﻿मीका.
5.
अब तिमी पर्खालले घेरियौ! हामी घेरामा पर्यौं। तिमीहरुले इस्रएलको न्यायकर्तालाई फलामको लौरोले गालामा हिर्काउँनेछन्। 
तर हे बेतलेहम एप्रात, तिमी यहूदाका बीचमा धेरै सानो छौ, तिमी जो यहूदाका हजारौंका बीचमा सानो छौ, तर तिमीबाट एउटा “इस्राएलको शासक” मेरो निम्ति आउँनेछ। उहाँको सुरुवात प्राचीन कालदेखिनै छ, धेरै-धेरै अघि देखि। 
यसकारण जब सम्म जन्मेको कष्टमा पर्नेले जन्माउँदैन, तब सम्म उहाँले सियोनलाई त्यागि दिनुहुनेछ। तब तिनका बचेका दाज्यू-भाईहरु चाँहि इस्राएलीहरुकहाँ फर्किएर आउनेछन्। 
अनि ऊ खडा हुन्छ आफ्नो भेडाको बथानलाई परमप्रभुको शक्तिले अनि उसका परमप्रभु परमेशवरको महिमाले खुवाँउँछ। तिनीहरु सुरक्षित हुनेछन् किनभने ऊ पृथ्वीको अर्को अन्त सम्म महान रहनेछ। 
यहीं शान्ति हुनेछ जब अश्शूरी हाम्रो देशमा आउँछ र त्यसले हाम्रो देशमा खुट्टा टेक्छ तब हामी त्यसको बिरूद्धमा सात गोठाला र आठ अगुवाहरु खडा गर्नेछौं। 
अनि तिनीहरुले अश्शूरमाथि तरवारले र निम्रोदको भूमिमाथि नाङ्गो तरवारले शासन गर्नेछन्। अब अश्शूरीहरु हाम्रो देश भित्र पस्छन् र हाम्रो सिमानामा पाईला टेक्छन् तब उहाँले हामीहरुलाई अश्शूरीहरुको हातबाट बचाउँनुहुनेछ। 
अनि याकूबका बाँकि रहेकाहरु चाँहि धेरै मानिसहरुका बिचमा परमप्रभुबाट आएको शीत र घाँसमाथि पर्ने झरी झैं हुनेछन्, जसले न त कुनै मानिसलाई न मानिसका कुललाई पर्खनेछ। 
अनि याकूबका बाँकि रहेकाहरु चाँहि धेरै जनताको बीचमा जङ्गलका पशुहरुका बीचमा सिंह र जीव-जन्तुहरुको बिच सिंहको बच्चा जस्तै हुनेछन् जो तिनका बीचमा कुल्चँदै र तिनीहरुलाई टुक्रा पार्दै जानेछन्, र बचाउँने कोही पनि हुनेछैन। 
तपाईंका बाहुली तपाईंका बिरोधीहरुमाथि रहोस्, र तपाईंका सबै शत्रुहरु ध्वंश हुनेछन्। 
परमप्रभु भन्नुहुन्छ, “त्यसदिन म तिम्रा घोडाहरु खोस्नेछु र म तिम्रा रथहरु नष्ट गरिदिनेछु। 
म तिम्रो देशको सबै शहरहरु उजाड पारिदिनेछु। म तिम्रो सबै गढीहरु भत्काई दिनेछु। 
फेरि तिमीले जादू चलाउने प्रयत्न गर्नेछौनौं, फेरि तिमी ती मानिसहरुको भविष्य बताउँने प्रयास गर्नेछौनौ। 
म तिम्रा झूटा देवताको, मूर्तिहरु नष्ट गरिदिनेछु। ती झूटा देवताको मूर्तिहरुको ढुङ्गाको मूर्ति, स्मृति, स्तम्भहरु सबै उखेलेर फ्याँकिदिनेछु जसलाई तिमीहरु स्वयंले, आफ्नो हातले बनाएका थियौ, तिमीहरु त्यसको पूजा गर्ने पाउनेछैनौ। 
म अशेरा देवीका पूजाको खम्बाहरु नष्ट गरिदिनेछु। अनि म सबै तिम्रो झूटो देवताहरु नष्ट गरिदिनेछु। 
त्यहाँ केही जातिहरु छन् जसले मेरो कुरा सुन्दैनन्। म तिनीहरुसित क्रोधित हुनेछु र म तिनीहरुसित बद्ला लिनेछु।” 
