु। तब तिनीहरू तिनीहरूका आफ्नै देशमा बस्‍नेछन्, जुन देश मैले आफ्नो सेवक याकोबलाई दिएको थिएँ।
EZE 28:26 त्यहाँ तिनीहरू सुरक्षित बस्‍नेछन्, घरहरू बनाउनेछन् र दाखबारीहरू लगाउनेछन्; जब म इस्राएलीहरूलाई बदनाम गर्ने तिनीहरूका ती सबै छिमेकीहरूलाई दण्ड दिनेछु, तब म नै याहवेह तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन्।’ ”
EZE 29:1 दसौँ वर्षको दसौँ महिनाको बाह्रौँ दिनमा, याहवेहको यो वचन मकहाँ आयो:
EZE 29:2 “हे मानिसको छोरा, तेरो अनुहार इजिप्टको राजा फारोको विरुद्धमा फर्काएर त्यसको विरुद्धमा र समस्त इजिप्टको विरुद्धमा अगमवाणी गर्।
EZE 29:3 राजासित कुरा गरेर भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘हे इजिप्टको राजा फारो, म तेरो विरुद्धमा छु, तँ एक विशाल जन्तु होस्, जो आफ्ना खोलाहरूका बीचमा ढल्किरहन्छ। तँ भन्छस्, “नील नदी मेरो हो; मैले त्यसलाई आफ्नो निम्ति बनाएको हुँ।”
EZE 29:4 तर म तेरो चिउँडोमा बल्छी लगाउनेछु, र तेरा खोलाहरूका माछाहरू तेरा कत्लाहरूमा टाँसिनेछन्। तेरा कत्लाहरूमा अल्झिएका सबै माछाहरूसितै म तँलाई तेरा खोलाहरूबाट तानेर बाहिर निकाल्नेछु।
EZE 29:5 म तँलाई र तेरा नदीका सबै माछाहरूलाई मरुभूमिमा छोडिदिनेछु। तिमीहरू खुला मैदानमा पतन हुनेछौ; न त बटुलिनेछौ, न त उठाइनेछौ। म तँलाई पृथ्वीका खुला मैदानका पशुहरू र आकाशका चराहरूकहाँ भोजनको रूपमा दिनेछु।
EZE 29:6 तब इजिप्टमा बस्‍ने सबैले म नै याहवेह हुँ भनी जान्‍नेछन्। “ ‘तँ इस्राएलका मानिसहरूका निम्ति एउटा निगालोको लहुरोझैँ भएको छस्।
EZE 29:7 जब तिनीहरूले तँलाई आफ्ना हातले समाते, तब तँ भाँचिगइस् र तैँले तिनीहरूका काँधहरू चिरिदिइस्; अनि जब तिनीहरू तँमाथि अडेसिँदा तँ भाँचिगइस्, र तिनीहरूका सारा कम्मर मर्काइदिइस्।
EZE 29:8 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तेरो विरुद्धमा एउटा तरवार ल्याउनेछु; अनि तेरा मानिसहरू र तिनीहरूका पशुहरू दुवै मारिदिनेछु।
EZE 29:9 इजिप्ट एउटा उजाड मरुभूमि हुनेछ। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्। “ ‘किनकि तैँले भनिस्, “नील नदी मेरो हो; मैले यसलाई बनाएँ;”
EZE 29:10 यसकारण म तँ र तेरा नील नदीहरूको विरुद्धमा छु; अनि म इजिप्टलाई मिग्दोलदेखि आश्‍वानसम्म, कूशको सिमानासम्मै सर्वनाश र उजाड मरुभूमि बनाइदिनेछु।
EZE 29:11 त्यस इजिप्टबाट भएर कुनै पनि मानिस अथवा पशुको खुट्टा जानेछैन; त्यहाँ चालीस वर्षसम्म कोही पनि बसोबास गर्नेछैन।
EZE 29:12 म इजिप्ट देशलाई नष्‍ट भएका देशहरूको बीचमा उजाड पारिदिनेछु; अनि त्यसका सहरहरू सर्वनाश भएका सहरहरूको बीचमा चालीस वर्षसम्म उजाड भएर रहनेछन्। अनि म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्‍न देशहरूमा छरपस्ट पारिदिनेछु।
EZE 29:13 “ ‘तापनि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: चालीस वर्ष बितिसकेपछि म इजिप्टवासीहरूलाई तिनीहरू छरपस्ट पारिएका राष्ट्रहरूबाट भेला गर्नेछु।
EZE 29:14 म तिनीहरूलाई कैदबाट फर्काएर माथिल्‍लो इजिप्टमा ल्याउनेछु, जुन तिनीहरूका पितापुर्खाहरूको देश हो। त्यहाँ तिनीहरू एक दुर्बल राज्य हुनेछन्।
EZE 29:15 इजिप्ट सबै राज्यहरूमा सबैभन्दा महत्वहीन राज्य हुनेछ, र त्यसले आफूलाई अरू जातिहरूभन्दा माथि कहिल्यै उठाउन सक्नेछैन। म त्यसलाई यति कमजोर वा थोरै बनाउनेछु, कि त्यसले कहिल्यै अरू जातिहरूमाथि शासन गर्न पाउनेछैन।
EZE 29:16 इस्राएलका मानिसहरूका निम्ति इजिप्ट कहिल्यै पनि भरोसाको स्रोत हुनेछैन, तर सहायताको निम्ति त्यहाँ फर्कँदा इस्राएलको पापको सम्झना हुनेछ। तब तिनीहरूले म नै प्रभु याहवेह हुँ भनी जान्‍नेछन्।’ ”
EZE 29:17 सत्ताइसौँ वर्षको पहिलो महिनाको पहिलो दिनमा, याहवेहको यो वचन मकहाँ आयो:
EZE 29:18 “हे मानिसको छोरा, बेबिलोनका राजा नबूकदनेसरले आफ्नो सेनालाई टायरको विरुद्धमा गरिएको कठोर सैनिक अभियानमा लगे; जसमा तिनीहरू सबैको शिर खुइलियो र गह्रौँ भारी बोक्नाले सबैको काँध पिल्सियो। तापनि त्यसले र त्यसको सेनाले टायरको विरुद्धमा चलाएको अभियानबाट कुनै पनि प्रतिफल पाउन सकेनन्।
EZE 29:19 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म इजिप्टलाई बेबिलोनको राजा नबूकदनेसरलाई दिँदैछु; अनि उसले त्यसको धनसम्पत्ति लैजानेछ। त्यसले आफ्नो सेनाको ज्यालाको रूपमा देशलाई सखाप पारेर लुटपाट गर्नेछ।
EZE 29:20 मैले नबूकदनेसर र त्यसका सेनाहरूलाई मेरा निम्ति गरेको कडा परिश्रमको कारण प्रतिफलको रूपमा इजिप्ट दिएको छु, प्रभु याहवेह भन्‍नुहुन्छ।
EZE 29:21 “त्यस दिन म इस्राएलीहरूका निम्ति एउटा सिङ उम्रन लगाउनेछु, र म तिनीहरूका बीचमा तेरो मुख खोलिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।”
EZE 30:1 याहवेहको यो वचन मकहाँ आयो:
EZE 30:2 “हे मानिसको छोरा, अगमवाणी गरेर भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘विलाप गरेर भन्, “हाय त्यो दिन!”
EZE 30:3 किनकि त्यो दिन नजिकै छ; याहवेहको दिन नजिकै छ! बादलहरूको दिन, जाति-जातिहरूका निम्ति विनाशको दिन।
EZE 30:4 इजिप्टको विरुद्धमा एउटा तरवार आउनेछ; अनि कूशमाथि वेदना आउनेछ। जब इजिप्टमा मारिएकाहरूले जमिन ढाक्छन्, तब त्यसका धनसम्पत्ति लगिनेछ, र त्यसका जगहरू पूर्ण रूपमा भत्काइनेछ।
EZE 30:5 कूश, लिबिया, लूद र सारा अरब, कुब र करारको देशका मानिसहरू इजिप्टसितै तरवारद्वारा ढल्नेछन्।
EZE 30:6 “ ‘याहवेह यसो भन्‍नुहुन्छ: “ ‘इजिप्टका सहयोगी राष्ट्रहरू ढल्नेछन्, र त्यसको शक्तिको घमण्ड असफल हुनेछ। मिग्दोलदेखि आश्‍वानसम्म तिनीहरू इजिप्ट सहरभित्र तरवारले ढल्नेछन्, प्रभु याहवेह भन्‍नुहुन्छ।
EZE 30:7 तिनीहरू उजाड देशहरूका बीचमा उजाड हुनेछन्; अनि तिनीहरूका सहरहरू ध्वस्त भएका सहरहरूका बीचमा रहिरहनेछन्।
EZE 30:8 जब मैले इजिप्टमा आगो लगाएर त्यसका सबै सहयोगीहरू नष्‍ट हुनेछन्, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।
EZE 30:9 “ ‘त्यस दिन सुरक्षित भई ढुक्‍क बसेको कूशलाई डर देखाउन मबाट सन्देश वाहकहरू जहाजमा जानेछन्। इजिप्टको विनाशको दिन तिनीहरूलाई वेदनाले छोप्नेछ; किनकि त्यो निश्‍चय आउनेछ।
EZE 30:10 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘म बेबिलोनको राजा नबूकदनेसरको हातबाट इजिप्टको सेना दलको अन्त्य गरिदिनेछु।
EZE 30:11 त्यो र त्यसका सेना, जाति-जातिहरूमा अत्यन्तै निष्‍ठुर छन्, देशलाई नाश गर्नको निम्ति भित्र ल्याइनेछ। तिनीहरूले इजिप्टको विरुद्धमा आफ्ना तरवारहरू निकाल्नेछन्, र मारिएकाहरूले देशलाई ढाकिदिनेछन्।
EZE 30:12 म नील नदीको पानीलाई सुकाइदिनेछु, र देशलाई दुष्‍ट मानिसहरूकहाँ बेचिदिनेछु; विदेशीहरूका हातद्वारा म देशलाई र त्यसमा भएका सबै कुरालाई उजाड पारिदिनेछु। म याहवेहले नै भनेको हुँ।
EZE 30:13 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसमा भएका आकृतिहरूलाई नष्‍ट गरिदिनेछु। इजिप्टमा अब फेरि कुनै राजकुमार रहनेछैन; अनि म इजिप्टभरि डर फैलाइदिनेछु।
EZE 30:14 म माथिल्‍लो इजिप्टलाई उजाड पार्नेछु, सोअनमा आगो लगाउनेछु, र थेबेस सहरलाई दण्ड दिनेछु।
EZE 30:15 इजिप्टको किल्‍ला पेलुसियममा म मेरो क्रोध पोखाउनेछु; अनि थेबेस सहरका सेना दलहरूलाई नष्‍ट पार्नेछु।
EZE 30:16 म इजिप्टमा आगो लगाउनेछु; पेलुसियम वेदनाले छटपटिनेछ। थेबेस सहरलाई आँधीले लैजानेछ; मेम्फिस लगातार कष्‍टमा रहनेछ।
EZE 30:17 हेलिओपोलिस र बुबास्तीसका जवान मानिसहरू तरवारले ढल्नेछन्; अनि सहरहरू आफैँ कैदमा जानेछन्।
EZE 30:18 जब तहपनेसको दिन अँध्यारो हुनेछ, तब म इजिप्टको जुवा भाँचिदिन्छु; त्यहाँ त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ। इजिप्ट बादलले छोपिनेछ; अनि त्यसका गाउँहरू कैदमा जानेछन्।
EZE 30:19 यसरी म इजिप्टमाथि दण्ड ल्याउनेछु; अनि तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ”
EZE 30:20 एघारौँ वर्षको पहिलो महिनाको सातौँ दिनमा, याहवेहको वचन मकहाँ आयो:
EZE 30:21 “हे मानिसको छोरा, मैले इजिप्टको राजा फारोको हात भाँचिदिएको छु। यसलाई निको पार्न बाँधिएको छैन, अथवा त्यसमा मलमपट्टी लगाइएको छैन, ताकि त्यो तरवार समाउन सक्ने बलियो बनोस्।
EZE 30:22 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म इजिप्टको राजा फारोको विरुद्धमा छु। म त्यसका दुवै पाखुराहरू, अर्थात् राम्रो र भाँचिएका दुवै पाखुराहरू भाँचिदिनेछु; अनि त्यसको हातबाट तरवार खस्‍न लगाउनेछु।
EZE 30:23 म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्‍न देशभरि छरपस्ट पारिदिनेछु।
EZE 30:24 म बेबिलोनको राजाका पाखुराहरू बलिया पार्नेछु; अनि मेरो तरवार त्यसको हातमा राखिदिनेछु, तर म फारोका हातहरू भाँचिदिनेछु; अनि नबूकदनेसरको सामु मर्न लागेको घाइते मानिसझैँ त्यसले सुस्केरा हाल्नेछ।
EZE 30:25 म बेबिलोनको राजाका पाखुराहरू बलिया बनाइदिनेछु, तर फारोका हातहरू लत्रक्‍क झुण्डिनेछन्। जब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्, तब म बेबिलोनको राजाको हातमा मेरो तरवार राखिदिन्छु; अनि त्यसले त्यो इजिप्टको विरुद्धमा चलाउनेछ।
EZE 30:26 म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्‍न देशभरि छरपस्ट पारिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।”
EZE 31:1 एघारौँ वर्षको तेस्रो महिनाको पहिलो दिनमा, याहवेहको यो वचन मकहाँ आयो:
EZE 31:2 “हे मानिसको छोरा, इजिप्टको राजा फारो र त्यसका सेनाका दलहरूलाई भन्: “ ‘वैभवमा तेरो तुलना कोसित गर्न सकिन्छ?
EZE 31:3 अश्शूरलाई विचार गर्, एक समयमा लेबनानको जङ्गलमा सुन्दर र छाया दिने हाँगाहरू भएको देवदारुको रूख थियो। अनि त्यो अति अग्लो बढेर गयो; त्यसका बाक्ला पातहरूभन्दा माथि बादलमा त्यसको टुप्पो थियो।
EZE 31:4 त्यसलाई पानीले पालनपोषण गर्‍यो; गहिरा झरनाहरूले त्यसलाई अग्लो पारे; त्यसका नदीहरू त्यसको जराको चारैतिर बगे; अनि खेतका सबै रूखहरूकहाँ तिनीहरूका कुलोहरू पठाए।
EZE 31:5 यसरी त्यो खेतका सबै रूखहरूभन्दा अग्लो भयो; त्यसका हाँगाहरू धेरै भए, र त्यसका हाँगाहरू प्रशस्त पानी भएको कारण फैलिए।
EZE 31:6 आकाशका सबै पक्षीहरूले त्यसका हाँगाहरूमा गुँड बनाए; त्यसका हाँगाहरूमुनि जङ्गलका सबै पशुहरूले जन्म दिए; सबै महान् जाति-जातिहरू त्यसका हाँगाहरूका छायामा बस्थे।
EZE 31:7 त्यसका फैलिएका हाँगाहरूसित त्यो सुन्दरतामा शोभायमान थियो; किनकि त्यसका जराहरू प्रशस्त पानी भएकोतिर तल गएका थिए।
EZE 31:8 परमेश्‍वरको बगैँचामा भएका देवदारुहरूसित त्यसको तुलना गर्न सकिँदैनथ्यो, न त सल्‍लाका रूखहरूले त्यसका हाँगाहरूको तुलना गर्न सकिन्थ्यो, न त धूपीका रूखहरूले त्यसका हाँगाहरूसित तुलना गर्न सकिन्थ्यो; परमेश्‍वरको बगैँचामा भएको कुनै पनि रूखहरू त्यसको सुन्दरतासित तुलना गर्न सकिँदैनथ्यो।
EZE 31:9 प्रशस्त हाँगाहरूसित मैले त्यसलाई सुन्दर बनाएँ; परमेश्‍वरको बगैँचामा भएका अदनका सबै रूखहरूले त्यसलाई डाह गर्थे।
EZE 31:10 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यो बाक्लो पातहरूमाथि ठूलो अग्लो टुप्पो भएको कारण र आफ्नो उँचाइमाथि त्यसले घमण्ड गरेको हुनाले,
EZE 31:11 त्यसको दुष्‍टताअनुसार त्यसमाथि व्यवहार गरिनका लागि मैले त्यसलाई जाति-जातिहरूका शासकको हातमा सुम्पिदिएँ। मैले त्यसलाई एकातिर फ्याँकिदिएँ;
EZE 31:12 अनि त्यसलाई विदेशी जातिहरूमध्ये अति निर्दयीहरूले काटेर ढालिदिए र छोडिदिए। त्यसका हाँगाहरू पर्वतहरूमा र सबै बेँसीहरूमा खसे; त्यसका हाँगाहरू देशका सबै खोल्साहरूमा भाँचिएर लडिरहे। पृथ्वीका सबै जातिहरू त्यसका छायामुनिबाट निस्के र त्यसलाई छोडिदिए।
EZE 31:13 आकाशका सबै चराचुरुङ्गीहरू ढलेको रूखमाथि बसोबास गरे; अनि जङ्गलका सबै जनावरहरू हाँगाहरूमा बसे।
EZE 31:14 यसकारण पानीको छेउमा भएका अरू कुनै पनि रूखहरू घमण्डसाथ आफ्ना बाक्ला पातहरूमाथि उचाइमा कहिल्यै बढ्नेछैनन्। पानी प्रशस्त पुगेका अरू कुनै पनि रूखहरू कहिल्यै यत्रो उचाइसम्म पुग्नेछैनन्; तिनीहरू तल पृथ्वीमा मानिसहरूको बीचमा जानलाई मृत्युको निम्ति तोकिएका छन्, जो तल मरणशील मानिसहरूमाझ चिहानमा जानेछन्।
EZE 31:15 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यो मृत-लोकमा लगिएको दिन मैले त्यसका निम्ति ठूलो शोकको रूपमा गहिरा झरनाहरूलाई छोपिदिएँ; मैले त्यसका खोलाहरू रोकिदिएँ; अनि त्यसका प्रशस्त पानीका स्रोतहरू रोकिए। यसैकारण मैले लेबनानलाई अन्धकारले छोपिदिएँ र जङ्गलका सबै रूखहरू ओइलाए।
EZE 31:16 जब मैले त्यसलाई तल खाडलमा जानेहरूसित तल मृत-लोकमा झारेँ, त्यसको पतनमा मैले राष्ट्रहरूलाई थरथर काम्न लगाएँ, तब अदनका सबै रूखहरू, लेबनानका सबैभन्दा असल र अति उत्तम रूखहरू, प्रशस्त पानी पाएर सप्रेका सबै रूखहरूले पृथ्वीमुनि सान्त्वना पाए।
EZE 31:17 तिनीहरू पनि महान् देवदारुजस्ता त्यसका छायामा बस्‍ने जाति-जातिहरू, अथवा तरवारले युद्धमा मारिएका सेनाहरूसित नै तल मृत-लोकमा गएका थिए।
EZE 31:18 “ ‘वैभव र गौरवमा अदनका अरू कुन रूखहरू तँसित तुलना गर्न सकिन्छ? तर पनि तँ अदनका रूखहरूसँगै तल पृथ्वीमुनि मृत-लोकमा खसालिनेछस्; तँ ती खतना नभएकाहरूका बीचमा तरवारले मारिएकाहरूका साथमा सुतिरहनेछस्। “ ‘यो फारो र त्यसका सबै सेना दलहरूको बारेमा हो, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
EZE 32:1 बाह्रौँ वर्षको बाह्रौँ महिनाको पहिलो दिनमा, याहवेहको यो वचन मकहाँ आयो,
EZE 32:2 “हे मानिसको छोरा, इजिप्टका राजा फारोको बारेमा विलाप गरेर त्यसलाई भन्: “ ‘तँ जाति-जातिहरूका बीचमा एउटा सिंहझैँ छस्; तँ समुद्रको विशाल भयावह प्राणीजस्तै छस्; अनि तँ आफ्ना समुद्रहरूमाथि तेजसँग हलचल गर्छस्; खोलाहरूलाई आफ्ना खुट्टाहरूले यताउता घोल्छस्, र नदीहरूलाई धमिलो पार्छस्।
EZE 32:3 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘मानिसहरूको ठूलो भीडसँग म आफ्नो जाल तँमाथि फ्याँक्नेछु; अनि तिनीहरूले तँलाई मेरो जालमा तान्‍नेछन्।
EZE 32:4 म तँलाई जमिनमा पछार्नेछु, र तँलाई खुल्‍ला मैदानमा हुत्त्याउनेछु। म आकाशका सबै चराहरूलाई तेरो मृत शरीरमाथि बस्‍न दिनेछु, र पृथ्वीका सबै जङ्गली जनावरहरूलाई तेरो मासु लुछ्न लगाउनेछु।
EZE 32:5 म तेरो मासु पहाडहरूमाथि फिँजाइदिनेछु, र तेरा बेँसीहरूलाई तेरा बाँकी सिनोले भरिदिनेछु।
EZE 32:6 म तेरो बगिरहेको रगतले देशका पहाडहरूसम्म जमिन भिजाइदिनेछु; अनि खोल्साहरू तेरो मासुले भरिनेछन्।
EZE 32:7 जब म तेरो अन्त्य गर्नेछु, तब म आकाशलाई ढाकिदिनेछु; अनि त्यसका ताराहरूलाई अँध्यारो बनाइदिनेछु; म घामलाई बादलले ढाकिदिनेछु; अनि चन्द्रमाले आफ्नो ज्योति दिनेछैन।
EZE 32:8 आकाशमा सबै चम्कने ज्योतिहरूलाई म तँमाथि अँध्यारो बनाउनेछु; म तेरो देशमा अन्धकार ल्याउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 32:9 जब म जातिहरूका बीचमा तैँले नजानेका देशहरूमा तेरो विनाश ल्याउनेछु, र धेरै जातिहरूका हृदय व्याकुल पार्नेछु।
EZE 32:10 जब म जातिहरूको विरुद्धमा तिनीहरूको सामु आफ्नो तरवार चलाउँछु, तब तँलाई देख्ने धेरै जातिहरूलाई म भयभीत तुल्याउनेछु; अनि तेरो कारण तिनीहरूका राजाहरू डरले थरथर काम्नेछन्। तेरो पतनको दिनमा तिनीहरू सबै आ-आफ्नो जीवनका निम्ति हरेक क्षण काम्नेछन्।
EZE 32:11 “ ‘किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ।
EZE 32:12 म तेरो सेना दलहरूलाई शक्तिशाली मानिसहरूका तरवारद्वारा परास्त गर्नेछु— जातिहरूमा सबैभन्दा निर्दयीहरूको तरवारद्वारा परास्त गर्नेछु। तिनीहरूले इजिप्टको घमण्डलाई चकनाचुर पार्नेछन्; अनि त्यसका सबै सेना दलहरू सर्वनाश हुनेछन्।
EZE 32:13 म त्यसका सबै गाईबस्तुहरूलाई प्रशस्त पानी भएका ठाउँका छेउबाट सर्वनाश गर्नेछु, अब उसो त्यस पानीलाई मानिसको खुट्टाले हल्‍लाउनेछैन, अथवा गाईबस्तुका खुरले खल्बलाएर धमिलो बनाउनेछैन।
EZE 32:14 तब म त्यसका पानीहरूलाई सङ्लो पार्नेछु, र त्यसका खोलाहरूलाई तेलजस्तै बग्ने बनाउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 32:15 जब म इजिप्टलाई उजाड पारेर त्यस देशलाई सबै कुराहरूबाट रित्तो बनाउँछु, जब म त्यहाँ बस्‍नेहरू सबैलाई प्रहार गर्छु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’
EZE 32:16 “यो विलापको गीत तिनीहरूले त्यसका निम्ति गाउनेछन्। जातिहरूका स्त्रीहरूले यसलाई गाउनेछन्; किनकि इजिप्ट र त्यसका सबै सेना दलहरूका निम्ति तिनीहरूले त्यो गाउनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
EZE 32:17 बाह्रौँ वर्षको पहिलो महिनाको पन्ध्रौँ दिनमा, याहवेहको वचन मकहाँ आयो:
EZE 32:18 “हे मानिसको छोरा, इजिप्टका सेना दलहरूका निम्ति विलाप गरेर त्यसलाई र शक्तिशाली राष्ट्रहरूका छोरीहरूलाई चिहानमा जानेहरूसँगै पृथ्वीको तलतिर पठाइदे।
EZE 32:19 तिनीहरूलाई भन्, ‘के तिमीहरूले अरूभन्दा बढी निगाह पाएका छौ र? तल जाओ र खतना नभएकाहरूका बीचमा सुतिरहो।’
EZE 32:20 तिनीहरू तरवारले मारिएकाहरूका बीचमा ढल्नेछन्। तरवार निकालिएको छ; त्यो आफ्ना सबै सेना दलहरूसँगै घिसारिओस्।
EZE 32:21 मृत-लोकका शक्तिशाली अगुवाहरूले इजिप्ट र त्यसका मित्रहरूको बारेमा भन्‍नेछन्, ‘तिनीहरू तल आएका छन् र तिनीहरू तरवारले मारिएकाहरू र खतना नभएकाहरूसित सुतिरहेका छन्।’
EZE 32:22 “अश्शूर त्यसका आफ्ना सबै सेनासँग त्यहीँ छ; ती सबै मारिएकाहरूका चिहानहरूले घेरिएका छन्; सबै तरवारद्वारा ढालिएका छन्।
EZE 32:23 तिनीहरूका चिहान पृथ्वीको गहिराइमा छ, र त्यसको सेना चिहानको चारैतिर लडिरहेका छन्। जीवितहरूको देशमा आतङ्क फैलाउनेहरू सबै मारिएका छन्, र तरवारले ढालिएका छन्।
EZE 32:24 “त्यहाँ एलाम छ, र त्यसको चिहानको वरिपरि त्यसका सबै सेना दलहरूले घेरेका छन्। ती सबै मारिएकाहरू तरवारद्वारा ढालिएका हुन्, जो जीवितहरूको देशमा आतङ्क फैलाउनेहरू सबै खतना नगरी तल पृथ्वीमा गएका छन्, जो जीवितहरूका देशमा आतङ्क फैलाउनेहरू थिए; तिनीहरू मृत-लोकमा जानेहरूसँगै शर्ममा परेका छन्।
EZE 32:25 त्यसका निम्ति मारिएकाहरूसित एउटा ओछ्यान बनाइदिएका छन्; त्यसका सेनाहरूका चिहान त्यसकै वरिपरि छन्। तिनीहरू सबै खतना नभएकाहरू र तरवारद्वारा मारिएकाहरू हुन्। जीवितहरूको देशमा तिनीहरूका आतङ्क फैलिएको कारण तिनीहरूले मृत-लोकमा जानेहरूसँग तिनीहरूका शर्म भोग्छन्; तिनीहरू मारिएकाहरूसँग गाडिएका छन्।
EZE 32:26 “मेशेक र तूबल त्यहाँ छन्, र तिनीहरूका सबै सेना दलहरू तिनीहरूका चिहानको वरिपरि छन्। तिनीहरू सबै खतना नभएकाहरू हुन्, र तरवारद्वारा मारिएकाहरू हुन्; किनकि तिनीहरूले जीवितहरूको देशमा आफ्नो आतङ्क फैलाएका थिए।
EZE 32:27 तर तिनीहरू अरू खतना नभएका सेनाहरूसित सुतिरहनेछैनन्, जो आफ्ना लडाइँका हतियारहरूसितै मृत-लोकमा गए। तिनीहरूका तरवारहरू तिनीहरूका शिरमुनि राखिएका छन्, र तिनीहरूका ढाल तिनीहरूका हड्डीहरूसँग रहिरहेको छ। यद्यपि यी योद्धाहरूले पनि जीवितहरूका देशलाई आतङ्कित तुल्याएका थिए।
EZE 32:28 “हे फारो, तँ पनि नष्‍ट हुनेछस् र तरवारद्वारा मारिएकाहरू र खतना नभएकाहरूका बीचमा रहिरहनेछस्।
EZE 32:29 “एदोम, त्यसका राजाहरू र सबै राजकुमारहरू त्यहाँ छन्; तिनीहरू शक्तिशाली भए तापनि तिनीहरू तरवारद्वारा मारिएकाहरूसितै राखिएका छन्। तिनीहरू मृत-लोकमा जाने खतना नभएकाहरूसितै रहिरहेका छन्।
EZE 32:30 “उत्तर दिशाका सबै राजकुमारहरू र सबै सीदोनीहरू त्यहाँ छन्; तिनीहरूका सेनाका शक्तिद्वारा आतङ्क फैलाएका भए तापनि तिनीहरू मारिगएकाहरूसँग भएको कारण अपमानित भएका छन्। तिनीहरू तरवारले मारिएका र खतना नभएकाहरूसँग रहिरहेका छन्; अनि मृत-लोकमा जानेहरूसित शर्ममा परेका छन्।
EZE 32:31 “फारो, त्यो र त्यसका सेनाले तिनीहरूलाई देख्नेछन्, र त्यसका सबै सेना दलहरूले तरवारद्वारा मारिएकाहरूका निम्ति त्यसलाई सान्त्वना दिनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 32:32 यद्यपि मैले त्यसलाई जीवितहरूका देशमा आतङ्क फैलाउन दिएको थिएँ, तापनि फारो र त्यसका सबै सेना दलहरू तरवारद्वारा मारिएकाहरू र ती खतना नभएकाहरूका बीचमा रहिरहनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
EZE 33:1 याहवेहको यो वचन मकहाँ आयो:
EZE 33:2 “हे मानिसको छोरा, आफ्ना मानिसहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘जब म कुनै देशको विरुद्धमा तरवार ल्याउँछु, र त्यस देशका मानिसहरूले तिनीहरूमध्ये एक जनालाई छानेर आफ्ना पहरेदार बनाउँछन्;
EZE 33:3 अनि पहरेदारले देशको विरुद्धमा तरवार आइरहेको देखेर मानिसहरूलाई चेतावनी दिन तुरही फुक्छ,
EZE 33:4 तब कसैले तुरहीको आवाज सुनेर पनि चेतावनीमा ध्यान दिँदैन, र तरवार आएर त्यसको ज्यान लिन्छ भने त्यसको रगतको दोष त्यसको आफ्नै शिरमाथि पर्नेछ।
EZE 33:5 त्यसले तुरहीको आवाज सुन्यो, तर चेतावनीलाई ध्यानै नदिएको कारण त्यसको रगतको दोष त्यसको आफ्नै शिरमाथि पर्नेछ। यदि त्यसले चेतावनीलाई ध्यान दिएको भए, त्यसले आफूलाई बचाउने थियो।
EZE 33:6 तर यदि पहरेदारले तरवार आएको देखेर तुरही फुक्दैन, र मानिसहरूले चेतावनी पाउँदैनन्; अनि त्यो तरवार आएर तिनीहरूमध्ये एक जनाको प्राण लियो भने त्यो मानिसचाहिँ आफ्नो अधर्मको कारण लगिनेछ; तर म त्यसको रगतको दोषको जिम्मेवार त्यस पहरेदारलाई ठहराउनेछु।’
EZE 33:7 “हे मानिसको छोरा, मैले तँलाई इस्राएलको घरानाको निम्ति पहरेदार तुल्याएको छु; यसकारण मैले भनेको वचन सुन् र तिनीहरूलाई मबाट चेतावनी दे।
EZE 33:8 जब म दुष्‍ट मानिसलाई, ‘हे दुष्‍ट मानिस, तँ निश्‍चय मर्नेछस्,’ भन्छु र तैँले त्यसलाई आफ्ना मार्गहरूबाट फर्काउनलाई भनिनस् भने त्यो दुष्‍ट मानिस आफ्नो पापको कारण मर्नेछ, र म तँलाई त्यसको रगतको दोषको जिम्मेवार ठहराउनेछु।
EZE 33:9 तर यदि तैँले त्यस दुष्‍ट मानिसलाई आफ्ना कुमार्गबाट फर्काउनलाई चेतावनी त दिइस् र त्यसले त्यसो गरेन भने त्योचाहिँ आफ्नै पापको निम्ति मर्नेछ, तर तैँले आफूलाई बचाउनेछस्।
EZE 33:10 “हे मानिसको छोरा, इस्राएलका मानिसहरूलाई भन्, ‘तिमीहरू यसो भन्छौ: “हाम्रा अपराधहरू र पापहरूले हामीलाई थिचेका छन्; अनि तिनको कारण हामी आफ्नो सामर्थ्यमा हराउँदै जान्छौँ भने हामी कसरी बाँच्छौँ?” ’
EZE 33:11 तिनीहरूलाई भन्, ‘म जीवित भएझैँ, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म दुष्‍टहरूको मृत्युमा खुशी हुँदिनँ, तर तिनीहरू आफ्ना चालहरूबाट फर्केर बाँचून् भन्‍ने चाहन्छु। फर्क! आफ्ना दुष्‍ट चालहरूबाट फर्क! हे इस्राएलका मानिसहरू हो, तिमीहरू किन मर्छौ?’
EZE 33:12 “यसकारण हे मानिसको छोरा, आफ्ना मानिसहरूलाई भन्, ‘यदि कुनै धर्मी मानिसले आज्ञा उल्‍लङ्घन गर्‍यो भने त्यसको अगाडिको धार्मिकताले त्यसलाई बचाउन सक्नेछैन। यदि कुनै दुष्‍ट मानिस आफ्नो दुष्‍टताबाट फर्कन्छ भने त्यसको अगाडिको दुष्‍टताले त्यसको पतन हुनेछैन। यदि धर्मी मानिसले पाप गर्छ भने त्यसको पहिलेको धार्मिकताको कारण त्यो बाँच्न सक्नेछैन।’
EZE 33:13 यदि मैले कुनै धर्मी मानिसलाई, ‘तँ निश्‍चय बाँच्नेछस्’ भनी भन्छु भने, तर त्यसपछि पनि त्यसले आफ्नो धार्मिकतामाथि भरोसा गरेर दुष्‍ट काम गर्छ भने त्यसले गरेका कुनै पनि धार्मिक कामको सम्झना हुनेछैन; तर त्यसले गरेको दुष्‍ट कामको कारण त्यो मर्नेछ।
EZE 33:14 अनि यदि मैले कुनै एक दुष्‍ट मानिसलाई ‘तँ निश्‍चय मर्नेछस्’ भनी भन्छु भने, तर त्यो आफ्नो पापबाट फर्क्यो, र जे न्यायसङ्गत र ठिक छ, त्यही गर्‍यो भने,
EZE 33:15 अर्थात् यदि त्यसले ऋणको निम्ति लिएको धितो फर्काइदियो भने, र आफूले चोरेको कुरो फर्कादियो भने जीवन दिने आदेशहरू पालन गर्‍यो, र कुनै पनि दुष्‍ट काम गरेन भने—त्यो मानिस जीवित रहनेछ; त्यो मानिस मर्नेछैनँ।
EZE 33:16 त्यसले गरेको कुनै पनि पाप त्यसको विरुद्धमा सम्झना हुनेछैन। त्यसले जे न्यायसङ्गत र ठिक छ, त्यही गरेको छ; त्यो निश्‍चय नै जीवित रहनेछ।
EZE 33:17 “तापनि तेरा मानिसहरू भन्छन्, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ तर तिनीहरूको आफ्नै मार्गचाहिँ न्यायसङ्गत छैन।
EZE 33:18 यदि कुनै धर्मी मानिस आफ्नो धार्मिकताबाट हट्छ र दुष्‍ट काम गर्छ भने त्यो त्यस दुष्‍ट कामको निम्ति मर्नेछ।
EZE 33:19 अनि यदि कुनै दुष्‍ट मानिसले आफ्नो दुष्‍टताबाट फर्केर जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यसो गरेको कारण त्यो मानिस जीवित रहनेछ।
EZE 33:20 तापनि हे इस्राएलका मानिसहरू हो, तिमीहरू भन्छौ, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ तर म तिमीहरू हरेकलाई तिमीहरूका आफ्नै चालअनुसार न्याय गर्नेछु।”
EZE 33:21 हाम्रो निर्वासनको बाह्रौँ वर्षको दशौँ महिनाको पाँचौँ दिनमा, यरूशलेमबाट बाँचेर भागेको एक जना मानिस मकहाँ आयो र त्यसले भन्यो, “सहरको पतन भएको छ!”
EZE 33:22 अब त्यो मानिस आउनुभन्दा अगिको साँझमा याहवेहको हात ममाथि थियो; अनि त्यो मानिस बिहान मकहाँ आइपुग्न अगि उहाँले मेरो मुख खोलिदिनुभयो। यसरी मेरो मुख खोलियो, र म फेरि चुप रहिनँ।
EZE 33:23 तब याहवेहको यो वचन मकहाँ आयो:
EZE 33:24 “हे मानिसको छोरा, इस्राएलका ती भग्नावशेषहरूमा बस्‍ने मानिसहरूले यसो भन्छन्, ‘अब्राहाम एक जना मात्र थिए, तापनि तिनले यो देश अधिकार गरे। तर हामी धेरै छौँ; निश्‍चय नै यो देश हामीलाई हाम्रो अधिकारको रूपमा दिइएको छ।’
EZE 33:25 यसकारण तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जब तिमीहरू रगतसहितको मासु खान्छौ; तिमीहरू आफ्ना मूर्तिहरूतिर हेर्छौ र रगत बगाउँछौ भने, के तिमीहरूले त्यो देश अधिकार गर्छौ र?
EZE 33:26 तिमीहरू आफ्नो तरवारमाथि भरोसा राख्छौ, र तिमीहरू घिनलाग्दा कामहरू गर्छौ; अनि तिमीहरू हरेकले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्दछौ; तिमीहरूले कसरी यो देश अधिकार गर्छौ र?’
EZE 33:27 “तिनीहरूलाई यो भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म जीवित भएझैँ, भग्नावशेषमा छोडिएकाहरू तरवारले ढल्नेछन्। खुला मैदानमा हुनेहरूलाई म जङ्गली पशुहरूलाई खान दिनेछु; अनि सुरक्षित किल्‍लाहरूमा र गुफाहरूमा बस्‍नेहरू रूढीले मर्नेछन्।
EZE 33:28 म देशलाई उजाड पारिदिनेछु, र त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ; अनि इस्राएलका पर्वतहरू उजाड हुनेछन्, र कोही पनि यस क्षेत्रबाट यात्रा गर्नेछैन।
EZE 33:29 जब तिनीहरूले गरेका सबै घिनलाग्दा कामहरूको कारण म देशलाई उजाड पारिदिन्छु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’
EZE 33:30 “तेरो बारेमा हे मानिसको छोरा, तेरा मानिसहरूले पर्खालमा र घरका ढोकाहरूमा एक-अर्कासँग मिलेर तेरो बारेमा यसरी कुरा गरिरहेका छन्, ‘आओ, याहवेहबाट आएको सन्देश सुनौँ।’
EZE 33:31 मेरा मानिसहरू सदाझैँ तँकहाँ आउनेछन्, र तेरा वचनहरू सुन्‍न तेरो सामु बस्‍नेछन्, तर तिनीहरूले ती व्यवहारमा उतार्दैनन्। तिनीहरूका मुखले प्रेमको कुरा त गर्छन्, तर तिनीहरूका हृदय अन्यायपूर्ण फाइदाका लागि लोभ गर्छन्।
EZE 33:32 निश्‍चय नै तैँले तिनीहरूका निम्ति मिठो सोरले प्रेमको गीत गाउँछस् र राम्रो गरी बाजा बजाउँछस्; किनकि तिनीहरूले तेरा कुरा सुन्छन्, तर त्यसअनुसार व्यवहार गर्दैनन्।
EZE 33:33 “जब यी सबै कुरा पूरा हुनेछन्—अनि निश्‍चय पूरा हुनेछन्—तब तिनीहरूका बीचमा एक जना अगमवक्ता आएको थियो भनी तिनीहरूले जान्‍नेछन्।”
EZE 34:1 याहवेहको यो वचन मकहाँ आयो:
EZE 34:2 “हे मानिसको छोरा, इस्राएलका गोठालाहरूको विरुद्धमा बोल्, र अगमवाणी गर्; अनि तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: धिक्‍कार इस्राएलका गोठालाहरूलाई, जसले आफ्नै मात्र वास्ता गर्छन्! के गोठालाहरूले बगालको हेरचाह गर्नुपर्ने होइन र?
EZE 34:3 तिमीहरू दही खान्छौ, ऊनीको वस्त्र लगाउँछौ र मोटा-मोटा पशुहरू मार्छौ, तर आफ्ना बगालको हेरचाह गर्दैनौ।
EZE 34:4 तिमीहरूले कमजोरहरूलाई बलिया पारेका छैनौ, रोगीहरूलाई निको पारेका छैनौ र घाइतेहरूलाई मलमपट्टी लगाइदिएका छैनौ। तिमीहरूले बाटो बिराएकाहरूलाई फर्काएर ल्याएका छैनौ, न त हराएकाहरूलाई खोजेका छौ। तिमीहरूले तिनीहरूमाथि कठोरता र क्रूरतासाथ शासन गरेका छौ।
EZE 34:5 यसकारण तिनीहरू राम्रोसँग हेरचाह गर्ने गोठाला नभएर तितरबितर भएका छन्; अनि जब तिनीहरू छरपस्ट भए, तब तिनीहरू सबै जङ्गली पशुहरूका निम्ति आहारा बने।
EZE 34:6 मेरा भेडाहरू सबै पहाडहरूतिर र हरेक अग्ला पर्वततिर यताउता भौँतारिरहेका छन्। तिनीहरू सबै पृथ्वीभरि नै छरपस्ट भएका छन्; अनि तिनीहरूलाई कसैले पनि खोजी गरेका र वास्ता गरेका छैनन्।
EZE 34:7 “ ‘यसकारण हे गोठालाहरू हो, याहवेहको वचन सुन:
EZE 34:8 म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ; मेरो बगाल असल गोठालो नभएको कारण लुटिएका छन्, र सबै जङ्गली पशुहरूका निम्ति आहारा भएका छन्; किनकि मेरा गोठालाहरूले मेरा बगालको खोजी गरेनन्, तर मेरो बगालको सट्टा आफ्नै निम्ति मात्र सोचे।
EZE 34:9 यसकारण हे गोठालाहरू हो, याहवेहको वचन सुन:
EZE 34:10 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर, म गोठालाहरूको विरुद्धमा छु; अनि म मेरा बगालका निम्ति तिनीहरूलाई जिम्मेवार ठहराउनेछु। म तिनीहरूलाई बगालको हेरचाह गर्नबाट हटाउनेछु, ताकि गोठालाहरू आफैँले मात्र फेरि कहिल्यै खान पाउनेछैनन्। म मेरो बगाललाई तिनीहरूका मुखबाट छुटाउनेछु; अनि अब उसो भेडाहरू गोठालाहरूका भोजन हुनेछैनन्।
EZE 34:11 “ ‘किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म आफैँले मेरा भेडाहरूको खोजी गर्नेछु र तिनीहरूलाई हेरचाह गर्नेछु।
EZE 34:12 जसरी भेडाहरूसँगै हुँदा गोठालाले आफ्ना छरपस्ट भएका भेडाहरूको हेरचाह गर्छ, त्यसरी नै म मेरा भेडाहरूको हेरचाह गर्नेछु। म तिनीहरूलाई बादल लागेको र अन्धकारको दिनमा तिनीहरू छरपस्ट भएका सबै ठाउँहरूबाट बचाउनेछु।
EZE 34:13 म तिनीहरूलाई जातिहरूबाट निकालेर ल्याउनेछु, र विदेशी देशहरूबाट भेला गर्नेछु, अनि म तिनीहरूलाई तिनीहरूका आफ्नै देशमा ल्याउनेछु। म तिनीहरूलाई इस्राएलका पर्वतहरूमा खोलाहरूको किनारमा र देशका सबै बस्तीहरूमा चराउनेछु।
EZE 34:14 म तिनीहरूलाई असल खर्कहरूमा चराउनेछु; अनि इस्राएलका अग्ला पर्वतहरू तिनीहरूका निम्ति खर्क हुनेछन्। त्यहाँ तिनीहरू असल खर्कमा ढल्कनेछन्, र तिनीहरूले इस्राएलका पर्वतहरूमा असल हरियो खर्कमा चर्नेछन्।
EZE 34:15 म आफैँ मेरा भेडाहरूको हेरचाह गर्नेछु, र तिनीहरूलाई विश्राम गर्न दिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 34:16 म हराएकाहरूलाई खोज्नेछु, र बाटो बिराएकाहरूलाई फर्काएर ल्याउनेछु। म घाइतेहरूलाई मलमपट्टी लगाइदिनेछु र कमजोरहरूलाई बलियो बनाउनेछु, तर म मोटाएका र बलिया गोठालाहरूलाई नष्‍ट गर्नेछु। म न्यायपूर्वक बगालको हेरचाह गर्नेछु।
EZE 34:17 “ ‘हे मेरा बगाल हो, तिमीहरूका बारेमा प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म भेडा-भेडाको बीचमा, र साँढभेडा र बाख्राको बीचमा न्याय गर्नेछु।
EZE 34:18 के असल खर्कमा चरेर तिमीहरूलाई पुगेन? के तिमीहरूले अरू बाँकी रहेका घाँसहरूलाई पनि आफ्ना खुट्टाले कुल्चीमिल्ची पार्ने? के स्वच्छ पानी पिएर तिमीहरूलाई पर्याप्‍त भएन? के तिमीहरूले बाँकी रहेको पानीलाई समेत धमिलो पार्ने?
EZE 34:19 के मेरा बगालले तिमीहरूका खुट्टाहरूले कुल्चीमिल्ची पारेको घाँस खानुपर्ने र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्ने?
EZE 34:20 “ ‘यसकारण प्रभु याहवेह तिनीहरूलाई यसो भन्‍नुहुन्छ: हेर, म आफैँले मोटो भेडा र दुब्लो भेडाहरूको बीचमा न्याय गर्नेछु।
EZE 34:21 किनकि तिमीहरूले दुब्ला भेडाहरूलाई आफ्ना काँधले घचेट्यौ र तिनीहरू नभागेसम्म आफ्ना सिङले हान्यौ,
EZE 34:22 म मेरो बगाललाई बचाउनेछु, र अब उसो तिनीहरू लुटिनेछैनन्। म भेडा-भेडाको बीचमा न्याय गर्नेछु।
EZE 34:23 म तिनीहरूमाथि एउटा असल गोठालो, मेरो सेवक दावीदलाई नियुक्त गर्नेछु; अनि त्यसले तिनीहरूलाई हेरचाह गर्नेछ, र त्योचाहिँ तिनीहरूको गोठाला हुनेछ।
EZE 34:24 म याहवेह त्यसको परमेश्‍वर हुनेछु, अनि मेरो सेवक दावीद तिनीहरूका बीचमा राजा हुनेछ; म याहवेहले भनेको हुँ।
EZE 34:25 “ ‘म तिनीहरूसित शान्तिको करार बाँध्नेछु, र देशलाई जङ्गली पशुहरूबाट मुक्त गरिदिनेछु, ताकि तिनीहरू मरुभूमिमा बसोबास गरून् र जङ्गलहरूमा सुरक्षितसाथ सुतून्।
EZE 34:26 म तिनीहरूलाई र मेरो डाँडा वरिपरिका ठाउँहरूलाई आशिष् दिनेछु। म ठिक ऋतुमा झरी पठाइदिनेछु; त्यहाँ आशिष्‌को झरी हुनेछ।
EZE 34:27 खेतका रूखहरूले आफ्ना फल दिनेछन्, र जमिनले आफ्नो अन्‍न उत्पन्‍न गर्नेछ; मानिसहरू आफ्नो देशमा सुरक्षित हुनेछन्। जब म तिनीहरूका जुवाका बारहरू भाँचिदिनेछु, र तिनीहरूलाई दासत्वमा लैजानेहरूका हातबाट छुटकारा दिनेछु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।
EZE 34:28 तिनीहरू फेरि जातिहरूद्वारा लुटिनेछैनन्, न त जङ्गली पशुहरूले तिनीहरूलाई खानेछन्। तिनीहरू सुरक्षित बस्‍नेछन् र कसैले पनि तिनीहरूलाई डर देखाउनेछैन।
EZE 34:29 म तिनीहरूलाई अन्‍न फलाउनको निम्ति एउटा देश प्रदान गर्नेछु, र तिनीहरू फेरि पनि देशमा अनिकालको शिकार हुनुपर्नेछैन, न त जातिहरूको गिल्‍ला सहनुपर्नेछ।
EZE 34:30 तब तिनीहरूले म याहवेह तिनीहरूका परमेश्‍वर तिनीहरूसँग छु, र इस्राएलका मानिसहरू मेरा प्रजा हुन् भनी जान्‍नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 34:31 तिमीहरू मेरा भेडाहरू हौ, मेरो खर्कका भेडाहरू, र म तिमीहरूका परमेश्‍वर हुँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
EZE 35:1 याहवेहको यो वचन मकहाँ आयो:
EZE 35:2 “हे मानिसको छोरा, आफ्नो अनुहार सेइर पर्वततिर फर्का; त्यसको विरुद्धमा अगमवाणी गर्,
EZE 35:3 र त्यसलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे सेइर पर्वत, म तेरो विरुद्धमा आफ्नो हात पसार्नेछु, र तँलाई उजाड पारिदिनेछु।
EZE 35:4 म तेरा सहरहरूलाई भग्नावशेष पारिदिनेछु, र तँ उजाड हुनेछस्। तब म नै याहवेह हुँ भनी तैँले जान्‍नेछस्।
EZE 35:5 “ ‘किनकि तैँले पुरानो शत्रुतालाई कायम राखिस्, र इस्राएलीहरूको विपत्तिको समयमा, अर्थात् तिनीहरूको दण्डको चरम विन्दुमा पुगेको समयमा, तिनीहरूलाई तरवारद्वारा मारिनलाई सुम्पिदिइस्;
EZE 35:6 यसकारण म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्दछु, म तँलाई रक्तपातको निम्ति दिनेछु, र त्यसले तँलाई खेद्नेछ। तैँले रक्तपातलाई घृणा नगरेको कारण रक्तपातले तँलाई खेद्नेछ।
EZE 35:7 म सेइर पर्वतलाई उजाड मरुभूमि पारिदिनेछु; अनि त्यसबाट भएर आउने र जाने सबैलाई नाश गर्नेछु।
EZE 35:8 म तेरा पर्वतहरूलाई मारिएकाहरूले भरिदिनेछु; तरवारले मारिएकाहरू तेरा डाँडाहरू, तेरा बेँसीहरू र तेरा सबै खोल्साहरूमा ढल्नेछन्।
EZE 35:9 म तँलाई सदाको निम्ति उजाड पारिदिनेछु; तेरा सहरहरूमा कोही पनि बसोबास गर्नेछैनन्। तब तैँले म नै याहवेह हुँ भनी जान्‍नेछस्।
EZE 35:10 “ ‘म याहवेह त्यहाँ हुँदा-हुँदै पनि तैँले भनेको छस्, “यी दुई जातिहरू र देशहरू हाम्रा हुनेछन्; अनि हामी यी देशहरू अधिकार गर्नेछौँ,”
EZE 35:11 यसकारण म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, तैँले तिनीहरूप्रति आफ्नो घृणामा देखाएको रिस र डाहबमोजिम म तँसित व्यवहार गर्नेछु; अनि तेरो न्याय गर्दा म आफूलाई तिनीहरूको बीचमा चिनाउनेछु।
EZE 35:12 तब तैँले जान्‍नेछस्, कि म याहवेहले इस्राएलका पर्वतहरूको विरुद्धमा तैँले भनेका सबै घृणित कुराहरू सुनेको छु। तैँले भनिस्, “तिनीहरू उजाड पारिएका छन्, र हाम्रा भोजन हुनका निम्ति तिनीहरू सुम्पिएका छन्।”
EZE 35:13 तैँले मेरो विरुद्धमा घमण्ड गरेको छस्, र मेरो विरुद्धमा जथाभाबी बोलेको छस्, र मैले त्यो सुनेको छु।
EZE 35:14 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जब सारा पृथ्वी रमाउँछ, तब म तँलाई उजाड बनाउनेछु।
EZE 35:15 किनकि इस्राएलको उत्तराधिकार उजाड हुँदा तँ रमाइस्, म पनि तँसित त्यस्तै व्यवहार गर्नेछु। हे सेइर पर्वत, तँ र सम्पूर्ण एदोम उजाड हुनेछस्। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ”
EZE 36:1 “हे मानिसको छोरा, इस्राएलका पर्वतहरूलाई अगमवाणी गरेर भन्, ‘हे इस्राएलका पर्वतहरू हो, याहवेहको यो वचन सुन्।
EZE 36:2 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: शत्रुहरूले तँलाई भनेका छन्, “अहो! प्राचीन समयका अग्ला ठाउँहरू हाम्रा भएका छन्।” ’
EZE 36:3 यसकारण अगमवाणी गरेर भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: किनकि तिनीहरूले तिमीहरूलाई चारैतिरबाट नष्‍ट गरेर लखेटे; यसरी तिमीहरू बाँकी रहेका जातिहरूका अधिकारमा पर्‍यौ र मानिसहरूका डाह र गिल्‍लाको पात्र भयौ।
EZE 36:4 यसकारण हे इस्राएलका पर्वतहरू हो, प्रभु याहवेहको यो वचन सुन: प्रभु याहवेह यसो भन्‍नुहुन्छ, तिमीहरूका चारैतिरका बाँकी रहेका देशहरूद्वारा डाह र गिल्‍ला गरिएका, लुटिएका, त्यागिएका सहरहरूलाई, पर्वतहरू र डाँडाहरूलाई, खोल्साहरू र बेँसीहरूलाई र उजाड भग्नावशेषहरूलाई;
EZE 36:5 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो बल्दो जोशमा बाँकी रहेका जातिहरूको विरुद्धमा र एदोमको विरुद्धमा मैले बोलेको छु; किनकि तिनीहरूका आफ्ना हृदयमा उल्‍लास र डाह लिएर तिनीहरूले मेरो देशलाई आफ्नो बनाए, ताकि तिनीहरूले त्यसका खर्कहरू लुट्न सकून्।’
EZE 36:6 यसकारण इस्राएल देशको बारेमा अगमवाणी गरेर पर्वतहरू, डाँडाहरू, खोल्साहरू र बेँसीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर, म आफ्नो डाही क्रोधमा बोल्छु; किनकि तिमीहरूले जातिहरूको गिल्‍ला सहेका छौ।
EZE 36:7 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म हात उठाएर शपथ खान्छु, निश्‍चय तिमीहरूका चारैतिरका जातिहरूले पनि गिल्‍ला सहनेछन्।
EZE 36:8 “ ‘तर हे इस्राएलका पर्वतहरू हो, तिमीहरूले मेरो प्रजा इस्राएलका निम्ति हाँगाहरू र फलहरू उत्पादन गर्नेछौ; किनकि तिनीहरू चाँडै घर फर्कनेछन्।
EZE 36:9 तिमीहरूका निम्ति म चिन्ता गर्छु, र तिमीहरूलाई निगाहको दृष्‍टिले हेर्नेछु; तिमीहरूको जमिन जोतिनेछ र बिउ छरिनेछ;
EZE 36:10 अनि म तिमीहरूका अर्थात् इस्राएलका सबै मानिसहरूका संख्या बढाइदिनेछु। सहरहरूमा फेरि मानिसहरू बसोबास गर्नेछन्, र भग्नावशेषहरू पुनर्निर्मित हुनेछन्।
EZE 36:11 म तिमीहरूका मानिसहरू र घरेलु पशुहरूको संख्या बढाइदिनेछु; अनि तिनीहरू फलदायक भएर संख्यामा धेरै हुनेछन्। म विगतको समयमा झैँ इस्राएलका मानिसहरूलाई बसोबास गर्न दिनेछु; अनि तिमीहरूलाई पहिलेको भन्दा अझ बढी समृद्धि गराउनेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
EZE 36:12 म मानिसहरूलाई अर्थात् मेरा प्रजा इस्राएललाई तिमीहरूमाथि बसोबास गराउनेछु। तिनीहरूले तिमीहरूलाई अधिकार गर्नेछन्, र तिमीहरू तिनीहरूको उत्तराधिकार हुनेछौ; तिमीहरूले तिनीहरूका छोराछोरीहरूलाई फेरि कहिल्यै पनि खोसेर लानेछैनौ।
EZE 36:13 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: किनकि केही मानिसहरूले तिमीहरूलाई भन्छन्, “तिमीहरूले मानिसहरूलाई निल्छौ र आफ्ना जातिका मानिसहरूलाई तिनीहरूका सन्तानदेखि वञ्चित राख्छौ।”
EZE 36:14 यसकारण तिमीहरूले फेरि कहिल्यै पनि मानिसहरूलाई खानेछैनौ, र आफ्नो जातिलाई निःसन्तान बनाउनेछैनौ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 36:15 म तिमीहरूलाई फेरि पनि जाति-जातिहरूको गिल्‍ला सुन्‍न दिनेछैनँ; अनि तिमीहरूले फेरि पनि जाति-जातिहरूको निन्दा भोग्नुपर्नेछैन, अथवा तिमीहरूका जातिलाई फेरि पतन हुन दिनेछैनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
EZE 36:16 याहवेहको वचन फेरि मकहाँ आयो:
EZE 36:17 “हे मानिसको छोरा, जब इस्राएलका मानिसहरू तिनीहरूका आफ्नै देशमा बसे, तिनीहरूले त्यसलाई आफ्ना चालहरू र कामहरूद्वारा अशुद्ध पारे। तिनीहरूका चाल मेरो दृष्‍टिमा स्त्रीको मासिक-स्रावको अशुद्धता जस्तै थियो।
EZE 36:18 यसकारण मैले मेरो क्रोध तिनीहरूमाथि खन्याइदिएँ; किनकि तिनीहरूले आफ्ना देशमा रगत बगाए, र तिनीहरूले आफ्ना मूर्तिहरूद्वारा त्यो देश अशुद्ध पारे।
EZE 36:19 मैले तिनीहरूलाई देशहरूको बीचमा छरपस्ट पारिदिएँ; मैले तिनीहरूका चालहरू र कामहरूअनुसार तिनीहरूको न्याय गरेँ।
EZE 36:20 अनि तिनीहरू जातिहरूका बीचमा जहाँ गए तापनि तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र पारे; किनकि तिनीहरूको बारेमा यसो भनिएको थियो, ‘यिनीहरू याहवेहका मानिसहरू हुन्, तर पनि यिनीहरूले उहाँको देश छोड्नुपर्‍यो।’
EZE 36:21 मलाई मेरो पवित्र नामको वास्ता थियो, जसलाई इस्राएलका मानिसहरूले तिनीहरू गएका जाति-जातिहरूका बीचमा अपवित्र पारे।
EZE 36:22 “यसकारण इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे इस्राएलका मानिसहरू हो, तिमीहरूका खातिर मैले यी कुराहरू गर्न लागेको होइन, तर मेरो पवित्र नामको खातिर, जुन नाम तिमीहरू गएका जाति-जातिहरूका बीचमा तिमीहरूले अपवित्र पारेका छौ।
EZE 36:23 म मेरो महान् नामको पवित्रता देखाउनेछु, जुन जातिहरूका बीचमा अपवित्र तुल्याइएको छ, त्यो नाम जसलाई तिमीहरूले तिनीहरूका बीचमा अपवित्र पारेका छौ। जब म आफूलाई तिमीहरूद्वारा तिनीहरूकै आँखाको सामु पवित्र प्रमाणित गर्नेछु, तब जाति-जातिहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 36:24 “ ‘किनकि म तिमीहरूलाई जाति-जातिहरूबाट बाहिर निकाल्नेछु; म तिमीहरूलाई सबै देशहरूबाट जम्मा गर्नेछु, र तिमीहरूलाई तिमीहरूका आफ्नै देशमा फर्काएर ल्याउनेछु।
EZE 36:25 तिमीहरूमाथि शुद्ध पानी छर्कनेछु; अनि तिमीहरू शुद्ध हुनेछौ; म तिमीहरूका सबै अशुद्धताहरूबाट र तिमीहरूका सबै मूर्तिहरूबाट तिमीहरूलाई शुद्ध पार्नेछु।
EZE 36:26 म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिमीहरूबाट तिमीहरूका ढुङ्गाका हृदय निकाल्नेछु र तिमीहरूलाई मासुको एउटा हृदय दिनेछु।
EZE 36:27 अनि म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु; अनि तिमीहरूलाई मेरा उर्दीहरूमा हिँड्ने र मेरा नियमहरू होसियारीसाथ पालन गर्ने तुल्याउनेछु।
EZE 36:28 तब मैले तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा तिमीहरू बस्‍नेछौ; तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु।
EZE 36:29 म तिमीहरूलाई तिमीहरूका सबै अशुद्धताबाट बचाउनेछु। म अन्‍नलाई धेरै फल्न लगाउनेछु, र तिमीहरूमाथि अनिकाल ल्याउनेछैनँ।
EZE 36:30 म रूखहरूका फलहरू र खेतका अन्‍नहरू वृद्धि गराउनेछु, ताकि अनिकालको कारण जातिहरूका बीचमा तिमीहरूले फेरि पनि अपमान सहनु नपरोस्।
EZE 36:31 तब तिमीहरूले आफ्ना दुष्‍ट चालहरू र दुष्‍ट कामहरू सम्झनेछौ; अनि तिमीहरू आफैँले आफ्ना पापहरू र घिनलाग्दा कामहरूका निम्ति आफैँलाई घृणा गर्नेछौ।
EZE 36:32 मैले यो कुरा तिमीहरूको खातिर गरिरहेको छैनँ भन्‍ने कुरा तिमीहरूले जान्‍न सक भन्‍ने म चाहन्छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। हे इस्राएलका मानिसहरू हो, आफ्ना चालचलनहरूका निम्ति शर्ममा पर, र लज्जित होओ!
EZE 36:33 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जुन दिन म तिमीहरूलाई तिमीहरूका पापहरूबाट शुद्ध पार्छु, म तिमीहरूका सहरहरूलाई फेरि बसोबास गराउनेछु; अनि भग्नावशेषहरू पुनर्निर्मित हुनेछन्।
EZE 36:34 बाटो हिँडनेहरूको नजरमा यो जमिन उजाड रहनुको सट्टा फेरि अन्‍न उमार्नलाई खनजोत गरिनेछ।
EZE 36:35 तिनीहरूले भन्‍नेछन्, “यो उजाड भएर लडिरहेको जमिन अदनको बगैँचाजस्तै भएको छ; भग्नावशेष अवस्थामा भएका, उजाड र सर्वनाश गरिएको अवस्थामा लडिरहेका सहरहरू अहिले सुरक्षित र बसोबास गरिएका छन्।”
EZE 36:36 तब तिमीहरूका चारैतिर रहेका जातिहरूले थाहा पाउनेछन्, कि म याहवेहले नै भत्काइएका ठाउँहरूलाई पुनर्निर्माण गरेको हुँ; अनि उजाड भएको जमिनलाई फेरि उर्वर भूमिमा पुनर्स्थापित गरिदिएको हुँ। म याहवेहले बोलेको हुँ, अनि म यो गर्ने नै छु।’
EZE 36:37 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “म फेरि एक पटक इस्राएलका मानिसहरूको बिन्ती सुन्‍नेछु, र तिनीहरूका निम्ति यो गर्नेछु: म तिनीहरूका मानिसहरूलाई भेडाहरूजस्तै संख्यामा धेरै बढाइदिनेछु;
EZE 36:38 तोकिएका चाडहरूको समयमा भेटीको रूपमा यरूशलेममा ल्याइएका बगालहरूजस्तै संख्यामा धेरै बढाउनेछु। यसरी भग्नावशेष अवस्थामा रहेका सहरहरू मानिसहरूका भीडले भरिनेछन्। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।”
EZE 37:1 याहवेहको हात ममाथि थियो; अनि उहाँले मलाई याहवेहको आत्माद्वारा बाहिर ल्याउनुभयो। मलाई एउटा बेँसीको बीचमा राख्नुभयो, जुन बेँसी हड्डी नै हड्डीले भरिएको थियो।
EZE 37:2 उहाँले मलाई ती हड्डीहरूको बीचबाट अगि र पछि डोर्‍याउनुभयो; अनि मैले बेँसीको जमिनमा धेरै हड्डीहरू देखेँ; ती हड्डीहरू असाध्यै सुकेका थिए।
EZE 37:3 उहाँले मलाई सोध्नुभयो, “हे मानिसको छोरा, के यी हड्डीहरू जीवित हुन सक्छन्?” मैले भनेँ, “हे प्रभु याहवेह, त्यो त हजुरले मात्र जान्‍नुहुन्छ।”
EZE 37:4 तब उहाँले मलाई भन्‍नुभयो, “यी हड्डीहरूलाई अगमवाणी गरेर तिनीहरूलाई भन्, ‘हे सुकेका हड्डीहरू हो, याहवेहको वचन सुन!
EZE 37:5 यी हड्डीहरूलाई प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर, म तिमीहरूभित्र सास फुकिदिनेछु; अनि तिमीहरू जीवित हुनेछौ।
EZE 37:6 म तिमीहरूमा नसाहरू लगाइदिनेछु; अनि तिमीहरूमा मासु भरिदिनेछु, र तिमीहरूलाई छालाले ढाकिदिनेछु; म तिमीहरूभित्र सास हालिदिनेछु, तब तिमीहरू जीवित हुनेछौ। अनि ती जीवित भएका मानिसहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ”
EZE 37:7 उहाँले आज्ञा दिनुभएझैँ मैले अगमवाणी गरेँ। जब मैले अगमवाणी गरिरहेको थिएँ, तब कर्‍याक-कुरुक गरिएको एउटा आवाज सुनेँ। अनि ती हड्डीहरू एक-अर्कोसित नजिक-नजिक आए; अनि ती एक-अर्कासित जोडिन लागे।
EZE 37:8 मैले हेर्दाहेर्दै ती हड्डीहरूमा नसाहरू र मासु देखा परे; अनि तीमाथि छालाले ढाकिए, तर ती शरीरहरूमा सासचाहिँ थिएन।
EZE 37:9 तब उहाँले मलाई भन्‍नुभयो, “सासलाई अगमवाणी गर्; हे मानिसको छोरा, अगमवाणी गरेर सासलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे सास, चारै दिशाबाट आइज, र यी मारिएका मानिसहरूमा सास फुकिदे, ताकि यिनीहरू जीवित होऊन्।’ ”
EZE 37:10 यसकारण उहाँले मलाई आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गरेँ; अनि ती शरीरहरूभित्र सास पस्यो; तिनीहरू जीवित भए, र तिनीहरू आफ्ना खुट्टाहरूमा उभिए—एउटा विशाल सेनाको दल भए।
EZE 37:11 तब उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, यी हड्डीहरू इस्राएलका मानिसहरू हुन्। तिनीहरू भन्छन्, ‘हेर, हाम्रा हड्डीहरू सुकिसकेका छन्, र हाम्रा सबै आशाहरू हराइसकेका छन्; हामी अलग भएका छौँ।’
EZE 37:12 यसकारण अगमवाणी गरेर तिनीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे मेरा मानिसहरू हो, मैले तिमीहरूका चिहानहरू खोल्नेछु, र तिमीहरूलाई ती चिहानहरूबाट बाहिर निकाल्नेछु। म तिमीहरूलाई इस्राएल देशमै फेरि ल्याउनेछु।
EZE 37:13 जब म तिमीहरूका चिहानहरू खोल्नेछु, र तिमीहरूलाई ती चिहानहरूबाट बाहिर निकाल्नेछु, तब हे मेरा मानिसहरू हो, तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
EZE 37:14 म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ; अनि म तिमीहरूलाई तिमीहरूका आफ्नै देशमा बसोबास गराउनेछु, तब तिमीहरूले म याहवेहले नै भनेको हुँ भनी जान्‍नेछौ; अनि मैले नै यो गरेको हुँ, याहवेह घोषणा गर्नुहुन्छ।’ ”
EZE 37:15 याहवेहको यो वचन मकहाँ आयो:
EZE 37:16 “हे मानिसको छोरा, काठको एउटा लट्ठी लिएर त्यसमा लेख्, ‘यहूदा र त्यससित मिलेका अरू इस्राएलीहरू।’ त्यसपछि अर्को काठको लट्ठी लिएर त्यसमा लेख्, ‘योसेफ (एफ्राइमको लट्ठी) र त्यससित मिलेका इस्राएलका अरू सबै मानिसहरू।’
EZE 37:17 ती दुवै लठ्ठीहरूलाई एउटै लट्ठी हुनलाई जोडिदे, ताकि तेरो हातमा तिनीहरू एउटै होऊन्।
EZE 37:18 “अनि जब तेरो देशका मानिसहरूले तँलाई सोध्छन्, ‘के तिमीले हामीलाई भन्दैनौ, यसको अर्थ के हो?’
EZE 37:19 तब तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म योसेफको लट्ठी—एफ्राइमको हातमा भएको लट्ठी—अनि त्यससित मिलेका इस्राएलका कुलहरूको लट्ठी लिनेछु, र त्यस लठ्ठीलाई यहूदाको लठ्ठीसित जोडिदिनेछु। म तिनीहरूलाई काठको एउटै लट्ठी बनाइदिनेछु, र तिनीहरू मेरो हातमा एउटै हुनेछन्।’
EZE 37:20 तैँले लेखेका लठ्ठीहरू तिनीहरूका आँखाको सामु समातिराख्;
EZE 37:21 अनि तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर, म इस्राएलीहरूलाई तिनीहरू निर्वासनमा गएका जातिहरूबाट फर्काएर ल्याउनेछु। म तिनीहरूलाई चारैतिरबाट भेला गर्नेछु, र तिनीहरूका आफ्नै देशमा तिनीहरूलाई फर्काएर ल्याउनेछु।
EZE 37:22 म तिनीहरूलाई इस्राएल देशका पर्वतहरूमा एउटै राष्ट्र बनाउनेछु। तिनीहरू सबैमाथि एउटै राजा हुनेछ; अनि तिनीहरू फेरि कहिल्यै दुई राज्यहरू हुनेछैनन्, अथवा दुई राज्यहरूमा विभाजित हुनेछैनन्।
EZE 37:23 अब उसो तिनीहरूले फेरि कहिल्यै आफ्ना मूर्तिहरू वा घृणित आकृतिहरूले अथवा तिनीहरूका कुनै पनि अपराधहरूले फेरि कहिल्यै पनि आफूलाई अशुद्ध पार्नेछैनन्; किनकि म तिनीहरूका पापपूर्ण कार्यदेखि तिनीहरूलाई बचाउनेछु, र म तिनीहरूलाई शुद्ध पार्नेछु। तिनीहरू मेरा प्रजा हुनेछन्; अनि म तिनीहरूका परमेश्‍वर हुनेछु।
EZE 37:24 “ ‘मेरो सेवक दावीद तिनीहरूमाथि राजा हुनेछ, र तिनीहरू सबैका एउटै गोठाला हुनेछ। तिनीहरूले मेरा आज्ञाहरू पालन गर्नेछन् र मेरा उर्दीहरू होसियारीसाथ मान्‍नेछन्।
EZE 37:25 मैले मेरो सेवक याकोबलाई दिएको देशमा तिनीहरू बस्‍नेछन्, जुन देशमा तिमीहरूका पितापुर्खाहरू बस्थे। तिनीहरू, तिनीहरूका छोराछोरीहरू र तिनीहरूका नाति-पनातिका सन्तानहरू सदाको निम्ति त्यहाँ बस्‍नेछन्; अनि मेरो सेवक दावीद सदाका निम्ति तिनीहरूको राजकुमार हुनेछ।
EZE 37:26 म तिनीहरूसँग शान्तिको करार बाँध्नेछु; त्यो अनन्तको करार हुनेछ। म तिनीहरूलाई स्थापित गर्नेछु, र तिनीहरूका संख्या बढाइदिनेछु; अनि म मेरो पवित्रस्थान तिनीहरूको बीचमा सदाको निम्ति राख्नेछु।
EZE 37:27 मेरो वासस्थान तिनीहरूसँग हुनेछ; म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्।
EZE 37:28 जब मेरो पवित्रस्थान सदाका निम्ति तिनीहरूको बीचमा स्थापना हुनेछ, तब जाति-जातिहरूले म याहवेहले नै इस्राएललाई पवित्र बनाउँछु भनी जान्‍नेछन्।’ ”
EZE 38:1 याहवेहको यो वचन मकहाँ आयो:
EZE 38:2 “हे मानिसको छोरा, मागोग देशको गोग, रोश, मेशेक र तूबलका प्रमुख राजकुमारतिर तेरो अनुहार फर्का; त्यसको विरुद्धमा अगमवाणी गर्,
EZE 38:3 र भन्: ‘प्रभु याहवेह भन्‍नुहुन्छ: हे गोग, रोश, मेशेक र तूबलको प्रमुख राजकुमार, म तेरो विरुद्धमा छु।
EZE 38:4 म तँलाई पछिल्तिर फर्काएर तेरो बङ्गारामा अङ्कुसे लगाउनेछु, र तेरा सम्पूर्ण सेनाहरूसँग तँलाई बाहिर निकालेर ल्याउनेछु—तेरा घोडाहरू, सारा हातहतियारहरूले सुसज्जित तेरा घोडचढी सेनाहरू र ठूला-साना ढालहरू भिरेका तरवार चलाउन सक्ने ठूलो सेनाहरूसँग बाहिर ल्याउनेछु।
EZE 38:5 परसीया, कूश र पूत तिनीहरूसँग हुनेछन्; तिनीहरू सबैसँग आफ्ना ढालहरू र टोपहरू हुनेछन्;
EZE 38:6 साथै गोमेर त्यसका सबै सेना दलहरूसँग र सुदूर उत्तरको बेथ-तोगर्मा त्यसका सबै सेना दलहरूसँग—अनि तँसँग भएका धेरै जातिहरू पनि हुनेछन्।
EZE 38:7 “ ‘तयार हो; तँ र तेरो चारैतिर भेला भएका सबै सेना दलहरू, तयार हो, र तँ तिनीहरूलाई अगुवाइ गर्।
EZE 38:8 धेरै दिनपछि तिमीहरूलाई हतियार भिर्नलाई बोलाइनेछ। आउँदा वर्षहरूमा तिमीहरूले युद्धबाट ध्वस्त भएर पुनर्निर्मित भएको एउटा देशमाथि आक्रमण गर्नेछौ, जसका मानिसहरू धेरै जाति-जातिहरूबाट इस्राएलका पर्वतहरूमा भेला गरिएका थिए, जुन धेरै लामो समयसम्म उजाड रहेको थियो। तिनीहरू जाति-जातिहरूबाट बाहिर ल्याइएका थिए; अनि अहिले तिनीहरू सबै सुरक्षित बसोबास गर्दछन्।
EZE 38:9 तँ र तेरा सबै सेनाका दलहरू, र तँसँग भएका धेरै जातिहरू आँधीझैँ अगि बढ्नेछन्; तँचाहिँ देशलाई ढाक्ने बादलजस्तै हुनेछस्।
EZE 38:10 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यस दिन तेरो मनमा विचार उत्पन्‍न हुनेछ, र तैँले एउटा दुष्‍ट युक्ति रच्नेछस्।
EZE 38:11 तैँले भन्‍नेछस्, “म एउटा पर्खाल नभएको बस्तीहरू भएको देशमाथि आक्रमण गर्नेछु; म एउटा शान्त र सुरक्षितसाथ बस्‍ने मानिसहरूमाथि आक्रमण गर्नेछु—तिनीहरू सबै पर्खालहरूविना, मूलढोकाहरू र बारहरूविना बसिरहेका छन्।
EZE 38:12 म लुटपाट गरेर सखाप पार्नेछु; अनि भर्खर पुनर्बास भएको भग्नावशेष सहर, जाति-जातिहरूबाट भेला भएका पशुहरू र मालसामानहरूले धनी भएको देशमा बस्‍ने मानिसहरूको विरुद्धमा मेरो हात फर्काउनेछु।”
EZE 38:13 शेबा र ददान, तर्शीशका व्यापारीहरू र त्यसका सबै गाउँहरूले तँलाई भन्‍नेछन्, “के तँ लुट्न आएको होस्? सुनचाँदी लैजान, गाईबस्तु र मालसामानहरू लैजान; अनि धेरै लुटका सामान जम्मा गर्नका निम्ति के तैँले तेरा सेना दलहरूलाई भेला गरेको होस्?” ’
EZE 38:14 “यसकारण हे मानिसको छोरा, अगमवाणी गरेर गोगलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यस दिन जब मेरा इस्राएलका मानिसहरू सुरक्षितसाथ बसिरहेका हुन्छन्, के तँ त्यसमा ध्यान दिनेछैनस्?
EZE 38:15 तँ र तँसित भएका धेरै जातिहरूसँग सबै जना घोडाहरूमा चढेर ठूलो दल शक्तिशाली सेनासँग तेरा आफ्ना ठाउँ सुदूर उत्तरबाट आउनेछस्।
EZE 38:16 तँ मेरो प्रजा इस्राएलको विरुद्धमा देश नै ढाक्ने बादलझैँ अगि बढ्नेछस्। आउँदा दिनहरूमा हे गोग, म तँलाई मेरो देशको विरुद्धमा ल्याउनेछु, ताकि जब म तिनीहरूका आँखाको सामु पवित्र प्रमाणित हुनेछु, तब जाति-जातिहरूले मलाई चिनून्।
EZE 38:17 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तँ त्यही व्यक्ति होस्, जसको बारेमा मैले अगिका दिनहरूमा मेरा सेवकहरू, इस्राएलका अगमवक्ताहरूद्वारा बोलेको थिएँ। त्यस बेला तिनीहरूले वर्षौंसम्म मेरो अगमवाणी गरे, कि म तँलाई तिनीहरूको विरुद्धमा ल्याउनेछु।
EZE 38:18 त्यस दिन यस्तो हुनेछ: जब गोगले इस्राएल देशमाथि आक्रमण गर्नेछ, तब मेरो रिसको आगो दन्किनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 38:19 म मेरो जोश र प्रचण्ड क्रोधमा घोषणा गर्दछु, कि इस्राएल देशमा त्यस बेला एउटा ठूलो भूकम्प जानेछ।
EZE 38:20 समुद्रका माछा, आकाशका चराहरू, वनका पशुहरू, जमिनमा हिँड्‍डुल गर्ने हरेक प्रकारका पशुप्राणीहरू, र पृथ्वीको सतहमा भएका सबै मानिसहरू मेरो उपस्थितिमा काम्नेछन्। पहाडहरू पल्टाइनेछन्, भिरालो ठाउँहरू भत्किनेछन् र हरेक पर्खाल जमिनमा ढल्नेछ।
EZE 38:21 म मेरा सबै पर्वतहरूमा गोगको विरुद्ध तरवार पठाउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। हरेक मानिसको तरवार उसको दाजुभाइको विरुद्धमा हुनेछ।
EZE 38:22 म त्यसको विरुद्धमा रूढी र रक्तपातद्वारा न्याय गर्नेछु; म त्यसमाथि, त्यसका सेना दलहरूमाथि र त्यससँग भएका धेरै जातिहरूमाथि जल्दैगरेको गन्धकसहित मुसलधारे वर्षा र असिना बर्साउनेछु।
EZE 38:23 यसरी म मेरो महानता र मेरो पवित्रता देखाउनेछु; अनि धेरै जातिहरूको दृष्‍टिमा म आफूलाई चिनाउनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’
EZE 39:1 “हे मानिसको छोरा, गोगको विरुद्धमा अगमवाणी गरेर भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘हे गोग, रोश, मेशेक र तूबलका प्रमुख राजकुमार, म तेरो विरुद्धमा छु।
EZE 39:2 म तँलाई फनक्‍क फर्काउनेछु र घिसार्नेछु। म तँलाई सुदूर उत्तरबाट ल्याउनेछु र इस्राएलका पहाडहरूका विरुद्धमा पठाउनेछु।
EZE 39:3 तब म तेरो देब्रे हातमा भएको धनुमाथि प्रहार गर्नेछु, र तेरो दाहिने हातमा भएका काँडहरूलाई खसालिदिनेछु।
EZE 39:4 इस्राएलका पहाडहरूमा तँ, तेरा सबै सेना दलहरू, र तँसँग भएका जातिहरू ढल्नेछन्। म तँलाई आहाराको रूपमा सिनो खाने सबै प्रकारका पक्षीहरू र जङ्गली पशुहरूलाई दिनेछु।
EZE 39:5 तँ खुला मैदानमा ढल्नेछस्; किनकि मैले बोलेको छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 39:6 म मागोग र समुद्रका किनारहरूमा सुरक्षित बस्‍नेहरूमाथि आगो पठाउनेछु; अनि तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।
EZE 39:7 “ ‘मेरो प्रजा इस्राएलको बीचमा मेरो पवित्र नामलाई चिनाउनेछु। अबदेखि उसो फेरि मेरो पवित्र नामलाई म अपवित्र हुन दिनेछैनँ; अनि जाति-जातिहरूले म याहवेह नै इस्राएलमा पवित्र परमेश्‍वर हुँ भनी जान्‍नेछन्।
EZE 39:8 यो आइरहेको छ! यो निश्‍चय नै हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। मैले भनेको दिन यही हो।
EZE 39:9 “ ‘तब इस्राएलका सहरहरूमा बस्‍नेहरू बाहिर निस्केर जानेछन्; अनि हतियारहरू दाउराझैँ प्रयोग गर्नेछन् र ती जलाइदिनेछन्—साना र ठूला ढालहरू, धनु र काँडहरू, लडाइँका लाठाहरू र भालाहरू। सात वर्षसम्म तिनीहरूले ती हतियारहरूलाई दाउराको रूपमा प्रयोग गर्नेछन्।
EZE 39:10 तिनीहरूले मैदानबाट दाउरा बटुल्न आवश्यक पर्नेछैन, न त जङ्गलबाट काट्नु पर्नेछ; किनकि तिनीहरूले ती हतियारहरूलाई दाउराको निम्ति प्रयोग गर्नेछन्। तिनीहरूले आफूलाई लुट्नेहरूलाई लुट्नेछन् र तिनीहरूलाई खोस्‍नेहरूलाई तिनीहरूले खोस्‍नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 39:11 “ ‘त्यस दिन म गोगलाई इस्राएलको सागरको पूर्वतिर यात्रा गर्नेहरूको बेँसीमा एउटा चिहान दिनेछु। गोग र त्यसका सबै सेना दलहरू त्यहाँ गाडिएको कारण यात्रीहरूको बाटो बन्द हुनेछ। यसकारण त्यसलाई हमोन गोगको बेँसी भनिनेछ।
EZE 39:12 “ ‘देशलाई शुद्ध पार्नका निम्ति इस्राएलका मानिसहरूले तिनीहरूलाई सात महिनासम्म गाडिरहनेछन्।
EZE 39:13 देशका सबै मानिसहरूले तिनीहरूलाई गाड्नेछन्; अनि मैले मेरो महिमा प्रकट गरेको दिन तिनीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 39:14 देशलाई शुद्ध पार्नका निम्ति मानिसहरू नियमित रूपमा नियुक्त गरिनेछन्। तिनीहरू देशभरि जानेछन्; अनि तिनीहरूले अरू मानिसहरूसँग मिलेर जमिनमा लडिरहेका मृत शरीरहरूलाई गाड्नेछन्। “ ‘सात महिना बितेपछि तिनीहरूले आफ्नो विस्तृत खोजी सुरु गर्नेछन्।
EZE 39:15 जब तिनीहरू देशभरि जान्छन्, र मानव हड्डीलाई जो कोहीले देख्छन्, तब चिहान खन्‍नेहरूले त्यसलाई हमोन गोगको बेँसीमा नगाडेसम्म, त्यस हड्डीको छेउमा एउटा चिन्ह लगाइराख्नेछन्।
EZE 39:16 त्यहाँ सहरको नजिक हमोनाह नाम भएको एउटा सहर पनि हुनेछ। यसरी तिनीहरूले देशलाई शुद्ध पार्नेछन्।’
EZE 39:17 “हे मानिसको छोरा, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हरेक किसिमका चरा र सबै जङ्गली पशुहरूलाई बोलाएर भन्: ‘मैले तिमीहरूका निम्ति तयार पारिरहेको इस्राएलको पर्वतहरूमाथि हुने ठूलो बलिदानमा चारैतिरबाट एकसाथ भेला होओ। त्यहाँ तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ।
EZE 39:18 तिमीहरूले वीर योद्धाहरूका मासु खानेछौ, र तिमीहरूले पृथ्वीका शासकहरूको रगत, साँढभेडाहरू, थुमाहरू र बाख्राहरू र गोरुहरूका रगतझैँ पिउनेछौ; तिनीहरू सबै बासानका मोटा जनावरहरूजस्ता थिए।
EZE 39:19 मैले तिमीहरूका निम्ति तयार पारिरहेको बलिदानमा तिमीहरूले वाक्‍क भइन्जेल मोटो मासु खानेछौ, र मातिन्जेल रगत पिउनेछौ।
EZE 39:20 मेरो टेबुलमा तिमीहरूले अघाउन्जेल घोडाहरू र तिनका सवारहरू, वीर योद्धाहरू र हरेक किसिमका सैनिकहरूलाई खानेछौ,’ प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 39:21 “म मेरो महिमा जातिहरूको बीचमा प्रदर्शन गर्नेछु; अनि मैले तिनीहरूमाथि ल्याएको दण्ड र मैले तिनीहरूमाथि मेरो हात राखेको सबै जातिहरूले देख्नेछन्।
EZE 39:22 त्यस दिनदेखि उसो इस्राएलका मानिसहरूले म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन्।
EZE 39:23 इस्राएलका मानिसहरू मप्रति अविश्‍वासयोग्य भएकाले तिनीहरूका पापको कारण तिनीहरू निर्वासनमा गएका थिए भनी ती जातिहरूले जान्‍नेछन्। यसकारण मैले तिनीहरूबाट आफ्नो अनुहार लुकाएँ र तिनीहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिदिएँ; अनि तिनीहरू सबै तरवारद्वारा मारिए।
EZE 39:24 मैले तिनीहरूसँग तिनीहरूका अशुद्धपन र तिनीहरूका अपराधअनुसार व्यवहार गरेँ; अनि मैले मेरो अनुहार तिनीहरूबाट लुकाएँ।
EZE 39:25 “यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: अब म याकोबका सुदिन पुनर्स्थापित गर्नेछु, र इस्राएलका सबै मानिसहरूप्रति दया देखाउनेछु; अनि म मेरो पवित्र नामका निम्ति जोशिलो हुनेछु।
EZE 39:26 जब तिनीहरू आफ्ना देशमा सुरक्षितसाथ बस्‍नेछन्, र कसैबाट भयभीत हुनेछैनन्, तब तिनीहरूले आफ्ना शर्म र तिनीहरूले मप्रति देखाएका अविश्‍वासनियता बिर्सनेछन्।
EZE 39:27 जब म तिनीहरूलाई जाति-जातिहरूबाट फर्काएर ल्याउनेछु, र तिनीहरूका शत्रुहरूका देशहरूबाट तिनीहरूलाई भेला गराउनेछु, तब म तिनीहरूद्वारा धेरै जातिहरूको दृष्‍टिमा आफूलाई पवित्र प्रमाणित गर्नेछु।
EZE 39:28 तब तिनीहरूले म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन्; किनकि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा निर्वासनमा पठाए तापनि म तिनीहरूमध्ये कसैलाई पनि नछोडी तिनीहरूका आफ्नै देशमा भेला गराउनेछु।
EZE 39:29 म तिनीहरूबाट अब उप्रान्त फेरि मेरो अनुहार लुकाउनेछैनँ; किनकि म मेरो आत्मा इस्राएलका मानिसहरूमाथि खन्याउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
EZE 40:1 हाम्रो निर्वासनको पच्‍चीसौँ वर्षको सुरुमा, महिनाको दसौँ दिनमा, सहर पतन भएको चौधौँ वर्षमा, त्यसै दिन याहवेहको हात ममाथि थियो र उहाँले मलाई त्यहाँ लानुभयो।
EZE 40:2 परमेश्‍वरको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो र मलाई एउटा अति उच्‍च पर्वतमाथि राख्नुभयो, जसको दक्षिण भागतिर सहरजस्तै देखिने भवनहरू थिए।
EZE 40:3 उहाँले मलाई त्यहाँ लैजानुभयो र मैले एक जना मानिसलाई देखेँ, जसको रूप काँसाजस्तै थियो; तिनको एउटा हातमा मिहिन सुतीको डोरी र एउटा नाप्‍ने टाँगो थियो; अनि तिनी मूलढोकामा उभिरहेका थिए।
EZE 40:4 ती मानिसले मलाई भने, “हे मानिसको छोरा, मैले तँलाई देखाउन लागेको हरेक कुरालाई आँखाले हेर्, र कानले सुन्। अनि त्यसमा ध्यान लगा; किनकि यही कुरा देखाउनका निम्ति तँ यहाँ ल्याइएको होस्। तैँले देखेको हरेक कुरा इस्राएलका मानिसहरूलाई बताइदे।”
EZE 40:5 मैले मन्दिरको क्षेत्रको बाहिर वरिपरि पूर्ण रूपले पर्खालले घेरिराखेको देखेँ। ती मानिसको हातमा भएको नाप्‍ने टाँगोको लम्बाइ छ क्यूबिट थियो, जसमध्ये हरेक एक क्यूबिट र चार औँला बढी नापको थियो। तिनले पर्खाल नापे; त्यो एक क्यूबिट मोटो र एक क्यूबिट अग्लो थियो।
EZE 40:6 तब तिनी पूर्वको मूलढोकामा गए। तिनी सिँढी उक्लेर तिनले मूलढोकाको सँघार नापे, जसको गहिराइ एक टाँगो थियो।
EZE 40:7 पहरेदारहरूका निम्ति कोठाहरू एक टाँगो लम्बाइ र एक टाँगो चौडाइ थिए; अनि कोठाहरूका बीचमा बाहिर देखिने भित्ताहरू पाँच क्यूबिट मोटो थिए। अनि मन्दिरतिर फर्केको दलानको छेउको मूलढोकाको सँघार एक टाँगो गहिरो थियो।
EZE 40:8 तब तिनले मूलढोकाको दलान नापे;
EZE 40:9 त्यस मूलढोकाको दलान आठ क्यूबिट गहिरो थियो। अनि मूलढोकाका दलानका ढोकाका सँघारहरू दुई क्यूबिट मोटा थिए। मूलढोकाको दलान मन्दिरतिर फर्केको थियो।
EZE 40:10 पूर्वीय मूलढोकाको भित्र प्रत्येक छेउमा तीन वटा कोठाहरू थिए; ती तीन-तीन वटा कोठा एकै नापका थिए; अनि कोठाका वरिपरिका प्रत्येक भित्ताहरूको हरेक छेउ एकै नापका थिए।
EZE 40:11 तब तिनले मूलढोकाको प्रवेशद्वारको चौडाइ नापे; त्यो दश क्यूबिट चौडा थियो र त्यसको लम्बाइ तेह्र क्यूबिट थियो।
EZE 40:12 प्रत्येक कोठाको अगाडि एक क्यूबिट अग्लो पर्खाल थियो; अनि कोठाहरू छ क्यूबिट लम्बाइ र छ क्यूबिट चौडाइको वर्गाकार थियो।
EZE 40:13 त्यसपछि तिनले एउटा कोठाको पछाडिको पर्खालको टुप्पोबाट त्यसको विपरीत भएको पर्खालको टुप्पोसम्मको मूलढोकाको नाप लिए; एउटा ढोकाबाट अर्को ढोकासम्मको दूरी पच्‍चीस क्यूबिट थियो।
EZE 40:14 तिनले मूलढोकाको भित्रपट्टिका सबै वरिपरिका पर्खालहरू नापे—त्यो साठी क्यूबिट थियो। यो नाप चोकतिर फर्केको दलानसम्म थियो।
EZE 40:15 मूलढोकाको प्रवेशद्वारदेखि भित्री दलानको पल्‍लो छेउसम्मको दूरी पचास क्यूबिट थियो।
EZE 40:16 प्रवेशद्वार भित्रको कोठामा र मूलढोकाको भित्रपट्टि चारैतिरका भित्ताहरूमाथि साँघुरा झ्यालहरू थिए; अनि दलानहरू पनि त्यस्तै थिए, र ती सबै झ्यालहरू भित्रपट्टि फर्केका थिए। बाहिरतिर देखिने भित्ताका भागहरूमा खजूरका बोटहरूका बुट्टा खोपेर सिँगारिएका थिए।
EZE 40:17 तब तिनले मलाई बाहिरी चोकमा ल्याए। त्यहाँ मैले केही कोठाहरू र चोकका चारैतिर ढुङ्गाले छापेर बनाइएको पिँडी देखेँ; ती ढुङ्गा छापेर बनिएको पिँडीमा तीस वटा कोठाहरू थिए।
EZE 40:18 ढुङ्गा छापिएका बाटो मूलढोकाका किनारहरूसम्म नै थिए; अनि ती लम्बाइ र चौडाइमा बराबर थिए, त्यो तल्‍लो आँगन थियो।
EZE 40:19 त्यसपछि तिनले तल्‍लो मूलढोकाको भित्री भागदेखि भित्री चोकको बाहिरी भागसम्मको दूरी नापे; त्यो पूर्वतिर र उत्तरतिर एक सय क्यूबिट नाप थियो।
EZE 40:20 तब तिनले बाहिरी चोकतिर जाने उत्तरतिर फर्केको मूलढोकाको लम्बाइ र चौडाइ नापे।
EZE 40:21 यसका कोठाहरू—प्रत्येक छेउमा तीन वटा कोठाहरू थिए; अनि त्यसका बाहिर देखिने भित्ताहरू र त्यसको दलानका नापहरू पहिलो मूलढोकाका जति नै थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो।
EZE 40:22 त्यसका झ्यालहरू, त्यसको दलान र त्यसका सिँगार्ने खजूरका रूखहरूका नापहरू पूर्वतिर फर्केको मूलढोकाका जति नै थिए। पूर्वी मूलढोकामा जाने सात वटा खुड्किलाहरू थिए र विपरीत दिशामा दलान थियो।
EZE 40:23 पूर्व मूलढोकामा भएजस्तै उत्तरी ढोकातिर फर्केका भित्री चोकमा जाने ढोका थियो। तिनले एउटा ढोकादेखि विपरीततिरका ढोकासम्म नापे; त्यो एक सय क्यूबिट थियो।
EZE 40:24 त्यसपछि तिनले मलाई दक्षिण भागतिर लगे, र मैले दक्षिणतिर फर्केको एउटा मूलढोका देखेँ। तिनले त्यस ढोकाको सँघार र दलान नापे; अनि तिनीहरूका नापहरू पूर्वीय र उत्तरी मूलढोकाको नापजस्तै थिए।
EZE 40:25 दक्षिणी मूलढोका र यसको दलानका वरिपरि साँघुरा झ्यालहरू अरू भित्ताका झ्यालहरूजस्ता थिए। दक्षिणी मूलढोका पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो।
EZE 40:26 पूर्वी मूलढोकामा जाने सात वटा खुड्किलाहरू थिए, र त्यसको विपरीतपट्टि दलान थियो; बाहिरतिर देखिने भित्ताका हरेक भागमा खजूरका बोटहरूका बुट्टा खोपेर सिँगारिएका थिए।
EZE 40:27 भित्री चोकमा पनि दक्षिणतिर फर्केको एउटा मूलढोका थियो; अनि तिनले यस दक्षिणी मूलढोकाबाट दक्षिणतिरको बाहिरी मूलढोकासम्म नापे; त्यो एक सय क्यूबिट थियो।
EZE 40:28 त्यसपछि तिनले मलाई दक्षिणी मूलढोका हुँदै भित्री चोकमा ल्याए; अनि तिनले दक्षिणी ढोकालाई नापे; त्यसको नाप अरू ढोकाहरूको जस्तै थियो।
EZE 40:29 त्यसका कोठाहरू, त्यसका बाहिर देखिने भित्ताहरू र त्यसका दलानका नापहरू पनि अरूहरूजस्तै थिए। मूलढोका र त्यसका दलानका झ्यालहरू चारैतिर थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो।
EZE 40:30 (भित्री चोकको चारैतिरका मूलढोकाहरूका दलानहरू पच्‍चीस क्यूबिट लम्बाइ र पाँच क्यूबिट चौडाइ थियो)।
EZE 40:31 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो; त्यसका ढोकाको सँघारहरूलाई खजूरका रूखहरूका बुट्टाले दुवैतिर सिँगारेका थिए; अनि मूलढोकासम्म पुग्नलाई आठ वटा खुड्किलाहरू थिए।
EZE 40:32 त्यसपछि तिनले मलाई पूर्वतिरको भित्री चोकमा ल्याए, र त्यसको प्रवेशद्वार नापे; ती प्रवेशद्वारका नाप अरू प्रवेशद्वारको जस्तै एकै नापको थियो।
EZE 40:33 त्यसका कोठाहरू, त्यसका बाहिर देखिने भित्ताहरू र त्यसका दलानका नापहरू पनि अरूहरूजस्तै थिए। मूलढोका र त्यसका दलानका झ्यालहरू चारैतिर थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो।
EZE 40:34 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो; त्यसका ढोकाको सँघारमा खजूरका बोटका चित्रहरू दुवैतिर सजाइएका थिए। मूलढोकासम्म पुग्नलाई आठ वटा खुड्किलाहरू थिए।
EZE 40:35 त्यसपछि तिनले मलाई उत्तरी मूलढोकामा ल्याए र त्यसलाई नापे। त्यसका नापहरू अरूका जस्तै थिए;
EZE 40:36 अनि त्यसका कोठाहरू, त्यसका बाहिर देखिने भित्ताहरू र त्यसको दलानका नापहरू पनि त्यस्तै थिए, र त्यसका चारैतिर झ्यालहरू थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो।
EZE 40:37 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो; त्यसका ढोकाको सँघारमा खजूरका बोटका चित्रहरू दुवैतिर सजाइएका थिए। मूलढोकासम्म पुग्नलाई आठ वटा खुड्किलाहरू थिए।
EZE 40:38 प्रत्येक भित्री मूलढोकामा भएको दलानको छेउमा ढोका भएको एउटा कोठा थियो, जहाँ होमबलिका पशुहरूलाई धुने गरिन्थ्यो।
EZE 40:39 मूलढोकाको दलानमा दुवैतिर दुई-दुई वटा टेबुलहरू थिए, जुन टेबुलमा होमबलिहरू, पापबलिहरू र दोषबलिहरूका पशुहरू काट्ने गरिन्थ्यो।
EZE 40:40 प्रवेशद्वारका दलानको भित्ताको छेउमा उत्तरीय मूलढोकातिर जाने प्रवेशद्वारको नजिकै दुई वटा टेबुलहरू थिए; अनि खुड्किलाहरूको अर्कोपट्टि दुई वटा टेबुलहरू थिए।
EZE 40:41 यसरी मूलढोकाको एकातिर चार वटा टेबुलहरू थिए र अर्कोतिर चार वटा गरी जम्मा आठ वटा टेबुलहरू थिए; जसमाथि बलिदानका पशुहरू काट्ने गरिन्थ्यो।
EZE 40:42 त्यहाँ होमबलिहरूका निम्ति कुँदेका ढुङ्गाका चार वटा टेबुलहरू पनि थिए। ती हरेक टेबुलहरू डेढ क्यूबिट लम्बाइ, डेढ क्यूबिट चौडाइ र एक क्यूबिट अग्ला थिए। त्यहाँ होमबलिहरू र अरू बलिदान गर्दा चलाउने हातहतियारहरू राखिन्थे।
EZE 40:43 अनि चारैतिर भित्तामा एक हात चोडा भएको दुई चुच्‍चे अङ्कुसेहरू झुण्डाइएका थिए। ती टेबुलहरू बलि चढाइएका मासुहरूका निम्ति थिए।
EZE 40:44 भित्री मूलढोकाको बाहिरपट्टि भित्री चोकभित्रै दुई वटा कोठाहरू थिए; अनि एउटा कोठा दक्षिणतिर फर्केको उत्तरी मूलढोकाको छेउमा थियो, र अर्को कोठा दक्षिणी मूलढोकाको छेउमा उत्तरतिर फर्केको थियो।
EZE 40:45 तिनले मलाई भने, “दक्षिणतिर फर्केको कोठा पुजारीहरूका निम्ति हो, जसले मन्दिरको जिम्मेवारी वहन गर्दथे।
EZE 40:46 उत्तरतिर फर्केको कोठा ती पुजारीहरूका निम्ति हो, जसले वेदीको जिम्मेवारी वहन गर्दथे। यिनीहरू सादोकका छोराहरू हुन्, र ती लेवीहरू हुन्, जसले मात्र याहवेहको सेवा गर्नलाई उहाँको छेउमा जान पाउनेछन्।”
EZE 40:47 त्यसपछि तिनले चोकको नाप लिए; त्यो एउटा वर्गाकार थियो—एक सय क्यूबिट लम्बाइ र एक सय क्यूबिट चौडाइ। अनि वेदीचाहिँ मन्दिरको अगाडिपट्टि थियो।
EZE 40:48 तिनले मलाई मन्दिरको दलानमा ल्याए, र दलानका ढोकाको सँघार नापे; ती दुवैतिर पाँच क्यूबिट चौडा थिए। प्रवेशद्वारको चौडाइ चौध क्यूबिट थियो र कोठाका बाहिर देखिने दुवैपट्टिका भित्ताहरू तीन क्यूबिट चौडा थिए।
EZE 40:49 त्यसको दलान बीस क्यूबिट चौडा र अगाडिको भागदेखि पछाडिको भागसम्म बाह्र क्यूबिट थियो। दलानसम्म जानलाई दश खुड्किलाहरू थिए; अनि ढोकाको सँघारका दुवैतिर मन्दिरको अगाडिपट्टि खम्बाहरू थिए।
EZE 41:1 त्यसपछि ती मानिसले मलाई मुख्य सभा कोठामा ल्याए, र सँघारहरूका नाप लिए; ढोकाको सँघारका चौडाइ सबैपट्टि छ क्यूबिट थियो।
EZE 41:2 प्रवेशद्वार दश क्यूबिट चौडा थियो र त्यसका सबैतिरका बाहिर देखिने भित्ताहरू पाँच क्यूबिट चौडा थिए। तिनले मुख्य सभा कोठा पनि नापे; त्यो चालीस क्यूबिट लामो र बीस क्यूबिट चौडा थियो।
EZE 41:3 त्यसपछि तिनी पवित्रस्थानभित्र पसे, र त्यस पवित्रस्थानको प्रवेशद्वारको प्रत्येक ढोकाको सँघारहरूलाई नापे; प्रत्येक सँघार दुई क्यूबिट चौडा थियो। प्रवेशद्वार छ क्यूबिट चौडा थियो, र त्यसको सबैतिरका बाहिर देखिने भित्ताहरू सात क्यूबिट चौडा थिए।
EZE 41:4 अनि तिनले भित्री पवित्रस्थानको लम्बाइ नापे; त्यो बीस क्यूबिट थियो र बाहिरी पवित्रस्थानको वारपारको चौडाइ बीस क्यूबिट थियो। तिनले मलाई भने, “यो महा-पवित्रस्थान हो।”
EZE 41:5 त्यसपछि तिनले मन्दिरको भित्ता नापे; त्यो छ क्यूबिट बाक्लो थियो; अनि मन्दिरको चारैपट्टि भएका छेउको हरेक कोठा चार क्यूबिट चौडा थिए।
EZE 41:6 छेउका कोठाहरू तीन तलाका थिए, र एक तलामाथि अर्को तला गरी हरेक तलामा जम्मा तीस वटा कोठाहरू थिए। छेउका कोठाहरूलाई टेवा दिनको लागि मन्दिरको भित्ताका चारैतिर पालीहरू थिए, ताकि ती टेवाहरू मन्दिरको भित्ताभित्र घुसार्न नपरोस्।
EZE 41:7 मन्दिरका चारैपट्टिका छेउका कोठाहरूको चौडाइ प्रत्येक माथिल्‍लो तहमा बढ्दै गएका थिए। मन्दिरको चारैतिरका बनावटहरू माथितिर फराकिलो किसिमले बनाइएका थिए, ताकि एउटा तलाबाट माथिको दोस्रो तलामा चढ्दा कोठाहरू चौडाइ हुन्। भुइँतलाबाट बीचको तला हुँदै सबैभन्दा माथिल्‍लो तलासम्म जानलाई खुड्किलाहरू थिए।
EZE 41:8 मैले मन्दिरको चारैतिर अग्लो उठाइएको पेटी देखेँ, जसले छेउका कोठाहरूका निम्ति जगको काम गरिरहेको थियो। यो टाँगोकै नापको थियो, अर्थात् छ क्यूबिट लम्बाइ थियो।
EZE 41:9 छेउका कोठाहरूको बाहिरी भित्ता पाँच क्यूबिट बाक्लो थियो। मन्दिरका छेउका कोठाहरू,
EZE 41:10 र पुजारीहरूका कोठाहरूको बीचमा मन्दिरको चारैपट्टि बीस क्यूबिट चौडाइ थियो।
EZE 41:11 त्यहाँ खुला ठाउँको छेउबाट कोठाहरूमा जाने प्रवेशद्वारहरू थिए, जुन एउटा उत्तरमा र अर्को दक्षिणमा थिए; अनि खुला ठाउँलाई जोड्ने जग चारैतिर पाँच क्यूबिट थियो।
EZE 41:12 पश्‍चिमपट्टि मन्दिरको आँगनतिर फर्केको भवन सत्तरी क्यूबिट चौडाइ थियो। भवनको चारैतिरका भित्ता पाँच क्यूबिट बाक्ला थिए, र त्यसको लम्बाइ नब्बे क्यूबिट थियो।
EZE 41:13 त्यसपछि तिनले मन्दिरलाई नापे, त्यसको लम्बाइ एक सय क्यूबिट थियो; अनि मन्दिरको चोक र त्यसका पर्खालसहितको भवन पनि एक सय क्यूबिट लामो थियो।
EZE 41:14 मन्दिरको पूर्वपट्टिको आँगन र मन्दिरको अगाडिको भागसहितको चौडाइ एक सय क्यूबिट थियो।
EZE 41:15 त्यसपछि तिनले मन्दिरको पश्‍चिमपट्टि आँगनतिर फर्केको मन्दिरको लम्बाइ सहित त्यसको बार्दलीको दुवैपट्टि नापे; त्यो एक सय क्यूबिट थियो। मुख्य सभा कोठा, भित्री पवित्रस्थान र चोकतिर फर्केको दलान,
EZE 41:16 साथै ढोकाका सँघारहरू, साँघुरा झ्यालहरू र तीन वटै तलाका चारैतिरका दलानहरू—ढोकाको सँघारसाथै सबै कुरा काठले मोहोरिएका थिए। भुइँ, झ्यालसम्म भएका भित्ता र झ्यालहरू काठले मोहोरिएका थिए।
EZE 41:17 भित्री पवित्रस्थानमा जाने प्रवेशद्वार बाहिरको माथिल्‍लो खाली ठाउँमा पवित्रस्थानको भित्री र बाहिरी चारैपट्टिका सबै भित्ताहरूका ठिक बीच भागमा,
EZE 41:18 करूबहरू र खजूरका रूखहरूका बुट्टा खोपिएका थिए। खजूरका रूखहरू र करूबहरू एकपछि अर्को गरी खोपिएका थिए। हरेक करूबका दुई वटा अनुहारहरू थिए:
EZE 41:19 एकापट्टि खजूरको रूखतिर फर्केको एउटा मानिसको अनुहारजस्तै र अर्कोपट्टि खजूरको रूखतिर फर्केको सिंहको अनुहारजस्तै थियो। ती बुट्टाहरू मन्दिरभरि चारैतिर खोपिएका थिए।
EZE 41:20 भुइँदेखि प्रवेशद्वारको माथिको क्षेत्रसम्म मुख्य सभा कोठाको भित्तामा करूबहरू र खजूरका रूखहरूका बुट्टा खोपिएका थिए।
EZE 41:21 मुख्य सभा कोठामा एउटा आयताकार ढोकाको चौकस थियो, र महा-पवित्रस्थानमा भएको चौकस पनि त्यस्तै थियो।
EZE 41:22 त्यहाँ तीन क्यूबिट अग्लो, दुई क्यूबिट नापको काठको एउटा वेदी थियो; त्यसका कुनाहरू, त्यसको आधार र छेउहरू काठका थिए। ती मानिसले मलाई भने, “याहवेहको सामु राखिने टेबुल यही हो।”
EZE 41:23 मुख्य सभा कोठा र महा-पवित्रस्थान दुवैका दुई वटा ढोकाहरू थिए।
EZE 41:24 प्रत्येक ढोकाको दुई-दुई खापा थिए। प्रत्येक ढोकामा कब्जा लगाइएका दुई वटा खापाहरू थिए।
EZE 41:25 अनि मुख्य सभा कोठाका ढोकाहरूमा खोपिएका करूब र खजूरका रूखहरूका बुट्टाहरू भित्तामाझैँ खोपिएका थिए, र दलानको अगाडि काठको छत थियो।
EZE 41:26 दलानका छेउका भित्ताहरूमा दुवैतिर खजूरका रूखहरूका बुट्टा खोपिएका साँघुरा झ्यालहरू थिए। मन्दिरका छेउका कोठाहरूमा पनि छानाहरू थिए।
EZE 42:1 त्यसपछि ती मानिसले मलाई उत्तरपट्टि बाहिरी चोकमा पुर्‍याए; अनि मन्दिरको चोकको विपरीत भएका र उत्तरपट्टिको बाहिरी भित्ताको विपरीत भएका कोठाहरूमा ल्याए।
EZE 42:2 उत्तरपट्टि फर्केको ढोका भएको भवन एक सय क्यूबिट लामो र पचास क्यूबिट चौडा थियो।
EZE 42:3 भित्री चोकदेखि बीस क्यूबिट टाढाको खण्डमा र बाहिरी चोकको ढुङ्गा छापिएको पिँडीको विपरीत रहेको भाग दुवैमा एक-अर्कापट्टि फर्केका बार्दलीहरू तीन तहमा थिए।
EZE 42:4 कोठाहरूको सामु दश क्यूबिट चौडाइ र एक सय क्यूबिट लम्बाइ भएको एउटा भित्री बाटो थियो। तिनका कोठाहरूका ढोकाहरू उत्तरपट्टि फर्केका थिए।
EZE 42:5 माथिल्‍ला कोठाहरू साँघुरा थिए; किनकि भवनको बीचको तलामा बार्दलीहरूले तल्‍लो तलाको कोठाहरूले भन्दा बढी ठाउँ ओगटेका थिए।
EZE 42:6 माथिल्‍ला तलाका कोठाहरूका चोकहरूमा भएझैँ खम्बाहरू थिएनन्; यसकारण तिनीहरू भुइँको तला र बीचका तलाका कोठाहरूभन्दा साना थिए।
EZE 42:7 कोठाहरू र बाहिरी चोकको बराबरको एउटा बाहिरी भित्ता थियो; त्यो कोठाहरूका सामुको भाग पचास क्यूबिटसम्म फैलिएको थियो।
EZE 42:8 बाहिरी चोकको छेउका कोठाहरूको लहर पचास क्यूबिट लामो थियो, र पवित्रस्थानको छेउको लहरचाहिँ एक सय क्यूबिट लामो थियो।
EZE 42:9 तल्‍ला कोठाहरूमा बाहिरी चोकदेखि भित्र प्रवेश गर्ने पूर्वपट्टि प्रवेशद्वार थियो।
EZE 42:10 मन्दिरको बाहिरी चोकको दक्षिणपट्टिको भित्ताको लम्बाइमा मन्दिरको आँगनसित गाँसिएका र बाहिरी भित्ताको विपरीत भएका कोठाहरू थिए।
EZE 42:11 तिनीहरूको सामु एउटा बाटो थियो। यी कोठाहरू उत्तरतिरका कोठाहरूजस्तै थिए; तिनीहरूका लम्बाइ र चौडाइ समान थिए; अनि बाहिर जाने बाटो र दक्षिणतर्फको प्रवेशद्वार पनि समान नापका थिए। उत्तरतिरका ढोकाहरूजस्तै,
EZE 42:12 दक्षिणका कोठाहरूका ढोकाहरू थिए। भित्र पस्‍ने बाटोको सुरुमै एउटा ढोका थियो, जुन पूर्वतिर जाने भित्तासित जोडिएको थियो, जसद्वारा कोठाहरूभित्र पस्‍न सकिन्थ्यो।
EZE 42:13 तब तिनले मलाई भने, “मन्दिरको आँगनतिर फर्केका उत्तर र दक्षिणका पवित्र कोठाहरू पुजारीहरूका कोठाहरू हुन्, जहाँ याहवेहको उपस्थितिमा जाने पुजारीहरूले महा-पवित्र भेटीहरू खानेछन्। त्यहाँ तिनीहरूले महा-पवित्र भेटीहरू, अन्‍नबलिहरू, पाप शुद्धीकरण बलिहरू र दोषबलिहरू राख्नेछन्; किनकि त्यो ठाउँ पवित्र छ।
EZE 42:14 जब ती पुजारीहरू एक पटक पवित्र सिमानाभित्र प्रवेश गर्छन्, तब तिनीहरूले सेवाको काम गर्दा लगाएका वस्त्रहरू त्यहाँ फुकालेर नछाडेसम्म, तिनीहरूले बाहिरी चोकमा प्रवेश गर्नुहुँदैन; किनकि ती वस्त्रहरू पवित्र हुन्। तिनीहरू अरू मानिसहरूका निम्ति राखिएका ठाउँहरूको नजिक जानुभन्दा अगि पुजारीहरूले अरू वस्त्र लगाउनुपर्छ।”
EZE 42:15 जब तिनले मन्दिरको इलाकाभित्र भएका कुराहरू नापिसके, तब तिनले मलाई पूर्वी मूलढोकाबाट बाहिर ल्याए; अनि चारैतिरका ठाउँहरू नापे:
EZE 42:16 तिनले नाप्‍ने टाँगोले पूर्वका भाग नापे; त्यो पाँच सय क्यूबिट थियो।
EZE 42:17 तिनले उत्तरको भाग नापे; त्यो नाप्‍ने टाँगोअनुसार पाँच सय क्यूबिट थियो।
EZE 42:18 तिनले दक्षिण भाग नापे; त्यो नाप्‍ने टाँगोअनुसार पाँच सय क्यूबिट थियो।
EZE 42:19 तब तिनी पश्‍चिम भागपट्टि फर्केर त्यो नापे; नाप्‍ने टाँगोअनुसार त्यो पनि पाँच सय क्यूबिट थियो।
EZE 42:20 यसरी तिनले चारैतिरका सबै इलाकाहरू नापे। मन्दिरका चारैतिर पवित्रस्थान र सामान्य स्थान छुट्टाउनका लागि पाँच सय क्यूबिट लम्बाइ र पाँच सय क्यूबिट चौडाइको पर्खाल थियो।
EZE 43:1 त्यसपछि ती मानिसले मलाई पूर्वतिर फर्केको मूलढोकामा ल्याए;
EZE 43:2 अनि मैले इस्राएलका परमेश्‍वरको महिमा पूर्व दिशाबाट आइरहेको देखेँ। उहाँको सोरचाहिँ बेगसित बहने पानीको गर्जनजस्तै थियो; अनि पृथ्वी उहाँको महिमाले चम्किरहेको थियो।
EZE 43:3 मैले देखेको दर्शन सहरलाई नाश गर्न आउनुहुँदा देखेको दर्शनजस्तै थियो, जुन मैले कबार नदीमा देखेको ती दर्शनहरूजस्ता थिए; अनि म भुइँमा घोप्टो परेर लडेँ।
EZE 43:4 याहवेहको महिमा पूर्वपट्टि फर्केको मूलढोकाबाट मन्दिरभित्र पस्यो।
EZE 43:5 तब आत्माले मलाई माथि उठाउनुभयो, र मलाई भित्री चोकमा ल्याउनुभयो; अनि याहवेहको महिमाले त्यस मन्दिरलाई भरिदियो।
EZE 43:6 जब ती मानिस मेरो छेउमा उभिरहेका थिए, तब मन्दिरभित्रबाट मसँग कोही बोलिरहेको मैले सुनेँ।
EZE 43:7 उहाँले भन्‍नुभयो: “हे मानिसको छोरा, यो मेरो सिंहासनको ठाउँ हो र मेरा पैतालाका निम्ति पाउदान हो। म सदासर्वदा इस्राएलीहरूको बीचमा यसै ठाउँमा बस्‍नेछु। इस्राएलका मानिसहरूले फेरि कहिल्यै मेरो पवित्र नाम अपवित्र गर्नेछैनन्, न तिनीहरूले, न त तिनीहरूका राजाहरूले—आफ्ना वेश्यावृत्तिद्वारा र तिनीहरूका आफ्ना राजाहरूका मृत्युको समयमा तिनीहरूका दाह संस्कारको बलिदानद्वारा मेरो पवित्र नामलाई फेरि कहिल्यै अपवित्र पार्नेछैनन्।
EZE 43:8 जब तिनीहरूले आफ्ना सँघार मेरो सँघारको छेवैमा र आफ्ना ढोकाका चौकसहरू मेरा चौकसहरूका छेवैमा तिनीहरूको र मेरो बीचमा एउटा पर्खाल मात्र राखेर बनाए, तब तिनीहरूले मेरो पवित्र नामलाई आफ्ना घिनलाग्दा कामहरूद्वारा अपवित्र पारे। यसकारण मैले मेरो रिसमा तिनीहरूलाई सर्वनाश गरेँ।
EZE 43:9 अब तिनीहरूले मबाट तिनीहरूका वेश्यावृत्ति दूर गरून्, र आफ्ना राजाहरूका मृत्युको समयमा तिनीहरूका दाह संस्कारको बलिदानलाई मबाट हटाइदिऊन्, तब म तिनीहरूसित सदासर्वदा रहनेछु।
EZE 43:10 “हे मानिसको छोरा, इस्राएलका मानिसहरूलाई मन्दिरको वर्णन गरिदे, र तिनीहरू आफ्ना पापहरूका निम्ति लज्जित होऊन्। तिनीहरूले मन्दिरको सिद्धतालाई राम्ररी विचार गरून्;
EZE 43:11 अनि यदि तिनीहरू आफूले गरेका सबै कामहरूप्रति लज्जित भए भने तिनीहरूलाई मन्दिरको नमुना—त्यसको लागि रूपरेखा, त्यसका बाहिर निस्कने ढोका र प्रवेशद्वारहरू—त्यसका सम्पूर्ण ढाँचा र त्यसका सबै नियम र विधिहरू बताइदे। यी कुराहरू तिनीहरूका सामु लेख्, ताकि तिनीहरूले मन्दिरका ढाँचालाई इमानदार भएर त्यसका सबै नियम विधिहरू पालन गरून्।
EZE 43:12 “मन्दिरको नियम यही हो: पर्वतको टुप्पोमा भएका चारैतिरका इलाका महा-पवित्र हुनेछन्। मन्दिरको नियम यही हो।
EZE 43:13 “मन्दिरका नापहरू लामो हातको नापअनुसार क्यूबिट लम्बाइ यस्तै हुन्: अर्थात् एक क्यूबिट र चार औँला; त्यसको आधार एक क्यूबिट गहिरो र एक क्यूबिट चौडा होऊन्, जसको किनारको चारैतिर एघार स्पान घेरा होस्। अनि वेदीको उचाइ यस्तो होस्:
EZE 43:14 जमिनको जगदेखि तल्‍लो किनारसम्म त्यो दुई क्यूबिट अग्लो र दुई क्यूबिट चौडा होस्। वेदीको वरिपरि सबैभन्दा तलको किनारदेखि माथिल्‍लो किनारसम्म त्यो चार क्यूबिट अग्लो र एक क्यूबिट चौडा होस्।
EZE 43:15 त्यसभन्दा माथि वेदीको अगेना वर्गाकार आकारको जहाँ बलिहरू जलाइन्छ, त्यो चार क्यूबिट अग्लो होस्, र अगेनाबाट चार वटा सिङहरू मास्तिर निस्केका होऊन्।
EZE 43:16 वेदीको अगेना वर्गाकार, बाह्र क्यूबिट लामो र बाह्र क्यूबिट चौडा होस्।
EZE 43:17 माथिल्‍लो किनार पनि वर्गाकार होस्, चौध क्यूबिट लामो र चौध क्यूबिट चौडा होस्। वेदीका चारैतिर आधा क्यूबिटको घेरा र एक क्यूबिटको जग होस्। वेदीको खुड्किलाहरू पूर्वतिर फर्केको होस्।”
EZE 43:18 त्यसपछि तिनले मलाई भने, “हे मानिसको छोरा, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: वेदी बनिएपछि त्यसमाथि होमबलि चढाउने र रगत छर्कने नियमहरू यी नै हुन्:
EZE 43:19 तैँले पाप शुद्धीकरण बलिको रूपमा एउटा बाछा सादोकको परिवारका लेवी पुजारीहरूलाई दिनू, जो मेरो सामु सेवा गर्नलाई नजिक आउँछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 43:20 तैँले त्यसको केही रगत लिएर त्यसलाई वेदीका चार वटा सिङहरूमा र माथिल्‍लो किनारका चारै कुनामा र वरिपरिका घेरामा लगाउनू; अनि यसरी वेदीलाई शुद्ध गरेर त्यसका निम्ति प्रायश्‍चित गर्नू।
EZE 43:21 तैँले पाप शुद्धीकरण बलिको निम्ति बाछा लिएर त्यसलाई पवित्रस्थानको बाहिर मन्दिरको इलाकामा तोकिएका ठाउँमा जलाइदिनू।
EZE 43:22 “दोस्रो दिन तैँले एउटा निष्खोट बोका पाप शुद्धीकरण बलिको रूपमा चढाउनू; अनि वेदीलाई बाछोले पहिलो दिनमा शुद्ध पारेझैँ शुद्ध पारून्।
EZE 43:23 तैँले त्यसलाई शुद्ध गरिसकेपछि, तैँले बगालबाट एउटा निष्खोट बाछो र एउटा निष्खोट भेडा चढाउनू।
EZE 43:24 तैँले ती याहवेहको सामु चढाउनू र पुजारीहरूले ती चढाइएको मासुमा नुन छर्कून् र तिनीहरूलाई होमबलिको रूपमा याहवेहलाई बलि चढाऊन्।
EZE 43:25 “तैँले सात दिनसम्म पाप शुद्धीकरण बलिको निम्ति हरेक दिन एउटा बोका जुटाउनू; तैँले बगालबाट एउटा निष्खोट बाछा र एउटा निष्खोट साँढभेडा जुटाउनू।
EZE 43:26 तिनीहरूले सात दिनसम्म वेदीको निम्ति प्रायश्‍चित गरून् र त्यसलाई शुद्ध पारून्; यसरी तिनीहरूले त्यसलाई अर्पण गर्नेछन्।
EZE 43:27 यी सात दिनहरूको अन्त्यमा, आठौँ दिनदेखि उसो पुजारीहरूले तेरा होमबलिहरू र मेलबलिहरू वेदीमा चढाउनुपर्छ। तब म इस्राएलका मानिसहरूलाई ग्रहण गर्नेछु; प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
EZE 44:1 त्यसपछि ती मानिसले मलाई बाहिरी पवित्रस्थानको पूर्वपट्टि फर्केको बाहिरी मूलढोकामा ल्याए; त्यो मूलढोका बन्द थियो।
EZE 44:2 याहवेहले मलाई भन्‍नुभयो, “यो मूलढोका बन्द रहनेछ। यो कहिल्यै खोलिनेछैन; यसबाट भित्र कोही पनि प्रवेश गर्न पाउनेछैन। यसकारण यो बन्द नै रहनेछ; किनभने याहवेह, इस्राएलका परमेश्‍वर यसबाट भएर भित्र प्रवेश गर्नुभएको छ।
EZE 44:3 राजकुमार आफैँ मात्र याहवेहको उपस्थितिमा खानलाई मूलढोकाभित्र पस्‍न सक्छन्। ऊ मूलढोकाको दलानको बाटो भएर प्रवेश गर्नुपर्छ, र त्यही बाटो भएर बाहिर निस्कनुपर्छ।”
EZE 44:4 तब ती मानिसले मलाई उत्तरी मूलढोकाबाट मन्दिरको अगाडि ल्याए; अनि मैले हेरेँ, र याहवेहको महिमाले मन्दिर भरिएको देखेँ, र म भुइँमा घोप्टो परेँ।
EZE 44:5 तब याहवेहले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, होसियारीसाथ हेर्, ध्यानपूर्वक सुन् र याहवेहको मन्दिरका नियमहरू र निर्देशनहरू सम्बन्धी मैले तँलाई भनेका सबै कुरामा ध्यान दे। मन्दिरको प्रवेशद्वार र पवित्रस्थानका बाहिर निस्कने ढोकाहरूमा ध्यान दिएर हेर्।
EZE 44:6 बागी इस्राएललाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे इस्राएलका मानिसहरू हो, तिमीहरूका घिनलाग्दा कामहरू अति भयो!
EZE 44:7 तिमीहरूका अरू सबै घिनलाग्दा कामहरूबाहेक, तिमीहरूले हृदय र शरीरमा खतना नभएका विदेशीहरूलाई मेरो पवित्रस्थानभित्र ल्याएका छौ। तिमीहरूले मलाई भोजन, बोसो र रगत चढाउँदा मेरो मन्दिरलाई अपवित्र तुल्याएका छौ; अनि तिमीहरूले मेरो करार भङ्ग गरेका छौ।
EZE 44:8 मेरा पवित्र थोकहरूको बारेमा आफ्ना कर्तव्य पूरा गर्नुको सट्टा, तिमीहरूले मेरो पवित्रस्थानको जिम्मा अरूलाई दिएका छौ।
EZE 44:9 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हृदय र शरीरमा खतना नभएको कुनै पनि विदेशी मेरो पवित्रस्थानमा पस्‍नुहुँदैन। इस्राएलीहरूका बीचमा बस्‍ने विदेशीहरूले पनि पस्‍न पाउनेछैन।
EZE 44:10 “ ‘जब इस्राएलले आफ्नो बाटो बिराएको थिए, तब ती लेवीहरू जो मबाट टाढा गए; तिनीहरू मूर्तिहरूका पछि लागेर मबाट तर्किएका थिए, अब ती लेवीहरूले आफ्ना पापको फल भोग्नैपर्छ।
EZE 44:11 तिनीहरूले मेरो पवित्रस्थानमा सेवा गर्न सक्छन्, र मन्दिरका मूलढोकाहरूका जिम्मा लिएर यसमा सेवा गर्न सक्छन्। तिनीहरूले मानिसहरूका निम्ति होमबलि र बलिदानहरूका पशुहरू मार्न सक्छन्; अनि मानिसहरूका सामु उभिएर तिनीहरूको सेवा गर्न सक्छन्।
EZE 44:12 तर तिनीहरूले तिनीहरूका मूर्तिहरूको उपस्थितिमा तिनीहरूको सामु सेवा गरे; अनि इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए। यसैकारण तिनीहरूले आफ्ना पापको फल भोग्नैपर्छ भनेर मैले हात उठाएर शपथ खाएको छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 44:13 तिनीहरू पुजारीको रूपमा मेरो सेवा गर्न नजिक आउन पाउनेछैनन्, न त तिनीहरू मेरा कुनै पनि पवित्र चीजहरू अथवा मेरा महा-पवित्र भेटीहरूका छेउमा आउन पाउनेछन्। तिनीहरूले आफ्ना घिनलाग्दा कामहरूको शर्म भोग्नुपर्नेछ।
EZE 44:14 तापनि म तिनीहरूलाई मन्दिरको सेवा र त्यहाँ गरिनुपर्ने सबै कामको जिम्मेवारीको निम्ति नियुक्त गर्नेछु।
EZE 44:15 “ ‘तर लेवी पुजारीहरू, जो सादोकका सन्तानहरू हुन्; इस्राएलीहरू मबाट बरालिएर टाढा गए तापनि तिनीहरूले मेरो पवित्रस्थानको सुरक्षा गरे। यसैले अब तिनीहरूचाहिँ सेवा गर्नलाई मेरो सामु पवित्रस्थानको नजिक आउनेछन्; मेरो सामु बोसो र रगतको बलिदानहरू चढाउनका निम्ति तिनीहरू खडा हुनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 44:16 तिनीहरू मात्र मेरो पवित्रस्थानभित्र प्रवेश गर्नेछन्; अनि तिनीहरू नै मेरो सेवा गर्न टेबुलको नजिक आउनेछन्, र मेरो सेवाको निम्ति गर्नुपर्ने सबै विधिहरू पूरा गर्नेछन्।
EZE 44:17 “ ‘तिनीहरू भित्री चोकको ढोकामा प्रवेश गर्दा तिनीहरूले सुतीका कपडा लगाउनुपर्नेछ; तिनीहरूले भित्री चोकका मूलढोकाहरूमा अथवा मन्दिरभित्र सेवा गर्दा कुनै पनि ऊनीको कपडा लगाउनुहुँदैन।
EZE 44:18 तिनीहरूले आफ्ना शिरमा सुती फेटा र तिनीहरूका कम्मरमा सुतीको भित्री कपडा लगाउनुपर्छ। तिनीहरूले पसिना आउने किसिमको कुनै पनि कपडा लगाउनुहुँदैन।
EZE 44:19 अनि जब तिनीहरू मानिसहरू भएको बाहिरी चोकमा निस्कन्छन्, तब तिनीहरूले सेवा गर्दा लगाउने कपडा तिनीहरूले फुकाल्नुपर्छ, र ती पवित्र कोठाहरूमा छोडिराख्नुपर्छ; अनि अन्य कपडा लगाउनुपर्छ, ताकि तिनीहरूले आफ्ना पवित्र वस्त्रद्वारा मानिसहरूलाई पवित्र नपारून्।
EZE 44:20 “ ‘तिनीहरूले तिनीहरूका केश नखौरून्, अथवा तिनीहरूका केश बढेर लामो हुन नदिऊन्, तर तिनीहरूले आफ्ना शिरका केशलाई छोटो राख्नुपर्छ।
EZE 44:21 पुजारी भित्री चोकभित्र पस्दा कुनै पनि दाखमद्य पिउनुहुँदैन।
EZE 44:22 तिनीहरूले विधवा अथवा सम्बन्ध-विच्छेद भएका स्त्रीहरूलाई विवाह गर्नुहुँदैन; तिनीहरूले इस्राएली वंशका कन्याहरू, अथवा पुजारीहरूका विधवाहरूसँग मात्र विवाह गर्न सक्छन्।
EZE 44:23 तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र सामान्य कुराको भिन्‍नता सिकाउनुपर्छ; अनि शुद्ध र अशुद्धको भिन्‍नता छुट्टाउन देखाउनुपर्छ।
EZE 44:24 “ ‘कुनै पनि विवादमा पुजारीले न्यायकर्ताको सेवा गर्नुपर्छ र तिनीहरूले मेरा धार्मिक नियमअनुसार फैसला गर्नुपर्छ। तिनीहरूले मेरा सबै तोकिएका चाडहरूका निम्ति मेरा व्यवस्थाहरू र उर्दीहरू पालन गर्नुपर्छ; अनि तिनीहरूले मेरा शब्बाथ दिनलाई पवित्र राख्नुपर्छ।
EZE 44:25 “ ‘मरेको मानिसको नजिक गएर पुजारीहरूले आफूलाई अपवित्र पार्नुहुँदैन; तरै पनि यदि त्यो मरेको व्यक्ति त्यसको बुबा वा आमा, छोरा वा छोरी, दाजुभाइ वा विवाह नभएकी दिदीबहिनी रहेछ भने तिनीहरूले आफूलाई अशुद्ध पार्न सक्छन्।
EZE 44:26 त्यो शुद्ध भएपछि त्यसले सात दिनसम्म पर्खनुपर्छ।
EZE 44:27 त्यो पवित्रस्थानमा सेवा गर्नलाई पवित्रस्थानको भित्री चोकमा गएको दिन त्यसले आफ्नो निम्ति एउटा पाप शुद्धीकरण बलि चढाउनुपर्छ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 44:28 “ ‘पुजारीहरूका पैतृक सम्पत्ति म नै हुँ। तिमीहरूले तिनीहरूलाई इस्राएलमा कुनै पनि सम्पत्ति नदिनू; तिनीहरूका सम्पत्तिको भाग म नै हुनेछु।
EZE 44:29 तिनीहरूले अन्‍नबलि, पाप शुद्धीकरण बलि र दोषबलि खानेछन्; अनि इस्राएलमा याहवेहलाई चढाइएको जेसुकै चीजहरू पनि तिनीहरूका हुनेछन्।
EZE 44:30 सबै पहिलो फलहरूको उत्तम भाग र विशेष भेटीहरूका उत्तम भाग पुजारीहरूकै हुनेछ। तिमीहरूको पहिलो पिठोको भाग पुजारीहरूलाई दिनू, ताकि तिमीहरूको घरानामा आशिष् रहिरहून्।
EZE 44:31 पुजारीहरूले आफैँ मरेको अथवा जङ्गली पशुहरूले मारेका, कुनै पनि चरा वा पशुको मासु खानुहुँदैन।
EZE 45:1 “ ‘तिमीहरूले उत्तराधिकारका रूपमा देशलाई विभाजन गर्दा जमिनको एक भाग पवित्र जिल्‍ला याहवेहका निम्ति भेटीको रूपमा चढाउनू। त्यो सम्पूर्ण इलाका पच्‍चीस हजार क्यूबिट लम्बाइ र बीस हजार क्यूबिट चौडाइको पवित्र इलाका हुनेछ।
EZE 45:2 पवित्र इलाकामा पाँच सय क्यूबिट वर्गकारको खण्ड पवित्रस्थानको निम्ति हुनेछ, जसको चारैतिर पचास क्यूबिटको खुला ठाउँ रहनेछ।
EZE 45:3 त्यस पवित्र जिल्‍लामा एउटा पच्‍चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ भएको भाग नापेर छुट्ट्याउनू। यसमा पवित्रस्थान र महा-पवित्रस्थान हुनेछ।
EZE 45:4 त्यो देशको पवित्र इलाका पुजारीहरू अर्थात् पवित्रस्थानमा सेवा गर्नेहरूका निम्ति हुनेछ, जो याहवेहको सेवा गर्नका निम्ति याहवेहको नजिक आउँछन्। यो पुजारीहरूका घरहरूका निम्ति र पवित्रस्थानका निम्ति एउटा पवित्र ठाउँ हुनेछ।
EZE 45:5 पच्‍चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ भएको एउटा इलाका लेवीहरूका निम्ति हुनेछ, जुन इलाका मन्दिरमा सेवा गर्ने लेवीहरू बसोबास गर्ने सहरको निम्ति तिनीहरूको अधिकारको रूपमा हुनेछ।
EZE 45:6 “ ‘तिमीहरूले सहरलाई यरूशलेमको सम्पत्तिको रूपमा पवित्र भागसित जोडिएको पाँच हजार क्यूबिट चौडाइ र पच्‍चीस हजार क्यूबिट लम्बाइको अर्को इलाका दिनू; त्यो इलाका इस्राएलको सम्पूर्ण घरानाको निम्ति हुनेछ।
EZE 45:7 “ ‘इस्राएलका राजकुमारले पवित्र जिल्‍ला र सहरको सम्पत्तिले बनिएको इलाकाको चारैतिर घेरिएको छेउको सिमानामा जमिन पाउनेछ। त्यो पश्‍चिम भागबाट पश्‍चिमतिर र पूर्व भागबाट पूर्वतिर फैलिएर जानेछ; अनि यो सम्पत्तिको भाग कुनै पनि कुलको जग्गाको भागको बराबर लम्बाइ हुनेछ, र पूर्वी सिमानाबाट पश्‍चिमी सिमानासम्म फैलिएर जानेछ।
EZE 45:8 यो जग्गा इस्राएलमा तिनको अधिकारमा हुनेछ। अनि मेरा राजकुमारले अब उसो फेरि मेरा प्रजा इस्राएलीहरूलाई अत्याचार गर्नेछैन; तर इस्राएलका घरानालाई तिनीहरूका कुलअनुसार देश अधिकार गर्न दिनेछ।
EZE 45:9 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे इस्राएलका राजकुमारहरू हो, तिमीहरूले अति नै गरेका छौ! तिमीहरूले आफ्ना हिंसा र अत्याचार त्यागिदेओ; अनि जे न्यायसङ्गत र धार्मिक छन्, त्यो काम गर। मेरा मानिसहरूलाई तिनीहरूका आफ्नो अधिकारको ठाउँबाट निकालिदिने काम बन्द गर, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 45:10 तिमीहरूले ठिक तराजु, ठिक एपा र ठिक बाथ प्रयोग गर्नुपर्छ।
EZE 45:11 तिमीहरूका एपा र बाथ एकै नापका होऊन्। ती दुईको नाप होमरको दशांशको भागअनुसार बराबर गर्नुपर्नेछ; दुवैका निम्ति होमर नै मापनको स्तर राखियोस्।
EZE 45:12 एक शेकेलमा बीस गेरा होस्। बीस शेकेलमा पच्‍चीस शेकेल र त्यसमा पन्ध्र शेकेल जोड्दा एक मीना हुनेछ।
EZE 45:13 “ ‘यो तिमीहरूले चढाउनुपर्ने विशेष भेटीको भाग हो: गहुँको प्रत्येक होमरबाट एपाको छैटौँ भाग र जौको प्रत्येक होमरबाट एपाको छैटौँ भाग दिनू।
EZE 45:14 लिटरबाट नापिएको जैतुन तेलको तोकिएको भाग प्रत्येक कोरबाट बाथको दसौँ भाग (जसमा दश बाथ अथवा एक होमर हुन्छ; किनकि दश बाथ बराबर एक होमर हुन्छ)।
EZE 45:15 साथै तिमीहरूले इस्राएलका प्रशस्त पानी भएको प्रत्येक हरियो खर्कका दुई सयको बगालबाट एउटा भेडा पनि लैजानुपर्छ। यी मानिसहरूका निम्ति प्रायश्‍चित गर्नलाई अन्‍नबलि, होमबलि र मेलबलिको निम्ति प्रयोग गरिनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 45:16 देशका सबै मानिसहरूले इस्राएलका राजकुमारको उपयोगको निम्ति यस विशेष भेटीको भाग दिनुपर्छ।
EZE 45:17 चाडपर्वहरूमा, नयाँ औँसीहरूमा र शब्बाथ दिनहरूमा होमबलिहरू, अन्‍नबलिहरू; अनि अर्घबलिहरूको प्रबन्ध गर्ने कर्तव्य त्यस शासकको हुनेछ—इस्राएली घरानाका सबै तोकिएका चाडहरूमा जुटाउनुपर्नेछ। शासकले इस्राएलीहरूका घरानाको निम्ति पापको प्रायश्‍चित गर्नका निम्ति पाप शुद्धीकरण बलि, अन्‍नबलि, होमबलि र मेलबलि जुटाउनेछन्।
EZE 45:18 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: पहिलो महिनाको पहिलो दिनमा तिमीहरूले एउटा निष्खोट बाछा लिएर पवित्रस्थानलाई शुद्ध पार्नू।
EZE 45:19 पुजारीले पाप शुद्धीकरण बलिबाट केही रगत लिएर त्यसलाई मन्दिरको ढोकाका चौकसहरूमा, वेदीको माथिल्‍लो किनारका चार कुनाहरूमा र भित्री चोकका मूलढोकाका चौकसहरूमा लगाओस्।
EZE 45:20 अनजानमा अथवा अज्ञानतामा पाप गर्ने जसकसैको लागि तिमीहरूले त्यस महिनाको सातौँ दिनमा त्यसै गर्नुपर्छ; यसरी तिमीहरूले मन्दिरका निम्ति प्रायश्‍चित गर्नू।
EZE 45:21 “ ‘पहिलो महिनाको चौधौँ दिनमा तिमीहरूका निम्ति निस्तार चाड हुनेछ, जुन चाड सात दिनसम्म रहनेछ। त्यस समयमा तिमीहरूले विनाखमिरको रोटी खानुपर्छ।
EZE 45:22 त्यस दिन शासकले आफ्नै निम्ति र देशका सबै मानिसहरूका निम्ति पाप शुद्धीकरण बलिको रूपमा एउटा साँढे चढाउनुपर्छ।
EZE 45:23 सात दिनको चाडमा शासकले प्रत्येक दिन याहवेहलाई होमबलिको रूपमा सात वटा निष्खोट साँढेहरू, सात वटा साँढभेडाहरू र पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका प्रबन्ध गर्नुपर्छ।
EZE 45:24 शासकले अन्‍नबलिको रूपमा प्रत्येक साँढेका निम्ति एक एपा अन्‍नबलि जुटाउनुपर्छ; अनि प्रत्येक साँढभेडाको निम्ति एक एपा र प्रत्येक एपाको निम्ति एक हिन जैतुन तेल पनि प्रबन्ध गर्नुपर्छ।
EZE 45:25 “ ‘त्यस चाडको सातौँ दिन, जुन सातौँ महिनाको पन्ध्रौँ दिनमा सुरु हुन्छ, शासकले पाप शुद्धीकरण बलि, होमबलि, अन्‍नबलि र जैतुन तेलको निम्ति समान प्रबन्ध गर्नुपर्छ।
EZE 46:1 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: भित्री चोकमा भएको पूर्वपट्टि फर्केको मूलढोका छ दिनसम्म बन्द रहोस्, तर शब्बाथ दिन र औँसीको दिनमा त्यो खोलियोस्।
EZE 46:2 राजकुमार बाहिरबाट मूलढोकाको दलानभएर भित्र पसोस्, र मूलढोकाको छेउमा उभिओस्। पुजारीहरूले राजकुमारका होमबलि र मेलबलि चढाऊन्। अनि राजकुमारले मूलढोकाको सँघारमा निहुरेर आराधना गरेर बाहिर निस्केर जाओस्, तर मूलढोका साँझसम्म बन्द नगरियोस्।
EZE 46:3 शब्बाथ दिन र औँसीको चाडमा देशका मानिसहरूले त्यस मूलढोकामा जाने प्रवेशद्वारमा याहवेहको उपस्थितिमा दण्डवत् गरून्।
EZE 46:4 शब्बाथ दिनमा राजकुमारले याहवेहलाई चढाउनुपर्ने होमबलि छ वटा थुमाहरू र एउटा साँढभेडा जुटाउनुपर्छ; अनि सबै पशुहरू निष्खोट हुनुपर्छ।
EZE 46:5 साँढभेडासित दिनुपर्ने अन्‍नबलि एक एपा र थुमासित दिनुपर्ने अन्‍नबलि उसलाई इच्छा लागेबमोजिम हुनुपर्छ। त्यससित प्रत्येक एपाको निम्ति एक हिन जैतुन तेल हुनुपर्छ।
EZE 46:6 नयाँ औँसीको दिन राजकुमारले एउटा बाछा, छ वटा थुमाहरू र एउटा साँढभेडा चढाउनुपर्छ; अनि सबै पशुहरू निष्खोट होऊन्।
EZE 46:7 राजकुमारले अन्‍नबलिको रूपमा बाछासित एक एपा, साँढभेडासित एक एपा, र थुमासित उसलाई इच्छा लागेबमोजिम र प्रत्येक एपाको निम्ति एक हिन जैतुनको तेल प्रबन्ध गरोस्।
EZE 46:8 अनि जब राजकुमार भित्र पस्दछ, तब त्यस मूलढोकाको दलानबाट भएर ऊ भित्र पसोस्; अनि त्यही बाटो भएर ऊ बाहिर निस्कोस्!
EZE 46:9 “ ‘जब देशका मानिसहरू तोकिएका चाडहरूका निम्ति याहवेहको सामु आउँछन्, तब दण्डवत् गर्नका निम्ति जो मानिस पनि उत्तरको मूलढोकाबाट भित्र भएर पस्छ, त्यो मानिस दक्षिणको मूलढोका भएर बाहिर निस्कोस्; अनि जो मानिस दक्षिणको मूलढोकाबाट भित्र पस्छ, त्यो मानिसचाहिँ उत्तरको मूलढोकाबाट बाहिर निस्कोस्। जुन मूलढोकाबाट भएर त्यो मानिस भित्र पसेको छ, त्यस मूलढोकाबाट बाहिर ननिस्कोस्, तर विपरीत मूलढोकाबाट भएर त्यो बाहिर निस्कोस्।
EZE 46:10 अनि जब इस्राएलीहरू भित्र जान्छन्, राजकुमार तिनीहरूसँगै भित्र जाओस्, र जब तिनीहरू बाहिर जान्छन्, राजकुमार पनि तिनीहरूसँगै बाहिर जाओस्।
EZE 46:11 चाडहरू र तोकिएका समयमा अन्‍नबलि एउटा बाछासहित एक एपा, एउटा साँढभेडासहित एक एपा, र थुमाहरूसहित आफूलाई इच्छा लागेअनुसारको कुराहरू र प्रत्येक एपाको निम्ति एक हिन जैतुन तेल होस्।
EZE 46:12 “ ‘जब राजकुमारले याहवेहलाई कुनै स्वेच्छा-भेटी प्रदान गर्छ, तब चाहे त्यो होमबलि होस् वा मेलबलि होस्; उसका लागि पूर्वपट्टि फर्केको मूलढोका खोलियोस्। उसले शब्बाथ दिनमा आफ्नो होमबलि अथवा मेलबलि चढाएझैँ चढाउनुपर्छ। तब ऊ बाहिर निस्केर गइसकेपछि मूलढोका बन्द गरियोस्।
EZE 46:13 “ ‘प्रत्येक दिन तिमीहरूले याहवेहलाई होमबलिको रूपमा एक बर्से निष्खोट थुमा चढाउनू; हरेक बिहान तिमीहरूले त्यो चढाउनू।
EZE 46:14 तिमीहरूले त्यससित हरेक बिहान अन्‍नबलिको एक एपाको छैटौँ भाग जति पिठो भिजाउनलाई एक तिहाइ हिन जैतुन तेलको प्रबन्ध गर्नुपर्छ। यो अन्‍नबलि याहवेहलाई चढाइने सदाकालको निम्ति विधि हो।
EZE 46:15 यसरी नियमित होमबलिको निम्ति थुमा, अन्‍नबलि र जैतुन तेल हरेक बिहान जुटाइयोस्।
EZE 46:16 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: यदि राजकुमारले आफ्नो उत्तराधिकारबाट आफ्ना छोराहरूमध्ये एक जनालाई कुनै उपहार दिन्छ भने त्यो पनि उसका सन्तानहरूको हुनेछ; त्यो तिनीहरूको उत्तराधिकारद्वारा तिनीहरूकै सम्पत्ति हुनुपर्छ।
EZE 46:17 तर यदि उसले आफ्नो उत्तराधिकारबाट आफ्ना सेवकहरूमध्ये एक जनालाई कुनै भेटी वा उपहार दिन्छ भने त्यस सेवकले यसलाई स्वतन्त्रताको वर्षसम्म राख्न सक्छ। त्यसपछि त्यो उपहार राजकुमारकहाँ नै फिर्ता हुनेछ। उसको उत्तराधिकार उसकै छोराहरूका निम्ति मात्र हुनेछ; त्यो तिनीहरूका निम्ति नै हो।
EZE 46:18 राजकुमारले मानिसहरूको कुनै पनि उत्तराधिकार लिनुहुँदैन, नत्रता उसले मानिसहरूलाई तिनीहरूका सम्पत्तिबाट निकालेर थिचोमिचोमा पार्नेछ। राजकुमारले आफ्ना छोराहरूलाई तिनीहरूका उत्तराधिकार आफ्नै सम्पत्तिबाट दिनुपर्छ। यसरी मेरो कुनै पनि मानिसहरू तिनीहरूको सम्पत्तिबाट अलग गरिनेछैन।’ ”
EZE 46:19 त्यसपछि ती मानिसले मलाई मूलढोकाको छेउको प्रवेशद्वारबाट उत्तरपट्टि फर्केका पवित्र कोठाहरूमा ल्याए, जुन कोठा पुजारीहरूका निम्ति थिए; अनि मलाई पश्‍चिमी किनारमा भएको एउटा ठाउँ देखाए।
EZE 46:20 तिनले मलाई भने, “यो त्यही ठाउँ हो, जहाँ पुजारीहरूले दोषबलि, पाप शुद्धीकरण बलि पोल्नुपर्छ, र अन्‍नबलि पकाउनुपर्छ, ताकि तिनीहरूले यी पवित्र थोकहरू बाहिरी चोकमा नलैजाऊन् र मानिसहरूलाई पवित्र नपारून्।”
EZE 46:21 त्यसपछि तिनले मलाई पवित्र चीज पकाउने ठाउँबाट बाहिरी चोकमा ल्याए, र मन्दिरका बाहिरी पर्खालका भित्रपट्टिको चारै कुनाहरूमा मलाई लगे; अनि मैले प्रत्येक कुनामा अर्को स-साना चोकहरू देखेँ।
EZE 46:22 बाहिरी चोकका चार कुनाहरूमा चालीस क्यूबिट लम्बाइ र तीस क्यूबिट चौडाइका घेरिएका चोकहरू थिए; चोकको प्रत्येक चार कुनामा भएको स-सानो चोक एउटै आकारका थिए।
EZE 46:23 बाहिरी चोकमा भएका प्रत्येक चारै वटा कुनाको भित्रपट्टि चारैतिर ढुङ्गाले पर्खाल लगाएको किनार थियो; पर्खालको किनारसँग जोडिएको खाना पकाउने चुल्हाहरू निर्माण गरिएका थिए।
EZE 46:24 तिनले मलाई भने, “यी भान्सा कोठाहरू हुन्, जहाँ मन्दिरको सेवा गर्नेहरूले मानिसहरूले चढाएका बलिदानहरू पकाउनेछन्।”
EZE 47:1 ती मानिसले मलाई मन्दिरको प्रवेशद्वारमा फेरि फर्काएर ल्याए; अनि मैले मन्दिरको सँघारको मुन्तिरबाट पानी पूर्वपट्टि निस्किरहेको देखेँ (किनकि मन्दिर पूर्वपट्टि नै फर्केको थियो)। त्यो पानी मन्दिरको दक्षिण भागको मुन्तिरबाट बगेर वेदीको दक्षिणबाट तल निस्किरहेको थियो।
EZE 47:2 त्यसपछि तिनले मलाई उत्तरको मूलढोकाबाट बाहिर ल्याए, र मलाई पूर्वपट्टि फर्केको बाहिरी मूलढोकाको बाहिर ल्याए; अनि पानीचाहिँ दक्षिणपट्टिबाट बगिरहेको थियो।
EZE 47:3 अनि जब ती मानिस आफ्नो हातमा नाप्‍ने डोरी लिएर पूर्वपट्टि गए, तब तिनले एक हजार क्यूबिट नापे, र मलाई गोलीगाँठासम्मको पानीबाट भएर लगे।
EZE 47:4 तिनले अर्को एक हजार क्यूबिट नापे र मलाई घुँडासम्मको पानीबाट भएर लगे। तिनले अर्को एक हजार क्यूबिट नापे, र मलाई कम्मरसम्मको पानीबाट भएर लगे।
EZE 47:5 तिनले अर्को एक हजार क्यूबिट नापे, तर अब त्यो एउटा नदी भयो, जुन मैले पार गर्नै नसक्ने रहेछ; किनकि पानी बढेको थियो र पौडी खेल्न सकिने गहिरो थियो—त्यो एउटा यस्तो नदी थियो, जसलाई कसैले पार गर्न सकिँदैनथ्यो।
EZE 47:6 तिनले मलाई सोधे, “हे मानिसको छोरा, के तँ यो देख्दैछस्?” त्यसपछि तिनले मलाई फर्काएर फेरि त्यस नदीको किनारमा लगे।
EZE 47:7 जब म त्यहाँ आइपुगेँ, तब मैले नदीका दुवै किनारमा धेरै रूखहरू देखेँ।
EZE 47:8 तिनले मलाई भने, “यो पानी पूर्वी इलाकापट्टि बग्छ, र त्यहाँदेखि अराबामातिर जान्छ; त्यसपछि यो पानी मृत सागरमा मिसिन्छ। जब यो समुद्रमा पस्छ, तब त्यहाँको नुनिलो पानी सफा हुन्छ।
EZE 47:9 जहाँ-जहाँ यो नदी बग्छ, त्यहाँ जीवित प्राणीहरूका झुण्डहरू जीवित रहनेछन्। त्यहाँ धेरै संख्यामा माछाहरू हुनेछन्; किनकि त्यो पानी त्यहाँ बग्छ, ताकि नुनिलो पानीलाई ताजा बनाइदिओस्; यसरी जहाँ यो नदी बग्छ, त्यहाँ सबै कुरा जीवित रहनेछन्।
EZE 47:10 जालहारीहरू समुद्रको किनारामा उभिनेछन्; एन-गदीदेखि एन-एग्लैमसम्म जाल फिँजाउने ठाउँहरू हुनेछन्। त्यहाँ धेरै किसिमका माछाहरू हुनेछन्—भूमध्य सागरका माछाहरूजस्तै धेरै किसिमका माछाहरू हुनेछन्।
EZE 47:11 तर दलदले ठाउँ र सिमसारहरू सफा पारिनेछैनन्; ती नुनकै निम्ति नुनिला छोडिनेछन्।
EZE 47:12 नदीका दुवै किनारहरूमा सबै किसिमका फलफूलका रूखहरू उम्रेर बढ्नेछन्। तिनीहरूका पातहरू ओइलाउने छैनन्, न त तिनीहरूले फल दिन छोड्नेछन्। तिनीहरूले प्रत्येक महिना ताजा फल दिनेछन्; किनकि ती फलफूलको बोटहरूका निम्ति पवित्रस्थानबाट पानी बगेर आउँछ। तिनीहरूका फलहरू भोजनका निम्ति र तिनीहरूका पातहरू औषधीका निम्ति काम लाग्नेछन्।”
EZE 47:13 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “यी ती सिमानाहरू हुन्, जसअनुसार तिमीहरूले इस्राएलका बाह्र कुलको बीचमा उत्तराधिकारको रूपमा योसेफको निम्ति दुई भाग सहित देशलाई विभाजन गर्नेछौ।
EZE 47:14 तिमीहरूले आफ्नो बीचमा बराबर गरी भागबण्डा गर्नुपर्नेछ। मैले तिमीहरूका पितापुर्खाहरूलाई दिनेछु भनी मेरा हात उठाएर शपथ खाएको कारण यो देश तिमीहरूका उत्तराधिकार हुनेछ।”
EZE 47:15 यो देशको सिमाना यस्तो हुनेछ: “उत्तर दिशामा भूमध्य सागरबाट हेत्लोनको सडकहुँदै यो लेबो-हमात भएर सदादसम्म जानेछ;
EZE 47:16 बेरोताह र सिब्रैममा (जुनचाहिँ दमस्कसको उत्तरमा र हमातको दक्षिण सिमानाको बीचमा पर्छ) हौरनको सिमानामा भएको हासेर-हात्तीकोनसम्म जान्छ।
EZE 47:17 यसरी उत्तरी सिमाना भूमध्य सागरदेखि दमस्कसको उत्तरी सिमानामा हसर-एनोनसम्म पुग्नेछ, त्यसको उत्तरमा हमातको सिमानासम्म फैलिनेछ। योचाहिँ उत्तरी सीमा हुनेछ।
EZE 47:18 पूर्वपट्टिको सिमाना हौरन र दमस्कसको माझहुँदै यर्दन नदीको किनारै-किनार गिलाद र इस्राएल देशको बीच पूर्वी मृत सागर र दक्षिणपट्टि तामारसम्म नै जानेछ। योचाहिँ पूर्वी सिमाना हुनेछ।
EZE 47:19 दक्षिणपट्टिको सिमाना, यो तामारबाट मेरीबा कादेशका पानीसम्म पुग्नेछ; त्यहाँबाट इजिप्टको बेँसीको किनारै-किनार भएर भूमध्य सागरसम्म जान्छ। योचाहिँ दक्षिणी सिमाना हुनेछ।
EZE 47:20 पश्‍चिमपट्टिको सिमानाचाहिँ लेबो हमातको विपरीत किनारासम्म भूमध्य सागर नै सिमाना हुनेछ। योचाहिँ पश्‍चिमी सिमाना हुनेछ।
EZE 47:21 “तिमीहरूले यो देशलाई इस्राएलका कुलअनुसार आफ्ना बीचमा विभाजन गर्नू।
EZE 47:22 तिमीहरूले यस देशलाई तिमीहरूका निम्ति र तिमीहरूका बीचमा बसोबास गर्ने र सन्तान भएका विदेशीहरूका निम्ति उत्तराधिकारको रूपमा चिट्ठा हालेर भागबण्डा गर्नू। तिमीहरूले तिनीहरूलाई स्वदेशमै जन्मेका स्वदेशी इस्राएलीहरूजस्तै व्यवहार गर्नू; तिमीहरूसितै तिनीहरूले पनि चिट्ठा हालेर इस्राएलका कुलहरूको बीचमा उत्तराधिकार पाउनुपर्छ।
EZE 47:23 जुनसुकै कुलमा ती विदेशीहरू बसोबास गरे तापनि त्यहाँ तिमीहरूले तिनीहरूलाई तिनीहरूको उत्तराधिकार दिनू,” प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 48:1 “नामअनुसार सूचित गरिएका कुलहरू यिनै हुन्: “उत्तरी सिमानाबाट दानले एक भाग पाउनेछ; त्यो हेत्लोनको बाटोहुँदै लेबो-हमातसम्म जानेछ; हसर-एनान र हमात पछिको उत्तरी दमस्कसको सिमाना पूर्व भागदेखि पश्‍चिम भागसम्म फैलिएको दानको सिमाना हुनेछ।
EZE 48:2 आशेरको एक भाग हुनेछ; त्यसको सिमाना दानको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ।
EZE 48:3 नप्‍तालीको एक भाग हुनेछ; त्यसको सिमाना आशेरको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ।
EZE 48:4 मनश्शेको एक भाग हुनेछ; त्यसको सिमाना नप्‍तालीको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ।
EZE 48:5 एफ्राइमको एक भाग हुनेछ; त्यसको सिमाना मनश्शेको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ।
EZE 48:6 रूबेनको एक भाग हुनेछ; त्यसको सिमाना एफ्राइमको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ।
EZE 48:7 यहूदाको एक भाग हुनेछ; त्यसको सिमाना रूबेनको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ।
EZE 48:8 “यहूदाको पूर्वदेखि पश्‍चिमसम्म एक भाग तिमीहरूले एउटा विशेष उपहारको रूपमा दिनुपर्छ। त्यो पच्‍चीस हजार क्यूबिट चौडाइ हुनेछ, र त्यसको लम्बाइ पूर्वदेखि पश्‍चिमसम्म एक कुलको भाग बराबर हुनेछ; पवित्रस्थान त्यसको बीच भागमा हुनेछ।
EZE 48:9 “तिमीहरूले याहवेहलाई चढाउनुपर्ने विशेष भाग पच्‍चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ हुनेछ।
EZE 48:10 यो भाग पुजारीहरूका निम्ति पवित्र भाग हुनेछ। त्यो उत्तरपट्टि पच्‍चीस हजार क्यूबिट लम्बाइ, पश्‍चिमपट्टि दश हजार क्यूबिट चौडाइ, पूर्वपट्टि दश हजार क्यूबिट चौडाइ र दक्षिणपट्टि पच्‍चीस हजार क्यूबिट लम्बाइ हुनेछ। त्यसको बीच भागमा याहवेहको पवित्रस्थान हुनेछ।
EZE 48:11 यो भाग सादोकवंशीहरूबाट पवित्र पारिएका पुजारीहरूका निम्ति हुनेछ, जो मेरो सेवा गर्नमा इमानदारी थिए; अनि तिनीहरूचाहिँ इस्राएलीहरू बरालिएर गएको बेलामा अरू लेवीहरू बरालिएर गएझैँ बरालिएनन्।
EZE 48:12 देशको पवित्र भागबाट यो भाग तिनीहरूका निम्ति एक विशेष उपहार हुनेछ; एक महा-पवित्र भाग, जुन लेवीहरूको इलाकाको दक्षिणी सिमानामा जोडिएको एक विशेष भाग हुनेछ।
EZE 48:13 “पुजारीहरूको इलाकाको दक्षिणी सिमानाको छेउमा लेवीहरूले पच्‍चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइको ठाउँ पाउनेछन्। त्यसको पूरै लम्बाइ पच्‍चीस हजार क्यूबिट र त्यसको चौडाइ दश हजार क्यूबिट हुनेछ।
EZE 48:14 तिनीहरूले त्यस पवित्र जग्गाको कुनै पनि भाग बेच्न अथवा साट्न पाउनेछैनन्। त्यो देशको सबैभन्दा उत्तम भाग हो, र त्यो अरूको हातमा जानुहुँदैन; किनकि त्यो भाग याहवेहको निम्ति पवित्र छ।
EZE 48:15 “बाँकी रहेको पाँच हजार क्यूबिट चौडाइ र पच्‍चीस हजार क्यूबिट लम्बाइको इलाका सहरको साधारण प्रयोगको निम्ति, घरहरू र खर्कको निम्ति हुनेछ। अनि सहर त्यसको बीच भागमा हुनेछ।
EZE 48:16 अनि त्यसका नापहरू यस्ता हुनेछन्: उत्तर भाग चार हजार पाँच सय क्यूबिट, दक्षिण भाग चार हजार पाँच सय क्यूबिट, पूर्व भाग चार हजार पाँच सय क्यूबिट र पश्‍चिम भाग चार हजार पाँच सय क्यूबिट।
EZE 48:17 सहरको निम्ति खर्क उत्तरमा दुई सय पचास क्यूबिट, दक्षिणमा दुई सय पचास क्यूबिट, पूर्वमा दुई सय पचास क्यूबिट र पश्‍चिममा दुई सय पचास क्यूबिट हुनेछ।
EZE 48:18 बाँकी रहेको भाग, पवित्र भागको दक्षिणी सिमाना र त्यसको लम्बाइपट्टि जाने पूर्व भागमा दश हजार क्यूबिट र त्यसको पश्‍चिम भागमा दश हजार क्यूबिट हुनेछ। त्यस भागको उत्पादनबाट सहरका काम गर्ने मजदुरहरूका निम्ति भोजनको आपूर्ति हुनेछ।
EZE 48:19 त्यस भागमा खेती गर्न आउने श्रमिकहरू सहरका इस्राएलका सबै कुलहरूबाट हुनेछन्।
EZE 48:20 त्यो सम्पूर्ण खेतीको भाग एक वर्गाकार हुनेछ, जसको चारैपट्टि पच्‍चीस हजार क्यूबिट हुनेछ। सहरको सम्पत्तिसँगै एक विशेष उपहारको रूपमा तिमीहरूले पवित्र भाग छुट्याएर राख्नेछौ।
EZE 48:21 “पवित्र भाग र सहरको सम्पत्ति मिलेर बनिएको इलाकाका दुवै छेउमा बाँकी रहेको भागचाहिँ राजाको हुनेछ। यो पच्‍चीस हजार क्यूबिट पवित्र भागदेखि पूर्वतिर गएर पूर्व सिमानासम्म, र पश्‍चिमतिर पच्‍चीस हजार क्यूबिटदेखि पश्‍चिम सिमानासम्म जान्छ। कुलको भागहरूको लम्बाइतिर जाने यी दुवै भागहरू राजकुमारको हुनेछ; अनि मन्दिरको पवित्रस्थानको बीचमा तिनीहरूको पवित्र भाग हुनेछ।
EZE 48:22 यसरी लेवीहरूको सम्पत्ति र सहरको सम्पत्ति राजकुमारको इलाकाको बीचमा पर्नेछ। राजकुमारको इलाका यहूदाको सिमाना र बेन्यामीनको सिमानाको बीचमा हुनेछ।
EZE 48:23 “बाँकी कुलहरूका निम्ति यस प्रकार हुनेछ: “बेन्यामीनको एक भाग हुनेछ; त्यसको भाग विशेष भागको सिमानाको पूर्वी भागदेखि पश्‍चिमी भागसम्म फैलिनेछ।
EZE 48:24 शिमियोनको एक भाग हुनेछ; त्यसको भाग बेन्यामीनको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ।
EZE 48:25 इस्साखारको एक भाग हुनेछ; त्यसको सिमाना शिमियोनको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ।
EZE 48:26 जबूलूनको एउटा भाग हुनेछ; त्यसको सिमाना इस्साखारको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ।
EZE 48:27 गादको एउटा भाग हुनेछ; त्यसको सिमाना जबूलूनको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ।
EZE 48:28 गादको दक्षिण सिमाना तामारदेखि मेरीबा कादेशको पानीसम्म दक्षिणतिर जानेछ; त्यसपछि इजिप्टको बेँसीहुँदै भूमध्य सागरसम्म हुनेछ।
EZE 48:29 “यो त्यो भूमि हो, जुन तिमीहरूले इस्राएलका कुलहरूलाई उत्तराधिकारको रूपमा अंशबण्डा गर्नेछौ; अनि तिनीहरूका भागहरू यिनै हुनेछन्,” प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
EZE 48:30 “सहरबाट बाहिर निस्कने मूलढोकाहरू यिनै हुन्: “उत्तरको भागबाट सुरु भएर, जुनचाहिँ चार हजार पाँच सय क्यूबिट लम्बाइ हुनेछ,
EZE 48:31 सहरका मूलढोकाहरूका नाम इस्राएलका कुलहरूको नामअनुसार राखिनेछन्। उत्तर भागमा भएका तीन वटा मूलढोकाहरू, रूबेनको मूलढोका, यहूदाको मूलढोका र लेवीको मूलढोका हुनेछन्।
EZE 48:32 पूर्वको भागमा, जुनचाहिँ चार हजार पाँच सय क्यूबिट लम्बाइ हुनेछ, र सहरमा तीन वटा मूलढोकाहरू हुनेछन्: योसेफको मूलढोका, बेन्यामीनको मूलढोका र दानको मूलढोका।
EZE 48:33 दक्षिणपट्टिको भागमा, जुनचाहिँ चार हजार पाँच सय क्यूबिट नापको हुनेछ; सहरमा तीन वटा मूलढोकाहरू हुनेछन्: शिमियोनको मूलढोका, इस्साखारको मूलढोका र जबूलूनको मूलढोका।
EZE 48:34 पश्‍चिमपट्टिको भागमा, चार हजार पाँच सय क्यूबिट लम्बाइ हुनेछ, सहरको तीन वटा मूलढोकाहरू हुनेछन्; गादको मूलढोका, आशेरको मूलढोका र नप्‍तालीको मूलढोका।
EZE 48:35 “सहरको चारैतिरको घेरा अठार हजार क्यूबिट हुनेछ। “अनि त्यस समयदेखि उसो त्यस सहरको नाम यो हुनेछ: ‘याहवेह शम्मा।’ ”
DAN 1:1 यहूदाका राजा यहोयाकीमको शासनकालको तेस्रो वर्षमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आए र त्यसलाई घेरा हाले।
DAN 1:2 अनि प्रभुले यहूदाका राजा यहोयाकीमलाई परमेश्‍वरको भवनका केही भाँडाकुँडाहरूसहित तिनको हातमा सुम्पिदिनुभयो। तिनले ती सामानहरू बेबिलोनमा भएको आफ्नो देवताको मन्दिरमा लगे र ती भाँडाकुँडाहरू आफ्ना देवताकै भण्डारमा राखे।
DAN 1:3 त्यसपछि राजाले आफ्ना दरबारका अधिकारीहरूका प्रमुख अशपनजलाई इस्राएली मानिसहरूका राजकीय परिवारबाट र प्रमुख मानिसहरूबाट केही व्यक्तिहरूलाई राजाको सेवाको निम्ति ल्याउनू भनी हुकुम गरे—
DAN 1:4 जो शारीरिक खोट नभएका जवान मानिसहरू, सुन्दर, सबै किसिमका बुद्धि प्राप्‍त गर्न सक्ने रुचि भएका, सबै कुराको ज्ञान भएका, छिटो सिक्न सक्ने र राजाको राजदरबारमा सेवा गर्न योग्यका होऊन्। अशपनजले तिनीहरूलाई बेबिलोनीहरूका भाषा र साहित्य सिकाउनुपर्ने थियो।
DAN 1:5 राजाले तिनीहरूलाई दैनिक भोजनका निम्ति राजाकै टेबुलबाट खाना र दाखमद्य दिनलाई आदेश दिएका थिए। तिनीहरूले तीन वर्षसम्म तालिम प्राप्‍त गर्नुपर्नेथियो; अनि त्यसपछि तिनीहरू राजाको सेवामा प्रवेश हुनुपर्नेथियो।
DAN 1:6 चुनिएकाहरूमध्ये यहूदाका कुलका दानिएल, हनन्याह, मिशाएल र अजर्याह थिए।
DAN 1:7 प्रमुख अधिकारी अशपनजले तिनीहरूलाई नयाँ नाम दिए: दानिएललाई बेलतसजर, हनन्याहलाई शद्रक, मिशाएललाई मेशक र अजर्याहलाई अबेद्नगो।
DAN 1:8 तर दानिएलले राजकीय भोजन र दाखमद्यले आफूलाई अशुद्ध नतुल्याउने अठोट गरे; यसकारण तिनले आफूलाई अशुद्ध पार्नु नपरोस् भनी प्रमुख अधिकारीसँग अनुमति मागे।
DAN 1:9 परमेश्‍वरले त्यस अधिकारीलाई दानिएलप्रति निगाह र कृपा देखाउने तुल्याउनुभएको थियो;
DAN 1:10 तर त्यस अधिकारीले दानिएललाई भने, “मलाई मेरा आदेश दिने राजा, मेरा मालिकदेखि म डराउँछु, जसले तिमीहरूलाई राजकीय भोजन र दाखमद्यका सम्बन्धमा मलाई खटाउनुभएको छ। तिमीहरूका उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू किन खराब अवस्थाका देखिनु र? तिमीहरूका कारणले गर्दा राजाले मेरो ज्यान लिनुहुनेछ।”
DAN 1:11 तब दानिएल, हनन्याह, मिशाएल र अजर्याहमाथि प्रमुख अधिकारी अशपनजले खटाएको सुरक्षाकर्मीलाई दानिएलले भने,
DAN 1:12 “बिन्ती गर्दछु, तपाईंका सेवकहरूलाई दश दिनसम्म जाँचेर हेर्नुहोस्: हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्।
DAN 1:13 त्यसपछि हामीलाई राजकीय भोजन खाने ती जवान मानिसहरूसित दाँजेर हेर्नुहोस्; अनि तपाईंले देख्नुभएअनुसार आफ्ना सेवकहरूसित व्यवहार गर्नुहोस्।”
DAN 1:14 यसकारण सुरक्षाकर्मी यस कुरामा राजी भए, र तिनले उनीहरूलाई दश दिनसम्म जाँच गरे।
DAN 1:15 दश दिन बितेपछि राजकीय भोजन खाने ती जवान मानिसहरूभन्दा तिनीहरू स्वस्थ र हृष्‍टपुष्‍ट देखिए।
DAN 1:16 यसकारण त्यस सुरक्षाकर्मीले तिनीहरूले खानुपर्ने राजकीय भोजन र पिउनुपर्ने दाखमद्य हटाए; अनि त्यसको सट्टा तिनीहरूलाई सागपात दिए।
DAN 1:17 ती चार जवान मानिसहरूलाई परमेश्‍वरले सबै किसिमका साहित्य र शिक्षाको ज्ञान र समझशक्ति दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाका अर्थ खोल्न सक्ने भए।
DAN 1:18 राजाले तिनीहरूलाई आफ्नो सेवामा ल्याउन तोकेको समयको अन्तमा, ती प्रमुख अधिकारी अशपनजले तिनीहरूलाई नबूकदनेसरकहाँ प्रस्तुत गरे।
DAN 1:19 राजाले तिनीहरूसँग कुरा गरे; अनि अरू कसैलाई पनि दानिएल, हनन्याह, मिशाएल र अजर्याहको बराबर भेट्टाएनन्; यसकारण तिनीहरू राजाको सेवा गर्नलाई नियुक्त भए।
DAN 1:20 राजाले तिनीहरूलाई बुद्धि र समझको बारेमा जस्तोसुकै प्रश्न सोधे तापनि राजाले तिनीहरूलाई आफ्ना राज्यभरि भएका सबै जादुगर र तन्त्रमन्त्र गर्नेहरूभन्दा दश गुणा असल भेट्टाए।
DAN 1:21 अनि कोरेस राजाको शासनकालको पहिलो वर्षसम्म बेबिलोनको राजकीय सेवामा दानिएल रहिरहे।
DAN 2:1 नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा तिनले सपना देखे; यस सपनाको कारण तिनको मन विचलित भयो र तिनी सुत्न सकेनन्।
DAN 2:2 यसकारण राजाले आफूले देखेको सपनाको अर्थ तिनलाई बताइदेऊन् भनी जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, विजुवाहरू र ज्योतिषीहरूलाई बोलाइपठाए। जब तिनीहरू भित्र आए, र राजाको सामु उभिए;
DAN 2:3 अनि राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखेको छु, र त्यसले मलाई विचलित पारेको छ। त्यस सपनाको अर्थ के हो भनी म बुझ्न चाहन्छु।”
DAN 2:4 तब ती ज्योतिषीहरूले राजालाई अरामी भाषामा भने, “राजा अमर रहून्! तपाईंका सेवकहरूलाई सपना भन्‍नुहोस्, र हामी त्यसको अर्थ खोलिदिनेछौँ।”
DAN 2:5 राजाले ज्योतिषीहरूलाई भने, “मैले यो दृढतापूर्वक निश्‍चय गरेको छु: यदि तिमीहरूले मेरो सपना के थियो सो भन्‍न सकेनौ र मलाई त्यसको अर्थ बुझाउन सकेनौ भने म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र तिमीहरूका घरहरू ढुङ्गाको थुप्रोमा परिणत गरिनेछन्।
DAN 2:6 तर यदि तिमीहरूले मलाई सपना र त्यसको अर्थ बताउन सक्यौ भने मबाट तिमीहरूले उपहारहरू, इनामहरू र ठूलो सम्मान पाउनेछौ। यसकारण तिमीहरूले मेरो सपना र त्यसको अर्थ खोलिदेओ!”
DAN 2:7 तिनीहरूले फेरि जवाफ दिएर भने, “राजाले आफ्नो सपना आफ्ना सेवकहरूलाई बताऊन्, तब हामी त्यसको अर्थ खोलिदिनेछौँ।”
DAN 2:8 तब राजाले भने, “म निश्‍चित छु, तिमीहरूले समय निकालेर टार्ने कोसिस गरिरहेका छौ; किनकि मैले यो दृढतापूर्वक निर्णय गरेको छु भनेर तिमीहरूले थाहा पाएका छौ।
DAN 2:9 यदि तिमीहरूले मलाई त्यो सपना बताउन सकेनौ भने तिमीहरूका निम्ति एउटै मात्र दण्ड छ। तिमीहरूले परिस्थिति बदल्ने आशामा मलाई भ्रममा पार्ने र दुष्‍ट कुराहरू बताउने षड्यन्त्र गरेका छौ। यसकारण अब मलाई त्यो सपना भनिदेओ, तब तिमीहरूले मेरा निम्ति त्यस सपनाको अर्थ खोलिदिन सक्छौ भनी म जान्‍नेछु।”
DAN 2:10 ती ज्योतिषीहरूले राजालाई जवाफ दिए, “राजाले भन्‍नुभएको कुरा गर्न सक्ने मानिस पृथ्वीमा एउटै पनि छैन! राजा जतिसुकै महान् र शक्तिशाली भए तापनि कुनै पनि जादुगर अथवा तन्त्रमन्त्र गर्ने अथवा ज्योतिषीलाई यस्तो कुरा कहिल्यै पनि सोधेका थिएनन्।
DAN 2:11 राजाले सोध्नुभएको कुरा अति गाह्रो छ। देवताहरूले बाहेक अरू कसैले पनि राजालाई यो कुरा प्रकट गर्न सक्दैन; अनि ती देवताहरू मानिसहरूको बीचमा बास बस्दैनन्।”
DAN 2:12 यस कुराले राजालाई यतिसम्म रिस र क्रोधित तुल्यायो, कि तिनले बेबिलोनका सबै बुद्धिमान् मानिसहरूलाई मृत्युदण्ड दिने हुकुम दिए।
DAN 2:13 यसकारण बुद्धिमान् मानिसहरूलाई मार्ने आदेश पठाइयो; अनि दानिएल र तिनका साथीहरू पनि मारिऊन् भनी तिनीहरूलाई ल्याउन भनी मानिसहरू पठाइए।
DAN 2:14 जब राजाका अङ्गरक्षक सेनापति अर्योक, बेबिलोनका बुद्धिमान् मानिसहरूलाई मार्नका निम्ति गएका थिए, तब दानिएलले अर्योकसित अति बुद्धिमानीसाथ र विवेकशील कुरा गरे।
DAN 2:15 तिनले राजाका अधिकारीलाई सोधे, “राजाले यस्तो कठोर आदेश किन जारी गर्नुभयो?” तब अर्योकले दानिएललाई सबै कुरा बताइदिए।
DAN 2:16 त्यो कुरा सुनेर दानिएल भित्र गए, र तिनले राजासँग समय मागे, ताकि राजाको निम्ति सपनाको अर्थ खोलिदिन सकून्।
DAN 2:17 तब दानिएल आफ्नो घरमा फर्के; अनि त्यस बारेमा आफ्ना साथीहरू हनन्याह, मिशाएल र अजर्याहलाई बताए।
DAN 2:18 तिनले साथीहरूलाई त्यस रहस्यमय कुराको अर्थ खोल्न स्वर्गका परमेश्‍वरसित तिनीहरूले कृपाको निम्ति प्रार्थना गरून् भनी आग्रह गरे, ताकि तिनी र तिनका आफ्ना साथीहरू बेबिलोनका बुद्धिमान् मानिसहरूसित नमारिऊन्।
DAN 2:19 रातको समयमा त्यो रहस्यमय कुरा दानिएललाई एउटा दर्शनमा प्रकट गरियो। तब दानिएलले स्वर्गका परमेश्‍वरलाई प्रशंसा गरे,
DAN 2:20 र भने: “परमेश्‍वरको नामको प्रशंसा सदासर्वदा भइरहोस्; बुद्धि र शक्ति उहाँकै हुन्।
DAN 2:21 उहाँले समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ; उहाँले राजाहरूलाई अधिकार दिएर खडा गर्नुहुन्छ र तिनीहरूबाट अधिकार खोसेर हटाउनु पनि हुन्छ। उहाँले बुद्धिमान्‌हरूलाई बुद्धि दिनुहुन्छ, र समझशक्ति भएकाहरूलाई ज्ञान दिनुहुन्छ।
DAN 2:22 उहाँले गहिरा र गुप्‍तमा लुकेका कुराहरू प्रकट गर्नुहुन्छ; उहाँले अन्धकारमा के छ भनी जान्‍नुहुन्छ; अनि उहाँसँग ज्योतिले बास गर्छ।
DAN 2:23 हे मेरा पितापुर्खाहरूका परमेश्‍वर, म तपाईंलाई धन्यवाद चढाउँछु र तपाईंको प्रशंसा गर्दछु: तपाईंले मलाई बुद्धि र शक्ति दिनुभएको छ, हामीले तपाईंसित मागेको कुरा मलाई प्रकट गरिदिनुभएको छ; अनि तपाईंले हामीलाई राजाको सपना जान्‍न दिनुभएको छ।”
DAN 2:24 त्यसपछि दानिएल अर्योककहाँ गए, जसलाई राजाले बेबिलोनका बुद्धिमान् मानिसहरूलाई मार्न भनी हुकुम दिएका थिए; अनि दानिएलले अर्योकलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस्। मलाई राजाकहाँ लैजानुहोस्, र म तिनका निम्ति सपनाको अर्थ खोलिदिनेछु।”
DAN 2:25 अर्योकले तुरुन्तै दानिएललाई राजाकहाँ लगेर भने, “मैले यहूदाबाट निर्वासित भएकाहरूका बीचमा एक जना मानिस भेट्टाएको छु, जसले सपनाको अर्थ राजालाई बताइदिनेछ।”
DAN 2:26 राजाले दानिएल (जसलाई बेलतसजर पनि भनिन्थ्यो) लाई सोधे, “के तिमीले मलाई मैले सपनामा देखेको कुरा र त्यसको अर्थ भन्‍न सक्छौ?”
DAN 2:27 दानिएलले जवाफ दिए, “कुनै पनि बुद्धिमान् मानिस, तन्त्रमन्त्र गर्ने, जादुगर अथवा जोखना हेर्नेहरूले राजाले सोध्नुभएको रहस्यमय कुरा राजालाई बताउन सक्दैन;
DAN 2:28 तर स्वर्गमा परमेश्‍वर हुनुहुन्छ, जसले रहस्यमय कुराहरू प्रकट गर्नुहुन्छ। उहाँले राजा नबूकदनेसरलाई आउने दिनहरूमा के कस्तो हुनेछ भन्‍ने कुरा देखाउनुभएको छ। तपाईं आफ्नो ओछ्यानमा ढल्किरहनुहुँदा तपाईंको मनमा आएका तपाईंको सपना र दर्शन यिनै हुन्:
DAN 2:29 “हे महाराजा, तपाईं त्यहाँ ढल्किरहनुभएको बेला तपाईंको मनमा आउने कुराहरूतिर लाग्यो; अनि रहस्यमय कुराहरू प्रकट गर्नुहुनेले तपाईंलाई भविष्यमा हुने कुराहरू देखाइदिनुभयो।
DAN 2:30 परमेश्‍वरले मसँग चाहिँ यस्तो रहस्यमय कुरा प्रकट गर्नुभएको छ, मसँग अरू जीवित मानिसहरूभन्दा बढ्ता बुद्धि भएर होइन, तर हे महाराजा, तपाईंले यसको अर्थ जान्‍नुहोस् र तपाईंको मनमा भएका कुराहरू बुझ्नुहोस् भनेर त्यो रहस्यमय कुरा मलाई प्रकट गरिएको छ।
DAN 2:31 “हे महाराजा, तपाईंले हेरिरहनुहुँदा तपाईंको अगाडि एउटा ठूलो मूर्ति खडा भएको देख्नुभयो—त्यो मूर्ति विशाल ठूलो र अत्यन्तै चहकिलो देखिन्थ्यो; अनि त्यसको स्वरूप भयानक थियो।
DAN 2:32 त्यस मूर्तिको शिर निखुर सुनको थियो, त्यसका छाती र पाखुराहरू चाँदीका, त्यसको पेट र तिघ्राहरू काँसाका,
DAN 2:33 त्यसका गोडाहरू फलामका, त्यसका खुट्टाहरूका केही भाग फलामका र केही भाग माटाका थिए।
DAN 2:34 तपाईंले हेरिरहनुहुँदा एउटा चट्टानको ढुङ्गा काटिएर निस्क्यो, तर मानिसका हातले काटिएको थिएन। त्यो ढुङ्गा मूर्तिका फलाम र माटोका खुट्टामा बजारियो र तिनीहरूलाई टुक्रा-टुक्रा पारिदियो।
DAN 2:35 त्यसपछि एकै पटकमा त्यो फलाम, माटो, काँसा, चाँदी र सुन टुक्रा-टुक्रा भए र ग्रीष्म ऋतुमा अन्‍न झार्ने खलामा भएको भुसझैँ भइहाले। अनि तिनीहरूलाई बतासले नामनिशानै नरहने गरी उडाएर लग्यो। तर त्यस मूर्तिलाई प्रहार गर्ने त्यो ढुङ्गाचाहिँ एउटा विशाल पर्वत भयो, र सारा पृथ्वीलाई नै ढाकिदियो।
DAN 2:36 “सपना यही थियो, र अब हामी राजालाई यसको अर्थ खोलिदिनेछौँ।
DAN 2:37 हे महाराजा, तपाईं राजाहरूका राजा हुनुहुन्छ। स्वर्गका परमेश्‍वरले तपाईंलाई राज्य, शक्ति, पराक्रम र गौरव दिनुभएको छ।
DAN 2:38 उहाँले तपाईंको हातमा सबै मानव-जाति, मैदानका सबै जीवित पशुहरू र आकाशका सबै चराचुरुङ्गीहरू राखिदिनुभएको छ। तिनीहरू जहाँ-जहाँ बसे तापनि उहाँले तपाईंलाई तिनीहरू सबैमाथि शासक बनाउनुभएको छ। तपाईंचाहिँ त्यो सुनको शिरजस्तै हुनुहुन्छ।
DAN 2:39 “तपाईंपछि तपाईंको राज्यभन्दा कमजोर एउटा राज्य खडा हुनेछ। त्यसपछि एउटा तेस्रो राज्य, काँसाको राज्यले सारा पृथ्वीमाथि शासन गर्नेछ।
DAN 2:40 अन्त्यमा एउटा चौथो राज्य खडा हुनेछ, त्यो फलामजस्तै बलियो हुनेछ—किनकि फलामले हरेक कुराहरूलाई टुक्रा-टुक्रा पार्छ—अनि फलामले हरेक चीजहरूलाई टुक्रा-टुक्रा पारेझैँ त्यसले अरू सबै राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र छरपस्ट पारिदिनेछ।
DAN 2:41 तपाईंले खुट्टा र औँलाहरूका केही भाग माटो र केही भाग फलामले बनिएको देख्नुभएजस्तै त्यो विभाजित राज्य हुनेछ; तापनि तपाईंले फलाम र माटो मिसिएको देख्नुभएजस्तै त्यस राज्यमा फलामको केही शक्ति रहनेछ।
DAN 2:42 ती औँलाहरू केही फलामका र केही माटाका भएझैँ त्यो राज्य केही शक्तिशाली र केही भाग सजिलै टुक्रिने दुर्बल राज्य हुनेछ।
DAN 2:43 अनि तपाईंले फलाम र माटो मिसिएको देख्नुभएजस्तै फलाम र माटो जसरी मिल्न सक्दैनन्, त्यसरी नै मिश्रित जातिहरू हुनेछन् र तिनीहरू एकतामा रहनेछैनन्।
DAN 2:44 “ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, त्यो राज्य कहिल्यै पनि नाश हुनेछैन, न त त्यो अरू जातिहरूलाई दिइनेछ। त्यो राज्यले ती सबै राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरूको अन्त्य ल्याउनेछ, तर त्यो आफूचाहिँ सदासर्वदा रहिरहनेछ।
DAN 2:45 चट्टानको पहराबाट मानिसको हातले होइन, तर आफैँ काटिएको ढुङ्गाको दर्शनको अर्थ यही हो—त्यो चट्टानको टुक्रा, जसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई चकनाचुर पारिदियो। “महान् परमेश्‍वरले राजालाई भविष्यमा के हुनेछ भनी देखाइदिनुभएको छ। सपना साँचो हो र सपनाको अर्थ सत्य छ।”
DAN 2:46 त्यसपछि राजा नबूकदनेसर दानिएलको सामु घोप्टो परेर दण्डवत् गरे, र तिनलाई आदर गरे; अनि तिनलाई भेटी र धूप चढाउने आज्ञा दिए।
DAN 2:47 राजाले दानिएललाई भने, “निश्‍चय नै तिमीहरूका परमेश्‍वर देवताहरूका पनि परमेश्‍वर, राजाहरूका पनि प्रभु र रहस्यमय कुराहरू प्रकट गर्नुहुने हुनुहुन्छ; किनकि तिमीले यस रहस्यमय कुराहरूलाई प्रकट गर्न सक्यौ।”
DAN 2:48 त्यसपछि राजाले दानिएललाई उच्‍च पदमा नियुक्त गरे, र तिनलाई धेरै बहुमूल्य उपहारहरू दिए। राजाले तिनलाई बेबिलोनको सम्पूर्ण प्रान्तका शासक बनाए, र तिनलाई देशका सबै बुद्धिमान् मानिसहरूका प्रधान तुल्याए।
DAN 2:49 त्यसबाहेक दानिएलको अनुरोधमा राजाले शद्रक, मेशक र अबेद्नगोलाई बेबिलोनको प्रान्तमा प्रशासकहरू नियुक्त गरिदिए, तर दानिएल आफूचाहिँ राजकीय दरबारमा रहन थाले।
DAN 3:1 राजा नबूकदनेसरले साठी क्यूबिट अग्लो र छ क्यूबिट चौडाइको एउटा सुनको मूर्ति बनाए; अनि बेबिलोन प्रान्तको दूरा भन्‍ने मैदानमा त्यसलाई खडा गरे।
DAN 3:2 त्यसपछि तिनले प्रान्तका बडाहाकिम, इलाका अधिकारीहरू, राज्यपालहरू, सल्‍लाहकारहरू, कोषाध्यक्षहरू, न्यायधीशहरू, हाकिमहरू र प्रान्तका अरू सबै अधिकारीहरूलाई आफूले खडा गरेको मूर्तिको अर्पण सभामा भेला हुनलाई बोलाए।
DAN 3:3 यसकारण प्रान्तका बडाहाकिमहरू, इलाका अधिकारीहरू, राज्यपालहरू, सल्‍लाहकारहरू, कोषाध्यक्षहरू, न्यायधीशहरू, हाकिमहरू र प्रान्तका सबै अधिकारीहरू राजा नबूकदनेसरले खडा गरेको मूर्तिको अर्पण सभाका निम्ति जम्मा भए, र तिनीहरू त्यस मूर्तिको सामु खडा भए।
DAN 3:4 तब घोषणा गर्नेले उच्‍च सोरमा कराएर भन्यो, “हे मानिसहरू, जाति-जातिहरू र विभिन्‍न भाषा बोल्नेहरू, तपाईंहरूलाई यो आदेश भएको छ:
DAN 3:5 जुन समयमा तपाईंहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, अन्य बाजा र सबै किसिमका सङ्गीत सुन्‍नुहुनेछ, तब राजा नबूकदनेसरले खडा गर्नुभएको सुनको मूर्तिको सामु घोप्टो परेर त्यसलाई दण्डवत् गर्नू।
DAN 3:6 त्यस मूर्तिलाई घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिनेछ।”
DAN 3:7 यसकारण तिनीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका सङ्गीत सुन्‍नसाथ विभिन्‍न भाषा बोल्नेहरू, जाति-जातिका मानिसहरू घोप्टो परे, र तिनीहरूले राजा नबूकदनेसरले खडा गरेको मूर्तिलाई दण्डवत् गरे।
DAN 3:8 त्यस बेला केही बेबिलोनी ज्योतिषीहरू नजिक आए, र यहूदीहरूको विरुद्धमा अभियोग लगाए।
DAN 3:9 तिनीहरूले राजा नबूकदनेसरलाई भने, “महाराजा, अमर रहून्!
DAN 3:10 हे महाराजा, हजुरले यस्तो उर्दी दिनुभएको छ: नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका सङ्गीत सुन्‍ने हरेक व्यक्तिले घोप्टो परेर सुनको मूर्तिलाई दण्डवत् गर्नुपर्छ;
DAN 3:11 अनि मूर्तिलाई घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिनेछ।
DAN 3:12 तर केही यहूदीहरू छन्, अर्थात् शद्रक, मेशक र अबेद्नगो, जसलाई हजुरले बेबिलोनको प्रान्तमाथि शासन गर्न नियुक्त गर्नुभएको छ; हे महाराजा, यी मानिसहरूले हजुरको आदेश पालना गरेका छैनन्। न त तिनीहरूले हजुरका देवताहरूलाई पुज्दछन्, न त हजुरले खडा गर्नुभएको सुनको मूर्तिलाई दण्डवत् गर्छन्।”
DAN 3:13 तब नबूकदनेसर रिसले चुर भएर शद्रक, मेशक र अबेद्नगोलाई ल्याउन आज्ञा गरे। यसकारण यी मानिसहरू राजाको सामु ल्याइए;
DAN 3:14 अनि नबूकदनेसरले तिनीहरूलाई भने, “शद्रक, मेशक र अबेद्नगो, के तिमीहरूले मेरा देवताहरूको सेवा गर्दैनौ, अथवा मैले खडा गरेको सुनको मूर्तिलाई दण्डवत् गर्दैनौ? के यो कुरा सत्य हो?
DAN 3:15 अब जुन समय तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका सङ्गीत सुन्छौ, तब घोप्टो परेर मैले बनाएको मूर्तिलाई दण्डवत् गर्न तयार भयौ भने धेरै असल हुनेछ। तर यदि तिमीहरूले मूर्तिलाई दण्डवत् गरेनौ भने तिमीहरू तुरुन्तै दन्किरहेको आगोको भट्टीभित्र फालिनेछौ। त्यस बेला कुनचाहिँ देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्ला?”
DAN 3:16 शद्रक, मेशक र अबेद्नगोले राजालाई जवाफ दिए, “हे महाराजा नबूकदनेसर, यस विषयमा हामीले आफ्नो पक्षमा केही भन्‍नु आवश्यक छैन।
DAN 3:17 यदि हामी दन्किरहेको आगोको भट्टीभित्र फालियौँ भने तापनि हामीले सेवा गरेको परमेश्‍वरले हामीलाई यस आगोबाट बचाउन सक्नुहुन्छ; अनि हे महाराजा, उहाँले हामीलाई हजुरको हातबाट छुटाउनुहुनेछ।
DAN 3:18 तर यदि उहाँले छुटाउनुभएन भने तापनि हे महाराजा, हामी हजुरलाई यो कुरा थाहा होस् भन्‍ने चाहन्छौँ, कि हामी हजुरका देवताहरूको सेवा गर्नेछैनौँ, न त हजुरले खडा गर्नुभएको सुनको मूर्तिलाई नै दण्डवत् गर्नेछौँ।”
DAN 3:19 तब नबूकदनेसर शद्रक, मेशक र अबेद्नगोसित रिसले चुर भएर तिनीहरूप्रति उनको विचार बदलियो। उनले आगोको भट्टीलाई अरू बेलाभन्दा सात गुणा बढी आगो दन्काउने आदेश दिए।
DAN 3:20 अनि आफ्नो सेनाका सबैभन्दा बलिया केही सिपाहीहरूलाई शद्रक, मेशक र अबेद्नगोलाई हातखुट्टा बाँधेर दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिदिने आदेश दिए।
DAN 3:21 तब ती जवान मानिसहरूलाई तिनीहरूका लवेदा, सुरुवाल, टोपी, फेटा र अरू लुगाहरूसहित बाँधेर त्यस दन्किरहेको आगोको भट्टीभित्र फालिए।
DAN 3:22 राजाको आदेश यति कठोर थियो र आगोको भट्टी यति तातो थियो, कि आगोको ज्वालाले शद्रक, मेशक र अबेद्नगोलाई उठाएर भट्टीमा लैजाने ती सिपाहीहरूलाई भस्म पार्‍यो।
DAN 3:23 अनि ती तीन जना मानिसहरू बलियो गरी बाँधेर दन्किरहेको आगोको भट्टीभित्र फालिए।
DAN 3:24 त्यसपछि राजा नबूकदनेसर आश्‍चर्यचकित हुँदै हतार-हतार आफ्ना सल्‍लाहकारहरूलाई सोधे, “के हामीले तीन जना मानिसहरूलाई बाँधेर आगोभित्र फ्याँकिदिएका होइनौँ र?” तिनीहरूले जवाफ दिए, “हजुर, हे महाराजा, अवश्य हो।”
DAN 3:25 राजाले भने, “हेर त! म चार जना मानिसहरू कुनै हानि नभई फुक्‍का भएर वरिपरि हिँडिरहेका पो देख्दैछु; अनि चौथोचाहिँ ईश्‍वरको पुत्रजस्तै देखिन्छ।”
DAN 3:26 त्यसपछि नबूकदनेसरले दन्किरहेको आगोको भट्टीको मुख नजिक गएर ठूलो सोरले बोलाए, “हे शद्रक, मेशक र अबेद्नगो, सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हो, बाहिर निस्क! यहाँ बाहिर आओ!” तब शद्रक, मेशक र अबेद्नगो आगोबाट बाहिर निस्केर आए;
DAN 3:27 अनि प्रान्तका बडाहाकिमहरू, इलाकाका अधिकारीहरू, राज्यपालहरू र राजकीय सल्‍लाहकारहरू तिनीहरूका चारैतिर भेला भए। तिनीहरूले देखे, कि आगोले तिनीहरूका शरीरलाई हानि गरेको थिएन, न त तिनीहरूका शिरको रौँ नै खहरिएको थियो; तिनीहरूका कपडाहरू आगोले डढेको थिएन, न त तिनीहरूमा आगोको कुनै गन्ध नै थियो।
DAN 3:28 तब नबूकदनेसरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्‍वरलाई प्रशंसा होस्, जसले आफ्ना स्वर्गदूत पठाएर आफ्ना सेवकहरूलाई छुटाउनुभयो! तिनीहरूले उहाँमाथि भरोसा राखे, र तिनीहरूका परमेश्‍वरबाहेक अरू देवताको सेवा गर्नु र त्यसलाई दण्डवत् गर्नुभन्दा राजाको आदेशलाई अस्वीकार गरेर आफ्नो प्राण दिन राजी भए।
DAN 3:29 यसकारण म यो आदेश दिँदछु: शद्रक, मेशक र अबेद्नगोका परमेश्‍वरको विरुद्धमा कुनै पनि कुरा भन्‍ने कुनै पनि जाति अथवा भाषाका मानिसहरू जो भए तापनि टुक्रा-टुक्रा गरी काटिनेछन्; अनि तिनीहरूका घरहरू ढुङ्गाका थुप्रोमा परिणत गरिनेछन्; किनकि अरू कुनै देवताले यसरी बचाउन सक्दैन।”
DAN 3:30 त्यसपछि राजाले बेबिलोनको प्रान्तमा शद्रक, मेशक र अबेद्नगोका पद बढाइदिए।
DAN 4:1 राजा नबूकदनेसरबाट, जाति-जातिका मानिसहरू र सबै भाषा बोल्ने जातिहरू, सारा संसारमा बस्‍ने सबै मानिसहरू: तिमीहरूको उन्‍नति प्रशस्त होस्!
DAN 4:2 सर्वोच्‍च परमेश्‍वरले मेरा निम्ति गर्नुभएका अलौकिक चिन्हहरू र देखाउनुभएको अद्‌भुत कार्यहरूका बारेमा तिमीहरूलाई बताउनु मेरो निम्ति आनन्दको कुरा हो।
DAN 4:3 उहाँका अलौकिक चिन्हहरू कति महान् छन्!
DAN 4:4 म नबूकदनेसर, आफ्नो महलमा आरामसाथ सन्तुष्‍टि र समृद्धिमा बसिरहेको थिएँ।
DAN 4:5 मैले एउटा सपना देखेँ, जसले मलाई भयभीत तुल्यायो। जब म आफ्नो ओछ्यानमा ढल्किरहेको थिएँ, तब मेरो मनमा आइरहेका आकृति र दर्शनहरूले मलाई त्रसित तुल्याइदिए।
DAN 4:6 यसकारण त्यस सपनाको अर्थ मलाई खोलिदेऊन् भनेर मैले बेबिलोनका सबै बुद्धिमान् मानिसहरू मेरो सामु ल्याइयोस् भनी हुकुम दिएँ।
DAN 4:7 जब जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरू मकहाँ आए, तब मैले तिनीहरूलाई सपना बताएँ, तर तिनीहरू कसैले पनि मेरो सपनाको अर्थ बताउन सकेनन्।
DAN 4:8 त्यसपछि अन्तमा, दानिएल मेरो सामु आए, जसलाई मैले मेरो सपना बताएँ। (जसको नाम मेरो देवताको नामअनुसार बेलतसजर हो, र जसभित्र पवित्र देवताहरूको आत्मा छ।)
DAN 4:9 मैले भनेँ, “हे बेलतसजर, सबै ज्ञानी मानिसहरूका प्रमुख, पवित्र देवताहरूको आत्मा तिमीमा छ, र कुनै पनि रहस्यमय कुरा तिम्रो निम्ति कठिन छैन भनी म जान्दछु।
DAN 4:10 म आफ्नो पलङमा ढल्किरहेको बेलामा मैले देखेका दर्शनहरू यही हुन्: मैले हेरेँ, र त्यहाँ मेरो सामु देशको मध्य भागमा एउटा रूख खडा थियो। त्यो रूख अत्यन्तै अग्लो थियो।
DAN 4:11 त्यो रूख ठूलो र बलियो भएर बढ्यो; अनि त्यसको टुप्पोले आकाश छोयो; त्यो रूख पृथ्वीका अन्तिम छेउबाट पनि देखिन्थ्यो।
DAN 4:12 रूखका पातहरू सुन्दर थिए, र त्यसका फलहरू प्रशस्त थिए; अनि त्यसमा सबैलाई पुग्ने प्रशस्त भोजन थियो। त्यसमुनि जङ्गली पशुहरूले आश्रय पाउँथे, र त्यसका हाँगाहरूमा आकाशका चराहरू बस्थे; त्यसबाट हरेक जीवित प्राणीहरूले खाना पाउँथे।
DAN 4:13 “म आफ्नो पलङमा ढल्किरहेको बेला मैले मेरो दर्शनमा मेरो सामु एक पवित्र जन, अथवा एक स्वर्गदूतलाई देखेँ, जो स्वर्गबाट तल ओर्लिरहेका थिए।
DAN 4:14 तिनले चर्को सोरमा कराएर भने: ‘यस रूखलाई काटेर ढालिदे, र यसका हाँगाहरूलाई छाँटिदे; यसका पातहरू झारिदे र यसका फलहरू चारैतिर छरपस्ट पारिदे। यस रूखबाट पशुहरू र यसका हाँगाहरूबाट चराचुरुङ्गीहरू भागिजाऊन्।
DAN 4:15 तर यस रूखको ठुटा र जराहरूचाहिँ फलाम र काँसाले बाँधिएको अवस्थामा मैदानका झारहरूसितै रहिरहोस्। “ ‘यसलाई आकाशका शीतले भिजाओस्, र यो पृथ्वीका बोटबिरुवाहरू र जनावरहरूका साथमा रहोस्।
DAN 4:16 यसको निम्ति सात काल नबितेसम्म, यसको मन मानिसको मनबाट बदलिएर यसलाई पशुको मन दिइओस्।
DAN 4:17 “ ‘यो निर्णय एक स्वर्गदूतद्वारा सूचित गरिएको हो, र पवित्र जनद्वारा यस फैसलाको बारेमा घोषणा गरिएको हो: यस उद्देश्यले कि जीवितहरूले यो जानून्, कि सर्वोच्‍चचाहिँ मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ। अनि आफूले चाहेको जसकसैलाई पनि ती दिन सक्नुहुन्छ, र तिनीहरूमाथि सबैभन्दा नम्र मानिसलाई राख्नुहुन्छ।’
DAN 4:18 “म, राजा नबूकदनेसरले यही सपना देखेको हुँ। अब, हे बेलतसजर, यसको अर्थ के हो, सो मलाई बताइदेऊ; किनकि मेरा राज्यका कुनै पनि बुद्धिमान् मानिसले मेरो निम्ति सपनाको अर्थ खोलिदिन सक्दैनन्। तर तिमीले चाहिँ अर्थ खोल्न सक्छौ; किनकि तिमीभित्र पवित्र देवताहरूको आत्मा छ।”
DAN 4:19 तब दानिएल (जसलाई बेलतसजर पनि भनिन्छ) केही बेर साह्रै विचलित भए; अनि तिनको सोचले तिनलाई भयभीत तुल्यायो। यसकारण राजाले भने, “बेलतसजर, सपना र यसको अर्थले तिमीलाई विचलित नपारोस्।” बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यदि यो सपना हजुरका शत्रुहरूका निम्ति र यसको अर्थ हजुरका विरोधीहरूका निम्ति भइदिए त हुनेथियो!
DAN 4:20 हजुरले देख्नुभएको रूख, जुन ठूलो र बलियो भएर बढ्यो, जसको टुप्पोले आकाशै छोइरहेको थियो र सारा पृथ्वीबाट देख्न सकिन्थ्यो;
DAN 4:21 जसका सुन्दर पातहरू थिए, र फलहरू प्रशस्त थिए; जसले सबैका निम्ति भोजन उपलब्ध गरिदिन्थ्यो; जसले जङ्गलका पशुहरूलाई आश्रय दिन्थ्यो, र त्यसका हाँगाहरूमा आकाशका चराचुरुङ्गीहरूका निम्ति गुँड बनाएर बस्‍ने ठाउँ थियो।
DAN 4:22 हे महाराजा, त्यो रूख त हजुर नै हुनुहुन्छ! हजुर महान् र पराक्रमी हुनुभएको छ; हजुरको महानताले आकाशै छोएको छ; अनि हजुरको प्रभुत्व पृथ्वीको टाढा-टाढाका ठाउँहरूसम्मै फैलिएको छ।”
DAN 4:23 हे महाराजा, हजुरले एक पवित्र जन, एक स्वर्गदूतलाई स्वर्गबाट तल ओर्लिरहेका देख्नुभयो, जसले यसो भनिरहेका थिए, “रूखलाई काटेर ढालिदे, र त्यसलाई नाश गरिदे, तर रूखको ठुटालाईचाहिँ फलाम र काँसाले बाँधेर मैदानको घाँसमा छोडिदे; अनि त्यसका जराहरूचाहिँ जमिनमै रहून्। त्यसलाई आकाशको शीतले भिजाओस्; त्यसको निम्ति सात काल नबितेसम्म त्यो जङ्गली जनावरहरूका बीचमा जनावरहरूजस्तै भएर बास बसोस्।”
DAN 4:24 हे महाराजा, सपनाको अर्थ यही हो; अनि मेरा मालिक महाराजाको विरुद्धमा सर्वोच्‍च परमेश्‍वरले निकाल्नुभएको आदेश यही हो:
DAN 4:25 हजुर मानिसहरूका बीचबाट धपाइनुहुनेछ र जङ्गली जनावरहरूका साथमा बस्‍नुहुनेछ; हजुरले गाईबस्तुहरूझैँ घाँस खानुहुनेछ र आकाशको शीतद्वारा हजुर भिजाइनुहुनेछ। सर्वोच्‍च परमेश्‍वरले पृथ्वीमा भएका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ र आफूले चाहेको जोसुकैलाई पनि ती राज्यहरू दिन सक्नुहुन्छ भनी हजुरले स्वीकार नगर्नुभएसम्म हजुरका निम्ति सात काल बित्नेछन्।
DAN 4:26 रूखको ठुटालाई त्यसका जराहरूसितै छोडिदिने आदेशको अर्थ यही हो, कि स्वर्गका परमेश्‍वरले शासन गर्नुहुन्छ भनी हजुरले स्वीकार गर्नुभएपछि हजुरको राज्य फेरि पुनर्स्थापित हुनेछ।
DAN 4:27 यसकारण हे महाराजा, कृपया मेरो सल्‍लाह मान्‍नुहोस्: जे ठिक र न्यायसङ्गत छ, त्यही गरेर हजुरले आफ्ना पापहरू त्यागिदिनुहोस्; अनि अत्याचारमा परेकाहरूप्रति दयालु भएर हजुरले आफ्नो दुष्‍टता त्यागिदिनुहोस्। हुन सक्छ त्यसपछि हजुरको समृद्धि रहिरहनेछ।
DAN 4:28 राजाको बारेमा भनिएका यी सबै कुराहरू राजा नबूकदनेसरको जीवनमा पूरा भए।
DAN 4:29 बाह्र महिनाको अन्त्यमा जब राजा बेबिलोनको राजकीय महलको कौसीमा हिँडिरहेका थिए,
DAN 4:30 तब तिनले भने, “हेर, के मैले राजकीय वासस्थानको रूपमा मेरो महान् शक्तिद्वारा मेरै ऐश्‍वर्य र कीर्तिका निम्ति मैले बनाएको महान् बेबिलोन यही होइन र?”
DAN 4:31 यी शब्दहरू राजाले बोलिसक्दानसक्दै स्वर्गबाट एउटा आवाज आयो, “राजा नबूकदनेसर, तेरो निम्ति यस्तो उर्दी छ, अब मैले तेरो राजकीय अधिकार तँबाट खोसेको छु।
DAN 4:32 तँ मानिसहरूबाट धपाइनेछस्, र जङ्गली जनावरहरूसित बस्‍नेछस्; तैँले गाईबस्तुले झैँ घाँस खानेछस्। सर्वोच्‍च परमेश्‍वर नै पृथ्वीका मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ, र उहाँले आफूले इच्छा लागेका जोसुकैलाई पनि ती राज्य दिन सक्नुहुन्छ भनेर तैँले स्वीकार नगरेसम्म सात काल बितिजानेछन्।”
DAN 4:33 नबूकदनेसरको बारेमा जे कुरा भनिएको थियो, त्यो तुरुन्तै त्यही घडी पूरा भयो। राजा मानिसहरूबाट धपाइए र तिनले गाईबस्तुले झैँ घाँस खाए। तिनको केश चीलका प्वाँखहरूझैँ लामा र तिनका नङहरू चराका नङ्ग्राहरूजस्ता लामा नभएसम्म तिनको शरीरलाई आकाशका शीतले भिजाइरहे।
DAN 4:34 त्यस सात कालको अन्त्यमा, म नबूकदनेसरले मेरा आँखा स्वर्गतिर उठाएँ, तब मेरो समझ पहिलेजस्तै स्वस्थ र ठिक भयो। तब मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरेँ; मैले सदासर्वदै रहनुहुने परमेश्‍वरलाई आदर र महिमा दिएँ।
DAN 4:35 पृथ्वीका सबै मानिसहरू
DAN 4:36 मेरो मन मस्तिष्क पहिलेझैँ स्वस्थ र ठिक भएकै बेला मेरो राज्यको गौरवका निम्ति मेरो सम्मान र महानता मकहाँ फर्काइए। मेरा राजकीय सल्‍लाहकारहरू र प्रमुख व्यक्तिहरूले मलाई खोजे; अनि फेरि मलाई मेरो सिंहासनमा बसाइयो र म पहिलेको भन्दा अझ बढी महान् भएँ।
DAN 4:37 अहिले म, नबूकदनेसरले स्वर्गको राजालाई प्रशंसा दिन्छु, उच्‍च पार्छु र महिमा दिन्छु; किनकि उहाँले गर्नुहुने सबै कुरा ठिक छन्, र उहाँका सबै मार्गहरू न्यायसङ्गत छन्। अनि उहाँले घमण्ड गरेर हिँड्नेहरूलाई नम्र तुल्याउन सक्नुहुन्छ।
DAN 5:1 एक रात राजा बेलसजरले आफ्ना एक हजार प्रमुख भारदारहरूका निम्ति एउटा ठूलो भोज लगाए, र तिनीहरूसित दाखमद्य पिए।
DAN 5:2 जब बेलसजरले आफ्नो दाखमद्य पिइरहेका थिए, तब तिनले आफ्ना पिता नबूकदनेसरले यरूशलेमको मन्दिरबाट लगेका सुन र चाँदीका कचौराहरू भित्र ल्याउने हुकुम गरे, ताकि राजा र तिनका प्रमुख भारदारहरू, तिनका पत्नीहरू र उपपत्नीहरूले ती कचौराहरूबाट पिउन सकून्।
DAN 5:3 यसकारण उनीहरूले सुनका भाँडाहरू ल्याए, जुनचाहिँ यरूशलेममा भएको परमेश्‍वरको मन्दिरबाट ल्याइएका थिए; अनि राजाले, तिनका प्रमुख भारदारहरूले, तिनका पत्नीहरू र उपपत्नीहरूले ती भाँडाहरूबाट पिए।
DAN 5:4 जब तिनीहरूले दाखमद्य पिए, तब तिनीहरूले सुन र चाँदीका, काँसा, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गरे।
DAN 5:5 त्यही घडी अचानक एउटा मानिसको हातका औँलाहरू देखा परे, र राजकीय महलमा भएको सामदानको छेउमा लिपिएको भित्तामा लेख्न थाले। राजाले त्यस लेख्दैगरेको हातलाई हेरे।
DAN 5:6 अनि राजाको अनुहार पहेँलो भयो र तिनी अति भयभीत भए, कि तिनका घुँडाहरू काँपेर आपसमा ठोक्‍किन थाले, र तिनको खुट्टामा बल नै नभएर लल्याकलुलुक भए।
DAN 5:7 राजाले तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूलाई बोलाइपठाए। त्यसपछि बेबिलोनका ती बुद्धिमान् मानिसहरूलाई भने, “जसले भित्ताको यस लेखोटलाई पढेर मलाई त्यसको अर्थ बताउँछ, त्यसलाई बैजनी वस्त्र पहिर्‍याइनेछ र त्यसको गलामा सुनको हार लगाइदिइनेछ; अनि त्यसलाई राज्यको सर्वोच्‍च शासकको तेस्रो दर्जामा राखिनेछ।”
DAN 5:8 तब राजाका सबै बुद्धिमान् मानिसहरू भित्र आए, तर तिनीहरूले त्यो लेखोट पढ्न सकेनन्, अथवा राजालाई त्यसको अर्थ भन्‍न सकेनन्।
DAN 5:9 यसकारण राजा बेलसजर अझ बढी डराए, र तिनको अनुहार अझ पहेँलो हुँदैगयो। तिनका प्रमुख भारदारहरू अकमक्‍क परे।
DAN 5:10 राजा र उनका भारदारहरूका आवाज सुनेर राजमाता भोजको ठूलो कोठामा आइन्। तिनले भनिन्, “महाराजा, अमर रहून्! विचलित नहुनुहोस्! न त हजुरको मुहारको रङ्ग उडोस्!
DAN 5:11 हजुरको राज्यमा एक जना मानिस छन्, जसमा पवित्र देवताहरूको आत्मा छ। हजुरको बुबाको समयमा उनमा देवताहरूका जस्तै अन्तर्दृष्‍टि, समझशक्ति र बुद्धि भेट्टाइएको थियो। हजुरको बुबा राजा नबूकदनेसरले उनलाई जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूका प्रमुख तुल्याउनुभएको थियो।
DAN 5:12 उहाँले यसो गर्नुभयो; किनकि दानिएल, जसलाई राजाले बेलतसजर भन्‍नुहुन्थ्यो, जो तीब्र दिमाग, अन्तर्ज्ञान र समझशक्ति भएका भेट्टाइए; अनि उनीसित सपनाहरूको अर्थ खोल्ने, अड्को फुकाउने र अप्ठ्यारा समस्याहरूको समाधान गर्न सक्ने क्षमता पनि थियो। दानिएललाई बोलाउन पठाउनुहोस्, र उनले लेखोटहरूको अर्थ बताइदिनेछन्।”
DAN 5:13 यसकारण दानिएललाई राजाको सामु ल्याइयो, र राजाले तिनलाई सोधे, “के मेरा बुबा महाराजाले यहूदाबाट ल्याउनुभएको देश निष्कासितहरू मध्येका एक जना दानिएल भन्‍ने तिमी नै हौ?
DAN 5:14 मैले सुनेको छु, तिमीभित्र देवताहरूको आत्मा छ, र तिमीसित अन्तर्दृष्‍टि, समझशक्ति र असाधारण बुद्धि छ।
DAN 5:15 यो लेखोट पढ्न र मलाई त्यसको अर्थ बताइदिन मेरो सामु तन्त्रमन्त्र गर्ने र बुद्धिमान् मानिसहरू ल्याइए, तर तिनीहरूले यसको अर्थ बताउन सकेनन्।
DAN 5:16 अब मैले सुनेको छु; तिमीले अर्थ खोल्न सक्छौ र कठिन समस्याहरूको हल गर्न सक्छौ। यदि तिमीले यो लेखोट पढ्न सक्यौ र मलाई यसको अर्थ बताउन सक्यौ भने तिमीलाई बैजनी रङ्गको वस्त्र पहिराइनेछ, र तिम्रो गलामा सुनको हार लगाइदिइनेछ; अनि तिमीलाई यस राज्यको सर्वोच्‍च शासकको तेस्रो दर्जा दिइनेछ।”
DAN 5:17 तब दानिएलले राजालाई जवाफ दिए, “हजुरका उपहारहरू हजुरसँगै रहून्, र हजुरका पुरस्कारहरू अरू कसैलाई दिनुहोस्। तथापि, म राजाको निम्ति लेखोट पढ्नेछु, र तपाईंलाई लेखोटको अर्थ बताइदिनेछु।
DAN 5:18 “हे महाराजा, सर्वोच्‍च परमेश्‍वरले हजुरको बुबा नबूकदनेसरलाई सर्वाधिकार, महानता, महिमा र वैभव दिनुभयो।
DAN 5:19 परमेश्‍वरले तिनलाई दिनुभएको उच्‍च दर्जाको कारण सबै मानिसहरू, हरेक भाषा बोल्ने सबै जातिका मानिसहरू तिनीसित थरथर काम्थे र भयभीत हुन्थे। राजाले जसलाई मार्न चाहन्थे, उसलाई मार्थे; तिनले जीवित छोड्न चाहेकाहरूलाई जीवित छोडिदिन्थे; तिनले पदोन्‍नति गरिदिन चाहेकाहरूलाई पदोन्‍नति गरिदिन्थे; अनि तिनले पदच्युत गर्न चाहेकाहरूलाई पदच्युत गरिदिन्थे।
DAN 5:20 तर जब तिनको हृदय अभिमानी र घमण्डले कठोर भयो, तब तिनी आफ्ना राजकीय सिंहासनबाट पदच्युत गरिए, र तिनको गौरव हटाइयो।
DAN 5:21 तिनी मानिसहरूबाट धपाइए, र तिनलाई एउटा जनावरको मन दिइयो; तिनी जङ्गली गधाहरूसित बस्थे, र तिनले गाईबस्तुले झैँ घाँस खान्थे; अनि सर्वोच्‍च परमेश्‍वर पृथ्वीका मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ र आफ्नो इच्छा लागेअनुसार कसैलाई पनि ती राज्यमाथि अधिकारमा राख्न सक्नुहुन्छ भनेर तिनले स्वीकार नगरेसम्म तिनको शरीर आकाशको शीतले भिज्यो।
DAN 5:22 “तर नबूकदनेसरका छोरा, हे बेलसजर, तपाईंले यी सबै कुराहरू जानेर पनि आफूलाई नम्र तुल्याउनुभएन।
DAN 5:23 त्यसको सट्टा तपाईंले आफैँलाई स्वर्गका प्रभुको विरुद्धमा खडा गर्नुभयो। तपाईंले उहाँको मन्दिरबाट ल्याएका कचौराहरू आफूकहाँ ल्याउन लगाउनुभयो; अनि तपाईं र तपाईंका भारदारहरू, तपाईंका पत्नीहरू र तपाईंका उपपत्नीहरूले तीबाट दाखमद्य पिए। तपाईंले चाँदी र सुनका, काँसा, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गर्नुभयो, जुन मूर्तिहरूले देख्न, सुन्‍न र बुझ्न सक्दैनन्। तर तपाईंले परमेश्‍वरलाई आदर दिनुभएन, जसको हातमा तपाईंको प्राण र तपाईंका सबै चालहरू छन्।
DAN 5:24 यसकारण उहाँले लेखोट लेख्नलाई हात पठाउनुभयो।
DAN 5:25 “खोपिएको लेखोट यही हो: मेने, मेने, टेकेल, पर्सिन
DAN 5:26 “यी शब्दहरूको अर्थ यही हो: “मेने: परमेश्‍वरले हजुरको शासनका दिनहरू गन्ती गर्नुभएको छ, र त्यसको अन्त्य ल्याइसक्नुभएको छ।
DAN 5:27 “तकेल: हजुर तराजुमा तौलिनुभएको छ, र घटी पाइनुभएको छ।
DAN 5:28 “पर्सिन: तपाईंको राज्य विभाजित भएको छ; अनि मादीहरू र परसीयाका मानिसहरूलाई दिइएको छ।”
DAN 5:29 तब बेलसजरको आदेशअनुसार दानिएललाई बैजनी वस्त्र पहिर्‍याइयो; तिनको गलामा सुनको हार लगाइयो, र तिनलाई राज्यको तेस्रो सर्वोच्‍च शासक भनी घोषणा गरियो।
DAN 5:30 त्यही रात बेबिलोनीहरूका राजा बेलसजर मारिए;
DAN 5:31 अनि मादी राजा दाराले बयसट्ठी वर्षको उमेरमा राज्य लिए।
DAN 6:1 दारालाई सम्पूर्ण राज्यभरि शासन गर्नलाई एक सय बीस जना राज्यपालहरूलाई नियुक्त गर्न इच्छा लाग्यो।
DAN 6:2 ती राज्यपालहरूमाथि तीन जना प्रशासकहरू थिए, र तीमध्ये दानिएलचाहिँ एक जना थिए। राज्यपालहरूले आफ्ना कामको उत्तरदायित्व तिनीहरूलाई दिनुपर्थ्यो, ताकि राजाको काममा कुनै हानि उठाउन नपरोस्।
DAN 6:3 दानिएलले आफ्ना अद्वितीय गुणहरूद्वारा ती प्रशासकहरू र राज्यपालहरूमध्ये आफूलाई अरूभन्दा राम्रो योग्यता देखाएका हुनाले राजाले तिनलाई सम्पूर्ण राज्यमाथि शासक नियुक्त गर्ने विचार गरे।
DAN 6:4 यस कुराले ती प्रशासकहरू र राज्यपालहरूले दानिएलको विरुद्धमा सरकारी मामिलाहरूमा तिनलाई अभियोग लगाउने प्रयास गरे, तर तिनीहरूले त्यसो गर्न सकेनन्। तिनीहरूले तिनमा कुनै भ्रष्‍टाचार भेट्टाउन सकेनन्; किनकि तिनी विश्‍वासयोग्य थिए। तिनमा न त कुनै भ्रष्‍टता थियो, न त लापर्बाही थियो।
DAN 6:5 आखिरमा ती मानिसहरूले भने, “उनको परमेश्‍वरको विधि-विधानका कुराहरूमा बाहेक हामीले तिनको विरुद्धमा अभियोग लगाउने आधार कहिल्यै पनि भेट्टाउनेछैनौँ।”
DAN 6:6 यसकारण ती प्रशासकहरू र राज्यपालहरू एक समूह भई राजाकहाँ गएर भने: “महाराजा दारा, अमर रहून्!
DAN 6:7 राजकीय प्रशासकहरू, बडाहाकिमहरू, सहायक हाकिमहरू, सल्‍लाहकारहरू र राज्यपालहरू सबै यस विषयमा सहमत भएका छौँ, कि राजाले यो आदेश जारी गर्नलाई एउटा उर्दी निकालून्, जसअनुसार आउँदा तीस दिनहरूमा जजसले हे महाराजा, तपाईंबाहेक, अरू कुनै देवता अथवा कुनै पनि मानिसलाई प्रार्थना गर्छ भने त्यसलाई सिंहको खोरमा फालियोस्।
DAN 6:8 अब हे महाराजा, यो उर्दी जारी गरेर यसलाई लिखित रूपमा दिनुहोस्, ताकि यो बदली नहोस्—जस्तो मादी र परसीयनहरूको नियम छ, जुन रद्द हुन सक्दैन।”
DAN 6:9 यसकारण राजा दाराले लिखित रूपमा उर्दी निकाले।
DAN 6:10 अनि जब त्यो उर्दी प्रकाशित भएको कुरा दानिएलले थाहा पाए, तब तिनी आफ्ना घरभित्र गए; अनि माथिल्‍लो कोठामा पसे, जहाँ यरूशलेमतिर फर्किएका झ्यालहरू थिए। तिनले सधैँ गरेझैँ दिनमा तीनपल्ट घुँडा टेकी परमेश्‍वरलाई धन्यवाद दिँदै प्रार्थना गरे।
DAN 6:11 तब ती मानिसहरू समूह बाँधेर गए, र दानिएललाई प्रार्थना गरिरहेका र परमेश्‍वरसित सहायता मागिरहेका भेट्टाए।
DAN 6:12 यसकारण तिनीहरू राजाकहाँ गए, र तिनीसित तिनको राजकीय उर्दीको बारेमा कुरा गरे: “हे महाराजा, के तपाईंले आउँदा तीस दिनहरूमा तपाईंबाहेक अरू कुनै देवता, अथवा मानिसलाई प्रार्थना गर्ने जोसुकै पनि सिंहको खोरमा फ्याँकिनेछ भनेर एउटा उर्दी निकाल्नुभएको होइन र?” राजाले जवाफ दिए, “मादीहरू र परसीयनहरूको विधि-विधानअनुसार त्यो उर्दी पक्‍का छ—जुन कहिल्यै रद्द हुन सक्दैन।”
DAN 6:13 तब तिनीहरूले राजालाई भने, “हे महाराजा, यहूदाबाट देश निष्कासित भएकाहरूमध्ये एक जना दानिएलले हजुरप्रति, अथवा हजुरले लिखित रूपमा निकाल्नुभएको उर्दी पालन गरेको छैन। त्यसले अझै पनि दिनमा तीनपल्ट प्रार्थना गर्छ।”
DAN 6:14 जब राजाले यो कुरा सुने, तिनी अति दुःखित भए; दानिएललाई छुटाउने सङ्कल्प गरेर सूर्यास्त नभएसम्म तिनलाई बचाउने हर किसिमको प्रयास गरिरहे।
DAN 6:15 तब ती मानिसहरू एक समूह भएर राजाकहाँ गएर भने, “हे महाराजा, याद होस्, कि मादीहरू र परसीयनहरूका विधि-विधानअनुसार राजाले जारी गरेको कुनै पनि उर्दी अथवा आदेश बदली हुन सक्दैन।”
DAN 6:16 यसकारण राजाले हुकुम दिए, र तिनीहरूले दानिएललाई ल्याए; अनि तिनलाई सिंहको खोरभित्र फालिदिए। अनि राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्‍वरले नै तिमीलाई बचाऊन्।”
DAN 6:17 अनि एउटा ढुङ्गा ल्याइयो र सिंहको खोरको मुखमा राखियो; तब राजाले आफ्नो औँठीको छाप र उनका भारदारहरूका औँठीहरूका छाप लगाए, ताकि दानिएलको अवस्था परिवर्तन नहोस्।
DAN 6:18 त्यसपछि राजा आफ्नो राजमहलमा फर्के, र केही नखाईकन र तिनीकहाँ ल्याइएका कुनै पनि मनोरञ्जनहरूमा रमाइलो नगरी रात बिताए। तिनी रातभरि नै सुत्न सकेनन्।
DAN 6:19 बिहानको झिसमिसे उज्यालोमै राजा उठे, र हतार-हतार गरेर सिंहको खोरमा गए।
DAN 6:20 जब तिनी खोरको नजिक आए, तब तिनले शोकले भरिएको सोरमा दानिएललाई बोलाए, “हे जीवित परमेश्‍वरका सेवक दानिएल, तिमीले लगातार सेवा गर्दैआएका तिम्रा परमेश्‍वरले के तिमीलाई सिंहहरूबाट छुटाउन सक्नुभएको छ?”
DAN 6:21 दानिएलले जवाफ दिए, “महाराजा, अमर रहून्!
DAN 6:22 मेरा परमेश्‍वरले आफ्नो स्वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख बन्द गरिदिनुभयो। तिनीहरूले मलाई चोट पुर्‍याएका छैनन्; किनकि म उहाँको दृष्‍टिमा निर्दोष भेट्टाइएको छु। हे महाराजा, मैले हजुरको सामु कुनै गल्ती गरेको छैनँ।”
DAN 6:23 राजाले अति आनन्दित भएर दानिएललाई सिंहको खोरबाट माथि तानेर निकाल्ने हुकुम दिए। अनि जब दानिएल खोरबाट बाहिर निकालिए, तिनका शरीरमा कुनै पनि चोट पाइएन; किनकि तिनले आफ्नो परमेश्‍वरमाथि भरोसा राखेका थिए।
DAN 6:24 राजाको हुकुममा दानिएललाई झूटो आरोप लगाउने मानिसहरूलाई भित्र ल्याइए; अनि तिनीहरूका पत्नीहरू र छोराछोरीहरूसमेत तिनीहरू सिंहको खोरभित्र फ्याँकिए। तिनीहरू खोरको भुइँमा पुग्नुभन्दा अगि नै ती सिंहहरूले तिनीहरूलाई झम्टे, र तिनीहरूका सबै हड्डीहरू चकनाचुर पारिदिए।
DAN 6:25 तब राजा दाराले देशभरिका सबै जातिहरू र हरेक भाषा बोल्ने मानिसहरूलाई लेखे: “तिमीहरूको उन्‍नति प्रशस्त होस्!
DAN 6:26 “म उर्दी जारी गर्छु: मेरो राज्यका सबै भागका मानिसहरूले दानिएलका परमेश्‍वरको भय मानून् र उहाँलाई नै श्रद्धा गरून्।
DAN 6:27 उहाँले छुटाउनुहुन्छ र बचाउनुहुन्छ;
DAN 6:28 यसकारण दाराको शासनकालमा र परसीयाका कोरेसको शासनकालमा दानिएलको उन्‍नति भयो।
DAN 7:1 बेबिलोनका राजा बेलसजरको शासनकालको पहिलो वर्षमा दानिएल आफ्नो पलङमा ढल्किरहेको बेलामा, तिनले एउटा सपना देखे, र तिनको मनमा दर्शनहरू आए। तब तिनले आफ्नो सपना सारांशमा लेखे।
DAN 7:2 दानिएलले भने: “मेरो रातको दर्शनमा मैले यस्तो देखेँ, मेरो सामु आकाशका चारै दिशाका बतासले महासमुद्रलाई घोलिरहेका थिए।
DAN 7:3 त्यस समुद्रबाट एक-अर्काबाट भिन्दा-भिन्दै चार वटा विशाल पशुहरू बाहिर निस्केर आए।
DAN 7:4 “पहिलो पशु सिंहजस्तै थियो, र त्यसका पखेटाहरू चीलका जस्तै थिए। त्यसका पखेटाहरू नउखेलिउन्जेल मैले हेरिरहेँ; अनि त्यो भुइँबाट माथि उठाइयो। त्यसपछि त्यो पशु मानिसझैँ दुई खुट्टामा उभियो र त्यसलाई मानिसको हृदय दिइयो।
DAN 7:5 “त्यसपछि मैले दोस्रो पशु देखेँ, जुनचाहिँ भालुजस्तै देखिन्थ्यो। त्यो पशु पछाडिको दुई खुट्टामा उभिएको थियो; अनि त्यसको मुखमा दाँतहरूको बीचमा तीन वटा दाह्राहरू थिए। त्यस भालुलाई यसो भनियो, ‘उठ्, र प्रशस्त मासु खा!’
DAN 7:6 “त्यसपछि मैले मेरो सामु अर्को पशु देखेँ, त्यो चितुवाजस्तै देखिन्थ्यो। अनि त्यसको पिठिउँमा चराका जस्तै चार वटा पखेटाहरू थिए। त्यस जनावरका चार वटा शिरहरू थिए; अनि त्यसलाई चाहिँ शासन गर्ने अधिकार दिइयो।
DAN 7:7 “त्यसपछि रातको दर्शनमा मैले देखेँ, मेरो सामु चौथो पशु थियो—त्योचाहिँ डरलाग्दो, भयङ्कर र अति शक्तिशाली थियो। त्यसका फलामका ठूला-ठूला दाँतहरू थिए; त्यसले आफ्ना शिकारहरूलाई टुक्रा-टुक्रा पारेर खान्थ्यो, र छोडिएका मासुलाई खुट्टाले कुल्चिन्थ्यो। त्यो पशु पहिलेका अरू सबै पशुहरूभन्दा बेग्लै थियो; अनि त्यसका दश वटा सिङहरू थिए।
DAN 7:8 “जब मैले ती सिङहरूको बारेमा सोचिरहेको थिएँ, तब मेरो सामु अर्को एउटा सानो सिङ थियो, जुनचाहिँ ती सिङहरूको बीचबाट आएको थियो; अनि पहिलेका सिङहरूमध्येबाट तीन वटा सिङचाहिँ सानो सिङकै सामु जरैसमेत उखेलिए। त्यस सानो सिङको आँखा मानिसका जस्ता आँखा थिए, र त्यसमा अहङ्कारी कुराहरू बोल्ने एउटा मुख थियो।
DAN 7:9 “मैले हेर्दाहेर्दै, “सिंहासनहरू ठिक ठाउँमा बसालिए; अनि अति प्राचीन आफ्नो सिंहासनमाथि बिराजमान हुनुभयो, उहाँका कपडा हिउँजस्तै सेता थिए; उहाँको शिरको केश ऊनजस्तै सेतो थियो। उहाँको सिंहासन दन्किरहेको आगोको ज्वालाजस्तै थियो; अनि त्यसका चक्‍काहरू जलिरहेका आगोजस्ता थिए।
DAN 7:10 उहाँको सामुबाट निस्केर आएको एउटा आगोको नदी बगिरहेको थियो। हजारौँ-हजार स्वर्गदूतले उहाँको सेवाटहल गर्दैथिए; दश हजार गुणा दश हजार स्वर्गदूतहरू उहाँको सामु सेवा गर्न खडा थिए। न्यायाधीश बस्‍नुभयो, र पुस्तकहरू खोलिए।
DAN 7:11 “त्यसपछि मैले हेरिरहेँ; किनकि सिङले अहङ्कारी कुराहरू बोलिरहेको थियो। त्यो चौथो पशु मारिएर त्यसको शरीरलाई नष्‍ट पारेर बलिरहेको आगोमा नफालिएसम्म मैले हेरिरहेँ।
DAN 7:12 (अरू पशुहरूको अधिकार खोसिएको थियो, तर तिनीहरूलाई तोकिएको केही समयका निम्ति जिउन दिइयो।)
DAN 7:13 “राति मेरो दर्शनमा मैले देखेँ; अनि त्यहाँ मेरो सामु आकाशका बादलहरूका साथमा मानिसको पुत्रजस्तै आइरहनुभएको थियो। उहाँ अति प्राचीनकहाँ आउनुभयो र उहाँको उपस्थितिमा लगिनुभयो।
DAN 7:14 उहाँलाई अधिकार, महिमा र सार्वभौम शक्ति दिइयो; सबै जातिहरू र हरेक भाषा बोल्ने मानिसहरूले उहाँलाई दण्डवत् गरे। उहाँको राज्य सदासर्वदाको राज्य हो, जो कहिल्यै पनि बितेर जानेछैन; अनि उहाँको राज्य यस्तो हो, जो कहिल्यै पनि नष्‍ट हुनेछैन।
DAN 7:15 “म, दानिएल आफ्नो आत्मामा शोकित भएको थिएँ, र मेरो मनमा आएका दर्शनहरूले मलाई व्याकुल बनाएको थियो।
DAN 7:16 म त्यहाँ उभिरहनेहरूमध्ये एक जनाकहाँ नजिक गएँ, र तिनलाई यी सबै कुराहरूको अर्थ सोधेँ। “यसकारण तिनले यी सबै कुराहरूको अर्थ खोलिदिए र मलाई भने:
DAN 7:17 ‘ती चार विशाल जनावरहरू चार शासकहरू हुन्, जो पृथ्वीमा उदय हुनेछन्।
DAN 7:18 तर त्यो राज्य सर्वोच्‍च परमेश्‍वरका पवित्र सन्तहरूले पाउनेछन्, र त्यसलाई सदासर्वदाका निम्ति अधिकार गर्नेछन्—हो, सदासर्वदाका निम्ति।’
DAN 7:19 “तब मैले त्यस चौथो पशुको साँचो अर्थ जान्‍न चाहेँ, जुन अरू पशुहरूभन्दा फरक र त्यसका फलामका दाँतहरू र काँसाका नङ्ग्रा भएको कारण अति भयानक थियो—त्यो पशु, जसले आफ्ना शिकारहरूलाई खान्थ्यो, र चकनाचुर पार्थ्यो; अनि बाँकी रहेका मासुहरूलाई आफ्ना खुट्टामुनि कुल्चीमिल्ची पार्थ्यो।
DAN 7:20 मैले त्यस जनावरको शिरमाथि भएका दश वटा सिङहरू र अर्को उम्रेको सानो सिङ, जसको अगि दश सिङहरूमध्ये तीन वटा सिङ ढलिगएका थिए; त्यसको बारेमा पनि जान्‍न चाहेँ—त्यो सिङ, जुनचाहिँ अरूभन्दा बढी प्रभावशाली देखिन्थ्यो र त्यसका आँखा मानिसहरूको जस्तै र अहङ्कारी कुराहरू बोल्ने मुख थियो।
DAN 7:21 अनि मैले हेर्दाहेर्दै त्यो सानो सिङले ती पवित्र मानिसहरूको विरुद्धमा लडाइँ गरिहेको थियो, र तिनीहरूलाई परास्त गरिरहेको थियो,
DAN 7:22 जबसम्म अति प्राचीन आएर सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूको पक्षमा न्याय घोषणा गर्नुभएन; अनि त्यो समय आयो, जब तिनीहरूले राज्य अधिकार गरे।
DAN 7:23 “उहाँले मलाई यो कुरा व्याख्या गरिदिनुभयो: ‘चौथो पशुचाहिँ पृथ्वीमा देखा पर्ने चौथो राज्य हो। यो अरू सबै राज्यहरूभन्दा फरक हुनेछ; अनि यसले सारा पृथ्वीलाई खानेछ, र त्यसलाई कुल्चीमिल्ची पारेर धुलोपिठो बनाइदिनेछ।
DAN 7:24 ती दश वटा सिङहरू यस राज्यबाट आउने दश राजाहरू हुन्। त्यसपछि पहिलेको दश राजाभन्दा फरक अर्को एउटा राजा खडा हुनेछ; त्यसले तीन वटा राजाहरूलाई आफ्नो अधीनमा पार्नेछ।
DAN 7:25 त्यस सानो सिङले सर्वोच्‍च परमेश्‍वरको विरुद्धमा बोल्नेछ, र त्यसले पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ; अनि तोकिएका समयहरू र व्यवस्थाहरू बदली गर्न कोसिस गर्नेछ। पवित्र मानिसहरू त्यसको हातमा एक समय, समयहरू र आधा समयको निम्ति सुम्पिइनेछन्।
DAN 7:26 “ ‘तर न्यायाधीश बस्‍नुहुनेछ; अनि त्यसको शक्ति खोसिनेछ र सदासर्वदाका निम्ति त्यसलाई सम्पूर्ण रूपमा सर्वनाश गरिनेछ।
DAN 7:27 तब सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूलाई स्वर्गमुनिका सबै राज्यहरूका सार्वभौम, शक्ति र महानता सुम्पिइनेछन्। उहाँको राज्य अनन्तको राज्य हुनेछ; अनि सबै शासकहरूले उहाँलाई दण्डवत् गर्नेछन् र उहाँको आज्ञापालन गर्नेछन्।’
DAN 7:28 “यस दर्शनको अन्त्य यही हो। म, दानिएल आफ्ना विचारहरूद्वारा अति व्याकुल भएँ; अनि मेरो अनुहार पहेँलो भयो, तर मैले यो कुरा आफ्नो मनमै राखेँ।”
DAN 8:1 राजा बेलसजरको शासनकालको तेस्रो वर्षमा, म, दानिएलकहाँ पहिले देखा परेको दर्शनजस्तै अर्को दर्शन पनि देखा पर्‍यो।
DAN 8:2 मेरो दर्शनमा मैले आफैँलाई एलाम प्रान्तको राजधानी शूशनको किल्‍लामा देखेँ; मेरो दर्शनमा म ऊलै नहरको किनारमा थिएँ।
DAN 8:3 जब मैले मेरा आँखाहरू माथि उठाएँ, तब मेरो सामु नहरको किनारमा दुई वटा सिङ भएको साँढभेडा उभिरहेको थियो, र ती सिङहरू लामा-लामा थिए। एउटा सिङचाहिँ अर्कोभन्दा लामो थियो, तर त्यो पछि उम्रेको थियो।
DAN 8:4 मैले त्यस साँढभेडालाई पश्‍चिमतिर, उत्तरतिर र दक्षिणतिर सिङले हानिरहेको देखेँ। त्यसको विरुद्धमा कुनै पनि जनावर खडा रहन सकेन; अनि कसैले पनि त्यसको शक्तिबाट बचाउन सकेन। त्यसले आफूलाई इच्छा लागेअनुसार गर्‍यो, र त्यो महान् भयो।
DAN 8:5 जब मैले यस दर्शनको बारेमा विचार गरिरहेको थिएँ, तब अचानक एउटा बोका पश्‍चिमबाट आयो; त्यस बोकाको आँखाहरूको बीचमा एउटा विशेष सिङ थियो, र त्यो भुइँलाई नछोइकन पूरा पृथ्वी पार गर्दै आयो।
DAN 8:6 मैले दर्शनमा देखेको नहरको किनारमा उभिरहेको दुई सिङे साँढभेडातिर त्यो बोका आयो र प्रचण्ड क्रोधमा त्यसमाथि जाइलाग्यो।
DAN 8:7 अनि त्यो रिसले चुर भयो, र त्यस साँढभेडालाई आक्रमण गरेर त्यसका दुई वटा सिङहरू भाँचिदिएको मैले देखेँ। त्यस बोकाको विरुद्धमा त्यो साँढभेडा सामु उभिने शक्ति रहेन; त्यो बोकाले त्यस साँढभेडालाई भुइँमा पछार्‍यो, र त्यसलाई कुल्चीमिल्ची पार्‍यो; अनि त्यस साँढभेडालाई त्यो बोकाको शक्तिबाट कसैले पनि बचाउन सकेन।
DAN 8:8 त्यो बोका अत्यन्तै शक्तिशाली बन्यो, तर त्यसको शक्तिको चरमबिन्दुमा त्यसको ठूलो सिङ भाँचियो; अनि त्यो भाँचिएको सिङको सट्टामा आकाशका चारै दिशाका बतासतर्फ फर्केका चार विशेष सिङहरू उम्रेर आए।
DAN 8:9 ती चार सिङहरूमध्ये एउटाबाट अर्को सिङ निस्क्यो, जुन सिङ सुरुमा सानो थियो, तर त्यो शक्तिशाली हुँदै दक्षिण, पूर्व र सुन्दर देशतिर बढेर गयो।
DAN 8:10 त्यो सानो सिङ महान् भयो, र त्यो आकाशमण्डलसम्म पुग्यो; अनि त्यसले केही ताराहरू पृथ्वीमा झारिदियो, र तिनीहरूलाई कुल्चीमिल्ची पारिदियो।
DAN 8:11 त्यसले आफूलाई सेनाहरूका सेनापति याहवेह जतिकै महान् ठान्यो; त्यसले याहवेहको निम्ति चढाइने दैनिक बलिदान रोकिदियो; अनि उहाँको पवित्रस्थानलाई तल फ्याँकिदियो।
DAN 8:12 विद्रोहको कारण याहवेहका मानिसहरूको र दैनिक चढाइने बलि त्यस सिङलाई सुम्पियो। त्यस सिङले जे गरे तापनि त्यसको उन्‍नति भयो र सत्य व्यवस्थाचाहिँ भुइँमा फालियो।
DAN 8:13 त्यसपछि मैले एक जना पवित्र जन बोलिरहेका सुनेँ; अनि अर्को एक जना पवित्र जनले उनलाई यसो भने, “यो दर्शन पूरा हुन कति समय लाग्ला—दैनिक बलिदान, उजाड पार्ने विद्रोह, पवित्रस्थान र याहवेहका मानिसहरूलाई खुट्टाले कुल्चीमिल्ची पार्ने सम्बन्धी दर्शन पूरा हुन कति समय लाग्ला?”
DAN 8:14 उनले मलाई भने, “यसको निम्ति दुई हजार तीन सय साँझ र बिहान लाग्नेछ; त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछ।”
DAN 8:15 जब म, दानिएलले दर्शनको बारेमा सोचिरहेको थिएँ, र त्यसलाई बुझ्ने कोसिस गरिरहेको थिएँ, तब मेरो सामु मानिसजस्तै देखिने एक जना उभिए।
DAN 8:16 अनि मैले ऊलैबाट एक जना मानिसले बोलाइरहेको सुनेँ, “गाब्रिएल, यस मानिसलाई दर्शनको अर्थ बताइदेऊ।”
DAN 8:17 त्यसपछि जब तिनी म उभिरहेको ठाउँनिर आए, तब म भयभीत भएँ, र भुइँमा लम्पसार परेँ। तिनले मलाई भने, “हे मानिसको छोरा, यो कुरा बुझ, कि यस दर्शनले अन्त्यको समयलाई बताउँछ।”
DAN 8:18 जब तिनी मसित बोलिरहेका थिए, तब म मेरो अनुहार भुइँमा घोप्टिएको अवस्थामा घोर निद्रामा परेको थिएँ। तब तिनले मलाई छोए, र मलाई आफ्नो खुट्टामा उभिन लगाए।
DAN 8:19 तिनले भने: “हेर, म तिमीलाई क्रोधको अन्त्यको समयमा के हुनेछ भनी बताउनेछु; किनकि यो दर्शन अन्त्यको तोकिएको समयको विषयमा हो।
DAN 8:20 तिमीले देखेको दुई सिङे साँढभेडाले मादी र परसीया देशका राजाहरूको प्रतिनिधित्व गर्छ।
DAN 8:21 त्यो रौँले भरेको झुस्ले बोकाचाहिँ ग्रीस राजा हो; अनि आँखाहरूका बीचमा भएको ठूलो सिङचाहिँ पहिलो राजा हो।
DAN 8:22 त्यो भाँचिएको सिङको ठाउँमा अरू उम्रिएका चार वटा सिङहरूले उसको राज्यबाट आउने चार वटा राज्यहरूको प्रतिनिधित्व गर्छ, तर तिनीहरूसित त्यो भाँचिएको सिङको जस्तो शक्ति हुनेछैन।
DAN 8:23 “तिनीहरूको शासनकालको पछिल्‍ला समयहरूमा, जब विद्रोहीहरू पूर्ण रूपले दुष्‍ट हुनेछन्, तब एक कठोर अनुहार देखिने राजा, षड्यन्त्रको राजा खडा हुनेछ।
DAN 8:24 त्यो अति शक्तिशाली हुनेछ, तर आफ्नै सामर्थ्यद्वारा त होइन। त्यसले डरलाग्दो विध्वंस ल्याउनेछ, र आफूले गरेको जुनसुकै काममा पनि त्यो सफल हुनेछ। त्यसले पराक्रमी मानिसहरू र पवित्र मानिसहरूलाई नाश गर्नेछ।
DAN 8:25 त्यसले छललाई उन्‍नति हुन दिनेछ, र त्यसले मनमा आफूलाई अति उच्‍च ठान्‍नेछ। अनि तिनीहरूले सुरक्षित ठानेको बेला त्यसले धेरैलाई नाश गर्नेछ; अनि त्यो राजकुमारहरूका राजकुमारको विरुद्धमा खडा हुनेछ; तापनि त्यो नष्‍ट हुनेछ, तर कुनै मानिसको शक्तिद्वारा चाहिँ होइन।
DAN 8:26 “तिमीलाई दिइएको साँझहरू र बिहानहरूको दर्शन सत्य हो, तर यस दर्शनमा मोहर लाएर गुप्‍तमा राख; किनकि यो धेरै पछिको भविष्यसँग सम्बन्धित छ।”
DAN 8:27 म, दानिएल अति नै थाकेँ, र धेरै दिनसम्म बिरामी भएँ। त्यसपछि म निको भएर उठेँ, र राजाको काममा गएँ। म दर्शनद्वारा अति भयभीत भएँ; यो मेरो समझशक्तिभन्दा बाहिरको कुरा थियो।
DAN 9:1 अहासूरसका छोरा दाराको (मादी वंशका) शासनकालको पहिलो वर्षमा, जसलाई बेबिलोनी राज्यको शासक तुल्याइएका थिए—
DAN 9:2 तिनको शासनकालको पहिलो वर्षमा, म, दानिएलले यर्मिया अगमवक्तालाई याहवेहद्वारा दिइएको वचनअनुसार धर्मशास्त्रबाट यो बुझेँ, कि यरूशलेमको उजाड अवस्था सत्तरी वर्षसम्म रहनेछ।
DAN 9:3 यसकारण म उपवाससाथ भाङ्ग्रा लगाएर खरानी धसी प्रार्थना र अन्तर्बिन्ती गर्दै याहवेह परमेश्‍वरतिर फर्केँ।
DAN 9:4 मैले याहवेह मेरा परमेश्‍वरलाई प्रार्थना गरेँ, र आफ्ना पापहरू स्वीकार गरेँ: “हे प्रभु, महान् र भययोग्य परमेश्‍वर, जसले उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञापालन गर्नेहरू सबैसित आफ्नो अचुक प्रेमको करार पूरा गर्नुहुन्छ;
DAN 9:5 हामीले पाप गरेका छौँ, र भूल गरेका छौँ। हामी दुष्‍ट भएका छौँ, र हामी विद्रोही भएका छौँ; हामी तपाईंका आज्ञाहरू र व्यवस्थाहरूबाट तर्किगएका छौँ।
DAN 9:6 हामीले तपाईंका सेवक अगमवक्ताहरूका कुरा सुनेनौँ, जसले तपाईंको नाममा हाम्रा राजाहरू, हाम्रा शासकहरू, हाम्रा पितापुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका थिए।
DAN 9:7 “हे प्रभु, तपाईं धर्मी हुनुहुन्छ, तर आज हामी शर्मले ढाकिएका छौँ—यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरू र सबै इस्राएलीहरू, नजिक र टाढा बस्‍ने दुवै, सबै देशहरूमा, जहाँ हाम्रा अविश्‍वासयोग्यताको कारण तपाईंले हामीलाई तितरबितर पारिदिनुभएको छ।
DAN 9:8 हे याहवेह, हामी र हाम्रा राजाहरू, हाम्रा शासकहरू र हाम्रा पितापुर्खाहरू शर्मले ढाकिएका छौँ; किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ।
DAN 9:9 प्रभु, हाम्रा परमेश्‍वर कृपालु र क्षमा दिने हुनुहुन्छ; यद्यपि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौँ।
DAN 9:10 हामीले याहवेह हाम्रा परमेश्‍वरको आज्ञापालन गरेका छैनौँ, अथवा उहाँले आफ्ना सेवक अगमवक्ताहरूद्वारा हामीलाई दिनुभएका व्यवस्थाहरू पालन गरेका छैनौँ।
DAN 9:11 सारा इस्राएलका मानिसहरूले तपाईंको व्यवस्था उल्‍लङ्घन गरेका छन्, र तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गर्दै तर्किगएका छन्। “यसकारण परमेश्‍वरको सेवक मोशाको व्यवस्थामा लेखिएका श्रापहरू र शपथद्वारा फैसला गरिएका न्यायहरू हामीमाथि खन्याइएका छन्; किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ।
DAN 9:12 तपाईंले हाम्रा र हाम्रा शासकहरूका विरुद्धमा बोलिएका वचनहरू हामीमाथि ठूलो विपत्ति ल्याएर पूरा गर्नुभएको छ। आकाशमुनि सारा संसारभरि कहिल्यै पनि नआएको विपत्ति यरूशलेममाथि आयो।
DAN 9:13 मोशाको व्यवस्थामा लेखिएको जस्तै हामीमाथि सबै विपत्तिहरू आएका छन्, तापनि हामीले आफ्ना पापहरू त्यागेर तपाईंको सत्यतामा ध्यान दिएर हामीले याहवेह आफ्ना परमेश्‍वरको निगाह खोजेका छैनौँ।
DAN 9:14 यसकारण हामीमाथि विपत्ति ल्याउनलाई याहवेह हिच्किचाउनुभएन; किनकि याहवेह हाम्रा परमेश्‍वरले गर्नुहुने सबै कुरामा उहाँ धर्मी हुनुहुन्छ; तापनि हामीले उहाँका आज्ञाहरू पालन गरेका छैनौँ।
DAN 9:15 “अब, हे प्रभु, हाम्रा परमेश्‍वर, जसले आफ्ना मानिसहरूलाई सामर्थी हातद्वारा इजिप्टबाट बाहिर ल्याउनुभयो; अनि जसले आफ्नै निम्ति मानिसहरूका बीचमा एउटा असल नाम राख्नुभयो, जुन नाम आजको दिनसम्म नै याद गरिन्छ। हामीले पाप गरेका छौँ; हामीले भूल गरेका छौँ।
DAN 9:16 हे प्रभु, तपाईंका सबै धार्मिक कामहरू कायम राख्नुहोस्; अनि आफ्नो रिस र क्रोधलाई तपाईंको सहर यरूशलेम, तपाईंको पवित्र पर्वतबाट हटाउनुहोस्। हाम्रा पापहरू र हाम्रा पितापुर्खाहरूका अधर्महरूले यरूशलेम र तपाईंका मानिसहरूलाई हाम्रा चारैतिर भएका मानिसहरूका निम्ति निन्दाको पात्र बनाइदिएका छन्।
DAN 9:17 “अब, हे हाम्रा परमेश्‍वर, तपाईंको सेवकको प्रार्थना र अन्तर्बिन्ती सुन्‍नुहोस्। तपाईंको नामको खातिर, हे प्रभु, तपाईंको उजाड पवित्रस्थानलाई निगाहको दृष्‍टिले हेर्नुहोस्।
DAN 9:18 हे हाम्रा परमेश्‍वर, कान थाप्नुहोस् र सुन्‍नुहोस्; तपाईंको आँखा खोल्नुहोस्, र तपाईंको नाम बोकेको सहरको उजाड अवस्था हेर्नुहोस्। हामी धर्मी भएका कारणले तपाईंलाई बिन्ती गरेका होइनौँ, तर तपाईंको महान् कृपाको कारणले गर्दा बिन्ती गर्छौँ।
DAN 9:19 हे प्रभु, सुन्‍नुहोस्! हे प्रभु, क्षमा गर्नुहोस्! हे प्रभु, सुन्‍नुहोस् र काम गर्नुहोस्! तपाईंकै खातिर, हे मेरा परमेश्‍वर, विलम्ब नगर्नुहोस्; किनकि तपाईंको सहर यरूशलेम र तपाईंका मानिसहरूले तपाईंको नाम बोकेका छन्।”
DAN 9:20 जब म बोलिरहेको थिएँ, र प्रार्थना गरिरहेको थिएँ, तब आफ्नो पाप र मेरो जाति इस्राएलको पाप स्वीकार गर्दै र उहाँको पवित्र पर्वतको निम्ति याहवेह, मेरा परमेश्‍वरकहाँ बिन्ती गर्दैथिएँ—
DAN 9:21 जब म प्रार्थना गरिरहेको थिएँ, तब मैले मेरो पहिलेको दर्शनमा देखेको मानिस गाब्रिएल साँझको बलिदानको समयमा हतार-हतार गरी मकहाँ आए।
DAN 9:22 तिनले मलाई व्याख्या गरेर भने, “हे दानिएल, अहिले म तिमीलाई अन्तर्दृष्‍टि र समझशक्ति दिनलाई तिमीकहाँ आएको हुँ।
DAN 9:23 तिमीले प्रार्थना सुरु गर्न थाल्ने बित्तिकै एउटा आज्ञा दिइयो, जुन आज्ञा म तिमीलाई भन्‍न आएको छु; किनकि तिमी धेरै सम्मानित छौ। यसकारण वचनमाथि विचार गर र दर्शनलाई बुझ:
DAN 9:24 “तिम्रा जाति र तिम्रो पवित्र सहरको अधर्म समाप्‍त गर्न, पापको अन्त्य गर्न, दुष्‍टताको निम्ति प्रायश्‍चित गर्न, अनन्तको धार्मिकता ल्याउन, दर्शन र अगमवाणीमा मोहोरछाप लगाएर बन्द गर्न र महा-पवित्रस्थानलाई अभिषेक गर्नलाई तिम्रा मानिसहरूका निम्ति सत्तरी ‘सातहरू’ आदेश गरिएका छन्।
DAN 9:25 “यो कुरा जान र बुझ: यरूशलेमको पुनर्स्थापन र पुनर्निर्माण गर्ने उर्दी जारी गरिएको समयदेखि अभिषिक्त जन, शासक नआएसम्म सात वटा ‘सातहरू’ र बयसट्ठी वटा ‘सातहरू’ हुनेछन्। सडकहरू र गल्‍लीहरू समेत पुनर्निर्माण हुनेछन्, तर कष्‍टको समयमा यस्तो हुनेछ।
DAN 9:26 ती बयसट्ठी वटा ‘सातहरू’ पछि अभिषिक्त जन मारिनेछन्, र तिनको निम्ति केही पनि रहनेछैन। आउने मानिसहरूका शासकले सहर र पवित्रस्थानलाई नष्‍ट गर्नेछ। अन्तचाहिँ बाढीझैँ आउनेछ: बयसट्ठी सातहरूको आखिरसम्म र उजाड अवस्थाको आदेश नआएसम्म युद्ध चलिरहनेछ।
DAN 9:27 त्यसले एक ‘सात’ सम्मको निम्ति धेरैसँग एउटा करार पक्‍का गर्नेछ। त्यस ‘सात’ को बीच भागमा त्यसले बलिदान र भेटीको अन्त्य गरिदिनेछ। मन्दिरको एक भागमा त्यसले उजाड पार्ने घृणित कुरा खडा गर्नेछ, जबसम्म तोकिएको अन्त्यको समय त्यसमाथि खन्याइदैन।”
DAN 10:1 परसीयाका राजा कोरेसको शासनकालको तेस्रो वर्षमा, दानिएललाई (जसलाई बेलतसजर भनिन्छ) एउटा दर्शन दिइयो। यस दर्शनको सन्देश सत्य थियो, र त्यो एउटा ठूलो युद्धसँग सम्बन्धित थियो। तिनले त्यस सन्देशको अर्थ दर्शनमा पाए।
DAN 10:2 त्यस बेला म, दानिएलले तीन हप्‍तासम्म शोक गरिरहेँ।
DAN 10:3 मैले कुनै पनि मिठो भोजन खाइनँ; मासु अथवा दाखमद्य मेरो मुखमा परेन; अनि मैले तीन हप्‍ता नबितेसम्म कुनै पनि तेल प्रयोग गरिनँ।
DAN 10:4 पहिलो महिनाको चौबीसौँ दिनमा, म महानदी टाइग्रिसको किनारमा उभिरहेको थिएँ;
DAN 10:5 मैले मास्तिर हेरेँ; अनि मेरो सामु सुती कपडा लगाएका र कम्मरमा निखुर सुनको पटुका बाँधेका एक जना मानिस थिए।
DAN 10:6 तिनको शरीर पीतमणिजस्तो, तिनको अनुहार बिजुलीजस्तो चम्किलो, तिनका आँखाहरू आगोका राँकाहरूजस्ता, तिनका पाखुराहरू र खुट्टाहरू टल्काइएको काँसाजस्तो चम्किलो र तिनको आवाज धेरै मानिसहरूका भीडको आवाजजस्तै थियो।
DAN 10:7 म, दानिएलले मात्र त्यो दर्शन देखेँ; मसित भएका मानिसहरूले त्यो दर्शन देखेनन्, तर तिनीहरू यति साह्रै त्रसित भए, कि तिनीहरू भागे र आफैँ लुके।
DAN 10:8 यसकारण त्यो महान् दर्शनलाई एकोहोरो हेरिरहने म मात्र एकलै छोडिएँ; ममा कुनै बल बाँकी रहेन; मेरो अनुहार मरेतुल्य पहेँलो भयो र म असहाय भएँ।
DAN 10:9 तब मैले तिनले बोलिरहेका सुनेँ, जब मैले तिनको आवाज सुनेँ, तब म बेहोश भई भुइँमा घोप्टो परेर लडेँ।
DAN 10:10 तब एउटा हातले मलाई छोयो, र म डरले काम्दै गरेको अवस्थामा मेरा हात र घुँडामा उभ्याए।
DAN 10:11 तिनले मलाई भने, “हे दानिएल, जो अति सम्मानित छौ, मैले तिमीलाई भन्‍न लागेका कुराहरू ध्यानपूर्वक विचार गर; अनि खडा होऊ; किनकि अहिले म तिमीकहाँ पठाइएको हुँ।” जब तिनले मलाई यसो भने, तब म थरथर काम्दै उभिएँ।
DAN 10:12 तब तिनले आफ्नो कुरा फेरि भने, “दानिएल, तिमी नडराऊ। तिमीले समझशक्ति पाउनलाई र परमेश्‍वरको सामु आफूलाई नम्र तुल्याउनलाई आफ्नो मनमा ठानेको पहिलो दिनमै तिम्रा कुराहरू सुनिएका थिए; अनि म तिम्रो प्रार्थनाको प्रत्युत्तरमा आएको हुँ।
DAN 10:13 तर परसीया देशको राजकुमारले मलाई एक्‍काइस दिनसम्म रोकिराखे। तब प्रमुख राजकुमारहरूमध्ये एक जना मिखाएल मलाई सहायता गर्न आए; किनकि म त्यहाँ परसीयाको राजासँग रोकिएको थिएँ।
DAN 10:14 अब भविष्यमा तिम्रो जातिलाई के हुनेछ भनी तिमीलाई बुझाउनलाई म आएको हुँ; किनकि यो दर्शनचाहिँ धेरै दिनपछि आउने कुरासँग सम्बन्धित छ।”
DAN 10:15 जब तिनले मलाई यसो भनिरहेका थिए, तब मैले आफ्नो अनुहार भुइँतिर निहुराएँ, र केही बोल्न सकिनँ।
DAN 10:16 तब मानिसको पुत्रझैँ देखिने एक जनाले मेरा ओठ छोए; अनि मैले मेरो आफ्नो मुख खोलेँ र बोल्न सक्ने भएँ। अनि मेरो सामु उभिएकालाई भनेँ, “हे मेरा प्रभु, दर्शनको कारणले गर्दा म पीडाग्रस्त भएको छु; अनि म धेरै कमजोर महसुस गरिरहेको छु।
DAN 10:17 मेरो प्रभु, म तपाईंको सेवकले तपाईंसँग कसरी कुरा गर्न सक्छु? मेरो कुनै बल छँदैछैन; मलाई सास फेर्न पनि मुश्किल परेको छ।”
DAN 10:18 फेरि ती मानिसको जस्तो रूप देखिने व्यक्तिले मलाई छोए र मलाई बलियो पारे।
DAN 10:19 अनि तिनले भने, “हे अति सम्मानित मानिस, नडराऊ! तिमीलाई शान्ति होस्! अब बलियो होऊ; साहसी होऊ।” जब तिनी मसँग बोले, तब मैले बल पाएँ, र तिनलाई भनेँ, “मेरा प्रभु, मसँग बोल्नुहोस्; किनकि हजुरले मलाई बल दिनुभएको छ।”
DAN 10:20 यसकारण तिनले भने, “के तिमी जान्दछौ, म तिमीकहाँ किन आएको हुँ? म चाँडै परसीयाको राजकुमारको विरुद्धमा लडाइँ गर्न फर्कनेछु; अनि जब म जान्छु, ग्रीसको शासक आउनेछ;
DAN 10:21 तर पहिले म तिमीलाई सत्यको पुस्तकमा के लेखिएको छ, सो भन्‍नेछु। (मलाई तिनीहरूका विरुद्धमा लड्नलाई तिम्रा राजकुमार मिखाएलबाहेक कसैले साथ दिँदैनन्।
DAN 11:1 अनि मचाहिँ मादीका राजा दाराको शासनकालको पहिलो वर्षमा, तिनलाई सहायता गर्न र तिनलाई रक्षा गर्न खडा भएँ।)
DAN 11:2 “अब म तिमीलाई सत्य कुरा बताउँछु: परसीयामा अझ तीन जना राजाहरू खडा हुनेछन्; त्यसपछि चौथो राजा पनि खडा हुनेछन्, जोचाहिँ अरू सबै राजाहरूभन्दा धेरै धनी हुनेछन्। जब तिनले आफ्नो धनले शक्ति प्राप्‍त गर्नेछन्, तब तिनले हरेकलाई ग्रीसको विरुद्धमा सुर्‍याउनेछन्।
DAN 11:3 त्यसपछि एउटा पराक्रमी राजा खडा हुनेछन्, जसले महान् शक्तिसँग शासन गर्नेछन्, र आफूलाई इच्छा लागेअनुसार गर्नेछन्।
DAN 11:4 तब तिनी शक्तिशाली हुनसाथ तिनको राज्य टुक्रिनेछ, र आकाशका चारै दिशाका बतासहरूजस्तै चार भागमा विभाजित भएर जानेछ। त्यो राज्य तिनका सन्तानहरूकहाँ जानेछैन, न त तिनको जस्तो शक्ति सन्तानहरूमा हुनेछ; किनकि तिनको साम्राज्य जरैसमेत उखेलिनेछ र अरूलाई दिइनेछ।
DAN 11:5 “अनि दक्षिणको राजा शक्तिशाली हुनेछन्, तर तिनका सेनापतिहरूमध्ये एक जना तिनीभन्दा शक्तिशाली हुनेछ; अनि त्यस सेनापतिले तिनको राज्यलाई अझ महान् र शक्तिशाली रूपमा शासन गर्नेछ।
DAN 11:6 केही वर्षपछि तिनीहरू मित्रराष्ट्र बन्‍नेछन्। दक्षिणको राजाकी छोरी उत्तरको राजाकहाँ विवाहद्वारा सम्बन्ध जोड्नलाई जानेछिन्, तर तिनको शक्ति कायम रहनेछैन; अनि तिनी र तिनको शक्ति धेरै दिनसम्म टिकिरहनेछैनन्। ती दिनहरूमा राजकुमारीलाई तिनका राजकीय रक्षकहरू र तिनका आफ्ना पिता र तिनलाई समर्थन गर्नेहरूसहित धोका दिइनेछ।
DAN 11:7 “तिनको स्थान लिन तिनकै वंशबाट एक जना मानिस उठ्नेछन्। अनि तिनले उत्तरका राजाको सेना दलहरूलाई आक्रमण गर्नेछन्, र उनको किल्‍लाभित्र पस्‍नेछन्; तिनले उनीहरूको विरुद्धमा लडाइँ गर्नेछन् र विजयी हुनेछन्।
DAN 11:8 तिनले उनीहरूका देवताहरू, उनीहरूका धातुका मूर्तिहरू, उनीहरूका सुन र चाँदीका बहुमूल्य सामग्रीहरू कब्जा गरेर ती इजिप्टमा लैजानेछन्। केही वर्षको लागि तिनले उत्तरको राजालाई एकलै छोड्नेछन्।
DAN 11:9 त्यसपछि उत्तरका राजाले दक्षिणका राजाको राज्यमाथि आक्रमण गर्नेछन्, तर तिनी आफ्नै देशमा फर्किनेछन्।
DAN 11:10 उत्तर सिरियाका राजाका छोराहरूले युद्धका निम्ति तयारी गर्नेछन् र विशाल सेना जम्मा गर्नेछन्; अनि तिनीहरूले उर्लेर आउने भलझैँ आक्रमण गर्नेछन्, र दक्षिण राजाको किल्‍लासम्म नै युद्ध गर्नेछन्।
DAN 11:11 “तब दक्षिणका राजा क्रोधित भएर युद्ध मोर्चामा निस्कनेछन्, र उत्तर सिरियाको राजाको विरुद्धमा युद्ध गर्नेछन्; अनि सिरियाको राजाले ठूलो सेना खडा गर्नेछन्, तर पनि ती ठूलो सेना पराजित हुनेछ।
DAN 11:12 जब सिरियाका सेनाहरू हार्छन्, तब दक्षिणका राजा घमण्डले फुलिनेछन्; अनि हजारौँ-हजारलाई मार्नेछन्, तापनि तिनी धेरै दिनसम्म विजयी रहनेछैनन्।
DAN 11:13 किनकि उत्तरको राजाले पहिलेको सेना दलभन्दा ठूलो सैन्यदल तयार पार्नेछन्; अनि धेरै वर्षपछि तिनी पूर्ण रूपले सुसज्जित भई विशाल सेनासित अगि बढ्नेछन्।
DAN 11:14 “ती दिनहरूमा धेरै मानिसहरू दक्षिणका राजाको विरुद्धमा खडा हुनेछन्। अनि यो दर्शन पूरा हुनलाई तिम्रो आफ्नै जातिबाट हिंसात्मक मानिसहरू निस्कनेछन् र विद्रोह गर्नेछन्, तर सफल हुनेछैनन्।
DAN 11:15 तब उत्तरका राजा आउनेछन्, र घेराबन्दी गर्ने मोर्चाहरू निर्माण गर्नेछन्; अनि एउटा सुरक्षित सहरलाई कब्जा गर्नेछन्। दक्षिणका सेनाहरूले प्रतिरोध गर्न सक्नेछैनन्; तिनीहरूका उत्तम लडाकु सेनाहरूमा पनि खडा हुनसक्ने शक्ति रहनेछैन।
DAN 11:16 आक्रमणकारीले आफूले चाहेअनुसार गर्नेछन्; उनको विरुद्धमा कोही पनि खडा रहन सक्नेछैन। उनले आफूलाई सुन्दर देशमा स्थापित गर्नेछ, र यसलाई नष्‍ट गर्ने शक्ति उनीसँग हुनेछ।
DAN 11:17 सिरियाका राजाले आफ्नो सम्पूर्ण राज्यको सैनिक शक्तिको साथ आउने निर्णय गर्नेछन्, र दक्षिणको राजासँग मित्रता गर्नेछन्। अनि त्यस राज्यलाई नष्‍ट गर्नलाई आफ्नी छोरी तिनलाई विवाहमा दिनेछन्, तर उनको योजना सफल हुनेछैन, अथवा त्यस कुराले उनलाई सहायता पुग्नेछैन।
DAN 11:18 तब सिरियाका राजाले आफ्नो ध्यान समुद्रको किनारतिर लगाउनेछन्, र तिनीहरूमध्ये धेरै मानिसहरूलाई कब्जा गर्नेछन्; तर एक जना सेनापतिले उनको अहङ्कारको अन्त्य गरिदिनेछन् र उनको अहङ्कार त्यसतर्फ नै फर्काइदिनेछन्।
DAN 11:19 त्यसपछि ती सिरियाका राजा आफ्नै देशको सुरक्षित किल्‍लातिर फर्कनेछन्; तर उनी ठक्‍कर खानेछन्, लड्नेछन् र फेरि कहिल्यै भेट्टाइनेछैनन्।
DAN 11:20 “तिनका उत्तराधिकारीले राजकीय वैभवलाई कायम राख्न एक जना कर उठाउने व्यक्तिलाई पठाउनेछन्। तर केही वर्षपछि नै तिनको अन्त्य हुनेछ; कुनै पनि लडाइँ झगडामा नपरीकनै तिनी मारिनेछन्।
DAN 11:21 “अनि तिनको ठाउँमा शासन गर्नलाई एक जना हेला गरिएका व्यक्ति उत्तराधिकारी हुनेछन्, जसलाई राजकीय सम्मान वा मान्यता दिइएको थिएन। त्यस राज्यका मानिसहरूले सुरक्षित अनुभव गरिरहेको बेला तिनले राज्यमाथि आक्रमण गर्नेछन्; अनि तिनले त्यस राज्यलाई षड्यन्त्रद्वारा घेरा हाल्नेछन् र राज्यसत्ता लिनेछन्।
DAN 11:22 त्यसपछि उत्तरका राजाको सामु दक्षिणका विशाल सेनाहरू नाश हुनेछन्; दक्षिणका सेना र करारको राजकुमार दुवै नाश हुनेछन्।
DAN 11:23 तिनीसँग सम्झौता भएपछि उत्तरका राजाले छलपूर्वक काम गर्नेछन्; अनि थोरै मानिसहरूसित मात्र भए तापनि तिनी शक्तिशाली हुनेछन्।
DAN 11:24 जब धेरै धनी प्रान्तहरूले सुरक्षित अनुभव गर्छन्, तब तिनले तिनीहरूमाथि आक्रमण गर्नेछन्, र तिनका पितापुर्खाहरू समेतले नपाएको सफलता तिनले पाउनेछन्। तिनले लुटपाट गरेर जम्मा गरेका लुटका मालसामान र धनसम्पत्ति त्यसको पछि लाग्ने मानिसहरूको बीचमा बाँडचुँड गर्नेछन्। तिनले बलियो किल्‍लाहरू भत्काउने षड्यन्त्र गर्नेछन्—तर केही समयको निम्ति मात्र तिनले यसो गर्नेछन्।
DAN 11:25 “उत्तर सिरियाका राजा एक विशाल सेनासँग दक्षिण इजिप्टको राजाको विरुद्धमा आफ्नो शक्ति र साहसमा सुरिनेछन्। अनि दक्षिणको राजाले एक विशाल र अति शक्तिशाली सेना लिएर युद्ध गर्नेछन्, तर इजिप्टको विरुद्धमा षड्यन्त्र रचिएको कारण तिनी खडा रहन सक्दैनन्।
DAN 11:26 इजिप्ट राजाको भोजन टेबुलबाट खानेहरूले तिनैलाई नाश गर्न खोज्नेछन्; तिनका सेनाहरू परास्त हुनेछन् र लडाइँमा धेरै जना मर्नेछन्।
DAN 11:27 अनि यी दुवै राजाहरूका हृदय दुष्‍टतातिर ढल्केका हुनेछन्; तब एउटै टेबुलमा बस्‍नेछन् र एक-आपसमा झूट बोल्नेछन्, तर तिनीहरूका झूटो योजना सफल हुनेछैनन्; किनकि तिनीहरूका निम्ति तोकिएको समयमा तिनीहरूको अन्त्य पक्‍कै आउनेछ।
DAN 11:28 उत्तरको राजा धेरै सम्पत्ति लिएर आफ्नै देशमा फर्कनेछन्, तर तिनको हृदय पवित्र करारको विरुद्धमा हुनेछ। तिनले यरूशलेमको विरुद्धमा इच्छा लागेअनुसार गर्नेछन्, त्यसपछि आफ्नै देशमा फर्किजानेछन्।
DAN 11:29 “तोकिएको केही समयपछि तिनले दक्षिणमाथि फेरि आक्रमण गर्नेछन्, तर यस बेलाको परिणाम पहिलेको भन्दा फरक हुनेछ।
DAN 11:30 पश्‍चिमी कित्तीमका जहाजहरूले तिनको विरोध गर्नेछन्; अनि तिनले हरेश खानेछन्। त्यसपछि तिनी आफ्नो देशमा फकर्नेछन्, र आफ्नो क्रोध पवित्र करारको विरुद्धमा पोखाउनेछन्। तिनी फर्कनेछन् र पवित्र करार त्याग्नेहरूलाई तिनले दया देखाउनेछन्।
DAN 11:31 “तिनका हतियारधारी सेना दलहरू मन्दिरको किल्‍लालाई अपवित्र पार्न खडा हुनेछन्; अनि तिनीहरूले दैनिक बलिदान बन्द गराउनेछन्। तब तिनीहरूले उजाड पार्ने घृणित कुराहरू खडा गर्नेछन्।
DAN 11:32 तिनले आफ्ना फुस्ल्याउने कुराहरूले पवित्र करार भङ्ग गर्नेहरूलाई भ्रष्‍ट पार्नेछन्, तर आफ्ना परमेश्‍वरलाई चिन्‍ने मानिसहरूले चाहिँ दृढ भएर त्यसको विरोध गर्नेछन्।
DAN 11:33 “मानिसहरूको बीचमा रहेका बुद्धिमान्‌हरूले धेरैलाई बुझ्ने शिक्षा दिनेछन्, तर केही समयका लागि तिनीहरू पनि तरवारद्वारा मारिनेछन्, जलाइनेछन्, कब्जा गरिनेछन् र लुटिनेछन्।
DAN 11:34 जब तिनीहरू लड्नेछन्, तब तिनीहरूले थोरै मात्र सहायता पाउनेछन्; अनि झूटा मानिसहरू तिनीहरूसित मिल्नेछन्।
DAN 11:35 बुद्धिमान् अगुवाहरूमध्ये केहीले ठक्‍कर खानेछन्, ताकि अन्त्यको समयसम्म तिनीहरू चोखिऊन्, शुद्ध पारिऊन् र निष्खोट ठहरिऊन्; किनकि यो त तोकिएको समयमा अवश्य आउनेछ।
DAN 11:36 “राजाले आफूलाई इच्छा लागेअनुसार गर्नेछन्। तिनले आफूलाई सबै देवताभन्दा उच्‍च पारेर आफूलाई महान् बनाउनेछन्; अनि देवताहरूका परमेश्‍वरको विरुद्धमा कहिल्यै नसुनिएका कुराहरू भन्‍नेछन्। क्रोधको समय पूर्ण रूपले पूरा नभएसम्म तिनी सफल हुनेछन्; किनकि जुन कुरा निर्धारण गरिएको छ, त्यो हुनैपर्छ।
DAN 11:37 तिनले आफ्ना पितापुर्खाहरूका देवताहरू अथवा स्त्रीहरूले चाहेका देवताहरूको पनि वास्ता गर्नेछैनन्, न त तिनले कुनै देवतालाई मान्‍नेछन्, तर आफूलाई ती सबैभन्दामाथि उच्‍च तुल्याउनेछन्।
DAN 11:38 तिनीहरूका सट्टामा तिनले किल्‍ला भएका सहरहरूको रक्षा गर्ने देवतालाई सम्मान दिनेछन्; आफ्ना पितापुर्खाहरूले नजानेको देवतालाई तिनले सुन, चाँदी, बहुमूल्य पत्थरहरू र महङ्गा उपहारहरू चढाएर सम्मान गर्नेछन्।
DAN 11:39 तिनले एउटा विदेशी देवताको सहायताले सबैभन्दा बलियो किल्‍ला भएको सहरमाथि आक्रमण गर्नेछन्; अनि तिनलाई मान्यता दिनेहरूलाई ठूलो सम्मान दिनेछन्। तिनले तिनीहरूलाई धेरै जातिहरूमाथि शासक तुल्याइदिनेछन् र इनामको रूपमा देश विभाजन गरिदिनेछन्।
DAN 11:40 “अन्त्यको समयमा दक्षिणको राजाले तिनलाई युद्धमा आक्रमण गर्नेछन्; अनि उत्तरको राजाले रथहरू, घोडचढीहरू र धेरै जहाजहरू लिएर तिनको विरुद्धमा आँधीबेहरीझैँ आउनेछन्। तिनले धेरै देशहरूमाथि आक्रमण गर्नेछन् र तिनीहरूमाथि बाढीझैँ बग्नेछन्।
DAN 11:41 तिनले सुन्दर देशलाई पनि आक्रमण गर्नेछन्। धेरै देशहरू पतन हुनेछन्, तर एदोम, मोआब र अम्मोनका अगुवाहरू त्यसका हातबाट बचाइनेछन्।
DAN 11:42 तिनले आफ्नो शक्ति धेरै देशहरूका विरुद्धमा फैलाउनेछन्; इजिप्ट पनि उम्कन पाउनेछैन।
DAN 11:43 तिनले इजिप्टका सुन, चाँदी र सबै बहुमूल्य धन सम्पत्तिका भण्डारहरूमाथि अधिकार जमाउनेछन्; अनि लिबिया र कूशीहरू तिनको अधीनमा हुनेछन्।
DAN 11:44 तर पूर्व र उत्तरतिरबाट आएका खबरहरूले तिनलाई तर्साइदिनेछन्; अनि तिनी अति क्रोधित भएर धेरै मानिसहरूलाई नष्‍ट गर्न र सखाप पार्नलाई निस्केर जानेछन्।
DAN 11:45 तिनले यरूशलेमको पवित्र सीनै पर्वतको नदीहरूका बीचमा आफ्ना राजकीय पालहरू टाँग्नेछन्। तापनि तिनको अन्त्य हुनेछ, र कसैले पनि तिनलाई सहायता गर्नेछैन।
DAN 12:1 “त्यस बेला तिम्रा जातिलाई रक्षा गर्ने प्रधान स्वर्गदूत मिखाएल खडा हुनेछन्। तब यस्तो सङ्कष्‍टको समय आउनेछ, कि जातिहरू सुरु भएदेखि त्यस बेलासम्म कहिल्यै आएको थिएन। तर त्यस बेला यस पुस्तकमा नाम लेखिएका तिम्रा सबै मानिस बचाइनेछन्।
DAN 12:2 पृथ्वीको धुलोमा मरेर सुत्नेहरूका भीड उठ्नेछन्: केही अनन्त जीवनको निम्ति, अरू बाँकी मानिसहरूचाहिँ शर्म र अनन्त दण्डका निम्ति।
DAN 12:3 जो बुद्धिमान् छन्, तिनीहरू दिनको आकाशजस्तै चम्कनेछन्, र धेरै मानिसहरूलाई धार्मिकतामा डोर्‍याउनेहरूचाहिँ रातको ताराहरूजस्तै सदासर्वदाका निम्ति चम्किरहनेछन्।
DAN 12:4 तर हे दानिएल, तिमीले यस मुट्ठाका वचनहरूलाई अन्तको समयसम्मका निम्ति मोहोरछाप लगाएर बन्द गरेर राख। धेरै मानिसहरू ज्ञानको वृद्धि गर्नलाई यताउता जानेछन्।”
DAN 12:5 त्यसपछि म, दानिएलले मेरो सामु अरू दुई जना भएको देखेँ; एक जनाचाहिँ नदीको यतापट्टि र अर्कोचाहिँ उतापट्टिको किनारमा उभिएका थिए।
DAN 12:6 तीमध्ये एक जनाले सुतीको लुगा लगाएर नदीको पानीमाथि उभिरहेका त्यस मानिसलाई भने, “यी अचम्मका दर्शनका कुराहरूको अन्त कहिले हुनेछ?”
DAN 12:7 सुतीको लुगा लगाएका मानिस, जो नदीका पानीहरूमाथि उभिएका थिए, तिनले आफ्नो दाहिने हात र देब्रे हात स्वर्गतिर उठाए; अनि तिनले सदा जीवित रहनुहुनेको नाममा शपथ खाँदै यसो भनिरहेका मैले सुनेँ, “यो एक समय, दुई समयहरू, र आधा समयको निम्ति हुनेछ। जब पवित्र जातिको शक्ति पूर्ण रूपमा अन्त्य हुनेछ, तब यी सबै कुराहरू पूरा हुनेछन्।”
DAN 12:8 म, दानिएलले स्वर्गदूतले भनेका कुराहरू सुनेँ, तर मैले बुझिनँ। यसकारण मैले सोधेँ, “मेरा प्रभु, यी सबै कुराको अन्तिम परिणाम के हुनेछ?”
DAN 12:9 तिनले जवाफ दिए, “दानिएल, तिमी आफ्नो बाटो लाग; किनकि यी वचनहरू अन्तिम समयसम्मका निम्ति मोहोरछाप लगाएर बन्द गरिएका छन्।
DAN 12:10 धेरै जना शुद्ध पारिनेछन्, निष्खोट बनाइनेछन् र स्वच्छ हुनेछन्, तर दुष्‍टहरूले चाहिँ दुष्‍ट काम नै गर्नेछन्। दुष्‍टहरूमध्ये कसैले पनि बुझ्नेछैनन्, तर बुद्धिमान्‌हरूले चाहिँ बुझ्नेछन्।
DAN 12:11 “दैनिक बलिदान हटाइएको र उजाड पार्ने घृणित वस्तुहरू स्थापित गरिएको समयदेखि 1,290 दिनहरू हुनेछन्।
DAN 12:12 धन्य हुन् तिनीहरू, जसले प्रतीक्षा गर्छन् र 1,335 दिनको अन्त्यसम्म विश्‍वासयोग्य रहन्छन्।
DAN 12:13 “तर तिमीचाहिँ आफ्नो अन्तिम समयसम्म दृढ भइरह। तिमीले विश्राम गर्नेछौ, र त्यसपछिका दिनहरूको अन्त्यमा तिमी आफ्नो तोकिएको उत्तराधिकार प्राप्‍त गर्न मृत अवस्थाबाट बौरी उठ्नेछौ।”
HOS 1:1 यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज, हिजकिया र इस्राएलका राजा योआशका छोरा यारोबामका शासनकालहरूमा याहवेहको वचन बेरीका छोरा होशेकहाँ आयो:
HOS 1:2 जब याहवेह होशेद्वारा पहिलो पटक बोल्न सुरु गर्नुभयो, तब याहवेहले तिनलाई भन्‍नुभयो, “जा, गएर एउटी वेश्यालाई विवाह गर्, र त्यसबाट सन्तान जन्मा; किनकि एक व्यभिचारिणी पत्नीजस्तै यस देशले याहवेहलाई त्यागेर विश्‍वासघात गरेर व्यभिचारको दोषी भएको छ।”
HOS 1:3 यसकारण होशेले दिब्लैमकी छोरी गोमेरसँग विवाह गरे; अनि गोमेर गर्भवती भएर होशेको निम्ति एउटा छोरा जन्माई।
HOS 1:4 अनि याहवेहले होशेलाई भन्‍नुभयो, “त्यसको नाम यिजरेल राख्; किनकि यिजरेलमा भएको नरसंहारको निम्ति म येहूको घरानालाई चाँडै दण्ड दिनेछु, र म इस्राएलको राज्यको अन्त्य गरिदिनेछु।
HOS 1:5 त्यस दिन म यिजरेलको बेँसीमा इस्राएलका सैन्य शक्तिलाई नाश पारिदिनेछु।”
HOS 1:6 गोमेर फेरि गर्भवती भई, र एउटी छोरी जन्माई। तब याहवेहले होशेलाई भन्‍नुभयो, “त्यसलाई लो-रूहामा नाम राख्; किनकि तिनीहरूलाई क्षमा गरेर म फेरि इस्राएललाई दया देखाउनेछैनँ।
HOS 1:7 तर यहूदालाई भने म प्रेम देखाउँनेछु; अनि म तिनीहरूलाई धनु, तरवार अथवा लडाइँ, घोडाहरू र घोडसवारहरूद्वारा होइन, तर याहवेह तिनीहरूका परमेश्‍वरद्वारा बचाउनेछु।”
HOS 1:8 गोमेरले लो-रूहामालाई दूध छुटाएपछि उसले अर्को छोरा जन्माई।
HOS 1:9 तब याहवेहले भन्‍नुभयो, “त्यसलाई लो-अम्मी नाम राख्; किनकि तिमीहरू मेरा प्रजा होइनौ, र म पनि तिमीहरूका परमेश्‍वर होइनँ।
HOS 1:10 “तर पनि इस्राएलीहरू समुद्रको किनारका बालुवाझैँ हुनेछन्, जसलाई नाप्‍न सकिँदैन, न त गन्‍न नै सकिन्छ। जहाँ तिनीहरूलाई, ‘तिमीहरू मेरा प्रजा होइनौ’ भनिएको ठाउँमा, ‘जीवित परमेश्‍वरका सन्तान’ भनिनेछ।
HOS 1:11 यहूदाका मानिसहरू र इस्राएलका मानिसहरू फेरि भेला हुनेछन्; तिनीहरूले एक जना अगुवा नियुक्त गर्नेछन् र निर्वासनबाट फर्किएर आउनेछन्; किनकि त्यो दिन यिजरेलको लागि महान् हुनेछ।
HOS 2:1 “आफ्ना दाजुभाइहरूलाई ‘अम्मी’ र दिदीबहिनीहरूलाई ‘रूहामा’ भन्।
HOS 2:2 “आफ्नी आमालाई हप्काओ, त्यसलाई हप्काओ; किनकि त्यो मेरी पत्नी होइनँ, र म पनि त्यसको पति होइनँ। त्यसले आफ्नो अनुहारबाट व्यभिचारको रूप र आफ्नो स्तनको बीचबाट विश्‍वासघातलाई हटाओस्।
HOS 2:3 नत्रता म त्यसलाई वस्त्रहीन पार्नेछु, र त्यसलाई जन्मेको दिनमा जस्तै नाङ्गै पार्नेछु; म त्यसलाई मरुभूमिजस्तै बनाइदिनेछु; त्यसलाई सुक्खा भूमिमा परिणत गरिदिनेछु, र त्यसलाई तिर्खाले मार्नेछु।
HOS 2:4 म त्यसका कुनै छोराछोरीहरूलाई दया देखाउनेछैनँ; किनकि तिनीहरू व्यभिचारबाट जन्मिएका सन्तान हुन्।
HOS 2:5 तिनीहरूकी आमाले विश्‍वासघात गरेकी छे, र तिनीहरूलाई कलङ्कित अवस्थामा गर्भधारण गरेकी छे। त्यसले भनी, ‘म मेरा प्रेमीहरूको पछि जानेछु, जसले मलाई मेरो भोजन, पानी, ऊन, सुती कपडा, तेल र दाखरस दिन्छन्।’
HOS 2:6 यसकारण म त्यसको बाटो काँडाघारीले बन्द गरिदिनेछु; त्यसले कुनै पनि बाटो नपाओस् भनेर म त्यसलाई पर्खालले बन्द गरिदिनेछु।
HOS 2:7 त्यो आफ्ना प्रेमीहरूलाई पछ्याउँदै जानेछे, तर त्यसले तिनीहरूलाई भेट्टाउन सक्दिन; त्यसले प्रेमीहरूलाई खोज्नेछे, तर तिनीहरूलाई भेट्टाउनेछैन। तब त्यसले भन्‍नेछे, “म पहिलेझैँ मेरो पतिकहाँ फर्केर जानेछु; किनकि अहिलेभन्दा त पहिलाको अवस्था नै राम्रो थियो।”
HOS 2:8 त्यसले बुझेकै छैन, त्यसलाई अन्‍न, नयाँ दाखरस र जैतुन तेल दिने म नै हुँ; मैले त्यसलाई प्रशस्त सुन र चाँदी दिएँ, तर त्यसले त्यो बाल-देवताको निम्ति प्रयोग गरी।
HOS 2:9 “यसकारण जब मेरो अन्‍न पाक्छ, र मेरो नयाँ दाखरस तयार हुन्छ, तब म लैजानेछु। त्यसको नग्नता ढाक्नलाई तयार गरिएको मेरो ऊन र मेरो सुती कपडा म खोसेर लैजानेछु।
HOS 2:10 यसकारण अब म त्यसका प्रेमीहरूका आँखाको सामु त्यसलाई नाङ्गो पारिदिनेछु; कसैले त्यसलाई मेरो हातबाट छुटाउन सक्नेछैन।
HOS 2:11 म त्यसका सबै उत्सवहरू: त्यसका वार्षिक चाडहरू, त्यसका औँसीहरू, त्यसका शब्बाथ दिनहरू; अनि त्यसका सबै तोकिएका चाडहरूको अन्त गर्नेछु।
HOS 2:12 म त्यसका दाखहरू र नेभाराका बोटहरू नष्‍ट गरिदिनेछु, जुन त्यसले आफ्ना प्रेमीहरूको सेवा गरेर मैले ज्याला पाएकी हुँ भनेकी छे; म तिनीहरूलाई बाक्लो झाडी बनाइदिनेछु, र जङ्गली जनावरहरूले ती खानेछन्।
HOS 2:13 बाल-देवताहरूका निम्ति धूप बालेका हुनाले म त्यसलाई दण्ड दिनेछु; त्यसले आफूलाई गरगहनाहरूले सिँगारी, र आफ्ना प्रेमीहरूको पछि लागी, तर त्यसले मलाई बिर्सी, याहवेह घोषणा गर्नुहुन्छ।
HOS 2:14 “यसकारण अब म त्यसलाई लोभ्याउन लागेको छु; म त्यसलाई उजाडस्थानमा डोर्‍याउनेछु, र त्यससँग मायालु कुरा गर्नेछु।
HOS 2:15 त्यहाँ म त्यसलाई त्यसका दाखबारीहरू फर्काइदिनेछु, र आकोरको बेँसीलाई एउटा आशाको ढोका बनाइदिनेछु। त्यहाँ त्यसले आफ्नो जवानीको दिनमा झैँ, इजिप्टबाट निस्किआएको दिनमा झैँ गाउनेछे।”
HOS 2:16 याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन तैँले मलाई ‘मेरो मालिक’; भन्‍न छोडेर ‘मेरा पति’ भन्‍नेछस्।
HOS 2:17 म त्यसको मुखबाट बाल-देवताहरूका नाम हटाइदिनेछु; तिनीहरूका नामको उच्‍चारण फेरि कहिल्यै पनि हुनेछैन।
HOS 2:18 त्यस दिन म तिनीहरूका निम्ति जङ्गलका जनावरहरू, आकाशका चराचुरुङ्गीहरू र जमिनमा हलचल गर्ने पशुप्राणीहरूसँग करार बाँध्नेछु। म देशबाट धनु, तरवार र युद्ध हटाइदिनेछु, ताकि सबै जना सुरक्षित भएर विश्राम लिन सकून्।
HOS 2:19 म तँलाई सदाका निम्ति पत्नी तुल्याउनेछु; म तँलाई धार्मिकतामा र न्यायमा, प्रेममा र दयामा दुलही बनाउनेछु।
HOS 2:20 म तँलाई विश्‍वासयोग्यतामा दुलही बनाउनेछु; अनि तैँले याहवेहलाई चिन्‍नेछस्।”
HOS 2:21 याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन म जवाफ दिनेछु, म आकाशलाई जवाफ दिनेछु, र आकाशले पृथ्वीलाई जवाफ दिनेछ;
HOS 2:22 अनि पृथ्वीले अन्‍नलाई; नयाँ दाखरस र जैतुन तेललाई जवाफ दिनेछ, र तिनीहरूले यिजरेललाई जवाफ दिनेछन्।
HOS 2:23 म त्यसलाई आफ्नै निम्ति त्यस देशमा रोप्नेछु; मैले जसलाई ‘मेरो प्रिय होइनँ’ भनेको थिएँ, त्यसलाई प्रेम देखाउनेछु। मैले जसलाई ‘मेरो जाति होइनँ,’ भनेको थिएँ, त्यसलाई ‘तिमीहरू मेरा जाति हौ,’ भन्‍नेछु; अनि तिनीहरूले भन्‍नेछन्, ‘तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ।’ ”
HOS 3:1 याहवेहले मलाई भन्‍नुभयो, “गएर तेरी पत्नी गोमेरलाई फेरि प्रेमभाव देखा; त्यसलाई अर्को मानिसले प्रेम गरेको भए तापनि वा त्यो व्यभिचारिणी भए तापनि त्यसलाई प्रेम गर्। जसरी तिनीहरू अरू देवताहरूतिर फर्किए, र तिनीहरूलाई चढाएको किसमिसको खानेकुरा मन पराए, तर पनि याहवेहले इस्राएलीहरूलाई प्रेम गर्नुभयो, त्यसरी नै तैँले त्यसलाई प्रेम गर्।”
HOS 3:2 यसकारण मैले गोमेरलाई पन्ध्र शेकेल चाँदी, एक र आधा होमेर र एक लेथेक जौ दिएर किनेँ।
HOS 3:3 तब मैले त्यसलाई भनेँ, “तिमी मसँग धेरै दिनसम्म बस्‍नुपर्नेछ; तिमीले वेश्यावृत्ति नगर्नू, र अरू मानिसहरूसँग घनिष्‍ठ सम्बन्ध नराख्नू; तब म पनि तिमीसँग त्यस्तै व्यवहार गर्नेछु।”
HOS 3:4 किनकि इस्राएलीहरू धेरै दिनसम्म राजा वा शासक, बलिदान वा पवित्र ढुङ्गा, एपोद वा घर देवताविना रहनेछन्।
HOS 3:5 त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन्; अनि याहवेह तिनीहरूका परमेश्‍वरलाई र दावीद तिनीहरूका राजालाई खोज्नेछन्। त्यसपछि तिनीहरूले याहवेहको भय मान्‍नेछन् र अन्त्यका दिनहरूमा उहाँबाट आशिष् पाउन आउनेछन्।
HOS 4:1 हे इस्राएलका मानिसहरू हो, याहवेहको वचन सुन, देशमा बस्‍नेहरूको विरुद्धमा याहवेहले दोष लगाउनुभएको छ: “यस देशमा विश्‍वासयोग्यता छैन, न त प्रेम नै छ; परमेश्‍वरलाई स्वीकार गर्ने कोही पनि छैन।
HOS 4:2 यहाँ श्राप, झूट र हत्या, चोरी र व्यभिचार मात्र छन्; तिनीहरूले सबै सीमाहरू नाघेका छन्; अनि रक्तपातमाथि रक्तपात गर्दछन्।
HOS 4:3 यसकारण देश उजाड भएको छ; अनि देशमा बस्‍ने सबै मानिसहरू नष्‍ट भएका छन्; जङ्गली जनावरहरू, आकाशमा उड्ने चराचुरुङ्गीहरू र समुद्रका माछाहरू समेत नष्‍ट भएका छन्।
HOS 4:4 “तर कुनै पनि मानिसले आरोप नलगाओस्, न त कुनै मानिसले एक-अर्कालाई दोष लगाओस्; किनकि तिमीहरूका मानिसहरू पुजारीको विरुद्धमा दोष लगाउनेहरूजस्ता छन्।
HOS 4:5 तिमीहरू दिनरात ठक्‍कर खान्छौ; अनि अगमवक्ताहरू पनि तिमीहरूसँगै ठक्‍कर खान्छन्। यसकारण म तिमीहरूकी आमालाई नाश गर्नेछु—
HOS 4:6 मेरा मानिसहरू ज्ञानको अभावले नष्‍ट भएका छन्। “तिमीहरूले ज्ञानलाई इन्कार गरेको कारण, म पनि तिमीहरूलाई मेरो पुजारी हुनलाई इन्कार गर्नेछु; किनभने तिमीहरूले आफ्ना परमेश्‍वरको आज्ञालाई वास्ता गरेका छैनौ; तसर्थ म पनि तिमीहरूका छोराछोरीहरूलाई वास्ता गर्नेछैनँ।
HOS 4:7 जति धेरै पुजारीहरू भए, तिनीहरूले त्यत्ति नै मेरो विरुद्धमा धेरै पाप गरे; तिनीहरूले आफ्ना महिमित परमेश्‍वरलाई घृणित कुराहरूसँग साटे।
HOS 4:8 तिनीहरू मेरा मानिसहरूका पापद्वारा पोसिन्छन्, र तिनीहरूका दुष्‍टताको स्वाद लिन्छन्।
HOS 4:9 अनि यस्तो हुनेछ: जस्ता प्रजाहरू छन्, त्यस्तै पुजारीहरू हुनेछन्। म ती दुवैलाई तिनीहरूको खराब चालचलनको निम्ति दण्ड दिनेछु, र तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूलाई दिनेछु।
HOS 4:10 “तिनीहरूले खानेछन्, तर सन्तुष्‍टि हुनेछैनन्; तिनीहरू वेश्यावृत्तिमा संलग्न हुनेछन्, तर तृप्‍त हुनेछैनन्; तिनीहरू वेश्यावृत्तिमा सामेल हुनका लागि तिनीहरूले
HOS 4:11 याहवेहलाई त्यागेका छन्; पुरानो दाखमद्य र नयाँ दाखमद्यले मेरा प्रजाको समझशक्ति नष्‍ट पारिदिन्छ।
HOS 4:12 मेरा मानिसहरूले काठको मूर्तिसित सल्‍लाह लिन्छन्, र तिनीहरूका जोखना हेर्नेले काठको लहुरोसँग कुराकानी गर्छन्। वेश्यावृत्तिको आत्माले तिनीहरूलाई बहकाउँछ; तिनीहरू आफ्ना परमेश्‍वरप्रति अविश्‍वासयोग्य छन्।
HOS 4:13 तिनीहरूले पर्वतका टाकुराहरूमा बलिदान चढाउँछन्; अनि डाँडाहरूमा होमबलिहरू चढाउँछन्; तिनीहरूले राम्रो छाया भएको ठाउँ, झ्याम्म परेका फलाँट, लहरे-पीपल र तारपीनको रूखमुनि बलिदान चढाउँछन्। यसकारण तिमीहरूका छोरीहरू वेश्यावृत्तिमा र तिमीहरूका बुहारीहरू व्यभिचारमा लागेका छन्।
HOS 4:14 “जब तिमीहरूका छोरीहरूले वेश्यावृत्ति गर्छन्, म तिमीहरूका छोरीहरूलाई दण्ड दिनेछैनँ; न त तिमीहरूका बुहारीहरूलाई नै दण्ड दिनेछु; जसले व्यभिचार गर्छन्; किनकि पुरुषहरू आफैँ वेश्याहरूतिर लागेका छन्, र देवदासीहरूसँग बलिदान चढाउँछन्— समझशक्ति नभएका मानिसहरू नष्‍ट हुनेछन्!
HOS 4:15 “हे इस्राएल, तैँले व्यभिचार गरे तापनि यहूदाचाहिँ दोषी नठहरिओस्। “तिमीहरू गिलगालमा नजाओ; न त बेथ-आवेनमा उक्लेर जाओ। न त ‘जीवित याहवेहको नाममा,’ शपथ खाओ!
HOS 4:16 इस्राएलका मानिसहरू हठी छन्; ढीट कोरलीझैँ छन्। तब कसरी याहवेहले तिनीहरूलाई चरनमा थुमालाई चराएजस्तै चराउन सक्नुहुनेछ त?
HOS 4:17 एफ्राइम मूर्तिसँग जोडिएको छ; त्यसलाई आफ्नै चालमा छोडिदेओ!
