﻿नहेम्याह.
7.
जब पर्खालको पुनःर्निर्माण भयो, अनि मैले ठीक ठाउँमा ढोकाहरू लगाएँ, द्वारपाल, गवैया अनि लेवीहरूलाई पूजाहरी नियुक्त गरे। 
तब मैले मेरो भाइ हनानीलाई किल्लाको सेना नायक हनन्याह सहित यरूशलेमको जिम्मा दिएँ किनभने हनानी एक इमान्दार थिए अनि तिनले परमेश्वरलाई अन्य धेरै मानिसहरूले भन्दा अधिक सम्मान गर्थे। 
मैले तिनीहरूलाई भने, “यरूशलेमको द्वारहरू घाम पूर्णरूपले उदय नहुञ्जेल खोल्नु हुँदैन, अनि घाम अस्ताउनु भन्दा अघि बन्द गर्नु पर्छ। यरूशलेमका बासिन्दाहरूलाई रक्षा गर्न कसैलाई तिनीहरूको खामातिर अनि कसैलाई आफ्नै घरको रक्षा गर्न नियुक्त गर।” 
यरूशलेम फराकिलो अनि ठूलो थियो, तर त्यस मित्र मानिसहरू कम थिए, अनि पुनःर्निर्माणघरहरू प्रशस्त थिएनन्। 
यसकारण परमेश्वरले मलाई मुख्य मानिसहरू, अधिकारीहरू अनि साधारण मानिसहरूलाई कुल अनुसार नाउँ लेख्नु भनि प्रेरणा दिनु भयो। मैले कैदबाट फर्की आउने कुलहरूको विवरण पुस्तक पाँए। मैले त्यसमा यो लेखेको पाएँ। 
यी मानिसहरू त्यो प्रदेशका मानिसहरू हुन् जो कैदीबाट आएका हुन, जसलाई बाबेलका राजा नबूकदनेसरले कैद गरेर लगेका थिए। (तिनीहरू हरेक आ-आफ्ना शहर यरूशलेम अनि यहूदामा फर्के।) 
तिनीहरू यरूबाबेल, येशूअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्बै, नहूम अनि बानाका साथ आए। इस्राएलका मानिसहरूको सूचीः 
परोशका कुलहरू 2,172 
शपत्याहका कुलहरू 372 
आरहका कुलहरू 652 
पहात-मोआबका कुलहरू अर्थाथ येशूअ अनि योआबका कुलहरू 2,818 
एलामका कुलहरू 1,254 
जत्तूका कुलहरू 845 
जक्कैका कुलहरू 760 
बिन्नूईका कुलहरू 648 
बेबैका कुलहरू 628 
अज्गादका कुलहरू 2,322 
अबोनीकामका कुलहरू 667 
बिग्बैका कुलहरू 2,067 
अदीनका कुलहरू 655 
आतेरका अर्थात हिज्याहका कुलहरू 98 
हशूमका कुलहरू 328 
बेसैका कुलहरू 324 
हारीमका कुलहरू 112 
गिबोनका कुलहरू 95 
बेतलेहेम अनि नेतोपात शहरहरूका मानिसहरू 188 
अनातोत शहरका मानिसहरू 128 
अज्मावेत शहरका मानिसहरू 42 
किर्यात्यारीम, कापीरा अनि बेरोत शहरहरूका मानिसहरू 743 
रामा अनि नेबा शहरहरूका मानिसहरू 621 
मिक्मास शहरका मानिसहरू 122 
बेतेल अनि ऐ शहरहरूका मानिसहरू 123 
अर्को नेबो शहरको मानिसहरू 52 
अर्को एलाम शहरको मानिसहरू 1,254 
हारीम शहरका मानिसहरू 320 
यरीहो शहरका मानिसहरू 345 
लोद, हादीद अनि ओनो शहरहरूका मानिसहरू 721 
सना शहरका मानिसहरू 3,930 
पूजाहारीहरूः यदायाहका कुलहरू अर्थात 973 
इम्मेरका कुलहरू 1,052 
