﻿भजन.
134.
मन्दिर गइरहेको बेलाको भजन। परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो! जसले रातभरि मन्दिरमा सेवा गरे। 
दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ र परमप्रभुलाई धन्य हौ भन। 
परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन। जसले, स्वर्ग र पृथ्वी सृजनु भयो। 