HOS 4:18 तिनीहरूको मद्य सकिए तापनि तिनीहरू वेश्यावृत्तिमा निरन्तर लागिरहन्छन्; तिनीहरूका शासकहरू लाजलाग्दो मार्गलाई अति मन पराउँछन्।
HOS 4:19 आँधीबेहरीले तिनीहरूलाई उडाएर लैजानेछ; अनि तिनीहरूका बलिदानहरूले तिनीहरूलाई लाजमा पार्नेछ।
HOS 5:1 “हे पुजारीहरू हो, यो कुरा सुन! हे इस्राएलीहरू हो, ध्यान दिएर सुन! हे राजकीय घराना हो, ध्यानसित सुन! यो न्याय तिमीहरूको विरुद्धमा छ: तिमीहरू मिस्पामा पासोझैँ बनेका छौ, र तिमीहरू तबोरमा फिँजाइराखेका जाल भएका छौ।
HOS 5:2 विद्रोहीहरू हत्याको गहिराइमा फसेका छन्; म तिनीहरू सबैलाई अनुशासित तुल्याउनेछु।
HOS 5:3 म एफ्राइमको बारेमा सबै कुरा जान्दछु; इस्राएल मदेखि लुकेको छैनँ। एफ्राइम, तँ अब वेश्यावृत्तिमा लागेको छस्; इस्राएल भ्रष्‍ट भएको छ।
HOS 5:4 “तिनीहरूका कामहरूले तिनीहरूलाई आफ्ना परमेश्‍वरतर्फ फर्कन दिँदैन। तिनीहरूका हृदयमा वेश्यावृत्तिको आत्मा छ; तिनीहरूले याहवेहलाई मान्यता दिँदैनन्।
HOS 5:5 इस्राएलको अहङ्कारले तिनीहरूको विरुद्धमा साक्षी दिन्छ; इस्राएल र एफ्राइम पनि आ-आफ्नो पापमा ठक्‍कर खानेछन्; तिनीहरूसँग यहूदाले पनि ठक्‍कर खानेछ।
HOS 5:6 जब तिनीहरू याहवेहलाई खोज्न आफ्ना बगालहरू र बथानहरूसँग जान्छन्, तब तिनीहरूले उहाँलाई भेट्टाउनेछैनन्; उहाँले आफैँलाई तिनीहरूदेखि अलग गर्नुभएको छ।
HOS 5:7 तिनीहरू याहवेहप्रति विश्‍वासघाती भएका छन्; तिनीहरूले अवैध छोराछोरीहरू जन्माउँछन्। जब तिनीहरूले नयाँ औँसीका चाडपर्वहरू मनाउँछन्, तब ती चाडपर्वहरूले तिनीहरूका खेतहरू निल्नेछन्।
HOS 5:8 “गेबामा तुरही फुक, रामामा बिगुल फुक। बेथ-आवेनमा युद्धको ध्वनि उठाओ; हे बेन्यामीन, अगुवाइ गर।
HOS 5:9 न्यायको दिनमा एफ्राइमलाई उजाड पारिनेछ। इस्राएलका कुलहरूका बीचमा यी कुराहरू निश्‍चित छन्, म घोषणा गर्दछु।
HOS 5:10 यहूदाका अगुवाहरू सिमानाका ढुङ्गाहरू हटाउनेहरूजस्ता छन्। म तिनीहरूमाथि वर्षाको बाढीजस्तै मेरो क्रोध खन्याउनेछु।
HOS 5:11 एफ्राइम थिचोमिचोमा परेको छ, न्यायमा त्यो कुल्चीमिल्ची भएको छ; त्यसले मूर्तिको पछि हिँड्नलाई अठोट गरेको छ।
HOS 5:12 म एफ्राइमको निम्ति कपडा खाने किराजस्तै छु, र यहूदाका मानिसहरूका निम्ति म ढुसीजस्तै छु।
HOS 5:13 “जब एफ्राइमले आफ्नो रोग देख्यो र यहूदाले आफ्नो चोट देख्यो, तब एफ्राइम अश्शूरतिर फर्क्यो, र महान् राजाकहाँ सहायताको निम्ति मानिस पठायो। तर त्यसले तँलाई निको पार्न सक्दैन; त्यसले तेरा घाउ निको पार्न सक्दैन।
HOS 5:14 किनकि म एफ्राइमको निम्ति एउटा सिंहजस्तै र यहूदाको निम्ति एउटा ठूलो सिंहजस्तै हुनेछु। म तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र गइहाल्नेछु; म तिनीहरूलाई उठाएर लैजानेछु, र तिनीहरूलाई छुटाउने कोही पनि हुनेछैन।
HOS 5:15 जबसम्म तिनीहरूले आफ्नो दोष स्वीकार गर्दैनन्, र तिनीहरूले मेरो अनुहार खोज्दैनन्, तबसम्म म फर्केर आफ्नै ठाउँमा रहनेछु; अनि आफ्नो कष्‍टमा तिनीहरूले मलाई यत्नपूर्वक खोज्नेछन्।”
HOS 6:1 “आओ, हामी याहवेहतिर फर्कौँ। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ; उहाँले हामीलाई चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलमपट्टी बाँध्नुहुनेछ।
HOS 6:2 दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ; तेस्रो दिन उहाँले हामीलाई पुनर्स्थापित गर्नुहुनेछ, र हामी उहाँको उपस्थितिमा जीवित रहनेछौँ।
HOS 6:3 हामी याहवेहलाई स्वीकार गरौँ; हामी दृढतासाथ उहाँलाई स्वीकार गरौँ। निश्‍चय नै सूर्य उदाएझैँ उहाँ देखा पर्नुहुनेछ; उहाँ हामीकहाँ हिउँदको झरीझैँ र पृथ्वीलाई भिजाउने बसन्तको वर्षाझैँ आउनुहुनेछ।”
HOS 6:4 “हे एफ्राइम, म तँलाई के गरूँ? हे यहूदा, म तँलाई के गरूँ? तेरो प्रेम बिहानको कुइरोझैँ र मिरमिरे बिहानको शीतजस्तै बिलाएर जान्छ।
HOS 6:5 यसकारण मैले तँलाई मेरा अगमवक्ताहरूसँग काटेर टुक्रा-टुक्रा पारेको छु; मैले तँलाई मेरो मुखका वचनहरूद्वारा मारेको छु; त्यसपछि मेरो न्याय सूर्यजस्तै अगाडि बढ्छ।
HOS 6:6 किनकि म बलिदान होइन, तर दया चाहन्छु, र होमबलिहरूभन्दा परमेश्‍वरलाई चिनेको म चाहन्छु।
HOS 6:7 आदमले जस्तै तिनीहरूले मेरो करार भङ्ग गरेका छन्; तिनीहरूले त्यहाँ मप्रति विश्‍वासघात गरेका छन्।
HOS 6:8 गिलाद दुष्‍ट मानिसहरूको सहर हो, र त्यो सहर रगतका पाइलाहरूले भरिएको छ।
HOS 6:9 जसरी लुटेराहरूले मानिसलाई ढुकिबस्छन्, त्यसरी नै पुजारीहरूको समूहले ढुकिबस्छन्; आफ्ना दुष्‍ट योजनाहरू पूरा गर्न तिनीहरूले शेकेमको पवित्रस्थानतिर जाने मानिसहरूलाई बाटोमा हत्या गर्छन्।
HOS 6:10 मैले इस्राएलको घरानामा एउटा भयानक कुरा देखेको छु: त्यहाँ एफ्राइमलाई वेश्यावृत्तिको लागि दिइएको छ, इस्राएल अपवित्र पारिएको छ।
HOS 6:11 “मैले मेरा मानिसहरूको सुदिन पुनर्स्थापित गर्दा, हे यहूदा, तेरो निम्ति पनि कटनीको समय तोकिएको छ।
HOS 7:1 “जब म इस्राएललाई निको पार्नेछु, एफ्राइमको पाप उदाङ्गो हुन्छ; र सामरियाका अपराधहरू प्रकट हुन्छन्। तिनीहरूले छलपूर्ण व्यवहार गर्छन्; चोरहरू घर फोरेर घरभित्र पस्छन्, डाँकुहरूले सडकहरूमा लुटपाट गर्छन्;
HOS 7:2 तर तिनीहरूले यो बुझ्दैनन्, म तिनीहरूका सबै दुष्‍ट कामहरूको स्मरण गर्छु। तिनीहरूका पापहरूले तिनीहरूलाई ढाकेका छन्; तिनीहरू सधैँ मेरो सामु छन्।
HOS 7:3 “तिनीहरूले राजालाई आफ्ना दुष्‍टताले र शासकहरूलाई झूटले खुशी तुल्याउँछन्।
HOS 7:4 तिनीहरू जलिरहेका भट्टीजस्तै सबै व्यभिचारीहरू छन्, जसको आगो पकाउनेले पिठो मुछेदेखि रोटी नपाकुन्जेल त्यसले दाउरा नचलाए तापनि सल्किरहन्छ।
HOS 7:5 हाम्रा राजाको चाडको दिनमा शासकहरू मद्य पिएर चुर हुन्छन्, र तिनले गिल्‍ला गर्नेहरूसँग पनि हात मिलाउँछन्।
HOS 7:6 तिनीहरूको हृदय भट्टीजस्तै छ; तिनीहरूले त्यसलाई षड्यन्त्रका साथ भेट्छन्। तिनीहरूको क्रोध रातभरि जलिरहन्छ; बिहान त्यो दन्किरहेको आगोजस्तै हुन्छ।
HOS 7:7 तिनीहरू सबै आगोको भट्टीजस्तै ताता छन्; तिनीहरूले आफ्ना शासकहरूलाई भस्म पार्छन्। तिनीहरूका सबै राजाहरू मारिन्छन्, तर तिनीहरू कसैले पनि मलाई पुकार्दैनन्।
HOS 7:8 “एफ्राइम अन्य राष्ट्रहरूसँग घुलमिल हुन्छ; एफ्राइम एकापट्टि मात्र पोलेको रोटीजस्तै हो।
HOS 7:9 विदेशीहरूले त्यसको शक्ति नाश पारेका छन्, तर पनि त्यसले त्यो जान्दैन। त्यसका केश फूलेका छन्, तर पनि त्यसले त्यो जान्दैन।
HOS 7:10 इस्राएलको अहङ्कारले उहाँको विरुद्धमा गवाही दिन्छ, तर यी सबै कुराहरू भए तापनि त्यो याहवेह आफ्ना परमेश्‍वरकहाँ फर्कंदैन, न त उहाँको खोजी गर्छ।
HOS 7:11 “एफ्राइम ढुकुरजस्तो छ, सजिलै बहकाउन सकिने मूर्ख, त्यसले कहिले इजिप्टलाई पुकार्छ भने, कहिले त्यो अश्शूरतिर फर्कन्छ।
HOS 7:12 जब तिनीहरू जान्छन्, म तिनीहरूमाथि मेरो जाल फिँजाउनेछु; म तिनीहरूलाई आकाशका पक्षीहरूलाई जस्तै तल झार्नेछु। जब तिनीहरू एक ठाउँमा सँगै भेला भएको सुन्छु, तब म तिनीहरूलाई पक्रनेछु।
HOS 7:13 धिक्‍कार तिनीहरूलाई! किनकि तिनीहरू मदेखि तर्किगएका छन्! तिनीहरू नष्‍ट होऊन्; किनकि तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन्! म तिनीहरूलाई छुटकारा दिने उत्कट इच्छा राख्दछु, तर तिनीहरू मेरो विरुद्धमा झूट बोल्छन्।
HOS 7:14 तिनीहरू आफ्ना हृदयदेखि मलाई पुकार गर्दैनन्, तर तिनीहरू आफ्ना ओछ्यानमा विलाप गर्छन्। तिनीहरू अन्‍न र नयाँ दाखमद्यका निम्ति आफैँलाई घाइते पार्छन्, तिनीहरूका देवताहरूसँग पुकार गर्छन्, तर मदेखि भने तिनीहरू तर्किएर जान्छन्।
HOS 7:15 मैले तिनीहरूलाई तालिम दिएँ र तिनीहरूका पाखुरा बलियो बनाएँ, तर तिनीहरू मेरो विरुद्धमा दुष्‍ट युक्ति रच्दछन्।
HOS 7:16 तिनीहरू सर्वोच्‍चकहाँ फर्कंदैनन्; तिनीहरू व्यर्थैको बाङ्गो धनुजस्तै छन्। तिनीहरूका अगुवाहरू तिनीहरूका अहङ्कारी कुराहरूको कारण तरवारद्वारा नष्‍ट हुनेछन्। यसको कारण तिनीहरू इजिप्ट देशमा हाँसोको पात्र बन्‍नेछन्।
HOS 8:1 “तुरहीलाई आफ्नो ओठमा राख! शत्रु चीलजस्तै याहवेहको भवनमाथि घुम्दैछ, किनकि मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्धमा विद्रोही भएका छन्।
HOS 8:2 इस्राएलले मलाई पुकार गर्छ, ‘हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई स्वीकार गर्छौँ!’
HOS 8:3 तर इस्राएलले असल कुरालाई तिरस्कार गरेको कारण शत्रुले त्यसलाई खेद्नेछ।
HOS 8:4 तिनीहरूले मेरो स्वीकृतिविना राजाहरू खडा गर्छन्; तिनीहरूले मेरो सहमतिविना राजकुमारहरू नियुक्त गर्छन्। तिनीहरूले आफ्नै विनाशको निम्ति आफ्ना सुन र चाँदीबाट आफ्ना निम्ति मूर्तिहरू बनाउँछन्।
HOS 8:5 हे सामरिया, तिमीहरूको बाछाको मूर्ति फ्याँकिदेओ! तिनीहरूको विरुद्धमा मेरो रिस दन्केको छ। कहिलेसम्म तिनीहरू अशुद्ध भइरहन्छन्?
HOS 8:6 तिनीहरू इस्राएलका हुन्! यो बाछा एक जना कारिगरले बनाएको हो; त्यो परमेश्‍वर हुँदै होइन। तर सामरियाको त्यो बाछा टुक्रा-टुक्रा पारिनेछ।
HOS 8:7 “तिनीहरूले बतास छर्दछन्, र आँधीबेहरीको कटनी गर्दछन्। गहुँको डाँठमा बाला छैन; त्यसबाट पिठो पनि निस्कनेछैन। यदि त्यसले अन्‍न फलाए तापनि विदेशीहरूले त्यसलाई निलिदिनेछन्।
HOS 8:8 इस्राएल निलिएको छ; अब त्यो राष्ट्रहरूको बीचमा कसैले नचाहने वस्तुजस्तै भएको छ।
HOS 8:9 किनकि तिनीहरू एकलै डुलिहिँड्ने जङ्गली गधाजस्तै अश्शूरतिर गएका छन्। एफ्राइमले आफूलाई प्रेमीहरूका हातमा ज्यालामा बेचेकी छ।
HOS 8:10 तिनीहरूले आफूलाई राष्ट्रहरूमा बेचे तापनि अब म तिनीहरूलाई एकसाथ भेला गर्नेछु। शक्तिशाली राजाको थिचोमिचोमा परेर तिनीहरू नाश हुन थाल्नेछन्।
HOS 8:11 “एफ्राइमले पापबलिका निम्ति धेरै वेदीहरू बनाए तापनि ती वेदीहरू त्यसका निम्ति पाप गर्ने कारण भएका छन्।
HOS 8:12 मैले तिनीहरूका निम्ति मेरा व्यवस्थाका धेरै कुराहरू लेखिदिएको छु; तर तिनीहरूले ती व्यवस्थालाई कुनै विदेशी वस्तुझैँ ठाने।
HOS 8:13 तिनीहरूले मलाई बलिदानहरू चढाउँछन्, र मासुचाहिँ तिनीहरूले खान्छन्; त्यसैले याहवेह तिनीहरूसँग प्रसन्‍न हुनुहुन्‍न। यसकारण उहाँले तिनीहरूको दुष्‍टता सम्झनुहुनेछ, र तिनीहरूका पापको दण्ड दिनुहुनेछ: तिनीहरू फेरि इजिप्टमा फर्किजानेछन्।
HOS 8:14 इस्राएलले आफ्ना सृष्‍टिकर्तालाई बिर्सिएको छ, र महलहरू बनाएको छ; यहूदाले धेरै सहरहरूलाई सुरक्षित पर्खालले घेरेको छ। तर म तिनीहरूका सहरहरूमा आगो पठाउनेछु, जसले तिनीहरूका गढहरूलाई भस्म पार्नेछ।”
HOS 9:1 हे इस्राएल, रमाइलो नगर्; अरू राष्ट्रहरूजस्तै हर्षले उत्सव नमना। किनकि तँ आफ्ना परमेश्‍वरप्रति विश्‍वासघाती भएको छस्; तैँले हरेक खलामा वेश्यावृत्तिको ज्याला मन पराएको छस्।
HOS 9:2 खला र दाखरसको कोलहरूले मानिसहरूलाई खुवाउने छैनन्; तिनीहरूलाई नयाँ दाखरसको अभाव हुनेछ।
HOS 9:3 तिनीहरू याहवेहको देशमा बस्‍नेछैनन्; एफ्राइम फेरि इजिप्टतिर फर्कनेछ, र अश्शूरमा अशुद्ध भोजन खानेछ।
HOS 9:4 तिनीहरूले याहवेहकहाँ दाखरसको भेटी चढाउनेछैनन्, न त तिनीहरूका बलिदानहरूले उहाँलाई खुशी तुल्याउनेछ। यस्ता बलिदानहरू तिनीहरूका निम्ति विलाप गर्नेहरूको रोटीजस्ता हुनेछन्; ती रोटी खाने सबै अशुद्ध हुनेछन्। त्यो भोजन तिनीहरूकै भोकको निम्ति मात्र हुनेछ; त्यो याहवेहको मन्दिरमा आउनेछैन।
HOS 9:5 “तेरा निम्ति तोकिएका चाडहरूको दिनमा, याहवेहका चाडका दिनहरूमा, तैँले के गर्नेछस्?
HOS 9:6 यदि तिनीहरू विनाशबाट भागे तापनि इजिप्टले तिनीहरूलाई जम्मा गर्नेछ, र मेम्फिसका मानिसहरूले तिनीहरूलाई गाड्नेछन्। तिनीहरूका चाँदीका भण्डारहरूलाई सिस्‍नुघारीले छोप्नेछ, र तिनीहरूका पालहरूलाई काँडाघारीले ढाक्नेछ।
HOS 9:7 इस्राएलले यो कुरा थाहा गरोस्, दण्डका दिनहरू आइरहेका छन्; प्रतिशोधका दिनहरू ज्यादै नजिकै छन्। किनभने तेरा पापहरू अति धेरै छन्, तेरो शत्रुता धेरै भएको कारण तैँले अगमवक्तालाई मूर्ख र प्रेरणा पाएको मानिसलाई बौलाहासरह ठान्छस्।
HOS 9:8 अगमवक्ता मेरा परमेश्‍वरको साथसाथै एफ्राइमको पनि पहरेदार हो; तरै पनि त्यसका सबै बाटोहरूमा त्यसलाई पासो र त्यसका परमेश्‍वरको भवनमा शत्रुताले पर्खिरहेको हुन्छ।
HOS 9:9 तिनीहरू गेबाका दिनमा जस्तै, भ्रष्‍टाचारमा चुर्लुम्म डुबेका छन्। परमेश्‍वरले तिनीहरूको दुष्‍टता याद गर्नुहुनेछ, र उहाँले तिनीहरूका पापको निम्ति दण्ड दिनुहुनेछ।
HOS 9:10 “जब मैले इस्राएललाई भेट्टाएँ, त्यो त मरुभूमिमा अङ्‌गुर भेट्टाएझैँ थियो, जब मैले तिमीहरूका पितापुर्खाहरूलाई देखेँ, त्यो नेभाराको रूखमा भएको पहिलो फलझैँ थियो। तर जब तिनीहरू बाल-पिओरमा आए, तब तिनीहरूले आफूलाई त्यस घिनलाग्दो मूर्तिमा समर्पण गरे, र तिनीहरू ती घृणित वस्तुझैँ बने, जसलाई तिनीहरूले प्रेम गर्थे।
HOS 9:11 एफ्राइमको महिमा चराझैँ उडेर जानेछ, अर्थात् तिनीहरूमा न त कसैको जन्म, न कोही गर्भावस्था, न त कसैको गर्भधारण हुनेछ।
HOS 9:12 यदि तिनीहरूले छोराछोरी जन्माए तापनि म तिनीहरूलाई प्रत्येक बालकको निम्ति शोकित तुल्याउनेछु। तिनीहरूलाई धिक्‍कार! जब म तिनीहरूबाट टाढा जान्छु।
HOS 9:13 मैले एफ्राइमलाई टायरजस्तै सुन्दर ठाउँमा रोपिएको देखेको छु। तर एफ्राइमले आफ्ना छोराछोरीहरूलाई वधशालामा मारिनका निम्ति ल्याउनेछ।”
HOS 9:14 हे याहवेह, तिनीहरूलाई दण्ड दिनुहोस्, अर्थात् तपाईं तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूलाई तुहुने गर्भहरू, र सुकेका स्तनहरू दिनुहोस्।
HOS 9:15 “गिलगालमा तिनीहरूका सबै दुष्‍टताहरूको कारण मैले तिनीहरूलाई घृणा गरेँ। तिनीहरूका दुष्‍ट कामहरूको कारण म तिनीहरूलाई मेरो भवनदेखि निकालिदिनेछु। अब उसो म तिनीहरूलाई प्रेम गर्नेछैनँ; तिनीहरूका सबै अगुवाहरू विद्रोही छन्।
HOS 9:16 एफ्राइम काटिएर ढलेको छ, तिनीहरूका जरा ओइलाएका छन्; तिनीहरूले कुनै पनि फल फलाउँदैनन्। यदि तिनीहरूले छोराछोरी जन्माए तापनि म तिनीहरूका प्रिय सन्तानहरूलाई मारिदिनेछु।”
HOS 9:17 मेरा परमेश्‍वरले तिनीहरूलाई अस्वीकार गर्नुहुनेछ; किनकि तिनीहरूले उहाँका वचनहरू पालन गरेनन्; तिनीहरू राष्ट्रहरूबीच भौँतारिँदै हिँड्नेछन्।
HOS 10:1 इस्राएल एउटा लहलहाउँदो दाखको बोट थियो; त्यसले आफ्नै निम्ति प्रशस्त फल फलायो। जब त्यसको प्रशस्त फलहरू बढ्दैगयो, तब त्यसले धेरै वेदीहरू बनायो; जब त्यसको देशको समृद्धि भयो, तब त्यसले आफ्नो पवित्र ढुङ्गाहरूलाई सिँगार्‍यो।
HOS 10:2 तिनीहरूको हृदय छली छ; अब तिनीहरूले आफ्नो दोषको दण्ड पाउनैपर्छ। याहवेहले तिनीहरूका वेदीहरू भत्काउनुहुनेछ; अनि तिनीहरूले पवित्र मानिएका ढुङ्गाहरूलाई नष्‍ट पार्नुहुनेछ।
HOS 10:3 तब तिनीहरूले भन्‍नेछन्, “हामीले याहवेहलाई आदर गरेनौँ; यसकारण हामीसित राजा छैनन्। तर यदि हामीसित राजा भए तापनि तिनले हाम्रा निम्ति के गर्न सक्थे र?”
HOS 10:4 तिनीहरूले धेरै प्रतिज्ञाहरू गर्छन्, झूटो शपथ खान्छन् र सहमति जनाउँछन्; त्यसैले जोतिएको जमिनमा उम्रेका विषालु झारहरूझैँ अन्याय मौलाउँछ।
HOS 10:5 सामरियामा बसोबास गर्ने मानिसहरू बेथ-आवेनको सुनको बाछाको मूर्तिसँग डराउँछन्। र मूर्तिपूजक पुजारीहरूले पनि त्यसै गर्नेछन्; तिनीहरू जसले मूर्तिको गौरवमा आनन्द मनाएका थिए; त्यसका मानिसहरू त्यसको निम्ति विलाप गर्नेछन्; किनकि देशबाट मूर्ति निकालेर कैदमा लगिएको छ।
HOS 10:6 त्यसलाई महान् राजाको निम्ति सौगातको रूपमा अश्शूर देशमा लगिनेछ। एफ्राइम अपमानित हुनेछ; इस्राएल आफ्ना पराई देवताको कारण लज्जित हुनेछ।
HOS 10:7 सामरियाको राजा नष्‍ट हुनेछ, त्यो पानीले बगाएको काठको टुक्राझैँ बगेर जानेछ।
HOS 10:8 दुष्‍टताका अग्ला-अग्ला डाँडाहरू नष्‍ट पारिनेछन्; यो इस्राएलको पाप हो। काँडा र सिउँडीहरू बढ्नेछन्, र तिनीहरूका वेदीहरूलाई ढाक्नेछन्। त्यसपछि तिनीहरूले पर्वतहरूलाई भन्‍नेछन्, “हामीलाई छोप!” र पहाडहरूलाई भन्‍नेछन्, “हामीमाथि खस!”
HOS 10:9 “हे इस्राएल, तिमीहरूले गेबाको दिनदेखि नै पाप गरेका छौ, र तिमीहरू त्यही पापमा छौ। के गेबामा भएका दुष्‍ट काम गर्ने मानिसहरू फेरि युद्धमा पर्दैनन् र?
HOS 10:10 म आफ्नो इच्छाअनुसार तिनीहरूलाई दण्ड दिनेछु; तिनीहरूलाई आफ्ना दोबर पापको निम्ति बन्धनमा पार्नलाई तिनीहरूको विरुद्धमा राष्ट्रहरू भेला हुनेछन्।
HOS 10:11 एफ्राइम दाइँ गर्न रुचाउने तालिमद्वारा सधाइएकी कोरली हो; यसकारण म त्यसको सुन्दर काँधमाथि गह्रौँ जुवा हालिदिनेछु। म एफ्राइमलाई धपाउनेछु, यहूदाले चाहिँ जोत्नुपर्छ र याकोबले जमिन फुटाउनुपर्नेछ।
HOS 10:12 आफ्नो निम्ति धार्मिकताको बिउ छर! अचुक प्रेमको फसलको कटनी गर! र तिमीहरूका नजोतिएका जमिनलाई जोत; किनकि याहवेहलाई खोज्ने समय अहिले नै हो; अनि उहाँ आउनुहुन्छ र तिमीहरूमाथि धार्मिकता बर्साउनुहुन्छ।
HOS 10:13 तर तिमीहरूले दुष्‍टता रोपेका छौ, र तिमीहरूले पापको कटनी गरेका छौ; तिमीहरूले छलको फल खाएका छौ। अनि तिमीहरूले आफ्नै सामर्थ्य र आफ्ना योद्धाहरूको संख्यामा भरोसा राखेको कारण
HOS 10:14 तिमीहरूका मानिसहरूको विरुद्धमा लडाइँका गर्जनहरू उठ्नेछन्; युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैँ तिमीहरूका सबै बलिया किल्‍लाहरू नष्‍ट हुनेछन्; जुन समयमा आमाहरू आफ्ना छोराछोरीहरूसँगै भुइँमा पछारिएर टुक्रा-टुक्रा पारिएका थिए।
HOS 10:15 हे बेथेल, तँमाथि पनि त्यस्तै हुनेछ; किनकि तेरो दुष्‍टता धेरै छ। त्यो दिन आएपछि, इस्राएलको राजा पूर्ण रूपमा सर्वनाश हुनेछ।
HOS 11:1 “इस्राएल बालक छँदा, मैले त्यसलाई प्रेम गरेँ, मैले आफ्नो पुत्रलाई इजिप्टबाट बोलाएँ।
HOS 11:2 तर मैले इस्राएललाई जति धेरै बोलाएँ, तिनीहरू मदेखि उति नै धेरै टाढा गए। तिनीहरूले बाल-देवताहरूलाई बलिदान चढाए, र तिनीहरूले मूर्तिहरूलाई धूप बाले।
HOS 11:3 एफ्राइमलाई आफ्नो अँगालोमा राखेर, तिनीहरूलाई हिँड्न सिकाउने म नै हुँ; तर तिनीहरूले जानेनन्, कि मैले नै तिनीहरूलाई निको पारेको हुँ।
HOS 11:4 मैले तिनीहरूलाई मानवीय प्रेम र दयाको डोरीले बाँधेर डोर्‍याएँ; मैले तिनीहरूलाई एउटा सानो बालकलाई जस्तै मायाले उठाएर आफ्नो गालामा टसाएँ र तिनीहरूलाई खुवाउन म निहुरेँ।
HOS 11:5 “तिनीहरूले पश्‍चात्ताप गर्न अस्वीकार गरेको कारण के तिनीहरू इजिप्टमा फर्कनेछैनन् र अश्शूरले तिनीहरूमाथि शासन गर्नेछैन र?
HOS 11:6 तिनीहरूका सहरहरूमा तरवार घुम्‍नेछ; तिनीहरूका झूटा अगमवक्ताहरू मारिनेछन्, र तिनीहरूका योजनाहरूको अन्त्य गरिदिनेछन्।
HOS 11:7 मेरा मानिसहरूले मबाट तर्किएर जाने निश्‍चय गरेका छन्। तिनीहरूले मलाई सर्वोच्‍च परमेश्‍वर भनी पुकारे तापनि म कुनै पनि हालतमा तिनीहरूलाई उचाल्ने छैन।
HOS 11:8 “हे एफ्राइम, म तँलाई कसरी त्याग्न सक्छु? हे इस्राएल, म तँलाई कसरी शत्रुको हातमा सुम्पिदिन सक्छु? म तँलाई कसरी अदमा सहरलाई झैँ व्यवहार गर्न सक्छु? म तँलाई कसरी सबोयीम सहरझैँ बनाउन सक्छु? मेरो हृदय मभित्र बदलिएको छ; मेरो मनमा दया जागेको छ।
HOS 11:9 म मेरो भयानक क्रोध पोख्नेछैनँ; म एफ्राइमलाई फेरि सर्वनाश गर्नेछैनँ। किनकि म त परमेश्‍वर हुँ, मानिस होइनँ; तिमीहरूका बीचमा रहने पवित्र परमेश्‍वर हुँ। म तिनीहरूका सहरहरूको विरुद्धमा क्रोधित भएर आउनेछैनँ।
HOS 11:10 तिनीहरूले याहवेहलाई पछ्याउनेछन्; उहाँ सिंहजस्तै गर्जनुहुनेछ। जब उहाँ गर्जनुहुन्छ, तब उहाँका छोराछोरीहरू काम्दै पश्‍चिमबाट आउनेछन्।
HOS 11:11 तिनीहरू इजिप्टबाट आउनेछन्, भँगेराहरूझैँ काँप्दै आउनेछन्, र अश्शूरबाट ढुकुरहरूझैँ फटफटाउँदै आउनेछन्। म तिनीहरूलाई तिनीहरूका घरहरूमा बसाल्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
HOS 11:12 एफ्राइमले मलाई झूटले, र इस्राएलले मलाई छलले घेरेको छ। यहूदाले अझै परमेश्‍वरको विरुद्धमा, विश्‍वासयोग्य पवित्र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्छ।
HOS 12:1 एफ्राइमले बतासले आफ्नो पेट भर्छ; त्यसले दिनभरि पूर्वीय बतासलाई पछ्याउँछ; अनि झूट र हिंसा बढाउँछ। त्यसले अश्शूरसँग सन्धि गर्छ, र त्यसले इजिप्टमा जैतुनको तेल पठाउँछ।
HOS 12:2 याहवेहले यहूदाको विरुद्धमा अभियोग लगाउनुहुन्छ; उहाँले याकोबलाई उसको व्यवहारअनुसारको दण्ड दिनुहुनेछ, र उहाँले उसको कामअनुसारको प्रतिफल दिनुहुनेछ।
HOS 12:3 उसले आमाको गर्भमा हुँदा नै आफ्ना दाजुको कुर्कुच्‍चा पक्रेको थियो; मानिस भएर पनि उसले परमेश्‍वरसित कुश्ती खेल्यो।
HOS 12:4 उसले स्वर्गदूतसित कुश्ती खेल्यो र उसलाई जित्यो; ऊ रोयो र दूतसँग निगाहको निम्ति बिन्ती गर्‍यो। उहाँले उसलाई बेथेलमा भेट्नुभयो, र उहाँले त्यहाँ उससँग कुरा गर्नुभयो,
HOS 12:5 अर्थात् याहवेह सेनाहरूका परमेश्‍वर हुनुहुन्छ, र याहवेह उहाँको नाम हो!
HOS 12:6 तर तँ आफ्ना परमेश्‍वरकहाँ फर्कनुपर्छ; प्रेम र न्याय कायम राख्, र सधैँ तेरा परमेश्‍वरको प्रतीक्षा गर्।
HOS 12:7 व्यापारीले छलको तराजु प्रयोग गर्छ, र त्यसले छल गर्न रुचाउँछ।
HOS 12:8 एफ्राइमले घमण्डसित भन्छ, “म अति धनी छु; म धनाढ्य भएको छु। मेरा सबै धनसम्पत्तिले गर्दा तिनीहरूले ममा कुनै अधर्म अथवा पाप भेट्टाउनेछैनन्।”
HOS 12:9 “म याहवेह तेरा परमेश्‍वर हुँ, जसले तँलाई इजिप्टबाट ल्याएको हुँ; तेरा तोकिएका चाडहरूका दिनहरूमा झैँ म तँलाई फेरि पालहरूमा बस्‍न लगाउनेछु।
HOS 12:10 मैले अगमवक्ताहरूसँग कुरा गरेको छु, तिनीहरूलाई धेरै दर्शनहरू पनि दिएको छु; अनि तिनीहरूद्वारा दृष्‍टान्तहरू भनेको छु।”
HOS 12:11 के गिलाद दुष्‍ट हो? त्यहाँका मानिसहरू व्यर्थका छन्! के तिनीहरूले गिलगालमा साँढेहरूको बलि चढाउँछन्? तिनीहरूका वेदीहरू जोतिएका जमिनमा थुपारिएका ढुङ्गाका थुप्राहरूजस्ता हुनेछन्।
HOS 12:12 याकोब अराम देशमा भागेर गयो; इस्राएलले पत्नी पाउनलाई सेवा गर्‍यो, र तिनको ज्यालाको निम्ति भेडाहरू चरायो।
HOS 12:13 याहवेहले इस्राएललाई इजिप्टबाट निकालेर ल्याउन एक जना अगमवक्तालाई प्रयोग गर्नुभयो; उहाँले एक जना अगमवक्ताद्वारा नै त्यसको हेरचाह गर्नुभयो।
HOS 12:14 तर एफ्राइमले परमेश्‍वरलाई साह्रै रिस उठाएको छ; त्यसले बगाएको रक्तपातको दोष याहवेहले त्यसैमाथि छोड्नुहुनेछ; अनि त्यसले उहाँलाई गरेको अपमानको बदला लिनुहुनेछ।
HOS 13:1 जब एफ्राइम बोल्थ्यो, मानिसहरू काम्थे; त्यो इस्राएलमा उच्‍च पारियो। तर त्यो बाल-देवताको दोषी ठहरियो र मर्‍यो।
HOS 13:2 अहिले तिनीहरूले अझ बढी पाप गरिरहेका छन्; तिनीहरूले आफ्ना चाँदीबाट आफ्नै निम्ति मूर्तिहरू बनाउँछन्, अर्थात् निपुणतासाथ बनाइएका मूर्तिहरू, ती सबै मूर्तिहरू कारिगरहरूका काम हुन्। यी मानिसहरूको विषयमा यसो भनिएको छ, “तिनीहरूले मानवबलि चढाउँछन्! अनि बाछाको मूर्तिहरूलाई चुम्बन गर्छन्।”
HOS 13:3 यसकारण तिनीहरू बिहानको कुइरोझैँ, बिहान सबेरै बिलाउने तुसारोझैँ, खलाबाट उडिजाने भुसझैँ, चिम्नीबाट निस्केको धुवाँझैँ हुनेछन्।
HOS 13:4 “तर तिमीहरू इजिप्टबाट निस्केर आएको समयदेखि नै, म याहवेह तिमीहरूका परमेश्‍वर हुँ; अनि तिमीहरूले मबाहेक अरू कसैलाई पनि परमेश्‍वर भनी स्वीकार नगर्नू, मबाहेक अर्को कोही पनि मुक्तिदाता छँदैछैन।
HOS 13:5 मैले तिमीहरूलाई उजाडस्थानमा चर्को गर्मीको ठाउँमा हेरचाह गरेँ।
HOS 13:6 जब मैले तिनीहरूलाई खुवाएँ, तिनीहरू सन्तुष्‍ट भए; तर जब तिनीहरू सन्तुष्‍ट भए, त्यसपछि तिनीहरू झन् घमण्डी भए; अनि तिनीहरूले मलाई बिर्से।
HOS 13:7 यसकारण म तिनीहरूमाथि सिंहजस्तै झम्टिनेछु; म चितुवाझैँ तिनीहरूका बाटोमा ढुकिबस्‍नेछु।
HOS 13:8 आफ्नो बच्‍चा खोसिएकी भालुजस्तै, म तिनीहरूलाई आक्रमण गर्नेछु, र तिनीहरूलाई च्यातचुत पार्नेछु; बाघले जस्तै म तिनीहरूलाई निल्नेछु, जङ्गली जनावरले जस्तै तिनीहरूलाई फहराउनेछु।
HOS 13:9 “हे इस्राएल, तँ सर्वनाश भएको छस्; किनकि तँ मेरो विरुद्धमा, तेरो सहयोगीको विरुद्धमा छस्।
HOS 13:10 तिमीहरूको राजा कहाँ छ, जसले तिमीहरूलाई बचाउन सकोस्? तिमीहरूका सबै सहरहरूका शासकहरू कहाँ छन्? जसको बारेमा तिमीहरूले भन्थ्यौ, ‘मलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्।’
HOS 13:11 यसकारण मैले मेरो रिसमा तिमीहरूलाई राजा दिएँ; अनि मेरो क्रोधमा मैले त्यसलाई टाढा पठाएँ।
HOS 13:12 एफ्राइमका दोषहरूलाई भण्डारण गरिएको छ; त्यसका पापहरूको हिसाब राखिएको छ।
HOS 13:13 स्त्रीको प्रसव वेदनाजस्तै त्यसमाथि दुःख आउनेछ, तर त्यो त बुद्धिविनाको बालक हो; जन्मने समय हुँदा पनि त्यसमा गर्भको मुखबाट बाहिर आउने समझ त्यसमा हुँदैन।”
HOS 13:14 म तिनीहरूलाई चिहानको शक्तिबाट मोल तिरेर छुटाउनेछु; म तिनीहरूलाई मृत्युबाट छुटकारा दिनेछु। हे मृत्यु, तेरा विपत्तिहरू कहाँ छन्? हे चिहान, तेरो विनाश कहाँ छ? “म अलिकति पनि दया देखाउनेछैनँ;
HOS 13:15 यदि त्यो आफ्ना दाजुभाइहरूको बीचमा फलदायी भए तापनि म त्यसप्रति दयालु बन्‍नेछैनँ। पूर्वीय बतास याहवेहबाट आउनेछ, र त्यसलाई उजाडस्थानबाट उडाएर लैजानेछ; त्यसको पानीको मूल बन्द हुनेछ, र त्यसको पानीको कुवा सुक्नेछ। त्यसको भण्डारबाट त्यसका सबै बहुमूल्य कुराहरू लुटिनेछन्।
HOS 13:16 सामरियाका मानिसहरूले तिनीहरूका अपराधको प्रतिफल भोग्नुपर्छ; किनकि तिनीहरूले आफ्ना परमेश्‍वरको विरुद्धमा विद्रोह गरेका छन्। तिनीहरू तरवारद्वारा मारिनेछन्; तिनीहरूका साना छोराछोरीहरू भुइँमा पछारिनेछन्; तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरेर उदाङ्गो पारिनेछन्।”
HOS 14:1 हे इस्राएल, याहवेह आफ्ना परमेश्‍वरकहाँ फर्की। तेरा पापहरू नै तेरा पतनका कारण हुन्!
HOS 14:2 आफूसँग वचनहरू लिएर याहवेहतिर फर्क। उहाँलाई भन: “हाम्रा सबै पापहरू क्षमा गर्नुहोस्, र हामीलाई अनुग्रहसाथ स्वीकार गर्नुहोस्, ताकि हामी हाम्रा ओठका भेटीहरू चढाउन सकौँ।
HOS 14:3 अश्शूर देशले हामीलाई बचाउन सक्दैन; हामी युद्धका घोडाहरूमाथि सवार हुनेछैनौँ। हामी फेरि कहिल्यै पनि आफ्ना हातले बनाएका कुराहरूलाई ‘हाम्रा देवताहरू’ भन्‍ने छैनौँ; किनकि तपाईंबाट नै टुहुरा-टुहुरीले दया पाउँछन्।”
HOS 14:4 “म तिनीहरूको पथभ्रष्‍टतालाई निको पार्नेछु, र तिनीहरूलाई स्वेच्छाले प्रेम गर्नेछु; किनकि मेरो रिस तिनीहरूबाट हटिसकेको छ।
HOS 14:5 म इस्राएलको निम्ति शीतजस्तो बन्‍नेछु; त्यो लिली फूलझैँ फुल्नेछ। लेबनानको देवदारुझैँ त्यसले आफ्ना जराहरू गहिराइसम्म फैलाउनेछ;
HOS 14:6 त्यसका कलिला मुनाहरू बढ्नेछन्। त्यसको शोभा जैतुनको रूखझैँ हुनेछ, र त्यसको बास्‍ना लेबनानको देवदारुझैँ हुनेछ।
HOS 14:7 मानिसहरू फेरि त्यसको छहारीमा बस्‍नेछन्; तिनीहरू अन्‍नझैँ लहलहाउने छन्; तिनीहरू दाखको बोटझैँ फक्रनेछन्; इस्राएलको प्रसिद्धि लेबनानको दाखमद्यजस्तै हुनेछ।
HOS 14:8 हे एफ्राइम, मूर्तिहरूसँग मेरो के काम? म त्यसलाई जवाफ दिनेछु र त्यसको हेरचाह गर्नेछु। म हरियो धूपी सल्‍लाको रूखझैँ छु; तेरो फल मबाट नै आउँछ।”
HOS 14:9 बुद्धिमान् को छ? तिनीहरूले यी कुराहरू थाहा गरून्। समझदार को छ? तिनीहरूले यी कुराहरू बुझ्न सकून्। याहवेहका मार्गहरू ठिक छन्; धर्मी जनहरू त्यसैमा हिँड्छन्, तर विद्रोहीहरूले भने त्यसैमा ठक्‍कर खान्छन्।
JOE 1:1 पतूएलका छोरो योएलकहाँ आएको याहवेहको वचन।
JOE 1:2 हे प्रधानहरू हो, यो कुरा सुन; यस देशमा बस्‍ने सबैले सुन। के तिमीहरूका समयमा अथवा तिमीहरूका पितापुर्खाहरूका समयमा यस प्रकारको घटना कहिल्यै घटेको थियो?
JOE 1:3 तिमीहरूका छोराछोरीहरूलाई यो कुरा भन, र तिमीहरूका छोराछोरीले तिनीहरूका छोराछोरीहरूलाई बताऊन्; अनि उनीहरूका छोराछोरीहरूले त्यसपछिका पुस्तालाई बताऊन्।
JOE 1:4 जे सलहको झुण्डले छोडेको थियो, ती ठूला सलहहरूले खाइदिए; जे ठूला सलहहरूले छोडेका थिए, ती साना सलहहरूले खाइदिए; जे साना सलहहरूले छोडेका थिए, ती अरू सलहहरूले खाइदिए।
JOE 1:5 जाग, हे मतवालाहरू हो, र रोओ! हे सबै मद्य पिउनेहरू हो, विलाप गर; नयाँ मद्यको कारण विलौना गर; किनकि यो तिमीहरूका ओठबाट खोसिएको छ।
JOE 1:6 एउटा राष्ट्रले मेरो देशलाई आक्रमण गरेको छ, जसका अनगन्ती शक्तिशाली सेना छन्; तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्; तिनीहरूका तीखा दाह्राहरू सिंहिनीका झैँ छन्।
JOE 1:7 त्यसले मेरा दाखका बोटहरू उजाड पारेको छ, र मेरा नेभाराका रूखहरू नष्‍ट गरेको छ। त्यसले हाँगाहरूलाई लाछेको छ, र बोक्राहरू लाछेर फ्याँकिदिएको छ; हाँगाहरूलाई सेतै पारिदिएको छ।
JOE 1:8 आफ्नो युवाअवस्थामा मगनी गरेको पुरुषको निम्ति, शोक गरिरहेकी कन्या केटीले झैँ भाङ्ग्रा लगाएर विलाप गर।
JOE 1:9 याहवेहको भवनबाट अन्‍नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्। याहवेहको सामु सेवा गर्ने पुजारीहरू शोक गरिरहेका छन्।
JOE 1:10 खेतहरू ध्वस्त पारिएका छन्, र जमिन सुक्खा भएको छ; अन्‍न नष्‍ट भएको छ, नयाँ दाखमद्य सुकेको छ; अनि जैतुनको तेल समाप्‍त भएको छ।
JOE 1:11 हे किसानहरू हो, निराश होओ। दाखबारीका किसानहरू, विलौना गर; गहुँ र जौको निम्ति शोक गर; किनकि खेतबारीको फसल नष्‍ट भएको छ।
JOE 1:12 दाखको बोट सुकेको छ, र नेभाराको रूख ओइलाएको छ; अनार, खजूर र स्याउका रूखहरू, खेतबारीका सबै रूखहरू सुकेका छन्। निश्‍चय नै मानिसको आनन्दको अन्त्य भएको छ।
JOE 1:13 हे पुजारीहरू हो, भाङ्ग्रा लगाओ र शोक गर; हे वेदीका सेवकहरू हो, विलौना गर। तिमीहरू जसले मेरा परमेश्‍वरको अगि सेवा गर्छौ, आओ, भाङ्ग्रा लगाएर रात कटाओ; किनकि याहवेहको भवनबाट अन्‍नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्।
JOE 1:14 पवित्र उपवासको घोषणा गर; पवित्र सभाको घोषणा गर। अगुवाहरूलाई बोलाओ र यस देशमा बस्‍नेहरू सबैलाई तिमीहरूका परमेश्‍वर याहवेहको भवनमा ल्याओ, र याहवेहलाई पुकार।
JOE 1:15 हाय! त्यो दिन, किनकि याहवेहको दिन नजिक छ; त्यो दिन सर्वशक्तिमान् परमेश्‍वरबाट विनाशझैँ आउनेछ।
JOE 1:16 के हाम्रा आँखाकै सामु खानाहरू नष्‍ट गरिएको छैन र? आनन्द र हर्ष परमेश्‍वरको भवनमा बन्द गरिएको छैन र?
JOE 1:17 माटोका डल्‍लामुनि नै बिउहरू चाउरिएका छन्। भण्डारहरू उजाड भएका छन्, र अन्‍नका ढुकुटीहरू तोडिएका छन्; किनकि अन्‍न सुकेको छ।
JOE 1:18 कष्‍टले पशुप्राणीहरू कराउँदैछन्! गाईबस्तुका बथानहरू विचलित भएका छन्; किनकि तिनीहरूका निम्ति चर्ने खर्क छैन; भेडाहरूका बगालले समेत कष्‍ट भोगिरहेका छन्।
JOE 1:19 हे याहवेह, म तपाईंलाई पुकार्छु; किनकि आगोले उजाडस्थानका खर्कहरू भस्म पारेको छ, र आगोको ज्वालाले खेतका सबै रूखहरूलाई भस्म पारेको छ।
JOE 1:20 जङ्गली जनावरहरू समेतले तपाईंलाई गुहार्छन्; किनकि पानीका खोलाहरू सुकेका छन्, र आगोले उजाडस्थानका खर्कहरूलाई भस्म पारेको छ।
JOE 2:1 सियोनमा तुरही फुक; मेरो पवित्र पर्वतमा खतराको घण्टी बजाओ। यहूदामा रहने सबै मानिसहरू थरथर कामून्, किनकि याहवेहको दिन आउँदैछ। त्यो दिन अति नजिकै छ—
JOE 2:2 अन्धकारमय र उदासी दिन, कालो बादल र अँध्यारोले ढाकेको दिन। झिसमिसे बिहानी पर्वतहरूतिर फैलिँदै गएजस्तो एउटा शक्तिशाली र विशाल सेना आउँछ; यस्तो त पहिले कहिल्यै भएको थिएन, न त आउने युगहरूमा नै यस्तो हुनेछ।
JOE 2:3 तिनीहरूका अगि आगोले भस्म पार्छ; तिनीहरूका पछि आगोको ज्वाला दन्कन्छ। तिनीहरूका अगि भूमि अदनको बगैँचाजस्तै छ; तिनीहरूका पछि एउटा उजाड मरुभूमिजस्तै छ, अर्थात् तिनीहरूबाट कोही उम्कन सक्नेछैनन्।
JOE 2:4 तिनीहरू घोडाहरूजस्ता देखिन्छन्; तिनीहरू युद्धका घोडसवारहरूझैँ दगुर्छन्।
JOE 2:5 रथहरूका आवाजसँगै पराल भस्म गर्नलाई दन्केको आगोजस्तै, युद्धको निम्ति तयार शक्तिशाली सेनाहरूजस्तै, तिनीहरू पहाडका टाकुराहरूमाथि उफ्रन्छन्।
JOE 2:6 यिनीहरूलाई देखेर राष्ट्रहरू डरले थरथर काप्छन्; प्रत्येक अनुहार पहेँलो हुन्छ।
JOE 2:7 तिनीहरू योद्धाले जस्तै जाइलाग्छन्; तिनीहरू सिपाहीहरूले जस्तै पर्खाल चढ्छन्। तिनीहरू सबै मोर्चा बाँधेर पङ्‌क्तिमा अगाडि बढ्छन्; तिनीहरू आफ्नो पङ्‌क्तिबाट हट्दैनन्,
JOE 2:8 तिनीहरू हिँड्दा एक-अर्कासँग नठोकी, सीधा अगाडि बढ्छन्। तिनीहरू आफ्नो पङ्‌क्ति नबिगारी प्रतिरक्षाको निम्ति शत्रुहरूमाथि जाइलाग्छन्।
JOE 2:9 तिनीहरू सहरभित्र जाइलाग्छन्; तिनीहरू पर्खालमाथि दौडन्छन्। तिनीहरू घरहरूमाथि चढ्छन्; तिनीहरू चोरहरूजस्तै गरी झ्यालहरूबाट भित्र पस्छन्।
JOE 2:10 तिनीहरूका सामु पृथ्वी थर्किन्छ; आकाश थरथर काम्छ, सूर्य र चन्द्रमा अँध्यारा हुन्छन्; अनि ताराहरू पनि चम्कँदैनन्।
JOE 2:11 याहवेह आफ्नो सेनाको सामु चर्को सोरमा गर्जनुहुन्छ; उहाँका सेनाहरू अनगन्ती छन्, र उहाँका आज्ञापालन गर्ने सेनाहरू शक्तिशाली छन्। याहवेहको दिन महान् छ; यो अति डरलाग्दो छ। त्यो दिन कसले सहन सक्छ र?
JOE 2:12 “अहिले पनि,” याहवेह घोषणा गर्नुहुन्छ, “तिमीहरूको सारा हृदयले, उपवास बसेर रुँदै र विलाप गर्दै मतिर फर्क।”
JOE 2:13 तिमीहरूको कपडा होइन, तर आफ्नो हृदय फटाओ। अनि याहवेह तिमीहरूका परमेश्‍वरतिर फर्क; किनकि उहाँ अनुग्रही र कृपालु हुनुहुन्छ, रिसाउनमा ढिला र प्रेममा भरिपूर्ण हुनुहुन्छ; अनि विपत्ति ल्याउने कुरामा पुनर्विचार गर्नुहुन्छ।
JOE 2:14 कसले जान्दछ र? उहाँ फर्केर पुनर्विचार गर्नुहोला; र प्रशस्त आशिष् दिनुहोला, अनि तिमीहरूले आफ्ना परमेश्‍वर याहवेहको निम्ति फेरि अन्‍नबलि र अर्घबलिहरू चढाउन सकौला।
JOE 2:15 सियोन पर्वतमा तुरही फुक, र पवित्र उपवासको घोषणा गर; पवित्र महासभा बोलाओ।
JOE 2:16 मानिसहरू भेला गर, महासभालाई शुद्ध गर; बुढापाकाहरूलाई एकसाथ जम्मा गर, र केटाकेटीहरूलाई भेला गर; अनि दुधे बालकहरूलाई पनि जम्मा गर। दुलहाले आफ्नो कोठा छोडोस् र दुलहीले पनि आफ्नो भित्री कोठा छोडोस्।
JOE 2:17 याहवेहको सामु सेवा गर्ने पुजारीहरू, मन्दिरको दलान र वेदीको बीचमा बसेर विलाप गरून्। तिनीहरूले भनून्, “हे याहवेह, तपाईंका मानिसहरूलाई बचाउनुहोस्। तपाईंको आफ्नो उत्तराधिकारलाई गिल्‍लाको पात्र बन्‍न नदिनुहोस्, राष्ट्रहरूका बीचमा उपहासको उखान नबनोस्। मानिसहरूले किन यसो भन्‍ने मौका पाउन्, ‘तिनीहरूका परमेश्‍वर कहाँ छन्?’ ”
JOE 2:18 त्यसपछि याहवेह आफ्नो देशको निम्ति डाही हुनुभयो, र उहाँले आफ्ना मानिसहरूलाई कृपा गर्नुभयो।
JOE 2:19 याहवेहले तिनीहरूलाई जवाफ दिनुभयो: “म तिमीहरूका निम्ति अन्‍न, नयाँ दाखमद्य र जैतुन तेल पठाउँदैछु, तिमीहरू प्रशस्तताले पूर्ण भएर तृप्‍त हुनेछौ; म तिमीहरूलाई अरू राष्ट्रहरूका सामु फेरि कहिल्यै पनि गिल्‍लाको पात्र हुन दिनेछैन।
JOE 2:20 “म उत्तरको सेनालाई तिमीहरूदेखि टाढा लखेट्नेछु, त्यसलाई रुखो, उजाड र बाँझो देशमा धपाउनेछु, यसको पूर्वीय सेनालाई पूर्वको मृत सागरमा र पश्‍चिमी सेनालाई पश्‍चिमको महासागरमा डुबाइदिनेछु। अनि त्यसको गन्धमाथि उठ्नेछ; त्यसको दुर्गन्ध सबैतिर फैलिनेछ।” निश्‍चय नै याहवेहले महान् कामहरू गर्नुभएको छ!
JOE 2:21 हे यहूदाको देश, भयभीत नहो; हर्षित र आनन्दित हो। निश्‍चय नै याहवेहले महान् कामहरू गर्नुभएको छ!
JOE 2:22 हे जङ्गली जनावरहरू हो, नडराओ; किनकि उजाडस्थानका खुला चर्ने खर्कहरू हरिया हुँदैछन्। रूखहरूमा फलहरू फल्दैछन्; नेभाराको रूख र दाखका बोटहरूले प्रशस्तसँग फल फलाउनेछन्।
JOE 2:23 हे सियोनका मानिसहरू हो, हर्षित होओ, तिमीहरूका परमेश्‍वर याहवेहमा रमाओ; किनकि उहाँले तिमीहरूका निम्ति शरदको झरी दिनुभएको छ; किनभने उहाँ विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई प्रशस्त झरी पठाउनुहुन्छ, शरद र वसन्त दुवै ऋतुहरूमा पहिलेझैँ झरी पठाउनुहुन्छ।
JOE 2:24 तिमीहरूका खलाहरू अन्‍नले भरिनेछन्; कोलहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन्।
JOE 2:25 “म तिमीहरूलाई सलहले खाइदिएका वर्षहरूको क्षतिपूर्ति दिनेछु— जुन ठूला सलहहरू र जवान सलहहरूले, अथवा अरू सलहहरूका हुलहरूले, अर्थात् मैले तिमीहरूका बीचमा पठाएको ठूला सेनाहरूले खाएका थिए।
JOE 2:26 तिमीहरू अघाउन्जेल खानलाई तिमीहरूसँग प्रशस्त भोजन हुनेछ; अनि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरको नामको प्रशंसा गर्नेछौ, जसले तिमीहरूका निम्ति अद्‌भुत कार्यहरू गर्नुभएको छ; अब फेरि मेरा मानिसहरू कहिल्यै पनि शर्ममा पर्नेछैनन्।
JOE 2:27 त्यसपछि तिमीहरूले जान्‍नेछौ, कि म इस्राएलमा छु, म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; अनि मबाहेक कोही पनि परमेश्‍वर छैन; मेरा मानिसहरू फेरि कहिल्यै पनि शर्ममा पर्नेछैनन्।
JOE 2:28 “अनि यसपछि, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु। तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्; तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्; तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्।
JOE 2:29 ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू, स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु।
JOE 2:30 म आकाशमा र पृथ्वीमा अद्‌भुत कार्यहरू देखाउनेछु; रगत, आगो र धुवाँका मुस्लाहरू।
JOE 2:31 याहवेहको महान् र डरलाग्दो दिन आउनअगि सूर्य अन्धकारमा परिवर्तन हुनेछ, र चन्द्रमा रगतजस्तै रातो हुनेछ।
JOE 2:32 अनि याहवेहको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ; किनकि सियोन पर्वतमा र यरूशलेममा छुटकारा हुनेछ, जसरी याहवेहले भन्‍नुभएको छ, बाँचेकाहरूका बीचमा ती व्यक्तिहरू हुनेछन्; जसलाई याहवेहले बोलाउनुहुन्छ।
JOE 3:1 “ती दिनहरूमा र त्यस समयमा, जब म यहूदा र यरूशलेमका समृद्धिहरू फर्काउँछु,
JOE 3:2 तब म सबै राष्ट्रहरूलाई एकसाथ भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेँसीमा तल ल्याउनेछु। त्यहाँ म तिनीहरूलाई परीक्षा गर्नेछु; किनकि तिनीहरूले मेरो उत्तराधिकार र मेरो जाति इस्राएललाई जेजस्तो गरे, तिनीहरूले मेरो जातिलाई राष्ट्रहरूका बीचमा तितरबितर पारे; अनि तिनीहरूले मेरो देशलाई विभाजन गरे।
JOE 3:3 तिनीहरूले मेरा मानिसहरूमाथि चिट्ठा हाले, वेश्यावृत्तिको निम्ति केटाहरूको व्यापार गरे; तिनीहरूले दाखमद्यको निम्ति केटीहरूलाई बेचे।
JOE 3:4 “अब हे टायर र सीदोन, र पलिश्तीका सारा मानिसहरू हो, मेरो विरुद्धमा तिमीहरूको के छ? के तिमीहरूले मैले जे गरेको छु, त्यसको बदला लिँदैछौ? यदि तिमीहरूले बदला लिइरहेका छौ भने तिमीहरूले जे गरेका छौ, त्यो तिमीहरूकै टाउकोमा म चाँडै नै खन्याइदिनेछु।
JOE 3:5 किनकि तिमीहरूले मेरो चाँदी र मेरो सुन, साथै मेरा बहुमूल्य सम्पत्तिहरू तिमीहरूका दरबारहरूमा लगेका छौ।
JOE 3:6 तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई आफ्ना मातृभूमिदेखि टाढा पठाउन ग्रीकहरूका हातमा बेचेका छौ।
JOE 3:7 “हेर, तिमीहरूले तिनीहरूलाई बेचेको ठाउँदेखि, म तिनीहरूलाई फिर्ता ल्याउनेछु; अनि तिमीहरूले जे गरेका छौ, त्यो म तिमीहरूका टाउकोमा खन्याइदिनेछु।
JOE 3:8 म तिमीहरूका छोरा र छोरीहरूलाई यहूदाका मानिसहरूका हातमा बेचिदिनेछु; अनि तिनीहरूले यिनीहरूलाई एउटा टाढाको राष्ट्र शबीहरूको हातमा बेचिदिनेछन्।” याहवेहले बोल्नुभएको छ।
JOE 3:9 राष्ट्रहरूका बीचमा यो घोषणा गर: युद्धको निम्ति तयारी गर! शूरवीरहरूलाई आह्वान गर! सारा लडाकु योद्धाहरू नजिक आऊन् र आक्रमण गरून्।
JOE 3:10 तिमीहरूका हलोका फालीहरूलाई पिटेर तरवार र हँसियाहरूलाई भाला बनाओ। कमजोर मानिसहरूले भनून्, “म बलियो छु!”
JOE 3:11 चाँडो गरी आओ, हे चारैतिरका सारा राष्ट्रहरू हो; अनि त्यहाँ एकसाथ भेला होओ। हे याहवेह! तपाईंका महान् योद्धाहरू तल ल्याउनुहोस्!
JOE 3:12 “राष्ट्रहरू तयार होऊन्; तिनीहरू यहोशापातको बेँसीतिर अगि बढून्; किनकि चारैतिरबाट आएका सारा राष्ट्रहरूलाई न्याय गर्न म त्यहाँ न्यायआसनमा बस्‍नेछु।
JOE 3:13 हँसिया लगाओ, किनकि फसल पाकेको छ। आओ, दाखहरूलाई कुल्च; किनकि दाखले कोल भरिएको छ, र घैलाहरू भरिएर पोखिन्छन्; किनकि तिनीहरूको दुष्‍टता ठूलो छ!”
JOE 3:14 फैसला गरिने बेँसीमा भीडका भीड मानिसहरू छन्! किनकि फैसलाको बेँसीमा याहवेहको दिन नजिक छ।
JOE 3:15 सूर्य र चन्द्रमा अँध्यारो हुनेछन्, र ताराहरू अब उसो चम्कने छैनन्।
JOE 3:16 सियोनको पर्वतदेखि याहवेह गर्जनुहुनेछ, र उहाँ यरूशलेमको सहरबाट पनि गर्जनुहुन्छ; पृथ्वी र आकाश थरथर काम्नेछन्। तर याहवेह आफ्ना मानिसहरूका निम्ति शरणस्थान र इस्राएलका मानिसहरूका निम्ति एउटा बलियो किल्‍ला हुनुहुनेछ।
JOE 3:17 “त्यसपछि तिमीहरूले जान्‍नेछौ, म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; मेरो पवित्र पर्वत, सियोनमा म वास गर्छु। यरूशलेम पवित्र हुनेछ; विदेशीहरूले फेरि कहिल्यै त्यसलाई आक्रमण गर्नेछैनन्।
JOE 3:18 “ती दिनमा पर्वतहरूले नयाँ दाखमद्य चुहाउनेछन्; अनि डाँडाहरूमा दूध बहनेछ; यहूदाका सबै खोल्साहरूमा पानी बहनेछ। अनि याहवेहको भवनदेखि पानीको फोहोरा बगेर निस्कनेछ, र अखैयाको बेँसीलाई भिजाउनेछ।
JOE 3:19 तर इजिप्ट उजाड हुनेछ, र एदोम उजाड मरुभूमि हुनेछ; किनकि तिनीहरूले यहूदाका मानिसहरूलाई अत्याचार गरेका थिए, जसको देशमा तिनीहरूले निर्दोष रगत बगाएका थिए।
JOE 3:20 यहूदामा मानिसहरू सदासर्वदा बसोबास गर्नेछन्; अनि यरूशलेममा पुस्तौँ-पुस्तासम्म मानिसहरूको बसोबास हुनेछ।
JOE 3:21 के म निर्दोषहरूका रगतको बदला नलिई छोडौँ? अहँ, म छोड्नेछैनँ।”
AMO 1:1 आमोसका वचनहरू, जो तकोका गोठालाहरूमध्येका एक जना थिए। जब उज्जियाह यहूदाका राजा थिए र यारोबामका छोरा योआशचाहिँ इस्राएलका राजा थिए, तब भुइँचालो जानुभन्दा दुई वर्षअगि आमोसले इस्राएलको बारेमा यस्तो दर्शन देखेका थिए।
AMO 1:2 तिनले भने: “याहवेह सियोन पर्वतदेखि सिंहझैँ गर्जनुहुन्छ, र यरूशलेमबाट चर्को आवाजमा गर्जनुहुन्छ; गोठालाका खर्कहरू सुकेर जान्छन् र कर्मेलको टाकुरा ओइलाउँछ।”
AMO 1:3 याहवेह यसो भन्‍नुहुन्छ: “दमस्कसका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि त्यसले फलामका दाँतहरू भएका डण्डाले गिलादलाई दाइँ गरेकी छे;
AMO 1:4 म हजाएलको घरमा आगो पठाउनेछु, जसले बेन-हददका किल्‍लाहरूलाई भस्म पार्नेछ।
AMO 1:5 म दमस्कसका ढोकालाई फोरिदिनेछु; म अवेनको बेँसीमा बस्‍ने राजालाई नाश गर्नेछु; अनि बेथ-अदनमा राजदण्ड लिने राजालाई म नाश गर्नेछु। अरामका मानिसहरू निर्वासित भएर कीर देशमा जानेछन्,” याहवेहले भन्‍नुहुन्छ।
AMO 1:6 याहवेह यसो भन्‍नुहुन्छ: “गाजाका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि गाजाले सारा समुदायलाई कैदमा लगेकी छे; अनि एदोमको हातमा तिनीहरूलाई बेचेकी छे;
AMO 1:7 म गाजाका पर्खालहरूमाथि आगो पठाउनेछु, जसले त्यसका किल्‍लाहरू भस्म पार्नेछ।
AMO 1:8 म अश्दोदको राजा र अश्कलोनको राजदण्ड लिनेलाई नाश गर्नेछु। सबै पलिश्तीहरू नमरेसम्म, म मेरो हात एक्रोनको सहरको विरुद्धमा उठाउनेछु,” प्रभु याहवेह भन्‍नुहुन्छ।
AMO 1:9 याहवेह यसो भन्‍नुहुन्छ: “टायरका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि त्यसले मित्रताको सन्धिलाई अनादर गर्दै एदोमलाई कैदीको सारा समुदाय बेचेकी छे;
AMO 1:10 म टायरका पर्खालहरूमाथि आगो पठाउनेछु, जसले त्यसका बलिया किल्‍लाहरूलाई भस्म पार्नेछ।”
AMO 1:11 याहवेह यसो भन्‍नुहुन्छ: “एदोमका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि एदोमले आफ्नो भाइलाई तरवारले खेद्‌यो, र देशका स्त्रीहरूलाई मार्‍यो; किनभने त्यसको रिस निरन्तर उठिरह्‍यो, र त्यसको रिसको ज्वाला दन्किरह्‍यो।
AMO 1:12 म तेमानमाथि आगो पठाउनेछु; त्यसले बोज्राका किल्‍लाहरूलाई भस्म पार्नेछ।”
AMO 1:13 याहवेह यसो भन्‍नुहुन्छ: “अम्मोनका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि अम्मोनले आफ्ना सिमानाहरू बढाउनका निम्ति गिलादका गर्भवती स्त्रीहरूका पेट तरवारले चिरिदियो।
AMO 1:14 म रब्बाका पर्खालहरूमाथि आगो पठाउनेछु, जसले त्यसको किल्‍लाहरू भस्म पार्नेछ; लडाइँको दिनमा युद्ध ध्वनिहरूका बीचमा, र आँधीबेहरीको दिनमा प्रचण्ड बतासको बीचमा भस्म पार्नेछ।
AMO 1:15 रब्बाका राजाका साथै तिनी र तिनका अधिकारीहरू सबै एकसाथ निर्वासनमा लगिनेछन्,” याहवेह भन्‍नुहुन्छ।
AMO 2:1 याहवेह यसो भन्‍नुहुन्छ: “मोआबका तीन वटा पापहरू, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि त्यसले एदोमको राजाका हड्डीहरू जलाएर खरानी पारिदियो;
AMO 2:2 म मोआबमाथि आगो पठाउनेछु, जसले किर्योतका किल्‍लाहरूलाई भस्म पार्नेछ। मोआबको पतन ठूलो होहल्‍लाका साथ युद्ध-ध्वनिको बीचमा र तुरहीका आवाजका साथ हुनेछ।
AMO 2:3 म त्यसको शासकलाई नाश गर्नेछु, र त्यसका सबै अधिकारीहरूलाई त्योसितै मार्नेछु,” याहवेह भन्‍नुहुन्छ।
AMO 2:4 याहवेह यसो भन्‍नुहुन्छ: “यहूदाका तीन वटा पापहरू, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि तिनीहरूले याहवेहको व्यवस्थालाई अस्वीकार गरेका छन्, र उहाँका आदेशहरूलाई पालन गरेका छैनन्; किनकि तिनीहरू झूटा देवताहरूको कारण बाटो बिराएका छन्, जसका पितापुर्खाहरूले तिनीहरूलाई पछ्याएका थिए,
AMO 2:5 म यहूदामाथि आगो पठाउनेछु; त्यसले यरूशलेमका किल्‍लाहरू भस्म पार्नेछ।”
AMO 2:6 याहवेह यसो भन्‍नुहुन्छ: “इस्राएलका तीन वटा पापहरूका कारण, अथवा चार वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले निर्दोषलाई चाँदीमा, र खाँचोमा परेकाहरूलाई एक जोर जुत्तामा बेच्छन्।
AMO 2:7 तिनीहरूले भुइँको धुलोमा कुल्चेझैँ गरिबका टाउकोमाथि कुल्चन्छन्; अनि अत्याचारमा परेकाहरूलाई न्याय दिँदैनन्। बुबा र छोराले एउटै स्त्रीलाई प्रयोग गर्छन्; अनि यसरी मेरो पवित्र नामलाई अपवित्र बनाउँछन्।
AMO 2:8 तिनीहरू हरेक वेदीको छेउमा बन्धकको रूपमा राखेका लुगाहरूमा ढल्किन्छन्। तिनीहरू आफ्ना देवताको मन्दिरमा जरिमानाको रूपमा उठाएको दाखमद्य पिउँछन्।
AMO 2:9 “मैले तिनीहरूकै सामु एमोरीहरूलाई नाश गरेँ, तर पनि त्यो देवदारुको रूखजस्तै अल्गो, र फलाँटको रूखजस्तै बलियो थियो। मैले ती रूखहरूमाथि रहेका फलहरू, र त्यसको तल रहेका जराहरू नाश गरिदिएँ।
AMO 2:10 तिमीहरूलाई एमोरीहरूको देश अधिकारमा दिनका निम्ति मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ; अनि मैले तिमीहरूलाई चालीस वर्षसम्म उजाडस्थानमा डोर्‍याएँ।”
AMO 2:11 मैले तिमीहरूका छोराहरूका बीचबाट अगमवक्ताहरू र तिमीहरूका जवान पुरुषहरूका बीचबाट नाजिरीहरू खडा गरेँ। “हे इस्राएलका मानिसहरू हो, के यो साँचो होइन र?” याहवेह घोषणा गर्नुहुन्छ।
AMO 2:12 “तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन बाध्य गरायौ, र अगमवक्ताहरूलाई अगमवाणी नबोल भनी आदेश दियौ।
AMO 2:13 “त्यसैले अब म अन्‍नले लादिएको गाडाले किचेझैँ तिमीहरूलाई जमिनमा किचिदिनेछु।
AMO 2:14 वेगसित दगुर्ने पनि उम्कनेछैन; बलवान्‌हरूको बल पनि काम लाग्नेछैन, र योद्धाहरूले पनि आफ्नो प्राण बचाउन सक्नेछैनन्।
AMO 2:15 धनु चलाउने पनि आफ्नो ठाउँमा टिक्नेछैन; र अति वेगसित दौडने सिपाही उम्कनेछैन; अनि घोडसवारले पनि आफ्नो प्राण बचाउन सक्नेछैन।
AMO 2:16 बहादुर योद्धाहरू नै भए तापनि त्यो दिन तिनीहरू नाङ्गै भाग्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
AMO 3:1 हे इस्राएलका मानिसहरू हो, यो वचन सुन, जुन वचन याहवेहले तिमीहरूको विरुद्धमा बोल्नुभएको छ—मैले इजिप्टबाट ल्याएका सम्पूर्ण परिवारको विरुद्धमा:
AMO 3:2 “पृथ्वीका सारा घरानाका बीचबाट मैले केवल तिमीहरूलाई मात्र चुनेको छु; यसकारण म तिमीहरूलाई तिमीहरूका सबै पापहरूको दण्ड दिनेछु।”
AMO 3:3 के एक-आपसमा सहमत नभएसम्म दुई जना सँगसँगै हिँड्छन् र?
AMO 3:4 के जङ्गलमा शिकार नै नभेटी सिंह गर्जन्छ र? के सिंहले केही फेला नपारीकन त्यो आफ्नो गुफाभित्र गर्जन्छ र?
AMO 3:5 के पासोमा चारो राखिएको छैन भने, चरो पासोमा पर्छ र? के पासोमा केही परेको छैन भने, त्यो पासो भुइँबाट माथि आफैँ उछिटिन्छ र?
AMO 3:6 जब सहरमा तुरही फुकिन्छ, तब के मानिसहरू डरले काम्दैनन् र? जब सहरमा विपत्ति आउँछ, के त्यो याहवेहले नपठाउनुभएसम्म आउँछ र?
AMO 3:7 निश्‍चय नै प्रभु याहवेहले आफ्नो योजना उहाँका सेवक अगमवक्ताहरूलाई प्रकट नगरी केही पनि गर्नुहुन्‍न।
AMO 3:8 सिंह गर्जेको सुनेर, को भयभीत नहोला र? प्रभु याहवेहले बोल्नुभएको छ; अनि कसले अगमवाणी गर्दैन र?
AMO 3:9 अश्दोदका किल्‍लाहरू र इजिप्टका किल्‍लाहरूलाई घोषणा गर: “सामरियाका पर्वतहरूमा एकसाथ भेला होओ; त्यसभित्र भएको ठूलो अशान्ति र त्यसका आफ्नै मानिसहरूका बीचको थिचोमिचो हेर।”
AMO 3:10 याहवेह घोषणा गर्नुहुन्छ, “कसरी उचित काम गर्ने भन्‍ने कुरा तिनीहरूलाई थाहा नै छैन; तिनीहरूले खोसेका र लुटेका मालसामानहरू तिनीहरूका किल्‍लाहरूमा थुपार्छन्।”
AMO 3:11 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “शत्रुले तिमीहरूको देशमाथि आक्रमण गर्नेछ; त्यसले तिमीहरूका बलिया गढहरूलाई नाश गर्नेछ, र तिमीहरूका किल्‍लाहरूलाई लुटपाट गर्नेछ।”
AMO 3:12 याहवेह यसो भन्‍नुहुन्छ: “जसरी एउटा गोठालोले सिंहको मुखबाट भेडाका खुट्टाका दुई वटा हड्डीहरू अथवा एउटा कानको टुक्रा मात्र बचाउँछ, त्यसरी नै सामरियामा बस्‍ने इस्राएलीहरू, पलङको कुना र गद्दीमा बस्‍ने थोरै मानिसहरू मात्र बचाइनेछन्।”
AMO 3:13 प्रभु याहवेह, सेनाहरूका परमेश्‍वर घोषणा गर्नुहुन्छ, “यो सुन, र याकोबको घरानाको विरुद्धमा यो चेतावनी देओ।
AMO 3:14 “जुन दिन इस्राएललाई त्यसका पापहरूका निम्ति दण्ड दिन्छु, म बेथेल सहरका वेदीहरू ध्वस्त गर्नेछु; वेदीका चारैतिरका सिङहरू काटिनेछन्, र ती भुइँमा खस्‍नेछन्।
AMO 3:15 म गर्मीका महल सँगसँगै हिउँदका महललाई पनि भत्काउनेछु; हस्तीदन्तले सजिएका भवनहरू ध्वस्त पारिनेछन्, र दरबारहरू भत्काइनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
AMO 4:1 हे सामरिया पर्वतमाथि बस्‍ने बाशानका गाईहरू हो, यो वचन सुन! हे स्त्रीहरू हो, जसले गरिबहरूलाई थिचोमिचो गर्दछौ र खाँचोमा परेकाहरूलाई सताउँदछौ; अनि आफ्ना पतिहरूलाई भन्दछौ, “हाम्रो निम्ति केही पेय पदार्थ ल्याइदिनुहोस्!”
AMO 4:2 प्रभु याहवेहले आफ्नो पवित्रताको शपथ खानुभएको छ: “अवश्य नै समय आउनेछ, जब तिमीहरू अङ्कुसेले तानेर निकालिनेछौ, र बाँकी रहेका तिमीहरू पनि बल्छीले समातेर लगिनेछौ।
AMO 4:3 तिमीहरू हरेक पर्खालका धाँदाहरूबाट सीधै बाहिर निस्कनेछौ। तिमीहरू हर्मोनतिर फ्याँकिनेछौ,” याहवेह घोषणा गर्नुहुन्छ।
AMO 4:4 “बेथेलमा जाओ र पाप गर; गिलगालमा जाओ र अझ बढी पाप गर। हरेक बिहान तिमीहरूका बलिदानहरू ल्याओ! हरेक तीन वर्षमा तिमीहरूका दशांश भेटी पनि ल्याओ।
AMO 4:5 खमिर हालेको रोटीलाई धन्यवादको भेटीको रूपमा चढाओ, र स्वेच्छा भेटीहरूका निम्ति धाक लगाओ; अर्थात् हे इस्राएलीहरू हो, तिनीहरूका निम्ति घमण्ड गर; किनकि तिमीहरू यसै गर्न रुचाउँछौ,” प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
AMO 4:6 “मैले हरेक सहरमा तिमीहरूलाई भोको पेट राखेँ, र हरेक नगरमा रोटीको अभाव गरिदिएँ; तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ।
AMO 4:7 “फसलको समय अझै तीन महिना बाँकी रहँदै मैले तिमीहरूका निम्ति वर्षा पनि रोकिदिएँ। मैले एउटा सहरमा वर्षाको पानी पठाएँ, तर अर्को सहरमा रोकिदिएँ। एउटा खेतमा पानी पर्‍यो; तर अर्को खेतमाथि परेन, त्यो सुक्यो।
AMO 4:8 मानिसहरू पानी पिउनका निम्ति सहर-सहरमा धरमरिँदै हिँडे, तर प्रशस्त पिउनलाई पानी पाएनन्, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ।
AMO 4:9 “धेरै पटक मैले तिमीहरूका बगैँचाहरू र दाखबारीहरूलाई प्रहार गरेँ; मैले तिनीहरूलाई रोग र ढुसीले नाश पारेँ। सलहहरूले तिमीहरूका नेभारा र जैतुनका रूखहरूलाई सखाप पारिदिए, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ।
AMO 4:10 “मैले इजिप्टमा पठाएझैँ तिमीहरूका बीचमा विपत्तिहरू पठाएँ। मैले तिमीहरूका जवान मानिसहरूलाई तरवारले मारेँ र तिमीहरूका घोडाहरूसमेत कब्जा गरेँ। मैले तिमीहरूका छाउनी मृतक शरीरका दुर्गन्धले भरिदिएँ, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ।
AMO 4:11 “मैले सदोम र गमोरालाई ध्वस्त पारेजस्तै गरी तिमीहरूमध्ये कतिलाई ध्वस्त पारेको छु। तिमीहरू जल्दैगरेको आगोबाट निकालिएको अगुल्टोजस्तै थियौ, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ।
AMO 4:12 “यसकारण हे इस्राएलीहरू हो, म तिमीहरूलाई यसो गर्नेछु; किनकि मैले तिमीहरूलाई यसो गर्न लागेको हुनाले, तिमीहरू आफ्ना परमेश्‍वरलाई भेट्न तयार होओ।”
AMO 4:13 जसले पर्वतहरू बनाउनुहुन्छ, जसले बतासलाई सृजना गर्नुहुन्छ; अनि उहाँले आफ्ना विचारहरू मानिस जातिलाई प्रकट गर्नुहुन्छ; उहाँले नै बिहानीको प्रभातलाई अन्धकारमा परिवर्तन गर्नुहुन्छ, र पृथ्वीका अग्ला-अग्ला स्थानहरूमा कुल्चनुहुन्छ; उहाँको नाम याहवेह सेनाहरूका परमेश्‍वर हो।
AMO 5:1 हे इस्राएलको घराना हो, मैले तिमीहरूका निम्ति गरेको विलापको गीत सुन:
AMO 5:2 “कन्ये इस्राएल फेरि कहिल्यै नउठ्ने गरी लडेकी छे; आफ्नै देशमा त्यागिएकी छे; त्यसलाई उठाउने कोही पनि छैन।”
AMO 5:3 प्रभु याहवेह इस्राएललाई यसो भन्‍नुहुन्छ: “तेरो सहरबाट एक हजार जना सेनाहरू निस्कन्छन्, तर केवल एक सय मात्र छोडिनेछन्; तेरो सहरबाट एक सय जना सेनाहरू निस्कन्छन्, तर केवल दश जना मात्र छोडिनेछन्।”
AMO 5:4 याहवेहले इस्राएलको घरानालाई यसो भन्‍नुहुन्छ: “मलाई खोज र तिमीहरू जीवित रहो;
AMO 5:5 बेथेललाई नखोज, गिलगालमा नजाओ र बेर्शेबातिर यात्रा नगर। किनकि गिलगाल निश्‍चय नै निर्वासनमा लगिनेछ; अनि बेथेल काम नलाग्ने हुनेछ।”
AMO 5:6 याहवेहलाई खोज र जीवित रहो, नत्रता उहाँ योसेफको घरानामा आगोजस्तै दन्किएर आउनुहुनेछ; जुन आगोले तिनीहरूलाई भस्म पार्नेछ, र त्यसलाई निभाउन बेथेलमा कोही पनि हुनेछैन।
AMO 5:7 त्यहाँ न्यायलाई तितो बनाउने, र धार्मिकतालाई माटोमा मिलाउने दुवै हुनेछैनन्।
AMO 5:8 उहाँले किरकिटी र मृगशिरा तारामण्डललाई सृजना गर्नुभयो, जसले मध्य रातलाई बिहानीमा र र मध्य दिनलाई रातमा परिवर्तन गर्नुहुन्छ; जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ, र ती पानीहरूलाई जमिनमाथि खन्याउनुहुन्छ; उहाँको नाम याहवेह हो।
AMO 5:9 उहाँले बलिया किल्‍लाहरूलाई अचानक सर्वनाश गर्नुहुन्छ, र बलिया गढ भएको सहरलाई तहसनहस पार्नुहुन्छ।
AMO 5:10 तिमीहरू अदालतमा साँचो न्याय गर्नेलाई घृणा गर्छौ, र सत्य बोल्नेलाई तुच्छ ठान्छौ।
AMO 5:11 तिमीहरू गरिबमाथि परालको समेत कर लगाउँछौ, र तिनीहरूका अन्‍नमा कर थोपर्छौ। यसकारण तिमीहरूले ढुङ्गाका महलहरू बनाएका छौ, तर तिमीहरू ती महलहरूमा बस्‍नेछैनौ; तिमीहरूले सुन्दर दाखबारी लगाएका छौ, तर तिमीहरूले त्यसको दाखरस पिउनेछैनौ।
AMO 5:12 किनकि म जान्दछु, तिमीहरूका अपराधहरू कति धेरै छन्, र तिमीहरूका पापहरू निकै गम्भीर छन्। तिमीहरू जसले धर्मीहरूलाई सताउँछौ र घूस लिन्छौ; अनि गरिबलाई अदालतमा न्याय पाउनबाट रोक्छौ।
AMO 5:13 यसकारण यस्तो समयमा बुद्धिमान् मानिस पनि चुपचाप बस्‍नेछ; किनकि समय खराब छ।
AMO 5:14 भलाइको खोजी गर, दुष्‍टताको होइन, ताकि तिमीहरू बाँचिरहो। तब तिमीहरूले भन्‍ने गरेझैँ, याहवेह सेनाहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।
AMO 5:15 दुष्‍टतालाई घृणा गर, भलाइलाई प्रेम गर; अदालतमा न्यायलाई कायम राख। सायद याहवेह सेनाहरूका परमेश्‍वरले योसेफका बाँकी रहेकाहरूमाथि अनुग्रह गर्नुहुनेछ।
AMO 5:16 यसकारण याहवेह सेनाहरूका परमेश्‍वर भन्‍नुहुन्छ: “सबै सडकहरूमा रुवाबासी र हरेक सार्वजनिक चोकहरूमा वेदनाका रोदनहरू हुनेछन्। खेती गर्ने किसानहरूलाई रुन र शोक गर्नेहरूलाई विलाप गर्न बोलाइनेछ।
AMO 5:17 त्यहाँ सबै दाखबारीहरूमा रुवाबासी हुनेछ; किनकि म तिमीहरूका बीचबाट भएर जानेछु,” याहवेह भन्‍नुहुन्छ।
AMO 5:18 धिक्‍कार तिमीहरूलाई, जसले याहवेहको दिनको तिर्सना गर्दछौ! तिमीहरू याहवेहको दिनको किन तिर्सना गर्दछौ? त्यो दिन उज्यालो होइन, तर अन्धकारको दिन हुनेछ।
AMO 5:19 कुनै मानिस सिंहबाट भागेर भालुलाई भेटे जस्तै, र घरभित्र पस्दा, र विश्रामको लागि आफ्नो हात भित्तामा राख्दा त्यसलाई सर्पले डसेजस्तै, त्यो दिन हुनेछ।
AMO 5:20 हो, याहवेहको दिन उज्यालो होइन, तर अन्धकारमय हुनेछ; अर्थात् उज्यालोको किरण विनाको घोर अन्धकार।
AMO 5:21 “म तिमीहरूका धार्मिक चाडहरूलाई तुच्छ ठान्छु; मेरा लागि तिमीहरूका सभाहरू दुर्गन्धजस्तै हो।
AMO 5:22 तिमीहरूले मेरा निम्ति होमबलि र अन्‍नबलिहरू चढाए पनि, म ती बलिहरू ग्रहण गर्नेछैनँ। तिमीहरूले अति असल बाछाको मेलबलिहरू चढाए तापनि म ती बलिहरूलाई वास्ता गर्नेछैनँ।
AMO 5:23 तिमीहरूका प्रशंसाको होहल्‍ला मबाट टाढा राख! म तिमीहरूका वीणाको सङ्गीत सुन्‍नेछैनँ।
AMO 5:24 तर न्याय एउटा नदीझैँ बगोस्, र धार्मिकताचाहिँ कहिल्यै नसुक्ने मुहानझैँ!
AMO 5:25 “हे इस्राएलका घराना हो, के तिमीहरूले उजाडस्थानमा चालीस वर्षसम्म मेरा निम्ति बलिदानहरू र भेटीहरू चढायौ?
AMO 5:26 तर तिमीहरूले आफ्ना राज-देव सक्‍कूत, र तिमीहरूको तारा-देव कीयूनका देवस्थानलाई उचालेका छौ, जसलाई तिमीहरूले आफ्नै निम्ति बनाएका थियौ।
AMO 5:27 यसकारण म तिमीहरूलाई दमस्कसभन्दा टाढा निर्वासनमा पठाउनेछु,” याहवेह भन्‍नुहुन्छ, जसको नाम सेनाहरूका परमेश्‍वर हो।
AMO 6:1 धिक्‍कार तिमीहरूलाई, जो सियोनमा निर्धक्‍कसाथ बसेका छौ; अनि धिक्‍कार तिमीहरूलाई, जो सामरियाको पर्वतमाथि आफूलाई सुरक्षित ठान्छौ; धिक्‍कार तिमीहरू प्रमुख राष्ट्रका प्रसिद्ध मानिसहरू, जसकहाँ इस्राएलका मानिसहरू आउँछन्!
AMO 6:2 कल्नेह सहरमा जाओ र त्यसलाई हेर; त्यहाँबाट हमात सहरमा जाओ; अनि तल पलिश्तीको गातमा जाओ। के तिमीहरूका दुई राज्यहरूभन्दा ती असल छन् र? के तिनीहरूको देश तिमीहरूको भन्दा ठूलो छ र?
AMO 6:3 तिमीहरूले विपत्तिको दिनलाई टाढा पन्छाउँछौ, र एउटा आतङ्कको शासन नजिक ल्याउँछौ।
AMO 6:4 तिमीहरू हस्तीदन्तले जडेको पलङमा सुत्छौ, र सोफाहरूमा ढल्कन्छौ। तिमीहरू असल भेडाहरू र मोटा बाछाहरू खान्छौ।
AMO 6:5 तिमीहरू दावीदले झैँ वीणा बजाउँछौ, र सङ्गीतका बाजाहरूमा तत्कालै धुन रच्दछौ।
AMO 6:6 तिमीहरू कचौरा भरेर दाखमद्य पिउँछौ, र उत्तम सुगन्धित तेलहरू प्रयोग गर्छौ, तर योसेफको विनाशमाथि शोक गर्दैनौ।
AMO 6:7 यसकारण तिमीहरू नै पहिले निर्वासनमा जानेछौ; तिमीहरूका भोज र मोजमज्जाहरूको अन्त्य हुनेछ।
AMO 6:8 प्रभु याहवेहले आफ्नै नाममा शपथ खानुभएको छ—याहवेह सेनाहरूका परमेश्‍वर घोषणा गर्नुहुन्छ: “म याकोबको घमण्डलाई घृणा गर्छु, र त्यसका किल्‍लाहरूलाई घृणा गर्छु; म यस सहर र यसमा भएका सबैलाई शत्रुको हातमा सुम्पिदिनेछु।”
AMO 6:9 यदि एउटा घरमा दश जना मानिसहरू मात्रै बाँकी रहे तापनि तिनीहरू मर्नेछन्।
AMO 6:10 यदि लासहरू घरबाट बाहिर निकालेर जलाउन भनी आफन्त आएर त्यहाँ लुकेकाहरूलाई, “तिमीसित अझै कोही छ?” भनी सोध्छ र उसले भन्छ, “अहँ, कोही पनि छैन,” तब त्यसले भन्‍नेछ, “चुप लाग! हामीले याहवेहको नाम लिनुहुँदैन।”
AMO 6:11 किनकि याहवेहले आज्ञा दिनुभएको छ; अनि उहाँले विशाल भवनहरूलाई चकनाचुर र साना घरहरूलाई तहसनहस पार्नुहुनेछ।
AMO 6:12 के घोडाहरू चट्टानहरूमाथि दौडन्छन् र? के कसैले समुद्रमा गोरुहरूले जोत्छ र? तर तिमीहरूले त न्यायलाई विषमा र धार्मिकताका फलचाहिँ तितोमा परिणत गरिदिएका छौ,
AMO 6:13 अर्थात् तिमीहरू लो-देबार सहरलाई जितेकोमा आनन्द मनाउँछौ, र भन्छौ, “के हामीले आफ्नै बलले कार्नैम सहरलाई कब्जा गरेका होइनौँ र?”
AMO 6:14 किनकि याहवेह सेनाहरूका परमेश्‍वर घोषणा गर्नुहुन्छ, “हे इस्राएल, म एउटा देशलाई तिमीहरूका विरुद्धमा उचाल्नेछु; त्यसले लेबो-हमातदेखि अराबाको बेँसीसम्मै तिमीहरूमाथि अत्याचार गर्नेछ।”
AMO 7:1 प्रभु याहवेहले मलाई यही नै देखाउनुभयो: राजाका भागको कटनी भइसकेपछि र पछिल्‍लो बाली उम्रँदै गर्दा उहाँले सलहहरूका बथान तयार पार्दै हुनुहुन्थ्यो।
AMO 7:2 जब तिनीहरूले जमिनलाई सखाप पारे, तब मैले भनेँ, “प्रभु याहवेह, क्षमा गर्नुहोस्! कसरी याकोब बाँच्न सक्छ? त्यो त साह्रै सानो छ!”
AMO 7:3 यसकारण याहवेहले आफ्नो मन परिवर्तन गर्नुभयो। याहवेहले भन्‍नुभयो, “यस्तो हुनेछैन।”
AMO 7:4 प्रभु याहवेहले मलाई यो देखाउनुभयो: प्रभु याहवेहले आगोद्वारा न्याय गर्न बोलाउँदैहुनुहुन्थ्यो; त्यसले विशाल समुद्रलाई सुकाइदियो र जमिनलाई भस्म पारिदियो।
AMO 7:5 त्यसपछि मैले कराएर भनेँ, “प्रभु याहवेह, म तपाईंलाई बिन्ती गर्छु, रोक्नुहोस्! कसरी याकोब बाँच्न सक्छ र? त्यो त साह्रै सानो छ।”
AMO 7:6 यसकारण याहवेहले आफ्नो मन परिवर्तन गर्नुभयो। प्रभु याहवेहले भन्‍नुभयो, “यस्तो हुनेछैन।”
AMO 7:7 उहाँले फेरि मलाई यस्तो देखाउनुभयो: प्रभु नाप्‍ने टाँगोले सीधा नापेर बनाएको पर्खालको छेउमा आफ्नो हातमा एउटा नाप्‍ने साहुल लिएर खडा हुनुभएको थियो।
AMO 7:8 अनि याहवेहले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्दैछस्?” मैले जवाफ दिए, “एउटा नाप्‍ने साहुल देख्दैछु।” त्यसपछि प्रभुले भन्‍नुभयो, “हेर, म मेरा मानिस इस्राएलीहरूका बीचमा एउटा साहुल प्रयोग गर्दैछु; अब म तिनीहरूलाई छोडनेछैनँ।”
AMO 7:9 “इसहाकका अल्गा-अल्गा ठाउँहरू सर्वनाश हुनेछन्; र इस्राएलका पवित्रस्थानहरू ध्वस्त हुनेछन्; म यारोबामका घरानाको विरुद्धमा मेरो तरवार लिएर खडा हुनेछु।”
AMO 7:10 त्यसपछि बेथेलका पुजारी अमस्याहले इस्राएलका राजा यारोबामलाई एउटा सन्देश पठाए: “आमोसले इस्राएलका घरानाको बीचमा तपाईंको विरुद्धमा एउटा षड्यन्त्र रच्दैछ। देशले तिनका सबै कुराहरू सहन सक्दैन।
AMO 7:11 किनकि आमोसले यसो भनिरहेका छन्: “यारोबाम तरवारद्वारा मारिनेछ; र इस्राएल निश्‍चय नै तिनीहरूका स्वदेशबाट टाढा निर्वासनमा जानेछ।”
AMO 7:12 त्यसपछि अमस्याहले आमोसलाई भने, “हे दर्शी, यहाँबाट निस्किहाल! यहूदाको देशमा फर्केर जाऊ। त्यहीँ नै आफ्नो कमाइको रोटी खाऊ, र भविष्यवाणी गर्ने काम गर।
AMO 7:13 अब उसो बेथेलमा भविष्यवाणी नगर; किनकि यो राजाको पवित्रस्थान हो, र राज्यको मन्दिर हो।”
AMO 7:14 आमोसले अमस्याहलाई जवाफ दिए, “म अगमवक्ता थिइनँ, न त अगमवक्ताको छोरा नै थिएँ, तर म त एउटा गोठालो थिएँ, र अञ्जीरका रूखहरूको हेरचाह गर्थेँ।
AMO 7:15 तर याहवेहले मलाई भेडाहरू चराउनबाट बोलाउनुभयो र भन्‍नुभयो, ‘जा, मेरा मानिस इस्राएललाई अगमवाणी गर्।’
AMO 7:16 यसकारण अब याहवेहको वचन सुन। तिमी भन्छौ, “ ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर, र इसहाकको घरानाको विरुद्धमा प्रचार गर्न बन्द गर।’
AMO 7:17 “यसकारण याहवेह यसो भन्‍नुहुन्छ: “ ‘तिम्री पत्नी सहरमा एउटी वेश्या हुनेछे, र तिम्रा छोराछोरीहरू तरवारद्वारा काटिएर मारिनेछन्। तेरो देशलाई नापि-नापिकन विभाजन गरिनेछ; अनि तँ आफैँचाहिँ मूर्तिपूजकको देशमा मर्नेछस्। अनि इस्राएलचाहिँ निश्‍चय नै आफ्नो स्वदेशबाट टाढा निर्वासनमा लगिनेछ।’ ”
AMO 8:1 प्रभु याहवेहले मलाई यस्तो देखाउनुभयो: पाकेका फलको एउटा डालो।
AMO 8:2 उहाँले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्दैछस्?” मैले जवाफ दिए, “पाकेको फलको एउटा डालो।” त्यसपछि याहवेहले मलाई भन्‍नुभयो, “मेरा मानिस इस्राएलीहरूको समय पूरा भएको छ; म तिनीहरूलाई अब उसो छोड्नेछैनँ।”
AMO 8:3 प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन मन्दिरका गीतहरू विलापमा परिवर्तन हुनेछन्। जताततै लाशका थुप्रा हुनेछन्! सन्‍नाटा हुनेछ!”
AMO 8:4 खाँचोमा परेकाहरूलाई कुल्चनेहरू, हे देशका गरिबहरूलाई त्याग्नेहरू हो, यो कुरा सुन।
AMO 8:5 तिमीहरू यसो भन्छौ, “औँसीको दिन कहिले बित्छ र हामी अन्‍न बेच्न सक्छौँ; अनि शब्बाथ दिन कहिले समाप्‍त हुन्छ र हामी गहुँ बेच्न सक्छौँ?” अर्थात् नापतौलमा ठगेर, मूल्य बढाएर र छली ढक तराजु चलाएर ठग्न सक्छौँ;
AMO 8:6 गरिबलाई चाँदीले, र खाँचोमा परेकालाई एक जोडी जुत्तामा किनेर कसिङ्गर सरहको गहुँ बेच्न सक्छौँ।
AMO 8:7 याहवेह आफैँले याकोबको घमण्डको शपथ खानुभएको छ: “म तिनीहरूले गरेका हरेक कुराहरूलाई बिर्सनेछैनँ।
AMO 8:8 “के यसको निम्ति देश काम्दैन र? अनि त्यहाँ बस्‍ने सबैले विलाप गर्दैनन् र? सारा देश नील नदीझैँ उठ्नेछ; इजिप्टको नदीझैँ यो उर्लनेछ र घट्नेछ।”
AMO 8:9 प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन, “म सूर्यलाई मध्यदिनमा नै अस्ताइदिनेछु, र दिनको उज्यालोमा नै पृथ्वीलाई अन्धकार तुल्याइदिनेछु।
AMO 8:10 म तिमीहरूका धार्मिक चाडहरूलाई रुवाबासीमा र तिमीहरूका सबै गीतहरू विलापमा परिवर्तन गरिदिनेछु। म तिमीहरू सबैलाई भाङ्ग्राको कपडा पहिरन लगाउनेछु, र तिमीहरूका कपाल खौरन लगाउनेछु। म त्यस समयलाई एउटै छोराको निम्ति शोक गरेझैँ बनाइदिनेछु, र त्यस दिनको अन्त्य सारै तितो हुनेछ।”
AMO 8:11 प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल पठाउनेछु; तब अन्‍न अथवा पानीको तिर्खाको अनिकाल होइन, तर याहवेहको वचन सुन्‍ने तिर्सनाको अनिकाल हुनेछ।
AMO 8:12 याहवेहको वचनको खोजी गर्दै मानिसहरू, एक समुद्रदेखि अर्को समुद्रसम्म भौँतारिँदै हिँड्नेछन्; अनि उत्तरदेखि पूर्वसम्म घुमिहिँड्नेछन्, तर तिनीहरूले भेट्टाउनेछैनन्।”
AMO 8:13 त्यस दिन, “सुन्दरी युवतीहरू र बलिया युवाहरू तिर्खाले मूर्च्छा पर्नेछन्।
AMO 8:14 सामरियाको पापको शपथ खानेहरूले यसो भन्छन्, ‘तिम्रो देवता दानको जीवनको शपथ,’ ‘बेर्शेबाको देवताको जीवनको शपथ,’ तिनीहरू सबै ढल्नेछन्, फेरि कहिल्यै उठ्न सक्नेछैनन्।”
AMO 9:1 मैले प्रभुलाई वेदीको छेउमा उभिरहनुभएको देखेँ; अनि उहाँले भन्‍नुभयो: “खम्बाका टुप्पाहरूमा हिर्का, ताकि सँघारहरू हल्‍लिऊन्। सबै मानिसहरूका टाउकोमाथि ती ढालिऊन्; बाँकी बचेकाहरूलाई म तरवारले मार्नेछु। एकै जना पनि भाग्न पाउनेछैन; एउटै पनि उम्कन पाउनेछैन।
AMO 9:2 तिनीहरू पातालको गहिराइसम्म गए तापनि मेरो हातले तिनीहरूलाई त्यहाँबाट निकाल्नेछ। तिनीहरू माथि स्वर्गमा उक्ले तापनि म तिनीहरूलाई तल झार्नेछु।
AMO 9:3 तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि त्यहाँ म तिनीहरूलाई खोज्नेछु र पक्रिनेछु। तिनीहरू मेरो दृष्‍टिबाट समुद्रको पीँधमा लुके तापनि त्यहाँ म तिनीहरूलाई डस्‍न सर्पहरूलाई आज्ञा दिनेछु।
AMO 9:4 तिनीहरूका शत्रुहरूले तिनीहरूलाई निर्वासनमा लगे तापनि त्यहाँ म तिनीहरूलाई मार्न तरवारलाई आज्ञा दिनेछु। “म मेरो नजर तिनीहरूमाथि राख्नेछु, भलाइको निम्ति होइन, तर खराबीको निम्ति।”
AMO 9:5 प्रभु, सेनाहरूका याहवेह, उहाँ जसले पृथ्वीलाई छुनुहुन्छ, र त्यो पग्लन्छ; अनि त्यहाँ बस्‍नेहरू सबै विलाप गर्छन्; सारा देश नील नदीझैँ माथि उठ्नेछ, त्यसपछि इजिप्ट नदीझैँ डुब्नेछ;
AMO 9:6 उहाँले आफ्नो भव्य दरबार आकाशमा बनाउनुहुन्छ, र यसको जग पृथ्वीमा बसाल्नुहुन्छ; उहाँ जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ, र ती पानीलाई जमिनको सतहमाथि खन्याउनुहुन्छ, उहाँको नाम याहवेह हो।
AMO 9:7 “के तिमी इस्राएलीहरू मेरा निम्ति कूशका सन्तानजस्ता छैनौ र?” याहवेहले घोषणा गर्नुहुन्छ। “के मैले इस्राएललाई इजिप्टबाट, पलिश्तीहरूलाई कप्‍तोरबाट, र अरामीहरूलाई कीरबाट निकालेर ल्याएको होइन?
AMO 9:8 “निश्‍चय नै प्रभु याहवेहको दृष्‍टि यो दुष्‍ट राज्यमाथि छ। म यसलाई पृथ्वीको सतहबाट ध्वस्त गर्नेछु। तापनि म याकोबको घरानालाई सम्पूर्ण रूपले नाश गर्नेछैनँ,” याहवेह घोषणा गर्नुहुन्छ।
AMO 9:9 “किनकि म आज्ञा दिनेछु, र इस्राएलको घरानालाई सबै राष्ट्रहरूका बीचमा यसरी हल्‍लाउनेछु, जसरी चाल्नीमा अन्‍नलाई चालिन्छ; तर एउटा ढुङ्गाको टुक्रा पनि भुइँमा खस्‍नेछैन।
AMO 9:10 मेरा मानिसहरूका बीचमा भएका सबै पापीहरू तरवारले मारिनेछन्; तिनीहरू सबै जना, जसले यसो भन्छन्, ‘विपत्ति हामी नजिक आउनेछैन, न त विपत्तिले हामीलाई छुने नै छ।’
AMO 9:11 “त्यस दिन, “म दावीदको भत्केको पाललाई फेरि स्थापित गर्नेछु, अर्थात् म यसका भत्केका पर्खालहरू मर्मत गर्नेछु; अनि यसका भग्नावशेषहरूलाई फेरि निर्माण गर्नेछु, अर्थात् योजस्तो पहिले थियो, त्यस्तै फेरि निर्माण गर्नेछु,
AMO 9:12 ताकि तिनीहरूले एदोमका बाँकी बचेकाहरूलाई र मेरो नाम लिने सबै राष्ट्रहरूमाथि अधिकार गर्न सकून्,” याहवेह घोषणा गर्नुहुन्छ, जसले यी कुराहरू गर्न सक्नुहुन्छ।
AMO 9:13 याहवेह घोषणा गर्नुहुन्छ, ती दिनहरू आउँदैछन्, “जब जोत्नेले कटनी गर्नेलाई उछिन्‍नेछ, र बिउ छर्नेले दाख पेल्नेलाई उछिन्‍नेछ। नयाँ दाखमद्य पर्वतहरूबाट चुहुनेछन्, र सबै डाँडाहरूबाट ती बग्नेछन्।
AMO 9:14 म मेरो जाति इस्राएललाई निर्वासनबाट फर्काएर ल्याउनेछु। “तिनीहरूले भत्केका सहरहरू फेरि पुनर्निर्माण गर्नेछन्, र ती सहरहरूमा बसोबास गर्नेछन्। तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनीहरूका दाखमद्य पिउनेछन्; तिनीहरूले बगैँचाहरू बनाउनेछन् र त्यहाँका फलहरू खानेछन्।
AMO 9:15 म इस्राएललाई तिनीहरूको आफ्नै देशमा बसाल्नेछु, मैले तिनीहरूलाई दिएको देशबाट फेरि कहिल्यै पनि नउखेलिने गरी बसाल्नेछु,” याहवेह तिमीहरूका परमेश्‍वर यसो भन्‍नुहुन्छ।
OBA 1:1 ओबदियाले देखेको दर्शन। प्रभु याहवेहले एदोमको बारेमा यसो भन्‍नुहुन्छ— हामीले याहवेहबाट एउटा सन्देश सुनेका छौँ: एउटा राजदूतलाई राष्ट्रहरूकहाँ यसो भन्‍न पठाइएको थियो, “उठ, हामी त्यसको विरुद्धमा लडाइँ गर्नलाई जाऔँ।”
OBA 1:2 “हेर्, म तँलाई अरू राष्ट्रहरूका बीचमा सानो तुल्याउनेछु; तँलाई ज्यादै घृणा गरिनेछ।
OBA 1:3 तेरो हृदयको अहङ्कारले तँलाई धोका दिएको छ। तँ चट्टानका धाँदाहरूमा बास बस्छस्, र आफ्ना घर अल्गा-अल्गा स्थानहरूमा बनाउँछस्। तैँले मनमनै आफूलाई भन्छस्, ‘मलाई भुइँमा कसले झार्न सक्छ?’
OBA 1:4 तँ चीलझैँ माथि उडेर गइस् भने पनि, र ताराहरूका बीचमा आफ्नो गुँड बनाइस् भने पनि, त्यहाँबाट म तँलाई तल झार्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
OBA 1:5 “यदि चोरहरू तँकहाँ आए भने, यदि रातमा डाँकुहरू आए भने, ओह! तँलाई कस्तो विपत्तिले पर्खिरहेको हुन्छ— के तिनीहरूले आफूलाई चाहिए जति मात्र चोर्दैनन् र? यदि अङ्‌गुर टिप्नेहरू तँकहाँ आए भने, के तिनीहरूले सिला-अङ्‌गुरहरू छोड्दैनन् र?
OBA 1:6 तर एसाव कसरी लुटिनेछ, त्यसका लुकाएर राखिएका गाडधनहरू कसरी लुटिनेछ!
OBA 1:7 तेरा सबै मित्र राष्ट्रहरूले तँलाई सिमानासम्म नै खेद्नेछन्; तेरा साथीहरूले तँलाई धोका दिनेछन्, र तँलाई अधीनमा पार्नेछन्; जसले तेरो रोटी खान्छन्, उनीहरूले नै तेरो निम्ति पासो थाप्नेछन्; तर तैँले यस कुराको बारेमा थाहै पाउनेछैनस्।
OBA 1:8 “त्यस दिन,” याहवेह घोषणा गर्नुहुन्छ, “के म एदोमका ज्ञानी मानिसहरूलाई, एसावका पर्वतहरूमा बस्‍ने समझदार मानिसहरूलाई नाश पार्नेछैनँ र?
OBA 1:9 हे तेमान, तेरा वीर योद्धाहरू भयभीत हुनेछन्, र एसावका पर्वतहरूमा रहने सबै मानिसहरू काटेर ढालिनेछन्।
OBA 1:10 तेरो भाइ याकोबको विरुद्धमा भएको हिंसाको कारणले गर्दा तँलाई शर्मले ढाक्नेछ; तँ सदाको निम्ति नष्‍ट पारिनेछस्।
OBA 1:11 जुन दिन तँ टाढै उभिएर हेरिरहेको थिइस्, त्यसै बेला विदेशीहरू त्यसको ढोकाभित्र पसे; अनि विदेशीहरूले त्यसका धनसम्पत्तिहरू खोसेर लगे र यरूशलेमको निम्ति चिट्ठा हाले; त्यस दिन तँ पनि तिनीहरूमध्ये एउटाजस्तै थिइस्।
OBA 1:12 तैँले आफ्नो भाइलाई त्यसको दुर्दशाको समयमा तुच्छ ठान्‍नु हुँदैनथ्यो; यहूदाका मानिसहरूका सर्वनाशको दिनमा रमाउनु हुँदैनथ्यो, र तिनीहरूका सङ्कष्‍टको दिनमा यति धेरै घमण्ड गर्नु हुँदैनथ्यो।
OBA 1:13 तिनीहरूको विपत्तिको दिनमा मेरा मानिसहरूका ढोकाहरूबाट पसेर तैँले खुशी मनाउनु हुँदैनथ्यो; अनि तिनीहरूको सर्वनाशको दिनमा तिनीहरूको दुर्दशामा तिनीहरूको अवहेलना गर्नु हुँदैनथ्यो, न त तिनीहरूका सर्वनाशको दिनमा तिनीहरूको धनसम्पत्ति खोसेर लैजानुहुन्थ्यो।
OBA 1:14 तैँले तिनीहरूका भाग्नेहरूलाई काटेर ढाल्न चौबाटोमा ढुकेर बसिरहनु हुँदैनथ्यो, न त तिनीहरूका सङ्कटको दिनमा तिनीहरूका बाँचेकाहरूलाई पक्राइदिनु नै हुन्थ्यो।
OBA 1:15 “याहवेहको दिन सबै राष्ट्रहरूका निम्ति नजिकै आइपुगेको छ। तैँले जस्तो गरेको छस्, तँलाई पनि त्यस्तै गरिनेछ; तैँले गरेको कामको प्रतिफल तेरो आफ्नै शिरमाथि फर्केर आउनेछ।
OBA 1:16 जसरी यहूदाका मानिसहरूले मेरो पवित्र पर्वतमा तितो कचौरा पिए, त्यसरी नै सबै राष्ट्रहरूले तितो कचौरा पिइरहनेछन्। तिनीहरूले निरन्तर पिउनेछन्, र पिइरहनेछन्; अनि तिनीहरू कहिल्यै नभएझैँ गरेर लोप हुनेछन्।
OBA 1:17 तर सियोनको पर्वतमा छुटकारा हुनेछ; यो पवित्र रहनेछ, र याकोबले आफ्नै सम्पत्तिमाथि अधिकार गर्नेछ।
OBA 1:18 याकोबको घराना आगोजस्तै हुनेछ, र योसेफको घराना ज्वालाजस्तै हुनेछ; एसावको घराना डाँठको ठोसाजस्तै हुनेछ; अनि तिनीहरूले यसमा आगो लगाउनेछन्, र यसलाई भस्म पार्नेछन्। एसावको घरानाबाट एउटै पनि जीवित रहनेछैन।” याहवेहले यसो भन्‍नुभएको छ।
OBA 1:19 दक्षिणका मानिसहरूले एसावका पर्वतहरू कब्जा गर्नेछन्, र पहाडको फेदीमा बसेका मानिसहरूले पलिश्तीहरूका देशलाई अधिकार गर्नेछन्। तिनीहरूले एफ्राइम र सामरियाका भूमिहरू कब्जा गर्नेछन्; अनि बेन्यामीनले गिलादमाथि अधिकार गर्नेछ।
OBA 1:20 कैदमा रहेका इस्राएली दल, जो कनानमा छन्, तिनीहरूले सारपतसम्मको भूमिमाथि अधिकार गर्नेछन्; यरूशलेमबाट लगिएका निर्वासितहरू, जो सपारादमा छन्, तिनीहरूले दक्षिणका सहरहरूमाथि अधिकार गर्नेछन्।
OBA 1:21 छुटकारा दिनेहरू सियोन पर्वतमाथि जानेछन् र एसावका पर्वतहरूमाथि शासन गर्नेछन्। अनि राज्य याहवेहको हुनेछ।
JON 1:1 याहवेहको यो वचन अमित्तैका छोरो योनाकहाँ आयो:
JON 1:2 “त्यो ठूलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा प्रचार गर्; किनकि त्यसको दुष्‍टता मेरो सामु आइपुगेको छ।”
JON 1:3 तर योना याहवेहदेखि भाग्न विपरीत दिशा तर्शीशतिर लागे। तिनी तल जोप्पा सहरमा गए, जहाँ तिनले तर्शीशतिर जाने एउटा जहाज भेट्टाए। जहाजको भाडा तिरे, र याहवेहदेखि भाग्न तिनी जहाजमा चढेर तर्शीशतिर लागे।
JON 1:4 तब याहवेहले समुद्रमा एउटा ठूलो बतास चलाइदिनुभयो; अनि यति भयानक आँधी चल्यो, कि त्यस प्रचण्ड आँधीको कारण जहाज नष्‍ट होलाझैँ भयो।
JON 1:5 तब सबै नाविकहरू डराए, र हरेकले आ-आफ्ना देवतालाई पुकार्न थाले। अनि तिनीहरूले जहाजलाई हलुङ्गो पार्न व्यापारका सरसामानहरू समुद्रमा फालिदिए। तर योनाचाहिँ जहाजको तल्‍लो तलामा गएका थिए, जहाँ तिनी ढल्के, र तिनी मस्त निद्रामा परे।
JON 1:6 जहाजको कप्‍तान तिनीकहाँ गएर भने, “तिमी कसरी सुत्न सकिरहेका छौ? उठ, आफ्ना ईश्‍वरलाई पुकार! सायद उहाँले हाम्रो ख्याल राख्नुहुनेछ, र हामी नष्‍ट हुनेछैनौँ।”
JON 1:7 तब नाविकहरूले एक-अर्कालाई भने, “आउनुहोस्, हामी चिट्ठा हालौँ र यस विपत्तिको जिम्मेवार कोचाहिँ रहेछ भनेर पत्ता लगाऔँ।” तब तिनीहरूले चिट्ठा हाले, र त्यो चिट्ठा योनाको नाममा पर्‍यो।
JON 1:8 त्यसपछि तिनीहरूले तिनलाई सोधे, “हामीलाई भन, हामीमाथि आएका यी सबै विपत्तिको जिम्मेवार को हो? तिमी के काम गर्छौ? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? तिमी कुन जातिका हौ?”
JON 1:9 तिनले जवाफ दिए, “म एक हिब्रू हुँ, र याहवेह स्वर्गका परमेश्‍वरको आराधना गर्दछु, जसले समुद्र र जमिन दुवै बनाउनुभयो।”
JON 1:10 यस कुराले तिनीहरू धेरै भयभीत भए, र तिनीहरूले तिनलाई सोधे, “तिमीले किन यसो गर्‍यौ?” (तिनले अगि नै यो कुरा भनिसकेको हुनाले तिनी याहवेहदेखि भागिरहेका छन् भन्‍ने कुरा तिनीहरूले थाहा पाए।)
JON 1:11 समुद्रका छालहरूले झन्-झन् भयानक रूप लिँदैथिए। यसकारण तिनीहरूले तिनलाई सोधे, “यस समुद्रलाई शान्त बनाउनका निम्ति हामीले तिमीलाई के गरौँ त?”
JON 1:12 तिनले जवाफ दिए, “मलाई उचालेर समुद्रमा फ्याँकिदिनुहोस्! तब यो प्रचण्ड आँधी शान्त हुनेछ। म जान्दछु, यो ठूलो आँधी मेरो दोषको कारणले तपाईंहरूमाथि आएको हो।”
JON 1:13 तरै पनि मानिसहरूले जहाजलाई किनारसम्म पुर्‍याउनलाई सकेसम्म धेरै कोसिस गरे, तर तिनीहरूले सकेनन्; किनकि समुद्र झन्-झन् उग्र हुँदैथियो।
JON 1:14 त्यसपछि तिनीहरूले याहवेहलाई पुकारे, “हे याहवेह, यो मानिसको प्राणको कारण दया गरी हामीलाई नष्‍ट हुन नदिनुहोस्। एक निर्दोष मानिसको हत्याको निम्ति हामीलाई जिम्मेवार नठहराउनुहोस्; किनकि हे याहवेह, तपाईंलाई जस्तो उचित लाग्यो, त्यही गर्नुभएको छ।”
JON 1:15 त्यसपछि तिनीहरूले योनालाई उचालेर जहाजबाट समुद्रमा फालिदिए, तब उर्लिएर आएको समुद्र शान्त भयो।
JON 1:16 यो कुरा देखेर मानिसहरू याहवेहसित साह्रै डराए, र तिनीहरूले याहवेहलाई बलिदान चढाए र उहाँलाई भाकल गरे।
JON 1:17 तब याहवेहले योनालाई निल्नलाई एउटा विशाल माछालाई पठाउनुभयो; अनि योना माछाको पेटभित्र तीन दिन र तीन रातसम्म रहिरहे।
JON 2:1 योनाले माछाको पेटभित्रबाट याहवेह आफ्ना परमेश्‍वरलाई प्रार्थना गरे।
JON 2:2 तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने: “मेरो सङ्कष्‍टको समयमा मैले याहवेहलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो। मृतकहरूको गहिरो पातालबाट मैले सहायताको निम्ति पुकारेँ; अनि तपाईंले मेरो क्रन्दन सुन्‍नुभयो।
JON 2:3 तपाईंले मलाई समुद्रको गहिराइमा फालिदिनुभयो, समुद्रको मुटुभित्र म डुबेँ; अनि पानीका छालहरूले मलाई घेरे; अनि तपाईंका पानीका छालहरू र लहरहरू ममाथि उर्लेर आए।
JON 2:4 मैले भनेँ, ‘म तपाईंको दृष्‍टिबाट निकालिएको छु; तापनि म फेरि पनि तपाईंको पवित्र मन्दिरतिर हेर्नेछु।’
JON 2:5 डुबाउने पानीले मलाई भयभीत तुल्याए, र समुद्रको गहिराइले मलाई चारैतिर घेरेका थिए; समुद्रका झारहरू मेरो टाउकोमा बेह्रिएका थिए।
JON 2:6 म डुबेर तल पर्वतहरूका फेदसम्मै पुगेँ; पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। तर पनि तपाईंले, हे याहवेह मेरा परमेश्‍वर, मेरो प्राणलाई खाल्डोबाट निकालेर ल्याउनुभयो।
JON 2:7 “जब मेरो प्राण जानै लागेको थियो, हे याहवेह, मैले तपाईंलाई सम्झेँ; अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरसम्म पुग्यो।
JON 2:8 “जजसले व्यर्थका मूर्तिहरूमा भरोसा गर्छन्, तिनीहरू परमेश्‍वरको अचुक प्रेमबाट टाढा हुन्छन्।
JON 2:9 तर म धन्यवादको स्तुतिसहित तपाईंलाई बलिदान चढाउनेछु। मैले जे भाकल गरेको छु, त्यो म पूरा गर्नेछु। म भन्‍नेछु, ‘उद्धार याहवेहबाट नै आउँछ।’ ”
JON 2:10 अनि याहवेहले माछालाई आज्ञा दिनुभयो र त्यसले योनालाई सुक्खा जमिनमा उकेलिदियो।
JON 3:1 त्यसपछि याहवेहको वचन दोस्रो पटक योनाकहाँ आयो:
JON 3:2 “त्यो ठूलो सहर निनवेमा जा, र मैले तँलाई दिएको सन्देश जे छ, त्यसलाई घोषणा गर्।”
JON 3:3 योनाले याहवेहको वचन पालन गरेर निनवेमा गए। निनवे एक ठूलो सहर थियो; यस सहरलाई पार गर्नलाई तीन दिन लाग्थ्यो।
JON 3:4 योना सहरभित्र पसेर एक दिनको बाटोसम्म यात्रा गरेपछि तिनले परमेश्‍वरको सन्देश घोषणा गर्न सुरु गरे: “अब चालीस दिनमा निनवे सहर नष्‍ट पारिनेछ।”
JON 3:5 निनवेका मानिसहरूले परमेश्‍वरको सन्देशलाई विश्‍वास गरे। तिनीहरूले उपवासको घोषणा गरे; अनि सानादेखि ठूलासम्म सबैले भाङ्ग्रा लगाए।
JON 3:6 जब यो खबर निनवेका राजाकहाँ पुग्यो, तब तिनी आफ्नो सिंहासनबाट उठे; आफ्नो राजकीय पोशाक फुकाले र भाङ्ग्रा ओढेर खरानीमा बसे।
JON 3:7 त्यसपछि राजाले निनवेमा यस्तो घोषणा जारी गरे: राजा र तिनका अधिकारीहरूका उर्दीअनुसार: “मानिस वा पशुप्राणी, गाईबस्तु वा भेडाबाख्रा, कसैले पनि केही खानेकुरा नचाखोस्; तिनीहरूलाई खान वा पिउन नदिइयोस्।
JON 3:8 तर मानिस र पशुप्राणीहरू सबैले भाङ्ग्रा ओढून्, र तुरुन्तै सबैले परमेश्‍वरलाई पुकारून्। तिनीहरूले आफ्ना दुष्‍ट चालहरू छोडून् र आफ्ना हिंसा त्यागून्।
JON 3:9 कसले जान्दछ? हामी नाश नहोऔँ भनी परमेश्‍वरले अझै पनि आफ्नो मन बदल्नुहुन्छ, वा दयाले भरिएर आफ्नो भयङ्कर क्रोधबाट फर्कनुहोला कि।”
JON 3:10 जब परमेश्‍वरले तिनीहरूले गरेका काम र तिनीहरू आफ्ना दुष्‍ट चालहरूबाट फर्केको देख्नुभयो, तब उहाँ दयाले भरिनुभयो र उहाँले दिनुभएको सर्वनाशको धम्की तिनीहरूमाथि ल्याउनुभएन।
JON 4:1 तर योनालाई यो कुरा एकदमै गलत लाग्यो र तिनी साह्रै रिसाए।
JON 4:2 तिनले याहवेहलाई यसरी प्रार्थना गरे, “हे याहवेह, म घरमा हुँदा नै मैले यो कुरा भनेको थिइनँ र? त्यसैले म तर्शीशतिर भागेर जान हतारिएको थिएँ। मलाई थाहा थियो, कि तपाईं अनुग्रहकारी, दयालु, रिसाउनमा ढिलो र प्रेममा भरिपूर्ण परमेश्‍वर हुनुहुन्छ, जो विपत्ति पठाउनुहुँदा खुशी हुनुहुन्‍न।
JON 4:3 अब, हे याहवेह, मेरो प्राण लिनुहोस्; किनकि मेरा निम्ति बाँच्नुभन्दा त बरु मर्नु नै असल हुनेछ।”
JON 4:4 तर याहवेहले जवाफ दिनुभयो, “के तँलाई रिसाउने कुनै अधिकार छ?”
JON 4:5 योना बाहिर निस्के, र सहरको पूर्वको एउटा ठाउँमा गएर बसे। त्यहाँ तिनले एउटा छाप्रो बनाए र त्यसको छायामा बसे; अनि सहरलाई के हुँदोरहेछ भनी हेर्नलाई पर्खिबसे।
JON 4:6 त्यसपछि याहवेह परमेश्‍वरले एउटा पातैपातको बोटलाई उमार्नुभयो, ताकि योनाको शिरमाथि छाया होस् र आराम मिलोस्, र योना त्यो बोट देखेर अत्यन्तै खुशी भए।
JON 4:7 तर अर्को दिन बिहानै परमेश्‍वरले एउटा किरा पठाउनुभयो, जसले त्यो बोटलाई खाइदियो र त्यो बोट ओइलाइहाल्यो।
JON 4:8 जब घाम उदायो, तब परमेश्‍वरले पूर्वबाट तातो हावाको बेग चलाइदिनुभयो; अनि घामको चर्को ताप योनाको थाप्लोमा पर्‍यो र तिनी मूर्च्छा परे। तिनी मर्न चाहन्थे र तिनले भने, “मेरा निम्ति बाँच्नुभन्दा बरु मर्नु नै असल हुनेछ।”
JON 4:9 तर परमेश्‍वरले योनालाई भन्‍नुभयो, “के तँलाई त्यो बोटको बारेमा रिसाउने अधिकार छ?” तिनले भने, “मलाई अधिकार छ। मलाई यतिसम्म रिस उठेको छ, कि म मरेको भए पनि हुन्थ्यो।”
JON 4:10 तर याहवेहले भन्‍नुभयो, “तैँले यस बोटको बारेमा चिन्ता गरिराखेको छस्, जसलाई न तैँले बढाउन हेरचाह गरिस्, न त तैँले यसलाई उमारेको होस्। यो बोट एकै रातमा उम्रेर बढ्यो र एकै रातमा नष्‍ट पनि भयो।
JON 4:11 अनि के मलाई त्यो ठूलो सहर निनवेको चिन्ता हुँदैन? जहाँ एक लाख बीस हजारभन्दा बढी मानिसहरू छन्, जसले आफ्नो दाहिने र देब्रे हात छुट्ट्याउन सक्दैनन्, र त्यहाँ धेरै पशुहरू पनि छन्।”
MIC 1:1 याहवेहको यो वचन, यहूदाका राजाहरू योताम, आहाज र हिजकियाका शासनकालमा, मोरेशेतमा बस्‍ने मीकाकहाँ आयो। जुन वचन तिनले सामरिया र यरूशलेमको बारेमा दर्शनमा देखेका थिए।
MIC 1:2 हे जाति-जातिका मानिस हो, तिमीहरू सबैले सुन! हे पृथ्वी र त्यसमा बसोबास गर्ने सबै मानिसहरू हो, सुन! याहवेह आफ्नो पवित्र मन्दिरबाट, प्रभु याहवेह नै तिमीहरूका विरुद्धमा साक्षी होऊन्!
MIC 1:3 हेर, याहवेह आफ्नो वासस्थानबाट आउँदैहुनुहुन्छ। उहाँ तल ओर्लिआउनुहुन्छ र पृथ्वीका उच्‍च स्थानहरूलाई टेक्नुहुन्छ।
MIC 1:4 उहाँको पाइलामुनि पर्वतहरू पग्लिन्छन्, र उपत्यकाहरू टुक्रिन्छन्; आगोको सामु मैन पग्लिएझैँ, र भिरबाट पानी बगेजस्तै हुन्छन्।
MIC 1:5 यो सबै कुरा याकोबको अपराधको कारणले गर्दा हो। इस्राएलका मानिसहरूका पापहरूको कारणले गर्दा हो। याकोबको अपराध के हो त? के यो सामरिया होइन र? यहूदाको उच्‍च स्थान के हो? के त्यो यरूशलेम होइन र?
MIC 1:6 “यसकारण म सामरियालाई भग्नावशेष, र दाखबारी रोप्ने ठाउँजस्तै तुल्याइदिनेछु। म त्यसका भग्नावशेषहरू बेँसीमा फालिदिनेछु, र त्यसका जगहरूलाई उदाङ्गो पारिदिनेछु।
MIC 1:7 त्यसका सबै मूर्तिहरू टुक्रा-टुक्रा पारिनेछन्; त्यसका मन्दिरका सबै उपहारहरू आगोले जलाइनेछन्; म त्यसका सबै मूर्तिहरूलाई ध्वस्त पारिदिनेछु। किनकि त्यसले आफ्ना उपहारहरू वेश्यावृत्तिको ज्यालाद्वारा जम्मा गरेकी थिई; अनि फेरि पनि तिनीहरू वेश्यावृत्तिकै ज्यालाको रूपमा प्रयोग गरिनेछन्।”
MIC 1:8 यसैकारण म रुँदै विलाप गर्नेछु; म नाङ्गै भई खाली खुट्टाले हिँड्नेछु। म स्यालले जस्तै कराउनेछु, र उल्‍लुले जस्तै बिलौना गर्नेछु।
MIC 1:9 किनकि सामरियाको घाउ निको नहुने किसिमको छ; त्यो यहूदासम्म नै फैलिएको छ। त्यो मेरा मानिसहरूका ढोकासम्म नै आइपुगेको छ। त्यो यरूशलेमको सहरसम्म नै आइपुगेको छ।
MIC 1:10 गातलाई यो कुरा नसुनाओ; तिमीहरू रुँदै नरोओ! बेथ-ओप्रामा धुलोमा लडीबुडी गर।
MIC 1:11 हे शाफीरका बासिन्दाहरू हो, नाङ्गा र लज्जित भएर निस्किजाओ। सानानका बासिन्दाहरू, बाहिर आउनेछैनन्। बेथ-एजेल शोकमा छ; अब त्यसले तिमीहरूलाई सुरक्षा गर्दैन।
MIC 1:12 मारोतमा बस्‍नेहरू सहायताको पर्खाइमा पीडाले छटपटाइरहेका छन्; किनकि याहवेहबाट आएको विपत्ति यरूशलेमको ढोकासम्म नै आइपुगेको छ।
MIC 1:13 हे लाकीशमा बस्‍नेहरू हो, वेगले दौडने घोडाहरूलाई रथमा कस। सियोनकी छोरीका निम्ति लाकीशबाट नै पाप सुरु भएको थियो; किनकि तिमीहरूमा नै इस्राएलले गरेजस्तै अपराधहरू भेट्टाइएको थियो।
MIC 1:14 यसकारण तिमीहरूले नै मोरेशेत-गातलाई बिदाइका उपहारहरू दिनेछौ। इस्राएलका राजाहरूका निम्ति अक्जीबको सहर धोका दिने सहरको रूपमा प्रमाणित हुनेछ।
MIC 1:15 हे मारेशामा बस्‍नेहरू हो, म तिमीहरूका विरुद्धमा एक जना विजेतालाई ल्याउनेछु। इस्राएलका प्रतिष्‍ठित अगुवाहरू अदुल्‍लाम सहरमा भाग्नेछन्।
MIC 1:16 आफ्ना प्यारा छोराछोरीहरू, जससँग तिमीहरू रमाउँछौ, तिनीहरूको शोकमा आफ्नो केश खौर; तिमीहरूले आफूलाई तालु खुइले गिद्धजस्तै बनाओ; किनकि तिनीहरूलाई तिमीहरूदेखि टाढा निर्वासनमा लगिनेछ।
MIC 2:1 तिनीहरूलाई धिक्‍कार, जसले अधर्मको योजना बनाउँछन्, र तिनीहरू जसले आफ्ना ओछ्यानहरूमा दुष्‍ट षड्यन्त्र रच्दछन्! बिहानको उज्यालोमै तिनीहरूले त्यो काम गरिहाल्छन्; किनकि तिनीहरूमा त्यो दुष्‍ट काम पूरा गर्ने सामर्थ्य छ।
MIC 2:2 तिनीहरूले खेतबारीको लालसा गरेर ती खोस्छन्; अनि घरहरूको पनि लालसा गर्छन् र लैजान्छन्। तिनीहरूले मानिसका घरहरू जालझेल गरेर जफत गर्छन्; अनि तिनीहरूले तिनीहरूका पैतृक सम्पत्ति लुट्छन्।
MIC 2:3 यसकारण याहवेह भन्‍नुहुन्छ: “म यी मानिसहरूका विरुद्धमा सर्वनाशको योजना बनाउँदैछु, जसबाट तिमीहरू बच्न सक्नेछैनौ। अब उसो तिमीहरू घमण्डी भएर हिँड्नेछैनौ; किनकि यो एउटा विपत्तिको समय हुनेछ।
MIC 2:4 त्यस दिन मानिसहरूले तिमीहरूको खिल्‍ली उडाउनेछन्; तिनीहरूले तिमीहरूलाई यो विलापको गीत गाएर गिल्‍ला गर्नेछन्: ‘हामी पूर्ण रूपले सर्वनाश भयौँ; मेरा मानिसहरूको पैतृक सम्पत्ति बाँडिएको छ। उहाँले यो सम्पत्ति मबाट खोस्‍नुहुन्छ! उहाँले हाम्रा खेतहरू देशद्रोहीहरूलाई दिनुहुन्छ।’ ”
MIC 2:5 यसकारण याहवेहको सभामा तिमीहरूका निम्ति चिट्ठा हालेर जमिन बाँड्नलाई कोही पनि हुनेछैन।
MIC 2:6 तिनीहरूका अगमवक्ताहरू भन्छन्, “अगमवाणी नगर। यी कुराहरूका बारेमा अगमवाणी नगर; अपमान हामीमाथि आइपर्नेछैन।”
MIC 2:7 हे याकोबको घराना, तिमीहरूले यसो भन्‍नुपर्ने हो? “के याहवेहको आत्मा अधैर्य हुनुभएको छ र? के उहाँले यस्ता कामहरू गर्नुहुन्छ र?” “के मेरा वचनले तिनीहरूको भलाइ गर्दैन, जो सोझो मार्गमा हिँड्छन्?
MIC 2:8 तर अहिले मेरा आफ्नै मानिसहरू शत्रुझैँ खडा भएका छन्। तिमीहरू युद्धबाट फर्किरहेका मानिसहरूले जस्तै निर्धक्‍क भएर बाटो हिँडिरहेकाहरूबाट तिनीहरूका मूल्यवान् खास्टाहरू खोसेर लैजान्छौ।
MIC 2:9 तिमीहरू मेरा मानिसहरूका स्त्रीहरूलाई तिनीहरूका आरामदायक घरहरूबाट निकालिदिन्छौ। तिमीहरूले मेरो आशिष् तिनीहरूका छोराछोरीहरूबाट सदाको निम्ति खोसिदिन्छौ।
MIC 2:10 उठ, गइहाल! किनकि यो तिमीहरूका निम्ति सुरक्षित स्थान होइन; यो अशुद्ध भएको कारण यो कहिल्यै नबनिने गरी सर्वनाश पारिएको छ।
MIC 2:11 यदि झूट बोल्ने र छल गर्ने मानिस आएर यसो भन्छ भने, ‘म तिम्रो निम्ति प्रशस्त दाखमद्य र मद्यपानको विषयमा अगमवाणी गर्नेछु;’ त्यही व्यक्ति नै यी मानिसहरूका निम्ति उचित अगमवक्ता हुनेछ!
MIC 2:12 “हे याकोब, म निश्‍चय नै तिमीहरू सबैलाई एकसाथ भेला गर्नेछु; म अवश्य नै इस्राएलका अवशेषहरूलाई एकसाथ भेला गर्नेछु। म तिनीहरूलाई गोठमा भेडाहरूलाई बटुलेझैँ एकसाथ भेला गर्नेछु। चरनमा भेडाहरूको बगाल जम्मा भएजस्तै; त्यो देश मानिसहरूको भीडले भरिनेछ।
MIC 2:13 जसले बाटो बनाउनुहुन्छ, तिनीहरूका अगि-अगि माथि जानुहुनेछ; तिनीहरूले मूलढोका भत्काउनेछन् र बाहिर निस्केर जानेछन्। तिनीहरूका राजा तिनीहरूका अगि-अगि जानेछन्; अनि याहवेह आफैँ तिनीहरूका अगुवा हुनुहुनेछ।”
MIC 3:1 त्यसपछि मैले भनेँ, “हे याकोबका अगुवाहरू, इस्राएलका शासकहरू हो, सुन। के तिमीहरूले न्यायलाई मान्‍नुपर्ने होइन र?
MIC 3:2 तिमीहरू जसले भलाइलाई घृणा गर्छौ र दुष्‍टतालाई प्रेम गर्छौ; जसले मेरा मानिसहरूका छाला काढ्छौ, र तिनीहरूका हड्डीहरूबाट मासु लुछेर निकाल्छौ;
MIC 3:3 तिमीहरू जसले मेरा मानिसहरूका मासु खान्छौ, तिनीहरूका छाला काढ्छौ, र तिनीहरूका हड्डीहरूलाई चकनाचुर पार्दछौ; जसलाई तिमीहरूले भाँडामा हालेर पकाउने मासुजस्तै टुक्रा-टुक्रा पार्छौ।”
MIC 3:4 त्यस समय तिनीहरूले याहवेहलाई गुहार्नेछन्, तर उहाँले तिनीहरूलाई जवाफ दिनुहुनेछैन। त्यस समय उहाँले आफ्नो मुहार तिनीहरूबाट लुकाउनुहुनेछ; किनकि तिनीहरूले दुष्‍ट काम गरेका छन्।
MIC 3:5 याहवेह यसो भन्‍नुहुन्छ: “ती अगमवक्ताहरू, जसले मेरा मानिसहरूलाई कुमार्गमा डोर्‍याउँछन्। यदि तिनीहरूले केही खानेकुरा पाए भने, तिनीहरूले ‘तिमीहरूलाई शान्ति होस्,’ भनेर घोषणा गर्छन्। तर यदि कसैले तिनीहरूलाई खानेकुरा दिएनन् भने, तिनीहरू त्यसको विरुद्धमा युद्धको तयारी गर्छन्।
MIC 3:6 यसकारण तिमीहरूमाथि दर्शनबिनाको रात, र जोखनाबिनाको अन्धकार हुनेछ। अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ; अनि तिनीहरूका निम्ति दिन अन्धकार हुनेछ।
MIC 3:7 दर्शीहरू लज्जित हुनेछन्, र जोखना हेर्नेहरू अपमानित हुनेछन्। तिनीहरू सबैले आफ्ना अनुहारहरू ढाक्नेछन्; किनकि तिनीहरूले परमेश्‍वरबाट कुनै पनि जवाफ पाउनेछैनन्।”
MIC 3:8 तर मचाहिँ शक्तिले भरिएको छु, म याकोबलाई त्यसको अपराध र इस्राएललाई त्यसको पाप बताइदिन याहवेहको आत्माले सामर्थ्य र न्यायले भरिएको छु।
MIC 3:9 हे याकोबका अगुवाहरू, र इस्राएलका शासकहरू हो, यो कुरा सुन! जसले न्यायलाई घृणा गर्दछौ र ठिक कुरालाई बङ्ग्याउँदछौ;
MIC 3:10 जसले सियोनलाई रक्तपातले र यरूशलेमलाई दुष्‍टताद्वारा निर्माण गर्दछौ।
MIC 3:11 त्यसका न्यायाधीशहरूले घूसका लागि न्याय गर्छन्; त्यसका पुजारीहरूले कमाउनलाई सिकाउँदछन्। अनि त्यसका अगमवक्ताहरूले पैसाको लागि भाग्य बताउँछन्। तर पनि तिनीहरूले याहवेहमा दावी गर्छन् र भन्छन्, “के याहवेह हाम्रो बीचमा हुनुहुन्‍न र? हामीमाथि कुनै विपत्ति आउनेछैन।”
MIC 3:12 यसैकारण तिमीहरूले गर्दा सियोन खेतजस्तै जोतिनेछ; यरूशलेम भग्नावशेष हुनेछ, र मन्दिरको डाँडाचाहिँ झाडीले भरिएको ढिस्कोझैँ हुनेछ।
MIC 4:1 अन्तिम दिनहरूमा याहवेहको मन्दिरको पर्वत अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ; र पहाडहरूभन्दा माथि उठाइनेछ; अनि सबै मानिसहरू त्यसमा ओइरिएर आउनेछन्।
MIC 4:2 धेरै राष्ट्रहरू आएर भन्‍नेछन्, “आओ, हामीहरू याहवेहको पर्वतमा, याकोबका परमेश्‍वरको मन्दिरमा जाऔँ। उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ, ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।” व्यवस्था सियोनबाट, र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्।
MIC 4:3 उहाँले धेरै मानिसहरूका बीचमा न्याय गर्नुहुनेछ, र टाढाका शक्तिशाली राष्ट्रहरूका वाद-विवाद सुल्झाउनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्, र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्। एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्।
MIC 4:4 हरेक मान्छे आफ्नै दाखको बोटमुनि र आफ्नै नेभाराको रूखमुनि बस्‍नेछ; अनि कसैले पनि तिनीहरूलाई भयभीत तुल्याउनेछैन; किनकि सेनाहरूका याहवेहले बोल्नुभएको छ।
MIC 4:5 सबै राष्ट्रहरू तिनीहरूका आफ्नै देवताहरूका नाममा हिँडून्; तर हामीचाहिँ याहवेह हाम्रा परमेश्‍वरको नाममा सदासर्वदै हिँड्नेछौँ।
MIC 4:6 याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन म लङ्गडाहरूलाई एकसाथ भेला गर्नेछु; म निर्वासितहरूलाई एक ठाउँमा भेला गर्नेछु, जसमाथि मैले शोक ल्याएको थिएँ।
MIC 4:7 म लङ्गडालाई मेरो बाँकी भाग बनाउनेछु, देश निकाला गरिएकाहरूलाई बलियो राष्ट्र तुल्याउनेछु। त्यसपछि याहवेहले सियोन पर्वतमा, तिनीहरूमाथि सदासर्वदा राज्य गर्नुहुनेछ।
MIC 4:8 तेरो बारेमा चाहिँ, हे बगालको धरहरा, हे सियोनकी छोरीको सुरक्षाको गढ, तँलाई फेरि पहिलेको अधिकार फर्काइनेछ; त्यो राजपद यरूशलेमकी छोरीकहाँ फेरि आउनेछ।”
MIC 4:9 अहिले तँ किन ठूलो सोरले चिच्याउँछेस्, के तेरा निम्ति कुनै राजा छैनन्? के तेरो शासक नष्‍ट भएको छ? के तँ प्रसव-वेदनामा परेकी एउटी स्त्रीजस्तै पीडामा परेकी छेस्?
MIC 4:10 हे सियोनकी छोरी यरूशलेम, एउटी प्रसव-वेदनामा परेकी स्त्रीजस्तै व्यथामा छटपटा; किनकि अब तैँले यो सहर छोड्नुपर्छ, र तैँले खुला मैदानमा छाउनी हाल्नुपर्छ। तँ बेबिलोनमा जानेछस्; त्यहाँ तँलाई छुटकारा दिइनेछ। त्यहाँ याहवेहले तँलाई तेरा शत्रुहरूका हातबाट उद्धार गर्नुहुनेछ।
MIC 4:11 तर अहिले धेरै राष्ट्रहरू तेरो विरुद्धमा एकसाथ भेला भएका छन्। तिनीहरू भन्छन्, “त्यसलाई भ्रष्‍ट पारियोस् र हाम्रा आँखाहरूले सियोनको दुर्गतिलाई नियालोस्!”
MIC 4:12 तर तिनीहरूले याहवेहका विचारहरू जान्दैनन्; तिनीहरूले उहाँका योजनाहरू बुझ्दैनन्; किनकि उहाँले तिनीहरूलाई खलामा बिटाहरूजस्तै जम्मा गर्नुभएको छ।
MIC 4:13 “हे सियोनकी छोरी, उठ् र दाइँ गर्; किनकि म तँलाई फलामका सिङहरू दिनेछु; म तँलाई पित्तलका खुरहरू दिनेछु, र तैँले धेरै राष्ट्रहरूलाई चकनाचुर पार्नेछस्।” तैँले तिनीहरूका अर्धमले कमाएको सम्पत्ति याहवेहलाई, तिनीहरूको धन सारा पृथ्वीका प्रभुलाई समर्पित गर्नेछस्।
MIC 5:1 हे सेनाको सहर, आफ्ना सेनाहरूलाई भेला गर्; किनकि हाम्रो विरुद्धमा घेरा हालिएको छ। तिनीहरूले इस्राएलका शासकको गालामा डण्डाले हिर्काउनेछन्।
MIC 5:2 “तर तँचाहिँ, हे बेथलेहेम एप्राता, यद्यपि तँ यहूदाको घरानामा सबैभन्दा सानो छस्, तर तँबाट मेरा निम्ति एक जना निस्केर आउनुहुनेछ, जसले इस्राएलमाथि शासन गर्नुहुनेछ, जसको सुरु पुरानो समयदेखि, प्राचीनकालदेखि नै छ।”
MIC 5:3 यसकारण तबसम्म इस्राएल त्यागिनेछ, जबसम्म प्रसव-वेदनामा परेकी स्त्रीले एउटा पुत्र जन्माउदिन, र त्यसका बाँकी रहेका दाजुभाइहरू इस्राएलीहरूसँग मिल्न आउँदैनन्।
MIC 5:4 याहवेहको शक्तिमा, याहवेह आफ्ना परमेश्‍वरको महिमित नाममा उहाँ खडा हुनुहुनेछ र आफ्ना भेडाका बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्; त्यसपछि उनको महानता पृथ्वीको अन्त्यसम्म पुग्नेछ।
MIC 5:5 अनि उहाँ हाम्रा शान्तिका परमेश्‍वर हुनुहुनेछ, जब अश्शूरीहरूले हाम्रो देशमाथि आक्रमण गर्छन्, र हाम्रा किल्‍लाहरूबाट भएर यात्रा गर्छन्। हामी तिनीहरूका विरुद्धमा सात जना गोठालाहरू, र आठ जना अगुवाहरूलाई पनि खडा गर्नेछौँ।
MIC 5:6 तिनीहरूले अश्शूर देशलाई तरवारले शासन गर्नेछन्; निम्रोदको देशलाई नाङ्गो तरवारले शासन गर्नेछन्। जब अश्शूरीहरू हाम्रो देशलाई आक्रमण गर्न, र हाम्रा सिमानाहरू मिच्न आउनेछन्, तब उहाँले हामीलाई तिनीहरूका हातबाट छुटाउनुहुनेछ।
MIC 5:7 याकोबका बाँकी रहेकाहरू धेरै जातिहरूका बीचमा हुनेछन्; याहवेहबाट आएको शीतजस्तै, घाँसमाथि परेको झरीजस्तै हुनेछन्; तिनीहरूले न त कसैलाई पर्खन्छन्, न त कुनै मानिसमाथि भर पर्छन्।
MIC 5:8 याकोबका बाँकी रहेकाहरू राष्ट्रहरूका बीचमा, धेरै जातिहरूका बीचमा हुनेछन्। जङ्गली जनावरहरूका बीचमा भएको सिंहजस्तै भेडाको बथानको बीचमा भएको जवान सिंहजस्तै हुनेछन्; जसले कुल्चीमिल्ची पार्दै र फहराउँदै हिँड्छन्; अनि कसैले पनि तिनीहरूबाट बचाउन सक्दैन।
MIC 5:9 तिमीहरूका हात तिमीहरूका शत्रुहरूमाथिको विजयमा उठाइनेछ, र तिमीहरूका सबै शत्रुहरू नष्‍ट पारिनेछन्।
MIC 5:10 याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन, “म तिमीहरूका घोडाहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूका रथहरूलाई नष्‍ट पार्नेछु।
MIC 5:11 म तिमीहरूका देशको सहरहरूलाई सर्वनाश गर्नेछु; अनि तिमीहरूका सबै बलिया किल्‍लाहरू भत्काइदिनेछु।
MIC 5:12 म तिमीहरूका तन्त्रमन्त्र नष्‍ट गर्नेछु, र तिमीहरूले अब उसो तन्त्रमन्त्रहरू गर्नेछैनौ।
MIC 5:13 म तिमीहरूका खोपिएका मूर्तिहरू र चोखा ढुङ्गाहरूलाई तिमीहरूका बीचबाट नष्‍ट गर्नेछु; अब उसो तिमीहरूले आफ्ना हातले बनाएका कुराहरूका सामु शिर झुकाएर दण्डवत् गर्नेछैनौ।
MIC 5:14 म तिमीहरूका बीचबाट अशेराका खम्बाहरू उखेलिदिनेछु; यसरी म तिमीहरूका सहरहरूलाई सर्वनाश गरिदिनेछु।
MIC 5:15 मेरो आज्ञा नमानेका राष्ट्रहरूसँग म मेरो रिस र क्रोधमा बदला लिनेछु।”
MIC 6:1 याहवेहले के भन्‍नुहुन्छ, ध्यानसँग सुन: “खडा होओ, पर्वतहरूका सामु मेरो मुद्दा पेश गर; तिमीहरूले के भन्छौ, ती कुराहरू पहाड र पर्वतहरूले सुनून्।
MIC 6:2 “हे पर्वतहरू हो, याहवेहको अभियोग सुन, हे पृथ्वीका अनन्तसम्म रहने जगहरू हो, ध्यान देओ। किनकि याहवेहका मानिसहरूका विरुद्धमा उहाँको एउटा मुद्दा छ; उहाँले इस्राएलका विरुद्धमा अभियोग लगाउँदैहुनुहुन्छ।
MIC 6:3 “हे मेरा मानिसहरू हो, मैले तिमीहरूलाई के गरेको छु? कसरी मैले तिमीहरूलाई बोझ बोकाएको छु? मलाई जवाफ देओ।
MIC 6:4 मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ, र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटाएँ। तिमीहरूलाई अगुवाइ गर्नका निम्ति मैले मोशा, हारून र मिरियमलाई पनि पठाएँ।
MIC 6:5 हे मेरा मानिसहरू हो, मोआबको राजा बालाकले कस्तो युक्ति रचेको थियो, र बओरको छोरा बालामले बालाकलाई कस्तो जवाफ दिएको थियो। शित्तीमदेखि गिलगालसम्मको यात्रालाई याद गर, ताकि तिमीहरूले याहवेहका धार्मिक कामहरूलाई बुझ्न सक।”
MIC 6:6 म के लिएर याहवेहको सामु आऊँ र सर्वोच्‍च परमेश्‍वरको सामु दण्डवत् गरूँ? के एक बर्से बाछाहरू लिएर होमबलि चढाउनलाई म उहाँको सामु आऊँ?
MIC 6:7 के याहवेह हजारौँ भेडाहरू, जैतुन तेलको दश हजार खोलाहरूसँग प्रसन्‍न हुनुहुन्छ र? के म मेरो पापको निम्ति मेरो आफ्नै जेठो सन्तानलाई चढाऊँ? मेरो आत्माको पापको निम्ति मेरो आफ्नै शरीरको फललाई चढाऊँ?
MIC 6:8 हे मानव-जाति, जे असल छ, त्यो उहाँले देखाउनुभएको छ। अनि याहवेहले तँबाट के चाहनुहुन्छ? केवल यति मात्र, न्यायपूर्वक काम गर्नू र दयालाई प्रेम गर्नू; अनि नम्र भएर आफ्ना परमेश्‍वरसित हिँड्नू।
MIC 6:9 सुन! याहवेहले सहरलाई बोलाउँदैहुनुहुन्छ— र तपाईंको नामको भय मान्‍नु बुद्धि हो, अर्थात् “डण्डा र यसलाई नियुक्त गर्नेलाई ध्यान देओ।
MIC 6:10 हे दुष्‍ट घराना, तैँले दुष्‍ट तरिकाले कमाएको धन र नापतौलमा छल गरेर कमाएको धनचाहिँ श्रापित छ, के म अझै बिर्सूं?
MIC 6:11 के छलको ढक चलाउने र झूटा तराजुहरू राख्ने मानिसलाई म निर्दोष मानेर छोडिदिऊँ?
MIC 6:12 तेरा धनी मानिसहरू हिंसाले भरिएका छन्; तेरा मानिसहरू झूट बोल्छन् र तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्।
MIC 6:13 यसकारण तेरा पापहरूको कारण, तँलाई उजाड पार्न मैले सर्वनाश सुरु गरेको छु।
MIC 6:14 तिमीहरूले खानेछौ, तर तृप्‍त हुनेछैनौ; तिमीहरूको पेट अझै भोकै रहनेछ। तिमीहरूले भण्डारण त गर्नेछौ, तर केही पनि बचाउन सक्नेछैनौ; किनकि तिमीहरूले जे बचत गर्छौ, म त्यो तरवारलाई दिनेछु।
MIC 6:15 तिमीहरू रोप्नेछौ, तर कटनी गर्नेछैनौँ; तिमीहरूले जैतुनहरू पेल्नेछौ, तर तेल प्रयोग गर्नेछैनौँ; तिमीहरू दाख पेल्नेछौ, तर दाखमद्य पिउनेछैनौँ।
MIC 6:16 तिमीहरूले ओम्रीका नियमहरू र आहाबका घरानाका सबै विधिहरू पालन गरेका छौ; तिमीहरूले तिनीहरूका परम्पराहरूलाई पछ्याएका छौ। यसकारण म तिमीहरूलाई नाश गर्नलाई दिनेछु, र तिमीहरूका मानिसहरूलाई गिल्‍लाको निम्ति दिनेछु; तिमीहरूले राष्ट्रहरूको अपमान सहनेछौ।”
MIC 7:1 मलाई कस्तो दुर्गति आइलागेको छ! म दाखबारीमा ग्रीष्म ऋतुको फल बटुल्ने मानिसजस्तै छु; खानलाई कुनै अङ्‌गुरको झुप्पा नै छैन; मैले चाहेको पहिलो नेभाराको फल एउटै पनि छैन।
MIC 7:2 धर्मी मानिसहरू देशबाट नष्‍ट भइसकेका छन्; धर्मी एउटै पनि बाँकी छैन। हरेक मानिस हत्या गर्न ढुकिबस्छन्; तिनीहरू एक-अर्कालाई पासो थाप्छन्।
MIC 7:3 दुवै हातहरू दुष्‍ट काम गर्न सिपालु छन्; शासकहरूले उपहारको माग गर्छन्, न्यायकर्ताहरू न्यायालयमा घूस लिन्छन्; शक्तिशालीहरू आफूले इच्छा लागेअनुसारको हुकुम चलाउँछन्; तिनीहरू सबै जना मिलेर षड्यन्त्र रच्दछन्।
MIC 7:4 तिनीहरूमा सबैभन्दा असल मानिस पनि तीखो काँडाजस्तै छ, सबैभन्दा सोझो पनि झाडीको काँडाभन्दा खराब छ। परमेश्‍वरले तिमीहरूलाई भेट गर्ने समय आएको छ; तिमीहरूका पहरेदारहरूका चेतावनीको आवाज आएको छ। अहिले तिमीहरूको अन्योलको समय हो।
MIC 7:5 तिमीहरू आफ्नो छिमेकीमाथि भरोसा नगर; न त मित्रमाथि नै विश्‍वास गर। आफ्नो अँगालोमा सुत्ने पत्नीसँग बोल्दासमेत होसियार भएर बोल।
MIC 7:6 किनकि छोराले आफ्नो बुबालाई अनादर गर्छ, छोरी आफ्नै आमाको विरुद्धमा उठ्छे; बुहारी आफ्नै सासूको विरुद्धमा— मानिसका शत्रुहरू आफ्नै घरका सदस्यहरू हुन्छन्।
MIC 7:7 तर मचाहिँ याहवेहमा आशा लिएर प्रतीक्षा गर्छु; म मेरो उद्धारकर्ता परमेश्‍वरलाई पर्खन्छु; मेरा परमेश्‍वरले मेरो बिन्ती सुन्‍नुहुनेछ।
MIC 7:8 हे मेरो शत्रु, मेरो खिसी नगर्! म लडेको छु, तर पनि म खडा हुनेछु। म अन्धकारमा छु, तर पनि याहवेह मेरा निम्ति ज्योति हुनुहुनेछ।
MIC 7:9 किनकि मैले उहाँको विरुद्धमा पाप गरेको छु, जबसम्म उहाँले मेरा निम्ति मुद्दा लड्नुहुन्‍न, र मेरो अधिकार स्थापित गर्नुहुन्‍न, तबसम्म म याहवेहको क्रोधलाई सहनेछु। उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ; म उहाँको धार्मिकतालाई हेर्नेछु।
MIC 7:10 त्यसपछि मेरा शत्रुले यो देख्नेछन्, र तिनीहरू लज्जित हुनेछन्, जसले मलाई यसो भनेकी थिई, “याहवेह तेरो परमेश्‍वर कहाँ छन्?” मेरो आँखाले त्यसको पतन देख्नेछ; अहिले पनि त्यो गल्‍लीहरूमा हिलोजस्तै खुट्टामुनि कुल्चिइन्छे।
MIC 7:11 तिमीहरूका पर्खालहरू निर्माण गर्ने दिन, तिमीहरूका सिमानाहरू बढाउने दिन आउनेछ।
MIC 7:12 त्यस दिन मानिसहरू तिमीहरूकहाँ आउनेछन्; अश्शूर र इजिप्टका सहरहरूबाट इजिप्टदेखि लिएर यूफ्रेटिस नदिसम्मका र टाढा-टाढाका समुद्रदेखि लिएर टाढा-टाढाका पर्वतसम्मका मानिसहरू तिमीहरूकहाँ आउनेछन्।
MIC 7:13 तिमीहरूका बासिन्दाहरूका दुष्‍ट कामहरूका परिणामको कारणले गर्दा पृथ्वी उजाड हुनेछ।
MIC 7:14 तपाईंका प्रजाहरूलाई आफ्नो लहुरो लिएर चराउनुहोस्; तपाईंको उत्तराधिकारका भेडाका बगाललाई चराउनुहोस्, जो एकलै वनमा, कार्मेल पर्वतको मलिलो खर्कमा बस्छन्। तिनीहरूलाई पहिलेका दिनहरूमा जस्तै बाशान र गिलादमा गएर चर्न दिनुहोस्।
MIC 7:15 “तिमीहरू इजिप्टबाट निस्केर आएका दिनहरूमा जस्तै म तिनीहरूलाई मेरा अद्‌भुत कार्यहरू देखाउनेछु।”
MIC 7:16 राष्ट्रहरूले देख्नेछन् र लज्जित हुनेछन्। तिनीहरूका पूरै शक्ति काम नलाग्ने हुनेछन्। तिनीहरूका हातहरूले आफ्ना मुख छोप्नेछन्, र तिनीहरूका कानहरू बहिरा हुनेछन्।
MIC 7:17 तिनीहरूले सर्पले जस्तै र जमिनमा घस्रने प्राणीहरूले जस्तै धुलो चाट्नेछन्। तिनीहरू थरथर काम्दै आफ्ना गुफाहरूबाट निस्केर आउनेछन्; तिनीहरू याहवेह हाम्रा परमेश्‍वरकहाँ डरसहित फर्कनेछन्, र तिनीहरू उहाँसँग डराउनेछन्।
MIC 7:18 तपाईंजस्तो परमेश्‍वर को छ र? जसले उहाँका उत्तराधिकारका बाँकी रहेकाहरूको पाप क्षमा गर्नुहुन्छ, र अपराधहरू बिर्सिदिनुहुन्छ। तपाईं सधैँभरि रिसाइरहनुहुन्‍न, तर अटुट प्रेम देखाउनमा प्रसन्‍न हुनुहुन्छ।
MIC 7:19 तपाईंले हामीमाथि फेरि दया देखाउनुहुनेछ; हाम्रा पापहरूलाई तपाईंले खुट्टामुनि कुल्चनुहुनेछ; अनि हाम्रा सबै अधर्महरू समुद्रको गहिराइमा फालिदिनुहुनेछ।
MIC 7:20 जसरी तपाईंले धेरै अगिका दिनहरूमा हाम्रा पुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको थियो, त्यसरी नै तपाईं याकोबप्रति विश्‍वासयोग्य रहनुहुनेछ, र अब्राहामलाई अचुक प्रेम देखाउनुहुनेछ।
NAH 1:1 निनवे सहरको विषयमा अगमवाणी। एल्कोशवासी नहूमले देखेका दर्शनको पुस्तक।
NAH 1:2 याहवेह डाही र बदला लिने परमेश्‍वर हुनुहुन्छ; याहवेहले बदला लिनुहुन्छ र क्रोधले भरिनुहुन्छ। याहवेहले आफ्ना शत्रुहरूलाई बदला लिनुहुन्छ, र उहाँले आफ्ना शत्रुहरू विरुद्ध क्रोध साँचेर राख्नुहुन्छ।
NAH 1:3 याहवेह रिस गर्नमा धीरजी, तर पराक्रममा महान् हुनुहुन्छ। याहवेहले दोषीलाई दण्ड नदिई छोड्नुहुन्‍न। उहाँको मार्ग भुमरी र आँधीमा छ; अनि बादलहरू उहाँका पाउको धुलो हुन्।
NAH 1:4 उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुकाइदिनुहुन्छ; उहाँले सबै नदीहरूलाई सुक्खा पारिदिनुहुन्छ। बाशान र कर्मेलका खर्कहरू उजाड हुन्छन्, र लेबनानका फूलहरू ओइलिन्छन्।
NAH 1:5 उहाँको सामु पर्वतहरू काँप्छन् र पहाडहरू पग्लिएर जान्छन्। उहाँको उपस्थितिमा पृथ्वी, संसार र त्यसमा भएका सबै कुरा डरले थरथर काँप्छन्।
NAH 1:6 उहाँको बल्दो रिसको सामु को उभिन सक्छ र? उहाँको भयङ्कर क्रोध कसले सहन सक्छ? उहाँको क्रोध आगोझैँ खन्याइन्छ; उहाँको सामु चट्टानहरू फुटेर चकनाचुर हुन्छन्।
NAH 1:7 याहवेह भलो हुनुहुन्छ, दुःखको समयमा एक शरणस्थान। उहाँमाथि भरोसा गर्नेहरूलाई उहाँले वास्ता गर्नुहुन्छ,
NAH 1:8 तर उहाँले उर्लंदो बाढीले निनवे सहरको अन्त्य गरिदिनुहुनेछ; उहाँले आफ्ना शत्रुहरूलाई अन्धकारमा खेद्नुहुनेछ।
NAH 1:9 तिनीहरूले याहवेहका विरुद्धमा जस्तोसुकै षड्यन्त्र रचे तापनि उहाँले त्यसको अन्त्य गरिदिनुहुनेछ; सङ्कष्‍ट दोस्रोपल्ट फेरि आउनेछैन।
NAH 1:10 तिनीहरू काँडाघारीभित्र अल्झिनेछन्, र तिनीहरूका दाखमद्यले मात्तिनेछन्; तिनीहरू सुकेका ठोसाझैँ भस्म हुनेछन्।
NAH 1:11 हे निनवे, तँबाट याहवेहका विरुद्धमा दुष्‍ट युक्ति रच्ने, र खराब सल्‍लाह दिने एक जना निस्केर आएको छ।
NAH 1:12 याहवेह यसो भन्‍नुहुन्छ: “तिनीहरू अनगन्ती र धेरै मित्रराष्ट्रहरूका साथ भए तापनि तिनीहरू नष्‍ट हुनेछन् र मरेर जानेछन्। हे यहूदा, मैले तँलाई कष्‍ट दिए तापनि अब उसो म तँलाई फेरि कष्‍ट दिनेछैनँ।
NAH 1:13 अब म तिनीहरूको जुवा तेरो काँधबाट भाँचिदिनेछु, र तेरा साङ्लाका बन्धनहरू चुँडाइदिनेछु।”
NAH 1:14 हे निनवे, याहवेहले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ; “तेरो वंश थाम्नलाई तेरो कोही सन्तान हुनेछैन। म तेरा देवताहरूका मन्दिरमा भएका तेरा प्रतिमा र मूर्तिहरूलाई नष्‍ट पार्नेछु। म तेरो चिहान तयार पार्नेछु, किनकि तँ दुष्‍ट छस्।”
NAH 1:15 हेर, पर्वतहरूमाथि सुसमाचार ल्याउने एउटा मानिसका पाउहरू, जसले शान्तिको प्रचार गर्दछ! हे यहूदा, तेरा चाडहरू मना, र आफ्ना भाकलहरू पूरा गर्। दुष्‍टहरूले तँलाई फेरि कहिल्यै आक्रमण गर्नेछैनन्; तिनीहरू पूर्ण रूपमा सर्वनाश हुनेछन्।
NAH 2:1 हे निनवे, तेरो विरुद्धमा एक जना आक्रमणकारी आउँदैछ। किल्‍लाको रक्षा गर्, बाटोमा पहरा दे, आफ्नो कम्मर कस्, र आफ्नो पूरा शक्ति लगाएर लडाइँको तयारी गर्!
NAH 2:2 याहवेहले याकोबको वैभवलाई इस्राएलको वैभवलाई झैँ पुनर्स्थापित गर्नुहुनेछ। यद्यपि विनाशकारीहरूले तिनीहरूलाई उजाड पारेका छन्, र दाखका हाँगाहरूलाई नष्‍ट गरिदिएका छन्।
NAH 2:3 त्यसका सेनाहरूका ढालहरू राता-राता छन्; त्यसका वीर योद्धाहरूले रातो रङ्गका पोशाकहरू पहिरेका छन्। लडाइँको तयारीको दिनमा रथका धातुहरू चम्कन्छन्; देवदारुको काठका भालाहरू नचाउँछन्।
NAH 2:4 त्यसका रथहरू सडकहरूमा वेगसँग दौडिन्छन्; ती चोकको बीचबाट यता र उता दौडिरहन्छन्। तिनीहरू बलिरहेको राँकोजस्तै देखिन्छन्; तिनीहरू बिजुली चम्केझैँ वेगले दौडन्छन्।
NAH 2:5 निनवेले आफ्ना चुनिएका सेनाहरूलाई बोलाउँछ, तर पनि तिनीहरू आफ्नो बाटोमा ठक्‍कर खाएर लड्छन्। तिनीहरू सहरका पर्खालतिर ठोकिन्छन्; रक्षा गर्ने ढाल ठिक ठाउँमा राखिन्छ।
NAH 2:6 नदीका मूलढोकाहरू खोलिन्छन्, र राजदरबार ढल्छ।
NAH 2:7 यस्तो फैसला भएको छ, त्यो निनवेलाई कैद गरी लगिनेछ। त्यसका सेविकाहरू ढुकुरहरूझैँ विलाप गर्छन्, र आ-आफ्ना छाती पिट्छन्।
NAH 2:8 निनवे एउटा पोखरीजस्तै छ, जसको पानी सुकेर गइरहेको छ। “पर्ख! पर्ख!” भन्दै तिनीहरू कराउँछन्, तर कोही पनि पछि फर्केर हेर्दैनन्।
NAH 2:9 चाँदी लुट! सुन लुट! त्यसका सबै प्रकारका बहुमूल्य खजानाहरूले, त्यसको भण्डार असीमित छ!
NAH 2:10 त्यो उजाड भएकी छे, लुटिएकी छे, निर्वस्त्र पारिएकी छे! अनि हृदयहरू पग्लन्छन्, घुँडाहरू काँप्दछन्, शरीरहरू काँप्छन् र प्रत्येक अनुहार डरले पहेँलो हुन्छन्।
NAH 2:11 अहिले सिंहको गुफा कहाँ छ, जहाँ सिंह र सिंहनीले आफ्ना डमरुहरूलाई खुवाउँथे, जहाँ सिंह, सिंहनी, र डमरुहरू समेत नडराई हिँड्दथे।
NAH 2:12 जहाँ सिंहले आफ्ना डमरुहरूका निम्ति प्रशस्त शिकार गर्थ्यो, र सिंहनीको निम्ति शिकारको घाँटी निमोठ्थ्यो; त्यसले आफ्ना गुफाहरू शिकार गरेका पशुहरूले र आफ्ना ओडारहरू शिकारहरूको मासुले भरिराख्थ्यो।
NAH 2:13 “हेर्, म तेरो विरुद्धमा छु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “म तेरा रथहरू जलाएर धुवाँमा उडाइदिनेछु, अनि तरवारले तेरा जवान सिंहहरूलाई खाइदिनेछ। मैले तेरो निम्ति पृथ्वीमा केही पनि शिकार छोड्नेछैन। तेरा राजदूतहरूको सोर अब उसो सुनिनेछैन।”
NAH 3:1 रक्तपातले भरिएको सहरलाई धिक्‍कार! जो झूटले भरिएको छ, र लुटपाटका धनले भरिएको छ। जो पीडितबाट कहिल्यै मुक्त छैन!
NAH 3:2 कोर्राहरूको आवाज, चक्‍काहरूको गडगडाहट, घोडाहरूको दौड र रथहरू थर्केका आवाज!
NAH 3:3 युद्धका घोडचढीहरूको हमला, चम्किला तरवारहरू र टल्किने भालाहरू! मारिएका धेरै-धेरै छन्; लासहरूका रासमाथि रास, अनगन्ती मृत शरीरहरू, मानिसहरू लासहरूमा ठेस खाँदै हिँड्छन्—
NAH 3:4 यी सबै त्यस वेश्याको कामुकताको कारणले गर्दा हो; त्यो टुनामुनाद्वारा लोभ्याउने मालिक्नी हो, जसले आफ्नो वेश्यावृत्तिद्वारा राष्ट्रहरूलाई र आफ्नो तन्त्रमन्त्रले जातिहरूलाई दास बनाउँथी।
NAH 3:5 “म तेरो विरुद्धमा छु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “मुखैसम्म म तेरा फरिया उचाल्नेछु। म तेरो नाङ्गोपना राष्ट्रहरूलाई र तेरो लाज राज्यहरूलाई देखाउनेछु।
NAH 3:6 म तँलाई घिनलाग्दो फोहोरले ढाक्नेछु, म तँलाई घृणित व्यवहार गर्नेछु, र तँलाई मानिसहरूका सामु तमाशा ठहराउनेछु।
NAH 3:7 तँलाई देख्नेहरू सबै तँबाट तर्केर भाग्नेछन्, र भन्‍नेछन्, ‘निनवे ध्वस्त भएको छ। त्यसका निम्ति कसले विलौना गर्ला?’ तँलाई सान्त्वना दिने व्यक्ति मैले कहाँ भेट्टाउँला?”
NAH 3:8 के तँ नील नदीका किनारामा अवस्थित चारैपट्टि पानीले घेरिएको इजिप्टको राजधानी थेबेसभन्दा असल छस्? त्यसको सुरक्षा नील नदी थियो; अनि पानी सहरको पर्खालजस्तै थियो।
NAH 3:9 कूश र इजिप्ट त्यसको असीम शक्ति थिए; पूत र लिबिया त्यसका मित्र राष्ट्रहरू थिए।
NAH 3:10 तापनि त्यसलाई कैदमा लगियो, र त्यो निर्वासनमा गयो। त्यसका स-साना बालबच्‍चाहरू सडकका कुना-कुनामा पछारी-पछारी मारिए। त्यसका अगुवाहरूमाथि चिट्ठा हालियो, र त्यसका सबै अगुवाहरूलाई साङ्लाहरूले बाँधिए।
NAH 3:11 तँ निनवे पनि मात्तिनेछेस्; तँ लुकेर भाग्नेछस्, र शत्रुहरूबाट बच्न शरण खोजी गर्नेछस्।
NAH 3:12 तेरा सबै बलिया किल्‍लाहरू नेभाराका रूखहरूजस्तै, पाकेका पहिलो फलले भरिएका छन्; जब ती बोटहरूलाई हल्‍लाइन्छ, तब ती नेभाराहरू खानेहरूका मुखैमा झर्दछन्।
NAH 3:13 तेरा सेनाका दलहरूलाई हेर्, ती सबै बेसहारा स्त्रीहरूजस्ता मात्र छन्! तेरा देशका मूलढोकाहरू तेरा शत्रुहरूका निम्ति उदाङ्गै खोलिएका छन्; तिनका गजबारहरू आगोले भस्म पारेको छ।
NAH 3:14 शत्रुको घेराबन्दीमा पर्नुअगि आफ्ना निम्ति पानी भरेर राख्; आफ्ना प्रतिरक्षालाई बलियो पार्! माटो मुछेर तयार गर्; हिलो माटोलाई कुल्चीमिल्ची पार्, र इँटाको साँचाहरू मर्मत गर्!
NAH 3:15 त्यहाँ तँलाई आगोले जलाएर भस्म पार्नेछ; तरवारले तँलाई टुक्रा-टुक्रा पार्नेछ; तिनीहरूले तँलाई सलहले जस्तै स्वाहा पार्नेछन्। फट्याङ्ग्राले जस्तो आफ्नो संख्या बढा; सलहले जस्तै आफ्नो अनगन्ती संख्या बढा!
NAH 3:16 तैँले आफ्ना व्यापारीहरूको संख्या आकाशका अनगन्ती ताराहरू जत्तिकै बढाएको छस्; तर सलहले झैँ तिनीहरूले देशलाई नाङ्गो पार्छन्, र त्यसपछि तिनीहरू उडेर जान्छन्।
NAH 3:17 तेरा पहरेदारहरू सलहहरूजस्ता छन्, तेरा अधिकारीहरू सलहहरूका बथानजस्ता छन्, जो जाडोमा भित्ताहरूमा टाँसिएर बस्छन्; तर जब घाम उदाउँछ, तिनीहरू उडेर टाढा जान्छन्, र ती कहाँ जान्छन्, सो कसैले जान्दैन।
NAH 3:18 हे अश्शूरको राजा, तेरा गोठालाहरू निदाउँछन्; तेरा भारदारहरू आराम गर्नलाई ढल्किन्छन्। तेरा मानिसहरू पर्वतहरूहुँदो छरपस्ट छन्। तिनीहरूलाई एकसाथ जम्मा गर्ने कोही पनि छैन।
NAH 3:19 कुनै पनि कुराले तँलाई निको पार्न सक्दैन; तेरो चोट प्राणघातक छ। जसले तेरो बारेमा सुन्छन्, तेरो पतनमा आफ्नो हातले ताली बजाउँछन्; किनकि तेरो कहिल्यै अन्त्य नहुने क्रूरता कसले भोगेको छैन र?
HAB 1:1 हबकूक अगमवक्ताले पाएका भविष्यवाणी यही हो।
HAB 1:2 हे याहवेह, मैले कहिलेसम्म सहायताको निम्ति पुकारूँ, तर तपाईंले सुन्‍नुहुन्‍न? “हिंसा!” भनी मैले तपाईंलाई कहिलेसम्म पुकारूँ, तर तपाईंले सुन्‍नुहुन्‍न?
HAB 1:3 किन तपाईं मलाई अन्याय हेर्न लगाउनुहुन्छ? किन तपाईं अत्याचार सहनुहुन्छ? मेरो सामु हिंसा र विनाश भइरहेका छन्; झैझगडा र वाद-विवाद चारैतिर भइरहेका छन्।
HAB 1:4 यसकारण कानुन-व्यवस्था मन्द भएको छ; अनि न्यायाधीशहरूले कहिल्यै असल न्याय गर्दैनन्। दुष्‍टहरूले धर्मीहरूलाई घेर्छन्; यसकारण न्यायको दुरुपयोग हुन्छ।
HAB 1:5 “राष्ट्रहरूलाई हेर्, विचार गर्, र आश्‍चर्यचकित हो; किनकि तिमीहरूको समयमा यस्तो एउटा काम गर्नेछु, जुन तिमीहरूलाई भनियो भने पनि तिमीहरूले विश्‍वास गर्नेछैनौ।
HAB 1:6 म बेबिलोनीहरूलाई खडा गर्दैछु, जो निर्दयी र उग्र स्वभावका छन्; तिनीहरू अर्काको घरबारहरू कब्जा गर्नलाई सारा पृथ्वीभरि नै बढेर जान्छन्।
HAB 1:7 तिनीहरू भयानक र डरलाग्दा मानिसहरू छन्; तिनीहरू आफैँमा, आफ्ना निम्ति कानुन हुन्, र तिनीहरू आफ्नो मनोमानी गर्छन्।
HAB 1:8 तिनीहरूका घोडाहरू चितुवाभन्दा छिटो दगुर्छन्; तिनीहरू राति निस्कने ब्वाँसाहरूभन्दा हिंस्रक छन्। तिनीहरूका घोडचढी सेनाहरू एकोहोरो अगि बढ्छन्; तिनीहरूका घोडसवारहरू टाढाबाट आउँछन्। तिनीहरू शिकारलाई झम्टिन वेग हानेर उड्ने चीलझैँ आउँछन्;
HAB 1:9 तिनीहरू सबै हिंसा मच्‍चाउन तम्सिन्छन्। तिनीहरूको सैन्यदल मरुभूमिको हुरीझैँ अगि बढ्छ, र कैदीहरूलाई बालुवाझैँ एक ठाउँमा जम्मा गर्छन्।
HAB 1:10 तिनीहरूले राजाहरूको गिल्‍ला गर्छन्, र शासकहरूको खिल्‍ली उडाउँछन्। तिनीहरू बलियो किल्‍ला भएका सहरहरूलाई हाँसोमा उडाउँछन्; तिनीहरूले माटोको ढिस्को खडा गरेरै ती कब्जा गर्दछन्।
HAB 1:11 त्यसपछि तिनीहरू जोडसँग हावा बहेझैँ हुँइकिन्छन् र अगि बढिरहन्छन्; तर ती दोषी मानिसहरू हुन्; किनकि तिनीहरूको आफ्नो शक्ति भनेको नै तिनीहरूको देवता हो।”
HAB 1:12 हे याहवेह, के तपाईं अनादिदेखि नै हुनुहुन्‍न र? हे मेरा परमेश्‍वर, मेरा पवित्र परमेश्‍वर, तपाईंको अन्त्य कहिल्यै हुँदैन। हे याहवेह, तपाईंले तिनीहरूलाई न्याय कायम राख्नलाई नियुक्त गर्नुभएको छ। हे मेरा चट्टान, तपाईंले तिनीहरूलाई दण्ड दिनका निम्ति नियुक्त गर्नुभएको छ।
HAB 1:13 तपाईंका दृष्‍टिहरू यति पवित्र छन्, कि तपाईं दुष्‍ट कुरा हेर्न सक्नुहुन्‍न, र दुष्‍ट कार्यहरू पनि सहन सक्नुहुन्‍न। तब किन तपाईं विश्‍वासघातीहरूलाई सहनुहुन्छ? जब दुष्‍टहरूले आफूभन्दा धर्मीहरूलाई निल्दछन्, तब किन तपाईं चुप लागेर बस्‍नुहुन्छ?
HAB 1:14 तपाईंले मानिसहरूलाई समुद्रका माछा र शासकविनाका सामुद्रिक प्राणीहरूजस्ता बनाउनुभएको छ।
HAB 1:15 दुष्‍ट शत्रुले तिनीहरू सबैलाई बल्छीले उनेर बाहिर निकाल्छ, र त्यसले तिनीहरूलाई आफ्नो जालमा पक्रन्छ; त्यसले आफ्नो महाजालमा तिनीहरूलाई जम्मा गर्छ; यसरी त्यो रमाउँछ र आनन्द मनाउँछ।
HAB 1:16 त्यसकारण त्यसले आफ्नो जाललाई बलि चढाउँछ, र महाजालको निम्ति धूप बाल्छ; किनकि त्यसको जालको कमाइले त्यो चैन गर्दछ, र उत्तम-उत्तम भोजनको आनन्द लिँदछ।
HAB 1:17 के तपाईं त्यसलाई आफ्नो जाल रित्याउँदै निर्दयतापूर्वक राष्ट्रहरूलाई नष्‍ट गरिरहन दिनुहुन्छ?
HAB 2:1 म आफ्नो पहारा दिने धरहरामा उभिरहनेछु, र म आफैँ पर्खालमा खडा रहनेछु; उहाँले मलाई के भन्‍नुहुन्छ, म हेर्नेछु; अनि मेरो गुनासोको बारेमा मैले उहाँलाई कस्तो जवाफ दिनुपर्ने हो, सो म पर्खिरहनेछु।
HAB 2:2 त्यसपछि याहवेहले जवाफ दिनुभयो: “यो दर्शन लेख्, र स्पष्‍टसँग पाटीमा लेख्, ताकि समाचारवाहक यसलाई लिएर दगुरोस्।
HAB 2:3 किनकि यो दर्शन तोकिएको समयको प्रतीक्षामा छ; यसले अन्त्यको समयको बारेमा बताउँछ, र यो दर्शन झूटो ठहरिनेछैन। त्यो पूरा हुन केही ढिलो भए तापनि यसका निम्ति पर्खेर बस्; त्यो निश्‍चय नै पूरा हुनेछ, र ढिलो हुनेछैन।
HAB 2:4 “हेर्, शत्रु घमण्डले फुलेको छ; त्यसका हृदयका इच्छाहरू सही छैनन्। तर धर्मी जनचाहिँ आफ्नो विश्‍वासद्वारा नै जिउनेछ।
HAB 2:5 वास्तवमा त्यसलाई दाखमद्यले धोका दिन्छ; त्यो अहङ्कारी छ, र त्यो कहिल्यै शान्तिसँग बस्दैन। किनकि त्यो चिहानजस्तै लोभी छ, मृत्युजस्तै त्यो कहिल्यै पनि तृप्‍त हुँदैन। त्यसले सबै राष्ट्रहरूलाई आफूकहाँ बटुल्छ, र सबै मानिसहरूलाई कैद गर्छ।
HAB 2:6 “के अब सबैले त्यसलाई गिल्‍ला र अवहेलना गर्दै, यसो भनेर खिसी गर्दैनन् र? “ ‘धिक्‍कार छ, तिनीहरूलाई, जसले चोरीको माल थुपारेर र अर्काको धन जबरजस्ती खोसेर धनी हुन्छन्! कहिलेसम्म यस्तो चल्छ र?’
HAB 2:7 के तँबाट ऋण लिनेहरू एक्‍कासि उठ्नेछैनन् र? के तिनीहरू उठेर तँलाई थरथर काँप्ने बनाउने छैनन् र? तब तँ तिनीहरूको शिकार बन्‍नेछस्।
HAB 2:8 किनकि तैँले धेरै राष्ट्रहरूलाई लुटेको छस्, तर अब बाँकी रहेका मानिसहरूले तँलाई लुट्नेछन्। किनकि तैँले धेरै मानिसका रगत बगाएको छस्; तैँले देश र सहरहरू र त्यहाँ भएका सबै प्राणीहरूलाई सर्वनाश गरेको छस्।
HAB 2:9 “धिक्‍कार त्यसलाई, जसले अधर्मको काम गरेको धनद्वारा आफ्नो संसार बनाउँछ, जसले विनाशको खतराबाट बच्नलाई आफ्नो गुँड उचाइमा बनाउँछ!
HAB 2:10 तैँले धेरै जातिहरूको सर्वनाश गर्नलाई षड्यन्त्र रचिस्! आफ्नो घरपरिवारलाई शर्ममा पारिस् र आफ्नो प्राणचाहिँ गुमाइस्।
HAB 2:11 पर्खालका ढुङ्गाहरूले चर्को सोरमा चिच्याउनेछन्; अनि काठका दलिनहरूले त्यसको प्रतिध्वनि गर्नेछन्।
HAB 2:12 “धिक्‍कार त्यसलाई, जसले हत्या गरेर सहरको निर्माण गर्दछ, र अन्यायद्वारा नगरको निर्माण गर्दछ!
HAB 2:13 के सेनाहरूका याहवेहले यो निश्‍चय गरिसक्नुभएको होइन? कि मानिसहरूका मेहनत आगोमा दाउराजस्तै भस्म हुनलाई मात्र हो। त्यसैले राष्ट्रहरूले व्यर्थमा परिश्रम गरेर आफूलाई थकित तुल्याउँछन्?
HAB 2:14 किनकि समुद्र पानीले भरिएझैँ, याहवेहको महिमाको ज्ञानले पृथ्वी भरिनेछ।
HAB 2:15 “धिक्‍कार त्यसलाई, जसले आफ्ना छिमेकीहरूलाई आफ्ना छालाका मशकबाट मातिन्जेल मद्य पिउन दिन्छ, ताकि त्यसले तिनीहरूको नाङ्गो शरीर नियाल्न सकोस्!
HAB 2:16 तँ महिमाको सट्टामा शर्मले ढाकिनेछस्। अब तेरो पालो आएको छ! दाखमद्य पी, र तेरो नग्नता उदाङ्गो होस्! याहवेहको दाहिने हातबाट दण्डको कचौरा तँतिर आउँदैछ; अनि तेरो महिमालाई अपमानले ढाक्नेछ।
HAB 2:17 तैँले लेबनानमा गरेको हिंसाले तँलाई व्याकुल पार्नेछ; अनि तैँले गरेको पशुप्राणीको विनाशले तँलाई भयभीत तुल्याउनेछ। किनकि तैँले मानिसको रगत बगाएको छस्; तैँले देश र सहरहरू र त्यहाँ भएका सबैलाई नाश पारेको छस्।
HAB 2:18 “शिल्पकारले खोपेर बनाएको मूर्तिको के मूल्य छ र? अथवा त्यो प्रतिमा, जसले झूटो कुरा सिकाउँछ? किनकि त्यसले आफ्नै हातको काममा भरोसा राख्छ; किनकि त्यसले बनाएको मूर्ति बोल्न पनि सक्दैन।
HAB 2:19 धिक्‍कार त्यसलाई, जसले काठलाई, ‘जाग्!’ भन्छ, अथवा निर्जीव ढुङ्गालाई, ‘उठ्!’ भन्छ। के त्यसले तिमीहरूलाई मार्गनिर्देशन गर्न सक्छ? त्यो सुन र चाँदीले मोहोरिएको छ; तर त्यसमा जीवनको सास नै छैन।”
HAB 2:20 तर याहवेह आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ; सारा पृथ्वी उहाँको सामु चुपचाप रहोस्!
HAB 3:1 शिग्गिओनोथको रागमा हबकूक अगमवक्ताको प्रार्थना।
HAB 3:2 हे याहवेह, मैले तपाईंको कीर्ति सुनेको छु; हे याहवेह, म तपाईंका कामहरूद्वारा अचम्मित भएको छु! हाम्रो समयमा पनि त्यस्ता कामहरू फेरि गर्नुहोस्; हाम्रो समयमा ती कार्यहरू फेरि प्रकट गर्नुहोस्। तपाईंको क्रोधमा आफ्नो दया सम्झनुहोस्!
HAB 3:3 परमेश्‍वर तेमानबाट आउनुभयो, पवित्र परमेश्‍वर पारान पर्वतबाट आउनुभयो। सेला उहाँको गौरवले आकाशमण्डललाई ढाक्यो; अनि उहाँको प्रशंसाले सारा पृथ्वी भरियो।
HAB 3:4 उहाँको गौरव सूर्योदय जस्तै थियो; उहाँका हातबाट ज्योतिको किरण चम्कन्थ्यो, जहाँ उहाँको शक्ति लुकेको थियो।
HAB 3:5 उहाँको अगाडि महामारी फैलिँदै गयो; उहाँको पछि-पछि रूढी लाग्यो।
HAB 3:6 उहाँ उभिनुभयो र पृथ्वीलाई हल्‍लाउनुभयो; उहाँले हेर्नुभयो र राष्ट्रहरू थरथर काँप्न थाले। प्राचीन पर्वतहरू चकनाचुर भए; अनि पुराना पहाडहरू ध्वस्त भए। तर उहाँका मार्गहरू अनन्तकालसम्म उस्तै छन्।
HAB 3:7 मैले कूशनका पालहरू कष्‍टमा परेका देखेँ; मिद्यानका वासस्थानहरू त्रासले काँपिरहेको देखेँ।
HAB 3:8 हे याहवेह, के तपाईं नदीहरूसँग रिसाउनुभएको थियो? के तपाईंको क्रोध खोलानालाको विरुद्धमा थियो? जब तपाईं आफ्ना घोडा र विजयका रथहरूमा सवार हुनुहुन्थ्यो, तब के तपाईं समुद्रको विरुद्धमा क्रोधित हुनुहुन्थ्यो?
HAB 3:9 तपाईंले आफ्नो धनु निकाल्नुभयो, र तपाईंले ताँदोमा धेरै वाणहरू चढाउनुभयो। सेला तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो;
HAB 3:10 तपाईंलाई देखेर पर्वतहरू थर्किए। प्रचण्ड जलस्रोतहरू वेगले बगेर गए; गहिरो समुद्र गर्ज्यो र त्यसका छालहरू माथिसम्म उठे।
HAB 3:11 वेगले उडेका तपाईंका वाणहरू चम्कँदा, तपाईंको चम्किलो भाला बिजुलीझैँ चम्कँदा, आकाशमा सूर्य र चन्द्रमा टक्‍क अडिए।
HAB 3:12 क्रोधमा तपाईं पृथ्वी पार गर्दै हिँड्नुभयो, र रिसमा तपाईंले राष्ट्रहरूलाई दाइँ गर्नुभयो।
HAB 3:13 तपाईं आफ्नो जातिलाई छुटकारा दिन र आफ्ना अभिषिक्त जनलाई उद्धार गर्नका लागि निस्केर आउनुभयो। तपाईंले दुष्‍टताको देशका मुख्य अगुवालाई कुल्चनुभएर त्यसलाई टाउकोदेखि पैतालासम्म नाङ्गो पार्नुभयो।
HAB 3:14 जब त्यसका योद्धाहरू हामीलाई तितरबितर पार्नलाई खनिएका थिए, र लुकिबसेका दुःखीहरूलाई निल्न रमाउँदै आएका थिए, तब तपाईंले त्यसको आफ्नै भालाले त्यसको टाउको छेडिदिनुभयो।
HAB 3:15 तपाईंले महासागरलाई मन्थन गर्दै, आफ्ना घोडाहरूले समुद्रलाई कुल्चनुभयो।
HAB 3:16 मैले यी सबै सुन्दा मेरो मुटुको ढुकढुकी बढ्यो; त्यो आवाज सुनेर मेरा ओठहरू कामे; मेरा हाडहरू भित्रभित्रै मक्‍किए, र मेरा खुट्टाहरू थरथर कामे। तरै पनि म त्यो विपत्तिको दिनलाई धैर्यतासाथ पर्खनेछु, जुन हामीलाई आक्रमण गर्ने राष्ट्रमाथि आउनेछ।
HAB 3:17 चाहे नेभाराको रूखमा मुनाहरू नलागोस्, र अङ्‌गुरको बोटमा फल नफलोस्; चाहे जैतुनको रूखले फल नफलाओस्, र खेतबारीले अन्‍नबाली नउब्जाओस्, चाहे खोरमा भेडाबाख्रा र गोठहरूमा गाईबस्तु नरहून्।
HAB 3:18 तापनि म याहवेहमा रमाउनेछु। मेरो उद्धारकर्ता परमेश्‍वरमा आनन्दित हुनेछु।
HAB 3:19 प्रभु याहवेह मेरो बल हुनुहुन्छ; उहाँले मेरा खुट्टालाई हरिणीका खुट्टाझैँ बनाउनुहुन्छ; उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा हिँड्न सक्षम बनाउनुहुन्छ। सङ्गीत निर्देशकको निम्ति। मेरो तारवाला बाजामा बजाइने राग।
ZEP 1:1 आमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा राजा हिजकियाका खनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको याहवेहको वचन यही हो:
ZEP 1:2 “म पृथ्वीको सतहबाट सबै थोक नाश गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
ZEP 1:3 “म मानिस र पशुप्राणी दुवैलाई नाश गर्नेछु; म आकाशका पक्षीहरू र समुद्रका माछाहरूलाई नाश गर्नेछु। दुष्‍टलाई ठेस लगाउने ती मूर्तिहरूलाई पनि नाश गर्नेछु।” “अनि म सबै मानव-जातिलाई पृथ्वीको सतहबाट मेटिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
ZEP 1:4 “म यहूदाको विरुद्धमा र यरूशलेममा बास गर्ने सबै मानिसहरूका विरुद्धमा मेरो हात पसार्नेछु। यस ठाउँमा बाल-देवताको पूजा गर्न बचेका हरेकलाई, र त्यसका मूर्तिपूजक पुजारीहरूका नामनिशानै मेटिदिनेछु;
ZEP 1:5 तिनीहरूलाई, जसले आफ्ना घरका छानामाथि आकाशका तारामण्डललाई दण्डवत् गर्दै पूजा गर्नेहरू, दण्डवत् गर्ने र याहवेहको नाममा शपथ खानेहरू र मोलेख देवताको नाममा पनि शपथ खानेहरू,
ZEP 1:6 याहवेहबाट पछि फर्केर तर्किएर जानेहरू; अनि याहवेहको खोजी नगर्नेहरू, र उहाँको बारेमा सोधपुछ नगर्नेहरूलाई समेत म नाश गरिदिनेछु।”
ZEP 1:7 प्रभु याहवेहको सामु चुपचाप बस; किनकि याहवेहको दिन नजिकै छ। याहवेहले एउटा बलिदान तयार पार्नुभएको छ; अनि उहाँले निमन्त्रणा गर्नुभएकाहरूलाई पवित्र पार्नुभएको छ।
ZEP 1:8 “याहवेहको बलिदानको दिन, म अगुवाहरू र राजाका छोराहरू; अनि विदेशी कपडा लगाउनेहरू सबैलाई दण्ड दिनेछु।
ZEP 1:9 त्यस दिन सँघारमाथि पाइला टेक्न इन्कार गर्नेहरू, आफ्ना देवताहरूका मन्दिरलाई हिंसा र छलले भर्नेहरू सबैलाई म दण्ड दिनेछु।
ZEP 1:10 “त्यस दिन” याहवेह भन्‍नुहुन्छ, “माछा मूलढोकाबाट रुवाबासी सुनिनेछ; सहरका नयाँ टोलबाट विलाप र डाँडाहरूबाट ठूलो आवाज सुनिनेछ।
ZEP 1:11 तिमी बजारमा बास बस्‍नेहरू, विलाप गर; तिम्रा सारा व्यापारीहरूको नामनिशानै मेटिनेछन्, चाँदीका व्यापार गर्नेहरू सबै नाश हुनेछन्।
ZEP 1:12 त्यस बेला म यरूशलेमलाई बत्ती बालेर खोज्नेछु, र आफैँमा ढुक्‍क भएर बस्‍नेहरू, जो मद्यका थिग्राजस्तै छन्, जसले, ‘याहवेहले न असल, न त खराब नै गर्नुहुन्छ’ भन्‍नेहरूलाई दण्ड दिनेछु।
ZEP 1:13 तिनीहरूका धनसम्पत्तिहरू लुटिनेछन्, तिनीहरूका घरहरू भत्काइनेछन्। तिनीहरूले घर बनाउनेछन्, तर त्यसमा तिनीहरू बस्‍न पाउनेछैनन्; तिनीहरूले दाखबारी लगाउनेछन्, तर तिनीहरूले दाखमद्य पिउन पाउनेछैनन्।”
ZEP 1:14 याहवेहको महान् दिन नजिकै छ— त्यो नजिकै छ, र अब त्यो चाँडै आउँदैछ। याहवेहको त्यो दिनको रुवाइ-कराइ अत्यन्तै तितो हुनेछ; त्यो दिन वीर योद्धा पनि आफ्नो युद्धको निम्ति चिच्याउँदै रुनेछन्।
ZEP 1:15 त्यो दिन क्रोधको दिन हुनेछ— सङ्कष्‍ट र वेदनाको दिन, कष्‍ट र सर्वनाशको दिन, अन्धकार र निराशाको दिन, बादल र घोर अन्धकारको दिन।
ZEP 1:16 सुरक्षित किल्‍ला भएका सहरहरूका विरुद्धमा र कुनाहरूमा रहेका धरहराहरूको विरुद्धमा तुरही र लडाइँको आवाज सुनिने दिन।
ZEP 1:17 “म सबै मानिसहरूमाथि यस्तो सङ्कष्‍ट ल्याउनेछु, कि तिनीहरू अन्धा मानिसहरूजस्तै छामछाम-छुमछुम गर्नेछन्; किनकि तिनीहरूले याहवेहको विरुद्धमा पाप गरेका छन्। तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका आन्द्राभुँडी गोबरझैँ फ्याँकिनेछन्।
ZEP 1:18 तिनीहरूलाई याहवेहको क्रोधको दिनमा, न त तिनीहरूका सुनले, न त तिनीहरूका चाँदीले तिनीहरूलाई बचाउनसक्नेछ।” उहाँको डाहको आगोमा सारा संसार भस्म पारिनेछ; किनकि यस पृथ्वीमा बसोबास गर्ने सबैलाई उहाँले अचानक अन्त्य गर्नुहुनेछ।
ZEP 2:1 ए लाज नभएको राष्ट्र, एकसाथ जम्मा होओ! आफूलाई एकसाथ भेला गराओ!
ZEP 2:2 जारी गरिएको उर्दी जारी हुनुभन्दा अगि, र त्यो दिन हावाले उडाएको भुसझैँ बितेर जानुभन्दा अगि, याहवेहको भयङ्कर क्रोध तिमीहरूमाथि आउनुभन्दा अगि, र याहवेहको क्रोधको दिन तिमीहरूमाथि आइपर्नुभन्दा अगि नै।
ZEP 2:3 हे देशका सबै नम्रहरू हो, जसले उहाँका आज्ञाहरू पालन गर्दछौ, तिमीहरूले याहवेहको खोजी गर। धार्मिकता र नम्रताको खोजी गर; सायद याहवेहको क्रोधको दिनमा तिमीहरूले शरण पाउनेछौ।
ZEP 2:4 गाजालाई त्यागिनेछ, र अश्कलोनलाई उजाड पारिनेछ। मध्यदिनमा अश्दोदलाई खाली पारिनेछ र एक्रोनचाहिँ जरैदेखि उखेलिनेछ।
ZEP 2:5 समुद्रका छेउमा बसोबास गर्ने, हे करेतीहरू हो, तिमीहरूलाई धिक्‍कार छ; हे पलिश्तीहरूको देश, कनान, याहवेहका यी वचन तिमीहरूका विरुद्ध छ, उहाँले भन्‍नुहुन्छ, “म तँलाई नाश पार्नेछु, कोही पनि जीवित छोडिनेछैन।”
ZEP 2:6 समुद्री किनारको देशचाहिँ खर्क हुनेछ, जहाँ गोठालाहरूका निम्ति इनार हुनेछ र भेडाहरूका निम्ति गोठ हुनेछ।
ZEP 2:7 त्यो समुद्री किनारको भूमि यहूदाका बाँकी रहेकाहरूका निम्ति हुनेछ; त्यहाँ तिनीहरूले हरियो खर्क भेट्टाउनेछन्। राति तिनीहरू अश्कलोनका घरहरूमा सुत्नेछन्। याहवेह, तिनीहरूका परमेश्‍वरले तिनीहरूको हेरचाह गर्नुहुनेछ; उहाँले तिनीहरूका सुदिन फर्काएर ल्याउनुहुनेछ।
ZEP 2:8 “मैले मोआबले गरेको अपमान र अम्मोनीहरूले गरेको निन्दा सुनेको छु, जसले मेरा मानिसहरूलाई अपमान गरेका छन्, र तिनीहरूको देशको विरुद्धमा धम्की दिएका छन्।
ZEP 2:9 यसकारण म जीवित भएझैँ,” सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर घोषणा गर्नुहुन्छ, “निश्‍चय नै मोआब सदोमजस्तै र अम्मोनीहरू गमोराजस्तै हुनेछन्; सामा र नुनका खाडलैखाडल भएको ठाउँ, र सधैँका निम्ति रुखो जमिन हुनेछन्। मेरा बाँकी रहेका मानिसहरूले तिनीहरूलाई लुट्नेछन्; मेरा राष्ट्रमा जीवित रहेकाहरूले तिनीहरूको देश अधिकार गर्नेछन्।”
ZEP 2:10 तिनीहरूको घमण्ड र सेनाहरूका याहवेहका मानिसहरूलाई गरेको अपमान र खिसीको सट्टामा तिनीहरूले यही कुरा फिर्ता पाउनेछन्।
ZEP 2:11 याहवेह तिनीहरूका निम्ति डरलाग्दो हुनुहुनेछ, जब उहाँले पृथ्वीका सबै देवताहरूलाई नष्‍ट गर्नुहुन्छ। उहाँलाई टाढाका राष्ट्रहरूले आ-आफ्नो भूमिबाट दण्डवत् गर्नेछन्।
ZEP 2:12 “हे कूशका मानिसहरू हो, तिमीहरू पनि मेरो तरवारले काटिनेछौ।”
ZEP 2:13 उहाँले उत्तरको विरुद्धमा आफ्ना हात पसार्नुहुन्छ, र अश्शूरलाई नाश गर्नुहुनेछ; अनि निनवेलाई पूरै उजाड र मरुभूमिझैँ सुक्खा पारेर छोडिदिनुहुनेछ।
ZEP 2:14 त्यहाँ सबै किसिमका जीवजन्तुका बथान र बगालले आराम गर्नेछन्; मरुभूमिको उल्‍लु र कराउने उल्‍लुहरूले त्यसको रूखका प्वालहरूमा बसोबास गर्नेछन्। झ्यालहरूबाट ती उल्‍लुहरूले कराएको आवाज प्रतिध्वनित हुनेछन्; ढोकाहरू ढुङ्गाका थुप्राहरूले भरिनेछन्, र देवदारुका चौकसहरू उदाङ्गिनेछन्।
ZEP 2:15 यो त्यही घमण्डी सहर हो, जुन सुरक्षितसाथ निर्धक्‍क बस्दथ्यो। त्यसले आफूलाई भनेकी थिई, “म नै हुँ, र मबाहेक अरू कोही छैन!” अहिले त्यसको कस्तो विनाश भएको छ! त्यो जङ्गली जनावरहरूका निम्ति गुफा भएकी छ! त्यहाँबाट भएर जानेहरू सबैले त्यसलाई आफ्नो मुक्‍का देखाएर खिसी गर्नेछन्।
ZEP 3:1 धिक्‍कार छ, त्यस अत्याचारी सहरलाई, जो विद्रोही र अशुद्ध छे!
ZEP 3:2 त्यसले कसैको कुरा पनि मानिन; त्यसले अनुशासनलाई स्वीकार गर्दिन। त्यसले याहवेहमाथि भरोसा राख्दिन; अनि त्यो आफ्नो परमेश्‍वरको नजिकमा आउँदिन।
ZEP 3:3 त्यसका अधिकारीहरू भोकाएका गर्जने सिंहहरूजस्ता छन्; अनि त्यसका शासकहरूचाहिँ साँझका ब्वाँसाहरूजस्ता हुन्, जसले बिहानको निम्ति हड्डीसम्म बाँकी राख्दैनन्।
ZEP 3:4 त्यसका अगमवक्ताहरू झूटा र अहङ्कारी छन्; तिनीहरू विश्‍वासघाती मानिसहरू हुन्। त्यसका पुजारीहरूले पवित्रस्थानलाई अपवित्र पार्दछन्, र परमेश्‍वरको नियमलाई तोड्दछन्।
ZEP 3:5 त्यसको बीचमा रहनुहुने याहवेह धर्मी हुनुहुन्छ; उहाँले कहिल्यै खराबी गर्नुहुन्‍न। बिहानैपिच्छे उहाँले आफ्नो न्याय प्रकट गर्नुहुन्छ; अनि हरेक नयाँ दिन उहाँ चुक्नुहुन्‍न, तर पनि अधर्मीले लज्जित हुन जान्दैन।
ZEP 3:6 “मैले राष्ट्रहरूलाई नाश गरेको छु; तिनीहरूका बलिया किल्‍लाहरू ध्वस्त भएका छन्। त्यस सहरबाट भएर कोही हिँड्दैन; मैले तिनीहरूका सडकहरूलाई उजाड पारेको छु; तिनीहरूका सहरहरू बिरानो भएका छन्; ती उजाड र खाली भएका छन्।
ZEP 3:7 मैले यरूशलेम सहरको बारेमा भनेँ, ‘निश्‍चय नै तैँले मेरो भय मान्‍नेछस्, र मेरो सुधारको अनुशासन ग्रहण गर्नेछस्!’ तब त्यसको शरणस्थानलाई नाश पारिनेछैन, न त मेरा सबै तोकिएका दण्डहरू त्यसमाथि पर्नेछन्। तर तिनीहरू आफूले गर्ने सबै कामहरूमा झन् भ्रष्‍टतापूर्वक उत्सुक थिए।”
ZEP 3:8 याहवेह घोषणा गर्नुहुन्छ, “साक्षी दिन म खडा हुनेछु, यसकारण त्यस दिनसम्म तिमीहरू मलाई पर्खिरहो। राष्ट्रहरूलाई एकसाथ भेला गर्न, र राज्य राज्यलाई एक ठाउँमा जम्मा गर्न; अनि मेरो क्रोधको आगो तिनीहरूमाथि खन्याउने निर्णय गरेको छु— मेरो सबै बल्दो रिस तिनीहरूमाथि खन्याउने मैले निर्णय गरेको छु। समस्त पृथ्वी मेरो डाहको आगोले भस्म हुनेछ।
ZEP 3:9 “त्यसपछि म मानिसहरूका ओठ शुद्ध पार्नेछु, ताकि तिनीहरू सबैले याहवेहका नामको पुकार गरून्, र एउटै मनले उहाँको सेवा गरून्।
ZEP 3:10 कूश देशका नदीहरूभन्दा पारिबाट मेरा छरपस्ट भएका मेरा आराधकहरूले मेरा निम्ति भेटी ल्याउनेछन्।
ZEP 3:11 त्यस दिन तिमीहरूले मेरो विरुद्धमा गरेका सारा दुष्कर्मको निम्ति यरूशलेम शर्ममा पर्नेछैन; किनकि म तिमीहरूको बीचबाट धाक लगाउने अहङ्कारीहरूलाई निकाल्नेछु। तिमीहरू फेरि कहिल्यै मेरा पवित्र पहाडमा अहङ्कारी हुनेछैनौ।
ZEP 3:12 तर म तेरो बीचमा नम्र र दीनहरूलाई छोड्नेछु। इस्राएलका बाँकी रहेकाहरूले याहवेहको नाममा भरोसा गर्नेछन्।
ZEP 3:13 इस्राएलमा बाँचेकाहरूले कुनै पनि अधर्म गर्नेछैनन्; तिनीहरूले कुनै झूटो बोल्नेछैनन्। तिनीहरूका मुखमा कुनै पनि छलका कुरा पाइनेछैन। तिनीहरू खानेछन्, सुत्नेछन् र कसैले पनि तिनीहरूलाई भयभीत पार्नेछैन।”
ZEP 3:14 हे सियोनकी छोरी, गीत गा; हे इस्राएल, उच्‍च सोरमा करा! हे यरूशलेमकी छोरी, आफ्नो सारा हृदयले आनन्दित हो, र रमाहट गर्!
ZEP 3:15 याहवेहले तेरो दण्ड हटाइदिनुभएको छ; तेरा शत्रुहरूलाई फर्काइदिनुभएको छ। याहवेह इस्राएलका राजा तँसित हुनुहुन्छ; अब फेरि तैँले कुनै खराबीको डर मान्‍नुपर्दैन।
ZEP 3:16 त्यस दिन तिनीहरूले यरूशलेमलाई भन्‍नेछन्, “हे सियोन, नडरा; तेरा हातहरू लुला हुन नपाऊन्।
ZEP 3:17 याहवेह, तेरा परमेश्‍वर तँसित हुनुहुन्छ; तँलाई बचाउने सामर्थी योद्धा हुनुहुन्छ। उहाँ तँसँग धेरै खुशी हुनुहुनेछ; उहाँले तँलाई आफ्नो प्रेममा कहिल्यै हप्काउनुहुनेछैन, तर तँप्रति प्रसन्‍न भएर उहाँले गीत गाउनुहुनेछ।”
ZEP 3:18 “जो तोकिएका चाडहरूमा सहभागी हुन नपाउँदा शोकित छन्, जो तेरा निम्ति बोझ र बदनामी भएका छन्, म तँबाट हटाइदिनेछु।
ZEP 3:19 त्यस बेला तँलाई अत्याचार गर्नेहरूसित म बदला लिनेछु। म लङ्गडाहरूलाई उद्धार गर्नेछु; अनि निर्वासितहरूलाई जम्मा गर्नेछु। तिनीहरू जुन-जुन देशमा शर्ममा परेका थिए, म तिनीहरूलाई ती हरेक देशहरूमा प्रशंसा र सम्मान दिनेछु।
ZEP 3:20 त्यस बेला म तिमीहरूलाई जम्मा गर्नेछु; म त्यस बेला तिमीहरूलाई घरमा ल्याउनेछु। जब म तिमीहरूका सुदिन तिमीहरूकै आँखाको अगाडि फर्काएर ल्याउनेछु, तब म तिमीहरूलाई पृथ्वीका समस्त जातिहरूका बीचमा प्रशंसा र सम्मान दिनेछु,” याहवेह भन्‍नुहुन्छ।
HAG 1:1 दारा राजाको शासनकालको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिनमा, शालतिएलका छोरा यरुबाबेल, जो यहूदाका राज्यपाल थिए; अनि यहोसादाकका छोरा यहोशू, जो प्रधान पुजारी थिए; तिनीकहाँ याहवेहको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो:
HAG 1:2 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “यी मानिसहरू भन्छन्, ‘याहवेहको भवन निर्माण गर्ने समय अझै आएको छैन।’ ”
HAG 1:3 तब याहवेहको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो:
HAG 1:4 “के यो भवन भग्नावशेष अवस्थामा रहेको बेला तिमीहरू आफूचाहिँ बुट्टेदार काठले सजिएको घरमा बस्‍ने समय हो र?”
HAG 1:5 यसकारण अब सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “तिमीहरूले आ-आफ्ना चालहरूलाई होसियारीसाथ विचार गर।
HAG 1:6 तिमीहरूले धेरै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान्छौ, तर कहिल्यै अघाउँदैनौ। तिमीहरू पिउँदछौ, तर तिमीहरूको तिर्खा कहिल्यै मेटिँदैन। तिमीहरू लुगा त लगाउँछौ, तर तिमीहरूलाई न्यानो हुँदैन। तिमीहरू कमाइ त गर्छौ, तर त्यसलाई प्वाल परेको थैलीमा राख्दछौ।”
HAG 1:7 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “तिमीहरूले आ-आफ्ना चालको होसियारीसाथ विचार गर।
HAG 1:8 पर्वतहरूमा उक्लेर जाओ र काठ लिएर आओ; अनि मेरो भवन बनाओ, ताकि म त्यसमा प्रसन्‍न हुन सकूँ र मेरो महिमा होस्,” याहवेह भन्‍नुहुन्छ।
HAG 1:9 “तिमीहरूले धेरै आशा गरेका थियौ, तर हेर, त्यो थोरै हुन आयो। तिमीहरूले घरमा जे ल्यायौ, त्यो मैले उडाइदिएँ। मैले किन त्यसो गरेँ?” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “किनकि मेरो भवनचाहिँ नष्‍ट भएको छ; अनि तिमीहरू हरेकचाहिँ आफ्नो घर बनाउनमा व्यस्त छौ।
HAG 1:10 यसर्थ तिमीहरूको कारणले गर्दा नै आकाशले शीत पार्न र पृथ्वीले आफ्नो अन्‍न उब्जाउन छोडेको छ।
HAG 1:11 मैले जमिनहरू, पर्वतहरू, अन्‍न, नयाँ दाखमद्य, जैतुनको तेल र जमिनको अन्य उब्जनीमा मानिसहरूमाथि, पृथ्वीका पशुप्राणीहरू र तिमीहरूका हातका परिश्रममा खडेरी निम्त्याएको छु।”
HAG 1:12 तब शालतिएलका छोरो यरुबाबेल र यहोसादाकका छोरा यहोशू प्रधान पुजारी; अनि बाँकी रहेका मानिसहरूले याहवेह आफ्ना परमेश्‍वरको वचन र हाग्गै अगमवक्ताको कुरा पालन गरे; किनकि हाग्गैलाई याहवेह तिनीहरूका परमेश्‍वरले पठाउनुभएको थियो। अनि ती मानिसहरूले परमेश्‍वरको डर माने।
HAG 1:13 तब याहवेहका समाचारवाहक हाग्गैले याहवेहको यो सन्देश मानिसहरूलाई दिए: “म तिमीहरूका साथमा छु,” याहवेह घोषणा गर्नुहुन्छ।
HAG 1:14 अनि यसरी याहवेहले शालतिएलको छोरा, यहूदाका राज्यपाल, यरुबाबेल र यहोसादाकको छोरा, यहोशू प्रधान पुजारी र बाँकी रहेका समस्त मानिसहरूका आत्मालाई उत्तेजित पार्नुभयो। तिनीहरू आएर सेनाहरूका याहवेह तिनीहरूका परमेश्‍वरको भवन निर्माण गर्न थाले।
HAG 1:15 यो काम तिनीहरूले दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा सुरु गरे। दारा राजाको शासनकालको दोस्रो वर्ष,
HAG 2:1 सातौँ महिनाको एक्‍काइसौँ दिनमा, याहवेहको वचन अगमवक्ता हाग्गैद्वारा आयो:
HAG 2:2 “शालतिएलको छोरा, यहूदाका राज्यपाल यरुबाबेल, यहोसादाकको छोरा, प्रधान पुजारी, यहोशू र बाँकिरहेका मानिसहरूसँग कुरा गर्। तिनीहरूलाई सोध्,
HAG 2:3 ‘तिमीहरूमध्ये यहाँ को बाँकी रहेको छ, जसले यस भवनको पहिलेको महिमा देखेको थियो? अहिलेको भवन तिमीहरूलाई कस्तो लाग्यो? के तिमीहरूलाई यो केही पनि होइन जस्तो लाग्छ?
HAG 2:4 तर अहिले ए यरुबाबेल, साहस गर्,’ भनी याहवेह भन्‍नुहुन्छ। ‘ए यहोसादाकको छोरा, प्रधान पुजारी यहोशू साहस गर्। यस देशका सबै बाँकी रहेका मानिसहरू हो, साहसी होओ, र काम सुरु गर,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘किनकि म तिमीहरूको साथमा छु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
HAG 2:5 ‘तिमीहरू इजिप्टबाट निस्केर आउँदा मैले तिमीहरूसँग यही करार बाँधेको थिएँ। अनि मेरो आत्मा तिमीहरूका बीचमा छ। तिमीहरू भयभीत नहोओ।’
HAG 2:6 “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘केही बेरपछि फेरि एकपल्ट म आकाश र पृथ्वी, समुद्र र सुक्खा जमिनलाई हल्‍लाउनेछु।
HAG 2:7 म सबै राष्ट्रहरूलाई हल्‍लाउनेछु, र ती राष्ट्रहरूबाट आफूलाई इच्छा लागेका बहुमूल्य धनसम्पत्तिसहित मानिसहरू आउनेछन्; अनि म यस भवनलाई महिमाले भर्नेछु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
HAG 2:8 ‘चाँदी मेरो हो, र सुन पनि मेरै हो,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
HAG 2:9 ‘यो वर्तमान भवनको महिमा पहिलेको भवनको भन्दा अझ बढी हुनेछ,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ। ‘अनि म यस भवनमा शान्ति प्रदान गर्नेछु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ।”
HAG 2:10 दारा राजाको शासनकालको दोस्रो वर्षको नवौँ महिनाको चौबीसौँ दिनमा, याहवेहको यो वचन हाग्गै अगमवक्ताकहाँ आयो:
HAG 2:11 “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: व्यवस्थाले के भन्छ सो पुजारीहरूलाई सोध्:
HAG 2:12 ‘यदि कसैले आफ्नो कपडाको किनारामा पवित्र मासु बोक्छ; अनि त्यस कपडाको किनारले रोटी, सुरुवा, दाखमद्य, जैतुन तेल वा अन्य कुनै पनि खानेकुरा छोयो भने के त्यो खानेकुरा पवित्र हुन्छ र?’ ” पुजारीहरूले जवाफ दिए, “हुँदैन!”
HAG 2:13 तब हाग्गैले सोधे, “यदि मृत शरीर छोएर अशुद्ध भएको मानिसले यस्तो कुनै एउटा चीजलाई छोयो भने के त्यो अशुद्ध हुन्छ?” पुजारीले जवाफ दिए, “हजुर, त्यो अशुद्ध हुन्छ।”
HAG 2:14 तब हाग्गैले भने, “ ‘मेरो नजरमा यी मानिसहरू र यो राष्ट्रहरू पनि त्यस्तै हुन्,’ याहवेह भन्‍नुहुन्छ। ‘तिनीहरूले जे गर्छन्, र तिनीहरूले जे चढाउँछन्, सबै थोक अशुद्ध छन्।
HAG 2:15 “ ‘अब आजको दिनदेखि उसो यस कुरामा होसियारीसाथ विचार गर; याहवेहको मन्दिर बनाउँदा एक ढुङ्गामाथि अर्को ढुङ्गा राख्दा अगिको अवस्था कस्तो थियो, सो विचार गर।
HAG 2:16 त्यस समयमा जब कोही अन्‍नको थुप्रोमा बीस किलो अन्‍न लिन आउँथ्यो, तब दश किलो मात्र पाउँदथ्यो। जब कसैले दाखमद्यको कोलमा गएर पचास लिटर लिन चाहन्थ्यो भने केवल बीस लिटर मात्र पाउँदथ्यो।
HAG 2:17 मैले तिमीहरूका हातबाट गरेका काममाथि रोग, ढुसी र असिनाले प्रहार गरेँ, तर पनि तिमीहरू मतिर फर्केनौ,’ याहवेह घोषणा गर्नुहुन्छ।
HAG 2:18 ‘आजको दिन नवौँ महिनाको चौबीसौँ दिनदेखि यता, त्यस दिनको बारेमा होसियारीसाथ विचार गर, जुन दिन याहवेहको मन्दिरको जग बसालिएको थियो, ती होसियारीसाथ विचार गर:
HAG 2:19 के अझै पनि भकारीमा केही बिउ बाँकी रहेको छ? आजसम्म दाखको बोट, नेभाराको बोट, अनार र जैतुनका बोटले फल फलाएको छैन। “ ‘तर आजको दिनदेखि म तिमीहरूलाई आशिष् दिनेछु।’ ”
HAG 2:20 नवौँ महिनाको चौबीसौँ दिनमा, दोस्रो पटक याहवेहको वचन हाग्गैकहाँ आयो:
HAG 2:21 “यहूदाका राज्यपाल यरुबाबेललाई भन्, म स्वर्ग र पृथ्वीलाई हल्‍लाउनेछु।
HAG 2:22 म राजगद्दीहरू पल्टाइदिनेछु, र विदेशी राज्यहरूका शक्ति चकनाचुर पारिदिनेछु। म रथ र सारथीहरू पल्टाइदिनेछु; अनि घोडा र तिनका सारथीहरू आफ्नै भाइका तरवारद्वारा मारिनेछन्।
HAG 2:23 “ ‘त्यस दिन,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘मेरो सेवक, शालतिएलको छोरो, यरुबाबेल, म तँलाई लिनेछु’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘र तँलाई मेरो औँठी-छापजस्तै बनाउनेछु; किनकि मैले तँलाई रोजेको छु,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।”
ZEC 1:1 दारा राजाको शासनकालको दोस्रो वर्षको आठौँ महिनामा, याहवेहको वचन इद्दोका नाति, बेरेक्याहका छोरा, अगमवक्ता जकरियाकहाँ आयो:
ZEC 1:2 “याहवेह तेरा पितापुर्खाहरूसँग अति क्रोधित हुनुभएको थियो।
ZEC 1:3 त्यसैकारण मानिसहरूलाई भन्: सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘मकहाँ फर्क,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म तिमीहरूकहाँ फर्कनेछु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
ZEC 1:4 तिमीहरूका पितापुर्खाहरू जस्ता नहोओ, जसलाई पहिलेका अगमवक्ताहरूले यसरी घोषणा गरेका थिए: सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘तिमीहरूका दुष्‍ट चालहरूबाट र तिमीहरूका दुष्‍ट कामहरूबाट फर्क।’ तर तिनीहरूले मेरो कुरा सुनेनन् अथवा मेरा कुरामा ध्यानै दिएनन्, याहवेह घोषणा गर्नुहुन्छ।
ZEC 1:5 तिमीहरूका पितापुर्खाहरू अहिले कहाँ छन्? अनि ती अगमवक्ताहरू, के तिनीहरू सदा जीवित छन्?
ZEC 1:6 तर हेर मैले आफ्ना सेवक, अगमवक्ताहरूलाई आज्ञा दिएका मेरा वचनहरू र आदेशहरू के तिमीहरूका पितापुर्खाहरू माथि आइलागेनन् र? “त्यसपछि तिनीहरूले पश्‍चात्ताप गरे र भने, ‘आफूले निश्‍चय गर्नुभएझैँ, सेनाहरूका याहवेहले हाम्रा चालहरू र कामहरूअनुसार हामीलाई सुहाउने व्यवहार गर्नुभएको छ।’ ”
ZEC 1:7 दारा राजाको शासनकालको दोस्रो वर्षको एघारौँ महिना, अर्थात् शबात महिनाको चौबीसौँ दिनमा, याहवेहको वचन इद्दोका नाति, बेरेक्याहका छोरा अगमवक्ता जकरियाकहाँ आयो।
ZEC 1:8 रातको समयमा मैले दर्शन देखेँ, र त्यहाँ मेरो सामु रातो घोडामाथि सवार भएका एक जना मानिस थिए। तिनी खोल्साका मेहदीका रूखहरूका बीचमा उभिरहेका थिए। तिनको पछिल्तिर राता, खैरा र सेता घोडाहरू थिए।
ZEC 1:9 मैले सोधेँ, “मेरो प्रभु, यी के हुन्?” मसँग कुरा गरिरहने स्वर्गदूतले जवाफ दिए, “म तिमीलाई देखाउनेछु कि तिनीहरू के हुन्।”
ZEC 1:10 तब मेहदीका रूखहरूका बीचमा उभिरहेका मानिसले जवाफ दिए, “यिनीहरू तिनै हुन्, जसलाई याहवेहले पृथ्वीका चारैतिर जाऊन् भनी पठाउनुभएको हो।”
ZEC 1:11 अनि तिनीहरूले मेहदीका रूखहरूका बीचमा उभिरहेका याहवेहका स्वर्गदूतलाई बताए, “हामी पृथ्वीभरि गयौँ, र सारा संसार विश्राम र शान्तिमा रहेको भेट्टायौँ।”
ZEC 1:12 त्यसपछि याहवेहका स्वर्गदूतले भने, “हे सेनाहरूका याहवेह, तपाईंले कहिलेसम्म यरूशलेम र यहूदाका सहरहरूबाट आफ्नो कृपा रोकिराख्नुहुन्छ, जससित तपाईं यी सत्तरी वर्षदेखि रिसाउनुभएको छ?”
ZEC 1:13 यसकारण मसँग कुरा गर्ने ती स्वर्गदूतसित याहवेहले दयालु र सान्त्वनाका वचनहरू बोल्नुभयो।
ZEC 1:14 तब मसँग कुरा गरिरहने स्वर्गदूतले भने, “यो वचन घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘म यरूशलेम र सियोनको निम्ति अति डाही भएको छु,
ZEC 1:15 तर ती राष्ट्रहरू, जसले सुरक्षित छौँ भनेर सोचिरहेका छन्, तिनीहरूप्रति म अति क्रोधित छु। म मेरा मानिसहरूसँग धेरै रिसाएको थिइनँ, तर अरू राष्ट्रहरूले तिनीहरूको सङ्कष्‍टलाई झन् बढाइदिए।’
ZEC 1:16 “यसकारण याहवेह यसो भन्‍नुहुन्छ: ‘म कृपालु भएर यरूशलेममा फर्कनेछु, र त्यहाँ मेरो भवनको पुनर्निर्माण हुनेछ। अनि नाप्‍ने डोरीले यरूशलेमलाई नापिनेछ,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
ZEC 1:17 “यसो भन्दै अझै घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘मेरा सहरहरू फेरि समृद्धिले भरिनेछन्, र याहवेहले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र यरूशलेमलाई चुन्‍नुहुनेछ।’ ”
ZEC 1:18 त्यसपछि मैले माथि हेरेँ, र त्यहाँ मेरो सामु चार वटा सिङहरू थिए!
ZEC 1:19 मसँग कुरा गरिरहने स्वर्गदूतलाई मैले सोधेँ, “यी के हुन्?” “तिनले मलाई जवाफ दिए, यी सिङहरू हुन्, जसले यहूदा, इस्राएल र यरूशलेमलाई तितरबितर पारिदिएका थिए।”
ZEC 1:20 तब याहवेहले मलाई चार जना कारिगरहरू देखाउनुभयो।
ZEC 1:21 मैले सोधेँ, “यिनीहरू के गर्न आउँदैछन्?” उहाँले मलाई जवाफ दिनुभयो, “यहूदालाई तितरबितर पारिदिने यी सिङहरू नै हुन्, जसले गर्दा कसैले पनि आफ्नो शिर उठाउन सकेन, तर यहूदाका मानिसहरूलाई तितरबितर पार्ने यहूदाको देशको विरुद्धमा आफ्ना सिङहरू उठाउने राष्ट्रहरूलाई त्रसित तुल्याउन र फ्याँकिदिनलाई यी कारिगरहरू आएका हुन्।”
ZEC 2:1 त्यसपछि मैले माथि हेरेँ, र त्यहाँ मेरो अगाडि आफ्नो हातमा एउटा नाप्‍ने डोरी लिएका एक जना मानिस थिए!
ZEC 2:2 मैले सोधेँ, “तपाईं कहाँ जाँदैहुनुहुन्छ?” तिनले जवाफ दिए, “यरूशलेमलाई नाप्‍न, त्यसको लम्बाइ र चौडाइ कति रहेछ, सो हेर्न जाँदैछु।”
ZEC 2:3 जब मसँग कुरा गरिरहेका स्वर्गदूत जाँदैथिए, र अर्को स्वर्गदूत तिनलाई भेट्न आए,
ZEC 2:4 अनि तिनलाई भने: “कुदेर जा, र त्यस जवान मानिसलाई भन्, ‘धेरैको संख्यामा मानिसहरू र गाईबस्तुहरू भएको कारण यरूशलेम पर्खाल नभएको सहर हुनेछ।
ZEC 2:5 अनि म आफैँ नै त्यस सहरको चारैतिर आगोको पर्खाल हुनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म त्यस भित्रको महिमा हुनेछु।’
ZEC 2:6 “आओ! आओ! उत्तरको देशबाट भागिहाल,” याहवेह घोषणा गर्नुहुन्छ, “किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासतिर तितरबितर पारिदिएको छु,” याहवेह घोषणा गर्नुहुन्छ।
ZEC 2:7 “हे सियोन, आइज! तँ जो बेबिलोनकी छोरीकहाँ बस्छेस्, भाग्!”
ZEC 2:8 किनकि सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “त्यसपछि महिमित एक जनाले मलाई तिमीहरूलाई लुटपाट गर्ने राष्ट्रको विरुद्धमा पठाउनुभयो—किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले उहाँको आँखाको नानीलाई छुन्छ—
ZEC 2:9 म निश्‍चय नै आफ्नो हात तिनीहरूको विरुद्धमा उठाउनेछु, ताकि तिनीहरूका दासहरूले तिनीहरूलाई लुटपाट गरून्। त्यसपछि तिमीहरूले जान्‍नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई पठाउनुभएको हो।
ZEC 2:10 “हे सियोनकी छोरी, चर्कोगरी करा र आनन्दित हो; किनकि म आउँदैछु, र म तिमीहरूको बीचमा बसोबास गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
ZEC 2:11 “त्यस दिन धेरै राष्ट्रहरू याहवेहसँग मिल्न आउनेछन् र मेरा मानिसहरू हुनेछन्। म तिमीहरूका बीचमा रहनेछु र तिमीहरूले जान्‍नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।
ZEC 2:12 याहवेहले यहूदालाई पवित्र देशमा आफ्नो भागझैँ उत्तराधिकार बनाउनुहुनेछ, र यरूशलेमलाई फेरि चुन्‍नुहुनेछ।
ZEC 2:13 हे सबै मानव-जाति हो, याहवेहको सामु चुपचाप रहो; किनकि उहाँ आफ्नो पवित्र वासस्थानबाट आउँदैहुनुहुन्छ।”
ZEC 3:1 तब याहवेहले मलाई उहाँका स्वर्गदूतको अगाडि उभिरहेका प्रधान पुजारी यहोशूलाई देखाउनुभयो, र शैतानचाहिँ यहोशूको विरोध गर्न तिनकै दाहिनेतिर उभिरहेको थियो।
ZEC 3:2 याहवेहले शैतानलाई भन्‍नुभयो, “हे शैतान, याहवेहले तँलाई हकारून्! यरूशलेमलाई चुन्‍नुहुने याहवेहले तँलाई हकारून्! के यो मानिस आगोबाट थुतेर निकालिएको जलिरहेको अगुल्टो होइन र?”
ZEC 3:3 अनि यहोशूचाहिँ मैला लुगा लगाएर स्वर्गदूतको अगाडि उभिएका थिए।
ZEC 3:4 स्वर्गदूतले आफ्नो अगाडि उभिरहेकाहरूलाई भने, “त्यसका मैला लुगाहरू फुकालिदेओ।” तब तिनले यहोशूलाई भने, “हेर, मैले तिम्रो पाप हटाइदिएको छु, र म तिमीलाई बहुमूल्य पोशाक पहिराइदिनेछु।”
ZEC 3:5 तब मैले भनेँ, “यसको शिरमा एउटा सफा फेटा लगाइदेओ।” यसकारण तिनीहरूले यहोशूको शिरमा एउटा सफा फेटा लगाइदिए र लुगा पहिराइदिए। त्यस बेला याहवेहको स्वर्गदूत छेउमै उभिरहेका थिए।
ZEC 3:6 तब याहवेहका दूतले यहोशूलाई यो आज्ञा दिए:
ZEC 3:7 “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘यदि तँ मेरो मार्गमा हिँडिस् र मैले चाहेका जिम्मेवारीहरू पालन गरिस् भने तैँले मेरो भवनमा अधिकार गर्नेछस् र मेरा चोकहरूको हेरचाह गर्नेछस्; अनि म तँलाई यहाँ उभिरहेकाहरूका बीचमा ठाउँहरू दिनेछु।
ZEC 3:8 “ ‘सुन, हे प्रधान पुजारी यहोशू, अब तँ र तेरो अगाडि बसेका तेरा सहयोगीहरू, तिमीहरू जो आउने कुराहरूका चिन्ह हौ: हेर, म मेरो सेवकलाई ल्याउनेछु, जसलाई हाँगा भनिनेछ।
ZEC 3:9 मैले यहोशूको अगाडिपट्टि राखेको ढुङ्गालाई हेर! त्यस ढुङ्गामा सात वटा आँखाहरू छन्, र म त्यसमाथि एउटा लेखोट खोप्नेछु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ, ‘अनि म यस देशको पाप एकै दिनमा हटाइदिनेछु।
ZEC 3:10 “ ‘त्यस दिन तिमीहरू हरेकले आफ्नो छिमेकीलाई आफ्नो दाख र नेभाराको बोटमुनि बस्‍नलाई निम्तो दिनेछौ,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।”
ZEC 4:1 त्यसपछि मसँग कुरा गर्ने स्वर्गदूत फेरि आए, र सुतिरहेको मान्छेलाई बिउँझाएझैँ तिनले मलाई बिउँझाए।
ZEC 4:2 तिनले मलाई सोधे, “तिमी के देख्छौ?” मैले जवाफ दिएँ, “म ठोस सुनको एउटा सामदान देख्छु, जसको टुप्पोमा एउटा कचौरा र त्यसमा सात वटा बत्तीहरू छन्; अनि ती बत्तीहरूमा सात वटा नलीहरू गाँसिएका छन्।
ZEC 4:3 अनि त्यहाँ दुई वटा जैतुनका रूखहरू पनि छन्; एउटा रूख कचौराको दायाँपट्टि र अर्को बायाँपट्टि।”
ZEC 4:4 मसँग कुरा गर्ने स्वर्गदूतलाई मैले सोधेँ, “मेरा प्रभु, यी के हुन्?”
ZEC 4:5 तिनले जवाफ दिए, “के तिमी जान्दैनौ यी के हुन्?” मैले जवाफ दिएँ, “मेरा प्रभु, अहँ, म जान्दिनँ।”
ZEC 4:6 यसकारण तिनले मलाई भने, “यो यरुबाबेलको निम्ति याहवेहको वचन हो: ‘न शक्तिले, न त बलले, तर मेरो पवित्र आत्माले,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
ZEC 4:7 “ए शक्तिशाली पर्वत, तँ के होस्? यरुबाबेलको सामु तँ समतल भूमि हुनेछस्! तब त्यसले अन्तिम शिर ढुङ्गालाई निकालेर ल्याउँदा मानिसहरूले चिच्याउनेछन्, ‘परमेश्‍वरले यसलाई आशिष् देऊन्! परमेश्‍वरले यसलाई आशिष् देऊन्!’ ”
ZEC 4:8 त्यसपछि याहवेहको यो वचन मकहाँ आयो:
ZEC 4:9 “यरुबाबेलका हातहरूले यस मन्दिरको जग बसालेका छन्; अनि त्यसकै हातले यसलाई पूरा पनि गर्नेछन्। तब तैँले जान्‍नेछस्, कि सेनाहरूका याहवेहले नै मलाई तँकहाँ पठाउनुभएको हो।
ZEC 4:10 “सानो सुरुवातका दिनहरूलाई कसले तुच्छ ठान्‍न सक्छ? जबकि यी सात वटा याहवेहका आँखाहरू हुन्, जसले पृथ्वीभरि चारैतिर हेरिरहन्छन्; अनि यरुबाबेलका हातमा नाप्‍ने फित्ता देखेर मानिसहरू रमाउनेछन्।”
ZEC 4:11 त्यसपछि मैले स्वर्गदूतलाई सोधेँ, “सामदानका दायाँपट्टि र बायाँपट्टिका यी दुई जैतुनका रूखहरू के हुन्?”
ZEC 4:12 मैले स्वर्गदूतलाई फेरि सोधेँ, “सुनौलो तेल खन्याउने यी दुई सुनका नलीहरूका छेउमा भएका दुई वटा जैतुनका हाँगाहरू के हुन्?”
ZEC 4:13 तिनले जवाफ दिए, “यी के हुन्, तिमीलाई थाहा छैन?” मैले भनेँ, “मेरा प्रभु, अहँ, म जान्दिनँ।”
ZEC 4:14 यसैकारण तिनले भने, “यी ती दुई हुन्, जसलाई सारा पृथ्वीका प्रभुको सेवा गर्नलाई अभिषेक गरिएको छ।”
ZEC 5:1 मैले फेरि हेरेँ, र त्यहाँ मेरो अगाडि उड्दै गरेको एउटा चर्मपत्र थियो!
ZEC 5:2 स्वर्गदूतले मलाई सोधे, “तिमी के देख्दैछौ?” मैले जवाफ दिएँ, “म बीस क्यूबिट लामो र दश क्यूबिट चौडा भएको एउटा उडिरहेको चर्मपत्र देख्दैछु।”
ZEC 5:3 अनि तिनले मलाई भने, “यो देशभरि आइपर्ने श्रापहरू हुन्: किनकि यसको एकातिर लेखिएअनुसार, देशबाट सबै चोरहरू निकालिनेछन्; अनि अर्कोतिर लेखिएअनुसार, झूटा शपथ खानेहरू सबै देशबाट निकालिनेछन्।
ZEC 5:4 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘म यस श्रापलाई बाहिर पठाउनेछु र यो चोरको घरमा र मेरो नाममा झूटो शपथ खानेको घरमा पस्‍नेछ। यो श्राप त्यस घरमा रहनेछ; अनि यसले त्यस घरलाई त्यसका काठ र ढुङ्गाहरू दुवैलाई नष्‍ट गर्नेछ।’ ”
ZEC 5:5 तब मसित कुरा गर्ने स्वर्गदूत अगि आएर तिनले मलाई भने, “माथितिर हेर, र आइरहेको कुरो के हो, सो हेर।”
ZEC 5:6 मैले सोधेँ, “यो के हो?” तिनले जवाफ दिए, “यो एउटा डालो हो। अनि तिनले अझै भने, यो यहूदा देशभरिका मानिसहरूको अधर्म हो।”
ZEC 5:7 तब डालोको ढकनी उठाइयो, र त्यहाँ डालोभित्र एउटी स्त्री बसेकी थिई!
ZEC 5:8 तिनले भने, “यो दुष्‍टता हो,” अनि तिनले स्त्रीलाई डालोभित्रै घचेटिदिए, र त्यस डालोको ढकनी लगाइदिए।
ZEC 5:9 तब मैले मास्तिर हेरेँ—अनि त्यहाँ मेरो अगाडि तिनीहरूका पखेटाहरूमा बतास भएका दुईवटी स्त्रीहरू थिए! तिनीहरूसित सारसका जस्तै पखेटा थिए; अनि तिनीहरूले त्यस डालोलाई आकाश र पृथ्वीको बीचमा माथि उठाए।
ZEC 5:10 मसँग कुरा गर्ने स्वर्गदूतलाई मैले सोधेँ, “तिनीहरूले डालो कहाँ लगिरहेछन्?”
ZEC 5:11 तिनले जवाफ दिए, “बेबिलोनिया देशमा त्यसका निम्ति घर बनाउनलाई लगिरहेका छन्। जब त्यसको घर तयार हुन्छ, तब त्यो डालो त्यसको आफ्नै ठाउँमा राखिनेछ।”
ZEC 6:1 मैले फेरि मास्तिर हेरेँ, र त्यहाँ मेरो अगि काँसाका दुई वटा पर्वतहरूका बीचबाट चार वटा रथहरू आइरहेका थिए।
ZEC 6:2 पहिलो रथका घोडाहरू राता, दोस्रो रथका घोडाहरू काला थिए;
ZEC 6:3 तेस्रो रथका सेता र चौथो रथका घोडाहरू टाटे-पाङ्ग्रे थिए। ती सबै शक्तिशाली थिए।
ZEC 6:4 मसँग कुरा गरिरहने स्वर्गदूतलाई मैले सोधेँ, “मेरा प्रभु, यी के हुन्?”
ZEC 6:5 तब स्वर्गदूतले मलाई जवाफ दिए, “यी स्वर्गका चार आत्माहरू हुन्, जो सारा संसारका प्रभुको उपस्थितिमा उभिरहेका ठाउँबाट बाहिर निस्केर गइरहेका छन्।
ZEC 6:6 काला घोडाहरू भएको रथ उत्तर देशतिर गइरहेको छ, सेता घोडाहरू भएको रथ पश्‍चिमतिर, र टाटे-पाङ्ग्रे घोडाहरू भएको रथचाहिँ दक्षिणतिर गइरहेको छ।”
ZEC 6:7 ती शक्तिशाली घोडाहरू बाहिर गइसकेपछि तिनीहरू पृथ्वीभरि चारैतिर जानलाई आतुर थिए। अनि तिनले भने, “पृथ्वीभरि चारैतिर जाओ!” यसकारण तिनीहरू पृथ्वीभरि चारैतिर गए।
ZEC 6:8 तब स्वर्गदूतले मलाई कराएर भने, “हेर, ती उत्तरी देशतिर जानेहरूले उत्तरको देशमा मेरो क्रोधलाई विश्राम दिएका छन्।”
ZEC 6:9 याहवेहको वचन मकहाँ आयो:
ZEC 6:10 “बेबिलोनबाट आइपुगेका निर्वासितहरू हेल्दै, तोबियाह र यदायाहबाट सुनचाँदी लिएर त्यही दिन सपन्याहका छोरा योशियाहको घरमा जा।
ZEC 6:11 त्यो सुनचाँदी लगेर एउटा मुकुट बना, र यहोसादाकका छोरा प्रधान पुजारी यहोशूको टाउकोमा त्यो लगाइदे।
ZEC 6:12 अनि त्यसलाई यसो भन्, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘त्यो मानिस यहाँ छ, जसको नाम हाँगा हो; अनि त्यो आफ्नो ठाउँबाट फैलिएर निस्कनेछ र त्यसले याहवेहको मन्दिर बनाउनेछ।
ZEC 6:13 यो त्यही व्यक्ति हो, जसले याहवेहको मन्दिर बनाउनेछ; अनि त्यसले राजकीय पोशाक पहिरिनेछ, र त्यो आफ्नो सिंहासनमा बसेर शासन गर्नेछ। अनि त्यो आफ्नो सिंहासनको एक पुजारी हुनेछ। अनि तिनका दुवै कार्यको बीचमा राम्रो समन्वय हुनेछ।’
ZEC 6:14 मुकुटचाहिँ याहवेहको मन्दिरमा सम्झनाको रूपमा हेल्दै, तोबिया, यदायाह र सपन्याहको छोरा हेनलाई दिइनेछ।
ZEC 6:15 टाढा-टाढाबाट मानिसहरू आउनेछन्, र याहवेहको मन्दिर बनाउन सहायता गर्नेछन्; अनि सेनाहरूका याहवेहले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्‍नेछौ। अनि यदि तिमीहरूले होसियारीसाथ याहवेह आफ्ना परमेश्‍वरको आज्ञापालन गर्‍यौ भने यो पूरा हुनेछ।”
ZEC 7:1 दारा राजाको शासनकालको चौथो वर्षको नवौँ महिना, अर्थात् किसलेव महिनाको चौथो दिन याहवेहको वचन जकरियाकहाँ आयो।
ZEC 7:2 जब बेथेलका मानिसहरूले शरेसेर र रेगेम-मेलेकलाई आफ्ना मानिसहरूसँग याहवेहलाई बिन्ती गर्न,
ZEC 7:3 र सेनाहरूका याहवेहको भवनका पुजारीहरू र अगमवक्ताहरूलाई यसो भन्‍न पठाए, “मैले धेरै वर्षदेखि गर्दै आएजस्तै, के मैले पाँचौँ महिनामा पनि विलाप गर्नु र उपवास बस्‍नुपर्छ?”
ZEC 7:4 तब सेनाहरूका याहवेहको वचन मकहाँ आयो:
ZEC 7:5 “देशका सबै मानिसहरू र पुजारीहरूलाई सोध्, ‘बितेका सत्तरी वर्षहरूमा तिमीहरूले पाँचौँ र सातौँ महिनामा उपवास बस्दा र शोक गर्दा के तिमीहरूले साँच्‍चै मेरै निम्ति उपवास बसेका थियौ त?
ZEC 7:6 अनि जब तिमीहरूले खायौ र पियौ, तब के तिमीहरूले आफ्नै निम्ति भोज खाइरहेका थिएनौ र?
ZEC 7:7 जब यरूशलेम र त्यसका छेउछाउका सहरहरू विश्राममा र समृद्धिमा थिए; अनि दक्षिणी भाग र पश्‍चिमी पहाडका फेदीहरूमा बसोबास गर्थे, तब के यिनै वचनहरू होइनन्, जुन याहवेहले पहिलेका आफ्ना अगमवक्ताहरूद्वारा घोषणा गर्नुभएको थियो?’ ”
ZEC 7:8 अनि याहवेहको यो वचन फेरि जकरियाकहाँ आयो:
ZEC 7:9 “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘साँचो न्याय गर; एक-आपसमा कृपा र दया देखाओ।
ZEC 7:10 विधवा, अनाथ, परदेशी र गरिबमाथि अत्याचार नगर। एक-अर्काप्रति दुष्‍ट युक्ति नरच।’
ZEC 7:11 “तर तिनीहरूले यस कुरामा ध्यान नै दिएनन्; तिनीहरू हठी भएर आफ्ना पिठिउँ फर्काए र आफ्ना कानहरू बन्द गरे।
ZEC 7:12 तिनीहरूले आफ्ना हृदय चकमके ढुङ्गाझैँ कठोर बनाए; अनि तिनीहरूले नियमहरू सुन्‍न चाहेनन्, जुन सेनाहरूका याहवेहले आफ्नो आत्माद्वारा पहिलेका अगमवक्ताहरू मार्फत् पठाउनुभएको थियो। यसैकारण सेनाहरूका याहवेह अति क्रोधित हुनुभयो।
ZEC 7:13 “ ‘जब मैले तिनीहरूलाई बोलाएँ, तिनीहरूले सुनेनन्; यसकारण जब तिनीहरूले बोलाए, मैले पनि सुनिनँ,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
ZEC 7:14 ‘मैले आँधीबेहरीले तिनीहरूलाई सबै राष्ट्रहरूका बीचमा तितरबितर पारिदिएँ, जहाँ तिनीहरू परदेशीहरू थिए। तिनीहरूले छोडेपछि देश धेरै उजाड भयो, कि त्यहाँबाट भएर कोही पनि यात्रा गर्दैनथिए। यसरी तिनीहरूले सुन्दर देशलाई उजाड पारिदिए।’ ”
ZEC 8:1 सेनाहरूका याहवेहको वचन फेरि मकहाँ आयो।
ZEC 8:2 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “म सियोनको निम्ति अति डाही भएको छु; म त्यसको निम्ति डाहले जलिरहेको छु।”
ZEC 8:3 याहवेह यसो भन्‍नुहुन्छ: “म सियोनमा फर्कनेछु, र यरूशलेममा वास गर्नेछु। तब यरूशलेमलाई विश्‍वासयोग्य सहर भनिनेछ र सेनाहरूका याहवेहको पर्वतचाहिँ पवित्र पर्वत भनिनेछ।”
ZEC 8:4 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “यरूशलेमका सडकहरूमा फेरि पनि बृद्ध पुरुष र स्त्रीहरू आफ्नो धेरै उमेर भएको कारणले गर्दा प्रत्येकले आ-आफ्नो हातमा लहुरो लिएर बस्‍नेछन्।
ZEC 8:5 सहरका सडकहरू खेलिरहेका केटाकेटीहरूले भरिएका हुनेछन्।”
ZEC 8:6 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “त्यस बेला बाँकी मानिसहरूका निम्ति यो कुरा असम्भव देखिएला, तर के यो मेरा निम्ति असम्भव होला र?” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
ZEC 8:7 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “म मेरा मानिसहरूलाई पूर्व र पश्‍चिमका देशहरूबाट बचाउनेछु।
ZEC 8:8 म तिनीहरूलाई यरूशलेममा बसोबास गर्नलाई फर्काएर ल्याउनेछु; तिनीहरू मेरा मानिसहरू हुनेछन्; अनि विश्‍वासयोग्यता र धार्मिकतामा म तिनीहरूका परमेश्‍वर हुनेछु।”
ZEC 8:9 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “आज तिमीहरूले यी वचनहरू सुन, ‘तिमीहरूका हातहरू बलिया बनाओ, ताकि मन्दिर निर्माण होस्।’ सेनाहरूका याहवेहको भवनको निम्ति जग बसालिँदा, त्यहाँ उपस्थित भएका अगमवक्ताहरूले पनि यही वचनहरू भनेका थिए।
ZEC 8:10 त्यो समयभन्दा अगि कुनै पनि मानिसको निम्ति ज्याला दिइँदैनथ्यो र पशुहरूलाई भाडामा लिइँदैनथ्यो। किनकि तिनीहरूका शत्रुहरूको कारण कोही पनि आफ्नो व्यवसायमा सुरक्षापूर्वक जान सक्दैनथिए; किनभने मैले हरेक मानिसलाई तिनीहरूको छिमेकीको विरुद्धमा खडा गरेको थिएँ।
ZEC 8:11 तर अब म यी बाँकी रहेका मानिसहरूलाई बितेको समयमा झैँ व्यवहार गर्नेछैनँ,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
ZEC 8:12 “बिउ राम्रोसँग उम्रिनेछ, दाखले राम्ररी फल फलाउनेछ, भूमिले अन्‍नबाली फलाउनेछ र आकाशले शीत झार्नेछ। बाँकी रहेका यी जातिहरूलाई पैतृक सम्पत्तिको रूपमा यी सबै कुरा म दिनेछु।
ZEC 8:13 हे यहूदा र इस्राएल, तिमीहरू राष्ट्रहरूका बीचमा श्रापको पात्र भएका थियौ, तर अब म तिमीहरूलाई बचाउनेछु, र तिमीहरू आशिष्‌को कारण हुनेछौ। नडराओ, तर तिमीहरूका हातहरू बलिया होऊन्।”
ZEC 8:14 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “तिमीहरूका पितापुर्खाहरूले मलाई रिस उठाउँदा मैले तिमीहरूमाथि विपत्ति ल्याउने र अलिकति पनि दया नदेखाउने अठोट गरेको थिएँ।” सेनाहरूका याहवेह भन्‍नुहुन्छ,
ZEC 8:15 “त्यसरी नै अब मैले यरूशलेम र यहूदामाथि फेरि असल गर्ने अठोट गरेको छु; तिमीहरू भयभीत नहोओ।
ZEC 8:16 तर तिमीहरूले गर्नुपर्ने कामहरू भने यी हुन्: एक-अर्कासँग सत्य बोल, र तिमीहरूको अदालतमा साँचो र ठिक न्याय गर!
ZEC 8:17 एक-अर्काको विरुद्धमा दुष्‍ट षड्यन्त्र नरच, र झूटा शपथ खान नरुचाओ। म यी सबै कुराहरूलाई घृणा गर्छु,” याहवेह घोषणा गर्नुहुन्छ।
ZEC 8:18 अनि फेरि सेनाहरूका याहवेहको वचन मकहाँ आयो।
ZEC 8:19 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “यहूदाको निम्ति चौथो, पाँचौँ, सातौँ र दसौँ महिनाका उपवासहरू आनन्दमय, हर्षमय र सुखमय चाडहरू हुनेछन्। यसैकारण सत्यता र शान्तिलाई प्रेम गर।”
ZEC 8:20 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “धेरै सहरहरूबाट धेरै मानिसहरू र बासिन्दाहरू अझै आउनेछन्;
ZEC 8:21 अनि एउटा सहरका बासिन्दाहरू अर्को सहरका बासिन्दाहरूकहाँ गएर भन्‍नेछन्, ‘हामी याहवेहकहाँ बिन्ती गर्न र सेनाहरूका याहवेहलाई खोज्न जाऔँ, र म पनि जानेछु।’
ZEC 8:22 अनि धेरै मानिसहरू र शक्तिशाली राष्ट्रहरू सेनाहरूका याहवेहलाई खोज्न र उहाँसँग बिन्ती गर्नलाई यरूशलेममा आउनेछन्।”
ZEC 8:23 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “ती दिनहरूमा सबै भाषा बोल्नेहरू र सबै राष्ट्रहरूबाट, दश जना मानिसहरूले एक जना यहूदीको लबेदाको किनार समातेर यसो भन्‍नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्; किनकि हामीले सुनेका छौँ, कि तपाईंसँग परमेश्‍वर हुनुहुन्छ।’ ”
ZEC 9:1 एक अगमवाणी: याहवेहको वचन हद्राक सहरको विरुद्धमा छ, र उहाँ दमस्कसमा आएर विश्राम गर्नुहुनेछ; किनकि सबै मानिसहरू र इस्राएलका सबै कुलहरूका आँखा याहवेहमाथि नै छन्;
ZEC 9:2 अनि उहाँको दृष्‍टि हमातमाथि पनि छ, जो त्यसको सिमानामा छ; अनि टायर र सीदोनमाथि छ, तथापि तिनीहरू अति धेरै दक्ष छन्।
ZEC 9:3 टायरले आफ्नो लागि एउटा बलियो किल्‍ला बनाएको छ; त्यसले चाँदी धुलोझैँ, र सुन सडकको फोहोरझैँ थुपारेको छ।
ZEC 9:4 तर प्रभुले त्यसको सम्पत्ति खोस्‍नुहुनेछ, र त्यसको शक्तिलाई समुद्रमा नाश पारिदिनुहुनेछ; अनि त्यो आगोद्वारा भस्म हुनेछ।
ZEC 9:5 अश्कलोनले त्यो देख्नेछ र डराउनेछ; गाजा सहर कष्‍टले छटपटाउनेछ; अनि एक्रोन सहर पनि त्यसको आशा हराउनेछ, र गाजा सहरले आफ्नो राजा गुमाउनेछ; अनि अश्कलोन उजाड हुनेछ।
ZEC 9:6 विदेशीहरूले अश्दोदलाई कब्जा गर्नेछन्; अनि म पलिश्तीहरूको घमण्डलाई नष्‍ट गरिदिनेछु।
ZEC 9:7 म तिनीहरूका मुखबाट रगत र तिनीहरूका दाँतका बीचबाट घृणित कुरा खोस्‍नेछु। तिनीहरूबाट बचेका जतिचाहिँ हाम्रा परमेश्‍वरका हुनेछन्, र तिनीहरू यहूदाको वंशजस्तै हुनेछन्; एक्रोनचाहिँ यबूसीहरूजस्ता हुनेछन्।
ZEC 9:8 तर म मेरो भवनलाई आक्रमणकारीबाट रक्षा गर्न चारैतिर छाउनी बनाउनेछु। कुनै पनि अत्याचारीले मेरा मानिसहरूलाई फेरि कहिल्यै जित्नेछैन; किनकि अहिले मैले निगरानी गरिरहेको छु।
ZEC 9:9 हे सियोनकी छोरी, खूब आनन्द गर्! यरूशलेमकी छोरी, चर्को सोरमा करा! हेर्, तेरो राजा तँकहाँ आउँदैहुनुहुन्छ; उहाँ धार्मिक र विजयी हुनुहुन्छ; नम्र र गधामाथि सवार हुनुभएर आउनुहुन्छ; गधाको एउटा बछेडामाथि सवार भएर आउँदैहुनुहुन्छ।
ZEC 9:10 म एफ्राइमबाट लडाइँका रथहरू र यरूशलेमबाट युद्धका घोडाहरू नष्‍ट गर्नेछु; अनि युद्धको धनु भाँचिनेछ। उहाँले राष्ट्रहरूलाई शान्ति घोषणा गर्नुहुनेछ। उहाँको राज्य शासन एउटा समुद्रदेखि अर्को समुद्रसम्म र यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तसम्म नै फैलिनेछ।
ZEC 9:11 तेरो विषयमा चाहिँ तँसँग भएको मेरो रगतको करारको कारण, म तेरा कैदीहरूलाई पानीविनाको खाडलबाट मुक्त गरिदिनेछु।
ZEC 9:12 हे आशावादी कैदीहरू, तिमीहरू आफ्ना बलियो किल्‍लातिर फर्क; अहिले पनि म घोषणा गर्छु, कि म तिमीहरूलाई दोबर गरी पुनर्स्थापित गर्नेछु।
ZEC 9:13 म यहूदालाई मेरो धनु दोबारेझैँ दोबार्नेछु, र त्यसलाई एफ्राइमले भरिदिनेछु। हे सियोन, म तेरा छोराहरूलाई, ग्रीसका छोराहरूको विरुद्धमा सुर्‍याउनेछु; अनि सियोनलाई एउटा योद्धाको तरवारझैँ बनाउनेछु।
ZEC 9:14 त्यसपछि याहवेह तिनीहरूमाथि देखा पर्नुहुनेछ; उहाँको वाण बिजुलीझैँ चम्कनेछ। सर्वशक्तिमान् याहवेहले तुरही फुक्नुहुनेछ; उहाँ दक्षिणका आँधीहरूमा आउनुहुनेछ;
ZEC 9:15 अनि सेनाहरूका याहवेहले तिनीहरूलाई रक्षा गर्नुहुनेछ। तिनीहरूले नाश गर्नेछन्, र घुयेँत्रोका ढुङ्गाहरूले परास्त गर्नेछन्। तिनीहरूले पिउनेछन् र मद्य पिएझैँ गर्जनेछन्; तिनीहरू वेदीका कुनाहरूमा राखिएका ठूला-ठूला छर्कने कचौराजस्तै भरिनेछन्।
ZEC 9:16 त्यस दिन याहवेह तिनीहरूका परमेश्‍वरले गोठालोले आफ्ना बगाललाई बचाएझैँ बचाउनुहुनेछ। उहाँको देशमा तिनीहरू मुकुटका चम्किला रत्नझैँ चम्कनेछन्।
ZEC 9:17 तिनीहरू अति आकर्षित र सुन्दर हुनेछन्! जवान मानिसहरू अन्‍नले हृष्‍टपुष्‍ट हुनेछन्, र जवान स्त्रीहरूचाहिँ नयाँ दाखमद्यले आनन्दित हुनेछन्।
ZEC 10:1 वसन्त ऋतुको समयमा याहवेहसित झरी माग; याहवेह नै हुनुहुन्छ, जसले आँधीबेहरीलाई पठाउनुहुन्छ। उहाँले नै सबै मानिसहरूका लागि वर्षाको झरी बर्साइदिनुहुन्छ; अनि सबैका लागि खेतमा बोटबिरुवाहरू उमारीदिनुहुन्छ।
ZEC 10:2 मूर्तिहरूले छलका कुरा गर्छन्, जोखना हेर्नेहरूले झूटो दर्शन देख्छन्; तिनीहरूले झूटो सपना भन्छन्, तिनीहरूले व्यर्थमा सान्त्वना दिन्छन्। यसैकारण गोठालाको कमीले गर्दा मानिसहरू अत्याचारमा परेका भेडाझैँ बरालिन्छन्।
ZEC 10:3 “गोठालाहरूको विरुद्धमा मेरो रिस दन्कन्छ; अनि म अगुवाहरूलाई दण्ड दिनेछु; किनकि सेनाहरूका याहवेहले आफ्नो बगाल यहूदाको घरानालाई हेरचाह गर्नुहुनेछ; अनि तिनीहरूलाई लडाइँका जङ्गी घोडासमान तुल्याउनुहुनेछ।
ZEC 10:4 यहूदाको कुलबाट कुनेढुङ्गा आउनेछ; तिनीबाट पालको खाँबो, लडाइँको धनु, र हरेक शासक आउनेछ।
ZEC 10:5 तिनीहरूले लडाइँका पराक्रमी योद्धाहरूझैँ तिनीहरूका शत्रुहरूलाई सडकका हिलोमा कुल्चनेछन्। तिनीहरूले लडाइँ गर्नेछन्; किनकि याहवेह तिनीहरूसँग हुनुहुन्छ; अनि शत्रुहरूका घोडसवारहरूलाई शर्ममा पर्नेछन्।
ZEC 10:6 “म यहूदाको घरानालाई शक्तिशाली बनाउनेछु, र योसेफको घरानालाई बचाउनेछु। म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु; किनकि मलाई तिनीहरूप्रति दया भएको कारण तिनीहरू यस्ता हुनेछन्, मानौ मैले तिनीहरूलाई कहिल्यै त्यागेकै थिइनँ; किनकि म याहवेह तिनीहरूका परमेश्‍वर हुँ; अनि म तिनीहरूलाई जवाफ दिनेछु।
ZEC 10:7 एफ्राएमीहरू शक्तिशाली योद्धाहरूझैँ हुनेछन्; अनि तिनीहरूका हृदय मद्य पिएर आनन्दित भएझैँ हुनेछन्। तिनीहरूका सन्तानले पनि त्यो देख्नेछन् र आनन्दित हुनेछन्; तिनीहरूका हृदय याहवेहमा रमाउनेछन्।
ZEC 10:8 म तिनीहरूलाई इशारा गर्नेछु, र तिनीहरूलाई भित्र भेला गर्नेछु। निश्‍चय नै म तिनीहरूलाई छुटाउनेछु; तिनीहरू पहिलेको जस्तै संख्यामा धेरै हुनेछन्।
ZEC 10:9 मैले तिनीहरूलाई मानिसहरूको बीचमा तितरबितर पारे तापनि तिनीहरूले मलाई टाढा देशहरूमा सम्झना गर्नेछन्। तिनीहरू र तिनीहरूका सन्तानहरू जीवित रहनेछन्; अनि तिनीहरू फर्कनेछन्।
ZEC 10:10 म तिनीहरूलाई इजिप्टबाट फर्काइल्याउनेछु, र तिनीहरूलाई अश्शूरबाट जम्मा गर्नेछु। म तिनीहरूलाई गिलाद र लेबनानमा ल्याउनेछु; अनि ती ठाउँहरूमा समेत तिनीहरू अटाउनेछैनन्।
ZEC 10:11 तिनीहरू कष्‍टको सागरबाट पार भएर जाँदा, छाल उर्लेको सागरलाई शान्त गराइनेछ; अनि नील नदीका सबै गहिराइहरू सुकिजानेछन्। अश्शूरको अहङ्कार चकनाचुर पारिनेछ, र इजिप्टले आफ्नो राजदण्ड गुमाउनेछ।
ZEC 10:12 म तिनीहरूलाई याहवेहमा शक्तिशाली बनाउनेछु; अनि उहाँकै नाममा तिनीहरू सुरक्षित रहनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
ZEC 11:1 हे लेबनान, तेरा ढोकाहरू खोलिदे, ताकि तेरा देवदारुका रूखहरू आगोले भस्म पारोस्!
ZEC 11:2 हे धूपी सल्‍ला, विलाप गर्; किनकि देवदारु नष्‍ट भएको छ; सानदार रूखहरू नष्‍ट भएका छन्! बाशानका फलाँटका रूखहरू विलाप गर; घना जङ्गल काटेर ढालिएको छ!
ZEC 11:3 गोठालाहरूको विलाप सुन; तिनीहरूका हरिया खर्कहरू नष्‍ट भएका छन्! सिंहहरूका गर्जन सुन; यर्दनको बाक्लो घारी नष्‍ट भएको छ!
ZEC 11:4 याहवेह मेरो परमेश्‍वरले यसो भन्‍नुहुन्छ: “मारिनका निम्ति चिन्ह लगाइएको बगाललाई गोठालो गर।
ZEC 11:5 तिनीहरूलाई किन्‍नेहरूले तिनीहरूलाई मार्छन्, र तिनीहरूले दण्ड पाउँदैनन्। तिनीहरूलाई बेच्नेहरूले भन्छन्, ‘याहवेहको प्रशंसा होस्, म धनी छु!’ तिनीहरूका आफ्नै गोठालाहरूले पनि तिनीहरूलाई दया देखाउँदैनन्।
ZEC 11:6 त्यसरी नै अब उसो म यस देशका मानिसहरूमाथि दया देखाउनेछैनँ,” याहवेह घोषणा गर्नुहुन्छ। “म हरेक मानिसलाई तिनीहरूका छिमेकीहरू र तिनीहरूको राजाको हातमा सुम्पिदिनेछु। तिनीहरूले देशमाथि अत्याचार गर्नेछन्, तर म तिनीहरूलाई उनीहरूका हातबाट छुटाउनेछैनँ।”
ZEC 11:7 यसकारण काटिनका निम्ति चिन्ह लगाइएको बगाललाई, विशेष गरी अत्याचारमा परेको बगाललाई मैले गोठालो गरेँ। तब मैले दुई वटा लहुरो लिएँ; अनि एउटालाई अनुग्रह र अर्कोलाई एकता नाम दिएँ, र मैले बगाललाई चराएँ।
ZEC 11:8 एक महिनामा मैले तीन जना गोठालाहरूलाई निकालिदिएँ। त्यो बगालले मलाई घृणा गर्‍यो, र म पनि तिनीहरूसँग वाक्‍क भएँ,
ZEC 11:9 अनि मैले भनेँ, “म तिमीहरूका गोठाला हुनेछैनँ। मर्नेहरू मरून् र नाश हुनेहरू नाश होऊन्। जो बाँकी रहेका छन्, तिनीहरूले एक-अर्काका मासु खाऊन्।”
ZEC 11:10 तब मैले अनुग्रह नामको लहुरो लिएँ, र त्यसलाई भाँचिदिएँ र मैले सबै जातिहरूसित गरेको करार रद्द गरिदिएँ।
ZEC 11:11 त्यस दिन त्यो रद्द गरियो, र बगालका अत्याचारमा परेकाहरू, जसले मलाई हेरिराखेका थिए; तिनीहरूले यो याहवेहको वचन रहेछ भनी थाहा गरे।
ZEC 11:12 मैले तिनीहरूलाई भनेँ, “यदि तिमीहरूलाई यो उचित लाग्यो भने मेरो ज्याला मलाई देऊ; तर उचित लागेन भने आफैँ राख।” यसकारण तिनीहरूले मलाई तीस टुक्रा चाँदी दिए।
ZEC 11:13 अनि याहवेहले मलाई भन्‍नुभयो, “यस चाँदीलाई कुमालेको अगि फालिदे,” अर्थात् तिनीहरूले मेरो कदर गरेर दिएको बहुमूल्य ज्याला! यसकारण मैले त्यो तीस टुक्रा चाँदी लिएँ, र ती याहवेहको भवनभित्र भएका कुमालेकहाँ फालिदिएँ।
ZEC 11:14 त्यसपछि यहूदा र इस्राएल बीचको पारिवारिक सम्बन्धलाई तोडिदिन, मैले एकता नाम भएको अर्को लहुरो पनि भाँचिदिएँ।
ZEC 11:15 तब याहवेहले मलाई भन्‍नुभयो, “एउटा मूर्ख गोठालोका सामानहरू फेरि ली।
ZEC 11:16 किनकि म देशमाथि एउटा गोठालो खडा गर्न लागेको छु, जसले हराएकालाई वास्ता गर्दैन, न त सानाहरूलाई खोज्छ, न त चोट लागेकाहरूलाई निको पार्छ, न त स्वस्थलाई खुवाउँछ; तर असल भेडाहरूलाई तिनीहरूको खुर च्यात्दै तिनीहरूको मासु खानेछ।
ZEC 11:17 “धिक्‍कार त्यो काम नलाग्ने गोठालालाई, जसले बगाललाई छोडिदिन्छ! तरवारले त्यसको हात र दाहिने आँखामा प्रहार गरोस्! त्यसको पाखुरा पूर्ण रूपले सुकेर जाओस्; अनि त्यसको दाहिने आँखा पूर्ण रूपले अन्धो भइजाओस्!”
ZEC 12:1 एउटा अगमवाणी: इस्राएलको बारेमा याहवेहको वचन। याहवेह, जसले आकाशलाई फैलाउनुभयो, पृथ्वीको जग बसाल्नुभयो; अनि मानिसभित्र त्यसको आत्मा रच्नुभयो, उहाँ घोषणा गर्नुहुन्छ:
ZEC 12:2 “म यरूशलेमलाई यस्तो कचौरा बनाइदिनेछु, कि जसबाट पिएर त्यसका चारैतिरका मानिसहरू धरमराउनेछन्। अनि यहूदा र यरूशलेम घेरामा पर्नेछन्।
ZEC 12:3 त्यस दिन जब पृथ्वीका सारा राष्ट्रहरू त्यसको विरुद्धमा भेला हुन्छन्, म यरूशलेमलाई सबै राष्ट्रहरूका निम्ति एउटा नहल्‍लिने चट्टान बनाइदिनेछु। त्यसलाई हटाउन खोज्नेहरू आफैँ घाइते हुनेछन्।
ZEC 12:4 त्यस दिन म प्रत्येक घोडालाई त्रसित पार्नेछु र त्यसमाथि सवार हुनेलाई पागलपनाले प्रहार गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “म यहूदाको घरानामाथि दृष्‍टि लगाइराख्नेछु, तर म राष्ट्रहरूका सबै घोडाहरूलाई अन्धा तुल्याइदिनेछु।
ZEC 12:5 तब यहूदाका अगुवाहरूले आफ्ना हृदयमा भन्‍नेछन्, ‘यरूशलेमका मानिसहरू बलिया छन्; किनकि सेनाहरूका याहवेह तिनीहरूका परमेश्‍वर हुनुहुन्छ।’
ZEC 12:6 “त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको थुप्रोमा भएको आगोको मकलझैँ र अन्‍नको बिटाहरूको बीचमा दन्केको आगोको राँकोझैँ बनाउनेछु। तिनीहरूले दायाँपट्टि र बायाँपट्टि चारैतिर भएका सबै मानिसहरूलाई भस्म पार्नेछन्, तर यरूशलेमचाहिँ आफ्नो स्थानमा सुरक्षित रहनेछ।
ZEC 12:7 “याहवेहले यहूदाका पालहरूको उद्धार पहिले गर्नुहुनेछ, ताकि दावीदको घरानाको सम्मान र यरूशलेमका मानिसहरूको सम्मान यहूदाका मानिसहरूको सम्मानभन्दा बढी नहोस्।
ZEC 12:8 त्यस दिन याहवेह यरूशलेममा बस्‍नेहरूको ढाल हुनुहुनेछ, र तिनीहरूमध्ये अति दुर्बल दावीदझैँ र दावीदको घरानाचाहिँ परमेश्‍वरझैँ, अर्थात् तिनीहरूका अगि-अगि जाने याहवेहका स्वर्गदूतझैँ हुनेछ।
ZEC 12:9 त्यस दिन म यरूशलेमलाई आक्रमण गर्ने सबै राष्ट्रहरूलाई नाश गर्नलाई निस्कनेछु।
ZEC 12:10 “अनि म दावीदको घराना र यरूशलेमका बासिन्दाहरूमाथि अनुग्रह र प्रार्थनाको आत्मा खन्याइदिनेछु। तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका थिए; अनि कसैले आफ्नो एउटै मात्र बालकको निम्ति बिलौना गरेझैँ, तिनको निम्ति बिलौना गर्नेछन्; अनि कसैले आफ्नो पहिले जन्मेको जेठा छोराको निम्ति अति शोक गरेझैँ तिनीहरूले तिनको निम्ति शोक गर्नेछन्।
ZEC 12:11 त्यस दिन यरूशलेममा हुने रुवाबासी मगिद्दोको मैदानमा हदद-रिम्मोनको जस्तै ठूलो हुनेछ।
ZEC 12:12 देशभरि प्रत्येक घरानाले शोक गर्नेछ। तिनीहरूका पत्नीहरूसहित परिवारले अलग-अलग शोक गर्नेछन्। दावीदका घरानाहरू र तिनीहरूका पत्नीहरू, नातानका घरानाहरू र तिनीहरूका पत्नीहरू,
ZEC 12:13 लेवीका घरानाहरू र तिनीहरूका पत्नीहरू, शिमीका घरानाहरू र तिनीहरूका पत्नीहरू,
ZEC 12:14 अनि बाँकी रहेका सबै घराना र तिनीहरूका पत्नीहरूले अलग-अलग शोक गर्नेछन्।
ZEC 13:1 “त्यस दिन दावीदको घराना र यरूशलेमका बासिन्दाहरूलाई पाप र अशुद्धताबाट शुद्ध गर्नलाई तिनीहरूका निम्ति एउटा पानीको मूल फुटेर निस्कनेछ।
ZEC 13:2 “त्यस दिन म देशबाट मूर्तिहरूका नामनिशानै मेटिदिनेछु, अनि कहिल्यै पनि तिनीहरूको सम्झना गरिनेछैन,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “म देशबाट अगमवक्ताहरू र अशुद्धताको आत्मा दुवैलाई हटाइदिनेछु।
ZEC 13:3 यदि कसैले अझै अगमवाणी गर्छ भने त्यसलाई यो भनिनेछ, ‘तँ बाँच्नेछैनस्; किनकि तैँले याहवेहको नाममा झूट बोलेको छस्।’ जसले अगमवाणी गर्छ, त्यसका आफ्नै आमाबुबाले त्यसलाई छुरीले रोपिदिनेछन्।
ZEC 13:4 “त्यस दिन हरेक अगमवक्ता तिनीहरूका अगमवाणीको दर्शनको कारण शर्ममा पर्नेछन्। तिनीहरूले धोका दिनलाई अगमवक्ताको रौँको वस्त्र लाउनेछैनन्।
ZEC 13:5 हरेकले भन्‍नेछ, ‘म अगमवक्ता होइनँ। म एक किसान मात्र हुँ; किनकि युवाअवस्थादेखि नै मेरो जीविका जमिनबाट चलेको छ।’
ZEC 13:6 यदि कसैले तिनीहरूलाई सोध्यो भने, ‘तिम्रो शरीरमा भएका यी चोटहरू के हुन्?’ तिनीहरूले जवाफ दिनेछन्, ‘यी मेरो मित्रहरूको घरमा मलाई दिइएका चोटहरू हुन्।’
ZEC 13:7 “हे तरवार, मेरो गोठालाको विरुद्धमा उठ्; तिनीहरूको विरुद्धमा, जो मेरो नजिक छन्!” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “गोठालोलाई प्रहार गर्, र भेडाहरू तितरबितर हुनेछन्; अनि म मेरो हात सानाहरूको विरुद्धमा फर्काउनेछु।”
ZEC 13:8 याहवेह घोषणा गर्नुहुन्छ, “सारा देशमा दुई तिहाइ मारिनेछन् र नष्‍ट हुनेछन्; तापनि त्यहाँ एक तिहाइ छोडिनेछन्।
ZEC 13:9 यस एक तिहाइलाई म आगोमा हालिदिनेछु; म तिनीहरूलाई चाँदीझैँ खार्नेछु, र तिनीहरूलाई सुनझैँ जाँच्नेछु। जब तिनीहरूले मेरो नाममा पुकार्नेछन्, तब म तिनीहरूलाई जवाफ दिनेछु; म तिनीहरूलाई भन्‍नेछु, ‘तिनीहरू मेरा प्रजा हुन्,’ र तिनीहरूले भन्‍नेछन्, ‘याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ।’ ”
ZEC 14:1 हे यरूशलेम, याहवेहको दिन आउँदैछ, जब तिमीहरूको धनसम्पत्ति लुटिनेछ र त्यो तिमीहरूकै सामु पर्खालभित्र बाँडिनेछ।
ZEC 14:2 म सबै राष्ट्रहरूलाई यरूशलेमको विरुद्धमा लडाइँ गर्नका निम्ति भेला गराउनेछु। सहर कब्जा गरिनेछ, घरहरू लुटिनेछन् र स्त्रीहरू बलत्कृत हुनेछन्। आधा सहर निर्वासनमा जानेछ, तर बाँकी रहेका मानिसहरूचाहिँ सहरबाट बाहिर लगिनेछैनन्।
ZEC 14:3 तब याहवेह निस्कनुहुनेछ र उहाँ युद्धको दिनमा झैँ, उहाँले राष्ट्रहरूको विरुद्धमा लडाइँ गर्नुहुनेछ।
ZEC 14:4 त्यस दिन उहाँका खुट्टाले यरूशलेमको पूर्वपट्टिको जैतुन पर्वतमा टेक्नेछन्, र जैतुन पर्वत पूर्वदेखि पश्‍चिमसम्म दुई भाग हुनेछ; अनि त्यहाँ एउटा ठूलो बेँसी बन्‍नेछ। यसरी पर्वतको आधा भाग उत्तरपट्टि सर्नेछ, र आधाचाहिँ दक्षिणपट्टि सर्नेछ।
ZEC 14:5 तिमीहरू मेरो पर्वतको बेँसीहुँदै भाग्नेछौ; किनकि त्यो आसेलसम्म फैलिनेछ। जसरी तिमीहरू यहूदाका राजा उज्जियाहको दिनमा भुइँचालोबाट भागेका थियौ, त्यसरी नै तिमीहरू भाग्नेछौ। तब याहवेह मेरा परमेश्‍वर सबै पवित्र जनहरूसँग आउनुहुनेछ।
ZEC 14:6 त्यस दिन उज्यालो हुनेछैन, न त ठण्डा, न त तुसारोले भरिएको रात नै हुनेछ।
ZEC 14:7 त्यो अद्वितीय दिन हुनेछ: दिउँसो र राति छुट्टाउन नसकिने दिन—याहवेहलाई मात्र थाहा भएको दिन। जब साँझ पर्छ, तब उज्यालो नै रहनेछ।
ZEC 14:8 त्यस दिन यरूशलेमबाट जिउँदो पानी बगेर निस्कनेछ; आधा पूर्वीय मृत सागरपट्टि र आधा पश्‍चिमी महासागरपट्टि बगेर निस्कनेछ; त्यो हिउँद र वर्षामा सधैँ बगिरहनेछ।
ZEC 14:9 याहवेह सारा पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन केवल याहवेह हुनुहुनेछ; अनि उहाँको नाम मात्र हुनेछ।
ZEC 14:10 सम्पूर्ण देश गेबादेखि लिएर यरूशलेमको दक्षिणपट्टिको रिम्मोनसम्म नै अराबाजस्तै हुनेछ। तर यरूशलेमचाहिँ बेन्यामीनको मूलढोकादेखि पहिलो मूलढोकाको स्थानसम्म, कुनाको मूलढोकासम्म र हननेलको धरहरादेखि राजकीय दाखको कोलसम्म माथि अग्लोमा उठाइनेछ, र त्यसको आफ्नै ठाउँमा रहनेछ।
ZEC 14:11 मानिसहरू त्यहाँ बसोबास गर्नेछन्; त्यो फेरि कहिल्यै नाश हुनेछैन। यरूशलेम सुरक्षित रहनेछ।
ZEC 14:12 यरूशलेमको विरुद्धमा लडाइँ गर्ने सबै राष्ट्रहरूलाई याहवेहले यस्तो विपत्तिले प्रहार गर्नुहुनेछ: तिनीहरू उभिरहेकै बेला तिनीहरूका मासु कुहेर झर्नेछन्। तिनीहरूका आँखाहरू खोपिल्टाभित्रै कुहुनेछन्; अनि तिनीहरूका जिब्राहरू तिनीहरूका मुखभित्रै कुहेर जानेछन्।
ZEC 14:13 अनि त्यस दिन याहवेहबाट ठूलो त्रास मानिसहरूमाथि पर्नेछ। हरेक मानिसले एक-अर्काको हात समात्नेछन् र तिनीहरू एउटाले अर्कोमाथि आक्रमण गर्नेछन्।
ZEC 14:14 यहूदाले पनि यरूशलेममा लडाइँ गर्नेछ। चारैतिरका राष्ट्रहरूका धनसम्पत्ति—सुन, चाँदी र लुगाफाटाहरूको थुप्रो जम्मा गरिनेछ।
ZEC 14:15 त्यस्तै किसिमको रूढीले घोडा, खच्‍चर, ऊँट, गधा र शिविरहरूमा भएका सबै जनावरहरूलाई प्रहार गर्नेछ।
ZEC 14:16 त्यसपछि यरूशलेमलाई आक्रमण गर्ने सबै राष्ट्रहरूबाट बाँचेका मानिसहरू प्रत्येक वर्ष महाराजा, सेनाहरूका याहवेहलाई दण्डवत् गर्न र छाप्रोबासको चाड मनाउनलाई जानेछन्।
ZEC 14:17 यदि पृथ्वीको कुनै पनि जाति महाराजा, सेनाहरूका याहवेहलाई दण्डवत् गर्न यरूशलेममा जादैनन् भने तिनीहरूले झरी पाउनेछैनन्।
ZEC 14:18 यदि इजिप्टियन मानिसहरू माथि यरूशलेममा गएर चाडमा सहभागी भएनन् भने तिनीहरूले झरी पाउनेछैनन्। याहवेहले तिनीहरूमाथि त्यो रूढी ल्याउनुहुनेछ, जुन उहाँले छाप्रोबासको चाड मनाउन उक्लिएर नजाने राष्ट्रहरूमाथि ल्याउनुभएको थियो।
ZEC 14:19 छाप्रोबासको चाड मनाउन यरूशलेममा उक्लेर नजाने इजिप्ट र सबै राष्ट्रहरूका निम्ति यही दण्ड हुनेछ।
ZEC 14:20 त्यस दिन घोडाहरूका घण्टीहरूमा, “याहवेहको निम्ति पवित्र,” भनी खोपिएका हुनेछन्; अनि याहवेहको भवनमा भएका पकाउने भाँडाहरूचाहिँ, वेदी सामु भएका पवित्र कचौराहरूझैँ हुनेछन्।
ZEC 14:21 यरूशलेम र यहूदामा भएका प्रत्येक भाँडा सेनाहरूका याहवेहका निम्ति पवित्र ठहरिनेछन्; अनि ती भाँडाहरू लिएर बलिदान चढाउन आउने सबैले त्यसैमा पकाउनेछन्। अनि त्यस दिन सेनाहरूका याहवेहको भवनमा फेरि कहिल्यै कनानी हुनेछैन।
MAL 1:1 एक अगमवाणी: इस्राएललाई मलाकीद्वारा याहवेहको वचन।
MAL 1:2 “मैले तिमीहरूलाई प्रेम गरेको छु,” याहवेह भन्‍नुहुन्छ। तर तिमीहरू सोध्दछौ, “कसरी तपाईंले हामीलाई प्रेम गर्नुभयो?” “के एसाव याकोबको दाजु थिएन र?” याहवेह भन्‍नुहुन्छ। “तापनि याकोबलाई मैले प्रेम गरेँ,
MAL 1:3 तर एसावलाई मैले घृणा गरेँ; अनि मैले त्यसको पहाडी देश उजाड पारिदिएँ, र त्यसको पैतृक सम्पत्ति मरुभूमिका स्यालहरूलाई छोडिदिएँ।”
MAL 1:4 एदोमले यसो भन्‍न सक्छ, “हामी चकनाचुर पारिए तापनि हामी ती ध्वस्त पारिएका ठाउँहरू पुनर्निर्माण गर्नेछौँ।” तर सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “तिनीहरूले बनाउँदैजाऊन्, तर म भत्काइदिनेछु। तिनीहरूलाई ‘दुष्‍टताको देश भनिनेछ, अर्थात् यस्तो जाति जोसँग याहवेह सधैँभरि क्रोधित हुनुहुन्छ।’
MAL 1:5 त्यो तिमीहरूका आफ्ना आँखाले देख्नेछौ र भन्‍नेछौ, ‘महान् याहवेह—इस्राएलको सिमाना बाहिर पनि महान् हुनुहुन्छ!’
MAL 1:6 “छोराले बुबाको र दासले मालिकको आदर गर्दछन्। म बुबा हुँ भने मेरो आदर खोइ? म मालिक हुँ भने मैले पाउनुपर्ने सम्मान खोइ?” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “ए पुजारी हो, तिमीहरू नै हौ, जसले मेरो नामलाई अपमान गर्दछौ।” “तर तिमीहरू मलाई सोध्दछौ, कसरी हामीले तपाईंको नामको अपमान गरेका छौँ र?”
MAL 1:7 तिमीहरूले मेरो वेदीमा अशुद्ध रोटी चढाएर मलाई अपवित्र पारेका छौ। तर तिमीहरू सोध्दछौ, “कसरी हामीले तपाईंलाई अपवित्र पारेका छौँ र?” “याहवेहको टेबुल अपमानजनक छ भन्‍ने सोचेर तिमीहरूले त्यसो गरेका छौ।
MAL 1:8 जब तिमीहरूले बलिदानको रूपमा अन्धा पशु चढाउँछौ, त के यो गल्ती होइन र? अनि तिमीहरूले लङ्गडा वा रोगी पशुलाई बलि चढाउँछौ, के यो खराब होइन? यही कुरा आफ्ना राज्यपाललाई चढाएर हेर! के तिनी तिमीहरूसँग प्रसन्‍न होलान्? के तिनले तिमीहरूलाई ग्रहण गर्लान्?” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
MAL 1:9 “तिमीहरूका हातबाट त्यस्ता बलि चढाउँछौ, र परमेश्‍वरले हामीमाथि अनुग्रह गरून् भनी प्रार्थना गर्छौ, के उहाँले तिमीहरूलाई ग्रहण गर्नुहुन्छ होला र?” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
MAL 1:10 “ओह, तिमीहरूमध्ये कसैले मन्दिरका ढोकाहरू बन्द गरिदेओस्, ताकि तिमीहरूले मेरो वेदीमाथि व्यर्थको आगो बाल्नेथिएनौ! म तिमीहरूसँग प्रसन्‍न छैनँ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ, “अनि म तिमीहरूका हातबाट कुनै पनि भेटी ग्रहण गर्नेछैनँ।
MAL 1:11 सूर्योदयदेखि सूर्यास्तसम्म मेरो नाम राष्ट्रहरूका बीचमा महान् हुनेछ। हरेक ठाउँमा मेरो नाममा धूप र शुद्ध बलिहरू चढाइनेछन्; किनकि राष्ट्रहरूका बीचमा मेरो नाम महान् हुनेछ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
MAL 1:12 “तर तिमीहरूले, ‘प्रभुको टेबुल अपमानजनक छ’ र ‘त्यसमा भएको भोजन तुच्छ छ,’ भनेर मेरो नाम अपवित्र पार्दछौ।
MAL 1:13 अनि तिमीहरू भन्दछौ, ‘यो कस्तो दिक्‍क लाग्दो काम!’ अनि मलाई हेला गरेर तिमीहरूले नाक खुम्च्याउछौ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “जब तिमीहरू चोट लागेका, लङ्गडा वा रोगी पशुहरू ल्याएर मलाई बलि चढाउँछौ, तब के मैले तिमीहरूका हातबाट यस्ता बलिहरूलाई ग्रहण गरूँ?” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
MAL 1:14 “यस्तो छली मानिस श्रापित होस्, जसले मलाई भाकल गरेको बलि चढाउने ग्रहणयोग्य असल पशु आफ्नो बगालमा छँदाछँदै पनि त्यस पशुको साटोमा खोट लागेको पशुको बलि प्रभुलाई चढाउँछ। किनकि म एक महान् राजा हुँ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ, “अनि सबै राष्ट्रहरूको बीचमा मेरो नाम भययोग्य हुनुपर्छ।
MAL 2:1 “अब, हे पुजारीहरू हो, यो चेतावनी तिमीहरूका निम्ति हो।
MAL 2:2 यदि तिमीहरूले मेरा कुरा सुनेनौ र मेरो नामलाई आदर गर्नमा मन लगाएनौ भने,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ, “म तिमीहरूलाई श्राप दिनेछु, र तिमीहरूका आशिष्‌हरूमाथि श्राप पठाउनेछु। हो, मैले तिनलाई श्राप दिइसकेको छु; किनकि तिमीहरूले मलाई आदर गर्नमा मन लगाएनौ।
MAL 2:3 “तिमीहरूको कारणले म तिमीहरूका भावी सन्तानलाई हप्काउनेछु; तिमीहरूका चाडमा बलि चढाइएका पशुहरूको गोबर म तिमीहरूका अनुहारमा दलिदिनेछु, र तिमीहरू गोबरसँगै बाहिर फालिनेछौ।
MAL 2:4 अनि मैले लेवीसित गरेको करार स्थिर रहिरहोस् भनेर, यो चेतावनी तिमीहरूलाई दिएको हुँ भनी तिमीहरूले थाहा पाउनेछौ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
MAL 2:5 “मेरो करार, जीवन र शान्तिको करार लेवीसँग थियो; अनि मैले त्यो त्यसलाई दिएँ। त्यो मेरो आदरको निम्ति थियो; अनि त्यसले मलाई आदर गर्‍यो, र मेरो नामलाई श्रद्धापूर्ण डर मान्यो।
MAL 2:6 त्यसको मुखमा अर्तीका साँचो कुराहरू थिए, र ओठबाट कुनै झूटो कुरो निस्केको भेट्टाइएन। त्यो मसँग शान्ति र न्यायमा हिँड्यो, र त्यसले धेरैलाई पापबाट फर्काएर ल्यायो।
MAL 2:7 “पुजारीका ओठले ज्ञानका कुराको रक्षा गर्नुपर्दछ; किनकि त्यो सेनाहरूका याहवेहको समाचारवाहक हो, र मानिसले त्यसैका मुखबाट अर्तीका कुरा लिनुपर्दछ।
MAL 2:8 तर तिमीहरू आफ्नो बाटो छोडेर बरालिएका छौ, र तिमीहरूका शिक्षाले धेरैलाई ठक्‍कर खुवाएका छौ; तिमीहरूले लेवीसित बाँधेको करारलाई उल्‍लङ्घन गरेका छौ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
MAL 2:9 “यसैकारण मैले तिमीहरूलाई सबै मानिसहरूका सामु निन्दित र अपमानित तुल्याएको छु; किनकि तिमीहरूले मेरो बाटो पछ्याएका छैनौ, तर व्यवस्थाका कुराहरूमा पक्षपात गरेका छौ।”
MAL 2:10 के हामी सबैका एउटै पिता हुनुहुन्‍न र? के एउटै परमेश्‍वरले हामीलाई बनाउनुभएको होइन र? किन हामी एक-आपसमा विश्‍वासघात गरेर हाम्रा पितापुर्खाको करारलाई भङ्ग गर्दछौँ?
MAL 2:11 यहूदाले विश्‍वासघात गरेको छ। इस्राएल र यरूशलेममा घिनलाग्दो काम भएको छ: विदेशी देवताको पूजा गर्ने स्त्रीहरूहरूलाई विवाह गरेर, याहवेहले प्रेम गर्नुभएको उहाँको पवित्र भवनलाई यहूदाले अपवित्र तुल्याएको छ।
MAL 2:12 त्यसो गर्ने मान्छे, त्यो जोसुकै होस्, त्यसले सेनाहरूका याहवेहकहाँ भेटी चढाएको भए तापनि त्यसलाई याहवेहले याकोबको पालबाट बहिष्कृत गरिदेऊन्।
MAL 2:13 तिमीहरूको अर्को काम भनेको: याहवेहको वेदी आफ्ना आँसुले भिजाइदिन्छौ। तिमीहरू रुन्छौ र विलाप गर्छौ; किनकि तिमीहरूका भेटीतिर उहाँले कहिल्यै पनि ध्यानै दिनुहुन्‍न, न त उहाँले ती भेटीहरू तिमीहरूका हातबाट खुशीसाथ ग्रहण नै गर्नुहुनेछ।
MAL 2:14 तिमीहरू सोध्दछौ, “किन?” किनभने याहवेह तिमीहरू र तिमीहरूका युवावस्थाकी पत्नीबीच साक्षी हुनुहुन्छ; किनकि तिमीले आफ्नी पत्नीलाई धोका दिएका छौ; यद्यपि ऊ तिम्रो जीवन साथी र वैवाहिक करारमा बाँधिएकी पत्नी हो।
MAL 2:15 के परमेश्‍वरले ती दुईलाई बनाउनुभएको होइन र? तिनीहरू दुवै शरीर र आत्मामा उहाँकै हुन्। अनि तिनीहरूबाट एक मात्र परमेश्‍वरले के खोज्नुहुन्छ र? ईश्‍वरभक्त सन्तानको चाहना गर्नुहुन्छ। यसकारण आफ्नो आत्मामा सचेत रहो र आफ्नो युवावस्थाकी पत्नीसित विश्‍वासघात नगर।
MAL 2:16 याहवेह इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, “यदि कसैले पत्नीलाई घृणा गरेर सम्बन्ध-विच्छेद गर्छ र आफूले सुरक्षा दिनुको साटो हिंसा गर्छ भने म त्यसलाई घृणा गर्छु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। यसकारण आफ्नो आत्मामा सचेत रहो र विश्‍वासघात नगर।
MAL 2:17 तिमीहरूले आफ्ना कुराले याहवेहलाई दिक्‍क बनाएका छौ। तिमीहरू सोध्छौ, “कसरी हामीले दिक्‍क बनाएका छौँ?” यसो भनेर, “दुष्कर्म गर्नेहरू पनि याहवेहका दृष्‍टिमा असल छन् र उहाँ तिनीहरूसित प्रसन्‍न हुनुहुन्छ,” अथवा “न्याय गर्ने परमेश्‍वर कहाँ हुनुहुन्छ?”
MAL 3:1 “हेर, म मेरो दूतलाई पठाउनेछु, जसले मेरो अगि-अगि बाटो तयार गर्नेछ। तब तिमीहरूले खोजिरहेका प्रभु अचानक आफ्नो मन्दिरमा आउनुहुनेछ; तिमीहरूले चाहना गरेका करारका सन्देशवाहक आउनुहुनेछ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
MAL 3:2 तर उहाँको आगमनको दिन कसले सहन सक्छ? उहाँ देखा पर्नुहुँदा को खडा रहन सक्छ? किनकि उहाँ सुनारको आगो अथवा धोबीको साबुनजस्तो हुनुहुनेछ।
MAL 3:3 उहाँ चाँदी खार्ने र सफा गर्ने व्यक्तिझैँ बस्‍नुहुनेछ; अनि लेवीहरूलाई खारेर सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब धार्मिकतासाथ भेटी चढाउने मानिसहरू याहवेहकहाँ आउनेछन्;
MAL 3:4 अनि यहूदा र यरूशलेमका भेटीहरू अगिका दिन र वर्षहरूमा जस्तै याहवेहलाई ग्रहणयोग्य हुनेछन्।
MAL 3:5 “यसरी म तिमीहरूको न्याय गर्नलाई नजिक आउनेछु। म तन्त्रमन्त्र गर्नेहरू, व्यभिचारीहरू र झूटा शपथ खानेहरूको विरुद्धमा; अनि मजदुरहरूलाई ज्यालामा ठग्नेहरू, विधवा र अनाथमाथि अत्याचार गर्नेहरू र विदेशीहरूलाई न्यायबाट बञ्चित गर्नेहरू; अनि मेरो भय नमान्‍नेहरूका विरुद्धमा गवाही दिनेछु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
MAL 3:6 “म याहवेह कहिल्यै परिवर्तन हुँदिनँ। त्यसैले हे याकोबका सन्तान हो, तिमीहरू नष्‍ट भएका छैनौ।
MAL 3:7 तिमीहरूका पितापुर्खाहरूका समयदेखि नै तिमीहरू मेरा धार्मिक विधि-नियमहरूबाट तर्केर गएका छौ, र ती पालन गरेका छैनौ। मतिर फर्क, र म तिमीहरूकहाँ फर्कनेछु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “तर तिमीहरू सोध्छौ, ‘हामी कसरी फर्कौँ?’
MAL 3:8 “के कुनै मरणशील मानिसले परमेश्‍वरलाई लुट्छ र? तर तिमीहरूले त मलाई लुटेका छौ। “तर तिमीहरू सोध्छौ, ‘हामीले कसरी तपाईंलाई लुटेका छौँ र?’ “दशांश र भेटीहरूमा लुटेका छौ।
MAL 3:9 तिमीहरूमाथि श्राप परेको छ—तिमीहरूको पूरै राष्ट्रमा श्राप परेको छ; किनकि तिमीहरूले मलाई लुटिरहेका छौ।
MAL 3:10 सबै दशांश भण्डारमा ल्याओ, र मेरो भवनमा खानलाई भोजन होस्। यस कुरामा मलाई जाँचेर हेर, तिमीहरूका निम्ति म स्वर्गका ढोकाहरू खोलेर तिमीहरूका ढुकुटीमा अटाउने ठाउँ नै नहुने गरी, आशिष् बर्साउँछु कि बर्साउँदिनँ, सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
MAL 3:11 म तिमीहरूका अन्‍नबाली नष्‍ट गर्ने किराहरूबाट जोगाउनेछु; अनि तिमीहरूका दाखबारीमा दाखका फल पाक्न भन्दा अगाडि झर्ने छैनन्,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
MAL 3:12 “तब सबै राष्ट्रहरूले तिमीहरूलाई धन्यका भन्‍नेछन्; किनकि तिमीहरूको देश बस्‍नलाई अति असल देश हुनेछ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
MAL 3:13 “तिमीहरूले मेरो विरुद्धमा अहङ्कारी कुरा बोलेका छौ,” याहवेह भन्‍नुहुन्छ। “तर पनि तिमीहरू सोध्छौ, ‘हामीले तपाईंका विरुद्धमा के भनेका छौँ र?’
MAL 3:14 “तिमीहरूले भनेका छौ, ‘परमेश्‍वरको सेवा गर्नु व्यर्थ छ। उहाँका आज्ञाअनुसार जिम्मेवारीहरू पूरा गर्दै, सेनाहरूका याहवेहको सामु विलाप गर्नेहरूजस्ता हिँडेर हामीलाई के लाभ भयो र?
MAL 3:15 तर अहिले हामी अहङ्कारीहरू नै आशिषित छन् भन्छौँ। किनकि दुष्कर्मीहरू नै सफल हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई चुनौती दिए तापनि तिनीहरू सकुशल उम्कन्छन्।’ ”
MAL 3:16 तब याहवेहको डर मान्‍नेहरूले एक-आपसमा कुरा गरे; अनि परमेश्‍वरले तिनीहरूका कुरा ध्यान दिएर सुन्‍नुभयो। अनि याहवेहको उपस्थितिमा उहाँको डर मान्‍ने र उहाँको नामलाई आदर गर्ने मानिसहरूका बारेमा सम्झनाको पत्रमा लेखियो।
MAL 3:17 सेनाहरूका याहवेह भन्‍नुहुन्छ, “त्यस दिन जब म काम गर्नेछु, तिनीहरू मेरो बहुमूल्य निजी धन हुनेछन्। जसरी एउटा बुबाले आफ्नो सेवा गर्ने छोरालाई जोगाउँछ, त्यसरी नै म तिनीहरूलाई जोगाउनेछु।
MAL 3:18 अनि तिमीहरू सबैले धर्मी र अधर्मीको बीचमा, परमेश्‍वरको सेवा गर्ने र नगर्नेको बीचमा के भिन्‍नता रहेछ, त्यो फेरि बुझ्नेछौ।
MAL 4:1 “त्यो दिन निश्‍चय नै आउँदैछ; त्यो भट्टीको आगोझैँ दन्कनेछ। सबै अहङ्कारी र दुष्कर्मीहरू ठुटा समान हुनेछन्; अनि त्यो आउँदैगरेको दिनमा तिनीहरू आगोमा जल्नेछन्,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “तिनीहरूको एउटै हाँगा वा जरा पनि बाँकी रहनेछैन।
MAL 4:2 तर तिमीहरू जसले मेरो नामको आदर गर्दछौ, तिमीहरूमाथि धार्मिकताको सूर्य आफ्नो किरणमा चङ्गाइ लिएर उदाउनेछ। अनि तिमीहरू बाहिर जानेछौ र बलिया बाछाझैँ खुशीले उफ्रनेछौ।
MAL 4:3 तब तिमीहरूले दुष्‍टहरूलाई कुल्चीमिल्ची गर्नेछौ; अनि जुन दिन म यो काम गर्नेछु, त्यो दिन दुष्‍टहरू तिमीहरूका पैतालामुनि खरानीजस्तै हुनेछन्,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
MAL 4:4 “मेरो सेवक मोशाको व्यवस्था, आदेश र नियमहरूको सम्झना गर, जुन मैले होरेब पर्वतमा सारा इस्राएलीहरूका निम्ति त्यसलाई दिएको थिएँ।
MAL 4:5 “हेर, याहवेहको त्यो महान् र डरलाग्दो दिन आउनुभन्दा अगि म तिमीहरूकहाँ एलिया अगमवक्तालाई पठाउनेछु।
MAL 4:6 त्यसले बुबाहरूका हृदय तिनका छोराहरूपट्टि र छोराहरूका हृदय तिनका बुबाहरूपट्टि फर्काउनेछ; नत्रता म आउनेछु र पूरै देशलाई नाश गर्नेछु।”
MAT 1:1 अब्राहामका पुत्र, दावीदका पुत्र येशू ख्रीष्‍टको वंशावली:
MAT 1:2 अब्राहाम इसहाकका पिता, इसहाक याकोबका पिता, याकोब यहूदा र तिनका दाजुभाइहरूका पिता,
MAT 1:3 यहूदा फारेस र जेरहका पिता, तिनीहरूकी आमा तामार थिइन्। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता,
MAT 1:4 आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, नहशोन सल्मोनका पिता थिए।
MAT 1:5 सल्मोन बोअजका पिता, तिनकी आमा राहाब थिइन्, बोअज ओबेदका पिता, तिनकी आमा रूथ थिइन्। ओबेद यिशैका पिता,
MAT 1:6 अनि यिशै राजा दावीदका पिता थिए। दावीद सोलोमनका पिता थिए; तिनकी आमा पहिले उरियाहकी पत्नी थिइन्,
MAT 1:7 सोलोमन रहबामका पिता, रहबाम अबीयाहका पिता, अबीयाह आसाका पिता,
MAT 1:8 आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम उज्जियाहका पिता,
MAT 1:9 उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता,
MAT 1:10 हिजकिया मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता,
MAT 1:11 अनि योशियाह येकोनिया र तिनका भाइहरूका पिता, तिनीहरू बेबिलोनमा लगिएको समयमा जन्मेका थिए।
MAT 1:12 बेबिलोनमा लगिएपछि: येकोनिया शालतिएलका पिता, शालतिएल यरुबाबेलका पिता,
MAT 1:13 यरुबाबेल अबिहूदका पिता, अबिहूद एल्याकीमका पिता, एल्याकीम आजोरका पिता,
MAT 1:14 आजोर सादोकका पिता, सादोक आखिमका पिता, आखिम एलिहूदका पिता,
MAT 1:15 एलिहूद एलाजारका पिता, एलाजार मत्तानका पिता, मत्तान याकोबका पिता,
MAT 1:16 अनि याकोब योसेफका पिता, जो मरियमका पति थिए। अनि मरियमले ख्रीष्‍ट भनिने येशूलाई जन्म दिइन्।
MAT 1:17 यसरी अब्राहामदेखि दावीदसम्म जम्मा चौध पुस्ता, दावीददेखि बेबिलोनमा लगिएको समयसम्म चौध पुस्ता र बेबिलोनबाट निकाला भएदेखि ख्रीष्‍टसम्म चौध पुस्ता छन्।
MAT 1:18 येशू ख्रीष्‍टको जन्म यसरी भयो: उहाँकी आमा मरियमको मगनी योसेफसित भएको थियो। तर तिनीहरूको विवाह हुनुभन्दा अगि नै यो थाहा भयो, कि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थिइन्।
MAT 1:19 तिनका पति योसेफ एक धर्मी मानिस भएका हुनाले र आफू समाजमा अपमान हुन नचाहेकाले, तिनलाई सुटुक्‍क त्यागिदिने विचार गरे।
MAT 1:20 तर ती दिनहरूमा योसेफले यस्तो विचार गरेपछि प्रभुका एउटा दूतले सपनामा तिनीकहाँ देखा परेर यसो भने, “दावीदको पुत्र योसेफ, मरियमलाई तिम्री पत्नीको रूपमा घर लैजान नडराऊ। किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ।
MAT 1:21 तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाम येशू राख्नू। किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।”
MAT 1:22 यी कुराहरू त्यसरी नै पूरा भए, जसरी प्रभुले आफ्ना अगमवक्ताद्वारा भन्‍नुभएको थियो:
MAT 1:23 “कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँलाई इम्मानुएल भन्‍नेछन्,” जसको अर्थ हो, “परमेश्‍वर हामीसित।”
MAT 1:24 योसेफ बिउँझेपछि प्रभुका दूतले तिनलाई आज्ञा दिएझैँ गरे। अनि मरियमलाई पत्नीको रूपमा घरमा लगे।
MAT 1:25 तर तिनले पुत्र नजन्माउन्जेल तिनीसित सहवास गरेनन्। अनि तिनले उहाँको नाम येशू राखे।
MAT 2:1 राजा हेरोदको समयमा यहूदियाको बेथलेहेममा येशूको जन्म भएपछि पूर्वबाट ज्योतिषीहरू यरूशलेममा आए।
MAT 2:2 अनि सोधे, “यहूदीहरूका राजा भएर जो जन्मनुभएको छ, उहाँ कहाँ हुनुहुन्छ? हामीले पूर्वमा उहाँको तारा देख्यौँ, र हामी उहाँलाई दण्डवत् गर्न आएका छौँ।”
MAT 2:3 त्यस बेला जब राजा हेरोदले यो सुने, तिनी र यरूशलेममा भएका सबै आत्तिए।
MAT 2:4 अनि तिनले सबै मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूलाई बोलाए। अनि ख्रीष्‍टको जन्म कहाँ हुनुपर्ने हो भनी सोधे।
MAT 2:5 तिनीहरूले जवाफ दिए, “यहूदियाको बेथलेहेममा, किनकि अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्:
MAT 2:6 “ ‘तर यहूदा प्रदेशमा भएको, ए बेथलेहेम, तँ कुनै किसिमले पनि यहूदाका शासकहरूमध्ये सानो छैनस्; किनकि तँबाट एक जना शासक आउनुहुनेछ, जो मेरा मानिस, इस्राएलका गोठाला हुनुहुनेछ।’”
MAT 2:7 तब हेरोदले ज्योतिषीहरूलाई सुटुक्‍क बोलाएर तारा देखा परेको ठिक समय पत्ता लगाए।
MAT 2:8 अनि तिनले तिनीहरूलाई बेथलेहेममा पठाएर यसो भने, “जाओ, र होसियारीसाथ बालकलाई खोज। तिमीहरूले उहाँलाई भेट्टाउनसाथ मलाई भन, र म पनि गएर उहाँलाई दण्डवत् गर्नेछु।”
MAT 2:9 राजाबाट यो कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे। अनि तिनीहरूले पूर्वमा देखेका त्यो तारा, तिनीहरू त्यस बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूका अगि-अगि लाग्यो।
MAT 2:10 जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए।
MAT 2:11 घरभित्र आइपुगेपछि तिनीहरूले बालकलाई आफ्नी आमा मरियमको साथमा देखे। अनि तिनीहरूले घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब तिनीहरूले आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढाए।
MAT 2:12 त्यस रात हेरोदकहाँ नजानू भन्‍ने सपनामा चेतावनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के।
MAT 2:13 अनि तिनीहरू गइसकेपछि प्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परेर भने, “उठ, बालक र तिनकी आमालाई लिएर इजिप्टमा भागिहाल। मैले फेरि केही नभनुन्जेल त्यहीँ बस। किनकि हेरोदले बालकलाई मार्नका लागि खोज्नेछ।”
MAT 2:14 यसकारण तिनी उठे, बालक र तिनकी आमालाई लिएर राति नै इजिप्टतिर प्रस्थान गरे,
MAT 2:15 जहाँ तिनीहरू हेरोदको मृत्यु नहोउन्जेलसम्म रहे। अनि यसरी परमेश्‍वरले आफ्ना अगमवक्ताद्वारा भन्‍नुभएको वचन पूरा भयो: “मैले आफ्नो पुत्रलाई इजिप्टबाट बोलाएँ।”
MAT 2:16 जब हेरोदले आफू ज्योतिषीहरूद्वारा ठगिएको थाहा पाए, तब तिनी धेरै रिसाए। अनि ज्योतिषीहरूद्वारा ठिक पत्ता लगाइएको समयअनुसार बेथलेहेम र त्यसका सिमानामा भएका दुई वर्ष र त्यस मुनिका सबै बालकहरूलाई मार्ने आदेश दिए।
MAT 2:17 तब यर्मिया अगमवक्ताद्वारा भनिएको यो वचन पूरा भयो:
MAT 2:18 “रामामा एउटा आवाज सुनियो, रुवाइ र ठूलो विलाप, राहेल आफ्ना बालकहरूका निम्ति रोएकी, र तिनी शान्त हुन नमानेकी; किनकि तिनीहरू अब रहेनन्।”
MAT 2:19 हेरोदको मृत्युपछि प्रभुका एउटा दूत इजिप्टमा सपनामा योसेफकहाँ देखा परे,
MAT 2:20 अनि भने, “उठ, बालक र तिनकी आमालाई लिएर इस्राएलको देशमा जाऊ। किनकि बालकको प्राण लिन चाहनेहरू मरिसकेका छन्।”
MAT 2:21 यसैले तिनी उठे; बालक र तिनकी आमालाई साथमा लिएर इस्राएलको देशमा गए।
MAT 2:22 तर जब तिनले हेरोदको ठाउँमा तिनका छोरा अर्खिलाउसले यहूदियामा राज्य गर्दैछन् भन्‍ने सुने, तब तिनी त्यहाँ जान डराए। तब सपनामा चेतावनी पाएर तिनी गालीलको इलाकामा गए।
MAT 2:23 तिनी नासरत भन्‍ने सहरमा गएर बसे। यसरी अगमवक्ताहरूद्वारा भनिएको कुरा पूरा भयो: “उहाँ नासरी कहलाइनुहुनेछ।”
MAT 3:1 ती दिनहरूमा यहूदियाको उजाडस्थानमा बप्‍तिस्मा दिने यूहन्‍ना प्रचार गर्दै यसो भन्दै आए,
MAT 3:2 “पश्‍चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।”
MAT 3:3 यी तिनी नै हुन्, जसको बारेमा यशैया अगमवक्ताले यसो भनेका थिए: “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।’”
MAT 3:4 यूहन्‍नाको लुगा ऊँटको रौँले बनेको थियो। अनि तिनले कम्मरमा छालाको पटुका बाँधेका थिए। तिनको भोजन सलह र वन-मह थियो।
MAT 3:5 यरूशलेम, सबै यहूदिया अनि यर्दनका सम्पूर्ण इलाकाबाट मानिसहरू तिनीकहाँ गए।
MAT 3:6 आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीहरूले तिनीद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिए।
MAT 3:7 तर जब तिनले आफूले बप्‍तिस्मा दिइरहेको ठाउँमा फरिसी र सदुकीहरूलाई आइरहेका देखे, तब तिनले भने: “हे सर्पका सन्तान हो! तिमीहरूलाई आउन लागेको क्रोधबाट भाग्न कसले चेतावनी दियो?
