﻿भजनसंग्रह.
150.
याहवेहको प्रशंसा गर! परमेश्‍वरलाई उहाँको पवित्र वासस्थानमा प्रशंसा गर; उहाँको शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर! 
उहाँका शक्तिशाली कामहरूको निम्ति उहाँको प्रशंसा गर; उहाँको अपार महानताको निम्ति उहाँको प्रशंसा गर! 
तुरही फुक्दै उहाँको प्रशंसा गर; वीणा र सितार बजाएर उहाँको प्रशंसा गर! 
खैँजडी बजाएर नाच्दै उहाँको प्रशंसा गर; तारबाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर! 
झ्याली बजाएर उहाँको प्रशंसा गर; गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर! 
सास हुने हरेकले याहवेहको प्रशंसा गरून्! याहवेहको प्रशंसा गर!
