﻿भजनसंग्रह.
134.
आरोहणको गीत। हे याहवेहका सबै सेवकहरू हो, याहवेहको प्रशंसा गर! तिमीहरू, जो याहवेहको भवनमा राति उहाँको सेवा गर्दछौ। 
उहाँका पवित्रस्थानमा आफ्ना हात उचाल र याहवेहलाई प्रशंसा गर। 
स्वर्ग र पृथ्वी बनाउनुहुने याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्! 