MAT 3:8 पश्‍चात्ताप लायकका फल फलाओ।
MAT 3:9 अनि आफैँ ‘हामी अब्राहामका सन्तान हौँ’ भनेर नठान। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका सन्तान उत्पन्‍न गर्न सक्नुहुन्छ।
MAT 3:10 रूखको जरामा बन्चरो परिसकेको छ; यसैले असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।
MAT 3:11 “म त तिमीहरूलाई पश्‍चात्तापको लागि पानीको बप्‍तिस्मा दिन्छु। तर उहाँ, जो मपछि आउनुहुन्छ, उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ।
MAT 3:12 उहाँको निफन्‍ने नाङ्लो उहाँकै हातमा छ। अनि उहाँले आफ्नो खला सफा गर्नुहुनेछ, र गहुँ धनसारमा जम्मा गर्नुहुनेछ; तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोले जलाउनुहुनेछ।”
MAT 3:13 त्यसपछि येशू गालीलबाट यूहन्‍नाद्वारा बप्‍तिस्मा लिन यर्दन नदीमा आउनुभयो।
MAT 3:14 तर यूहन्‍नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “मलाई पो तपाईंबाट बप्‍तिस्मा हुनु खाँचो छ, तर तपाईं पो मकहाँ आउँदैहुनुहुन्छ?”
MAT 3:15 येशूले जवाफ दिनुभयो, “अहिले यसै हुन देऊ। सबै धार्मिकता पूरा हुनलाई हाम्रा लागि यो गर्नु नै उचित छ।” तब यूहन्‍ना राजी भए।
MAT 3:16 येशूले जब बप्‍तिस्मा लिनुभयो, तब उहाँ पानीबाट निस्केर माथि आउनुभयो। त्यस बेला स्वर्ग उघ्रियो। अनि उहाँले परमेश्‍वरको आत्मालाई ढुकुरझैँ ओर्लंदै गर्नुभएको र आफूमाथि बस्‍न आउँदै गर्नुभएको देख्नुभयो।
MAT 3:17 अनि स्वर्गबाट यस्तो आवाज आएको सुनियो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्‍न छु।”
MAT 4:1 तब येशू शैतानद्वारा परीक्षित हुनलाई पवित्र आत्माद्वारा उजाडस्थानमा लगिनुभयो।
MAT 4:2 अनि चालीस दिन र चालीस रात उपवास बसेपछि उहाँ भोकाउनुभयो।
MAT 4:3 परीक्षा गर्नेले उहाँकहाँ आएर यसो भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी भइजा भनी आज्ञा दिनुहोस्।”
MAT 4:4 येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’”
MAT 4:5 तब शैतानले उहाँलाई पवित्र सहरमा लग्यो, र उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा उभ्यायो।
MAT 4:6 अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्; किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘उहाँले तपाईंको सम्बन्धमा आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, अनि तिनीहरूले तपाईंलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्; ताकि तपाईंको खुट्टा ढुङ्गामाथि नबजारियोस्।’”
MAT 4:7 येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो पनि लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू।’”
MAT 4:8 फेरि शैतानले उहाँलाई एउटा अति अग्लो पहाडमाथि लगेर संसारका सबै राज्यहरू र तिनीहरूका वैभव देखायो,
MAT 4:9 अनि उहाँलाई भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने म यी सबै थोक तपाईंलाई दिनेछु।”
MAT 4:10 त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “हे शैतान, तँ मबाट टाढा भइजा! किनकि यसरी लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्‍वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू।’ ”
MAT 4:11 तब शैतान उहाँलाई छोडेर गइहाल्यो। अनि स्वर्गदूतहरू आएर उहाँको सेवाटहल गरे।
MAT 4:12 जब येशूले यूहन्‍ना झ्यालखानामा परेका छन् भनी सुन्‍नुभयो, तब उहाँ गालील प्रदेशमा फर्कनुभयो।
MAT 4:13 नासरत सहरलाई छोडेर उहाँ कफर्नहुममा जानुभयो, जुन जबूलून र नप्‍तालीको इलाकामा समुद्रको किनारमा थियो।
MAT 4:14 यशैया अगमवक्ताले भनेका कुरा पूरा हुनलाई यसो भएको थियो:
MAT 4:15 “यर्दन नदीपारि समुद्रको छेउतिर रहेको जबूलून र नप्‍तालीको मुलुक, गैरयहूदीहरूको गालील,
MAT 4:16 अन्धकारमा बस्‍ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युको छायामा बस्‍नेहरूमाथि एउटा ज्योति उदाएको छ।”
MAT 4:17 त्यस बेलादेखि येशूले यसो भन्दै प्रचार गर्न लाग्नुभयो, “पश्‍चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।”
MAT 4:18 येशू गालील समुद्रको किनारमा हिँडिरहनुभएको समयमा उहाँले दुई भाइहरू, पत्रुस भनिने सिमोन र तिनका भाइ अन्द्रियासलाई देख्नुभयो। तिनीहरू मछुवा भएको कारणले गर्दा तिनीहरूले तालमा जाल हान्दै थिए।
MAT 4:19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।”
MAT 4:20 त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे।
MAT 4:21 अनि त्यहाँबाट अगि जाँदै गर्नुहुँदा उहाँले अरू दुई भाइहरू, जब्दीको छोरा याकोब र तिनका भाइ यूहन्‍नालाई देख्नुभयो। तिनीहरू आफ्ना पिता जब्दीसित डुङ्गामा आफ्नो जाल तयार पार्दैथिए। येशूले तिनीहरूलाई बोलाउनुभयो,
MAT 4:22 अनि तुरुन्तै तिनीहरू डुङ्गा र आफ्ना बुबालाई छोडेर उहाँको पछि लागे।
MAT 4:23 येशूले गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका हरेक रोग र दुर्बलतालाई निको पार्दै जानुभयो।
MAT 4:24 उहाँको कीर्ति सारा सिरियाभरि फिँजियो। अनि मानिसहरूले विभिन्‍न किसिमका रोग लागेकाहरू, कष्‍ट भोगेकाहरू, भूत लागेकाहरू, छारेरोग लागेकाहरू र पक्षघात भएकाहरूलाई उहाँकहाँ ल्याए। अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो।
MAT 4:25 गालील प्रदेश, डेकापोलिस, यरूशलेम, यहूदिया प्रदेश र यर्दन पारिका हुलका हुल मानिसहरू उहाँको पछि लागे।
MAT 5:1 उहाँले जब भीडलाई देख्नुभयो, तब उहाँ डाँडामा उक्लनुभयो र बस्‍नुभयो। उहाँका चेलाहरू उहाँ नजिक आए।
MAT 5:2 अनि उहाँले तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो: उहाँले भन्‍नुभयो:
MAT 5:3 “आत्मामा दीन हुनेहरू धन्य हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
MAT 5:4 शोक गर्नेहरू धन्य हुन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।
MAT 5:5 नम्र हुनेहरू धन्य हुन्, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।
MAT 5:6 धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू धन्य हुन्, किनभने तिनीहरू तृप्‍त हुनेछन्।
MAT 5:7 दया गर्नेहरू धन्य हुन्, किनभने तिनीहरूले दया पाउनेछन्।
MAT 5:8 शुद्ध हृदय हुनेहरू धन्य हुन्, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्नेछन्।
MAT 5:9 मेलमिलाप गराउनेहरू धन्य हुन्, किनभने तिनीहरू परमेश्‍वरका सन्तान कहलाइनेछन्।
MAT 5:10 धार्मिकताका निम्ति सतावटमा पर्नेहरू धन्य हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
MAT 5:11 “तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूलाई मेरो कारणले अपमान गर्छन्, खेदो गर्छन् र तिमीहरूको विरुद्धमा झूटो बोलेर सबै किसिमका दुष्‍ट कुराहरू गर्छन्।
MAT 5:12 तब आनन्द मनाओ र खुशी होओ; किनभने स्वर्गमा तिमीहरूका लागि ठूलो प्रतिफल छ। तिमीहरूभन्दा अगिका अगमवक्ताहरूलाई पनि यसरी नै तिनीहरूले सताएका थिए।
MAT 5:13 “तिमीहरू पृथ्वीका नुन हौ। तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? यो त बाहिर फालिन र मानिसहरूद्वारा कुल्चनबाहेक अरू कुनै काम लाग्दैन।
MAT 5:14 “तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसेको सहर लुक्न सक्दैन।
MAT 5:15 मानिसहरूले बत्ती बालेर भाँडोमुनि राख्दैनन्; तर तिनीहरूले त्यसलाई सामदानमाथि राख्छन्। अनि त्यसले घरभित्र भएका सबैलाई उज्यालो दिन्छ।
MAT 5:16 यस्तै किसिमले तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्, ताकि तिनीहरूले तिमीहरूका असल कामहरू देखेर स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।
MAT 5:17 “म व्यवस्था र अगमवक्ताहरूलाई रद्द गर्न आएको हुँ भनी नसम्झ: म तिनीहरूलाई रद्द गर्न होइनँ, तर ती पूरा गर्न आएको हुँ।
MAT 5:18 म तिमीहरूलाई साँच्‍चै भन्दछु, जबसम्म आकाश र पृथ्वी बितेर जाँदैनन्, तबसम्म व्यवस्थाबाट एउटा सानो अक्षर अथवा बिन्दुसम्म पनि सबै पूरा नभई कुनै रीतिले बित्नेछैन।
MAT 5:19 कसैले यी आज्ञाहरूमध्ये सबैभन्दा सानो आज्ञालाई उल्‍लङ्घन गर्छ र अरूलाई पनि उल्‍लङ्घन गर्न सिकाउँछ भने उही नै स्वर्गको राज्यमा सबैभन्दा सानो हुनेछ। तर जसले यी आज्ञाहरू पालन गर्छ र अरूलाई सिकाउँछ, त्यो स्वर्गको राज्यमा महान् भनिनेछ।
MAT 5:20 किनकि म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता फरिसी र व्यवस्थाका शिक्षकहरूको भन्दा बढी भएन भने तिमीहरू कदापि स्वर्गको राज्यमा पस्‍न पाउनेछैनौ।
MAT 5:21 “तिमीहरूले सुनेका छौ, मानिसहरूलाई धेरै अगि के भनिएको थियो, ‘हत्या नगर्नू, अनि जसले हत्या गर्छ, त्यो दण्डको योग्य हुनेछ।’
MAT 5:22 तर म भन्दछु, जो आफ्नो भाइसित रिसाउँछ त्यो न्यायमा पर्छ। अनि जसले आफ्नो भाइलाई ‘ए मूर्ख’ भन्छ, त्यो महासभामा लगिने योग्यको हुन्छ। तर जसले ‘तँ मूर्ख!’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुन्छ।
MAT 5:23 “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदैगर्दा यदि तिम्रो विरुद्धमा तिम्रो भाइको केही कुरा छ भन्‍ने सम्झना आयो भने,
MAT 5:24 तिम्रो भेटी त्यही वेदीकै सामु छोड। पहिले जाऊ र तिम्रो भाइसित मिलाप गर: अनि आएर बल्‍ल आफ्नो भेटी चढाऊ।
MAT 5:25 “तिमीलाई अदालतमा लैजाने विरोधीसित झट्टै कुरा मिलाइहाल। यो काम तिमी ऊसँग बाटोमा हुँदै गरिहाल। नत्रता उसले तिमीलाई न्यायाधीशकहाँ सुम्पिदेला, र न्यायाधीशले तिमीलाई अधिकारीकहाँ सुम्पिदेलान्। अनि तिमी झ्यालखानामा परौला।
MAT 5:26 म तिमीलाई साँच्‍चै भन्छु, एक-एक पैसा नतिरुन्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ।
MAT 5:27 “तिमीहरूले ‘व्यभिचार नगर्नू’ भनेको सुनेका छौ।
MAT 5:28 तर म तिमीहरूलाई भन्दछु, जसले कुनै स्त्रीलाई कुदृष्‍टि लगाउँछ, उसले आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ।
MAT 5:29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फ्याँकिदेऊ। किनकि तिम्रो सम्पूर्ण शरीर नरकको आगोमा फालिनुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिम्रो लागि असल हुन्छ।
MAT 5:30 अनि यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनकि तिम्रो सम्पूर्ण शरीर नरकको आगोमा जानुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिम्रो लागि असल हुन्छ।
MAT 5:31 “यसो भनिएको छ, ‘यदि कसैले आफ्नी पत्नीलाई त्याग्छ भने त्यसले उसलाई एउटा त्यागपत्र देओस्।’
MAT 5:32 तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह विच्छेद गर्छ, त्यसले उसलाई व्यभिचारिणी बनाउँछ। अनि जसले विवाह विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ, उसले पनि व्यभिचार गर्छ।
MAT 5:33 “फेरि मानिसहरूलाई धेरै अगि यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘तिमीहरूले शपथ भङ्ग नगर, तर तिमीहरूले प्रभुसित गरेको शपथ पूरा गर।’
MAT 5:34 तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ; न त स्वर्गको नाममा, किनकि त्यो त परमेश्‍वरको सिंहासन हो;
MAT 5:35 न त पृथ्वीको नाममा, किनकि त्यो उहाँको पाउदान हो: न त यरूशलेमको नाममा, किनकि त्यो महान् राजाको सहर हो।
MAT 5:36 अनि तिम्रो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ।
MAT 5:37 तर तिमीहरूको वचन ‘हो’ चाहिँ ‘हो’ भन, र ‘होइन’ चाहिँ ‘होइन’ नै भन; यसभन्दा बढ्ताचाहिँ सबै दुष्‍टबाट आउँछ।
MAT 5:38 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘आँखाको सट्टा आँखा र दाँतको सट्टा दाँत।’
MAT 5:39 तर म तिमीहरूलाई भन्दछु, दुष्‍ट मानिसको प्रतिरोध नगर। यदि कसैले तिम्रो दाहिने गालामा हिर्कायो भने उसलाई तिमीले अर्को गाला पनि थापिदेऊ।
MAT 5:40 अनि यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लिन खोज्छ भने त्यसलाई तिम्रो खास्टो पनि दिइहाल।
MAT 5:41 यदि कसैले तिमीलाई कर लगाएर एक किलोमिटर गइदेऊ भन्छ भने ऊसँग दुई किलोमिटर गइदेऊ।
MAT 5:42 तिमीसँग माग्नेलाई देऊ; र तिमीसित ऋण माग्नेलाई इन्कार नगर।
MAT 5:43 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर।’
MAT 5:44 तर म तिमीहरूलाई भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर। अनि तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर।
MAT 5:45 अनि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका सन्तान बन्‍नेछौ। उहाँले दुष्‍ट र असल दुवैका निम्ति सूर्य उदाइदिनुहुन्छ। अनि धर्मी र अधर्मी दुवैका निम्ति पानी बर्साइदिनुहुन्छ।
MAT 5:46 यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र तिमीहरू प्रेम गर्छौ भने तिमीहरूले के प्रतिफल पाउनेछौ? त्यो त कर उठाउनेहरूले पनि गरिरहेका छैनन् र?
MAT 5:47 अनि यदि तिमीहरू आफ्ना मानिसहरूलाई मात्र अभिवादन गर्छौ भने तिमीहरूले अरूले भन्दा के बढी गर्दैछौ र? त्यो त गैरयहूदीहरूले पनि गर्दैनन् र?
MAT 5:48 यसैले तिमीहरूका स्वर्गीय पिता जसरी सर्वगुणी हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सर्वगुणी हुनुपर्दछ!
MAT 6:1 “होसियार रहो, मानिसहरूलाई देखाउनका लागि तिनीहरूका सामु तिमीहरूका धर्मकार्यहरू नगर। त्यसो गर्‍यौ भने तिमीहरूले आफ्ना स्वर्गीय पिताबाट कुनै इनाम पाउनेछैनौ।
MAT 6:2 “यसकारण तिमीहरू जब खाँचोमा परेकाहरूलाई दिन्छौ, तब फरिसीहरूले सभाघर र सडकहरूमा मानिसहरूद्वारा सम्मान पाउनलाई गरेझैँ तुरही फुकेर घोषणा नगर। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्नो इनाम पूरा पाइसकेका छन्।
MAT 6:3 जब तिमीले खाँचोमा परेकाहरूलाई दिन्छौ, तब तिम्रो दाहिने हातले जे गर्दैछ, त्यो तिम्रो देब्रे हातले थाहा नपाओस्।
MAT 6:4 अनि तिम्रो दान गुप्‍तमा होस्; ताकि गुप्‍तमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ।
MAT 6:5 “अनि जब तिमीहरू प्रार्थना गर्दछौ, ती कपटीहरूजस्ता नहोओ; किनकि तिनीहरू अरू मानिसहरूले देखून् भनेर सभाघर र सडकहरूमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्ना प्रतिफल पाइसकेका छन्।
MAT 6:6 तर जब तिमीहरू प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका बन्द गरेर तिमीहरूका गुप्‍तमा हुनुहुने पितालाई प्रार्थना गर; तब गुप्‍त रूपमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई खुल्‍लमखुल्‍ला प्रतिफल दिनुहुनेछ।
MAT 6:7 अनि तिमीहरूले प्रार्थना गर्दा गैरयहूदीहरूझैँ नबरबराओ। किनकि तिनीहरूका धेरै शब्दहरूको कारण तिनीहरूका सुनुवाइ हुन्छ भनी सम्झन्छन्।
MAT 6:8 तिनीहरूजस्ता नहोओ; किनकि तिमीहरूले माग्नुभन्दा पहिले नै तिमीहरूलाई के चाहिन्छ भन्‍ने कुरा तिमीहरूका पिताले जान्‍नुहुन्छ।
MAT 6:9 “तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्नू: “ ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाम पवित्र गरियोस्।
MAT 6:10 तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पूरा होस्।
MAT 6:11 आज हामीलाई हाम्रो दैनिक भोजन दिनुहोस्।
MAT 6:12 हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ।
MAT 6:13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्‍टदेखि छुटाउनुहोस्। किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्।’
MAT 6:14 किनकि तिमीहरूको विरुद्धमा पाप गर्नेहरूलाई तिमीहरूले क्षमा दियौ भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदिनुहुनेछ।
MAT 6:15 तर तिमीहरूले मानिसहरूका पाप क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन।
MAT 6:16 “जब तिमीहरू उपवास बस्दछौ, कपटीहरूजस्ता उदास भएर नबस। किनकि मानिसहरूलाई देखाउनलाई तिनीहरूले आफ्ना अनुहार बिगार्दछन्। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्ना सम्पूर्ण प्रतिफल पाइसकेका छन्।
MAT 6:17 तर जब तिमीहरू उपवास बस्दछौ, तब शिरमा तेल लगाओ र आफ्नो मुख धोओ।
MAT 6:18 अनि तिमीहरू उपवास बसेका छौ भन्‍ने कुरा कुनै मानिसले होइन, तर तिमीहरूका अदृश्य पिताले मात्र देखून्। अनि गुप्‍तमा गरिएका काम देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई प्रतिफल दिनुहुनेछ।
MAT 6:19 “आफ्ना निम्ति पृथ्वीमा धनसम्पत्ति नथुपार, जहाँ किरा र खियाले नष्‍ट पार्छ, र चोरले फोरेर चोरिदिन्छ।
MAT 6:20 तर आफ्ना निम्ति धनसम्पत्ति स्वर्गमा थुपार, जहाँ किरा र खियाले नष्‍ट पार्दैन; अनि चोरले फोरेर चोर्दैन।
MAT 6:21 किनकि जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुनेछ।
MAT 6:22 “शरीरको बत्ती आँखा हो। यदि तिमीहरूका आँखा स्वस्थ छ भने तिमीहरूको सम्पूर्ण शरीर ज्योतिले पूर्ण हुन्छ।
MAT 6:23 तर यदि तिमीहरूका आँखा नै अस्वस्थ छन् भने तिमीहरूका सम्पूर्ण शरीर नै अत्यन्त अँध्यारोमा हुन्छ। यसकारण यदि तिमीहरूभित्र भएको उज्यालो नै अँध्यारो छ भने त्यो अँध्यारो कति बढी होला!
MAT 6:24 “कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। कि त त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि त त्यसले एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनसम्पत्ति दुवैको सेवा गर्न सक्दैनौ।
MAT 6:25 “त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा पिऔँला अथवा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर। के भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण होइन र?
MAT 6:26 आकाशका चराहरूलाई हेर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, न त भकारीमा बटुल्दछन्; तरै पनि तिनीहरूलाई तिमीहरूका स्वर्गीय पिताले खुवाउनुहुन्छ। तिमीहरू तिनीहरूभन्दा धेरै मूल्यवान् छैनौ र?
MAT 6:27 के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो आयुमा एकक्षण थप्न सक्छौ र?
MAT 6:28 “अनि लुगाहरूका विषयमा किन फिक्री गर्दछौ? मैदानका लिली फूलहरूलाई हेर, तिनीहरू कसरी बढ्दछन्। तिनीहरूले परिश्रम गर्दैनन्, र धागो पनि कात्दैनन्,
MAT 6:29 तर पनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्।
MAT 6:30 यसकारण आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्‍वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्‍वासीहरू हो, के उहाँले तिमीहरूलाई अझ बढी पहिराउनुहुनेछैन र?
MAT 6:31 यसकारण ‘हामी के खाऔँला?’ अथवा ‘हामी के पिऔँला?’ अथवा ‘हामी के लगाऔँला?’ भनी चिन्ता नगर।
MAT 6:32 किनकि गैरयहूदीहरू यी कुराहरूका पछि लाग्दछन्। तिमीहरूका स्वर्गीय पिताले तिमीहरूलाई यी सबै कुराहरू चाहिन्छ भनी जान्‍नुहुन्छ।
MAT 6:33 तर पहिले परमेश्‍वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्।
MAT 6:34 यसकारण भोलिको निम्ति चिन्ता नगर; किनकि भोलिको चिन्ता भोलिले नै गर्छ। आजको कष्‍ट आजको निम्ति पर्याप्‍त छ।”
MAT 7:1 “न्याय नगर, नत्रता तिम्रो पनि न्याय हुनेछ।
MAT 7:2 किनकि तिमीले जसरी अरूको न्याय गर्दछौ, त्यसरी नै तिम्रो पनि न्याय हुनेछ; जुन नापले तिमी नाप्दछौ, तिमी पनि त्यही किसिमले नापिनेछौ।
MAT 7:3 “तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखाभित्र भएको मुढोलाई चाहिँ ध्यानै दिँदैनौ?
MAT 7:4 जब तिम्रो आँखाभित्र मुढो रहिरहेको हुन्छ, तब तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्‍न सक्छौ?
MAT 7:5 ए कपटी, पहिले आफ्नै आँखाबाट मुढो निकाल। अनि पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्नेछौ।
MAT 7:6 “जे पवित्र छ, त्यो कुकुरहरूलाई नदेओ। तिमीहरूका मोती सुँगुरहरूको अगि नफाल। यदि तिमीहरूले यसो गर्‍यौ भने तिनीहरूले आफ्ना खुट्टाले ती कुल्चलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान्।
MAT 7:7 “माग, र तिमीहरूलाई त्यो दिइनेछ। खोज र तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ।
MAT 7:8 किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ; जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।
MAT 7:9 “तिमीहरूमध्ये त्यो को होला, जसको छोराले रोटी माग्यो भने उसलाई ढुङ्गा देला?
MAT 7:10 अथवा माछा माग्यो भने उसलाई सर्प देला?
MAT 7:11 यसरी तिमीहरू यति दुष्‍ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति असल उपहारहरू दिनुहुनेछ।
MAT 7:12 यसकारण हरेक कुरामा, अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरूले पनि अरूहरूबाट चाहन्छौ। किनकि व्यवस्था र अगमवक्ताहरूको शिक्षाको सारांश यही हो।
MAT 7:13 “साँघुरो ढोकाबाट भित्र पस; किनकि विनाशमा पुर्‍याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ; अनि धेरैले त्यसबाट प्रवेश गर्छन्।
MAT 7:14 तर जीवनमा पुर्‍याउने ढोका सानो र बाटो साँघुरो छ, र थोरैले मात्र त्यो भेट्टाउँछन्।
MAT 7:15 “झूटा अगमवक्ताहरूदेखि होसियार बस; जो तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रचाहिँ तिनीहरू डरलाग्दा ब्वाँसाहरू हुन्।
MAT 7:16 तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के मानिसहरूले काँडाका बोटबाट अङ्‌गुर अथवा सिउँडीको बोटबाट अञ्जीर टिप्छन्?
MAT 7:17 यस्तै किसिमले असल रूखले असल फल फलाउँछ, तर खराब रूखले खराब फल फलाउँछ।
MAT 7:18 असल रूखले खराब फल फलाउन सक्दैन। अनि खराब रूखले असल फल फलाउन सक्दैन।
MAT 7:19 असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ।
MAT 7:20 यसरी तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ।
MAT 7:21 “मलाई ‘प्रभु, प्रभु,’ भन्‍नेहरू सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्; तर त्यसले मात्र प्रवेश गर्नेछ, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालना गर्दछ।
MAT 7:22 त्यस दिन धेरैले मलाई भन्‍नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाममा अगमवाणी गरेनौँ र? अनि तपाईंको नाममा भूतहरू धपाएनौँ र? अचम्मका काम गरेनौँ र?’
MAT 7:23 तब म तिनीहरूलाई स्पष्‍ट रूपले भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। हे अधर्म काम गर्नेहरू हो, मबाट दूर भइजाओ!’
MAT 7:24 “यसकारण हरेक जसले मेरा यी वचनहरू सुनेर त्यसअनुसार काम गर्दछ, त्यो त्यस बुद्धिमान् मानिसजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनायो।
MAT 7:25 अनि पानी पर्‍यो, भल आयो, हुरी चल्यो, र त्यस घरमा बजारियो; तर पनि त्यो ढलेन। किनकि त्यसको जग चट्टानमाथि थियो।
MAT 7:26 तर हरेक मानिस, जसले मेरा यी वचनहरू सुनेर तिनलाई पालना गर्दैन, त्यो एउटा मूर्ख मानिसजस्तो हो, जसले आफ्नो घर बालुवामाथि बनायो।
MAT 7:27 अनि पानी पर्‍यो, भल आयो, हुरी चल्यो, र त्यसमा बजारियो। अनि त्यो पूरै ध्वस्त भएर ढल्यो।”
MAT 7:28 येशूले यी कुरा भनिसक्नुभएपछि भीडहरू उहाँको शिक्षामा छक्‍क परे।
MAT 7:29 किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैँ होइन, तर अधिकार भएको व्यक्तिले झैँ सिकाउनुहुन्थ्यो।
MAT 8:1 जब येशू डाँडाबाट ओर्लेर आउनुभयो, तब एउटा ठूलो भीडले उहाँलाई पछ्यायो।
MAT 8:2 कुष्‍ठरोग लागेको एउटा मानिस आएर उहाँको अगि घुँडा टेकेर भन्यो, “हे प्रभु, यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।”
MAT 8:3 येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!” अनि तुरुन्तै त्यो आफ्नो कुष्‍ठरोगबाट निको भइहाल्यो।
MAT 8:4 तब येशूले त्यसलाई भन्‍नुभयो, “यो कुरा कसैलाई नभन्‍नू, तर जाऊ, आफैँलाई पुजारीकहाँ देखाऊ। अनि तिनीहरूलाई साक्षीका लागि मोशाले आज्ञा दिएअनुसार भेटी चढाऊ।”
MAT 8:5 जब येशू कफर्नहुममा आउनुभयो, तब एक जना सेनापतिले उहाँकहाँ आएर सहायता मागे।
MAT 8:6 तिनले भने, “हे प्रभु, मेरो सेवक घरमा पक्षघातको रोगले धेरै कष्‍ट पाइरहेको छ।”
MAT 8:7 येशूले तिनलाई भन्‍नुभयो, “म आउनेछु र त्यसलाई निको पार्नेछु।”
MAT 8:8 तब सेनापतिले जवाफ दिए, “हे प्रभु, तपाईं मेरो छानामुनि आउनुहुने योग्यको म छैनँ; तर वचन मात्र बोलिदिनुहोस्, र मेरो सेवक निको हुनेछ।
MAT 8:9 किनकि म आफैँ पनि अधिकारमुनि रहने मानिस हुँ। अनि मेरा अधीनमा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा’ भन्छु, र त्यो जान्छ; अनि अर्कोलाई ‘आइज’ भन्छु, र त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्’ भन्छु, र त्यसले त्यो गर्छ।”
MAT 8:10 यो सुनेर येशू आश्‍चर्यचकित हुनुभयो, र आफूलाई पछ्याउनेहरूलाई उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, मैले इस्राएलीहरू कसैमा पनि यति ठूलो विश्‍वास पाएको छैनँ।
MAT 8:11 म तिमीहरूलाई भन्दछु, धेरै जना पूर्व र पश्‍चिमबाट आउनेछन्। अनि स्वर्गको राज्यमा अब्राहाम, इसहाक र याकोबसित भोजमा बस्‍नेछन्।
MAT 8:12 तर परमेश्‍वरको राज्यमा हुनुपर्ने सन्तानचाहिँ बाहिरको अन्धकारमा फालिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।”
MAT 8:13 तब येशूले त्यस सेनापतिलाई भन्‍नुभयो, “जाऊ! तिमीले जस्तो हुनेछ भनी विश्‍वास गरेका थियौ, त्यस्तै हुनेछ।” अनि तिनको सेवक त्यसै बेला निको भइहाल्यो।
MAT 8:14 जब येशू पत्रुसको घरमा आउनुभयो, तब उहाँले पत्रुसकी सासू ज्वरोले थलिएर ओछ्यानमा पस्रिएकी देख्नुभयो।
MAT 8:15 उहाँले तिनको हात छुनुभयो, र ज्वरोले तिनलाई छोडिहाल्यो; अनि उठेर तिनले उहाँको सेवा गरिन्।
MAT 8:16 जब साँझ पर्‍यो, दुष्‍ट आत्मा लागेका धेरैजनालाई उहाँकहाँ ल्याइयो; अनि उहाँले वचनद्वारा ती आत्माहरूलाई धपाइदिनुभयो, र सबै रोगीहरूलाई निको पार्नुभयो।
MAT 8:17 यसरी यशैया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “उहाँले हाम्रा कमजोरीहरू लिनुभयो, अनि हाम्रा रोगहरू उठाइलानुभयो।”
MAT 8:18 आफ्नो चारैतिर भीडलाई देखेर येशूले आफ्ना चेलाहरूलाई तालको पारिपट्टि जाने आज्ञा दिनुभयो।
MAT 8:19 तब एक जना व्यवस्थाको शिक्षकले उहाँकहाँ आएर यसो भने, “हे गुरु, तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।”
MAT 8:20 येशूले जवाफ दिनुभयो, “फ्याउराहरूका ओडार छन् र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।”
MAT 8:21 अर्को चेलाले उहाँलाई भने, “प्रभु, पहिले मलाई मेरा बुबाको लास गाड्न जान दिनुहोस्।”
MAT 8:22 तर येशूले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्।”
MAT 8:23 तब उहाँ डुङ्गामा चढ्नुभयो र उहाँका चेलाहरूले उहाँलाई पछ्याए।
MAT 8:24 अचानक तालमा डरलाग्दो आँधीबेहरी चल्यो। अनि त्यसका छालहरूले डुङ्गालाई ढाक्यो; तर येशू निदाइरहनुभएको थियो।
MAT 8:25 चेलाहरूले गएर यसो भन्दै उहाँलाई उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्! हामी डुब्न लागेका छौँ!”
MAT 8:26 अनि उहाँले जवाफ दिनुभयो, “हे अल्पविश्‍वासी हो, तिमीहरू किन डराउँछौ?” तब उहाँ उठ्नुभयो, र बतास र छालहरूलाई हकार्नुभयो, र बतास पूर्ण रूपले थामियो।
MAT 8:27 ती मानिसहरू छक्‍क परेर भने, “यी मानिस कस्ता किसिमका हुन्? बतास र छालहरू समेतले यिनको आज्ञा मान्दा रहेछन्।”
MAT 8:28 जब येशू गदरिनीहरूको मुलुकको अर्को ठाउँमा आइपुग्नुभयो, तब त्यहाँ चिहानबाट भूत लागेका दुई मानिसहरू उहाँलाई भेट्न आए। तिनीहरू यति हिंसक थिए कि कोही पनि त्यो बाटो भएर जान सक्दैनथियो।
MAT 8:29 तिनीहरूले चिच्याउँदै यसो भने, “हे परमेश्‍वरका पुत्र, तपाईं हामीबाट के चाहनुहुन्छ? के तपाईं तोकिएको समयभन्दा अगि नै हामीलाई सताउन आउनुभएको हो?”
MAT 8:30 त्यस ठाउँदेखि केही टाढा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेका थिए।
MAT 8:31 ती भूतआत्माहरूले येशूसित यसरी बिन्ती गरे, “यदि तपाईंले हामीलाई निकालेर खेद्नुहुन्छ भने हामीलाई सुँगुरको त्यस बगालभित्र जाने अनुमति दिनुहोस्।”
MAT 8:32 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ!” र तिनीहरू निस्केर सुँगुरहरूमा पसे। तब सम्पूर्ण बगाल भिरबाट हुर्रिँदै गएर तालमा खसे, र पानीमा डुबेर मरे।
MAT 8:33 अनि सुँगुर चराउनेहरू भागेर सहरमा पुगे, र त्यो भूत लागेको मानिसलाई के भएको थियो, ती सबै कुरा मानिसहरूलाई बताइदिए।
MAT 8:34 तब सहरका सारा मानिसहरू नै गएर येशूलाई भेटे। जब तिनीहरूले उहाँलाई भेटे, तब उहाँलाई त्यस क्षेत्रबाट गइहाल्न भनी बिन्ती गरे।
MAT 9:1 येशू डुङ्गामा चढ्नुभयो, र वारिपट्टि तरेर आफ्नै सहरमा आउनुभयो।
MAT 9:2 केही मानिसहरूले ओछ्यानमा पस्रिरहेको एक जना पक्षघातीलाई उहाँकहाँ ल्याए। जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, तब उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “हे छोरा, साहस गर, तिम्रा पापहरू क्षमा भएका छन्।”
MAT 9:3 यो देखेर व्यवस्थाका केही शिक्षकहरूले मनमनै यसो भन्‍न लागे, “यस मानिसले ईश्‍वरनिन्दा गरिरहेको छ।”
MAT 9:4 तिनीहरूका विचार थाहा पाएर येशूले भन्‍नुभयो, “तिमीहरू किन आफ्ना हृदयमा दुष्‍ट विचारहरूलाई ठाउँ दिन्छौ?
MAT 9:5 के भन्‍नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्‍नु वा ‘उठ र हिँड’ भन्‍नु?
MAT 9:6 तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु।” उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।”
MAT 9:7 अनि त्यो मानिस उठ्यो र घर गयो।
MAT 9:8 जब भीडले त्यो देखे, तिनीहरू भयभीत भए: अनि परमेश्‍वरले मानिसलाई यस्तो शक्ति दिनुभएकोमा उहाँको प्रशंसा गरे।
MAT 9:9 येशू जब त्यहाँबाट अगि बढ्नुभयो, तब उहाँले मत्ती नाम भएका एक जना मानिसलाई कर उठाउनेहरूको अड्डामा बसिरहेका देख्नुभयो। उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे, र उहाँको पछि लागे।
MAT 9:10 येशू मत्तीको घरमा भोजन गरिरहनुहुँदा धेरै जना कर उठाउनेहरू र पापीहरू आए, र उहाँ र उहाँका चेलाहरूसित खाए।
MAT 9:11 जब फरिसीहरूले यो देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे, “तिमीहरूका गुरु किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?”
MAT 9:12 यो सुनेर येशूले भन्‍नुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ।
MAT 9:13 अब जाऊ, र यसको अर्थ के रहेछ, सिक: ‘म बलिदान होइन, तर दया चाहन्छु।’ किनकि म धर्मीहरूलाई होइन; तर पापीहरूलाई बोलाउन आएको हुँ।”
MAT 9:14 तब यूहन्‍नाका चेलाहरू आएर उहाँलाई सोधे, “हामी र फरिसीहरू प्रायजसो उपवास बस्छौँ, तर तपाईंका चेलाहरूचाहिँ किन बस्दैनन्?”
MAT 9:15 येशूले जवाफ दिनुभयो, “दुलहा साथमा हुँदा उहाँका पाहुनाहरू कसरी विलाप गर्न सक्छन्? तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, तब तिनीहरू उपवास बस्‍नेछन्।
MAT 9:16 “कसैले पनि पुरानो कपडामा नयाँ कपडाको टालोले टाल्दैन; किनकि नयाँ टालो खुम्चिन्छ र पुरानोबाट च्यात्तिएर जान्छ; अनि त्यो वस्त्र फाटेर झन् नराम्रो हुन्छ।
MAT 9:17 न त मानिसहरूले पुरानो मशकमा नयाँ दाखमद्य हाल्छन्। यदि तिनीहरूले त्यसो गरे भने छालाहरू फुट्छन्। अनि दाखमद्य पोखिन्छ र मशक नष्‍ट हुनेछ। त्यसो हुन नदिन तिनीहरूले नयाँ दाखमद्य नयाँ मशकमै हाल्नुपर्दछ र दुवै जोगिन्छन्।”
MAT 9:18 येशूले यी कुराहरू भनिरहनुहुँदा एक जना शासकले उहाँकहाँ आएर उहाँको अगि घुँडा टेकेर भने, “मेरी छोरी भर्खरै मरी, तर तपाईं आएर त्यसमाथि आफ्नो हात राखिदिनुहोस्, र त्यो बाँच्नेछे।”
MAT 9:19 येशू उठेर तिनीसित जानुभयो, र उहाँका चेलाहरू पनि उहाँसँगै गए।
MAT 9:20 ठिक त्यसै बेला बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री उहाँको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई।
MAT 9:21 त्यसले मनमनै यसो भनी, “यदि मैले उहाँको वस्त्र मात्र छुन पाएँ भने म निको हुनेछु।”
MAT 9:22 येशू पछिल्तिर फर्कनुभयो, र त्यसलाई देख्नुभयो। उहाँले भन्‍नुभयो, “हे छोरी, साहस गर, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” अनि त्यो स्त्री त्यसै बेला निको भई।
MAT 9:23 जब येशू त्यस शासकको घरमा पस्‍नुभयो, उहाँले शोक धुनको बाँसुरी बजाउनेहरू र कोलाहल गर्नेहरूका भीडलाई देख्नुभयो।
MAT 9:24 अनि भन्‍नुभयो, “बाहिर जाओ। केटी मरेकी छैन, तर निदाएकी मात्र छे।” तर तिनीहरूले उहाँको कुरालाई हाँसोमा उडाइदिए।
MAT 9:25 भीडलाई बाहिर निकालेपछि उहाँ भित्र पस्‍नुभयो। अनि त्यस केटीको दाहिने हात समात्नुभयो; अनि त्यो केटी उठी।
MAT 9:26 यो कुराको खबर त्यस मुलुकभरि फैलियो।
MAT 9:27 येशू जब त्यहाँबाट अगि बढ्नुभयो, दुई जना दृष्‍टिविहीन मानिसहरूले यसो भन्दै उहाँलाई पछ्याए, “हे दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!”
MAT 9:28 जब उहाँ घरभित्र पस्‍नुभयो, ती दृष्‍टिविहीन मानिसहरू उहाँकहाँ आए; अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “म यसो गर्न सक्छु भनी के तिमीहरू विश्‍वास गर्छौ?” तिनीहरूले जवाफ दिए, “गर्छौँ प्रभु।”
MAT 9:29 तब उहाँले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूको विश्‍वासअनुसार तिमीहरूलाई होस्।”
MAT 9:30 अनि तिनीहरूका आँखा खुले। येशूले तिनीहरूलाई यसरी कडा चेतावनी दिनुभयो, “यो कुरा कसैले थाहा नपाओस्।”
MAT 9:31 तर तिनीहरू गइहाले; अनि उहाँको बारेमा सारा मुलुकभरि खबर फिँजाए।
MAT 9:32 उहाँहरू जाँदै गर्नुहुँदा एक जना भूत लागेको र बोल्न नसक्ने मानिसलाई उहाँकहाँ ल्याइयो।
MAT 9:33 अनि जब भूत निकालियो, तब त्यो बोल्न नसक्ने मानिस बोल्यो र भीडले छक्‍क पर्दै भने, “इस्राएलमा यस्तो कहिल्यै देखिएको थिएन।”
MAT 9:34 तर फरिसीहरूले भने, “यिनले त भूतहरूको शासकको सहायताले भूतहरू धपाउँछन्।”
MAT 9:35 येशूले सबै सहरहरू अनि गाउँहरूमा, तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार घोषणा गर्दै अनि रोग र बिरामीहरू निको पार्दै जानुभयो।
MAT 9:36 भीडहरूलाई देखेर उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैँ हैरान र असहाय भएका थिए।
MAT 9:37 अनि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्।
MAT 9:38 त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर।”
MAT 10:1 येशूले आफ्ना बाह्र चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने, र हरेक किसिमका रोग र बिरामी निको पार्ने अधिकार दिनुभयो।
MAT 10:2 ती बाह्र प्रेरितहरूका नाम यिनै हुन्: पहिलो पत्रुस भनिने सिमोन, र तिनका भाइ अन्द्रियास; जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्‍ना;
MAT 10:3 फिलिप अनि बारथोलोमाइ; थोमा अनि कर उठाउने मत्ती; अल्फयसका छोरा याकोब र थेदियस;
MAT 10:4 सिमोन कनानी र यहूदा इस्करियोत, जसले उहाँलाई धोका दियो।
MAT 10:5 यी बाह्र जनालाई येशूले यस्ता अधिकार दिएर पठाउनुभयो: “गैरयहूदीहरूको बीचमा नजाओ, र सामरीहरूका सहरहरूमा नपस।
MAT 10:6 बरु इस्राएलका हराएका भेडाहरूकहाँ जाओ।
MAT 10:7 तिमीहरू गएर यो समाचार प्रचार गर: ‘स्वर्गको राज्य नजिक आएको छ।’
MAT 10:8 रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्‍ठरोगीहरूलाई निको बनाओ; भूतआत्माहरू धपाओ। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।
MAT 10:9 “आफूसित पटुकामा सुन, चाँदी अथवा तामाको सिक्‍का नलैजाओ।
MAT 10:10 यात्राका लागि झोला अथवा दुईसरो लुगा, जुत्ता अथवा लहुरो नबोक; किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ।
MAT 10:11 तिमीहरू जुन सहर अथवा गाउँमा जान्छौ, त्यस ठाउँमा को योग्यको छ, त्यस व्यक्तिलाई खोज; अनि तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यसकै घरमा अतिथीको रूपमा बस।
MAT 10:12 तिमीहरू त्यस घरमा पस्दा, त्यसलाई अभिवादन गर।
MAT 10:13 यदि त्यो घर योग्यको छ भने तिमीहरूको शान्ति त्यस घरमा रहोस्; यदि छैन भने तिमीहरूको शान्ति तिमीहरूकहाँ फर्किआओस्।
MAT 10:14 यदि कसैले तिमीहरूलाई स्वागत गरेन भने अथवा तिमीहरूको कुरा सुन्दैन भने तिमीहरूले त्यस घर अथवा सहरलाई छोडेर जाँदा तिमीहरूका पैतालाका धुलो टक्टक्याइदेओ।
MAT 10:15 म तिमीहरूलाई साँच्‍चै भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा त सदोम र गमोराको अवस्था सहन सक्ने हुनेछ।
MAT 10:16 “म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाहरूझैँ पठाउँदैछु। यसकारण सर्पझैँ चतुर र ढुकुरझैँ सोझो होओ।
MAT 10:17 मानिसहरूदेखि होसियार बस, तिनीहरूले तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा कोर्रा लगाउनेछन्।
MAT 10:18 मेरो कारणले गर्दा तिमीहरू राज्यपालहरू र राजाहरूका अगाडि लगिनेछौ, र तिमीहरू गैरयहूदीहरूका अगि मेरा साक्षी हुनेछौ।
MAT 10:19 तर जब तिनीहरूले तिमीहरूलाई पक्रनेछन्, तिमीहरूले के बोल्नुपर्ने वा कसरी बोल्नुपर्छ भनी फिक्री नगर। त्यसै बेला तिमीहरूले के भन्‍नुपर्ने हो, सो दिइनेछ।
MAT 10:20 किनकि त्यो तिमीहरू बोलेका हुनेछैनौ, तर तिमीहरूका पिताको आत्मा नै तिमीहरूद्वारा बोल्नुहुनेछ।
MAT 10:21 “भाइले भाइलाई, बुबाले आफ्नो छोराछोरीलाई मृत्युका निम्ति धोका दिनेछन्; छोराछोरीहरू आफ्ना आमाबुबाको विरुद्धमा उठ्नेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्।
MAT 10:22 मेरो कारण तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार हुनेछ।
MAT 10:23 जब तिमीहरू एक ठाउँमा सताइनेछौ, तब अर्को ठाउँमा भाग। म साँचो भन्दछु, मानिसको पुत्र आउनुभन्दा अगि तिमीहरूले इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ।
MAT 10:24 “चेला आफ्ना गुरुभन्दा श्रेष्‍ठ हुँदैन, न त सेवक मालिकभन्दा श्रेष्‍ठ हुन सक्छ।
MAT 10:25 चेलालाई गुरुसमान हुनु र सेवकलाई मालिकसमान हुनु नै पर्याप्‍त हुन्छ। यदि घरका मुखियालाई बालजिबुल भनेका छन् भने घरका सदस्यहरूलाई त झन् कति बढ्ता गरी भन्लान्!
MAT 10:26 “यसकारण तिनीहरूसित नडराओ। लुकेको कुनै कुरा छैन, जो प्रकट हुँदैन र गुप्‍तमा कुनै कुरा लुकेको छैन, जो थाहा लाग्दैन।
MAT 10:27 जे मैले तिमीहरूलाई अन्धकारमा भन्छु, त्यो दिनको उज्यालोमा भनिदेओ: तिमीहरूले कानमा जे सुन्छौ, त्यो घरका धुरीबाट प्रचार गरिदेओ।
MAT 10:28 शरीरलाई मार्ने तर प्राणलाई नष्‍ट गर्न नसक्नेहरूसित नडराओ। बरु शरीर र प्राण दुवैलाई नरकमा नष्‍ट गर्न सक्नुहुने परमेश्‍वरसित डराओ।
MAT 10:29 के एक पैसामा दुई भँगेरा बिक्दैनन्? तापनि तीमध्ये तिमीहरूका पिताको इच्छाविना एउटा पनि भुइँमा खस्दैन।
MAT 10:30 तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्।
MAT 10:31 यसकारण नडराओ; तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ।
MAT 10:32 “जसले मलाई मानिसहरूको सामु स्वीकार गर्दछ, त्यसलाई म पनि मेरा स्वर्गमा हुनुहुने पिताको सामु स्वीकार गर्नेछु।
MAT 10:33 तर जसले मलाई मानिसहरूको सामु अस्वीकार गर्छ, त्यसलाई म मेरा स्वर्गमा हुनुहुने पिताको सामु अस्वीकार गर्नेछु।
MAT 10:34 “म संसारमा शान्ति ल्याउन आएको हुँ भनी नठान। म संसारमा शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएको हुँ।
MAT 10:35 किनकि म, “ ‘मानिसलाई उसको बुबाको विरुद्धमा, छोरीलाई उसकी आमाको विरुद्धमा, बुहारीलाई उसकी सासूको विरुद्धमा अलग गराउन आएको हुँ।
MAT 10:36 मानिसका शत्रुहरू त आफ्नै घरका सदस्यहरू हुनेछन्।’
MAT 10:37 “जसले मलाई भन्दा आफ्ना बुबा वा आमालाई धेरै प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन; जसले आफ्ना छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन।
MAT 10:38 अनि जसले आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन।
MAT 10:39 जसले आफ्नो प्राण जोगाउँछ, उसले त्यो गुमाउनेछ; जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, उसले त्यो पाउनेछ।
MAT 10:40 “जसले तिमीहरूलाई ग्रहण गर्दछ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्दछ, उसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।
MAT 10:41 जसले अगमवक्तालाई अगमवक्ताको रूपमा ग्रहण गर्दछ, त्यसले अगमवक्ताको इनाम पाउनेछ; अनि जसले धर्मी मानिसलाई धर्मी मानिसको रूपमा ग्रहण गर्दछ, त्यसले धर्मी मानिसको इनाम पाउनेछ।
MAT 10:42 यदि कसैले यी सानाहरूमध्ये एक जनालाई मेरो चेला हो भनी एक गिलास चिसो पानी दिन्छ भने म तिमीहरूलाई साँच्‍चै भन्दछु, निश्‍चय नै उसले आफ्नो इनाम गुमाउनेछैन।”
MAT 11:1 येशूले आफ्ना बाह्रै जना चेलाहरूलाई निर्देशन दिइसक्नुभएपछि, उहाँ त्यहाँबाट गालीलका सहरहरूतिर शिक्षा दिन र प्रचार गर्न जानुभयो।
MAT 11:2 जब यूहन्‍नाले झ्यालखानामा ख्रीष्‍टले गर्नुभएको कामको बारेमा सुने, तिनले आफ्ना चेलाहरूलाई उहाँकहाँ यो सोध्न पठाए,
MAT 11:3 “के आउनेवाला मुक्तिदाता जो हुनुहुन्थ्यो, त्यो तपाईं नै हुनुहुन्छ, अथवा हामी अझै कसैको प्रतीक्षा गरौँ?”
MAT 11:4 येशूले जवाफ दिनुभयो, “जाओ, र तिमीहरूले जे सुन्छौ र देख्छौ, त्यही कुरा यूहन्‍नालाई भनिदेओ:
MAT 11:5 दृष्‍टिविहीनहरूले दृष्‍टि पाउँछन् र लङ्गडाहरू हिँड्छन्। कुष्‍ठरोग लागेकाहरू निको हुन्छन्। बहिराहरूले सुन्छन्; मरेकाहरू जीवित पारिन्छन्; र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ।
MAT 11:6 त्यो धन्यको हो, जसको विश्‍वास मबाट हट्दैन।”
MAT 11:7 जब यूहन्‍नाका चेलाहरू जान लागे, तब येशूले भीडलाई यूहन्‍नाको विषयमा भन्‍न लाग्नुभयो: “तिमीहरू उजाडस्थानमा के हेर्न गयौ? के हावाले हल्‍लाएको निगालोलाई?
MAT 11:8 यदि होइन भने तिमीहरू के हेर्न गयौ त? के महङ्गो लुगा लगाएको मानिसलाई हेर्न? होइन, महङ्गो लुगा लगाउनेहरू त राजाका दरबारमा हुन्छन्।
MAT 11:9 त्यसो भए तिमीहरू के हेर्नलाई गयौ त? के अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, एक अगमवक्ताभन्दा पनि महान्‌लाई।
MAT 11:10 यिनी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ: “ ‘म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।’
MAT 11:11 म तिमीहरूलाई साँच्‍चै भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा बप्‍तिस्मा दिने यूहन्‍नाभन्दा महान् अरू कोही छैन; तापनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा पनि महान् हुनेछ।
MAT 11:12 बप्‍तिस्मा दिने यूहन्‍नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य बलपूर्वक अगि बढिरहेको छ, र जबरजस्ती गर्नेहरूले यसलाई पक्रिराखेका छन्।
MAT 11:13 किनकि सबै अगमवक्ताहरू र व्यवस्थाले यूहन्‍नाको समयसम्म अगमवाणी गरे।
MAT 11:14 यदि तिमीहरू यसलाई ग्रहण गर्न राजी छौ भने आउनुपर्ने एलिया यिनी नै हुन्।
MAT 11:15 जसको कान छ, उसले सुनोस् र बुझोस्।
MAT 11:16 “यस पुस्तालाई म केसित तुलना गरूँ? तिनीहरू बजारमा बसेर अरूहरूलाई बोलाउँदै यसो भन्‍ने केटाकेटीहरूजस्ता छन्:
MAT 11:17 “ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ। हामीले शोकको गीत गायौँ, अनि तिमीहरूले विलाप गरेनौ!’
MAT 11:18 किनकि यूहन्‍ना न त खाँदै आए, न पिउँदै आए; अनि तिनीहरू भन्छन्, ‘तिनलाई भूत लागेको छ।’
MAT 11:19 मानिसको पुत्र खाँदै र पिउँदै आयो; अनि तिनीहरू भन्छन्, ‘हेर, यो घिचुवा र पियक्‍कड, र कर उठाउनेहरू र पापीहरूको मित्र।’ तर बुद्धि ठिक छ भन्‍ने त्यसका कामहरूद्वारा नै प्रमाणित हुन्छ।”
MAT 11:20 त्यसपछि येशूले ती सहरहरूलाई धिक्‍कार्न थाल्नुभयो; जहाँ उहाँका धेरैजसो अचम्मका कामहरू गरिएका थिए; किनकि तिनीहरूले पश्‍चात्ताप गरेनन्।
MAT 11:21 “धिक्‍कार तँलाई हे खोराजिन! धिक्‍कार तँलाई हे बेथसेदा! यदि तिमीहरूमा गरिएका अचम्मका कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले नै भाङ्ग्रा ओढेर र खरानी धसेर पश्‍चात्ताप गर्नेथिए।
MAT 11:22 तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टायर र सीदोनको अवस्था सहन सक्ने हुनेछ।
MAT 11:23 अनि हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ पातालमा खसालिनेछस्। यदि तँकहाँ गरिएका अचम्मका कामहरू सदोममा गरिएका भए, त्यो आजसम्म रहिरहनेथियो।
MAT 11:24 तर म तँलाई यो भन्दछु, न्यायको दिनमा तेरोभन्दा त सदोम सहरको अवस्था सहन सक्ने हुनेछ।”
MAT 11:25 त्यस बेला येशूले भन्‍नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंको प्रशंसा गर्दछु; किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र ज्ञानीहरूबाट गुप्‍त राखेर साना बालबालिकाहरूलाई प्रकट गरिदिनुभएको छ।
MAT 11:26 किनकि हे पिता, तपाईंलाई यस्तै गर्न असल लाग्यो।
MAT 11:27 “मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले चिन्दैन; अनि पितालाई पुत्रले बाहेक र पुत्रले प्रकट गर्न चाहनुभएका मानिसहरूबाहेक अरू कसैले चिन्दैन।
MAT 11:28 “हे सबै थाकेका र बोझले दबिएकाहरू हो, मकहाँ आओ, र म तिमीहरूलाई विश्राम दिनेछु।
MAT 11:29 मेरो जुवा आफूमाथि राख, र मबाट सिक; किनकि म नम्र र कोमल हृदयको छु, र तिमीहरूले आफ्ना आत्माको लागि विश्राम पाउनेछौ।
MAT 11:30 किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।”
MAT 12:1 त्यस बेला येशू शब्बाथ दिनमा अन्‍नका खेतबारीहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। उहाँका चेलाहरू भोकाएका थिए। अनि तिनीहरूले अन्‍नका केही बालाहरू टिपेर खान थाले।
MAT 12:2 यो देखेर फरिसीहरूले येशूलाई भने, “हेर्नुहोस्, तपाईंका चेलाहरूले शब्बाथ दिनमा उचित नहुने काम गरिरहेका छन्।”
MAT 12:3 उहाँले जवाफ दिनुभयो, “के तिमीहरूले पढेका छैनौ? दावीदले आफू र आफ्ना साथीहरू भोकाएका बेला के गरेका थिए?
MAT 12:4 तिनी परमेश्‍वरको भवनभित्र पसे, र तिनी र तिनका साथीहरूले परमेश्‍वरलाई अर्पण गरिएको रोटी खाए, जुन रोटी केवल पुजारीहरूले मात्र खान उचित थियो; तर अरूको लागि उचित थिएन।
MAT 12:5 अथवा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ? शब्बाथ दिनमा मन्दिरभित्र भएका पुजारीहरूले त्यस दिनलाई अपवित्र तुल्याउँछन्, तैपनि निर्दोष नै रहन्छन्?
MAT 12:6 म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान् यहाँ कोही एक जना हुनुहुन्छ।
MAT 12:7 यदि तिमीहरूले यो कुरा अर्थात् ‘म बलिदान होइन, तर दया चाहन्छु’ भन्‍ने बुझेका भए, तिमीहरूले निर्दोषलाई दोषी ठहराउने थिएनौ।
MAT 12:8 किनकि मानिसको पुत्र शब्बाथ दिनको पनि प्रभु हो।”
MAT 12:9 त्यस ठाउँदेखि अगि बढ्दै उहाँ तिनीहरूका सभाघरमा जानुभयो।
MAT 12:10 त्यहाँ हात सुकेर नचल्ने भएको एक जना मानिस थियो। येशूलाई दोष लगाउने कारण भेट्टाउनलाई तिनीहरूले उहाँलाई सोधे, “के शब्बाथमा निको पार्नु उचित छ?”
MAT 12:11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरूको एउटा भेडा छ; अनि त्यो शब्बाथ दिनमा खाडलभित्र खस्यो भने के तिमीहरूले त्यसलाई समातेर बाहिर निकाल्नेछैनौ र?
MAT 12:12 मानिस भेडाभन्दा कति मूल्यवान् हुन्छ! यसकारण शब्बाथ दिनमा असल गर्नु उचित हुन्छ।”
MAT 12:13 तब उहाँले त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात सीधा पसार।” त्यसले सीधा पसार्‍यो, र त्यसको हात अर्कोजस्तै निको भयो।
MAT 12:14 तर फरिसीहरू बाहिर गइहाले; अनि येशूलाई कसरी मार्ने भनी षड्यन्त्र रच्न थाले।
MAT 12:15 त्यो कुरा थाहा पाएर येशू त्यस ठाउँबाट गइहाल्नुभयो। एउटा ठूलो भीड उहाँका पछि लागे; र उहाँले तिनीहरूका सबै बिरामीहरूलाई निको पार्नुभयो।
MAT 12:16 अनि उहाँ को हुनुहुन्छ त्यो कसैलाई नभन्‍नू भनी चेतावनी दिनुभयो।
MAT 12:17 यो यशैयाबाट भनिएको कुरा पूरा हुनलाई थियो:
MAT 12:18 “यिनी मेरा सेवक हुन्, जसलाई मैले चुनेको छु, जसलाई म प्रेम गर्छु, जससँग म प्रसन्‍न छु; म मेरो आत्मा तिनीमाथि राख्नेछु, अनि तिनले राष्ट्रहरूलाई न्यायको घोषणा गर्नेछन्।
MAT 12:19 तिनले झगडा गर्नेछैनन्, न त चिच्याउनेछन्; तिनको सोर सडकतिर कसैले पनि सुन्‍नेछैन।
MAT 12:20 चोट परेको निगालोलाई तिनले भाँच्नेछैनन्, अनि धुवाँ आउँदैगरेको सलेदोलाई तिनले निभाउनेछैनन्, जबसम्म तिनले न्यायलाई विजयसम्म पुर्‍याउँदैनन्।
MAT 12:21 तिनकै नाममा राष्ट्रहरूले आफ्ना आशा राख्नेछन्।”
MAT 12:22 तब तिनीहरूले उहाँकहाँ एक जना भूत लागेको मानिसलाई ल्याए, जो दृष्‍टिविहीन थियो, र बोल्न पनि सक्दैनथियो; अनि येशूले त्यसलाई निको पार्नुभयो, र त्यसले देख्न र बोल्न पनि सक्यो।
MAT 12:23 ती सबै मानिसहरू छक्‍क पर्दै भने, “के यिनी नै दावीदका पुत्र होइनन् र?”
MAT 12:24 तर जब फरिसीहरूले यो सुने, तब तिनीहरूले भने, “यसले त केवल भूतहरूको शासक बालजिबुलद्वारा मात्रै भूतहरू धपाउँछ।”
MAT 12:25 येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “आपसमा फाटो भएको प्रत्येक राज्य नष्‍ट भएर जान्छ, र प्रत्येक सहर र परिवार आपसमा विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन।
MAT 12:26 यदि शैतानले शैतानलाई धपाउँछ भने त्यो आफ्नै विरुद्धमा विभाजित भएको हुन्छ; तब त्यसको राज्य कसरी टिक्न सक्छ?
MAT 12:27 यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका मानिसहरूले चाहिँ कसको शक्तिद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्।
MAT 12:28 तर यदि म परमेश्‍वरको आत्माले भूतहरू निकाल्छु भने परमेश्‍वरको राज्य तिमीहरूमा आइसकेको छ।
MAT 12:29 “अथवा फेरि, कसैले घरको बलियो मानिसलाई पहिला नबाँधि कसरी उसको घरमा पसेर उसका सबै थोकहरू लैजान सक्ला र? तर उसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ।
MAT 12:30 “जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ।
MAT 12:31 यसकारण म भन्दछु, हरेक किसिमको पाप र निन्दा मानिसलाई क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा भएको निन्दा क्षमा हुनेछैन।
MAT 12:32 कसैले मानिसको पुत्रको विरुद्धमा केही बोल्यो भने त्यसलाई क्षमा गरिनेछ; तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई न यस समयमा, न त आउने समयमा नै क्षमा गरिनेछ।
MAT 12:33 “रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ, अथवा रूखलाई खराब बनाओ, र त्यसको फल खराब हुनेछ; किनकि फलबाटै रूख चिनिन्छ।
MAT 12:34 हे सर्पका सन्तान हो, तिमीहरू दुष्‍ट भईकन कसरी केही कुरालाई असल भन्‍न सक्छौ? किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ।
MAT 12:35 असल मानिसले आफ्नो असल भण्डारबाट असल कुराहरू निकाल्छ, र दुष्‍ट मानिसले आफ्नो दुष्‍ट भण्डारबाट दुष्‍ट कुराहरू नै निकाल्दछ।
MAT 12:36 तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा मानिसहरूले आफूले असावधानीपूर्वक बोलेको प्रत्येक शब्दको लेखा दिनुपर्नेछ।
MAT 12:37 किनकि तिम्रा आफ्नै बोलीहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा आफ्नै बोलीहरूले तिमी दोषी ठहरिनेछौ।”
MAT 12:38 एक दिन केही फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँलाई भने, “हे गुरु, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौँ।”
MAT 12:39 उहाँले जवाफ दिनुभयो, “दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ! तर यसलाई अगमवक्ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।
MAT 12:40 किनकि जसरी योना एउटा विशाल माछाको पेटमा तीन दिन र तीन रात रहेका थिए, त्यसरी नै मानिसको पुत्र पनि पृथ्वीभित्र तीन दिन र तीन रात रहनेछ।
MAT 12:41 न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्; किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्‍चात्ताप गरेका थिए; तर हेर योनाभन्दा महान् एक जना यहाँ छन्।
MAT 12:42 न्यायको समयमा दक्षिणकी रानी यस पुस्तासित खडा भएर यस पुस्तालाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्‍नलाई पृथ्वीको पल्‍लो छेउदेखि आएकी थिइन्, तर हेर सोलोमनभन्दा महान् एक जना यहाँ छन्।
MAT 12:43 “जब कुनै अशुद्ध आत्मा कुनै मानिसबाट निस्किन्छ, तब त्यो ओबानो ठाउँहरूमा विश्राम खोज्न जान्छ; र त्यसले भेट्टाउँदैन।
MAT 12:44 तब त्यसले भन्छ, ‘म निस्केर आएको घरमा नै फर्केर जानेछु।’ जब त्यो आइपुग्छ, त्यसले त्यो घर खाली, सफा गरिएको र सुव्यवस्थित पाउँछ।
MAT 12:45 त्यसपछि त्यो जान्छ, र आफूभन्दा अझै दुष्‍ट अरू सात आत्माहरूलाई आफूसित लिएर आउँछ, र ती सबै भित्र गएर त्यहीँ बस्छन्। अनि त्यो मानिसको पछिल्‍लो दशा पहिलेको भन्दा झन् खराब हुन्छ। यस दुष्‍ट पुस्तालाई पनि यस्तै हुनेछ।”
MAT 12:46 येशू भीडसित बोलिरहनुहुँदा उहाँकी आमा र भाइहरू उहाँसित कुरा गर्नलाई बाहिर उभिएका थिए।
MAT 12:47 कसैले उहाँलाई भन्यो, “तपाईंकी आमा र भाइहरू तपाईंसँग कुरा गर्नका लागि बाहिर उभिरहेका छन्।”
MAT 12:48 उहाँले तिनलाई जवाफ दिनुभयो, “मेरी आमा को हुन्? मेरा भाइहरू को हुन्?”
MAT 12:49 तब चेलाहरूतिर देखाएर उहाँले भन्‍नुभयो, “मेरा आमा र भाइहरू यिनीहरू नै हुन्।
MAT 12:50 किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पूरा गर्छ, उही नै मेरो भाइ, बहिनी र आमा हुन्।”
MAT 13:1 येशू त्यही दिन त्यस घरबाट निस्केर तालको छेउमा बस्‍नुभयो।
MAT 13:2 उहाँको चारैतिर यति ठूला भीडहरू जम्मा भए कि उहाँ एउटा डुङ्गामा चढेर बस्‍नुभयो; अरू सबै मानिसहरूचाहिँ किनारमा उभिए।
MAT 13:3 तब उहाँले यसो भन्दै तिनीहरूलाई दृष्‍टान्तबाट धेरै कुराहरू भन्‍नुभयो: “एक जना किसान बिउ छर्नलाई निस्क्यो।
MAT 13:4 उसले जब बिउ छर्दैथियो, केही बिउ बाटोमा परे; अनि चराहरू आएर खाइदिए।
MAT 13:5 केही ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन। माटो पर्याप्‍त नभएकोले, ती चाँडै उम्रे।
MAT 13:6 तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए; अनि तिनीहरूमा जरा नभएको हुनाले सुकिहाले।
MAT 13:7 अरू केही बिउचाहिँ काँडाका झाडीमा परे; अनि काँडाहरू बढेर आए, र ती बिरुवाहरूलाई निसासिदिए।
MAT 13:8 अरू बिउहरूचाहिँ असल जमिनमा परे; जसबाट त्यसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा अन्‍न फलाए।
MAT 13:9 जसको कान छ, त्यसले सुनोस् र बुझोस्।”
MAT 13:10 चेलाहरूले उहाँकहाँ आएर सोधे, “तपाईं मानिसहरूसित किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ?”
MAT 13:11 उहाँले जवाफ दिनुभयो, “स्वर्गको राज्यको रहस्यको ज्ञान तिमीहरूलाई प्रकट गरिएको छ, तर तिनीहरूलाई प्रकट गरिएको छैन।
MAT 13:12 जोसित छ, त्यसलाई अरू दिइनेछ, र त्योसित प्रशस्त हुनेछ; तर जोसित छैन, त्योसित भएको पनि खोसिनेछ।
MAT 13:13 यसैकारण म तिनीहरूसित दृष्‍टान्तद्वारा बोल्छु: “तिनीहरूले हेरे तापनि देख्नेछैनन्: तिनीहरूले सुने तापनि सुन्‍ने वा बुझ्नेछैनन्।”
MAT 13:14 तिनीहरूमा यशैयाको अगमवाणी पूरा भयो: “ ‘तिमीहरू सुनिरहनेछौ, तर कहिल्यै बुझ्नेछैनौ; तिमीहरू देख्न त देख्छौ, तर कहिल्यै बुझ्नेछैनौ।
MAT 13:15 किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्। तिनीहरूका कानले प्रायः सुन्दैनन्, अनि तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्। नत्रता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, आफ्ना कानले सुन्‍नेथिए, आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’”
MAT 13:16 “तर तिमीहरूका आँखा धन्यका हुन्; किनकि तिनले देख्छन्; अनि तिमीहरूका कान धन्यका हुन्; किनकि तिनले सुन्छन्।
MAT 13:17 किनकि म तिमीहरूलाई साँच्‍चै भन्दछु, धेरै अगमवक्ताहरू र धर्मी मानिसहरूले तिमीहरूले देखेका कुराहरू हेर्ने उत्कट इच्छा गरेका थिए, तर देखेनन्। अनि तिमीहरूले सुनेका कुराहरू सुन्‍ने उत्कट इच्छा गरेका थिए, तर सुनेनन्।
MAT 13:18 “त्यसैले बिउ छर्नेको दृष्‍टान्तको अर्थ के हो, ध्यानसित सुन:
MAT 13:19 कसैले राज्यको वचन सुनेर बुझेन भने दुष्‍ट आएर उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ। बाटोतिर परेको बिउ यही हो।
MAT 13:20 ढुङ्गेनी जमिनमा खसेको बिउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्‍नेबित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छ।
MAT 13:21 तर तिनीहरूका जरा नभएको हुनाले ती थोरै समयको लागि मात्र रहन्छन्। जब वचनको कारण दुःख र सतावट आइपर्छ, तब तिनीहरू झट्टै पछि हटिहाल्छन्।
MAT 13:22 काँडाहरूमा परेको बिउले त्यस्तो मानिसलाई जनाउँछ, जसले वचन त सुन्छ, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले वचनलाई निसासिदिन्छन्, र त्यो फलहीन हुन्छ।
MAT 13:23 तर असल जमिनमा परेको बिउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्छ र बुझ्छ। उसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछ।”
MAT 13:24 येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य त्यो मानिसजस्तो हो, जसले आफ्नो खेतबारीमा असल बिउ छर्‍यो।
MAT 13:25 तर सबै सुतिरहेका बेला उसको शत्रु आयो, र गहुँको बीच-बीचमा सामा छरेर गयो।
MAT 13:26 जब गहुँ उम्रियो र बाला लाग्यो, तब सामा पनि देखा पर्‍यो।
MAT 13:27 “त्यसैले मालिकका सेवकहरू आएर उसलाई भने, ‘मालिक, के तपाईंले आफ्नो खेतबारीमा असल बिउ छर्नुभएको होइन र? तब यो सामा कताबाट आयो त?’
MAT 13:28 “ ‘कुनै शत्रुले यसो गर्‍यो,’ उसले जवाफ दियो। “ती सेवकहरूले उसलाई सोधे, ‘के हामी गएर ती उखेलिदिऔँ भन्‍ने तपाईं चाहनुहुन्छ?’
MAT 13:29 “उसले जवाफ दियो, ‘भयो, पर्दैन, नत्रता तिमीहरूले सामासँग-सँगै गहुँ पनि उखेल्नेछौ।
MAT 13:30 कटनीको समयसम्म दुवैलाई सँगसँगै बढ्नदेओ। त्यस बेला म कटनी गर्नेहरूलाई भन्‍नेछु: पहिले सामा बटुलेर जलाइनको लागि बिटा बाँध: त्यसपछि गहुँ बटुलेर मेरो धनसारमा ल्याओ।’ ”
MAT 13:31 उहाँले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य एउटा रायोको बिउजस्तो हो, जसलाई कुनै मानिसले लिएर बारीमा रोप्यो।
MAT 13:32 बिउहरूमा सबैभन्दा सानो भए तापनि जब यो बढ्छ, यो बारीमा भएका अरू बोटबिरुवाहरूभन्दा ठूलो भएर झाँगिन्छ, र चराचुरुङ्गीहरू यसका हाँगाहरूमा बास बस्छन्।”
MAT 13:33 उहाँले तिनीहरूलाई अझ अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य खमिरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करिब सत्ताइस किलो जति पिठोमा मिसाई, र सम्पूर्ण पिठो खमिरी नहुन्जेल राखी।”
MAT 13:34 येशूले भीडलाई यी सबै कुराहरू दृष्‍टान्तहरूमा भन्‍नुभयो; उहाँले दृष्‍टान्तहरू प्रयोग नगरी तिनीहरूलाई केही भन्‍नुभएन।
MAT 13:35 यसरी अगमवक्ताद्वारा भनिएको यो कुरा पूरा भयो: “म दृष्‍टान्तहरूमा आफ्नो मुख खोल्नेछु; म संसारको उत्पत्तिदेखि गुप्‍त रहेका कुराहरू प्रकाश गर्नेछु।”
MAT 13:36 तब येशू भीडलाई छोडेर घरमा आउनुभयो। उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “हामीलाई खेतबारीमा भएको सामाको दृष्‍टान्तको अर्थ बुझाइदिनुहोस्।”
MAT 13:37 उहाँले जवाफ दिनुभयो, “जसले असल बिउ छर्‍यो, त्योचाहिँ मानिसको पुत्र हो।
MAT 13:38 खेतबारी संसार हो, र असल बिउहरू राज्यका सन्तान हुन्। सामाचाहिँ त्यस दुष्‍टका सन्तान हुन्;
MAT 13:39 अनि त्यसलाई छर्ने शत्रु शैतान हो। कटनी युगको अन्त्य हो; अनि खेतालाहरू स्वर्गदूतहरू हुन्।
MAT 13:40 “सामा उखेलिएर आगोमा हालिएझैँ यस युगको अन्त्य पनि त्यस्तै हुनेछ।
MAT 13:41 मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ; अनि तिनीहरूले पाप गर्न लगाउने र दुष्‍ट काम गर्ने सबैलाई राज्यबाट बटुल्नेछन्।
MAT 13:42 अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्; जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।
MAT 13:43 तब धर्मी मानिसहरू भने आफ्नो पिताको राज्यमा सूर्यझैँ चम्कनेछन्। जसको कान छ, उसले सुनोस् र बुझोस्।
MAT 13:44 “स्वर्गको राज्य खेतमा लुकाइराखिएको गाडधनजस्तो हो। जब एक जना मानिसले त्यसलाई भेट्टायो, र फेरि लुकायो, र ऊ आनन्दसाथ गयो, अनि आफूसित भएका सबै थोक बेचेर त्यो खेत किन्यो।
MAT 13:45 “फेरि स्वर्गको राज्य असल मोतीहरूको खोजी गर्ने एक जना व्यापारीजस्तो हो,
MAT 13:46 जसले एउटा बहुमूल्य मोती भेट्टायो, र त्यो गइहाल्यो; अनि आफूसित भएका सबै थोक बेचेर त्यो मोती किन्यो।
MAT 13:47 “फेरि, स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तै हो, जसमा सबै किसिमका माछाहरू परे।
MAT 13:48 जब जाल भरियो, तब मछुवाहरूले त्यसलाई तानेर किनारमा ल्याए। त्यसपछि तिनीहरू बसेर असल माछाहरूलाई टोकरीमा बटुले, तर खराबजतिलाई बाहिर फ्याँकिदिए।
MAT 13:49 युगको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आएर दुष्‍टहरूलाई धर्मीहरूबाट अलग गर्नेछन्,
MAT 13:50 अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्; जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।”
MAT 13:51 येशूले तिनीहरूलाई “के यी कुराहरू बुझ्यौ?” भनी सोध्नुभयो। तिनीहरूले जवाफ दिए, “ज्यू, बुझ्यौँ।”
MAT 13:52 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण स्वर्गको राज्यको विषयमा शिक्षा पाएको हरेक व्यवस्थाको शिक्षक, घरको एक जना मालिकजस्तै हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुरानो मूल्यवान् वस्तुहरू झिक्दछ।”
MAT 13:53 जब येशूले यी दृष्‍टान्तहरू भनिसक्नुभयो, उहाँ त्यहाँबाट अगि बढ्नुभयो।
MAT 13:54 आफ्नो घर भएको सहरमा आएर उहाँले मानिसहरूलाई तिनीहरूका सभाघरमा सिकाउन थाल्नुभयो; अनि तिनीहरूले छक्‍क परेर सोधे, “यी मानिसले यस्तो बुद्धि र शक्तिशाली कामहरू गर्ने शक्ति कहाँबाट प्राप्‍त गरे?
MAT 13:55 के यिनी सिकर्मीका छोरा होइनन्? के यिनकी आमाको नाम मरियम होइन? अनि यिनका भाइहरू याकोब, योसेफ, सिमोन र यहूदा होइनन् र?
MAT 13:56 के यिनका बहिनीहरू हामीसित छैनन् र? त्यसो भए यिनलाई यी सबै कुराहरू कहाँबाट प्राप्‍त भयो?”
MAT 13:57 अनि तिनीहरू उहाँसित चिढिए। तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “आफ्नै सहरमा र आफ्नै घरमा बाहेक अरू कहीँ पनि अगमवक्तालाई अनादर गरिँदैन।”
MAT 13:58 उहाँले तिनीहरूका विश्‍वासको कमीले गर्दा त्यहाँ धेरै शक्तिशाली कामहरू गर्नुभएन।
MAT 14:1 त्यस बेला देशका एक चौथाइ भागका शासक हेरोदले येशूको विषयमा विवरण सुने।
MAT 14:2 तिनले आफ्ना भारदारहरूलाई भने, “यिनी त बप्‍तिस्मा दिने यूहन्‍ना हुन्; जो मरेकाबाट जीवित भएका छन्। त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।”
MAT 14:3 हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यूहन्‍नालाई पक्रेर बाँधेका थिए; र तिनलाई झ्यालखानामा राखेका थिए।
MAT 14:4 किनकि यूहन्‍नाले तिनलाई यसो भनेका थिए: “तपाईंले तिनलाई राख्नु उचित छैन।”
MAT 14:5 हेरोदले यूहन्‍नालाई मार्न चाहेका थिए, तर तिनी मानिसहरूदेखि डराउँथे। किनकि तिनीहरूले यूहन्‍नालाई एक अगमवक्ता भनी मान्दथे।
MAT 14:6 हेरोदको जन्मदिनमा हेरोदियासकी छोरीले पाहुनाहरूका निम्ति नाचेर हेरोदलाई धेरै खुशी पारी।
MAT 14:7 त्यसले जे मागे पनि दिनेछु भनी शपथ खाएर त्यसलाई वचन दिए।
MAT 14:8 आमाले सिकाएअनुसार त्यसले भनी, “यहाँ मलाई एउटा थालमा बप्‍तिस्मा दिने यूहन्‍नाको शिर दिनुहोस्।”
MAT 14:9 यो सुनेर राजा दुःखित भए, तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उनले त्यस बिन्तीलाई पूरा गरिदिने आज्ञा दिए।
MAT 14:10 झ्यालखानामा यूहन्‍नाको शिर काट्न लगाए।
MAT 14:11 तिनको शिर एउटा थालमा ल्याएर त्यस केटीलाई दिइयो; अनि त्यसले त्यो आफ्नी आमाकहाँ लगी।
MAT 14:12 यूहन्‍नाका चेलाहरू आएर तिनको मृत शरीर लगे, र गाडिदिए अनि गएर तिनीहरूले येशूलाई भनिदिए।
MAT 14:13 जब येशूले यो घटना सुन्‍नुभयो, तब उहाँ डुङ्गामा चढेर त्यस ठाउँबाट सुटुक्‍कै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेर भीडहरू सहरहरूबाट पैदलै उहाँको पछि लागे।
MAT 14:14 जब येशू ओर्लनुभयो, तब उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो। तिनीहरूप्रति उहाँ दयाले भरिनुभयो, र तिनीहरूका रोगहरूलाई निको पार्नुभयो।
MAT 14:15 साँझ पर्नलाग्दा चेलाहरूले उहाँकहाँ आएर भने, “यो एउटा सुनसान ठाउँ हो, र अबेला हुँदैछ। भीडहरूलाई बिदा गर्नुहोस्, र तिनीहरूले गाउँतिर गएर आफ्ना लागि केही खानेकुरा किनून्।”
MAT 14:16 येशूले जवाफ दिनुभयो, “तिनीहरूलाई जान खाँचो छैन। तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।”
MAT 14:17 तिनीहरूले जवाफ दिए, “यहाँ हामीसित त पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।”
MAT 14:18 उहाँले भन्‍नुभयो, “ती मकहाँ ल्याओ।”
MAT 14:19 अनि उहाँले मानिसहरूलाई हरियो चउरमा बस्‍ने आदेश दिनुभयो। ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरेर उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब ती चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए।
MAT 14:20 तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।
MAT 14:21 खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक पुरुषहरू मात्र लगभग पाँच हजार थिए।
MAT 14:22 येशूले भीडलाई बिदा गर्न लाग्दा चेलाहरूलाई चाहिँ डुङ्गामा चढेर झट्टै आफूभन्दा अगि पारिपट्टि जान लाउनुभयो।
MAT 14:23 उहाँले भीडलाई बिदा गरिसक्नुभएपछि उहाँ एकलै प्रार्थना गर्न एउटा पहाडमा जानुभयो। रात पर्दा उहाँ त्यहाँ एकलै हुनुहुन्थ्यो,
MAT 14:24 तर डुङ्गा जमिनदेखि धेरै टाढा पुगिसकेको थियो, बतास उल्टो बहेकाले छालहरूले त्यसलाई हुत्याउँदैथियो।
MAT 14:25 बिहान तीन बजेतिर येशू समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो।
MAT 14:26 जब चेलाहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरू डराए। अनि तिनीहरू, “यो त भूत हो” भनी डरले चिच्याए।
MAT 14:27 तर येशूले तुरुन्तै तिनीहरूलाई भन्‍नुभयो: “साहस गर! म नै हुँ; नडराओ।”
MAT 14:28 पत्रुसले जवाफ दिए, “प्रभु यदि तपाईं नै हुनुहुन्छ भने मलाई तपाईंकहाँ पानीमा आउने आज्ञा दिनुहोस्।”
MAT 14:29 उहाँले भन्‍नुभयो, “आऊ।” तब पत्रुस डुङ्गाबाट ओर्लेर पानीमाथि हिँड्दै येशूतिर आए।
MAT 14:30 तर जब तिनले बतास देखे, तब तिनी डराए, र डुब्न लाग्दा, “प्रभु, मलाई बचाउनुहोस्!” भनेर चिच्याए।
MAT 14:31 येशूले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई पक्रनुभयो र भन्‍नुभयो, “हे अल्पविश्‍वासी, तिमीले किन शङ्का गर्‍यौ?”
MAT 14:32 अनि जब उहाँहरू डुङ्गामा चढ्नुभयो, बतास शान्त भयो।
MAT 14:33 तब डुङ्गामा हुनेहरूले “साँच्‍चै तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ” भने, र उहाँलाई दण्डवत् गरे।
MAT 14:34 उहाँहरू पारि पुगेपछि गनेसरेतमा ओर्लनुभयो।
MAT 14:35 अनि जब त्यहाँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले छेउछाउका सबै इलाकाहरूमा खबर पठाए। मानिसहरूले आफ्ना सबै रोगीहरू उहाँकहाँ ल्याए।
MAT 14:36 रोगीहरूलाई उहाँको वस्त्रको किनार मात्र भए पनि छुन दिनुहोस् भनी उहाँलाई बिन्ती गरे। जतिले उहाँलाई छोए, तिनीहरू सबै निको भए।
MAT 15:1 तब यरूशलेमबाट केही फरिसी र व्यवस्थाका शिक्षकहरू येशूकहाँ आएर सोधे,
MAT 15:2 “तपाईंका चेलाहरूले किन पुर्खाहरूका परम्परा भङ्ग गर्दछन्? तिनीहरूले खानअगि आफ्ना हात धुँदैनन्।”
MAT 15:3 येशूले जवाफ दिनुभयो, “तिमीहरूले चाहिँ किन आफ्ना परम्पराका निम्ति परमेश्‍वरको आज्ञा भङ्ग गर्छौ?
MAT 15:4 किनकि परमेश्‍वरले भन्‍नुभएको छ, ‘आफ्ना बुबाआमालाई आदर गर’, अनि ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’
MAT 15:5 तर तिमीहरू, कुनै मानिसले आफ्ना बुबा वा आमालाई, ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो परमेश्‍वरलाई चढाइसकिएको छ’ भन्यो भने,
MAT 15:6 त्यसले ‘आफ्ना बुबा वा आमाको आदर’ गर्नुपर्दैन भन्छौ। यसरी तिमीहरूले आफ्ना परम्पराका निम्ति परमेश्‍वरको आज्ञालाई व्यर्थको तुल्याउँछौ।
MAT 15:7 ए कपटीहरू हो! तिमीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठिकै भनेका थिए:
MAT 15:8 “ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय मदेखि टाढा छ।
MAT 15:9 तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्; तिनीहरूको शिक्षा मानवीय नियम मात्र हुन्।’”
MAT 15:10 अनि येशूले भीडलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “सुन र बुझ।
MAT 15:11 जे मानिसको मुखबाट भित्र पस्छ, त्यसले उसलाई अशुद्ध पार्दैन; तर जे उसको मुखबाट बाहिर निस्कन्छ, त्यसले उसलाई अशुद्ध पार्छ।”
MAT 15:12 तब चेलाहरूले उहाँकहाँ आएर सोधे, “यो सुनेर फरिसीहरू अपमानित भएका छन् भनी तपाईंलाई थाहा भयो?”
MAT 15:13 उहाँले जवाफ दिनुभयो, “मेरा स्वर्गीय पिताले नरोपेको हरेक बोटबिरुवा जरैसित उखेलिनेछ।
MAT 15:14 तिनीहरूलाई छोडिदेओ; ती दृष्‍टिविहीन अगुवाहरू हुन्। यदि एउटा दृष्‍टिविहीनले अर्को दृष्‍टिविहीनलाई डोर्‍याउँछ भने दुवै खाडलमा पर्नेछन्।”
MAT 15:15 पत्रुसले भने, “यस दृष्‍टान्तको अर्थ हामीलाई बुझाइदिनुहोस्।”
MAT 15:16 येशूले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरू अझै अबुझ छौ?
MAT 15:17 जे कुरा मुखभित्र पसेर पेटमा जान्छ, त्यो शरीरबाट बाहिर निस्कन्छ भनी तिमीहरू जान्दैनौ?
MAT 15:18 तर जे कुरा मुखबाट बाहिर निस्कन्छ, त्यो हृदयबाट आउँछ; अनि यसैले मानिसलाई अशुद्ध पार्छ।
MAT 15:19 किनकि हृदयबाट दुष्‍ट विचारहरू; हत्या, व्यभिचार, अनैतिकता, चोरी, झूटा साक्षी, निन्दा निस्कन्छन्।
MAT 15:20 यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छ, तर नधोइएका हातहरूले खाँदा उसलाई अशुद्ध पार्दैन।”
MAT 15:21 त्यो ठाउँ छोडेर येशू टायर र सीदोनका इलाकातिर जानुभयो।
MAT 15:22 त्यतातिरबाट एउटी कनानी स्त्री जोडसित रुँदै यसो भन्दै आई, “प्रभु, दावीदको पुत्र, ममाथि दया गर्नुहोस्! मेरी छोरीलाई भूतआत्मा लागेको छ, र साह्रै सताएको छ।”
MAT 15:23 येशूले जवाफमा एक शब्द पनि बोल्नुभएन। यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर बिन्ती गरे, “त्यसलाई पठाइदिनुहोस्, किनकि त्यो हाम्रो पछि-पछि रुँदै आइरहेकी छ।”
MAT 15:24 उहाँले जवाफ दिनुभयो, “म त इस्राएली घरानाका हराएका भेडाहरूकहाँ मात्र पठाइएको हुँ।”
MAT 15:25 त्यो स्त्री उहाँकहाँ आई, र घुँडा टेकेर भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्!”
MAT 15:26 उहाँले जवाफ दिनुभयो, “केटाकेटीहरूको रोटी लिएर कुकुरहरूको अगि फालिदिनु उचित होइन।”
MAT 15:27 त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि आफ्ना मालिकहरूका टेबुलबाट खसेका टुक्राटाक्रीहरू खान्छन्।”
MAT 15:28 तब येशूले जवाफ दिनुभयो, “हे स्त्री, तिम्रो विश्‍वास ठूलो रहेछ। तिमीले चाहेजस्तै नै होस्।” अनि उसकी छोरी त्यसै बेला निको भई।
MAT 15:29 येशू त्यहाँबाट निस्केर गालील समुद्रको किनारै-किनारा भएर जानुभयो; अनि उहाँ एउटा पहाडी ठाउँमा गएर बस्‍नुभयो।
MAT 15:30 त्यहाँ ठूला भीडहरू उहाँकहाँ लुला-लङ्गडा, दृष्‍टिविहीन, अपाङ्ग, लाटो र अरू धेरै बिरामीहरूलाई लिएर आए; अनि उहाँका पाउमा राखिदिए; तब उहाँले तिनीहरूलाई निको पार्नुभयो।
MAT 15:31 जब मानिसहरूले लाटाहरूका बोली फुटेका, अपाङ्गहरू ठिक भएका, लङ्गडाहरू हिँडेका र दृष्‍टिविहीनहरूका आँखा खोलिएका देखे, तब तिनीहरू छक्‍क परे; अनि तिनीहरूले इस्राएलका परमेश्‍वरको प्रशंसा गरे।
MAT 15:32 येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “म यी मानिसहरूलाई देखेर दयाले भरिएको छु; तिनीहरू हामीसित तीन दिनदेखि छन्, र तिनीहरूसित खानेकुरा केही छैन। म यिनीहरूलाई भोकै पठाउन चाहन्‍नँ, नत्रता यिनीहरू बाटैमा मूर्च्छा पर्नेछन्।”
MAT 15:33 उहाँका चेलाहरूले जवाफ दिए, “यति ठूलो भीडलाई खुवाउनलाई यस निर्जन ठाउँमा हामीले प्रशस्त रोटी कहाँ पाउन सकौँला?”
MAT 15:34 येशूले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्?” तिनीहरूले जवाफ दिए “सात वटा र स-साना केही माछाहरू।”
MAT 15:35 उहाँले भीडलाई भुइँमा बस्‍न लाउनुभयो।
MAT 15:36 तब उहाँले ती सात वटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिएर भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो; अनि तिनीहरूले मानिसहरूलाई बाँडिदिए।
MAT 15:37 तिनीहरू सबैले खाए, र अघाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले।
MAT 15:38 खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक, करिब चार हजार पुरुषहरू थिए।
MAT 15:39 भीडहरूलाई पठाइसकेपछि येशू एउटा डुङ्गामा चढेर मगादानका छेउछाउतिर जानुभयो।
MAT 16:1 एक दिन फरिसीहरू र सदुकीहरूले येशूकहाँ आएर उहाँलाई जाँच गर्न, तिनीहरूका लागि स्वर्गबाट एउटा चिन्ह देखाउन मागे।
MAT 16:2 उहाँले भन्‍नुभयो, “साँझ हुँदा तिमीहरू ‘मौसम राम्रो हुनेछ; किनकि आकाश रातो छ,’
MAT 16:3 अनि बिहान ‘आज आँधी आउनेछ; किनकि आकाश रातो छ र बादलले ढाकेको छ,’ भन्छौ। तिमीहरू आकाशको अवस्था हेरेर दिन कस्तो हुनेछ भनी अर्थ लगाउन सक्छौ, तर तिमीहरूले समयको चिन्हहरूबाट बुझ्न सक्दैनौ।
MAT 16:4 दुष्‍ट र व्यभिचारी पुस्ताले अचम्मको चिन्ह खोज्दछ, तर यसलाई योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।” त्यसपछि तिनीहरूलाई छोडेर येशू त्यहाँबाट जानुभयो।
MAT 16:5 जब उहाँहरू तालपारि जानुभयो, चेलाहरूले रोटी लैजान बिर्से।
MAT 16:6 “होसियार!” येशूले तिनीहरूलाई चेतावनी दिनुभयो “फरिसीहरू र सदुकीहरूको खमिरदेखि होसियार रहो।”
MAT 16:7 तिनीहरूले आपसमा छलफल गरेर भने, “यो त हामीले रोटी ल्याएनौँ भनेर होला।”
MAT 16:8 तिनीहरूका छलफल थाहा पाएर येशूले सोध्नुभयो, “हे अल्पविश्‍वासीहरू हो, तिमीहरू रोटी छैन भनेर किन आपसमा कुरा गर्दछौ?
MAT 16:9 तिमीहरू अझै बुझ्दैनौ? पाँच हजारका निम्ति पाँच रोटी थिए, र कति डाला तिमीहरूले बटुल्यौ, त्यो सम्झना गर्दैनौ?
MAT 16:10 अथवा चार हजारका निम्ति सात रोटी थिए, र कति डाला तिमीहरूले बटुल्यौ?
MAT 16:11 मैले रोटीको विषयमा तिमीहरूसित भनिरहेको थिइनँ भनी तिमीहरूले कसरी बुझेनौ? तर तिमीहरू फरिसी र सदुकीहरूको खमिरदेखि होसियार होओ।”
MAT 16:12 तब उहाँले रोटीमा हाल्ने खमिरदेखि होइन, तर फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार रहनू भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे।
MAT 16:13 जब येशू कैसरिया फिलिप्पीका इलाकामा आउनुभयो, तब उहाँले चेलाहरूलाई “मानिसहरूले मानिसको पुत्र को हो भनी भन्छन्?” भनी सोध्नुभयो।
MAT 16:14 तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना, कसैले एलिया भन्छन्; अनि कतिले चाहिँ यर्मिया अथवा अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।”
MAT 16:15 उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूले चाहिँ मलाई को हो भन्छौ त?”
MAT 16:16 सिमोन पत्रुसले उत्तर दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ, जीवित परमेश्‍वरका पुत्र।”
MAT 16:17 येशूले जवाफ दिनुभयो, “योनाका छोरा सिमोन, तिमी धन्य हौ; किनकि यो तिमीलाई मानिसद्वारा होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताद्वारा प्रकट गरिएको हो।
MAT 16:18 म तिमीलाई भन्दछु, तिमी पत्रुस हौ, र म यस चट्टानमाथि मेरो मण्डली स्थापित गर्नेछु; अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्।
MAT 16:19 म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु: तिमीहरूले पृथ्वीमा जे बाँध्नेछौ, त्यो स्वर्गमा बाँधिनेछ, र तिमीहरूले पृथ्वीमा जे फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ।”
MAT 16:20 तब उहाँले आफ्ना चेलाहरूलाई, उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी कसैलाई नभन्‍नू भनी चेतावनी दिनुभयो।
MAT 16:21 त्यस समयदेखि उसो येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेममा जानुपर्छ, र प्रधानहरू, मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरूका हातबाट धेरै कष्‍टहरू सहनुपर्छ, मारिनुपर्छ, र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी भन्‍न थाल्नुभयो।
MAT 16:22 पत्रुसले उहाँलाई एकातिर लगेर “यसो कहिल्यै नहोस्, प्रभु! तपाईंलाई यस्तो कहिल्यै नहोस्” भनी हप्काउन थाले।
MAT 16:23 येशूले फर्केर पत्रुसलाई भन्‍नुभयो, “ए शैतान, मबाट टाढा होइजा! तँ मेरा लागि ठेस लाग्ने कारण होस्। तेरो मनमा परमेश्‍वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।”
MAT 16:24 तब येशूले चेलाहरूलाई भन्‍नुभयो, “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।
MAT 16:25 किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो पाउनेछ।
MAT 16:26 कुनै मानिसले सारा संसार हात पारेर आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा होला? अथवा कुनै मानिसले आफ्नो प्राणको बदलामा के दिन सक्ला र?
MAT 16:27 किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसित आउनेछ, र त्यस बेला उसले हरेक व्यक्तिलाई त्यसले जे गरेको छ, त्यसको कामहरूअनुसार प्रतिफल दिनेछ।
MAT 16:28 “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यो ठाउँमा उपस्थित भएकाहरूमध्ये कतिले मानिसको पुत्रलाई आफ्नो राज्यमा आइरहेका नदेखेसम्म मृत्युको स्वाद चाख्नेछैनन्।”
MAT 17:1 छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्‍नालाई अलग्गै एउटा अग्लो पहाडमा लानुभयो।
MAT 17:2 त्यहाँ तिनीहरूका सामु उहाँको रूप परिवर्तन भयो। उहाँको अनुहार सूर्यझैँ चम्क्यो, र उहाँको वस्त्र ज्योतिझैँ चम्किला भए।
MAT 17:3 त्यसै बेला तिनीहरूका सामु मोशा र एलिया येशूसित कुरा गरिरहेका देखा परे।
MAT 17:4 पत्रुसले येशूलाई भने, “प्रभु, हामीलाई यहीँ रहनु असल छ। यदि तपाईं चाहनुहुन्छ भने म तीन वटा वासस्थान बनाउनेछु। तपाईंका लागि एउटा, मोशाका लागि एउटा र एलियाका लागि एउटा।”
MAT 17:5 तिनी बोल्दैगर्दा, एउटा चहकिलो बादलले तिनीहरूलाई ढाक्यो। अनि बादलबाट यसो भन्‍ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु: यिनीसित म अति प्रसन्‍न छु। यिनको कुरा सुन!”
MAT 17:6 चेलाहरू यो कुरा सुनेपछि डरले घोप्टो परेर भुइँमा लडे।
MAT 17:7 तर येशूले आएर तिनीहरूलाई छुनुभयो र भन्‍नुभयो, “उठ, नडराओ।”
MAT 17:8 जब तिनीहरूले माथि हेरे, तिनीहरूले येशूबाहेक अरू कसैलाई देखेनन्।
MAT 17:9 उहाँहरू जब पहाडबाट ओर्लँदैहुनुहुन्थ्यो, येशूले यस्तो आदेश दिनुभयो, “मानिसको पुत्र मृत्युबाट जीवित भई नउठेसम्म तिमीहरूले जे देख्यौ, त्यो कसैलाई नभन्‍नू।”
MAT 17:10 चेलाहरूले उहाँलाई सोधे, “त्यसो भए किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?”
MAT 17:11 येशूले उत्तर दिनुभयो, “एलिया साँच्‍चै नै आउँछन्, र सबै कुरा पुनर्स्थापित गर्नेछन्।
MAT 17:12 तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र तिनीहरूले उनलाई चिन्‍न सकेनन्। तर उनलाई तिनीहरूले मनपरी व्यवहार गरे। सोही किसिमले मानिसको पुत्रले तिनीहरूका हातबाट कष्‍ट भोग्नेछ।”
MAT 17:13 तब उहाँले बप्‍तिस्मा दिने यूहन्‍नाको विषयमा तिनीहरूलाई भन्‍नुभएको भनी चेलाहरूले बुझे।
MAT 17:14 जब उहाँहरू भीड भएको ठाउँमा आउनुभयो, तब एक जना मानिसले येशूकहाँ आएर उहाँको सामु घुँडा टेकेर भन्यो,
MAT 17:15 “प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्। उसलाई छारेरोग लागेको छ, र उसले धेरै कष्‍ट पाइरहेछ। ऊ घरी-घरी आगोमा अथवा पानीमा लड्छ।
MAT 17:16 मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त्यसलाई निको पार्न सकेनन्।”
MAT 17:17 येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला? र तिमीहरूलाई सहुँला? त्यस केटोलाई यहाँ मकहाँ ल्याओ।”
MAT 17:18 येशूले त्यस भूतआत्मालाई हप्काउनुभयो, र त्यो त्यस केटोबाट निस्क्यो; र त्यो केटो त्यसै घडीदेखि निको भयो।
MAT 17:19 तब चेलाहरूले गुप्‍तमा येशूकहाँ आएर सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौँ?”
MAT 17:20 उहाँले जवाफ दिनुभयो, “किनकि तिमीहरूमा विश्‍वासको कमी छ। तिमीहरूलाई साँच्‍चै भन्दछु, यदि तिमीहरूमा सानो रायोको दानाजत्रो मात्रै पनि विश्‍वास छ भने तिमीहरूले यस पहाडलाई ‘यहाँबाट त्यहाँ हटिजा’ भन्‍न सक्छौ, र त्यो हटेर जानेछ। तिमीहरूका लागि कुनै कुरा पनि असम्भव हुनेछैन।
MAT 17:21 तर यस किसिमको चङ्गाइचाहिँ प्रार्थना र उपवासविना हुन सक्दैन।”
MAT 17:22 उहाँहरू गालीलमा भेला भएपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ।
MAT 17:23 तिनीहरूले उसलाई मार्नेछन्, र तेस्रो दिनमा ऊ फेरि जीवित भई उठ्नेछ।” अनि चेलाहरू अत्यन्तै दुःखी भए।
MAT 17:24 येशू र उहाँका चेलाहरू कफर्नहुममा आएपछि मन्दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर सोधे, “के तिमीहरूका गुरुले मन्दिरको कर तिर्दैनन्?”
MAT 17:25 तिनले जवाफ दिए, “हो, तिर्नुहुन्छ।” जब पत्रुस घरभित्र आए, येशूले पहिला सोधिहाल्नुभयो, “सिमोन तिम्रो के विचार छ, संसारका राजाहरूले आफ्नै छोराहरूबाट कर उठाउँछन् कि अरूबाट?”
MAT 17:26 पत्रुसले जवाफ दिए, “अरूबाट।” येशूले तिनलाई भन्‍नुभयो, “त्यसो भए छोराहरूले त छुट पाउँछन्।
MAT 17:27 तरै पनि तिनीहरू नचिढिऊन्, तिमी जाऊ र तालमा तिम्रो बल्छी हान। तिमीले पक्रेको पहिलो माछा लेऊ। त्यसको मुख खोल्दा तिमीले एउटा चाँदीको सिक्‍का पाउनेछौ। त्यो लगेर तिम्रा र मेरा निम्ति कर हो भनेर तिनीहरूलाई देऊ।”
MAT 18:1 त्यस समयमा चेलाहरूले येशूकहाँ आएर सोधे, “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुन्छ?”
MAT 18:2 उहाँले एउटा सानो बालकलाई बोलाएर तिनीहरूका बीचमा उभ्याउनुभयो,
MAT 18:3 र भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ।
MAT 18:4 यसकारण जसले आफैँलाई यस बालकजस्तो नम्र बनाउँछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ;
MAT 18:5 अनि जसले यसरी एउटा बालकलाई मेरो नाममा ग्रहण गर्दछ, उसले मलाई नै ग्रहण गर्दछ।
MAT 18:6 “यदि कसैले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पनि पाप गर्न लगाउँछ भने त्यसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रको गहिराइमा डुबाइएको भए असल हुनेथियो।
MAT 18:7 पाप गर्न लगाउने कुराहरूको लागि यस संसारलाई धिक्‍कार! किनभने यस्ता कुराहरू अवश्य आउँछन्; तर धिक्‍कार त्यस मानिसलाई, जसद्वारा ती आउँछन्!
MAT 18:8 तिमीहरूका हात वा खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुई हात अथवा दुई खुट्टा लिएर अनन्तको आगोमा फालिनुभन्दा त अपाङ्ग वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ।
MAT 18:9 अनि यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेओ। दुई आँखाहरू लिएर नरकको आगोमा फालिनुभन्दा त एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ।
MAT 18:10 “होसियार रहो, तिमीहरूबाट यी सानाहरूमध्ये एउटा पनि हेला नहोऊन्। किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतले सधैँ स्वर्गमा हुने मेरा पिताको अनुहार हेर्दछन्।
MAT 18:11 किनकि मानिसको पुत्र हराएकालाई बचाउन आएको हो।
MAT 18:12 “तिमीहरूलाई के लाग्छ? यदि कुनै मानिसका एक सय भेडाहरू छन्, र तीमध्ये एउटा बाटो बिराएर गयो भने उसले उनान्सयलाई पहाडमा छोडेर त्यस बाटो बिराएर जाने एउटालाई खोज्न जाँदैन र?
MAT 18:13 म तिमीहरूलाई साँच्‍चै भन्दछु, उसले त्यो भेट्टाएपछि बाटो नबिराउने ती उनान्सयभन्दा त्यस एउटाप्रति ऊ आनन्दित हुनेछ।
MAT 18:14 यसकारण यी सानाहरूमध्ये एउटै पनि नहराओस् भन्‍ने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले इच्छा गर्नुहुन्छ।
MAT 18:15 “यदि तिम्रो सहविश्‍वासीले तिम्रो विरुद्धमा पाप गर्‍यो भने सीधै तिमीले उसको गल्ती देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्छ भने तिमीले उसलाई जित्यौ।
MAT 18:16 तर यदि उसले सुनेन भने आफ्नो साथमा अरू एक वा दुई जनालाई लैजाऊ र ‘दुई वा तीन साक्षीहरूद्वारा हरेक कुरा पक्‍का भएको होस्।’
MAT 18:17 यदि उसले तिनीहरूका कुरा पनि मानेन भने मण्डलीलाई यो भनिदेऊ। तर उसले मण्डलीको कुरा पनि मानेन भने तिमीले तिनीप्रति गैरयहूदीहरू र कर उठाउनेहरूप्रति झैँ व्यवहार गर।
MAT 18:18 “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ।
MAT 18:19 “साँच्‍चै, म तिमीहरूलाई फेरि भन्दछु, पृथ्वीमा यदि तिमीहरूमध्ये दुई जनाले एकमत भएर जे माग्छौ, त्यो तिमीहरूका निम्ति स्वर्गमा हुनुहुने मेरा पिताद्वारा दिइनेछ।
MAT 18:20 किनकि जहाँ दुई वा तीन जना मेरो नाममा एकसाथ भेला हुन्छन्, म त्यहाँ तिनीहरूसित हुन्छु।”
MAT 18:21 तब पत्रुसले येशूकहाँ आएर सोधे, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गर्दा मैले उसलाई कति पटक क्षमा गरूँ? के सातपल्ट?”
MAT 18:22 येशूले जवाफ दिनुभयो, “म तिमीलाई भन्दछु, सातपल्ट होइन, तर सात गुणा सत्तरी पल्ट।
MAT 18:23 “यसकारण स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना सेवकहरूबाट हिसाब लिने इच्छा गरे।
MAT 18:24 तिनले जब त्यसो गर्न थाले, तब दश हजार झोला सुनका सिक्‍का ऋण लिएको मानिसलाई तिनीकहाँ ल्याइयो।
MAT 18:25 उसले तिर्न नसकेको कारण त्यस मालिकले त्यो ऋण तिर्नका लागि त्यो मानिस, उसकी पत्नी, उसका बालबच्‍चाहरू र ऊसँग भएका सबै थोक बेचियोस् भन्‍ने हुकुम दिए।
MAT 18:26 “त्यस सेवकले तिनको अगि घुँडा टेकेर बिन्ती गर्‍यो, ‘ममाथि धैर्य गर्नुहोस्, र म सबै तिरिदिनेछु।’
MAT 18:27 त्यस सेवकको मालिकले त्यसमाथि दया गरेर त्यो ऋण माफी गरिदिए, र त्यसलाई जान दिए।
MAT 18:28 “तर त्यो सेवक गयो, र ऊसँग काम गर्ने एउटा सेवकलाई भेट्टायो, जससित उसको एक सय चाँदीका सिक्‍का ऋण थियो। उसले त्यसलाई पक्रेर त्यसको घोक्रो अँठ्यायो अनि ‘मेरो ऋण तिरिहाल्’ भनेर माग गर्‍यो।
MAT 18:29 “ऊसँग काम गर्ने त्यस सेवकले उसको अगि घुँडा टेकेर बिन्ती गर्‍यो, ‘ममाथि धैर्य गर्नुहोस्, र म सबै तिरिदिनेछु।’
MAT 18:30 “तर उसले अस्वीकार गर्‍यो। अनि गएर त्यसले ऋण नतिरुन्जेल त्यस मानिसलाई झ्यालखानामा हालिदियो।
MAT 18:31 तर जे घटना भएको थियो, त्यो अरू सेवकहरूले देखेपछि तिनीहरू अति दुःखित भए, र गएर जे भएको थियो, त्यो कुरा आफ्ना मालिकलाई भनिदिए।
MAT 18:32 “तब त्यस मालिकले त्यस सेवकलाई भित्र बोलाएर भने, ‘तँ दुष्‍ट सेवक, तैँले मसित क्षमा मागेको कारण मैले तेरा सबै ऋण माफ गरिदिएँ।
MAT 18:33 मैले तँमाथि दया देखाएझैँ, के तैँले पनि आफ्नो सङ्गी-सेवकप्रति दया देखाउनुपर्ने थिएन र?’
MAT 18:34 रिसमा त्यस मालिकले त्यसलाई सम्पूर्ण ऋण नतिरेसम्म कष्‍ट पाउनलाई झ्यालखानाका अधिकारीहरूकहाँ सुम्पिदिए।
MAT 18:35 “तिमीहरूले पनि आफ्ना सहविश्‍वासीलाई हृदयदेखि क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूप्रति यस्तै व्यवहार गर्नुहुनेछ।”
MAT 19:1 येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँ गालील प्रदेश छोडेर यर्दनको अर्कोतिर भएको यहूदिया प्रदेशका इलाकाहरूमा जानुभयो।
MAT 19:2 ठूला भीडहरू उहाँको पछि लागे। अनि त्यहाँ उहाँले तिनीहरूमध्येका बिरामीहरूलाई निको पार्नुभयो।
MAT 19:3 केही फरिसीहरू उहाँलाई जाँच गर्न भनी उहाँकहाँ आए। तिनीहरूले सोधे, “जुनसुकै कारण भए तापनि के मानिसले आफ्नी पत्नीलाई त्याग्नु उचित हो?”
MAT 19:4 उहाँले उत्तर दिनुभयो, “के तिमीहरूले धर्मशास्त्र पढेका छैनौ, सुरुमा सृष्‍टिकर्ताले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो,’
MAT 19:5 अनि भन्‍नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्’?
MAT 19:6 यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।”
MAT 19:7 तिनीहरूले सोधे, “त्यसो भए किन मोशाले त्यस मानिसले आफ्नी पत्नीलाई त्यागपत्र दिएर त्यागोस् भन्‍ने आज्ञा दिए त?”
MAT 19:8 येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई तिमीहरूको हृदयको कठोरताको कारण, तिमीहरूका पत्नीहरूलाई त्याग्ने अनुमति दिए। तर सुरुदेखि नै त यस्तो थिएन।
MAT 19:9 म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह सम्बन्ध-विच्छेद गर्दछ, र अर्की स्त्रीलाई विवाह गर्दछ, उसले पनि व्यभिचार गर्दछ।”
MAT 19:10 चेलाहरूले उहाँलाई भने, “यदि पति-पत्नीको बीचमा यस्तै अवस्था हो भने त विवाह नगर्नु नै असल रहेछ।”
MAT 19:11 येशूले उत्तर दिनुभयो, “यो कुरा हरेकले ग्रहण गर्न सक्दैन। तर जसलाई यो दिइएको छ, उसले मात्र ग्रहण गर्न सक्छ।
MAT 19:12 किनकि कोही त जन्मदेखि नै नपुंसक हुन्छन्: अरूलाईचाहिँ मानिसहरूले त्यस्ता बनाए। अनि अरूचाहिँ स्वर्गको राज्यको लागि नपुंसक नै भएर रहन चाहन्छन्। जसले यो स्वीकार गर्न सक्छ, त्यसले गरोस्।”
MAT 19:13 तब मानिसहरूले साना बालबालिकाहरूमाथि उहाँले हात राखिदेऊन्, र तिनीहरूका निम्ति प्रार्थना गरिदेऊन् भनी तिनीहरूलाई येशूकहाँ ल्याए; तर चेलाहरूले तिनीहरूलाई हप्काए।
MAT 19:14 येशूले भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक; किनकि स्वर्गको राज्य यस्तैहरूका लागि हो।”
MAT 19:15 येशूले आफ्ना हात तिनीहरूमाथि राख्नुभयो, त्यसपछि उहाँ त्यहाँबाट जानुभयो।
MAT 19:16 एक जना मानिसले येशूकहाँ आएर सोध्यो, “हे गुरु, अनन्त जीवन प्राप्‍त गर्नलाई मैले के असल काम गर्नुपर्छ?”
MAT 19:17 येशूले जवाफ दिनुभयो, “असल के हो भनी तिमी मलाई किन सोध्छौ? असल त एक जना मात्र हुनुहुन्छ। यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने आज्ञाहरू पालन गर।”
MAT 19:18 त्यस मानिसले सोध्यो, “कुन-कुनचाहिँ?” येशूले जवाफ दिनुभयो, “ ‘हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झूटो साक्षी नदिनू,
MAT 19:19 आफ्ना बुबाआमालाई आदर गर्नू, आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू।’”
MAT 19:20 त्यस जवान मानिसले जवाफ दियो, “मैले यी सबै पालन गर्दैआएको छु; ममा अझै के कमी छ?”
MAT 19:21 येशूले उत्तर दिनुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने जाऊ, आफ्ना सबै थोक बेचेर गरिबहरूलाई देऊ; अनि तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ। त्यसपछि आऊ, मेरो पछि लाग।”
MAT 19:22 यो सुनेर त्यो जवान मानिस दुःखी भएर गइहाल्यो, किनकि ऊसँग धेरै सम्पत्ति थियो।
MAT 19:23 तब येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “म साँच्‍चै भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति कठिन छ।
MAT 19:24 म फेरि तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त, बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”
MAT 19:25 जब चेलाहरूले यो सुने, तिनीहरू साह्रै छक्‍क परे र सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?”
MAT 19:26 येशूले तिनीहरूतिर हेरेर भन्‍नुभयो, “मानिसका लागि यो असम्भव छ; तर परमेश्‍वरका लागि सबै कुरा सम्भव छन्।”
MAT 19:27 पत्रुसले उहाँलाई जवाफ दिए, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौँ; त्यसो भए हामीले के पाउनेछौँ त?”
MAT 19:28 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, सबै कुरा नयाँ तुल्याइसकेपछि, जब मानिसको पुत्र आफ्नो महिमाको सिंहासनमा विराजमान हुनेछ; तिमीहरू पनि जसले उसलाई पछ्याएका छौ, इस्राएलका बाह्र कुलका न्याय गर्दै बाह्र वटा सिंहासनहरूमा बस्‍नेछौ।
MAT 19:29 अनि जसले मेरा निम्ति घर, दाजुभाइ, दिदीबहिनीहरू, बुबाआमा, बालबच्‍चा र जग्गाजमिन छोडेको छ, त्यसले त्यसको सय गुणा र अनन्त जीवन पाउनेछ।
MAT 19:30 तर धेरै जो पहिला छन्, ती पछिल्‍ला हुनेछन्, र जो पछिल्‍ला छन्; ती पहिला हुनेछन्।
MAT 20:1 “स्वर्गको राज्य एक जना जमिनको मालिकजस्तै हो, जो आफ्ना दाखबारीका लागि खेतालाहरू खोज्न बिहानै निस्क्यो।
MAT 20:2 तिनीहरूलाई दिनको एक दिनार ज्याला दिन राजी भयो, र तिनीहरूलाई दाखबारीमा काम गर्न पठायो।
MAT 20:3 “करिब बिहान नौ बजेतिर तिनी बाहिर गयो, र बजारमा कतिलाई केही नगरी उभिरहेका देख्यो।
MAT 20:4 उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर; अनि जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु।’
MAT 20:5 अनि तिनीहरू गए। “ऊ फेरि दिउँसो बाह्र बजेतिर र करिब दिउँसोको तीन बजेतिर बाहिर गयो; अनि त्यसै गर्‍यो।
MAT 20:6 अनि बेलुकाको पाँच बजेतिर ऊ बाहिर गयो, र अझ अरूलाई त्यसै उभिरहेका देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘तिमीहरू यहाँ केही नगरी किन दिनभरि उभिरहेका छौ?’
MAT 20:7 “तिनीहरूले जवाफ दिए, ‘हामीलाई कसैले काममा लगाएनन्।’ “उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर।’
MAT 20:8 “जब साँझ पर्‍यो, तब दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भन्यो, ‘खेतालाहरूलाई बोलाऊ, र काममा सबैभन्दा पछि आउनेहरूदेखि सुरु गरेर पहिले आएकाहरूसम्म सबैलाई तिनीहरूको ज्याला देऊ।’
MAT 20:9 “बेलुका पाँच बजेतिर काममा लगाइएका खेतालाहरू पनि आए, र हरेकले एक-एक दिनार पाए।
MAT 20:10 तसर्थ जब ती पहिला काममा लगाइएकाहरू आए, तब तिनीहरूले बढी पाउने आशा राखेका थिए; तर तिनीहरू हरेकले पनि एक-एक दिनार नै ज्याला पाए।
MAT 20:11 जब तिनीहरूले आ-आफ्ना ज्याला पाए, तब तिनीहरू जमिनको मालिकसित गुनासो गर्न थाले।
MAT 20:12 तिनीहरू गएर यसो भने, ‘यी पछि आएका काममा लगाइएका मानिसहरूले त एक घण्टाजति मात्र काम गरेका छन्, तर हामीले दिनभरि काम गरेका छौँ, र दिनको चर्को घाम सहेका छौँ। तर तपाईंले हामीसित तिनीहरूलाई बराबर तुल्याउनुभएको छ।’
MAT 20:13 “तर उसले तिनीहरूमध्ये एक जनालाई जवाफ दियो, ‘मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैनँ। के तिमी दिनको एक दिनारको हिसाबले काम गर्न राजी भएका थिएनौ र?
MAT 20:14 तिम्रो ज्याला लिएर जाऊ। म यस ढिलो काममा आउने मानिसलाई पनि तिमीलाई दिएको जति नै दिन चाहन्छु।
MAT 20:15 मेरो आफ्नै रकमलाई म जे गर्न चाहन्छु, त्यो गर्ने अधिकार मलाई छैन र? अथवा के म दयालु भएकोमा तिमी ईर्ष्या गर्छौ?’
MAT 20:16 “यसकारण पछिल्‍ला हुनेहरू पहिला हुनेछन्, र पहिला हुनेहरू पछिल्‍ला हुनेछन्।”
MAT 20:17 जब येशू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो, तब उहाँले साथमा बाह्र जनालाई एकातिर लगेर तिनीहरूलाई भन्‍नुभयो,
MAT 20:18 “हामी यरूशलेमतर्फ जाँदैछौँ; अनि मानिसको पुत्रलाई मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मृत्युको दोषी ठहराउनेछन्;
MAT 20:19 अनि उसलाई गैरयहूदीहरूका हातमा गिल्‍ला गर्न, कोर्रा लगाउन र क्रूसमा चढाउनको लागि दिनेछन्; अनि ऊ तेस्रो दिनमा फेरि जीवित भई उठ्नेछ!”
MAT 20:20 तब जब्दीका छोराहरूकी आमा आफ्ना छोराहरूको साथमा येशूकहाँ आइन्, र घुँडा टेकेर उहाँसँग बिन्ती गर्न लागिन्।
MAT 20:21 उहाँले सोध्नुभयो, “तिमी के चाहन्छ्यौ?” उनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा मेरा यी दुई छोराहरूमध्ये एउटा तपाईंको दाहिनेतिर, र अर्कोचाहिँ देब्रेतिर बस्‍न पाउने मन्जुरी दिनुहोस्।”
MAT 20:22 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले के माग्दै छौ, त्यो जान्दैनौ। के मैले पिउन लागेको कष्‍टको कचौरा तिमीहरू पिउन सक्छौ?” अनि तिनीहरूले, “हामी सक्छौँ” भनी जवाफ दिए।
MAT 20:23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले अवश्य मेरो कचौराबाट पिउनेछौ, तर मेरो दाहिने अथवा देब्रेतिर बस्‍नदिने अधिकारचाहिँ मेरो होइन। यी ठाउँहरू तिनीहरूका लागि हुन्, जसका निम्ति मेरा पिताले तयार गरिसक्नुभएको छ।”
MAT 20:24 जब ती दश जनाले यस विषयमा सुने, तिनीहरू ती दुई भाइहरूसित रिसाए।
MAT 20:25 येशूले तिनीहरूलाई एकसाथ बोलाएर भन्‍नुभयो, “गैरयहूदीहरूका शासकहरूले तिनीहरूमाथि शासन गर्दछन्, र तिनीहरूका उच्‍च अधिकारीहरूले तिनीहरूमाथि अधिकार चलाउँछन् भनी तिमीहरू जान्दछौ।
MAT 20:26 तिमीहरूमा चाहिँ यस्तो हुनुहुँदैन। बरु तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ।
MAT 20:27 अनि तिमीहरूमध्ये जो श्रेष्‍ठ हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनैपर्छ।
MAT 20:28 यसरी नै मानिसको पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिनको लागि आएको हो।”
MAT 20:29 येशू र उहाँका चेलाहरूले जब यरीहो छोड्नुभयो, एउटा ठूलो भीडले उहाँलाई पछ्यायो।
MAT 20:30 दुई जना दृष्‍टिविहीन मानिसहरू बाटोको छेउमा बसिरहेका थिए; अनि जब येशू त्यहाँबाट जाँदैहुनुहुन्छ भन्‍ने तिनीहरूले सुने, तब तिनीहरू यसो भन्दै कराए, “हे प्रभु, दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!”
MAT 20:31 भीडले तिनीहरूलाई चुप लागून् भनेर हकारे, तर तिनीहरू झन् चर्को सोरमा कराए, “हे प्रभु, दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!”
MAT 20:32 येशू रोकिनुभयो र तिनीहरूलाई बोलाएर सोध्नुभयो, “म तिमीहरूका निम्ति के गरूँ भनी तिमीहरू चाहन्छौ?”
MAT 20:33 तिनीहरूले जवाफ दिए, “हे प्रभु, हामीले आफ्नो दृष्‍टि पाऔँ।”
MAT 20:34 येशू तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका आँखा छोइदिनुभयो। तुरुन्तै तिनीहरूले आफ्नो दृष्‍टि पाइहाले, र उहाँलाई पछ्याए।
MAT 21:1 उहाँहरू जब यरूशलेमको नजिकै जैतुन डाँडानिर बेथफागे नामक स्थानमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो,
MAT 21:2 “तिमीहरूका सामु भएको गाउँमा जाओ, र त्यहाँ पुग्नेबित्तिकै तिमीहरूले एउटा गधा त्यसको बछेडाको छेउमा बाँधिएको भेट्टाउनेछौ। तिनीहरूलाई फुकाएर मकहाँ ल्याओ।
MAT 21:3 यदि कसैले तिमीहरूलाई केही भन्यो भने तिनीहरूलाई भन्‍नू, प्रभुलाई यिनीहरूको खाँचो छ, र त्यसले तिनीहरूलाई तुरुन्तै पठाइदिनेछ।”
MAT 21:4 अगमवक्ताद्वारा यसो भनेर बोलिएको वचन पूरा होस् भनेर यो भएको हो:
MAT 21:5 “यरूशलेमका मानिसहरूलाई भन, ‘हेर, तिम्रो राजा तिमीकहाँ आउँदैहुनुहुन्छ, नम्र र गधामाथि सवार हुनुभएर, बछेडामाथि, एउटा गधाको बछेडामाथि।’ ”
MAT 21:6 ती चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राउनुभएजस्तै गरे।
MAT 21:7 तिनीहरूले त्यस गधा र बछेडोलाई ल्याए, तीमाथि तिनीहरूका लुगाहरू ओछ्याए; र येशू त्यसमाथि बस्‍नुभयो।
MAT 21:8 एउटा धेरै ठूलो भीडले तिनीहरूका लुगाहरू बाटोमा ओछ्याइदिए; अनि अरू कतिले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाइदिए।
MAT 21:9 उहाँको अगि र पछि लागेका भीडहरू, र ती पछ्याउनेहरूले यसो भन्दै कराए, “दावीदका पुत्रलाई होसन्‍ना!” “धन्य उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ!” “परमधाममा होसन्‍ना।”
MAT 21:10 जब येशू यरूशलेममा प्रवेश गर्नुभयो, सम्पूर्ण सहरमा हलचल मच्‍चियो; तब मानिसहरूले सोधे, “यिनी को हुन्?”
MAT 21:11 त्यस भीडले जवाफ दियो, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता येशू हुन्।”
MAT 21:12 येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो, र त्यहाँ किनबेच गर्नेहरू सबैलाई धपाइदिनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू र परेवा बेच्नेहरूका टेबुलहरू पल्टाइदिनुभयो।
MAT 21:13 र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूको ओडार बनाइरहेका छौ।’”
MAT 21:14 दृष्‍टिविहीन र लङ्गडाहरू उहाँकहाँ मन्दिरमा आए; अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो।
MAT 21:15 तर जब मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँले गर्नुभएका अद्‌भुत कार्यहरू देखे, र मन्दिरको इलाकामा बालबालिकाहरूले “दावीदका पुत्रलाई होसन्‍ना” भनेका सुने, तब तिनीहरू रिसाए।
MAT 21:16 तिनीहरूले उहाँलाई सोधे, “यी बालबालिकाहरूले के भन्दैछन्, तिमी सुन्दैछौ?” येशूले जवाफ दिनुभयो, “हो, सुन्दैछु। के तिमीहरूले कहिल्यै धर्मशास्त्र पढेका छैनौ: “ ‘केटाकेटीहरू र शिशुहरूका ओठबाट प्रभु, तपाईंले प्रशंसा निकाल्नुभएको छ?’”
MAT 21:17 अनि उहाँ तिनीहरूलाई छोडेर सहरबाहिर बेथानीमा जानुभयो, र त्यहीँ बास बस्‍नुभयो।
MAT 21:18 एकाबिहानै जब उहाँ सहरतिर फर्कँदै हुनुहुन्थ्यो, उहाँ भोकाउनुभयो।
MAT 21:19 बाटोको किनारमा एउटा अञ्जीरको रूख देखेर उहाँ त्यहाँ आउनुभयो, तर त्यसमा पातहरूबाहेक केही पाउनुभएन। तब उहाँले त्यसलाई भन्‍नुभयो, “अब उप्रान्त तँमा फल नफलोस्!” अनि त्यो रूख तुरुन्तै ओइलायो।
MAT 21:20 जब चेलाहरूले यो देखे, तिनीहरू छक्‍क परेर सोधे, “यो अञ्जीरको रूख कसरी यति चाँडो ओइलायो?”
MAT 21:21 येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यदि तिमीहरूमा विश्‍वास छ, र शङ्का गरेनौ भने यस अञ्जीरको रूखलाई जे गरिएको थियो, तिमीहरूले त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई ‘तँ जा, गएर आफूलाई समुद्रमा फ्याँक्’ भन्यौ भने त्यो भइहाल्नेछ।
MAT 21:22 तिमीहरूले विश्‍वास गरेर प्रार्थनामा जे माग्छौ, त्यो तिमीहरूले पाउनेछौ।”
MAT 21:23 येशू मन्दिरका चोकहरूमा आउनुभयो; अनि उहाँले शिक्षा दिँदैगर्दा मुख्य पुजारीहरू र जनताका प्रधानहरू उहाँकहाँ आए। तिनीहरूले सोधे, “तिमीले कुन अधिकारले यी कुराहरू गरिरहेका छौ? अनि तिमीलाई यो अधिकार कसले दियो?”
MAT 21:24 येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। यदि तिमीहरूले जवाफ दियौ भने मैले कुन अधिकारले यी कामहरू गर्दैछु भनेर तिमीहरूलाई म भन्‍नेछु।
MAT 21:25 यूहन्‍नाको बप्‍तिस्मा कहाँबाट आएको हो? स्वर्गबाट हो कि मानिसहरूबाट?” तिनीहरूले आपसमा छलफल गरे र भने, “यदि हामीले ‘स्वर्गबाट,’ भन्यौँ भने उनले ‘त्यसो भए तिमीहरूले किन तिनलाई विश्‍वास गरेनौ’ भनी भन्‍नेछन्।
MAT 21:26 यदि हामीले ‘मानिसबाट’ हो भन्यौँ भने हामीलाई मानिसहरूको डर छ; किनकि तिनीहरू सबैले यूहन्‍नालाई अगमवक्ता भनी मान्छन्।”
MAT 21:27 त्यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामी जान्दैनौँ।” तब उहाँले भन्‍नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु, त्यो भन्दिनँ।
MAT 21:28 “तिमीहरू के सोच्छौ? एक जना मानिसका दुई छोराहरू थिए। तिनी पहिलोकहाँ गएर भने, ‘छोरा, आज गएर दाखबारीमा काम गरिदे है।’
MAT 21:29 “त्यसले जवाफ दियो, ‘अहँ, म जान्‍नँ,’ तर पछिबाट त्यसले आफ्नो मन बदली गर्‍यो र गयो।
MAT 21:30 “तब ती बुबा अर्को छोराकहाँ गएर त्यही कुरा भने। त्यसले जवाफ दियो, ‘हवस्, म जान्छु,’ तर त्यो गएन।
MAT 21:31 “ती दुईमध्ये कुन चाहिँले बुबाको इच्छा पूरा गर्‍यो?” तिनीहरूले भने, “पहिलोले।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म साँच्‍चै तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू परमेश्‍वरको राज्यमा तिमीहरूभन्दा पहिले प्रवेश गर्दैछन्।
MAT 21:32 किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको बाटो देखाउन आए, र तिमीहरूले उनलाई विश्‍वास गरेनौ, तर कर उठाउनेहरू र वेश्याहरूले त गरे। अनि तिमीहरूले यो देखेर पनि पश्‍चात्ताप गरेर विश्‍वास गरेनौ।
MAT 21:33 “अर्को दृष्‍टान्त सुन: एक जना जमिनका मालिक थिए, जसले एउटा दाखबारी लगाए, र त्यसको चारैतिर पर्खाल बनाएर दाख पेल्ने एउटा कोल खने; र एउटा मचान बनाए। तब तिनले त्यो दाखबारी केही मोहीहरूलाई ठेक्‍कामा दिए, र आफू यात्रामा गए।
MAT 21:34 जब कटनीको समय आयो, तब तिनले फल जम्मा गर्न भनी आफ्ना सेवकहरूलाई ती मोहीहरूकहाँ पठाए।
MAT 21:35 “तर ती मोहीहरूले सेवकहरूलाई पक्रे: अनि एउटालाई पिटे, अर्कोलाई मारे र तेस्रोलाई ढुङ्गाले हाने।
MAT 21:36 मालिकले फेरि अरू सेवकहरूलाई तिनीहरूकहाँ पहिलेभन्दा बढी संख्यामा पठाए, तब ती मोहीहरूले तिनीहरूसित पनि त्यस्तै व्यवहार गरे।
MAT 21:37 अन्त्यमा तिनले आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, र तिनले सोचे, ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्लान्।’
MAT 21:38 “तर ती मोहीहरूले जब छोरालाई आउँदैगरेको देखे, तब तिनीहरूले आपसमा भने, ‘यो त उत्तराधिकारी हो; आओ, यसलाई मारौँ र उसको उत्तराधिकार हात पारौँ।’
MAT 21:39 यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे।
MAT 21:40 “यसकारण जब दाखबारीका मालिक आउँछन्, तब तिनले ती मोहीहरूलाई के गर्लान्?”
MAT 21:41 तिनीहरूले जवाफ दिए, “तिनले ती दुष्‍टहरूलाई दुर्दशापूर्वक अन्त्य गरिदिनेछन्, र त्यो दाखबारी अरू मोहीहरूलाई दिनेछन्, जसले कटनीको समयमा तिनको भागको उब्जनी तिनलाई दिनेछन्।”
MAT 21:42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ: “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द तुल्याए, त्यही जगको मुख्य ढुङ्गा बन्यो; प्रभुले नै यो गर्नुभएको हो, अनि यो हाम्रा दृष्‍टिमा अचम्मको छ’?
MAT 21:43 “यसकारण म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य तिमीहरूबाट खोसिनेछ र यस्तो जातिलाई दिइनेछ, जसले यसबाट फल फलाउनेछ।
MAT 21:44 जो यस ढुङ्गामाथि खस्ला, त्यो टुक्रा-टुक्रा हुनेछ; तर जसमाथि यो खस्छ, त्यो धुलोपिठो हुनेछ।”
MAT 21:45 जब मुख्य पुजारीहरू र फरिसीहरूले येशूको यो दृष्‍टान्त सुने, तिनीहरूले उहाँले तिनीहरूकै विषयमा भन्दै हुनुहुन्छ भनी जाने।
MAT 21:46 तिनीहरूले उहाँलाई पक्रने उपाय खोज्न थाले, तर तिनीहरू भीडसित डराउँथे; किनकि तिनीहरूले उहाँलाई अगमवक्ता भनी मान्थे।
MAT 22:1 येशूले फेरि तिनीहरूसित दृष्‍टान्तहरूमा बोल्दै यसो भन्‍नुभयो:
MAT 22:2 “स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना पुत्रका विवाहको लागि एउटा भोज तयार गरे।
MAT 22:3 तिनले आफ्ना सेवकहरूलाई भोजमा निम्तो पाएकाहरूलाई बोलाउन पठाए; तर तिनीहरूले आउन अस्वीकार गरे।
MAT 22:4 “तब तिनले अझ बढी सेवकहरू पठाए र भने, ‘ती निम्ता गरिएकाहरूलाई मैले मेरो भोज तयार पारेको छु भनी भन: मोटा-मोटा पशुहरू मारेर व्यञ्जन तयार गरिएका छन्; अनि सबै थोक तयार छन्। विवाहको भोजमा आओ।’
MAT 22:5 “तर ती कसैले पनि ध्यान दिएनन्; अनि एउटा आफ्नो खेततिर र अर्कोचाहिँ आफ्नो व्यापारतिर गइहाले।
MAT 22:6 अरू बाँकी रहेकाहरूले चाहिँ तिनका सेवकहरूलाई पक्रे, दुर्व्यवहार गरे र मारे।
MAT 22:7 राजा अति रिसाए, र तिनले आफ्ना सेनाहरू पठाए, र ती हत्याराहरूलाई नाश पारिदिए, र तिनीहरूका सहरहरू जलाइदिए।
MAT 22:8 “तब तिनले आफ्ना सेवकहरूलाई भने, ‘विवाहको भोज त तयार छ, तर ती निम्त्याइएकाहरू आउन योग्यका ठहरिएनन्।
MAT 22:9 यसकारण सडकका कुनाहरूतिर जाओ, र जसलाई भेट्टाउँछौ, त्यसलाई भोजमा आउन निम्तो देओ।’
MAT 22:10 यसकारण ती सेवकहरू सडकतिर गए, र के असल के खराब, भेटेजति सबै मानिसहरूलाई जम्मा गरेर ल्याए; अनि विवाहको घर पाहुनाहरूले भरियो।
MAT 22:11 “तर जब राजा ती पाहुनाहरूलाई हेर्न भित्र आए, त्यहाँ तिनले विवाहको वस्त्र नलाएको एक जना मानिसलाई देखे।
MAT 22:12 तिनले सोधे, ‘ए साथी, तिमी विवाहको वस्त्रविना कसरी भित्र आयौ?’ त्यो मानिस निरुत्तर भयो।
MAT 22:13 “तब राजाले कर्मचारीहरूलाई भने, ‘यसका हातखुट्टा बाँधेर बाहिर अँध्यारोमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’
MAT 22:14 “किनकि बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।”
MAT 22:15 त्यसपछि फरिसीहरू बाहिर गइहाले र येशूलाई उहाँकै कुरामा कसरी फसाऔँ भनेर योजना बनाए।
MAT 22:16 तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदीहरूसित उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौँ, र तपाईंले साँचो गरी परमेश्‍वरका मार्ग सिकाउनुहुन्छ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्‍न; किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्‍न।
MAT 22:17 तब हामीलाई तपाईंको विचार भन्‍नुहोस्। सिजरलाई कर तिर्नु उचित छ कि छैन?”
MAT 22:18 येशूले तिनीहरूका दुष्‍ट अभिप्राय जानेर भन्‍नुभयो, “ए कपटीहरू हो, किन मलाई फसाउने कोसिस गर्दैछौ?
MAT 22:19 कर तिर्दा प्रयोग गरिने सिक्‍का मलाई देखाओ।” तिनीहरूले उहाँकहाँ एउटा दिनार ल्याए।
MAT 22:20 अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? र यो छाप कसको हो?”
MAT 22:21 “सिजरको,” तिनीहरूले जवाफ दिए। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जे कुरा सिजरको हो, त्यो सिजरलाई देओ, र जे कुरा परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।”
MAT 22:22 जब तिनीहरूले यो सुने, तिनीहरू छक्‍क परे, र उहाँलाई छोडेर गइहाले।
MAT 22:23 त्यही दिन पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ एउटा प्रश्न लिएर आए।
MAT 22:24 तिनीहरूले भने, “हे गुरु, मोशाले हामीलाई भनेका थिए, यदि कुनै मानिस बालबच्‍चा नभईकन मर्‍यो भने उसको भाइले त्यस विधवालाई विवाह गरेर उसका लागि बालबच्‍चा जन्माउनुपर्छ।
MAT 22:25 अब हाम्रो बीचमा सात भाइहरू थिए। पहिलोले विवाह गर्‍यो, तर ऊ मर्‍यो; अनि उसका बालबच्‍चा नभएकोले उसले आफ्नी पत्नीलाई भाइका निम्ति छोड्नुपर्‍यो।
MAT 22:26 त्यही घटना दोस्रो भाइसित, तेस्रो भाइसित र सातौँसम्म नै घट्यो।
MAT 22:27 अन्त्यमा त्यो स्त्री पनि मरी।
MAT 22:28 अब पुनरुत्थानमा त्यो स्त्री सात जनामध्ये कसकी पत्नी हुनेछे? किनकि त्यसको विवाह ती सबैसँग भएको थियो।”
MAT 22:29 येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्‍वरको शक्तिलाई नजानेकाले भ्रममा परेका छौ।
MAT 22:30 पुनरुत्थानमा मानिसहरू न विवाह गर्छन्, न त विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्।
MAT 22:31 तर मरेकाहरूको पुनरुत्थानको विषयमा परमेश्‍वरले तिमीहरूलाई के भन्‍नुभएको छ, के तिमीहरूले पढेका छैनौ?
MAT 22:32 ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर, र याकोबका परमेश्‍वर हुँ।’ उहाँ मरेकाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ।”
MAT 22:33 जब भीडहरूले यो सुने, तिनीहरू उहाँका शिक्षामा छक्‍क परे।
MAT 22:34 येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्‍ने सुनेर फरिसीहरू एकसाथ भेला भए।
MAT 22:35 तीमध्ये एक जना व्यवस्थाका विशेषज्ञले यो प्रश्न गरेर उहाँलाई जाँच गरे:
MAT 22:36 “हे गुरु, व्यवस्थामा सबैभन्दा महान् आज्ञा कुनचाहिँ हो?”
MAT 22:37 येशूले जवाफ दिनुभयो: “ ‘परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, र सम्पूर्ण मनले प्रेम गर।’
MAT 22:38 यही नै पहिलो र सबैभन्दा महान् आज्ञा हो।
MAT 22:39 अनि दोस्रो पनि उत्तिकै महत्त्वपूर्ण छ: ‘तिमीहरूले आफ्ना छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर।’
MAT 22:40 सबै व्यवस्था र अगमवक्ताहरू यी दुई आज्ञाहरूमा नै आधारित छन्।”
MAT 22:41 फरिसीहरू एकसाथ भेला भएका बेलामा येशूले तिनीहरूलाई सोध्नुभयो,
MAT 22:42 “तिमीहरू ख्रीष्‍टको विषयमा के विचार गर्छौ? उनी कसका पुत्र हुन्?” तिनीहरूले जवाफ दिए, “दावीदका पुत्र।”
MAT 22:43 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए दावीदले आत्माद्वारा बोल्दैगर्दा उहाँलाई कसरी ‘प्रभु’ भने? किनकि तिनी भन्छन्,
MAT 22:44 “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा पाउमुनि राख्दिनँ, तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’
MAT 22:45 यदि दावीदले उहाँलाई ‘प्रभु’ भन्छन् भने कसरी उहाँ तिनका पुत्र हुन सक्छन्?”
MAT 22:46 यसको जवाफमा कसैले एक शब्द पनि भन्‍न सकेन। त्यस दिनदेखि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेन।
MAT 23:1 तब येशूले भीडहरू र आफ्ना चेलाहरूलाई भन्‍नुभयो:
MAT 23:2 “व्यवस्थाका शिक्षकहरू र फरिसीहरू मोशाको आसनमा बस्छन्।
MAT 23:3 यसकारण तिनीहरूले भनेका हरेक कुरा तिमीहरूले मान र गर, तर तिनीहरूले जे गर्छन्, त्योचाहिँ नगर। किनकि तिनीहरूले जे प्रचार गर्छन्, त्यो अभ्यास गर्दैनन्।
MAT 23:4 तिनीहरूले बोक्नै नसक्ने गह्रौँ भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्छन्, तर तिनीहरू आफैँचाहिँ ती उचाल्नलाई आफ्नो एक औँलासमेत चलाउँदैनन्।
MAT 23:5 “तिनीहरूले प्रत्येक कुरा मानिसहरूले देखून् भनेर गर्छन्। तिनीहरूले आफ्ना धर्मशास्त्रका पदहरू लेखेको पत्रलाई चौडा बनाउँछन् र आफ्ना वस्त्रका झुम्काहरू लामा बनाउँछन्।
MAT 23:6 तिनीहरू भोजमा आदरको स्थान मन पराउँछन् र सभाघरहरूमा सबैभन्दा प्रमुख आसनहरू लिन मन पराउँछन्।
MAT 23:7 तिनीहरू बजारहरूमा आदरपूर्ण अभिवादन पाउन र मानिसहरूले तिनीहरूलाई ‘गुरुज्यू’ भनेर बोलाएको मन पराउँछन्।
MAT 23:8 “तर तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस्; किनकि तिमीहरूका एउटै मालिक हुनुहुन्छ र तिमीहरू सबै दाजुभाइ हौ।
MAT 23:9 अनि यस पृथ्वीमा कसैलाई ‘पिता’ नभन, किनकि तिमीहरूका एउटै पिता हुनुहुन्छ, जो स्वर्गमा हुनुहुन्छ।
MAT 23:10 न त तिमीहरूलाई ‘शिक्षक’ भनियोस्, किनकि तिमीहरूका एउटै मात्र शिक्षक हुनुहुन्छ जो ख्रीष्‍ट हुनुहुन्छ।
MAT 23:11 तिमीहरूमा जो सबैभन्दा उच्‍च छ, त्यो नै तिमीहरूका सेवक हुनेछ।
MAT 23:12 किनकि जसले आफूलाई उच्‍च पार्छ, त्यो नम्र बनाइनेछ; र जसले आफूलाई नम्र बनाउँछ, त्योचाहिँ उच्‍च पारिनेछ।
MAT 23:13 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू मानिसहरूका सामु स्वर्गको राज्य बन्द गर्दछौ। तिमीहरू आफू पनि प्रवेश गर्दैनौ, न त प्रवेश गर्न चाहनेहरूलाई नै प्रवेश गर्न दिन्छौ।
MAT 23:14 ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू विधवाहरूका घर निलिहाल्दछौ, र देखाउनका लागि लामा-लामा प्रार्थना गर्दछौ। यसैले अरूले भन्दा तिमीहरूले धेरै दण्ड पाउनेछौ।
MAT 23:15 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू एक जनालाई आफ्नो धर्ममा ल्याउनलाई जमिन र समुद्र चाहार्छौ। अनि त्यो तिमीहरूका धर्ममा आएपछि आफूभन्दा दुईगुणा नरकको छोरा बनाउँछौ।
MAT 23:16 “ए दृष्‍टिविहीन अगुवाहरू हो, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू यसो भन्दछौ, ‘यदि कसैले मन्दिरको शपथ खायो भने यसको कुनै अर्थ हुँदैन; तर यदि कसैले मन्दिरको सुनको शपथ खायो भने त्यस शपथले त्यो बाँधिनेछ।’
MAT 23:17 तिमी दृष्‍टिविहीन मूर्खहरू! कुन महत्त्वपूर्ण हो: सुन कि सुनलाई पवित्र पार्ने मन्दिर?
MAT 23:18 तिमीहरू यो पनि भन्दछौ, ‘यदि कसैले वेदीको शपथ खायो भने यसको अर्थ हुँदैन। तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खायो भने त्यो त्यस शपथले बाँधिनेछ।’
MAT 23:19 हे मूर्ख र दृष्‍टिविहीन मानिसहरू हो! कुन महत्त्वपूर्ण हो: भेटी कि भेटीलाई पवित्र पार्ने वेदी?
MAT 23:20 यसकारण जसले वेदीको शपथ खान्छ, त्यसले वेदी र त्यसमाथि राखिएका प्रत्येक कुराको शपथ खान्छ।
MAT 23:21 अनि जसले मन्दिरको शपथ खान्छ, त्यसले मन्दिर र मन्दिरभित्र बास गर्नुहुनेको शपथ खान्छ।
MAT 23:22 अनि जसले स्वर्गको शपथ खान्छ, त्यसले परमेश्‍वरको सिंहासन र त्यसमाथि बस्‍नुहुनेको शपथ खान्छ।
MAT 23:23 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू आफ्ना मसलाहरू अर्थात् पुदिना, सुँप र जीराका दशांश दिन्छौ, तर तिमीहरूले व्यवस्थाका अझ मुख्य कुराहरू अर्थात् न्याय, दया र विश्‍वासयोग्यताको अवहेलना गर्दछौ। तिमीहरूले पहिलोको अवहेलना नगरी दोस्रोको पनि पालन गर्नुपर्नेथियो।
MAT 23:24 तिमी दृष्‍टिविहीन अगुवाहरू! तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई निलिहाल्दछौ।
MAT 23:25 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू कचौरा र थालको बाहिर सफा गर्दछौ, तर भित्र त लोभ र असंयमले भरिएका हुन्छौ।
MAT 23:26 ए दृष्‍टिविहीन फरिसीहरू! पहिला कचौरा र थालको भित्रपट्टि सफा गर, तब बाहिरपट्टि पनि सफा हुनेछ।
MAT 23:27 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू सेतो चून लगाइएका चिहानहरूजस्ता छौ, जुन बाहिर त सुन्दर देखिन्छन्, तर भित्र त मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका हुन्छन्।
MAT 23:28 यही प्रकारले तिमीहरू मानिसहरूका सामु धर्मी देखा पर्दछौ, तर भित्र भने कपटीपन र दुष्‍टताले भरिएका छौ।
MAT 23:29 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ र धर्मीहरूका स्मारकहरू सिँगार्छौ।
MAT 23:30 र भन्छौ, ‘यदि हामी हाम्रा पुर्खाहरूको समयमा बाँचेका भए हामी तिनीहरूले अगमवक्ताहरूको रगत बगाउनमा सहभागी हुनेथिएनौँ।’
MAT 23:31 यसरी तिमीहरू अगमवक्ताहरूको हत्या गर्नेहरूका सन्तान हौ भनी आफ्नै विरुद्धमा साक्षी दिन्छौ।
MAT 23:32 त्यसकारण तिमीहरूका पुर्खाहरूले सुरु गरेका पापको नाप पूरा गर!
MAT 23:33 “हे सर्पहरू हो! साँबे सर्पका बच्‍चाहरू हो! तिमीहरू नरकको दण्डबाट कसरी उम्कन्छौ?
MAT 23:34 यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू र बुद्धिमान् मानिसहरू, र शिक्षकहरू पठाउँदैछु। तीमध्ये कतिलाई तिमीहरूले मार्नेछौ र क्रूसमा चढाउनेछौ; अरूलाई तिमीहरूले तिमीहरूका सभाहरूमा कोर्रा लगाउनेछौ; र एक सहरदेखि अर्को सहरमा खेद्नेछौ।
MAT 23:35 यसकारण तिमीहरूमाथि यस पृथ्वीमा बगाइएका धर्मी रगत अर्थात् धर्मी हाबिलदेखि लिएर तिमीहरूले मन्दिर र वेदीको बीचमा हत्या गरेका बेरेक्याहका छोरा जकरियाको रगतसम्म आइपर्नेछ।
MAT 23:36 म तिमीहरूलाई साँच्‍चै भन्दछु, यी सबै कुरा यस पुस्तामाथि नै आइपर्नेछन्।
MAT 23:37 “ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। मैले कति पटक तेरा बालबच्‍चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्‍लाहरूलाई पखेटामुनि बटुलेझैँ बटुल्न खोजेँ, तर तँ राजी भइनस्।
MAT 23:38 हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ।
MAT 23:39 म तँलाई भन्दछु, तैँले ‘प्रभुको नाममा आउनुहुने धन्यका हुनुहुन्छ’ नभनेसम्म, तैँले मलाई फेरि देख्नेछैनस्।”
MAT 24:1 येशूले मन्दिर छोडेर जान लाग्दा उहाँका चेलाहरू उहाँको ध्यान मन्दिरको बनावटतिर आकर्षित गराउन उहाँकहाँ आए।
MAT 24:2 उहाँले सोध्नुभयो, “के तिमीहरू यी सबै थोक देख्दैछौ? म तिमीहरूलाई साँच्‍चै भन्दछु, यहाँ एउटा ढुङ्गामाथि अर्को रहनेछैन, तर प्रत्येक ढुङ्गा भत्काएर फ्याँकिनेछ।”
MAT 24:3 येशू जैतुन डाँडामा बसिरहनुहुँदा चेलाहरू सुटुक्‍क उहाँकहाँ आएर सोधे, “हामीलाई भन्‍नुहोस्, यो कहिले हुनेछ, र तपाईंको आगमन र जगत्‌को अन्त्यको चिन्ह के हुनेछ?”
MAT 24:4 येशूले जवाफ दिनुभयो: “होसियार रहो, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्।
MAT 24:5 किनकि धेरै जना ‘म ख्रीष्‍ट हुँ,’ भन्दै मेरो नाममा दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्।
MAT 24:6 तिमीहरूले लडाइँहरू र लडाइँहरूका हल्‍लाहरू सुन्‍नेछौ, तर तिमीहरू नडराउनू। यस्ता कुराहरू त हुनैपर्छ; तर अन्त्य आउन अझै बाँकी नै छ।
MAT 24:7 जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुइँचालाहरू जानेछन्।
MAT 24:8 यी सबै प्रसववेदनाका सुरुवात मात्र हुन्।
MAT 24:9 “तब तिनीहरूले तिमीहरूलाई सताइनका लागि र मारिनका लागि सुम्पिइनेछन्; अनि मेरा निम्ति सबै राष्ट्रहरूद्वारा तिमीहरू घृणित हुनेछौ।
MAT 24:10 त्यस बेला धेरै जना विश्‍वासबाट पछि हट्नेछन्, र एक-आपसमा विश्‍वासघात र घृणा गर्नेछन्।
MAT 24:11 अनि धेरै झूटा अगमवक्ताहरू देखा परेर धेरैलाई भ्रममा पार्नेछन्।
MAT 24:12 दुष्‍टता बढेकोले धेरैको प्रेम सेलाउनेछ,
MAT 24:13 तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार गरिनेछ।
MAT 24:14 अनि राज्यको सुसमाचार सबै राष्ट्रहरूमा साक्षीको रूपमा विश्‍वभरि प्रचार गरिनेछ; त्यसपछि अन्त्य आउनेछ।
MAT 24:15 “यसरी जब तिमीहरूले दानिएल अगमवक्ताद्वारा भनिएको ‘विनाशकारी घृणित कुरा’ पवित्रस्थानमा खडा भएको देख्नेछौ—पढ्नेले बुझोस्,
MAT 24:16 तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्।
MAT 24:17 घरको कौसीमा हुनेहरू कोही पनि घरबाट केही थोक लिनलाई तल नओर्लोस्।
MAT 24:18 खेतमा हुने कोही पनि आफ्ना लुगा लिन फर्केर नजाओस्।
MAT 24:19 ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्!
MAT 24:20 शब्बाथको दिनमा अथवा हिउँदमा तिमीहरू भाग्नु नपरोस् भनी प्रार्थना गर।
MAT 24:21 किनकि त्यस बेला यस्तो महासङ्कष्‍ट हुनेछ, संसारको उत्पत्तिदेखि अहिलेसम्म न कहिल्यै भएको थियो, न त फेरि कहिल्यै हुनेछ।
MAT 24:22 “यदि ती दिनहरू नघटाइएका भए कोही पनि बाँच्न सक्ने थिएन; तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन्।
MAT 24:23 त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ हुनुहुन्छ’ अथवा, ‘उहाँ त्यहाँ हुनुहुन्छ’ भन्यो भने त्यसमा विश्‍वास नगर।
MAT 24:24 किनकि झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्। सम्भव भएसम्म चुनिएकाहरूलाई पनि बहकाउनलाई ठूला-ठूला अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गर्नेछन्।
MAT 24:25 हेर, मैले तिमीहरूलाई पहिलेबाट नै भनिदिएको छु।
MAT 24:26 “यसकारण यदि कसैले तिमीहरूलाई ‘हेर, उहाँ बाहिर मरुभूमिमा हुनुहुन्छ’ भन्यो भने निस्केर नजाओ; अथवा, ‘उहाँ यहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भन्यो भने त्यो कुरा विश्‍वास नगर।
MAT 24:27 किनकि जसरी पूर्वतिर चम्केको बिजुली पश्‍चिममा पनि देखा पर्छ, त्यसरी नै मानिसको पुत्रको आगमन पनि हुनेछ।
MAT 24:28 जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू भेला हुन्छन्।
MAT 24:29 “ती दिनहरूका सङ्कष्‍टपछि तुरुन्तै, “ ‘सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; आकाशबाट ताराहरू खस्‍नेछन्, अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’
MAT 24:30 “त्यस बेला मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ; अनि पृथ्वीका सबै जातिहरूले विलाप गर्नेछन्। तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महा महिमासहित आकाशका बादलहरूमा आइरहेको देख्नेछन्।
MAT 24:31 अनि उसले आफ्ना दूतहरूलाई तुरहीको चर्को आवाजसित पठाउनेछ। अनि तिनीहरूले आकाशको एक कुनादेखि अर्को कुनासम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई बटुल्नेछन्।
MAT 24:32 “अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी तिमीहरूले थाहा पाउँछौ।
MAT 24:33 त्यसरी नै जब तिमीहरूले यी सबै कुराहरू भइरहेका देख्छौ, तब यो नजिकै, ढोकैमा छ भनी तिमीहरूले जान।
MAT 24:34 म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्‍चय नै नष्‍ट भएर जानेछैन।
MAT 24:35 आकाश र पृथ्वी नष्‍ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्‍ट हुनेछैनन्।
MAT 24:36 “त्यस दिन र त्यस समयको विषयमा कसैले जान्दैन। न स्वर्गका दूतहरूले, न पुत्रले; तर पिताले मात्र जान्‍नुहुन्छ।
MAT 24:37 जसरी नोआको दिनमा भएको थियो, त्यसरी नै मानिसको पुत्रको आगमनमा पनि हुनेछ।
MAT 24:38 किनकि जलप्रलय अगिका दिनहरूमा नोआ जहाजभित्र पस्‍ने दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाह गर्दै र विवाह गराउँदैथिए।
MAT 24:39 अनि जलप्रलय आएर तिनीहरू सबैलाई नबगाउन्जेल तिनीहरूलाई के हुन्छ भन्‍ने कुरा थाहा नै थिएन। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ।
MAT 24:40 दुई जना मानिसहरू खेतमा हुनेछन्; एक जना लगिनेछ, र अर्को छोडिनेछ।
MAT 24:41 दुई जना स्त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्; एउटी लगिनेछ र अर्की छोडिनेछ।
MAT 24:42 “यसकारण जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनेछन् भनी तिमीहरू जान्दैनौ।
MAT 24:43 तर यो बुझिराख: यदि घरको मालिकले राति कुन समयमा चोर आउँछ भनी जानेका भए, तिनी होसियार रहनेथिए, र तिनले आफ्नो घर फोरिन दिनेथिएन।
MAT 24:44 यसकारण तिमीहरू पनि तयार बस; किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।
MAT 24:45 “त्यसो भए त्यो विश्‍वासयोग्य र बुद्धिमान् सेवक को हो, जसलाई त्यसका मालिकले घरका अन्य सेवकहरूलाई तिनीहरूका भोजन ठिक समयमा दिनू भनेर तिनीहरूमाथि अधिकार दिएका छन्?
MAT 24:46 उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकका लागि असल हुनेछ।
MAT 24:47 म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्।
MAT 24:48 तर यदि त्यो सेवक दुष्‍ट छ, र त्यसले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भनी भन्यो,
MAT 24:49 अनि आफ्ना सङ्गी-सेवकहरूलाई पिट्न र मतवालाहरूसित खान र पिउन थाल्यो भने,
MAT 24:50 त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्।
MAT 24:51 तब तिनले त्यसलाई टुक्रा-टुक्रा पारेर काट्नेछन् र कपटीहरूका साथमा राख्नेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछन्।
MAT 25:1 “त्यस समय स्वर्गको राज्य दश जना कन्याहरूजस्तो हुनेछ, जसले आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए।
MAT 25:2 तीमध्ये पाँच जना निर्बुद्धिहरू र पाँच जना बुद्धिमतीहरू थिए।
MAT 25:3 ती निर्बुद्धिहरूले बत्तीहरू त लगे, तर तेल लगेनन्।
MAT 25:4 तर ती बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीहरूसित भाँडोमा तेल पनि लगे।
MAT 25:5 दुलहाले आउन ढिलो गरेकाले तिनीहरू सबैलाई निन्द्रा लाग्न थाल्यो, र भुसुक्‍क निदाए।
MAT 25:6 “मध्यरातमा एउटा आवाज सुनियो: ‘लौ दुलहा यहाँ आइपुगेका छन्! उनलाई भेट्न निस्किआओ!’
MAT 25:7 “तब सबै कन्याहरू उठे, र आफ्ना बत्तीहरू ठिक पारे।
MAT 25:8 ती निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका तेलबाट केही देओ; किनकि हाम्रा बत्तीहरू निभ्दैछन्।’
MAT 25:9 “तिनीहरूले जवाफ दिए, ‘हुँदैन, सायद हामी र तिमीहरू दुवैका लागि यो प्रशस्त नहोला। बरु तेल बेच्नेहरूकहाँ जाओ, र आफ्ना लागि केही किन।’
MAT 25:10 “तर जब तिनीहरू तेल किन्‍न निस्के, तब दुलहा आइपुगिहाले। ती तयार रहेका कन्याहरू तिनीसित विवाहको भोजमा प्रवेश गरिहाले। अनि ढोका बन्द भयो।
MAT 25:11 “पछिबाट ती अरू पनि आए, र भने, ‘प्रभु! हे प्रभु! हाम्रा लागि ढोका खोलिदिनुहोस्!’
MAT 25:12 “तर तिनले जवाफ दिए, ‘म तिमीहरूलाई साँच्‍चै भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’
MAT 25:13 “यसकारण जागा रहो; किनकि त्यो दिन र समय तिमीहरू जान्दैनौ।
MAT 25:14 “फेरि, स्वर्गको राज्य यात्रामा जान लागेको त्यो मानिसजस्तो हो, जसले आफ्ना सेवकहरूलाई बोलाएर तिनीहरूलाई आफ्ना सम्पत्तिको जिम्मा दिए।
MAT 25:15 तिनीहरूका योग्यताअनुसार तिनले एउटालाई पाँच झोला सुनका सिक्‍का, अर्कोलाई दुई झोला सुनका सिक्‍का र अर्कोलाई एक झोला सुनका सिक्‍का दिए। त्यसपछि तिनी आफ्ना यात्रामा लागे।
MAT 25:16 पाँच झोला सुनका सिक्‍का पाउने मानिस तुरुन्तै गएर आफ्नो पैसा काममा लगायो र अरू पाँच झोला सुन कमायो।
MAT 25:17 दुई झोला सुनका सिक्‍का पाउनेले पनि त्यसै गरी अरू दुई झोला कमायो।
MAT 25:18 तर एक झोला सुनका सिक्‍का पाउने मानिस गयो, र भुइँमा खनेर उसका मालिकको धनसम्पत्ति लुकायो।
MAT 25:19 “धेरै समय बितेपछि ती सेवकहरूका मालिक फर्किआए, र तिनीहरूसित हिसाब मागे।
MAT 25:20 पाँच झोला सुनका सिक्‍का पाउने मानिसले अरू पाँच ल्यायो। उसले भन्यो, ‘हजुर, तपाईंले मलाई पाँच झोला सुनका सिक्‍का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच झोला सुन कमाएँ।’
MAT 25:21 “त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्‍वासी सेवक! तँ थोरै कुरामा विश्‍वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’
MAT 25:22 “दुई झोला सुनका सिक्‍का पाउने मानिस पनि आयो। त्यसले भन्यो, ‘हजुर, तपाईंले मलाई दुई झोला सुनका सिक्‍का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई झोला सुन कमाएँ।’
MAT 25:23 “त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्‍वासी सेवक! तँ थोरै कुरामा विश्‍वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’
MAT 25:24 “त्यसपछि एक झोला सुनको सिक्‍का पाउने मानिस आयो। त्यसले भन्यो ‘मालिक, म जान्दछु कि तपाईं नरोपेको ठाउँमा कटनी गर्नुहुने र बिउ नछरेको ठाउँमा बटुल्नुहुने कठोर मानिस हुनुहुन्छ।
MAT 25:25 तसर्थ म डराएँ, र गएर तपाईंको सुन भुइँमा लुकाएर राखेँ। हेर्नुहोस्, तपाईंको त्यो सुन यहाँ छ।’
MAT 25:26 “त्यसका मालिकले जवाफ दिए, ‘तँ दुष्‍ट र अल्छे सेवक! मैले नछरेको ठाउँमा म कटनी गर्छु, र बिउ नरोपेको ठाउँमा बटुल्छु भन्‍ने तँलाई थाहा थियो?
MAT 25:27 त्यसो भए, तैँले मेरो धनसम्पत्ति साहुकहाँ राख्नु पर्नेथियो, र म फर्केर आउँदा मैले त्यो ब्याजसमेत पाउनेथिएँ।
MAT 25:28 “ ‘त्यसबाट त्यो सुनको सिक्‍काको झोला लेओ, र जससित दश झोला छ, त्यसलाई देओ।
MAT 25:29 किनकि जससित छ, त्यसलाई अरू दिइनेछ, र त्यससित प्रशस्त हुनेछ। जससित छैन, त्यससित भएको पनि खोसिनेछ।
MAT 25:30 अनि त्यस बेकामे सेवकलाई बाहिरको अन्धकारमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’
MAT 25:31 “जब मानिसको पुत्र आफ्नो महिमामा सबै दूतहरूसित आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्‍नेछ।
MAT 25:32 सारा राष्ट्रहरू उसको अगि भेला गराइनेछन्; अनि गोठालाले बाख्राहरूबाट भेडाहरू अलग गरेझैँ, उसले मानिसहरूलाई एक-अर्कादेखि अलग गर्ने।
MAT 25:33 उसले भेडाहरूलाई आफ्नो दाहिनेतिर र बाख्राहरूलाई आफ्नो देब्रेतिर राख्नेछ।
MAT 25:34 “तब आफ्ना दाहिनेतिरका मानिसहरूलाई राजाले भन्‍नेछन्, ‘आओ, मेरा पिताका धन्य जनहरू हो, संसारको उत्पत्तिदेखि तिमीहरूका लागि तयार पारिएको राज्यको, तिमीहरू उत्तराधिकारी होओ।
MAT 25:35 किनकि म भोकाएको थिएँ, र तिमीहरूले मलाई केही खानेकुरा दियौ। म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई केही पिउने कुरा दियौ। म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र स्वागत गर्‍यौ,
MAT 25:36 मलाई वस्त्रको खाँचो थियो, र तिमीहरूले मलाई पहिर्‍यायौ। म बिरामी थिएँ, र तिमीहरू मलाई हेर्न आयौ। म झ्यालखानामा थिएँ, र तिमीहरू मलाई भेट्न आयौ।’
MAT 25:37 “तब ती धर्मीहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका देख्यौँ र खुवायौँ, अथवा तिर्खाएका देख्यौँ र पिउन दियौँ?
MAT 25:38 हामीले तपाईंलाई कहिले परदेशी देख्यौँ, र भित्र स्वागत गर्‍यौँ अथवा वस्त्रको अभावमा पहिर्‍यायौँ?
MAT 25:39 हामीले तपाईंलाई कहिले बिरामी वा झ्यालखानामा देख्यौँ, र तपाईंलाई भेट्न गयौँ?’
MAT 25:40 “राजाले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले मेरा यी मानिसहरूमध्ये सानोभन्दा सानोलाई जे गर्‍यौ, त्यो तिमीहरूले मलाई नै गर्‍यौ।’
MAT 25:41 “तब तिनले आफ्ना देब्रेतिरकाहरूलाई भन्‍नेछन्, ‘हे श्रापितहरू हो, मबाट टाढा भएर शैतान र त्यसका दूतहरूका लागि तयार पारिएको अनन्तको आगोमा जाओ।
MAT 25:42 किनकि म भोकाएको थिएँ, र तिमीहरूले मलाई केही खान दिएनौ। म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई केही पिउन दिएनौ।
MAT 25:43 म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र स्वागत गरेनौ। मलाई वस्त्रको खाँचो थियो र तिमीहरूले मलाई पहिर्‍याएनौ। म बिरामी र झ्यालखानामा थिएँ, र तिमीहरूले मेरो हेरचाह गरेनौ।’
MAT 25:44 “तिनीहरूले पनि जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका अथवा तिर्खाएका, अथवा परदेशी, अथवा वस्त्रको खाँचोमा पर्नुभएको, अथवा बिरामी अथवा झ्यालखानामा देख्यौँ, र तपाईंलाई सहायता दिएनौँ?’
MAT 25:45 “उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले यी सानाहरूमध्ये एउटालाई जे गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।’
MAT 25:46 “तब तिनीहरू अनन्तको दण्डमा, तर धर्मी जनहरू अनन्तको जीवनमा प्रवेश गर्नेछन्।”
MAT 26:1 जब येशूले यी सबै कुराहरू बोलिसक्नुभयो, तब उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
MAT 26:2 “तिमीहरूलाई थाहा भएझैँ निस्तार चाड आउन अब दुई दिन मात्र छ, र मानिसको पुत्रलाई क्रूसमा चढाइनको लागि सुम्पिइनेछ।”
MAT 26:3 तब मुख्य पुजारीहरू र जनताका प्रधानहरू, कैयाफा नाम भएका प्रधान पुजारीको महलमा भेला भए।
MAT 26:4 तिनीहरूले येशूलाई छल गरेर पक्रने र मार्ने षड्यन्त्र गरे।
MAT 26:5 तिनीहरूले भने, “तर चाडको समयमा होइन, नत्रता मानिसहरूमा दङ्गा मच्‍चिन्छ।”
MAT 26:6 येशू बेथानीमा सिमोन नाम भएका कुष्‍ठरोगीको घरमा हुनुहुँदा,
MAT 26:7 एउटी स्त्री सिङ्गमरमरको एउटा भाँडोमा अति मूल्यवान् अत्तर लिएर आइन्, र उहाँ खान बस्‍नुभएको बेला उहाँको शिरमाथि खन्याइन्।
MAT 26:8 जब चेलाहरूले यो देखे, तिनीहरू रिसाए। तिनीहरूले भने, “यसलाई किन खेर फालेको?
MAT 26:9 यो अत्तर धेरै दाममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।”
MAT 26:10 त्यो थाहा पाएर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू यस स्त्रीलाई किन सताउँछौ? त्यसले मेरो लागि एउटा असल काम गरेकी छिन्।
MAT 26:11 गरिबहरू त सधैँ तिमीहरूसित हुनेछन्, तर तिमीहरूले मलाई त सधैँ पाउनेछैनौ।
MAT 26:12 जबकि यसले यो अत्तर मेरो शरीरमा खन्याएर मलाई गाड्नका निम्ति तयारी गरिन्।
MAT 26:13 म तिमीहरूलाई साँच्‍चै भन्दछु, संसारभरि जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिन्छ; यस स्त्रीले जे कुरा गरेकी छिन्, त्यो कुरा पनि उसको सम्झनाका निम्ति बताइनेछ।”
MAT 26:14 त्यसपछि बाह्र जनामध्येको एक जना, जसलाई यहूदा इस्करियोत पनि भनिन्छ, ऊ मुख्य पुजारीहरूकहाँ गयो,
MAT 26:15 र सोध्यो, “यदि मैले येशूलाई तपाईंहरूका हातमा सुम्पिदिएँ भने तपाईंहरूले मलाई के दिनुहुन्छ?” तब तिनीहरूले उसको लागि तीस वटा चाँदीका सिक्‍काहरू दिए।
MAT 26:16 त्यस बेलादेखि यहूदाले उहाँलाई पक्राइदिनलाई मौका खोज्न लाग्यो।
MAT 26:17 अखमिरी रोटीको चाडको पहिलो दिन चेलाहरू येशूकहाँ आएर सोधे, “हामी कहाँ गएर तपाईंका निम्ति निस्तार चाडको भोज तयार पारौँ भन्‍ने तपाईं चाहनुहुन्छ?”
MAT 26:18 उहाँले जवाफ दिनुभयो, “सहरमा कुनै मानिसकहाँ जाओ र उनलाई भन, ‘गुरुले यसो भन्‍नुभएको छ: मेरो तोकिएको समय नजिकै छ। म मेरा चेलाहरूसित तिम्रो घरमा निस्तार चाड मान्‍नेछु।’ ”
MAT 26:19 चेलाहरूले येशूले तिनीहरूलाई आज्ञा गर्नुभएबमोजिम गरे; र निस्तार चाडको भोज तयार गरे।
MAT 26:20 जब साँझ पर्‍यो, येशू बाह्रै जनासित टेबुलमा खाइरहनुभएको थियो।
MAT 26:21 उहाँहरूले खाइरहनुभएको बेला उहाँले यसो भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”
MAT 26:22 तिनीहरू अति दुःखी भए, र एकपछि अर्को गर्दै तिनीहरूले उहाँलाई भने, “प्रभु, कतै त्यो म त होइनँ?”
MAT 26:23 येशूले जवाफ दिनुभयो, “जसले आफ्नो हात मसित कचौरामा चोपेको छ, त्यसले मलाई धोका दिनेछ।
MAT 26:24 मानिसको पुत्र त उसको विषयमा लेखिएअनुसार जानु नै पर्छ, तर धिक्‍कार त्यस मानिसलाई, जसले मानिसको पुत्रलाई धोका दिनेछ! त्यो मानिस नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।”
MAT 26:25 तब उहाँलाई धोका दिने यहूदाले भन्यो, “हे गुरु, कतै त्यो म त होइनँ?” येशूले जवाफ दिनुभयो, “तिमी आफैँले भन्यौ।”
MAT 26:26 जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो; अनि भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ र खाओ; यो मेरो शरीर हो।”
MAT 26:27 त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिएर यसो भन्दै तिनीहरूलाई दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ।
MAT 26:28 यो करारको मेरो रगत हो, जो धेरैको पापहरूको क्षमाका लागि बहाइन्छ।
MAT 26:29 म तिमीहरूलाई भन्दछु, जुन दिन म तिमीहरूसित मेरा पिताको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ, तबसम्म म यस दाखको रसबाट पिउनेछैनँ।”
MAT 26:30 एउटा भजन गाइसक्नुभएपछि उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो।
MAT 26:31 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आजै राति मेरो कारणले तिमीहरू सबै जना पछि हट्नेछौ; किनकि यसरी लेखिएको छ: “ ‘म गोठालोलाई प्रहार गर्नेछु, र बगालका भेडाहरू तितरबितर हुनेछन्।’
MAT 26:32 तर म जीवित भएर उठेपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।”
MAT 26:33 पत्रुसले जवाफ दिए, “यदि तपाईंको कारण सबैले त्यागे तापनि मचाहिँ कहिल्यै त्याग्नेछैनँ।”
MAT 26:34 येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, आज राति नै भाले बास्‍नुअगि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।”
MAT 26:35 तर पत्रुसले भने, “म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबै चेलाहरूले पनि त्यही प्रकारले भने।
MAT 26:36 तब येशू आफ्ना चेलाहरूसित गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म अलि पर गएर प्रार्थना गर्नेछु। तिमीहरू यहीँ बस!”
MAT 26:37 उहाँले पत्रुस र जब्दीका दुई छोराहरूलाई आफूसित लानुभयो, र उहाँ दुःखित र व्याकुल हुन थाल्नुभयो।
MAT 26:38 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ; तिमीहरू यहीँ बस, र मसित जागा रहो!”
MAT 26:39 अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि सम्भव भए यो कचौरा मदेखि हटाइयोस्; तरै पनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।”
MAT 26:40 तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई सोध्नुभयो, “के तिमीहरू मसित एक घण्टा पनि जागा रहन सकेनौ?
MAT 26:41 जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।”
MAT 26:42 उहाँ दोस्रोपल्ट पर जानुभयो र प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि मैले नपिई यो कचौरा मबाट हटाइनु सम्भव छैन भने तपाईंको इच्छा पूरा होस्।”
MAT 26:43 जब उहाँ फर्केर आउनुभयो, उहाँले फेरि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो; किनकि तिनीहरूका आँखा लोलाएका थिए।
MAT 26:44 यसकारण उहाँले तिनीहरूलाई छोडेर एकपल्ट फेरि गएर उही शब्दहरू दोहोर्‍याउँदै प्रार्थना गर्नुभयो।
MAT 26:45 तब उहाँ चेलाहरूकहाँ फर्किआएर तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय आइपुगेको छ, अब मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ।
MAT 26:46 उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!”
MAT 26:47 उहाँ बोलिरहनुभएकै बेला, बाह्र जनामध्ये एक जना यहूदा आइपुग्यो। ऊसँग मुख्य पुजारीहरू र जनताका प्रधानहरूद्वारा पठाइएका ठूलो भीड तरवार र लाठाहरू लिएर आएको थियो।
MAT 26:48 त्यस विश्‍वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्रनू।”
MAT 26:49 यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू, अभिवादन!” भनेर उहाँलाई म्वाइँ खायो।
MAT 26:50 येशूले त्यसलाई भन्‍नुभयो, “मित्र, तिमी जे गर्न आएका हौ, त्यो गरिहाल।” तब ती मानिसहरू अगि बढेर येशूलाई पक्रे, र हिरासतमा लिए।
MAT 26:51 यो देखेर येशूसित हुनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुत्यो, र प्रधान पुजारीको सेवकलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो।
MAT 26:52 येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार फेरि म्यानमै राख; किनकि जसले तरवार चलाउँछ, त्यो तरवारद्वारा नै नष्‍ट हुनेछ।
MAT 26:53 तिमीलाई कस्तो लाग्छ, के म आफ्ना पितासित बिन्ती गर्दा, उहाँले मलाई झट्टै बाह्र पल्टनभन्दा बढी दूतहरू पठाइदिन सक्नुहुन्‍न र?
MAT 26:54 तर यदि मैले त्यसो गरेँ भने धर्मशास्त्रमा यस्तै हुनुपर्छ भन्‍ने कुरा कसरी पूरा हुने त?”
MAT 26:55 त्यस बेला येशूले त्यस भीडलाई भन्‍नुभयो, “के म एउटा राजद्रोहको अगुवाइ गरिरहेको छु र? अनि तपाईंहरू मलाई पक्रन तरवार र लाठाहरू लिएर आउनुभयो? म त दिनहुँ मन्दिरको चोकमा सिकाउँदै बस्थेँ, र तपाईंहरूले मलाई पक्रनुभएन।
MAT 26:56 तर अगमवक्ताहरूले लेखेका कुराहरू पूरा हुनलाई नै यी सबै भएका हुन्।” तब सबै चेलाहरू उहाँलाई छोडेर भागे।
MAT 26:57 येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ व्यवस्थाका शिक्षकहरू र प्रधानहरू भेला भएका थिए।
MAT 26:58 तर पत्रुसचाहिँ उहाँलाई टाढैबाट पछ्याउँदै प्रधान पुजारीको चोकसम्मै गए। तिनी भित्र पसेर के हुँदोरहेछ भनी हेर्नलाई सिपाहीहरूसित बसे।
MAT 26:59 मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका लागि उहाँको विरुद्धमा झूटा प्रमाणहरू खोजिरहेका थिए।
MAT 26:60 तर धेरै झूटा साक्षीहरू अगि सरेर आए, तापनि तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुई जनाले अगि सरेर
MAT 26:61 घोषणा गरे, “यस मानिसले भन्यो, ‘म परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा फेरि बनाउन सक्छु।’ ”
MAT 26:62 तब प्रधान पुजारी उठेर येशूलाई भने, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?”
MAT 26:63 तर येशू चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, “म जीवित परमेश्‍वरको नाममा भन्दछु: तँ परमेश्‍वरको पुत्र ख्रीष्‍ट होस् भने हामीलाई भन्।”
MAT 26:64 येशूले जवाफ दिनुभयो, “हो, तपाईं आफैँले भन्‍नुभयो, तर म तपाईंहरू सबैलाई भन्दछु: भविष्यमा तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने हातपट्टि बसिरहेको, र आकाशका बादलहरूमा आइरहेको देख्नुहुनेछ।”
MAT 26:65 तब प्रधान पुजारीले आफ्नो वस्त्रहरू च्यातेर भने, “यसले ईश्‍वरनिन्दा गरेको छ! अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो? हेर्नुहोस्, अहिले तपाईंहरूले ईश्‍वरनिन्दा सुनिहाल्नुभयो।
MAT 26:66 तपाईंहरू के विचार गर्नुहुन्छ?” तब तिनीहरूले जवाफ दिए, “यो मृत्युदण्डको योग्य छ।”
MAT 26:67 तब तिनीहरूले उहाँको अनुहारमा थुके, मुक्‍का लगाए। अरूले थप्पड लगाएर
MAT 26:68 भने, “हे ख्रीष्‍ट, हामीलाई अगमवाणी गरेर भन्, तँलाई हिर्काउने को हो?”
MAT 26:69 अब पत्रुस बाहिर चोकमा बसिरहेका थिए। अनि एउटी सेविका तिनी भएको ठाउँमा आई, र भनी, “गालीलका येशूसित तिमी पनि थियौ।”
MAT 26:70 तर तिनले सबैको सामु यो कुरा इन्कार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म केही जान्दिनँ।”
MAT 26:71 तब तिनी ढोकाबाहिर गए, जहाँ तिनलाई अर्की सेविकाले देखी र त्यसले त्यहाँ भएका मानिसहरूलाई भनी, “यो मानिस पनि नासरतको येशूसित थियो।”
MAT 26:72 तिनले शपथ खाएर फेरि इन्कार गरे, “म यस मानिसलाई चिन्दिनँ।”
MAT 26:73 केही बेरपछि त्यहाँ उभिनेहरूले पत्रुसकहाँ गएर भने, “निश्‍चय नै तिमी तिनीहरूमध्येका एक हौ, किनकि तिम्रो बोलीचालीले त्यही भन्छ।”
MAT 26:74 तब तिनले आफूलाई धिक्‍कार्दै शपथ खाएर तिनीहरूलाई भने, “म यस मानिसलाई चिन्दै चिन्दिनँ।” तब तत्कालै भाले बास्यो।
MAT 26:75 अनि पत्रुसले तिनलाई येशूले यसो भन्‍नुभएको यो वचन सम्झे, “भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।” तब तिनी बाहिर गएर धुरुधुरु रोए।
MAT 27:1 एकाबिहानै सबै मुख्य पुजारीहरू र जनताका प्रधानहरूले येशूलाई मार्ने निर्णय गरे।
MAT 27:2 तिनीहरूले उहाँलाई बाँधेर लगे, र राज्यपाल पिलातसको हातमा सुम्पिदिए।
MAT 27:3 जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डको आज्ञा दिइएको देख्यो, ऊ पछुतोले भरियो। अनि तीस वटा चाँदीका सिक्‍काहरू मुख्य पुजारीहरू र प्रधानहरूलाई फर्काइदियो,
MAT 27:4 अनि भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तिनीहरूले जवाफ दिए, “हामीलाई यसको के मतलब? यो त तिम्रो जिम्मेवारी हो।”
MAT 27:5 यसकारण यहूदाले त्यो पैसा मन्दिरमा फ्याँकिदियो र बाहिर निस्कियो। तब ऊ टाढा गयो, र झुण्डिएर मर्‍यो।
MAT 27:6 मुख्य पुजारीहरूले ती सिक्‍काहरू टिपेर भने, “यसलाई ढुकुटीमा हाल्न उचित हुँदैन; किनकि यो रगतको मोल हो।”
MAT 27:7 तसर्थ तिनीहरूले त्यस पैसाले परदेशीहरूका लागि गाड्ने ठाउँ भनेर कुमालेको जमिन किन्‍ने निर्णय गरे।
MAT 27:8 यसैकारण आजको दिनसम्म नै यसलाई रगतको जमिन भनिन्छ।
MAT 27:9 तब यर्मिया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “तिनीहरूले इस्राएलीहरूद्वारा उहाँको मोल भनेर तोकेका चाँदीका तीस वटा सिक्‍काहरू लिए,
MAT 27:10 अनि प्रभुले मलाई आदेश दिनुभएअनुसार तिनीहरूले त्यसलाई कुमालेको जमिन किन्‍न प्रयोग गरे।”
MAT 27:11 येशू राज्यपालको अगि उभिनुभयो, र राज्यपालले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैँले भन्‍नुभयो।”
MAT 27:12 जब उहाँलाई मुख्य पुजारीहरू र प्रधानहरूले दोष लगाए, उहाँले कुनै जवाफ दिनुभएन।
MAT 27:13 तब पिलातसले उहाँलाई सोधे, “तिनीहरूले तिम्रो विरुद्धमा दिएका साक्षीहरू के तिमी सुन्दैनौ?”
MAT 27:14 तर येशूले कुनै पनि अभियोगको जवाफ नदिनुभएको देखेर राज्यपाल अति छक्‍क परे।
MAT 27:15 निस्तार चाडको समयमा भीडले चाहेबमोजिम एक जना कैदीलाई छोडिदिने राज्यपालको चलन थियो।
MAT 27:16 त्यस बेला तिनीहरूसित बारब्बा नाम भएको एक जना कुख्यात कैदी थियो।
MAT 27:17 जब भीड जम्मा भयो, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरूका लागि मैले कसलाई छोडिदिएको चाहन्छौ? बारब्बालाई कि ख्रीष्‍ट भनिने येशूलाई?”
MAT 27:18 किनकि तिनीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भनी तिनलाई थाहा थियो।
MAT 27:19 पिलातस न्याय आसनमाथि बसिरहेका बेला तिनकी पत्नीले तिनलाई यो समाचार पठाइन्: “यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज राति मैले सपनामा तिनको कारण धेरै कष्‍ट भोगेकी छु।”
MAT 27:20 तर मुख्य पुजारीहरू र प्रधानहरूले बारब्बालाई छोड्न र येशूलाई मृत्युदण्ड दिन माग गर्न भीडलाई उक्साए।
MAT 27:21 राज्यपालले सोधे, “दुई जनामा म तिमीहरूका निम्ति कसलाई छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?” तिनीहरूले जवाफ दिए, “बारब्बालाई।”
MAT 27:22 पिलातसले सोधे, “त्यसो भए ख्रीष्‍ट भनिने येशूलाई म के गरूँ?” तिनीहरूले जवाफ दिए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
MAT 27:23 पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
MAT 27:24 जब पिलातसले आफ्नो केही सीप नलागेको, बरु अझ खैलाबैला मच्‍चिन सक्ने देखे, तब तिनले पानी लिए, र भीडको सामु आफ्ना हात धुँदै भने, “म यस मानिसको रगतदेखि निर्दोष छु। यसको जिम्मा तिमीहरूकै हो।”
MAT 27:25 सबै जनाले जवाफ दिए, “उसको रगत हामी र हाम्रा सन्तानमाथि परोस्।”
MAT 27:26 तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए। तर तिनले येशूलाई कोर्रा लगाउन लगाए, र उहाँलाई क्रूसमा टाँग्नलाई सुम्पिदिए।
MAT 27:27 तब राज्यपालका सिपाहीहरूले येशूलाई प्रेटोरियममा लगे, र सबै पल्टनलाई उहाँको चारैतिर भेला गराए।
MAT 27:28 तिनीहरूले उहाँको वस्त्र फुकालेर सिन्दूरे रङ्गका वस्त्रहरू लगाइदिए।
MAT 27:29 अनि तिनीहरूले काँडाहरू बटारेर एउटा मुकुट बनाए, र उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँको दाहिने हातमा एउटा निगालो राखिदिए; अनि उहाँको अगि घुँडा टेकेर उहाँलाई अपमान गर्दै भने, “यहूदीहरूका राजाको जय!”
MAT 27:30 तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा घरी-घरी हिर्काए।
MAT 27:31 उहाँलाई अपमान गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकालिदिए; र उहाँलाई उहाँकै वस्त्र लगाइदिएपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे।
MAT 27:32 तिनीहरू बाहिर जाँदै गर्दा तिनीहरूले साइरिनीवासी सिमोनलाई भेट्टाए; अनि तिनीहरूले उसलाई क्रूस बोक्न कर लगाए।
MAT 27:33 तिनीहरू गलगथा अर्थात् खप्परे भनिने ठाउँमा आइपुगे।
MAT 27:34 त्यहाँ तिनीहरूले येशूलाई पित्त मिसाइएको दाखमद्य पिउन दिए; तर चाख्नुभएपछि उहाँले त्यो पिउन अस्वीकार गर्नुभयो।
MAT 27:35 तिनीहरूले उहाँलाई क्रूसमा टाँगिसकेपछि उहाँका वस्त्रहरू चिट्ठा हालेर आपसमा बाँडे।
MAT 27:36 अनि तिनीहरू त्यहाँ बसेर उहाँलाई पहरा दिन थाले।
MAT 27:37 उहाँको शिरको मास्तिर तिनीहरूले उहाँको विरुद्धमा लेखिएको यो दोषपत्र टाँगे: यो यहूदीहरूको राजा येशू हो।
MAT 27:38 त्यति बेला दुई डाँकुहरू पनि उहाँसित क्रूसमा टाँगिएका थिए—एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि।
MAT 27:39 त्यस ठाउँबाट भएर हिँड्नेहरूले आफ्ना शिर हल्‍लाउँदै उहाँलाई अपमान गरेर
MAT 27:40 यसो भने, “ए मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने, आफैँलाई बचा! तँ परमेश्‍वरको पुत्र होस् भने क्रूसबाट ओर्लेर तल आइज!”
MAT 27:41 त्यसरी नै मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरूले पनि उहाँको अपमान गरे।
MAT 27:42 तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफैँलाई चाहिँ बचाउन सक्दैन! यो इस्राएलको राजा हो! अहिले यो क्रूसबाट तल ओर्ली आओस्, तब हामी यसलाई विश्‍वास गर्नेछौँ।
MAT 27:43 यसले परमेश्‍वरमाथि भरोसा राखेको छ। यदि परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले यसलाई अहिले नै मुक्त गरून्, किनकि यसले ‘म परमेश्‍वरका पुत्र हुँ’ भनेको छ।”
MAT 27:44 यसरी नै उहाँसित क्रूसमा टाँगिने डाँकुहरूले पनि उहाँलाई धेरै अपमान गरे।
MAT 27:45 बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो।
MAT 27:46 दिउँसो तीन बजेतिर येशू ठूलो सोरमा कराउनुभयो, “इली, इली, लामा सबखथनी?” जसको अर्थ हो “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?”
MAT 27:47 त्यहाँ उभिनेहरूमध्ये कतिले जब यो सुने, तब तिनीहरूले भने, “यसले एलियालाई बोलाउँदैछ।”
MAT 27:48 तीमध्ये एक जनाले तुरुन्तै दौडेर गई एउटा स्पन्ज लियो। उसले त्यसलाई सिर्कामा चोपेर एउटा निगालोमा राखेर पिउन भनी येशूलाई दियो।
MAT 27:49 अरूले भने, “अब यिनलाई एकलै छोडिदेओ। हेरौँ कतै एलिया आएर यिनलाई बचाउँछन् कि।”
MAT 27:50 येशू चर्को सोरले फेरि कराउनुभयो; त्यसपछि उहाँले आफ्नो प्राण त्याग्नुभयो।
MAT 27:51 त्यस बेला मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। पृथ्वी हल्‍लियो अनि चट्टानहरू फुटे।
MAT 27:52 चिहानहरू उघारिए अनि मरेर गएका धेरै पवित्र जनका शरीरहरू जीवित भई उठे।
MAT 27:53 तिनीहरू चिहानबाट बाहिर निस्किआए, र येशू पुनर्जीवित भएपछि तिनीहरू पवित्र सहरमा गए र धेरै मानिसहरूकहाँ देखा परे।
MAT 27:54 जब येशूलाई पहरा दिने त्यो सेनापति र ऊसँग हुने अरूहरूले त्यो भुइँचालो र अरू घटनाहरू देखे, तब तिनीहरू अत्यन्त डराएर भने, “निश्‍चय उहाँ परमेश्‍वरका पुत्र हुनुहुँदोरहेछ!”
MAT 27:55 त्यहाँ धेरै स्त्रीहरू थिए, जसले टाढैबाट हेरिरहेका थिए। तिनीहरू उहाँको खाँचोमा सेवा गर्नलाई गालीलदेखि नै येशूको पछि लागेका थिए।
MAT 27:56 तीमध्ये मरियम मग्दलिनी, याकोब र योसेफकी आमा मरियम र जब्दीका छोराहरूकी आमा थिइन्।
MAT 27:57 साँझ परेपछि अरिमथियाका योसेफ नाम भएका धनी मानिस आए, जो स्वयम् येशूका चेला भएका थिए।
MAT 27:58 तिनले पिलातसकहाँ गएर येशूको लास मागे, र पिलातसले तिनलाई त्यो दिइयोस् भन्‍ने हुकुम गरे।
MAT 27:59 अनि योसेफले लास लगे, र मलमलको सफा लुगाले बेह्रे,
MAT 27:60 अनि आफ्नै नयाँ चिहानमा राखे, जुन चट्टान खोपेर बनाइएको थियो। तिनले चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड्याइदिएर तिनी गए।
MAT 27:61 त्यहाँ चिहानको सामु मरियम मग्दलिनी र अर्की मरियम बसिरहेका थिए।
MAT 27:62 अर्को दिन, अर्थात् तयारीको दिनको भोलिपल्ट मुख्य पुजारीहरू र फरिसीहरू पिलातसकहाँ गए।
MAT 27:63 तिनीहरूले भने, “हजुर, त्यस ठगले जिउँदो हुँदा ‘म तीन दिनपछि फेरि जीवित भई उठ्नेछु’ भनेको कुरा हामीलाई याद छ।
MAT 27:64 यसकारण तेस्रो दिनसम्म चिहानलाई सुरक्षित राख्ने हुकुम दिनुहोस्। नत्रता त्यसका चेलाहरूले आएर उसको शरीर चोरेर लैजालान्, र मानिसहरूलाई ‘उहाँ जीवित भई उठ्नुभएको छ’ भन्लान्। यो अन्तिम धोकाचाहिँ पहिलोभन्दा अझ खराब हुनेछ।”
MAT 27:65 पिलातसले जवाफ दिए, “केही पहरेदारहरू लैजाओ, र चिहानलाई तिमीहरूले जानेअनुसार सुरक्षित राख।”
MAT 27:66 यसकारण तिनीहरू गए, र ढुङ्गामा छाप लगाएर पहरेदारहरूलाई राखेर चिहानलाई सुरक्षित बनाए।
MAT 28:1 शब्बाथ दिनको भोलिपल्ट हप्‍ताको पहिलो दिन, एकाबिहानै मरियम मग्दलिनी र अर्की मरियम येशूलाई राखिएको चिहान हेर्न गए।
MAT 28:2 अचानक ठूलो भुइँचालो गयो; किनकि प्रभुका एक जना दूतले स्वर्गबाट ओर्लिआएर चिहानमा गई त्यस ढुङ्गालाई हटाए, र त्यसमाथि बसे।
MAT 28:3 तिनको मुहार बिजुली चम्केजस्तो र लुगा हिँउजस्तो सेतो थियो।
MAT 28:4 ती पहरेदारहरू यति साह्रो डराए कि तिनीहरू काँपे, र मरेतुल्य भए।
MAT 28:5 ती स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “नडराओ, किनकि तिमीहरू क्रूसमा टाँगिएका येशूलाई खोज्दैछौ भनी म जान्दछु।
MAT 28:6 उहाँ यहाँ हुनुहुन्‍न: उहाँले भन्‍नुभएझैँ उहाँ जीवित हुनुभएको छ। आओ, र उहाँलाई राखिएको ठाउँ हेर।
MAT 28:7 तब झट्टै गई उहाँका चेलाहरूलाई यसो भनिदेओ: ‘उहाँ मरेकाहरूबाट जीवित भई उठ्नुभएको छ। अनि तिमीहरूभन्दा अगाडि नै गालीलमा जाँदैहुनुहुन्छ। त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ हेर मैले तिमीहरूलाई भनिदिएको छु।”
MAT 28:8 त्यसकारण ती स्त्रीहरू डराएका भए तापनि आनन्दसाथ चिहानबाट हतार-हतार उहाँका चेलाहरूलाई खबर दिन दगुरे।
MAT 28:9 अचानक येशूले तिनीहरूलाई भेट्नुभयो, र भन्‍नुभयो, “अभिवादन!” तिनीहरू उहाँकहाँ गए, र उहाँको पाउ पक्री उहाँलाई दण्डवत् गरे।
MAT 28:10 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, त्यहाँ तिनीहरूले मलाई देख्नेछन्।”
MAT 28:11 ती स्त्रीहरू बाटोमा छँदै, पहरेदारहरूमध्ये केही सहरमा गए। अनि जे भएको थियो, सो प्रत्येक कुरा मुख्य पुजारीहरूलाई बताइदिए।
MAT 28:12 जब मुख्य पुजारीहरूले प्रधानहरूलाई भेटे, तब तिनीहरूले एउटा योजना बनाए। तिनीहरूले सिपाहीहरूलाई धेरै घूस दिए,
MAT 28:13 अनि भने, “तिमीहरूले ‘उहाँका चेलाहरूले राति हामी सुतेको बेला आएर उहाँलाई चोरेर लगे’ भन्‍नू।
MAT 28:14 यदि यो खबर हाकिमकहाँ पुग्यो भने हामी तिनलाई सन्तुष्‍ट पार्नेछौँ, र तिमीहरूलाई विपत्तिमा पर्न दिनेछैनौँ।”
MAT 28:15 यसकारण ती सिपाहीहरूले घूस लिए, र तिनीहरूलाई अह्राएबमोजिम गरे। आजसम्म पनि यही कथा यहूदीहरूको बीचमा फैलिएको छ।
MAT 28:16 तब ती एघार जना चेलाहरू गालीलको पहाडमा गए, जहाँ येशूले तिनीहरूलाई जानू भन्‍नुभएको थियो।
MAT 28:17 तिनीहरूले उहाँलाई देखे, र दण्डवत् गरे: तर कतिले त शङ्का गरे।
MAT 28:18 तब येशू तिनीहरूकहाँ आउनुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ।
MAT 28:19 यसकारण जाओ, र सबै राष्ट्रहरूमा गएर चेला बनाओ, र तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्‍तिस्मा देओ,
MAT 28:20 मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू पालन गर्न तिनीहरूलाई सिकाओ। निश्‍चय म यस युगको अन्त्यसम्म, सधैँ नै तिमीहरूको साथमा रहनेछु।”
MAR 1:1 परमेश्‍वरका पुत्र, येशू ख्रीष्‍टको विषयमा सुसमाचारको सुरुवात,
MAR 1:2 यशैया अगमवक्ताको पुस्तकमा यसरी लेखिएको छ: “म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।”
MAR 1:3 “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।’”
MAR 1:4 यसरी बप्‍तिस्मा दिने यूहन्‍ना उजाडस्थानका इलाकामा पाप क्षमाका लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए।
MAR 1:5 यहूदियाका सम्पूर्ण गाउँका मानिसहरू र यरूशलेमका मानिसहरू तिनीकहाँ गए, र आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिए।
MAR 1:6 यूहन्‍नाले ऊँटको रौँबाट बनेको वस्त्र लाउँथे। कम्मरमा छालाको पेटी बाँध्दथे; अनि तिनले सलह र वन-मह खान्थे।
MAR 1:7 तिनको सन्देश यस्तो थियो: “म पछि मभन्दा शक्तिशाली एक जना आउनुहुनेछ, जसका जुत्ताको फित्ता निहुरेर फुकाउन योग्यको म छैनँ।
MAR 1:8 म तिमीहरूलाई पानीले मात्र बप्‍तिस्मा दिन्छु, तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ।”
MAR 1:9 त्यस बेला येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाद्वारा यर्दनमा बप्‍तिस्मा लिनुभयो।
MAR 1:10 जब येशू पानीबाट बाहिर निस्केर आउँदैहुनुहुन्थ्यो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मालाई ढुकुरझैँ उहाँमाथि ओर्लंदै गर्नुभएको देख्नुभयो।
MAR 1:11 अनि स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, जसलाई म प्रेम गर्छु; तिमीसँग म अति प्रसन्‍न छु।”
MAR 1:12 पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाडस्थानमा लैजानुभयो,
MAR 1:13 अनि उहाँ उजाडस्थानमा शैतानद्वारा परीक्षित हुँदै चालीस दिनसम्म जङ्गली जनावरहरूसित रहनुभयो। उहाँलाई स्वर्गदूतहरूले सेवाटहल गरे।
MAR 1:14 यूहन्‍ना झ्यालखानामा हालिएपछि येशू परमेश्‍वरको सुसमाचार घोषणा गर्दै गालील प्रदेशमा जानुभयो।
MAR 1:15 उहाँले भन्‍नुभयो, “समय पूरा भइसकेको छ, परमेश्‍वरको राज्य नजिकै आइपुगेको छ। पश्‍चात्ताप गर र सुसमाचारमा विश्‍वास गर!”
MAR 1:16 जब येशू गालील समुद्रको किनारमा हिँड्दैहुनुहुन्थ्यो, उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई तालमा जाल हान्दै गरेका देख्नुभयो; किनकि तिनीहरू मछुवा थिए।
MAR 1:17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।”
MAR 1:18 त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे।
MAR 1:19 उहाँ अलि पर पुगेपछि, उहाँले जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्‍नालाई डुङ्गामा आफ्ना जाल तयार गरिरहेका देख्नुभयो।
MAR 1:20 तुरुन्तै उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले आफ्ना बुबा जब्दीलाई ज्यालादारहरूको साथमा डुङ्गामा छोडेर उहाँको पछि लागे।
MAR 1:21 उहाँहरू कफर्नहुममा जानुभयो, अनि शब्बाथको दिन सुरु हुनेबित्तिकै येशू सभाघरमा गएर शिक्षा दिन थाल्नुभयो।
MAR 1:22 मानिसहरू उहाँको शिक्षामा छक्‍क परे; किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैँ होइन, तर अधिकार भएको व्यक्तिले झैँ सिकाउनुभयो।
MAR 1:23 त्यति नै बेला अशुद्ध आत्मा लागेको एक जना मानिस सभाघरमा यसरी करायो,
MAR 1:24 “हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्‍ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु, तपाईं परमेश्‍वरको पवित्र जन हुनुहुन्छ!”
MAR 1:25 येशूले त्यसलाई हकारेर भन्‍नुभयो, “चुप लाग्! त्यसबाट निस्किजा!”
MAR 1:26 अशुद्ध आत्माले त्यस मानिसलाई जोडसित हल्‍लायो, र चिच्याएर त्यसबाट निस्क्यो।
MAR 1:27 तब ती मानिसहरू अति छक्‍क परे, तिनीहरूले एक-अर्कालाई भने, “यो के हो? अधिकार सहितको नयाँ शिक्षा हो? यिनले त अशुद्ध आत्माहरूलाई पनि आज्ञा दिन्छन्, र तिनीहरूले यिनको आज्ञा मान्दछन्।”
MAR 1:28 उहाँको विषयमा यो खबर सारा गालील प्रदेशभरि फैलियो।
MAR 1:29 उहाँहरूले सभाघर छोड्नसाथ उहाँहरू याकोब र यूहन्‍नासित सिमोन र अन्द्रियासको घरमा जानुभयो।
MAR 1:30 त्यस ठाउँमा सिमोनकी सासू ज्वरोले थलिएकी थिइन्, र तुरुन्तै तिनीहरूले येशूलाई तिनको विषयमा भने।
MAR 1:31 येशू तिनीकहाँ जानुभयो, र तिनको हात पक्रेर उठ्नलाई सहायता गर्नुभयो। ज्वरोले तिनलाई छोडिहाल्यो; अनि तिनले उहाँहरूको सेवा गरिन्।
MAR 1:32 त्यो साँझ घाम अस्ताएपछि मानिसहरूले सबै रोगीहरू र दुष्‍ट आत्मा लागेका धेरैजनालाई येशूकहाँ ल्याए।
MAR 1:33 सहरका सारा मानिसहरू ढोकामा नै भेला भए;
MAR 1:34 अनि येशूले विभिन्‍न किसिमका रोग लागेका धेरैलाई निको पार्नुभयो। उहाँले धेरै भूतहरूलाई धपाउनुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन; किनभने तिनीहरूले उहाँ को हुनुहुन्छ भनी जान्दथे।
MAR 1:35 एकाबिहानै, उज्यालो हुनुभन्दा पहिले नै येशू उठेर घरबाट निस्कनुभयो र एउटा एकान्त ठाउँमा गएर त्यहाँ उहाँले प्रार्थना गर्नुभयो।
MAR 1:36 सिमोन र तिनका साथीहरू उहाँलाई खोज्न गए।
MAR 1:37 जब उहाँलाई भेट्टाए, तिनीहरूले भने: “सबैले तपाईंलाई खोज्दैछन्!”
MAR 1:38 येशूले जवाफ दिनुभयो, “हामी अरू नै कतै छेउछाउका गाउँहरूमा जाऔँ, ताकि त्यहाँ पनि म प्रचार गर्न सकूँ; किनकि म यसैका लागि आएको हुँ।”
MAR 1:39 यसरी उहाँ गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरू निकाल्दै यात्रा गर्नुभयो।
MAR 1:40 एक जना कुष्‍ठरोग लागेको मानिस उहाँकहाँ आएर घुँडा टेक्दै उहाँसित बिन्ती गर्‍यो, “यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।”
MAR 1:41 दयाले भरिएर येशूले आफ्नो हात पसारेर त्यस मानिसलाई छुनुभयो र उहाँले भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!”
MAR 1:42 तुरुन्तै कुष्‍ठरोगले त्यसलाई छोड्यो, र त्यो शुद्ध भयो।
MAR 1:43 येशूले त्यसलाई कडा चेतावनी दिँदै पठाउनुभयो:
MAR 1:44 “यो कुरा कसैलाई नभन्‍नू; तर जाऊ, आफैँलाई पुजारीकहाँ देखाऊ, र मोशाले तिमीहरूको शुद्धीकरणका निम्ति दिएका आज्ञाअनुसार तिनीहरूका साक्षीको लागि बलिदानहरू चढाऊ।”
MAR 1:45 तर त्यो बाहिर गयो, र खुल्‍लमखुल्‍ला त्यो खबर फैलाउन थाल्यो। त्यसकारण उहाँ सहरमा पस्‍न सक्नुभएन, र बाहिर एकान्त ठाउँहरूमा रहनुभयो। तैपनि हरेक ठाउँबाट मानिसहरू उहाँकहाँ आए।
MAR 2:1 केही दिनपछि जब येशू फेरि कफर्नहुममा आउनुभयो, तब मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भन्‍ने सुने।
MAR 2:2 त्यहाँ यति धेरै मानिसहरू जम्मा भए कि, ढोकाबाहिर पनि कुनै ठाउँ रहेन; अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको वचन प्रचार गरिरहनुभएको थियो।
MAR 2:3 त्यत्ति नै खेर चार जना मानिसहरूले एउटा पक्षघातीलाई बोकेर उहाँकहाँ ल्याए।
MAR 2:4 तर भीडको कारणले गर्दा येशूसम्म पुर्‍याउन सकेनन्, तब तिनीहरूले येशूको ठिक मास्तिरको छानो भत्काए, र त्यो पस्रिरहेको पक्षघातीलाई ओछ्यानसहित तल ओराले।
MAR 2:5 जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “हे छोरा, तिम्रा पापहरू क्षमा भएका छन्।”
MAR 2:6 यतिखेर व्यवस्थाका शिक्षकहरूमध्ये केही त्यहाँ बसिरहेका थिए, र आ-आफैँमा विचार गर्दैथिए,
MAR 2:7 “यी मानिसले किन यसरी कुरा गर्छन्? यिनले त ईश्‍वरनिन्दा गरिरहेका छन्! परमेश्‍वरबाहेक कसले पाप क्षमा गर्न सक्छ?”
MAR 2:8 तिनीहरूले आफ्ना हृदयमा यो कुरा सोच्दैछन् भन्‍ने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाउनुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यस्ता कुराहरू विचार गर्दैछौ?
MAR 2:9 यस पक्षघातीलाई के भन्‍नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्‍नु वा ‘उठ, र आफ्नो ओछ्यान बोकेर हिँड,’ भन्‍नु?
MAR 2:10 तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु।” उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो,
MAR 2:11 “म तिमीलाई भन्दछु, उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।”
MAR 2:12 त्यो उठ्यो, तिनीहरू सबैले देख्दादेख्दै ओछ्यान उठाएर बाहिर गइहाल्यो। यो कुराले सबैलाई अचम्म तुल्यायो; अनि हरेकले यसो भन्दै परमेश्‍वरको महिमा गरे, “हामीले यस्ता कुरा कहिल्यै देखेका थिएनौँ!”
MAR 2:13 एकपल्ट फेरि येशू तालको किनारतिर जानुभयो। एउटा ठूलो भीड उहाँकहाँ आयो, र उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो।
MAR 2:14 त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवीलाई कर उठाउनेहरूको अड्डामा बसिरहेका देख्नुभयो। येशूले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे र उहाँको पछि लागे।
MAR 2:15 एक दिन येशू लेवीको घरमा भोजन गरिरहनुहुँदा धेरै जना कर उठाउनेहरू, पापीहरू, उहाँ र उहाँका चेलाहरूसित खाइरहेका थिए; किनकि उहाँलाई पछ्याउनेहरू धेरै थिए।
MAR 2:16 जब व्यवस्थाका शिक्षकहरू जो फरिसीहरू थिए, उहाँलाई पापीहरू अनि कर उठाउनेहरूसित खाइरहनुभएको देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे: “तिनी किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?”
MAR 2:17 यो सुनेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “निरोगीलाई चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।”
MAR 2:18 एकपल्ट यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बसेका थिए; केही मानिसहरूले येशूकहाँ आएर उहाँलाई सोधे, “किन यूहन्‍नाका चेलाहरू र फरिसीहरूका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरूचाहिँ बस्दैनन्?”
MAR 2:19 येशूले जवाफ दिनुभयो, “दुलहा साथमा हुँदा उहाँका पाहुनाहरू कसरी उपवास बस्‍न सक्छन्? जबसम्म दुलहा तिनीहरूसित हुन्छन्, तिनीहरू त्यसो गर्न सक्दैनन्।
MAR 2:20 तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र त्यस दिन तिनीहरू उपवास बस्‍नेछन्।
MAR 2:21 “कसैले पनि पुरानो वस्त्रमा नयाँ टालो सिलाउँदैन। यदि उसले यसो गर्‍यो भने नयाँ टालो घट्छ र पुरानोबाट च्यात्तिएर जान्छ, र त्यो फटाइ झन् नराम्रो हुन्छ।
MAR 2:22 त्यसै गरी कसैले नयाँ दाखमद्य पुरानो मशकमा खन्याउँदैन, नत्रता नयाँ दाखमद्यले छालाहरू फुट्छन्, दाखमद्य पनि पोखिन्छ, र मशक पनि नष्‍ट हुन्छ। त्यसो हुन नदिन उसले नयाँ दाखमद्य नयाँ मशकमै राख्नुपर्दछ।”
MAR 2:23 एक शब्बाथको दिन येशू अन्‍नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो; अनि उहाँका चेलाहरूले हिँड्दै गर्दा खानका निम्ति केही अन्‍नका बाला टिप्न थाले।
MAR 2:24 फरिसीहरूले उहाँलाई सोधे, “हेर्नुहोस्, किन यिनीहरूले शब्बाथ दिनमा उचित नहुने काम गरिरहेका छन्?”
MAR 2:25 उहाँले जवाफ दिनुभयो, “के तिमीहरूले कहिल्यै पढेका छैनौ, दावीदले आफू र आफ्ना साथीहरू भोकाएका र खाँचोमा परेका बेला, के गरेका थिए?
MAR 2:26 प्रधान पुजारी अबीयाथारको समयमा, तिनी परमेश्‍वरको भवनभित्र पसे, र परमेश्‍वरलाई अर्पण गरिएको रोटी खाए, जो व्यवस्थाअनुसार केवल पुजारीहरूले मात्र खान उचित थियो। अनि तिनले केही भाग आफ्ना साथीहरूलाई पनि दिए।”
MAR 2:27 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “शब्बाथ दिन मानिसहरूका लागि बनाइएको हो, तर शब्बाथको निम्ति मानिसहरू बनाइएका होइनन्।
MAR 2:28 यसकारण मानिसको पुत्र शब्बाथको पनि प्रभु हो।”
MAR 3:1 अर्को पटक उहाँ सभाघरमा जानुभयो। त्यहाँ हात सुकेर नचल्ने भएको एक जना मानिस थियो।
MAR 3:2 तिनीहरूमध्ये कोही मानिसले येशूलाई दोष लगाउन निहुँ खोजिरहेका थिए। त्यसैले तिनीहरू उहाँले शब्बाथ दिनमा त्यसलाई निको पार्नुहुन्छ कि भनेर नजिकबाट नियाली रहेका थिए।
MAR 3:3 येशूले हात सुकेको त्यस मानिसलाई भन्‍नुभयो, “सबैको सामु खडा होऊ।”
MAR 3:4 तब येशूले तिनीहरूलाई सोध्नुभयो, “शब्बाथ दिनमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि मार्नु?” तर तिनीहरू मौन रहे।
MAR 3:5 तिनीहरूका कठोर हृदय देखेर अति दुःखित भई उहाँले रिसाएर चारैतिर ती सबैलाई हेर्नुभयो; अनि त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले सीधा पार्‍यो, र त्यसको हात पूर्ण रूपले निको भइहाल्यो।
MAR 3:6 तुरुन्तै फरिसीहरू बाहिर गइहाले, र येशूलाई कसरी मार्ने भनेर राजा हेरोदका समर्थकहरूसँग षड्यन्त्र रच्न थाले।
MAR 3:7 येशू आफ्ना चेलाहरूसित तालतिर जानुभयो, र गालील प्रदेशबाट एउटा ठूलो भीड उहाँको पछि लाग्यो।
MAR 3:8 जब उहाँले गरिरहनुभएका सबै कुराहरू तिनीहरूले सुने, तब यहूदिया, यरूशलेम, इदुमिआ, यर्दन पारिका क्षेत्रहरू, टायर र सीदोनका छेउछाउबाट अरू धेरै मानिसहरू उहाँकहाँ आए।
MAR 3:9 भीडको कारण मानिसहरूले उहाँलाई चारैतिरबाट नघेरून् भनी आफ्ना निम्ति उहाँले चेलाहरूलाई एउटा सानो डुङ्गा तयार पार्न लाउनुभयो।
MAR 3:10 उहाँले धेरैलाई निको पार्नुभएको कारण जति जना बिरामी थिए, तिनीहरू उहाँलाई छुनलाई ठेलमठेल गर्दै अगि बढ्दैथिए।
MAR 3:11 अशुद्ध आत्माहरूले उहाँलाई देख्नासाथै तिनीहरू उहाँका अगि पछारिन्थे; अनि यसो भन्दै चिच्याउँथे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ।”
MAR 3:12 तर उहाँले ती निको भएकाहरूलाई उहाँ को हुनुहुन्छ भनी कसैलाई नभन्‍नू भनेर कडा आज्ञा दिनुभयो।
MAR 3:13 त्यसपछि येशू डाँडातिर जानुभयो, र उहाँले चाहनुभएका मानिसहरूलाई बोलाउनुभयो; अनि तिनीहरू उहाँकहाँ आए।
MAR 3:14 तिनीहरू आफूसित रहून् र तिनीहरूलाई प्रचार गर्न बाहिर पठाउन सकियोस् भनी उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो,
MAR 3:15 र तिनीहरूलाई भूतहरू धपाउने अधिकार दिनुभयो।
MAR 3:16 उहाँले नियुक्त गर्नुभएका बाह्र जना यिनीहरू नै हुन्: सिमोन (जसलाई उहाँले पत्रुस भन्‍ने नाम दिनुभयो),
MAR 3:17 जब्दीको छोरा याकोब र तिनको भाइ यूहन्‍ना (तिनीहरूलाई उहाँले बोअनर्गेस भन्‍ने नाम दिनुभयो, अर्थात् “गर्जनका पुत्रहरू”),
MAR 3:18 अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसको छोरा याकोब, थेदियस, सिमोन कनानी,
MAR 3:19 र यहूदा इस्करियोत जसले उहाँलाई धोका दियो।
MAR 3:20 जब येशू एउटा घरमा पस्‍नुभयो, फेरि एउटा भीड जम्मा भयो। त्यसैले उहाँ र उहाँका चेलाहरूले खान पनि पाउनुभएन।
MAR 3:21 जब उहाँका परिवारले यस विषयमा सुने, तिनीहरू उहाँलाई लैजान भनी गए; किनकि तिनीहरूले “उहाँको दिमाग खुस्केको छ” भनी भन्थे।
MAR 3:22 यरूशलेमबाट आएका व्यवस्थाका शिक्षकहरूले भने, “यिनमा बालजिबुल छ! भूतहरूको शासकको सहायताले यिनले भूतहरू धपाउँछन्।”
MAR 3:23 यसकारण येशूले तिनीहरूलाई बोलाएर दृष्‍टान्तहरूमा भन्‍नुभयो, “शैतानले शैतानलाई कसरी धपाउन सक्छ?
MAR 3:24 यदि कुनै राज्य आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो राज्य टिक्न सक्दैन।
MAR 3:25 कुनै घर आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो घर टिक्न सक्दैन।
MAR 3:26 यदि शैतानले शैतानलाई विरोध गर्छ र विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन; त्यसको अन्त्य आइसकेको छ।
MAR 3:27 वास्तवमा बलियो मानिसको घरमा पस्‍नुभन्दा पहिले उसलाई नबाँधि कसैले पनि उसको घरको धनमाल लुट्न सक्दैन। त्यसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ।
MAR 3:28 म तिमीहरूलाई साँच्‍चै भन्दछु, मानिसहरूका सबै पापहरू साथै हरेक निन्दाहरू तिनीहरूका लागि क्षमा हुनेछन्,
MAR 3:29 तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ, उसलाई कहिल्यै क्षमा हुनेछैन; ऊ अनन्तसम्म पापको दोषी हुन्छ।”
MAR 3:30 उहाँले यसो भन्‍नुभएको कारणचाहिँ तिनीहरूले उहाँलाई “यिनीसित अशुद्ध आत्मा छ” भनेका थिए।
MAR 3:31 तब येशूकी आमा र भाइहरू आइपुगे। तिनीहरू बाहिर उभिएर उहाँलाई बोलाइदिनु भनेर कसैलाई भित्र पठाए।
MAR 3:32 उहाँको चारैतिर भीड बसिरहेको थियो; अनि तिनीहरूले उहाँलाई भने, “तपाईंकी आमा र भाइहरूले तपाईंलाई बाहिर खोजिरहेका छन्।”
MAR 3:33 उहाँले भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?”
MAR 3:34 तब उहाँले आफ्ना चारैतिर बसेकाहरूलाई हेरेर भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्!
MAR 3:35 जसले परमेश्‍वरको इच्छा पालन गर्दछन्, ती नै मेरा भाइ र बहिनी र आमा हुन्।”
MAR 4:1 फेरि येशूले तालको किनारमा शिक्षा दिन थाल्नुभयो। उहाँको चारैतिर ठूलो भीड जम्मा भएपछि तालमा भएको एउटा डुङ्गामा चढेर बस्‍नुभयो। मानिसहरूचाहिँ तालको किनारमा बसेका थिए।
MAR 4:2 उहाँले तिनीहरूलाई धेरै कुराहरू दृष्‍टान्तहरूद्वारा सिकाउनुभयो। उहाँले आफ्नो शिक्षामा तिनीहरूलाई यसो भन्‍नुभयो,
MAR 4:3 “ध्यान दिएर सुन! एक जना किसान बिउ छर्नलाई निस्क्यो।
MAR 4:4 उसले जब बिउ छर्दैथियो, केही बिउ बाटोमा परे; अनि चराहरू आएर खाइदिए।
MAR 4:5 केही ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन। माटो पर्याप्‍त नभएकोले ती चाँडै उम्रे।
MAR 4:6 तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए; अनि तिनीहरूमा जरा नभएको हुनाले सुकिहाले।
MAR 4:7 अरू केही बिउचाहिँ काँडाका झाडीमा परे; अनि काँडाहरू बढे, र ती बिरुवाहरूलाई निसासिदिए, अनि तिनीहरूले कुनै फल फलाउन सकेनन्।
MAR 4:8 अरू बिउहरूचाहिँ असल जमिनमा परे। ती उम्रँदै र फस्टाउँदै गएर तीस, साठी र सय गुणासम्म फल फलाए।”
MAR 4:9 तब येशूले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्यसले सुनोस् र बुझोस्।”
MAR 4:10 जब उहाँ एकलै हुनुभयो, ती बाह्र चेलाहरू र उहाँका चारैतिर भएकाहरूले दृष्‍टान्तहरूका विषयमा उहाँलाई सोधे।
MAR 4:11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको राज्यको रहस्य तिमीहरूलाई प्रकट गरिएको छ, तर अरूलाई हरेक कुरा दृष्‍टान्तहरूमा भनिन्छ,
MAR 4:12 यसरी धर्मशास्त्र पूरा होस्: “ ‘तिनीहरूले हेरिरहनेछन्, तर कहिल्यै देख्नेछैनन्; सुन्‍न त सुनिरहनेछन्, तर कहिल्यै बुझ्नेछैनन्; नत्रता तिनीहरूले पश्‍चात्ताप गर्नेथिए र क्षमा पाउनेथिए।’ ”
MAR 4:13 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू यो दृष्‍टान्त बुझ्दैनौ? त्यसो भए तिमीहरूले अरू दृष्‍टान्त कसरी बुझौला?
MAR 4:14 बिउ छर्नेले वचन छर्दछ।
MAR 4:15 कति मानिसहरू बाटोतिर परेका बिउजस्तै हुन्, जहाँ वचन छरिन्छ; तिनीहरूले जब यसलाई सुन्छन्, तब शैतान आउँछ र तिनीहरूमा छरिएको त्यो वचन लैजान्छ।
MAR 4:16 अरूचाहिँ ढुङ्गेनी ठाउँमा छरिएका बिउजस्तै हुन्, तिनीहरूले वचन सुन्‍नेबित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छन्;
MAR 4:17 तर तिनीहरूका जरा नभएकाले ती थोरै समयका लागि मात्र रहन्छन्। अनि जब वचनको कारण दुःख र सतावट आइपर्दछ, तब तिनीहरू झट्टै पछि हट्छन्।
MAR 4:18 अझ अरूचाहिँ काँडाहरूमा छरिएका बिउजस्तै हुन्, जसले वचन सुन्छन्,
MAR 4:19 तर यस जीवनको फिक्री र धनसम्पत्तिको छल, र अरू थोकहरूको मोह आउँछ; र वचनलाई निसासिदिन्छन्, र त्यो नफल्ने हुन्छ।
MAR 4:20 तर अरूचाहिँ असल माटोमा परेका बिउजस्तै हुन्, जसले वचन सुन्दछन्, त्यसलाई ग्रहण गर्दछन्; अनि तीस गुणा, साठी गुणा र सय गुणासम्म फल फलाउँछन्।”
MAR 4:21 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले बत्ती ल्याएर भाँडोमुनि अथवा खाटमुनि नराखेर त्यसलाई सामदानमाथि राख्दैनौ र?
MAR 4:22 जे लुकाइन्छ, त्यो प्रकट हुनका लागि हो र जे गुप्‍तमा राखिन्छ, त्यो प्रकट गरिनको लागि हो।
MAR 4:23 यदि कसैका सुन्‍ने कानहरू छन् भने त्यसले सुनोस् र बुझोस्।”
MAR 4:24 उहाँले अझै भन्‍नुभयो, “तिमीहरू जे सुन्छौ, त्यसलाई होसियारीसाथ विचार गर। जुन नापले तिमीहरू अरूहरूलाई नाप्दछौ, तिमीहरू पनि त्यही नापले अर्थात् अझै बढ्ता गरी नापिनेछौ।
MAR 4:25 जससित छ, त्यसलाई अरू दिइनेछ; र जससित छैन, त्यससित भएको पनि खोसिनेछ।”
MAR 4:26 उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्य यस्तो छ: जब एक जना मानिसले जमिनमा बिउ छर्छ,
MAR 4:27 राति र दिउँसो, ऊ सुते पनि वा उठे पनि, त्यो बिउ उम्रन्छ; अनि बढ्छ। यद्यपि, यो कसरी हुन्छ सो उसले जान्दैन।
MAR 4:28 माटोले आफैँ अन्‍न फलाउँछ; पहिले बोट, त्यसपछि बाला, त्यसपछि बालामा पूरा दाना लाग्छ।
MAR 4:29 अन्‍न पाक्नसाथ उसले त्यसमा हँसिया लगाउँछ; किनकि कटनीको बेला आइपुगेको हुन्छ।”
MAR 4:30 उहाँले फेरि भन्‍नुभयो, “हामी परमेश्‍वरको राज्यको तुलना केसँग गरौँ? अथवा यसलाई वर्णन गर्नलाई हामीले कुन दृष्‍टान्त प्रयोग गरौँ?
MAR 4:31 यो एउटा रायोको बिउजस्तो हो, जुन माटोमा रोपिने बिउहरूमध्ये सबैभन्दा सानो हुन्छ।
MAR 4:32 तैपनि रोपेपछि यो बढेर बारीमा भएका अरू बोटबिरुवाहरूभन्दा ठूलो हुन्छ, जसका हाँगाहरू ठूला हुन्छन्, र चराचुरुङ्गीहरू यसको छहारीमा गुँड बनाएर बस्छन्।”
MAR 4:33 यस्ता अरू धेरै दृष्‍टान्तहरूद्वारा येशूले तिनीहरूलाई बुझ्न सक्नेअनुसार वचनहरू सुनाउनुभयो।
MAR 4:34 उहाँले तिनीहरूसित दृष्‍टान्तहरू प्रयोग नगरी केही भन्‍नुभएन; तर उहाँ आफ्ना चेलाहरूसित एकलै हुँदा तिनीहरूलाई सबैको अर्थ बताइदिनुहुन्थ्यो।
MAR 4:35 त्यही दिन, साँझ परेपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “हामी पारिपट्टि जाऔँ।”
MAR 4:36 अनि भीडलाई बिदा दिइसकेपछि, येशू जुन डुङ्गामा बस्‍नुभएको थियो, तिनीहरूले त्यसैमा उहाँलाई लगे। त्यस बेला त्यहाँ अरू डुङ्गाहरू पनि थिए।
MAR 4:37 त्यसै समयमा डरलाग्दो आँधी आयो र छालहरू डुङ्गामा बज्रिन लागे। पानीले त्यस डुङ्गालाई डुबाउनै लाग्यो।
MAR 4:38 येशूचाहिँ डुङ्गाको पछिल्‍लो भागमा एउटा सिरानी लगाएर निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई बिउँझाएर भने, “हे गुरु, हामी डुब्नै लागेका छौँ, र पनि तपाईंले वास्ता गर्नुहुन्‍न?”
MAR 4:39 उहाँले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्‍नुभयो, “चुप लाग्! शान्त होइजा!” तब आँधी उत्तिनै खेर पूर्ण रूपले थामियो, र पूरै शान्त भइहाल्यो।
MAR 4:40 उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यति साह्रै डराउँछौ? के तिमीहरूमा अझ पनि विश्‍वास छैन?”
MAR 4:41 तिनीहरू निकै डराए, र आपसमा भने, “यिनी को हुन्? आँधी र छालहरूले पनि यिनको आज्ञा मान्दा रहेछन्!”
MAR 5:1 उहाँहरू तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा जानुभयो।
MAR 5:2 जब येशू डुङ्गाबाट बाहिर निस्कनुभयो, तब त्यहाँ अशुद्ध आत्मा लागेको एउटा मानिस चिहानबाट उहाँलाई भेट्न आयो।
MAR 5:3 त्यो मानिस चिहानहरूमा बस्थ्यो। कसैले पनि त्यसलाई साङ्लोले पनि बाँधेर राख्न सक्दैनथ्यो।
MAR 5:4 किनभने धेरैपल्ट त्यसलाई हातखुट्टामा साङ्लोले बाँधिएको थियो; तर त्यसले साङ्लाहरू चुडाउँथ्यो, र खुट्टाका फलामहरू भाँच्थ्यो। त्यसलाई अधीनमा राख्न सक्ने बल कसैसँग थिएन।
MAR 5:5 त्यो दिनरात चिहानहरूमा र पहाडहरूमा रहन्थ्यो; चिच्याउँथ्यो र आफैँलाई ढुङ्गाले काट्ने गर्दथ्यो।
MAR 5:6 जब त्यसले टाढैबाट येशूलाई देख्यो, तब त्यो दगुरेर उहाँको सामु गई उहाँलाई दण्डवत् गर्‍यो।
MAR 5:7 त्यसले चर्को सोरले कराएर भन्यो, “हे सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईं मसित के चाहनुहुन्छ? परमेश्‍वरको नाममा बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!”
MAR 5:8 किनकि येशूले त्यसलाई भन्‍नुभएको थियो, “हे अशुद्ध आत्मा, तँ यस मानिसबाट बाहिर निस्केर जा!”
MAR 5:9 तब येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले जवाफ दियो, “मेरो नाम फौज हो; किनकि हामी धेरै छौँ।”
MAR 5:10 अनि त्यसले येशूलाई त्यस इलाकादेखि तिनीहरूलाई बाहिर नपठाउन बारम्बार बिन्ती गर्‍यो।
MAR 5:11 त्यहाँ नजिकै, पहाडमा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेको थियो।
MAR 5:12 ती भूतआत्माहरूले येशूलाई यसरी बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूमा पठाउनुहोस्; तिनीहरूभित्र पस्‍न दिनुहोस्।”
MAR 5:13 उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अनि अशुद्ध आत्माहरू निस्केर सुँगुरहरूभित्र पसे। करिब दुई हजार सुँगुरको बगाल भिरालो किनारबाट हुरमुरिँदै गएर तालमा खसेर डुबेर मरे।
MAR 5:14 ती सुँगुर चराउनेहरू त्यहाँबाट भागे। सहर र गाउँतिर गएर त्यो खबर सुनाइदिए, तब मानिसहरू के भएको थियो, सो हेर्न गए।
MAR 5:15 जब तिनीहरू येशूकहाँ आए, तब तिनीहरूले दुष्‍ट आत्माको फौजले भरिएको त्यस मानिसलाई लुगा पहिरेको र ठिक भएर त्यहाँ बसिरहेको देखे; अनि तिनीहरू डराए।
MAR 5:16 जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्‍ट आत्मा लागेको मानिसलाई के भएको थियो, र सुँगुरहरूको विषयमा पनि मानिसहरूलाई भनिदिए।
MAR 5:17 तब मानिसहरूले येशूलाई त्यस क्षेत्रबाट गइहाल्नुहोस् भनेर बिन्ती गरे।
MAR 5:18 येशू डुङ्गामा चढ्न लाग्नुहुँदा त्यो दुष्‍ट आत्माले सताएको मानिस आएर उहाँसँगै जान पाऊँ भनी बिन्ती गर्‍यो।
MAR 5:19 तर येशूले मान्‍नुभएन, बरु यसो भन्‍नुभयो, “घरमा जाऊ, र आफ्नो परिवारलाई तिम्रा लागि प्रभुले कति ठूलो काम गर्नुभएको छ र उहाँले तिमीप्रति कति कृपा देखाउनुभयो, त्यो सबैलाई भनिदेऊ।”
MAR 5:20 त्यसपछि त्यो मानिस गइहाल्यो र येशूले उसका लागि के गर्नुभयो, त्यो डेकापोलिसमा भन्‍न थाल्यो; अनि सबै मानिसहरू छक्‍क परे।
MAR 5:21 फेरि येशू डुङ्गामा चढी तालपारि जानुभयो। उहाँ तालको किनारमा हुँदा एउटा ठूलो भीड उहाँका चारैतिर भेला भयो।
MAR 5:22 तब सभाघरका शासकहरूमध्ये याइरस नाम भएका एक जना त्यहाँ आए। येशूलाई देखेर तिनी उहाँको पाउमा घोप्टो परे,
MAR 5:23 अनि उहाँलाई एकदमै बिन्ती गरे, “मेरी सानी छोरी मर्नै लागेकी छे। दया गरेर तपाईंका हात त्यसमाथि राखिदिनुहोस्, र त्यो निको होस्, र त्यो बाँचोस्।”
MAR 5:24 तब येशू तिनीसित जानुभयो। एउटा ठूलो भीडले उहाँलाई पछ्यायो र उहाँका चारैतिर ठेलमठेल भयो।
MAR 5:25 त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री थिइन्।
MAR 5:26 तिनले धेरै चिकित्सकहरू लगाएर उपचार गरेकी थिइन्, र भएभरको सबै कुरा खर्च गरिसकेकी थिइन्; तर पनि लाभ हुनुको साटो झन्-झन् खराब अवस्थामा पुगेकी थिइन्।
MAR 5:27 जब तिनले येशूको विषयमा सुनिन्, तब भीडको पछिल्तिरबाट आइन् र उहाँको वस्त्र छोइन्;
MAR 5:28 किनकि तिनले सोचेकी थिइन्, “यदि मैले उहाँको वस्त्र छुन मात्र पाएँ भने पनि म निको हुनेछु।”
MAR 5:29 अनि तुरुन्तै तिनको रगत बन्द भइहाल्यो, र आफ्नो शरीरमा रोग निको भएको तिनले थाहा पाइन्।
MAR 5:30 येशूलाई आफ्नो शरीरबाट शक्ति बाहिर निस्केको तुरुन्तै थाहा भयो। उहाँले भीडमा पछि फर्केर सोध्नुभयो, “मेरो वस्त्र कसले छोयो?”
MAR 5:31 उहाँका चेलाहरूले जवाफ दिए, “मानिसहरूका भीडले तपाईंलाई घचेटिरहेका देख्दैहुनुहुन्छ, र पनि सोध्नुहुन्छ, ‘मलाई कसले छोयो?’ ”
MAR 5:32 तर येशूले आफूलाई कसले छोयो भनी चारैतिर हेर्नुभयो।
MAR 5:33 तब ती स्त्रीले आफूमा के भएको थियो, सो जानेर आइन् र उहाँको पाउमा घोप्टो परिन्; अनि डरले काँप्दै उहाँलाई सबै साँचो कुरा बताइन्।
MAR 5:34 उहाँले त्यसलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। शान्तिसित जाऊ। तिमी आफ्नो कष्‍टबाट मुक्त भयौ।”
MAR 5:35 येशू बोलिरहनुभएकै बेला केही मानिसहरू सभाघरका शासक याइरसको घरबाट आएर भने, “तपाईंकी छोरीको मृत्यु भयो। अब गुरुज्यूलाई किन अरू दुःख दिनुहुन्छ?”
MAR 5:36 उनीहरूले भनेको कुराको वास्तै नराखी येशूले सभाघरका शासकलाई भन्‍नुभयो, “नडराऊ, विश्‍वास मात्र गर।”
MAR 5:37 उहाँले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्‍नाबाहेक अरूलाई आउन दिनुभएन।
MAR 5:38 जब उहाँहरू सभाघरका शासकको घरमा आइपुग्नुभयो; तब येशूले मानिसहरू रुँदै र कराउँदै खैलाबैला गरिरहेका देख्नुभयो।
MAR 5:39 उहाँ भित्र पसेर तिनीहरूलाई भन्‍नुभयो, “किन यस्तो रुवाइ र खैलाबैला गर्छौ? केटी मरेकी छैन, तर निदाइरहेकी छे।”
MAR 5:40 तर तिनीहरूले उहाँको उपहास गरेर हाँसे। उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो; अनि केटीका बुबा, आमा र आफूसित भएका चेलाहरूलाई लिएर केटी भएको ठाउँमा जानुभयो।
MAR 5:41 उहाँले त्यसको हात समात्नुभयो र त्यसलाई भन्‍नुभयो, “तालिता कौम!” (जसको अर्थ हो, “हे सानी केटी, म तिमीलाई भन्दछु, उठ!”)।
MAR 5:42 तब त्यो केटी तुरुन्तै जुरुक्‍क ऊठी, र यताउता हिँडी (ऊ बाह्र वर्षकी थिई)। यो देखेर तिनीहरूले अति अचम्म माने।
MAR 5:43 उहाँले यसबारे कसैलाई नभन्‍नू भनेर आज्ञा दिँदै त्यस केटीलाई केही खानेकुरा दिनू भनी तिनीहरूलाई भन्‍नुभयो।
MAR 6:1 येशू त्यहाँबाट निस्केर आफ्ना चेलाहरूसित आफू हुर्केको सहरमा जानुभयो।
MAR 6:2 शब्बाथ दिन आएपछि उहाँले सभाघरमा सिकाउन लाग्नुभयो; अनि उहाँलाई सुन्‍नेहरू धेरै जना छक्‍क परे। तिनीहरूले सोधे, “यस मानिसले यी कुराहरू कहाँबाट पाए? यसलाई दिइएको यो कस्तो बुद्धि हो? यसले गरेका यी अचम्मका कामहरू उल्‍लेखनीय छन्?
MAR 6:3 के यो सिकर्मी होइन? के यो मरियमको छोरा, र याकोब, योसेफ, यहूदा र सिमोनको दाजु होइन? के यसका बहिनीहरू यहाँ हामीसित छैनन्?” अनि तिनीहरू उहाँसित चिढिए।
MAR 6:4 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आफ्नै सहरमा, आफ्नै नातेदारहरूको बीचमा र आफ्नै घरमा बाहेक अरू कहीँ पनि अगमवक्तालाई अनादर गरिँदैन”
MAR 6:5 उहाँले त्यहाँ केही बिरामीहरूमाथि हात राखेर तिनीहरूलाई निको पार्ने कामबाहेक अरू कुनै अचम्मका कामहरू गर्न सक्नुभएन।
MAR 6:6 उहाँ तिनीहरूका अविश्‍वास देखेर छक्‍क पर्नुभयो। त्यसपछि येशू चारैतिर सिकाउँदै एउटा गाउँदेखि अर्को गाउँमा जानुभयो।
MAR 6:7 तब उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई जना गरेर पठाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो।
MAR 6:8 उहाँका आदेशहरू यस्ता थिए: “यात्राका लागि एउटा लहुरोबाहेक केही पनि नलिनू; न रोटी, न थैली, न पटुकामा पैसा।
MAR 6:9 जुत्ता लगाउनू, तर दुईसरो लुगा नबोक्नू।
MAR 6:10 जब तिमीहरू कुनै घरमा पस्छौ, तिमीहरूले त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस।
MAR 6:11 अनि यदि कुनै ठाउँमा तिमीहरूलाई स्वागत हुँदैन वा तिमीहरूका कुरा सुनिँदैन भने तिमीहरू त्यो ठाउँ छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीको निम्ति आफ्ना पैतालाको धुलोसमेत टक्टक्याइदेओ।”
MAR 6:12 तिनीहरू गए, र मानिसहरूले पश्‍चात्ताप गर्नुपर्छ भनी प्रचार गरे।
MAR 6:13 तिनीहरूले धेरै भूतहरू धपाए, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे।
MAR 6:14 राजा हेरोदले येशूको विषयमा सुने; किनकि उहाँको नाम चारैतिर प्रचलित भएको थियो। कतिले भन्दैथिए, “बप्‍तिस्मा दिने यूहन्‍ना मरेकाहरूबाट जीवित भएछन्, त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।”
MAR 6:15 अनि अरूले भने, “तिनी एलिया हुन्।” अनि अझै अरूले यसो भनी दाबी गरे, “तिनी उहिलेका अगमवक्ताहरूमध्ये एक जना अगमवक्ता हुन्।”
MAR 6:16 जब हेरोदले यो सुने, तिनले भने, “मैले शिर कटाएको मानिस यूहन्‍ना मरेकोबाट जीवित भएको छ।”
MAR 6:17 किनकि हेरोद आफैँले यूहन्‍नालाई पक्रन र बाँधेर झ्यालखानामा हाल्ने आदेश दिएका थिए; किनभने तिनले आफ्नै भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यसो गरेका थिए; जसलाई तिनले विवाह गरेका थिए।
MAR 6:18 किनकि यूहन्‍नाले हेरोदलाई यसो भनेका थिए, “आफ्नै भाइकी पत्नी राख्नु तपाईंलाई उचित छैन।”
MAR 6:19 यसकारण हेरोदियासले यूहन्‍नामाथि इबी पालिराखेकी थिइन्; अनि तिनलाई मार्न चाहन्थिन्, तर तिनले सकेकी थिइनन्।
MAR 6:20 हेरोद यूहन्‍नादेखि डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए; किनकि तिनी एक धर्मी र पवित्र मानिस हुन् भनेर तिनले जान्दथे। जब हेरोदले यूहन्‍नाका कुरा सुन्थे, तब तिनी साह्रै विचलित हुन्थे, तर पनि तिनको कुरा सुन्‍न मन पराउँथे।
MAR 6:21 आखिरमा अनुकूल समय आयो। आफ्नो जन्मदिनमा हेरोदले आफ्ना उच्‍च पदाधिकारीहरू, सेनाका सेनापतिहरू र गालील प्रदेशका प्रमुख व्यक्तिहरूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे।
MAR 6:22 तब हेरोदियासकी छोरी भित्र आएर नाची; अनि उसले हेरोद र तिनका भोजमा आएका पाहुनाहरूलाई खुशी पारी। राजाले त्यस केटीलाई भने, “तिमी जे चाहन्छ्यौ, सो मसित माग, म तिमीलाई दिनेछु।”
MAR 6:23 अनि तिनले शपथ खाएर उसलाई वचन दिए, “तिमीले जे माग्छ्यौ, सो म तिमीलाई दिनेछु, मेरो आधा राज्यसम्म पनि दिनेछु।”
MAR 6:24 त्यसले गएर आफ्नी आमालाई सोधी, “म के मागूँ?” तिनले जवाफ दिइन्, “बप्‍तिस्मा दिने यूहन्‍नाको शिर।”
MAR 6:25 त्यो केटी तुरुन्तै हतारिँदै भित्र राजाकहाँ गएर यो बिन्ती चढाई: “तपाईंले अहिल्यै बप्‍तिस्मा दिने यूहन्‍नाको शिर मलाई यस थालमा दिनुहोस् भन्‍ने म चाहन्छु।”
MAR 6:26 राजा अत्यन्तै दुःखित भए; तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उसलाई इन्कार गर्ने इच्छा गरेनन्।
MAR 6:27 यसकारण तिनले तुरुन्तै जल्‍लादलाई यूहन्‍नाको शिर ल्याउनू भनेर आज्ञा दिई पठाए। त्यो मानिस गयो, र झ्यालखानामा यूहन्‍नाको शिर काट्यो,
MAR 6:28 अनि तिनको शिर एउटा थालमा ल्यायो। तिनले त्यो त्यस केटीलाई दिए; अनि उसले त्यो आफ्नी आमालाई दिई।
MAR 6:29 यो सुनेर यूहन्‍नाका चेलाहरू आए; र तिनको लास लगेर चिहानमा राखे।
MAR 6:30 प्रेरितहरू येशूको वरिपरि भेला भए, र आफूले गरेका र आफूले सिकाएका सबै कुराहरू बताए।
MAR 6:31 मानिसहरू आवतजावत गरेका कारण उहाँहरूले खानसमेत मौका पाउनुभएको थिएन। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू मसित एकान्त ठाउँमा हिँड, र केही बेर विश्राम गर।”
MAR 6:32 यसकारण उहाँहरू अलग्गै एउटा डुङ्गामा चढेर पर एउटा एकान्त ठाउँमा जानुभयो।
MAR 6:33 तर धेरैले उहाँहरूलाई जाँदै गर्नुभएको देखेर उहाँहरूलाई चिनिहाले; अनि सबै सहरहरूबाट आएकाहरू पैदलै दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे।
MAR 6:34 जब येशू ओर्लनुभयो, तब उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो। उहाँले तिनीहरूलाई देखेर टिठ्याउनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैँ थिए। यसकारण उहाँले तिनीहरूलाई धेरै कुराहरू सिकाउन थाल्नुभयो।
MAR 6:35 त्यस बेला दिन ढल्किसकेको थियो। त्यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “यो एउटा सुनसान ठाउँ हो, र समय धेरै ढिलो भइसकेको छ।
MAR 6:36 यी मानिसहरूलाई पठाइदिनुहोस्, ताकि तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर आफ्ना लागि केही खानेकुराहरू किनून्।”
MAR 6:37 तर उहाँले भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले उहाँलाई भने, “त्यसका लागि छ महिनाभन्दा बढीको ज्याला चाहिन्छ! के हामी गएर रोटीको लागि यति धेरै खर्च गरेर तिनीहरूलाई खान दिएको तपाईं चाहनुहुन्छ र?”
MAR 6:38 उहाँले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्? जाओ, गएर हेर।” तिनीहरूले पत्ता लगाएर भने, “पाँच वटा रोटी र दुई वटा माछा रहेछन्।”
MAR 6:39 तब येशूले सबै मानिसलाई झुण्ड-झुण्ड बनाएर हरियो चउरमा बसून् भनी आज्ञा दिनुभयो।
MAR 6:40 यसकारण तिनीहरू सय-सय र पचास-पचासको झुण्ड बनाएर बसे।
MAR 6:41 ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेर्दै उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब उहाँले ती कुराहरू मानिसहरूमा बाँडिदिनको लागि चेलाहरूलाई दिनुभयो। उहाँले ती दुई माछाहरू पनि तिनीहरूलाई बाँडिदिनुभयो।
MAR 6:42 तिनीहरू सबैले पेटभरि खाए।
MAR 6:43 अनि चेलाहरूले उब्रेका टुक्राहरू जम्मा पार्दा रोटी र माछाले बाह्र डालाभरि उठाए।
MAR 6:44 ती खानेहरूमा पुरुषहरू मात्रै पाँच हजार थिए।
MAR 6:45 तुरुन्तै येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढाएर उहाँभन्दा पहिल्यै बेथसेदामा जान लगाउनुभयो। अनि आफूले चाहिँ भीडलाई बिदा दिनुभयो।
MAR 6:46 तिनीहरूबाट बिदा भएपछि उहाँ प्रार्थना गर्नलाई एउटा पहाडमा जानुभयो।
MAR 6:47 त्यस बेला रात परिसकेको थियो। डुङ्गा तालको माझमा थियो, र उहाँचाहिँ एकलै किनारमा हुनुहुन्थ्यो।
MAR 6:48 उहाँले चेलाहरूलाई डुङ्गा खियाउनका लागि खूबै परिश्रम गरिरहेका देख्नुभयो; किनकि बतास तिनीहरूको विपरीतबाट चलिरहेको थियो। अनि बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो। उहाँले तिनीहरूलाई उछिनेर जान लाग्नुहुँदा,
MAR 6:49 जब तिनीहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरूले उहाँलाई भूत हो भनी ठानेर जोडले चिच्याए;
MAR 6:50 किनकि तिनीहरू उहाँलाई देखेर भयभीत भए। तर तुरुन्तै उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साहस गर! म नै हुँ; नडराओ।”
MAR 6:51 तब उहाँ तिनीहरूसित डुङ्गामा चढ्नुभयो, र बतास थामियो। तिनीहरू अत्यन्तै छक्‍क परे;
MAR 6:52 किनकि तिनीहरूले ती रोटीहरूको विषयमा अझै बुझेका थिएनन्; तिनीहरूका हृदय कठोर भएको थियो।
MAR 6:53 उहाँहरू पारि तर्नुभएपछि गनेसरेतमा आइपुग्नुभयो, र डुङ्गा किनारमा लगाउनुभयो।
MAR 6:54 उहाँहरू डुङ्गाबाट निस्कनसाथ येशूलाई मानिसहरूले चिनिहाले।
MAR 6:55 तिनीहरू सारा प्रदेशभरि दगुरे, र उहाँ जहाँ-जहाँ हुनुहुन्छ भनी सुने, त्यहाँ-त्यहाँ रोगीहरूलाई ओछ्यानमा बोकेर लगे।
MAR 6:56 अनि उहाँ जुनसुकै ठाउँ अर्थात् गाउँहरू, सहरहरू र बस्तीहरूमा जानुहुन्थ्यो, तिनीहरूले रोगीहरूलाई सार्वजनिक स्थलहरूमा राखिदिन्थे। तिनीहरूले उहाँको वस्त्रको किनार मात्र भए पनि छुन पाऊन् भनी उहाँलाई बिन्ती गरे; अनि जतिले उहाँलाई छोए, तिनीहरू सबै निको भए।
MAR 7:1 एक दिन यरूशलेमबाट आएका फरिसी र व्यवस्थाका केही शिक्षकहरू येशूका चारैतिर भेला भए।
MAR 7:2 अनि उहाँका केही चेलाहरूले अशुद्ध हात, अर्थात् हात नधोई भोजन गरिरहेका देखे।
MAR 7:3 (फरिसीहरू र सारा यहूदीहरू पुर्खाहरूका परम्पराको विधिअनुसार हात नधोई भोजन गर्दैनन्।
MAR 7:4 जब तिनीहरू बजारबाट आउँछन्, तिनीहरू स्‍नान नगरी खाँदैनन्। अनि तिनीहरू कचौरा, जग, कित्लीहरू पखाल्नेजस्ता अरू धेरै किसिमका परम्परा मान्दछन्।)
MAR 7:5 यसकारण फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन पुर्खाहरूको परम्पराअनुसार चल्दैनन्, तर अशुद्ध हातले भोजन खान्छन्?”
MAR 7:6 उहाँले जवाफ दिनुभयो, “तिमी कपटीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठिकै भनेका थिए; जस्तो लेखिएको छ: “ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय मदेखि टाढा छ।
MAR 7:7 तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्, तिनीहरूको शिक्षा मानवीय नियम मात्र हुन्।’
MAR 7:8 तिमीहरू परमेश्‍वरका आज्ञाहरू त्यागेर मानिसहरूको परम्परामा लागिरहन्छौ।”
MAR 7:9 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूसित आफ्नै परम्पराको निम्ति परमेश्‍वरका आज्ञाहरू पन्छाउने चतुर उपाय छ!
MAR 7:10 किनकि मोशाले भने, ‘आफ्ना बुबाआमालाई आदर गर,’ अनि, ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’
MAR 7:11 तर तिमीहरू भन्दछौ, कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो कुर्बान हो’ अर्थात् परमेश्‍वरलाई चढाइसकिएको भेटी भन्यो भने,
MAR 7:12 तिमीहरू त्यसलाई आफ्ना बुबा वा आमाका लागि केही गर्न दिँदैनौ।
MAR 7:13 यसरी तिमीहरूले चलिआएको आफ्ना परम्पराद्वारा परमेश्‍वरको वचनलाई व्यर्थको तुल्याउँछौ। तिमीहरूले यस्ता धेरै कुराहरू गर्दछौ।”
MAR 7:14 येशूले भीडलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “तिमीहरू हरेकले मेरो कुरा सुन, र त्यसलाई बुझ।
MAR 7:15 मानिसको बाहिरबाट कुनै पनि कुरा ऊभित्र पसेमा उसलाई अशुद्ध बनाउन सक्दैन। बरु उसको हृदयबाट जे बाहिर निस्कँदछन्, ती कुराहरूले चाहिँ उसलाई अशुद्ध बनाउँदछन्।
MAR 7:16 जसको सुन्‍ने कान छ, त्यसले सुनोस् र बुझोस्।”
MAR 7:17 उहाँ भीडलाई छोडेर घरभित्र पस्‍नुभयो, तब उहाँका चेलाहरूले उहाँलाई त्यस दृष्‍टान्तको विषयमा सोधे।
MAR 7:18 उहाँले सोध्नुभयो, “के तिमीहरू यतिका अबुझ छौ? बाहिरबाट मानिसभित्र पसेको कुनै कुराले पनि उसलाई अशुद्ध बनाउन सक्दैन भनी तिमीहरू जान्दैनौ?
MAR 7:19 किनकि त्यो त उसको हृदयमा होइन, तर पेटमा पस्छ, र शरीरबाट बाहिर निस्कन्छ।” त्यसो भनेर येशूले सबै भोजन शुद्ध छन् भनी घोषणा गर्नुभयो।
MAR 7:20 उहाँले अझ भन्‍नुभयो: “मानिसबाट जे बाहिर निस्कन्छ, त्यसले उसलाई ‘अशुद्ध’ बनाउँछ।
MAR 7:21 किनकि मानिसको हृदयबाट दुष्‍ट विचारहरू आउँछन्; अनैतिकता, चोरी, हत्या,
MAR 7:22 व्यभिचार, लोभ, ईर्ष्या, छल, कामुकता, डाह, निन्दा, घमण्ड र मूर्खता।
MAR 7:23 यी सबै दुष्‍ट कुराहरू भित्रबाट नै निस्कन्छन्, र मानिसलाई अशुद्ध बनाउँछन्।”
MAR 7:24 येशू त्यो ठाउँ छोडेर टायरका छेउछाउका इलाकाहरूतिर जानुभयो। उहाँ एउटा घरमा पस्‍नुभयो, र यो कुरा कसैलाई थाहा नभएको चाहनुहुन्थ्यो; तरै पनि उहाँले आफ्नो उपस्थिति गुप्‍त राख्न सक्नुभएन।
MAR 7:25 वास्तवमा अशुद्ध आत्माले सताएकी एउटी केटीकी आमा येशूको विषयमा सुन्‍नसाथ आइन्, र उहाँको पाउमा परिन्।
MAR 7:26 ती स्त्री सिरियाको फोनिकेमा जन्मेकी ग्रीक थिइन्। तिनले येशूलाई आफ्नी छोरीबाट भूत निकालिदिन बिन्ती गरिन्।
MAR 7:27 उहाँले तिनलाई भन्‍नुभयो, “पहिला बालबच्‍चालाई पेटभरि खान देऊ; किनकि तिनीहरूको रोटी लगेर कुकुरहरूलाई फालिदिनु उचित होइन।”
MAR 7:28 तिनले जवाफ दिइन्, “हो प्रभु, तर कुकुरहरूले पनि त टेबुलमुनि बालबच्‍चाले खसालेका टुक्राहरू खान्छन्।”
MAR 7:29 तब उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले यस्तो जवाफ दिएको हुनाले तिमी घरमा जाऊ; तिम्री छोरीलाई भूतले छोडिसकेको छ।”
MAR 7:30 तिनी घर फर्केर गइन्, र आफ्नी छोरीलाई ओछ्यानमा ढल्किएकी र भूत निस्किसकेको भेट्टाइन्।
MAR 7:31 तब येशू टायर वरपरको ठाउँ छोडेर सीदोन हुँदै गालीलको समुद्र र डेकापोलिसको क्षेत्रतिर जानुभयो।
MAR 7:32 त्यहाँ केही मानिसहरूले एक जना बहिरो र लाटो मानिसलाई उहाँकहाँ ल्याए। अनि त्यसमाथि हात राखिदेऊन् भनी येशूलाई बिन्ती गरे।
MAR 7:33 येशूले त्यस मानिसलाई भीडबाट अलग्गै एकातिर लग्नुभयो र आफ्ना औँलाहरू त्यस मानिसका कानहरूमा हाल्नुभयो। तब उहाँले थुकेर त्यस मानिसको जिब्रो छुनुभयो।
MAR 7:34 उहाँले स्वर्गतिर हेरेर लामो सास लिएर त्यसलाई भन्‍नुभयो, “एफाता!” (जसको अर्थ हो, “खोलिजा!”)
MAR 7:35 तुरुन्तै त्यस मानिसका कानहरू खोलिए; त्यसको जिब्रो चल्यो र त्यो स्पष्‍ट गरी बोल्न थाल्यो।
MAR 7:36 येशूले तिनीहरूलाई यो कसैलाई नभन्‍नू भनी आज्ञा दिनुभयो; तर उहाँले जति यसो भन्‍नुभयो, तिनीहरूले झन् धेरै यसबारे भनिरहे।
MAR 7:37 मानिसहरू आश्‍चर्यचकित भएर तिनीहरूले भने, “उहाँले हरेक कुरा असल गर्नुभएको छ! उहाँले बहिरोलाई सुन्‍न सक्ने र लाटोलाई बोल्न सक्ने बनाउनुहुन्छ।”
MAR 8:1 ती दिनहरूमा फेरि अर्को एउटा ठूलो भीड जम्मा भयो। तिनीहरूसित खानेकुरा केही नभएकोले, येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो,
MAR 8:2 “म यी मानिसहरूलाई टिठ्याउँछु; तिनीहरू हामीसित तीन दिनदेखि सँगै छन्। तिनीहरूसित खानेकुरा केही पनि छैन।
MAR 8:3 यदि मैले तिनीहरूलाई भोकै घर पठाएँ भने तिनीहरू बाटैमा मूर्च्छा पर्नेछन्; किनकि तिनीहरूमध्ये कोही धेरै टाढाबाट आएका छन्।”
MAR 8:4 उहाँका चेलाहरूले जवाफ दिए, “तर यस निर्जन ठाउँमा तिनीहरूलाई खुवाउन प्रशस्त रोटी कहाँ पाउन सकिएला र?”
MAR 8:5 येशूले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्?” तिनीहरूले जवाफ दिए, “सात वटा छन्।”
MAR 8:6 उहाँले भीडलाई भुइँमा बस्‍न लाउनुभयो। जब उहाँले ती सात वटा रोटी लिएर परमेश्‍वरलाई धन्यवाद दिनुभयो, तब उहाँले ती भाँचेर मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो, अनि तिनीहरूले त्यसै गरे।
MAR 8:7 तिनीहरूसित केही साना माछाहरू पनि थिए; उहाँले माछाको लागि पनि धन्यवाद दिएर ती माछाहरू पनि चेलाहरूलाई बाँडिदिन अह्राउनुभयो।
MAR 8:8 मानिसहरूले पेटभरि खाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले।
MAR 8:9 त्यहाँ प्रायः चार हजार मानिसहरू उपस्थित थिए। त्यसपछि तिनीहरूलाई बिदा गरी पठाउनुभयो।
MAR 8:10 अनि उहाँ आफ्ना चेलाहरूसित डुङ्गामा चढेर दलमनुथाका क्षेत्रमा जानुभयो।
MAR 8:11 फरिसीहरू आएर येशूसँग बहस गर्न लागे। उहाँलाई जाँच गर्नको लागि तिनीहरूले उहाँसित स्वर्गबाट एउटा चिन्ह मागे।
MAR 8:12 उहाँले लामो सास लिएर भन्‍नुभयो, “किन यस पुस्ताले चमत्कारी चिन्ह माग्छ? म तिमीहरूलाई साँच्‍चै भन्दछु, यस पुस्तालाई कुनै चिन्ह दिइनेछैन।”
MAR 8:13 तब उहाँ तिनीहरूलाई छोडेर डुङ्गामा चढी पारिपट्टि जानुभयो।
MAR 8:14 आफूसित भएको एउटा मात्र रोटीबाहेक चेलाहरूले अरू रोटी डुङ्गामा ल्याउन बिर्सेका थिए।
MAR 8:15 “सावधान होओ!” येशूले तिनीहरूलाई चेतावनी दिनुभयो, “फरिसीहरू र हेरोदको खमिरदेखि होसियार रहो।”
MAR 8:16 तिनीहरूले यसबारे आपसमा छलफल गरेर भने, “यो त हामीसित रोटी छैन भनेर भन्‍नुभएको हो।”
MAR 8:17 तिनीहरूको बहस थाहा पाएर येशूले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरू किन रोटी छैन भनेर कुरा गर्छौ? तिमीहरू अझै देख्दैनौ वा बुझ्दैनौ? के तिमीहरूको हृदय कठोर भएको छ?
MAR 8:18 के तिमीहरूका आँखा भएर पनि देख्दैनौ र कान भएर पनि सुन्दैनौ? र के तिमीहरूलाई सम्झना छैन?
MAR 8:19 जब मैले पाँच रोटीहरू पाँच हजारका निम्ति भाँचेको थिएँ, तिमीहरूले कति डालाभरि टुक्राटाक्रीहरू उठायौ?” “बाह्र,” तिनीहरूले भने।
MAR 8:20 “अनि जब मैले चार हजारका निम्ति सात वटा रोटीहरू भाँचेको थिएँ, तिमीहरूले कति डालाभरि टुक्राटाक्रीहरू उठायौ?” “सात,” तिनीहरूले भने।
MAR 8:21 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै बुझ्दैनौ?”
MAR 8:22 उहाँहरू बेथसेदामा आउनुभयो; अनि केही मानिसहरूले एक जना दृष्‍टिविहीनलाई येशूकहाँ ल्याएर त्यसलाई छोइदिन बिन्ती गरे।
MAR 8:23 येशूले त्यस दृष्‍टिविहीन मानिसलाई आफ्नो हातमा समातेर गाउँदेखि बाहिर लानुभयो। जब उहाँले त्यसको आँखामा थुकेर आफ्ना हात त्यसमाथि राख्नुभयो, र सोध्नुभयो, “के तिमीले केही देख्यौ?”
MAR 8:24 त्यसले मास्तिर हेरेर भन्यो, “म मानिसहरूलाई रूखहरूजस्तै हिँडिरहेको देख्छु।”
MAR 8:25 येशूले आफ्ना हात फेरि एकपल्ट त्यस मानिसको आँखामा राख्नुभयो। तब त्यसका आँखाहरू खोलिए, त्यसको दृष्‍टि फर्केर आयो; अनि त्यसले सबै थोक स्पष्‍टसँग देख्यो।
MAR 8:26 येशूले त्यसलाई यसो भनेर घर पठाउनुभयो, “गाउँमाचाहिँ जाँदै नजाऊ।”
MAR 8:27 येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्छन्?”
MAR 8:28 तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना भन्छन्, कसैले एलिया भन्छन्; अनि कतिले चाहिँ अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।”
MAR 8:29 उहाँले सोध्नुभयो, “तिमीहरूले नि? तिमीहरूचाहिँ मलाई म को हुँ भन्छौ?” पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ।”
MAR 8:30 येशूले तिनीहरूलाई आफ्नो विषयमा कसैलाई केही नभन्‍नू भनी कडा आज्ञा दिनुभयो।
MAR 8:31 तब उहाँले तिनीहरूलाई मानिसको पुत्रले धेरै दुःखहरू सहनुपर्छ; अनि प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनुपर्छ; मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी सिकाउन थाल्नुभयो।
MAR 8:32 उहाँले यस विषयमा स्पष्‍ट रूपले भन्‍नुभयो। अनि पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे।
MAR 8:33 तर येशूले फर्केर आफ्ना चेलाहरूतिर हेरेर पत्रुसलाई हकार्नुभयो, “ए शैतान! मबाट टाढा होइजा,” उहाँले भन्‍नुभयो, “तेरो मनमा परमेश्‍वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।”
MAR 8:34 तब उहाँले आफ्ना चेलाहरूसित भीडलाई पनि आफूकहाँ बोलाएर भन्‍नुभयो: “यदि कोही मेरो चेला बन्‍न चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।
MAR 8:35 किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, उसले त्यो गुमाउनेछ, तर जसले मेरो र सुसमाचारका निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।
MAR 8:36 कुनै मानिसले सारा संसार हात पारेर पनि आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा हुन्छ?
MAR 8:37 अथवा मानिसले आफ्नो प्राणको बदलामा के दिन सक्छ र?
MAR 8:38 यस व्यभिचारी र पापी पुस्तामा यदि कोही म र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र स्वर्गदूतहरूसँग आउँदा त्यसदेखि शर्माउनेछ।”
MAR 9:1 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यो ठाउँमा उपस्थित भएकाहरूमध्ये कतिले परमेश्‍वरको राज्य शक्तिसित आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”
MAR 9:2 छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र यूहन्‍नालाई लिनुभयो; अनि तिनीहरूलाई एउटा अग्लो पहाडमा लैजानुभयो, जहाँ उहाँहरू मात्र हुनुहुन्थ्यो। त्यहाँ तिनीहरूका सामु उहाँको रूप परिवर्तन भयो।
MAR 9:3 उहाँको वस्त्र चहकिलो सेतो भयो; अर्थात् संसारमा कसैले धोएर सेतो बनाउनै नसक्ने गरी सेतो भयो।
MAR 9:4 अनि त्यहाँ तिनीहरूका सामु एलिया र मोशा देखा परे; उनीहरू येशूसित कुरा गरिरहेका थिए।
MAR 9:5 पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।”
MAR 9:6 तिनीहरू यति साह्रो डराएका थिए कि, के भन्‍ने हो, सो तिनले जानेनन्।
MAR 9:7 तब बाक्लो बादल आएर तिनीहरूलाई ढाकिदियो; अनि बादलबाट यसो भन्‍ने एउटा आवाज आयो: “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनको कुरा सुन!”
MAR 9:8 झट्टै जब तिनीहरूले चारैतिर हेरे, तब तिनीहरूले आफूसित येशूबाहेक अरू कसैलाई पनि देखेनन्।
MAR 9:9 उहाँहरू जब पर्वतबाट ओर्लँदैहुनुहुन्थ्यो, तब येशूले तिनीहरूलाई तिनीहरूले देखेका कुराहरू, मानिसको पुत्र मृत्युबाट जीवित भई नउठेसम्म कसैलाई नभन्‍नू भनी आज्ञा दिनुभयो।
MAR 9:10 तिनीहरूले “मरेकाबाट जीवित हुनु” भनेको के हो भन्‍ने विषयमा छलफल गर्दै, त्यो कुरा आफूभित्र राखे।
MAR 9:11 अनि तिनीहरूले उहाँलाई सोधे, “किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?”
MAR 9:12 येशूले जवाफ दिनुभयो, “अवश्य एलिया पहिला आउनेछन्; र सबै कुरा पुनर्स्थापना गर्नेछन्। त्यसो भए किन मानिसको पुत्रले धेरै कष्‍ट भोग्नुपर्छ र तिरस्कृत हुनुपर्छ भनी लेखिएको?
MAR 9:13 तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र जसरी तिनको विषयमा धर्मशास्त्रमा लेखिएको छ, तिनीहरूले तिनीप्रति इच्छा लागेका सबै थोक गरेका छन्।”
MAR 9:14 जब उहाँहरू अरू चेलाहरू भएको ठाउँमा आउनुभयो, तब उहाँहरूले तिनीहरूका चारैतिर एउटा ठूलो भीडसित व्यवस्थाका शिक्षकहरूले बहस गरिरहेका देख्नुभयो।
MAR 9:15 सबै मानिसहरूले जब येशूलाई देखे, तिनीहरू आश्‍चर्यचकित भए, र उहाँलाई अभिवादन गर्न दगुरे।
MAR 9:16 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू यिनीहरूसित कुन विषयमा बहस गर्दैछौ?”
MAR 9:17 तब भीडबाट एक जना मानिसले जवाफ दियो, “हे गुरु, मैले तपाईंकहाँ मेरो छोरा लिएर आएको छु, जसलाई दुष्‍ट आत्मा लागेको छ र बोल्न नसक्ने पारिदिएको छ।
MAR 9:18 जब त्यसले उसलाई पक्रन्छ, उसलाई भुइँमा पछारिहाल्छ; उसले मुखबाट फिँज काढ्छ, दाह्रा किट्छ र अरट्ठै पर्छ। मैले तपाईंका चेलाहरूलाई यस आत्मालाई धपाइदिनुहोस् भनी बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।”
MAR 9:19 येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? त्यस केटोलाई मकहाँ ल्याओ।”
MAR 9:20 यसकारण तिनीहरूले त्यसलाई ल्याए। जब त्यस आत्माले येशूलाई देख्यो, तब त्यसले तुरुन्तै त्यस केटोलाई लछारपछार पार्‍यो। त्यो भुइँमा लडीबुडी गर्न थाल्यो; अनि मुखबाट फिँज काढ्न थाल्यो।
MAR 9:21 येशूले केटाको बुबालाई सोध्नुभयो, “यसलाई कहिलेदेखि यस्तो भइरहेको छ?” तिनले जवाफ दिए, “सानैदेखि।
MAR 9:22 त्यसले यसलाई मार्न घरी-घरी पानीमा अथवा आगोमा फ्याँकिदिन्छ। यदि तपाईंले केही गर्न सक्नुहुन्छ भने हामीमाथि दया गरेर सहायता गरिदिनुहोस्।”
MAR 9:23 येशूले भन्‍नुभयो, “यदि तपाईंले ‘सक्नुहुन्छ भने’ भन्‍नुको अर्थ के हो? विश्‍वास गर्नेका लागि हरेक कुरा सम्भव हुन्छ।”
MAR 9:24 तुरुन्तै त्यस केटाको बुबाले भने, “म विश्‍वास गर्दछु; मेरो अविश्‍वासमाथि विजय पाउन मलाई सहायता गर्नुहोस्!”
MAR 9:25 जब येशूले त्यस ठाउँमा एउटा भीड दौडेर आइरहेका देख्नुभयो, तब उहाँले त्यस अशुद्ध आत्मालाई यसो भनेर हकार्नुभयो, “तँ बहिरो र लाटो आत्मा, तँलाई म आज्ञा दिन्छु, त्यसबाट बाहिर आइज र त्यसमा फेरि कहिल्यै नपस्।”
MAR 9:26 तब त्यो आत्मा चिच्याएर त्यसलाई जोडसित पछारेर बाहिर निस्क्यो। त्यो केटो मरेजस्तै भयो। यतिसम्म कि धेरै जनाले “त्यो त मरेछ” भन्ठाने।
MAR 9:27 तर येशूले त्यसको हात समातेर त्यसलाई आफ्नो खुट्टामा उभ्याउनुभयो, र त्यो ठिङ्ग उभियो।
MAR 9:28 येशू भित्र पस्‍नुभएपछि उहाँका चेलाहरूले उहाँलाई गुप्‍तमा सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौँ?”
MAR 9:29 उहाँले जवाफ दिनुभयो, “यस्तो किसिमको चाहिँ प्रार्थनाद्वारा मात्र निस्कन सक्छ।”
MAR 9:30 उहाँहरू त्यो ठाउँ छोडेर गालील भएर जानुभयो। यो कुरा कसैले पनि थाहा नपाओस् भन्‍ने उहाँले चाहनुहुन्थ्यो।
MAR 9:31 किनकि उहाँले आफ्ना चेलाहरूलाई शिक्षा दिँदैहुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्रलाई पक्रेर मानिसहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मार्नेछन्; र तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ।”
MAR 9:32 तर यसको अर्थ के हो, सो तिनीहरूले बुझ्न सकेनन्, र त्यस विषयमा उहाँलाई सोध्न डराए।
MAR 9:33 उहाँहरू कफर्नहुममा आउनुभयो। उहाँ घरभित्र हुनुहुँदा उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू बाटोमा के विषयमा वाद-विवाद गर्दैथियौ?”
MAR 9:34 तर तिनीहरू चुप रहे; किनकि बाटोमा तिनीहरूले सबैभन्दा ठूलो को हो भनी विवाद गरेका थिए।
MAR 9:35 येशू बसिरहनुभएका बेला बाह्र जनालाई बोलाएर भन्‍नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने ऊ सबैभन्दा पछि र सबैको सेवक हुनुपर्छ।”
MAR 9:36 तब उहाँले एउटा सानो बालकलाई लिएर त्यसलाई तिनीहरूका बीचमा उभ्याउनुभयो। अनि त्यसलाई काखमा लिएर उहाँले तिनीहरूलाई भन्‍नुभयो,
MAR 9:37 “जसले यस्ता साना बालकहरूलाई मेरो नाममा स्वागत गर्छ, त्यसले मलाई स्वागत गर्छ; अनि जसले मलाई स्वागत गर्छ, त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई स्वागत गर्छ।”
MAR 9:38 यूहन्‍नाले भने, “हे गुरु, हामीले एक जना मानिसलाई तपाईंको नाममा भूतहरू धपाइरहेको देख्यौँ र हामीले त्यसलाई रोक्यौँ; किनकि ऊ हाम्रो समूहको थिएन।”
MAR 9:39 येशूले भन्‍नुभयो, “त्यसलाई नरोक। मेरो नाममा शक्तिशाली काम गर्नेहरू कसैले पनि तुरुन्तै मेरो विषयमा केही खराब कुरा भन्‍न सक्दैन।
MAR 9:40 किनकि जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो पक्षमा छ।
MAR 9:41 म तिमीहरूलाई साँच्‍चै भन्दछु, कसैले तिमीहरू ख्रीष्‍टका हौ भनेर मेरो नाममा तिमीहरूलाई एक गिलास पानी पिउन दिन्छ भने निश्‍चय नै उसले आफ्नो इनाम गुमाउनेछैन।
MAR 9:42 “यदि कसैले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पनि पाप गर्न लगाउँछ भने उसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रमा फालिदिनु असल हुनेथियो।
MAR 9:43 यदि तिमीहरूका हातले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओे। दुई हात लिएर कहिल्यै ननिभ्ने नरकको आगोमा जानुभन्दा, बरु हातविहीन भएर अनन्त जीवनमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ।
MAR 9:44 नरकमा “ ‘तिनीहरूलाई खाने किरा मर्दैन र आगो निभ्दैन।’
MAR 9:45 यदि तिमीहरूका खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुवै खुट्टा लिएर नरकमा फालिनुभन्दा त खुट्टाविहीन भएर जीवनमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ।
MAR 9:46 नरकमा “ ‘तिनीहरूलाई खाने किरा मर्दैन र आगो निभ्दैन।’
MAR 9:47 यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई झिकेर फालिदेओ। दुवै आँखा लिएर नरकमा फालिनुभन्दा त एउटा आँखा मात्र लिएर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ।
MAR 9:48 नरकमा “ ‘तिनीहरूलाई खाने किरा मर्दैन र आगो निभ्दैन।’
MAR 9:49 हरेकलाई नुनमा हालेझैँ आगोमा हालिनेछ।
MAR 9:50 “नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन गुमायो भने तिमीहरूले यसलाई फेरि कसरी नुनिलो बनाउने? तिमीहरू हरेकमा नुनको गुण छ, त्यसैले आपसमा मिलापमा रहो।”
MAR 10:1 तब येशू त्यो ठाउँ छोडेर यहूदिया प्रदेशका इलाकाहरूमा र यर्दनपारि जानुभयो। फेरि मानिसहरूका भीड उहाँकहाँ आए, र आफ्नो रीतिअनुसार उहाँले तिनीहरूलाई सिकाउनुभयो।
MAR 10:2 केही फरिसीहरूले उहाँलाई यसरी सोध्दै जाँच गरे, “के मानिसले आफ्नी पत्नीलाई त्याग्नु उचित हो?”
MAR 10:3 उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिए?”
MAR 10:4 तिनीहरूले भने, “मोशाले मानिसलाई एउटा त्यागपत्र लेखेर आफ्नी पत्नीलाई छोड्ने अनुमति दिएका छन्।”
MAR 10:5 येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई यो व्यवस्था तिमीहरूको हृदयको कठोरताको कारणले गर्दा दिएका हुन्,
MAR 10:6 तर सृष्‍टिको आरम्भमा परमेश्‍वरले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो।’
MAR 10:7 ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ,
MAR 10:8 अनि ती दुई एउटै शरीर हुनेछन्।’ यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्।
MAR 10:9 यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।”
MAR 10:10 जब उहाँहरू घरभित्र हुनुहुन्थ्यो, तब चेलाहरूले येशूलाई यसबारे फेरि सोधे।
MAR 10:11 उहाँले जवाफ दिनुभयो, “जसले आफ्नी पत्नीलाई विवाह विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्दछ, त्यसले उसको विरुद्धमा व्यभिचार गर्दछ।
MAR 10:12 यदि कुनै स्त्रीले आफ्नो पतिसँग विवाह विच्छेद गरेर अर्को मानिससँग विवाह गर्दछे भने त्यसले व्यभिचार गर्दछे।”
MAR 10:13 मानिसहरूले साना बालबालिकाहरूलाई येशूले तिनीहरूलाई छोइदेऊन् भनेर उहाँकहाँ ल्याउँदैथिए; तर चेलाहरूले तिनीहरूलाई हप्काए।
MAR 10:14 यस्तो देखेर येशू रिसाउँदै तिनीहरूलाई भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक; किनकि परमेश्‍वरको राज्य यस्तैहरूका लागि हो।
MAR 10:15 म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकलेझैँ ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।”
MAR 10:16 अनि उहाँले बालबालिकाहरूलाई काखमा लिएर आफ्ना हात तिनीहरूमाथि राखेर तिनीहरूलाई आशिष् दिनुभयो।
MAR 10:17 येशू जब बाटोमा जाँदैहुनुहुन्थ्यो, तब एक जना मानिस दगुर्दै आएर उहाँको सामु घुँडा टेक्यो र सोध्यो, “हे असल गुरु, मैले अनन्त जीवन प्राप्‍त गर्नलाई के गर्नुपर्छ?”
MAR 10:18 येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? परमेश्‍वरबाहेक अरू कोही पनि असल छैन।
MAR 10:19 तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैँले हत्या नगर्नू, तैँले व्यभिचार नगर्नू, तैँले नचोर्नू, तैँले झूटो साक्षी नदिनू, तैँले नठग्नू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ”
MAR 10:20 त्यसले भन्यो, “गुरु, यी सबै त मैले मेरो बालककालदेखि नै गर्दैआएको छु।”
MAR 10:21 येशूले त्यसलाई हेरेर प्रेम गरी भन्‍नुभयो, “तिमीमा एउटै कुराको अभाव छ; जाऊ, तिमीसित भएका आफ्ना सबै कुरा बेचेर गरिबहरूलाई देऊ। अनि तिमीलाई स्वर्गमा धनसम्पत्ति प्राप्‍त हुनेछ। त्यसपछि आऊ, मेरो पछि लाग।”
MAR 10:22 यो सुनेर त्यो जवान मानिसको अनुहार उदास भयो। त्यो दुःखित भएर गइहाल्यो; किनकि ऊसँग धेरै सम्पत्ति थियो।
MAR 10:23 येशूले चारैतिर हेरेर आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनीहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न कति कठिन छ!”
MAR 10:24 उहाँका वचनहरूमा चेलाहरू छक्‍क परे, तर येशूले फेरि भन्‍नुभयो, “हे बालकहरू हो! परमेश्‍वरको राज्यमा प्रवेश गर्न कति कठिन छ!
MAR 10:25 कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा, बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”
MAR 10:26 चेलाहरू झन् बढी छक्‍क परेर आपसमा भने, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?”
MAR 10:27 येशूले तिनीहरूतिर हेरेर भन्‍नुभयो, “मानिसका लागि यो असम्भव छ, तर परमेश्‍वरका लागि छैन; परमेश्‍वरका लागि सबै कुरा सम्भव छ।”
MAR 10:28 पत्रुसले उहाँलाई भन्‍न थाले, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौँ।”
MAR 10:29 येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, आफ्नो घर अथवा दाजुभाइहरू वा दिदीबहिनीहरू अथवा आमा वा बुबा अथवा बालबच्‍चा अथवा जग्गाजमिन मेरा र सुसमाचारका निम्ति त्याग्नेहरू, जो कोहीले पनि,
MAR 10:30 सतावटका साथै यही युगमा तीभन्दा सय गुणा बढ्ता घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, बालबच्‍चाहरू र जग्गाजमिन, र यसकासाथै आउने युगमा अनन्त जीवन पनि प्राप्‍त गर्नेछ।
MAR 10:31 तर धेरै जो पहिला छन्, ती पछिल्‍ला हुनेछन्; र धेरै जो पछिल्‍ला छन्, ती पहिला हुनेछन्।”
MAR 10:32 उहाँहरू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो। येशू तिनीहरूका अगि-अगि हिँड्दैहुनुहुन्थ्यो; र चेलाहरू छक्‍क परेका थिए; अनि अरू पछि-पछि आउनेहरूचाहिँ डराएका थिए। उहाँले फेरि बाह्र जनालाई एकातिर लैजानुभयो र उहाँमाथि के हुनेछ, सो बताउनुभयो।
MAR 10:33 उहाँले भन्‍नुभयो, “हामी यरूशलेमतर्फ जाँदैछौँ; अनि मानिसको पुत्रलाई मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मृत्युको दोषी ठहराउनेछन्, अनि गैरयहूदीहरूको हातमा सुम्पिदिनेछन्;
MAR 10:34 जसले उसलाई गिल्‍ला गर्नेछन्, थुक्नेछन्, कोर्रा लगाउनेछन् र अन्तमा मार्नेछन्। अनि तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ।”
MAR 10:35 तब जब्दीका छोराहरू, याकोब र यूहन्‍ना, उहाँकहाँ आएर भने, “हे गुरु, हामी तपाईंसँग जे माग्छौँ, त्यो तपाईंले हाम्रा निम्ति गर्नुभएको हामी चाहन्छौँ।”
MAR 10:36 उहाँले सोध्नुभयो, “म तिमीहरूका लागि के गरूँ भनी तिमीहरू चाहन्छौ?”
MAR 10:37 तिनीहरूले जवाफ दिए, “तपाईं महिमामा आउँदा हामीमध्ये एक जना तपाईंको दाहिनेतिर र अर्कोचाहिँ देब्रेतिर बस्‍न चाहन्छौँ।”
MAR 10:38 तर येशूले भन्‍नुभयो, “तिमीहरूले के मागिरहेका छौ, त्यो जान्दैनौ। के मैले पिउने कष्‍टको कचौरा तिमीहरू पिउन सक्छौ? अथवा जुन कष्‍टको बप्‍तिस्मा म लिनेछु, त्यो तिमीहरूले लिन सक्छौ?”
MAR 10:39 तिनीहरूले जवाफ दिए, “हामी सक्छौँ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मैले पिउने कचौरा पिउनेछौ र मैले लिने बप्‍तिस्मा लिनेछौ,
MAR 10:40 तर मेरो दाहिने अथवा देब्रेतिर बस्‍नदिने अधिकारचाहिँ मेरो होइन। यी ठाउँहरू त तिनीहरूका निम्ति हुन्, जसका लागि ती तयार पारिएका छन्।”
MAR 10:41 जब ती दश जनाले यस विषयमा सुने, तिनीहरू याकोब र यूहन्‍नासित रिसाए।
MAR 10:42 येशूले ती सबैलाई एकसाथ बोलाएर भन्‍नुभयो, “तिमीहरू जान्दछौ कि यस संसारले ठहराइएका शासकहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्। अनि तिनीहरूका उच्‍च अधिकारीहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्।
MAR 10:43 तिमीहरूमा चाहिँ यस्तो हुनुहुँदैन; बरु तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ।
MAR 10:44 अनि तिमीहरूमध्ये जो श्रेष्‍ठ हुन चाहन्छ, त्यो सबैको सेवक हुनैपर्छ।
MAR 10:45 किनकि मानिसको पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिनको लागि आएको हो।”
MAR 10:46 तब उहाँहरू यरीहोमा आउनुभयो। येशू र उहाँका चेलाहरू एउटा ठूलो भीडको साथमा सहरदेखि बाहिर आउँदैगर्नुहुँदा एक जना दृष्‍टिविहीन मानिस तिमैको छोरा बारतिमै बाटोको छेउमा माग्दै बसिरहेको थियो।
MAR 10:47 जब उसले नासरतको येशू हुनुहुन्छ भन्‍ने सुन्यो, तब त्यो यसो भन्दै चिच्याउन थाल्यो, “हे येशू, दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!”
MAR 10:48 धेरैले त्यसलाई हप्काएर चुप लाग् भने, तर त्यो त झन् चर्को सोरमा करायो, “हे दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!”
MAR 10:49 येशू अडिनुभयो, र भन्‍नुभयो, “त्यसलाई बोलाओ।” यसकारण तिनीहरूले त्यस दृष्‍टिविहीन मानिसलाई भने, “ढाडस गर्! उठ्, उहाँले तँलाई बोलाउँदैहुनुहुन्छ।”
MAR 10:50 आफ्नो वस्त्र एकातिर फ्याँकेर त्यो जुरुक्‍क उठेर आफ्नो खुट्टामा उभियो र येशूकहाँ आयो।
MAR 10:51 येशूले त्यसलाई सोध्नुभयो, “मैले तिम्रा लागि के गरूँ भनी तिमी चाहन्छौ?” त्यस दृष्‍टिविहीन मानिसले भन्यो, “हे गुरु, म फेरि दृष्‍टि पाउन चाहन्छु!”
MAR 10:52 येशूले भन्‍नुभयो, “जाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” तुरुन्तै त्यसले आफ्नो दृष्‍टि पायो, र बाटोभरि येशूको पछि-पछि लाग्यो।
MAR 11:1 उहाँहरू जब यरूशलेमको नजिक जैतुन डाँडामा भएको बेथफागे र बेथानीमा आउनुभयो, तब येशूले आफ्ना चेलाहरूमध्ये दुई जनालाई
MAR 11:2 यसो भन्दै पठाउनुभयो, “तिमीहरूका पल्‍लो गाउँमा जाओ, र तिमीहरू त्यहाँ प्रवेश गरेपछि तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ।
MAR 11:3 यदि कसैले तिमीहरूलाई ‘तिमीहरू किन यसो गर्दैछौ?’ भनी सोध्यो भने त्यसलाई भन, ‘प्रभुलाई यसको खाँचो छ, र केही बेरमा यसलाई फर्काइदिनुहुनेछ।’ ”
MAR 11:4 तिनीहरू गए र सडकबाहिर ढोकाको छेउमा एउटा बछेडोलाई बाँधिराखेको भेट्टाए। तिनीहरूले त्यसलाई फुकाउन लाग्दा,
MAR 11:5 त्यहाँ उभिरहेका केही मानिसहरूले तिनीहरूलाई सोधे, “तिमीहरू त्यस बछेडोलाई फुकाएर के गरिरहेका छौ?”
MAR 11:6 तिनीहरूले येशूले भन्‍नुभएझैँ जवाफ दिए; अनि ती मानिसहरूले तिनीहरूलाई जान दिए।
MAR 11:7 जब तिनीहरूले त्यस बछेडोलाई येशूकहाँ ल्याए, तब तिनीहरूले आफ्ना लुगाहरू त्यसमाथि ओछ्याइदिए, र उहाँ त्यसमाथि बस्‍नुभयो।
MAR 11:8 धेरै मानिसहरूले आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए, र अरूहरूले चाहिँ खेतबाट काटेर ल्याएका हाँगाहरू फिँजाइदिए।
MAR 11:9 ती अगि-अगि जानेहरू र पछ्याउनेहरूले चर्को सोरमा यसो भनेर जयजयकार गरे, “होसन्‍ना!” “उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ, धन्य हुनुहुन्छ!”
MAR 11:10 “हाम्रा पिता दावीदको आउने राज्य धन्यको हो!” “परमधाममा होसन्‍ना!”
MAR 11:11 येशू यरूशलेममा आएर मन्दिरमा जानुभयो। उहाँले चारैतिर सबै कुरा हेर्नुभयो, तर अबेर भइसकेकोले उहाँ बाह्र जनासित बेथानीमा जानुभयो।
MAR 11:12 भोलिपल्ट उहाँहरू बेथानीबाट निस्कँदैगर्दा येशू भोकाउनुभयो।
MAR 11:13 केही पर पातले भरिएको एउटा अञ्जीरको रूख देखेर त्यसमा केही फल पाउने आशाले उहाँ त्यहाँ जानुभयो। उहाँ त्यसको छेउमा पुग्नुभएपछि पातहरूबाहेक केही पाउनुभएन। किनकि त्यो अञ्जीरको फल फल्ने समय थिएन।
MAR 11:14 तब उहाँले त्यस रूखलाई भन्‍नुभयो, “अबदेखि तँबाट कसैले फल नखाओस्।” उहाँका चेलाहरूले उहाँले यसो भन्‍नुभएको सुनेका थिए।
MAR 11:15 यरूशलेम पुगेपछि येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो; अनि त्यहाँ किनबेच गर्नेहरूलाई धपाउनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू र परेवा बेच्नेहरूका बेन्चहरू पल्टाइदिनुभयो।
MAR 11:16 अनि मन्दिरका चोकहरूबाट व्यापारका सामानहरू यताउता लान दिनुभएन।
MAR 11:17 उहाँले तिनीहरूलाई सिकाउँदै भन्‍नुभयो, “यसो लेखिएको छ: ‘मेरो घर सबै जातिहरूका लागि प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूको ओडार’ बनाएका छौ।”
MAR 11:18 जब मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले यो सुने, तब उहाँलाई मार्ने उपाय खोज्न थाले। किनकि सम्पूर्ण भीड उहाँका शिक्षामा छक्‍क परेका हुनाले तिनीहरू उहाँदेखि डराउँथे।
MAR 11:19 साँझ परेपछि येशू र उहाँका चेलाहरू सहरबाहिर जानुभयो।
MAR 11:20 बिहान उहाँहरू जाँदै गर्दा त्यस अञ्जीरको रूखलाई उहाँहरूले जरैदेखि सुकेको देख्नुभयो!
MAR 11:21 पत्रुसले सम्झँदै येशूलाई भने “हे गुरु, हेर्नुहोस्! तपाईंले श्राप दिनुभएको अञ्जीरको रूख त सुकेछ!”
MAR 11:22 येशूले जवाफ दिनुभयो, “परमेश्‍वरमा विश्‍वास राख।
MAR 11:23 म तिमीहरूलाई साँच्‍चै भन्दछु, यदि कसैले यस पहाडलाई ‘जा, गएर आफूलाई समुद्रमा फ्याँक,’ भन्छ र आफ्नो हृदयमा शङ्का गर्दैन, तर उसले जे भनेको छ, त्यो पूरा हुन्छ भनेर विश्‍वास गर्‍यो भने यो उसको लागि गरिनेछ।
MAR 11:24 यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे माग्छौ, ती कुराहरू पाएका छौ भनी विश्‍वास गर, र ती तिमीहरूको हुनेछ।
MAR 11:25 अनि जब तिमीहरू प्रार्थनामा खडा हुन्छौ, यदि कसैको विरुद्धमा तिमीहरूको केही छ भने उसलाई क्षमा गरिदेओ, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदेऊन्।
MAR 11:26 तर तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन।”
MAR 11:27 उहाँहरू फेरि यरूशलेममा आइपुग्नुभयो, र येशू मन्दिरका चोकहरूमा हिँडिरहनुभएको बेला मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरू उहाँकहाँ आए।
MAR 11:28 तिनीहरूले सोधे, “तिमीले कुन अधिकारले यी कुराहरू गरिरहेका छौ? अनि यी कुराहरू गर्न कसले तिमीलाई यो अधिकार दियो?”
MAR 11:29 येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई जवाफ देओ, र म तिमीहरूलाई म कसको अधिकारले यी कुराहरू गरिरहेको छु, सो तिमीहरूलाई भन्‍नेछु।
MAR 11:30 यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाट थियो कि मानिसहरूबाट? मलाई भन!”
MAR 11:31 तब तिनीहरूले आपसमा छलफल गरेर भने, “यदि हामीले ‘स्वर्गबाट’ भनौँ भने उनले हामीलाई ‘त्यसो भए तिमीहरूले उनीमाथि किन विश्‍वास गरेनौ?’ भनी भन्‍नेछन्।
MAR 11:32 तर यदि हामीले ‘मानिसहरूबाट’ भनौँ भने” (तिनीहरू मानिसहरूदेखि डराउँथे; किनकि हरेकले यूहन्‍नालाई साँच्‍चै अगमवक्ता भनी मान्थे।)
MAR 11:33 त्यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामी जान्दैनौँ।” अनि येशूले भन्‍नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु, त्यो भन्दिनँ।”
MAR 12:1 येशू तिनीहरूसित दृष्‍टान्तहरूमा बोल्न थाल्नुभयो: “एक जना मानिसले एउटा दाखबारी लगाए। तिनले त्यसको चारैतिर एउटा पर्खाल लगाए। कोलको लागि एउटा खाडल खने, र एउटा मचान बनाए। तब तिनले त्यो दाखबारी केही मोहीहरूलाई ठेक्‍कामा दिएर यात्रामा निस्के।
MAR 12:2 कटनीको समयमा तिनले ती मोहीहरूबाट दाखबारीको फलको केही भाग ल्याउन भनेर एउटा सेवकलाई तिनीहरूकहाँ पठाए।
MAR 12:3 तर तिनीहरूले त्यसलाई पक्रेर पिटे, र त्यसलाई खाली हात फर्काए।
MAR 12:4 तब तिनले अर्को सेवकलाई तिनीहरूकहाँ पठाए; तिनीहरूले त्यस मानिसलाई टाउकोमा हिर्काए र त्यसको बेइज्जत गरे।
MAR 12:5 तिनले फेरि अर्कोलाई पठाए, तर त्यसलाई चाहिँ तिनीहरूले मारे। तिनले अरू धेरैलाई पठाए; जसमध्ये कतिलाई तिनीहरूले पिटे र कतिलाई चाहिँ मारे।
MAR 12:6 “अब पठाउनको लागि तिनीसित एउटै मात्र छोरा थियो, जसलाई तिनले प्रेम गर्थे। अन्त्यमा तिनले यसो भन्दै उनलाई पठाए, ‘तिनीहरूले मेरा छोरालाई त आदर गर्लान्।’
MAR 12:7 “तर ती मोहीहरूले आपसमा भने, ‘यो त हकवाला हो; हामी यसलाई मारौँ, र सम्पत्तिको हक हाम्रो हुनेछ।’
MAR 12:8 यसरी तिनीहरूले त्यसलाई लगेर मारे, र दाखबारीको बाहिर फ्याँकिदिए।
MAR 12:9 “अब त्यस दाखबारीका मालिकले के गर्लान्? तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र त्यो दाखबारी अरूहरूलाई दिनेछन्।
MAR 12:10 के तिमीहरूले धर्मशास्त्रको यो खण्ड पढेका छैनौ? “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही ढुङ्गा मुख्य ढुङ्गा भयो;
MAR 12:11 यो प्रभुबाट भएको हो, र यो हाम्रा दृष्‍टिमा आश्‍चर्यको छ।’”
MAR 12:12 तब तिनीहरूले उहाँलाई पक्रने उपाय खोज्न थाले; किनकि उहाँले त्यो दृष्‍टान्त तिनीहरूका विरुद्धमा भन्‍नुभएको हो भनी तिनीहरूले बुझे; तर तिनीहरू भीडसित डराए, र तिनीहरू उहाँलाई छोडेर गइहाले।
MAR 12:13 केही समयपछि तिनीहरूले येशूलाई उहाँको वचनमा पक्रनको लागि केही फरिसी र हेरोदीहरूलाई उहाँकहाँ पठाए।
MAR 12:14 तिनीहरूले उहाँकहाँ आएर भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौँ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्‍न, किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्‍न; तर तपाईंले साँचो गरी परमेश्‍वरका मार्ग सिकाउनुहुन्छ। सिजरलाई कर तिर्नु उचित छ कि छैन?
MAR 12:15 हामीले तिर्नुपर्छ कि पर्दैन?” तर येशूले तिनीहरूको कपट बुझ्नुभयो, र उहाँले सोध्नुभयो, “तिमीहरू किन मलाई फसाउने कोसिस गर्दैछौ? मकहाँ एउटा रोमी सिक्‍का ल्याओ, र मलाई त्यो हेर्न देओ।”
MAR 12:16 तिनीहरूले सिक्‍का ल्याए, र उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? अनि यो छाप कसको हो?” “सिजरको,” तिनीहरूले जवाफ दिए।
MAR 12:17 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जे सिजरको हो, त्यो सिजरलाई देओ, र जे परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।” अनि तिनीहरू उहाँसित छक्‍क परे।
MAR 12:18 तब पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू एउटा प्रश्न लिएर उहाँकहाँ आए।
MAR 12:19 तिनीहरूले भने, “गुरुज्यू, मोशाले हाम्रा निम्ति लेखिदिएका थिए, यदि कुनै मानिसको दाजु निःसन्तान भई पत्नीलाई छोडेर मर्‍यो भने त्यस मानिसले त्यो विधवालाई विवाह गरेर उसका दाजुका निम्ति सन्तान उत्पन्‍न गरिदिनुपर्छ।
MAR 12:20 अब कुनै परिवारमा सात भाइ थिए। पहिलोले विवाह गर्‍यो, र सन्तान नभई मर्‍यो।
MAR 12:21 अनि दोस्रोले त्यस विधवासित विवाह गर्‍यो, तर ऊ पनि सन्तान नभई मर्‍यो। यस्तै स्थिति तेस्रोको पनि भयो।
MAR 12:22 वास्तवमा ती सातै जनाको सन्तान भएन। अन्त्यमा त्यो स्त्री पनि मरी।
MAR 12:23 यसैले अब पुनरुत्थानमा त्यो कसकी पत्नी हुनेछे? किनकि सातै जनाको त्यससँग विवाह भएको थियो।”
MAR 12:24 येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्‍वरको शक्तिलाई नजानेकाले के तिमीहरू भ्रममा त छैनौ?
MAR 12:25 जब मुर्दाहरू स्वर्गमा जीवित भई उठ्छन्, तब तिनीहरूले न विवाह गर्छन्, न त विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्।
MAR 12:26 अब मुर्दाहरू जीवित भई उठ्ने विषयमा के तिमीहरूले मोशाको पुस्तकमा त्यस पोथ्राको विवरणमा कसरी परमेश्‍वरले तिनलाई ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर, र याकोबका परमेश्‍वर हुँ’ भनेर भन्‍नुभएको पढेका छैनौ?
MAR 12:27 उहाँ मरेकाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ। तिमीहरू गम्भीर भूलमा परेका छौ!”
MAR 12:28 व्यवस्थाका शिक्षकहरूमध्ये एक जना आए, र तिनीहरूका वाद-विवाद सुने। येशूले तिनीहरूलाई ठिक जवाफ दिनुभएको देखेर त्यसले उहाँलाई सोध्यो, “सबै आज्ञाहरूमा कुनचाहिँ सबैभन्दा मुख्य हो?”
MAR 12:29 येशूले जवाफ दिनुभयो, “सबैभन्दा मुख्य आज्ञा यो हो: ‘हे इस्राएल, सुन! परमप्रभु हाम्रा परमेश्‍वर, एक मात्र परमेश्‍वर हुनुहुन्छ।
MAR 12:30 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण मनले र सम्पूर्ण बलले प्रेम गर।’
MAR 12:31 दोस्रोचाहिँ यो हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर।’ यीभन्दा ठूला आज्ञा अरू छैनन्।”
MAR 12:32 त्यस मानिसले जवाफ दियो, “ठिक भन्‍नुभयो, गुरुज्यू। तपाईंले ठिक कुरा भन्‍नुभएझैँ, परमेश्‍वर एक हुनुहुन्छ, र उहाँबाहेक अरू कोही छैन।
MAR 12:33 उहाँलाई सम्पूर्ण हृदयले, सम्पूर्ण समझले र सम्पूर्ण बलले प्रेम गर्नु, र आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नुचाहिँ सबै होमबलि र बलिदानहरूभन्दा मुख्य कुरा हो।”
MAR 12:34 जब त्यसले बुद्धिमानीसाथ जवाफ दिएको येशूले देख्नुभयो, उहाँले त्यसलाई भन्‍नुभयो, “तिमी परमेश्‍वरको राज्यदेखि धेरै टाढा छैनौ।” अनि त्यस बेलादेखि उसो कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेन।
MAR 12:35 मन्दिरका चोकहरूमा येशूले सिकाइरहनुहुँदा सोध्नुभयो, “ख्रीष्‍ट दावीदका पुत्र हुन् भनी व्यवस्थाका शिक्षकहरूले कसरी भन्दछन्?
MAR 12:36 दावीद आफैँले पवित्र आत्माद्वारा यसरी घोषणा गरे: “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा पाउमुनि राख्दिनँ, तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’
MAR 12:37 दावीद आफैँले उहाँलाई ‘प्रभु’ भन्छन्। त्यसो भए उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?” ठूलो भीडले उहाँको कुरा आनन्दसाथ सुने।
MAR 12:38 येशूले सिकाउँदै भन्‍नुभयो, “व्यवस्थाका शिक्षकहरूदेखि होसियार बस। तिनीहरू लामो पोशाक पहिरेर यताउता हिँड्न चाहन्छन्। बजारहरूमा आदरको अभिवादन पाउन मन पराउँछन्,
MAR 12:39 र सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्।
MAR 12:40 तिनीहरूले विधवाहरूका घरहरू हडप्छन्, र देखाउनका निम्ति लामा-लामा प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले सबैभन्दा कडा दण्ड पाउनेछन्।”
MAR 12:41 भेटी चढाउने ठाउँको सामु गएर येशू बस्‍नुभयो र भीडले मन्दिरको दानपेटीमा पैसा हालिरहेका हेर्नुभयो। धेरै धनी मानिसहरूले धेरै मात्रामा रकम चढाइरहेका थिए।
MAR 12:42 तर एउटी गरिब विधवा आएर धेरै कम मूल्य भएको तामाका दुई साना सिक्‍का चढाई।
MAR 12:43 तब आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर येशूले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यस गरिब विधवाले दानपेटीमा अरू सबैले भन्दा बढी चढाएकी छे।
MAR 12:44 तिनीहरू सबैले आफ्ना प्रशस्त धनबाट चढाएका छन्, तर यस स्त्रीले त आफ्नो गरिबीबाट सबै थोक, आफ्नो जीविका चलाउने खर्चसमेत नै चढाएकी छे।”
MAR 13:1 येशू मन्दिर छोडेर जाँदै गर्नुहुँदा उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, हेर्नुहोस्, कति विशाल पत्थरहरू! कति भव्य भवनहरू!”
MAR 13:2 येशूले जवाफ दिनुभयो, “के तिमी यी सबै विशाल भवनहरू देख्दैछौ? यहाँ एउटा ढुङ्गा पनि अर्को ढुङ्गामाथि छोडिनेछैन, तर प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।”
MAR 13:3 येशू जैतुन डाँडामा मन्दिरतिर फर्किएर बसिरहनुहुँदा पत्रुस, याकोब, यूहन्‍ना र अन्द्रियासले उहाँलाई सुटुक्‍क सोधे,
MAR 13:4 “हामीलाई भन्‍नुहोस्, यी कुराहरू कहिले हुनेछन्? अनि यी कुराहरू पूरा हुनको निम्ति चिन्ह के हुनेछ?”
