﻿भजन.
101.
दाऊदको भजन। म प्रेम र निष्पक्ष न्यायको गीत गाउनेछु। परमप्रभु, म तपाईंको निम्ति गाउने छु। 
म सतर्कतासाथ शुद्ध जीवन जिउनेछु। म मेरो घरमा शुद्ध प्रकारले जिउनेछु। परमप्रभु तपाईं मकहाँ कहिले आउनुहुनेछ? 
म आफू समक्ष कुनै मूर्तिहरू राख्ने छैन, म त्यस मानिसलाई घृणा गर्नेछु जो तपाईंको विरूद्ध जाँन्छ। म त्यस्तो गर्नेछैन! 
म ईमान्दार हुनेछु। म दुष्टपूर्ण कामहरू गर्नेछैन। 
यदि कसैले उसको छिमेकिहरू बारे गुप्त भावमा नराम्रा कुराहरू गर्दछ भने, म त्यस मानिसलाई रोक्छु। आफूलाई घमण्ड गर्ने र अरू भन्दा म श्रेष्ठ छु भनेरसोच्नेहरूलाई म अनुमति दिनेछैन। 
म मानिसहरूलाई संसारभरि नै हेर्नेछु जसमाथि भरोसा गर्न सकिन्छ अनि तिनीहरूलाई मात्र मेरो सेवा गर्न दिन लाउने छु। खाली त्यस्ता मानिसहरू मात्र मेरो दासहरू हुन सक्छन् जो शुद्ध जिउँदछ। 
म मेरो घरमा झूटाहरू बस्न दिने छैन। म झूट बोल्नेहरूलाई आफू नजिक बस्न दिने छैन। 
यस देशमा बसिरहेका दुष्ट मानिसहरूलाई सँधै नाश गर्नेछु। परमेश्वरको शहरबाट जानलाई म ती सब दुष्टहरूलाई वाध्य पार्नेछु। 
