﻿भजनसंग्रह.
124.
दावीदको आरोहणको गीत। यदि याहवेह हाम्रो पक्षमा नहुनुभएको भए— इस्राएलले भनोस्— 
मानिसहरूले हामीलाई आक्रमण गर्दा, याहवेह हाम्रो पक्षमा नहुनुभएको भए; 
तिनीहरूका क्रोध हाम्रो विरुद्ध दन्केको बेला, तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए; 
उर्लिआएको बाढीले हामीलाई डुबाउनेथियो; अनि भल उर्लेर हामीलाई बगाउने थियो। 
उर्लंदो पानीले हामीलाई बगाएर टाढा लैजानेथियो। 
याहवेहलाई प्रशंसा होस्, जसले हामीलाई तिनीहरूका दाँतले फहराउन दिनुभएन। 
शिकारीको पासोबाट चरा उम्केझैँ, हामी उम्केका छौँ; तिनीहरूको पासो छिनियो, र हामी उम्कियौँ। 
स्वर्ग र पृथ्वी सृष्‍टि गर्नुहुने, याहवेहको नाममा हाम्रो सहायता छ। 