MAR 13:5 येशूले तिनीहरूलाई भन्‍नुभयो: “होसियार बस, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्।
MAR 13:6 धेरै जना मेरो नाममा ‘म उही हुँ,’ भन्‍ने दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्।
MAR 13:7 जब तिमीहरूले लडाइँ र लडाइँहरूका हल्‍लाहरू सुन्‍नेछौ, तब नडराओ। यस्ता कुराहरू हुनैपर्छ, तर अन्त्य आउन बाँकी नै छ।
MAR 13:8 जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा भुइँचालाहरू जानेछन्; अनि अनिकालहरू हुनेछन्। यी त प्रसववेदनाका सुरुवात मात्र हुन्।
MAR 13:9 “तिमीहरू आफ्नो विषयमा होसियार रहो। तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिनेछ, र सभाघरहरूमा लगेर कोर्रा लगाइनेछ। मेरो कारणले गर्दा तिमीहरूलाई साक्षीको रूपमा राज्यपालहरू र राजाहरूको सामु उभाइनेछ।
MAR 13:10 अनि अन्त्य आउनुभन्दा पहिला सबै राष्ट्रहरूमा सुसमाचार प्रचार गरिनुपर्छ।
MAR 13:11 जब तिमीहरू पक्रिएर मुद्दामा पर्नेछौ, तब के बोल्नुपर्छ भनी पहिल्यैबाट चिन्ता नलेओ। तिमीहरूलाई त्यसै बेला जे दिइनेछ, त्यही भन; किनकि त्यस समयमा बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा बोलिरहनुभएको हुनेछ।
MAR 13:12 “भाइले आफ्ना भाइलाई, बुबाले आफ्ना छोराछोरीलाई मृत्युका निम्ति धोका दिनेछन्। छोराछोरीहरू आफ्ना आमाबुबाका विरुद्धमा उठ्नेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्।
MAR 13:13 तिमीहरूलाई सबै मानिसहरूले मेरा निम्ति घृणा गर्नेछन्; तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार गरिनेछ।
MAR 13:14 “जब तिमीहरूले ‘विनाशकारी घृणित कुरा’ जुन ठाउँमा नहुनुपर्ने, त्यहाँ देख्नेछौ—पढ्नेले बुझोस्—तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्।
MAR 13:15 घरका कौसीमा हुनेहरू कोही पनि तल नझरोस्, न त केही थोक लिनलाई घरभित्र पसोस्।
MAR 13:16 खेतमा हुने कोही पनि आफ्नो लुगा लिन फर्केर नजाओस्।
MAR 13:17 ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्।
MAR 13:18 यी कुराहरू हिउँदमा नहोस् भनी प्रार्थना गर!
MAR 13:19 किनकि ती दिनहरू यति कष्‍टदायक हुनेछन् कि; परमेश्‍वरले संसार सृष्‍टि गर्नुभएदेखि अहिलेसम्म न कहिल्यै भएको थियो, न त फेरि कहिल्यै हुनेछ।
MAR 13:20 “यदि प्रभुले ती दिनहरू नघटाइदिनुभएको भए कोही पनि बाँच्ने थिएन। तर चुनिएकाहरूका निम्ति उहाँले ती घटाइदिनुभएको छ।
MAR 13:21 त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्’ अथवा, ‘हेर तिनी त्यहाँ छन्’ भन्छ भने विश्‍वास नगर।
MAR 13:22 किनकि झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्; अनि सम्भव भएसम्म चुनिएकाहरूलाई पनि बहकाउनलाई अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू देखाउनेछन्।
MAR 13:23 यसकारण तिमीहरू होसियार बस; मैले तिमीहरूलाई पहिलेबाट नै सबै कुरा भनिदिएको छु।
MAR 13:24 “तर ती दिनहरूमा, विपत्तिपछि तुरुन्तै, “ ‘सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो ज्योति दिनेछैन;
MAR 13:25 आकाशबाट ताराहरू खस्‍नेछन्, अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’
MAR 13:26 “त्यसपछि मानिसको पुत्रलाई मानिसहरूले महाशक्ति र महिमासित बादलमा आइरहेको देख्नेछन्।
MAR 13:27 अनि उसले आफ्ना दूतहरूलाई आफ्ना चुनिएकाहरूलाई चारै दिशाबाट बटुल्नलाई पठाउनेछ, अर्थात् पृथ्वीको एक कुनादेखि आकाशको अर्को कुनासम्म पठाउनेछ।
MAR 13:28 “अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी तिमीहरूले थाहा पाउँछौ।
MAR 13:29 त्यसरी नै तिमीहरूले जब यी कुराहरू भइरहेका देख्छौ, तब तिमीहरूले यो नजिकै ढोकैमा छ भनी जान।
MAR 13:30 म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्‍चय नै नष्‍ट भएर जानेछैन।
MAR 13:31 आकाश र पृथ्वी नष्‍ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्‍ट हुनेछैनन्।
MAR 13:32 “त्यस दिन र त्यस समयको विषयमा कसैले जान्दैन, न स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र जान्‍नुहुन्छ।
MAR 13:33 होसियार बस! सचेत बस! त्यो समय कहिले आउनेछ, त्यो तिमीहरू जान्दैनौ।
MAR 13:34 यो त बाहिर गएको त्यो मानिसजस्तो हो, जसले आफ्नो घर छोड्नअगि आफ्ना सेवकहरूलाई जिम्मेवारी दिँदै, प्रत्येकलाई आ-आफ्ना काम सुम्पे, र एक जनालाई चाहिँ ढोकामा कुरेर बस्‍न जिम्मा दिए।
MAR 13:35 “यसकारण जागा रहो; किनकि घरका मालिक साँझमा वा मध्यरातमा वा भाले बास्दा वा बिहानै अथवा कुन समयमा आउलान्, त्यो तिमीहरू जान्दैनौ।
MAR 13:36 नत्र तिनी अचानक आइपुग्दा तिनले तिमीहरूलाई सुतिरहेका भेट्टाउलान्।
MAR 13:37 म तिमीहरूलाई जे भन्दछु, त्यो हरेकलाई भन्दछु: ‘जागा रहो!’ ”
MAR 14:1 अब निस्तार चाड र अखमिरी रोटीको चाड आउन दुई दिन मात्र थियो। मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई धूर्ततापूर्वक पक्रेर मार्ने मौका खोजिरहेका थिए।
MAR 14:2 तिनीहरूले भने, “तर चाडको समयमा होइन, नत्रता मानिसहरूले हुलदङ्गा मच्‍चाउन सक्छन्।”
MAR 14:3 उहाँ बेथानीमा सिमोन कुष्‍ठरोगीको घरमा खानका निम्ति बस्‍नुभएको थियो, त्यही बेला एउटी स्त्री सिङ्गमरमरको एउटा भाँडोमा अति मूल्यवान् जटामसीको अत्तर लिएर आइन्। तिनले त्यो भाँडो फोरिन् र त्यो अत्तर उहाँको शिरमा खन्याइदिइन्।
MAR 14:4 त्यहाँ उपस्थित हुनेहरूमध्ये कसै-कसैले रिस गरेर आपसमा भने, “यो अत्तर किन खेर फालेको?
MAR 14:5 यसलाई त एक वर्षको ज्यालाभन्दा बढी रकममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीलाई हकारे।
MAR 14:6 येशूले भन्‍नुभयो, “उसलाई छोडिदेओ। तिमीहरू उसलाई किन सताउँछौ? उसले मेरा लागि एउटा असल काम गरेकी छे।
MAR 14:7 गरिबहरू त सधैँ तिमीहरूसित हुनेछन्, र तिमीहरूले तिनीहरूलाई जहिले पनि सहायता गर्न सक्छौ। तर म त तिमीहरूसँग सधैँभरि हुँदिनँ।
MAR 14:8 यसले जे गर्न सक्थी, त्यो गरेकी छे। यसले त मेरो शरीरमा अत्तर खन्याएर दफनको तयारी अगिबाटै गरेकी छे।
MAR 14:9 म तिमीहरूलाई साँच्‍चै भन्दछु, संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, यस स्त्रीले जे कुरा गरेकी छ, त्यो कुरा पनि उसको सम्झनाका निम्ति बताइनेछ।”
MAR 14:10 तब बाह्र जनामध्ये एक जना यहूदा इस्करियोत मुख्य पुजारीहरूकहाँ येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई गयो।
MAR 14:11 यसकारण तिनीहरू यो सुनेर खुशी भए र त्यसलाई पैसा दिने वचन दिए। यसरी त्यसले उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो।
MAR 14:12 अखमिरी रोटीको चाडको पहिलो दिन, जब चलनअनुसार निस्तार चाडको थुमा बलिदान गर्नुपर्नेथियो, तब येशूका चेलाहरूले उहाँलाई यसरी सोधे, “हामी कहाँ गएर तपाईंका निम्ति निस्तार चाडको भोज तयार पारौँ भन्‍ने तपाईं चाहनुहुन्छ?”
MAR 14:13 यसकारण उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर यरूशलेम पठाउनुभयो, “सहरभित्र जाओ, र गाग्रोमा पानी बोकिरहेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। उसको पछि-पछि जाओ।
MAR 14:14 ऊ जुन घरमा पस्छ, त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: मेरो पाहुनाकोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खाऊँ?’
MAR 14:15 उसले तिमीहरूलाई माथिल्‍लो तलामा एउटा ठूलो कोठा देखाउनेछ, जुनचाहिँ सजाएर तयार पारिएको हुनेछ। त्यहाँ नै हाम्रा लागि तयार गर।”
MAR 14:16 ती चेलाहरू सहरभित्र गए र येशूले तिनीहरूलाई भन्‍नुभएझैँ भेट्टाए, र निस्तार चाडको भोज तयार गरे।
MAR 14:17 जब साँझ पर्‍यो, येशू बाह्रै जनासित आइपुग्नुभयो।
MAR 14:18 जब उहाँहरूले टेबुल वरिपरि बसेर खाँदैहुनुहुन्थ्यो, उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूमध्ये मसित खाने एक जनाले मलाई धोका दिनेछ।”
MAR 14:19 तिनीहरू दुःखित भए, र हरेकले पालैसित उहाँलाई भने, “त्यो निश्‍चय म त होइनँ?”
MAR 14:20 उहाँले भन्‍नुभयो, “त्यो बाह्र जनामध्ये एक हो, जसले रोटी थालमा मसित चोप्दछ।
MAR 14:21 मानिसको पुत्र त उसको विषयमा लेखिएअनुसार जानु नै पर्छ, तर धिक्‍कार त्यस मानिसलाई, जसले मानिसको पुत्रलाई धोका दिनेछ! त्यो मानिस नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।”
MAR 14:22 जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो, भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ, यो मेरो शरीर हो।”
MAR 14:23 त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिनुभएपछि तिनीहरूलाई दिनुभयो; अनि तिनीहरू सबैले त्यसबाट पिए।
MAR 14:24 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो करारको मेरो रगत हो, जो धेरैका लागि बहाइन्छ।
MAR 14:25 म साँच्‍चै तिमीहरूलाई भन्दछु, म फेरि दाखको फलबाट त्यो दिनसम्म पिउनेछैनँ, जहिलेसम्म परमेश्‍वरको राज्यमा त्यो नयाँ गरी पिउँदिनँ।”
MAR 14:26 एउटा भजन गाइसक्नुभएपछि उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो।
MAR 14:27 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मलाई त्याग्नेछौ, किनकि यसरी लेखिएको छ: “ ‘म गोठालालाई हिर्काउनेछु, र भेडाहरू तितरबितर हुनेछन्।’
MAR 14:28 तर म जीवित भएर उठेपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।”
MAR 14:29 पत्रुसले घोषणा गरे, “सबैले त्यागे तापनि मचाहिँ त्याग्नेछैनँ।”
MAR 14:30 येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, आजै राति दुईपल्ट भाले बास्‍नुअगि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।”
MAR 14:31 तर पत्रुसले जोडकासाथ भने, “यदि म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबैले त्यसै भने।
MAR 14:32 त्यसपछि उहाँहरू गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मैले प्रार्थना नगरुन्जेल तिमीहरू यहीँ बस।”
MAR 14:33 उहाँले पत्रुस, याकोब र यूहन्‍नालाई आफूसित लानुभयो, र उहाँ असाध्यै खिन्‍न र विचलित हुनुभयो।
MAR 14:34 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।”
MAR 14:35 अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर, यदि सम्भव भए त्यो घडी उहाँबाट टलिजाओस् भनेर प्रार्थना गर्नुभयो।
MAR 14:36 उहाँले भन्‍नुभयो, “हे अब्बा, पिता, तपाईंका निम्ति सबै थोक सम्भव छन्। मबाट यो कचौरा हटाइदिनुहोस्; तापनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।”
MAR 14:37 तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्‍नुभयो, “सिमोन, के तिमी निदाइरहेका छौ? के तिमी एक घण्टा पनि जागा रहन सकेनौ?
MAR 14:38 जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।”
MAR 14:39 उहाँ फेरि पर जानुभयो र दोहोर्‍याएर उही प्रार्थना गर्नुभयो
MAR 14:40 जब उहाँ फर्केर आउनुभयो, तब उहाँले फेरि पनि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। उहाँलाई के जवाफ दिनुपर्ने हो, सो तिनीहरूले जानेनन्।
MAR 14:41 उहाँ तेस्रोपल्ट फर्किआउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? अब भयो! समय आइपुगेको छ। हेर, मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ।
MAR 14:42 उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!”
MAR 14:43 उहाँ बोल्दै गर्नुहुँदा नै यहूदा, बाह्र चेलाहरूमध्ये एक, त्यहाँ देखा पर्‍यो। ऊसँग मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरूद्वारा पठाइएका एउटा भीड तरवार र लाठाहरू लिएर आयो।
MAR 14:44 त्यस विश्‍वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्र र सुरक्षासाथ लैजाओ।”
MAR 14:45 यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू!” भनेर उहाँलाई म्वाइँ खायो।
MAR 14:46 ती मानिसहरूले येशूलाई पक्रे, र हिरासतमा लिए।
MAR 14:47 तब त्यहाँ छेउमा उभिरहनेहरूमध्ये एक जनाले तरवार झिकेर प्रधान पुजारीको सेवकलाई प्रहार गर्‍यो र उसको कान च्वाट्टै काटिदियो।
MAR 14:48 येशूले भन्‍नुभयो, “के मैले विद्रोहको अगुवाइ गरिरहेको छु, र तपाईंहरू तरवार र लाठाहरू लिएर मलाई पक्रन आउनुभएको छ?
MAR 14:49 म दिनहुँ मन्दिरका चोकहरूमा सिकाउँदै तपाईंहरूसँगै थिएँ, र तपाईंहरूले मलाई पक्रनुभएन; किनकि धर्मशास्त्र पूरा हुनलाई यसो भएको हो।”
MAR 14:50 तब सबैले उहाँलाई त्यागेर भागे।
MAR 14:51 एक जना सुती लुगा मात्र लगाएको मानिसले येशूलाई पछ्याउँदैथियो। जब तिनीहरूले उसलाई समाते,
MAR 14:52 त्यो आफ्नो लुगा छोडेर नाङ्गै भाग्यो।
MAR 14:53 तिनीहरूले येशूलाई प्रधान पुजारीकहाँ लगे। अनि सबै मुख्य पुजारीहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू एकसाथ आए।
MAR 14:54 पत्रुस टाढैबाट उहाँलाई पछ्याउँदै प्रधान पुजारीको चोकसम्मै गए। त्यहाँ तिनले सिपाहीहरूसित बसेर आगो ताप्न थाले।
MAR 14:55 मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका लागि उहाँको विरुद्धमा प्रमाणहरू खोजिरहेका थिए; तर तिनीहरूले एउटै पनि पाएनन्।
MAR 14:56 धेरैले उहाँको विरुद्धमा झूटो साक्षी दिए, तर तिनीहरूको बयान आपसमा मिलेन।
MAR 14:57 तब केहीले उभिएर उहाँको विरुद्धमा यसरी आफ्नो झूटो साक्षी दिए:
MAR 14:58 “यसले ‘मानिसले बनाएको यो मन्दिरलाई भत्काएर तीन दिनमा, मानिसले नबनाएको अर्को मन्दिर बनाउनेछु’ भनेको हामीले सुन्यौँ।”
MAR 14:59 तर तिनीहरूको गवाही पनि आपसमा मिलेन।
MAR 14:60 तब प्रधान पुजारीले तिनीहरूका सामु उभिएर येशूलाई सोधे, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?”
MAR 14:61 तर येशू चुप रहनुभयो, र केही जवाफ पनि दिनुभएन। प्रधान पुजारीले फेरि उहाँलाई सोधे, “के तँ परमधन्यका पुत्र ख्रीष्‍ट होस्?”
MAR 14:62 येशूले भन्‍नुभयो, “म हुँ; अनि तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने हातपट्टि बसिरहेको र आकाशका बादलहरूमा आइरहेको देख्नुहुनेछ।”
MAR 14:63 प्रधान पुजारीले आफ्ना वस्त्रहरू च्याते र सोधे, “अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो?
MAR 14:64 तिमीहरूले ईश्‍वरनिन्दा सुनिहालेका छौ। तिमीहरूको के विचार छ?” तिनीहरू सबैले उहाँलाई मृत्युदण्डको दोषी ठहराए।
MAR 14:65 तब कसै-कसैले उहाँलाई थुक्न थाले; तिनीहरूले उहाँका आँखा छोपे, र मुक्‍का लगाएर भने, “लौ अगमवाणी गर्!” अनि सिपाहीहरूले थप्पड लगाउँदै उहाँलाई लगे।
MAR 14:66 त्यस बेला पत्रुस तल चोकमा हुँदा प्रधान पुजारीका सेविकाहरूमध्ये एउटी त्यहाँ आई।
MAR 14:67 त्यसले पत्रुसलाई आगो तापिरहेको देखेर नियाल्दै हेरी। र भनी, “तिमी पनि त नासरतका येशूको साथमा थियौ।”
MAR 14:68 तर तिनले अस्वीकार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म त केही जान्दिनँ।” भन्दै बाहिरको मूलढोकातिर गए।
MAR 14:69 जब त्यस सेविकाले तिनलाई त्यहाँ देखेर त्यहाँ उभिरहेकाहरूलाई फेरि भनी, “यो मानिस तिनीहरूमध्येकै एक हो।”
MAR 14:70 तिनले फेरि पनि इन्कार गरे। केही समय बितेपछि त्यहाँ छेउमा उभिनेहरूले पत्रुसलाई भने, “निश्‍चय नै तिमी तिनीहरूमध्येका एक हौ; किनकि तिमी गालीली हौ।”
MAR 14:71 तिनले आफूलाई धिक्‍कार्दै शपथ खाएर भने, “तिमीहरूले भनिरहेका मानिसलाई त म चिन्दै चिन्दिनँ।”
MAR 14:72 त्यतिखेरै भाले दोस्रोपल्ट बास्यो। तब पत्रुसले तिनलाई येशूले भन्‍नुभएको यो वचन सम्झे: “दुईपल्ट भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।” अनि तिनी धुरुधुरु रोए।
MAR 15:1 एकाबिहानै, मुख्य पुजारीहरू, प्रधानहरू, व्यवस्थाका शिक्षकहरू र सम्पूर्ण महासभासँग मिलेर सल्‍लाह गरी तिनीहरूले येशूलाई बाँधेर लगे, र पिलातसको हातमा सुम्पिदिए।
MAR 15:2 पिलातसले सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “हो, तपाईं आफैँले भन्दै हुनुहुन्छ।”
MAR 15:3 ती मुख्य पुजारीहरूले उहाँमाथि धेरै कुराहरूको दोष लगाए।
MAR 15:4 यसकारण फेरि पिलातसले उहाँलाई सोधे, “के तिमी केही जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै कुराहरूमा दोष लगाउँदैछन्।”
MAR 15:5 तर येशूले कुनै जवाफ दिनुभएन। यो देखेर पिलातस छक्‍क परे।
MAR 15:6 अब चाडको समयमा मानिसहरूले बिन्ती गरेर मागेको एक जना कैदीलाई छोडिदिने चलन थियो।
MAR 15:7 झ्यालखानामा अरू विद्रोहीहरूसित एक जना बारब्बा नाम भएको मानिस पनि थियो, जसले विद्रोहको समयमा हत्या गरेको थियो।
MAR 15:8 अनि भीड आयो, र पिलातसलाई तिनले गर्दैआएको काम गरिदेऊन् भनी बिन्ती गर्‍यो।
MAR 15:9 पिलातसले सोधे, “के मैले यहूदीहरूका राजालाई तिमीहरूका निम्ति छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?”
MAR 15:10 किनकि मुख्य पुजारीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भन्‍ने पिलातसलाई थाहा थियो।
MAR 15:11 तर पिलातसले बारब्बालाई नै छोडिदेऊन् भनी मुख्य पुजारीहरूले भीडलाई उक्साए।
MAR 15:12 पिलातसले तिनीहरूलाई सोधे, “त्यसो भए तिमीहरूले यहूदीहरूका राजा भनेकोलाई चाहिँ म के गरूँ?”
MAR 15:13 तिनीहरू चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
MAR 15:14 पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
MAR 15:15 भीडलाई सन्तुष्‍ट पार्ने इच्छाले पिलातसले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, र तिनले येशूलाई कोर्रा लगाउँदै उहाँलाई क्रूसमा झुण्ड्याउन सुम्पिदिए।
MAR 15:16 सिपाहीहरूले येशूलाई महल भित्र (अर्थात्, प्रेटोरियम) लगे, र सिपाहीहरूका सबै पल्टनलाई बोलाए।
MAR 15:17 तिनीहरूले उहाँलाई एउटा बैजनी रङ्गको वस्त्र लगाइदिए, र काँडाहरू बटारेर एउटा मुकुट बनाएर उहाँलाई लगाइदिए।
MAR 15:18 अनि तिनीहरूले उहाँलाई “यहूदीहरूका राजाको जय!” भन्दै कराए।
MAR 15:19 तिनीहरूले घरी-घरी उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके। तिनीहरूले उहाँको उपहास गर्दै उहाँको सामु घुँडा टेकेर झुके।
MAR 15:20 अनि उहाँको अपमान गरिसकेपछि तिनीहरूले त्यो बैजनी रङ्गको वस्त्र फुकालिदिए, र उहाँको आफ्नै वस्त्र लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे।
MAR 15:21 अलेक्जेन्डर र रूफसका बुबा, साइरिनीवासी सिमोन, जो गाउँबाट आइरहेका थिए, तिनीहरूले उनलाई क्रूस बोक्न कर लगाए।
MAR 15:22 तिनीहरूले येशूलाई गलगथा अर्थात् खप्परे भनिने ठाउँमा ल्याए।
MAR 15:23 तब तिनीहरूले उहाँलाई नशालु पदार्थ मूर्र मिसाइएको दाखमद्य दिए, तर उहाँले त्यो पिउन मान्‍नुभएन।
MAR 15:24 अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। तिनीहरूले कसले के पाउँदोरहेछ भनेर उहाँका वस्त्रहरूका लागि चिट्ठा हालेर ती भाग गरे।
MAR 15:25 तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो।
MAR 15:26 उहाँको विरुद्धको दोषपत्रमा यसरी लेखिएको थियो: यहूदीहरूको राजा।
MAR 15:27 तिनीहरूले उहाँसित दुई डाँकुहरूलाई पनि क्रूसमा टाँगे—एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि।
MAR 15:28 अनि धर्मशास्त्रको वचन यसरी पूरा भयो, “उहाँ अपराधीहरूसँग गनिनुभयो।”
MAR 15:29 त्यस ठाउँबाट हिँड्नेहरूले आफ्ना टाउको हल्‍लाउँदै उहाँलाई अपमान गरेर यसो भने, “वाह! ए मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने!
MAR 15:30 क्रूसबाट तल ओर्लेर आइज, र आफूलाई बचा!”
MAR 15:31 यस्तै किसिमले मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले आपसमा उहाँको अपमान गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफैँलाई बचाउन सक्दैन।
MAR 15:32 यो ख्रीष्‍ट, इस्राएलका राजा, अब क्रूसबाट तल ओर्लिआओस्, र यो देखेर हामी विश्‍वास गरौँ।” उहाँसित क्रूसमा टाँगिएकाहरूले पनि उहाँलाई घोर अपमान गरे।
MAR 15:33 बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो।
MAR 15:34 अनि तीन बजेतिर येशू चर्को सोरले कराउनुभयो, “इली, इली, लामा सबखथनी?” जसको अर्थ हो, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?”
MAR 15:35 छेउमा उभिरहनेहरूमध्ये कतिले जब यो सुने, तिनीहरूले भने, “सुन, यसले एलियालाई बोलाउँदैछ।”
MAR 15:36 एक जना मानिस दौडेर गयो, र स्पन्जमा सिर्का चोपेर त्यसलाई एउटा निगालोमा लगाएर पिउन भनी येशूलाई दिँदै भन्यो, “अब यिनलाई एकलै छोडिदेओ। हेरौँ, कहीँ एलिया आएर यिनलाई ओराल्छन् कि।”
MAR 15:37 तब येशूले चर्को सोरले कराएर आफ्नो प्राण त्याग्नुभयो।
MAR 15:38 त्यसपछि मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो।
MAR 15:39 अनि जब येशूको अगिल्तिर उभिरहेका सेनापतिले उहाँको सोर सुनेर उहाँ कसरी मर्नुभयो, त्यो देखेर तिनले भने, “निश्‍चय नै यी मानिस परमेश्‍वरका पुत्र रहेछन्!”
MAR 15:40 केही स्त्रीहरू टाढैबाट हेरिरहेका थिए। तीमध्ये मरियम मग्दलिनी, कान्छो याकोब र योसेफकी आमा मरियम अनि सलोमी थिए।
MAR 15:41 यी स्त्रीहरूले गालीलमा उहाँको पछि लाग्दै उहाँको खाँचोमा सेवा गरेका थिए। उहाँसित यरूशलेममा आउने अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए।
MAR 15:42 त्यो दिन तयारीको दिन (अर्थात्, शब्बाथ दिनको अगिल्‍लो दिन) थियो। यसकारण जब साँझ हुन थाल्यो,
MAR 15:43 अरिमथिया निवासी योसेफ, सभाका एक जना प्रमुख सदस्य, जो आफूले परमेश्‍वरको राज्य पर्खिरहेका थिए। तिनी साहससित पिलातसकहाँ गएर येशूको लास मागे।
MAR 15:44 उहाँ मरिसक्नुभएको सुनेर पिलातस छक्‍क परे। सेनापतिलाई बोलाएर तिनले उसलाई येशू मर्नुभएको हो कि होइन भनेर सोधे।
MAR 15:45 जब सेनापतिबाट तिनलाई यो कुरा पक्‍का भयो, तिनले उहाँको शरीर योसेफलाई लाने अनुमति दिए।
MAR 15:46 योसेफले केही मलमलको कपडा किने, र उहाँको लासलाई तल ओरालेर त्यही कपडामा बेह्रे, र उहाँलाई चट्टान खोपेर बनाइएको चिहानमा राखे। तब तिनले चिहानको मुखमा एउटा ढुङ्गा गुडाउँदै ल्याएर राखिदिए।
MAR 15:47 मरियम मग्दलिनी र योसेफकी आमा मरियमले उहाँलाई राखिएको ठाउँ देखे।
MAR 16:1 शब्बाथ दिन सकिएपछि येशूको शरीरमा घस्‍नलाई भनी मरियम मग्दलिनी, याकोबकी आमा मरियम र सलोमीले सुगन्धित मसलाहरू किने।
MAR 16:2 हप्‍ताको पहिलो दिन, एकाबिहानै सूर्योदय हुनसाथ तिनीहरू चिहानतिर लागे।
MAR 16:3 तिनीहरूले आपसमा भने, “चिहानको मुखबाट ढुङ्गालाई गुड्याएर कसले हटाइदेला?”
MAR 16:4 तर जब तिनीहरूले चिहानतिर हेरे, त्यो ठूलो ढुङ्गा हटाइएको देखे।
MAR 16:5 जब तिनीहरू चिहानभित्र पसे, तब सेतो लुगा लगाएका एक जवान मानिसलाई दाहिनेपट्टि बसिरहेका देखेर छक्‍क परे।
MAR 16:6 तिनले भने, “छक्‍क नपर। तिमीहरू क्रूसमा टाँगिएका येशू नासरीलाई खोज्दैछौ। उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्‍न। उहाँलाई राखेको ठाउँ हेर।
MAR 16:7 तर जाओ, उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ, ‘उहाँ तिमीहरूभन्दा अगि-अगि गालीलमा जाँदैहुनुहुन्छ। उहाँले भन्‍नुभएबमोजिम त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ ”
MAR 16:8 स्त्रीहरू काँप्दै र अचम्म मान्दै बाहिर निस्के, र चिहानबाट भागे। तिनीहरूले कसैलाई केही भनेनन्; किनकि तिनीहरू डराएका थिए।
MAR 16:9 जब येशू हप्‍ताको पहिलो दिनमा, बिहानै जीवित भई उठ्नुभयो, तब उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो, जसबाट उहाँले सात वटा भूतहरू निकाल्नुभएको थियो।
MAR 16:10 तब उनी दौडेर गइन् र उहाँसित हुनेहरूलाई यो कुरा सुनाइन्, जो रुँदै र विलाप गरिरहेका थिए।
MAR 16:11 जब तिनीहरूले येशू जिउँदो हुनुभएको र त्यस स्त्रीले उहाँलाई देखेको कुरा सुने, तब तिनीहरूले त्यो विश्‍वासै गरेनन्।
MAR 16:12 यसपछि गाउँतिर जाँदै गरेका दुई जनाकहाँ येशू बेग्लै रूपमा देखा पर्नुभयो।
MAR 16:13 यिनीहरू फर्केर यो कुरा अरूलाई भनिदिए; तर तिनीहरूले पनि यिनीहरूका कुरामा विश्‍वास गरेनन्।
MAR 16:14 त्यसपछि येशू एघार जनाले खाइरहेका बेला त्यहाँ देखा पर्नुभयो। उहाँले तिनीहरूका अविश्‍वास र हृदयको कठोरताले उहाँ जीवित भई उठ्नुभएपछि पनि उहाँलाई देख्नेहरूले विश्‍वास नगरेकोमा तिनीहरूलाई हप्काउनुभयो।
MAR 16:15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सबै सृष्‍टिलाई यो सुसमाचार सुनाओ।
MAR 16:16 जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ, त्यसले मुक्ति पाउनेछ; तर विश्‍वास नगर्ने दण्डित हुनेछ।
MAR 16:17 अनि विश्‍वास गर्नेहरूसित यस्ता चिन्हहरू हुनेछन्: मेरो नाममा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ-नयाँ भाषाहरूमा बोल्नेछन्,
MAR 16:18 तिनीहरूले आफ्ना हातले सर्पहरू समात्नेछन्, र तिनीहरूले प्राणघातक विष पिए तापनि तिनीहरूलाई पटक्‍कै हानि हुनेछैन। तिनीहरूले रोगीहरूमाथि हात राख्नेछन्, र तिनीहरू निको हुनेछन्।”
MAR 16:19 प्रभु येशूले तिनीहरूसित कुरा गरिसक्नुभएपछि उहाँ स्वर्गमा उचालिनुभयो र परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो।
MAR 16:20 तब चेलाहरू बाहिर गएर चारैतिर प्रचार गरे। अनि प्रभुले तिनीहरूसित काम गर्नुभयो र वचनलाई अलौकिक चिन्हहरूद्वारा सुदृढ पार्नुभयो।
LUK 1:1 हाम्रा बीचमा पूरा भएका घटनाहरूको विवरण तयार गर्ने काम धेरैले आफ्नो हातमा लिएका छन्,
LUK 1:2 जसरी सुरुदेखि नै प्रत्यक्ष साक्षी र वचनका सेवकहरूले नै यी कुरा हामीलाई सुम्पिदिए।
LUK 1:3 यसकारण हे माननीय थियोफिलस, मैले सुरुदेखि नै सबै कुराको सावधानीपूर्वक खोजी गरेको हुनाले तपाईंका निम्ति ती सबै कुराहरूको एक क्रमवद्ध विवरण लेख्न मलाई पनि उचित लाग्यो,
LUK 1:4 जसबाट तपाईंलाई सिकाइएका कुराहरूको सत्यता तपाईंलाई थाहा होस्।
LUK 1:5 यहूदिया प्रदेशका राजा हेरोदको पालामा, अबीयाहका पुजारी समूहका जकरिया नाम भएका एक जना पुजारी थिए। उनकी पत्नी एलीशिबा पनि हारून वंशकी थिइन्।
LUK 1:6 तिनीहरू दुवै जना परमेश्‍वरको दृष्‍टिमा धर्मी थिए, र प्रभुका आज्ञा र व्यवस्था निर्दोषसाथ पालन गर्थे।
LUK 1:7 तर तिनीहरूका कोही सन्तान थिएनन्। किनकि एलीशिबा बाँझी थिइन्, र ती दुवै उमेर ढल्किसकेका थिए।
LUK 1:8 एकपल्ट जब जकरिया परमेश्‍वरको सामु आफ्नो दलको पालोमा पुजारीको काम गरिरहेका थिए,
LUK 1:9 तब पुजारीको सेवाको चलनअनुसार चिट्ठा हाल्दा, प्रभुका मन्दिरमा धूप बाल्ने जिम्मा जकरियालाई पर्‍यो।
LUK 1:10 अनि सुगन्धित धूप बाल्ने बेलामा भेला भएका सबै उपासकहरूले बाहिर प्रार्थना गरिरहेका थिए।
LUK 1:11 त्यस बेला प्रभुका एउटा दूत तिनीकहाँ धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे।
LUK 1:12 दूतलाई देखेर जकरिया आत्तिए र डराए।
LUK 1:13 तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ, जकरिया तिम्रो प्रार्थनाको सुनुवाइ भएको छ। तिम्री पत्नी एलीशिबाले तिम्रा निम्ति एउटा पुत्र जन्माउनेछिन्, र तिमीले तिनको नाम यूहन्‍ना राख्नू।
LUK 1:14 तिनी तिम्रा निम्ति आनन्द र रमाहट हुनेछन्, र तिनको जन्मको कारण धेरै जना रमाउनेछन्।
LUK 1:15 किनकि प्रभुको अगि तिनी महान् हुनेछन्। तिनले कहिल्यै पनि कुनै मद्यपान गर्नेछैनन्, र तिनी आमाको गर्भदेखि नै पवित्र आत्माले भरपूर हुनेछन्।
LUK 1:16 तिनले इस्राएलका धेरैलाई प्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काउनेछन्।
LUK 1:17 बुबाहरूका मन तिनीहरूका छोराछोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूका बुद्धितिर फर्काउन र प्रभुका एउटा जाति तयार पार्न एलियाको आत्मा र शक्तिमा तिनी प्रभुका अगि-अगि जानेछन्।”
LUK 1:18 जकरियाले स्वर्गदूतलाई सोधे, “मैले यो पक्‍का हुन्छ भनेर कसरी जानूँ? म बुढो मानिस हुँ, र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।”
LUK 1:19 स्वर्गदूतले जवाफ दिए, “म गब्रिएल हुँ। म परमेश्‍वरको सामु उभिन्छु, र म तिमीसँग बोल्न र यो सुसमाचार तिमीलाई सुनाउन पठाइएको हुँ।
LUK 1:20 अब यो घटना पूरा नभएसम्म तिमी बोलीविहीन हुनेछौ, र बोल्न सक्नेछैनौ; किनकि आफ्नो ठिक समयमा पूरा हुन आउने मेरा वचनमा तिमीले विश्‍वास गरेनौ।”
LUK 1:21 यसै बीचमा मानिसहरू जकरियाको प्रतीक्षामा थिए, र तिनी मन्दिरमा किन अबेरसम्म बसे भनी छक्‍क पर्दैथिए।
LUK 1:22 जब तिनी बाहिर आए, तब तिनी उनीहरूसँग बोल्न सकेनन्। तिनले मन्दिरमा दर्शन पाएछन् भनी मानिसहरूले महसुस गरे; किनकि तिनले उनीहरूलाई इशारा गरिरहे, तर बोल्न सकेनन्।
LUK 1:23 अनि सेवा गर्ने आफ्नो समय पूरा भएपछि तिनी घर फर्के।
LUK 1:24 यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म गुप्‍तमा बसिन्।
LUK 1:25 तिनले भनिन्, “प्रभुले मेरा निम्ति यो काम गर्नुभएको छ। यी दिनहरूमा उहाँले मलाई कृपा देखाउनुभएको छ। मानिसहरूका बीचमा मेरो कलङ्क हटाइदिनुभएको छ।”
LUK 1:26 एलीशिबा गर्भवती भएको छैटौँ महिनामा, परमेश्‍वरले गालील प्रदेशको नासरत सहरमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो।
LUK 1:27 तिनी एउटी कन्ये केटीकहाँ पठाइए, जसको मगनी दावीदको घरानाका योसेफ भनिने एक जना मानिससँग भएको थियो। ती कन्याको नाम मरियम थियो।
LUK 1:28 स्वर्गदूत तिनीकहाँ गएर भने, “हे उच्‍च कृपाकी पात्र, अभिवादन! प्रभु तिमीसित हुनुहुन्छ।”
LUK 1:29 तिनको वचन सुनेर मरियम विचलित हुँदै यो कस्तो प्रकारको अभिवादन होला भनी मनमनै विचार गर्न थालिन्।
LUK 1:30 तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ मरियम, तिमीले परमेश्‍वरबाट कृपा पाएकी छौ।
LUK 1:31 सुन, तिमी गर्भवती हुनेछौ र एउटा पुत्र जन्माउनेछौ। तिमीले उहाँको नाम येशू राख्नू।
LUK 1:32 उहाँ महान् हुनुहुनेछ र परमप्रधानका पुत्र कहलाइनुहुनेछ। प्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दावीदको सिंहासन दिनुहुनेछ।
LUK 1:33 अनि उहाँले याकोबको घरानामाथि सदासर्वदा राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।”
LUK 1:34 मरियमले स्वर्गदूतलाई प्रश्न गरिन्, “यो कसरी हुन सक्ला? किनकि म त एक कन्या हुँ।”
LUK 1:35 स्वर्गदूतले जवाफ दिए, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको शक्तिले तिमीलाई छाया पार्नेछ। यसकारण जन्मनुहुने उहाँ, जो पवित्र हुनुहुन्छ, उहाँ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ।
LUK 1:36 यसै गरी तिम्री नातेदार एलीशिबाले पनि आफ्नो वृद्ध उमेरमा एउटा पुत्र जन्माउनेछिन्; र बाँझी भनिएकी तिनी अहिले गर्भधारणको छैटौँ महिनामा छिन्।
LUK 1:37 किनकि परमेश्‍वरका निम्ति कुनै पनि कुरा असम्भव छैन।”
LUK 1:38 मरियमले भनिन्, “म प्रभुकी सेविका हुँ। मलाई तपाईंको वचनअनुसार होस्।” त्यसपछि स्वर्गदूत तिनीबाट बिदा भए।
LUK 1:39 त्यस समयमा मरियम तयार भइन् र हतार-हतार यहूदिया प्रदेशको पहाडतर्फको एउटा गाउँमा गइन्; जहाँ एलीशिबा र जकरिया बस्दथे।
LUK 1:40 तिनले जकरियाको घरभित्र पसेर एलीशिबालाई अभिवादन गरिन्।
LUK 1:41 एलीशिबाले मरियमको अभिवादन सुन्‍नेबित्तिकै तिनको गर्भमा रहेको बालक उफ्रियो; र एलीशिबा पवित्र आत्माले भरिइन्।
LUK 1:42 अनि तिनले चर्को सोरमा भनिन्: “स्त्रीहरूमा तिमी धन्य हौ, र तिमीले जन्माउने बालक पनि धन्यका हुनुहुन्छ।
LUK 1:43 तर मेरा प्रभुकी आमा मकहाँ आउनुजस्तो कृपा मलाई कसरी भयो?
LUK 1:44 तिम्रो अभिवादनको आवाज मेरो कानमा पर्नेबित्तिकै मेरो गर्भको बालक आनन्दले उफ्रियो।
LUK 1:45 धन्य हुन् तिनी, जसले तिनलाई प्रभुले भन्‍नुभएका कुरा पूरा हुनेछन् भनी विश्‍वास गरिन्।”
LUK 1:46 अनि मरियमले भनिन्: “मेरो प्राणले प्रभुको प्रशंसा गर्दछ,
LUK 1:47 र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्‍वरमा रमाहट गर्दछ।
LUK 1:48 किनकि उहाँले आफ्नी सेविकाको दुःखद् अवस्थालाई विचार गर्नुभएको छ; अबदेखि सबै पुस्ताले मलाई धन्यकी भन्‍नेछन्,
LUK 1:49 किनकि सर्वशक्तिमान्‌ले मेरा निम्ति महान् काम गर्नुभएको छ: उहाँको नाम पवित्र होस्।
LUK 1:50 उहाँको करुणा उहाँको भय मान्‍नेहरूका निम्ति पुस्तादेखि पुस्तासम्म रहिरहन्छ।
LUK 1:51 उहाँले आफ्ना बाहुलीद्वारा शक्तिशाली कामहरू गर्नुभएको छ। आफ्नो मनको विचारमा घमण्ड गर्नेहरूलाई उहाँले तितरबितर पार्नुभएको छ।
LUK 1:52 उहाँले शासकहरूलाई तिनीहरूका सिंहासनदेखि खसालिदिनुभएको छ, तर नम्रहरूलाई उच्‍च पार्नुभएको छ।
LUK 1:53 उहाँले भोकाएकाहरूलाई असल कुराले तृप्‍त पार्नुभएको छ, तर धनीहरूलाई रित्तै हात पठाइदिनुभएको छ।
LUK 1:54 उहाँले कृपालु बन्‍न स्मरण गर्दै, आफ्नो सेवक इस्राएललाई सहायता गर्नुभएको छ;
LUK 1:55 उहाँले हाम्रा पुर्खाहरूलाई भन्‍नुभएझैँ उहाँले अब्राहाम र उनका सन्तानलाई सदाका लागि दया देखाउँछु भन्‍नुभएको थियो।”
LUK 1:56 मरियम एलीशिबासँग लगभग तीन महिना बसेर घर फर्किन्।
LUK 1:57 जब एलीशिबाको सुत्केरी हुने बेला आयो, तब तिनले एउटा छोरा जन्माइन्।
LUK 1:58 तिनका छिमेकी र नातेदारहरूले प्रभुले तिनीमाथि उहाँको ठूलो कृपा देखाउनुभएको छ भन्‍ने सुने, र तिनको आनन्दमा सँगै रमाए।
LUK 1:59 आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र तिनीहरूले बालकको नाम उसको बुबाझैँ जकरिया राख्न लागेका थिए।
LUK 1:60 तर बालककी आमाले भनिन्, “होइन! तर त्यसको नाम यूहन्‍ना राखिनेछ।”
LUK 1:61 तिनीहरूले तिनलाई भने, “यस्तो नाम भएको व्यक्ति तिम्रा नातेदारमा कोही पनि छैन।”
LUK 1:62 त्यसपछि तिनीहरूले त्यसका बुबाले बालकलाई के नाम दिन चाहन्छन् भनी जान्‍न उनलाई इशारा गरी सोधे।
LUK 1:63 उनले एउटा लेख्ने पाटी मगाएर “उसको नाम यूहन्‍ना हो” भनी लेखिदिए। यो देखेर सबै छक्‍क परे
LUK 1:64 तुरुन्तै तिनको मुख र जिब्रो खुल्यो, र बोली पनि फुट्यो। अनि उनी परमेश्‍वरको प्रशंसा गर्दै बोल्न थाले।
LUK 1:65 यो देखेर छिमेकीहरू सबैमा डर छायो; र यहूदिया प्रदेशका सम्पूर्ण पहाडी मुलुकभरि मानिसहरूले यी सबै कुराका बारेमा चर्चा गरे।
LUK 1:66 यी कुरा सुन्‍नेहरू सबैले “यो बालक अब कस्तो होला?” भन्दै विचार गर्न लागे। किनकि प्रभुको बाहुली तिनीमाथि थियो।
LUK 1:67 बालकका बुबा जकरिया पवित्र आत्माले भरिए, र यसरी अगमवाणी बोल्न लागे:
LUK 1:68 “इस्राएलका परमेश्‍वर, प्रभुलाई प्रशंसा होस्; किनकि उहाँ आएर आफ्ना मानिसहरूलाई उद्धार गर्नुभएको छ।
LUK 1:69 उहाँले आफ्ना सेवक दावीदको वंशमा हाम्रा निम्ति एउटा शक्तिशाली राजा, हाम्रा उद्धारको निम्ति पठाउनुभएको छ।
LUK 1:70 जसरी आफ्ना पवित्र अगमवक्ताहरूद्वारा उहाँले परापूर्व कालदेखि नै बोल्नुभएको थियो;
LUK 1:71 हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट हामीलाई उद्धार गर्नलाई,
LUK 1:72 हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई र उहाँको पवित्र करार स्मरण गर्नलाई,
LUK 1:73 जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको थियो,
LUK 1:74 हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटाउनलाई र निर्भयतासाथ पवित्रता र धार्मिकतामा,
LUK 1:75 हाम्रो सम्पूर्ण जीवनभरि नै उहाँको सामु उहाँको सेवा गर्ने तुल्याउनलाई।
LUK 1:76 “अनि तिमी मेरो बालक, सर्वोच्‍चका अगमवक्ता भनिनेछौ। किनकि उहाँका निम्ति बाटो तयार पार्न तिमी प्रभुको अगि-अगि जानेछौ।
LUK 1:77 उहाँका मानिसहरूलाई तिनीहरूका पाप क्षमाद्वारा मुक्तिको ज्ञान दिनलाई,
LUK 1:78 हाम्रा परमेश्‍वरको कोमल कृपाको कारणले, जसद्वारा हाम्रा निम्ति स्वर्गबाट उदाउँदो सूर्य आउनेछ।
LUK 1:79 अन्धकार र मृत्युको छायामा बस्‍नेहरूमाथि ज्योति चम्कनलाई, हाम्रा पाउहरूलाई शान्तिको बाटोमा डोर्‍याउनलाई।”
LUK 1:80 बालक बढ्दै र आत्मामा बलियो हुँदैगए। इस्राएलमा सार्वजनिक रूपमा देखा परेर सेवा सुरु नगरुन्जेल उनी उजाडस्थानमा नै बसे।
LUK 2:1 ती दिनहरूमा रोमी सम्राट सिजर अगस्टसले उनको साम्राज्यमा सबैको जनगणना गरियोस् भन्‍ने हुकुम जारी गरे।
LUK 2:2 (कुरेनियस सिरिया राज्यका राज्यपाल हुँदा यो पहिलो जनगणना भएको थियो।)
LUK 2:3 नाम दर्ता गर्न सबै आ-आफ्ना सहरमा गए।
LUK 2:4 यसरी योसेफ पनि गालील प्रदेशको नासरत सहरबाट यहूदिया प्रदेशमा, दावीदको सहर बेथलेहेम गए; किनकि उनी दावीदकै घराना र वंशका थिए।
LUK 2:5 उनी आफ्नो नाम दर्ता गर्न मरियमसँगै गए, जसको मगनी उनीसँग भएको थियो, र तिनी गर्भवती थिइन्।
LUK 2:6 तिनीहरू त्यहाँ रहेकै बेला बालक जन्मने बेला भयो,
LUK 2:7 र तिनले आफ्नो जेठो छोरा जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्; किनकि तिनीहरूका निम्ति पाटी-पौवामा ठाउँ नै थिएन।
LUK 2:8 त्यहाँ नजिकैको चउरमा राति आफ्नो बगालको रखवाली गर्दै बस्‍ने केही गोठालाहरू थिए।
LUK 2:9 त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ प्रकट भए, र प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए।
LUK 2:10 तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका लागि हुनेछ।
LUK 2:11 आज दावीदको सहर बेथलेहेममा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, उहाँ नै ख्रीष्‍ट प्रभु हुनुहुन्छ।
LUK 2:12 अनि तिमीहरूका निम्ति यो एउटा चिन्ह हुनेछ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”
LUK 2:13 तब एक्‍कासि ती स्वर्गदूतको साथमा स्वर्गीय सेनाको एउटा ठूलो भीड परमेश्‍वरको प्रशंसा गर्दै, यसो भन्दै देखा पर्‍यो:
LUK 2:14 “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।”
LUK 2:15 जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब ती गोठालाहरूले आपसमा भने, “हामी बेथलेहेममा जाऔँ, र यो भएको घटना हेरौँ, जसको विषयमा प्रभुले हामीलाई भन्‍नुभएको छ।”
LUK 2:16 त्यसकारण तिनीहरू हतार-हतार गए, र मरियम, योसेफ र डुँडमा बालकलाई सुतिरहेका भेट्टाए।
LUK 2:17 जब तिनीहरूले उहाँलाई देखे, तब त्यस बालकको विषयमा तिनीहरूलाई जे भनिएको थियो, त्यस बारेमा तिनीहरूले कुरा फैलाए।
LUK 2:18 जति जनाले यो सुने, गोठालाहरूले तिनीहरूलाई बताएका कुरामा सबै आश्‍चर्यचकित भए।
LUK 2:19 तर मरियमले यी सबै कुरा मनैमा राखिन् र त्यस बारेमा विचार गर्दै बसिन्।
LUK 2:20 सबै कुरा तिनीहरूलाई भनिएबमोजिम नै सुनेका र देखेका हुनाले ती सबै कुराहरूका निम्ति परमेश्‍वरलाई महिमा र प्रशंसा गर्दै गोठालाहरू फर्के।
LUK 2:21 आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाम येशू राखियो, जुन नाम उहाँ गर्भमा आउनुभन्दा अगि नै स्वर्गदूतले राख्नू भनी भनेका थिए।
LUK 2:22 जब मोशाको व्यवस्थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भयो, तब योसेफ र मरियमले उहाँलाई प्रभुमा समर्पण गर्न यरूशलेममा ल्याए,
LUK 2:23 (जसरी प्रभुको व्यवस्थामा लेखिएको छ, “पहिले जन्मने हरेक जेठो पुत्र प्रभुका निम्ति पवित्र गरिनेछ”),
LUK 2:24 अनि “एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा” भनी प्रभुको व्यवस्थाले भनेजस्तै तिनीहरू बलिदान चढाउन गए।
LUK 2:25 त्यस समय यरूशलेममा शिमियोन नाम गरेका एक जना धर्मी र भक्त मानिस थिए। पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो; अनि तिनले इस्राएलका सान्त्वना दिनुहुनेलाई पर्खिरहेका थिए।
LUK 2:26 प्रभुका ख्रीष्‍टलाई नदेखेसम्म तिनी मर्नेछैनन् भनी पवित्र आत्माद्वारा तिनलाई प्रकट गरिएको थियो।
LUK 2:27 त्यस दिन आत्माद्वारा डोर्‍याइएर तिनी मन्दिरको चोकमा गए। जब बुबाआमाले बालक येशूलाई उहाँका निम्ति व्यवस्थाले मागे अनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए,
LUK 2:28 तब शिमियोनले उहाँलाई आफ्नो पाखुरामा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने:
LUK 2:29 “हे सार्वभौम प्रभु, तपाईंले प्रतिज्ञा गर्नुभएबमोजिम, अब आफ्नो सेवकलाई शान्तिसित बिदा दिनुहोस्,
LUK 2:30 किनकि मेरा आँखाले तपाईंको ‘उद्धार’ देखेका छन्,
LUK 2:31 जो तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार पार्नुभएको छ;
LUK 2:32 सबै जातिहरूलाई प्रकाशका निम्ति र तपाईंको जाति इस्राएललाई महिमाका निम्ति ज्योति हुनुहुन्छ।”
LUK 2:33 बालकका बुबा र आमा उहाँका विषयमा बोलिएका कुरा सुनेर छक्‍क परे।
LUK 2:34 त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र येशूकी आमा मरियमलाई भने: “यी बालक इस्राएलमा धेरै जनाका लागि पतन र उत्थानका कारण ठहरिनुहुनेछ। उहाँ परमेश्‍वरबाट पठाइएको चिन्ह हुनुहुन्छ, तर धेरैले उहाँको विरोध गर्नेछन्।
LUK 2:35 जसबाट धेरै हृदयका विचारहरू प्रकट हुनेछन्। अनि एउटा तरवारले तिम्रो आफ्नै प्राण पनि छेड्नेछ।”
LUK 2:36 त्यहाँ आशेरका कुलका फनुएलकी छोरी हन्‍ना नाम गरेकी एउटी अगमवादिनी थिइन्। तिनी साह्रै वृद्ध थिइन्; र तिनी विवाहपछि सात वर्ष मात्र पतिसँग बसेकी थिइन्।
LUK 2:37 तिनी लगभग चौरासी वर्षकी विधवा थिइन्; तिनले कहिल्यै मन्दिर छोड्दैनथिइन्, तर दिनरात उपवास र प्रार्थनासाथ आराधनामा समय बिताउँथिन्।
LUK 2:38 त्यही बेला तिनीहरूकहाँ आएर तिनले परमेश्‍वरलाई धन्यवाद दिइन्, र यरूशलेमको उद्धारको प्रतीक्षा गर्दै बस्‍नेहरू सबैलाई बालकको बारेमा बताइन्।
LUK 2:39 प्रभुको व्यवस्थाले बताएका सम्पूर्ण काम गरेर सिद्ध्याएपछि योसेफ र मरियम गालील प्रदेशको आफ्नै सहर नासरतमा फर्के।
LUK 2:40 बालक बढ्दै र बलियो हुँदै जानुभयो; उहाँ बुद्धिले भरिनुभयो र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो।
LUK 2:41 येशूका आमाबुबा निस्तार चाडको निम्ति वर्षेनी यरूशलेम जाने गर्दथे।
LUK 2:42 जब उहाँ बाह्र वर्षको हुनुभयो, तब उहाँहरू चाडको रीतिअनुसार जानुभयो।
LUK 2:43 चाड सकिएपछि उहाँका आमाबुबा घर फर्कंदै गर्दा बालक येशू यरूशलेममै रहनुभयो। तर उहाँका आमाबुबाले यो थाहा पाएनन्।
LUK 2:44 उहाँ तिनीहरूकै यात्रीदलमा हुनुहुन्छ होला भन्‍ने ठानी तिनीहरू एक दिनभरिको बाटो गए। तब तिनीहरूले उहाँलाई आफ्ना नातेदारहरू र मित्रहरूका बीचमा खोज्न थाले।
LUK 2:45 उहाँलाई त्यहाँ नभेट्टाउँदा, तिनीहरू उहाँलाई खोज्न यरूशलेम नै फर्के।
LUK 2:46 तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरको चोकमा शिक्षकहरूसँग बसेर तिनीहरूका कुरा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै रहनुभएको भेट्टाए।
LUK 2:47 उहाँका कुरा सुन्‍नेहरू सबै जना उहाँको समझ र उत्तरहरूमा छक्‍क परेका थिए।
LUK 2:48 जब उहाँका आमाबुबा उहाँलाई देखेर चकित भए; तब उहाँकी आमाले उहाँलाई भनिन्, “छोरा, तिमीले हामीलाई किन यस्तो व्यवहार गर्‍यौ? तिम्रा बुबा र म चिन्तित भएर तिमीलाई खोजिरहेका थियौँ।”
LUK 2:49 उहाँले भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोज्नुभयो? म मेरा पिताको घरमा हुनुपर्छ भन्‍ने कुरा के तपाईंहरूलाई थाहा थिएन?”
LUK 2:50 तर उहाँले तिनीहरूलाई के भन्दैहुनुहुन्थ्यो, त्यो तिनीहरूले बुझेनन्।
LUK 2:51 त्यसपछि उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूप्रति आज्ञाकारी बन्‍नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनैमा राखिन्।
LUK 2:52 अनि येशू बुद्धिमा, कदमा अनि परमेश्‍वर र मानिसहरूको कृपादृष्‍टिमा बढ्दै जानुभयो।
LUK 3:1 रोमी सम्राट सिजर तिबेरिअसको शासनकालको पन्ध्रौँ वर्षमा, जब पन्तियस पिलातस यहूदिया प्रदेशका राज्यपाल, हेरोद गालील प्रदेशका शासक, उनका भाइ फिलिप इतुरिया र त्राखोनितिस प्रदेशका शासक, र लुसानियास अबिलेने प्रदेशका शासक थिए,
LUK 3:2 तब हन्‍नास र कैयाफा प्रधान पुजारी भएको समयमा परमेश्‍वरको वचन उजाडस्थानमा जकरियाका छोरा यूहन्‍नाकहाँ आयो।
LUK 3:3 तिनी पाप क्षमाका लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदीका वरपर सबै इलाकातर्फ गए।
LUK 3:4 जसरी यशैया अगमवक्ताका वचनको पुस्तकमा लेखिएको छ: “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।
LUK 3:5 प्रत्येक उपत्यका पुरिनेछ, प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ; बाङ्गा-टिङ्गा बाटाहरू सीधा पारिनेछन्। अप्ठेरा बाटाहरू समतल हुनेछन्।
LUK 3:6 अनि सबै मानव जातिले परमेश्‍वरको मुक्ति देख्नेछन्।’ ”
LUK 3:7 यूहन्‍नाले तिनीबाट बप्‍तिस्मा लिन आउने भीडहरूलाई भने, “हे सर्पका सन्तान हो! आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो?
LUK 3:8 पश्‍चात्ताप अनुसारको फल फलाओ, र आफैँ, ‘हामी अब्राहामका सन्तान हौँ’ भन्‍ने नठान; किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका निम्ति सन्तान उत्पन्‍न गर्न सक्नुहुन्छ।
LUK 3:9 रूखको जरामा बन्चरो परिसकेको छ; यसैले असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।”
LUK 3:10 त्यसपछि भीडले सोध्यो, “त्यसो भए हामीले के गरौँ त?”
LUK 3:11 यूहन्‍नाले जवाफ दिए, “आफूसँग दुई वटा दौरा हुने मानिसले नहुनेलाई एउटा देओस्; र जससँग भोजन छ, त्यसले पनि त्यसै गरोस्।”
LUK 3:12 कर उठाउनेहरू पनि बप्‍तिस्मा लिन आए, र तिनीहरूले सोधे, “गुरुज्यू, हामी के गरौँ?”
LUK 3:13 तिनले उनीहरूलाई भने, “तिमीलाई जति खटाइएको छ, त्योभन्दा बढी नलेओ।”
LUK 3:14 त्यसपछि केही सिपाहीहरू आएर सोधे, “हामीले चाहिँ के गरौँ त?” तिनले जवाफ दिए, “कसैलाई नलुट, र मानिसहरूलाई झूटो आरोप नलगाओ। आफ्नो तलबमा सन्तुष्‍ट रहो।”
LUK 3:15 मानिसहरू आशामा पर्खिरहेका थिए, र सबैले आ-आफ्ना मनमा कतै यूहन्‍ना नै ख्रीष्‍ट हुन् कि भनी विचार गरिरहेका थिए।
LUK 3:16 तब यूहन्‍नाले तिनीहरू सबैलाई जवाफ दिँदै भने, “म त तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु; तर मभन्दा शक्तिशाली एक जना आउँदैहुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जत्तिको योग्यको पनि म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ।
LUK 3:17 उहाँको खला सफा गर्न उहाँको निफन्‍ने नाङ्लो उहाँकै हातमा छ, र उहाँले गहुँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ; तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोले जलाउनुहुनेछ।”
LUK 3:18 अनि अरू पनि यस्तै वचनद्वारा यूहन्‍नाले मानिसहरूलाई शिक्षा दिए र तिनीहरूलाई सुसमाचार प्रचार गरे।
LUK 3:19 तर जब हेरोदले आफ्नै भाइकी पत्नी हेरोदियासलाई राखेका कारण र उनले गरेका सबै दुष्कर्मका कारण यूहन्‍नाले उनलाई हप्काए,
LUK 3:20 तब यूहन्‍नालाई झ्यालखानामा थुनेर हेरोदले सबै दुष्कर्महरूमाथि अझै एउटा दुष्कर्म थपे।
LUK 3:21 जब धेरै मानिसहरूले बप्‍तिस्मा लिइरहेका थिए, तब येशूले पनि बप्‍तिस्मा लिनुभयो। अनि उहाँले प्रार्थना गर्दै गर्नुहुँदा स्वर्ग उघ्रियो।
LUK 3:22 अनि पवित्र आत्मा एउटा ढुकुरझैँ शारीरिक रूपमा उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।”
LUK 3:23 अब येशू आफैँले आफ्नो सेवा सुरु गर्नुहुँदा उहाँ करिब तीस वर्षको हुनुहुन्थ्यो। उहाँ योसेफका छोरा हुनुहुन्छ भनी मानिसहरूले ठानेका थिए। योसेफ हेलीका छोरा थिए,
LUK 3:24 हेली मत्तातका छोरा, मत्तात लेवीका छोरा, लेवी मल्कीका छोरा, मल्की यन्‍नाईका छोरा, यन्‍नाई योसेफका छोरा,
LUK 3:25 योसेफ मत्ताथियाहका छोरा, मत्ताथियाह आमोसका छोरा, आमोस नहूमका छोरा, नहूम इसलीका छोरा, इसली नग्गैका छोरा,
LUK 3:26 नग्गै माथका छोरा, माथ मत्ताथियाहका छोरा, मत्ताथियाह सेमैनका छोरा, सेमैन योसेखका छोरा, योसेख योदाका छोरा,
LUK 3:27 योदा योआननका छोरा, योआनन रेसाका छोरा, रेसा यरुबाबेलका छोरा, यरुबाबेल शालतिएलका छोरा, शालतिएल नेरीका छोरा,
LUK 3:28 नेरी मल्कीका छोरा, मल्की अद्दीका छोरा, अद्दी कोसामका छोरा, कोसाम एलमादामका छोरा, एलमादाम एरका छोरा,
LUK 3:29 एर यहोशूका छोरा, यहोशू एलीएजरका छोरा, एलीएजर योरीमका छोरा, योरीम मत्तातका छोरा, मत्तात लेवीका छोरा,
LUK 3:30 लेवी शिमियोनका छोरा, शिमियोन यहूदाका छोरा, यहूदा योसेफका छोरा, योसेफ योनामका छोरा, योनाम एल्याकीमका छोरा,
LUK 3:31 एल्याकीम मलेआका छोरा, मलेआ मिन्‍नाका छोरा, मिन्‍ना मत्ताथाका छोरा, मत्ताथा नातानका छोरा, नातान दावीदका छोरा,
LUK 3:32 दावीद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्मोनका छोरा, सल्मोन नहशोनका छोरा,
LUK 3:33 नहशोन अम्मीनादाबका छोरा, अम्मीनादाब आरामका छोरा, आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, फारेस यहूदाका छोरा,
LUK 3:34 यहूदा याकोबका छोरा, याकोब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा, अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा,
LUK 3:35 नाहोर सरूगका छोरा, सरूग रऊका छोरा, रऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा, एबेर शेलहका छोरा,
LUK 3:36 शेलह केनानका छोरा, केनान अर्पक्षदका छोरा, अर्पक्षद शेमका छोरा, शेम नोआका छोरा, नोआ लेमेखका छोरा,
LUK 3:37 लेमेख मतूशेलहका छोरा, मतूशेलह हनोकका छोरा, हनोक येरेदका छोरा, येरेद महलालेलका छोरा, महलालेल केनानका छोरा,
LUK 3:38 केनान एनोशका छोरा, एनोश शेतका छोरा, शेत आदमका छोरा, अनि आदम परमेश्‍वरका छोरा थिए।
LUK 4:1 येशू पवित्र आत्माले भरपूर भएर यर्दनबाट फर्कनुभयो र आत्माद्वारा उहाँ उजाडस्थानमा लगिनुभयो,
LUK 4:2 अनि उहाँ त्यस ठाउँमा चालीस दिनसम्म शैतानबाट परीक्षित हुनुभयो। ती दिनहरूमा उहाँले केही खानुभएन, र अन्त्यमा उहाँ भोकाउनुभयो।
LUK 4:3 तब शैतानले उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई रोटी भइजा भनी आज्ञा दिनुहोस्।”
LUK 4:4 येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन।’”
LUK 4:5 शैतानले उहाँलाई एउटा उच्‍च स्थानमा लग्यो र एकै क्षणमा संसारका सबै राज्यहरू देखायो।
LUK 4:6 अनि त्यसले उहाँलाई भन्यो, “यी राज्यका सबै अधिकार र गौरव म तपाईंलाई दिनेछु; किनकि यी सबै थोक मलाई दिइएका छन्, र म जसलाई चाहन्छु, त्यसलाई यो दिन सक्छु।
LUK 4:7 यदि तपाईंले मलाई दण्डवत् गर्नुभयो भने यी सबै तपाईंका हुनेछन्।”
LUK 4:8 येशूले जवाफ दिनुभयो, “लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्‍वरलाई दण्डवत् गर्नू र उहाँको मात्र सेवा गर्नू।’”
LUK 4:9 तब शैतानले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राखेर भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्।
LUK 4:10 किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘उहाँले तिम्रो सम्बन्धमा होसियारीसाथ सुरक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,
LUK 4:11 अनि तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्, ताकि तिम्रो खुट्टा ढुङ्गामाथि नबजारियोस्।’”
LUK 4:12 येशूले जवाफ दिनुभयो, “यसो लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू।’”
LUK 4:13 शैतानले उहाँको परीक्षा गर्न यी सबै काम सकेपछि अनुकूल समय नहोउन्जेलसम्म उहाँलाई छोडेर गयो।
LUK 4:14 येशू पवित्र आत्माको शक्तिमा गालील प्रदेशमा फर्कनुभयो र उहाँको बारेमा सारा मुलुकभरि खबर फैलियो।
LUK 4:15 उहाँले तिनीहरूका सभाघरहरूमा गएर शिक्षा दिनुभयो र सबैले उहाँको प्रशंसा गरे।
LUK 4:16 उहाँ नासरतमा जानुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। अनि शब्बाथमा उहाँ आफ्नो रीतिअनुसार सभाघरमा जानुभयो, र पढ्नलाई उभिनुभयो।
LUK 4:17 यशैया अगमवक्ताको पुस्तक उहाँलाई पढ्न दिइयो। त्यो पुस्तक खोलेर उहाँले यसो लेखिएको खण्ड निकाल्नुभयो:
LUK 4:18 “प्रभुको आत्मा ममाथि छ, किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिलाउन, उत्पीडनमा परेकाहरूलाई स्वतन्त्र गराउन,
LUK 4:19 र प्रभुको निगाहको वर्ष घोषणा गर्न पठाउनुभएको छ।”
LUK 4:20 त्यसपछि त्यो पुस्तक बन्द गरेर उहाँले सेवकलाई दिनुभयो र बस्‍नुभयो। सभाघरमा भएका हरेकले उहाँलाई एक टक हेरिरहेका थिए।
LUK 4:21 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आज तिमीहरूको सुनाइमा यो धर्मशास्त्र पूरा भएको छ।”
LUK 4:22 सबैले उहाँको प्रशंसा गरे, र उहाँको मुखबाट आएका अनुग्रहपूर्ण वचनमा छक्‍क परे; अनि तिनीहरूले सोधे, “के यिनी योसेफका छोरा होइनन् र?”
LUK 4:23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “पक्‍कै तिमीहरूले मलाई यो दृष्‍टान्त भन्‍नेछौ: ‘ए वैद्य, आफैँलाई निको पार! कफर्नहुममा तिमीले जे जति गर्‍यौ भनी हामीले सुनेका थियौँ, ती सबै यहाँ आफ्नै सहरमा पनि गर।’ ”
LUK 4:24 उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, कुनै पनि अगमवक्तालाई उसको आफ्नै सहरमा स्वीकार गरिँदैन।
LUK 4:25 म तिमीहरूलाई साँचो भन्दछु, एलियाको समयमा जब आकाश साँढे तीन वर्षसम्म थुनियो र सारा देशभरि भयङ्ककर अनिकाल पर्‍यो, त्यस बेला इस्राएलमा धेरै विधवाहरू थिए।
LUK 4:26 तापनि एलिया अरू कसैकहाँ होइन, तर सीदोनको क्षेत्रमा पर्ने सारपतकी एउटी विधवाकहाँ मात्र पठाइए।
LUK 4:27 अनि एलीशा अगमवक्ताका समयमा पनि इस्राएलमा धेरै कुष्‍ठरोगीहरू थिए, तर तिनीहरू कोही पनि निको पारिएनन्, केवल सिरियाली नामान मात्र निको पारिए।”
LUK 4:28 यो सुनेपछि सभाघरमा भएका सबै मानिसहरू रिसले चुर भए।
LUK 4:29 तिनीहरू खडा भए, र उहाँलाई सहरदेखि बाहिर, जुन पहाडमा तिनीहरूका सहर बनाइएको थियो, त्यसैको भिरबाट खसालिदिन टाकुरामा लगे।
LUK 4:30 तर उहाँ भीडबाट नै छिरेर आफ्नै बाटो जानुभयो।
LUK 4:31 त्यसपछि येशू गालील प्रदेशको एउटा सहर कफर्नहुममा जानुभयो। अनि शब्बाथको दिन मानिसहरूलाई शिक्षा दिन थाल्नुभयो।
LUK 4:32 उहाँका शिक्षामा तिनीहरू छक्‍क परे; किनकि उहाँको सन्देश अधिकारपूर्ण थियो।
LUK 4:33 सभाघरमा भूतआत्मा लागेको एउटा मानिस थियो। त्यसले चिच्याएर भन्यो,
LUK 4:34 “तपाईं गइहाल्नुहोस्! हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्‍ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु। तपाईं परमेश्‍वरको पवित्र जन हुनुहुन्छ!”
LUK 4:35 येशूले भूतआत्मालाई हकारेर भन्‍नुभयो, “चुप लाग्, र त्यसबाट निस्की जा!” त्यसपछि भूतआत्माले त्यस मानिसलाई तिनीहरूका बीचमा पछार्‍यो, र त्यसलाई केही पनि हानि नगरी निस्केर गयो।
LUK 4:36 सबै मानिसहरू छक्‍क परे, र एक-अर्कालाई भने, “यी कस्ता वचन हुन्? यिनले अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्छन्, र तिनीहरू निस्केर जान्छन्!”
LUK 4:37 उहाँको विषयमा यो खबर वरिपरिका इलाकाभरि फैलियो।
LUK 4:38 त्यस दिन येशू सभाघरबाट निस्केर सिमोनको घरमा जानुभयो। सिमोनकी सासू उच्‍च ज्वरोले थलिएकी थिइन्। तिनीहरूले तिनलाई सहायता गर्न भनी येशूलाई बिन्ती गरे।
LUK 4:39 उहाँ तिनको नजिकै उभिएर ज्वरोलाई हप्काउनुभयो; र ज्वरोले तिनलाई छोड्यो। तिनी तुरुन्तै उठिन्, र उहाँहरूको सेवा गरिन्।
LUK 4:40 घाम अस्ताउनै लाग्दा, मानिसहरूले विभिन्‍न किसिमका रोग लागेका मानिसहरूलाई येशूकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि हात राख्नुभयो र सबैलाई निको पार्नुभयो।
LUK 4:41 अझ धेरै मानिसहरूबाट भूतहरू पनि यसो भनी चिच्याउँदै निस्के, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ!” तर उहाँले तिनीहरूलाई हप्काउनुभयो र बोल्न दिनुभएन; किनकि उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी तिनीहरूले जान्दथे।
LUK 4:42 बिहान उज्यालो हुँदा येशू निस्केर एउटा एकान्त ठाउँमा जानुभयो। मानिसहरूले उहाँलाई खोजिरहेका थिए। तिनीहरू उहाँ हुनुभएको ठाउँमा आए, र उहाँलाई तिनीहरूलाई छोडेर जान नदिन प्रयास गरे।
LUK 4:43 तर उहाँले भन्‍नुभयो, “मैले परमेश्‍वरको राज्यको सुसमाचार अरू सहरहरूमा पनि सुनाउनुपर्छ; किनकि म यसैका निम्ति पठाइएको हुँ।”
LUK 4:44 अनि उहाँले यहूदिया प्रदेशका सभाघरहरूमा प्रचार गरिरहनुभयो।
LUK 5:1 एक दिन येशू गनेसरेत तालको छेउमा उभिरहनुभएको थियो। धेरै मानिसहरू उहाँको वरिपरि परमेश्‍वरको वचन सुन्‍न ठेलमठेल गरिरहेका थिए।
LUK 5:2 त्यस बेला उहाँले तालको किनारमा मछुवाहरूले छोडिराखेका दुई वटा डुङ्गाहरू देख्नुभयो; मछुवाहरूचाहिँ जाल धोइरहेका थिए।
LUK 5:3 उहाँ ती दुईमध्ये सिमोनको डुङ्गामा चढ्नुभयो, र किनारबाट अलिक पर लैजान भन्‍नुभयो। उहाँले डुङ्गामा बसेर मानिसहरूलाई शिक्षा दिनुभयो।
LUK 5:4 बोलिसक्नुभएपछि उहाँले सिमोनलाई भन्‍नुभयो, “डुङ्गालाई गहिरोतिर लैजाऊ, र माछा पक्रन जाल हान।”
LUK 5:5 सिमोनले भने, “गुरुज्यू, हामीले रातभरि कडा परिश्रम गर्‍यौँ, र पनि एउटै माछा पक्रेका छैनौँ; तर पनि तपाईंले भन्‍नुहुन्छ भने म जाल हाल्नेछु।”
LUK 5:6 जब तिनीहरूले जाल हाले, तब तिनीहरूले यति धेरै माछा पक्रे कि जाल नै फाट्न थाल्यो।
LUK 5:7 त्यसकारण तिनीहरूले आएर सहायता गर्नलाई अर्को डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई इशारा गरेर बोलाए। तिनीहरू आए, र दुवै डुङ्गालाई माछाले भरे, जसले गर्दा डुङ्गा डुब्ला झैँ भयो।
LUK 5:8 जब सिमोन पत्रुसले यो देखे, तब येशूको पाउमा परेर भने, “हे प्रभु, मबाट गइहाल्नुहोस्, किनकि म एउटा पापी मानिस हुँ!”
LUK 5:9 किनकि तिनी र तिनका साथीहरू आफूले पक्रेका त्यति धेरै माछा देखेर छक्‍कै परेका थिए;
LUK 5:10 त्यसरी नै जब्दीका छोराहरू याकोब र यूहन्‍ना पनि, जो सिमोनका साझेदारहरू थिए। त्यसपछि येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ, अबदेखि तिमीले मानिसहरूलाई पक्रनेछौ।”
LUK 5:11 यसैले डुङ्गालाई तानेर किनारमा ल्याएपछि तिनीहरूले सबै कुराहरू त्यागेर उहाँको पछि लागे।
LUK 5:12 येशू कुनै एउटा सहरमा हुनुभएको बेला एक जना कुष्‍ठरोगले ढाकेको मानिस आयो। येशूलाई देखेपछि भुइँमा घोप्टो परी त्यसले बिन्ती गर्‍यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।”
LUK 5:13 येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ।” अनि तुरुन्तै कुष्‍ठरोगले त्यसलाई छोड्यो।
LUK 5:14 त्यसपछि येशूले त्यस मानिसलाई आज्ञा दिनुभयो, “यो कुरा कसैलाई नभन्‍नू, तर जाऊ र आफैँलाई पुजारीकहाँ देखाऊ, र मोशाले तिमीहरूको शुद्धीकरणका निम्ति दिएका आज्ञाअनुसार तिनीहरूका साक्षीका लागि बलिदानहरू चढाऊ।”
LUK 5:15 तर उहाँको विषयमा झन् धेरै चर्चा फैलियो, जसले गर्दा मानिसहरूका ठूला-ठूला भीड उहाँको शिक्षा सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुन उहाँकहाँ आउँथे।
LUK 5:16 तर येशू प्रायः तिनीहरूबाट अलग भई एकान्त स्थानहरूमा गएर प्रार्थना गर्नुहुन्थ्यो।
LUK 5:17 एक दिन येशूले शिक्षा दिइरहनुहुँदा गालील प्रदेशका हरेक गाउँ, यहूदिया प्रदेश र यरूशलेमबाट आएका फरिसीहरू र व्यवस्थाका शिक्षकहरू त्यहीँ बसिरहेका थिए। अनि बिरामीहरूलाई निको पार्नका लागि प्रभुको शक्ति उहाँसँग थियो।
LUK 5:18 केही मानिसहरूले पक्षघात भएको एउटा मानिसलाई ओछ्यानमा बोकेर ल्याए, र त्यस मानिसलाई येशूको अगिल्तिर राखिदिन घरभित्र लैजान प्रयास गरे।
LUK 5:19 तर भीडको कारणले गर्दा केही उपाय नलागेपछि तिनीहरू छानामाथि चढे, र छानालाई उक्‍काएर त्यसको ओछ्यानसमेत नै त्यहीँबाट ठिक येशूको सामु ओरालिदिए।
LUK 5:20 जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “मित्र, तिम्रा पापहरू क्षमा भएका छन्।”
LUK 5:21 फरिसी र व्यवस्थाका शिक्षकहरूले आफैँमा विचार गर्न लागे, “ईश्‍वरनिन्दा गर्ने यो मानिस को हो? परमेश्‍वरबाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?”
LUK 5:22 तिनीहरूका विचारहरू थाहा पाएर येशूले सोध्नुभयो, “आफ्ना हृदयमा तिमीहरूले किन यस्ता कुराहरू विचार गर्दैछौ?
LUK 5:23 के भन्‍नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्‍नु वा ‘उठ र हिँड’ भन्‍नु?
LUK 5:24 तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान।” उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोकेर घर जाऊ।”
LUK 5:25 त्यो तुरुन्तै तिनीहरूका बीचमा उठ्यो, र आफू जुन ओछ्यानमा थियो, त्यसलाई बोकेर परमेश्‍वरको प्रशंसा गर्दै घर फर्कियो।
LUK 5:26 सबै जनाले अचम्म माने र परमेश्‍वरको प्रशंसा गरे। तिनीहरू भयभीत भएर भने, “आज हामीले आश्‍चर्यका कामहरू देखेका छौँ।”
LUK 5:27 त्यसपछि येशू बाहिर जानुभयो, र उहाँले लेवी नाम भएका एक जना कर उठाउनेलाई तिनको अड्डामा बसिरहेका देख्नुभयो। येशूले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।”
LUK 5:28 तिनी सबै कुरा छोडेर उठे र उहाँको पछि लागे।
LUK 5:29 त्यसपछि लेवीले आफ्नो घरमा येशूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे। कर उठाउनेहरू र अरू मानिसहरू ठूलो संख्यामा भोजमा बसिरहेका थिए।
LUK 5:30 तर तिनीहरूका सम्प्रदायका फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँका चेलाहरूसँग गनगन गरे, “तिमीहरू किन कर उठाउनेहरू र पापीहरूसित खानपान गर्दछौ?”
LUK 5:31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्दछ।
LUK 5:32 म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्‍चात्तापको निम्ति बोलाउन आएको हुँ।”
LUK 5:33 तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू प्रायः उपवास बस्दछन् र प्रार्थना गर्दछन्; अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्दछन्, तर तपाईंका चेलाहरू भने सधैँ खानपान नै गरिरहन्छन्।”
LUK 5:34 येशूले जवाफ दिनुभयो, “के दुलहा साथमा रहुन्जेल जन्तीहरूलाई तिमीहरूले उपवास बस्‍न लगाउन सक्छौ?
LUK 5:35 तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र त्यस दिन तिनीहरू उपवास बस्‍नेछन्।”
LUK 5:36 उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “कुनै मानिसले नयाँ लुगा च्यातेर टालो निकालेर पुरानो लुगामा टाल्दैन; किनकि त्यसले नयाँ लुगा पनि फटाउँछ र नयाँ टालो पुरानोसँग मिल्दैन पनि।
LUK 5:37 त्यसै गरी कसैले नयाँ दाखमद्य पुरानो मशकमा खन्याउँदैन; नत्रता नयाँ दाखमद्यले छालाहरू फुट्छन्; दाखमद्य पनि पोखिन्छ, र मशक पनि नष्‍ट हुन्छ।
LUK 5:38 त्यसो हुन नदिन नयाँ दाखमद्य नयाँ मशकमै राखिनुपर्दछ।
LUK 5:39 अनि पुरानो दाखमद्य पिएपछि कसैले पनि नयाँको चाहना गर्दैन; किनकि त्यसले भन्छ, ‘पुरानै असल छ।’ ”
LUK 6:1 एक शब्बाथको दिन येशू अन्‍नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। उहाँका चेलाहरूले अन्‍नका केही बालाहरू टिपेर हातमा माड्दै खान लागे।
LUK 6:2 तर केही फरिसीहरूले भने, “किन तिमीहरू शब्बाथको दिनमा उचित नहुने काम गरिरहेका छौ?”
LUK 6:3 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले यति पनि पढेका छैनौ, दावीदले आफू र आफ्ना साथीहरू भोकाएका बेला के गरेका थिए?
LUK 6:4 तिनी परमेश्‍वरको भवनभित्र पसेर परमेश्‍वरलाई अर्पण गरिएका रोटीहरू खाए, जो व्यवस्थाअनुसार केवल पुजारीहरूले मात्र खान उचित थियो। तिनले त्यसबाट केही भाग आफ्ना साथीहरूलाई पनि दिए, जुन व्यवस्थाविरुद्ध थियो।”
LUK 6:5 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्र शब्बाथ दिनको प्रभु हो।”
LUK 6:6 अर्को शब्बाथको दिन उहाँ सभाघरमा जानुभयो र त्यहाँ शिक्षा दिँदैहुनुहुन्थ्यो। त्यहाँ एक जना दाहिने हात सुकेर नचल्ने भएको मानिस पनि थियो।
LUK 6:7 फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई दोष लगाउनको लागि निहुँ खोजिरहेका थिए। त्यसकारण कतै उहाँले शब्बाथ दिनमा पनि निको पार्ने काम गर्नुहुन्छ कि भनी चियो गरिरहेका थिए।
LUK 6:8 तर तिनीहरूले के विचार गर्दैछन् भनी येशूले थाहा पाउनुभयो र हात सुकेको त्यस मानिसलाई भन्‍नुभयो, “उठ र सबैको सामु खडा होऊ।” अनि त्यो उठ्यो र खडा भयो।
LUK 6:9 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, शब्बाथको दिनमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि नष्‍ट पार्नु?”
LUK 6:10 उहाँले चारैतिर ती सबैलाई हेर्दै त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले त्यो सीधा पार्‍यो, र त्यसको हात पूर्ण रूपले निको भइहाल्यो।
LUK 6:11 तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरू भने रिसले चुर भए। अनि येशूलाई के गर्न सकिन्छ भनी आपसमा छलफल गर्न लागे।
LUK 6:12 एक दिन उहाँ प्रार्थना गर्न डाँडातिर जानुभयो र परमेश्‍वरलाई प्रार्थना चढाउँदै पूरै रात त्यहीँ बिताउनुभयो।
LUK 6:13 बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूबाट उहाँले बाह्र जनालाई छान्‍नुभयो। अनि तिनीहरूलाई प्रेरित नाम दिनुभयो। तिनीहरू यिनै हुन्:
LUK 6:14 सिमोन (जसलाई उहाँले पत्रुस भन्‍ने नाम दिनुभयो), तिनका भाइ अन्द्रियास, याकोब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ,
LUK 6:15 मत्ती, थोमा, अल्फयसका छोरा याकोब, सिमोन कनानी, जो उग्रपन्थी भनिन्थे,
LUK 6:16 याकोबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो विश्‍वासघाती बन्यो।
LUK 6:17 येशू तिनीहरूसँगै तल ओर्लनुभयो र समतल ठाउँमा उभिनुभयो। उहाँका चेलाहरूको एउटा ठूलो भीडका साथै समस्त यहूदिया प्रदेश, यरूशलेम, सीदोन र टायरका समुद्र तटवर्ती इलाकाबाट आएका धेरै मानिसहरू त्यहाँ थिए।
LUK 6:18 तिनीहरू उहाँका वचन सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुन त्यहाँ आएका थिए। अशुद्ध आत्माले सताइएकाहरू निको भए।
LUK 6:19 सबै मानिसहरूले उहाँलाई छुने प्रयास गर्न लागे; किनकि उहाँबाट शक्ति निस्किरहेको र तिनीहरू सबैलाई निको पार्दैथियो।
LUK 6:20 आफ्ना चेलाहरूलाई हेरेर उहाँले भन्‍नुभयो: “धन्य तिमी दीन हुनेहरू, किनकि परमेश्‍वरको राज्य तिमीहरूकै हो।
LUK 6:21 धन्य तिमी अहिले भोकाउनेहरू, किनकि तिमीहरू तृप्‍त हुनेछौ। धन्य तिमी अहिले रुनेहरू, किनकि तिमीहरू हाँस्‍नेछौ।
LUK 6:22 धन्य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रलाई पछ्याएको कारण घृणा गर्छन्, बहिष्कार र अपमान गर्छन्; अनि दुष्‍ट ठानी तिमीहरूका नामलाई इन्कार गर्छन्।
LUK 6:23 “तब त्यस दिनमा रमाओ र आनन्दले उफ्र; किनकि स्वर्गमा तिमीहरूका लागि ठूलो प्रतिफल छ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई पनि यस्तै नै व्यवहार गरेका थिए।
LUK 6:24 “तर धनीहरू हो, तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरूले आफ्नो सुविधा पाइसकेका छौ।
LUK 6:25 अहिले राम्रोसँग अघाएकाहरू हो, तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू भोकमा पर्नेछौ। अहिले हाँस्‍नेहरू हो, तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू शोक गर्नेछौ र रुनेछौ।
LUK 6:26 तिमीहरूलाई धिक्‍कार! जब सबै मानिसहरूले तिमीहरूलाई प्रशंसा गर्नेछन्; किनकि तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई यस्तै नै व्यवहार गरेका थिए।
LUK 6:27 “तर मेरा कुरा सुन्‍नेहरूलाई म भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर; तिमीहरूलाई घृणा गर्नेहरूलाई भलाइ गर।
LUK 6:28 तिमीहरूलाई सराप्नेहरूलाई आशीर्वाद देओ, र नराम्रो व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर।
LUK 6:29 यदि कसैले तिमीलाई एउटा गालामा चड्काउँछ भने अर्को गाला पनि थापिदेऊ। यदि कसैले तिम्रो खास्टो खोस्छ भने तिम्रो दौरा पनि लैजान देऊ।
LUK 6:30 तिमीसँग माग्ने सबैलाई देऊ; र तिम्रो कुनै चीज कसैले लैजान्छ भने ऊसँग त्यो फेरि फिर्ता नमाग।
LUK 6:31 अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरूले पनि अरूहरूबाट चाहन्छौ।
LUK 6:32 “यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र तिमीहरू प्रेम गर्छौ भने तिमीहरूलाई के लाभ भयो र? पापीहरूले पनि त तिनीहरूलाई प्रेम गर्नेलाई प्रेम गर्दछन्।
LUK 6:33 यदि तिमीहरूलाई भलो गर्नेहरूलाई मात्र भलाइ गर्दछौ भने तिमीहरूलाई के लाभ भयो र? पापीहरूले पनि त त्यस्तै गर्दछन्।
LUK 6:34 यदि फिर्ता गर्न सक्ने मानिसहरूलाई मात्र ऋण दिन्छौ भने तिमीहरूलाई के लाभ भयो र? पूरा फिर्ता पाउने आशाले पापीहरूले पनि त पापीहरूलाई ऋण दिँदछन्।
LUK 6:35 तर आफ्ना शत्रुहरूलाई प्रेम गर, तिनीहरूलाई भलाइ गर, र केही पनि फिर्ता नलिने आशा गरी तिनीहरूलाई ऋण देओ; तब तिमीहरूको इनाम ठूलो हुनेछ। अनि तिमीहरू सर्वोच्‍चका सन्तान ठहरिनेछौ; किनकि परमेश्‍वर बैगुनी र दुष्‍टहरूप्रति पनि दयालु हुनुहुन्छ।
LUK 6:36 तिमीहरू पनि कृपालु होओ, जसरी तिमीहरूका स्वर्गीय पिता कृपालु हुनुहुन्छ।
LUK 6:37 “न्याय नगर, र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइने छैनौ। क्षमा गर, तब तिमीहरूलाई पनि क्षमा गरिनेछ।
LUK 6:38 देओ, र तिमीहरूलाई पनि दिइनेछ। प्रशस्त मात्रामा खाँदी-खाँदी, हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा खन्याइनेछ। किनकि जुन नापले तिमीहरू दिँदछौ, त्यही नापमा तिमीहरूलाई पनि दिइनेछ।”
LUK 6:39 उहाँले तिनीहरूलाई यो दृष्‍टान्त पनि भन्‍नुभयो: “के कुनै दृष्‍टिविहीनले अर्को दृष्‍टिविहीनलाई डोर्‍याउन सक्छ र? के ती दुवै खाडलमा पर्दैनन् र?
LUK 6:40 चेला गुरुभन्दा श्रेष्‍ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ गुरुजस्तै हुनेछ।
LUK 6:41 “तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखाभित्र भएको मुढालाई चाहिँ ध्यानै दिँदैनौ?
LUK 6:42 तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्‍न सक्छौ, जब तिम्रो आफ्नै आँखामा भएको मुढोचाहिँ देख्दैनौ? ए कपटी, पहिले आफ्नै आँखाबाट मुढो निकाल, र पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्नेछौ।
LUK 6:43 “कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ।
LUK 6:44 हरेक रूख त्यसको आफ्नो फलबाटै चिनिन्छ। मानिसहरूले काँडाका झाँगबाट अञ्जीर टिप्दैनन्, न त ऐँसेलुको झाँगबाट अङ्‌गुर बटुल्छन्।
LUK 6:45 असल मानिसले आफ्नो हृदयमा थुपारेको असल भण्डारबाट असल कुराहरू बाहिर निकाल्छ र दुष्‍ट मानिसले आफ्नो हृदयमा थुपारेको दुष्‍ट भण्डारबाट दुष्‍ट कुराहरू नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ।
LUK 6:46 “मैले भनेका कुरा गर्दैनौ भने मलाई किन ‘प्रभु, प्रभु’ भन्दछौ?
LUK 6:47 जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तिनलाई पालन गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई भन्छु।
LUK 6:48 त्यो एउटा घर बनाउने मानिसजस्तै हो, जसले गहिरो खनेर चट्टानमाथि घरको जग बसाल्यो। जब बाढी आयो, र पानीको भल त्यस घरमा ठोक्‍कियो, त्यसले त्यो घरलाई हल्‍लाउन सकेन; किनकि त्यो राम्रोसँग बनाइएको थियो।
LUK 6:49 तर मेरो वचन सुनेर त्यसअनुसार काम नगर्नेचाहिँ जग नहाली जमिनमाथि मात्र घर बनाउने मानिसजस्तै हुन्छ। भल आएर त्यस घरमा ठोक्‍किने बित्तिकै त्यो भत्कियो र पूर्ण रूपले नाश भयो।”
LUK 7:1 येशूले मानिसहरूलाई यी सबै कुराहरू भनिसकेपछि उहाँ कफर्नहुममा आउनुभयो।
LUK 7:2 त्यहाँ एक जना सेनापतिको सेवक, जो तिनको प्यारो थियो; त्यो बिरामी भएर मर्नै लागेको थियो।
LUK 7:3 ती सेनापतिले जब येशूको बारेमा सुने, तब तिनले यहूदीहरूका केही प्रधानहरूलाई येशूसमक्ष उहाँ आएर तिनको सेवकलाई निको पारिदिनुहुन बिन्ती गर्न पठाए।
LUK 7:4 तिनीहरूले येशूकहाँ आएर उहाँलाई आग्रहपूर्वक बिन्ती गरे, “यी मानिस तपाईंले यो काम गरिदिन योग्यका छन्,
LUK 7:5 किनकि तिनले हाम्रो जातिलाई प्रेम गर्दछन् र तिनले हाम्रा सभाघर पनि बनाइदिएका हुन्।”
LUK 7:6 अनि येशू तिनीहरूसँग जानुभयो। उहाँ घर नजिकै आइपुग्नुभएपछि सेनापतिले आफ्ना मित्रहरूलाई उहाँकहाँ यसो भन्‍न पठाए: “प्रभु, दुःख नउठाउनुहोस्; किनकि तपाईं मेरो छानोमुनि आउनुहुने योग्यको पनि म छैनँ।
LUK 7:7 त्यसकारण म आफैँलाई पनि तपाईंकहाँ आउनसक्ने योग्यको ठानिनँ। तर वचन मात्र बोलिदिनुहोस्, र मेरो सेवक निको हुनेछ।
LUK 7:8 किनकि म आफैँ पनि अधिकारमुनि रहने मानिस हुँ। अनि मेरा अधीनमा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा,’ भन्छु, र त्यो जान्छ। अनि अर्कोलाई ‘आइज,’ भन्छु; र त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्,’ भन्छु, र त्यसले त्यो गर्छ।”
LUK 7:9 यो सुनेपछि येशू तिनीसँग आश्‍चर्यचकित हुनुभयो, र आफूलाई पछ्याइरहेका भीडतिर फर्केर उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, मैले यस्तो ठूलो विश्‍वास इस्राएलीहरूमा पनि देखेको छैनँ।”
LUK 7:10 त्यसपछि पठाइएका ती मानिसहरू घरतिर फर्के। अनि सेवकलाई निको भइसकेको भेट्टाए।
LUK 7:11 त्यसपछि चाँडै येशू नाइन भनिने एउटा सहरमा जानुभयो। उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँको साथमा गए।
LUK 7:12 उहाँ सहरको ढोकानिर पुग्नुहुँदा एउटा मृत व्यक्तिलाई सहरबाहिर लगिँदैथियो—जो आफ्नी विधवा आमाको एउटै मात्र छोरा थियो। सहरको एउटा ठूलो भीड ती विधवाको साथमा थियो।
LUK 7:13 प्रभुले तिनलाई देखेपछि उहाँ तिनीप्रति दयालु हुनुभयो र भन्‍नुभयो, “नरोऊ।”
LUK 7:14 त्यसपछि उहाँले गएर अरथीलाई छुनुभयो; र ती बोक्नेहरू टक्‍क अडिए। अनि उहाँले भन्‍नुभयो, “ए जवान, म तिमीलाई भन्दछु, उठ!”
LUK 7:15 तब त्यो मृत व्यक्ति उठेर बस्यो; त्यो बोल्न थाल्यो। येशूले त्यसलाई त्यसकी आमाको जिम्मा लगाउनुभयो।
LUK 7:16 तिनीहरू सबै भयभीत भएर परमेश्‍वरलाई प्रशंसा गर्दै भने, “हाम्रा बीचमा एक जना महान् अगमवक्ता प्रकट भएका छन्। परमेश्‍वर आफ्ना मानिसहरूलाई सहायता गर्न आउनुभएको छ।”
LUK 7:17 येशूको विषयमा यो खबर सारा यहूदिया प्रदेश र वरिपरिका सम्पूर्ण इलाकाभरि फैलियो।
LUK 7:18 यूहन्‍नाका चेलाहरूले तिनलाई यी सबै कुराको खबर दिए। तीमध्ये दुई जनालाई बोलाएर,
LUK 7:19 तिनले प्रभुकहाँ यसो भनी सोध्न पठाए, “जो आउनेवाला मुक्तिदाता हुनुहुन्थ्यो, के त्यो तपाईं नै हुनुहुन्छ, कि हामी अझै कसैको प्रतीक्षा गरौँ?”
LUK 7:20 ती मानिसहरू येशूकहाँ आएर भने, “बप्‍तिस्मा दिने यूहन्‍नाले हामीलाई तपाईंकहाँ यसो भनी सोध्न पठाएका छन्, ‘जो आउनेवाला मुक्तिदाता हुनुहुन्थ्यो, के त्यो तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतीक्षा गरौँ?’ ”
LUK 7:21 ठिक त्यही समयमा येशूले रोगीहरू, बिरामीहरू र दुष्‍ट आत्मा लागेकाहरूलाई निको पार्नुभयो; र धेरै दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिनुभयो।
LUK 7:22 त्यसपछि उहाँले ती मानिसहरूलाई जवाफ दिनुभयो, “जाओ, र जे तिमीहरूले देख्यौ र सुन्यौँ, त्यो यूहन्‍नालाई बताओ: दृष्‍टिविहीनहरूले दृष्‍टि पाउँछन्, लङ्गडाहरू हिँड्छन्, कुष्‍ठरोग लागेकाहरू निको हुन्छन्, बहिराहरूले सुन्छन्, मरेकाहरू जीवित पारिन्छन् र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ।
LUK 7:23 त्यो धन्यको हो, जसको विश्‍वास मबाट हट्दैन।”
LUK 7:24 यूहन्‍नाका मानिसहरू गएपछि येशूले भीडलाई यूहन्‍नाको विषयमा भन्‍न लाग्नुभयो: “तिमीहरू उजाडस्थानमा के हेर्न गयौ? के हावाले हल्‍लाएको निगालोलाई?
LUK 7:25 यदि होइन भने तिमीहरू के हेर्न गयौ त? के महङ्गो लुगा लगाएको मानिसलाई हेर्न? होइन, महङ्गो लुगा लगाउनेहरू र विलासितामा रहनेहरू त दरबारमा हुन्छन्।
LUK 7:26 तर तिमीहरू के हेर्नलाई गयौ त? के अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, एक अगमवक्ताभन्दा पनि महान्‌लाई।
LUK 7:27 यिनी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ: “ ‘म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।’
LUK 7:28 म तिमीहरूलाई भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा कोही पनि बप्‍तिस्मा दिने यूहन्‍नाभन्दा महान् छैन; तापनि परमेश्‍वरको राज्यमा सानोभन्दा सानो पनि तिनीभन्दा महान् हुन्छ।”
LUK 7:29 (सबै मानिसहरू, कर उठाउनेहरूसमेत, सबै जनाले येशूको यो वचन सुनेर परमेश्‍वरको मार्ग ठिक छ भनी स्वीकार गरे; किनकि तिनीहरूले यूहन्‍नाद्वारा बप्‍तिस्मा पाएका थिए।
LUK 7:30 तर फरिसीहरू र व्यवस्थाका विद्वान्‌हरूले परमेश्‍वरको अभिप्रायलाई अस्वीकार गरे; किनकि तिनीहरूले यूहन्‍नाद्वारा बप्‍तिस्मा पाएका थिएनन्।)
LUK 7:31 येशूले भन्‍नुभयो, “अब यस पुस्ताका मानिसहरूलाई म कोसँग तुलना गरूँ? तिनीहरू केजस्ता छन्?
LUK 7:32 तिनीहरू त बजारमा बसेर एक-अर्कालाई यसो भन्‍ने बालकहरूजस्ता छन्: “ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, तर तिमीहरू नाचेनौ, हामीले शोकको गीत गायौँ, तर तिमीहरू रोएनौ।’
LUK 7:33 जब बप्‍तिस्मा दिने यूहन्‍ना आए, न तिनले रोटी खान्थे, न त दाखमद्य नै पिउँथे। तिमीहरूले ‘तिनलाई भूत लागेको छ’ भनी भन्दछौ।
LUK 7:34 मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिमीहरू भन्छौ, ‘हेर, यो घिचुवा र पियक्‍कड, र कर उठाउनेहरू र पापीहरूको मित्र!’
LUK 7:35 तर बुद्धि ठिक हो भन्‍ने कुरा उसको सबै सन्तानले नै प्रमाणित गर्छन्।”
LUK 7:36 एक जना फरिसीले येशूलाई आफूसँग भोजनका लागि निम्तो दिए। उहाँ ती फरिसीको घरमा गएर खान बस्‍नुभयो।
LUK 7:37 जब त्यस सहरमा पापमय जीवन बिताइरहेकी एउटी स्त्रीले येशू ती फरिसीको घरमा भोजनमा बस्‍नुभएको छ भन्‍ने सुनी, तब सिङ्गमरमरको एउटा भाँडोमा अत्तर लिएर ऊ त्यहाँ आई।
LUK 7:38 अनि उहाँको पछिल्तिरबाट उहाँका पाउनिर उभिएर रुँदै उसले उहाँका पाउ आफ्नो आँसुले भिजाउन थाली। त्यसपछि उसले आफ्नै कपालले उहाँका पाउहरू पुछी। अनि चुम्बन गर्दै ती पाउहरूमा अत्तर घसी।
LUK 7:39 उहाँलाई निम्तो दिने फरिसीले यो देखेर मनमनै भने, “यदि यिनी अगमवक्ता हुँदाहुन् त यिनलाई कसले छुँदैछ, र यो कस्ती चरित्रकी स्त्री हो भनी थाहा पाउनेथिए; किनकि यो त पापी स्त्री हो।”
LUK 7:40 येशूले तिनलाई जवाफ दिनुभयो, “सिमोन, मैले तिमीलाई केही कुरा भन्‍नु छ।” तिनले भने, “गुरुज्यू, भन्‍नुहोस्।”
LUK 7:41 “एउटा साहूबाट दुई जनाले ऋण लिएका थिए: एक जनाले पाँच सय र अर्कोले पचास दिनार।
LUK 7:42 तिनीहरू कसैसँग ऋण तिर्नलाई केही पनि थिएन; त्यसैले तिनले ती दुवै जनाका ऋण माफी गरिदिए। अब लौ भन, ती दुईमध्ये कुन चाहिँले तिनलाई बढी प्रेम गर्ला?”
LUK 7:43 सिमोनले जवाफ दिए, “मेरो विचारमा बढी ऋण माफी पाउनेले।” येशूले भन्‍नुभयो, “तिमीले ठिक विचार गर्‍यौ।”
LUK 7:44 तब त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्‍नुभयो, “यस स्त्रीलाई देख्छौ? म तिम्रो घरमा आएँ। तिमीले मलाई पाउ धुने पानी दिएनौ। तर यसले त आफ्नो आँसुले मेरा पाउ भिजाएर आफ्नै केशले पुछेकी छ।
LUK 7:45 तिमीले मलाई चुम्बन गरेनौ; तर यस स्त्रीले त म घरभित्र आएदेखि मेरा पाउहरूमा चुम्बन गर्न छोडेकी छैन।
LUK 7:46 तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा पाउहरूमा अत्तर नै खन्याएकी छे।
LUK 7:47 त्यसकारण म तिमीलाई भन्दछु, यसका धेरै पापहरू क्षमा भएका छन्; किनकि यसले बढी प्रेम देखाएकी छे। तर जसलाई थोरै मात्र क्षमा गरिन्छ, त्यसले थोरै नै प्रेम गर्दछ।”
LUK 7:48 त्यसपछि येशूले त्यस स्त्रीलाई भन्‍नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन्।”
LUK 7:49 तब अरू पाहुनाहरूले आपसमा भन्‍न लागे, “पाप पनि क्षमा दिने यिनी को हुन्?”
LUK 7:50 येशूले त्यस स्त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ; अब शान्तिसाथ जाऊ!”
LUK 8:1 त्यसपछि येशू परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै सहर-सहर र गाउँ-गाउँमा जानुभयो। ती बाह्रै जना चेलाहरू उहाँसँगै थिए।
LUK 8:2 दुष्‍ट आत्मा र रोगहरूबाट निको भएका कतिपय स्त्रीहरू पनि उहाँसँगै थिए: मग्दलिनी भन्‍ने मरियम, जसबाट सात वटा दुष्‍ट आत्माहरू निस्केका थिए;
LUK 8:3 हेरोदका कामदार कुजाकी पत्नी योअन्‍ना थिइन्। साथै सुसन्‍ना र अरू धेरै स्त्रीहरू थिए, जसले आफूसँग जे छ, त्यसबाट उहाँको सेवामा सहायता गर्थे।
LUK 8:4 जब ठूलो भीड जम्मा भए, र धेरै मानिसहरू सहर-सहरबाट येशूकहाँ आएका थिए, तब उहाँले यो दृष्‍टान्त भन्‍नुभयो:
LUK 8:5 “एक जना किसान बिउ छर्नलाई निस्क्यो। उसले जब बिउ छर्दैथियो, तब केही बिउ बाटोमा परे; ती कुल्चिइए र आकाशका चराहरूले आएर खाइदिए।
LUK 8:6 केही ढुङ्गेनी जमिनमा परे। उम्रिने बित्तिकै ती बिरुवाहरू सुकिहाले; किनकि तिनमा ओस थिएन।
LUK 8:7 केही बिउ काँडाहरूका झाडीमा परे, जो ती साथसाथै बढेर आए, र बिरुवाहरूलाई निसासिदिए।
LUK 8:8 कतिपय बिउ असल जमिनमा खसे; र ती उम्रिए। अनि छरिएकोभन्दा सय गुणा बढी फल फलाए।” यति भनिसकेपछि उहाँले उच्‍च सोरमा भन्‍नुभयो, “जसका सुन्‍ने कानहरू छन्, त्यसले सुनोस् र बुझोस्।”
LUK 8:9 उहाँका चेलाहरूले यो दृष्‍टान्तको अर्थ के हो भनी उहाँलाई सोधे।
LUK 8:10 उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्यको रहस्यको ज्ञान तिमीहरूलाई प्रकट गरिएको छ; तर अरूहरूसँग म दृष्‍टान्तद्वारा बोल्छु, यसरी धर्मशास्त्र पूरा होस्: “ ‘तिनीहरूले हेरेर पनि नदेखून्, र सुनेर पनि नबुझून्।’
LUK 8:11 “दृष्‍टान्तको अर्थ यही हो, बिउचाहिँ परमेश्‍वरको वचन हो।
LUK 8:12 बाटोतिर परेका तिनीहरू हुन्, जसले वचन त सुन्छन्, तर तिनीहरूले विश्‍वास नगरून् र मुक्ति नपाऊन् भनी शैतान आउँछ, र तिनीहरूका हृदयबाट वचन लैजान्छ।
LUK 8:13 ढुङ्गेनी ठाउँमा परेका तिनीहरू हुन्, जसले सुन्दैगर्दा वचन बडो आनन्दसाथ ग्रहण गर्छन्, तर तिनको कुनै जरा हुँदैन। तिनीहरू केही बेरका निम्ति विश्‍वास त गर्छन्, तर परीक्षाको समयमा तिनीहरू पछि हट्छन्।
LUK 8:14 काँडाहरूका बीचमा परेका तिनीहरूलाई दर्शाउँछ, जसले वचन सुन्छन्, तर आफ्नो बाटोमा अगि बढ्दै जाँदा जीवनको चिन्ता, धनसम्पत्ति र सुख-चैनका कारण निसासिन्छन्, र परिपक्व हुन पाउँदैनन्।
LUK 8:15 तर असल जमिनमा परेको बिउले तिनीहरूलाई दर्शाउँछ, जसको हृदय निष्कपट र भलो छ, तिनीहरूले वचन सुन्छन्, त्यसलाई हृदयमा जोगाइराख्छन् र मेहनत गरी फल फलाउँछन्।
LUK 8:16 “कसैले पनि बत्ती बालेर भाँडाले छोप्दैन, अथवा खाटमुनि राख्दैन। तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यसलाई सामदानमाथि राख्दछ।
LUK 8:17 किनकि लुकेको कुनै कुरा छैन, जो प्रकट हुँदैन। अनि गुप्‍तमा लुकेको कुनै कुरा छैन, जो थाहा लाग्दैन अथवा प्रकाशमा आउँदैन।
LUK 8:18 त्यसकारण तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार रहो। जससित छ, त्यसलाई अरू दिइनेछ; र जससँग छैन, त्यसले आफूसँग जे छ भनी ठान्छ, त्यो पनि त्यसबाट खोसिनेछ।”
LUK 8:19 येशूका आमा र भाइहरू उहाँलाई भेट्न आए, तर भीडले गर्दा तिनीहरू उहाँकहाँ नजिक पुग्न सकेनन्।
LUK 8:20 कसैले उहाँलाई भन्यो, “तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन् र तपाईंलाई भेट्न चाहन्छन्।”
LUK 8:21 उहाँले जवाफ दिनुभयो, “मेरी आमा र मेरा भाइहरू तिनीहरू नै हुन्, जसले परमेश्‍वरको वचन सुन्छन् र त्यो पालन गर्छन्।”
LUK 8:22 एक दिन येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “हामी तालको पारिपट्टि जाऔँ।” अनि उहाँहरू डुङ्गामा चढेर जानुभयो।
LUK 8:23 तिनीहरू डुङ्गामा जाँदै गर्दा येशू निदाउनुभयो। त्यस तालमा ठूलो आँधी चल्न लाग्यो जसले गर्दा डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू ठूलो खतरामा परे।
LUK 8:24 तब उहाँकहाँ गएर चेलाहरूले यसो भन्दै उहाँलाई बिउँझाए, “गुरुज्यू, गुरुज्यू, हामी त डुब्नै लाग्यौँ!” तब उहाँ उठेर बतास र उर्लंदो पानीको छाललाई हप्काउनुभयो। आँधी थामियो र सबै शान्त भयो।
LUK 8:25 उहाँले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास खोइ?” डर र आश्‍चर्यमा परी तिनीहरूले एक-आपसमा भने, “उहाँ को हुनुहुन्छ? उहाँले आँधी र पानीलाई समेत आज्ञा गर्नुहुन्छ, र तिनीहरूले उहाँको आज्ञा मान्दा रहेछन्।”
LUK 8:26 उहाँहरू डुङ्गामा चढेर गालीलको तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा आइपुग्नुभयो।
LUK 8:27 येशू जब किनारमा उत्रनुभयो, तब भूतआत्माले ग्रसित भएको त्यस सहरको एक जना मानिसले उहाँलाई भेट्यो। धेरै लामो समयदेखि त्यस मानिसले लुगा लगाउँदैनथियो। घरमा बस्दैनथियो; तर चिहानहरूका गुफामा बस्‍नेगर्थ्यो।
LUK 8:28 जब त्यसले येशूलाई देख्यो, त्यो चिच्यायो, र उहाँको पाउमा पर्‍यो। अनि चर्को सोरले कराएर भन्यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, तपाईं मसित के चाहनुहुन्छ? म तपाईंलाई बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!”
LUK 8:29 किनकि येशूले अशुद्ध आत्मालाई त्यो मानिसबाट अगिबाटै निस्किआउन आज्ञा गर्नुभएको थियो। त्यस आत्माले त्यसलाई धेरैपल्ट पक्रेको थियो। त्यसलाई हात र खुट्टामा साङ्लोले बाँधेर पहरा दिएर राखिएको भए तापनि साङ्लाहरू छिनाइहाल्थ्यो। अनि भूतआत्माले त्यसलाई एकान्त ठाउँहरूमा लैजान्थ्यो।
LUK 8:30 येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले जवाफ दियो, “फौज,” किनकि त्यसभित्र धेरै भूतआत्माहरू पसेका थिए।
LUK 8:31 तिनीहरूले उहाँसँग तिनीहरूलाई अतल कुण्डमा जाने आज्ञा नदिनका निम्ति बारम्बार बिन्ती गरे।
LUK 8:32 त्यहाँ डाँडामा एक हुल सुँगुरहरू चरिरहेका थिए। भूतआत्माहरूले तिनीहरूलाई ती सुँगुरहरूभित्र पस्‍न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे। उहाँले अनुमति दिनुभयो।
LUK 8:33 तब त्यो मानिसबाट भूतहरू निस्केर ती सुँगुरहरूभित्र पसे। त्यो हुल भिरालो पाखाबाट हुरमुरिँदै गएर तालमा खसे, र डुबेर मरे।
LUK 8:34 जब सुँगुर चराउनेहरूले त्यहाँ यो भएको घटना देखे, तब तिनीहरू भागे। अनि सहर र गाउँतिर यसको खबर दिए।
LUK 8:35 मानिसहरू जे घटेको थियो, त्यो हेर्न गए। येशूकहाँ आउँदा तिनीहरूले जुन मानिसबाट भूतआत्माहरू निस्केर गएका थिए, त्यो मानिस ठिक दिमागको भएर लुगा लगाएर येशूका पाउमा बसिरहेका भेट्टाए। यो देखेर तिनीहरू डराए।
LUK 8:36 जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्‍ट आत्मा लागेको मानिस कसरी निको पारियो भनी मानिसहरूलाई भनिदिए।
LUK 8:37 तब गिरासिनी इलाकाका सबै मानिसहरूले येशूलाई तिनीहरूका ठाउँबाट छोडेर गइहाल्न बिन्ती गरे; किनकि तिनीहरू अत्यन्तै डराएका थिए। यसकारण उहाँ डुङ्गामा चढेर फर्कनुभयो।
LUK 8:38 जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसले उहाँकै साथमा जान पाऊँ भनी बिन्ती गर्‍यो; तर येशूले त्यसलाई यसो भन्दै पठाउनुभयो,
LUK 8:39 “तिमी आफ्नै घरमा फर्क। परमेश्‍वरले तिम्रा निम्ति कति ठूला काम गरिदिनुभएको छ, सो भनिदेऊ।” अनि त्यो मानिस गयो र येशूले त्यसका निम्ति कति ठूलो काम गर्नुभयो, सो कुरा सारा सहरभरि प्रचार गरिहिँड्न थाल्यो।
LUK 8:40 जब येशू फर्केर आउनुभयो, तब एउटा ठूलो भीडले उहाँलाई स्वागत गरे; किनकि तिनीहरू सबैले उहाँलाई प्रतीक्षा गरिरहेका थिए।
LUK 8:41 तब याइरस नाम गरेका सभाघरका एक जना शासक आए। अनि उहाँलाई तिनको घरमा आइदिनुहोस् भनी बिन्ती गर्दै येशूका पाउमा घोप्टो परे।
LUK 8:42 किनभने तिनकी एउटै मात्र छोरी, जो लगभग बाह्र वर्षकी थिई, ऊ मर्न लागेकी थिई। येशू त्यहाँ जाँदै गर्नुहुँदा भीडहरूले उहाँलाई घचेटिरहेका थिए।
LUK 8:43 बाह्र वर्षदेखि रगत बग्ने रोगले सताइएकी एउटी स्त्री पनि त्यहाँ थिई। उसलाई कसैले निको पार्न सकेको थिएन।
LUK 8:44 त्यो स्त्री येशूको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई। अनि तुरुन्तै उसको रगत बग्न बन्द भयो।
LUK 8:45 येशूले “कसले मलाई छोयो?” भनी सोध्नुभयो। सबैले इन्कार गरेपछि पत्रुसले भने, “गुरुज्यू, भीडले तपाईंलाई घेरेर घचेटिरहेका छन्।”
LUK 8:46 तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोएकै हो। मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।”
LUK 8:47 तब त्यस स्त्रीले आफू उम्केर जान नसक्ने देखेर काम्दै आई, र येशूको पाउमा घोप्टो परी। उसले उहाँलाई किन छोएकी थिई र ऊ कसरी तुरुन्तै निको भई, त्यो कुरा सबै मानिसहरूका सामु बताइदिई।
LUK 8:48 तब उहाँले उसलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ; शान्तिसँग जाऊ!”
LUK 8:49 येशू बोलिरहनुभएकै बेला सभाघरका शासक याइरसको घरबाट एक जना मानिस आइपुग्यो र त्यसले भन्यो, “तपाईंकी छोरीको मृत्यु भइसकेको छ; अब गुरुज्यूलाई कष्‍ट नदिनुहोस्।”
LUK 8:50 यो सुनेर येशूले याइरसलाई भन्‍नुभयो, “नडराऊ, विश्‍वास मात्र गर, र ऊ निको हुनेछे।”
LUK 8:51 याइरसको घरमा आइपुगेपछि उहाँले पत्रुस, यूहन्‍ना, याकोब, र केटीका आमा र बुबाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन।
LUK 8:52 त्यस बेला सबै जना त्यस केटीका लागि रोइरहेका र बिलौना गरिरहेका थिए। तर उहाँले भन्‍नुभयो, “बिलौना नगर, ऊ मरेकी छैन, तर निदाएकी मात्र छे।”
LUK 8:53 त्यो मरिसकेकी छ भनी जानेर तिनीहरूले उहाँलाई हाँसोमा उडाए।
LUK 8:54 तर उहाँले त्यसको हात समातेर भन्‍नुभयो, “मेरी छोरी, उठ!”
LUK 8:55 अनि त्यसको आत्मा फेरि फर्केर आयो, र ऊ तुरुन्तै उठी। त्यसपछि येशूले उसलाई केही खान दिनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो।
LUK 8:56 त्यसका आमाबुबा आश्‍चर्यचकित भए, तर उहाँले तिनीहरूलाई जे भएको थियो, त्यसबारे कसैलाई नभन्‍नू भन्‍ने आज्ञा दिनुभयो।
LUK 9:1 एक दिन येशूले बाह्र जना चेलाहरूलाई एकसाथ बोलाउनुभयो। त्यसपछि तिनीहरूलाई उहाँले भूतआत्माहरू निकाल्ने, रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो।
LUK 9:2 अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको घोषणा गर्न र बिरामीहरूलाई निको पार्न अधिकार दिएर पठाउनुभयो।
LUK 9:3 उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यात्राका लागि केही पनि नलेओ; न लहुरो, न झोला, न रोटी, न पैसा, न त दुईसरो लुगा।
LUK 9:4 जुन घरमा तिमीहरू पस्छौ, त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस।
LUK 9:5 यदि मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने तिनीहरूका सहर छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीका निम्ति तिमीहरूका पैतालाको धुलो टक्टक्याइदेओ।”
LUK 9:6 तब तिनीहरू बिदा भए; अनि सबैतिर सुसमाचार घोषणा गर्दै र रोगीहरूलाई निको पार्दै गाउँ-गाउँमा गए।
LUK 9:7 अब गालील प्रदेशका शासक हेरोदले यी सबै घटनाबारे सुनेर तिनी अन्योलमा परे, किनकि कसै-कसैले यूहन्‍ना मरेकाबाट जीवित भएका छन् भनी भन्दथे।
LUK 9:8 कतिले एलिया देखा परेका छन् भन्दथे। अनि कतिपयले भने उहिलेका अगमवक्ताहरूमध्ये एक जना बौरी उठेर आएका हुन् भन्‍ने गर्थे।
LUK 9:9 तर हेरोदले भने, “मैले नै यूहन्‍नाको शिर काट्न लगाएँ। त्यसकारण यिनीचाहिँ को हुन्, जसका बारेमा म यस्ता सबै कुराहरू सुन्दैछु?” अनि तिनले उहाँलाई भेट्ने प्रयास गरे।
LUK 9:10 जब प्रेरितहरू फर्केर आए, तब आफूले गरेका कामका विषयमा येशूलाई बताए। त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो साथमा लिई बेथसेदा भन्‍ने एउटा सहरमा सुटुक्‍कै जानुभयो।
LUK 9:11 तर भीडले यो कुरा थाहा पाएर उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्‍वरको राज्यको विषयमा सिकाउनुभयो। अनि निको हुन आवश्यक भएका जतिलाई निको पार्नुभयो।
LUK 9:12 दिन ढल्कन थालेपछि बाह्रै जना उहाँकहाँ आएर भने, “भीडलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर खानपान र बास खोजून्, किनकि हामी यहाँ सुनसान ठाउँमा छौँ।”
LUK 9:13 उहाँले भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले जवाफ दिए, “गएर भीडका निम्ति खानेकुरा नकिनेसम्म त अहिले हामीसँग केवल पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।”
LUK 9:14 (त्यहाँ पुरुषहरू मात्र लगभग पाँच हजार जति थिए।) तर उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “तिनीहरूलाई पचास-पचासको समूहमा बसाओ।”
LUK 9:15 अनि चेलाहरूले त्यसै गरे र सबै जना बसे।
LUK 9:16 ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो; अनि रोटी भाँच्नुभयो र मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो।
LUK 9:17 तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।
LUK 9:18 एकपल्ट येशू एकलै प्रार्थना गर्दैहुनुहुन्थ्यो। उहाँका चेलाहरू उहाँसँगै थिए, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई, म को हुँ भन्छन्?”
LUK 9:19 तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना भन्छन्, कसैले एलिया भन्छन्, अनि कतिले चाहिँ पहिलेका अगमवक्ताहरू मध्येबाट एक जना फेरि उठेर आएका हुन् भनी भन्छन्।”
LUK 9:20 उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूचाहिँ म को हुँ भन्छौ त?” पत्रुसले जवाफ दिए, “परमेश्‍वरका ख्रीष्‍ट!”
LUK 9:21 येशूले तिनीहरूलाई यो कुरा कसैलाई नभन्‍नू भनी कडा आज्ञा दिनुभयो।
LUK 9:22 अनि उहाँले भन्‍नुभयो, “मानिसको पुत्रले धेरै कष्‍टहरू सहनुपर्छ। प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा फेरि जीवित भई उठ्नुपर्छ।”
LUK 9:23 त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।
LUK 9:24 किनकि जसले आफ्नो जीवन बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसैले त्यो बचाउनेछ।
LUK 9:25 यदि कुनै मानिसले सारा संसार हात पारेर पनि आफैँलाई नाश पार्छ वा गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र?
LUK 9:26 यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो, पिताको र पवित्र स्वर्गदूतहरूको महिमामा आउँदा त्यस मानिससँग शर्माउनेछ।
LUK 9:27 “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यहाँ उपस्थित भएकाहरूमध्ये कतिले परमेश्‍वरको राज्य आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”
LUK 9:28 येशूले यो कुरा भन्‍नुभएको करिब आठ दिनपछि पत्रुस, याकोब र यूहन्‍नालाई आफ्नो साथमा लिएर प्रार्थना गर्नलाई उहाँ एउटा अग्लो पर्वतमा चढ्नुभयो।
LUK 9:29 उहाँले प्रार्थना गर्दै गर्नुहुँदा उहाँको अनुहारको रूप बदलियो, र उहाँको लुगा बिजुली चम्केको झैँ उज्ज्वल भयो।
LUK 9:30 दुई व्यक्ति, मोशा र एलिया, येशूसँग बातचित गर्दै महिमित अवस्थामा देखा परे।
LUK 9:31 तिनीहरूले उहाँको बिदाइको बारेमा बोलिरहेका थिए, जुन कुरा उहाँले अब यरूशलेममा पूरा गर्न लाग्नुभएको थियो।
LUK 9:32 पत्रुस र तिनका साथीहरू निन्द्राले लट्ठ भएका थिए; तर जब तिनीहरू पूर्ण रूपले बिउँझे, तब तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिरहेका दुई जना मानिसलाई देखे।
LUK 9:33 मानिसहरू येशूबाट बिदा भएर जान लाग्दा पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।” आफूले के बोलेका थिए, सो कुराको तिनलाई ख्यालै थिएन।
LUK 9:34 तिनी बोलिरहेकै बेलामा एउटा बादल देखा पर्‍यो। अनि तिनीहरूलाई ढाक्यो, र बादलभित्र प्रवेश गर्न लाग्दा तिनीहरू डराए।
LUK 9:35 बादलबाट यसो भन्‍ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ, यिनको कुरा सुन!”
LUK 9:36 यो आवाज बोलिएपछि तिनीहरूले येशू एकलै हुनुभएको देखे। चेलाहरूले यो घटनाका कुरा आफैँमा मात्र राखे, र आफूले देखेका कुरा त्यस समयमा तिनीहरूले अरू कसैलाई बताएनन्।
LUK 9:37 भोलिपल्ट, जब उहाँहरू पहाडबाट तल आउनुभयो, तब एउटा ठूलो भीड उहाँलाई भेट्न आयो।
LUK 9:38 भीडबाट एउटा मानिसले कराएर भन्यो, “गुरुज्यू, मेरो छोरामाथि कृपादृष्‍टि गरिदिनुहोस् भनी म बिन्ती गर्दछु; किनकि ऊ मेरो एउटै मात्र सन्तान हो।
LUK 9:39 एउटा आत्माले उसलाई पक्रन्छ, र ऊ अचानक चिच्याउँछ। त्यस आत्माले उसलाई छोप्छ, र उसले मुखबाट फिँज काढ्छ। त्यसले उसलाई मुस्किलले कहिलेकाहीँ मात्र छोड्छ र त्यसले उसलाई नाश गर्न खोज्दैछ।
LUK 9:40 त्यसलाई निकालिदिनका लागि मैले तपाईंका चेलाहरूलाई बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।”
LUK 9:41 येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? अनि येशूले त्यो केटोको बुबालाई भन्‍नुभयो, तिम्रो छोरालाई यहाँ ल्याऊ।”
LUK 9:42 त्यो केटो आउँदा-आउँदै दुष्‍ट आत्माले उसलाई भुइँमा पछार्‍यो र माडारमुडुर पार्‍यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हप्काउनुभयो, र केटालाई निको पार्नुभयो, अनि त्यसलाई बुबाको हातमा दिनुभयो।
LUK 9:43 तिनीहरू सबै परमेश्‍वरको महान् शक्ति देखेर आश्‍चर्यचकित भए। सबै मानिसहरू येशूले गर्नुभएका कुरामा छक्‍क परेका देखेर येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
LUK 9:44 “मैले तिमीहरूलाई जे भन्दैछु, त्यो ध्यानपूर्वक सुन: मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ।”
LUK 9:45 तर यसको अर्थ के हो, त्यो तिनीहरूले बुझ्न सकेनन्। तिनीहरूले नबुझून् भनी यो कुरा तिनीहरूबाट गुप्‍त राखिएको थियो; अनि यसको बारेमा उहाँलाई सोध्न तिनीहरू डराए।
LUK 9:46 चेलाहरूका बीचमा तिनीहरूमध्ये सबैभन्दा ठूलो को हुने भन्‍ने विषयमा विवाद सुरु भयो।
LUK 9:47 येशूले तिनीहरूका विचार थाहा पाएर एउटा सानो बालकलाई लिनुभयो र आफ्नो छेउमा उभ्याउनुभयो।
LUK 9:48 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले यस बालकलाई मेरो नाममा ग्रहण गर्छ; त्यसले मलाई नै ग्रहण गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्छ; त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ; किनकि जो तिमीहरूमध्ये सबैभन्दा सानो छ, त्यही नै सबैभन्दा महान् हुन्छ।”
LUK 9:49 यूहन्‍नाले भने, “गुरुज्यू, हामीले एक जना मानिसलाई तपाईंको नाममा भूतहरू निकालिरहेको देख्यौँ। अनि हामीले त्यसलाई रोक्यौँ, किनकि ऊ हाम्रो समूहको होइन।”
LUK 9:50 येशूले भन्‍नुभयो, “त्यसलाई नरोक; किनकि जो तिम्रो विरुद्धमा छैन, त्यो तिम्रो पक्षमा हुन्छ।”
LUK 9:51 जब उहाँको स्वर्ग उठाइलगिने दिन नजिक आउँदैथियो, तब येशूले यरूशलेमतिर जाने निश्‍चय गर्नुभयो।
LUK 9:52 उहाँले समाचार लाने मानिसहरूलाई अगि-अगि पठाउनुभयो; जो उहाँका निम्ति सबै कुरा तयार पार्न सामरीहरूको एउटा गाउँमा गए।
LUK 9:53 तर त्यहाँका मानिसहरूले उहाँ यरूशलेम जान लाग्नुभएको हुनाले उहाँलाई स्वागत गरेनन्।
LUK 9:54 उहाँका चेलाहरू याकोब र यूहन्‍नाले यो देखेपछि उहाँलाई सोधे, “प्रभु, के यिनीहरूलाई भस्म गर्न एलियाझैँ हामीले पनि स्वर्गबाट आगो बर्सने आज्ञा गरौँ भन्‍ने तपाईं चाहनुहुन्छ?”
LUK 9:55 तर येशूले फर्केर तिनीहरूलाई हप्काउनुभयो,
LUK 9:56 र उहाँहरू अर्कै गाउँतिर जानुभयो।
LUK 9:57 उहाँहरू बाटोमा हिँडिरहनुभएको बेला एक जना मानिसले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।”
LUK 9:58 येशूले भन्‍नुभयो, “फ्याउराहरूका ओडार छन्, र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।”
LUK 9:59 उहाँले अर्को मानिसलाई भन्‍नुभयो, “मेरो पछि लाग।” तर त्यसले भन्यो, “प्रभु, पहिले मलाई मेरा बुबाको लास गाड्न जान दिनुहोस्।”
LUK 9:60 येशूले त्यसलाई भन्‍नुभयो, “मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्। तर तिमी गएर परमेश्‍वरको राज्यको घोषणा गर।”
LUK 9:61 अझै अर्कोले भन्यो, “प्रभु, म तपाईंलाई पछ्याउनेछु, तर पहिले मलाई गएर मेरा परिवारबाट बिदा लिन दिनुहोस्।”
LUK 9:62 येशूले जवाफ दिनुभयो, “आफ्नो हात हलोमा राखेर पछिल्तिर फर्केर हेर्ने कुनै पनि मानिस परमेश्‍वरको राज्यको सेवामा योग्य हुँदैन।”
LUK 10:1 त्यसपछि प्रभुले अरू बहत्तर जनालाई नियुक्त गर्नुभयो। तिनीहरूलाई आफू जान लाग्नुभएको हरेक सहर र ठाउँमा दुई-दुई जना गरी आफूभन्दा अगि पठाउनुभयो।
LUK 10:2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर।
LUK 10:3 जाओ! म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा थुमाहरूझैँ पठाउँदैछु।
LUK 10:4 न पैसाको थैली, न झोला, न त जुत्ताहरू, केही नबोक। अनि बाटोमा कसैलाई पनि अभिवादन नगर।
LUK 10:5 “जब तिमीहरू कुनै घरमा पस्दछौ, पहिले भन, ‘यस घरमा शान्ति रहोस्!’
LUK 10:6 यदि त्यहाँ शान्तिको मानिस रहेछ भने तिम्रो शान्ति त्यससँग रहनेछ; यदि छैन भने त्यो शान्ति तिमीहरूकहाँ नै फर्किआउनेछ।
LUK 10:7 तिनीहरूले जे दिन्छन्, त्यही खानपान गर्दै त्यही घरमा नै बस; किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर-घर पसेर डुल्ने नगर।
LUK 10:8 “कुनै सहरमा पस्दा तिमीहरूलाई स्वागत गरियो भने तिमीहरूका सामु जे राखिन्छ, त्यो खाओ।
LUK 10:9 त्यहाँ भएका बिरामीहरूलाई निको पार, र तिनीहरूलाई ‘परमेश्‍वरको राज्य तिमीहरूका नजिकै आइपुगेको छ’ भन।
LUK 10:10 तर कुनै सहरमा पस्दा तिमीहरूलाई स्वागत गरिएन भने त्यस सहरका गल्‍लीहरूमा जाओ, र यसो भन,
LUK 10:11 ‘हाम्रा पैतालामा टाँसिएका तिमीहरूको सहरको धुलोसम्म पनि तिमीहरूको विरुद्धमा टक्टक्याउँछौँ; तापनि यो निश्‍चय जान: परमेश्‍वरको राज्य नजिकै आइपुगेको छ।’
LUK 10:12 म तिमीहरूलाई भन्दछु, त्यस दिन त्यो सहरको भन्दा त बरु सदोमको अवस्था सहन सक्ने हुनेछ।
LUK 10:13 “धिक्‍कार, तँलाई, हे खोराजिन! धिक्‍कार, तँलाई, हे बेथसेदा! यदि तिमीहरूमा गरिएका अचम्मका कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले भाङ्ग्रा ओढेर खरानीमा बसी पश्‍चात्ताप गर्नेथिए।
LUK 10:14 तर न्यायको समयमा तिमीहरूको भन्दा टायर र सीदोनको अवस्था सहन सक्ने हुनेछ।
LUK 10:15 अनि, हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ तल पातालमा खसालिनेछस्।
LUK 10:16 “जसले तिमीहरूका कुरा सुन्छ, त्यसले मेरै कुरा सुनेको हुन्छ। जसले तिमीहरूलाई अस्वीकार गर्छ; त्यसले मलाई नै अस्वीकार गरेको हुन्छ; तर जसले मलाई अस्वीकार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई पनि अस्वीकार गरेको हुन्छ।”
LUK 10:17 ती बहत्तर जना आनन्दित हुँदै फर्केर आएर भने, “प्रभु, तपाईंको नाममा त भूतआत्माहरूसमेत हाम्रा अधीनमा आउँछन्।”
LUK 10:18 उहाँले भन्‍नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली चम्केझैँ खसिरहेको देखेँ।
LUK 10:19 मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्तिमाथि विजय हुने अधिकार दिएको छु; र कुनै कुराले पनि तिमीहरूलाई हानि गर्नेछैन।
LUK 10:20 तापनि दुष्‍ट आत्माहरू तिमीहरूका अधीनमा आएकोमा आनन्द नगर। तर तिमीहरूका नाम स्वर्गमा लेखिएका छन् भन्‍ने कुरामा आनन्द गर।”
LUK 10:21 त्यस बेला येशू पवित्र आत्माद्वारा आनन्दले भरिनुभयो र भन्‍नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंको प्रशंसा गर्दछु, किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र ज्ञानीहरूबाट गुप्‍त राखेर साना बालबालिकाहरूलाई प्रकट गरिदिनुभएको छ; किनकि हे पिता, तपाईंलाई यस्तै गर्न असल लाग्यो।
LUK 10:22 “मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताले बाहेक कसैले जान्दैन। अनि पिता को हो भनी पुत्रले र जस-जसकहाँ उहाँलाई प्रकट गरिदिने इच्छा गर्दछ, त्यसले बाहेक अरू कसैले चिन्दैन।”
LUK 10:23 त्यसपछि चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गोप्यमा भन्‍नुभयो, “धन्य हुन् ती आँखाहरू, जसले तिमीहरूले देखेका कुराहरू देख्दछन्।
LUK 10:24 किनकि म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्छौ, त्यो हेर्न इच्छा गरेका थिए, तर देखेनन्; र तिमीहरू जे सुन्छौ, त्यो सुन्‍न इच्छा गरेका थिए, तर सुनेनन्।”
LUK 10:25 एक समयमा एक जना व्यवस्थाका विशेषज्ञ येशूको परीक्षा गर्न उठे, र उहाँलाई प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?”
LUK 10:26 उहाँले भन्‍नुभयो, “व्यवस्थामा के लेखिएको छ? त्यसलाई तिमी कसरी पढ्छौ?”
LUK 10:27 तब तिनले जवाफ दिए: “ ‘परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण बलले र सम्पूर्ण मनले प्रेम गर,’ र ‘आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।’”
LUK 10:28 येशूले जवाफ दिनुभयो, “तिमीले ठिक जवाफ दियौ। त्यसै गर, र तिमी बाँच्नेछौ।”
LUK 10:29 तर तिनले आफूलाई धर्मी ठहराउने इच्छा गरेर येशूलाई सोधे, “त्यसो भए मेरो छिमेकी को हो त?”
LUK 10:30 जवाफमा येशूले भन्‍नुभयो: “एक जना मानिस यरूशलेमबाट यरीहोतिर ओर्लंदैथियो। त्यो डाँकुहरूको फेला पर्‍यो। तिनीहरूले त्यसलाई नाङ्गै पारे, पिटे र अधमरो बनाएर छोडेर गए।
LUK 10:31 संयोगवश एउटा पुजारी त्यही बाटो भएर आयो, र त्यस अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो।
LUK 10:32 त्यसै गरी एउटा लेवी पनि त्यस ठाउँमा आइपुग्यो, र त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।
LUK 10:33 तर एक जना सामरी यात्रा गर्दागर्दै त्यो मानिस भएको ठाउँमा आइपुग्यो। त्यसलाई देखेर त्यस सामरीको मन दयाले भरियो।
LUK 10:34 अनि त्यो सामरी त्यसकहाँ गएर त्यसको घाउमा तेल र दाखमद्य लगाएर पट्टी बाँधिदियो। त्यसपछि उसले त्यस मानिसलाई आफ्नै गधामा चढाएर पौवामा लग्यो र त्यसको हेरचाह गर्‍यो।
LUK 10:35 भोलिपल्ट उसले चाँदीका दुई वटा सिक्‍का निकालेर पौवाका मालिकलाई दिँदै भन्यो, ‘यिनको हेरचाह गरिदेऊ। अरू बढी खर्च लागेछ भने म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु।’
LUK 10:36 “अब तिम्रो विचारमा यी तीन जनामध्ये कुनचाहिँ त्यो डाँकुहरूका हातमा पर्ने मानिसको छिमेकी ठहरियो?”
LUK 10:37 व्यवस्थाका ती विशेषज्ञले जवाफ दिए, “त्यही मानिस, जसले त्यस मानिसमाथि दया देखायो।” येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, र तिमी पनि त्यस्तै गर।”
LUK 10:38 येशू र उहाँका चेलाहरू यात्रा गर्नुहुँदै एउटा गाउँमा आइपुग्नुभयो। त्यहाँ मार्था नाम भएकी एउटी स्त्रीले आफ्नो घरमा उहाँको स्वागत गरिन्।
LUK 10:39 तिनकी मरियम नाम भएकी एउटी बहिनी थिइन्, जो उहाँको वचन सुन्दै प्रभुका पाउमा बसिन्।
LUK 10:40 तर मार्था सेवा-सत्कारका तयारी गर्ने धेरै काममा अल्झिएकी थिइन्। तिनी उहाँकहाँ आइन् र भनिन्, “प्रभु, के तपाईं वास्ता राख्नुहुन्‍न, मेरी बहिनीले सबै काममा मलाई एकलै पारेकी छिन्? मलाई सघाइदिन तिनलाई भनिदिनुहोस्!”
LUK 10:41 येशूले जवाफ दिनुभयो, “मार्था, ए मार्था, तिमी धेरै कुराहरूका विषयमा चिन्ता गर्छ्यौ र दुःखी हुन्छ्यौ।
LUK 10:42 तर एउटा मात्र कुराको आवश्यकता छ। अनि जे असल छ, मरियमले त्यही छानेकी छिन्। त्यो तिनीबाट खोसिनेछैन।”
LUK 11:1 एक दिन येशू कुनै ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्नुभएपछि उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, यूहन्‍नाले आफ्ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।”
LUK 11:2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन: “ ‘हे पिता, तपाईंको नाम पवित्र गरियोस्। तपाईंको राज्य आओस्।
LUK 11:3 हामीलाई हरेक दिन हाम्रो दैनिक भोजन दिनुहोस्।
LUK 11:4 हाम्रा पापहरू क्षमा गरिदिनुहोस्; किनकि हामीले पनि हाम्रो विरुद्धमा पाप गर्ने हरेकलाई क्षमा गर्दछौँ। अनि हामीलाई परीक्षामा नल्याउनुहोस्।’ ”
LUK 11:5 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानौँ तिमीहरूको एक जना मित्र छन्, र तिमी मध्यरातमा तिनीकहाँ गएर भन्छौ, ‘ए मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ न;
LUK 11:6 किनकि मेरा एक जना मित्र यात्राबाट मकहाँ आएका छन्। तर तिनलाई खुवाउन मसँग केही पनि छैन।’
LUK 11:7 तब भित्रबाट तिनले जवाफ देलान्, ‘मलाई दुःख नदेऊ। ढोका बन्द भइसकेको छ। मेरा केटाकेटीहरू मसँगै ओछ्यानमा सुतेका छन्। म उठेर तिमीलाई केही दिन सक्दिनँ।’
LUK 11:8 म तिमीहरूलाई भन्दछु: तिनी एक मित्र भएर पनि तिनले उठेर तिमीलाई रोटी नदेलान्, तापनि तिमीले खुरन्धार मागिरहेको कारणले गर्दा तिनी उठ्नेछन्, र तिमीलाई चाहिएको जति दिनेछन्।
LUK 11:9 “त्यसकारण म तिमीहरूलाई भन्दछु: माग, र तिमीहरूलाई त्यो दिइनेछ; खोज, र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ।
LUK 11:10 किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ। जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।
LUK 11:11 “तिमीहरूमध्ये कुनचाहिँ त्यस्तो बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला? अथवा माछा माग्दा त्यसलाई माछाको सट्टा सर्प देला?
LUK 11:12 अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला?
LUK 11:13 यसरी तिमीहरू यति दुष्‍ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछ!”
LUK 11:14 एक दिन येशूले एउटा लाटो व्यक्तिबाट भूतआत्मा निकालिरहनुभएको थियो। भूतआत्मा निस्केपछि त्यो मानिस बोल्न थाल्यो। यो देखेर भीड छक्‍क पर्‍यो।
LUK 11:15 तर तिनीहरूमध्ये कतिले भने, “यिनले त भूतहरूको शासक बालजिबुलद्वारा भूतहरू धपाउँछन्।”
LUK 11:16 अनि अरूहरूले स्वर्गबाट एउटा चिन्ह माग्दै उहाँको परीक्षा गरे।
LUK 11:17 येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो: “आपसमा विभाजित भएको हरेक राज्य नष्‍ट भएर जान्छ। अनि आपसमा विभाजित भएको जुनसुकै घर पनि पतन भएर जान्छ।
LUK 11:18 यदि शैतान पनि आफ्नै विरुद्धमा विभाजित हुन्छ भने त्यसको राज्य कसरी टिक्न सक्छ? मैले बालजिबुलद्वारा भूत निकाल्छु भनी तिमीहरूले दाबी गरेका कारण म यो भन्दैछु।
LUK 11:19 तर यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका चेलाहरूले चाहिँ कसद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्।
LUK 11:20 तर यदि म परमेश्‍वरको शक्तिद्वारा भूतहरू निकाल्छु भने परमेश्‍वरको राज्य तिमीहरूमा आइसकेको छ।
LUK 11:21 “किनकि जब कुनै बलियो मानिस हातहतियारले सुसज्जित भई आफ्नो घरको रक्षा गर्दछ, तब त्यसको सम्पत्ति सुरक्षित रहन्छ।
LUK 11:22 तर त्यसभन्दा बलियो अर्को मानिसले त्यसलाई आक्रमण गरेर जित्यो भने त्यो मानिसले भरोसा गरेका हातहतियार त्यसले खोसेर लैजान्छ, र त्यसका मालसामानहरू लुटेर बाँड्छ।
LUK 11:23 “जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ।
LUK 11:24 “जब कुनै अशुद्ध आत्मा कुनै मानिसबाट निस्किन्छ, तब त्यो ओबानो ठाउँहरूमा विश्राम खोज्न जान्छ र त्यसले भेट्टाउँदैन, तब त्यसले भन्छ, ‘म निस्केर आएको घरमा नै फर्केर जानेछु।’
LUK 11:25 जब त्यो आइपुग्छ, त्यसले त्यो घर सफा गरिएको र सुव्यवस्थित पाउँछ।
LUK 11:26 त्यसपछि त्यो जान्छ, र आफूभन्दा अझै दुष्‍ट अरू सात आत्माहरूलाई लिएर आउँछ। अनि ती सबै भित्र गएर त्यहीँ बस्छन्; र त्यो मानिसको पछिल्‍लो दशा पहिलोभन्दा झन् खराब हुन्छ।”
LUK 11:27 येशूले यी कुराहरू भन्दै गर्नुहुँदा भीडबाट एउटी स्त्रीले कराएर भनी, “ती आमा धन्य हुन्, जसले तपाईंलाई जन्म दिइन् र पालनपोषण गरिन्।”
LUK 11:28 तर उहाँले जवाफ दिनुभयो, “बरु तिनीहरू धन्य हुन्, जसले परमेश्‍वरको वचन सुन्छन् र पालन गर्छन्।”
LUK 11:29 भीडहरू बढ्दै गएपछि येशूले भन्‍नुभयो, “यो एक दुष्‍ट पुस्ता हो; यिनीहरूले अद्‌भुत चिन्ह खोज्दछन्, तर योनाको चिन्ह बाहेक अरू कुनै चिन्ह दिइनेछैन।
LUK 11:30 किनकि जसरी योना निनवेका मानिसहरूका लागि चिन्ह थिए, त्यसरी नै मानिसको पुत्र पनि यस पुस्ताको निम्ति चिन्ह हुनेछ।
LUK 11:31 न्यायको समयमा दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसित खडा भएर तिनीहरूलाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्‍नलाई पृथ्वीको पल्‍लो छेउदेखि आएकी थिइन्। तर हेर, सोलोमनभन्दा महान् एक जना यहाँ छन्।
LUK 11:32 न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्; किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्‍चात्ताप गरेका थिए। तर हेर, योनाभन्दा महान् एक जना यहाँ छन्।
LUK 11:33 “कसैले पनि बत्ती बालेर त्यसलाई गुप्‍त ठाउँमा अथवा कुनै भाँडोमुनि राख्दैन; तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यो सामदानमाथि राख्दछ।
LUK 11:34 तिम्रो आँखा तिम्रो शरीरको बत्ती हो। यदि तिम्रा आँखा स्वस्थ छन् भने तिम्रो सम्पूर्ण शरीर उज्यालो हुन्छ; तर यदि आँखा अस्वस्थ छन् भने तिम्रो शरीर पनि अँध्यारो हुन्छ।
LUK 11:35 त्यसकारण होसियार होऊ, तिमीमा भएको उज्यालो अँध्यारो नहोस्।
LUK 11:36 त्यसकारण तिम्रो सम्पूर्ण शरीर उज्यालोले पूर्ण छ, र त्यसको कुनै भाग अँध्यारो छैन भने त्यो सम्पूर्ण रूपले उज्यालो हुन्छ, जसरी बत्तीको उज्यालो तिमीहरूमा चम्कन्छ।”
LUK 11:37 येशूले बोलिसक्नुभएपछि एक जना फरिसीले उहाँलाई भोजनमा निम्तो दिए। उहाँ घरभित्र गएर टेबुलमा खान बस्‍नुभयो।
LUK 11:38 तर येशूले भोजन गर्नुअगि हात नधुनुभएको देखेर ती फरिसी छक्‍कै परे।
LUK 11:39 त्यसपछि प्रभुले तिनलाई भन्‍नुभयो, “तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त सफा गर्दछौ; तर तिमीहरूको भित्री भागचाहिँ लोभ र दुष्‍टताले भरिएको हुन्छ।
LUK 11:40 मूर्ख मानिसहरू हो! जसले बाहिरको भाग बनाउनुभयो, उहाँले नै भित्रको भाग पनि बनाउनुभएको होइन र?
LUK 11:41 तर तिमीहरूभित्र लोभले थुपारेका जे कुराहरू छन्, ती गरिबहरूलाई देओ, र तिमीहरूका निम्ति सबै कुराहरू शुद्ध हुन्छन्।
LUK 11:42 “धिक्‍कार! तिमी फरिसीहरूलाई, किनकि तिमीहरूले परमेश्‍वरलाई पुदिना, आरूद र हरेक जडीबुटीका दशांश दिन्छौ, तर न्याय र परमेश्‍वरको प्रेमलाई तिमीहरू बेवास्ता गर्दछौ। तिमीहरूले पहिलो कार्य नछोडी, यो दोस्रो पनि गर्नुपर्नेथियो।
LUK 11:43 “तिमी फरिसीहरूलाई धिक्‍कार! किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र बजारहरूमा आदरपूर्ण अभिवादन लिन रुचाउँछौ।
LUK 11:44 “तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू सङ्केत नभएका चिहानहरूजस्ता छौ, जसमाथिबाट मानिसहरू थाहै नपाई हिँड्छन्।”
LUK 11:45 व्यवस्थाका विद्वान्‌हरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, यी कुराहरू भनेर तपाईंले हाम्रो पनि बेइज्जत गर्दै हुनुहुन्छ।”
LUK 11:46 येशूले जवाफ दिनुभयो, “तिमी व्यवस्थाका विद्वान्‌हरूलाई पनि धिक्‍कार! किनकि तिमीहरूले मानिसहरूलाई तिनीहरूले बोक्नै नसक्ने भारी लदाउँछौ, तर तिमीहरू आफैँले भने तिनीहरूलाई सहायता गर्न एउटा औँलाले पनि छुँदैनौ।
LUK 11:47 “तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ; तर तिनीहरूलाई तिमीहरूकै पुर्खाहरूले मारेका थिए।
LUK 11:48 यसरी तिमीहरूले आफ्ना पुर्खाहरूले जे गरेका थिए, त्यसमा तिमीहरूको पनि सहमति छ भन्‍ने साक्षी दिन्छौ। किनकि तिनीहरूले अगमवक्ताहरूलाई मारे, अनि तिमीहरू भने उनीहरूका चिहान बनाउँछौ।
LUK 11:49 यसैकारण परमेश्‍वरले आफ्नो बुद्धिमा यसो भन्‍नुभयो, ‘म तिनीहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु। उनीहरूमध्ये कतिलाई मार्नेछन् र अरूहरूलाई तिनीहरूले सताउनेछन्।’
LUK 11:50 त्यसकारण संसारको सुरुदेखि अहिलेसम्म भएका सबै अगमवक्ताका रक्तपातको लेखा दिन यही पुस्ता जिम्मेवार रहनेछ।
LUK 11:51 हाबिलको रगतदेखि जकरियाको रगतसम्म, जसको हत्या वेदी र पवित्रस्थानको बीचमा गरिएको थियो। हो, म तिमीहरूलाई भन्दछु, यी सबै कुराको लेखा यो पुस्ताबाट नै लिइनेछ।
LUK 11:52 “तिमी व्यवस्थाका विद्वान्‌हरूलाई धिक्‍कार! किनकि तिमीहरूले ज्ञानमा प्रवेश गर्ने साँचो लगेका छौ। तर तिमीहरू आफैँ पनि भित्र पसेनौ र अरू पस्‍नेहरूलाई पनि तिमीहरूले रोक्यौ।”
LUK 11:53 येशू त्यहाँबाट जानुभएपछि फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँको घोर विरोध गर्न र उहाँलाई प्रश्नहरू सोध्दै घेराउ गर्न थाले।
LUK 11:54 अनि उहाँले बोल्नुहुने जुनसुकै कुरामा पनि तिनीहरूले उहाँलाई पक्रन दाउ खोज्न थाले।
LUK 12:1 यसैक्रममा जब त्यहाँ हजारौँको भीड जम्मा हुन लाग्यो, यहाँसम्म कि एकले अर्कालाई कुल्चन लागे, तब येशूले पहिले आफ्ना चेलाहरूसँग यसो भन्दै बोल्न लाग्नुभयो: “फरिसीहरूका खमिरदेखि होसियार रहो, जुन तिनीहरूको कपटीपन हो।
LUK 12:2 अब लुकेको कुनै कुरा छैन, जो प्रकट हुनेछैन; र गुप्‍तमा कुनै कुरा छैन, जो थाहा हुनेछैन।
LUK 12:3 तिमीहरूले अँध्यारोमा जे भनेका छौ, त्यो दिनको उज्यालोमा सुनिनेछ; र भित्री कोठामा तिमीहरूले जे कानेखुसी गरेका छौ, त्यो घरको धुरीबाट प्रचार हुनेछ।
LUK 12:4 “मेरा मित्रहरू हो, म तिमीहरूलाई भन्दछु, शरीरलाई मार्ने, तर त्यसपछि अरू केही गर्न नसक्नेहरूसँग नडराओ।
LUK 12:5 तर तिमीहरू कोसँग डराउनुपर्छ, म तिमीहरूलाई चेतावनी दिँदछु: उहाँसँग डराओ, जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। हो, म तिमीहरूलाई भन्दछु, उहाँसँग नै डराओ।
LUK 12:6 के दुई पैसामा पाँच वटा भँगेरा बिक्दैनन् र? तापनि तीमध्ये एउटै पनि परमेश्‍वरद्वारा बिर्सिइएको हुँदैन।
LUK 12:7 वास्तवमा तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ।
LUK 12:8 “म तिमीहरूलाई भन्दछु, जसले मलाई मानिसहरूका सामु स्वीकार गर्दछ, ती हरेकलाई मानिसको पुत्रले पनि परमेश्‍वरका दूतहरूका सामु स्वीकार गर्नेछ।
LUK 12:9 तर जसले मलाई मानिसहरूका सामु अस्वीकार गर्नेछ, परमेश्‍वरका दूतहरूको सामु त्यसलाई पनि अस्वीकार गरिनेछ।
LUK 12:10 मानिसको पुत्रको विरुद्धमा बोल्ने हरेकलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, त्यसलाई क्षमा गरिनेछैन।
LUK 12:11 “जब तिमीहरू सभाघरहरू, शासकहरू र अधिकारीहरूका अगि ल्याइन्छौ, तब कसरी आफ्नो बचाउको लागि के गर्ने अथवा तिमीहरूले के बोल्ने भन्‍ने विषयमा फिक्री नगर;
LUK 12:12 किनकि तिमीहरूले के बोल्नुपर्ने हो, सो पवित्र आत्माले तिमीहरूलाई त्यही बेला नै सिकाउनुहुनेछ।”
LUK 12:13 भीडबाट एक जनाले उहाँलाई भन्यो, “गुरुज्यू, मेरा दाजुलाई तिनले मसँग अंशबण्डा गरिदेऊन् भनिदिनुहोस् न।”
LUK 12:14 येशूले जवाफ दिनुभयो, “ए मानिस! कसले मलाई तिमीहरूका लागि न्यायाधीश अथवा सम्पत्ति बाँडिदिने तुल्यायो?”
LUK 12:15 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “होसियार रहो! सबै प्रकारका लालचबाट आफूलाई जोगाओ; किनकि मानिसको जीवन उसको धनसम्पत्तिको प्रशस्ततामा रहँदैन।”
LUK 12:16 त्यसपछि उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “एउटा धनी मानिसको जमिनले प्रशस्त उब्जनी दियो।
LUK 12:17 त्यसले आफ्नो मनमा गुन्‍न थाल्यो, ‘अब म के गरूँ? मेरो अन्‍न राख्ने मसँग ठाउँ नै छैन।’
LUK 12:18 “त्यसपछि त्यसले भन्यो, ‘म यसो गर्नेछु। मैले आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु; र म मेरा सबै अन्‍न र मालसामान त्यहाँ राख्नेछु;
LUK 12:19 अनि म आफैँलाई भन्‍नेछु, “तेरा निम्ति धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति थुप्रिएका छन्; सुख-चैनको जीवन बिता, खा, पी र मोज गर्।” ’
LUK 12:20 “तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘ए मूर्ख! आज राति नै तेरो प्राण तँबाट लिइनेछ; अनि तैँले आफ्ना निम्ति तयार गरेका कुराहरू कसले प्राप्‍त गर्ला?’
LUK 12:21 “आफ्ना निम्ति धनसम्पत्ति थुपार्ने, तर परमेश्‍वरका कुराहरूमा धनी नहुने हरेक मानिसको अवस्था यस्तै हुनेछ।”
LUK 12:22 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर।
LUK 12:23 भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण हो।
LUK 12:24 कागहरूलाई विचार गर: तिनीहरूले न त छर्दछन्, न कटनी गर्दछन्। तिनीहरूको न त भण्डार छ, न ढुकुटी नै; तर पनि परमेश्‍वरले तिनीहरूलाई खुवाउनुहुन्छ। तिमीहरू त चराचुरुङ्गीभन्दा कति धेरै मूल्यवान् छौ!
LUK 12:25 तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एकक्षण थप्न सक्छ र?
LUK 12:26 त्यसकारण यति सानो काम पनि गर्न सक्दैनौ भने अन्य कुराहरूका निम्ति तिमीहरू किन चिन्ता गर्दछौ?
LUK 12:27 “लिली फूलहरू कसरी हुर्कन्छन्, सो विचार गर। तिनीहरू परिश्रम गर्दैनन्, न धागो कात्छन्; तापनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्।
LUK 12:28 आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्‍वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्‍वासीहरू हो, उहाँले तिमीहरूलाई झन् कत्ति बढी पहिराउनुहुन्छ होला!
LUK 12:29 के खाऔँला अथवा के पिऔँला भनी त्यसैको खोजीमा मन नलगाओ, न त त्यस बारेमा चिन्तित नै होओ।
LUK 12:30 किनकि संसारका मानिसहरू पो यस्ता कुराहरूका पछि लाग्दछन्, तर तिमीहरूका पिताले तिमीहरूलाई यस्ता कुराहरू चाहिन्छ भनी जान्‍नुहुन्छ।
LUK 12:31 तर उहाँको राज्यको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्।
LUK 12:32 “ए सानो बगाल, नडराओ! किनकि तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्‍न हुनुभएको छ।
LUK 12:33 तिमीहरूका सम्पत्ति बेचेर गरिबहरूलाई देओ। आफ्ना निम्ति कहिल्यै नरित्तिने थैलीहरू अर्थात् स्वर्गमा कहिल्यै नसकिने धनसम्पत्ति तयार पार, जहाँ चोर लाग्दैन; अनि किराले पनि नाश पार्दैन।
LUK 12:34 किनकि जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुनेछ।
LUK 12:35 “सेवाका निम्ति सुसज्जित भई तयार बस र तिमीहरूका बत्ती बालिराख।
LUK 12:36 अनि ती मानिसहरूजस्ता होओ, जसले तिनीहरूका मालिक विवाह भोजबाट फर्किआएर ढक्ढक्याउँदा तिनका निम्ति तुरुन्तै ढोका खोलिदिन सकियोस् भनेर आफ्ना मालिकलाई पर्खेर बस्छन्।
LUK 12:37 यदि मालिक आउँदा तिनले ती सेवकहरूलाई जागा रहेका भेट्टाए भने तिनीहरूका निम्ति असल हुनेछ। म तिमीहरूलाई साँचो भन्दछु, तिनले सेवा गर्नलाई कम्मर कस्‍नेछन्। तिनीहरूलाई भोजनका निम्ति बस्‍न लगाउनेछन्, र आएर तिनीहरूको सेवा गर्नेछन्।
LUK 12:38 मालिक मध्यरात अथवा बिहानै आउँदा पनि जसलाई जागा रहेका भेट्टाउँछन्, ती सेवकहरूका निम्ति असल हुनेछ।
LUK 12:39 तर यो बुझिराख: घरका मालिकलाई चोर कुन बेला आउँछ भन्‍ने थाहा भएको भए त्यसले आफ्नो घर फोरिन दिनेथिएन।
LUK 12:40 तिमीहरू पनि तयार बस; किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।”
LUK 12:41 पत्रुसले सोधे, “प्रभु, तपाईंले यो दृष्‍टान्त हाम्रा लागि भन्‍नुभएको हो कि सबैका लागि?”
LUK 12:42 तब प्रभुले जवाफ दिनुभयो, “त्यो विश्‍वासयोग्य र बुद्धिमान् प्रबन्धक को हो, जसलाई त्यसका मालिकले तिनका सेवकहरूलाई ठिक समयमा तिनीहरूले पाउनुपर्ने खानेकुरा दिने कामको जिम्मा दिन्छन्?
LUK 12:43 उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकका लागि असल हुनेछ।
LUK 12:44 म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्।
LUK 12:45 तर मानौँ, त्यस सेवकले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भन्ठानेर र त्यसले सेवक सेविकाहरूलाई पिट्न थाल्यो; अनि खाएर, पिएर मात्तिन थाल्यो भने,
LUK 12:46 त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्। तब तिनले त्यसलाई टुक्रा-टुक्रा पारेर काट्नेछन् र त्यसलाई अविश्‍वासीहरूको स्थान दिनेछन्।
LUK 12:47 “त्यो सेवक, जसले आफ्ना मालिकको इच्छा जानेर पनि तयार रहँदैन, अथवा त्यसका मालिकको इच्छाअनुसार गर्दैन भने त्यसले ठूलो सजाय पाउनेछ।
LUK 12:48 तर जसले मालिकको इच्छा नजानेर नै दण्डनीय काम गर्छ, त्यसले थोरै सजाय पाउनेछ। हरेक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै नै मागिनेछ; अनि जसलाई धेरै कुराहरू सुम्पिएका छन्, त्यसबाट अझ बढी लिइनेछ।
LUK 12:49 “म यस पृथ्वीमा आगो बर्साउन आएको हुँ, बरु त्यो अगिबाटै सल्किसकेको भए हुनेथियो!
LUK 12:50 तर मैले लिनुपर्ने एउटा बप्‍तिस्मा छ, र त्यो पूरा नभएसम्म म अति व्याकुल छु!
LUK 12:51 के तिमीहरूले म पृथ्वीमा शान्ति ल्याउन आएँ भन्‍ने विचार गर्दछौ? म तिमीहरूलाई भन्दछु, होइन; म त बरु विभाजन ल्याउन आएँ।
LUK 12:52 अबदेखि पाँच जनाको परिवारमा एउटाको विरुद्ध अर्को गरी विभाजन हुनेछ; तीन जनाका विरुद्ध दुई, र दुई जनाका विरुद्ध तीन।
LUK 12:53 तिनीहरू विभाजित हुनेछन्; बुबा छोराको विरुद्धमा र छोरा बुबाको विरुद्धमा, आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, बुहारीको विरुद्धमा सासू र सासूको विरुद्धमा बुहारी हुनेछ।”
LUK 12:54 उहाँले भीडलाई भन्‍नुभयो: “तिमीहरूले पश्‍चिमतिर बादल उठेको देखेर तुरुन्तै भन्दछौ, ‘पानी पर्छ,’ र त्यस्तै हुन्छ।
LUK 12:55 अनि दक्षिणबाट बतास चल्दा तिमीहरू भन्छौ, ‘अब गर्मी हुन्छ,’ र त्यस्तै हुन्छ।
LUK 12:56 ए कपटीहरू हो! पृथ्वी र आकाशको अवस्था हेरेर दिन कस्तो हुनेछ भनी अर्थ लगाउन सक्छौ, तर यस वर्तमान समयको अर्थ लगाउन तिमीहरू किन जान्दैनौ?
LUK 12:57 “कुन कुरा ठिक हो भनी तिमीहरूले आफ्नै बारेमा किन निर्णय गर्दैनौ?
LUK 12:58 तिमीहरूका विरोधीसित हाकिमकहाँ जाँदै गर्दा ऊसँग बाटोमा हुँदै मिलाप गर्न भरमग्दूर प्रयास गर; नत्रता त्यसले तिमीलाई तानेर न्यायाधीशकहाँ लैजानेछ, र न्यायाधीशले तिमीलाई अधिकारीकहाँ जिम्मामा लगाउनेछ; अनि अधिकारीले तिमीलाई झ्यालखानामा हाल्नेछ।
LUK 12:59 म तिमीहरूलाई भन्दछु, एक-एक पैसा नतिरुन्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ।”
LUK 13:1 त्यसै बेला त्यहाँ केही मानिसहरू उपस्थित थिए, जसले येशूलाई ती गालीलीहरूका विषयमा बताए, जसलाई पिलातसले हत्या गरेर तिनीहरूको रगत पशुबलिका रगतसँग नै मिसाइदिएका थिए।
LUK 13:2 येशूले जवाफ दिनुभयो, “यस प्रकारले यातना पाएका कारण के ती गालीलीहरू अरू सबै गालीलीहरूभन्दा बढी पापी थिए भनी तिमीहरू सम्झन्छौ?
LUK 13:3 म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ।
LUK 13:4 अथवा ती अठार जना, जसमाथि सिलोआमको धरहरा ढल्दा मरेका थिए; के तिनीहरू यरूशलेममा बस्‍ने अरू सबै मानिसहरूभन्दा बढी दोषी थिए भनी तिमीहरू सम्झन्छौ?
LUK 13:5 म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ।”
LUK 13:6 त्यसपछि उहाँले यो दृष्‍टान्त भन्‍नुभयो: “कुनै एक जना मानिसको, आफ्नै दाखबारीमा रोपिएको एउटा अञ्जीरको रूख थियो। त्यस बोटमा फल छ कि भनी त्यो हेर्न आयो। तर त्यसमा एउटै फल पनि भेट्टाएन।
LUK 13:7 यसकारण त्यसले दाखबारीको हेरचाह गर्ने मालीलाई भन्यो, ‘अब तीन वर्ष भइसक्यो, म यो अञ्जीरको रूखमा फल खोज्न आइरहेको छु, तर एउटै पनि फल पाएको छैन। यसलाई काटेर ढालिदेऊ! किन यसले जमिन मात्रै ओगट्ने?’
LUK 13:8 “तब मालीले जवाफ दियो, ‘मालिक, यसलाई अझै एक वर्ष रहन दिनुहोस्। म यसको वरिपरि खन्‍नेछु र मल हाल्नेछु।
LUK 13:9 यसले अर्को वर्ष फल फलायो भने राम्रै भयो! नत्रता, यसलाई काटेर ढालिदिनुहोस्।’ ”
LUK 13:10 एक शब्बाथको दिन येशूले एउटा सभाघरमा शिक्षा दिइरहनुभएको थियो।
LUK 13:11 त्यहाँ अठार वर्षदेखि कुँजो पार्ने दुष्‍ट आत्मा लागेकी एउटी स्त्री थिइन्। ती स्त्री कुप्री परेकी थिइन्, र आफैँलाई कति पनि सीधा पार्न सक्दिन थिईन्।
LUK 13:12 येशूले तिनलाई देख्नुभएपछि तिनलाई अगि बोलाएर भन्‍नुभयो, “ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भएकी छौ।”
LUK 13:13 त्यसपछि उहाँले तिनीमाथि आफ्नो हात राख्नुभयो, र तिनी तुरुन्तै सीधा भईन्, र परमेश्‍वरको प्रशंसा गरिन्।
LUK 13:14 येशूले शब्बाथको दिन निको पार्नुभएको हुनाले रिसाएका सभाघरका शासकले मानिसहरूलाई भने, “काम गर्नका निम्ति छ दिनहरू छँदैछन्। त्यसकारण यी छ दिनभित्र आओ र निको होओ; शब्बाथमा होइन।”
LUK 13:15 तब प्रभुले तिनलाई जवाफ दिनुभयो, “ए कपटीहरू! के तिमीहरूमध्ये हरेकले शब्बाथको दिनमा गोठ र तबेलाबाट आफ्नो गोरु वा गधा फुकाएर त्यसलाई पानी खुवाउन बाहिर लैजाउँदैनौ र?
LUK 13:16 त्यसो भए शैतानले अठार वर्षसम्म बन्धनमा राखेको अब्राहामकी यो छोरी शब्बाथको दिनमा यस बन्धनबाट मुक्त हुनुपर्ने होइन र?”
LUK 13:17 उहाँले यो कुरा भन्‍नुभएपछि उहाँका सबै विरोधीहरू शर्ममा परे; तर अरू मानिसहरू उहाँले गरिरहनुभएका सबै उदेकका कामहरूमा आनन्दित भए।
LUK 13:18 त्यसपछि येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य केजस्तो छ? म यसलाई केसित तुलना गरूँ?
LUK 13:19 यो त रायोको एउटा बिउजस्तो हो, जो कुनै मानिसले लिएर आफ्नो बारीमा रोप्यो; त्यो बढ्यो र एउटा रूख भयो, र आकाशका चराचुरुङ्गीहरूले त्यसका हाँगाहरूमा गुँड लगाए।”
LUK 13:20 उहाँले फेरि सोध्नुभयो, “परमेश्‍वरको राज्यलाई म केसित तुलना गरूँ?
LUK 13:21 यो त त्यो खमिरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करिब सत्ताइस किलो जति पिठोमा मिसाई, र सम्पूर्ण पिठो खमिरी नहोउन्जेल लुकाइराखी।”
LUK 13:22 त्यसपछि येशू यरूशलेमतिर जाँदै गर्नुहुँदा उहाँले सहर-सहर र गाउँ-गाउँमा शिक्षा दिँदै जानुभयो।
LUK 13:23 त्यसै बेला कुनै एउटाले उहाँलाई सोध्यो, “प्रभु, के थोरै मानिसहरूले मात्र उद्धार पाउँछन् र?” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो,
LUK 13:24 “साँघुरो ढोकाबाट भित्र पस्‍ने हर प्रयास गर; किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना भित्र पस्‍न खोज्नेछन्, तर सक्नेछैनन्।
LUK 13:25 जब घरका मालिक उठेर ढोका बन्द गर्नेछन्, तब तिमीहरू बाहिर उभिएर, ‘हजुर, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्!’ भनी बिन्ती गर्दै ढोका ढक्ढक्याउनेछौ। “तर तिनले जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा कहाँबाट आएका हौ, म चिन्दिनँ।’
LUK 13:26 “तब तिमीहरूले भन्‍न थाल्नेछौ, ‘हामीले त तपाईंसँगै खायौँ र पियौँ, र तपाईंले हाम्रै गल्‍लीहरूमा शिक्षा दिनुभयो।’
LUK 13:27 “तर तिनले यस्तो जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ। ए सबै दुष्‍ट काम गर्नेहरू हो, मबाट दूर होओ!’
LUK 13:28 “तब तिमीहरूले अब्राहाम, इसहाक, याकोब र सबै अगमवक्ताहरूलाई परमेश्‍वरको राज्यभित्र भएका, तर तिमीहरू आफैँलाई भने बाहिर फालिएका देख्नेछौ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।
LUK 13:29 मानिसहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आउनेछन्, र परमेश्‍वरको राज्यको भोजमा बस्‍नेछन्।
LUK 13:30 अनि हेर, पछिल्‍ला हुनेहरू पहिला र पहिला हुनेहरू पछिल्‍ला हुनेछन्।”
LUK 13:31 त्यस बेला कोही फरिसीहरू येशूकहाँ आएर उहाँलाई भने, “यहाँबाट अरू कुनै ठाउँमा गइहाल्नुहोस्; किनकि हेरोदले तपाईंलाई मार्न चाहन्छन्।”
LUK 13:32 उहाँले भन्‍नुभयो, “गएर त्यस फ्याउरोलाई भनिदेओ, ‘आज र भोलि म भूतहरू धपाउँछु, र मानिसहरूलाई निको पार्छु। अनि तेस्रो दिनमा म आफ्नो लक्ष्यमा पुग्नेछु।’
LUK 13:33 जेसुकै आइपरे तापनि आज, भोलि र पर्सि म अगि बढ्नै पर्छ; किनकि यो निश्‍चित छ, यरूशलेमभन्दा बाहिर कुनै अगमवक्ताको मृत्यु हुन सक्दैन!
LUK 13:34 “ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। मैले कति पटक तेरा बालबच्‍चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्‍लाहरूलाई पखेटामुनि बटुलेझैँ बटुल्न खोजेँ, तर तँ राजी भइनस्।
LUK 13:35 हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ। म तँलाई भन्दछु, तैँले ‘प्रभुको नाममा आउनुहुने धन्यका हुनुहुन्छ’ नभनेसम्म, तैँले मलाई फेरि देख्नेछैनस्।”
LUK 14:1 एक शब्बाथको दिन येशू एक जना प्रतिष्‍ठित फरिसीको घरमा भोजन गर्न जानुभएको थियो र उहाँको सावधानीपूर्वक चियो भइरहेको थियो।
LUK 14:2 त्यहाँ उहाँको अगिल्तिर पेटमा पानी भरिने रोगले पीडित एक जना मानिस थियो।
LUK 14:3 येशूले फरिसीहरू र व्यवस्थाका विद्वान्‌हरूलाई सोध्नुभयो, “शब्बाथको दिन निको पार्नु उचित छ कि छैन?”
LUK 14:4 तर तिनीहरू चुप लागेर बसिरहे। त्यसकारण उहाँले त्यस मानिसलाई छुनुभयो र निको पार्नुभयो; अनि त्यसलाई पठाउनुभयो।
LUK 14:5 त्यसपछि उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूमध्ये कसैको छोरा वा गोरु शब्बाथको दिन इनारमा खस्यो भने के तिमीहरूले झट्टै त्यसलाई निकाल्दैनौ र?”
LUK 14:6 तिनीहरूले केही पनि जवाफ दिन सकेनन्।
LUK 14:7 भोजमा निम्त्याइएकाहरूले आदरको स्थान छानेका देखेर उहाँले तिनीहरूलाई यसो भन्दै एउटा दृष्‍टान्त भन्‍नुभयो:
LUK 14:8 “जब कसैले तिमीलाई विवाह भोजमा निम्तो दिन्छ, तब आदरको स्थानमा नबस; किनकि तिमीभन्दा बढी विशिष्‍ट व्यक्ति पनि त्यहाँ निम्त्याइएको हुन सक्छ।
LUK 14:9 यदि त्यसो रहेछ भने तिमीहरू दुवैलाई निम्तो दिने व्यक्तिले आएर तिमीलाई भन्‍नेछ, ‘तिमी बसेको आसन उहाँलाई देऊ।’ तब तिमी लज्जित भएर सबैभन्दा तल्‍लो स्थानमा बस्‍नुपर्नेछ।
LUK 14:10 तर तिमीले निम्तो पाएपछि सबैभन्दा तल्‍लो स्थानमा बस; तब निम्तो दिने व्यक्ति आएर तिमीलाई भन्‍नेछ, ‘ए मित्र, माथि सरेर राम्रो स्थानमा बस्‍नुहोस्।’ तब तिमीसँग भोजमा बस्‍नेहरू सबैका अगि तिमीलाई आदर हुनेछ।
LUK 14:11 किनकि आफूलाई उच्‍च तुल्याउने हरेकलाई नम्र बनाइनेछ; र आफूलाई नम्र बनाउने उच्‍च पारिनेछ।”
LUK 14:12 त्यसपछि येशूले उहाँलाई निम्तो दिने व्यक्तिलाई भन्‍नुभयो, “तिमीले दिवा अथवा रात्री भोज लगाउँदा आफ्ना मित्रहरू, दाजुभाइ, आफन्तहरू, वा आफ्ना धनी छिमेकीलाई निम्तो नदेऊ। यदि त्यसो गर्‍यौ भने तिनीहरूले पनि त्यसको साटोमा तिमीलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिनेछन्।
LUK 14:13 तर तिमीले भोज लगाउँदैछौ भने गरिबहरू, लुला-लङ्गडा, दृष्‍टिविहीनहरूलाई निम्तो देऊ,
LUK 14:14 अनि तिमीले आशिष् पाउनेछौ। तिनीहरूले तिम्रो गुण फर्काइदिन नसके तापनि धर्मीहरूको पुनरुत्थान हुँदा तिमीलाई प्रतिफल मिल्नेछ।”
LUK 14:15 टेबुलमा उहाँसँग हुनेहरूमध्ये एक जनाले यी कुराहरू सुनेर येशूलाई भन्यो, “त्यो मानिस धन्य हो, जसले परमेश्‍वरको राज्यमा भोज खानेछ।”
LUK 14:16 येशूले जवाफ दिनुभयो: “कुनै एक मानिसले एउटा ठूलो भोज लगाउने तयारी गर्दैथिए, र धेरै पाहुनाहरूलाई निम्तो दिए।
LUK 14:17 भोजको समय हुँदा उनले आफ्नो सेवकलाई निम्तो दिइएकाहरूलाई यसो भन्‍न पठाए, ‘आउनुहोस्, अब सबै थोक तयार भइसक्यो।’
LUK 14:18 “तर तिनीहरू सबैले समान रूपले एउटा-एउटा बहाना बनाउन लागे। पहिलोले भन्यो, ‘मैले भर्खरै एउटा जमिन किनेको छु, र म त्यो हेर्न जानुपर्छ; कृपया मलाई माफ गर्नुहोस्।’
LUK 14:19 “अर्कोले भन्यो, ‘मैले भर्खरै पाँच हल गोरु किनेको छु, म तिनीहरूलाई जाँच गर्न जाँदैछु; बिन्ती गर्दछु, मलाई माफ गर्नुहोस्!’
LUK 14:20 “अझै अर्कोले भन्यो, ‘मेरो भर्खरै विवाह भएको छ, त्यसकारण म आउन सक्दिनँ।’
LUK 14:21 “सेवक फर्केर आयो र मालिकलाई यसको खबर दियो। तब घरका मालिक रिसाए, र आफ्नो सेवकलाई आज्ञा दिए, ‘झट्टै बाहिर सहरका सडक र गल्‍लीहरूमा जाऊ। अनि गरिब, कुँजा, दृष्‍टिविहीन र लुला-लङ्गडाहरूलाई यहाँ भित्र ल्याऊ।’
LUK 14:22 “त्यो सेवकले भन्यो, ‘मालिक, तपाईंले आज्ञा गर्नुभएबमोजिम काम भयो, तर धेरैका लागि ठाउँ अझै खाली छ।’
LUK 14:23 “त्यसपछि मालिकले सेवकलाई भने, ‘मूल सडक र गाउँतिर जाने गल्‍लीहरूमा जाऊ। अनि मानिसहरूलाई भित्र आउन कर गर, ताकि मेरो घर भरियोस्।
LUK 14:24 म तिमीहरूलाई भन्दछु, मैले पहिले निम्ताइएकाहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैनन्।’ ”
LUK 14:25 येशूसँग मानिसहरूको ठूलो भीड साथमा जाँदैथिए, र तिनीहरूतिर फर्केर उहाँले भन्‍नुभयो:
LUK 14:26 “यदि कोही मकहाँ आउँछ, र मलाई भन्दा बढी उसले आफ्नो बुबा, आमा, पत्नी, छोराछोरी, दाजुभाइ, दिदीबहिनी र आफ्नो प्राणलाई महत्व दिन्छ भने त्यो मेरो चेला हुन सक्दैन।
LUK 14:27 अनि जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन।
LUK 14:28 “मानौँ तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्‍यो भने त्यो सिद्ध्याउन पर्याप्‍त खर्च आफूसित छ कि छैन भनी के पहिले नै बसेर अनुमानित हिसाब गर्दैन र?
LUK 14:29 यदि उसले जग बसाल्यो, तर त्यो पूरा गर्न सकेन भने त्यो देख्ने हरेकले त्यसको गिल्‍ला गर्नेछन्;
LUK 14:30 अनि भन्‍नेछन्, ‘यस मानिसले बनाउन त सुरु गर्‍यो, तर पूरा गर्न सकेन।’
LUK 14:31 “अथवा मानौँ कुनै एउटा राजा अर्को राजाको विरुद्ध लडाइँ गर्न जाँदैछ भने के उसले पहिले नै बसेर आफूसँग भएका दश हजारले उसको विरुद्धमा बीस हजार लिएर आउँदैगरेको राजासँग लडाइँ गर्न सक्छु कि सक्दिनँ भनी विचार गर्दैन र?
LUK 14:32 ऊ असमर्थ छ भने उसले त्यो अर्को राजा टाढा छँदा नै मिलापको प्रस्तावको लागि प्रतिनिधिहरू पठाउनेछ।
LUK 14:33 त्यसै गरी तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन।
LUK 14:34 “नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने?
LUK 14:35 त्यो न त माटोका निम्ति, न मलका निम्ति कामलाग्दो हुन्छ, तर त्यो बाहिर फालिन्छ। “जसको सुन्‍ने कान छ, त्यसले सुनोस्!”
LUK 15:1 येशूको वचन सुन्‍नलाई कर उठाउनेहरू र पापीहरू उहाँको वरिपरि जम्मा भइरहेका थिए।
LUK 15:2 तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले गनगन गर्दै भन्‍न लागे, “यस मानिसले पापीहरूलाई ग्रहण गर्छ र तिनीहरूसित नै खानपान गर्छ।”
LUK 15:3 तब येशूले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो:
LUK 15:4 “मानौँ तिमीहरूमध्ये कसैको एक सय भेडाहरू छन् र तीमध्ये एउटा हरायो भने के उसले उनान्सयलाई खुला मैदानमै छोडेर हराएको भेडालाई नभेट्टाउन्जेल त्यसको खोजी गर्दैन र?
LUK 15:5 अनि हराएको भेडा भेट्टाएपछि उसले रमाउँदै त्यसलाई आफ्नो काँधमा बोक्छ, र घर जान्छ।
LUK 15:6 त्यसपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छ, ‘मसँग रमाओ। मैले मेरो हराएको भेडा भेट्टाएको छु।’
LUK 15:7 म तिमीहरूलाई भन्दछु, त्यसरी नै स्वर्गमा पनि पश्‍चात्ताप गर्न नपर्ने उनान्सय धर्मी जनहरूका लागि भन्दा पश्‍चात्ताप गर्ने एक जना पापीको लागि अझ बढी आनन्द मनाइनेछ।
LUK 15:8 “अथवा कुनचाहिँ स्त्री होली, जससँग दश वटा चाँदीका सिक्‍का छन्, र उसले एउटा सिक्‍का हराई; तब के त्यो सिक्‍का नभेट्टाउन्जेल उसले बत्ती बालेर घर बढारी-बढारीकन होसियारीसाथ खोज्दिन र?
LUK 15:9 अनि जब उसले त्यो सिक्‍का भेट्टाउँछे, तब आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘आओ, मसँग रमाओ; किनकि मैले हराएको सिक्‍का भेट्टाएकी छु।’
LUK 15:10 म तिमीहरूलाई भन्दछु, त्यसरी नै पश्‍चात्ताप गर्ने एक जना पापीका लागि परमेश्‍वरका स्वर्गदूतहरूका सामु आनन्द मनाइनेछ।”
LUK 15:11 येशूले बोल्ने क्रम जारी राख्नुभयो: “कुनै मानिसका दुई छोराहरू थिए।
LUK 15:12 कान्छोले आफ्ना बुबालाई भन्यो, ‘बुबा, मेरो भागमा पर्ने अंश मलाई दिनुहोस्।’ तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँडिदिए।
LUK 15:13 “धेरै दिन नबित्दै कान्छो छोरा आफूसँग भएको सबै धनसम्पत्ति बटुलेर टाढा देशमा गयो। त्यहाँ त्यसले आफ्नो सम्पत्ति भोग-विलासमा उडायो।
LUK 15:14 त्यसले सबै खर्च गरिसकेपछि त्यस देशभरि ठूलो अनिकाल पर्‍यो, र त्यसलाई अभाव हुन थाल्यो।
LUK 15:15 यसकारण त्यो गएर त्यस देशका एक जना नागरिककहाँ काम माग्यो। त्यस मानिसले उसलाई सुँगुरहरू चराउन आफ्नो खेतमा पठायो।
LUK 15:16 त्यसले सुँगुरहरूले खाने चारोहरूले आफ्नो पेट भर्न चाहन्थ्यो, तर कसैले पनि त्यसलाई केही दिँदैनथ्यो।
LUK 15:17 “त्यसको आफ्नो चेत खुलेपछि त्यसले भन्यो, ‘मेरा बुबाका कति धेरै ज्यालादारी सेवकहरूले पेटभरि खाएर उबार्छन् पनि, तर म यहाँ भोकले मर्दैछु!
LUK 15:18 अब म मेरा बुबाकहाँ फर्केर जानेछु, र उहाँलाई भन्‍नेछु: बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु।
LUK 15:19 म अब तपाईंको छोरा भनिने योग्यको छैनँ; मलाई तपाईंका ज्यालादारी सेवकहरूमध्ये एउटासरह बनाउनुहोस्!’
LUK 15:20 अनि त्यो उठेर आफ्नो बुबाकहाँ गयो। “तर ऊ धेरै टाढामै थियो, तब त्यसका बुबाले त्यसलाई आइरहेको देखेर तिनी त्यसप्रति दयाले भरिए; तब तिनी आफ्नो छोराकहाँ दगुर्दै गई त्यसलाई अँगालो हालेर चुम्बन गरे।
LUK 15:21 “तब छोराले बुबालाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरा भनिने योग्यको छैनँ।’
LUK 15:22 “तर बुबाले आफ्ना सेवकहरूलाई भने, ‘छिटो गर! सबैभन्दा असल लुगा ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ।
LUK 15:23 पोसिराखेको मोटो पशु ल्याएर मार। हामी भोज गरौँ, र आनन्द मनाऔँ।
LUK 15:24 किनकि मेरो यो छोरो मरेको थियो, अब फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ अनि तिनीहरूले आनन्द मनाउन थाले।
LUK 15:25 “त्यस बेला तिनको जेठो छोरो खेतबारीमा थियो। ऊ घरको नजिकै आइपुग्दा उसले बाजा र नाचगानको आवाज सुन्यो।
LUK 15:26 त्यसकारण उसले एउटा सेवकलाई बोलाएर ‘के हुँदैछ’ भनी सोध्यो।
LUK 15:27 त्यसले जवाफ दियो, ‘तपाईंको भाइ आउनुभएको छ। अनि तपाईंका बुबाले पालिराखेको मोटो पशु मार्नुभएको छ। किनकि उहाँले तिनलाई सुरक्षित र सकुशल नै पाउनुभएको छ।’
LUK 15:28 “तब जेठो दाजु रिसाएर भित्र जान मानेन। त्यसकारण त्यसको बुबा बाहिर गएर त्यसलाई फकाउन थाले।
LUK 15:29 तर त्यसले आफ्नो बुबालाई जवाफ दियो, ‘हेर्नुहोस्! यतिका वर्षसम्म मैले तपाईंको सेवा गरिरहेको छु। अनि तपाईंका आज्ञा कहिल्यै उल्‍लङ्घन गरिनँ; तापनि मैले मेरा साथीहरूसँग आनन्द मनाउन तपाईंले मलाई एउटा पाठोधरि कहिल्यै दिनुभएन।
LUK 15:30 तर जब तपाईंको सम्पत्ति वेश्याहरूसँग उडाउने तपाईंको यो छोरा घर आयो, तब तपाईंले त्यसका निम्ति पोसाइराखेको मोटो पशु नै मार्नुभयो।’
LUK 15:31 “बुबाले भने, ‘मेरो छोरा, तँ त सधैँ मसँगै छस्। मसँग भएका सबै थोक तेरै हो।
LUK 15:32 तर हामीले आनन्द मनाएर खुशी हुनुपर्छ; किनकि तेरो यो भाइ मरेको थियो, र फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ ”
LUK 16:1 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “कुनै धनी मानिसको एक जना प्रबन्धक थियो। उसलाई आफ्ना मालिकको धनसम्पत्ति उडाइरहेको छ भन्‍ने दोष लागेको थियो।
LUK 16:2 त्यसकारण मालिकले त्यसलाई बोलाएर सोधे, ‘मैले तिम्रो बारेमा जे सुन्दैछु, त्यो के हो? तिम्रो कामको हिसाब देऊ; किनकि अब उप्रान्त तिमी प्रबन्धक रहिरहन सक्दैनौ।’
LUK 16:3 “त्यो प्रबन्धकले आफ्नो मनमनै भन्यो, ‘अब म के गरूँ? मेरा मालिकले मेरो काम खोस्‍न लागेका छन्। खनजोत गर्ने मेरो बल छैनँ; अनि भीख माग्न मलाई लाज लाग्छ।
LUK 16:4 अब म के गर्नेछु, त्यो मलाई थाहा छ। ताकि त्यसो गर्दा म यहाँको कामबाट हटाइए तापनि मानिसहरूले मलाई तिनीहरूका घरमा स्वागत गरून्।’
LUK 16:5 “तब त्यसले आफ्ना मालिकका ऋणीहरूमध्ये हरेकलाई बोलायो। त्यसले पहिलोलाई सोध्यो, ‘तिमीसँग मेरा मालिकको कति ऋण छ?’
LUK 16:6 “उसले भन्यो, ‘तीन हजार लिटर जैतुनको तेल।’ “प्रबन्धकले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र चाँडो बसेर पन्ध्र सय लिटर लेख।’
LUK 16:7 “त्यसपछि त्यसले दोस्रोलाई सोध्यो, ‘तिमीसँग कति ऋण छ?’ “उसले भन्यो, ‘तीस टन गहुँ।’ “त्यसले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र चौबीस टन लेख।’
LUK 16:8 “त्यसले चतुर्‍याइँपूर्वक काम गरेकोले त्यसका मालिकले त्यो बेइमान प्रबन्धकको तारिफ गरे। किनकि यस संसारका मानिसहरू आफूजस्तै अरू मानिसहरूसँग व्यवहार गर्ने काममा ज्योतिका मानिसहरूभन्दा बढी चतुर हुन्छन्।
LUK 16:9 म तिमीहरूलाई भन्दछु, संसारको धनसम्पत्ति प्रयोग गरेर आफ्ना निम्ति मित्रहरू बनाओ, र त्यो धनसम्पत्ति सकिएपछि तिमीहरूले अनन्त वासस्थानमा स्वागत पाउनेछौ।
LUK 16:10 “जसलाई थोरै कुरामा भरोसा गर्न सकिन्छ, त्यसलाई धेरै कुरामा पनि भरोसा गर्न सकिन्छ। अनि जो सानो कुरामा बेइमान हुन्छ, त्यो धेरै कुरामा पनि बेइमान हुन्छ।
LUK 16:11 त्यसैले यदि तिमीहरू संसारको धनसम्पत्ति चलाउने काममा इमानदार भएनौ भने साँचो धनसम्पत्तिको निम्ति कसले तिमीहरूलाई भरोसा गर्ला?
LUK 16:12 अनि यदि तिमीहरू अरू कसैको धनमा इमानदार भएनौ भने तिमीहरूलाई तिम्रो आफ्नै धनसम्पत्ति कसले देला र?
LUK 16:13 “कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। कि त त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि त त्यसले एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनसम्पत्ति दुवैको सेवा गर्न सक्दैनौ।”
LUK 16:14 फरिसीहरू, जसले धनसम्पत्तिको लोभ गर्थे, यी सबै कुरा सुनेर तिनीहरूले उहाँका विरुद्ध ओठ लेप्य्राउँदै थिए।
LUK 16:15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसहरूका सामु आफैँलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर तिमीहरूका हृदय परमेश्‍वरले जान्‍नुहुन्छ। मानिसहरूका बीचमा जे उच्‍च ठानिएको हुन्छ, त्यो परमेश्‍वरको दृष्‍टिमा घृणित हुन्छ।
LUK 16:16 “व्यवस्था र अगमवक्ताका वचन यूहन्‍नाको पालासम्म घोषणा गरिए। त्यस बेलादेखि परमेश्‍वरको राज्यको सुसमाचार घोषणा भइरहेको छ। हरेक व्यक्तिले आफू त्यसभित्र पस्‍न जबरजस्ती गर्दैछ।
LUK 16:17 तर व्यवस्थाबाट एक मात्रा पनि हट्नुभन्दा आकाश र पृथ्वी टलेर जान सजिलो छ।
LUK 16:18 “जसले आफ्नी पत्नीलाई विवाह विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ; अनि त्यो मानिस जसले विवाह विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ भने उसले पनि व्यभिचार गर्छ।
LUK 16:19 “येशूले भन्‍नुभयो, एउटा धनी मानिस थियो। ऊ बहुमूल्य बैजनी र मिहिन मलमलको लुगा लगाएर दिनहुँ सुख-विलासमा बस्दथ्यो।
LUK 16:20 लाजरस नाम भएको एउटा माग्ने उसको ढोकामा राखिन्थ्यो, जसको शरीर घाउ नै घाउले भरिएको थियो।
LUK 16:21 अनि त्यसले धनी मानिसको टेबुलबाट झरेका भोजनका टुक्राटाक्री खाने इच्छा गर्दथ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्दथे।
LUK 16:22 “केही समयपछि त्यो माग्ने मर्‍यो र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा पुर्‍याए। त्यो धनी मानिस पनि मर्‍यो, र गाडियो।
LUK 16:23 नरकमा ऊ कठोर यातनामा थियो र उसले त्यहाँबाट नजर उठाएर हेर्‍यो, र टाढामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो।
LUK 16:24 तब उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्, र लाजरसलाई त्यसको औँलामा पानी चोपेर मेरो जिब्रोलाई शीतल पारिदिन यहाँ पठाइदिनुहोस्; किनकि म यस आगोको कठोर वेदनामा छु।’
LUK 16:25 “तर अब्राहामले जवाफ दिए, ‘छोरा, याद गर! तिमीले तिम्रो जीवनकालमा कैयौँ असल कुराहरू प्राप्‍त गर्‍यौ, तर लाजरसले दुःख मात्र पायो। तर अहिले उसले यहाँ आराम पाउँदैछ, र तिमीचाहिँ वेदनामा तड्पिरहेका छौ।
LUK 16:26 यसबाहेक यहाँबाट तिमीकहाँ जान चाहनेहरू जान नसकून् र त्यहाँबाट पनि कोही पार गरेर यहाँ आउन नसकून् भनेर हामी र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो राखिएको छ।’
LUK 16:27 “तब उसले भन्यो, ‘त्यसो भए, हे पिता, म तपाईंलाई बिन्ती गर्दछु, लाजरसलाई मेरो परिवारकहाँ पठाइदिनुहोस्;
LUK 16:28 मेरा पाँच भाइहरू त्यहाँ छन्; त्यसले तिनीहरूलाई चेतावनी देओस्, जसबाट तिनीहरू पनि यो यातनाको ठाउँमा नआऊन्।’
LUK 16:29 “अब्राहामले जवाफ दिए, ‘तिनीहरूसित मोशा र अगमवक्ताका पुस्तकहरू छन्; तिनीहरूले ती सुनून्।’
LUK 16:30 “उसले भन्यो, ‘होइन, पिता अब्राहाम, तर मरेकाहरूबाट कोही एक जना फर्केर तिनीहरूकहाँ गयो भने त तिनीहरूले पश्‍चात्ताप गर्नेछन्।’
LUK 16:31 “तिनले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्ताका वचन सुन्दैनन् भने मरेकाहरूबाट कोही जीवित भए तापनि तिनीहरूले विश्‍वास गर्नेछैनन्।’ ”
LUK 17:1 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “मानिसहरूलाई पाप गर्न लगाउने ठक्‍करहरू अवश्य नै आउँछन्, तर धिक्‍कार तिनीहरूलाई, जसद्वारा ती आउँछन्।
LUK 17:2 यी सानाहरूमध्ये एक जनालाई पाप गर्न लाउनुभन्दा बरु एउटा जाँतो त्यसको घाँटीमा बाँधेर त्यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो।
LUK 17:3 त्यसकारण आफ्नो विषयमा होसियार बस! “यदि तिम्रो भाइले पाप गर्‍यो भने त्यसलाई हप्काऊ; र त्यसले पश्‍चात्ताप गर्‍यो भने त्यसलाई क्षमा गर।
LUK 17:4 त्यसले तिम्रो विरुद्धमा दिनमा सातपल्ट पाप गर्‍यो र सातैपल्ट फर्केर आएर तिमीलाई ‘म पश्‍चात्ताप गर्छु’ भन्यो भने त्यसलाई क्षमा गर।”
LUK 17:5 प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्‍वास बढाइदिनुहोस्!”
LUK 17:6 उहाँले जवाफ दिनुभयो, “यदि तिमीहरूमा सानो रायोको दानाजत्रो विश्‍वास छ भने तिमीहरूले यस किम्बुको रूखलाई ‘तँ जरैसित उखेलिएर समुद्रमा रोपिन जा’ भनी भन्‍न सक्छौ, र यसले तिम्रो आज्ञा मान्‍नेछ।
LUK 17:7 “मानौँ तिमीहरूमध्ये कसैको एउटा सेवक खेत जोत्न अथवा भेडा चराउन गएको छ। के उसले त्यो सेवकलाई खेतबाट त्यो फर्केर आएपछि ‘अब आइज, र खान बस्’ भन्छ र?
LUK 17:8 बरु उसले, ‘मेरो खाना तयार गर्, आफूलाई तयार राख्, र मैले खानपान नगरुन्जेल मेरो सेवाटहल गर्। त्यसपछि तैँले खानपान गर्न सक्नेछस्’ भनी भन्दैन र?
LUK 17:9 सेवकले त्यसलाई अह्राइएको काम गरेकोले उसले त्यस सेवकलाई धन्यवाद दिन्छ र?
LUK 17:10 त्यसै गरी तिमीहरूले पनि जब तिमीहरूलाई अह्राइएका सबै कामहरू गरिसक्छौ, तब यसो भन्‍नुपर्छ, ‘हामी अयोग्य सेवक हौँ, हामीले त केवल आफ्ना कर्तव्य मात्र पालन गरेका छौँ।’ ”
LUK 17:11 यरूशलेम जाने आफ्नो यात्राको क्रममा येशू सामरिया र गालील प्रदेशबीचको सिमाना भएर जाँदैहुनुहुन्थ्यो।
LUK 17:12 उहाँ कुनै गाउँमा पस्‍न लाग्नुहुँदा कुष्‍ठरोग लागेका दश जनाले उहाँलाई भेटे। तिनीहरू केही टाढै उभिए;
LUK 17:13 अनि चर्को सोरमा उहाँलाई बिन्ती गरे, “हे येशू, गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्!”
LUK 17:14 तिनीहरूलाई देखेर उहाँले भन्‍नुभयो, “जाओ, र आफैँलाई पुजारीकहाँ देखाओ।” अनि तिनीहरू जाँदा-जाँदै निको भए।
LUK 17:15 तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्‍वरको प्रशंसा गर्दै फर्केर आयो।
LUK 17:16 येशूको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो; त्योचाहिँ एक सामरी थियो।
LUK 17:17 येशूले सोध्नुभयो, “के दशै जना नै निको भएका होइनन् र? अरू नौ जना कहाँ छन्?
LUK 17:18 के फर्किआएर परमेश्‍वरलाई प्रशंसा दिन यो परदेशीबाहेक अरू कोही भएनन्?”
LUK 17:19 त्यसपछि उहाँले त्यसलाई भन्‍नुभयो, “उठ, र आफ्नो बाटो लाग; तिम्रो विश्‍वासले नै तिमीलाई निको पारेको हो।”
LUK 17:20 फरिसीहरूद्वारा परमेश्‍वरको राज्य कहिले आउँछ भनी सोधिएपछि येशूले जवाफ दिनुभयो, “परमेश्‍वरको राज्य तिमीहरूले देखिने गरी आउँदैन,
LUK 17:21 न त मानिसहरूले ‘यो यहाँ छ,’ अथवा ‘त्यहाँ छ,’ भनी भन्‍नेछन्। किनकि परमेश्‍वरको राज्य त तिमीहरूभित्र नै छ।”
LUK 17:22 त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “त्यो समय आउँदैछ, जब तिमीहरूले मानिसको पुत्रलाई कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ।
LUK 17:23 मानिसहरूले तिमीहरूलाई, ‘ऊ त्यहाँ छ!’ अथवा ‘हेर, ऊ यहाँ छ!’ भन्‍नेछन्, तर तिनीहरूका पछि दगुर्दै नजाओ।
LUK 17:24 किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो हुन्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ।
LUK 17:25 तर पहिले उसले धेरै कष्‍टहरू भोग्नुपर्छ, र यस पुस्ताबाट तिरस्कृत हुनुपर्छ।
LUK 17:26 “नोआका दिनहरूमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनहरूमा पनि त्यस्तै हुनेछ।
LUK 17:27 नोआ जहाजभित्र पसेको दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, र विवाह गरिरहेका थिए र गराइँदैथियो। त्यसै समयमा जलप्रलय आयो र तिनीहरू सबैलाई नष्‍ट पार्‍यो।
LUK 17:28 “लोतका दिनमा पनि त्यस्तै भएको थियो। मानिसहरू खाइरहेका, पिइरहेका, किनबेच गरिरहेका, रोपिरहेका र बनाइरहेका थिए।
LUK 17:29 तर लोतले सदोम छोडेकै दिनमा आकाशबाट आगो र गन्धक बर्स्यो, र तिनीहरू सबैलाई नष्‍ट पार्‍यो।
LUK 17:30 “मानिसको पुत्र प्रकट हुने दिनमा ठिक यस्तै हुनेछ।
LUK 17:31 त्यस दिन कोही घरको छानामाथि हुनेछ, र त्यसका मालसामान घरभित्र छन् भने ती थोकहरू लैजानलाई त्यो तल नओर्लोस्। त्यसै गरी खेतमा हुने कोही पनि केही लिन फर्केर नजाओस्।
LUK 17:32 लोतकी पत्नीलाई सम्झ!
LUK 17:33 जसले आफ्नो जीवन बचाउन खोज्छ, त्यसले त्यो गुमाउनेछ; र जसले आफ्नो जीवन गुमाउँदछ, त्यसले त्यो बचाउनेछ।
LUK 17:34 म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना मानिस एउटै ओछ्यानमा हुनेछन्; एक जना लगिनेछ र अर्को छोडिनेछ।
LUK 17:35 दुई स्त्रीहरू सँगसँगै अन्‍न पिँधिरहेका हुनेछन्। एउटी लगिनेछ र अर्की छोडिनेछ।
LUK 17:36 दुई जना मानिसहरू खेतमा हुनेछन्, एउटा लगिनेछ र अर्को छोडिनेछ।”
LUK 17:37 तिनीहरूले सोधे, “कहाँ, प्रभु?” उहाँले जवाफ दिनुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू थुप्रिनेछन्।”
LUK 18:1 तिनीहरूले सधैँ प्रार्थना गरिरहनुपर्छ र हिम्मत हार्नुहुँदैन भन्‍ने कुरा दर्शाउन येशूले चेलाहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो।
LUK 18:2 उहाँले भन्‍नुभयो: “कुनै एउटा सहरमा एक जना न्यायाधीश थिए। तिनले परमेश्‍वरको भय मान्दैनथे, र मानिसको वास्ता पनि गर्दैनथे।
LUK 18:3 त्यसै सहरमा एउटी विधवा थिई; जो तिनीकहाँ यस्तो बिन्ती लिएर आइरहन्थी, ‘मेरो विरोधीको विरुद्ध मलाई न्याय दिनुहोस्।’
LUK 18:4 “केही समयसम्म त तिनले इन्कार गरे; तर पछि तिनले आफ्नो मनमा भन्‍न लागे, ‘म परमेश्‍वरको डर मान्दिनँ, र मानिसहरूको वास्ता पनि गर्दिनँ;
LUK 18:5 तापनि यस विधवाले मलाई हैरान पारिरहेकी हुनाले म त्यसलाई न्याय दिलाउनेछु, ताकि त्यसले घरी-घरी आएर मलाई हैरान नबनाओस्!’ ”
LUK 18:6 अनि प्रभुले भन्‍नुभयो, “ती अधर्मी न्यायाधीशले के भन्दैछन्, सुन!
LUK 18:7 तब के परमेश्‍वरले दिनरात उहाँलाई पुकार्ने उहाँका चुनिएकाहरूको न्याय गर्नुहुनेछैन र? के उहाँ तिनीहरूलाई ढिलो गरी पन्छाइरहनुहुन्छ र?
LUK 18:8 म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूको झट्टै न्याय गर्नुहुन्छ। तापनि जब मानिसको पुत्र आउनेछ, तब के उसले पृथ्वीमा विश्‍वास भेट्टाउनेछ र?”
LUK 18:9 आफ्नै धार्मिकतामा ढुक्‍क भई भरोसा राखेर अरूहरूलाई तुच्छ दृष्‍टिले हेर्नेहरू कसै कसैलाई येशूले यो दृष्‍टान्त भन्‍नुभयो:
LUK 18:10 “दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए। एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने।
LUK 18:11 फरिसी उभियो र आफ्नै विषयमा यसरी प्रार्थना गर्‍यो: ‘हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि म अरू मानिसहरूजस्तो छली, दुष्‍ट, व्यभिचारी, अथवा यही कर उठाउने मान्छेजस्तो पनि म छैनँ।
LUK 18:12 म हप्‍तामा दुईपल्ट उपवास बस्दछु; र आफूले कमाएका सबै थोकहरूबाट दशांश दिन्छु।’
LUK 18:13 “तर त्यो कर उठाउने मानिस टाढै उभियो। त्यसले स्वर्गतिर हेर्ने आँट पनि नगरी छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्‍वर, ममाथि दया गर्नुहोस्, म पापी हुँ।’
LUK 18:14 “म तिमीहरूलाई भन्दछु, त्यो फरिसी होइन, तर कर उठाउने मानिस परमेश्‍वरको सामु धर्मी ठहरिएर घर फर्कियो; किनकि आफूलाई उच्‍च तुल्याउने नम्र बनाइनेछन् र आफूलाई नम्र बनाउने उच्‍च पारिनेछन्।”
LUK 18:15 मानिसहरूले आ-आफ्ना बालबालिकाहरूलाई पनि येशूले छोइदेऊन् भनी उहाँकहाँ ल्याइरहेका थिए। यो देखेर चेलाहरूले तिनीहरूलाई हप्काए।
LUK 18:16 तर येशूले बालबालिकाहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक; किनकि परमेश्‍वरको राज्य यस्तैहरूका लागि हो।
LUK 18:17 म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकलेझैँ ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।”
LUK 18:18 कुनै एक शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?”
LUK 18:19 येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? परमेश्‍वरबाहेक अरू कोही पनि असल छैन।
LUK 18:20 तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैँले व्यभिचार नगर्नू, तैँले मानव हत्या नगर्नू, तैँले नचोर्नू, तैँले झूटो साक्षी नदिनू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ”
LUK 18:21 तिनले भने, “यी आज्ञाहरू त मैले बालककालदेखि नै पालन गर्दैआएको छु।”
LUK 18:22 यो सुनेर येशूले तिनलाई भन्‍नुभयो, “तिमीलाई अझै एउटा कुराको अभाव छ। तिमीसँग भएका सबै थोक बेचेर गरिबहरूलाई बाँडिदेऊ, र तिम्रो निम्ति स्वर्गमा धनसम्पत्ति हुनेछ। त्यसपछि आऊ, मेरो पछि लाग।”
LUK 18:23 यो सुनेर तिनी साह्रै दुःखित भए; किनकि तिनी धेरै धनी थिए।
LUK 18:24 येशूले तिनलाई हेरेर भन्‍नुभयो, “धनीहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न कति कठिन छ!
LUK 18:25 वास्तवमा कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”
LUK 18:26 यो सुन्‍नेहरूले सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?”
LUK 18:27 येशूले जवाफ दिनुभयो, “जे कुरा मानिसहरूका लागि असम्भव छ, त्यो परमेश्‍वरको लागि सम्भव छ।”
LUK 18:28 पत्रुसले उहाँलाई भने, “तपाईंलाई पछ्याउनका निम्ति हामीले आफूसँग भएका सबै कुरा त्यागेका छौँ!”
LUK 18:29 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, जसले परमेश्‍वरको राज्यको निम्ति घर अथवा पत्नी अथवा दाजुभाइ अथवा बुबाआमा अथवा छोराछोरीलाई त्यागेको छ,
LUK 18:30 त्यसले यसै युगमा त्यसको धेरै गुणा र आउँदा युगमा अनन्त जीवन प्राप्‍त गर्नेछ।”
LUK 18:31 येशूले बाह्र जनालाई एकातिर लैजानुभयो र तिनीहरूलाई भन्‍नुभयो, “हामी यरूशलेमतिर जाँदैछौँ। अनि अगमवक्ताहरूले मानिसको पुत्रको विषयमा लेखेका सबै कुरा पूरा हुनेछ।
LUK 18:32 उसलाई गैरयहूदीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई गिल्‍ला गर्नेछन्, निन्दा गर्नेछन् र थुक्नेछन्।
LUK 18:33 उसलाई कोर्रा लगाउनेछन् र मार्नेछन्। तेस्रो दिनमा ऊ फेरि जीवित भई उठ्नेछ।”
LUK 18:34 चेलाहरूले यी कुराहरू केही पनि बुझेनन्। यसको अर्थ तिनीहरूबाट गोप्य राखिएको थियो, र उहाँले के विषयमा भन्दैहुनुहुन्थ्यो, सो तिनीहरूले बुझेनन्।
LUK 18:35 येशू यरीहो नजिकै पुग्नुहुँदा, एउटा दृष्‍टिविहीन मानिस बाटोको छेउमा बसेर मागिरहेको थियो।
LUK 18:36 नजिकैबाट भीड गइरहेको आवाज सुनेर त्यसले त्यहाँ के हुँदैछ भनी सोधपुछ गर्‍यो।
LUK 18:37 तिनीहरूले त्यसलाई भने, “नासरतका येशू जाँदैहुनुहुन्छ।”
LUK 18:38 त्यसले उच्‍च सोरमा भन्यो, “हे येशू, दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!”
LUK 18:39 बाटो देखाउँदै अगि-अगि हिँड्नेहरूले त्यसलाई हप्काएर चुप लाग् भने। तर त्यो झन् चर्को सोरमा करायो, “हे दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!”
LUK 18:40 येशू टक्‍क अडिनुभयो, र त्यस मानिसलाई आफूकहाँ ल्याउन आज्ञा दिनुभयो। त्यो नजिक आएपछि येशूले त्यसलाई सोध्नुभयो,
LUK 18:41 “म तिम्रो निम्ति के गरिदिऊँ भन्‍ने तिमी चाहन्छौ?” त्यसले भन्यो, “हे प्रभु, म देख्न चाहन्छु।”
LUK 18:42 येशूले त्यसलाई भन्‍नुभयो, “तिमी देख्ने भइजाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”
LUK 18:43 तुरुन्तै त्यसले आफ्नो दृष्‍टि पायो, र परमेश्‍वरको प्रशंसा गर्दै येशूको पछि लाग्यो। जब सबै मानिसहरूले यो देखे, तब तिनीहरूले पनि परमेश्‍वरको प्रशंसा गरे।
LUK 19:1 येशू यरीहोमा प्रवेश गरी त्यहाँबाट जाँदैहुनुहुन्थ्यो।
LUK 19:2 त्यहाँ जक्‍कै नाम भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूका प्रमुख थिए; र धनी थिए।
LUK 19:3 अनि तिनले येशू को हुनुहुँदोरहेछ भनी हेर्न चाहन्थे, तर भीडले गर्दा तिनले उहाँलाई देख्न सकेनन्; किनकि तिनी पुड्का थिए।
LUK 19:4 त्यसकारण तिनी दौडेर अगि-अगि गएर उहाँलाई हेर्नका लागि एउटा अञ्जीरको रूखमा चढे; किनकि येशू त्यही बाटो भएर आउन लाग्नुभएको थियो।
LUK 19:5 जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले माथितिर हेरेर तिनलाई भन्‍नुभयो, “ए जक्‍कै, चाँडै तल ओर्लेर आऊ। आज मलाई तिम्रो घरमा बस्‍नु छ।”
LUK 19:6 तिनी झट्टै तल ओर्लेर आए, र खुशी हुँदै उहाँलाई सत्कार गरे।
LUK 19:7 तर यो देखेर सबै जनाले गनगनाउँदै भन्‍न लागे, “उनी त एउटा पापीको घरमा पाहुना बस्‍न गए।”
LUK 19:8 तर जक्‍कै खडा भएर प्रभुलाई भने, “हे प्रभु, हेर्नुहोस्! म अहिले यहीँ नै मेरो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु; यदि मैले कसैलाई कुनै कुरामा ठगेको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।”
LUK 19:9 येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरमा मुक्ति आएको छ; किनकि यी मानिस पनि अब्राहामकै सन्तान हुन्।
LUK 19:10 किनकि मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।”
LUK 19:11 तिनीहरूले यी कुराहरू सुन्दैगर्दा उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो; किनकि उहाँ यरूशलेमको नजिकै हुनुहुन्थ्यो, र मानिसहरूले परमेश्‍वरको राज्य अब तुरुन्तै प्रकट हुनेछ भन्‍ने विचार गरेका थिए।
LUK 19:12 उहाँले भन्‍नुभयो: “असल खानदानका एक जना मानिस राजा नियुक्त भएर फेरि फर्किआउनका लागि एउटा टाढा मुलुकमा गए।
LUK 19:13 तिनले आफ्ना दश जना सेवकहरूलाई बोलाएर तिनीहरूलाई सुनका दश सिक्‍का दिएर भने, ‘म फर्केर नआएसम्म यो पैसा व्यापारमा लगाओ।’
LUK 19:14 “तर उनका अधीनका प्रजाहरूले तिनलाई घृणा गर्दथे; र त्यसैले तिनका पछि-पछि तिनीहरूले यसो भन्‍ने दूतहरू पठाए, ‘यी मानिस हाम्रा राजा भएको हामी चाहँदैनौँ।’
LUK 19:15 “तर तिनी राजा भएर घर फर्के। त्यसपछि तिनले दिएका पैसाबाट सेवकहरूले कति फाइदा कमाए भनी पत्ता लगाउनका लागि तिनले आफ्ना सेवकहरूलाई आफूकहाँ बोलाए।
LUK 19:16 “पहिलो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू दश सिक्‍का कमाएको छु।’
LUK 19:17 “अनि त्यसका मालिकले भने, ‘स्याबास, मेरो असल सेवक! तिमी सानो कुरामा पनि विश्‍वासयोग्य भयौ। त्यसकारण अब दश सहरहरूमाथि अधिकार गर।’
LUK 19:18 “दोस्रो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू पाँच सिक्‍का कमाएको छु।’
LUK 19:19 “अनि त्यसका मालिकले भने, ‘तिमीले पाँच सहरहरूमाथि अधिकार गर।’
LUK 19:20 “त्यसपछि अर्को सेवक आयो, र भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्‍का यहीँ छ। मैले यसलाई कपडाको टालोमा बाँधेर राखेको छु।
LUK 19:21 म तपाईंसँग डराएँ, किनकि तपाईं एक कठोर मानिस हुनुहुन्छ। तपाईंले जे राख्नुभएको छैन, त्यो लिनुहुन्छ र जे छर्नुभएन, त्यसैको कटनी गर्नुहुन्छ।’
LUK 19:22 “त्यसका मालिकले जवाफ दिए, ‘ए दुष्‍ट सेवक, म तेरै मुखको वचनबाट तेरो न्याय गर्नेछु! मैले जे राखिनँ, त्यो लिने, र जे छरिनँ, त्यसैको कटनी गर्ने म एक कठोर मानिस हुँ भन्‍ने तँलाई थाहा थियो, होइन र?
LUK 19:23 त्यसो भए मेरो सिक्‍का तैँले किन साहुकहाँ राखिनस् त? त्यसो गरेको भए म फर्केर आउँदा मैले त्यसलाई ब्याजसमेत पाउनेथिएँ।’
LUK 19:24 “त्यसपछि तिनले त्यहाँ नजिकै उभिनेहरूलाई भने, ‘त्यसबाट त्यो सिक्‍का लेओ, र जससित दश सिक्‍का छ, त्यसलाई देओ।’
LUK 19:25 “तिनीहरूले भने, ‘मालिक, त्यससँग दश सिक्‍का छँदैछन् नि!’
LUK 19:26 “राजाले जवाफ दिए, ‘म तिमीहरूलाई भन्दछु, जससित छ, त्यसलाई अरू दिइनेछ, तर जससित छैन, त्यससित भएको पनि खोसिनेछ।
LUK 19:27 तर म तिनीहरूमाथि राजा बनेको नचाहने मेरा ती शत्रुहरू, तिनीहरूलाई यहाँ ल्याओ र तिनीहरूलाई मेरै सामु मार।’ ”
LUK 19:28 येशूले यी कुराहरू भनिसकेपछि उहाँ यरूशलेमतर्फ जानलाई अगि बढ्नुभयो।
LUK 19:29 जब उहाँ जैतुन डाँडा भनिने पहाडमा बेथफागे र बेथानीको नजिक आइपुग्नुभयो, तब उहाँले आफ्ना दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो,
LUK 19:30 “तिमीहरूका सामुको गाउँमा जाओ, र जब तिमीहरू त्यहाँ प्रवेश गर्छौ, तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ; जसमाथि अझसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ।
LUK 19:31 यदि कसैले तिमीहरूलाई ‘त्यसलाई किन फुकाउँदैछौ?’ भनी सोध्यो भने, ‘प्रभुलाई यो चाहिएको छ’ भनेर भन्‍नू।”
LUK 19:32 ती अगि-अगि पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्तो भन्‍नुभएको थियो, त्यस्तै भेट्टाए।
LUK 19:33 तिनीहरूले त्यो बछेडालाई फुकाउँदै गर्दा त्यसका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले त्यो बछेडालाई किन फुकाउँदैछौ?”
LUK 19:34 तिनीहरूले जवाफ दिए, “प्रभुलाई यो चाहिएको छ।”
LUK 19:35 तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए; अनि आफ्ना लुगाहरू त्यस गधामाथि राखे, र येशूलाई त्यसमाथि बसाले।
LUK 19:36 उहाँ अगि बढ्दै गर्नुहुँदा मानिसहरूले आ-आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए।
LUK 19:37 उहाँ जैतुन डाँडाको ओह्रालो सुरु हुने ठाउँको नजिक आइपुग्नुहुँदा, चेलाहरूका सम्पूर्ण भीड, आफैँले देखेका सबै अचम्मका कामहरूका लागि आनन्दसाथ चर्को सोरमा परमेश्‍वरको प्रशंसा गर्न लागे:
LUK 19:38 “प्रभुको नाममा आउनुहुने राजा धन्य हुनुहुन्छ!” “स्वर्गमा शान्ति र सर्वोच्‍चमा महिमा होस्।”
LUK 19:39 भीडमध्येका कोही फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्!”
LUK 19:40 उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चुप लागे भने ढुङ्गाहरू कराएर उठ्नेछन्।”
LUK 19:41 जब येशू यरूशलेमको नजिक पुग्नुभयो, र सहरलाई देख्नुभयो, तब उहाँ त्यसका निम्ति रुनुभयो,
LUK 19:42 र भन्‍नुभयो, “यदि तैँले, हो तैँले, शान्ति कुन कुराले ल्याउँछ भनी आज जानेको भए हुनेथियो। तर अब त्यो तेरो नजरबाट लुकेको छ।
LUK 19:43 तँमाथि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि तेरो विरुद्धमा मोर्चा बाँध्नेछन्; घेरा हाल्नेछन् र तँलाई चारैतिरबाट थुनिराख्नेछन्।
LUK 19:44 तिनीहरूले तँलाई र तेरो पर्खालभित्र भएका तेरा सन्तानहरूलाई जमिनमा पछार्नेछन्; र तिनीहरूले एउटा ढुङ्गा पनि अर्कोमाथि छोड्नेछैनन्; किनकि तैँले तँभित्र हुनुभएको परमेश्‍वरको आगमनको समयलाई चिनिनस्।”
LUK 19:45 त्यसपछि उहाँ मन्दिरको क्षेत्रभित्र प्रवेश गर्नुभयो र त्यहाँ बिक्री गर्नेहरूलाई निकाल्न लाग्नुभयो।
LUK 19:46 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूका ओडार’ बनाएका छौ।”
LUK 19:47 त्यसपछि उहाँले दिनहुँ मन्दिरमा शिक्षा दिन थाल्नुभयो। तर मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र मानिसहरूका अगुवाहरूले उहाँलाई मार्न खोज्दैथिए।
LUK 19:48 तर तिनीहरूले उहाँलाई मार्न कुनै उपाय भेट्टाउन सकेनन्; किनकि सबै मानिसहरू उहाँका वचनमा प्रभावित भएका थिए।
LUK 20:1 एक दिन उहाँले मन्दिरका चोकहरूमा भएका मानिसहरूलाई शिक्षा दिँदै र सुसमाचार घोषणा गरिरहनुभएको बेला, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरू, प्रधानहरूका साथमा उहाँकहाँ आए।
LUK 20:2 तिनीहरूले भने, “हामीलाई भन, तिमीले कुन अधिकारले यी कुराहरू गर्दैछौ? तिमीलाई यो अधिकार कसले दियो?”
LUK 20:3 उहाँले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न गर्छु। मलाई भन,
LUK 20:4 यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाटको थियो कि मानिसहरूबाटको थियो?”
LUK 20:5 तिनीहरूले यस विषयमा आपसमा छलफल गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, तिनले ‘त्यसो भए किन तिनलाई विश्‍वास गरेनौ त?’ भनी सोध्नेछन्।
LUK 20:6 तर हामीले ‘मानिसहरूबाट’ भन्यौँ भने सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्‍नेछन्; किनकि तिनीहरूले यूहन्‍नालाई अगमवक्ता भनी विश्‍वास गर्दछन्।”
LUK 20:7 त्यसकारण तिनीहरूले जवाफ दिए, “त्यो कहाँबाट थियो, हामी जान्दैनौँ।”
LUK 20:8 येशूले भन्‍नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु, त्यो भन्दिनँ।”
LUK 20:9 उहाँ बोलिरहनुभयो र मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “एक जना मानिसले दाखबारी लगाए, र केही किसानहरूलाई मोहीको रूपमा खटाएर लामो समयका लागि टाढा गए।
LUK 20:10 कटनीको समयमा तिनले ती मोहीहरूले दाखबारीबाट तिनलाई फलको केही भाग देऊन् भनी एउटा सेवकलाई तिनीहरूकहाँ पठाए। तर मोहीहरूले त्यसलाई पिटे, र त्यसलाई रित्तै हात फर्काइदिए।
LUK 20:11 तिनले अर्को सेवकलाई पनि पठाए; तर त्यसलाई पनि तिनीहरूले पिटे, र बेइज्जत गरेर रित्तै हात नै पठाइदिए।
LUK 20:12 तिनले तेस्रो सेवकलाई पनि पठाए, र तिनीहरूले त्यसलाई पनि घाइते बनाएर बाहिर फालिदिए।
LUK 20:13 “त्यसपछि दाखबारीका मालिकले भने, ‘म के गरूँ? म आफ्नै प्यारो छोरालाई पठाउनेछु; सायद तिनीहरूले यिनलाई त आदर गर्लान्।’
LUK 20:14 “तर जब मोहीहरूले त्यसलाई देखे, तब आपसमा यस विषयमा कुरा गरे। तिनीहरूले भने, ‘यो त हकवाला हो। हामी यसलाई मारौँ, र हकको सम्पत्ति हाम्रो हुनेछ।’
LUK 20:15 यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे। “अब त्यस दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्?
LUK 20:16 तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र त्यो दाखबारी अरूहरूलाई दिनेछन्।” मानिसहरूले यो सुनेर भने, “यस्तो कहिल्यै नहोस्!”
LUK 20:17 येशूले सोझै तिनीहरूलाई हेर्नुभयो र सोध्नुभयो, “तब यसरी लेखिएको कुराको अर्थ के हो त: “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही नै कुनाको मुख्य ढुङ्गा बन्यो’?
LUK 20:18 हरेक, जो त्यस ढुङ्गामाथि खस्छ, त्यो टुक्रा-टुक्रा हुनेछ, तर जसमाथि त्यो खस्छ, त्यो धुलोपिठो हुनेछ।”
LUK 20:19 त्यसपछि व्यवस्थाका शिक्षकहरू र मुख्य पुजारीहरूले उहाँलाई तुरुन्तै पक्रने उपाय खोज्न थाले; किनकि उहाँले यो दृष्‍टान्त तिनीहरूका विरुद्धमा भन्‍नुभएको हो भनी तिनीहरूलाई थाहा थियो। तर तिनीहरू मानिसहरूदेखि डराउँथे।
LUK 20:20 उहाँको चियो गरी मौका हेर्दै, तिनीहरूले धर्मी भएको बहाना गर्ने जासुसहरूलाई उहाँकहाँ पठाए। येशूले भन्‍नुभएका कुनै कुरामा उहाँलाई फसाई पक्रेर राज्यपालको अधिकार र शक्तिकहाँ उहाँलाई सुम्पिदिन तिनीहरूले दाउ हेरे।
LUK 20:21 ती जासुसहरूले उहाँलाई प्रश्न गरे: “गुरुज्यू, हामी जान्दछौँ कि तपाईंले जे ठिक छ, त्यही बोल्नुहुन्छ र त्यसैको शिक्षा दिनुहुन्छ, र तपाईंले भेदभाव राख्नुहुन्‍न। तर सत्यता बमोजिम परमेश्‍वरका मार्ग सिकाउनुहुन्छ।
LUK 20:22 के सिजरलाई हामीले कर तिर्नु उचित छ कि छैन?”
LUK 20:23 तर उहाँले तिनीहरूका बनावटी कुरा देख्नुभयो र भन्‍नुभयो,
LUK 20:24 “मलाई दिनारको एउटा सिक्‍का देखाओ। यसमा कसको चित्र र छाप छ?” “सिजरको,” तिनीहरूले जवाफ दिए।
LUK 20:25 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए जे सिजरको हो, त्यो सिजरलाई देओ र जे परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।”
LUK 20:26 उहाँले त्यहाँ सारा मानिसहरूको अगि जे भन्‍नुभयो, त्यस कुरामा उहाँलाई फसाउन तिनीहरू सामर्थ्य भएनन्। उहाँले दिनुभएको जवाफमा आश्‍चर्यचकित भएर तिनीहरू चुप लागिरहे।
LUK 20:27 मरेकाहरू पुनरुत्थान हुँदैनन् भनी विश्‍वास गर्ने समूहका सदुकीहरूमध्ये कोही-कोही यसो भन्‍ने प्रश्न लिएर येशूकहाँ आए।
LUK 20:28 तिनीहरूले भने, “गुरुज्यू, मोशाले हाम्रा निम्ति लेखिदिएका थिए, कि कुनै मानिसको दाजु निःसन्तान भई पत्नीलाई मात्र छोडेर मर्‍यो भने त्यस मानिसले त्यो विधवालाई विवाह गरेर उसका दाजुका निम्ति सन्तान उत्पन्‍न गरिदिनुपर्छ।
LUK 20:29 अब कुनै परिवारमा सात दाजुभाइहरू थिए। पहिलोले विवाह गरेर पत्नी ल्यायो र ऊ सन्तान नभई मर्‍यो।
LUK 20:30 अनि दोस्रोले त्यसलाई विवाह गर्‍यो, र ऊ पनि सन्तान नभई मर्‍यो,
LUK 20:31 त्यसपछि तेस्रोले त्यसलाई विवाह गर्‍यो; अनि यही प्रकारले सातै जना दाजुभाइहरूले पालैपालो उसलाई विवाह गरे, र तिनीहरू सन्तान नभई नै मरे।
LUK 20:32 अन्त्यमा त्यो स्त्री पनि मरी।
LUK 20:33 अब मरेकाहरू पुनरुत्थान हुँदा त्यो स्त्री कसकी पत्नी हुनेछे? किनकि सातै जनाको त्यससँग विवाह भएको थियो।”
LUK 20:34 येशूले जवाफ दिनुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र गराउँछन्।
LUK 20:35 तर त्यस युगसम्म पुग्न, र मरेकाहरूबाट पुनरुत्थान हुन योग्य ठहरिनेहरूले न त विवाह गर्नेछन्, न विवाहमा दिइन्छन्,
LUK 20:36 तिनीहरू कहिल्यै मर्दैनन्; किनकि तिनीहरू स्वर्गदूतजस्तै हुन्। पुनरुत्थानका सन्तान भएकाले तिनीहरू परमेश्‍वरका सन्तान हुन्।
LUK 20:37 पोथ्राको विवरणमा मोशाले पनि मरेकाहरू जीवित पारिन्छन् भन्‍ने कुरा देखाएका थिए; किनकि तिनले प्रभुलाई ‘अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर’ भनी पुकार गरेका छन्।
LUK 20:38 उहाँ मरेकाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका हुनुहुन्छ; किनकि उहाँका निम्ति सबै जीवित छन्।”
LUK 20:39 व्यवस्थाका केही शिक्षकहरूले भने, “गुरुज्यू, तपाईंले बडो असल कुरा भन्‍नुभयो!”
LUK 20:40 त्यसपछि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेनन्।
LUK 20:41 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दावीदका पुत्र हुन् भनी तिनीहरू कसरी भन्दछन्?
LUK 20:42 किनकि दावीद आफैँले भजनको पुस्तकमा यसो भनेका छन्: “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’
LUK 20:44 दावीदले उहाँलाई ‘प्रभु’ भन्छन्। त्यसो भए उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?”
LUK 20:45 सबै मानिसहरूले सुनिरहेकै बेलामा येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो:
LUK 20:46 “व्यवस्थाका शिक्षकहरूदेखि होसियार बस। तिनीहरू लामो पोशाक पहिरेर यताउता हिँड्न चाहन्छन्। बजारहरूमा आदरको अभिवादन पाउन मन पराउँछन्, र सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्।
LUK 20:47 तिनीहरूले विधवाहरूका घरहरू हडप्छन्, र देखाउनका निम्ति लामा-लामा प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले सबैभन्दा कडा दण्ड पाउनेछन्।”
LUK 21:1 येशू मन्दिरमा हुनुहुँदा, धनी मानिसहरूले आ-आफ्ना भेटी मन्दिरको दानपेटीमा हाल्दैगरेका उहाँले देख्नुभयो।
LUK 21:2 उहाँले एउटी गरिब विधवाले तामाका दुई वटा साना सिक्‍का चढाएकी पनि देख्नुभयो।
LUK 21:3 उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यस गरिब विधवाले अरू सबैले भन्दा धेरै बढी चढाएकी छे।
LUK 21:4 अरू सबै मानिसहरूले आफ्नो प्रशस्त धनबाट भेटी चढाए, तर यस स्त्रीले त आफ्नो गरिबीबाट आफूसँग जीविका चलाउने खर्चसमेत सबै नै चढाएकी छे।”
LUK 21:5 जब उहाँका चेलाहरूमध्ये कसै-कसैले सुन्दर पत्थरहरू र परमेश्‍वरमा अर्पण गरिएका भेटीहरूबाट कसरी मन्दिर सिँगारिएको छ भन्‍ने विषयमा चर्चा गर्दैथिए, येशूले भन्‍नुभयो,
LUK 21:6 “यहाँ तिमीहरूले अहिले जे देख्दैछौ, ती सबैका निम्ति एउटा समय आउनेछ, जब यहाँको एउटा पनि ढुङ्गा अर्कोमाथि छोडिनेछैन, तर यी प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।”
LUK 21:7 तिनीहरूले सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? अनि अब ती कुराहरू आउनलाग्दैछन् भन्‍ने चिन्ह के हुनेछ?”
LUK 21:8 उहाँले जवाफ दिनुभयो: “धोकामा नपर, तिमीहरू होसियार रहो; किनकि धेरै जना मेरो नाममा ‘म उही हुँ,’ र, ‘समय नजिकै छ’ भन्‍ने दाबी गर्दै आउनेछन्। तिनीहरूका पछि नलाग।
LUK 21:9 जब तिमीहरूले लडाइँहरू र क्रान्तिका हल्‍लाहरू सुन्‍नेछौ, तब नडराओ। पहिले यी कुराहरू घट्नैपर्छ; तरै पनि त्यति नै बेला अन्त्य आउँदैन।”
LUK 21:10 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ।
LUK 21:11 धेरै ठाउँहरूमा ठूला-ठूला भुइँचालाहरू, अनिकाल र महामारीहरू आउनेछन्। अनि डरलाग्दा घटनाहरू र आकाशबाट ठूला-ठूला चिन्हहरू देखा पर्नेछन्।
LUK 21:12 “तर यी सबै हुनुभन्दा अगि तिनीहरूले तिमीहरूमाथि हात हाल्नेछन्, र तिमीहरूलाई खेदो गर्नेछन्। तिनीहरूले तिमीहरूलाई सभाघरहरू र झ्यालखानाहरूमा पुर्‍याउनेछन्, र तिमीहरू राजाहरू र राज्यपालहरूका अगाडि लगिनेछौ। यी सबै कुरा मेरो नामको कारणले गर्दा आइपर्नेछ।
LUK 21:13 यस कुराको परिणाम यही हुनेछ, तिमीहरू तिनीहरूका लागि मेरो साक्षी हुनेछौ।
LUK 21:14 तर आफ्नो बचाउका लागि के भन्‍ने हो भनेर अगिबाट नै चिन्ता नलिन आफ्ना मनमा निश्‍चय गर।
LUK 21:15 किनकि म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु, तिमीहरूका विरोधीहरूमध्ये कसैले पनि त्यसलाई रोक्न अथवा काट्न सामर्थ्य हुनेछैन।
LUK 21:16 तिमीहरू त तिमीहरूका आफ्नै आमाबुबा, दाजुभाइ, दिदीबहिनी, नातेदार र साथीहरूद्वारा समेत धोकामा पर्नेछौ। तिनीहरूले तिमीहरूमध्ये कसै कसैलाई मार्ने पनि छन्।
LUK 21:17 अनि तिमीहरूलाई सबै मानिसहरूले मेरो कारणले घृणा गर्नेछन्।
LUK 21:18 तर तिमीहरूको शिरको एउटा केश पनि नाश हुनेछैन।
LUK 21:19 स्थिर भई खडा रह्‍यौ भने तिमीहरूले जीवन प्राप्‍त गर्नेछौ।
LUK 21:20 “जब तिमीहरूले यरूशलेम चारैतिरबाट सेनाहरूले घेरिएको देख्नेछौ, तब त्यसको विनाश नजिकै छ भनी तिमीहरूले जान्‍नेछौ।
LUK 21:21 तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। सहरमा हुनेहरू बाहिर निस्कून् र गाउँमा हुनेहरू सहरभित्र नपसून्।
LUK 21:22 किनकि जे लेखिएका छन्, ती सबै हुनका लागि यो दण्डको समय हुनेछ।
LUK 21:23 हाय! गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि ती दिनहरू कति डरलाग्दा हुनेछन्! संसारमा ठूलो सङ्कष्‍ट र यस जातिमाथि क्रोध आइपर्नेछ।
LUK 21:24 तिनीहरू तरवारले ढालिनेछन् वा सबै राष्ट्रहरूकहाँ कैदी बनाएर लगिइनेछन्। गैरयहूदीहरूको समय पूरा नहोउन्जेल यरूशलेम गैरयहूदीहरूद्वारा कुल्चीमिल्ची पारिनेछ।
LUK 21:25 “सूर्य, चन्द्रमा र ताराहरूमा चिन्हहरू देखिनेछन्; पृथ्वीमा गर्जिरहेको र उर्लिरहेको समुद्रले राष्ट्रहरू सङ्कष्‍ट र व्याकुलमा पर्नेछन्।
LUK 21:26 संसारमा के आइपर्नेछ भन्‍ने आशङ्काले मानिसहरू डरले मूर्च्छा पर्नेछन्; किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्।
LUK 21:27 त्यस बेला तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महा महिमासहित बादलमा आइरहेको देख्नेछन्।
LUK 21:28 जब यी कुराहरू हुन थाल्छन्, तब खडा होओ, र माथि हेर्दै शिर उठाओ; किनकि तिमीहरूको मुक्ति नजिक आउँदैछ।”
LUK 21:29 उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “अञ्जीरको रूख र अरू सबै रूखहरूलाई हेर।
LUK 21:30 जब तिनमा पालुवा लाग्छ, तब तिमीहरू आफैँले त्यो देख्न सक्छौ र ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी थाहा पाउँछौ।
LUK 21:31 त्यसरी नै जब तिमीहरूले यी कुराहरू भइरहेका देख्नेछौ, तब परमेश्‍वरको राज्य नजिकै छ भनी जान।
LUK 21:32 “म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्‍चय नै नष्‍ट भएर जानेछैन।
LUK 21:33 आकाश र पृथ्वी नष्‍ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्‍ट हुनेछैनन्।
LUK 21:34 “होसियार बस, नत्रता तिमीहरूको हृदय प्रशस्त भोग-विलास, मतवालापन र जीवनको फिक्रीले मन्द होला, र त्यो दिन तिमीहरूमाथि नचिताएको पासोझैँ एक्‍कासि आइपर्ला।
LUK 21:35 किनकि त्यो पृथ्वीमाथि बास गर्नेहरू सबैमाथि आइपर्नेछ।
LUK 21:36 तर आइपर्ने यी कुराहरूदेखि तिमीहरू उम्कन र मानिसको पुत्रको उपस्थितिमा खडा हुन सक्नलाई सधैँ जागा रहो र प्रार्थना गर।”
LUK 21:37 येशूले हरेक दिन मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र हरेक बेलुकी निस्केर जैतुन भनिने डाँडामा रात बिताउन जानुहुन्थ्यो,
LUK 21:38 सबै मानिसहरू उहाँको वचन सुन्‍नलाई बिहानै मन्दिरमा आउँथे।
LUK 22:1 अब अखमिरी रोटीको निस्तार भनिने चाड नजिकै थियो।
LUK 22:2 मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले कसरी येशूलाई मार्ने भनी केही उपाय खोजिरहेका थिए, तर तिनीहरू मानिसहरूदेखि डराउँथे।
LUK 22:3 तब शैतान बाह्र जनामध्ये इस्करियोत भनिने यहूदाभित्र पस्यो।
LUK 22:4 अनि त्यो मुख्य पुजारीहरू र मन्दिरका पहरेदारहरूका अधिकारीकहाँ गयो। त्यसले येशूलाई कसरी पक्राइदिन सक्छु भनेर तिनीहरूसित छलफल गर्‍यो।
LUK 22:5 यसमा तिनीहरू खुशी भए, र त्यसलाई पैसा दिन राजी भए।
LUK 22:6 त्यो तिनीहरूसँग सहमत भयो। अनि भीड नभएको बेलामा येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो।
LUK 22:7 त्यसपछि अखमिरी रोटीको चाडको दिन आयो, जुन दिनमा निस्तार चाडको थुमा बलिदान चढाइनुपर्थ्यो।
LUK 22:8 येशूले पत्रुस र यूहन्‍नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रा निम्ति निस्तार चाडको भोज खाने तयारी गर।”
LUK 22:9 तिनीहरूले उहाँलाई सोधे, “हामी यो भोज कहाँ तयार गरौँ भनी तपाईं चाहनुहुन्छ?”
LUK 22:10 उहाँले जवाफ दिनुभयो, “सुन, तिमीहरू यरूशलेम सहरमा पस्‍नेबित्तिकै गाग्रोमा पानी बोकिरहेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यसको पछि-पछि जाओ र त्यो जुन घरमा पस्छ,
LUK 22:11 त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: पाहुनाकोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खानेछु?’
LUK 22:12 तिनले तिमीहरूलाई माथिल्‍लो तलामा सजाएको एउटा ठूलो कोठा देखाउनेछन्, त्यहीँ तयार गर।”
LUK 22:13 तिनीहरू गए, र येशूले तिनीहरूलाई भन्‍नुभएझैँ भेट्टाए। यसकारण तिनीहरूले निस्तार चाडको भोज तयार गरे।
LUK 22:14 जब सही समय भयो, येशू र उहाँका चेलाहरू टेबुलमा खान बस्‍नुभयो।
LUK 22:15 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आफूले दुःख भोग्नुभन्दा अगाडि नै तिमीहरूसँग यो निस्तार चाडको भोज खान मैले उत्कट इच्छा गरेको थिएँ।
LUK 22:16 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्यमा यसको अर्थ पूरा नभएसम्म म यो फेरि खानेछैनँ।”
LUK 22:17 कचौरा लिनुभएपछि उहाँले परमेश्‍वरलाई धन्यवाद दिनुभयो र भन्‍नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड।
LUK 22:18 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य नआएसम्म फेरि दाखको रसबाट म कहिल्यै पिउनेछैनँ।”
LUK 22:19 त्यसपछि उहाँले रोटी लिनुभयो। परमेश्‍वरलाई धन्यवाद दिएर त्यो भाँच्नुभयो, र यसो भन्दै त्यो तिनीहरूलाई दिनुभयो, “यो तिमीहरूका निम्ति दिइएको मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर।”
LUK 22:20 त्यसै गरी खाइसकेपछि, उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जो तिमीहरूका निम्ति बहाइन्छ।
LUK 22:21 तर मलाई पक्राइदिनेको हात मसँगै टेबुलमा छ।
LUK 22:22 मानिसको पुत्र त ठहराइएअनुसार जान्छ, तर धिक्‍कार त्यस मानिसलाई, जसले उसलाई धोका दिन्छ।”
LUK 22:23 तिनीहरूमध्ये कसले यस्तो काम गर्ने होला भनी आपसमा सोधासोध गर्न थाले।
LUK 22:24 तिनीहरूमध्ये कोचाहिँ सबैभन्दा ठूलो गनिने हो भनेर पनि तिनीहरूका बीचमा विवाद हुन थाल्यो।
LUK 22:25 येशूले तिनीहरूलाई भन्‍नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरूले आफैँलाई ‘उपकारी’ भन्छन्।
LUK 22:26 तर तिमीहरूचाहिँ यस्तो नहोओ। तर वास्तवमा तिमीहरूमध्ये जो ठूलो छ, त्यो सबैभन्दा सानोझैँ बनोस्; र शासकचाहिँ सेवा गर्नेजस्तै बनोस्।
LUK 22:27 किनकि ठूलो को हो, टेबुलमा ढल्कने कि सेवा गर्ने? के टेबुलमा ढल्कने नै ठूलो होइन र? तर म तिमीहरूका बीचमा एक जना सेवा गर्नेजस्तै छु।
LUK 22:28 मेरो परीक्षामा मसँग खडा रहनेहरू तिमीहरू नै हौ।
LUK 22:29 अनि म तिमीहरूलाई एउटा राज्य नियुक्त गर्छु, जसरी मेरा पिताले मलाई नियुक्त गर्नुभएको छ;
LUK 22:30 ताकि तिमीहरूले मेरो राज्यमा मेरो टेबुलमा खानपान गर्नेछौ। अनि इस्राएलका बाह्र कुलहरूको न्याय गर्दै सिंहासनहरूमा बस्‍नेछौ।
LUK 22:31 “सिमोन, हे सिमोन, हेर शैतानले तिमीलाई गहुँजस्तै निफन्‍ने अनुमति मागेको छ।
LUK 22:32 तर सिमोन तिम्रो विश्‍वास नटुटोस् भनेर मैले तिम्रा निम्ति प्रार्थना गरेको छु। अनि तिमी फेरि फर्केपछि आफ्ना भाइहरूलाई स्थिर पार।”
LUK 22:33 तर तिनले भने, “हे प्रभु, म त तपाईंसँगै झ्यालखानामा र मृत्युसम्म पनि जान तयार छु।”
LUK 22:34 येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्दछु, आज भाले बास्‍नुभन्दा अगि तिमीले मलाई चिनेको कुरा तीनपल्ट अस्वीकार गर्नेछौ।”
LUK 22:35 त्यसपछि येशूले तिनीहरूलाई सोध्नुभयो, “जब मैले तिमीहरूलाई थैली, झोला अथवा जुत्ताविना नै पठाएँ, तब के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले जवाफ दिए, “भएन।”
LUK 22:36 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर अब भने तिमीहरूसित थैली छ भने त्यो लेओ, र झोला पनि बोक। अनि तिमीहरूसित तरवार छैन भने आफ्नो लुगा बेचेर एउटा किन।
LUK 22:37 यसो लेखिएको छ: ‘उहाँ अपराधीहरूसँग गनिनुभयो,’ अनि म तिमीहरूलाई भन्दछु, यो लेखिएको कुरा मेरो जीवनमा पूरा हुनैपर्छ। हो, मेरो विषयमा जे लेखिएको छ; त्यो पूरा हुन लाग्दैछ।”
LUK 22:38 चेलाहरूले भने, “प्रभु, हेर्नुहोस्, दुईटा तरवारहरू छन्।” उहाँले भन्‍नुभयो, “भयो, त्यति भए पुग्छ।”
LUK 22:39 येशू बाहिर निस्केर सधैँझैँ जैतुन डाँडामा जानुभयो। अनि उहाँका चेलाहरू उहाँको पछि लागे।
LUK 22:40 त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।”
LUK 22:41 अनि उहाँ तिनीहरूबाट करिब एउटा ढुङ्गा हाने जतिको दूरी पर जानुभयो, र घुँडा टेकेर प्रार्थना गर्नुभयो,
LUK 22:42 “हे पिता, तपाईंको इच्छा भएमा यो कचौरा मबाट हटाइदिनुहोस्, तापनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्!”
LUK 22:43 स्वर्गबाट एक स्वर्गदूत उहाँकहाँ देखा परे, र उहाँलाई बल र सहने शक्ति दिए।
LUK 22:44 अनि अति व्याकुल भएर उहाँले अझै बढी आग्रहपूर्वक प्रार्थना गर्नुभयो; र उहाँको पसिना रगतका थोपाजस्तै भुइँमा खसिरहेका थिए।
LUK 22:45 जब उहाँ प्रार्थनाबाट उठेर चेलाहरूकहाँ फर्कनुभयो, तब उहाँले तिनीहरूलाई शोकले थकित भई निदाइरहेका भेट्टाउनुभयो।
LUK 22:46 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।”
LUK 22:47 उहाँ बोलिरहनुभएकै बेला एउटा भीड त्यहाँ आयो। अनि बाह्र जनामध्ये यहूदा भनिनेले तिनीहरूलाई अगुवाइ गरिरहेको थियो। तब येशूलाई चुम्बन गर्न त्यो अगि बढ्यो।
LUK 22:48 तर येशूले त्यसलाई भन्‍नुभयो, “यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्बनद्वारा विश्‍वासघात गर्दछौ?”
LUK 22:49 येशूका पछि लाग्नेहरूले के हुन लागेको थियो, सो देखेर भने, “प्रभु, के हामी तरवारले हानौँ?”
LUK 22:50 अनि तिनीहरूमध्ये एक जनाले प्रधान पुजारीको सेवकलाई हाने, र त्यसको दाहिने कान काटिदिए।
LUK 22:51 तर येशूले भन्‍नुभयो, “अब यसो नगर!” अनि उहाँले त्यस मानिसको कान छुनुभयो र त्यसलाई निको पार्नुभयो।
LUK 22:52 त्यसपछि येशूले उहाँलाई पक्रन आएका मुख्य पुजारीहरू, मन्दिरका पहरेदारहरूका अधिकारीहरू र प्रधानहरूलाई भन्‍नुभयो, “के मैले राजद्रोहको अगुवाइ गरेको छु र तपाईंहरू तरवार र लाठाहरू लिएर आउनुभयो?
LUK 22:53 म त दिनहुँ मन्दिरका चोकहरूमा तपाईंहरूसँगै थिएँ। अनि तपाईंहरूले ममाथि हात उठाउनुभएन; तर अब यो तपाईंहरूको समय हो, अन्धकारले अधीन गरेको समय हो।”
LUK 22:54 त्यसपछि तिनीहरूले उहाँलाई पक्रेर लगे। अनि उहाँलाई प्रधान पुजारीको घरमा लगे। पत्रुसले उहाँलाई टाढैबाट पछ्याए।
LUK 22:55 तर जब मानिसहरू चोकको बीचमा आगो बालेर साथसाथै बसेका थिए, पत्रुस पनि तिनीहरूसितै बसे।
LUK 22:56 तब एउटी सेविकाले आगोको उज्यालोमा तिनलाई त्यहाँ बसिरहेको देखी। त्यसले तिनलाई नजिकैबाट नियालेर हेरी र भनी, “यी मानिस पनि तिनीसँगै थिए।”
LUK 22:57 तर तिनले इन्कार गरेर भने, “ए नारी, म उहाँलाई चिन्दिनँ।”
LUK 22:58 केही बेरपछि कोही अर्को व्यक्तिले तिनलाई देख्यो र भन्यो, “तिमी पनि तिनीहरूमध्येकै एक हौ।” पत्रुसले जवाफ दिए, “ए मानिस, म होइनँ।”
LUK 22:59 लगभग एक घण्टापछि अर्को एक जनाले दृढतासाथ भन्यो, “साँच्‍चै नै यी मानिस तिनीसँगै थिए; किनकि यिनी पनि गालीली हुन्।”
LUK 22:60 पत्रुसले जवाफ दिए, “ए मानिस, तिमी के भनिरहेछौ, म जान्दिनँ।” तिनी बोलिरहेकै बेलामा भाले बास्यो।
LUK 22:61 अनि प्रभुले फर्केर पत्रुसलाई सोझै हेर्नुभयो। तब पत्रुसले तिनलाई प्रभुले भन्‍नुभएको यो वचन सम्झे: “आज भाले बास्‍नुभन्दा पहिले तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।”
LUK 22:62 तिनी बाहिर गए, र धुरुधुरु रोए।
LUK 22:63 येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्‍ला गर्न र पिट्न थाले।
LUK 22:64 तिनीहरूले उहाँका आँखा छोपिदिए, र उहाँलाई आज्ञा गरे, “लौ, अगमवाणी गर्! तँलाई हिर्काउने को हो?”
LUK 22:65 अनि तिनीहरूले उहाँलाई अरू धेरै निन्दाका कुराहरू पनि भने।
LUK 22:66 उज्यालो हुनेबित्तिकै जनताका प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूको सभा एकसाथ भेला भए। येशूलाई तिनीहरूका अगि लगियो।
LUK 22:67 तिनीहरूले सोधे, “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन्।” येशूले जवाफ दिनुभयो, “मैले भनेँ भने पनि तपाईंहरूले मलाई विश्‍वास गर्नुहुन्‍न।
LUK 22:68 अनि यदि मैले प्रश्न गरेँ भने पनि तपाईंहरूले जवाफ दिनुहुन्‍न।
LUK 22:69 तर अब उसो मानिसको पुत्र सर्वशक्तिमान् परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नेछ।”
LUK 22:70 तिनीहरू सबैले सोधे, “त्यसो भए, के तँ परमेश्‍वरको पुत्र होस्?” अनि उहाँले उत्तर दिनुभयो, “म उही हुँ भनी तपाईंहरूले ठिक भन्‍नुभयो।”
LUK 22:71 त्यसपछि तिनीहरूले भने, “अब हामीलाई अरू साक्षीको किन आवश्यकता पर्‍यो र? हामीले त्यसको आफ्नै मुखबाट सुनेका छौँ।”
LUK 23:1 त्यसपछि सभाका सम्पूर्ण सदस्यहरू उठेर उहाँलाई पिलातसकहाँ लगे।
LUK 23:2 तिनीहरूले उहाँलाई यसो भनेर दोष लगाउन थाले, “यस मानिसले हाम्रो राष्ट्रलाई नै बहकाउँदै गरेको हामीले भेट्टायौँ। यसले सिजरलाई कर तिर्ने कुराको विरोध गर्छ र आफैँलाई ‘ख्रीष्‍ट, राजा हुँ’ भनी भन्छ।”
LUK 23:3 तब पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” “हो, तपाईंले भन्‍नुभएझैँ हो,” येशूले भन्‍नुभयो।
LUK 23:4 त्यसपछि पिलातसले मुख्य पुजारीहरू र भीडलाई घोषणा गरिदिए, “यस मानिसलाई दोष लगाउन म केही आधार भेट्दिनँ।”
LUK 23:5 तर तिनीहरूले जिद्दी गरिरहे, “यसले आफ्नो शिक्षाद्वारा सारा यहूदिया प्रदेशका मानिसहरूलाई भड्काउँछ। यो गालील प्रदेशदेखि सुरु गरेर यहाँसम्म आइपुगेको छ।”
LUK 23:6 यति सुनेपछि पिलातसले कतै उहाँ गालीलको पो हुनुहुन्छ कि भनी सोधपुछ गरे।
LUK 23:7 जब तिनले येशू हेरोदको अधिकार क्षेत्रका हुनुहुन्छ भन्‍ने थाहा पाए, तब तिनले उहाँलाई हेरोदकहाँ पठाए। हेरोद पनि त्यस बेला यरूशलेममा नै थिए।
LUK 23:8 येशूलाई देखेर हेरोद अत्यन्तै खुशी भए; किनकि तिनले धेरै दिनदेखि उहाँलाई हेर्न इच्छा गरिरहेका थिए। तिनले उहाँका विषयमा जे-जे सुनेका थिए, त्यसअनुसार उहाँद्वारा केही अलौकिक चिन्हहरू भएको हेर्न तिनले आशा राखेका थिए।
LUK 23:9 तिनले उहाँलाई धेरै प्रश्नहरू सोधे, तर येशूले तिनलाई केही जवाफ दिनुभएन।
LUK 23:10 मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरू, उहाँकहाँ बडो जोडतोडका साथ दोष लगाउँदै त्यहाँ उभिरहेका थिए।
LUK 23:11 हेरोद र तिनका सिपाहीहरूले उहाँको निन्दा र गिल्‍ला गरे। तिनीहरूले उहाँलाई राजकीय वस्त्र लगाइदिएर पिलातसकहाँ नै फिर्ता पठाइदिए।
LUK 23:12 त्यस दिन हेरोद र पिलातस आपसमा मित्र बने; यसभन्दा अगि तिनीहरूमा शत्रुता थियो।
LUK 23:13 पिलातसले मुख्य पुजारीहरू, शासकहरू र जनतालाई एकसाथ बोलाए,
LUK 23:14 र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई जनतालाई विद्रोह गर्न भड्काउने मानिस भन्दै मकहाँ ल्यायौ। मैले तिमीहरूकै सामु यिनको जाँच गरेँ। अनि यिनको विरुद्धमा तिमीहरूले लगाएका दोषको लागि मैले केही आधार भेट्टाएको छैनँ।
LUK 23:15 हेरोदले पनि केही दोष भेट्टाएनन्। तिनले पनि यिनलाई हामीकहाँ नै फिर्ता पठाइदिए। तिमीहरूले देखेकै छौ कि मृत्युदण्ड पाउने योग्यको कुनै काम यिनले गरेका छैनन्।
LUK 23:16 त्यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु।”
LUK 23:17 चाडको उपलक्ष्यमा तिनीहरूका निम्ति पिलातसले एक जनालाई छोडिदिनुपर्थ्यो।
LUK 23:18 त्यो भीडले एकै सोरमा चिच्याउँदै भन्यो, “यसलाई हटाउनुहोस्! हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस्!”
LUK 23:19 (बारब्बाचाहिँ सहरमा भएको एउटा विद्रोह र हत्याको मुद्दामा झ्यालखानामा थुनिएको थियो।)
LUK 23:20 येशूलाई छोडिदिने इच्छा गरेर पिलातसले भीडलाई फेरि अनुरोध गरे।
LUK 23:21 तर तिनीहरू यसो भन्दै चिच्याइरहे, “त्यसलाई क्रूसमा टाँग्नुहोस्! त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
LUK 23:22 तिनले तेस्रोपल्ट तिनीहरूलाई भने: “किन? यी मानिसले के अपराध गरेका छन् र? मैले यिनमा मृत्युदण्डका निम्ति कुनै कारण भेट्टाइनँ। त्यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु।”
LUK 23:23 तर चर्को सोरले चिच्याउँदै उहाँलाई क्रूसमा टाँग्नैपर्छ भनी तिनीहरूले जिद्दीकासाथ माग गरे। तब तिनीहरूका आवाजको नै जित भयो।
LUK 23:24 यसरी पिलातसले तिनीहरूकै माग पूरा गरिदिने निर्णय गरे।
LUK 23:25 तिनले विद्रोह र हत्याको मुद्दामा झ्यालखानामा परेको मानिस, तिनीहरूले मागेको मानिसलाई नै छोडिदिए। अनि येशूलाई तिनीहरूकै इच्छामा तिनले सुम्पिदिए।
LUK 23:26 सिपाहीहरूले उहाँलाई लैजाँदै गर्दा साइरिनीवासी सिमोनलाई समाते, जो गाउँबाट आउँदैथिए। अनि तिनलाई क्रूस बोकाएर येशूको पछि-पछि हिँड्न लगाए।
LUK 23:27 धेरै मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। त्यहाँ उहाँका लागि रुँदै र विलाप गर्दै गरेका केही स्त्रीहरू पनि थिए।
LUK 23:28 येशूले फर्केर तिनीहरूलाई भन्‍नुभयो, “ए यरूशलेमका छोरीहरू हो, मेरो निम्ति नरोओ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीका निम्ति रोओ।
LUK 23:29 किनकि समय आउनेछ, जब तिमीहरूले भन्‍नेछौ, ‘बाँझी स्त्रीहरू, गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्त्रीहरू धन्यका हुन्!’
LUK 23:30 त्यसपछि, “ ‘तिनीहरूले पर्वतहरूलाई भन्‍नेछन्, “हामीलाई छोप!” र पहाडहरूलाई भन्‍नेछन्, “हामीमाथि खस!” भन्‍नेछन्।’
LUK 23:31 किनकि रूख हरियो छँदै मानिसहरूले यसो भन्छन् भने त्यो सुकेपछि झन् के गर्लान्?”
LUK 23:32 अरू दुई जना मानिसहरू, जो अपराधी थिए, तिनीहरू पनि उहाँसँगै मृत्युदण्ड दिन लगिए।
LUK 23:33 तिनीहरू खप्परे भनिने ठाउँमा आएपछि त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। ती अपराधीहरू पनि टाँगिए—एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ उहाँको देब्रेपट्टि।
LUK 23:34 येशूले भन्‍नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस्; किनकि यिनीहरूले के गर्दैछन्, सो जान्दैनन्।” अनि तिनीहरूले उहाँको वस्त्र चिट्ठा हालेर आपसमा बाँडे।
LUK 23:35 भीडले यो दृश्य हेर्दै त्यहाँ उभिए, र शासकहरूले उहाँको ठट्टा पनि गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो; यदि यो परमेश्‍वरको ख्रीष्‍ट, चुनिएको जन हो भने आफैँलाई बचाओस्।”
LUK 23:36 सिपाहीहरू पनि आए, र उहाँको गिल्‍ला गरे। तिनीहरूले उहाँलाई सिर्का दिए,
LUK 23:37 र भने, “यदि तँ यहूदीहरूको राजा होस् भने आफूलाई बचा।”
LUK 23:38 उहाँको माथिपट्टि एउटा लिखित दोषपत्र थियो, जसमा यसो लेखिएको थियो: “यो यहूदीहरूको राजा हो।”
LUK 23:39 त्यहाँ झुण्डिएका अपराधीहरूमध्ये एउटाले उहाँको अपमान गर्दै भन्यो: “के तिमी ख्रीष्‍ट होइनौ? तिमी आफैँलाई र हामीलाई पनि बचाऊ!”
LUK 23:40 तर अर्को अपराधीले त्यसलाई हप्कायो। त्यसले भन्यो, “तँ पनि त्यही दण्डमा छस्, र पनि परमेश्‍वरको डर मान्दैनस्?
LUK 23:41 हामीले त न्यायोचित रूपले दण्ड पाइरहेका छौँ; किनकि हामीले हाम्रो कामको उचित दण्ड पाइरहेका छौँ। तर यी मानिसले त कुनै अनुचित काम गरेका छैनन्।”
LUK 23:42 त्यसपछि त्यसले भन्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्!”
LUK 23:43 येशूले त्यसलाई जवाफ दिनुभयो, “म तिमीलाई साँचो भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।”
LUK 23:44 लगभग दिउँसोको बाह्र बजेको थियो, तब तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो।
LUK 23:45 किनकि सूर्यले तेज दिन छोड्यो, र मन्दिरको पर्दा दुई भाग भएर च्यात्तियो।
LUK 23:46 येशूले चर्को सोरमा कराएर भन्‍नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।” यसो भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो।
LUK 23:47 यी सबै भएको घटना देखेर सेनापतिले परमेश्‍वरको प्रशंसा गर्दै भने, “निश्‍चय नै यिनी धर्मी मानिस थिए।”
LUK 23:48 जब यो दृश्य हेर्न त्यहाँ जम्मा भएका सबै मानिसहरूले त्यहाँ भएको घटना देखे, तब विलाप गर्दै तिनीहरू आ-आफ्ना छाती पिट्दै फर्के।
LUK 23:49 तर उहाँलाई चिन्‍नेहरू र स्त्रीहरू, जो गालील प्रदेशबाट उहाँलाई पछ्याउँदै आएका थिए, टाढै उभिएर सबै जना यी घटनाहरू हेरिरहेका थिए।
LUK 23:50 त्यहाँ योसेफ नाम भएका महासभाका एक सदस्य, एक असल र धर्मी मानिस थिए,
LUK 23:51 जसले तिनीहरूका निर्णय र कार्यमा सहमति जनाएका थिएनन्। तिनी यहूदिया प्रदेशको अरिमथिया सहरका मानिस थिए। तिनले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए।
LUK 23:52 पिलातसकहाँ गएर तिनले येशूको लास मागे।
LUK 23:53 त्यसपछि तिनले लास तल झारे। त्यसलाई मलमलको लुगाले बेह्रे। अनि चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे, जसमा कसैलाई पनि राखिएको थिएन।
LUK 23:54 यो तयारीको दिन थियो, र शब्बाथको दिन सुरु हुनै लागेको थियो।
LUK 23:55 गालील प्रदेशबाट येशूसँग आएका स्त्रीहरू योसेफका पछि-पछि गएर त्यो चिहान र येशूको लास त्यसमा कसरी राखियो भनी देखे।
LUK 23:56 त्यसपछि तिनीहरू घर फर्केर सुगन्धित मसलाहरू र अत्तरहरू तयार पारे। तर शब्बाथ दिन व्यवस्थाको आज्ञाबमोजिम तिनीहरूले विश्राम गरे।
LUK 24:1 हप्‍ताको पहिलो दिन, एकाबिहानै ती स्त्रीहरू आफूले तयार पारेका सुगन्धित मसलाहरू लिएर चिहानमा गए।
LUK 24:2 तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए।
LUK 24:3 तर जब तिनीहरूभित्र पसे, तिनीहरूले प्रभु येशूको शरीर पाएनन्।
LUK 24:4 यस विषयमा तिनीहरू अलमल परिरहेकै बेला, बिजुली चम्केजस्तो चम्किलो लुगा पहिरेका दुई जना एक्‍कासि तिनीहरूका अगि उभिए।
LUK 24:5 ती स्त्रीहरूले भयभीत भएर आफ्ना अनुहार भुइँतिर झुकाए, तर ती मानिसहरूले भने, “जीवित व्यक्तिलाई मृतकहरूका बीचमा तिमीहरू किन खोज्दछौ?
LUK 24:6 उहाँ यहाँ हुनुहुन्‍न। उहाँ जीवित हुनुभएको छ! उहाँ तिमीहरूसँग गालील प्रदेशमा हुँदा उहाँले तिमीहरूलाई के भन्‍नुभएको थियो, सो सम्झ:
LUK 24:7 ‘मानिसको पुत्र पापीहरूका हातमा सुम्पिइनु, क्रूसमा टँगाइनु र तेस्रो दिनमा फेरि जीवित भई उठ्नु आवश्यक छ।’ ”
LUK 24:8 तब तिनीहरूले उहाँका वचन सम्झे।
LUK 24:9 चिहानबाट फर्केर आएपछि तिनीहरूले यी सबै कुरा एघार चेलाहरू र अरू सबैलाई भने।
LUK 24:10 प्रेरितहरूलाई यी कुराहरू भन्‍नेहरूमा मरियम मग्दलिनी, योअन्‍ना, याकोबकी आमा मरियम र तिनीहरूसँग भएका अरू स्त्रीहरू थिए।
LUK 24:11 तर प्रेरितहरूले ती स्त्रीहरूका कुरामा विश्‍वास गरेनन्, किनकि तिनीहरूका कुरा प्रेरितहरूलाई व्यर्थको जस्तै लाग्यो।
LUK 24:12 तर पत्रुस उठे, र चिहानतिर दगुरे। निहुरेर हेर्दा तिनले त्यहाँ मलमलका कपडाका पट्टीहरू मात्र देखे; अनि के भएको हो भन्‍ने कुरामा उनी अचम्म मान्दै फर्के।
LUK 24:13 अब त्यही दिन तिनीहरूमध्ये दुई जना यरूशलेमबाट करिब एघार किलोमिटर टाढामा पर्ने इम्माउस भनिने एउटा गाउँतिर गइरहेका थिए।
LUK 24:14 तिनीहरू आपसमा त्यहाँ घटेका सबै कुराहरूका विषयमा बातचित गर्दैथिए।
LUK 24:15 तिनीहरूले आपसमा यिनै कुराहरूका विषयमा बातचित र बहस गरिरहेकै बेला, येशू स्वयम् त्यहाँ आएर तिनीहरूकै साथसाथ हिँड्नुभयो।
LUK 24:16 तर तिनीहरूले उहाँलाई चिन्‍न नसक्ने तुल्याइएका थिए।
LUK 24:17 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू मलिन अनुहार पार्दै टक्‍क अडिए।
LUK 24:18 तिनीहरूमध्येका क्लेओपास नाम भएका एक जनाले उहाँलाई सोधे, “के तपाईं यरूशलेममा आउने एक मात्र आगन्तुक हुनुहुन्छ, जसलाई यी दिनहरूमा त्यहाँ के घटनाहरू भए भन्‍ने थाहा छैन?”
LUK 24:19 उहाँले सोध्नुभयो, “के कुरा?” तिनीहरूले जवाफ दिए, “नासरतको येशूको विषयमा, उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो। अनि परमेश्‍वर र सबै मानिसहरूका सामु वचन र कर्ममा शक्तिमान् हुनुहुन्थ्यो।
LUK 24:20 मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए। अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे,
LUK 24:21 तर हामीले त इस्राएलको राज्य छुटकारा दिनुहुने उहाँ नै हुनुहुन्छ भन्‍ने आशा गरेका थियौँ। यी सबै कुराहरू छोडेर यी घटनाहरू भएको आज तीन दिन भयो।
LUK 24:22 त्यसपछि पनि हामीहरूमध्येका कोही स्त्रीहरूले हामीलाई छक्‍कै पारे। तिनीहरू आज एकाबिहानै चिहानमा गए,
LUK 24:23 तर उहाँको शरीर भेट्टाएनन्। तिनीहरू हामीकहाँ आएर तिनीहरूले उहाँ जीवित हुनुहुन्छ भन्‍ने स्वर्गदूतहरूको एउटा दर्शन देखेको कुरा सुनाए।
LUK 24:24 त्यसपछि हाम्रा साथीहरूमध्ये कोही चिहानमा गए। अनि ती स्त्रीहरूले भनेजस्तै नै भेट्टाए, तर तिनीहरूले उहाँलाई देखेनन्।”
LUK 24:25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू कस्ता अबुझ रहेछौ, र अगमवक्ताहरूले बोलेका सबै कुरा विश्‍वास गर्न तिमीहरूका हृदय कति सुस्त रहेछ!
LUK 24:26 के ख्रीष्‍टले यी सबै कष्‍टहरू भोग्न र त्यसपछि आफ्नो महिमामा प्रवेश गर्नुपर्ने आवश्यक थिएन र?”
LUK 24:27 अनि मोशा र अगमवक्ताहरूबाट सुरु गरेर उहाँले सम्पूर्ण धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका सबै कुराहरूको अर्थ तिनीहरूलाई व्याख्या गरिदिनुभयो।
LUK 24:28 तिनीहरू जुन गाउँमा गइरहेका थिए, त्यसको नजिकै आइपुगेपछि येशू उहाँ अझै पर जान खोज्नुभयो।
LUK 24:29 तर तिनीहरूले उहाँलाई कर गर्दै बिन्ती गरे, “हामीसँग नै बस्‍नुहोस्; किनकि अब साँझ पर्दैछ। अनि दिन पनि ढल्किसकेको छ।” तब तिनीहरूसँगै बस्‍न उहाँ भित्र पस्‍नुभयो।
LUK 24:30 जब उहाँ तिनीहरूसँगै टेबुलमा हुनुहुन्थ्यो, तब उहाँले रोटी लिएर परमेश्‍वरलाई धन्यवाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन थाल्नुभयो।
LUK 24:31 त्यस बेला तिनीहरूका आँखा खोलिए, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँ तिनीहरूका दृष्‍टिबाट ओझेल हुनुभयो।
LUK 24:32 तिनीहरूले आपसमा भने, “के उहाँ बाटोमा हामीसँग कुराकानी गर्नुहुँदा, र हाम्रा निम्ति धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय प्रज्वलित भएको थिएन र?”
LUK 24:33 तिनीहरू उठे, र तुरुन्तै यरूशलेम फर्के। त्यहाँ तिनीहरूले एघार जना र तिनीहरूसँग हुनेहरूलाई एकैसाथ भेला भएका भेटे।
LUK 24:34 अनि तिनीहरूलाई भने, “यो सत्य रहेछ! प्रभु जीवित पारिनुभएको र सिमोनकहाँ देखा पर्नुभएको हो रहेछ।”
LUK 24:35 त्यसपछि ती दुई जनाले बाटोमा के भएको थियो र उहाँले रोटी भाँच्नुहुँदा कसरी येशूलाई तिनीहरूले चिने, सो विषयमा बताए।
LUK 24:36 तिनीहरूले यसैको बारेमा कुरा गर्दागर्दै येशू स्वयम् तिनीहरूका बीचमा उभिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्!”
LUK 24:37 तिनीहरूले एउटा भूत देखेको झैँ भनी ठानेर तिनीहरू विचलित भए, र डराए।
LUK 24:38 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन विचलित हुन्छौ? तिमीहरूका मनमा किन शङ्का उब्जन्छ?
LUK 24:39 मेरा हातहरू र खुट्टाहरू हेर; म नै हुँ! मलाई छोएर हेर, तिमीहरूले अहिले ममा देखेजस्तै मासु र हाड त कुनै भूतको हुँदैन।”
LUK 24:40 यसरी भनिसकेपछि उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टाहरू देखाउनुभयो।
LUK 24:41 अनि जब आनन्द र आश्‍चर्यले गर्दा तिनीहरूले उहाँको कुरा अझै पनि विश्‍वास गरेनन्, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरूसँग यहाँ केही खानेकुरा छ?”
LUK 24:42 तिनीहरूले उहाँलाई पकाएको माछाको एक टुक्रा दिए।
LUK 24:43 अनि उहाँले त्यो लिनुभयो र तिनीहरूकै सामु खानुभयो।
LUK 24:44 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूसँगै हुँदा मैले तिमीहरूलाई भनेको कुरा यही हो: मोशाको व्यवस्था, अगमवक्ताहरू र भजनहरूका पुस्तकमा मेरा विषयमा लेखिएका हरेक कुरा पूरा हुनैपर्छ।”
LUK 24:45 त्यसपछि तिनीहरूले धर्मशास्त्रका कुराहरू बुझ्न सकून् भनेर उहाँले तिनीहरूका समझ खोलिदिनुभयो।
LUK 24:46 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ: ख्रीष्‍टले दुःख भोग्नेछ र तेस्रो दिनमा मरेकाहरूबाट जीवित भई उठ्नेछ।
LUK 24:47 अनि यरूशलेमदेखि सुरु गरेर सबै राष्ट्रहरूमा उहाँको नाममा पाप क्षमाको पश्‍चात्तापको प्रचार हुनेछ।
LUK 24:48 तिमीहरू यिनै कुराहरूका साक्षी छौ।
LUK 24:49 मेरा पिताले प्रतिज्ञा गर्नुभएको कुरा म तिमीहरूकहाँ पठाउनेछु, तर माथिबाट आउने शक्तिले सुसज्जित नभएसम्म यही सहरमा बसिरहो।”
LUK 24:50 येशूले तिनीहरूलाई यरूशलेमको बाहिर बेथानीको नजिकै लानुभयो। अनि उहाँले आफ्नो हात उचाल्नुभयो र तिनीहरूलाई आशीर्वाद दिनुभयो।
LUK 24:51 तिनीहरूलाई आशीर्वाद दिइरहनुहुँदा उहाँ तिनीहरूबाट अलग हुनुभयो र माथि स्वर्गमा उठाइलगिनुभयो।
LUK 24:52 अनि तिनीहरूले उहाँलाई दण्डवत् गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के।
LUK 24:53 अनि परमेश्‍वरको प्रशंसा गर्दै निरन्तर मन्दिरमा रहन लागे।
JOH 1:1 आदिमा वचन हुनुहुन्थ्यो र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो। अनि वचन परमेश्‍वर हुनुहुन्थ्यो।
JOH 1:2 आदिमा उहाँ परमेश्‍वरसँग हुनुहुन्थ्यो।
JOH 1:3 सबै कुराहरू उहाँद्वारा बनिए; बनाइएका कुराहरूमध्ये कुनै पनि उहाँविना बनिएन।
JOH 1:4 उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो।
JOH 1:5 ज्योति अन्धकारमा चम्कन्छ, तर अन्धकारले त्यसलाई चिनेको छैन।
JOH 1:6 परमेश्‍वरबाट पठाइएका एक जना मानिस आए। तिनको नाम यूहन्‍ना थियो।
JOH 1:7 तिनीद्वारा सबै मानिसहरूले विश्‍वास गरून् भनेर तिनी त्यस ज्योतिको बारेमा साक्षी दिन भनी गवाही बनेर आएका थिए।
JOH 1:8 तिनी आफैँ त्यो ज्योति थिएनन्, तर तिनी केवल त्यो ज्योतिको लागि गवाही दिन भनी पठाइए।
JOH 1:9 हरेक मानिसलाई ज्योति दिनलाई, त्यो साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो।
JOH 1:10 उहाँ संसारमा हुनुहुन्थ्यो। अनि संसार उहाँद्वारा नै बनिएको थियो, तापनि संसारले उहाँलाई चिनेन।
JOH 1:11 उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो। तर उहाँका आफ्नैहरूले उहाँलाई ग्रहण गरेनन्।
JOH 1:12 तर जतिले उहाँलाई ग्रहण गरे, र उहाँको नाममाथि विश्‍वास गरे, तिनीहरू सबैलाई उहाँले परमेश्‍वरका सन्तान हुने अधिकार दिनुभयो।
JOH 1:13 ती सन्तानहरू न त प्राकृतिक वंशक्रमद्वारा, न त शारीरिक इच्छाद्वारा वा कुनै मान्छेको इच्छाद्वारा, तर परमेश्‍वरबाट जन्मेका हुन्।
JOH 1:14 वचन देहधारी हुनुभयो, र हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देखेका छौँ, अर्थात् पिताबाट आउनुभएको अद्वितीय पुत्रको महिमा, जो अनुग्रह र सत्यताले पूर्ण हुनुहुन्छ।
JOH 1:15 यूहन्‍नाले उहाँकै विषयमा गवाही दिए। तिनी यसो भन्दै उच्‍च सोरले कराए, “उहाँ त्यही व्यक्ति हुनुहुन्छ, जसका विषयमा मैले ‘मपछि आउनुहुने मभन्दा उच्‍च हुनुहुन्छ; किनकि उहाँ मभन्दा अगिबाटै हुनुहुन्थ्यो’ भनी भनेको थिएँ।”
JOH 1:16 उहाँकै अनुग्रहको पूर्णताबाट हामीले एकपछि अर्को आशिष् पाएका छौँ।
JOH 1:17 किनकि व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए।
JOH 1:18 परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन; तर परमेश्‍वरको अद्वितीय पुत्रले मात्र देख्नुभएको छ, जो पिताको साथमा हुनुहुन्छ, र उहाँले नै पितालाई प्रकट गराउनुभएको छ।
JOH 1:19 जब यरूशलेमका यहूदीहरूले तिनी को हुन् भनी सोध्न पुजारीहरू र लेवीहरूलाई पठाए, तब यूहन्‍नाले दिएको गवाही यही थियो।
JOH 1:20 तिनी स्वीकार गर्न चुकेनन्, तर “म ख्रीष्‍ट होइनँ” भनी स्पष्‍ट रूपमा स्वीकार गरे।
JOH 1:21 तिनीहरूले तिनलाई सोधे, “त्यसो भए तिमी को हौ? के तिमी एलिया हौ?” तिनले भने, “म होइनँ।” “के तिमी त्यो अगमवक्ता हौ?” तिनले जवाफ दिए, “म होइनँ।”
JOH 1:22 अन्त्यमा तिनीहरूले सोधे, “तिमी को हौ त? हामीलाई पठाउनेहरूलाई बताउनको निम्ति हामीलाई एउटा जवाफ देऊ। तिमी आफ्नो विषयमा के भन्छौ?”
JOH 1:23 यूहन्‍नाले यशैया अगमवक्ताका शब्दहरूमा जवाफ दिए, “ ‘प्रभुका निम्ति मार्ग सीधा बनाओ’ भनी उजाडस्थानमा कराउनेको म एउटा आवाज हुँ।”
JOH 1:24 तब पठाइएका केही फरिसीहरूले
JOH 1:25 तिनलाई सोधे, “यदि तिमी ख्रीष्‍ट अथवा एलिया वा अगमवक्ता कोही पनि होइनौ भने, किन बप्‍तिस्मा दिन्छौ त?”
JOH 1:26 यूहन्‍नाले जवाफ दिए, “म त तिमीहरूलाई पानीद्वारा बप्‍तिस्मा दिन्छु, तर तिमीहरूका बीचमा एक जना हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ।
JOH 1:27 मपछि आउनुहुने व्यक्ति उहाँ नै हुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जतिको पनि म योग्यको छैनँ।”
JOH 1:28 यी सबै कुरा यर्दन नदीपारि यूहन्‍नाले बप्‍तिस्मा दिइरहेको ठाउँ बेथानीमा भएको थियो।
JOH 1:29 भोलिपल्ट यूहन्‍नाले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा!
JOH 1:30 उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जसको विषयमा मैले यसो भनेको थिएँ, ‘मभन्दा पछि एक जना, जो आउँदैहुनुहुन्छ, उहाँ मभन्दा उच्‍च हुनुहुन्छ; किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्थ्यो।’
JOH 1:31 म आफैँले उहाँलाई चिनेको थिइनँ, तर इस्राएलमा उहाँ प्रकट हुनुभएको होस् भनेर मैले पानीले बप्‍तिस्मा दिँदै आएँ।”
JOH 1:32 त्यसपछि यूहन्‍नाले यो गवाही दिए, “मैले पवित्र आत्मालाई ढुकुरझैँ स्वर्गबाट ओर्लिआएर उहाँमाथि बस्‍नुभएको देखेँ।
JOH 1:33 मैले उहाँलाई चिनेको थिइनँ। तर जसले मलाई पानीले बप्‍तिस्मा दिनू भनी पठाउनुभयो, उहाँले मलाई भन्‍नुभयो, ‘जुन मानिसमाथि पवित्र आत्मा ओर्लंदै गर्नुभएको तिमीले देख्नेछौ, पवित्र आत्माले बप्‍तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ।’
JOH 1:34 अनि मैले देखेँ, र गवाही पनि दिन्छु, उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्छ।”
JOH 1:35 भोलिपल्ट फेरि यूहन्‍ना उनका चेलाहरूमध्ये दुई जनासँग उभिरहेका थिए।
JOH 1:36 जब येशूलाई छेउबाट गइरहनुभएको देखे, तब उनले भने, “हेर! परमेश्‍वरका थुमा!”
JOH 1:37 जब तिनीहरूले उनले भनेको यो कुरा सुने, तब ती दुई चेलाहरू येशूको पछि-पछि लागे।
JOH 1:38 जब येशूले पछिल्तिर फर्केर हेर्नुभयो, तब तिनीहरू पछि-पछि आइरहेका देखेर सोध्नुभयो, “तिमीहरू के चाहन्छौ?” तिनीहरूले भने, “हे रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्‍नुहुन्छ?”
JOH 1:39 उहाँले जवाफ दिनुभयो, “आओ, र तिमीहरूले देख्नेछौ।” तिनीहरू गए, र उहाँ बस्‍नुभएको ठाउँ देखे। त्यस दिन तिनीहरू उहाँसँगै बसे। त्यस बेला करिब चार बजेको थियो।
JOH 1:40 यूहन्‍नाले भनेका कुरा सुन्‍ने र येशूलाई पछ्याउने ती दुई चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए।
JOH 1:41 तिनले सबैभन्दा पहिले आफ्नो दाजु सिमोनलाई भेटेर तिनलाई भने, “हामीले मसीह अर्थात् ख्रीष्‍टलाई भेट्टाएका छौँ।”
JOH 1:42 अनि तिनले सिमोनलाई येशूकहाँ ल्याए। येशूले तिनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी यूहन्‍नाका छोरा सिमोन हौ। तिमी केफास (जसको अर्थ हो, पत्रुस अथवा चट्टान) भनिनेछौ।”
JOH 1:43 भोलिपल्ट येशूले गालील जाने निश्‍चय गर्नुभयो। उहाँले फिलिपलाई भेट्नुभयो र भन्‍नुभयो, “मलाई पछ्याऊ।”
JOH 1:44 फिलिप पनि अन्द्रियास र पत्रुसजस्तै बेथसेदा सहरका नै बासिन्दा थिए।
JOH 1:45 फिलिपले नथानेललाई भेट्टाएर भने, “जसका विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, उहाँलाई हामीले भेट्टाएका छौँ, योसेफका पुत्र नासरतका येशूलाई।”
JOH 1:46 “नासरत!” नथानेलले छक्‍क पर्दै सोधे, “के त्यहाँबाट पनि कुनै असल कुरा आउनसक्छ र?” “आएर हेर!” फिलिपले भने।
JOH 1:47 येशूले नथानेललाई आफूतिर आउँदैगरेका देख्नुभएपछि तिनको विषयमा भन्‍नुभयो, “हेर, एक जना साँचो इस्राएली, जसमा कुनै छलकपट छैन।”
JOH 1:48 “तपाईंले मलाई कसरी चिन्‍नुभयो?” नथानेलले सोधे। “फिलिपले तिमीलाई बोलाउनुभन्दा अगि नै मैले तिमीलाई अञ्जीरको रूखमुनि देखेँ।” येशूले जवाफ दिनुभयो।
JOH 1:49 तब नथानेलले “रब्बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ। तपाईं नै इस्राएलका राजा हुनुहुन्छ।” भन्दै घोषणा गरे।
JOH 1:50 येशूले भन्‍नुभयो, “मैले तिमीलाई अञ्जीरको रूखमुनि देखेँ भनी तिमीलाई भनेकोले नै तिमी विश्‍वास गर्छौ? तिमीले यीभन्दा अझ ठूला कुराहरू देख्नेछौ।”
JOH 1:51 उहाँले अझै भन्‍नुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, तिमीहरूले स्वर्ग उघ्रिएको र परमेश्‍वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्लिँदै-ओर्लिँदैगरेको देख्नेछौ।”
JOH 2:1 तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्।
JOH 2:2 येशू र उहाँका चेलाहरू पनि त्यस विवाहमा निम्त्याइएका थिए।
JOH 2:3 दाखमद्य सकिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसँग अरू दाखमद्य छैन।”
JOH 2:4 येशूले जवाफ दिनुभयो, “हे नारी, मलाई किन समावेश गराउनुहुन्छ? मेरो समय अझै आएको छैन।”
JOH 2:5 उहाँकी आमाले सेवकहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे अह्राउनुहुन्छ, त्यही गर।”
JOH 2:6 यहूदीहरूले शुद्धीकरणका लागि प्रयोग गर्ने खालका हरेकमा एक-एक सय लिटर पानी अट्ने ढुङ्गाका छ वटा घ्याम्पाहरू त्यहीँ नजिकै थिए।
JOH 2:7 येशूले सेवकहरूलाई भन्‍नुभयो, “घ्याम्पाहरूमा पानी भर।” अनि तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए।
JOH 2:8 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अब त्यसबाट अलिकति उघाएर भोजका नाइकेकहाँ लैजाओ।” तिनीहरूले त्यसै गरे।
JOH 2:9 जब भोजका नाइकेले त्यस पानीलाई चाखे, जुन दाखमद्य बनिसकेको थियो, त्यो दाखमद्य कहाँबाट ल्याइएको हो भनी तिनले जानेनन्, तर पानी उघाउने सेवकहरूलाई चाहिँ त्यो थाहा थियो। तिनले दुलहालाई बोलाए,
JOH 2:10 र भने, “हरेक मानिसले सबैभन्दा उत्तम दाखमद्य सुरुमा चलाउँछ, र सबै मानिसहरूले प्रशस्तै पिइसकेपछि मात्र कमसल दाखमद्य चलाउँछ। तर तिमीले त सबैभन्दा असललाई अहिलेसम्मका लागि साँचेका रहेछौ।”
JOH 2:11 येशूले गालीलको कानामा गर्नुभएको यो उहाँको सबैभन्दा पहिलो अचम्मको चिन्ह थियो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्‍वास गरे।
JOH 2:12 यसपछि येशू आफ्नी आमा, उहाँका भाइहरू र उहाँका चेलाहरूसँग कफर्नहुममा जानुभयो। उहाँहरू केही दिन त्यहाँ बस्‍नुभयो।
JOH 2:13 यहूदी निस्तार चाडको बेला आउनलागेपछि येशू यरूशलेम जानुभयो।
JOH 2:14 उहाँले मन्दिरको चोकमा गोरु, भेडा र ढुकुर बेच्नेहरू, र अरूहरूलाई बसेर पैसा साट्दै गरिरहेका भेट्टाउनुभयो।
JOH 2:15 तब उहाँले डोरीको एउटा कोर्रा बनाउनुभयो र सबैलाई, तिनका भेडा र गोरुहरूलाई पनि, मन्दिरको क्षेत्रबाट बाहिर लखेट्नुभयो। अनि पैसा साट्नेहरूका सिक्‍काहरू छरपस्ट पारिदिनुभयो, र टेबुलहरू पल्टाइदिनुभयो।
JOH 2:16 उहाँले ढुकुर बेच्नेहरूलाई भन्‍नुभयो, “यी सबैलाई यहाँबाट हटाओ! मेरा पिताको घरलाई यसरी किनबेच गर्ने एउटा बजारजस्तो नबनाओ!”
JOH 2:17 उहाँका चेलाहरूले धर्मशास्त्रमा लेखिएको यो वचन सम्झे: “तपाईंको घरप्रतिको जोशले मलाई जलाएर भस्म पार्नेछ।”
JOH 2:18 त्यसपछि यहूदी अगुवाहरूले उहाँलाई सोधे, “यी सबै कामहरू गर्ने तिमीलाई अधिकार छ भनी प्रमाणित गर्न, के तिमीले हामीलाई कुनै अलौकिक चिन्ह देखाउन सक्छौ?”
JOH 2:19 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस मन्दिरलाई भत्काइदेओ, र म फेरि यसलाई तीन दिनमा खडा गर्नेछु।”
JOH 2:20 तब यहूदी अगुवाहरूले जवाफ दिए, “यो मन्दिर बनाउन छयालीस वर्ष लागेको थियो। अनि के तिमी यसलाई तीन दिनमा खडा गर्न सक्छौ?”
JOH 2:21 तर उहाँले भन्‍नुभएको मन्दिरचाहिँ उहाँको शरीर थियो।
JOH 2:22 उहाँ मृतकहरूबाट पुनः जीवित हुनुभएपछि उहाँका चेलाहरूले येशूले भन्‍नुभएको यो कुरा सम्झे। त्यसपछि तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्‍वास गरे।
JOH 2:23 अब निस्तार चाडको भोजको बेलामा उहाँ यरूशलेममा हुनुहुँदा, धेरै मानिसहरूले उहाँले गरिरहनुभएका अलौकिक चिन्हहरू देखे। अनि उहाँको नाममा विश्‍वास गरे।
JOH 2:24 तर येशूले आफूलाई तिनीहरूमाथि भरोसा गरेर छोड्नुभएन। किनकि उहाँले सबै मानिसहरूलाई चिन्‍नुहुन्थ्यो।
JOH 2:25 उहाँलाई मानिसको विषयमा कसैको गवाहीको आवश्यकता थिएन; किनकि मानिसको मनभित्र के छ, त्यो उहाँले जान्‍नुहुन्थ्यो।
JOH 3:1 फरिसी दलका निकोदेमस नाम भएका एक जना मानिस थिए, जो यहूदीहरूका सभाका एक सदस्य पनि थिए।
JOH 3:2 तिनी एक राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं परमेश्‍वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ भनी हामी जान्दछौँ; किनकि परमेश्‍वर साथमा नभईकन तपाईंले गरिरहनुभएका यी अलौकिक चिन्हहरू कसैले पनि गर्न सक्दैन।”
JOH 3:3 येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्‍वरको राज्य देख्न सक्दैन।”
JOH 3:4 निकोदेमसले सोधे, “मानिस बूढो भएपछि फेरि कसरी जन्मन सक्छ? निश्‍चय नै फेरि जन्मनलाई ऊ आफ्नी आमाको गर्भमा दोस्रोचोटि पस्‍न त सक्दैन!”
JOH 3:5 येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, पानी र आत्माद्वारा नजन्मेसम्म कोही पनि परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्नेछैन।
JOH 3:6 शरीरले शरीर जन्माउँछ, तर आत्माले आत्मा जन्माउँछ।
JOH 3:7 ‘तिमीहरू नयाँ गरी जन्मनुपर्छ’ भन्‍ने मेरो भनाइमा अचम्म नमान।
JOH 3:8 बतास जता मन लाग्यो त्यतै बहन्छ। तिमीले त्यसको आवाज त सुन्छौ, तर त्यो कहाँबाट आउँछ वा कहाँ जाँदैछ, त्यो भन्‍न सक्दैनौ। आत्माद्वारा जन्मेको हरेक व्यक्ति पनि त्यस्तै हुन्छ।”
JOH 3:9 निकोदेमसले सोधे, “यो कसरी हुन सक्छ?”
JOH 3:10 येशूले भन्‍नुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुराहरू तिमी बुझ्दैनौ?
JOH 3:11 म तिमीलाई साँच्‍चै भन्दछु, हामी जे जान्दछौँ, त्यो भन्दछौँ, र हामीले जे देखेका छौँ, त्यसको गवाही दिन्छौँ। तर पनि तिमीहरूले हाम्रा गवाही ग्रहण गर्दैनौ।
JOH 3:12 मैले तिमीहरूलाई पृथ्वीका कुराहरू भनेको छु। तर पनि तिमीहरू विश्‍वास गर्दैनौ। तिमीहरूलाई मैले स्वर्गका कुरा बताएँ भने झन् कसरी विश्‍वास गरौला?
JOH 3:13 स्वर्गबाट ओर्लिआएको मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा गएको छैन।
JOH 3:14 जसरी मोशाले उजाडस्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र पनि उचालिनैपर्छ,
JOH 3:15 तब उहाँमाथि विश्‍वास गर्ने हरेकले अनन्त जीवन पाउन सक्छ।”
JOH 3:16 किनकि परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानका लागि दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
JOH 3:17 किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउनका निम्ति आफ्ना पुत्रलाई संसारमा पठाउनुभएको होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो।
JOH 3:18 जसले उहाँमाथि विश्‍वास गर्दछ, त्यो दोषी ठहरिँदैन; तर जसले विश्‍वास गर्दैन, त्यो अगिबाटै दोषी ठहरिएको हुन्छ; किनकि उसले परमेश्‍वरका अद्वितीय पुत्रको नाममा विश्‍वास गरेको छैन।
JOH 3:19 फैसला यही हो: ज्योति संसारमा आएको छ, तर मानिसहरूले ज्योतिको साटो अन्धकारलाई रुचाए। किनकि तिनीहरूका कामहरू खराब थिए।
JOH 3:20 हरेक जसले दुष्‍ट काम गर्दछ, त्यसले ज्योतिलाई घृणा गर्दछ। अनि त्यसका कामहरू प्रकट होलान् भन्‍ने डरले त्यो ज्योतिमा आउँदैन।
JOH 3:21 तर जो सत्यतामा जिउँछ, उसले जे गरेको छ, त्यो परमेश्‍वरद्वारा गरिएका हुन् भन्‍ने कुरा स्पष्‍ट देखिन सकियोस् भनी ज्योतिकहाँ आउँछ।
JOH 3:22 यसपछि येशू र उहाँका चेलाहरू यहूदियाका गाउँहरूतिर जानुभयो। उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो; र बप्‍तिस्मा दिनुभयो।
JOH 3:23 यसै समयमा यूहन्‍नाले पनि सालीमको नजिकै एनोनमा बप्‍तिस्मा दिइरहेका थिए। किनकि त्यहाँ प्रशस्त पानी थियो। अनि बप्‍तिस्मा लिनलाई मानिसहरू निरन्तर आइरहेका थिए।
JOH 3:24 (यो यूहन्‍ना झ्यालखानामा पर्नुभन्दा अगिको कुरा थियो।)
JOH 3:25 यूहन्‍नाका केही चेलाहरू र एउटा यहूदीका बीचमा शुद्धीकरणको विषयमा वाद-विवाद चल्यो।
JOH 3:26 तिनीहरू यूहन्‍नाकहाँ आएर तिनलाई भने, “गुरुज्यू, यर्दन नदीपारि तपाईंसँग हुनुभएको व्यक्ति, जसको बारेमा तपाईंले गवाही दिनुभएको थियो, उहाँले पनि बप्‍तिस्मा दिँदैहुनुहुन्छ। अनि सबै मानिसहरू उहाँकहाँ जाँदैछन्।”
JOH 3:27 यसै कुरालाई यूहन्‍नाले यसरी जवाफ दिए, “कुनै पनि मानिसले स्वर्गबाट जे दिइन्छ, त्यो मात्र पाउन सक्छ।
JOH 3:28 ‘म ख्रीष्‍ट होइनँ; तर उहाँको अगाडि पठाइएको हुँ’ भन्‍ने बारेमा तिमीहरू आफैँले गवाही दिन सक्छौ।
JOH 3:29 दुलही दुलहाको निम्ति हुन्छे। दुलहासँग रहने मित्रले उसको प्रतीक्षा गर्छ र उसका कुरा सुन्छ। अनि उसको सोर सुनेर ऊ आनन्दले पूर्ण हुन्छ। त्यही नै मेरो आनन्द हो; र त्यो अब पूर्ण भएको छ।
JOH 3:30 उहाँ बढ्नु, तर मचाहिँ घट्नु आवश्यक छ।
JOH 3:31 “जो माथिबाट आउनुहुन्छ, उहाँ सबैभन्दा उच्‍च हुनुहुन्छ। पृथ्वीबाट आउनेचाहिँ पृथ्वीकै हो, र पृथ्वीबाट आउनेले झैँ बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्‍च हुनुहुन्छ।
JOH 3:32 उहाँले जे देख्नु र सुन्‍नुभएको छ, त्यसैको गवाही दिनुहुन्छ। तर कसैले पनि उहाँको गवाही ग्रहण गर्दैनन्।
JOH 3:33 जुन मानिसले उहाँको गवाही ग्रहण गरेको छ, उसले परमेश्‍वर सत्य हुनुहुन्छ भनी गवाही दिन्छ।
JOH 3:34 किनकि परमेश्‍वरले जसलाई पठाउनुभएको छ, त्यसले परमेश्‍वरकै वचन बोल्दछ। किनकि परमेश्‍वरले पवित्र आत्मा विनानाप दिनुहुन्छ।
JOH 3:35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र सबै थोक उहाँकै हातमा राखिदिनुभएको छ।
JOH 3:36 जसले पुत्रमाथि विश्‍वास गर्दछ, त्यससित अनन्त जीवन छ; तर जसले पुत्रलाई इन्कार गर्दछ, त्यसले जीवन देख्नेछैन; किनकि परमेश्‍वरको क्रोध त्यसमा रहन्छ।”
JOH 4:1 यूहन्‍नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्छ र धेरैलाई बप्‍तिस्मा दिँदैहुनुहुन्छ भनी फरिसीहरूले सुने।
JOH 4:2 हुन त येशू आफूले होइन, तर चेलाहरूले बप्‍तिस्मा दिन्थे।
JOH 4:3 प्रभुले यो थाहा पाउनुभएपछि उहाँ यहूदिया प्रदेश छोडेर फेरि एकपल्ट गालील प्रदेश फर्कनुभयो।
JOH 4:4 उहाँलाई सामरियाबाट भएर जानुपर्‍यो।
JOH 4:5 त्यसकारण उहाँ सामरियाको सुखार भन्‍ने सहर नजिकै आइपुग्नुभयो, जुन याकोबले आफ्नो छोरा योसेफलाई दिएको जमिन थियो।
JOH 4:6 त्यहाँ याकोबको इनार थियो। अनि येशू यात्राबाट आउनुभएको कारण थाक्नुभएको हुनाले इनारको छेउमा बस्‍नुभयो। त्यस बेला प्रायः मध्यान्ह भएको थियो।
JOH 4:7 जब एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई, तब येशूले त्यसलाई भन्‍नुभयो, “मलाई पानी पिउन दिन्छ्यौ कि?”
JOH 4:8 (उहाँका चेलाहरू खानेकुरा किन्‍न सहरमा गएका थिए।)
JOH 4:9 त्यस सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी हुनुहुन्छ, र म एक सामरी स्त्री हुँ। तपाईंले कसरी मेरो हातबाट पानी पिउनुहुन्छ?” (किनकि यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।)
JOH 4:10 येशूले त्यसलाई भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरका वरदानलाई र तिमीसँग पानी माग्ने व्यक्ति को हुन् भनी चिनेकी भए, तिमीले उनीसँग पो माग्ने थियौ, र उनले तिमीलाई जीवित पानी दिनेथिए।”
JOH 4:11 त्यस स्त्रीले भनी, “हजुर, तपाईंसँग त पानी उघाउने भाँडो केही पनि छैन। अनि इनार गहिरो छ; तब तपाईंले त्यो जीवित पानी कहाँबाट ल्याउनुहुन्छ?
JOH 4:12 के तपाईं हाम्रा पुर्खा याकोबभन्दा महान् हुनुहुन्छ, जसले हामीलाई यो इनार दिए, र उनी आफैँले पनि यसै इनारबाट पिए। उनका सन्तान र उनका गाईबस्तुले पनि यही इनारको पानी पिए?”
JOH 4:13 येशूले जवाफ दिनुभयो, “यो पानी पिउने हरेक फेरि तिर्खाउनेछ।
JOH 4:14 तर जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन। वास्तवमा जुन पानी म त्यसलाई दिन्छु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मुहान बन्‍नेछ।”
JOH 4:15 त्यस स्त्रीले उहाँलाई भनी, “हजुर, मलाई त्यही पानी दिनुहोस्, र म नतिर्खाऊँ। अनि यहाँ पानी लिन आइरहन नपरोस्।”
JOH 4:16 उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ तिम्रो पतिलाई बोलाएर ल्याऊ।”
JOH 4:17 त्यसले जवाफ दिई, “मेरो पति छैन।” येशूले त्यसलाई भन्‍नुभयो, “तिम्रो पति छैन भनेर तिमीले ठिकै भन्यौ।
JOH 4:18 वास्तवमा तिम्रा पाँच जना पतिहरू भइसकेका छन्। अनि अहिले तिमीसँग भएको मानिस पनि तिम्रो पति होइन। तिमीले अहिले जे भन्यौ, त्यो साँचो हो।”
JOH 4:19 त्यस स्त्रीले भनी, “हजुर, तपाईं एक अगमवक्ता हुनुपर्छ।
JOH 4:20 हाम्रा पितापुर्खाहरूले यस डाँडामा आराधना गरे, तर तपाईं यहूदीहरूले भने हामीले आराधना गर्नुपर्ने स्थान त यरूशलेममा छ भनी दाबी गर्नुहुन्छ।”
JOH 4:21 येशूले भन्‍नुभयो, “ए नारी, मलाई विश्‍वास गर। त्यो समय आउँदैछ, जब तिमीहरूले पितालाई न त यस डाँडामा आराधना गर्नेछौ, न त यरूशलेममा नै गर्नेछौ।
JOH 4:22 तिमी सामरीहरूले जे आराधना गर्दछौ, सो जान्दैनौ; हामीले जे आराधना गर्दछौँ, सो जान्दछौँ। किनकि मुक्ति यहूदीहरूद्वारा नै आउँछ।
JOH 4:23 तर बेला आइरहेको छ, र त्यो बेला अहिले नै हो। साँचो आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि पिताले यस्तै आराधकहरूलाई खोज्नुहुन्छ।
JOH 4:24 परमेश्‍वर आत्मा हुनुहुन्छ। त्यसकारण उहाँका आराधकहरूले आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ।”
JOH 4:25 त्यस स्त्रीले भनी, “मचाहिँ मसीह (जसलाई ख्रीष्‍ट भनिन्छ) आउनुहुन्छ भनेर जान्दछु। उहाँ आएपछि उहाँले हामीलाई सबै कुराहरू स्पष्‍ट गरिदिनुहुनेछ।”
JOH 4:26 तब येशूले भन्‍नुभयो, “तिमीसँग बोल्ने, त्यो म नै हुँ।”
JOH 4:27 त्यति नै बेला उहाँका चेलाहरू फर्केर आइपुगे। अनि उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर तिनीहरू छक्‍क परे। तर कसैले पनि “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसित किन कुरा गर्दै हुनुहुन्छ?” भनी उहाँलाई सोधेनन्।
JOH 4:28 त्यसपछि आफ्नो गाग्रो त्यहीँ छोडेर त्यो स्त्री सहरतिर फर्केर गई, र मानिसहरूलाई भनी,
JOH 4:29 “आओ, र एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै कुराहरू मलाई भनिदिनुभयो। कतै उहाँ नै ख्रीष्‍ट त हुनुहुन्‍न?”
JOH 4:30 तिनीहरू सहरबाट निस्केर उहाँकहाँ गए।
JOH 4:31 यसै समयमा उहाँका चेलाहरूले उहाँलाई “गुरुज्यू, केही भोजन गर्नुहोस्” भनी बिन्ती गरे।
JOH 4:32 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानलाई भोजन छ, जसको बारेमा तिमीहरूलाई थाहा छैन।”
JOH 4:33 त्यसपछि चेलाहरूले एक-अर्कालाई भने, “कसैले उहाँको निम्ति भोजन ल्याइदिएको होला कि?”
