﻿यहोशू.
12.
यी तिनै राजाहरू हुन्, जो यर्दनको अराबाको पूर्वमा थिए, जसलाई इस्राएलीहरूले जिते, र तिनीहरूको देश कब्जा गरे। तिनीहरूको भूभागको सिमाना अर्नोन घाटीदेखि हेर्मोन पर्वतसम्म, र सम्पूर्ण भूमि समावेश थियो: 
एमोरीहरूका राजा सीहोन, जसले हेश्बोनमा राज्य गर्थे। तिनले अर्नोन घाटीमा अवस्थित अरोएरदेखि—बीचमा भएको सहरदेखि अम्मोनीहरूको सिमानामा भएको यब्बोक नदीसम्म शासन गर्थे। त्यसमा गिलादको आधा भाग पनि पर्थ्यो। 
तिनले गालील समुद्रदेखि अराबा समुद्र (खारा समुद्र) सम्म र पूर्वीय अराबामा बेथ-यशीमोत र त्यसपछि पिसगाको भिरालोमुनि दक्षिणको भागसम्म शासन गर्थे। 
अनि बाशानका राजा ओगको इलाका, जो रपाईहरूका आखिरी पुस्ता मध्येका एक जना थिए; जसले अस्तारोत र एद्रईमा राज्य गर्थे। 
तिनले हेर्मोन पर्वत, सलेका र सारा बाशानमा गेशूरीहरू र माकातीहरूको सिमानासम्म, अनि हेश्बोनका राजा सीहोनको सिमानासम्म र गिलादको आधा भागसम्म शासन गर्थे। 
याहवेहका सेवक मोशा र इस्राएलीहरूले तिनीहरूलाई जिते। अनि याहवेहका सेवक मोशाले ती राजाहरूका देश; रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई तिनीहरूको पैतृक सम्पत्तिको रूपमा दिए। 
यहोशू र इस्राएलीहरूले यर्दनको पश्‍चिमपट्टि लेबनानको बेँसीमा भएको बाल-गाददेखि सेइरको उकालोतिर जाने हालाक पर्वतसम्म जितेका राजाहरू यिनै हुन्। तिनीहरूका देशहरू यहोशूले इस्राएलका कुलहरूलाई उत्तराधिकारको रूपमा तिनीहरूलाई दिए। 
ती भूमिहरू, पहाडी मुलुक, पश्‍चिमी फेदीहरू, अराबा, पर्वतीय भिरहरू, उजाडस्थान र दक्षिणी भागहरू हुन्। ती देशहरू हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूका थिए: 
यरीहोको राजा, एक, ऐको राजा, (बेथेलको छेउको) एक, 
यरूशलेमको राजा, एक, हेब्रोनको राजा, एक, 
यर्मूतको राजा, एक, लाकीशको राजा, एक, 
एग्लोनको राजा, एक, गेजेरको राजा, एक, 
दबीरको राजा, एक, गेदेरको राजा, एक, 
होर्माको राजा, एक, आरादको राजा, एक, 
लिब्नाको राजा, एक, अदुल्‍लामको राजा, एक, 
मक्‍केदाको राजा, एक, बेथेलको राजा, एक, 
तप्पूहको राजा, एक, हेपेरको राजा, एक, 
अपेकको राजा, एक, लश्शारोनको राजा, एक, 
मादोनको राजा, एक, हासोरको राजा, एक, 
शिम्रोन-मेरोनको राजा, एक, अक्षापको राजा, एक, 
तानाकको राजा, एक, मगिद्दोको राजा, एक, 
केदेशको राजा, एक, कर्मेलमा योक्नामको राजा, एक, 
नापोथमा डोरको राजा, एक, गिलगालमा गयीमको राजा, एक, 
तिर्साको राजा एक। 
