﻿भजनसंग्रह.
13.
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। हे याहवेह, कहिलेसम्म? के सधैँभरिको लागि तपाईंले बिर्सनुहुन्छ? तपाईंले आफ्नो मुहार मसँग कहिलेसम्म लुकाउनुहुन्छ? 
कहिलेसम्म मैले आफ्नो चिन्ता बोक्ने, र दिनहुँ मेरो हृदयमा शोक बोकिराख्ने? मेरा शत्रुहरू कहिलेसम्म ममाथि विजयी भइरहने? 
हे याहवेह, मेरा परमेश्‍वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस्; मेरा आँखालाई ज्योति दिनुहोस्, नत्रता म मृत्युको निद्रामा पर्नेछु। 
नत्रता मेरो वैरीहरूले भन्‍नेछ, “मैले त्यसमाथि विजय पाएको छु,” र जब म डगमगाउँछु, मेरा वैरीहरू रमाउनेछन्। 
तर मैले तपाईंको अचुक प्रेममा भरोसा राखेको छु; मेरो हृदय तपाईंको मुक्तिमा रमाउँछ। 
म याहवेहको स्तुति गाउनेछु; किनकि उहाँ मप्रति भलो हुनुहुन्छ। 