JOH 4:34 येशूले भन्‍नुभयो, “मेरो भोजन नै मलाई पठाउनुहुनेको इच्छा पालन गर्नु र उहाँको काम पूरा गर्नु हो।
JOH 4:35 के तिमीहरू ‘अब चार महिना बाँकी छ, तब कटनीको समय हुन्छ’ भनी भन्दैनौ र? म तिमीहरूलाई भन्दछु, आफ्ना आँखा खोलेर खेतबारीहरूमा हेर! त्यो कटनीको निम्ति पाकिसकेको छ।
JOH 4:36 अहिले पनि फसल काट्नेले ज्याला पाउँछ, अहिले पनि उसले अनन्त जीवनको लागि फल बटुल्छ, जसले गर्दा बिउ छर्ने र फसल काट्ने दुवै एकसाथ रमाउँछन्।
JOH 4:37 त्यसैकारण ‘एउटाले छर्छ, अर्कोले काट्छ’ भन्‍ने भनाइ सत्य छ।
JOH 4:38 मैले तिमीहरूलाई त्यसको कटनी गर्न पठाएँ, जसको निम्ति तिमीहरूले काम गरेनौ। अरूहरूले परिश्रम गरेका छन्। अनि तिमीहरूले चाहिँ तिनीहरूका परिश्रमको फलको कटनी गरेका छौ।”
JOH 4:39 “मैले गरेका सबै कामहरू उहाँले मलाई भनिदिनुभयो” भन्‍ने त्यस स्त्रीको गवाहीका कारण त्यस सहरका धेरै सामरीहरूले उहाँमाथि विश्‍वास गरे।
JOH 4:40 यसकारण सामरीहरू उहाँकहाँ आए। अनि तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्‍न अनुरोध गरे। तब उहाँ दुई दिनसम्म त्यहाँ बस्‍नुभयो।
JOH 4:41 अनि उहाँको वचनको कारण अरू धेरै जनाले विश्‍वास गरे।
JOH 4:42 तिनीहरूले त्यस स्त्रीलाई भने, “तिमीले जे भन्यौ केवल त्यसको कारणले मात्र हामीले विश्‍वास गरेका होइनौँ। तर अब त हामी आफैँले सुनेका छौँ, र हामी यो जान्दछौँ, कि उहाँ साँच्‍चै नै संसारका मुक्तिदाता हुनुहुन्छ।”
JOH 4:43 दुई दिनपछि उहाँ गालील जानुभयो।
JOH 4:44 (येशू आफैँले अगमवक्तालाई उसको आफ्नै मुलुकमा आदर हुँदैन भनी औँल्याउनुभएको थियो।)
JOH 4:45 उहाँ गालीलमा आइपुग्नुहुँदा गालीलीहरूले उहाँलाई स्वागत गरे। उहाँले निस्तार चाडको बेलामा यरूशलेममा गर्नुभएका सबै कामहरू तिनीहरूले देखेका थिए। किनकि तिनीहरू पनि त्यहाँ गएका थिए।
JOH 4:46 उहाँ फेरि एकपल्ट गालीलको कानामा जानुभयो, जहाँ उहाँले पानीलाई दाखमद्यमा बदल्नुभएको थियो। अनि त्यहाँ कफर्नहुममा एक जना राजकीय हाकिम थिए। तिनको छोरा बिरामी थियो।
JOH 4:47 जब येशू यहूदियाबाट गालील आइपुग्नुभएको छ भन्‍ने तिनले सुने, तब तिनी उहाँकहाँ गए, र उहाँ आएर तिनको छोरालाई निको पारिदिन उहाँलाई बिन्ती गरे। किनकि तिनको छोरा मर्नै आँटेको अवस्थामा थियो।
JOH 4:48 येशूले तिनलाई भन्‍नुभयो, “अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू नदेखेसम्म तिमीहरूले कहिल्यै विश्‍वास गर्दैनौ।”
JOH 4:49 “हजुर, मेरो छोरा मर्नुभन्दा अगि नै आइदिनुहोस्!” भनी ती हाकिमले भने।
JOH 4:50 “तिमी जान सक्छौ, तिम्रो छोरा बाँच्नेछ।” येशूले जवाफ दिनुभयो। तिनले येशूको वचनमा विश्‍वास गरे, र फर्के।
JOH 4:51 तिनी बाटोमै छँदा नै तिनका सेवकहरूले भेटेर तिनको छोरा निको भइसकेको खबर दिए।
JOH 4:52 छोरा कुन समयदेखि निको भयो भनी तिनले सोध्दा तिनीहरूले भने, “हिजो दिउँसो एक बजेदेखि तिनलाई ज्वरोले छोड्यो।”
JOH 4:53 तब त्यो समय येशूले “तिम्रो छोरा बाँच्नेछ” भनी भन्‍नुभएकै समय रहेछ भनी बुबाचाहिँले थाहा पाए। तब तिनले र तिनका सबै परिवारले विश्‍वास गरे।
JOH 4:54 यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको यो दोस्रो अलौकिक चिन्ह थियो।
JOH 5:1 केही समयपछि येशू यहूदीहरूको एउटा चाडको निम्ति यरूशलेम जानुभयो।
JOH 5:2 यरूशलेममा भेडा ढोकाको नजिकै एउटा पोखरी थियो, जसलाई आरामाईक भाषामा बेथस्दा भनिन्छ, र यो पाँच वटा दलानहरूले घेरिएको थियो।
JOH 5:3 त्यसको छेउमा दृष्‍टिविहीन, लङ्गडो, पक्षघाती तथा थुप्रै रोगीहरू पस्रिरहेका हुन्थे। तिनीहरू पानी छचल्किएको पर्खिरहन्थे।
JOH 5:4 किनकि बेला-बेलामा प्रभुका दूत तल ओर्लेर पानी हल्‍लाइदिन्थे। अनि हरेकपल्ट पानी छचल्किएपछि जो पहिला पानीभित्र पस्थ्यो, त्यो जस्तोसुकै रोग लागेको भए तापनि निको भइहाल्थ्यो।
JOH 5:5 त्यहाँ एक जना मानिस थियो, जो अठतीस वर्षदेखिको पक्षघातको रोगी थियो।
JOH 5:6 जब येशूले त्यसलाई त्यहाँ पस्रिएको देख्नुभयो र त्यो लामो समयदेखि त्यस अवस्थामा रहेछ भनी थाहा पाउनुभयो, तब उहाँले त्यसलाई सोध्नुभयो, “के तिमी निको हुन चाहन्छौ?”
JOH 5:7 त्यस रोगीले भन्यो, “हजुर, पानी छचल्काइँदा मलाई पोखरीमा हालिदिन सहायता गर्ने कोही पनि छैन। म पस्‍ने कोसिस गर्दागर्दै अर्को मान्छे मभन्दा अगाडि पसिहाल्छ।”
JOH 5:8 त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “उठ! तिम्रो ओछ्यान उठाऊ, र हिँड।”
JOH 5:9 तुरुन्तै त्यो मानिस निको भयो, र आफ्नो ओछ्यान उठाएर हिँड्यो। यो घटना भएको दिन शब्बाथ थियो।
JOH 5:10 त्यसकारण यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “आज शब्बाथको दिन हो। व्यवस्थाले तिमीलाई ओछ्यान बोक्न समेत निषेध गरेको छ।”
JOH 5:11 तर त्यसले जवाफ दियो, “मलाई निको पार्नुहुने व्यक्तिले नै मलाई भन्‍नुभयो, ‘आफ्नो ओछ्यान उठाऊ, र हिँड।’ ”
JOH 5:12 तिनीहरूले त्यसलाई सोधे, “तिमीलाई यो उठाएर हिँड भन्‍ने त्यो मानिस को हो?”
JOH 5:13 निको भएको मानिसलाई उहाँ को हुनुहुन्थ्यो भन्‍ने बारेमा केही थाहा थिएन। किनकि येशू त्यहाँ भएको भीडभित्र पसिसक्नुभएको थियो।
JOH 5:14 त्यसपछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाएर भन्‍नुभयो, “हेर, तिमी निको भएका छौ। पाप गर्न छोड, नत्रता तिमीमाथि अझ नराम्रो अवस्था आउनसक्छ।”
JOH 5:15 त्यो मानिस गयो, र त्यसलाई निको पार्ने व्यक्ति येशू हुनुहुँदोरहेछ भनी यहूदी अगुवाहरूलाई भनिदियो।
JOH 5:16 त्यसकारण येशूले यी कामहरू शब्बाथको दिनमा गर्नुभएको हुनाले यहूदी अगुवाहरूले उहाँको खेदो गर्न लागे।
JOH 5:17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरा पिताले आजको दिनसम्म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहनेछु।”
JOH 5:18 यसकारणले गर्दा तिनीहरूले उहाँलाई मार्न झन् धेरै प्रयत्न गर्न लागे। किनकि उहाँले केवल शब्बाथ दिनलाई मात्र भङ्ग गर्नुभएको थिएन। तर आफूलाई परमेश्‍वरको बराबरी तुल्याएर उहाँले परमेश्‍वरलाई पनि आफ्नै पिता भन्‍नुभएको थियो।
JOH 5:19 येशूले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई साँच्‍चै भन्दछु, पुत्र आफूले केही गर्न सक्दैन। उसले त पिताले जे गरिरहनुभएको देख्छ, त्यही मात्र गर्छ। किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले पनि त्यही गर्छ।
JOH 5:20 किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँले जे गर्नुहुन्छ, त्यो सबै पुत्रलाई देखाउनुहुन्छ। तिमीहरूका आश्‍चर्यका निम्ति उहाँले पुत्रलाई यीभन्दा पनि अझै ठूला-ठूला कुराहरू देखाउनुहुनेछ।
JOH 5:21 किनकि जसरी पिताले मरेकाहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ, त्यसैलाई जीवन दिन्छ।
JOH 5:22 यसबाहेक पिताले कसैको न्याय गर्नुहुन्‍न। तर न्यायको सम्पूर्ण काम उहाँले पुत्रलाई सुम्पनुभएको छ,
JOH 5:23 ताकि पितालाई आदर गरेझैँ तिनीहरू सबैले पुत्रलाई पनि आदर गरून्। जसले पुत्रलाई आदर गर्दैन, त्यसले पुत्रलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन।
JOH 5:24 “म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्‍वास गर्छ, त्यससित अनन्त जीवन छ, र त्यो दोषी ठहराइने छैन। तर त्यो मृत्युबाट जीवनमा प्रवेश गरिसकेको हुन्छ।
JOH 5:25 म तिमीहरूलाई साँच्‍चै भन्दछु, त्यो समय आइरहेको छ, र त्यो अहिले नै आइसकेको छ। जब मरेकाहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्; र जसले सुन्छन्, तिनीहरू बाँच्नेछन्।
JOH 5:26 किनकि जसरी पिता आफैँमा जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि आफैँमा जीवन हुने अधिकार दिनुभएको छ।
JOH 5:27 अनि उहाँले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ; किनकि ऊ मानिसको पुत्र हो।
JOH 5:28 “यस कुरामा आश्‍चर्य नमान। किनकि समय आइरहेको छ। जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्,
JOH 5:29 तब बाहिर निस्किआउनेछन्, जसले असल काम गरेका छन्, तिनीहरू अनन्तसम्म जिउनलाई र जसले कुकर्म गरेका छन्, तिनीहरू अनन्तसम्म दण्ड पाउनलाई पुनरुत्थान हुनेछन्।
JOH 5:30 म आफैँ त केही गर्न सक्दिनँ,” मैले जस्तो सुन्दछु, त्यसैअनुसार न्याय गर्दछु। अनि मेरो न्याय उचित छ; किनकि म आफ्नो इच्छा होइन, तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु।
JOH 5:31 “यदि मैले आफ्नै विषयमा गवाही दिएँ भने मेरो साक्षी साँचो हुँदैन।
JOH 5:32 मेरो पक्षमा गवाही दिने अर्को एक जना हुनुहुन्छ। अनि म जान्दछु, मेरो विषयमा उहाँले दिनुहुने गवाही सत्य ठहर्छ।
JOH 5:33 “तिमीहरूले यूहन्‍नाकहाँ सोध्न पठायौ, र तिनले सत्यताको गवाही दिएका छन्।
JOH 5:34 मैले मानिसको गवाही ग्रहण गर्छु भनेर त होइन, तर तिमीहरूले उद्धार पाउन सक भनेर मैले यो कुरा भनेको हुँ।
JOH 5:35 यूहन्‍ना बलिरहने र ज्योति दिइरहने बत्ती थिए, र तिमीहरू केही समय तिनको प्रकाशमा रमाउन खोज्यौ।
JOH 5:36 “मसँग यूहन्‍नाको भन्दा ठूलो गवाही छ; किनकि पिताले मलाई पूरा गर्न भनी दिनुभएको काम, जो मैले गरिरहेको छु, त्यही कामले नै पिताले मलाई पठाउनुभएको हो भनी गवाही दिन्छन्।
JOH 5:37 अनि पिता जसले मलाई पठाउनुभयो, उहाँ आफैँले मेरो विषयमा साक्षी दिनुभएको छ। तिमीहरूले कहिल्यै पनि उहाँको सोर सुनेका छैनौ, न उहाँको रूप देखेका छौ।
JOH 5:38 न त उहाँको वचन तिमीहरूमा रहन्छ; किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्दैनौ।
JOH 5:39 तिमीहरू लगनशील भई धर्मशास्त्रमा खोजी गर्दछौ। किनकि तिमीहरूले त्यसद्वारा तिमीहरूलाई अनन्त जीवन मिल्छ भनी विचार गर्दछौ। ती धर्मशास्त्रहरूले नै मेरो विषयमा गवाही दिन्छन्,
JOH 5:40 तर पनि जीवन प्राप्‍त गर्न मकहाँ आउन तिमीहरू अस्वीकार गर्छौ।
JOH 5:41 “म मानिसहरूबाट प्रशंसा ग्रहण गर्दिनँ,”
JOH 5:42 तर म तिमीहरूलाई चिन्दछु। तिमीहरूको हृदयमा परमेश्‍वरको प्रेम छैन भनी म जान्दछु।
JOH 5:43 म मेरा पिताको नाममा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ। तर अर्को कोही उसको आफ्नै नाममा आयो भने तिमीहरूले त्यसलाई ग्रहण गर्छौ।
JOH 5:44 यदि तिमीहरूले एका-अर्काबाट प्रशंसा ग्रहण गर्छौ, तर एक मात्र परमेश्‍वरबाट आउने प्रशंसा प्राप्‍त गर्न केही वास्ता नै गर्दैनौ भने तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ र?
JOH 5:45 “तर तिमीहरूलाई पिताको अगि मैले दोष्याउनेछु भनी नसम्झ। तिमीहरूलाई दोष्याउने त मोशा हुन्, जसमाथि तिमीहरूको आशा रहेको छ।
JOH 5:46 यदि तिमीहरूले मोशालाई विश्‍वास गरेका भए तिमीहरूले मलाई पनि विश्‍वास गर्नेथियौ। किनकि तिनले मेरो विषयमा लेखेका थिए।
JOH 5:47 तर तिनले लेखेको कुरामा विश्‍वास नगरेपछि मैले भनेका कुराहरू तिमीहरूले कसरी विश्‍वास गर्छौ र?”
JOH 6:1 यसको केही समयपछि येशू गालील, अर्थात् तिबेरियास तालको पारिपट्टि जानुभयो।
JOH 6:2 अनि मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। किनकि उहाँले रोगीहरूलाई निको पार्नुभएको अलौकिक चिन्हहरू तिनीहरूले देखेका थिए।
JOH 6:3 त्यसपछि येशू एउटा डाँडामा जानुभयो, र चेलाहरूसँग त्यहाँ बस्‍नुभयो।
JOH 6:4 यहूदीहरूको निस्तार चाड नजिकै थियो।
JOH 6:5 येशूले आँखा उठाएर हेर्नुभयो र एउटा ठूलो भीड आफूतिर आउँदैगरेको देखेर उहाँले फिलिपलाई भन्‍नुभयो, “यी मानिसहरूलाई खानका निम्ति हामीले रोटी कहाँबाट किनौँ?”
JOH 6:6 उहाँले तिनलाई जाँच्नका लागि मात्र यो कुरा सोध्नुभएको थियो। किनकि उहाँले जे गर्न लाग्नुभएको थियो, त्यो उहाँलाई थाहा थियो।
JOH 6:7 फिलिपले उहाँलाई भने, “दुई सय दिनारले प्रत्येकलाई एक-एक गाँस पुग्नेजति रोटी किन्‍न पनि पर्याप्‍त हुँदैन!”
JOH 6:8 उहाँका चेलाहरूमध्येका अर्का एक जना, सिमोन पत्रुसका भाइ, अन्द्रियासले भने,
JOH 6:9 “यहाँ एउटा ठिटोसँग जौका पाँच वटा रोटी र दुई वटा स-साना माछा छन्, तर यति धेरैका निम्ति ती कति पो पुग्ला र?”
JOH 6:10 येशूले भन्‍नुभयो, “मानिसहरूलाई बस्‍न लगाओ।” त्यस ठाउँमा प्रशस्त घाँसको चउर थियो र मानिसहरू त्यहीँ बसे। त्यहाँ लगभग पाँच हजार पुरुषहरू थिए।
JOH 6:11 त्यसपछि येशूले रोटी लिएर धन्यवाद दिनुभयो। र त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहेजति बाँडिदिनुभयो। उहाँले माछा पनि त्यसै गरी बाँडिदिनुभयो।
JOH 6:12 तिनीहरू सबैले प्रशस्त खाएर अघाएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “उब्रेका टुक्राहरू बटुल, र केही पनि खेर नजाओस्।”
JOH 6:13 तिनीहरूले त्यो बटुले, र पाँच वटा जौका रोटीबाट मानिसहरूले खाएर उबारेका टुक्राहरूले बाह्र डालाहरू भरे।
JOH 6:14 येशूले गर्नुभएको अलौकिक चिन्ह देखेपछि मानिसहरूले यसो भन्‍न लागे, “निश्‍चय नै संसारमा आउनुहुने अगमवक्ता उहाँ नै हुनुहुन्छ।”
JOH 6:15 तिनीहरू आएर उहाँलाई जबरजस्ती राजा बनाउन लैजान खोज्दैछन् भन्‍ने थाहा पाएर येशू फेरि तिनीहरूबाट अलग हुनुभएर एकलै डाँडातिर जानुभयो।
JOH 6:16 साँझ परेपछि उहाँका चेलाहरू तालतिर झरे,
JOH 6:17 र त्यहाँबाट डुङ्गामा चढेर तिनीहरू तालपारि कफर्नहुमतिर लागे। त्यस बेलासम्म अँध्यारो भइसकेको थियो। अनि येशू अझै पनि तिनीहरूकहाँ आउनुभएको थिएन।
JOH 6:18 त्यस बेला एउटा ठूलो बतास चलिरहेको थियो; र तालमा छाल उर्लिन थाल्यो।
JOH 6:19 तिनीहरू डुङ्गा खियाउँदै लगभग पाँच किलोमिटर जति गइसकेका थिए, तब तिनीहरूले येशूलाई पानीमाथि हिँडेर डुङ्गातिर आउँदै गर्नुभएको देखे। यो देखेर तिनीहरू डराए।
JOH 6:20 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ, नडराओ!”
JOH 6:21 तब तिनीहरूले उहाँलाई खुशीसाथ डुङ्गामा चढाए। अनि तुरुन्तै डुङ्गा उहाँहरू जान चाहेको किनारमा पुग्यो।
JOH 6:22 भोलिपल्ट तालको अर्को किनारमा रहेका भीडले त्यहाँ एउटा मात्र डुङ्गा रहेको र येशू चेलाहरूसँग त्यो डुङ्गामा नचढ्नुभएको, तर चेलाहरूमात्रै त्यहाँबाट गएका थिए भनी थाहा गरे।
JOH 6:23 त्यसपछि तिबेरियास सहरबाट केही डुङ्गाहरू त्यस ठाउँ नजिक आइपुगे, जहाँ अगिल्‍लो दिन प्रभुले धन्यवाद दिनुभएपछि मानिसहरूले रोटी खाएका थिए।
JOH 6:24 त्यहाँ न येशू हुनुहुन्छ, न त उहाँका चेलाहरू नै छन् भन्‍ने थाहा पाएपछि तिनीहरू डुङ्गामा चढे, र येशूको खोजी गर्दै कफर्नहुममा गए।
JOH 6:25 तिनीहरूले उहाँलाई तालको पारिपट्टि भेट्टाएर सोधे, “गुरुज्यू, तपाईं यहाँ कहिले आउनुभयो?”
JOH 6:26 येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले अलौकिक चिन्हहरू देखेर होइन, तर तिमीहरूले अघाउन्जेल रोटी खाएका हुनाले मलाई खोजिरहेका छौ।
JOH 6:27 नष्‍ट हुने भोजनका निम्ति परिश्रम नगर। तर अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर, जुन भोजन तिमीहरूलाई मानिसको पुत्रले दिनेछ। परमेश्‍वर पिताले उसमाथि आफ्नो स्वीकृतिको छाप लगाउनुभएको छ।”
JOH 6:28 तब तिनीहरूले उहाँलाई प्रश्न गरे, “परमेश्‍वरले चाहनुहुने काम गर्नका लागि हामीले के गर्नुपर्छ?”
JOH 6:29 येशूले जवाफ दिनुभयो, “परमेश्‍वरले चाहनुहुने काम यही हो: उहाँले पठाउनुभएको जनलाई विश्‍वास गर।”
JOH 6:30 यसकारण तिनीहरूले उहाँलाई सोधे, “तपाईंले के अलौकिक चिन्ह दिनुहुन्छ, ताकि हामीले त्यो देखेर तपाईंमाथि विश्‍वास गरौँ? तपाईं के गर्नुहुन्छ?
JOH 6:31 हाम्रा पुर्खाहरूले उजाडस्थानमा मन्‍न खाए। धर्मशास्त्रमा लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानका लागि स्वर्गबाट रोटी दिनुभयो।’”
JOH 6:32 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, त्यो मोशा होइनन्; तर तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ।
JOH 6:33 किनकि परमेश्‍वरको रोटी त्यही हो, जो स्वर्गबाट तल ओर्लिआउँछ र संसारलाई जीवन दिन्छ।”
JOH 6:34 तिनीहरूले भने, “हजुर, अबदेखि हामीलाई यही रोटी दिनुहोस्।”
JOH 6:35 तब येशूले घोषणा गर्नुभयो, “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्‍वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन।
JOH 6:36 तर मैले तिमीहरूलाई अगि भनेझैँ, तिमीहरूले मलाई देखेका छौ, तर पनि मलाई विश्‍वास गर्दैनौ।
JOH 6:37 पिताले मलाई दिनुहुनेहरू सबै मकहाँ आउनेछन्। मकहाँ आउने कसैलाई पनि म कहिल्यै त्याग्नेछैनँ।
JOH 6:38 किनकि मेरो इच्छा पूरा गर्नलाई म स्वर्गबाट ओर्लिआएको होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ।
JOH 6:39 मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका कसैलाई पनि मैले नगुमाऊँ; तर तिनीहरूलाई अन्त्यको दिनमा फेरि जीवित पारेर उठाऊँ।
JOH 6:40 किनकि मेरा पिताको इच्छा यही छ—प्रत्येक जसले पुत्रलाई हेर्छ र उसमाथि विश्‍वास गर्छ, त्यसले अनन्त जीवन प्राप्‍त गरोस्। अनि म त्यसलाई अन्त्यको दिनमा फेरि जीवित पार्नेछु।”
JOH 6:41 यस कुरामा यहूदीहरूले उहाँको विरुद्धमा गनगन गरे; किनकि उहाँले भन्‍नुभयो, “स्वर्गबाट ओर्लिआएको रोटी म नै हुँ।”
JOH 6:42 तिनीहरूले भने, “के यो योसेफको छोरा येशू होइन र, जसका बुबा र आमालाई हामी चिन्दछौँ? अहिले यसले कसरी ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भनी भन्‍न सक्छ?”
JOH 6:43 येशूले जवाफ दिनुभयो, “आपसमा गनगन गर्न बन्द गर।
JOH 6:44 मलाई पठाउनुहुने पिताले त्यसलाई नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन। अनि म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।
JOH 6:45 अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ: ‘तिनीहरू सबै परमेश्‍वरद्वारा सिकाइनेछन्।’ हरेक व्यक्ति, जसले पिताबाट सुन्छ र सिक्छ, त्यो मकहाँ आउँछ।
JOH 6:46 परमेश्‍वरबाट आएको जनले बाहेक अरू कसैले पितालाई देखेको छैन। केवल उसैले मात्र पितालाई देखेको छ।
JOH 6:47 म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले विश्‍वास गर्दछ, त्यससित अनन्त जीवन छ।
JOH 6:48 जीवनको रोटी म नै हुँ।
JOH 6:49 तिमीहरूका पुर्खाहरूले उजाडस्थानमा मन्‍न खाए, तापनि तिनीहरू मरेर गए।
JOH 6:50 तर स्वर्गबाट तल ओर्लिआएको रोटी यही हो, जसलाई मानिसले खाओस् र नमरोस्।
JOH 6:51 जीवित रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो। यदि कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। यो रोटी मेरो मासु हो, जो म संसारको जीवनका निम्ति दिनेछु।”
JOH 6:52 त्यसपछि यहूदीहरू आपसमा चर्को बहस गर्न थाले, “यस मानिसले कसरी हामीलाई आफ्नो मासु खान दिन सक्छ र?”
JOH 6:53 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, जबसम्म तिमीहरूले मानिसको पुत्रको मासु खाँदैनौ र उसको रगत पिउँदैनौ, तबसम्म तिमीहरूमा जीवन हुँदैन।
JOH 6:54 जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, ऊसँग अनन्त जीवन छ। अनि अन्त्यको दिनमा म उसलाई जीवित पार्नेछु।
JOH 6:55 किनकि मेरो मासु साँच्‍चै खानेकुरा र मेरो रगत साँच्‍चै पिउने कुरा हो।
JOH 6:56 जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, त्यो ममा रहन्छ, र म उसमा रहन्छु।
JOH 6:57 जसरी जीवित पिताले मलाई पठाउनुभएको छ, र म पिताको कारणले जिउँछु, त्यसै गरी जसले मलाई खान्छ, त्यो मेरो कारणले जिउनेछ।
JOH 6:58 स्वर्गबाट ओर्लिआएको रोटी यही नै हो। तिमीहरूका पुर्खाहरूले मन्‍न खाए अनि मरे। तर जसले यो रोटी खान्छ, त्यो सधैँभरि जिउनेछ।”
JOH 6:59 उहाँले यी कुराहरू कफर्नहुममा सभाघरमा शिक्षा दिनुहुँदा भन्‍नुभएको हो।
JOH 6:60 यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, “यो त कठोर शिक्षा हो। कसले यो ग्रहण गर्न सक्छ र?”
JOH 6:61 यस विषयमा आफ्ना चेलाहरू गनगन गर्दैछन् भन्‍ने येशू आफूले थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “के यस कुराले तिमीहरूलाई ठेस पुर्‍यायो?
JOH 6:62 यदि तिमीहरूले मानिसको पुत्रलाई ऊ पहिले जहाँ थियो त्यहीँ उक्लँदैगरेको देख्यौ भने के होला!
JOH 6:63 आत्माले जीवन दिनुहुन्छ, शरीरले केही फाइदा दिँदैन। मैले तिमीहरूसँग बोलेका वचन आत्मा र जीवन हुन्।
JOH 6:64 तर अझै पनि तिमीहरूमध्ये कति जना छौ, जसले विश्‍वास गर्दैनौ।” किनकि तिनीहरूमध्ये कसले विश्‍वास गर्दैन र कसले उहाँलाई धोका दिनेछ भनी येशूले सुरुदेखि नै जान्‍नुभएको थियो।
JOH 6:65 उहाँले फेरि भन्‍नुभयो, “यसैकारण ‘पिताले आउन नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन’ भनी मैले तिमीहरूलाई भनेको हुँ।”
JOH 6:66 त्यस समयदेखि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र त्यसपछि उहाँलाई पछ्याएनन्।
JOH 6:67 तब येशूले बाह्र जनालाई सोध्नुभयो, “के तिमीहरू पनि छोडेर जान चाहन्छौ?”
JOH 6:68 सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईंसँग छन्।
JOH 6:69 हामी विश्‍वास गर्दछौँ र जान्दछौँ, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ।”
JOH 6:70 तब येशूले भन्‍नुभयो, “के मैले तिमीहरू बाह्रै जनालाई चुनेको होइन र? तर पनि तिमीहरूमध्ये एक जना शैतान हो!”
JOH 6:71 (यो उहाँले सिमोन इस्करियोतको छोरा यहूदाको विषयमा भन्‍नुभएको थियो, जसले बाह्रमध्ये एक हुँदा-हुँदै पनि पछि उहाँलाई धोका दियो।)
JOH 7:1 यसपछि येशू गालीलमा नै घुमफिर गरिरहनुभयो। उहाँले यहूदियाबाट अलग्गै रहने मनसायले नै यसो गर्नुभयो। किनकि त्यहाँका यहूदी अगुवाहरूले उहाँलाई मार्न पर्खिरहेका थिए।
JOH 7:2 तर यहूदीहरूको छाप्रोबासको चाड नजिकै थियो।
JOH 7:3 येशूका भाइहरूले उहाँलाई भने, “तपाईं यो ठाउँ छोडेर यहूदिया जानुहोस्, जसबाट तपाईंले गर्नुभएका शक्तिशाली कामहरू तपाईंका चेलाहरूले पनि देखून्।
JOH 7:4 समाजमा ख्याति प्राप्‍त गर्न चाहने कसैले पनि गुप्‍तमा काम गर्दैन। तपाईंले यी कामहरू गर्दै हुनुहुन्छ, त्यसकारण आफूलाई संसारमा प्रकट गराउनुहोस्।”
JOH 7:5 किनकि उहाँका आफ्नै भाइहरूले पनि उहाँमाथि विश्‍वास गर्दैनथिए।
JOH 7:6 त्यसकारण येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो लागि अझै ठिक समय आएको छैन, तर तिमीहरूका निम्ति सबै समय ठिकै हुन्छ।
JOH 7:7 संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई घृणा गर्दछ। किनकि यसले जे गर्दैछ, त्यो दुष्‍ट काम हो भनी मैले त्यसको साक्षी दिन्छु।
JOH 7:8 तिमीहरू चाडमा जाओ, म अहिले यस चाडमा जान्‍नँ। किनकि मेरो निम्ति ठिक समय अझै आएको छैन।”
JOH 7:9 यी कुराहरू भन्‍नुभएपछि उहाँ गालीलमा नै रहनुभयो।
JOH 7:10 तर उहाँका भाइहरू चाडमा गए, यसैले उहाँ पनि खुल्‍लमखुल्‍ला होइन, तर गुप्‍त रूपमा त्यहाँ जानुभयो।
JOH 7:11 चाडमा यहूदीहरूले उहाँलाई खोज्दै, “ती मानिस कहाँ छन्?” भनी सोधिरहेका थिए।
JOH 7:12 भीडहरूका बीचमा उहाँको विषयमा व्यापक खासखुस भइरहेको थियो। कतिले भन्थे, “तिनी असल मानिस हुन्।” अरूले भन्थे, “होइन, त्यसले मानिसहरूलाई भ्रममा पारिरहेको छ।”
JOH 7:13 तर यहूदी अगुवाहरूका डरको कारणले गर्दा कसैले पनि उहाँको विषयमा खुल्‍लमखुल्‍ला केही भन्दैनथिए।
JOH 7:14 अब चाड आधा-आधी भइसकेपछि येशू मन्दिरका चोकहरूमा जानुभयो, र शिक्षा दिन थाल्नुभयो।
JOH 7:15 यहूदीहरूले छक्‍क परेर सोधे, “केही अध्ययन नै नगरी पनि यिनले यस्तो ज्ञान कसरी प्राप्‍त गरे?”
JOH 7:16 येशूले जवाफ दिनुभयो, “मेरो शिक्षा मेरो आफ्नै होइन। यो त उहाँबाट आउँछ, जसले मलाई पठाउनुभयो।
JOH 7:17 यदि कसैले परमेश्‍वरको इच्छा पालन गर्न चाहन्छ भने मेरो शिक्षा परमेश्‍वरतर्फबाट आएको हो, अथवा म आफैँले बोलेको हुँ, सो उसले थाहा पाउनेछ।
JOH 7:18 जसले आफ्नै तर्फबाट बोल्छ, त्यसले आफ्नै आदर खोज्न त्यसो गर्छ। तर जसले उसलाई पठाउनुहुनेको आदरको निम्ति काम गर्छ, त्यो सत्यको मानिस हो। उसमा केही झूट हुँदैन।
JOH 7:19 के मोशाले तिमीहरूलाई व्यवस्था दिएका छैनन् र? तापनि तिमीहरूमध्ये एउटैले पनि व्यवस्था पालन गर्दैनौ। तिमीहरू मलाई किन मार्न खोज्छौ?”
JOH 7:20 भीडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ। कसले तिमीलाई मार्न खोज्दैछ र?”
JOH 7:21 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले एउटा अचम्मका काम गरेँ, र तिमीहरू सबै छक्‍क पर्दछौ।
JOH 7:22 तर मोशाले तिमीहरूलाई खतनाको रीति दिए। (हुन त त्यो मोशाबाट होइन, तर पितापुर्खाहरूबाट हो।) यसकारण तिमीहरूले शब्बाथ दिनमा बालकको खतना गर्दछौ।
JOH 7:23 अब यदि मोशाको व्यवस्था भङ्ग नहोस् भनेर शब्बाथको दिनमा समेत बालकको खतना गर्न सकिन्छ भने मैले एक जना मानिसलाई शब्बाथ दिनमा निको पारेको कारण तिमीहरू मसँग किन रिसाउँछौ?
JOH 7:24 केवल मुख हेरेर न्याय गर्न छोड, र ठिक न्याय गर।”
JOH 7:25 तब यरूशलेमका बासिन्दाहरूमध्ये कतिले भन्‍न लागे, “के तिनीहरूले मार्न खोजेका व्यक्ति यिनी नै होइनन् र?
JOH 7:26 अनि यिनी त त्यहीँ छन्, र खुल्‍लमखुल्‍ला बोल्दैछन्। तर तिनीहरूले यिनलाई एक शब्द पनि भन्दैनन्। के अधिकार प्राप्‍त मानिसहरूले पनि यिनी नै ख्रीष्‍ट हुन् भनी साँच्‍चै ठहर गरे कि कसो?
JOH 7:27 तर यी मानिस कहाँबाटका हुन् भनी हामीलाई थाहा छ; तर ख्रीष्‍ट आउनुहुँदा उहाँ कहाँबाट हुनुहुन्छ भनी कसैलाई थाहा हुनेछैन।”
JOH 7:28 तब अझै पनि मन्दिरको चोकमा शिक्षा दिँदै रहनुहुँदा येशूले उच्‍च सोरले भन्‍नुभयो, “तिमीहरू मलाई पक्‍कै चिन्दछौ, र म कहाँको हुँ भनी तिमीहरू जान्दछौ; म यहाँ आफ्नै इच्छाले आएको होइनँ, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ। तिमीहरूले उहाँलाई चिन्दैनौ।
JOH 7:29 तर म उहाँलाई चिन्दछु। किनकि म उहाँबाट आएको हुँ, र उहाँले मलाई पठाउनुभएको हो।”
JOH 7:30 यो सुनेर तिनीहरूले उहाँलाई पक्रन खोजे, तर कसैले पनि उहाँमाथि हात हालेन। किनकि उहाँको समय अझै आइपुगेको थिएन।
JOH 7:31 तर पनि भीडका धेरै मानिसहरूले उहाँमाथि विश्‍वास गरे। तिनीहरूले भने, “जब ख्रीष्‍ट आउनुहुन्छ, के उहाँले यी मानिसले भन्दा पनि बढी अलौकिक चिन्हहरू गर्नुहोला र?”
JOH 7:32 भीडले उहाँको विषयमा यस्तो चर्चा गरेको कुरा फरिसीहरूले सुने। त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले उहाँलाई पक्रनका लागि मन्दिरका पहरेदारहरूलाई पठाए।
JOH 7:33 येशूले भन्‍नुभयो, “म अब केही समयको निम्ति मात्र तिमीहरूसँग रहन्छु, र त्यसपछि मलाई पठाउनुहुनेकहाँ जानेछु।
JOH 7:34 तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ। म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”
JOH 7:35 यहूदीहरूले आपसमा भने, “यी मानिस कहाँ जान लाग्दैछन्, र हामी यिनलाई भेट्टाउनेछैनौँ? के यिनी ग्रीकहरूका बीचमा छरिएर बसेका हाम्रा मानिसहरूकहाँ जान, र ग्रीकहरूलाई शिक्षा दिन चाहन्छन्?
JOH 7:36 यिनले यसो भन्‍नुको अर्थ के हो? ‘तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ’ र ‘म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ?’ ”
JOH 7:37 चाडको अन्तिम र प्रमुख दिनमा येशू उभिएर उच्‍च सोरमा भन्‍नुभयो, “यदि कोही तिर्खाउँछ भने ऊ मकहाँ आओस् र पिओस्।
JOH 7:38 जसले ममाथि विश्‍वास गर्छ, धर्मशास्त्रले भनेअनुसार तिनीहरूका अन्तस्करणबाट जिउँदो पानीका नदीहरू बगेर निस्कनेछन्।”
JOH 7:39 यो कुरा उहाँले पवित्र आत्माको विषयमा भन्‍नुभएको थियो, जसलाई उहाँमाथि विश्‍वास गर्नेहरूले प्राप्‍त गर्न लागेका थिए। त्यस बेलासम्म पवित्र आत्मा दिइएको थिएन। किनकि येशू अझैसम्म महिमित हुनुभएको थिएन।
JOH 7:40 उहाँका वचन सुनेर भीडमा भएका मानिसहरूमध्ये कतिले भने, “निश्‍चय नै यी मानिस अगमवक्ता हुन्।”
JOH 7:41 अरूहरूले भने, “उहाँ ख्रीष्‍ट हुनुहुन्छ।” तर अझै अरूहरूले प्रश्न गरे, “ख्रीष्‍ट कसरी गालीलबाट आउन सक्छन् र?
JOH 7:42 के धर्मशास्त्रमा ख्रीष्‍ट दावीदको वंशबाट र दावीदकै सहर बेथलेहेमबाट आउनेछन् भनी लेखिएको छैन र?”
JOH 7:43 यसरी येशूका कारण मानिसहरूका बीचमा फाटो आयो।
JOH 7:44 कति मानिसहरूले उहाँलाई पक्रन चाहन्थे, तर उहाँमाथि कसैले पनि हात हालेन।
JOH 7:45 अन्त्यमा मन्दिरका पहरेदारहरू मुख्य पुजारीहरू र फरिसीहरूकहाँ फर्केर गए। तिनीहरूले यिनीहरूलाई सोधे, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?”
JOH 7:46 पहरेदारहरूले जवाफ दिए, “यस मानिसले जस्तो त कुनै पनि मानिसले कहिल्यै बोलेन।”
JOH 7:47 फरिसीहरूले खिसी गर्दै भने, “त्यसको मतलब तिमीहरू पनि बहकिन पुग्यौ, होइन त?
JOH 7:48 के शासकहरू अथवा फरिसीहरूमध्ये कसैले येशूमाथि विश्‍वास गरेको छ र?
JOH 7:49 तर यो भीड, जसले व्यवस्था जान्दैनन्, तिनीहरू श्रापित छन्।”
JOH 7:50 निकोदेमस, जो पहिले येशूकहाँ गएका थिए, जो तिनीहरूमध्येकै एक थिए; तिनले भने,
JOH 7:51 “के हाम्रो व्यवस्थाले कसैलाई उसले के गरिरहेको छ भनी जान्‍नको लागि नजाँची र सुनुवाइ नै नगरी दोषी ठहराउँछ र?”
JOH 7:52 तिनीहरूले जवाफ दिए, “के तिमी पनि गालीलकै हौ? धर्मशास्त्रमा खोजेर हेर, र तिमीले थाहा पाउनेछौ। किनभने गालीलबाट कुनै अगमवक्ता निस्कँदैन।”
JOH 7:53 त्यसपछि सबै जना आ-आफ्ना घरतिर गए।
JOH 8:1 तर येशू जैतुन डाँडामा जानुभयो।
JOH 8:2 भोलिपल्ट एकाबिहानै उहाँ फेरि मन्दिरको चोकमा देखा पर्नुभयो, जहाँ सबै मानिसहरू उहाँको वरिपरि जम्मा भए। अनि उहाँ बस्‍नुभयो, र तिनीहरूलाई शिक्षा दिन थाल्नुभयो।
JOH 8:3 व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई त्यहाँ ल्याए। तिनीहरूले त्यसलाई भीडको अगि उभ्याए,
JOH 8:4 र येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचार गर्दागर्दै पक्राउ परेकी हो।
JOH 8:5 व्यवस्थामा मोशाले यस्ता स्त्रीहरूलाई ढुङ्गाले हानिनुपर्छ भनी हामीलाई आज्ञा दिएका छन्। तपाईंचाहिँ के भन्‍नुहुन्छ?”
JOH 8:6 तिनीहरूले यो प्रश्न उहाँलाई दोष लगाउने आधार प्राप्‍त गर्नलाई पासोको रूपमा प्रयोग गर्दैथिए। येशू निहुरनुभयो र औँलाले भुइँमा लेख्न थाल्नुभयो।
JOH 8:7 जब तिनीहरूले उहाँलाई प्रश्न गरिरहे, तब उहाँ उभिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले पहिले यस स्त्रीलाई ढुङ्गाले हानोस्।”
JOH 8:8 अनि उहाँले फेरि निहुरेर भुइँमा लेख्नुभयो।
JOH 8:9 त्यसपछि यो कुरा सुन्‍नेहरू, बुढापाकादेखि सानासम्म एक-एक गर्दै त्यहाँबाट गए। अनि त्यहाँ उभिरहेकी त्यस स्त्रीसँग केवल येशू मात्र छोडिनुभयो।
JOH 8:10 तब येशू उठेर त्यस स्त्रीलाई सोध्नुभयो, “ए नारी, तिनीहरू खोइ कहाँ छन्? के कसैले पनि तिमीलाई दोषी ठहराएन?”
JOH 8:11 त्यसले भनी, “हजुर, कसैले पनि ठहराएन, प्रभु।” येशूले भन्‍नुभयो, “म पनि तिमीलाई दोषी ठहराउँदिनँ। जाऊ, अब उसो फेरि पाप नगर।”
JOH 8:12 फेरि मानिसहरूसँग बोल्नुहुँदा येशूले भन्‍नुभयो, “म संसारको ज्योति हुँ। जसले मलाई पछ्याउँछ, त्यो कहिल्यै अँध्यारोमा हिँड्‍डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”
JOH 8:13 तब फरिसीहरूले उहाँलाई भने, “तिमीले त आफ्नै विषयमा गवाही दिइरहेका छौ। यसकारण तिम्रो गवाही सत्य ठहरिँदैन।”
JOH 8:14 येशूले जवाफ दिनुभयो, “मैले आफ्नै विषयमा गवाही दिए तापनि मेरो गवाही सत्य ठहर्छ। किनकि म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु, सो म जान्दछु। तर म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु भन्‍ने बारेमा तिमीहरू जान्दैनौ।
JOH 8:15 तिमीहरू मानिसको दृष्‍टिले न्याय गर्दछौ; तर म कसैको न्याय गर्दिनँ।
JOH 8:16 तर यदि मैले न्याय गरेँ भने मेरो निर्णय सत्य हुन्छ। किनकि म एकलो छैनँ। म मलाई पठाउनुहुने पिताको साथमा छु।
JOH 8:17 तिमीहरूको आफ्नै व्यवस्थामा पनि दुई जनाको गवाही सत्य ठहरिन्छ भनी लेखिएको छ।
JOH 8:18 मेरो आफ्नै विषयमा गवाही दिने एक जना म नै हुँ। अनि मेरो अर्को गवाहीचाहिँ मलाई पठाउनुहुने पिता हुनुहुन्छ।”
JOH 8:19 तब तिनीहरूले उहाँलाई सोधे, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरू न त मलाई चिन्छौ, न त मेरा पितालाई। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्‍नेथियौ।”
JOH 8:20 येशूले यी कुराहरू मन्दिरमा शिक्षा दिँदैगर्नुहुँदा भेटी चढाउने ढुकुटीनिर नै भनिसक्नुभएको थियो। तापनि कसैले उहाँलाई पक्रेन। किनकि उहाँको समय अझै आएको थिएन।
JOH 8:21 येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदैछु, र तिमीहरूले मलाई खोज्नेछौ। अनि तिमीहरू आफ्ना पापमा मर्नेछौ। म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”
JOH 8:22 ती यहूदी अगुवाहरूले आपसमा सोधे, “यिनले आत्महत्या त गर्ने होइनन्? के त्यसैकारण नै यिनले ‘म जहाँ जाँदैछु, तिमीहरू त्यहाँ आउन सक्दैनौ’ भनी भनेका हुन्?”
JOH 8:23 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलबाटका हौ, तर मचाहिँ माथिबाटको हुँ। तिमीहरू यस संसारका हौ, तर मचाहिँ यस संसारको होइनँ।
JOH 8:24 मैले तिमीहरूलाई आफ्ना पापमा मर्नेछौ भनी भनेँ। यदि तिमीहरूले मैले आफैँलाई जे हुँ भनी दाबी गर्छु, म उही नै हुँ भनी विश्‍वास गरेनौ भने तिमीहरू अवश्य नै आफ्ना पापहरूमा मर्नेछौ।”
JOH 8:25 तिनीहरूले सोधे, “तिमी को हौ त?” येशूले जवाफ दिनुभयो, “म जो हुँ, मैले सुरुदेखि नै दाबी गर्दैआएको छु, म उही हुँ।
JOH 8:26 तिमीहरूको न्याय गर्नका निम्ति मैले भन्‍नुपर्ने कुरा धेरै नै छन्; तर जसले मलाई पठाउनुभयो। उहाँ विश्‍वासयोग्य हुनुहुन्छ। अनि उहाँबाट मैले जे सुनेको छु, त्यही कुरा म संसारलाई भन्दछु।”
JOH 8:27 तर उहाँले पिताको विषयमा भन्‍नुभएको हो भनी तिनीहरूले बुझेनन्।
JOH 8:28 त्यसकारण येशूले भन्‍नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई उचाल्नेछौ, तब मैले दाबी गरेको व्यक्ति म उही हुँ; अनि मैले आफ्नै तर्फबाट केही पनि गर्दिनँ रहेछु, तर पिताले सिकाउनुभएका कुराहरू मात्र बोल्दछु भनी तिमीहरूले थाहा पाउनेछौ।
JOH 8:29 जसले मलाई पठाउनुभयो, उहाँ मसँग हुनुहुन्छ। उहाँले मलाई एकलो छोड्नुभएको छैन। किनकि म सधैँ उहाँलाई प्रसन्‍न तुल्याउने काम गर्दछु।”
JOH 8:30 उहाँले यी कुरा बोल्दाबोल्दै धेरैले उहाँमाथि विश्‍वास गरे।
JOH 8:31 येशूले उहाँमाथि विश्‍वास गरेका यहूदीहरूलाई भन्‍नुभयो, “तिमीहरू मेरा शिक्षामा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै नै मेरा चेलाहरू हौ।
JOH 8:32 तब तिमीहरूले सत्यतालाई जान्‍नेछौ, र सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”
JOH 8:33 तिनीहरूले उहाँलाई भने, “तर हामी त अब्राहामका सन्तान हौँ। अनि कहिल्यै कसैको दास बनेका छैनौँ। त्यसकारण हामी स्वतन्त्र तुल्याइनेछौँ भन्‍ने कुरा तपाईं कसरी भन्‍न सक्नुहुन्छ?”
JOH 8:34 येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, पाप गर्ने हरेक मानिस पापको दास हो।
JOH 8:35 घरमा कुनै पनि दासको स्थायी स्थान हुँदैन। तर पुत्रचाहिँ सधैँभरि घरमा रहन्छ।
JOH 8:36 त्यसकारण पुत्रले स्वतन्त्र तुल्याए भने तिमीहरू साँच्‍चै स्वतन्त्र हुनेछौ।
JOH 8:37 तिमीहरू अब्राहामका सन्तान हौ भनी म जान्दछु, तापनि तिमीहरू मलाई मार्न तयार छौ। किनकि मेरा शिक्षाको लागि तिमीहरूको हृदयमा ठाउँ छैन।
JOH 8:38 मैले मेरा पिताको उपस्थितिमा जे-जे देखेँ, सो तिमीहरूलाई भन्दैछु। तर तिमीहरूचाहिँ तिमीहरूका आफ्नै पिताबाट सुनेका कुरा मात्र गर्दछौ।”
JOH 8:39 तिनीहरूले जवाफ दिए, “हाम्रा पिता त अब्राहाम हुनुहुन्छ।” येशूले भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तान हुँदा हौ त, तिमीहरूले पनि अब्राहामले गरेका काम गर्नेथियौ।
JOH 8:40 तर यसको सट्टामा तिमीहरूले मलाई मार्ने निश्‍चय गरेका छौ। जसले तिमीहरूलाई सत्य कुरा बताएको छ, जुन सत्यता मैले परमेश्‍वरबाट सुनेको हुँ। अब्राहामले यस्तो काम गरेनन्।
JOH 8:41 तिमीहरूका आफ्ना पिताले जे काम गरे, तिमीहरूले पनि त्यही गर्दैछौ।” तिनीहरूले विरोध गर्दै भने, “हामी व्यभिचारबाट जन्मेका सन्तान होइनौँ। हाम्रा एउटै मात्र पिता हुनुहुन्छ जो स्वयम् परमेश्‍वर हुनुहुन्छ।”
JOH 8:42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरूका पिता परमेश्‍वर हुनुभएको भए त तिमीहरूले मलाई प्रेम गर्नेथियौ। किनकि म परमेश्‍वरबाट आएको हुँ, र अहिले यहाँ छु। म आफैँ आएको होइनँ, तर मलाई परमेश्‍वरले पठाउनुभयो।
JOH 8:43 मैले भनेका कुराहरू तिमीहरू किन बुझ्दैनौ? किनकि तिमीहरूले मैले भनेका कुराहरू सुन्‍न सक्दैनौ।
JOH 8:44 तिमीहरू त तिमीहरूका पिता शैतानबाटका हौ। अनि तिमीहरूले आफ्नो पिताको इच्छा मात्र पूरा गर्न चाहन्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो, र सत्यतामा रहँदैन। किनकि त्यसमा सत्य छँदैछैन। झूटो बोल्नु त्यसको स्वभाव अनुसारको बोली हो। किनकि त्यो झूट हो, र झूटको पिता हो।
JOH 8:45 किनभने म साँचो कुरा भन्दछु, र पनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ!
JOH 8:46 के तिमीहरूमध्ये कसैले मलाई पापको दोषी ठहराउन सक्छौ? यदि म साँचो बोल्दछु भने किन तिमीहरू ममाथि विश्‍वास गर्दैनौ?
JOH 8:47 जो परमेश्‍वरबाटको हो, त्यसले परमेश्‍वरले बोल्नुभएको वचन सुन्छ। तिमीहरूले नसुन्‍नुको कारण यही हो, तिमीहरू परमेश्‍वरका होइनौ।”
JOH 8:48 यहूदीहरूले येशूलाई जवाफ दिए, “तिमी एक सामरी हौ, र तिमीलाई भूत लागेको छ भनी हामीले ठिकै भनेका होइनौँ र?”
JOH 8:49 येशूले भन्‍नुभयो, “मलाई कुनै भूत लागेको छैन। तर म मेरा पिताको आदर गर्दछु। अनि तिमीहरूचाहिँ मेरो अनादर गर्दछौ।
JOH 8:50 म आफ्नै महिमा खोज्दिनँ। तर महिमा खोज्नेचाहिँ एक जना हुनुहुन्छ र उहाँ न्यायकर्ता हुनुहुन्छ।
JOH 8:51 म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले मेरो वचन पालन गर्छ, त्यसले कहिल्यै मृत्यु देख्नेछैन।”
JOH 8:52 अनि यहूदी अगुवाहरूले भने, “अब हामीलाई पक्‍का थाहा भयो, तिमीलाई भूत नै लागेको रहेछ! अब्राहाम मरेर गए; त्यसै गरी अगमवक्ताहरू पनि मरे। तर तिमीले चाहिँ जसले तिम्रो वचन पालन गर्छ, त्यसले कहिल्यै पनि मृत्यु चाख्नेछैन भनी भन्दैछौ।
JOH 8:53 के तिमी हाम्रा पिता अब्राहामभन्दा पनि महान् हौ? तिनी मरे, र त्यसै गरी अगमवक्ताहरू पनि मरे। तिमीले आफूलाई को हो भनी ठान्छौ?”
JOH 8:54 येशूले जवाफ दिनुभयो, “यदि मैले आफ्नै महिमा गरेँ भने मेरो महिमाको केही अर्थ हुँदैन। मेरा पिता, जसलाई तिमीहरू आफ्ना परमेश्‍वर भनी दाबी गर्दछौ; मलाई महिमा दिने उहाँ नै हुनुहुन्छ।
JOH 8:55 तिमीहरूले उहाँलाई चिन्दैनौ, तर म उहाँलाई चिन्दछु। यदि मैले उहाँलाई चिन्दिनँ भनेको भए म पनि तिमीहरूसरह झूटो बन्‍ने थिएँ। तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु।
JOH 8:56 तिमीहरूका पिता अब्राहाम म आउने दिन देख्ने आशामा आनन्दित भएका थिए। तिनले त्यो देखे, र खुशी भए।”
JOH 8:57 यहूदीहरूले उहाँलाई भने, “तिमी आफैँ पचास वर्ष पनि पुगेका छैनौ, अनि तिमीले अब्राहामलाई कसरी देख्यौ?”
JOH 8:58 येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, अब्राहाम जन्मनुभन्दा अगिदेखि नै म छँदैछु!”
JOH 8:59 यतिबेला तिनीहरूले उहाँलाई हान्‍नलाई ढुङ्गा टिपे। तर येशू लुक्नुभयो र मन्दिरको क्षेत्रबाट सुटुक्‍क बाहिर निस्केर जानुभयो।
JOH 9:1 त्यहाँबाट जाँदै गर्नुहुँदा येशूले एउटा जन्मैदेखिको दृष्‍टिविहीनलाई देख्नुभयो।
JOH 9:2 उहाँका चेलाहरूले उहाँलाई सोधे, “गुरुज्यू, कसले पाप गर्‍यो, यो मानिसले कि यसका आमाबुबाले, जसको कारण यो दृष्‍टिविहीन जन्म्यो?”
JOH 9:3 येशूले भन्‍नुभयो, “न यसले, न त यसका आमाबुबाले पाप गरे, तर यस मानिसमा परमेश्‍वरको काम प्रकट होस् भन्‍ने हेतुले यसो भएको हो।
JOH 9:4 दिन छँदा नै हामीले मलाई पठाउनुहुनेको काम गर्नुपर्छ। रात आउँदैछ, जब कसैले काम गर्न सक्दैन।
JOH 9:5 म संसारमा रहुन्जेल संसारको ज्योति म नै हुँ।”
JOH 9:6 यी कुराहरू भनेर उहाँले भुइँमा थुक्नुभयो, र सो थुकले माटो मुछेर त्यस मानिसको आँखामा लगाइदिनुभयो।
JOH 9:7 उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको पोखरीमा गएर पखाल” (सिलोआमको अर्थ “पठाइएको” हो)। त्यो मानिस गयो र पखाल्यो, र देख्ने भएर घर फर्किआयो।
JOH 9:8 त्यसका छिमेकीहरू र त्यसलाई भीख मागिरहेको देख्ने अरूहरूले आपसमा सोध्न लागे, “बसेर भीख माग्ने मानिस के यही होइन र?”
JOH 9:9 कतिले ऊ त्यही मानिस हो भन्‍ने दाबी गरे। अरूहरूले भने, “होइन, तर यो त्योजस्तै देखिन्छ।” तर ऊ आफैँले भन्यो, “म त्यही मानिस हुँ।”
JOH 9:10 तिनीहरूले त्यसलाई सोधे, “तेरा आँखा कसरी खोलिए त?”
JOH 9:11 त्यसले जवाफ दियो, “येशू भन्‍ने एक जना मानिसले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो। उहाँले मलाई सिलोआममा गएर पखाल्न अह्राउनुभयो। तब म गएँ, र पखालेँ, र म देख्न सक्ने भएँ।”
JOH 9:12 तिनीहरूले त्यसलाई सोधे, “ती मानिस कहाँ छन् त?” त्यसले भन्यो, “मलाई थाहा छैन।”
JOH 9:13 पहिले दृष्‍टिविहीन भएको त्यस मानिसलाई तिनीहरूले फरिसीहरूकहाँ ल्याए।
JOH 9:14 येशूले माटो मुछेर त्यस मानिसको आँखा खोलिदिनुभएको त्यो शब्बाथ दिन थियो।
JOH 9:15 त्यसकारण फरिसीहरूले कसरी आँखा देख्ने भइस् भनी त्यसलाई पनि सोधपुछ गरे। त्यस मानिसले जवाफ दियो, “उहाँले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो, र मैले पखालेँ; अनि अहिले म देख्न सक्ने भएको छु।”
JOH 9:16 फरिसीहरूमध्ये कसैले भने, “यो मानिस परमेश्‍वरबाट आएको होइन; किनकि यसले शब्बाथ दिन पालन गर्दैन।” तर अरूले भने, “पापी मानिसले कसरी यस्ता अलौकिक चिन्हहरू गर्न सक्छ र?” यसरी तिनीहरूका बीचमा मतभेद भयो।
JOH 9:17 अन्त्यमा तिनीहरूले फेरि त्यस दृष्‍टिविहीनलाई सोधे, “उसको विषयमा तँ के भन्छस्? उसले खोलिदिएको आँखा त तेरो हो।” त्यस मानिसले जवाफ दियो, “उहाँ एक अगमवक्ता हुनुहुन्छ।”
JOH 9:18 यहूदी अगुवाहरूले त्यस दृष्‍टि पाउनेको आमाबुबालाई बोलाएर नसोधेसम्म, त्यो मानिस दृष्‍टिविहीन थियो र त्यसले दृष्‍टि पायो भन्‍ने अझै पनि विश्‍वास गरेनन्।
JOH 9:19 तिनीहरूले त्यसका आमाबुबालाई सोधे, “के यो तिमीहरूको छोरा हो? तिमीहरूले दृष्‍टिविहीन जन्मेको भनी यसैलाई भनेको हो? यसले अब कसरी देख्न सक्ने भयो त?”
JOH 9:20 त्यसका आमाबुबाले जवाफ दिए, “यो हाम्रै छोरा हो, र यो दृष्‍टिविहीन नै जन्मेको थियो भनेर हामी जान्दछौँ।
JOH 9:21 तर अहिले यो कसरी देख्न सक्ने भयो, अथवा कसले यसका आँखा खोलिदियो, सो हामी जान्दैनौँ। यसको उमेर पुगिसकेको छ, यसैलाई सोध्नुहोस्। आफ्नो विषयमा यो आफैँ भन्‍न सक्छ।”
JOH 9:22 यहूदी अगुवाहरूसँग डराएका हुनाले त्यसका आमाबुबाले यसो भनेका थिए; किनकि यहूदी अगुवाहरूले यदि कसैले येशूलाई उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी स्वीकार गर्‍यो भने त्यसलाई सभाघरबाट निकालिनेछ भनी पहिल्यै निर्णय गरिसकेका थिए।
JOH 9:23 त्यसैले त्यसका आमाबुबाले भने, “यसको उमेर पुगिसकेको छ, यसैलाई सोध्नुहोस्।”
JOH 9:24 तिनीहरूले त्यस दृष्‍टिविहीन मानिसलाई दोस्रोपल्ट फेरि बोलाएर भने, “परमेश्‍वरलाई महिमा दे। हामी जान्दछौँ, त्यो मानिस पापी हो।”
JOH 9:25 त्यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ वा हुनुहुन्‍न, त्यो म जान्दिनँ। तर एउटा कुरा म जान्दछु। म दृष्‍टिविहीन थिएँ, तर अब देख्ने भएको छु!”
JOH 9:26 तब तिनीहरूले त्यसलाई सोधे, “उसले तँलाई के गर्‍यो? उसले कसरी तेरा आँखा खोलिदियो?”
JOH 9:27 त्यसले भन्यो, “मैले तपाईंहरूलाई अगि नै भनिसकेँ, तर तपाईंहरूले सुन्‍नुभएन। अब फेरि किन सुन्‍न चाहनुहुन्छ? के तपाईंहरू पनि उहाँका चेला बन्‍न चाहनुहुन्छ?”
JOH 9:28 तब तिनीहरूले त्यसलाई निन्दा गर्दै भने, “तँ पो त्यसको चेलो होस्! हामी त मोशाका चेला हौँ!
JOH 9:29 परमेश्‍वर मोशासँग बोल्नुभएको कुरा हामीलाई थाहा छ; तर यस मानिसको विषयमा यो कहाँबाट आएको हो भन्‍ने कुरासमेत हामी जान्दैनौँ।”
JOH 9:30 त्यस मानिसले भन्यो, “कस्तो अचम्मको कुरा! तपाईंहरूले उहाँ कहाँबाट आउनुभएको हो भनेर पनि जान्‍नुहुन्‍न; तापनि उहाँले मेरा आँखा खोलिदिनुभयो।
JOH 9:31 हामी जान्दछौँ, परमेश्‍वरले पापीहरूका कुरा सुन्‍नुहुन्‍न, तर उहाँले परमेश्‍वरका भक्त र उहाँको इच्छा पालन गर्ने मानिसका कुरा सुन्‍नुहुन्छ।
JOH 9:32 आजसम्म कसैले जन्मैको दृष्‍टिविहीनको आँखा खोलिदिएको कुरा कहिल्यै सुनिएको छैन।
JOH 9:33 यदि उहाँ परमेश्‍वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्नुहुनेथिएन।”
JOH 9:34 यस कुरामा तिनीहरूले त्यसलाई यसरी जवाफ दिए, “तँ त पूर्णतया पापमा जन्मिएको थिइस्, र पनि अब के हामीलाई सिकाउन खोज्छस्?” त्यसपछि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए।
JOH 9:35 तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भनी येशूले सुन्‍नुभयो, र त्यसलाई भेट्टाएपछि भन्‍नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्‍वास गर्दछौ?”
JOH 9:36 त्यस मानिसले सोध्यो, “हजुर, उहाँ को हुनुहुन्छ? मलाई भनिदिनुहोस्, र म उहाँमाथि विश्‍वास गर्नेछु।”
JOH 9:37 येशूले भन्‍नुभयो, “तिमीले उसलाई देखेका छौ, वास्तवमा तिमीसँग बोलिरहने म उही नै हुँ।”
JOH 9:38 तब त्यस मानिसले भन्यो, “प्रभु, म विश्‍वास गर्दछु,” अनि त्यसले उहाँलाई दण्डवत् गर्‍यो।
JOH 9:39 येशूले भन्‍नुभयो, “म न्यायका लागि यस संसारमा आएँ, ताकि दृष्‍टिविहीनहरूले देखून्, र जसले देख्छन्, तिनीहरूचाहिँ दृष्‍टिविहीन होऊन्।”
JOH 9:40 उहाँसँगै हुने कोही-कोही फरिसीहरूले उहाँले यसो भन्‍नुभएको सुनेर सोधे, “के भन्यौ? के हामी पनि दृष्‍टिविहीन हौँ?”
JOH 9:41 येशूले भन्‍नुभयो, “यदि तिमीहरू दृष्‍टिविहीन भएका भए तिमीहरू पापको दोषी हुने थिएनौ; तर तिमीहरूले हामी देख्छौँ भनी दाबी गरेका कारण तिमीहरूको दोष रहिरहन्छ।
JOH 10:1 “म तिमीहरूलाई साँच्‍चै भन्दछु, जुन मानिस भेडागोठको ढोकाबाट भित्र पस्दैन, तर कुनै अर्कै ठाउँबाट चढेर पस्छ, त्यही नै चोर र डाँकु हो।
JOH 10:2 तर ढोकाबाट भित्र पस्‍ने मानिसचाहिँ आफ्नो भेडाको गोठालो हो।
JOH 10:3 गोठ कुर्नेले उसका निम्ति ढोका खोलिदिन्छ, र भेडाहरूले उसको सोर सुन्छन्। उसले आफ्ना भेडाहरूलाई नाम काढि-काढि बोलाउँछ र तिनीहरूलाई बाहिर लैजान्छ।
JOH 10:4 उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसकेपछि, ऊ तिनीहरूका अगि-अगि हिँड्छ, र भेडाहरूले उसलाई पछ्याउँछन्। किनकि तिनीहरूले उसको सोर चिन्छन्।
JOH 10:5 तर तिनीहरूले नचिनेको व्यक्तिलाई कहिल्यै पछ्याउँदैनन्; बरु त्यसदेखि भाग्छन्। किनकि तिनीहरूले नचिनेको व्यक्तिको सोर चिन्दैनन्।”
JOH 10:6 येशूले यो दृष्‍टान्तको प्रयोग गर्नुभयो, तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा के थियो, सो तिनीहरूले बुझेनन्।
JOH 10:7 त्यसकारण येशूले फेरि भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, भेडाहरूको ढोका म नै हुँ।
JOH 10:8 मभन्दा अगि आउनेहरू सबै चोर र डाँकुहरू थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्।
JOH 10:9 ढोका म नै हुँ, जो मद्वारा भित्र पस्छ, उसले मुक्ति पाउनेछ; भित्र र बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ।
JOH 10:10 चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएँ।
JOH 10:11 “असल गोठालो म नै हुँ। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ।
JOH 10:12 भाडाको मान्छे भेडाहरूको आफ्नै होइनन्। त्यसकारण जब त्यसले ब्वाँसो आउँदैगरेको देख्छ, तब त्यसले भेडाहरूलाई छोड्छ, र भाग्छ। त्यसपछि ब्वाँसोले बगाललाई आक्रमण गर्छ र तितरबितर पारिदिन्छ।
JOH 10:13 त्यो मानिसचाहिँ भाग्छ; किनकि त्यो त भाडाको मानिस हो, त्यसले भेडाहरूका लागि केही वास्ता गर्दैन।
JOH 10:14 “असल गोठालो म नै हुँ; म आफ्ना भेडाहरूलाई चिन्छु र मेरा भेडाहरूले मलाई चिन्छन्।
JOH 10:15 जसरी पिताले मलाई चिन्‍नुहुन्छ, र म पितालाई चिन्छु, र म मेरो प्राण आफ्ना भेडाहरूका लागि अर्पण गर्छु।
JOH 10:16 मेरा अरू पनि भेडाहरू छन्, जो यस गोठका होइनन्। मैले तिनीहरूलाई पनि ल्याउनु परेको छ। तिनीहरूले पनि मेरो सोर सुन्‍नेछन्; र एउटै बगाल र एउटै गोठालो हुनेछ।
JOH 10:17 मेरा पिताले मलाई प्रेम गर्नुहुने कारण यही हो, म आफ्नो प्राण, यसलाई फेरि फिर्ता लिनका लागि अर्पण गर्दछु।
JOH 10:18 मेरो प्राण मबाट कसैले लिन सक्दैन, तर म स्वेच्छाले यो अर्पण गर्दछु। मसँग अर्पण गर्ने यो अधिकार पनि छ; यसलाई फेरि लिने अधिकार पनि छ। किनकि यो आज्ञा मैले मेरा पिताबाट प्राप्‍त गरेको हुँ।”
JOH 10:19 यी वचनहरूका कारण यहूदी समूहहरूको बीचमा फेरि फाटो आयो।
JOH 10:20 तिनीहरूमध्ये धेरैले यसो भने, “यसलाई भूत लागेको छ, र यो बहुलाएको छ; यसका कुरा किन सुन्छौ?”
JOH 10:21 तर अरूहरूले भने, “यी वचनहरू भूत लागेको मानिसका होइनन्। के कुनै भूतले दृष्‍टिविहीनका आँखा खोलिदिन सक्छ र?”
JOH 10:22 यरूशलेममा मन्दिर समर्पणको चाड आयो। यो हिउँदको समय थियो।
JOH 10:23 अनि येशू मन्दिरको क्षेत्रभित्र हुनुहुन्थ्यो, र सोलोमनको दलानमा हिँड्दैहुनुहुन्थ्यो।
JOH 10:24 केही यहूदीहरू उहाँका वरिपरि भेला भएर सोधे, “हामीलाई तपाईंले कहिलेसम्म दोधारमा राख्नुहुन्छ? यदि तपाईं नै ख्रीष्‍ट हुनुहुन्छ भने हामीलाई स्पष्‍ट भनिदिनुहोस्।”
JOH 10:25 येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्‍वास गर्दैनौ। मैले मेरा पिताको नाममा गरेका अचम्मका कामहरूले मेरो विषयमा नै गवाही दिन्छन्।
JOH 10:26 तर तिमीहरूले विश्‍वास गर्दैनौ; किनकि तिमीहरू मेरा बगालका भेडाहरू होइनौ।
JOH 10:27 मेरा भेडाहरूले मेरो सोर सुन्छन्, म तिनीहरूलाई चिन्छु; र तिनीहरूले मलाई पछ्याउँछन्।
JOH 10:28 म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै पनि नाश हुनेछैनन्।
JOH 10:29 मेरा पिता जसले ती सबै मलाई दिनुभयो; उहाँ सबैभन्दा महान् हुनुहुन्छ। मेरा पिताको हातबाट तिनीहरूलाई कसैले पनि खोसेर लैजान सक्दैन।
JOH 10:30 म र मेरा पिता एक हौँ।”
JOH 10:31 यहूदीहरूले फेरि उहाँलाई हान्‍नलाई ढुङ्गाहरू टिपे।
JOH 10:32 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै ठूला अचम्मका कामहरू देखाएँ। तीमध्ये कुन कामको कारणले मलाई ढुङ्गाले हान्छौ?”
JOH 10:33 ती यहूदीहरूले जवाफ दिए, “तीमध्ये कुनै पनि कामको कारणले हामी तिमीलाई ढुङ्गाले हान्दैनौँ, तर परमेश्‍वरको निन्दा गरेको कारणले, किनकि तिमी एउटा मानिस भएर पनि आफैँलाई परमेश्‍वर हुँ भनी दाबी गर्छौ।”
JOH 10:34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरूका व्यवस्थामा ‘तिमीहरू देवहरू हौ भनी मैले भनेको छु’ भनी लेखिएको छैन?
JOH 10:35 त्यसकारण यदि जसकहाँ परमेश्‍वरको वचन आयो, तिनीहरूलाई त ‘देवहरू’ भनिन्छ, र धर्मशास्त्र भङ्ग हुन सक्दैन भने,
JOH 10:36 पिताले उहाँको आफ्नैलाई झैँ पवित्र र अलग गरी संसारमा पठाउनुभएको व्यक्तिका विषयमा चाहिँ के भन्‍ने त? त्यसो हो भने मैले ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोमा मलाई किन परमेश्‍वरको निन्दाको दोष दिन्छौ?
JOH 10:37 मेरा पिताले जे गर्नहुन्छ, मैले पनि त्यही नगरेसम्म मलाई विश्‍वास नगर।
JOH 10:38 यदि मैले ती कामहरू गर्दछु भने तिमीहरूले ममाथि विश्‍वास नगरे तापनि ती अचम्मका कामलाई विश्‍वास गर। अनि तिमीहरूले यो जान्‍न र बुझ्न सक्नेछौ, पिता ममा हुनुहुन्छ र म उहाँमा छु।”
JOH 10:39 फेरि तिनीहरूले उहाँलाई पक्रन खोजे, तर उहाँ तिनीहरूका हातबाट उम्कनुभयो।
JOH 10:40 त्यसपछि येशू फर्केर यर्दन नदीपारि यूहन्‍नाले पहिले बप्‍तिस्मा दिने गरेको ठाउँमा जानुभयो। उहाँ त्यहीँ बस्‍नुभयो,
JOH 10:41 र धेरै मानिसहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यूहन्‍नाले कहिल्यै कुनै अलौकिक चिन्ह गरेनन्; तापनि यूहन्‍नाले यी मानिसको विषयमा बताएका सबै कुरा सत्य रहेछन्।”
JOH 10:42 अनि त्यस ठाउँमा धेरैले येशूमाथि विश्‍वास गरे।
JOH 11:1 लाजरस नामको एक जना मानिस बिरामी भएका थिए। उनी मरियम र तिनकी दिदी मार्थाको गाउँ बेथानीका थिए।
JOH 11:2 यी तिनै मरियम हुन्, जसले येशूका पाउमा अत्तर खन्याएर आफ्नो कपालले पुछिदिएकी थिइन्। तिनकै भाइ लाजरस बिरामी परेका थिए।
JOH 11:3 यसकारण ती दुई दिदीबहिनीले येशूकहाँ यसो भन्‍ने खबर पठाए, “प्रभु, तपाईंले माया गर्नुहुने व्यक्ति बिरामी छन्।”
JOH 11:4 यो खबर सुनेर येशूले भन्‍नुभयो, “यो बिरामीले मृत्युमा पुर्‍याउँदैन, तर परमेश्‍वरको महिमाका लागि होस् भनेर यो भएको हो; अनि यसद्वारा परमेश्‍वरको पुत्रले पनि महिमा पाउनेछ।”
JOH 11:5 येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई प्रेम गर्नुहुन्थ्यो।
JOH 11:6 लाजरस बिरामी छन् भनेर सुन्‍नुभए तापनि उहाँ जहाँ हुनुहुन्थ्यो, त्यही ठाउँमा अझै दुई दिन बस्‍नुभयो।
JOH 11:7 त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “अब हामी यहूदियामा फर्केर जाऔँ।”
JOH 11:8 तर उहाँका चेलाहरूले भने, “गुरुज्यू, केही दिन अगि मात्र यहूदियाका यहूदी अगुवाहरूले तपाईंलाई ढुङ्गाले हान्‍न खोजेका थिए, र के फेरि तपाईं त्यहीँ जान चाहनुहुन्छ?”
JOH 11:9 येशूले भन्‍नुभयो, “दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र? दिनको उज्यालोमा हिँड्‍डुल गर्ने मानिसले ठेस खाँदैन; किनकि त्यसले संसारको ज्योतिद्वारा देख्छ।
JOH 11:10 तर राति हिँड्दा त्यसले ठेस खान्छ; किनकि त्यसले ज्योति पाउँदैन।”
JOH 11:11 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रा मित्र लाजरस सुतेका छन्, र अब म गएर तिनलाई उठाउनेछु।”
JOH 11:12 उहाँका चेलाहरूले भने, “प्रभु, तिनी निदाएका मात्र छन् भने निको हुनेछन्।”
JOH 11:13 येशूले चाहिँ लाजरसको मृत्युको विषयमा भन्‍नुभएको थियो, तर उहाँका चेलाहरूले भने उनी सुतेकै छन् भनी ठानेका थिए।
JOH 11:14 त्यसपछि येशूले तिनीहरूलाई स्पष्‍टसँग भनिदिनुभयो, “लाजरस मरेका छन्।
JOH 11:15 अनि तिमीहरूका निम्ति म त्यहाँ नभएको पनि राम्रै भयो। किनकि यसले तिमीहरूलाई ममाथि विश्‍वास गर्ने तुल्याउनेछ। अब हामी लाजरस भएका ठाउँमा जाऔँ।”
JOH 11:16 तब थोमा, जसलाई दिदुमस भनेर पनि चिनिन्थ्यो, उनले अरू चेलाहरूलाई भने, “हामी पनि जाऔँ, र उहाँसँगै मरौँ।”
JOH 11:17 येशू आइपुग्नुहुँदा लाजरस मरेर चिहानमा राखेको चार दिन भइसकेको थियो भनेर उहाँले थाहा पाउनुभयो।
JOH 11:18 यरूशलेमदेखि बेथानी लगभग तीन किलोमिटर टाढामा थियो।
JOH 11:19 धेरै यहूदीहरू, मार्था र मरियमलाई तिनीहरूका भाइको मृत्युमा सान्त्वना दिन त्यहाँ आएका थिए।
JOH 11:20 येशू आउँदैहुनुहुन्छ भन्‍ने सुनेर मार्था उहाँलाई भेट्न गइन्। तर मरियमचाहिँ घरमै बसिरहिन्।
JOH 11:21 मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन।
JOH 11:22 हुन त अहिले पनि तपाईंले परमेश्‍वरसँग जस्तोसुकै बिन्ती गर्नुभयो भने पनि उहाँले दिनुहुन्छ भनी म जान्दछु।”
JOH 11:23 येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ।”
JOH 11:24 मार्थाले भनिन्, “म जान्दछु, अन्तिम दिनमा मरेकाहरूको पुनरुत्थान हुँदा ऊ पनि जीवित पारिनेछ।”
JOH 11:25 येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। ममाथि विश्‍वास गर्ने मर्‍यो भने पनि ऊ जीवित हुनेछ।
JOH 11:26 जो ममाथि विश्‍वास गरेर बाँच्दछ, ऊ कहिल्यै मर्नेछैन। मार्था के तिमी यो विश्‍वास गर्छ्यौ?”
JOH 11:27 “निश्‍चय गर्छु, गुरुज्यू,” तिनले भनिन्, “यस संसारमा आउने परमेश्‍वरको पुत्र, ख्रीष्‍ट तपाईं नै हुनुहुन्छ भनी म विश्‍वास गर्छु।”
JOH 11:28 अनि यति भनेर मार्था फर्केर गइन्, र मरियमलाई सुटुक्‍क बोलाएर भनिन्, “गुरुज्यू आउनुभएको छ, र तिमीलाई भेट्न चाहँदैहुनुहुन्छ।”
JOH 11:29 यो सुनेर मरियम तुरुन्तै उठेर येशूकहाँ गइन्।
JOH 11:30 येशू अझै पनि त्यस गाउँमा पसिसक्नुभएको थिएन। उहाँ मार्थासँग भेट भएको ठाउँमा नै हुनुहुन्थ्यो।
JOH 11:31 मरियम झट्टै उठेर गएको देखेपछि तिनलाई सान्त्वना दिन आएका यहूदीहरूले तिनी लाजरसको चिहानमा रुन गएकी हुन् भनी ठानेर तिनीहरू मरियमको पछि लागे।
JOH 11:32 जब येशू हुनुभएको ठाउँमा मरियम आइपुगिन्, तब उहाँलाई देखेपछि पाउमा परेर भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन।”
JOH 11:33 मरियम रोइरहेकी र तिनीसँगै आएका अरू यहूदीहरूलाई पनि तिनीसँग रोइरहेका देख्नुभएर येशू आत्मामा दुःखित र अति विचलित हुनुभयो।
JOH 11:34 “लाजरसलाई तिमीहरूले कहाँ राखेका छौ?” उहाँले तिनीहरूलाई सोध्नुभयो। तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, आएर हेर्नुहोस्।”
JOH 11:35 येशू रुनुभयो।
JOH 11:36 यो देखेर यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो!”
JOH 11:37 तर कतिले भने, “दृष्‍टिविहीनलाई दृष्‍टि दिने यी मानिसले लाजरसलाई पनि मर्नदेखि बचाउन सक्नेथिएनन् र?”
JOH 11:38 येशू फेरि ज्यादै दुःखित भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओडारमा थियो। अनि यसको मुखमा ठूलो ढुङ्गा राखिएको थियो।
JOH 11:39 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ढुङ्गा हटाओ।” मर्नेकी दिदी मार्थाले भनिन्, “तर प्रभु, यस बेलासम्म त लास पनि गन्हाउन थाल्यो होला। किनकि उनी त्यहाँ रहेको चार दिन भइसक्यो।”
JOH 11:40 येशूले भन्‍नुभयो, “विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्नेछौ भनी मैले तिमीलाई भनेको थिइनँ र?”
JOH 11:41 त्यसकारण तिनीहरूले ढुङ्गा एकातिर हटाइदिए। त्यसपछि येशूले स्वर्गतिर हेरेर भन्‍नुभयो, “पिता! मेरो बिन्ती सुनिदिनुभएको लागि धन्यवाद।
JOH 11:42 तपाईंले मेरो कुरा सधैँ सुन्‍नुहुन्छ भनी मलाई थाहा थियो। तर मलाई तपाईंले नै पठाउनुभएको हो भनी यिनीहरूले विश्‍वास गरून् भनेर यी वरिपरि उभिरहेका मानिसहरूका कारण मैले यसो भनेको हुँ।”
JOH 11:43 यो कुरा भन्‍नुभएपछि येशू चर्को सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्केर आऊ!”
JOH 11:44 अनि मरेको लाजरस हात र खुट्टा कात्रोले बेह्रिएकै र अनुहारमा लुगाले छोपिएकै अवस्थामा बाहिर निस्की आयो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “कात्रो फुकालिदेओ, र उनलाई जान देओ।”
JOH 11:45 जब मरियमलाई भेट्न आएका धेरै यहूदीहरू, जसले येशूले गर्नुभएको यो अचम्मको काम देखे, तब तिनीहरूले उहाँमाथि विश्‍वास गरे।
JOH 11:46 कति जनाचाहिँ फरिसीहरूकहाँ गएर येशूले गर्नुभएको कुरा तिनीहरूलाई सुनाइदिए।
JOH 11:47 त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले एउटा महासभा बोलाए। “अब हामी के गरौँ?” तिनीहरूले आपसमा प्रश्न गरे, “यस मानिसले त साँच्‍चै अलौकिक चिन्हहरू गरेर देखाउँदैछ।
JOH 11:48 अब हामीले यसलाई त्यसै छोडिदियौँ भने सबै मानिसहरूले यसमाथि विश्‍वास गर्नेछन्। अनि रोमीहरू हामीमाथि आइलाग्नेछन् र हाम्रो पवित्रस्थान र जातिलाई कब्जा गर्नेछन्।”
JOH 11:49 तिनीहरूमध्ये त्यस वर्षको प्रधान पुजारी कैयाफाले भने, “तिमीहरूलाई केही पनि थाहा छैन!
JOH 11:50 मानिसहरूका निम्ति सम्पूर्ण जाति नाश हुनुभन्दा यो एउटा मानिस मर्नु नै असल हुन्छ भनी तिमीहरू महसुस गर्दैनौ?”
JOH 11:51 कैयाफा आफूले सोचेर यसो भनेका थिएनन्, तर उनी प्रधान पुजारी भएको हुनाले येशू सम्पूर्ण यहूदी राष्ट्रका निम्ति मर्नुपर्छ भन्‍ने अगमवाणी तिनको मुखबाट निस्केको थियो।
JOH 11:52 अनि त्यस राष्ट्रका लागि मात्र होइन, तर संसारभरि छरिएर बसेका परमेश्‍वरका सन्तानका निम्ति तिनीहरूलाई जम्मा गर्न र एउटै बनाउनलाई येशू मर्नुहुनेछ भन्‍ने यो भविष्यवाणी भएको थियो।
JOH 11:53 यसकारण त्यही समयदेखि तिनीहरूले येशूलाई मार्ने षड्यन्त्र रच्न थाले।
JOH 11:54 त्यसकारण येशू यहूदीहरूका बीचमा खुल्‍लमखुल्‍ला हिँड्नुभएन। उहाँ उजाडस्थानको छेउमा भएको एफ्राइम गाउँ जानुभयो र त्यहाँ आफ्ना चेलाहरूसँग बस्‍नुभयो।
JOH 11:55 यहूदीहरूको निस्तार चाड नजिकै थियो। निस्तार चाड सुरु हुनुअगि शुद्धी-संस्कार पालन गर्न भनेर गाउँ-बस्तीबाट धेरै मानिसहरू यरूशलेम आएका थिए।
JOH 11:56 तिनीहरू सबैले येशूलाई खोजे, र मन्दिरमा उभिरहेका बेला तिनीहरूले आपसमा यसरी सोधखोज गरे, “तिम्रो के विचार छ? उहाँ निस्तार चाडको लागि आउनुहुन्‍न होला र?”
JOH 11:57 तर मुख्य पुजारीहरू र फरिसीहरूले चाहिँ येशूलाई पक्रन सकियोस् भनेर कसैले येशूलाई देख्यो भने त्यसले तिनीहरूलाई खबर गर्नू भन्‍ने आज्ञा दिएका थिए।
JOH 12:1 निस्तार चाड सुरु हुनुभन्दा छ दिन अगि येशू लाजरस बस्‍ने ठाउँ बेथानीमा आइपुग्नुभयो। तिनै लाजरस, जसलाई येशूले मरेकाबाट जीवित पार्नुभएको थियो।
JOH 12:2 येशूको सम्मानमा त्यहाँ भोज तयार गरिएको थियो। मार्थाले भोजनको तयार गरिन्, लाजरस पनि येशूसँग खान बस्‍नेहरूमध्ये एक थिए।
JOH 12:3 मरियमले जटामसीबाट बनेको आधा लिटर जति सुगन्धित र अति मूल्यवान् अत्तर ल्याइन्। अनि येशूको पाउमा मलिदिइन् र उहाँको पाउहरू आफ्नै कपालले पुछिन्। अत्तरको सुवास्‍नाले घर भरियो।
JOH 12:4 उहाँका चेलाहरूमध्ये उहाँलाई पछि गएर विश्‍वासघात गर्ने यहूदा इस्करियोतले विरोध गर्दै भन्यो,
JOH 12:5 “बरु यो अत्तर बेचेर गरिबहरूलाई पैसा किन बाँडिएन?” यसको मोल एक वर्षको ज्याला बराबर थियो।
JOH 12:6 तर त्यसले गरिबहरूको चिन्ता गरेर यसो भनेको थिएन। तर त्योचाहिँ चोर थियो; र चेलाहरूको पैसाको थैलो बोक्ने र समय-समयमा आफ्नै निम्ति त्यहाँबाट सुटुक्‍कै खर्च चलाउने गरेको हुनाले त्यसले यसो भनेको थियो।
JOH 12:7 तब येशूले जवाफ दिनुभयो, “यिनले जे गर्दैछिन्, सो गर्न देऊ। यिनले मेरो अन्तिम संस्कारको निम्ति यो अत्तर जोगाउनैपर्ने थियो।
JOH 12:8 गरिबहरू त सधैँ तिमीहरूसँग हुन्छन्, तर म त सधैँ तिमीहरूसँग हुँदिनँ।”
JOH 12:9 यसै बीचमा यहूदीहरूको एउटा ठूलो भीडले येशू बेथानीमा हुनुहुन्छ भन्‍ने थाहा पाए। अनि उहाँलाई मात्र होइन, तर उहाँले मरेकाबाट जीवित पार्नुभएको लाजरसलाई समेत हेर्न भनी त्यो भीड त्यहाँ आए।
JOH 12:10 त्यसकारण मुख्य पुजारीहरूले लाजरसलाई पनि मार्ने योजना गरे।
JOH 12:11 किनकि लाजरसकै कारण धेरै यहूदीहरू येशूलाई पछ्याउन र उहाँमाथि विश्‍वास गर्न थालेका थिए।
JOH 12:12 भोलिपल्ट निस्तार चाडमा आउने ठूलो भीडले येशू यरूशलेमतिर जाँदैहुनुहुन्छ भन्‍ने खबर सुने।
JOH 12:13 तिनीहरू खजूरका हाँगाहरू लिएर उहाँलाई भेट्न जयजयकार गर्दैगए। “होसन्‍ना!” “उहाँ जो प्रभुको नाममा आउनुहुन्छ, धन्य हुनुहुन्छ!” “इस्राएलका राजा धन्यका हुन्!”
JOH 12:14 त्यहाँ येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो, र त्यसमाथि बस्‍नुभयो। उहाँको यस सवारीबाट धर्मशास्त्रमा लेखिएको यो अगमवाणी पूरा भयो:
JOH 12:15 “ए यरूशलेमका मानिसहरू हो, नडराओ, हेर, तिम्रा राजा, गधाको बछेडामाथि सवार हुनुभएर आउँदैहुनुहुन्छ।”
JOH 12:16 त्यस समय उहाँका चेलाहरूले यस घटनाका कुराहरू बुझेनन्। तर येशू आफ्नो महिमामा प्रवेश हुनुभएपछि मात्र तिनीहरूले यी सबै कुराहरू उहाँको बारेमा लेखिएका थिए र त्यसकारण तिनीहरूले उहाँका निम्ति यी सबै गरेका रहेछन् भनी बुझे।
JOH 12:17 अब उहाँले लाजरसलाई चिहानबाट बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग रहने भीडले यो खबर फैलाइ नै रहे।
JOH 12:18 यसैले गर्दा यति धेरै मानिसहरू उहाँलाई हेर्न आएका थिए। किनकि उहाँले यो अलौकिक चिन्ह गर्नुभएको छ भनेर तिनीहरूले सुनेका थिए।
JOH 12:19 त्यसकारण फरिसीहरूले आपसमा भने, “हेर! हामीले केही गर्न सकेनौँ; हामी असफल भयौँ! हेर त, सारा संसार नै त्यसको पछि लाग्दैछ!”
JOH 12:20 चाडमा यरूशलेममा आराधना गर्न आएका मानिसहरूमध्ये कति ग्रीकहरू थिए।
JOH 12:21 तिनीहरू गालीलको बेथसेदामा बस्‍ने फिलिपकहाँ आए, र यसो भनेर बिन्ती गरे, “हजुर, हामी येशूलाई भेट्न चाहन्छौँ।”
JOH 12:22 फिलिपले गएर अन्द्रियासलाई भने; अनि अन्द्रियास र फिलिप दुवै गएर येशूलाई भनिदिए।
JOH 12:23 येशूले भन्‍नुभयो, “मानिसको पुत्र महिमित हुने समय आइपुगेको छ।
JOH 12:24 म तिमीहरूलाई साँच्‍चै भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एकलो रहन्छ; तर यदि त्यो मर्‍यो भने त्यसले धेरै फल फलाउँछ।
JOH 12:25 आफ्नो प्राणलाई माया गर्ने मानिसले त्यो गुमाउनेछ; तर आफ्नो प्राणलाई यस संसारमा घृणा गर्नेले त्यो अनन्त जीवनका लागि बचाउनेछ।
JOH 12:26 मेरो सेवा गर्नेले मलाई पछ्याउनैपर्छ। अनि म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। मेरो सेवा गर्नेहरूलाई मेरा पिताले आदर गर्नुहुनेछ।
JOH 12:27 “अहिले मेरो हृदय अति व्याकुल भएको छ। के म यसरी प्रार्थना गरूँ, ‘पिता, जे हुन आँटेको छ, त्यसदेखि मलाई बचाउनुहोस्?’ होइन, यसैको लागि म यहाँसम्म आएँ।
JOH 12:28 हे पिता, तपाईं आफ्नो नामको महिमा गर्नुहोस्!” त्यसपछि स्वर्गबाट यस्तो एउटा सोर आयो, “मैले मेरो नामको महिमा गरिसकेको छु, र म फेरि महिमा गर्नेछु।”
JOH 12:29 त्यो भीडमा यो सोर सुन्‍नेहरूमध्ये कतिले यसलाई गर्जन हो भनी ठाने, तर अरूले स्वर्गदूत उहाँसँग बोल्नुभएको हो भनी भने।
JOH 12:30 येशूले भन्‍नुभयो, “यो आवाजचाहिँ तिमीहरूका फाइदाको निम्ति थियो, मेरो निम्ति थिएन।
JOH 12:31 अब संसारको न्यायको समय आइपुगेको छ। अब यस संसारको शासक बाहिर फालिनेछ।
JOH 12:32 यदि म पृथ्वीबाट माथि उचालिएँ भने मैले सबै मानिसहरूलाई मकहाँ खिँच्नेछु।”
JOH 12:33 उहाँको मृत्यु कुन प्रकारको हुनेछ भन्‍ने सङ्केत गर्न उहाँले यसो भन्‍नुभएको थियो।
JOH 12:34 भीडले प्रश्न गर्‍यो, “ख्रीष्‍ट सदासर्वदा जीवित रहनुहुनेछ र कहिल्यै मर्नुहुनेछैन भनेर व्यवस्थाबाट हामीले सुनेका थियौँ। त्यसो हो भने, ‘मानिसको पुत्र उचालिनैपर्छ’ भनेर तपाईं कसरी भन्‍न सक्नुहुन्छ? अनि ‘मानिसको पुत्र’ चाहिँ को हो त?”
JOH 12:35 येशूले तिनीहरूलाई भन्‍नुभयो, “अब केही बेर मात्र तिमीहरूले ज्योति पाउनेछौ। तिमीहरूसँग ज्योति भएकै बेला र अन्धकारले ढाक्नुभन्दा अगि नै हिँड्‍डुल गर। अन्धकारमा हिँड्ने मानिसले ऊ कहाँ जाँदैछ भन्‍ने थाहा पाउँदैन।
JOH 12:36 तिमीहरूसँग ज्योति हुँदा नै आफ्नो भरोसा त्यसमा राख, तब तिमीहरू ज्योतिका सन्तान बन्‍नेछौ।” यति भनिसक्नुभएपछि येशू त्यहाँबाट जानुभयो, र फेरि तिनीहरूबीचमा देखा पर्नुभएन।
JOH 12:37 येशूले तिनीहरूका अगि यतिका धेरै अलौकिक चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँलाई विश्‍वास गरेनन्।
JOH 12:38 यो कुरा यशैया अगमवक्ताले गरेका यो अगमवाणी पूरा हुनलाई भएको थियो: “हे प्रभु, कसले हाम्रो समाचारलाई विश्‍वास गरेको छ? र प्रभुको बाहुबल कसलाई प्रकट गरिएको छ?”
JOH 12:39 यसैकारणले गर्दा तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनकि यशैयाले फेरि भनेका छन्:
JOH 12:40 “तिनीहरूका आँखाले नदेखून्, र हृदयले नबुझून्, न त निको हुनलाई मकहाँ आऊन् भनेर, परमेश्‍वरले नै तिनीहरूका आँखाहरू नेदेख्ने र तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ।”
JOH 12:41 यशैयाले यो कुरा येशूको बारेमा भनेका थिए; किनकि उहाँको महिमाको दर्शन तिनले पाएका थिए।
JOH 12:42 तर यस्तै समयमा पनि धेरै यहूदी अगुवाहरूले समेत उहाँलाई विश्‍वास गरे, तर सभाघरहरूबाट तिनीहरूलाई फरिसीहरूले निकालिदिनेछन् भन्‍ने डरले तिनीहरूले आफ्नो विश्‍वासलाई खुल्‍लमखुल्‍ला स्वीकार गरेनन्।
JOH 12:43 किनकि परमेश्‍वरको प्रशंसाभन्दा मानिसहरूको प्रशंसा तिनीहरूले रुचाए।
JOH 12:44 येशूले उच्‍च सोरमा भन्‍नुभयो, “मलाई विश्‍वास गर्नेले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि विश्‍वास गर्दछ।
JOH 12:45 जसले मलाई हेर्छ, त्यसले मलाई पठाउनुहुनेलाई देख्छ।
JOH 12:46 म संसारमा ज्योति भएर आएको हुँ। यसकारण ममाथि विश्‍वास राख्नेहरू कोही पनि अब अन्धकारमा रहनेछैन।
JOH 12:47 “मेरो वचन सुनेर पनि मेरो आज्ञापालन नगर्नेलाई, म न्याय गर्दिनँ; किनकि म संसारलाई बचाउन आएँ, यसलाई न्याय गर्नलाई होइनँ।
JOH 12:48 तर मलाई र मेरो वचनलाई अस्वीकार गर्नेहरू सबैको निम्ति एउटा न्यायकर्ता हुनुहुन्छ। अन्त्यको दिनमा मैले बोलेको यही वचनले त्यसलाई दोषी ठहराउनेछ।
JOH 12:49 किनकि मैले आफ्नै विचारले बोलिनँ, तर मलाई पठाउनुहुने पिताले नै के बोल्ने, र कसरी बोल्ने भनी मलाई आज्ञा दिनुभयो।
JOH 12:50 अनि उहाँका आज्ञाहरूले अनन्त जीवनमा पुर्‍याउँछन् भनेर म जान्दछु। त्यसकारण म जे भन्दछु, ती सबै पिताले मलाई भन्‍न लगाउनुभएका कुराहरू नै हुन्।”
JOH 13:1 यो निस्तार चाडको अगिल्‍लो दिन थियो। यस संसारलाई छोडेर पिताकहाँ जाने आफ्नो समय आइपुगेको छ भनी येशूलाई थाहा थियो। संसारमा भएका आफ्नाहरूलाई उहाँले अन्त्यसम्म नै प्रेम गर्नुभयो।
JOH 13:2 बेलुकीको भोजनको समय भएको थियो र शैतानले सिमोनको छोरा यहूदा इस्करियोतको मनमा येशूलाई धोका दिने विचार हालिदिइसकेको थियो।
JOH 13:3 पिताले सबै कुरा उहाँको अधिकारमुनि राखिदिनुभएको छ, र उहाँ परमेश्‍वरबाट आउनुभएको हो र परमेश्‍वरकहाँ नै फर्कंदैहुनुहुन्छ भन्‍ने येशूलाई थाहा थियो।
JOH 13:4 त्यसकारण उहाँ भोजनबाट उठ्नुभयो, र आफ्ना बाहिरी लुगा फुकाल्नुभयो, र कम्मरमा एउटा तौलिया बाँध्नुभयो।
JOH 13:5 त्यसपछि उहाँले बाटामा पानी खन्याएर चेलाहरूका खुट्टा धुन थाल्नुभयो। अनि कम्मरमा बाँध्नुभएको तौलियाले खुट्टा पुछ्न थाल्नुभयो।
JOH 13:6 जब उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, तब तिनले उहाँलाई भने, “प्रभु, के तपाईंले मेरो खुट्टा धुनुहुन्छ?”
JOH 13:7 येशूले भन्‍नुभयो, “मैले जे गरिरहेछु यसको अर्थ तिमीहरूले अहिले बुझ्दैनौ, तर पछि बुझ्नेछौ।”
JOH 13:8 पत्रुसले इन्कार गर्दै भने, “हुँदैन, तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।” येशूले जवाफ दिनुभयो, “मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो केही भाग रहनेछैन।”
JOH 13:9 सिमोन पत्रुसले भने, “प्रभु, त्यसो भए मेरो खुट्टा मात्र होइन, तर मेरो हात र शिर पनि धोइदिनुहोस्।”
JOH 13:10 येशूले जवाफ दिनुभयो, “सम्पूर्ण शरीर नुहाइसकेका मानिसहरूका निम्ति खुट्टा मात्रै धुन आवश्यक हुन्छ; किनकि तिनीहरूको पूरै शरीर शुद्ध भएको छ। अब तिमीहरू शुद्ध भइसकेका छौ, तर यहाँ भएका सबै त होइनन्।”
JOH 13:11 किनकि येशूले उहाँलाई कसले धोका दिन लागेको छ भनेर चिन्‍नुहुन्थ्यो। त्यसैकारण उहाँले सबै त शुद्ध छैनन् भनी भन्‍नुभयो।
JOH 13:12 चेलाहरूको खुट्टा धोइसक्नुभएपछि उहाँले आफ्नो लुगा फेरि पहिरिनुभयो र आफ्नो ठाउँमा बसेर सोध्नुभयो, “मैले तिमीहरूको निम्ति के गर्दैथिएँ, त्यसको अर्थ तिमीहरूले बुझ्दछौ?
JOH 13:13 तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ, र त्यो ठिकै हो; किनकि म त्यही नै हुँ।
JOH 13:14 प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ।
JOH 13:15 मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु। तिमीहरूसँग मैले जसो गरेको छु, सो तिमीहरूले पनि त्यसै गर्ने गर।
JOH 13:16 म तिमीहरूलाई साँच्‍चै भन्दछु, कुनै सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन। अनि खबर लैजाने पनि खबर पठाउनेभन्दा ठूलो हुँदैन।
JOH 13:17 अब तिमीहरूलाई यी कुराहरू थाहा छ र यसलाई पालन गर्‍यौ भने तिमीहरू धन्यका हुनेछौ।
JOH 13:18 “तिमीहरू सबैका निम्ति मैले यी कुराहरू भनेको होइनँ। मैले चुनेका प्रत्येकलाई म राम्ररी चिन्दछु। तर धर्मशास्त्रको यो कुरा पूरा होस् भनेर यसो भएको हो: ‘मसँग भोज खानेले नै मेरो विरुद्धमा लात उठाएको छ।’
JOH 13:19 “यस कुरालाई त्यो हुनुभन्दा पहिले नै तिमीहरूलाई भनिदिएको छु, ताकि यो पूरा भएपछि तिमीहरूले म उही नै हुँ भनी विश्‍वास गर्नेछौ।
JOH 13:20 म तिमीहरूलाई साँच्‍चै भन्दछु, मैले पठाएकाहरूलाई जसले ग्रहण गर्दछ, त्यसले मलाई नै ग्रहण गर्दछ। अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।”
JOH 13:21 यति भनिसक्नुभएपछि येशू आत्मामा धेरै व्याकुल हुनुभयो, र उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूमध्येकै एक जनाले मलाई धोका दिनेछ।”
JOH 13:22 उहाँले कसलाई भन्‍नुभएको हो भनेर अलमलमा परी चेलाहरूले एक-अर्कालाई हेराहेर गरे।
JOH 13:23 येशूले प्रेम गर्नुहुने चेला उहाँकै छेउमा अडेस लागेर बसिरहेका थिए।
JOH 13:24 सिमोन पत्रुसले यिनै चेलालाई इशारा गरेर भने, “उहाँले कसलाई भन्‍नुभएको हो? उहाँलाई सोध।”
JOH 13:25 येशूको शरीरमा अडेस लागेर तिनले सोधे, “प्रभु त्यो को हो?”
JOH 13:26 येशूले जवाफ दिनुभयो, “मैले यो रोटीको टुक्रा भाँडामा चोपेर जसलाई दिन्छु, त्यो त्यही हो।” अनि उहाँले रोटी चोपेपछि सिमोनको छोरा यहूदा इस्करियोतलाई दिनुभयो।
JOH 13:27 यहूदाले त्यो रोटी लियो, र त्यसपछि शैतान त्यसभित्र पसिहाल्यो। तब येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले जे गर्नु छ, चाँडो गरिहाल।”
JOH 13:28 येशूले त्यसलाई यो किन भन्‍नुभयो त्यसको अर्थ त्यहाँ खान बस्‍नेहरूमध्ये कसैले पनि बुझेनन्।
JOH 13:29 यहूदाले पैसाको हिसाब राख्ने भएको हुँदा सायद चाडको निम्ति आवश्यक कुनै कुरा किन्‍न अथवा केही पैसा गरिबहरूलाई दिन भनी येशूले अह्राउनुभएको होला भनी कतिले ठाने।
JOH 13:30 रोटी लिएपछि यहूदा तुरुन्तै बाहिर निस्क्यो। त्यस बेला रात परेको थियो।
JOH 13:31 यहूदा कोठाबाट बाहिर गएपछि येशूले भन्‍नुभयो, “अब मानिसको पुत्रको महिमा भएको छ, र उसमा परमेश्‍वरको महिमा भएको छ।”
JOH 13:32 यदि परमेश्‍वर उसमा महिमित हुनुभयो भने परमेश्‍वरले उसलाई आफैँमा महिमित पार्नुहुनेछ, र उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ।
JOH 13:33 “हे मेरा बालकहरू हो, अब म तिमीहरूसँग केही बेर मात्र रहन्छु। तिमीहरूले मलाई खोज्नेछौ; अनि यहूदी अगुवाहरूलाई भनेझैँ म अब तिमीहरूलाई पनि भन्छु: म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।
JOH 13:34 “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदैछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। मैले तिमीहरूलाई जसरी प्रेम गरेँ, तिमीहरूले पनि एक-अर्कालाई त्यसरी नै प्रेम गर्नुपर्छ।
JOH 13:35 तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने त्यसैबाट तिमीहरू मेरा चेलाहरू हौ भनी सबै मानिसहरूले जान्‍नेछन्।”
JOH 13:36 सिमोन पत्रुसले सोधे, “प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ?” येशूले उत्तर दिनुभयो, “म जहाँ जाँदैछु, त्यहाँ तिमी अहिले आउन सक्दैनौ, तर पछि तिमीले मलाई पछ्याउनेछौ।”
JOH 13:37 पत्रुसले सोधे, “प्रभु, म अहिले तपाईंसँग किन आउन सक्दिनँ र? म त तपाईंका निम्ति प्राण दिन पनि तयार छु।”
JOH 13:38 तब येशूले भन्‍नुभयो, “के तिमीले साँच्‍चै आफ्नो जीवन मेरो लागि दिन्छौ? म तिमीलाई साँच्‍चै भन्दछु, भोलि बिहान भाले बास्‍नुअगि नै तिमीले मलाई ‘चिन्दिनँ’ भनी तीनपल्ट अस्वीकार गर्नेछौ!”
JOH 14:1 “तिमीहरूको हृदय व्याकुल नहोस्। परमेश्‍वरमाथि विश्‍वास राख, र ममाथि पनि विश्‍वास राख।
JOH 14:2 मेरा पिताका घरमा धेरै ठाउँहरू छन्, यो कुरा सत्य नहुँदो हो त म त्यहाँ तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदैछु भनेर तिमीहरूलाई भन्‍नेथिइनँ।
JOH 14:3 म गएर ठाउँ तयार पारेपछि फेरि आउनेछु; र म जहाँ छु, त्यहाँ तिमीहरू पनि सधैँ मसँग रहन सक भनेर तिमीहरूलाई त्यहाँ लैजानेछु।
JOH 14:4 म जहाँ जाँदैछु, त्यहाँ पुग्ने बाटो तिमीहरू जान्दछौ।”
JOH 14:5 थोमाले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ भन्‍ने हामीलाई केही थाहा छैन। तब कसरी हामीले त्यो बाटो चिन्‍न सक्छौँ?”
JOH 14:6 येशूले भन्‍नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
JOH 14:7 यदि तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्‍नेथियौ। अबदेखि उसो तिमीहरूले उहाँलाई चिन्छौ, र उहाँलाई देखेका छौ।”
JOH 14:8 फिलिपले भने, “गुरुज्यू, हामीलाई पिता देखाइदिनुहोस्, यही नै हामीलाई पर्याप्‍त हुनेछ।”
JOH 14:9 येशूले जवाफ दिनुभयो, “फिलिप! यतिका दिनसम्म म तिमीहरूसँगै छु, र पनि तिमीले मलाई चिनेनौ? जसले मलाई देखेको छ, उसले पितालाई पनि देखेको छ। तब तिमीले ‘हामीलाई पिता देखाइदिनुहोस्’ भनेर कसरी भन्दछौ?
JOH 14:10 म पितामा छु, र पिता ममा हुनुहुन्छ भनेर के तिमीलाई विश्‍वास छैन? मैले तिमीहरूलाई भनेका यी वचनहरू मेरा आफ्नै अधिकारले भनेको होइनँ; वास्तवमा ममा हुनुहुने मेरा पिताले आफ्नो काम गर्दै हुनुहुन्छ।
JOH 14:11 म पितामा छु, र पिता ममा हुनुहुन्छ भनी मैले भनेकोमा विश्‍वास गर; नत्रता कमसे कम मैले गरेका अचम्मका कामहरूकै कारणले मलाई विश्‍वास गर।
JOH 14:12 म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले ममाथि विश्‍वास गर्दछ, उसले पनि मैले गरिरहेका यी कामहरू गर्नेछ। अनि उसले यीभन्दा अझ ठूला-ठूला कार्यहरू पनि गर्नेछ; किनकि म पिताकहाँ जाँदैछु।
JOH 14:13 मेरो नाममा तिमीहरूले जेसुकै मागे पनि म त्यो पूरा गर्नेछु; ताकि पुत्रद्वारा पितालाई महिमा होस्।
JOH 14:14 तिमीहरूले मसँग मेरो नाममा जे मागे पनि म त्यो पूरा गर्नेछु।
JOH 14:15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू मान्‍नेछौ।
JOH 14:16 म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ। उहाँ सधैँ तिमीहरूसँग हुनुहुनेछ।
JOH 14:17 उहाँ सत्यका आत्मा हुनुहुन्छ। संसारले उहाँलाई ग्रहण गर्न सक्दैन; किनकि संसारले उहाँलाई देख्दैन, र चिन्दैन पनि, तर तिमीहरूले उहाँलाई चिन्दछौ। किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र उहाँ तिमीहरूभित्र हुनुहुनेछ।
JOH 14:18 म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।
JOH 14:19 केही बेरपछि संसारले मलाई फेरि देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ। म जीवित भएको हुनाले तिमीहरू पनि जीवित रहनेछौ।
JOH 14:20 त्यस दिन म मेरा पितामा छु, तिमीहरू ममा छौ, र म तिमीहरूमा छु भनी तिमीहरूले बुझ्नेछौ।
JOH 14:21 जससँग मेरा आज्ञाहरू छन् र ती पालन गर्दछन्, तिनीहरूले नै मलाई प्रेम गर्दछन्। अनि मलाई प्रेम गर्नेहरूलाई पिताले प्रेम गर्नुहुन्छ। अनि म पनि तिनीहरूलाई प्रेम गर्नेछु, र आफूलाई तिनीहरूकहाँ प्रकट गरिदिनेछु।”
JOH 14:22 यहूदाले (यहूदा इस्करियोतचाहिँ होइन) उहाँलाई भने, “गुरुज्यू, तपाईंले किन हामीकहाँ मात्र आफूलाई प्रकट गर्नुहुन्छ, तर संसारकहाँ गर्नुहुन्‍न?”
JOH 14:23 येशूले जवाफ दिनुभयो, “जसले मलाई प्रेम गर्छ, उसले मेरा शिक्षाहरू पालन गर्नेछ। मेरा पिताले त्यसलाई पनि प्रेम गर्नुहुनेछ। अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग बास गर्नेछौँ।
JOH 14:24 मलाई प्रेम नगर्नेले मेरा शिक्षाहरू पालन गर्दैन। तिमीहरूले सुनेका यी वचनहरू मेरा आफ्नै होइनन्, तर मलाई पठाउनुहुने पिताका हुन्।
JOH 14:25 “म अहिले तिमीहरूसँग छँदै यी कुराहरू तिमीहरूलाई भनेको छु।
JOH 14:26 पिताले मेरो नाममा पठाइदिनुहुने सल्‍लाहकार अर्थात् पवित्र आत्माले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुनेछ। मैले भनेका प्रत्येक कुरा पनि तिमीहरूलाई सम्झना गराइदिनुहुनेछ।
JOH 14:27 शान्ति म तिमीहरूसँग छोड्छु। मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु, संसारले दिएजस्तो म तिमीहरूलाई दिनेछैनँ।” तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।
JOH 14:28 “मैले भनेको यो कुरा तिमीहरूले सुनेका छौ, ‘म गइरहेको छु, तर फेरि म तिमीहरूकहाँ फर्किआउनेछु।’ तिमीहरूले मलाई साँच्‍चै प्रेम गर्छौ भने म मेरा पिताकहाँ जाँदैछु भन्‍ने कुरामा तिमीहरू आनन्दित हुनेछौ। किनकि पिता मभन्दा महान् हुनुहुन्छ।
JOH 14:29 अनि यी कुराहरू हुन आउनुभन्दा अगि नै मैले तिमीहरूलाई सबै भनिदिएको छु। किनकि जब यी कुराहरू पूरा हुनेछन्, तब तिमीहरूले विश्‍वास गर्नेछौ।
JOH 14:30 म तिमीहरूसँग अब धेरै बोल्नेछैनँ, किनकि यस संसारको शासक आउँदैछ। त्यसको ममाथि केही अधिकार छैन।
JOH 14:31 तर म पितालाई प्रेम गर्छु, र उहाँले मलाई दिनुभएका आज्ञाहरू मैले ठिकसँग पालन गर्छु भनी संसारले जान्‍नुपर्छ। “उठ, हामी यहाँबाट जाऔँ।”
JOH 15:1 येशूले भन्‍नुभयो, “साँचो दाखको बोट म नै हुँ, र मेरा पिताचाहिँ किसान हुनुहुन्छ।
JOH 15:2 ममा फल नफल्ने प्रत्येक हाँगालाई उहाँले काटिदिनुहुन्छ, तर फल्ने हाँगाहरूलाई अझ बढी फलोस् भनेर उहाँले छिँवल्नुहुन्छ।
JOH 15:3 मैले तिमीहरूसँग बोलेका वचनले तिमीहरू शुद्ध भइसकेका छौ।
JOH 15:4 ममा रहो, र म तिमीहरूमा रहनेछु। कुनै पनि हाँगा दाखको बोटमा रहिरहेन भने आफैँ फल फलाउन सक्दैन। त्यसै गरी ममा रहिरहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैनौ।
JOH 15:5 “दाखको बोट म नै हुँ; अनि तिमीहरू हाँगाहरू हौ। यदि कुनै मानिस ममा रहन्छ, र म त्यसमा रहन्छु भने त्यसले धेरै फल फलाउँछ। मबाट अलग रहेर तिमीहरूले केही गर्न सक्दैनौ।
JOH 15:6 यदि कोही ममा रहिरहँदैन भने त्यो हाँगाजस्तै मिल्काइन्छ, र त्यो सुक्छ; त्यस्ता हाँगाहरूलाई टिपेर आगोमा फालिदिइन्छन्, र ती जलाइन्छन्।
JOH 15:7 तर यदि तिमीहरू ममा रहिरह्‍यौ र मेरा वचन तिमीहरूमा रहिरहे भने तिमीहरूले चिताएको जे पनि माग, र त्यो दिइनेछ।
JOH 15:8 तिमीहरू मेरा चेलाहरू हौ भनी देखाउन धेरै फल फलायौ भने त्यसबाट मेरा पितालाई ठूलो महिमा मिल्नेछ।
JOH 15:9 “पिताले मलाई प्रेम गर्नुभएझैँ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब तिमीहरू मेरो प्रेममा रहिरहो।
JOH 15:10 जसरी मैले मेरा पिताको आज्ञापालन गरेर उहाँको प्रेममा रहिरहन्छु, त्यसरी नै तिमीहरूले पनि मेरा आज्ञापालन गर्‍यौ भने तिमीहरू मेरो प्रेममा रहिरहनेछौ।
JOH 15:11 मेरो आनन्द तिमीहरूमा रहोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ, ताकि तिमीहरूको आनन्द पूर्ण होस्!
JOH 15:12 मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु।
JOH 15:13 आफ्नो जीवन आफ्ना मित्रहरूका लागि अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन।
JOH 15:14 यदि तिमीहरूले मेरो आज्ञा मान्यौ भने तिमीहरू मेरा मित्रहरू हौ।
JOH 15:15 अब उसो म तिमीहरूलाई सेवक भन्दिनँ; किनकि सेवकलाई आफ्ना मालिकको कुरा थाहा हुँदैन; तर मैले तिमीहरूलाई मित्रहरू भनेको छु; किनकि पिताबाट मैले सिकेका सबै कुरा मैले तिमीहरूलाई थाहा दिएको छु।
JOH 15:16 तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनेँ; र तिमीहरूलाई सधैँ रहिरहने फल फलाउनलाई नियुक्त गरेँ। मेरो नाममा तिमीहरूले जे मागौला, पिताले सो तिमीहरूलाई दिनुहुनेछ।
JOH 15:17 मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर।
JOH 15:18 “यदि संसारले तिमीहरूलाई घृणा गर्‍यो भने त्यसले पहिला मलाई नै घृणा गरेको हो भनी सम्झ।
JOH 15:19 तिमीहरू संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफ्नालाई झैँ प्रेम गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। किनकि संसारदेखि अलग रहन मैले तिमीहरूलाई चुनेँ। यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।
JOH 15:20 मैले तिमीहरूलाई भनेका कुरा सम्झ: ‘कुनै पनि सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन।’ यदि तिनीहरूले मलाई सताएका छन् भने तिमीहरूलाई पनि तिनीहरूले सताउनेछन्। तिनीहरूले मेरा शिक्षा सुनेका भए, तिमीहरूका शिक्षा पनि सुन्‍नेथिए।
JOH 15:21 मेरो नामको कारणले गर्दा तिनीहरूले तिमीहरूलाई यस्तो व्यवहार गर्नेछन्। किनकि मलाई पठाउनुहुनेलाई तिनीहरूले चिन्दैनन्।
JOH 15:22 म आएर तिनीहरूलाई नभनेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्; तर अब आफ्ना पापको निम्ति तिनीहरूसँग कुनै बहाना छैन।
JOH 15:23 मलाई घृणा गर्नेले मेरा पितालाई पनि घृणा गर्दछ।
JOH 15:24 पहिला अरू कसैले नगरेका कामहरू मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्। तर अब तिनीहरूले यी अचम्मका कामहरू देखेका छन्, तापनि म र पिता हामी दुवैलाई तिनीहरूले घृणा गरेका छन्।
JOH 15:25 तर तिनीहरूका व्यवस्थामा लेखिएको यो कुरा पूरा हुनलाई यसो भएको हो: ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे।’
JOH 15:26 “जब मैले पिताको तर्फबाट तिमीहरूकहाँ सल्‍लाहकार पठाउनेछु, अर्थात् पिताबाट आउनुहुने सत्यको आत्मा तिमीहरूकहाँ आउनुहुनेछ, तब उहाँले मेरो विषयमा साक्षी दिनुहुनेछ।
JOH 15:27 अनि तिमीहरूले पनि साक्षी दिनैपर्छ; किनकि तिमीहरू सुरुदेखि नै मसँग रहेका छौ।”
JOH 16:1 “तिमीहरूले ठक्‍कर खाएर तर्केर नजाओ भनेर मैले यी सबै कुराहरू तिमीहरूलाई भनेको हुँ।
JOH 16:2 तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट बाहिर निकालिदिनेछन्; वास्तवमा यस्तो समय आइरहेको छ, जब तिमीहरूलाई हत्या गर्ने जोसुकैले परमेश्‍वरलाई सेवा गरिरहेको छु भनी ठान्‍नेछ।
JOH 16:3 तिनीहरूले यी कामहरू यसैकारण गर्नेछन्, कि तिनीहरूले पितालाई र मलाई चिनेका छैनन्।
JOH 16:4 मैले यी कुराहरू तिमीहरूलाई यसैकारण बताएको छु, जब त्यो समय आउँछ, तब मैले तिमीहरूलाई चेतावनी दिएको थिएँ भनी तिमीहरूले स्मरण गर्नेछौ। यी कुराहरू मैले तिमीहरूलाई पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै थिएँ।
JOH 16:5 अब म मलाई पठाउनुहुनेकहाँ जाँदैछु, तापनि ‘तपाईं कहाँ जाँदैहुनुहुन्छ?’ भनी तिमीहरू कसैले मलाई सोध्दैनौ।
JOH 16:6 मैले यी कुराहरू भनेका कारण तिमीहरूको ह्रदय शोकले भरिएको छ।
JOH 16:7 तर म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूको भलाइका निम्ति नै म जाँदैछु। म नगएसम्म सल्‍लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु।
JOH 16:8 अनि जब उहाँ आउनुहुन्छ, तब उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोष देखाइदिनुहुनेछ।
JOH 16:9 पापको विषयमा; किनकि मानिसहरूले मलाई विश्‍वास गर्दैनन्।
JOH 16:10 धार्मिकताको विषयमा; किनकि म पिताकहाँ जाँदैछु, र तिमीहरूले मलाई फेरि देख्नेछैनौ।
JOH 16:11 अनि न्यायको विषयमा; किनकि यस संसारको शासकले दण्डको आज्ञा पाइसकेको छ।
JOH 16:12 “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू अझ धेरै छन्, तिमीहरूले अहिले सहन सक्नेभन्दा पनि बढी छन्;
JOH 16:13 तर जब उहाँ अर्थात् सत्यका आत्मा आउनुहुन्छ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्‍याउनुहुनेछ। उहाँ आफ्नै तर्फबाट बोल्नुहुनेछैन, तर उहाँले आफूले जे सुन्‍नुहुन्छ त्यही बोल्नुहुनेछ; र उहाँले तिमीहरूलाई हुन आउने कुराहरू घोषणा गरिदिनुहुनेछ।
JOH 16:14 जे मेरा हुन्, त्यसबाट लिएर त्यो तिमीहरूलाई प्रकट गरिदिनुभएर उहाँले मेरो महिमा गर्नुहुनेछ।
JOH 16:15 जे जति पिताका हुन्, ती मेरा हुन्। त्यसैकारण जे मेरा हुन्, त्यसबाट लिएर आत्माले त्यो तिमीहरूलाई प्रकट गरिदिनुहुनेछ भनी मैले भनेको हुँ।
JOH 16:16 “केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ; अनि फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ।”
JOH 16:17 उहाँका केही चेलाहरूले एक-आपसमा भने, “उहाँले ‘केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ’ र ‘किनकि म पिताकहाँ जाँदैछु’ भनी भन्‍नुभएको अर्थ के हो?”
JOH 16:18 तिनीहरूले “उहाँले ‘केही बेर’ भन्‍नुभएको अर्थ के हो? उहाँले के भन्दै हुनुहुन्छ, सो हामी बुझ्न सक्दैनौँ,” भनी सोधपुछ गरिरहे।
JOH 16:19 तिनीहरूले यस विषयमा उहाँलाई सोध्ने इच्छा गर्दैछन् भनी येशूले थाहा पाउनुभयो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले मैले ‘केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ’ भनी भन्‍नुको अर्थ के होला भन्दै आपसमा सोधपुछ गरिरहेका छौ?
JOH 16:20 म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसारचाहिँ रमाउनेछ। तिमीहरूले शोक गर्नेछौ, तर तिमीहरूको शोक आनन्दमा परिणत हुनेछ।
JOH 16:21 बालक जन्माउने बेलामा स्त्रीलाई पीडा हुन्छ; किनकि तिनको समय आएको हुन्छ, तर बालक जन्मिएपछि संसारमा एउटा बालकको जन्म भएको छ भन्‍ने कुराको हर्षको कारण तिनले त्यस वेदनालाई बिर्सन्छिन्।
JOH 16:22 तिमीहरूलाई पनि त्यस्तै नै हुन्छ: अहिले तिमीहरूको शोकको समय हो, तर मैले फेरि तिमीहरूलाई देख्नेछु, र तिमीहरू रमाउनेछौ। अनि कसैले पनि तिमीहरूको आनन्द खोस्‍नेछैन।
JOH 16:23 अनि त्यस दिन तिमीहरूले मलाई फेरि केही पनि माग्नेछैनौ। म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले मेरो नाममा जे माग्छौ, त्यो मेरा पिताले तिमीहरूलाई दिनुहुनेछ।
JOH 16:24 अहिलेसम्म तिमीहरूले मेरो नाममा केही पनि मागेका छैनौ; माग अनि तिमीहरूले पाउनेछौ र तिमीहरूको आनन्द पूर्ण हुनेछ।
JOH 16:25 “म दृष्‍टान्तहरूमा बोलिरहेको छु, तर समय आउँदैछ, जब मैले फेरि यस प्रकारको दृष्‍टान्तको प्रयोग गर्नेछैनँ, तर मेरा पिताको विषयमा मैले तिमीहरूलाई स्पष्‍ट गरी भन्‍नेछु।
JOH 16:26 त्यो दिन तिमीहरूले मेरो नाममा माग्नेछौ। मैले पितासँग तिमीहरूका निम्ति बिन्ती गर्नेछु भनी भनेको होइनँ।
JOH 16:27 पिता आफैँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ; किनकि तिमीहरूले मलाई प्रेम गरेका छौ र म परमेश्‍वरबाट आएको हुँ भनी विश्‍वास गरेका छौ।
JOH 16:28 म पिताबाट आएँ, र संसारमा प्रवेश गरेँ; अब म संसारलाई छोडेर पिताकहाँ नै फर्कंदैछु।”
JOH 16:29 त्यसपछि येशूका चेलाहरूले भने, “अब तपाईं स्पष्‍टसँग र दृष्‍टान्तविना नै बोल्दैहुनुहुन्छ।
JOH 16:30 अब हामीले बुझ्न सक्यौँ, तपाईं सबै कुरा जान्‍नुहुन्छ। अनि तपाईंलाई कसैले केही सोध्नुपर्ने आवश्यकता पनि छैन। यसै कुराले तपाईं परमेश्‍वरबाट आउनुभएको हो भनी हामीलाई विश्‍वास दिलाउँछ।”
JOH 16:31 येशूले जवाफ दिनुभयो, “बल्‍ल तिमीहरूले विश्‍वास गर्दछौ?
JOH 16:32 तर समय आइरहेको छ; वास्तवमा त्यो समय आइसकेको छ, जब तिमीहरू छरपस्ट हुनेछौ, र हरेक आ-आफ्नै ठाउँमा जानेछौ। तिमीहरूले मलाई एकलै छोड्नेछौ। तापनि म एकलो छैनँ; किनकि मेरा पिता मसँग हुनुहुन्छ।
JOH 16:33 “ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको छु। यस संसारमा तिमीहरूलाई सङ्कष्‍ट हुनेछ; तर ढाडस गर! मैले संसारलाई जितेको छु।”
JOH 17:1 यी कुराहरू येशूले भनिसक्नुभएपछि उहाँले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो: “हे पिता, समय आइपुगेको छ। तपाईंको पुत्रको महिमा गर्नुहोस्, र पुत्रले पनि तपाईंलाई महिमा दिन सकोस्।
JOH 17:2 किनकि तपाईंले दिनुभएका हरेकलाई उसले अनन्त जीवन दिन सकोस् भनेर तपाईंले उसलाई यस पृथ्वीका सबै मानिसहरूमाथि अधिकार दिनुभएको छ।
JOH 17:3 अनन्त जीवन यही हो: तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्‍वरलाई र तपाईंले पठाउनुभएको येशू ख्रीष्‍टलाई चिनून्।
JOH 17:4 तपाईंले मलाई अह्राउनुभएको प्रत्येक काम गरेर मैले तपाईंलाई पृथ्वीमा महिमा दिएको छु।
JOH 17:5 हे पिता, तपाईंको सामु मलाई त्यो महिमाले महिमित गराउनुहोस्, जुन महिमा संसारको सृष्‍टिअगि तपाईंमा मेरो निम्ति थियो।
JOH 17:6 “संसारबाट तपाईंले मलाई दिनुभएका मानिसहरूका बीचमा तपाईंलाई मैले प्रकट गरेको छु। ती तपाईंकै थिए, र ती तपाईंले फेरि मलाई दिनुभयो; अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन्।
JOH 17:7 मसित जे जति छन्, ती सबै तपाईंबाट नै आएका हुन् भनेर अब तिनीहरूले थाहा गरेका छन्।
JOH 17:8 किनकि तपाईंले मलाई दिनुभएका वचनहरू मैले तिनीहरूलाई पनि दिएँ; र तिनीहरूले पनि ती सबै ग्रहण गरेका छन्। म तपाईंबाटै आएको हुँ भनेर पक्‍कै जानेका छन्, र तपाईंले मलाई पठाउनुभयो भनी विश्‍वास पनि गरेका छन्।
JOH 17:9 म तिनीहरूका लागि प्रार्थना गर्दछु। संसारको लागि म प्रार्थना गर्दिनँ, तर तपाईंले मलाई दिनुभएकाहरूको लागि म प्रार्थना गर्छु; किनकि तिनीहरू तपाईंकै हुन्।
JOH 17:10 मेरा सबै थोक तपाईंकै हुन्, र तपाईंका सबै थोक मेरा हुन्; अनि तिनीहरूद्वारा महिमा मकहाँ आएको छ।
JOH 17:11 म यस संसारमा अब रहँदिनँ, तर तिनीहरू यही संसारमा रहन्छन्, र म तपाईंकहाँ आउँदैछु। हे पवित्र पिता, तपाईंको नामको शक्तिले तिनीहरूलाई जोगाइराख्नुहोस्, जुन नाम तपाईंले मलाई दिनुभएको छ, जसद्वारा तिनीहरू पनि हामीजस्तै एक होऊन्।
JOH 17:12 म तिनीहरूसँग हुँदा, तपाईंले मलाई दिनुभएको नामले तिनीहरूलाई जोगाइराखेँ। तिनीहरूमध्ये एउटाबाहेक अरू कोही पनि नष्‍ट भएनन्। तर धर्मशास्त्र पूरा होस् भनेर एक जनाचाहिँ विनाशको पुत्र नै भयो।
JOH 17:13 “अब म तपाईंकहाँ आउँदैछु। मेरो आनन्दले तिनीहरू पूरा भरपूर होऊन् भनेर मैले यी कुराहरू म संसारमा हुँदा नै भनिदिएको छु।
JOH 17:14 मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु। संसारले तिनीहरूलाई घृणा गरेको छ; किनकि जसरी म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्।
JOH 17:15 संसारबाट तिनीहरूलाई लैजानुहोस् भनेर म तपाईंसँग बिन्ती गर्दिनँ, तर दुष्‍टको शक्तिबाट तिनीहरूलाई जोगाइराख्नुहोस् भनी बिन्ती गर्छु।
JOH 17:16 म यस संसारको नभएजस्तै, तिनीहरू पनि अब यस संसारका होइनन्।
JOH 17:17 सत्यताद्वारा तिनीहरूलाई पवित्र गर्नुहोस्; तपाईंको वचन सत्य छ।
JOH 17:18 तपाईंले मलाई संसारमा पठाउनुभएझैँ, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु।
JOH 17:19 तिनीहरू पनि साँचो रूपले पवित्र होऊन् भनेर म आफूलाई तिनीहरूका लागि पवित्र गर्दछु।
JOH 17:20 “तिनीहरूका निम्ति मात्र म प्रार्थना गर्दिनँ, तर तिनीहरूका साक्षीद्वारा पछि मलाई विश्‍वास गर्नेहरू सबैका लागि पनि म प्रार्थना गर्दछु।
JOH 17:21 हे पिता, जस्तो म तपाईंमा छु र तपाईं ममा हुनुहुन्छ; त्यसरी नै तिनीहरू पनि हामीमा एक होऊन्। तिनीहरू पनि हामीमा रहन सकून्; ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गरोस्।
JOH 17:22 तिनीहरू पनि हामीजस्तै एक होऊन् भनेर तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई पनि दिएको छु:
JOH 17:23 म तिनीहरूमा अनि तपाईं ममा, तपाईंले मलाई संसारमा पठाउनुभएको हो, र मलाई प्रेम गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहुन्छ भन्‍ने कुरा संसारलाई थाहा दिन तिनीहरूमा पूरा एकता आओस्।
JOH 17:24 “हे पिता, म इच्छा गर्दछु जो जति तपाईंले मलाई दिनुभएको छ, तिनीहरू पनि म जहाँ छु, मसितै त्यहीँ रहून् र मेरो महिमा तिनीहरूले देखून्, जुन महिमा तपाईंले संसारको सृष्‍टिभन्दा पहिलेदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले मलाई दिनुभयो।
JOH 17:25 “हे धार्मिक पिता, संसारले तपाईंलाई नचिने तापनि म तपाईंलाई चिन्दछु। अनि तपाईंले मलाई पठाउनुभएको हो भनेर तिनीहरूले जान्दछन्।
JOH 17:26 मैले तपाईंलाई तिनीहरूकहाँ प्रकट गरेको छु। अनि मलाई तपाईंले गर्नुभएको त्यो गहिरो प्रेम तिनीहरूमा पनि रहोस् र म आफू पनि तिनीहरूमा रहूँ भनेर तिनीहरूकहाँ तपाईंलाई म प्रकट गरिरहनेछु।”
JOH 18:1 प्रार्थना गरिसक्नुभएपछि येशू आफ्ना चेलाहरूसँग किद्रोन खोल्सापारि जानुभयो। पारिपट्टि एउटा बगैँचा थियो, र उहाँ आफ्ना चेलाहरूसँग त्यहाँ जानुभयो।
JOH 18:2 उहाँलाई धोका दिने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो; किनकि येशू आफ्ना चेलाहरूसँग त्यहाँ प्रायजसो भेटघाट गर्नुहुन्थ्यो।
JOH 18:3 मुख्य पुजारीहरू र फरिसीहरूका दलबाट केही रोमी सिपाहीहरू र केही हाकिमहरू लिएर यहूदा त्यहाँ आयो। तिनीहरूले आफूसँग राँको, लालटिन र हातहतियार ल्याएका थिए।
JOH 18:4 तब आफूमाथि आइपर्न लागेका सबै घटनाहरू थाहा पाएर येशू बाहिर जानुभयो र सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?”
JOH 18:5 “नासरतका येशूलाई,” तिनीहरूले उत्तर दिए। “म उही नै हुँ,” येशूले जवाफ दिनुभयो। (उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।)
JOH 18:6 उहाँले “म उही नै हुँ,” भन्‍नसाथ तिनीहरू सबै पछि हटे, र भुइँमा लोटे।
JOH 18:7 फेरि एकपल्ट उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” “नासरतका येशूलाई” तिनीहरूले फेरि उत्तर दिए।
JOH 18:8 येशूले भन्‍नुभयो, “मैले भनिहालेँ, म उही नै हुँ। यसकारण मलाई नै खोजेका हौ भने यिनीहरूलाई चाहिँ जान देओ।”
JOH 18:9 उहाँले भन्‍नुभएको यो वचन पूरा होस् भनेर यी कुराहरू भए: “तपाईंले मलाई दिनुभएको एउटैलाई पनि मैले गुमाएको छैनँ।”
JOH 18:10 तब सिमोन पत्रुसले तरवार थुतेर प्रधान पुजारीको सेवकलाई प्रहार गर्‍यो र उसको दाहिने कान च्वाट्टै काटिदियो। (त्यस सेवकको नाम माल्खस थियो।)
JOH 18:11 येशूले पत्रुसलाई भन्‍नुभयो, “तिम्रो तरवार म्यानभित्र हाल! के पिताले दिनुभएको कचौराबाट मैले नपिउनूँ र?”
JOH 18:12 त्यसपछि सिपाहीहरू, सेनापतिहरू र यहूदी हाकिमहरूले येशूलाई पक्रे, र उहाँलाई पाता कसे।
JOH 18:13 अनि तिनीहरूले उहाँलाई पहिले त्यस वर्षको प्रधान पुजारी, कैयाफाका ससुरा हन्‍नासकहाँ लगे।
JOH 18:14 सबैका निम्ति एक जना मर्नु नै असल हुन्छ भनी यहूदीहरूलाई सल्‍लाह दिने व्यक्ति कैयाफा नै थिए।
JOH 18:15 सिमोन पत्रुस र अर्को चेला येशूको पछि-पछि लागे। प्रधान पुजारीसँग चिनजान भएको हुनाले यी अर्का चेला येशूसँगै प्रधान पुजारीको आँगनभित्र पसे।
JOH 18:16 तर पत्रुसचाहिँ ढोकाबाहिर नै उभिएका थिए। प्रधान पुजारीसँग चिनजान भएका ती अर्का चेला फर्केर आए। अनि ढोकामा पाले बसेकी केटीलाई भनसुन गरे, र पत्रुसलाई भित्र ल्याए।
JOH 18:17 ढोकामा पाले बस्‍ने त्यस केटीले पत्रुसलाई सोधी, “तिमी पनि येशूका चेलाहरूमध्ये एक होइनौ र?” “अहँ, म त होइनँ।” तिनले भने।
JOH 18:18 जाडोले गर्दा ती घरका सेवकहरू र हाकिमहरू न्यानो पार्न आफूले बालेका आगो वरिपरि बसिरहेका थिए। पत्रुस पनि तिनीहरूसँग मिसिएर आगो ताप्न लागे।
JOH 18:19 यसै बीचमा प्रधान पुजारीले येशूलाई उहाँका चेलाहरू र उहाँले दिनुभएको शिक्षाको विषयमा सोध्न थाले।
JOH 18:20 येशूले जवाफ दिनुभयो, “संसारसँग म खुल्‍लमखुल्‍ला बोलेको छु। मैले सधैँ सभाघरहरू र मन्दिरमा शिक्षा दिन्थेँ, जहाँ सबै यहूदीहरू भेला हुन्छन्। गुप्‍तमा मैले केही भनेको छैनँ।
JOH 18:21 तपाईंहरू मलाई यो प्रश्न किन सोध्नुहुन्छ? तिनीहरूलाई सोध्नुहोस्, जसले मेरा शिक्षा सुनेका छन्। निश्‍चय नै मैले भनेका कुरा तिनीहरूलाई थाहा छ।”
JOH 18:22 येशूको कुरा सुनेर त्यहाँ उभिरहेको एक जना हाकिमले उहाँलाई थप्पड लायो। “के प्रधान पुजारीलाई उत्तर दिने तरिका यही हो?” भनेर त्यसले सोध्यो।
JOH 18:23 “मैले गलत बोलेको भए त्यसको प्रमाण देऊ,” येशूले जवाफ दिँदै भन्‍नुभयो, “मैले सत्य बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ?”
JOH 18:24 तब हन्‍नासले येशूलाई बाँधिएकै अवस्थामा प्रधान पुजारी कैयाफाकहाँ पठाइदिए।
JOH 18:25 सिमोन पत्रुस उभिएर आगो तापिरहेका थिए। तब तिनलाई कसैले फेरि सोध्यो, “के तिमी पनि उसैको चेलाहरूमध्येका एक होइनौ र?” तिनले इन्कार गर्दै भने, “म त होइनँ।”
JOH 18:26 प्रधान पुजारीका सेवकहरूमध्ये एक जनाले अर्थात् जसको कान पत्रुसले काटिदिएका थिए, त्यसैको आफन्तले सोध्यो, “के तिमीलाई मैले येशूसँग बगैँचामा देखेको होइन र?”
JOH 18:27 पत्रुसले फेरि पनि अस्वीकार गरे; तब त्यसै बेला भाले बास्यो।
JOH 18:28 त्यति बेला बिहान भइसकेको थियो। यहूदीहरूले येशूलाई कैयाफाकहाँबाट रोमी राज्यपालको महलमा लगे। तिनीहरू निस्तार चाडको भोज खान चाहन्थे, यसैले यहूदीहरू आफ्नो संस्कारअनुसार अशुद्ध नहोऔँ भनी महलभित्र पसेनन्।
JOH 18:29 यसो हुँदा राज्यपाल पिलातस तिनीहरूकहाँ बाहिर आएर सोधे, “यस मान्छेको विरुद्धमा तिमीहरूले के आरोप लगाएका छौ?”
JOH 18:30 “यो मानिस अपराधी नभएको भए हामी यसलाई पक्रेर तपाईंकहाँ ल्याउने नै थिएनौँ,” तिनीहरूले जवाफ दिए।
JOH 18:31 पिलातसले तिनीहरूलाई भने, “तब तिमीहरूले यिनलाई लगेर तिमीहरूको व्यवस्थाअनुसार यिनको न्याय गर।” यहूदी अगुवाहरूले भने, “तर कसैलाई मृत्युदण्ड दिने अधिकार हामीसँग छैन।”
JOH 18:32 उहाँको मृत्यु कुन प्रकारको हुनेछ भन्‍ने बारेमा येशू आफूले भन्‍नुभएको वचन पूरा हुन यी सबै कुरा भइरहेका थिए।
JOH 18:33 तब पिलातस दरबारभित्र पसे, र येशूलाई आफूकहाँ हाजिर गराउने आज्ञा दिए, र उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”
JOH 18:34 येशूले सोध्नुभयो, “मेरो बारेमा यो तपाईंको आफ्नै भनाइ हो, कि अरू कसैले मेरो बारेमा तपाईंलाई यो कुरा भने?”
JOH 18:35 पिलातसले जवाफ दिए, “म यहूदी हुँ र? तिम्रा आफ्नै जातिहरू र मुख्य पुजारीहरूले तिमीलाई मकहाँ सुम्पेका हुन्। तिमीले के गर्‍यौ?”
JOH 18:36 येशूले जवाफ दिनुभयो, “मेरो राज्य यस संसारको होइन। यदि मेरो राज्य यस संसारको हुँदो हो त, यहूदीहरूले मलाई पक्रँदा त्यो रोक्न मेरा सेवकहरूले मेरा निम्ति युद्ध गर्नेथिए; तर मेरो राज्य यस संसारको होइन।”
JOH 18:37 पिलातसले भने, “त्यसो भए के तिमी राजा नै हौ?” येशूले भन्‍नुभयो, “म राजा हुँ भनी तपाईंले ठिकै भन्‍नुभयो। वास्तवमा म जन्मिएँ, र संसारमा सत्यको साक्षी दिनका लागि आएको हुँ। सत्यताको पक्षमा रहने सबैले मेरा वचन सुन्छन्।”
JOH 18:38 पिलातसले सोधे, “सत्यता के हो त?” त्यसपछि तिनी फेरि मानिसहरूका अगि गएर भने, “उनको विरुद्धमा मैले केही दोष भेट्टाइनँ।
JOH 18:39 तर हरेक वर्ष निस्तार चाडको समय मैले तिमीहरूका निम्ति एक जना कैदीलाई छोडिदिने तिमीहरूको चलन छ। यसकारण तिमीहरू के चाहन्छौ ‘के म यहूदीहरूको राजालाई’ छोडिदिऊँ?”
JOH 18:40 तर तिनीहरूले चिच्याएर भने, “यस मान्छेलाई होइन! तर बारब्बालाई छोडिदिनुहोस्!” बारब्बाचाहिँ एक विद्रोही थियो।
JOH 19:1 त्यसपछि पिलातसले येशूलाई कोर्राले हान्‍न लगाए।
JOH 19:2 अनि सिपाहीहरूले काँडाहरू बटारेर एउटा मुकुट गुँथेर उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँलाई बैजनी लुगा पहिर्‍याइदिए।
JOH 19:3 घरी-घरी येशूकहाँ आएर “यहूदीहरूका राजाको जय होस्!” भने। अनि तिनीहरूले येशूलाई मुखमा थप्पड लगाए।
JOH 19:4 फेरि एकपल्ट बाहिर निस्केर पिलातसले यहूदीहरूलाई भने, “हेर! म यसलाई अब तिमीहरूका सामु बाहिर ल्याउँदैछु; ताकि तिमीहरूलाई यो स्पष्‍ट थाहा होस्, यस मानिसमा मैले कुनै दोष भेट्टाइनँ।”
JOH 19:5 जब येशू काँडाको मुकुट र बैजनी लुगा लगाएरै बाहिर आउनुभयो, तब पिलातसले भने, “हेर! यो मान्छेलाई!”
JOH 19:6 उहाँलाई देख्नेबित्तिकै मुख्य पुजारीहरू र हाकिमहरू यसरी चिच्याउन थाले, “त्यसलाई क्रूसमा टाँग्नुहोस्! क्रूसमा टाँग्नुहोस्!” तर पिलातसले भने, “तिमीहरूले नै यिनलाई क्रूसमा टाँग; किनकि म त यिनलाई दोष लगाउने कुनै आधार पाउँदिनँ।”
JOH 19:7 यहूदीहरूले तिनलाई उत्तर दिए, “हाम्रो आफ्नै व्यवस्था छ, र त्यस व्यवस्थाअनुसार यो मानिस मर्नैपर्छ; किनकि यसले आफूलाई परमेश्‍वरको पुत्र भनेर दाबी गरेको छ।”
JOH 19:8 जब पिलातसले यो कुरा सुने, तब तिनी झन् धेरै डराए।
JOH 19:9 तिनले फेरि येशूलाई महलभित्र लगे, र उहाँलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” तर येशूले केही जवाफ दिनुभएन।
JOH 19:10 पिलातसले सोधे, “के तिमी मलाई उत्तर दिँदैनौ? तिमीलाई छोडिदिने अथवा क्रूसमा टाँग्ने अधिकार मसित छ भनी के तिमी जान्दैनौ?”
JOH 19:11 तब येशूले भन्‍नुभयो, “यदि माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुनेथिएन। त्यसकारण मलाई तपाईंकहाँ ल्याउने व्यक्ति अझ बढ्ता पापको दोषी छ।”
JOH 19:12 यो सुनेर पिलातसले येशूलाई छोडिदिने कोसिस गरे। तर यहूदीहरूले चिच्याउँदै भने, “तपाईंले यस मान्छेलाई छोडिदिनुभयो भने तपाईं सिजरका मित्र हुनुहुन्‍न। आफूलाई राजा घोषणा गर्ने जो कोही पनि सिजरको विरोधी हुन्छ।”
JOH 19:13 यो कुरा सुनेर पिलातसले फेरि येशूलाई बाहिर तिनीहरूका अगि ल्याए, र आफूचाहिँ ढुङ्गाको पाटी हिब्रू भाषामा “गब्बथा” भनिने न्याय आसनमाथि बसे।
JOH 19:14 यतिबेला निस्तार चाडको तयारी गर्ने दिनको मध्यान्ह भएको थियो। अनि पिलातसले यहूदीहरूलाई भने, “लौ हेर, तिमीहरूको राजा!”
JOH 19:15 तर तिनीहरूले चिच्याउँदै भने, “त्यसलाई लैजानुहोस्! त्यसलाई लैजानुहोस्! क्रूसमा टाँग्नुहोस्!” पिलातसले सोधे, “के तिमीहरूका राजालाई मैले क्रूसमा टाँगूँ?” मुख्य पुजारीहरूले चिच्याएर जवाफ दिए, “सिजरबाहेक हाम्रो अरू कुनै राजा छैन।”
JOH 19:16 आखिरमा पिलातसले येशूलाई क्रूसमा टँगाइनका लागि तिनीहरूका हातमा सुम्पिदिए। त्यसपछि सिपाहीहरूले येशूको जिम्मा लिए।
JOH 19:17 येशू आफ्नो क्रूस आफैँले बोकेर खप्परे भनिने ठाउँमा (आरामाईक भाषामा गलगथा भनिन्छ) पुग्नुभयो।
JOH 19:18 त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। अरू दुई जनालाई पनि उहाँसँगै एक जनालाई दायाँपट्टि र अर्कोलाई बायाँपट्टि र येशूलाई माझमा टाँगे।
JOH 19:19 अनि यसो भनेर लेखिएको दोषपत्र पिलातसले उहाँको शिरमाथि क्रूसमा टाँसिदिए: “नासरतका येशू, यहूदीहरूका राजा।”
JOH 19:20 धेरै यहूदीहरूले त्यो दोषपत्र पढे; किनकि येशूलाई क्रूसमा टँगाइएको ठाउँ सहरको नजिक थियो। अनि सो दोषपत्र आरामाईक, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो।
JOH 19:21 यहूदीहरूका मुख्य पुजारीहरूले आपत्ति जनाउँदै पिलातसलाई भने, “ ‘यहूदीहरूको राजा’ होइन, तर यसले आफूलाई ‘म यहूदीहरूको राजा हुँ’ भन्थ्यो भनी लेखिदिनुहोस्!”
JOH 19:22 तर पिलातसले जवाफ दिए, “मैले जे लेखेँ, सो लेखेँ।”
JOH 19:23 येशूलाई क्रूसमा टाँगेपछि सिपाहीहरूले उहाँको बाहिरी वस्त्रहरूलाई लिएर हरेक सिपाहीका निम्ति एक-एक भाग हुने गरी चार भाग लगाए, उहाँको भित्री वस्त्र लिए जुन नसिलाएको माथिदेखि तलसम्म एउटै थियो।
JOH 19:24 तिनीहरूले आपसमा सल्‍लाह गरे, “यो वस्त्रचाहिँ नच्यातौँ, तर यो कसको भागमा पर्ने हो, चिट्ठा हालेर हेरौँ।” धर्मशास्त्रमा लेखिएको कुरा यसरी पूरा भयो। “तिनीहरूले मेरो बाहिरी वस्त्रहरू एक-आपसमा बाँडे, र मेरो भित्री वस्त्रचाहिँ चिट्ठा हाले।” यसकारण सिपाहीहरूले त्यसै गरे।
JOH 19:25 येशूको क्रूसको नजिकै उहाँकी आमा मरियम, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी उभिरहेका थिए।
JOH 19:26 जब येशूले त्यहाँ आफ्नी आमालाई र उहाँले धेरै प्रेम गर्नुहुने चेलालाई नजिकैमा उभिरहेको देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्‍नुभयो, “हे नारी! हेर्नुहोस्, तपाईंको छोरा!”
JOH 19:27 अनि चेलालाई उहाँले भन्‍नुभयो, “हेर, तिम्री आमा।” त्यस दिनदेखि त्यस चेलाले येशूकी आमालाई आफ्नै घरमा लगे।
JOH 19:28 अब सबै कुरा सिद्धियो भनी जानेर धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस् भनेर येशूले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो।”
JOH 19:29 त्यहाँ सिर्काले भरिएको एउटा घैँटो राखिएको थियो। तब तिनीहरूले एउटा स्पन्ज त्यसमा डुबाई हिसपको डाँठमा अड्काएर उहाँको ओठमा पुर्‍याइदिए।
JOH 19:30 सिर्का लिनुभएपछि येशूले यसो भन्‍नुभयो, “अब पूरा भयो।” त्यसपछि उहाँले शिर निहुराएर आफ्नो प्राण त्याग्नुभयो।
JOH 19:31 त्यो दिनचाहिँ तयारीको दिन थियो। अनि भोलिपल्ट विशेष शब्बाथ दिन थियो। यहूदीहरूले शब्बाथको दिन लासहरू क्रूसमा रहेको चाहँदैनथिए। त्यसकारण तिनीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर लास झार्न लगाउन बिन्ती गरे।
JOH 19:32 सिपाहीहरू आएर येशूसँगै क्रूसमा टाँगिएका अरू दुई मान्छेहरूका खुट्टा भाँचिदिए।
JOH 19:33 तर सिपाहीहरू येशूकहाँ आउँदा तिनीहरूले उहाँलाई अगि नै मरिसक्नुभएको भेट्टाए। यसकारण तिनीहरूले उहाँका खुट्टा भाँचेनन्।
JOH 19:34 तैपनि एक जना सिपाहीले चाहिँ भालाले उहाँको कोखामा घोच्यो, र त्यहाँबाट तुरुन्तै रगत र पानी निस्क्यो।
JOH 19:35 यो देख्ने मान्छेले आफ्नो साक्षी दिएको छ, र उसको साक्षी सत्य छ। साँच्‍चै बोल्दछु भनी उसले जानेकोले तिमीहरूले पनि विश्‍वास गर्न सक भनेर आफ्नो साक्षी उसले यसरी दिएको हो।
JOH 19:36 “उहाँको एउटै हड्डी पनि भाँचिनेछैन” भन्‍ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुराहरू हुन आएको हो।
JOH 19:37 अनि फेरि अर्को ठाउँमा धर्मशास्त्रले भन्दछ, “जसले उहाँलाई घोचेका थिए, तिनीहरूले उहाँलाई हेर्नेछन्।”
JOH 19:38 त्यसपछि अरिमथियाका योसेफले पिलातसकहाँ गएर उहाँको मृत शरीरलाई लैजान पाऊँ भनी अनुमति मागे। योसेफ येशूका चेला थिए। तर यो कुरा गोप्य थियो; किनकि उनी यहूदी अगुवाहरूदेखि डराउँथे। पिलातसको अनुमति लिएर तिनी आएर उहाँको मृत शरीर लगे।
JOH 19:39 येशूकहाँ राति आउने मानिस निकोदेमस पनि उनीसित साथमा थिए। निकोदेमसले चौँतीस किलो जति मूर्र र एलवाले बनिएको सुगन्धित मिश्रण ल्याए।
JOH 19:40 ती दुईले येशूको लासलाई त्यस सुगन्धित मिश्रणमा राखेर लामो मलमलको कपडामा बेह्रे। यहूदीहरूको लास गाड्ने संस्कार यस्तै थियो।
JOH 19:41 येशू क्रूसमा टँगाइनुभएको ठाउँ नजिकै एउटा बगैँचा थियो। त्यस बगैँचामा एउटा नयाँ चिहान थियो, जसमा कहिल्यै कसैलाई राखिएको थिएन।
JOH 19:42 यहूदीहरूको तयारीको दिन परेकोले अनि त्यो चिहान नजिकै भएकोले गर्दा तिनीहरूले येशूको मृत शरीरलाई त्यही चिहानमा राखे।
JOH 20:1 हप्‍ताको पहिलो दिन, अँध्यारैमा मरियम मग्दलिनी चिहानमा गइन्, र त्यस चिहानको मुखको ढुङ्गा एकातिर हटाइएको देखिन्।
JOH 20:2 तब तिनी दौडिँदै सिमोन पत्रुस र येशूले औधी माया गर्ने अर्को चेलाकहाँ आइन्, र भनिन्, “तिनीहरूले प्रभुको शरीर चिहानबाट लगेछन्; र उहाँलाई कहाँ राखेका छन्, सो हामीलाई थाहा छैन!”
JOH 20:3 तब पत्रुस र ती अर्का चेला चिहानतिर दौडे।
JOH 20:4 पत्रुसलाई उछिनेर ती अर्का चेला पहिले चिहानमा पुगे।
JOH 20:5 तिनले निहुरेर भित्र हेर्दा सुती कपडाका पट्टीहरू मात्र त्यहाँ रहिरहेका देखे, तर उनी भित्र पसेनन्।
JOH 20:6 त्यसै बेला सिमोन पत्रुस आइपुगे, र चिहानभित्र पसे। उनले सुतीको कपडाहरू त्यहीँ रहिरहेका देखे।
JOH 20:7 शिरमा बाँधिएको लास बाँध्ने कपडाचाहिँ सुती कपडाहरूसित होइन, तर अलग्गै एक ठाउँमा पट्याएर राखिएको देखे।
JOH 20:8 आखिरमा चिहानमा पहिले आइपुग्ने अर्का ती चेला पनि भित्र पसे, र त्यो देखेर तिनले विश्‍वास गरे।
JOH 20:9 (तिनीहरूले उहाँ मृतकहरूबाट जीवित भएर उठ्नुपर्छ भन्‍ने धर्मशास्त्रको वचन अहिलेसम्म पनि बुझेकै थिएनन्।)
JOH 20:10 त्यसपछि चेलाहरू आ-आफ्ना घर फर्के।
JOH 20:11 तर मरियम रुँदै चिहानबाहिर उभिरहिन्। तिनले रुँदै चिहानतिर निहुरिएर हेरिन्,
JOH 20:12 अनि त्यहाँ सेतो लुगा पहिरेका दुई स्वर्गदूतहरूलाई येशूको मृत शरीर राखिएको ठाउँमा शिर र खुट्टापट्टि एक-एक जनालाई बसिरहेका देखिन्।
JOH 20:13 ती स्वर्गदूतहरूले सोधे, “हे नारी, तिमी किन रुँदैछ्यौ?” तिनले उत्तर दिइन्, “तिनीहरूले मेरा प्रभुलाई लगेका छन्, र तिनीहरूले उहाँलाई कहाँ राखेका छन्, मलाई थाहा छैन।”
JOH 20:14 तब यसो भनेर तिनले पछि फर्केर हेरिन्, र येशूलाई उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनेर चाहिँ चिनिनन्।
JOH 20:15 “हे नारी! तिमी किन रुँदैछ्यौ?” उहाँले तिनलाई सोध्नुभयो, “तिमी कसलाई खोज्दैछ्यौ?” तिनीसँग बोल्ने व्यक्ति माली पो रहेछ भनी तिनले सोचिन् र भनिन्, “हजुर, तपाईंले उहाँलाई लैजानुभएको छ भने तपाईंले उहाँलाई कहाँ राख्नुभएको छ, मलाई भन्‍नुहोस्, र म उहाँलाई लैजानेछु।”
JOH 20:16 येशूले तिनलाई भन्‍नुभयो, “मरियम!” तिनी उहाँतिर फर्किन् र आरामाईक भाषामा चिच्याएर भनिन्, “रब्बोनी!” (जसको अर्थ हो, गुरुज्यू)।
JOH 20:17 येशूले भन्‍नुभयो, “मलाई नछोऊ, किनकि म अझै पिताकहाँ गएको छैनँ। बरु जाऊ, र मेरा भाइहरूलाई भेटेर ‘म मेरा पिता र तिमीहरूका पिता अर्थात् मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जाँदैछु’ भन्‍ने समाचार भनिदेऊ।”
JOH 20:18 मरियम मग्दलिनी चेलाहरूकहाँ आइन् र भनिन्, “मैले प्रभुलाई देखेँ।” अनि प्रभुले यी कुराहरू तिनलाई भन्‍नुभएको हो भनी तिनले भनिन्।
JOH 20:19 त्यही दिन, हप्‍ताको पहिलो दिनको साँझमा, चेलाहरू; यहूदी अगुवाहरूको डरले ढोकाहरू बन्द गरी भेला भएकै बेलामा येशू आउनुभयो र तिनीहरूका बीचमा उभिएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्!”
JOH 20:20 यति भनिसक्नुभएपछि येशूले आफ्ना हातहरू र कोखा तिनीहरूलाई देखाउनुभयो। तब प्रभुलाई देखेर चेलाहरू अत्यन्तै आनन्दित भए।
JOH 20:21 येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्! पिताले मलाई पठाउनुभएझैँ, म पनि तिमीहरूलाई पठाउँदैछु।”
JOH 20:22 त्यसपछि उहाँले तिनीहरूमाथि आफ्नो सास फुकिदिनुभयो र भन्‍नुभयो, “पवित्र आत्मा लेओ।
JOH 20:23 यदि तिमीहरूले कसैको पाप क्षमा गर्‍यौ भने ती क्षमा हुन्छन्, र तिमीहरूले क्षमा गरेनौ भने ती क्षमा हुनेछैनन्।”
JOH 20:24 बाह्र चेलाहरूमध्ये एक जना “दिदुमस” भन्‍ने थोमा येशू आउनुहुँदा तिनीहरूसित थिएनन्।
JOH 20:25 “हामीले प्रभुलाई देख्यौँ” भनेर अरू चेलाहरूले थोमालाई भने। तर तिनले तिनीहरूलाई यसो भने, “उहाँको हातमा काँटीहरूका डोब नदेखेसम्म, र काँटीहरूका डोबमा मेरा औँलाहरू नहालेसम्म, र उहाँको कोखामा मेरो हात नराखेसम्म, म यो कुरा विश्‍वास गर्नेछैनँ।”
JOH 20:26 एक हप्‍तापछि उहाँका चेलाहरू फेरि घरमा भेला हुँदा थोमा पनि तिनीहरूसँग थिए। ढोका बन्द भए तापनि येशू तिनीहरूका बीचमा आउनुभयो, र तिनीहरूका सामु उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्!”
JOH 20:27 त्यसपछि थोमालाई उहाँले भन्‍नुभयो, “तिम्रा औँलाहरू यहाँ राख, र मेरा हातहरू हेर; अनि तिम्रा हात मेरा कोखामा राख। अब उसो अविश्‍वासी नहोऊ, तर विश्‍वासी होऊ।”
JOH 20:28 थोमाले उहाँलाई भने, “हे मेरा प्रभु, हे मेरा परमेश्‍वर!”
JOH 20:29 त्यसपछि येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ; तर मलाई नदेखिकन पनि विश्‍वास गर्नेहरू धन्यका हुन्।”
JOH 20:30 येशूले आफ्ना चेलाहरूका अगि अरू पनि धेरै अलौकिक चिन्हहरू गर्नुभयो, जुन यस पुस्तकमा लेखिएका छैनन्।
JOH 20:31 तर यो लेखिएको छ, कि तिमीहरूले येशू नै परमेश्‍वरका पुत्र, ख्रीष्‍ट हुनुहुन्छ भनेर विश्‍वास गर। अनि विश्‍वास गरेको कारण तिमीहरूले उहाँको नाममा जीवन प्राप्‍त गर्न सक।
JOH 21:1 यसपछि येशू तिबेरियास तालको किनारमा फेरि चेलाहरूकहाँ देखा पर्नुभयो; अनि यो यस प्रकारले भयो:
JOH 21:2 सिमोन पत्रुस, थोमा (दिदुमस), गालीलको कानाका नथानेल, जब्दीका छोराहरू र अरू दुई चेलाहरू सँगसँगै थिए।
JOH 21:3 सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जान्छु।” अनि तिनीहरूले भने, “हामी पनि तिमीसँगै जान्छौँ।” अनि तिनीहरू गए, र डुङ्गामा चढे; तर तिनीहरूले रातभरि पनि एउटै माछा मार्न सकेनन्।
JOH 21:4 बिहानको मिरमिरेमा येशू किनारमा उभिनुभएको थियो; तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिन्‍न सकेनन्।
JOH 21:5 उहाँले तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “हे बालकहरू हो! तिमीहरूसँग केही माछाहरू छन् कि?” “छैन,” तिनीहरूले उत्तर दिए।
JOH 21:6 उहाँले फेरि भन्‍नुभयो, “डुङ्गाको दाहिनेपट्टि जाल हान, र तिमीहरूले केही भेट्टाउनेछौ।” तिनीहरूले त्यसै गरे, र जालमा यति धेरै माछाहरू पर्‍यो कि तिनीहरूले जाल तान्‍नै सकेनन्।
JOH 21:7 तब येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु नै हुनुहुन्छ! उहाँ प्रभु हुनुहुन्छ,” भन्‍ने सुन्‍नसाथ सिमोन पत्रुसले आफ्नो खास्टो कम्मरमा बेह्रेर पानीमा हाम फाले (किनकि तिनले लुगा फुकालेका थिए)।
JOH 21:8 अरू चेलाहरू एउटा सानो डुङ्गामा माछाले भरिएका जाललाई तान्दै आए। किनकि किनार प्रायः नब्बे मिटर जति मात्र टाढा थियो।
JOH 21:9 किनारमा आइपुगेपछि तिनीहरूले आगोको भुङ्ग्रोमा माछा राखिएका र केही रोटी देखे।
JOH 21:10 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका माछाबाट केही ल्याओ।”
JOH 21:11 सिमोन पत्रुसले डुङ्गामा चढेर जाललाई तानेर किनारमा ल्याए। गन्ती गर्दा एक सय त्रिपन्‍न वटा ठूला-ठूला माछा परेका रहेछन्, तर यति धेरै भए तापनि जाल फाटेको थिएन।
JOH 21:12 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आएर खाओ।” चेलाहरूले उहाँलाई “तपाईं को हुनुहुन्छ?” भनी सोध्ने हिम्मत गरेनन्। उहाँ प्रभु हुनुहुन्छ भनी तिनीहरूले जान्दथे।
JOH 21:13 येशू आएर रोटी लिनुभयो; र तिनीहरूलाई दिनुभयो, र माछा पनि दिनुभयो।
JOH 21:14 येशू मृत्युबाट जीवित हुनुभएपछि चेलाहरूसँग देखा पर्नुभएको यो तेस्रोपल्ट थियो।
JOH 21:15 तिनीहरूले भोजन गरिसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “ए यूहन्‍नाका छोरा सिमोन, यिनीहरूभन्दा के तिमी मलाई बढ्ता प्रेम गर्छौ?” पत्रुसले भने, “ज्यू प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्‍ने कुरा तपाईं जान्‍नुहुन्छ।” येशूले भन्‍नुभयो, “मेरा साना भेडाहरूलाई खुवाऊ।”
JOH 21:16 येशूले प्रश्न दोहोर्‍याउनुभयो, “ए यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले भने, “हजुर प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्‍ने कुरा तपाईं जान्‍नुहुन्छ।” “मेरा भेडाहरूको राम्ररी हेरचाह गर,” येशूले भन्‍नुभयो।
JOH 21:17 उहाँले तेस्रोपल्ट तिनलाई भन्‍नुभयो, “ए यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई साँच्‍चै प्रेम गर्छौ?” येशूले तेस्रोपल्ट “के तिमी मलाई प्रेम गर्दछौ?” भनी सोध्नुभएकोमा पत्रुस दुःखित भए। उनले भने, “प्रभु! तपाईं सबै कुरा जान्‍नुहुन्छ। तपाईंलाई थाहा छ, म तपाईंलाई प्रेम गर्छु।” येशूले भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ।
JOH 21:18 म तिमीलाई साँचो-साँचो भन्दछु, जब तिमी जवान थियौ, तब आफैँ लुगा लगाउँथ्यौ, र आफ्नो इच्छाअनुसार जहाँकहीँ पुग्न सक्थ्यौ। तर जब तिमी बूढा हुनेछौ, तब तिमीले आफ्ना हातहरू पसार्नेछौ, र अरूले तिमीलाई लुगा लगाइदिनेछ र तिमीले नचाहेको ठाउँमा तिमीलाई लैजानेछ।”
JOH 21:19 पत्रुसको मृत्युद्वारा कसरी परमेश्‍वरको महिमा हुनेछ भनी त्यसको जानकारी दिन येशूले उनलाई यसो भन्‍नुभएको थियो। त्यसपछि उहाँले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ!”
JOH 21:20 पत्रुसले पछिल्तिर फर्केर हेर्दा येशूले प्रेम गर्नुभएको चेलाले उहाँहरूलाई पछ्याउँदै गरेको देखे। (बेलुकीको भोजनमा उहाँसँग अडिएर, “गुरुज्यू, हामीमध्ये तपाईंलाई कसले चाहिँ विश्‍वासघात गर्नेछ?” भनेर सोध्ने व्यक्ति यिनै थिए।)
JOH 21:21 तिनलाई देखेर पत्रुसले येशूलाई सोधे, “प्रभु! यिनको चाहिँ के हुने हो?”
JOH 21:22 येशूले उत्तर दिनुभयो, “यदि मैले म फर्किनआउन्जेल उनी बाँचिरहून् भनी चाहना गरेँ भने पनि यसको तिमीलाई के सरोकार? तिमीले चाहिँ मलाई पछ्याऊ!”
JOH 21:23 यसकारण विश्‍वासीहरूका बीचमा त्यो चेलाचाहिँ मर्नेछैन भन्‍ने हल्‍ला फिँजियो, तर येशूले तिनी मर्नेछैनन् भनी भन्‍नुभएको थिएन। उहाँले यति मात्र भन्‍नुभएको थियो, “यदि मैले म फर्किनआउन्जेल उनी बाँचिरहून् भन्‍ने चाहना गरेँ भने तापनि यसको तिमीलाई के सरोकार?”
JOH 21:24 यी कुराको विषयमा साक्षी दिने, र लेख्ने चेला यिनै हुन्। अनि हामी जान्दछौँ, यिनको साक्षी सत्य छ।
JOH 21:25 येशूले गर्नुभएका अरू पनि धेरै कामहरू छन्। यदि ती सबै एक-एक गरी लेखिएका भए मेरो अनुमानमा लेखिएका ती पुस्तकहरू संसारभरि पनि अटाउनेथिएनन् होला।
ACT 1:1 प्रिय थियोफिलस, मैले मेरो पहिलो पुस्तकमा येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका बारेमा लेखेको छु।
ACT 1:2 उहाँले चुन्‍नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा आज्ञा दिनुभएको दिनदेखि उहाँ स्वर्गमा उठाएर लगिनुभएको दिनसम्मको वृत्तान्त मैले मेरो त्यसै पुस्तकमा वर्णन गरिसकेको छु।
ACT 1:3 आफूले दुःख सहनुभएपछि, उहाँ ती मानिसहरूका सामु प्रकट हुनुभयो र आफू जीवित हुनुभएको विश्‍वासलाग्दा धेरै प्रमाणहरू तिनीहरूलाई दिनुभयो। तिनीहरूका सामु उहाँ चालीस दिनसम्म देखा परिरहनुभयो र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो।
ACT 1:4 तिनीहरूसँगै भोजन गरिरहेको बेला एकपल्ट तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो: “मैले तिमीहरूलाई भनेका मेरा पिताको प्रतिज्ञाको वरदानलाई पर्खेर बस्‍नू। त्यो प्राप्‍त नभएसम्म यरूशलेमलाई नछोड्नू।
ACT 1:5 किनकि यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर केही दिनमा तिमीहरूले पवित्र आत्माले बप्‍तिस्मा पाउनेछौ।”
ACT 1:6 तब तिनीहरू उहाँको वरिपरि भेला भए र उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले यसै समयमा इस्राएलको राज्य पुनर्स्थापना गराउनुहुन्छ?”
ACT 1:7 उहाँले तिनीहरूलाई भन्‍नुभयो: “पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको समय वा मिति जान्‍ने काम तिमीहरूको होइन।
ACT 1:8 तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ; र तिमीहरू यरूशलेममा, सम्पूर्ण यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म नै मेरा साक्षी हुनेछौ।”
ACT 1:9 उहाँले यति भनिसक्नुभएपछि तिनीहरूका आँखाकै सामु उहाँ माथि स्वर्गमा लगिनुभयो। अनि तिनीहरूको दृष्‍टिबाट उहाँ बादलभित्र लोप हुनुभयो।
ACT 1:10 उहाँ आकाशतिर माथि जाँदै गर्नुहुँदा तिनीहरू एक टकले हेरिरहेका थिए, तब त्यसै बेला अकस्मात् सेता पोशाकमा दुई जना मानिस तिनीहरूका नजिक प्रकट भए।
ACT 1:11 तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, आकाशतिर हेर्दै तिमीहरू किन उभिरहेका छौ? तिमीहरूका बीचबाट स्वर्ग लगिइनुभएको यही येशू, जसरी अहिले स्वर्ग जानुभएको तिमीहरूले देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।”
ACT 1:12 त्यसपछि प्रेरितहरू जैतुनको पहाड भनिने डाँडाबाट यरूशलेम फर्के। यो ठाउँ यरूशलेम सहरदेखि झण्डै एक शब्बाथ दिनको बाटो टाढा पर्दछ।
ACT 1:13 तिनीहरू त्यहाँ आइपुगेपछि, तिनीहरू आफू बसेको माथिल्‍लो तलाको कोठामा गए। त्यहाँ पत्रुस, यूहन्‍ना, याकोब र अन्द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ती, अल्फयसको छोरा याकोब र सिमोन कनानी र याकोबको छोरा यहूदा उपस्थित थिए।
ACT 1:14 येशूकी आमा मरियम, उहाँका भाइहरू र अन्य महिलाहरूसँग मिलेर तिनीहरू निरन्तर प्रार्थनामा लागिरहे।
ACT 1:15 ती दिनमा पत्रुस, दाजुभाइ-दिदीबहिनीहरूका (तिनीहरूका संख्या करिब एक सय बीस थियो) बीचमा उभिए,
ACT 1:16 र भने, “दाजुभाइ-दिदीबहिनीहरू हो, येशूलाई पक्राउनेहरूको अगुवा यहूदाको बारेमा पवित्र आत्माले दावीदको मुखद्वारा जे वचन धेरै पहिल्यै बोल्नुभएको थियो, पवित्रशास्त्रको त्यो वचन पूरा हुनैपर्थ्यो।
ACT 1:17 किनकि त्यो पनि हामीहरूमध्येकै एक थियो, र त्यो हाम्रै सेवाको एउटा साझेदार पनि थियो।”
ACT 1:18 (आफ्नो दुष्‍टतापूर्ण कामको इनामबाट यहूदाले एउटा खेत किन्यो। त्यही खेतमा त्यो उँधोमुन्टो भई खस्यो र त्यसको भुँडी फुट्यो, र त्यसका सबै आन्द्राभुँडी बाहिर छरपस्ट भए।
ACT 1:19 यरूशलेमका हरेक मानिसले यो कुरा थाहा पाए। यसैकारण तिनीहरूले आफ्नो भाषामा त्यस खेतलाई आखेल्दामा अर्थात् रगतको खेत भनी नाम राखे।)
ACT 1:20 पत्रुसले भने, “किनकि भजनहरूको पुस्तकमा लेखिएको छ, “ ‘त्यसको ठाउँ उजाड होस्; त्यहाँ बास गर्ने कोही नहोस्,’ र, “ ‘त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्।’
ACT 1:21 यसैकारण एक जना यस्तो व्यक्ति छान्‍नु आवश्यक छ, जो प्रभु येशू हाम्रा साथमा हुनुहुँदा सबै कुराको साक्षी थियो।
ACT 1:22 त्यो मानिस यूहन्‍नाको बप्‍तिस्माको समयदेखि सुरु गरेर येशू हामीबाट माथि उठाइ लगिइनुभएको बेलासम्म हामीसँगै रहेको हुनुपर्दछ। किनकि तीमध्ये एक जना हामीसँगै उहाँ पुनरुत्थान हुनुभएको साक्षी हुनैपर्दछ।”
ACT 1:23 त्यसैले तिनीहरूले बर्साबास भनिने योसेफ (जसलाई युस्तस पनि भनिन्थ्यो) र मतियास गरी दुई जनालाई प्रस्ताव गरे।
ACT 1:24 अनि तिनीहरूले प्रार्थना गरे, “प्रभु, तपाईं सबै मानिसहरूका हृदयका कुरा जान्‍नुहुन्छ। यी दुईमध्ये कसलाई तपाईंले छनौट गर्नुभएको छ, हामीलाई देखाइदिनुहोस्।
ACT 1:25 अनि त्यसले यो प्रेरितको सेवाको काम गर्न सकोस्, जुन सेवाका निम्ति छानिएको ठाउँ छोडेर यहूदा आफ्नो निज ठाउँमा गयो।”
ACT 1:26 त्यसपछि तिनीहरूले गोला हाले, र गोला मतियासको नाममा पर्‍यो। त्यसैले तिनी एघार प्रेरितहरूसँग थपिए।
ACT 2:1 जब पेन्तिकोस्टको दिन आइपुग्यो, तब तिनीहरू सबै एकै ठाउँमा एकसाथ भेला भएका थिए।
ACT 2:2 अचानक त्यहाँ स्वर्गबाट ठूलो बतास हुरी चलेजस्तै एउटा ठूलो आवाज आयो, र तिनीहरू बसेको पूरै घरलाई त्यसले भरिदियो।
ACT 2:3 अनि तिनीहरूले आगोका ज्वालाका जिब्राहरूझैँ देखे, र ती तिनीहरू हरेकमाथि आएर बसे।
ACT 2:4 तिनीहरू सबै पवित्र आत्माले भरिए। तब पवित्र आत्माले तिनीहरूलाई सामर्थ बनाउनुभएअनुसार अन्य भाषाहरूमा बोल्न थाले।
ACT 2:5 त्यस समयमा स्वर्गको मुनि भएका हरेक राष्ट्रबाट परमेश्‍वरको भय मान्‍ने यहूदीहरू यरूशलेममा बसेका थिए।
ACT 2:6 जब तिनीहरूले यो आवाज सुने, तब अति आश्‍चर्यचकित हुँदै एउटा भीड त्यहाँ जम्मा भयो। किनकि तिनीहरू हरेकले तिनीहरूका आ-आफ्नै भाषामा बोलिरहेका सुने।
ACT 2:7 अनि तिनीहरूले एकदमै अचम्म मानेर प्रश्न गरे: “यी बोल्ने मानिसहरू सबै गालीली होइनन् र?
ACT 2:8 तब कसरी तिनीहरू हरेकले हाम्रै मातृभाषामा बोलिरहेका हामी सुन्दैछौँ?
ACT 2:9 हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, मेसोपोटामिया बासी, यहूदिया, कापाडोकिया, पोन्टस र एशियाका,
ACT 2:10 अनि फ्रिगिया र पामफिलिया, इजिप्ट र साइरिनीमा पर्ने लिबियाका धेरैजसो क्षेत्रहरूका बासिन्दाहरू छौँ, र रोमबाट आएका परदेशीहरू
ACT 2:11 (यहूदी र यहूदी धर्म मान्‍नेहरू दुवै); क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौँ। सबैले हाम्रा आ-आफ्नै भाषामा परमेश्‍वरको अद्‌भुत कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौँ!”
ACT 2:12 तिनीहरू अचम्म र अन्योलमा परे, र एक-अर्कालाई प्रश्न गर्न थाले, “यसको अर्थ के हो?”
ACT 2:13 तर कतिले चाहिँ तिनीहरूलाई हाँसो गरेर भने, “तिनीहरू धेरै मद्य पिएर मातेका छन्।”
ACT 2:14 तब पत्रुस एघार जनासँग उभिए। अनि उच्‍च सोरमा भीडलाई यसरी सम्बोधन गरे: “यहूदी मित्रहरू र यरूशलेममा बस्‍नुहुने तपाईं सबै मानिसहरू हो, तपाईंहरूसमक्ष यसको अर्थ मलाई वर्णन गर्न दिनुहोस्। अनि म जे भन्छु, त्यो ध्यानपूर्वक सुन्‍नुहोस्।
ACT 2:15 तपाईंहरूले ठानेझैँ यी मानिसहरू मातेका छैनन्। किनकि अहिले बिहानको नौ मात्र बजेको छ!
ACT 2:16 तर यो त अगमवक्ता योएलद्वारा बोलिएको कुरा नै हो:
ACT 2:17 “ ‘अन्तिम दिनहरूमा यस्तो हुनेछ भनी परमेश्‍वर भन्‍नुहुन्छ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु। तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्; तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्, तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्।
ACT 2:18 ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू, स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु। अनि तिनीहरूले अगमवाणी बोल्नेछन्।
ACT 2:19 अनि माथि आकाशमा अद्‌भुत कार्यहरू देखाउनेछु, र तल पृथ्वीमा म अलौकिक चिन्हहरू देखाउनेछु, रगत, आगो र धुवाँका मुस्लाहरू।
ACT 2:20 प्रभुको महान् र गौरवशाली दिन आउनुभन्दा अगि सूर्य अन्धकारमा परिवर्तन हुनेछ, र चन्द्रमा रगतजस्तै रातो हुनेछ।
ACT 2:21 अनि प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।’
ACT 2:22 “हे इस्राएलका मानिसहरू हो, यो कुरा राम्रोसँग बुझ्नुहोस्: नासरतका येशू यस्तो मानिस हुनुहुन्थ्यो, जसलाई परमेश्‍वरले तपाईंहरूका सामु अचम्मका कामहरू, अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरूद्वारा प्रमाणित गर्नुभयो, जुन तपाईंहरू सबैले जान्‍नुभएकै कुरा हो। यी कामहरू परमेश्‍वरले उहाँद्वारा तपाईंहरूका बीचमा गराउनुभएको हो।
ACT 2:23 आफ्नो निश्‍चित योजना र पूर्वज्ञानद्वारा यी व्यक्तिलाई परमेश्‍वरले तपाईंहरूमा सुम्पनुभएको थियो। उहाँ येशूलाई अधर्मी मानिसहरूको मदतद्वारा क्रूसमा काँटी ठोकी झुण्ड्याएर मार्ने काम तपाईंहरूले गर्नुभयो;
ACT 2:24 तर मृत्युको पीडाबाट छुटकारा दिलाउँदै परमेश्‍वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो; किनकि मृत्युले उहाँलाई आफ्नो अधीनमा राखिरहन असम्भव थियो।
ACT 2:25 दावीदले उहाँको बारेमा भनेका थिए: “ ‘मेरो सामु प्रभुलाई मैले सधैँ देखेँ। उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ।
ACT 2:26 यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीर पनि आशामा बाँच्नेछ;
ACT 2:27 किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।
ACT 2:28 जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।’
ACT 2:29 “हे सङ्गी भाइहरू हो, म तपाईंहरूलाई निश्‍चयतासाथ भन्‍न सक्छु: हाम्रा पुर्खा दावीद मरेर गाडिएका थिए, र उनको चिहान आजसम्म पनि छँदैछ।
ACT 2:30 तर उनी एउटा अगमवक्ता थिए र उनकै सन्तानमध्ये एक जनालाई परमेश्‍वरले उनको सिंहासनमा बसाल्नुहुनेछ भनेर उहाँले शपथ खाएर उनीसँग प्रतिज्ञा गर्नुभएको कुरा उनलाई थाहा थियो।
ACT 2:31 पछि हुने घटना पहिले नै थाहा पाएकाले उनले ख्रीष्‍ट पुनरुत्थान हुनुहुनेछ भन्‍ने विषयमा बोले। उहाँ न चिहानमा त्यसै छोडिनुभयो, न त उहाँको शरीर कुहियो।
ACT 2:32 परमेश्‍वरले यही येशूलाई जीवित पार्नुभयो, र हामी सबै यस तथ्यका साक्षी छौँ।
ACT 2:33 परमेश्‍वरको दाहिने हातपट्टि उहाँले उच्‍च स्थान पाउनुभयो। अनि पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा प्राप्‍त गर्नुभयो। अनि त्यसैलाई खन्याइदिनुभयो, जुन तपाईंहरू अहिले देख्दै र सुन्दै हुनुहुन्छ।
ACT 2:34 किनकि दावीद स्वर्गमा उचालिएनन्, तैपनि उनले यसो भने, “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: “मेरो दाहिने हातपट्टि बस
ACT 2:35 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ।” ’
ACT 2:36 “त्यसैकारण सबै इस्राएलीहरूले यो कुरा निश्‍चयताका साथ जानून्, तपाईंहरूले क्रूसमा टाँग्नुभएको यही येशूलाई परमेश्‍वरले प्रभु र ख्रीष्‍ट दुवै बनाउनुभएको छ।”
ACT 2:37 जब जम्मा भएका मानिसहरूले यो कुरा सुने, तब तिनीहरूको हृदय छिया-छिया भयो! अनि तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए भाइहरू हो, अब हामीले के गरौँ?”
ACT 2:38 पत्रुसले जवाफ दिए, “तपाईंहरूले गरेका पाप क्षमाका निम्ति पश्‍चात्ताप गर्नुहोस्, र येशू ख्रीष्‍टको नाममा तपाईंहरू हरेकले बप्‍तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नुहुनेछ।
ACT 2:39 किनकि परमेश्‍वरले यो प्रतिज्ञा तपाईंहरूका निम्ति, र तपाईंका सन्तानका निम्ति र टाढा-टाढा बस्‍नेहरूका निम्ति गर्नुभएको हो। ती सबैका निम्ति, जसलाई प्रभु हाम्रा परमेश्‍वरले बोलाउनुहुन्छ।”
ACT 2:40 अरू पनि धेरै कुराहरू भनेर तिनले उनीहरूलाई चेतावनी दिए; र तिनीहरूलाई अर्ती दिँदै यसो भने, “यो भ्रष्‍ट पुस्ताबाट आफूलाई बचाउनुहोस्।”
ACT 2:41 तिनका अर्ती मान्‍नेहरू सबैले बप्‍तिस्मा पाए, र त्यस दिन करिब तीन हजार जति मानिसहरू तिनीहरूका संख्यामा थपिए।
ACT 2:42 तिनीहरूले प्रेरितहरूका शिक्षा, सङ्गति, रोटी भाँच्ने काम र प्रार्थनामा आफूलाई भक्तिसाथ लगाइराखे।
ACT 2:43 प्रेरितहरूद्वारा धेरै अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरू गरिएको देखेर सबै भयभीत भए।
ACT 2:44 सबै विश्‍वासीहरू एकैसाथ बस्थे, र सबै थोक तिनीहरूमा साझा थिए।
ACT 2:45 आफ्ना सम्पत्ति र मालमत्ताहरू बेचेर जसलाई खाँचो पर्थ्यो, त्यसलाई तिनीहरूले दिन्थे।
ACT 2:46 तिनीहरू हरेक दिन मन्दिरका आँगनहरूमा एकसाथ भेट्ने गर्थे। अनि घर-घरमा रोटी भाँच्दै एकैसाथ शुद्ध हृदयले आनन्दसाथ खान्थे।
ACT 2:47 अनि परमेश्‍वरको प्रशंसा गर्दै, र सबै मानिसहरूको स्‍नेह पाउँदै बस्थे। तिनीहरूका संख्यामा परमेश्‍वरले उद्धार पाउनेहरूलाई दिनदिनै थप्दै जानुहुन्थ्यो।
ACT 3:1 एक दिन पत्रुस र यूहन्‍ना दिउँसोको तीन बजेतिर प्रार्थनाका निम्ति मन्दिरतिर गइरहेका थिए।
ACT 3:2 त्यहाँ जन्मैदेखिको एउटा लङ्गडो मानिसलाई बोकेर मन्दिरको सुन्दर भनिने ढोकातिर लगिँदैथियो। त्यसलाई सधैँ नै त्यस ढोकामा त्यसरी नै लगेर राखिन्थ्यो, त्यहीँ बसेर त्यसले मन्दिर जाने मानिसहरूसँग भीख माग्ने गर्दथ्यो।
ACT 3:3 जब लङ्गडोले पत्रुस र यूहन्‍नालाई मन्दिरभित्र पस्‍न लागेको देख्यो, तब त्यसले तिनीहरूसँग पैसा माग्यो।
ACT 3:4 पत्रुस र यूहन्‍नाले त्यसलाई नियालेर हेरे, तब पत्रुसले भने, “हामीतिर हेर!”
ACT 3:5 त्यसपछि उनीहरूबाट केही पाउने आशा राख्दै त्यसले ध्यान दिएर उनीहरूलाई हेर्‍यो।
ACT 3:6 पत्रुसले भने, “मसँग सुन वा चाँदी छैन। तर जे मसँग छ, त्यो तिमीलाई दिन्छु। नासरतका येशू ख्रीष्‍टको नाममा तिमी हिँडिहाल।”
ACT 3:7 यति भनेर आफ्नो दाहिने हातले त्यस लङ्गडोलाई समातेर उनले उठाउन थाले। तब त्यस मानिसको खुट्टा र गोलीगाँठाहरूमा तुरुन्तै बल आयो।
ACT 3:8 त्यो आफ्नो खुट्टाका बलले बुरुक्‍क उफ्रियो र हिँड्न थाल्यो। त्यसपछि तिनीहरूसँगै त्यो मानिस हिँड्दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै मन्दिरका आँगनहरूमा गयो।
ACT 3:9 जब सबै मानिसहरूले त्यसलाई हिँडिरहेको र परमेश्‍वरको प्रशंसा गरिरहेको देखे,
ACT 3:10 मन्दिरको सुन्दर भनिने मूलढोकामा बसेर सधैँ भीख माग्ने मानिस त्यही नै हो भनी तिनीहरूले चिने। तब त्यो लङ्गडो राम्रोसँग हिँड्न सकेको देखेर तिनीहरू आश्‍चर्यचकित भए, र अचम्म माने।
ACT 3:11 त्यो भीख माग्नेले पत्रुस र यूहन्‍नालाई समातेर आएको देखेर त्यहाँ भएका सबै मानिसहरू आश्‍चर्यमा परे। तिनीहरू मन्दिरभित्रको सोलोमन नामको दलानमा दगुर्दै आए।
ACT 3:12 यो देखेर पत्रुसले तिनीहरूलाई यसो भने: “हे इस्राएलका मानिसहरू हो, यस कुरामा तपाईंहरू किन आश्‍चर्यचकित मान्‍नुहुन्छ? मानौँ हाम्रा आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यस मानिसलाई हिँडाउन सकेको भनी ठान्दै, किन तपाईंहरू हामीलाई आश्‍चर्यका साथ हेर्दै हुनुहुन्छ?
ACT 3:13 अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर, हाम्रा पुर्खाका परमेश्‍वरले आफ्नो सेवक येशूलाई महिमित गर्नुभयो। तपाईंहरूले उहाँलाई मृत्युको मुखमा पठाउनुभयो, र पिलातसले उहाँलाई छोडिदिने निर्णय गर्दासमेत तपाईंहरूले अस्वीकार गर्नुभयो।
ACT 3:14 तब तपाईंहरूले एउटा पवित्र, धर्मी जनलाई अस्वीकार गर्नुभयो, तर त्यसको साटो एउटा हत्यारालाई छोडिदिने माग गर्नुभयो।
ACT 3:15 तपाईंहरूले जीवनको सृष्‍टिकर्तालाई मार्नुभयो। तर परमेश्‍वरले उहाँलाई मरेकाबाट जीवित पार्नुभयो। हामी यस तथ्यका साक्षी छौँ।
ACT 3:16 येशूको नाममा विश्‍वास गर्नाले नै तपाईंहरूले देख्नुभएको र चिन्‍नुभएको यो मानिस आज आफ्नै खुट्टामा उभिन सक्ने भएको छ। येशूको नाम र उहाँबाट आउने विश्‍वासका कारणले नै यो मानिस पूर्ण निको भयो, जुन कुरा तपाईंहरू देख्दैहुनुहुन्छ।
ACT 3:17 “अब प्रभुमा दाजुभाइ-दिदीबहिनीहरू हो, यो मलाई थाहा छ, तपाईंका शासकहरूले गरेजस्तै, तपाईंहरूले अनजानमा यस्तो काम गर्नुभयो।
ACT 3:18 तर परमेश्‍वरका ख्रीष्‍टले दुःख भोग्नुपर्नेछ भनी उहाँले सबै अगमवक्ताहरूद्वारा जसरी अगमवाणी गर्नुभएको थियो, त्यसरी नै उहाँले त्यसलाई पूरा गर्नुभयो।
ACT 3:19 त्यसैकारण पश्‍चात्ताप गर्नुहोस् र परमेश्‍वरतिर फर्कनुहोस्; ताकि तपाईंहरूको पाप मेटिऊन् र परमप्रभुबाट तपाईंहरूमा आनन्दको समय आओस्।
ACT 3:20 अनि उहाँले तपाईंहरूका उद्धारको निम्ति नियुक्त गरिनुभएका येशू, अर्थात् ख्रीष्‍टलाई पठाउनुहुनेछ।
ACT 3:21 आफ्ना पवित्र अगमवक्ताहरूद्वारा अनन्तकालदेखि परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ, सबै कुरा उहाँले फेरि पुनर्स्थापना नगरुन्जेल येशू स्वर्गमै विराजमान हुनुपर्दछ।
ACT 3:22 किनकि मोशाले भनेका छन्, ‘तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनका सबै कुरा सुन्‍नुपर्छ।
ACT 3:23 उहाँको वचनहरू कसैले सुन्दैन भने आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्नेछ।’
ACT 3:24 “वास्तवमा, शमूएलदेखिका सबै अगमवक्ताहरूमध्ये, जोजतिले बोलेका छन्, ती सबैले यी दिनहरूमा भएका घटनाहरूका बारेमा अगमवाणी गरेका हुन्।
ACT 3:25 तिमीहरू अगमवक्ताहरूका र करारका सन्तान हौ, जुन करार परमेश्‍वरले तिमीहरूका पुर्खाहरूसँग गर्नुभएको थियो। उहाँले अब्राहामलाई भन्‍नुभएको थियो, ‘तेरा सन्तानहरूद्वारा पृथ्वीका सबै मानिसहरूले आशिष् पाउनेछन्।’
ACT 3:26 जब परमेश्‍वरले आफ्नो सेवकलाई जीवित पार्नुभयो, तब तिमीहरू सबैलाई दुष्‍ट मार्गबाट फर्काएर आशिष् दिन परमेश्‍वरले सबैभन्दा पहिले उहाँलाई तिमीहरूकहाँ नै पठाउनुभयो।”
ACT 4:1 पत्रुस र यूहन्‍ना जुन बेला मानिसहरूका सामु बोलिरहेका थिए, त्यसै समयमा पुजारीहरू, मन्दिरका रक्षकहरूका सेनापति र सदुकीहरू तिनीहरूकहाँ आए।
ACT 4:2 तिनीहरू निकै चिढिएका थिए। किनकि प्रेरितहरूले मानिसहरूलाई उपदेश दिँदै येशूमा मरेकाहरू पुनरुत्थान पारिन्छन् भन्‍ने घोषणा गरिरहेका थिए।
ACT 4:3 त्यसैले तिनीहरूले पत्रुस र यूहन्‍नालाई बन्दी बनाए। त्यस बेला साँझ परिसकेको हुनाले तिनीहरूले उनीहरूलाई अर्को दिनसम्मका निम्ति झ्यालखानामा हाले।
ACT 4:4 तर उनीहरूको वचन सुन्‍नेहरूमध्ये धेरै जनाले त्यसमा विश्‍वास गरे। यसरी विश्‍वास गर्नेहरूको संख्या बढेर प्रायः पाँच हजार पुग्यो।
ACT 4:5 भोलिपल्ट तिनीहरूका शासकहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू यरूशलेममा भेला भए।
ACT 4:6 प्रधान पुजारी हन्‍नास त्यहाँ थिए। त्यसै गरी कैयाफा, यूहन्‍ना, अलेक्जेन्डर र प्रधान पुजारीको परिवारका अन्य मानिसहरू पनि त्यहाँ थिए।
ACT 4:7 तिनीहरूले पत्रुस र यूहन्‍नालाई आफ्ना सामु उपस्थित गराए। अनि तिनीहरूसँग प्रश्न गर्न थाले: “कसको शक्तिबाट वा कसको नाममा तिमीहरूले यो गरेका हौ?”
ACT 4:8 त्यसपछि पवित्र आत्माले भरिएर पत्रुसले तिनीहरूलाई यस्तो जवाफ दिए: “हे जनताका शासकहरू र प्रधानहरू हो!
ACT 4:9 हामीले एउटा लङ्गडो मानिसप्रति देखाएको दयालु कामको हिसाब मागिन्छ, र ऊ कसरी निको भयो भनी प्रश्न गरिन्छ भने,
ACT 4:10 तपाईं र इस्राएलका सबै मानिसहरूलाई यो कुरा थाहा होस्: नासरतका येशू ख्रीष्‍टको नामद्वारा यो काम भएको हो। उहाँलाई तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो। तर परमेश्‍वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो। उहाँकै नामद्वारा यो मानिस पूर्ण निको भई तपाईंहरूका सामु उभिएको छ।
ACT 4:11 येशू ख्रीष्‍ट, “ ‘त्यही ढुङ्गा हुनुहुन्छ, जसलाई, तपाईं भवन निर्माण गर्नेहरूले अस्वीकार गर्नुभयो; तर उहाँ अहिले जगको मुख्य ढुङ्गा हुनुभएको छ।’
ACT 4:12 अरू कसैमा मुक्ति पाइँदैन; किनकि स्वर्गमुनि अर्को कुनै नाम मानिसहरूलाई दिइएको छैन, जसबाट हामीले उद्धार प्राप्‍त गर्न सक्छौँ।”
ACT 4:13 जब तिनीहरूले पत्रुस र यूहन्‍नाको यस्तो साहस देखेर तिनीहरू अनपढ र साधारण मानिसहरू हुन् भनी बुझे, तब तिनीहरू आश्‍चर्यचकित भए। ती मानिसहरू येशूसँगै थिए भनेर तिनीहरूले थाहा पाए।
ACT 4:14 तर पूर्ण निको भएको व्यक्ति तिनीहरू नजिकै उभिरहेको देखिसकेपछि तिनीहरूले केही भन्‍न सकेनन्।
ACT 4:15 त्यसैले तिनीहरूले पत्रुस र यूहन्‍नालाई महासभाबाट बाहिर जाने आदेश दिए। उनीहरू बाहिर गएपछि तिनीहरूले आपसमा यसो भन्दै सरसल्‍लाह गर्न थाले।
ACT 4:16 “यी मानिसहरूसँग हामीले कस्तो व्यवहार गरौँ?” तिनीहरूले सोध्न थाले। “तिनीहरूले गरेका अलौकिक चिन्हहरूको बारेमा यरूशलेममा बस्‍ने हरेक व्यक्तिले थाहा पाएका छन्, र हामी पनि यो कुरा इन्कार गर्न सक्दैनौँ।
ACT 4:17 तर यो कुरा अरू बढी मानिसहरूमा प्रचार हुनबाट रोक्नका निम्ति येशूको नाममा अब उप्रान्त कसैसँग नबोल्नू भनेर यिनीहरूलाई हामीले चेतावनी दिनैपर्छ।”
ACT 4:18 त्यसपछि तिनीहरूले उनीहरूलाई फेरि भित्र बोलाए; अनि येशूको नाममा केही पनि प्रचार नगर्नू र नसिकाउनू भनी आदेश दिए।
ACT 4:19 तर पत्रुस र यूहन्‍नाले जवाफ दिए, “परमेश्‍वरको कुरा नसुनेर तपाईंहरूको कुरा सुन्‍नु परमेश्‍वरका दृष्‍टिमा कुनचाहिँ उचित हुनेछ? आफैँ न्याय गर्नुहोस्!
ACT 4:20 किनकि जे कुरा हामीले देख्यौँ र सुन्यौँ, त्यो वचन नबोली हामी बस्‍न पटक्‍कै सक्दैनौँ।”
ACT 4:21 यसपछि सभाले धम्क्याएर उनीहरूलाई छोडिदिए। तिनीहरूलाई कसरी सजाय दिने भनेर यस कुराको निर्णय तिनीहरूले गर्न सकेनन्। किनकि त्यहाँ जे घटना भएको थियो, त्यसका निम्ति सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए।
ACT 4:22 किनकि आश्‍चर्य प्रकारले निको पारिएको त्यो मानिसको उमेर चालीस वर्षभन्दा बढी थियो।
ACT 4:23 उनीहरू छोडिएपछि पत्रुस र यूहन्‍ना आफ्ना मानिसहरूकहाँ फर्केर गए। मुख्य पुजारीहरू र प्रधानहरूले तिनीहरूलाई भनेका कुराको बेलीबिस्तार लगाए।
ACT 4:24 तिनीहरूले ती कुरा सुनिसकेपछि सबैले एकैसाथ उच्‍च सोरमा परमेश्‍वरसँग प्रार्थना गर्न लागे। तिनीहरूले भने, “हे हाम्रा सार्वभौम प्रभु, तपाईंले स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराको सृष्‍टि गर्नुभयो।
ACT 4:25 तपाईंको सेवक हाम्रा पुर्खा दावीदको मुखबाट पवित्र आत्माद्वारा तपाईंले यस्तो वचन बोल्नुभयो: “ ‘किन मानिसहरू क्रोधित हुन्छन्, र मानिसहरूले व्यर्थमा षड्यन्त्र गर्छन्?
ACT 4:26 प्रभु र उहाँका अभिषिक्त जनका विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्; र शासकहरू एकजुट भएर भेला भएका छन्।’
ACT 4:27 तपाईंले अभिषेक गर्नुभएको तपाईंको पवित्र सेवक येशूका विरुद्ध षड्यन्त्र रच्न हेरोद र पन्तियस पिलातसले साँच्‍चै नै गैरयहूदीहरू र इस्राएलका बासिन्दाहरूसँग यो सहरमा भेटघाट गरेका थिए।
ACT 4:28 तिनीहरूले त्यही गरे, जुन तपाईंको शक्ति र इच्छाले यही गर्ने भनेर पहिलेबाट नै निर्णय गरिइएको थियो।
ACT 4:29 अब हे प्रभु, तिनीहरूका धम्कीलाई विचार गर्नुहोस्, र तपाईंका सेवकहरूलाई तपाईंका वचनहरू साहससाथ बोल्ने तुल्याउनुहोस्।
ACT 4:30 तपाईंको पवित्र सेवक येशूको नामद्वारा बिरामीहरूलाई पूर्ण निको तुल्याउन अनि अलौकिक चिन्हहरू देखाउन र अद्‌भुत कार्यहरू गर्न आफ्नो बाहुली अगाडि बढाउनुहोस्।”
ACT 4:31 तिनीहरूका प्रार्थनापछि तिनीहरू बसिरहेको ठाउँ हल्‍लियो। अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिएर परमेश्‍वरको वचन साहससाथ बोल्न थाले।
ACT 4:32 सबै विश्‍वासीहरू एकै हृदय र एकै मनका भएका थिए। कसैले पनि आफ्नो सम्पत्तिमाथि एकाधिकार दाबी गर्दैनथ्यो। तर तिनीहरूसँग भएका सम्पूर्ण कुराहरू तिनीहरूले अरूसँग बाँडचुँड गर्थे।
ACT 4:33 प्रेरितहरूले ठूलो शक्तिसाथ प्रभु येशू पुनर्जीवित हुनुभएको निरन्तर साक्षी दिन्थे। तिनीहरू सबैमाथि परमेश्‍वरको प्रशस्त अनुग्रह थियो।
ACT 4:34 तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो थिएन। किनकि जग्गाधनी र घरधनीहरूले आ-आफ्ना सम्पत्ति र मालमत्ताहरू समय-समयमा बेच्थे; र बिक्रीबाट आएको रकम ल्याउँथे।
ACT 4:35 अनि त्यो रकमलाई प्रेरितहरूको पाउमा राखिदिन्थे। तब जस-जसलाई खाँचो पर्थ्यो, त्यो तिनीहरूलाई बाँडिन्थ्यो।
ACT 4:36 साइप्रस देशका लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हो) भन्‍ने गर्थे,
ACT 4:37 उनले आफ्नो स्वामित्वमा भएको जग्गा बिक्री गरे। अनि त्यसबाट प्राप्‍त रकम ल्याएर प्रेरितहरूका पाउमा राखिदिए।
ACT 5:1 यसै समयमा हननिया नामका एक जना मानिसले उनकी पत्नी सफीरासित मिलेर आफ्नो एक टुक्रा जग्गा बेचे।
ACT 5:2 आफ्नी पत्नीको पूर्ण जानकारीमा तिनले बिक्रीबाट प्राप्‍त रकमको केही हिस्सा आफ्ना निम्ति राखे, र बाँकी सबै प्रेरितहरूको चरणमा राखे।
ACT 5:3 त्यसपछि पत्रुसले भने, “हननिया, कसरी शैतानले तिम्रो हृदय भरिदियो र तिमीले पवित्र आत्मासँग झूट बोल्यौ। जग्गा बिक्रीबाट पाएको रकमबाट केही भाग आफ्ना लागि कसरी राख्न सक्यौ?
ACT 5:4 बिक्री गर्नुभन्दा पहिले के यो तिम्रो आफ्नै थिएन र? बिक्री गरिसकेपछि त्यसबाट प्राप्‍त रकम पनि तिम्रै अधीनमा थिएन र? यस्तो काम गर्ने विचार तिम्रो मनमा कसरी उत्पन्‍न भयो? तिमीले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग झूट बोलेका छौ।”
ACT 5:5 यो कुरा सुन्‍नेबित्तिकै, हननिया भुइँमा पछारिए र मरे। यो घटना सुन्‍ने सबैको मनमा ठूलो डर पस्यो।
ACT 5:6 अनि केही जवानहरू अगाडि आएर त्यस मृत शरीरलाई लुगाले बेह्रे। अनि बाहिर लगेर चिहानमा गाडिदिए।
ACT 5:7 करिब तीन घण्टापछि तिनकी पत्नी त्यस ठाउँमा आइन्। त्यहाँ भएको घटनाका बारेमा तिनलाई केही थाहा थिएन।
ACT 5:8 पत्रुसले तिनलाई सोधे, “मलाई भन, तिमीहरू दुवैले जग्गा बेचेर प्राप्‍त गरेको रकम त्यत्ति नै हो त?” “हो,” तिनले जवाफ दिइन्, “रकम त्यत्ति नै हो।”
ACT 5:9 पत्रुसले तिनलाई भने, “प्रभुको आत्माको परीक्षा गर्न तिमीहरू दुवै कसरी सहमत भयौ? हेर! तिम्रो पतिलाई चिहानमा गाड्नेहरू बाहिर ढोकामै छन्। अब तिनीहरूले तिमीलाई पनि लिएर जानेछन्।”
ACT 5:10 त्यही क्षण पत्रुसको पाउनिर तिनी पछारिएर मरिहालिन्; अनि ती जवानहरू भित्र आए, र तिनलाई मरिसकेकी भेट्टाए। ती जवानहरूले तिनको मृत शरीर लगेर तिनकै पतिको चिहान छेउमा गाडिदिए।
ACT 5:11 सारा मण्डलीमाथि र यी घटनाहरू सुन्‍ने सबैमाथि ठूलो डर उत्पन्‍न भयो।
ACT 5:12 मानिसहरूका सामु प्रेरितहरूले धेरै अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गरे। सबै विश्‍वासीहरू एकसाथ सोलोमनको दलानमा भेला हुने गर्थे।
ACT 5:13 तिनीहरूलाई मानिसहरूले धेरै आदर गरे तापनि तिनीहरूका भेलामा सामेल हुने आँट कसैले गरेनन्।
ACT 5:14 तर पनि परमेश्‍वरमा विश्‍वास गर्ने पुरुष र स्त्रीहरूको संख्या दिनदिनै बढ्ने क्रम जारी नै रह्‍यो।
ACT 5:15 यहाँसम्म कि पत्रुस हिँड्ने बाटोमा मानिसहरूले बिरामीहरू ल्याएर खाट र सुकुलमा सुताउन थाले, ताकि तिनी त्यो बाटो हिँड्दा पत्रुसको छायामात्रै भए तापनि कुनै बिरामीमाथि परोस्।
ACT 5:16 अशुद्ध आत्माले ग्रस्त भएका र बिरामी भएका आफ्ना परिवारका सदस्यहरूलाई यरूशलेमका वरिपरिका सहरहरूबाट मानिसहरूले ल्याउँदा त्यहाँ ठूलो भीड जम्मा भयो; र ती सबै निको पारिए।
ACT 5:17 प्रधान पुजारी र उनका सबै सहायकहरू, जो सदुकी पन्थका थिए, उनीहरूको हृदय डाहले भरियो।
ACT 5:18 अनि प्रेरितहरूलाई तिनीहरूले समातेर सार्वजनिक झ्यालखानामा हालिदिए।
ACT 5:19 तर मध्यरातको समयमा प्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलेर तिनीहरूलाई बाहिर निकाले।
ACT 5:20 अनि तिनले भने, “जाओ, मन्दिरको आँगनमा खडा होओ, र यस नयाँ जीवनको पूर्ण सन्देश मानिसहरूलाई सुनाओ।”
ACT 5:21 तिनीहरूलाई भनिएझैँ नै झिसमिसेमै तिनीहरू मन्दिरको चोकभित्र पसे, र मानिसहरूलाई सिकाउन थाले। जब प्रधान पुजारी र उनका सहायकहरू भेला भए, तब उनीहरूले महासभा अर्थात् इस्राएलीहरूको प्रधानहरूको सम्पूर्ण सभालाई बोलाए। अनि प्रेरितहरूलाई झ्यालखानाबाट त्यहाँ ल्याउन मानिसहरू पठाए।
ACT 5:22 तर झ्यालखाना पुगेपछि हाकिमहरूले तिनीहरूलाई त्यहाँ भेट्टाएनन्। त्यसैले तिनीहरू फर्केर गएर यसो भने,
ACT 5:23 “हामीले झ्यालखानाका ढोकाहरूमा बलिया ताल्चाहरू लगाएका पायौँ। ढोकाहरूमा पहरेदारहरू तैनाथ थिए। तर जब ढोका खोल्यौँ, तब हामीले भित्र कसैलाई भेट्टाएनौँ।”
ACT 5:24 मन्दिरको पहरेदारहरूका सेनापति र मुख्य पुजारीहरूले जब यो खबर सुने, तब यसको नतिजा के हुने होला भनी अलमल परे।
ACT 5:25 त्यसै बेला एक जना त्यहाँ आएर तिनीहरूलाई भन्यो, “हेर्नुहोस्! तपाईंहरूले झ्यालखानामा हाल्नुभएका मानिसहरू मन्दिरका आँगनहरूमा उभिएर मानिसहरूलाई शिक्षा दिइरहेका छन्।”
ACT 5:26 यो कुरा सुन्‍नसाथ आफ्ना अधिकृतहरूको साथमा सेनापति मन्दिरतिर गए। अनि प्रेरितहरूलाई महासभामा ल्याए। तिनीहरूले शक्ति प्रयोग गरेनन्। किनकि त्यसो गर्दा तिनीहरूलाई मानिसहरूले ढुङ्गा हान्लान् भन्‍ने डर थियो।
ACT 5:27 प्रेरितहरूलाई त्यहाँ ल्याइएपछि प्रधान पुजारीद्वारा प्रश्न गरिनका निम्ति तिनीहरूलाई महासभासामु उभ्याइयो।
ACT 5:28 प्रधान पुजारीले भने, “यस नाममा नसिकाउनू भनेर हामीले तिमीहरूलाई कडा आदेश दिएका थियौँ। तैपनि तिमीहरूले यसै नाममा आफ्नो शिक्षाले सारा यरूशलेम भरिदिएका छौ। अनि यस मानिसको रगतको दोषी हामीलाई बनाउन तम्सिएका छौ।”
ACT 5:29 पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञाको पालन गर्नैपर्छ!
ACT 5:30 हाम्रा पुर्खाहरूका परमेश्‍वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले क्रूसमा झुण्ड्याएर मार्नुभएको थियो।
ACT 5:31 इस्राएलले पश्‍चात्ताप गरोस् र पापको क्षमादान उहाँबाट होस् भनेर परमेश्‍वरले आफ्नो दाहिने हातपट्टि उच्‍च स्थानमा उहाँलाई राजकुमार र उद्धारकर्ताको रूपमा राख्नुभयो।
ACT 5:32 हामी ती कुराका साक्षी छौँ, र त्यसै गरी परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई उहाँले दिनुभएको पवित्र आत्मा पनि साक्षी हुनुहुन्छ।”
ACT 5:33 यो कुरा सुनेपछि, तिनीहरू अत्यन्त क्रोधित भए, र तिनीहरूलाई मार्न खोजे।
ACT 5:34 तर सबै मानिसहरूद्वारा सम्मानित व्यवस्थाका शिक्षक गमलिएल भन्‍ने एक जना फरिसी महासभामा उभिए। अनि प्रेरितहरूलाई केही समय त्यहाँबाट बाहिर लैजान आदेश दिए।
ACT 5:35 त्यसपछि तिनले महासभालाई यसरी सम्बोधन गरे: “इस्राएलका मानिस हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्ने विचार गर्दै हुनुहुन्छ, त्यसमा सतर्कतापूर्वक सोच्नुहोस्।
ACT 5:36 किनकि केही समयअगि थूदास भन्‍ने एक जना मानिस देखा पर्‍यो, जसले आफू कोही हुँ भन्‍ने दाबी गर्‍यो र चार सय जति मानिसहरू उसका समर्थक थिए। तर ऊ मारियो, उसका सबै चेलाहरू छरपस्ट भए, र सबै त्यसै बिलाएर गए।
ACT 5:37 त्यस मानिसपछि जनगणनाका दिनहरूमा गालीलको यहूदा देखा पर्‍यो। उसले पनि केही मानिसहरूलाई जम्मा गरेर विद्रोहमा खडा भयो। ऊ पनि मारियो; र उसका सबै चेलाहरू छरपस्ट भए।
ACT 5:38 त्यसैकारण अहिलेको सन्दर्भमा पनि म तपाईंहरूलाई सल्‍लाह दिन्छु: यी मानिसहरूलाई त्यसै हुन दिनुहोस्! यिनीहरूलाई छोडिदिनुहोस्। किनकि यदि यिनीहरूका उद्देश्य र क्रियाकलाप मानवीय हुन् भने ती असफल हुनेछन्।
ACT 5:39 तर यदि यो परमेश्‍वरबाट भएको हो भने तपाईंहरू यी मानिसहरूलाई आफ्ना कार्यबाट रोक्न सक्नु हुनेछैन। त्यस बेलामा तपाईंहरू आफैँलाई नै परमेश्‍वरको विरुद्ध लडिरहेको पाउनुहुनेछ।”
ACT 5:40 तिनीहरूलाई उनले भनेका वचनले चित्त बुझ्यो। अनि तिनीहरूले प्रेरितहरूलाई भित्र झिकाए, र तिनीहरूलाई कोर्रा लगाए। त्यसपछि येशूको नाममा प्रचार नगर्नू भन्‍ने आदेश दिए, र तिनीहरूले प्रेरितहरूलाई छोडिदिए।
ACT 5:41 येशूको नाममा अपमानित हुने योग्य हुन पाएकोमा आनन्दित हुँदै प्रेरितहरू महासभाबाट बाहिर गए।
ACT 5:42 येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने सुसमाचार घर-घर र मन्दिरका आँगनहरूमा दिनदिनै घोषणा गर्न र शिक्षा दिन तिनीहरूले छोडेनन्।
ACT 6:1 ती दिनहरूमा जब चेलाहरूको संख्या बढिरहेको थियो, तब हिब्रूभाषी यहूदीहरूका विरुद्ध ग्रीकभाषी यहूदीहरूले गनगन गरे। किनकि दैनिक भोजन वितरण गरिँदा तिनीहरूका विधवाहरूको बेवास्ता गरिएको थियो।
ACT 6:2 त्यसैले बाह्रै जना प्रेरितहरूले सबै चेलाहरूलाई भेला गराएर भने, “परमेश्‍वरको वचनको प्रचार गर्न छोडेर भोजनको सेवामा लाग्नु हाम्रा निम्ति उचित होइन।
ACT 6:3 दाजुभाइ-दिदीबहिनीहरू हो, आफ्ना बीचबाट पवित्र आत्मा र बुद्धिले भरिएका अनि सबैको आदर पाएका सात जना मानिसहरूलाई छान, जसलाई हामीले यस काममा नियुक्त गरौँ।
ACT 6:4 अनि हामी हाम्रो ध्यान प्रार्थना र वचनको प्रचारमा केन्द्रित गर्न सक्छौँ।”
ACT 6:5 यो प्रस्तावले समूहका सबैलाई खुशी तुल्यायो। अनि पवित्र आत्मा र विश्‍वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी धर्म अपनाएका शिक्षित निकोलाउसलाई तिनीहरूले छाने।
ACT 6:6 छनौट गरिएका ती मानिसहरूलाई तिनीहरूले प्रेरितहरूसामु उपस्थित गराए। अनि प्रेरितहरूले प्रार्थना गरेर तिनीहरूका शिरमाथि आफ्ना हात राखे।
ACT 6:7 यसरी परमेश्‍वरको वचन फैलिँदै गयो, र यरूशलेममा चेलाहरूको संख्या तीब्रताका साथ बढ्दैगयो। पुजारीहरूमध्ये धेरै जनाले यस विश्‍वासलाई ग्रहण गरे।
ACT 6:8 परमेश्‍वरको शक्ति र अनुग्रहले भरिपूर्ण भएका स्तिफनसले मानिसहरूसामु अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरू गरे।
ACT 6:9 तर त्यस समयमा स्वतन्त्र दलका सभाघर (यसको नाम यही थियो) भनिने सभाका सदस्यहरू, र साइरिनी र अलेक्जेन्ड्रियाका साथै किलिकिया र एशिया प्रान्तहरूका मानिसहरूले स्तिफनसको विरुद्ध वाद-विवाद गर्न थाले।
ACT 6:10 तर जुन बुद्धि र आत्माद्वारा उनी बोल्दथे, त्यसको विरुद्धमा तिनीहरूले प्रतिवाद गर्न सकेनन्।
ACT 6:11 त्यसैले तिनीहरूले केही मानिसहरूलाई गोप्य रूपमा उक्साएर यसो भन्‍न लगाए, “परमेश्‍वरको विरुद्धमा र मोशाको विरुद्धमा स्तिफनसले निन्दात्मक वचनहरू बोलेको हामीले सुनेका छौँ।”
ACT 6:12 त्यसरी तिनीहरूले जनता, प्रधानहरू र व्यवस्थाका शिक्षकहरूलाई उनको विरुद्ध भड्काएर तिनीहरूले स्तिफनसलाई समातेर महासभासामु ल्याए।
ACT 6:13 तिनीहरूले झूटा साक्षीहरूद्वारा यस्तो आरोप लगाए “पवित्रस्थानका र व्यवस्थाका विरुद्ध यो व्यक्ति सधैँ बोलिरहन्छ।
ACT 6:14 ‘नासरतका येशूले यो स्थान नष्‍ट पार्नेछन् र मोशाले हामीलाई तोक्नुभएको रीतिथिति पनि उनले परिवर्तन गर्नेछन्’ भनेर यो मानिसले भनेको हामीले सुनेका छौँ।”
ACT 6:15 महासभामा बसेका सबैले स्तिफनसलाई एक टकले हेरे, तिनको मुहार स्वर्गदूतको झैँ चहकिलो भएको देखे।
ACT 7:1 त्यसपछि प्रधान पुजारीले स्तिफनसलाई सोधे, “के यी आरोपहरू साँचो हुन्?”
ACT 7:2 यो सुनेर उनले जवाफ दिए: “दाजुभाइ-दिदीबहिनीहरू र बुबाहरू हो, मेरो कुरा सुन्‍नुहोस्! हाम्रा पिता अब्राहाम हारानमा बस्‍नुभन्दा अगि जब उनी मेसोपोटामियामै थिए, तब महिमाका परमेश्‍वरले उनको सामु आएर भन्‍नुभयो,
ACT 7:3 ‘आफ्नो देश, आफ्नो कुटुम्बलाई छोडेर म जुन देश तँलाई देखाउँछु, त्यहीँ जा।’
ACT 7:4 “त्यसैले उनी कल्दीहरूको देश त्यागेर हारानमा बस्‍न थाले। उनका पिताको मृत्युपछि परमेश्‍वरले उनलाई यस देशमा पठाउनुभयो, जहाँ अहिले तपाईंहरू बसिरहनुभएको छ।
ACT 7:5 परमेश्‍वरले उनलाई जायजेथा दिनुभएन। जमिनको एउटा सानो टुक्रासम्म पनि दिनुभएन। त्यस समयमा अब्राहामको कुनै सन्तान थिएन। तर पनि परमेश्‍वरले अब्राहामसँग उनी र उनको शेषपछि उनका सन्तानहरूले यो देशमा अधिकार जमाउनेछन् भनी प्रतिज्ञा गर्नुभयो।
ACT 7:6 परमेश्‍वरले उनीसँग यसरी भन्‍नुभयो: ‘तेरा सन्तानहरू अर्काको देशमा प्रवासी हुनेछन् र चार सय वर्षसम्म तिनीहरूले दास भएर दुर्व्यवहार खप्नुपर्नेछ।’
ACT 7:7 परमेश्‍वरले भन्‍नुभयो, ‘तर म तिनीहरूले दास-दासी भई सेवा गरेको देशलाई दण्ड दिनेछु। अनि पछि तिनीहरू त्यस देशबाट निस्किआउनेछन् र यसै ठाउँमा मेरो आराधना गर्नेछन्।’
ACT 7:8 अब्राहामलाई उहाँले खतनाको करार दिनुभयो। त्यसपछि अब्राहाम इसहाकका पिता भए। जन्मेको आठौँ दिन उनले छोराको खतना गरे। इसहाकले याकोबलाई जन्माए र याकोब बाह्र कुलका पिता भए।
ACT 7:9 “योसेफलाई दाजुभाइहरूले डाह गरेर इजिप्टमा बेचिपठाए। तर परमेश्‍वर तिनको पक्षमा हुनुहुन्थ्यो।
ACT 7:10 अनि उनलाई सबै दुःखबाट छुटकारा दिलाउनुभयो। उहाँले योसेफलाई बुद्धि दिनुभयो; र इजिप्ट देशका राजा फारोको कृपा पाउने योग्यको तुल्याउनुभयो। त्यसैले योसेफलाई फारोले आफ्नो सम्पूर्ण दरबार र इजिप्टभरिकै हाकिम बनाए।
ACT 7:11 “त्यसपछि सारा इजिप्ट र कनानमा अनिकाल पर्‍यो। त्यसबाट सबैलाई ठूलो सङ्कष्‍ट भयो। हाम्रा पुर्खाहरूले अन्‍न व्यवस्था गर्न सकेनन्।
ACT 7:12 जब इजिप्टमा अन्‍न छ भनेर याकोबले सुने, तब उनले हाम्रा पुर्खाहरूलाई पहिलोपल्ट त्यहाँ पठाए।
ACT 7:13 तिनीहरूको दोस्रो भेटमा योसेफले आफ्नो परिचय दाजुभाइहरूलाई दिए। अनि फारोले योसेफका कुटुम्बहरूका बारेमा थाहा पाए।
ACT 7:14 यसपछि योसेफले आफ्ना बुबा याकोब र सम्पूर्ण परिवारका सदस्यहरूलाई, जो पचहत्तर जना थिए, आफूकहाँ बोलाइपठाए।
ACT 7:15 अनि याकोब इजिप्टमा गए, जहाँ उनी र हाम्रा पिताहरूको मृत्यु भयो।
ACT 7:16 तिनीहरूका मृत शरीर शकेममा फर्काएर ल्याए। अनि चिहानमा लगेर राखे, जुनचाहिँ अब्राहामले शकेममा हमोरका छोराहरूलाई केही रकम तिरेर किनेका थिए।
ACT 7:17 “अब्राहामसँग परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा पूरा गर्नुपर्ने समय नजिक आउँदैथियो। इजिप्टमा हाम्रा मानिसहरूको संख्या तीब्र गतिले बढ्यो।
ACT 7:18 तब इजिप्टमा योसेफलाई नचिनेका एक जना नयाँ राजाले शासन गर्न थाले।
ACT 7:19 राजाले हाम्रा मानिसहरूमाथि अन्यायपूर्ण तरिकाले व्यवहार गरे। अनि हाम्रा पुर्खाहरूलाई आतङ्कित बनाएर तिनीहरूका भर्खरै जन्मेका शिशुहरूलाई बाहिर फ्याँक्न बाध्य पारे, ताकि ती शिशुहरूको मृत्यु होस्।
ACT 7:20 “त्यसै समयमा मोशाको जन्म भयो र उनी कुनै साधारण बालक थिएनन्! तीन महिनासम्म उनको हेरविचार आफ्नै बुबाको घरमा भयो।
ACT 7:21 जब उनलाई बाहिर राखियो, तब फारोकी छोरीले तिनलाई उठाइन् र घरमा ल्याएर आफ्नै छोराको रूपमा पालनपोषण गरिन्।
ACT 7:22 मोशालाई इजिप्टको सबै ज्ञानको शिक्षा दिइयो। तिनी बोल्नमा र कामहरूमा शक्तिशाली भए।
ACT 7:23 “जब मोशा चालीस वर्ष पुगे, तब तिनले आफ्ना इस्राएली मानिसहरूलाई भेट्ने निर्णय गरे।
ACT 7:24 यसैक्रममा उनीहरूमध्ये एउटालाई एक इजिप्टियनले दुर्व्यवहार गरिरहेको देखेर तिनी उसलाई बचाउन गए। अनि त्यस मानिसलाई हत्या गरेर दुर्व्यवहारमा परेको मानिसको बदला लिए।
ACT 7:25 तिनीहरूलाई त्यस कष्‍टबाट छुटकारा दिलाउन परमेश्‍वरले तिनलाई प्रयोग गरिरहनुभएको कुरा आफ्ना मानिसहरूले बुझ्लान् भनी मोशाले सोचेका थिए। तर तिनीहरूले त्यो कुरा बुझ्न सकेनन्।
ACT 7:26 भोलिपल्ट दुई जना इस्राएलीहरू झगडा गरिरहेका मोशाले देखेर तिनीहरूलाई भने, ‘हे भाइहरू हो, तिमीहरू त दाजुभाइ हौ। तिमीहरू किन एक-अर्काका विरुद्ध यसरी लडिरहेका छौ?’ यसो भनेर तिनले ती दुवैमा मिलाप गराउने प्रयत्न गरे।
ACT 7:27 “तर जुनचाहिँ मानिसले अर्कोलाई दुर्व्यवहार गरिरहेको थियो, त्यसले मोशालाई एकातिर घचेट्दै भन्यो, ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्‍यो?
ACT 7:28 के तिमीले हिजो त्यस इजिप्टियनलाई मारेझैँ मलाई पनि मार्ने विचार गर्दैछौ?’
ACT 7:29 यस्तो जवाफ सुनेपछि मोशा त्यहाँबाट भागेर मिद्यान देशमा गए, जहाँ एउटा परदेशीका रूपमा तिनी बस्‍न थाले। त्यहीँ तिनका दुई छोराहरू जन्मे।
ACT 7:30 “चालीस वर्ष बितेपछि सीनै पर्वत नजिकैको मरुभूमिको एउटा जलिरहेको पोथ्रामा एक जना स्वर्गदूत मोशाकहाँ देखा परे।
ACT 7:31 जब मोशाले यो देखे, तब त्यस दर्शनले गर्दा तिनी आश्‍चर्यचकित भए। त्यसलाई नियालेर हेर्न जब तिनी नजिकै गए, तब तिनले परमेश्‍वरको यस्तो वचन सुने:
ACT 7:32 ‘म तेरा पुर्खाहरूका परमेश्‍वर हुँ, म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर हुँ।’ मोशा डराएर काम्न लागे, र तिनले त्यस दृश्यतिर हेर्न आँट गरेनन्।
ACT 7:33 “त्यसपछि परमेश्‍वरले तिनलाई भन्‍नुभयो, ‘यसभन्दा नजिक नआइजा। तेरो खुट्टाको जुत्ता फुकाल। किनकि तँ उभिएको ठाउँ पवित्र भूमि हो।
ACT 7:34 इजिप्टमा मेरा जनहरूमाथि भएको अत्याचार मैले निश्‍चय नै देखेको छु। तिनीहरूका चीत्कार मैले सुनेको छु। त्यसैले तिनीहरूलाई दुःखबाट छुटकारा दिलाउन म आएको हुँ। अब आइज, म तँलाई इजिप्टमै पठाउनेछु।’
ACT 7:35 “यिनी तिनै मोशा थिए, जसलाई तिनीहरूले यस्तो वचन बोलेर अस्वीकार गरेका थिए; ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्‍यो?’ तिनीहरूका शासक र मुक्तिदाता हुनका निम्ति परमेश्‍वरले पोथ्रामा उनका सामु देखाउनुभएको दूतद्वारा तिनी त्यहाँ पठाइए।
ACT 7:36 इजिप्टमा लाल समुद्रमा र उजाडस्थानमा चालीस वर्षसम्म अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरू देखाउँदै तिनले तिनीहरूलाई इजिप्टबाट बाहिर ल्याए।
ACT 7:37 “ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई यसो भनेका थिए, ‘परमेश्‍वरले तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ।’
ACT 7:38 मोशा उजाडस्थानको समुदायमा थिए। ती स्वर्गदूतसँग, जो सीनै पर्वतमा तिनीसँग बोलेका थिए र हाम्रा पुर्खाहरूसँग थिए। अनि त्यहाँ तिनले हामीलाई दिनका निम्ति जीवित वचनहरू पाएका थिए।
ACT 7:39 “तर हाम्रा पुर्खाहरूले तिनको वचनको पालना गर्न अस्वीकार गरे। त्यसको साटो तिनीहरूले तिनको अपहेलना गरे। अनि आफ्नो हृदयमा इजिप्ट फर्कन अठोट गरे।
ACT 7:40 तिनीहरूले हारूनलाई यसो भने, ‘हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस्। किनकि हामीलाई इजिप्टबाट बाहिर लिएर आउने यी मानिस मोशालाई के भयो हामीलाई थाहा छैन।’
ACT 7:41 त्यसै बेला तिनीहरूले बाछाको आकृतिको एउटा मूर्ति बनाए। त्यसमा तिनीहरूले बलि चढाए, र आफ्नै हातले जे निर्माण गरेका थिए, त्यसकै सम्मानमा उत्सव मनाए।
ACT 7:42 तब परमेश्‍वर तिनीहरूबाट विमुख हुनुभयो र आकाशका तारामण्डलको पूजा आराधना गर्न तिनीहरूलाई छोडिदिनुभयो, जस्तो अगमवक्ताहरूको पुस्तकमा लेखिएको छ: “ ‘हे इस्राएलका घराना हो, उजाडस्थानमा चालीस वर्षसम्म के तिमीहरूले मेरा निम्ति बलिदानहरू र भेटीहरू चढायौ?
ACT 7:43 मोलेखको पाल र तिमीहरूको देवता रेफनको तारा र आफूले आराधना गर्न तिमीहरूले बनाएको मूर्ति तिमीहरूले उठाइलग्यौ। त्यसैले म तिमीहरूलाई बेबिलोनभन्दा टाढा निर्वासनमा पठाउनेछु।’
ACT 7:44 “उजाडस्थानमा हाम्रा पुर्खाहरूसँग साक्षीको पाल थियो। परमेश्‍वरले निर्देशन दिनुभएझैँ र मोशाले देखेअनुसारको ढाँचामा त्यसलाई बनाइएको थियो।
ACT 7:45 त्यो पाल प्राप्‍त गरेपछि यहोशूको निर्देशनमा हाम्रा पुर्खाहरूले त्यसलाई परमेश्‍वरले गैरयहूदीहरूबाट खाली गराउनुभएको देशमा ल्याए। दावीदको समयसम्म त्यो पाल त्यहीँ रह्‍यो।
ACT 7:46 दावीदले परमेश्‍वरको प्रशस्त कृपा पाए। अनि याकोबका परमेश्‍वरका निम्ति एउटा वासस्थान निर्माण गर्ने अनुमति मागे।
ACT 7:47 तर यो वासस्थानचाहिँ सोलोमनले बनाए।
ACT 7:48 “तथापि मानिसहरूद्वारा निर्माण गरिएका भवनहरूमा सर्वोच्‍च परमेश्‍वर बास गर्नुहुन्‍न। यस कुरालाई अगमवक्ताले यसरी भनेका छन्:
ACT 7:49 “ ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरा निम्ति तिमीहरूले कस्तो वासस्थान बनाउँछौ? परमेश्‍वर भन्‍नुहुन्छ। वा मेरो विश्रामस्थल कहाँ हुनेछ?
ACT 7:50 के मेरै हातले यी सबै थोक बनाएको होइन र?’
ACT 7:51 “हे हठी, बेखतनाका हृदय र कानहरू भएका मानिसहरू हो! तपाईंहरू ठिक आफ्ना पुर्खाहरूजस्तै हुनुहुन्छ: तपाईंहरू सदा पवित्र आत्माको विरोध गर्नुहुन्छ।
ACT 7:52 के कुनै यस्तो अगमवक्ता छ, जसलाई तपाईंका पुर्खाहरूले सताएनन्? जसले धर्मी जनको आगमनको अगमवाणी बोले, त्यसलाई त तिनीहरूले हत्या पनि गरे। अब तपाईंहरूले उहाँलाई विश्‍वासघात गर्नुभयो र मार्नुभयो।
ACT 7:53 स्वर्गदूतहरूद्वारा दिइएको व्यवस्था तपाईंहरूले प्राप्‍त गर्नुभयो। तर त्यसअनुसार तपाईंहरूले आज्ञापालन गर्नुभएन।”
ACT 7:54 जब यहूदी अगुवाहरूले यो कुरा सुने, तब तिनीहरू अत्यन्त क्रोधित भए, र रिसले दाह्रा किट्न थाले।
ACT 7:55 तर स्तिफनस पवित्र आत्माले भरिपूर्ण भएर स्वर्गतिर हेरे। त्यहाँ उनले परमेश्‍वरको महिमा र येशूलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे।
ACT 7:56 अनि तिनले भने, “हेर्नुहोस्, स्वर्ग उघ्रेको म देख्छु! त्यहाँ परमेश्‍वरको दाहिने हातपट्टि मानिसको पुत्र उभिरहेको म देख्दछु।”
ACT 7:57 यो सुनेर तिनीहरूले आफ्नो कान थुने, र उच्‍च सोरले कराएर तिनीहरू सबै एकैसाथ तिनीमाथि झम्टे।
ACT 7:58 अनि स्तिफनसलाई सहरबाहिर घिस्याउँदै लगे, र ढुङ्गा प्रहार गर्न थाले। त्यसै बेला त्यस घटनाका साक्षीहरूले आफ्ना लुगाफाटाहरू हेरविचार गर्न शाऊल नामको एउटा युवकको पाउमा राखे।
ACT 7:59 जब तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बर्साइरहेका थिए, तब स्तिफनसले यसरी प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्!”
ACT 7:60 त्यसपछि तिनले घुँडा टेक्दै उच्‍च सोरमा भने, “हे प्रभु, यस पापको दोषी यिनीहरूलाई नबनाउनुहोस्!” यति भनेपछि तिनको मृत्यु भयो।
ACT 8:1 अनि त्यस हत्यामा शाऊलको पनि सहमति थियो। त्यसै दिन यरूशलेमका मण्डलीहरूका विरुद्ध ठूलो सतावट र दमन सुरु भयो। यसले गर्दा प्रेरितहरूबाहेक सबै दाजुभाइ-दिदीबहिनीहरू यहूदिया र सामरियाका इलाकातिर तितरबितर भए।
ACT 8:2 परमेश्‍वरका जनहरूले स्तिफनसलाई चिहानमा लगेर गाडे, र उनको मृत्युमा गहिरो शोक मनाए।
ACT 8:3 तर शाऊलले भने मण्डलीलाई नष्‍ट गरिरहेका थिए। तिनले घर-घरमा पसेर पुरुषहरू र महिलाहरूलाई घिस्याउँदै ल्याएर तिनीहरूलाई झ्यालखानामा हाल्‍दथे।
ACT 8:4 तिनीहरू तितरबितर भएर चारैतिर छरिएकाहरू जहाँ-जहाँ पुगे, तिनीहरूले वचन प्रचार गर्दैगए।
ACT 8:5 फिलिप सामरियाको एउटा सहरमा पुगे, र त्यहाँ ख्रीष्‍टको प्रचार गर्न थाले।
ACT 8:6 जब भीडले फिलिपको मुखबाट निस्केका वाणीहरू सुने, अनि तिनले गरेका अलौकिक चिन्हहरू देखे, तब ती सबैले तिनले बोलेका वचनहरूमा निकै ध्यान दिए।
ACT 8:7 धेरैबाट अशुद्ध आत्माहरू चिच्याउँदै बाहिर निस्के। अनि धेरै पक्षघात भएका रोगीहरू र लङ्गडाहरू निको पारिए।
ACT 8:8 यसरी त्यस सहरमा ठूलो आनन्द छायो।
ACT 8:9 त्यसै सहरमा केही समयदेखि सिमोन नामको मानिसले जादु गरेर सामरियाका सबै मानिसहरूलाई अचम्ममा पारेको थियो; जसले आफूलाई एउटा महान् व्यक्ति भएको दाबी गर्थ्यो।
ACT 8:10 साना र ठूला सबैले उसको कुरा ध्यान दिएर सुन्दथे र आश्‍चर्य प्रकट गर्दै, “यो मानिस परमेश्‍वरका शक्ति, महाशक्ति हो” भनी मान्दथे।
ACT 8:11 तिनीहरू त्यसको पछि लाग्थे, किनकि धेरै समयदेखि तिनीहरूलाई त्यसले आफ्ना जादुहरूले अचम्म पारिरहेको थियो।
ACT 8:12 तर परमेश्‍वरको राज्यको सुसमाचार र येशू ख्रीष्‍टको नामको बारेमा फिलिपले गरेका प्रचारमा तिनीहरूले जब विश्‍वास गरे, तब दुवै स्त्री र पुरुष सबैले बप्‍तिस्मा लिए।
ACT 8:13 सिमोन आफैँले पनि विश्‍वास गर्‍यो; र बप्‍तिस्मा लियो। फिलिप गएका सबै ठाउँमा ऊ पनि सँगै गयो; अनि आफूले देखेका ठूला अलौकिक चिन्हहरू र अचम्मका कामहरू देखेर छक्‍क पर्‍यो।
ACT 8:14 जब सामरियाका मानिसहरूले परमेश्‍वरको वचन ग्रहण गरेका यरूशलेमका प्रेरितहरूले सुने, तब तिनीहरूले पत्रुस र यूहन्‍नालाई सामरियामा पठाए।
ACT 8:15 जब तिनीहरू त्यहाँ आइपुगे, तब ती नयाँ मानिसहरूका लागि पवित्र आत्मा प्राप्‍त गर्न सकून् भनेर तिनीहरूले प्रार्थना गरे।
ACT 8:16 किनकि तिनीहरू कसैमाथि पनि पवित्र आत्मा अझै आउनुभएको थिएन। प्रभु येशूको नाममा तिनीहरूले बप्‍तिस्मा मात्रै लिएका थिए।
ACT 8:17 त्यसैकारण तिनीहरूमाथि पत्रुस र यूहन्‍नाले आफ्नो हात राखिदिए, र तिनीहरूले पवित्र आत्मा प्राप्‍त गरे।
ACT 8:18 प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाएको जब सिमोनले देख्यो, तब उसले तिनीहरूलाई पैसा दिन खोज्यो।
ACT 8:19 अनि भन्यो, “मलाई पनि यस्तै गर्न सक्ने अधिकार दिनुहोस्, मैले पनि जसमाथि हात राखूँला, त्यसले पवित्र आत्मा प्राप्‍त गरोस्!”
ACT 8:20 यो सुनेर पत्रुसले जवाफ दिए: “तिमीसँगै तिम्रो धनसम्पत्ति पनि नाश होस्; किनकि धनसम्पत्तिबाट परमेश्‍वरको वरदान तिमी किन्‍न सक्छौ भनी तिमीले सोचेका छौ!
ACT 8:21 यस सेवा कार्यमा तिम्रो सहभागिता वा कुनै हिस्सा छैन। किनकि परमेश्‍वरको सामु तिम्रो हृदय ठिक छैन।
ACT 8:22 यस दुष्‍ट्याइँका निम्ति पश्‍चात्ताप गर, र प्रभुसँग प्रार्थना गर। तिम्रो हृदयको यस्तो दुष्‍ट विचार सायद उहाँले क्षमा गरिदिनुहुनेछ।
ACT 8:23 किनकि म देख्दैछु, तिमी तितोपनाले भरिपूर्ण छौ र पापको बन्दी भएका छौ।”
ACT 8:24 यो सुनेर सिमोनले जवाफ दियो, “मेरा निम्ति प्रभुसँग प्रार्थना गरिदिनुहोस्, र तपाईंले भन्‍नुभएका कुनै पनि कुरा ममाथि आइनपरोस्!”
ACT 8:25 जब तिनीहरूले प्रभुको वचनको घोषणा गरे, अनि त्यसको साक्षी दिए, तब पत्रुस र यूहन्‍ना यरूशलेम फर्के। फर्किएर जाने क्रममा तिनीहरूले सामरियाका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दैगए।
ACT 8:26 त्यसपछि प्रभुको एउटा दूतले फिलिपसँग यसो भने, “यरूशलेमबाट गाजातर्फ जाने दक्षिणतिर मरुभूमिको सडकमा तिमी जाऊ।”
ACT 8:27 अनि तिनी त्यतैतिर लागे। बाटोमा तिनले एक जना इथियोपियाली नपुंसकलाई भेटे। ती नपुंसक इथियोपियाली महारानी कन्दाकीको सम्पूर्ण सम्पत्तिको रेखदेख गर्ने महत्त्वपूर्ण उच्‍च अधिकारी थिए। ती मानिस आराधनाका निम्ति यरूशलेम गएका थिए,
ACT 8:28 र घर फर्कँदा बाटोमा आफ्नो रथमा बसेर अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए।
ACT 8:29 फिलिपलाई पवित्र आत्माले भन्‍नुभयो, “नजिकै जाऊ, र त्यो रथ सँगसँगै लाग।”
ACT 8:30 अनि फिलिप रथतिर दौडिँदै गए, र नजिकै पुगेपछि ती मानिसले यशैया अगमवक्ताको पुस्तक पढेको तिनले सुने। अनि फिलिपले सोधे, “तपाईंले जे पढिरहनुभएको छ, के त्यो बुझ्नुहुन्छ?”
ACT 8:31 “जबसम्म यसको व्याख्या कसैले गरिदिँदैन, म कसरी बुझ्नसक्छु?” उनले जवाफ दिए। त्यसैले तिनले फिलिपलाई रथमाथि उक्लेर आफूसँगै बस्‍न आग्रह गरे।
ACT 8:32 ती नपुंसक पवित्रशास्त्रको यो अंश पढिरहेका थिए: “उहाँलाई मारिन लगिएको थुमाझैँ लगियो, जसरी थुमा ऊन कत्रनेको सामु चुप लागेर बस्छ, त्यसरी नै उहाँले पनि आफ्नो मुख खोल्नुभएन।
ACT 8:33 उहाँको अपमानित अवस्थामा उहाँ न्यायबाट वञ्चित हुनुभयो। उहाँका पुस्ताको कसले वर्णन गर्न सक्छ? किनकि उहाँको जीवन पृथ्वीबाट हटाइयो।”
ACT 8:34 नपुंसकले फिलिपलाई सोधे, “कृपया मलाई भन्‍नुहोस्, अगमवक्ता कसका बारेमा कुरा गर्दैछन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा?”
ACT 8:35 त्यसपछि फिलिपले पवित्रशास्त्रको त्यही पदबाट सुरु गर्दै तिनलाई येशूको बारेमा सुसमाचार सुनाए।
ACT 8:36 तिनीहरू बाटोमा जाँदै गर्दा केही पानी भएको ठाउँमा आइपुगे; अनि नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मेरो बप्‍तिस्मा किन यहीँ गरिदिनुहुन्‍न?”
ACT 8:37 फिलिपले भने, “यदि सारा हृदयले नै विश्‍वास गर्नुहुन्छ भने तपाईंले बप्‍तिस्मा लिन सक्नुहुन्छ।” तिनले जवाफ दिए, “येशू ख्रीष्‍ट नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी म विश्‍वास गर्दछु।”
ACT 8:38 अनि तिनले रथ रोक्न हुकुम दिए; अनि फिलिप र ती नपुंसक दुवै पानीभित्र पसे, र फिलिपले तिनलाई बप्‍तिस्मा दिए।
ACT 8:39 जब तिनीहरू पानीबाट बाहिर आए, तब प्रभुको आत्माले फिलिपलाई अकस्मात् लिएर जानुभयो, र त्यसपछि ती नपुंसकले फिलिपलाई फेरि देखेनन्। अनि तिनी आनन्दित हुँदै आफ्नो बाटो लागे।
ACT 8:40 तर फिलिपले आफूलाई अश्दोदमा पाए। अनि त्यहाँबाट कैसरिया नपुगुन्जेलसम्म बाटोमा पर्ने सबै सहरहरूमा सुसमाचार प्रचार गरे।
ACT 9:1 तर शाऊल अझसम्म पनि प्रभुका चेलाहरूका विरुद्ध हत्यापूर्ण धम्कीहरू दिइरहेका थिए। तिनी प्रधान पुजारीकहाँ गए,
ACT 9:2 र दमस्कसमा भएका विश्‍वासी पुरुष र स्त्रीलाई बन्दी बनाई यरूशलेममा ल्याउनका निम्ति त्यहाँका सभाघरहरूका नाममा पत्रहरू मागे।
ACT 9:3 आफ्नो यात्राको क्रममा उनी जब दमस्कसको नजिकै पुगे, तब अकस्मात् स्वर्गबाट एउटा प्रकाश उनको चारैतिर चम्क्यो।
ACT 9:4 उनी भुइँमा पछारिए, र यसो भन्दै गरेको एउटा आवाज तिनले सुने, “शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ?”
ACT 9:5 शाऊलले भने, “हे प्रभु, तपाईं को हुनुहुन्छ?” उहाँले जवाफ दिनुभयो, “म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ।
ACT 9:6 अब तिमी उठ र दमस्कसमा जाऊ, र तिमीले गर्नुपर्ने कुराहरू तिमीलाई बताइनेछ।”
ACT 9:7 शाऊलसँगै यात्रा गरिरहेका मानिसहरू त्यहाँ अक्‍न न बक्‍क भएर उभिए। किनकि जो तिनीसँग बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्।
ACT 9:8 शाऊल भुइँबाट उठे, जब तिनले आफ्ना आँखाहरू खोले, तिनले केही पनि देख्न सकेनन्। त्यसैले तिनका सङ्गीहरूले आफ्ना हातद्वारा तिनलाई डोर्‍याउँदै दमस्कसमा पुर्‍याए।
ACT 9:9 तीन दिनसम्म तिनी दृष्‍टिविहीन भए, र केही खानपिन गरेनन्।
ACT 9:10 हननिया नाम गरेका एक जना चेला दमस्कसमा थिए। तिनलाई प्रभुले दर्शनमा भन्‍नुभयो, “हे हननिया!” तिनले जवाफ दिए, “हजुर, प्रभु!”
ACT 9:11 प्रभुले तिनलाई भन्‍नुभयो, “तिमी सीधा नामको सडकमा यहूदाको घरमा जाऊ; र टार्सस निवासी शाऊल नामको व्यक्तिलाई त्यहाँ भेट। ऊ त्यस घरमा प्रार्थना गरिरहेको छ।
ACT 9:12 उसले हननिया नाम गरेका व्यक्तिले उसको शिरमा आफ्ना हातहरू राखेर फेरि आँखा देख्ने तुल्याएको दर्शनमा देखेको छ।”
ACT 9:13 तब हननियाले जवाफ दिए, “प्रभु, यस मानिसले यरूशलेममा तपाईंका पवित्र जनहरूलाई सताएको र तिनीहरूमाथि गरेको अत्याचारहरूका बारेमा मैले धेरैजनाबाट सुनेको छु,
ACT 9:14 र यहाँ पनि हजुरका नाम लिनेहरूलाई बन्दी बनाउन मुख्य पुजारीहरूबाट अधिकार लिएर त्यो मानिस आएको हो।”
ACT 9:15 तर प्रभुले हननियालाई भन्‍नुभयो, “तिमी जाऊ! किनकि इस्राएलका बासिन्दाहरू, गैरयहूदीहरू र तिनीहरूका राजाहरूमा मेरो नाम घोषणा गर्न मैले यस मानिसलाई रोजेको छु।
ACT 9:16 मेरो नामका निम्ति उसले कतिसम्म दुःख भोग्नुपर्छ म उसलाई देखाउनेछु।”
ACT 9:17 त्यसपछि हननिया त्यस घरभित्र गए। शाऊलको शिरमा आफ्ना हातहरू राखेर उनले यसो भने, “भाइ शाऊल, तिमी यस सहरमा आउँदा तिमीलाई बाटोमा दर्शन दिनुहुने प्रभु येशूले तिमीले फेरि देख्न सक, र तिमी पवित्र आत्माले भरपूर होऊ भनी मलाई यहाँ पठाउनुभएको छ।”
ACT 9:18 तुरुन्तै शाऊलका आँखाहरूबाट पाप्राहरूजस्ता केही कुरा खसे; र तिनी फेरि देख्न सक्ने भए। तब तिनी उठे, र बप्‍तिस्मा लिए।
ACT 9:19 अनि केही खानेकुरा खाएपछि तिनले फेरि शक्ति पाए। शाऊलले दमस्कसमा चेलाहरूसँग धेरै दिन बिताए।
ACT 9:20 अनि तुरुन्तै तिनले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनेर सभाघरहरूमा प्रचार गर्न सुरु गरे।
ACT 9:21 तिनका कुरा जति जनाले सुने, ती सबैले अचम्म मानेर सोधे, “के यो मानिस त्यही होइन, जसले यरूशलेममा यही नाम लिने मानिसहरूमाथि ठूलो अत्याचार गरेको थियो? त्यति मात्र होइन, यहाँ पनि यो नाम लिने मानिसहरूलाई समातेर मुख्य पुजारीहरूकहाँ सुम्पन यो आएको होइन र?”
ACT 9:22 तर शाऊल झन्-झन् शक्तिशाली हुँदै प्रचार गर्न थाले र दमस्कसका यहूदीहरूका बीच येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाणित गरेर तिनीहरूलाई छक्‍क पारे।
ACT 9:23 धेरै दिन बितेपछि, यहूदीहरूले तिनलाई मार्ने षड्यन्त्र गरे।
ACT 9:24 तर शाऊलले तिनीहरूका योजना थाहा पाए। तिनलाई मार्न सहरका ढोकाहरूमा मानिसहरू दिनरात पहरा दिन थाले।
ACT 9:25 तर तिनका चेलाहरूले मध्यरातको पहरमा तिनलाई एउटा डालोभित्र राखेर पर्खालको प्वालबाट बाहिर निकाले।
ACT 9:26 यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्न खोजे। तर तिनीहरू सबै जना उनीसँग डराए; किनकि शाऊल पनि चेला भइसकेको तथ्यलाई तिनीहरूले विश्‍वास गर्न सकेनन्।
ACT 9:27 तर बारनाबासले तिनलाई प्रेरितहरूकहाँ लिएर गए। दमस्कसको आफ्नो यात्रामा शाऊलले कसरी प्रभुलाई देखे, कसरी प्रभु तिनीसँग बोल्नुभयो, र त्यस सहरमा कसरी उनले साहससाथ येशूको नामको प्रचार गरे, यी सबै कुरा बारनाबासले तिनीहरूलाई बताए।
ACT 9:28 त्यसपछि शाऊल तिनीहरूसँगै बसे। अनि यरूशलेममा स्वतन्त्र भएर घुम्‍दै साहससाथ प्रभुको नामको प्रचार गर्न थाले।
ACT 9:29 ग्रीकभाषी यहूदीहरूका बीच उहाँको नामको वर्णन गर्नुको साथै उनीहरूसँगै वाद-विवाद पनि गरे। तर तिनीहरूले तिनलाई मार्ने योजना बनाए।
ACT 9:30 यो कुरा अरू विश्‍वासीजनहरूले थाहा पाएपछि तिनलाई कैसरियामा ल्याई त्यहाँबाट टार्सस पठाइदिए।
ACT 9:31 त्यसपछि यहूदिया, गालील र सामरियाका मण्डलीमा केही शान्ति छायो र मण्डली सुदृढ भयो। तब मानिसहरू प्रभुको डरमा जिउन थाले, र पवित्र आत्माद्वारा उत्साह पाएर तिनीहरू संख्यामा वृद्धि हुँदैगए।
ACT 9:32 पत्रुस विभिन्‍न ठाउँहरूमा प्रचार गर्दै जाने क्रममा लिड्डामा बस्‍ने पवित्र जनहरूलाई भेट्न गए।
ACT 9:33 तिनले त्यहाँ पक्षाघातले आठ वर्षदेखि ओछ्यानमा थला परेको एनियास नामको एक जना मानिसलाई भेटे।
ACT 9:34 पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको तुल्याउनुहुन्छ। उठ र आफ्नो ओछ्यान मिलाऊ।” तब एनियास तुरुन्तै उठ्यो।
ACT 9:35 त्यसपछि लिड्डा र शारोनमा बस्‍ने सबै जनाले त्यसलाई देखे, र प्रभुमा फर्के।
ACT 9:36 योप्पा सहरमा तबीता (ग्रीक भाषामा उनलाई डोरकास भनिन्थ्यो) नामकी एक जना बहिनी थिइन्। तिनी सदा असल कार्य गरिरहन्थिन् र गरिबहरूलाई सहायता पनि गर्ने गर्थिन्।
ACT 9:37 त्यही समयमा तिनी बिरामी भइन्, र मरिन्। तिनलाई नुहाइदिएर माथिल्‍लो तलाको कोठामा राखियो।
ACT 9:38 लिड्डाचाहिँ योप्पाको नजिकै थियो। त्यसैले चेलाहरूले पत्रुस लिड्डामा भएको सुनेर तिनीहरूले दुई जनालाई तिनीकहाँ पठाएर अनुरोध गरे, “कृपया तुरुन्तै आउनुहोस्।”
ACT 9:39 तब पत्रुस तिनीहरूसँग गए, र जब तिनी त्यहाँ पुगे, उनलाई माथि कोठामा लगियो। सबै विधवाहरू उनको चारैतिर उभिएर रुँदै तिनीहरूसँग भएको बेला डोरकासले बनाएका पोशाक र अरू लुगाहरू तिनीहरूले देखाए।
ACT 9:40 त्यस कोठाभित्र भएका सबैलाई पत्रुसले बाहिर पठाए। त्यसपछि उनले घुँडा टेकेर प्रार्थना गरे। मरेकी स्त्रीतिर फर्केर उनले भने, “तबीता, उठ!” अनि तिनले आफ्ना आँखाहरू खोलिन्, र पत्रुसलाई देखेपछि तिनी उठेर बसिन्।
ACT 9:41 पत्रुसले हातले समातेर तिनलाई आफ्नै खुट्टामा उभिन मदत गरे। त्यसपछि तिनले विधवा तथा पवित्र जनहरूलाई कोठाभित्र बोलाए। अनि जीवित तबीतालाई तिनीहरूकहाँ सुम्पिदिए।
ACT 9:42 यो घटना सम्पूर्ण योप्पा सहरबासीले थाहा पाए। अनि धेरै जनाले प्रभुमा विश्‍वास गरे।
ACT 9:43 त्यसपछि, पत्रुस योप्पा सहरमा सिमोन नामको एक जना छालाको काम गर्नेको घरमा केही दिनसम्म बसे।
ACT 10:1 कैसरियास्थित इटालीया नामको पल्टनमा कर्नेलियस नामका एक जना सेनापति थिए।
ACT 10:2 तिनी परमेश्‍वरका भक्ति गर्ने मानिस थिए। तिनी र तिनका सारा परिवारले परमेश्‍वरको डर मान्थे। तिनले उदारताका साथ मानिसहरूलाई दान दिन्थे र परमेश्‍वरलाई निरन्तर प्रार्थना गर्नेगर्थे।
ACT 10:3 एक दिन अपरान्ह तीन बजेतिर उनले एउटा दर्शन देखे। परमेश्‍वरका एक जना स्वर्गदूत आएर उनलाई “कर्नेलियस!” भनेर बोलाए।
ACT 10:4 भयभीत हुँदै कर्नेलियसले स्वर्गदूतलाई एक टकले हेरे, र तिनले सोधे, “प्रभु, यो के हो?” स्वर्गदूतले जवाफ दिए, “कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिम्रो दानलाई सम्झनुभएको छ।
ACT 10:5 अब पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ।
ACT 10:6 तिनी सिमोन भनिने छालाको काम गर्नेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।”
ACT 10:7 जब आफूसँग कुरा गर्ने ती स्वर्गदूत बिदा भए, तब कर्नेलियसले आफ्ना दुई जना सेवकहरू र एक जना परमेश्‍वरको भक्त सिपाहीलाई बोलाए, जो उनको कर्मचारी पनि थियो।
ACT 10:8 आफूसँग घटेका सबै कुरा बताई तिनीहरूलाई उनले योप्पा सहर पठाए।
ACT 10:9 त्यसको भोलिपल्ट जब तिनीहरू आफ्नो यात्राको अन्तिम चरणमा सहरको नजिकै पुगिरहेका थिए, तब पत्रुस घरको कौसीमा प्रार्थना गर्न गए।
ACT 10:10 उनी भोकाए, र केही भोजन खान चाहन्थे; जुन बेला भोजन पाकिरहेको थियो, तिनी ध्यानमग्न भए।
ACT 10:11 अनि तिनले स्वर्ग उघ्रेको र त्यहाँबाट चारै कुनामा बाँधिएको तन्‍नाजस्तो कुनै चीज तल जमिनमा ओरालिएको देखे।
ACT 10:12 यसमा सबै किसिमका चारखुट्टे जनावरहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए।
ACT 10:13 त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “ए पत्रुस, उठ! तिनीहरूलाई मारेर खाऊ।”
ACT 10:14 तर पत्रुसले जवाफ दिए, “कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।”
ACT 10:15 त्यही आवाजले उनलाई दोस्रो पटक भन्यो, “परमेश्‍वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।”
ACT 10:16 अनि तीनपल्टसम्म त्यस्तै भइरह्‍यो। त्यसपछि त्यो तन्‍ना तुरुन्तै स्वर्गतिर फिर्ता लगियो।
ACT 10:17 त्यस दृष्यको अर्थ के होला भनी यस बारेमा पत्रुस अकमक्‍क परिरहेका थिए, तब त्यही बेला कर्नेलियसले कैसरियाबाट पठाएका तीन जना मानिसहरू सिमोनको घर सोधपुछ गर्दै उनको ढोकामा आइपुगे।
ACT 10:18 पत्रुसका नामले चिनिने सिमोन यहीँ घरमा बसेका छन् कि? भनी तिनीहरूले बोलाएर सोधे।
ACT 10:19 पत्रुस अझै त्यही दृश्यका बारेमा विचार गरिरहेका थिए, तब पवित्र आत्माले तिनलाई भन्‍नुभयो, “सिमोन, तिमीलाई तीन जना मानिसहरूले खोजिरहेका छन्।
ACT 10:20 त्यसैले उठ, र तल जाऊ। मैले नै तिनीहरूलाई पठाएको हुनाले तिनीहरूसँग तिमी शङ्का नमानी जाऊ।”
ACT 10:21 तल गएर पत्रुसले ती मानिसहरूसँग भने, “तिमीहरू जसलाई खोजिरहेका छौ, त्यो मानिस म नै हुँ। तिमीहरू किन आएका हौ?”
ACT 10:22 ती मानिसहरूले जवाफ दिए, “सेनापति कर्नेलियसले पठाएर हामी आएका हौँ। उहाँ धर्मी र परमेश्‍वरको भय मान्‍ने मानिस हुनुहुन्छ, उहाँलाई सबै यहूदीहरूले सम्मान गर्छन् र एक जना पवित्र स्वर्गदूतले तपाईंलाई उहाँको घरमा बोलाउन आदेश भयो, ताकि तपाईंका कुरा सुन्‍न सकून्।”
ACT 10:23 त्यसपछि पत्रुसले ती मानिसहरूलाई पाहुनाका रूपमा स्वागत गर्दै घरभित्र सत्कार गरे। अर्को दिन पत्रुसले तिनीहरूसँग आफ्नो यात्रा सुरु गरे, र योप्पाका केही दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीसँगै गए।
ACT 10:24 भोलिपल्ट तिनी कैसरिया पुगे। कर्नेलियस तिनीहरूका बाटो हेरेर बसिरहेका थिए। अनि तिनको स्वागत गर्न आफ्ना नातेदारहरू र घनिष्‍ठ मित्रहरूलाई पनि बोलाएका थिए।
ACT 10:25 जब पत्रुस त्यस घरभित्र पसे, कर्नेलियसले तिनीसँग भेटे र श्रद्धाका साथ उनले तिनको खुट्टामा दण्डवत् गरे।
ACT 10:26 तर पत्रुसले उनलाई उठाउँदै भने, “उठ्नुहोस्, म आफैँ पनि त मानिस नै हुँ।”
ACT 10:27 उनीसँगै कुरा गर्दै पत्रुस कोठाभित्र गए, जहाँ धेरै मानिसहरू जम्मा भएका तिनले पाए।
ACT 10:28 तिनले तिनीहरूलाई भने: “तपाईंहरू सबै यो कुरा जान्‍नुहुन्छ, कि एउटा यहूदीले गैरयहूदीसँग सङ्गत गर्नु वा उसको घरमा जानू हाम्रो व्यवस्थाविरुद्ध हो। तर कुनै पनि मानिसलाई मैले अपवित्र वा अशुद्ध भन्‍नुहुँदैन भनेर परमेश्‍वरले मलाई देखाउनुभएको छ।
ACT 10:29 त्यसैले जब मलाई बोलाउनुभयो, तब कुनै प्रश्न नगरी म यहाँ तपाईंहरूकहाँ आएँ। के म तपाईंहरूलाई सोध्न सक्छु, मलाई कति कारणले बोलाउनुभएको हो?”
ACT 10:30 कर्नेलियसले जवाफ दिए: “तीन दिन अगि यसै समयमा अर्थात् अपरान्ह तीन बजेतिर म मेरो घरमा प्रार्थना गरिरहेको थिएँ। तब चहकिलो पोशाक पहिरेका एक जना स्वर्गदूत मेरो सामु अकस्मात् उभिएर भने,
ACT 10:31 ‘कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ, र तिम्रो दानलाई सम्झनुभएको छ।
ACT 10:32 त्यसैले पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। तिनी सिमोन भनिने छालाको काम गर्नेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।’
ACT 10:33 त्यसैकारण तपाईंलाई मैले तुरुन्त बोलाउन पठाएँ; अनि तपाईं दया गरेर आउनुभयो। अब प्रभुले तपाईंलाई हामीलाई भन्‍न भनेर दिनुभएको सन्देश सुन्‍न परमेश्‍वरको सामु प्रतीक्षा गरिरहेका छौँ।”
ACT 10:34 अनि पत्रुसले भन्‍न थाले: “अब मैले बुझेँ, कि यो सत्य रहेछ,” परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न।
ACT 10:35 तर हरेक मानिसमा उहाँको भय मान्‍ने र ठिक काम गर्नेहरूलाई उहाँ ग्रहण गर्नुहुन्छ भन्‍ने कुरा कति साँचो रहेछ।
ACT 10:36 हामी सबैका प्रभु येशू ख्रीष्‍टद्वारा भनिएको शान्तिको सुसमाचार परमेश्‍वरले इस्राएलका मानिसहरूका निम्ति पठाउनुभएको सन्देश हो भनी तपाईं सबै जान्‍नुहुन्छ।
ACT 10:37 यूहन्‍नाले गालीलमा सुरु गरेको बप्‍तिस्माको प्रचारदेखि सारा यहूदियाभरि भएका सबै कुरा तपाईंहरू जान्‍नुहुन्छ।
ACT 10:38 पवित्र आत्मा र शक्तिसँग कसरी परमेश्‍वरले नासरतका येशू ख्रीष्‍टलाई अभिषेक गर्नुभयो; त्यसपछि परमेश्‍वर उहाँकै साथ हुनुभएकोले, शैतानको अधीनमा परेकाहरूलाई पूर्ण निको तुल्याउँदै चारैतिर कसरी असल काम गर्दै उहाँ हिँड्नुभयो, यो कुरा तपाईंहरूलाई थाहै छ।
ACT 10:39 “यहूदीहरूका देशमा र यरूशलेममा उहाँले जे-जे गर्नुभयो, ती हरेक कुराहरूका साक्षी हामी छौँ। तिनीहरूले उहाँलाई नै काठमा झुण्ड्याएर मारे।
ACT 10:40 तर मृत्युको तेस्रो दिन परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, र उहाँलाई प्रकट गराउनुभयो।
ACT 10:41 सबै मानिसहरूले उहाँलाई देख्न सकेनन्, तर साक्षी हुनका निम्ति परमेश्‍वरले पहिल्यै छनौट गर्नुभएको हामी जस्ताले उहाँलाई देख्यौँ, येशू जीवित पारिनुभएपछि उहाँसँगै हामीले खानपिन गर्‍यौँ।
ACT 10:42 उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जसलाई परमेश्‍वरले जीवित र मृतकहरूको न्यायकर्ताको रूपमा नियुक्त गर्नुभएको छ भन्‍ने कुराको साक्षी दिन र मानिसहरूमा यसको प्रचार गर्न हामीलाई उहाँले आज्ञा दिनुभयो।
ACT 10:43 उहाँमा विश्‍वास गर्ने हरेक मानिसले उहाँकै नामद्वारा आफ्ना पापहरूबाट क्षमादान प्राप्‍त गर्दछ भनी अगमवक्ताहरूले साक्षी दिएका छन्।”
ACT 10:44 जुन बेला पत्रुस बोलिरहेका थिए, तिनको यो वचन सुन्‍नेहरूमाथि पवित्र आत्मा आउनुभयो।
ACT 10:45 गैरयहूदीहरूमा पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्‍वासीहरू अचम्मित भए।
ACT 10:46 किनकि तिनीहरूले अरू भाषाहरूमा बोलिरहेका र परमेश्‍वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। त्यसपछि पत्रुसले भने,
ACT 10:47 “हामीहरूले झैँ यिनीहरूले पनि पवित्र आत्मा पाएका छन्। अब यी मानिसहरूलाई पानीको बप्‍तिस्मा लिनबाट कसैले रोक्न सक्छ र?”
ACT 10:48 त्यसकारण तिनले येशू ख्रीष्‍टको नाममा तिनीहरूलाई बप्‍तिस्मा लिन आज्ञा दिए। अनि तिनीहरूले पत्रुसलाई तिनीहरूसँग केही दिन रहिदिन भनी आग्रह गरे।
ACT 11:1 गैरयहूदीहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेछन् भन्‍ने यहूदियाभरि भएका सबै प्रेरितहरू र दाजुभाइ-दिदीबहिनीहरूले सुने।
ACT 11:2 त्यसकारण जब पत्रुस यरूशलेम फर्किए, तब खतना भएका विश्‍वासीहरूले उनको आलोचना गरे,
ACT 11:3 र यसो भने, “तपाईं खतना नगरिएका मानिसहरूका घरमा गएर उनीहरूसँग भोजन गर्नुभयो।”
ACT 11:4 तब पत्रुसले सुरुदेखि जे-जे भए सबै कुरा तिनीहरूलाई भने:
ACT 11:5 “म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ। त्यसै बेला ध्यानमग्न हुँदा मैले एउटा दर्शन देखेँ। एउटा ठूलो तन्‍नाजस्तो चारै कुनामा बाँधिएको कुनै चीज स्वर्गबाट तल जमिनमा ओरालिएको मैले देखेँ। म जुन ठाउँमा थिएँ, त्यो मकहाँ आयो।
ACT 11:6 जब मैले त्यसलाई नियालेर हेरेँ, तब सबै किसिमका चारखुट्टे जनावरहरू, जङ्गली पशुहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए।
ACT 11:7 त्यसपछि एउटा आवाजले मलाई यसो भनिरहेको सुनेँ, ‘ए पत्रुस, उठ! तिनीहरूलाई मारेर खाऊ।’
ACT 11:8 “तर मैले जवाफ दिएँ, ‘कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।’
ACT 11:9 “स्वर्गबाट आएको आवाजले दोस्रो पटक भन्यो, ‘परमेश्‍वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।’
ACT 11:10 अनि तीनपल्टसम्म त्यस्तै भइरह्‍यो। त्यसपछि त्यो तन्‍ना फेरि स्वर्गतिर फिर्ता लगियो।
ACT 11:11 “ठिक त्यसै बेला कर्नेलियसले कैसरियाबाट मलाई बोलाउन पठाइएका तीन जना मानिसहरू म बसेको घरको ढोकामा आइपुगे।
ACT 11:12 मलाई पवित्र आत्माले तिनीहरूसँग कुनै किसिमको सङ्कोच नमानी जान भन्‍नुभयो। यी छ जना दाजुभाइहरू पनि मसँगै गए। अनि हामी त्यस मानिसको घरभित्र गयौँ।
ACT 11:13 तिनले हामीलाई भने कि उनको घरमा एक जना स्वर्गदूत यसो भन्दै देखा परे, ‘पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ।
ACT 11:14 तिनले तिम्रो निम्ति वचन सुनाउनेछन्, जसद्वारा तिमी र तिम्रा सबै परिवारको उद्धार हुनेछ।’
ACT 11:15 “जब म बोल्न थालेँ, जसरी सुरुमा हामीहरूमाथि पवित्र आत्मा आउनुभएको थियो, त्यसरी नै सुन्‍नेहरूमाथि पनि पवित्र आत्मा आउनुभयो।
ACT 11:16 त्यसपछि प्रभुले जे भन्‍नुभएको थियो, त्यो मैले सम्झें: ‘यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर तिमीहरूले पवित्र आत्मामा बप्‍तिस्मा पाउनेछौ।’
ACT 11:17 त्यसैले प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्ने हामीहरूलाई दिएकै वरदान, यदि परमेश्‍वरले तिनीहरूलाई पनि दिनुभयो भने परमेश्‍वरको इच्छाविरुद्ध जान खोज्ने म को हुँ र?”
ACT 11:18 यस्तो सुनेपछि तिनीहरूले कुनै विवाद गरेनन्, र परमेश्‍वरको प्रशंसा गर्दै यसो भने, “त्यसो भए, गैरयहूदीहरूलाई पनि जीवनको निम्ति परमेश्‍वरले पश्‍चात्ताप दिनुभएछ।”
ACT 11:19 स्तिफनसमाथि गरिएको अत्याचारको कारणले तितरबितर भएकाहरूले आफ्ना यात्राका क्रममा यहूदीहरूलाई मात्र सुसमाचारको प्रचार गर्दै फोनिके, साइप्रस र एन्टिओखियासम्म पुगे।
ACT 11:20 तिनीहरूमध्ये कति मानिसहरूचाहिँ साइप्रस र साइरिनीका थिए। तिनीहरूचाहिँ एन्टिओखिया गए, र ग्रीक बोल्ने यहूदीहरूमा पनि प्रभु येशूको बारेमा सुसमाचार प्रचार गर्न थाले।
ACT 11:21 प्रभुको आशिष् तिनीहरूमाथि थियो। धेरै मानिसहरूले विश्‍वास गरे, र प्रभुकहाँ फर्के।
ACT 11:22 यो खबर यरूशलेमको मण्डलीमा पुग्यो; अनि तिनीहरूले बारनाबासलाई एन्टिओखियामा पठाए।
ACT 11:23 जब तिनी त्यहाँ पुगे, तब परमेश्‍वरको अनुग्रहको प्रमाण देखेर प्रसन्‍न भए। तिनले तिनीहरू सबैलाई सम्पूर्ण हृदयले प्रभुमा दृढ भइरहन उत्साह दिए।
ACT 11:24 किनभने उनी एक असल, पवित्र आत्मा र विश्‍वासले भरिपूर्ण मानिस थिए। अनि त्यहाँ ठूलो संख्यामा मानिसहरू प्रभुमा ल्याइए।
ACT 11:25 त्यसपछि बारनाबास शाऊललाई खोज्न टार्ससतिर गए।
ACT 11:26 शाऊललाई फेला पारेपछि उनलाई लिएर तिनी एन्टिओखियामा आए। बारनाबास र शाऊलले त्यहाँको मण्डलीमा एक वर्षसम्म भेटघाट गरिरहे, र धेरै मानिसहरूलाई शिक्षा दिए। यसरी चेलाहरू पहिलो पटक एन्टिओखियामा नै ख्रीष्‍टियान भनिए।
ACT 11:27 यसै समयमा केही अगमवक्ताहरू यरूशलेमबाट एन्टिओखियातिर झरे।
ACT 11:28 तिनीहरूमध्ये अगाबस नामका एक जना उठे र रोम लगायत संसारभरि नै ठूलो अनिकाल पर्नेछ भनी पवित्र आत्माको सहायताद्वारा अगमवाणी बोले। (त्यो अनिकाल क्लौडियसको शासनकालमा भएको थियो।)
ACT 11:29 चेलाहरूले आ-आफ्नो सामर्थ्यअनुसार यहूदियामा बसिरहेका दाजुभाइ-दिदीबहिनीहरूका निम्ति सहायता पुर्‍याउने अठोट गरे।
ACT 11:30 यसरी तिनीहरूले बारनाबास र शाऊलको हातद्वारा आफ्ना दानहरू मण्डलीका प्रधानहरूकहाँ पठाए।
ACT 12:1 त्यो समयमा राजा हेरोदले मण्डलीसँग सम्बन्धित केहीलाई सताउने मनसायले तिनीहरूलाई पक्राउ गरे।
ACT 12:2 उनले यूहन्‍नाका भाइ याकोबलाई तरवारले मारेका थिए।
ACT 12:3 यस कुराले यहूदीहरू खुशी भएका देखेर उनले पत्रुसलाई पनि पक्रने विचार गरे। यो अखमिरी रोटीको चाडको समयमा भएको थियो।
ACT 12:4 उनलाई पक्राउ गरेपछि झ्यालखानामा हाले। अनि चार-चार सिपाहीको टोली बनाएर चार पहरेदारहरूको समूहलाई उनको निगरानी गर्न सुम्पिदिए। हेरोदले निस्तार चाडपछि पत्रुसलाई मानिसहरूको सामु जाँचको निम्ति बाहिर ल्याउने योजना गरे।
ACT 12:5 यसकारण पत्रुसलाई झ्यालखानामा राखियो। तर मण्डली उनका निम्ति परमेश्‍वरसित खुरन्धार प्रार्थनामा लागिरहेको थियो।
ACT 12:6 हेरोदले उनको न्याय गर्ने अगिल्‍लो रातमा, पत्रुस दुई वटा साङ्लोले बाँधिएर दुई सिपाहीहरूका बीच सुतिरहेका थिए। ढोकामा पहरेदारहरूले रखवाली दिइराखेका थिए।
ACT 12:7 अचानक प्रभुका दूत झ्यालखानाको कोठामा देखा परे। अनि त्यहाँ एउटा ज्योति चम्क्यो। दूतले पत्रुसलाई कोखामा कोट्याएर “छिटो उठ!” भनी उठाए। अनि तिनका नाडीहरूबाट साङ्लाहरू फुस्किए।
ACT 12:8 त्यसपछि ती स्वर्गदूतले उनलाई भने, “तिम्रो जुत्ता र लुगाहरू लगाऊ!” पत्रुसले त्यसै गरे। “तिम्रो खास्टो वरिपरि बेह्रेर मलाई पछ्याऊ,” दूतले उनलाई भने।
ACT 12:9 पत्रुसले झ्यालखानाबाट बाहिरसम्म तिनलाई पछ्याए। ती स्वर्गदूतले जे गर्दैथिए, साँचो हो भन्‍ने ज्ञान उनलाई भएन, तर आफूले एउटा दर्शन देखिराखेको छु भनी ठाने।
ACT 12:10 तिनीहरूले पहिलो र दोस्रो पहरेदारहरूलाई पार गरेर सहरतिर जाने फलामे मूलढोकामा आइपुगे। तिनीहरूका निम्ति यो मूलढोका आफैँ खोलियो र यसबाट भएर तिनीहरू निस्के। एउटा बाटो पूरै हिँडिसकेपछि, स्वर्गदूतले अचानक तिनलाई छोडेर गए।
ACT 12:11 त्यसपछि पत्रुस होशमा आए, तब तिनले भने, “अब मलाई पक्‍का थाहा भयो, प्रभुले आफ्नो दूतलाई हेरोदका पञ्जाबाट र यहूदीहरूले जे गर्न चाहेका थिए, ती सबैबाट मलाई छुटाउन पठाउनुभएको रहेछ।”
ACT 12:12 यो कुरा उनले बुझेपछि उनी मर्कूस भनिने यूहन्‍नाकी आमा मरियमको घरमा गए, जहाँ धेरै मानिसहरू जम्मा भएर प्रार्थना गरिरहेका थिए।
ACT 12:13 पत्रुसले बाहिरी ढोकामा ढक्ढक्याए। अनि रोदा नाम गरेकी एउटी सेविका ढोकामा आएर जवाफ फर्काइन्।
ACT 12:14 जब तिनले पत्रुसको सोर चिनिन्, तब तिनी खुशी भएर ढोकै नखोलीकन “पत्रुस ढोकामा उभिरहनुभएको छ,” भनी रमाउँदै खबर दिन दौडेर गइन्।
ACT 12:15 तिनीहरूले तिनलाई यसरी जवाफ दिए, “तिमी बहुलाएकी छौ!” तर तिनी आफ्नो कुरा साँच्‍चै नै हो भनेर दृढ भइरहिन्। त्यसकारण तिनीहरूले “तिनी पत्रुसको दूत हुन सक्छन् भनी ठाने।”
ACT 12:16 तर पत्रुसले ढोका ढक्ढक्याइरहे। जब तिनीहरूले ढोका खोले, र तिनलाई देखे, तब तिनीहरू आश्‍चर्यचकित भए।
ACT 12:17 पत्रुसले तिनीहरूलाई चुप रहन हातले इशारा गरे। अनि कसरी तिनलाई प्रभुले झ्यालखानाबाट निकाल्नुभयो भनी वर्णन गरे। त्यसपछि तिनले भने, “यी कुराको बारेमा याकोब र अरू दाजुभाइ-दिदीबहिनीहरूलाई बताइदेओ,” भनेर तिनी अर्को ठाउँमा गइहाले।
ACT 12:18 पत्रुसको घटनाका सम्बन्धमा सिपाहीहरूमा त्यस बिहानी ठूलो खैलाबैला मच्‍चियो।
ACT 12:19 हेरोदले पत्रुसको धुइँपत्ताल खोजी गर्न लगाए। तर उनलाई नभेट्टाएपछि पहरेदारहरूसँग फेरि सोधपुछ गरिसकेपछि तिनीहरूलाई मृत्युदण्डको आज्ञा दिए। त्यसपछि हेरोद यहूदियाबाट कैसरिया गएर केही समय त्यहीँ बसे।
ACT 12:20 उनले टायर र सीदोनका मानिसहरूसित कलह मच्‍चाइराखेका थिए। ती दुई समूह एउटै भएर उनलाई भेट्न खोजिरहेका थिए। राजाको विश्‍वासी सेवक बलस्तसको मदतमा तिनीहरू मिलाप गर्न चाहन्थे। किनकि तिनीहरू भोजन आपूर्तिको निम्ति राजाको देशमा निर्भर थिए।
ACT 12:21 तब तोकिएको दिनमा राजकीय पोशाकमा हेरोद सिंहासनमा बसे र मानिसहरूलाई सम्बोधन गरे।
ACT 12:22 “यो त मानिसको नभएर ईश्‍वरको वाणी हो,” भन्दै मानिसहरू चिच्याए।
ACT 12:23 हेरोदले परमेश्‍वरलाई महिमा नदिएकोले तुरुन्तै प्रभुको एउटा दूतले उनलाई प्रहार गरे। अनि तिनी बिरामी भए, र किरा परेर मरे।
ACT 12:24 तर परमेश्‍वरको वचनचाहिँ बढ्दै र फैलिँदै गयो।
ACT 12:25 बारनाबास र शाऊलले आफ्नो काम समाप्‍त गरेपछि तिनीहरू यरूशलेमबाट फर्के, र तिनीहरूले साथमा मर्कूस भनिने यूहन्‍नालाई लिएर गए।
ACT 13:1 एन्टिओखियाको मण्डलीमा कति अगमवक्ताहरू र शिक्षकहरू थिए: बारनाबास, निगेर भनिने शिमियोन, साइरिनीका लुकियस र मनेन (जो शासक हेरोदसँग हुर्केका थिए) र शाऊल।
ACT 13:2 तिनीहरू प्रभुको आराधना गरिरहेका बेला र उपवास बसिरहेका बेला पवित्र आत्माले “बारनाबास र शाऊललाई मैले तोकेको काम गर्नको निम्ति अलग गर” भन्‍नुभयो।
ACT 13:3 त्यसकारण तिनीहरूले उपवाससहित प्रार्थना गरे, र ती दुईमाथि आफ्नो हात राखेर तिनीहरूलाई पठाइदिए।
ACT 13:4 बारनाबास र शाऊल पवित्र आत्माद्वारा पठाइएअनुसार सिलुकिया गए। अनि त्यहाँबाट साइप्रस जानका निम्ति जहाज चढे।
ACT 13:5 जब तिनीहरू सलामिस पुगे, तब तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्‍वरको वचनको घोषणा गरे। तिनीहरूका सहायताको रूपमा यूहन्‍ना तिनीहरूसँगै थिए।
ACT 13:6 तिनीहरू सम्पूर्ण टापुको यात्रा गर्दै पाफोस आइपुगे। त्यहाँ तिनीहरूले बार-येशू नामको एक जना यहूदी जादुगर र झूटा अगमवक्तालाई भेटे।
ACT 13:7 त्यो एउटा प्रान्तको “सर्गियस पौलुस” नामको शासकको परिचारक थियो। ती राज्यपाल एक समझदार मानिस थिए। तिनले बारनाबास र शाऊललाई बोलाए; किनकि तिनी परमेश्‍वरको वचन सुन्‍न चाहन्थे।
ACT 13:8 तर एलुमास जादुगरले (उसको नामको अर्थ टुनामुना गर्ने हो) तिनीहरूको विरोध गर्‍यो। अनि ती राज्यपाललाई तिनको विश्‍वासबाट फर्काउने प्रयत्न गर्‍यो।
ACT 13:9 त्यसपछि शाऊल, जसलाई पावल पनि भनिन्छ, तिनी पवित्र आत्माले भरिएर एलुमासको आँखामा एक टकले हेर्दै भने,
ACT 13:10 “ए शैतानको बच्‍चा, हरेक सही कुराको शत्रु, सबै किसिमका छल र कपटले भरिपूर्ण, प्रभुका असल र ठिक बाटाहरू भ्रष्‍ट पार्न के तँ कहिल्यै छोड्दैनस्?
ACT 13:11 अब प्रभुको शक्ति तेरो विरुद्धमा छ। तँ आँखा नेदेख्ने हुनेछस् र आउँदो केही समयका निम्ति सूर्यको प्रकाश देख्न सक्नेछैनस्।” तुरुन्तै कुइरो र अन्धकारले उसलाई ढाक्यो। अनि कसैले आफ्नो हात समाई डोर्‍याइदेला कि भनी त्यो यताउति गर्न थाल्यो।
ACT 13:12 त्यहाँ घटेको घटना ती राज्यपालले देखेपछि उनले विश्‍वास गरे। किनकि प्रभुका बारेमा दिइएको शिक्षाबाट तिनी अचम्म परेका थिए।
ACT 13:13 पावल र तिनका सङ्गीहरू पाफोसबाट जहाज चढी पामफिलियाको पर्गा सहरमा पुगे। यूहन्‍नाचाहिँ त्यहीँबाट यरूशलेम फर्किए।
ACT 13:14 पर्गाबाट तिनीहरू पिसिदियाको एन्टिओखियामा गए। शब्बाथको दिन तिनीहरू सभाघरभित्र गएर त्यहाँ बसे।
ACT 13:15 त्यहाँ व्यवस्था र अगमवक्ताका पुस्तकहरू पढिसकेपछि सभाघरका शासकहरूले तिनीहरूकहाँ यसो भनेर खबर पठाए, “दाजुभाइ-दिदीबहिनीहरू हो, मानिसहरूलाई प्रोत्साहित गर्ने अर्तीका वचन तपाईंहरूसँग छ भने कृपा गरी भन्‍नुहोस्।”
ACT 13:16 त्यो सुनेपछि पावल उभिएर सभालाई शान्त हुन हातले इशारा गर्दै भने: “हे इस्राएलीहरू र परमेश्‍वरको डर मान्‍ने गैरयहूदीहरू हो, मेरो कुरा ध्यानपूर्वक सुन्‍नुहोस्!
ACT 13:17 इस्राएली जातिका परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई चुन्‍नुभयो। इजिप्टमा बस्दा उहाँले तिनीहरूलाई उच्‍च बनाउनुभयो। महान् शक्तिका साथ तिनीहरूलाई उहाँले त्यस देशबाट बाहिर ल्याउनुभयो।
ACT 13:18 प्राय: चालीस वर्षसम्म उजाडस्थानमा तिनीहरूका व्यवहारलाई उहाँले सहनुभयो।
ACT 13:19 कनानका सात राष्ट्रहरूलाई उहाँले नाश गर्नुभयो र उनीहरूको देश आफ्ना जनहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो।
ACT 13:20 प्रायः चार सय पचास वर्षसम्म तिनीहरूले त्यहाँ अधिकार जमाए। “यसपछि शमूएल अगमवक्ताको समय नआउन्जेल परमेश्‍वरले तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो।
ACT 13:21 अनि मानिसहरूले एउटा राजाको माग गरे। अनि उहाँले बेन्यामीन कुलका कीशका छोरा शाऊललाई तिनीहरूका राजा बनाउनुभयो। तिनले चालीस वर्षसम्म शासन गरे।
ACT 13:22 तर शाऊललाई हटाएपछि दावीदलाई उहाँले तिनीहरूका राजा बनाउनुभयो। तिनको विषयमा साक्षी दिँदै परमेश्‍वरले भन्‍नुभयो: ‘यिशैको छोरा दावीदलाई मैले आफ्नो हृदयअनुसारको मानिस भेट्टाएको छु; जसबाट म जे काम गराउन चाहन्छु, त्यसले ती सबै गर्नेछ।’
ACT 13:23 “यिनै मानिसका सन्तानबाट परमेश्‍वरले प्रतिज्ञा गर्नुभएबमोजिम इस्राएलको एक उद्धारकर्ता येशूलाई ल्याउनुभयो।
ACT 13:24 येशूको आगमनभन्दा अगाडि यूहन्‍नाले सबै इस्राएलीहरूमा पश्‍चात्ताप र बप्‍तिस्माको प्रचार गरे।
ACT 13:25 जब यूहन्‍ना आफ्नो काम पूरा गरिरहेका थिए, उनले भने, ‘मलाई तपाईंहरूले को भनी ठान्‍नुभएको छ? म त उहाँ होइन। तर उहाँ मपछि आउनुहुनेछ। उहाँका पाउका जुत्तासम्म पनि फुकाल्ने योग्यको म छैनँ।’
ACT 13:26 “हे दाजुभाइ-दिदीबहिनीहरू हो, अब्राहामका सन्तान र परमेश्‍वरको भय मान्‍ने गैरयहूदीहरू, यो उद्धारको सन्देश हामीहरूमा नै पठाइएको छ।
ACT 13:27 यरूशलेमका मानिसहरू र तिनका शासकहरूले येशूलाई चिनेनन्, तैपनि उहाँलाई दण्ड दिएर तिनीहरूले अगमवक्ताहरूका वचनहरूलाई पूरा गरे, जो हरेक शब्बाथको दिन पढिन्थ्यो।
ACT 13:28 यद्यपि उहाँलाई मृत्युदण्ड दिन तिनीहरूले कुनै ठोस कारण फेला पारेनन्। तर पनि उहाँलाई ज्यान सजाय दिनुपर्छ भनी पिलातससँग तिनीहरूले माग गरे।
ACT 13:29 जब तिनीहरूले उहाँका बारेमा लेखिएका सबै कुराहरू पूरा गरे, तिनीहरूले उहाँलाई क्रूसबाट तल झारेर चिहानमा राखे।
ACT 13:30 तर परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट पुनर्जीवित पार्नुभयो।
ACT 13:31 त्यसपछिका धेरै दिनसम्म गालीलदेखि यरूशलेमसम्म उहाँसँगै यात्रा गर्नेहरूका सामु उहाँ प्रकट हुनुभएको थियो। अहिले तिनीहरू नै हाम्रा मानिसहरूका माझमा उहाँका साक्षी भएका छन्।
ACT 13:32 “हाम्रा पुर्खाहरूसँग परमेश्‍वरले जे प्रतिज्ञा गर्नुभयो, हामी तपाईंहरूलाई त्यो सुसमाचार सुनाउँछौँ,
ACT 13:33 तिनीहरूका सन्तान अर्थात् हामीहरूका निम्ति येशूलाई जीवित पारीकन परमेश्‍वरले त्यो प्रतिज्ञा पूरा गर्नुभयो। भजनसंग्रह दुईमा लेखिएको छ: “ ‘तिमी मेरा पुत्र हौ; आज म तिम्रो पिता भएको छु।’
ACT 13:34 कहिले पनि नकुहिने गरी उहाँलाई परमेश्‍वरले मरेकाहरूबाट जीवित पार्नुभएको तथ्य, यी वचनहरूमा भनिएको छ: “ ‘दावीदलाई प्रतिज्ञा गरेबमोजिम म तिमीहरूलाई पवित्र र अटल आशीर्वाद दिनेछु।’
ACT 13:35 किनभने अर्को ठाउँमा पनि यस्तै लेखिएको छ: “ ‘तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछैन।’
ACT 13:36 “किनकि उनको आफ्नै पुस्तामा दावीदले परमेश्‍वरको उद्देश्यअनुसार काम गरेपछि उनको मृत्यु भयो; उनी आफ्ना पुर्खाहरूसँग गाडिए र उनको शरीर सड्यो।
ACT 13:37 तर जसलाई परमेश्‍वरले मरेकाहरूबाट जीवित पार्नुभयो, उहाँको शरीरचाहिँ कुहिएन।
ACT 13:38 “त्यसैकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू, तपाईंहरू यो कुरा बुझ्नुहोस् भन्‍ने म चाहन्छु, येशूद्वारा पापहरूको क्षमा तपाईंहरूलाई घोषणा गरिएको छ।
ACT 13:39 उहाँमा विश्‍वास गर्ने हरेक उहाँद्वारा नै सबै कुरामा धर्मी ठहराइएको छ, जुन धार्मिकता मोशाको व्यवस्थाद्वारा सम्भव थिएन।
ACT 13:40 यसकारण होसियार हुनुहोस्, अगमवक्ताहरूको मुखबाट निस्केका यी वचन तपाईंहरूमा लागू नहोस्:
ACT 13:41 “ ‘हे निन्दा गर्नेहरू हो, हेर, आश्‍चर्य मान र नष्‍ट भइजाओ; किनकि तिमीहरूको समयमा यस्तो एउटा काम गर्नेछु, जुन तिमीहरूलाई कसैले भने पनि तिमीहरू त्यसमा कहिल्यै विश्‍वास गर्नेछैनौ।’ ”
ACT 13:42 पावल र बारनाबासले सभाघर छोडेपछि मानिसहरूले तिनीहरूलाई अर्को शब्बाथको दिन, अरू कुरा गर्नका निम्ति बोलाए।
ACT 13:43 सभा समाप्‍त गरेपछि धेरै यहूदी तथा यहूदी धर्म मान्‍ने भक्तहरूले पावल र बारनाबासलाई पछ्याए, जसले परमेश्‍वरको अनुग्रहमा लागिरहन तिनीहरूलाई बिन्ती गरे।
ACT 13:44 प्रभुको वचन सुन्‍न अर्को शब्बाथको दिनमा पूरै सहर जम्मा भएर आयो।
ACT 13:45 जब यहूदीहरूले भीडलाई देखे, तब तिनीहरू ईर्ष्याले भरिए। अनि पावलले भनेका कुराहरूमाथि नानाथरी दोष लगाउँदै उनको अपमान गरे।
ACT 13:46 त्यसपछि पावल र बारनाबासले तिनीहरूलाई निर्भयतापूर्वक जवाफ दिए, “सबैभन्दा पहिला त तपाईंहरूलाई नै हामीले परमेश्‍वरको वचन भन्‍नुपर्थ्यो। तपाईंहरूले यसको तिरस्कार गरेर आफूलाई अनन्त जीवनको अयोग्य बनाउनुभएकोले अब हामी गैरयहूदीतिर फर्कँन्छौँ।
ACT 13:47 किनभने प्रभुले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ: “ ‘गैरयहूदीहरूका निम्ति मैले तिमीहरूलाई एउटा ज्योति बनाएको छु, ताकि संसारको अन्तिम छेउसम्म तिमीहरूले उद्धार पुर्‍याउन सक।’ ”
ACT 13:48 यो कुरा सुनेपछि गैरयहूदीहरू खुशी भए, र प्रभुको वचनलाई आदरका साथ ग्रहण गरे; अनि अनन्त जीवनका लागि नियुक्त भएका सबैले विश्‍वास गरे।
ACT 13:49 प्रभुको वचन सम्पूर्ण क्षेत्रभरि फैलियो।
ACT 13:50 तर यहूदीहरूले प्रभुको भय मान्‍ने माथिल्‍ला दर्जाका महिलाहरू र सहरका मुख्य पुरुषहरूलाई उक्साए। पावल र बारनाबासका विरुद्धमा तिनीहरूले उपद्रवका लागि उत्तेजना फैलाए। अनि तिनीहरूलाई आफ्नो क्षेत्रबाट सिमानापारि कटाए।
ACT 13:51 तर तिनीहरूका विरुद्ध उनीहरूले आफ्ना पैतालाको धुलो टकटक्याएर आइकोनियममा गए।
ACT 13:52 अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरिपूर्ण भए।
ACT 14:1 आइकोनियममा पावल र बारनाबास सदाझैँ यहूदीहरूका सभाघरहरूमा गए। त्यहाँ तिनीहरूले यति प्रभावकारी ढङ्गले बोले कि धेरै संख्यामा यहूदीहरू र गैरयहूदीहरूले विश्‍वास गरे।
ACT 14:2 तर विश्‍वास गर्न नमान्‍ने यहूदीहरूले चाहिँ गैरयहूदीहरूलाई उत्तेजित गर्दै तिनीहरूका मनलाई विश्‍वासीहरूका विरुद्ध जगाए।
ACT 14:3 त्यसकारण पावल र बारनाबास प्रभुका बारेमा निडरतापूर्वक बोल्दै धेरै समयसम्म त्यहीँ बसे। तिनीहरूलाई अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गर्न सामर्थ्य तुल्याएर प्रभुले पनि आफ्नो अनुग्रहको सन्देश साबित गर्नुभयो।
ACT 14:4 तर त्यस सहरका मानिसहरूमा फाटो आयो; कोहीचाहिँ यहूदीहरूपट्टि र कोहीचाहिँ प्रेरितहरूपट्टि लागे।
ACT 14:5 आफ्ना अगुवाहरूसँग मिलेर गैरयहूदीहरू र यहूदीहरूले तिनीहरूलाई दुर्व्यवहार गर्ने र तिनीहरूमाथि ढुङ्गा प्रहार गर्ने योजना बनाए।
ACT 14:6 तर यो योजना थाहा पाएकाले तिनीहरू लुकाओनियाका लुस्त्रा र डर्बी सहरहरूका साथै त्यस भेगका अन्य क्षेत्रहरूमा भागेर गए;
ACT 14:7 र ती ठाउँहरूमा तिनीहरूले निरन्तर सुसमाचार प्रचार गरिरहे।
ACT 14:8 लुस्त्रामा एउटा लङ्गडो मानिस बस्थ्यो। ऊ जन्मैदेखि लङ्गडो भएकोले कहिल्यै हिँडेको थिएन।
ACT 14:9 त्यस मानिसले पावल बोलिरहेका सुन्यो। पावलले त्यस मानिसको अनुहारमा एक टकले हेरे, र ऊसँग निको हुने विश्‍वास रहेछ भनी थाहा पाए।
ACT 14:10 त्यसैले तिनले उच्‍च सोरमा भने, “आफ्ना खुट्टाको भरमा उभ!” त्यही क्षण त्यो मानिस जुरुक्‍क उठ्यो, र हिँड्न थाल्यो।
ACT 14:11 पावलले गरेका कुराहरू जब भीडले देखे, तब तिनीहरू लुकाओनियाको भाषामा चिच्याउन थाले, “मानिसहरूका भेषमा देवताहरू हामीकहाँ आएका छन्!”
ACT 14:12 तिनीहरूले बारनाबासलाई जिऊस र पावललाई हर्मेस भन्‍न थाले; किनकि पावल नै मुख्य वक्ता थिए।
ACT 14:13 सहरको ठिक बाहिरपट्टि भएको जिऊस देवताको मन्दिरका पुजारीले सहरको ढोकामा फूलका मालाहरू र गोरुहरू ल्याए, किनकि तिनी र ती भीडले उनीहरूलाई बलि चढाउन चाहे।
ACT 14:14 तर जब प्रेरितहरू बारनाबास र पावलले यो कुरा सुने, तब आफ्ना कपडाहरू च्यात्दै तिनीहरू भीडतिर दौडेर यसो भने,
ACT 14:15 “मानिसहरू हो, किन तपाईंहरू यसो गर्दै हुनुहुन्छ? हामीहरू पनि तपाईंहरूजस्तै मानिस हौँ। हामी त तपाईंकहाँ सुसमाचार लिएर आएका छौँ। यी तुच्छ कुराहरूबाट आफूलाई हटाएर स्वर्ग, पृथ्वी, समुद्र र तिनीहरूमा भएका सबै कुराको सृष्‍टि गर्नुहुने परमेश्‍वरकहाँ फर्कनुहोस् भन्‍न हामी तपाईंहरूसमक्ष आएका हौँ।
ACT 14:16 बितेका दिनहरूमा उहाँले सबै मानिसहरूलाई आफूखुशी चल्ने छुट दिनुभयो।
ACT 14:17 तैपनि आफूलाई उहाँले विनासाक्षी त्यसै छोड्नुभएन; किनकि आकाशबाट वर्षा गराएर र मौसमअनुसार अन्‍न तपाईंहरूलाई दिएर उहाँले दया देखाउनुभएको छ। उहाँले तपाईंहरूलाई प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ र तपाईंहरूको हृदय आनन्दले भरिदिनुहुन्छ।”
ACT 14:18 यस्ता वचनहरू बोलेर सम्झाउँदा पनि त्यो भीडलाई बलि चढाउनबाट रोक्न तिनीहरूलाई निकै कठिन परिरहेको थियो।
ACT 14:19 त्यसै बेला एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू त्यहाँ आइपुगे, र त्यस भीडलाई उक्साए। त्यस भीडले पावलमाथि ढुङ्गा बर्सायो। अनि तिनी मरेको ठानी तिनलाई घिसार्दै सहरबाहिर लगे।
ACT 14:20 तर चेलाहरू तिनका वरिपरि भेला भए, तब तिनी उठे, र सहरमा फेरि फर्किए। अनि त्यसको भोलिपल्ट तिनी र बारनाबास त्यहाँबाट डर्बी गए।
ACT 14:21 त्यस सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे। अनि ठूलो संख्यामा चेलाहरू बनाए। त्यसपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टिओखिया फर्के।
ACT 14:22 ती ठाउँहरूका चेलाहरूलाई बलियो पार्दै र तिनका विश्‍वासमा अटल रहन प्रोत्साहन दिँदै भने, “परमेश्‍वरको राज्यमा प्रवेश गर्नका निम्ति हामीले धेरै कठिनाइहरू पार गर्नुपर्दछ।”
ACT 14:23 पावल र बारनाबासले हरेक मण्डलीमा प्रधानहरू नियुक्त गरेर प्रार्थना र उपवासद्वारा तिनीहरूलाई प्रभुप्रति समर्पित गराए, जसले उहाँमाथि भरोसा राखेका थिए।
ACT 14:24 त्यसपछि पिसिदिया जाँदा तिनीहरू पामफिलियामा पनि गए।
ACT 14:25 अनि पर्गामा वचन प्रचार गरेपछि तिनीहरू अटालियामा गए।
ACT 14:26 अटालियाबाट तिनीहरू जहाज चढेर एन्टिओखिया गए, जहाँ तिनीहरूले अहिलेसम्म पूरा गरेका कामका निम्ति परमेश्‍वरको अनुग्रहमा आफूलाई अर्पण गरेका थिए।
ACT 14:27 त्यहाँ पुगेपछि तिनीहरूले मण्डलीलाई भेला गराएर परमेश्‍वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरू र कसरी उहाँले गैरयहूदीहरूका निम्ति पनि विश्‍वासको ढोका खोलिदिनुभएको थियो, त्यो कुराको वर्णन गरे।
ACT 14:28 त्यहाँ तिनीहरू चेलाहरूका साथमा धेरै समयसम्म बसे।
ACT 15:1 यहूदियाबाट केही मानिसहरू एन्टिओखिया आएर विश्‍वासीहरूलाई यसरी शिक्षा दिन थाले: “मोशाले सिकाएका रीतिअनुसार जबसम्म तिमीहरूको खतना हुँदैन, त्यस समयसम्म तिमीहरूको उद्धार हुन सक्दैन।”
ACT 15:2 यसकारण तिनीहरूसँग पावल र बारनाबासको ठूलो मतभेद अनि वाद-विवाद भयो। तब यरूशलेम गई त्यहाँका प्रेरितहरू र प्रधानहरूसँग यस प्रश्नको टुङ्गो लगाउन पावल र बारनाबास केही अन्य विश्‍वासीका साथ नियुक्त गरिए।
ACT 15:3 मण्डलीले तिनीहरूलाई त्यसरी पठाएपछि जब तिनीहरू फोनिके र सामरियाको बाटोहुँदै यात्रा गरिरहेका थिए, तब तिनीहरूले कसरी गैरयहूदीहरू प्रभुको बाटोमा फर्किएका थिए, सो सविस्तार सुनाए। त्यो खबरले सबै विश्‍वासीहरू प्रसन्‍न भए।
ACT 15:4 जब तिनीहरू यरूशलेममा आए, तब मण्डली, प्रेरितहरू र प्रधानहरूले तिनीहरूको स्वागत गरे, जसलाई परमेश्‍वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरूको बयान तिनीहरूले गरे।
ACT 15:5 त्यसपछि फरिसी दलका केही विश्‍वासीहरू उभिएर भने, “गैरयहूदीहरूको खतना गर्नुपर्दछ र तिनीहरूले मोशाको व्यवस्था पालन गर्नैपर्दछ।”
ACT 15:6 यस प्रश्नमा विचार गर्न प्रेरितहरू र प्रधानहरू भेला भए।
ACT 15:7 ठूलो बहस चलेपछि पत्रुस उठे, र तिनले सम्बोधन गर्न थाले: “दाजुभाइ-दिदीबहिनीहरू हो, तपाईंहरूलाई थाहा छ, सुसमाचारको सन्देश मेरो मुखद्वारा गैरयहूदीहरूले सुनून् र त्यसमा विश्‍वास गरून् भनेर केही समयअगि परमेश्‍वरले तपाईंहरूबाट मलाई छनौट गर्नुभयो।
ACT 15:8 मानिसको हृदय जान्‍नुहुने परमेश्‍वरले तिनीहरूलाई पनि हामीलाई जस्तै पवित्र आत्मा दिईकन ग्रहण गर्नुभएको गवाही देखाउनुभएको छ।
ACT 15:9 हामी र तिनीहरूका बीचमा उहाँले कुनै भेदभाव रहन दिनुभएन; किनकि विश्‍वासद्वारा तिनीहरूका हृदय उहाँले शुद्ध पारिदिनुभयो।
ACT 15:10 त्यसैले अब चेलाहरूको काँधमा यो जुवा राखिदिएर परमेश्‍वरको परीक्षा लिन तपाईंहरू किन प्रयत्न गर्दै हुनुहुन्छ? जुन जुवालाई न हामीले, न त हाम्रा पुर्खाहरूले नै बोक्न सक्यौँ।
ACT 15:11 हामी विश्‍वास राख्दछौँ, हाम्रा प्रभु येशूको अनुग्रहद्वारा जसरी उनीहरूले उद्धार पाएका छन्, हामीले पनि त्यसरी नै उद्धार पाएका हौं।”
ACT 15:12 जब बारनाबास र पावलले गैरयहूदीहरूका बीचमा परमेश्‍वरले उनीहरूद्वारा गर्नुभएका अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू सुनाए, तब सबै भीड चुपचाप भयो।
ACT 15:13 तिनीहरूका भनाइ सकिएपछि याकोबले भने: “दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो कुरा सुन्‍नुहोस्।
ACT 15:14 सबैभन्दा पहिले परमेश्‍वरले कसरी गैरयहूदीहरूबाट आफ्ना निम्ति एउटा जातिको छनौट गर्नुभयो भन्‍ने कुराको वर्णन सिमोनले हामीलाई गरेका छन्।
ACT 15:15 अनि उनको यस भनाइसँग अगमवक्ताहरूको वचन मिल्छ; किनकि यस्तो लेखिएको छ:
ACT 15:16 “ ‘यसपछि म फर्कनेछु, र दावीदको भत्केको पाललाई फेरि निर्माण गर्नेछु। यसको भग्नावशेषलाई म फेरि निर्माण गर्नेछु, र यसलाई फेरि स्थापित गर्नेछु।
ACT 15:17 बाँकी मानिसहरूले र मेरो नाम लिने गैरयहूदीहरूले प्रभुलाई खोज्न सकून्, प्रभु भन्‍नुहुन्छ, जसले यी कुराहरू गर्नुहुन्छ’
ACT 15:18 जुन सृष्‍टिको अनन्तकालदेखि जानिएको छ।
ACT 15:19 “त्यसकारण मेरो विचार यही हो: परमेश्‍वरकहाँ फर्केर आएका गैरयहूदीहरूलाई हामीले अप्ठ्यारो पार्नुहुँदैन।
ACT 15:20 त्यसको साटो तिनीहरूका निम्ति हामीले लेखिदिनु पर्दछ: मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, व्यभिचारबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र रगतबाट अलग रहून्।
ACT 15:21 किनकि धेरै अगिदेखि प्रत्येक सहरमा मोशाको व्यवस्था प्रचार भएको छ, र त्यसलाई हरेक शब्बाथ दिनमा सभाघरहरूमा पढिँदैछ।”
ACT 15:22 त्यसपछि प्रेरितहरू र प्रधानहरू लगायत, सम्पूर्ण मण्डलीले आफूहरूमध्येबाट केही मानिसहरूलाई पावल र बारनाबासको साथ एन्टिओखियामा पठाउने निर्णय गरे। तिनीहरूले बर्साबास भनिने यहूदा र सिलासलाई चुने, जो तिनीहरूका अगुवा थिए।
ACT 15:23 उनीहरूको हातमा तिनीहरूले यस्तो पत्र पठाए: एन्टिओखिया, सिरिया र किलिकियामा बस्‍ने गैरयहूदी विश्‍वासीहरूमा: हामी प्रेरितहरू, प्रधानहरू र तपाईंहरूका विश्‍वासी दाजुभाइहरूबाट अभिवादन!
