﻿यहोशू.
12.
इस्राएलका मानिसहरूले यर्दन नदीको पूर्वतफर्का भूमिमा अधिकार गरेका थिए। अर्नोनको बेंसी देखि हेर्मोन पर्वतसम्म अनि यर्दनको बेंसी तफर्का पूर्व तिरका सम्पूर्ण भूमि तिनीहरूका थिए। यो भूमि लिनका निम्ति इस्राएलका मानिसहरूले परास्त गरेका सबै राजाहरू यस प्रकार छन्; 
तिनीहरूले हेशबोन शहरमा बस्ने एमोरी राजा सीहोनलाई परास्त गरे। तिनले अरोएर क्षेत्रदेखि अर्नोन कन्दराको बीच हुँदै अनि गिलादको आधा हुँदै यब्बोक कन्दरासम्म जुन चाहि तिनीहरूको अमोरीहरूसित सीमाना थियो, शासन गर्थे। 
उसले यर्दन बेसीको पूर्व किन्नरेतको झील देखि लिएर खारा समुद्र अनि बेत्यशीमोतको दक्षिणतिर लिएर पिसगाको पहाडहरू सम्म राज्य गर्दथे। 
तिनीहरूले बाशानका राजा ओगलाई पनि परास्त गरे। ओग रपाई मानिसहरूबाट थिए। तिनी अस्तारोत अनि एद्रई भूमिमा बस्थे। 
ओगले हेर्मोन पर्वत, सलका अनि बाशानका समूर्ण क्षेत्रमा शान गरे। तिनको भूमिको सीमाना त्यहाँ अन्त हुन्थ्यो जहाँ गशूर अनि माका ती मानिसहरू बस्दथे। ओगले गिलादका आधा भूमिमा पनि शासन गरे। यो भूमि हेश्बोनका राजा सीहोनको इलाकाको सीमानासम्म थियो। 
परमप्रभुका दास मोशा अनि इस्राएलका मानिसहरूले यी सबै राजाहरूलाई परास्त गरे। अनि मोशाले त्यो भूमि रूबेनका कुल समूह, गादका कुल समूह अनि मनश्शेका आधा कुल समूहलाई दिए। मोशाले तिनीहरूलाई त्यो भूमि तिनीहरूको आफ्नै नाउँमा गरिदिए। 
यहोशू अनि इस्राएलीहरूले यर्दन नदीको पश्चिमको भूमिहरूका राजाहरूलाई पराजित गरे। अनि यहोशूले यो मानिसहरूलाई दिए अनि यसलाई बाह्र कुल समूहमा विभाजित गरिदिए। यो भूमि उत्तरमा लेबनान बेंसीको बालगाददेखि दक्षिणमा पर्वत हालाकसम्म जुन (पूर्वतिर) सेईर (एदोम) तिर अघि बढ्दै विस्तारित थियो। 
यसमा पहाडी देश, पश्चिमी तराई, यर्दन बेंसी पूर्वी पर्वतहरू, मरूभूमि अनि नेगेब सम्मिलित थिए। यो भूमि त्यो थियो जहाँ हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी अनि यबूसी मानिसहरू बस्थे। यहाँ इस्राएलका मानिसहरूले परास्त गरेका राजाहरूको सूची छः 
यरीहोका राजा#1 बेतेल नजीकका ऐका राजा#1 
यरूशलेमका राजा#1 हेब्रोनका राजा#1 
यमूतर्का राजा#1 लाकीशका राजा#1 
एग्लोनका राज#1 गेजेरका राज#1 
दबीरका राजा#1 गेदेरका राजा#1 
होर्माका राज#1 आरादका राजा#1 
लिब्नाका राजा#1 अद्रदुलामका राज#1 
मक्केदाका राजा#1 बेतेलका राजा#1 
तप्पूहका राज#1 हेपेरका राजा#1 
अपेकका राजा#1 लश्शारोनका राजा#1 
मादोनका राजा#1 हासोरका राजा#1 
शिम्रोन-मोरनका राजा#1 अक्षापका राजा#1 
तानाकका राजा#1 मगिद्दोका राजा#1 
कादेशका राजा#1 कर्मेलको योक्रामका राजा#1 
दोर पर्वतको दोरका राजा#1 गिलगालको गोयीमका राजा#1 
तिर्साका राजा#1 राजाहरूको मोठ संख्या#31 
