﻿एज्रा.
2.
त्यस प्रदेशका यी मानिसहरू कैदबाट फर्केका थिए। जसलाई बाबेलका राजा नबूकदनेसरले कैदी बनाएर बाबेलमा लगेका थिए। तिनीहरू प्रत्येक आफ्नै शहर यरूशलेम अनि यहूदामा फर्किए। 
यी मानिसहरू ती छुन जो यरूबाबेल, येहूअ, नहेम्याह, सरायाह, रेलायाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्बै अनि रहूम बानाहरू साथ फर्कि आएका थिए। इस्राएलको प्रजाका पुरूषहरूको सूची यो होः 
परोशका सन्तानहरू 2,172 
शपत्याहका सन्तानहरू 372 
आरहका सन्तानहरू 775 
पहत-मोआबका सन्तानहरू येशूअअनि योआब परिवारबाट 2,812 
एलामका सन्तानहरू 1,254 
जत्तू का सन्तानहरू 945 
जक्कैका सन्तानहरू 760 
बानीका सन्तानहरू 642 
बेबैका सन्तानहरू 623 
अज्गादका सन्तानहरू 1,222 
अदोनीकामका सन्तानहरू 666 
बिग्गैका सन्तानहरू 2,056 
आदीनका सन्तानहरू 454 
आतेरका सन्तानहरू हिजकियाका परिवारबाट 98 
बेजैका सन्तानहरू 323 
योराका सन्तानहरू 112 
हाशूमका सन्तानहरू 223 
गिब्बारका सन्तानहरू 95 
बेतलेहेमका सन्तानहरू 123 
नतोपाहका मानिसहरू 56 
अनातोतका मानिसहरू 128 
बेत-अज्माबेतका मानिसहरू 42 
किर्यात-आरीम कपीरा अनि बेरोतका मानिसहरू 743 
रामा अनि गिबा शहरका मानिसहरू 621 
मिक्मासका मानिसहरू 122 
बेतेल अनि ऐका मानिसहरू 223 
नेबोका मानिसहरू 52 
मग्बीशका मानिसहरू 156 
अर्कोशहर एलाम का मानिसहरू 1,254 
हारीम शहरका मानिसहरू 320 
लोब, हादीद अनि ओनो का मानिसहरू 725 
यरीहो का मानिसहरू 345 
सेनाह शहरका मानिसहरू 3,630 
यी पूजाहारीहरूः यदायाहका सन्तानहरू योशूअका घरबाट 973 
इम्मेरका सन्तानहरू 1,052 
पहशूरका सन्तानहरू 1,247 
हारीमका सन्तानहरू 1,017 
लेवीहरूः येशूअ अनि कदमीएलका होदबियाहका सन्तानहरू 74 
गायकहरूः आसापका सन्तानहरू 128 
मन्दिरका द्वारपालहरूका सन्तानः शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, अनि शोबैका सन्तानहरू 
यिनीहरू मन्दिरका सेवकहरूः सीहाका सन्तान, हसूपका सन्तान र तब्बाओतका सन्तानहरू। 
केरोसका सन्तान, सीआका सन्तान र पादोनका सन्तानहरू। 
लबानका सन्तान, हगाबाका सन्तान र अक्कूबका सन्तानहरू। 
हागाबका सन्तान, शल्मैका सन्तान र हानानका सन्तानहरू। 
गिदूदेलका सन्तान, गहरका सन्तान र रायाका सन्तानहरू। 
रसीनका सन्तान, नकोदका सन्तान र गज्जामका सन्तानहरू। 
उज्जाका सन्तान, पासेदका सन्तान र बेसैका सन्तानहरू। 
अस्नाका सन्तान, मेनिमका सन्तान र नोपिसीमका सन्तानहरू। 
बक्बूकका सन्तान, हकूपाका सन्तान र हर्हुरका सन्तानहरू। 
बस्लूतका सन्तान, महीदका सन्तान र हर्शाका सन्तानहरू। 
बर्कोसका सन्तान, सीसराका सन्तान र तेमहका सन्तानहरू। 
नसीहका सन्तान अनि हतीपाका सन्तानहरू। 
सुलेमानका सेवकहरूका सन्तानहरूः सोतैका सन्तान र हस्सोपेरेतका सन्तान अनि परूदाका सन्तानहरू। 
यालाका सन्तान, दर्कोनका सन्तान र गिदूदेला सन्तानहरू 
शपत्याहका सन्तान, हत्तीलका सन्तान र पोकरेत हसबायीमका सन्तान अनि आमीका सन्तानहरू 
समस्त मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूको संख्या 392 थियो। 
निम्न लिखित मानिसहरू तेल मेलह, तेल हर्शा करूब, आदान अनि एम्मेर शहरहरूबाट यरूशलेममा आएका हुन्, तर तिनीहरूका आफ्ना परिवार अनि छोरा-छोरीहरू इस्राएलका थिए भनी प्रमाण दिन सकेनन्। 
दलायाहका सन्तान, तोबियाहका सन्तान, अनि नकोदका सन्तानहरू 652 थिए। 
अनि पूजाहारीहरूका परिवारः हबायाहका, सन्तानहरू, हक्कोसका सन्तान अनि र्बजिलैका सन्तानबाट (एक व्यक्ति जसले गिलादी र्बजिलैका छोरीलाई विवाह गरेका थिए, अनि तिनीहरू कै नाउँद्वारा सम्बोधन गरिथ्यो।) 
यी मानिसहरूले तिनीहरूको परिवारिक इतिहास खोजे तर तिनीहरूले पाउन सकेनन्। यसैकारणले तिनीहरूले पूजाहरीगिरी हुनबाट अशुद्ध झैं निकालिदिए। 
राज्यपालले तिनीहरूलाई भने कि जब सम्म ऊरीम अनि तुम्मिम उपयोग गर्न सक्ने पूजाहारी त्यहाँ हुँदैन। कुनै पनि महापवित्र चीज तिनीहरूले खान सक्ने छैनन्। 
जन समुहका तिनीहरूका सेवक सेविकाहरू 7,337 पुरूष सेवक अनि स्त्री सेविकाहरू बाहेक जम्मा 42,360 मानिसहरू थिए। अनि तिनीहरू सित 200 पुरूष र स्त्री गायक-गायिकाहरू पनि थिए। 
तिनीहरूका। 736 घोडाहरू, 245 खच्चरहरू, 435 ऊँटहरू अनि 6,720 गधाहरू थिए। 
सन्तानका केहि अगुवाहरू, जब यरूशलेम मा परमप्रभुको मन्दिरमा आइपुगे। त्यो स्थानमा परमेश्वर को मन्दिरलाई पुनःर्निर्माण गर्न स्वेच्छाले भेटीहरू प्रदान गरे। 
तिनीहरूको योग्यतानुसार तिनीहरूले, यस कार्यका निम्ति कोष-भण्डारलाई 500 किलोग्राम सुन, 3,000 किलोग्राम चाँदी, अनि पूजाहारीको निम्ती 100 अङ्ग वस्त्रहरू दिए। 
पूजाहारीहरू, लेवीहरू, केहि अन्य मानिसहरू, गवैयाहरू, द्वारपालहरू अनि मन्दिरका सेवकहरू आफ्ना शहरहरूमा बस्थे अनि सबै इस्राएलीहरू आफ्ना शहरहरूमा बस्थे। 