ACT 15:24 हाम्रो आज्ञाविना नै हामीमध्ये केही मानिसहरू त्यहाँ आएर नाना थरीका कुरा गरेर तपाईंहरूको मन बिथोलेका छन् भनी हामीले सुनेका छौँ,
ACT 15:25 यसकारण केही मानिसहरूलाई छनौट गरी तिनीहरूलाई हाम्रा प्रिय सङ्गी बारनाबास र पावलका साथ तपाईंहरूकहाँ पठाउन हामीले एकमतले निर्णय गरेका छौँ।
ACT 15:26 यी दुई मानिसहरू यस्ता हुन्, जसले प्रभु येशू ख्रीष्‍टका नामका निम्ति आफ्नो प्राण जोखिममा पारेका छन्।
ACT 15:27 यसैले हामी जे लेखिरहेका छौँ, त्यसलाई आफ्ना मुखको वचनद्वारा प्रमाणित गर्न यहूदा र सिलासलाई पठाइरहेका छौँ।
ACT 15:28 यी कुराहरूभन्दा बढ्ता गर्नु भनेर तपाईंहरूलाई बोझ लाद्न पवित्र आत्मा र हामी आवश्यक ठान्दैनौँ।
ACT 15:29 मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, रगतबाट, घाँटी निमोठेर मारेका पशुहरूको मासु र व्यभिचारबाट टाढा रहनुहोस्! यी सबै कुराबाट अलग रहनुभयो भने असल हुनेछ! बिदा।
ACT 15:30 त्यहाँबाट बिदा गरिएपछि ती मानिसहरू एन्टिओखिया पुगे। त्यहाँ तिनीहरूले मण्डलीलाई एकैसाथ भेला गराएर त्यो पत्र बुझाइदिए।
ACT 15:31 ती मानिसहरूले त्यो पत्र पढेर त्यसका उत्साहपूर्ण अर्तीबाट खुशी भए।
ACT 15:32 यहूदा र सिलास, जो आफैँ पनि अगमवक्ताहरू थिए, धेरै वचनहरूद्वारा विश्‍वासीहरूलाई प्रोत्साहित र स्थिर गराए।
ACT 15:33 तिनीहरू केही दिन त्यहाँ बसेपछि विश्‍वासीहरूद्वारा शान्तिको आशिष्‌सहित फिर्ता पठाइए, जहाँबाट तिनीहरूलाई पठाइएको थियो।
ACT 15:34 तर सिलासले त्यहीँ बस्‍ने निर्णय गरे।
ACT 15:35 पावल र बारनाबासचाहिँ एन्टिओखियामै बसे। तिनीहरू त्यहाँ रहुन्जेल प्रभुको वचनको शिक्षा र सुसमाचार प्रचार गरे।
ACT 15:36 केही समयपछि पावलले बारनाबासलाई यसो भने, “हामीले जति सहरहरूमा प्रभुको वचनको प्रचार गर्‍यौँ, ती सबै ठाउँहरूमा हामी फर्केर जाऔँ; अनि दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेर तिनीहरू कसरी प्रभुमा लागिरहेका छन्, हेरौँ।”
ACT 15:37 मर्कूस भनिने यूहन्‍नालाई पनि बारनाबासले आफूसँग लिएर जान चाहन्थे।
ACT 15:38 तर पावलको विचारमा उनलाई साथमा लैजान बुद्धिमानी लागेन; किनकि पामफिलियामा उनले तिनीहरूलाई छोडेका थिए र तिनीहरूका काममा साथ दिएका थिएनन्।
ACT 15:39 तिनीहरूका बीच यति चर्को मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए। अनि बारनाबासले मर्कूसलाई साथमा लिएर साइप्रसका निम्ति जहाजबाट प्रस्थान गरे।
ACT 15:40 पावलले सिलासलाई चुने, र विश्‍वासीहरूद्वारा प्रभुको अनुग्रहमा अर्पण गरिएपछि हिँडे।
ACT 15:41 उनी सिरिया र किलिकियाको यात्रा गर्दै जाँदा मण्डलीहरूलाई स्थिर गराउँदै गए।
ACT 16:1 पावल डर्बी हुँदै लुस्त्रा आए। त्यहाँ तिमोथी नामका एक जना चेला बस्थे। तिनकी आमा यहूदी थिइन् र विश्‍वासी थिइन्, तर बुबाचाहिँ ग्रीक थिए।
ACT 16:2 लुस्त्रा र आइकोनियमका दाजुभाइ-दिदीबहिनीहरूले उनको बारेमा राम्रो कुरा गर्थे।
ACT 16:3 पावल आफ्नो यात्रामा उनलाई साथै लिएर जान चाहन्थे। त्यसैले तिनले उनको खतना गरे; किनकि त्यस क्षेत्रमा बस्‍ने सबै यहूदीहरूलाई उनका बुबा ग्रीक हुन् भन्‍ने थाहा थियो।
ACT 16:4 तिनीहरू सहर-सहर भएर जाँदा यरूशलेमका प्रेरितहरू र प्रधानहरूद्वारा गरिएको निर्णय मानिसहरूले पालन गरून् भनी सुनाउँदै गए।
ACT 16:5 यसरी मण्डलीहरू विश्‍वासमा शक्तिशाली हुँदैगए, र तिनीहरूको संख्या दिनदिनै बढ्दैगयो।
ACT 16:6 एशियामा वचन प्रचार गर्न पवित्र आत्माले रोक्नुभएकोले पावल र उनका सङ्गीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरूमा गए।
ACT 16:7 जब तिनीहरू माइसियाको सिमानामा आइपुगे, तब तिनीहरू बिथिनिया जाने प्रयास गरे; तर येशूको आत्माले तिनीहरूलाई त्यसतर्फ जान अनुमति दिनुभएन।
ACT 16:8 त्यसैकारण तिनीहरू माइसिया पार गरेर त्रोआसमा झरे।
ACT 16:9 रातको समयमा म्यासिडोनियाका एक जना मानिसले उभिएर पावललाई यसरी बिन्ती गरिरहेको तिनले दर्शन देखे, “तपाईं म्यासिडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नुहोस्।”
ACT 16:10 पावलले यो दर्शन देखेपछि, तिनीहरूलाई सुसमाचारको शिक्षा दिन परमेश्‍वरले हामीलाई बोलाउनुभएको हो भन्‍ने निर्णय गरी तुरुन्तै हामी म्यासिडोनिया जानका निम्ति तयार भयौँ।
ACT 16:11 त्रोआसबाट जहाजमा चढी हामी सोझै सामोथ्रेसतिर लाग्यौँ, र त्यसको भोलिपल्टै नियापोलिस पुग्यौँ।
ACT 16:12 त्यहाँबाट रोमी उपनिवेश र म्यासिडोनियाको त्यस क्षेत्रको एउटा प्रमुख सहर फिलिप्पी आइपुग्यौँ, र त्यहाँ हामी कैयौँ दिनसम्म बस्यौँ।
ACT 16:13 शब्बाथको दिन सहरको द्वारबाट बाहिर निस्की हामी नदीतर्फ लाग्यौँ। हामीले त्यहाँ प्रार्थनाको एउटा स्थान पाउने आशा राखेका थियौँ। हामी त्यहाँ बस्यौँ र भेला भएका महिलाहरूसँग कुरा गर्न थाल्यौँ।
ACT 16:14 अनि हाम्रो कुरा सुन्‍ने महिलाहरूमध्ये एक जना थिआटीरा सहरकी, बैजनी रङ्गको कपडाको व्यापार गर्ने लिडिया नामकी महिला थिइन्। तिनी परमेश्‍वरकी भक्त थिइन्। पावलद्वारा बोलिएका कुराहरूमा ध्यान जान सकोस् भनेर परमेश्‍वरले तिनको हृदय खोलिदिनुभयो।
ACT 16:15 जब तिनी र तिनका घरका सबै सदस्यहरूको बप्‍तिस्मा भयो, तब तिनले हामीलाई आफ्नो घरमा निम्त्याइन्। तिनले “यदि तपाईं मलाई प्रभुको विश्‍वासी ठहराउनुहुन्छ भने मेरा घरमा आउनुहोस् र बस्‍नुहोस्” भनेर हामीलाई कर गरिन्।
ACT 16:16 एक दिन जब हामी प्रार्थना स्थलतिर गइरहेका थियौँ, तब हामीले एउटी कमारी केटीलाई भेट्यौँ, जससँग जोखना हेर्ने दुष्‍ट आत्मा थियो। जोखना हेरेर नै त्यस केटीले आफ्ना मालिकहरूका निम्ति ठूलो कमाइ ल्याएर दिने गर्थी।
ACT 16:17 त्यो केटी पावल र हाम्रो पछि-पछि लाग्दै यसो भन्दै कराई, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन्। यिनीहरूले तपाईंहरूको उद्धारको बाटो बताइरहेका छन्।”
ACT 16:18 धेरै दिनसम्म त्यसले यस्तै कुरा गरिरही। यस कुराले पावललाई दिक्‍क गरायो; यसैले फनक्‍क फर्केर तिनले त्यस दुष्‍ट आत्मालाई भने, “येशू ख्रीष्‍टको नाममा म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यही क्षण त्यो दुष्‍ट आत्माले त्यसलाई छोडिदियो।
ACT 16:19 जब त्यस कमारी केटीका मालिकहरूले आफ्नो आम्दानीको आशा मरेको थाहा पाए, तब तिनीहरूले पावल र सिलासलाई समातेर बजारबाट घिस्याउँदै अधिकारीहरूकहाँ लगे।
ACT 16:20 अनि उनीहरूलाई हाकिमहरूकहाँ लगेर यसो भने, “यी मानिसहरू यहूदीहरू हुन्, र यिनीहरू हाम्रा सहरमा गोलमाल मच्‍चाउँदै छन्।
ACT 16:21 यिनीहरू हामी रोमीहरूले स्वीकार गर्न वा पालन गर्न उचित नहुने रीतिथिति सिकाउँदैछन्।”
ACT 16:22 तब त्यो भीड पावल र सिलासमाथि जाइलाग्न एक भए। अनि हाकिमहरूले तिनीहरूका वस्त्र च्यातिदिए, र छडी लगाउने हुकुम दिए।
ACT 16:23 तिनीहरूलाई धेरै छडी लगाएपछि झ्यालखानाको प्रमुखलाई सावधानीपूर्वक तिनीहरूको निगरानी गर्ने हुकुम दिए।
ACT 16:24 यस्तो हुकुम पाएपछि झ्यालखानाका सुरक्षाकर्मीले पनि तिनीहरूलाई सबैभन्दा भित्रको कोठामा लगेर थुने, र तिनीहरूका खुट्टामा काठको ठिँगुराहरू ठोके।
ACT 16:25 मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरको भजन गाइरहेका थिए। अनि त्यहाँका अरू बन्दीहरूले चाहिँ सुनिरहेका थिए।
ACT 16:26 अकस्मात् एउटा ठूलो भूकम्प आयो, र झ्यालखानाका जगहरू हल्‍लिन थाले। तुरुन्तै त्यसका सबै ढोकाहरू खोलिए र सबै बन्दीहरूका बन्धनहरू पनि खोलिए।
ACT 16:27 झ्यालखानाका प्रमुख निद्राबाट बिउँझे। जब तिनले झ्यालखानाका ढोकाहरू खोलिएका देखे, तब तिनले आफ्नो तरवार म्यानबाट थुतेर आफैँलाई मार्न खोजे। किनकि तिनले सबै बन्दीहरू भागे होलान् भनी ठानेका थिए।
ACT 16:28 तर त्यो देखेर पावल ठूलो सोरले कराए, “आफूलाई केही हानि नगर्नुहोस्; किनकि हामी सबै यहीँ नै छौँ!”
ACT 16:29 तब ती झ्यालखानाका प्रमुख बत्ती बालेर दगुर्दै भित्र गए। अनि पावल र सिलासको सामु डरले थरथर काम्दै घोप्टो परे।
ACT 16:30 त्यसपछि तिनीहरूलाई बाहिर ल्याएर तिनले सोधे, “आदरणीय जनहरू हो, मुक्ति पाउनका निम्ति मैले के गर्नुपर्छ?”
ACT 16:31 तिनीहरूले जवाफ दिए, “प्रभु येशूमा विश्‍वास गर्नुहोस्, तपाईं र तपाईंका परिवारले उद्धार पाउनुहुनेछ।”
ACT 16:32 त्यसपछि पावल र सिलासले तिनलाई र तिनका घरमा भएका सबै जनालाई प्रभुको वचन सुनाए।
ACT 16:33 रातको त्यस पहरमा ती झ्यालखानाका प्रमुखले तिनीहरूलाई बाहिर लगेर तिनका घाउहरू धोइदिए। अनि तिनी र तिनका परिवारले तुरुन्तै बप्‍तिस्मा लिए।
ACT 16:34 झ्यालखानाका प्रमुखले आफ्नो घरमा तिनीहरूलाई ल्याए, र तिनीहरूका अगाडि भोजन राखिदिए। तिनी अब आनन्दले भरिए; किनकि तिनी र तिनका पूरा परिवारले परमेश्‍वरमा विश्‍वास गरेका थिए।
ACT 16:35 उज्यालो भएपछि, हाकिमहरूले आफ्ना अधिकृतहरूलाई यो आदेशका साथ झ्यालखानाका प्रमुखकहाँ पठाए: “ती मानिसहरूलाई छोडिदेऊ!”
ACT 16:36 त्यो सुनेर झ्यालखानाका प्रमुखले पावललाई भने, “हाकिमले तपाईं र सिलासलाई छोडिदिनू भनी आदेश दिनुभएको छ। यसैले अब तपाईंहरू निस्केर शान्तिसाथ जानुहोस्!”
ACT 16:37 तर पावलले अधिकृतहरूलाई भने: “हामी रोमी नागरिक हुँदा-हुँदै पनि कुनै सुनुवाइविना तिनीहरूले हामीलाई खुल्‍लमखुल्‍ला पिटे र झ्यालखानामा ल्याएर थुने। अब के तिनीहरू हामीलाई कसैले थाहा नपाउने गरी गोप्य तरिकाले छोड्न चाहन्छन्? होइन, तिनीहरू आफैँ यहाँ आउनुपर्छ र हामीलाई बाहिर लिएर जानुपर्छ।”
ACT 16:38 अधिकृतहरूले यो कुरा हाकिमहरूलाई सुनाइदिए। अनि उनीहरू त रोमी नागरिक रहेछन् भन्‍ने सुनेर तिनीहरू तर्सिए।
ACT 16:39 तिनीहरू पावल र सिलासलाई खुशी पार्न आए। अनि झ्यालखानाबाट बाहिर निकालेर सहर छोडेर जान अनुरोध गरे।
ACT 16:40 पावल र सिलास झ्यालखानाबाट बाहिर आएपछि तिनीहरू लिडियाको घर गए; र तिनीहरूले विश्‍वासीहरूलाई भेटे। अनि तिनीहरूलाई प्रोत्साहित गरे। त्यसपछि तिनीहरूले बिदा लिए।
ACT 17:1 पावल र सिलास अम्फिपोलिस र अपोल्‍लोनियाको बाटोहुँदै थेसलोनिकीमा आइपुगे, जहाँ यहूदीहरूको एउटा सभाघर थियो।
ACT 17:2 पावल सधैँजसो त्यस सभाघरमा गए, र तीन हप्‍तासम्म हरेक शब्बाथको दिनमा तिनले पवित्रशास्त्रका वचनहरूको सत्यता बताए।
ACT 17:3 ख्रीष्‍टले कष्‍ट भोग्नैपर्थ्यो, र मरेकाहरूबाट उठेर जीवित हुनैपर्थ्यो भन्‍ने कुराको प्रमाण दिँदै वर्णन गरे। तिनले भने, “तपाईंहरूका सामु मैले घोषणा गरेको उहाँ येशू नै ख्रीष्‍ट हुनुहुन्छ।”
ACT 17:4 केही यहूदीहरू तिनको कुराले विश्‍वस्त भएर पावल र सिलासलाई साथ दिए। त्यसै गरी प्रभुको भय मान्‍ने ठूलो संख्यामा ग्रीकहरू र केही प्रतिष्‍ठित महिलाहरूले पनि पावल र सिलासलाई साथ दिए।
ACT 17:5 तर विश्‍वास नगर्ने यहूदीहरूले चाहिँ ईर्ष्या गर्न थाले; त्यसकारण बजारका केही बदमास मानिसहरूको भीड जम्मा पारेर तिनीहरूले सहरमा हुलदङ्गा मच्‍चाउन थाले। त्यसपछि यासोनको घरको सामु तिनीहरूले पावल र सिलासलाई भीडका सामु ल्याउन खोजे।
ACT 17:6 तर जब त्यहाँ तिनीहरूलाई पाएनन्, तब तिनीहरूले यासोन र अरू केही विश्‍वासीहरूलाई सहरका अधिकृतहरूका सामु घिस्याउँदै ल्याए, र यसो भनेर कराउन थाले: “संसारभरि समस्या खडा गर्ने यी मानिसहरू यहाँ आएका छन्।
ACT 17:7 अनि तिनीहरूलाई यासोनले आफ्नो घरमा स्वागत गरेको छ। तिनीहरू सबैले ‘येशू’ भन्‍ने अर्कै राजा छन् भन्दै, सिजरको आदेश र हुकुमप्रति अटेरी गरिरहेका छन्।”
ACT 17:8 यी सुनेका कुराहरूले त्यहाँ जम्मा भएका भीड र सहरका अधिकृतहरूलाई अत्याइदिए।
ACT 17:9 त्यसपछि तिनीहरूले यासोन र उनका साथ ल्याइएका अरूहरूसँग धरौटी लिएर तिनीहरूलाई छोडिदिए।
ACT 17:10 रात पर्नेबित्तिकै, विश्‍वासीहरूले पावल र सिलासलाई बेरियामा पठाइहाले। त्यहाँ पुगेपछि तिनीहरू यहूदीहरूको सभाघरभित्र गए।
ACT 17:11 थेसलोनिकीका मानिसहरूभन्दा बेरियाका निवासीहरू बढी भद्र थिए। किनकि तिनीहरूले प्रभुको वचनलाई बडो उत्साहकासाथ ग्रहण गरे। अनि पावलले भनेका कुराहरू मिल्छ कि मिल्दैन भनी हरेक दिन पवित्रशास्त्रहरूमा अध्ययन गरी खोज्दथे।
ACT 17:12 परिणाम स्वरूप तिनीहरूमध्ये धेरै जनाले विश्‍वास गरे। त्यसै गरी धेरै संख्यामा प्रतिष्‍ठित ग्रीक महिला र ग्रीक पुरुषहरूले पनि विश्‍वास गरे।
ACT 17:13 पावलले बेरियामा पनि परमेश्‍वरको वचनको प्रचार गरिरहेको भन्‍ने कुरा जब थेसलोनिकीका यहूदीहरूले थाहा पाए, तब तिनीहरू त्यहाँ पनि गए, र भीडलाई उक्साए।
ACT 17:14 अनि तुरुन्तै दाजुभाइ-दिदीबहिनीहरूले पावललाई समुद्रको किनारतिर पठाइदिए। तर सिलास र तिमोथीचाहिँ बेरियामै बसे।
ACT 17:15 पावललाई लिएर जानेहरूले तिनलाई एथेन्ससम्म पुर्‍याए। त्यसपछि सिलास र तिमोथी सकेसम्म आफूकहाँ छिटो आऊन् भन्‍ने पावलको आज्ञा लिएर तिनीहरू फर्के।
ACT 17:16 जुन बेला पावल एथेन्समा सिलास र तिमोथीलाई पर्खिरहेका थिए, त्यो सहर धेरै मूर्तिहरूले भरिएको देखेर तिनी असाध्यै दुःखित भए।
ACT 17:17 त्यसैले तिनी सभाघरमा यहूदीहरू र परमेश्‍वरको भय मान्‍ने ग्रीकहरूसँग त्यसै गरी बजारमा भेट्ने मानिसहरूसँग दिनहुँ तर्क गर्दथे।
ACT 17:18 इपिक्युरी र स्तोइकी दार्शनिकहरूका समूहले तिनीसँग वाद-विवाद गर्न थाले। तीमध्ये केहीले सोधे, “यस बकबकेले के भन्‍न खोज्दैछ?” अरू केहीले यसो भने, “यो मानिस अन्य कुनै परदेशी देवताको प्रचारकजस्तो देखिन्छ।” किनकि पावलले येशूको सुसमाचार र पुनरुत्थानको शिक्षा दिएकाले तिनीहरूले यसो भनेका थिए।
ACT 17:19 त्यसपछि तिनीहरूले उनलाई समातेर अरियोपागसको सभामा लगेर सोधे, “तपाईंले प्रचार गरिरहनुभएको यो नयाँ शिक्षाका बारेमा के हामी जान्‍न सक्छौँ?
ACT 17:20 तपाईंले भनेका अनौठा कुराहरू हामी सुन्दैछौँ र त्यसको के अर्थ हो सो हामी जान्‍न चाहन्छौँ।”
ACT 17:21 त्यहाँ बस्‍ने सबै एथेनीहरू र परदेशीहरू केही काम गर्दैनथे तर नयाँ कुराहरू सुन्‍ने र त्यस बारेमा कुराकानी गरेर आफ्नो समय बिताउँथे।
ACT 17:22 अनि अरियोपागसको त्यस सभामा पावलले उठेर यसो भने, “हे एथेन्सका मानिसहरू हो! म देख्दैछु, तपाईंहरू हरकिसिमले अति धार्मिक हुनुहुँदोरहेछ।
ACT 17:23 किनकि जब म यस सहरतिर घुम्‍दै जाँदा तपाईंहरूले पूजा गर्ने वस्तुहरूलाई हेरेँ, त्यहाँ एउटा वेदीमा मैले यस्तो लेखिएको भेट्टाएँ: अज्ञात देवताका निम्ति। तपाईंहरूले अनजानमै जसको पूजा गरिरहनुभएको छ, म उहाँकै बारेमा तपाईंहरूलाई प्रचार गर्दछु।
ACT 17:24 “यस संसार र यसभित्र भएका हरेक कुरालाई सृष्‍टि गर्नुहुने परमेश्‍वर स्वर्ग र पृथ्वीका प्रभु हुनुहुन्छ र मानिसहरूका हातले निर्माण गरेका मन्दिरहरूमा उहाँ बस्‍नुहुन्‍न।
ACT 17:25 यदि उहाँलाई कुनै कुराको खाँचो पर्‍यो भने मानिसका हातबाट त्यसको सेवा लिनुहुन्‍न; किनकि उहाँ आफैँले सबै मानिसहरूलाई जीवन, सास र अरू सबै कुरा दिनुहुन्छ।
ACT 17:26 अनि उहाँले एक जना मानिसबाट पृथ्वीभरि बसोबास गराउनलाई सबै जातिका मानिसहरूलाई बनाउनुभयो; अनि तिनीहरूले बस्‍नुपर्ने ठाउँहरू र समयको सीमा पनि तोकिदिनुभयो।
ACT 17:27 मानिसहरूले उहाँलाई खोजून् र खोज्दै जाँदा भेट्टाऊन् पनि भनेर परमेश्‍वरले त्यसो गर्नुभयो। तर पनि उहाँ हामीबाट टाढा हुनुहुन्‍न।
ACT 17:28 ‘किनकि हामी उहाँसँग जिउँदछौँ, हिँड्दछौँ र उहाँमा नै हाम्रो अस्तित्व रहेको छ।’ तपाईंकै केही कविहरूले पनि यही कुरा यसरी भनेका छन्: ‘हामी पनि उहाँकै सन्तान हौँ।’
ACT 17:29 “त्यसैले हामी परमेश्‍वरका सन्तान भएको कारण ईश्‍वर भनेको सुन वा चाँदी वा ढुङ्गाझैँ, मानिसको दक्षता र योजनाद्वारा निर्माण गरिएको एउटा मूर्तिजस्तो हुनुहुन्छ भनी हामीले सोच्नुहुँदैन।
ACT 17:30 बितेका समयमा यस्ता अज्ञानतामा परमेश्‍वरले ध्यान दिनुभएन, तर अब हरेक ठाउँका सबै मानिसहरूलाई उहाँले पश्‍चात्ताप गर्नू भन्‍ने आज्ञा दिनुहुन्छ।
ACT 17:31 किनकि उहाँले एउटा दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले नियुक्त गर्नुभएको मानिसद्वारा न्यायका साथ यस संसारको फैसला गर्नुहुनेछ। उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।”
ACT 17:32 जब तिनीहरूले मरेकाहरूको पुनरुत्थानको विषयमा सुने, तब कतिले गिल्‍ला गर्न थाले; तर अरूले भने, “यस विषयमा हामी तपाईंबाट फेरि सुन्‍न चाहन्छौँ।”
ACT 17:33 अनि पावल त्यस भीडबाट निस्केर बाहिर गए।
ACT 17:34 तर कतिपय मानिसहरू पावलसँग मिले, र विश्‍वास गरे। तिनीहरूमध्ये डियनुसियस, अरियोपागसका सदस्य थिए। साथै दामारिस नामकी एउटी स्त्री र अरूहरूले पनि विश्‍वास गरे।
ACT 18:1 यसपछि पावल एथेन्सलाई छोडेर कोरिन्थमा गए।
ACT 18:2 त्यहाँ उनले पोन्टसका निवासी अक्विला नाम गरेका एक जना यहूदीलाई भेटे। तिनी आफ्नी पत्नी प्रिस्किलासँग इटालीयाबाट हालसालै त्यहाँ आएका थिए। किनकि क्लौडियसले सबै यहूदीहरूलाई रोमबाट निस्केर जानू भनी हुकुम गरेका थिए। पावल तिनलाई भेट्न गए।
ACT 18:3 तिनको पेसा पनि पाल बनाउने भएकोले पावल पनि तिनीहरूसँगै बसे, र काम गर्न लागे।
ACT 18:4 पावलले हरेक शब्बाथको दिन सभाघरहरूमा यहूदी र ग्रीकहरूसँग तर्कवितर्क गर्थे, र तिनीहरूलाई बुझाउने गर्थे।
ACT 18:5 जब सिलास र तिमोथी म्यासिडोनियाबाट त्यहाँ आए, तब पावलले यहूदीहरूलाई येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने साक्षी दिँदै, उहाँको प्रचारमा आफूलाई पूर्ण समर्पित गराइरहे।
ACT 18:6 तर जब यहूदीहरूले पावलको विरोध गर्दै तिनको अपमान गरे, तब त्यसको प्रतिवादमा तिनले आफ्नो लुगा टक्टक्याउँदै तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूमाथि नै परोस्! मचाहिँ यसमा निर्दोष छु। अबदेखि म गैरयहूदीहरूकहाँ जानेछु।”
ACT 18:7 त्यसपछि पावल सभाघर छोडेर नजिकैको तीतस युस्तसको घरमा गए, जो परमेश्‍वरको भक्ति गर्ने मानिस थिए।
ACT 18:8 सभाघरका शासक क्रिस्पस र उनका सम्पूर्ण परिवारले प्रभुमा विश्‍वास गरे; त्यसै गरी पावललाई सुन्‍नेहरूमध्ये धेरैजसो कोरिन्थीहरूले पनि विश्‍वास गरे र तिनीहरूले बप्‍तिस्मा लिए।
ACT 18:9 एक रात पावलसँग प्रभुले दर्शनमा यसो भन्‍नुभयो: “तिमी नडराऊ; वचनको प्रचार गरिराख, चुप नलाग;
ACT 18:10 किनकि म तिम्रो साथमा छु, र कसैले तिमीमाथि आक्रमण गर्नेछैन र तिमीलाई चोट पुर्‍याउनेछैन। किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्।”
ACT 18:11 यसरी पावलले तिनीहरूलाई परमेश्‍वरको वचनको शिक्षा दिँदै कोरिन्थ सहरमा डेढ वर्षसम्म बसे।
ACT 18:12 गलियोन अखैयाका शासक भएको समयमा कोरिन्थका यहूदीहरूले संयुक्त रूपमा पावलमाथि आक्रमण गरे, र उनलाई अदालतसमक्ष ल्याए।
ACT 18:13 उनलाई तिनीहरूले यस्तो आरोप लगाए, “यो मानिसले हाम्रो व्यवस्थाका विरुद्ध परमेश्‍वरको आराधना गर्न यहाँका मानिसहरूलाई उक्साइरहेको छ।”
ACT 18:14 जब पावल बोल्नै लागेका थिए, गलियोनले तिनीहरूलाई भने, “यदि तिमी यहूदीहरू कुनै किसिमको गम्भीर अपराध वा दुर्व्यवहारका बारेमा असन्तोष प्रकट गर्दैछौ भने तिमीहरूका कुरा सुन्‍न मलाई न्यायोचित हुनेछ।
ACT 18:15 तर यो त वचनहरू, नामहरू र तिमीहरूका आफ्नै व्यवस्थाका बारेमा प्रश्नहरू भएकाले यो विवाद तिमीहरू आफैँले मिलाउनू; मचाहिँ यस्ता कुराहरूमा न्याय गर्दिनँ।”
ACT 18:16 तसर्थ उनले तिनीहरूलाई अदालतबाट लखेटिदिए।
ACT 18:17 अनि भीड सभाघरका शासक सोस्थेनेसमाथि जाईलागे र तिनलाई अदालतमै कुट्न थाले। तर गलियोनले कुनै चासो देखाएनन्।
ACT 18:18 पावल धेरै दिनसम्म कोरिन्थमै बसे। त्यसपछि तिनी विश्‍वासीहरूसँग बिदा भएर प्रिस्किला र अक्विलालाई आफ्नो साथ लिएर जहाजबाट सिरियातिर लागे। जहाजमा चढ्नुभन्दा अगि आफ्नो एउटा भाकलको कारण उनले किंक्रियामा कपाल खौरे। अनि
ACT 18:19 तिनीहरू एफिसस आइपुगेपछि पावलले प्रिस्किला र अक्विलालाई त्यहीँ छोडे। उनीचाहिँ त्यहाँको एउटा सभाघरमा गए र यहूदीहरूसँग तर्क गर्न लागे।
ACT 18:20 तिनीहरूले अझ केही समय बस्‍न उनलाई अनुरोध गरे, तर उनले सो मानेनन्।
ACT 18:21 तर त्यहाँबाट बिदा लिने बेलामा पावलले यसरी प्रतिज्ञा गरे, “परमेश्‍वरको इच्छा भयो भने म फेरि आउनेछु।” त्यसपछि उनले एफिससबाट जहाजको यात्रा गरे।
ACT 18:22 जब तिनी कैसरियामा उत्रिए, तब यरूशलेममा गए। अनि मण्डलीमा सबैलाई अभिवादन गरेर तल एन्टिओखियातिर गए।
ACT 18:23 एन्टिओखियामा केही समय बसेर, पावल त्यहाँबाट पनि हिँडे; अनि गलातिया र फ्रिगियाका सम्पूर्ण क्षेत्रहरूका चेलाहरूलाई सामर्थी बनाउँदै एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दैगए।
ACT 18:24 अलेक्जेन्ड्रियामा जन्मेका बासिन्दा अपोल्‍लोस नाम गरेका एक जना यहूदी मानिस एफिससमा आए। तिनी कुशल वक्ता र पवित्रशास्त्रको धेरै ज्ञान भएका मानिस थिए।
ACT 18:25 तिनी प्रभुको मार्गमा शिक्षा पाएका थिए। तिनी आत्मामा बडो उत्साहकासाथ बोल्थे। अनि येशूका बारेमा सही शिक्षा दिन्थे; तर तिनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्रै थाहा थियो।
ACT 18:26 तिनी बडो साहससाथ सभाघरहरूमा बोल्न थाले। जब प्रिस्किला र अक्विलाले तिनका कुरा सुने, तब तिनलाई उनीहरूले आफ्ना घरमा निमन्त्रणा गरे। अनि परमेश्‍वरको मार्गका बारेमा अझ प्रष्‍टसँग तिनलाई सम्झाइदिए।
ACT 18:27 जब अपोल्‍लोसले अखैया जाने इच्छा गरे, तब दाजुभाइ-दिदीबहिनीहरूले तिनलाई उत्साह दिएर त्यहाँका चेलाहरूले तिनलाई स्वागत गरून् भनी पत्र लेखे। तिनी त्यहाँ पुगेर अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई धेरै सहायता गरे।
ACT 18:28 किनकि तिनले यहूदीहरूलाई खण्डन गर्दै पवित्रशास्त्रको आधारमा येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी प्रमाण दिए।
ACT 19:1 अपोल्‍लोस कोरिन्थमा हुँदा, पावल भित्री इलाकाहरू हुँदै एफिसस पुगे। त्यहाँ तिनले केही चेलाहरूलाई भेट्टाए।
ACT 19:2 पावलले तिनीहरूलाई प्रश्न गरे, “तपाईंहरूले विश्‍वास गर्नुभएको बेला पवित्र आत्मा पाउनुभयो?” तिनीहरूले जवाफ दिए, “पवित्र आत्मा हुनुहुन्छ र भनेर हामीले त सुनेका पनि छैनौँ।”
ACT 19:3 तब पावलले प्रश्न गरे, “त्यसो भए तपाईंहरूले कस्तो बप्‍तिस्मा लिनुभयो?” तिनीहरूले उत्तर दिए, “यूहन्‍नाको बप्‍तिस्मा।”
ACT 19:4 तब पावलले भने, “यूहन्‍नाको बप्‍तिस्मा पश्‍चात्ताप मात्रको बप्‍तिस्मा थियो। तिनले ‘मभन्दा पछि आउनुहुनेमाथि विश्‍वास गर्नुपर्दछ’ भनेर मानिसहरूलाई सुनाए। तिनीभन्दा पछि आउनुहुनेचाहिँ येशू हो।”
ACT 19:5 जब तिनीहरूले यो कुरा सुने, तब तिनीहरूले प्रभु येशूको नाममा बप्‍तिस्मा लिए।
ACT 19:6 जब पावलले तिनीहरूमाथि हात राखे, तब तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो। अनि तिनीहरू विभिन्‍न भाषाहरूमा बोले, र अगमवाणी गरे।
ACT 19:7 त्यहाँ प्रायः बाह्र जना पुरुषहरू थिए।
ACT 19:8 पावल त्यहाँका सभाघरहरूमा गए। अनि परमेश्‍वरको राज्यका कुराहरूमा तर्क गर्दै, र विश्‍वास गराउँदै तीन महिनासम्म साहससाथ बोले।
ACT 19:9 तर तीमध्ये कोही हठी भएर विश्‍वास गर्न अस्वीकार गरी, सो मार्गको विरुद्ध खुल्‍लमखुल्‍ला अपशब्द बोल्न थाले। त्यसैले पावलले तिनीहरूलाई छोडेर गए। अनि चेलाहरूलाई आफ्ना साथमा लगेर टुरान्‍नसको पाठशालामा दिनहुँ छलफल गर्न थाले।
ACT 19:10 यो दुई वर्षसम्म चलिरह्‍यो। यसरी एशिया प्रान्तमा बस्‍ने दुवै यहूदीहरू र ग्रीकहरूले पनि प्रभुको वचन सुने।
ACT 19:11 परमेश्‍वरले पावलद्वारा असाधारण र अचम्मका कामहरू गर्नुभयो;
ACT 19:12 यहाँसम्म कि उनले छोएका रुमाल वा कपडा बिरामीहरूलाई लगेर छुवाउँदा समेत तिनीहरू निको हुन्थे, र दुष्‍ट आत्माहरू तिनीहरूबाट निस्कन्थे।
ACT 19:13 घुमफिर गर्दै हिँड्ने केही यहूदी झारफूकेहरूले दुष्‍ट आत्मा लागेकाहरूबाट प्रभु येशूको नाममा ती दुष्‍ट आत्मा निकाल्न खोजे। तिनीहरूले यसो भन्थे, “पावलले प्रचार गरेको उनै येशूको नाममा म तँलाई बाहिर निस्कने आज्ञा दिन्छु।”
ACT 19:14 स्केवास नाम गरेका यहूदी मुख्य पुजारीका सात जना छोराहरूले त्यही गरिरहेका थिए।
ACT 19:15 एक दिन एउटा दुष्‍ट आत्माले तिनीहरूलाई जवाफ दियो, “येशूलाई म चिन्छु र पावलको बारेमा पनि मलाई थाहा छ, तर तिमीहरूचाहिँ को हौ?”
ACT 19:16 त्यसपछि दुष्‍ट आत्माले ग्रसित त्यो मानिस तिनीहरूमाथि उफ्रियो, र तिनीहरूलाई वशमा पार्‍यो। अनि त्यसले तिनीहरूमाथि यतिसम्म झम्ट्यो कि तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे।
ACT 19:17 जब एफिससमा बस्‍ने यहूदीहरू र ग्रीकहरूले यो कुरा थाहा पाए, तब तिनीहरू सबै भयभीत भए। अनि प्रभु येशूको नामको ठूलो आदर गरियो।
ACT 19:18 विश्‍वास गर्ने धेरै जनाले खुल्‍लमखुल्‍ला तिनीहरूले गरेका दुष्‍ट कामहरू स्वीकार गरे।
ACT 19:19 जादु गर्ने धेरै जनाले आ-आफ्ना पुस्तकहरू एकैसाथ जम्मा गरे। अनि ती सार्वजनिक रूपमा जलाइदिए। ती पुस्तकहरूको मोल हिसाब गर्दा, कुल पचास हजार चाँदीको सिक्‍का थियो।
ACT 19:20 यसरी प्रभुको वचन शक्तिशाली हुँदै फैलँदैगयो।
ACT 19:21 यी सबै कुराहरू भइसकेपछि पावलले मनमनै म्यासिडोनिया र अखैया हुँदै यरूशलेम जाने निश्‍चय गरे। तिनले भने, “त्यहाँ गइसकेपछि म रोम पनि अवश्य जानैपर्छ।”
ACT 19:22 आफ्ना दुई जना सहयोगीहरू तिमोथी र इरास्तसलाई तिनले म्यासिडोनिया पठाए; आफूचाहिँ केही समयका लागि एशियामै बसे।
ACT 19:23 त्यसै समयतिर यस मार्गको बारेमा ठूलो खैलाबैला मच्‍चियो।
ACT 19:24 डेमेत्रियस नामको चाँदीको काम गर्ने एक जना मानिस थियो, जसले आर्तेमिस देवीका मन्दिरहरूमा चाँदीका मूर्तिहरू बनाउँथ्यो। अनि यसले कारिगरहरूका लागि पनि प्रशस्त आम्दानी ल्याउँथ्यो।
ACT 19:25 ती सबै शिल्पकारका साथै त्यस्तै पेशामा लागेका अन्य मानिसहरूलाई त्यसले एक ठाउँमा बोलाएर भन्यो: “हे मानिसहरू हो, तपाईंहरूलाई थाहा छ, यो व्यापारबाट हामीलाई राम्रो आम्दानी हुन्छ।
ACT 19:26 अहिले तपाईंहरूले देख्नुभयो र सुन्‍नुभयो, कसरी पावल भन्‍ने यस व्यक्तिले यहाँ एफिसस र वास्तवमा एशियाका सबै प्रान्तहरूका धेरै मानिसहरूलाई राजी बनाउँदै बहकाउँदैछ; मानिसको हातले बनाइएका ईश्‍वरहरूचाहिँ ईश्‍वरहरू नै होइनन् भन्दै छ।
ACT 19:27 यसैकारण हाम्रो व्यापारले आफ्नो प्रतिष्‍ठा गुमाउने खतरा मात्र हाम्रो सामु छैन। तर महान् देवी आर्तेमिसको मन्दिर पनि अब अपहेलित हुने डर छ। अनि एशियाका सबै प्रान्तहरू र संसारभरि पुजिने देवीको ईश्‍वरीय गौरव नाश हुनेछ।”
ACT 19:28 जब तिनीहरूले यो कुरा सुने, तब तिनीहरू अत्यन्त क्रोधित भए, र चिच्याएर भन्‍न थाले: “एफिसीहरूकी देवी आर्तेमिस महान् हुनुहुन्छ!”
ACT 19:29 चाँडै नै पूरा सहरमा ठूलो खैलाबैला मच्‍चियो। अनि म्यासिडोनियाबाट आएका पावलका सहयात्री गायस र अरिस्तार्खसलाई मानिसहरूले समातेर रङ्गशालातिर घिसार्दै लगे।
ACT 19:30 भीडमा गएर पावलले केही भन्‍न चाहे, तर चेलाहरूले तिनलाई त्यसो गर्न दिएनन्।
ACT 19:31 त्यस प्रान्तका पावलका केही अधिकृत मित्रहरूले पनि तिनलाई रङ्गशालातिर आउने साहस नगर्नुहोला भनी बिन्ती गरेर खबर पठाए।
ACT 19:32 त्यहाँभित्र भेला भएको भीडमा ठूलो भ्रम पैदा भएको थियो: कोही मानिसहरू एउटा कुरा भनेर कराउँथे भने कोही अर्कै कुरा। अधिकांश मानिसहरूलाई त तिनीहरू त्यहाँ किन आएका थिए, त्यो पनि थाहा थिएन।
ACT 19:33 भीडमा यहूदीहरूले अलेक्जेन्डरलाई अगाडि सारे। अनि तिनीहरूले कराउँदै तिनलाई निर्देशन दिए। अलेक्जेन्डरले हातले शान्त रहन इशारा गर्दै मानिसहरूका सामु बचाउको निम्ति बोल्न खोजे।
ACT 19:34 तर तिनीहरूले उनी यहूदी हुन् भन्‍ने थाहा पाए, ती सबैले एकै सोरमा करिब दुई घण्टासम्म यसो भन्दै कराइरहे: “एफिसीहरूकी देवी आर्तेमिस महान् हुनुहुन्छ।”
ACT 19:35 अनि त्यस नगरका हाकिमले भीडलाई साम्य पार्दै भने: “हे एफिससका मानिसहरू हो, महान् देवी आर्तेमिसको मूर्ति स्वर्गबाट खसेको हो, र उनको मन्दिरको रक्षक एफिसस सहर हो भनी के कसैलाई थाहा छैन र?
ACT 19:36 त्यसकारण यी कुराहरू अकाट्य भएकाले तपाईंहरू शान्त हुनुहोस्, र कुनै पनि उत्ताउलो काम नगर्नुहोस्।
ACT 19:37 तपाईंहरूले यी मानिसहरूलाई यहाँ घिसार्दै ल्याउनुभयो। तर यिनीहरूले न त मन्दिर लुटेका छन्, न त हाम्री आराध्य देवीको निन्दा नै गरेका छन्।
ACT 19:38 त्यसैले डेमेत्रियस र उनका शिल्पकारहरूलाई कसैप्रति कुनै गुनासो छ भने त्यसको सुनुवाइका निम्ति अदालतहरू खुला छन्, र उचित अधिकारीहरू पनि छन्। त्यहाँ तिनीहरू आरोप पेश गर्न सक्छन्।
ACT 19:39 यसबाहेक तपाईंहरू अरू केही कुरा ल्याउन चाहनुहुन्छ भने यसको छिनोफानो वैधानिक सभाबाटै हुनुपर्छ।
ACT 19:40 हालको परिस्थितिमा आज भएको घटनाको कारण हामीमाथि हुलदङ्गा गरेको आरोप लाग्ने खतरा छ; त्यस्तो भएमा हामी यसको स्पष्‍टीकरण दिन सक्नेछैनौँ, किनकि यसको कुनै कारण नै छैन।”
ACT 19:41 यति भनिसकेर तिनले त्यो सभालाई बिदा गरिदिए।
ACT 20:1 जब सहरमा खैलाबैला शान्त भयो, तब पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए। अनि तिनीहरूबाट बिदा भएर म्यासिडोनियातिर गए।
ACT 20:2 मानिसहरूलाई उत्साहका वचनहरू बोल्दै उनले त्यस क्षेत्रको यात्रा गरेर अन्त्यमा ग्रीसमा गए।
ACT 20:3 त्यहाँ तिनी तीन महिनासम्म बसे। तिनी जहाजबाट सिरियातिर जान लागेकै बेलामा यहूदीहरूले उनको विरुद्धमा षड्यन्त्र रचेको तिनले थाहा पाएर म्यासिडोनिया हुँदै फर्कने निर्णय गरे।
ACT 20:4 उनका साथमा बेरिया निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकीबाट अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस, र तिमोथी र एशियाका तुखिकस र त्रोफिमस गए।
ACT 20:5 ती मानिसहरू हामीभन्दा अगि गएर त्रोआसमा हामीलाई पर्खिबसे।
ACT 20:6 तर हामी अखमिरी रोटीको चाडका दिनहरूपछि फिलिप्पीबाट यात्रा गरी पाँच दिनपछि त्रोआस पुगेर तिनीहरूलाई भेट्यौँ र त्यहाँ हामी सात दिन बस्यौँ।
ACT 20:7 हप्‍ताको पहिलो दिन हामी रोटी भाँच्नलाई भेला भयौँ। ती सबैलाई पावलले प्रचार गरे। अनि भोलिपल्ट त्यो सहर छोड्ने तिनको विचार भएकोले आधा रातसम्म ती मानिसहरूसँग तिनले कुराकानी गरिरहे।
ACT 20:8 हामी भेला भएको माथिल्‍लो तलाको कोठामा धेरै बत्तीहरू थिए।
ACT 20:9 त्यस कोठाको झ्यालमा युटिकस नामको एक जना युवक बसिरहेको थियो। जब पावलले लामो समयसम्म वचन बोलिरहेका थिए, तब त्यो युवक गहिरो निद्रामा पर्‍यो; अनि त्यो तीन तलामाथिबाट तल भुइँमा खस्यो र मानिसहरू त्यसलाई उठाउन पुग्दा मरिसकेको अवस्थामा पाए।
ACT 20:10 तब पावल तल गए, र त्यस मानिसमाथि घोप्टो परेर अङ्कमाल हाल्दै भने, “तपाईंहरू नआत्तिनुहोस्, यिनी जीवितै छन्।”
ACT 20:11 त्यसपछि तिनी फेरि माथि उक्ले, र रोटी भाँचेर खाए। उज्यालो नहोउन्जेल बोल्दैरहे; अनि तिनी त्यहाँबाट बिदा भए।
ACT 20:12 ती मानिसहरूले त्यस केटालाई जीवित अवस्थामा नै घर लगे, र ठूलो सान्त्वना पाए।
ACT 20:13 जहाजमा चढेर हामी अस्सोसमा पहिल्यै पुग्यौँ, जहाँ हामी पावललाई जहाजमा चढाउन चाहन्थ्यौँ। तिनले त्यहाँसम्म पैदल यात्रा गरी आउने बन्दोबस्त पहिल्यै मिलाएका थिए।
ACT 20:14 जब अस्सोसमा उनीसँग भेट भयो, हामीले उनलाई जहाजमा चढायौँ र मितिलेनेमा गयौँ।
ACT 20:15 भोलिपल्ट जहाजको यात्रा गर्दै हामी खियसमा पुग्यौँ र अर्को दिन हामीले सामोसलाई पार गर्‍यौँ। अनि भोलिपल्ट मिलेटसमा पुग्यौँ।
ACT 20:16 एशिया प्रान्तमा समय बिताउनु नपरोस् भनेर पावलले एफिससबाट तर्किएर जाने निर्णय गरे। पावल हतारमा थिए; किनकि सम्भव भएसम्म पेन्टिकोस्ट पर्वको दिनमा उनी यरूशलेममा पुग्न चाहन्थे।
ACT 20:17 मिलेटसबाट पावलले मण्डलीका प्रधानहरूलाई झिकाउन एफिससमा मानिस पठाए।
ACT 20:18 तिनीहरू आइपुगेपछि उनले तिनीहरूलाई भने: “तपाईंहरूसित एशियामा बसेको पहिलो दिनदेखि समस्त समय म कसरी तपाईंहरूसँग रहेँ, त्यो कुरा तपाईंहरूलाई थाहै छ।
ACT 20:19 यहूदीहरूले मेरो विरुद्ध षड्यन्त्रहरू रचेर ठूलो सङ्कटमा पारे तापनि मैले पूर्ण विनम्रतासाथ आँसु बगाउँदै प्रभुको सेवा गरिरहेँ।
ACT 20:20 तपाईंहरूलाई थाहै छ, तपाईंहरूको भलाइको निम्ति प्रचार गर्न म कहिल्यै हिच्किचाइनँ। तर सार्वजनिक रूपमा र घर-घरमा गएर शिक्षा दिएँ।
ACT 20:21 यहूदीहरू र ग्रीकहरू पश्‍चात्तापमा परमेश्‍वरतिर फर्कनैपर्छ। अनि हाम्रा प्रभु येशूमा तिनीहरूले विश्‍वास राख्नैपर्छ भनेर मैले घोषणा गरेँ।
ACT 20:22 “अब मचाहिँ पवित्र आत्माको प्रेरणामा यरूशलेममा जाँदैछु; म जान्दिनँ ममाथि त्यहाँ के घट्ने हो।
ACT 20:23 तर मलाई यति थाहा छ, हरेक सहरमा मैले दुःख-कष्‍ट उठाउनुपर्छ र झ्यालखाना जानुपर्छ भनेर पवित्र आत्माले सतर्क गराउनुहुन्छ।
ACT 20:24 तथापि मेरो आफ्नै जीवनको महत्त्व मलाई छैन। मेरो एउटै लक्ष्य दौड पूरा गर्नु हो, परमेश्‍वरको अनुग्रहको सुसमाचारको साक्षी दिने सेवकाइ हो, जुन प्रभु येशूद्वारा मलाई सुम्पिइएको छ।
ACT 20:25 “म जान्दछु, तपाईंहरू सबै, जसलाई मैले परमेश्‍वरको राज्यको प्रचार गर्दैआएको छु, तपाईंहरूले मेरो मुहार फेरि देख्नुहुनेछैन।
ACT 20:26 त्यसैकारण तपाईंहरूसमक्ष म आज गवाही दिन्छु; तपाईंहरू सबैको रगतदेखि म निर्दोष छु।
ACT 20:27 किनकि परमेश्‍वरको सबै इच्छा तपाईंहरूलाई बताउन मपछि हटिनँ।
ACT 20:28 आफ्नो र सम्पूर्ण बगालको लागि होसियारी हुनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालको हेरचाहको लागि चुन्‍नुभएको छ; परमेश्‍वरको मण्डलीको गोठालो हुनुहोस्, जसलाई उहाँको आफ्नै रगतले किन्‍नुभएको छ।
ACT 20:29 मलाई यो थाहा छ, मैले छोडेर गएपछि तपाईंहरूका बीचमा जङ्गली ब्वाँसाहरू पस्‍नेछन्, जसले बगाललाई बाँकी राख्नेछैनन्।
ACT 20:30 तपाईंहरू मध्येबाट नै सत्यलाई बङ्ग्याउने मानिसहरू उठ्नेछन् र चेलाहरूलाई फकाई तिनीहरूका पछि-पछि लगाउनेछन्।
ACT 20:31 त्यसकारण सावधान हुनुहोस्! सम्झनुहोस्; कसरी तीन वर्षसम्म रातदिन आफ्ना आँसु बगाउँदै तपाईंहरूलाई चेतावनी दिन म कहिल्यै थाकिनँ।
ACT 20:32 “अब म तपाईंहरूलाई परमेश्‍वर र उहाँको अनुग्रहको वचनमा सुम्पिदिन्छु, तब यसले तपाईंहरूलाई बलियो तुल्याउनेछ र पवित्र पारिएका सबैका सामु तपाईंहरूलाई उत्तराधिकार दिन सक्दछ।
ACT 20:33 मैले कसैको सुन, चाँदी वा लुगाफाटाहरूमा लोभ गरिनँ।
ACT 20:34 तपाईंहरू आफैँ जान्‍नुहुन्छ, कि मेरा र मसँग हुनेहरूका आवश्यकताहरू मैले आफ्ना यिनै हातहरूद्वारा पूरा गरेको छु।
ACT 20:35 मैले गरेका हरेक कामबाट तपाईंहरूलाई मैले उदाहरण दिएको छु; अनि कसरी यस किसिमका कडा परिश्रमद्वारा हामीले कमजोरहरूलाई मदत गर्नैपर्दछ। प्रभु येशू आफैँले भन्‍नुभएका वचनहरूको सम्झना गरौँ: ‘लिनुभन्दा दिनुचाहिँ अझ धन्य हो।’ ”
ACT 20:36 यति कुरा भनिसकेपछि पावलले घुँडा टेके र सबैसँग प्रार्थना गरे।
ACT 20:37 उनलाई अँगालो हालेर चुम्बन गर्दै सबै जना धेरै रोए।
ACT 20:38 तिनीहरूले उनको मुहार फेरि देख्नेछैनन् भन्‍ने उनको भनाइले तिनीहरूका हृदय छिया-छिया भयो। त्यसपछि तिनीहरूले उनलाई जहाजसम्म पुर्‍याउन गए।
ACT 21:1 तिनीहरूसँग बिदा भएपछि हामी सोझै कोसतिरको जहाज चढ्यौँ। अर्को दिन हामी रोडस गयौँ। अनि त्यहाँबाट पटारा पुग्यौँ।
ACT 21:2 त्यहाँ हामीले फोनिके जान लागेको एउटा जहाज भेट्यौँ, र त्यसैमा चढेर अगाडि बढ्यौँ।
ACT 21:3 साइप्रस टापु देखा परेपछि त्यसलाई दक्षिणतिर पारेर हामी सिरियातिर लाग्यौँ। हाम्रो जहाजबाट मालसामान उतार्नुपरेकोले हामी टायरमा उत्रियौँ।
ACT 21:4 त्यसपछि हामी त्यहाँ बस्‍ने चेलाहरूकहाँ गयौँ र तिनीहरूसँग सात दिनसम्म बस्यौँ। पवित्र आत्माद्वारा अगुवाइ पाएर तिनीहरूले पावललाई यरूशलेम नजान भनी बिन्ती गरे।
ACT 21:5 जब हाम्रो त्यहाँबाट बिदा हुने समय भयो, हामी आफ्नो बाटो लाग्यौँ; तब त्यहाँका सबै जना तिनीहरूका पत्नीहरू र सन्तानहरूसमेत हामीलाई सहरबाहिर पुर्‍याउन आए; र त्यहाँ समुद्रको किनारमा घुँडा टेकेर हामीहरूले प्रार्थना गर्‍यौँ।
ACT 21:6 एक-अर्कासँग बिदा भएपछि हामी जहाजमा चढ्न गयौँ र उनीहरू घर फर्के।
ACT 21:7 टायरबाट हामी निरन्तर यात्रा गर्दै टोलेमाइसमा उत्रियौँ, त्यहाँ हामीले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्यौँ र तिनीहरूसँग एक दिन बस्यौँ।
ACT 21:8 अर्को दिन तिनीहरूसँग बिदा भएर हामी कैसरिया पुग्यौँ र सात जनामध्येका एक जना प्रचारक फिलिपको घरमा हामी बस्यौँ।
ACT 21:9 तिनका चार जना अविवाहित छोरीहरू थिए, जसले अगमवाणी बोल्थे।
ACT 21:10 हामी त्यहाँ बसेको केही दिनपछि यहूदियाबाट अगाबस नामका एक जना अगमवक्ता आए।
ACT 21:11 हामीकहाँ आएर तिनले पावलको पटुका लिए, र त्यसले आफ्ना हातखुट्टाहरू बाँधे र यसो भने, “पवित्र आत्मा भन्‍नुहुन्छ, ‘यरूशलेमका यहूदी अगुवाहरूले यो पटुकाको मालिकलाई यसै गरी बाँध्नेछन् र तिनलाई गैरयहूदीहरूका हातमा सुम्पिदिनेछन्।’ ”
ACT 21:12 जब हामीले यी कुराहरू सुन्यौँ, हामी र त्यहाँ उपस्थित अरू मानिसहरूले पावललाई यरूशलेम नजानुहोस् भनी बिन्ती गर्‍यौँ।
ACT 21:13 पावलले जवाफ दिए, “तपाईंहरू किन यसरी रुनुहुन्छ र मेरो हृदय विचलित पार्नुहुन्छ? म त बाँधिन मात्र होइन, तर प्रभु येशूको नामका निम्ति यरूशलेममा मर्न पनि तयार छु।”
ACT 21:14 तिनलाई कसै गरी मनाउन नसकेपछि, “प्रभुको इच्छा पूरा होस्” भनी हामीले प्रयत्न गर्न छोड्यौँ।
ACT 21:15 त्यसपछि हामी सामानहरू तयार गरेर माथि यरूशलेमतिर बाटो लाग्यौँ।
ACT 21:16 हामीसँग कैसरियाका केही चेलाहरू पनि आए। तिनीहरूले हामीलाई मनासोनको घरमा लिएर गए; जो पहिलेका चेलाहरूमध्येका एक थिए।
ACT 21:17 जब हामी यरूशलेम आइपुग्यौँ, तब दाजुभाइ-दिदीबहिनीहरूले हृदयदेखि खुशी भएर हाम्रो स्वागत गरे।
ACT 21:18 भोलिपल्ट पावल र हामी सबै याकोबलाई भेट्न गयौँ, र त्यहाँ सबै मण्डली प्रधानहरू उपस्थित थिए।
ACT 21:19 पावलले सबैलाई अभिवादन गरे, र उनको सेवाद्वारा परमेश्‍वरले गैरयहूदीहरूको बीचमा के कस्ता काम गर्नुभएको थियो, ती सबैको बयान तिनले एक-एक गरी बताइदिए।
ACT 21:20 तिनीहरूले यो सुनेपछि परमेश्‍वरको प्रशंसा गरे र तिनीहरूले पावललाई भने: “हेर्नुहोस् भाइ, तपाईंले देख्नुहुन्छ, यहूदीहरूमध्ये कैयौँ हजार विश्‍वासी भएका छन्; र ती सबै जना मोशाका व्यवस्थामा उत्साहित छन्।
ACT 21:21 तिनीहरूलाई जानकारी गराइएको छ, कि तपाईंले गैरयहूदीहरूका बीचमा बस्‍ने सबै यहूदीहरूलाई मोशाको व्यवस्थालाई त्यागिदिनू; र तिनीहरूका सन्तानको खतना नगर्नू अथवा हाम्रा रीतिथितिअनुसार नजिऊनू भन्‍ने शिक्षा दिनुभएको छ।
ACT 21:22 अब हामीले के गर्ने हो? निश्‍चय नै तपाईं आउनुभएको छ भन्‍ने कुरा तिनीहरूले सुन्‍नेछन्,
ACT 21:23 यसकारण हामी जे भन्दछौँ, तपाईं त्यही गर्नुहोस्। यहाँ हामीसित चार जना भाकल गर्ने मानिसहरू छन्।
ACT 21:24 यी मानिसहरूलाई साथमा लिनुहोस् र तिनीहरूसँगै आफैँलाई शुद्ध पार्नुहोस् र त्यसमा लाग्ने तिनीहरूको खर्च तिरिदिनुहोस्। तिनीहरूले आ-आफ्ना कपाल खौरून्। त्यसपछि तपाईंका बारेमा चलाइएका हल्‍लाहरूमा कुनै सत्यता रहनेछैन, तर तपाईंचाहिँ व्यवस्थाप्रति आज्ञाकारी भएर जिउनुहुँदो रहेछ भनेर हरेकले थाहा पाउनेछन्।
ACT 21:25 जहाँसम्म गैरयहूदी विश्‍वासीहरूको कुरा छ, मूर्तिहरूलाई बलि चढाइएका भेटी र भोजन खानबाट, रगतबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र व्यभिचारबाट तिनीहरू पूर्ण रूपले अलग हुनुपर्छ भनेर हामीले गरेका निर्णय लिखित रूपमा तिनीहरूलाई पठाइसकिएको छ।”
ACT 21:26 अर्को दिन ती चार जनालाई लिएर पावल गए र तिनीहरूसँगै तिनले आफूलाई पनि शुद्ध पारे। त्यसपछि कहिले शुद्ध हुने दिनहरू समाप्‍त हुने र हरेकका निम्ति भेटी चढाइनेछ भन्‍ने जानकारी दिन उनी मन्दिरमा गए।
ACT 21:27 जब सात दिन बित्नै लागेका थिए, तब एशिया प्रान्तका केही यहूदीहरूले पावललाई मन्दिरभित्र देखे। त्यहाँ भेला भएको सम्पूर्ण भीडहरूलाई सुर्‍याउँदै तिनीहरूले उनलाई पक्रे।
ACT 21:28 अनि चिच्याउँदै भन्‍न लागे, “हे इस्राएलका मानिसहरू हो, हामीहरूलाई मदत गर्नुहोस्! यो त्यही मानिस हो, जसले सबैलाई सबै ठाउँमा हाम्रा मानिसहरू, हाम्रो व्यवस्था र यस ठाउँको विरुद्ध शिक्षा दिन्छ। यहाँसम्म कि यसले मन्दिरभित्र ग्रीकहरूलाई ल्याएको छ, र यो पवित्रस्थानलाई अपवित्र तुल्याएको छ।”
ACT 21:29 (यो घटनाभन्दा अगि तिनीहरूले पावलसँग एफिससका त्रोफिमसलाई सहरमा देखेका थिए। त्यसकारण पावलले तिनलाई मन्दिरभित्र ल्याएका होलान् भन्‍ने तिनीहरूको धारणा थियो।)
ACT 21:30 सारा सहरभरि हल्‍लाखल्‍ला मच्‍चियो र चारैतिरबाट मानिसहरू दौडिँदै त्यहाँ आए। पावललाई समातेपछि उनलाई घिसार्दै तिनीहरूले मन्दिरबाहिर ल्याए र तुरुन्तै ढोकाहरू बन्द गरे।
ACT 21:31 जब तिनीहरूले उनलाई मार्ने प्रयत्न गरिरहेका थिए, तब सम्पूर्ण यरूशलेम सहर अशान्त छ भन्‍ने खबर रोमी पल्टनका सेनापतिकहाँ पुग्यो।
ACT 21:32 तुरुन्तै उनले आफ्ना केही अधिकृतहरू र सिपाहीहरू लिएर भीडतिर दगुरे। जब विद्रोहीहरूले सेनापति र सिपाहीहरूलाई देखे, तब तिनीहरूले पावललाई पिट्न छोडे।
ACT 21:33 त्यहाँ सेनापति आइपुगेपछि पावललाई पक्रे, र तिनलाई दुई वटा साङ्लाले बाँध्ने आदेश दिए। त्यसपछि यो को हो? र यसले के गरेको छ? भन्दै सोधे।
ACT 21:34 भीडबाट कसैले एउटा कुरा, कसैले अर्कै कुरा भनेर चिच्याउँदै थिए। यसरी खैलाबैला मच्‍चिएकोले गर्दा सेनापतिले साँचो कुरा के हो, सो थाहा पाउन सकेनन्, तब तिनले पावललाई ब्यारेकमा लैजान आदेश दिए।
ACT 21:35 जब पावल सिँढीमा पुगे, भीडको आतङ्क यति हिंसक भयो कि तिनलाई सिपाहीहरूले बोकेर लैजानुपर्‍यो।
ACT 21:36 किनकि तिनको पछि-पछि लागेको भीड “त्यसलाई सिद्ध्याइदेऊ!” भनेर चिच्याउँदै थियो!
ACT 21:37 सिपाहीहरूले पावललाई ब्यारेकभित्र लगिनै लाग्दा उनले सेनापतिलाई सोधे, “के म तपाईंलाई केही कुरा भन्‍ने अनुमति पाउन सक्छु?” तिनले जवाफ दिए, “के तिमी ग्रीक भाषा बोल्न सक्छौ?
ACT 21:38 के तिमी इजिप्टियन होइनौ, जसले केही समयअगि विद्रोह सुरु गरेर चार हजार आतङ्ककारीहरूलाई पछि लगाउँदै मरुभूमितिर लिएर गएको थियो?”
ACT 21:39 पावलले जवाफ दिए, “मचाहिँ किलिकियाको एउटा सहर टार्ससको एक यहूदी हुँ, कुनै साधारण सहरको नागरिक होइन। कृपया मलाई यी मानिसहरूलाई सम्बोधन गर्न दिनुहोस्।”
ACT 21:40 सेनापतिको अनुमति पाएर पावल सिँढीमा उभिएर भीडलाई चुप लाग्ने इशारा गरे। जब तिनीहरू सबै चुप भए, उनले तिनीहरूलाई हिब्रू भाषामा सम्बोधन गरे:
ACT 22:1 “बुबाहरू र दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो बचाउको कुरा सुन्‍नुहोस्।”
ACT 22:2 जब पावलले हिब्रू भाषामा बोलेको तिनीहरूले सुने, तब तिनीहरू एकदमै शान्त भए। अनि पावलले भन्‍न थाले:
ACT 22:3 “म एक यहूदी हुँ, किलिकियाको टार्सस सहरमा जन्म भएको, तर यसै सहरमा गमलिएलको संरक्षणमा शिक्षा पाएर हुर्किएको हुँ; र हाम्रा पितापुर्खाहरूको व्यवस्थामा मैले तालिम पाएको हुँ। म पनि त्यस्तै उत्साहित थिएँ, जसरी आज यहाँ तपाईंहरू सबै परमेश्‍वरका निम्ति हुनुहुन्छ।
ACT 22:4 पुरुषहरू र महिलाहरू दुवैलाई पक्रेर बाँधेर झ्यालखानामा हालेँ, र मैले यस मार्गमा लागेकाहरूलाई मृत्यु हुने गरी नै सताएँ।”
ACT 22:5 यस कुराको साक्षी प्रधान पुजारी र सम्पूर्ण सभाले पनि दिन सक्छन्। यहाँसम्म कि तिनीहरूबाट दमस्कसमा भएका तिनीहरूकै यहूदी विश्‍वासीहरूका लागि पक्राउ-पुर्जीहरू लिनसमेत म सफल भएँ, र ती पत्रहरू लिएर ती मानिसहरूलाई बन्दी बनाएर यरूशलेममा ल्याए, र सजाय दिलाउनको निम्ति म त्यहाँ गएँ।
ACT 22:6 “जब म अपरान्हको समयमा दमस्कसको नजिकै पुगेको थिएँ, तब अकस्मात् स्वर्गबाट एउटा चहकिलो प्रकाश मेरो चारैतिर चम्क्यो।
ACT 22:7 म भुइँमा पछारिएँ, र एउटा आवाजले मलाई यसो भनेको सुनेँ, ‘शाऊल! शाऊल! तिमी मलाई किन सताउँछौ?’
ACT 22:8 “ ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ भनी मैले सोधेँ। “ ‘म नासरतको येशू हुँ, जसलाई तिमी सताइरहेका छौ’ भनी उहाँले जवाफ दिनुभयो।
ACT 22:9 मसँग यात्रा गर्नेहरूले पनि त्यो प्रकाश देखे, तर मसँग जो बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्।
ACT 22:10 “ ‘हे प्रभु, अब मैले के गर्नुपर्छ?’ भनी मैले सोधेँ। “प्रभुले भन्‍नुभयो, ‘अब तिमी उठ, र दमस्कसमा जाऊ। त्यहाँ तिमीलाई जे काम गर्न खटाइएको छ, ती सबै कामहरू त्यहीँ नै तिमीलाई बताइनेछ।’
ACT 22:11 त्यस प्रकाशको तेजले मैले देख्न सकिनँ, तब मेरा सङ्गीहरूले आफ्ना हातद्वारा मलाई डोर्‍याउँदै दमस्कसमा पुर्‍याए।
ACT 22:12 “त्यहाँ हननिया नाम गरेका एक जना मानिस मलाई भेट्न आए। तिनी व्यवस्थाअनुसार चल्ने मानिस थिए, र त्यहाँ बस्‍ने सबै यहूदीहरूमा अति नै सम्मानित पनि थिए।
ACT 22:13 उनी मकहाँ आए, र मेरो छेउमा उभिएर भने, ‘भाइ शाऊल, आफ्नो आँखाको ज्योति प्राप्‍त गर,’ अनि तुरुन्तै मैले तिनलाई देख्न सकेँ।
ACT 22:14 “त्यसपछि तिनले भने: ‘हाम्रा पुर्खाहरूका परमेश्‍वरले उहाँको इच्छा जान्‍न र एक जना धर्मी जनलाई हेर्न र उहाँको मुखबाट वचनहरू सुन्‍न तपाईंलाई छान्‍नुभएको छ।
ACT 22:15 तपाईंले जे देख्नु र सुन्‍नुभएको छ, ती कुराका विषयमा तपाईं सबै मानिसहरूको सामु उहाँको साक्षी हुनुहुनेछ।
ACT 22:16 अब तपाईं केका निम्ति पर्खिरहनुभएको छ? उठ्नुहोस्, बप्‍तिस्मा लिनुहोस् र प्रभुको नाम लिँदै आफ्ना पापहरूको क्षमा प्राप्‍त गर्नुहोस्।’
ACT 22:17 “जब म यरूशलेम फर्केर आएँ र मन्दिरमा प्रार्थना गरिरहेको थिएँ, म ध्यानमग्न अवस्थामा पुगेँ
ACT 22:18 र मसँग दर्शनमा प्रभुले भन्‍नुभयो, ‘छिटो गर! यरूशलेम तुरुन्तै छोड, किनकि तिमीले मेरो बारेमा दिएको साक्षी यहाँका मानिसहरूले स्वीकार गर्नेछैनन्।’
ACT 22:19 “मैले जवाफ दिएँ, ‘प्रभु, यी मानिसहरूलाई थाहा छ, तपाईंमा विश्‍वास गर्नेहरूलाई बन्दी बनाउन र सताउन म एउटा सभाघरबाट अर्को सभाघर गएँ।
ACT 22:20 र जब तपाईंको साक्षी स्तिफनसको रगत बगाइएको थियो, त्यसलाई अनुमति दिँदै उनलाई मार्ने साक्षीहरूको लुगाफाटाहरू हेरविचार गर्दै म त्यहीँ उभिरहेको थिएँ।’
ACT 22:21 “अनि परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘जाऊ म तिमीलाई धेरै टाढा गैरयहूदीहरूकहाँ पठाउनेछु।’ ”
ACT 22:22 यति भनुन्जेलसम्म भीडले पावलका कुरा सुने। त्यसपछि तिनीहरू आफ्नो उच्‍च सोरमा यसरी कराउन थाले, “यस मानिसलाई पृथ्वीबाटै हटाइयोस्! यो बाँच्न योग्यको छैन!”
ACT 22:23 जब तिनीहरू कराउन थाले र आफ्नो लुगा फ्याँक्न र हावामा धुलो उडाउन थाले,
ACT 22:24 तब सेनापतिले पावललाई ब्यारेकभित्र लैजान आदेश दिए। ती मानिसहरू किन उनीप्रति त्यसरी कराइरहेका छन्, सो पत्ता लगाउनका निम्ति उनलाई कोर्राले कुट्ने र सोधपुछ गर्ने निर्देशन दिए।
ACT 22:25 जब तिनीहरूले उनलाई कोर्राले कुट्नलाई बाँधे, तब त्यहाँ उभिएका सेनापतिसँग पावलले सोधे, “कुनै पनि दोष पत्ता नलागेको एउटा रोमी नागरिकलाई तपाईंहरूले कोर्राले कुट्नु के कानुनी कुरा हो?”
ACT 22:26 जब कप्‍तानले यो कुरा सुने, उनले उच्‍च सेनापतिकहाँ गएर सो बताए र सोधे, “तपाईं के गर्दै हुनुहुन्छ? यो मानिस त रोमी नागरिक रहेछ।”
ACT 22:27 सेनापति पावल भएको ठाउँमा गएर सोधे, “मलाई भन, के तिमी रोमी नागरिक हौ?” “हो, म रोमी नागरिक हुँ,” उनले जवाफ दिए।
ACT 22:28 अनि सेनापतिले भने, “रोमी नागरिक हुनका निम्ति मैले त ठूलो मूल्य चुकाउनुपरेको थियो।” “तर म त जन्मद्वारा नै रोमी नागरिक हुँ,” पावलले जवाफ दिए।
ACT 22:29 उनलाई प्रश्न गरी जाँच गर्न तम्सिएकाहरू त्यो सुनेर तुरुन्तै पछि हटिगए। जब सेनापतिले एक रोमी नागरिक, पावललाई बाँधेको थाहा पाए, उनी आफैँ पनि तर्सिए।
ACT 22:30 वास्तवमा यहूदीहरूले किन पावललाई आरोप लगाएका हुन् भनेर सेनापति पत्ता लगाउन चाहन्थे। त्यसैले अर्को दिन, उनले पावललाई बन्धनबाट फुकाइदिए र मुख्य पुजारीहरू र महासभाका सबैलाई भेला हुन तिनले आदेश दिए। तिनले पावललाई ल्याएर तिनीहरू समक्ष खडा गराए।
ACT 23:1 तब पावलले महासभातिर टिठ लगाएर हेर्दै भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, आजका दिनसम्म मैले असल विवेकमा परमेश्‍वरप्रति मेरो कर्तव्य पूरा गरेको छु।”
ACT 23:2 यो कुरा सुन्‍नसाथ प्रधान पुजारी हननियाले पावलका नजिकै उभिएका मानिसलाई उनको मुखमा हिर्काउने आदेश दिए।
ACT 23:3 अनि पावलले भने, “हे चून पोतिएको भित्ता, परमेश्‍वरले तपाईंलाई प्रहार गर्नुहुनेछ! व्यवस्थाअनुसार मेरो न्याय गर्न तपाईं त्यहाँ बस्‍नुभएको छ, तर पनि मलाई हिर्काउने आदेश दिएर तपाईं स्वयम् त्यस कानुनको उल्‍लङ्घन गर्दै हुनुहुन्छ।”
ACT 23:4 यो सुनेर पावलका नजिकै उभिनेहरूले उनलाई भने, “तैँले कसरी परमेश्‍वरका प्रधान पुजारीलाई बेइज्जत गर्ने आँट गरिस्?”
ACT 23:5 पावलले तिनीहरूलाई जवाफ दिए, “दाजुभाइ-दिदीबहिनीहरू हो, उहाँ प्रधान पुजारी हुनुहुन्छ भन्‍ने मैले थाहा पाउन सकिनँ; किनकि यस्तो लेखिएको छ: ‘आफ्ना मानिसहरूका शासकलाई नसराप्नू।’ ”
ACT 23:6 जब पावलले महासभामा कोही सदुकी दलका र कोही फरिसी दलका रहेछन् भनेर थाहा पाए, तब उनले उच्‍च सोरमा भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, म फरिसीहरूको छोरा एउटा फरिसी हुँ। मरेकाहरू पुनरुत्थान हुनेछन् भन्‍ने कुरामा मेरो आशा रहेकोले, म दोषीको रूपमा यहाँ उभिएको छु।”
ACT 23:7 जब उनले यो कुरा भने, त्यहाँ भएका सदुकीहरू र फरिसीहरूका बीच मतभेद उत्पन्‍न भयो र महासभामा फाटो आयो।
ACT 23:8 सदुकीहरू भन्छन् कि मरेकाहरू पुनरुत्थान हुनेछैनन् र स्वर्गदूतहरू, आत्माहरू पनि छैनन्, तर फरिसीहरू यी सबै कुराको अस्तित्व स्वीकार गर्दछन्।
ACT 23:9 त्यहाँ ठूलो खैलाबैला मच्‍चियो र फरिसी दलका केही व्यवस्थाका शिक्षकहरू उठेर घमासान तर्क गर्न थाले। तिनीहरूले भने, “यस मानिसमा कुनै किसिमको गल्ती हामी भेट्टाउँदैनौँ। कतै एउटा आत्मा वा स्वर्गदूत पो यस मानिससँग बोलेको हो कि?”
ACT 23:10 तिनीहरू बीचको झगडा यति हिंसात्मक हुन थाल्यो कि तिनीहरूले पावललाई लुछलाछ पार्लान् कि भन्‍ने सेनापतिलाई डर भयो। त्यसकारण तिनले आफ्ना सैनिकहरूलाई “तल गई पावललाई तिनीहरूका बीचबाट निकालेर ब्यारेकभित्र लैजाऔ” भन्‍ने आदेश दिए।
ACT 23:11 भोलिपल्ट राति प्रभुले पावलको नजिकै उभिएर भन्‍नुभयो, “साहस गर! यरूशलेममा जसरी तिमीले मेरो बारेमा साक्षी दिइरहेका थियौ, त्यस्तै साक्षी तिमीले रोममा पनि दिनुपर्छ।”
ACT 23:12 भोलिपल्ट बिहान केही यहूदीहरूले एउटा षड्यन्त्र रचे, र तिनीहरूले पावललाई नमारुन्जेल अन्‍नपानी ग्रहण नगर्ने शपथ खाए।
ACT 23:13 यस षड्यन्त्रमा चालीस जनाभन्दा बढी मानिसहरूको संलग्नता थियो।
ACT 23:14 तिनीहरू मुख्य पुजारीहरू र प्रधानहरूकहाँ गएर भने, “हामीले पावललाई समाप्‍त नपारेसम्म केही पनि नखाने दृढ शपथ खाएका छौँ।
ACT 23:15 त्यसैले अब तपाईं र महासभाले त्यसको मुद्दाका बारेमा बढी सही छानबिन गर्नु जरुरी भएको बहाना बनाई त्यस मानिसलाई भोलि महासभामा ल्याउन सेनापतिलाई उजुर गर्नुहोस्; अनि त्यो यहाँ आइपुग्नुभन्दा पहिले नै त्यसलाई मार्न हामी तयार छौँ।”
ACT 23:16 जब पावलको भानिजले यो षड्यन्त्रको बारेमा सुने, तब तिनी ब्यारेकभित्र गएर सबै कुरा पावललाई बताइदिए।
ACT 23:17 अनि पावलले एक जना सेनापतिलाई बोलाएर भने, “यस युवकलाई लिएर उच्‍च सेनापतिकहाँ जानुहोस्; यिनीसँग उहाँलाई भन्‍नुपर्ने केही कुरा छ।”
ACT 23:18 अनि उनले तिनलाई सेनापतिकहाँ लिएर गए। यसकारण उनले तिनलाई सेनापतिकहाँ लगेर भने, “कैदी पावलले मलाई बोलाएर यस युवकलाई हजुरकहाँ लिएर जानू भनेर पठाए; किनकि हजुरलाई भन्‍नैपर्ने केही कुरा योसँग छ।”
ACT 23:19 त्यस युवकको हात समातेर सेनापतिले उसलाई केही पर लगी सोधे, “तिमीले मलाई भन्‍न खोजेको कुरा के हो?”
ACT 23:20 युवकले भन्यो: “पावलको बारेमा बढी सही छानबिन गर्नु जरुरी भएको बहाना गरेर भोलिको महासभामा उनलाई उपस्थित गराउन तपाईंहरूसँग बिन्ती गर्न केही यहूदीहरूले योजना बनाएका छन्।
ACT 23:21 तर तपाईं त्यसो नगर्नुहोस्; किनकि चालीस जनाभन्दा बढी मानिसहरू बाटैमा तिनलाई मार्न ढुकेर बस्‍नेछन्। पावललाई नमारेसम्म अन्‍नपानी ग्रहण नगर्ने शपथ तिनीहरूले खाएका छन्। हाल तिनीहरूको अनुरोधमा तपाईंको सहमतिलाई पर्खेर तिनीहरू तयार भएर बसेका छन्।”
ACT 23:22 सेनापतिले तिनलाई यसरी सतर्क गराउँदै त्यहाँबाट बिदा दिए, “यो कुरा तिमीले मलाई भन्यौ भनेर कसैलाई पनि नभन्‍नू।”
ACT 23:23 त्यसपछि सेनापतिले आफ्ना दुई जना कप्‍तानहरूलाई बोलाएर यस्तो आदेश दिए, “आजै राति नौ बजे कैसरिया जानका निम्ति दुई सय सिपाहीहरूको एउटा पल्टन, सत्तरी जना घोडसवारहरू र दुई सय जना भाला बोक्ने सिपाहीहरू तयार पारेर राख।
ACT 23:24 पावलको निम्ति पनि घोडा तयार गर, ताकि उनलाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्‍याउन सकौं।”
ACT 23:25 अनि यस किसिमको पत्र तिनले लेखे:
ACT 23:26 सम्माननीय राज्यपाल फेलिक्सलाई, क्लौडियस लुसियसको अभिवादन!
ACT 23:27 यस मानिसलाई यहूदीहरूले समातेर मार्नै आँटेका थिए, तर आफ्ना सिपाहीहरू लिएर म घटनास्थलमा पुगेँ। अनि यिनलाई छुटाएर ल्याएँ; किनकि यिनी एक रोमी नागरिक हुन् भन्‍ने मैले थाहा पाएँ।
ACT 23:28 तिनीहरूले पावललाई किन आरोप लगाएका हुन् भनेर म जान्‍न चाहन्थेँ। त्यसैले मैले तिनीहरूका महासभामा यिनलाई उपस्थित गराएँ।
ACT 23:29 मैले पत्तो पाएँ, तिनीहरूका व्यवस्थासम्बन्धी प्रश्नहरूलाई लिएर ती आरोपहरू लगाइएका रहेछन्, तर यिनी विरुद्ध ज्यान सजाय वा कैद हुने किसिमको कुनै आरोप छैन।
ACT 23:30 जब मैले यस मानिसलाई मार्ने एउटा षड्यन्त्र रचिएको थाहा पाएँ, तब यिनलाई तपाईंकहाँ तुरुन्तै पठाउँदैछु। साथै यी मानिसमाथि आरोप लगाउनेहरूलाई पनि यिनका विरुद्ध आफ्नो बयान दिन तपाईंसमक्ष उपस्थित होऊन् भनी आदेश दिएको छु।
ACT 23:31 त्यो आदेशलाई पूरा गर्न सिपाहीहरूले आफ्नो साथमा पावललाई लिएर राति नै हिँडे र उनलाई एन्टिपाट्रिससम्म ल्याए।
ACT 23:32 भोलिपल्ट घोडचढीहरूलाई पावलसँग जानको लागि छोडिराखे, र बाँकी सिपाहीहरूचाहिँ ब्यारेकतिर फर्के।
ACT 23:33 कैसरिया पुगेपछि घोडचढी सिपाहीहरूले राज्यपाललाई पत्र बुझाएपछि पावललाई पनि राज्यपालको सामु प्रस्तुत गराए।
ACT 23:34 पत्र पढेर राज्यपालले उनी कुन प्रान्तका हुन् भनी सोधे, र उनी किलिकियाका हुन् भन्‍ने थाहा पाए,
ACT 23:35 र उनले भने, “तिमीलाई आरोप लाउनेहरू यहाँ आएपछि म तिम्रो सुनुवाइ गर्नेछु।” त्यसपछि तिनले पावललाई हेरोदको दरबारमा सुरक्षाकर्मीहरूका बीचमा राख्न आदेश दिए।
ACT 24:1 पाँच दिनपछि प्रधान पुजारी हननिया आफ्ना साथमा केही प्रधानहरू र तर्तुल्‍लस नामको एक जना वकील लिएर कैसरिया पुगे; र त्यहाँ तिनीहरूले राज्यपालका सामु पावलका विरुद्ध आफ्नो मुद्दा पेश गरे।
ACT 24:2 जब पावल त्यहाँ बोलाइए, तर्तुल्‍लसले आफ्नो पक्ष फेलिक्सको सामु यसरी प्रस्तुत गरे: “हजुरको अधीनमा हामीले लामो समयदेखि शान्ति अनुभव गरिरहेका छौँ र हजुरको दूरदर्शिताले यस राष्ट्रमा धेरै सुधार भएको छ।
ACT 24:3 हे सम्माननीय फेलिक्स, हामी सबै ठाउँमा हरेक कुराको निम्ति हजुरप्रति अत्यन्तै कृतज्ञ छौँ।
ACT 24:4 तर हजुरलाई झर्को नहोस् भनेर छोटकरीमा दया गरी हाम्रो बिन्ती सुनिदिनुहुन म आग्रह गर्दछु।
ACT 24:5 “यो मानिस एउटा समस्याको जड भएको हामीले पायौँ। संसारभरिका यहूदीहरूमा हुलदङ्गा मच्‍चाइरहेको छ। यो नासरी पन्थको अगुवा पनि हो।
ACT 24:6 अनि यसले मन्दिरलाई अपवित्र गर्ने प्रयत्न पनि गर्‍यो। त्यसैकारण हामीले यसलाई समातेका हौँ। हामीले त हाम्रो आफ्नै व्यवस्थाअनुसार यसको न्याय गर्न खोजेका हौँ।
ACT 24:7 तर सेनापति लुसियस आएर जबरजस्ती यसलाई हाम्रा हातबाट खोसेर लैजानुभयो,
ACT 24:8 र यसको विरुद्धमा अभियोग लाउनेहरूलाई हजुरकहाँ आउने आज्ञा गर्नुभयो। हजुर आफैँले त्यसलाई जाँचेर हामीले यसको विरुद्ध लगाएका यी सबै आरोपहरूको सत्यता जान्‍न सक्नुहुन्छ।”
ACT 24:9 त्यहाँ उपस्थित अन्य यहूदीहरूले ती अभियोगहरू सत्य हुन् भन्दै सहमति जनाए।
ACT 24:10 त्यसपछि राज्यपालले पावललाई आफ्नो पक्ष प्रस्तुत गर्नु भनेकोले पावलले यसरी जवाफ दिए: “धेरै वर्षदेखि हजुर यस राष्ट्रको न्यायाधीश रहनुभएको थाहा पाएर म झन् खुशीसाथ आफ्नो बचाउमा बोल्दछु।
ACT 24:11 हजुरले सजिलैसँग जाँच गर्न सक्नुहुन्छ, म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन।
ACT 24:12 यिनीहरूले मलाई मन्दिरमा कसैसँग वाद-विवाद गरिरहेको वा सभाघरहरूमा भीडलाई उक्साइरहेको वा सहरको कुनै भागमा त्यस्तै काम गरिरहेको भेट्टाएका होइनन्।
ACT 24:13 मेरा विरुद्धमा अहिले तिनीहरूले लगाएका आरोपहरू पनि तपाईं सामु प्रमाणित गर्न सक्दैनन्।
ACT 24:14 तैपनि तिनीहरूले मार्ग भनेर जसलाई भन्छन्, त्यसको म अनुयायी भएकोले हाम्रा पितापुर्खाहरूको परमेश्‍वरलाई आराधना गर्दछु भनी म स्वीकार गर्दछु। अगमवक्ताका पुस्तकहरूमा लेखिएका सबै कुरा र व्यवस्थासँग मेल खाने हरेक कुरामा म विश्‍वास राख्छु।
ACT 24:15 अनि यी मानिसहरूको जस्तै मेरो पनि परमेश्‍वरमा त्यही आशा छ, धर्मीहरू र दुष्‍ट दुवै मरेकाहरूको पुनरुत्थान हुन्छ।
ACT 24:16 यसकारण म सधैँ परमेश्‍वर र मानिसका सामु मेरो विवेकलाई सफा राख्ने प्रयास गर्दछु।
ACT 24:17 “धेरै वर्षको अन्तरालपछि आफ्ना मानिसबाट गरिबहरूका निम्ति दानहरू र भेटीहरू पुर्‍याउन म यरूशलेममा आएको थिएँ।
ACT 24:18 यिनीहरूले मलाई मन्दिरमा फेला पार्दा म विधिपूर्वक शुद्ध हुँदैथिएँ। मेरा सामु त्यहाँ कुनै भीड थिएन, न त कुनै उत्पात मच्‍चाउन म लागेको थिएँ।
ACT 24:19 तर त्यहाँ एशिया प्रान्तका केही यहूदीहरू थिए, जो यहाँ हजुरको सामु उपस्थित हुनुपर्थ्यो र मेरो विरुद्ध आरोपहरू लगाउनुपर्थ्यो।
ACT 24:20 अथवा जुन बेला म महासभामा उभिएको थिएँ; र तिनीहरूले ममा कुनै अपराध फेला पारेका छन् भने त्यो कुरा अहिले यहाँ भेला हुनुभएका मानिसहरूले भनून्।
ACT 24:21 यही एउटा कुरा मात्र मैले उहाँहरू सामु उभिएर कराएको थिएँ: ‘मरेकाहरूको पुनरुत्थान हुन्छ भन्‍ने सन्दर्भमा मात्रै आज तपाईंहरूसमक्ष मेरो मुद्दा चलिरहेको छ।’ ”
ACT 24:22 त्यसपछि फेलिक्सले, जो यस मार्गको राम्रो ज्ञान र परिचित भएका हुनाले, मुद्दाको बहसलाई यसै टारिदिए। अनि तिनले भने, “सेनापति लुसियस आएपछि मात्र म तिम्रो मुद्दाको बारेमा मेरो निर्णय दिनेछु।”
ACT 24:23 त्यसपछि तिनले एउटा सेनापतिलाई पावललाई पाले पहरासहित राख्नू, तर उनलाई केही स्वतन्त्रता भने दिनू र उनका आवश्यकताहरू पूरा गर्न उनका मित्रहरूलाई अनुमति दिनू भनी आदेश दिए।
ACT 24:24 केही दिनपछि फेलिक्स आफ्नी पत्नी द्रूसिल्‍लालाई साथमा लिएर त्यहाँ आए, जो यहूदी थिइन्। तिनले पावललाई बोलाए, र ख्रीष्‍ट येशूमा भएको विश्‍वासका बारेमा उनले बोलेका कुराहरू ध्यानसित सुने।
ACT 24:25 जब पावलले धार्मिकता, आत्मनियन्त्रण र आउने दिनहरूको न्यायको बारेमा वर्णन गरे, तब फेलिक्सले भयभीत भएर भने, “अहिलेलाई यति नै वर्णन काफी छ! अब तिमी गए हुन्छ। जब मलाई फुर्सद हुन्छ, म तिमीलाई फेरि बोलाउनेछु।”
ACT 24:26 साथसाथै पावलले तिनलाई केही घूस देलान् भन्‍ने तिनको आशा थियो, त्यसैले तिनले उनलाई घरी-घरी बोलाउँथे र तिनीसँगै कुराकानी गर्थे।
ACT 24:27 जब दुई वर्ष बित्यो, फेलिक्सको पदमा पोर्सियस फेस्तस आए। यहूदीहरूलाई कृपा देखाउन चाहेकाले फेलिक्सले पावललाई झ्यालखानामै छोडे।
ACT 25:1 त्यस प्रान्तमा आएको तीन दिनपछि फेस्तस कैसरियाबाट यरूशलेम गए।
ACT 25:2 त्यहाँ मुख्य पुजारी र यहूदी अगुवाहरू तिनका सामु आए र पावलका विरुद्ध आरोपहरू लगाए।
ACT 25:3 तिनीहरूले फेस्तससँग एउटा कृपाको रूपमा पावललाई यरूशलेममा सार्ने अनुरोध गरे। किनकि बाटैमा आक्रमण गरेर पावललाई मार्ने तयारी तिनीहरूले गरेका थिए।
ACT 25:4 फेस्तसले तिनीहरूको अनुरोध सुनेर भने, “पावललाई कैसरियामा राखिएको छ र म आफैँ त्यहाँ छिट्टै गइरहेको छु।
ACT 25:5 तपाईंहरूका केही अगुवाहरूलाई मसँग पठाउनुहोस् र त्यसले केही गलत काम गरेको छ भने तिनीहरूले त्यस मानिसका विरुद्धमा त्यहीँ आरोपहरू लगाऊन्।”
ACT 25:6 दश दिन जति बसेर फेस्तस कैसरिया गए। त्यसको भोलिपल्ट उनले अदालतको गठन गरे, र पावललाई त्यहाँ उपस्थित गराउने आदेश दिए।
ACT 25:7 जब पावल त्यहाँ आए, यरूशलेमबाट आएका यहूदीहरू उनका चारैतिर उभिए। अनि उनका विरुद्ध धेरै गम्भीर आरोपहरू लगाए, तर तिनीहरूले ती प्रमाणित गर्न सकेनन्।
ACT 25:8 त्यसपछि आफ्नो बचाउमा पावलले यसो भन्‍न थाले: “यहूदीहरूका व्यवस्थाका विरुद्ध वा मन्दिरका विरुद्ध वा सम्राट सिजरका विरुद्ध मैले कुनै गल्ती काम गरेको छैनँ।”
ACT 25:9 यहूदीहरूमाथि उपकार गर्ने विचारले फेस्तसले पावललाई भने, “के तिमी यी आरोपहरूको जाँच मेरो सामु यरूशलेममा हुनेभयो भने त्यहाँ जान चाहन्छौ?”
ACT 25:10 पावलले जवाफ दिए: “अहिले म सिजरको अदालतसमक्ष उभिएको छु; मेरो मुद्दाको सुनुवाइ पनि यहीँ नै हुनुपर्दछ। तपाईंहरू आफैँलाई राम्रो थाहा छ, मैले यहूदीहरूका विरुद्ध केही खराबी गरेको छैनँ।
ACT 25:11 यदि म मृत्युको सजाय पाउने खालको कुनै गम्भीर अपराधको दोषी छु भने म मृत्युलाई इन्कार गर्दिनँ। तर यी यहूदीहरूले मेरो विरुद्ध लगाएका आरोपहरू सत्य छैनन् भने तिनीहरूका हातमा मलाई सुम्पन कसैलाई पनि अधिकार छैन। म सिजरसमक्ष उजुर गर्दछु।”
ACT 25:12 आफ्नो सभासँग सल्‍लाह गरेपछि फेस्तसले घोषणा गरे: “तिमीले सिजरसमक्ष उजुर गरेका छौ, त्यसैले तिमी सिजरकहाँ नै जानू।”
ACT 25:13 त्यसको केही दिनपछि राजा अग्रिपा र बेर्निके कैसरियामा फेस्तसलाई भेटेर सम्मान प्रकट गर्न आए।
ACT 25:14 तिनीहरू त्यहाँ धेरै दिन बस्‍ने भएकाले फेस्तसले पावलको मुद्दाका बारेमा राजासँग छलफल गरे। तिनले भने: “फेलिक्सले बन्दी बनाएको एक जना मानिस यहाँ छ।
ACT 25:15 म यरूशलेममा गएका बेलामा मुख्य पुजारीहरू र यहूदीहरूका प्रधानहरूले उसको विरुद्धमा थुप्रै आरोपहरू लगाएर उसलाई दण्ड दिइयोस् भनी माग गरे।
ACT 25:16 “त्यस बेला मैले तिनीहरूलाई भनेँ, कि कुनै पनि अभियोगीलाई आफ्नो बचाउमा बोल्ने मौका नदिई उसलाई आरोप लगाउनेहरूलाई सुम्पने प्रथा रोमी व्यवस्थामा छैन।
ACT 25:17 जब तिनीहरू मसँगै यहाँ आए, तिनीहरूका मुद्दा सुन्‍नमा मैले धेरै समय लगाइनँ। यहाँ आइपुगेको भोलिपल्ट नै मैले अदालतमा त्यस मानिसलाई उपस्थित गराइयोस् भनी आदेश दिएँ।
ACT 25:18 जब उसका आरोपीहरू उभिएर बोल्न थाले, तब मैले अपेक्षा गरेबमोजिम तिनीहरूले एउटै पनि अपराधको आरोप उसलाई लगाउन सकेनन्।
ACT 25:19 त्यसको साटो तिनीहरूका आफ्नै धर्मको बारेमा र येशू नामको एक जना मरेको व्यक्ति, जसलाई पावलले जिउँदै भएको दाबी गरेको बारेमा तिनीहरूका केही मतभेद थियो।
ACT 25:20 यस्ता कुराहरू कसरी छानबिन गर्ने भनी म अलमल परेँ; त्यसैले यरूशलेम गएर यी आरोपहरूका सुनुवाइमा त्यो मानिस त्यहाँ जान चाहन्छ कि चाहँदैन भनेर उसलाई मैले सोधेँ।
ACT 25:21 तर पावलले सम्राट सिजरबाटै फैसला होस् भन्‍ने उजुर गरेकोले, त्यसलाई सिजरकहाँ नपठाएसम्म मैले त्यसलाई झ्यालखानामै राख्नू भनी आदेश दिएँ।”
ACT 25:22 यो कुरा सुनेर अग्रिपाले फेस्तसलाई भने, “यो मानिसको बारेमा म आफैँ सुन्‍न चाहन्छु।” उनले जवाफ दिए, “हुन्छ, भोलि सुन्‍नुहुनेछ।”
ACT 25:23 भोलिपल्ट अग्रिपा र बेर्निके ठूलो तडकभडकसाथ आए, तिनीहरू उच्‍च अधिकृतहरू र सहरका प्रमुख व्यक्तिहरू भेला भएका सभाकक्षमा पसे। फेस्तसको आदेशपछि पावल त्यहाँभित्र उपस्थित गराइए।
ACT 25:24 त्यसपछि फेस्तसले भने: “राजा अग्रिपा र हाम्रा बीचमा उपस्थित हुनुभएका सबै भद्र जनहरू हो, तपाईंहरू यस मानिसलाई देखिरहनुभएको छ! यरूशलेममा साथै यहाँ कैसरियामा भएका सम्पूर्ण यहूदी समुदायकाले यो मानिस अब उप्रान्त बाँच्ने योग्य छैन भनी मेरो सामु जोडतोडका साथ उजुर गरेका छन्।
ACT 25:25 यसले ज्यान मारिन लायकको सजाय पाउनेजस्तो केही गरेको म पाउँदिनँ, तर यसले सम्राट सामु उजुर गरेको हुनाले मैले उसलाई रोम पठाउने निर्णय गरेँ।
ACT 25:26 तर उसको बारेमा सम्राटसमक्ष लेख्नुपर्ने कुनै ठोस कुरा मसँग छैन। त्यसैले यस मानिसलाई तपाईंहरू सबैको र विशेष गरी राजा अग्रिपा तपाईंसमक्ष मैले उपस्थित गराएको छु, ताकि हामीले यसको छानबिन गरेपछि परिणाम स्वरूप केही कुरा लेख्ने आशा राखेको छु।
ACT 25:27 किनकि मेरो विचारमा कुनै पनि बन्दीलाई उसका विरुद्धमा लगाइएका आरोपहरू उल्‍लेख नगरी त्यसै रोम पठाउनु ठिक छैन।”
ACT 26:1 त्यसपछि अग्रिपाले पावललाई भने, “तिमीलाई आफ्नो बचाउमा बोल्ने अनुमति छ।” तब पावलले हात पसारेर आफ्नो बचाउमा बोले:
ACT 26:2 “हे राजा अग्रिपा, म आफूलाई धन्यको ठान्छु, आज म यहाँ यहूदीहरूले लगाएका सम्पूर्ण अभियोगहरूको विरुद्ध मेरो बचाउ पेश गर्न हजुरको सामु उभिएको छु।
ACT 26:3 यसै पनि विशेष गरेर यहूदीहरूका सम्पूर्ण रीतिथितिहरू र विवादहरूको बारेमा तपाईं पूर्ण परिचित हुनुहुन्छ। त्यसकारण मेरा कुराहरू ध्यानपूर्वक सुनिदिनुहुन म तपाईंलाई नम्र निवेदन गर्दछु।
ACT 26:4 “मेरो बाल्यावस्थादेखि आजसम्म मेरो आफ्नै देशमा र यरूशलेममा पनि मैले कसरी जीवन बिताएँ, यी सम्पूर्ण कुराहरू यहूदीहरू जान्दछन्।
ACT 26:5 तिनीहरूले मलाई लामो समयदेखि चिन्दछन् र तिनीहरूले चाहेमा हाम्रो धर्मको अति नै कडा पन्थ फरिसीको जीवन कसरी मैले जिएँ, त्यसको साक्षी तिनीहरूले नै दिन सक्छन्।
ACT 26:6 परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई जे प्रतिज्ञा गर्नुभएको छ, त्यसैमा मेरो आशा भएको कारणले म आज यस मुद्दामा परेको छु।
ACT 26:7 यो नै त्यो प्रतिज्ञा हो, जसलाई हाम्रा बाह्रै कुलहरूले पूर्ण भएको देख्ने आशा गर्दै तिनीहरूले इमानदारीसँग दिनरात परमेश्‍वरको सेवा गरिरहेका छन्। हे राजा अग्रिपा, यसै आशाका कारण आज यहूदीहरू ममाथि आरोपहरू लगाउँदैछन्।
ACT 26:8 मरेकाहरूलाई परमेश्‍वरले जीवित पार्नुहुन्छ भन्‍ने कुरामा किन तपाईंहरू कति पनि विश्‍वास गर्न सक्नुहुन्‍न?
ACT 26:9 “मेरो पनि दृढ धारणा थियो कि सम्भव भएसम्म नासरतका येशूको नामको विरोध गर्नुपर्छ।
ACT 26:10 अनि मैले ठिक यही नै यरूशलेममा गरेँ। मुख्य पुजारीहरूको अधिकार लिएर धेरै पवित्र जनहरूलाई मैले झ्यालखानामा हालेँ। जब तिनीहरूलाई मारियो, तिनीहरू विरुद्ध मैले पनि सहमति जनाएको थिएँ।
ACT 26:11 तिनीहरूलाई सजाय दिन म धेरै पटक एउटा सभाघरबाट अर्को सभाघर गएँ, र मैले परमेश्‍वरको निन्दा गर्न तिनीहरूलाई बाध्य गराएँ। तिनीहरूलाई सताउन मेरो क्रोध यस्तो थियो कि, सीमा पारिका सहरहरूमा समेत गएर तिनीहरूका खेदो गरेँ।
ACT 26:12 “यस्तै किसिमको एक यात्रामा म मुख्य पुजारीहरूको अधिकार र आज्ञा लिएर दमस्कस जाँदैथिएँ।
ACT 26:13 हे राजा, अपरान्हको समयमा, म बाटोमा जाँदै गर्दा स्वर्गबाट आएको एउटा तेज मैले देखेँ। त्यो तेज सूर्यभन्दा बढी चहकिलो थियो, र यो मेरो र मसँग यात्रा गर्ने सङ्गीहरूको चारैतिर चम्किरहेको थियो।
ACT 26:14 हामी सबै भुइँमा पछारियौँ; तब हिब्रू भाषामा एउटा आवाजले मलाई यसो भनिरहेको सुनेँ, ‘शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात्तीले हान्दा तिमीलाई नै कठिन हुन्छ।’
ACT 26:15 “त्यसपछि मैले प्रश्न गरेँ, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ “ ‘प्रभुले जवाफ दिनुभयो, म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ।
ACT 26:16 अब तिमी उठ र आफ्ना पाउमा उभ। मेरा बारेमा तिमीले जे-जे देख्यौ, र म तिमीलाई जे-जे देखाउनेछु, ती सबैको साक्षी बन्‍ने र मेरो सेवकको रूपमा तिमीलाई नियुक्त गर्ने उद्देश्यले म तिम्रो सामु देखा परेको हुँ।
ACT 26:17 म तिमीलाई तिम्रा आफ्नै जाति र गैरयहूदीबाट छुटकारा दिलाउनेछु। म तिमीलाई तिनीहरूकहाँ पठाउँदैछु,
ACT 26:18 ताकि तिनीहरूका आँखा खोलिऊन् र तिनीहरू अँध्यारोबाट उज्यालोमा र शैतानको शक्तिबाट परमेश्‍वरमा फर्कून्। यसरी तिनीहरूले पापहरूबाट क्षमा पाऊन् र ममाथि विश्‍वास गरेका पवित्र जनहरूको बीचमा ठाउँ पाउन सकून्।’
ACT 26:19 “त्यसैले हे राजा अग्रिपा, त्यो स्वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ।
ACT 26:20 सबैभन्दा पहिले दमस्कसमा हुनेहरूलाई, त्यसपछि यरूशलेम र यहूदियामा भएकाहरूलाई, र गैरयहूदीहरूलाई समेत तिनीहरूले पश्‍चात्ताप गर्नुपर्दछ, परमेश्‍वरकहाँ फर्कनुपर्दछ र आफ्ना कामहरूद्वारा तिनीहरूका पश्‍चात्तापलाई प्रमाणित गर्नुपर्दछ भनेर मैले प्रचार गरेँ।
ACT 26:21 त्यसकारण केही यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मार्ने प्रयास गरे।
ACT 26:22 तर परमेश्‍वरले आजका दिनसम्म मलाई सहायता गर्नुभएको छ; त्यसकारण आज म यहाँ उभिएको छु; र साना र ठूला सबैको सामु साक्षी दिँदैछु। अगमवक्ताहरू र मोशाले हुन आउने कुराहरूका बारेमा जे भनेका थिए, त्योभन्दा बढ्ता मैले कुनै कुरा पनि भनेको छैनँ।
ACT 26:23 अर्थात् ख्रीष्‍टले ठूलो कष्‍ट सहनुपर्नेछ, र मरेकाहरूबाट जीवित हुने उहाँ नै पहिलो हुनुहुनेछ; आफ्ना जनहरू र गैरयहूदीहरूलाई ज्योतिको सन्देश ल्याउनुहुनेछ।”
ACT 26:24 यति सुन्‍नसाथ पावलको भनाइलाई रोक्दै फेस्तसले ठूलो सोरमा भने, “ए पावल, तिमी बकबक गरिरहेका छौ। तिम्रो धेरै विद्याले गर्दा तिमी बहुला भएका छौ।”
ACT 26:25 तर पावलले यसरी जवाफ दिए, “हे सम्माननीय फेस्तस, म बहुलाएको छैनँ, मेरा भनाइहरू सत्य र विवेकपूर्ण छन्।
ACT 26:26 राजालाई यी सबै कुरा राम्रोसँग थाहा छ, र उहाँका सामु म निर्धक्‍कसँग बोल्न सक्छु। उहाँबाट यी कुरा लुकेका छैनन् भनी विश्‍वस्त छु; किनकि यी कुरा गोप्यमा गरिएका होइनन्।
ACT 26:27 हे राजा अग्रिपा, के हजुर अगमवक्ताहरूमा विश्‍वास राख्नुहुन्छ? मलाई थाहा छ, तपाईं विश्‍वास राख्नुहुन्छ।”
ACT 26:28 त्यसपछि अग्रिपाले पावललाई भने, “यति छोटो समयभित्र तिमी मलाई ख्रीष्‍टियान हुन राजी गराउन सक्छु भनी सोच्दैछौ?”
ACT 26:29 पावलले जवाफ दिए, “छोटो समय होस् वा लामो, म परमेश्‍वरसँग प्रार्थना गर्दछु, कि तपाईं मात्र होइन, तर मलाई बाँधिएका यी साङ्लाहरूबाहेक, आज मेरो कुरा सुनिरहनुभएका सबै जना मजस्तै हुनुहोस्।”
ACT 26:30 तब राजा उठे, र उनीसँगै राज्यपाल, बेर्निके र त्यहाँ भएकाहरू सबै जना उठे।
ACT 26:31 तिनीहरू त्यस कोठाबाट बाहिर गएपछि, एक-अर्कासँग कुरा गर्दै भन्‍न थाले, “मृत्युको सजाय र जन्मकैद सजाय पाउने खालको कुनै काम यो मानिसले गरिरहेको छैन।”
ACT 26:32 अनि अग्रिपाले फेस्तसलाई भने, “यस मानिसले सिजरलाई उजुर नगरेको भएदेखि यसलाई अहिल्यै मुक्त गर्न सकिन्थ्यो।”
ACT 27:1 जब हामी समुद्री यात्रा हुँदै इटालीया जानुपर्छ भन्‍ने निर्णय भयो, पावल र अन्य केही कैदीहरूलाई एक जना राजकीय सैन्यदलका सेनापति युलियसको जिम्मा लगाइयो।
ACT 27:2 एड्रामिटेनोसबाट एशियाका विभिन्‍न बन्दरगाहहरू हुँदै जाने एउटा जहाज चढेर हामीले समुद्रको आफ्नो यात्रा सुरु गर्‍यौँ। अरिस्तार्खस नाम भएका थेसलोनिकीका एक जना म्यासिडोनी पनि हामीसँगै थिए।
ACT 27:3 भोलिपल्ट हामी सीदोनमा उत्रियौँ; युलियसले पावलमाथि दया गर्दै आफ्ना मित्रहरूकहाँ जाने अनुमति दिए, ताकि तिनीहरूले उनलाई आवश्यक परेका कुरा दिन सकून्।
ACT 27:4 त्यहाँबाट हामीले फेरि आफ्नो सामुद्रिक यात्रा सुरु गर्‍यौँ र जहाजको विपरीत निकै ठूलो बतास चलेको हुनाले साइप्रसको आड लागेर हामी अगाडि बढ्यौँ।
ACT 27:5 अनि हामी किलिकिया र पामफिलियापारि खुल्‍ला समुद्रमा पुगेपछि लुकिया प्रदेशको माइरामा उत्रियौँ।
ACT 27:6 त्यहाँ सेनापतिले इटालीया जाँदैगरेको अलेक्जेन्ड्रियाको एउटा जहाज पाए, र तिनले हामीलाई त्यही जहाजमा चढाए।
ACT 27:7 धेरै दिनसम्म मन्द गतिमा हाम्रो यात्रा अगि बढ्यो र क्नीडससम्म आइपुग्न हामीलाई धेरै कठिन पर्‍यो। जब विपरीत दिशाबाट बगेको हावाले हामीलाई चाहेकोतिर अगाडि बढ्न दिएन, तब क्रेटको आड लिँदै हामी सालमोनेको पल्‍लोपट्टि हुँदै गयौँ।
ACT 27:8 बडो मुस्किलले हामी त्यसको किनारै-किनार भएर गयौँ, र लासिया सहरको नजिकै भएको सुन्दर बन्दरगाहमा आइपुग्यौँ।
ACT 27:9 धेरै समय बितिसकेको थियो र हाम्रो यात्रा झन् खतरामय भइसकेको थियो। किनभने प्रायश्‍चितको दिनको उपवासको समय पनि बितिसकेको थियो। त्यसैले तिनीहरूलाई सचेत गराउँदै पावलले भने,
ACT 27:10 “हे मानिसहरू हो, हाम्रो यात्रा निकै सङ्कटमय हुनेछ, जहाज अनि यसभित्रका मालसामानका साथसाथै हाम्रै जीवनमा पनि ठूलो खतरा पुग्न सक्ने म देख्दैछु।”
ACT 27:11 तर सेनापतिले पावलको यो चेतावनीमा ध्यान दिनुको साटो, चालक र जहाजका मालिकको सल्‍लाहमा काम गरे।
ACT 27:12 त्यो बन्दरगाहचाहिँ हिउँद काट्नलाई असुविधाजनक हुने भएकोले फोनिक्स पुग्ने र त्यहीँ हिउँद बिताउने आशा राख्दै निरन्तर जहाज चलाइरहने कुरा बहुमतले निर्णय गरे। फोनिक्स क्रेटको बन्दरगाह थियो, जुन दक्षिण-पश्‍चिम र उत्तर-पश्‍चिम दुवैतिर फर्केको थियो।
ACT 27:13 दक्षिणी बतास जब मन्द गतिले चल्न थाल्यो, अनि तिनीहरूले चाहेजस्तै भइरहेको छ भन्‍ने तिनीहरूले सोचे; त्यसैले तिनीहरूले जहाजको लङ्गर उठाए, र क्रेटको किनारै-किनार हुँदै यात्रा गर्न थाले।
ACT 27:14 तर तिनीहरू केही पर पुग्नुभन्दा पहिल्यै टापुबाट उत्तर-पूर्वी नामक भीषण समुद्री आँधी चल्न थाल्यो।
ACT 27:15 त्यस आँधीको चपेटामा जहाज पर्‍यो, र तीब्र बेगमा चलेको हुरीबाट अगाडि बढ्न सकेन। त्यसैले हामीले त्यसलाई जतातिर जान्छ, त्यतैतिर जाओस् भनेर छोडिदियौँ।
ACT 27:16 कौडा भन्‍ने एउटा सानो टापुको आडमा पुगेपछि बडो मुस्किलले हामीले जहाजमा भएको सानो सुरक्षा-डुङ्गालाई बचाउन सक्यौँ।
ACT 27:17 मानिसहरूले त्यसलाई माथि उठाएपछि जहाजलाई बचाउन मुनिबाट फन्को मारेर डोरीले बाँधे। किनकि सिरटिस भन्‍ने बलौटे धापमा भासिएला भन्‍ने डरले तिनीहरूले पाल झारिदिए, र जहाजलाई आफैँ चल्न दिए।
ACT 27:18 भोलिपल्ट त्यस भयङ्ककर आँधीले जहाजलाई यताउता धेरै हुत्त्‍याइएकोले गर्दा तिनीहरूले जहाजका सामानहरू फ्याँक्न लागे।
ACT 27:19 तेस्रो दिन तिनीहरूले आफ्नै हातले जहाजको भारी सरसामानहरूलाई जहाज बाहिर फ्याँकिदिए।
ACT 27:20 जब धेरै दिनसम्म सूर्य र ताराहरू देखिएनन्, र आँधीबेहरी लगातार चलिरह्‍यो, तब हामीले बाँचौँला भन्‍ने सबै आशा नै त्यागिदियौँ।
ACT 27:21 मानिसहरूले धेरै दिनसम्म खानेकुरा नखाई बसेपछि पावल तिनीहरू सामु उभिएर यसो भने: “मित्रहरू हो, क्रेटबाट अगाडि नबढ्ने मेरो सल्‍लाहलाई तपाईंहरूले मान्‍नुभएको भए आज तपाईंहरू यो विपत्ति र नोक्सानबाट बच्न सक्नुहुन्थ्यो।
ACT 27:22 तैपनि तपाईंहरूलाई मेरो अनुरोध छ, आफ्नो धैर्यलाई नगुमाउनुहोस्। किनकि तपाईंहरूमध्ये कसैलाई पनि केही हुनेछैन; तर जहाजचाहिँ नष्‍ट हुनेछ।
ACT 27:23 किनकि म जुन परमेश्‍वरको हुँ र जसको म सेवा गर्दछु, उहाँकै एक स्वर्गदूत गएको राति मेरा छेउमा आएर उभिए,
ACT 27:24 अनि भने, ‘पावल, नडराऊ, तिमीले सिजरको सामु साक्षी दिनैपर्छ। अनि तिमीसित यात्रा गरिरहेका सबैको जीवन अनुग्रहका साथ परमेश्‍वरले तिम्रो हातमा सुम्पिदिनुभएको छ।’
ACT 27:25 त्यसैले मित्रहरू हो, धैर्य धारण गरेर बस्‍नुहोस्, किनकि परमेश्‍वरले मलाई जे भन्‍नुभएको छ, त्यही कुरा हुनेछ भनी उहाँमाथि मेरो पूर्ण विश्‍वास छ।
ACT 27:26 तैपनि हामीचाहिँ कुनै टापुमा बजारिनै पर्छ।”
ACT 27:27 चौधौँ रात पनि आँधीबेहरीले हाम्रो जहाजलाई एड्रिया समुद्रमा हुत्याइरहेकै थियो, तब मध्यराततिर नाविकहरूले आफूहरू कुनै जमिनको नजिकै पुगेको अनुमान लगाए।
ACT 27:28 त्यहाँनिर पानीको गहिराइ नाप्दा तिनीहरूले एक सय बीस फिट गहिरो भएको पत्ता लगाए। त्यसको केही समयपछि तिनीहरूले फेरि गहिराइ नापे, र त्यस ठाउँमा नब्बे फिटमात्रै गहिरो रहेको पाए।
ACT 27:29 हाम्रा जहाज कुनै पनि चट्टानसँगै बजारिन सक्ने डरले जहाजको पछिल्तिरबाट तिनीहरूले चार वटा लङ्गर खसाले, र चाँडै बिहान होस् भनी प्रार्थना गरे।
ACT 27:30 जहाजबाट भाग्न खोजेर नाविकहरूले केही लङ्गरहरू खसाल्ने बहाना गरी सुरक्षा-डुङ्गालाई समुद्रमा खसाले।
ACT 27:31 त्यो देखेर पावलले सेनापति र सिपाहीहरूलाई भने, “यी मानिसहरू जहाजमा बसेनन् भने तपाईंहरू बाँच्न सक्नुहुन्‍न।”
ACT 27:32 यो सुनेपछि सिपाहीहरूले सुरक्षा-डुङ्गालाई बाँधेको डोरीहरू काटिदिए र त्यसलाई बगेर जान दिए।
ACT 27:33 झिसमिसे बिहानी हुनुभन्दा अगि पावलले यसो भन्दै सबैलाई भोजन गर्नाका लागि आग्रह गरे, “बितेका चौध दिनदेखि तपाईंहरू निरन्तर व्याकुल हुनुहुन्छ। तपाईंहरूले केही खानुभएको पनि छैन।
ACT 27:34 अब म तपाईंहरूलाई केही भोजन लिनुहोस् भनी आग्रह गर्दछु। बाँच्नका निम्ति तपाईंहरूलाई यसको आवश्यकता छ। तपाईंहरूमध्ये कसैको शिरबाट एउटा कपाल पनि झर्नेछैन।”
ACT 27:35 यति भनिसकेपछि उनले केही रोटी लिए, र तिनीहरू सबैका सामु परमेश्‍वरलाई धन्यवाद दिए। त्यसपछि रोटी भाँचेर उनले खान थाले।
ACT 27:36 यो देखेर तिनीहरू सबै प्रोत्साहित भए, र तिनीहरूले पनि केही खानेकुरा खान थाले।
ACT 27:37 हामी सबै मिलाएर त्यस जहाजमा दुई सय छयहत्तर जना थियौँ।
ACT 27:38 तिनीहरू सबैले यथेष्‍ट भोजन खाएपछि जहाजमा भएको गहुँ समुद्रमा फालेर त्यसलाई हलुको पारे।
ACT 27:39 जब उज्यालो भयो, तिनीहरूले त्यो ठाउँ चिन्‍न सकेनन्; तर बलौटे किनार भएको एउटा खाडी देखेर सम्भव भएमा त्यसै ठाउँमा जहाज किनारा लगाउने तिनीहरूले निर्णय गरे।
ACT 27:40 तिनीहरूले लङ्गरहरू काटेर तल खसाए, र त्यसलाई समुद्रमै छोडिदिए। त्यस बेला पतवारहरूलाई बाँधेर राखिएको डोरीहरू पनि खोलिदिए। त्यसपछि अगाडिको पाललाई बतासको दिशातिर फर्काइदिए र जहाजलाई किनारातिर जान दिए।
ACT 27:41 तर बालुवाको थुप्रोमा जहाज ठोक्‍किन पुग्यो र त्यसैमा भासियो। जहाजको अगिल्‍लो भाग त्यसैमा अड्कियो र चल्न सकेन; अनि जहाजको पछिल्‍लो भाग समुद्रका छालहरूका धक्‍काले टुक्रिन थाल्यो।
ACT 27:42 कैदीहरूमध्ये कुनै पनि कैदी पौडेर भाग्लान् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना बनाए।
ACT 27:43 तर सेनापतिले पावलको ज्यान बचाउन चाहन्थे, र सिपाहीहरूलाई तिनीहरूका योजनाबाट तिनले रोके। तिनले पौडी खेल्न सक्नेहरूलाई जहाजबाट हाम फालून् र किनारमा उत्रून् भन्‍ने आदेश दिए।
ACT 27:44 अरूहरूलाई चाहिँ फल्याक अथवा जहाजका टुक्राहरूको सहाराबाट किनारमा जाऊन् भन्‍ने आदेश दिए। यसरी सबै जना सुरक्षित किनारमा पुगे।
ACT 28:1 सुरक्षितसाथ किनारमा पुगेपछि हामीले थाहा पायौँ, त्यो टापुको नाम माल्टा रहेछ।
ACT 28:2 टापुका बासिन्दाहरूले हामीप्रति अद्‌भुत दया देखाए। पानी परिरहेको र जाडो भएकोले तिनीहरूले आगो बालेर हाम्रो स्वागत गरे।
ACT 28:3 जब पावलले एक बिटा दाउरा जम्मा गरेर त्यसलाई बलिरहेको आगोमा हाले, तब आगोको रापले एउटा विषालु सर्प निस्क्यो र तिनको हातमा बेह्रियो।
ACT 28:4 जब टापुका बासिन्दाहरूले तिनको हातमा सर्प बेह्रिएर झुण्डिएको देखे, तब तिनीहरू एक-अर्कासँग भन्‍न थाले, “यो मानिस पक्‍कै पनि हत्यारा हुनुपर्दछ; किनकि समुद्रको सङ्कटबाट उम्के तापनि न्यायकी देवीबाट अब यो बाँच्नेछैन।”
ACT 28:5 तर पावलले आफ्ना हात झट्कारेर सर्पलाई आगोमा फालिदिए र उनलाई कुनै हानि भएन।
ACT 28:6 मानिसहरूले तिनको शरीर सुनिएर वा अकस्मात् भुइँमा लडेर मर्लान् भनी ठानेका थिए; तर धेरै बेरसम्म पर्खिंदा पनि उनलाई त्यस्तो कुनै बिगार नभएको देखेपछि तिनीहरूको सोच बदलियो र उनलाई देवता भन्‍न थाले।
ACT 28:7 त्यस ठाउँ नजिकै पोब्लियसको जग्गाजमिन थियो, जो त्यस टापुका मुखिया थिए। तिनले आफ्नो घरमा हामीलाई निम्तो गरे र तीन दिनसम्म मित्रभावसहित पाहुनासत्कार गरे।
ACT 28:8 तिनका बुबा आउँमासी र ज्वरोले गर्दा बिछ्यौनामा परेका थिए। तिनलाई हेर्न पावल भित्र कोठामा गए, र त्यहाँ प्रार्थना गरेपछि तिनले आफ्नो हात बिरामीमाथि राखेर तिनलाई निको पारे।
ACT 28:9 यो घटना भएपछि त्यस टापुका अरू सबै बिरामीहरू उनीकहाँ आए, र तिनीहरू पनि निको पारिए।
ACT 28:10 तिनीहरूले धेरै तरिकाबाट हाम्रो सम्मान गरे; र जब हामी यात्राका निम्ति तयार भयौँ, तिनीहरूले हामीलाई यात्रामा चाहिने जति सामानहरू पनि दिए।
ACT 28:11 तीन महिनापछि यसै टापुमा हिउँद काट्न आएको एउटा जहाजमा हामी चढ्यौँ। त्यो जहाज अलेक्जेन्ड्रियाको थियो, जसको अगिल्‍लो भागमा कास्टर र पोल्‍लुक्स जुम्ल्याहा देवहरूको मूर्ति खोपिएको थियो।
ACT 28:12 सुराकुसाईमा पुगेपछि त्यहाँ हामी तीन दिन बस्यौँ।
ACT 28:13 त्यहाँबाट आफ्नो यात्रा अगाडि बढाउँदै हामी रेगियन आइपुग्यौँ। भोलिपल्ट दक्षिणी बतास बग्यो र अर्को दिन हामी पटिओली आइपुग्यौँ।
ACT 28:14 त्यहाँ हामीले केही विश्‍वासीहरूलाई भेट्यौँ, तिनीहरूले हामीलाई एक हप्‍ता बस्‍ने निम्तो दिए; र यसरी हामी रोम आइपुग्यौँ।
ACT 28:15 त्यहाँका दाजुभाइ-दिदीबहिनीहरूले हाम्रो आगमनका बारेमा सुनेका थिए। त्यसैले हामीलाई भेट्न अप्पियसको बजार र तीन-पाटी भनिने ठाउँसम्म तिनीहरू आए। यी मानिसहरूलाई देखेर पावलले परमेश्‍वरलाई धन्यवाद चढाए, र प्रोत्साहित भए।
ACT 28:16 जब हामी रोम सहर प्रवेश गर्‍यौँ, तब एउटा सिपाहीको रेख-देखमा पावललाई अलग्गै बस्‍ने अनुमति मिल्यो।
ACT 28:17 तीन दिनपछि पावलले त्यहाँका स्थानीय यहूदी अगुवाहरूलाई बोलाए। जब तिनीहरू सबै जना जम्मा भए, तब पावलले तिनीहरूलाई भने: “मेरा दाजुभाइ-दिदीबहिनीहरू, मैले हाम्रा मानिसहरूका विरुद्धमा वा हाम्रा पुर्खाहरूको रीतिथितिका विरुद्धमा केही पनि गरेको थिइनँ; तर पनि म यरूशलेममा समातिएँ र रोमीहरूलाई सुम्पिइएँ।
ACT 28:18 तिनीहरूले मेरो जाँच गरे, र छोडिदिने विचार गरे; किनभने मृत्युको सजाय पाउने खालको अपराध मैले गरेको थिइनँ।
ACT 28:19 तर यहूदीहरूले यसको विरोध गरेपछि सिजरकहाँ उजुर गर्न म बाध्य भएँ। मैले मेरा आफ्नै मानिसहरूका विरुद्धमा कुनै किसिमको आरोप लगाउन खोजेको थिइनँ।
ACT 28:20 यसैकारण तपाईंहरूसँग भेटेर कुराकानी गर्न मैले तपाईंहरूलाई बोलाएको हुँ; किनभने म इस्राएलको आशाको कारण यस साङ्लोले बाँधिएको छु।”
ACT 28:21 तिनीहरूले जवाफ दिए, “तपाईंको विषयमा लेखिएको कुनै पनि पत्र हामीले यहूदियाबाट पाएका छैनौँ र त्यतातिरबाट आउने कुनै पनि हाम्रो मानिसले तपाईंका बारेमा बयान दिएको वा कुनै पनि खराब कुरा भनेको छैन।
ACT 28:22 तर पनि तपाईंका धारणाहरू हामी सुन्‍न चाहन्छौँ; किनकि यस पन्थका विरुद्धमा मानिसहरू जताततै कुरा गरिरहेका छन्।”
ACT 28:23 तिनीहरूले पावलसँग भेट्ने दिन तोके, र त्यस दिन पहिलेको भन्दा पनि ठूलो संख्यामा मानिसहरू पावलको बासस्थानमा आए। उनले तिनीहरूलाई बिहानदेखि साँझसम्म गवाही दिँदै परमेश्‍वरको राज्यको वर्णन गरे। अनि मोशाको व्यवस्था र अगमवक्ताहरूका पुस्तकबाट तिनीहरूलाई येशूप्रति विश्‍वास दिलाउने प्रयत्न गरे।
ACT 28:24 उनले भनेका ती कुराहरूमा कतिले विश्‍वास गरे, र कतिले विश्‍वास गरेनन्।
ACT 28:25 तिनीहरू आपसमै यस विषयमा असहमत भएर त्यहाँबाट हिँड्न थाले। त्यो देखेर पावलले यसरी आफ्नो अन्तिम वक्तव्य दिए: “पवित्र आत्माले तपाईंका पितापुर्खाहरूलाई सत्य भन्‍नुभएको थियो, जब उहाँले यशैया अगमवक्ताद्वारा बोल्नुभएको थियो:
ACT 28:26 “ ‘यी मानिसहरूकहाँ जा र भन्, “तिमीहरू सुनिरहन्छौ, तर कहिल्यै बुझ्दैनौ; तिमीहरू सदा देख्छौ, तर कहिल्यै चिन्दैनौ।”
ACT 28:27 किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्; आफ्ना कानले तिनीहरू मुस्किलले सुन्छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्; नत्रता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, आफ्ना कानले तिनीहरू सुन्‍नेथिए, आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’
ACT 28:28 “त्यसकारण तपाईंहरूलाई यो कुरा थाहा होस् भन्‍ने म चाहन्छु, कि परमेश्‍वरको मुक्ति गैरयहूदीहरूका निम्ति पठाइएको छ; अनि तिनीहरूले यो स्वीकार गर्नेछन्।”
ACT 28:29 पावलको मुखबाट निस्केका यी अन्तिम वचनहरू सुनेपछि आपसमा ठूलो वाद-विवाद गर्दै ती यहूदीहरू त्यहाँबाट बिदा भए।
ACT 28:30 दुई वर्षसम्म पावल रोममा नै आफैँले भाडामा लिएको घरमा बसे, र तिनलाई भेट्न आउने जति सबै जनालाई तिनले स्वागत गरे।
ACT 28:31 उनले निर्भयताका साथ र कुनै बाधाविना परमेश्‍वरको राज्यको प्रचार गरे, र प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिए।
ROM 1:1 म पावल, ख्रीष्‍ट येशूको एक सेवक, प्रेरित हुनलाई बोलाइएको, र परमेश्‍वरका सुसमाचारको निम्ति अलग गरिएको हुँ,
ROM 1:2 जुन सुसमाचार परमेश्‍वरले पहिले नै उहाँका अगमवक्ताहरूद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो।
ROM 1:3 यो सुसमाचार उहाँका पुत्रको बारेमा हो, जो शरीरअनुसार राजा दावीदको वंशबाट जन्मनुभएको थियो।
ROM 1:4 उहाँ येशू ख्रीष्‍ट हाम्रा प्रभु हुनुहुन्छ, जो मरेकाहरूबाट पुनरुत्थान भएर पवित्र आत्माको शक्तिद्वारा परमेश्‍वरका पुत्र नियुक्त हुनुभयो।
ROM 1:5 उहाँको नामको खातिर विश्‍वासबाट आउने आज्ञाकारिताको निम्ति, सबै गैरयहूदीहरूलाई सुसमाचार सुनाउनका लागि हामीले उहाँद्वारा अनुग्रह र प्रेरितीय काम पाएका छौँ।
ROM 1:6 अनि तिमीहरू पनि येशू ख्रीष्‍टका आफ्नै हुनलाई बोलाइएका मध्येका हौ।
ROM 1:7 रोममा भएका सबैलाई, जो परमेश्‍वरका प्रिय र पवित्र जन हुनलाई बोलाइएका छन्:
ROM 1:8 सर्वप्रथम, म मेरा परमेश्‍वरलाई येशू ख्रीष्‍टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढाउँछु। किनकि तिमीहरूका विश्‍वासका कुराहरू सारा संसारमा प्रचार भइरहेको छ।
ROM 1:9 परमेश्‍वर, जसको सेवा म उहाँका पुत्रको सुसमाचार प्रचारमा सम्पूर्ण हृदयले गर्दछु, उहाँ नै मेरो साक्षी हुनुहुन्छ कि कसरी म सधैँ मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु
ROM 1:10 र मेरा हरेक प्रार्थनामा माग्दछु, कि अन्त्यमा परमेश्‍वरको इच्छाद्वारा तिमीहरूकहाँ आउनमा सफलता प्राप्‍त गर्न सकूँ।
ROM 1:11 किनकि म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि तिमीहरूलाई आत्मिक रूपमा बलियो बनाउनलाई केही आत्मिक वरदान दिन सकूँ
ROM 1:12 अनि तिमीहरू र म एक-अर्काका विश्‍वासले प्रोत्साहित हुन सकौँ।
ROM 1:13 दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरू अजान रहो भन्‍ने चाहन्‍नँ। गैरयहूदीहरूका बीचमा मैले आत्मिकी फल बटुलेझैँ तिमीहरूका बीचबाट पनि आत्मिकी फल पाउन सकूँ भनेर तिमीहरूकहाँ आउनलाई मैले धेरैपल्ट योजना बनाएँ, तर अहिलेसम्म यसो गर्नबाट रोकिएको छु।
ROM 1:14 सभ्य होस् वा असभ्य होस्, शिक्षित तथा अशिक्षित, सबैको म ऋणी छु।
ROM 1:15 त्यसैले रोममा बस्‍ने तिमीहरू सबैलाई सुसमाचार प्रचार गर्न म उत्सुक छु।
ROM 1:16 किनकि म सुसमाचारसँग लजाउँदिनँ। किनभने यो परमेश्‍वरको शक्ति हो, जसले विश्‍वास गर्नेहरू सबैमा मुक्ति ल्याउँदछ: यहूदीलाई पहिले, त्यसपछि गैरयहूदीलाई।
ROM 1:17 किनकि सुसमाचारमा परमेश्‍वरको धार्मिकता प्रकट भएको छ, जुन धार्मिकता सुरुदेखि अन्त्यसम्म विश्‍वासद्वारा नै आउँछ। धर्मशास्त्रमा यसरी लेखिएको छ: “धर्मी जनचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”
ROM 1:18 स्वर्गबाट परमेश्‍वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता तथा दुष्‍टताको विरुद्ध प्रकट भइरहेको छ, जसले सत्यतालाई आफ्ना दुष्‍टताद्वारा दबाइराखेका छन्।
ROM 1:19 परमेश्‍वरको विषयमा जान्‍न सकिने कुरा उनीहरूको अगि प्रष्‍ट छ। किनभने परमेश्‍वरले नै यो कुरा उनीहरूलाई प्रष्‍ट पारिदिनुभएको छ।
ROM 1:20 किनकि परमेश्‍वरका अदृश्य गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र ईश्‍वरीय स्वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका वस्तुहरूमा छर्लङ्गै देखिएका छन्। यसैले मानिसहरूलाई परमेश्‍वरको विषयमा जान्‍न नसकिने भन्‍ने कुनै किसिमको बहाना छैन।
ROM 1:21 तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि उहाँलाई परमेश्‍वरको रूपमा न महिमा दिए, न त धन्यवाद नै दिए। तर तिनीहरूको सोच व्यर्थ हुनगयो। तिनीहरूका मूर्ख हृदयहरू झन् अँध्यारा भए।
ROM 1:22 तिनीहरूले आफू बुद्धिमान् छौँ भन्‍ने दाबी गरे तापनि मूर्ख नै बने।
ROM 1:23 अविनाशी परमेश्‍वरलाई महिमा दिनुको साटो मरणशील मानिसजस्ता देखिने प्रतिमाहरू, चराचुरुङ्गी, जनावर र घस्रने जीवहरूका मूर्तिलाई महिमा दिए।
ROM 1:24 यसकारण परमेश्‍वरले तिनीहरूका हृदयका खराब अभिलाषाहरूलाई यौन अशुद्धतामा छोडिदिनुभयो; ताकि तिनीहरूले एक-अर्कासँग आफ्ना शरीरमा अनादर गरून्।
ROM 1:25 तिनीहरूले परमेश्‍वरको सत्यतालाई त्यागेर झूटसँग साटे, र सृष्‍टिकर्ताको सट्टामा, सृष्‍टि गरिएका वस्तुहरूको सेवा र आराधना गरे। सृष्‍टिकर्ता, जो सदासर्वदा प्रशंसाको योग्य हुनुहुन्छ, आमेन!
ROM 1:26 यसैकारण परमेश्‍वरले तिनीहरूलाई शर्मलाग्दो कामवासनाका निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले पनि स्वभाविक शारीरिक सम्बन्धलाई अस्वभाविक सम्बन्धमा परिणत गरे।
ROM 1:27 त्यसरी नै पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वभाविक शारीरिक सम्बन्धलाई त्यागेर पुरुषहरूसँगै कामवासनाले जल्न लागे। पुरुषहरूले पुरुषहरूसँग निर्लज्ज शारीरिक सम्बन्ध राख्न लागे, र तिनीहरूले आफ्नो गल्तीको उचित दण्ड भोगे।
ROM 1:28 यसरी तिनीहरूले परमेश्‍वरलाई स्वीकार गर्न उचित नठानेकाले परमेश्‍वरले पनि तिनीहरूलाई भ्रष्‍ट मन दिनुभयो; ताकि तिनीहरूले जुन काम गर्न नहुने हो त्यही गरून्।
ROM 1:29 तिनीहरू हरेक प्रकारका दुष्‍टता, खराबी, लोभ, भ्रष्‍टताले भरिएका छन्। तिनीहरूका जीवन ईर्ष्या, हत्या, झगडा, छल र डाहले भरिएका छन्। तिनीहरू कुरा काट्ने,
ROM 1:30 निन्दा गर्ने, परमेश्‍वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, घमण्डी हुन्छन्; तिनीहरू दुष्‍ट काम गर्न नयाँ तरिकाहरू बनाउँछन्। तिनीहरू आफ्ना आमाबुबाका आज्ञापालन गर्दैनन्।
ROM 1:31 तिनीहरू निर्बुद्धि, विश्‍वासघाती, निर्दयी र क्रूर हुन्छन्।
ROM 1:32 यद्यपि यस्ता काम गर्नेहरू मृत्युका योग्य हुन्छन् भन्‍ने परमेश्‍वरका धार्मिक उर्दी तिनीहरूले जान्दछन् तापनि, तिनीहरू यस्ता काम गरिरहने मात्र होइन, तर यस्ता काम गर्नेहरूलाई समर्थन पनि गर्दछन्।
ROM 2:1 यसकारण ए मानिस, तिमी जोसुकै भए तापनि तिमीलाई केही बहाना छैन। किनभने तिमी जुन कुरामा अरूलाई दोष लगाउँछौ, त्यही कुरामा आफूलाई पनि दोषी तुल्याइरहेका छौ। किनकि जुन कुराको निम्ति अरूलाई दोषी तुल्याउँछौ, तिमी दोष लाउनेले पनि त्यही काम गरिरहेका हुन्छौ।
ROM 2:2 हामी जान्दछौँ, यस्ता काम गर्नेहरूका विरुद्ध परमेश्‍वरले सत्यताअनुसार न्याय गर्नुहुन्छ।
ROM 2:3 यसकारण, ए मानिस, तिमी अरूलाई न्याय गर्दछौ र आफूले चाहिँ त्यही काम गर्छौ भने के तिमी परमेश्‍वरको न्यायदेखि उम्कन सक्छौ भनी सम्झन्छौ?
ROM 2:4 अथवा परमेश्‍वरको दयाले तिमीलाई पश्‍चात्तापमा डोर्‍याउँछ भन्‍ने कुराको आभाष नगरी, तिमी परमेश्‍वरको दयाको प्रचुरता, सहनशीलता र धैर्यतालाई तुच्छ ठान्छौ?
ROM 2:5 तर तिम्रा आफ्ना हठी स्वभाव र अपश्‍चात्तापी हृदयका कारण, परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो निम्ति क्रोध थुपारिरहेछौ।
ROM 2:6 परमेश्‍वरले “प्रत्येकलाई तिनीहरूका कामअनुसार दण्ड दिनुहुनेछ।”
ROM 2:7 परमेश्‍वरले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ, जो महिमा, आदर र अमरताको खोजी गर्दै धैर्यसँग असल काममा लागिरहन्छन्।
ROM 2:8 तर जो स्वार्थी छन् र सत्यलाई इन्कार गरेर दुष्‍टताको पछि लाग्छन्, तिनीहरूमाथि रिस र क्रोध आइपर्नेछ।
ROM 2:9 दुष्‍ट काम गर्ने सबै मानिसहरूमाथि दुःख र सङ्कष्‍ट आइपर्नेछ: पहिले यहूदीहरूलाई, त्यसपछि गैरयहूदीहरूलाई।
ROM 2:10 तर जसले असल गर्छन्, तिनीहरूलाई महिमा, आदर र शान्ति दिइनेछ: पहिले यहूदीलाई, र गैरयहूदीलाई।
ROM 2:11 किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न।
ROM 2:12 सबै जसले व्यवस्थाविना पाप गरेका छन्, व्यवस्थाविना नै नाश पनि हुनेछन् तर जसले व्यवस्था जानेर पनि पाप गरेका छन्, तिनीहरूको न्याय पनि व्यवस्थाअनुसार नै गरिनेछ।
ROM 2:13 किनकि व्यवस्था सुन्‍नेहरू परमेश्‍वरका सामु धर्मी ठहरिँदैनन्, तर व्यवस्थालाई पालन गर्नेहरूचाहिँ धर्मी ठहरिनेछन्।
ROM 2:14 वास्तवमा जब गैरयहूदीहरू व्यवस्थाविना पनि स्वभावैले व्यवस्थाअनुसार चल्दछन्, तब तिनीहरूमा व्यवस्था नभए तापनि तिनीहरू आफैँ व्यवस्था हुन्छन्।
ROM 2:15 तिनीहरू परमेश्‍वरको व्यवस्था तिनीहरूका हृदयमा लेखिएको देखाउँछन्। तिनीहरूका आफ्नै विवेकले पनि गवाही दिन्छ, र कहिले तिनीहरूको विचारले तिनीहरूलाई दोष्याउँछ, र कहिले तिनीहरूले गरेका कामको समर्थन गर्छ।
ROM 2:16 यो त्यस दिन हुनेछ, जब मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले मानिसहरूका गोप्य कुराहरूको न्याय गर्नुहुनेछ।
ROM 2:17 अहिले तिमी आफूलाई यहूदी हुँ भन्छौ भने व्यवस्थामाथि भर पर्दछौ, र परमेश्‍वरसँगको सम्बन्धमा गर्व गर्दछौ।
ROM 2:18 तिमीहरू उहाँको इच्छा जान्दछौ। उत्तम कुरा के हो, त्यो तिमीहरूलाई थाहा छ। किनकि तिमीहरूलाई व्यवस्थाबाट सिकाइएको छ।
ROM 2:19 दृष्‍टिविहीनलाई बाटो देखाउन सक्छु भन्‍ने तिमीमा निश्‍चयता छ। अन्धकारमा भएकाहरूका निम्ति ज्योति हुँ भनेर मान्छौ। आफूलाई मूर्खहरूका प्रशिक्षक र बालकहरूका शिक्षक भनी सम्झन्छौ। किनकि तिमीहरूले व्यवस्थाको ज्ञान र सत्यता पूर्ण रूपमा पाएका छौ।
ROM 2:21 तिमी, जो अरूलाई सिकाउँछौ, के आफैँलाई चाहिँ सिकाउँदैनौ? तिमी अरूहरूलाई चोरी गर्नुहुन्‍न भनी प्रचार गर्छौ, तर तिमी आफूचाहिँ चोरी गर्छौ?
ROM 2:22 तिमी व्यभिचार नगर्नू भनी भन्छौ, तर आफैँचाहिँ व्यभिचार गर्छौ र? मूर्तिपूजालाई घृणा गर्छौ, के तिमी आफैँचाहिँ मन्दिरहरू लुट्छौ?
ROM 2:23 तिमी व्यवस्थामा घमण्ड गर्नेहरू, व्यवस्था उल्‍लङ्घन गरेर परमेश्‍वरको अनादर गर्छौ?
ROM 2:24 धर्मशास्त्रमा यसरी लेखिएको छ: “तिमीहरूका कारणले गैरयहूदीहरूको बीचमा परमेश्‍वरको नामको निन्दा भएको छ।”
ROM 2:25 यदि व्यवस्थाको पालन गर्‍यौ भने खतनाको महत्त्व रहन्छ; तर व्यवस्थाको उल्‍लङ्घन गर्‍यौ भने तिमी खतना नगर्नेजस्तै हुन्छौ।
ROM 2:26 खतना नभएकाहरू व्यवस्थाअनुसार चल्दछन् भने के तिनीहरू खतना भएकाजस्तै ठहरिँदैनन् र?
ROM 2:27 तब शरीरमा खतना नभए तापनि व्यवस्था पालन गर्नेहरूले लिखित नियम भएका र खतना पनि भएका, तर व्यवस्था भङ्ग गर्ने तिमीलाई दोषी ठहराउँछन्।
ROM 2:28 बाहिरी रूपमा यहूदी देखा पर्ने सबै साँचो यहूदी होइनन्, न त बाहिरी रूप र शारीरिक खतना नै साँचो खतना हो।
ROM 2:29 बरु साँचो यहूदी चाहिँ त्यो हो, जो भित्रबाटै यहूदी हो। अनि साँचो खतना पनि आत्माद्वारा हृदयको खतना हो, तर लिखित नियमद्वारा होइन। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्‍वरबाट हुन्छ।
ROM 3:1 त्यसो भए यहूदी हुनुमा के फाइदा छ र? अथवा खतनाको के महत्त्व छ?
ROM 3:2 वास्तवमा धेरै फाइदाहरू छन्। सर्वप्रथम त परमेश्‍वरको प्रकाश यहूदीहरूलाई सुम्पिएको हो।
ROM 3:3 केही व्यक्तिहरू विश्‍वासयोग्य भएनन् त के भयो? के तिनीहरूका अविश्‍वासयोग्यताले परमेश्‍वरको विश्‍वसनीयतालाई रद्द तुल्याउँछ र?
ROM 3:4 वास्तवमा होइन! परमेश्‍वर सत्य ठहरिऊन्, र सबै मानिसहरू झूटा साबित होऊन्। यस्तो लेखिएको छ: “तपाईं जब बोल्नुहुन्छ, आफ्ना कुरामा साँचो प्रमाणित ठहरिनुहोस्, र तपाईंले न्याय गर्नुहुँदा विजयी हुनुहोस्।”
ROM 3:5 तर यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई अझ प्रष्‍ट गराउँछ भने त हामीले के भन्‍ने? परमेश्‍वरको क्रोध हामीमा पर्दा के उहाँ अन्यायी हुनुहुन्छ र? म मानवीय तर्क प्रयोग गरिरहेछु।
ROM 3:6 पक्‍कै पनि होइन! यदि त्यस्तो हो भने त, धर्मी परमेश्‍वरले कसरी संसारको न्याय गर्नुहुन्छ?
ROM 3:7 कसैले तर्क गर्ला, “यदि मेरो झूटद्वारा परमेश्‍वरको सत्यताले उहाँको महिमालाई बढाउँछ भने म किन पापीझैँ दोषी ठहरिन्छु त?”
ROM 3:8 त्यसो भए किन हामी यसो नभनौँ, “हामी खराब काम गरौँ, ताकि यसबाट असल आउन सकोस्?” केही मानिसहरूले हामीले यस्तो भन्छौँ भन्दै हाम्रो निन्दा गर्छन्। यस्ता कुरा गर्नेहरू दोषी ठहरिन योग्यका हुन्छन्।
ROM 3:9 त्यसो हो भने के हामी यहूदीहरू उनीहरूभन्दा असल छौँ त? कदापि छैनौँ! हामीले अगि नै यहूदी र गैरयहूदीहरू दुवै पापको शक्तिको अधीनमा भएको प्रमाणित गरिसकेका छौँ।
ROM 3:10 यसरी लेखिएको छ: “धर्मी कोही छैन, एक जना पनि छैन;
ROM 3:11 बुझ्ने कोही छैन, परमेश्‍वरलाई खोज्ने पनि कोही छैन।
ROM 3:12 सबै परमेश्‍वरदेखि तर्किगएका छन्, ती सबै एकसाथ काम नलाग्ने भएका छन्; भलाइ गर्ने कोही छैन, एक जना पनि छैन।”
ROM 3:13 “तिनीहरूका घोक्रो खुल्‍ला चिहानहरू हुन्; तिनीहरूका जिब्राले झूटा कुरा बोल्छन्।” “तिनीहरूका ओठमा विषालु सर्पका विष छ।”
ROM 3:14 “तिनीहरूका मुख श्राप र तितोपनाले भरिएका छन्।”
ROM 3:15 “तिनीहरूका खुट्टा रगत बगाउन सदा तयार छन्;
ROM 3:16 तिनीहरूका मार्गहरू विनाश र दुर्दशाले भरिएका छन्,
ROM 3:17 तिनीहरूले शान्तिको मार्गलाई चिनेकै छैनन्।”
ROM 3:18 “तिनीहरूका आँखामा परमेश्‍वरको डर छैन।”
ROM 3:19 अब हामी जान्दछौ, व्यवस्थाले जे भन्दछ, व्यवस्थाका अधीनमा हुनेहरूलाई नै भन्दछ, ताकि सबैको मुख बन्द रहोस् र सारा संसारलाई परमेश्‍वरको अगि जवाफदेही बनाइयोस्।
ROM 3:20 यसैकारण व्यवस्था पालन गरेर कोही पनि परमेश्‍वरको दृष्‍टिमा धर्मी ठहरिँदैन। व्यवस्थाले हामीलाई हाम्रा पापको बारेमा सचेतचाहिँ गराउँदछ।
ROM 3:21 तर अब व्यवस्थाविना नै परमेश्‍वरबाट धार्मिकता प्रकट भएको छ, जसको गवाही व्यवस्था र अगमवक्ताहरूले दिन्छन्।
ROM 3:22 यो धार्मिकताचाहिँ येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सबैले विश्‍वासद्वारा प्राप्‍त गर्दछन्। यसमा यहूदी र गैरयहूदी बीचमा कुनै भिन्‍नता छैन।
ROM 3:23 किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमाबाट टाढा भएका छन्;
ROM 3:24 र परमेश्‍वरको अनुग्रहले ख्रीष्‍ट येशूबाट आउने उद्धारद्वारा सबै जना सित्तैँमा धर्मी ठहराइएका छन्।
ROM 3:25 परमेश्‍वरले ख्रीष्‍टलाई उहाँको रगत बगाइद्वारा पाप क्षमाको बलिदानको रूपमा प्रस्तुत गर्नुभयो; जुन विश्‍वासद्वारा ग्रहण गर्नुपर्दछ। यो उहाँले आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभएको थियो; किनकि उहाँको सहनशीलतामा पहिले गरिएका पापहरू उहाँले दण्ड दिनुभएन।
ROM 3:26 परमेश्‍वरले वर्तमान समयमा आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभयो, ताकि उहाँले आफैँलाई र येशूमा विश्‍वास गर्नेहरूलाई धर्मी ठहराउन सक्नुभएको होस्।
ROM 3:27 अब के कुरामा घमण्ड गर्ने त? किनकि घमण्ड गर्ने ठाउँ नै छैन। कुन नियमको आधारमा घमण्ड गर्ने? कामको व्यवस्थाद्वारा हो? होइन, तर विश्‍वासको सिद्धान्तद्वारा हो।
ROM 3:28 यसकारण हामी यो मान्छौ, मानिस व्यवस्थाको कामविना विश्‍वासद्वारा नै धर्मी ठहरिन्छ।
ROM 3:29 के परमेश्‍वर यहूदीहरूका मात्र परमेश्‍वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका चाहिँ परमेश्‍वर हुनुहुन्‍न र? उहाँ गैरयहूदीहरूका पनि परमेश्‍वर हुनुहुन्छ।
ROM 3:30 किनभने परमेश्‍वर एउटै हुनुहुन्छ, जसले खतना भएकाहरूलाई पनि विश्‍वासद्वारा र खतना नभएकाहरूलाई पनि त्यही विश्‍वासद्वारा धर्मी ठहराउनुहुनेछ।
ROM 3:31 त्यसो भए के हामी विश्‍वासद्वारा व्यवस्थालाई व्यर्थ तुल्याउँछौँ त? कदापि होइन! बरु हामीले त व्यवस्थालाई समर्थन गर्छौँ।
ROM 4:1 अब शरीरअनुसार हाम्रा पुर्खा अब्राहामको बारेमा के भनौँ त, उनले यस सम्बन्धमा के बुझे त?
ROM 4:2 यदि अब्राहाम आफ्ना कामले धर्मी ठहराइएका भए उनले यसको घमण्ड गर्न सक्थे, तर परमेश्‍वरको अगि त होइन।
ROM 4:3 धर्मशास्त्रले के भन्दछ? “अब्राहामले परमेश्‍वरलाई विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।”
ROM 4:4 काम गर्नेले पाउने ज्याला उसलाई उपहारको रूपमा दिइँदैन, तर हकको रूपमा दिइन्छ।
ROM 4:5 तथापि जसले काम गर्दैन, तर अधर्मीलाई धर्मी ठहराउनुहुने परमेश्‍वरमाथि विश्‍वास गर्छन् भने तिनीहरूको विश्‍वास धार्मिकता गनिन्छ।
ROM 4:6 कामविना नै परमेश्‍वरले धर्मी ठहराउनुहुने मानिसका बारेमा दावीदले पनि धन्यको भन्दछन्:
ROM 4:7 “तिनीहरू धन्य हुन्, जसका अपराधहरू क्षमा भएका छन्, जसका पापहरू ढाकिएका छन्।
ROM 4:8 त्यो मानिस धन्यको हो, जसको पापको लेखा प्रभुले कहिल्यै राख्नुहुन्‍न।”
ROM 4:9 के यो आशिष् केवल खतनावालहरूका निम्ति मात्र हो कि खतना नभएकाहरूका निम्ति पनि हो? हामीले भन्दै आएका छौँ, अब्राहामले परमेश्‍वरमा विश्‍वास गरेका कारण यो उनका निम्ति धार्मिकता गनिएको थियो।
ROM 4:10 अब्राहामको विश्‍वास कुन आधारमा धार्मिकता ठहरियो? उनले खतना गरेपछि कि खतना हुनुभन्दा अगि? उनको खतनापछि धर्मी ठहरिएको होइन, तर पहिले नै हो!
ROM 4:11 उनको खतना नहुँदै विश्‍वासद्वारा पाइने धार्मिकताको छाप खतनाको चिन्हको रूपमा पाएका थिए। त्यसैले उनी खतनाविना नै विश्‍वासद्वारा धर्मी ठहरिएका सबैका आत्मिकी पिता हुन्।
ROM 4:12 अनि उनी ती खतना भएकाहरूका पनि पिता हुन्, जसको खतना मात्र भएको होइन, तर जो त्यही विश्‍वासका पाइलामा हिँड्दछन्, जुन विश्‍वास खतना हुनुभन्दा अगि नै हाम्रा पिता अब्राहाममा थियो।
ROM 4:13 अब्राहाम र उनका सन्तानहरूले संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा पाएका थिएनन्, तर विश्‍वासबाट आउने धार्मिकताद्वारा प्राप्‍त गरेका थिए।
ROM 4:14 यदि व्यवस्थामा भर पर्नेहरू मात्र उत्तराधिकार हुन्छन् भने त विश्‍वास अनावश्यक र प्रतिज्ञा व्यर्थ हुन्छ।
ROM 4:15 किनकि व्यवस्था भङ्ग गर्नाले परमेश्‍वरको क्रोध ल्याउँछ। अनि जहाँ व्यवस्था छैन, त्यहाँ अपराध पनि हुँदैन।
ROM 4:16 यसकारण प्रतिज्ञा विश्‍वासबाट आउँदछ; ताकि अनुग्रहद्वारा अब्राहामका सबै सन्तानका निम्ति प्रतिज्ञा निश्‍चित होस्। व्यवस्था मान्‍नेहरूलाई मात्र होइन, तर अब्राहामजस्तै विश्‍वास गर्नेहरूलाई पनि हो। किनकि उनी हामी सबैका पिता हुन्।
ROM 4:17 यस्तो लेखिएको छ: “मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।” तिनी परमेश्‍वरका सामु हाम्रा पिता हुन्। तिनले उनै परमेश्‍वरमाथि विश्‍वास गरे, जसले मरेकाहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका वस्तुहरूलाई पनि बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ।
ROM 4:18 आशा नभएको अवस्थामा पनि अब्राहामले आशा राखेर विश्‍वास गरे; अनि उनलाई भनिएको जस्तै, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्,” उनी धेरै जातिहरूका पिता भए।
ROM 4:19 प्रायः सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्‍वासमा कमजोर भएनन्।
ROM 4:20 परमेश्‍वरको प्रतिज्ञामा अविश्‍वास गरी विचलित भएनन्, तर परमेश्‍वरलाई महिमा दिँदै तिनी आफ्ना विश्‍वासमा झन् बलिया भए।
ROM 4:21 परमेश्‍वर आफ्नो प्रतिज्ञा पूरा गर्नलाई सक्षम् हुनुहुन्छ भन्‍ने कुरामा अब्राहाम पूर्ण रूपले निश्‍चित थिए।
ROM 4:22 अब्राहामको यस्तै विश्‍वासले गर्दा, “यो उनका निम्ति धार्मिकता गनियो।”
ROM 4:23 “यो उनका निम्ति धार्मिकता गनियो” भन्‍ने वचन उनका निम्ति मात्र लेखिएको होइन,
ROM 4:24 तर हाम्रा निम्ति पनि हो, जसले उहाँमाथि विश्‍वास गर्छौँ, जसलाई हाम्रा प्रभु येशूलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्‍वरले धर्मी ठहराउनुहुन्छ।
ROM 4:25 उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई मृत्युबाट जीवित पारिनुभयो।
ROM 5:1 यसकारण हामी विश्‍वासद्वारा धर्मी ठहराइएका हुनाले प्रभु येशू ख्रीष्‍टद्वारा हामीले परमेश्‍वरसँग शान्ति पाएका छौँ।
ROM 5:2 अनि ख्रीष्‍टद्वारा हामीले प्राप्‍त गरेको विश्‍वासको कारण यस अनुग्रहमा हाम्रो पहुँच छ, जसमा हामी अहिले खडा छौँ। परमेश्‍वरको महिमाको आशामा हामी रमाउँछौँ।
ROM 5:3 यति मात्र होइन, तर हाम्रो दुःख-कष्‍टमा पनि हामी रमाउँछौँ, किनकि हामी जान्दछौ, दुःख-कष्‍टले सहनशीलता,
ROM 5:4 सहनशीलताले परिपक्वता र परिपक्वताले आशा उत्पन्‍न गराउँछ।
ROM 5:5 अनि आशाले हामीलाई निराश तुल्याउँदैन; किनकि हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ।
ROM 5:6 हामीहरू असहाय हुँदाखेरि नै ठिक समयमा ख्रीष्‍ट अधर्मीहरूका निम्ति मर्नुभयो।
ROM 5:7 धर्मी मानिसका निम्ति मर्न तयार हुने कोही पाइएला, असल मानिसका निम्ति सायद कसैले मर्ने आँट पनि गर्ला,
ROM 5:8 तर परमेश्‍वरले हामीप्रति आफ्नो प्रेम यसरी दर्शाउनुहुन्छ: हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्ति मर्नुभयो।
ROM 5:9 ख्रीष्‍टको रगतद्वारा हामी धर्मी ठहराइएका हुनाले, परमेश्‍वरको क्रोधबाट उहाँद्वारा निश्‍चय नै बचाइनेछौँ!
ROM 5:10 किनकि हामी परमेश्‍वरका शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा उहाँसँग मिलापमा ल्याइएका छौँ भने अब परमेश्‍वरसँग हाम्रो मिलाप भइसकेपछि उहाँको जीवनमार्फत् अझ बढी बचाइनेछौँ।
ROM 5:11 यति मात्र होइन, तर परमेश्‍वरमा हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामी आनन्दित हुन्छौँ, जसद्वारा हाम्रो मिलाप भएको छ।
ROM 5:12 यसकारण जसरी एक जना मानिस आदमद्वारा संसारमा पाप प्रवेश गर्‍यो, र पापद्वारा मृत्यु आयो। यसरी नै सबै मानिसमा मृत्यु फैलियो; किनकि सबैले पाप गरेका छन्।
ROM 5:13 किनकि व्यवस्था दिइनुअगि नै संसारमा पाप थियो, तर जहाँ व्यवस्था छैन, त्यहाँ पापको लेखा पनि हुँदैन।
ROM 5:14 तर आदमदेखि मोशासम्म नै मृत्युले शासन गर्‍यो। तिनीहरूमाथि पनि आइलाग्यो जसले आदमले जस्तो आज्ञा तोडेर पाप गरेका थिएनन्। आदम, जो पछि आउनुहुनेका एक प्रतिरूप हुन्।
ROM 5:15 तर परमेश्‍वरको वरदान अपराध जस्तो होइन; किनकि यदि एउटै मानिस आदमको अपराधको कारणले धेरै जना मरे भने त्योभन्दा कति धेरै परमेश्‍वरको अनुग्रह तथा एक जना मानिसको, अर्थात् येशू ख्रीष्‍टको अनुग्रहको वरदान धेरैका लागि प्रशस्त भयो!
ROM 5:16 परमेश्‍वरको वरदानलाई एक जना मानिस आदमको पापको परिणामसँग तुलना गर्न सकिँदैन: एउटै पापले न्याय र दण्ड ल्यायो; तर अनुग्रहको वरदानले अनेकौँ अपराधहरूबाट निर्दोषीकरण गरायो।
ROM 5:17 किनकि जब एउटा मानिस आदमको अपराधको कारण त्यही एउटै मानिसद्वारा मृत्युले शासन गर्‍यो भने एउटै मानिस येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको अनुग्रहको प्रशस्तताले र धार्मिकताको वरदानले जीवनमा कति बढी राज्य गर्नेछ!
ROM 5:18 यसकारण जसरी एक जनाको अपराधले सबै मानिसमाथि दण्डको आज्ञा भयो, त्यसरी नै एक जनाको धार्मिकताको कार्यले पनि सबै मानिसहरूमा निर्दोषीकरण र जीवन ल्यायो।
ROM 5:19 जसरी एक जना मानिसको अनाज्ञाकारिताले धेरै जना पापी ठहरिए, त्यसरी नै एक जनाको आज्ञाकारिताले धेरै जना धर्मी ठहराइनेछन्।
ROM 5:20 व्यवस्था आयो, ताकि पाप बढोस्; तर जहाँ पाप बढ्यो, त्यहाँ अनुग्रह पनि झन् धेरै बढ्यो,
ROM 5:21 ताकि जसरी पापले मृत्युमा राज्य गर्‍यो, त्यसरी नै येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा अनन्त जीवन ल्याउनलाई अनुग्रहले धार्मिकतामाथि राज्य गरोस्।
ROM 6:1 अब हामी के भनौँ त? अनुग्रह बढोस् भनेर पाप गरिरहने त?
ROM 6:2 यस्तो कहिल्यै नहोस्! हामी जो पापको निम्ति मरिसक्यौँ; फेरि कसरी पापमा जिइरहने त?
ROM 6:3 के तिमीहरूलाई थाहा छैन कि हामी जति जनाले ख्रीष्‍ट येशूमा बप्‍तिस्मा लियौँ, उहाँसँग एक हुनका लागि उहाँको मृत्युमा बप्‍तिस्मा लिएका थियौँ?
ROM 6:4 तसर्थ बप्‍तिस्माद्वारा उहाँसँगै एक हुनका लागि मृत्यु भएको कारण हामी उहाँसँगै गाडियौँ। जसरी ख्रीष्‍ट मृत्युबाट पिताको महिमाद्वारा पुनर्जीवित पारिनुभयो, त्यसरी नै हामी पनि नयाँ जीवन जिऔँ।
ROM 6:5 यदि हामी उहाँसँगै उहाँको मृत्युको समानतामा एक भएका छौँ भने निश्‍चित रूपमा उहाँसँगै उहाँको पुनरुत्थानको समानतामा पनि उहाँसँगै एक हुनेछौँ।
ROM 6:6 किनकि हामी जान्दछौँ, हाम्रो पुरानो जीवन उहाँसँगै क्रूसमा टाँगियो, ताकि पापको स्वभाव नाश होस् र अब उसो हामी पापको सेवकहरू भएर बस्‍नु नपरोस्।
ROM 6:7 किनकि जो मरेको छ, ऊ पापबाट मुक्त भएको छ।
ROM 6:8 अहिले यदि हामी ख्रीष्‍टसँग मरेका छौँ भने हामी विश्‍वास गर्छौँ कि, उहाँसँगै जिउने पनि छौँ।
ROM 6:9 किनकि हामी जान्दछौँ, ख्रीष्‍ट मरेकाबाट पुनर्जीवित हुनुभएकोले फेरि मर्नुहुन्‍न; उहाँमाथि अब उसो मृत्युको अधिकार छैन।
ROM 6:10 जुन मृत्युमा उहाँ मर्नुभयो; त्यो मृत्यु सबैका पापका लागि एकै पटकका लागि मर्नुभयो; तर जुन जीवन उहाँ अब जिउनुहुन्छ, त्यो जीवन परमेश्‍वरका निम्ति जिउनुहुन्छ।
ROM 6:11 यसरी नै तिमीहरूले पनि आफूलाई पापका निम्ति मरेका, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरका निम्ति जीवित भएका ठान्‍नुपर्छ।
ROM 6:12 यसकारण शरीरका खराब अभिलाषाहरूका अनुसार चल्नु नपरोस् भनेर तिमीहरूका मरणशील शरीरमा पापलाई शासन गर्न नदेओ।
ROM 6:13 आफ्ना शरीरका कुनै पनि अङ्गलाई दुष्‍टताको हतियारको रूपमा पापको निम्ति अर्पण नगर। तर मृत्युबाट जीवन पाएकाहरूझैँ, आफूलाई परमेश्‍वरका निम्ति अर्पण गर, र आफ्ना शरीरका सबै अङ्गहरूलाई धार्मिकताको हतियारको रूपमा अर्पण गर।
ROM 6:14 अब उसो पाप तिम्रो मालिक हुनेछैन; किनकि तिमी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनमा छौ।
ROM 6:15 अब के त? हामी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनमा छौँ भनेर पाप गरौँ त? आवश्य पनि होइन!
ROM 6:16 के तिमीहरूलाई थाहा छैन, जब तिमीहरू कसैको आज्ञाकारी सेवकहरूका रूपमा आफूलाई समर्पण गरेपछि, तिमीहरू जसको आज्ञा मान्दछौ, उसको सेवकहरू हुन्छौ? कि त तिमीहरू पापको सेवकहरू बन्छौ, जसले तिमीहरूलाई मृत्युमा पुर्‍याउँछ, कि त आज्ञाकारिताको सेवकहरू बन्छौ, जसले तिमीहरूलाई धार्मिकता प्रदान गर्छ।
ROM 6:17 तर परमेश्‍वरलाई धन्यवाद होस्, यद्यपि तिमीहरू पापको सेवकहरू थियौ, अब जुन शिक्षामा तिमीहरू समर्पित छौ, त्यो हृदयले पालन गर्ने भएका छौ।
ROM 6:18 तिमीहरू पापको दासत्वबाट स्वतन्त्र भएका छौ र धार्मिकताका सेवकहरू तुल्याइएका छौ।
ROM 6:19 म तिमीहरूलाई तिमीहरूका मानवीय कमजोरीका कारण मानवीय दृष्‍टिकोणबाट यो भन्दैछु। जसरी तिमीहरूले आफ्ना शरीरका अङ्गहरूलाई अशुद्धता र सधैँ बढिरहने दुष्‍टताको निम्ति सेवक हुनलाई समर्पण गरेका थियौ, त्यसरी नै अहिले आफ्ना अङ्गहरूलाई पवित्रताको लागि धार्मिकताका सेवक हुनलाई समर्पण गरिदेओ।
ROM 6:20 जब तिमीहरू पापका सेवकहरू थियौ, धार्मिकताको नियन्त्रणबाट स्वतन्त्र थियौ।
ROM 6:21 जुन कुराको निम्ति अहिले तिमीहरू लज्जित छौ, ती कुराहरूबाट तिमीहरूलाई के फाइदा भएको थियो र? ती कुराहरूको परिणाम त मृत्यु हो।
ROM 6:22 तर अहिले तिमीहरू पापबाट स्वतन्त्र भएका छौ र परमेश्‍वरका सेवकहरू भएका छौ। परमेश्‍वरका सेवकहरू हुने फाइदाले तिमीहरूलाई पवित्रतातर्फ डोर्‍याउँछ र यसको परिणाम अनन्त जीवन हो।
ROM 6:23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।
ROM 7:1 दाजुभाइ-दिदीबहिनीहरू हो, के तिमीहरू जान्दैनौँ? म व्यवस्था जान्‍नेहरूसँग बोल्दैछु। व्यवस्थाको अधिकार कुनै पनि व्यक्तिमाथि ऊ जीवित रहुन्जेल मात्र रहन्छ।
ROM 7:2 किनकि एउटी विवाहित स्त्री आफ्ना पति जीवित रहुन्जेल मात्र व्यवस्थाद्वारा पतिसँग बाँधिएकी हुन्छे; तर उसको पतिको मृत्युपछि ऊ त्यो विवाह बन्धनको व्यवस्थाबाट स्वतन्त्र हुन्छे।
ROM 7:3 यदि आफ्नो पति जीवित छँदै उसले अन्य पुरुषसँग यौन सम्बन्ध राखी भने ऊ व्यभिचारिणी कहलाइन्छे। तर उसको पतिको मृत्यु भयो भने ऊ विवाहको व्यवस्थाबाट स्वतन्त्र हुन्छे र अन्य पुरुषसँग विवाह गरिन् भने ऊ व्यभिचारिणी हुँदिन।
ROM 7:4 यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाको लागि मरेका छौ, ताकि तिमीहरू मृत्युबाट पुनर्जीवित पारिनुभएका ख्रीष्‍टका हुन सक। अनि परमेश्‍वरका निम्ति फल फलाउन सक।
ROM 7:5 किनकि जब हामी पापमय स्वभावको नियन्त्रणमा थियौँ, व्यवस्थाले जगाएका पापमय अभिलाषाहरूले हाम्रो शरीरमा काम गर्दथ्यो। यसैले हामीले मृत्युको लागि फल फलाउने गर्दथ्यौँ।
ROM 7:6 तर अब हामी व्यवस्थाबाट स्वतन्त्र भइसकेका छौँ। ताकि जे कुराले हामीलाई नियन्त्रण गरेको थियो, त्यसका लागि मरेका छौँ, र पुरानो लिखित व्यवस्थामा होइन, तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्न सकौँ।
ROM 7:7 अब हामी के भनौँ त? व्यवस्था पाप हो त? पक्‍कै पनि होइन! वास्तवमा व्यवस्था नभएको भए, पाप के हो भन्‍ने कुरा मैले थाहा पाउने नै थिइनँ। व्यवस्थाले “लोभ नगर” नभनेको भए लोभ के हो भन्‍ने कुरा मैले जान्‍ने नै थिइनँ।
ROM 7:8 तर पापले व्यवस्थाको आज्ञाको फाइदा उठाएर मभित्र हरेक प्रकारका खराब अभिलाषाहरू उत्पन्‍न गरायो। व्यवस्थाविना पाप मरेतुल्य हो।
ROM 7:9 एक पटक म व्यवस्थाविना जीवित थिएँ। तर जब आज्ञा आयो, तब पाप जीवित भयो र मचाहिँ मरेँ।
ROM 7:10 जुन आज्ञाले जीवन दिनुपर्थ्यो, त्यही आज्ञाले ममा मृत्यु ल्याएको कुरा मैले थाहा पाएँ।
ROM 7:11 आज्ञाले ल्याएको मौकाको फाइदा उठाएर पापले मलाई झुक्‍कायो, र यसैद्वारा मलाई मार्‍यो।
ROM 7:12 त्यसो भए तापनि व्यवस्था पवित्र छ, र आज्ञा पनि पवित्र, धार्मिक र असल छ।
ROM 7:13 जे असल छ, त्यही गरेँ, तर के त्यो मेरो निम्ति मृत्यु भयो त? आवश्य पनि होइन! तैपनि पापचाहिँ पापको रूपमा चिनियोस् भनेर जे असल छ, त्यसद्वारा ममा मृत्यु उत्पन्‍न गर्‍यो, ताकि आज्ञाद्वारा पाप अझ पूर्ण रूपले पापमय बन्‍न सकोस्।
ROM 7:14 हामीलाई थाहा छ, व्यवस्था आत्मिक छ; तर म अनात्मिक छु, र पापको दासत्वमा बेचिएको छु।
ROM 7:15 म के गर्दछु, सो म बुझ्दिनँ। किनकि जे म गर्न चाहन्छु त्यो म गर्दिनँ, तर म जे घृणा गर्दछु, त्यही गर्दछु।
ROM 7:16 अनि यदि म जे गर्न चाहन्‍नँ, त्यही गर्दछु भने व्यवस्था असल छ भनी म सहमत हुन्छु।
ROM 7:17 यसैले म जे गर्दछु, सो मैले होइनँ, तर मभित्र रहेको पापले गर्दछ।
ROM 7:18 किनकि म जान्दछु, ममा केही असल कुराको बास छैन अर्थात् मेरो शारीरिक स्वभावमा केही असल कुराले बास गर्दैन। किनकि ममा असल काम गर्ने इच्छा छ, तर सो म गर्न सक्दिनँ।
ROM 7:19 किनकि जे असल छ, त्यो म गर्न चाहन्छु, म त्यो गर्दिनँ, तर खराब काम जो म गर्न चाहन्‍नँ, त्यही म गरिरहन्छु।
ROM 7:20 अब म जे गर्न चाहन्‍नँ, त्यही गर्दछु भने त्यो गर्ने म होइनँ, तर मभित्र बास गर्ने पाप हो, जसले त्यो गर्दछ।
ROM 7:21 यसकारण व्यवस्थाले काम गरिरहेको म पाउँछु: यद्यपि म असल काम गर्न चाहन्छु, तर दुष्‍टता मेरो छेउमा मसँगै हुन्छ।
ROM 7:22 किनकि मेरो भित्री हृदयमा परमेश्‍वरको व्यवस्थामा म खुशी हुन्छु।
ROM 7:23 तर ममा अर्को व्यवस्थाले पनि काम गरिरहेको म देख्दछु। जो मेरो मनको व्यवस्थाविरुद्ध युद्ध गरेर मलाई पापको व्यवस्थाको बन्दी बनाई मभित्र काम गरिरहेको हुन्छ।
ROM 7:24 हाय, म कस्तो दुःखी मानिस! मलाई यस मृत्युको शरीरबाट कसले स्वतन्त्र गराउने?
ROM 7:25 परमेश्‍वरलाई धन्यवाद होस्। हाम्रा प्रभु येशू ख्रीष्‍टले मलाई स्वतन्त्र गराउनुहुन्छ! यसकारण म स्वयम् मेरो मनमा परमेश्‍वरको व्यवस्थाको सेवक हुँ, तर मेरो शारीरिक स्वभावमा पापको व्यवस्थाको सेवक हुँ।
ROM 8:1 यसकारण अब ख्रीष्‍ट येशूमा हुनेहरूका लागि दण्डको कुनै आज्ञा छैन।
ROM 8:2 किनकि जीवन दिनुहुने परमेश्‍वरको आत्माको व्यवस्थाले ख्रीष्‍ट येशूद्वारा तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गरिदिएको छ।
ROM 8:3 किनकि पापमय स्वभावद्वारा कमजोर बनाइएको व्यवस्थाले जे गर्न सकेको थिएन, परमेश्‍वरले पापको क्षमादान ल्याउनुभयो; उहाँले आफ्नै पुत्रलाई पापमय शरीरको समानतामा हुन पठाउनुभयो। यसरी उहाँले आफ्नै पुत्रको शरीरमा पापलाई दोषी ठहराउनुभयो,
ROM 8:4 ताकि शारीरिक स्वभावअनुसार होइन, तर परमेश्‍वरको आत्माअनुसार जिउने हामीमा, व्यवस्थाले मागेको धार्मिक आवश्यकता पूर्ण रूपमा पूरा होस्।
ROM 8:5 शारीरिक स्वभावअनुसार जिउनेहरूले उनीहरूका मन पापमय स्वभावले जे इच्छा गर्छ, त्यसैमा लगाउँछन्; तर पवित्र आत्माअनुसार जिउनेहरूले उनीहरूका मन परमेश्‍वरको आत्माले जे इच्छा गर्नुहुन्छ, त्यसैमा लगाउँछन्।
ROM 8:6 किनकि शारीरिक स्वभावद्वारा शासन गरिएको मन मृत्यु हो, तर परमेश्‍वरको आत्माद्वारा शासन गरिएको मन जीवन र शान्ति हो।
ROM 8:7 शारीरिक स्वभावद्वारा शासन गरिएको मन परमेश्‍वरको विरुद्धमा हुन्छ; त्यो परमेश्‍वरको व्यवस्थाको अधीनमा हुँदैन, न त हुन नै सक्छ।
ROM 8:8 शारीरिक स्वभावद्वारा नियन्त्रित भएकाहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्न सक्दैनन्।
ROM 8:9 यदि वास्तवमा परमेश्‍वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने तिमीहरू शारीरिक स्वभावद्वारा नियन्त्रित हुँदैनौ, तर आत्माद्वारा नियन्त्रित हुन्छौ। यदि कसैसँग ख्रीष्‍टको आत्मा छैन भने तिनीहरू ख्रीष्‍टका हुनै सक्दैनन्।
ROM 8:10 तर यदि तिमीहरूसँग ख्रीष्‍ट हुनुहुन्छ भने तिमीहरूको शरीर पापले गर्दा मरेको भए तापनि धार्मिकताले गर्दा आत्माले तिमीहरूलाई जीवन दिनुहुन्छ।
ROM 8:11 अनि यदि येशूलाई मरेकाबाट पुनर्जीवित पार्नुहुने परमेश्‍वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने ख्रीष्‍टलाई मरेकाबाट पुनर्जीवित पार्नुहुनेले नै तिमीहरूका नाशवान् शरीरलाई पनि उहाँकै आत्माद्वारा जीवन दिनुहुनेछ, जुन आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ।
ROM 8:12 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूका शारीरिक स्वभावले भनेका कुराहरू गर्न तिमीहरू बाध्य छैनौ।
ROM 8:13 किनकि यदि तिमीहरू शारीरिक स्वभावअनुसार जिउँछौ भने तिमीहरू मर्नेछौ; तर यदि आत्माद्वारा तिमीहरूले शरीरका दुष्‍ट कामलाई मृत तुल्यायौ भने तिमीहरू बाँच्नेछौ।
ROM 8:14 किनकि तिनीहरू, जो परमेश्‍वरका आत्माले डोर्‍याइएका छन्, तिनीहरू परमेश्‍वरका सन्तान हुन्।
ROM 8:15 किनभने तिमीहरूलाई फेरि डरमा डोर्‍याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ; तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्‍वरलाई “अब्बा, पिता” भनी पुकार्दछौँ।
ROM 8:16 परमेश्‍वरका आत्मा आफैँले हाम्रो आत्मासँग हामी परमेश्‍वरका सन्तान हौँ भनी गवाही दिनुहुन्छ।
ROM 8:17 यदि हामी उहाँका सन्तान हौँ भने उत्तराधिकारी पनि हौँ। परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग सह उत्तराधिकारी पनि हौँ। यदि वास्तवमा हामी उहाँका दुःखमा सहभागी भयौँ भने उहाँको महिमामा पनि सहभागी हुनेछौँ।
ROM 8:18 म विचार गर्दछु, यस वर्तमानका हाम्रा कष्‍टहरू हामीमा पछि प्रकट हुने महिमाको तुलनामा केही पनि होइन।
ROM 8:19 किनकि सृष्‍टिले बडो उत्सुकतासाथ परमेश्‍वरका सन्तानहरू प्रकट हुन् भनी प्रतीक्षा गरिरहेको छ।
ROM 8:20 किनकि सृष्‍टिलाई श्राप पर्‍यो, यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले यसलाई अधीनमा राख्नुभयो, यस आशामा,
ROM 8:21 कि सृष्‍टि स्वयम् पनि विनाशको दासत्वबाट मुक्त भएर परमेश्‍वरका सन्तानका महिमित स्वतन्त्रता प्राप्‍त गर्न सकोस्।
ROM 8:22 हामी जान्दछौँ, सारा सृष्‍टि अहिलेसम्म प्रसव पीडामाझैँ छटपटिरहेको छ।
ROM 8:23 त्यति मात्र होइन, तर हामी पनि, जोसँग पवित्र आत्माको पहिलो फल छ, धर्मपुत्रका रूपमा ग्रहण गराइन हाम्रो शरीरको उद्धारको निम्ति प्रतीक्षा गर्दै उत्कट इच्छाका साथ भित्रीरूपमा छटपटिरहेका छौँ।
ROM 8:24 यही आशामा हामीले मुक्ति पाएका छौँ। तर देखिने आशा, त्यो आशा नै होइन। जुन कुरा आफूसँग अगाडि नै छ, त्यही कुराको आशा कसले गर्दछ र?
ROM 8:25 तर यदि हामीले जे प्राप्‍त गरेका छैनौँ, त्यस कुराको हामी आशा गर्छौँ भने त, हामी धैर्यतासाथ त्यसको प्रतीक्षा गर्छौँ।
ROM 8:26 यसरी नै पवित्र आत्माले हामीलाई हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नुपर्ने हो, सो हामी जान्दैनौँ, तर पवित्र आत्मा आफैँले हाम्रा निम्ति शब्दले व्यक्त गर्न नसकिने सुस्केरामा अन्तर्बिन्ती गरिदिनुहुन्छ।
ROM 8:27 परमेश्‍वर, जसले हाम्रो हृदयको खोजी गर्नुहुन्छ; उहाँले आत्माका विचार जान्‍नुहुन्छ; किनभने पवित्र आत्माले परमेश्‍वरका सन्तहरूका निम्ति परमेश्‍वरको इच्छाअनुसार बिन्ती गरिदिनुहुन्छ।
ROM 8:28 हामी जान्दछौँ, परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँका उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले हरेक कुरामा भलाइ नै गर्नुहुन्छ।
ROM 8:29 किनकि परमेश्‍वरले जसलाई पहिल्यैबाट जान्‍नुभएको थियो, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूपमा हुन पूर्वनियुक्त गर्नुभयो, ताकि धेरै दाजुभाइ-दिदीबहिनीहरूमध्ये उहाँचाहिँ जेठो ठहरिऊन्।
ROM 8:30 जसलाई उहाँले पूर्वनियुक्त गर्नुभयो, उनीहरूलाई बोलाउनु पनि भयो; जसलाई उहाँले बोलाउनुभयो, उनीहरूलाई धर्मी पनि ठहराउनुभयो। जसलाई उहाँले धर्मी ठहराउनुभयो, उनीहरूलाई महिमित पनि पार्नुभयो।
ROM 8:31 अब हामी यी कुराहरूको बारेमा के भनौँ त? यदि परमेश्‍वर हाम्रोतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ र?
ROM 8:32 जसले आफ्ना निज पुत्रलाई त बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति मर्नका लागि दिइहाल्नुभयो। के उहाँले आफ्नो पुत्रसहित उदारतासाथ हामीलाई सबै थोकहरू दिनुहुन्‍न र?
ROM 8:33 परमेश्‍वरले जसलाई चुन्‍नुभएको छ, उनीहरूलाई कसले दोष लगाउन सक्छ? परमेश्‍वरले मात्रै उनीहरूलाई धर्मी ठहराउनुहुन्छ।
ROM 8:34 त्यसो हो भने दोष लगाउने को हो त? कोही छैन; ख्रीष्‍ट येशू, जो मर्नुभयो; त्यसभन्दा बढी उहाँ मरेकाबाट पुनर्जीवित हुनुभयो। उहाँ, जो परमेश्‍वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ। अनि हाम्रा निम्ति अन्तर्बिन्ती गरिरहनुभएको छ।
ROM 8:35 हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्न सक्छ? के दुःख-कष्‍टले, वा कठिनाइले, वा सतावटले, वा अनिकालले, वा नग्नताले, वा जोखिमले कि तरवारले?
ROM 8:36 यस्तो लेखिएको छ: “तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ; हामीहरू काट्न लगिएका भेडाहरूजस्तै गनिएका छौँ।”
ROM 8:37 होइन यी सबै कुराहरूमा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूले भन्दा पनि अझ बढी विजय पाएका छौँ।
ROM 8:38 किनकि म निश्‍चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्‍ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले,
ROM 8:39 न कुनै उचाइले, न गहिराइले, न त सृष्‍टिमा कुनै चीजले ख्रीष्‍ट येशू हाम्रा प्रभुमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।
ROM 9:1 ख्रीष्‍टमा म सत्य बोल्दछु; पवित्र आत्माद्वारा मेरो विवेकले पनि यही साक्षी दिँदछ, कि मैले असत्य बोलेको छैनँ।
ROM 9:2 म अत्यन्त दुःखित छु, र मेरो हृदय निरन्तर वेदनामा छ।
ROM 9:3 किनकि म चाहन सक्थेँ, मेरा भाइहरू, जो शरीरमा मेरा जातिका हुन्। उनीहरूका खातिर म श्रापित भई ख्रीष्‍टदेखि अलग होऊँ।
ROM 9:4 यी सबै इस्राएलका मानिसहरू हुन्। उनीहरूले नै धर्मपुत्र हुने हक, उनीहरूले नै ईश्‍वरीय महिमा, करारहरू, व्यवस्था, मन्दिरको आराधना र प्रतिज्ञाहरू प्राप्‍त गरेका हुन्।
ROM 9:5 पुर्खाहरू उनीहरूकै हुन्, र उनीहरूबाट नै ख्रीष्‍टको मानवीय वंश पनि आएको हो। उहाँ, जो सबैमाथि परमेश्‍वर हुनुहुन्छ। उहाँलाई नै सदासर्वदा प्रशंसा होस्! आमेन।
ROM 9:6 परमेश्‍वरको वचन विफल भएको होइन; किनभने इस्राएलमा जन्मेका सबै सदस्यहरू साँचो रूपमा इस्राएल होइनन्।
ROM 9:7 न त उनीहरू अब्राहामका वंशका भएका कारण अब्राहामका सन्तान हुन्। यसको विपरीत धर्मशास्त्रले भन्छ, “इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।”
ROM 9:8 यसको अर्थ अब्राहामको शरीरबाट जन्मेकाहरू परमेश्‍वरका सन्तान होइनन्, तर प्रतिज्ञाबाट जन्मेका सन्तानचाहिँ अब्राहामका सन्तान मानिन्छ।
ROM 9:9 किनकि प्रतिज्ञा गर्दा यसरी भनिएको थियो: “ठिक समयमा म फर्किआउनेछु र साराको एउटा छोरा हुनेछ।”
ROM 9:10 यति मात्र होइन, त्यही समयमा रिबेकाले हाम्रा पुर्खा इसहाकद्वारा सन्तान गर्भधारण गरेकी थिइन्।
ROM 9:11 जुम्ल्याहा छोराहरू जन्मनुभन्दा अगि तथा उनीहरूले कुनै असल वा खराब काम गर्नुभन्दा अगि नै चुनावमा परमेश्‍वरको उद्देश्य पूरा होस् भन्‍ने अभिप्रायले,
ROM 9:12 कामद्वारा होइन, तर बोलावट गर्नेको इच्छा पूरा होस् भनेर रिबेकालाई यो भनियो, “जेठोले कान्छोको सेवा गर्नेछ।”
ROM 9:13 यस्तो लेखिएको छ: “याकोबलाई मैले प्रेम गरेँ, तर एसावलाई घृणा गरेँ।”
ROM 9:14 अब हामीले के भनौँ त? के परमेश्‍वर अन्यायी हुनुहुन्छ? कदापि होइन!
ROM 9:15 किनकि उहाँले मोशालाई भन्‍नुहुन्छ; “जसलाई म कृपा गर्न चाहन्छु, त्यसलाई म कृपा गर्नेछु, जसलाई म दया देखाउन चाहन्छु, त्यसलाई म दया देखाउनेछु।”
ROM 9:16 यसकारण यो कुरा मान्छेको चाहना र प्रयासमा निर्भर छैन, तर परमेश्‍वरको कृपामा निर्भर छ।
ROM 9:17 किनकि धर्मशास्त्रले फारोलाई भन्दछ: “मैले तँलाई यही उद्देश्यले खडा गरेँ, कि मेरो शक्ति तँमा देखाऊँ र सारा पृथ्वीमा मेरो नामको घोषणा गरियोस्।”
ROM 9:18 यसकारण परमेश्‍वरले जसलाई कृपा देखाउन चाहनुहुन्छ, उसैलाई कृपा गर्नुहुन्छ; अनि जसलाई कठोर पार्न चाहनुहुन्छ, उसलाई कठोर पार्नुहुन्छ।
ROM 9:19 कसैले मलाई प्रश्न गर्ला: “किन परमेश्‍वरले हामीलाई अझ पनि दोष लगाउनुहुन्छ? किनकि कसले उहाँको इच्छाको विरोध गर्न सक्छ?”
ROM 9:20 तर हे मानिस, परमेश्‍वरसँग प्रश्न गर्ने तिमी को हौ? “बनाइएको वस्तुले आफूलाई बनाउनेलाई नै ‘तपाईंले मलाई किन यस्तो बनाउनुभयो?’ ” भनेर भन्छ र?
ROM 9:21 के कुमालेलाई एउटै माटोको ढिकाबाट कुनै भाँडो विशेष कामको निम्ति र कुनैचाहिँ सामान्य कामको निम्ति बनाउने अधिकार हुँदैन र?
ROM 9:22 यदि परमेश्‍वरले आफ्नो क्रोध प्रकट गर्न र आफ्नो शक्ति प्रदर्शन गर्नलाई विनाशको निम्ति तयार गरिएको क्रोधको पात्रहरूलाई धैर्यतासँग सहिदिनुभयो भने के भयो त?
ROM 9:23 उहाँले आफ्नो महिमाको धनसम्पत्ति उहाँको कृपा पात्रहरूमाथि प्रकट गर्नलाई यसो गर्नुभयो, जसलाई उहाँको महिमाका निम्ति पहिल्यै तयार पार्नुभएको थियो;
ROM 9:24 हामीलाई पनि यहूदीहरूबाट मात्र नभई, गैरयहूदीहरूबाट पनि बोलाउनुभयो।
ROM 9:25 होशेको पुस्तकमा परमेश्‍वर घोषणा गर्नुहुन्छ: “तिनीहरूलाई म ‘मेरो प्रजा’ भन्‍नेछु; जो मेरा प्रजा होइनन्, र उनलाई म ‘मेरो प्रिय’ भनेर डाक्नेछु, जो मेरो प्रिय थिएन।”
ROM 9:26 अनि, “जुन ठाउँमा उनीहरूलाई यस्तो भनियो, ‘तिमीहरू मेरा प्रजा होइनौ’ त्यही ठाउँमा तिनीहरूलाई ‘जीवित परमेश्‍वरका सन्तान’ भनिनेछ।”
ROM 9:27 इस्राएलका निम्ति यशैया रुन्छन्: “यद्यपि इस्राएलीहरूको संख्या समुद्रको किनारको बालुवासरी हुनेछ, तापनि थोरै मात्र बचाइनेछ।
ROM 9:28 किनकि प्रभुले पृथ्वीमा आफ्नो दण्डको आज्ञा चाँडै र पूर्ण रूपले ल्याउनुहुनेछ।”
ROM 9:29 जसरी यशैयाले पहिल्यै भविष्यवाणी गरेका थिए: “सर्वशक्तिमान् प्रभुले हाम्रा लागि सन्तान नछोड्नुभएको भए हामी सदोमझैँ हुनेथियौँ, र गमोराजस्ता बन्‍नेथियौँ।”
ROM 9:30 अब हामीले के भनौँ त? ती गैरयहूदीहरू, जसले धार्मिकताको खोजी गरेनन्, यसलाई प्राप्‍त गर्न सकेका छन्, जुन धार्मिकता विश्‍वासले मात्र प्राप्‍त गर्न सकिन्छ;
ROM 9:31 तर इस्राएलका मानिसहरू, जसले धार्मिकताको व्यवस्था पालन गरेर पनि यसलाई प्राप्‍त गर्न सकेनन्।
ROM 9:32 किन नसकेको त? किनकि तिनीहरूले यसलाई विश्‍वासद्वारा होइन, तर कर्मद्वारा प्राप्‍त गर्न खोजे। उनीहरू “ठक्‍कर खाने ढुङ्गा” मा ठेस खान पुगे।
ROM 9:33 यस्तो लेखिएको छ: “हेर, मैले सियोनमा यस्तो ढुङ्गो राखेको छु जसले मानिसहरूलाई ठेस खान लगाउँछ, अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ, तर जसले उहाँमाथि विश्‍वास गर्छ, त्यो कहिल्यै शर्ममा पर्नेछैन।”
ROM 10:1 दाजुभाइ-दिदीबहिनीहरू हो, इस्राएलीहरूका लागि मेरो मनको इच्छा र परमेश्‍वरसँग यही प्रार्थना छ, कि उनीहरूले मुक्ति पाऊन्।
ROM 10:2 किनकि म तिनीहरूका बारेमा गवाही दिन सक्छु। तिनीहरू परमेश्‍वरप्रति जोशिला छन्, तर तिनीहरूको जोश सत्यताको ज्ञानमा आधारित छैन।
ROM 10:3 किनकि परमेश्‍वरको धार्मिकतालाई नजानेर तिनीहरूले आफ्नै धार्मिकता स्थापना गर्न खोजे। तिनीहरूले आफैँलाई परमेश्‍वरको धार्मिकताको अधीनमा समर्पित गरेनन्।
ROM 10:4 विश्‍वास गर्ने हरेक व्यक्ति धर्मी ठहरियोस् भनेर ख्रीष्‍ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ।
ROM 10:5 मोशाले व्यवस्थाद्वारा प्राप्‍त हुने धार्मिकताको बारेमा यसरी लेख्छन्: “जुन व्यक्तिले यी कामहरू गर्छ, ऊ यी कामहरूद्वारा जिउनेछ।”
ROM 10:6 तर विश्‍वासद्वारा प्राप्‍त हुने धार्मिकताले भन्छ: “तिमीले आफ्नो मनमा नभन, ‘स्वर्गमा उक्लिएर को जाला?’ ” (अर्थात् ख्रीष्‍टलाई ओराल्ने)
ROM 10:7 “अथवा ‘पातालमा को ओर्लने?’ ” (अर्थात् ख्रीष्‍टलाई मरेकाबाट जीवित पार्ने)।
ROM 10:8 तर धर्मशास्त्रले के भन्छ? “वचन तिम्रो नजिक छ; तिम्रो मुखैमा छ, र तिम्रो हृदयमा छ,” अर्थात् त्यही विश्‍वासको वचन, जसलाई हामी घोषणा गर्दैछौँ।
ROM 10:9 यदि तिमीले, “येशू नै प्रभु हुनुहुन्छ,” भनी मुखले स्वीकार गर्छौ भने, र परमेश्‍वरले उहाँलाई मरेकाबाट पुनर्जीवित पार्नुभयो भनी हृदयमा विश्‍वास गर्छौ भने तिम्रो उद्धार हुनेछ।
ROM 10:10 किनकि तिम्रो हृदयबाट तिमीले विश्‍वास गर्छौ, र धर्मी ठहरिन्छौ। अनि तिम्रो मुखले विश्‍वास स्वीकार गर्छौ र उद्धार पाउँछौ।
ROM 10:11 धर्मशास्त्रले यसरी भन्दछ, “प्रभु येशूमा विश्‍वास गर्ने कहिल्यै शर्ममा पर्नेछैन।”
ROM 10:12 किनकि यहूदी र गैरयहूदीमा केही भिन्‍नता छैन। उहाँ नै एउटै प्रभु, सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्ने सबैलाई प्रशस्तसँग आशिष् दिनुहुन्छ।
ROM 10:13 किनकि “प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।”
ROM 10:14 तिनीहरूले विश्‍वास नै नगरेकोलाई कसरी पुकार्ने त? जसको बारेमा तिनीहरूले सुनेकै छैनन्, उहाँमाथि कसरी विश्‍वास गर्ने त? अनि कसैले तिनीहरूलाई प्रचार नै नगरी तिनीहरूले कसरी सुन्‍ने त?
ROM 10:15 अनि कसैले प्रचारकहरूलाई नपठाएसम्म कसरी प्रचार गर्लान् त? यस्तो लेखिएको छः “सुसमाचार ल्याउनेहरूका पाउ कति सुन्दर!”
ROM 10:16 तर सबै इस्राएलीहरूले सुसमाचारलाई स्वीकार गरेनन्; किनकि यशैयाले यसरी भन्दछन्, “हे प्रभु, कसले हाम्रो समाचारलाई विश्‍वास गरेको छ?”
ROM 10:17 यसैले विश्‍वास वचनको सुनुवाइबाट आउँछ, र सुनुवाइ ख्रीष्‍टको वचन प्रचारद्वारा आउँछ।
ROM 10:18 तर म सोध्छु: के इस्राएलीहरूले सन्देश सुनेका छैनन्? निश्‍चय नै तिनीहरूले सुनेका छन्: “तिनीहरूका आवाज सारा पृथ्वीमा पुगेको छ, तिनीहरूका प्रचार संसारको अन्त्यसम्म पुगेको छ।”
ROM 10:19 म फेरि सोध्न चाहन्छु: के इस्राएलीहरूले यो कुरा बुझेनन् त? सर्वप्रथम, मोशाले भन्दछन्; “जो एक जाति होइन, त्यसद्वारा म तिमीहरूलाई ईर्ष्यालु बनाउनेछु; समझशक्ति नै नभएको जातिद्वारा म तिनीहरूलाई रिस उठाउनेछु।”
ROM 10:20 तब यशैयाले ठूलो साहससहित भन्दछन्, “जसले मलाई खोजेका थिएनन्, तिनीहरूले मलाई भेट्टाएका छन्; जसले मेरो खोजी नै गरेका थिएनन्, तिनीहरूको माझमा मैले आफूलाई प्रकट गरेको छु।”
ROM 10:21 तर इस्राएलको बारेमा परमेश्‍वर भन्‍नुहुन्छ, “दिनभरि मैले मेरो हात अनाज्ञाकारी र हठी मानिसहरूतर्फ बढाएको छु।”
ROM 11:1 त्यसो हो भने म सोध्छु: के परमेश्‍वरले आफ्ना जनहरूलाई त्याग्नुभएको छ त? कदापि छैन! म आफैँ पनि एक इस्राएली हुँ—अब्राहामको वंश, बेन्यामीन कुल।
ROM 11:2 परमेश्‍वरले आफ्ना मानिसलाई त्याग्नुभएको छैन, जसलाई उहाँले सुरुबाट नै जान्‍नुहुन्थ्यो। एलियाको बारेमा धर्मशास्त्रमा के लेखिएको छ भन्‍ने कुरा तिमीहरू जान्दैनौ? कसरी एलियाले इस्राएलको विरुद्धमा परमेश्‍वरसँग बिन्ती गरेका थिए:
ROM 11:3 “प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन्। तपाईंका वेदीहरू भत्काएका छन्; म मात्र एकलो बाँचेको छु, र मलाई पनि तिनीहरूले मार्न खोज्दैछन्।”
ROM 11:4 अनि उनलाई परमेश्‍वरको जवाफ के थियो? “मैले आफ्ना निम्ति बाल-देवतालाई दण्डवत् नगर्ने सात हजार मानिसहरूलाई जोगाएर राखेको छु।”
ROM 11:5 यसरी अहिले पनि अनुग्रहद्वारा चुनिएका केही जनहरू बाँकी छन्।
ROM 11:6 यदि अनुग्रहद्वारा हो भने कामहरूमा आधारित हुँदैन। यदि काममा आधारित हुन्थ्यो भने त, यो अनुग्रह, अनुग्रह नै हुनेथिएन।
ROM 11:7 तब के त? इस्राएलीहरूले उत्सुकतासाथ खोजेको धार्मिकता प्राप्‍त गर्न सकेनन्। उनीहरूमध्ये चुनिएकाहरूले भने प्राप्‍त गर्न सके, तर अरू सबै कठोर पारिए।
ROM 11:8 यसरी लेखिएको छ: “परमेश्‍वरले तिनीहरूलाई मन्द आत्मा दिनुभयो, आँखाहरू, जसले देख्न सकेनन् अनि कानहरू, जसले सुन्‍न सकेनन्, आजसम्मै तिनीहरू यस्तै छन्।”
ROM 11:9 अनि दावीदले भन्दछन्: “तिनीहरूका भोजन पासो र फन्दा बनोस्। अनि तिनीहरूका लागि ठक्‍कर र बदलाको कारण बनोस्।
ROM 11:10 तिनीहरूका आँखाहरू अँध्यारा होऊन्, र तिनीहरूले नदेखून्। तिनीहरूका ढाड सदा कुप्रिरहून्!”
ROM 11:11 म फेरि प्रश्न गर्छु: के उनीहरूले उठ्न नसक्ने गरी ठक्‍कर खाएका हुन् त? कदापि होइन! तर इस्राएलमा पनि मुक्तिका लागि डाह पलाओस् भनेर तिनीहरूका अपराधका कारण गैरयहूदीहरूमा मुक्ति आएको छ।
ROM 11:12 तर यदि तिनीहरूका अपराध संसारको निम्ति सम्पत्ति र तिनीहरूका पतन गैरयहूदीहरूको निम्ति सम्पत्ति ठहरिन्छ भने तिनीहरूका पुनर्स्थापनाले झन् कति धेरै वैभव ल्याउला!
ROM 11:13 म तिमी गैरयहूदीहरूसँग बोल्दैछु। म गैरयहूदीहरूका निम्ति प्रेरित हुँ। म यस सेवामा गर्व गर्छु;
ROM 11:14 यस आशामा कि, जसरी भए तापनि म मेरा आफ्ना मानिसहरूमा डाह उत्पन्‍न गराउन सकूँ, र तीमध्ये केहीलाई बचाउन सकूँ।
ROM 11:15 किनकि यदि तिनीहरूको अस्वीकृतिचाहिँ संसारको निम्ति परमेश्‍वरसँग मिलापको कारण बन्छ भने के तिनीहरूको स्वीकृति मृत्युबाट पुनर्जीवित हुनुबाहेक अरू के हुन सक्ला र?
ROM 11:16 यदि मुछेको पिठोको केही भाग प्रथम भेटीको रूपमा चढाउँदा पवित्र हुन्छ भने पिठोको जम्मै भाग पवित्र हुन्छ। यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्छन्।
ROM 11:17 यदि केही हाँगाहरू काटिएका छन् र तिमी, जो जङ्गली जैतुन हौ, ती रूखमा कलमी गरिएका छौ; अनि जैतुनको रूखको जराबाट प्राप्‍त पोषिलो रसमा अहिले भागीदार बनेका छौ भने,
ROM 11:18 आफैँलाई ती हाँगाहरू भन्दा श्रेष्‍ठ नठान। यदि यसो गर्छौ भने यो बुझ, कि जरालाई थाम्ने तिमी होइनौ, तर जराले पो तिमीलाई थामेको हुन्छ।
ROM 11:19 त्यसपछि तिमीले भन्‍नेछौ, “हाँगाहरू काटिएका कारणले नै म कलमी हुन पाएँ।”
ROM 11:20 ठिकै हो, तर ती हाँगाहरू उनीहरूको अविश्‍वासको कारणले काटिएका हुन्। अनि तिमी विश्‍वासद्वारा अडिएका छौ। घमण्ड नगर, तर भय मान।
ROM 11:21 किनकि यदि परमेश्‍वरले स्वभाविक हाँगाहरूलाई त छोड्नुभएन भने उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन।
ROM 11:22 यसकारण परमेश्‍वरको दया र कठोरतामा ध्यान देऊ: पतन भएकाहरूलाई कठोरता, तर यदि तिमीहरू उहाँको दयामा स्थिर बस्यौ भने तिमीहरूलाई दया; नत्रता तिमीहरू पनि काटिनेछौ।
ROM 11:23 अनि यदि उनीहरू पनि आफ्नो अविश्‍वासमा निरन्तर रहिरहेनन् भने उनीहरू कलमी हुनेछन्; किनकि परमेश्‍वरले उनीहरूलाई फेरि कलमी गर्न सक्नुहुन्छ।
ROM 11:24 यदि तिमी जैतुनको रूखबाट काटियौ, जुन स्वभाविक रूपमा जङ्गली हो अनि प्रकृतिविरुद्ध हुँदा-हुँदै पनि रोपिएको जैतुनको रूखमा कलमीद्वारा गाँसियौ भने झन् यी स्वभाविक जैतुनका हाँगाहरू आफ्नै जैतुनका रूखमा कति सहजै गाँसिएलान्!
ROM 11:25 दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू यो रहस्यमय सत्य कुरामा अनजान रहो भन्‍ने म चाहन्‍नँ, ताकि आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान् नहोओ: इस्राएलका केही मानिसहरूको हृदय कठोर छ, तर यो गैरयहूदीहरूको पूरा संख्या ख्रीष्‍टमा नआउन्जेलसम्म मात्र हुनेछ।
ROM 11:26 यसरी सबै इस्राएलको उद्धार हुनेछ, जसरी लेखिएको छ: “उद्धारकर्ता सियोनबाट आउनुहुनेछ; उहाँले याकोबबाट अभक्ति दूर गर्नुहुनेछ,
ROM 11:27 अनि उनीहरूसँग यो मेरो करार हुनेछ, जब म उनीहरूका पाप मेटाइदिनेछु।”
ROM 11:28 सुसमाचारको दृष्‍टिमा तिनीहरू तिम्रा लागि परमेश्‍वरका दुश्मन हुन्; तर परमेश्‍वरको चुनावको दृष्‍टिबाट तिनीहरू आफ्ना पुर्खाको कारण अति प्रिय छन्।
ROM 11:29 किनकि परमेश्‍वरको वरदान र बोलावट अटल छ।
ROM 11:30 जसरी तिमीहरू एकपल्ट परमेश्‍वरप्रति अनाज्ञाकारी थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताको कारणले गर्दा तिमीहरूले कृपा पाएका छौ,
ROM 11:31 यसरी नै उनीहरू पनि अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूले पाएका परमेश्‍वरको कृपाको कारण उनीहरूले पनि कृपा पाउन सकून्।
ROM 11:32 किनकि परमेश्‍वरले हरेकलाई अनाज्ञाकारितामा बन्दी बनाउनुभएको छ, ताकि उहाँद्वारा तिनीहरू सबैलाई कृपा मिलोस्।
ROM 11:33 आहा! परमेश्‍वरको बुद्धि र ज्ञानको कति अपार धनसम्पत्ति! उहाँका न्यायहरू कति अथाह, र उहाँका पथहरू कति अगम छन्!
ROM 11:34 “प्रभुको मनलाई कसले जानेको छ र? अथवा उहाँको सल्‍लाहकार को भएको छ र?”
ROM 11:35 “परमेश्‍वरलाई कसले केही दिएको छ, र परमेश्‍वरले तिनीहरूलाई फिर्ता गर्नुपरोस्?”
ROM 11:36 किनकि सबै कुरा उहाँमार्फत्, उहाँद्वारा र उहाँकै निम्ति हुन्। उहाँलाई सदासर्वदा महिमा भइरहोस्! आमेन।
ROM 12:1 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरको कृपाद्वारा म बिन्ती गर्दछु, तिमीहरूले आफ्ना शरीरलाई पवित्र र परमेश्‍वरलाई मनपर्दो जिउँदो बलिदानको रूपमा अर्पण गर; यही तिम्रो साँचो र व्यवस्थित आराधना हो।
ROM 12:2 यस संसारको रीतिमा नचल, तर आफ्नो मनमा नयाँ भई परिवर्तित हुँदैजाओ; तब मात्र तिमीहरूले परमेश्‍वरको असल, मनपर्दो र सिद्ध इच्छा के हो, सो जाँच गर्न र स्वीकार गर्न सक्नेछौ।
ROM 12:3 किनकि परमेश्‍वरले मलाई दिनुभएको अनुग्रहद्वारा म प्रत्येकलाई भन्दछु, आफूलाई ठूलो नठान, तर परमेश्‍वरले तिमीहरू प्रत्येकलाई दिनुभएको विश्‍वासअनुसार नै आफूलाई शान्त भएर जाँच।
ROM 12:4 किनकि जसरी हामी प्रत्येकको एउटा शरीर छ, तर अङ्गहरू धेरै छन्, र यी सबै अङ्गहरूका काम एउटै हुँदैन,
ROM 12:5 त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्‍टमा एउटै शरीर हौँ तथा सबै एक-अर्काका अङ्ग हौँ।
ROM 12:6 हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग विभिन्‍न वरदानहरू छन्। यदि कसैको अगमवाणी गर्ने वरदान छ भने त्यसले आफ्नो विश्‍वासअनुसार अगमवाणी गरोस्।
ROM 12:7 यदि सेवा गर्ने वरदान छ भने त्यसले सेवा गरिरहोस्; यदि शिक्षा दिने हो भने त्यसले शिक्षा दिइरहोस्;
ROM 12:8 यदि उत्साह दिने हो भने त्यसले उत्साह दिइरहोस्; यदि दान दिने वरदान हो भने उदारतासाथ देओस्; यदि अगुवाइ गर्ने वरदान हो भने परिश्रमसाथ अगुवाइ गरोस्; यदि कृपा देखाउने हो भने प्रसन्‍नतासाथ कृपा देखाओस्।
ROM 12:9 प्रेम निष्कपट हुनुपर्छ। दुष्‍टतालाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो।
ROM 12:10 एक-अर्कालाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा अरूलाई बढी आदर गर।
ROM 12:11 कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गरिरहो।
ROM 12:12 आशामा आनन्दित होओ; सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा विश्‍वासयोग्य होओ।
ROM 12:13 खाँचोमा परेका परमेश्‍वरका जनहरूसँग बाँडचुँड गर, र पाहुनासत्कार कायम राख।
ROM 12:14 तिमीहरूलाई सताउनेहरूलाई आशिष् देओ; तिनीहरूलाई आशिष् देओ, श्राप होइन।
ROM 12:15 आनन्द गर्नेहरूसँग आनन्दित होओ, र रुनेहरूसँग रोओ।
ROM 12:16 एक-अर्कासँग मिलेर बस। अहङ्कारी नहोओ, तर नम्र व्यक्तिहरूसँग सम्बन्ध राख्ने चाहना गर, र आफैँलाई बुद्धिमानी नसम्झ।
ROM 12:17 कसैसँग दुष्‍टताको बदला दुष्‍टता नगर। सबैका दृष्‍टिमा जे असल छ, त्यही गर्न ध्यान देओ।
ROM 12:18 सम्भव भएसम्म तिमीहरू सबैसँग शान्तिमा बस।
ROM 12:19 मेरा प्रिय मित्रहरू, बदला नलेओ; तर परमेश्‍वरको क्रोधका लागि छोडिदेओ। किनकि यसरी लेखिएको छ: “बदला लिने काम मेरो हो, म बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्छ।
ROM 12:20 तर यसको सट्टामा: “तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खाना देओ; यदि ऊ तिर्खाएको छ भने पिउनलाई केही देओ। यसो गर्‍यौ भने तिमीले त्यसको थाप्लोमा आगोको भुङग्रो राखे बराबर हुनेछ।”
ROM 12:21 खराबीद्वारा पराजित नहोओ, तर खराबीलाई भलाइले जित।
ROM 13:1 प्रत्येक व्यक्ति राज्यका अधिकारीहरूप्रति आज्ञाकारी होओ। किनकि परमेश्‍वरले नियुक्त गर्नुभएको अधिकारीबाहेक अरू कुनै अधिकारी हुँदैन। वर्तमान अधिकारीहरू सबै परमेश्‍वरबाटै नियुक्त भएका हुन्छन्।
ROM 13:2 फलस्वरूप, जसले अधिकारीहरूको विरोध गर्दछ, तिनीहरूले परमेश्‍वरले स्थापना गर्नुभएको कुराको विरोध गरेका हुन्छन्। यस्तो गर्नेहरूले आफूमाथि न्याय ल्याउनेछन्।
ROM 13:3 किनकि शासकहरू उचित काम गर्नेका निम्ति होइन, तर अनुचित काम गर्नेका निम्ति डरका कारण हुन्। अधिकारीको डरबाट तिमी स्वतन्त्र हुन चाहन्छौ? त्यसो भए उचित काम गर, र तिम्रो अधिकारीहरूबाट प्रशंसा पाउनेछौ।
ROM 13:4 किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्‍वरका सेवक हुन्। तर खराब काम गर्छौ भने डर मान। किनकि शासकहरूले व्यर्थैमा तरवार भिरेका हुँदैनन्। तिनीहरू परमेश्‍वरका सेवकहरू हुन्, जसले अनुचित काम गर्नेहरूमाथि परमेश्‍वरको क्रोध ल्याउँछन्।
ROM 13:5 यसकारण अधिकारीहरूका अधीनमा बस्‍नु आवश्यक छ। सजाय पाउने डरको कारणले मात्र होइन, तर विवेकको कारणले पनि तिनीहरूका अधीनमा रहनुपर्छ।
ROM 13:6 यही कारणले पनि तिमीहरू कर तिर्ने गर्छौ। किनकि अधिकारीहरू परमेश्‍वरका सेवकहरू हुन्, जसले शासनको निम्ति आफ्नो पूरा समय दिन्छन्।
ROM 13:7 तिमीले जसलाई दिनुपर्ने कुरा छ, चुक्ता गरिहाल: कर तिर्नुपर्दछ भने तिरीहाल; राजस्व दिनुपर्दछ भने देओ; यदि डर मान्‍नुपर्ने हो भने डर मान; यदि इज्जत गर्नुपर्ने हो भने इज्जत देओ।
ROM 13:8 पारस्परिक प्रेमबाहेक अरू कुनै कुराको निम्ति अरूको ऋणी नहोओ; किनकि जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्थालाई पूरा गरेको हुन्छ।
ROM 13:9 किनकि आज्ञाहरूले भन्छ: “व्यभिचार नगर्नू,” “मानव हत्या नगर्नू,” “चोरी नगर्नू,” “लोभ नगर्नू,” र अरू जस्तोसुकै आज्ञाहरू भए तापनि सारांशचाहिँ यही एउटा आज्ञाले समेटिन्छ, “तिम्रो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।”
ROM 13:10 प्रेमले छिमेकीलाई हानि पुर्‍याउँदैन। यसकारण प्रेम व्यवस्थाको पूर्ति हो।
ROM 13:11 वर्तमान समयलाई बुझ्दै यसो गर: तिम्रो लागि निद्राबाट जाग्ने समय अगिबाट नै आइसकेको छ। किनकि हामीले पहिला विश्‍वास गरेको समयभन्दा हाम्रो मुक्ति अझ नजिक आइपुगेको छ।
ROM 13:12 रात बित्न लागेको छ; मुक्तिको दिन एकदमै नजिक छ। यसकारण अब हामीले अन्धकारको कामलाई त्यागेर ज्योतिका हातहतियार धारण गरौँ।
ROM 13:13 दिनको उज्यालोमा झैँ, हामी असल चालचलनमा जिऔँ, मोजमस्तीमा र मतवालापनमा होइन, यौन अनैतिकतामा र भ्रष्‍ट आचरणमा होइन, झगडामा र डाहमा होइन।
ROM 13:14 बरु प्रभु येशू ख्रीष्‍टलाई धारण गरेर जिओ, र आफ्ना शारीरिक स्वभावका अभिलाषा कसरी पूरा गर्ने भनेर मन नलगाओ।
ROM 14:1 विश्‍वासमा कमजोर भएका अरू विश्‍वासीहरूलाई स्वीकार गर, तर उनीहरूका विचारमा विवाद र झगडा नगर।
ROM 14:2 कसैले हरेक थोक खान हुन्छ भनी विश्‍वास गर्छन्, तर कमजोरहरूले सागसब्जी मात्र खान्छन्।
ROM 14:3 सबै चीज खाने व्यक्तिले नखानेलाई तुच्छ नठानोस्, र सबै नखाने व्यक्तिले पनि सबै खानेलाई दोष नलाओस्। किनकि तिनीहरूलाई परमेश्‍वरले ग्रहण गर्नुभएको छ।
ROM 14:4 अर्काको सेवकलाई न्याय गर्ने तिमी को हौ र? त्यस सेवकको स्थिरता वा पतन त्यसको मालिकको हातमा निर्भर हुन्छ। तिनीहरू स्थिर रहनेछन्; किनकि प्रभु तिनीहरूलाई स्थिर गराउन सक्षम् हुनुहुन्छ।
ROM 14:5 कुनै व्यक्तिले कुनै दिनलाई अर्को दिनलाई भन्दा बढ्ता पवित्र ठान्छ भने अर्को व्यक्तिले चाहिँ प्रत्येक दिनलाई बराबर ठान्‍न सक्छ। प्रत्येक व्यक्ति यसबारे आफ्नो मनमा आफैँ पूरा निश्‍चिन्त हुनुपर्छ।
ROM 14:6 जसले एक दिनलाई अरू दिनभन्दा विशेष दिन ठान्छ, त्यसले त्यो प्रभुको निम्ति गर्दछ। जो मांसहारी छ, त्यसले त्यो प्रभुको निम्ति खान्छ, र प्रभुलाई धन्यवाद दिन्छ; र जो शाकाहारी छ, त्यसले त्यो प्रभुको निम्ति खाँदैन, र प्रभुलाई धन्यवाद दिन्छ।
ROM 14:7 किनकि हामी कोही पनि आफ्नो लागि मात्र जिउँदैनौँ र हामी कोही पनि आफ्नो लागि मात्र मर्दैनौँ।
ROM 14:8 यदि हामी जिउँछौँ त प्रभुको निम्ति जिउँछौँ; यदि मर्छौँ त प्रभुको निम्ति मर्छौँ। यसकारण हामी चाहे जिऔँ वा मरौँ, हामी प्रभुकै हौँ।
ROM 14:9 किनकि यही विशेष कारणले ख्रीष्‍ट मर्नुभयो, र फेरि पुनर्जीवित हुनुभयो, ताकि उहाँ जीवित र मृतक दुवैका प्रभु होऊन्।
ROM 14:10 तब तिमी किन आफ्नो दाजुभाइ वा दिदीबहिनीको न्याय गर्दछौ? अथवा तिनीहरूलाई किन तुच्छ ठान्दछौ? किनकि हामी सबै परमेश्‍वरको न्याय आसनको अगि उभिनेछौँ।
ROM 14:11 धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘म जीवित भएझैँ,’ प्रभु भन्‍नुहुन्छ, ‘मेरो सामु हरेक घुँडा टेकिनेछ; हरेक जिब्रोले परमेश्‍वरलाई स्वीकार गर्नेछ।’ ”
ROM 14:12 यसकारण हामी प्रत्येकले आफ्नो हिसाब परमेश्‍वरलाई दिनुपर्नेछ।
ROM 14:13 यसकारण हामी एक-अर्काको न्याय गर्न छोडौँ। बरु आफ्नो मनमा दाजुभाइ वा दिदीबहिनीको बाटोमा बाधा हुने वा ठेस लाग्ने कुनै चीज नराख्ने सोच गरौँ।
ROM 14:14 म जान्दछु, र प्रभु येशूमा निश्‍चित छु, कि कुनै पनि भोजन आफैँमा अशुद्ध हुँदैन। तर कसैले त्यो अशुद्ध देख्छ भने त्यसको निम्ति त्यो अशुद्ध हुनेछ।
ROM 14:15 यदि तिमीले खाएको कुराले तिम्रो दाजुभाइ वा दिदीबहिनीलाई उदास बनाउँछ भने तिमी प्रेममा जिएका छैनौ। तिमीहरूको भोजनको कारणले कसैलाई नाश नगर, जसको निम्ति ख्रीष्‍ट मर्नुभयो।
ROM 14:16 यसकारण तिमीलाई जे असल लाग्छ, त्यसलाई खराबीको रूपमा बोल्न नदेऊ।
ROM 14:17 किनकि परमेश्‍वरको राज्य खाने र पिउने कुराको बारेमा होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो।
ROM 14:18 किनभने जसले ख्रीष्‍टलाई यस प्रकारले सेवा गर्दछ, त्यसले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ र मानिसहरूबाट स्वीकृत हुन्छ।
ROM 14:19 हामी हर प्रयासले ती कुराहरूमा लागौँ, जसले शान्तिमा डोर्‍याउँछ र पारस्परिक उन्‍नति गराउँछ।
ROM 14:20 परमेश्‍वरको कामलाई भोजनको कारणले नाश नगर। सबै भोजन शुद्ध छन्, तर त्यो अर्को व्यक्तिलाई ठक्‍करको कारण बन्छ भने उसले यो खानु गलत हो।
ROM 14:21 मासु नखानू वा मद्य नपिउनू अथवा तिम्रो दाजुभाइ-दिदीबहिनीलाई ठेस लाग्ने कुनै पनि काम नगर्नू उचित हो।
ROM 14:22 यसकारण यसबारे तिमीहरू जे विश्‍वास गर्छौ, त्यो कुरा तिमी र परमेश्‍वरको बीचमा राख। त्यो मानिस धन्य हो, जसले आफूले स्वीकार गरेको कुराले आफूमाथि दोष ल्याउँदैन।
ROM 14:23 तर यदि कसैले शङ्का गरेर खायो भने त्यो दोषी ठहरिन्छ। किनकि उसले विश्‍वासद्वारा खाएको हुँदैन। जे कुरा विश्‍वासद्वारा आउँदैन, त्यो पाप हो।
ROM 15:1 हामी विश्‍वासमा बलियो हुनेहरूले दुर्बलहरूको असफलतालाई सहिदिनुपर्छ र आफूलाई मात्र प्रसन्‍न तुल्याउने हुनुहुन्‍न।
ROM 15:2 हामी प्रत्येकले आफ्नो छिमेकीलाई उनीहरूको भलाइ र उन्‍नतिको निम्ति प्रसन्‍न राख्नुपर्छ।
ROM 15:3 किनकि ख्रीष्‍ट आफैँले पनि आफूलाई प्रसन्‍न तुल्याउन जिउनुभएन, तर यसरी लेखिएको छ: “तिमीहरूलाई निन्दा गर्नेहरूको निन्दा ममाथि खनिएको छ।”
ROM 15:4 किनकि विगतमा जे लेखिए, त्यो हामीलाई शिक्षाका निम्ति लेखिएका थिए, ताकि हामीले धर्मशास्त्रहरूमा सिकाइएको धैर्यता र प्रोत्साहनको कारणले आशा प्राप्‍त गर्न सकौँ।
ROM 15:5 धैर्यता र प्रोत्साहन दिनुहुने परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूमा भएको मनजस्तै एक-अर्काप्रति एकताको मन देऊन्,
ROM 15:6 ताकि तिमीहरू एउटै मन र एउटै सोरमा हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरको महिमा गर्न सक।
ROM 15:7 जसरी ख्रीष्‍टले तिमीहरूलाई परमेश्‍वरको प्रशंसाका निम्ति ग्रहण गर्नुभयो, त्यसरी नै एक-अर्कालाई ग्रहण गर।
ROM 15:8 म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको सत्यताका लागि ख्रीष्‍ट यहूदीहरूको सेवा गर्न आउनुभयो, ताकि हाम्रा पूर्वजहरूलाई दिइएको प्रतिज्ञा निश्‍चित हुन सकोस्।
ROM 15:9 गैरयहूदीहरूले परमेश्‍वरको कृपाको लागि उहाँको महिमा गरून् भनेर यसरी लेखिएको छ: “यसकारण म गैरयहूदीहरूको बीचमा तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसा गाउनेछु।”
ROM 15:10 फेरि यसो भनिएको छ, “तिमी गैरयहूदीहरू, उहाँको प्रजासँग आनन्द मनाओ।”
ROM 15:11 अनि फेरि, “प्रभुको स्तुति गर; हे सबै गैरयहूदीहरू हो, र पृथ्वीका सबै जातिहरू हो, उहाँको प्रशंसा गर।”
ROM 15:12 अनि फेरि यशैयाले भन्दछन्, “यिशैको वंशमा एक जना सन्तान प्रकट हुनुहुनेछ, जो सबै राष्ट्रहरूमाथि शासन गर्न खडा हुनुहुनेछ; अनि उहाँमाथि गैरयहूदीहरूले आशा गर्नेछन्।”
ROM 15:13 उहाँमाथि विश्‍वास गरेको कारणले आशाका परमेश्‍वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक।
ROM 15:14 मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, म स्वयम् विश्‍वस्त छु, कि तिमीहरू भलाइमा पूर्ण, सबै ज्ञानले भरिएका र एक-अर्कालाई शिक्षा दिन निपूर्ण छौ।
ROM 15:15 तरै पनि मैले तिमीहरूलाई केही विषयमा साहसपूर्वक फेरि स्मरण गराउन लेखेको छु। किनभने प्रभुले मलाई अनुग्रह दिनुभएको छ
ROM 15:16 कि म गैरयहूदीहरूका लागि ख्रीष्‍ट येशूको सेवक हुन सकूँ। उहाँले मलाई परमेश्‍वरको सुसमाचार घोषणा गर्ने पुजारीको काम दिनुभएको छ, ताकि गैरयहूदीहरू पवित्र आत्माद्वारा शुद्ध पारिएका ग्रहणयोग्य भेटी हुन सकून्।
ROM 15:17 यसकारण मेरा परमेश्‍वरप्रतिको सेवामा म ख्रीष्‍ट येशूमा गर्व गर्छु।
ROM 15:18 मैले भनेका वचन र गरेका कामद्वारा गैरयहूदीहरूलाई परमेश्‍वरतर्फ आज्ञाकारी बनाउनका निम्ति ख्रीष्‍टले मद्वारा जे गर्नुभएको छ, त्योभन्दा बढी म अरू केही कुरा भन्‍ने आँट गर्दिनँ।
ROM 15:19 अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरूद्वारा परमेश्‍वरका आत्माको शक्तिद्वारा यी काम भए। यसकारण यरूशलेमदेखि इल्‍लिरिकमसम्म मैले ख्रीष्‍टको सुसमाचार पूर्ण रूपमा प्रचार गरेको छु।
ROM 15:20 मेरो सधैँ उत्कट इच्छा यही रहेको छ, कि ख्रीष्‍ट नचिनिएको ठाउँमा म सुसमाचार प्रचार गर्न सकूँ, ताकि कसैले बसालेको जगमा मैले काम गर्नु नपरोस्।
ROM 15:21 बरु यस्तो लेखिएको छ: “जसलाई उहाँको बारेमा बताइएन, उनीहरूले नै उहाँलाई देख्नेछन्; अनि जसले सुनेका छैनन्, तिनीहरूले नै बुझ्नेछन्।”
ROM 15:22 यही सेवकाइको कारण तिमीहरूकहाँ आउनलाई म प्रायः रोकिएको छु।
ROM 15:23 तर अहिले मेरो लागि यी क्षेत्रहरूमा काम गर्ने अरू ठाउँ नरहेको हुनाले र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने उत्कट इच्छा भएको कारण,
ROM 15:24 म स्पेन जाँदा तिमीहरूकहाँ आउने योजना गर्दैछु। तिमीहरूलाई भेट्ने आशा राखेको छु, र तिमीहरूसँग केही समय सङ्गतिको आनन्द लिएपछि मेरो यात्रामा तिमीहरूको सहयोगको चाहना गर्दछु।
ROM 15:25 तर अहिले म यरूशलेममा प्रभुका जनहरूका सेवा गर्नलाई जाँदैछु।
ROM 15:26 किनकि म्यासिडोनिया र अखैयाका विश्‍वासीहरूले यरूशलेममा भएका प्रभुका जनहरूमध्ये आर्थिक रूपमा कमजोरहरूका निम्ति भेटी दिएका छन्।
ROM 15:27 तिनीहरूलाई यसो गर्न खुशी लाग्यो र तिनीहरू यो भेटीका निम्ति उनीहरूका ऋणी छन्; किनकि यदि यहूदीहरूका आत्मिक आशिष्‌मा गैरयहूदीहरू पनि सहभागी भएका छन् भने गैरयहूदीहरूका भौतिक आशिष्‌मा यहूदीहरूलाई पनि सहभागी गराउनुपर्छ।
ROM 15:28 यो काम गरिसकेपछि र यो भेटी उनीहरूलाई सुम्पिसकेपछि म स्पेन जानेछु र त्यही बेला म तिमीहरूकहाँ आउनेछु।
ROM 15:29 म जान्दछु, जब म त्यहाँ आउँछु, तब ख्रीष्‍टका आशिष्‌को भरपूरीमा आउनेछु।
ROM 15:30 मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा र पवित्र आत्माको प्रेमद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, मेरा लागि परमेश्‍वरसँग प्रार्थनाद्वारा मेरा सङ्घर्षमा सहभागी बन।
ROM 15:31 यहूदियाका अविश्‍वासीहरूका बीचमा म सुरक्षित रहन सकूँ भनेर प्रार्थना गरिदेओ, र यरूशलेमको लागि मैले बोकेका भेटी त्यहाँका प्रभुका जनहरूका निम्ति स्वीकार्य होस्,
ROM 15:32 ताकि म परमेश्‍वरको इच्छा भएमा तिमीहरूकहाँ आनन्दसाथ आउन सकूँ र तिमीहरूको उपस्थितिद्वारा ताजा हुन सकूँ।
ROM 15:33 शान्तिका परमेश्‍वर तिमीहरू सबैसँग रहिरहून्! आमेन।
ROM 16:1 किंक्रिया मण्डलीकी सेविका हाम्री बहिनी फिबीको बारेमा म तिमीहरूका सामु प्रशंसा गर्दछु।
ROM 16:2 तिनलाई प्रभुमा उहाँका सन्तहरूलाई सुहाउने तरिकाले ग्रहण गर भनी म तिमीहरूलाई बिन्ती गर्दछु, र तिनलाई कुनै पनि कुरामा तिमीहरूको आवश्यकता पर्‍यो भने सहायता गर। किनकि तिनी म लगायत धेरैका निम्ति सहयोगी बनेकी छिन्।
ROM 16:3 ख्रीष्‍ट येशूमा मेरा सहकर्मी प्रिस्किला र अक्विलालाई अभिवादन छ।
ROM 16:4 तिनीहरूले मेरो निम्ति आफ्नो ज्यान जोखिममा पारेका थिए। म मात्र होइन, तर सारा गैरयहूदी मण्डलीहरू पनि तिनीहरूप्रति कृतज्ञ छन्।
ROM 16:5 तिनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि अभिवादन छ। इपेनितस मेरो प्रिय मित्र, जो एशियामा प्रभु ख्रीष्‍टमा आउने पहिलो विश्‍वासी थिए, उनलाई पनि अभिवादन भनिदेओ।
ROM 16:6 मरियमलाई पनि अभिवादन भनिदेओ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरिन्।
ROM 16:7 एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र सङ्गी कैदीहरूलाई पनि अभिवादन भनिदेओ। प्रेरितहरूका बीचमा तिनीहरू प्रख्यात छन्, र मभन्दा पहिले तिनीहरूले ख्रीष्‍टमा विश्‍वास गरेका थिए।
ROM 16:8 अम्प्लीआतस, प्रभुमा मेरा प्रिय मित्रलाई अभिवादन भनिदेओ।
ROM 16:9 ख्रीष्‍टमा मेरा सहकर्मी उर्बानस र मेरा प्रिय मित्र स्ताखुसलाई अभिवादन भनिदेओ।
ROM 16:10 ख्रीष्‍टमा दृढ र योग्य ठहरिएका अपेल्‍लेसलाई अभिवादन भनिदेओ। अरिस्तोबुलसको घरानाका सबैलाई अभिवादन भनिदेओ।
ROM 16:11 मेरा आफन्त, हेरोदियनलाई अभिवादन भनिदेओ। प्रभुमा भएका नर्किससका घरानाका सबैलाई अभिवादन भनिदेओ।
ROM 16:12 प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई पनि अभिवादन भनिदेओ। प्रभुमा ज्यादै परिश्रमी अर्की नारी मेरी प्रिय मित्र, परसीसलाई अभिवादन भनिदेओ।
ROM 16:13 प्रभुमा चुनिएका रूफसलाई र तिनकी आमा, जो मेरी पनि आमाझैँ हुन्, उनीहरूलाई पनि अभिवादन भनिदेओ।
ROM 16:14 असिंक्रितस, फ्लेगन, हर्मेस, पाट्रोबास, हर्मास र उनीहरूसँग रहने दाजुभाइ-दिदीबहिनीहरूलाई मेरो अभिवादन भनिदेओ।
ROM 16:15 फिलोलोगस, युलिया, नेरियस र तिनकी बहिनी तथा ओलिम्पास र उनीहरूसँग हुने प्रभुका सन्तहरूलाई अभिवादन भनिदेओ।
ROM 16:16 ख्रीष्‍टिय प्रेमसाथ एक-अर्कालाई अभिवादन गर। ख्रीष्‍टका मण्डलीका सबैले तिमीहरूलाई अभिवादन पठाएका छन्।
ROM 16:17 दाजुभाइ-दिदीबहिनीहरू हो, म बिन्ती गर्छु, तिमीहरूका बीचमा फाटो ल्याउने र तिमीहरूले सिकेका कुराको विरुद्ध बाधा पुर्‍याउनेहरूसँग होसियार बस। तिनीहरूसँग टाढा बस।
ROM 16:18 किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा होइन, तर आफ्नै स्वार्थ मात्र पूरा गर्दछन्। निर्दोष हृदय भएका मानिसहरूलाई तिनीहरूका चिप्लो र फुर्काउने कुराहरूले बहकाउँछन्।
ROM 16:19 तिमीहरूको आज्ञाकारिताबारे प्रत्येकले सुनेका छन्। तिमीहरूको कारण म आनन्दित छु; तर म तिमीहरू असल काममा बुद्धिमान् र दुष्‍ट काममा निर्दोष रहेको चाहन्छु।
ROM 16:20 शान्तिका परमेश्‍वरले चाँडै नै शैतानलाई तिमीहरूको खुट्टामुनि कुल्चाउनुहुनेछ। हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस्!
ROM 16:21 मेरा सहकर्मी तिमोथीले तिमीहरूलाई आफ्नो अभिवादन पठाएका छन्। अनि त्यसरी नै मेरा आफन्तहरू लुकियस, यासोन र सोसिपाटरले पनि अभिवादन पठाएका छन्।
ROM 16:22 म तर्तियस, पावलले भनेका कुरा यो पत्रमा लेख्ने व्यक्तिको पनि प्रभुमा सबैलाई अभिवादन पठाउँछु।
ROM 16:23 गायस, जसको पाहुनासत्कारले म र यहाँका पूरै मण्डली आनन्दित छौँ, उनले तिमीहरूलाई अभिवादन पठाएका छन्। यस सहरका कोषाध्यक्ष इरास्तस र हाम्रा भाइ क्वार्टसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्।
ROM 16:24 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसँग रहोस्! आमेन।
ROM 16:25 अब उहाँलाई नै, जसले मैले प्रचार गरेको येशू ख्रीष्‍टको सुसमाचारअनुसार तिमीहरूलाई दृढ पार्न सक्नुहुन्छ, त्यस रहस्यको प्रकाशअनुसार जुन सनातनदेखि गुप्‍त थियो;
ROM 16:26 तर अब अनन्तका परमेश्‍वरको आज्ञाअनुसार प्रकट गरिएको र अगमवक्ताहरूका लेखाइद्वारा थाहा गराइएको छ, ताकि सबै गैरयहूदीहरू विश्‍वासद्वारा आज्ञाकारी बनून्—
ROM 16:27 उही अद्वितीय सर्वज्ञानी परमेश्‍वरलाई येशू ख्रीष्‍टद्वारा सदासर्वदा महिमा भइरहोस्! आमेन।
1CO 1:1 पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित हुनलाई बोलाइएको र हाम्रो भाइ सोस्थेनसबाट,
1CO 1:2 कोरिन्थमा भएका परमेश्‍वरको मण्डलीलाई, जो ख्रीष्‍ट येशूमा पवित्र पारिएका छन्, जो उहाँका पवित्र प्रजा हुनलाई बोलाइएका छन् र अरू हरेक ठाउँमा भएका तिनीहरू सबैसँग जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाम पुकार्दछन्, जो हाम्रा र तिनीहरूका प्रभु हुनुहुन्छ:
1CO 1:3 हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति!
1CO 1:4 परमेश्‍वरको अनुग्रह ख्रीष्‍ट येशूमा तिमीहरूलाई दिइएको कारण म तिमीहरूका लागि परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु।
1CO 1:5 किनकि तिमीहरू उहाँमा हरेक प्रकारले धनी बनाइएका छौ—सबै प्रकारका वचनमा र सारा ज्ञानमा तिमीहरू उहाँमा धनी बनाइएका छौ।
1CO 1:6 तिमीहरूका बीचमा ख्रीष्‍टबारे हाम्रो गवाही पक्‍का भएको छ।
1CO 1:7 यसकारण हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुनलाई तिमीहरूले उत्सुकतासाथ प्रतीक्षा गरिरहँदा, तिमीहरूलाई कुनै आत्मिक वरदानको कमी हुनेछैन।
1CO 1:8 उहाँले तिमीहरूलाई अन्त्यसम्म बलवान् बनाई राख्नुहुनेछ, ताकि तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा निर्दोष ठहरिन सक।
1CO 1:9 परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टसँगको सङ्गतिमा तिमीहरूलाई बोलाउनुभएको छ।
1CO 1:10 दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको नाममा आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू एक-अर्काका कुरामा सहमत होओ, र तिमीहरूका बीचमा कुनै फाटो नहोस्; तर तिमीहरू एउटै मन र एउटै विचारमा पूर्ण रूपमा एक होओ।
1CO 1:11 मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, क्लोएका घरानाबाट कसैले मलाई खबर दिएको छ कि, तिमीहरूका बीचमा झैझगडा छ।
1CO 1:12 मैले भन्‍न चाहेको कुरा यो हो, तिमीहरूमध्ये कसैले, “म पावलको हुँ” अर्कोले “म अपोल्‍लोसको हुँ” अनि अर्कोले, “म पत्रुसको हुँ” अझ अर्कोले चाहिँ, “म ख्रीष्‍टको हुँ” भन्छौ रे।
1CO 1:13 के ख्रीष्‍ट विभाजित हुनुभएको छ र? के पावल तिमीहरूका लागि क्रूसमा टाँगिएको थियो र? के तिमीहरूले पावलको नाममा बप्‍तिस्मा लिएका थियौ र?
1CO 1:14 म परमेश्‍वरलाई धन्यवाद दिन्छु, किनकि मैले तिमीहरूमध्ये क्रिस्पस र गायसलाई बाहेक अरू कसैलाई पनि बप्‍तिस्मा दिइनँ।
1CO 1:15 यसकारण तिमीहरू कसैले पनि मेरो नाममा बप्‍तिस्मा लिएको हो भनी भन्‍न सक्दैनौ।
1CO 1:16 हो, मैले स्तिफनसको परिवारलाई चाहिँ बप्‍तिस्मा दिएको हुँ, त्यसबाहेक अरू कसैलाई पनि मैले बप्‍तिस्मा दिएको मलाई थाहा छैन।
1CO 1:17 किनकि ख्रीष्‍टले मलाई बप्‍तिस्मा दिनलाई होइन, तर सुसमाचार प्रचार गर्नलाई पठाउनुभएको हो, जुनचाहिँ मानवीय बुद्धिका शब्दहरूमा होइन, नत्रता ख्रीष्‍टको क्रूसको शक्ति व्यर्थ हुनेछ।
1CO 1:18 किनकि क्रूसको सन्देश नाश हुन गइरहेकाहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्‍वरको शक्ति हो।
1CO 1:19 किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “म बुद्धिमानीहरूका बुद्धिलाई नष्‍ट गर्नेछु; ज्ञानीहरूका ज्ञान व्यर्थ तुल्याइदिनेछु।”
1CO 1:20 बुद्धिमान् मानिस कहाँ छ? व्यवस्थाको शिक्षक कहाँ छ? यस युगको दर्शनशास्त्री कहाँ छ? के परमेश्‍वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएन र?
1CO 1:21 किनकि परमेश्‍वरको ज्ञानअनुसार संसारले आफ्नो बुद्धिद्वारा परमेश्‍वरलाई चिन्‍न नसकेकाले, प्रचार गरिएको सुसमाचारको मूर्खताद्वारा उहाँमाथि विश्‍वास गर्नेहरूलाई उद्धार गर्न परमेश्‍वरलाई असल लाग्यो।
1CO 1:22 यहूदीहरू अलौकिक चिन्हहरू खोजी गर्छन्, र ग्रीकहरू बुद्धिको खोजी गर्छन्।
1CO 1:23 तर हामी त क्रूसमा टाँगिनुभएको ख्रीष्‍टको प्रचार गर्दछौँ, जो यहूदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गा र गैरयहूदीहरूका निम्ति मूर्ख कुरा ठहरिनुभयो।
1CO 1:24 तर परमेश्‍वरद्वारा बोलाइएकाहरू यहूदी र ग्रीक दुवैका निम्ति ख्रीष्‍ट परमेश्‍वरको शक्ति र परमेश्‍वरको बुद्धि हुनुहुन्छ।
1CO 1:25 किनकि परमेश्‍वरको मूर्खता मानिसहरूको बुद्धिभन्दा श्रेष्‍ठ र परमेश्‍वरको दुर्बलता मानिसहरूको बलभन्दा धेरै शक्तिशाली हुन्छ।
1CO 1:26 दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको बोलावट हुँदा तिमीहरू कस्ता थियौ सो विचार गर; तिमीहरूमध्ये धेरै जना मानवीय नापअनुसार बुद्धिमान् थिएनौ; धेरै जना प्रभावशाली थिएनौ; धेरै जना जन्मँदा खानदानी थिएनौ।
1CO 1:27 तर बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्‍वरले संसारको दृष्‍टिमा मूर्ख ठहरिएकाहरूलाई चुन्‍नुभयो अनि शक्तिशालीहरूलाई शर्ममा पार्नलाई परमेश्‍वरले संसारका दृष्‍टिमा दुर्बल ठहरिएकाहरूलाई चुन्‍नुभयो।
1CO 1:28 परमेश्‍वरले संसारका नीच र तुच्छ गनिएका कुराहरू—कुनै पहिचान नै नभएका कुराहरूलाई चुन्‍नुभयो; ताकि संसारको दृष्‍टिमा महत्त्वपूर्ण ठानिएका कुराहरू व्यर्थ ठहरिउन्,
1CO 1:29 ताकि उहाँको सामु कसैले घमण्ड गर्न नपाओस्।
1CO 1:30 उहाँकै कारण तिमीहरू ख्रीष्‍ट येशूमा छौ, जो परमेश्‍वरबाट हाम्रा निम्ति बुद्धि, धार्मिकता, पवित्रता अनि छुटकारा हुनुभयो।
1CO 1:31 यसकारण धर्मशास्त्रमा यसरी लेखिएको छ, “घमण्ड गर्नेले प्रभुमा नै घमण्ड गरोस्।”
1CO 2:1 दाजुभाइ-दिदीबहिनीहरू हो, जब म तिमीहरूकहाँ आएँ, तब म मानिसको बुद्धि र चलाखीपूर्ण वचनमा आइनँ, तर मैले तिमीहरूलाई परमेश्‍वरको रहस्यको बारेमा गवाही दिँदै आएँ।
1CO 2:2 किनकि म तिमीहरूका बीचमा हुँदा येशू ख्रीष्‍ट र उहाँ क्रूसमा टाँगिनुभएको कुराबाहेक अरू केही कुरा नजान्‍ने निर्णय गरेँ।
1CO 2:3 म तिमीहरूकहाँ दुर्बलतामा साह्रै डर र कम्पसाथ आएँ।
1CO 2:4 मेरो शिक्षा बुद्धि र लोभ्याउने शब्दहरूमा थिएन, तर आत्मिक शक्तिको प्रदर्शनमा थियो;
1CO 2:5 ताकि तिमीहरूका विश्‍वास मानिसहरूका बुद्धिमा नभएर परमेश्‍वरको शक्तिमा आधारित होस्।
1CO 2:6 हामी परिपक्व भएकाहरूका बीचमा बुद्धिको सन्देश प्रचार गर्छौँ, तर यस युगको बुद्धि अथवा यस युगका शासकहरूको बुद्धि होइन, जो नाश भएर जानेछ।
1CO 2:7 तर हामी त परमेश्‍वरको लुकाएर राखिएको रहस्यमय बुद्धिबारे घोषणा गर्छौँ, जसलाई परमेश्‍वरले हाम्रो महिमाको लागि युगौँ भन्दा अगि नै निर्धारण गर्नुभएको थियो।
1CO 2:8 यस युगका कुनै शासकहरूले यसलाई बुझेनन्; किनकि यदि तिनीहरूले बुझेका भए महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्।
1CO 2:9 तापनि यसरी लेखिएको छ: “कुनै आँखाले नदेखेका, कुनै कानले नसुनेका, कुनै मानवीय मनमा नसोचिएका, यी कुराहरू परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।”
1CO 2:10 यी कुराहरू परमेश्‍वरले हामीलाई उहाँका आत्माद्वारा प्रकट गर्नुभएको छ। आत्माले सबै कुराहरू, परमेश्‍वरका गहिराइमा भएका कुराहरूलाई पनि खोजी गर्नुहुन्छ।
1CO 2:11 किनकि मानिसको आफूभित्रको आत्माले बाहेक अरू कसले तिनीहरूको विचारहरू जान्दछ र? त्यसरी नै परमेश्‍वरका विचारहरू परमेश्‍वरको आत्माले बाहेक कसैले जान्दैन।
1CO 2:12 हामीले पाएको आत्मा संसारको आत्मा होइन, तर परमेश्‍वरबाट पाएको आत्मा हो, ताकि परमेश्‍वरले हामीलाई सित्तैँमा दिनुभएका थोकहरू हामी बुझ्न सकौँ।
1CO 2:13 हामी जुन कुरा बोल्दछौँ, ती मानवीय बुद्धिद्वारा सिकाएका शब्दहरूमा होइन, तर आत्माद्वारा सिकाइएका शब्दहरूमा बोल्दछौँ, हामी आत्माले सिकाउनुभएका शब्दहरूमा आत्मिक सत्यताहरू व्याख्या गर्दछौँ।
1CO 2:14 जुन व्यक्तिसँग परमेश्‍वरको आत्मा हुँदैन, त्यसले परमेश्‍वरको आत्माबाट आएका कुराहरू स्वीकार गर्दैन, तर ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन्; र त्यसले ती कुराहरू बुझ्नै सक्दैन, किनकि ती कुराहरूको मूल्याङ्कन आत्मिक रीतिले मात्र हुँदछ।
1CO 2:15 आत्मिक व्यक्तिले सबै कुराहरूको मूल्याङ्कन गर्दछ, तर ऊचाहिँ कोहीद्वारा पनि मूल्याङ्कन गरिँदैन।
1CO 2:16 किनकि, “प्रभुको मनलाई कसले जानेको छ, र उहाँलाई कसले सिकाउन सक्छ?” तर हामीसँग ख्रीष्‍टको मन छ।
1CO 3:1 दाजुभाइ-दिदीबहिनीहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसँगझैँ बोल्न सकिनँ, तर सांसारिक मानिसहरूसँग अथवा ख्रीष्‍टमा दुधे बालकहरूसँगझैँ बोल्नुपर्‍यो।
1CO 3:2 मैले तिमीहरूलाई खँदिलो भोजन होइन, दूध खुवाएँ; किनकि तिमीहरू खँदिलो भोजनको लागि तयार थिएनौ। वास्तवमा अझ पनि तिमीहरू तयार छैनौ।
1CO 3:3 तिमीहरू अझै पनि सांसारिक नै छौ; किनकि तिमीहरूका बीचमा डाह र कलहहरू छन्। त्यसो भए के तिमीहरू सांसारिक होइनौ र? तिमीहरू संसारका मानिसहरूजस्तै चल्दैनौ र?
1CO 3:4 किनकि जब एउटाले “म पावलको हुँ,” अनि अर्कोले, “म अपोल्‍लोसको हुँ,” भन्छ भने के तिमीहरू केवल मानिसहरूजस्तै भएनौ र?
1CO 3:5 त्यसो हो भने अपोल्‍लोस को हुन्? अनि पावल को हो? केवल सेवकहरू हुन्, जसद्वारा तिमीहरूले सुसमाचारमा विश्‍वास गर्‍यौ; अनि प्रभुले हामीलाई काम दिएअनुसार पूरा गर्‍यौँ।
1CO 3:6 मैले बिउ रोपेँ, अपोल्‍लोसले पानी लगाए, तर परमेश्‍वरले नै त्यसलाई बढाउनुभएको हो।
1CO 3:7 यसकारण न रोप्ने केही हो, न त पानी हाल्ने केही हो; तर परमेश्‍वर मात्र महान् हुनुहुन्छ, जसले बढाउनुहुन्छ।
1CO 3:8 रोप्ने मानिस र पानी लगाउने मानिसको एउटै उद्देश्य हुन्छ, र प्रत्येकले आफ्नो परिश्रमअनुसारको इनाम पाउनेछ।
1CO 3:9 किनकि हामी परमेश्‍वरको सेवामा सहकर्मी हौँ; तिमीहरू परमेश्‍वरको खेतबारी र उहाँको भवन हौ।
1CO 3:10 परमेश्‍वरले मलाई दिनुभएको अनुग्रहद्वारा मैले एक जना सिपालु मिस्त्रीलेझैँ एउटा जग बसालेको छु; अनि अरू कसैले त्यसमाथि भवन बनाउँदै जान्छ। तर बनाउने प्रत्येकले होसियारीसाथ बनाउँदै जानुपर्छ।
1CO 3:11 तर जुन जग बसालिएको छ; त्यो जग स्वयम् येशू ख्रीष्‍ट हुनुहुन्छ; त्यसबाहेक कसैले अर्को जग बसाल्न सक्दैन।
1CO 3:12 यदि कसैले त्यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर केही बनाउँछ भने,
1CO 3:13 हरेकको काम कस्तो रहेछ भनी देखाइनेछ; किनकि त्यस दिनले हरेकका कामलाई ज्योतिमा ल्याउनेछ; अनि आगोद्वारा काम प्रकट हुनेछ, र हरेक मानिसको कामको गुण आगोद्वारा जाँच गरिनेछ।
1CO 3:14 यदि त्यसले बनाएको काम रहिरह्‍यो भने त्यस कामदारले इनाम पाउनेछ।
1CO 3:15 यदि त्यो काम जलेर नष्‍ट भयो भने कामदारले नोक्सानी उठाउनुपर्नेछ; तापनि आगोको ज्वालाबाट बाँचेझैँ आफूचाहिँ बाँच्नेछ।
1CO 3:16 के तिमीहरू आफैँ परमेश्‍वरको मन्दिर हौ र परमेश्‍वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भन्‍ने कुरा जान्दैनौ?
1CO 3:17 यदि कसैले परमेश्‍वरको मन्दिरलाई नष्‍ट गर्दछ भने परमेश्‍वरले त्यसलाई नष्‍ट गर्नुहुनेछ; किनभने परमेश्‍वरको मन्दिर पवित्र हुन्छ, जुन मन्दिरचाहिँ तिमीहरू नै हौ।
1CO 3:18 तिमीहरू आफैँलाई धोका नदेओ। यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगको नापअनुसार बुद्धिमान् सम्झन्छ भने तिमीहरू बुद्धिमान् हुनको लागि “मूर्ख” बन्‍नुपर्छ।
1CO 3:19 किनकि परमेश्‍वरको दृष्‍टिमा यस संसारको बुद्धि मूर्खता हो। यसरी लेखिएको छ: “उहाँले बुद्धिमान्‌लाई त्यसकै धूर्ततामा पक्रनुहुन्छ।”
1CO 3:20 अनि फेरि, “प्रभुले जान्‍नुहुन्छ कि बुद्धिमान्‌हरूका विचारहरू व्यर्थ हुन्।”
1CO 3:21 यसकारण कसैले मानवीय अगुवाहरूबारे घमण्ड नगर! सबै कुरा तिमीहरूकै हुन्,
1CO 3:22 चाहे पावल वा अपोल्‍लोस वा केफास वा जीवन वा संसार वा मृत्यु वा वर्तमान वा भविष्य—सबै तिमीहरूकै हुन्।
1CO 3:23 तिमीहरूचाहिँ ख्रीष्‍टका हौ, र ख्रीष्‍टचाहिँ परमेश्‍वरको हुनुहुन्छ।
1CO 4:1 यसरी तिमीहरूले हामीलाई ख्रीष्‍टका सेवकहरू र परमेश्‍वरका रहस्यका भण्डारे ठान्‍नुपर्छ।
1CO 4:2 भण्डारेहरू विश्‍वासयोग्य हुन आवश्यक छ।
1CO 4:3 यदि तिमीहरूद्वारा अथवा अरू मानवीय अदालतद्वारा मेरो न्याय हुन्छ भने यो मेरो लागि सानो कुरा हो। वास्तवमा म स्वयम् आफ्नो न्याय गर्दिनँ।
1CO 4:4 मेरो विवेक शुद्ध छ, तर पनि यसले मलाई निर्दोष ठहराउँदैन। मलाई न्याय गर्ने प्रभु हुनुहुन्छ।
1CO 4:5 यसकारण तोकिएको समयभन्दा पहिले न्याय नगर, प्रभु नआउन्जेल पर्ख। उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र मानिसका हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ। त्यस समय हरेकले प्रभुबाट प्रशंसा पाउनेछन्।
1CO 4:6 दाजुभाइ-दिदीबहिनीहरू हो, मैले तिमीहरूका भलाइको लागि यी कुराहरू आफू र अपोल्‍लोसलाई उदाहरणको रूपमा प्रयोग गरेको छु, ताकि हामीबाट तिमीहरूले भनाइको अर्थ सिक्न सक, “लेखिएको कुराभन्दा टाढा नजाओ।” तब तिमीहरू एउटाको विरुद्धमा अर्कोको अनुयायी भनी घमण्डले फुल्ने छैनौ।
1CO 4:7 कसले तिमीलाई अरूभन्दा श्रेष्‍ठ तुल्यायो? तिमीसँग परमेश्‍वरले नदिनुभएको के छ र? र यदि तिमीलाई सबै थोक परमेश्‍वरले दिनुभएको हो भने केही पनि नपाएको जस्तो गरी किन घमण्ड गर्दछौ?
1CO 4:8 तिमीहरूले चाहेका कुराहरू अगि नै पाइसकेका छौ! तिमीहरू धनी भइसकेका छौ! हामीविना नै तिमीहरू राजा भएका छौ। म तिमीहरू साँच्‍चै राजा भएर काम गरेको चाहन्छु, ताकि हामी पनि तिमीहरूसँगै राज्य गर्न सकौँ!
1CO 4:9 किनकि मलाई यस्तो लाग्छ, परमेश्‍वरले हामी प्रेरितहरूलाई मैदानमा दोष लगाएर मारिनलाई लगिएका मानिसहरूका ताँतीमा जस्तै पछिल्तिर प्रदर्शनको लागि राख्नुभएको छ। हामी सारा संसारका, स्वर्गदूतहरूका र मानव जातिहरूका अगाडि तमाशा बनाइएका छौँ।
1CO 4:10 हामी ख्रीष्‍टका निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमान् छौ। हामी दुर्बल छौँ, तर तिमीहरू बलवान् छौ! तिमीहरूले सम्मान पाएका छौ, तर हामीले अपमान।
1CO 4:11 अहिले पनि हामी भोकाएका र तिर्खाएका छौँ, हामी झुत्रे-झाम्रे छौँ, हामीलाई क्रूरतासाथ व्यवहार गरिन्छ र हामी घरविहीन छौ।
1CO 4:12 हामी आफ्नै हातले कठोर परिश्रम गर्छौँ। जब हामीलाई गिल्‍ला गरिन्छ, हामी आशिष् दिन्छौँ; जब हामीलाई सताइन्छ, हामी सहन्छौँ।
1CO 4:13 जब हामी निन्दित हुन्छौँ, नम्रतापूर्वक जवाफ दिन्छौँ। अहिले पनि हामी संसारका कसिङ्गर र फोहोर भएका छौँ।
1CO 4:14 मैले यी कुराहरू तिमीहरूलाई शर्ममा पार्नलाई होइनँ, तर मेरा प्यारा सन्तानलाईझैँ चेतावनी दिनलाई लेख्दैछु।
1CO 4:15 ख्रीष्‍टमा तिमीहरूका दश हजार अभिभावकहरू हुन सक्लान्, तिमीहरूका धेरै पिताहरू हुँदैनन्; किनकि ख्रीष्‍ट येशूमा सुसमाचारद्वारा म तिमीहरूका पिता भएको छु।
1CO 4:16 यसकारण म तिमीहरूलाई मेरो अनुकरण गर भनी बिन्ती गर्दछु।
1CO 4:17 यसैकारण मैले मेरो छोरा तिमोथी, जसलाई म प्रेम गर्छु, जो प्रभुमा विश्‍वासयोग्य छन्, तिनलाई तिमीहरूकहाँ पठाएको छु। तिनैले तिमीहरूलाई ख्रीष्‍ट येशूमा मेरो जीवन जिउने तरिका सम्झना गराउनेछन्, जुनचाहिँ सबै ठाउँहरूका सबै मण्डलीहरूमा मैले सिकाएबमोजिम छ।
1CO 4:18 म तिमीहरूकहाँ आउँदिनँ जस्तो ठानेर तिमीहरूमध्ये कति जना घमण्डी भएका छौ।
1CO 4:19 तर यदि प्रभुको इच्छा भयो भने म चाँडै आउनेछु र यी घमण्डी मानिसहरूले के भनिरहेका छन् भन्‍ने मात्र होइन, तर तिनीहरूसँग कस्तो शक्ति छ, त्यो पनि म पत्तो लगाउनेछु।
1CO 4:20 किनकि परमेश्‍वरको राज्य कुरा गराइमा होइन, तर शक्तिमा हुन्छ।
1CO 4:21 तिमीहरू के चाहन्छौ? के म तिमीहरूकहाँ अनुशासनको छडी लिएर आऊँ, वा प्रेममा र नम्रताको आत्मासाथ आऊँ?
1CO 5:1 वास्तवमा तिमीहरूका बीचमा यौन अनैतिकता छ भन्‍ने खबर छ, यस्तो कुरा त गैरयहूदीहरूले पनि सहँदैनन्: एउटा पुरुषले आफ्नै बुबाकी पत्नीसँग अवैध सम्बन्ध राख्छ।
1CO 5:2 अनि तिमीहरू घमण्ड गर्छौ! तिमीहरूले त यस्तो कुरामा दुःखित हुनुपर्ने र यस्तो गर्ने मानिसलाई तिमीहरूको सङ्गतिबाट निकालिदिनुपर्ने होइन र?
1CO 5:3 म शरीरमा तिमीहरूका बीचमा उपस्थित नभए तापनि आत्मामा म तिमीहरूसँगै छु। अनि म तिमीहरूसँग उपस्थित भएझैँ, यस्तो घिनलाग्दो काम गरिरहेको मानिसलाई मैले प्रभु येशूको नाममा अगि नै न्याय गरिसकेको छु।
1CO 5:4 जब तिमीहरू हाम्रा प्रभु येशूको नाममा भेला हुन्छौ, म आत्मामा तिमीहरूसँग हुन्छु, र हाम्रा प्रभु येशूको शक्तिको उपस्थिति त्यहाँ हुन्छ।
1CO 5:5 त्यस मानिसलाई शरीरको विनाशको निम्ति शैतानको हातमा सुम्पिदेओ, ताकि प्रभुको दिनमा उसको आत्माचाहिँ बाँचोस्।
1CO 5:6 तिमीहरूको घमण्ड राम्रो होइन। अलिकति खमिरले सबै पिठोको ढिकालाई खमिर बनाइदिन्छ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन?
1CO 5:7 पुरानो खमिरलाई फालिदेऊ, ताकि तिमीहरू खमिरविनाको नयाँ मुछेको ढिका बन्‍न सक, जुन वास्तवमा तिमीहरू हौ। किनकि हाम्रो निस्तार चाडको थुमा, ख्रीष्‍टको बलिदान भइसकेको छ।
1CO 5:8 यसकारण हामी कुकर्म र दुष्‍टतासहितको पुरानो खमिरको रोटीले होइन, तर निष्कपटता र सत्यताको अखमिरी रोटीले चाड मनाऔँ।
1CO 5:9 मेरो पत्रमा तिमीहरूलाई यौन अनैतिक व्यक्तिहरूको सङ्गत नगर्नू भनी मैले लेखेको थिएँ;
1CO 5:10 तर त्यसको अर्थ यस संसारका अनैतिक व्यक्तिहरू, लोभीहरू र ठगहरू अथवा मूर्तिपूजकहरूसँग सङ्गत नगर्नू भनेको चाहिँ होइन। त्यसो भए त तिमीहरूले यो संसारै छोडेर जानुपर्ने हुन्छ।
1CO 5:11 तर अहिले म तिमीहरूलाई यो लेखिरहेको छु, तिमीहरूले यस्तो व्यक्तिसँग सङ्गत नगर, जो विश्‍वासी भनी दाबी त गर्छ, तर पनि यौन अनैतिक वा लोभी, मूर्तिपूजक वा गाली गर्ने, मतवाला वा ठगी छ। त्यस्तो व्यक्तिसँग खाँदै नखानू।
1CO 5:12 मण्डली बाहिर रहेकाहरूलाई न्याय गर्नु मलाई के खाँचो छ? तर के तिमीहरूले मण्डली भित्रकाहरूलाई न्याय गर्नुपर्दैन?
1CO 5:13 परमेश्‍वरले नै बाहिरकाहरूलाई न्याय गर्नुहुनेछ। “दुष्‍ट मानिसलाई तिमीहरूका बीचबाट निकालिदेओ।”
1CO 6:1 यदि तिमीहरूमध्ये कसैको अर्को व्यक्तिसँग विवाद छ भने के तिमीहरूले न्यायका निम्ति प्रभुका जनहरूकहाँ नगएर सांसारिक न्यायाधीशकहाँ जाने आँट गर्दछौ?
1CO 6:2 प्रभुका जनहरूले संसारको न्याय गर्नेछन् भन्‍ने के तिमीहरू जान्दैनौ? यदि तिमीहरूद्वारा संसारको न्याय हुन्छ भने के तिमीहरूमा यस्तो स-साना मुद्दा-ममिलाहरूको न्याय गर्ने क्षमता छैन र?
1CO 6:3 हामीहरूले स्वर्गदूतहरूको न्याय गर्नेछौँ, के तिमीहरू यो कुरा जान्दैनौ? त्यसो भए हाम्रो यस जीवनमा हुने यी कुराहरू कति नै ठूला हुन् र?
1CO 6:4 यसकारण तिमीहरूमा यस्ता विवादका मुद्दाहरू छन् भने मण्डलीमा कुनै असल गवाही नभएकाहरूलाई न्याय गर्नका निम्ति बिन्ती गर्छौ र?
1CO 6:5 मैले तिमीहरूलाई लाज लागोस् भनेर यो कुरा भनेको हुँ। के तिमीहरूका बीचमा विश्‍वासीहरू बीचको वाद-विवाद मिलाउन सक्ने बुद्धिमान् व्यक्ति कोही छैन?
1CO 6:6 तर यसको सट्टामा एउटा भाइ अर्को भाइको विरुद्धमा अदालतमा जान्छौ, र त्यो पनि अविश्‍वासीहरूको सामु!
1CO 6:7 तिमीहरूका बीचमा मुद्दा-मामिला हुनुको अर्थ तिमीहरूको हार पूर्ण रूपमा पहिले नै भइसकेको छ। बरु तिमीहरूले अन्याय किन सहँदैनौ? बरु आफू ठगिएर नै किन बस्दैनौ?
1CO 6:8 तर यसको सट्टामा तिमीहरू स्वयम् अन्याय गर्दछौ, र ठग्दछौ। अनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई त्यही गर्दछौ।
1CO 6:9 दुष्‍ट काम गर्नेहरू परमेश्‍वरको राज्यको उत्तराधिकारी हुनेछैनन् भनेर के तिमीहरूलाई थाहा छैन? धोकामा नपर: न यौन अनैतिक व्यक्तिहरू, न मूर्तिपूजकहरू, न व्यभिचारीहरू, न समलिङ्गीहरू,
1CO 6:10 न चोरहरू, न लोभीहरू, न मतवालाहरू, न निन्दा गर्नेहरू, न त लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछन्।
1CO 6:11 तिमीहरूमध्ये कति जना यस्तै थियौ। तर तिमीहरू हाम्रा परमेश्‍वरको आत्माद्वारा र प्रभु येशू ख्रीष्‍टको नाममा धोइएका छौ; तिमीहरू पवित्र पारिएका छौ र निर्दोष ठहराइएका छौ।
1CO 6:12 “मेरो लागि सबै कुरा उचित छन्” तिमी भन्दछौ—तर सबै कुरा लाभदायक छैनन्। “मेरो लागि सबै कुरा उचित छन्,” तर म कुनै कुराको पनि सेवक हुनेछैनँ।
1CO 6:13 तिमी भन्दछौ, “पेटको निम्ति भोजन र भोजनको निम्ति पेट, तर परमेश्‍वरले यी दुवैलाई नष्‍ट गर्नुहुनेछ।” हाम्रो शरीर यौन अनैतिकताको निम्ति होइन, तर प्रभुको सेवाको निम्ति हो; अनि प्रभुले हाम्रो शरीरको वास्ता गर्नुहुन्छ।
1CO 6:14 परमेश्‍वरले आफ्नो शक्तिद्वारा प्रभु येशूलाई मृत्युबाट पुनर्जीवित पार्नुभयो, र उहाँले आफ्नो शक्तिद्वारा हामीलाई पनि जीवित पार्नुहुनेछ।
1CO 6:15 के तिमीहरूलाई थाहा छैन, तिमीहरूका शरीर ख्रीष्‍टका अङ्गहरू हुन्? त्यसो भए के म ख्रीष्‍टका अङ्गहरूलाई लिएर वेश्यासँग एक बनाउने त? कदापि हुँदैन!
1CO 6:16 के तिमीहरूलाई थाहा छैन, जसले आफूलाई वेश्यासँग जोड्छ, ऊ त्यो वेश्यासँग शरीरमा पनि एक हुन्छ? किनकि यसरी लेखिएको छ, “ती दुई एउटै शरीर हुनेछन्।”
1CO 6:17 तर जसले आफूलाई प्रभुसँग जोडेको हुन्छ, त्यो आत्मामा उहाँसँग एक भएको हुन्छ।
1CO 6:18 तिमीहरू यौन अनैतिकताबाट अलग बस। अरू सबै पापहरू मानिसले आफ्नो शरीर बाहिर गर्छ, तर जसले यौन सम्बन्धमा पाप गर्छ, त्यसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ।
1CO 6:19 के तिमीहरू जान्दैनौ, तिमीहरूका शरीर पवित्र आत्माको मन्दिर हो, उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ र उहाँलाई तिमीहरूले परमेश्‍वरबाट प्राप्‍त गरेका छौ? तिमीहरू आफ्नै होइनौ;
1CO 6:20 किनभने तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण आफ्नो शरीरद्वारा परमेश्‍वरको आदर गर।
1CO 7:1 अब यी कुराहरू तिमीहरूले लेखेको विषयमा छ: “पुरुषले स्त्रीलाई स्पर्श नगरेकै असल हो।”
1CO 7:2 तर पनि यौन अनैतिकता धेरै भइरहेको कारण हरेक पुरुषले आफ्नै पत्नीसँग यौन सम्बन्ध राखोस्, र हरेक स्त्रीले पनि आफ्नै पतिसँग यौन सम्बन्ध राखोस्।
1CO 7:3 पतिले आफ्नो पत्नीसँगको वैवाहिक कर्तव्य पूरा गरोस्। यसरी नै पत्नीले पनि पतिसँगको वैवाहिक कर्तव्य पूरा गरोस्।
1CO 7:4 पत्नीको आफ्नै शरीरमाथि अधिकार हुँदैन, तर पतिको अधिकारमा हुन्छ। यसरी नै पतिको पनि आफ्नै शरीरमाथि अधिकार हुँदैन, तर पत्नीको अधिकारमा हुन्छ।
1CO 7:5 पति-पत्नीले आफ्नो यौन सम्बन्धमा एक-अर्कालाई इन्कार नगर। तर पारस्परिक सहमतिअनुसार र केही समय प्रार्थनाको लागि बाहेक अलग नहोओ; ताकि तिमीहरू प्रार्थनाको लागि समर्पित हुन सक। त्यसपछि फेरि तिमीहरू एकसाथ होओ; ताकि तिमीहरूका आत्मसंयमको अभावको कारण शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्।
1CO 7:6 म यो तिमीहरूलाई आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दैछु।
1CO 7:7 तिमीहरू सबै जना मजस्तै रहेको म चाहन्छु; तर परमेश्‍वरबाट तिमी हरेकले आफ्नै प्रकारको वरदान पाएका छौ; एउटासँग एक प्रकारको वरदान छ भने अर्कोसँग अर्कै प्रकारको वरदान छ।
1CO 7:8 अब अविवाहित र विधवाहरूलाई म यो भन्‍न चाहन्छु: तिनीहरूले मजस्तै विवाह नगरी बसेको असल हुन्छ।
1CO 7:9 तर यदि तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्; किनकि कामवासनामा जल्नुभन्दा त विवाह गर्नु असल हुन्छ।
1CO 7:10 विवाहितहरूलाई म यो आज्ञा दिन्छु; मबाट होइन, तर प्रभुबाट: पत्नी आफ्ना पतिबाट अलग भएर नबसोस्।
1CO 7:11 तर यदि अलग बस्‍न चाहन्छिन् भने विवाह नगरी बसोस्; नत्रता फेरि पतिसँग मिलाप गरेर बसोस्। अनि पतिले पनि आफ्नी पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्।
1CO 7:12 अरू बाँकी रहेकाहरूलाई म यो भन्‍न चाहन्छु; प्रभुबाट होइन, तर म आफैँबाट: यदि ख्रीष्‍टमा कुनै विश्‍वासी भाइको विश्‍वास नगर्ने पत्नी छ, र पतिसँग बस्‍न चाहन्छे भने उसले पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्।
1CO 7:13 अनि यदि ख्रीष्‍टमा कुनै विश्‍वासी स्त्रीको विश्‍वास नगर्ने पति छ, र पत्नीसँग बस्‍न चाहन्छ भने उसले पतिसँग सम्बन्ध-विच्छेद नगरोस्।
1CO 7:14 किनकि विश्‍वास नगर्ने पति पत्नीद्वारा पवित्र तुल्याइएको हुन्छ र विश्‍वास नगर्ने पत्नी उसको विश्‍वासी पतिद्वारा पवित्र तुल्याइएकी हुन्छे। नत्रता तिनीहरूका सन्तान अशुद्ध हुनेथिए; तर अब तिनीहरू पवित्र छन्।
1CO 7:15 तर यदि अविश्‍वासी पति वा पत्नी अलग रहन चाहन्छन् भने ती अलग रहन सक्छन्। यस्तो परिस्थितिमा विश्‍वास गर्ने पुरुष वा स्त्री कुनै बन्धनमा रहँदैनन्; परमेश्‍वरले हामीलाई शान्तिमा रहन बोलाउनुभएको छ।
1CO 7:16 हे पत्नी, तिमीलाई के थाहा, सायद तिमीले आफ्ना पतिलाई बचाउन सक्छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि?
1CO 7:17 प्रभुले हरेक व्यक्तिलाई जस्तो अवस्थामा राख्नुभएको छ, तथा जुन रूपमा बोलाउनुभएको छ, त्यही अवस्थामा विश्‍वासी भएर जिउनुपर्दछ। म यही नियम सबै मण्डलीहरूका लागि राख्दछु।
1CO 7:18 कुनै मानिसको बोलावट हुँदा उसको अगिबाटै खतना भइसकेको थियो भने उसले बेखतना हुनुपर्दैन। कुनै मानिसको बोलावट हुँदा खतना नभएको हो भने उसले खतना नगरोस्।
1CO 7:19 खतना र बेखतना महत्त्वपूर्ण कुरा होइन, तर परमेश्‍वरको आज्ञापालन गर्नुचाहिँ महत्त्वपूर्ण कुरा हो।
1CO 7:20 हरेक व्यक्ति परमेश्‍वरले बोलाउनुहुँदा जस्तो अवस्थामा थियो, त्यसै अवस्थामा रहिरहोस्।
1CO 7:21 तिमीहरूको बोलावट हुँदा के तिमीहरू सेवक थियौ? यो कुराको चिन्ता नगर; तर तिमीले स्वतन्त्र हुने मौका पायौ भने त्यसको सदुपयोग गर।
1CO 7:22 किनकि जब प्रभुमा बोलावट पाउँदा कोही व्यक्ति सेवक थियो भने अब ऊ प्रभुको स्वतन्त्र पारिएको मानिस हो; त्यसरी नै जब कोही व्यक्ति बोलावट हुँदा स्वतन्त्र मानिस थियो भने अब ऊ ख्रीष्‍टको सेवक हो।
1CO 7:23 तिमीहरू मोल तिरेर किनिएका हौ; तिमीहरू मानिसहरूका सेवक नबन।
1CO 7:24 दाजुभाइ-दिदीबहिनीहरू हो, प्रत्येक व्यक्ति परमेश्‍वरप्रति जिम्मेवार भई, जसले जुन अवस्थामा परमेश्‍वरबाट बोलावट पाएको छ, त्यही अवस्थामा रहिरहोस्।
1CO 7:25 अब कन्याहरूको विषयमा: मैले प्रभुबाट केही आज्ञा त पाएको छैन; तर प्रभुको कृपा पाएर विश्‍वासयोग्य भएको कारणले म यो सल्‍लाह दिन्छु।
1CO 7:26 किनभने वर्तमान समयको सङ्कष्‍टको कारणले गर्दा मेरो विचारमा जुन व्यक्ति जस्तो छ, त्यस्तै अवस्थामा रहनु असल हुन्छ।
1CO 7:27 यदि तिमी विवाहित छौ भने आफ्नी पत्नीलाई नत्याग। यदि तिमी अविवाहित छौ भने विवाह गर्न नखोज।
1CO 7:28 तर यदि तिमीले विवाह गर्‍यौ भने पनि तिमीले पाप गरेका हुँदैनौ; अनि एउटी कन्याले विवाह गरी भने तापनि त्यसले पाप गरेकी हुँदिन। तर जसले विवाह गर्छन्, तिनीहरूले यस जीवनमा धेरै दुःखको सामना गर्नुपर्नेछ, र म तिमीहरूलाई यसबाट जोगाउन चाहन्छु।
1CO 7:29 दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो भनाइको तात्पर्य यो हो, समय थोरै छ। अब उसो पत्नी हुनेहरू पत्नी नभएकाहरूजस्तै भएर जिऊन्;
1CO 7:30 शोक गर्नेहरू, शोक नगर्नेहरूजस्ता होऊन्; आनन्दित हुनेहरू, आनन्दित नहुनेहरूजस्ता होऊन्; किन्‍नेहरू पनि आफूसित केही थोक नभएकाहरूजस्ता होऊन्;
1CO 7:31 संसारका कुराहरू प्रयोग गर्नेहरू, तिनमा रुचि नलिनेहरूजस्ता होऊन्। किनकि यो संसारको वर्तमान रूप बितिरहेको छ।
1CO 7:32 म यही चाहन्छु, तिमीहरू निस्फिक्री होओ। अविवाहित मानिसले प्रभुलाई कसरी प्रसन्‍न पारूँ भनी प्रभुकै बारेमा फिक्री राख्दछ।
1CO 7:33 तर विवाहित मानिसले आफ्नी पत्नीलाई कसरी प्रसन्‍न राखूँ भनी संसारकै बारेमा रुचि राख्दछ।
1CO 7:34 अनि उसका रुचिहरू विभाजित हुन्छन्। अविवाहित स्त्री अथवा कन्याले परमेश्‍वरको कामबारे रुचि राख्छे: उसको उद्देश्य शरीर र आत्मा दुवैबाट प्रभुमा पवित्र रहने हुन्छ। तर विवाहित स्त्रीले आफ्नो पतिलाई कसरी प्रसन्‍न राखूँ भनी संसारकै कुराहरूको रुचि राख्छे।
1CO 7:35 यो तिमीहरूकै भलाइको लागि भन्दछु, तिमीहरूलाई प्रतिबन्ध लाउनलाई होइन; ताकि तिमीहरू प्रभुको पूर्ण भक्तिमा जीवन बिताउन सक।
1CO 7:36 यदि कसैले आफूले मगनी गरेको कन्यासँग अनुचित व्यवहार गरेझैँ लाग्छ भने, र त्यस कन्याको उमेर पनि ढल्कँदैगएको छ भने, र उसलाई विवाह गर्नुपर्छ झैँ लाग्छ भने उसले आफूले चाहेझैँ विवाह गरोस्; यसमा उसले कुनै पाप गरेको हुँदैन; तिनीहरूले विवाह गर्नुपर्छ।
1CO 7:37 तर जुन मानिसले आफ्नो मनमा यो विषय समाधान गरिसकेको छ, जो कुनै करकापमा परेको छैन; तर आफ्नो इच्छालाई वशमा राख्न सक्छ, र जसले कन्यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ भने यस्तो मानिसले पनि असल गर्दछ।
1CO 7:38 यसकारण जसले त्यस कन्यालाई विवाह गर्छ, उसले सही गर्छ; तर जसले उसलाई विवाह गर्दैन, उसले अझ असल गर्छ।
1CO 7:39 एउटी स्त्री आफ्नो पति बाँचुन्जेल उसको अधीनमा हुन्छे। तर यदि पति मर्‍यो भने उसले आफूले चाहेको व्यक्तिसँग विवाह गर्न सक्छे; तर त्यो मानिस प्रभुमा विश्‍वास गर्ने हुनुपर्छ।
1CO 7:40 मेरो विचारमा यदि ऊजस्तो छे, त्यस्तै अवस्थामा रही भने झन् सुखी हुन्छे; अनि मलाई लाग्छ, तिमीहरूलाई यो सल्‍लाह दिँदा परमेश्‍वरको आत्माले मलाई अगुवाइ गर्दै हुनुहुन्छ।
1CO 8:1 अब मूर्तिहरूलाई चढाइएका खानेकुराको विषयमा: हामी जान्दछौँ, “हामी सबैसित ज्ञान छ।” ज्ञानले घमण्ड ल्याउँछ, तर प्रेमले चाहिँ उन्‍नति गराउँछ।
1CO 8:2 यदि कसैले केही जान्दछु भनी ठान्दछ भने वास्तवमा उसले जान्‍नुपर्ने जति अझै जानेको हुँदैन।
1CO 8:3 तर जो व्यक्तिले परमेश्‍वरलाई प्रेम गर्छ, त्यो परमेश्‍वरद्वारा चिनिएको हुन्छ।
1CO 8:4 यसकारण मूर्तिहरूलाई चढाएको खानेकुराको विषयमा हेरौँ: हामी जान्दछौ कि “यस संसारमा मूर्तिहरू केही पनि होइनन्” र “एकबाहेक अरू कोही परमेश्‍वर छैन।”
1CO 8:5 तर पनि आकाश वा पृथ्वीमा धेरै देवता भनिनेहरू छन्; साँच्‍चै धेरै “देवताहरू” र धेरै “प्रभुहरू” छन्,
1CO 8:6 तर हाम्रा निम्ति परमेश्‍वर पिता एउटै हुनुहुन्छ, जसद्वारा सबै थोकहरू अस्तित्वमा आएका छन्, र जसको निम्ति हामी जिउँछौ; र एउटै प्रभु हुनुहुन्छ अर्थात् येशू ख्रीष्‍ट, जसद्वारा सबै कुराहरू सृष्‍टि भएका हुन्, र जसद्वारा हामी जिउँछौँ।
1CO 8:7 तर सबैलाई यो ज्ञान छैन। केही मानिसहरूलाई मूर्तिहरूमा यतिसम्म बानी बसेको हुन्छ, कि जब तिनीहरूले मूर्तिलाई बलि चढाएको भोजन खान्छन्, तब तिनीहरूले देवतालाई चढाएको चीज सम्झी खान्छन्। तिनीहरूको विवेक दुर्बल भएको कारणले अशुद्ध हुन्छ।
1CO 8:8 तर भोजनले हामीलाई परमेश्‍वरको नजिक ल्याउँदैन। त्यो नखाँदैमा कुनै हानि छैन, र खाँदैमा पनि कुनै लाभ छैन।
1CO 8:9 तर होसियार रहो, नत्रता तिमीहरूको यो स्वतन्त्रता कमजोर विवेक हुनेहरूलाई ठेसको कारण बन्‍न जाला।
1CO 8:10 किनकि यदि कमजोर विवेक भएको व्यक्तिले तिमीहरू ज्ञान भएकाहरूलाई मूर्तिहरू भएको मन्दिरमा खाँदैगरेको देख्यो भने के त्यसले पनि मूर्तिलाई चढाएको कुरा खान साहस गर्दैन र?
1CO 8:11 यसकारण तिमीहरूको ज्ञानको कारण त्यो कमजोर दाजुभाइ वा दिदीबहिनीहरू नष्‍ट नहोस्, जसका निम्ति ख्रीष्‍ट मर्नुभयो।
1CO 8:12 जब तिमीहरू उनीहरूका विरुद्धमा यसरी पाप गर्दछौ; उनीहरूका कमजोर विवेकलाई चोट पार्दछौ, तब तिमीहरूले ख्रीष्‍टको विरुद्धमा पाप गर्दछौ।
1CO 8:13 यसकारण यदि म जे खान्छु, त्यसले मेरो दाजुभाइ वा दिदीबहिनीहरूलाई पाप गर्न लगाउँछ भने म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म तिनीहरूको पतन हुने कारण नबनूँ।
1CO 9:1 के म स्वतन्त्र छैनँ? के म प्रेरित होइनँ? के मैले हाम्रा प्रभु येशूलाई देखेको छैनँ? के तिमीहरू प्रभुमा मेरो कामको फल होइनौ र?
1CO 9:2 म अरूका निम्ति प्रेरित होइनँ भने तापनि तिमीहरूको लागि निश्‍चय नै हुँ! किनकि प्रभुमा मेरो प्रेरितीयपनको छाप त तिमीहरू नै हौ।
1CO 9:3 जसले मेरो बारेमा आलोचना गर्दछन्, उनीहरूलाई प्रतिवादमा मेरो जवाफ यही हो:
1CO 9:4 के हामीलाई खाने र पिउने अधिकार छैन र?
1CO 9:5 के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले जस्तै हामीलाई पनि आफूसँग आफ्नी विश्‍वासी पत्नीलाई लिएर हिँड्ने अधिकार छैन र?
1CO 9:6 अथवा के बारनाबास र मलाई मात्र जीविका चलाउनका निम्ति काम गर्नुपर्ने हो?
1CO 9:7 आफ्नै खर्चमा सिपाही भएर कसले काम गर्छ र? कसले दाखबारी लगाएर त्यसको फलबाट खाँदैन र? कसले भेडाको बथान पालेर त्यसको दूध पिउँदैन र?
1CO 9:8 के मैले यो साधारण मानव दृष्‍टिकोणले मात्र भनेको हुँ र? के व्यवस्थाले पनि यही कुरा भन्दैन र?
1CO 9:9 किनकि मोशाको व्यवस्थामा यसरी लेखिएको छ: “अन्‍नबाली दाइँ गर्दा गोरुको मुखमा मोहोलो नलगाउनू।” के गोरुहरूका बारेमा मात्र परमेश्‍वरले वास्ता राख्नुहुन्छ?
1CO 9:10 के उहाँले विशेष गरी यो हाम्रा निम्ति भन्‍नुभएको होइन र? हो, यो हाम्रा निम्ति नै लेखिएको थियो; किनभने जोत्ने र दाइँ गर्नेले फसलको केही हिस्सा पाउने आशामा नै जोत्छ र दाइँ गर्दछ।
1CO 9:11 यदि हामीले तिमीहरूका बीचमा आत्मिक बिउ छरेका छौँ भने तिमीहरूबाट भौतिक थोकको कटनीको आशा गर्नु के यो ठूलो कुरा हो र?
1CO 9:12 यदि तिमीहरूबाट अरूले भौतिक सहयोग पाउने अधिकार छ भने के हामीलाई तिमीहरूबाट त्योभन्दा बढी भौतिक सहयोग पाउने अधिकार छैन र? तरै पनि हामीले यस अधिकारको प्रयोग गरेका छैनौँ। बरु ख्रीष्‍टको सुसमाचार प्रचारमा बाधा नपुगोस् भनेर हामीले सबै कुरा सहेका छौँ।
1CO 9:13 के तिमीहरूलाई थाहा छैन? मन्दिरमा काम गर्नेहरूले मन्दिरबाट नै खान पाउँछन्, र वेदीमा काम गर्नेहरूले वेदीमा चढाएका चीजहरूबाट हिस्सा लिन्छन्।
1CO 9:14 यसै प्रकारले सुसमाचार प्रचार गर्नेले आफ्नो जीविका सुसमाचारबाटै चलाओस् भनी परमेश्‍वरले आज्ञा गर्नुभएको छ।
1CO 9:15 तर मैले यी कुनै अधिकारहरू प्रयोग गरेको छैनँ। अनि यी सबै कुराहरू तिमीहरूले मेरा लागि यसरी नै गर भन्‍ने आशाले मैले यी कुराहरू लेखेको पनि होइनँ। किनकि मेरो गर्व गर्ने कारण कसैलाई खोस्‍ने अनुमति दिनुभन्दा बरु मेरा निम्ति मर्न असल हुनेछ।
1CO 9:16 किनकि जब म सुसमाचार सुनाउँछु, मैले घमण्ड गर्ने ठाउँ छैन; किनभने म प्रचार गर्न बाध्य छु। मलाई धिक्‍कार छ यदि मैले सुसमाचार प्रचार गरिनँ भने!
1CO 9:17 यदि मैले आफ्नो इच्छाअनुसार प्रचार गरेँ भने मेरो निम्ति इनाम छ। यदि मैले आफ्नो इच्छाले प्रचार गरिनँ भने मैले ममाथि दिइएको जिम्मेवारी मात्र गरिरहेको हुन्छु।
1CO 9:18 त्यसो भए मेरो इनाम के हो त? यही नै हो कि मैले सुसमाचार प्रचार गर्दा सुसमाचारलाई सित्तैँमा प्रचार गर्न पाऊँ, र सुसमाचार प्रचारकको रूपमा मैले पूर्ण अधिकार प्रयोग गर्न नपरोस्।
1CO 9:19 म कुनै मानिसको अधीनमा नभई सबैबाट स्वतन्त्र भए तापनि धेरैलाई जित्न सकूँ भनेर मैले आफूलाई हरेक व्यक्तिको सेवक तुल्याएको छु।
1CO 9:20 यहूदीहरूलाई जित्न म यहूदीझैँ भइदिएँ; व्यवस्थाको अधीनमा रहेकाहरूलाई जित्नलाई म व्यवस्थाको अधीनमा रहेकाहरूझैँ भइदिएँ।
1CO 9:21 व्यवस्थाका अधीनमा नभएकाहरूलाई जित्न सकूँ भनेर म व्यवस्थाको अधीनमा नरहेको झैँ भइदिएँ। यद्यपि म परमेश्‍वरको व्यवस्थाबाट स्वतन्त्र छैनँ, तर ख्रीष्‍टको व्यवस्थाको अधीनमा छु, ताकि तिनीहरूलाई जित्न सकूँ, जो व्यवस्थाको अधीनमा छैनन्।
1CO 9:22 कमजोरहरूलाई जित्न सकूँ भनेर कमजोरहरूका लागि म कमजोर झैँ भइदिएँ। म सबैको निम्ति सबै थोक भइदिएँ; ताकि हर प्रयासद्वारा कसै न कसैलाई बचाउन सकूँ।
1CO 9:23 म यी सबै कुरा सुसमाचारकै खातिर गर्दछु, ताकि म यस सुसमाचारको आशिष्‌मा सहभागी बनूँ।
1CO 9:24 दौडमा भाग लिने सबै दौडन्छन्, तर पुरस्कारचाहिँ एउटैले मात्र पाउँछ, के तिमीहरू जान्दैनौ? त्यसैले पुरस्कार पाउनसक्ने तरिकाले दौड।
1CO 9:25 हरेक जो खेलमा भाग लिन्छन्, कठोर तालिममा भएर जान्छन्। तिनीहरूले नाश भएर जाने मुकुट पाउनका निम्ति यी सबै गर्छन्। तर हामी त सदा रहिरहने मुकुट पाउनका निम्ति यसो गर्दछौँ।
1CO 9:26 यसकारण म पनि लक्ष्य नराखी दगुर्दिनँ; म हावामा मुक्‍का हान्दिनँ।
1CO 9:27 तर म आफ्नो शरीरलाई अधीनमा राख्छु, र यसलाई म आफ्नो सेवक बनाउँछु; नत्रता अरूलाई प्रचार गरेर म आफैँचाहिँ पुरस्कार पाउन अयोग्य ठहरिन्छु।
1CO 10:1 दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा पुर्खाहरू बादलमुनि थिए, र तिनीहरू सबै समुद्रको बीचबाट भएर गए भन्‍ने कुरामा तिमीहरू यस वास्तविकताबाट अनजान रहो भन्‍ने म चाहन्‍नँ।
1CO 10:2 तिनीहरू सबै जनाको बादल र समुद्रमा बप्‍तिस्मा भएर मोशासँग जोडिए।
1CO 10:3 तिनीहरू सबैले एउटै आत्मिक भोजन खाए,
1CO 10:4 अनि एउटै आत्मिक पानी पिए; किनकि तिनीहरूले त्यस आत्मिक चट्टानबाट पिए, जो तिनीहरूसँगै हिँड्नुभयो र त्यो चट्टानचाहिँ ख्रीष्‍ट हुनुहुन्थ्यो।
1CO 10:5 तरै पनि परमेश्‍वर तिनीहरूमध्ये धेरैसँग प्रसन्‍न हुनुभएन। त्यसैले तिनीहरूका शरीर उजाडस्थानमै छरपस्ट भए।
1CO 10:6 हामीले आफ्ना हृदयहरू तिनीहरूले जस्तै दुष्‍ट कुराहरूमा नलगाऔँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणको रूपमा नै घटेका थिए।
1CO 10:7 तिमीहरू मूर्तिपूजक नबन, जसरी तिनीहरूमध्ये कति जना थिए; यसरी लेखिएको छ: “मानिसहरू खान र पिउनलाई बसे, र दाखमद्यले मातेर मोजमस्ती गर्न उठे।”
1CO 10:8 हामी यौन अनैतिकतामा फस्‍नुहुँदैन, जसरी तिनीहरूमध्ये कति जना फसे, र एकै दिनमा तेईस हजार मरेका थिए।
1CO 10:9 हामीले ख्रीष्‍टलाई जाँच गर्नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिले जाँच गरे, र तिनीहरू सर्पद्वारा डसिएर मरे।
1CO 10:10 तिमीहरू गनगन नगर, जसरी तिनीहरूमध्ये कतिले गरे, र तिनीहरू नाश गर्ने दूतद्वारा मारिए।
1CO 10:11 तिनीहरूसँग यी कुराहरू उदाहरणको रूपमा घटे, र यी घटनाहरू हाम्रै चेतावनीको लागि लेखियो, जो यस युगको अन्त्यतिर आइपुगेका छौँ।
1CO 10:12 यसकारण यदि तिमीहरूलाई आफू स्थिरसाथ खडा छौ भनी लाग्छ भने होसियार रहो, ताकि तिमीहरू लड्नु नपरोस्।
1CO 10:13 मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू सहनै नसक्ने परीक्षामा तिमीहरू परेका छैनौ। परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ; उहाँले तिमीहरूलाई सहनै नसक्ने परीक्षामा पर्न दिनुहुनेछैन; तर जब तिमीहरू परीक्षामा पर्छौ, तब उहाँले तिमीहरूलाई त्यसबाट उम्कने बाटो पनि दिनुहुनेछ। यसरी तिमीहरूले त्यसलाई सहन सक्नेछौ।
1CO 10:14 यसकारण मेरा प्रिय मित्रहरू हो, मूर्तिपूजाबाट अलग बस।
1CO 10:15 म समझदार मानिसहरूसँग बोल्दैछु; मैले भनेका कुरालाई आफैँले जाँचेर हेर।
1CO 10:16 त्यो धन्यवादको कचौरा, जसका लागि हामी धन्यवाद चढाउँछौँ; के त्यो ख्रीष्‍टको रगतमा सहभागिता होइन र? अनि जुन रोटी हामी भाँच्छौँ, के त्यो ख्रीष्‍टको शरीरको सहभागिता होइन र?
1CO 10:17 एउटै रोटी छ, हामी धेरै भए तापनि एउटै शरीर हौँ; किनकि हामी सबै एउटै रोटीबाट खान्छौँ।
1CO 10:18 इस्राएलका मानिसहरूलाई विचार गर; चढाइएको बलिदानका थोक खानेहरू, के तिनीहरू वेदीमा सहभागी भएनन् र?
1CO 10:19 त्यसो भए के मैले मूर्तिलाई चढाएको वस्तु केही महत्त्वको हो? अथवा मूर्ति केही महत्त्वको हो भनेर भनिरहेको छु त?
1CO 10:20 होइन, तर गैरयहूदीहरूले चढाएका चीज परमेश्‍वरलाई होइन, भूतआत्माहरूलाई चढाएका हुन्छन्; र तिमीहरू ती भूतआत्माहरूसँग सहभागी होऔ भन्‍ने म चाहँदिनँ।
1CO 10:21 तिमीहरूले परमेश्‍वरको कचौराबाट र भूतआत्माहरूका कचौराबाट पनि पिउन सक्दैनौ। तिमीहरू परमेश्‍वरको टेबुल र भूतआत्माहरूको टेबुल, दुवैमा भाग लिन सक्दैनौ।
1CO 10:22 के हामीले परमेश्‍वरको क्रोधलाई जगाउन खोजिरहेका छौँ? के हामी उहाँभन्दा शक्तिशाली छौँ?
1CO 10:23 सबै थोकहरू उचित छन्, तर सबै थोकहरू लाभदायक हुँदैनन्। सबै थोकहरू उचित छन्; तर सबै थोकहरूले आत्मिकी उन्‍नति गराउँदैनन्।
1CO 10:24 तिमीहरू कसैले पनि आफ्नै भलाइ नखोज, तर अरूको भलाइ खोज।
1CO 10:25 मासुको पसलमा जे बेचिन्छ, त्यो विवेकको खातिर नसोधीकन खाओ;
1CO 10:26 किनकि, “पृथ्वी र यसमा भएका सबै थोक प्रभुकै हुन्।”
1CO 10:27 यदि कुनै अविश्‍वासीले तिमीहरूलाई भोजनको लागि निम्तो दियो भने, र तिमीहरूले जाने चाहना गर्‍यौ भने तिमीहरूको अगि जे कुराहरू राखिन्छ, त्यो विवेकका खातिर केही नसोधीकन खाओ।
1CO 10:28 तर यदि कसैले तिमीहरूलाई “यो त बलिदानमा चढाएको चीज हो,” भन्छ भने त्यस बताउने मानिसको खातिर र दुवैको विवेकको खातिर त्यसलाई नखाओ।
1CO 10:29 मैले अर्को मानिसको विवेकको खातिर भन्‍न खोजेको हो, तिम्रो विवेकको खातिर होइनँ। किनकि मेरो स्वतन्त्रताको न्याय अरूको विवेकद्वारा किन जाँच्नु?
1CO 10:30 यदि मैले धन्यवाद दिएर भोजनमा सामेल हुन्छु भने जुन कुराका लागि मैले परमेश्‍वरलाई धन्यवाद चढाउँछु, तब त्यसका लागि मेरो निन्दा किन गरिन्छ?
1CO 10:31 यसकारण चाहे तिमीहरू खाओ वा पिओ अथवा जेसुकै गर, सबै कुरा परमेश्‍वरका महिमाको निम्ति गर।
1CO 10:32 तिमीहरू कसैलाई पनि ठेस लाग्ने काम नगर, चाहे यहूदीहरू होस् वा ग्रीकहरू होस् अथवा परमेश्‍वरको मण्डलीलाई होस्।
1CO 10:33 जसरी म पनि सबैलाई सबै तरिकाले खुशी पार्ने कोसिस गर्दछु; किनकि म आफ्नै भलाइ होइन, तर धेरैको भलाइ खोज्दछु, ताकि तिनीहरूले उद्धार पाऊन्।
1CO 11:1 मेरो अनुकरण गर, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु।
1CO 11:2 म तिमीहरूको प्रशंसा गर्दछु; किनकि तिमीहरूले मलाई हरेक कुरामा सम्झना गर्दछौ र मैले तिमीहरूलाई दिएका शिक्षाहरू पालन गर्दछौ।
1CO 11:3 तर म तिमीहरूले यो कुरा बुझ भन्‍ने चाहन्छु: हरेक पुरुषको शिर ख्रीष्‍ट हुनुहुन्छ र हरेक स्त्रीको शिर पुरुष हो; अनि ख्रीष्‍टको शिरचाहिँ परमेश्‍वर हुनुहुन्छ।
1CO 11:4 हरेक पुरुष जसले आफ्नो शिर ढाकेर प्रार्थना गर्दछ अथवा अगमवाणी गर्दछ भने उसले आफ्नो शिरलाई अनादर गर्दछ।
1CO 11:5 तर हरेक स्त्री जसले शिर नढाकीकन प्रार्थना गर्छे अथवा अगमवाणी गर्दछे भने उसले आफ्नो शिरलाई अनादर गर्दछे। योचाहिँ उसको केश खौरिएकै बराबर हो।
1CO 11:6 किनकि यदि स्त्रीले आफ्नो शिरमा घुम्टो हाल्दिन भने उसले आफ्नो केश काटोस्; तर यदि उसको केश कटाइनु वा खौराइनु उसको लागि शर्मको कुरा हुन्छ भने उसले आफ्नो शिरलाई घुम्टो हाल्नुपर्छ।
1CO 11:7 पुरुषले चाहिँ शिर ढाक्नुहुँदैन; किनकि ऊ परमेश्‍वरको प्रतिरूप र गौरव हो; तर स्त्रीचाहिँ पुरुषको गौरव हो।
1CO 11:8 किनकि पुरुष स्त्रीबाट बनिएको होइन, तर स्त्रीचाहिँ पुरुषबाट बनिएकी हो।
1CO 11:9 पुरुष स्त्रीका निम्ति सृजिएको होइन, तर स्त्रीचाहिँ पुरुषका निम्ति सृजिएकी हो।
1CO 11:10 यसैकारण स्वर्गदूतहरूको कारणले गर्दा पनि स्त्रीले अधिकारको चिन्हको रूपमा आफ्नो शिरलाई घुम्टोले ढाकेको हुनुपर्छ।
1CO 11:11 तरै पनि प्रभुमा न त स्त्री पुरुषबाट स्वतन्त्र हुन्छे, न पुरुष स्त्रीबाट स्वतन्त्र हुन्छ।
1CO 11:12 किनकि जसरी स्त्री पुरुषबाट आएकी हो, त्यसरी नै पुरुष पनि स्त्रीबाट जन्मिन्छ। तर हरेक कुराहरू परमेश्‍वरबाट नै आउँदछन्।
1CO 11:13 तिमीहरू आफैँ विचार गर: के स्त्रीले शिरमा घुम्टो नढाकीकन परमेश्‍वरसँग प्रार्थना गर्न सुहाउँछ र?
1CO 11:14 यदि मानिसले लामो केश राख्यो भने यो उसका लागि शर्मको कुरा हो भनी के प्रकृति आफैँले पनि तिमीहरूलाई सिकाउँदैन र?
1CO 11:15 तर यदि स्त्रीको केश लामो छ भने त्यो उसको गौरव हो; किनकि लामो केश उसलाई घुम्टोको रूपमा शिर ढाक्न दिइएको हो।
1CO 11:16 यदि कसैले यस विषयमा वाद-विवाद गर्न चाहन्छ भने मेरो निष्कर्ष यही होः हामीसँग यस्तो अभ्यास छैन, न त परमेश्‍वरको मण्डलीहरूसँग नै छ।
1CO 11:17 यी तलका आदेशहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ; किनकि तिमीहरू आराधना सभाहरूमा असलभन्दा पनि अझ खराबीको लागि भेला हुन्छौ।
1CO 11:18 पहिलो कुरा यो हो, कि जब तिमीहरू मण्डलीमा एकसाथ भेला हुन्छौ, तब तिमीहरूका बीचमा विभाजन छ भनी मैले सुन्‍ने गरेको छु; अनि म यस कुरालाई केही मात्रामा विश्‍वास पनि गर्दछु।
1CO 11:19 वास्तवमा तिमीहरूका बीचमा मतभेद हुन जरुरी पनि छ, ताकि तिमीहरूमध्ये विश्‍वासयोग्य मानिसहरू चिनिन सकियोस्।
1CO 11:20 यसकारण जब तिमीहरू भेला हुन्छौ, तब तिमीहरूले प्रभुभोज खाएका हुँदैनौ;
1CO 11:21 किनकि जब खाना खाने बेला हुन्छ, तब तिमीहरू कति जना अरूलाई नपर्खी आफ्नो निजी खानेकुरा खान थाल्छौ; र कोहीचाहिँ भोकै रहन्छ भने कोहीचाहिँ मद्यले मात्छन्।
1CO 11:22 खान र पिउनका लागि के तिमीहरूका आफ्नै घर छैनन् र? अर्थात् के तिमीहरूले केही नहुनेहरूको अपमान गरेर परमेश्‍वरको मण्डलीलाई तुच्छ तुल्याउँछौ? म तिमीहरूलाई के भनूँ? के यसको लागि म तिमीहरूको प्रशंसा गरूँ? निश्‍चय नै यो कुरामा गर्दिनँ!
1CO 11:23 किनकि मैले प्रभुबाट जे पाएँ, त्यो तिमीहरूलाई सुम्पि पनि दिएँ: अर्थात् जुन रात येशूलाई धोका दिइएको थियो, त्यो रात उहाँले रोटी लिनुभयो,
1CO 11:24 र उहाँले धन्यवाद दिएर त्यो भाँच्नुभयो र भन्‍नुभयो, “यो मेरो शरीर हो, जुनचाहिँ तिमीहरूका निम्ति हो; मेरो सम्झनामा यो गर्ने गर।”
1CO 11:25 त्यसै गरी रोटी खाइसक्नुभएपछि उहाँले कचौरा लिएर यसो भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो; जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो गर्ने गर।”
1CO 11:26 किनकि जहिले-जहिले तिमीहरूले यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, तब तिमीहरूले प्रभु नआउन्जेल उहाँको मृत्युको प्रचार गर्दछौ।
1CO 11:27 यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ वा प्रभुको कचौराबाट पिउँछ, त्यो प्रभुको शरीर र उहाँको रगतलाई अपवित्र पारिएकोमा दोषी ठहरिनेछ।
1CO 11:28 यसैले हरेकले रोटी खान र कचौराबाट पिउन अगि आफैँलाई जाँचोस्।
1CO 11:29 किनकि जसले ख्रीष्‍टको शरीरलाई नचिनिकन खान्छ र पिउँछ, त्यसले आफ्नो विरुद्ध दण्ड ल्याउँछ।
1CO 11:30 यसैले तिमीहरूमध्ये धेरै जना कमजोर र रोगी छौ, र तिमीहरूमध्ये कति जना त सुतिसकेका छन्।
1CO 11:31 तर यदि हामीले आफैँलाई जाँचेका छौँ भने हामी त्यस्तो दण्डमा पर्नेछैनौँ।
1CO 11:32 तथापि जब हामी प्रभुद्वारा यसरी न्याय गरिनेछौँ, तब उहाँले हामीलाई अनुशासित गर्नुहुन्छ, ताकि हामी संसारसँग दोषी नठहरिऔँ।
1CO 11:33 यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, जब तिमीहरू खानका निम्ति एकसाथ भेला हुन्छौ, तब एक-अर्कालाई पर्खेर सबैले एकैसाथ खाने गर।
1CO 11:34 यदि कोही भोको छ भने घरबाटै उसले केही खानेकुरा खाएर आओस्, नत्रता न्यायका निम्ति तिमीहरू एकसाथ भेला हुनेछौ। अनि अरू कुराहरूका बारेमा चाहिँ म तिमीहरूकहाँ आएको बेला नै मिलाउनेछु।
1CO 12:1 अब दाजुभाइ-दिदीबहिनीहरू हो, आत्मिक वरदानहरूबारे तिमीहरू अनजान बस भन्‍ने म चाहन्‍नँ।
1CO 12:2 तिमीहरू जान्दछौ, जब तिमीहरू ख्रीष्‍टका विश्‍वासी थिएनौ, तब तिमीहरू कुनै न कुनै प्रकारले नबोल्ने मूर्तिहरूतिर प्रभावित भई बहकिएर गएका थियौ।
1CO 12:3 यसकारण तिमीहरूले यो जानेको म चाहन्छु, कि परमेश्‍वरको आत्माद्वारा बोल्ने व्यक्तिले “येशू श्रापित होस्” भन्‍न सक्दैन र पवित्र आत्माद्वारा बाहेक अरू कसैले “येशू नै प्रभु हुनुहुन्छ” भनी भन्‍न सक्दैन।
1CO 12:4 वरदानहरू विभिन्‍न किसिमका छन्, तर ती वरदानहरू एउटै आत्माले दिनुहुन्छ।
1CO 12:5 सेवाहरू विभिन्‍न किसिमका छन्, तर प्रभु एउटै हुनुहुन्छ।
1CO 12:6 कामहरू पनि विभिन्‍न किसिमका छन्, तर उही परमेश्‍वरले नै तिनीहरू सबैमा र हरेकमा गर्नुहुन्छ।
1CO 12:7 सबैका भलाइको निम्ति आत्माका वरदानहरू हरेकलाई प्रकट गरिएको छ।
1CO 12:8 परमेश्‍वरका आत्माद्वारा एउटालाई बुद्धिको कुरा बोल्ने, अर्कोलाई उही आत्माद्वारा ज्ञानको कुरा बोल्ने,
1CO 12:9 अर्कोलाई उही आत्माद्वारा विश्‍वास, अर्कोलाई उही आत्माद्वारा निको पार्ने वरदानहरू,
1CO 12:10 अर्कोलाई आश्‍चर्यका कामहरू गर्ने शक्ति, अर्कोलाई अगमवाणी, अर्कोलाई आत्माहरू छुट्याउने, अर्कोलाई विभिन्‍न भाषाहरूमा बोल्ने र अझ अर्कोलाई चाहिँ भाषाहरूको अर्थ खोल्ने।
1CO 12:11 यी सबै एउटै र उही आत्माका कामहरू हुन्, र यो उहाँले आफ्नो इच्छाबमोजिम हरेकलाई दिनुहुन्छ।
1CO 12:12 जसरी शरीर एउटै भए तापनि अङ्गहरू धेरै हुन्छन्; तर सबै अङ्गहरू मिलेर एउटै शरीर बनिएको हुन्छ, ख्रीष्‍टको शरीरसँग पनि यस्तै हुन्छ।
1CO 12:13 यहूदी होस् वा ग्रीक, सेवक होस् वा फुक्‍का, जोसुकै भए तापनि एउटै शरीर हुनलाई एउटै आत्माद्वारा हाम्रो बप्‍तिस्मा भयो, र हामी सबै जनालाई एउटै आत्मा पिउन दिइयो।
1CO 12:14 किनकि शरीर एउटा अङ्गले बनेको होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ।
1CO 12:15 अब यदि खुट्टाले “म हात होइनँ, यसकारण म शरीरको होइनँ” भन्यो भने के यो शरीरको अङ्ग हुँदैन र?
