﻿भजन.
117.
हे सबै जातिका मानिस हो, परमप्रभुको प्रशंसा गर। हे सबै मानिसहरू हो, परमप्रभुको प्रशंसा गर। 
परमेश्वरले हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ! अनि परमेश्वर सदा-सर्वदाको निम्ति हाम्रो विश्वासयोग्य हुनुहुनेछ! परमप्रभुको प्रशंसा गर! 
