﻿भजनसंग्रह.
43.
हे मेरा परमेश्‍वर, मलाई निर्दोष प्रमाणित गर्नुहोस्, र भक्तिहीन जातिको विरुद्धमा मेरो पक्षमा बोलिदिनुहोस्; छली र दुष्‍टहरूबाट मलाई छुटाउनुहोस्! 
किनकि तपाईं परमेश्‍वर हुनुहुन्छ, जसमा मेरो शक्ति छ। तपाईंले मलाई किन त्याग्नुभएको छ? शत्रुबाट थिचोमिचोमा परेर मैले किन विलाप गर्दै हिँड्नुपर्छ? 
तपाईंको ज्योति र तपाईंको विश्‍वासयोग्यतालाई पठाइदिनुहोस्; तिनले मलाई डोर्‍याऊन्; तिनले नै मलाई तपाईंको पवित्र पर्वतमा पुर्‍याऊन्; त्यस स्थानमा, जहाँ तपाईं बास गर्नुहुन्छ। 
तब म परमेश्‍वरको वेदीमा जानेछु, परमेश्‍वरकहाँ, जो मेरो आनन्द र हर्ष हुनुहुन्छ। म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु, हे परमेश्‍वर, मेरा परमेश्‍वर। 
हे मेरो प्राण, तँ किन उदास हुन्छस्? हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्? परमेश्‍वरमा आशा राख्, हे मेरा मुक्तिदाता, हे मेरा परमेश्‍वर, म अझै पनि तपाईंको प्रशंसा गर्नेछु। 