पशहूरका कुलहरू 1,247 
आरीमका कुलहरू 1,017 
लेवीहरूः येशूअका कुलहरू अर्थात होदबाका परिवारका कदूमीएलका कुल 74 
गवैयाहरूः आसापका कुलहरू 148 
द्वारपालहरूः शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता अनि शेबैका कुलहरू 138 
मन्दिरका सेवकहरूः सीहा, हसूपा, तब्बाओत। 
केरोस, सीआ, पादोन। 
लबान, हगाबा, सल्मै। 
हानान, गिदूदेलका, गहर। 
रायाह, रसीन, नेकादा। 
गज्जाम, उज्जा, पसेह। 
बेसै, मुनीम, नापीश। 
बक्बुक, हकूपा, हर्हूर। 
बस्लीत, महीदा हर्शा। 
बर्कोस, सीसरा, तेमह। 
नसीह, अनि हतीम। यिनीहरू सबै मन्दिरका सेवकहरू हुन। 
सुलेमानका सेवकहरूका कुलहरूः सोतैइ, सोपेरेत, परीदा 
याला, दर्कोन, गिददेल। 
शपत्याह, हत्तीलका, पोकेरेत, हसेबायीम अनि आमोन। 
शबै मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका कुलहरू 392 
मानिसहरू यरूशलेममा तेल-मेलेह, तेल-हर्शा, हरूब, अदूदोन अनि इम्मेरबाट आएका थिए। तर आफ्ना कुलहरू इस्राएलका थिए भनी प्रमाण गर्न तिनीहरू सामर्थ भएनन्। 
दलायह, तोबियाह अनि नकोदाका कुलहरू 642 
पूजाहारीहरूमा होबायाह, हक्कोस अनि र्बजिलैका सन्तानहरू थिए। मानिसहरू जसले गिलादबाटका र्बजिलैकी छोरीहरूलाई विवाह गरे, जसलाई उसको नाउँद्वारा बोलायो। 
तिनीहरूले आफ्नो कुलहरूका विवरण अधिकारिय सूचीमा खोजे तर पाएनन्, पूजाहारीहरूबाट तिनीहरू निम्ति अशुद्ध ठहरीए। 
प्रशासकले तिनीहरूलाई भने तिनीहरूले पवित्र भोजनबाट केही खानु हुँदैन जबसम्म एकजना पूजाहारी उठ्दैन, जसले ऊरीम अनि तुम्मीम उपयोग गर्न सक्छ। 
सबै समूहको एकत्रित संख्या 42,360 थियो। तिनीहरूका पुरूष अनि दासी-स्त्रीहरू बाहेक जसको संख्या 7,337 थियो। अनि तिनीहरूका 245 पुरूष अनि स्त्री गायकहरू पनि थिए। 
त्यहाँ 435 ऊँटहरू र 736 घोडाहरू थिए अनि 6,720 गधाहरू र 245 खच्चरहरू थिए। 
केही कुलहरूका प्रमुखहरूले निर्माण धन दान गरे। राज्यपालले खजानामा प्राय 19 पाउण्ड सुनदान गरे अनि पूजाहारीहरूका निम्ति 50 कचौरा अनि 530 वटा पहिरने कपडा दिए। 
केही कुलहरूका प्रमुखहरूले निर्माण कोषका कामको निम्ति प्रायः 375 पाउण्ड सुन प्रदान गरे। अनि प्रायः 1 1/3 टन चाँदी प्रदान गरे। 
अनि अन्य मानिसहरूले प्रायः 375 पाउण्ड सुन अनि प्रायः 1 1/4 टन चाँदी अनि पूजाहारीहरूका निम्ती 67 कपडाहरू दान गरे। 
जब सातौं महीना आयो अनि पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू मन्दिरका सेवकहरू अनि समस्त इस्राएलीहरू पनि आफ्ना शहरहरूमा बसे। 
