﻿उत्पत्ति.
10.
नोआका छोराहरू शेम, हाम र येपेतको विवरण यही हो। जलप्रलयपछि तिनीहरूका आफ्नै छोराहरू भए। 
येपेतका छोराहरू: गोमेर, मागोग, मादी, यावान, तूबल, मेशेक र तीरास। 
गोमेरका छोराहरू: अश्कनज, रिपत र तोगर्मा। 
यावानका छोराहरू: एलीशा, तर्शीश, कित्तीम र रोदानीम। 
(यिनीहरूबाट नै समुद्री तटबासीहरू; तिनीहरूका आ-आफ्नै कुल र प्रत्येकको आफ्नै भाषाअनुसार तिनीहरूका राष्ट्रभित्र विभिन्‍न क्षेत्रहरूमा फैलिए।) 
हामका छोराहरू: कूश, इजिप्ट, पूत र कनान। 
कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामाह र सब्तेका। रामाहका छोराहरू: शेबा र ददान। 
कूश निम्रोदका पिता थिए; जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने। 
तिनी याहवेहको सामु एक शक्तिशाली शिकारी थिए; त्यसैकारण यसो भन्‍ने चलन छ, “याहवेहको सामु निम्रोदझैँ, एक शक्तिशाली शिकारी।” 
तिनको राज्यका प्रथम केन्द्रहरू बेबिलोन, एरेक, अक्‍काद र कल्नेह हुन्, जुन शिनार देशमा छन्। 
त्यस देशबाट तिनले आफ्नो क्षेत्रफल अश्शूरतिर फैलाए, जहाँ तिनले निनवे, रहोबोत-इर, कालह सहरहरू 
अनि निनवे र कालहको बीचमा ठूलो सहर रेसेन बनाए। 
इजिप्टचाहिँ यिनीहरूका पिता थिए: लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्‍तूहीहरू, 
पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए), र कप्‍तोरीहरू। 
कनानचाहिँ यिनीहरूका पिता थिए: आफ्ना जेठा छोरा सीदोन र हित्ती, 
यबूसी, एमोरी, गिर्गाशी, 
हिव्वी, अरकी, सिनी, 
अर्वादी, सेमारी र हमातीहरू। पछि कनानीहरूका कुलहरू फैलिए, 
अनि कनानीहरूका सिमानाहरू सीदोनदेखि गरारतिर गाजासम्म पुग्यो, अनि त्यहाँबाट सदोम, गमोरा, अदमा, सबोयीम भएर लासासम्म थियो। 
तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका हामका छोराहरू यिनै हुन्। 
शेमका छोराहरू जन्मिए, र शेमचाहिँ येपेतका भाइ थिए; शेम नै एबेरका सबै सन्तानका पुर्खा थिए। 
शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम। 
अरामका छोराहरू: ऊज, हूल, गेतेर र मेशेक। 
अर्पक्षद शेलहका पिता थिए, अनि शेलहचाहिँ एबेरका पिता थिए। 
एबेरका दुई छोराहरू जन्मिए: एउटाको नाम पेलेग राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो। 
योक्तान यिनीहरूका पिता थिए: अल्मोदद, शेलेप, हसर्मवेत, येरह, 
हदोराम, ऊजाल, दिक्ला, 
ओबाल, अबीमाएल, शेबा, 
ओपीर, हवीला र योबाब। यी सबै योक्तानका छोराहरू थिए। 
(तिनीहरू बसेको ठाउँ मेशादेखि पूर्वीय पहाडी देशको सपारासम्म फैलिएको थियो।) 
तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका शेमका छोराहरू यिनै हुन्। 
तिनीहरूका आफ्ना राष्ट्रभित्र, तिनीहरूका वंशका घरानाअनुसार नोआका छोराहरूका कुलहरू यिनै हुन्। जलप्रलयपछि पृथ्वीमा यिनीहरूबाट नै विभिन्‍न जातिहरू फैलिँदै गए। 
