﻿भजनसंग्रह.
100.
प्रशंसाको भजन। हे सारा पृथ्वी, आनन्दको निम्ति याहवेहको जयजयकार गर! 
हर्षकासाथ याहवेहको आराधना गर; आनन्दका गीतहरू गाउँदै उहाँको सामु आओ! 
याहवेह नै परमेश्‍वर हुनुहुन्छ भनी जान। उहाँले हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौँ; हामी उहाँका प्रजा, र उहाँका खर्कका भेडाहरू हौँ। 
धन्यवादसाथ उहाँका मूलढोकाहरूभित्र पस; र प्रशंसा गर्दै उहाँका चोकहरूमा प्रवेश गर; उहाँलाई धन्यवाद देओ, र उहाँको नामको प्रशंसा गर! 
किनकि याहवेह भलो हुनुहुन्छ, र उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ; उहाँको विश्‍वासयोग्यता सबै पुस्ताहरूमा रहिरहन्छ। 