1CO 12:16 अनि यदि कानले “म आँखा होइनँ, यसकारण म शरीरको अङ्ग होइनँ,” भन्यो भने के यो शरीरको अङ्ग हुँदैन र?
1CO 12:17 यदि पूरा शरीर आँखा हुँदो हो त कहाँबाट सुन्‍ने? यदि पूरा शरीर कान हुँदो हो त कहाँबाट सुँघ्ने?
1CO 12:18 तर वास्तवमा परमेश्‍वरले उहाँको इच्छाबमोजिम प्रत्येक अङ्गहरूलाई एक-एक गरेर मिलाएर शरीरमा राखिदिनुभएको छ।
1CO 12:19 यदि तिनीहरू एउटै अङ्ग हुँदाहुन् त शरीर कहाँ हुनेथियो र?
1CO 12:20 यसकारण अङ्गहरू धेरै छन्, तर शरीर एउटै छ।
1CO 12:21 आँखाले हातलाई “मलाई तेरो आवश्यकता छैन” भन्‍न सक्दैन; अनि शिरले पनि खुट्टालाई “मलाई तेरो आवश्यकता छैन” भन्‍न सक्दैन।
1CO 12:22 बरु शरीरका दुर्बल सोचेका अङ्गहरू नै झन् बढी आवश्यक हुन्छन्।
1CO 12:23 हामीले अरूभन्दा कम महत्त्व ठानेका अङ्गहरूलाई नै बढी महत्त्व दिन्छौँ; र गोप्य अङ्गहरूलाई विशेष रूपमा भद्रतासाथ वास्ता गर्छौँ।
1CO 12:24 हाम्रा देखिने अङ्गहरूलाई विशेष वास्ता चाहिँदैन। तर परमेश्‍वरले शरीरका अङ्गहरूलाई यसरी एकसाथ मिलाएर राखिदिनुभएको छ, कि कम महत्त्व भएका अङ्गहरूले बढी वास्ता पाऊन्,
1CO 12:25 ताकि कुनै विभाजन नहून्, तर शरीरका अङ्गहरूले एक-अर्काको समान वास्ता गरून्।
1CO 12:26 एउटा अङ्गमा पीडा भयो भने सबै अङ्गहरूले सँगै पीडा भोग्छन्; यदि एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरू त्योसँग रमाउँछन्।
1CO 12:27 तिमीहरू ख्रीष्‍टका शरीर हौ, र हरेक जना त्यसका अङ्गहरू हौ।
1CO 12:28 मण्डलीमा परमेश्‍वरले सबैभन्दा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि अचम्मका काम गर्नेहरू, र निको पार्ने वरदान भएकाहरू, अरूलाई सहायता गर्नेहरू, प्रशासन चलाउने वरदान पाएकाहरू र विभिन्‍न भाषामा बोल्नेहरू नियुक्त गर्नुभएको छ।
1CO 12:29 के सबै जना प्रेरितहरू हुन्? के सबै जना अगमवक्ताहरू हुन्? के सबै जना शिक्षकहरू हुन्? के सबैले अचम्मका कामहरू गर्छन्?
1CO 12:30 के सबैसँग निको पार्ने वरदानहरू छन्? के सबैले अज्ञात भाषाहरू बोल्छन्? के सबैले अर्थ खोल्न सक्छन्?
1CO 12:31 तर उत्तम वरदानहरूको इच्छा गर। म तिमीहरूलाई सर्वोत्कृष्‍ट मार्ग बताउँछु।
1CO 13:1 यदि मैले मानिसहरू र स्वर्गदूतहरूका भाषाहरूमा बोलेँ, तर मसँग प्रेम छैन भने म हल्‍ला गर्ने घण्टा अथवा झ्याइँ-झ्याइँ गर्ने झ्याम्टा मात्र हुँ।
1CO 13:2 यदि मसँग अगमवाणी गर्ने वरदान छ, परमेश्‍वरका रहस्य र ज्ञानहरू सबै बुझ्न सकूँला; अनि मसँग पहाडहरू हटाउन सक्नेसम्मको विश्‍वास पनि छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ।
1CO 13:3 यदि मैले आफ्ना सबै सम्पत्ति गरिबहरूलाई बाँडिदिएँ, र आफ्नो शरीरसमेत जलाउनलाई सुम्पिदिएँ भने म गर्व गर्न सक्छु, तर मसँग प्रेम छैन भने मेरा लागि केही पनि लाभ हुँदैन।
1CO 13:4 प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले सेखी गर्दैन, प्रेमले घमण्ड गर्दैन।
1CO 13:5 प्रेमले अरूलाई अनादर गर्दैन, प्रेम स्वार्थी हुँदैन, प्रेमले चाँडै रिस गर्दैन, प्रेमले खराबीको हिसाब राख्दैन।
1CO 13:6 प्रेम दुष्‍टतामा खुशी हुँदैन, तर सत्यतासँग रमाउँछ।
1CO 13:7 प्रेमले सधैँ रक्षा गर्छ, सधैँ भरोसा गर्छ, सधैँ आशा राख्छ र सधैँ स्थिर रहन्छ।
1CO 13:8 प्रेमको अन्त्य कहिल्यै हुँदैन। तर चाहे अगमवाणीहरू होऊन्, ती हटाइनेछन्; चाहे भाषाहरू होऊन्, ती अन्त्य हुनेछन्; चाहे ज्ञान होस्, त्यो हटाइनेछ
1CO 13:9 किनकि हाम्रो ज्ञान आंशिक र अधुरो छ; अनि हाम्रो अगमवाणी अधुरो हुन्छ।
1CO 13:10 तर जब पूर्णता आउँछ, तब आंशिक कुराहरू हटाइनेछन्।
1CO 13:11 जब म बालक थिएँ, तब म बालकले जस्तो बोल्थेँ, बालकले जस्तो सोच्थेँ, र बालकले जस्तै तर्क गर्थेँ। तर जब म जवान भएँ, तब मैले बालकका जस्ता व्यवहार छोडिदिएँ।
1CO 13:12 अहिले हामीले ऐनामा धमिलोसँग देख्छौँ, तर त्यस बेला आमने-सामने देख्नेछौँ। अहिले म आंशिक रूपमा जान्दछु, तर त्यस बेला पूर्ण रूपले जान्‍नेछु, जसरी अहिले मलाई परमेश्‍वरले पूर्ण रूपले जान्‍नुहुन्छ।
1CO 13:13 अनि अब यी तीन कुराहरू रहन्छन्: विश्‍वास, आशा र प्रेम; तर यी तीनमध्ये प्रेम नै सर्वोत्तम हो।
1CO 14:1 तिमीहरूले प्रेमलाई लक्ष्य बनाओ र आत्मिक वरदानहरूको उत्कट इच्छा गर; विशेष गरेर अगमवाणी बोल्नका लागि।
1CO 14:2 किनकि जसले अज्ञात भाषामा बोल्दछ, उसले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्दछ। वास्तवमा उसले के भन्दैछ कसैले बुझ्दैन; उसले आत्माद्वारा परमेश्‍वरका रहस्यका कुराहरू बोल्दछ।
1CO 14:3 तर जसले अगमवाणी गर्दछ, उसले मानिसहरूसँग बोल्दछ; उनीहरूको आत्मिक सुधार, उत्साह र सान्त्वनाको लागि बोल्दछ।
1CO 14:4 जसले अज्ञात भाषामा बोल्दछ, उसले आफ्नो आत्मिक वृद्धि गर्छ; तर जसले अगमवाणी बोल्छ, उसले मण्डलीको आत्मिक वृद्धि गर्छ।
1CO 14:5 तिमीहरू हरेकले अज्ञात भाषाहरूमा बोलेको म चाहन्छु, तर अज्ञात भाषाहरूभन्दा अझ बढी तिमीहरूले अगमवाणी बोलेको चाहन्छु। मण्डलीको आत्मिक वृद्धिका निम्ति कसैले अर्थ खोलिदिएन भने अज्ञात भाषाहरूमा बोल्ने व्यक्तिभन्दा अगमवाणी बोल्ने व्यक्ति श्रेष्‍ठ हो।
1CO 14:6 अब दाजुभाइ-दिदीबहिनीहरू हो, यदि म तिमीहरूकहाँ अज्ञात भाषाहरूमा बोल्दैआएँ, तर तिमीहरूका बीचमा केही प्रकाश वा ज्ञान वा अगमवाणी वा शिक्षा मैले बताइनँ भने मबाट तिमीहरूका लागि के फाइदा हुनेछ र?
1CO 14:7 बाँसुरी वा वीणाजस्ता निर्जीव वस्तुहरूले पनि धुन निकाल्छन्। तर यदि ती वस्तुहरू बज्दा भिन्‍नाभिन्‍नै धुन निस्केन भने के बजिरहेको छ, कसरी धुन छुट्ट्याउने?
1CO 14:8 यदि तुरहीले पनि स्पष्‍ट धुन निकालेन भने युद्धको लागि को तयार हुने?
1CO 14:9 तिमीहरूसँग पनि यही कुरा लागू हुन्छ। यदि तिमीहरूले अज्ञात भाषामा बुझ्न नसकिने शब्दहरूमा बोल्यौ भने तिमीहरूले के भनिरहेका छौ अरूले कसरी बुझ्ने? यसो गर्दा तिमीहरूले त हावामा बोलिरहेझैँ हुनेछौ।
1CO 14:10 यो साँचो हो कि संसारमा धेरै किसिमका भाषाहरू छन्, तरै पनि तीमध्ये कुनै पनि भाषा अर्थविनाका छैनन्।
1CO 14:11 यदि कसैले बोलेको भाषाको अर्थ मैले बुझ्न सकिनँ भने बोल्ने व्यक्तिको निम्ति म परदेशी ठहरिनेछु, र त्यो बोल्ने व्यक्तिचाहिँ मेरो निम्ति परदेशी ठहरिनेछ।
1CO 14:12 तिमीहरूसँग पनि यही कुरा लागू हुन्छ। किनकि तिमीहरू आत्मिक वरदानहरूका निम्ति तिर्सना गर्दछौ, ती वरदानहरूमा श्रेष्‍ठता हासिल गर्ने प्रयत्न गर, जुन कुराले मण्डलीको उन्‍नति गराउँछ।
1CO 14:13 यही कारणले अज्ञात भाषामा बोल्ने व्यक्तिले आफूले बोलेका कुराहरू अनुवाद गर्न सकूँ भनी प्रार्थना गर्नुपर्छ।
1CO 14:14 किनकि यदि मैले अज्ञात भाषामा प्रार्थना गरेँ भने मेरो आत्माले प्रार्थना गर्छ, तर मेरो दिमाग निष्फल हुन्छ।
1CO 14:15 यसकारण मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, र म आफ्नो समझले पनि प्रार्थना गर्नेछु; म मेरो आत्माले गीत गाउनेछु, तर म मेरो समझले पनि गीत गाउनेछु।
1CO 14:16 यदि तिमीहरूले आत्मामा मात्र परमेश्‍वरको प्रशंसा गरिरहेका हुन्छौ भने तिमीहरूका बीचमा बाहिरका उपस्थित जिज्ञासुहरूले तिमीहरूले चढाएका धन्यवादको प्रार्थनामा कसरी “आमेन” भन्लान् त? किनकि तिमीहरूले भनिरहेका कुरा तिनीहरूले बुझेका हुँदैनन्।
1CO 14:17 तिमीहरूको धन्यवादको प्रार्थना एकदमै राम्रो होला, तर त्यस प्रार्थनाले अर्को व्यक्तिको लागि केही आत्मिक वृद्धि हुँदैन।
1CO 14:18 म परमेश्‍वरलाई धन्यवाद दिन्छु, तिमीहरू सबैभन्दा बढी म अज्ञात भाषाहरू बोल्दछु।
1CO 14:19 तापनि मण्डलीमा अज्ञात भाषामा दश हजार शब्दहरू बोल्नुभन्दा बरु म आफ्नो समझले पाँच शब्दहरू अरूलाई सिकाउनका लागि बोल्न रुचाउँछु।
1CO 14:20 दाजुभाइ-दिदीबहिनीहरू हो, बालकहरूले जस्तो सोच्न छोडिदेओ। तिमीहरू खराबीको लागि चाहिँ शिशुहरूजस्तै बन, तर सोचविचारमा चाहिँ परिपक्व मानिसझैँ बन।
1CO 14:21 व्यवस्थामा यसरी लेखिएको छ: “अन्य भाषाहरूमा र विदेशीहरूका मुखहरूद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तरै पनि तिनीहरूले मेरा कुरा सुन्‍नेछैनन्,” प्रभु भन्‍नुहुन्छ।
1CO 14:22 यसकारण अज्ञात भाषाहरू विश्‍वासीहरूका निम्ति होइन, तर विश्‍वास नगर्नेहरूका निम्ति चिन्ह हो; तर अगमवाणीचाहिँ विश्‍वास नगर्नेहरूका लागि होइन, तर विश्‍वासीहरूका लागि हो।
1CO 14:23 यसकारण सारा मण्डली एकसाथ भेला हुँदा सबैले अज्ञात भाषाहरूमा बोलिरहँदा, यदि जिज्ञासुहरू वा विश्‍वास नगर्नेहरू कोही मण्डलीमा आएका छन् भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्‍नेछैनन् र?
1CO 14:24 तर यदि मण्डलीमा हरेकले अगमवाणी बोलिरहेको बेला कोही विश्‍वास नगर्नेहरू अथवा जिज्ञासुहरू भित्र आए भने उनीहरूलाई आफ्ना पापको अनुभूति हुनेछ र सुनेका सबैद्वारा उनीहरू जाँचिनेछन्।
1CO 14:25 अनि उनीहरूका हृदयका गुप्‍त कुराहरू प्रकट हुनेछन्। यसकारण उनीहरूले परमेश्‍वरलाई दण्डवत् गर्नेछन्, र यसो भन्दै प्रशंसा गर्नेछन्, “साँच्‍चै नै परमेश्‍वर तिमीहरूका बीचमा हुनुहुन्छ!”
1CO 14:26 तब दाजुभाइ-दिदीबहिनीहरू हो, हामी के भनौँ त? जब तिमीहरू एकसाथ भेला हुन्छौ, कोहीसँग भजन अथवा कोहीसँग शिक्षा, कोहीसँग प्रकाश, कोहीसँग अज्ञात भाषा अथवा कोहीसँग यसको अर्थ खोलाइ हुन्छ। यी सबै कुराहरू मण्डलीको आत्मिक वृद्धिको लागि गरिऊन्।
1CO 14:27 तर यदि कसैले अज्ञात भाषामा बोल्छ भने दुई वा बढीमा तीन जनाले पालोअनुसार बोलून् र एक जनाले त्यसको अर्थ खोलोस्।
1CO 14:28 तर यदि अर्थ खोल्ने व्यक्ति कोही भएन भने अज्ञात भाषा बोल्ने व्यक्ति मण्डलीमा चुप लागोस्, र आफैँसँग र परमेश्‍वरसँग बोलोस्।
1CO 14:29 अगमवाणी बोल्नेहरूचाहिँ दुई वा तीन जना होऊन्, र अरूले तिनीहरूले भनेका कुरा होसियारसाथ जाँचून्।
1CO 14:30 यदि त्यही समय छेवैमा बस्‍ने कुनै एक जनालाई केही प्रकाश दिइयो भने पहिलो वक्ताचाहिँ चुप लागोस्।
1CO 14:31 तिमीहरू सबैले पालैपालोसँग अगमवाणी बोल्न सक्छौ। यसरी हरेकलाई शिक्षा र उत्साह मिलोस्।
1CO 14:32 अगमवक्ताहरूका आत्मा अगमवक्ताहरूकै अधीनमा हुन्छन्।
1CO 14:33 परमेश्‍वर गोलमालका परमेश्‍वर हुनुहुन्‍न, तर शान्तिका परमेश्‍वर हुनुहुन्छ। पवित्र जनहरूका सबै मण्डलीहरूमा भएजस्तै,
1CO 14:34 स्त्रीहरू मण्डलीहरूमा चुपचाप बसून्। तिनीहरूलाई बोल्ने अनुमति छैन। व्यवस्थाले भनेअनुसार तिनीहरू अधीनमा बसून्।
1CO 14:35 यदि तिनीहरू केही कुरा सिक्न चाहे भने घरमा आफ्ना पतिहरूलाई सोधून्; किनभने मण्डलीमा सभा हुँदा स्त्रीहरूका लागि बोल्नुचाहिँ शर्मको कुरा हो।
1CO 14:36 के परमेश्‍वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो वचन आएको हो?
1CO 14:37 यदि कसैले आफूलाई अगमवक्ता अथवा आत्मिक वरदान पाएको व्यक्ति हुँ भनी सम्झन्छ भने मैले तिमीहरूलाई जे लेखिरहेछु, त्यो प्रभुकै आज्ञा हो भनी स्वीकार गरोस्।
1CO 14:38 तर कसैले यो आज्ञाको वास्ता गर्दैन भने तिनीहरूको पनि वास्ता गरिनेछैन।
1CO 14:39 यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, उत्कटसाथ अगमवाणी बोल्ने इच्छा राख र अज्ञात भाषाहरूमा बोल्नेहरूलाई मनाही नगर।
1CO 14:40 तर सबै कुरा शिष्‍टतापूर्वक र सुव्यवस्थित ढङ्गमा गरिएको हुनुपर्दछ।
1CO 15:1 अब दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई मैले प्रचार गरेको सुसमाचारको सम्झना दिलाउन चाहन्छु, जो तिमीहरूले ग्रहण गरेका छौ र त्यसमा तिमीहरू स्थिर रहेका छौ।
1CO 15:2 यदि तिमीहरू मैले प्रचार गरेको वचनमा स्थिर रह्‍यौ भने यही सुसमाचारद्वारा तिमीहरूको उद्धार हुनेछ; नत्रता तिमीहरूले व्यर्थैमा विश्‍वास गरेका हुनेछौ।
1CO 15:3 किनकि मैले जे वचन पाएँ, त्यसैलाई सबैभन्दा महत्त्वपूर्ण ठानी तिमीहरूलाई सुम्पिदिएँ: धर्मशास्त्रअनुसार ख्रीष्‍ट हाम्रा पापका निम्ति मर्नुभयो।
1CO 15:4 अनि उहाँ गाडिनुभयो र धर्मशास्त्रअनुसार तेस्रो दिनमा पुनर्जीवित हुनुभयो।
1CO 15:5 उहाँ केफासकहाँ र त्यसपछि बाह्र जना चेलाहरूकहाँ देखा पर्नुभयो।
1CO 15:6 त्यसपछि उहाँ पाँच सयभन्दा बढी दाजुभाइ-दिदीबहिनीहरूकहाँ एकै समयमा देखा पर्नुभयो, जसमध्ये धेरै जना अझै पनि जीवित छँदैछन् र कतिचाहिँ सुतिसकेका छन्।
1CO 15:7 तब उहाँ याकोबकहाँ देखा पर्नुभयो, त्यसपछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो।
1CO 15:8 अनि सबैभन्दा अन्तिममा समय पूरा नभइकन जन्मेको व्यक्तिकहाँ जस्तो मकहाँ पनि देखा पर्नुभयो।
1CO 15:9 किनकि म सबै प्रेरितहरू भन्दा तुच्छ हुँ, म त प्रेरित भनिने लायकको पनि छैनँ; किनभने मैले परमेश्‍वरको मण्डलीलाई सताएको थिएँ।
1CO 15:10 तर म आज जे छु, परमेश्‍वरको अनुग्रहको कारण नै छु; अनि उहाँको अनुग्रह ममा व्यर्थै भएन। मैले अरू प्रेरितहरू भन्दा बढी कडा परिश्रम गरेको छु। तैपनि मैले होइनँ, तर मसँग भएको परमेश्‍वरको अनुग्रहको कारणले नै हो।
1CO 15:11 यसैकारण मैले होस् वा अरू प्रेरितहरूले, जसले भए तापनि हामीले प्रचार गरेको सन्देश यही हो, र तिमीहरूले विश्‍वास गरेको पनि यही नै हो।
1CO 15:12 तर यदि मरेकाहरूबाट ख्रीष्‍ट पुनरुत्थान हुनुभयो भन्‍ने प्रचार भएको छ भने तिमीहरू कतिले कसरी मरेकाहरूको पुनरुत्थान हुँदैन भनी भन्छौ त?
1CO 15:13 यदि मरेकाहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्‍ट पनि पुनरुत्थान हुनुभएको होइन।
1CO 15:14 यदि ख्रीष्‍ट पुनर्जीवित हुनुभएको होइन भने हाम्रो प्रचार र तिमीहरूको विश्‍वास पनि व्यर्थ हो।
1CO 15:15 त्योभन्दा बढी हामी परमेश्‍वरका झूटा साक्षीहरू ठहरिनेछौँ; किनकि हामीले परमेश्‍वरले ख्रीष्‍टलाई मरेकाहरूबाट पुनर्जीवित पार्नुभएको छ भन्‍ने गवाही दिएका छौँ। तर यदि उहाँले ख्रीष्‍टलाई पुनर्जीवित पार्नुभएको होइन भने वास्तवमा मरेकाहरू पुनर्जीवित हुँदैनन्।
1CO 15:16 किनकि यदि मरेकाहरू पुनर्जीवित नहुने भए त ख्रीष्‍ट पनि पुनर्जीवित हुनुभएको छैन।
1CO 15:17 यदि ख्रीष्‍ट पुनर्जीवित हुनुभएको छैन भने तिमीहरूको विश्‍वास व्यर्थ भयो; अनि तिमीहरू अझै पनि आफ्ना पापमै छौ।
1CO 15:18 त्यसो हो भने ख्रीष्‍टमा विश्‍वास गरेर सुतिगएकाहरू पनि नष्‍ट भएका छन्।
1CO 15:19 यदि यस जीवनको लागि मात्र ख्रीष्‍टमा हाम्रो आशा राखेका छौँ भने हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौँ।
1CO 15:20 तर वास्तवमै ख्रीष्‍ट मरेकाहरूमध्ये पहिलो फलको रूपमा पुनर्जीवित हुनुभएको हो।
1CO 15:21 किनकि मृत्यु एक जना मानिसद्वारा आयो, त्यसरी नै मरेकाहरूको पुनरुत्थान पनि एकै जना मानिसद्वारा आयो।
1CO 15:22 जसरी आदममा सबै मरे, त्यसरी नै ख्रीष्‍टमा सबै जीवित पारिनेछन्।
1CO 15:23 तर हरेक आ-आफ्नो क्रमअनुसार ख्रीष्‍ट पहिलो फल, त्यसपछि उहाँको पुनरागमनमा उहाँका आफ्नैहरू सबै जीवित पारिनेछन्।
1CO 15:24 तब अन्त्य आउनेछ; जब उहाँले दुष्‍टका सबै शासन, अधिकार र शक्तिलाई नाश गरेर आफ्ना पिता परमेश्‍वरलाई राज्य सुम्पनुहुनेछ।
1CO 15:25 किनकि ख्रीष्‍टले आफ्ना सबै शत्रुहरूलाई आफ्नो पाउमुनि नराखुन्जेल उहाँले राज्य गर्नैपर्छ।
1CO 15:26 अन्तिममा नाश गरिने शत्रुचाहिँ मृत्यु हो।
1CO 15:27 किनकि परमेश्‍वरले “सबै कुरा उहाँको पाउमुनि राख्नुभएको छ।” यो स्पष्‍ट छ, कि “सबै कुरा” भन्‍नाले सबै कुरा ख्रीष्‍टको अधीनमा गराउनुहुने परमेश्‍वर आफैँचाहिँ त्यस अधीनमा हुनुहुन्‍न।
1CO 15:28 जब परमेश्‍वरले सबै कुरा ख्रीष्‍टको अधीनमा गराउनुहुन्छ, तब पुत्र आफैँ पनि पिताको अधीनमा हुनुहुनेछ, जसले सबै कुरा ख्रीष्‍टको अधीनमा राखिदिनुभएको छ, ताकि परमेश्‍वर सबै कुरामा सर्वेसर्वा होऊन्।
1CO 15:29 यदि पुनरुत्थान नहुने भए, मरेकाहरूका निम्ति बप्‍तिस्मा लिनुको के आवश्यकता हुनेछ? यदि मरेकाहरू पुनर्जीवित हुँदै नहुने भए, किन मानिसहरूले तिनीहरूका लागि बप्‍तिस्मा लिन्छन्?
1CO 15:30 अनि हाम्रो विषयमा, हामीले आफूलाई हर घडी किन जोखिममा पार्छौँ?
1CO 15:31 म दिनहुँ मृत्युको सामना गर्छु—हो, मेरो भनाइको अर्थ, हाम्रा प्रभु ख्रीष्‍ट येशूमा म तिमीहरूको कारण गर्व गर्दछु।
1CO 15:32 यदि मानवीय दृष्‍टिकोणले मात्र मैले एफिससमा जङ्गली जनावरहरूसँग जस्तै मानिसहरूसँग लडाइँ गरेको हुन्थेँ भने मलाई लाभ हुन्थ्यो र? यदि मरेकाहरू पुनर्जीवित नहुने भए, “हामी खाऔँ र पिऔँ, किनकि भोलि त हामी मरिहाल्छौँ।”
1CO 15:33 भ्रममा नपर: “खराब सङ्गतले असल चरित्रलाई नष्‍ट पार्छ।”
1CO 15:34 होशमा आओ, पाप गर्न छोड। म यो तिमीहरूलाई शर्ममा पार्नलाई भन्दैछु; किनकि तिमीहरूमध्ये कतिले त परमेश्‍वरलाई चिनेका छैनौ।
1CO 15:35 तर कसैले सोध्ला, “मरेकाहरू कसरी पुनर्जीवित हुन्छन्? र कस्ता किसिमका शरीरमा तिनीहरू आउनेछन्?”
1CO 15:36 हे मूर्ख! तिमीले जे छर्दछौ, त्यो नमरेसम्म सजीव हुँदैन।
1CO 15:37 जब तिमी छर्दछौ, तब तिमीले पछि आउने शरीर त रोप्दैनौ, तर एउटा बिउ मात्र छर्दछौ, चाहे त्यो गहुँको होस् वा अरू केहीको होस्।
1CO 15:38 तर परमेश्‍वरले त्यसलाई आफ्नो इच्छाअनुसारको एउटा शरीर दिनुहुन्छ, र हरेक किसिमको बिउलाई त्यसको आफ्नै शरीर दिनुहुन्छ।
1CO 15:39 सबैको शरीर एकै प्रकारको हुँदैन: मानिसको एक प्रकारको शरीर हुन्छ, जनावरहरूको अर्कै प्रकारको, चराहरूको अर्कै प्रकारको र माछाहरूको अर्कै प्रकारको शरीर हुन्छ।
1CO 15:40 स्वर्गीय शरीरहरू पनि हुन्छन् र सांसारिक शरीरहरू पनि हुन्छन्; तर स्वर्गीय शरीरहरूको तेज एक किसिमको हुन्छ, र सांसारिक शरीरहरूको तेज अर्कै किसिमको हुन्छ।
1CO 15:41 सूर्यको तेज एक किसिमको हुन्छ, चन्द्रमाको अर्कै किसिमको र ताराहरूको अर्कै किसिमको हुन्छ; किनकि एउटा ताराको तेज अर्को ताराको तेजभन्दा भिन्दै प्रकारको हुन्छ।
1CO 15:42 मरेकाहरूको पुनरुत्थान पनि यस्तै किसिमको हुनेछ। जुन शरीर विनाशमा गाडिन्छ, त्यो अविनाशी रूपमा पुनर्जीवित पारिनेछ।
1CO 15:43 त्यो अनादरमा गाडिन्छ, तर महिमामा पुनर्जीवित पारिनेछ; त्यो दुर्बलतामा गाडिन्छ, तर सामर्थ्यमा पुनर्जीवित पारिनेछ।
1CO 15:44 त्यो प्राकृतिक शरीरमा रोपिन्छ, तर आत्मिक शरीरमा पुनर्जीवित पारिनेछ। यदि प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि हुन्छ।
1CO 15:45 यसकारण यसरी लेखिएको छ: “पहिलो मानिस आदम जीवित प्राणी भयो”; अन्तिम आदमचाहिँ जीवन दिने आत्मा हुनुभयो।
1CO 15:46 पहिला आत्मिक शरीर आएन, तर पहिला प्राकृतिक शरीर आयो, त्यसपछि आत्मिक शरीर आयो।
1CO 15:47 पहिलो मानिस पृथ्वीको धुलोबाट बनेको थियो; दोस्रो मानिसचाहिँ स्वर्गबाट हुनुहुन्छ।
1CO 15:48 माटोबाट बनेको मानिसजस्तो थियो, पृथ्वीका मानिसहरू त्यस्तै हुन्छन्; स्वर्गीय मानिसजस्ता हुन्छन्, स्वर्गका अरूहरू पनि त्यस्तै हुन्छन्।
1CO 15:49 जसरी हामीले माटोले बनेको मानिसको स्वरूप धारण गरेका छौँ, त्यसरी नै हामीले स्वर्गीय मानिसको स्वरूप पनि धारण गर्नेछौँ।
1CO 15:50 दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई घोषणा गर्दछु, कि शरीर र रगत परमेश्‍वरको राज्यको हकदार हुन सक्दैन, न त विनाशी शरीर अविनाशी कुराको हकदार हुन सक्दछ।
1CO 15:51 सुन, म तिमीहरूलाई एउटा रहस्य भन्दछु: हामी सबै जना सुतिजानेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ;
1CO 15:52 एकै क्षणमा, आँखाको एक निमिषमा, तुरहीको आखिरी आवाजमा। जब तुरही बज्नेछ, मरेकाहरू अविनाशी रूपमा पुनर्जीवित हुनेछन् र हामीचाहिँ परिवर्तन हुनेछौँ।
1CO 15:53 किनकि विनाशीले अविनाशी रूप धारण गर्नुपर्छ र मरणशीलले अमरता धारण गर्नुपर्छ।
1CO 15:54 जब विनाशीले अविनाशी रूप र मरणशीलले अमरताको रूप धारण गर्नेछ, तब लेखिएको त्यो वचन पूरा हुनेछ: “मृत्युलाई विजयमा निलिएको छ।”
1CO 15:55 “ए मृत्यु, तेरो विजय कहाँ छ? ए मृत्यु, तेरो खील कहाँ छ?”
1CO 15:56 मृत्युको खील पाप हो, र पापको शक्तिचाहिँ व्यवस्था हो।
1CO 15:57 तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा विजय दिनुहुन्छ।
1CO 15:58 यसकारण मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, स्थिर रहो। तिमीहरूलाई कुनै पनि कुराले विचलित नपारोस्। प्रभुको काममा सधैँ जोशिलो भएर लागिरहो; किनभने तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।
1CO 16:1 अब प्रभुका जनहरूका निम्ति भेटी सङ्कलनको विषयमा बोल्न चाहन्छु: मैले गलातियाका मण्डलीहरूलाई जे गर्नु भनेको छु, त्यस्तै तिमीहरूले गर।
1CO 16:2 हरेक हप्‍ताको पहिलो दिन तिमीहरू सबैले आ-आफ्नो कमाइअनुसार केही रकम छुट्याएर जम्मा गरी राख्नू, ताकि म आउँदाखेरि भेटी सङ्कलन गर्ने कार्य नहोस्।
1CO 16:3 जब म आउँछु, तब तिमीहरूले चुनेका मानिसहरूलाई म परिचय-पत्र दिनेछु र तिनीहरूलाई तिमीहरूले सङ्कलन गरेको भेटीसँग यरूशलेम पठाउनेछु।
1CO 16:4 यदि म जान उचित देखियो भने तिनीहरू मसँगै जानेछन्।
1CO 16:5 म्यासिडोनिया भएर गएपछि म तिमीहरूकहाँ आउनेछु किनकि म त्यो बाटो भएर जानेछु।
1CO 16:6 सायद म तिमीहरूसँग केही समय बिताउनेछु वा पूरै हिउँद पनि बिताउँन सक्छु, ताकि तिमीहरूले मलाई मेरो बाँकी यात्रामा सहयोग गर्न सक्नेछौ।
1CO 16:7 म अहिले तिमीहरूलाई छोटो समयका लागि मात्र भेटेर गइहाल्नका लागि होइन, तर यदि प्रभुले अनुमति दिनुभयो भने म तिमीहरूसँग केही समयसम्म रहने आशा राख्छु।
1CO 16:8 तर म एफिससमा पेन्टिकोस्टको पर्वसम्म बस्‍नेछु।
1CO 16:9 किनभने प्रभावकारी कामको लागि मेरा निम्ति ठूलो ढोका खोलिएको छ, तर मेरो विरोध गर्ने पनि त्यहाँ धेरै छन्।
1CO 16:10 जब तिमोथी तिमीहरूकहाँ आउनेछन्, तिनी तिमीहरूसँग रहँदा निडरसाथ रहन सकून्; किनकि मैले गरेजस्तै तिनले पनि प्रभुको काम गरिरहेका छन्।
1CO 16:11 अनि कसैले पनि तिनलाई अवहेलना नगरून्। तिनलाई शान्तिसँग आफ्नो यात्रामा पठाइदेओ, ताकि तिनी मकहाँ फर्केर आऊन्। तिनी अरू भाइहरूसँग आउँछन् भन्‍ने मैले आशा गरिरहेको छु।
1CO 16:12 अब हाम्रा भाइ अपोल्‍लोसको विषयमा: मैले तिनलाई अरू भाइहरूसँग तिमीहरूकहाँ जाऊन् भनी धेरै आग्रह गरेँ। अहिले तिनको आउने चाहना पक्‍का छैन, तर जब तिनले मौका पाउँछन्, तब तिनी आउनेछन्।
1CO 16:13 तिमीहरू सतर्क रहो; विश्‍वासमा स्थिर भइरहो; निडर होओ र बलियो होओ।
1CO 16:14 सबै कुरा प्रेमसाथ गरिएका होऊन्।
1CO 16:15 हे विश्‍वासीहरू हो, तिमीहरू जान्दछौ, स्तिफनसको घराना अखैयाको पहिलो फल हुन्। तिनीहरूले प्रभुको जनहरूका सेवामा आफैँलाई अर्पण गरेका छन्। दाजुभाइ-दिदीबहिनीहरू, म तिमीहरूलाई विनम्र आग्रह गर्दछु,
1CO 16:16 कि यस्ता मानिसहरू र यस्तै परिश्रम गर्ने हरेकको अधीनमा बस।
1CO 16:17 जब स्तिफनस, फोर्टुनाटस र अखाइकस मकहाँ आए, तब म आनन्दित भएँ; किनभने तिमीहरूबाट भएको कमीलाई तिनीहरूले पूरा गरिदिएका छन्।
1CO 16:18 तिनीहरूका कारण मेरो र तिमीहरूका आत्मालाई पनि शीतल पारिदिएका छन्। यस्ता मानिसहरू आदर पाउने योग्यका हुन्।
1CO 16:19 एशियाको प्रान्तमा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अक्विला, प्रिस्किला र तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई प्रभुमा न्यानो अभिवादन पठाएका छन्।
1CO 16:20 यहाँ भएका सबै दाजुभाइ-दिदीबहिनीहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। ख्रीष्‍टिय प्रेमसाथ एक-अर्कालाई अभिवादन गर।
1CO 16:21 म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु।
1CO 16:22 यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने त्यो श्रापित होस्! हे हाम्रा प्रभु, आउनुहोस्!
1CO 16:23 प्रभु येशूको अनुग्रह तिमीहरूसँग होस्।
1CO 16:24 ख्रीष्‍ट येशूमा मेरो प्रेम तिमीहरू सबैसँग रहोस्! आमेन।
2CO 1:1 परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट,
2CO 1:2 हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।
2CO 1:3 हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पितालाई प्रशंसा होस्, जो करुणाका पिता, र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ।
2CO 1:4 उहाँले हाम्रा सबै सङ्कष्‍टहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि कुनै पनि सङ्कष्‍टहरूमा परेकाहरूलाई हामीले परमेश्‍वरबाट पाएका सान्त्वनाबाट सान्त्वना दिन सकौँ।
2CO 1:5 किनकि जसरी हामी ख्रीष्‍टका कष्‍टहरूमा सहभागी हुन्छौँ, त्यसरी नै ख्रीष्‍टद्वारा हाम्रो सान्त्वनामा पनि वृद्धि हुन्छ।
2CO 1:6 यदि हामी यातनामा पर्छौँ भने योचाहिँ तिमीहरूकै सान्त्वना र मुक्तिका निम्ति हो। यदि हामीले सान्त्वना पाउँछौँ भने यो तिमीहरूकै सान्त्वनाको निम्ति हो, जसले हामीले भोगेका ती कष्‍टहरू भोग्न तिमीहरूमा धैर्यशील सहनशीलता उत्पन्‍न गराउँछ।
2CO 1:7 अनि तिमीहरूका लागि हाम्रो आशा दृढ छ; किनकि जसरी तिमीहरू हाम्रा कष्‍टहरूमा सहभागी भयौ, त्यसरी नै हाम्रा सान्त्वनामा पनि सहभागी हुनेछौ भनी हामी जान्दछौँ।
2CO 1:8 हे दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले एशियाको प्रान्तमा भोगेका कष्‍टहरूबारे तिमीहरू अनजान रहो भनी हामी चाहन्‍नौँ। हामीले सहन नसक्ने किसिमको कष्‍टको भार हामीमाथि परेको थियो, जसले गर्दा हामी बाँच्छौँ कि बाँच्दैनौँ भनी निश्‍चित थिएनौँ।
2CO 1:9 निश्‍चय नै हामीले मृत्युदण्डको अनुभव गरिरहेका थियौँ। तर यस्तो हुनुको कारणचाहिँ हामीले आफूमाथि भरोसा नगरेर मरेकाहरूलाई पुनर्जीवित पार्नुहुने परमेश्‍वरमाथि भरोसा राखौँ भनेर नै हो।
2CO 1:10 उहाँले हामीलाई यति डरलाग्दो जोखिमबाट छुटाउनुभयो, कि उहाँले हामीलाई फेरि छुटाउनुहुनेछ भनेर हामीले आफ्ना आशा उहाँमाथि नै राखेका छौँ।
2CO 1:11 तिमीहरूले प्रार्थनाद्वारा हामीलाई सहायता गर। तब धेरैका प्रार्थनाको उत्तरस्वरूप हामीले अनुग्रहको निगाह पाएको कारण धेरैले हाम्रो पक्षमा परमेश्‍वरलाई धन्यवाद दिनेछन्।
2CO 1:12 अब हाम्रो गर्व यही हो: हाम्रा विवेकले यो साक्षी दिन्छ, कि विशेष गरी तिमीहरूप्रति हाम्रो सम्बन्धमा परमेश्‍वरबाट आउने निष्कपटतामा हामीले यस संसारमा पवित्रता र ईश्‍वरीय सत्यतामा व्यवहार गरेका छौँ। हामीले सांसारिक बुद्धिअनुसार होइन, तर परमेश्‍वरको अनुग्रहद्वारा यसो गरेका छौँ।
2CO 1:13 किनकि हामी तिमीहरूले पढ्न र बुझ्न नसक्ने केही लेख्दैनौँ। अनि म आशा गर्दछु, कि
2CO 1:14 जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ, र तिमीहरूले हाम्रो बारेमा गर्व गर्नेछौ; अनि हामीले पनि प्रभु येशूको दिनमा तिमीहरूबारे गर्व गर्नेछौँ।
2CO 1:15 मलाई यस विषयमा निश्‍चय भएकोले तिमीहरूलाई दोहोरो फाइदा होस् भनेर पहिला तिमीहरूकहाँ आउने योजना मैले बनाएँ।
2CO 1:16 म्यासिडोनिया जाँदा तिमीहरूकहाँ आएर भेट्न र फेरि म्यासिडोनियाबाट तिमीहरूकहाँ आउने र त्यहाँबाट यहूदियामा तिमीहरूद्वारा पठाइने योजना मैले बनाएको थिएँ।
2CO 1:17 के मेरो यो योजनामा अस्थिर मानसिकता देखिन्छ र? अथवा के म आफ्नो योजना मानवीय ढङ्गको जस्तो एउटै मुखले “हो, हो” वा “होइन, होइन” भन्दै बनाउने हुँ र?
2CO 1:18 तर निश्‍चय नै परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ; यसकारण एकै समयमा तिमीहरूका लागि हाम्रो सन्देशचाहिँ “हो” र “होइन” किसिमको भएको छैन।
2CO 1:19 म, सिलास र तिमोथीद्वारा तिमीहरूका बीचमा प्रचार गरिएका परमेश्‍वरको पुत्र येशू ख्रीष्‍ट “हो” र “होइन” हुनुहुन्‍नथ्यो। तर उहाँमा सदा “हो” नै छ।
2CO 1:20 किनकि परमेश्‍वरले जति प्रतिज्ञाहरू दिनुभएको छ, ती सबै ख्रीष्‍टमा “पूरा” भएका छन्। अनि यसैकारण परमेश्‍वरको महिमाका निम्ति उहाँद्वारा नै हामीबाट “आमेन” भनिएको छ।
2CO 1:21 अब परमेश्‍वरले नै हामी र तिमीहरूलाई ख्रीष्‍टमा दृढतासाथ खडा राख्नुहुन्छ। उहाँले हामीलाई अभिषेक गर्नुभएको छ।
2CO 1:22 उहाँले हामीलाई आफ्नो स्वामित्वको छाप लगाउनुभएको छ। अब के हुन आउनेछ भन्‍ने पक्‍का गरेर हाम्रा हृदयमा बैना स्वरूप उहाँको पवित्र आत्मा दिनुभएको छ।
2CO 1:23 तिमीहरूलाई दुःख नहोस् भनी म कोरिन्थमा आइनँ, र जसको लागि म परमेश्‍वरलाई मेरो साक्षीको रूपमा पुकार्छु।
2CO 1:24 हामी तिमीहरूको विश्‍वासमाथि अधिकार जमाउँदैनौँ, तर हामी तिमीहरूसँग तिमीहरूको आनन्दको निम्ति काम गर्छौँ; किनभने विश्‍वासद्वारा नै तिमीहरू दृढतापूर्वक खडा हुन्छौ।
2CO 2:1 यसकारण तिमीहरूलाई कष्‍ट नहोस् भनी दोस्रोपल्ट तिमीहरूकहाँ नआउने नै मैले निश्‍चय गरेँ।
2CO 2:2 किनकि यदि मैले तिमीहरूलाई दुःखित बनाएँ भने, अरू कसले चाहिँ मलाई खुशी बनाउने त? किनकि मलाई खुशी बनाउने त तिमीहरू नै हौ।
2CO 2:3 अनि जसरी मैले अगिल्‍लो पत्रमा लेखेको थिएँ, कि म आउँदाखेरि जसबाट मैले आनन्द पाउनुपर्ने हो, तिनीहरूबाटै म दुःखित हुन नपरोस्। किनकि तिमीहरू सबैमाथि मेरो भरोसा छ, कि जुन कारणले म आनन्दित छु तिमीहरू पनि त्यही कारणले गर्दा आनन्दित हुन्छौ।
2CO 2:4 तिमीहरूलाई दुःखित तुल्याउन त होइन, तर तिमीहरूप्रति मेरो प्रेम कति प्रशस्त छ, सो तिमीहरूलाई थाहा होस् भनेर नै मैले मेरो अधिक पीडा, हृदयको वेदना र आँसुसहित तिमीहरूलाई त्यो लेखेको थिएँ।
2CO 2:5 म कडा शब्दसँग त भन्दिनँ, तर यदि कसैले दुःखित तुल्याएको छ भने त्यसले मलाई होइन, तर एक प्रकारले तिमीहरू सबैलाई दुःखित तुल्याएको छ।
2CO 2:6 यस्तो व्यक्तिलाई बहुमतद्वारा दिइएको सजाय यथेष्‍ट छ।
2CO 2:7 अब यस्तो व्यक्ति झन् बढी शोकमा नडुबोस् भनेर तिमीहरूले उसलाई क्षमा दिएर सान्त्वना दिनुपर्छ।
2CO 2:8 यसकारण तिमीहरूले त्यस व्यक्तिप्रति तिमीहरूको प्रेम फेरि पक्‍का गर भनी म आग्रह गर्दछु।
2CO 2:9 मैले तिमीहरूलाई लेखेको कारणचाहिँ तिमीहरू जाँचमा स्थिर रहेर प्रत्येक कुरामा आज्ञाकारी छौ कि छैनौ भनेर थाहा पाउनका लागि हो।
2CO 2:10 तिमीहरूले कसैलाई क्षमा दियौ भने म पनि त्यसलाई क्षमा दिनेछु। यदि मैले केही कुरामा क्षमा दिएको छु भने त्यो मैले ख्रीष्‍टको उपस्थितिमा तिमीहरूकै निम्ति क्षमा दिएको छु;
2CO 2:11 शैतानले हामीलाई धोका नदेओस्; किनकि हामी त्यसका युक्तिहरूको विषयमा अनजान छैनौँ।
2CO 2:12 जब म ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआसमा गएँ, त्यहाँ प्रभुद्वारा मेरा लागि एउटा ढोका खोलिएको थियो।
2CO 2:13 मैले मेरा भाइ तीतसलाई त्यहाँ नभेट्टाउँदा मेरो मनमा शान्ति थिएन। यसकारण म तिनीहरूबाट बिदा भएर म्यासिडोनियातर्फ गएँ।
2CO 2:14 तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले हामीलाई ख्रीष्‍टको विजयको यात्रामा डोर्‍याउनुहुन्छ, र हामीद्वारा नै उहाँको ज्ञानको सुबास्‍ना चारैतिर फैलाउनुहुन्छ।
2CO 2:15 किनकि उद्धार पाइरहेकाहरू र नष्‍ट भइरहेकाहरूका बीचमा हामी परमेश्‍वरका निम्ति ख्रीष्‍टको मिठो सुबास्‍ना हौँ।
2CO 2:16 नष्‍ट भइरहेकाहरूका निम्ति मृत्युको गन्ध ल्याउन र उद्धार पाइरहेकाहरूका निम्ति जीवनको सुगन्ध ल्याउन यस्ता कामहरूका लागि को योग्यको छ र?
2CO 2:17 किनकि हामी ती मानिसहरूजस्ता परमेश्‍वरको वचनलाई लाभका निम्ति व्यापार गर्ने होइनौँ। बरु परमेश्‍वरबाट पठाइएका मानिसहरूजस्ता हामी परमेश्‍वरको सामु ख्रीष्‍टमा छलरहित कुरा बोल्दछौँ।
2CO 3:1 के हामी फेरि आफ्नै प्रशंसा गर्न थालेका छौँ? अथवा अरू मानिसहरूलाई झैँ हामीलाई पनि तिमीहरूलाई वा तिमीहरूबाट सिफारिस पत्रहरू लैजान आवश्यकता छ?
2CO 3:2 तिमीहरू नै हाम्रा सिफारिस पत्र हौ; जुन हाम्रा हृदयहरूमा लेखिएको छ, र सबै मानिसहरूद्वारा चिनिन्छ र पढिन्छ।
2CO 3:3 तिमीहरूले नै यो देखाउँदछौ, तिमीहरू ख्रीष्‍टका पत्र हौ, हाम्रा सेवाका प्रतिफलहरू हौ। जुन पत्र मसीले होइन, तर जीवित परमेश्‍वरका आत्माले लेखिएको हो, ढुङ्गाका पाटीमा होइन, तर मानवीय हृदयका पाटीहरूमा लेखिएको छ।
2CO 3:4 परमेश्‍वरमा ख्रीष्‍टद्वारा हाम्रो यस्तो भरोसा छ।
2CO 3:5 आफैँले दाबी गर्ने किसिमको कुनै योग्यता हामीमा छैन, तर हाम्रो योग्यताचाहिँ परमेश्‍वरबाट नै आउँछ।
2CO 3:6 उहाँले नै हामीलाई नयाँ करारका सेवकहरूको रूपमा योग्य बनाउनुभएको छ। लिखित नियमको रूपमा होइन, तर आत्माद्वारा; किनकि लिखित अक्षरले मार्छ, तर आत्माले जीवन दिनुहुन्छ।
2CO 3:7 तर ढुङ्गाहरूमा खोपिएका अक्षरहरूको सेवाले मृत्यु ल्यायो र त्यो महिमासाथ आयो; अनि त्यही महिमाको कारण इस्राएलीहरूले मोशाको चम्किलो अनुहार हेर्न सकेनन्। यद्यपि त्यो हराएर जाने महिमाको चमक थियो भने,
2CO 3:8 के आत्माको जीवन दिने सेवा झन् महिमामय हुनेछैन र?
2CO 3:9 मानिसहरूलाई दोषी ठहराउने त्यो नियमको सेवा महिमामय थियो भने धार्मिकता ल्याउने सेवा झन् कति बढी महिमामय हुन्छ!
2CO 3:10 तर एक पटक जे महिमामय थियो, त्यसको तुलना वर्तमान महिमाले गर्दा अब त्यो महिमापूर्ण रहेन।
2CO 3:11 किनकि यदि बितेर जाने महिमापूर्ण छ भने सधैँ रहिरहनेचाहिँ झन् बढ्ता महिमापूर्ण होला!
2CO 3:12 यसकारण हामीसित यस्तो आशा भएको हुनाले अत्यन्त साहसी भएका छौँ।
2CO 3:13 हामी मोशाजस्ता होइनौँ, जसले धमिलिँदै गएको महिमा इस्राएलीहरूले नदेखून् भनी आफ्नो अनुहारमा घुम्टो हाल्थे।
2CO 3:14 तर इस्राएलीहरूको मन मन्द बनाइएको थियो; किनकि आजको दिनसम्मै पुरानो करार पढ्दा त्यही घुम्टोले ढाकिरहेकै छ। यो हटाइएकै छैन; किनकि ख्रीष्‍टमा मात्र यो हटाइन्छ।
2CO 3:15 आज पनि यदि मोशाका पुस्तकहरू पढिन्छ भने तिनीहरूको हृदयलाई घुम्टोले ढाकेको हुन्छ।
2CO 3:16 तर जब कोही प्रभुतिर फर्कन्छ, तब त्यो घुम्टो हटाइन्छ।
2CO 3:17 अब प्रभु आत्मा हुनुहुन्छ; र जहाँ प्रभुको आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।
2CO 3:18 हामी सबैले घुम्टो नलगाइएको मुहारले प्रभुको महिमा प्रतिविम्बित गर्छौँ; अनि प्रभुबाट आएको बढिरहने महिमासित उहाँको स्वरूपमा परिवर्तन भइरहेका छौँ, जुन प्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ।
2CO 4:1 यसकारण परमेश्‍वरको कृपाद्वारा हामीले यो सेवा पाएको हुनाले हामी हरेस खाँदैनौँ।
2CO 4:2 बरु हामीले गुप्‍त र शर्म लाग्ने मार्गहरू त्यागेका छौँ। हामी छल गर्दैनौँ, न त परमेश्‍वरको वचनलाई हेरफेर गरेर व्याख्या गर्छौँ। तर हामी परमेश्‍वरको दृष्‍टिमा सत्यलाई प्रकट गरेर प्रत्येकको विवेकमा आफूलाई ग्रहणयोग्य बनाउँछौँ।
2CO 4:3 यदि हामीले प्रचार गरेको सुसमाचारमा घुम्टो लागेको छ भने त्यो घुम्टोचाहिँ नष्‍ट हुनेहरूकै लागि मात्र लागेको छ।
2CO 4:4 परमेश्‍वरको प्रतिरूप ख्रीष्‍टको महिमाको सुसमाचारको ज्योति तिनीहरूले नदेखून् भनी यस संसारको देवले अविश्‍वासीहरूको मनलाई अन्धो तुल्याइदिएको छ।
2CO 4:5 किनकि हामीले आफूलाई होइन, तर येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनेर प्रचार गर्दछौँ, र हामीहरूचाहिँ येशूको निम्ति तिमीहरूका सेवकहरू हौँ।
2CO 4:6 तर “अन्धकारमा ज्योति चम्कोस्,” भनी आज्ञा गर्नुहुने परमेश्‍वरले ख्रीष्‍टको मुहारमा देखिएको परमेश्‍वरको महिमाको ज्ञानको ज्योति हामीमा प्रदर्शित होस् भनेर हाम्रो हृदयमा उहाँको ज्योति चम्काउनुभएको छ।
2CO 4:7 तर यो सबैभन्दा ठूलो शक्ति हामीबाट होइन, तर परमेश्‍वरबाट हो भनी देखाउन हामीसित यो धनसम्पत्ति माटोका भाँडामा छ।
2CO 4:8 हामी चारैतिरबाट थिचिएका छौँ, तर पिसिएका छैनौँ; अन्योलमा परेका छौँ, तर हताश भएका छैनौँ;
2CO 4:9 सताइएका छौँ, तर त्यागिएका छैनौँ; प्रहारद्वारा ढलेका छौँ, तर नष्‍ट भएका छैनौँ।
2CO 4:10 हाम्रो शरीरमा येशूको जीवन देखियोस् भनेर हामी सधैँ आफ्ना शरीरमा उहाँको मृत्यु बोकेर हिँड्छौँ।
2CO 4:11 किनकि उहाँको जीवन हाम्रा पार्थिव शरीरमा देखियोस् भनी हामी जिउँदाहरू ख्रीष्‍टको निम्ति सधैँ मृत्युको लागि सुम्पिएका छौँ।
2CO 4:12 यसरी हामी सधैँ मृत्युको सामना गर्दछौँ, ताकि तिमीहरूले अनन्त जीवन प्राप्‍त गर्न सक।
2CO 4:13 धर्मशास्त्रमा यसरी लेखिएको छ: “मैले विश्‍वास गरेँ, यसैले म बोलेँ।” त्यही विश्‍वासको आत्माद्वारा हामी पनि विश्‍वास गर्छौँ, यसैले बोल्छौँ।
2CO 4:14 किनकि हामी जान्दछौँ, जसले प्रभु येशूलाई मृत्युबाट पुनर्जीवित पार्नुभयो, उहाँले येशूसँगै हामीलाई पनि पुनर्जीवित पार्नुहुनेछ; अनि उहाँको उपस्थितिमा हामीलाई तिमीहरूसितै उपस्थित गराउनुहुनेछ।
2CO 4:15 यी सबै तिमीहरूकै फाइदाको लागि हुन्, यसैले कि प्रशस्त अनुग्रहले धेरैभन्दा धेरै मानिसहरूमा परमेश्‍वरको महिमाको लागि धन्यवादको वृद्धि हुँदै जाओस्।
2CO 4:16 यसकारण हामी हरेस खाँदैनौँ। किनकि हाम्रो बाहिरी मनुष्यत्व नष्‍ट हुँदै गइरहेको भए तापनि हाम्रो भित्री आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ।
2CO 4:17 किनकि हाम्रो हल्का र क्षणभरको कष्‍टले हाम्रा निम्ति अनन्तको महिमा प्राप्‍त हुनेछ, जुन यी सबै कष्‍टहरूको तुलनामा केही पनि होइन।
2CO 4:18 यसकारण हामी देखिने थोकहरूमा होइन, तर नदेखिने थोकहरूमा आफ्ना आँखा केन्द्रित गर्दछौँ। किनकि देखिने थोक क्षणिक हुन्छ, तर नदेखिनेचाहिँ अनन्तको हुन्छ।
2CO 5:1 अब हामी जान्दछौँ, कि हामी बस्‍ने पृथ्वीको यो डेरा भत्किगएपछि हाम्रा लागि स्वर्गमा अनन्तसम्म रहिरहने घर छ, जुन मानिसहरूका हातले बनाइएको होइन, तर परमेश्‍वरबाट बनाइएको हो।
2CO 5:2 अहिले हामी वर्तमान शरीरमा, स्वर्गीय वासस्थान धारण गरौँ भनेर सुस्केरा हाल्छौँ;
2CO 5:3 किनकि त्यसलाई धारण गर्‍यौँ भने हामी नाङ्गो देखिनेछैनौँ।
2CO 5:4 अनि यस डेरामा हुँदा भारले थिचिएर हामी सुस्केरा हाल्छौँ; किनकि हामी नाङ्गा होऔँ भनेर होइन, तर अझ स्वर्गीय वासस्थानले ढाकिएका हुन चाहन्छौँ, ताकि जे मरणशील छ, त्यसलाई जीवनले निलोस्।
2CO 5:5 अब परमेश्‍वरले नै हामीलाई यस विशेष उद्देश्यको लागि तयार पार्नुभएको छ; उहाँले हामीलाई बैना स्वरूप परमेश्‍वरको आत्मा दिनुभएको छ।
2CO 5:6 यसकारण हामी ढुक्‍क छौँ। हामी जान्दछौँ, जबसम्म हामी शरीरमा रहन्छौँ, तबसम्म हामी प्रभुदेखि टाढा हुन्छौँ।
2CO 5:7 हामी देखिने कुराहरूमा भरोसा राखेर होइन, तर नदेखिएका कुराहरूमा विश्‍वास राखेर जिउँछौँ।
2CO 5:8 हामी ढुक्‍क छौँ, र यस शरीरबाट टाढा रहेर बरु प्रभुसित नै रहन चाहन्छौँ।
2CO 5:9 यसकारण हामी शरीरको डेरामै रहौँ, अथवा यसदेखि टाढा रहौँ, हामीले प्रभुलाई नै प्रसन्‍न पार्ने लक्ष्य राखेका छौँ।
2CO 5:10 किनकि हामी यस शरीरमा हुँदा असल वा खराब, जेजस्तो गरेका छौँ, त्यसअनुसारको प्रतिफल पाउनलाई हामी सबै ख्रीष्‍टको न्याय आसनको सामु उपस्थित हुनुपर्नेछ।
2CO 5:11 तब परमेश्‍वरको भय के हो भनी हामीले जानेका हुनाले, हामी अरूहरूलाई सम्झाउँछौँ। हामी जे छौँ, त्यो परमेश्‍वरलाई थाहा छ, र म आशा गर्छु, तिमीहरूको विवेकमा पनि प्रकट भएकै होला।
2CO 5:12 हामीले फेरि तिमीहरूको सामु आफ्नै तारिफ गर्ने चेष्‍टा गरिरहेका छैनौँ, तर जो जसले हृदयमा भएका कुराहरूमा होइन, तर देखिने कुराहरूमा घमण्ड गर्नेहरूलाई तिमीहरूले जवाफ दिन सक भनेर तिमीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेका छौँ।
2CO 5:13 किनकि हामी बेहोशी छौँ भने परमेश्‍वरकै लागि बेहोशी छौँ; अनि यदि हामी होशमै छौँ भने त्यो तिमीहरूको फाइदाको लागि हो।
2CO 5:14 ख्रीष्‍टको प्रेमले हामीलाई विवश पार्दछ; किनकि हामीलाई यो पक्‍का छ, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै जना मरे।
2CO 5:15 उहाँ सबैका निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू अब आफ्नै लागि होइन, तर उहाँको लागि बाँचून् जो मरेर पुनर्जीवित हुनुभएको छ।
2CO 5:16 यसकारण अब उसो हामी कसैलाई पनि सांसारिक दृष्‍टिकोणले हेर्दैनौँ। एकपल्ट हामीले ख्रीष्‍टलाई पनि यसरी नै हेरेका थियौँ, तर अब त्यसो गर्नेछैनौँ।
2CO 5:17 यसकारण यदि कोही ख्रीष्‍टमा छ भने ऊ नयाँ सृष्‍टि हो। पुराना कुराहरू बितिगएका छन्; अब सबै कुरा नयाँ भएका छन्।
2CO 5:18 यी सबै परमेश्‍वरबाट भएको हो, जसले ख्रीष्‍टद्वारा हामीलाई मिलापमा ल्याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो;
2CO 5:19 अर्थात् ख्रीष्‍टमा हुनुभईकन परमेश्‍वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो। तिनीहरूका पापका हिसाब लिनुभएन, र हामीलाई मिलापको सन्देश सुम्पनुभएको छ।
2CO 5:20 परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभएझैँ हामी ख्रीष्‍टका निम्ति राजदूतहरू हौँ। हामी ख्रीष्‍टको पक्षमा तिमीहरूलाई अनुरोध गर्दछौँ: परमेश्‍वरसित मिलाप गर।
2CO 5:21 हामी ख्रीष्‍टमा परमेश्‍वरको धार्मिकता बन्‍न पाऔँ भनी परमेश्‍वरले पाप नै नगर्नुहुनेलाई हाम्रा निम्ति पाप शुद्धीकरणको बलिदान तुल्याउनुभयो।
2CO 6:1 परमेश्‍वरका सहकर्मीको नाताले हामी तिमीहरूलाई परमेश्‍वरको अनुग्रहलाई व्यर्थैमा नलेओ भनी आग्रह गर्छौँ।
2CO 6:2 किनकि उहाँ भन्‍नुहुन्छ, “मेरो निगाहको समयमा मैले तेरो पुकार सुनेको छु; अनि मुक्तिको दिनमा मैले तँलाई मदत गरेको छु।” म तिमीलाई भन्दछु, परमेश्‍वरको निगाहको समय यही हो, मुक्तिको दिन अहिले नै हो।
2CO 6:3 हाम्रो सेवामाथि दोष नलागोस् भनी हामी कसैको बाटोमा ठेस लाग्ने कुरा राख्दैनौँ।
2CO 6:4 बरु परमेश्‍वरका सेवकहरूको रूपमा हामी आफूलाई प्रत्येक कुरामा समर्पण गर्दछौँ: धेरै सहनशीलतामा, दुःखहरूमा, कठिन अवस्थाहरूमा, सङ्कष्‍टहरूमा,
2CO 6:5 पिटाइहरूमा, कैदमा, हुलदङ्गाहरूमा; कठोर परिश्रममा, अनिदा रातहरूमा, भोकमा,
2CO 6:6 शुद्धतामा, समझमा, धीरजमा, दयामा, पवित्र आत्मामा, निष्कपट प्रेममा,
2CO 6:7 सत्य वचनमा, परमेश्‍वरको शक्तिमा; धार्मिकताका हतियार दाहिने र देब्रे हातमा लिएर;
2CO 6:8 आदरमा र अनादरमा, बदनाममा र सुनाममा, छली ठानिएका जस्ता, तैपनि सत्य;
2CO 6:9 नचिनिएका जस्ता, तर पनि चिनिएका; मर्दै गरेका जस्ता, तर पनि बाँचेका; पिटिएका जस्ता, तर पनि नमारिएका,
2CO 6:10 दुःखले पूर्ण भएका जस्ता, र पनि सधैँ आनन्दित हुनेजस्ता, गरिबजस्ता, र पनि धेरैलाई धनी बनाउनेजस्ता, केही नभएका जस्ता, र पनि सबै थोक भएका जस्ता छौँ।
2CO 6:11 हे कोरिन्थवासी हो, हामीले तिमीहरूलाई प्रष्‍टै भनिदिएका छौँ, र तिमीहरूलाई हाम्रो हृदय पूर्ण रूपले खोलिदिएका छौँ।
2CO 6:12 हामीले आफ्नो स्‍नेह तिमीहरूदेखि रोकिराखेका छैनौँ, तर तिमीहरूले चाहिँ आफ्नो स्‍नेह हामीबाट रोकिराखेका छौ।
2CO 6:13 म तिमीहरूलाई आफ्नै बालकहरूलाई जस्तै गरी भन्दछु; तिमीहरू पनि हामीले तिमीहरूलाई हृदय खोलेझैँ हाम्रो निम्ति आफ्ना हृदय पूर्ण रूपमा खोलिदेओ।
2CO 6:14 ख्रीष्‍टमा विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ। किनकि धार्मिकता र दुष्‍टताको के समानता छ र? अथवा ज्योतिको अन्धकारसित के सङ्गति हुन्छ र?
2CO 6:15 ख्रीष्‍ट र शैतानको के मेल हुन्छ र? विश्‍वास गर्ने र नगर्नेहरूसित के समानता हुन्छ र?
2CO 6:16 परमेश्‍वरको मन्दिर र मूर्तिबीच के सम्बन्ध हुन्छ र? किनकि हामी जीवित परमेश्‍वरका मन्दिर हौँ। जसरी परमेश्‍वरले भन्‍नुभएको छ: “म तिनीहरूसँग बस्‍नेछु, र तिनीहरूसित हिँड्‍डुल गर्नेछु; अनि म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्।”
2CO 6:17 यसकारण, “तिनीहरूका बीचबाट निस्किआओ; अनि अलग होओ, प्रभु भन्‍नुहुन्छ। अशुद्ध थोक नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।”
2CO 6:18 र “सर्वशक्तिमान् प्रभु भन्‍नुहुन्छ, म तिमीहरूका पिता हुनेछु; अनि तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ।”
2CO 7:1 यसकारण प्रिय मित्रहरू हो, हामीहरूसित यी प्रतिज्ञाहरू भएका हुनाले परमेश्‍वरप्रति श्रद्धा राखेर पवित्रतालाई सिद्ध तुल्याउँदै शरीर र आत्मालाई अशुद्ध पार्ने प्रत्येक थोकदेखि आफूलाई शुद्ध राखौँ।
2CO 7:2 तिमीहरूका हृदयमा हाम्रो लागि ठाउँ राख। हामीले कसैको खराबी गरेका छैनौँ, कसैलाई भ्रष्‍ट पारेका छैनौँ, र कसैलाई पनि शोषण गरेका छैनौँ।
2CO 7:3 मैले तिमीहरूलाई दोष लगाउनलाई यो भनेको होइन; मैले पहिल्यै भनेको छु, हाम्रा हृदयमा तिमीहरूको यस्तो स्थान छ, हामी तिमीहरूसितै बाँच्न अथवा मर्न तयार पनि छौँ।
2CO 7:4 तिमीहरूमाथि मेरो ठूलो विश्‍वास छ, मलाई तिमीहरूमाथि गर्व छ। म धेरै उत्साहित भएको छु, र हाम्रा सबै सङ्कष्‍टहरूमा मेरो आनन्दको सीमा छैन।
2CO 7:5 किनकि जब हामी म्यासिडोनियामा आएका थियौँ, तब हाम्रो शरीरलाई विश्राम थिएन, तर बाहिर सङ्घर्ष र भित्र डरैडर भएको हुनाले चारैतिरबाट पीडित भएका थियौँ।
2CO 7:6 तर हताश भएकाहरूलाई सान्त्वना दिनुहुने परमेश्‍वरले तीतसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो;
2CO 7:7 अनि तिनी आएका हुनाले मात्र होइन, तर तिमीहरूले तिनलाई दिएका सान्त्वनाले पनि हामीलाई सान्त्वना मिल्यो। तिनले मप्रति तिमीहरूको चाहना र गहिरो चिन्ता र वास्ताबारे बताए, यसरी मेरो आनन्द अझै बढी भयो।
2CO 7:8 मैले मेरो पत्रद्वारा तिमीहरूलाई दुःखित पारेको भए तापनि म पछुतो मान्दिनँ। मलाई पछुतो भए तापनि मेरो पत्रले तिमीहरूलाई केही क्षण मात्र चोट पुर्‍याएको देख्छु,
2CO 7:9 तर तिमीहरू दुःखित भएकोमा होइन, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याएको हुँदा अब म खुशी छु। किनकि तिमीहरू परमेश्‍वरले चाहनुभएकाले नै दुःखी भयौ; त्यसैले तिमीहरूलाई हामीद्वारा केही कुरामा हानि भएन।
2CO 7:10 ईश्‍वरीय दुःखले पश्‍चात्ताप ल्याउँछ, जसले मुक्तितिर डोर्‍याउँछ र पछुतो हुँदैन, तर सांसारिक दुःखले त मृत्यु उत्पन्‍न गराउँछ।
2CO 7:11 हेर, यो ईश्‍वरीय दुःखले तिमीहरूमा के उत्पन्‍न गरायो! कस्तो तत्परता, आफूलाई स्वच्छ राख्ने कस्तो उत्सुकता, कस्तो आक्रोश, कस्तो सावधानी, कस्तो तिर्सना, कस्तो वास्ता, न्याय गरिएको हेर्ने कस्तो तत्परता! तिमीहरूले प्रत्येक विषयमा आफूलाई निर्दोष साबित गरायौ।
2CO 7:12 यसकारण मैले तिमीहरूलाई त्यो पत्र लेखेको भए तापनि तिमीहरूले खराबी वा अत्याचार गर्‍यौ भनेर लेखा लिने जस्तो गरी होइन, न त दोष लगाइएकोलाई झैँ, बरु हामीप्रति तिमीहरूको उत्साह कस्तो छ भनी परमेश्‍वरको सामु आफूले देख्न सक भनेर हो।
2CO 7:13 त्यसैकारण यी सबैबाट हामी उत्साहित बनेका छौँ। हाम्रा आफ्नै उत्साहबाहेक, विशेष गरी तीतस कति आनन्दित थिए, त्यो हेर्न पाउँदा हामी खुशी भएका छौँ; किनकि तिनका आत्मा तिमीहरू सबैद्वारा ताजा भएको थियो।
2CO 7:14 मैले तिनीसित तिमीहरूको विषयमा गर्व गरेको थिएँ, र तिमीहरूले मलाई लाजमा पारेनौ, तर हामीले तिमीहरूलाई भनेका सबै कुरा साँचो भएको हुँदा, हामीले तीतससित तिमीहरूबारे गर्व गरेको पनि साँचो साबित भएको छ।
2CO 7:15 तिमीहरू सबै आज्ञाकारी थियौ र तिमीहरूले तिनलाई डर र कम्पसाथ ग्रहण गर्‍यौ भनी जब तिनले सम्झन्छन्, तब तिमीहरूप्रति तिनको स्‍नेह अझ बढेर जान्छ।
2CO 7:16 म तिमीहरूमाथि पूर्ण रूपले भरोसा राख्न सक्छु भनेर खुशी छु।
2CO 8:1 अब हे दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरले म्यासिडोनियाका मण्डलीहरूलाई दिनुभएको अनुग्रहबारे तिमीहरूले जान भनी हामी चाहन्छौँ।
2CO 8:2 तिनीहरू अति डरलाग्दा परीक्षाहरूमा परे तापनि तिनीहरू आनन्दले भरिपूर्ण थिए, र अत्यन्त दरिद्र भए तापनि तिनीहरूले उदार चित्तले दान दिए।
2CO 8:3 किनकि म यो साक्षी दिन्छु, तिनीहरूले दिन सक्ने जति दिए, यहाँसम्म कि तिनीहरूको सामर्थ्यभन्दा बढी नै स्वेच्छापूर्वक दिए।
2CO 8:4 प्रभुका जनहरूको सेवाका लागि दान दिने सुअवसर पाऔँ भनी हामीसित तिनीहरूले खुरन्धार बिन्ती गरे।
2CO 8:5 अनि तिनीहरूले हामीले आशा गरेको भन्दा प्रशस्त गरे: तिनीहरूले पहिले आफैँलाई प्रभुमा समर्पण गरे; त्यसपछि परमेश्‍वरको इच्छाअनुसार हामीकहाँ पनि आफैँलाई समर्पण गरे।
2CO 8:6 यसकारण तीतसले पहिलेबाट नै दान उठाउने काम थालेका हुनाले तिमीहरूको भेटी सङ्कलनको काम पूरा गरून् भनी हामीले तिनलाई आग्रह गर्‍यौँ।
2CO 8:7 अनि तिमीहरूले प्रत्येक कुरामा, विश्‍वासमा, वचनमा, ज्ञानमा, सम्पूर्ण तत्परतामा र हामीप्रति तिमीहरूको प्रेममा सर्वश्रेष्‍ठता देखाएझैँ तिमीहरूले दान दिने काममा पनि सर्वश्रेष्‍ठता देखाओ।
2CO 8:8 म तिमीहरूलाई आज्ञा दिन्‍नँ, तर अरूको तत्परतासित तिमीहरूको प्रेमको निष्कपटता जाँच्न चाहन्छु।
2CO 8:9 किनकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह जान्दछौ, उहाँ धनी भएर पनि तिमीहरूको निम्ति गरिब हुनुभयो, ताकि उहाँको दरिद्रताबाट तिमीहरू धनी बन।
2CO 8:10 अनि तिमीहरूका लागि के कुराचाहिँ उत्तम होला भनेर यस विषयमा मेरो सुझाव यस्तो छ: बितेको वर्षमा तिमीहरू दिने कुरामा मात्र होइन, तर यसो गर्ने इच्छाको लागि पनि प्रथम थियौ।
2CO 8:11 अब यस कामलाई पूरा गर, ताकि तिमीहरूको यसो गर्ने इच्छा तिमीहरूको साधनअनुसार दिएर पूरा गरेको कारणले सुहाउँदो होस्।
2CO 8:12 किनकि यदि इच्छा छ भने मानिससँग नभएअनुसार होइन, तर ऊसँग भएअनुसारको दान ग्रहणयोग्य हुन्छ।
2CO 8:13 अरूलाई भार नहोस् तर तिमीहरूलाई भार होस् भन्‍ने हाम्रो इच्छा होइन;
2CO 8:14 वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको खाँचो टरोस्, ताकि बदलामा तिमीहरूको खाँचो पनि तिनीहरूको प्रशस्तताबाट टरोस्। यसरी लक्ष्यमा समानता हुन्छ,
2CO 8:15 जसरी धर्मशास्त्रमा लेखिएको छ, “धेरै बटुल्नेको ज्यादा भएन, र थोरै बटुल्नेको पनि कम्ती भएन।”
2CO 8:16 परमेश्‍वरलाई धन्यवाद होस्, तिमीहरूप्रति मेरो जुन वास्ता थियो, त्यो उहाँले तीतसको हृदयमा हालिदिनुभयो।
2CO 8:17 किनकि तीतसले हाम्रो बिन्ती सुनेको मात्र होइन, तर तिनी आफैँ पनि खूबै उत्साहसाथ तिमीहरूकहाँ आइरहेका छन्।
2CO 8:18 अनि हामी तिनीसित त्यस भाइलाई पठाउँदैछौँ, जसलाई सबै मण्डलीहरूले उनको सुसमाचारप्रतिको सेवाको प्रशंसा गर्दछन्।
2CO 8:19 यति मात्र होइन, तर हामीले भेटी लिएर जाँदा उनी हामीसित जाऊन् भनी मण्डलीहरूले उनलाई नियुक्त गरेका छन् जुन हामीले प्रभुको सम्मान गर्न र हाम्रो सहायता दिने उत्सुकतालाई प्रकट गरेका छौँ।
2CO 8:20 यस उदारपूर्ण दानलाई हामी कसरी चलाउँछौँ, यसबारे हामी कुनै आलोचना सुन्‍न चाहँदैनौँ।
2CO 8:21 किनकि परमेश्‍वरको नजरमा मात्र होइन, तर मानिसहरूको नजरमा पनि आदरणीय काम गर्न हामीले कष्‍ट उठाइरहेका छौँ।
2CO 8:22 यसबाहेक हामी तिनीहरूसित हाम्रा अर्को भाइलाई पठाउँदैछौँ, जसले उनी जोशिला छन् भन्‍ने धेरै किसिमले हामीलाई प्रमाणित गरिसकेका छन्; अनि अझ बढी तिमीहरूप्रति उनको ठूलो भरोसा छ।
2CO 8:23 तीतसको विषयमा, तिमीहरूबीच तिनी मेरा साझेदार र सहकर्मी हुन्, हाम्रा भाइहरूको विषयमा, तिनीहरू मण्डलीहरूका प्रतिनिधिहरू र ख्रीष्‍टको निम्ति सम्मान हुन्।
2CO 8:24 यसकारण यी मानिसहरूलाई तिमीहरूको प्रेमको प्रमाण र तिमीहरूलाई हामीले गर्व गर्ने कारण देखाइदेओ, ताकि मण्डलीहरूले यो देख्न सकून्।
2CO 9:1 प्रभुका जनहरूका लागि भेटी सङ्कलनको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ।
2CO 9:2 किनकि मदत गर्न तिमीहरूको उत्सुकता म जान्दछु। एक वर्ष अगिदेखि अखैयाको मण्डली दिनलाई तयार छ, र तिमीहरूको उत्साहले गर्दा तिनीहरूमध्ये धेरै जना जोशिला भएका छन् भनी मैले म्यासिडोनियाका मानिसहरूसित यसबारे गर्व गर्दैआएको छु।
2CO 9:3 तर यस विषयमा तिमीहरूमाथि हामीले गरेको गर्व खोक्रो नहोस्, तर तिमीहरू मैले भनेझैँ तयार रहो भनी यी भाइहरूलाई पठाइरहेको छु।
2CO 9:4 किनकि यदि म्यासिडोनियाका मानिसहरू मसित आउँदा मदत गर्न तिमीहरू तयार भएको भेटेनन् भने तिमीहरू मात्र होइन, तर तिमीहरूमाथि यति धेरै भरोसा राखेकोमा हामी पनि शर्ममा पर्नेछौँ।
2CO 9:5 यसकारण यी भाइहरूलाई अगिबाट नै तिमीहरूकहाँ जान प्रोत्साहन दिन र तिमीहरूले उदारसाथ दिन्छु भनी प्रतिज्ञा गरेको दानको प्रबन्ध गर भन्‍न मलाई आवश्यक लाग्यो, ताकि त्योचाहिँ चित्त दुःखाउँदै नहोस्, तर उदारपूर्ण रूपमा दिएको दान होस्।
2CO 9:6 यो याद राख: थोरै छर्नेले थोरै कटनी गर्नेछ, तर प्रशस्ततासाथ छर्नेले प्रशस्ततासाथ कटनी गर्नेछ।
2CO 9:7 प्रत्येक मानिसले आफ्नो हृदयमा प्रतिज्ञा गरेअनुसार देओस्, चित्त दुःखाउँदै होइन, अथवा करकापमा परेर होइन; किनकि खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ।
2CO 9:8 परमेश्‍वरले तिमीहरूलाई प्रशस्त आशिष् दिनुहुन्छ, ताकि तिमीहरूसित सधैँ हरेक थोक प्रशस्त होस्; अनि प्रत्येक असल कामका निम्ति तिमीहरू भरपूर होओ।
2CO 9:9 जसरी धर्मशास्त्रमा लेखिएको छ: “तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्; तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ।”
2CO 9:10 अब जसले बिउ छर्नेलाई बिउ दिनुहुन्छ, र खानलाई रोटी पनि दिनुहुन्छ, उहाँले नै तिमीहरूलाई बिउको भण्डार दिएर त्यसको वृद्धि गराउनुहुनेछ, र तिमीहरूका धार्मिकताको फसल बढाइदिनुहुनेछ।
2CO 9:11 हर समय उदार हुन सक भनेर तिमीहरू प्रत्येक कुरामा धनी तुल्याइनेछौ, र हामीद्वारा तिमीहरूको उदारताले परमेश्‍वरलाई चढाउन धन्यवाद उत्पन्‍न गराउनेछ।
2CO 9:12 तिमीहरूले गरेको यो सेवा प्रभुका जनहरूको खाँचो टार्ने मात्र होइन, तर परमेश्‍वरलाई धन्यवादका प्रशस्त अभिव्यक्ति चढाउने कुरा हुन्छ।
2CO 9:13 तिमीहरूले आफ्ना सेवाद्वारा आफूलाई प्रमाणित गरेको कारण मानिसहरूले परमेश्‍वरको प्रशंसा गर्नेछन्; किनभने तिमीहरू ख्रीष्‍टको सुसमाचारप्रति आज्ञाकारी भयौ; अनि तिमीहरूले तिनीहरू र सबैप्रति आफ्नो उदारता देखायौ।
2CO 9:14 परमेश्‍वरले तिमीहरूलाई दिनुभएको असीम अनुग्रहको कारण तिनीहरूले गहिरो स्‍नेहसाथ तिमीहरूका लागि प्रार्थना गर्नेछन्।
2CO 9:15 उहाँको वर्णन गर्न नसकिने वरदानका निम्ति परमेश्‍वरलाई धन्यवाद होस्!
2CO 10:1 म पावल, ख्रीष्‍टको नम्रता र भद्रताद्वारा तिमीहरूलाई यो बिन्ती गर्दछु; म तिमीहरूका सामु हुँदा “नम्र” हुन्छु, तर टाढा हुँदाचाहिँ तिमीहरूप्रति “कडा” हुन्छु।
2CO 10:2 म तिमीहरूलाई बिन्ती गर्छु, कि म त्यहाँ आउँदा हामी यस संसारको नापले जिउँछौँ भन्‍ने कति मानिसहरूप्रति म जति कडा छु, त्यस्तै हुन नपरोस्।
2CO 10:3 किनकि हामी यस शरीरमा रहे तापनि हामी सांसारिक मानिसले गरेजस्तो युद्ध गर्दैनौँ।
2CO 10:4 हामीले चलाउने हतियार यस संसारका हतियार होइनन्। तर गढहरू भत्काउनका लागि हाम्रा हतियारहरू चाहिँ ईश्‍वरीय शक्ति हुन्छ।
2CO 10:5 हामी परमेश्‍वरको ज्ञानको विरुद्धमा उठ्ने तर्कहरू र प्रत्येक आडम्बरहरू नाश गर्छौँ, र ख्रीष्‍टप्रति आज्ञाकारी बनाउन प्रत्येक विचारलाई कैदी बनाउँछौँ।
2CO 10:6 जब तिमीहरूको आज्ञाकारिता पूर्ण हुन्छ, तब हामी अनाज्ञाकारिताको प्रत्येक कामलाई दण्ड दिनेछौँ।
2CO 10:7 तिमीहरूले बाहिरी कुराहरूलाई मात्र हेरिरहेका छौ। यदि कसैलाई “म ख्रीष्‍टको हुँ” भन्‍ने विश्‍वास छ भने त्यसले यो पनि ठानोस् कि हामी पनि त्यसरी नै ख्रीष्‍टका हौँ।
2CO 10:8 प्रभुले हामीलाई दिनुभएको अधिकारबारे मैले धेरै नै घमण्ड गरे तापनि म यसको लागि शर्म मान्‍नेछैनँ; किनकि यो तिमीहरूलाई नाश गर्न होइन, तर आत्मिक उन्‍नतिका निम्ति दिनुभएको हो।
2CO 10:9 तिमीहरूलाई मेरा पत्रहरूद्वारा डर देखाउनेजस्तो देखिन म चाहन्‍नँ।
2CO 10:10 किनकि कतिले भन्छन्, “उसका पत्रहरू गहकिला र प्रभावशाली हुन्छन्, तर व्यक्तिगत रूपमा त्यो प्रभावहीन र उसको बोली पनि व्यर्थको छ।”
2CO 10:11 यस्ता मानिसहरूले यो थाहा गरून्, कि हामी अनुपस्थित हुँदा हाम्रा पत्रहरूमा जस्ता छौँ, उपस्थित हुँदा पनि हाम्रा कामहरूमा त्यस्तै हुनेछौँ।
2CO 10:12 आफ्नै प्रशंसा गर्ने कति जनासित हामी आफूलाई एकै दर्जामा राखेर तुलना गर्ने आँट गर्दैनौँ। यदि तिनीहरूले आफैँले आफूसित नाप्छन् र आफ्नो तुलना आफैँसित गर्छन् भने तिनीहरू बुद्धिमान् होइनन्।
2CO 10:13 हामी सीमा नाघेर घमण्ड गर्दैनौँ, तर परमेश्‍वरले तोकिदिनुभएको क्षेत्रभित्र आफ्नो घमण्डलाई सीमित राख्दछौँ, अर्थात् त्यो क्षेत्र, जहाँ तिमीहरू पनि समावेश छौ।
2CO 10:14 यदि हामी तिमीहरूका बीचमा नआएको भए हाम्रो घमण्ड ज्यादा हुनेथियो, तर हामी तिमीहरूको बीचमा ख्रीष्‍टको सुसमाचार लिएर आयौँ।
2CO 10:15 हामी अरूले गरेका कामहरूको लागि घमण्ड गरेर सीमा नाघ्न चाहँदैनौँ। हाम्रो आशाचाहिँ यही हो, जब तिमीहरूको विश्‍वास बढ्दैजान्छ, त्यसरी नै तिमीहरूका बीचमा हाम्रो कर्मक्षेत्र पनि प्रशस्त बढ्नेछ।
2CO 10:16 ताकि यसरी हामी तिमीहरूभन्दा टाढासम्म सुसमाचार प्रचार गर्न सकौँ। किनकि अरू मानिसको क्षेत्रमा भइसकेको कामको लागि हामी घमण्ड गर्न चाहँदैनौँ।
2CO 10:17 तर “घमण्ड गर्नेले प्रभुमा नै घमण्ड गरोस्।”
2CO 10:18 किनकि आफूलाई प्रशंसा गर्ने मानिस स्वीकार गरिँदैन, तर जसको प्रशंसा प्रभुले गर्नुहुन्छ, त्यही मात्र ग्रहणयोग्य ठहरिन्छ।
2CO 11:1 मेरो मूर्खतालाई तिमीहरूले सहिदिए कति असल हुनेथियो! हो, कृपया सहिदेओ।
2CO 11:2 म तिमीहरूप्रति परमेश्‍वरको जोशले जोशिलो बनेको छु; त्यसैले म प्रतिज्ञा गर्दछु, कि एक जना दुलहा अर्थात् ख्रीष्‍टसित म आफैँले तिमीहरूलाई मगनी गराइदिएको छु, ताकि तिमीहरूलाई एउटी पवित्र दुलहीका रूपमा उहाँलाई प्रस्तुत गर्न सकूँ।
2CO 11:3 तर हव्वालाई सर्पको धूर्तताले बहकाएझैँ तिमीहरूको मन पनि ख्रीष्‍टप्रतिको आफ्नो निष्कपट र शुद्ध भक्तिबाट बहकिएला कि भन्‍ने मलाई डर लाग्छ।
2CO 11:4 किनकि यदि कोही आएर तिमीहरूलाई हामीले प्रचार गरेको येशूबाहेक अर्को येशूको प्रचार गर्छ, अथवा तिमीहरूले पाएका परमेश्‍वरको आत्माबाहेक अर्को आत्मा तिमीहरूले ग्रहण गर्‍यौ, अथवा तिमीहरूले ग्रहण गरेको भन्दा अर्कै सुसमाचार ग्रहण गर्‍यौ भने तिमीहरूले सजिलै उसको कुरा स्वीकार गर्दारहेछौ।
2CO 11:5 तर ती “महा प्रेरितहरू” भन्दा म कमको छु भनेर मान्दिनँ।
2CO 11:6 म तालिम प्राप्‍त वक्ताजस्तो नहुँला, तर मसित ज्ञान छ। यो हामीले तिमीहरूलाई हरेक प्रकारले स्पष्‍ट गरिसकेका छौँ।
2CO 11:7 तिमीहरूलाई उच्‍च पारूँ भनेर परमेश्‍वरको सुसमाचार विनामूल्यमा प्रचार गर्न आफूलाई होच्याएर के मैले गल्ती गरेँ?
2CO 11:8 तिमीहरूको सेवा गरूँ भनेर मैले अरू मण्डलीबाट आर्थिक सहायता लिएर एक प्रकारले तिनीहरूलाई लुटेँ।
2CO 11:9 अनि जब मलाई तिमीहरूसित हुँदा खाँचो परेको थियो, तब म कसैको बोझ बनिनँ; किनकि म्यासिडोनियाबाट आएका भाइहरूले मेरो खाँचो पूरा गरिदिए। म कुनै प्रकारले तिमीहरूको भार नबनूँ भनेर आफैँलाई अलग राखेँ, र पछि पनि राख्नेछु।
2CO 11:10 ममा ख्रीष्‍टको सत्यता भएझैँ अखैया प्रान्तमा कसैले पनि मेरो गर्वलाई रोक्न सक्दैन।
2CO 11:11 किन? के म तिमीहरूलाई प्रेम गर्दिनँ भनेर हो त? म प्रेम गर्छु भनी परमेश्‍वर जान्‍नुहुन्छ!
2CO 11:12 तिनीहरूले गर्व गरेका कुराहरूमा हामीसित बराबर हुने मौका खोज्नेहरूका दाबीलाई रद्द गर्नलाई मैले जे गरिरहेको छु, त्यो म गरिरहनेछु।
2CO 11:13 किनकि यी मानिसहरूचाहिँ ख्रीष्‍टका प्रेरितको भेषमा आउने झूटा प्रेरितहरू, छलका काम गर्नेहरू हुन्।
2CO 11:14 तर यो केही अचम्म होइन; किनकि शैतानले पनि ज्योतिको स्वर्गदूतको भेष लिएर आउँछ।
2CO 11:15 त्यसका सेवकहरूले पनि धार्मिकताका सेवकहरूको भेष धारण गरे भने यो कुनै अचम्मको कुरा होइन। तिनीहरूको अन्त्य तिनीहरूका कामहरूअनुसार हुनेछ।
2CO 11:16 म फेरि भन्दछु: कसैले पनि मलाई मूर्ख नसम्झोस्। तर यदि तिमीहरू त्यस्तो सम्झन्छौ भने मूर्खलाई झैँ मलाई ग्रहण गर, ताकि म थोरै भए तापनि गर्व गर्न सकूँ।
2CO 11:17 यस प्रकारको गर्व प्रभुको इच्छाअनुसार हुँदैन, तर म एउटा मूर्खले झैँ बोलिरहेको छु।
2CO 11:18 किनकि धेरैले संसारले जस्तै गर्व गरिरहेका हुनाले, म पनि त्यसरी नै गर्व गर्नेछु।
2CO 11:19 तिमीहरू धेरै बुद्धिमानी भएका हुनाले खुशीसाथ मूर्खहरूलाई सहन्छौ!
2CO 11:20 वास्तवमा तिमीहरूलाई सेवकहरू तुल्याउनेहरूलाई, अथवा तिमीहरूलाई शोषण गर्नेहरूलाई, अथवा तिमीहरूबाट फाइदा उठाउनेहरूलाई, अथवा तिमीहरूलाई घचेट्ने वा अनुहारमा थप्पड लाउनेहरूलाई पनि सहन्छौ।
2CO 11:21 म लज्जित भएर यो स्वीकार गर्छु, कि यस्तो कामका लागि हामी अति नै कमजोर थियौँ। म मूर्खले झैँ बोलिरहेछु, कसैले जे कुरामा गर्व गर्छ, म पनि त्यही कुरामा गर्व गर्छु।
2CO 11:22 के तिनीहरू हिब्रूहरू हुन्? म पनि हुँ! के तिनीहरू इस्राएलीहरू हुन्? म पनि हुँ! के तिनीहरू अब्राहामका वंश हुन्? म पनि हुँ!
2CO 11:23 के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन्? म त झन् बढी हुँ (म पागलझैँ बोलिरहेको छु)। मैले अझ कठोर परिश्रम गरेको छु, म झन् घरी-घरी कैदमा परेको छु, झन् बढी कोर्राले पिटिएको छु, र बारम्बार मृत्युको मुखमा परेको छु।
2CO 11:24 पाँचपल्ट मैले यहूदीहरूबाट एक कम चालीस कोर्रा खाएको छु।
2CO 11:25 तीनपल्ट म लहुरोले पिटिएको छु; एकपल्ट ढुङ्गाले हानिएको छु, तीनपल्ट जहाजको दुर्घटनामा परेको छु; मैले एक रात एक दिन समुद्रमा नै बिताएको छु।
2CO 11:26 म लगातार यात्रामा अगि बढिरहेको छु। म नदीहरूको जोखिममा परेँ, डाँकुहरूका जोखिममा, आफ्नै देशवासीहरूका जोखिममा, गैरयहूदीहरूका जोखिममा, सहरको जोखिममा, बिरानो भूमिको जोखिममा, समुद्रको जोखिममा र झूटा भाइहरूको जोखिममा परेको छु।
2CO 11:27 मैले कठोर परिश्रम गरेको छु; म रातभरि नसुती बसेको छु; मैले भोक र तिर्खा जानेको छु, र धेरैपल्ट भोकै बसेको छु; मैले चिसो भोगेको छु र लुगाफाटाको अभावमा पनि बसेको छु।
2CO 11:28 यीबाहेक दिनहुँ सबै मण्डलीहरूको चिन्ताले थिचिएको हुन्छु।
2CO 11:29 को कमजोर छैन, र म कमजोर महसुस नगरूँ? कोही पापमा पर्दा मचाहिँ व्याकुल हुँदिनँ र?
2CO 11:30 यदि मैले गर्व गर्नुपर्छ भने म मेरा कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु।
2CO 11:31 सदासर्वदा प्रशंसा पाइरहनुपर्ने प्रभु येशूका परमेश्‍वर पिताले जान्‍नुहुन्छ, मैले झूट बोलिरहेको छैनँ।
2CO 11:32 दमस्कसमा राजा अरितसका अधीनका हाकिमले मलाई पक्रनु भनेर दमस्कस सहरमा पहरा राखेका थिए।
2CO 11:33 तर मलाई एउटा टोकरीमा राखेर पर्खालको झ्यालबाट तल झारिदिए र तिनको हातबाट उम्किएँ।
2CO 12:1 गर्व गर्नु मेरा निम्ति केही फाइदा नभए तापनि मैले प्रभुबाट पाएको दर्शन र प्रकाशहरूको कुरा गरिरहनेछु।
2CO 12:2 ख्रीष्‍टमा विश्‍वास गर्ने एक जना मानिसलाई म चिन्छु, जो चौध वर्षअगि तेस्रो स्वर्गमा उठाइ लगिए। शरीरमै लगियो कि शरीरविना नै, त्यो त म जान्दिनँ; तर परमेश्‍वर नै जान्‍नुहुन्छ।
2CO 12:3 अनि म त्यस मानिसलाई चिन्छु। शरीरमा कि शरीरविना, त्यो म जान्दिनँ; तर परमेश्‍वर जान्‍नुहुन्छ।
2CO 12:4 तिनी स्वर्गलोकमा उठाइएर लगिए। तिनले वर्णन गर्न नसकिने कुराहरू सुने, जुन कुराको उच्‍चारण गर्ने कसैलाई पनि अनुमति छैन।
2CO 12:5 म त्यस्ता मानिसको बारेमा गर्व गर्नेछु, तर म आफ्नो कमजोरीबाहेक अरू कुरामा गर्व गर्दिनँ।
2CO 12:6 यदि मैले गर्व गर्न खोजेँ भने पनि म मूर्ख हुँदिनँ; किनकि म सत्य बोलिरहेको हुनेछु। तर मानिसले ममा देखेको र मबाट सुनेको भन्दा बढी मलाई नठानोस् भनी म गर्व गर्नदेखि रोकिन्छु।
2CO 12:7 यी प्रशस्त प्रकाशहरूको कारण घमण्डले फुलिनबाट अलग राख्न र दुःख दिनलाई मेरो शरीरमा एउटा काँडा अर्थात् शैतानको एउटा दूत दिइएको थियो।
2CO 12:8 यो मबाट हटोस् भनी मैले प्रभुसित तीनपल्ट बिन्ती गरेँ।
2CO 12:9 तर उहाँले मलाई भन्‍नुभयो, “मेरो अनुग्रह तेरो लागि प्रशस्त छ; किनकि मेरो शक्ति दुर्बलताहरूमा सिद्ध हुन्छ।” यसकारण ख्रीष्‍टको शक्ति ममाथि बास गरोस् भनेर म अझ खुशीसाथ मेरा दुर्बलताहरूमा गर्व गर्नेछु।
2CO 12:10 यसकारण ख्रीष्‍टको निम्ति म दुर्बलताहरूमा, अपमानहरूमा, कठिनाइहरूमा, सतावटहरूमा र कष्‍टहरूमा पनि आनन्दित हुनेछु; किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।
2CO 12:11 मैले आफूलाई मूर्ख बनाएँ; तर तिमीहरूले नै मलाई यस्तो हुन बाध्य गरायौ। मैले तिमीहरूबाट प्रशंसा पाउनुपर्नेथियो; किनकि म केही नभए तापनि म अरू “मुख्य प्रेरितहरू” भन्दा कमको छैनँ।
2CO 12:12 मैले अथक प्रयत्नसाथ तिमीहरूका बीचमा अलौकिक चिन्हहरू, अद्‌भुत कार्यहरू र अचम्मका कामद्वारा साँचो प्रेरित भएको प्रमाण प्रकट गरेको छु।
2CO 12:13 तर म तिमीहरूका निम्ति बोझ भइनँ भन्‍ने कुराबाहेक, कसरी तिमीहरू अरू मण्डलीहरूभन्दा कम थियौ? यस भूलका लागि मलाई क्षमा देओ!
2CO 12:14 अब म तेस्रोपल्ट तिमीहरूकहाँ आउन तयार छु, र म तिमीहरूका निम्ति बोझ बन्‍नेछैनँ; किनकि म तिमीहरूको सम्पत्ति होइन, तर तिमीहरूलाई चाहन्छु। बालबच्‍चाहरूले आमाबुबाको निम्ति सञ्चय गर्नुपर्ने होइन, तर आमाबुबाले पो बालबच्‍चाहरूका निम्ति सञ्चय गर्नुपर्छ।
2CO 12:15 यसकारण मसित जे छन्, ती म तिमीहरूका निम्ति खुशीसित खर्च गर्नेछु; अनि म आफैँ पनि तिमीहरूका निम्ति खर्चिनेछु। यदि मैले तिमीहरूलाई धेरै प्रेम गरेँ भने के तिमीहरूले चाहिँ मलाई थोरै प्रेम गर्नेछौ?
2CO 12:16 जे भए तापनि म तिमीहरूको बोझ भइनँ; तर पनि मैले चलाकी गरेर तिमीहरूलाई धूर्ततापूर्वक फसाएँ भनी भन्लान्!
2CO 12:17 के मैले पठाएका कुनै मानिसद्वारा मैले तिमीहरूलाई शोषण गरेँ?
2CO 12:18 मैले तीतसलाई तिमीहरूकहाँ जानलाई आग्रह गरेँ, र मैले हाम्रा भाइलाई तिनीसित पठाएँ। तीतसले तिमीहरूलाई शोषण गरेनन्, के त्यसो गरे त? के हामीले त्यही आत्मामा काम गरेर त्यही बाटो पहिल्याएनौँ र?
2CO 12:19 हामीले तिमीहरूप्रति आफ्नै बारेमा सफाइ दिइरहेका छौँ भनी के सधैँ तिमीहरूले सम्झिरहेका छौ? ख्रीष्‍टमा भएकाहरूझैँ, हामीले परमेश्‍वरकै दृष्‍टिमा बोलिरहेका छौँ। अनि हे प्रिय मित्रहरू हो, हामी जे गर्छौँ, त्यो तिमीहरूलाई बलियो तुल्याउनका लागि नै हो।
2CO 12:20 किनकि म आउँदा मैले चाहेजस्तो तिमीहरूलाई नभेट्टाउँला, र तिमीहरूले पनि मलाई जस्तो भएको चाहन्छौ, त्यस्तो नभेट्टाऔला भन्‍ने मलाई डर लागेको छ। सायद मतभिन्‍नता, ईर्ष्या, क्रोध, स्वार्थी महत्त्वाकांक्षा, निन्दा, कुरा काट्ने, अहङ्कार र अस्तव्यस्त पनि होला भन्‍ने मलाई डर लागेको छ।
2CO 12:21 म फेरि आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूको सामु होच्याउनु होला भन्‍ने मलाई डर लागेको छ। अनि म ती धेरै जनासित दुःखी हुनेछु, जसले पहिल्यै पाप गरेर पनि तिनीहरू संलग्न रहेका अशुद्धताबाट, यौन सम्बन्धी पापबाट र भ्रष्‍ट आचरणबाट पश्‍चात्ताप गरेका छैनन्।
2CO 13:1 तिमीहरूसित अब यो मेरो तेस्रोपल्ट भेटघाट हुनेछ। “प्रत्येक कुराको पुष्‍टि दुई वा तीन साक्षीहरूको प्रमाणद्वारा हुनुपर्छ।”
2CO 13:2 म तिमीहरूसित दोस्रोपल्ट हुँदा नै मैले पाप गर्नेहरूलाई चेतावनी दिइसकेको छु। अब म अनुपस्थित हुँदा यो दोहोर्‍याउँछु: म फर्केर आएपछि पहिले पाप गर्नेहरू अथवा अरू कसैलाई पनि म बाँकी राख्नेछैनँ।
2CO 13:3 ख्रीष्‍ट मद्वारा बोलिरहनुभएको छ भन्‍ने कुरामा तिमीहरूले प्रमाण खोजेको कारण, उहाँ तिमीहरूसित व्यवहार गर्न कमजोर हुनुहुन्‍न, तर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ।
2CO 13:4 निश्‍चित होओ, कि उहाँ दुर्बलतामा क्रूसमा चढाइनुभयो, र पनि उहाँ परमेश्‍वरको सामर्थ्यमा जिउनुहुन्छ। यसै गरी हामी उहाँमा दुर्बल छौँ, र पनि तिमीहरूको सेवा गर्न हामी परमेश्‍वरको शक्तिमा उहाँसित जिउँछौँ।
2CO 13:5 विश्‍वासमा छौ कि छैनौ भनी आफैँलाई जाँच गर; आफैँलाई जाँच। ख्रीष्‍ट येशू तिमीहरूमा हुनुहुन्छ भनी के तिमीहरू महसुस गर्दैनौ? होइन भने तिमीहरू साँचो विश्‍वासको जाँचमा असफल भयौ।
2CO 13:6 अनि म विश्‍वास गर्छु, हामी जाँचमा असफल भएनौँ भनेर तिमीहरूले जान्‍नेछौ।
2CO 13:7 अब हामी परमेश्‍वरसँग प्रार्थना गर्दछौँ, कि तिमीहरूले भूल गर्नेछैनौ। हामी जाँचमा योग्य भएको मानिसहरूझैँ देखा परौँ भनेर होइन, तर हामी असफल भएको देखा परे तापनि तिमीहरूले चाहिँ जे ठिक छ, त्यो गर भनेर हो।
2CO 13:8 हामी सत्यको विरुद्धमा केही गर्न सक्दैनौँ, तर सत्यको पक्षमा मात्र गर्न सक्छौँ।
2CO 13:9 जब-जब हामी कमजोर हुन्छौँ, तिमीहरूचाहिँ बलिया भएको देखेर हामी खुशी हुन्छौँ, र हाम्रो प्रार्थनाचाहिँ तिमीहरू आत्मिक परिपक्व होओ भन्‍ने हो।
2CO 13:10 त्यसैले म टाढै भएको बेला तिमीहरूलाई यो लेखिरहेको छु, जसले गर्दा म आउँदा मेरो अधिकार कठोरतापूर्वक प्रयोग गर्न नपरोस्। यो अधिकार प्रभुले मलाई तिमीहरूलाई बिगार्नलाई होइन, तर बनाउनलाई दिनुभएको हो।
2CO 13:11 अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, आनन्दित होओ! पूर्ण पुनर्स्थापनाको लागि प्रयास गर; एक-अर्कालाई उत्साह देओ, एकै मनका होओ र शान्तिमा जीवन बिताओ। प्रेम र शान्तिका परमेश्‍वर तिमीहरूसित हुनुहुनेछ।
2CO 13:12 ख्रीष्‍टिय प्रेमसाथ एक-अर्कालाई अभिवादन गर।
2CO 13:13 यहाँ भएका सबै परमेश्‍वरका जनहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
2CO 13:14 प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसित रहून्।
GAL 1:1 पावल एक प्रेरित र मसँग भएका सबै दाजुभाइ-दिदीबहिनीहरूबाट,
GAL 1:2 म मानिसहरूको तर्फबाट वा कुनै मानिसद्वारा पठाइएको होइन, तर येशू ख्रीष्‍ट र उहाँलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्‍वर पिताले पठाउनुभएको हो।
GAL 1:3 परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्,
GAL 1:4 जसले हाम्रा पिता परमेश्‍वरको इच्छाअनुसार हामीले यस वर्तमान दुष्‍ट युगबाट छुटकारा पाउन सकौँ भनेर हाम्रा पापहरूका निम्ति आफैँलाई अर्पण गर्नुभयो।
GAL 1:5 परमेश्‍वरलाई नै सदासर्वदा महिमा भइरहोस्! आमेन।
GAL 1:6 म तिमीहरूदेखि छक्‍क परेको छु; किनकि तिमीहरू ख्रीष्‍टको अनुग्रहमा बाँच्नका लागि बोलाउनुहुनेलाई यति चाँडै त्यागेर अर्कै सुसमाचार खोजिरहेछौ।
GAL 1:7 वास्तवमा त्यो सुसमाचार नै होइन। स्पष्‍टसँग भन्‍नुपर्दा कोही-कोहीले तिमीहरूलाई अन्योलमा पारेर ख्रीष्‍टको सुसमाचारलाई भ्रष्‍ट पार्न खोज्दैछन्।
GAL 1:8 तर हामीले तिमीहरूलाई प्रचार गरिसकेको सुसमाचारभन्दा फरक अर्को कुनै सुसमाचार हामीले अथवा कुनै स्वर्गका स्वर्गदूतले नै प्रचार गर्छ भने पनि तिनीहरू श्रापित होऊन्!
GAL 1:9 हामीले पहिले नै भनिसकेका छौँ, म फेरि पनि भन्दछु; यदि कसैले तिमीहरूले ग्रहण गरिसकेको सुसमाचारभन्दा अर्को सुसमाचार तिमीहरूलाई सुनाउँछ भने त्यो श्रापित होस्!
GAL 1:10 के म अहिले मानिसहरूको वा परमेश्‍वरको निगाह खोजिरहेछु? अथवा के मैले मानिसहरूलाई खुशी पार्ने प्रयास गरिरहेछु? यदि अझसम्म मैले मानिसहरूलाई नै खुशी पार्ने प्रयास गरेको भए म ख्रीष्‍टको सेवक हुनेथिइनँ।
GAL 1:11 मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूले यो जानेको चाहन्छु, मैले प्रचार गरेको सुसमाचार मानव निर्मित होइन।
GAL 1:12 मैले कुनै मानिसबाट पाएको पनि होइन, न त कसैले मलाई सिकाएको नै हो, तर मैले सीधै येशू ख्रीष्‍टको प्रकाशबाट पाएको हुँ।
GAL 1:13 किनकि यहूदी धर्ममा छँदा मेरो विगतको जीवन तिमीहरूले सुनेका छौ। मैले भयानक रूपले परमेश्‍वरको मण्डलीलाई सताएँ, र त्यसलाई नष्‍ट पार्न खोजेँ।
GAL 1:14 मेरा समकालीन दौँतरीहरू धेरैलाई उछिनेर यहूदी धर्ममा म बढिरहेको थिएँ। अनि मेरा पितापुर्खाका परम्पराहरूका निम्ति ज्यादै जोशिलो थिएँ।
GAL 1:15 तर मलाई मेरी आमाको गर्भदेखि नै अलग पार्नुहुने परमेश्‍वर, जसले उहाँको अनुग्रहद्वारा मलाई बोलाउनुभयो,
GAL 1:16 उहाँलाई आफ्नो पुत्र ममा प्रकट गराउन असल लाग्यो, ताकि मैले गैरयहूदीहरूको बीचमा उहाँलाई प्रचार गर्न सकूँ। तब मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ,
GAL 1:17 न त मभन्दा अगिका प्रेरितहरूसँग सल्‍लाह लिन यरूशलेम गएँ। तर म अरब देशमा गएँ, र त्यसपछि म फेरि दमस्कसमा फर्केर आएँ।
GAL 1:18 अनि तीन वर्षपछि म पत्रुससँग भेट गर्नलाई यरूशलेम गएँ, जहाँ म उनीसँग पन्ध्र दिनसम्म बसें।
GAL 1:19 त्यहाँ प्रभुका भाइ याकोबलाई बाहेक अरू कुनै पनि प्रेरितहरूलाई मैले भेटिनँ।
GAL 1:20 परमेश्‍वरको सामु म तिमीहरूलाई विश्‍वास दिलाउन चाहन्छु, कि मैले जे लेखिरहेको छु, यो कुनै झूट होइन।
GAL 1:21 त्यसपछि म सिरिया र किलिकियाका प्रान्तहरूमा गएँ।
GAL 1:22 ख्रीष्‍टमा भएका यहूदियाका मण्डलीहरूले मलाई त्यति बेलासम्म व्यक्तिगत रूपमा चिनेका थिएनन्।
GAL 1:23 उनीहरूले केवल यस्तो प्रतिवेदन मात्र सुनेका थिए: “हामीलाई पहिले खेदो गर्ने मानिसले अहिले एक समयमा उसैले नष्‍ट गर्न खोजेको विश्‍वासलाई प्रचार गरिरहेको छ।”
GAL 1:24 अनि तिनीहरूले मेरो कारण परमेश्‍वरलाई प्रशंसा गरे।
GAL 2:1 चौध वर्षपछि बारनाबाससँग म फेरि यरूशलेम गएँ, र यस पटक मैले तीतसलाई पनि सँगै लगेँ।
GAL 2:2 परमेश्‍वरको प्रकाश पाएअनुसार म त्यहाँ गएँ। मैले एकान्तमा मण्डलीका प्रतिष्‍ठित अगुवाहरूलाई भेट गरी गैरयहूदीहरूलाई सुनाएको सुसमाचार तिनीहरूका अगि प्रस्तुत गरेँ। मैले जुन दौड दौडेको थिएँ र दौडिरहेको छु, त्यो व्यर्थमा नहोस् भनेर म निश्‍चित हुन चाहन्थेँ।
GAL 2:3 तर तीतस, जो मसँग थिए, उनी ग्रीक भए तापनि कसैले उनलाई खतनाको लागि कर गरेनन्।
GAL 2:4 खतनाको बारेमा कुरा उठेको थियो; किनकि कति झूटा विश्‍वासी भाइहरू हाम्रो समूहभित्र पसेर ख्रीष्‍ट येशूमा भएको हाम्रो स्वतन्त्रताको जासुसी गरी हामीलाई यहूदी परम्पराको दास बनाउन चाहन्थे।
GAL 2:5 तिनीहरूका अगि हामी एकैक्षण पनि झुकेनौँ, ताकि तिमीहरूका लागि सुसमाचारको सत्यता सुरक्षित रहोस्।
GAL 2:6 तर ती मण्डलीका प्रतिष्‍ठित अगुवाहरूले मेरो सन्देशमा केही कुरा थपेनन्। तिनीहरू जोसुकै भए तापनि मलाई केही फरक पर्दैन; किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न।
GAL 2:7 तर यसको विपरीत तिनीहरूले यो बुझे, जसरी यहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा पत्रुसलाई दिइएको थियो, त्यसरी नै गैरयहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा मलाई दिइएको छ।
GAL 2:8 किनकि परमेश्‍वरले यहूदीहरूका निम्ति प्रेरितको रूपमा पत्रुससँग जसरी काम गरिरहनुभएको थियो, त्यसरी नै गैरयहूदीहरूको प्रेरितको रूपमा ममा पनि काम गर्नुभयो।
GAL 2:9 मण्डलीका खम्बाहरू कहलिएका याकोब, पत्रुस र यूहन्‍नाले मलाई दिइएको अनुग्रहबारे थाहा पाएपछि बारनाबास र मलाई सङ्गतिको दाहिने हात बनाए। तब उनीहरूले हामीचाहिँ गैरयहूदीहरूकहाँ जान र उनीहरूचाहिँ यहूदीहरूकहाँ जान भनी निश्‍चय गरे।
GAL 2:10 तिनीहरूले मलाई यति भनेका थिए, कि हामीले गरिबहरूलाई सम्झिनुपर्छ, जुन कुरा गर्न म पहिलेदेखि नै अति उत्सुक थिएँ।
GAL 2:11 जब पत्रुस एन्टिओखियामा आए, तब मैले खुल्‍लमखुल्‍ला उनको विरोध गरेँ, किनकि उनी एकदमै दोषी थिए।
GAL 2:12 याकोबले पठाएका मानिसहरू आइपुग्नुअगि उनी गैरयहूदी विश्‍वासीहरूसँगै खाने गर्दथे। तर जब उनीहरू आइपुगे, तब उनी गैरयहूदी विश्‍वासीहरूबाट अलग भए; किनकि उनी खतना भएकाहरूसँग डराएका थिए।
GAL 2:13 उनको यस पाखण्डीपनासँग अरू यहूदीहरू पनि सहमत भए। यहाँसम्म कि तिनीहरूका पाखण्डीपनाले गर्दा बारनाबास पनि भड्केर गए।
GAL 2:14 जब मैले तिनीहरूलाई सुसमाचारको सत्यताअनुसार व्यवहार नगरेको देखेँ, तब मैले पत्रुसलाई सबैको सामु खुल्‍लमखुल्‍ला भनेँ, “तपाईं यहूदी हुनुहुन्छ, तापनि तपाईं यहूदी रीतिअनुसार नचलेर गैरयहूदी रीतिअनुसार जिउनुहुन्छ। तब कसरी तपाईंले गैरयहूदीहरूलाई यहूदी परम्परालाई पछ्याउन कर लगाउनुहुन्छ?
GAL 2:15 “हामी जन्मैले यहूदी हौँ, र गैरयहूदीझैँ पापीहरू होइनौँ।
GAL 2:16 हामी यो जान्दछौँ, कि मानिस व्यवस्थाको कामलाई पालन गरेर धर्मी ठहरिँदैन; तर येशू ख्रीष्‍टमा विश्‍वास गरेर मात्र धर्मी ठहरिन्छ। यसकारण हामीले पनि ख्रीष्‍ट येशूमा विश्‍वास राखेका छौँ। हामी व्यवस्थाको पालन गरेर होइन, तर येशू ख्रीष्‍टमा विश्‍वास गरेर धर्मी ठहरिएकाछौँ; किनकि व्यवस्थाका कामहरू पालन गरेर कोही पनि धर्मी ठहरिन सक्दैन।
GAL 2:17 “तर यदि हामी यहूदीहरू ख्रीष्‍टद्वारा धर्मी ठहरिन खोज्दछौँ भने हामीहरू पनि पापीहरू नै हौँ भन्‍ने बुझिन्छ, के यसको मतलब येशू ख्रीष्‍टले पापलाई प्रोत्साहन दिनुहुन्छ त? अहँ, होइन!
GAL 2:18 यदि मैले जे भत्काएको छु, मैले त्यो फेरि बनाउँछु भने म आफैँ व्यवस्था भङ्ग गर्ने पापी बन्छु।
GAL 2:19 “किनकि परमेश्‍वरको निम्ति जिउन सकूँ भनेर म व्यवस्थाद्वारा व्यवस्थाका निम्ति मरेको छु।
GAL 2:20 म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु र अब उप्रान्त जिउने म होइन, तर ख्रीष्‍ट ममा जिउनुहुन्छ। अहिले म शरीरमा जुन जीवन जिउँछु, त्यो म परमेश्‍वरको पुत्रमा राखेको विश्‍वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो।
GAL 2:21 म परमेश्‍वरको अनुग्रहलाई व्यर्थ तुल्याउन चाहन्‍नँ; किनकि यदि व्यवस्थाद्वारा धार्मिकता हासिल गर्न सक्ने भए, ख्रीष्‍ट मर्नुभएको व्यर्थ हुन्छ।”
GAL 3:1 हे अबुझ गलातीहरू हो! कसले तिमीहरूलाई टुनामुनाद्वारा वशमा पार्‍यो? तिमीहरूका आँखाकै अगि येशू ख्रीष्‍ट क्रूसमा टाँगिनुभएको कुरा स्पष्‍ट रूपले बताइएको थियो।
GAL 3:2 तिमीहरूबाट म यति मात्र जान्‍न चाहन्छु: के तिमीहरूले व्यवस्थाका काम पालन गरेर वा सुनेका सुसमाचारमा विश्‍वास गरेर परमेश्‍वरको आत्मा पाएका हौ?
GAL 3:3 के तिमीहरू यति धेरै मूर्ख छौ? परमेश्‍वरको आत्मामा सुरु भएर के तिमीहरू मानवीय कार्यमा नै टुँगिन चाहन्छौ?
GAL 3:4 यदि साँच्‍चै यो व्यर्थको थियो भने के तिमीहरूले व्यर्थैमा दुःख भोग्यौ?
GAL 3:5 म फेरि पनि सोध्न चाहन्छु, परमेश्‍वरले तिमीहरूलाई उहाँको आत्मा दिनुभएर तिमीहरूका माझमा अचम्मका कामहरू गर्नुभएको छ, यो व्यवस्थाको कर्मद्वारा हो वा तिमीहरूले सुनेका सन्देशको विश्‍वासद्वारा गर्नुभएको हो?
GAL 3:6 यसरी नै, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र यो उनका निम्ति धार्मिकता गनियो।”
GAL 3:7 अब यो बुझ कि, जस-जसले विश्‍वास गर्छन्, तिनीहरू अब्राहामका सन्तान हुन्।
GAL 3:8 धर्मशास्त्रले पहिलेदेखि नै जानेर परमेश्‍वरले गैरयहूदीहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुनेछ, र यो सुसमाचार धेरै अगि नै अब्राहामलाई भनिसक्नुभएको थियो: “तँद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्।”
GAL 3:9 त्यसकारण परमेश्‍वरमा विश्‍वास गर्ने सबैले विश्‍वासी अब्राहामसित नै आशिष् पाउनेछन्।
GAL 3:10 जति जना व्यवस्थाको काममा भर पर्दछन्, तिनीहरू सबै श्रापित हुन्; किनकि यस्तो लेखिएको छ: “यस व्यवस्थाको वचन पूरा रूपमा पालन गर्न नचाहने र समर्थन नगर्ने, जो कोही पनि श्रापित होस्।”
GAL 3:11 यो कुरा प्रष्‍ट छ, परमेश्‍वरको दृष्‍टिमा व्यवस्थाद्वारा कोही मानिस धर्मी ठहरिन सक्दैन, किनकि “धर्मी जनचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”
GAL 3:12 व्यवस्थाचाहिँ विश्‍वासमा आधारित हुँदैन, बरु “जुन व्यक्तिले यी कामहरू गर्छ, ऊ ती कामहरूद्वारा जिउनेछ।”
GAL 3:13 हाम्रा निम्ति श्राप बनेर व्यवस्थाको श्रापबाट दाम तिरी ख्रीष्‍टले हामीलाई उद्धार गर्नुभयो; किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “काठमा झुण्ड्याइएको हरेक श्रापित हुनेछ।”
GAL 3:14 उहाँले हामीलाई मोल तिरेर उद्धार गर्नुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्‍ट येशूद्वारा गैरयहूदीहरूकहाँ पुगोस्; अनि विश्‍वासद्वारा नै हामी परमेश्‍वरको आत्माको प्रतिज्ञा पाउन सकौँ।
GAL 3:15 दाजुभाइ-दिदीबहिनीहरू हो, म एउटा प्रचलित उदाहरण दिन्छु। जब मानिसको सहमतिमा करारपत्र पक्‍का भएको छ भने कसैले त्यसलाई रद्द गर्न सक्दैन, न त त्यसमा केही थप्न सक्छ, त्यसरी नै व्यवस्था र प्रतिज्ञामा हुन्छ।
GAL 3:16 अब्राहाम र उनका सन्तानलाई प्रतिज्ञाहरू गरिएको थियो। धर्मशास्त्रले, “सन्तानहरूलाई,” भन्दैन, अर्थात् धेरै मानिसहरू हो, तर “तेरा सन्तानलाई”, जसको अर्थ एउटा व्यक्ति, जो ख्रीष्‍ट हुनुहुन्छ।
GAL 3:17 म यसो भन्छु: चार सय तीस वर्षपछि ल्याइएको व्यवस्थाले परमेश्‍वरले पहिल्यै स्थापित गर्नुभएको करारलाई भङ्ग गर्दैन; अनि प्रतिज्ञालाई रद्द तुल्याउन सक्दैन।
GAL 3:18 यदि उत्तराधिकार व्यवस्थामा आधारित भए त यो प्रतिज्ञामा आधारित हुँदैन; तर परमेश्‍वरले उहाँको अनुग्रहमा प्रतिज्ञाद्वारा अब्राहामलाई उत्तराधिकार दिनुभयो।
GAL 3:19 त्यसो हो भने व्यवस्था दिइनुको उद्देश्य के थियो त? यो व्यवस्था अपराधको कारण दिइएको हो, त्यो प्रतिज्ञा जसलाई गरिएको थियो, त्यो सन्तान नआउन्जेल यो व्यवस्था स्वर्गदूतहरूद्वारा एक जना मध्यस्थकर्तालाई सुम्पिइएको थियो।
GAL 3:20 एकभन्दा धेरै दल छ भने मध्यस्थकर्ता चाहिन्छ; तर परमेश्‍वर एउटै हुनुहुन्छ।
GAL 3:21 तब के व्यवस्था परमेश्‍वरका प्रतिज्ञाहरूको विरोधमा छ त? कदापि होइन! यदि व्यवस्था जीवन दिनको लागि दिइएको हो भने निश्‍चय नै धार्मिकता पनि व्यवस्थाबाट नै आएको हो।
GAL 3:22 तर धर्मशास्त्रले घोषणा गर्दछ, कि सारा संसार पापको कैदमा छ। यसकारण जे प्रतिज्ञा गरिएको थियो, येशू ख्रीष्‍टमा विश्‍वासद्वारा पाइन्छ; अनि जस-जसले विश्‍वास गर्दछन्, उनीहरूलाई दिइनेछ।
GAL 3:23 तर विश्‍वास आउनुभन्दा अगि हामी व्यवस्थाको अधीनमा कैदी भएका थियौँ; अनि विश्‍वास प्रकट नहोउन्जेल हामी व्यवस्थामै बाँधिएका थियौँ।
GAL 3:24 यसकारण ख्रीष्‍ट नआउन्जेल व्यवस्था नै हाम्रो अभिभावक थियो, ताकि हामी विश्‍वासद्वारा धर्मी ठहरिन सकौँ।
GAL 3:25 अहिले त्यो विश्‍वास आएको छ। अब हामी अभिभावकको अधीनमा छैनौँ।
GAL 3:26 यसकारण ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा तिमीहरू सबै परमेश्‍वरका सन्तान हौ।
GAL 3:27 किनकि तिमीहरू जति जनाले ख्रीष्‍टमा बप्‍तिस्मा लिएका छौ, तिमीहरूले ख्रीष्‍टलाई धारण गरेका छौ।
GAL 3:28 अब न कोही यहूदी छ, न गैरयहूदी; न कोही सेवक छ, न फुक्‍का र न कोही पुरुष छ, न स्त्री; किनकि ख्रीष्‍ट येशूमा तिमीहरू सबै जना एक हौ।
GAL 3:29 यदि तिमीहरू ख्रीष्‍टका हौ भने तिमीहरू अब्राहामका वंश हौ; प्रतिज्ञाअनुसार उत्तराधिकारीहरू हौ।
GAL 4:1 म तिमीहरूलाई भन्दछु, जबसम्म उत्तराधिकारी नाबालक रहन्छ, ऊ सबै कुराहरूको मालिक भए तापनि ऊ कुनै सेवकभन्दा भिन्‍न हुँदैन।
GAL 4:2 तर उसको बुबाले तोकेको समयसम्म ऊ अभिभावक र संरक्षकको अधीनमा रहन्छ।
GAL 4:3 त्यसै गरी हामीहरू पनि जब नाबालकै थियौँ, तब हामी संसारका आधारभूत सिद्धान्तहरूको दासत्वमा थियौँ।
GAL 4:4 तर जब तोकिएको समय आयो, तब परमेश्‍वरले आफ्ना पुत्रलाई पठाउनुभयो, जो स्त्रीबाट जन्मनुभयो र व्यवस्थाको अधीनमा जन्मनुभयो।
GAL 4:5 व्यवस्थाका अधीनमा हुनेहरूलाई मोल तिरेर छुटाउन र हामीलाई पुत्रको रूपमा ग्रहण गर्नलाई उहाँ पठाइनुभयो।
GAL 4:6 किनकि तिमीहरू उहाँका पुत्रहरू हौ, परमेश्‍वरले आफ्नो पुत्रको आत्मा हाम्रो हृदयमा पठाउनुभएको हो। त्यही आत्माले उहाँलाई, “अब्बा, पिता” भनी पुकार्नुहुन्छ।
GAL 4:7 यसकारण अब उप्रान्त तिमी सेवक होइनौ, तर परमेश्‍वरका पुत्र हौ र तिमी उहाँको पुत्र हौ भने परमेश्‍वरले तिमीलाई उत्तराधिकारी पनि बनाउनुहुन्छ।
GAL 4:8 तिमीहरूले पहिले परमेश्‍वरलाई चिनेका थिएनौ, र तिमीहरू ती कुराहरूका सेवक थियौ, जो वास्तवमा ईश्‍वर नै होइनन्।
GAL 4:9 तर अहिले तिमीहरूले परमेश्‍वरलाई चिनेका छौ, अथवा परमेश्‍वरले तिमीहरूलाई चिन्‍नुहुन्छ, तब किन तिमीहरू फेरि फर्केर ती व्यर्थ र आधारभूत सिद्धान्तहरूतर्फ लाग्दछौ? के तिमीहरू फेरि पनि ती सबै कुराहरूको सेवक बन्‍न चाहन्छौ?
GAL 4:10 तिमीहरूले विशेष दिन, महिना, ऋतु र वर्षहरू मान्दछौ!
GAL 4:11 मैले तिमीहरूका निम्ति गरेको परिश्रम व्यर्थ भयो कि भनी फिक्री लागिरहेको छ।
GAL 4:12 दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूसँग बिन्ती गर्दछु, तिमीहरू मजस्तै होओ, जसरी म तिमीहरूजस्तै भएको छु। तिमीहरूले मलाई केही हानि गरेका छैनौ।
GAL 4:13 तिमीहरू जान्दछौ, कि पहिला बिरामी अवस्थामा मैले तिमीहरूलाई सुसमाचार सुनाएको थिएँ।
GAL 4:14 यद्यपि मेरो बिरामी अवस्था तिमीहरूका निम्ति एउटा परीक्षा थियो, तापनि तिमीहरूले मलाई न त बेवास्ता गर्‍यौ, न तिरस्कार नै गर्‍यौ; तर तिमीहरूले मलाई परमेश्‍वरको दूतलाई झैँ अथवा ख्रीष्‍ट येशूलाई झैँ स्वागत गर्‍यौ।
GAL 4:15 मसँग अनुभव गरेको तिमीहरूको त्यो आनन्द कता गयो? म गवाही दिन सक्छु, यदि सम्भव भएको भए तिमीहरूले आफ्नै आँखाहरूसमेत निकालेर मलाई दिनेथियौ।
GAL 4:16 मैले तिमीहरूसँग सत्य बोलेर के अब म तिमीहरूको शत्रु भएको छु?
GAL 4:17 ती यहूदी अगुवाहरू डाहको कारण तिमीहरूको मन जित्न खोजिरहेका छन्, तर असल विचारले होइन। तिनीहरूले तिमीहरूलाई हामीबाट अलग पार्न मात्र चाहन्छन्, ताकि तिमीहरू उनीहरूका निम्ति जोशिलो हुन सक।
GAL 4:18 असल उद्देश्यसहित र सधैँ जोशिलो हुनु राम्रो हो; तर म तिमीहरूसँग हुँदा मात्र होइन, तर सधैँभरि त्यस्तै होस्।
GAL 4:19 हे मेरा प्रिय बालबालिकाहरू हो, जबसम्म ख्रीष्‍ट तिमीहरूमा बनिनुहुन्‍न, तबसम्म म फेरि प्रसव-वेदनामा परेकी स्त्रीझैँ हुन्छु।
GAL 4:20 अहिले म तिमीहरूसँग कसरी रहूँ, र मेरो बोल्ने तरिका कसरी बदलौँ, किनकि म तिमीहरूका विषयमा व्याकुल छु।
GAL 4:21 मलाई भन, के तिमीहरू व्यवस्थाको अधीनमा रहन चाहन्छौ, तिमीहरूलाई थाहा छैन व्यवस्थाले के भन्छ?
GAL 4:22 धर्मशास्त्रमा यसरी लेखिएको छ, अब्राहामका दुई छोराहरू थिए, एउटा दासी स्त्रीबाट जन्मेको, र अर्कोचाहिँ स्वतन्त्र स्त्रीबाट जन्मेको।
GAL 4:23 दासीबाट जन्मेको छोरा शरीरको इच्छाअनुसार जन्मेको थियो, तर स्वतन्त्र स्त्रीपट्टिबाट जन्मेको छोराचाहिँ ईश्‍वरीय प्रतिज्ञाको प्रतिफल थियो।
GAL 4:24 यो कुरालाई उदाहरणको रूपमा लिइएको छ: दुई स्त्रीहरूले दुई वटा करारलाई प्रतिनिधित्व गर्दछन्। एउटा करारचाहिँ सीनै पर्वतबाट हो, र यसले दासत्वको निम्ति जन्मिएका सन्तानलाई प्रतिनिधित्व गर्दछ, जो हागार हो।
GAL 4:25 अहिले हागारचाहिँ अरब देशमा भएको सीनै पर्वत हो, र वर्तमान यरूशलेमसँग त्यसको तुलना गर्न सकिन्छ; किनकि त्यो आफ्ना सन्तानका साथ दासत्वमा छे।
GAL 4:26 तर सारा स्वर्गीय यरूशलेमकी प्रतिक हुन्, जो स्वतन्त्र छिन्, जोचाहिँ हामी सबैकी आमा हुन्।
GAL 4:27 किनकि धर्मशास्त्रमा लेखिएको छ: “हे बाँझी स्त्री, आनन्द गर्, तँ जसले कहिल्यै बच्‍चा जन्माएकी छैनस्; आनन्दसाथ र चर्को सोरमा करा; हे प्रसव वेदना कहिल्यै थाहा नपाउने तिमी; किनकि त्यागिएकी स्त्रीका सन्तानचाहिँ पति भएकी स्त्रीका भन्दा धेरै छन्।”
GAL 4:28 अब हे दाजुभाइ-दिदीबहिनीहरू हो, हामी पनि इसहाकजस्तै प्रतिज्ञाका सन्तानहरू हौँ।
GAL 4:29 त्यस समय मानवीय इच्छाअनुसार जन्मेको पुत्रले प्रतिज्ञाको प्रतिफलद्वारा जन्मेको पुत्रलाई जसरी खेदो गर्दथ्यो, अहिले पनि त्यस्तै छ।
GAL 4:30 तर धर्मशास्त्रले के भन्छ? “त्यो दासी र त्यसको छोरालाई निकालिदेऊ; किनकि दासीको छोरा कहिल्यै पनि स्वतन्त्र स्त्रीको छोरासँग उत्तराधिकारी हुन सक्दैन।”
GAL 4:31 यसकारण प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, हामी दासी स्त्रीका सन्तानहरू होइनौ, तर स्वतन्त्र स्त्रीका सन्तानहरू हौँ।
GAL 5:1 स्वतन्त्रताको निम्ति ख्रीष्‍टले हामीलाई स्वतन्त्र तुल्याउनुभएको छ। यसकारण स्थिर भएर खडा होओ, र दासत्वको जुवाद्वारा आफूलाई फेरि बोझमा नपार।
GAL 5:2 मेरो कुरामा ध्यान देओ। म पावल तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले खतना गर्‍यौ भने ख्रीष्‍ट तिमीहरू सबैका निम्ति मूल्यहीन ठहरिनुहुनेछ।
GAL 5:3 म फेरि पनि खतना गर्ने सबै मानिसहरूलाई भन्दछु, जसले आफूलाई खतना गराउँछ, ऊ सबै व्यवस्था पालन गर्न बाध्य हुन्छ।
GAL 5:4 तिमीहरू जसले व्यवस्थाद्वारा धर्मी ठहरिन खोज्दैछौ, तिमीहरू ख्रीष्‍टबाट अलग भएका छौ; तिमीहरू अनुग्रहबाट तल झरेका छौ।
GAL 5:5 तर परमेश्‍वरका आत्माबाट हामी उत्कट इच्छासहित विश्‍वासद्वारा धार्मिकताको आशाको प्रतीक्षा गर्दछौँ।
GAL 5:6 किनकि ख्रीष्‍ट येशूमा विश्‍वास गर्नेहरूलाई खतना होस् वा बेखतना, कुनै मूल्य छैन; तर प्रेमद्वारा व्यक्त गरिने विश्‍वासको मात्र मूल्य छ।
GAL 5:7 तिमीहरूले राम्रो दौड दौडिरहेका थियौ। कसले सत्य पालना नगर्नू भनेर तिमीहरूलाई बाधा दियो?
GAL 5:8 परमेश्‍वरबाट यो उक्साउने काम भएको होइन, जसले तिमीहरूलाई बोलाउनुहुन्छ।
GAL 5:9 “थोरै खमिरले जम्मै पिठोको ढिकालाई खमिरी बनाइदिन्छ।”
GAL 5:10 म प्रभुमा विश्‍वस्त छु, कि तिमीहरूले योबाहेक अर्को विचार अपनाउने छैनौ। तिमीहरूलाई अन्योलमा पार्ने जोसुकै होस्, त्यसले मूल्य चुकाउनुपर्नेछ।
GAL 5:11 दाजुभाइ-दिदीबहिनीहरू हो, यदि मैले अझै पनि खतनाकै बारेमा प्रचार गरिरहेको छु भने किन म अझै सताइएको छु त? यसो हो भने क्रूसको बाधा हटाइएको छ।
GAL 5:12 तिमीहरूलाई विचलित पार्नेहरूले, बरु तिनीहरूले आफ्नै अङ्ग काटे असल हुनेथियो।
GAL 5:13 मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू स्वतन्त्र हुन बोलाइएका हौ; तर तिमीहरूको स्वतन्त्रतालाई शारीरिक स्वभावका निम्ति प्रयोग नगर, बरु प्रेममा एउटाले अर्कोको नम्रतासाथ सेवा गर।
GAL 5:14 किनकि सम्पूर्ण व्यवस्था यही एउटै आज्ञामा पूरा भएको छ: “तिमीले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर।”
GAL 5:15 तर यदि तिमीहरू एक-अर्कालाई टोक्ने र निल्ने गर्छौ भने होसियार होओ, नत्रता तिमीहरू एक-अर्काबाटै नष्‍ट हुनेछौँ।
GAL 5:16 यसकारण म भन्दछु, पवित्र आत्माको नियन्त्रणमा हिँड, र तिमीहरू शरीरको पापमय स्वभावको लालसामा नपर;
GAL 5:17 किनकि पापमय स्वभावले परमेश्‍वरको आत्माको विरुद्ध चाहना गर्दछ; अनि परमेश्‍वरको आत्माले शारीरिक स्वभावको विरुद्धमा। तिनीहरू एक-अर्काको विरुद्धमा हुन्छन्, ताकि तिमीहरूले जे गर्न चाहन्छौ, त्यो तिमीहरूले गर्न नसक। यसैकारण तिमीहरूले जे गर्न चाहन्छौ, त्यो तिमीहरूले नगर।
GAL 5:18 तर यदि तिमीहरू परमेश्‍वरको आत्माद्वारा डोर्‍याइएका हौ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ।
GAL 5:19 शारीरिक स्वभावका कामहरू प्रत्यक्ष छन्: यौन अनैतिकता, अपवित्रता र भ्रष्‍ट आचरण,
GAL 5:20 मूर्तिपूजा र टुनामुना, घृणा, कलह, ईर्ष्या, क्रोध, स्वार्थी महत्त्वाकांक्षा, मतभिन्‍नता, गुटबन्दी,
GAL 5:21 र डाह; मतवालापन, मोजमज्जा यस्तै अरू कुराहरू। म पहिला जस्तै, अहिले पनि चेतावनी दिन्छु, जो व्यक्ति यस प्रकारले जिउँदछ, ऊ परमेश्‍वरको राज्यको उत्तराधिकारी हुनेछैन।
GAL 5:22 तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वासयोग्यता,
GAL 5:23 नम्रता र आत्मसंयम हुन्। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन।
GAL 5:24 जो ख्रीष्‍ट येशूका हुन्, उनीहरूले शरीरको पापमय स्वभावलाई यसका अभिलाषा र लालचसहित क्रूसमा टाँगिदिएका छन्।
GAL 5:25 किनकि हामी पवित्र आत्माअनुसार जिउँछौँ भने पवित्र आत्माको नियन्त्रणअनुसार नै हिँडौँ।
GAL 5:26 हामी अहङ्कारी नहोऔँ, एक-अर्कालाई रिस नउठाऔँ र एउटाले अर्कोको ईर्ष्या नगरौँ।
GAL 6:1 दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिस पापमा पक्राउ पर्‍यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै उसलाई नम्रतासाथ सुधार गर, तर तिमी आफैँ पनि होसियारी बस; नत्रता तिमी पनि परीक्षामा परौला।
GAL 6:2 एक-अर्काको बोझ उठाओ र यसरी नै ख्रीष्‍टको व्यवस्था पूरा गर।
GAL 6:3 यदि कसैले आफू केही नभए तापनि केही हुँ भनी सोच्दछ भने त्यसले आफूलाई नै धोका दिन्छ।
GAL 6:4 प्रत्येकले आफ्नै कामको जाँच गर्नुपर्छ। तब आफूलाई अरू कसैसँग तुलना नगरी आफैँमा गर्व गर्न सक्छ।
GAL 6:5 किनकि हरेक आफ्नो कार्यको आफैँ जिम्मेवार हुन्छ।
GAL 6:6 तापनि जसले वचनको शिक्षा पाउँछ, उसले आफ्ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँडचुँड गर्नुपर्दछ।
GAL 6:7 धोकामा नपर: परमेश्‍वरलाई झुक्याउन सकिँदैन। किनकि मानिसले जे रोप्दछ, त्यसैको कटनी पनि गर्दछ।
GAL 6:8 जसले आफ्नो शरीरको पापमय स्वभावलाई खुशी पार्न रोप्दछ, त्यसले पापमय स्वभावबाट नै सर्वनाशको कटनी पनि गर्नेछ। तर जसले परमेश्‍वरको आत्माको लागि रोप्दछ, त्यसले परमेश्‍वरको आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ।
GAL 6:9 हामी भलाइ गर्न नथाकौँ; किनकि यदि हिम्मत हारेनौँ भने हामीले ठिक समयमा फसल कटनी गर्नेछौँ।
GAL 6:10 यसकारण मौका छँदै सबै मानिसहरूको भलाइ गर्दै जाऔँ, विशेष गरी विश्‍वासमा हुने परिवारलाई भलाइ गरौँ।
GAL 6:11 हेर, मैले तिमीहरूलाई आफ्नै हातले कति ठूला-ठूला अक्षरमा पत्र लेखेको छु।
GAL 6:12 जो पापमय स्वभावद्वारा मानिसहरूलाई प्रभाव पार्न चाहन्छ, तिनीहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन्। उनीहरूले यसो गराउनुको कारणचाहिँ ख्रीष्‍टको क्रूसको सन्देशबाट हुने सतावटबाट जोगिन मात्र हो।
GAL 6:13 खतना गर्नेहरूले पनि व्यवस्था पालन गर्दैनन्, तापनि तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन्, ताकि तिमीहरूको शरीरको खतनामा उनीहरूले घमण्ड गर्न सकून्।
GAL 6:14 मैले हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रूसमा बाहेक अरू कुनै कुरामा घमण्ड गर्न नपरोस्, जसद्वारा संसार मेरा निम्ति, र मचाहिँ संसारका निम्ति क्रूसमा टाँगिएको छ।
GAL 6:15 खतनाको होस् वा बेखतनाको होस् कुनै अर्थ छैन, तर ख्रीष्‍टमा भएको नयाँ सृष्‍टिचाहिँ अर्थपूर्ण छ।
GAL 6:16 यो नियम पालन गर्ने सबै जना र परमेश्‍वरको इस्राएलमाथि शान्ति र कृपा रहून्।
GAL 6:17 अन्त्यमा, अब उसो कसैले मलाई कष्‍ट नदेओस्; किनकि मैले मेरो शरीरमा येशूका डामहरू धारण गरेको छु।
GAL 6:18 दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्! आमेन।
EPH 1:1 परमेश्‍वरको इच्छाअनुसार ख्रीष्‍ट येशूका प्रेरित पावलबाट,
EPH 1:2 हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!
EPH 1:3 हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई ख्रीष्‍टमा हरेक आत्मिक आशिष्‌ले स्वर्गीय स्थानहरूमा आशिष् दिनुभएको छ।
EPH 1:4 किनकि उहाँको दृष्‍टिमा हामी प्रेममा पवित्र र निष्खोट हुन सकौँ भनेर उहाँले हामीलाई संसारको सृष्‍टिभन्दा पहिल्यै ख्रीष्‍टमा चुन्‍नुभयो।
EPH 1:5 हामीलाई उहाँको आफ्नो आनन्द र इच्छाअनुसार उहाँले येशू ख्रीष्‍टद्वारा आफ्नो परिवारमा समावेश गराउनलाई पूर्वनिर्धारण गर्नुभयो,
EPH 1:6 ताकि हामीलाई आफ्ना प्रिय पुत्रद्वारा सित्तैँमा दिनुभएको उहाँको महिमित अनुग्रहको प्रशंसा होस्।
EPH 1:7 परमेश्‍वरको अनुग्रहको प्रशस्तताअनुसार ख्रीष्‍टको रगतद्वारा हामीले उहाँमा उद्धार र पापहरूको क्षमा पाएका छौँ।
EPH 1:8 परमेश्‍वरले आफ्नो सम्पूर्ण बुद्धि र समझशक्तिमा हामीलाई प्रशस्त गरी अनुग्रह दिनुभयो।
EPH 1:9 उहाँले आफ्नो असल अभिप्रायअनुसार आफ्नो इच्छाको रहस्य हामीकहाँ प्रकट गर्नुभएको छ, जुन रहस्य ख्रीष्‍टमा राख्नुभएको थियो,
EPH 1:10 ताकि जब समयहरूको पूर्णता हुन्छ, तब स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्‍टको अधीनको एकतामा ल्याइनेछन्।
EPH 1:11 उहाँले आफ्नो इच्छाअनुसारको उद्देश्य पूरा गर्न सबै काम गर्नुहुन्छ, उहाँको योजनाअनुसार पूर्वनिर्धारण गरेर हामीलाई पनि उहाँमा नै चुन्‍नुभएको छ।
EPH 1:12 हामी जसले ख्रीष्‍टमा पहिल्यै आशा राखेका छौँ, उहाँको महिमाको प्रशंसाको कारण बन्‍न सकौँ।
EPH 1:13 जब तिमीहरूले सत्यको वचन आफ्नो मुक्तिको सुसमाचार सुन्यौ, तिमीहरू पनि ख्रीष्‍टमा समावेश भयौ। जब उहाँमा नै तिमीहरूले विश्‍वास गर्‍यौ, तब तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माद्वारा छाप लगाइएको थियो।
EPH 1:14 परमेश्‍वरको महिमाको प्रशंसाका निम्ति, तिनीहरू जो उहाँका सम्पत्ति हुन्, पवित्र आत्मा तिनीहरूको पूर्ण उद्धार नहुन्जेल उत्तराधिकारको बैना हुनुहुन्छ।
EPH 1:15 त्यसैले जबदेखि मैले प्रभु येशूमा तिमीहरूको विश्‍वास र सबै सन्तप्रति तिमीहरूको प्रेमको बारेमा सुनेँ,
EPH 1:16 मैले तिमीहरूलाई प्रार्थनामा सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन छोडेको छैनँ।
EPH 1:17 मैले यही बिन्ती गरिरहेको छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई बुद्धि र प्रकाशको आत्मा देऊन्, ताकि तिमीहरूले उहाँलाई अझ राम्रोसँग जान्‍न सक।
EPH 1:18 म प्रार्थना गर्दछु, तिमीहरूका हृदयका आँखा खोलिऊन्, जुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभयो, जुनचाहिँ उहाँका सन्तहरूका महिमित उत्तराधिकारको सम्पत्ति हो, सो तिमीहरूले जान्‍न सक।
EPH 1:19 म यो पनि प्रार्थना गर्दछु, परमेश्‍वरको शक्तिको अतुलनीय महानता, जो उहाँमा विश्‍वास गर्ने हामीहरूका निम्ति हो, तिमीहरूले बुझ्न सक। यो शक्ति महान् सामर्थ्य हो,
EPH 1:20 जसलाई प्रयोग गरेर उहाँले ख्रीष्‍टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो र स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने हाततिर बसाल्नुभयो।
EPH 1:21 अनि सबै प्रधानता र अधिकार, शक्ति र राज्य र यस युगमा मात्र होइन, तर आउने युगमा पनि सबै नामभन्दा माथि उहाँलाई राख्नुभयो।
EPH 1:22 यसर्थ परमेश्‍वरले सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो र मण्डलीका निम्ति उहाँलाई नै सबै कुरामाथि शिर तुल्याइदिनुभयो,
EPH 1:23 जुन मण्डली उहाँको शरीर हो; उहाँको पूर्णता हो, जसलाई उहाँले नै सबै कुराले सबै तरिकाले भरिपूर्ण पारिदिनुहुन्छ।
EPH 2:1 तिमीहरू आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौ,
EPH 2:2 जुन पापहरूमा तिमीहरू जिउने गर्दथ्यौ; जब तिमीहरू यस संसारको मार्गअनुसार र आकाशको राज्यको शासकअनुसार पछ्याउँथ्यौ, अहिले त्यो आत्माले अनाज्ञाकारीहरूका जीवनमा काम गरिरहेको छ।
EPH 2:3 हामीहरू सबै पनि एक समयमा तिनीहरूजस्तै हाम्रा शारीरिक लालसाहरू पूरा गर्दै यसका अभिलाषाहरू र विचारहरूलाई पछ्याउँदै तिनीहरूका बीचमा जिउने गर्दथ्यौँ; अनि बाँकी मानिसहरूजस्तै हामीहरू पनि स्वभावैले क्रोधका सन्तान थियौँ।
EPH 2:4 तर कृपाका धनी परमेश्‍वरले हामीप्रतिको उहाँको महान् प्रेमका कारण,
EPH 2:5 हामी अपराधमा मरेका अवस्थाबाट हामीहरूलाई ख्रीष्‍टसँग जीवित पार्नुभयो—परमेश्‍वरको अनुग्रहबाट नै तिमीहरूले मुक्ति पाएका छौ।
EPH 2:6 अनि परमेश्‍वरले हामीलाई ख्रीष्‍टसँगै जीवित पार्नुभयो र ख्रीष्‍ट येशूसँगै स्वर्गीय स्थानहरूमा बसाल्नुभयो,
EPH 2:7 ताकि आउँदा युगहरूमा उहाँको अनुग्रहको अतुलनीय सम्पत्ति ख्रीष्‍ट येशूमा हामीलाई गर्नुभएको दयामा देखाउन सक्नुभएको होस्।
EPH 2:8 किनकि तिमीहरूले विश्‍वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ; अनि यो मुक्ति तिमीहरू आफैँबाट आएको होइन, तर यो परमेश्‍वरको वरदान हो।
EPH 2:9 यो कर्महरूबाट होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।
EPH 2:10 किनकि हामी परमेश्‍वरद्वारा अगिबाटै असल काम गर्नका लागि ख्रीष्‍ट येशूमा सृजना गरिएका हौँ, जुन परमेश्‍वरले अगिबाटै हामीद्वारा गरिनका लागि तयार गर्नुभएको थियो।
EPH 2:11 यसकारण याद राख, अगिबाटै तिमीहरू, जो जन्मँदै गैरयहूदीहरू हौ, जसलाई आफ्नो “खतना” (जुन शरीरमा मानिसका हातहरूद्वारा गरिन्छन्) भएकाहरूले “बेखतनाका” भनिन्थ्यो।
EPH 2:12 सम्झना राख, त्यस बेला तिमीहरू ख्रीष्‍टदेखि अलग, इस्राएलका नागरिक हकबाट वञ्चित थियौ; अनि प्रतिज्ञाका करारहरूबाट बिरानो, आशा नभएका र यस संसारमा परमेश्‍वररहित थियौ।
EPH 2:13 तर तिमीहरू, जो ख्रीष्‍ट येशूमा बितेको एक समयमा टाढा थियौ, अहिले ख्रीष्‍टको रगतद्वारा नजिक पारिएका छौ।
EPH 2:14 किनकि उहाँ स्वयम् हाम्रो शान्ति हुनुहुन्छ, जसले यहूदी र गैरयहूदी बीचको विभाजन ल्याउने शत्रुताको पर्खाललाई भत्काइदिनुभएको छ; अनि दुवैलाई एउटै बनाउनुभएको छ।
EPH 2:15 उहाँले आफ्नै शरीरमा व्यवस्थाका आज्ञा र विधिहरू खारेज गर्नुभयो। उहाँ आफैँमा यी दुई समूहबाट एउटा नयाँ मानिस सृष्‍टि गर्ने र यसरी नै शान्ति स्थापित गर्ने उहाँको उद्देश्य थियो।
EPH 2:16 अनि यही एउटा शरीरमा क्रूसद्वारा दुवै समूहलाई परमेश्‍वरमा मिलाप गराएर उहाँले तिनीहरूका शत्रुतालाई अन्त्य गर्नुभयो।
EPH 2:17 उहाँले आएर तिमी टाढा भएका र नजिक भएकाहरूलाई शान्तिको सन्देश प्रचार गर्नुभयो।
EPH 2:18 किनकि ख्रीष्‍टद्वारा हामी दुवैले एउटै आत्मामा पिताकहाँ पुग्न पाएका छौँ।
EPH 2:19 फलस्वरूप तिमीहरू अब विदेशी र अपरिचित होइनौ, तर परमेश्‍वरका जनहरूसँग सङ्गी नागरिक र उहाँको घरानाका सदस्यहरू भएका छौ।
EPH 2:20 त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूका जगमाथि बसालिएको छ; अनि जसको मुख्य ढुङ्गो ख्रीष्‍ट येशू आफैँ हुनुहुन्छ।
EPH 2:21 उहाँमा नै पूरै भवन ठिकसँग जोडिएको हुन्छ र प्रभुमा एक पवित्र मन्दिर बन्‍नलाई बढ्दैजान्छ।
EPH 2:22 अनि उहाँमा तिमीहरू पनि आत्माद्वारा वासस्थान बन्‍नलाई एकसाथ निर्माण भइरहेका छौ, जसमा परमेश्‍वर आफ्नो आत्माद्वारा बास गर्नुहुन्छ।
EPH 3:1 यसैकारण म पावल, तिमी गैरयहूदीहरूका निम्ति ख्रीष्‍ट येशूको कैदी हुँ—
EPH 3:2 तिमीहरूका निम्ति मलाई परमेश्‍वरको अनुग्रहको व्यवस्थापन दिइएको बारेमा तिमीहरूले पक्‍कै सुनेका छौ।
EPH 3:3 जुन प्रकाशद्वारा त्यो रहस्य मलाई प्रकट गरिएको थियो; जसको बारेमा मैले छोटकरीमा लेखिसकेको छु।
EPH 3:4 तिमीहरूले जब यो पढ्नेछौ, ख्रीष्‍टको रहस्यबारे मेरो अन्तर्दृष्‍टि बुझ्नेछौ।
EPH 3:5 जुन कुरा अगाडिको पुस्ताका मानिसहरूलाई प्रकट गरिएको थिएन, तर अहिले परमेश्‍वरका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा प्रकट भएको छ।
EPH 3:6 यो रहस्य के हो भने सुसमाचारमा विश्‍वास गरेर गैरयहूदीहरू पनि इस्राएलसँगै उत्तराधिकारी, एउटै शरीरका सदस्य, र ख्रीष्‍ट येशूमा भएको प्रतिज्ञामा साझेदार हुन्छन्।
EPH 3:7 परमेश्‍वरको शक्तिको कामअनुसार मलाई दिइएको उहाँको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक बनिएँ।
EPH 3:8 यद्यपि प्रभुका सबै सन्तहरूभन्दा म सानो व्यक्ति भए तापनि ख्रीष्‍टमा पाइने अगम्य सम्पत्तिको सुसमाचारबारे गैरयहूदीहरूलाई प्रचार गर्नलाई यो अनुग्रह मलाई दिइयो।
EPH 3:9 अनि सबै थोक सृष्‍टि गर्नुहुने परमेश्‍वरले युगौँयुगसम्म लुकाएर राखिएको यो रहस्यको प्रबन्धबारे सबैलाई सरल ढङ्गमा बुझाउने अनुग्रह मलाई दिनुभयो।
EPH 3:10 स्वर्गीय स्थानहरूमा भएका शासकहरू तथा अधिकारीहरूलाई परमेश्‍वरको धेरै गुना ज्ञान अब मण्डलीद्वारा प्रकट होस् भन्‍ने उहाँको अभिप्राय थियो।
EPH 3:11 जुन अभिप्रायचाहिँ उहाँले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा पूरा गर्नुभएको अनन्त योजनाअनुसार थियो।
EPH 3:12 उनै प्रभुमा, र उहाँमाथि राखिएको हाम्रो विश्‍वासद्वारा साहस र निश्‍चयतासाथ हामी परमेश्‍वरको उपस्थितिमा पुग्नसक्छौँ।
EPH 3:13 यसकारण म यो निवेदन गर्दछु, मैले तिमीहरूका निम्ति भोगिरहेका कष्‍टहरूका कारण निरुत्साहित नहोओ, यी त तिमीहरूका गौरव हुन्।
EPH 3:14 यसैकारण म पिताको सामु घुँडा टेक्दछु,
EPH 3:15 जसद्वारा स्वर्गमा र पृथ्वीमा भएका हरेक परिवारको नाम राखिएको छ।
EPH 3:16 म यो प्रार्थना गर्छु, उहाँको महिमित सम्पत्तिअनुसार उहाँले तिमीहरूको भित्री मनुष्यत्वमा उहाँको आत्माको शक्तिद्वारा बलवान् बनाऊन्;
EPH 3:17 ताकि ख्रीष्‍ट तिमीहरूका हृदयमा विश्‍वासद्वारा बास गरिरहून्। अनि म यो पनि प्रार्थना गर्छु, तिमीहरू प्रेममा जरा गाडेका र स्थापित हुँदै
EPH 3:18 प्रभुका सबै सन्तहरू सँगसँगै ख्रीष्‍टको प्रेमको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ कति छ भनी तिमीहरूले बुझ्ने शक्ति पाउन सक;
EPH 3:19 अनि सबै समझभन्दा बाहिरको ख्रीष्‍टको प्रेम जान्‍न सक, ताकि परमेश्‍वरको सारा पूर्णताको नापसम्म तिमीहरू भरिपूर्ण हुन सक।
EPH 3:20 अब उहाँलाई, जसले हामीभित्र काम गर्ने आफ्नो शक्तिअनुसार हामीले मागेको वा सोचेकोभन्दा ज्यादै प्रशस्त गरी गर्न सक्नुहुन्छ;
EPH 3:21 उहाँलाई नै मण्डली र ख्रीष्‍ट येशूमा पुस्ता-पुस्तासम्म सदासर्वदा महिमा भइहोस्! आमेन।
EPH 4:1 यसकारण म, प्रभुको निम्ति एक कैदी, तिमीहरू जुन बोलावटमा बोलाइएका छौ, त्यही योग्यको जीवन यापन गर भनी बिन्ती गर्दछु।
EPH 4:2 पूर्ण रूपले नम्र र विनयी बन र एक-अर्कालाई प्रेममा सहँदै धैर्य धारण गर।
EPH 4:3 शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर।
EPH 4:4 एउटै शरीर छ, र एउटै आत्मा हुनुहुन्छ, जसरी तिमीहरूको बोलावट हुँदा एउटै आशामा बोलाइएका थियौ।
EPH 4:5 एउटै प्रभु, एउटै विश्‍वास र एउटै बप्‍तिस्मा,
EPH 4:6 एउटै परमेश्‍वर र सबैका पिता, जो सबैमाथि, सबैका माध्यमद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ।
EPH 4:7 तर हामीहरू प्रत्येकलाई ख्रीष्‍टको नापअनुसार अनुग्रह दिएको छ।
EPH 4:8 यसैकारण धर्मशास्त्रमा यस्तो लेखिएको छ: “जब उहाँ उच्‍चमा चढिजानुभयो, उहाँले धेरैलाई बन्दी बनाउनुभयो; अनि उहाँका मानिसहरूलाई वरदानहरू दिनुभयो।”
EPH 4:9 (“उहाँ उच्‍चमा चढिजानुभयो,” यसको अर्थ के हो? अर्थचाहिँ यही हो, उहाँ पृथ्वीको तल्‍लो भागमा पनि ओर्लनुभयो।
EPH 4:10 जो ओर्लनुभयो, उहाँ उही हुनुहुन्छ, उहाँ सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनु पनि भयो, ताकि सारा जगत्‌मा उहाँको उपस्थिति रहोस्।)
EPH 4:11 यसरी ख्रीष्‍टले कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई गोठालाहरू र शिक्षकहरू नियुक्त गर्नुभयो
EPH 4:12 सेवाको कामको लागि परमेश्‍वरका जनहरूलाई सुसज्जित पार्न, ताकि ख्रीष्‍टको शरीरको निर्माण हुन सकोस्;
EPH 4:13 जबसम्म हामी सबै परमेश्‍वरका पुत्रको ज्ञानमा र विश्‍वासमा एकता प्राप्‍त गर्दैनौँ र ख्रीष्‍टको पूर्णताको पूरा नापसम्म परिपक्व बन्दैनौँ।
EPH 4:14 तब हामी छालहरूले अगि र पछि हुत्याइएका, विभिन्‍न सिद्धान्तहरूको हरेक बतास र छालहरूले यताउति हुत्त्याइँदै, धूर्त मानिसहरूका जालझेल, धूर्तता र तिनीहरूका छलपूर्ण योजनाद्वारा ठगिने साना बालकहरूजस्ता हुनेछैनौँ।
EPH 4:15 बरु प्रेममा सत्य बोल्दै, उहाँमा अर्थात् ख्रीष्‍टमा, जो शिर हुनुहुन्छ, हामी हरेक प्रकारले परिपक्वतामा बढ्दै जानेछौँ।
EPH 4:16 उहाँबाट नै सारा शरीर जोडिएको र हरेक जोर्नीहरू गाँसिएको हुन्छ; अनि शरीरका हरेक अङ्गले आफ्नो काम गरेअनुसार प्रेममा आफैँ वृद्धि गर्दै र निर्माण हुँदैजान्छ।
EPH 4:17 यसकारण म तिमीहरूलाई यो भन्दछु, र प्रभुको नाममा यो जोड दिँदछु, तिमीहरू अब उसो गैरयहूदीहरूझैँ तिनीहरूका विचारको व्यर्थतामा नजिओ।
EPH 4:18 तिनीहरूका समझ अन्धकारले भरिएका, र तिनीहरूका हृदयका कठोरताले ल्याएको अज्ञानताको कारणले तिनीहरू परमेश्‍वरमा पाइने जीवनदेखि अलग भएका छन्।
EPH 4:19 तिनीहरूको मन लाटिएको छ, र सबै किसिमका अशुद्ध काम गर्नका निम्ति तिनीहरू हरेक प्रकारका अशुद्धता र लोभमा परेका छन्।
EPH 4:20 तथापि तिमीहरूले ख्रीष्‍टको विषयमा यस्तो शिक्षा सिकेका थिएनौ;
EPH 4:21 यदि तिमीहरूले ख्रीष्‍टको बारेमा सुनेका छौ र येशूमा भएको सत्यताअनुसार नै तिमीहरूलाई उहाँमा सिकाइएको छ भने,
EPH 4:22 तिमीहरूले आफ्नो पुरानो जीवन, जो छली चाहनाद्वारा दूषित भइरहेको छ, त्यो पहिलेको जिउने तरिकाको त्यस पुरानो स्वभावको जीवन त्याग्नुपर्छ भनी सिकेका छौ;
EPH 4:23 आफ्ना मनको स्वभावमा नयाँ हुँदैजाओ;
EPH 4:24 अनि नयाँ स्वभावलाई धारण गर, जो साँचो धार्मिकता र पवित्रतामा परमेश्‍वरजस्तै हुनलाई सृष्‍टि गरिएको छ।
EPH 4:25 यसकारण झूटलाई त्यागेर तिमीहरू प्रत्येकले आफ्ना छिमेकीसँग सत्य बोल्नुपर्छ; किनकि हामी सबै एउटै शरीरका अङ्गहरू हौँ।
EPH 4:26 “रिसाओ, तर पाप नगर!” घाम अस्ताउनु अगि नै तिमीहरूको रिस मरोस्,
EPH 4:27 र शैतानलाई कुनै मौका नदेओ!
EPH 4:28 चोरी गर्नेले अब उसो चोरी नगरोस्, तर काम गरोस्; आफ्नै हातले केही फाइदाजनक काम गर्दै खाँचोमा परेकाहरूसँग बाँडचुँड गर्नलाई तिनीहरूसँग केही कुरा होस्।
EPH 4:29 तिमीहरूको मुखबाट कुनै नराम्रो बोली ननिस्कोस्, तर अरूहरूको आवश्यक उन्‍नतिमा सहायता पुग्ने र सुन्‍नेहरूलाई अनुग्रह मिल्ने बोली मात्र बोल।
EPH 4:30 अनि परमेश्‍वरको पवित्र आत्मालाई दुःखी नबनाओ, जसद्वारा तिमी मुक्तिको दिनका लागि छाप लगाइएका छौ।
EPH 4:31 सबै तितोपना, क्रोध, रिस, झैझगडा, निन्दा र सबै किसिमका घृणासमेत त्यागिदेओ।
EPH 4:32 एक-अर्काप्रति दयालु र कोमल मनका होओ; जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी नै एक-अर्कालाई क्षमा गर।
EPH 5:1 यसकारण तिमीहरू प्रिय बालबालिकाहरूजस्ता परमेश्‍वरको अनुकरण गर्नेहरू होओ;
EPH 5:2 अनि प्रेमको मार्गमा हिँड, जसरी ख्रीष्‍टले हामीहरूलाई प्रेम गर्नुभयो र परमेश्‍वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो।
EPH 5:3 तर तिमीहरूमा कुनै प्रकारको यौन अनैतिकता, अशुद्धता वा लोभको नामसम्म नलिइओस्; किनकि परमेश्‍वरका पवित्र जनहरूका निम्ति यी कुराहरू उचित हुँदैनन्।
EPH 5:4 अनि कुनै प्रकारका अश्लील, मूर्ख बातचित अथवा बेफाइदाका ठट्यौली नगर्नू; यो ठिक छैन, बरु परमेश्‍वरलाई नै धन्यवाद चढाइयोस्।
EPH 5:5 किनकि तिमीहरू यो निश्‍चित जान, कुनै व्यभिचारी, अशुद्ध व्यक्ति वा लोभी, यस्तो व्यक्ति मूर्तिपूजक हो; ख्रीष्‍ट र परमेश्‍वरको राज्यको हकदार हुन सक्दैन।
EPH 5:6 कसैले तिमीहरूलाई खोक्रो कुराहरूले धोका नदेओस्; किनकि यी कुराहरूकै कारण अनाज्ञाकारीहरूमाथि परमेश्‍वरको क्रोध आउँदछ।
EPH 5:7 यसकारण यी मानिसहरूले गर्ने काममा सहभागी नहोओ!
EPH 5:8 किनकि तिमीहरू एक समय अन्धकारमा थियौ, तर अहिले तिमीहरू प्रभुमा ज्योति हौ। त्यसैले ज्योतिका सन्तानझैँ हिँड।
EPH 5:9 किनकि ज्योतिका फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ;
EPH 5:10 अनि प्रभुलाई मनपर्ने कुरा के हो, त्यो खोज।
EPH 5:11 अन्धकारका निष्फल कार्यहरूमा सहभागी नहोओ, बरु तिनीहरूलाई प्रकट गरिदेओ।
EPH 5:12 अनाज्ञाकारीहरूले गुप्‍तमा जे गर्छन्, त्यो भन्‍नु पनि लज्जास्पद कुरा हो।
EPH 5:13 तर ज्योतिद्वारा प्रकट भएका सबै कुरा प्रष्‍टै देखिन्छ; अनि उज्यालोमा ल्याइएका सबै कुरा ज्योति बन्दछ।
EPH 5:14 त्यसकारण यस्तो भनिएको छ: “हे निदाउनेहरू, जाग र मरेकाहरूबाट बिउँझ; अनि ख्रीष्‍ट तिमीहरूमा चम्कनुहुनेछ।”
EPH 5:15 यसकारण तिमीहरू कसरी जिउनुपर्ने हो, त्यसमा होसियार होओ। निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्‌जस्तो होओ।
EPH 5:16 सबै समयको पूरा सदुपयोग गर; किनकि दिनहरू खराब छन्।
EPH 5:17 यसकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के हो, सो बुझ।
EPH 5:18 दाखमद्यले नमात्तिओ, यसले जीवन बरबाद गर्छ; बरु पवित्र आत्माले भरपूर होओ।
EPH 5:19 भजन, स्तुतिगान र आत्मिकी गीतहरूद्वारा एक-अर्कासँग बोल। प्रभुको निम्ति तिमीहरूको हृदयबाट गीत र सङ्गीत निकाल।
EPH 5:20 हाम्रा प्रभु येशू ख्रीष्‍टको नाममा परमेश्‍वर पितालाई सधैँ सबै कुराको निम्ति धन्यवाद चढाओ।
EPH 5:21 ख्रीष्‍टप्रतिको श्रद्धाको कारणले आफूलाई एक-अर्काको अधीनमा सुम्प।
EPH 5:22 हे पत्नीहरू हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिहरूका अधीनमा बस।
EPH 5:23 किनकि पति नै पत्नीको शिर हुन्, जसरी ख्रीष्‍ट पनि उहाँको शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ; जसको निम्ति उहाँ मुक्तिदाता हुनुहुन्छ।
EPH 5:24 जसरी मण्डली ख्रीष्‍टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि सबै कुरामा तिनीहरूका पतिहरूका अधीनमा रहून्।
EPH 5:25 हे पतिहरू हो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र मण्डलीको निम्ति आफ्नो जीवन दिनुभयो;
EPH 5:26 कि उहाँले त्यसलाई वचनद्वारा पानीले धोएर पवित्र पार्न सकून्,
EPH 5:27 र प्रतापी मण्डलीको रूपमा त्यसलाई आफ्नो सामु प्रस्तुत गराऊन्, जसमा कुनै दाग वा चाउरी वा यस्तै अरू कुनै खोट नभएको, तर पवित्र र निष्खोट होस्।
EPH 5:28 यसरी नै पतिहरूले आ-आफ्नी पत्नीहरूलाई आफ्नै शरीरलाईझैँ प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्दछ, त्यसले आफैँलाई प्रेम गर्दछ।
EPH 5:29 कसैले आफ्नो शरीरलाई घृणा गर्दैन, तर उसले यसको वास्ता गर्छ र पालनपोषण गर्दछ, जसरी ख्रीष्‍टले मण्डलीलाई गर्नुहुन्छ।
EPH 5:30 किनकि हामी उहाँका शरीरका अङ्गहरू हौँ।
EPH 5:31 “यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्।”
EPH 5:32 यो एक अति गहन रहस्य हो, तर मैले ख्रीष्‍ट र मण्डलीबारे कुरा गरिरहेको छु।
EPH 5:33 हरेकले आफ्नी पत्नीलाई आफैँलाई झैँ प्रेम गरोस्, र पत्नीले आफ्ना पतिको आदर गरोस्।
EPH 6:1 हे छोराछोरीहरू हो, प्रभुमा आफ्ना आमाबुबाको आज्ञापालन गर; किनकि यो उचित छ।
EPH 6:2 “आफ्ना बुबा र आमाको आदर गर।” यो प्रतिज्ञासहितको पहिलो आज्ञा हो,
EPH 6:3 “ताकि तिमीहरूको भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु भएर बाँच्न सक।”
EPH 6:4 हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, बरु तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
EPH 6:5 हे सेवकहरू हो, ख्रीष्‍टको आज्ञापालन गरेझैँ तिमीहरूले संसारका आफ्ना मालिकहरूको आदर, भय र हृदयको इमानदारीतासाथ आज्ञापालन गर।
EPH 6:6 केवल उनीहरूलाई खुशी पार्ने हेतुले उनीहरूका आँखा अगाडि मात्र होइन, तर ख्रीष्‍टका सेवकहरूझैँ तिमीहरूका हृदयदेखि नै परमेश्‍वरको इच्छा पूरा गर्दै उनीहरूको आज्ञापालन गर।
EPH 6:7 तिमीहरूले मानिसको सेवा गरेझैँ होइन, तर प्रभुको सेवा गरेझैँ, सम्पूर्ण हृदयले सेवा गर।
EPH 6:8 किनकि तिमीहरू जान्दछौ, हरेक मानिसले जे असल कार्य गर्दछ, त्यही अनुसारको पुरस्कार प्रभुले त्यसलाई दिनुहुन्छ, चाहे तिनीहरू सेवक हुन् या फुक्‍का हुन्।
EPH 6:9 हे मालिकहरू हो, तिमीहरूले पनि आफ्ना सेवकहरूसँग त्यस्तै व्यवहार गर। तिनीहरूलाई धम्की नदेओ; किनकि तिमी जान्दछौ, तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ, र उहाँमा कुनै पक्षपात हुँदैन।
EPH 6:10 अन्त्यमा प्रभुमा र उहाँको शक्तिशाली सामर्थ्यमा बलिया होओ।
EPH 6:11 परमेश्‍वरका सारा हातहतियार धारण गर, ताकि तिमीहरू शैतानका युक्तिहरूको विरुद्धमा खडा हुन सक।
EPH 6:12 किनकि हाम्रो लडाइँ मानिसहरूका विरुद्धमा होइन, तर शासकहरूका विरुद्ध, अधिकारीहरूका विरुद्ध, संसारका अन्धकारका शक्तिहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा दुष्‍टताको आत्मिकी सेनाहरूका विरुद्ध हो।
EPH 6:13 यसकारण परमेश्‍वरका सारा हातहतियार धारण गर; ताकि खराब समयमा आफ्ना शत्रुलाई प्रतिकार गर्न सक। तब युद्धपछि पनि तिमी स्थिर भई खडा हुन सक्नेछौ।
EPH 6:14 यसकारण कम्मर सत्यताको पेटीले बाँध, र धार्मिकताको छाती-पाता लगाएर खडा होओ;
EPH 6:15 अनि खुट्टामा शान्तिको सुसमाचारको तयारीको जुत्ता लगाओ।
EPH 6:16 यी सबै कुराबाहेक विश्‍वासको ढाल हातमा उठाओ, जसबाट तिमीले शैतानका सबै अग्निवाणहरू निभाउन सक्नेछौ।
EPH 6:17 शिरमा मुक्तिको टोप लगाओ र हातमा आत्माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो।
EPH 6:18 अनि सबै अवस्थाहरूमा, सबै प्रकारका निवेदन र अन्तर्बिन्तीसहित आत्मामा प्रार्थना गरिबस। यी कुरालाई मनमा राखी सचेत भएर सबै प्रभुका सन्तहरूका निम्ति सधैँ प्रार्थना गर।
EPH 6:19 मेरा निम्ति पनि प्रार्थना गर, कि जब म बोल्छु, तब सुसमाचारको रहस्य साहससँग भन्‍न मलाई शब्दहरू दिइयोस्,
EPH 6:20 जसको लागि म साङ्लाहरूमा बाँधिएको एक राजदूत हुँ। मैले जसरी बोल्नुपर्ने हो, त्यसरी नै म विनाडर घोषणा गर्न सकूँ।
EPH 6:21 तुखिकस, जो हाम्रो प्यारो भाइ र प्रभुमा विश्‍वासयोग्य सेवक हुन्, तिनले तिमीहरूलाई सबै कुरा भन्‍नेछन्; र तिमीहरूले मेरा सबै अवस्थाबारे जान्‍नेछौ।
EPH 6:22 मैले तिनलाई यही विशेष उद्देश्यले तिमीहरूकहाँ पठाएको छु, कि हाम्रो हालचाल कस्तो छ भनी तिमीहरूले जान्‍न सक, र तिनले तिमीहरूलाई उत्साहित गराऊन्।
EPH 6:23 दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट विश्‍वाससहितको प्रेम र शान्ति मिलोस्!
EPH 6:24 हाम्रा प्रभु येशू ख्रीष्‍टलाई अमर प्रेमले प्रेम गर्नेहरू सबैमा अनुग्रह रहोस्!
PHI 1:1 ख्रीष्‍ट येशूका सेवकहरू पावल र तिमोथीबाट,
PHI 1:2 हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!
PHI 1:3 जब तिमीहरूलाई म याद गर्छु, म मेरा परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु।
PHI 1:4 मेरो हरेक प्रार्थनामा तिमीहरू सबैका निम्ति म सधैँ आनन्दसाथ प्रार्थना गर्दछु।
PHI 1:5 किनकि सुसमाचारको काममा सुरुदेखि अहिलेसम्म नै तिमीहरूको सहभागिता रहेको छ।
PHI 1:6 यो कुरामा दृढ भरोसा छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, उहाँले नै ख्रीष्‍ट येशूको पुनरागमनसम्म त्यो काम पूरा गर्नुहुनेछ।
PHI 1:7 तिमीहरू सबैका विषयमा यस्तो महसुस गर्नु मेरो लागि उचित छ; किनकि मैले मेरो हृदयमा तिमीहरूलाई राखेको छु; त्यसैले चाहे म कैदमा रहँदा होस् वा सुसमाचारको समर्थन र प्रतिरक्षा गर्दा होस्, यसमा मसँगै तिमीहरू सबै परमेश्‍वरको अनुग्रहमा सहभागी भएका छौ।
PHI 1:8 परमेश्‍वर साक्षी हुनुहुन्छ, कि ख्रीष्‍ट येशूको प्रेमले तिमीहरू सबैको कति धेरै म तिर्सना गर्दछु।
PHI 1:9 मेरो प्रार्थना यही छ: ज्ञान र अन्तर्दृष्‍टिको गहिराइमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदै जाओस्।
PHI 1:10 यस उद्देश्यले कि तिमीहरूले जे उत्तम छ, त्यो छुट्याउन सक; ताकि ख्रीष्‍टको पुनरागमनमा तिमीहरू शुद्ध र दोषरहित रहन सक।
PHI 1:11 अनि परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हुन सक।
PHI 1:12 दाजुभाइ-दिदीबहिनीहरू हो, अहिले ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई विस्तार गर्ने काम गरेको छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु।
PHI 1:13 परिणाम स्वरूप सारा दरबारका पहरेदारहरू र बाँकी सबै मानिसहरूकहाँ म ख्रीष्‍टको निम्ति कैदमा रहेको हुँ भनी छर्लङ्ग भएको छ।
PHI 1:14 अनि मेरो कैदको कारणले गर्दा प्रभुमा धेरै विश्‍वासीहरू साहसी भएका छन्, र निडरतासाथ सुसमाचार प्रचार गर्न धेरै उत्साहित भएका छन्।
PHI 1:15 यो सत्य हो, कतिले डाह र प्रतिस्पर्धाका कारण ख्रीष्‍टलाई प्रचार गर्दछन्, तर अरूहरूले चाहिँ स्वच्छ मनसायले गर्दछन्।
PHI 1:16 म सुसमाचारको सुरक्षाका निम्ति कैदमा परेको छु भनी जानेर स्वच्छ मनसायले प्रचार गर्नेहरूले यो काम प्रेमका लागि गर्दछन्।
PHI 1:17 डाह र प्रतिस्पर्धाले प्रचार गर्नेहरूले स्वार्थी उद्देश्यले बेइमानीका साथ ख्रीष्‍टको प्रचार गरे; ताकि म कैदमा रहेको बेला तिनीहरूले मलाई अझ धेरै समस्या खडा गर्न सकून्।
PHI 1:18 तर के भयो त? महत्त्वपूर्ण कुरा यही नै हो, चाहे खराब मनसायले होस् वा सत्यतामा होस्, जुनसुकै तरिकाले भए तापनि ख्रीष्‍ट नै प्रचारिनुहुन्छ। यसैकारणले म आनन्दित हुन्छु। हो, म निरन्तर आनन्दित हुनेछु।
PHI 1:19 किनकि तिमीहरूका प्रार्थना र येशू ख्रीष्‍टको आत्माले दिनुहुने सहायताद्वारा ममाथि आइलागेका कुराहरू मेरै छुटकाराको निम्ति हुनेछ भनी म जान्दछु।
PHI 1:20 म उत्कट इच्छा र आशा गर्दछु, म कदापि शर्ममा पर्नेछैनँ; तर मसँग प्रशस्त साहस हुनेछ, ताकि चाहे जीवनद्वारा होस् वा मृत्युद्वारा, सदाझैँ मेरो शरीरमा ख्रीष्‍ट उच्‍च पारिनुहुनेछ।
PHI 1:21 किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो र मर्नुचाहिँ लाभ हो।
PHI 1:22 यदि म शरीरमा नै जिइरहनुपर्ने हो भने यसको अर्थ मेरो निम्ति फलदायी परिश्रम हुनेछ। तापनि मैले के रोज्ने त? सो म जान्दिनँ!
PHI 1:23 म दुवैबाट दबाबमा परेको छु: बिदा भएर ख्रीष्‍टको साथमा हुने इच्छा गर्दछु; किनकि यो धेरै नै असल छ।
PHI 1:24 तर म शरीरमा नै रहिरहनुचाहिँ तिमीहरूका निम्ति अझ बढी आवश्यक छ।
PHI 1:25 म निश्‍चित भएको छु; यसकारण तिमीहरू सबैको उन्‍नति र विश्‍वासको आनन्दका निम्ति म सबैसँग जीवित रहिरहनेछु भनी म जान्दछु;
PHI 1:26 यसकारण म फेरि तिमीहरूकहाँ आउँदा मेरो कारण तिमीहरूलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्।
PHI 1:27 जेसुकै आइपरे तापनि तिमीहरूका चालचलन ख्रीष्‍टको सुसमाचारको योग्य होस्। तब चाहे म आएर तिमीहरूलाई देखूँ, अथवा अनुपस्थित रहेर तिमीहरूका बारेमा सुनूँ, म यही कुरा थाहा पाउन चाहन्छु, कि तिमीहरू एउटै आत्मामा दृढ भई खडा छौ, र सुसमाचारको विश्‍वासको निम्ति एउटै मनका भई मिलेर परिश्रम गर्दछौ।
PHI 1:28 तिमीहरू विरोधीहरूसँग कुनै किसिमले डराउनु हुँदैन। यो तिनीहरूका निम्ति एउटा चिन्ह हो, कि तिनीहरू नाश हुनेछन्, तर तिमीहरूको चाहिँ उद्धार हुनेछ—यो परमेश्‍वरबाटको चिन्ह हो।
PHI 1:29 किनकि ख्रीष्‍टको निम्ति तिमीहरूलाई यो दिइएको छ, कि उहाँमाथि विश्‍वास गर्ने मात्र होइन, तर उहाँको निम्ति कष्‍ट पनि भोग्नुपर्छ।
PHI 1:30 किनकि तिमीहरू पनि त्यही सङ्घर्षमा छौ, जुन सङ्घर्ष तिमीहरूले ममा देख्यौ र त्यो अझै पनि ममा छँदैछ भनी अहिले सुनेका छौ।
PHI 2:1 यसकारण यदि ख्रीष्‍टसँगको एकतामा तिमीसँग केही प्रोत्साहन, उहाँको प्रेमबाट केही सान्त्वना, पवित्र आत्मामा केही साझा भाग, केही स्‍नेह र सहानुभूति छ भने,
PHI 2:2 एउटै मनका भएर, एउटै प्रेममा रहेर, एउटै आत्मा र लक्ष्य लिएर मेरो आनन्द पूरा गर।
PHI 2:3 स्वार्थी आकांक्षा वा व्यर्थको अहङ्कारमा केही नगर, तर नम्रतामा एक-अर्कालाई आफूभन्दा श्रेष्‍ठ ठान।
PHI 2:4 तिमीहरू हरेकले केवल आफ्नो मात्र भलाइ नखोज, तर तिमीहरू हरेकले अरूको भलाइलाई पनि विचार गर।
PHI 2:5 तिमीहरूको एक-अर्कासँगको सम्बन्धमा ख्रीष्‍ट येशूको जस्तै मन होस्:
PHI 2:6 उहाँ स्वभावमा परमेश्‍वर भएर पनि परमेश्‍वरको बराबरी हुने कुरालाई पक्रिराख्ने वस्तुजस्तो ठान्‍नुभएन;
PHI 2:7 तर आफैँलाई रित्त्याईकन एउटा सेवकको रूप लिएर मानिसको प्रतिरूपमा बनिनुभयो।
PHI 2:8 अनि स्वरूपमा मानिसजस्तै भएर, उहाँले आफैँलाई नम्र तुल्याउनुभयो, र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै आज्ञाकारी हुनुभयो।
PHI 2:9 त्यसैकारण परमेश्‍वरले उहाँलाई सर्वोच्‍च स्थानसम्म उच्‍च पार्नुभयो, र उहाँलाई एउटा नाम दिनुभयो, जो हरेक नामभन्दा उच्‍च छ,
PHI 2:10 यसकारणले कि स्वर्गमा, पृथ्वीमा र पृथ्वीमुनि भएका, हरेक प्राणीले येशूको नाममा घुँडा टेक्नुपर्छ;
PHI 2:11 अनि परमेश्‍वर पिताको महिमाको निम्ति, हरेक जिब्रोले येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ।
PHI 2:12 यसैले मेरा प्रिय मित्रहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले मेरा शिक्षाहरू सधैँ पालन गरेका थियौ। अहिले म तिमीहरूदेखि टाढा छु; यसैले यो अझ महत्त्वपूर्ण छ। परमेश्‍वरमा आज्ञाकारी भई गहिरो भक्ति र भयका साथ आफ्नो मुक्तिका परिणामहरू देखाउन कडा परिश्रम गर।
PHI 2:13 किनकि तिमीहरूमा काम गर्ने परमेश्‍वर नै हुनुहुन्छ, जसले उहाँको आफ्नो असल उद्देश्य पूरा गर्न तिमीहरूलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुन्छ।
PHI 2:14 गनगन र वाद-विवाद नगरी सबै काम गर;
PHI 2:15 ताकि तिमीहरू निर्दोष र शुद्ध भएर, “टेढो र भ्रष्‍ट पुस्ताको बीचमा परमेश्‍वरका निष्खोट सन्तान बन्‍न सक।” तब तिमीहरू तिनीहरूका माझ आकाशका ताराहरूझैँ चम्कनेछौ।
PHI 2:16 यसैले तिमीहरूले जीवनको वचनलाई दह्रो गरी पक्रिराख, ताकि म व्यर्थमा दौडिनँ अथवा व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्‍टको पुनरागमनमा म गर्व गर्न सकूँ।
PHI 2:17 तर यदि तिमीहरूको विश्‍वासबाट आएको सेवा र बलिदानमा म अर्घबलिको रूपमा बलि हुनुपरे तापनि म सबैसँग खुशी र आनन्दित हुन्छु।
PHI 2:18 त्यसै गरी तिमीहरू पनि मसँगै खुशी र आनन्दित हुनुपर्छ।
PHI 2:19 म प्रभु येशूमा आशा गर्दछु, यस हेतुले कि तिमोथीलाई चाँडै नै तिमीहरूकहाँ पठाउन सकूँ, ताकि म तिमीहरूको बारेमा खबर पाएर प्रसन्‍न हुन सकूँ।
PHI 2:20 मसित तिनीजस्तो अर्को मानिस छैन, जसले तिमीहरूको भलाइ मात्र सोच्छ।
PHI 2:21 किनकि सबैले आफ्नै स्वार्थ मात्र खोज्दछन्, तर येशू ख्रीष्‍टको इच्छा खोज्दैनन्।
PHI 2:22 तर तिमोथीले आफूलाई साबित गरेको कुरा तिमीहरूलाई थाहै छ; किनकि एउटा छोराले बुबासँगै काम गरेझैँ, तिनले मसँगै सुसमाचारको काममा सेवा गरे।
PHI 2:23 यसकारण मेरो परिस्थिति कस्तो हुन्छ भन्‍ने बुझेर, म तिनलाई चाँडोभन्दा चाँडो पठाउने आशा गर्दछु।
PHI 2:24 अनि म प्रभुमा निश्‍चित छु, कि म आफैँ पनि चाँडै आउनेछु।
PHI 2:25 तर मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही इपाफ्रोडिटस, जसलाई तिमीहरूले मेरा खाँचोहरूमा वास्ता गर्नलाई पठाएका तिमीहरूका दूत पनि हुन्, तिनलाई तिमीहरूकहाँ फेरि फर्काएर पठाउन मैले आवश्यक ठानेको छु।
PHI 2:26 किनकि तिनले तिमीहरू सबैको तिर्सना गरिरहेका छन्, र तिनी बिरामी छन् भनी तिमीहरूले सुनेका हुनाले तिनी दुःखित भएका छन्।
PHI 2:27 वास्तवमा तिनी बिरामी भएर झण्डै मरेका थिए। तर परमेश्‍वरले तिनीमाथि दया गर्नुभयो। तिनीमाथि मात्रै होइन, तर ममाथि पनि दया गर्नुभयो; ताकि ममाथि शोकमाथि अझै शोक नथपियोस्।
PHI 2:28 यसैकारण पनि तिनलाई पठाउन म अझ बढी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू खुशी हुन सक र मेरो पनि चिन्ता कम होस्।
PHI 2:29 यसैले तिनलाई ठूलो आनन्दसाथ प्रभुमा स्वागत गर, र तिनीजस्ता मानिसहरूलाई आदर गर;
PHI 2:30 किनकि तिनी ख्रीष्‍टको कामका निम्ति झण्डै मृत्युमा पुगेका थिए। तिनले तिमीहरू आफैँले मेरा निम्ति दिन नसकेको सेवा पूरा गर्नलाई आफ्नो जीवन जोखिममा हाले।
PHI 3:1 चाहे जेसुकै होस्, मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभुमा आनन्द गर। तिमीहरूलाई फेरि पनि त्यही कुराहरू नै लेख्न मलाई झर्को लाग्दैन, र यो त तिमीहरूका सुरक्षाको निम्ति हो।
PHI 3:2 कुकुरले जस्तै व्यवहार गर्नेहरू, खराब काम गर्नेहरू, खतना गर्नैपर्छ भन्‍नेहरूदेखि होसियार रहो।
PHI 3:3 किनकि हामी खतना भएकाहरू हौँ, जसले परमेश्‍वरका आत्माद्वारा उहाँको सेवा गर्दछौँ। हामी ख्रीष्‍ट येशूमा गर्व गर्दछौँ, र हामीले मानवीय परिश्रमहरूमा कुनै भरोसा राख्दैनौँ।
PHI 3:4 यद्यपि म आफूसँग पनि मानवीय उपलब्धीहरूमा भरोसा राख्ने कारणहरू छन्। यदि कसैले आफूलाई यी कुराहरूमा भरोसा राख्ने कारणहरू छन् भनी ठान्दछ भने मसँग झन् धेरै कारणहरू छन्:
PHI 3:5 आठौँ दिनमा मेरो खतना भएको हो; इस्राएल जातिको मानिस, बेन्यामीनको कुलको, हिब्रूहरूको हिब्रू; यहूदीहरूको व्यवस्थाको अभ्यासको विषयमा हो भने एक फरिसी;
PHI 3:6 जोशको विषयमा हो भने मण्डलीलाई सताउने हुँ; व्यवस्थाबमोजिम धार्मिक ठहरिने कुरामा हो भने दोषरहित।
PHI 3:7 तर जे कुराहरू मेरा निम्ति मूल्यवान् थिए, अब ती कुराहरूलाई ख्रीष्‍टको निम्ति म व्यर्थको ठान्दछु।
PHI 3:8 हो, मेरा प्रभु ख्रीष्‍ट येशूको असीम मूल्यको ज्ञानको तुलनामा म अरू सबै कुराहरूलाई नै व्यर्थको ठान्दछु। उहाँको निम्ति मैले अरू सबै कुराहरू त्यागेको छु; त्यसलाई कसिङ्गरतुल्य ठानेको छु, ताकि म ख्रीष्‍टलाई प्राप्‍त गर्न सकूँ।
PHI 3:9 उहाँमा पाइन सकूँ, व्यवस्था पालनबाट आउने मेरो आफ्नै धार्मिकतामा होइन, तर ख्रीष्‍टमाथिको विश्‍वासद्वारा आउने त्यो धार्मिकता, जुन धार्मिकता विश्‍वासको आधारमा परमेश्‍वरबाट आउँछ।
PHI 3:10 म ख्रीष्‍टलाई र उहाँको पुनरुत्थानको शक्तिलाई जान्‍न चाहन्छु—उहाँको कष्‍ट भोगाइमा सहभागी हुन र उहाँको मृत्युमा उहाँजस्तै हुन चाहन्छु;
PHI 3:11 अनि जसरी भए तापनि मरेकाहरूबाट पुनर्जीवित हुन चाहन्छु।
PHI 3:12 मैले यी सबै कुरा प्राप्‍त गरिसकेको छैनँ, अथवा म लक्ष्यमा पुगेको पनि छैनँ; तर ख्रीष्‍ट येशूले जे कुराको निम्ति मलाई पक्रनुभयो; त्यही कुरा पक्रन सकूँ भनी म अगाडि बढिरहेको छु।
PHI 3:13 दाजुभाइ-दिदीबहिनीहरू हो, यी सबै कुरा मैले पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा कुरा गर्दछु: पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर अगि बढ्ने प्रयत्न गर्दैछु;
PHI 3:14 म त्यो स्वर्गीय बोलावटको पुरस्कार प्राप्‍त गर्ने लक्ष्यतर्फ अगि बढ्दैछु, जसको निम्ति परमेश्‍वरले ख्रीष्‍ट येशूमा मलाई बोलाउनुभएको छ।
PHI 3:15 यसकारण हामी सबै जति जना परिपक्व छौँ, यस्तै कुराहरूको विचार गरौँ; अनि यदि कुनै कुरामा तिमीहरूले भिन्दै प्रकारले सोच्छौ भने त्यो पनि परमेश्‍वरले तिमीहरूलाई स्पष्‍ट पारिदिनुहुनेछ।
PHI 3:16 हामीले जे जति प्राप्‍त गरिसकेका छौँ, हामी त्यसैमा जिऔँ।
PHI 3:17 दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो अनुकरण गर्ने होओ र हामीलाई अनुसरण गर्नेहरूबाट सिक।
PHI 3:18 किनकि मैले तिमीहरूलाई धेरैपल्ट भनेको छु; अनि अहिले फेरि पनि आँसुको साथ भन्दछु, धेरै मानिसहरू ख्रीष्‍टको क्रूसको शत्रुहरूजस्तै गरी जीवन जिउँछन्।
PHI 3:19 तिनीहरूको अन्त्य विनाश हो; तिनीहरूका पेट नै तिनीहरूका ईश्‍वर हो, र तिनीहरूको गर्व तिनीहरूकै शर्ममा छ। तिनीहरूको मन सांसारिक कुराहरूमा लागेको छ।
PHI 3:20 तर हाम्रो नागरिकता स्वर्गमा छ, र हामीले स्वर्गबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रीष्‍टको उत्सुकतासाथ प्रतीक्षा गर्दछौँ।
PHI 3:21 उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन उहाँलाई सामर्थ्य दिनुभयो; त्यही शक्तिद्वारा हाम्रा कमजोर शरीरलाई परिवर्तन गर्नुहुनेछ, ताकि ती उहाँको महिमित शरीरजस्तै हुनेछन्।
PHI 4:1 यसकारण मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई प्रेम गर्दछु र तिमीहरूको चाहना गर्दछु। तिमीहरू नै मेरो आनन्द र मुकुट हौ। हे मेरा प्रिय मित्रहरू, यसरी नै प्रभुमा स्थिर रहो।
PHI 4:2 इयोदिया र सुन्तुखे दुवैलाई प्रभुमा एउटै मनका होऊन् भनी विनम्रपूर्वक म बिन्ती गर्दछु।
PHI 4:3 अनि मेरो साँचो सहकर्मी, म तिमीलाई पनि बिन्ती गर्दछु, यी स्त्रीहरूलाई मदत गर। तिनीहरूले मसँगै सुसमाचारको निम्ति क्लेमेण्टसँग र मेरा अरू सहकर्मीहरूसँग जोशसँग परिश्रम गरेका छन्, जसको नाम जीवनको पुस्तकमा लेखिएका छन्।
PHI 4:4 प्रभुमा सधैँ आनन्द गर; म फेरि पनि भन्दछु: आनन्द गर!
PHI 4:5 तिमीहरूको नम्रता सबै मानिसहरूलाई थाहा होस्। प्रभुको आगमन नजिकै छ।
PHI 4:6 कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्‍वरमा जाहेर गरिऊन्।
PHI 4:7 तब सबै समझभन्दा माथि रहेको परमेश्‍वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्‍ट येशूमा सुरक्षित राख्नेछ।
PHI 4:8 अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, जे कुरा सत्य छ, जे कुरा आदरणीय छ, जे कुरा ठिक छ, जे कुरा शुद्ध छ, जे कुरा प्रेमको योग्य छ, जे कुरा सह्रानीय छ, यदि केही कुरा सर्वश्रेष्‍ठ र प्रशंसायोग्य छ भने यिनै कुराहरूको विचार गर।
PHI 4:9 जे कुरा तिमीहरूले मबाट सिक्यौ अथवा ग्रहण गर्‍यौ अथवा सुन्यौ अथवा ममा देख्यौ, ती कुरालाई व्यवहारमा लागू गर, र शान्तिका परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ।
PHI 4:10 प्रभुमा म अत्यन्तै आनन्दित छु; किनकि अन्त्यमा तिमीहरूको वास्ता मप्रति फेरि पलाएको छ, वास्तवमा तिमीहरूले मेरो वास्ता गर्दथ्यौ, तर तिमीहरूले त्यो देखाउने मौका पाएका थिएनौ।
PHI 4:11 म खाँचोमा परेको छु भनेर मैले यसो भनेको होइन; किनकि जुनसुकै परिस्थितिमा पनि सन्तुष्‍ट रहन मैले सिकेको छु।
PHI 4:12 म खाँचोमा पर्नु भनेको के हो, सो जान्दछु; र प्रशस्ततामा हुनु भनेको के हो, त्यो पनि म जान्दछु। चाहे भरपेट हुँदा होस् वा भोकप्यासमा होस्, चाहे प्रशस्ततामा रहँदा होस् वा अभावमा होस्, जुनसुकै परिस्थितिमा पनि सन्तुष्‍ट रहने रहस्य मैले सिकेको छु।
PHI 4:13 उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ।
PHI 4:14 मेरो कष्‍टमा सहभागी हुनु तिमीहरूको लागि असल हो।
PHI 4:15 यसभन्दा पनि बढी तिमी फिलिप्पीहरू जान्दछौ, कि तिमीहरूले सुसमाचार सुनेका सुरुका दिनहरूमा, जब म म्यासिडोनियाबाट बिदा भएँ, तब तिमीहरूबाहेक अरू कुनै पनि मण्डली मसँग लिने र दिने कुरामा सहभागी भएको थिएन।
PHI 4:16 किनकि जब म थेसलोनिकीमा थिएँ, खाँचोमा परेको बेला एक पटकभन्दा धेरै तिमीहरूले मलाई सहायता दियौ।
PHI 4:17 मैले तिमीहरूबाट कुनै उपहार खोजेको होइन; तर मैले त्योभन्दा धेरै तिमीहरूकै खातामा जम्मा हुने नाफाको चाहना गर्दछु।
PHI 4:18 मैले पूरा मोल प्राप्‍त गरेको छु, र यो मेरो लागि पर्याप्‍त छ। मलाई प्रशस्त मात्रामा दिइएको छ; किनकि अहिले इपाफ्रोडिटसको हातमा तिमीहरूले पठाएको भेटी पनि मैले प्राप्‍त गरेको छु। त्यो मिठो बास्‍नादार भेटी, परमेश्‍वरलाई ग्रहणयोग्य र प्रसन्‍न तुल्याउने बलिदान भएको छ।
PHI 4:19 र मेरा परमेश्‍वरले तिमीहरूका सबै खाँचाहरू उहाँको महिमाको सम्पत्तिअनुसार ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ।
PHI 4:20 हाम्रा परमेश्‍वर पितालाई सदासर्वदा महिमा भइरहोस्! आमेन।
PHI 4:21 ख्रीष्‍ट येशूमा परमेश्‍वरका सबै जनहरूलाई अभिवादन भनिदेओ। मसँग भएका दाजुभाइ-दिदीबहिनीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
PHI 4:22 यहाँ भएका परमेश्‍वरका सबै सन्तहरूले, र विशेष गरी सिजरका घरानाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
PHI 4:23 प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्! आमेन।
COL 1:1 परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट,
COL 1:2 कलस्सेमा भएका परमेश्‍वरका पवित्र जनहरूलाई, जो ख्रीष्‍टमा विश्‍वासयोग्य दाजुभाइ-दिदीबहिनीहरू हुन्:
COL 1:3 हामी तिमीहरूको निम्ति जब प्रार्थना गर्छौँ, हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछौँ।
COL 1:4 किनकि ख्रीष्‍ट येशूमा तिमीहरूको विश्‍वास र परमेश्‍वरका सबै सन्तहरूप्रति तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौँ।
COL 1:5 त्यो विश्‍वास र प्रेम जुन आशाबाट पलाएर आउँछ, त्यो तिमीहरूको लागि स्वर्गमा जम्मा गरिएको छ, र यस विषयमा तिमीहरूले अगि नै सुसमाचारको सत्य वचनमा सुनिसकेका छौ।
COL 1:6 जसरी सुसमाचार संसारभरि फैलिएको छ, त्यसरी नै तिमीहरूमा आएको छ। तिमीहरूले यो सुसमाचार जुन दिनदेखि सुन्यौ र साँचो रूपमा परमेश्‍वरको अनुग्रहलाई बुझ्यौ, यसले तिमीहरूमा फल फलाइरहेको छ; र वृद्धि भइरहेको छ।
COL 1:7 तिमीहरूले जुन सुसमाचार इपाफ्रासबाट सिकेका छौ; तिनी हाम्रा प्रिय सहकर्मी हुन्, जो हाम्रा तर्फबाट ख्रीष्‍टका विश्‍वासयोग्य सेवक हुन्।
COL 1:8 तिनले पवित्र आत्मामा भएको तिमीहरूको प्रेमको बारेमा पनि हामीलाई बताएका छन्।
COL 1:9 यसकारण हामीले तिमीहरूको विषयमा सुनेको दिनदेखि तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेका छैनौँ। हामी निरन्तर बिन्ती गरिरहेका छौँ, कि परमेश्‍वरले तिमीहरूलाई आत्माले दिइने समझशक्ति र सारा बुद्धिद्वारा उहाँको इच्छाको ज्ञानले भरिदिनुभएको होस्,
COL 1:10 ताकि तिमीहरू प्रभुको योग्य जीवन बिताउन र उहाँलाई हरेक किसिमले प्रसन्‍न पार्न, हरेक असल कामको फल फलाउन परमेश्‍वरको ज्ञानमा बढ्दै जाओ।
COL 1:11 तिमीहरू उहाँको महिमित शक्तिअनुसार पूर्ण सामर्थ्यले बलिया होओ, ताकि तिमीहरूमा धेरै सहनशीलता र धैर्यता होस्।
COL 1:12 ज्योतिको राज्यमा उहाँका पवित्र सन्तहरूको पैतृक-अधिकारमा तिमीहरूलाई सहभागीको योग्य तुल्याउनुहुने पितालाई आनन्दसाथ धन्यवाद चढाओ।
COL 1:13 किनकि उहाँले हामीलाई अन्धकारको राज्यबाट छुटाउनुभयो र उहाँले आफ्नो प्यारो पुत्रको राज्यमा ल्याउनुभयो,
COL 1:14 जसमा हाम्रो उद्धार छ, पापहरूको क्षमा छ।
COL 1:15 ख्रीष्‍ट अदृश्य परमेश्‍वरका प्रतिरूप, सारा सृष्‍टिमा ज्येष्‍ठ हुनुहुन्छ।
COL 1:16 किनकि उहाँमा नै सबै थोकहरू सृष्‍टि भएका थिए: स्वर्गमा र पृथ्वीमा भएका थोकहरू, देखिने र नदेखिने, सिंहासनहरू होस् वा शक्तिहरू वा शासकहरू वा अधिकारीहरू; सबै उहाँद्वारा र उहाँकै निम्ति सृष्‍टि गरिएका हुन्।
COL 1:17 उहाँ सबै थोकभन्दा अगाडि हुनुहुन्छ, र सबै थोक उहाँमा नै एकसाथ मिलेर रहेका छन्।
COL 1:18 उहाँ मण्डलीका शिर हुनुहुन्छ, र मण्डलीचाहिँ उहाँको शरीर हो। हरेक थोकमा उहाँको सर्वश्रेष्‍ठता होस् भनेर उहाँ नै आदि हुनुहुन्छ; मरेकाहरूबाट जीवित हुनेहरूमा ज्येष्‍ठ हुनुहुन्छ।
COL 1:19 किनकि उहाँको सारा परिपूर्णता ख्रीष्‍टमा बास भएकोमा परमेश्‍वर प्रसन्‍न हुनुभयो।
COL 1:20 अनि उहाँद्वारा परमेश्‍वरले सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। उहाँले क्रूसमा बगाउनुभएको ख्रीष्‍टको रगतको माध्यमद्वारा स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरूमा शान्ति गराउनुभयो।
COL 1:21 विगतमा तिमीहरू आफ्नो दुष्‍ट चालको कारण परमेश्‍वरदेखि बिराना भएका थियौ र आफ्ना मनमा शत्रुहरू भएका थियौ।
COL 1:22 तर अब तिमीहरूलाई उहाँको दृष्‍टिमा पवित्र, निष्खोट र निर्दोष उपस्थित गराउन, उहाँले तिमीहरूलाई आफ्नो भौतिक शरीरको मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ।
COL 1:23 यदि तिमीहरू आफ्नो विश्‍वासमा अटल र स्थिर भई रह्‍यौ भने; अनि तिमीहरूले आशा राखेका सुसमाचारबाट पछि हटेनौ भने यो त्यही सुसमाचार हो, जुनचाहिँ तिमीहरूले सुनेका छौ, जुन सुसमाचार स्वर्गमुनि भएका हरेक प्राणीका लागि घोषणा गरिएको छ, र म पावल त्यसैको सेवक नियुक्त भएको छु।
COL 1:24 अब तिमीहरूका निम्ति कष्‍ट भोगिरहेकोमा म आनन्दित छु; अनि उहाँको शरीर, जुनचाहिँ मण्डली हो, यसको निम्ति ख्रीष्‍टका कष्‍टहरूको कमीमा म आफ्नो शरीरमा त्यो पूरा गर्दछु।
COL 1:25 परमेश्‍वरले मलाई तिमीहरूकहाँ सम्पूर्ण रूपमा वचन प्रस्तुत गर्न भनेर, उहाँको आज्ञाअनुसार म त्यस मण्डलीको सेवक बनाइएको छु—
COL 1:26 अर्थात् त्यो रहस्यमय कुरा, जो युगौँयुग र पुस्तौँदेखि गुप्‍त राखिएको थियो, तर अब त्यो प्रभुका जनहरूलाई प्रकट गरिएको छ।
COL 1:27 यस महिमामय सम्पत्तिको रहस्यचाहिँ ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ अर्थात् महिमाको आशा, त्यो कुरा गैरयहूदीहरूलाई थाहा गराउनको लागि परमेश्‍वरले तिनीहरूलाई चुन्‍नुभएको छ।
COL 1:28 ख्रीष्‍टलाई नै हामी घोषणा गर्दछौँ, सारा बुद्धिसाथ हरेकलाई सल्‍लाह र शिक्षा दिन्छौँ, ताकि हामीले हरेकलाई ख्रीष्‍टमा परिपक्व प्रस्तुत गराउन सकौँ।
COL 1:29 यसैको लागि ममा काम गर्ने ख्रीष्‍टको शक्तिशाली सामर्थ्यमा भर पर्दै, म काम गर्दछु र कडा सङ्घर्ष गर्दछु।
COL 2:1 तिमीहरूले यो कुरा जान भनी म चाहन्छु, कि तिमीहरूका निम्ति, लाउडिकियामा हुनेहरूका निम्ति र मलाई व्यक्तिगत रूपमा नचिन्‍नेहरू सबैको निम्ति मैले कति कठोर परिश्रम गरिरहेको छु।
COL 2:2 मेरो उद्देश्य हो, कि तिनीहरू हृदयमा उत्साहित भई प्रेममा एक होऊन्, अर्थात् तिनीहरूसित पूर्ण समझको पूरा सम्पत्ति हुन सकोस्, ताकि परमेश्‍वरको रहस्य, जो ख्रीष्‍ट हुनुहुन्छ; उहाँलाई जान्‍न सकून्।
COL 2:3 उहाँमा नै बुद्धि र ज्ञानको सारा धनसम्पत्ति लुकेर रहेका छन्।
COL 2:4 म यो कुरा तिमीहरूलाई भन्दछु, कि कसैले तिमीहरूलाई मिठो बोलीमा झूटा सिद्धान्तका तर्कहरूले धोकामा नपारोस्।
COL 2:5 किनकि म तिमीहरूका बीचमा शरीरमा अनुपस्थित छु, तापनि आत्मामा चाहिँ तिमीहरूसँगै छु; अनि तिमीहरू कति अनुशासित छौ र ख्रीष्‍टमा तिमीहरूको विश्‍वास कति दह्रिलो छ भन्‍ने कुरामा म रमाउँछु।
COL 2:6 जसरी तिमीहरूले ख्रीष्‍ट येशूलाई प्रभु भनी ग्रहण गर्‍यौ, त्यसरी नै उहाँमा आफ्नो जीवन बिताओ।
COL 2:7 उहाँमा जरा हाल्दै र निर्माण हुँदै तिमीहरूलाई सिकाएबमोजिम विश्‍वासमा दह्रिलो हुँदै र धन्यवाद दिनमा प्रशस्त हुँदैजाओ।
COL 2:8 होसियार होओ, कि कसैले तिमीहरूलाई खोक्रो र छलपूर्ण दर्शनशास्त्रद्वारा शिकार नबनाओस्, जुनचाहिँ ख्रीष्‍टअनुसार होइन, तर मानवीय परम्परा र यस संसारका आधारभूत सिद्धान्तहरूमा आधारित हुन्छन्।
COL 2:9 किनकि ईश्‍वरत्वको सारा परिपूर्णता ख्रीष्‍टको शरीरमा बास गर्दछ।
COL 2:10 अनि उहाँमा तिमीहरू पूर्णतामा ल्याइएका छौ। उहाँ हरेक शक्ति र अधिकारमाथि शिर हुनुहुन्छ।
COL 2:11 उहाँमा तिमीहरूको पनि खतना भयो, जुन मानिसका हातहरूद्वारा गरिएको खतना होइन। तिमीहरूका शरीरले शासन गरेको सम्पूर्ण पापमय स्वभावलाई ख्रीष्‍टको आत्मिकी खतनाद्वारा हटाइएको छ।
COL 2:12 किनकि जब तिमीहरूको बप्‍तिस्मा भयो तिमीहरू ख्रीष्‍टसँगै गाडियौ, र उहाँसँगै नयाँ जीवनको लागि जीवित पारियौ; किनकि तिमीहरूले ख्रीष्‍टलाई मृत्युबाट बौरी उठाउने परमेश्‍वरको शक्तिशाली सामर्थ्यमा विश्‍वास गर्‍यौ।
COL 2:13 जब तिमीहरू आफ्ना पापहरूमा र आफ्ना शारीरिक स्वभावको बेखतनामा मरेका थियौ, परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँग जीवित पार्नुभयो। उहाँले हाम्रा सबै पापहरूलाई क्षमा गरिदिनुभयो।
COL 2:14 उहाँले हाम्रा विरुद्धमा भएका दोषपत्रलाई रद्द गरिदिनुभयो र क्रूसमा काँटी ठोकेर यसलाई हटाइदिनुभयो।
COL 2:15 यसरी उहाँले आत्मिकी शासकहरू र अधिकारहरूलाई निःशस्त्र पार्नुभयो। उहाँले क्रूसको विजयद्वारा तिनीहरूलाई सार्वजनिक रूपमा लज्जित बनाइदिनुभयो।
COL 2:16 यसकारण तिमीहरूलाई कसैले खाने वा पिउने वा धार्मिक उत्सवको विषयमा, औँसी वा शब्बाथ दिन मनाउने कुरामा दोष नदियोस्।
COL 2:17 यिनीहरू त आउनेवाला कुराहरूका छाया मात्र हुन्, तर वास्तविकता चाहिँ ख्रीष्‍टमा पाइन्छ।
COL 2:18 झूटा नम्रता र स्वर्गदूतहरूको आराधना गर्न मन पराउनेहरूले तिमीहरूलाई अयोग्य नतुल्याऊन्; यस्ता मानिसहरू तिनीहरूका आफ्नै दर्शनहरूमा भर पर्छन् र उनीहरूका सांसारिक मनले उनीहरूलाई घमण्डले फुलाएको हुन्छ।
COL 2:19 शिरसँग तिनीहरूका सम्बन्ध-विच्छेद भएको हुन्छ, जसद्वारा सारा शरीरले पोषण पाएको हुन्छ, जोर्नीहरू र मांसपेशीहरूलाई एकसाथ गाँसिएर सारा शरीरलाई परमेश्‍वरले वृद्धि गराउनु भएअनुसार बढ्दैजान्छ।
COL 2:20 तिमीहरू यस संसारका आधारभूत सिद्धान्तहरूका लागि ख्रीष्‍टसँग मारिएका छौ भने अझै तिमीहरू संसारसँग सम्बन्ध भएझैँ त्यसका नियमहरूको अधीनमा किन रहन्छौ?
COL 2:21 “नसमात! नचाख! नछोओ!”
COL 2:22 यी कुराहरू चलाएपछि नष्‍ट भएर जान्छन्; किनकि यिनीहरू मानवीय नियमहरू र शिक्षाहरूमा आधारित हुन्छन्।
COL 2:23 तिनीहरू आफैँले आराधना स्थापित गरेर, तिनीहरूका झूटा नम्रता देखाएर र आफ्ना शरीरलाई कष्‍टदायी व्यवहार गरेर, यी नियमहरू साँच्‍चै बुद्धिपूर्ण देखा पर्छन्, तर शारीरिक वासनालाई काबूमा ल्याउन यी कुराहरू केही मूल्यका हुँदैनन्।
COL 3:1 यसैले तिमीहरू ख्रीष्‍टसित जिइउठाइएका हौ भने तिमीहरूका हृदय माथिका कुराहरूमा लगाओ, जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ।
COL 3:2 तिमीहरूका मन माथिका कुराहरूमा लगाओ, सांसारिक कुराहरूमा होइन।
COL 3:3 किनकि तिमीहरू मरेका थियौ, तर अहिले तिमीहरूको जीवन परमेश्‍वरमा ख्रीष्‍टसँग लुकेको छ।
COL 3:4 जब ख्रीष्‍ट, जो तिमीहरूको जीवन हुनुहुन्छ, देखा पर्नुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा देखा पर्नेछौ।
COL 3:5 यसकारण तिमीहरूका सांसारिक स्वभावलाई मार: यौन अनैतिकता, अशुद्धता, कामुकता, दुष्‍ट इच्छाहरू र लोभ, जो मूर्तिपूजा हो।
COL 3:6 यस्तै पापहरूका कारणले परमेश्‍वरको क्रोध आइरहेछ।
COL 3:7 तिमीहरू पनि एकपल्ट यस्तै जीवन जिइरहेका थियौ, र तिमीहरू यी मार्गहरूमा हिँड्ने गर्दथ्यौ।
COL 3:8 तर अब तिमीहरूले यी कुराहरू त्याग्नुपर्छ: रिस, क्रोध, डाह, निन्दा र ओठबाट निस्कने फोहोर बोली।
COL 3:9 एक-आपसमा झूट नबोल; किनकि तिमीहरूले आफ्नो पुरानो स्वभावलाई त्यसका अभ्यासहरूसमेत त्यागिदिएका छौ।
COL 3:10 अनि नयाँ स्वभावलाई धारण गरेका छौ, जुनचाहिँ सृष्‍टिकर्ताको रूपमा भएको ज्ञानमा नवीकरण हुँदै गइरहेको छ।
COL 3:11 यहाँ ग्रीक वा यहूदी, खतनाका वा बेखतनाका, असभ्य, सिथिएन्स सेवक वा फुक्‍का, केही भिन्‍नता छैन, तर ख्रीष्‍ट नै सबै थोक र सबैमा मुख्य हुनुहुन्छ।
COL 3:12 यसकारण परमेश्‍वरका चुनिएका, पवित्र र प्रिय जनहरूझैँ तिमीहरू आफूले करुणा, दया, नम्रता, कोमलता र धैर्य धारण गर।
COL 3:13 एक-अर्कालाई सहने गर; यदि तिमीहरूमध्ये कसैको कुनै मानिस विरुद्ध गुनासाहरू छन् भने क्षमा गर; जसरी परमेश्‍वरले तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरूले पनि क्षमा गर।
COL 3:14 अनि यी सबै गुणहरूभन्दा पनि बढी प्रेम धारण गर, जसले सबैलाई सिद्ध एकतामा बाँधेर राख्दछ।
COL 3:15 तिमीहरू एउटै शरीरका अङ्गहरूझैँ मिलापको निम्ति बोलाइएका हुनाले ख्रीष्‍टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। तिमीहरू धन्यवादी होओ।
COL 3:16 तिमीहरूले पूरा बुद्धिसाथ एक-अर्कालाई सिकाउँदा र हप्काउँदा, ख्रीष्‍टको वचन तिमीहरूसँग प्रशस्त गरी बास गरोस्। आफ्ना हृदयमा भएका कृतज्ञतासाथ परमेश्‍वरको निम्ति भजन, स्तुतिगान र आत्मिकी गीतहरू गाओ।
COL 3:17 अनि तिमीहरूले कुरा वा काममा जे-जे गर्दछौ ती सबै, प्रभु येशूद्वारा परमेश्‍वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशू ख्रीष्‍टको नाममा गर।
COL 3:18 हे पत्नीहरू हो, प्रभुको दृष्‍टिमा सुहाउँदो गरी तिमीहरू आ-आफ्ना पतिहरूका अधीनमा बस।
COL 3:19 हे पतिहरू हो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, र तिनीहरूप्रति कठोर नबन।
COL 3:20 हे छोराछोरीहरू हो, हरेक कुरामा आफ्ना आमाबुबाहरूका आज्ञाहरू पालन गर; किनकि यसले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ।
COL 3:21 हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, नत्रता तिनीहरू निरुत्साहित होलान्।
COL 3:22 हे सेवकहरू हो, प्रत्येक कुरामा तिमीहरूका सांसारिक मालिकहरूको आज्ञापालन गर; हरेक कुरामा उनीहरूले देख्दा निगाह पाउनालाई मात्र होइन, तर हृदयको इमानदारीताको साथ परमेश्‍वरलाई श्रद्धा गर्दै हरेक कुरामा तिनीहरूका आज्ञापालन गर।
COL 3:23 तिमीहरू जे गर्दछौ, त्यो मानिसहरूको निम्ति काम गरेझैँ होइन, तर परमेश्‍वरको निम्ति गरेझैँ सम्पूर्ण हृदयले गर।
COL 3:24 किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूले प्रभुबाट पुरस्कारस्वरूप उत्तराधिकार पाउनेछौ। वास्तवमा तिमीहरूले प्रभु ख्रीष्‍टकै सेवा गरिरहेका छौ।
COL 3:25 जसले खराबी गर्दछ, तिनीहरूले यस खराबीको फल पाउनेछन्; र त्यसमा कुनै पक्षपात हुँदैन।
COL 4:1 हे मालिकहरू हो, आफ्ना सेवकहरूसँग न्यायसङ्गत र उचित व्यवहार गर; किनकि तिमीहरू जान्दछौ स्वर्गमा तिमीहरूका पनि मालिक हुनुहुन्छ।
COL 4:2 सतर्क भएर धन्यवादसाथ आफूलाई प्रार्थनामा अर्पण गर।
COL 4:3 अनि हाम्रो लागि पनि प्रार्थना गर, ताकि परमेश्‍वरले हामीलाई वचनको निम्ति ढोका खोलिदेऊन्; अनि हामीले ख्रीष्‍टको रहस्यको घोषणा गर्न सकौँ, जसको लागि म साङ्लामा बाँधिएको छु।
COL 4:4 जसरी मैले स्पष्‍टसँग घोषणा गर्नुपर्ने हो, त्यसरी नै म घोषणा गर्न सकूँ भनेर प्रार्थना गर;
COL 4:5 बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर; सबै अवसरको पूरा सदुपयोग गर।
COL 4:6 तिमीहरूको बोलीवचन सधैँ नुनजस्तो स्वादिलो र अनुग्रहपूर्ण होस्, ताकि सबैलाई कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरूले जान्‍न सक।
COL 4:7 तुखिकसले तिमीहरूलाई मेरो बारेमा सबै जानकारी दिनेछन्। तिनी प्रभुमा एक प्रिय भाइ, एक विश्‍वासयोग्य सेवक र सङ्गी-सेवक हुन्।
COL 4:8 मैले तिनलाई यस उद्देश्यले तिमीहरूकहाँ पठाउँदैछु, कि तिमीहरूले हाम्रो परिस्थितिहरूबारे जान्‍न सक र तिनले तिमीहरूको हृदयलाई उत्साहित गराऊन्।
COL 4:9 तिनी ओनेसिमससँग आइरहेका छन्, जो तिमीहरूमध्येका एक हुन्, र जो हाम्रा विश्‍वासयोग्य प्रिय भाइ हुन्। तिनीहरूले यहाँको सबै हालखबर तिमीहरूलाई भनिदिनेछन्।
COL 4:10 मेरा सङ्गी-कैदी अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्, र मर्कूसले पनि, जो बारनाबासका भाइ पर्छन्। (तिमीहरूले तिनको विषयमा आदेश पाएका छौ, यदि तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्वागत गर।)
COL 4:11 युस्तस भनिने येशूले पनि अभिवादन पठाएका छन्। परमेश्‍वरको राज्यको निम्ति मेरा सहकर्मीहरूमध्ये यहूदीहरूबाट यिनीहरू मात्र हुन्, र यिनीहरू मेरो लागि ठूलो सहयोग भएका छन्।
COL 4:12 तिमीहरूमध्येका एक जना र ख्रीष्‍ट येशूका सेवक इपाफ्रासले अभिवादन पठाएका छन्। तिमीहरूका निम्ति तिनले जागा रहेर निरन्तर प्रार्थना गरिरहेका छन्, ताकि तिमीहरू सम्पूर्ण रूपले निश्‍चित र परिपक्व भई परमेश्‍वरको सारा इच्छामा स्थिर भई लागिरहन सक।
COL 4:13 म तिनको निम्ति साक्षी दिन्छु: तिनले तिमीहरूका निम्ति, लाउडिकियामा र हिरापोलिसमा हुनेहरूका निम्ति कठोर परिश्रम गरिरहेका छन्।
COL 4:14 हाम्रा प्रिय मित्र वैद्य लूका र डेमासले पनि अभिवादन पठाएका छन्।
COL 4:15 लाउडिकियामा भएका मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई, निम्फा र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन भनिदेओ।
COL 4:16 तिमीहरूलाई यो पत्र पढेर सुनाइसकेपछि यसलाई लाउडिकियाको मण्डलीमा पनि पढ्न लगाओ र तिमीहरूले फेरि लाउडिकियाबाट आएको पत्र पनि पढ।
COL 4:17 अर्खिप्पसलाई भन, “तिमीले प्रभुबाट पाएको काम होसियारीसाथ पूरा गर।”
COL 4:18 म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। मेरा साङ्लाहरूको सम्झना गर। तिमीहरूसँग अनुग्रह रहोस्!
1TH 1:1 पावल, सिलास र तिमोथीबाट,
1TH 1:2 हाम्रा प्रार्थनाहरूमा निरन्तर याद गर्दै तिमीहरू सबैका लागि हामी सधैँ परमेश्‍वरलाई धन्यवाद चढाउँछौँ;
1TH 1:3 हाम्रा परमेश्‍वर र पिताको सामु तिमीहरूको विश्‍वासद्वारा उत्पन्‍न भएका तिमीहरूका काम, प्रेमद्वारा प्रोत्साहित भएका तिमीहरूका परिश्रम, प्रभु येशू ख्रीष्‍टमा राखेको आशाद्वारा प्रेरित भएका तिमीहरूको सहनशीलतालाई हामी निरन्तर स्मरण गर्दछौँ।
1TH 1:4 दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरका प्रिय जनहरू, उहाँले प्रेम गरी तिमीहरूलाई चुन्‍नुभएको हो भनी हामी जान्दछौँ।
1TH 1:5 किनकि हामीले प्रचार गरेको सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्तिको साथ, पवित्र आत्मामा र दृढ निश्‍चयतासाथ आएको थियो। तिमीहरूसँग हुँदा तिमीहरूका निम्ति हाम्रो जीवन कस्तो थियो, त्यो तिमीहरूलाई थाहै छ।
1TH 1:6 तिमीहरू हाम्रा र प्रभुको अनुकरण गर्ने भयौ; किनकि पवित्र आत्माले दिनुभएको आनन्दसाथ धेरै कष्‍टहरूका बीचमा तिमीहरूले सुसमाचारलाई ग्रहण गर्‍यौ।
1TH 1:7 यसकारण तिमीहरू म्यासिडोनिया र अखैयामा भएका सबै विश्‍वासीहरूका लागि नमुना बनेका छौ।
1TH 1:8 तिमीहरूबाट प्रभुको सुसमाचार म्यासिडोनिया र अखैयामा मात्र प्रचार गरिएन, तर परमेश्‍वरप्रति भएको तिमीहरूको विश्‍वास चारैतिर फैलिएको छ। यसकारण यस बारेमा हामीले केही भन्‍नु आवश्यक छैन।
1TH 1:9 किनकि तिमीहरूले हामीलाई कसरी स्वागत गर्‍यौ; अनि कसरी तिमीहरूले मूर्तिहरूलाई छोडेर जिउँदो र सत्य परमेश्‍वरको सेवा गर्न फर्क्यौ, सो कुरा तिनीहरू आफैँले बताउँछन्।
1TH 1:10 अनि स्वर्गबाट आउनुहुने उहाँका पुत्र, जसलाई परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात् येशूको जसले आउन लागेको क्रोधबाट हामीलाई छुटाउनुहुनेछ।
1TH 2:1 दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूसँगको हाम्रो भेटघाट व्यर्थ भएन भनी तिमीहरू आफैँ जान्दछौ।
1TH 2:2 तिमीहरूलाई थाहै छ, फिलिप्पीमा हामीले कष्‍ट भोगेर अपमानित हुनुपरेको थियो; तर परमेश्‍वरको सहायताले घोर विरोध भए तापनि हामीले साहससाथ तिमीहरूलाई सुसमाचार प्रचार गर्‍यौँ।
1TH 2:3 किनकि हाम्रो अर्ती-उपदेश छल वा अशुद्ध विचारबाट उब्जिएको होइन, न त हामीले तिमीहरूलाई धोका दिने कोसिस नै गरिरहेका छौँ।
1TH 2:4 तर परमेश्‍वरले सुसमाचार सुम्पिन योग्य ठहराउनुभएका मानिसहरूझैँ हामी बोल्दछौँ। हामी मानिसहरूलाई प्रसन्‍न पार्न होइन, तर हाम्रा हृदय जाँच गर्नुहुने परमेश्‍वरलाई प्रसन्‍न पार्न कोसिस गर्दछौँ।
1TH 2:5 तिमीहरूलाई थाहै छ, हामीले कहिल्यै चापलुसी गरेनौँ। परमेश्‍वर हाम्रो साक्षी हुनुहुन्छ। हामीले तिमीहरूका रकम पाउनका लागि तिमीहरूसँग मित्रताको छल गरेका होइनौँ।
1TH 2:6 न त हामीले मानिसहरूबाट, न त तिमीहरू अथवा अरू कसैबाट प्रशंसा पाउने आशा गर्‍यौँ। त्यसो त हामी ख्रीष्‍टका प्रेरितहरू भएका कारणले आफ्ना अधिकार प्रयोग गर्न सक्थ्यौँ।
1TH 2:7 तर आफ्ना बालबालिकाहरूलाई स्याहार्ने धाईआमाझैँ, हामी तिमीहरूका बीचमा कोमल भयौँ।
1TH 2:8 यसरी हामी तिमीहरूलाई वास्ता गर्छौँ; किनकि हामीले तिमीहरूलाई धेरै प्रेम गर्‍यौँ; यसैले तिमीहरूसँग परमेश्‍वरको सुसमाचार मात्र होइन, तर आफ्नै जीवन समेत बाँड्न खुशी भएका थियौँ।
1TH 2:9 किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरको सुसमाचार तिमीहरूलाई प्रचारिँदा कसैलाई पनि भार नहोस् भनेर हामीले दिनरात कडा परिश्रम गर्‍यौँ, यो कुरा निश्‍चय नै तिमीहरूलाई थाहा छ।
1TH 2:10 तिमीहरू र परमेश्‍वर स्वयम् साक्षी हुनुहुन्छ, कि तिमी विश्‍वासीहरूका बीचमा हाम्रो व्यवहार पवित्र, धार्मिक र निर्दोष थियो।
1TH 2:11 किनकि तिमीहरूलाई थाहा छ, तिमीहरू हरेकसँग बुबाले आफ्ना छोराछोरीहरूलाई गरेझैँ हामीले तिमीहरूसँग व्यवहार गर्‍यौँ;
1TH 2:12 ताकि उत्साह, सान्त्वना र आग्रहसित तिमीहरूले परमेश्‍वरको योग्य चाल चलेको होस्; जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ।
1TH 2:13 अनि यस कुराको निम्ति पनि हामी परमेश्‍वरलाई निरन्तर धन्यवाद चढाउँछौँ; किनकि तिमीहरूले हामीबाट सुनेका परमेश्‍वरको वचनलाई मानिसको वचनजस्तो होइन, तर परमेश्‍वरकै वचनको रूपमा स्वीकार गर्‍यौ; जुनचाहिँ वास्तवमा नै परमेश्‍वरको वचन हो, र यस वचनले तिमी विश्‍वास गर्नेहरूमा काम पनि गरिरहेको छ।
1TH 2:14 किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू ख्रीष्‍ट येशूमा यहूदियामा भएका परमेश्‍वरका मण्डलीहरूका अनुकरण गर्नेहरू भयौ; तिमीहरूले आफ्नै मानिसहरूबाट जे कष्‍ट भोग्यौ, त्यही ती मण्डलीहरूले यहूदीहरूबाट कष्‍ट भोगेका थिए।
1TH 2:15 ती यहूदीहरूले नै प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे, र हामीलाई पनि लखेटे। तिनीहरूले परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउँछन्, र सबै मानिसहरूका विरोधी हुन्।
1TH 2:16 गैरयहूदीहरूको उद्धार नहोस् भनेर तिनीहरूले हामीलाई अरू जातिका मानिसहरूकहाँ मुक्तिको कुरा प्रचार गर्न दिएनन्। यसरी तिनीहरूले सधैँ आफ्ना पापहरूको थुप्रो लगाउँछन्। यसको परिणाम स्वरूप परमेश्‍वरको क्रोध तिनीहरूमाथि आइपरेको छ।
1TH 2:17 तर दाजुभाइ-दिदीबहिनीहरू हो, हामी छोटो समयको लागि तिमीहरूबाट छुट्टिएका थियौँ (शरीरमा, सोचाइमा होइन)। हाम्रो उत्कट इच्छाको कारण तिमीहरूलाई भेट्ने कोसिस गर्‍यौँ।
1TH 2:18 हामी तिमीहरूकहाँ आउन खोजेका थियौँ। म पावल, आफैँले अनेक पटक प्रयास गरेँ, तर शैतानले हामीलाई बाधा गर्‍यो।
1TH 2:19 किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको पुनरागमन हुँदा उहाँको उपस्थितिमा हाम्रो आशा, हाम्रो आनन्द अथवा त्यो मुकुट जसमा हामी गौरव गर्नेछौँ, के तिमीहरू नै होइनौ र?
1TH 2:20 निश्‍चय तिमीहरू हाम्रो गौरव र आनन्द हौ।
1TH 3:1 यसकारण जब हामी सहन नसक्ने भयौँ, तब एथेन्समै बस्‍ने निर्णय गर्‍यौँ।
1TH 3:2 हामीले तिमोथीलाई पठायौँ, जो हाम्रा भाइ र परमेश्‍वरको सेवामा ख्रीष्‍टको सुसमाचार प्रचार गर्न हाम्रा सहकर्मी हुन्। तिनलाई तिमीहरूका विश्‍वास बलियो बनाउन र उत्साह दिनलाई पठायौँ,
1TH 3:3 ताकि यी कष्‍टहरूद्वारा तिमीहरू कोही पनि नडगमगाओस्। तिमीहरूलाई राम्रोसँग थाहा नै छ, यसैको निम्ति हामी खटाइएका हौँ।
1TH 3:4 वास्तवमा तिमीहरूसँग हुँदा हामी खेदोमा पर्नेछौँ भनेर हामीले तिमीहरूलाई भनेका थियौँ। अनि हामीले जे भनेका थियौँ, त्यही नै भयो भन्‍ने कुरा तिमीहरूलाई राम्ररी थाहा छ।
1TH 3:5 यसकारण तिमीहरूको बारेमा जानकारी नपाउँदा मैले सहन सकिनँ; तिमीहरूलाई परीक्षा गर्नेले कुनै रूपले परीक्षामा नपारोस् र हाम्रा परिश्रमहरू व्यर्थै नहोस् भन्‍ने डरले तिमीहरूको विश्‍वासको वास्तविक अवस्था बुझ्नलाई मैले तिमोथीलाई पठाएको थिएँ।
1TH 3:6 तर तिमोथी तिमीहरूलाई भेटेर भर्खरै हामीकहाँ आइपुगेका छन्। तिमीहरूको विश्‍वास र प्रेमको विषयमा असल खबर ल्याएका छन्। तिमीहरूले सधैँ हाम्रो मिठो सम्झना गर्दछौ र जसरी हामीले तिमीहरूसँग भेट्ने उत्कट इच्छा राखेका छौँ; त्यसरी नै तिमीहरूले पनि हामीसँग भेट्ने उत्कट इच्छा राखेका छौ भन्‍ने खबर तिनले दिएका छन्।
1TH 3:7 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको विश्‍वासको कारणले हाम्रा सारा पीडा र खेदोहरूमा पनि हामीले तिमीहरूका विषयमा उत्साह पाएका छौँ।
1TH 3:8 तिमीहरू प्रभुमा स्थिर रहेका खबरले हामीलाई जीवन दिँदछ।
1TH 3:9 तिमीहरूका कारण हाम्रा प्रभुको उपस्थितिमा हाम्रा सबै आनन्दहरूको सट्टामा तिमीहरूको निम्ति हामी परमेश्‍वरलाई कसरी पर्याप्‍त रूपमा धन्यवाद चढाउन सक्छौँ र?
1TH 3:10 हामीले तिमीहरूलाई फेरि भेट्न सकौँ र तिमीहरूका विश्‍वासमा कमी भएको कुरा पूरा गर्न सकौँ भनेर हामीले उत्सुकताका साथ रातदिन प्रार्थना गरिरहेका छौँ।
1TH 3:11 हाम्रा परमेश्‍वर र पिता स्वयम् तथा हाम्रा प्रभु येशूले हामीलाई तिमीहरूकहाँ आउने बाटो खोलिदेऊन्।
1TH 3:12 जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौँ, त्यसरी नै प्रभुले तिमीहरूलाई एक-अर्कामा र अरू सबैसँग प्रेममा बढाइदेऊन् र प्रशस्त पारून्।
1TH 3:13 हाम्रा प्रभु येशू आफ्ना पवित्र जनहरूको साथमा आउनुहुँदा, हाम्रा पिता परमेश्‍वरको उपस्थितिमा निष्खोट र पवित्र हुने गरी उहाँले तिमीहरूका हृदय साहसिलो बनाऊन्।
1TH 4:1 अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन तिमीहरूले कसरी जिउनुपर्छ भनी हामीले निर्देशन दियौँ; जसअनुसार तिमीहरू जिइरहेका पनि छौ। अब अझ बढी त्यस्तै गर्ने गर भनी हाम्रा प्रभु येशूमा हामी तिमीहरूलाई आग्रह गर्दछौँ।
1TH 4:2 किनकि हामीले प्रभु येशूको अधिकारद्वारा तिमीहरूलाई जुन निर्देशन दियौँ, सो तिमीहरू जान्दछौ।
1TH 4:3 परमेश्‍वरको इच्छा यही हो, कि तिमीहरू पवित्र होओ; हरेक जन पवित्र र आदरणीय भएर आफ्नो शरीरलाई नियन्त्रणमा राख्न सिक। तिमीहरू अनैतिक यौन सम्बन्धबाट अलग बस।
1TH 4:5 तिमीहरू परमेश्‍वरलाई नचिन्‍नेहरूजस्ता कामुकताको कामवासनामा नबस।
1TH 4:6 यस विषयमा कसैले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खराबी नगरोस्, न त कुनै फाइदा उठाओस्। यस्ता पाप गर्ने सबैलाई हामीले पहिल्यै तिमीहरूलाई भनेझैँ र चेतावनी दिएझैँ, प्रभुले सजाय दिनुहुनेछ।
1TH 4:7 किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको लागि होइन, तर पवित्र जीवन जिउनको लागि बोलाउनुभएको हो।
1TH 4:8 यसकारण जसले यो निर्देशनलाई इन्कार गर्छ, त्यसले मानिसलाई होइन, तर तिमीहरूलाई पवित्र आत्मा दिनुहुने परमेश्‍वरलाई नै इन्कार गर्छ।
1TH 4:9 अब दाजुभाइ-दिदीबहिनीहरूको प्रेमको विषयमा हामीले तिमीहरूलाई लेख्नु खाँचो छैन; किनकि एक-आपसमा प्रेम गर्नुपर्छ भनी तिमीहरू आफैँले परमेश्‍वरबाट सिकेका छौ।
1TH 4:10 वास्तवमै तिमीहरू म्यासिडोनियाभरि भएका परमेश्‍वरका जनहरूलाई प्रेम गर्दछौ; तापनि दाजुभाइ-दिदीबहिनीहरू हो, त्यो प्रेममा अझ बढ्दै जाओ भनी हामी तिमीहरूलाई आग्रह गर्दर्छौँ।
1TH 4:11 तिमीहरूले शान्तिपूर्ण जीवन जिउने लक्ष्य बनाओ। हामीले तिमीहरूलाई आदेश दिएझैँ, आफ्नै कामधन्धामा मन लगाउने र आफ्नै हातले काम गर्ने गर,
1TH 4:12 ताकि तिमीहरूको दैनिक जीवनको कारण तिमीहरूले बाहिरका मानिसहरूबाट आदर पाउन सक, र तिमीहरू कसैमाथि आफ्ना आवश्यकताका लागि निर्भर हुन नपरोस्।
1TH 4:13 हे दाजुभाइ-दिदीबहिनीहरू हो, मरिसकेका विश्‍वासीहरूका विषयमा तिमीहरू अजान बस भन्‍ने हामी चाहँदैनौँ; किनकि अरू आशा नभएकाहरूले गरेझैँ तिमीहरूले शोक नगर।
1TH 4:14 किनकि हामी विश्‍वास गर्दछौँ, कि येशू मर्नुभयो र फेरि जीवित हुनुभयो। त्यसरी नै परमेश्‍वरले उहाँमा मरेकाहरूलाई पनि येशूद्वारा जीवित पार्नुहुनेछ।
1TH 4:15 प्रभुको वचनअनुसार हामी तिमीहरूलाई भन्दछौँ, कि हामी जो अझ जीवित छौँ, र प्रभुको आगमनसम्म बाँचिरहन्छौँ; हामीले ती मरेकाहरूलाई कुनै रीतिले पनि उछिन्‍नेछैनौँ।
1TH 4:16 किनकि प्रभु स्वयम् आज्ञारूपी आवाज, प्रधान स्वर्गदूत र परमेश्‍वरको तुरहीको सोरसँगै स्वर्गबाट ओर्लिआउनुहुनेछ, र ख्रीष्‍टमा मरेकाहरू पहिले जीवित हुनेछन्।
1TH 4:17 त्यसपछि हामी जीवित र बाँकी रहेकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूसित एकसाथ बादलमा उठाइलगिनेछौँ। यसरी हामी प्रभुसँग सदासर्वदा रहनेछौँ।
1TH 4:18 यसकारण एक-अर्कालाई यी वचनहरूले उत्साह देओ।
1TH 5:1 अब दाजुभाइ-दिदीबहिनीहरू हो, दिन र समयको विषयमा हामीले तिमीहरूलाई लेख्नुपर्ने आवश्यकता छैन।
1TH 5:2 किनकि राति चोर आएझैँ प्रभुको दिन आउनेछ भन्‍ने कुरा तिमीहरूलाई राम्रोसँग थाहा छ।
1TH 5:3 जब मानिसहरूले “शान्ति र सुरक्षा” भनिरहेका हुनेछन्, तब गर्भवती स्त्रीलाई व्यथा लागेझैँ, अचानक तिनीहरूमाथि विनाश आइपर्नेछ, र तिनीहरू उम्कन सक्नेछैनन्।
1TH 5:4 तर हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू अन्धकारमा छैनौ कि यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पारोस्।
1TH 5:5 तिमीहरू ज्योतिका सन्तान र दिनका सन्तानहरू हौ। हामी रातका अथवा अन्धकारका होइनौँ।
1TH 5:6 यसकारण हामी अरूजस्ता नहौँ, जो सुतेका छन्, तर सचेत र आत्मसंयमी बनौँ।
1TH 5:7 किनकि सुत्नेहरू रातमा सुत्छन्, र मद्य पिउनेहरू पनि रातमा नै मात्छन्।
1TH 5:8 तर हामीचाहिँ दिनका भएकाले आत्मसंयमी बनौँ; विश्‍वास र प्रेमलाई छाती-पाताझैँ, र मुक्तिको आशालाई टोपझैँ लगाऔँ।
1TH 5:9 किनकि परमेश्‍वरले हामीलाई उहाँको क्रोध सहनलाई होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्ति प्राप्‍त गर्नलाई नियुक्त गर्नुभएको हो।
1TH 5:10 उहाँ हाम्रा निम्ति मर्नुभयो, ताकि हामी जागौँ वा सुतौँ, हामी उहाँसितै जिउन सकौँ।
1TH 5:11 यसकारण एक-अर्कालाई उत्साह देओ र एक-अर्कालाई निर्माण गर्दै जाओ, जसरी तिमीहरूले गरिरहेका पनि छौ।
1TH 5:12 अब दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये कठोर परिश्रम गर्नेहरू, प्रभुमा तिमीहरूलाई अगुवाइ गर्नेहरू र तिमीहरूलाई उत्साह दिनेहरूलाई आदर गर।
1TH 5:13 अनि तिनीहरूका कामको निम्ति तिनीहरूलाई प्रेमसाथ अति उच्‍च आदर देओ। एक-आपससँग मेलमिलापमा बस।
1TH 5:14 दाजुभाइ-दिदीबहिनीहरू हो, हामी तिमीहरूलाई आग्रह गर्दछौँ, अल्छेहरूलाई चेतावनी देओ, डराएकाहरूलाई उत्साह देओ; अनि कमजोरहरूलाई सहायता गर, र सबैसँग सहनशील होओ।
1TH 5:15 यस विषयमा ध्यान देओ, कसैले पनि खराबीको बदला खराबी नगरोस्, तर एक-आपसमा साथै अरू सबैसँग सधैँ भलाइ गर्ने प्रयास गर।
1TH 5:16 सधैँ आनन्दित रहो।
1TH 5:17 निरन्तर प्रार्थना गरिरहो।
1TH 5:18 हरेक परिस्थितिमा धन्यवाद देओ; किनकि ख्रीष्‍ट येशूमा तिमीहरूको लागि परमेश्‍वरको इच्छा यही हो।
1TH 5:19 पवित्र आत्मालाई ननिभाओ।
1TH 5:20 अगमवाणीलाई तुच्छ नठान।
1TH 5:21 हरेक कुरालाई जाँच गर; जे कुरा असल छ, त्यसलाई पक्रिराख।
1TH 5:22 हरेक किसिमका दुष्‍टतालाई इन्कार गर।
1TH 5:23 तिमीहरूलाई शान्तिका परमेश्‍वर आफैँले सम्पूर्ण रूपले शुद्ध बनाऊन्। हाम्रा प्रभु येशू ख्रीष्‍टको दोस्रो आगमनसम्म तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर निष्कलङ्क रहून्।
1TH 5:24 तिमीहरूलाई बोलाउनुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ र उहाँले नै यो गर्नुहुनेछ।
1TH 5:25 दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा निम्ति प्रार्थना गरिदेओ।
1TH 5:26 परमेश्‍वरका सबै जनहरूलाई ख्रीष्‍टिय प्रेमसाथ अभिवादन गर।
1TH 5:27 यो पत्र सबै दाजुभाइ-दिदीबहिनीहरूलाई पढेर सुनाइदेओ भनी प्रभुको नाममा म तिमीहरूलाई आग्रह गर्दछु।
1TH 5:28 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस्!
2TH 1:1 पावल, सिलास र तिमोथीबाट,
2TH 1:2 परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!
2TH 1:3 हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको विश्‍वास लगातार बढ्दै गएको र तिमीहरूको एक-आपसको प्रेम बढ्दै गएको कारण तिमीहरूका लागि हामीले परमेश्‍वरलाई सधैँ धन्यवाद दिनैपर्छ।
2TH 1:4 यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका परीक्षाहरूका बीचमा तिमीहरूका धैर्य धारण र विश्‍वासको निम्ति परमेश्‍वरका मण्डलीहरूका माझमा हामी गर्व गर्दछौँ।
2TH 1:5 यो सबै परमेश्‍वरको साँचो न्यायको प्रमाण हो जसको परिणाम स्वरूप तिमीहरू परमेश्‍वरको राज्यको योग्य ठहराइनेछौ, जसको निम्ति तिमीहरूले कष्‍ट भोगिरहेका छौ।
2TH 1:6 परमेश्‍वर न्यायी हुनुहुन्छ। तिमीहरूलाई दुःख दिनेहरूलाई उहाँले दुःख दिनुहुन्छ।
2TH 1:7 अनि तिमी दुःख पाइरहेकाहरूलाई र हामीलाई पनि त्यसबाट छुटकारा दिनुहुनेछ। योचाहिँ तब हुनेछ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसित दन्किरहेको आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ।
2TH 1:8 उहाँले परमेश्‍वरलाई नचिन्‍नेहरू र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई सजाय दिनुहुनेछ।
2TH 1:9 तिनीहरूले अनन्तको विनाश सजाय पाउनेछन्; अनि तिनीहरू प्रभुको उपस्थिति र उहाँको शक्तिको महिमाबाट अलग गरिनेछन्।
2TH 1:10 यो त्यस दिन हुनेछ, जब उहाँ आफ्ना पवित्र जनहरूका बीचमा महिमित हुन र उहाँमाथि विश्‍वास गरेका सबैलाई चकित पार्न आउनुहुनेछ। यसमा तिमीहरू पनि सामेल छौ; किनकि तिमीहरूले हाम्रा गवाहीलाई विश्‍वास गर्‍यो।
2TH 1:11 यसलाई मनमा राखेर हामी निरन्तर तिमीहरूको लागि प्रार्थना गर्दर्छौँ, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई उहाँको बोलावटको योग्य बनाऊन्; अनि आफ्नो शक्तिद्वारा तिमीहरूका असल कामको हरेक चाहनालाई र विश्‍वासद्वारा गरिएका हरेक कामलाई पूरा गरून्।
2TH 1:12 हामी प्रार्थना गर्दर्छौँ, ताकि हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहअनुसार तिमीहरूमा हाम्रा प्रभु येशूको नाम महिमित होस्, र उहाँमा तिमीहरूको महिमा होस्।
2TH 2:1 हे दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमन र हामी उहाँसँग भेला हुने विषयमा तिमीहरूलाई बिन्ती गर्दछौँ।
2TH 2:2 प्रभुको दिन आइसकेको छ भन्‍नेहरूद्वारा सजिलैसित अस्थिर वा विचलित नहोओ। तिनीहरूले अगमवाणी, आत्माद्वारा प्रकाश पाएको, अथवा हामीबाटै आएको पत्र भनी दाबी गरे तापनि तिनीहरूलाई विश्‍वास नगर।
2TH 2:3 तिमीहरूलाई कसैले कुनै किसिमले धोकामा नपारोस्। विश्‍वास परित्याग नभएसम्म पापको मानिस, जो विनाशको पुत्र हो, त्यो प्रकट नभएसम्म त्यो दिन आउनेछैन।
2TH 2:4 त्यसले ईश्‍वर कहलिएको वा पूजा गरिने हरेक वस्तुभन्दा आफैँलाई उच्‍च पार्नेछ र विरोध गर्नेछ; अनि परमेश्‍वर हुँ भनी घोषणा गर्दै त्यो आफैँलाई परमेश्‍वरको मन्दिरमा स्थापना गर्नेछ।
2TH 2:5 म तिमीहरूसित रहँदा यी कुराहरू मैले तिमीहरूलाई बताएको थिएँ, के तिमीहरूलाई सम्झना छैन र?
2TH 2:6 अनि अहिले त्यसलाई कसले रोकिराखेको छ, त्यो तिमीहरू जान्दछौ; ताकि त्यो ठिक समयमा प्रकट होस्।
2TH 2:7 किनकि अधर्मको शक्ति गुप्‍त रूपले अगिबाटै सक्रिय छ; तर अहिले त्यसलाई रोकिराख्नु हुनेले आफ्नो बाटोबाट त्यसलाई नहटाउन्जेल रोकिराख्नुहुनेछ।
2TH 2:8 अनि तब त्यो अधर्मीको प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले हटाउनुहुनेछ र आफ्नो दोस्रो आगमनको प्रतापले नष्‍ट पार्नुहुनेछ।
2TH 2:9 त्यस अधर्मीको आगमन शैतानका कार्यहरूअनुसार हुनेछ। त्यो सबै प्रकारका झूटा अलौकिक चिन्हहरू र शक्तिशाली कामहरूसहित आउनेछ।
2TH 2:10 अनि नष्‍ट हुनेहरूलाई भ्रममा पार्न हरेक किसिमको दुष्‍टतासहित आउनेछ। तिनीहरू नष्‍ट हुन्छन्; किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र बचाइन इन्कार गरेका छन्।
2TH 2:11 यसकारण त्यस झूटमा तिनीहरूले विश्‍वास गरून् भनेर परमेश्‍वरले तिनीहरूमा शक्तिशाली भ्रम पठाउनुहुनेछ
2TH 2:12 र सत्यतामा विश्‍वास नगर्ने, तर दुष्‍टतामा आनन्दित हुनेहरू सबै दोषी ठहराइनेछन्।
2TH 2:13 तर प्रभुद्वारा प्रेम गरिएका हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूका लागि हामीले परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउनैपर्छ; किनकि परमेश्‍वरले तिमीहरूलाई पवित्र आत्माको शुद्धीकरणद्वारा र सत्यतामाथिको विश्‍वासद्वारा सुरुदेखि नै मुक्तिको लागि पहिलो फलको रूपमा चुन्‍नुभयो।
2TH 2:14 उहाँले तिमीहरूलाई हामीले प्रचार गरेको सुसमाचारद्वारा यसैको निम्ति बोलाउनुभयो, ताकि तिमीहरू पनि हाम्रा प्रभु येशू ख्रीष्‍टको महिमामा सहभागी हुन सक।
2TH 2:15 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले तिमीहरूलाई मुखका वचनद्वारा अथवा पत्रद्वारा दिइएका शिक्षाहरूमा अटल रहनू र यसलाई थामिराख्नू।
2TH 2:16 हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैँले, र हाम्रा परमेश्‍वर पिता, जसले हामीलाई प्रेम गर्नुभयो; अनि हामीलाई अनन्तको उत्साह र असल आशा उहाँको अनुग्रहद्वारा दिनुभयो;
2TH 2:17 उहाँले नै तिमीहरूका हृदयलाई उत्साहित र तिमीहरूलाई हरेक असल काम र वचनमा बलियो पारून्।
2TH 3:1 अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रो लागि प्रार्थना गरिदेओ; यसकारणले कि प्रभुको सन्देश तीव्रतासाथ फैलिओस् र तिमीहरूका माझमा पुगेझैँ सबैतिर महिमित भएको होस्।
2TH 3:2 सबै जनासँग विश्‍वास हुँदैन; त्यसकारण हामी दुष्‍ट र खराब मानिसहरूको हातबाट छुटकारा पाउन सकौँ भनेर प्रार्थना गरिदेओ।
2TH 3:3 तर प्रभु विश्‍वासयोग्य हुनुहुन्छ, र उहाँले तिमीहरूलाई सामर्थ्य दिनुहुनेछ र शैतानबाट रक्षा गर्नुहुनेछ।
2TH 3:4 हाम्रा आज्ञाहरू तिमीहरूले पालन गरिरहेका छौ र गरी नै रहनेछौ भनी हामी प्रभुमा निश्‍चित छौँ।
2TH 3:5 प्रभुले तिमीहरूका हृदयलाई परमेश्‍वरको प्रेम र ख्रीष्‍टको धैर्यतामा डोर्‍याऊन्।
2TH 3:6 हे दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभु येशू ख्रीष्‍टको नाममा हामी तिमीहरूलाई आज्ञा गर्दर्छौँ, जो विश्‍वासी अल्छे छ र बाधा पुर्‍याउने गर्छ; अनि हामीबाट पाएका शिक्षाअनुसार चल्दैन, त्यस्ता हरेक विश्‍वासीबाट अलग बस।
2TH 3:7 किनकि तिमीहरूले हाम्रो नमुना कसरी लिनुपर्छ, सो तिमीहरू आफैँलाई थाहा छ। हामी तिमीहरूसँग हुँदा अल्छे भएर बसेनौँ,
2TH 3:8 न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ। बरु तिमीहरू कसैको हामी भार नबनौँ भनेर दिनरात कडा परिश्रमका साथ काम गर्‍यौँ।
2TH 3:9 हामीलाई सहायता पाउने हक नभएर होइन, तर तिमीहरूले हाम्रो अनुकरण गर्न सक भनेर तिमीहरूका निम्ति हामीले आफूलाई नमुना बनाउन यसो गरेका थियौँ।
2TH 3:10 किनकि जब हामी तिमीहरूसँग थियौँ, हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौँ, “यदि कुनै मानिसले काम गर्दैन भने त्यसले खाँदै नखाओस्।”
2TH 3:11 तिमीहरूमध्ये कोही-कोही अल्छे छन्, र बाधा पुर्‍याउने गर्छन् भनी हामी सुन्छौँ। तिनीहरू आफैँ त काम गर्दैनन्, तर अर्काको काममा व्यर्थै हात हाल्छन्।
2TH 3:12 यस्ता मानिसहरूलाई हामी प्रभु येशू ख्रीष्‍टमा आज्ञा दिन्छौँ र बिन्ती गर्छौँ: तिनीहरू व्यवस्थित भएर बसून् र आफ्ना भोजन आफैँ जुटाऊन्।
2TH 3:13 अनि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूचाहिँ भलाइ गर्नमा कहिल्यै नथाक।
2TH 3:14 यदि कसैले यस पत्रमा हामीले लेखेका निर्देशन पालन गर्दैन भने त्यसलाई चिनिराख र त्यससँग सम्बन्ध नराख, ताकि त्यो आफैँ शर्ममा परोस्।
2TH 3:15 तापनि तिनीहरूलाई शत्रुजस्तो व्यवहार नगर, तर सङ्गी विश्‍वासीलाई जस्तै तिनीहरूलाई चेतावनी देओ।
2TH 3:16 अब शान्तिका प्रभु आफैँले हर समय र हरेक किसिमले तिमीहरूलाई शान्ति देऊन्। प्रभु तिमीहरू सबैसित रहिरहून्।
2TH 3:17 म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। योचाहिँ मेरा सबै पत्रहरूको प्रमाण हो। यसरी नै म लेख्छु।
2TH 3:18 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसँग रहोस्!
1TI 1:1 हाम्रा उद्धारकर्ता परमेश्‍वर र हाम्रो आशा ख्रीष्‍ट येशूको आज्ञाअनुसार ख्रीष्‍ट येशूको प्रेरित पावलबाट,
1TI 1:2 विश्‍वासमा मेरो साँचो छोरा तिमोथीलाई:
1TI 1:3 म्यासिडोनिया जाँदा मैले तिमीलाई आग्रह गरेझैँ, तिमी एफिससमै बस; अनि ती मानिसहरू, जसले झूटा सिद्धान्तहरू सिकाइरहेका छन् अबदेखि नसिकाउनू भनी आज्ञा देऊ।
1TI 1:4 तिनीहरूले आफ्ना ध्यान दन्त्यकथाहरू र नटुङ्गिने वंशावलीहरूप्रति नदेऊन्। यस्ता कुराहरूले विश्‍वासद्वारा हुने परमेश्‍वरको कामभन्दा शङ्का-उपशङ्कालाई बढावा दिन्छ।
1TI 1:5 यस आज्ञाको लक्ष्य प्रेम हो, जुन शुद्ध हृदय, असल विवेक र निष्कपट विश्‍वासबाट आउँछ।
1TI 1:6 कति जना यी सबैबाट तर्किगएर अर्थविनाका कुराहरूतिर लागेका छन्।
1TI 1:7 तिनीहरू व्यवस्थाका शिक्षक हुन चाहन्छन्; तर तिनीहरू आफूले बोलेका विषयमा अथवा स्थापना गर्न खोजेका कुरा नै जान्दैनन्।
1TI 1:8 हामी जान्दछौँ, कसैले व्यवस्थालाई ठिकसित प्रयोग गर्छ भने यो असल छ।
1TI 1:9 हामी यो पनि जान्दछौँ, कि धर्मीहरूका निम्ति व्यवस्था बनिएको होइन, तर व्यवस्था उल्‍लङ्घन गर्नेहरू र विद्रोहीहरूका निम्ति, भक्तिहीन र पापीहरूका निम्ति, अपवित्र र नास्तिकहरूका निम्ति, आमाबुबा मार्नेहरूका निम्ति, हत्याराहरूका निम्ति,
1TI 1:10 अनैतिक सम्बन्ध र समलिङ्गीहरूका निम्ति, मानव-तस्करहरूका निम्ति, झूट बोल्नेहरू र झूटा शपथ खानेहरूका निम्ति, र सत्य विपरीत जुनसुकै कुराहरूका निम्ति हो। यस्तै मानिसहरूका निम्ति व्यवस्था दिइएको हो।
1TI 1:11 अनि मलाई सुम्पिएको सत्य सिद्धान्त परमधन्य परमेश्‍वरको महिमित सुसमाचारअनुसार छ।
1TI 1:12 म हाम्रा प्रभु ख्रीष्‍ट येशूलाई धन्यवाद चढाउँछु, जसले मलाई सक्षम् तुल्याउनुभयो। मलाई विश्‍वासयोग्य ठान्‍नुभयो र उहाँको सेवामा नियुक्त गर्नुभयो।
1TI 1:13 यद्यपि विगतमा म ईश्‍वरनिन्दक, खेदो गर्ने र हिंसा गर्ने व्यक्ति थिएँ। ममाथि कृपा गरियो; किनकि मैले ती अज्ञानता र अविश्‍वासमा गरेको थिएँ।
1TI 1:14 ख्रीष्‍ट येशूमा भएका विश्‍वास र प्रेमका साथ हाम्रा प्रभुको अनुग्रह ममाथि प्रशस्त गरी खन्याइयो।
1TI 1:15 यो भनाइ विश्‍वासयोग्य र पूर्ण रूपमा ग्रहणयोग्य छ: ख्रीष्‍ट येशू संसारमा पापीहरूलाई बचाउन आउनुभयो। ती पापीहरूमा मचाहिँ सबैभन्दा पापी हुँ।
1TI 1:16 उहाँमाथि विश्‍वास गर्नेहरू जतिले अनन्त जीवन पाऊन् भनेर एउटा नमुनास्वरूप ख्रीष्‍ट येशूले आफ्नो असीम धैर्य देखाएर मजस्तो सबैभन्दा पापीमाथि कृपा देखाउनुभयो।
1TI 1:17 अब अनन्तका राजा, अविनाशी, अदृश्य, एउटै परमेश्‍वरलाई सदासर्वदा आदर र महिमा भइरहोस्! आमेन।
1TI 1:18 हे मेरो छोरा तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु। तिम्रो विषयमा एकपल्ट बोलिएका ती अगमवाणीअनुसार चलेर असल युद्ध लड्न सक।
1TI 1:19 विश्‍वास र असल विवेक समातिराख। कतिले यी कुराहरू त्यागेर आफ्ना विश्‍वासको जहाज डुबाएका छन्।
1TI 1:20 तीमध्ये हुमेनियस र अलेक्जेन्डर हुन्, जसलाई ईश्‍वरनिन्दा नगर्न सिकून् भनेर मैले शैतानको हातमा सुम्पेको छु।
1TI 2:1 यसकारण म आग्रह गर्छु, सबैभन्दा पहिले बिन्तीहरू, प्रार्थनाहरू, अन्तर्बिन्ती र धन्यवादहरू प्रत्येकका निम्ति चढाइऊन्।
1TI 2:2 हामीले भक्ति, सम्मान शान्तिपूर्ण र चैनको जीवन बिताउन सकौँ भनेर राजाहरू र उच्‍च पदमा रहेकाहरूका निम्ति चढाइऊन्।
1TI 2:3 यो असल हो र हाम्रा मुक्तिदाता परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ।
1TI 2:4 उहाँ सबै मानिसहरूले उद्धार पाऊन् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ।
1TI 2:5 किनकि परमेश्‍वर एउटै हुनुहुन्छ; अनि परमेश्‍वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ हुनुहुन्छ, मानव ख्रीष्‍ट येशू,
1TI 2:6 जसले सबैका छुटकाराको मोलको निम्ति आफैँलाई सुम्पिदिनुभयो, जुन कुराको साक्षी ठिक समयमा दिइयो।
1TI 2:7 अनि यही उद्देश्यले म एउटा प्रचारक र प्रेरित नियुक्त भएँ। म सत्य बोल्दछु र झूट बोल्दिनँ; गैरयहूदीहरूलाई विश्‍वास र सत्यताको शिक्षा दिनको निम्ति नियुक्त गरिएको छु।
1TI 2:8 यसकारण सबै ठाउँमा विनाक्रोध र विनाविवाद प्रार्थनामा पुरुषहरूले पवित्र हातहरू उठाऊन् भन्‍ने म चाहन्छु।
1TI 2:9 त्यसै गरी म चाहन्छु, स्त्रीहरूले भद्रता र शिष्‍टतासाथ सुहाउँदो वस्त्र पहिरून्; केशको बढी सिँगार गरेर, सुन, मोती र महङ्गा वस्त्रहरू पहिरेर होइन।
1TI 2:10 तर असल कामद्वारा सुसज्जित होऊन्, जुन परमेश्‍वरमा भक्ति राखेको भनी दाबी गर्ने स्त्रीहरूलाई सुहाउँछ।
1TI 2:11 स्त्रीले पूर्ण अधीनमा बसेर चुपचापसित सिकोस्।
1TI 2:12 स्त्रीले पुरुषलाई सिकाउने वा अधिकार गर्ने अनुमति म दिन्‍नँ; तर ऊ चुपचाप नै रहोस्।
1TI 2:13 किनकि पहिला आदम बनाइएका थिए, त्यसपछि हव्वा।
1TI 2:14 आदम छलिएका होइनन्, तर स्त्री पो बहकाउमा परेर आज्ञा भङ्ग गरेकी हुन्।
1TI 2:15 यदि विश्‍वास, प्रेम र भद्रतापूर्ण पवित्रतामा लागिरहिन् भने स्त्रीहरू बालक जन्मद्वारा बचाइनेछन्।
1TI 3:1 यो वचन विश्‍वासयोग्य छ: यदि कसैले अध्यक्ष हुने इच्छा गर्छ भने उसले असल कामको इच्छा गर्छ।
1TI 3:2 अब अध्यक्षचाहिँ निर्दोष, एउटै पत्नीका पति, आत्मसंयमी, विवेकी, आदरणीय, पाहुनासत्कार गर्ने, सिकाउन सक्ने हुनुपर्छ।
1TI 3:3 मद्यपान नगर्ने, झगडालु होइन, तर भद्र, शान्तिप्रिय, धनसम्पत्तिको लोभ नगर्ने हुनुपर्छ।
1TI 3:4 तिनी आफ्नो परिवार राम्ररी चलाउन सक्ने, र आफ्ना बालबच्‍चाहरूलाई ससम्मान अधीनमा राख्न सक्ने हुनुपर्छ।
1TI 3:5 यदि कसैले आफ्नै परिवार सम्हाल्न सक्दैन भने तिनले परमेश्‍वरको मण्डलीको रेखदेख कसरी गर्न सक्ला र?
1TI 3:6 तिनी भर्खर विश्‍वासमा आएको व्यक्ति हुनुहुँदैन; नत्रता तिनी घमण्डले फुलेर शैतानले पाउने झैँ न्यायमा पर्नेछन्।
1TI 3:7 तिनले बाहिरकाहरूका बीचमा पनि असल नाम पाएको हुनुपर्छ, नत्रता तिनी निन्दित हुनेछन्, र शैतानको पासोमा पर्नेछन्।
1TI 3:8 यसै गरी सेवकहरू पनि आदर पाउन योग्यका, दुईजिब्रे नहुने, मद्यपान नगर्ने, र अनुचित लाभ नखोज्ने हुनुपर्छ।
1TI 3:9 तिनीहरूले विश्‍वासका गहिरा सत्यहरूलाई शुद्ध विवेकसित कायम राख्नैपर्छ।
1TI 3:10 पहिले तिनीहरूका जाँच हुनुपर्छ; यदि तिनीहरूका विरुद्धमा केही दोष पाइएन भने तिनीहरूले सेवक भएर सेवा गरून्।
1TI 3:11 त्यसै गरी तिनीहरूका पत्नीहरू पनि आदर पाउन योग्यका, अरूका कुरा नकाट्ने, तर संयमी र हरेक कुरामा विश्‍वासयोग्य हुनुपर्छ।
1TI 3:12 सेवक एउटै पत्नीका पति; आफ्ना बालबच्‍चाहरू र परिवारको उचित रेखदेख गर्न सक्ने हुनुपर्छ।
1TI 3:13 जस-जसले राम्ररी सेवा गरेका छन्, तिनीहरूले उत्तम प्रतिष्‍ठा र ख्रीष्‍ट येशूमा भएका तिनीहरूका विश्‍वासमा महान् निश्‍चयता पाउनेछन्।
1TI 3:14 म तिमीकहाँ चाँडै आउने आशा राख्दै यी उपदेशहरू तिमीलाई लेखिरहेछु।
1TI 3:15 यदि म आउन ढिलो भएँ भने तापनि परमेश्‍वरको परिवार, जुन सत्यको जग र खाँबो अर्थात् जिउँदो परमेश्‍वरको मण्डली हो; त्यसमा मानिसहरूले कसरी चल्नुपर्छ भनी तिमीले जान्‍न सक।
1TI 3:16 विनाशङ्का यो भन्‍न सकिन्छ, भक्तिको रहस्य महान् छ: उहाँ मानिसको शरीरमा भएर देखा पर्नुभयो, पवित्र आत्मामा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूद्वारा देखिनुभयो, सबै मानिसहरूका बीचमा उहाँको प्रचार भयो, र संसारमा उहाँलाई विश्‍वास गरियो, महिमामा माथि लगिनुभयो।
1TI 4:1 पवित्र आत्माले प्रष्‍ट गरी भन्‍नुहुन्छ: पछि आउने दिनहरूमा केही मानिसहरूले विश्‍वासलाई त्याग्नेछन्, बहकाउने आत्माहरू र भूतप्रेतहरूका शिक्षाको पछि लाग्नेछन्।
1TI 4:2 यस्ता शिक्षाहरू छलकपट गर्ने झूटा व्यक्तिहरूद्वारा आउनेछन्, जसको विवेक तातो फलामले डामेझैँ हुन्छ।
1TI 4:3 तिनीहरूले मानिसहरूलाई विवाह गर्न मनाही गर्छन् र केही भोजनहरूबाट अलग रहनू भन्‍ने आदेश दिन्छन्। जुन भोजन विश्‍वास गर्नेहरू र सत्यता जान्‍नेहरूले धन्यवादसाथ ग्रहण गरून् भनी परमेश्‍वरले सृष्‍टि गर्नुभयो।
1TI 4:4 किनकि परमेश्‍वरले सृष्‍टि गर्नुभएको सबै थोक असल छन्, र धन्यवादसाथ स्वीकार गरियो भने कुनै थोक पनि अस्वीकार गर्नुपर्दैन।
1TI 4:5 किनकि यो परमेश्‍वरको वचन र प्रार्थनाद्वारा शुद्ध पारिएको हुन्छ।
1TI 4:6 यदि तिमीले यी कुराहरू दाजुभाइ-दिदीबहिनीहरूलाई देखाइदियौ भने तिमी विश्‍वासको सत्यतामा हुर्काइएको र उचित शिक्षा पछ्याउने ख्रीष्‍ट येशूका असल सेवक हुनेछौ।
1TI 4:7 भक्तिहीन र काल्पनिक दन्त्यकथाहरूदेखि अलग बस। बरु आफूलाई भक्तिको मानिस हुने तालिम देऊ।
1TI 4:8 किनकि शारीरिक तालिम केही मूल्यको मात्र हुन्छ, तर ईश्‍वरभक्ति त हरकिसिमले लाभदायक हुन्छ। यो वर्तमान जीवन र आउने जीवन दुवैका निम्ति उपयोगी हुन्छ।
1TI 4:9 यो भनाइ विश्‍वासयोग्य छ, जसलाई पूर्ण रूपले स्वीकार गर्न सकिन्छ।
1TI 4:10 हामीले परिश्रम र सङ्घर्ष गर्नुको कारण यो हो, हाम्रो आफ्नो आशा जीवित परमेश्‍वरमाथि राखेका छौँ; जो सबै मानिसहरू, विशेष गरी उहाँमाथि विश्‍वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ।
1TI 4:11 यिनै कुराहरूलाई आज्ञा दिँदै शिक्षा देऊ।
1TI 4:12 तिमी जवान भएको कारणले कसैले पनि तिमीलाई तुच्छ दृष्‍टिले नहेरोस्, तर वचनमा, जीवनमा, प्रेममा, विश्‍वासमा र शुद्धतामा विश्‍वासीहरूको लागि उदाहरण बन।
1TI 4:13 म नआएसम्म सबैको सामु पवित्र धर्मशास्त्र पढ्ने काममा, प्रचारमा र शिक्षामा आफूलाई सुम्पिदेऊ।
1TI 4:14 मण्डलीका प्रधानहरूले तिमीमाथि हात राख्दा, अगमवाणीद्वारा तिमीलाई प्राप्‍त भएको वरदानको अवहेलना नगर।
1TI 4:15 यी विषयहरूमा परिश्रमी बनेर आफूलाई सम्पूर्ण रूपले दिइहाल, र सबैले तिम्रो प्रगति देखून्।
1TI 4:16 आफ्नो जीवन र शिक्षाको बारेमा राम्ररी ध्यान देऊ। यी कुराहरूमा खुरन्धार लागिरह; किनकि यसो गर्नाले तिमीले आफैँलाई र सुन्‍नेहरूलाई समेत बचाउनेछौ।
1TI 5:1 वृद्ध मानिसलाई नहप्काऊ, तर तिनलाई बुबाझैँ ठानी राम्ररी सम्झाऊ। आफूभन्दा सानाहरूलाई भाइहरूलाईझैँ व्यवहार गर।
1TI 5:2 वृद्ध स्त्रीहरूलाई आमाझैँ, र युवतीहरूलाई सम्पूर्ण पवित्रतामा बहिनीहरूलाईझैँ व्यवहार गर।
1TI 5:3 जुन विधवाहरू साँच्‍चै खाँचोमा छन्, तिनीहरूलाई उचित हेरचाह गर।
1TI 5:4 तर यदि कुनै विधवाका छोराछोरी वा नातिनातिनाहरू छन् भने तिनीहरूले सर्वप्रथम आफ्ना परिवारप्रति धार्मिक कर्तव्य पालन गर्न सिकून्; अनि आफ्ना आमाबुबा र बाजे-बज्यैप्रति उपकारको ऋण चुकाऊन्। किनकि यो परमेश्‍वरको दृष्‍टिमा मनपर्दो छ।
1TI 5:5 साँच्‍चै खाँचोमा परेकी विधवा, जो एकलै छिन्, तिनी परमेश्‍वरमा आफ्नो आशा राख्तछिन्, र परमेश्‍वरसित सहायता माग्दै दिनरात प्रार्थनामा लागिरहन्छिन्।
1TI 5:6 तर सुख-विलासमा मस्त रहने विधवा जिउँदै मरेतुल्य हो।
1TI 5:7 मानिसहरूलाई यी आज्ञाहरू देऊ, तिनीहरू दोषरहित होऊन्।
1TI 5:8 यदि कसैले आफन्तहरूको, खासगरी आफ्नै परिवारको खाँचो पूरा गर्दैन भने त्यसले विश्‍वासलाई इन्कार गरेको छ, र त्यो विश्‍वास नगर्नेभन्दा पनि खराब हुन्छ।
1TI 5:9 कुनै विधवाको उमेर साठी वर्ष माथि छैन, र आफ्नो पतिप्रति इमानदार छैनन् भने तिनको नाम विधवाहरूका सूचीमा नराख।
1TI 5:10 तर असल कामहरूका लागि प्रसिद्ध भएकी, छोराछोरीहरूलाई ठिकसित हुर्काउने, पाहुनासत्कार गर्ने, प्रभुका सेवकहरूका पाउ धुने, विपत्तिमा परेकाहरूलाई सहायता दिने, र आफूलाई सबै किसिमका असल कामहरूमा संलग्न राख्नेको नाम मात्र राख।
1TI 5:11 तर तरुणी विधवाहरूका नामचाहिँ यस्तो सूचीमा नराख; किनकि जब तिनीहरूका कामुक इच्छाहरूले ख्रीष्‍टप्रतिको तिनीहरूका समर्पणतालाई जित्छ, तब तिनीहरूले विवाह गर्ने इच्छा गर्नेछन्।
1TI 5:12 यसरी तिनीहरूले आफ्ना पहिलेका प्रतिज्ञा भङ्ग गरेर आफूमाथि न्याय ल्याउँछन्।
1TI 5:13 यसबाहेक तिनीहरू अरूको घर-घरमा घुमिहिँड्दै अल्छे हुन सिक्छन्। अल्छे हुने मात्र होइन, तर कुरौटे, अरूको काममा हात हाल्ने र बोल्न नहुने कुराहरू बोल्नेहरू हुन्छन्।
1TI 5:14 यसकारण म तरुणी विधवाहरूलाई विवाह गर्ने, बालबच्‍चा जन्माउने, आफ्ना घर सम्हाल्ने, र विरोधीलाई आफ्नो बदनामको मौका नदिने होऊन् भन्‍ने सल्‍लाह दिन्छु।
1TI 5:15 किनकि कतिपय तर्किगएर शैतानलाई पछ्याउन थालिसकेका छन्।
1TI 5:16 यदि कुनै विश्‍वासी स्त्रीसँग आश्रित भएका विधवाहरू छन् भने मण्डलीमाथि भार नपरोस् भनेर तिनीहरूलाई तिनले निरन्तर सहायता दिनुपर्छ, ताकि मण्डलीले साँच्‍चै खाँचोमा परेका विधवाहरूलाई सहायता पुर्‍याउन सकोस्।
1TI 5:17 मण्डलीको असल रेखदेख गर्ने प्रधानहरूलाई आदरको पारिश्रमिक दिइनुपर्छ, खासगरी तिनीहरू, जो प्रचार गर्ने र शिक्षा दिने काम गर्दछन्।
1TI 5:18 किनकि पवित्र धर्मशास्त्रले भन्छ, “अन्‍नबाली दाइँ गर्दा गोरुको मुखमा मोहोलो नलगाउनू,” र “खेताला आफ्नो ज्यालाको योग्य हुन्छ।”
1TI 5:19 दुई वा तीन साक्षीहरू नभएसम्म मण्डली प्रधानका विरुद्धमा लगाइएका अभियोग ग्रहण नगर्नू।
1TI 5:20 तर पाप गर्ने मण्डलीका प्रधानहरूलाई सबैका सामु हप्काऊ, ताकि अरूहरूले पनि चेतावनी पाउन सकून्।
1TI 5:21 परमेश्‍वर, ख्रीष्‍ट येशू र चुनिएका स्वर्गदूतहरूलाई साक्षी राखेर म तिमीलाई कडा आज्ञा दिन्छु: तिमीले यी नियमहरू विनापक्षपात पालन गर, र पूर्वाग्रही भएर केही पनि नगर।
1TI 5:22 कुनै व्यक्तिलाई मण्डलीमा प्रधान नियुक्त गर्न हतार नगर। अरूको पापमा सहभागी नहोऊ। आफूलाई शुद्ध राख।
1TI 5:23 तिम्रो पेटका लागि र घरी-घरी भइरहने बिमारीहरूले गर्दा अलि-अलि दाखमद्य पिउने गर।
1TI 5:24 कति मानिसहरूका पापहरू तिनीहरूका सामु राखिएका न्यायमा पुग्ने गरी प्रत्यक्ष हुन्छन्; अरूहरूका पापहरू पछि मात्र देखिन्छन्।
1TI 5:25 यसरी नै असल कामहरू प्रत्यक्ष हुन्छन्; अनि गुप्‍तमा गरिएका असल कामहरू प्रत्यक्ष हुँदैनन्, र सधैँका लागि लुक्न सक्दैनन्।
1TI 6:1 दासत्वको जुवामुनि हुनेहरू, सबैले आ-आफ्ना मालिकहरू पूर्ण आदरका योग्य छन् भनी ठानून्; ताकि परमेश्‍वरको नाम र शिक्षाको बदनामी नहोस्।
1TI 6:2 जसका मालिकहरू विश्‍वासी छन्; तिनीहरूले ती मालिकहरू विश्‍वासमा सङ्गी विश्‍वासीहरू हुन् भनेर अनादर नगरून्; बरु तिनीहरूका सेवाबाट लाभ उठाउने विश्‍वासी नै हुन्। अनि तिनीहरूप्रति प्रिय छन् र तिनीहरूको भलो चिताउँछन् भनेर तिनीहरूको सेवा अझ राम्रोसँग गरून्। यी कुराहरू तिमीले सिकाउनू र आग्रह गर्नू।
1TI 6:3 यदि कसैले हाम्रोभन्दा भिन्‍नै शिक्षा सिकाउँछ, र हाम्रा प्रभु येशू ख्रीष्‍टका उचित वचन र भक्तिअनुसारका शिक्षासित सहमत हुँदैन भने,
1TI 6:4 ती घमण्डले फुलिएका हुन्छन् र केही पनि जानेका हुँदैनन्; तर तिनीहरूलाई विवादहरू गर्ने मनोरोग लागेको हुन्छ, र यस्ता शब्दहरूका बारेमा झगडा गर्छन्; जसले डाह, कलह, बदनाम र खराब शङ्काहरू उत्पन्‍न गराउँछन्;
1TI 6:5 अनि बुद्धि भ्रष्‍ट भएका र सत्यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्; अनि भक्तिचाहिँ लाभको साधन हो भनी तिनीहरू ठान्छन्।
1TI 6:6 तर सन्तुष्‍टिसहितको भक्ति नै ठूलो लाभ हो।
1TI 6:7 किनकि हामीले यस संसारमा न केही ल्यायौँ, न त यसबाट केही लिएर जानेछौँ।
1TI 6:8 तर यदि हामीसित खानेकुरा र लगाउने कुराहरू छन् भने हामी त्यसैमा सन्तुष्‍ट रहन सक्नुपर्छ।
1TI 6:9 जो धनी हुन चाहन्छन्, तिनीहरू परीक्षा र पासोमा फस्छन्; अनि धेरै मूर्ख र हानिकारक इच्छाहरूमा फस्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्।
1TI 6:10 किनकि रुपियाँपैसाप्रतिको प्रेम नै सबै खराबीको जरा हो। कति मानिसहरू रुपियाँपैसाको लोभमा परेर विश्‍वासबाट पछि हटेका छन्, र धेरै पीडाहरूले आफूलाई छेडेका छन्।
1TI 6:11 तर हे परमेश्‍वरका जन, तिमी यी सबै कुराहरूबाट अलग बस, र धार्मिकता, भक्ति, विश्‍वास, प्रेम, सहनशीलता र नम्रताको पछि लाग।
1TI 6:12 विश्‍वासको उत्तम लडाइँ लड। अनन्त जीवन पक्रिराख; यसैका लागि तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्‍वासको असल साक्षी दिएका थियौ।
1TI 6:13 प्रत्येकलाई जीवन दिनुहुने परमेश्‍वर र पन्तियस पिलातसको सामु असल विश्‍वासको गवाही दिनुहुने ख्रीष्‍ट येशूको दृष्‍टिमा, म तिमीलाई यो आदेश दिन्छु:
1TI 6:14 प्रभु येशू ख्रीष्‍टको दोस्रो आगमनसम्म यस आज्ञालाई बेदाग अथवा दोषरहित राख,
1TI 6:15 जसलाई परमेश्‍वरले आफ्नै समयमा प्रकट गर्नुहुनेछ। परमेश्‍वर, परमधन्य र एक मात्र शासक, राजाहरूका राजा तथा प्रभुहरूका प्रभु हुनुहुन्छ।
1TI 6:16 उहाँ मात्र अमर हुनुहुन्छ, र उहाँ त्यस ज्योतिमा बास गर्नुहुन्छ, जसको नजिक कोही पनि जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन, न त देख्न नै सक्छ। उहाँको महिमा र सामर्थ्य सदासर्वदा रहोस्! आमेन।
1TI 6:17 वर्तमान संसारमा भएका धनीहरू घमण्डी नहोऊन्, र आफ्नो आशा अनिश्‍चित धनसम्पत्तिमा होइन, तर हाम्रो उपभोगको निम्ति प्रत्येक थोक प्रशस्त दिनुहुने परमेश्‍वरमा लगाऊन् भनी आज्ञा देऊ।
1TI 6:18 तिनीहरूले असल गरून्, असल कामहरूमा धनी होऊन्, र उदार चित्तले बाँडचुँड गर्नेहरू होऊन् भनी आज्ञा देऊ।
1TI 6:19 यसरी नै तिनीहरूले आउने युगका निम्ति असल जगको रूपमा आफ्नै लागि सम्पत्ति थुपार्नेछन्, र तिनीहरूले त्यो जीवनलाई पक्रिराखून्, जो साँच्‍चै नै आउने युगको साँचो जीवन हो।
1TI 6:20 हे तिमोथी, तिमीलाई जे सुम्पिएको छ, त्यसलाई सुरक्षित राख। भक्तिहीन गन्थन र विरोधपूर्ण विचारहरू, जसलाई झूटो रूपमा ज्ञान भनिन्छ, त्यसबाट अलग बस।
1TI 6:21 यस्ता कुराहरूलाई स्वीकार गरेर कति जना त आफ्नो मूल विश्‍वासबाट तर्किगएका छन्। तिमीहरू सबैसँग अनुग्रह रहोस्!
2TI 1:1 ख्रीष्‍ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित पावलबाट,
2TI 1:2 मेरो प्यारो छोरा तिमोथीलाई:
2TI 1:3 जब म रातदिन प्रार्थनाहरूमा निरन्तर तिमीलाई सम्झन्छु, तब म परमेश्‍वरलाई धन्यवाद दिन्छु; जसको सेवा म मेरा पुर्खाहरूले गरेझैँ शुद्ध विवेकले गर्दछु।
2TI 1:4 तिम्रा आँसुहरू सम्झन्छु, र तिमीलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि म आनन्दले पूर्ण हुन सकूँ।
2TI 1:5 मलाई तिम्रो निष्कपट विश्‍वासको सम्झना हुन्छ, जुन पहिले तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा थियो। यो विश्‍वास अब तिमीमा पनि छ भनेर म निश्‍चित छु।
2TI 1:6 यसकारण मैले तिमीमाथि हात राखेर प्रार्थना गर्दा तिमीले पाएको परमेश्‍वरको वरदानलाई बल्दो पार्नलाई म तिमीलाई सम्झना गराउँछु।
2TI 1:7 किनकि परमेश्‍वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ।
2TI 1:8 यसकारण हाम्रा प्रभुको साक्षी दिन शर्म नमान, न त उहाँको कैदी, मेरो विषयमा नै; तर सुसमाचारका लागि कष्‍टमा परमेश्‍वरको शक्तिद्वारा मसँग सहभागी होऊ।
2TI 1:9 उहाँले हामीलाई बचाउनुभएको छ, र पवित्र जीवन जिउनको लागि बोलाउनुभएको छ; हामीले गरेका कामका आधारमा होइन, तर उहाँको आफ्नै उद्देश्य र अनुग्रहको कारणले हो। यो अनुग्रह हामीलाई समयको सुरुभन्दा अगिदेखि नै ख्रीष्‍ट येशूमा दिइएको थियो।
2TI 1:10 तर अब हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूको प्रकटद्वारा यो प्रकाशमा ल्याइएको छ। उहाँले मृत्युलाई नाश पार्नुभयो, र सुसमाचारद्वारा जीवन र अमरतालाई प्रकाशमा ल्याउनुभयो।
2TI 1:11 अनि यही सुसमाचारको लागि म एक प्रचारक, प्रेरित र शिक्षकको रूपमा नियुक्त गरिएको छु।
2TI 1:12 यसकारण मैले यी कष्‍टहरू भोगिरहेको छु, तरै पनि म शर्माउँदिनँ। किनकि मैले कसमाथि विश्‍वास राखेको छु, सो म जान्दछु, र त्यस दिनसम्मको लागि मैले उहाँलाई जे सुम्पेको छु, उहाँले त्यो सुरक्षित राख्नुहुनेछ भनी म निश्‍चित छु।
2TI 1:13 तिमीले मबाट सुनेका सत्य शिक्षालाई ख्रीष्‍ट येशूमा विश्‍वास र प्रेमसाथ नमुनाको रूपमा पक्रिराख।
2TI 1:14 हामीमा बास गर्नुहुने पवित्र आत्माको सहायताद्वारा तिमीलाई सुम्पिएको सत्य वचन सुरक्षित राख।
2TI 1:15 तिमीलाई थाहै छ, कि एशिया प्रान्तमा हुने हरेकले मलाई त्यागिदिएका छन्, जसमा फुगेलस र हर्मोगेनस पनि हुन्।
2TI 1:16 प्रभुले ओनेसिफरसका परिवारमाथि कृपा देखाऊन्; किनकि तिनले मलाई घरी-घरी हौसला दिन्थे, र तिनी मेरो बन्धनको शर्म मान्दैनथे।
2TI 1:17 तर जब तिनी रोममा आए, मलाई नभेट्टाउन्जेल परिश्रमसाथ मेरो खोजी गरे।
2TI 1:18 त्यस दिन प्रभुले आफ्नो कृपा तिनलाई प्रदान गरून्! तिनले मलाई एफिससमा गरेका सहायताहरू तिमीलाई राम्ररी थाहै छ।
2TI 2:1 यसकारण तिमी, मेरो छोरा, ख्रीष्‍ट येशूमा भएको अनुग्रहमा बलियो होऊ।
2TI 2:2 मबाट तिमीले धेरै साक्षीहरूका उपस्थितिमा सुनेका शिक्षाहरू यस्ता विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ, जो अरूहरूलाई पनि सिकाउन सक्ने योग्यका छन्।
2TI 2:3 ख्रीष्‍ट येशूका असल सिपाहीझैँ मसँग कष्‍ट भोग।
2TI 2:4 सिपाहीझैँ युद्ध गर्नेले आफूलाई सामान्य नागरिकसरह जीवनका झन्झटहरूमा अल्झाउँदैन, तर उसले आफ्नो हाकिमलाई प्रसन्‍न पार्न चाहन्छ।
2TI 2:5 यसै गरी खेलमा भाग लिनेले पनि नियमबमोजिम नखेली विजेताको मुकुट पाउँदैन।
2TI 2:6 परिश्रम गर्ने किसानले नै पहिला अन्‍नको हिस्सा पाउनुपर्छ।
2TI 2:7 मैले जे भनिरहेको छु, त्यसमा ध्यान देऊ; किनकि प्रभुले यी सबैमा तिमीलाई समझ दिनुहुनेछ।
2TI 2:8 मरेकाहरूबाट जीवित पारिनुभएको दावीदको वंश, येशू ख्रीष्‍टलाई सम्झ। मैलै प्रचार गर्ने सुसमाचार यही हो।
2TI 2:9 यसै सुसमाचारका लागि म अपराधीझैँ साङ्लोले बाँधिने सम्मको कष्‍ट भोगिरहेछु; तर परमेश्‍वरको वचनलाई साङ्लोले बाँध्न सकिँदैन।
2TI 2:10 यसकारण परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूका निम्ति ख्रीष्‍ट येशूमा भएको अनन्त महिमासहितको मुक्ति पाऊन् भनेर म हरेक कुरा सहन्छु।
2TI 2:11 यो भनाइ विश्‍वासयोग्य छ: यदि हामी उहाँसित मर्‍यौँ भने, हामी उहाँसित जिउने पनि छौँ;
2TI 2:12 यदि हामीले सह्‍यौँ भने, हामी उहाँसित राज्य पनि गर्नेछौँ। यदि हामीले उहाँलाई त्याग्यौँ भने, उहाँले पनि हामीलाई त्याग्नुहुनेछ;
2TI 2:13 यदि हामी विश्‍वासरहित छौँ भने तापनि उहाँ विश्‍वासयोग्य रहिरहनुहुनेछ; किनकि उहाँ आफ्नो सत्य स्वभावको विरुद्ध जान सक्नुहुन्‍न।
2TI 2:14 परमेश्‍वरका मानिसहरूलाई यी कुराहरूका विषयमा स्मरण गराइरहनू। परमेश्‍वरको उपस्थितिमा तिनीहरूलाई चेतावनी देऊ, तिनीहरू शब्दहरूको विषयमा तर्कवितर्क नगरून्; किनकि यसबाट केही फाइदा हुँदैन, तर सुन्‍नेहरूलाई नोक्सानी मात्र पुर्‍याउँछ।
2TI 2:15 आफूलाई परमेश्‍वरको सामु ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर; शर्माउन नपर्ने कामदारजस्तै, जसले सत्यको वचनलाई ठिकसँग प्रयोग गर्दछ।
2TI 2:16 भक्तिहीन र मूर्ख बकबकदेखि अलग बस; किनकि यसमा लागिरहनेहरू अझ बढी भक्तिहीन हुँदै जानेछन्।
2TI 2:17 तिनीहरूका शिक्षा कुहिँदैगएको घाउझैँ फैलिन्छ। यस्ताहरूमध्ये हुमेनियस र फिलेतस हुन्,
2TI 2:18 जो सत्यतादेखि बरालिएका छन्। तिनीहरूले मृतकहरूका पुनर्जीवित भइसकेको छ भनेर कतिपयको विश्‍वासलाई उल्टाइदिन्छन्।
2TI 2:19 तैपनि परमेश्‍वरको जग दृढपूर्वक खडा नै रहन्छ; जसमा यस्ता अक्षरहरूले मोहर लगाइएको छ: “प्रभुले तिनीहरूलाई चिन्‍नुहुन्छ, जो उहाँका आफ्नाहरू हुन्,” र “प्रभुको नाम स्वीकार गर्ने हरेक जन दुष्‍टताबाट अलग हुनैपर्छ।”
2TI 2:20 एउटा सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन्, तर काठ र माटाका पनि हुन्छन्; कुनै भाँडो विशेष कामको निम्ति र कुनैचाहिँ सामान्य कामको निम्ति प्रयोग गरिन्छ।
2TI 2:21 यदि कुनै मानिसले आफूलाई यस्ता आदरहीन कामहरूबाट शुद्ध राख्दछ भने त्यो आदरका कामहरूका निम्ति एउटा पात्र बन्‍नेछ; अनि त्यो अलग गरिएको, र मालिकको निम्ति उपयोगी र हरेक असल काम गर्नमा तत्पर हुनेछ।
2TI 2:22 यसकारण जवानीका खराब अभिलाषाहरूबाट भाग, र शुद्ध हृदयले प्रभुको नाम लिनेहरूसित धार्मिकता, विश्‍वास, प्रेम र शान्तिको पछि लाग।
2TI 2:23 मूर्खता तथा अज्ञानतापूर्ण विवादहरूबाट अलग बस; किनकि तिमी जान्दछौ यस्ता कुराहरूले झगडाहरू मात्र उत्पन्‍न गराउँछन्।
2TI 2:24 प्रभुको सेवकले झगडा गर्नैहुँदैन, तर हरेकप्रति दयालु, निपूर्ण रूपमा सिकाउन सक्ने र सहनशील हुनुपर्छ।
2TI 2:25 आफ्ना विरोधीहरूलाई तिनले नम्रतासाथ सम्झाउनुपर्छ; यो आशामा परमेश्‍वरले तिनीहरूका हृदय परिवर्तन गरून् र सत्यताको ज्ञानमा अगुवाइ गरून्;
2TI 2:26 अनि तिनीहरूले चेतना पाऊन् र शैतानको पासोबाट उम्कन सकून्, जसमा शैतानले तिनीहरूलाई त्यसको इच्छा पूरा गर्नलाई कैदी बनाएको छ।
2TI 3:1 तर यो याद राख! अन्तिम दिनहरूमा डरलाग्दो समयहरू हुनेछन्।
2TI 3:2 मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, रुपियाँपैसाको मोह गर्ने, सेखी, घमण्डी, दुर्व्यवहार गर्ने, आमाबुबाका आज्ञा नमान्‍ने, बैगुनी, अपवित्र,
2TI 3:3 प्रेमविहीन, क्षमारहित, अर्कालाई दोष लगाउने, आत्मसंयम नभएका, निर्दयी, असल कुरा मन नपराउने,
2TI 3:4 विश्‍वासघाती, लापर्बाही, अहङ्कारले फुलिएका, परमेश्‍वरलाई भन्दा सुख-विलासलाई रुचाउने,
2TI 3:5 भक्तिको भेष त लिने, तर यसको शक्तिलाई इन्कार गर्नेहरू हुनेछन्। यस्ता मानिसहरूबाट अलग रहनू।
2TI 3:6 यिनीहरू यस्ता मानिसहरू हुन्, जो अर्काका घरहरूमा सुटुक्‍क पस्छन्, र पापहरूले थिचिएका सबै किसिमका दुष्‍ट इच्छाहरूले शासन गरेका र नैतिक रूपमा कमजोर भएका स्त्रीहरूलाई लोभ्याउँछन्।
2TI 3:7 यस्ता स्त्रीहरू सधैँ सिक्छन्, तर कहिल्यै पनि सत्यतालाई बुझ्न सक्षम् हुँदैनन्।
2TI 3:8 जसरी यान्‍नेस र याम्ब्रेसले मोशाको विरोध गरेका थिए, त्यसरी नै यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यिनीहरूको बुद्धि भ्रष्‍ट भएको हुन्छ, र विश्‍वासमा साँचो हुँदैनन्।
2TI 3:9 तर यान्‍नेस र याम्ब्रेसका मूर्खता सबैमा प्रकट भएझैँ, यिनीहरूको मूर्खता पनि सबैमा प्रकट हुनेछ, र धेरै टिक्न सक्नेछैनन्।
2TI 3:10 तर तिमीलाई मेरो शिक्षा, मेरो जीवनको तरिका, मेरो उद्देश्य, विश्‍वास, धीरज, प्रेम, सहनशीलता,
2TI 3:11 सतावटहरू, कष्‍टहरू; एन्टिओखियामा, आइकोनियममा र लुस्त्रामा ममाथि जे-जे घटना घटेका थिए; अनि मैले सहेका के कस्ता सतावटहरू थिए, यी सबै विषयमा थाहा छ। तरै पनि परमेश्‍वरले मलाई ती सबैबाट छुटकारा दिनुभयो।
2TI 3:12 वास्तवमा हरेक जसले ख्रीष्‍ट येशूमा भक्तिपूर्ण जीवन जिउन चाहन्छ, ऊ सतावटमा पर्ने नै छ।
2TI 3:13 तर दुष्‍ट मानिसहरू, ठगाहाहरू, ठग्दै र ठगिँदै झन्-झन् खराब हुँदै जानेछन्।
2TI 3:14 तर तिमीचाहिँ आफूले सिकेका शिक्षा, जसमा तिमी विश्‍वस्त भएका छौ, त्यसैमा लागिरह। तिमी जान्दछौ, ती सत्य हुन् र तिमीलाई सिकाउनेहरू भरोसायोग्य छन्।
2TI 3:15 तिमीले बालककालदेखि नै पवित्र धर्मशास्त्र जानेका छौ, जसले ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा पाइने मुक्तिमा डोर्‍याउने ज्ञान दिन सक्षम् छ।
2TI 3:16 सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्‍वरको सास-फुकाइबाट हो, र यो सिकाउन, हप्काउन, सच्याउन र धार्मिकताको तालिम दिनलाई उपयोगी हुन्छ।
2TI 3:17 जसद्वारा परमेश्‍वरको जन हरेक सुकर्मको लागि निपुण भएर सिद्ध भएको होस्।
2TI 4:1 परमेश्‍वरको र जिउँदा तथा मरेकाहरूका न्याय गर्नुहुने ख्रीष्‍ट येशूको उपस्थितिमा, अनि उहाँको पुनरागमन र उहाँको राज्यलाई ध्यानमा राखेर म तिमीलाई यो आदेश दिन्छु:
2TI 4:2 वचन प्रचार गर, समय र बेसमयमा तयार भइबस, असीम धैर्यता र होसियारपूर्ण शिक्षासहित सुधार गर्दै हप्काऊ, हौसला देऊ।
2TI 4:3 किनकि यस्तो समय आउनेछ, जब मानिसहरू साँचो शिक्षालाई नसहने हुनेछन्; यसको सट्टा तिनीहरूले आफ्नै इच्छा पूरा गर्नलाई आफ्ना निम्ति शिक्षकहरू थुपार्नेछन्; जसले तिनीहरूका चिलाउने कानले सुन्‍न चाहेका कुराहरू भन्‍नेछन्।
2TI 4:4 तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काएर दन्त्यकथाहरूतिर लगाउनेछन्।
2TI 4:5 तर तिमीचाहिँ हरेक अवस्थामा आत्मसंयम होऊ, कष्‍ट भोग, प्रचारकको काम गर, र आफ्नो सेवाका सबै कामहरू पूरा गर।
2TI 4:6 किनकि म अर्घबलिझैँ चढाइन लागेको छु, र मेरो बिदाको बेला आइसकेको छ।
2TI 4:7 मैले उत्तम लडाइँ लडेको छु, मैले आफ्नो दौड सिद्ध्याएको छु, र मैले विश्‍वासलाई जोगाइराखेको छु।
2TI 4:8 अब मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जुन मुकुट धार्मिक न्यायकर्ता प्रभुले मलाई त्यस दिन दिनुहुनेछ, मलाई मात्र होइन, तर उहाँको दोस्रो आगमनको प्रतीक्षा गरिरहने सबैलाई पनि दिनुहुनेछ।
2TI 4:9 मकहाँ चाँडै आउने भरमग्दूर प्रयत्न गर;
2TI 4:10 किनकि डेमासले यस संसारलाई प्रेम गरेर मलाई त्यागिदिएको छ, र ऊ थेसलोनिकीमा गएको छ। क्रेसेन्स गलातियामा र तीतस दलमातिया गएका छन्।
2TI 4:11 अहिले लूका मात्र मसँग छन्। मर्कूसलाई भेट र तिमीसँगै लिएर आऊ; किनकि तिनी मेरो सेवाको निम्ति मलाई उपयोगी छन्।
2TI 4:12 मैले तुखिकसलाई एफिससमा पठाएँ।
2TI 4:13 तिमी आउँदा त्रोआसमा मैले कार्पससित छाडेका खास्टो र पुस्तकहरू खासगरी चर्मपत्रहरू लिएर आऊ।
2TI 4:14 तामाको काम गर्ने अलेक्जेन्डरले मलाई धेरै हानि पुर्‍याएको छ। त्यसले गरेको कामको बदला परमेश्‍वरले नै लिनुहुनेछ।
2TI 4:15 त्यसले हाम्रा सन्देशहरूको घोर विरोध गरेको हुनाले तिमी पनि ऊदेखि होसियार बस।
2TI 4:16 जब मलाई पहिलो पटक न्यायाधीशकहाँ ल्याइयो, कसैले मेरो पक्ष लिएनन्, तर हरेकले मलाई त्यागिदिए। यसको दोष तिनीहरूलाई नलागोस्।
2TI 4:17 तर प्रभुले मेरो पक्ष लिएर मलाई शक्ति दिनुभयो, ताकि मद्वारा सुसमाचार पूर्ण रूपले घोषणा गरिएको होस् र सारा गैरयहूदीहरूले ती सुन्‍न सकून्। मलाई सिंहको मुखबाट छुटकारा मिल्यो।
2TI 4:18 प्रभुले मलाई हरेक दुष्‍ट आक्रमणबाट छुटकारा दिनुहुनेछ र मलाई सुरक्षासाथ उहाँको स्वर्गीय राज्यमा ल्याउनुहुनेछ। उहाँलाई नै सदासर्वदा महिमा भइरहोस्! आमेन।
2TI 4:19 प्रिस्किला, अक्विला अनि ओनेसिफरसको परिवारलाई अभिवादन भनिदेऊ।
2TI 4:20 इरास्तस कोरिन्थमा नै बसे; अनि मैले त्रोफिमसलाई मिलेटसमा बिरामी अवस्थामा नै छोडेँ।
2TI 4:21 हिउँदको समयभन्दा पहिल्यै नै तिमी यहाँ आउने भरसक प्रयत्न गर। युबुलस, पुडेस, लिनस, क्लौडिया र सबै दाजुभाइ-दिदीबहिनीहरूले तिमीलाई अभिवादन पठाएका छन्।
2TI 4:22 प्रभु तिम्रो आत्मासँग रहून्! तिमीहरूसँग अनुग्रह रहोस्!
