﻿एज्रा.
2.
बेबिलोनका राजा नबूकदनेसरले बेबिलोन कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के। (तिनीहरू 
यरुबाबेल, येशूआ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसित यरूशलेम र यहूदामा आ-आफ्नै नगरमा फर्किएका थिए): 
परोशका सन्तानहरू 2,172 जना; 
शपत्याहका सन्तानहरू 372 जना; 
अराहका सन्तानहरू 775 जना; 
पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,812 जना; 
एलामका सन्तान 1,254 जना; 
जत्तूका सन्तान 945 जना; 
जक्‍कैका सन्तान 760 जना; 
बानीका सन्तान 642 जना; 
बेबैका सन्तान 623 जना; 
अज्गादका सन्तान 1,222 जना; 
अदोनीकामका सन्तान जम्मा 666 जना; 
बिग्वैका सन्तान 2,056 जना; 
आदीनका सन्तान 454 जना; 
आतेरका सन्तान (हिजकियाबाट) 98 जना; 
बेजैका सन्तान 323 जना; 
योराका सन्तान 112 जना; 
हाशूमका सन्तान 223 जना; 
गिब्बारका सन्तान 95 जना; 
बेथलेहेमका मानिसहरू 123 जना; 
नतोपाका मानिसहरू 56 जना; 
अनातोतका मानिसहरू 128 जना; 
अज्मावेतका मानिसहरू 42 जना; 
किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना; 
रामा र गेबाका मानिसहरू 621 जना; 
मिकमाशका मानिसहरू 122 जना; 
बेथेल र ऐका मानिसहरू 223 जना; 
नेबोका मानिसहरू 52 जना; 
मग्बीसका मानिसहरू 156 जना; 
अर्को एलामका मानिसहरू 1,254 जना; 
हारीमका मानिसहरू 320 जना; 
लोद, हादीद र ओनोका मानिसहरू 725 जना; 
यरीहोका मानिसहरू 345 जना; 
सेनाहका मानिसहरू 3,630 जना। 
पुजारीहरू: यदायाहका सन्तानहरू (येशूआको परिवारबाट) 973 जना; 
इम्मेरको परिवारबाट 1,052 जना; 
पशहूरको परिवारबाट 1,247 जना; 
हारीमको परिवारबाट 1,017 जना। 
लेवीहरू: येशूआका र कदमिएलका सन्तानहरू (होदवियाहको वंश) 74 जना। 
गायकहरू: आसापका सन्तानहरू 128 जना। 
मन्दिरका द्वारपालहरू: शल्‍लूम, आतेर, तल्मोन, अक्‍कूब, हतीता र शोबैका सन्तानहरू 139 जना। 
मन्दिरका सेवकहरूका सन्तानहरू: सीहा, हसूपा, तब्बाओत, 
केरोस, सीआ, पादोन, 
लेबाना, हागाबा, अक्‍कूब, 
हागाब, शल्मै, हानान, 
गिद्देल, गहर, रायाह, 
रसीन, नकोदा, गज्जाम, 
उज्जा, पसेह, बेसै, 
अस्‍ना, मोनीम, नेपुसीम, 
बक्बूक, हकूपा, हरहूर, 
बस्लूत, महीदा, हर्शा, 
बर्कोस, सीसरा, तेमह, 
नसीह र हतीपा। 
सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, सोपेरेत, परुदाका सन्तानहरू, 
याला, दर्कोन, गिद्देल, 
शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम र आमी 
मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तान 392 जना। 
तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्: 
दलायाह, तोबिया र नकोदाका सन्तानहरू 652 जना। 
अनि पुजारीहरूमध्येबाट: होबायाह, हक्‍कोस र बर्जिल्‍लैका सन्तानहरू (जसले गिलादी बर्जिल्‍लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)। 
यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए। 
राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए। 
सम्पूर्ण जनसमूहको संख्या 42,360 जना थियो। 
यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 200 गायक-गायिकाहरू पनि थिए। 
तिनीहरूका 736 घोडा, 245 खच्‍चर, 
435 ऊँट र 6,720 वटा गधा थिए। 
जब तिनीहरू यरूशलेममा याहवेहको भवनमा आइपुगे, तब केही परिवारका अगुवाहरूले परमेश्‍वरको भवन पहिलेकै ठाउँमा पुनर्निर्माण गर्नलाई स्वेच्छा-भेटीहरू दिए। 
तिनीहरूले आफ्ना क्षमताअनुसार भवन पुनर्निर्माणको निम्ति 61,000 डारिक सुन, 5,000 मीना चाँदी र 100 पुजारीका पोशाकहरू दिए। 
पुजारीहरू, लेवीहरू, गायक-गायिकाहरू, द्वारपालहरू र मन्दिरका सेवकहरू तिनीहरूका आ-आफ्नै सहरहरूमा, अन्य अरू केही मानिसहरूसँगै बसोबास गरे। अनि बाँकी इस्राएलीहरूचाहिँ आ-आफ्ना सहरहरूमा बसोबास गरे। 
