﻿भजनसंग्रह.
133.
दावीदको आरोहणको गीत। परमेश्‍वरका जनहरू एक-आपसमा एकतामा बस्‍नु कति असल र आनन्दमय कुरा हुन्छ! 
यो त शिरमा खन्याइने मूल्यवान् तेलजस्तो हुन्छ, जो दाह्रीसम्म बगेर जान्छ, हारूनको दाह्रीसम्म बगेर जान्छ, जो उनका पोशाकको कठालोसम्मै बगेर जान्छ। 
त्यो हेर्मोन पर्वतको शीत सियोन पर्वतमा परेजस्तै हुन्छ; किनकि त्यहीँ नै याहवेहले, आफ्नो अनन्त जीवनको आशिष् समेत खन्याउनुहुन्छ। 