TIT 1:1 परमेश्‍वरको सेवक र येशू ख्रीष्‍टको प्रेरित पावलबाट—परमेश्‍वरका चुनिएकाहरूका विश्‍वासलाई बढाउन तथा भक्तिमा डोर्‍याउने सत्यको ज्ञानको लागि,
TIT 1:2 अनन्त जीवनको आशामा अडिएको त्यो विश्‍वास र ज्ञान, जसलाई झूट नबोल्नुहुने परमेश्‍वरले सनातनदेखि नै प्रतिज्ञा गर्नुभएको थियो।
TIT 1:3 अनि मलाई हाम्रा मुक्तिदाता परमेश्‍वरको आज्ञाद्वारा सुम्पनुभएको प्रचारद्वारा उहाँले आफ्नो वचनलाई तोक्नुभएको समयमा प्रकाशमा ल्याउनुभयो।
TIT 1:4 एउटै विश्‍वासमा भएको मेरो साँचो छोरा तीतसलाई:
TIT 1:5 मैले तिमीलाई क्रेटमा छोडेको कारणचाहिँ अधुरो कामहरू पूरा गर्न, र मैले तिमीलाई अह्राएबमोजिम प्रत्येक सहरमा मण्डली प्रधानहरू नियुक्त गर्नलाई हो।
TIT 1:6 मण्डलीका प्रधान निर्दोष, एउटै पत्नीका पति, जसका छोराछोरीहरू विश्‍वासयोग्य होऊन्; अनि कामुकता र अनाज्ञाकारिताको दोष नलागेका होऊन्।
TIT 1:7 मण्डली अध्यक्षमाथि परमेश्‍वरको कामको अभिभारा सुम्पिएको हुनाले तिनी निर्दोष, अहङ्कार नगर्ने, चाँडै नरिसाउने, मद्यपान नगर्ने, झगडा नगर्ने, नीच कमाइको लोभ नगर्ने हुनुपर्छ।
TIT 1:8 बरु तिनी पाहुनासत्कार गर्ने, असल मन पराउने, आत्मसंयमी, इमानदार, भक्तिमा लागेको र अनुशासित हुनुपर्छ।
TIT 1:9 तिनलाई सिकाइएका विश्‍वासयोग्य शिक्षामा तिनी दृढ रहून्; ताकि यस शिक्षाले अरूलाई उत्साहित पार्न सकोस् र यसको विरोध गर्नेहरूलाई खण्डन गर्न सकोस्।
TIT 1:10 किनकि धेरै मानिसहरू विद्रोही, अर्थहीन कुरै मात्र गर्ने र छलीहरू हुन्छन्; खासगरी खतनाका समर्थकहरू नै यस्तै हुन्छन्।
TIT 1:11 तिनीहरूले बेइमानीसाथ लाभ उठाउनको लागि गर्न नहुने कुराहरू सिकाइकन सारा परिवारहरूलाई नष्‍ट पारिरहेका हुनाले तिनीहरूलाई चुप गराउनैपर्छ।
TIT 1:12 तिनीहरूका अगमवक्ताहरूमध्ये एक जनाले यसो पनि भनेका छन्, “क्रेट निवासीहरू सधैँ झूटा, दुष्‍ट पशुहरू र अल्छे घिचुवाहरू हुन्।”
TIT 1:13 यो साक्षी साँचो हो। यसकारण तिनीहरूलाई जोडसित हप्काऊ; ताकि तिनीहरू विश्‍वासमा दह्रो बन्‍न सकून्;
TIT 1:14 अनि यहूदी दन्त्यकथाहरूतिर अथवा सत्यतालाई अस्वीकार गर्ने ती मानिसहरूका आज्ञाहरूतिर ध्यानै नदेऊन्।
TIT 1:15 शुद्ध हृदय भएकाहरूका लागि सबै थोकहरू शुद्ध हुन्छन्; तर जो भ्रष्‍ट छन् र विश्‍वास गर्दैनन्, तिनीहरूका लागि केही पनि शुद्ध हुँदैन। वास्तवमा तिनीहरूका मन र विवेक दुवै भ्रष्‍ट भएका हुन्छन्।
TIT 1:16 तिनीहरूले परमेश्‍वरलाई जान्दछौँ भनी दाबी त गर्छन्, तर आफ्ना कामले भने उहाँलाई इन्कार गर्छन्। तिनीहरू घृणित, अटेरी र कुनै असल काम गर्ने योग्यका छैनन्।
TIT 2:1 तिमीले जे खाँटी शिक्षासित सुहाउँदो छ, त्यही शिक्षाहरू सिकाउनू।
TIT 2:2 वृद्ध मानिसहरूलाई संयमी, आदरका योग्य, आफूलाई अधीनमा राख्न सक्ने, र विश्‍वासमा, प्रेममा र धीरजमा पक्‍का हुन सिकाउनू।
TIT 2:3 त्यसरी नै वृद्ध स्त्रीहरूलाई जीवनका चालहरूमा आदरणीय, निन्दा नगर्ने, मद्यपान नगर्ने, बरु तिनीहरूले अरूहरूलाई असल कुराहरू सिकाउने होऊन्।
TIT 2:4 तब तिनीहरूले तरुणी स्त्रीहरूलाई तिनीहरूका पतिहरू र छोराछोरीहरूलाई प्रेम गर्न,
TIT 2:5 आत्मसंयमी र शुद्ध हुन, घरमा व्यस्त रहन, दयालु हुन र आ-आफ्ना पतिहरूका अधीनमा बस्‍न सिकाऊन्, ताकि कसैले पनि परमेश्‍वरको वचनको निन्दा गर्न नपाओस्।
TIT 2:6 त्यसरी नै जवान मानिसहरूलाई पनि आत्मसंयमी हुन उत्साह देऊ।
TIT 2:7 जे असल छ, सो गरेर हरेक कुरामा तिनीहरूलाई उदाहरण देखाइदेऊ। तिम्रो शिक्षामा इमानदारीता, गम्भीरता देखाऊ।
TIT 2:8 सत्य सिकाऊ, ताकि तिम्रो शिक्षाको खण्डन गर्न नसकियोस्, र हाम्रो विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रा विरोधीहरू शर्ममा परून्।
TIT 2:9 सेवकहरूलाई सिकाऊ, हरेक कुरामा तिनीहरू आ-आफ्ना मालिकहरूका अधीनमा बसून्; तिनीहरूलाई प्रसन्‍न राख्न प्रयास गरून्, र जवाफ नफर्काऊन्।
TIT 2:10 तिनीहरूले नचोरून्, तर तिनीहरूमाथि विश्‍वास गर्न सकिन्छ भनी देखाऊन्। तिनीहरूले हरेक कुरामा हाम्रा परमेश्‍वर मुक्तिदाताको शिक्षालाई शोभा बढाऊन्।
TIT 2:11 किनकि सबै मानिसहरूका उद्धारको लागि परमेश्‍वरले आफ्नो अनुग्रह प्रकट गर्नुभएको छ।
TIT 2:12 यो अनुग्रहले हामीलाई भक्तिहीनता र सांसारिक अभिलाषाहरूलाई अस्वीकार गर्न तथा वर्तमान समयमा आत्मसंयम, निर्दोष र भक्तिपूर्ण जीवन जिउन सिकाउँछ;
TIT 2:13 जब हामी त्यो धन्यको आशा अर्थात् हाम्रा महान् परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको महिमाको आगमनको प्रतीक्षा गर्दछौँ,
TIT 2:14 जसले हामीलाई हरेक दुष्‍टताबाट मोल तिरेर उद्धार गर्नलाई र सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जातिलाई शुद्ध पार्न आफ्नो प्राण दिनुभयो।
TIT 2:15 यसकारण यी कुराहरू तिमीले विश्‍वासीहरूलाई उत्साहकासाथ सिकाउनैपर्छ। सम्पूर्ण अधिकारसहित तिनीहरूलाई अर्ती देऊ र हप्काऊ, कसैले तिमीलाई अवहेलना नगरोस्।
TIT 3:1 शासकहरू तथा अख्तियारवालाहरूको अधीनमा बस्‍नू; आज्ञाकारी हुनू, जे असल छ, सो गर्नू भनी तिनीहरूलाई सम्झना गराउनू।
TIT 3:2 तिनीहरूले कसैको बदनामी नगरून्, मिलापमा रहून्, विचारशील होऊन् र सधैँ सबै मानिसहरूप्रति नम्रता देखाऊन्।
TIT 3:3 कुनै समय हामी पनि मूर्ख, अनाज्ञाकारी, सबै किसिमका अभिलाषा र सुख-विलासद्वारा ठगिएका र सेवक बनाइएका थियौँ। हामी द्वेष र डाहमा जिउने, घृणा गरिएका र एक-अर्कालाई घृणा गर्नेहरू थियौँ।
TIT 3:4 तर जब हाम्रा मुक्तिदाता परमेश्‍वरको दया र प्रेम देखा पर्‍यो,
TIT 3:5 तब उहाँले आफ्ना कृपाको कारण हामीलाई बचाउनुभयो; हामीले गरेका असल कामहरूको कारणले होइन। उहाँले हामीलाई पुनरुत्थानको स्‍नान र पवित्र आत्माको नवीकरणद्वारा बचाउनुभयो,
TIT 3:6 जुन आत्मालाई उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्‍टद्वारा हामीमा प्रशस्त गरी खन्याउनुभयो।
TIT 3:7 उहाँको अनुग्रहद्वारा हामीलाई धर्मी ठहराउनुभयो र अनन्त जीवनको उत्तराधिकारी हुनेछौँ भन्‍ने आशा दिनुभयो।
TIT 3:8 यो भनाइ विश्‍वासयोग्य छ। तिमीले यी कुराहरूमा जोड दिएको म चाहन्छु, जसले परमेश्‍वरमा भरोसा राखेका छन्, तिनीहरूले जे असल छ, सो गर्नमा आफूलाई लगाऊन्। यी कुराहरू हरेकको लागि अति उत्तम र लाभदायक छन्।
TIT 3:9 तर मूर्खतापूर्ण विवादहरू, वंशावलीहरूका महानताको बारेमा कुरा गर्न, व्यवस्थाबारे तर्कवितर्क गर्न र झगडाहरूबाट अलग बस; किनकि यी बेफाइदा र व्यर्थका हुन्।
TIT 3:10 विभाजन ल्याउने व्यक्तिहरूलाई दुई पटकसम्म चेतावनी देऊ; त्यसपछि तिनीहरूसित तिमीहरूको कुनै सम्बन्ध नहोस्।
TIT 3:11 तिमीलाई यो थाहै छ, यस्ता मानिसहरू पापमा लागेका हुन्छन्; अनि तिनीहरूका आफ्नै पापले तिनीहरूलाई दोषी ठहराउँछ।
TIT 3:12 जब मैले अर्तिमास अथवा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी मकहाँ निकोपोलिसमा आउन सकभर प्रयास गर; किनकि मैले त्यहाँ हिउँद कटाउने निर्णय गरेको छु।
TIT 3:13 कानुनविद् जेनास र अपोल्‍लोसलाई यात्रामा सहायता दिनलाई भरमग्दूर प्रयत्न गर; ताकि तिनीहरूलाई आवश्यक पर्ने हरेक थोक प्राप्‍त होस्।
TIT 3:14 जे असल छ, हाम्रा मानिसहरूले त्यो गर्न सिकून्, ताकि नभई नहुने खाँचोहरूका लागि तिनीहरूले मदत दिन सकून्; अनि तिनीहरूका जीवन निष्फल नहोस्।
TIT 3:15 मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन्। हामीलाई विश्‍वासमा प्रेम गर्ने सबैलाई हाम्रो अभिवादन भनिदेऊ। तिमीहरू सबैसँग अनुग्रह रहोस्!
PHM 1:1 ख्रीष्‍ट येशूको सुसमाचार प्रचार गरेको कारण कैदी पावल र हाम्रा भाइ तिमोथीबाट,
PHM 1:2 हाम्री बहिनी अफिया, हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरमा भेट हुने मण्डलीलाई:
PHM 1:3 हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!
PHM 1:4 जब म तिमीलाई प्रार्थनामा स्मरण गर्दछु, तब परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु;
PHM 1:5 किनकि म प्रभु येशूमा भएको तिम्रो विश्‍वास र सबै सन्तहरूप्रति भएको तिम्रो प्रेमको विषयमा सुन्दछु।
PHM 1:6 ख्रीष्‍टमा भएको हाम्रो प्रत्येक असल कुराको विषयमा तिमीलाई पूरा ज्ञान होस् भनेर तिम्रो विश्‍वासको बाँडचुँडमा तिमी सक्रिय बन भन्दै म प्रार्थना गर्दछु।
PHM 1:7 तिम्रो प्रेमले मलाई धेरै आनन्द र उत्साह दिएको छ; साथै हे मेरा भाइ, तिमीले सन्तहरूका हृदयलाई पनि यही प्रेमले ताजा बनाएका छौ।
PHM 1:8 यसकारण तिमीले जे गर्नुपर्नेथियो, सो गर्नू भनी ख्रीष्‍टमा साहसी भएर मैले तिमीलाई आज्ञा गर्न सक्नेथिएँ;
PHM 1:9 म, वृद्ध पावल, जो अहिले ख्रीष्‍ट येशूको कारण कैदी, प्रेमको आधारमा तिमीलाई बिन्ती मात्र गर्दछु।
PHM 1:10 म तिमीलाई मेरो छोरा ओनेसिमसको लागि बिन्ती गर्दछु, जो कैदमा हुँदा ख्रीष्‍टमा मेरो आत्मिक छोरा भए,
PHM 1:11 जो कुनै समय तिम्रो लागि बेकम्मा थिए, तर अब ऊ तिम्रो र मेरो निम्ति कामलाग्दो भएका छन्।
PHM 1:12 मैले उसलाई तिमीकहाँ पठाउँदैछु, जो मेरो हृदयको टुक्रासमान हुन्।
PHM 1:13 सुसमाचारको कारण म कैदमा हुँदा मलाई सघाउनलाई उसले तिम्रो स्थान लेओस् भनेर मैले उसलाई मसँग राख्न रुचाएको थिएँ;
PHM 1:14 तर तिमीले देखाएको कुनै पनि भलाइ करमा परेर होइन, तर स्वेच्छापूर्वक होस् भनेर मैले तिम्रो अनुमतिविना केही पनि गर्न चाहिनँ।
PHM 1:15 सायद ऊ केही समयको लागि तिमीदेखि अलग भएको कारणचाहिँ तिमीले उसलाई सधैँको लागि फेरि भेट्टाउनलाई होला।
PHM 1:16 दासको रूपमा होइन, तर दासभन्दा पनि अझ बढ्ता, एक प्रिय भाइजस्तै। ऊ मेरा निम्ति अति प्रिय छ, तर तिम्रो निम्ति ऊ एक मानिसको रूपमा र प्रभुमा एक भाइभन्दा पनि अझ प्रिय छ।
PHM 1:17 यसकारण यदि तिमीले मलाई एक साझेदार सम्झन्छौ भने तिमीले जस्तो मलाई स्वागत गर्नेथियौ, त्यस्तै गरी उसलाई पनि स्वागत गर।
PHM 1:18 यदि त्यसले तिम्रो केही हानि गरेको छ वा त्यो केही कुरामा तिमीप्रति ऋणी छ भने त्यो मेरो हिसाबमा राखिदेऊ।
PHM 1:19 म पावल, आफ्नै हातले यो लेख्दैछु। त्यो ऋण म स्वयम् तिरिदिनेछु। यो भनिरहनु नपर्ला कि तिमी आफैँ पनि मप्रति ऋणी छौ।
PHM 1:20 प्रिय भाइ, प्रभुको निम्ति मलाई तिमीबाट केही फाइदा होस् भनी म इच्छा गर्छु; ख्रीष्‍टमा मेरो हृदयलाई फेरि ताजा पारिदेऊ।
PHM 1:21 तिम्रो आज्ञाकारिताको कारण निश्‍चिन्त भएर मैले भनेको भन्दा बढी तिमीले गर्नेछौ भनी जानेर म यो लेख्दैछु।
PHM 1:22 अनि अझ अर्को कुरा, मेरा निम्ति एउटा पाहुनाकोठा तयार गरिराख; किनकि तिम्रो प्रार्थनाको उत्तरमा मैले तिमीकहाँ आइपुग्ने आशा राखेको छु।
PHM 1:23 ख्रीष्‍ट येशूमा मेरा सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्।
PHM 1:24 अनि यसरी नै मेरा सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन्।
PHM 1:25 प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिम्रो आत्मासँग रहोस्!
HEB 1:1 बितेका समयमा परमेश्‍वर हाम्रा पुर्खाहरूसँग धेरै पटक विभिन्‍न प्रकारले अगमवक्ताहरूद्वारा बोल्नुभयो;
HEB 1:2 तर यी अन्तिम दिनहरूमा चाहिँ उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराहरूको उत्तराधिकारी बनाउनुभएको हो, जसद्वारा उहाँले समस्त विश्‍वलाई पनि बनाउनुभयो।
HEB 1:3 पुत्रचाहिँ परमेश्‍वरको महिमाको चमक र उहाँ परमेश्‍वरकै स्वभावको दुरुस्त प्रतिरूप हुनुहुन्छ, र उहाँले आफ्नो शक्तिशाली वचनद्वारा सबै थोकहरू सम्हाल्नुहुन्छ। उहाँले पापहरूका लागि शुद्धीकरणको प्रबन्ध मिलाउनुभयो, र उहाँ स्वर्गमा महामहिमको दाहिने हातपट्टि विराजमान हुनुभयो।
HEB 1:4 यसकारण उहाँ स्वर्गदूतभन्दा उच्‍च हुनुभएको छ; अनि तिनीहरूभन्दा उहाँले उच्‍च नाम उत्तराधिकारस्वरूप पाउनुभएको छ।
HEB 1:5 स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभयो: “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु?” अथवा फेरि, “म तिनका पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्?”
HEB 1:6 परमेश्‍वरले आफ्ना प्रथम जन्मेकालाई संसारमा फेरि ल्याउनुहुँदा उहाँ भन्‍नुहुन्छ, “परमेश्‍वरका सारा स्वर्गदूतहरूले उहाँको आराधना गरून्।”
HEB 1:7 स्वर्गदूतहरूका विषयमा उहाँ भन्‍नुहुन्छ, “उहाँले आफ्ना स्वर्गदूतहरूलाई बतास, र आफ्ना सेवकहरूलाई आगोको ज्वाला बनाउनुहुन्छ।”
HEB 1:8 तर पुत्रको विषयमा उहाँ भन्‍नुहुन्छ, “हे परमेश्‍वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ; तपाईंको राज्यको राजदण्ड न्यायको राजदण्ड हुनेछ।
HEB 1:9 तपाईंले धार्मिकतालाई प्रेम र दुष्‍टतालाई घृणा गर्नुभयो; यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई तपाईंका सङ्गीहरूभन्दा उच्‍च पार्नुभएको छ र हर्षको तेलले अभिषेक गर्नुभएको छ।”
HEB 1:10 उहाँ यसो पनि भन्‍नुहुन्छ, “हे प्रभु, सुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो, र स्वर्ग तपाईंकै हातका काम हुन्।
HEB 1:11 तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ; तिनीहरू कपडाझैँ सबै फाटेर जानेछन्।
HEB 1:12 तपाईंले तिनीहरूलाई वस्त्रलाईझैँ लपेट्नुहुनेछ, वस्त्रझैँ ती बदली हुनेछन्। तर तपाईं एकैनास रहनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।”
HEB 1:13 स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्‍वरले कुनै समयमा यसो भन्‍नुभयो, “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस”?
HEB 1:14 तसर्थ के सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूलाई सेवा गर्न पठाइएका सेवा गर्ने आत्माहरू होइनन् र?
HEB 2:1 यसकारण हामीले जे सुनेका छौँ, त्यसमा विशेष ध्यान दिनुपर्छ, नत्रता हामी त्यसबाट तर्किजानेछौँ।
HEB 2:2 किनकि स्वर्गदूतहरूद्वारा बोलिएका सन्देश पक्‍का थियो; अनि यसलाई उल्‍लङ्घन गर्ने र अनाज्ञाकारी रहने सबैले परमेश्‍वरबाट उचित दण्ड पाए भने,
HEB 2:3 हामीले त झन् यति महान् मुक्तिको वास्ता राखेनौँ भने हामी कसरी उम्कौँला त? यो त्यही मुक्ति थियो, जसलाई पहिले प्रभुले घोषणा गर्नुभयो र उहाँलाई सुन्‍नेहरूले हाम्रा निम्ति यसको पुष्‍टि गरिदिए।
HEB 2:4 परमेश्‍वरले पनि अलौकिक चिन्हहरू, अद्‌भुत कार्यहरू, अनेकौँ अचम्मका कामहरू र उहाँको इच्छाद्वारा बाँडिएका पवित्र आत्माका वरदानहरूद्वारा त्यसलाई पक्‍का गर्नुभयो।
HEB 2:5 हामीले जुन आउने संसारको विषयमा कुरा गर्दैछौँ, त्यसलाई स्वर्गदूतहरूको अधीनमा राखिएन।
HEB 2:6 तर कसैले धर्मशास्त्रको कुनै एक ठाउँमा यसो भन्‍ने साक्षी दिएका छन्: “मानिस जाति के हो, र तपाईं त्यसको वास्ता गर्नुहुन्छ? अथवा मानिसको पुत्र के हो, र तपाईंले उसको फिक्री गर्नुहुन्छ?
HEB 2:7 तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभयो; तपाईंले तिनीहरूलाई महिमा र आदरको मुकुट पहिर्‍याउनुभयो;
HEB 2:8 सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो।” मानिसको अधीनमा सबै थोक राख्नुहुँदा उहाँको अधीनबाहिर केही रहन दिनुभएन; तर यस वर्तमान समयमा सबै थोक उहाँको अधीनमा भएको हामी देख्दैनौँ।
HEB 2:9 तर हामी येशूलाई देख्छौँ, जसलाई स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याइएको थियो, मृत्यु सहनुभएकोले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ; ताकि परमेश्‍वरको अनुग्रहद्वारा उहाँले हरेकको निम्ति मृत्यु चाखून्।
HEB 2:10 परमेश्‍वर, जसका निम्ति र जसद्वारा सबै कुरा अस्तित्वमा छन्, उहाँले नै धेरै सन्तानलाई महिमामा ल्याउनुहुँदा तिनीहरूका मुक्ति दिने येशूलाई कष्‍टहरूद्वारा सिद्ध तुल्याउन उचित लाग्यो।
HEB 2:11 मानिसहरूलाई पवित्र तुल्याउनुहुने येशू र पवित्र तुल्याइएकाहरू दुवै एउटै परिवारबाटका हुन्। यसकारण येशूले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरू भन्‍न शर्माउनुभएन।
HEB 2:12 उहाँ भन्‍नुहुन्छ; “मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई म तपाईंको नाम घोषणा गर्नेछु; सभाको उपस्थितिमा म तपाईंको प्रशंसा गाउनेछु।”
HEB 2:13 अनि फेरि, “उहाँमाथि म आफ्नो भरोसा राख्नेछु।” र उहाँ फेरि भन्‍नुहुन्छ, “हेर, म र परमेश्‍वरले मलाई दिनुभएका यी छोराछोरीहरू।”
HEB 2:14 छोराछोरीहरूका मासु र रगत भएको हुनाले उहाँले पनि तिनीहरूको जस्तै मानव रूप लिनुभयो, ताकि आफ्नो मृत्युद्वारा त्यो शैतानलाई, जससँग मृत्युको अधिकार छ, नष्‍ट पार्न सक्नुभएको होस्;
HEB 2:15 अनि जीवनभरि मृत्युको डर बोकेर दासत्वको बन्धनमा रहनेहरूलाई मुक्त गरियोस्।
HEB 2:16 किनकि उहाँले अवश्य नै स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका वंशलाई सहायता दिनुहुन्छ।
HEB 2:17 यसैकारण उहाँलाई हरकिसिमले आफ्ना भाइहरूझैँ हुनुपर्नेथियो; ताकि उहाँ परमेश्‍वरको सेवामा दयालु र विश्‍वासयोग्य प्रधान पुजारी बनून्; यसरी येशू मानिसहरूका पाप क्षमाको बलिदान हुनुभएको होस्।
HEB 2:18 किनभने उहाँ आफू परीक्षित हुनुहुँदा कष्‍ट भोग्नुभएकोले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ।
HEB 3:1 यसकारण हे स्वर्गीय बोलावटका सहभागी, प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले प्रेरित र प्रधान पुजारीको रूपमा स्वीकार गरेका हाम्रा येशूमा आफ्ना विचारहरू दृढतापूर्वक राखिदेओ।
HEB 3:2 जसरी मोशा परमेश्‍वरको घरमा विश्‍वासयोग्य थिए, त्यसरी नै येशू पनि आफूलाई नियुक्त गर्नुहुने परमेश्‍वरप्रति विश्‍वासयोग्य हुनुहुन्थ्यो।
HEB 3:3 घरको भन्दा घर बनाउनेको आदर बढी भएझैँ, येशू पनि मोशाभन्दा बढी आदरको योग्य ठहरिनुभएको छ।
HEB 3:4 किनकि प्रत्येक घर कसैले बनाएको हुन्छ; तर परमेश्‍वर नै हरेक थोकका निर्माता हुनुहुन्छ।
HEB 3:5 अनि भविष्यमा परमेश्‍वरले के भन्‍नुहुनेछ भनेर साक्षी दिँदै, “परमेश्‍वरको सम्पूर्ण परिवारमा मोशा सेवकझैँ विश्‍वासयोग्य थिए।”
HEB 3:6 तर परमेश्‍वरको सम्पूर्ण परिवारमा ख्रीष्‍टचाहिँ पुत्रको रूपमा विश्‍वासयोग्य हुनुहुन्छ। अनि साहसमा र हामीले गर्व गरेको आशामा अडिरह्‍यौँ भने हामी उहाँका परिवार हौँ।
HEB 3:7 यसकारण जसरी पवित्र आत्मा भन्‍नुहुन्छ: “आज तिमीहरूले उहाँको सोर सुन्यौ भने,
HEB 3:8 उजाडस्थानमा परीक्षाको समयमा तिमीहरू बागी भएझैँ, आफ्ना हृदयलाई कठोर नपार,
HEB 3:9 जहाँ चालीस वर्षसम्म मैले गरेका कामहरू देखेर पनि तिमीहरूका पुर्खाहरूले मलाई जाँच र परीक्षा गरेका थिए।
HEB 3:10 त्यसैकारण म त्यस पुस्तासँग रिसाएको थिएँ; अनि मैले भनेँ, ‘तिनीहरूका हृदय सधैँ बरालिन्छन्, र तिनीहरूले मेरा मार्गहरू जानेका छैनन्।’
HEB 3:11 यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ, ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्‍नेछैनन्।’ ”
HEB 3:12 यसकारण हे दाजुभाइ-दिदीबहिनीहरू हो, यसमा विचार गर, कि तिमीहरूसँग जीवित परमेश्‍वरदेखि टाढा रहने पापपूर्ण र अविश्‍वासी हृदय नहोस्।
HEB 3:13 तर “आजको दिन” रहँदा नै एक-अर्कालाई दिनहुँ ढाडस देओ, ताकि तिमीहरूमध्ये कोही पनि पापको छलद्वारा कठोर नबनोस्।
HEB 3:14 हामीसँग भएको आत्मविश्‍वासलाई दृढतापूर्वक अन्त्यसम्मै पक्रिराख्यौँ भने हामी ख्रीष्‍टका सहभागी भएका छौँ।
HEB 3:15 जसरी धर्मशास्त्रमा लेखिएको छ: “आज तिमीहरूले उहाँको सोर सुन्यौँ भने, तिमीहरू बागी हुँदा गरेझैँ आफ्ना हृदयलाई कठोर नबनाओ।”
HEB 3:16 सुनेर बागी हुने तिनीहरू को थिए? के तिनीहरू नै होइनन्, जसलाई मोशाले इजिप्टबाट डोर्‍याएर निकालेका थिए?
HEB 3:17 अनि उहाँ कोसँग चालीस वर्षसम्म रिसाउनुभएको थियो? के तिनीहरूसितै होइन र, जसले पाप गरे, र जसका शरीरहरू मरुभूमिमा नष्‍ट भए?
HEB 3:18 अनि परमेश्‍वरले उहाँको विश्राममा प्रवेश गर्नेछैनौ भनी कोसँग शपथ खानुभएको थियो, तिनीहरूसँग नै होइन र, जो अनाज्ञाकारी बने?
HEB 3:19 यसरी हामी देख्दछौँ, कि तिनीहरूका अविश्‍वासको कारणले तिनीहरू विश्राममा प्रवेश गर्न सकेनन्।
HEB 4:1 यसकारण परमेश्‍वरको विश्राममा पस्‍न पाउने प्रतिज्ञा अझै पनि रहेकोले तिमीहरूमध्ये कोही पनि वञ्चित हुन नपरोस् भनी हामी होसियार रहौँ।
HEB 4:2 किनकि तिनीहरूलाई झैँ हामीलाई पनि सुसमाचार प्रचार गरिएको हो, तर तिनीहरूले सुनेको सन्देश तिनीहरूलाई लाभदायक भएन; किनभने तिनीहरूले आज्ञापालन गर्नेहरूको जस्तो विश्‍वास गरेनन्।
HEB 4:3 तर हामी जतिले विश्‍वास गरेका छौँ, त्यस विश्राममा प्रवेश गरेका छौँ, जसरी परमेश्‍वरले भन्‍नुभएको छ: “यसैले मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा पस्‍नेछैनन्।’ ” किनकि उहाँका कामहरू त संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए।
HEB 4:4 तथापि धर्मशास्त्रमा परमेश्‍वरले सातौँ दिनको विषयमा यसरी वर्णन गर्नुभएको छ: “अनि सातौँ दिनमा उहाँले आफ्ना सबै कामबाट विश्राम लिनुभयो।”
HEB 4:5 फेरि यसै खण्डमा उहाँ भन्‍नुहुन्छ, “तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्‍नेछैनन्।”
HEB 4:6 यसकारण कतिपय त्यस विश्राममा प्रवेश गर्न बाँकी नै छ, जसलाई पहिले सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू प्रवेश गर्न पाएनन्; किनकि तिनीहरू अनाज्ञाकारी थिए।
HEB 4:7 यसकारण फेरि परमेश्‍वरले कुनै एउटा दिनलाई “आज” भनेर छुट्याउनुभयो, जब धेरै समयपछि उहाँले अगि भनिएकोझैँ दावीदद्वारा फेरि भन्‍नुभयो: “आज तिमीहरूले उहाँको सोर सुन्यौ भने, आफ्ना हृदयलाई कठोर नबनाओ।”
HEB 4:8 किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्‍वरले पछिबाट अर्को दिनको विषयमा भन्‍नुहुने थिएन।
HEB 4:9 यसकारण परमेश्‍वरका जनहरूका निम्ति शब्बाथको विश्राम बाँकी नै छ;
HEB 4:10 किनकि जसले परमेश्‍वरको विश्राममा प्रवेश गर्नेछन्, परमेश्‍वरले आफ्ना कामबाट विश्राम गरेझैँ तिनले पनि आफ्ना कामबाट विश्राम लिनेछन्।
HEB 4:11 यसकारण इस्राएलीहरूका अनाज्ञाकारिताको नमुना अपनाएर कोही पनि नष्‍ट हुन नपरोस् भनेर हामी त्यस विश्राममा प्रवेश गर्न भरमग्दूर प्रयत्न गरौँ।
HEB 4:12 किनकि परमेश्‍वरको वचन जीवित, क्रियाशील र कुनै पनि दुईधारे तरवारभन्दा धारिलो हुन्छ, जसले प्राण र आत्मालाई अनि जोर्नी-जोर्नी र हाडको मासीलाई समेत भाग-भाग गरेर वारपार छेडिदिन्छ, र हृदयका विचार र मनोवृत्तिको न्याय गर्छ।
HEB 4:13 सारा सृष्‍टिमा भएको कुनै पनि थोक परमेश्‍वरको सृष्‍टिबाट लुकेको छैन। हामीले आफ्नो हिसाब बुझाउनु पर्नेका आँखामा सबै थोकहरू खुला र उदाङ्गो हुन्छन्।
HEB 4:14 यसकारण आकाश छिचोलेर जानुहुने परमेश्‍वरका पुत्र येशू, महान् प्रधान पुजारी, हामीसँग हुनुभएकोले हामीले स्वीकार गरेको विश्‍वासलाई दृढतापूर्वक थामिराखौँ।
HEB 4:15 किनकि हामीसँग हाम्रा दुर्बलताहरूमा सान्त्वना दिन नसक्ने प्रधान पुजारी होइन, तर हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो हामीझैँ हरेक प्रकारले परीक्षित हुनुभएर पनि पापरहित हुनुहुन्छ।
HEB 4:16 यसकारण हामी आत्मविश्‍वासका साथ अनुग्रहको सिंहासनको नजिक जाऔँ, ताकि हाम्रा खाँचोहरूका समयमा हामीलाई दया र अनुग्रह प्राप्‍त होस्।
HEB 5:1 हरेक प्रधान पुजारी पापको लागि भेटीहरू र बलिदानहरू चढाउनलाई मानिसहरूमध्येबाट नै छानिएका हुन्छन्, र परमेश्‍वर सम्बन्धी कुराहरूमा मानिसहरूको प्रतिनिधित्व गर्न नियुक्त भएका हुन्छन्।
HEB 5:2 तिनी आफैँ पनि दुर्बलताको अधीनमा भएको हुनाले तिनले अनजान र बरालिएकाहरूसँग नम्रतापूर्वक व्यवहार गर्न सक्छन्।
HEB 5:3 यसैकारण तिनले आफ्नै पापको लागि र मानिसहरूको पापको लागि बलिदानहरू चढाउनुपर्छ।
HEB 5:4 अनि कसैले यो सम्मान आफैँ लिन सक्दैन, तर तिनलाई पनि हारूनलाई झैँ परमेश्‍वरको बोलावट भएपछि प्राप्‍त हुन्छ।
HEB 5:5 यसरी ख्रीष्‍टले पनि प्रधान पुजारी हुने महिमा आफैँले लिनुभएन, तर परमेश्‍वरले ख्रीष्‍टलाई भन्‍नुभयो: “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु।”
HEB 5:6 अनि अर्को ठाउँमा पनि उहाँ भन्‍नुहुन्छ, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सदासर्वदाको लागि पुजारी हौ।”
HEB 5:7 येशू यस संसारमा रहनुभएका दिनहरूमा, मृत्युदेखि बचाउन सक्नुहुनेलाई उहाँले जोडले कराएर आँसुसहित प्रार्थना र अन्तर्बिन्ती चढाउनुभयो; अनि उहाँको भक्तिपूर्ण समर्पणको कारण त्यो सुनुवाइ भयो।
HEB 5:8 उहाँ परमेश्‍वरका पुत्र हुनुभए तापनि उहाँले कष्‍ट सहनुभएर आज्ञाकारिता सिक्नुभयो।
HEB 5:9 एकपल्ट सिद्ध हुनुभएपछि उहाँका आज्ञा मान्‍नेहरू सबैको लागि अनन्त मुक्तिको स्रोत हुनुभयो;
HEB 5:10 अनि मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पुजारी नियुक्त हुनुभयो।
HEB 5:11 हामीलाई यस विषयमा भन्‍नुपर्ने कुराहरू धेरै नै छन्, तर यसलाई स्पष्‍टसँग बुझाउनु कठिन छ; किनकि तिमीहरू सिक्ने कुरामा ढिला छौ।
HEB 5:12 वास्तवमा अहिलेसम्म त तिमीहरू शिक्षकहरू भइसक्नुपर्ने थियो, तर तिमीहरूलाई त कसैले परमेश्‍वरको वचनका सुरुका शिक्षाहरू फेरि दोहोर्‍याएर सिकाउन खाँचो परेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूधै चाहिन्छ!
HEB 5:13 दूध मात्र पिएर बाँच्ने हरेक मानिस बालकझैँ हुने भएको हुनाले धार्मिकताको विषयको शिक्षामा अनभिज्ञ हुन्छ।
HEB 5:14 तर खँदिलो भोजनचाहिँ हुर्किएकाहरूका लागि हो, जसले निरन्तर अभ्यासद्वारा असल र खराब चिन्‍न सक्ने तालिम पाइसकेका हुन्छन्।
HEB 6:1 यसकारण ख्रीष्‍टसम्बन्धी सुरुका शिक्षाहरू त्यागेर परिपक्वतातर्फ बढौँ। मृत्युतिर लैजाने कर्महरूबाट पश्‍चात्ताप, परमेश्‍वरमाथिको विश्‍वास, बप्‍तिस्माको विषयमा निर्देशन, हात राख्ने कामहरू, मरेकाहरूको पुनरुत्थान र अनन्त न्यायका कुरा यी सुरुका शिक्षाहरूको जग फेरि नबसालौँ।
HEB 6:3 परमेश्‍वरले अनुमति दिनुभयो भने हामी यसो गर्नेछौँ।
HEB 6:4 जसले एकपल्ट स्पष्‍टसँग सत्य जानेर स्वर्गीय वरदान चाखे, पवित्र आत्मामा सहभागी भए;
HEB 6:5 अनि जसले परमेश्‍वरको वचनको भलाइ र आउँदो युगको शक्तिको स्वाद चाखे,
HEB 6:6 र पनि तिनीहरू पतित भए भने तिनीहरूलाई पश्‍चात्तापमा फिर्ता ल्याउन असम्भव हुन्छ; तिनीहरूले आफ्ना कामहरूद्वारा परमेश्‍वरको पुत्रलाई पुनः क्रूसमा टाँगेर खुल्‍लमखुल्‍ला उहाँको अपमान गर्छन्।
HEB 6:7 जुन जमिनले आफूमा बर्सिएको पानी सोसेर खनजोत गर्नेहरूका लागि उपयोगी अन्‍न उमार्छ, त्यसले परमेश्‍वरको आशिष् पाउँछ।
HEB 6:8 तर जुन जमिनले सिउँडी र काँडाहरू उमार्छ, त्यो विनाकामको भई श्राप पाउने जोखिममा रहन्छ, र अन्त्यमा त्यसलाई जलाइन्छ।
HEB 6:9 प्रिय मित्रहरू, हामीले यसरी बोले तापनि हामी तिमीहरूको विषयमा चाहिँ असल कुराहरूबारे निश्‍चित छौँ—ती कुराहरू, जो मुक्तिसँग सम्बन्धित छन्।
HEB 6:10 परमेश्‍वर अन्यायी हुनुहुन्‍न, तिमीहरूले परमेश्‍वरका जनहरूलाई सहायता गर्‍यौ र अझ गरिरहेर उहाँप्रति तिमीहरूको प्रेम देखाएकाले परमेश्‍वरले तिमीहरूका काम बिर्सनुहुनेछैन।
HEB 6:11 हामी चाहन्छौँ, तिमीहरूको आशा पक्‍का गर्नको लागि तिमीहरू हरेकले अन्त्यसम्म त्यस्तै परिश्रम देखाइरहो।
HEB 6:12 हामी तिमीहरू अल्छे भएका चाहँदैनौँ, तर तिनीहरूको देखासिकी गर्ने होओ, जसले विश्‍वास र धीरजद्वारा प्रतिज्ञा गरिएका थोकहरूको अधिकार पाए।
HEB 6:13 जब परमेश्‍वरले अब्राहामसँग प्रतिज्ञा गर्नुभयो, तब शपथ खानलाई अरू कुनै ठूलो नाम नभएकोले उहाँले आफ्नै नाममा शपथ खाएर यसो भन्‍नुभयो,
HEB 6:14 “म निश्‍चय तँलाई आशिष् दिएर धेरै सन्तान दिनेछु।”
HEB 6:15 अनि यसरी धैर्यसाथ प्रतीक्षा गरेपश्‍चात् अब्राहामले प्रतिज्ञा गरिएको थोक प्राप्‍त गरे।
HEB 6:16 मानिसहरूले आफूभन्दा ठूलाहरूको नाममा शपथ खान्छन्; अनि भनिएको कुरा पक्‍का हुन्छ र त्यहाँ कुनै तर्क गरिँदैन।
HEB 6:17 किनकि परमेश्‍वरले प्रतिज्ञाका हकदारहरूसित उहाँको बदली नहुने उद्देश्य स्पष्‍ट गर्न चाहनुभएकोले उहाँले यसलाई शपथद्वारा नै पक्‍का गर्नुभयो।
HEB 6:18 परमेश्‍वरले दिनुभएका यी दुई कुराहरू, उहाँको प्रतिज्ञा र शपथ, बदली हुन सक्दैन; किनकि परमेश्‍वरलाई झूट बोल्नु असम्भव छ। परमेश्‍वरले यसो गर्नुभयो, ताकि हामीलाई हाम्रो सामु राखिएको आशालाई दह्रो गरी पक्रिराख्न धेरै उत्साह मिलोस्।
HEB 6:19 यो आशा हाम्रो प्राणको लागि एउटा दृढ र सुरक्षित लङ्गरजस्तै हो, जुन आशा पर्दाभित्रको पवित्रस्थानमा प्रवेश गर्दछ,
HEB 6:20 जसमा हामीभन्दा पहिले येशू हाम्रा पक्षबाट प्रवेश गर्नुभएको छ; किनभने उहाँ मल्कीसेदेकको दर्जाबमोजिम सदासर्वदाको लागि प्रधान पुजारी हुनुभएको छ।
HEB 7:1 यिनै मल्कीसेदेक शालेमका राजा र सर्वोच्‍च परमेश्‍वरका पुजारी थिए। तिनले राजाहरूलाई जितेर फर्किरहेका अब्राहामलाई भेटेर आशिष् दिए;
HEB 7:2 अनि अब्राहामले तिनलाई हरेक कुराको दशांश दिए। मल्कीसेदेकको नामको अर्थ “धार्मिकताका राजा” र त्यसपछि, “शालेमका राजा” अर्थात् “शान्तिका राजा” हो।
HEB 7:3 तिनी आमाबुबाविना, वंशावलीविना, जीवनको सुरु र अन्त्यविना नै परमेश्‍वरका पुत्रसमान सदाकाल पुजारी भइरहनेछन्।
HEB 7:4 विचार मात्र गर, तिनी कति महान् थिए: कुलपिता अब्राहाम समेतले तिनलाई युद्धमा जितेका मालबाट दशांश दिए!
HEB 7:5 अब लेवी वंशबाट भएका पुजारीहरूले मात्र मानिसहरूबाट अथवा तिनीहरूका सङ्गी इस्राएलीहरूबाट दशांश उठाउन सक्छन् भनी व्यवस्थाले अनुमति दिन्छ। यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तानहरू हुन्;
HEB 7:6 यी मल्कीसेदेकचाहिँ लेवीको कुलबाट आएका होइनन्, तर पनि अब्राहामबाट दशांश लिए, र प्रतिज्ञा पाउनेलाई आशिष् दिए।
HEB 7:7 अनि सानो व्यक्तिले ठूलो व्यक्तिबाट आशिष् पाउँछन् भन्‍ने कुरामा कुनै शङ्का छैन।
HEB 7:8 एकातिर, दशांश मरेर जानेहरूले लिन्छन्; तर अर्कोतिर, दशांश तिनले लिन्छन्, जसलाई सदासर्वदा जीवित घोषणा गरिन्छ।
HEB 7:9 कसैले यसो पनि भन्‍न सक्छ, दशांश लिने लेवीले कुलपिता अब्राहामद्वारा दशांश दिए।
HEB 7:10 किनकि मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवीचाहिँ आफ्नो पुर्खाको शरीरभित्रै थिए।
HEB 7:11 परमेश्‍वरले इस्राएलीहरूलाई दिइएको व्यवस्थाको आधारमा यदि लेवीहरूको पुजारीपनद्वारा सिद्धता प्राप्‍त हुनसक्ने भए किन हारूनको दर्जाबमोजिम नभई, तर मल्कीसेदेकको दर्जाबमोजिम पुजारी आउने आवश्यकता पर्‍यो?
HEB 7:12 किनकि पुजारीपन बदली हुँदा व्यवस्था पनि बदली हुनुपर्छ।
HEB 7:13 जसको लागि यी कुराहरू भनिए, उहाँ त बेग्लै कुलको हुनुहुन्थ्यो, र त्यस कुलबाट कसैले कहिल्यै पुजारी भएर वेदीको सेवा गरेन।
HEB 7:14 किनकि यो स्पष्‍ट छ, हाम्रा प्रभु यहूदाको कुलबाट आउनुभयो, जुन कुलको विषयमा मोशाले पुजारी हुने कुरा गरेकै छैनन्।
HEB 7:15 यदि मल्कीसेदेकझैँ अर्को पुजारी उठ्ने हो भनेता हामीले जे भन्यौँ, त्यो अझ स्पष्‍ट हुन्छ;
HEB 7:16 उहाँ, जो पुर्ख्यौलीको नियमको आधारमा होइन, तर एउटा अविनाशी जीवनको शक्तिको आधारमा पुजारी हुनुभयो।
HEB 7:17 किनकि धर्मशास्त्रमा उहाँको बारेमा यो घोषणा भएको छ: “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सदासर्वदाको लागि पुजारी हौ।”
HEB 7:18 अगिल्‍लो नियम कमजोर र काम नलाग्ने भएकोले खारेज गरियो;
HEB 7:19 जसको साटो अझ उत्तम आशा उपस्थित गराइयो, जसद्वारा हामी परमेश्‍वरको नजिक जान्छौँ; किनकि व्यवस्थाले कुनै थोकलाई सिद्ध तुल्याएन।
HEB 7:20 अनि यो शपथविना भएन। अरूचाहिँ शपथविना नै पुजारी भए;
HEB 7:21 तर उहाँचाहिँ शपथसहित पुजारी हुनुभयो, जब परमेश्‍वरले उहाँलाई भन्‍नुभयो: “परमप्रभुले शपथ खानुभएको छ; अनि आफ्नो मन बदल्नुहुनेछैन: ‘तिमी सदासर्वदाको लागि पुजारी हौ।’ ”
HEB 7:22 यस शपथको कारण येशू करारको अझ उत्तम जमानी हुनुभयो।
HEB 7:23 संख्यामा अरू धेरै पुजारीहरू थिए, तर मृत्युको कारणले तिनीहरूलाई निरन्तर पुजारीको काम गरिरहन दिएन।
HEB 7:24 तर येशूचाहिँ सधैँ बाँचिरहनुहुने हुनाले उहाँको पुजारीपन अनन्तको लागि नै छ।
HEB 7:25 यसकारण जति जना उहाँद्वारा परमेश्‍वरमा आउँछन्, तिनीहरूलाई सदासर्वदा पूर्णतया बचाउन सक्नुहुन्छ; किनकि तिनीहरूको मध्यस्थता गर्न उहाँ सधैँ जिउनुहुन्छ।
HEB 7:26 यस्ता प्रधान पुजारीले नै हाम्रा खाँचोहरू पूरा गर्नुहुन्छ। जो पवित्र, दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिएका स्वर्गहरूभन्दा माथि उच्‍च पारिनुभएको छ।
HEB 7:27 अरू प्रधान पुजारीहरूलाई जस्तो पहिले आफ्नै पापहरूको लागि, र मानिसहरूका पापहरूको लागि दिनहुँ बलिदान चढाइरहने आवश्यकता उहाँलाई पर्दैन। उहाँले आफूलाई अर्पण गरेर एकैपल्ट सदाको लागि तिनीहरूका पापको बलिदान दिनुभयो।
HEB 7:28 किनकि व्यवस्थाले कमजोरी भएका मानिसहरूलाई प्रधान पुजारी नियुक्त गर्छ, तर व्यवस्थापछि आएको शपथले परमेश्‍वरको पुत्रलाई नियुक्त गर्‍यो, जो सदासर्वदाको लागि सिद्ध तुल्याइनुभएको छ।
HEB 8:1 हामीले भन्‍न चाहेको मुख्य कुरा यही हो: हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो स्वर्गमा महामहिमको सिंहासनको दाहिने हाततिर विराजमान हुनुहुन्छ।
HEB 8:2 ती प्रधान पुजारीले साँचो पवित्र वासस्थानमा सेवा गर्नुहुन्छ, जुन वासस्थान मानिसले होइन, तर प्रभुले नै निर्माण गर्नुभएको हो।
HEB 8:3 हरेक प्रधान पुजारी भेटी र बलिदानहरू चढाउनको लागि नियुक्त गरिएको हुन्छ; अनि यी प्रधान पुजारीसँग पनि चढाउनको लागि केही हुनुपर्थ्यो।
HEB 8:4 यदि उहाँ संसारमा हुनुभएको भए उहाँ पुजारी हुनुहुनेथिएन; किनकि व्यवस्थाले तोकिदिएअनुसार भेटी चढाउनलाई त पुजारीहरू छँदैछन्।
HEB 8:5 तिनीहरूले एउटा पवित्रस्थानमा सेवा गर्दछन्, जुनचाहिँ स्वर्गमा भएका कुराको नक्‍कल र छाया मात्र हुन्। यसैकारण मोशाले पवित्र वासस्थान बनाउन लाग्दा तिनलाई यसरी चेतावनी दिइएको थियो: “हेर, तँलाई पर्वतमा देखाइएको नमुनाअनुसार नै हरेक कुरा बनाउनू।”
HEB 8:6 वास्तवमा येशूले पाउनुभएको सेवा पुरानोभन्दा उच्‍च दर्जाको छ; किनकि नयाँ करार अझ उत्तम प्रतिज्ञामा स्थापित भएकोले उहाँले मध्यस्थ गरेको करार पनि त्यो पुरानो करारभन्दा उच्‍च दर्जाको छ।
HEB 8:7 किनकि यदि त्यो पहिलो करार दोषरहित भएको भए अर्को करारको खाँचो हुनेथिएन।
HEB 8:8 तर परमेश्‍वरले मानिसहरूमा दोष भेटेर भन्‍नुभयो: “यस्ता दिनहरू आउनेछन्, प्रभु घोषणा गर्नुहुन्छ, जब म इस्राएलका मानिसहरू र यहूदाका मानिसहरूसँग नयाँ करार स्थापित गर्नेछु।
HEB 8:9 यो त्यस करारजस्तै हुनेछैन, जुन करार मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेँ; जब मैले तिनीहरूलाई हात समातेर इजिप्टबाट डोर्‍याएर ल्याएको थिएँ; किनकि तिनीहरू मेरा करारप्रति विश्‍वासयोग्य भएनन्, अनि म तिनीहरूदेखि विमुख भएँ, प्रभु घोषणा गर्नुहुन्छ।
HEB 8:10 त्यसपछि म इस्राएलका मानिसहरूसँग यो करार बाँध्नेछु, प्रभु घोषणा गर्नुहुन्छ। म आफ्नो व्यवस्था तिनीहरूका मनमा राखिदिनेछु र ती तिनीहरूका हृदयमा लेखिदिनेछु। म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन्।
HEB 8:11 अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाई अथवा एक-अर्कालाई, ‘प्रभुलाई चिन’ भनी सिकाउनेछैन; किनकि सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्‍नेछन्।
HEB 8:12 किनकि म तिनीहरूका दुष्‍टता क्षमा गरिदिनेछु, र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।”
HEB 8:13 यस करारलाई “नयाँ” भनेर उहाँले पहिलोलाई चाहिँ काम नलाग्ने तुल्याउनुभयो; अनि जुन काम नलाग्ने र थोत्रो हुन्छ, त्यो चाँडै हराएर जानेछ।
HEB 9:1 अब परमेश्‍वरले इस्राएलीहरूसँग बाँध्नुभएको पहिलो करारमा आराधनाको नियम र आराधना गर्ने सांसारिक पवित्रस्थान पनि थियो।
HEB 9:2 यसरी वासस्थान तयार भयो। वासस्थानको पहिलो भागमा (पहिलो पर्दाको पछाडि) सामदान थियो, र पवित्र रोटी राखिएको टेबुल थियो; जसलाई पवित्रस्थान भनिन्थ्यो।
HEB 9:3 दोस्रो पर्दाको पछाडि अर्को भाग थियो; जसलाई महा-पवित्रस्थान भनिन्थ्यो,
HEB 9:4 जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्दुक थियो। यस सन्दुकमा मन्‍न राखिएको सुनको भाँडो, कोपिला लागेको हारूनको लहुरो र करारका शिलापाटीहरू थिए।
HEB 9:5 सन्दुकमाथि पाप क्षमाको ठाउँको ढकनीमा छाया पारिरहेका महिमाका करूबहरू थिए, तर हामी यी कुराहरू अहिले विस्तारपूर्वक व्याख्या गर्न सक्दैनौँ।
HEB 9:6 यसरी यी सबै थोक मिलाइएपछि पुजारीहरू आफ्ना सेवा गर्नलाई नियमित रूपले पवित्रस्थानको पहिलो भागमा प्रवेश गर्दथे।
HEB 9:7 तर दोस्रो भागमा चाहिँ प्रधान पुजारी मात्र वर्षमा एकपल्ट प्रवेश गर्दथे, रगतविना कहिल्यै पनि होइन, जुन रगतचाहिँ तिनले आफ्नै लागि र मानिसहरूले अज्ञानतामा गरेका पापहरूको निम्ति चढाउनलाई जान्थे।
HEB 9:8 यसबाट पवित्र आत्माले यो देखाइरहनुभएको थियो, कि पहिलो वासस्थान अस्तित्वमा रहुन्जेल महा-पवित्रस्थानमा जाने बाटो देखाइएको थिएन।
HEB 9:9 अहिलेको समयको लागि यो एउटा दृष्‍टान्त हो, जसले यो सङ्केत गर्दछ, कि चढाइएका भेटी र बलिदानहरूले आराधना गर्नेको विवेकलाई शुद्ध गर्न सकेनन्।
HEB 9:10 ती नयाँ सुधारको समय नआएसम्म खानेकुरा र पिउने कुरा हुन्, र विभिन्‍न विधिका शुद्धीकरणका बाहिरी नियम मात्र हुन्।
HEB 9:11 यहाँ पहिलेदेखि नै स्थापना भएका असल व्यवस्थाहरूको प्रधान पुजारीको रूपमा जब ख्रीष्‍ट आउनुभयो, तब उहाँ अझ महान् र सिद्ध वासस्थानद्वारा जानुभयो, जुनचाहिँ मानिसले बनाएको होइन, अर्थात् जुन वासस्थान यो सृष्‍टिको भाग होइन।
HEB 9:12 उहाँ बोका र बाछाहरूको रगत लिएर प्रवेश गर्नुभएन, तर आफ्नै रगत लिएर सधैँको लागि एकैपल्ट महा-पवित्रस्थानमा प्रवेश गर्नुभयो, र हाम्रो लागि अनन्त उद्धार प्राप्‍त गर्नुभयो।
HEB 9:13 बोका, साँढेहरूको रगत र कोरलीको खरानी अशुद्ध मानिसहरूमा छर्किंदा तिनीहरू बाहिरी रूपमा शुद्ध हुन्छन् भने,
HEB 9:14 झन् आफूलाई परमेश्‍वरमा अनन्त आत्माद्वारा निष्खोट अर्पण गर्नुहुने ख्रीष्‍टको रगतले मृत्युमा लैजाने पाप कर्महरूदेखि हाम्रा विवेकलाई कति बढी शुद्ध पार्ला ताकि हामीले जीवित परमेश्‍वरको सेवा गर्न सकौँ।
HEB 9:15 यसकारण ख्रीष्‍ट नयाँ करारको मध्यस्थकर्ता हुनुहुन्छ, ताकि बोलाइएकाहरूले अनन्तको उत्तराधिकार पाऊन् अर्थात् मानिसहरूले पहिलो करार अन्तर्गत गरेका पापहरूबाट छुटकारा पाऊन् भनेर उहाँ छुटकाराको मोल भई मर्नुभएको छ।
HEB 9:16 इच्छापत्रको विषयमा चाहिँ यसलाई बनाउनेको मृत्यु प्रमाणित भएको हुनुपर्छ;
HEB 9:17 किनकि कोही मरेपछि मात्र इच्छापत्र प्रयोगमा आउँछ; यसलाई बनाउने जीवित रहुन्जेल त्यो कहिल्यै पनि प्रयोगमा आउँदैन।
HEB 9:18 यसैकारण पहिलो करार पनि रगतविना कार्यान्वयन भएको थिएन।
HEB 9:19 जब मोशाले सबै मानिसहरूलाई व्यवस्थाको हरेक आज्ञा घोषणा गरे, तब तिनले पानी, रातो ऊन र हिसपका हाँगाहरूसित बाछाहरूको रगत लिए, र त्यो चर्मपत्र र सबै मानिसहरूमाथि छर्किदिए।
HEB 9:20 तिनले भने, “यो करारको रगत हो, जुनचाहिँ परमेश्‍वरले तिमीहरूलाई पालन गर्नू भनेर आज्ञा दिनुभएको छ।”
HEB 9:21 यस्तै प्रकारले तिनले वासस्थान र विधिहरूमा प्रयोग गरिने हरेक थोकमाथि रगत छर्के।
HEB 9:22 वास्तवमा व्यवस्थाअनुसार प्रायः हरेक थोक नै रगतद्वारा शुद्ध गरिनुपर्छ; अनि रगत नबगाईकन पाप क्षमा नै हुँदैन।
HEB 9:23 तब यी बलिदानहरूले स्वर्गीय चीजहरूका नक्‍कलहरूलाई शुद्ध हुनु खाँचो परेको थियो भने स्वर्गकै कुरालाई शुद्ध पार्न त अझ उत्तम बलिको आवश्यकता पर्‍यो।
HEB 9:24 किनकि ख्रीष्‍ट मानिसद्वारा बनिएको वासस्थानमा प्रवेश गर्नुभएन, जुन साँचो पवित्रस्थानको नक्‍कल थियो, तर स्वर्गमा प्रवेश गर्नुभयो, त्यसैले अब हाम्रो लागि परमेश्‍वरको उपस्थितिमा देखा पर्नुहुन्छ।
HEB 9:25 हरेक वर्ष प्रधान पुजारी अरूको रगत लिएर महा-पवित्रस्थानभित्र प्रवेश गरेजस्तै उहाँ आफूलाई बारम्बार अर्पण गर्न स्वर्गमा प्रवेश गर्नुभएन।
HEB 9:26 त्यसो भएको भए ख्रीष्‍टले संसारको सृष्‍टिदेखि नै धेरैपल्ट कष्‍ट भोग्नुपर्नेथियो; तर अब उहाँ आफ्नै बलिदानद्वारा पाप हरण गर्नलाई यस युगको अन्त्यमा एकैचोटि सदाको लागि देखा पर्नुभएको छ।
HEB 9:27 जसरी मानिसले एकपल्ट मर्नु निश्‍चित छ, र त्यसपछि न्यायको सामना गर्नुपर्छ;
HEB 9:28 त्यसरी नै ख्रीष्‍ट पनि धेरैको पाप उठाइलैजान एकैपल्ट बलिदान हुनुभयो; अनि दोस्रोपल्ट देखा पर्नुहुँदा पाप बोक्न होइन, तर उहाँको प्रतीक्षा गर्नेहरूलाई मुक्ति ल्याउन आउनुहुनेछ।
HEB 10:1 व्यवस्था केवल आउने असल कुराहरूको छाया मात्र हो; यो आफैँमा वास्तविकता होइन। यसैकारण यसले एकै किसिमको बलिदान अन्त्य नहुने गरी हरेक वर्ष दोहोर्‍याइएकोले आराधनाको नजिक आउनेहरूलाई सिद्ध तुल्याउन सक्दैन।
HEB 10:2 यदि सक्ने भए के ती चढाइन रोकिने थिएनन् र? किनकि आराधना गर्नेहरू सधैँको निम्ति शुद्ध भइसक्नेथिए, र फेरि कहिल्यै तिनीहरूका पापहरूको लागि दोषी ठहरिने थिएनन्।
HEB 10:3 तर ती बलिदानहरू पापका वार्षिक सम्झना मात्र हुन्;
HEB 10:4 किनकि बोका र साँढेहरूको रगतले पाप हटाउन असम्भव छ।
HEB 10:5 यसकारण संसारमा आउनुहुँदा ख्रीष्‍टले भन्‍नुभयो: “बलिदान र भेटी तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्ति एउटा शरीर चढाउनको लागि तयार पारिदिनुभयो।
HEB 10:6 होमबलिहरू र पाप शुद्धीकरणको बलिहरूमा तपाईं प्रसन्‍न हुनुभएन।
HEB 10:7 तब मैले भनेँ, ‘म यहाँ छु, यो कुरा पवित्र शास्त्रमा लेखिएको छ। हे परमेश्‍वर, म तपाईंको इच्छा पूरा गर्न आएको छु।’ ”
HEB 10:8 पहिला उहाँले भन्‍नुभयो, “बलिदान र भेटी, होमबलि र पाप शुद्धीकरणको बलिहरू तपाईंले चाहनुभएन; न त तपाईं तिनीहरूदेखि प्रसन्‍न हुनुभयो”, यद्यपि ती व्यवस्थाले चढाउन भन्दछ।
HEB 10:9 तब उहाँले भन्‍नुभयो, “म यहाँ छु, म तपाईंकै इच्छा पूरा गर्न आएको छु।” पहिलोलाई खारेज गर्न उहाँले दोस्रोलाई स्थापित गर्नुभयो।
HEB 10:10 अनि उहाँको इच्छाद्वारा येशू ख्रीष्‍टको शरीरको एकपल्टको बलिदानद्वारा हामी सधैँको लागि पापबाट पवित्र पारिएका छौँ।
HEB 10:11 पुरानो करारमा हरेक पुजारीले दिनहुँ उभिएर आफ्नो धार्मिक कर्तव्यहरू गर्छन्; घरी-घरी तिनले एकै किसिमका बलिदानहरू चढाउँछन्, जसले कहिल्यै पाप हटाउन सक्दैन।
HEB 10:12 तर जब यी प्रधान पुजारीले सधैँको लागि पाप क्षमाको लागि एउटै बलिदान चढाउनुभयो, तब उहाँ परमेश्‍वरको दाहिने हातपट्टि विराजमान हुनुभयो;
HEB 10:13 त्यस बेलादेखि नै आफ्ना शत्रुहरूलाई आफ्ना पाउदान बनिऊन् भनेर उहाँ पर्खनुहुन्छ;
HEB 10:14 किनकि जो पवित्र तुल्याइँदैछन्, उहाँले तिनीहरूलाई एउटै बलिदानले सदाको निम्ति सिद्ध पार्नुभएको छ।
HEB 10:15 यस विषयमा पवित्र आत्माले पनि साक्षी दिनुहुन्छ; उहाँ भन्‍नुहुन्छ:
HEB 10:16 “त्यसपछि म तिनीहरूसित यो करार बाँध्नेछु, प्रभु भन्‍नुहुन्छ, म आफ्नो व्यवस्था तिनीहरूका हृदयमा राखिदिनेछु, र म ती तिनीहरूका मनमा लेखिदिनेछु।”
HEB 10:17 तब उहाँ फेरि भन्‍नुहुन्छ: “म तिनीहरूका पाप र कुकर्महरू फेरि सम्झनेछैनँ।”
HEB 10:18 अनि जब यी क्षमा हुन्छन्, तब पाप क्षमाको लागि कुनै बलिदान आवश्यक पर्दैन।
HEB 10:19 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, हामीलाई येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र पस्‍ने आत्मविश्‍वास प्राप्‍त भएको छ;
HEB 10:20 येशूले हाम्रो निम्ति एउटा नयाँ र जीवन दिने मार्ग खोलिदिनुभएको छ, अर्थात् त्यस पर्दाद्वारा, जो उहाँको शरीर हो।
HEB 10:21 परमेश्‍वरको परिवारमा हामीसँग एक जना प्रधान पुजारी हुनुभएकोले,
HEB 10:22 हामी विश्‍वासको निश्‍चयताले भरिएको निष्कपट हृदयहरू लिएर परमेश्‍वरको नजिक जाऔँ। किनकि हाम्रो दोषी विवेकलाई शुद्ध पार्नका निम्ति येशूको रगतले छर्किएको छ र हाम्रो शरीरलाई शुद्ध पानीले धोइएको छ।
HEB 10:23 प्रतिज्ञा गर्नुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुभएको हुनाले हामीले अपनाएको आशालाई दृढतासाथ पक्रिराखौँ।
HEB 10:24 अनि एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति उत्साहित गराउने कुरामा विचार गरौँ।
HEB 10:25 कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ सङ्गतिमा एकसाथ भेला हुन नछोडौँ; तर प्रभुको पुनरागमन नजिक आइरहेकोले हामी एउटाले अर्कोलाई साहस दिइरहौँ।
HEB 10:26 यदि हामीले स्पष्‍टसँग सत्य बुझेर पनि जानाजानी पाप गरिरहन्छौँ भने त पापहरूको लागि कुनै बलिदान बाँकी रहनेछैन,
HEB 10:27 तर परमेश्‍वरका शत्रुहरूलाई भस्म पार्ने आगो र डरलाग्दो न्यायको प्रतीक्षा मात्र रहनेछ।
HEB 10:28 मोशाको व्यवस्था इन्कार गर्ने जोसुकै पनि दया नपाई दुई वा तीन साक्षीको गवाहीद्वारा मरे।
HEB 10:29 त्यसो भए झन् परमेश्‍वरको पुत्रलाई खुट्टामुनि कुल्चने, आफूलाई पवित्र तुल्याएको करारको रगतलाई अपवित्र वस्तु ठान्‍ने र अनुग्रहको आत्मालाई अपमानित गर्नेको सजाय झन् कति कठोर होला?
HEB 10:30 तर यसो भन्‍नुहुने परमेश्‍वरलाई हामी चिन्छौँ, “बदला लिने काम मेरो हो; म बदला लिनेछु,” अनि फेरि “प्रभुले आफ्ना जातिको न्याय गर्नुहुनेछ।”
HEB 10:31 जिउँदो परमेश्‍वरको हातमा पर्नु डरलाग्दो कुरा हो।
HEB 10:32 पहिलेका ती दिनहरूलाई सम्झ, जब तिमीहरूले स्पष्‍टसँग सत्य बुझेपछि कसरी कष्‍टहरू बीचको सङ्घर्षमा स्थिर रहेका थियौ।
HEB 10:33 कुनै बेला तिमीहरूलाई कति पटक अपमान गरिएको र सताइएको थियो भने अरू बेलाचाहिँ तिमीहरू त्यस्ता व्यवहार गरिएकाहरूको साथमा काँधमा काँध मिलाएर उभिएका थियौ।
HEB 10:34 तिमीहरूले कैदमा हुनेहरूसँग सहानुभूति देखाएका थियौ, र आफ्ना सम्पत्ति खुशीसाथ लुटिन दिएका थियौ; किनकि तिमीहरूसित अझ उत्तम र स्थायी सम्पत्ति छन् भनी तिमीहरूले जानेका थियौ।
HEB 10:35 यसकारण आफ्नो आत्मविश्‍वास नत्याग, जसमा ठूलो प्रतिफल छ।
HEB 10:36 तिमीहरूले स्थिर भइरहनु खाँचो छ; किनकि तिमीहरूले परमेश्‍वरको इच्छा पूरा गरिसकेपछि उहाँले प्रतिज्ञा गर्नुभएको कुरा प्राप्‍त गर्नेछौ।
HEB 10:37 किनकि धर्मशास्त्रमा लेखिएको छ, अब केही बेरमा, “उहाँ, जो आउँदैहुनुहुन्छ, आउनुहुनेछ, विलम्ब गर्नुहुनेछैन।”
HEB 10:38 र, “तर मेरो धर्मी जनचाहिँ विश्‍वासद्वारा नै जिउनेछ। अनि जो पछि हट्छ, म ऊसँग प्रसन्‍न हुनेछैनँ।”
HEB 10:39 तर हामीचाहिँ पछि हट्ने र नष्‍ट हुनेमध्येका होइनौँ, तर विश्‍वासद्वारा हाम्रो प्राण बचाइएकाहरू मध्येका हौँ।
HEB 11:1 अब विश्‍वासचाहिँ हामीले गरेको आशाको निश्‍चयता र हामीले नदेखेका कुराको दृढ भरोसा हो।
HEB 11:2 यही विश्‍वासद्वारा प्राचीन कालका मानिसहरूको प्रशंसा भएको थियो।
HEB 11:3 विश्‍वासैद्वारा हामी बुझ्दछौँ, कि परमेश्‍वरको वचनले विश्‍व बनियो, र देखिने कुराहरू नदेखिने थोकहरूबाट बनिए।
HEB 11:4 विश्‍वासैद्वारा हाबिलले परमेश्‍वरलाई कयिनले भन्दा उत्तम बलिदान चढाए। परमेश्‍वरले तिनको भेटीको विषयमा असल कुरा भन्‍नुहुँदा विश्‍वासैबाट तिनले धर्मी मानिस हुन् भन्‍ने प्रशंसा पाए। तिनी मरेर गए, तापनि तिनी विश्‍वासैद्वारा अझ बोलिरहेका छन्।
HEB 11:5 विश्‍वासद्वारा नै हनोक मृत्युको अनुभव नगरी उठाइए: “अनि तिनी फेला परेनन्; किनकि परमेश्‍वरले नै तिनलाई उठाइलैजानुभयो;” किनकि तिनी उठाइनुअगि नै तिनले परमेश्‍वरलाई खुशी पार्ने व्यक्तिको रूपमा प्रशंसा पाएका थिए।
HEB 11:6 विश्‍वासविना परमेश्‍वरलाई खुशी पार्न असम्भव छ; किनकि जो परमेश्‍वरकहाँ आउँछ, त्यसले उहाँ हुनुहुन्छ अनि उहाँलाई खोज्नेहरूलाई पुरस्कार दिनुहुन्छ भनी विश्‍वास गर्नुपर्छ।
HEB 11:7 विश्‍वासैद्वारा नोआले नदेखेका कुराहरूको विषयमा चेतावनी पाउँदा आफ्नो परिवारलाई बचाउनको लागि आदरको भयमा एउटा जहाज बनाए। आफ्नो विश्‍वासद्वारा तिनले संसारलाई दोषी ठहराए, र विश्‍वासैद्वारा धार्मिकताका उत्तराधिकारी भए।
HEB 11:8 विश्‍वासैद्वारा अब्राहामले उनलाई जानू भनेको ठाउँमा आज्ञाकारी भएर गए, जुन ठाउँ पछिबाट मात्रै उत्तराधिकारको रूपमा प्राप्‍त हुनेवाला थियो। यद्यपि तिनी कहाँ जानुपर्ने हो, सो थाहा थिएन।
HEB 11:9 विश्‍वासैद्वारा परदेशीझैँ भएर तिनी प्रतिज्ञाको देशमा रहे, तिनी इसहाक र याकोबसँग पालमा बसे; जो तिनीजस्तै त्यही प्रतिज्ञाका उत्तराधिकारीहरू थिए।
HEB 11:10 किनकि तिनले स्थायी जग भएको सहरलाई हेरिरहेका थिए, जसको रचनाकार र निर्माता परमेश्‍वर नै हुनुहुन्छ।
HEB 11:11 साराको गर्भधारण गर्ने उमेर गइसकेको भए तापनि विश्‍वासैद्वारा तिनले गर्भधारण गर्ने क्षमता प्राप्‍त गरिन्; किनकि प्रतिज्ञा दिनुहुने विश्‍वासयोग्य हुनुहुन्छ भनी तिनले विश्‍वास गरिन्।
HEB 11:12 यसरी नै यी एक जना मानिस, जो मरेतुल्य भए तापनि यिनैबाट आकाशका अनगन्ती ताराहरू र समुद्रका किनारका बालुवाझैँ असंख्य सन्तान भए।
HEB 11:13 यी सबै मानिसहरू मृत्युसम्म विश्‍वासमै बाँचेका थिए। तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू पाएनन्, तर तिनीहरूले टाढैबाट देखेर स्वागत गरे; किनकि तिनीहरू यस संसारमा बिराना र परदेशी हुन् भनी तिनीहरूले मानिलिए।
HEB 11:14 यस्ता कुराहरू गर्ने मानिसहरूले यो देखाउँछन्, कि तिनीहरूले त्यो देशको खोजी गरिरहेका छन्, जो तिनीहरूको आफ्नै थियो।
HEB 11:15 यदि तिनीहरूले आफूले छोडेर आएको देश नै सम्झिरहेको भए, तिनीहरूलाई फर्किजाने मौका मिल्नेथियो।
HEB 11:16 यसको सट्टामा तिनीहरूले त अझ उत्तम देश अर्थात् स्वर्गीय देशको प्रतीक्षा गरिरहेका थिए। यसकारण परमेश्‍वर तिनीहरूका परमेश्‍वर हुँ भन्‍न शर्माउनुभएन; किनकि उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार गरिदिनुभएको छ।
HEB 11:17 विश्‍वासैद्वारा अब्राहामले, तिनको परमेश्‍वरद्वारा जाँच हुँदा इसहाकलाई बलिदानको रूपमा चढाइहालेका थिए। अब्राहाम, जसले प्रतिज्ञालाई अँगालेका थिए, तिनैले आफ्नो एउटै पुत्रलाई बलिदान चढाउन तयार भएका थिए;
HEB 11:18 यद्यपि परमेश्‍वरले तिनलाई भन्‍नुभएको थियो, “इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।”
HEB 11:19 परमेश्‍वरले मरेकाहरूलाई पनि जीवित पार्न सक्नुहुन्छ भनी अब्राहामले तर्क गरेर सोचे, र एक अर्थमा इसहाकलाई मृत्युबाट फिर्ता पाए।
HEB 11:20 विश्‍वासैद्वारा इसहाकले याकोब र एसावलाई तिनीहरूका भविष्यबारे आशिष् दिए।
HEB 11:21 विश्‍वासैद्वारा याकोबले आफू मर्ने बेलामा र आफ्नो लहुरोको टुप्पोमा अडेस लागेर योसेफका दुवै छोरालाई आशीर्वाद दिए।
HEB 11:22 विश्‍वासैद्वारा योसेफले पनि आफ्नो अन्त्य नजिक आइपुग्दा इस्राएलीहरू इजिप्टबाट निस्केर आउने कुरा गरे, र आफ्ना हड्डीहरू गाड्ने विषयमा निर्देशन दिए।
HEB 11:23 विश्‍वासैद्वारा मोशाका आमाबुबाले तिनी जन्मेपछि तीन महिनासम्म लुकाइ राखे; किनकि तिनीहरूले बालक असाधारण भएको देखे, र तिनीहरूले राजाको हुकुमदेखि डर मानेनन्।
HEB 11:24 विश्‍वासैद्वारा मोशाले, जवान भएपछि फारोकी छोरीको छोरा कहलाइन अस्वीकार गरे।
HEB 11:25 पापको सुख केही समयसम्म भोग्नुभन्दा परमेश्‍वरका जनहरूसित थिचोमिचोमा पर्न तिनी राजी भए।
HEB 11:26 इजिप्टको धनसम्पत्तिभन्दा ख्रीष्‍टको निम्ति निन्दित हुन तिनले बढ्ता मूल्यको सम्झे; किनकि तिनले आफ्नो दृष्‍टिलाई पछि प्राप्‍त हुने प्रतिफलतिर लगाएका थिए।
HEB 11:27 विश्‍वासैद्वारा तिनले राजाको रिसको डरै नमानी इजिप्ट देशलाई त्यागे; किनकि अदृश्य हुनुहुने परमेश्‍वरलाई देखेर तिनी स्थिर रहिरहे।
HEB 11:28 पहिले जन्मेकोलाई नाश गर्नेले इस्राएलका पहिले जन्मेकाहरूलाई छुन नपाऊन् भनेर तिनले विश्‍वासद्वारा निस्तार चाडको विधि पालन गरे र रगतको प्रयोग गरे।
HEB 11:29 विश्‍वासैद्वारा मानिसहरूले लाल समुद्र सुक्खा जमिनझैँ तरे; तर जब इजिप्टियनहरूले त्यसै गर्न खोज्दा, तिनीहरू डुबेर मरे।
HEB 11:30 सात दिनसम्म सेनाहरूले यरीहोको परिक्रमा गरेपछि विश्‍वासैद्वारा पर्खालहरू ढले।
HEB 11:31 विश्‍वासैद्वारा राहाब वेश्या ती अनाज्ञाकारीहरूसित मारिइनन्; किनकि तिनले ती जासुसहरूलाई स्वागत गरेकी थिइन्।
HEB 11:32 अनि अझ बढ्ता म के भनूँ? गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दावीद, शमूएल र अगमवक्ताहरू यी सबैको विषयमा बयान गरिरहने समय मसित छैनँ।
HEB 11:33 उनीहरूले विश्‍वासैद्वारा राज्यहरू जिते, न्याय दिए, प्रतिज्ञा गरिएका थोकहरू प्राप्‍त गरे, उनीहरूले सिंहका मुखहरू थुने,
HEB 11:34 दन्केको आगोको ज्वालाहरू निभाए, र तरवारको धारबाट उम्के। उनीहरूका कमजोरीहरू शक्तिमा परिवर्तन भए, र उनीहरू लडाइँहरूमा शक्तिशाली भए, र विदेशी सेनाहरूलाई परास्त गरे।
HEB 11:35 स्त्रीहरूले आफ्ना प्रिय जनहरूलाई मृत्युबाट फेरि जीवित प्राप्‍त गरे। अरूहरू सताइए, र अझ उत्तम पुनरुत्थान प्राप्‍त गर्न सकौँ भनेर छुटकारा पनि अस्वीकार गरे।
HEB 11:36 कतिले गिल्‍ला र कोर्राको सामना गरे, कतिपयहरूचाहिँ साङ्लाले बाँधिएर कैदमा हालिए।
HEB 11:37 तिनीहरू ढुङ्गाले हानेर मारिए, करौँतीले दुई फ्याक पारिए, र तिनीहरू तरवारद्वारा मारिए। तिनीहरू भेडा र बाख्राका छाला लगाएर भौँतारिँदै हिँडे; दरिद्रतामा परे, सताइएर दुर्व्यवहारमा परे।
HEB 11:38 संसार तिनीहरूका लागि योग्यको थिएन। तिनीहरू पाखापखेरा, गुफाहरू र खाडलहरूभित्र रहँदै मरुभूमि र पहाडहरूमा भौँतारिँदै हिँडे।
HEB 11:39 अनि तिनीहरूले आफ्ना विश्‍वासको निम्ति प्रशंसा पाए, तर प्रतिज्ञा गरिएका थोकहरू भने कसैले पनि पाएनन्।
HEB 11:40 परमेश्‍वरले हाम्रो निम्ति केही उत्तम योजना राख्नुभएको थियो, ताकि हामीहरूसँगै तिनीहरू सिद्ध होऊन्।
HEB 12:1 यसकारण यतिका साक्षीका ठूला बादलले हामीलाई घेरिराखेका हुनाले, हामीलाई बाधा पुर्‍याउने टन्टाहरू र सजिलैसित अलमल्याउने पापहरूजस्ता हरेक थोक त्यागेर, हाम्रो अगि राखिएको दौड धीरजसाथ दगुरौँ।
HEB 12:2 हाम्रा विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हाम्रा आँखा केन्द्रित गरौँ, जसले आफ्नो अगि राखिएको आनन्दको निम्ति अपमानलाई केहीजस्तो नठानी क्रूसको कष्‍ट भोग्नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिने हाततिर विराजमान हुनुभयो।
HEB 12:3 पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, यसरी तिमीहरू थाक्नेछैनौ र हरेस खानेछैनौ।
HEB 12:4 तिमीहरूको पापको सङ्घर्षको विरुद्धमा तिमीहरूले रगत बग्ने गरी त्यसको विरोध गरेका छैनौ।
HEB 12:5 पिताले आफ्नो पुत्रलाई भनेझैँ तिमीहरूलाई भनिएका परमेश्‍वरको ढाडसका वचन तिमीहरूले पूरै भुलिसक्यौ? “हे मेरा छोराछोरी, परमेश्‍वरको अनुशासनलाई हल्का नठान; अनि उहाँले तिमीलाई हप्काउँदा हताश नहोऊ;
HEB 12:6 किनकि परमेश्‍वरले आफूले प्रेम गरेकाहरूलाई अनुशासन गर्नुहुन्छ; अनि आफूले पुत्र भनी ग्रहण गरेकाहरूलाई उहाँले दण्ड दिनुहुन्छ।”
HEB 12:7 कठिनाइलाई अनुशासन ठानी भोग; किनकि परमेश्‍वरले तिमीहरूलाई सन्तानहरूझैँ व्यवहार गर्दै हुनुहुन्छ। पिताले अनुशासनमा नराखेको कुनचाहिँ छोरा होला र?
HEB 12:8 अनि सबै जना अनुशासनको भागी भएर जान्छन्; यदि तिमीहरूलाई अनुशासनमा राखिएन भने तिमीहरू वैधानिक होइनौ, साँचो छोराछोरीहरू होइनौ।
HEB 12:9 यसबाहेक हामीलाई अनुशासन राख्ने हाम्रा शारीरिक बुबाहरू थिए, र हामीले तिनीहरूलाई आदर गर्‍यौँ भने झन् कति बढी हाम्रा आत्माहरूका पिताको अधीनमा रहनुपर्छ र जिउनुपर्छ!
HEB 12:10 उहाँहरूलाई असल लागेअनुसार हामीलाई केही समयसम्म अनुशासनमा राख्नुभयो, तर हामी परमेश्‍वरको पवित्रतामा सहभागी होऔँ भनेर परमेश्‍वरले हामीलाई हाम्रै भलाइको लागि अनुशासनमा राख्नुहुन्छ।
HEB 12:11 कुनै पनि अनुशासन त्यस बेलाको लागि सुखद हुँदैन, तर कष्‍टदायक हुन्छ। तरै पनि पछि गएर यसमा तालिम पाएकाहरूको लागि धार्मिकता र शान्तिको फल उत्पन्‍न हुन्छ।
HEB 12:12 यसकारण तिमीहरूका कमजोर हातहरू र दुर्बल घुँडाहरू बलियो बनाओ।
HEB 12:13 “तिमीहरूका खुट्टाका लागि बाटो समतल बनाओ” ताकि अशक्तको अङ्ग नखुस्कोस्, तर निको होस्।
HEB 12:14 हरेक मानिससित मिलापमा रहने, र पवित्रतामा हुने भरमग्दूर प्रयत्न गर; किनकि पवित्रताविना कसैले प्रभुलाई देख्नेछैन।
HEB 12:15 ध्यान देओ, कुनै मानिस परमेश्‍वरको अनुग्रहबाट वञ्चित नहोस्, नत्रता तितोपनको जरा टुसाएर त्यसले फाटो ल्याउला, र धेरैजनालाई बिटुलो पार्ला।
HEB 12:16 अनैतिक सम्बन्ध राख्ने कोही नहोस्, अथवा जेठो छोरा भएर पनि एक छाक खानेकुराको लागि आफ्नो पैतृक अधिकार बेच्ने एसावजस्तै अधर्मी नहोस् भन्‍ने कुरामा ध्यान देओ।
HEB 12:17 पछिबाट आफ्नो आशिष् उपभोग गर्ने इच्छा गर्दा तिनी तिरस्कृत भएका थिए भन्‍ने तिमीलाई थाहै छ। यद्यपि तिनले आँसुसहित त्यो आशिष् प्राप्‍त गर्न खोजेका थिए; तर तिनले जे गरेका थिए, त्यसलाई सपार्ने मौका नै पाएनन्।
HEB 12:18 तिमीहरू छुन सकिने त्यस सियोन पर्वतमा आएका छैनौ, जहाँ आगोले जलिरहेको, अन्धकार, कालो बादल छाएको र आँधी चलिरहेको थियो।
HEB 12:19 तुरहीको चर्को सोर र शब्द निकालेर बोल्ने आवाजमा पनि आएका छैनौ, जसलाई सुनेपछि तिनीहरूले अब यस्तो शब्द सुन्‍न नपरोस् भनी बिन्ती गरेका थिए,
HEB 12:20 किनकि, “कुनै जनावरले समेत त्यस पर्वतलाई छोए भने त्यसलाई ढुङ्गाले हिर्काएर मार्नू” भन्‍ने आदेश तिनीहरूले सहन सकेनन्।
HEB 12:21 त्यो दृश्य यति डरलाग्दो थियो, कि मोशाले पनि भने, “म डरले कामिरहेको छु।”
HEB 12:22 तर तिमीहरू त सियोन पर्वतमा, जिउँदो परमेश्‍वरको सहर, स्वर्गीय यरूशलेममा आएका छौ। तिमीहरू असंख्य स्वर्गदूतहरू भएको आनन्दमय सभामा आएका छौ,
HEB 12:23 अर्थात् पहिला जन्मेकाहरूको मण्डलीमा, जसका नामहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका न्यायकर्ता परमेश्‍वरकहाँ, र सिद्ध तुल्याइएका धर्मी मानिसहरूका आत्मामा,
HEB 12:24 नयाँ करारका मध्यस्थ येशूकहाँ, र हाबिलको रगतभन्दा अझ राम्रोसँग बोलिदिने रगतको छिट्काउमा आएका छौ।
HEB 12:25 होसियार रहो! परमेश्‍वर, जो बोल्नुहुन्छ, उहाँलाई इन्कार गर्नुहुँदैन। संसारमा चेतावनी दिनेलाई इन्कार गर्दा तिनीहरू उम्केनन् भने स्वर्गबाट चेतावनी दिनुहुनेलाई इन्कार गर्दा हामी कसरी उम्कन सक्छौँ?
HEB 12:26 त्यस बेला उहाँको सोरले पृथ्वी हल्‍लाएको थियो, तर अब त उहाँले यसो भनी प्रतिज्ञा गर्नुभएको छ, “फेरि एकपल्ट म पृथ्वी मात्र होइन, तर स्वर्गलाई पनि हल्‍लाउनेछु।”
HEB 12:27 त्यो “फेरि एकपल्ट” भन्‍ने शब्दहरूले यो देखाउँछ, कि हल्‍लाउन सकिने कुराहरू, अर्थात् सृजिएका कुराहरू हटाइनेछन्; ताकि हल्‍लाउन नसकिने कुराहरूचाहिँ रहिरहून्।
HEB 12:28 यसैकारण हामीले एउटा नहल्‍लिने राज्य पाउने हुनाले हामी धन्यवादी भई परमेश्‍वरलाई भक्ति र भयको साथ स्वीकार्य आराधना चढाऔँ;
HEB 12:29 किनकि हाम्रो “परमेश्‍वर भस्म पार्ने आगो हुनुहुन्छ।”
HEB 13:1 एक-अर्कालाई दाजुभाइ-दिदीबहिनीहरूलाई झैँ प्रेम गरिरहो।
HEB 13:2 अपरिचितहरूको पाहुनासत्कार गर्न नबिर्स; किनकि यसो गरेर कति मानिसहरूले अनजानमै स्वर्गदूतहरूलाई सत्कार गरेका छन्।
HEB 13:3 कैदीहरूलाई तिमीहरू आफू पनि सङ्गी-कैदी भएझैँ र दुर्व्यव्यवहारमा परेकाहरूलाई तिमीहरू आफैँले कष्‍ट भोग गरेझैँ सम्झिदेओ।
HEB 13:4 विवाहलाई सबैले आदरणीय मानून्, र ओछ्यान नबिटुलियोस्; किनकि परमेश्‍वरले व्यभिचारी र सबै अनैतिक सम्बन्धहरूको न्याय गर्नुहुन्छ।
HEB 13:5 तिमीहरूको जीवनशैली पैसाको प्रेमदेखि मुक्त होस्, र तिमीहरूसित जे छ त्यसैमा सन्तुष्‍ट रहो; किनकि परमेश्‍वरले धर्मशास्त्रमा भन्‍नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, म तिमीहरूलाई कहिल्यै त्याग्नेछैनँ।”
HEB 13:6 यसकारण हामी आत्मविश्‍वाससहित भन्दछौँ, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मरणशील मानिसले मलाई के गर्न सक्छ र?”
HEB 13:7 आफ्ना अगुवाहरूको सम्झना गर, जसले तिमीहरूलाई परमेश्‍वरको वचन सिकाएका थिए। तिनीहरूका जीवनको परिणामलाई विचार गरेर तिनीहरूका विश्‍वासको अनुकरण गर।
HEB 13:8 येशू ख्रीष्‍ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्छ।
HEB 13:9 सबै किसिमका अनौठा शिक्षाहरूका भ्रममा नपर। हाम्रो हृदयलाई अनुग्रहद्वारा बलियो पार्नु असल छ, तर धर्म विधिअनुसारको भोजनले होइन, जुनचाहिँ खानेहरूको लागि कुनै मूल्यको हुँदैन।
HEB 13:10 हाम्रो एउटा वेदी छ, ती वासस्थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन र?
HEB 13:11 प्रधान पुजारीले पाप शुद्धीकरणको बलिको रूपमा पशुहरूको रगत महा-पवित्रस्थानमा लिएर जान्छन्, तर शरीर त छाउनीबाहिर नै जलाइन्छन्।
HEB 13:12 यसकारण येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र पार्नलाई सहरको ढोकाबाहिर नै दुःख भोग्नुभयो।
HEB 13:13 त्यसो भए, हामी पनि छाउनीबाहिर उहाँकहाँ जाऔँ, र उहाँले सहनुभएको अपमान सहौँ।
HEB 13:14 किनकि यस पृथ्वीमा हाम्रो स्थायी सहर छैन, तर हामी त आउनेवाला सहरको प्रतीक्षा गरिरहेका छौँ।
HEB 13:15 यसकारण हामी येशूद्वारा परमेश्‍वरलाई सदैव प्रशंसाको बलिदान चढाऔँ, जो उहाँको नाम स्वीकार गर्ने हाम्रो ओठको फल हो।
HEB 13:16 अनि भलाइ गर्न र अरूसित बाँडचुँड गर्न नबिर्स; किनकि यस्तो बलिदानद्वारा परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ।
HEB 13:17 तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधिकारको अधीनमा बस; किनकि तिनीहरूले परमेश्‍वरलाई आफ्नो सेवाको लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्दछन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्, दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुनेछैन।
HEB 13:18 हाम्रो निम्ति प्रार्थना गर। हाम्रो विवेक सफा छ भन्‍ने हामी निश्‍चित छौँ; अनि हरेक प्रकारले आदरसाथ जिउने चाहना गर्छौँ।
HEB 13:19 म तिमीहरूलाई प्रार्थना गर्न विशेष आग्रह गर्दछु, ताकि म फेरि चाँडै तिमीहरूकहाँ आउन सकूँ।
HEB 13:20 अब शान्तिका परमेश्‍वर, जसले अनन्तको करारको रगतद्वारा भेडाका महान् गोठाला हाम्रा प्रभु येशूलाई मरेकाबाट जीवित पार्नुभयो;
HEB 13:21 उहाँले आफ्नो इच्छा पूरा गर्न तिमीहरूलाई हरेक असल थोकले सुसज्जित पारून्। येशू ख्रीष्‍टद्वारा उहाँलाई मनपर्ने कामहरू उहाँले हामीमा गरेका होऊन्। उहाँलाई नै सदासर्वदा महिमा होस्! आमेन।
HEB 13:22 अनि दाजुभाइ-दिदीबहिनीहरू, म तिमीहरूलाई मेरो अर्ती सुनिदेओ भनी आग्रह गर्दछु; किनकि मैले तिमीहरूलाई एउटा छोटो पत्र लेखेको छु।
HEB 13:23 हाम्रा भाइ तिमोथी कैदबाट छोडिएका छन् भन्‍ने तिमीहरूले जान भनी म चाहन्छु। यदि तिनी चाँडै आए भने म तिनीसितै तिमीहरूलाई हेर्न आउनेछु।
HEB 13:24 तिमीहरूका सबै अगुवाहरू र परमेश्‍वरका जनहरूलाई अभिवादन सुनाइदेओ। इटालीयाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
HEB 13:25 तिमीहरू सबैसित अनुग्रह रहोस्!
JAM 1:1 परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकोबबाट,
JAM 1:2 मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूले धेरै किसिमका आपत्-विपत्‌हरूका सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ;
JAM 1:3 किनकि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्पन्‍न गराउँछ भनी तिमीहरू जान्दछौ।
JAM 1:4 तिमीहरू परिपक्व र पूर्ण भएर कुनै कुराको अभाव नहोस् भनेर धैर्यताले आफ्नो काम पूरा गर्नुपर्छ।
JAM 1:5 यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्की दिनुहुने परमेश्‍वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ।
JAM 1:6 तर जब कसैले माग्छ, त्यसले विश्‍वास गर्नुपर्छ र शङ्का गर्नुहुन्‍न; किनकि शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दै गरेको समुद्रको छालजस्तै हो।
JAM 1:7 त्यस मानिसले प्रभुबाट केही पाउँछु भनी नसोचोस्।
JAM 1:8 दोहोरो मन भएको मानिस उसका सबै कामहरूमा अस्थिर हुन्छ।
JAM 1:9 गरिबी अवस्थाका विश्‍वासीहरूले परमेश्‍वरले दिनुभएको आफ्नो उच्‍च पदमा गर्व गरून्,
JAM 1:10 तर धनीले चाहिँ आफू होच्याइएकोमा गर्व गरून्; किनकि तिनीहरू त घाँसको फूलझैँ ओइलाएर जानेछन्।
JAM 1:11 किनकि चर्को तापसित सूर्य उदाउँछ, र बोटबिरूवालाई ओइलाइदिन्छ; त्यसको फूल झरिहाल्छ, र त्यसको सौन्दर्य नष्‍ट भइजान्छ। यस्तै किसिमले धनी मानिस आफ्नो उपलब्धीसँगै हराएर जानेछ।
JAM 1:12 त्यो मानिस धन्यको हो, जो आपत्-विपत्‌हरूमा स्थिर रहन्छ; किनकि त्यस जाँचमा त्यो पक्‍का ठहरिएपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका लागि प्रतिज्ञा गर्नुभएको छ।
JAM 1:13 परीक्षामा पर्दा कसैले पनि “परमेश्‍वरले मलाई परीक्षा गर्नुहुँदैछ” भनी नभनोस्; किनकि दुष्‍ट कुराहरूबाट परमेश्‍वर परीक्षित हुन सक्नुहुन्‍न, न त उहाँले कसैलाई परीक्षा गर्नुहुन्छ।
JAM 1:14 तर हरेक व्यक्ति आफ्नै खराब इच्छाहरूद्वारा खिँचिन्छ र मोहित भएर परीक्षामा पर्दछ।
JAM 1:15 त्यसपछि त्यो खराब इच्छाले गर्भधारण गरेर पापलाई जन्माउँछ; अनि पाप पूरा बढेपछि त्यसले मृत्युलाई जन्माउँछ।
JAM 1:16 त्यसैले मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, धोकामा नपर!
JAM 1:17 हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदलिनुहुन्‍न।
JAM 1:18 सृष्‍टि गरिएका सबै थोकहरूमा हामी अगौटे फलजस्तै बनौँ भनेर उहाँले हामीलाई सत्यको वचनद्वारा जन्माउन चुन्‍नुभयो।
JAM 1:19 मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, यस कुरालाई विचार गर: हरेक मानिस सुन्‍नमा छिटो, बोल्न र रिस गर्नमा ढिलो होस्;
JAM 1:20 किनकि मानिसको रिसले परमेश्‍वरले चाहनुभएको धार्मिकताको काम गर्दैन।
JAM 1:21 यसकारण तिमीहरूमा भएका सबै अनैतिक फोहोर र दुष्‍टतालाई त्याग; अनि तिमीहरूमा रोपिएको वचनलाई स्वीकार गर, जसले तिमीहरूलाई बचाउन सक्छ।
JAM 1:22 वचन सुनेर मात्र आफूलाई धोका नदेओ; यसले के भन्छ, सो गर।
JAM 1:23 जसले वचन सुन्छ, तर यसले के भन्छ, सो गर्दैन, त्यो एउटा यस्तो मानिस हो, जसले आफ्नो अनुहार ऐनामा हेर्छ;
JAM 1:24 अनि आफूलाई हेरिसकेपछि ऊ गइहाल्छ; तब ऊ कस्तो देखिन्छ, सो झट्टै बिर्सिहाल्छ।
JAM 1:25 तर जसले स्वतन्त्रता दिने सिद्ध व्यवस्थालाई ध्यानसित हेर्छ, र आफूले सुनेको कुरालाई नबिर्सी गरिरहन्छ; तब त्यसले गरेको काममा त्यसले आशिष् पाउँछ।
JAM 1:26 यदि कसैले आफैँलाई धर्मी सम्झन्छ र पनि आफ्नो जिब्रोमा लगाम लाउँदैन भने उसले आफूलाई धोका दिन्छ र त्यसको धर्मचाहिँ व्यर्थको हुन्छ।
JAM 1:27 हाम्रा पिता परमेश्‍वरले शुद्ध र निर्दोष ठहराउनुभएको धर्म यही हो: अर्थात् अनाथ र विधवाहरूलाई तिनीहरूका सङ्कष्‍टमा हेरचाह गर्नु; अनि आफूलाई संसारको दूषित कुराहरूदेखि जोगाएर राख्नु।
JAM 2:1 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू हाम्रा महिमित प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नेहरू भएकाले पक्षपात नगर।
JAM 2:2 मानौँ, तिमीहरूका सभामा एक जना मानिस सुनको औँठी र सुन्दर लुगा लगाएर आयो, र झुत्रे लुगा लगाएको गरिब मानिस पनि आयो;
JAM 2:3 यदि तिमीहरूले सुन्दर लुगा लगाएको त्यस मानिसलाई विशेष ध्यान दिएर “तपाईंको लागि यहाँ असल ठाउँ छ” भन्छौ र त्यस गरिब मानिसलाई चाहिँ “तिमी त्यहीँ उभ” अथवा “भुइँमा मेरो पाउनिर बस” भन्छौ भने,
JAM 2:4 के तिमीहरू आपसमा पक्षपात गरेर दुष्‍ट विचारले न्याय गर्नेहरू भएनौ र?
JAM 2:5 मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, ध्यानसित सुन! के संसारको नजरमा गरिब भएकाहरूलाई परमेश्‍वरले विश्‍वासमा धनी बनाउन र उहाँलाई प्रेम गर्नेहरू सबैलाई प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारी हुनलाई चुन्‍नुभएको होइन र?
JAM 2:6 तर तिमीहरूले त गरिबहरूलाई अपमान गरेका छौ। के तिमीहरूलाई शोषण गर्ने धनीहरू नै होइनन्? के तिमीहरूलाई अदालतमा घिसारेर लाने धनीहरू नै होइनन्?
JAM 2:7 के तिनीहरूले त्यही आदरणीय नामको निन्दा गर्दैनन्, जुन नामले तिमीहरू बोलाइएका छौ?
JAM 2:8 यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्‍ने पवित्र धर्मशास्त्रमा पाइने व्यवस्थाको नियमलाई तिमीहरूले पालन गर्दछौ भने तिमीहरूले ठिक गर्दैछौ।
JAM 2:9 तर तिमीहरूले पक्षपात गर्‍यौ भने तिमीहरूले पाप गर्दछौ र व्यवस्थाले तिमीहरूलाई व्यवस्था उल्‍लङ्घन गरेको दोष लगाउँछ।
JAM 2:10 किनकि कसैले व्यवस्थाका सबै कुरा पालन गर्दछ, तर एउटै कुरामा पनि त्यो चुक्छ भने त्यो सम्पूर्ण व्यवस्था उल्‍लङ्घन गर्नेजस्तै दोषी हुनेछ।
JAM 2:11 किनकि जसले “व्यभिचार नगर्नू” भन्‍नुभयो, उहाँले “मानव हत्या नगर्नू” पनि भन्‍नुभयो। यदि तिमीहरू व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्था उल्‍लङ्घन गर्नेहरू भयौ।
JAM 2:12 स्वतन्त्रता दिने व्यवस्थाद्वारा तिमीहरू जाँचिनेछौ भनेर त्यही किसिमले बोल र काम गर;
JAM 2:13 किनकि दया नगर्ने हरेकलाई दयाविना नै न्याय गरिनेछ। दया न्यायमाथि विजयी हुन्छ।
JAM 2:14 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिसले मसँग विश्‍वास छ भनी दाबी गर्छ, तर कामहरूचाहिँ गर्दैन भने के फाइदा भयो र? के त्यस्तो विश्‍वासले तिनीहरूलाई बचाउन सक्छ र?
JAM 2:15 मानौँ, कोही दाजुभाइ-दिदीबहिनीहरूलाई वस्त्र र दैनिक भोजनको खाँचो छ;
JAM 2:16 अनि तिमीहरूमध्ये कसैले तिनलाई “म तिम्रो भलो चिताउँछु, जाऊ र न्यानो बस, अघाउने गरी खाऊ” भन्यो, तर तिनका शारीरिक खाँचोहरूचाहिँ पुर्‍याइदिँदैन भने त्यसबाट के फाइदा हुन्छ र?
JAM 2:17 यस्तै किसिमले कामविनाको विश्‍वास पनि मरेतुल्य हुन्छ।
JAM 2:18 तर कसैले भन्ला, “तिमीसँग विश्‍वास छ, तर मसँग कामहरू छन्।” कामविनाको तिम्रो विश्‍वास मलाई देखाऊ, र म तिमीलाई मेरो कामद्वारा आफ्नो विश्‍वास देखाउनेछु।
JAM 2:19 परमेश्‍वर एक मात्र हुनुहुन्छ भनी तिमी विश्‍वास गर्छौ; यो असल कुरा हो! दुष्‍ट आत्माहरूले पनि त्यो विश्‍वास गर्छन् र काँप्‍तछन्।
JAM 2:20 ए मूर्ख हो, के कामविनाको विश्‍वास व्यर्थ हो भनेर तिमी बुझ्दैनौ?
JAM 2:21 आफ्नो पुत्र इसहाकलाई वेदीमा अर्पण गर्दा के हाम्रा पुर्खा अब्राहाम तिनका कामहरूद्वारा धर्मी ठहरिएका होइनन् र?
JAM 2:22 तिमी देख्दछौ, तिनको विश्‍वास र काम एकसाथ मिलेर काम गर्दैथिए, र तिनले जे गरे, त्यसबाट तिनको विश्‍वास पूरा भयो।
JAM 2:23 “अब्राहामले परमेश्‍वरमाथि विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो” भन्‍ने पवित्र धर्मशास्त्र पूरा भयो; र तिनी परमेश्‍वरका मित्र कहलिए।
JAM 2:24 तिमीहरू देख्छौ, विश्‍वासले मात्र होइन, तर मानिसले जे गर्छ, त्यसबाट ऊ धर्मी ठहरिन्छ।
JAM 2:25 यस्तै किसिमले राहाब वेश्या पनि, जब तिनले ती जासुसहरूलाई आश्रय दिएर अर्को दिशातिर पठाइदिइन्, तब के तिनी कामबाट धर्मी ठहरिएकी थिइनन् र?
JAM 2:26 जसरी शरीर आत्माविना मरेतुल्य हुन्छ, त्यसरी नै विश्‍वास पनि कामविना मरेतुल्य हुन्छ।
JAM 3:1 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये धेरै जना शिक्षक नहोओ; किनकि हामी सिकाउनेहरूको न्याय झन् कडाइकासाथ गरिनेछ।
JAM 3:2 हामी धेरै प्रकारले ठक्‍कर खान्छौँ। यदि कसैले आफूले बोलेका कुराहरूमा कहिल्यै भूल गर्दैन भने ऊ आफ्नो सम्पूर्ण शरीरलाई वशमा राख्न सक्ने सिद्ध मानिस हुन्छ।
JAM 3:3 जब घोडाहरूले हाम्रो आज्ञा मानून् भनेर तिनीहरूका मुखमा लगाम लगाउँछौँ, तब हामीले त्यसका सम्पूर्ण शरीरलाई काबूमा राख्न सक्छौँ।
JAM 3:4 अथवा उदाहरणको लागि जहाजलाई लिऔँ—तिनीहरू यति ठूला र तेज बतासद्वारा चल्नेभए तापनि नाविकले एउटा सानो पतवारको सहारा लिएर जहाजलाई आफ्नो इच्छाअनुसार जता मन लाग्छ, त्यतैतिर लैजान्छ।
JAM 3:5 त्यस्तै किसिमले हाम्रो जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तर यसले धेरै घमण्ड गर्छ। आगोको सानो झिल्काले ठूलो जङ्गल नै डढेलो लगाउँछ भनी विचार गर।
JAM 3:6 जिब्रो पनि एउटा आगोजस्तै नै हो; शरीरका अङ्गहरूमध्ये दुष्‍टताको संसार नै हो। यसले सम्पूर्ण व्यक्तिलाई दूषित पार्छ; त्यसको जीवनको सम्पूर्ण प्रवाहमा आगो लगाइदिन्छ, र यो आफू पनि नरकको आगोमा जल्छ।
JAM 3:7 सबै किसिमका जन्तुहरू, चराहरू, घस्रने प्राणीहरू र समुद्रका जन्तुहरूलाई तह लगाइन्छ, र मानिसद्वारा तह लगाइएका हुन्छन्;
JAM 3:8 तर जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन। यो घातक विषले भरिएको एउटा चञ्चल दुष्‍ट हो।
JAM 3:9 जिब्रोले हामी हाम्रा प्रभु र पितालाई प्रशंसा दिन्छौँ, र यही जिब्रोले हामी परमेश्‍वरको स्वरूपमा बनिएका मानिसहरूलाई सराप्छौँ।
JAM 3:10 अनि यसरी एउटै मुखबाट प्रशंसा र श्राप निस्कन्छन्! हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यस्तो हुनुहुँदैन।
JAM 3:11 के एउटै मुहानबाट ताजा पानी र नुनिलो पानी निस्कन्छ र?
JAM 3:12 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, के अञ्जीरको रूखले जैतुन अथवा अङ्‌गुरको बोटले नेभारा फलाउन सक्छ र? न त नुनिलो पानीको मुहानले ताजा पानी निकाल्न सक्छ।
JAM 3:13 तिमीहरूमध्ये को बुद्धिमान् र समझदार छ? त्यसले आफ्नो असल जीवनद्वारा र बुद्धिबाट आउने नम्रतामा काम गरेर त्यो देखाओस्।
JAM 3:14 तर यदि तिमीहरू आफ्ना हृदयमा तितो डाह र स्वार्थपूर्ण अभिलाषा राख्छौ भने बुद्धिको घमण्ड नगर अथवा सत्यतालाई इन्कार नगर।
JAM 3:15 यस्तो “बुद्धि” स्वर्गबाट आएको होइन, तर यो त सांसारिक, अनात्मिक र शैतानबाटको हो।
JAM 3:16 किनकि जहाँ तिमीहरूमा ईर्ष्या र स्वार्थपूर्ण अभिलाषाहरू छन्, त्यहाँ गडबडी र सबै किसिमका दुष्‍ट कामहरू हुन्छन्।
JAM 3:17 तर स्वर्गबाट आउने बुद्धिचाहिँ पहिले त शुद्ध हुन्छ; अनि शान्तिप्रिय, विचारशील, आज्ञाकारी, दयालु, असल फलले भरिएको पक्षपातरहित र निश्छल हुन्छ।
JAM 3:18 शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र धार्मिकताको कटनी गर्छन्।
JAM 4:1 तिमीहरूमा झगडा र लडाइँ के कुराबाट आउँछ? के ती तिमीहरूभित्र सङ्घर्ष गर्ने स्वार्थी इच्छाहरूबाट आउँदैनन् र?
JAM 4:2 तिमीहरू इच्छा गर्दछौ, तर पाउँदैनौ; त्यसैले तिमीहरू हत्या गर्दछौ। तिमीहरू लालच गर्दछौ, तर तिमीहरूले चाहेका कुराहरू पाउँदैनौ; त्यसैले तिमीहरू झगडा र लडाइँ गर्दछौ; तर पनि तिमीहरूले पाउँदैनौ, किनकि तिमीहरू परमेश्‍वरसित माग्दैनौ।
JAM 4:3 तिमीहरू माग्दछौ, तर पाउँदैनौ; किनकि तिमीहरूले पाएका कुराहरू आफ्नो सुख-विलासमा खर्च गर्नलाई गलत उद्देश्य राखेर माग्दछौ।
JAM 4:4 तिमी व्यभिचारी मानिसहरू, के संसारसितको मित्रता परमेश्‍वरतर्फको शत्रुता हो भनेर जान्दैनौ? जो संसारसित मित्र हुन चाहन्छ, ऊ परमेश्‍वरको शत्रु बन्छ।
JAM 4:5 अथवा उहाँले हामीभित्र राखिदिनुभएका आत्माले धेरै डाह गर्नुहुन्छ भनेर पवित्र धर्मशास्त्रले व्यर्थैमा भनेको हो भनी तिमीहरू ठान्छौ?
JAM 4:6 तर उहाँले हामीलाई अझ बढी अनुग्रह गर्नुहुन्छ। यसकारण पवित्र धर्मशास्त्रमा लेखिएको छ: “परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।”
JAM 4:7 यसकारण आफूलाई परमेश्‍वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, र त्यो तिमीहरूदेखि भाग्नेछ।
JAM 4:8 परमेश्‍वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार!
JAM 4:9 दुःखित होओ, शोकित होओ र रोओ! तिमीहरूका हाँसो शोकमा र तिमीहरूका आनन्द दुःखमा परिणत होस्।
JAM 4:10 प्रभुको सामु आफूलाई नम्र तुल्याओ र उहाँले तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।
JAM 4:11 हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको निन्दा नगर। जसले आफ्ना दाजुभाइ-दिदीबहिनीको विरुद्धमा बोल्छ वा उसलाई न्याय गर्दछ, उसले व्यवस्थाको विरुद्धमा बोल्दछ, र त्यसको न्याय गर्छ। जब तिमीहरूले व्यवस्थाको न्याय गर्छौ भने तिमीहरूले त्यो पालन गरेका हुँदैनौ, तर न्यायकर्ता बनेर त्यसमाथि बसेका हुन्छौ।
JAM 4:12 व्यवस्था दिने र न्यायकर्ता त एउटै मात्र हुनुहुन्छ; परमेश्‍वर जसले बचाउन र नाश गर्न पनि सक्नुहुन्छ; तर आफ्नो छिमेकीको न्याय गर्ने तिमीहरू को हौ?
JAM 4:13 अब ध्यानसित सुन, तिमीहरू जसले यसो भन्छौ, “हामी आज अथवा भोलि यो सहर अथवा त्यो सहरमा जानेछौँ, त्यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ।”
JAM 4:14 तर भोलि के हुने हो, सो तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन के हो? तिमीहरू त एकैक्षण देखा परेर लोप भइजाने तुवाँलो जस्तै हौ।
JAM 4:15 यसको सट्टा तिमीहरूले “यदि प्रभुको इच्छा भएमा हामी बाँचेर यसो गरौँला, त्यसो गरौँला” भन्‍नुपर्नेथियो।
JAM 4:16 तिमीहरू त अहङ्कारी योजनाहरूमा घमण्ड गर्छौ, यस्तो सबै घमण्ड दुष्‍टता हो।
JAM 4:17 त्यसकारण जसले भलाइ गर्नुपर्छ भन्‍ने जानेर पनि त्यसो गर्दैन भने त्यसले पाप गर्दछ।
JAM 5:1 तिमी धनी मानिसहरू अब ध्यानसित सुन! रोओ र विलाप गर; किनकि तिमीहरूमाथि कष्‍ट आइरहेको छ।
JAM 5:2 तिमीहरूको धनसम्पत्ति सडेको छ, र तिमीहरूका वस्त्रहरू किराले खाएका छन्।
JAM 5:3 तिमीहरूका सुन र चाँदीमा कस लागेको छ। ती कसहरूले तिमीहरूको विरुद्धमा साक्षी दिनेछन्, र तिमीहरूका मासु आगोले झैँ खानेछन्। तिमीहरू यी आखिरी दिनहरूमा पनि धनसम्पत्ति साँच्दैछौ।
JAM 5:4 हेर, तिमीहरूका खेतमा कटनी गर्ने खेतालाहरूको ज्याला, जुन तिमीहरूले दिएनौ; ती तिमीहरूको विरुद्धमा कराइरहेका छन्। ती कटनी गर्ने खेतालाहरूको विलाप सर्वशक्तिमान् प्रभुको कानमा पुगेको छ।
JAM 5:5 तिमीहरू यस संसारमा सुख-विलास र मोजमज्जामा मस्त भएर बसेका छौ। तिमीहरूले बलि दिने दिनको लागि आफैँलाई पुष्‍टाइराखेका छौ।
JAM 5:6 तिमीहरूको विरोध नगर्ने निर्दोष मानिसहरूलाई तिमीहरूले दोषी ठहराएर हत्या गरेका छौ।
JAM 5:7 त्यसो भए दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभुको पुनरागमन नभएसम्म धैर्य धारण गर। हेर, आफ्नो जमिनले बहुमूल्य फसल दिन्छ भनेर किसानले कसरी पर्खन्छ, र ऊ अगिल्‍लो र पछिल्‍लो वर्षाको लागि कसरी धैर्य गरी पर्खिरहन्छ।
JAM 5:8 तिमीहरू पनि धैर्य गर र हृदयमा स्थिर भएर बस; किनकि प्रभुको आगमन नजिक छ।
JAM 5:9 हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू न्यायमा पर्नेछौ। न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ!
JAM 5:10 हे दाजुभाइ-दिदीबहिनीहरू हो, कष्‍टहरूका माझमा धैर्यको उदाहरणको लागि प्रभुको नाममा बोल्ने ती अगमवक्ताहरूलाई सम्झ।
JAM 5:11 तिमीहरूलाई थाहै छ, कि कष्‍ट सहनेहरूलाई हामी धन्यका ठान्छौँ। तिमीहरूले इयोबको सहनशीलताको विषयमा सुनेका छौ, र प्रभुले अन्त्यमा तिनको निम्ति के गर्नुभयो, सो देखेका छौ। प्रभु करुणा र दयाले भरपूर हुनुहुन्छ।
JAM 5:12 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, सबैभन्दा मुख्य कुरा, स्वर्गको नाममा, अथवा पृथ्वीको नाममा अथवा कुनै कुराको नाममा शपथ नखाओ। तिमीहरूको “हो” चाहिँ “हो” अनि “होइन” चाहिँ “होइन” होस्, नत्रता तिमीहरू दोषी ठहरिनेछौ।
JAM 5:13 के तिमीहरूमध्ये कोही सङ्कष्‍टमा छ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाका गीतहरू गाओस्।
JAM 5:14 के तिमीहरूमध्ये कोही बिरामी छ? उसले मण्डलीका प्रधानहरूलाई उसको निम्ति प्रार्थना गरिदिन र प्रभुको नाममा उसलाई तेलले अभिषेक गरिदिन बोलाओस्।
JAM 5:15 अनि विश्‍वाससाथ गरिएको प्रार्थनाले त्यस बिरामीलाई निको पार्नेछ; र प्रभुले उसलाई उठाउनुहुनेछ। यदि उसले पाप गरेको छ भने उसले क्षमा पाउनेछ।
JAM 5:16 यसकारण एक-अर्कामा तिमीहरूको पाप स्वीकार गर, र तिमीहरू निको हुनलाई एक-अर्काका निम्ति प्रार्थना गर। धर्मी मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
JAM 5:17 एलिया पनि हामीजस्तै मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरे। अनि देशमा साढे तीन वर्षसम्म पानी परेन।
JAM 5:18 तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र पृथ्वीले आफ्ना अन्‍नहरू उब्जायो।
JAM 5:19 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये कोही सत्यताबाट तर्किगएको छ, र कसैले त्यसलाई फर्काएर ल्याउँछ भने,
JAM 5:20 यो याद होस्: जसले एक जना पापीलाई त्यसको गलत बाटोबाट फर्काउँछ, उसले एउटा प्राणलाई आत्मिक मृत्युबाट बचाउनेछ, र असंख्य पापहरू ढाक्नेछ।
1PE 1:1 येशू ख्रीष्‍टको प्रेरित पत्रुसबाट,
1PE 1:2 येशू ख्रीष्‍टको आज्ञापालन र उहाँको रगतको छिट्काउका निम्ति पवित्र आत्माद्वारा शुद्ध भएर परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार छानिएकाहरूप्रति:
1PE 1:3 हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता र परमेश्‍वरलाई स्तुति होस्! उहाँको अपार कृपामा येशू ख्रीष्‍टको मृत्युबाट पुनरुत्थानद्वारा जीवित आशामा हामीलाई नयाँ जन्म दिनुभएको छ।
1PE 1:4 अनि कहिल्यै नाश नहुने, नबिग्रने वा लोप नहुने उत्तराधिकार दिनुभएको छ। यो उत्तराधिकार तिमीहरूका लागि स्वर्गमा राखिएको छ;
1PE 1:5 जुन पछिल्‍ला दिनमा तयार पारिएको मुक्ति प्रकाशित नगरिएसम्म विश्‍वासद्वारा परमेश्‍वरको शक्तिले हामीलाई सुरक्षित गरिएको छ।
1PE 1:6 सबै किसिमका परीक्षाहरूमा तिमीहरूले अहिले केही समयको लागि दुःख सहनुपरे तापनि यसमा तिमीहरू खूबै रमाउँछौ।
1PE 1:7 आगोबाट खारिने, तर नष्‍ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्‍वास मूल्यवान् छ। तिमीहरूको यो विश्‍वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्।
1PE 1:8 यद्यपि तिमीहरूले उहाँलाई देखेका छैनौ, तर पनि तिमीहरू उहाँलाई प्रेम गर्दछौ; र तिमीहरू अहिले उहाँलाई देख्दैनौ, तापनि तिमीहरू उहाँमाथि विश्‍वास गर्दछौ; अनि तिमीहरू अवर्णनीय र महिमित आनन्दले भरिएका छौ;
1PE 1:9 किनकि तिमीहरूको विश्‍वासको अन्तिम परिणाम भनेको तिमीहरूका प्राणको मुक्ति हो।
1PE 1:10 तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने ती अगमवक्ताहरूले यही मुक्तिको बारेमा खोज र छानबिन गरेका थिए।
1PE 1:11 तिनीहरूभित्र हुनुभएका ख्रीष्‍टको आत्माले ख्रीष्‍टका कष्‍टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए।
1PE 1:12 उनीहरूले आफ्नो होइन, तर तिमीहरूको सेवा गरेको कुरा तिनीहरूलाई प्रकट गराए, जतिखेर तिनीहरूले स्वर्गबाट पठाइनुभएको पवित्र आत्माद्वारा तिमीहरूलाई सुसमाचार प्रचार गर्नेहरूले अहिले तिमीहरूलाई भनेका कुराहरूबारे बताएका थिए। स्वर्गदूतहरूले पनि यी कुराहरू उत्सुकताका साथ हेर्न चाहेका थिए।
1PE 1:13 यसकारण तिमीहरू आफ्नो मनलाई तयार गर। पूर्ण आत्मनियन्त्रित होओ। तिमीहरूको आशा त्यो अनुग्रहमाथि राख; जो येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूले प्राप्‍त गर्नेछौ।
1PE 1:14 आज्ञाकारी बालबालिकाहरू भएका हुनाले अबोध अवस्थामा हुँदा तिमीहरूसित पहिले भएको दुष्‍ट अभिलाषाअनुरूप नचल;
1PE 1:15 तर तिमीहरूलाई बोलाउनुहुने पवित्र हुनुभएझैँ, तिमीहरू पनि तिमीहरूले गर्ने सबै कुरामा पवित्र होओ।
1PE 1:16 किनकि पवित्र धर्मशास्त्रमा यसरी लेखिएको छ: “पवित्र होओ; किनकि म पवित्र छु।”
1PE 1:17 किनकि तिमीहरू हरेक मानिसको कामलाई निष्पक्ष न्याय गर्ने पितालाई पुकार्दछौ, तिमीहरू यहाँ आफ्नो जीवन परदेशीझैँ भक्तिपूर्ण भयमा बिताओ;
1PE 1:18 किनकि तिमीहरू जान्दछौ, तिमीहरूका पितापुर्खाबाट तिमीहरूले पाएको खोक्रो परम्परादेखि छुटकारा पाएका छौ, चाँदी वा सुनजस्ता नाशवान् वस्तुबाट होइन,
1PE 1:19 तर दाग र खोट नभएको थुमा, ख्रीष्‍टको बहुमूल्य रगतले छुटकारा पाएका छौ।
1PE 1:20 उहाँ संसारको सृष्‍टिभन्दा अगि छानिनुभएको थियो, तर तिमीहरूका निम्ति यी अन्तिम समयमा प्रकट हुनुभयो।
1PE 1:21 उहाँद्वारा तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, जसले उहाँलाई मृतकबाट जीवित पार्नुभयो र उहाँको महिमा गर्नुभयो; यसर्थ तिमीहरूको विश्‍वास र आशा परमेश्‍वरमाथि छ।
1PE 1:22 अब तिमीहरूले सत्यको पालना गरी आफूलाई शुद्ध बनाएका छौ; र यसैकारणले तिमीहरूसित एक-अर्काका निम्ति विशुद्ध प्रेम छ, तिमीहरू एक-अर्कालाई आफ्नो हृदयबाट नै गहिरो प्रेम गर।
1PE 1:23 किनकि परमेश्‍वरको जीवित र रहिरहने वचन, नाशवान् होइन, तर अविनाशी बिउद्वारा तिमीहरूको नयाँ जन्म भएको छ।
1PE 1:24 पवित्र धर्मशास्त्रले भन्दछ: “सबै मानिसहरू घाँसझैँ छन्, र तिनीहरूका सम्पूर्ण महिमा मैदानका फूलझैँ छन्, घाँस ओइलाउँछ र फूल झरिहाल्छ,
1PE 1:25 तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।” अनि यही वचन नै तिमीहरूलाई प्रचार गरिएको थियो।
1PE 2:1 त्यसकारण सबै घृणा, सबै छल, कपट, डाह र सबै किसिमका निन्दादेखि आफूहरूलाई अलग राख।
1PE 2:2 परमेश्‍वर असल हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ;
1PE 2:3 त्यसैकारणले नयाँ जन्मेका बालकझैँ शुद्ध आत्मिकी दूधको तिर्सना गर; यसरी तिमीहरू आफ्नो मुक्तिमा बढ्दै जाओ।
1PE 2:4 जब तिमीहरू मानिसहरूले त्यागेका, तर परमेश्‍वरले छान्‍नुभएको तथा उहाँको निम्ति बहुमूल्य जीवित पत्थरकहाँ आउँदछौ;
1PE 2:5 तब तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउँदै पवित्र पुजारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिकी घर बन्दैजाओ।
1PE 2:6 किनकि पवित्र धर्मशास्त्रमा यो लेखिएको छ: “हेर, सियोनमा म पत्थर राख्दैछु, चुनिएको र बहुमूल्य मुख्य ढुङ्गो, र उहाँमाथि जसले विश्‍वास गर्छ, त्यो कहिल्यै शर्ममा पर्नेछैन।”
1PE 2:7 यसर्थ तिमी विश्‍वास गर्नेका लागि यो पत्थर बहुमूल्य छ; तर विश्‍वास नगर्नेहरूका लागि, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही मुख्य ढुङ्गा बन्यो।”
1PE 2:8 र, “यस्तो ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ; अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ।” तिनीहरू लड्छन्; किनकि उनीहरू सन्देशको उल्‍लङ्घन गर्छन्, यसैको निम्ति नै उनीहरू नियुक्त भएका थिए।
1PE 2:9 तर तिमीहरू चुनिएका मानिसहरू हौ, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्‍वरको विशेष सम्पत्ति हौ ताकि तिमीहरूले तिमीहरूलाई अन्धकारबाट आफ्नो अद्‌भुत ज्योतिमा बोलाउनुहुनेको प्रशंसाको घोषणा गर्न सक।
1PE 2:10 एक समय तिमीहरू परमेश्‍वरका मानिस थिएनौ, तर अब तिमीहरू परमेश्‍वरका मानिस भएका छौ; एक समय तिमीहरूले दया पाएका थिएनौ, तर अब तिमीहरूले दया पाएका छौ।
1PE 2:11 हे प्रिय मित्रहरू हो, तिमीहरू संसारमा विदेशी र प्रवासीझैँ छौ। म निवेदन गर्दछु, कि तिमीहरूका पापमय इच्छादेखि अलग बस, जसले तिमीहरूको प्राणका विरुद्ध लडाइँ गर्छ।
1PE 2:12 गैरयहूदीहरूको बीचमा यस्तो असल जीवन बिताओ, कि उनीहरूले तिमीहरूलाई गलत काम गरेको आरोप लगाए तापनि तिमीहरूका सुकर्म देखून्, र प्रभु हामीकहाँ आउनुहुने दिनमा परमेश्‍वरको महिमा गरून्।
1PE 2:13 प्रभुको निम्ति तिमीहरू आफूलाई सबै मानवीय स्थापित अख्तियारको अधीनमा राख; चाहे सर्वोच्‍च अधिकारको रूपमा राजा हुन्,
1PE 2:14 अथवा राज्यपालहरू, जसलाई राजाले खराब काम गर्नेहरूलाई दण्ड दिन र ठिक काम गर्नेहरूलाई इज्जत दिन चुनेका हुन्छन्।
1PE 2:15 किनकि परमेश्‍वरको इच्छा यही हो, कि तिमीहरूले असल काम गरेर मूर्ख मानिसहरूको अज्ञानताका कुरालाई चुप गराउनुपर्दछ।
1PE 2:16 तिमीहरू स्वतन्त्र मानिसहरू भए तापनि तिमीहरू परमेश्‍वरका सेवकहरू हौ। त्यसैकारणले आफ्नो स्वतन्त्रतालाई दुष्‍टता छोप्ने आवरणको रूपमा प्रयोग नगर।
1PE 2:17 सबैलाई उचित आदर देखाओ। विश्‍वासीहरूको समूहलाई प्रेम गर; परमेश्‍वरसँग डराओ, राजालाई आदर गर।
1PE 2:18 हे दासहरू हो, पूर्ण आदरसाथ आफ्ना मालिकहरूको अधीनमा बस; असल र समझदार मालिकहरूको मात्र होइन, तर कठोर मालिकहरूको पनि अधीनमा बस।
1PE 2:19 परमेश्‍वरको निम्ति कुनै मानिसले अन्यायपूर्ण कष्‍ट सहन्छ भने त्यो परमेश्‍वरमा प्रशंसनीय हुन्छ;
1PE 2:20 तर गल्ती काम गरेको कारण पिटाइ खान्छौ र सहन्छौ भने यसमा के फाइदा भयो र? तर यदि तिमीले असल काम गरेको कारण कष्‍ट पायौ र सहन्छौ भने यो परमेश्‍वरको अगि प्रशंसनीय छ।
1PE 2:21 यसैको निम्ति तिमीहरू बोलाइएका छौ; किनकि ख्रीष्‍टले तिमीहरूको निम्ति कष्‍ट सहनुभयो, र तिमीहरूको निम्ति एउटा नमुना छोड्नुभयो, र तिमीहरूले उहाँको पाइला पछ्याउनुपर्छ।
1PE 2:22 “उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।”
1PE 2:23 तिनीहरूले उहाँमाथि अपमान गर्दा, उहाँले बदला लिनुभएन। उहाँले दुःख भोग्नुहुँदा, धम्काउनुभएन। यसको सट्टामा उचित न्याय गर्नुहुने परमेश्‍वरकहाँ आफूलाई सुम्पनुभयो।
1PE 2:24 यसरी हामी पापको निम्ति मरौँ र धार्मिकताको निम्ति जिऔँ भनेर “उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो;” अनि “उहाँको चोटद्वारा तिमीहरू निको भयौ।”
1PE 2:25 किनकि “तिमीहरू बरालिएका भेडाजस्तै थियौ,” तर अब तिमीहरू आफ्ना प्राणका गोठालो र संरक्षक ख्रीष्‍टकहाँ फर्केका छौ।
1PE 3:1 हे पत्नीहरू हो, यसरी नै तिमीहरू आफ्ना पतिहरूका अधीनमा बस, र यदि तिनीहरूमध्ये कसैले वचनमाथि विश्‍वास गर्दैन भने तापनि तिनीहरूका पत्नीहरूको आचरणले गर्दा वचनविना नै,
1PE 3:2 तिमीहरूको जीवनको शुद्धता र आदर देखेर तिनीहरूलाई जितियोस्।
1PE 3:3 तिमीहरूको सौन्दर्य केशका सिँगार, सुनका गहना तथा महङ्गा कपडाहरूजस्ता बाहिरी सिँगारले नहोस्।
1PE 3:4 तर तिमीहरूको भित्री व्यक्तित्वमा नम्र र शान्त आत्माको अविनाशी सौन्दर्य होस्, जो परमेश्‍वरको दृष्‍टिमा अति मूल्यवान् छ।
1PE 3:5 किनकि परमेश्‍वरमाथि आशा राख्ने प्राचीन कालका पवित्र महिलाहरूले यसै गरी आफूलाई सुन्दर बनाउँथे। तिनीहरू आफ्ना पतिहरूका अधीनमा रहन्थे;
1PE 3:6 साराजस्तै, जसले अब्राहामको आज्ञापालन गर्थिन् र तिनलाई आफ्नो “मालिक” भन्थिन्। यदि तिमीहरू असल काम गर्छौ र डराउँदैनौ भने तिमीहरू यिनैका छोरीहरू हौ।
1PE 3:7 त्यसै गरी हे पतिहरू हो, आफ्ना पत्नीहरूलाई कमजोर पात्र र तिमीसँगै जीवनका अनुग्रहका साझा उत्तराधिकारी सम्झी उनीहरूलाई आदर गर्दै बुद्धिमानीसाथ उनीहरूसँग बस, र तिमीहरूको प्रार्थना नरोकियोस्।
1PE 3:8 अन्त्यमा तिमीहरू सबै एकै मनका होओ, सहानुभूति देखाओ, आपसमा प्रेम गर, टिठालु र नम्र होओ।
1PE 3:9 दुष्‍टताको सट्टा दुष्‍टता नगर, अथवा अपमानको सट्टा अपमान, तर आशीर्वाद देओ; किनकि आशिष्‌को हकदार हुनलाई तिमीहरू यसैको निम्ति बोलाइएका हौ।
1PE 3:10 किनकि पवित्र धर्मशास्त्रमा लेखिएको छ: “जसले जीवनलाई प्रेम गर्न र असल दिन देख्न चाहन्छ, तिनले आफ्ना जिब्रोलाई खराबीबाट र आफ्ना ओठहरूलाई छलका बोलीबाट बचाउनुपर्दछ।
1PE 3:11 तिनले दुष्‍टताबाट फर्केर भलाइ गर्नुपर्दछ, तिनले शान्ति खोजी गर्नुपर्दछ, र त्यसलाई पछ्याउनुपर्दछ।
1PE 3:12 किनकि प्रभुका नजर धर्मीहरूमाथि रहन्छ; र उहाँका कान तिनीहरूका प्रार्थना सुन्‍नलाई खुल्‍ला हुन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।”
1PE 3:13 त्यसैले तिमीहरू असल गर्न उत्सुक हुन्छौ भने कसले तिमीहरूलाई हानि गर्छ र?
1PE 3:14 तर उचित कुराको लागि तिमीहरूले दुःख भोग्नुपर्ने भए तापनि तिमीहरू धन्यका हौ। “तिनीहरूका धम्कीदेखि नडराओ, न त भयभीत होओ!”
1PE 3:15 तर तिमीहरूका हृदयमा ख्रीष्‍टलाई प्रभु मानेर उहाँलाई श्रद्धा गर। तिमीहरूसँग भएका आशाको कारण सोध्ने हरेकलाई उत्तर दिन सधैँ तयार रहो, तर यो नम्रता र इज्जतसाथ गर।
1PE 3:16 तिमीहरूमा सफा विवेक कायम राख; यसरी ख्रीष्‍टमा तिमीहरूका असल व्यवहारको विरुद्ध द्वेषपूर्ण रूपले बोल्नेहरू आफूले गरेको निन्दाबाट लजाऊन्।
1PE 3:17 परमेश्‍वरको इच्छा यस्तै छ भने खराबी गरेर दुःख भोग्नुभन्दा असल गरेर दुःख भोग्नु असल हो।
1PE 3:18 किनकि अधर्मीहरूलाई परमेश्‍वरकहाँ ल्याउन ख्रीष्‍ट, जो धर्मी हुनुहुन्छ, उहाँले हाम्रा पापका निम्ति दुःख भोग्नुभयो; उहाँ शरीरमा मारिनुभयो, तर आत्मामा जीवित पारिनुभयो।
1PE 3:19 उहाँ आत्मामा जानुभयो, र कैदमा भएका आत्माहरूलाई प्रचार गर्नुभयो,
1PE 3:20 जसले प्राचीन समयमा आज्ञा उल्‍लङ्घन गरेका थिए, जुन बेला नोआको समयमा जहाज बनिँदै गर्दा परमेश्‍वरले धैर्यसाथ पर्खनुभएको थियो। जुन जहाजमा केही मानिसहरू अर्थात् जम्मा आठ जना मानिसहरू पानीबाट बाँचेका थिए;
1PE 3:21 अनि यो पानीले बप्‍तिस्मालाई सङ्केत गर्दछ, जसले तिमीहरूलाई पनि अहिले बचाएको छ; यसले शरीरबाट मैलो निकाल्ने होइन, तर यो परमेश्‍वरप्रतिको स्पष्‍ट विवेकको प्रतिज्ञा हो। यसले तिमीहरूलाई येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा बचाउँदछ;
1PE 3:22 ख्रीष्‍ट, जो स्वर्गमा जानुभएको छ, र परमेश्‍वरको दाहिने हाततिर बस्‍नुभएको छ। स्वर्गदूतहरू, अधिकारहरू तथा शक्तिहरू उहाँकै अधीनमा राखिएका छन्।
1PE 4:1 यसकारण ख्रीष्‍टले आफ्नो शरीरमा दुःख भोग्नुभएको हुनाले तिमीहरू पनि आफूलाई त्यही भावनाले सुसज्जित पार; किनकि जसले आफ्नो शरीरमा दुःख भोगेको हुन्छ, त्यसले पापलाई त्यागेको हुन्छ;
1PE 4:2 अब उसो त्यसले आफ्नो बाँकी शारीरिक जीवन दुष्‍ट मानवीय इच्छाको लागि जिउँदैन, बरु परमेश्‍वरको इच्छाको निम्ति जिउँदछ।
1PE 4:3 किनकि बितेका समयमा तिमीहरूले छाडा, वासनाका जीवन, मतवालापन, कामुकता, मोजमज्जा तथा घिनलाग्दा मूर्तिपूजाहरूजस्ता गैरयहूदीले गर्न छानेका कुराहरूमा प्रशस्त समय बितायौ।
1PE 4:4 तिमीहरू तिनीहरूसँग तिनीहरूका जङ्गली र विनाशकारी जीवनमा लागेनौ भनेर तिनीहरूले अचम्म मानेका छन्, र तिमीहरूमाथि अपमान थुपारेका छन्।
1PE 4:5 तर तिनीहरूले जिउँदा र मरेकाहरूको न्याय गर्न तयार हुनुभएकालाई लेखा दिनुपर्नेछ।
1PE 4:6 किनभने शरीरमा चाहिँ अन्य मानिसहरूजस्तै तिनीहरूको न्याय गरियोस्, तर आत्मामा भने परमेश्‍वरका अनुसार तिनीहरू आत्मामा जिऊन् भनेर नै अहिले मरिसकेका समेतलाई सुसमाचार प्रचार गरिएको हो।
1PE 4:7 सबै कुराको अन्त्य नजिकै छ। यसकारण सतर्क र संयमी भएर तिमीहरू प्रार्थना गर्न सक्ने होओ।
1PE 4:8 सबैभन्दा बढी एक-अर्कालाई गहिरो प्रेम गर; किनकि प्रेमले असंख्य पापहरूलाई ढाक्दछ।
1PE 4:9 एक-अर्कालाई गनगनविना सत्कार गर।
1PE 4:10 हरेकले जस्तो आत्मिक वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहको विभिन्‍न वरदान पाएका असल सेवकझैँ ती एक-अर्काको निम्ति प्रयोग गर।
1PE 4:11 यदि कसैले बोल्छ भने परमेश्‍वरकै शब्दमा बोलोस्; यदि कसैले सेवा गर्छ भने परमेश्‍वरले दिनुहुने बलद्वारा सेवा गरोस्। यसरी सबै कुरामा येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको प्रशंसा होस्। उहाँलाई सदासर्वदा महिमा र शक्ति होस्! आमेन।
1PE 4:12 हे प्रिय मित्रहरू हो, तिमीहरूले अग्निपरीक्षा भोग्नुपर्दा तिमीहरूलाई कुनै अनौठो कुरा आइपरेझैँ अचम्म नमान;
1PE 4:13 तर तिमीहरू ख्रीष्‍टको दुःखमा सहभागी हुन पाएकोमा आनन्द गर। यसरी उहाँको महिमा प्रकट हुँदा तिमीहरूको आनन्द प्रशस्त होस्।
1PE 4:14 ख्रीष्‍टको नामको कारण अपमानित भएका छौ भने तिमीहरू धन्यका हौ; किनकि परमेश्‍वरको महिमाको आत्मा तिमीहरूमा बस्‍नुहुन्छ।
1PE 4:15 तिमीहरूले कष्‍ट भोग्छौ भने ज्यानमारा, चोर वा अरू कुनै किसिमको अपराधी वा हस्तक्षेप गर्नेले झैँ नहोस्।
1PE 4:16 तापनि तिमीहरूले ख्रीष्‍टियान भएको कारण कष्‍ट भोग्यौ भने लाज नमान, तर तिमीहरूले त्यो नाम पाएकोमा परमेश्‍वरको प्रशंसा गर।
1PE 4:17 किनकि परमेश्‍वरकै परिवारबाट न्याय सुरु हुने बेला आएको छ, र यदि यो हामीबाटै सुरु हुन्छ भने झन् परमेश्‍वरको सुसमाचार नमान्‍नेहरूको नतिजा कस्तो होला?
1PE 4:18 पवित्र धर्मशास्त्रमा लेखिएको छ: “धर्मीहरूलाई बाँच्न कठिन छ भने, अधर्मी र पापीहरूको गति के होला?”
1PE 4:19 यसर्थ परमेश्‍वरको इच्छाअनुसार कष्‍ट भोग्नेहरूले आफूलाई तिनीहरूका विश्‍वासयोग्य सृष्‍टिकर्ताकहाँ समर्पण गर्नुपर्छ, र असल गर्नमा जारी राखिरहनुपर्छ।
1PE 5:1 तिमीहरूमध्येका मण्डलीका प्रधानहरूलाई, म एक सङ्गी प्रधानको नाताले, जो ख्रीष्‍टको दुःखको साक्षी र प्रकट हुन लागेको महिमामा सहभागीको हैसियतले, तिमीहरूलाई अनुरोध गर्दछु:
1PE 5:2 तिमीहरूको हेरचाहमा भएको परमेश्‍वरको बगालहरूको रखवालाको रूपमा गोठालो बनिदेओ। तिमीहरूले गर्नैपर्छ भनेर होइन, तर परमेश्‍वरले चाहनुभएझैँ तिमीहरूको इच्छापूर्वक; पैसाको लोभले होइन, तर तिमीहरूको उत्कट इच्छाले सेवा गर।
1PE 5:3 तिमीहरूको जिम्मामा रहेकाहरूमाथि प्रभुत्व जमाएर होइन, तर बगालको निम्ति नमुनाहरू भएर गर।
1PE 5:4 अनि जब प्रधान गोठालो देखा पर्नुहुनेछ, तब तिमीहरूले कहिल्यै नओइलाउने महिमाको मुकुट पाउनेछौ।
1PE 5:5 हे जवानहरू हो, यसरी नै मण्डलीका प्रधानहरूको अधीनमा बस। नम्रताको वस्त्र लगाएर एक-अर्काको सेवा गर; किनकि, “परमेश्‍वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”
1PE 5:6 यसकारण परमेश्‍वरको शक्तिशाली हातमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।
1PE 5:7 तिमीहरूका सबै चिन्ता उहाँमाथि राख; किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।
1PE 5:8 संयमी र चनाखो होओ। तिमीहरूको शत्रु शैतान कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिंहझैँ यताउति घुमिहिँड्छ।
1PE 5:9 विश्‍वासमा स्थिर भएर त्यसको प्रतिरोध गर; किनकि तिमीहरू जान्दछौ संसारभरि नै तिमीहरूका दाजुभाइहरूले त्यस्तै किसिमको कष्‍ट भोगिरहेका छन्।
1PE 5:10 सबै अनुग्रहका परमेश्‍वर, जसले तिमीहरूलाई ख्रीष्‍टमा आफ्नो अनन्त महिमामा बोलाउनुभएको छ; तिमीहरूले केही समयसम्म कष्‍ट भोगेपछि उहाँले नै तिमीहरूलाई पुनर्स्थापन गर्नुहुनेछ र तिमीहरूलाई बलिया, स्थिर र शक्तिशाली बनाउनुहुनेछ।
1PE 5:11 उहाँलाई नै पराक्रम सदासर्वदा भइरहोस्! आमेन।
1PE 5:12 सिलासको सहायताले, जसलाई म एक विश्‍वासयोग्य भाइ ठान्दछु, मैले तिमीहरूलाई उत्साह दिँदै र यही नै परमेश्‍वरको सत्य अनुग्रह भनी छोटकरीमा लेखेको छु। यसमा अटल रहो।
1PE 5:13 तिमीहरूसँगै छानिएकी बेबिलोनमा तिमीहरूकी बहिनीले तिमीहरूलाई अभिवादन पठाएकी छिन्, साथै मेरा छोरा मर्कूसले पनि।
1PE 5:14 एक-अर्कालाई ख्रीष्‍टिय प्रेमले अभिवादन गर। ख्रीष्‍टमा भएका तिमीहरू सबैलाई शान्ति!
2PE 1:1 येशू ख्रीष्‍टको सेवक र प्रेरित सिमोन पत्रुसबाट,
2PE 1:2 परमेश्‍वर र येशू हाम्रा प्रभुको ज्ञानद्वारा तिमीहरूलाई अनुग्रह र शान्ति प्रशस्त मात्रामा होऊन्!
2PE 1:3 उहाँको ईश्‍वरीय शक्तिले उहाँ सम्बन्धी हाम्रो ज्ञान, जसले आफ्नै महिमा र भलाइमा हामीलाई बोलाउनुभएको छ; हामीलाई हाम्रो जीवन र धार्मिकताका निम्ति चाहिने सबै आवश्यकता दिनुभएको छ।
2PE 1:4 जसद्वारा उहाँले हामीलाई आफ्ना महान् र बहुमूल्य प्रतिज्ञाहरू दिनुभएको छ। यसरी ती प्रतिज्ञाहरूद्वारा तिमीहरू ईश्‍वरीय स्वभावमा सहभागी होओ, र दुष्‍ट इच्छाहरूले ल्याउने संसारको भ्रष्‍टतादेखि भाग्नसक्छौ।
2PE 1:5 यसैको निम्ति नै आफ्नो विश्‍वासमा सद्गुण र सद्गुणमा ज्ञान,
2PE 1:6 ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति,
2PE 1:7 भक्तिमा भातृ-स्‍नेह र भातृ-स्‍नेहमा प्रेम थप्नलाई अथक परिश्रम गर।
2PE 1:8 किनकि यी गुणहरू तिमीहरूमा प्रशस्त मात्रामा छन् भने हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा यी गुणहरूले तिमीहरूलाई बेकम्मा र फलरहित हुनबाट बचाउनेछन्।
2PE 1:9 तर कसैमा यी कुराहरू छैनन् भने ऊ नजिकै मात्र देख्ने एक दृष्‍टिविहीन हो, र उसका पुराना पापहरू सफा गरिएका छन् भन्‍ने कुरा भुलेको हुन्छ।
2PE 1:10 यसकारण हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू आफ्नो बोलावट र छनौटलाई निश्‍चित गर्न उत्सुक बन; किनकि तिमीहरूले यी कुरा गर्‍यौ भने तिमीहरू कहिल्यै पापमा पर्नेछैनौ;
2PE 1:11 अनि तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनन्त राज्यमा भव्य स्वागत पाउनेछौ।
2PE 1:12 यसर्थ तिमीहरूले यी कुराहरू जानेर अहिले तिमीहरूसित भएको सत्यतामा स्थिरतापूर्वक स्थापित भएका भए तापनि तिमीहरूलाई यी कुराहरू सधैँ स्मरण गराउनेछु।
2PE 1:13 म यो शरीररूपी पालमा होउन्जेल तिमीहरूको सम्झनालाई ताजा गरिराख्न उचित ठान्दछु।
2PE 1:14 किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टले मलाई स्पष्‍ट पार्नुभएझैँ, म चाँडै नै यसलाई पन्छाउनेछु भनी जान्दछु।
2PE 1:15 अनि मेरो मृत्युपछि पनि तिमीहरूले यी कुराहरू सम्झिराख्न सक्ने तुल्याउनलाई म सकेसम्म प्रयास गर्नेछु।
2PE 1:16 हाम्रा प्रभु येशू ख्रीष्‍टको शक्ति र आगमनको सम्बन्धमा तिमीहरूलाई बताउँदा हामीहरू कुनै धूर्त दन्त्यकथाहरूको पछि लागेनौँ, तर हामी त उहाँका वैभव देख्ने साक्षीहरू थियौँ।
2PE 1:17 किनकि उहाँले परमेश्‍वर पिताबाट इज्जत र महिमा प्राप्‍त गर्नुभयो, जुन बेला महिमामय गौरवबाट यसो भन्‍ने आवाज उहाँकहाँ आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्‍न छु।”
2PE 1:18 त्यो पवित्र डाँडामा जब हामी उहाँसित हुँदा स्वर्गबाट आएको त्यो आवाज हामी आफैँले सुनेका थियौँ।
2PE 1:19 अनि हामीसित भएका अगमवक्ताका लेखाइहरू अझ निश्‍चित भएका छन्; अनि दिनको उदय भएर बिहानीको तारा तिमीहरूको हृदयमा उदय नभएसम्म अन्धकार स्थानमा ज्योति चम्केझैँ तिमीहरूले यस कुरामाथि ध्यान दिनु असलै हुनेछ।
2PE 1:20 मुख्य कुरा, तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्र धर्मशास्त्रमा भएका अगमवाणीहरू अगमवक्ताहरूका आफ्नै व्याख्याबाट आएका होइनन्;
2PE 1:21 किनकि अगमवाणीको सुरु मानिसको इच्छाबाट भएको होइन, तर पवित्र आत्माले अगुवाइ गर्नुभएर मानिसहरूले परमेश्‍वरका तर्फबाट बोलेका हुन्।
2PE 2:1 तर जसरी मानिसहरूका बीचमा झूटा अगमवक्ताहरू थिए, त्यसरी नै तिमीहरूमध्येमा पनि झूटा शिक्षकहरू हुनेछन्। तिनीहरूले गुप्‍तमा झूटा शिक्षाहरू ल्याउनेछन्। तिनीहरूलाई किन्‍नुहुने सार्वभौम प्रभुलाई समेत इन्कार गर्नेछन्; यसरी आफूमाथि चाँडै नाश ल्याउनेछन्।
2PE 2:2 धेरैले आ-आफ्ना भ्रष्‍ट बाटो अपनाउनेछन् र सत्यको बाटोलाई निन्दनीय बनाउनेछन्।
2PE 2:3 त्यसरी नै आफ्नो लोभको कारण तिनीहरूले बनावटी कथाहरूद्वारा तिमीहरूलाई शोषण गर्नेछन्। तिनीहरूका दण्ड लामो समयदेखि तिनीहरूमाथि रहिरहेको छ, र तिनीहरूका विनाश निदाइरहेको छैन।
2PE 2:4 किनकि परमेश्‍वरले ती स्वर्गदूतहरूलाई छोड्नुभएन, जब तिनीहरूले पाप गरे, तर तिनीहरूलाई नरकमा पठाउनुभयो; तिनीहरूलाई न्यायको निम्ति अन्धकारमय झ्यालखानाहरूमा राख्नुभयो।
2PE 2:5 यदि प्राचीन संसारलाई त उहाँले छोड्नुभएन, तर उहाँले अधर्मी मानिसहरूमाथि जलप्रलय ल्याउनुभयो; अनि धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई बचाउनुभयो।
2PE 2:6 उहाँले सदोम र गमोरालाई आगोद्वारा खरानी बनाएर सजाय दिनुभयो; यसरी नै भक्तिहीन मानिसहरूमाथि के आइपर्नेछ भन्‍ने कुराहरूको एउटा उदाहरण बनाउनुभयो।
2PE 2:7 अनि उहाँले धर्मी मानिस लोतलाई छुटकारा दिनुभयो, जो छाडा स्वभावका मानिसहरूको भ्रष्‍ट जीवनदेखि व्याकुल भएका थिए।
2PE 2:8 (किनकि ती धर्मी मानिस तिनीहरूसँग दिनहुँ बस्थे। तिनको धर्मी मन तिनले देखेका र सुनेका व्यवस्थाहीन कामहरूद्वारा पिरोलिएको थियो।)
2PE 2:9 यदि यसो हो भने धर्मी मानिसहरूलाई सङ्कटबाट मुक्त गर्न र अधर्मीहरूलाई न्यायको दिनको लागि जोगाइराख्न प्रभुले जान्‍नुहुन्छ। यद्यपि तिनीहरूका दण्ड जारी राख्नुहुन्छ।
2PE 2:10 यो विशेष तिनीहरूका सम्बन्धमा सत्य छ, जो पापमय स्वभावका भ्रष्‍ट इच्छाहरूलाई पछ्याउँछन् र अधिकारलाई घृणा गर्दछन्। ती मानिसहरू हठी र घमण्डी छन्; अनि स्वर्गीय प्राणीहरूको निन्दा गर्न तिनीहरू डराउँदैनन्।
2PE 2:11 स्वर्गदूतहरू बलिया र धेरै शक्तिशाली भए तापनि प्रभुको उपस्थितिमा स्वर्गीय प्राणीहरूको विरुद्ध निन्दापूर्वक दोष लगाउँदैनन्।
2PE 2:12 तर यी मानिसहरू आफूले नबुझेका कुराहरूको पनि निन्दा गर्दछन्। तिनीहरू विवेकहीन पशुसमान छन्; स्वभाविक प्रवृत्तिहरूमा चल्ने प्राणीहरू, तिनीहरू समातेर मारिनलाई मात्र जन्मेकाहरूजस्ता छन्; अनि तिनीहरू पनि पशुहरूझैँ नाश हुनेछन्।
2PE 2:13 तिनीहरूले गरेका हानिको सट्टा तिनीहरूलाई पनि हानि गरिनेछ। तिनीहरूका लागि आनन्दको अर्थ दिउँसै भोग-विलास गर्नु हो। जब तिनीहरू तिमीहरूसित चाड मनाउँछन्, तब तिनीहरू आफ्नो आनन्दको मोजमज्जा लुट्ने कलङ्क र धब्बा हुन्।
2PE 2:14 व्यभिचारपूर्ण आँखाले भरिएका तिनीहरू कहिल्यै पाप गर्न छोड्दैनन्; तिनीहरूले चञ्चल मन भएकाहरूलाई प्रलोभनमा फसाउँछन्; तिनीहरू लोभ गर्नमा बानी परेकाहरू हुन्, श्रापित सन्तान हुन्!
2PE 2:15 तिनीहरू सीधा बाटो छोडी बओरको छोरा बालामको बाटो पछ्याउनलाई तर्केर गएका छन्, जसले दुष्‍टताको ज्यालालाई रुचाए;
2PE 2:16 तर तिनको गलत कामको लागि त्यसले एउटा गधाबाट हप्की पायो; एउटा जनावर जसको बोली नै हुँदैन, जसले मानिसको सोरमा बोल्यो र अगमवक्ताको पागलपनलाई रोकिदियो।
2PE 2:17 यी मानिसहरू पानी नभएका मुहान र आँधीले उडाएर लैजाने तुवाँलाजस्ता छन्। तिनीहरूका निम्ति कालोभन्दा कालो अन्धकार साँचिएको छ।
2PE 2:18 किनकि तिनीहरूका मुखमा रित्ता, अहङ्कारपूर्ण शब्दहरू छन्, र पापमय स्वभावका कामुक इच्छालाई उक्साउँदै अभिलाषाको जीवनबाट भर्खरै भाग्दै गरेका मानिसहरूलाई पनि फसाउँछन्।
2PE 2:19 यी झूटा शिक्षकहरूले तिनीहरूलाई स्वतन्त्रताको प्रतिज्ञा गर्दछन्; यद्यपि तिनीहरू आफू दुष्‍टताका सेवकहरू हुन्; किनकि जुन कुराले मानिसलाई अधीनमा राखेको हुन्छ, ऊ त्यसको सेवक हुन्छ।
2PE 2:20 यदि तिनीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर संसारको भ्रष्‍टताबाट बाँचेका छन्, र फेरि उनीहरू त्यसमा अल्झिएका र त्यसबाट हारेका छन् भने तिनीहरूका अवस्था सुरुका भन्दा अझ खराब हुन्छ।
2PE 2:21 तिनीहरूका लागि धार्मिकताको बाटो जानेर पनि तिनीहरूलाई दिइएका पवित्र आज्ञाहरूबाट पछि हट्नुभन्दा, बरु त्यस सम्बन्धमा ज्ञानै नहुनु उत्तम हुनेथियो।
2PE 2:22 उनीहरूको सम्बन्धमा यी उखानहरू सत्य छन्, “कुकुर आफ्नै बान्तामा फर्कन्छ,” र, “नुहाइएको सुँगुर फेरि हिलैमा खेल्न जान्छ।”
2PE 3:1 हे प्रिय मित्रहरू हो, यो तिमीहरूलाई मेरो दोस्रो पत्र हो। मैले यी दुवै पत्रहरू तिमीहरूलाई फाइदाजनक विचारतर्फ उत्तेजित गराउन स्मरण पत्रको रूपमा लेखेको छु।
2PE 3:2 म तिमीहरूले बितेका समयमा पवित्र अगमवक्ताद्वारा बोलिएका शब्दहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताले दिनुभएको आज्ञा पुनः स्मरण गर भनी इच्छा गर्दछु।
2PE 3:3 सबैभन्दा पहिले तिमीहरूले बुझ्नुपर्दछ, कि अन्त्यका दिनहरूमा खिसी गर्नेहरू आउनेछन्; तिनीहरूले खिसी गर्नेछन्, र आफ्नै दुष्‍ट विचारहरूलाई पछ्याउनेछन्।
2PE 3:4 अनि तिनीहरूले भन्‍नेछन्, “उहाँले प्रतिज्ञा गरेअनुसार ‘आगमन’ खोइ त? हाम्रा पितापुर्खाहरू मरेको समयदेखि यता सृष्‍टिको सुरुबाट चलिआएका कुराहरू यथावत् नै चलिरहेका छन्।”
2PE 3:5 परमेश्‍वरका वचनद्वारा स्वर्गको अस्तित्व हुन आयो, र पृथ्वी पानीबाट र पानीसित निर्माण भयो भनेर तिनीहरूले जान्दाजान्दै पनि यस विषयमा अनजान रहन चाहन्छन्।
2PE 3:6 अनि त्यही पानीले नै त्यस बेलाको पृथ्वी जलामय भयो र नाश पारियो भनेर बिर्सन्छन्।
2PE 3:7 त्यही वचनद्वारा वर्तमानका स्वर्ग र पृथ्वी न्यायको दिन र ईश्‍वरहीन मानिसहरूको विनाशका लागि जम्मा पारेर आगोको निम्ति जोगाएर राखिएका छन्।
2PE 3:8 मेरा प्रिय मित्रहरू हो, यो एउटा कुरा नबिर्स: परमेश्‍वरका निम्ति एक दिन हजार वर्षजस्तो, र हजार वर्षचाहिँ एक दिनजस्तो हो।
2PE 3:9 केही मानिसले ढिलापनको विषयमा सोचेझैँ, प्रभु आफ्ना प्रतिज्ञा पूरा गर्न ढिलो गर्नुहुन्‍न। उहाँ हामीतर्फ धैर्यवान् हुनुहुन्छ, तर कोही पनि नाश भएको चाहनुहुन्‍न; तर प्रत्येकले पश्‍चात्ताप गरून् भन्‍ने चाहनुहुन्छ।
2PE 3:10 तर प्रभुको दिन चोरझैँ आउनेछ। गर्जनसहित स्वर्ग लुप्‍त हुनेछ, तत्वहरू आगोद्वारा नाश हुनेछन्, पृथ्वी र त्यसमा भएका सबै कुराहरू खरानी पारिनेछन्।
2PE 3:11 यसरी सबै कुराहरू नाश भएर जाने हुनाले तिमीहरू कस्ता किसिमका मानिसहरू हुनुपर्ने हो त? तिमीहरूले पवित्र र ईश्‍वरीय जीवन बिताउनुपर्छ।
2PE 3:12 जब तिमीहरूले परमेश्‍वरका दिनलाई पर्खंदैछौ, र त्यो दिन नजिक आएको चाहन्छौ; जुन दिनले आगोद्वारा स्वर्गको नाश ल्याउनेछ, र तत्वहरू तापमा पग्लिनेछन्।
2PE 3:13 तर हामी उहाँको प्रतिज्ञाअनुसार नयाँ स्वर्ग र नयाँ पृथ्वी पर्खंदैछौँ, जो धार्मिकताको घर हो।
2PE 3:14 त्यसकारण प्रिय मित्रहरू हो, जब तिमीहरू यी कुराहरूको बाटो हेर्दछौ, तब दागरहित, दोषरहित भेट्टाइने तथा उहाँसँग शान्तिमा हुने सक्दो प्रयास गर।
2PE 3:15 अनि हाम्रा प्रभुको धैर्यको अर्थ मुक्ति पाउने मौका हो भन्‍ने कुरालाई सम्झनामा राख; जसरी हाम्रा प्यारा भाइ पावलले पनि परमेश्‍वरले उनलाई दिनुभएको ज्ञानसहित तिमीहरूलाई लेखेका छन्।
2PE 3:16 उनले आफ्ना सबै पत्रहरूमा यी कुराहरूको सम्बन्धमा एकै किसिमले लेखेका छन्। उनका पत्रहरूमा केही कुराहरू छन्, जसलाई बुझ्न गाह्रो छ, जुन कुराहरू अनभिज्ञ र अस्थिर मानिसहरूले अरू धर्मशास्त्रहरूलाई झैँ आफ्नै विनाशको निम्ति बङ्ग्याउँछन्।
2PE 3:17 त्यसकारण प्रिय मित्रहरू हो, यी कुराहरू तिमीहरूले बुझेकै हुनाले होसियार होओ; अनि नियमविहीन मानिसहरूका गल्तीले तिमीहरूलाई नबहकाओस्, र तिमीहरूका सुरक्षित स्थानबाट पतन नगराओस्।
2PE 3:18 तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ। उहाँलाई अहिले अनि सदासर्वदा महिमा होस्! आमेन।
1JO 1:1 जो सुरुदेखि नै हुनुहुन्थ्यो, जसलाई हामीले सुनेका छौँ, जसलाई हामीले हाम्रै आँखाले देखेका छौँ, जसलाई हामीले हेरेका छौँ र हाम्रै हातले छोएका छौँ; अनि यही जीवनको वचनको विषयमा हामी घोषणा गर्दछौँ।
1JO 1:2 त्यो जीवन प्रकट हुनुभयो; हामीले उहाँलाई देखेका छौँ, र उहाँकै साक्षी दिन्छौँ; अनि तिमीहरूलाई हामी अनन्त जीवन घोषणा गर्दछौँ, जो पितासँग हुनुहुन्थ्यो र हामीकहाँ प्रकट हुनुभएको छ।
1JO 1:3 हामीले जे देखेका र सुनेका छौँ, त्यही हामी तिमीहरूलाई घोषणा गर्दछौँ, यस हेतुले कि तिमीहरूको पनि हामीसित सङ्गति होस्। अनि हाम्रो सङ्गति पितासँग र उहाँका पुत्र येशू ख्रीष्‍टसँग छ।
1JO 1:4 त्यसैले हामी यो कुरा हाम्रो आनन्द पूर्ण होस् भनेर लेख्दछौँ।
1JO 1:5 यही सन्देश हामीले उहाँबाट सुन्यौँ र तिमीहरूलाई सुनाउँछौँ; त्यो यही हो, परमेश्‍वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन।
1JO 1:6 यदि हामीले उहाँसँग हाम्रो सङ्गति छ भनी भन्छौँ, तर पनि अन्धकारमा नै हिँड्छौँ भने त हामी झूट बोल्छौँ र सत्यतामा चल्दैनौँ।
1JO 1:7 तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
1JO 1:8 यदि हामीमा पाप छैन भनी हामी दाबी गर्छौँ भने हामीले आफूलाई धोका दिन्छौँ र हामीमा सत्यता हुँदैन।
1JO 1:9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्‍यौँ भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्‍वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ।
1JO 1:10 यदि हामीले पाप गरेका छैनौँ भनी हामी दाबी गर्छौँ भने हामीले उहाँलाई झूटा तुल्याउँछौँ र उहाँको वचन हाम्रो जीवनमा रहँदैन।
1JO 2:1 मेरा प्यारा साना नानीहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्दछु। तर यदि कसैले पाप गर्‍यो भने पितासँग हाम्रो बचाउका निम्ति बोलिदिने हाम्रा एक जना अधिवक्ता हुनुहुन्छ अर्थात् धर्मी येशू ख्रीष्‍ट;
1JO 2:2 अनि उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्‍चितको बलि हुनुहुन्छ, र केवल हाम्रा पापका निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि हुनुहुन्छ।
1JO 2:3 यदि हामीले उहाँका आज्ञाहरू पालन गर्‍यौँ भने त्यसैबाट हामीले उहाँलाई चिनेका छौँ भनी थाहा पाउँछौँ।
1JO 2:4 कसैले “म उहाँलाई चिन्छु” भन्छ, तर त्यसले उहाँको आज्ञापालन गर्दैन भने त्यो झूटो हो, र त्यसमा सत्यता छैन।
1JO 2:5 तर यदि कसैले उहाँको वचन पालन गर्छ भने परमेश्‍वरको प्रेम त्यसमा साँचो रूपले पूर्ण भएको हुन्छ। यसैबाट हामी उहाँमा छौँ भनी हामीलाई थाहा हुन्छ:
1JO 2:6 उहाँमा जिउँछु भनी दाबी गर्ने व्यक्ति येशूजस्तै जिउनुपर्छ।
1JO 2:7 हे प्यारा मित्रहरू हो, मैले तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्यही पुरानो आज्ञा लेखिरहेको छु, जो सुरुदेखि नै तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेको वचन हो।
1JO 2:8 तापनि म तिमीहरूलाई एउटा नयाँ आज्ञा लेखिरहेको छु; यसको सत्यता उहाँमा र तिमीहरूमा देखिन्छ; किनकि अन्धकार बितिरहेको छ, र साँचो ज्योति अगिदेखि नै चम्किरहेको छ।
1JO 2:9 कसैले आफू ज्योतिमा छु भनी दाबी गर्छ, तर आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ भने त्यो अझै पनि अन्धकारमै छ।
1JO 2:10 जसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्छ, त्यो ज्योतिमा जिउँछ, र त्यसमा तिनीहरूलाई ठेस पुर्‍याउने कुनै कारण रहँदैन।
1JO 2:11 तर जसले आफ्नो दाजुभाइ वा दिदीबहिनीहरूलाई घृणा गर्छ, त्यो अन्धकारमा हुन्छ र अन्धकारमै जिउँछ; अनि त्यो कहाँ जाँदैछ, त्यसलाई थाहा हुँदैन; किनकि अन्धकारले त्यसलाई दृष्‍टिविहीन तुल्याएको हुन्छ।
1JO 2:12 हे प्यारा साना नानीहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि उहाँको नामको निम्ति तिमीहरूका पाप क्षमा भएका छन्।
1JO 2:13 हे पिताहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ। हे जवानहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि तिमीहरूले त्यस दुष्‍टलाई जितेका छौ।
1JO 2:14 हे प्यारा बालकहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि तिमीहरूले पितालाई चिनेका छौ। हे पिताहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ। हे जवानहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरूले त्यस दुष्‍टलाई जितेका छौ।
1JO 2:15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कसैले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन।
1JO 2:16 किनकि संसारमा भएका सबै थोक, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी पिताबाट आएको होइन, तर संसारबाट आएको हो।
1JO 2:17 अनि संसार र त्यसका अभिलाषाहरू बितेर जान्छन्, तर परमेश्‍वरको इच्छाअनुसार गर्ने मानिस सधैँको निम्ति जीवित रहिरहन्छ।
1JO 2:18 हे प्यारा बालकहरू हो, यो नै आखिरी घडी हो; अनि ख्रीष्‍ट विरोधी आउनेछ भनी तिमीहरूले सुनेझैँ, अहिले पनि धेरै ख्रीष्‍ट विरोधीहरू आएका छन्। यसबाट नै यो आखिरी घडी हो भनी हामी जान्दछौँ।
1JO 2:19 तिनीहरू हामीबाट निस्केर गए, तर तिनीहरू वास्तवमा हाम्रा थिएनन्; किनकि यदि तिनीहरू हाम्रा हुँदाहुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए; तर तिनीहरू गएकाले नै तिनीहरूमध्ये कोही पनि हाम्रा थिएनन् भन्‍ने कुरा प्रकट गर्दछ।
1JO 2:20 तर तिमीहरूको अभिषेक पवित्र जनद्वारा भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ।
1JO 2:21 तिमीहरूले सत्यलाई जानेका छैनौ भनेर मैले तिमीहरूलाई लेखेको हैन, तर तिमीहरूले यो जानेका हुनाले र सत्यबाट कुनै पनि झूट नआउने भएकोले मैले तिमीहरूलाई लेखेको हुँ।
1JO 2:22 झूट को हो? येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा इन्कार गर्ने मानिस नै झूटो हो। त्यस्तो मानिस नै ख्रीष्‍ट विरोधी हो, त्यसले पिता र पुत्रलाई इन्कार गर्दछ।
1JO 2:23 पुत्रलाई इन्कार गर्ने कुनै पनि मानिससँग पिता हुनुहुन्‍न; जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता पनि हुनुहुन्छ।
1JO 2:24 होसियार होओ, जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्यो तिमीहरूमा रहिरहोस्। यदि त्यो कुरा तिमीहरूमा रहिरह्‍यो भने तिमीहरू पनि पुत्रमा र पिताको सङ्गतिमा रहिरहनेछौ।
1JO 2:25 अनि उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो—अनन्त जीवन।
1JO 2:26 तिमीहरूलाई बहकाउन कोसिस गर्नेहरूका विषयमा तिमीहरूलाई चेतावनी दिनलाई म यी कुराहरू लेखिरहेको छु।
1JO 2:27 तिमीहरूका विषयमा तिमीहरूले उहाँबाट जुन अभिषेक पाएका छौ, त्यो तिमीहरूमा रहिरहन्छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्यकता पर्दैन; तर त्यस अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, र त्यो अभिषेक झूटा नभई सत्य भएको हुनाले त्यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टको सङ्गतिमा रहिरहो।
1JO 2:28 अब हे प्यारा साना नानीहरू हो, उहाँमा रहिरहो; अनि जब प्रभु आउनुहुन्छ, तब हामी ढुक्‍क भएर उहाँको आगमनमा उहाँको अगि हामीले शर्माउन नपरोस्।
1JO 2:29 ख्रीष्‍ट धार्मिक हुनुहुन्छ भनी तिमीहरूले जान्यौ भने तिमीहरूले यो पनि जान्‍नेछौ, कि ठिक काम गर्ने हरेक मानिस परमेश्‍वरबाट जन्मिएको हो।
1JO 3:1 हेर, पिताले हामीलाई कति महान् प्रेम प्रदान गर्नुभएको छ: हामी परमेश्‍वरका सन्तान कहलिएका छौँ; अनि हामी त्यही हौँ पनि! संसारले उहाँलाई नचिनेको कारण यसले हामीलाई पनि चिन्दैन।
1JO 3:2 प्रिय मित्रहरू हो, अहिले हामी परमेश्‍वरका सन्तान हौँ, र हामी के हुनेछौँ, त्यो अहिलेसम्म प्रकट गरिएको छैन; तर हामी यो जान्दछौँ, ख्रीष्‍ट प्रकट हुनुहुँदा हामी उहाँजस्तै हुनेछौँ; किनकि उहाँजस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै नै देख्नेछौँ।
1JO 3:3 यो आशा उहाँमाथि राख्ने सबैले आफूलाई उहाँजस्तै शुद्ध राख्छन्, जस्तो कि उहाँ शुद्ध हुनुहुन्छ।
1JO 3:4 पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ; वास्तवमा पाप नै अधर्म हो।
1JO 3:5 तर तिमीहरू जान्दछौ, हाम्रा पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो, र उहाँमा कुनै पाप छँदैछैन।
1JO 3:6 उहाँमा रहने कसैले पनि पाप गरिरहँदैन। पाप गरिरहने कसैले पनि उहाँलाई न देखेको हुन्छ, न त चिनेको नै हुन्छ।
1JO 3:7 हे प्यारा साना नानीहरू हो, कुनै पनि मानिसले तिमीहरूलाई बहकाउन नपाओस्। जसले ठिक काम गर्छ, त्यो धार्मिक हो; जस्तो उहाँ धार्मिक हुनुहुन्छ।
1JO 3:8 जसले पापमय काम गर्दछ, त्यो शैतानको हो; किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आइरहेको छ। परमेश्‍वरका पुत्र प्रकट हुनुभएको कारण नै शैतानका कामहरू नष्‍ट पार्नलाई हो।
1JO 3:9 परमेश्‍वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन; किनकि परमेश्‍वरको बिउ त्यसमा रहन्छ, त्यसले पाप गरिरहन सक्दैन; किनकि ऊ परमेश्‍वरबाट जन्मिएको हो।
1JO 3:10 परमेश्‍वरको सन्तान को हो र, शैतानको सन्तान को हो भन्‍ने कुरा हामीले यसैबाट जान्दछौँ: जे ठिक छ, त्यो काम नगर्ने कुनै पनि व्यक्ति र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम नगर्ने व्यक्ति परमेश्‍वरको सन्तान होइन।
1JO 3:11 तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो; हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।
1JO 3:12 कयिनजस्तो नहोओ, जो दुष्‍टको थियो र त्यसले आफ्नै भाइको हत्या गर्‍यो। त्यसले आफ्नो भाइको हत्या किन गर्‍यो? किनकि त्यसका आफ्ना कामहरू दुष्‍ट थिए, तर त्यसको भाइका कामहरूचाहिँ धार्मिक थिए।
1JO 3:13 त्यसैले हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान।
1JO 3:14 हामी जान्दछौँ, हामी त मृत्युबाट जीवनमा सरिसकेका छौँ; किनकि हामी आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्छौँ। जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ।
1JO 3:15 हरेक जसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ, त्यो हत्यारा हो; अनि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन भन्‍ने तिमीहरू जान्दछौ।
1JO 3:16 प्रेम के हो भन्‍ने कुरा हामी यसैबाट थाहा पाउँछौँ; येशू ख्रीष्‍टले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो। यसैले हामीले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुपर्छ।
1JO 3:17 यदि कसैसँग भौतिक धनसम्पत्ति छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खाँचोमा परेको देख्छ; तर पनि त्यसप्रति दया देखाउँदैन भने त्यसले कसरी परमेश्‍वरको प्रेम त्यससँग रहेको दाबी गर्न सक्छ र?
1JO 3:18 प्यारा साना नानीहरू हो, हामीले वचन र जिब्रोले मात्र होइन, तर कामद्वारा र सत्यतामा प्रेम गरौँ।
1JO 3:19 त्यसकारण यसैबाट नै हामी सत्यका हौँ भनी जान्दछौँ, र यसरी हामी उहाँको उपस्थितिमा निर्धक्‍क भएर खडा हुन सक्छौँ।
1JO 3:20 जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने याद राख, परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै कुरा जान्‍नुहुन्छ।
1JO 3:21 प्रिय मित्रहरू हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्‍वरको सामु हामीलाई साहस हुन्छ;
1JO 3:22 अनि हामीले जे माग्छौँ, सो उहाँबाट पाउँछौँ; किनकि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ; अनि जुन कुराले उहाँलाई प्रसन्‍न तुल्याउँछ, त्यही गर्दछौँ।
1JO 3:23 अनि उहाँको आज्ञा यही हो—उहाँका पुत्र येशू ख्रीष्‍टको नाममा विश्‍वास गर्नुपर्छ र उहाँले हामीलाई आज्ञा दिनुभएअनुसार एक-अर्कालाई प्रेम गर्नुपर्छ।
1JO 3:24 जसले उहाँका आज्ञाहरू पालन गर्छन्, तिनीहरू उहाँमा रहन्छन्, र उहाँ तिनीहरूमा। उहाँ हामीमा रहनुहुन्छ भन्‍ने कुरा उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौँ।
1JO 4:1 प्रिय मित्रहरू हो, जुनसुकै आत्मालाई विश्‍वास नगर, तर ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर; किनकि संसारमा धेरै झूटा अगमवक्ताहरू निस्किआएका छन्।
1JO 4:2 परमेश्‍वरका आत्मालाई तिमीहरू यसरी चिन्‍न सक्नेछौ—हरेक आत्मा जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दछ, त्यो परमेश्‍वरबाटको हो।
1JO 4:3 तर हरेक आत्मा, जसले येशूलाई स्वीकार गर्दैन, त्यो परमेश्‍वरबाटको होइन। अनि यही नै ख्रीष्‍ट विरोधीको आत्मा हो, जो आउँछ भन्‍ने तिमीहरूले सुनेका छौ, र अहिले नै पनि त्यो यस संसारमा आइसकेको छ।
1JO 4:4 हे प्यारा साना नानीहरू हो, तिमीहरू परमेश्‍वरका हौ, र झूटा अगमवक्ताहरूलाई जितेका छौ; किनकि जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ।
1JO 4:5 तिनीहरू संसारका हुन्, त्यसैले संसारकै दृष्‍टिकोणद्वारा बोल्छन्, र संसारले तिनीहरूका कुरा सुन्छ।
1JO 4:6 हामी परमेश्‍वरका हौँ, र जसले परमेश्‍वरलाई जान्दछ; उसले हाम्रा कुरा सुन्छ; तर जो परमेश्‍वरको होइन, त्यसले हाम्रा कुरा सुन्दैन। यसैबाट नै हामी सत्यको आत्मा र झूटको आत्मालाई चिन्छौँ।
1JO 4:7 प्रिय मित्रहरू हो, हामी एक-अर्कालाई प्रेम गरौँ; किनकि प्रेम परमेश्‍वरबाट आउँछ। हरेक जसले प्रेम गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो, र त्यसले परमेश्‍वरलाई जान्दछ।
1JO 4:8 जसले प्रेम गर्दैन, त्यसले परमेश्‍वरलाई चिनेको हुँदैन; किनकि परमेश्‍वर प्रेम हुनुहुन्छ।
1JO 4:9 परमेश्‍वरले हाम्रा बीचमा उहाँको प्रेम यसरी प्रकट गर्नुभयो: पुत्रद्वारा हामी जिउन सकौँ भनेर उहाँले आफ्ना अद्वितीय पुत्र येशू ख्रीष्‍टलाई यस संसारमा पठाउनुभयो।
1JO 4:10 प्रेम यही नै हो, हामीले परमेश्‍वरलाई प्रेम गरेनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र आफ्ना पुत्रलाई हाम्रो पापको लागि प्रायश्‍चितको बलि बनाएर पठाउनुभयो।
1JO 4:11 प्रिय मित्रहरू हो, परमेश्‍वरले हामीलाई यस्तो प्रेम गर्नुभएको हुनाले हामीले पनि एक-अर्कालाई प्रेम गर्नुपर्छ।
1JO 4:12 परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन; तर हामीले एक-अर्कालाई प्रेम गर्‍यौँ भने परमेश्‍वर हामीमा जिउनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ।
1JO 4:13 हामी उहाँमा जिउँछौँ, र उहाँ हामीमा जिउनुहुन्छ भनी हामी जान्दछौँ; किनकि उहाँले हामीलाई आफ्नो पवित्र आत्मा दिनुभएको छ।
1JO 4:14 अनि हामीले देखेका छौँ र साक्षी दिन्छौँ; पिताले संसारका मुक्तिदाता हुनाका निम्ति आफ्ना पुत्रलाई पठाउनुभएको छ।
1JO 4:15 कुनै पनि व्यक्तिले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ भने परमेश्‍वर त्यसमा जिउनुहुन्छ र त्यो परमेश्‍वरमा।
1JO 4:16 अनि यसरी नै हामीप्रति परमेश्‍वरको प्रेम हामी जान्दछौँ र त्यसैमा भर पर्दछौँ। परमेश्‍वर प्रेम हुनुहुन्छ, जो प्रेममा जिउँछ, त्यो परमेश्‍वरमा जिउँछ, र परमेश्‍वर त्यसमा जिउनुहुन्छ।
1JO 4:17 यसरी न्यायको दिनमा हामीमा निर्भयता होस् भनेर प्रेम हाम्रो बीचमा सिद्ध भएको छ; किनकि येशू जस्तो हुनुहुन्छ, हामी पनि यस संसारमा त्यस्तै जिउँछौँ।
1JO 4:18 प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ; किनकि डरको सम्बन्ध दण्डसँग हुन्छ। जो डराउँछ, त्यो प्रेममा सिद्ध भएको हुँदैन।
1JO 4:19 हामी उहाँलाई प्रेम गर्छौँ; किनकि पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।
1JO 4:20 यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्छ, तापनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई चाहिँ घृणा गर्छ भने त्यो झूटो हो; किनकि जसले आफूले देखेका दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्दैन, त्यसले आफूले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन।
1JO 4:21 अनि उहाँले हामीलाई यो आज्ञा दिनुभएको छ, जसले परमेश्‍वरलाई प्रेम गर्छ, त्यसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई पनि प्रेम गर्नैपर्छ।
1JO 5:1 हरेक व्यक्ति जसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी विश्‍वास गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो। बुबालाई प्रेम गर्ने हरेकले बुबाबाट जन्मेको छोरालाई पनि प्रेम गर्छ।
1JO 5:2 हामीले परमेश्‍वरका सन्तानलाई प्रेम गर्छौँ भन्‍ने कुरा हामी यसरी थाहा पाउँछौ—परमेश्‍वरलाई प्रेम गरेर, र उहाँका आज्ञाहरू पालन गरेर।
1JO 5:3 परमेश्‍वरप्रतिको प्रेम नै उहाँका आज्ञाहरू पालन गर्नु हो; अनि उहाँका आज्ञाहरू असजिला छैनन्;
1JO 5:4 किनकि परमेश्‍वरबाट जन्मेको हरेकले संसारमाथि विजय पाउँछ। यो नै त्यो विजय हो; जसले हाम्रो विश्‍वाससमेत संसारलाई जितेको छ।
1JO 5:5 संसारमाथि विजय प्राप्‍त गर्ने को हो? केवल त्यही मात्र, जसले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्दछ।
1JO 5:6 उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो—येशू ख्रीष्‍ट। उहाँ केवल पानीद्वारा मात्र आउनुभएन, तर पानी र रगतद्वारा आउनुभयो। अनि साक्षी दिने पवित्र आत्मा नै हुनुहुन्छ; किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ।
1JO 5:7 किनकि साक्षी दिनेहरू तीन छन्—
1JO 5:8 पवित्र आत्मा, पानी र रगत; र यी तीन सहमत छन्।
1JO 5:9 हामी मानिसका साक्षी ग्रहण गर्छौँ, तर परमेश्‍वरको साक्षी झन् महान् छ; किनकि यो परमेश्‍वरको साक्षी हो, जो उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ।
1JO 5:10 हरेक व्यक्ति जसले परमेश्‍वरका पुत्रमाथि विश्‍वास गर्दछ, त्यसले यो साक्षी स्वीकार गर्छ। जसले परमेश्‍वरमा विश्‍वास गर्दैन, त्यसले उहाँलाई झूटो तुल्याउँछ; किनकि परमेश्‍वरले उहाँको पुत्रको विषयमा दिनुभएको साक्षीलाई त्यसले विश्‍वास गरेको हुँदैन।
1JO 5:11 अनि साक्षी यही नै हो—परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, र यो जीवन उहाँको पुत्रमा छ।
1JO 5:12 जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यससँग जीवन छैन।
1JO 5:13 तिमीहरू परमेश्‍वरका पुत्रको नाममा विश्‍वास गर्नेहरूसँग अनन्त जीवन हुन्छ भनी जान भनेर म लेखिरहेको छु।
1JO 5:14 परमेश्‍वरकहाँ जाँदा हाम्रो यही भरोसा छ, कि हामीले उहाँको इच्छाअनुसार जुनसुकै कुरा मागे पनि उहाँले हामीलाई सुन्‍नुहुन्छ।
1JO 5:15 अनि हामीले जेसुकै मागे तापनि उहाँले हामीलाई सुन्‍नुहुन्छ भनी हामी जान्दछौँ भने हामीले उहाँसँग जे मागेका छौँ, त्यो हामीले पाएका छौँ भनी हामी जान्दछौँ।
1JO 5:16 यदि कसैले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूले पाप गरेको देख्छ, जुन पापले मृत्युमा पुर्‍याउँदैन, त्यस्तो अवस्थामा त्यसले प्रार्थना गरिदिनुपर्छ, र परमेश्‍वरले त्यसलाई जीवन दिनुहुनेछ। म तिनीहरूका विषयमा जनाउँदैछु, जसको पाप मृत्युमा पुर्‍याउने किसिमको हुँदैन। त्यस्तो पाप पनि छ; जसले मृत्युमा पुर्‍याउँछ। त्यस्तो पापको निम्ति त्यसले प्रार्थना गरिदेओस् भनी म भन्दिनँ।
1JO 5:17 सबै अधर्म पाप हो, तर यस्तो पाप पनि हुन्छ, जसले मृत्युमा पुर्‍याउँदैन।
1JO 5:18 जो परमेश्‍वरबाट जन्मेको छ, त्यसले पाप गरिरहँदैन भनी हामी जान्दछौँ; परमेश्‍वरका पुत्रले त्यसलाई सधैँ सुरक्षित राख्नुहुन्छ, र दुष्‍टले त्यसलाई हानि गर्न सक्दैन।
1JO 5:19 हामी परमेश्‍वरका सन्तान हौँ, र सारा संसार दुष्‍टको नियन्त्रणमा परेको छ भन्‍ने कुरा हामी जान्दछौँ।
1JO 5:20 हामी यो पनि जान्दछौँ, जो सत्य हुनुहुन्छ उहाँलाई हामीले जान्‍न सकौँ भनेर परमेश्‍वरको पुत्र आउनुभएको छ, र हामीलाई समझ दिनुभएको छ। अनि अहिले हामी उहाँमा छौँ; किनकि हामी उहाँको पुत्र येशू ख्रीष्‍टमा छौँ। उहाँ नै एक मात्र सत्य परमेश्‍वर र अनन्त जीवन हुनुहुन्छ।
1JO 5:21 प्यारा नानीहरू हो, तिमीहरूको हृदयमा परमेश्‍वरको स्थान लिने कुनै पनि कुराबाट अलग रहो।
2JO 1:1 मण्डलीका प्रधानबाट,
2JO 1:2 सत्यताको कारणले, जुन हामीमा रहन्छ, र सदासर्वदाका लागि हामीसँग रहिरहनेछ:
2JO 1:3 परमेश्‍वर पिता र येशू ख्रीष्‍टबाट, जो पिताको पुत्र हुनुहुन्छ; अनुग्रह, कृपा र शान्तिसँगै सत्य तथा प्रेम हामीहरूसित रहून्!
2JO 1:4 पिताले हामीलाई जस्तो आज्ञा दिनुभयो, तिम्रा केही छोराछोरीहरू ठिक त्यसै गरी सत्यतामा चलिरहेका छन् भनी भेट्टाएकोमा म धेरै आनन्दित भएको छु।
2JO 1:5 हे प्रिय स्त्री, म तिम्रा लागि नयाँ आज्ञा लेख्दिनँ, तर जो हामीसँग सुरुदेखि नै छ, त्यही लेख्दैछु। म बिन्ती गर्दछु, हामी एक-अर्कालाई प्रेम गरौँ।
2JO 1:6 हामीले उहाँका आज्ञाहरू पालन गर्दै जिउनु नै प्रेम हो। जसरी तिमीहरूले सुरुदेखि सुनेका छौ, त्यसरी नै तिमीहरू प्रेममा हिँड्नुपर्छ, यही नै उहाँको आज्ञा हो।
2JO 1:7 किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना बहकाउनेहरू संसारमा निस्किआएका छन्, जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्। यस्ता कुनै पनि व्यक्ति छली र ख्रीष्‍ट विरोधी हो।
2JO 1:8 होसियार बस, जुन कुराको निम्ति हामीहरूले काम गरेका छौँ, त्यो गुमाउने होइन, तर तिमीहरूले पूरा इनाम पाउन सक।
2JO 1:9 हरेक जसले बाटो बिराएर अन्‍यत्र जाँदछ, त्यो ख्रीष्‍टको शिक्षामा स्थिर रहँदैन, त्यससँग परमेश्‍वर हुनुहुन्‍न; ख्रीष्‍टको शिक्षामा रहिरहने सबैसँग पिता र पुत्र दुवै हुनुहुन्छ।
2JO 1:10 यदि कोही तिमीहरूकहाँ आउँछ र यही शिक्षा ल्याउँदैन भने त्यसलाई घरमा नलैजाओ, न त त्यसलाई स्वागत नै गर।
2JO 1:11 जसले त्यसलाई स्वागत गर्छ, ऊ त्यसका दुष्‍ट कामहरूमा सहभागी बनेको हुन्छ।
2JO 1:12 मैले तिमीहरूलाई लेख्नुपर्ने कुरा धेरै छन्, तर कागज र मसीले ती म लेख्न चाहन्‍नँ। तर तिमीहरूकहाँ आएर आमने-सामने भएर कुरा गर्ने म आशा राख्छु, जसबाट हाम्रो आनन्द पूर्ण हुन सकोस्।
2JO 1:13 परमेश्‍वरद्वारा चुनिएकी तिम्री बहिनीका छोराछोरीहरूले तिमीलाई अभिवादन पठाएका छन्।
3JO 1:1 मण्डलीका प्रधानबाट,
3JO 1:2 प्रिय मित्र, म प्रार्थना गर्दछु, जसरी तिम्रो आत्माको उन्‍नति भएको छ, त्यसरी नै तिमी स्वस्थ बस र सबै कुरामा तिमीलाई भलो होस्।
3JO 1:3 केही दाजुभाइ-दिदीबहिनीहरू आएर सत्यताको विषयमा तिम्रो विश्‍वासयोग्यता र तिमी कसरी निरन्तर हिँडिरहेका छौ भन्‍ने विषयमा साक्षी दिएकोले म धेरै आनन्दित भएको छु।
3JO 1:4 मेरा सन्तानहरू सत्यतामा चलिरहेका छन् भन्‍ने कुरा सुन्‍न पाउनुभन्दा ठूलो आनन्द मेरो लागि अरू केही हुँदैन।
3JO 1:5 हे प्रिय मित्र, ती दाजुभाइ-दिदीबहिनीहरू तिम्रा लागि परदेशी भए तापनि तिमीले जे गर्दैछौ, त्यसमा तिमी विश्‍वासयोग्य छौ।
3JO 1:6 तिनीहरूले तिम्रो प्रेमको विषयमा मण्डलीलाई साक्षी दिएका छन्। परमेश्‍वरलाई मनपर्ने रीतिले तिनीहरूलाई आफ्ना यात्रामा पठाऊ।
3JO 1:7 तिनीहरू उहाँकै नामको निम्ति निस्केका हुन्, र गैरयहूदीहरूबाट कुनै सहायता लिएनन्।
3JO 1:8 यसकारण सत्यताका निम्ति सँगै मिलेर काम गर्न सकौँ भन्‍नका लागि हामीले यस्ता मानिसहरूलाई सेवा सत्कार गर्नैपर्छ।
3JO 1:9 मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ, तर तिमीहरूमा ठूलो हुन खोज्ने डियोत्रिफसले हामीलाई स्वीकार गर्दैन।
3JO 1:10 यसकारण म आएँ भने त्यसले गरिरहेका कामहरूबारे कुरा उठाउनेछु। त्यसले हाम्रा विरुद्धमा खराब कुराहरू बक्दै हिँड्छ। त्यतिमा पनि सन्तुष्‍ट नभएर त्यसले अरू विश्‍वासीहरूलाई स्वीकार गर्दैन र स्वीकार गर्न चाहनेहरूलाई पनि त्यसले रोक्छ, र तिनीहरूलाई मण्डलीबाट बाहिर निकालिदिन्छ।
3JO 1:11 हे प्रिय मित्र, खराबीको होइन, तर असल कुराको अनुकरण गर। जसले असल कुरा गर्दछ, त्यो परमेश्‍वरबाटको हो। जसले खराबी गर्दछ, त्यसले परमेश्‍वरलाई देखेको छैन।
3JO 1:12 डेमेत्रियसका विषयमा सबैले असल साक्षी दिएका छन्, र सत्यता स्वयम्‌ले पनि त्यही साक्षी दिन्छ। हामी पनि तिनको विषयमा असल बोल्छौँ, र हाम्रो साक्षी सत्य छ भनी तिमी जान्दछौ।
3JO 1:13 मैले तिमीलाई लेख्नुपर्ने कुराहरू धेरै छन्, तर म कलम र मसीले ती लेख्न चाहन्‍नँ।
3JO 1:14 म तिमीलाई चाँडै नै भेट्ने आशा गर्दछु, तब हामी आमने-सामने भएर कुरा गर्नेछौँ।
3JO 1:15 तिमीलाई शान्ति होस्! यहाँ भएका मित्रहरूले आफ्नो अभिवादन पठाएका छन्। त्यहाँ भएका मित्रहरूलाई नाम लिएर अभिवादन भनिदेऊ।
JUD 1:1 येशू ख्रीष्‍टको सेवक र याकोबको भाइ यहूदाबाट,
JUD 1:2 तिमीहरूलाई प्रशस्त मात्रामा कृपा, शान्ति र प्रेम!
JUD 1:3 प्रिय मित्रहरू हो, म तिमीहरूलाई हामी सहभागी भएको मुक्तिको विषयमा लेख्न अति इच्छुक भए तापनि परमेश्‍वरका सन्तहरूलाई सधैँको निम्ति सुम्पिएको विश्‍वासको रक्षा गर भनेर तिमीहरूलाई बिन्ती गर्दै लेख्न मलाई इच्छा लाग्यो।
JUD 1:4 किनकि धेरै अगिदेखि दण्डको भागीदार छन् भनी लेखिएका कतिपय मानिसहरू तिमीहरूका बीचमा गुप्‍त रूपले पसिसकेका छन्। तिनीहरू ईश्‍वरहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्‍वरको अनुग्रहलाई दुष्‍ट आचरणको अनुमतिपत्रको रूपमा बदल्छन्, र हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्‍टलाई इन्कार गर्दछन्।
JUD 1:5 तिमीहरूले यो सबै जानिसकेका छौ तापनि म तिमीहरूलाई यो स्मरण गराउन चाहन्छु—प्रभुले आफ्नो जातिलाई इजिप्टबाट निकालेर ल्याउनुभयो; तर विश्‍वास नगर्नेहरूलाई पछिबाट नष्‍ट गर्नुभयो।
JUD 1:6 ती स्वर्गदूतहरू, जसले आफ्नो अधिकारको स्थान राखेनन्, तर तिनीहरूका आफ्नै घरसमेत त्याग गर्नेलाई उहाँले त्यस महान् दिनको न्यायको निम्ति अनन्तको साङ्लोले बाँधेर अन्धकारमा राख्नुभएको छ।
JUD 1:7 यस्तै किसिमले सदोम र गमोरा, र छेउछाउका सहरहरूले आफूलाई व्यभिचारको अनैतिकता र भ्रष्‍टताको लागि दिइहाले। तिनीहरू अनन्तको आगोको दण्ड भोग्नेहरूका नमुना भएका छन्।
JUD 1:8 ठिक यही किसिमले यी मानिसहरू गुप्‍त रूपले पसेका छन्। यी ईश्‍वरहीन मानिसहरूले सपनाको आधारमा तिनीहरूका आफ्नै शरीरलाई दूषित पार्छन्; अधिकारलाई इन्कार गर्दछन्, र स्वर्गीय प्राणीहरूको निन्दा गर्छन्।
JUD 1:9 तर प्रधान दूत माइकलले पनि मोशाको शरीरको विषयमा शैतानसित विवाद गर्दा त्यसको विरुद्धमा निन्दापूर्ण दोष लगाउन साहस गरेनन्, तर “प्रभुले तँलाई हप्काऊन्” मात्र भनेका थिए।
JUD 1:10 तरै पनि यी मानिसहरूले निर्बुद्धि पशुहरूझैँ सहज बुद्धिले कुरा बुझ्छन्; त्यसैले तिनीहरू आफूले नबुझेका कुराहरूको निन्दा गर्छन्। यी कुराहरूले नै तिनीहरूलाई नष्‍ट गर्नेछन्।
JUD 1:11 यस्ताहरूलाई धिक्‍कार छ! तिनीहरू कयिनको बाटोमा लागेका छन्। तिनीहरू लाभको निम्ति बालामको गल्तीतिर हतारिन्छन्। तिनीहरू कोरहको विद्रोहमा जस्तै नष्‍ट भएका छन्।
JUD 1:12 यी मानिसहरू तिमीहरूका प्रेम भोजहरूमा कलङ्कहरू हुन्, जो सङ्कोचविना निर्धक्‍कसित तिमीहरूसँगै खान्छन्। तिनीहरू आफ्नै मात्र पेट भर्ने गोठालाहरू हुन्। तिनीहरू बतासले उडाइएका पानीविनाका बादलहरू हुन्। तिनीहरू शरद ऋतुका फल नभएका दुईपल्ट मरिसकेका र जरैसित उखेलिएका रूखहरू हुन्।
JUD 1:13 तिनीहरू समुद्रका उर्लंदा छालहरू हुन्; जसले आफ्नै शर्मको फिँज काढ्छन्। तिनीहरू डुलुवा ताराहरू हुन्, जसका लागि सबैभन्दा कालो अन्धकार सदाको लागि साँचिएको छ।
JUD 1:14 आदमदेखि सातौँ पुस्ताका हनोकले यस्ता मानिसहरूबारे यसरी अगमवाणी गरेका थिए: “हेर, प्रभु हरेकको न्याय गर्नलाई आफ्ना हजारौँ-हजार पवित्र जनहरूसँग आउँदैहुनुहुन्छ;
JUD 1:15 अनि ती सबैलाई न्याय गर्न, र तिनीहरूले आफ्ना अभक्तिमा गरेका सबै ईश्‍वरहीन कामहरू, र ईश्‍वरहीन पापीहरूले उहाँको विरुद्ध बोलेका सबै कठोर वचनहरूको दण्ड दिनलाई आउँदैहुनुहुन्छ।”
JUD 1:16 यी मानिसहरू गनगन गर्नेहरू र दोष खोज्नेहरू हुन्। तिनीहरू आफ्नै दुष्‍ट विचारको पछि लाग्छन्। तिनीहरू आफ्नै विषयमा घमण्ड गर्छन्, र तिनीहरू आफ्नै लाभको निम्ति अरूको चापलुसी गर्दछन्।
JUD 1:17 तर प्रिय मित्रहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले पहिलेबाट नै के भनेका छन्, सो सम्झना गर।
JUD 1:18 तिनीहरूले तिमीहरूलाई भने, “अन्तिम समयहरूमा आफ्नै इच्छाहरूको पछि लाग्ने ईश्‍वरहीन निन्दकहरू हुनेछन्।”
JUD 1:19 यिनीहरू त्यस्ता मानिसहरू हुन्, जसले तिमीहरूमा विभाजन ल्याउँछन्, जससित परमेश्‍वरको आत्मा नभएका, तर सहज बुद्धिको पछि लाग्नेहरू हुन्।
JUD 1:20 तर प्रिय मित्रहरू हो, तिमीहरूले आफूलाई अति पवित्र विश्‍वासमा निर्माण गर, पवित्र आत्मामा प्रार्थना गर।
JUD 1:21 प्रभु येशू ख्रीष्‍टले तिमीहरूलाई अनन्त जीवनमा लैजाने कृपालाई पर्खंदा तिमीहरू आफूलाई परमेश्‍वरको प्रेममा स्थिर बनाइराख।
JUD 1:22 शङ्कालुहरूप्रति कृपालु बन।
JUD 1:23 अरूलाई आगोमा पर्नबाट झट्टै बचाओ; उहाँको डरलाई हृदयमा राखेर अरूहरूप्रति सधैँ दया देखाओ। भ्रष्‍ट शरीरले दाग लगाएको वस्त्रलाई घृणा गर।
JUD 1:24 अब उहाँलाई नै, जसले तिमीहरूलाई पतन हुनदेखि बचाउनुहुन्छ, र जसले तिमीहरूलाई उहाँको महिमित उपस्थितिमा अति आनन्दसाथ निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ,
JUD 1:25 हाम्रा एउटै मुक्तिदाता परमेश्‍वरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा महिमा, गौरव, पराक्रम र अधिकार युगानुयुग, पहिलेदेखि अहिले र सदासर्वदा भइरहोस्! आमेन।
REV 1:1 येशू ख्रीष्‍टको प्रकाश, जो परमेश्‍वरले चाँडै हुन आउने कुराहरू आफ्ना सेवकहरूलाई देखाउन उहाँलाई दिनुभयो। उहाँले आफ्ना दूत पठाएर यो आफ्नो सेवक यूहन्‍नालाई प्रकट गर्नुभयो;
REV 1:2 तिनैले परमेश्‍वरको वचनको लागि र येशू ख्रीष्‍टको गवाहीको लागि आफूले देखेका सबै थोकहरूको विवरण दिए।
REV 1:3 जसले यस अगमवाणीका वचनहरू ठूलो सोरमा पढेर सुनाउँछ, त्यो धन्यको हो; अनि यसलाई सुन्‍नेहरू र यसमा लेखिएका कुराहरू पालन गर्नेहरू धन्यका हुन्; किनकि समय नजिकै छ।
REV 1:4 यूहन्‍नाबाट,
REV 1:5 अनि येशू ख्रीष्‍टबाट, जो विश्‍वसनीय साक्षी, मृतकहरूमध्ये पहिले जीवित हुनुभएका र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, र उहाँले नै आफ्नो रगतले हाम्रा पापहरूबाट हामीलाई स्वतन्त्र पार्नुभयो;
REV 1:6 अनि उहाँका परमेश्‍वर र पितालाई सेवा गर्नलाई हामीलाई एउटा राज्य र पुजारी बनाउनुभयो; उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा भइरहोस्! आमेन।
REV 1:7 “हेर, उहाँ बादलहरूका साथमा आउँदैहुनुहुन्छ”; अनि “हरेक आँखाले उहाँलाई देख्नेछ, तिनीहरूले पनि, जसले उहाँलाई घोचेका थिए” अनि पृथ्वीका सबै जातिहरूले “उहाँको कारण विलाप गर्नेछन्।”
REV 1:8 सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “म नै अल्फा र ओमेगा हुँ” जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो हुनआउनुहुनेछ।
REV 1:9 म यूहन्‍ना, तिमीहरूका भाइ, येशूमा भएका हाम्रा कष्‍टमा, राज्यमा र धीरजपूर्वक लागिपर्ने सहकर्मी हुँ; परमेश्‍वरको वचन र येशूको गवाहीको कारण म पत्मोस टापुमा थिएँ।
REV 1:10 प्रभुको दिनमा म आत्मामा थिएँ, र मेरो पछिल्तिर मैले तुरहीको जस्तै एउटा चर्को आवाज सुनेँ,
REV 1:11 जसले यसो भन्यो: “तिमी जे देख्छौ, त्यो एउटा पुस्तकमा लेख, र त्यसलाई सातै वटा मण्डलीहरू अर्थात्, एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियामा पठाऊ।”
REV 1:12 अनि मसित बोल्नेलाई हेरूँ भनेर म फर्केँ। जब म पछिल्तिर फर्केँ, तब मैले सुनका सात वटा सामदानहरू देखेँ;
REV 1:13 अनि सामदानहरूका बीचमा पाउसम्मै पुग्ने लामो पोशाक र छातीमा सुनौलो चौडा पेटी लाउनुभएको “मानिसको पुत्रजस्तै,” एक जनालाई देखेँ।
REV 1:14 उहाँको शिरको कपाल ऊनजस्ता सेता, हिउँजस्तै सेता, र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता बलेका थिए।
REV 1:15 उहाँका पाउहरू आगोका भट्टीमा खारेर टल्काएका काँसाजस्तै चम्केका थिए, र उहाँको सोरचाहिँ बेगसित उर्लेको पानीको आवाजजस्तो थियो।
REV 1:16 अनि उहाँको दाहिने हातले सात वटा ताराहरू पक्रिराखेको थियो; अनि उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको अनुहारचाहिँ पूरा तेजसित चम्केको सूर्यझैँ थियो।
REV 1:17 जब मैले उहाँलाई देखेँ, तब म मरेतुल्य भएर उहाँको पाउमा परेँ। तब उहाँले आफ्नो दाहिने हात ममाथि राखेर भन्‍नुभयो: “नडराऊ, आदि र अन्त्य म नै हुँ।
REV 1:18 जीवितचाहिँ म नै हुँ; म मरेको थिएँ, र हेर, म सदासर्वदाको लागि जीवित छु! अनि मसित मृत्यु र पातालका साँचाहरू छन्।
REV 1:19 “यसकारण तिमीले जे देखेका छौ, अहिले जे छ, र यसपछि के हुनेछ, सो लेख।
REV 1:20 तिमीले मेरो दाहिने हातमा देखेका सात वटा ताराहरू र सात वटा सुनका सामदानहरूको रहस्य यो हो: सात वटा ताराहरू सात मण्डलीका दूतहरू हुन्, र सात वटा सामदानहरू सात मण्डलीहरू हुन्।”
REV 2:1 “एफिससमा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जसले आफ्नो दाहिने हातमा सात वटा ताराहरू पक्रेर राख्नुभएको छ; अनि जो सात वटा सुनका सामदानहरूका बीचमा हिँड्नुहुन्छ।
REV 2:2 मलाई तिम्रा कामहरू, तिम्रो कठोर परिश्रम र लगनशीलता थाहा छ। मलाई यो पनि थाहा छ, तिमीले दुष्‍ट मानिसहरूलाई सहन सक्दैनौ; अनि जो प्रेरित होइनन्, तर प्रेरित हौँ भन्‍नेहरूलाई तिमीले जाँच्यौ, र तिनीहरू झूटा हुन् भनी पत्ता लगायौ।
REV 2:3 तिमीले लगनशील भएर मेरो नामको निम्ति दुःख सहेका छौ, तैपनि त्यागेका छैनौ।
REV 2:4 तर तिम्रो विरुद्धमा मेरो यो गुनासो छ: तिमीले तिम्रो पहिलो प्रेम त्यागेका छौ।
REV 2:5 तिमी कहाँबाट खसेका छौ, सो स्मरण गर! पश्‍चात्ताप गर र तिमीले पहिले गरेका कामहरू गर। यदि तिमीले पश्‍चात्ताप गरेनौ भने म तिमीकहाँ आएर तिम्रो सामदान त्यसको ठाउँबाट हटाइदिनेछु।
REV 2:6 तर तिमीसँग एउटा राम्रो पक्ष छ: तिमीले निकोलाइटसहरूका कामहरूलाई घृणा गर्दछौ, जसलाई म पनि घृणा गर्दछु।
REV 2:7 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ। जसले विजय हासिल गर्दछ, त्यसलाई म जीवनको त्यो रूखबाट खान दिनेछु, जुन परमेश्‍वरको स्वर्गलोकमा छ।
REV 2:8 “स्मुर्नामा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जो आदि र अन्त्य हुनुहुन्छ, जो मर्नुभएको थियो, र अहिले जीवित हुनुभएको छ।
REV 2:9 मलाई तिमीहरूको पीडा र गरिबी थाहा छ; तरै पनि तिमीहरू त धनी छौ! मलाई तिनीहरूले गरेको निन्दा थाहा छ, जो आफैँलाई यहूदीहरू हौँ भनी भन्छन्, तर होइनन्, तिनीहरू त शैतानका सभा हुन्।
REV 2:10 तिमीहरूले भोग्न लागेका कष्‍टहरूसित नडराओ। म तिमीहरूलाई भन्दछु, शैतानले तिमीहरूमध्ये कतिलाई जाँच्नलाई कैदमा लैजानेछ; अनि तिमीहरूले दश दिनसम्म सतावट भोग्नेछौ। मृत्युसम्मै विश्‍वासी होओ, र म तिमीहरूलाई जीवनको मुकुट दिनेछु।
REV 2:11 जसको कान छ, त्यसले सुनोस्; पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ। जसले जित्छ, त्यसलाई दोस्रो मृत्युले कुनै किसिमले हानि गर्नेछैन।
REV 2:12 “पर्गामममा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जससित धारिलो दुईधारे तरवार छ।
REV 2:13 म जान्दछु तिमी कहाँ बस्छौ, त्यहीँ नै जहाँ शैतानको आफ्नो सिंहासन छ। तरै पनि तिमी मेरो नामको निम्ति विश्‍वासयोग्य भइरह्‍यौ। तिमीले म प्रतिको तिम्रो विश्‍वासलाई शैतान बस्‍ने तिमीहरूका सहरमा मारिएका मेरा विश्‍वासयोग्य साक्षी एन्टिपासको समयमा पनि त्यागेनौ।
REV 2:14 तैपनि तिम्रो विरुद्धमा मसित केही कुराहरू छन्: तिमीहरूमध्ये कोही यस्ता छन्, जसले बालामका शिक्षा मान्दछन्, जसले बालाकद्वारा इस्राएलीहरूलाई पाप गर्न उक्साए, जसले गर्दा तिनीहरूले मूर्तिहरूलाई चढाएको भोजन खाए, र व्यभिचार गरे।
REV 2:15 यसरी नै तिमीसँग निकोलाइटसको शिक्षा पालन गर्नेहरू पनि छन्।
REV 2:16 यसकारण पश्‍चात्ताप गर! नत्रता म चाँडै तिमीकहाँ आएर मेरो मुखको तरवारले तिनीहरूको विरुद्धमा लडाइँ गर्नेछु।
REV 2:17 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ। जसले विजय हासिल गर्दछ, त्यसलाई म लुकाइराखेको मन्‍न दिनेछु। म त्यसलाई नयाँ नाम लेखिएको एउटा सेतो पत्थर पनि दिनेछु, जसलाई पाउनेले मात्र जान्‍नेछ।
REV 2:18 “थिआटीरामा भएको मण्डलीका दूतलाई लेख: यी परमेश्‍वरका पुत्रका वचनहरू हुन्, जसका आँखा आगोका ज्वालाझैँ, र जसका पाउहरू टल्काइराखेको काँसझैँ छन्।
REV 2:19 तिम्रा कामहरू, तिम्रो प्रेम र विश्‍वास, तिम्रो सेवा र लगनशीलता; अनि मलाई यो पनि थाहा छ, कि तिमीले पहिलेभन्दा अहिले बढी काम गर्दैछौ।
REV 2:20 तैपनि तिम्रो विरुद्धमा मेरो यो गुनासो छ: तिमीले त्यस स्त्री ईजेबेललाई सहन्छौ, जसले आफूलाई अगमवादिनी हुँ भनी भन्दछे। आफ्ना शिक्षाहरूद्वारा त्यसले मेरा सेवकहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढाएका भोजनहरू खान भनी गलत मार्गतिर डोर्‍याउँछे।
REV 2:21 मैले त्यसलाई आफ्नो यौन अनैतिकताबाट पश्‍चात्ताप गर्ने समय दिएँ, तर त्यसले पश्‍चात्ताप गर्नै चाहिन।
REV 2:22 यसकारण म त्यसलाई कष्‍टको ओछ्यानमा थला पारिदिनेछु, र त्यससित व्यभिचार गर्नेहरूले त्यसको मार्गदेखि पश्‍चात्ताप गरेनन् भने तिनीहरूलाई महा कष्‍ट दिनेछु।
REV 2:23 म त्यसका छोराछोरीहरूलाई मृत्युद्वारा नाश पारिदिनेछु। तब सबै मण्डलीहरूले जान्‍नेछन्, कि हृदय र मनको खोजी गर्ने म नै हुँ; अनि मैले नै तिमीहरू हरेकलाई आफ्ना कामअनुसारको प्रतिफल दिनेछु।
REV 2:24 अब थिआटीरामा भएका बाँकीलाई म भन्दछु, तिमीहरू जसले त्यसको शिक्षा ग्रहण गरेका छैनौ, र शैतानका गहिरा भेदहरू सिकेका छैनौ, ‘म तिमीहरूमाथि अब अरू कुनै भार थप्दिनँ,
REV 2:25 तिमीहरूसित जे छ, म नआउन्जेल बलियो गरी पक्रिराख। म तिमीहरूलाई योभन्दा अरू दुःख दिन्‍नँ।’
REV 2:26 त्यसकारण जसले विजय हासिल गर्दछ, र अन्त्यसम्म मेरो इच्छा पालन गर्दछ, जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई राष्ट्रहरूमाथि अधिकार दिनेछु।
REV 2:27 अनि ‘त्यसले तिनीहरूमाथि फलामको राजदण्डले शासन गर्नेछ; त्यसले तिनीहरूलाई माटाको भाँडा फुटाएझैँ फुटाउनेछ।’
REV 2:28 जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई बिहानको तारा पनि दिनेछु।
REV 2:29 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।
REV 3:1 “सार्डिसमा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जसले परमेश्‍वरका सात आत्माहरू र सात ताराहरू पक्रनुभएको छ। मलाई तिम्रो काम थाहा छ; तिमी जीवित भनेर कहलिएका छौ, तर तिमी मरेका छौ।
REV 3:2 जागा होऊ, र मर्नै लागेका बाँकी कुराहरूलाई बलियो बनाओ; किनकि मैले मेरा परमेश्‍वरको सामु तिम्रा कामहरू अधुरो पाएको छु।
REV 3:3 यसकारण तिमीले जे पाएका र सुनेका छौ, त्यो स्मरण गर; त्यसलाई पालन गर र पश्‍चात्ताप गर। तर तिमी जागेनौ भने म चोरझैँ आउनेछु, र म तिमीकहाँ कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ।
REV 3:4 तैपनि सार्डिसमा केही यस्ता मानिसहरू छन्, जसले आफ्ना वस्त्रहरू बिटुलो पारेका छैनन्। तिनीहरू मसित सेता वस्त्रहरू पहिरेर हिँड्नेछन्; किनकि तिनीहरू योग्यका छन्।
REV 3:5 जसले विजय हासिल गर्दछ, उसलाई तिनीहरूलाई झैँ, सेतो वस्त्र पहिराइनेछ। म तिनीहरूका नाम जीवनको पुस्तकबाट कहिल्यै मेट्नेछैनँ, तर मेरा पिता र उहाँका दूतहरूको अगि स्वीकार गर्नेछु।
REV 3:6 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।
REV 3:7 “फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जो पवित्र र सत्य हुनुहुन्छ, जससित दावीदको साँचो छ। उहाँले जे खोल्नुहुन्छ, त्यो कसैले बन्द गर्न सक्दैन र उहाँले जे बन्द गर्नुहुन्छ, त्यो कसैले खोल्न सक्दैन।
REV 3:8 मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रो अगाडि एउटा खुला ढोका राखेको छु, जसलाई कसैले बन्द गर्न सक्दैन। तिमीसित थोरै शक्ति छ भन्‍ने मलाई थाहा छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नामलाई इन्कार गरेका छैनौ।
REV 3:9 म शैतानका ती सभाघरकाहरूलाई, जो यहूदीहरू होइनन्, तर आफूलाई यहूदीहरू हौँ भनेर झूट बोल्छन्, म तिमीहरूको पाउमा दण्डवत् गर्न, र मैले तिमीलाई प्रेम गरेको छु भनेर स्वीकार गर्न लगाउनेछु।
REV 3:10 तिमीले धैर्यसाथ सहेर मेरा आज्ञापालन गरेको हुनाले, म पनि तिमीलाई त्यस परीक्षाको समयबाट बचाउनेछु, जुन संसारका सबै बासिन्दाहरूको परीक्षा लिन सारा पृथ्वीमाथि आउँदैछ।
REV 3:11 हेर, म चाँडै आउनेछु। तिमीहरूसित जे छ, त्यसलाई पक्रिराख, ताकि तिम्रो मुकुट कसैले लैजान नपाओस्।
REV 3:12 जसले विजय हासिल गर्दछ, म मेरा पिताको मन्दिरमा एउटा खाँबो बनाउनेछु। उसले यसलाई कहिल्यै छोड्नेछैन। म उसमाथि मेरा परमेश्‍वरको नाम, मेरा परमेश्‍वरको स्वर्गबाट आइरहेको नयाँ सहर यरूशलेमको नाम लेखिदिनेछु; अनि म उसमाथि मेरो नयाँ नाम पनि लेखिदिनेछु।
REV 3:13 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।
REV 3:14 “लाउडिकियामा भएको मण्डलीका दूतलाई लेख: यी वचनहरू आमेनका हुन्, जो विश्‍वासयोग्य अनि सत्य साक्षी, र परमेश्‍वरको सृष्‍टिका शासक हुनुहुन्छ।
REV 3:15 मलाई तिम्रा कामहरू थाहा छ, तिमी न चिसा न त ताता छौ। तिमी चिसो अथवा ताता भएका भए त हुनेथियो।
REV 3:16 यसकारण तिमी न तातो, न त चिसो, मनतातो भएकोले म तिमीलाई मेरो मुखबाट उकेल्न आँटेको छु।
REV 3:17 तिमी भन्छौ, ‘म धनी छु; मैले धेरै धनसम्पत्ति कमाएको छु, र मलाई कुनै थोकको खाँचो छैन।’ तर तिमीले यो थाहा गरेका छैनौ, कि तिमी गएगुज्रेको, दयनीय, गरिब, दृष्‍टिविहीन र नाङ्गा छौ।
REV 3:18 म तिमीलाई सल्‍लाह दिन्छु, मबाट आगोमा खारेको सुन किन; अनि धनी बन, र आफ्नो लाजमर्दो नग्नता ढाक्नलाई सेतो वस्त्र किन, र लगाऊ; अनि आँखामा लगाउने गाजल किन, ताकि तिमीले देख्न सक।
REV 3:19 जसलाई म प्रेम गर्छु, तिनीहरूलाई म हप्काउँछु, र अनुशासनमा राख्छु। यसकारण उत्साहित होओ र पश्‍चात्ताप गर।
REV 3:20 म यहाँ छु! म ढोकामा उभिएर घचघच्याउँछु। यदि कसैले मेरो आवाज सुन्छ र ढोका खोल्छ भने म त्यसकहाँ भित्र आउनेछु; अनि त्यससित भोजन खानेछु, र त्यसले मसित खानेछ।
REV 3:21 जसले विजय हासिल गर्दछ, म उसलाई मसित मेरो सिंहासनमा बस्‍ने अधिकार दिनेछु, जसरी मैले पनि जितेँ, र मेरो पिताको सिंहासनमा बसेको छु।
REV 3:22 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।”
REV 4:1 त्यसपछि मैले देखेँ, स्वर्गमा एउटा खुला ढोका थियो। मैले पहिले सुनेको सोर तुरहीको आवाजमा मसँग यसरी बोलिरहेको थियो, “यहाँ माथि आऊ, र यसपछि के हुनुपर्छ, सो म तिमीलाई देखाउनेछु।”
REV 4:2 म तुरुन्तै आत्मामा भएँ; अनि स्वर्गमा मेरो सामु कोही बसिरहनुभएको एउटा सिंहासन थियो।
REV 4:3 अनि त्यहाँ विराजमान हुनुहुनेको मुहार बिल्‍लौर र लालमणिझैँ देखिन्थ्यो। त्यहाँ पन्‍नाजस्तै चम्केको इन्द्रेणीले सिंहासनलाई घेरिराखेको थियो।
REV 4:4 त्यस सिंहासनका वरिपरि चौबीस वटा अरू सिंहासनहरू थिए; अनि यसमाथि सेता वस्त्र लगाएका र शिरमा सुनका मुकुट लगाएका चौबीसजना प्रधानहरू बसेका थिए।
REV 4:5 सिंहासनबाट बिजुलीको चमक, गड्याङ-गुडुङ र मेघ गर्जनको आवाज निस्किरहेको थियो। सिंहासनको सामु सात वटा बत्तीहरू बलिरहेका थिए, जुन परमेश्‍वरका सात आत्माहरू हुन्।
REV 4:6 सिंहासनको अगाडि स्फटिकझैँ पारदर्शी काँचको समुद्रजस्तो थियो। सिंहासनको बीचमा चारैतिर चार वटा जीवित प्राणीहरू थिए, र तिनीहरूका अगाडि र पछाडि आँखाहरूले ढाकिएका थिए।
REV 4:7 पहिलो जीवित प्राणी सिंहजस्तै, दोस्रो गोरुजस्तै, तेस्रोको अनुहार मानिसको जस्तै, चौथोचाहिँ उडिरहेको गरुडजस्तै थियो।
REV 4:8 प्रत्येक जीवित प्राणीका छ वटा पखेटाहरू थिए; अनि ती चारैतिर, पखेटा भित्रपट्टि पनि आँखाहरूले ढाकिएका थिए। रातदिन तिनीहरूले नरोकीकन यसो भनिरहन्थे:
REV 4:9 सिंहासनमा बस्‍नुहुने, र सदासर्वदा जिउनुहुनेलाई जब जीवित प्राणीहरूले महिमा, आदर र धन्यवाद चढाउँछन्,
REV 4:10 तब ती चौबीसजना प्रधानहरू सिंहासनमाथि बस्‍नुहुने अनि सदासर्वदा जिउनुहुनेको सामु घोप्टो पर्छन्, र दण्डवत् गर्छन्। तिनीहरूले आ-आफ्ना मुकुटहरू सिंहासनको सामु राखेर यसो भन्छन्:
REV 4:11 “हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यका हुनुहुन्छ; किनकि तपाईंले सबै थोक सृष्‍टि गर्नुभयो; अनि तपाईंको इच्छाद्वारा नै ती सृष्‍टि गरिए; अनि ती अस्तित्वमा आए।”
REV 5:1 त्यसपछि मैले सिंहासनमा बस्‍नुहुनेको दाहिने हातमा एउटा चर्मपत्र देखेँ, जसको दुवैतिर लेखिएको थियो; र सात वटा मोहरहरूले बन्द गरिएको थियो।
REV 5:2 अनि मैले एउटा बलवान् स्वर्गदूतलाई देखेँ, जसले चर्को सोरले यसरी घोषणा गर्दैथिए, “यी मोहरहरू तोडेर चर्मपत्र खोल्ने योग्यको को छ?”
REV 5:3 तर स्वर्गमा अथवा पृथ्वीमा वा पृथ्वीमुनि भएका कसैले पनि त्यस चर्मपत्रलाई खोल्न र पढ्न सकेनन्।
REV 5:4 म रोइरहेँ किनकि त्यस चर्मपत्र खोल्ने र पढ्ने योग्यको कोही पनि पाइएन।
REV 5:5 तब धर्मगुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ! हेर, यहूदाको कुलको सिंह, दावीदको सिंहासनको उत्तराधिकारी यो चर्मपत्र र यी सात वटा मोहरहरू खोल्न विजयी हुनुभएको छ।”
REV 5:6 तब मैले मारिनुभएको थुमाजस्तो कसैलाई सिंहासनको बीचमा उभिरहनुभएको देखेँ, जसको चारैतिर चार वटा जीवित प्राणीहरू र धर्मगुरुहरू थिए। थुमाका सात वटा सिङहरू अनि सात वटा आँखाहरू थिए; जुनचाहिँ संसारभरि पठाइएका परमेश्‍वरका सात आत्माहरू हुन्।
REV 5:7 थुमाले सिंहासनमा बस्‍नुहुनेको दाहिने हातबाट त्यो चर्मपत्र लिनुभयो।
REV 5:8 अनि जब त्यो लिनुभयो, तब ती चार वटा जीवित प्राणीहरू र चौबीसजना प्रधानहरू त्यस थुमाको सामु घोप्टो परे। प्रत्येकसित एउटा वीणा थियो, र तिनीहरूले धूपले भरिएका सुनका धुपौराहरू पक्रेका थिए, जुन सन्तहरूका प्रार्थना हुन्।
REV 5:9 अनि तिनीहरूले एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्र लिने र त्यसका छापहरू खोल्ने योग्यको हुनुहुन्छ; किनकि तपाईं मारिनुभएको थियो; अनि तपाईंको रगतद्वारा तपाईंले मानिसहरूलाई प्रत्येक कुल र भाषाबाट जातिहरूलाई र राष्ट्रहरूलाई परमेश्‍वरको निम्ति किन्‍नुभयो।
REV 5:10 तपाईंले तिनीहरूलाई हाम्रा परमेश्‍वरको सेवा गर्नलाई राज्य र पुजारीहरू बनाउनुभयो; अनि तिनीहरूले संसारमा राज्य गर्नेछन्।”
REV 5:11 तब मैले दर्शनमा सिंहासन, जीवित प्राणीहरू र प्रधानहरूका वरिपरि असंख्य स्वर्गदूतहरूका सोर सुनेँ। तिनीहरूको संख्या लाखौँ र करोडौँ थियो।
REV 5:12 चर्को सोरमा तिनीहरूले यो गीत गाए: “मारिनुभएको थुमा, शक्ति, वैभव, बुद्धि, बल, आदर, महिमा र प्रशंसा पाउन योग्यका हुनुहुन्छ!”
REV 5:13 तब मैले स्वर्गमा, पृथ्वीमाथि, पृथ्वीमुनि र समुद्रमा भएका समस्त प्राणीहरूले यो गीत गाइरहेका सुनेँ: “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई प्रशंसा, आदर, महिमा र शक्ति
REV 5:14 चार जीवित प्राणीहरूले भने, “आमेन,” अनि प्रधानहरूले घोप्टो परेर उहाँलाई आराधना गरे।
REV 6:1 थुमाले सात वटा छापहरूमध्ये पहिलो छाप खोल्नुभएको मैले देखेँ। तब ती चार जीवित प्राणीहरूमध्ये एउटाले गर्जनझैँ आवाजमा यसो भनिरहेको सुनेँ, “आऊ!”
REV 6:2 अनि त्यहाँ मैले मेरो सामु एउटा सेतो घोडा देखेँ! त्यसमाथि सवारले एउटा धनु समातेको थियो, र उसलाई एउटा मुकुट दिइयो; अनि ऊ विजय गर्ने उद्देश्यले विजयीझैँ निस्क्यो।
REV 6:3 जब थुमाले दोस्रो छाप खोल्नुभयो, तब मैले दोस्रो जीवित प्राणीले यसो भनिरहेको सुनेँ, “आऊ!”
REV 6:4 अनि अर्को उज्ज्वल रातो घोडा आयो। उसलाई एउटा ठूलो तरवार दिइयो। त्यसको सवारलाई संसारदेखि शान्ति उठाइलैजाने र मानिसहरूले एक-अर्कालाई मारून् भन्‍ने अख्तियार दिइयो।
REV 6:5 जब थुमाले तेस्रो छाप खोल्नुभयो, तब मैले तेस्रो जीवित प्राणीले यसो भनिरहेको सुनेँ, “आऊ!” मैले हेरेँ, र मेरो सामु एउटा कालो घोडा थियो! त्यसको सवारको हातमा एउटा तराजु थियो।
REV 6:6 तब ती चार जीवित प्राणीहरूमध्ये एउटा आवाजले यसो भनिरहेको मैले सुनेँ, “एक दिनको ज्याला एक किलो गहुँ र एक दिनको ज्याला, तीन किलो जौ; तेल र दाखमद्यलाई हानि नगर्नू!”
REV 6:7 जब थुमाले चौथो छाप खोल्नुभयो, मैले चौथो जीवित प्राणीले यसो भनिरहेको सोर सुनेँ, “आऊ!”
REV 6:8 मैले हेरेँ, मेरो सामु एउटा हल्का हरियो रङ्गको घोडा थियो! त्यसको सवारलाई मृत्यु भन्‍ने नाम दिइएको थियो, र पातालचाहिँ त्यसको पछि-पछि लागेको थियो। तिनीहरूलाई संसारको चौथाइ भागलाई तरवारले, कालले, रूढीले र संसारका जङ्गली जन्तुहरूले मार्ने शक्ति दिइएको थियो।
REV 6:9 जब थुमाले पाँचौँ छाप खोल्नुभयो, तब मैले वेदीको मुनि तिनीहरूका आत्माहरूलाई देखेँ, जो परमेश्‍वरको वचनको कारण र आफ्नो साक्षी कायम राखेको कारण मारिएका थिए।
REV 6:10 तिनीहरूले जोडसित यसो भने, “हे सार्वभौम, पवित्र र सत्य प्रभु, तपाईंले कहिलेसम्म संसारका बासिन्दाहरूमाथि न्याय गरेर हाम्रा रगतको बदला लिनुहुन्‍न र?”
REV 6:11 तब ती प्रत्येकलाई पाउसम्म लामो सेतो वस्त्र दिइयो; अनि तिनीहरूका सङ्गी-सेवकहरू र दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीहरूझैँ मारिएर संख्यामा पूरा नभएसम्म केही समय पर्खिनू भनी तिनीहरूलाई भनियो।
REV 6:12 थुमाले छैटौँ छाप खोल्नुभएको मैले हेरेँ। तब एउटा ठूलो भुइँचालो गयो। सूर्यचाहिँ बाख्राको रौँले बनिएको भाङ्ग्राझैँ कालो भयो; अनि सम्पूर्ण चन्द्रमा रगतजस्तो रातो भयो;
REV 6:13 अनि आकाशका ताराहरूचाहिँ नपाकेका अञ्जीरहरू हावाले हल्‍लाइँदा झरेझैँ पृथ्वीमा झरे।
REV 6:14 आकाशचाहिँ पत्रको मुठाझैँ बेह्रिएर गयो; अनि प्रत्येक पहाड र टापुचाहिँ आफ्नो ठाउँबाट हटिगए।
REV 6:15 तब संसारका राजाहरू, राजकुमारहरू, सेनापतिहरू, धनीहरू, पराक्रमीहरू, प्रत्येक सेवक र स्वतन्त्र व्यक्ति, ओडार, चट्टान र पहाडहुँदो लुके।
REV 6:16 तिनीहरूले पहाड र चट्टानहरूलाई भने, “हामीमाथि खस र हामीलाई सिंहासनमाथि बस्‍नुहुनेको अनुहारदेखि र थुमाको क्रोधदेखि लुकाइदेओ!
REV 6:17 किनकि उहाँहरूको क्रोधको महा दिन आइपुगेको छ, र यसको सामना कसले गर्न सक्ला र?”
REV 7:1 यसपछि मैले चार जना स्वर्गदूतहरूलाई पृथ्वीको चार कुनामा उभिरहेका देखेँ, जसले जमिनमा, समुद्रमा अथवा कुनै रूखमा कतैबाट पनि बतास नचलोस् भनेर रोक्नलाई पृथ्वीका चारै वटा बतासलाई रोकिराखेका थिए।
REV 7:2 तब मैले जीवित परमेश्‍वरको छाप लिएर अर्को स्वर्गदूतलाई पूर्वबाट उक्लिरहेको देखेँ। उनले जमिन र समुद्रलाई हानि गर्ने अख्तियार पाएका चार जना स्वर्गदूतहरूलाई जोडसित भने,
REV 7:3 “जबसम्म हामीले परमेश्‍वरका सेवकहरूका निधारहरूमा छाप लगाइसक्दैनौँ, तबसम्म जमिन, समुद्र अथवा रूखहरूलाई हानि नगर्नू।”
REV 7:4 तब मैले छाप पाएकाहरूको संख्या सुनेँ, अर्थात् तिनीहरू इस्राएलका सबै कुलहरूबाट 1,44,000 थिए।
REV 7:5 यहूदाको कुलबाट 12,000 लाई छाप लगाइयो। रूबेनको कुलबाट 12,000 लाई, गादको कुलबाट 12,000 लाई,
REV 7:6 आशेरको कुलबाट 12,000 लाई, नप्‍तालीको कुलबाट 12,000 लाई, मनश्शेको कुलबाट 12,000 लाई,
REV 7:7 शिमियोनको कुलबाट 12,000 लाई, लेवीको कुलबाट 12,000 लाई, इस्साखारको कुलबाट 12,000 लाई,
REV 7:8 जबूलूनको कुलबाट 12,000 लाई, योसेफको कुलबाट 12,000 लाई, बेन्यामीनको कुलबाट 12,000 लाई छाप लगाइयो।
REV 7:9 त्यसपछि मैले प्रत्येक राष्ट्र, कुल, जाति र भाषाबाट कसैले गन्‍न नसक्ने एउटा ठूलो भीडलाई सिंहासनको र थुमाको सामु उभिरहेका देखेँ। तिनीहरूले पाउसम्मै लामो सेतो वस्त्र पहिरेका र हातमा खजूरका हाँगाहरू लिएका थिए।
REV 7:10 तिनीहरू चर्को सोरमा कराए: “सिंहासनमा विराजमान हुनुहुने, हाम्रा परमेश्‍वर र थुमामा मुक्ति छ।”
REV 7:11 सबै स्वर्गदूतहरू सिंहासन, प्रधानहरू र चार वटा जीवित प्राणीहरूका वरिपरि उभिरहेका थिए। तिनीहरू सिंहासनको सामु घोप्टो परे, र यसो भन्दै परमेश्‍वरलाई आराधना गरे,
REV 7:12 “आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्ति र बल सदासर्वदा भइरहोस्। आमेन!”
REV 7:13 तब प्रधानहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्त्र पहिरनेहरू को हुन् र कहाँबाट आएका हुन्?”
REV 7:14 तब मैले उत्तर दिएँ, “हजुर, तपाईं नै जान्‍नुहुन्छ।” अनि तिनले भने, “यी तिनीहरू हुन्, जो महासङ्कष्‍टबाट निस्केर आएका छन्; तिनीहरूले आफ्ना वस्त्रहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।
REV 7:15 यसकारण, “तिनीहरू परमेश्‍वरको सिंहासनको सामु छन्; अनि तिनीहरू उहाँको मन्दिरमा दिनरात उहाँको सेवा गर्छन्; अनि सिंहासनमा बस्‍नुहुनेले आफ्नो उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।
REV 7:16 ‘तिनीहरू फेरि कहिल्यै भोकाउने छैनन्; तिनीहरू फेरि कहिल्यै तिर्खाउनेछैनन्। तिनीहरूलाई सूर्यको प्रचण्ड तापले पोल्नेछैन।’
REV 7:17 किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठाला हुनुहुनेछ; ‘उहाँले तिनीहरूलाई जिउँदो पानीको स्रोतसम्म डोर्‍याउनुहुनेछ।’ ‘अनि परमेश्‍वर आफैँले तिनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुछिदिनुहुनेछ।’”
REV 8:1 जब थुमाले सातौँ मोहर खोल्नुभयो, तब स्वर्गमा प्रायः आधा घण्टासम्म सन्‍नाटा छायो।
REV 8:2 अनि मैले परमेश्‍वरको सामु सात जना स्वर्गदूतहरूलाई उभिएको देखेँ; अनि तिनीहरूलाई सात वटा तुरहीहरू दिइयो।
REV 8:3 अर्का स्वर्गदूत, जससँग एउटा सुनको धुपौरो थियो, वेदीनिर आएर उभिए। तिनलाई सबै सन्तहरूको प्रार्थनासित सिंहासनको सामु भएको सुनको वेदीमा चढाउनलाई धेरै धूप दिइयो।
REV 8:4 स्वर्गदूतको हातबाट धूपको धुवाँ सन्तहरूका प्रार्थनासँगसँगै उँभो उठ्दै परमेश्‍वरको उपस्थितिमा गयो।
REV 8:5 तब ती स्वर्गदूतले धुपौरो लिएर त्यसमा वेदीको आगो भरे, र त्यसलाई पृथ्वीमाथि फ्याँकिदिए; अनि मेघ गर्जन, गड्याङ-गुडुङको आवाज, बिजुलीको चमक उत्पन्‍न भयो, र भुइँचालो गयो।
REV 8:6 तब सात वटा तुरहीहरू भएका ती सात स्वर्गदूतहरू तुरही फुक्न तयार भए।
REV 8:7 जब पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके, तब त्यहाँ रगतमा मिसिएका असिना र आगो उत्पन्‍न भए, र पृथ्वीमाथि वर्षिए। पृथ्वीको एक तिहाइ भाग, रूखहरूको एक तिहाइ भाग र सबै हरिया घाँसहरू जलेर भस्म भयो।
REV 8:8 जब दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, तब बल्दैगरेको एउटा ठूलो पहाडजस्तै कुनै वस्तु समुद्रमा फालियो; अनि समुद्रको एक तिहाइ भाग रगतमा परिणत भयो।
REV 8:9 समुद्रमा भएका जीवित प्राणीहरूको एक तिहाइ भाग मरे; अनि जहाजहरूको एक तिहाइ भाग नष्‍ट भयो।
REV 8:10 जब तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, तब राँकोझैँ जलिरहेको एउटा ठूलो तारा आकाशबाट नदीहरूको एक तिहाइ भागमाथि र पानीका मुहानहरूमाथि खस्यो;
REV 8:11 त्यस ताराको नाम तितो हो। पानीको तेस्रो भाग तितो भयो, र तितो पानीका कारण धेरै मानिसहरू मरे।
REV 8:12 जब चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, तब सूर्यको एक तिहाइ भागमाथि र चन्द्रमाको एक तिहाइ भागमाथि अनि ताराहरूको एक तिहाइ भागमाथि प्रहार भयो; जसद्वारा तिनीहरूको एक तिहाइ भाग अँध्यारो भयो। दिनको एक तिहाइ भाग र रातको एक तिहाइ भाग पनि ज्योतिविहीन भयो।
REV 8:13 जसरी मैले ध्यानसित हेरिरहेको थिएँ, आकाशको बीचमा उडिरहेको एउटा गरुडले चर्को सोरमा यसो भनिरहेको सुनेँ: “अरू तीन स्वर्गदूतहरूले फुक्न लागेका तुरहीका आवाजहरूको कारण पृथ्वीवासीहरूलाई आतङ्क! आतङ्क! आतङ्क!”
REV 9:1 जब पाँचौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब मैले आकाशबाट पृथ्वीमा खसेको एउटा तारालाई देखेँ। तिनलाई अतल कुण्डको साँचो दिइएको थियो।
REV 9:2 तिनले जब त्यस कुण्डलाई खोले, तब त्यहाँबाट विशाल भट्टीबाटझैँ धुवाँ निस्क्यो। त्यस कुण्डबाट निस्केको धुवाँद्वारा सूर्य र आकाश अँध्यारो भए।
REV 9:3 अनि त्यस धुवाँबाट सलहहरू निस्के, र पृथ्वीमा आए; अनि पृथ्वीमा भएका बिच्छीहरूको झैँ तिनीहरूलाई शक्ति दिइयो।
REV 9:4 ती सलहहरूलाई पृथ्वीका घाँसहरू अथवा कुनै बोटबिरुवा अथवा रूखहरूलाई हानि नगर्नू, तर जुन मानिसहरूका निधारमा परमेश्‍वरको छाप छैन, तिनीहरूलाई मात्र हानि गर्नू भनियो।
REV 9:5 तिनीहरूलाई मार्ने अख्तियार दिइएन, तर पाँच महिनासम्म यातना दिनू भनियो। अनि बिच्छीले डस्दा जस्तो पीडा हुन्छ, त्यो त्यस्तै थियो।
REV 9:6 ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन्, तर भेट्टाउनेछैनन्; तिनीहरू मर्ने इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूदेखि भाग्नेछ।
REV 9:7 ती सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्तै थिए। तिनीहरूले आफ्ना टाउकामा सुनका मुकुटहरूझैँ केही लगाएका थिए। अनि तिनीहरूका अनुहार मानिसहरूका जस्ता थिए।
REV 9:8 तिनीहरूका केश स्त्रीहरूका केशजस्तै थिए, र तिनीहरूका दाँत सिंहहरूका दाँतजस्ता थिए।
REV 9:9 तिनीहरूका छातीका कवचहरू फलामकाझैँ थिए; अनि तिनीहरूका पखेटाहरूका आवाज लडाइँ गर्न दगुरिरहेका धेरै घोडाहरू र रथहरूको गडगडाहटझैँ थियो।
REV 9:10 तिनीहरूका पुच्छरहरूमा बिच्छीहरूका जस्तै खीलहरू थिए, र तिनीहरूका पुच्छरहरूमा मानिसहरूलाई पाँच महिनासम्म यातना दिने शक्ति थियो।
REV 9:11 तिनीहरूका राजाका रूपमा अतल कुण्डको दूत थियो, जसको नाम हिब्रू भाषामा अबाडोन, ग्रीक भाषामा अपोल्‍लियोन हो।
REV 9:12 पहिलो आतङ्क बितेर गयो; तर हेर, यसपछि अरू दुई आतङ्कहरू आउन बाँकी नै छन्!
REV 9:13 जब छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब मैले परमेश्‍वरको सामु भएको सुनको वेदीका चार वटा सिङहरूबाट आएको आवाज सुनेँ।
REV 9:14 त्यो आवाजले तुरही बोकेका छैटौँ स्वर्गदूतलाई यसो भन्यो, “त्यस ठूलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतहरूलाई फुकाइदेऊ।”
REV 9:15 अनि मानिसहरूको एक तिहाइ भागलाई मारून् भनेर त्यस घडी, त्यस दिन, त्यस महिना र त्यस वर्षको निम्ति तयार पारिराखेका ती चार जना स्वर्गदूतहरूलाई छोडियो।
REV 9:16 मैले ती घोडसवार फौजको संख्या बीस करोड थियो भनेर सुनेँ।
REV 9:17 मैले मेरो दर्शनमा देखेका घोडाहरू र सवारहरू यस्ता थिए: तिनीहरूका छातीका कवचहरू आगोझैँ राता, गाढा, निला र गन्धकझैँ पहेँला थिए। ती घोडाहरूका शिर सिंहहरूका शिरझैँ थिए; तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्धक निस्कन्थ्यो।
REV 9:18 तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको तीन वटा रूढीहरूद्वारा मानिसहरूका एक तिहाइ भाग मारिए।
REV 9:19 ती घोडाहरूको शक्ति तिनीहरूका मुखमा र पुच्छरहरूमा थिए; किनकि तिनीहरूका पुच्छरहरू सर्पजस्ता थिए, जसमा टाउको पनि भएकाले चोट पुर्‍याउँथे।
REV 9:20 ती रूढीहरूले नमरेका बाँकी मानिस जातिले तिनीहरूका हातले गरेका दुष्‍ट कामहरूबाट अझ पनि पश्‍चात्ताप गरेनन्; तिनीहरूले देख्न नसक्ने, सुन्‍न नसक्ने र हिँड्न नसक्ने, भूतप्रेतहरू र सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्तिहरू पुज्न छाडेनन्।
REV 9:21 तिनीहरू आफूले गरेका हत्या, टुनामुना, अनैतिक यौन सम्बन्ध, र चोरीको लागि पश्‍चात्ताप गरेनन्।
REV 10:1 तब मैले अर्को शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट तल आइरहेको देखेँ। तिनले बादल ओढेका थिए; तिनको शिरमाथि एउटा इन्द्रेणी थियो; अनि तिनको अनुहार सूर्यझैँ र पाउहरू आगोका खम्बाहरूजस्ता थिए।
REV 10:2 तिनले एउटा सानो चर्मपत्र समाइराखेका थिए, जुन तिनको हातमा खुल्‍लै थियो। तिनले आफ्नो दाहिने पाउ समुद्रमाथि र देब्रे पाउ जमिनमाथि राखेका थिए।
REV 10:3 अनि तिनी सिंह गर्जिएझैँ चर्को आवाजमा चिच्याए। जब तिनी चिच्याए, तब सात वटा मेघ गर्जनका आवाजहरूले बोले।
REV 10:4 अनि जब सात वटा मेघ गर्जनहरू बोले, तब मैले लेख्नै लागेको थिएँ; तर मैले स्वर्गबाट यसो भन्दै गरेको आवाज सुनेँ, “सात वटा गर्जनहरूले बोलेका कुराहरूमा छाप लगाऊ, र त्यसलाई नलेख।”
REV 10:5 तब मैले देखेका समुद्र र जमिनमा उभिरहेका ती स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उचाले।
REV 10:6 अनि तिनले उहाँको नाममा शपथ खाए, जो सदासर्वदा जिउनुहुन्छ, जसले स्वर्ग र त्यसमा भएका सबै थोक, जमिन र त्यसमा भएका सबै थोक र समुद्र, त्यसमा भएका सबै थोक सृजनुभयो र भन्‍नुभयो, “अब ढिलो हुनेछैन!
REV 10:7 तर जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्न लागेका दिनहरूमा, उहाँले आफ्ना सेवकहरू र अगमवक्ताहरूलाई भन्‍नुभएजस्तै गरी परमेश्‍वरको रहस्य पूरा हुनेछ।”
REV 10:8 तब स्वर्गबाट आएको आवाज मसित फेरि बोल्यो: “जाऊ, समुद्र र जमिनमाथि पाउ राखेका स्वर्गदूतको हातमा भएको खुल्‍ला चर्मपत्र लेऊ।”
REV 10:9 यसकारण म त्यस स्वर्गदूतकहाँ गएँ, र त्यो सानो चर्मपत्र मागेँ। तिनले मलाई भने, “यसलाई लेऊ, र खाऊ। यसले तिम्रो पेटलाई अमिलो बनाइदिनेछ, तर तिम्रो मुखभित्र यो महजस्तै गुलियो हुनेछ।”
REV 10:10 मैले त्यो सानो चर्मपत्र स्वर्गदूतको हातबाट लिएर त्यसलाई खाएँ। त्यो मेरो मुखमा महझैँ गुलियो भयो, तर जब मैले खाएँ, तब त्यो मेरो पेटमा अमिलो भयो।
REV 10:11 तब मलाई यसो भनियो, “तिमीले धेरै मानिसहरू, राष्ट्रहरू, भाषाहरू र राजाहरूको विषयमा फेरि अगमवाणी गर्नैपर्छ।”
REV 11:1 मलाई एउटा नाप्‍ने लहुरोजस्तो निगालो दिइयो; र भनियो, “जाऊ, र परमेश्‍वरको मन्दिर र वेदीलाई नाप, र त्यहाँ आराधना गर्नेहरूलाई गन्ती गर।
REV 11:2 तर मन्दिरबाहिर रहेको चोकलाई चाहिँ ननाप; किनकि यो गैरयहूदीहरूलाई दिइएको छ। तिनीहरूले पवित्र सहरलाई बयालीस महिनासम्म कुल्चनेछन्।
REV 11:3 अनि म मेरा दुई जना साक्षीहरूलाई शक्ति दिनेछु, र तिनीहरूले भाङ्ग्राको वस्त्र लगाएर एक हजार दुई सय साठी दिनसम्म अगमवाणी बोल्नेछन्।”
REV 11:4 यिनीहरू “ती दुई जैतुनका रूखहरू” र दुई सामदानहरू हुन्, “जो पृथ्वीका प्रभुका सामु उभिन्छन्।”
REV 11:5 यदि कसैले अगमवक्ताहरूलाई हानि गर्ने कोसिस गर्दछ भने तिनीहरूका मुखबाट आगो निस्केर ती शत्रुहरूलाई भस्म पारिदिनेछ। यसरी नै तिनीहरूलाई हानि गर्ने चेष्‍टा गर्नेहरू मर्नुपर्नेछ।
REV 11:6 यी अगमवक्ताहरूले अगमवाणी गरेका दिनहरूमा पानी नपरोस् भनेर आकाशलाई थुन्‍ने शक्ति हुनेछ; अनि पानीलाई रगतमा परिणत गर्ने तथा तिनीहरूले चाहेअनुसार पृथ्वीमा हरेक किसिमका रूढीले प्रहार गर्ने शक्ति हुनेछ।
REV 11:7 अब तिनीहरूले अगमवाणी गरिसकेपछि अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूलाई आक्रमण गरी वशमा ल्याएर मार्नेछ।
REV 11:8 तिनीहरूका लासहरू त्यस महान् सहरको सडकमा त्यसै छोडिएका हुनेछन्, जसलाई दृष्‍टान्तको रूपमा सदोम र इजिप्ट भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो।
REV 11:9 साढे तीन दिनसम्म प्रत्येक जाति, कुल, भाषा र राष्ट्रबाट आएका मानिसहरूले तिनीहरूका शरीरलाई हेर्नेछन्, र गाड्न दिनेछैनन्।
REV 11:10 पृथ्वीका बासिन्दाहरूले तिनीहरूलाई रमिता मानेर हेर्नेछन्, र एक-अर्कालाई उपहार लेनदेन गर्दै खुशीयाली मनाउनेछन्; किनकि यी दुई अगमवक्ताहरूले ती पृथ्वीवासीहरूलाई यातना दिएका थिए।
REV 11:11 तर साढे तीन दिनपछि परमेश्‍वरबाट जीवनको सास तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्ना पाउमा उभिए; अनि तिनीहरूलाई देख्नेहरू डरले आतङ्कित भए।
REV 11:12 तब तिनीहरूले स्वर्गबाट ती दुईलाई यसो भन्दै गरेको एउटा चर्को सोर सुने, “यहाँ माथि आओ।” अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै ती दुई बादलमा स्वर्गतिर उठाइए।
REV 11:13 ठिक त्यही समयमा एउटा ठूलो भुइँचालो गयो, र त्यस सहरको दशौँ भाग ढल्यो। सात हजार मानिसहरू भुइँचालोमा मारिए, र बाँचेकाहरू भयभीत भए; अनि स्वर्गका परमेश्‍वरलाई महिमा दिए।
REV 11:14 दोस्रो आतङ्क बित्यो; तेस्रो आतङ्क चाँडै आउँदैछ।
REV 11:15 जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब स्वर्गमा चर्का आवाजहरूले यसो भने: “संसारको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्‍टको राज्य भएको छ, र उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।”
REV 11:16 अनि परमेश्‍वरको अगाडि आ-आफ्ना सिंहासनहरूमा बस्‍ने ती चौबीस प्रधानहरूले घोप्टो परी परमेश्‍वरलाई आराधना गर्दै
REV 11:17 यसो भने: “हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो; किनकि तपाईंले आफ्नो महान् शक्ति लिनुभएको छ, र राज्य गर्न थाल्नुभएको छ।
REV 11:18 राष्ट्रहरू क्रोधित भएका थिए, र तपाईंको क्रोध आइपुगेको छ। मरेकाहरूको न्याय हुने बेला आएको छ; अनि तपाईंका सेवक अगमवक्ताहरू, तपाईंका सन्तहरू र तिनीहरू जसले तपाईंको नामको डर मान्छन्; ठूला र सानाहरू दुवैलाई पुरस्कार दिने बेला आएको छ; अनि पृथ्वीलाई नाश गर्नेहरूलाई नष्‍ट गर्ने समय आएको छ।”
REV 11:19 तब स्वर्गमा भएको परमेश्‍वरको मन्दिर खोलियो; अनि त्यस मन्दिरभित्र करारको सन्दुक देखियो। अनि त्यहाँ बिजुलीका चमकहरू, मेघ गर्जन र गडगडाहटका आवाजहरू आए, र भुइँचालो गयो र ठूला-ठूला असिनाहरू परे।
REV 12:1 एउटा ठूलो र अचम्मको चिन्ह स्वर्गमा देखियो: सूर्य ओढेकी, पाउमुनि चन्द्र भएकी र शिरमाथि बाह्र वटा ताराहरूको मुकुट लगाएकी एउटी स्त्री देखा परिन्।
REV 12:2 उनी गर्भवती थिइन्, र सुत्केरी व्यथाको पीडाले गर्दा चिच्याइरहेकी थिइन्।
REV 12:3 तब स्वर्गमा अर्को चिन्ह देखा पर्‍यो: सात शिरहरू, दश सिङहरू भएको र शिरहरूमा सात वटा मुकुटहरू भएको एउटा विशाल रातो अजिङ्गर।
REV 12:4 त्यसको पुच्छरले आकाशका ताराहरूको तेस्रो भागलाई सोहोरेर पृथ्वीमा फाल्यो; अनि बच्‍चा जन्माउन लागेकी स्त्रीले बालक जन्माउनसाथ त्यसलाई खाइहाल्न भनेर त्यो अजिङ्गर ती स्त्रीको सामु उभियो।
REV 12:5 ती स्त्रीले एउटा छोरालाई जन्म दिइन्, “जसले राष्ट्रहरूलाई फलामको राजदण्डले शासन गर्नेछ।” अनि तुरुन्तै तिनको बालक परमेश्‍वरकहाँ र उहाँको सिंहासन भएको ठाउँमा खोसेर लगियो।
REV 12:6 तब ती स्त्री परमेश्‍वरले एक हजार दुई सय साठी दिनसम्म तिनको हेरचाहको लागि तयार पारेर राखिदिनुभएको ठाउँ उजाडस्थानतिर भागिन्।
REV 12:7 तब स्वर्गमा लडाइँ सुरु भयो। स्वर्गदूत माइकल र तिनका दूतहरूले त्यस अजिङ्गरसित लडाइँ गरे, र अजिङ्गर र त्यसका दूतहरूले पनि तिनीहरूसँग लडाइँ गरे।
REV 12:8 तर त्यो अजिङ्गर त्यति बलियो थिएन; त्यसैले तिनीहरूले स्वर्गका आफ्ना ठाउँहरू हारे।
REV 12:9 त्यो विशाल अजिङ्गर तल फ्याँकियो। त्यो प्राचीन सर्प, जसलाई दियाबलस वा शैतान पनि भनिन्छ, जसले सारा पृथ्वीलाई बहकाउँछ। त्यो र त्यसका दूतहरू त्योसँगै पृथ्वीमा फ्याँकिए।
REV 12:10 तब मैले स्वर्गमा यसो भनेको ठूलो आवाज सुनेँ: “अब हाम्रा परमेश्‍वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्‍टको अख्तियार आएका छन्। किनकि हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई दोष लगाउने, जसले परमेश्‍वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ।
REV 12:11 तिनीहरूले त्यसलाई थुमाको रगतले र तिनीहरूका साक्षीको वचनले जितेका छन्; तिनीहरूले मृत्युसम्मै पनि आफ्ना जीवनलाई प्रेम गरेनन्।
REV 12:12 यसकारण हे स्वर्गहरू र स्वर्गहरूमा बस्‍नेहरू हो, तिमीहरू रमाओ! तर पृथ्वी र समुद्रलाई धिक्‍कार! किनकि आफ्नो समय छोटो छ भन्‍ने थाहा पाएर दियाबलस ठूलो क्रोधसित तिमीहरूकहाँ तल आएको छ!”
REV 12:13 जब त्यस अजिङ्गरले आफूलाई पृथ्वीमा फालिएको देख्यो, तब त्यसले छोरा जन्माउने त्यस स्त्रीलाई खेद्न थाल्यो।
REV 12:14 ती स्त्रीलाई गरुडका दुई पखेटाहरू दिइयो, ताकि तिनी उजाडस्थानमा उडेर जान सकून्, जहाँ एक काल, दुई काल र आधा कालसम्मका लागि त्यस सर्पको पहुँचबाट बाहिर उनको हेरचाह होस् भनेर तयार पारिएको थियो।
REV 12:15 तब ती स्त्रीलाई बाढीले बगाओस् भनेर त्यस सर्पले स्त्रीको पछि आफ्नो मुखबाट नदीझैँ पानी निकाल्यो।
REV 12:16 तर ती स्त्रीलाई सहायता गर्न पृथ्वीले आफ्नो मुख खोल्यो र त्यस अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदीलाई निलिदियो।
REV 12:17 तर त्यो अजिङ्गर स्त्रीसित क्रोधित भयो, र उनका अरू सन्तानहरू जसले परमेश्‍वरका आज्ञाहरू पालन गर्छन्, र येशूको साक्षी दिन्छन्; तिनीहरूसित लडाइँ गर्न गयो। अनि त्यो अजिङ्गर समुद्रको किनारमा उभियो।
REV 13:1 तब मैले एउटा पशुलाई समुद्रबाट निस्कँदैगरेको देखेँ। त्यसका दश वटा सिङहरू र सात वटा शिरहरू थिए, र त्यसका सिङहरूमा दश वटा मुकुटहरू थिए; अनि प्रत्येक शिरमाथि एउटा ईश्‍वरनिन्दाको नाम लेखिएको थियो।
REV 13:2 मैले देखेको पशु चितुवाजस्तै थियो, तर त्यसका खुट्टाहरू भालुका जस्ता र मुखचाहिँ सिंहको जस्तो थियो। त्यस अजिङ्गरले आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अख्तियार त्यस पशुलाई दियो।
REV 13:3 त्यस पशुका शिरहरूमध्ये एउटामा प्राणघातक चोट लागेको जस्तो थियो; तर त्यो घातक चोट निको भएको थियो। सारा पृथ्वी छक्‍क पर्‍यो र त्यस पशुको पछि लाग्यो।
REV 13:4 मानिसहरूले त्यस अजिङ्गरको आराधना गरे; किनकि त्यसले नै त्यस पशुलाई अधिकार दिएको थियो, र तिनीहरूले त्यस पशुलाई पनि आराधना गरेर यसो भनी सोधे, “यो पशुजस्तो को छ र? यससित लडाइँ गर्न कसले सक्छ र?”
REV 13:5 त्यस पशुलाई अहङ्कारका शब्दहरू र ईश्‍वरनिन्दाहरू बोल्नलाई एउटा मुख र बयालीस महिनासम्म आफ्नो शक्ति चलाउने अख्तियार दिइयो।
REV 13:6 परमेश्‍वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाम, उहाँको वासस्थान र स्वर्गमा बस्‍नेहरूसमेत सबैको निन्दा गर्न त्यसले आफ्नो मुख खोल्यो।
REV 13:7 त्यसलाई सबै सन्तहरूसित लडाइँ गर्ने र तिनीहरूलाई जित्ने शक्ति दिइयो। त्यसलाई प्रत्येक कुल, जाति, भाषा र राष्ट्रहरूमाथि अख्तियार दिइयो।
REV 13:8 अनि पृथ्वीमा बास गर्ने सबैले त्यस पशुको आराधना गर्नेछन्, अथवा तिनीहरूले, जसका नामहरू संसारको सृष्‍टिदेखि नै मारिनुभएको थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन्।
REV 13:9 जसको कान छ, त्यसले सुनोस्।
REV 13:10 “यदि कोही कैदका लागि छ भने, त्यो कैदमा जानेछ। यदि कसैलाई तरवारले मारिनुछ भने, त्यो तरवारले नै मारिनेछ।” परमेश्‍वरका जनहरूको धैर्यशाली सहनशीलता र विश्‍वासयोग्यता यसैमा हुनुपर्छ।
REV 13:11 तब मैले पृथ्वीबाट माथि निस्कँदैगरेको अर्को पशु देखेँ। त्यसका भेडाका जस्ता दुई सिङहरू थिए, तर त्यो अजिङ्गरले जस्तो बोल्थ्यो।
REV 13:12 त्यसले पहिलो पशुको पक्षमा त्यसको सारा अधिकार चलायो; अनि पृथ्वी र त्यसका बासिन्दाहरूलाई त्यसले त्यो प्राणघातक चोट निको भएको पहिलो पशुको आराधना गर्न लगायो।
REV 13:13 त्यसले अलौकिक चिन्हहरू देखायो, यहाँसम्म कि मानिसहरूले देख्ने गरी त्यसले आकाशबाट पृथ्वीमा आगोसमेत झार्‍यो।
REV 13:14 त्यस पहिलो पशुको पक्षमा प्रयोग गर्ने अधिकार पाएको अलौकिक चिन्हहरूद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट पाएर पनि त्यसले तिनीहरूलाई जीवित भएको त्यस पहिलो पशुको सम्मानमा मूर्ति बनाउनलाई हुकुम दियो।
REV 13:15 त्यस पहिलो पशुको मूर्तिले बोलोस् भनेर त्यसमा सास हाल्ने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि त्यस मूर्तिलाई आराधना नगर्ने सबै मारिऊन्।
REV 13:16 त्यसले साना र ठूला, धनी र गरिब, स्वतन्त्र र सेवकहरू सबैलाई आफ्नो दाहिने हातमा अथवा निधारमा त्यसको छाप लगाउन कर लगायो।
REV 13:17 त्यो छापचाहिँ त्यस पहिलो पशुको नाम अथवा त्यसको नामको संख्या हो, यो छापबाहेक कसैले पनि किन्‍न वा बेच्न नपाउने भयो।
REV 13:18 बुद्धि चाहिने यस्तै बेला हो। जसको समझ छ, त्यसले त्यस पशुको संख्या गनोस्; किनकि यो मानिसको संख्या हो। अनि त्यसको संख्या छ सय छयसट्ठी हो।
REV 14:1 तब मैले हेरेँ, र मेरो सामु सियोन पर्वतमा थुमालाई उभिरहनुभएको देखेँ। उहाँसँग 1,44,000 लाई देखेँ, जसको निधारमा उहाँ र उहाँका पिताको नाम लेखिएको थियो।
REV 14:2 तब मैले स्वर्गबाट जोडसित बग्दै गरेको पानी र ठूलो गर्जनजस्तो आवाज आइरहेको सुनेँ। मैले सुनेको आवाज वीणा वादकहरूले आफ्ना वीणाहरू बजाएको जस्तै थियो।
REV 14:3 तिनीहरूले सिंहासनको सामु ती चार वटा जीवित प्राणीहरूको र प्रधानहरूको सामु एउटा नयाँ गीत गाए। पृथ्वीबाट छुटकारा पाएका ती 1,44,000 ले बाहेक कसैले पनि त्यो गीत सिक्न सक्दैनथे।
REV 14:4 यी मानिसहरू ती हुन्, जो स्त्रीहरूसित बिटुलिएनन्; किनकि तिनीहरूले आफूलाई शुद्ध राखेका थिए। थुमा जहाँ जानुहुन्छ, तिनीहरूले उहाँलाई पछ्याउँछन्। तिनीहरू मानव जातिबाट किनिएका थिए; अनि परमेश्‍वर र थुमालाई पहिलो फलझैँ चढाइए।
REV 14:5 तिनीहरूका मुखमा कुनै झूट पाइएन; तिनीहरू निर्दोष छन्।
REV 14:6 तब मैले बीच आकाशमा उडिरहेका अर्को स्वर्गदूतलाई देखेँ, र तिनीसित पृथ्वीमा बस्‍नेहरू, प्रत्येक राष्ट्र, कुल, भाषा र जातिहरूलाई घोषणा गर्नुपर्ने अनन्तको सुसमाचार थियो।
REV 14:7 तिनले चर्को सोरले भने, “परमेश्‍वरसित डराओ, र उहाँलाई महिमा देओ; किनकि उहाँको न्यायको बेला आएको छ। उहाँको आराधना गर, जसले स्वर्गहरू, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुभयो।”
REV 14:8 दोस्रो स्वर्गदूतले पनि आएर भने, “सबै राष्ट्रहरूलाई आफ्नो व्यभिचारी कामवासनाको मद्यको कचौरा पिउन लगाउने, ‘महान् सहर बेबिलोनको पतन भयो! पतन भयो!’”
REV 14:9 ती दुई स्वर्गदूतका पछि तेस्रो स्वर्गदूतले चर्को सोरले भने, “यदि कसैले त्यस पशु र त्यसको मूर्तिलाई आराधना गर्छ र त्यसको छाप निधारमा अथवा हातमा लगाउँछ भने,
REV 14:10 त्यसले पनि उहाँको क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्‍वरको क्रोधको कडा मद्य पिउनेछ। त्यसलाई पवित्र स्वर्गदूतहरू र थुमाको उपस्थितिमा बल्दैगरेको गन्धकमा यातना दिइनेछ।
REV 14:11 अनि तिनीहरूका यातनाको धुवाँ सदासर्वदा उँभोतिर उठिरहनेछ। जसले त्यो पशु र त्यसको मूर्तिको आराधना गर्छन् र जसले त्यसको नामको छाप लगाउँछन्, तिनीहरूले दिनरात आराम पाउनेछैनन्।”
REV 14:12 परमेश्‍वरका आज्ञाहरू पालन गर्ने, र येशूप्रति विश्‍वासयोग्य भइरहने परमेश्‍वरका जनहरूको धीरज र सहनशीलता यसैमा हुनुपर्छ।
REV 14:13 तब मैले स्वर्गबाट आएको एउटा आवाजले यसो भनिरहेको सुनेँ, “यो लेख: अब उसो प्रभुमा मर्नेहरू धन्यका हुन्।” आत्मा भन्‍नुहुन्छ, “हो, तिनीहरूले परिश्रमबाट विश्राम पाउनेछन्; किनकि तिनीहरूका काम तिनीहरूका साथ लाग्नेछन्।”
REV 14:14 तब मैले हेरेँ, र मेरो सामु एउटा सेतो बादल थियो; त्यस बादलमा एक जना “मानिसको पुत्रजस्तै” बसिरहेको थियो, जसको शिरमा सुनको मुकुट र हातमा एउटा धारिलो हँसिया थियो।
REV 14:15 तब मन्दिरबाट अर्का स्वर्गदूत आए, र बादलमा बसिरहनुहुनेलाई चर्को सोरले भने, “तपाईंको हँसिया लिएर कटनी गर्नुहोस्; किनकि कटनीको समय आएको छ, र पृथ्वीको बाली पाकिसकेको छ।”
REV 14:16 यसरी बादलमा बस्‍नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो; अनि पृथ्वीमा कटनी भयो।
REV 14:17 स्वर्गमा भएको मन्दिरबाट अर्का स्वर्गदूत आए, तिनीसित पनि एउटा धारिलो हँसिया थियो।
REV 14:18 आगोको जिम्मेवारी पाएका अर्का स्वर्गदूत वेदीबाट आए, र धारिलो हँसिया हुनेलाई चर्को सोरमा भने, “तिम्रो हँसिया लिएर पृथ्वीको अङ्‌गुरका झुप्पाहरू बटुल; किनकि अङ्‌गुर पाकिसकेको छ।”
REV 14:19 त्यस स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए, र त्यसमा भएका अङ्‌गुर बटुले; अनि तिनीहरूलाई परमेश्‍वरको क्रोधको ठूलो दाखको कोलमा फालिदिए।
REV 14:20 सहर बाहिरको दाखको कोलमा त्यो अङ्‌गुर कुल्चीमिल्ची गरियो, र दाखको कोलबाट रगत निस्केर आयो। त्यो रगत घोडाको लगामसम्म आयो, र त्यो 300 किलोमिटर सम्म फैलिएको थियो।
REV 15:1 मैले स्वर्गमा अर्को ठूलो र आश्‍चर्यजनक चिन्ह देखेँ: सात वटा अन्तिम विपत्तिहरू लिएका सात स्वर्गदूतहरू थिए। यी अन्तिम विपत्तिहरू हुन्; किनकि यी विपत्तिहरूसँगै परमेश्‍वरको क्रोध पूरा हुनेछ।
REV 15:2 अनि मैले आगोसित मिसिएको काँचको समुद्रझैँ देखेँ; अनि समुद्रको किनारमा त्यो पशु र त्यसको मूर्ति अनि त्यसको नामको संख्यामाथि विजयी भएकाहरूलाई देखेँ। तिनीहरूले परमेश्‍वरले दिनुभएका वीणाहरू लिएका थिए।
REV 15:3 तिनीहरूले परमेश्‍वरको सेवक मोशाको र थुमाको गीत गाए: “हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका कामहरू महान् र अचम्मका छन्। राष्ट्रहरूका राजा, तपाईंका मार्गहरू न्यायपूर्ण र सत्य छन्।
REV 15:4 हे प्रभु, तपाईंको डर कसले मान्दैन? अनि तपाईंको नामको महिमा कसले गर्दैन र? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै राष्ट्रहरू आएर तपाईंको सामु दण्डवत् गर्नेछन्; किनकि तपाईंका धार्मिक कामहरू प्रकट भएका छन्।”
REV 15:5 त्यसपछि मैले स्वर्गमा मन्दिर उघारिएको देखेँ, जुनचाहिँ गवाहीको पाल हो।
REV 15:6 त्यस मन्दिरबाट सात स्वर्गदूतहरू सात विपत्तिहरू लिएर बाहिर आए। तिनीहरूले सफा र चम्किलो मलमलको वस्त्र पहिरेका थिए, र छातीमा सुनका पेटी बाँधेका थिए।
REV 15:7 तब ती चार जीवित प्राणीहरूमध्ये एक जनाले ती सात स्वर्गदूतहरूलाई सदासर्वदा जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएका सात वटा सुनका कचौराहरू दिए।
REV 15:8 अनि परमेश्‍वरको महिमा र उहाँको शक्तिबाट आएको धुवाँले मन्दिर भरियो; अनि ती सात स्वर्गदूतहरूका सात विपत्तिहरू पूरा नभएसम्म कोही पनि मन्दिरभित्र पस्‍न सकेन।
REV 16:1 तब मैले मन्दिरबाट सात स्वर्गदूतहरूलाई चर्को सोरले यसो भनिरहेको सुनेँ, “जाओ, र परमेश्‍वरको क्रोधका सात कचौराहरू पृथ्वीमाथि खन्याइदेओ।”
REV 16:2 तब पहिलो स्वर्गदूतले गएर आफ्नो कचौरा पृथ्वीमाथि खन्याइदिए; अनि त्यस पशुको छाप लागेका र त्यसको मूर्तिलाई पुज्ने मानिसहरूमा घिनलाग्दा र कष्‍टदायक घाउखटिरा निस्क्यो।
REV 16:3 जब दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खन्याए, तब त्यो मरेको मानिसको रगतझैँ भइहाल्यो; अनि समुद्रमा भएका प्रत्येक जीवित प्राणीको मृत्यु भयो।
REV 16:4 अनि तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूमा खन्याए; अनि ती रगत भइहाले।
REV 16:5 अनि पानीका अधिकारी स्वर्गदूतले यसो भनिरहेका मैले सुनेँ: तपाईं जो हुनुहुन्छ, र जो हुनुहुन्थ्यो, पवित्र परमेश्‍वर हुनुहुन्छ, “तपाईं यी न्यायहरूमा न्यायी हुनुहुन्छ;
REV 16:6 किनकि तिनीहरूले तपाईंका सन्तहरू र अगमवक्ताहरूको रगत बगाएका छन्; अनि तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ; तिनीहरू यसकै लायक छन्।”
REV 16:7 अनि वेदीबाट कसैले यसरी उत्तर दिइरहेको मैले सुनेँ: “हो, सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका न्यायहरू सत्य र न्यायपूर्ण छन्।”
REV 16:8 जब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमाथि खन्याए; तब सूर्यलाई यसको आगोले मानिसहरूलाई डढाउने अनुमति दिइयो।
REV 16:9 तिनीहरू प्रचण्ड तापले डढे, र तिनीहरूले यी विपत्तिहरूमाथि अधिकार भएका परमेश्‍वरलाई सरापे; तर तिनीहरूले पश्‍चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्कार गरे।
REV 16:10 जब पाँचौँ स्वर्गदूतले त्यस पशुको सिंहासनमाथि आफ्नो कचौरा खन्याए, तब त्यसको राज्यमा अन्धकार छायो। मानिसहरूले कष्‍टमा आ-आफ्ना जिब्राहरू टोके,
REV 16:11 अनि खटिरा र वेदनाको कारण स्वर्गका परमेश्‍वरलाई सरापे, तर तिनीहरूले गरेका कामहरूको लागि पश्‍चात्ताप गरेनन्।
REV 16:12 जब छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमाथि खन्याए; तब पूर्वका राजाहरूको लागि बाटो तयार होस् भनेर त्यसको पानी सुकिहाल्यो।
REV 16:13 तब मैले भ्यागुताहरूजस्ता देखिने दुष्‍ट आत्माहरूलाई त्यस अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र त्यस झूटा अगमवक्ताको मुखबाट निस्किरहेको देखेँ।
REV 16:14 तिनीहरू ती अलौकिक चिन्हहरू देखाउने दुष्‍ट आत्माहरू हुन्, तिनीहरू ती सारा संसारका राजाहरूलाई सर्वशक्तिमान् परमेश्‍वरको महान् दिनमा लडाइँ गर्न भेला गर्नलाई जान्छन्।
REV 16:15 “हेर, म चोरजस्तो गरी आउनेछु! त्यो धन्यको हो, जो जागा रहन्छ, र जसले आफ्नो वस्त्रको रक्षा गर्छ, ताकि उसको नग्नताको शर्म नदेखियोस्।”
REV 16:16 तब ती दुष्‍ट आत्माहरूले राजाहरूलाई हिब्रू भाषामा आरमागेड्डोन भन्‍ने ठाउँमा भेला गराए।
REV 16:17 जब सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए; तब मन्दिरको सिंहासनबाट यसो भन्‍ने चर्को आवाज आयो, “अब सिद्धियो!”
REV 16:18 अनि त्यहाँ बिजुलीको चमक, गड्याङ-गुडुङ, मेघ गर्जन र ठूलो भुइँचालो गयो। त्यो भुइँचालो यति ठूलो थियो, कि पृथ्वीमा मानव-जाति भएदेखि यता त्यस्तो कहिल्यै गएको थिएन।
REV 16:19 त्यो महान् सहर तीन भागमा टुक्रियो, र सबै राष्ट्रहरूका सहरहरू ध्वंस भए। परमेश्‍वरले महान् बेबिलोनलाई सम्झनुभयो, र त्यसलाई आफ्नो भयानक क्रोधको मद्यले भरिएको कचौरा पिउन दिनुभयो।
REV 16:20 प्रत्येक टापु लोप भएर गए, र पहाडहरू हराएर गए।
REV 16:21 आकाशबाट पैँतालीस किलो तौल भएका ठूला-ठूला असिना मानिसहरूमाथि खसे; अनि विपत्ति निकै डरलाग्दो भएकाले असिनाको कारण मानिसहरूले परमेश्‍वरलाई सरापे।
REV 17:1 सात वटा कचौराहरू भएका सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई भने, “आऊ, म तिमीलाई धेरै पानीहरूमाथि बस्‍ने महावेश्याको दण्ड देखाइदिनेछु।
REV 17:2 त्यससित पृथ्वीका राजाहरूले व्यभिचार गरे, र त्यसको व्यभिचारको मद्यले पृथ्वीका बासिन्दाहरू मात्तिए।”
REV 17:3 तब ती स्वर्गदूतले मलाई आत्माद्वारा एउटा उजाडस्थानमा लगे। त्यहाँ मैले एउटी स्त्रीलाई ईश्‍वरनिन्दाहरूको नामले भरिएको, सात शिर र दश सिङहरू भएको एउटा रातो पशुमाथि बसिरहेकी देखेँ।
REV 17:4 त्यस स्त्रीले बैजनी र चहकिलो रातो वस्त्र पहिरेकी थिई; अनि सुन, रत्न र मोतीहरूले सिँगारिएकी थिई। त्यसले हातमा घिनलाग्दा कुरा अर्थात् त्यसका व्यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्याला पक्रिएकी थिई।
REV 17:5 त्यसको निधारमा लेखिएको नाम एउटा रहस्य थियो: पृथ्वीका वेश्याहरू र घृणित कुराहरूकी आमा, महान् बेबिलोन।
REV 17:6 मैले त्यस स्त्रीलाई सन्तहरूको रगतले अर्थात् येशूको गवाही दिनेहरूका रगतले मात्तिएकी देखेँ। त्यसलाई देखेर म साह्रै अचम्मित भएँ।
REV 17:7 तब ती स्वर्गदूतले मलाई भने: “तिमी किन चकित पर्छौ? म तिमीलाई त्यस स्त्री र त्यसलाई बोकेर हिँड्ने त्यो सात शिर र दश सिङ भएको पशुको रहस्य बताइदिनेछु।
REV 17:8 तिमीले देखेको त्यो पशु कुनै समय थियो, तर अहिले छैन, र विनाशमा जानलाई अतल कुण्डबाट माथि निस्केर आउनेछ। संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा नाम नहुने पृथ्वीका बासिन्दाहरूले त्यस पशुलाई देखेर अचम्म मान्‍नेछन्; किनकि त्यो कुनै समय थियो, अब छैन, तर फेरि पछि आउनेछ।
REV 17:9 “बुद्धि भएको दिमाग यस्तै बेला चाहिने हो। ती सात शिरहरू सात वटा पर्वतहरू हुन्, जसमाथि त्यो स्त्री बस्छे।
REV 17:10 तिनीहरू सात जना राजाहरू पनि हुन्। पाँच जनाको पतन भइसकेको छ, एक जना छँदैछ, अर्कोचाहिँ अझ आइपुगेको छैन; तर जब त्यो आउँछ, उसको शासन केही समयको लागि रहनुपर्छ।
REV 17:11 त्यो रातो पशु, जो एक समय थियो, र अहिले छैन, त्योचाहिँ आठौँ राजा हो। त्यो सातमध्येको एक जना हो, र त्यसको सर्वनाश हुनेछ।
REV 17:12 “तिमीले देखेका ती दश सिङहरू दश राजाहरू हुन्, जसले अझसम्म राज्य पाएका छैनन्, तर तिनीहरूले त्यस पशुसित एक घण्टाको निम्ति राजाको झैँ अख्तियार पाउनेछन्।
REV 17:13 तिनीहरूको लक्ष्य एउटै हुनेछ; अनि तिनीहरूले आफ्ना शक्ति र अख्तियार त्यस पशुलाई दिनेछन्।
REV 17:14 तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन्, तर थुमाले तिनीहरूलाई जित्नुहुनेछ; किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ; अनि उहाँसित उहाँद्वारा बोलाइएका र चुनिएका विश्‍वासयोग्य अनुयायीहरू हुनेछन्।”
REV 17:15 तब स्वर्गदूतले मलाई भने, “तिमीले देखेका ती पानीहरू, जसमाथि त्यो वेश्या बस्छे, त्यो भनेको मानिस जातिहरू, भीडहरू, राष्ट्रहरू र भाषाहरू हुन्।
REV 17:16 तिमीले देखेको त्यो पशु र दश सिङहरूले त्यस वेश्यालाई घृणा गर्नेछन्। तिनीहरूले त्यसलाई नष्‍ट गर्नेछन् र नाङ्गो पार्नेछन्; तिनीहरूले त्यसको मासु खानेछन् र आगोले जलाइदिनेछन्।
REV 17:17 उहाँको वचन पूरा नहोउन्जेल तिनीहरूले त्यस पशुलाई आफ्ना राजकीय अख्तियार देऊन् भनी परमेश्‍वरले तिनीहरूका हृदयमा हालिदिनुभयो। यो नै परमेश्‍वरको उद्देश्य पूरा हुनु हो।
REV 17:18 तिमीले देखेकी स्त्रीचाहिँ पृथ्वीका राजाहरूमाथि शासन गर्ने महानगरी हो।”
REV 18:1 यसपछि मैले अर्को स्वर्गदूतलाई स्वर्गबाट तल आइरहेको देखेँ। तिनीसित ठूलो अख्तियार थियो; अनि तिनको वैभवले पृथ्वी उज्यालो भयो।
REV 18:2 तिनले ठूलो सोरमा यसो भनेर कराए: “ ‘पतन भयो! महान् सहर बेबिलोनको पतन भयो!’ त्यो भूतहरूको घर भएको छ; अनि प्रत्येक अशुद्ध आत्माको अड्डा, प्रत्येक अशुद्ध चराको अड्डा भएको छ। प्रत्येक अशुद्ध तथा घृणित जन्तुहरूको लुक्ने ठाउँ भएको छ।
REV 18:3 किनकि सबै राष्ट्रहरूले त्यसको अशुद्ध कामवासनाको मद्य पिएर मातेका छन्। पृथ्वीका राजाहरूले त्यससित व्यभिचार गरेका छन्; अनि पृथ्वीका व्यापारीहरू त्यसको अत्याधिक विलासिताको प्रभावले धनी भएका छन्।”
REV 18:4 तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनेँ: “ ‘हे मेरा मानिसहरू हो, त्यसबाट निस्केर आओ,’ ताकि तिमीहरूले त्यसका पापहरूको सहभागी हुन नपरोस्; अनि तिमीहरूमा त्यसका कुनै विपत्ति पनि नआओस्;
REV 18:5 किनकि त्यसका पापहरू आकाशसम्मै थुप्रो लागेका छन्; अनि परमेश्‍वरले त्यसका अपराधहरू सम्झनुभएको छ।
REV 18:6 त्यसले जे गरेकी थिई, त्यसलाई त्यही फर्काइदेओ; त्यसले जे गरेकी छ, त्यो दोबर गरी त्यसलाई देओ। त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोबर हुने गरी त्यसलाई देओ।
REV 18:7 त्यो आफूले जति महिमा र भोग-विलास लुटी, त्यत्तिकै यातना र सन्ताप त्यसलाई देओ। आफ्नो हृदयमा त्यसले यसरी घमण्ड गर्छे, ‘म रानीझैँ बसेकी छु; म विधवा होइनँ, र म कहिल्यै शोक गर्नेछैनँ।’
REV 18:8 यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आउनेछन्: मृत्यु, शोक र अनिकाल। त्यो आगोद्वारा भस्म पारिनेछे; किनकि त्यसलाई न्याय गर्ने परमप्रभु परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ।
REV 18:9 “जब त्यससित व्यभिचार गर्ने र त्यसको भोग-विलासमा सहभागी हुने पृथ्वीका राजाहरूले त्यो जल्दैगरेको धुवाँ देख्नेछन्, तब तिनीहरू त्यसको लागि रुनेछन् र विलाप गर्नेछन्।
REV 18:10 त्यसको यातनाद्वारा भयभीत भएर तिनीहरू टाढै उभिएर चिच्याउनेछन्: “ ‘हाय! हाय, हे महानगरी, हे शक्तिशाली सहर बेबिलोन! एकै घण्टामा नै तेरो विनाश आयो!’
REV 18:11 “पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुनेछन् र विलाप गर्नेछन्; किनकि अब फेरि कसैले पनि त्यसबाट मालसामान किन्‍नेछैन।
REV 18:12 सुन, चाँदी, बहुमूल्य पत्थर र मोतीहरू, मसिनो मलमलको कपडा; बैजनी, रेशम र चहकिलो रातो रङ्गका कपडाहरू, हरेक किसिमका सुगन्धित काठ, र हरेक किसिमका हस्तीदन्तका सामग्रीहरू, बहुमूल्य काठ, काँसा, फलाम र संगमरमरका सामग्रीहरू,
REV 18:13 दालचिनी र मसला, सुगन्धित धूप, मूर्र, लोबान र मद्य र जैतुनको तेल, मसिनो पिठो, गहुँ, गाईबस्तु र भेडाहरू, घोडाहरू, रथहरू, मानव शरीर र मानिसका जीवनहरू।
REV 18:14 “तिनीहरूले भन्‍नेछन्, ‘तैँले चाहेका फलहरू तँदेखि गएका छन्। तेरा सबै विलासिता र वैभवहरू कहिल्यै नपाउने गरी बिलाइहालेका छन्।’
REV 18:15 यी चीजहरू बेचेर त्यसबाट धनसम्पत्ति कमाउने ती व्यापारीहरू त्यसको यातनामा भयभीत भएर टाढै उभिनेछन्। तिनीहरू रुँदै, विलाप गर्दै,
REV 18:16 र चिच्याउँदै यसो भन्‍नेछन्: “ ‘हाय! हाय, हे महानगरी, जसले मसिनो मलमलको कपडा, बैजनी र चहकिलो रातो रङ्गको वस्त्र लगाएर सुनको चमक, बहुमूल्य पत्थर र मोतीहरू पहिरेकी थिई!
REV 18:17 एकै घण्टामा यति धेरै सम्पत्ति नष्‍ट भए!’ “जहाजको हरेक सेनापति, र जहाजबाट यात्रा गर्ने सबै यात्रीहरू, नाविकहरू र समुद्रबाट जीविका चलाउनेहरू टाढा उभिनेछन्।
REV 18:18 जब तिनीहरूले त्यो स्त्री जल्दैगरेको धुवाँ देखे, तब तिनीहरू विलाप गर्दै कराउनेछन्, ‘के यस्तो महान् सहरजस्तै अरू सहर कहिल्यै थियो र?’
REV 18:19 तिनीहरूले आ-आफ्नो टाउकोमा धुलो हाल्नेछन्, र रुवाइ र विलापकासाथ यसरी कराउनेछन्: “ ‘हाय! हाय, हे महानगरी, जसका समुद्रमा जहाज भएकाहरू त्यस स्त्रीको धनले धनी भएका छन्! एकै घण्टामा त्यो भस्म भएकी छे!’
REV 18:20 “हे स्वर्ग, त्यसमाथि रमाओ! हे परमेश्‍वरका जनहरू, प्रेरितहरू र अगमवक्ताहरू हो, रमाओ! तिमीहरूसित त्यसले जस्तो व्यवहार गरेकी थिई, त्यसरी नै परमेश्‍वरले त्यसको न्याय गर्नुभएको छ।”
REV 18:21 तब त्यस सामर्थ्यी स्वर्गदूतले ठूलो जाँतोजस्तै एउटा ढुङ्गा उठाए, र यसो भन्दै त्यसलाई समुद्रमा फ्याँकिदिए: “यसरी नै बेगसित महान् सहर बेबिलोन तल फालिनेछ, र त्यो कहिल्यै फेला पर्नेछैन।
REV 18:22 सङ्गीतकारहरू, वीणा बजाउनेहरू, बाँसुरी बजाउनेहरू र तुरही बजाउनेहरूका सङ्गीत तँमा फेरि कहिल्यै सुनिनेछैन। तँमा फेरि कुनै व्यापारको शिल्पकार कहिल्यै पाइनेछैन। तँमा फेरि जाँतोको आवाज कहिल्यै सुनिनेछैन।
REV 18:23 बत्तीको उज्यालो तँमा फेरि कहिल्यै चम्कनेछैन। दुलहा र दुलहीको सोर तँमा फेरि कहिल्यै सुनिनेछैन। तेरा व्यापारीहरू संसारका महान् व्यक्तिहरू थिए। तेरा तन्त्रमन्त्रले राष्ट्रहरू बहकिएका थिए।
REV 18:24 त्यस स्त्रीमा अगमवक्ताहरू, परमेश्‍वरका पवित्र जनहरू, र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।”
REV 19:1 यसपछि मैले स्वर्गमा एउटा ठूलो भीडले यसरी चिच्याएको सोर सुनेँ: “हल्‍लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्‍वरका हुन्;
REV 19:2 किनकि उहाँका न्यायहरू सत्य र न्यायपूर्ण छन्। आफ्ना व्यभिचारद्वारा पृथ्वीलाई भ्रष्‍ट पार्ने त्यस महावेश्यालाई उहाँले दण्ड दिनुभएको छ। अनि परमेश्‍वरले त्यससित आफ्ना सेवकहरूका रगतको बदला लिइसक्नुभएको छ।”
REV 19:3 अनि तिनीहरू फेरि चिच्याए: “हल्‍लेलूयाह! त्यस स्त्रीबाट निस्केको न्यायको धुवाँ सदासर्वदाको लागि उँभोतिर गइरहन्छ।”
REV 19:4 ती चौबीस प्रधानहरू र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा बस्‍नुहुने परमेश्‍वरलाई आराधना गरे। अनि तिनीहरू यसो भन्दै कराए: “आमेन, हल्‍लेलूयाह!”
REV 19:5 तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो: “हे उहाँका सबै सेवकहरू हो, तिमीहरू जो उहाँसित डराउँछौ, साना र ठूलाहरू दुवै, हाम्रा परमेश्‍वरलाई प्रशंसा गर।”
REV 19:6 तब एउटा ठूलो भीडको जस्तो, पानीको बेगजस्तो आवाज र मेघ गर्जनको आवाजजस्तो यसरी चिच्याएको मैले सुनेँ: “हल्‍लेलूयाह! किनकि हाम्रा सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले राज्य गर्नुहुन्छ,
REV 19:7 हामी आनन्द मनाऔँ, खुशी होऔँ, र उहाँलाई महिमा दिऔँ! किनकि थुमाको विवाहको बेला आइपुगेको छ; अनि उहाँकी दुलहीले आफूलाई तयार पारेकी छिन्।
REV 19:8 तिनलाई चहकिलो र स्वच्छ मलमलको कपडा पहिरनलाई दिइएको थियो।” (मसिनो मलमलको कपडाले सन्तहरूको धार्मिक कार्यलाई जनाउँछ।)
REV 19:9 अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख: ‘थुमाको विवाहको भोजको निम्तो पाउनेहरू धन्यका हुन्!’ ” अनि तिनले अझ थपेर भने, “यी परमेश्‍वरका सत्य वचनहरू हुन्।”
REV 19:10 अनि म तिनको पाउमा दण्डवत् गर्नलाई घोप्टो परेँ। तर तिनले मलाई भने, “यसो नगर! म येशूको गवाही कायम राख्ने तिमी र तिम्रा दाजुभाइ-दिदीबहिनीहरूझैँ एक जना सङ्गी-सेवक हुँ। परमेश्‍वरको मात्र आराधना गर! किनकि अगमवाणीका आत्माले नै येशूको गवाही बोकेका छन्।”
REV 19:11 मैले स्वर्ग उघ्रिएको देखेँ, र मेरो सामु एउटा सेतो घोडा थियो, जसको सवारलाई विश्‍वासयोग्य र सत्य भनिन्छ। उहाँले निष्पक्षसित न्याय र लडाइँ गर्नुहुन्छ।
REV 19:12 उहाँका आँखाहरू बल्दैगरेको आगोजस्ता छन्, र उहाँका शिरमा धेरै मुकुटहरू छन्। उहाँमा एउटा नाम लेखिएको छ, जो उहाँबाहेक अरू कसैले जान्दैन।
REV 19:13 उहाँले रगतमा चोपिएको एउटा पोशाक पहिरिनुभएको छ; अनि उहाँको नाम परमेश्‍वरको वचन हो।
REV 19:14 सेता घोडाहरूमा सवार भएका, मिहिन सेता र स्वच्छ मलमलको वस्त्र पहिरेका स्वर्गीय सेनाहरूले उहाँलाई पछ्याइरहेका थिए।
REV 19:15 राष्ट्रहरूलाई प्रहार गर्न उहाँको मुखबाट एउटा धारिलो तरवार निस्केको छ। “उहाँले फलामको राजदण्डले तिनीहरूमाथि शासन गर्नुहुनेछ।” उहाँले सर्वशक्तिमान् परमेश्‍वरको क्रोधको मद्यको कोल कुल्चनुहुनेछ।
REV 19:16 उहाँको वस्त्र र तिघ्रामा यो नाम लेखिएको छ: राजाहरूका राजा र प्रभुहरूका प्रभु।
REV 19:17 अनि मैले एक जना स्वर्गदूतलाई सूर्यमा उभिरहेका देखेँ, जसले आकाशको बीचमा उडिरहेका चराहरूलाई चर्को सोरमा भनिरहेका थिए, “आओ, परमेश्‍वरको ठूलो भोजको लागि एकसाथ भेला होओ;
REV 19:18 अनि तिमीहरूले राजाहरू, सेनापतिहरू, शक्तिशाली योद्धाहरू, घोडाहरू, त्यसका सवारहरू, स्वतन्त्र र सेवक-सेविकाहरू, ठूला-सानाहरू सबैका मासु खान पाउनेछौ।”
REV 19:19 तब मैले त्यो पशु, पृथ्वीका राजाहरू, र तिनीहरूका सेनाहरूलाई त्यस घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसित युद्ध गर्नलाई एकसाथ भेला भएको देखेँ।
REV 19:20 तर त्यो पशु पक्राउ पर्‍यो, र त्योसँगै त्यसको पक्षमा अचम्मका शक्तिशाली कामहरू गर्ने त्यो झूटा अगमवक्ता पनि, जसले यी अलौकिक चिन्हहरूद्वारा पशुको छाप लगाउने र त्यसको मूर्तिलाई आराधना गर्नेहरूलाई बहकाएको थियो। ती दुवै जलिरहेको गन्धकको अग्निकुण्डमा जिउँदै फालिए।
REV 19:21 अरू बाँकी रहेकाहरूचाहिँ घोडामा सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए; अनि सबै चराहरूले तिनीहरूको मासु लुछ्दै खाए र अघाए।
REV 20:1 त्यसपछि मैले एक जना स्वर्गदूतलाई स्वर्गबाट निस्केर तल आइरहेको देखेँ। तिनको हातमा अतल कुण्डको साँचो र एउटा ठूलो साङ्लो थियो
REV 20:2 तिनले त्यस अजिङ्गर अर्थात् त्यो पुरानो सर्प, जो दियाबलस वा शैतान हो, त्यसलाई पक्रेर एक हजार वर्षसम्म बाँधेर राखे।
REV 20:3 तिनले त्यसलाई त्यस नरक कुण्डमा फालिदिए; अनि एक हजार वर्ष नबितुन्जेल राष्ट्रहरूलाई नछलोस् भनेर त्यो अतल कुण्ड बन्द गरी त्यसमाथि छाप लगाइदिए। त्यसपछि केही समयको लागि त्यसलाई फुक्‍का गरिनुपर्छ।
REV 20:4 तब मैले सिंहासनहरू देखेँ; अनि ती सिंहासनहरूमा मैले न्याय गर्ने अख्तियार पाएकाहरूलाई बसिरहेको देखेँ। अनि मैले येशूको गवाहीको निम्ति र परमेश्‍वरको वचनको निम्ति शिर काटिएकाहरूका आत्माहरूलाई देखेँ। तिनीहरूले त्यस पशु वा त्यसको मूर्तिको आराधना गरेका थिएनन्; अनि आफ्ना निधारहरू र हातहरूमा त्यसको छाप लगाएका थिएनन्। तिनीहरू फेरि जीवित भए, र ख्रीष्‍टसित एक हजार वर्षसम्म राज्य गरे।
REV 20:5 (अरू बाँकी मरेकाहरूचाहिँ एक हजार वर्ष नबितुन्जेल जीवित भएनन्।) यो पहिलो पुनरुत्थान हो।
REV 20:6 पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। तिनीहरूमाथि दोस्रो मृत्युको शक्तिले केही अधिकार गर्न सक्दैन, तर तिनीहरू परमेश्‍वरका र ख्रीष्‍टका पुजारीहरू हुनेछन्, र उहाँसित एक हजार वर्षसम्म राज्य गर्नेछन्।
REV 20:7 एक हजार वर्ष बितेपछि त्यो शैतानलाई त्यसको कैदबाट छोडिनेछ;
REV 20:8 अनि पृथ्वीका चारै दिशामा भएका राष्ट्रहरूलाई अर्थात् गोग र मागोगलाई लडाइँको लागि बहकाउन र भेला गर्न त्यो निस्केर जानेछ। संख्यामा तिनीहरू समुद्रको किनारमा भएका बालुवा जतिकै हुनेछन्।
REV 20:9 तिनीहरूले पृथ्वीको परिक्रमा गरेर परमेश्‍वरका जातिका छाउनी अर्थात् उहाँको प्रिय सहरलाई घेरा हाले। तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्‍यो।
REV 20:10 अनि तिनीहरूलाई ठग्ने त्यो दियाबलसलाई, गन्धक जल्दैगरेको अग्निकुण्डमा फालियो, जहाँ त्यो पशु र झूटा अगमवक्ता पनि फालिएका थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदा यातना भोग्नेछन्।
REV 20:11 तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ। पृथ्वी र आकाश उहाँको उपस्थितिबाट बिलाएर गए; अनि तिनीहरू कतै पाइएनन्।
REV 20:12 अनि मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामु उभिरहेका देखेँ, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जुनचाहिँ जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका तिनीहरूका कामका आधारमा मृतकहरूको न्याय गरियो।
REV 20:13 समुद्रले त्यससित भएका मुर्दाहरू दिइहाल्यो, र मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरू दिइहाले; अनि प्रत्येकले गरेका कामअनुसार तिनीहरूलाई न्याय गरियो।
REV 20:14 मृत्यु र पाताल अग्निकुण्डमा फालिए। त्यो अग्निकुण्ड दोस्रो मृत्यु हो।
REV 20:15 जसको नाम जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन, त्यसलाई अग्निकुण्डमा फालियो।
REV 21:1 तब मैले “एउटा नयाँ आकाश र एउटा नयाँ पृथ्वी देखेँ;” किनकि पहिलो आकाश र पहिलो पृथ्वी त बितिसकेका थिए; अनि त्यहाँ समुद्र पनि थिएन।
REV 21:2 अनि मैले पवित्र सहर अर्थात् नयाँ यरूशलेमलाई आफ्ना पतिको निम्ति दुलहीझैँ सिँगारिएर स्वर्गदेखि परमेश्‍वरबाट तल झरिरहेको देखेँ।
REV 21:3 तब मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनेँ, “हेर! अब परमेश्‍वरको बास मानिसहरूसित भएको छ, र उहाँ तिनीहरूसित बस्‍नुहुनेछ। तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्‍वर आफैँ नै तिनीहरूसित तिनीहरूका परमेश्‍वर हुनुहुनेछ।
REV 21:4 उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब फेरि त्यहाँ न मृत्यु, न शोक, न विलाप अथवा न कष्‍ट नै हुनेछ; किनकि पुराना कुराहरू बितिसकेका छन्।”
REV 21:5 सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो, “म सबै थोक नयाँ बनाउँछु!” तब उहाँले भन्‍नुभयो, “यी वचनहरू लेख; किनकि यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्।”
REV 21:6 उहाँले मलाई भन्‍नुभयो, “अब सिद्धियो। म नै अल्फा र ओमेगा हुँ; आदि र अन्त्य म नै हुँ। जो तिर्खाउँछ, म त्यसलाई जीवनको पानीको मूलबाट पिउनलाई सित्तैँमा दिनेछु।
REV 21:7 जो विजयी हुन्छन्, तिनीहरू सबैले उत्तराधिकार पाउनेछन्; अनि म तिनीहरूका परमेश्‍वर र तिनीहरू मेरा सन्तान हुनेछन्।
REV 21:8 तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्दा काम गर्नेहरू, हत्याराहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, तन्त्रमन्त्र गर्नेहरू, मूर्तिपूजकहरू र सबै झूटाहरूको ठाउँ गन्धक जलिरहेको अग्निकुण्ड हुनेछ। यो दोस्रो मृत्यु हो।”
REV 21:9 सात वटा अन्तिम विपत्तिहरूले भरिएका सात वटा कचौरा लिएका सात स्वर्गदूतहरूमध्ये एक जनाले मकहाँ आएर यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी हुन गइरहेकी दुलहीलाई देखाउनेछु।”
REV 21:10 अनि तिनले मलाई आत्मामा एउटा ठूलो र अग्लो पर्वतमा लगे, र परमेश्‍वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम देखाए।
REV 21:11 त्यो परमेश्‍वरको महिमाले चम्किरहेको थियो; त्यसको चमक बहुमूल्य रत्नहरू, बिल्‍लौर र स्फटिकजस्तो सफा थियो।
REV 21:12 त्यसको विशाल र अग्लो पर्खाल थियो, जसमा बाह्र वटा मूलढोकाहरू थिए, र प्रत्येक ढोकामा एक-एक स्वर्गदूत थिए। ती प्रत्येक ढोकामा एक-एक कुलका नाम गरेर इस्राएलका बाह्र कुलका नाम लेखिएका थिए।
REV 21:13 पूर्वमा तीन वटा, उत्तरमा तीन वटा, दक्षिणमा तीन वटा र पश्‍चिममा तीन वटा ढोकाहरू थिए।
REV 21:14 सहरका पर्खालमा बाह्र वटा शिलाहरूका जग थिए, र तिनीहरूमा थुमाका बाह्र प्रेरितहरूका नामहरू थिए।
REV 21:15 मसित बोल्ने स्वर्गदूतसित सहर, ढोकाहरू र त्यसका पर्खालहरू नाप्‍ने सुनको लट्ठी थियो।
REV 21:16 त्यो सहर वर्गाकार थियो; त्यसको लम्बाइ र चौडाइ बराबर थियो। तिनले त्यस लट्ठीले सहरहरूलाई नापे, र त्यो दुई हजार दुई सय किलोमिटर पाए। त्यसको लम्बाइ, चौडाइ र उचाइ एकसमान थियो।
REV 21:17 स्वर्गदूतले मानिसको नापअनुसार त्यो पर्खाल पनि नापे; त्यो पैँसट्ठी मिटर मोटो थियो।
REV 21:18 त्यो पर्खाल बिल्‍लौरले बनिएको थियो; अनि सहरचाहिँ निखुर सुनले बनिएको थियो, जुनचाहिँ काँचजस्तै निखुर थियो।
REV 21:19 सहरको पर्खालका जगहरू प्रत्येक किसिमका बहुमूल्य पत्थरले सिँगारिएका थिए। पहिलो जग बिल्‍लौर, दोस्रो नीलमणि, तेस्रो लालमणि, चौथो पन्‍ना;
REV 21:20 पाँचौँ सार्डियसमणि, छैटौँ गोमेद, सातौँ पीतमणि, आठौँ फिरोजा, नवौँ पुष्पराग, दशौँ हरितमणि, एघारौँ धूम्रकान्त र बाह्रौँचाहिँ मर्तिसमणि थियो।
REV 21:21 ती बाह्र ढोकाहरू बाह्र मोती थिए; प्रत्येक ढोका एउटै मोतीले बनिएको थियो। सहरका ठूला सडकचाहिँ छर्लङ्गै देखिने काँचजस्तै निखुर सुनको थियो।
REV 21:22 मैले सहरमा कुनै मन्दिर देखिनँ; किनकि सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर र थुमा नै त्यसको मन्दिर हुनुहुन्छ।
REV 21:23 त्यस सहरमा उज्यालो दिनको लागि घाम र चन्द्रमाको आवश्यकता थिएन; किनकि परमेश्‍वरको महिमाले त्यसलाई प्रकाश दिन्छ, र थुमा नै त्यसको बत्ती हुनुहुन्छ।
REV 21:24 त्यहाँकै प्रकाशमा राष्ट्रहरू हिँड्‍डुल गर्नेछन्, र पृथ्वीका राजाहरू आफ्ना वैभवसहित त्यस सहरमा प्रवेश गर्नेछन्।
REV 21:25 त्यसका ढोकाहरू कहिल्यै बन्द हुनेछैनन्; किनकि त्यहाँ कहिल्यै रात हुनेछैन।
REV 21:26 सबै राष्ट्रहरूका महिमा र सम्मान त्यसमा ल्याइनेछन्।
REV 21:27 त्यसमा कुनै अशुद्ध कुरा पस्‍न पाउनेछैन, न त शर्मका र छलका काम गर्ने कोही पस्‍न पाउँनेछ; तर तिनीहरूले मात्र प्रवेश पाउनेछन्, जसको नाम थुमाको जीवनको पुस्तकमा लेखिएका छन्।
REV 22:1 तब त्यस स्वर्गदूतले मलाई परमेश्‍वर र थुमाको सिंहासनबाट बग्दै निस्केको स्फटिकजस्तो स्वच्छ जीवनको पानीको नदी देखाए,
REV 22:2 जुनचाहिँ सहरको मूल बाटोको बीचबाट बगिरहेको थियो। नदीका दुवैतिर प्रत्येक महिना बाह्र किसिमका फलहरू फलाउने जीवनको रूख थियो। ती रूखहरूका पातहरूचाहिँ राष्ट्रहरूलाई निको पार्नको लागि हुन्।
REV 22:3 त्यहाँ अब उप्रान्त श्राप हुनेछैन; किनभने त्यस सहरमा परमेश्‍वरको र थुमाको सिंहासन हुनेछ; अनि उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्।
REV 22:4 तिनीहरूले उहाँको अनुहार देख्नेछन्, र उहाँको नाम तिनीहरूका निधारमा हुनेछ।
REV 22:5 अब उप्रान्त रात हुनेछैन। तिनीहरूलाई बत्तीको उज्यालो र सूर्यको उज्यालोको आवश्यकता पर्नेछैन; किनकि प्रभु परमेश्‍वरले नै तिनीहरूलाई उज्यालो दिनुहुनेछ। अनि तिनीहरूले सदासर्वदा राज्य गर्नेछन्।
REV 22:6 ती स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्। परमप्रभु, जो अगमवक्ताहरूका आत्माका परमेश्‍वर हुनुहुन्छ, उहाँले उहाँका सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू देखाउनलाई आफ्ना स्वर्गदूत पठाउनुभएको छ।”
REV 22:7 “हेर, म चाँडै आउँदैछु! यस पुस्तकका अगमवाणीका वचनहरू पालन गर्नेहरू धन्यका हुन्।”
REV 22:8 यी कुराहरू सुन्‍ने र देख्ने म, स्वयम् यूहन्‍ना हुँ। अनि जब मैले यी सुनेँ र देखेँ, तब यी कुराहरू मलाई देखाइरहने स्वर्गदूतलाई आराधना गर्न भनेर म तिनको पाउमा घोप्टो परेँ।
REV 22:9 तर ती स्वर्गदूतले मलाई भने, “यसो नगर! म त तिमीजस्तै एक सङ्गी-सेवक हुँ। म तिम्रा सङ्गी-अगमवक्ता र यस पुस्तकका वचनहरू पालन गर्नेहरूजस्तै हुँ। परमेश्‍वरलाई मात्र दण्डवत् गर!”
REV 22:10 तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकका अगमवाणीका वचनहरूमा छाप नलगाऊ; किनकि अगमवाणी पूरा हुने समय नजिकै छ।
REV 22:11 जसले खराबी गर्छ, त्यसले खराबी नै गरिरहोस्; जो अश्लील छ, त्यो अश्लीलै रहोस्; जो ठिक छ, त्यसले ठिकै गरिरहोस्; अनि जो पवित्र छ, त्यो पवित्र नै भइरहोस्।”
REV 22:12 “हेर, म चाँडै आउँदैछु! मेरो पुरस्कार मसित छ, र म प्रत्येकलाई उसले गरेको कामअनुसार दिनेछु।
REV 22:13 म नै अल्फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्त्य हुँ।
REV 22:14 “जीवनको रूखको अधिकार पाउन र सहरका ढोकाहरू भित्र पस्‍न पाऊँ भनेर आफ्ना वस्त्र शुद्ध राख्नेहरू धन्यका हुन्।
REV 22:15 बाहिरचाहिँ कुकुरहरू; तन्त्रमन्त्र गर्नेहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू र झूट मन पराउने र त्यसैअनुसार चल्नेहरू हुन्छन्।
REV 22:16 “म येशूले मण्डलीहरूलाई यो गवाही दिनू भनी मेरो दूतलाई तिमीकहाँ पठाएको छु। म दावीदको मूल र सन्तान, र बिहानको चहकिलो तारा हुँ।”
REV 22:17 आत्मा र दुलही भन्‍नुहुन्छ, “आउनुहोस्!” अनि जसले सुन्छ, त्यसले भनोस्, “आउनुहोस्!” जो तिर्खाएको छ, त्यो आओस्; अनि जसले इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा लेओस्।
REV 22:18 म यस पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्‍ने हरेकलाई चेतावनी दिन्छु: यदि कसैले यी वचनहरूमा केही थप्यो भने परमेश्‍वरले त्यसमाथि यस पुस्तकमा वर्णन गरिएका विपत्तिहरू थपिदिनुहुनेछ।
REV 22:19 यदि कसैले यस अगमवाणीका पुस्तकबाट वचनहरू हटाउँछ भने परमेश्‍वरले यस पुस्तकमा वर्णन गरिएका जीवनको रूखमा र पवित्र सहरमा भएको त्यसको भाग हटाइदिनुहुनेछ।
REV 22:20 यी सबै कुराहरूको साक्षी दिनुहुनेले भन्‍नुहुन्छ, “हेर, म चाँडै आउँदैछु!” आमेन! आउनुहोस्, हे प्रभु येशू!
REV 22:21 प्रभु येशूको अनुग्रह परमेश्‍वरका सबै जनहरूसँग रहोस्! आमेन।
