﻿इतिहासको पहिलो पुस्तक.
1.
आदम, शेत, एनोश, 
केनान, महलालेल, येरेद, 
हनोक, मतूशेलह, लेमेक, नोआ थिए। 
नोआका छोराहरू: शेम, हाम र येपेत। 
येपेतका छोराहरू: गोमेर, मागोग, मादी, यावान, तूबल, मेशेक र तीरास। 
गोमेरका छोराहरू: अश्कनज, रिपत र तोगर्मा। 
यावानका छोराहरू: एलीशा, तर्शीश, कित्तीम र रोदानीम। 
हामका छोराहरू: कूश, इजिप्ट, पूत र कनान। 
कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामाह र सब्तेका। रामाहका छोराहरू: शेबा र ददान। 
कूश निम्रोदका पिता थिए; जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने। 
इजिप्टचाहिँ यिनीहरूका पिता थिए: लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्‍तूहीहरू, 
पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) र कप्‍तोरीहरू। 
कनानचाहिँ यिनीहरूका पिता थिए, आफ्ना जेठा छोरा सीदोन र हित्ती 
यबूसी, एमोरी, गिर्गाशी, 
हिव्वी, अरकी, सिनी, 
अर्वादी, सेमारी र हमातीहरू। 
शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम। अरामका छोराहरू: ऊज, हूल, गेतेर र मेशेक। 
अर्पक्षद शेलहका पिता थिए; अनि शेलहचाहिँ एबेरका पिता थिए। 
एबेरका दुई छोराहरू जन्मिए: एउटाको नाम पेलेग राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो। 
योक्तान यिनीहरूका पिता थिए: अल्मोदद, शेलेप, हसर्मवेत, येरह, 
हदोराम, ऊजाल, दिक्ला, 
ओबाल, अबीमाएल, शेबा, 
ओपीर, हवीला र योबाब थिए। यी सबै योक्तानका छोराहरू थिए। 
शेम, अर्पक्षद, शेलह, 
एबेर, पेलेग, र रऊ, 
सरूग, नाहोर, तेरह, 
अनि अब्राम (जसलाई अब्राहाम पनि भनिन्छ)। 
अब्राहामका छोराहरू: इसहाक र इश्माएल। 
तिनीहरूका सन्तानहरू यिनै थिए: इश्माएलका जेठा छोरा नबायोत, केदार, अदबील, मिब्साम, 
मिश्मा, दुमा, मस्सा, हदद, तेमा, 
यतूर, नापीश र केदमा। 
अब्राहामकी उपपत्नी कतूराले जन्माएका छोराहरू: जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह। योक्षानका छोराहरू: शेबा र ददान। 
मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा र एल्दा। 
अब्राहाम इसहाकका पिता थिए। इसहाकका छोराहरू: एसाव र इस्राएल। 
एसावका छोराहरू: एलीपज, रूएल, येऊश, यालाम र कोरह। 
एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र कनज; अनि तिम्नाबाट: अमालेक। 
रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। 
सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान। 
लोतानका छोराहरू: होरी र होमान। तिम्नाचाहिँ लोतानकी बहिनी थिइन्। 
शोबालका छोराहरू: अल्बान, मानहत, एबाल, शपो र ओनाम। सिबोनका छोराहरू: अय्या र अना। 
अनाका छोरा: दीशोन। अनि दीशोनका छोराहरू: हेमदान, एश्बान, यित्रान र करान। 
एसेरका छोराहरू: बिल्हान, जावान र अकान। दीशानका छोराहरू: ऊज र अरान। 
कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए: बओरका छोरा बेला, जसको सहरको नाम दिन्हावा राखियो। 
बेलाको मृत्युपछि बोज्रामा बस्‍ने जेरहका छोरा योबाब तिनको ठाउँमा राजा भए। 
योबाबको मृत्युपछि तेमानीहरूको देशमा बस्‍ने हूशाम तिनको ठाउँमा राजा भए। 
हूशामको मृत्युपछि मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो। 
हददको मृत्युपछि मस्रेकामा बस्‍ने शम्‍ला तिनको ठाउँमा राजा भए। 
शम्‍लाको मृत्युपछि, यूफ्रेटिस नदी नजिकै बस्‍ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए। 
शौलको मृत्युपछि अक्बोरका छोरा बाल-हानान तिनको ठाउँमा राजा भए। 
बाल-हानानको मृत्युपछि हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो; जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्। 
हददको पनि मृत्यु भयो। एदोमका मुखियाहरू यिनीहरू नै थिए: तिम्ना, अल्वा, यतेत, 
ओहोलीबामा, एलाह, पीनोन, 
कनज, तेमान, मिब्सार, 
मग्दीएल र ईराम थिए। 
